content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता प्रहरीलाई देख्दा पेस्तोल फ्याँकेर भागेका एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पेस्तोलसहित पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश बानिया छन्।, बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनीविरूद्ध गत चैत १८ गते पक्राउ पुर्जी जारी गरेको थियो। , बुधबार साँझ ६ बजे काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनस अटो रिकन्डिसन नजिकै बसिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो। , तर प्रहरीको भ्यान देख्न बित्तिकै उनले बोकेको कालो झोला सडकमा फालेर भागेका थिए। एसपी रिजालका अनुसार उक्त झोलाभित्र एउटा पेस्तोल, म्यागजीन र ११ वटा गोली बरामद भएको थियो। त्यसपछि प्रहरीले उनलाई खोजी गर्नेक्रममा बुधबार राति पौने १० बजे भक्तपुर नयाँ ठिमीबाट पक्राउ गरेको हो। , उनीविरूद्ध बैंकिङ कसुर तथा हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको एसपी रिजालले बताए।,
प्रहरीलाई देख्दा पेस्तोल फ्याँकेर भाग्ने पुरूष पक्राउ |
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा नर्सिङ पढाइ सुरू भएको छ। , प्रतिष्ठान स्थापनाको पाँच वर्ष पछि पहिलो पटक नर्सिङको पढाइ सुरू भएको बिहीबार प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।, बिएससी नर्सिङ तर्फ २० र बिएनएस तर्फ २० जना विद्यार्थी छन्। दुवै विधामा १५ जना सरकारी छात्रबृत्ति प्राप्त गरेका र पाँच जना पेइङमा अध्ययन गर्नेहरू छन्। बिएससी नर्सिङ चार वर्ष र बिएनएस तीन वर्षको कोर्ष हुने गर्छ। ,
आउने वर्षदेखि एमडीजिपी, एमडी र एमएस कक्षा संचालनको लागि तयारी गरिएको छ। , कार्यक्रममा प्रतिष्ठानका सिनेट सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले प्रतिष्ठानले नर्सिङ शिक्षाको कार्यक्रम संचालन गर्नु आफैमा खुसीको कुरा रहेको भन्दै प्रतिष्ठानले उत्पादन गरेका जनशक्ति विश्व बजारमा सहजै प्रतिष्पर्धा गर्न सक्ने खाले हुनुपर्ने बताए। , शर्माले अब जति हुन्छ छिटो एमबिबिएसका कक्षाहरू संचालन गर्न पहल गर्ने तथा वातावरण मिलाउन तर्फ लाग्न आग्रह गरेका थिए। एमबिबिएस कक्षा संचालका लागि आवस्यक पुर्वाधार तयार पार्नेदेखि जग्गा व्यवस्थापनका सवालमा आवस्यक समन्वय र सहजीकरण गर्न आफु तयार रहेको उनले बताए। , घोराही उपमहानगरपालिकाका मेयर तथा सिनेट सदस्य नरुलाल चौधरीले प्रतिष्ठानलाई स्वास्थ्य सेवा लगायत स्वास्थ्य क्षेत्रका जनशक्तिको उत्पादनको अब्बल क्षेत्र बनाउन आफ्नो निरन्तर प्रयास रहने बताए।, चौधरीले नयाँ भर्ना भएका विद्यार्थीको उज्वल भविष्यको लागि आवश्यक पठनपाठन र बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए। , ‘केही ढिलै भएपनि प्रतिष्ठानले शैक्षिक कार्यक्रमको एउटा भर्याङमा पाइला राखिसकेको छ ,’ उनले भने, ‘अब चाँडै एमबिबिएस, एमडी, एमडीजिपी लगायतका शैक्षिक कार्यक्रम संचालन हुने विश्वास पैदा भएको छ।’, विश्वविद्यालयका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले सबै थोक औषधिले मात्र नहुने भएकाले बिरामीलाई छिटो निको बनाउन नर्सिङ स्टाफको भूमिका अपरिहार्य रहने भन्दै आफ्नो सिकाइ उपलब्धी त्यही अनुरुप हासिल गर्न विद्यार्थीलाई आग्रह गरेका थिए। , एमबिबिएस कक्षा संचालन गर्न भने अझै पुर्वाधारहरू तयार भइनसकेको अवस्थाबारे उनले बताएका थिए। ,
हाल प्रतिष्ठानमा आएको बजेटले प्रतिष्ठानले निर्माण गरेको गुरुयोजना अनुसार चार सय बेडको सात तलाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको हुँदा त्यो निर्माण भइसकेपछि मात्र एमबिबिएस कक्षा संचालन हुन सक्ने उनले बताएका थिए।,
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरू गर्यो नर्सिङ पढाइ |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्ने व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ।, बिहीबार मेयर बालेन शाहको अध्यक्षतामा बसेको बैठकले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार उक्त समितिले बसपार्कबाट छुट्ने गाडीको व्यवस्थापन गर्छ।, 'टिकट बुकिङ कार्यालय स्थापना गर्ने र यात्रुहरू बीचमा चढाउने र ओराल्ने उपयुक्त ठाउँ समेत कार्यदलले नै तोक्ने बैठकमा निर्णय भएको छ,' उनले भने।, यस्तै जथाभावी भएका टिकट काउन्टर पनि हटाइने छ।, केही समयअगाडि महानगरले पार्किङ, टिकट बुकिङ काउन्टर, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न भनेको थियो।, 'काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध छ,' महानगरले जारी गरेको सूचनामा भनिएको थियो, 'बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन।', त्यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले बताएको छ।, 'उल्लिखित निर्णय कार्यान्वयन गर्न यो सार्वजनिक सूचना जारी गरिएको छ। सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,' महानगरले भनेको थियो।,
उपत्यकाबाहिर चल्ने सवारीसाधन व्यवस्थापन गर्न महानगरद्वारा कार्यदल गठन |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नेपाल प्रहरीलाई सिसिटिभी प्रणाली जडान गर्न साढे तीन करोड दिएको छ। , बिहीबार महानगरका मेयर चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। , महानगरलाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट जडान गरिएको ठाउँमा सिसिटिभी जडान गर्ने मेयर महर्जले बताए। , 'सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग समन्वयन गरी काम गर्दै आएको छ,' उनले भने।, महर्जनका अनुसार महानगरले सिसिटिभी जडान गर्न नेपाल प्रहरीलाई साढे तीन करोड रुपैयाँ दिएको छ। गत वर्ष भने दुई करोड रुपैयाँ दिइएको हो।, त्यस्तै, डिआइजी लालमणिले सिसिटिभी जडान हुँदा ललितपुर महानगर सुरक्षामा महत्वपूर्ण योगदान रहने बताए। , ,
ललितपुर महानगरले प्रहरीलाई दियो साढे ३ करोड |
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्नेक्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान सवा १० बजे चन्द्रगिरि नगरपालिका-१२ गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , ना.५ ख ५७७७ नम्बरको मालबाहक ट्रकलाई प्र.३-०२-००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। , दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर घर भई थानकोट बस्ने २२ वर्षीय सरद राउत र पछाडि सवार मकवानपुर घर भई चन्द्रागिरि बस्ने २० वर्षीया सुमित्रा मोक्तान घाइते भएका थिए। , उनीहरूको उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा सुमित्राको सवा ११ बजे मृत्यु भएको एसपी रिजालले बताए। चालक सरदको घुँडामा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। , घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। ट्रक र मोटरसाइकललाई प्रहरी वृत्त थानकोटमा राखिएको छ।, , ,
गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता दाङमा यात्रुवाहक जीप दुर्घटना भएको छ।, शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।, मल्लले जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।, दुर्घटनामा दस जना घाइते भएका उनले बताए। तीमध्य ६ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी मल्लले जानकारी दिए।, घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । डिएसपी मल्ल नेतृत्वको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ। , प्रहरीले तीव्र गतिका कारण जीप दुर्घटनामा परेको अनुमान गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए। , केही दिन पहिले मात्रै यही ठाउँमा अर्कौ एउटा दुर्घटना भएको थियो ।,
तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना, १० जना घाइते |
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, पश्चिम र सुदूरपश्चिमका भूभागहरूमा भने तत्काल मनसुनको प्रभाव नभएका कारण त्यस क्षेत्रका तराईका भूभागहरूमा तापक्रम यथावत् नै रहने महाशाखाले जानकारी दिएको छ। , रातीपनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , ,
मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा मात्रै, आज यी प्रदेशमा पानी पर्ने सम्भावना |
सेतोपाटी संवाददाता वानएक्स बेटको प्रचार गरेबापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको खुलेको छ। , बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना कलाकारलाई पक्राउ गरेको हो। जसले प्रतिबन्धित वानएक्स बेटिङ गर्न प्रचार गरेको आरोप छ। , कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले रकम भ्युज, सब्सक्राइबरहरू अनुसार रकम पाउँथे।त्यसरी उनीहरूले ५ लाखदेखि ४० लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। , ‘उनीहरूलाई यहाँ लोकल एजेन्टहरूले विभिन्न माध्यमबाट सम्पर्क गर्ने गर्दा रहेछन्। त्यसपछि प्रचार गरिदिएबापत पैसा पठाइदिँदा रहेछन्,’ उनले भने,‘कतिपयको सिधै खातामा आउने पनि देखियो, कतिपयलाई एजेन्टले दिने रहेछन्।’, वानएक्स बेटले कलाकार र धेरै सब्सक्राइबर भएका सेलिब्रिटी छान्नुको पनि कारण रहेको उनी बताउँछन्। छोटो समयमा छिटो प्रभाव पार्न उनीहरूले कलाकारलाई प्रयोग गरेको प्रहरी बताउँछ। , सेलिब्रेटी, धेरै मानिसले हेर्ने व्यक्तिहरूबाटै प्रचार भएपछि धेरै जना बेटिङमा प्रोत्साहन हुन्छन्,’ केसीले भने, ‘प्रभावकारी हुने हिसाबले कलाकारहरू र युट्युबरहरूलाई छान्ने गरेको देखियो।’, प्रहरीले बेटिङको प्रचार गरेको आरोपमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्य कलाकार 'बल्छी ध्रुबे' मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय 'म्याकुरी' पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने ‘राजुमास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर एलिश राईलाई पक्राउ गरेको छ। , त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर 'जलन', मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली पनि पक्राउ परेका छन्।, उनीहरूले आफ्नो युट्युब भिडिओमा प्रोमो कोडको प्रयोग गरी बेटिङ गर्न प्रचार गर्थे। उनीहरूको प्रोमो कोडको प्रयोग गरे छुट हुने बताएर बेटिङको प्रोत्साहन गरेको पाइएको प्रहरीले जनाएको छ। जसबापत उनीहरूले कमिसन लिएको अनुसन्धानबाट देखिएको प्रहरी बताउँछ।, उनीहरूलाई काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।, लामो अनुसन्धानपछि यसरी समाजमा बेटिङ खेलाउनमा एजेन्टहरूको मात्रै नभएर प्रचारप्रसार गर्नेहरूको पनि उत्तिकै संलग्नता हुने गरेको भन्दै प्रहरीले कलाकारहरूलाई पनि पक्राउ गरेको हो।, बुधबारमात्रै कार्यालयले पाँच जना एजेन्टहरूलाई पक्राउ गरेको थियो। एजेन्ट बनेर वानएक्स बेटिङ गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पाँच जनाले मात्रै ७४ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट खुलेको हो। , प्रहरीले उनीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ। एजेन्ट र प्रचार गर्ने कलाकारहरूलाई एउटै मुद्दामा आकर्षित गरी अनुसन्धान अघि बढाएको हो। , यसमा जुवा खेल्न र खेलाउन नहुने कसुर, राष्ट्र बैंक ऐन, सम्पत्ति शुद्धीकरणको कसुरहरू पनि आकर्षित हुने प्रहरीले जनाएको छ। ,
प्रहरीको प्रारम्भिक अनुसन्धान: वानएक्स बेटको प्रचार गरेबापत ५ देखि ४० लाख लिन्थे यी कलाकार र युट्युबरले |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। , रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्। , दुर्घटनाका अन्य चार जना घाइतेलाई थप उपचारका लागि बाँकेको कोहपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ। , तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकैबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई जानकारी दिए। , दुर्घटनामा परी दश जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। अन्य घाइतको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ। , शुक्रबार बिहान साढे दश बजेतिर तुलसीपुरदेखि रोल्पा जान थालेको यात्रुबाहक जिप तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। ,
दाङ जिप दुर्घटनामा चालकको मृत्यु, घाइतेमध्ये चार जना बाँके रिफर |
रासस अत्यधिक वर्षाका कारण आएको बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको छ।, गएरातिको अविरल वर्षाले सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने तावाखोलामाथिको मोटरेबल पुल बगाएको हो। स्थानीयहरुका अनुसार एक महिना अघिदेखि मात्रै सञ्चालनमा सो पुल गएरातिको बाढीले आधा भाग बगाएको हो।, बाढीले सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ।, यस्तै स्थानीय जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए।, बाढी पहिरोले २९ घरपरिवार उच्च जोखिममा, गत बिहीबारदेखिको निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन् । बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो ।, सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लक्ष्मण तामाङले बताए । उनका अनुसार खोला खोल्सा तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए ।, 'मुसलधारे पानी मुसलधारे परिरहेको छ । एक घरदेखि अर्को घर जान सकिँदैन । अहिले सुरुङखिम गाउँमा १५ घर परिवार उच्च जोखिम परेको छौँ,' उनले भने।, बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् । उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताइन् । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ । , त्यस्तै सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए । स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको छ । पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए।, याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए । उनले भने, 'अहिले हामी नै जोखिममा छौँ । प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ । स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन् ।', लगातारको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो ।, 'विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्,' प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, 'सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबार अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ।', सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय नभएको राईले बताए । सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो । ,
ताप्लेजुङमा बाढीले बगायो तावाखोलाको मोटरेबल पुल, दुई जलविद्युत् आयोजनामा पनि क्षति |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय अपराध रहेको सूचना टाँस गर्न अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।, मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर मातहतका अस्पताललाई निर्देशन दिएको हो।, जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि स्वास्थ्य संस्था एवम प्रयोगशाला परिसरमा सूचना टाँस्ने व्यवस्था गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दियो।, ‘राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र राष्ट्रिय रणनीति २०७८–२०८८मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको र मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थाहरूमा त्यस्ता गतिविधि नहुने वातावरण तयार गर्न अनिवार्य सूचना टाँस गर्नुपर्ने छ,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ।, त्यस्ता केन्द्रमा ‘कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन, यदि सो कार्य गरे वा गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ। छोरीको जन्म सुनिश्चित गरौं, विभेदपूर्ण लिंग छनौट अन्त्य गरौं’ लेखिको सूचना टाँस गर्नुपर्ने छ।, ,
गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्न नपाइने सूचना टाँस्न दियो मन्त्रालयले निर्देशन |
सेतोपाटी संवाददाता महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। , एसएसपी पाललाई निलम्बन गरिएको गृहको पत्र शुक्रबार बिहान प्रहरी प्रधान कार्यालय पुगेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए। , एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए। , ‘गृहमन्त्रालयले निर्णय गरेको पत्र प्राप्त भइसकेको छ, अब सम्बन्धित निकायमा पठाउँछौं,ʼउनले सेतोपाटीसँग भने।, उनीविरूद्धको यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्न पाललाई प्रहरी प्रधान कार्यालय बोलाइएको पनि डीआइजी कडायतले जानकारी दिए। , पालले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उनीविरूद्द उजुरी दिएकी थिइन्।, निवेदन दिइसकेपछि अनुसन्धानको क्रममा पालले दुर्व्यवहार गरेको खुलेकाले निलम्बन गरिएको प्रवक्ता कडायतले बताए। ,
महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाललाई गृहले गर्यो निलम्बन |
नवीनबाबु गुरूङ मगर समुदायले टुँडिखेलमा भूमि (भुम्या) पर्व धुमधामका साथ मनाइरहेका छन्।, असार १ देखि एक हप्तासम्म मनाउने यो पर्वमा समुदायले प्रकृतिको पूजा र नाचगान गरी मनाउने गर्छन्।, हरेक वर्षको वर्षा ऋतु लाग्नुभन्दा पहिले मगर समुदायले बाढी,पहिरो, हुरी बतासजस्तो दु:ख दिने प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको पूजा गर्छन्।, भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने चलन छ।, लगाएको अन्नबाली राम्रो अनि अन्नको सह (सन्तुष्टि,छिटो नसकिने,कम्तीले पनि धेरै समयसम्म पुग्ने) होस् भनेर भूमि देवतालाई पूजा गरिन्छ।, दाङमा रोल्पा, रुकुम, प्युठान र सल्यानबाट बसाइ सरेर आएका मगरहरूले जमिनको पूजा गर्दै हरेक वर्ष भूमि नाच गर्दछन्।, साथै ५ दिनसम्म नाच्ने भूमि नाचमा आफ्नो पहिचान र वेशभूषासहित सहभागिता जनाउँछन्।, तस्बिरहरू :, ,
टुँडिखेलमा मगर समुदायको भूमि पर्व (तस्बिरहरू) |
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले नेपालगञ्जमा पहिलोपटक गौरव यात्रा मनाएका छन्। , पश्चिम तारा नेपालको आयोजना र यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपाल, भिजिवल ईम्प्याक्ट र युवा नेपालको सहयोगमा समुदायले गौरव यात्रा मनाएका हुन्।, समुदायका युवाहरूले त्रिभुवन चोक, न्युरोड, सेतु विक चोक हुँदै धम्बोझीसम्म पुगेर सप्तरंगी झण्डा फर्फराएका थिए। रंगीविरंगी पोशाक लगाएर युवाहरूले गौरव यात्रा मनाएका हुन्।, गौरव यात्रा कार्यक्रममा युवाहरूले एक अर्कालाई शुभकामना आदानप्रदान गरे।, अंग्रेजी क्यालेन्डरको जुन महिना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विशेष महिना हो। त्यही भएर उनीहरू गर्वसाथ यो महिनालाई ‘प्राइड मन्थ’ रूपमा मनाउँछन्। , नेपाली यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले यो महिनालाई उत्सव मनाउन थालेको सन् २०१९ बाट मात्र हो। नेपालबाहिर सन् १९७०, जुन २८ बाट यो पर्व मनाउन सुरू गरिएको थियो।,
नेपालगञ्जमा पहिलोपटक मनाइयो 'गौरव यात्रा' |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेको छ।, उसले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै नयाँ बसपार्कबाट मात्रै काठमाडौं बाहिर जाने र भित्रने सवारीहरू सञ्चालन गर्न भनेको भनेको थियो।, त्यही अनुसार शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन्।, टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र नेपाल प्रहरी पनि उल्लेख्य मात्रामा परिचालन गरिएको छ।, नगर प्रहरीहरूले बसपार्क बाहिर राखिएका टिकट काउन्टरका बोर्डहरू हटाइरहेका छन्।,
हटाउन थालियो बसपार्क बाहिरका टिकट काउन्टर (तस्बिरहरू) |
रासस सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।, कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए। , ,
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु |
सेतोपाटी संवाददाता झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बनमा परेका छन्।, सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलालाई निलम्बन गरिएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी निरीक्षक राईलाई गृह मन्त्रालय तथा जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो।, यसअघि सो घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन भनिएको छ।, प्रहरी निरीक्षक राईसहितको टोली गत राति मेचीनगर नगरपालिका-४ नकलबन्दस्थित सीमा क्षेत्रमा पुगेका थिए। , उनीहरूले सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट गरेका थिए।, निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन्। इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए।, सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए। सादा पोशाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेका थिए।,
झापामा सशस्त्र कुटपिट घटना: सशस्त्रका इन्स्पेक्टरसहित तीन जना निलम्बित |
डा. प्रसन्ना कार्की मस्तिष्क पक्षघात भनेको दुई किसिमको हुन्छ। एउटा इस्केमिक स्ट्रोक हो भने अर्को हेमोरेजिक स्ट्रोक हो।, स्केमिक स्ट्रोकमा इस्केमिक स्ट्रोकमा रगत जमेर मस्तिष्कको धमनी बन्द हुन्छ। त्यस्तो अवस्थामा मस्तिष्क सुख्खा हुँदै जान्छ।,
हेमोरेजिक स्ट्रोक भनेको मस्तिष्कमा रगतको नसा फुटेर रगत जम्मा भएको अवस्था हो।, स्केमिक स्ट्रोकमा 'बी फास्ट'(ब्यालेन्स,आई,फेस,आम्स,टाइम)महत्वपूर्ण हुन्छ। अर्थत् शरीरको सन्तुलन, आँखा, अनुहार, पाखुरा, बोली र समय ख्याल गर्नुपर्छ।, यस्तो बेला शरीरको सन्तुलनमा समस्या आउँछ। आँखा एकछिन नदेख्ने, कहिले एउटाले मात्र देख्ने हुनसक्छ। अनुहारमा र्याल चुहिने, अनुहारको एउटा भाग बांगो हुने लगायत हुन्छ। त्यस्तै पाखुराको एक पाटा नचल्न सक्छ। बोली नफुट्ने हुन सक्छ। यस्ता लक्षण देखिएमा समयमै अस्पताल ल्याउनुपर्छ भन्ने हो। त्यसैले ४ देखि ५ घण्टाको बीचमा अस्पताल ल्याइसक्नुपर्छ।, ४ देखि ५ घण्टामा अस्पताल पुग्न सकेमा अपरेसन र औषधिको सहायताले उपचार हुनसक्छ। तर ५ घण्टाभन्दा ढिलो पुगेमा रगतको नशाबाट पाइप छिराएर 'थम्बेक्टोमी' गरिन्छ। तर त्यस्तो अवस्थामा मस्तिष्कलाई खोल्न भने पर्दैन।, बिरामीलाई लक्षण देखिएको १६ देखि १८ घण्टाभित्र अस्पताल ल्याउने सकेमा आधा प्यारालाइसिस भइसकेको छ भने समेत निको हुन्छ। त्यसैले पक्षघातको संकेत बुझ्न धेरै जरूरी छ। सकेसम्म ४ देखि ५ घण्टासम्म बिरामी आइपुगेमा औषधिकै सहायताले समेत उपचार हुने सम्भावना धेरै हुन्छ। त्यस्तो अवस्थामा खर्च पनि थोरै हुन्छ। ५ घण्टाभन्दा ढिलो भएमा र १६ देखि १८ घण्टासम्म आइपुगेमा न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गर्नुपर्छ।, मस्तिष्क पक्षघात ३० वर्ष कटेपछि नै हुन थालेको छ। महिलाभन्दा पुरूषलाई धेरै पक्षघात हुन्छ। मधुमेह, उच्च रक्तचापलाई लापरबाही गरेमा मस्तिष्क पक्षघात धेरै हुन्छ। त्यस्तै चुरोट खाने र रक्सीको धेरै सेवन गर्नेहरूलाई मस्तिष्क पक्षघात हुने खतरा रहन्छ। स्वस्थ जीवनशैली अपनाउने र व्यायाम गर्ने, नियमित स्वास्थ्य परीक्षण गरेमा मस्तिष्क पक्षघातको खतरा कम हुन्छ।, पुरूषहरूले बढी चुरोट, रक्सी खाने, बाहिर खाने गर्छन् अनि उनीहरूलाई उच्च रक्तचाप, मुटु र मधुमेहको समस्या देखिन्छ।त्यसले गर्दा उनीहरूलाई मस्तिष्क पक्षघातको सम्भावना हुन्छ।, हेमोरेजिक स्ट्रोकमा मस्तिष्कभित्र रगत जम्मा हुन्छ। त्यो किन हुन्छ भने रगतको नशा कहिलेकाहीँ फुट्छ। कहिलेकाहीँ रगतको नशाको गुजुल्टो हुन्छ। रगतको नशा फुटेपछि मस्तिष्कमा रगत जम्मा हुन्छ। त्यस्तो अवस्थामा पनि न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गर्न सकिन्छ। त्यस्तो अवस्थामा दुई तरिकाले अपरेसन गर्न मिल्छ। एउटा टाउको खोलेर उपचार गर्न मिल्छ भने अर्को इन्टरभेन्सन प्रविधिबाट उपचार गर्ने हो।, (इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।),
महिलाभन्दा पुरूषलाई मस्तिष्क पक्षघात किन धेरै हुन्छ (भिडिओ) |
रासस दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ।, सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो। देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र एक हजार दुई सय रुपैयाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ।, स्रेस्तेदार कुमार मास्केका अनुसार देवले १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो।, राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए। बालिकाहरू भागी अपहरण मुक्त भएपछि पीडितका आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।, सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए। मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो। जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। , यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए। झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए। बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए। , सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो। यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए।,
बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद |
सबिना श्रेष्ठ केही दिनअघिसम्म देशभरको तापक्रम उच्च विन्दुमा थियो। अत्यधिक गर्मीले तराईका कतिपय विद्यालय बन्द गरिए। कति किसानका बालीनाली सखाप भए।, सूर्यको तापसँग पौंठेजोरी खेल्दै शीतल प्रदान गर्ने पानी पनि आकाशबाट थुप्रै दिन परेन। यस्तो खडेरीमा पानी कसरी पार्ने त?, मान्छेले परम्परागत शैली अपनाए। अर्थात् एउटा भाले र एउटा पोथी भ्यागुता खोजे अनि उनीहरूको बिहे गराइदिए।, भरतपुर, चितवन, सर्लाही, झापा लगायत विभिन्न ठाउँमा भ्यागुताको बिहे गराइदिएको फोटो/भिडिओ यति बेला सामाजिक सञ्जालहरूमा देखिएका छन्।, के यसरी भ्यागुताको विवाह गराइदिँदैमा पानी पर्ला त?, के हिजोआज परेको छिटपुट वर्षा त्यसैको नतिजा हो?, हिन्दुधर्मीहरूको विश्वास के छ भने भ्यागुता करायो भने भगवान इन्द्रकहाँ पानी पार्ने सन्देश पुग्छ र त्यसैको फलस्वरूप आकाशबाट वर्षा हुन्छ। सोही मान्यताका साथ विशेषगरी तराई क्षेत्रमा भ्यागुताको विवाह गराइदिने चलन छ। बिहे गराएपछि भ्यागुताको जनसंख्या वृद्धि हुने मान्यता रहेको संस्कृतिविद ओम धौभडेल बताउँछन्।, 'भ्यागुता प्रायः अर्को साथी भयो भने मात्र कराउँछ। भ्यागुताको बिहे भएपछि उनीहरू सँगै बस्ने र सँगै कराउँदै हिँड्ने मान्यता छ। उनीहरूको जनसंख्या बढेपछि झन् सबै मिलेर कराउँछन्। त्यो संगीतजस्तो ध्वनी स्वर्गका राजा इन्द्रसम्म पुगेपछि पानी पर्छ भन्ने मान्यताका साथ तिनीहरूको विवाह गराइदिएको हुनुपर्छ,' उनले भने।, तराई क्षेत्रमा भ्यागुताको बिहे गराएर पानीको देवतालाई सम्झना गरिने भए पनि यो चलन काठमाडौं उपत्यकामा छैन। यहाँका नेवाः किसान भ्यागुतालाई गुणकारी जीव भने मान्छन्।, जेठ–असारमा बाली लगाएपछि बालीमा कीरा-फट्यांग्रा लागेर बिग्रिने सम्भावना हुन्छ। भ्यागुता यस्तो जीव हो जसले ती कीरा-फट्यांग्रा खाएर बाली बिग्रिनबाट बचाँउछ। भ्यागुताको यस्तो गुण सम्झेर जनै पूर्णिमाका दिन भ्यागुतालाई भात खुवाउने चलन छ। नेपाल भाषामा भ्यागुतालाई 'ब्यां' र भातलाई 'जा' भनिन्छ। भ्यागुतालाई भाता खुवाइने भएकाले यो परम्परालाई नेपाल भाषामा 'ब्यां जा नकेगु' भनिन्छ।, भ्यागुताको गुणलाई लिएर एउटा किम्बदन्ती पनि सुनिन्छ।, कुनै बेला नेवाः बस्तीमा घण्टाकर्ण नामको राक्षस थियो। उसका कान घन्टीजत्रै ठुल्ठूला थिए। ऊ साना बालबालिका मारेर आलो रगत घटघट पिउँथ्यो। राक्षसको आतंकबाट मुक्ति दिलाउन एक चतुर भ्यागुताले योजना बनाएछ।, एकदिन सदाझैं बस्तीका साना बालबालिका खोज्दै घन्टाकर्ण हिँडिरहेको थियो। चतुर भ्यागुता उफ्रिँदै राक्षसअगाडि गयो र सोध्यो, 'कता जान लागेको घन्टाकर्ण?', घन्टाकर्ण फुच्चे भ्यागुताको जवाफ फर्काएर के बस्थ्यो! उसलाई सुनेको नसुन्यै गर्यो।, घन्टाकर्णले जवाफ नफर्काए पनि ऊ के खोज्दै हिँडेको हो भन्ने भ्यागुतालाई थाहा थियो।, त्यसैले भ्यागुताले नै भन्यो, 'तिमी मान्छेका बालबच्चा खोज्न हिँडेका होइनौ? त्यस्तो जाबो मान्छेको बच्चा खानु त के ठूलो कुरा भयो! तिमी बरू मलाई समातेर देखाऊ। अनि म तिमी बलवान रहेछौ भनेर पत्याउँछु।', रिसले आगो भइसकेको घन्टाकर्णले भ्यागुतालाई आफ्नो बाटोबाट हट्न धम्की दियो। भ्यागुता मानेन र घन्टाकर्णलाई जिस्काइरह्यो।, त्यसपछि घन्टाकर्ण जंगियो र भन्यो, 'ए फुच्चे भ्यागुतो! तैंले मसँग निहुँ खोजेको हो? पख्, म तँलाई समातेर एकै गाँसमा निलिदिन्छु।', त्यति भनेर घन्टाकर्णले आफ्नो हात अगाडि बढायो। उसले समात्नुअगाडि नै आफ्ना दुई खुट्टा तन्काएर भ्यागुता बुरूक्क उफ्रियो र अर्को ठाउँ पुग्यो। घन्टाकर्णले फेरि उसलाई समात्न खोज्यो, भ्यागुता फेरि अर्को ठाउँमा बुर्कुसी मारिहाल्यो।, घन्टाकर्णको रिस अझै उर्लियो। भ्यागुतो भने झन् झन् उसलाई गिज्याउँदै गयो।, आफ्नो पछिपछि लागेको घन्टाकर्णलाई उक्साउँदै भ्यागुताले उसलाई खेतको दलदलमा लग्यो। भ्यागुताले त त्यो दलदल पार गर्न सक्यो तर राक्षस फस्यो। ऊ हिलोबाट उम्किन यताउता चल्न खोज्यो। जति चल्थ्यो, उति उसको शरीर दलदलमा दबियो।, आफूले चलाखीपूर्ण तरिकाले घन्टाकर्णलाई दलदलमा फसाउन सकेकामा भ्यागुता दंग पर्यो। यो कुरा सुनाउन छिटो–छिटो उफ्रिँदै भ्यागुता बस्तीका मानिस बोलाउन गयो।, मान्छेहरू खुसी हुँदै परालमा दनदनी आगो बालेर आए र घन्टाकर्णलाई जलाए। आगोको रापमा चिच्याउँदै, छट्पटिँदै घन्टाकर्ण राक्षसले प्राण त्याग्यो।, चतुर भ्यागुताको बुद्धि र शक्तिका कारण मान्छेले घन्टाकर्णको त्रासबाट त्राण पाए।, यसरी नरभक्षी घन्टाकर्णको संहार गरिएको सम्झनामा घन्टाकर्ण जात्रा वा गथामुंग पर्व मनाउने चलन छ।, यस्तो डरलाग्दो राक्षसलाई पार लगाएको सम्झनामै भ्यागुतालाई भात खुवाउने चलन विकास भएको पनि विश्वास छ।, नेवाः समुदायमा आकाशबाट पानी पार्न भ्यागुताभन्दा बढी नागको पूजा गर्ने चलन छ। नाग र पानीको अन्योन्याश्रित सम्बन्ध भएको मानिन्छ।, भनाइ नै छ — जहाँ नाग हुन्छ, त्यहाँ पानी हुन्छ।, त्यसैले पानीका स्रोतहरू; इनार, ढुंगेधारा, पोखरी लगायतमा नागको आकृति कुँद्ने चलन भएको संस्कृतिविद ओम धौभडेल बताउँछन्।, 'काठमाडौं उपत्यकामा पानीका लागि नाग वा महादेवको सम्झना गरिन्छ। त्यही भएर हाम्रोतिर हरहर महादेव भन्ने चलन छ,' उनले भने, 'उपत्यकामा भएका धेरै जात्राका कथा पनि नागसँगै जोडिएका छन्। पानी परेन भने पनि नाग देवताको पूजा गर्ने चलन छ।', पानी नपरेर गाह्रो भएका बेलामा नागहरू धेरै पाइने भक्तपुरको सूर्य विनायक, सिद्धपोखरी लगायत ठाउँमा पूजा हुने उनी बताउँछन्। भक्तपुरमा बासुकी नाग प्रख्यात छ भने काठमाडौंमा कर्कोटक नाग प्रख्यात छ जसको मूल थलो चोभारको टौदहलाई मानिन्छ।, नेवाः समुदायमा पानी पार्नकै लागि दाफा भजनका रूपमा मेघराग गाउने पनि चलन छ। वैदिक कालमा पानी पार्न गीतहरू गाइने र नगरा लगायत बाजा बजाइएको प्रसंग वैदिक ग्रन्थहरूमा भेट्न सकिन्छ।, भ्यागुताकै कुरा गर्दा इतिहासविद गौतम बज्राचार्य भ्यागुतालाई वैदिक कालदेखि वर्षा गराउने जीव मानिँदै आएको बताउँछन्। उनले मनसुन र भ्यागुताको सन्दर्भलाई लिएर सन् २०१३ मा 'फ्रग हाइम्स् एन्ड रेन बेबिजः मनसुन कल्चर एन्ड द आर्ट अफ एन्सियन्ट साउथ एसिया' नामक किताब लेखेका छन्। , बज्राचार्यले ऋग्वेदमा भ्यागुताको वर्णन भएको श्लोकले मनसुनसँग कसरी जोडेको छ भन्ने प्रसंग केलाउने प्रयास गरेका छन्।, श्लोकअनुसार वर्षभर गुप्त रूपमा बसेका भ्यागुता मेघ (बादल) लाई खुसी पार्ने वाणीहरू बोल्न थाल्छन्। सुकेका तलाउमा सुख्खा छालाजस्तो भएर सुतेका भ्यागुताहरूमा स्वर्गको पानी वर्षिन्छ र उनीहरू लैनो गाईझैं स्वर निकालेर कराउन थाल्छन्। उनीहरू खुसी हुन्छन् र ट्वार्रट्वार्र गर्दै विनम्रताको ध्वनी निकाल्छन्। एकआपससँग नजिकिन्छन्।, 'दक्षिण एसियाका प्राचीन मानिसहरूको विचारमा पानी परेपछि भ्यागुतो कराउने होइन, भ्यागुतो कराएपछि पानी पर्छ भन्ने विश्वास थियो। यसरी भ्यागुतो पानी पार्न सक्ने देवताको रूपमा परिवर्तन भयो। वर्षामा पानी परेपछि हरियो घाँसपात प्रशस्त पाइने र गाईवस्तु सजिलैसँग हुर्किने भएकाले भ्यागुतोको प्रार्थना गर्यो भने गोधनको समृद्धि हुन्छ भन्ने विचार ऋग्वेदको मण्डूक सूत्रमा स्पष्टसँग उल्लेख भएको छ,' इतिहासविद बज्राचार्य भन्छन्, 'वास्तवमा ऋग्वेदको रचना भएको समयदेखि नै वैदिक आर्यहरूले ऋतु संस्कृतिका केही महत्वपूर्ण रीतिरिवाज पूर्णतया अपनाइसकेका थिए भन्ने बुझ्न सकिन्छ।', बज्राचार्यका अनुसार भ्यागुता कराउने समयमै वैदिक आर्यहरूको वार्षिक पठनपाठन सुरू हुन्थ्यो। पछि यो परम्परा उपाकर्म (वेद पढ्ने दिनको प्रारम्भ) को नामले प्रसिद्ध भयो। अहिले पनि श्रावण शुक्ल पूर्णिमाको दिन ब्राह्मणहरू उपाकर्म गर्छन्। यही पूर्णिमाको दिन नेवारहरू भ्यागुताको पूजा गर्छन् र भ्यागुतोलाई खाना र गेडागुडी चढाउँछन्।, 'ऋग्वेद लेखिएका बेला श्रावणशुक्ल पूर्णिमा वा जनैपूर्णिमा आजभोलि जस्तो वर्षाको अन्त्यमा होइन, सुरूआतमा पर्थ्यो। त्यसैले हरियो घाँस उम्रिन थालेपछि उपाकर्म गरिनुपर्छ भनेर कुनै कुनै वैदिक ग्रन्थमा स्पष्ट लेखिएको पाइन्छ,' बज्राचार्यले लेखेका छन्, 'श्रावण शुक्ल पूर्णिमापछि लगत्तै आउने भाद्र महिना वर्षा ऋतुको पहिलो महिना थियो भन्ने कुरा रामायणजस्तो पुरानो संस्कृत ग्रन्थबाट पनि बुझ्न सकिन्छ।', भ्यागुतालाई कसरी पानीको देवता मानिन थाल्यो र भ्यागुताको विवाह किन गरिन्छ भन्ने प्रसंगपछि अब हामी वैज्ञानिक तर्क पनि हेरौं।, हामीले हिजोआज पानी पर्नुको कारण र मनसुन कहिले भित्रिन्छ भन्ने विषयमा वरिष्ठ मौसमविद वरूण पौडेलसँग कुराकानी गरेका छौं।, पौडेलका अनुसार हिजोआज छिटपुट पानी पर्नुको कारण मनसुन आउन अनुकूल वातावरण बन्दै गएकाले हो। अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ। त्यसलाई पूर्वी वायुले विस्थापित गर्नेबित्तिकै नेपालको पूर्वी भेग हुँदै मनसुन देशभर फैलिन्छ। भारतको बंगाल खाडी हुँदै आएको मनसुन नेपाल भित्रिन थप एक-दुई दिन लाग्ने उनी बताउँछन्।, 'अहिले छिटपुट पानी पर्नु भनेको मनसुन सुरू हुने संकेत हो। अब छिट्टै देशैभर मनसुन भित्रिनेछ,' उनले भने।, पानी पार्न भ्यागुताको भूमिका होस् वा नहोस्, बिहे गराइदिने परम्पराले यसको महत्व र संरक्षणको विषय भने उजागर गरेको भ्यागुतामा लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएका सन्तोष भट्टराई बताउँछन्।, 'नेपाल कन्जर्भेसन एन्ड रिसर्च सेन्टर' मा काम गर्ने भट्टराई यो परम्परालाई सकारात्मक मान्दै भन्छन्, 'भ्यागुता कराएपछि पानी पर्ने कुराको विज्ञानसँग कुनै सम्बन्ध छैन। बरू पानी परेपछि भ्यागुताहरू बाहिर निस्किन्छन् र कराउन थाल्छन्। उनीहरूको प्रजनन प्रक्रिया पनि त्यसपछि सुरू हुन्छ।', भ्यागुताको बिहे गराइदिँदैमा उनीहरूको जनसंख्या वृद्धि हुनेमा उनी सहमत छैनन्। सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा उनले दुई फरक प्रजातिका भ्यागुताको बिहे गराइदिएको पनि देखेका छन्। एउटै प्रजातिको बिहे गराइदिँदा पनि तिनीहरू एकअर्कासँग आकर्षित भई नहाल्ने भट्टराई बताउँछन्।, 'भ्यागुता कराउँदा उसको घाँटी फुल्छ। जसले जोडले कराउँछ, पोथी भ्यागुता त्यसैसँग आकर्षित हुन्छ। भ्यागुता विभिन्न रङका हुन्छन्। जसको रङ गाढा हुन्छ, त्यसैसँग पोथी भ्यागुता आकर्षित हुन्छे,' उनले भने।, उनका अनुसार नेपालमा ५८ प्रजातिका भ्यागुता छन्। तीमध्ये 'स्कुटिगर नेपालेन्सिस' प्रजातिको भ्यागुता नेपालमा मात्र पाइन्छ। नेपालमा ठ्याक्कै कति किसिमका भ्यागुता छन् भन्ने विषयमा यकिन हुने गरी धेरै अध्ययन नभएको उनले बताए। पछिल्लो समय बढ्दै गएको आधुनिकीकरण, जलवायु परिवर्तन, खेतबारीमा अत्यधिक प्रयोग हुने रासायनिक मल लगायत भ्यागुताका लागि जोखिम हुन्।, तर भ्यागुताको बिहे गराइदिँदा पानी पर्ने विश्वासले तिनीहरूको संरक्षणमा अप्रत्यक्ष मद्दत पुग्ने भट्टराई बताउँछन्।, 'एकपटक बिहे गराएपछि अर्को वर्षका लागि पनि भ्यागुता जोगाउन पर्यो। त्यसले अप्रत्यक्ष रूपमा भ्यागुता जोगाउन मान्छेलाई प्रेरित गर्छ,' उनले भने, 'सरकारले जोगाउन प्राथमिकता नदिएको समयमा हामीले संस्कृतिसँग भ्यागुतालाई जोड्न सक्यौं भने धेरै फाइदा हुन्छ।',
झमझम पानी पार्न भ्यागुताको झ्याइँझ्याइँ बिहे! |
सेतोपाटी संवाददाता बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्। , कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूको खातामा करोडौं रकमको कारोबार भएको देखिएको छ। ,
उनका अनुसार खड्काको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार देखिएको छ। , श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको खातामा देखिएको एसएसपी केसीले बताए। , यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।, उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ।,
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। ,
वानएक्स बेट खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ |
विवेक राई गाईवस्तुमा देखिने लम्पी स्किन रोग देशको ७१ जिल्लामा फैलिएको छ। देशव्यापी फैलिएको यो रोगका कारण अहिलेसम्म साढे ९ हजार गाईभैंसीको मृत्यु भएको छ।, ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, धादिङ, मनाङ र मुस्ताङमा भने यो रोग फैलिन बाँकी छ।, पशु सेवा विभागले दिएको जानकारी अनुसार लम्पी सबभन्दा बढी कर्णालीमा फैलिएको छ। त्यहाँमात्र १ लाख ४४ हजार चौपायामा यो रोग देखिएको छ।, यस्तै, कोशीमा ८५ हजार, सुदूरपश्चिममा ६८ हजार, लुम्बिनीमा २५ हजार, बागमतीमा १८ हजार, गण्डकीमा ९ हजार र सबैभन्दा कम मधेशमा एक हजार २५३ चौपायामा यो रोग देखिएको छ।, लम्पीबाट मृत्यु भएको चौपायाको संख्या पनि अन्य प्रदेशको तुलनामा कर्णालीमा निकै बढी छ। कर्णालीमा मात्र ४ हजार ७७५ वटा चौपायाको मृत्यु भएको छ। सबैभन्दा कम मधेशमा ३५ वटा चौपायाको मृत्यु भएको छ।, विभागका अनुसार कोशीमा ११३२, मधेशमा ३५, बागमतीमा ३००, गण्डकीमा ३३०, लुम्बिनीमा ११०, कर्णालीमा ४७७५ र सुदूरपश्चिममा २७४७ गरेर ९४२९ गाईवस्तु मरेका हुन्। , विभागको तथ्यांक अनुसार अहिलेसम्म साढे तीन लाख बढी चौपायामा लम्पी स्किन रोग देखिएको छ। यद्यपि यो संख्या अझै बढी हुनसक्ने विभागका सूचना अधिकारी चन्द्र ढकाल बताउँछन्।, उनले सबै संक्रमणको तथ्यांक विभागसँग पनि नरहेको उल्लेख गर्दै झन्डै पाँच लाख हाराहारी चौपाया लम्पीबाट संक्रमित भएको हुनसक्ने जनाए।, 'अहिले विभागलाई परेको ठूलो समस्या नै तथ्यांकको हो। तलबाट माथि तथ्यांक आउने संयन्त्र नै छैन। यो तथ्यांक पनि स्थानीय तहहरूसँग जुम मिटिङ गरेर लिइएको तथ्यांक हो,' ढकालले भने।, लम्पी स्किन रोग गाईमा भन्दा पनि बढी भैंसीमा देखिने गर्छ। यो रोग लागेपछि गाईभैंसीको दूध उत्पादनमा ह्रास मात्र आउँदैन, प्रजनन समस्या तथा गर्भपन समेत हुनसक्छ। यो रोगको अहिलेसम्म प्रभावकारी उपचार नभए पनि खोपलाई नियन्त्रणको एउटा उपाय मानिन्छ।, यद्यपि देशव्यापी प्रकोपको रूपमा फैलिरहेको लम्पीविरूद्धको खोप ल्याउन सरकारले कुनै चासो दिएको पाइँदैन। झन्डै पाँच लाख बढी चौपायामा यो संक्रमण फैलिसक्दा पनि सरकारले खोप ल्याउने कुनै छाँट देखाएको छैन।, तत्काललाई खोप ल्याउने जिम्मा निजी कम्पनीमा दिइएको छ।, पशु सेवा विभागका अनुसार अहिलेसम्म तीन वटा निजी कम्पनीले खोप आयातका लागि अनुमति पाएका छन्। जसमा लोटस भेट इन्टरनेसनल, वनदेवी भेट फर्मा र कान्तिपुर भेट छन्।, यी तीन कम्पनीमध्ये वनदेवी भेट फर्मा र लोटस भेट इन्टरनेसनलले मात्र खोप ल्याएका छन्। कान्तिपुर भेट इन्टरनेसनलले भने अनुमति लिए पनि अहिलेसम्म खोप ल्याएको छैन। बाँकी दुइटा कम्पनीले भने अहिलेसम्म जम्मा २ लाख २५ हजार डोज खोप ल्याएका छन्।, पर्याप्त खोप ल्याउन नसक्दा देशभरका किसानहरू यतिबेला हैरानी भोगिरहेका छन्। सबैभन्दा बढी संक्रमण फैलिएको कर्णालीको एउटा स्थानीय तहमा हामीले कुराकानी गर्दा उक्त नगरपालिकामा अहिलेसम्म एउटा पनि खोप पुग्न सकेको छैन।, सुर्खेतको गुर्भाकोट नगरपालिकामा अहिलेसम्म १ सय ३७ वटा चौपायाको मृत्यु भइसके पनि नगरमा एउटा पनि खोप नआइपुगेको नगरका मेयर हस्त पुनले जानकारी दिए।, 'सिंगो कर्णालीमा जम्मा २ सय वटा खोप आयो भन्ने सुनेको छु। त्यो पनि कसलाई वितरण गर्ने भनेर टुंगो हुन सकेन भन्ने छ,' मेयर पुनले भने।, उनले नगरमा लम्पी स्किन रोगका कारण भएको समस्याबारे प्रदेश र केन्द्र सरकारमा पटकपटक जानकारी गराए पनि केन्द्र सरकारले बजेट लगायत स्रोतको समस्या देखाउँदै जिम्मेवारीबाट पन्छिएको जनाए।, 'अहिलेको अवस्थामा आर्थिक समस्या सबैलाई छ तर पनि हामीले हाम्रो स्रोतलाई सकेसम्म परिचालन गरेर गर्ने सक्ने काम गरिरहेका छौं अनि प्रदेश र केन्द्र चाहिँ चुप लागेर बस्न पाइन्छ?,' मेयर पुनले रोष पोखे।, अहिलेसम्म नगरपालिकाले झन्डै पाँच लाखको पारासिटामोल, घाउ सफा गर्ने लगायत अन्य औषधि किसानहरूलाई निःशुल्क उपलब्ध गराइसकेको छ। केन्द्र सरकारले खोप लगायत औषधि मात्र उपलब्ध गराइदिए जनशक्ति परिचालन गरेर घरघरमा सेवा पुर्याउने उल्लेख गर्दै मेयर पुनले भने, 'जनशक्ति परिचालन गर्न कुनै समस्या छैन। सरकारले खोप मात्र उपलब्ध गराइदिए हामी ठाउँठाउँ पुगेर खोप लगाउने काम गर्छौं तर सबै काम स्थानीय तहले गरोस् भन्ने कुरा त जवाफदेहिता भएन नि।', नगरको पशु शाखा अधिकृत मनोज पुनका अनुसार गुर्भाकोटको कोटामा जम्मा ३ सय डोज खोप परेको छ। जबकी नगरमा १५ देखि २० हजार डोज आवश्यक पर्छ।, एक दुई दिनमा आइपुग्ने ३ सय डोज खोप व्यावसायिक गाईभैंसी पालन गर्ने किसानहरूलाई सुरूमा वितरण गर्ने योजना रहेको पुन बताउँछन्।, अहिले गुर्भाकोट मात्र होइन देशभरका अधिकांश पालिकाका किसानहरूको दुःख उहीँ छ।, गुर्भाकोटको पशु शाखामा मात्र दैनिक १५ देखि २० जना किसानहरू लम्पी स्किन रोगका कारण गाईभैंसीमा देखिएको समस्या लिएर पुग्छन्।, अहिले गर्मी मौसमका कारण लम्पीका कारण गाईभैंसीमा आएको गिर्खाहरू पाक्ने हुँदा किसानहरूलाई थप समस्या भएको छ।, सामान्यतया यो रोग लागेपछि गाईभैंसीमा १०४ डिग्रीभन्दा माथि ज्वरो आउने गर्छ। दाना पानी कम खाने र दूध उत्पादनमा समेत व्यापक ह्रास आउँछ।, त्यस्तै, छालामा गोलो गिर्खाहरू देखिन्छ। प्राय: गिर्खाहरू सुरूमा टाउको र घाँटीको बागमा आउने गर्छ र कहिलेकाहीँ गिर्खाहरू फुटेर गहिरो घाउ भई कीराहरूले घाउलाई थप जटिल बनाउन सक्छ। यसबाहेक थुतुने, मुख र नाकभित्र पनि घाउ देखिने गर्छ।, यो रोग लामखुट्टे, किर्ना र झिंगाजस्ता कीराहरूको टोकाइबाट सर्ने हुँदा गोठको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। प्राकृतिक र कृत्रिम गर्भाधारणबाट पनि यो रोग सर्ने हुँदा ती कुराहरूलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। यसबाहेक यो रोग लागेको शंका लागेमा तुरून्त प्राविधिक, स्थानीय तहको पशु शाखा वा भेटनरी अस्पताललाई जानकारी गराउनुपर्छ।,
साढे ९ हजार गाईभैंसी मर्दा पनि छैन सरकारलाई चासो |
सेतोपाटी संवाददाता झापामा सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको टोलीले निरीक्षण गर्नेक्रममा सशस्त्रकै प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेका छन्। , मंगलबार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट इन्स्पेक्टर नमप्रभाव राईसहित तीन जनाको टोलीले प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेका हुन्। , सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट भएको हो। , मेचीनगर नगरपालिका-४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि इन्स्पेक्टर राईले सीमा नाकामा गडबड भइरहेको भन्दै कुटपिट गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम कार्कीले जानकारी दिए।, निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन्। इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए। , सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए। सादा पोशाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए।, ‘प्रहरीलाई कुटिरहेको देखेपछि स्थानीयहरू पनि उर्लिए। स्थानीयले पनि प्रतिकार गर्दै इन्स्पेक्टरको टोलीमाथि आक्रमण गरेका थिए। पछि नेपाल प्रहरी आएर घटनाबारे बुझाएपछि साम्य भएको थियो,’ उनले भने,‘दुई सय बढी मान्छे भेला भएका थिए। निरीक्षणका लागि आएको टोलीले गाडी नै पल्टाइदिएका थिए।’, घटना बाहिरिएपछि सशस्त्र प्रहरीले पनि छानबिन गर्न समिति बनाएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, बाहिनीका एसपी बिक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति बनेको छ। , ‘हिजोको घटनामा छानबिन गरी दुबै पक्षमा कसको कति गल्ती भएको छ भन्ने कुरा पत्ता लगाएर विभागीय कारबाही गर्ने निर्णय भएको छ,’ डिएसपी थापाले भने। ,
सशस्त्रको इन्स्पेक्टर टोलीले गर्यो सशस्त्रकै हवल्दारसहित चार जनामाथि कुटपिट |
नवीनबाबु गुरूङ नेपाल विद्यार्थी संघ आबद्ध त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।, 'उच्च शिक्षा ऐन', 'संघीय शिक्षा ऐन' लगायतका ऐनलाई संसदमा प्रस्तुत गर्न र संसदीय शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारितका लागि मार्गप्रशस्त गर्न भन्दै उनीहरूले सरकार र शिक्षामन्त्री समक्षसँग माग समेत गरेका छन्।, यस्तै, उनीहरूले शिक्षाजस्तो संवेदनशील र अतिआवश्यक विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदा समेत संसदमा प्रस्तुत नगर्नु गैरजिम्मेवारपूर्ण भएको भन्दै सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने बताएका छन्।, यसैबीच, बानेश्वरमा आन्दोलन गर्ने क्रममा उनीहरूले निषेधाज्ञा क्षेत्र तोडेपछि केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, ११ जनालाई नियन्त्रणमा लिई बानेश्वर वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए।,
बानेश्वरमा प्रदर्शन गर्ने ११ जना प्रहरीको नियन्त्रणमा (तस्बिरहरू) |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा उक्त दुर्घटना भएको हो। , से ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मंगलबार राति मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , चालक धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएपछि उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ,
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता धनुषा नगराइन नगरपालिका-२ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको हो। , ७० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , उनीहरूले सडक निर्माण सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए। उक्त सूचना पाएपछि प्रहरीले उनीहरूलाई नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट पक्राउ गरेको हो। , अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ। ,
,
७० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ |
सेतोपाटी संवाददाता लजजुङमा जुवा खेल्ने ७ जना पक्राउ परेका छन्। , दोर्दी गाउँपालिका-४ शेरास्थित ए वान रेष्टुरेन्टबाट मंगलबार एक लाख एक हजार ६२५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो।, रेष्टुरेन्टमा जुवा खेलिरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय लमजुङले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको विशेष टोलीले सात जनालाई पक्राउ गरेको हो। , दोर्दी गाउपालिका घर भएका लिलबहादुर गुरुङ, राम अधिकारी, निलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ पक्राउ परेका हुन्। उनीहरूबाट नगद र तास बरामद भएको छ। , उनीहरूले अनलाइनबाट रकम भुक्तानी गर्ने गरेको प्रहरीले जनाएको छ। , जिल्ला प्रशासन कार्यालय लमजुङबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। , मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुन्छ।, बरामदी रकम समेत जफत हुने, दोस्रो पटक जुवा खेल्ने खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा दश हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।,
लमजुङमा सात जुवाडे पक्राउ |
सेतोपाटी संवाददाता तनहुँमा बोराभित्र मृत फेला परेकी युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। , जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका-५ मैबल घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो।, मृतक व्यास-१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्।, कार्यालयले यस घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो। , एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए। उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए। त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए। , हत्यापछि उनले व्यास-४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए। हात बाँधिएको अवस्थामा बोराभित्र राखेर शव उक्त स्थानसम्म पुर्याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। , शव भने मंगलबार बिहान स्थानीयले गन्ध आएको थाहा पाएपछि फेला पारेका थिए। , अनुसन्धानको क्रममा सुरूमा मृतकको पहिचान खुलाउने प्रयास गरिएको थियो। मृतकको सनाखत भएसँगै अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ,
अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या, बोरामा राखेर फ्याँके नालामा |
सबिना श्रेष्ठ, मनिका विश्वकर्मा र शोभा शर्मा सम्पादकीय नोट: ,यो एउटा स्टोरीमा खासमा तीनवटा स्टोरी छन्। पहिलोमा पीडितहरूको बयान छ, भिडिओ पनि छ। दोस्रोमा, जफत गरेर टेकुमा राखिएका साइकलको कथा छ। अर्काका सम्पत्ति ती साइकल कसरी कवाड बनाइन्छ भन्ने पनि छ। अनि महानगरपालिका प्रहरीहरूको भनाइ छ। तेस्रो स्टोरीमा हामीले साइकलमा फलफूल-तरकारी लिएर हिँड्नेले सडक जाम गर्छन् वा गाडी र मोटरसाइकलले भन्ने प्रश्नको उत्तर खोजेका छौं। साथै आर्थिक रूपले पिल्सिएका निमुखाको गरिखाने हक हुन्छ कि हुँदैन? र, उनीहरूको व्यवसाय र सम्पत्ति खोस्ने कानुनी अधिकार महानगरलाई छ कि छैन भनेर खोजेका छौं।, जसलाई काठमाडौंले तर्साएको छ , — सबिना श्रेष्ठ, जेठको शनिबार। तातो घाममा उपेन्द्र महतो साइकल लिएर निस्के। यही साइकलको पांग्राले उनको जीवनको रथ गुड्थ्यो।, वीरगन्जबाट सात-आठ वर्षअघि काठमाडौं आएका हुन् उनी। कालोपुलमा डेरा गरी बस्थे। आएदेखि नै उनले जानेको र गरेको काम एउटै हो — साइकलमा फलफूल राखेर गल्ली र चोकमा बेच्दै हिँड्ने।, त्यो शनिबार पनि उनी त्यसमै व्यस्त थिए।, फलफूलले भरिभराउ साइकल बोकेर निस्किए। बिदाको दिन, अरू बेलाभन्दा धेरैको व्यापार हुन्छ भन्ने आश थियो। आश क्षणभरमै चकनाचुर भयो।, उपेन्द्रको साइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूको नजर पर्यो। उपेन्द्रले उनीहरूलाई बिन्तीभाउ गरे। आफ्नो सम्पत्ति नलगिदिन गुहारे। नगर प्रहरी कहाँ सुन्छन् र!, कालोपुलमा उनीसहित चार-पाँच व्यापारीका साइकल र फलफूल नगर प्रहरीले जफत गर्यो। , 'जीवन धान्ने सम्पत्ति नै लगिदिए नि। जति अनुरोध गर्दा पनि छाडेनन्,' उपेन्द्रले भने, 'साइकल पनि गयो। फलफूल पनि।', उपेन्द्र परिवारसँगै बस्छन्। श्रीमती र बालबच्चाको जिम्मेवारी उनको काँधमा छ। जिम्मेवारी धान्न उनको एउटै मात्र साधन साइकल नै हो।, यहाँ आएदेखि नै उनी फलफूल बेच्न थालेका हुन्। उनको साइकल यसरी खोसिएको पहिलोपटक भने होइन। यसअघि दुई हजार रूपैयाँ जरिवाना तिरेर फिर्ता ल्याएका थिए।, यसपालि पनि फिर्ता पाउने ढुक्क भएर उनी टेकुको महानगर प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना इकाईमा पुगे। साइकल त के, जरिवाना तिरेर फलफूलधरि फिर्ता पाएनन्।, 'उल्टै शनिबार बिदाको दिन किन आएको भनेर हप्काए,' उनले भने।, उपेन्द्रले पनि भनिदिएछन्, 'त्यसो भए बिदाको दिन साइकल खोस्न चाहिँ किन आउनुभएको त?', उनले थप गाली खाए। लिन गएको साइकल कवाडीको थुप्रोमा छाडेर आउनुपर्यो।, 'त्यसरी कवाडीमा फाल्नुभन्दा त जरिवाना लिएर हामीलाई नै फिर्ता दिए हुन्थ्यो,' उनले भने, 'उनीहरूलाई काम लाग्ने पनि होइन। हाम्रो त मन–आत्मा नै साइकलसँग जोडिएको छ।', महानगरले साइकल लगेदेखि उनले फेरि अर्को साइकल किन्न सकेनन्। यो साहस गर्न पैसा पनि चाहिन्थ्यो। साँझबिहानको छाक टार्न हम्मे परेका बेला साइकल खोज्ने कि काम! चाबहिलमा ज्यामी चाहिएको खबर पाएपछि अर्को दिन सबेरै उनी त्यतै लागे। , कहिले नगरेको काम मुस्किल हुन्छ। सीप नभएपछि कामै भारी भयो। यो बोझ बोक्नुभन्दा उनले वीरगन्ज फर्किने निधो गरे। पर्सिपल्टै घर हानिएका उनी त्यहाँ अहिले खेतीपाती गर्दैछन्। यो पनि अर्काको जमिन हो। साउनसम्म काम भए पनि त्यसपछि उनी फेरि बेरोजगार हुन्छन्। त्यसैले उनले काठमाडौं फर्किने योजना बनाएका छन्।, 'अब काठमाडौं आएर साइकल किनेर फलफूल नै बेच्छु। अरू काम जानेकै छैन। साइकल किन्ने पैसा जोगाउँदैछु,' उपेन्द्रले मंगलबार हामीसँगको कुराकानीमा भने।, काठमाडौं महानगरले उपेन्द्रलाई मात्र होइन, उनी जस्ता सयौं व्यापारीको सातो लिएको छ।, यस्तै अर्का व्यापारी हुन् पप्पु महतो।, उनले १३ वर्षकै हुँदादेखि आफ्ना बुबा र काकाहरूलाई काममा सघाउन थालेका हुन्। उनीहरू फलफूल बेचेर गुजारा टार्थे। १७ वर्षअघि नेपाल आएका उनी भारतको बैरगनियाका बासिन्दा हुन्। कलिलो उमेरमै परिवारको खर्च धान्न परदेशिएका उनलाई सुरूसुरूमा नेपालमा साह्रै मुस्किल भयो। अझ बढी नेपाली भाषा बोल्न र बुझ्न नसक्दा समस्यामा पर्थे।, उनलाई ग्राहकले सोध्थे, 'भैया, यो आँप अमिलो छ कि गुलियो?', उनी जवाफ दिन्थे, 'अमिलो छ।', ग्राहक अनुहार बिगार्थे र भन्थे, 'छ्या! अमिलो आँप त नलाने।', पहिलो दिन एउटा पनि आँप बेच्न नसकेर भारी टोकरीसहित कोठा फर्किएका थिए। काकालाई दिनभरको किस्सा सुनाए।, काकाले हकार्दै भने, 'अमिलो नहीँ गुलियो कहो। अमिलोका अर्थ तो खट्टा होता है। खट्टे आँप कोही भी नही खरिदता!, त्यो दिन अमिलो र गुलियो बीचको अन्तर बुझेका पप्पुले केही साताअघि हाँडीगाउँमा अमिलो अनुभव सँगालो। गल्लीमा फलफूल बेच्दै हिँडेका उनी एक्कासि भूत देखेर तर्सिएझैं दगुरे। साइकलको ह्यान्डल समातेर आफू र फलफूल दुवै सम्हाल्दै कुद्न कम्ता सकस भएन। , लखेट्दै उनलाई छोप्न दौडिएका नगर प्रहरीले आखिरमा झ्यापझुप्प समाते।, पप्पुले बलियो गरी साइकल अँठ्याए। हारगुहार गरे, 'साइकल लगे पनि सामान यहीँ पल्टाइदिनुस्।', यो कुरा उनले कतिपटक भने भने। नगर प्रहरीले सुनेनन्। साइकल र फलफूल लगे।, पप्पु एकछिन अक्क न बक्क परे। घरी सडकलाई हेरे, घरी नगर प्रहरीले सामान लगेको बाटो हेरे। त्यसपछि दिनभरको थकान र दिक्दारी बोकेर कोठा फर्किए। , त्यो दिन भर्खर व्यापार गर्न हिँडेका पप्पुको टोकरी करिब १२ हजार रूपैयाँ बराबरको फलफूलले भरिभराउ थियो। साइकल र ढक–तराजु समेत गर्दा करिब १९ हजार रूपैयाँ घाटा लाग्यो।, सबै कुरा थाहा पाइसकेकी उनकी श्रीमती कोठामा रोइरहेकी थिइन्। उनलाई देखेपछि झनै रून थालिन्।, उनले सम्झाउँदै भने, 'जो हाम्रो नसीबमा थिएन, त्यो त लग्यो। अब रोएर के गर्छेस्?', पप्पुसँगै त्यस दिन हाडीगाउँबाट अरू फलफूल व्यापारीको पनि साइकल र ठेला नगर प्रहरीले लगेको थियो। उनीहरू तीनै जना त्यही दिन साँझ टेकुस्थित महानगर प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना इकाई पुगे। त्यहाँ छ–सात जना पानीपुरी बेच्नेहरू पनि आफ्नो सामान बुझ्न आएका थिए। उनीहरू कसैलाई सामान दिइएन। उल्टै हप्काएर, घोक्र्याउँदै बाहिर निकालियो।, 'अफिस बन्द भइसक्यो। तिमीहरूले बोलेको हामी सुन्दैनौं भन्दै हामीलाई निकाले। तिमीहरू गइहाल, नत्र भित्र थुनिदिन्छु भन्दै हामीलाई थर्काए,' पप्पुले भने, 'आइतबार बिहान जाँदा पनि हामीलाई गाली गरेर लखेटे। हामी त हार मानेर हुने थिएन। दिउँसो फेरि गयौं। जाँदा पाँच सय रूपैयाँ जरिवाना तिर्न लगाए। अनि हाम्रो एक चौथाईजस्तो सामान मात्र दिए। त्यो पनि सबै कामै नलाग्ने थियो।', नगर प्रहरीले काठमाडौंमा साइकल खोसेको खबर पप्पुको घर बैरगनियासम्म पुग्यो। बुबाले फोन गरेर उनलाई आफ्नै गाउँ फर्किन भने।, एक मन त उनलाई घरै फर्किनुपर्छ कि भन्ने भयो। फेरि सोचे, घर फर्किएर के गर्ने र?, 'सानैमा बुबा र काकाहरूको पछि लागेर यो काम गरेँ। योबाहेक अरू केही काम जानेको छैन र गर्न पनि मन लाग्दैन,' उनले भने, 'केही महिनाअघि मात्र त गाउँ गएर सापट पैसा लिई फलफूल, सामान किनेको थिएँ। त्यो पैसा नै त उठाइसकेको छैन। फेरि त्यत्रो घाटा बोकेर कसरी गाउँ फर्किनु?', यही दोधारबीच एक जना साथीले उनलाई केही पैसा सापटी दिए र फेरि फलफूल बेच्न हौस्याए।, महानगरले फेरि साइकल उठाएर लाने हो कि!, डरैडरबीच उनले कवाडीमा दुई हजार तिरेर साइकल किने। त्यसमा टायर, ट्युब, ब्रेक लगायत फेर्नुपर्ने थियो। सबै गर्दा थप ४ हजार पाँच सय रूपैयाँ खर्च भयो।, ६ हजार पाँच सय रूपैयाँ सापटीमा बनेको साइकल बोकेर उनी फेरि निस्के। महानगरले पहिले जुन ठाउँमा खोसेको थियो, त्यो ठाउँभन्दा केही पर सानो गल्ली रोजे। आँप, खरवुजा, केरा लगायत फलफूल तन्नाले छोपेर राखे। बेलुकीसम्म पनि उनको टोकरी टनाटन नै भयो।, 'पहिला बिहान फलफूल किन्न मन्डी पुग्थेँ र आएदेखि घरघर पुगेर बेच्थेँ। केहीबेर आराम गरेर फेरि हिँडिहाल्थे। अहिले दिनभर साइकल कुरेर बस्नुपर्छ। साँझ दुई घन्टा बाहिर निस्किएर कति नै पो व्यापार हुन्थ्यो र?' उनले भने।, पप्पुलाई महानगरको डरले छाडेको छैन। बेलाबेला झस्किन्छन्। उनका आँखा फलफूलभन्दा बढी सडकमा दौडिन्छन्। उनको डर आफ्नो हातबाट साइकल छुट्ला भन्ने मात्र होइन, कर्मभूमिसँग बिछोडिने पनि हो।, यो साइकल पनि महानगरले लग्यो भने उनीसँग एउटा मात्र विकल्प हुनेछ– घर फर्किने। , त्यहाँ गएर के गर्ने? यो प्रश्नको जवाफ नपाएरै उनले फेरि फलफूल बेच्ने जोखिम मोलेका हुन्।, 'अहिले न बोनी हुन्छ, न पहिलेजस्तो कमाइ। नगर प्रहरीले फेरि समात्यो भने २०–२२ हजार नै घाटा लाग्छ। सबै सामान फेरि किन्नुपर्छ। अनि किन यहाँ बस्नु? गाउँ फर्किनुबाहेक कुनै उपाय हुँदैन,' उनले भने। , पप्पुले फलफूल बेच्ने गल्लीगल्लीमा हो। हाँडीगाउँका जुन गल्लीमा उनी हिँड्छन्, त्यहाँ गाडी र मान्छेको आवतजावत कम छ। साइकलले बाटोमा असहज र जाम हुनु परको कुरा! उनी र उनीजस्ता साइकलवालाले घरघरका गेटसम्मै फलफूल पुर्याइदिँदा टोलबासीलाई सहज भएको छ। पसल र बजारसम्म पुग्न नसक्ने वा नचाहनेलाई त सुविधै हो।, 'हामीले गाडी गुड्ने सडकमा बेचेको भए गल्ती हुन्थ्यो। गल्लीमा बेच्दा त कसैलाई असर पर्दैन नि, होइन र? अझ भैयाहरू यहाँ भयो भने हामीलाई सजिलो हुन्छ भनेर टोलका मान्छेहरू भन्छन्। पसलमा गयो भने यही फलफूल महँगोमा बेचिरहेको हुन्छ। त्यही भएर उनीहरू पनि हामीलाई राम्रो व्यवहार गर्छन् र हामीलाई आइरहन भन्छन्,' पप्पुले भने, 'तर हाम्रो फलफूल र साइकल त्यसरी लछारपछार पारेर लगिदिँदा उनीहरू केही नगरी टुलुटुलु हेरेर बस्दा भने निकै नराम्रो लाग्यो।', उनले अगाडि भने, 'यसरी हाम्रो सामान लग्नु एकदम गलत हो। यसमा गरिब मान्छेलाई मात्र दुःख छ। पसल भाडामा लिन महँगो पर्छ। पैसा भए त हामीलाई पनि घामपानी नभनी यसरी सकिनसकी साइकल धकेलेर फलफूल बेच्दै हिँड्ने रहर थिएन।', महानगरले खोसेको साइकल पप्पुले माया मारिसकेका छन्। यसको कारण अर्को साइकल जुगाड भइहाल्यो भनेर होइन। दिनभर अरूलाई फलफूल खुवाएर कमाएको पैसाले उनको परिवारले भात खान्छ। एक-दुई दिन कमाउन नहिँडे त भोकै! त्यसैले महानगरको कार्यालय धाएर साइकल फिर्ता माग्ने सुविधा छैन।, 'गरिब मान्छे कहाँकहाँ जाने? कति दिन जाने? अर्को जुगाड नगरे त खानै पाइन्नँ। त्यसैले मैले त्यो साइकलको माया मारिसकेँ,' पप्पुले भने, 'अब यो साइकल फेरि महानगरले नलगोस्! हामीलाई गरिखान देओस् भन्ने आशा छ।', पप्पुको साइकल खोसिएकै दिन देवकुमार साह पनि नगर प्रहरीको पासोमा परेका थिए। सप्तरी स्थायी घर भएका देवकुमारलाई धन्न धन्वन्तरी मन्दिर नजिकै एउटा किराना पसलले बरन्डामा ठाउँ दिएछ। त्यहीँ टोकरीहरू राखेर उनी फलफूल बेच्दै थिए।, 'यति पनि गर्न नपाए त भोकै पर्नुपर्थ्यो होला,' उनले भने।, देवकुमार करिब २८ वर्षअघि सप्तरीबाट आएका हुन्। फलफूल बेच्न थालेको तीन–चार वर्ष मात्र भयो। त्यसअघि ज्याला-मजदुरी गर्थे। सधैं काम नहुँदा गर्जो धान्न मुस्किल भयो। त्यसपछि यो काम पनि थालेका हुन्। अहिले पनि मजदुरीको काम पाउँदा त्यतै जान्छन्।, सुरूमा उनले पुरानो ठेला किनेर चलाए। आठ महिनाअघि मात्र १२ हजार तिरेर नयाँ किनेका थिए। आफ्नो छेउछाउमै नगर प्रहरी आएर साइकल–ठेला खोसेको खबर सुनेपछि भाग्दै खोला पारिसम्म पुगेका थिए उनी। जोगाउन सकेनन्। , साथीहरूसँगै ठेला हकदाबी गर्न टेकु पुगेका उनले पाँच सय जरिवाना तिरे। केही फलफूल मात्र फिर्ता पाए।, '१२ दानामा तीन दाना मात्र खरवुजा दिएको थियो। एक क्रेट अंगुर थियो, त्यो पनि अलिकति मात्र दियो। केरा दुई काइयो दियो। त्यो पनि नबिक्ने भइसकेको थियो। घरमै छोराहरू, श्रीमती र मैले खायौं,' देवकुमारले भने।, उनी फेरि पुरानो ठेला किन्न खोजिरहेका छन्। एकै ठाउँमा बसेर सामान बेच्दा सीमित मान्छे मात्र आइपुग्छन्। महिनाको २०–२५ हजार कमाइ हुन्थ्यो। अहिले आधा पनि छैन। हुर्किँदै गरेका दुई छोरा र श्रीमतीलाई कसरी पाल्ने भन्ने चिन्ता थपिएको छ।, 'यसरी बरन्डामा बसेर बेच्दा पनि एकपटक नगर प्रहरीले हेरेर गएका थिए। गर्न चाहिँ केही गरेनन्,' उनले भने, 'अब फेरि काम गर्न दिएनन् भने मजदुरीमै फर्किनुपर्छ। त्यो काम सधैं नभएर त यो गरेको। अर्को के गर्ने भन्ने नै थाहा छैन।', लछारपछार गर्दै आफ्नो फलफूल बलजफ्ती लग्नुलाई देवकुमार आफूहरूमाथि महानगरले गरेको ज्यादती मान्छन्। यस्तो बलजफ्ती गर्ने अधिकार न कुनै जनतालाई छ, न महानगरलाई।, 'हामीले त बालेन शाहले गरिबलाई हेर्छन् र रोजगारीको अवसर दिन्छन् भन्ने सोचेका थियौं। साथीहरूलाई पनि उनलाई भोट हाल्न भनेर प्रचार गरेका थियौं। तर हामीले आशा गरेका मान्छेले हाम्रो दुःख बुझेनन्,' उनले भने।, उनको चार जनाको परिवार साना दुइटा कोठामा महिनाको साढे ८ हजार रूपैयाँ तिरेर बस्छ। छोराहरू स्कुल जान्छन्। श्रीमती काम खोज्न।, 'अब त डेराभाडा तिर्न पनि गाह्रो छ। कसरी पालिने भन्ने चिन्ताले सताइसक्यो, उनले भने।, पप्पुका अरू तीन साथीको पनि त्यही दिन नगर प्रहरीले साइकल खोसेको थियो। विशालनगर पिपलबोट नपुग्दै कोपिलामार्गमा विजयकुमार जैसवाल एउटा पसलको बरन्डामा प्लास्टिकको टोकरीमा राखेर फलफूल बेच्दै थिए। भारत मोतिहारीका विजयले आफ्नो ठाउँमा धेरै काम खोजेछन्। नपाएपछि थोरै आश बोकेर पाँच महिनाअघि मात्र आफ्नो छिमेकी देशको केन्द्रीय राजधानी काठमाडौं छिरेका हुन्।, 'मैले इन्टर पास गरेको छु। त्यहाँ चार–पाँच ठाउँमा जागिरका लागि आवेदन भरेँ। कुनैमा फेल भएँ, कुनैमा पास। पास भएर अन्तर्वार्तामा जाँदा दुई–चार लाख पैसा माग्न थाल्यो। गरिब मान्छे त्यतिका पैसा थिएन। अनि काम गरिनँ,' उनले भने।, त्यसअघि पढ्दै गर्दा उनी आइसक्रिम बेच्थे। कमाएको पैसा पढाइमै ठिक्क हुन्थ्यो। बिहेपछि जिम्मेवारी बढ्यो, खर्च पनि। एकदिन गाउँकै दाइ पर्ने धनलाल जैसवालले आफूजस्तै फलफूल बेच्ने काम गराउन उनलाई काठमाडौं ल्याएका हुन्।, त्यो दिन नगर प्रहरीलाई देख्नेबित्तिकै उनी र धनलाल कुलेलाम ठोकेका थिए। सामानको भारसहित धेरै पर त के पुग्नु! नगर प्रहरीका अगाडि बिन्तीभाउ सबै चढाए। धेरै अनुरोध गरेपछि फलफूल भुइँमा फालिदिए। ढकतराजु र साइकल भने लगे। बाटामा छरिएका फलफूल कति कामै नलाग्ने भए।, हामी सेतोपाटी पत्रिकाबाट भन्ने थाहा पाएपछि उनले हामीलाई नै सोधे, 'हाम्रो साइकल फिर्ता मिल्दैन हजुर?', हामीले भन्यौं— तपाईं महानगरमा साइकल लिन जानुभएन?, 'गयो भने कुटाइ गर्छ। त्यही भएर डराएर म गइनँ,' उनले भने।, हामीले सोध्यौं—कसले भन्यो तपाईंलाई कुट्छन् भनेर?, 'एक जना बाइकवाला नगरपालिकाको मान्छे भन्दै आएको थियो। हामीलाई पक्डियो, ढक-तराजु लियो अनि यदि त्यहाँ गयौ भने तिमीहरूको कुटाइ हुन्छ, यहाँ पब्लिक (सर्वसाधारण) छन्, त्यही भएर हामी कुट्दैनौं, त्यहाँ त तिमीहरूलाई कुट्छौं भन्यो। कुटाइ गर्छ भन्ने डरले हामी साइकल माग्न गएको छैन।', विजयले सात हजार जति खर्च गरेर साइकल किनेका थिए।, 'घाटा भयो नि। यो फलफूल बेचेर मन्डीको मान्छेलाई पैसा बुझाउनुपर्ने। कति सामान त खराब भयो, कति चोट लागेर सस्तोमा बेच्नुपर्यो,' उनले भने, 'अब यही फलफूलको पैसा बुझाउन सकिँदैन। नयाँ साइकल कहिले र कसरी किन्ने!', महानगरले फेरि फलफूल खोसिदिने हो भने उनीसँग पनि घर फर्किनुको विकल्प हुने छैन। त्यहाँ गएर फेरि अन्तर्वार्ता दिँदै राम्रो जागिर पाइएला भन्ने आश छैन उनलाई। उनका अनुसार यही अनुपातमा भारतमा फलफूल बिक्दैन। फलफूलभन्दा बढी मिठाइ खाने चलन छ। त्यसैले घर फर्किएर यो काम पनि गर्न नसक्ने उनले बताए।, 'जसको पनि आमाबुवा आफ्नो बच्चा आफ्नो आँखै अगाडि होस् भन्ने चाहन्छ। हामीलाई पनि आफ्नो देश छाडेर बाहिर जाने रहर हुँदैन। तर मजबुरीले पैसा कमाउन सहर र विदेश जानुपर्छ,' उनले भने, 'भारतमा पनि त धेरै नेपालीहरू काम गर्न गएका छन्। त्यहीँको कमाइले उनीहरूको जीवन चलेको छ। उनीहरूलाई त त्यहाँ कुनै दिक्कत (समस्या) छैन। यहाँ हामीलाई भने किन यस्तो?', अनि उनीहरूको सम्पत्ति बन्छ कवाडी, — मनिका विश्वकर्मा, पप्पु महतो जसको साइकल महानगर प्रहरीले खोसेर कवाडीमा थुपारिदिएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी , काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा सामान राखेर सामान बेच्न रोक लगाएको धेरै भइसक्यो। त्यसरी व्यापार गर्ने व्यवसायीका साइकल र ठेलागाडा नगर प्रहरीले जफत गरेर लैजाने गरेका छन्।, साना व्यापारीको सम्पत्ति लगेर कहाँ राखिन्छ? के गरिन्छ? त्यसरी लगेका साइकल र ठेलागाडाको संख्या अहिलेसम्म कति पुग्यो होला?, यिनै प्रश्नको जवाफ खोज्दै हामी महानगर प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना इकाई, टेकु पुग्यौं।, त्यही दिन नगर प्रहरीले माछापोखरीबाट पाँच जना व्यापारीको सामान र साइकल जफत गरेको रहेछ। तीन जना व्यापारी आफ्नो सामान फिर्ता लिन आएका थिए। दुई जना साइकलमा फलफूल बेच्ने थिए भने एक जना आइसक्रिम बेच्ने।, नगर प्रहरीले गाडीबाट सामान झार्यो। तिनै व्यापारीहरूलाई एउटा कुनामा राख्न भन्यो। उनीहरूका सग्ला साइकललाई पुरानो भएर कवाड भइसकेका साइकल र ठेलागाडाको थुप्रोमा छाड्न लगायो। उनीहरूले खुरूखुरू अह्राएको गरे। आफ्नो सम्पत्ति कवाडको थुप्रोमा मिल्काए। यसैगरी ल्याइएका साइकल र ठेलागाडाको यहाँ सानोतिनो पहाड बनिसकेको छ।, साइकल छाडेपछि उनीहरू तीनै जना आफ्ना सामान बुझ्न आए। त्यसअघि पाँच सय रूपैयाँ जरिवाना तिरे। उनीहरूको नाम र नम्बर एउटा पर्चामा टिपियो। उनीहरूको विवरण भएको पर्चा नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले कम्प्युटरमा 'इन्ट्री' गरे। अनि उनीहरू आफ्नो सामान लिन आए। तीनै जनाको सामान लैजान उनीहरूले एउटा गाडी बोलाए र गए।, उनीहरूका साइकल यसअघि पनि नगर प्रहरीले खोसेको रहेछ।, नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले हाँस्दै भने, 'हामी एउटा साइकल जफत गर्छौं, उनीहरू अर्को लिएर सडकमा आउँछन्। त्यो पनि समातेर ल्याउँछौं। उनीहरू ल्याइरहने र हामी जफत गरिरहने भइरहेको छ।', उनका अनुसार हाल साइकल र ठेलागाडा जफत गर्ने क्रम बढे पनि यो २०७५ वैशाख १२ गतेको कार्यपालिका बैठकको निर्णय हो। त्यसअघि, २०५० सालदेखि साइकल र ठेलागाडालाई कारबाही मात्र हुन्थ्यो, जफत हुँदैन थियो।, 'महानगरभित्र सडकपेटी अतिक्रमण गरेर व्यापार गर्ने व्यापारीको सामान पक्राउ गर्थ्यौं। पाँच सयदेखि पन्ध्र सय वा सामानको करिब २० प्रतिशत बराबर रकम जरिवाना हुन्थ्यो। साइकल वा ठेलागाडा जफत नै भने हुँदैन थियो,' कार्कीले भने, '२०७५ सालपछि भने साइकल र ठेलागाडा जफत गर्न थालेका हौं।', लगातार कारबाही गर्दा पनि फुटपाथ व्यापार नघटेपछि जफत गर्न थालिएको उनले बताए। पैदलयात्री र सवारीसाधनलाई असर पुग्न थालेकाले जरिवाना गरेर छाड्ने पद्धति ठीक छैन भन्ने बुझाइ महानगरको भएको पनि उनले जानकारी दिए।, 'हाम्रो प्रहरी विभागमा पनि यसलाई जफत गरेर लिलामी गर्दा उपयुक्त हुने सल्लाह भयो। यसपछि सडक व्यवसाय घट्छ कि भन्ने कुरा हो। जफत गर्न थालेपछि धेरै घटेको छ,' उनले भने।, काठमाडौं महानगरभित्र साइकल र ठेलागाडामा व्यापार निषेध नै गरिएको छ। व्यापारीले सामान सडकमा बेचून् वा मान्छे कम हिँड्ने गल्लीमा, उनीहरूलाई नियन्त्रणमा लिनैपर्ने जिम्मेवारी आफूहरूलाई भएको उनले बताए।, 'हामीले पटकपटक उहाँहरूलाई सडकपेटीमा व्यापार गरेर अवरोध नगरिदिनुस् भनेर अनुरोध गरेका हुन्छौं। महानगरको गाडीमा साइरन राखेका छौं। त्यसबाट पनि उहाँहरूलाई सडकमा व्यापार नगरिदिनुहोस् भनेर अनुरोध नै गरेका हौं। सडक भनेको पैदलयात्री र सवारीसाधनको सहजतालाई हो भनेर सन्देश दिइरहेका छौं,' उनले भने, 'हामीलाई थाहा छ कतिको त्यसैबाट रोजिरोटी चलेको छ। तर महानगरको नीति नै सडक व्यापार गर्न नदिने हो।', साइकल र ठेलामा सामान बेच्नेहरू धेरै त निरीक्षणकै क्रममा नगर प्रहरीको पासोमा पर्छन्। कति व्यापारीलाई भने स्थानीय बासिन्दा र स्थानीय व्यापारीले गुनासो पोखेपछि समातिने उनले बताए।, हामीले हाडीगाउँमा कुराकानी गरेका दुई जना फलफूल व्यापारीहरू देवकुमार साह र विजयकुमार जैसवाललाई त्यहीँका स्थानीय पसलेले मानवीयता देखाउँदै आफ्नो पसलअगाडि व्यापार गर्न दिए। तर त्यसरी पनि व्यापार गर्न नपाइने कार्की बताउँछन्।, 'पसलेहरूले कहाँसम्म आफ्नो सामान राख्न पाउँछन् भनेर व्यवसाय दर्ता गर्दा नै उल्लेख हुन्छ। सटरको सीमाभित्र गर्न पाइने र यस्ता प्रक्रिया अपनाउनुपर्छ भनेर प्रमाणपत्र दिइएको हुन्छ,' उनले भने।, टेकु ल्याइएपछि साइकल, ठेलागाडा जस्ता सामग्री टेन्डर प्रक्रियामार्फत लिलाम हुन्छ। २०७६ सालमा यहाँ थुप्रिएका सामानको दुईपटक लिलामी भयो। वैशाखमा भएको लिलामीमा ३०५ वटा साइकल, ३०७ वटा ठेलागाडा र प्लास्टिकका क्रेटसमेत गरेर पाँच लाख सात सय रूपैयाँमा सामानको लिलामी भएको थियो। सोही वर्ष पुसमा ३५५ वटा साइकल, १४९ वटा ठेलागाडा, प्लास्टिक क्रेट र कपडाजन्य सामान गरेर १८ लाख रूपैयाँमा लिलामी भयो।, त्यस्तै, २०७७ असोजमा १३५ वटा साइकल, ९५ वटा ठेलागाडा, प्लास्टिक क्रेट र कपडाजन्य सामान गरेर पाँच लाख ३० हजार रूपैयाँमा लिलामी गरिएको थियो। २०७८ सालमा दुईपटक र २०७९ मा एकपटक लिलामका लागि रकम प्रस्ताव गरिए पनि लिलाम हुन सकेको छैन। यो वर्ष ३१९ वटा साइकल, २४६ वटा ठेलागाडा र प्लास्टिक क्रेटहरू गरेर करिब २७ लाख ७८ हजार रूपैयाँ प्रस्ताव गरिएको हो।, पछिल्लो तीन वर्षयता लिलामी हुन नसक्दा सामानको चाङ पहाड बनेको छ।, 'कोरोना समयदेखि लिलाम हुन सकेको छैन,' कार्कीले भने, 'यो वर्ष २४ लाखको टेन्डर भयो तर लिलाम भएन। पहिले हामी वर्षको एक वा दुईपटक मात्र लिलामीको प्रस्ताव गर्थ्यौं। यो वर्षदेखि ६ महिना, ८ महिना, वार्षिक रूपमा गरेर क्यालेन्डर बनाएर गर्ने तयारी छ,' उनले भने। , महानगरको तथ्यांकअनुसार यो वर्ष वैशाखमा मात्र ८३ वटा ठेलागाडा, ७२ वटा साइकल र अन्य सामग्री गरेर २२८ वटा सामान सडकपेटी अतिक्रमण गरेको नाममा नियन्त्रण गरी पक्राउ गरिएको छ। महानगर क्षेत्रमा नगर प्रहरीले अचेल दैनिकजसो निरीक्षण गर्छन्। निरीक्षण कहाँ कहाँ गर्ने भनेर ठाउँ छुट्याइएको हुन्छ।, 'बिहानदेखि बेलुका ८/९ बजेसम्म पनि हामी निरीक्षणमा खटेका हुन्छौं। ठमेलमा त रात्रिकालीन टोली पनि खटाएका छौं,' कार्कीले भने।, जसरी सडक व्यापारीलाई नगर प्रहरी लगाएर उनीहरूको सामान खोसिएको छ, त्यसरी नै उनीहरूलाई वैकल्पिक रोजगारीको व्यवस्था गरिदिनु, उनीहरूको व्यवसायलाई मर्यादित बनाउनु पनि काठमाडौं महानगरकै काम हो।, के महानगरले सडक व्यापारीको व्यवस्थापन गर्न कुनै उपाय सोचेको छ?, 'सडकमा भएका व्यापारीलाई नियन्त्रणमा लिएर सडक पैदलमैत्री र सवारीमैत्री बनाउने मात्र हाम्रो काम हो। ती व्यापारीलाई कसरी व्यस्थापन गर्ने भन्ने हाम्रो जिम्मेवारी अन्तर्गत पर्दैन,' महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने।, तर महानगरले मान्छे र सवारीसाधनको आवागमन कम हुने गल्लीमा व्यापार गरिरहेकालाई पनि समातिरहेको छ।, 'सडक भनेको गल्लीमा पनि हुन्छ। त्यहाँ पनि सवारीसाधन र मान्छे हिँड्छन्,' उनले भने, 'उनीहरूलाई अवरोध पुगेर नै समातेको हो।', यसरी सडक व्यापारीलाई समातेर कारबाही गर्नुपर्छ भनेर कानुनमा पनि लेखिएको छ?, जवाफमा उनले भने, 'हामी कानुनबाहिर गएर कुनै काम गर्दैनौं। जे गरिरहेका छौं, कानुनअन्तर्गत नै गरिरहेका छौं।', अदालतले मात्र गर्न सक्छ कसैको सम्पत्ति जफत, — शोभा शर्मा, महानगरले ठेला खोसिदिएपछि अर्काको पसलअगाडि व्यापार गर्दै देवकुमार साह। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, साइकल तथा ठेलामा फलफूल-तरकारी लगायत सामान राखेर बेच्न हिँड्नेदेखि टाउकोमा राखेर खानेकुरा बेच्न हिँड्नेसम्मलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा अमानवीय हिसाबले लछारपछार गर्ने र कारबाही गर्ने क्रम जारी छ।, महानगरले उनीहरूका साइकल तथा सामान जफत गर्छ। यस्तो कारबाहीले साइकल, ठेला, टाउकामा तरकारी, फलफूल, खानेकुरा बेचेर गुजारा चलाउनेहरूको जिन्दगी चौपट भएको छ। उनीहरू महानगरसँग तर्सिएका छन्। गाउँघरमा केही उपाय नचलेर सहर पसेका र जेनतेन जिन्दगी धानेकाहरूको सास्तीको नयाँ उपक्रम सुरू भएको छ। उनीहरूले दैनिक भोगिरहेको यो नयाँ पीडा कसैले सुनेको छैन।, महानगर भने यो अभियान चलाउनै पर्ने र नरोकिने अड्डी कसेर बसेको छ। यसका पछि उसले मुख्यतः दुईवटा तर्क दिएको छ।, साइकलमा सामान राखेर बेच्न हिँड्नेहरूले सडक जाम गराउने भएकाले हटाउनुपरेको उसको पहिलो तर्क छ। यसरी जाम भएर मानिसहरूलाई हिँड्न पनि अप्ठ्यारो परेको महानगरको तर्क छ।, दोस्रो, साइकलमा सामान राखेर सडकमा व्यापार गर्न पाइँदैन। यो कानुन विपरीत हो र यसले पसल थापेर, कर तिरेर व्यापार गर्नेहरूलाई अन्याय भएको छ।, महानगरका यी तर्कहरू कति जायज छन्?, के साँच्चै काठमाडौंको सडक जाम साइकलले गरेको हो? कि ठूला र साना गाडी र मोटरसाइकलले?, प्रिय पाठकहरू, तपाईंहरू धेरै जना काठमाडौंका सडकहरूमा गुड्नुभएको छ। हिँड्नुभएको छ। पक्कै पनि कैयन पटक जाममा पनि पर्नुभएको छ।, अब एकछिन थामिएर सम्झिनुहोस् त — तपाईं फस्नुभएका कतिवटा जाम साइकलले गर्दा भएका थिए? कतिवटा जाम ठेलाले गर्दा भएका छन्? सडकमा हिँड्दा फलफूल बोकेका साइकल वा टाउकामा पानीपुरी बेच्नेहरुका कारण कतिपटक तपाईं अल्झिनुभएको छ? तपाईंलाई अप्ठ्यारो भएको छ?, पक्कै पनि विरलै। होइन त?, अर्कोतिर हामी सबैको स्मरणमा ताजा छ — हामी जाममा परेका बेला सडक ठूला गाडी, साना गाडी र मोटरसाइकलले भरिएका हुन्छन्। तिनको घुइँचो र प्याँप्याँ पुँपुँले हामी हैरान हुन्छौं।, हामी यो पनि नबिर्सौं, यसरी सडक जाममा पार्ने र सडकको जाममा परेका कैयन चारपांग्रे सवारीसाधनले मानिस मात्र बोकेका हुँदैनन्। तीमध्ये कैयनले व्यापारीका, पसलेका सामान बोकेर गुडेका हुन्छन्। कैयन मोटरसाइकलहरू अनलाइन व्यवसाय गर्नेहरुका सामान र रेस्टुरेन्टका परिकार बोकेर अर्डर गर्ने मानिसका घर पुर्याउन हिँडेका हुन्छन्। अनि त्यही सडकमा आफ्नो फलफूल बोकेर साइकलमा हिँड्ने मानिसको अधिकार चाहिँ किन्न हुँदैन?, तरकारी बेच्ने ठेला बिस्तारै हिँड्ने भएकाले त्यो मूल सडकमा आए त्यसले केही जाम गर्न सक्छ। तर त्यस्ता ठेला त मूल सडकमा विरलै निस्किन्छन्। भित्री सडकमा, सीमित क्षेत्रमा मात्र घुम्ने हुन्। भित्री सडकमा पनि तिनले विरलै जाम गर्छन्। किनभने यस्ता ठेलाको संख्या अति थोरै हुन्छ।, युरोपका धेरै दैशमा भएका अध्ययनहरूले जामका मुख्य कारण चारपांग्रे साधन भएको देखाएका छन्। किनभने एउटा कारले ५-७ वटासम्म साइकल हिँड्ने ठाउँ ओगट्छ। त्यसैले त्यस्तो जाम कम गर्न युरोपका कैयन सहरले कतिपय मुख्य ठाउँमा गाडी प्रतिबन्ध गरेर साइकललाई मात्र खुला गरेका छन्।, महानगरको यो ज्यादती अहिले साइकल वा ठेलाभन्दा अगाडि बढेको छ। उसले टाउकोमा पानीपुरी बोकेर हिँड्नेलाई समेत कारबाही गरेको छ। तपाईंहरूले माथिको भिडिओमा देख्नुभयो, त्यस्तो मानिसलाई पनि लछारपछार गरेको छ। सामान सडकमा छताछुल्ल बनाइदिएको छ।, महानगरले यसरी साइकल, ठेला वा टाउकोमा सामान राखेर बेच्नेलाई पनि कारबाही गर्नुको एउटा मुख्य कारण स-साना पसलेले वडा र महानगरमा गर्ने उजुरी पनि हो। सो कुरा माथिको भिडिओमा नगर प्रहरी निरीक्षकले पनि अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन्।, स-साना पसलेको गुनासो छ— हामी पसलको बहाल तिर्छौं, महानगरलाई कर तिर्छौं। साइकलवालाहरू बहाल पनि तिर्दैनन्, कुनै कर पनि तिर्दैनन्। अनि हाम्रै अगाडि आएर सस्तोमा बेच्छन्।, महानगरले उनीहरूको उजुरी सुन्ने गरेको छ। र, साइकल-ठेलामा राखेर सामान बेच्नेहरूलाई कारबाही गर्ने गरेको छ।, महानगरले बिर्सेको छ — काठमाडौं खासमा सबैका लागि हो। भाटभेटनी सुपर मार्केटका साहुको पनि हो, बिगमार्टका साहुको पनि हो, होलसेल र साना पसलवालाहरूको पनि हो। र, उनीहरू जत्तिकै साइकल, ठेलामा सामान बेच्नेहरूको पनि हो। सँगै साइकलमा ल्याएका तरकारी र फलफूल किन्ने सामान्य गृहिणीहरूको पनि हो काठमाडौं। पसल वा भाटभटेनीमा गएर फलफूल र तरकारी किन्नेहरूको पनि हो।, अरू सबैलाई आ-आफ्नो व्यवसाय गर्ने छुट दिएर साइकलवालाको जीविकोपार्जनको बाटो खोस्ने, सम्पत्तिका नाममा उनीहरूसँग भएको साइकल जफत गर्ने अधिकार महानगरलाई छ कि छैन?, खासमा दैनिक संघर्षको जाँतोमा पिसिएका मानिसहरूप्रति राज्यको जिम्मेवारी नै हुन्छ। दैनिकी चलाउनै कठिन भएका मानिसहरूलाई कुनै पनि सभ्य राज्यले अलपत्र छाड्दैन। यहाँ त मानिसहरू आफैं दुखजिलो गरेर आफ्नो जीविका चलाउन घोटिँदै छन्। उनीहरूको यत्ति दुःख बुझ्ने मुटु महानगरसँग हुनुपर्छ कि पर्दैन? यति थोरै मानवीयता जननिर्वाचित मेयरमा हुनुपर्छ कि पर्दैन? अनि आफ्नो गुजारा चलाउन साइकलमा तरकारी र फलफूल बेच्नेहरूको हक कुन कानुनका आधारमा महानगरले खोस्न पाउँछ? कि सम्पत्ति र व्यवसायको हक ठूलालाई मात्र हुन्छ?, वरिष्ठ अधिवक्ता तथा 'काठमाडौं स्कुल अफ ल' की प्राध्यापक गीता पाठकले महानगरको यो काम व्यावहारिक, मानवीय र कानुनी कुनै पनि हिसाबले ठीक ठहर्याउन नसकिने बताइन्।, 'महानगरले सडक व्यापारीहरूमाथि गरेको व्यवहार प्रथम दृष्टिमै गलत देखिन्छ। आजकल साइकल व्यापारीलाई दुर्व्यवहार गरेको देखिन्छ,' उनले भनिन्, 'साइकलमा सामान राखेर एक ठाउँबाट अर्को ठाउँ बेच्न लैजानेले त घरघरसम्मै सामान पुर्याउँछन्। सस्तो पनि दिन्छन्। यसले सर्वसाधारणलाई फाइदा दिन्छ र सजिलो गराउँछ। उनीहरूको पनि जीवन चल्छ।', उनले थपिन्, 'यो सहरमा आएर आफ्नो रोजीरोटी कमाउन पाउने हक उनीहरूलाई छ। महानगरले आवश्यक परेको खण्डमा उनीहरूलाई व्यवस्थित गर्ने हो। अरूलाई पुग्ने व्यवधान कम गर्ने हो। तर यहाँ व्यवस्थित गर्ने नाममा जे भइरहेको छ त्यो गलत छ।', महानगरले साना व्यापारीको सामान, साइकल र ठेलागाडा नै जफत गर्ने काम कानुनसम्मत नरहेको पनि उनले बताइन्।, 'कसैको सम्पत्ति राज्यले वा अरूले सिधै जफत गर्न पाउँदैन,' उनले भनिन्, 'साइकल र त्यसमा भएको सामान ती साना व्यापारीको सम्पत्ति हो। मनासिब कारण छ भने पनि कसैको सम्पत्ति जफत गर्नुपर्ने फैसला अदालतले मात्र गर्न सक्छ। महानगरलाई कुनै पनि कानुनले यसरी व्यक्तिको सम्पत्ति ठाडै जफत गर्ने अधिकार दिएको छैन। कानुन विपरीतको सम्पत्ति मात्र जफत हुन्छ। कुनै पनि काम कानुन विपरीत हो कि होइन भन्न सक्ने अधिकार अदालतलाई मात्र हुन्छ। अदालतले कानुन विपरीत भएको भनेर ठहर गरे मात्र त्यस्तो सम्पत्ति राज्यले जफत गर्न पाउँछ।', जसरी मोटर वा मोटरसाइकलले नियम मिचेका भरमा ती साधन जफत गर्न पाइँदैन, त्यसरी नै साइकल वा ठेला पनि जफत गर्न नपाइने पाठकले बताइन्।, 'सडकका नियम मिचेर राखिएका वा गुडेका मोटरसाइकल लगायतका सवारी ट्राफिकले जफत गर्छ त? गर्दैन। त्यही ठाउँमा तोडफोड गर्छ? गर्दैन। सडकमा नियम मिचेकामा कानुनले नै जरिवाना तोकेको छ। त्यसैले जरिवानासम्म गर्छ। त्यसरी जरिवाना गर्दा पनि कुन कुन नियम तोडेको भन्ने जानकारी दिएर त्यसको बिल दिन्छ,' उनले भनिन्, 'कानुनी राज्यमा कानुन मिचेकै मान्छेलाई पनि विधि पुर्याएर मात्र कारबाही गरिन्छ।', महानगरपालिकाले साइकल व्यापारीलाई कानुनी कारबाही गरेको भन्दा पनि उनीहरूको रोजीरोटीमाथि हमला गरेको र उनीहरूलाई अपमानजनक व्यवहार गरेको उनले बताइन्।, 'साइकल व्यापारीलाई महानगरका प्रहरीले दुर्व्यवहार गरेको भिडिओ हेर्दा कानुनी राज्यमा यस्तो पनि हुन्छ भन्ने प्रश्न मनमा आउँछ,' उनले भनिन्, 'सम्मानपूर्वक बाँच्न पाउने मान्छेको अधिकारलाई त राज्यले संरक्षण गर्नुपर्ने हो। तर साइकल व्यापारीलाई लछारपछार गर्दै उनीहरूका सामान खोसेको दृश्यले महानगरपालिकाले यो अधिकारको हनन गरिरहेको देखिन्छ।', भिडिओ- सुसन चौधरी,
काठमाडौं महानगरसँग तर्सिएका मानिस |
सविता बुढा बालु थापा १६ वर्षकी भइन्। उनको महिनावारी सुरू भएको तीन वर्ष भयो। हरेक महिनावारी नजिकिँदै गर्दा उनलाई चिन्ताले सताउँछ।, उनको घरनजिकै छ सानो गोठ। चार खम्बा जमिनबाट थोरै अग्लो टाँण बनाएर माटो छापिएको छ। खरको छानो र बेरा छ। कुचुक्क परेको कोठामा झ्याल-ढोका छैन।, हरेक महिनावारीमा बालु (परिवर्तित नाम) यही साँघुरो ठाउँमा खुम्चिनुपर्छ।, '६ दिनसम्म छाउगोठमा एक्लै बस्नुपर्दा महिनावारीको शारीरिक पीडाभन्दा बढी मानसिक तनावले सताउँछ,' उनले भनिन्।, सुदूरपश्चिममा महिनावारी भएकी महिलालाई 'छाउ' भनिन्छ। यो बेला सुत्न बनाइएको छाप्रो 'छाउगोठ' हो।, बालुको घर धनगढी उपमहानगरपालिका–१२ मा छ। धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी सहर हो। बालुले सानैदेखि यस्तो छाप्रो देखेकी हुन्।, महिनावारी हुँदा उनकी आमा त्यही गोठमा बस्थिन्। अलिक पछि भाउजुहरू आए, उनीहरू पनि बसे। नयाँ पुस्ताकी बालुले पनि महिनाका आफ्ना कठिन दिन यहीँ बिताउनुपर्छ।, 'त्यो छाउ भएका बेला बस्ने गोठ हो भनेर अलि ठूली हुँदै गएपछि थाहा पाएँ। अहिले आफैं बस्नुपरेको छ,' उनले भनिन्।, सानी छँदा त बालु आमासँगै छाउगोठमा सुत्न जान्थिन्। उनलाई आमा घर छाडेर किन यस्तो सानो गोठमा सुत्न जान्छिन्, घरमै सुते हुन्थ्यो जस्तो लाग्थ्यो। , उमेर बढ्दै जाँदा उनले आमा, भाउजू र साथीहरूबाट महिनावारी हुने र त्यही बेला छाउगोठमा सुत्न जाने गरेको थाहा पाइन्। म पनि त्यसै गरी छाउगोठमा सुत्नुपर्छ भन्ने पनि बुझिन्। यस्तो कुराले उनलाई मनमा डर पनि उत्पन्न हुन्थ्यो।, तीन वर्षअघि १३ वर्षको उमेरमा उनी पहिलोपटक महिनावारी भइन्। हिउँदको दिन थियो, स्कुल बिदा।, उनले आफूलाई महिनावारी भएको कुरा गाउँकै मिल्ने साथीलाई सुनाइन्। दिउँसो बाख्राका लागि डाले घाँस काट्न गएका थिए। महिनावारी हुँदा रूख चढ्नु हुँदैन भनेर साथीले घाँस झारिन्। बालुले तलै बसेर बटुलिन्।, फर्केपछि आमालाई आफू महिनावारी भएको सुनाइन्। आमाले उनलाई घर नपस्न भनिन्। बेलुका बाहिरै खाना ल्याइदिइन्। बालुले आँगनको एक कुनामा बसेर खाइन्। आफूले खाएको थाल सफा गरेर अलग्गै राखिन्।, आमाले ओढ्ने र ओछ्याउने लुगा दिइन्। एउटा पुरानो कपडाको टालो दिँदै प्याडका रूपमा प्रयोग गर्न भनिन्।, 'माघको चिसोमा पहिलोपटक एक्लै अँध्यारो गोठमा पुगेँ,' त्यो दिन स्मरण गर्दै उनले भनिन्, 'निहुरिएर गोठमा पस्नुपर्ने, आगो बाल्न नमिल्ने, झ्यालढोका छैन। बत्ती पनि छैन।', त्यो दिन उनलाई साह्रै नरमाइलो लाग्यो। घरभित्र बस्न नपाउने किन हो भन्ने प्रश्नले मन भरियो। उनले आमालाई सोधिन् – किन यसरी घरबाहिर एक्लै बस्नुपर्ने? घरमै सुत्दा के हुन्छ?, उनकी आमालाई लाग्थ्यो – महिनावारी भएका बेला घरभित्र पस्दा र अरूलाई छुँदा घरमा मान्छे बिरामी हुन्छन्! महिनावारी भएकी महिलालाई छोइयो भने नुहाइधुवाइ गरेर भगवानसँग माफी माग्नुपर्छ!, आमाले यति भनेपछि बालु छाउगोठमा एक्लै सुत्न बाध्य भइन्। अहिले पनि हरेक महिनावारीमा उनको बास यहीँ हुन्छ।, 'नल्का (धारा) छुन पाइँदैन। भाउजूले बाल्टिनमा पानी दिनुहुन्छ। त्यही पानी अलिक पर लगेर नुहाउनुपर्छ,' बालुले भनिन्, 'शौचालय पनि जान पाइँदैन। खोलातिर जानुपर्छ। खुला ठाउँमा नुहाउन, शौच गर्न अप्ठ्यारो हुन्छ। त्यसैले अध्याँरोमा नुहाउन ठीक लाग्छ। त्यही पनि सम्भव हुँदैन। अर्काको भरमा पानी जुटाउनुपर्छ।', कहिलेकाहीँ बालु घरमै सुत्छु, छाउगोठ जान्नँ भनेर जिद्दी गर्छिन् तर उनकी आमा मान्दिनन्। , बालुका अनुसार उनको टोलका प्रत्येक घरमा छाउगोठ छन्। साना छोरीहरू आमासँगै छाउगोठमा सुत्छन्। हिउँदमा धेरै चिसो हुन्छ। वर्षामा गोठ चुहिन्छ, मच्छर लाग्छ, सर्पको डर हुन्छ। झ्यालढोका केही नभएपछि खतरा पनि हुन्छ। उनीहरूलाई घरमै सुत्न पाए हुन्थ्यो भन्ने लाग्छ।, महिनावारी भएका बेला उनीहरूले पोषिलो पनि खान पाउँदैनन्। गाउँमा पाइने पोषिलो खानकी दूधदही हो। तर यो पनि खान हुँदैन भनेर दिइँदैन।, 'महिनावारी भएको समयमा राम्रो खाना चाहिन्छ। तर त्यही बेला दूधदही खान हुँदैन भनेर दिँदैनन्। छाउगोठमा बस्न दुःख हुन्छ,' बालुले भनिन्, 'तर घरमा बस्यो, छोयो भने घरका अरू मान्छे बिरामी हुन्छन् भन्नुहुन्छ आमाले। घरका कसैलाई समस्या नहोस् भनेर छाउगोठमै बस्ने गरेकी छु।', भविष्यमा आफ्नी छोरीलाई भने छाउगोठमा नसुताउने बालुको अठोट छ।, बालु एक उदाहरण हुन्। उनीजस्ता धेरै किशोरी र महिला उनकै जस्तो पीडा भोगिरहेका छन्। कुचलन हो, भ्रामक प्रथा हो भन्ने जान्दाजान्दै पनि उनीहरू यसका पछि लाग्न बाध्य छन्।, वडा नम्बर १२ कै बासिन्दा पार्वती जोशीका अनुसार केही वर्षअघि धनगढीमै छाउगोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको थियो। आफू जनगणनाका सिलसिलामा घरघर पुग्दा धेरै महिला छाउगोठमा बसेको देखेको उनले बताइन्।, धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला कुमारी रानाले सर्पले टोक्ने, छाउगोठमा महिलामाथि आक्रमण हुने जस्ता घटनाका कारण छाउगोठ भत्काउने अभियान चलाउनुपरेको बताइन्।, केही छाउगोठ भत्काइए पनि सबै भत्काइएनन्। कतिपय घरमा नयाँ बने। छाउगोठ भत्काए पनि महिनावारी भएका महिला घरभित्र सुत्न पाएनन्।, उपमहानगरभित्र कति छाउगोठ छन् भन्ने तथ्यांक छैन। तथ्यांक संकलन गर्ने काम पनि भएको छैन। उपप्रमुख रानाका अनुसार वडा नम्बर १३, १४ र १७ मा छाउगोठ धेरै छन्। फाटफुट रूपमा अन्य वडामा पनि छन्।, हाल छाउगोठ भत्काउने र समुदायका मानिसहरूमा चेतना जागृत गर्ने काम भइरहेको उनले बताइन्।, सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीमा पनि महिलाहरू छाउगोठमा सुत्नुपर्ने बाध्यता छ। गोदावरी नगरपालिका–१० भागेश्वर टोलकी पुष्पा कुँवरले आफ्नो ठाउँमा छाउगोठमा बस्नुपर्ने चलन हट्न नसकेको बताइन्।, 'हामी यो चलन हटेको देख्न चाहन्छौं तर हटाउन सकिँदैन। देउतासँगको कुरा हो, देउता रिसाउँछन् भन्छन्,' उनले भनिन्, 'हाम्रो टोलका हरेक घरमा छाउगोठ छन्। हाम्रा छोरीहरू पनि महिनावारी हुँदा छाउगोठमै बस्छन्।', पुष्पाका अनुसार छाउगोठमा सुतेका कारण ज्यान जाने घटना भएपछि केही घरमा भने परिवर्तन देखिएको छ। उनकै टोलकी स्वास्थ्य स्वयंसेविका सोमन्द्रा विकको घरमा तीन वर्षअघिसम्म छाउगोठ थियो। छाउगोठमा सर्पले टोकर सोमन्द्राकी नन्दको मृत्यु भएपछि त्यहाँ सुत्न बन्द भयो।, छाउगोठमै बसेका कारण कति जनाको मृत्यु भइसक्यो भन्ने तथ्यांक सरकारसँग छैन। छाउपडी प्रथा अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्नेमा परिवर्तन ल्याउन नसकिएको जनप्रतिनिधिहरू स्वीकार गर्छन्।, गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही छाउगोठ भत्काउनमा भन्दा मानिसमा चेतना जगाउनमा जोड दिनुपर्ने बताउँछन्।, 'हामी बल लगाएर छोउगोठ भत्काउँछौं तर मान्छेहरू सचेत नहुँदा यो चलन हटाउन सकिँदैन,' उनले भने, 'मान्छेको सोच परिवर्तन भयो भने मात्रै असुरक्षित छोउगोठको प्रथा अन्त्य हुन्छ।', वडा कार्यालयले सचेतनाको काम गरिरहेको उनले बताए।, महिनावारी हुँदा असुरक्षित छाउगोठमा बस्नुपर्ने चलन अन्त्य गर्न सरकारी र गैरसरकारी संघसंस्थाबाट थुप्रै प्रयास भए अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन। समाजमा महिनावारीलाई धर्म र देवतासँग जोडेर हेर्ने भएकाले यो प्रथा चुनौतीका रूपमा छ।,
१६ वर्षे बालु भन्छिन्- ती ६ दिन गोठमा एक्लै बस्दा साह्रै तनाव हुन्छ |
सेतोपाटी संवाददाता पूर्वगृहमन्त्री बालकृष्ण खाण र हज समितिका अध्यक्ष शमशेर मिया पक्षका वकिलहरूको बहस सकिएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाण र मियाका वकिलहरूले बहस गर्न सकाएका हुन्। , खाणका वकिलहरूले मंगलबारदेखि बहस गरेका थिए। उक्त बहस बुधबार दिउँसोसम्म सकाएका हुन्। , बार अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती लगायतले उनको पक्षमा बहस गरेका थिए। उनीपछि मियाका वकिलहरूले बहस गरेका थिए। , यस्तै आजै पूर्व सभासद आङटावा शेर्पा पक्षका वकिलहरूको पनि बहस सुरू भएको छ। उनीसहित अन्य तीन प्रतिवादीका वकिलहरूले पनि बहस गर्नेछन्। , शरणार्थी नेता टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनका वकिलहरूले भोलि बहस गर्ने तयारी गरेका छन्। , यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये १८ जना पक्राउ परेका छन्। अन्य भने फरार छन्। , सरकारी वकिलले उनीहरूविरूद्ध राज्यविरूद्धको कसुर, ठगी, संगठित अपराध, कीर्ते कसुरमा मुद्दा लगेको थियो।,
नक्कली भुटानी शरणार्थी प्रकरण: सकियो खाण र मियाका वकिलको बहस |
सेतोपाटी संवाददाता करेन्ट लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ।, बुधबार दिउँसो ३ बजे बकैया गाउँपालिका- ८ तल्लोबिरेफाटस्थित मकैबारीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए।, प्रहरीका अनुसार मृत्यु हुनेमा गोठडाँडा बस्ने वर्ष ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो छन्।, बारीमा खाल्डो खनिरहेका बेला लत्रिएको बिजुलीको नांगो तारमा छोइएपछि उनीहरूलाई करेन्ट लागेको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।,
करेन्ट लागेर दुई जनाको मृत्यु |
सेतोपाटी संवाददाता पर्साबाट सशस्त्र प्रहरी बलले २५ लाख रूपैयाँ बराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ। , बुधबार वीरगन्ज महानगरपालिका- १० आदर्शनगर इलाकाबाट २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको सामान बरामद गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , दुइटा ठेलामा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको बिल-बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र इयरबड्स लगायत सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो।, सामान ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए।, बरामद गरिएमध्ये बिलबिजक बिनाको सुटिङको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र इयरबड्स गरी १९ लाख ५५ हजार ६ सय रूपैयाँको छ।, बरामद सामान आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।,
भन्सार छलेर ल्याएका २५ लाख रूपैयाँभन्दा बढीको सामान बरामद |
सेतोपाटी संवाददाता बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। , महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ।, बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ। , दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, राती पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। ,
पूर्वी र मध्य भूभागमा मनसुनको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना |
सरिशा अछामी सट्टेबाजी खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी खेलाउने पाँच जनालाई बुधबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागार्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्। उनीहरूलाई प्रहरीले मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको हो। , वानएक्स बेटको मुख्यालय साइप्रसमा छ। तर नेपालमा दिनेश लगायत एजेन्टहरूले युवाहरूलाई आकर्षित गरी सट्टेबाजी खेलाउने गरेको पाइएको हो। , वानएक्स बेट खेल्नेक्रम बढ्दै गएपछि अपराध अनुसन्धान कार्यालयले गत मार्चदेखि अनुसन्धान थालेको थियो। जसक्रममा ३२ जनामाथि प्रहरीले निगरानी थालेको थियो। , तीमध्ये दुई जनाको नामबाट अस्वाभाविक रूपमा कारोबार भइरहेको प्रहरीले फेला पार्यो। उनीहरू थिए पिन्टु शाह र रामविलास थारू।, पिन्टुको खाता हेर्दा १० करोड र रामविलासको खातामा ७ करोड रूपैयाँको कारोबार भएको देखियो। प्रहरीले यी व्यक्तिहरू को हुन् भनेर खोजी गर्न थालेको थियो। दुवै नामका बैंक खातालाई पछ्याउँदा प्रहरी दिनेश खड्कासम्म पुग्यो। , दिनेशले पिन्टु र रामविलास दुवै नाममा कारोबार गर्ने गरेको खुलेको कार्यालय प्रमुख एसएसपी मनोजकुमार केसीले बताए। , ‘पिन्टु र रामविलासलाई खोजिरहेका थियौं,ʼ एसएसपी केसीले भने, ‘यी दुवैको नामको आइडी दिनेश खड्काले चलाएको पायौं।ʼ, त्यति मात्रै होइन, उनले कनेक्ट आइपिएसमा जंगल, पुकुडन, पिंकी, पुन्टी, गुल्ली, चिकू, अनियन लगायत नामबाट कनेक्ट आइपिएसको खाता खोलेर कारोबार गरेको प्रहरीले पायो। यसरी उनले मात्रै विभिन्न व्यक्तिको कागजात प्रयोग गरी ६३ वटा बैंक एवं मोबाइल बैंकिङ खाता खोलेको अनुसन्धानमा देखिएको हो। जसमध्ये १२ वटा खातामा मात्रै ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको एसएसपी केसीले बताए। , दिनेशका खाताबाट भएका कारोबारको विवरण केलाउँदा रकम अझै बढ्न सक्ने उनी बताउँछन्। अनुसन्धानकै क्रममा उनले क्रिप्टोकरेन्सीको कारोबार समेत गर्ने गरेको प्रहरीले भेटायो। , उनले क्रिप्टोको कारोबार भने आफ्नी श्रीमती अनिता धितालमार्फत गरेको अनुसन्धानमा देखियो। धितालले आफ्नो मोबाइलमा क्रिप्टोकरेन्सी बाइनेन्स खाता खोलेर अमेरिकी डलर किन्ने गरेको देखिएको एसपी रविन्द्र रेग्मीले बताए। जसकारण धिताल पनि हाल प्रहरी हिरासतमा छिन्। , क्रिप्टोकरेन्सीकै कारोबार गरेको आरोपमा प्रहरीले यसअघि २०७८ माघमा दिनेशलाई पक्राउ गरिसकेको थियो। त्यसमुद्दामा पक्राउ परेका उनी २५ लाख धरौटीमा छुटेका थिए। , यसरी एकपटक अपराधमा मुछेर सजाय पाइसकेका व्यक्ति पुन: बेटिङ एजेन्टको रूपमा पक्राउ परेका हुन्।, उनीहरू दुई जनासँगै प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरेको छ। जसको खातामा पनि करोडौंको कारोबार भएको प्रहरीले भेटायो। , दिपेश श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, दिनेश चन्दको ४५ लाख र आशिष लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको खातामा देखिएको एसएसपी केसीले बताए। , यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।, उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ। पक्राउ परेकामध्ये आशिष भने सिए अध्ययनरत विद्यार्थी समेत हुन्। उनले आफूले गरेको कारोबारको हिसाब राख्ने गरेको पनि प्रहरीले पाएको छ। , प्रहरीले उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, टेकूमा बुझाएको छ। ,
वानएक्स बेटका एजेन्ट पिन्टुलाई खोज्दा भेटिए दिनेश जसले गरेका थिए ६४ करोडको कारोबार |
सेतोपाटी संवाददाता पहिराका कारण कान्ति लोकपथ अवरूद्ध भएको छ।, आज विहान ललितपुरको भट्टेडाँडा र मकवानपुरको सिस्नेरीमा पहिरो जाँदा लोकपथ अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। , भट्टेडाँडाको पहिरो भने बिहान १० बजेसम्म हटाइसकिएको र सिस्नेरीमा पहिरो हटाउने कार्य भइरहेको डिएसपी कार्कीले बताए। , पहिराका कारण दुबै तर्फ सवारी रोकिएका छन्। , , ,
भट्टेडाँडा र सिस्नेरीमा पहिरो जाँदा कान्ति लोकपथ अवरूद्ध |
रासस कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् ।, कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो। , दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्दैआएका सूचना पाएपछी उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) भरतराज गिरीले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्। , उनीहरूमाथि थप अनुसन्धानका लागि स्वास्थ्य विभाग पठाइएको इन्सपेक्टर गिरीले जानकारी दिए। , ,
अवैधरूपमा औषधि पसल सञ्चालन गर्ने ८ भारतीय पक्राउ |
सेतोपाटी संवाददाता प्रतिबन्धित अनलाइन बेटिङ एप 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।, प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।, प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। , पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। , यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। , पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।,
वानएक्स बेटमा कलाकार 'बल्छी ध्रुबे' सहित ८ जना पक्राउ |
सेतोपाटी संवाददाता काभ्रेमा श्रीमानको कुटपिटबाट घाइते भएकी दलित वडा सदस्यको मृत्यु भएको छ। , नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो।, उनका ४८ वर्षीय श्रीमान शम्भु विकले जेठ २९ गते मापसे गरी कुटपिट गर्दा ज्ञानु गम्भीर घाइते भएकी थिइन्।, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपाने अनुसार प्रहरी घटनास्थलमा पुग्दा शम्भु नसामै थिए। श्रीमती ज्ञानुलाई शम्भुले हात-खुट्टा बाँधेर कुटेका थिए। त्यसपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको थियो।, ‘उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो,ʼ उनले भने, ‘बिहीबार बिहान उनलाई अस्पतालले मृत घोषणा गरेको हो।ʼ, प्रहरीले हत्या आरोपमा शम्भुलाई पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।,
श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु |
नवीनबाबु गुरूङ काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बिहीबार बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। यसमा तीन जना महिला पनि छन्। , मानवअधिकारवादी शान्ति समाज नेपालका कृष्ण पहाडी लगायतहरूले प्रदर्शन गरेका हुन्। , उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई उन्मुक्ति नदिइयोस् र शीर्ष नेताहरूको सम्पत्ती छानविन गर्नुपर्ने लगायत विभिन्न मागसहित प्रदर्शन गरेका थिए।, तस्बिरहरू:,
नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जना प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता वानएक्स बेटको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो। , जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय 'म्याकुरी' पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने ‘राजुमास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर एलिश राई छन्। , त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर 'जलन', मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्। , उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो। युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। , यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। , पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।,
कोको हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युबर? (भिडिओ) |
मनिका विश्वकर्मा आफूले आफूलाई नचिन्नु! म के हुँ भन्ने थाहा नपाउनु! यस्तो पनि हुन्छ र!, धनगढीका कुमार चौधरीलाई यस्तै भएको थियो। यसो हुनु उनका लागि असामान्य घटना थियो।, कुमारले फेसबुक चलाउन थालेको धेरै वर्ष भयो। फेसबुकमा साथी बन्ने–बनाउने क्रममा एक युवक फेला परे। उनीहरूबीच बोलचाल सुरू भयो। दिनदिनै कुरा हुन थाल्यो।, 'बोल्दै जाँदा कुन बेला प्रेम बस्यो थाहै भएन। हामीले एकअर्काको भावना बुझ्न थाल्यौं,' कुमारले भने।, प्रेममा परेका अर्का युवक समलिंगी थिए। कुराकानीकै क्रममा कुमारले आफू पनि समलिंगी पुरूष रहेछु भन्ने बुझे। कुमारले ती युवकबाटै आफ्नो लैंगिक तथा यौनिक पहिचान थाहा पाएका हुन्।, कुनै पुरूष शारीरिक, मानसिक र भावनात्मक रूपमा अर्को पुरूषप्रति आकर्षित हुनु नै समलिंगी पुरूष हुनु हो।, स्कुल पढ्दा कुमारलाई अरू केटाभन्दा आफू केही फरक छु भन्ने लाग्थ्यो। केटा मान्छे मनपर्थ्यो तर किन यस्तो भएको हो भन्ने पत्तो थिएन। आफूलाई कुनै रोग लागेको हो कि भन्ने पनि ठान्थे।, 'प्रेमको भाव साटासाट हुन थालेपछि उसले मलाई समलिंगी पुरूषका बारेमा बतायो,' कुमारले भने, 'यसपछि म पनि समलिंगी पुरूष हुँ भन्नेमा प्रष्ट भएँ। प्रेममा परेपछि बल्ल मैले आफ्नो वास्तविक पहिचान थाहा पाएको हुँ।' , उनका प्रेमीभन्दा कुमार उमेरले ठूला भए पनि उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा केही थाहा थिएन।, 'मेरो साथीका परिवार पढेलेखेका रहेछन्। त्यसैले उनले आफ्नो बारेमा थाहा पाएका रहेछन्। मलाई पनि उनैले धेरै कुरा सिकाए,' कुमारले भने।, एक वर्षसम्म म्यासेज र फोनमा मात्रै कुरा गरिरहेका उनीहरू एकअर्कालाई भेट्न आतुर थिए। तर अवसर परेको थिएन। आफू समलिंगी पुरूष हुँ भन्नेमा पूरा विश्वास भएपछि भने कुमारले प्रेमीलाई जसरी पनि भेट्ने निधो गरे।, उनको चाहना पूरा भयो।, त्यो दिन उनले नयाँ लुगा लगाए। हलुका बासनादार क्रिम लगाए। पर्फ्युम छरे। ऐनामा आफूलाई राम्ररी हेरे। आफूमा थोरै संकोच मिश्रित खुसी देखे।, 'धेरै पटक ऐना हेरेँ। मनमा अलिकति डर पनि लागेको थियो। ढुकढुकी बढेको थियो,' त्यो क्षण सम्झिँदै उनले भने, 'भेट कस्तो होला भन्ने लागेको थियो।', अपराह्न चार बजे उनीहरूको भेट भयो। दुवैले आआफ्ना मनका भावना प्रकट गरे।, 'पहिलो भेट यादगार भयो। हामीले पहिलोपटक एकअर्कालाई स्पर्श गर्यौं। माया गर्छौं भन्यौं। सँगै बस्ने कुरा पनि गर्यौं,' कुमारले भने, 'मलाई अझै पनि याद छ, उसले सेतो टिसर्ट, कालो प्यान्ट र कालो जुत्ता लगाएको थियो। उसलाई खुबै सुहाएको थियो।', डेढ दशकभन्दा अगाडिको कुरा यो हो।, सँगै बस्ने कुरा भए पनि व्यवहारमा उतार्न सहज थिएन। कसरी, कहाँ, के भनेर बस्ने? मानिसहरूले सोधेमा के भन्ने?, यी सबैको जवाफ उनीहरूसँग थिएन। त्यसैले कहिलेकाहीँको भेटमै चित्त बुझाए।, 'समाजको डरले हामीले हाम्रो प्रेमको कुरा खुलाउन सकेनौं। हाम्रो सम्बन्धबारे कसैलाई थाहा भएन,' कुमारले भने, 'समाजले केटा–केटा प्रेममा परेको मन पराउँदैनथ्यो।', कुमारले आफ्ना प्रेमीमार्फत नै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूबारे जानकारी फराकिलो बनाउने अवसर पाए। प्रेमीसँगै एकपटक 'सुदूरपश्चिम समाज' ले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएका थिए। सुदूरपश्चिम समाज नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को शाखाका रूपमा थियो। नीलहीरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको हकअधिकारको लागि काम गर्ने संस्था हो।, उक्त कार्यक्रममा कुमारले आफ्नो लैंगिकताबारे धेरै जानकारी पाए। यसपछि उनी सदूरपश्चिम समाजले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागी भए।, 'म एक्लो होइन रहेछु, मजस्ता धेरै रहेछन् भन्ने थाहा पाएँ। हिम्मत बढ्यो,' उनले भने।, उमेरले अलि ठूलो भएकाले कुमार आफ्ना प्रेमीको विशेष ख्याल राख्थे। , 'मलाई त ऊ बच्चाजस्तो लाग्थ्यो तर धेरै बुद्धिमानी थियो। हामीलाई मनपर्ने धेरै कुरा उस्तै थिए,' उनले भने, 'हाम्रो कपडाको रङ र खानेकुरा एउटै हुन्थ्यो। हामी दुवै जना मासु खुब मन पराउँथ्यौं।', उनले प्रेमीलाई गरेजस्तै माया कुमारले परिवारमा पाएका थिए। उनी सात जना दिदीपछिका भाइ हुन्। बाबु नेपाली सेनामा थिए। बाबुको सरूवासँगै उनको स्कुल फेरिन्थ्यो। धनगढीमा पाँच कक्षासम्म पढे। महेन्द्रनगरको स्कुलबाट एसएलसी दिए।, सात कक्षा पढ्दाताका हो, उनले आफू अरू केटाभन्दा केही फरक छु भन्ने ठाने। केटासँग बोल्न, खेल्न लजाउँथे, शारीरिक हाउभाउ केटीसँग मिलेजस्तो लाग्थ्यो। केटी साथीहरू धेरै थिए।, आफ्नो स्वभावबारे कसैलाई भन्न मन लागेको थियो। तर कसलाई भन्नु? कसरी भन्नु? के भन्नु?, उनी अलमलमा पर्थे।, 'त्यस्तो कुरा भन्दा गाली खाइने हो कि भन्ने लाग्थ्यो। फेरि कसलाई के भन्नु र, म त्यसै अन्यौलमा थिएँ,' उनले भने।, एसएलसीपछि बुबाले उनलाई काठमाडौं पठाए। काठमाडौंमा बुबाका साथीको होटल थियो। कुमारले त्यही होटलमा काम गरे। सरसफाइ गर्नेदेखि ग्राहकका लागि खानेकुरा बनाउनेसम्मको काम थियो।, यसरी नै उनले बाह्र कक्षासम्मको पढाइ पूरा गरे। यही समय फेसबुकमा फेला परेका थिए उनका प्रेमी।, उनीहरूबीच गहिरो प्रेम बढ्दै गएको थियो। पाँच वर्षसम्म एकअर्काका साथी भइरहे। त्यसपछि भने उनीहरूको सम्बन्ध टुट्यो।, 'मैले उसैका कारण आफू समलिंगी पुरूष हुँ भन्ने थाहा पाएँ। उसैसँग प्रेम गरेर रमाएँ। तर आज ऊ साथमा छैन,' कुमारले भने, 'ऊसँगको सम्बन्धका कुराहरू याद आइरहन्छ।' , उनीहरूको प्रेम कसैले छुटाइदिएको होइन। कसैले बाधाअवरोध पुर्याएको पनि थिएन।, कुमार भन्छन्, 'एकपटक राम्रो लागेको र मन परेको कुरा सधैं उस्तै रहन्छ भन्ने हुँदो रहेनछ। हामीले सहमतिमै प्रेम सम्बन्ध छुटायौं।', त्यो प्रेम छुट्नुको खास कारण के थियो, उनले भन्न चाहेनन्।, प्रेम छुटेपछि उनी औधि निराश भए। पीडा भुलाउन आफ्नो ठाउँ छाडेर अन्तै जाने सोचे। सबभन्दा सजिलो, भारतको बाटो रोजे।, 'म डिप्रेसनमा गएँ। यसबाट बाहिर निस्किन मलाई लगभग ६ महिना लाग्यो। आफूलाई काममा भुलाएर पीडाबाट मुक्त हुँदै गएँ,' उनले भने।, भारतमा तीन वर्ष बिताएर उनी घर फर्के। यता आएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने अवसर पाए। काम गर्दै जाँदा नीलहीरा समाजको कार्यसमिति सदस्य पनि भए।, अहिले यही समुदायका ज्येष्ठ नागरिकहरूको हक र अधिकारका लागि काम गर्छन् उनी। 'मितिनी नेपाल' नामको एक गैरसरकारी संस्थामा कार्यरत छन्।, कुमारका अनुसार यो समुदायका व्यक्तिहरू वृद्धा अवस्थामा पुगेपछि परिवार र समाजबाट झनै धेरै अपहेलित हुनु परेको छ।, 'काम गर्न सक्ने उमेरका त जसोतसो गरेर खाएकै हुन्छन्। वृद्ध अवस्थामा राज्यले हेर्दैन। अहिले म यस्तै ज्येष्ठ नागरिकको अधिकार र स्याहारसुसारका लागि काम गरिरहेको छु,' ४४ वर्षीय कुमारले भने।, आफू र अरू जोकोही समलिंगी पुरूष हुनुलाई सामान्य र प्राकृतिक अवस्था मान्छन् उनी।, 'समलिंगी हुनु प्राकृतिक कुरा हो। महिला वा पुरूष भनेजस्तै मेरो पहिचान समलिंगी पुरूष हो,' उनले भने, 'सन्तान जन्मिँदा छोरा र छोरी मात्रै नभएर केही फरक पनि हुन सक्छ भनेर सबैले बुझ्नुपर्छ। यस्तो अवस्थालाई ससम्मान स्वीकार गर्नुपर्छ।', उनले आफ्नाबारे घरपरिवारलाई भनेका छैनन्। बेलाबेला बिहेको कुरा चल्दा गर्दिनँ भनेर टारिरहेका उनले अब भने आफ्नोबारेमा आमाबुबालाई भन्ने विचार गरेका छन्।, आफूलाई जस्तै मुस्किल अरूलाई नहोस् भनेर कुमार लैंगिक तथा यौनिक अल्पसंख्यकको हक र अधिकारका पक्षमा निरन्तर लागिरहन चाहन्छन्।, 'यो समुदायका, विशेषगरी वृद्ध व्यक्तिहरूको स्याहारसुसार र अधिकारका लागि बोल्नु छ। काम गर्नु छ,' उनले भने।,
'प्रेममा परेपछि बल्ल मैले आफ्नो वास्तविक पहिचान थाहा पाएँ' |
सेतोपाटी संवाददाता झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ।, मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मंगलबार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ।, त्यस घटना बाहिरिएपछि सशस्त्र प्रहरीले एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, एआइजी गौतम प्रधान कार्यालय कार्य विभाग प्रमुख समेत छन्। समितिलाई यथाशिघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।, यसअघि सोही घटनाको छानबिन गर्न बुधबार नै कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय समिति गठन गरेको थियो। , डिएसपी थापाका अनुसार सशस्त्र प्रहरीले प्रहरी निरीक्षक नमप्रभाव राई, जवानद्वय रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बनको तयारी समेत गरेको छ। प्रहरी निरीक्षक राईसँगै दुई जना जवान पनि त्यहाँ पुगेका थिए।, उनीहरूले सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट भएको हो।, निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन्। इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए।, सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए। सादा पोशाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए।,
झापामा सशस्त्र प्रहरी कुटपिट घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा समिति गठन |
निशा भण्डारी काठमाडौंको माइतीघरमा विद्यालयका कर्मचारीहरूले प्रदर्शन गरेका छन्। , बिहीबार भद्रकाली हुँदा कर्मचारीहरूले मार्चपास गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघरमा नाराबाजी समेत गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले रिले अनशन समेत गर्ने बताएको छ। , उनीहरूले जेठ २९ गतेदेखि असार १ गतेसम्म प्रदर्शन गर्ने बताएको छ। , न्यून तलबमा काम गर्नुपरेको, राज्यले नहेरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। जेठ १५ गतेको बजेट भाषणबाट पनि तलब नबढाएको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा बिहीबार माइतीघरमा कर्मचारीहरूले ढुंगामुढा समेत गरेका थिए। , प्रहरीले त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएको छ।, तस्बिरहरू:,
माइतीघरमा विद्यालयका कर्मचारीको प्रदर्शन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता दाङमा ट्याक्टर दुर्घटनापछि चालक बनेर हिरासतमा बस्न गएका व्यक्ति र ट्याक्टर धनी धरौटीमा छुटेका छन्।, मंगलबार जिल्ला अदालत दाङले तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका २४ बर्षीय रेशम चौधरीलाई एक लाख ५० हजार र ट्रयाक्टर धनी तुलसीपुर-१४ गोठुवाका २८ बर्षीय दिनेश वलीलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सक्कली चालक तुलसीपुर – १४ गोठ्वाका १९ बर्षीय किरण चौधरी अझै फरार छन्।, किरणलाई बिचौलियाले मिलमतोमा भगाएको र उनी भारतमा लुकिछिपी बसेको प्रहरीले जानकारी दिएको छ।, गत वैशाख २९ गते दाङको तुलसीपुर उपमहानगरपालिका-१४ मा किरणले चलाएको ट्याक्टरले किचेर १४ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो।, आफूसँग सवारी चालक अनुमपति पत्र नभएका कारण सवारी ज्यान मुद्दा चल्ने भएपछि किरणले विचौलियासँगको मिलमतोमा रेशम चौधरीले नक्कली सवारी चालक बनाएर पठाएका थिए। , सक्कली चालकलाई भगाउन र नक्कली चालक खडा गरि सजाय भुक्तानका लागि प्रहरी हिरासतमा पठाएको अभियोग खेपेका तुलसीपुर – १८ वशन्त वली फरार रहेको डिएसपी मल्लले बताए।, उनी वडाध्यक्ष माधव वलीका भाइ हुन। सक्कली चालक किरण र वशन्त वलीका बिरुद्धमा पक्राउ अनुमति प्राप्त भइ सकेको डिएसपी मल्लले सेतोपाटीलाई बताए।, फरारको सूचीमा रहेका चौधरी र वलीको खोजी कार्य जारी रहेको मल्लले बताए।, सम्बन्धित समाचारः, ‘बिचौलियाको चलखेल’का कारण बिन्तिरामले २ दिनपछि बल्ल देख्न पाए छोराको शव, ,
धरौटीमा छुटे नक्कली चालक र गाडी धनी, वास्तविक चालक अझै फरार |
सेतोपाटी संवाददाता नेपाल-भारत विश्वमैत्री संघ काठमाडौंको नयाँ नेतृत्व चयन भएकाे छ। , बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट ज्योति रत्न बजाचार्यको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन भएको संघले जनाएको छ। , संघमा जनक राज पराजुली दिप सह-अध्यक्ष, युवराज श्रेष्ठ वरिष्ठ उपाध्यक्ष , सुदर्शन अधिकारी प्रथम उपाध्यक्ष, राधादेवी पराजुली भण्डारी महिला उपाध्यक्ष, ज्योति राज राई जनजाति उपाध्यक्षमा चयन भएका छन्।, त्यस्तै, उपाध्यक्षहरूमा सीताराम पोखरेल, विश्व क्रान्ति सिंह, पुष्कर जंगम, महासचिवमा किरण राज रेग्मी, सह-महासचिवमा श्याम कुमार थापा, सह-सचिवमा राजेन्द्र प्रसाद शर्मा ढकाल र कोषाध्यक्षमा प्रविन मैनाली चयन भएका छन्। , नेपाल र भारतसहित विश्वका देशहरूबीच भाइचारा, मैत्रीभाव कायम गराउन पहल गर्ने उद्देश्यसहित संघको स्थापना गरी प्रथम महाधिवेशन सम्पन्न गरिएको र आगामी दिनमा क्रमशः प्रदेश तथा जिल्ला कमिटीहरू पनि गठन गरिने नवनिर्वाचित महासचिव रेग्मीले जानकारी दिए।,
नेपाल-भारत विश्वमैत्री संघको नेतृत्व चयन |
रासस जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।, तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। , ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा भनिएको छ ।,
,
लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहँुदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ।, साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको।, महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ।, काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।, लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।, लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ।, हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।,
५ दिनसम्म तराईमा तातो हावा चल्ने पूर्वानुमान, बच्ने कसरी? |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ।, कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ।, दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।, रातिपख भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाइएको छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।,
मौसम पूर्वानुमान: यी प्रदेशमा वर्षाको सम्भावना |
रासस तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।, जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ। , ‘बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ’, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, ‘सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ।’ उनले बर्खा सुरु भएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताइन्। , ‘गत वर्ष बाढीले बेसार खेती र तरकारी खेती पुरियो’, उनले भनिन्, ‘कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गइसके।’ , यहाँ ४९ परिवारको बसोबास छ । , यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन्। गाउँमा भएका भने तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन्। , ‘हामीले यहाँ डरैडरमा बाँच्नुपरेको छ’, स्थानीय वसन्ती सुनारले भनिन्, ‘हाम्रो बस्ती नै अन्यत्र सारिदिए राम्रो हुन्थ्यो।’ बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको उनले बताइन्।, यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो हुन्छ। तर बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपरेको उनले भनिन्। स्थानीय टेकबहादुर सुनारले पनि बाढीकै कारण यहाँ समस्या हुने गरेको बताइन्। , ‘हामीले त जहिल्यै त्रासमा जीवन बिताउनुपरेको छ’, सुनारले भनिन्, ‘बर्खा लागे बाढीको त्रास हुन्छ आकाशमा बादल देखिए राति निद्रा लाग्दैन।’ , उनले जोगबुढा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताइन्।, यहाँ बाढीको उच्च जोखिम रहेकाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा विभिन्न सङ्घसंस्थाले जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज, उद्धारलगायतका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरेका छन्।, बाढीको उच्च जोखिम रहेको यो बस्तीमा सशस्त्र प्रहरी बल नेपाल, एनएनएस डब्लुए र निड्स नेपाललगायतका संस्थाले यहाँका बासिन्दालाई बाढीबाट बच्ने कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन्। दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले कृत्रिम अभ्यासले बाढी प्रभावित क्षेत्रका बासिन्दलाई सहयोग पुग्ने बताए। , ‘नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो’, उनले भने, ‘यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन्।’, ,
कुतियाकवरको दुःख- बर्खा लाग्यो कि बाढीकै पिर |
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरू गर्ने विषयमा अन्योलता बढ्दै गएको छ।, जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरू गर्ने विषयमा नै अहिले अन्योलता सिर्जना भएको छ। काम कहाँ कसरी सुरू गर्ने भन्ने विषयमा नै अहिले अलमल भएको छ।, विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजना अघि बढेको थियो। करिब १६ अर्ब रूपैयाँ लागतमा नमूना सदरमुकाम निर्माण गर्ने योजना रहेको थियो तर भवन निर्माण कुन ढङ्गबाट अघि बढाउने अझै अन्योलता रहेको जनाइएको छ।, सुरूमा एकीकृतरूपमा सबै कार्यालयको सेवा एकै स्थानबाट दिने गरी भवन बनाउने योजना रहेको थियो। पछि उस्तै प्रकारका सेवाका प्रकृति भएका दुई कार्यालय जोडेर भवनको डिजाइन तयार पारिएको थियो।, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले सोहीअनुसार काम अघि बढाउने योजना बनाएको भए पनि बहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा काम कसरी बढाउने भन्ने नै अन्योलता सिर्जना भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिए।, उनका अनुसार तीन अर्ब ६८ करोड रूपैयाँको काम गर्ने गरी बहुवर्षीयका रूपमा अघि बढाउन तयारी गरिएकामा केन्द्रबाट बहुवर्षीयका लागि स्वीकृत नहुँदा के गर्ने भन्ने अन्योल सिर्जना भएको बताए।, एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरूले बहुवर्षीय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाइ थियो।, ‘हामी तयारीमै थियौं, बहुवर्षीयका लगि काम अघि बढाउने योजना थियो, तर बहुवर्षीयका लागि स्वीकृत नहुँदा के कसरी अघि बढ्ने अन्योल छ’, कार्यालय प्रमुख थापाले भने, ‘ठूलोरूपमा काम अघि बढाउने भन्दा, सानो रकम पनि हराउँला भन्ने डर भइसक्यो।’, नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरूयोजना तयार पारिएको थियो। साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ।, यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजना अघि सारिएको थियो। तर निर्माणस्थलमा कच्ची बाटो बनाउने कामबाहेक हालसम्म कुनै कार्य अघि बढ्न सकेको छैन।,
नमुना सदरमुकाम निर्माण गर्न अलमल |
सेतोपाटी संवाददाता काठमाडौंको भोटेबहालबाट जुवा खेल्ने १३ जना पक्राउ परेका छन्। , सोमबार राति प्रहरीले काठमाडौं महानगरपालिका-११ भोटेबहाल शान्तिमार्गस्थित एक घरबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। , विशेष सूचनाको आधारमा खटिएको प्रहरी वृत्त कालिमाटीको टोलीले डेरा गरी बस्ने बागलुङका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , उनीहरूबाट एक लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, विभिन्न रंगको कोइन ११९ थान र जुवाको हिसाब राखेको कापी बरामद गरेको हो। , कालिमाटी वृत्तले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।,
काठमाडौंको भोटेबहालबाट जुवा खेल्ने १३ पक्राउ |
रासस जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता भएका छन्। , आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। , बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। , तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।, तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।,
अस्थायी पुलबाट चिप्लिएर एक युवक बेपत्ता |
सेतोपाटी संवाददाता काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्।, सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोप छ। , आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको एसपी रिजालले बताए।, ‘दाजुभाइबीच पहिला पनि पटक पटक झगडा हुने गरेको र हिजो बुढी आमालाई गाली गरेपछि झोंकमा उनले हतौडाले हानेका रहेछन्’, उनले भने। , उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
,
काठमाडौंमा भाइले गरे दाइको हत्या |
सेतोपाटी संवाददाता तनहुँमा एक जना महिलाको शव फेला परेको छ। , मंगलबार अन्दाजी १० बजे व्यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए।, उनका अनुसार शव बोराभित्र फेला परेको हो।, घटनास्थलमा डिएसपीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ। , शवको पहिचान नखुलेको एसपी विष्टले बताए। प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको छ।,
तनहुँमा एक महिलाको शव फेला |
नारायण खड्का नेपाल संस्कृत विश्वविद्यालयको १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह बुधबार हुने भएको छ।, पाँचौं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।, दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्नका लागि सम्बोधन गर्न प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड' दाङको तुलसीपुरस्थित बेलझुण्डीमा आउने टुंगो लागिसकेको छ। , भारतको सम्पूणानन्द विश्वविद्यालयका बाराणर्शी कुलपति प्राध्यापक डा. हरेराम त्रिपाठी प्रमुख अतिथिका रूपमा आउने भएका छन्।, संस्कृत विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री अशोककुमार राई, सञ्चार मन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका सबै मन्त्रीहरू, पूर्व मुख्यमन्त्री र जिल्लाबाट निर्वाचित निर्वतमान र पूर्व प्रतिनिधिसभा, प्रदेशसभालाई निम्ता गरिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछाने जानकारी दिए।, १२ वर्षको अवधिमा विश्वविद्यालयबाट चार हजार सात सय ७३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये पाँच सय ७५ विद्यार्थीले मात्रै दीक्षित हुन पाऊँ भनी निवेदन दिएका छन्।, समारोहमा यो अवधिमा उत्कृष्ट नतिजा हासिल गर्ने ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्न लागिएको छ।, भोलि दीक्षान्त हुन थालेका पाँच सय ७५ विद्यार्थीमध्ये शास्त्री तर्फका एक सय ६३, आचार्य तर्फका एक सय ४०, बिएड ८८, विद्यावारिधि एक सय १३ र बिएएमएस ३० जना लगायत छन्।, दीक्षान्त हुने विद्यालयले आ–आफ्ना पोशाक लैजान क्रम एक/दुई दिन अगाडिदेखि नै सुरू भइसकेको छ। एकै साथ ठूलो संख्यामा विद्यार्थी दीक्षान्त गर्नु पर्दा खर्च बढेको क्याम्पस प्रशासनले जनाएको छ।, दीक्षान्त समारोह बुधबार बिहान ११ बजेपछि तुलसीपुर–१७ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयको केन्द्रीय कार्यालय प्रांगणमा सुरू हुनेछ।, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछाने शुक्रबार दाङमा पत्रकार सम्मेलन गरी अनेक आरोह अवरोहका बीच यो वर्ष पाँचौं दीक्षान्त समारोह हुन थालेकोप्रति खुसी साटेका थिए।, २०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ मा चौथो दीक्षान्त समारोह आयोजना गरेको थियो।, जतिखेर उपकुलपति विदुर पौडेल थिए। त्यसपछि राजनीतिक खिचातानीका कारण एक दशक यता विश्वविद्यालयले दिक्षान्त गर्न सकेको थिएन।, देशभर १४ वटा आंगिक क्याम्पस रहेको नेपाल संस्कृत विश्वविद्यालयबाट प्रत्येक वर्ष सात सयभन्दा बढी विद्यार्थीले विभिन्न तह र संकाय उत्तीर्ण गर्ने गर्छन्।, प्रत्येक वर्ष दीक्षान्त समारोह गरी त्यस्ता विद्यार्थीलाई दीक्षान्त गर्नुपर्ने भए पनि दीक्षित भएको प्रमाण पत्र नपाउँदा विद्यार्थी अन्यौलमा पर्दै आएका थिए। त्यसले विश्वविद्यालयको गरिमा माथिसमेत प्रश्न चिह्न खडा हुन थालेको थियो। , समयमै दीक्षित नहुँदा विदेशमा पढ्न जाने, विद्यावारिधि, नेपाल भूषण, डिलिट तह उपाधिबाट विद्यार्थी बञ्चित हुन बाध्य पारिएका थिए।, सरकारी सेवामा संलग्न हुन पनि मूल प्रमाणपत्र आवश्यक पर्ने हुँदा विद्यार्थी अवसरबाट बञ्चित थिए।, विश्वविद्यालयको नेतृत्व राजनीतिक नियुक्तिबाटै आउने हुँदा पदाधिकारी तथा राजनीतिक नेतृत्व बीचको स्वार्थ र राजनीतिक खिचातानीका कारण बजेट समेत विनियोजन नहुँदा विद्यावारिधि प्रभावित हुँदै आएको थियो।, ‘कहिले कुलपति, सहकुलपति र कहिले पदाधिकारी फरक–फरक विचारका आउने गर्थे,’ एक कर्मचारीले भने, ‘उनीहरूका बीचमा आवश्यक समन्वय नहुनु , आस्था र व्यक्तिगत टकरावका कारण पनि दीक्षान्त समारोह प्रभावित हुँदै आएको थियो।’, एउटा दीक्षान्त समारोहका लागि झन्डै आधा करोड हाराहारीमा बजेट आवश्यक पर्ने हुँदा खर्चको जोहो गर्न पनि विश्वविद्यालयलाई हम्मेहम्मे पर्ने गरेको उनले बताए।, ‘विश्वविद्यालयको पहरोमा सुन छ कान मेरो बुच्चै भने जस्तै अवस्था हो,’ उनले अगाडि भने, ‘झण्डै तेह्र सय बिगाहा जमिन अहिले पनि सुकुम्बासीको नाममा कब्जामा हुनु दुर्भाग्य हो।’, दाङको तुलसीपुर, लमही नगरपालिका, राजपुर क्षेत्रमा गरि विश्वविद्यालयको साढे १३ सय बिगाहा जग्गा अहिले पनि कब्जामा रहेको छ। जसको पोत विश्वविद्यालयले तिर्दै आएको भए पनि हालसम्म आयस्ता भने पाउन सकेको छैन। विश्वविद्यालय प्रशासन कब्जा जग्गा फुकुवा गर्नका लागिपरेको छ। मोहीलाई लगत कट्टा गरी जग्गा दिन विश्वविद्यालय प्रशासन तयार भई सम्पूर्ण काम टुंगेको भए पनि राजनीतिक रूपमा बृहत् छलफल गरी समस्या समाधान गर्न सकिने विश्वविद्यालयका ती कर्मचारीले बताए।, २०४३ साल मंसिर २५ गते विधिवत रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको थियो।, नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता प्रवाहित गराउने उद्देश्यले बेलझुन्डीमा विश्वविद्यालय स्थापना भएको थियो।, नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप सुरूआत गरेको कामलाई तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको पालामा हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो।, २०१० सालमा दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैंया परिवारले दाङको देउखुरी उपत्यकामा १२०० (बाह्र सय) बिगाहा भूमिदान गरेका थिए।, त्यसकै आधारमा २०११ सालमा दाङस्थित बिजौरीमा जनता महाविद्यालयको स्थापना भएको थियो भने २०२४ सालमा सोही स्थानमा अन्तर्राष्ट्रियस्तरको विद्वत सम्मेलन गरिएको थियो। त्यही सम्मेलनपछि २०२६ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो।, योगी नरहरिनाथको नेतृत्वमा स्थानीय शिक्षाप्रेमी तथा अन्य संस्कृत अनुरागी व्यक्तिहरूबाट दानस्वरूप तीन सय २६ बिगाहा जग्गा दानबापत विश्वविद्यालय परिसरमै प्राप्त भएको थियो।, त्यसपछि २०३१ सालमा दाङको बेलझुण्डीमा संस्कृत अध्ययन संस्थान डिनको कार्यालयको स्थापना भएको थियो।, २०४३ सालमा ऐन बनी तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएको हो।, नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा यसको नाम परिवर्तन गरी नेपाल संस्कृत विश्वविद्यालय राखिएको थियो। , यो पनि: ,संस्कृत विश्वविद्यालयको साढे १३ सय बिगाहा जग्गा २० वर्षदेखि अतिक्रमण (भिडिओ),
१२ वर्षपछि हुँदैछ नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दुइटा विद्यालयमा लगाएको ताला खोलेको छ।, मंगलबार विद्यार्थी संगठनले ठूलो भर्याङस्थित संस्कृति इन्टरनेशनल स्कूल र बाँसबारीको रहेको युलियन्स स्कुलमा लगाएको ताला नगर प्रहरीले खोलेको महानगरपालिकाले जनाएको छ। , यस्तै विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न महानगरका मेयर बालेन शाहले अनुरोध गरेका छन्। , ‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौं,' उनले भने, ‘विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौं। चाहे त्यो सरकारी होस् वा निजी।’, यस्तै, विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएको उनले बताए।, यसअघि बालेनले शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका थिए। त्यस्तै विद्यालयमा राजनीतिक कार्य नगर्न समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो। , अहिले महानगरले लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनू/ गराए/ नगराए जस्ता विषयमा नियमित अनुगमन र नियमन गर्ने काम गरिरहेको छ। ,
विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला खोल्यो महानगरले |
सेतोपाटी संवाददाता नक्कली प्रोफाइल बनाएर महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले पर्वत कुश्मा नगरपालिका-१४ बस्ने ४२ वर्षीय रामकुमार सुनारलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, उनलाई प्रहरीले पोखराबाट आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। , उनले एक महिलाको नाम र तस्बिर प्रयोग गरी नक्कली आइडी खोलेका थिए। उनले अश्लिल तस्बिर तथा भिडिओहरूमा पीडित महिलाको अनुहार समेत जोडेर दु:ख हैरानी र चरित्र हत्या गरेको आरोप छ।, उक्त घटनाबारे उजुरी परेपछि ब्युरोले उनको खोजी गरी जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरेको हो। , काठमाडौं जिल्ला अदालतबाट ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।,
,
नक्कली प्रोफाइल बनाएर महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ |
सेतोपाटी संवाददाता माइतीघर मण्डलमा नागरिकता माग्दै धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका छन्।, ७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिए। , काठमाडौं जिल्लाका जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले उनको स्वास्थ्य परीक्षणको लागि ट्रमा सेन्टर लगिएको बताए।, ‘युवकको अवस्था समान्य छ, नजिकै प्रहरी भएकाले तत्काल रोक्न सक्यौं,ʼ प्रवक्ता रिजालले भने।, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको थियो। तर हेर्न नभ्याइने भएपछि उनले उक्त कदम चालेको बताइएको छ।, यसअघि सेतोपाटीले उनीसँग नागरिकतासम्बन्धी स्टोरी प्रकाशित गरेको थियो।,
माइतीघरमा नागरिकता माग्दै धर्ना बसेका युवकले गरे आत्मदाह प्रयास |
रासस संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ।, मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा राजपत्रांकित र रापअनंकित छुट्टाछुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरिएको हो। सचिवस्तरीय निर्णयबाट मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको हो। , मन्त्रालयद्वारा गरिएको पत्राचारमा भनिएको छ, ‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको संघीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइदिनुहुन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ।’, कर्मचारीहरूको विवरण पठाउनका लागि ढाँचा समेत मन्त्रालयले पत्रसँगै पठाएको छ। त्यसमा कार्यरत कर्मचारीको नाम, कर्मचारी संकेत नम्बर, पद, सेवा–समूह–श्रेणी, सम्बन्धित कार्यालयमा सरुवा भएर आएको मिति, हालको कार्यालयमा कार्यरत अवधि, दरबन्दी–फाजिल, रिक्त संख्या र कैफियतसहितको विवरण ढाँचा पनि सामान्य प्रशासन मन्त्रालयले दिएको छ।, सरकारले यही १५ जेठमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ। बजेटमा सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आवमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने तथा सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने उल्लेख गरिएको छ। , यसका लागि सम्बन्धित मन्त्रालय र निकायले आगामी मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्नुपर्ने व्यवस्था बजेटले गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत संघमा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरे पनि त्यो भने कार्यान्वयन भएको छैन।,
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार |
सेतोपाटी संवाददाता धनुषामा प्रेमीले एक महिलाको विभत्स हत्या गरेको खुलेको छ।, विवाह गर्न कर गरेपछि धनुषाको मिथिला विहारी नगरपालिका ८ तारापट्टीकी ४१ वर्षीया उषा दासको हत्या गरी घर पछाडि रहेको पोखरी छेउमा खाल्डो खनेर गाडिएको प्रहरीले जनाएको छ। , बाराको कलैया नगरपालिका १८ घर भई जनकपुरस्थित घर बनाउने मिस्त्रीको काम गर्दै आएका २२ वर्षीय ओमलाल मण्डलले गत जेठ २५ गते राति उषाको हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।, उनका अनुसार आइतबार बेलुकी मृतक उषाको घरबाट २० मिटर दक्षिण पश्चिमस्थित पोखरीको छेउमा गाडिएको र जनावरले खोस्रिएको अवस्थामा शव फेला परेको थियो।, ‘ओमलाल र उषाबीच अनैतिक सम्बन्ध थियो। उषाले पटक पटक उनलाई विवाह गर्न भन्थे तर ओमलालले नमानेर पटकपटक टाढा रहन खोज्थे। बेलाबेला महिलाले उनलाई जबरजस्ती घरमा ल्याउने गरेकी थिइन्’, डिएसपी गौतमले भने, ‘२५ गते राति ११ बजेतिर दुबै जनाबीच बिहेकै विषयमा विवाद भयो। ओमलालले एक थप्पड हाने र थप्पड हान्नसाथ उषा बाहिर निस्केर भाग्न लाग्दा उनले घाँटी थिचेर मारेको अनुसन्धानमा देखिएको छ।’, उषाको मृत्यु भइसकेपछि ओमले शवलाई चाँडो सडाउनको लागि उनको कपडा खोलेर नाङ्गै खाल्डोमा गाडेका थिए। सो कपडा पोखरीको अर्को छेउमा गाडेर उषाले प्रयोग गरेको मोबाइल समेत पोखरीमै फालेको खुलेको डिएसपी गौतमले बताए। , उनका अनुसार हत्या भएको दिन उषाका छोरा सोनु दास श्रीमतीसहित कमला नगरपालिका ३ लग्मास्थित ससुराली गएका थिए।, ओमलाल पटक पटक घरमा आउजाउ गरिरहेको सोनुबाट खुलेपछि उनैले हत्या गरेको हुनसक्ने प्रहरीलाई शंका लागेको थियो। उषाका श्रीमान रामचन्द्र दासको १० वर्षअघि मृत्यु भएको थियो।, खोजतलासको क्रममा ओमलाललाई जिल्ला प्रहरी कार्यालय चितवनसँग सहकार्य गरी चितवनको हाकिम चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। , उषाको शव पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।,
बिहे गर्न कर गरेपछि प्रेमीले गरे हत्या |
नवीनबाबु गुरूङ नागरिकताविहीन संघर्ष समितिले नागरिकता माग्दै प्रदर्शन गरेका छन्।, नागरिकता विधेयक प्रमाणीकरणको मुद्दा आज हेर्दाहेर्दैमा राखिएपछि उनीहरूले न्याय माग्दै माइतीघरदेखि हिँडेर टुँडिखेल परिक्रमा गरेका थिए।, ‘सर्वोच्च अदालत हामीलाई न्याय दे’, नागरिकताबाट बन्चित नेपाली समाज एक हौं, जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देऊ, राष्ट्रपतिबाट स्वीकृत नागरिकता विधेयक लागु गरलगायत माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।, यसअघि माइतीघर मण्डलमा नागरिकता माग्दै धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका थिए।, ७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास हुन्।, तस्बिरहरू:, ,
सर्वोच्च अदालत हामी नागरिकता पीडित यता छौं! (तस्बिरहरू) |
रासस विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे अवस्थामा फेला परेका ६ हजार दुई सय ६८ थान हातहतियार मंगलबार नष्ट गरिएको छ।, कानुनबमोजिम नष्ट गरिएका हतियारमा भरूवा बन्दुक ६ हजार एक सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन एक थान र नाम नखुलेको १३ थान भएको प्रहरीले जनाएको छ।, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक समेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार नष्ट गरिएको हो।, हातहतियार खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणका लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए।, उक्त हातहतियार दीर्घकालीन व्यवस्थापन गर्न हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्र पठाएको थियो।, सोही पत्रको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानुनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।,
बरामद भएका ६ हजारभन्दा बढी हातहतियार नष्ट |
सेतोपाटी संवाददाता ललितपुर महानगरले चोक-चोकमा हाइ मास्ट स्मार्ट सडक बत्ती (अग्ला बत्ती) जडान गर्ने काम गरिरहेको छ। , महानगरले महानगरका विभिन्न १२ वटा चोकमा अग्ला बत्ती जडान गरिरहेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। , उनका अनुसार अहिलेसम्म ४ वटा स्थानमा अग्ला बत्तीहरू जडान भइसकेका छन्। , ‘विद्युत प्राधिकरणसँग सहकार्य गरी हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गर्ने काम भइरहेको हो,’ उनले भने, 'महानगरलाई उज्यालो बनाउने अभियानमा स्मार्ट सडक बत्ती जडान गर्ने काम भइरहेको छ।’, यस्तै महानगरका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार पुल्चोक क्याम्पस, महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा अग्लो बत्ती जडान भइसकेको छ। , ‘बत्तीले टाढासम्म पनि उज्यालो दिओस् यस्ता बत्ती चोक चोकमा राखेका छौं,' उनले भने, 'यो बत्तीले ६० देखि एक सय मिटर रेडियसमा यो बत्ती प्रकाश छर्छ। यस्तै बत्ती १६ मिटर अग्लो पोलमा हाइ मास्ट स्मार्ट सडक बत्ती गरिएको हो।', कुपन्डोलस्थित बागमती पुल, नबिल बैंक नजिकै रहेको पुल्चोक इनार, लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिर अगाडि बुङमती बसपार्क, शंखमुलको शंखपार्क यो बत्ती जडान गरिने उनले बताए। , 'ठाडोढुंगा चोक, धोवीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिर बत्ती जडान गर्न बेस तयारीको काम भइरहेको छ,' उनले भने, 'एक साताभित्र यी सबै चोकमा अग्ला स्मार्ट बत्ती जडान भइसक्ने छ।' , यस्तै महानगर चक्रपथ बाहिरका वडामा १४ सय बत्ती जडान गरिएको महर्जनले बताउँछन्। , 'चक्रपथबाहिरका वडाहरू जस्तै सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, भैंसेपाटी, धापाखेल लगायतमा स्मार्ट सडकबत्ती जडान गरिसकेका छौं,' उनले भने, ‘केही ठाउँमा भने प्राविधिक समस्या देखिएको छ। ती ठाउँमा दुई साताभित्र काम सकिनेछ।’, यस्तै यी बत्तीहरूलाई कम्प्युटरको सहायताले सर्भर रूमबाट नियन्त्रण गरिने उनले बताए।, 'पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा जानु पर्दैन,' उनले भने, 'सर्भर रूमबाट नै काम गर्न सकिन्छ।', मेयर महर्जनका अनुसार सडक बत्तीको शुल्क मिटरबाट रिडिङ हुने र उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ।, त्यस्तै, महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने तयारी गरेको छ। , महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चत्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको मेयर महर्जन बताउँछन्।, यसका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।, 'चक्रपथमा जडान गरिने स्मार्ट सडक बत्तीले रातको समयमा हुने सडक दुर्घटना न्यून हुनेछ,' उनले भने, ‘अधिकांश दुर्घटना राति बत्ती नभएको कारण भएका छन्। उज्यालो भएपछि राति पनि सुरक्षित हुनेछ।', महानगरपालिकाले कोर एरियामा अहिलेसम्म ६ सय ६९ वटा स्मार्ट सडकबत्ती जडान गरिसकेको महानगरपालिकाले जनाएको छ। ,
चोक-चोकमा अग्ला बत्ती जडान गर्दै ललितपुर महानगर |
सेतोपाटी संवाददाता पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो दलेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता पक्राउ गर्न प्रहरी परिचालित भएको छ। , ‘विश्वविद्यालयमा अराजकता भएको’ भन्दै नेविसंघका कार्यकर्ताले आयोगका अध्यक्षमाथि सोमबार मोसो दलेर दुर्व्यवहार गरेका थिए। सुनसरीको तरहरास्थित निवासमै पुगेर दाहालमाथि दुर्व्यवहार गर्ने योगराज दाहाल, सरोज पोखरेल लगायतलाई पक्राउ गरिने सुनसरी प्रहरीले जनाएको छ। , ‘आयोगका अध्यक्षले दिनुभएको उजुरीका आधारमा हामी उनीहरूविरूद्ध मुद्दा चलाउँदैछौं, तिनीहरूलाई पक्रेर थुन्छौं’, सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले भने, ‘तिनीहरूलाई पक्राउ गर्ने प्रक्रिया थालिसकेका छौं।’ , अध्यक्ष दाहालले आफ्ना माग सम्बोधन नगरेको भन्दै सोमबार दाहालमाथि दुर्व्यवहार गरेपछि नेविसंघ कार्यकर्ता योगराज दाहालले सन्चारकर्मीहरूलाई आफैं फोन गरेर यो खबर कसैगरी प्रकाशित गरिदिन अनुनय गरेका थिए। बहादुरीपूर्ण काम गरे जत्तिकै गरेर उनीहरूले यसको प्रचार गरिदिन पत्रकारहरूलाई आग्रह गरेका थिए। , माग सम्बोधन नभएको भन्दै आयोग अध्यक्षमाथि दुर्व्यवहार गरेका उनीहरूलाई कारवाही गर्न माग गर्दै दाहालले प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गर्न प्रक्रिया थालेको जनाएको छ। , नेविसंघ कार्यकर्ता योगराज दाहालले ‘विश्वविद्यालय अराजक’ भएको भन्दै मोसो दल्नुपरेको तर्क गरेका थिए। , विश्वविद्यालय नीति नियमविपरीत चलेको, सेवा आयोगले आफूनिकट कर्मचारी भर्ती केन्द्र बनाएको छ आरोप नेविसंघले लगाएको छ। , कानुन हातमा लिएर आयोग अध्यक्षको निवासमै पुगेर यसरी आक्रमण गरेका नेविसंघ कार्यकर्ताको दुर्व्यवहारबारे नेपाली कांग्रेसले भने अहिलेसम्म मुख खोलेको छैन। , नेविसंघ कार्यकर्ताको दुर्व्यवहारको शिकार बनेका अध्यक्ष दाहाल भने घटनापछि सार्वजनिक सम्पर्कमा आएका छैनन्। , यसैबीच विश्वविद्यालयका विभिन्न संकायका डिन तथा प्राध्यापकहरूले मंगलबार विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेका छन्।, यस्ता क्रियाकलापले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक गतिविधि निर्वाध रूपमा अगाडि बढाउन हतोत्साहीत बनाएको उल्लेख गरेका छन्। विज्ञप्तिमा घटनाको निन्दा र भत्र्सना गर्दै विश्वविद्यालयमा लागेको ताला खुलाउन तथा परीक्षाको नियमितताको वातावरण बनाउन अपिल गरिए पनि अध्यक्षमाथि दुर्व्यवहार गर्नेहरूमाथि कारवाहीको माग भने गरिएको छैन। , निवासमै गएर गुण्डागर्दी शैलीमा मोसो दल्नेहरूलाई कारवाहीको माग गर्नुपर्ने आवाज सबैतिरबाट उठ्दा प्राध्यापकहरूले निकालेको विज्ञप्तिमै भने उक्त माग छैन।, विज्ञप्तिमा व्यवस्थापन संकायका डिन प्रा.डा बिजुकुमार थपलिया, कानुन तथा शिक्षा संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेल, विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा पवनकुमार झा, इन्जिनियरिङ संकायका डिन प्रा. देवीप्रसाद भट्टराई र चिकित्साशास्त्र संकायका निमित्त डिन नविन लामिछानेले हस्ताक्षर गरेका छन्।,
विश्वविद्यालय सेवा आयोग अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई पक्रिन्छौं, थुन्छौं– प्रहरी |
रासस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ।, बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौंडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेको हो।, मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे ब्यारेकअगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको अध्यक्ष विष्टले बताए।, नेपाली सेनासँग स्वीकृति लिएर हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेकअगाडि राप्ती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ।, तीन दिनको निरन्तर प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए।, पानी नपरेर सुख्खा बढेपछि पानीको अभाव भएका क्षेत्रमा खानेपानी बोर्डले ट्यांकीमार्फत पानी वितरण गर्दै आएको थियो।,
तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी वितरण |
रासस आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।, हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ।, यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।, नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ।, यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ।, यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ।, यस दिवसका अवसरमा ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।, एसोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एसोसिएसनका महासचिव केशव मर्हजनले जानकारी दिए।, 'साइकल र्याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छौँ,' उनले भने, 'अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौति हो।', यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ।, पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो।,
आज विश्व रक्तदाता दिवस मनाइँदै |
सेतोपाटी संवाददाता काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।, मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।, बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६प २१२१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो।, मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर छन्।, दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, घाइतेको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। घाइते काठमाडौं महानगरपालिका ५ बस्ने ४० वर्षीय कुमार थापा मगर छन्। उनी बोल्न सक्ने अवस्थामा छन्।, टिपर चालक ओखलढुंगाका ३० वर्षीय हिरा गुरूङ छन्। उनलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान प्रहरी वृत्त बानेश्वरले अघि बढाएको छ।,
जडिबुटीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका भूभागमा अझै केही दिन तातो हावा चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाले नियमित बुलेटिनमार्फत असार १ गतेसम्म सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका जिल्लाको तामक्रम नघट्ने प्रक्षेपण गरेको छ।, ‘आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखिनुका साथै बागमती प्रदेशको तराईका भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागमा थोरै तापक्रम घटे तापनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । तसर्थ, ती भूभागहरूमा आगामी चार दिन सम्भावना यथावत रहने देखिएकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाको नियमित बुलेटिनमा भनिएको छ।, यता मधेश प्रदेशको पूर्वी भूभागमा तापक्रम केही घट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना यथावत रहेको बताइएको छ।, त्यस्तै, देशको पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको महाशाखाले बताएकोछ ।, साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको महाशाखाले बताएको छ।, कसरी बच्ने?, तातो हावा तथा ‘लू’ बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदिको लक्षण देखापर्ने महाशाखाले भनेको छ। , यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा पहिरिने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले सुझाएको छ।, ,
सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका तराईका भूभागमा तातो हावा चल्ने सम्भावना |
रासस बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।, सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।, बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो। पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।, छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ। आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।, यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको ज्यान गएको छ। धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए।, बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।, विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र सङ्घसंस्थाबाट चन्दा उठाएर एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए।,
बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध |
सेतोपाटी संवाददाता जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ।, बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।, 'बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ,' वडाध्यक्ष गिरीले भने।, विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिए।, वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए ।, जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने उनले बताए।,
जाजरकोटको कुशेमा विवाह गर्न वडाको सिफारिस अनिवार्य |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा छ। , दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, महाशाखाले राती कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ।, रातिपनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका पनि एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। ,
आज यी प्रदेशमा छ पानी पर्ने सम्भावना |
रासस तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।, मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिए।, उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।, 'लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ। पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ,' डिएसपी खाणले भने। , अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको उनले बताए।, बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिँडडुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।,
तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एकजना पक्राउ |
सेतोपाटी संवाददाता अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।, लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२ / ०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा संचालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिलाउने दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो।, उक्त विज्ञापन अनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोश्रो र तेस्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिइएको थियो।, तिनवटै लिखित पत्रको परीक्षामा परीक्षार्थी राजविराज-११ सप्तरीका ३३ वर्षीय मनोजकुमार सुतिहारको नामबाट सोही स्थानका ३० वर्षीय नारायण यादवले लोकसेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए।, प्रहरीले परीक्षा दिने सुतिहार र परीक्षा दिलाउने यादव दुबै जनालाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सह–लेखापाल पदमा कार्यरत छन्। यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत छन्।, प्रहरीले दुबै जनालाई पक्राउ गरी लिखित सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान सुरू गरेको जनाएको छ।,
अर्कैको नाममा लोकसेवा परीक्षा दिने दुई जना पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंमा वर्षा भएको छ। , आइतबार मध्यरातमा सामाकोशी, लाजिम्पाट, बालाजु, बौद्ध लगायतका केहि स्थानहरूमा केहीबेर पानी परेको हो। , मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको छ। , उपत्यकासहित कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भूभागहरूमा पनि वर्षा भइरहेको प्रधानाङ्गले सेतोपाटीलाई जानकारी दिए।, मौसमविद् प्रधानाङ्गका अनुसार काठमाडौंंमा १५ दिनपछि पानी परेको हो। यसअघि मे २८ मा काठमाडौंमा पानी परेको थियो। त्यसयता जुन महिनादेखि पानी नपर्दा काठमाडौंको तापक्रम बढिरहेको थियो। , पानी परेपछि अब विस्तारै काठमाडौंमा तापक्रम घट्ने सम्भावना रहेको उनले बताए।, पूर्वी तराईको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , जेठ २५ गते केरला आइपुगेको मनसुन नेपाल आउन धेरै ढिला नहुने महाशाखाको आकलन छ।, अहिले मनसुन भित्रनका लागि मौसम अनुकूल बन्दै गइरहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए। ,
१५ दिनपछि पर्यो काठमाडौंमा पानी |
सेतोपाटी संवाददाता हाल देशको मौसमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। , त्यस्तै कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।, दिउँसोपख कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा नै रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।, रातिपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै महाशाखाले केही दिनमै मौसम नेपाल भित्रने पूर्वानुमान गरेको छ। भारतको केरला हुँदै आउने प्रणाली बंगालको खाडी पुग्छ। , अहिले भुटानमा सक्रिय देखिएको मौसम केही दिनमा झापा हुँदै नेपाल भित्रन्छ। नेपालभरि फैलन थप पाँच दिन लाग्ने महाशाखा बताउँछ।, देशका अधिकांश भूभागमा बदली र केही ठाउँमा वर्षा भएपछि गर्मीबाट राहत मिलेको छ।, पूर्वतिर गर्मी क्रमिकरूपमा घट्ने, मध्य क्षेत्रमा भने केही दिन कायमै रहने सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।,
मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ। , देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरूपमा इन्द्रको पूजा गरेका हुन्। जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन्।, मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताए। , इन्द्रको पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूूजा गरिएको उनले बताए। उनले भने, ‘देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धूमधामका साथ इन्द्रको पूजा गरेका हौं।’ जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। , दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बतए। ‘घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झ¥यामझुरुम भएर सुकेको छ’, उनले भने, ‘मकैमात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बीउ राख्नसमेत ढिला भइसकेको छ।’ इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए।,
४४ डिग्री सेल्सियस तापक्रम पुगेपछि दुम्कौलीमा गरियो इन्द्र पूजा |
रासस सूर्यविनायक–धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र, पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।, विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो।, सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।, उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ।, गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ।, यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ती वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ।, पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ। ,
सूर्यविनायक–धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न विभागको परिपत्र |
सेतोपाटी संवाददाता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार १८१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। मनसुनबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसले बताएको छ।, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतको त्यस समितिले मनसुनजन्य गतिविधिबाट मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको छ।, मधेस प्रदेशमा ४ लाख ३ हजार १८० जना प्रभावित हुने समितिको आकलन छ।, त्यसपछि कोशी प्रदेश प्रभावित हुने अनुमान गरिएको छ।, कोशी प्रदेशमा ३ लाख १ हजार १४३ जना प्रभावित हुने समितिले अनुमान गरेको छ।, यस वर्षको मनसुनजन्य गतिविधिबाट मधेसमा ९२ हजार २६१ घरधुरी प्रभावित हुने अनुमान छ। कोशीमा ६८ हजार ९११ घरधुरी र लुम्बिनी प्रदेशमा ४५ हजार ७३५ घरधुरी प्रभावित हुने अनुमान छ।, समितिको १८ औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० पनि स्वीकृत गरेको छ । , कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस लगायत गैरसरकारी संस्थाहरूको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीहरूको मौज्दातीको विवरण समेटिएको समितिले बताएको छ।, विपद् पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एकवटा रहने व्यवस्था गरिएको बताइएको छ।, त्यस्तै समितिले स्वयंसेवक प्रणालीको पनि प्रबन्ध गरेको छ। जसमा हालसम्म एक लाख ४२२ जना सूचीकृत भइसकेको समितिले बताएको छ।, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरेको छ। सरदरभन्दा कम पानी पर्ने भएकोले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ ।, सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने संभावना रहेको बताएका छन्। नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।, विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा २० जिल्ला देखिएका छन्। तिनमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेको प्राधिकरणले बताएको छ।, त्यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने २२ जिल्ला छन्। जसमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएको बताइएको छ।,
यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार प्रभावित हुने अनुमान |
रासस तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ।, म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालिएको हो।, पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए।, उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ ।, उनले भने, 'व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ। क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ।', प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ। गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उनले भने, 'पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ।', उनका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको छ। उनले भने, 'यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो।', गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उनले बताए।, सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरुसँग नरहेको डा. शाहको भनाइ छ । उनका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएकालाई पशुको उपचार कार्य पनि जारी रहेको छ।, खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ।, त्यस्तै पशु सेवा शाखाबाट डा. शाह लाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ।, आँबुखैरेनी गाउँपालिकाले लम्पी रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ । पछिल्लो समय गाउँपालिकाका सबै वडामा उक्त रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो।, गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने बताए।, खोप लगाउनका लागि वडा नम्बर १ र ६ मा अनिल थापा, वडा नम्बर २ र ३ मा चित्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ र ५ सम्पूर्ण थापालाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।, जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन्।, लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए तापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ।, जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ। गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा. शाहले बताए।, उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ।,
तनहुँमा पशुलाई लगाउन थालियो लम्पीस्किनविरूद्धको खोप |
सेतोपाटी संवाददाता बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। , राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।, केन्द्रका अनुसार बाजुरामा मात्रै पछिल्लो एक महिनामा ३ वटा कम्पन महसुस गरिएको छ।, गत वैशाख २८, जेठ ८ र सोमबार बिहान बाजुरामा भूकम्पको कम्पन महसुस गरिएको हो।, ,
बाजुरामा भूकम्पको धक्का |
सरिशा अछामी बिहीबार दिउँसो एक बजे तिलगंगा आँखा प्रतिष्ठान भवन 'ख' को चौथो तलामा चिकित्सकहरूको छलफल थियो। 'आँखा दानलाई संस्कार' बनाउने विषयमा छलफल केन्द्रित भयो।, छलफलमा चिकित्सकहरू बारम्बार एक व्यक्तिको नाम दोहोर्याइरहेका थिए- सविन बोगटी।, हाल २८ वर्षका सविनको जन्मजात आँखाको दृष्टि गुमेको थियो।, बिहीबार छलफलमा जुटेका चिकित्सकहरूले नै १७ वर्षअघि उनलाई संसार देख्न मद्दत गरेका हुन्। त्यति बेला सविन ११ वर्षका हुँदा तिलगंगामा उनको आँखाको नानी प्रत्यारोपण भएको थियो।, स्याङ्जाको आँधीखोला गाउँपालिका-५ का सविन गोविन्दबहादुर र लिलावतीका तेस्रो सन्तान हुन्। उनका दुई दिदी छन्।, सविन तीन वर्षको हुन्जेल बोगटी परिवारमा खुसी नै खुसी छायो। त्यसपछि एक्कासि त्यो खुसीमा कालो बादल मडारियो। आमाबाले थाहा पाए, छोराले देख्न सक्दैन।, निराश भएका उनीहरूले गाउँमै धामी झाँक्रीकहाँ 'हेराउन' लगे। त्यति बेला अस्पताल लैजानुपर्छ भन्ने चेतना भएन।, 'छोरा देख्न सक्ने होला कि भनेर देवीदेवता र मठमन्दिरमा कति भाकल चढायौं, त्यसको लेखाजोखा छैन,' सविनका बुबा गोविन्दले भने, 'जे गर्दा पनि हाम्रो छोराको आँखामा उज्यालो परेन।', पछि गाउँकै एक शिक्षित व्यक्तिको सल्लाहमा बोगटी दम्पतीले सविनलाई पोखरा अस्पताल पुर्याए। त्यहाँ लगेपछि बल्ल थाहा भयो, सविनको आँखामा मोतियाबिन्दु भएको रहेछ।, पोखरा अस्पतालमा दुई वर्षसम्म सविनको आँखाको नियमित उपचार भयो। मोतियाबिन्दुको शल्यक्रिया पनि गरियो। उनले आँखा देख्न भने सकेनन्।, उपचार सफल नभएपछि त्यहीँका डाक्टरले सविनलाई काठमाडौं लैजान सुझाव दिए। काठमाडौंको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले फेरि मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्छ भने। छोरालाई आँखा देखाउन जुनसुकै मूल्य चुकाउन बोगटी दम्पती राजी थिए। तर पनि सविनको आँखामा ज्योति आएन।, 'काठमाडौं आएर उपचार गराउँदासम्म हाम्रो लाखौं रूपैयाँ खर्च भइसकेको थियो,' गोविन्दले भने।, सामान्य आर्थिक अवस्था भएका उनीहरूले उपचारका लागि ऋण खोजेका थिए। दुई पटकको शल्यक्रिया र लाखौं खर्च गरे वनि सविनले संसार देख्न सकेनन्।, आमाबालाई लाग्यो, अब छोराको आँखामा ज्योति कहिल्यै आउँदैन!, त्यसपछिका कति रात उनीहरूले रोएर कटाए, कति आफैंलाई धिक्कार्दै।, अस्पताल धाउन भने छाडिसकेका थिएनन्।, 'कतै न कतै उपचार होला भन्ने झिनो आश बोकेका थियौं,' गोविन्दले विगत सम्झिँदै भने।, त्यही झिनो आशको भर लागेर उनीहरू तिलगंगा आँखा अस्पताल पुगे। त्यहाँका चिकित्सकले गोविन्दको झिनो आशमा मलजल गरेर मजबुत बनाइदिए। सविनले आँखा देख्न सक्ने सम्भावना कायमै रहेको उनीहरूले बताए।, बारम्बारको उपचारबाट असफल भएपछि निराश बनेका गोविन्द चिकित्सकका कुरा सुनेर हर्षविभोर भए। यतिका समय उनी आफैंलाई संसार अँध्यारो लागिरहेको थियो।, 'छोराले आँखा देख्न सक्ने सुनेर मलाई चारैतिर उज्यालो महसुस भयो,' गोविन्दले भने।, सविनले आँखा देख्न सक्ने शतप्रतिशत ग्यारेन्टी भने चिकित्सकहरूले दिएका थिएनन्। तैपनि तेस्रोपटक शल्यक्रिया गराउन गोविन्द राजी भए। तर उनको सपना तत्कालै पूरा हुनेवाला थिएन।, अस्पतालले सविनको आँखाका लागि उपयुक्त कर्निया (नानीको बाहिरी भागको झिल्ली) नभेटिएको भन्दै लामो समय कुरायो।, 'बेलाबेला बुबा बुझ्न अस्पताल जानुहुन्थ्यो। आँखाको कर्निया पाएपछि बोलाउँछौं भन्दै फर्काइ दिनुहुन्थ्यो,' सविनले भने।, तिलगंगामा तेस्रो पटक सविनको आँखा शल्यक्रिया गर्ने सहमति हुँदा उनी ७ वर्षका थिए। उनी ११ वर्ष पुगेपछि बल्ल मिल्ने कर्निया भेटियो र उनको पालो आयो। , ०६३ साउन २३ गते सविनको दायाँ आँखाको शल्यक्रिया गरियो र नानी प्रत्यारोपण सफल पनि भयो। शल्यक्रिया भएको केही दिनमा आँखाको पट्टी खोल्दा डाक्टरले विस्तारै आँखा खोल भनेको आवाज आज पनि सविनको कानमा गुञ्जिरहन्छ।, पहिलो पटक आँखा खोल्दा उनले डाक्टर रिता गुरूङलाई देखेका थिए। डा. गुरूङले नै सविनको आँखाको सफल प्रत्यारोपण गरेकी थिइन्।, 'उहाँले हातका औंला देखाउँदै कति वटा छन् भनेर सोध्नुभएको थियो,' सविनले भने। , उनलाई आज पनि त्यो दिन याद छ।, आँखा खोल्दा उनले वरिपरिका मानिस, सामान केही पनि प्रस्ट देख्न सकेका थिएनन्। एक घन्टापछि उनलाई आमासँग भेट गराइयो। उनको कानमा आमाको आवाज गुञ्जिएको थियो। आमाको स्पर्श महसुस गरेका थिए। ममता र स्नेहको अनुभव थियो। त्यही अन्दाजमा उनले कल्पनामै आफ्नी आमाको चित्र कोरेका थिए।, 'बोली सुन्दा आमा कस्ती होलिन् भन्ने लाग्थ्यो,' सविनले भने, '११ वर्षपछि एकैपटक देख्न पाउँदा खुब रोएँ।', साथीभाइले रङका विषयमा कुरा गर्थे। त्यति बेला उनलाई रङ कस्तो हुन्छ भन्ने उत्सुकता र कौतुहलता हुन्थ्यो। उज्यालो र रंगीन संसार देख्दा पाएको दिन आफूले दोस्रो जन्म पाएको उनी बताउँछन्।, '११ वर्षसम्म शारीरिक र मानसिक पीडा सहेँ। दैनिक गर्नुपर्ने काममा अरूको भर पर्नुपर्थ्यो। आफूले अह्राएको काम नमानिदिँदा मन दुख्थ्यो। तर अर्को विकल्प पनि थिएन,' सविनले भने।, आँखा नदेख्ने भएकाले उनी शिक्षा-दीक्षाबाट पनि बञ्चित थिए। उनका उमेरका साथीभाइले किताब पढेको सुन्दा उनी अचम्म मान्थे। साथीभाइले कहिलेकाहीँ कथा-कविता पढेर सुनाइदिँदा कसरी लेखिएका होलान् भन्ने कल्पना गर्थे।, शल्यक्रिया गरेर एउटा आँखा देख्ने भएपछि सविन ११ वर्षको उमेरमा स्कुल जान थाले। उनलाई स्थानीय सरस्वती माध्यामिक विद्यालयको कक्षा १ मा भर्ना गरिएको थियो।, 'म कालो चस्मा लगाएर पढ्न जान्थेँ,' उनले भने, 'साथीभाइसँग खेल्न अप्ठ्यारो लाग्थ्यो।', उनको प्राथमिक तहको पढाइ सकिनुअघि नै, २०६७ सालमा बायाँ आँखाको नानी पनि प्रत्यारोपण भयो। १५ वर्षको उमेरमा उनी दुवै आँखा देख्न सक्ने भए।, आँखा प्रत्यारोपण गरेको लामो समयसम्म सविन घामको किरण सिधा हेर्न र आगो नजिकै बस्न सक्थेनन्। त्यसैले घर र स्कुल जाँदा प्रायः कालो चस्मा लगाउँथे।, सविनले श्री प्रद्युम्न पनेरू उच्च माध्यमिक विद्यालयबाट २०७२ सालमा एसइई पास गरे। , 'एसइईपछि परिवार नै काठमाडौं आयौं,' उनले भने, 'विगतका कुरा यहाँका साथीभाइलाई थाहा थिएन, त्यसैले यताको बसाइ रमाइलो लाग्यो।', आँखा नदेख्दा साथीभाइ तथा आफन्तले मन दुख्ने शब्द प्रयोग गरेर गाली गरेका थिए। काठमाडौंमा त्यो सबै सुन्न नपर्दा उनलाई ढुक्क भयो।, उनी भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा प्लस-टु पढ्न भर्ना भए। केही कामधाम नहुँदा काठमाडौंमा बसेर पढ्न त्यति सजिलो छैन। उनलाई प्लस-टु पढिसक्दा यो कुरा महसुस भयो। त्यसैले उनले साथीसँग मिलेर आफू बस्ने ठाउँनजिकै, बालुवाटारमा मोटरसाइकल वर्कसप सञ्चालन गरे। पढाइलाई पनि निरन्तरता दिए।, प्लस-टु उत्तीर्ण गरेर स्नातक पढ्न भने उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएका छन्। वर्कसप चलाउनुपर्ने भएकाले दैनिक कलेज जाने अवस्था छैन। त्यसैले पोखरामा भर्ना भएको उनी बताउँछन्।, कलेजका केही साथीहरूले उनलाई 'हामी पनि आँखा दान गर्छौं' भनेर सुनाउँछन्। उनीहरूमध्ये धेरैलाई त सविनले आफ्नोबारे भनेकै होइनन्। जसलाई भने, सविनले बच्चामा आँखा देख्न सक्थेनन् भन्ने कुरा सुनेर अचम्म मान्छन्।, सविन अहिले आफ्नो सबै काम आफैं गर्छन्। कसैको भर पर्नुपर्दैन। जन्मजात सामान्य दृष्टि भएको मानिसझैं छन्। मनैमनै उनी आफूलाई आँखा दान दिने व्यक्तिलाई धन्यवाद दिन्छन्। कुनै मान्छेको मृत्युपछि गरिने आँखा दानकै कारण आफूले जीवितै हुँदा पुनर्जन्म पाएको उनी बताउँछन्।, 'कसैले आँखा दान नगरेको भए मैले उज्यालो संसार देख्नै पाउँदिनँ थिएँ होला,' उनले भने, 'त्यसैले आँखाको नानी दान गर्न सबैलाई अनुरोध गर्छु।', सविन मात्र होइन, विगत २८ वर्षमा तिलगंगा अस्पतालबाट १२ हजार ३ सय ४० जनाले अन्धकारबाट मुक्ति पाएर उज्यालो संसार देख्न पाएका छन्। दृष्टिविहीनले रंगीन संसार देख्न पाउने भएकाले आँखा दानलाई संस्कार बनाउनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वयना बताउँछन्।, 'मृत्युपछि जलेर खरानी हुने आँखा दान गर्ने संस्कार बनायौं भने धेरै दृष्टिविहीनले दोस्रो जन्म पाउँछन्,' उनले भने।, उनका अनुसार सन् १९९४ सेप्टेम्बर १६ मा आँखा बैंक स्थापना भएपछि नानी प्रत्यारोपणमा सहज भएको हो। बैंकले दाताहरूबाट पाएको आँखाको नानी संकलन, परीक्षण र सञ्चय गर्छ। काठमाडौं उपत्यकामा अहिले पशुपतिको विद्युतीय शवदाह गृहसँगै वीर, टिचिङ, गंगालाल र पाटन अस्पतालबाट आँखा दान गर्नेको नानी संकलन गरिन्छ। उपत्यकाबाहिर भने स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा क्षेत्रीय संकलन केन्द्र स्थापना गरिएको छ। यी ठाउँमा बैंकका परामर्शदाताले सम्झाइबुझाइ गरेर आँखा दान गर्न आग्रह गर्छन्।, आँखा दान गर्नेको संख्या बढिरहे पनि यो विषयमा अझै धेरै मानिसको बुझाइ संकुचित रहेको व्यवस्थापक त्वयना बताउँछन्।, 'आँखा दानको कुरा गर्दा अहिले पनि धेरै मानिस रिसाउँछन्। पूरै आँखाको भाग निकाल्ने भन्ने बुझ्छन्। त्यस्तो होइन। हामी आँखाको नानीको बाहिरी झिल्ली मात्र निकाल्छौं,' उनले भने।, दुईदेखि ७० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी निकाल्न मिल्छ। कुनै दीर्घरोग नलागेको र दृष्टि प्रस्ट (क्लियर भिजन) भएका व्यक्तिको नानी निकाल्न मिल्छ। एउटा आँखाको नानी झिक्न करिब १५ मिनेट लाग्छ। प्रत्यारोपण गर्दा कम्तिमा एक घन्टा।, 'तर मृत्युपछि फरक जातको मानिसले छुन हुँदैन भन्ने सोच भएकाले कतिपयले शव छुनै दिँदैनन्,' व्यवस्थापक त्वयनाले भने, 'त्यस्तै दान गर्दा अर्को जन्ममा आँखै देखिँदैन भन्ने सोच पनि छ। कतिपयले एउटा आँखा दान दिन्छन्। हामी त्यो पनि लिन्छौं।', प्रायः मानिसको आँखाको नानीमा पाँच तहको झिल्ली हुन्छ। त्यसबाट दुई तहको झिल्ली मात्र निकालिने उनले बताए। , 'एउटा मात्रै आँखाको नानीले पनि दुई जनाले देख्न पाउँछन्,' उनले भने, 'प्रत्यारोपण गर्दा धेरैको नानीको एक तहको झिल्ली फेरे पुग्छ।', धूलोधुवाँ, वनजंगल तथा माटोको काम गर्दा आँखामा चोटपटक लागेर नानी बिग्रिने जोखिम हुन्छ। आँखा पाक्ने, दादुरा, टाइफाइड, बिफर तथा कुपोषणले पनि नानीमा समस्या ल्याउन सक्छ। यस्ता ९० प्रतिशत बिरामीको आँखा प्रत्यारोपण भए दृष्टि फर्किने व्यवस्थापक त्वयना बताउँछन्।, फेरि यो संसार नियाल्न पाउने सपना साँचेर बसेका व्यक्तिहरूको लाइन लामो छ।, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डारिता गुरूङ धेरै मानिसले आँखा दान गरे ९० प्रतिशत दृष्टिविहिनले उज्यालो देख्न पाउने बताउँछिन्। देशभर अहिले लगभग सात हजार नानीको माग छ। तिलगंगामा भने ५/७ जना मात्र प्रत्यारोपणको पर्खाइमा रहेको उनले बताइन्।, 'मृत्युपछि अगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी कसैका लागि वरदान हुन्छ। यो सत्कर्म हो,' उनी भन्छिन्, 'आँखा नानी दान गराउन प्रेरित गराउनु सबैको जिम्मेवारी पनि हो।', आँखा दानप्रतिको सोच सकारात्मक बन्दै गएको र नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भर हुँदै गएको उनले जानकारी दिइन्।, यसरी आँखा दान दिनेहरूको सम्झनामा हरेक जून १० तारिखमा तिलगंगामा श्रद्धाञ्जली सभा गरिन्छ।,
११ वर्षदेखि सँगै भएर पनि आमा देख्न पाएका थिएनन्, जब देख्न पाए खुब रोए |
सेतोपाटी संवाददाता नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। , ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो।, ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ।, पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको । , सो अस्पतालको नेत्र अधिकृत नरेन्द्रराज विष्टले यही जेठ १५ र १६ मा गते डोटीको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए। , त्यस्तै डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ मा सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएकोे उनले बताए।, त्यसैगरी यही जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो।, अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले ती आँखा शिविरमा न्यूनदृष्टि देखिएका चार सय ५२ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको जानकारी दिए।, अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझीलगायत १४ प्राविधिकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए।, आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीले आफ्नै घरआँगनमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए।, सङ्घअन्तर्गत सञ्चालित गेटा आँखा अस्पतालले सुदूरपश्चिमा थप तीन ‘सेकेन्डरी लेभल’का आँखा अस्पताल, दुई ‘सर्जिकल सेन्टर’ तथा १७ आँखा उपचार केन्द्रमार्फत यस क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।, अस्पतालको सेवा सुलभ र गुणस्तरीयसमेत भएकाले छिमेकी देश भारतका नागरिकसमेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने जनाइएको छ। , अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थासँगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहँुच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ। ,
जब दृष्टि फर्कियो... |
रासस जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ।, पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए। , बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्द भएका छन्।, मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए। जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ।, जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ।, महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको बताए।,
धारा र चापाकल सुकेपछि जलेश्वर नगरपालिकाले ट्यांकरबाट वितरण गर्यो पानी |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना जर्मन नागरिक पक्राउ परेका छन्।, लागु औषध चरेशसहित सोमबार बिहान विमानस्थलबाट पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।, उनीबाट अन्दाजी ६ किलो चरेश बरामद भएको हो। ती नागरिकले सुटकेशमा फल्सबटम बनाएर लुकाएर ल्याएका थिए।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न ब्युरोलाई बुझाएको छ।, थप विवरण खुल्न बाँकी रहेको एसपी जोशीले बताए। यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने प्रहरीले बताएको छ।,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेशसहित एक जर्मन नागरिक |
रासस काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ। , अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। , अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुख्खा हुने समस्या छ।, नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए।, उनले भने, ‘नदी पूर्ण रूपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन। जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ।’ , गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ।, पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए।, बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो। त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ। , बागमती सफा गर्नका लागि ठोस मात्रै फोहोर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ।, ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ।, बागमतीमा ढल निर्माण भएपनि त्यसमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए। बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ। , समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ।, समितिले बागमतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ।, बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो। , पशुपति क्षेत्रको वातावरण सुधारका लागि वि.सं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो। सुरूमा कार्यान्वयन र अनुगमन समितिका रूपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो।,
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने |
रासस हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ।, तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उहाँको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।, गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए।, उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था चिन्ताजनक बनेको उनको भनाइ छ। हाल उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।, राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन्।, जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको प्रमुख सिंहको भनाइ छ।, यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ। ,
हुम्लामा तीन दिनदेखि थलिएकी महिलाको हेलिकप्टरबाट उद्धार |
सेतोपाटी संवाददाता काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन्। , सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबीच विवाद सिर्जना भएको हो।, एक पक्ष स्थानीयहरू वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरूबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ। , काठमाडौं महानगरपालिकाले महानगरको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ।, अहिले महानगरपालिकाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ।, स्थानीयहरूले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन्।, उनीहरूले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ।, स्थानीयहरूले वडा कार्यालय बाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन्।, महानगरपालिकाले भने स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ। , , ,
अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि...(तस्बिरहरू) |
सेतोपाटी संवाददाता सिन्धुलीमा कमलामाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान करिब १० बजे कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्णबहादुर दाहालले कमलामाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। , दाहाल र उनका ६८ वर्षीय छिमेकी कर्णबहादुर कार्की बिहान साढे ८ बजे गोरू किन्न सोही ठाउँको मडाहामा पुगेका थिए। , उनीहरू मडाहाबाट गोरू किनेर फर्किएका थिए। वडा नम्बर १४ खिरखिरे चन्दनपुरस्थित कमलामाई खोलाबाट गोरू तार्न खोज्दा दाहाललाई बगाएको हो।, सवा १० बजे कर्णबहादुर कार्कीले उनलाई खोलाले बगाएको भन्दै प्रहरीलाई खबर गरेका थिए।, खोजी गर्नेक्रममा शव दुई किलोमिटर टाढा फेला परेको हो।, प्रहरीले घटनाको थप कानुनी प्रक्रिया अघि बढाएको छ। ,
,
,
सिन्धुलीको कमलामाई खोलाले बगाउँदा एक जनाको मृत्यु |
नारायण खड्का पढ्नलाई उमेरले छेक्छ र! मनमा अठोट भएपछि जुन उमेरमा पढे पनि हुन्छ। त्यसैले त २७ वर्ष उमेरकी लक्ष्मी पुनमगर एक कक्षामा पढ्दै छिन्।, लक्ष्मी घोराही उपमहानगरपालिका–१८, रझेनास्थित कटुवाखोला किनारको चेतना स्कुल गएको दुई वर्ष भयो।, लक्ष्मी प्यूठानको स्वर्गद्वारी नगरपालिका–१ को एक गरिब परिवारमा जन्मिइन्। घरमा गाईबाख्रा धेरै थिए। तिनै गाईबाख्रा चराउनु उनको काम थियो। उनी स्कुल भर्ना नभएकी पनि होइनन् तर एक महिनाभन्दा बढी पढ्न पाइनन्।, ‘मैले कखरा पनि छिचोलेको थिएन,’ उनले भनिन्, ‘घरको कामले गर्दा स्कुल जान पाइनँ।’, उनका बुवा र दाजु रोजगारीका लागि भारतमा बस्थे। आमा र भाउजूसँगै घरको काम गर्नु र गाईबाख्रा चराउनु नै उनको दिनचर्या थियो। अलि ठूली भएपछि लक्ष्मीको बिहे भयो। छोराछोरी भए। उनको परिवार दाङको घोराही आएको ६ वर्ष भयो। छोरा कक्षा आठमा र छोरी कक्षा पाँचमा पढ्दै छन्।, स्कुल जाने उमेरमा गाईबाख्रा चराउनुपर्यो। छोराछोरी राम्ररी पढून् भन्ने उनको इच्छा छ। छोराछोरी घोराहीको एक निजी स्कुलमा पढ्दैछन्। अहिले पनि परिवारमा गरिबी छ। श्रीमान हेमराज भारतमा काम गर्छन्।, जस्तै दुःखमा पनि लक्ष्मीको पढ्ने रहर सकिएन। घोराहीमा निरक्षर आमाहरू पढ्ने स्कुल छ भन्ने थाहा पाइन्। उनी त्यही स्कुलमा एक कक्षामा पढ्दै छिन्। छोराछोरीलाई स्कुल पठाएर आफू पनि स्कुल जान्छिन्।, ‘आमाहरूलाई पढाउने स्कुल छ भन्ने थाहा पाएर खोज्दै आएँ,’ उनले भनिन्, ‘घरपरिवारको सल्लाहमै पढ्न थालेकी हुँ, निकै खुसी छु।’, उनी पढ्ने स्कुल हो ‘चेतना अनौपचारिक प्रौढ विद्यालय’ जो ‘चेतना स्कुल’ भनेर चिनिन्छ।, बेलुका घरमा छोराछोरीले पढ्न र गृहकार्य गर्न सिकाउँछन्। दिउँसो स्कुल जाने गरे पनि छरछिमेकीलाई थाहा छैन। दिउँसो कहाँ जान्छ्यौ भनेर सोध्नेलाई पार्लरमा तालिम लिँदैछु भनेकी छन्।, ‘पढ्न जान्छु भन्न लाज लागेर पार्लर सिक्न जाँदैछु भनेकी छु,’ लक्ष्मी भन्छिन्, ‘पढ्नु त राम्रो हो नि तर मान्छेहरूले गिज्याउँछन् कि भनेर लाज लाग्छ।’, लक्ष्मी कम्तीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न चाहन्छिन्। चेतना स्कुलमा आठ कक्षासम्म मात्रै पढाइ हुन्छ। भन्छिन्, ‘त्यति (आठ कक्षा) मात्रै पढ्न सके पनि हरहिसाब राख्न सक्ने र केही लेखपढ गर्न सक्ने हुने थिएँ।’, घोराही १३ की ३२ वर्षीया ईश्वरी सुनार चेतना स्कुलमा सात कक्षामा पढ्दै छिन्। छोरीलाई स्कुल पठाउँछिन् र आफू स्कुटी चढेर चेतना स्कुल पुग्छिन्।, ईश्वरीको जन्मघर मुगुको राराताल नजिकै थियो। उनका दुई जना दाजु स्कुल गए तर उनी जान पाइनन्।, ‘छोरालाई मात्रै पढाउने चलन थियो। मलाई पनि दाजुहरूसँगै स्कुल जान मन लाग्थ्यो तर अर्काको घर जाने छोरीले किन पढ्नुपर्यो भन्थे,’ ईश्वरीले भनिन् ‘दाजुहरू झोला बोकेर स्कुल जान्थे, म मेलापात जान्थेँ। मन रुन्थ्यो।’, ईश्वरीका बुवा नेपाली सेनामा थिए। दाङको घोराहीमा भएका बखत उनले परिवार पनि यहीँ ल्याए। यहीँ ईश्वरीको बिहे भयो। मनमा पढ्न नपाएको पीडा थियो। उनले चेतना स्कुलका बारेमा जानकारी पाइन्। श्रीमान् महावीर सुनारसँग कुरा गरिन्। उनी खुसी भइन् अनि सात वर्षअघि स्कुलमा भर्ना भइन्।, उनले पनि छरछिमेकमा आफू स्कुलमा पढ्ने गरेको कुरा भनिनन् तर ढाँटेरमात्र कति दिन चल्थ्यो र! कतिले खिसीटिउरी गरे, कसैले त मर्ने बेलामा हरियो काँक्रो पनि भने तर उनले बेवास्ता गरिन्।, उनी एसइई उत्तीर्ण गर्न चाहन्छिन्। घरमा छोरीसँग सिक्छिन्। छोरीले एसइई पूरा गर्नै पर्छ भनेकी छन्।, घोराही उपमहानगर–१६, सर्राकी ५२ वर्षीया देवीकुमारी खड्काका दुई भाइ छोराले स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेका छन्। आफू चेतना स्कुलमा पढ्दै छिन्। देवीको जन्मघर अहिलेको रूकुमपूर्व हो। विकट पहाडको तत्कालीन समाजमा उनले पनि पढ्न पाइनन्।, ‘छोरीलाई पढाएपछि बिग्रन्छन् भन्थे,’ उनले भनिन्, ‘मलाई स्कुल गएर पढ्न मन थियो तर भन्ने आँट नै आएन।’, तेह्र वर्षकी छँदा एक दिन घाँस काट्न गएको ठाउँमा डोको छाडेर देवी स्कुल गइन् तर विद्यार्थीहरूले गिज्याए। त्यो दिन सम्झिँदै उनले भनिन्, ‘मलाई लाज लागेझैँ भयो। त्यो एक दिनबाहेक कहिल्यै स्कुल गइनँ।’, बिहे भयो। छोराछोरी भए उमेर ढल्किँदै गयो तर पढ्ने चाहना जस्ताको तस्तै रह्यो। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो भयो। उनले चेतना स्कुलबारे थाहा पाइन्।, उनी २०७१ सालमा स्कुल भर्ना भइन्। तीन वर्ष पढेपछि पहाडबाट वृद्ध सासूससुरा आए। घरायसी काम बढ्यो। पढाइ छुट्यो। सासूससुरा दुबै बिते। देवी फेरि स्कुल भर्ना भइन्। अहिले नियमितरूपमा स्कुल जाँदै छिन्। हाल कक्षा तीनमा पढ्दै छिन्।, भन्छिन्, ‘जति जान्यो उति जान्न मन लाग्दो रहेछ। बैंकमा आफैँ भौचर भर्न सक्ने भएकी छु। पढ्न सक्ने भएकी छु।’, उनका अनुसार श्रीमान र छोराहरू बुढेसकालमा स्कुल नजाँदा हुन्थ्यो भन्छन् तर उनी रोकिएकी छैनन्।, घोराहीकै मसिनाकी २१ वर्षीया अनिता चौधरी साँझ–बिहान स्थानीय एक किसानको तरकारी खेतीमा काम गर्छिन्। दिउँसो चेतना स्कुलमा पढ्छिन्। गरिब परिवारमा जन्मेका अनिता र उनका दाजुदिदीहरू कसैले पनि पढ्न पाएनन्।, चेतना स्कुलका बारेमा थाहा पाएपछि अनिता भर्ना भइन्। नेपाली भाषामा लेखेको कुरा पढ्न सक्ने भएकी छन्।, ‘आफैं कमाउँदै, पढ्दैछु। सानोतिनो हिसाब गर्न पनि जान्दछु। एबिसिडी पनि पढ्न आउँछ,’ उनी भन्छिन्, ‘बजारमा कहाँ कुन कार्यालय छ, कहाँ के सेवा पाइन्छ भन्ने कुरा थाहा पाउन सक्ने भएकी छु।’, अनितालाई घरपरिवार र आफन्तहरूले हौसला दिएका छन्। उनी ज्यालादारी गरेरै भए पनि कम्तीमा दस कक्षासम्मको पढाइ पूरा गर्न चाहन्छिन्।, घोराहीकै ५४ वर्षीया विमला मानन्धर र ५६ वर्षीया सुशीला नेपाली पनि चेतना स्कुलमा पढ्छन्। यी प्रौढ विद्यार्थीहरू चेतना स्कुलमा पढ्नेमध्येका केही हुन् जो स्कुल जाने उमेरमा जान पाएनन्।, यसरी खुल्यो चेतना स्कुल, घोराही उपमहानगर–१८, कटुवा खोलाकिनारमा छ चेतना अनौपचारिक प्रौढ विद्यालय अर्थात चेतना स्कुल। गृहिणीहरूका लागि खुलेको यो स्कुल बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म चल्छ।, दुई ठूला निजी स्कुलका बीचमा तारजालीले घेरिएको परिसरमा जस्ता पाताले छाएको भवन छ चेतना स्कुलको। यो स्कुल २०६६ सालमा स्थापना भएको हो।, स्कुलमा प्रिन्सिपल छिन् घोराहीको भरतपुरकी ४६ वर्षीया सुमित्रा पन्थी। सुमित्राले काठमाडौंमा २०६२ सालमा केही दिदीबहिनीसँग मिलेर गोँगबुमा यस्तै स्कुल खोलेकी थिइन्। कक्षा दससम्म पढाइ हुने त्यो स्कुल चालु छ।, श्रीमानको जागिर सरुवासँगै सुमित्रा पनि दाङ आइन्। उनका श्रीमान डा. जर्नादन पन्थी जनरल सर्जन हुन्। हाल उनी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव छन्।, यहाँ पनि उनले काठमाडौंकै जस्तो स्कुल खोल्ने पहल गरिन्। केही दिदीबहिनीसँग सल्लाह गरिन्। उनीसहित सुधा गौतम, उषा न्यौपाने, विमला गौतम, रजिना गौतम र सुमित्रा गौतम गरी ६ जनाको टिम बन्यो।, यही टिमले २०६६ सालमा स्थापना गर्यो चेतना अनौपचारिक प्रौढ विद्यालय। पाँच वर्ष भाडाको घरमा चलेपछि रझेनामा ऐलानी जमिनमा सर्यो।, हाल चेतना स्कुलमा ६ जना शिक्षक छन्। कर्मचारी छैनन्। सरसफाइ लगायतको काम शिक्षक र विद्यार्थी मिलेर गर्छन्। सबै शिक्षक कम्तीमा स्नातक उत्तीर्ण छन्। तीन जनाले मासिक चार हजार रुपैयाँ तलब पाउँछन्।अरूले पैसा भए पाउने नभए नपाउने प्रिन्सिपल सुमित्राले बताइन्। विद्यार्थी र शिक्षक सबै महिला छन्। स्थानीयवासी सुलोचना गौतम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष छिन्। उनी पत्रकार हुन्।, स्कुललाई घोराही उपमहानगरले वार्षिक पाँच लाख रुपैयाँ अनुदान दिने गरेको छ। जिल्लाका सांसदहरूले पनि सहयोग गर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारले पनि एकपटक पाँच लाख रुपैयाँ दिएको थियो। वडा कार्यालयले पनि सहयोग गर्ने गरेको छ। प्रिन्सिपल सुमित्राका अनुसार प्रारम्भिक समयमा तत्कालीन जिल्ला विकास समितिले पनि सहयोग गरेको थियो।, स्कुलका लागि ‘टोल विकास संस्था’ ले एक कट्ठा ऐलानी जग्गा उपलब्ध गराएको हो। संस्थापक सदस्यहरूले जनही ६० हजार रुपैयाँ लगानी गरेर स्कुल सुरू गरेका थिए। यही जेठ १५ गतेसम्ममा जम्मा २८ जना विद्यार्थी भर्ना भएका छन्। एक विद्यार्थीले मासिक चार सय रुपैयाँ शुल्क तिर्नुपर्छ।, प्रिन्सिपल सुमित्राका अनुसार बाल्यावस्थामा पढ्न नपाएर पछि पढ्न चाहनेहरूलाई शिक्षा दिने उद्देश्यले चेतना स्कुल स्थापना गरिएको हो।, ‘चेतना स्कुलले पिछडिएका, घर परिवारबाट दुःख पाएका, अपहेलनामा परेका महिलाहरूलाई शिक्षा दिन्छ,’ सुमित्रा भन्छिन्, ‘विभिन्न कारणले पढाइबाट वञ्चित भएका महिलालाई एसइई उत्तीर्ण गराएर उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो।’, सुरूमा यो स्कुल ‘चेतना सामुदायिक विद्यालय’ नाममा दर्ता भएको थियो। बालबालिकाले पढ्ने विद्यालय मात्रै सामुदायिक हो भन्ने कुरा आयो।, स्थानीय तहले विद्यालयको नाम फेर्न दबाब दियो। स्थापनाको दस वर्षपछि २०७६ सालमा ‘चेतना अनौपचारिक प्रौढ विद्यालय’ नाम राखियो।, विद्यालयमा १४ वर्षमाथिका महिलाहरू भर्ना हुन पाउँछन्। श्रीमान् विदेशमा भएका, बाल्यकालमा पढ्न नपाएका र कुनै कारणले पढाइ छुटेकाहरू चेतना स्कुलमा आउने गरेको प्रिन्सिपल सुमित्राले बताइन्।, चेतना स्कुलमा सामुदायिक विद्यालयकै पाठ्यक्रम पढाइ हुन्छ। यहाँ पढेका मध्ये केही उच्च शिक्षा पढ्दै छन्। प्रिन्सिपल सुमित्राका अनुसार परिमाणमा सानै भए पनि शिक्षा चेतनाको दृष्टिले चेतना स्कुल व्यापक छ। ,
छोराछोरीलाई पढ्न पठाएर आफू स्कुल जाने आमाहरू (भिडिओ) |
भगवती पाण्डे बुटवलको ढकाल एग्रोभेटमा शिल गरिएको ४९ बोरा रासायनिक मल हराएपछि बजार अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ।, बुटवलको नेपालगञ्ज रोडमा रहेको उक्त एग्रोभेटमा प्रतिबन्धित विषादी र मल बेचविखनको लागि राखिएको भन्दै गत जेठ १९ गते शिल गरिएको थियो।, बजार अनुगमनको लागि गएको टोलीले एग्रोभेटमा कागजी रूपमा शिल गरे पनि गोदाम शिल नगरी छोड्दा त्यहाँ रहेको ४९ बोरा अवैध मल गायब पारिएको छ।, जिल्ला प्रशासन कार्यालय रूपन्देही, कृषि ज्ञानकेन्द्र रूपन्देही, बिउविजन प्रयोगशाला लगायतका कार्यालयका प्रतिनिधिले एग्रोभेटमा अनुगमन गरेको थियो।, कृषि ज्ञानकेन्द्र रूपन्देहीका प्रमुख शिवप्रसाद अर्याल, मल निरीक्षक अनिल कानु बानियाँ, विषादी निरीक्षक रोजेन्द्र यादव, बिउविजन प्रयोगशालाका शालीग्राम पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज लामिछाने, साना उद्योग कार्यालयका प्रतिनिधि युवराज आचार्य सहितको टोलीले अनुगमन गरे पनि त्यो अनुगमन कागजी खोस्टो बनेको छ।, उक्त टोलीले शिल गरेर छोडेको भनिएको ४९ बोरा अवैध मल व्यापारीकै गोदामबाट गायब पारिएपछि अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ। , अनुगमन टोलीले बरामद गरेर शिल गरिएको भनिए पनि अनुगमन टोली र व्यवसायीको मिलोमतोमा गोदाममा शिलबन्दी नगरी कागज बनाइएको हुन सक्ने अनुगमन टोलीकै एक सदस्यले आशंका गरे।, ‘अनुगमन टोलीमा निस्केका कर्मचारीकै मिलोमतोमा मल गायब पारिएको हो कि भन्ने देखियो,’ ती सदस्यले भने।, अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले २ वटा कारणले पसलमा शिल गरे पनि गोदामामा शिल गर्न नसकिएको बताए।, ‘पहिलो कुरा त कृषि ज्ञानकेन्द्र रूपन्देहीले उक्त मल नेपालमा बेचविखन गर्न अनुमति छ/छैन भन्न सकेन, अर्को सँगैको टायर पसलसँग एउटै सटर भएका कारण शिल गर्दा टायर पसल समेत शिल हुने अवस्था थियो त्यसकारण टायर पसल खोल्नु पर्ने भएकोले पनि शिल गर्न मिलेन,’ लामिछानेले प्रष्ट्याए।, कूल १ लाख १७ हजार ६० रुपैयाँ नेपाली मूल्य रहेको ४९ बोरा मल नेपालमा बिक्रीका लागि सिफारिस नै नभएको मुस्कान बायोफर्टीलाइजरको उत्पादन ‘२०९२०९१०’ नामक थियो।, सोही मल बिक्रीका लागि राखिएको अवस्थामा अनुगमन टोलीले बरामद गरेको थियो।, अनुसन्धान गर्दै जाँदा उक्त मल नेपालमा बेचबिखनका लागि प्रतिबन्धित भएको खुलेपछि राजस्व अनुसन्धान कार्यालय समेतको टोली शिल गरिएको मल जफत गर्न जाँदा नभेटेपछि मल गायब पारिएको रहस्य खुलेको लामिछानेले बताए।, ‘पहिले मल कस्तो हो भन्ने कुरा ज्ञान केन्द्रले समेत बताउन सकेन, पछि जाँदा मल त्यहाँ थिएन,’ उनले भने।, प्रशासनले रोक लगाएको मल व्यापारीले सप्लायर्सलाई नै फिर्ता गरेको बताएको कृषि ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी अनिलकुमार कानु बनियाले बताए।, मल फिर्ता लगेको भनिएको सप्लायर्स बुटवल आदर्शनगरको सुव एग्रो सेन्टरले फिर्ता गरेर पनि बिक्री भइसकेको अनुगमन टोलीलाई जवाफ दिएको थियो।, ‘हाकाहाकी अनुगमन टोलीलाई नै चुनौती दिने व्यवसायीका अगाडि नियामक निकाय कृषि ज्ञानकेन्द्रका कर्मचारीहरू चुपचाप फर्केपछि थप आशंका उब्जिएको अनुगमनमा संलग्न एक सदस्यले बताए।, ‘कुनै चिज कागजमा शिल गरेपछि त्यो अनुगमन समितिको जिम्मा हुन्छ, कसैले कानुनी प्रमाण पुर्याए र दाबी गरे फिर्ता गर्नुपर्ने हुन्छ यस्तो लापरबाही भयो,’ उनले भने।, जेठ १९ गते अनुगमन टोली मुख्य सप्लायर्सका रूपमा रहेको बुटवल आदर्शनगरमा अवस्थित सुव एग्रोभेट सेन्टरमा पुग्दा पूर्व सूचनाका आधारमा सप्लायर्सका सञ्चालक सुन्दर पोखरेल टोली पुग्नु पहिले नै पसल बन्द गरेर बेपत्ता भएका थिए। अहिले अनुगमनकै कर्मचारीले उनलाई पूर्व सूचना दिएको आशंका उब्जिएको छ।, जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत समेत रहेका अनुगमन टोलीका सदस्य लामिछानेले एग्रोभेट सञ्चालक र सप्लायर्सलाई आवश्यक कारबाहीका लागि कार्यालय बोलाएर बयान लिने काम भएको बताए।, ‘यसको अनुसन्धानको लागि हामीले राजस्व अनुसन्धानलाई जिम्मा लगाएका छौं। उनीहरू उम्केर कहीँ जान पाउँदैनन्’, उनले भने।, यता कृषि ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी तथा मल निरीक्षक कानु बानियाँले मल गोदामसँगै अर्को पसल पनि जोडिएकाले मुचुल्कामा शिल गरिएको स्वीकार गरे।, उनले मल गायब पार्नुमा आफूहरूको नभई स्वयं व्यापारीको नै बदमासी भएको जवाफ दिए।, बानियाँले भने ‘अब जे गर्नुपर्ने हो राजस्व अनुसन्धान कार्यालयले गर्छ।’,
,
कसरी गायब भयो अनुगमन टोलीले शिल गरेको मल |
सेतोपाटी संवाददाता प्युठानमा कार दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन्। , सोमबार पौने ४ बजे स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको कार स्वर्गद्वारी नगरपालिका- ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो।, लु १ च ६३४५ कार सडकको घुम्तीबाट खसेको हो। कार सडकबाट ३५ देखि ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काका अनुसार आठ जना घाइते छन्। उनीहरूको उपचारको लागि प्युठान अस्पतालमा पठाइएको छ। घाइते हुनेहरूमा लमहीका चालक तारा कुमालको मात्र पहिचान खुलेको छ। उनको लाइसेन्स भेटिएको हो। अन्य ४ बालक, दुई महिला र दुई पुरूषको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।, डिएसपी खड्काले उनीहरूको अवस्था गम्भीर रहेको जानकारी दिए। ,
,
स्वर्गद्वारीबाट फर्किएको गाडी दुर्घटना, आठ जना गम्भीर घाइते |
सेतोपाटी संवाददाता प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ। , गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले सेतोपाटीलाई बताए। , मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। , लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको बताए। , उनका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको जानकारी दिए। , स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो। , प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो। , कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।, ‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो,’ उनले भने, ‘त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो।’, तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको डिएसपी खड्काले बताए।,
प्युठान कार दुर्घटना: आठ जनाको मृत्यु |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल नर्भिक अस्पतालमा भर्ना भएकी छन्। , सोमबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। , प्रधानमन्त्री प्रचण्ड पनि अस्पतालमा पुगेका छन्। , सीता दाहाल लामो समयदेखि पिएसपीले ग्रस्त छिन्।, दाहालको उपचार प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा.युवराज शर्मा तथा अस्पतालका वरिष्ठ डाक्टरहरूले गरिरहेका छन्।, प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएको स्वकीय सचिव रमेश मल्लले बताए। उनले मुटुको उपचार गराउन लागेका हुन्।, प्रचण्ड पत्नी सीतालाई विचित्रको पिएसपीले कसरी सताउँदैछ?, पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन्। निको नहुने यो रोगले उनलाई थप सताउन थालेको छ।, पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।, यो रोग के हो, किन निको हुँदैन, सीता दाहालले आउने दिनमा के कस्ता अप्ठयारा झेल्नुपर्ने हुन सक्छ? यी सबै चासो लिएर हामीले कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. इशा ढुंगानालाई सोध्यौं।, ढुगांनाका अनुसार यो रोग लागेपछि गिदी (ब्रेन)मा समस्या देखिन्छ। स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गडबडी हुन्छ। जसलाई टाउ प्रोटिन भनिन्छ। यो गडबडीका कारण कारण नसाहरू गुजुमुजु भएर खुम्चन्छन्। ब्रेन सुक्दै र खुम्चँदै जान्छ। ब्रेनको आकारमा परिवर्तन देखिएपछि पिएसपी रोग लागेको निर्क्यौल हुन्छ।, ढुंगानाका अनुसार यो रोगको कारण यकिन छैन। कतिपयलाई वंशाणुगत कारणले यो रोग देखिने गरेको छ।, पिएसपी मानसिक कारणले हुने रोग भने होइन। तर, ब्रेनमा आउने समस्याले गर्दा सोच्ने र सम्झिने कुरासँग सम्बन्धित हुन्छ। जसले गर्दा सोच्ने शक्ति कमजोर हुन्छ भने डिप्रेसनसमेत हुन सक्छ।, पिएसपी लागेपछि बिरामीलाई कसरी गाँज्दै लैजान्छ?, ‘रोग लागिसकेपछि शरीरको सन्तुलन बिग्रिन्छ भने बोली र आँखामा पनि समस्या देखिन्छ,’ डाक्टर ढुंगाना भन्छिन्, ‘शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने हुन्छ।’, ढुंगानाका अनुसार आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ। ‘आँखाको चाल बिग्रिँदै गएपछि धमिलो देख्ने, दुई-दुई वटा चिज देखिने, स्पष्ट नदेखिनेसमेत हुन्छ,’ ढुंगाना भन्छिन्, ‘व्यक्तित्वमा परिवर्तन आउँदै जाने अनि एउटै मान्छे पनि अर्कोजस्तो लाग्ने हुन्छ।’, एउटा चरणमा पुगेपछि यो रोग लागेको मानिसले खाना निल्न सक्दैनन्। त्यो बेला पेटमा पाइप राखेर खाना खुवाउनु पर्ने अवस्था आउन सक्छ।, नेपालमा यो रोगका बिरामी कति छन् भन्ने तथ्यांक छैन।, सुरूमा पार्किन्सन्सजस्तै देखिए पनि यो रोग पार्किन्सन्सभन्दा फरक हो। पार्किन्सन्सभन्दा पिएसपी रोग छिटो, छिटो बिग्रन्छ।, पार्किन्सन्सभन्दा पीएसपीका लक्षण पनि फरक छन्। पार्किन्सन्सका बिरामीको हात काम्छ भने पिएसपीका बिरामीको हात काम्दैन। पार्किन्सन्सका बिरामी हिँड्दा अगाडि झुकेर हिँड्छन्, जीउ झुक्छ तर पिएसपीको बिरामी पछाडि तानिन्छन्। पार्किन्सन्सका बिरामीमा आँखाको समस्या देखिँदैन। पार्किन्सन्स र पिएसपी छुट्टाउने मुख्य आधार नै आँखाको चाल हो।, आजसम्म यसको उपचार छैन, पिएसपीको उपचार उपलब्ध छैन। रोग लागेपछि उत्पन्न हुने समस्या कम गराउन मात्र चिकित्सकले उपचार विधि प्रयोग गर्दै आएका छन्। हिँड्न गाह्रो भएपछि सजिलो बनाउन लाठी, ह्वीलचेयर प्रयोगका लागि चिकित्सकले सुझाव दिने गरेका छन्। शरीर कक्रक्क पर्ने भएकाले वाटर थेरापी गराइन्छ। तातोपानीमा डुबुल्की मार्ने उपचारभन्दा पनि बिरामीको सहजताका लागि हो।, एउटा चरणमा पुगेपछि बिरामी पूर्ण रूपमा अरूमाथि निर्भर हुन्छन्। आफैं खान नसक्ने, हिँड्न नसक्ने हुन्छ। परिवारको साथ र मायाले बिरामीलाई सजिलो मात्र बनाउने हो।, बारम्बार लड्ने र डिप्रेसन बढ्ने भएकाले यस्ता बिरामीलाई परिवार र साथीभाइको साथ आवश्यक हुने ढुंगाना बताउँछिन्।, , ,
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना |
सेतोपाटी संवाददाता काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन्। , सोमबार बिहान साढे ११ बजेतिर टोखा नगरपालिका-९स्थित गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनीहरू उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको कोठामा मृत फेला परेका हुन्। , मृतक गोरखा शहीद लखन गाउँपालिका-१ घर भएका २१ वर्षीय दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौलीकी २६ वर्षीया मुस्कान वयक छन्। , दिनेश शौचालयभित्र चुकुल लगाएर र मुस्कान कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसपी रिजालले बताए। , मुचुल्का उठाएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको छ। शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। ,
,
गोंगबुको एक होटलमा युवायुवती मृत फेला |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ। , सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको हो।, 'ती अस्पतालले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी सञ्चालन गरिएको भेटिएको हो,' उनले भने,
काठमाडौं महानगरले गर्यो दुइटा अस्पताल सिल |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका चार अभियुक्तको थुनछेक बहस सकेको छ।, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीको थुनछेक बहस सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।, उनीहरूसहित १२ अभियुक्तको बयान सकिएको छ।, हिजोसम्म नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राईको सकिएको थियो।, अब पूर्वगृहमन्त्री खाण, शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, शमसेर मियाँ, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको बहस बाँकी छ।, यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।, थुनछेक बहस सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्नेबारे इजलासले निर्णय गर्ने छ।, सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।, फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।, प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।,
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज ४ जनाको सकियो बयान |
सेतोपाटी संवाददाता प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी ज्यान गुमाउने आठै जना दाङका रहेका छन्। , सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित सडकघुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबैजना दाङका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास छन्। सरिता आफ्ना छोराहरूसँग नारायणपुर बजारमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। उनका श्रीमान विदेशमा छन्।, दुर्घटनामा परी गढवा गाउँपालिका वडा नं. ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको डिएसपी खड्काले बताए। गोविन्द शाह नारायणपुरस्थित पूर्णिमा फर्निचर उद्योगमा काम गर्थे। , शाहको परिवार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। , कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमालको यसअघि नै सनाखत भइसकेको थियो। अर्का एक जना मृतक बालकको भने पहिचान खुल्न बाँकी छ।, स्वर्गद्वारी मन्दिरको दर्शन गरी प्युठानबाट दाङ फर्किँदै गरेको लु १ च ६३४५ नम्वरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीमा दुर्घटना भएको थियो।, कार करिब ४५ मिटर तल खसेको थियो। , डिएसपी खड्काका अनुसार कार माथिल्लो सडकबाट खसेर तल्लो कालोपत्रे भइरहेको सडकमा बजारिँदा मानवीय क्षति भएको हो। , ‘माथिल्लो रोडबाट खसेको कार झन्डै ४५ मिटर तल रोडमा आएर बजारिएको छ,’ डिएसपी खड्काले भने, ‘जसले गर्दा ठूलो मानवीय क्षति हुन पुग्यो।’, तीव्र गतिको कार घुम्तिमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको आशंका गरिएको डिएसपी खड्काले बताए।,
प्युठान कार दुर्घटना: मृतक सबै दाङका |
डम्मर बुढामगर काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ।, बूढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्।, छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारी एक्लो महसुस गर्छिन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता उनलाई छ।, एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छाड्नेको सङ्ख्या बढ्दो छ।, उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन्। पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे। अहिले गाउँ-गाउँमा, टोल–टोलमा विकास पुगेको छ तर मान्छे छैनन्।, गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन्।, दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ। विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन्।, पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे। सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन्।, स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन्। उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताइन्।, ‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौँ’, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौं, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ”, उनले भनिन्, ‘बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले।’, स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताए। उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको सुनाए।, चौध वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ। स्थानीय विदेश जना थलेपछि उनीहरुमा महत्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउँछन्।, उनी भन्छन्, ‘पहिले विदेश जाने सङ्ख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलिनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरु गाउँ छोडी राखेका छन् ?, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौँ भने विकास पनि भएकै छ।’, सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताउँछन्। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि दिनदिनै घट्दै गइरहेको छ।, काठेखोला गाउँपालिका–३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताए।, गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उनको भनाइ छ। उनले जनसङ्ख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताए।, धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चिवतनमा लगायतका सहरमा बसाइँसराइ गरेर जानेको सङ्ख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ।, ‘मान्छेहरु अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौं’, अध्यक्ष विकले भने, ‘हामीहरुले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ।’, वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन्। वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको सङ्ख्या बढी रहेको स्थानीयको भनाइ छ।-रासस,
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’ |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ। , मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो। ,
वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ। , यसरी उजुरीहरू मधेस प्रदेशका जिल्ला प्रशासन कार्यालयमा परेका हुन्।, जसमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।, सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।, यसरी उजुरी परेकामध्ये अहिलेसम्म दुई वटा मात्रै मुद्दा दर्ता भएको छ। धनुषा र सप्तरीमा मात्रै मुद्दा दायर भएको हो।,
यस्तै अनुसन्धानको क्रममा ७ जना पक्राउ समेत परिसकेका छन्। , तीन जना सिराहा र चार जना सप्तरीका पक्राउ परेका हुन्। जसमध्ये तीन जना पुरूष र चार जना महिला छन्। , अहिले आयोगले १३९ वटा घटनामा दुईपक्षमा छलफल गरिरहेको छ। उजुरी परेकोमध्ये १२६ वटाको मिलापत्र समेत भइसकेको गृहमन्त्रालयले जनाएको छ।, मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले जनकपुरमा कार्यालय स्थपना गरी काम गरिरहेको हो। , यस आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष छन्। पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व एआइजी उत्तमराज सुवेदी सदस्य छन्।,
,
मिटरब्याजविरूद्ध १८ हजार उजुरी, सात पक्राउ |
रासस बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ। , शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो।, स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। , प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ।,
महाकाली किनारमा शव फेला |
Subsets and Splits