content
stringlengths 20
64.1k
⌀ |
---|
सविता बुढा सुगम जिल्ला कैलालीको दुर्गम ठाउँ चुरेमा वर्खा याममा यातायात ठप्प हुन्छ। आवतजावतमा समस्या हुन्छ। सबभन्दा ठूलो समस्या कोही बिमारी पर्दा हुन्छ। औषधि पाउन पनि मुश्किल पर्छ।, बिरामीलाई थप उपचार वा शल्यक्रियाका लागि ठूलो अस्पताल लैजानुपर्यो भने स्ट्रेचरमा बोकेर पूर्व–पश्चिम राजमार्गसम्म पुर्याउनुपर्छ। यति यात्रा गर्न लगभग आठ घन्टा हिँड्नुपर्छ।, त्यहाँका बासिन्दाहरूका अनुसार हिउँदमा गाडी पुग्ने बाटो छ। बर्खामा ठप्प हुन्छ। वर्षौंदेखिको समस्या यही हो। यस्तो समस्या समाधानका लागि सरकारका तर्फबाट काम नभएको उनीहरूको गुनासो छ।, चुरे गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य चौकी छन्। तर ती पुराना र जीर्ण भइसके। सबै भवन न्यूनतम मापदण्ड अनुकूलका पनि छैनन्। गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी कुनै पनि वडाका स्वास्थ्य चौकी भवन गुणस्तरीय नरहेको बताउँछन्।, 'गाउँपालिका आफैंले भवन निर्माण गर्न सक्ने अवस्था छैन,' बोगटीले भने, 'हामीसँग आयस्रोत छैन। संघीय सरकारबाट विनियोजित बजेट पनि गत सालभन्दा सात करोड रूपैयाँ घटेर आएको छ। कर्मचारीलाई तलब खुवाउन, वडामा बजेट दिन पनि समस्या भएको छ।', वडा नम्बर २ को खैरालामा रहेको स्वास्थ्य चौकीको अवस्था निकै खराब रहेको उनले बताए। पुरानो र जीर्ण भवनमा माथिबाट धूलो र सिमेन्टका टुक्रा खस्छन्। वर्खामा पानी चुहिएर हिलाम्मे हुन्छ। भित्रै बस्दा पनि मान्छे भिज्छन्।, खैराला स्वास्थ्य चौकीमा बीस वर्षअघिदेखि कार्यरत हिमा उपाध्याय सिनियर अनमी हुन्। उनी त्यहाँ आउँदा स्वास्थ्य चौकी भवन नै थिएन। एउटा निजी घरका दुइटा कोठाबाट सेवा दिइन्थ्यो। २०६६ सालमा स्वास्थ्य चौकीका लागि तीनकोठे भवन तयार भयो तर दुई महिनामै छतमा त्रिपाल ओढाउनुपर्ने भयो।, 'कतिपटक त हामीले चौकीका सामान अर्काको घरमा पुर्यायौं। बर्खा लागेपछि कागजपत्रहरू घर लैजान्छौं,' उपाध्यायले भनिन्, 'सेवाग्राहीलाई देखाउन चाहिने भित्ते चित्रहरू राख्ने ठाउँ छैन। वर्षामा भिजेर गल्छ। छतबाट बालुवा र सिमेन्ट खस्छ।', १४ वर्षदेखि यो स्वास्थ्य चौकी भवनको अवस्था नाजुक छ।, खैराला स्वास्थ्य चौकीका इन्चार्ज अहेब बलबहादुर कठरियाले सरकारले सेवासुविधा थपे पनि भवन राम्रो नहुँदा सेवाग्राहीलाई समस्या भएको बताए। पोषण, सुरक्षित गर्भपतन सेवा, बर्थिङ सेन्टरको सेवा, परिवार नियोजन र अन्य प्राथमिक उपचार यहाँ हुन्छ।, खैरालाकी २२ वर्षीय छविदेवी बलामी मगरले बर्खाको समयमा स्वास्थ्य चौकीभित्र भिजिने गरेको बताइन्।, 'पानी परेका बेला स्वास्थ्य चौकी भित्रै भिजिन्छ, बर्खाको बेला नगए पनि हुन्छ,' उनले भनिन्।, वडा नम्बर २, नौघरेकी लाछुदेवी साउदको पाठेघरमा समस्या छ। हरेक महिना जसो स्वास्थ्य चौकी जानुपर्छ।, 'धेरै पटक औषधि गरे पनि ठीक भएन। राति निदाउन गाह्रो हुन्छ। बच्चादानी (पाठेघर) सुन्निएको छ,' उनले भनिन्, 'यही समस्याका कारण स्वास्थ्य चौकी पुगिरहनुपर्छ तर जाने बाटामै खोलो छ। कहिले फर्किँदा खोलामा भेल हुन्छ। स्वास्थ्य चौकीको छानो पनि चुहिन्छ।', स्थानीय शिक्षक वीरबहादुर तारामी मगरका अनुसार खैराला स्वास्थ्य चौकीमा चुरे गाउँपालिका वडा नम्बर २ का र ४ का केही बासिन्दा पुग्छन्। डोटीतर्फबाट केही मानिसहरू पनि आउँछन्। तर भवनकै कारण सेवाग्राही र कर्मचारीलाई सास्ती छ।, 'भवन एकदमै जीर्ण छ, यसलाई मर्मत गरे पनि पानी चुहिन्छ। बर्खामा त भित्रै ताल बन्छ,' उनले भने, 'जनशक्तिको पनि अभाव छ। तीन जना मात्रै छन्। एक जना एमबिबिएस डाक्टर चाहिएको छ।' , चुरे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष केशवबहादुर साउदका अनुसार अहिलेको भवन डिएफआइडी नामको विदेशी संस्थाले बनाइदिएको हो। बनिसकेको दुई महिनामै चुहिन थाले पनि अहिलेसम्म अवस्था उस्तै छ। संघीय सरकारले पनि यसमा चासो नदिएको उनले बताए।, अब गैरसरकारी संस्थासित मिलेर भवन बनाउने तयारी छ। जापानी सहयोगमा 'फाया नेपाल' नामक संस्थाले स्वास्थ्य चौकी भवन निर्माण गरिदिने सहमति भएको गाउँपालिका अध्यक्ष बोगटीले बताए।, 'अहिले भएकै ठाउँमा एक करोड ८६ लाख रूपैयाँ लागतमा भवन बनाउन टेन्डर भएको छ। आठ महिनामा भवन बनिसक्छ। बाटो बन्द हुनुअघि नै निर्माण सामग्री ढुवानी सक्ने तयारी छ,' उनले भने।, खैरालामा स्वास्थ्य चौकी भवन बनाउने तयारी भए पनि अन्य वडामा कुनै तयारी छैन।,
स्वास्थ्य चौकीभित्रै भिज्छन् कर्मचारी र सेवाग्राही! |
रासस विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ। , विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ। रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन्।, दिनप्रतिदिन जीर्ण बन्दै गएका भवनमा नै पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रुपमा रहेको यस क्याम्पसका विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त पानी नै चुहिन्छ।, प्रत्येक पुराना भवनको झ्यालका सिसा फुटेका छन्।भवन छेउछाउमा फोहरसँगै घाँस उम्रेको छ। भवनमा विसं २०७२ को भूकम्पले क्षति पुर्याएपछि ९ वटा भवन प्रयोग गर्न नमिल्ने भनी रातो स्टिकर टाँसेको पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख डा लक्ष्मणसिंह कुँवरले जानकारी दिए।, उनले भने, ‘पुनःनिर्माणको लागि पुनःनिर्माण प्राधिकरणलाई भेटेरै पत्राचार गर्यौं। रातो स्टिकर टाँसेको भवनमा अध्ययन गर्नुबाहेक अर्को विकल्प हामीसँग थिएन।अहिलेसम्म नयाँ भवन निर्माण नहुँदा रातो स्टिकर टाँसेकै भवन प्रयोगमा छन्।’, क्याम्पस प्रमुख कुँवरका अनुसार भूकम्पपछि ताइवानको चुजी फाउन्डेसनले सहयोगस्वरुप १५ वटा अस्थायी टहरा निर्माणका लागि सहयोग गरेको थियो। फाउन्डेसनले पाटन क्याम्पसलाई अन्तर्राष्ट्रिय लेबलको सुविधा सम्पन्न क्याम्पस निर्माण गर्न करिब दुई अर्ब रकम लगानी गर्ने प्रस्ताव गरेको थियो।, तर नेपाल सरकारको कूटनीतिक पहल पुग्न नसक्दा त्यो काम अगाडि बढ्न सकेन। विसं २०३३ मा केही समयका लागि अस्थायीरुपमा निर्माण गरेका टिनले छाएका तीन वटा टहरामा अहिलेसम्म पनि विद्यार्थी अध्ययनरत छन्।, क्याम्पस प्रमुख कुँवरले भने, ‘हाम्रो आन्तरिक स्रोतबाट केही भवन निर्माण गरेका छौँ।’, हाल पाटन क्याम्पसमा २८ वटा विभाग छन् भने करिब १० हजार बढी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीलाई भवनकै कारण सहजसाथ अध्ययन गर्ने बताए।, क्याम्पस प्रमुख कुँवरका अनुसार क्याम्पसको भवन निर्माणका लागि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७८ सालमा जिम्मा लिएपछि बोलपत्र प्रक्रियामा छ। तर यी भवनलाई भत्काएर नयाँ भवन कहिले निर्माण हुन्छन् भन्ने अझै थाह छैन ।, क्याम्पसको प्रशासनिक भवन नै जीर्ण अवस्थामा छ।आन्तरिक स्रोतबाट निर्माण भएका केहीबाहेक अरु सबै भवन जीर्ण अवस्थामा छन्।,
पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेन |
सेतोपाटी संवाददाता पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेको हो। , तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरूद्ध मुद्दा दायर भएको हो। , पोखरा महानगर-१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। , उक्त उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको हो।, अख्तियारले उनीहरूसँग एक करोड ५० लाख बिगो माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।, तत्कालीन जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए। , त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासका लागि प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री गरेको अख्तियारले जनाएको छ। , उनीहरूले अस्थायी बसोबासका लागि दिलबहादुर गुरूङलाई प्रमाणपत्र दिएका थिए। , अहिले उक्त जग्गामा स्थायी संरचना निर्माण गरी निजी प्रयोगमा लगाएको देखिएको अख्तियारले जनाएको छ। , यसरी उनीहरूले जग्गा हडपेर सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको पुष्टि हुने अख्तियारले दाबी गरेको छ। , अख्तियारले उनीहरूलाई कैद सजाय, बिगोबमोजिमको जरिवाना र दुरूपयोग गरेको सम्पत्ति समेत असुल गर्न मागदाबी लिएको छ। ,
,
सराङकोटको सार्वजनिक जग्गामा भ्रष्टाचार गरेको आरोपमा गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ लाख नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ। , विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक जना वृद्धालाई पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दले जानकारी दिए। , ह्यान्ड ब्यागेज चेकिङ गर्नेक्रममा पर्वतकी ७० वर्षीया बिबीकुमारी गुरूङबाट स्रोत नखुलेको उक्त रकम फेला परेको हो। आइतबार अपराह्न साढे ४ बजेतिर उनी बुद्ध एयरको फ्लाइटबाट भैरहवा जान लागेकी थिइन्। , एक्सरे मेसिनमा स्क्रिनिङ गर्नेक्रममा उक्त रकम देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई कार्यालय जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। , डिआइजी चन्दका अनुसार हुन्डीको रकम हुनसक्ने आशंका छ। उनीमार्फत अन्य संलग्न व्यक्तिको पनि पहिचान खुल्न सक्ने प्रहरीले जनाएको छ। ,
५३ लाख रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वृद्धा पक्राउ |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनामाथि थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको छ। , गत शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यस प्रकरणमा पक्राउ परेका १८ मध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। , टंककुमार गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो। , उनीहरूले धरौटी बुझाए पनि छुटिसकेका भने छैनन्। उनीहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको हो।, सरकारी वकिलको कार्यालयले उनीहरूसहित ३० जना अभियुक्तहरूलाई पाँच वटा कसुरमा मुद्दा दायर गरेको थियो। , ठगी, संगठित अपराध, राज्यविरूद्धको कसुर, लिखतसम्बन्धी कसुर र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको थियो। त्यससँगै यो प्रकरणमा सम्पत्ति शुद्धीकरण र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्नुपर्ने उल्लेख थियो। त्यसअनुसार नै प्रहरीले उनीहरूलाई विभागमा बुझाएको हो।, यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्व सांसद आङ्टावा शेर्पालगायत १६ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। उनीहरू हाल केन्द्रीय कारागार सुन्धारामा छन्।,
नक्कली भुटानी शरणार्थी प्रकरण: धरौटी बुझाएका टंक र लक्ष्मीलाई सम्पत्ति शुद्धीकरणको जिम्मा |
सेतोपाटी संवाददाता तनहुँको व्यासमा पहिरो खसेर पुरिँदा एक जनाको मृत्यु भएको छ। , सोमबार साँझ ६ बजे व्यास नगरपालिका गुणाधीस्थित सडकमा पहिरोमा तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अबदेश विष्टले जानकारी दिए। , पहिरोमा पुरिएका तीन जनाको प्रहरीले उद्धार गरी दमौली अस्पतालमा पुर्याएको थियो। जसमध्ये एक जनाको उपचार क्रममा मृत्यु भएको एसपी विष्टले बताए। , अन्य दुई जनाको सोही अस्पतालमा उपचार जारी छ। एक जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू बाटो निर्माणको काम गरिरहेका थिए। , पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ। ,
तनहुँमा पहिरोले पुरिँदा एक जनाको मृत्यु, दुई जना घाइते |
सेतोपाटी संवाददाता जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।, राजभण्डारीले हाल अवकाश पाइसकेका छन्। , अख्तियारले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको हो।, उनले महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।, उनी २०५१/११/३० देखि २०७९/५/३१ सम्म सरकारी सेवामा रहेका थिए। , अख्तियारले उनको आय पारिश्रमिक बचत आय, उनकी श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय र शेयर बिक्रीबाट प्राप्त आयस्रोतमाथि अनुसन्धान गरेको थियो। , कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण, घर बहाल, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयलगायत केलाएको थियो। , त्यसक्रममा ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँमात्रै वैधानिक आय स्रोत खुलेको अख्तियारले जनाएको छ। , पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ जफत गरी जरिवाना र कैद सजायको माग समेत अख्तियारले गरेको छ।,
,
जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशकविरूद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा |
रोहित महतो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, २०८०/८१ मा 'जनकपुरधामको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिनेछ' भन्ने घोषणा गरे। लगत्तै मन्दिरमा दियो बालेर खुसीयाली मनाइयो।, सन् १९११ मा मुगलशैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर वास्तुकलामा निकै उत्कृष्ट मानिन्छ। प्रसिद्ध हिन्दु ग्रन्थ रामायण, विशेषगरी सीता अर्थात् जनकपुत्री जानकीसँग जोडिएकाले यो मन्दिर मिथिलाको पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक धरोहर मानिन्छ।, यस्तो महत्वको मन्दिर विश्व सम्पदा सूचीमा समावेश गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा परेपछि यसले जनकपुरमा चर्चा पाएको छ।, केही समयअघि सौन्दर्यीकरणका नाममा मन्दिरको संरचनामा केही काम भएको थियो। यस्तो कामले मौलिकता र पुरातात्विक महत्वमा असर परेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मौलिक संरचनामा असर परेकाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन बाधा पर्न सक्ने धेरैको शंका छ।, २०७५ साल अन्त्यतिर सुरू भएको सौन्दर्यीकरणको काम २०७८ को अन्त्यतिर सकिएको थियो। केन्द्रीय गुठी संस्थान र पुरातत्व विभागसँग अनुमति लिएको भन्दा फरक र कमसल काम भएको स्थानीय सामाजिक संस्था 'भोर' को ठहर छ। भोर जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिरहेको संस्था हो।, सौन्दर्यीकरणको काम 'मुख्यमन्त्री स्वच्छता अभियान' अन्तर्गत सात करोड २० लाख रूपैयाँ बजेटमा भएको थियो। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले प्रांगणमा मन्दिरको छाया देखिने गरी मार्बल बिछ्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराएका थिए। टेन्डर प्रक्रियाबाट मुख्यमन्त्री कार्यालय र 'प्रेरा आरजे रञ्जन जेभी' निर्माण कम्पनीबीच २०७५ मंसिर १७ गते रंगीचंगी मार्बल र ग्रेनाइट बिछ्याउने र भूमिगत ढल तथा गेट निर्माण गर्ने सम्झौता भएको थियो।, निर्माण कम्पनीले मन्दिरका पुराना संरचना भत्काउँदै रंगीचंगी मार्बल बिछ्याउन थालेको थियो। तर यसले मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समस्या हुने भन्दै 'भोर' ले पुरातत्व विभाग काठमाडौंमा काम रोकिदिन आग्रह गर्दै उजुरी गर्यो।, विभागले पनि रंगीचंगी मार्बल नलगाउन भन्दै मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्यो। जवाफमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मौलिकतामा असर नपर्ने र विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समस्या नहुने किसिमको सौन्दर्यीकरणका लागि सहमति दिन विभागलाई पत्र लेख्यो।, विभागले सेतो मार्बल मात्र प्रयोग गर्न, गेट मन्दिरको वास्तुकला सुहाउँदो शैलीमा र बाहिरी आवरणसँग मेलखाने गरी निर्माण गर्न र प्रांगण सुधार गर्दा पुरातात्विक महत्वमा कुनै नकारात्मक असर नपर्ने गरी काम गर्न २०७५ पुस २२ गते सहमति दियो।, तर महालेखा परीक्षकको कार्यालयले पुरातत्व विभाग र गुठी संस्थानले भनेअनुसार निर्माण नभएको ठहर गरेको छ। कार्यालयको वार्षिक प्रतिवेदन- २०७९ मा मन्दिरमा ओछ्याइको मार्बल मापदण्डविपरीत रंगीन र गुणस्तरहीन रहेको उल्लेख छ। प्रतिवेदनले मार्बल खरिदमा आर्थिक अनियमितता भएको पनि उल्लेख गरेको छ। , सौन्दर्यीकरणका लागि हालसम्म निर्माण कम्पनीले चार करोड ९८ लाख रूपैयाँ भुक्तानी पाइसकेको छ।, मापदण्डविपरीत मार्बल लगाएको भन्दै स्थानीय युवाहरूले विरोध पनि जनाएका थिए। विरोधपछि केही दिन काम रोकियो। तर फेरि काम अघि बढाएपछि केही युवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा उजुरी दिए।, उजुरीबारे अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।, मार्बल ओछ्याउने काम भइरहेकै समयमा मन्दिर परिसरमा रंगीचंगी बत्ती जडान गर्ने काम पनि सुरू भयो। मधेस प्रदेशको अर्थ मन्त्रालयबाट स्वीकृत भई पर्यटन मन्त्रालयमार्फत 'बृहत्तर जनकपुर विकास परिषद' लाई झन्डै १२ करोड रूपैयाँ बजेट विद्युतीकरणका लागि उपलब्ध गराइएको थियो। परिषद र भक्तपुरको कम्पनी 'क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि' बीच २०७६ वैशाख २ गते सम्झौता भएको थियो।, परिषदका एक कर्मचारी त्यति बेला गोप्य रहने गरी टेन्डरका लागि पत्रिकामा सूचना निकालिएको दाबी गर्छन्।, 'निर्देशकज्यूको निर्देशनमा गोप्य रूपले सूचना निकालेर ठेक्का सम्झौता गरिएको थियो,' नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने, 'सम्झौताअनुसार विद्युतीय सामग्री जडान गरिएको थिएन। सोलार प्यानल र ब्याट्री धेरै दिनसम्म कार्यालयमै राखेको देखेका थियौं, पछि के भयो थाहा भएन।', विद्युतीकरणमा पनि भ्रष्टाचार भएको भन्दै केही स्थानीय युवाले अख्तियारको बर्दिबास कार्यालयमा उजुरी दिएका छन्।, उजुरी दिनेमध्येका एक युवा अभियन्ता सरोज मिश्र भन्छन्, '१२ करोडको काम भएको भनिएको छ तर हामीले दुई करोडको मात्रै काम भएको प्रमाण फेला पारेका छौं।', जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले भने परिषदले पुरातत्व विभागबाट अनुमति ल्याएपछि विद्युतीकरणको काम गर्न दिएको र त्यसबाहेकको कुरा आफूलाई थाहा नभएको बताए।, मन्दिरमा २४३ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ वटा, सोलार स्ट्रिट-लाइट १६ वटा, स्ट्रिट-लाइट ४८ वटा, स्पिकर ७४ वटा, ३० केभिएको स्टेबलाइजर र युपिएस लगायत सामग्री जडान गरेको दाबी गरिएको छ। तर उक्त संख्यामा जडान नभएको उजुरीकर्ताहरू बताउँछन्।, यसबारे पनि छानबिन भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।, भोर संस्थाका संयोजक राजकुमार महतो मन्दिरको संरक्षण र सम्वर्द्धन गर्नुको साटो मौलिकतामाथि प्रहार गरेको बताउँछन्।, 'प्रभाव मूल्यांकन नै नगराई विद्युतीय सामग्री जडान गरिएको छ। यसले मन्दिरको भौतिक संरचना कमजोर बनाएको छ। चुना–माटोले बनेको मन्दिरमा सयौं किला ठोकिएको छ,' उनले भने, 'बत्तीको गर्मीले मन्दिरको संरचना ध्वस्त हुन्छ। टायल लगाएर मन्दिरको उचाइ घटेको छ। मौलिकतामा क्षति पुगेको छ।', यसबारे जानकारी लिन हामीले पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरसँग सम्पर्क गरेका थियौं। उनले यसबारे आफूले राम्ररी बुझेर मात्र भन्न सक्ने बताए।, विभागका एक अधिकारीले भने सम्पदा प्रभाव मूल्यांकन गरेर मापदण्डअनुसार काम गर्न भनेकोमा त्यसअनुसार नभएको भन्ने गुनासो आएको बताए।, 'हामीले सम्पदा प्रभाव मूल्यांकनकै आधारमा काम गर्न भनेका थियौं। तर सम्पदामै क्षति पुग्ने गरी हेभी-ड्रिल (भित्ता प्वाल पार्न प्रयोग गरिने मेसिन) चलाइएको भन्ने गुनासो आएको छ। त्यस्तो अनुमति नै दिएको होइन। अरू थप कुरा भने मलाई थाहा भएन,' ती अधिकारीले भने।, मन्दिरमा हेभी-ड्रिल चलाएपछि पनि भोरले पुरातत्व विभागमा उजुरी गरेको थियो। लगत्तै विभागले काममा रोक लगाएको थियो।, मन्दिरका उत्तराधिकारी महन्त रामरोशन पनि विद्युतीकरण गर्दा ड्रिल गर्ने र किला ठोक्ने काम नहुनुपर्ने बताउँछन्।, 'यस्तो काम नहुनुपर्थ्यो। तर हामी प्रशासनिक निकायमा छैनौं। किन गर्न दिइयो, माथिल्लो निकायसँग सोध्नुहोस्,' उनले भने।, आर्थिक वर्ष २०७५/७६ सामाजिक विकास मन्त्रालयले छुट्टयाएको ९० लाख रूपैयाँ बजेटबाट मन्दिरको पछाडि आधुनिक सन्त भवन बनाउन सुरू गरिएको थियो। उपभोक्ता समितिमार्फत आठकोठे भवन बनाउने तयारी थियो। त्यस्तो निर्माणले पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउन बाधा पुग्ने भन्दै भोरले पुरातत्व विभागमा उजुरी गर्यो। जग हालेर पिलर ठड्याईसकेपछि काम रोकियो। तर त्यति काम बापत ३५ लाख रूपैयाँ भुक्तानी भइसकेको थियो।, यसरी जानकी मन्दिरको मौलिकता मासिने गरी काम गर्ने र यस्तो गर्न हुँदैन भन्ने दुई पक्षबीच यहाँ विवाद चलिरहेको छ।, यो मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सन् २०१४ मै प्रयास सुरू भएको हो। सामाजिक संस्था भोरले यसका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान पनि चलाएको थियो।, 'हामीले ६५ हजार व्यक्तिको हस्ताक्षरसहितको पत्र पुरातत्व विभागलाई बुझाएका थियौं। युनेस्कोलाई पनि भन्यौं,' भोरका संयोजक महतोले भने, 'थप प्रक्रिया अघि बढाउन जनकपुरका तत्कालीन मेयर लालकिशोर साहलाई जिम्मेवारी दिएका थियौं।', त्यसलगत्तै पुरातत्व विभाग, युनेस्को, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि लगायतको छलफल पनि भएको थियो। मन्दिरका उत्तराधिकारी महन्त रामरोशनका अनुसार त्यो बेला धेरै चरणका बैठक भए। पर्यटन मन्त्रालयले पाँच सदस्यीय समिति पनि गठन गर्यो। त्यसपछि किन प्रक्रिया अड्कियो, आफूलाई यसबारे जानकारी नभएको उनले बताए।,
जानकी मन्दिर विश्व सम्पदा सूचीमा नपर्ने चिन्ता! |
युवराज श्रेष्ठ सर्वोच्च अदालतले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय खारेज गरिदिएको छ।, सर्वोच्चका न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवातालसहित पोखराका नौवटा तालहरूको मापदण्ड घटाउने निर्णय बदर गरेको हो।, 'फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्णय सम्मानित सर्वोच्च अदालतले बदर गरिदिएको छ,' अधिवक्ता खगेन्द्र सुवेदीले भने, 'अब पोखराका तालहरू नजोगाई सुख छैन।', पोखरा महानगरको २०७८ चैत १६ गते बसेको ५५ औं कार्यपालिका बैठकले तालहरूको मापदण्ड घटाउने निर्णय गरेको थियो। नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिकाले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको थियो।, यस्तै, रूपा र बेगनास तालको मापदण्ड ५५/५५ मिटर, खास्टे, दिपाङ, मैदी, न्युरेनी, गुँदे र कमलपोखरीको मापदण्ड २०/२० मिटर कायम गर्ने निर्णय कार्यपालिकाले गरेको थियो। फेवातालको जस्तै अन्य तालको मापदण्ड तोक्दा पनि कार्यपालिकाले मापदण्ड घटाएको थियो।, फेवातालको मापदण्ड २०३० मंसिर १५ गते तत्काल पोखरा नगर योजना सरकारले स्वीकृत गरेर लागू गरेको थियो। उक्त मापदण्डमा फेवातालको किनारादेखि दुई सय फिटसम्म कुनै संरचना निर्माण गर्न नपाउने उल्लेख छ। त्यसपछि जिल्ला विकास समिति कास्कीले जिल्ला परिषदमार्फत निर्णय गर्दै फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने निर्णय गरेको थियो।, मापदण्ड घटाउने निर्णयविरुद्ध अधिवक्ता सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले २०७९ जेठ ११ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले माग दाबी आदेश दिएको सुवेदीले बताए।, फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्णय बदरसँगै सर्वोच्च अदालतले अर्को पनि महत्वपूर्ण आदेश दिएको छ।, फेवातालसहित पोखराका तालतलैयाका जलाधार क्षेत्र संरक्षण गर्न र उक्त क्षेत्रमा बनेका भौतिक संरचना भत्काउन पनि आदेश आएको अधिवक्ता सुवेदीले बताए।, 'फेवातालको जलाधार क्षेत्रमा कुनै कम्पनी, व्यवसाय वा संरचना नबनाउनु, बनाउन अनुमति दिएको भए बदर गर्नु र कुनै पनि व्यवसाय सञ्चालन गर्न नदिनु भन्ने आदेश छ,' उनले भने।, फेवातालको सिमसार क्षेत्र अतिक्रमण बढेको भन्दै अधिवक्ता सुवेदीको समूहले दिएको अर्को रिटको सुनुवाई गर्दै उक्त आदेश आएको हो। फेवातालको मापदण्ड मिचेर सञ्चालित होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक संरचना बनाउन घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत सरकारी निकायलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाई गर्दै उक्त आदेश आएको सुवेदीले बताए।, उक्त रिटमा फेवातालको मापदण्डभित्र होटल चलाएका व्यवसायी कर्ण शाक्यसमेत विपक्षी छन्। उनले फेवाताल प्राकृतिक नभई मानवनिर्मित ताल भन्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए। फेवाताल किनारमा उनले होटल वाटर फ्रन्ट चलाइरहेका छन्।, फेवातालको मापदण्ड घटाउने महानगर कार्यपालिका निर्णयविरूद्ध र मापदण्डभित्र व्यवसाय सञ्चालन गर्न अनुमति दिने निकायविरूद्ध परेको रिटको संयुक्त सुनुवाई भएर आदेश आएको अधिवक्ता सुवेदीले बताए।, फेवातालको मापदण्ड सम्बन्धी रिटमा उनीहरूले संविधानका मौलिक हकअन्तर्गत स्वच्छ वातावरणको हक, धार्मिक स्थल संरक्षणको हक, सम्मानपूर्वक बाँच्न पाउने हक र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणको माग राखेका थिए।, संविधान र कानुन विपरीत फेवातालमाथि गम्भीर र अपूरणीय क्षति पुर्याएको भन्दै मौलिक हक संरक्षण गर्न उनीहरूले रिट निवेदनमार्फत सर्वोच्च अदालतमा माग राखेका थिए।, रिट निवेदनमा फेवाताल संरक्षणका पक्षमा २०७५ वैशाख १६ गते अदालतले जारी गरेको परमादेश समेत उल्लेख छ। उक्त परमादेशमा तत्कालीन लामिछाने आयोगको प्रतिवेदनका आधारित चार किल्लाभित्र तालको किनारबाट ६५ मिटरसम्मको भूभागमा भवन लगायत ताल संरक्षणमा असर पर्ने भौतिक संरचना निर्माण गर्न नपाउने उल्लेख छ।, उक्त आदेशमा ६ महिनाभित्र फेवातालको मापदण्डभित्र बनेका अनधिकृत ११ सयभन्दा बढी संरचना भत्काउन आदेश आएको थियो। यस्तै, फेवातालको जग्गा अवैध रूपमा दर्ता गरेर व्यक्तिको नाममा पुगेका झन्डै १ हजार ६ सय रोपनीभन्दा बढी जग्गा दर्ता खारेज गरी तालकै नाममा ल्याउन पनि अदालतले आदेश दिएको थियो। ६ महिनाभित्र गर्नु भनेर आएको उक्त आदेश पाँच वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन।, यस्तै फेवाताल संरक्षण गुरूयोजना बनाएर कार्यान्वयन गर्न तीनै तहका सरकारलाई कार्यविभाजनसहित आदेश आए पनि अहिलेसम्म कुनै पनि तहका सरकारले सिन्को भाँचेका छैनन्। फेवाताल संरक्षणका पक्षमा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरा महानगरका मेयरविरूद्ध अपहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ।, यो पनि पढ्नुहोस्- ,फेवाताल जोगाउन हरदम उभिएको अदालत!,
फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्णय बदर |
रासस संखुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ जनामध्ये एक जनाको शव भेटिएको छ।, सोमबार चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।, शरीरको आधा भाग (कम्मरभन्दा मुनि) मात्र भेटिएका कारण शवको पहिचान खुल्न सकेको छैन। सुपर हेवा हाइड्रोपावरबाट बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक गोदारले बताए।, फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए। बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर हुन्।, बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एक जना मजदुर अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।, बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। गम्भीर घाइते दुवै जनाको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ।, चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।, बाढीले जिल्लाका विभिन्न ११ घरमा क्षति पुगेको छ। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ। बाढीले भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ। ,
संखुवासभा बाढीमा बेपत्तामध्ये एकको शव भेटियो |
रासस म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन्।, गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो।, सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै पुग्न सकिने भएको मङ्गला–४ धापुङका उमेश विश्वकर्माले बताए। ‘यसअघि मङ्गलाको अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो’, उनले भने ‘बीस किलोमिटर दूरीको सडक निर्माण भएपछि तातोपानीबाट दुई घन्टामै ताराखोला पुग्न सकिने भएको छ।’, ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन्। आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए।, सडकमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन्। तातोपानीबाट सिर्खुसम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मङ्गला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले तीनवटा खण्डमा आयोजना सञ्चालन गरेका थिए। , चालु आर्थिक वर्षमा प्रदेश सरकारको रु १० लाख र मङ्गला गाउँपालिकाको १४ लाख रूपैयाँ अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ। न्यूखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको रु १० लाख र गाउँपाकिलाको रु १० लाख लगानी भएको छ। , प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप १० लाख रुपैयाँ लगानी भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हुँदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट रु २५ लाख लगानी भएको छ।, यस आयोजनाका लागि म्याग्दी क्षेत्र ९२० बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख थपिएको छ ।,
,
सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला |
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको उसको भनाइ छ।, महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने प्रक्षेपण गरिएको छ।, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत बताएको छ।,
मौसम पूर्वानुमानः गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षा हुने |
रासस बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो।, छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो।, उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन्।, तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन्। तीनै जनाको जन्मदर्ता बनेको छैन। सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ।, ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु। श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ।’ , सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेकी छन् । ‘श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु। उहाँसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गछ’, उनले भनिन् ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ।, विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन।’,
,
अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन्। ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकें कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने? भन्दै घर फर्किनुहुन्छ’,
,
सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाए। ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन,’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ।’, सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन्।, सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौैराले मुख छोपेर भक्कानिइन्। बोल्दा पनि होच्याएर बोल्ने,अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ। सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आइरहेकी छन्। दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन। तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उहाँहरूसँगै बस्दै आएका छन्।, ‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौं”, नङ्गाले भनिन् ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ। तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन्।’,
,
बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन्। बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ। वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए।, श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए।,
अन्तरजातीय विवाहको पीडा: न विवाह दर्ता न जन्मदर्ता |
रासस दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।, पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।,
दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताइएको छ।, अहिले कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।, संखुवासभाको नुम स्टेसनमा भारी वर्षा मापन गरिएको छ। कोसी जलाधारभित्र पर्ने त्यस स्थानमा २४ घन्टाभित्र ३८१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।, यद्यपि यसको पुष्टि हुन बाँकी रहेको महाशाखाले जानकारी दियो।, दिउँसोपख कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने बताइएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, रातिपख देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरिएको छ।,
तीन प्रदेशमा हल्कादेखि मध्यम, संखुवासभामा भारी वर्षा |
रासस तनहुँमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। , म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ ६ बजे पहिरोले पुरिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ। , मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। , घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।, गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए। , ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए।,
तनहुँमा पहिरोमा पुरिँदा मृत्यु हुनेको संख्या २ पुग्यो |
एजेन्सी भारतीय प्रहरीको फरार सूचीमा रहेका खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको क्यानडामा गोली हानेर हत्या भएको छ। , स्थानीय समयअनुसार आइतबार राति साढे ८ बजे क्यानडाको सरी शहरमा दुई जनाले उनीमाथि गोली हानेर हत्या गरेको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ। , गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्र बसिरहेका उनको दुई अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको हो। घटनापछि दुबै जना फरार भएका छन्। हत्यापछि खालिस्तानी समुदायले प्रदर्शन समेत गरेका थिए। , हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनीविरूद्ध चार वटा मुद्दा रहेको बताएको छ। , जलन्धरको भरसिंहपुरका उनीविरूद्ध पन्जाब प्रहरीले पनि केही मुद्दा दायर गरेको छ। उनी सन् १९९७मा क्यानडा पुगेका थिए। त्यहाँ आफ्नी श्रीमती र दुई छोरासँग बस्दै आएका थिए।, उनीविरूद्ध सन् २०१६ मै रेड नोटिस जारी भएको थियो। , सन् २०२२मा एनआइएले उनलाई पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १० लाख भारू दिने घोषणा गरेको थियो। , भारतमा खलिस्तानको अभियान चलाइरहेका प्रमुख नेता अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्। उनलाई गत वैशाखमा पन्जाव प्रहरीले पक्राउ गरेको थियो। ,
खलिस्तानी टाइगर फोर्स चिफको क्यानडामा गोली हानी हत्या |
सन्जिब बगाले सोमबारदेखि आमरण अनसन बसेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूलाई एक्लो महसुस भएको बताएका छन्।, मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका चलाउनेले राज्यले नै अपराधी जोगाउन लागेको बताए।, 'मेरो शरीरमा चोट नलागेको कतै छैन। मेरो टाउकोमा ७ पटक हानिएको छ। म कहिले पनि निको हुन सक्दिनँ। यो देशको राज्य संयन्त्रको चोटा चोटामा पुग्दा पनि न्याय पाइनँ,' उनले भने,'त्यसमाथि राज्यले मुद्दा फिर्ता लिएको छ अनि म कसरी स्वस्थ हुन सक्छु। म एक्लो जस्तो भएको छु। मेरो लडाइँ एक्लोजस्तो भएको छ।', उपप्राध्यापक चलाउनेले सोमबार बिहान काठमाडौं जिल्ला अदालत परिसरमै अनसन बस्ने तयारी गरेका थिए। तर प्रहरीले नियन्त्रणमा लिएर उनलाई दिउँसो छाडेको थियो।, जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।, २०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए।, कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। , आफूलाई अहिलेको अवस्थामा आउन समेत दुई वर्ष लागेको उनले बताए।, 'म त खरानीबाट उठेको हो। मेरो टाउको, छाती, पेटमा जतासुकै चोट लागेको थियो। मेरो मुख्य हड्डी भाँच्चिएको छ,' उनले भने,'एउटा उपप्राध्यापक तालाबन्दीको विरूद्धमा उभियो भन्दैमा उसलाई मरणाशान्न हुनेगरी कुट्नुलाई के भन्ने हो?', आफ्नो अनसन जारी रहने भन्दै उनले सबैभन्दा पहिला पहिला मुद्दा फिर्ताको निर्णय तुरून्त खारेज गर्नुपर्ने बताए।, 'अदालतले मलाई तीन वर्षसम्म झुलायो, ठग्यो। म जहिलेसम्म न्याय पाउँदिनँ तबसम्म अनसन जारी रहन्छ,' उनले भने, 'म अहिले गुहार माग्न आएको छु। मलाई सहयोग गर्नुहोस्। मेरो न्यायको खातिर पैरवी गर्दिनुहोस्। म गुहार माग्न आएको हो। मलाई गुहार दिनुहोस्।',
आमरण अनसन बसेका उपप्राध्यापक चलाउने भन्छन्- गुहार माग्न आएको छु, सहयोग गर्नुहोस् (भिडिओ) |
रासस चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चा (केटो) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ।, आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उनले बताए।, यस आर्थिक वर्षमा यससहित दुई गैंडाको बच्चाको उद्धार गरिएको छ। बाटुली पोखरी क्षेत्रबाट एक वर्षको भाले बच्चालाई उद्धार गरी कोषमै राखिएको छ।, यसअघि उद्धार गरी हुर्काइएका पुष्पा र अञ्जली नामका दुई गैंडालाई गत जेठ ३१ गते निकुञ्जको लामितालमा लगेर छाडिएको छ।,
१० दिनको भाले गैंडाको उद्धार |
सेतोपाटी संवाददाता ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन ईकाइ दमकका आयोजना व्यवस्थापकसहित तीन जना घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईकाइका आयोजना व्यवस्थापकसहित तीन जनालाई चार लाख घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई टंगाल र इटहरीबाट खटिएको टोलीले कार्यालयबाटै मंगलबार पक्राउ गरेको हो। , उनीहरूले सडक निर्माणको अन्तिम भुक्तानी गराउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। , उक्त सूचना पाएपछि अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।,
,
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन ईकाइका व्यवस्थापकसहित तीन जना घुससहित पक्राउ |
दिपकजंग शाही गत वर्ष कर्णाली प्रदेशमा वर्षाले निम्त्याएको विपदबाट ६७ जनाको मृत्यु भएको थियो।, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार २०७९ को साउन, भदौ, असोज र कात्तिकमा ३० जनाको बाढी तथा खोलाले बगाएर मृत्यु भएको हो। यो अवधिमा १५ वटा घर बाढीले बगाएर पूर्ण रूपमा क्षति भए।, यस्तै साउन, भदौ र असोजमा मात्र पहिरोमा परेर ३७ जनाको मृत्यु भएको थियो। साउन र भदौमा दुई/दुई जना र असोजमा ३३ जनाको मृत्यु भएको हो। सोही अवधिमा पहिरोले ३८ वटा घरमा पूर्ण रूपमा क्षति पुर्यायो।, भौगोलिक बनावटका कारण वर्षामा कर्णालीका धेरैजसो बस्ती विपदको जोखिममा हुन्छन्। प्रदेशका पहाडी तथा हिमाली ९ जिल्लाहरू वर्षाले निम्त्याउने पहिरोको जोखिममा छन् भने भित्री मधेसको सुर्खेत बाढीको जोखिममा छ।, सोमबारदेखि कर्णाली प्रदेशमा पनि यो वर्षको मनसुन सक्रिय भएको छ। वर्षा सुरू भएसँगै जोखिम पनि बढेको छ। यो वर्ष कर्णालीका ८ हजार ८५ घरधुरी बाढी तथा पहिरोको जोखिममा छन्।, नियमित वर्षाका कारण प्रदेशमा आईपर्ने सम्भावित विपद प्रतिकार्यको पूर्वतयारी के छ त?, हामीले विपदबारे समन्वय गर्ने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सोधेका छौं।, मन्त्रालयका विपद व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ। विपद प्रतिकार्य तथा उद्धारका लागि ९ वटा विषयगत समूहहरू पनि बनाइएको छ।, 'सम्भावित विपद प्रतिकार्य तथा उद्धारका विषयमा विषयगत कलस्टर (समूह) हरूबीच कसरी काम गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। समूहहरूले पनि आ–आफ्नो योजनाहरू बनाइसकेका छन्,' रोकायाले भने, ‘मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्र २४ घण्टा सक्रिय छ।', उनका अनुसार विपद प्रतिकार्य तथा उद्धारका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा पोषण, शिक्षा र संरक्षण क्लस्टर छन्। आन्तरिक मामिला तथा योजना कानुन मन्त्रालयअन्तर्गत बन्दोबस्ती क्लस्टर र खोज तथा उद्धार क्लस्टर छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत शीघ्र पुनर्लाभ क्लस्टर, भौतिक मन्त्रालयअन्तर्गत अस्थायी आवास क्लस्टर, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ क्लस्टर र कृषि मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा क्लस्टर गठन गरिएको छ।, आफूहरूले बेलाबेला मौसम पूर्वानुमानसम्बन्धी नेपालका निकायका वेबसाइट, भारतको आधिकारिक वेबसाइट हेरेर विश्लेषण गरिरहेको रोकायाले बताए।, मन्त्रालयको फेसबुक पेजमा पनि मौसम र सम्भावित जोखिमबारे जानकारी गराइरहेको उनले बताए।, रोकायाका अनुसार उच्च जोखिम देखिए 'ग्रुप एसएमएस' गर्ने प्रणाली पनि मन्त्रालयमा छ। प्रभावित क्षेत्रमा टेलिफोन गरेर पनि जोखिमबारे जानकारी गराउने तयारी मन्त्रालयले गरेको उनले बताए।, विपद आइपरेमा हवाई उद्धारका लागि पनि गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको छ।, 'केही विपद आइहालेमा र तत्काल जोखिम देखिएमा उद्धारका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको सिफारिसमा हेलिकप्टर पठाउन सकिन्छ। यसका लागि नेपाली सेनाको सुर्खेत एयर-बेससँग समन्वय भएको छ,' उनले भने, 'हामीले नै पैसा तिर्ने गरी गृह मन्त्रालयसँग पनि हेलिकप्टरका लागि अनुरोध गर्ने तयारी गरेका छौं।', कर्णाली प्रदेश सरकारको उद्धार तथा राहत वितरण कार्यविधिलाई परिस्थितिअनुसार संशोधन गरी लागू गरिएको मन्त्रालयका शाखा प्रमुख रोकायाले बताए।, उनका अनुसार कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा चार करोड ९९ लाख १६ हजार रूपैयाँ मौज्दात छ। यो रकमलाई विपदका बेला परिचालन गर्ने र थप बजेट आवश्यक परेमा तत्काल निर्णय गरी सरकारसँग माग गर्ने योजना मन्त्रालयको छ।, अहिलेको बर्खामा गत वर्षको तुलनामा सरदर ३५ देखि ५५ प्रतिशत कम पानी पर्ने अनुमान गरिएको रोकायाले बताए। तल्लो भेग सुर्खेत आसपास भने तुलनात्मक रूपमा बढी पानी पर्ने अनुमान छ।, गएको बर्खामा ५३ हजार मानिस प्रभावित हुने अनुमान थियो। अहिले प्रदेशभरका ८ हजार ८५ घरधुरीका ३५ हजार ३३३ जना मानिस विपदबाट प्रभावित हुने पूर्वानुमान छ। यसमध्ये सुर्खेतमा मात्रै १२ हजार ४४२ जना प्रभावित हुने अनुमान छ।, कर्णालीका पहाडी र हिमाली नौ जिल्ला पहिरोबाट र सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने अनुमान छ। पहाड र हिमालका जिल्लामा भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरू बढी विपदको जोखिममा छन्। सोही कारण उद्धार तथा राहत वितरणमा पनि कठिनाइ आइपर्ने उनले बताए।, 'कर्णालीका बस्तीहरू भौगोलिक हिसाबले पनि जोखिममा छन्। तत्काललाई जोखिममा भएका घरधुरीलाई सार्न मिल्ने प्रावधान बनाउन सकिएको छैन,' रोकायाले भने, 'हामीले जोखिम नक्सांकन गर्ने योजना बनाएका छौं। तर काम पूरा भएको छैन। नक्सांकन गरेको भए तत्कालका लागि भए पनि जोखिममा भएको बस्ती अन्यत्र सार्न मिल्थ्यो।', तत्काल विपदबाट क्षति भएमा राहत वितरण र आवश्यक सामग्री खरिदका लागि सबै जिल्ला प्रशासनको विपद व्यवस्थापन कोषमा संघ र प्रदेशबाट प्राप्त भएको रकम पर्याप्त रहेको रोकायाले बताए।, उनका अनुसार मुगुमा ५८ लाख ४९ हजार, डोल्पामा १७ लाख ५० हजार, कालिकोटमा तीन करोड ८२ लाख, हुम्लामा ३७ लाख ९२ हजार, जुम्लामा ३५ लाख, सल्यानमा ३३ लाख ७ हजार, रूकुम पश्चिममा २३ लाख ९१ हजार, सुर्खेतमा एक करोड ५२ लाख, दैलेखमा २७ लाख ३३ हजार र जाजरकोटमा १९ लाख ८८ हजार रूपैयाँ विपद व्यवस्थापन कोषमा मौज्दात छ।, कर्णालीमा मुख्यगरी दैलेख, कालिकोट, रूकुमपश्चिम र हुम्ला पहिरोको उच्च जोखिम छन्।, पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सडक अवरूद्ध भएमा सडक डिभिजन कार्यालयसँगको समन्वयमा सञ्चालन गर्न मेसिन लगायतका सामग्री तयारी अवस्थामा राखिएको उनले बताए।, कर्णालीमा पछिल्ला दुई वर्षमा बाढी र पहिरोबाट १२२ जनाको मत्यु भएको छ। आंशिक र पूर्ण रूपमा ३४१ घरमा क्षति पुगेको छ भने अन्य टहराहरू, २ हजार ९१० वटामा क्षति पुगेको छ।,
कर्णालीका ९ जिल्ला पहिरोको जोखिममा, सुर्खेतमा बाढीको डर |
सेतोपाटी संवाददाता एक जना बिरामी बालकलाई अस्पताल पठाउनुको साटो प्रार्थना गर्न लगाउँदा मृत्यु भएको छ। बालकको मृत्युपछि तीन जना पक्राउ परेका छन्। , यो घटना बर्दियाको हो। , जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार हरि नारायण वलीका अनुसार असार १ गते जिल्लाको गुलरिया नगरपालिका– १० कालाबञ्जारका ८ वर्षीय अजय यादव आफ्नो घरमा बिरामी भई अचेत अवस्थामा थिए। , अचेत बालकलाई समयमै अस्पताल पुर्याइ उपचारमा सघाउनुको साटो गुलरिया–४ तुलापुरका ३९ वर्षीय राजु शाही, ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपालीले प्रार्थना गरे ठीक हुने विश्वास दिलाई स्थानीय ‘सत्य वचन परम ईश्वरीय मार्ग दर्शन’ नामक संस्थामा पुर्याइ प्रार्थना गर्न लगाएका थिए। , प्रहरी सहायक हवल्दार वलीका अनुसार तीन जनाले बालक यादवका अभिभावकलाई प्रार्थना गरे परमेश्वरले ठीक पार्ने हुँदा औषधी उपचार गराउन अस्पताल लैजानु पर्दैन भन्ने भ्रममा पारेका थिए। , तर, अचेत अवस्थाका बालकलाई राखेर अभिभावकले प्रार्थना गर्दागर्दै मृत्यु भएको थियो। , त्यसपछि आफूलाई भ्रममा पारेर औषधी उपचार गर्न अस्पताल लान नदिइ छोराको मृत्यु भएको भन्दै अजयका बुवा प्रमुख यादवले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।, जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरी घटना अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भइसकेको प्रहरीले जानकारी दिएको छ।,
बिरामी बालकलाई प्रार्थना गर्न लगाउँदा मृत्यु, तीन जना पक्राउ |
नवीनबाबु गुरूङ काठमाडौंको माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। , मंगलबार प्रदर्शनको क्रममा नागरिकता पीडितहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो।, प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो। दुई जनाको टाउकोमा चोट लागेको आन्दोलनरत इन्द्रजित साफीले बताए। , केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको उनले बताए। , उनीहरू लामो समयदेखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्। , तस्बिरहरू:, ,
माइतीघरमा नागरिकता पीडित र प्रहरीबीच झडप (तस्बिरहरू) |
रासस वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण थालिएको छ।, भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो। , सोमबारदेखि धमाधम बेलिब्रिजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए।, बेलिब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए।, ‘केही दिनभित्रै यातायात पुनः सुरू हुन्छ,’ उनले भने। , आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो।, त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ।, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।, सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।,
हेवा खोलामा बेलिब्रिज निर्माण थालियो |
सेतोपाटी संवाददाता बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा मृत्यु भएको छ।, दुर्घटनामा परी गम्भीर घाइते भएका अमृता र जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।, मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।, बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ।, दुर्घटनामा मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी पनि घाइते छन्। , उनीहरूको उपचारको लागि हेलिकप्टरबाट नेपालगन्जमा पठाइएको छ।,
बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु |
सेतोपाटी संवाददाता बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।, बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार मंगलबार साँझ ५:३३ मा मन्त्री सिंहको निधन भएको हो। , ‘५:३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मन्त्रीजीलाई मृत घोषणा गरेका हुन्,’ एसपी राठौरले भने।, यसअघि उनकी पत्नी अमृता र भाउजू जयादेवीको मृत्यु भएको थियो। उनीहरूको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो। , मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।, बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।, दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ। , मन्त्रीसहित उनीहरूलाई हेलिकप्टरमार्फत कोहलपुर पुर्याइएको थियो।, मन्त्री सिंहको मृत्युसँगै बझाङ जिल्लाले वर्षौंपछि पाएको पहिलो मन्त्री गुमाएको छ। संघीयतापछि प्रदेश र संघमै बझाङबाट कोही पनि मन्त्री भएका थिएनन्।, सिंह गत जेठ ५ गते सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका थिए।, गत वर्ष मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट उनी निर्वाचित भएका थिए।, २०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट उनको जन्म भएको हो।, पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरेका थिए।, उनले बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका थिए।, सिंहले कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताउँदै आएका थिए। २०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए। उनी नेपालगन्ज हुँदा २०३५ सालतिर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए।, त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बनेका थिए। २०४९ सालमा उनी तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए।, २०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भएर हारेका थिए। त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरेका थिए।, पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि हारेका थिए।, २०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए। उनको निधनपछि नेपाली कांग्रेसले पनि महत्वपूर्ण नेतालाई गुमाउनु परेको नेताहरूको भनाई छ।, कांग्रेस बझाङका जिल्ला कार्यसमिति सचिव झलक कठायतले सरकारको मन्त्री मात्रै नभई बझाङका जनताका बीचमा अत्यन्तै लोकप्रिय नेता गुमाउनु परेको बताए।, ‘नागरिकबीच नजिकको सम्बन्ध बनाएर हिँड्न सक्ने, पार्टीलाई यहाँसम्म पुर्याउन तीन दशकदेखि मेहनत गरेका नेता गुमाउनु पर्दा टुहुरो भएको महसुस गरेका छौं,’ उनले भने।,
कार दुर्घटनामा घाइते सुदूरपश्चिमका मन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन |
नारायण खड्का १४ वर्षअघि बजारमा ‘मिनरल वाटर’ पनि पाइँदैनथ्यो। दाङको तुलसीपुर बजारमा कहीँकतै सार्वजनिक धारा पनि थिएनन्। केही खाजा नास्ता खाएपछि मात्रै होटलमा पानी खान पाइन्थ्यो। चर्को गर्मीका दिनमा पिउने पानी नपाउँदा बाटोमा हिँड्नेहरू काकाकुल बन्ने गर्थे।, त्यसमा पनि गाउँ घरबाट आउने महिला, बालबालिका र अशक्तहरू झनै समस्यामा हुन्थे। त्यस्तो दृष्य टुलुटुलु नियालेर बसिरहन होटल व्यवसायी टेकराम खड्काको मनले मानेन। त्यसपछि उनले सुरू गरेका थिए सुख्खा मौसममा नि:शुल्क पानी खुवाउने अभियान। जुन अहिलेसम्म निरन्तर चल्दै आएको छ।, राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर चोकको सडकपेटी नजिकै खड्काले ‘आउनुहोस् नि:शुल्क पानी पिएर जानुहोस्’ भनेर ब्यानर टाँगेर बसेका हुन्छन्। सर्वसाधारणलाई पानी खुवाउन खड्का कहिले आफैं, नभए परिवारका सदस्य वा आफ्ना कर्मचारी खटाएर सर्वसाधारणको प्यास बुझाउँदै आएका छन्।, यति गर्न उनको दैनिक तीन हजारको हाराहारीमा खर्च हुने गर्छ। सुख्खायाम सुरू भएसँगै एक डेढ महिनादेखि उनले दिनहुँ सर्वसाधारणलाई पानी खुवाउँदै आएका छन्। ६८ वर्षीय टेकराम आखिर यो सबै किन गरिरहेका छन्? त्यसबारे भन्छन्, ‘सेवा नै धर्म हो। पुण्य कमाउन र आत्मसन्तुष्टिका लागि म यो सबै गरिरहेको छु।’, आफू बाँचुञ्जेल सर्वसाधारणलाई पानी खुवाउने अभियान जारी रहने उनको अठोट छ।, हुन पनि टन्टलापुर गर्मीमा उनीकहाँ पानी पिउनेहरूले मन फुकाएरै आशिष दिने गरेका छन्।, ‘बाजे हजुरको कल्याण होस्, हाम्रो उमेर पनि तपाईंलाई थपियो भन्नेहरू धेरै आउनुहुन्छ,’ टेकरामले भने, ‘धेरैले सहर बजारमा पैसा नतिरी केही पाइँदैन भन्नेहरूलाई तपाईंजस्ता मनकारी र मानव धर्ममा लाग्ने व्यक्तिहरू उदाहरण हो भन्नुहुन्छ।’, सर्वसाधारणबाट पाउने यस्ता प्रशंसा र आशिषले टेकरामलाई सन्तुष्टि मात्रै मिल्दैन रे उनलाई चैनको निन्द्रासमेत लाग्ने गरेको बताए।, उनी दैनिक रूपमा पानी किनेर, माटोको घैंटोमा पानी र बरफ राखेर सर्वसाधारणलाई खुवाउँदै आएका छन्।, दैनिक तीन हजार बढी खर्च हुने भएपछि सुरूका केही वर्ष श्रीमती, छोरा-बुहारीले अनावश्यक खर्च र झन्झट नबेहोर्न भनेका थिए। तर परिवारको कुरा उनले सुनेनन्। , बरू टेकरामले घर परिवारका सबै सदस्यलाई मानवताको सेवाभन्दा ठूलो धर्म अरू नहुने भन्दै सम्झाउन सफल भए। त्यसपछि उनका घर परिवार सबैले साथ दिए।, तुलसीपुर बजारमा सर्वसाधारणका लागि सार्वजनिक धारा नहुँदा पनि सर्वसाधारण सुख्खा मौसममा काकाकुल हुने गर्छन्।, टेकरामकहाँ पानी पिउनेहरूको घुइँचो नै लाग्ने गरेको हुन्छ। उनी महिला, अशक्त र बालबालिकालाई प्राथमिकता दिने गर्छन्।सहज रूपमा चिसो पानी खान पाउनेहरूले टेकरामको कर्मको प्रशंसा गर्दै धन्यवाद दिने गर्छन्।, वैशाखदेखि सुरू हुने टेकरामको यो अभियान झरी नपर्दासम्म कायमै रहन्छ। पानीका मूलहरू फुट्न थाले र सर्वसाधारण किसान खेतीपातीमा व्यस्त बन्न थालेपछि उनको अभियान रोकिने गर्छ।, उनले गत वर्ष बसपार्कमा पनि पानी खुवाउने अभियान सञ्चालन गरेका थिए।, दैनिक तीन हजार लिटरभन्दा बढी पानी सर्वसाधारणलाई नि:शुल्क खुवाउने गरेको बताउने टेकरामले अभियान सञ्चालनका क्रममा हरेक वर्ष साढे दुईदेखि तीन लाखसम्म खर्च हुने गरेको बताए।, तुलसीपुरमा टेकराम र उनको परिवारले सञ्चालन गरेको ‘एकान्त होटेल’ निकै लोकप्रिय छ। वर्षौं पहिले सानो टहरोबाट दाल-रोटीको व्यवसाय सुरू गरेका टेकरामले मेहनतले आज अर्ब बढीको मालिक बनिसकेका छन्।, ‘म जिरोबाट हिरो भएको मानिस हुँ,’ उनले भने, ‘मेरो मेहनतले भगवानले यति सबै दिएपछि अब मैले पनि सक्दो सेवा गर्नुपर्छ भन्ने हो।’, उनले आफ्नो होटेलमा अप्ठ्यारोमा परेका र पैसा नहुनेहरू आउँदा नि:शुल्क खाना दिने गरेको बताए।, ‘कोही भोको नहुन् भन्ने मेरो चाहना हो,’ उनले भने, ‘सक्नेहरूले आफैं मेहनतको रोटी खानुपर्छ, यदी कसैसँग भएन कुनै समस्या भएको थाहा पाए नि:शुल्क खाना दिने गरेको छु।’, उनी होटल व्यवसायी संघ तुलसीपुरका पूर्व अध्यक्ष र सल्लाहकार पनि हुन्।,
दैनिक तीन हजार खर्चेर बाटोमा हिँड्नेलाई पानी खुवाउँदै आएका टेकराम (भिडिओ) |
सेतोपाटी संवाददाता बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको छ।, सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाट भन्ने ठाउँमा आइतबार साँझ मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए।, ‘डोजर लगाएर पोखरी खन्ने क्रममा ब्रह्माको मूर्ति फेला परेको हो। मूर्ति निकाल्दा यसको अनुहार र पेटमा चोट लागेको छ,’ उनले भने, ‘अहिले यो मूर्तिलाई भेटिएकै ठाउँ नजिक राखिएको छ। सरोकारवाला निकायले यसको संरक्षणमा विशेष ध्यान पुर्याउन जरूरी छ।’, यो मूर्तिको विशेषता के हो भने मूर्तिको अघिल्लो भागमा मात्र होइन, पछिल्लो भागमा पनि ब्रह्माको आकृति कुँदिएको छ। अघिल्लो भागमा दुई देवीहरूको बीच तीन वटा टाउका भएका ब्रह्मा छन् भने पछिल्लो भागमा ब्रह्माको एउटा टाउको देख्न सकिन्छ।, पौराणिक कथाअनुसार ब्रह्माको पाँच टाउको भएकाे मानिन्छ। त्यसमध्ये, एउटा टाउको भगवान शिवले ब्रह्मामा बढेको घमण्ड तोड्न काटेका थिए। ब्रह्माका चार टाउकालाई चार वेद र चार वर्णसँग पनि तुलना गरिन्छ। , ब्रह्माको मूर्ति बनाउँदा प्राय: कलाकारले अगाडिबाट देखिने तीन वटा टाउका मात्र बनाउँछन्। सिमरौनगढमा भेटिएको यो मूर्तिमा भने कलाकारले आफ्नो सीप उपयोग गर्दै चार टाउको बनाएको देख्न सकिन्छ। यो मूर्ति करिब ४ फिट अग्लो भएको रञ्जित बताउँछन्।, सिमरौनगढमा यसअघि पोखरी खन्ने क्रममा हरिहरपूरमा भगवान विष्णुको मूर्ति फेला परेको थियो। रञ्जितका अनुसार गएको ६ वर्षमा पोखरी खन्दा भेटिएको यो १३ औं मूर्ति हो।, सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्विक सामग्री फेला पर्छ। त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।, ‘प्राचीन स्मारक ऐन २०१३ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सिमरौनगढ क्षेत्र तुरून्तै सुरक्षित क्षेत्र घोषणा गरेर खनजोत तत्कालै प्रतिबन्ध गर्नुपर्ने आवश्यकता भइसक्यो,’ रञ्जितले भने, ‘अहिलेसम्म भेटिएका सम्पदालाई संरक्षण गर्न पनि जरूरी छ।’, सिमरौनगढमा फेला परेको यो दोस्रो ब्रह्माको मूर्ति हो। यसअघि फेला परेको ब्रह्माको मूर्ति छाउनी संग्रहालयमा राखिएको छ। यो मूर्तिलाई पनि संरक्षण गर्न उनीहरूले पुरातत्व विभागलाई पत्र लेखेका छन्। यसलाई सिमरौगढमै संग्रहालय बनाएर वा मूर्ति भेटिएकै ठाउँमा सुरक्षा व्यवस्था मिलाएर संरक्षण गर्नुपर्ने उनीहरूको माग छ।,
सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो ब्रह्माको मूर्ति |
सेतोपाटी संवाददाता आरती साहका लागि न्याय माग्दै माइती पक्षले जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन्।, धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीया आरतीकुमारी साहको मृत्यु भएको थियो। , उनको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप छ। आरती साहको माइती पक्ष विगत केही दिनयता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौं दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्। , मंगलबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा माइती पक्षले ढुंगामुढा गरेका छन्। , आरती साह प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै माइती पक्षले विरोध जनाएका हुन्। , मृतक आरतीको माइती पक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ। , झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन्। , परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। , पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डिएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरिएको हो। गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो। , उनीहरूले एसपी र डिएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमर्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सिआइबीद्वारा जाँच लगायत ६ सूत्रीय माग राखेका छन्।,
,
अनुसन्धान फितलो भएको भन्दै आरती साहको माइती पक्षले गरे जिल्ला अदालत धनुषामा ढुंगामुढा |
सेतोपाटी संवाददाता चालु आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरेका छन्। , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा २१ वटा गैंडा मरेका हुन्। , देशभरका राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले विभागलाई बुझाएको प्रतिवेदनअनुसार यसवर्ष संरक्षित जनावरहरूमध्ये सबैभन्दा धेरै गैंडा मरेको वन्यजन्तु अपराध नियन्त्रण इकाईका अनुसन्धान अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।, ‘आर्थिक वर्ष सकिनै लाग्दा तथ्यांक संकलनको काम भइरहेको छ। त्यही क्रममा जेठसम्मको तथ्यांक हेर्दा गैंडा धेरै मरेको देखियो,ʼ उनले भने।, गैंडाको औसत आयु ४० देखि ७० वर्षसम्म हुन्छ। तर धेरैजसो गैंडाको अकालमै मृत्यु हुने गरेको अधिकृत खतिवडाले बताए। , यस वर्ष उमेर पुगेर तीन वटा गैंडा मरेका छन्। तीन वटालाई तस्करले मारेको र बाँकी १५ वटा अकालमै विभिन्न कारणले मरेको विभागको तथ्यांक छ।, अनुसन्धान अधिकृत खतिवडाका अनुसार तस्करले मारेका तीन वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जका हुन्।, २०७९ असोज २७ गते १२ वर्षको भाले गैंडालाई मारेर खाग काटिएको अवस्थामा भेटिएको थियो। पोष्टमर्टमबाट उक्त गैंडालाई करेन्ट लगाएर मारिएको खुलेको थियो। , त्यस्तै, २०७९ माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जभित्र अमलटारी सेक्टर अन्तर्गत भुताहा पोष्ट नजिकैको सितापुर क्रान्तिघाट नारायणी नदीको झ्याङमा दुई वटा मरिएको अवस्थामा भेटिएको थियो। , एकैठाउँमा १४ वर्षको पोथी र ४ वर्षको भाले गैंडा मृत फेला परेको हो।, ‘त्यस घटनामा तस्करले पोथीको खाग काटिएको अवस्थामा भेटिएको थियो,ʼ उनले भने भने, ‘करेन्ट लगाएर मारिएको थियो।ʼ, बाँकी १३ वटा भने भालेसँग जुधेर, बाघको आक्रमणबाट, वन्यजन्तुको आक्रमण, तालमा डुबेर मरेको उनले बताए। , अघिल्लो आर्थिक वर्षभन्दा यसवर्ष कम गैंडा मरेको तथ्यांक छ। २०७८/७९ मा ३७ गैंडा मरेका थिए।, विभागका अनुसार २०६५/६६ देखि २०७९/८०सम्म ३२३ गैंडा मरेका छन्। , यसैगरी विभागले राष्ट्र निकुञ्जहरूबाट पाएको तथ्यांकका अनुसार संरक्षित जनावरहरू धेरै मर्ने दोस्रो स्थानमा बाघ पर्छ। यस वर्ष ८ वटा बाघ मरेका छन्। , चितवन राष्ट्रिय निकुञ्जमा दुईटा, बर्दिया राष्ट्रिय निकुञ्जमा तीनटा, बाँके राष्ट्रिय निकुञ्जमा एउटा, डिभिजन वन कार्यालय बाराको जंगलमा एउटा र डिभिजन वन कार्यालय पर्साको जंगलमा एउटा बाघ मरेका छन्। , ८ वटामध्ये दुईवटा बाघ कुहिएको अवस्थामा फेला परेको थियो। जसकारण मृत्युको कारण खुल्न नसकेको अधिकृत खतिवडा बताउँछन्। , ‘बाघको छाला, हड्डी निकालिने भएकाले मरेको बाघ सकुशल भेटिँदैन,ʼ उनले भने, ‘सडेगलेको अवस्थामा मात्र भेटिन्छ।ʼ, बाघको अंग (छाला, हड्डी, यौनांग, नंग्रा, रगतलगायत) को अत्याधिक किनबेच र ओसारपसार हुने गरेको उनको भनाइ छ।नेपालमा धेरै बाघ पाँचवटा निकुञ्जमा पाइन्छ। पर्सा, बाँके, बर्दिया, चितवन र शुक्लाफाँटा निकुञ्जमा धेरै बाघ पाइन्छ।, बाघको आयु १५ देखि २० वर्षसम्म हुन्छ। तर तस्करले अकालमै मार्ने गरेको अधिकृत खतिवडाले जानकारी दिए।, २०७८ मंसिर १९ गतेदेखि २८ फागुनसम्म गरिएको गणनाअनुसार नेपालमा बाघको ३५५ वटा बाघ छन्। सन् २००९ मा १२१ बाघ थिए। , त्यसैगरी यही वर्ष ७ वटा हात्ती समेत मरेका छन्।, उनका अनुसार डिभिजन वन कार्यालय गाईघाटको जंगलमा, उदयपुरमा एउटा, बर्दिया राष्ट्रिय निकुञ्जमा दुईटा, डिभिजन वन कार्यालय झापाको जंगलमा दुईटा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा र डिभिजन वन कार्यालय सुनसरीको जंगलमा एउटा हात्ती मृत फेला परेको हो।, ‘चार वटा हात्ती प्राकृतिक कारणले मरेको देखिन्छ भने ३ वटालाई करेन्ट लगाएर मारिएको थियो,ʼ खतिवडाले भने। तस्करले दाह्राको लागि करेन्ट लगाएर मार्ने गरेको उनी बताउँछन्। बाघलगायत संरक्षित वन्यजन्तुको कारोबार गर्न रोक लगाइएको छ।, वन्यजन्तुको अपराधमा संलग्न हुनेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने निकुञ्ज ऐनमा व्यवस्था छ।, वन्यजन्तु अपराधमा देशभरका विभिन्न जिल्लामा ५०/५५ जनालाई नियन्त्रणमा छन् भने कम संख्यालाई मात्र सजाय तोकिएको विभागका सुचना अधिकारी चन्द्रशेखर चौधरीले बताए।,
यस आर्थिक वर्षमात्रै २१ वटा गैंडा मरे |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय छ।, मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। , शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिए।, दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो । मेडिकल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री सिंहको मृत्यु भएको पुष्टि गरेको हो। , मंगलबार दिउँसो दुई बजेतिरको समयमा डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।, गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहलाई केहीबेर स्थानीय क्लिनिकमा सामान्य उपचारपछि सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो। , त्यसअघि गाडीमै सवार मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको भने घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई हेलिकप्टरमै लगी कोहलपुरमा उपचार भइरहेको छ।,
मन्त्री सिंहको शोकमा सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिने |
सेतोपाटी संवाददाता स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला काठमाडौंको बौद्धबाट पक्राउ परेकी छन्।, काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट एक जना महिलालाई मंगलबार अपराह्न पौने ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।, उनका अनुसार मनाङ हिस्याङ गाउँपालिका-४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङ पक्राउ परेकी हुन्। उनीबाट ३३ लाख ५० हजार रूपैयाँ बरामद भएको छ। , हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।,
साढे ३३ लाख नगदसहित बौद्धबाट एक महिला पक्राउ |
सेतोपाटी संवाददाता नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि देशभर पुग्न सकेको छैन।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।, आज देशैभर आंशिक देखि सामान्य बदली हुने पूर्वानुमान छ।, पश्चिमी भूभागमा भने अरेबियन सागरबाट विकसित ‘बिपरजोए’ चक्रवात जमीनमा आउँदा बनेको न्युनचापीय प्रणालीको असरका कारण मौसम बदली हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।, ‘अरब सागरमा विकसित भएको बिपरजोए चक्रवात जमीनमा आइसकेपछि कमजोर भएपछि बाँकी रहेका अंशहरूको प्रभाव हो। त्यसले गर्दा पश्चिमतिर पानी परेको छ, मनसुन अझै पुगेको छैन,’उनले भने।, मनसुन नेपाल भित्रिएको एक साता बितिसक्दा पनि देशभर नफैलनुका कारण सोही प्रणाली कारक रहेको मौसमविद श्रेष्ठ बताउँछन्।, ‘पश्चिमी न्यूनचापीय प्रणाालीका कारण मनसुन देशभर फैलिन सकेन । अब त्यसको प्रभाव कमजोर बन्दै छ । त्यो प्रणालीको प्रभाव सकिएपछि देशभर मनसुन फैलन्छ,’उनले भने।, अहिले मनसुनका लागि पश्चिमतिर पनि अनुकूल वातावरण बन्दै गएकाले अब देशभर फैलन धेरै ढिला नहुने श्रेष्ठ बताउँछन्।, सातै प्रदेशमा बदली हुने भनिएपछि पश्चिम तराइका भूभागमा तापक्रम घट्ने सम्भावना छ। गर्मी नघटेपनि तापक्रम ४० डिग्रीबाट ३५ को हाराहारीमा आउने मौसमविद् श्रेष्ठले बताए।, आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति भने कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।, ,
मनसुन अझै देशभर पुगेन, आज यी प्रदेशमा वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को पहाडी विकट बस्तिमा झाडापखालाका बिरामी बढेका छन्। , सुनपुर टोलका अध्यक्ष वीरबहादुर मण्डारीले आफ्नो टोलमा मात्रै १५ जना जतिमा झाडा पखालाको समस्या देखिएको सेतोपाटीलाई बताए।, पानीका कारण झाडा पखालाका बिरामी बढेको अनुमान गरिएको छ। स्थानीयले काठेखोला मुहानको पानी पिउँदै आएका छन्।, प्वननगर खानेपानी संस्था अन्तरगत तीन चार वटा मुहानको पानी स्थानीयले उपभोग गर्दै आएको भएपनि अधिकास मुहानहरू सुक्न थालेको तथा दुसित भएको हुँदा त्यसैबाट झाडा पखाला फैलिएको आशंका गरिएको छ। , ‘ज्यादा गर्मी बढेर हो वा पानी फोहर भएर हो,’ भण्डारीले भने, ‘यहाँका मानिसहरू धमाधम बिरामी पर्न थालेका छन्।’, तुलसीपुर – १ का वडाध्यक्ष होमकान्त सापकोटालेले स्थानीयमा झाडा पखाला, वान्ता, आँउ जस्ता समस्या देखिएपनि शनिबार नै पानी परीक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा पठाइएको सेतोपाटीलाई बताए। , ‘म हिजो आफै दुई तीन वटा मुहानहरूमा पुगेर नमुना शंकलन गरी परीक्षणका लागि स्वास्थ्य महाशाखामा पठाएको छु,’ वडाध्यक्ष सापकोटोले भने, ‘आज बेलुका सम्म रिपोर्ट आइ पुग्छ भन्ने छ।’ , रिपोर्ट आएपछि बल्ल स्थानीयमा देखिएको समस्याको कारण निदान गर्न सहज हुने उनले बताए। , ‘यस्तो गर्मी छ र मुहानपनि सुक्दै गएका छन्,’ उनले भने, ‘दुसित पानीको असरले हो वा अन्य कारणले नुमना परीक्षणपछि भन्न सहज हुने छ।’, उनले केही बिरामीको उपचार स्थानीय मेडिकल र केहीको तुलसीपुर बजारका अस्पतालहरूमा भइरहेको छ।,
तुलसीपुरका विकट बस्तीमा झाडापखालाका बिरामी बढे |
सेतोपाटी संवाददाता ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका ४ मध्ये एक जनाको शव फेला परेको छ।, शनिबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो।, पहिरोमा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।, ३० वर्षीय गणेश तामाङको शव फेला उनले बताए।, उनका अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुढाक्षेत्रीको खोजी कार्य जारी रहेको छ।, उनीहरू तीनै जना एकै परिवारका सदस्य हुन्।,
,
ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला |
नवीनबाबु गुरूङ कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।, आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।, 'किलोको ८ रूपैयाँमा कसरी बेच्नु । एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन,' आन्दोलित किसान नन्दलाल रोकायाले सेतोपाटीसँग भने।, काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।, 'एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आधा भन्दा बढी बिचौलियाले खाइदिन्छ। यसरी बेच्नुभन्दा नबेच्नु ठिक लागेर फालेका हौं,' रोकायाले भने।, रोकायाले कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने बताए।, उनले उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेँडा फाल्ने चेतावनी दिए।,
मूल्य नपाएपछि कालीमाटीको सडकमा फालियो गोलभेँडा (तस्बिरहरू र भिडिओ) |
सेतोपाटी संवाददाता पाल्पामा कालिगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।, आइतबार बिहान रामपुर नगरपालिका-८की पार्वती रामजालीको शव फेला परेको प्रहरीले बताएको छ।, कालीगण्डकी नदीको भुजातस्थित नुहाउने क्रममा पार्वती बिहीबार बेपत्ता भएकी थिइन्।, उनको शव तीन दिनपछि १ किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए।, उनी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटाइ खोजतलास भइरहेको थियो। बिहान शव भेटिएपश्चात पोष्टमर्टमको लागि रामपुर अस्पताल पठाईएको डिएसपी थापाले बताए।, घटनामा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।,
नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको शव फेला |
सेतोपाटी संवाददाता सर्वोच्च अदालत अगाडिबाट ११ जना नागरिकता पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, नागरिकता पीडितले निषेधित क्षेत्रमा नाराबाजी गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं एसपी सिताराम रिजालले जानकारी दिए।, ‘भर्खर नियन्त्रणमा लिइएका हौं। थप अनुसन्धान हुन बाँकी छ,ʼ एसपी रिजालले भने।, सर्वोच्च अदालतलाई पीडितले दवाव दिन नाराबाजी गर्दा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजीत साफीले जानकारी दिए।, उनीहरू अहिले पीडितलाई रिहा गर भन्दै माइतीघर मण्डलमा नाराबाजी गरिरहेका छन्।, ‘साथीहरूलाई रिहा नगरेसम्म नाराबाजी गरिराख्छौं,’ उनले भने।, जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्दै १४ दिनदेखि उनीहरू माइतीघर मण्डलमा अनशन बसिरहेका छन्।,
सर्वोच्च अगाडिबाट ११ जना नागरिकता पीडित प्रहरीको नियन्त्रणमा |
सरिशा अछामी यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ।, आइतबार बिहानै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखेलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। , शुक्रबार पनि बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको थियो। , अत्यधिक वर्षातका कारण सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने तावाखोलामाथिको मोटरबल पुल बगाएपछि ताप्लेजुङ सडक सम्पर्कबाट टुटेको छ।, संखुवासभा पनि बाढी, पहिराको चपेटमा परेको छ। , राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरण असार १ गते देखि नै बर्खे विपद्का लागि तयारी अवस्थामा रहेको बतायो।, यस वर्षको मौसम औषत दिन भन्दा एक दिन ढिलो गरी भित्रियो।, वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जुन १४ तारिखमा भित्रिएको मनसुन अक्टोबर २ सम्म रहने बताइन्।, सहकाल मानिने मनसुन हामीकहाँ चाहिँ अकाल मृत्युको कारण बन्ने गरेको छ। वर्षापिच्छे जनधनको व्यापक क्षति हुन्छ।, यसको रोकथामका लागि राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरण कार्ययोजना नै बनाएर काम गर्छ।, यसपटक पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिमितको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८०’ तयार पारेको छ। , उपप्रधान तगा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गत जेठ २८ गते बसेको बैठकले कार्ययोजना स्वीकृत गरिसकेको प्राधिकरणले बताएको छ।, यस वर्ष मनसुन नेपालभर फैलनासाथ जोखिम क्षेत्रको बारेमा जानकारी लिन ड्रोन प्रयोग गर्ने प्राधिकरणले जानकारी दियो।, त्यस्तै, उद्धारको लागि हेलिकप्टर तयारी हालतमा राखिने प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताए।, ‘क्षतिबारे जानकारी लिन ड्रोन प्रयोग गर्ने भएका छौं। उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिन्छ,’ उनले भने, ‘जनधनको रक्षाका लागि स्थानीय तह, प्रदेश, जिल्ला र संघले आवश्यक समन्वय र तयारी गरेको छ।’, उनका अनुसार १४ वटा मन्त्रालयलाई आ–आफ्नो कामको क्षेत्र बाँडफाँट गरेको छ।, गृह, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई आ–आफ्नो काम छुट्टयाइएको छ।, यीसँगै शहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सुचना प्रविधिलाई पनि अलगअलग काम तोकिएको प्राधिकरणले बतायो।, विपद् कमान्ड टोली खटाउने, सामग्री भण्डार गर्ने, मानवीय सहायता, खोजी, उद्दार तथा आवश्यक औषधि उपचारको प्रबन्ध गर्ने जिम्मा गृहमन्त्रालयले पाएको छ।, खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गरी नेपाली सेनालाई तयारी अवस्थामा राख्ने दायित्व रक्षा मन्त्रालयले पाएको छ।, उसले नागरिकको जिउधनको रक्षा गर्ने, आवश्यकता अनुसार हवाई उद्धारको बन्दोवस्त मिलाउँछ। , परराष्ट्र मन्त्रालयलाई मित्रराष्ट्रसँग सहयोग जुटाउने, अन्तरदेशीय समन्वयन गर्ने, विपद्का सामग्री ल्याउन सहजीकरण गर्ने, विदेशी नागरिक घाइते वा मृत्युको जानकारी सम्बन्धित मुलुकलाई दिने जिम्मेवारी दिइएको प्राधिकरणको भनाइ छ। , त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी तथा पहिरोले भत्किएका र पुरिएका सडक जतिसक्दो चाँडो पन्छाउने, डोजर–हेभी इक्विपमेन्टको विवरण राख्ने, सडक चालु रहे नरहेको सूचना प्रवाह गर्ने, ८७ वटा रणनीतिक स्थान तथा ११८ वटा कार्यालयमा अत्यावश्यक मेसिन र जनशक्ति तैनाथी अवस्थामा राख्ने गरी काम बाँडफाँट गरिएको छ। , यीबाहेक अन्य मन्त्रालयलाई पनि आफ्नो–आफ्नो जिम्मेवारी दिइएको छ। सम्पूर्ण निकायलाई तम्तयार राख्ने सके क्षति न्यूनीकरण गर्न सकिने पवक्ता खड्काले बताए।, कर्णाली, सुदूरपश्चिमका लागि एक–एकवटा हेलिकप्टर पश्चिम एयरबेस सुर्खेतमा तयारी अवस्थामा राखिने प्राधिकरणले बतायो।, त्यस्तै, कोसी र मधेशका लागि एक–एक वटा हेलिकप्टर इटहरीमा राखिने प्रवक्ता खड्काले बताए।, ‘बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लागि एमआइ/१७ स्काइ ट्रक–१ र सानो हेलिकप्टर एयरबेस, काठमाडौं र उपलब्ध भएमा एमआइ १७/स्काइ ट्रक–१ भरतपुरमा राख्ने योजना छ,’ उनले भने। , सेना र प्रहरीलाई असार १ गतेदेखि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको छ। , मनसुनजन्य विपद् न्यूनीकरणकै दागि देशभर १० हजार ४८ जना प्रहरी परिचलान हुने व्यवस्था मिलाइएको छ। प्रहरी आवश्यकता हेरेर थपघट हुने प्राधिकरणको भनाइ छ। , ‘५ सय ४६ युनिट अर्थात ७ हजार ४ सय ५५ जना प्रहरी जोखिम मानिएको क्षेत्रमा २४ सै घन्टा सक्रिय रहन्छन,’ प्रवक्ता खड्काले भने। , विपद् व्यवस्थापन तालिम प्राप्त २ हजार २ सय ३० जना सशस्त्र प्रहरीसहित ७४ वटा गोताखोरको टोली परिचालन गर्ने योजना छ। , उद्धारका लागि डुंगा, वाटर हेलमेन्ट, लाइफ ज्याकेटलगायतक आवश्यक सामग्रीको बन्दोवस्ती भइसकेको छ र ती सामग्री जिल्लामा पुर्याइसकिएको छ। , सामग्रीलाई स्थानीय तहमासमेत पठाउन भनिसकेको प्रवक्ता खड्काले जानकारी दिए। , देशभरका ३४ स्थानमा स्मार्ट साइरन जडान भइसकेको छ। विपद् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एकवटा तयारी हालतमा राखिएको छ। , प्राधिकरणले यसवर्ष मनसुनबाट १२ लाख ५४ हजार १ सय ८१ नागरिक प्रभावित हुने अनुमान गरेको छ। त्यहीसँगै २ लाख ८६ हजार ९९८ घरघुरी प्रभावित हुनसक्ने प्रक्षेपण उसले गरेको छ।, प्राधिकरणको तथ्यांक अनुसार पहिरोले इलाम, पाँचथर, तेह्रथुम, ओखलढुंगा, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी उच्च जोखिममा छन्। , त्यसैगरी, बाढीबाट झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर प्रभावित हुनसक्ने प्राधिकरणको अनुमान छ।, त्यसैले यी ठाउँमा खोज तथा उद्धार गर्न स्रोत–साधन र उपकरण तयारी अवस्थामा राखिएको छ।, यीबाहेक अन्य जिल्लामा पनि पूर्वतयारीलाई चुस्त तुल्याइएको प्राधिकरणको भनाइ छ।, गत वर्ष सुर्खेत, प्युठान, खोटाङ, बाजुरा, दार्चुला, मकवानपुर, नवलपुर र अछाममा बाढी पहिरोले बढी प्रभावित पारेको थियो। , ‘अघिल्लो वर्ष ५० जनाको ज्यान लिएको थियो भने ७ हजार ७ सय ७५ परिवार घरबारविहीन हुन पुगेका थिए,’ प्रवक्ता खड्काले भने। , पछिल्लो दस वर्षमा बाढी–पहिराका कारण २ हजार १४८ जनाको मृत्यु भएको छ।, २०७० देखि २०७९ सालसम्म मनसुनजन्य विपद्बाट ७७९ बेपत्ता भएका छन्। १ हजार ५ सय ६९ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ। , बाढी पहिरोका कारण एक दशकमा ८० हजार ४०५ परिवार प्रभावित भएका छन्। तीसँगै १५ हजार ८९३ घर पूर्ण क्षति भएको छ। ४५ हजार ५६२ घरमा आंशिक क्षति पुगेको देखिन्छ। , एक दशकमा बाढी पहिरोले र भारी वर्षाले १८ अर्ब ५८ करोड ८३ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नोक्सान भएको प्राधिकरणले जनाएको छ।, बाढीले १६ अर्ब २९ करोड ८४ लाख ६७ हजार र पहिरोले १ अर्ब ७७ करोड ४४ लाख ५४ हजार बराबरको धनमाल नोक्सान पुर्याएको छ। भारी वर्षाले ५१ करोड ५४ लाख २९ हजार रूपैयाँ बराबरको क्षति पुर्याएको अनुमान छ। ,
यसपालि बर्खे विपदका लागि १० हजार सुरक्षाकर्मी परिचालन, अरू के छ तयारी? |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएका छन्। , आइतबार मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै ‘आदिपुरूष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने बताएका हुन्। , शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गर्दा पनि नहटेको बताएका छन्। , 'महानगरभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ', उनले लेखेका छन्।, यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।,
‘आदिपुरूष’ को आपत्तिजनक संवाद नहटाएसम्म महानगरभित्र भारतीय फिल्म प्रदर्शन रोक्छौंः बालेन |
सेतोपाटी संवाददाता धादिङमा बन्दुकसहित चार जना शिकारी पक्राउ परेका छन्। , ज्वालामुखी गाउँपालिका-४ धौखोला दोभानटारबाट चार जनालाई शनिबार राति सवा ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। , सोही ठाउँका ६० वर्षीय पदम सिलवाल, ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरूङ र १९ वर्षीय सुमन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई जंगली जनावर शिकार गरेको आरोपमा पक्राउ गरेको हो। सुमन यसअघि पनि हातहतियार खरखजना र ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ परिसकेका छन्।, दोभानटारमा गंगा गुरूङले सञ्चालन गरेको खाजा पसलमा केही शिकारीहरूले जंगली मृत मारेर हतियारसहित खाजा खाँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको प्रहरीले खाजा पसललाई घेरामा हालेर चार जनालाई पक्राउ गरेको हो। , उनीहरूबाट प्रहरीले एक किलो ३५० ग्रामको जंगली मृतको छाला, एक किलो ९२५ ग्राम हड्डीसहितको तयारी आलो मासु र तीन वटा भरूवा बन्दुक बरामद गरेको छ। , धादिङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ। उनीहरूमाथि वन्यजन्तु शिकार सम्बन्धी कसूरमा डिभिजन वन कार्यालय धादिङबाट थप अनुसन्धान समेत हुने एसपी मिश्रले बताए।,
धादिङमा चार शिकारी बन्दुकसहित पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष डेढ वर्षपछि पक्राउ परेका छन्।, ओखलढुङगा सिद्धिचरण नगरपालिका-७ का ५० वर्षीय पासाङ भन्ने पेम सोने शेर्पालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।, प्रहरीले उनलाई शनिबार मोरङ बुढीगंगा गाउँपालिका-२ बाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।, उनी डेढ वर्षअघि काठमाडौं दक्षिणकाली-६ फर्पिङ कमलपोखरीस्थित हरिकृष्ण श्रेष्ठको टहरामा ५३ वर्षीय गोदे भन्ने प्रितीकुमार राईसँग बस्थे। सोलुखुम्बु बुङ गाउँपालिका-१का उनलाई शेर्पाले काठको चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ। , हत्यापछि उनी फरार भएका थिए। , फरार रहेका शेर्पालाई प्रहरीले खोजी गर्नेक्रममा विशेष सुचनाको आधारमा शनिबार पक्राउ गर्न सफल भएको एसपी रेग्मीले जानकारी दिए।, शेर्पालाई पक्राउ गरी कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको उनले बताए।,
फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष डेढ वर्षपछि पक्राउ |
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। दुवै क्षेत्रमा थप २६ वटा घर पनि जोखिमै छन।, रातभर परेको मुसलधारे वर्षाका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिको विवरण यकिन गर्दै गाउँपालिकाले थप क्षति र जोखिम न्यूनिकरणका लागि आवश्यक पहल सुरु गरेको छ।, बाढी र पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित क्षेत्रमा बस्न गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै विस्थापित भई अन्यत्र आश्रय लिएका केही परिवारलाई त्रिपालसहितका राहत सामग्री वितरण गरेको छ।, बाढी र पहिरोका कारण यस क्षेत्रमा सडक, विद्युत, पुल र खानेपानी आयोजनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ। बाढीले मदन भण्डारी राजमार्ग अन्तर्गत मैवाखोला–२ र ३ जोड्ने माङ्माया खोलामा रहेको मोटरेवल पुल बगाएको छ। साथै माङ्माया खोला, भालुढुङ्गा र खार्ते खोलाका झोलुङ्गे पुल समेत पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।, मैवाखोला–१ र मेरिङ्देन जोड्ने खोलाको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। बाढी पहिरोले गाउँपालिकाका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ। , कुल १८ किलोवाट क्षमताको लोदुम्बा माइक्रो हाइड्रोको ट्याङ्की र पाइप पहिरोले बगाएको छ। यस्तै ३६ किलोवाट क्षमताको याम्फेवा हाइड्रो पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने माङ्माया १ र २ मा रहेका ३२ र ६२ किलोवाट क्षमताका माइक्रो हाइड्रो पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।, ठाडेखोला लघु जलविद्युत आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने केन्द्रीय प्रशारण लाइनको पोल ढल्दा विद्युत् अवरुद्ध बनेको छ। नेरुवा खोलाको काठे पुल र माङ्माया खोला सुन्तले नजिकैको झोलुङ्गे पुल बाढीले बगाएको छ।, बाढीले विभिन्न खानेपानी आयोजनामा क्षति पुर्याउँदा खानेपानीको अभाव भएको छ। साँघुरी पाटी र कोलडाँडा खानेपानी आयोजनाको मुहान पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। मजुवा ताम्राङ वृहत खानेपानी आयोजना र नेरुवा पाङ्मा सिचाँई आयोजनाको मुहानमा पनि क्षति पुगेको छ।, ठाडेखोला लघु जलविद्युत आयोजनामा कार्यरत अपरेटर भिमबहादुर तामाङ घाईते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ। पहिरोमा पशुचौपाया समेत पुरिएका छन्।, गाउँपालिका विपद् व्यवस्थापन समितिले क्षतिको विवरण यकिन गरी राहत, उद्धार र थप जोखिम न्यूनिकरणका सम्बन्धमा आवश्यक निर्णय लिन आज बैठक बसेको थियो। सम्भावित जोखिम र क्षति हुनबाट नागरिकलाई बचाउने विषयमा गाउँपालिका सतर्क रहेको र यसमा सहयोग गर्न माथिल्लो निकायसँग समेत आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताए।,
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प |
रासस दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ।, ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा चार सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।, उक्त क्षेत्रमा थप सङ्क्रमित हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए। स्क्रिनिङ गर्दा चार पुरुष र ३७ महिलामा सिलकसेल पोजिटिभ देखिएको हो। , सिकलसेलकै कारण उपचारका क्रममा ठूलो धनराशि खर्चेको, घरपरिवारमा आर्थिक सङ्कट देखिएको, जन्मिने बालबालिकामासमेत सङ्क्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न शिविर सञ्चालन गरिएको उनले बताए।, यसअघि जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र दङ्गीशरण गाउँपालिकामा दुई हजार आठ सय दुई जनाको रगत परीक्षण गर्दा तीन सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो।, तुलसीपुर उपमहानगरमा चार सय ५४ जनाको परीक्षण गर्दा ७२ तथा घोराही उपमहानगरपालिकामा चार सय ५२ जनाको परीक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।, लमही नगरपालिकामा चार सय १६ जनाको परीक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो। राप्तीमा चार सय १८ जनाको परीक्षण गर्दा ५४, गढवामा चार सय २१ जनाको परीक्षण गर्दा ४१, राजपुर गाउँपालिकामा एक सय तीन जनाको परिक्षण गर्दा १० तथा दंगीशरणमा चार सय पाँच जनाको परिक्षण गर्दा ६६ जनामा सिकलसेल एनिमिया पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ,
दाङको नारायणपुरमा ४१ जनामा देखियो सिकलसेल एनिमिया |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ। , महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए। , उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा गरिएको थियो।, 'एउटा ट्यांकरले एकपटक फोहोर फाल्दा ५०० रुपैयाँ तिर्ने गरेको रहेछ,' उनले भने, 'करिब छ महिनादेखि त्यसरी फोहोर फाल्ने काम भइरहेको रहेछ।', बाहिर बाँस पाइन्छ भनी लेखेर त्यहाँ नदी दूषित गर्ने काम गरिरहेको कारण उक्त संरचना समेत भत्काएको उनको भनाइ छ।,
नदीमा फोहोर मिसाउने ट्यांकरलाई ललितपुर महानगरले तिरायो एक लाख जरिवाना |
सुसन चौधरी नेपालमा मुद्दालाई दुई प्रकारले विभाजन गरिएको छ —फौजदारी र देवानी।, कानुनले निषेध गरेको कुनै पनि काम गरेमा कसैलाई कम्तीमा एक दिन कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यो फौजदारी मुद्दा हुन्छ। जस्तै, १८ वर्ष नपुगेका नाबालकसित सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ। यसमा १० वर्षदेखि जन्म कैदसम्म हुन सक्छ। यस्तो घटना फौजदारी मुद्दामा दर्ता हुन्छ।, त्यसैगरी कसैको पद, सम्पत्ति वा पारिवारिक सम्बन्धसँग सम्बन्धित मुद्दालाई देवानी मुद्दा भनिन्छ। जस्तै, अंश, अपुताली, लेनदेन, करार सम्बन्धी, सम्बन्ध विच्छेद, नाता कायम, दुष्कृतिसँग सम्बन्धित मुद्दा देवानी अन्तर्गत पर्छन्।, पछिल्लो साता हामीले ,फौजदारी मुद्दामा पीडित पक्षले न्यायको लागि के गर्नुपर्छ,, जाहेरी कसरी दिन सकिन्छ, कति शुल्क लाग्छ, क्षतिपूर्तिका लागि के गर्नुपर्छ जस्ता मुद्दासित सम्बन्धित कुराको जानकारी समेटेका थियौं।, ‘वकिलसँग कानुनका कुरा’ को यस शृंखलामा हामीले देवानी मुद्दा दर्ता गर्न के गर्नुपर्छ, निवेदकको भूमिका कहाँ-कति बेला हुन्छ, वकिलको आवश्यकता कुन बेला हुन्छ, पुनरावेदन कहाँ दिन मिल्छ जस्ता कुराको जानकारी उल्लेख गरेका छौं।, देवानी मुद्दाबारे बुझ्न हामीले अधिवक्ता ममता सिवाकोटी (डिजिटल लयर) सँग कुराकानी गरेका छौं।, देवानी मुद्दा दर्ता गर्न कहाँ जानुपर्छ? के के कागजात चाहिन्छ?, देवानी मुद्दा दर्ता गर्न फिराद पत्र लिएर जिल्ला अदालत जानुपर्छ। आफ्नो मागदावी, वादी-प्रतिवादीको परिचय, मुद्दाको प्रकार, घटनाको जानकारी विस्तृतमा लेखेर फिरादपत्र बनाउनुपर्छ। देवानी मुद्दा दर्ता गर्न फिराद पत्रसँग नागरिकता, मुद्दासँग सम्बन्धित कागजात र प्रमाण जुटाएर अदालतमा पेस गर्नुपर्छ। साथै साक्षीहरूको बयानको लिखित प्रमाण र सबै कागजातको प्रतिलिपिसहित अदालतमा पेस गर्नुपर्छ।, मुद्दाको बीचमा नयाँ प्रमाण भेटिए वा प्रमाण अरूसित रहे, नयाँ निवेदन लेखी थप प्रमाण भटिएको वा सम्बन्धित ठाउँ-व्यक्तिसित भएको कुराको जानकारी अदालतलाई दिनुपर्छ। अदालतले प्रमाणको प्रकार बुझेर उपयुक्त आदेश जारी गर्न मिल्छ।, मुद्दा दर्ता गर्दा निवेदक आफैंले लेख्न पाइन्छ कि पाइँदैन?, मुद्दा दर्ता गर्दा निवेदक आफैंले निवेदन मस्यौदा गर्न पाउँछन्। आफैं फिराद पत्र लेख्न चाहने निवेदकले मुलुकी देवानी कार्यविधि संहिताको दफा ९५ मा यसको ढाँचा पाउँछन्। फिराद पत्रको प्रतिउत्तर लेख्न चाहने निवेदकले मुलुकी देवानी कार्यविधि संहिताको दफा १२० मा रहेको ढाँचा हेर्न सक्छन्। ढाँचामा निवेदकले फिराद पत्रमा के-कस्ता कुरा खुलाउनुपर्छ भनेर स्पष्ट रूपमा उल्लेख गरेको हुन्छ। आफैं निवदन लेख्न नसक्ने व्यक्तिले वकिल वा जानकारी भएको व्यक्तिसँग सहयोग लिन सक्छन्। , देवानी मुद्दाको दस्तुर कति लाग्छ?, देवानी मुद्दा दर्ता गर्दा फिराद पत्र र प्रतिउत्तर पत्रको दस्तुर दुई सय रूपैयाँ प्रतिपत्र तोकिएको छ। दस्तुरको रसिद जिल्ला अदालतमा पाइन्छ जुन मुद्दा दर्ता गर्दासँगै पेस गर्नुपर्छ। पुनरावेदन पत्रको दस्तुर तीन सय रूपैयाँ छ।, मुद्दाको विगो अर्थात लेनदेनको रकमअनुसार अदालतले शुल्क तोकिदिएको हुन्छ। मुद्दापिच्छे विगो फरक हुने हुँदा अदालती शुल्क पनि फरक हुन्छ। , वकिल कति खेर राख्नुपर्छ? देवानी मुद्दा लड्न वकिललाई कति पैसा दिनुपर्छ?, मुद्दा दर्ता भएर पेसी चढेपछि बहसका लागि अदालत जानुपर्ने हुन्छ। यस बखत वकिलको आवश्यकता पर्छ। फिरादबाहेक अन्य निवेदन नभएको खण्डमा वा अन्तरकालीन आदेशको निवेदन दर्ता गर्न वकिलको आवश्यकता पर्दैन। अन्तरकालीन आदेशको सुनुवाइका बेला भने कानुन व्यवसायी राख्नुपर्छ। , कानुनी व्यवसायीलाई दिनुपर्ने शुल्कबारे कतै तोकिएको छैन। यद्यपि मुद्दाको प्रकृति, अवधि र वकिलको अनुभव र सीपका आधारमा मुद्दाको शुल्क फरक हुन्छ। , देवानी मुद्दा दर्ता भइसकेपछि के के प्रक्रिया हुन्छन्?, देवानी मुद्दा दर्ता भइसकेपछि प्रतिपक्षीलाई जानकारी गराइन्छ। २१ दिनभित्र अर्को पक्षबाट प्रतिउत्तर आएन भने थप १५ दिनको म्याद थप्न मिल्छ। प्रतिपक्षबाट प्रतिउत्तर आएपछि पेसीका लागि तारिक तोकिन्छ। सो मुद्दा अब इजलासमा जान्छ जहाँ न्यायाधीशले दुवै पक्षको बहस सुन्छन्। दुवै पक्षको प्रमाण पेस हुन्छ। वादी-प्रतिवादी दुवैको बयान लिइन्छ। साक्षीको बकपत्र लिइन्छ। सबै प्रमाण बुझ्ने प्रक्रिया सकिएपछि फैसलाको कार्य अघि बढ्छ।, फैसला कति समयमा हुन्छ? पुनरावेदन कहिले र कहाँसम्म गर्न पाइन्छ?, प्रमाण लिने कार्य र बहस सकिएपछि सुनुवाइको एक महिनाभित्र फैसला आउँछ। जिल्ला अदालतबाट आएको फैसलामा वादी-प्रतिवादीलाई चित्त नबुझे पुनरावेदन दिन मिल्छ। फैसला आएको थाहा पाएको ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन हाल्न मिल्छ। पुनरावेदन हालेपछि सोही प्रक्रियाले मुद्दा अगाडि बढ्छ। उच्च अदालतले मुद्दालाई जस्ताको त्यस्तै सदर गरिदिए सामान्यतय पुनः पुनरावेदन हाल्न मिल्दैन। यस्तो अवस्थामा ४५ दिनभित्र मुद्दा दोहोर्याइ पाऊँ भनेर सर्वोच्च अदालत जान मिल्छ।, मुद्दा दोहोर्याइ पाऊँ भनेर हालेको मुद्दाको फैसलामा केही फरक फैसला भएको र कानुनी त्रुटि फेला परेमा वा तथ्यगत त्रुटि भएको देखिए सर्वोच्चमा पुनरावलोकनका लागि जान सकिन्छ।, देवानी मुद्दा हाल्दा याद राख्नुपर्ने कुरा के हुन्?, अंश, सम्बन्ध विच्छेद, नाता प्रमाण, लेनदेन आदि जस्ता देवानी मुद्दाको समस्या आएमा सबैभन्दा पहिले जिल्ला अदालत गएर फिराद दर्ता गर्न सकिन्छ। अथवा तपाईंविरूद्ध फिरादको म्याद आएमा तपाईंले तोकिएको समयभित्र प्रतिउत्तर पत्र हाल्नुपर्ने हुन्छ। , निवेदन हाल्दासम्मको कार्य तपाईं आफैंले गर्न सके पनि कानुनी सरसल्लाहका लागि वकिलको परामर्श लिए राम्रो हुन्छ। प्रक्रियागत रूपमा मुद्दा दर्ता भइसकेपछि कार्यविधि वा मागमा त्रुटि भए फैसला आउन्जेलसम्म असर पर्ने हुँदा सुरूमै यसबारे सम्पूर्ण जानकारी लिएर मात्र अगाडि बढ्न आवश्यक छ। ,
,
देवानी मुद्दा भनेको के हो? कस्तो छ कानुनी प्रक्रिया? |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय ब्रान्ड 'केल्मी' को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।, पर्वत ठूलोपोखरी गाउँपालिका- ३ घर भई काठमाडौं- २१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।, केल्मी ब्रान्डको कपडा अनधिकृत रूपमा बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरी वृत्त जनसेवाको टोलीले दुई जनालाई पकाउ गरेको हो।, केल्मी लेखिएका ८४ वटा ट्राउजर, ७४ वटा जम्पर, ५४० वटा हाफ र फुल टिसर्ट र १० वटा स्यान्डो प्रहरीले बरामद गरेको छ। , प्रहरीले अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।,
'केल्मी' ब्रान्डका नक्कली कपडा बनाउने पक्राउ |
सेतोपाटी संवाददाता कोशी प्रदेशका तीन वटा जिल्लामा बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ। , गएरातिको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा मानवीय एवं भौतिक क्षति पुगेको छ। बाढी र पहिरोका कारण चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। , ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६मा मेहेलेमा पहिरोमा पुरिएर चार जना बेपत्ता भएका थिए। जसमध्ये एक जनाको शव फेला परेको हो। सोही ठाउँका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले जानकारी दिए। , उनका अनुसार घटनामा अझै तीन जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।, पहिरोमा पुरिएका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुढाक्षेत्री बेपत्ता छन्। , ताप्लेजुङमा राति परेको अविरल वर्षका कारण विभिन्न ठाउँमा पहिरो खसेका छन्। कतिपय ठाउँका घरहरू जोखिममा परेका छन् भने कतिपय ठाउँका झुलुङ्गे पुल समेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, डिएसपी लिम्बूका अनुसार मैवाखोला गाउँपालिकाको ओदक गाउँमा पनि पहिरो खसेको छ। २०-२१ घर रहेको ठाउँमा पहिरो खसेपनि स्थानीयले उद्धार गर्न नपर्ने जानकारी गराएको उनले बताए। , यस्तै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढी-पहिरोमा पुरी बेपत्तामध्ये दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालयका पाँचथरका डिएसपी हरि खतिवडाका अनुसार फालेलुङ गाउँपालिका-३ मा पहिरोबाट आइतबार बिहान ९ वर्षीया बालिका जुना सावदेनको जिवितै उद्धार गरिएको थियो। उनको पनि पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी खतिवडाले बताए। , अर्का एक जनाको पनि शव फेला परेको उनले बताए। , हिलिहाङ गाउँपालिका-७ घर भई माउन्टेन बी हाइड्रोमा सेक्युरिटी गार्डको काम गर्ने ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ घर भई सेक्युरिटी गार्डको काम गर्ने २८ वर्षीय हेमराज भन्ने संजोग लिम्बु, फिदिम-५ घर भई हेवा खोलामा गिटी कुट्ने काम गर्ने ५५ वर्षीय राजकुमार राई, हिलिहाड्ड-७ का बोतल हाउस होटलका सञ्चालक २८ वर्षीय आशिष माझी र उनकी श्रीमती २५ वर्षीया एलिसा माझी बेपत्ता हुन्।, उनीहरूमध्ये अर्का एक जनाको शव फेला परेको हो। यद्यपि सनाखत हुन बाँकी छ। चार जना अझै बेपत्ता छन्।, त्यसैगरी संखुवासभामा पनि हेवाखोलामा बाढी-पहिरोका कारण एक जनाको मृत्यु भएको छ। पाँचखपन नगरपालिकाका २६ वर्षीय सन्तोष राईको आइतबार दिउँसो शव फेला परेको हो। , जिल्लामा बाढी र पहिरोमा परी २१ जना विभिन्न ठाउँमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताहरूको नाम प्रहरीले पाइसकेको छ। , उनका अनुसार तीन जना सामान्य घाइते समेत भएका छन्। जसमध्ये दुई जना मजदुरलाई प्रहरीले उद्धार गरेको हो। , सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारूको उद्धार भएको हो।, तीन वटा जिल्लामा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारको काम भइरहेको छ। ,
बाढी-पहिरो अपडेट: चार जनाको मृत्यु, २८ जना बेपत्ता |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरमा भएको जिप दुर्घटनामा थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। , सल्यानको छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका ८ वर्षीय पवन बिकको उपचारका क्रममा आइतबार बाँकेस्थित नेपालगंज नरसिंह होममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, दुर्घटनामा उनकी २१ वर्षीया आमा गीता बिक पनि घाइते छिन्। उनीसँगै ६ वर्षीया छोरी स्नेहा बिकको पनि उपचार भइरहेको कार्यालयले जनाएको छ। , गत शुक्रबार तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकै दुर्घटनामा परेको थियो। रा १ ज ५५६ नम्बरको जिप ६० मिटर तल खसेको थियो। , दुर्घटनामा चालक रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ ओत निवासी ४० वर्षीय बिष्णु पुन मगरको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। , दुर्घटनामा घाइते रहेका अन्यको पनि उपचार जारी रहेको प्रहरीले जनाएको छ। , गंगादेव–१ बिवाङका २३ वर्षीय बलबहादुर वली, ३२ वर्षीया गौशला वली, ४२ वर्षीय दुलबहादुर वली र २० वर्षीया रिता डाँगीको नरसिंह होममा आइसियुमा राखेर उपचार भइरहेको छ।, तुलसीपुर उपमहानगरपालिका–१५ का ३३ वर्षीय खुसीराम चौधरी, ६ वर्षीया स्नेहा बिक र भारतको बंगाल कलकत्ताका ३० वर्षीय सादाम हुसेनको नर्मल वार्डमा उपचार भइरहेको छ।, यो पनि: ,दाङ जिप दुर्घटनामा चालकको मृत्यु, घाइतेमध्ये चार जना बाँके रिफर,
जिप दुर्घटनामा घाइते बालकको उपचारको क्रममा मृत्यु |
रासस विद्युतको मिटर-बक्सबाट सल्किएको आगोले खोटाङको दिक्तेल, रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।, घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आइतबार दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात लगायतका धनमाल पूर्ण रूपमा जलेर नष्ट भएको हो।, ढुंगा/माटोले बनेको जस्तापाताको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा ३२ लाख रूपैयाँभन्दा बढीको धनमाल पूर्ण रूपमा जलेर क्षति भएको घटनास्थलमा पुगेका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिए।, मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए।, 'दिउँसो करिब दुई बजेको समयमा मिटर-बक्सबाट आगो लाग्न सुरू भएको रहेछ। छरछिमेक जम्मा हुँदा आधाजति जलिसकेको थियो,' उनले भने, 'दन्किरहेको आगो तत्कालै नियन्त्रण गर्ने कुनै उपकरण थिएन। घरायसी उपकरण प्रयोग गरेर तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भयो।', दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब पाँच घन्टापछि मात्र नियन्त्रणमा लिन सफल भएको स्थानीय समाजसेवी हर्कराज राईले जानकारी दिए।, आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार हातमा लिएर घटनास्थल पुगेका थिए। , वृद्ध भइसकेका श्रीमान र श्रीमती दुई जना मात्रै बस्दै आएको घर तथा सबै सामान जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन्। खार्मीमा भएको आगलागी पीडित मगर परिवारलाई भोलि (सोमबार) जिल्ला विपद व्यवस्थापन समितिका टोलीसहित घटनास्थलमै पुगेर राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए।, तत्कालका लागि व्यवस्थापन तथा संयोजन गर्न वडा कार्यालयलाई भनिएको नगरपालिकाले जनाएको छ। आगलागी पीडित मगर दम्पतीलाई तत्कालका लागि सोही स्थानका राजकुमार राईको घरमा खाने र बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए।,
मिटर-बक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति |
रासस वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा छन्।, लामाले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी वलीबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौंको बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।, पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।,
कतार पठाइदिन्छु भन्दै पैसा ठग्ने एक युवक पक्राउ |
सेतोपाटी संवाददाता आफ्ना छोरा छोरी बिरामी भएपछि छिमेकीलाई बोक्सीको आरोप लगाउने दुई जना पक्राउ परेका छन्।, दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ गैरीगाउँको संगम टोलकी ३३ बर्षीया सस्वती गुरुङ र घोराही – २ का झाँक्री ४५ बर्षीय यमबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। , गत जेठ ३१ गते सस्वतीले आफ्ना छोराछोरी बिरामी भएपछि यमबहादुरलाई झाक्री बस्न बोलाएकी थिइन ।, जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार बोक्सीको आरोप लगाएपछि पीडित महिलाले सरस्वती र झाँक्री यमबहादुरविरूद्द प्रहरीमा जाहेरी दिएकी थिइन्।, ‘म र मेरो कान्छी देउरानीलाई बोक्सी भन्दै हामीले मिलेर बुहारी सरस्वतीको बिरामी छोरालाई खान खोजेको भनेर झाँक्री बोलाइ हाम्रो प्रतिष्ठामा आँच आउने र सामाजिक रूपमै बहिष्कार गराउन खोज्ने विरूद्ध कानुनी कारबाही गरिपाउँ,' पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।, सोही जाहेरीका आधारमा झाँक्र्री बस्दा उनीहरुले बोलेका प्रमाणसमेत संकलन गरि प्रहरीले सस्वती र झाँर्की सार्कीलाई जेठ ३१ गते बिहान २ बजे झाँक्री बसिरहेकै अवस्थामा नियन्त्रणमा लिइएको डिएसपी गौतमले जानकारी दिए ।, पक्राउ परेका दुई ब्यक्तिका बिरुद्धमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए।, पक्राउ परेका दुबै जना बिरुद्ध बोक्सीको आरोप सजाय ऐन २०७२ को उपदफा ३ को (च) अन्तरगत धामी झाँर्कीको माध्यमबाट बोक्सीको आरोप लगाउन नहुने सम्बन्धी कसुरमा मुद्दा चलाइएको उनले बताए।,
बोक्सीको आरोप लगाउने दुईजना पक्राउ |
सेतोपाटी संवाददाता रोल्पा प्रहरीले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई ३८ बर्षपछि पक्राउ गरेको छ।, जिल्लाको गंगादेव गाउँपालिका – ६ का झारखोलाका ६२ बर्षीय सर्वजित राना पक्राउ परेका हुन्।, ३८ बर्षदेखि फरारको सूचीमा रहेका रानालाई प्रहरीले त्रिबेणी गाउँपालिका – ३ कोइलाबाट असार १ गते पक्राउ गरेको हो।, बलात्कार मुद्दामा जिल्ला अदालत रोल्पाको २०४२ साल कात्तिक १९ गतेको फैसलाले दोषी ठहर गर्दै तीन बर्ष, तीन महिना १८ दिन काराबासको सजाय तोकेको थियो।, त्यसयता राना फरारको सूचीमा थिए । पक्राउ पछि रानालाई जिल्ला अदालत उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन्।, जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक बर्षमा ३७ जना फरार प्रतिबादी पक्राउ गरेको जानकारी दिएको छ।, उनीहरुबाट चार लाख ५४ हजार ६ सय दश रुपैंया जरिवाना र ७० बर्ष ११ महिना चार दिन कैद भुक्तान हुने प्रहरी निरीक्षक भुसालले जानकारी दिए।,
३८ वर्षपछि पक्राउ परे बलात्कार मुद्दाका फरार अभियुक्त |
सेतोपाटी संवाददाता चितवनको कालिका नगरपालिकाले खाना फाल्न नपाउने नीति ल्याएको छ। आइतबार पारित भएको नीति तथा कार्यक्रममा खाना फाल्नेलाई नियमन गर्न कार्यविधि बनाएर लागू गर्ने उल्लेख छ।, नगरपालिकाका मेयर विनोद रेग्मीले विवाह, व्रतवन्ध, भोजभतेर, बनभोज तथा पाटी प्यालेसमा खाना फाल्नेलाई नियमन गरिने बताए। यसका लागि विद्यालय तथा टोलस्तरमा खाद्य सुरक्षा, खाद्य संस्कार सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए।, ‘आयोजकलाई स्वागतद्वारमै खान नफाल्न अनुरोध गरिएको तुल, व्यानर वा सूचना राख्न अनुरोध गर्छौं। परिवार तथा समुदायमा खाना नफाल्ने संस्कार सिकाउन अनुरोध एवम् प्रोत्साहन गर्छौं,’ उनले भने, ‘खानाको सम्मान तथा बचत गर्ने बानीको विकास गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ।’, कालिका नगरपालिकाको पहाडी क्षेत्रमा खानाको अभाव हुने गर्छ। चेपाङ बाहुल्य क्षेत्रमा खानाको अभावले बाँच्नै गाह्रो हुने तर तल्लो भेगमा खाना खेर फाल्ने प्रवृत्ति रहेको रेग्मी बताउँछन्। नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा धुम्रपान, मध्यपान तथा गुड्का सेवन गर्न बन्देज लगाउने, नगरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य तथा पेय पदार्थको विक्री वितरण तथा विज्ञापन गर्नेलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने पनि उल्लेख छ।, उनले ‘मिठो मसिनो खाउँ, पोसिलो खाउँ तर खाना नफालौं’ नारा दिएर उत्पादनमा पनि प्रोत्साहन गर्न लागेको बताए। नगरबासीलाई जग्गा बाँझो नराख्न, करेसाबारी बनाउन, रैथाने बाली लगाउन प्रोत्साहन गर्ने रेग्मीले बताए। , नीति तथा कार्यक्रममा प्रांगारिक मल, झोल मल, भर्मी कम्पोष्ट मल बनाई प्रयोग गर्ने किसानलाई अनुदान तथा प्राविधिक सहायता प्रदान गर्ने उल्लेख छ। मेयर रेग्मीले आफू पनि विषादी रहित खाने र अरुलाई पनि त्यस्तै खुवाउन रसायनिक मलको खपत घटाउँदै प्रांगारिक मलको प्रयोगगरी खेती गर्न प्रोत्साहन गर्ने बताए।,
कालिका नगरपालिकामा खाना फाल्न नपाइने |
रासस ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।, पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए। उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ।, मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो। घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकप्टरको आवस्यकता देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको उनको भनाइ छ।, घर नजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए। शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन।, मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताए। मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ।, निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ।, मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ।,
ताप्लेजुङको मेहेलेमा पहिरोः दुईजना घाइते, एक बेपत्ता |
रासस सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ।, गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।, शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।, वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् । त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता छन्।, चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ ।, चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।, बाढीले तीन पक्की पुलमा क्षति पुर्याएको छ।, घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षति भएको छ।,
हेवा खोलाको बाढीमा बेपत्ता २२ जनाको पहिचान खुल्यो |
सेतोपाटी संवाददाता कर्णाली नदीमा जिप खसेको छ।, सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।, नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ओर्लेका थिए।, जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए।, उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको डिएसपी भट्टराईले बताए।, दुर्घटनाबारे थप अनुसन्धान भइरहेका कारण विस्तृत विवरण आउन बाँकी छ।,
कर्णाली नदीमा जीप खस्यो |
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, प्रदेशमा सामान्य बदली रही रै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।, देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।, दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने महाशाखाले जानकारी दिएको छ। , महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , कोशी प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ।, मेघ-गर्जन/चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव (debris flow) तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,
यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्।, पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।, पहिरोमा परेर थप एकजना गम्भीर घाइते भएका छन्।, सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन्। उपचारका लागि लैजाने सबै बाटाहरु बन्द भएकाले विकल्प खोज्ने क्रम भईरहेको प्रहरीले जनाएको छ। ,
पहिरोमा पुरिएर ताप्लेजुङमा बाबु-छोराको मृत्यु |
डा.ओमकृष्ण पाठक नवजात शिशुको हेरचाह गर्दा हामीले दुइटा पाटोलाई ध्यान दिनुपर्छ। एउटा सामान्य किसिमले जन्मेका बच्चा हुन्छन् भने अर्को फरक तरिकाले जन्मेका बच्चा हुन्छन्।, सामान्य तरिकाले जन्मेका, सबै अवस्था सामान्य भएका, जन्मिनासाथ रोएका बच्चालाई सामान्य हेरचाह गर्दा हुन्छ। यस्तो बच्चालाई न्यानो बनाएर राख्ने, सकेसम्म आमाको छातीमा टाँसेर राख्ने, कम्तीमा एक घण्टाभित्र (सकेसम्म आधा घण्टामा) आमाको दूध चुसाउनुपर्छ।, नाभीमा मल्हम लगाउने अनि भिटामिन के दिनुपर्छ। ६ महिनासम्म आमाको दूध मात्र चुसाउनुपर्छ।, महिना नपुगी जन्मेका बच्चालाई समेत धेरै बचाउन सकिएको छ। २५\२६ हप्तामा जन्मेका बच्चा समेत बचाउन सफल भएका छौं।, नवजात शिशुलाई संक्रमणले गम्भीर असर पुर्याउँछ। रोगसँग लड्ने क्षमता बच्चाको कम हुन्छ। यस्ता बच्चाको हेरचाह विशेष किसिमले गरिन्छ। रोग अनुसार बच्चाहरूको हेरचाहको विधि अपनाउनुपर्छ। बच्चाको अवस्था अनुसार उसलाई अस्पतालमा कति राख्नुपर्छ र कसरी राख्नुपर्छ भनेर निर्धारण गर्नुपर्छ।, सामान्य शिशुले सुरूमा राम्रोसँग सास फेरेको छ कि छैन भनेर हेर्नुपर्छ। धेरै बच्चाले सुरूमा छिटो छिटो सास फेर्छ त्यसपछि सामान्य हुन्छन्। अस्पतालबाट डिस्चार्ज हुनेबेला बच्चाको स्वास्थ्य अवस्था हेर्नुपर्छ भने आमालाई पनि सामान्य जानकारी दिनुपर्छ। कस्तो अवस्थामा अस्पताल आउने भनेर समेत भन्नुपर्छ।, नवजात शिशुलाई ज्वरो आयो भने, हातखुट्टा चिसो भयो भने, बच्चा लत्रक्क पर्यो भने, जे खाए पनि उल्टी भयो भने, हातखुट्टा पहेंलो भयो भने, शरीरमा पाकेको फोका धेरै देखियो भने, हात खुट्टा नीलो वा दह्रो भयो भने अथवा नाभीको संक्रमण छालासम्म गयो भने नवजात शिशुलाई अस्पताल ल्याउनुपर्छ।, नवजात शिशुलाई आगो र धुँवाले सेक्नु हुँदैन। त्यसले फोक्सोसम्म असर गर्छ। आगो बालेर बच्चालाई सेक्नै हुँदैन। बच्चालाई तातो बनाउने धेरै उपाय छन्। टाउकोमा टोपी लगाइदिने, पञ्जा लगाइदिने र पातलो कपडाले र्याप गरिदिन सकिन्छ। सेक्नै पर्यो भने हिटर बालेर सेक्नु पर्छ। तर धेरै समयसम्म हिटर बाल्नु हुँदैन। बच्चालाई कानमा तेल पनि हाल्न हुँदैन। त्यसले गर्दा बच्चालाई कानमा संक्रमण हुने, ढुसी पर्ने हुन्छ। आँखामा गाजल समेत लगाउन हुँदैन। त्यस्तो गर्दा आँसु बग्ने नली बन्द हुनसक्छ। बच्चालाई मह चटाउने, पानी खान दिने गर्नु हुँदैन। ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ।, प्राय: बच्चाले जन्मेको २४ घण्टामा दिसा र ४८ घण्टामा पिसाब गर्नुपर्छ। एकपटक दिसा र पिसाब गरिसकेपछि बच्चाले हरेक दिन पिसाब गर्नुपर्छ। पाँच दिनपछि बच्चाले दिनमा पाँचपटक पिसाब गर्छ। कहिलेकाहीँ बच्चाले ७\८ दिनसम्म दिसा नगर्न सक्छ र दिनमै ७\८ पटक दिसा गर्नसक्छ।, बच्चा सबै ठीक छ, ३४ हप्ताभन्दा माथि जन्मेको र १८ सय ग्रामभन्दा बढी तौल भएका बच्चालाई हामीले घर पठाउँछौं।, आमाको गर्भमा रहँदा आमालाई पौष्टिक आहार पुगेको छैन र अरू कुनै समस्या भएमा बच्चाको तौल कम हुने सम्भावना रहन्छ।, नेपाल सरकारको विभिन्न प्रयासले ८० प्रतिशत बच्चा स्वास्थ्य संस्थामा जन्मेका छन्। नवजात शिशुलाई कम्तीमा २४ घण्टा अस्पतालमा राख्नुपर्छ। उसमा कुनै खतरा छ कि छैन भनेर मात्रै घर पठाउनुपर्छ।, महिना नपुगी जन्मेका बच्चाहरू बाँच्ने क्रम बढेको छ। यसलाई अझै बढाउनको लागि मिल्क बैंकलाई विस्तार गर्नुपर्छ।, (चितवनको भरतपुर अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.ओमकृष्ण पाठकसँग सेतोपाटीका लागि सन्जिब बगाले र राजेश घिमिरेले भिडिओ कुराकानी गरेका छन्।),
बच्चालाई किन आगोमा सेक्न, गाजल लगाउन हुँदैन (भिडिओ) |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ।, शुक्रबार राति अन्दाजी ११ बजे जिल्लाकै पुतलीबजार नगरपालिका-१० बरजास्थित सिद्धार्थ राजमार्गमा उनी चढेको बा १५ च १७०९ नम्बरको स्कारपिओ गाडी दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको भएपनि चिकित्सकले ११:४० बजे उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र अधिकारीले जानकारी दिए।, उनका अनुसार गिरी राङखोलाबाट स्याङ्जा बजारतर्फ जाँदै थिए। उनी सवार गाडी अनियन्त्रित भइ दुर्घटना भएको थियो।, गाडीचालक पुतलीबजार नगरपालिका-९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिइएको डिएसपी अधिकारीले जानकारी दिए।,
सवारी दुर्घटनामा बिते चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरी |
रासस काठमाडौंबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।, काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो।, यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो।, काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो।, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए ।, महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन्। माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ।, नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको जानकारी दिए।, 'नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ,' उनले भने।, यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए। यसअघि काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र वल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए।, काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो। एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङको क्षमता छ।,
नयाँ बसपार्कमा थपियो ५६ टिकट काउन्टर |
सेतोपाटी संवाददाता मानव बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै प्रहरीले एक महिनामा ९८८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर फर्काएको छ। , नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जेठमा मात्रै ९८८ जनालाई विमानस्थलबाट फर्काएको एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। , भ्रमण भिसा वा नक्कली श्रम स्वीकृत बनाएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई मानव बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै प्रहरीले उनीहरूलाई फर्काएको हो।, एसएसपी श्रेष्ठका अनुसार उनीहरूलाई परामर्श दिएर फर्काइएको हो। , २०७९ वैशाखदेखि २०८० जेठ मसान्तसम्म प्रहरीले ३ हजार ७६४ जनालाई परामर्श दिएर फर्काएको छ। जसमध्ये ३४ जनालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत फर्काएको ब्युरोले जनाएको छ। , गत माघ यता भने प्रहरीले २ हजार ७६२ जनालाई फर्काएको हो। , माघमा २५० जना, फागुनमा ५५७ जना, चैतमा ६५३ जना, वैशाखमा ३१४ र जेठमा ९८८ जनालाई प्रहरीले फर्काएको हो। , भ्रमण भिसामा वैदेशिक रोजगारका लागि धेरैजसो मानिसहरू मानवबेचबिखनमा पर्ने गरेका छन्। कतिपय रोजगारीका लागि जाँदा अलपत्र पर्ने, श्रम शोषण, यौन हिंसामा समेत पर्ने गरेको छ। , ब्युरोले यस्ता जोखिमलाई मध्यनजरमा राखेर विमानस्थलबाटै जोखिममा पर्न सक्ने पहिचान गरी फर्काउन थालेको हो। ब्युरोले मानव बेचबिखनमा परेकाहरूको पनि उद्धार गर्दै आएको छ। ,
मानव बेचबिखनको जोखिम: जेठमा मात्रै प्रहरीले फर्कायो विमानस्थलबाट ९८८ जनालाई |
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।, शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।, प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए।, ६ जनाको अवस्था सामान्य रहेको र घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको उनले बताए।, बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर डाँगीले बताए।, प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ।, 'बस करिब १० मिटर घिस्रिएको छ, दुर्घटना कसरी भयो भन्ने अनुसन्धानमै छौं,' इन्सपेक्टर डाँगीले भने।, घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको पनि उनले जानकारी दिए।,
इमाडोलमा बीच सडकमै पल्टियो लुभुबाट लगनखेल आउँदै गरेको बस |
सेतोपाटी संवाददाता राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो।, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो। समितिका अध्यक्ष किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।, उनले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पुर्याउने वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिएका छन्।, नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ।, चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो। बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ।, अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ।, यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो।, चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भए तापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ। चुरे क्षेत्र बाघ, भालु, गैँडा, हात्ती, अर्ना र अन्य वन्यजन्तुको वासस्थान रहनुका साथै विविध किसिमका जडीबुटीजन्य वनस्पतिको खानी पनि हो। तराई र मधेस क्षेत्रमा सिँचाइको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य पहाडी शृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हो।, तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्ने हुन्छ। अध्यक्ष पौडेलले ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु नहुने बताए।, चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दो छ। 'बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,' अध्यक्ष पौडलले भने।, चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न उनले आग्रह गरे।,
नवौँ चुरे संरक्षण दिवस मनाइँदै |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले जेठ २७ गते देखि असार १ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, गत शनिबार काठमाडौंमा आयोजना गरिएको प्राइड परेड (गौरव यात्रा)। तस्बिर: निशा भण्डारी/सेतोपाटी, तलब नबढेको भन्दै काठमाडौंको माइतीघरमा विद्यालय कर्मचारीको आन्दोलन। तस्बिर: निशा भण्डारी/सेतोपाटी, संसद भवनमा विद्यार्थी। संसदको अवलोकन गर्ने पुगेका विद्यार्थी राष्ट्रगानको लागि उभिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतमा स्वगत गर्दै कर्मचारीहरू। तस्बिर:नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको खुल्लामंचमा आयोजित भुम्या पर्वमा परम्परागत नृत्य गर्दै मगर समुदायका मानिसहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको स्वयम्भूमा पर्यटकहरूले ल्याएको कोक पिउँदै गरेको बाँदर। तस्बिर:नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको बौद्ध स्थित एक होटलमा कोरिएको कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको थ्रीडी तस्बिर। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, हिमाल आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पाकिस्तानको के टु आरोहणको निम्ती प्रस्थान गर्नुअघि आफ्ना हिमाल चढ्ने सामग्रीसंग तस्बिर खिचाउँदै। तस्बिर:नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको नयाँबसपार्क बाहिर रहेको एउटा टिकट काउन्टर भत्काउँदै नगर प्रहरी। तस्बिर:नवीनबाबु गुरुङ/सेतोपाटी, आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूले काठमाडौंमा थाल थटाएर गरेको विरोध। तस्बिर:नवीनबाबु गुरुङ/सेतोपाटी, चिडियाखानामा कलाकारहरूले काठको मुडाबाट बनाएको एउटा गोहीको मुर्ति। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको बसुन्धरा स्थित खोला छोपिएको भाग हटाउँदै महानगर। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, विद्यार्थी संघले उच्च शिक्षा ऐन', 'संघीय शिक्षा ऐन' लगायतका ऐनलाई संसदमा प्रस्तुत गर्न र संसदीय शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारितका लागि मार्गप्रशस्त गर्न माग गर्दै प्रदर्शन गरेपछि पक्राउ परेका एक विद्यार्थी। तस्विर:नवीनबाबु गुरुङ/सेतोपाटी,
साताका तस्बिर |
सेतोपाटी संवाददाता पाल्पाको तिनाउ नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। , तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ नदी ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। , मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार छन्। , उनी शनिबार मध्यान्हमा तिनाउमा पौडी खेल्नेक्रममा अचानक डुबेर बेपत्ता भएका थिए। उक्त खबर पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई साढे १ बजे अचेत अवस्थामा फेला पारेको थियो। उद्धार गरी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको थियो। , त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।,
,
नदीमा डुबेर एक किशोरको मृत्यु |
रासस ‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ। लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन्। दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन्। , सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर ठूलो वर्षा हुनासाथ झस्कने गरेको नासो गाउँपालिका–५ धारापानीका कृष्ण गुरुङले बताए।, ‘अलि ठूलो पानी परेपछि मन झसंग हुन्छ, फेरि पनि ठूलो पानी पर्यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भन्ने लाग्छ’, उनले भने। , चामेका फुर्वा लामाले भने, ‘लामो समयसम्म ठूलो वर्षा भयो भने मन आतिन्छ। कहीँ जानआउन गर्नसमेत गाह्रो हुन्छ, कहीँबाट सहज रुपमा सहयोग पाउन पनि समस्या हुन्छ।’ उनले जोखिमको सतर्कता अपनाउन सुझाव प्रशासनले दिइरहेको भन्दै विपद्लाई सामान्य रुपमा भने लिन नहुने बताए।, डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत मनाङका विभिन्न स्थानमा सुक्खा पहिरा खसिरहेको हुन्छ।, ‘यस सडक खण्डअन्तर्गत हुनसक्ने सुक्खा पहिराका कारण बेलाबेलामा सडक अवरुद्ध हुने गर्छ,’ नासो–५ का वडाध्यक्ष थुदेन लामाले भने, ‘समयानुकूल रुपमा समाधान गर्ने गरेका छौं।’ , उनका अनुसार जेठ ११ मा चट्टानसहितको सुक्खा पहिरा खस्दा उक्त सडक अवरुद्ध भएको थियो। , बर्खायाम वा अन्य समयमा पनि यहाँको यात्रा सहज छैन। बर्खायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ। बर्खायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किने हुँदा मनाङवासी, पर्यटक आवतजावतमा समस्या हुने गरेको छ। , मनाङमा विकास निर्माणका काम गर्न सहज नभएको लामाले बताए।, ‘बजेट विनियोजन भएर आए पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न सकस हुने गर्दछ। वर्षको तीनदेखि पाँच महिना मात्रै काम गर्न सकिन्छ’, उनले भने। , मनाङ हिमाली जिल्ला भएकाले निरन्तर विकास निर्माणको काम गर्न सहज नहुने स्थानीय बताउँछन्।,
वर्षा हुँदा झस्किन्छन् मनाङवासी |
रासस ट्राफिक कारबाहीमा परेकाले अब भक्तपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन्।, ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरमा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ।, मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लंघन गरेको, तीव्र गति र रातोबत्ती उल्लंघन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ। , जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक राजु कार्कीले भन्नुभयो, ‘असार ३ गते आइतबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले भक्तपुरमा सुरू हुने सचेतना कक्षाको उद्घाटन गर्नु हुनेछ। आइतबार उहाँकै उपस्थितिमा ट्राफिक कारबाहीमा परेका चालकलाई पहिलो सचेतना कक्षा सञ्चालन गरिनेछ।’, मादक पदार्थ सेवन गरेका बाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारबाहीमा पर्ने चालक अब जरिवाना तिर्न र सचेतना कक्षा लिन काठमाडौं जानु नपर्ने भन्दै उनले जरिवानालगायत सचेतना कक्षाको व्यवस्था ट्राफिक कार्यालय भक्तपुरमा गरिएको जानकारी दिए। , मापसेमा परेकाका हकमा भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ नै पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको प्रहरी निरीक्षक कार्कीले बताए।, ‘भोलिदेखि मापसे बाहेकका ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना तिर्न र सचेतना कक्षा लिन भक्तपुरमै व्यवस्था गरिएको छ, यसले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास लिएका छौं,’ उनले भने।, जिल्लाबाहिर कारबाहीमा परी सचेतना कक्षा लिनुपर्नेका हकमा पनि निकट भविष्यमै पायक पर्ने जिल्ला रोजेर कक्षा लिन पाइने व्यवस्था मिलाउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।,
अब भक्तपुरमा पनि ट्राफिक सचेतना कक्षा |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरबाट काठमाडौंका लागि उडेका छन्।, शनिबार बिहान उनीसहित मन्त्रीहरू मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए। उनी स्थलमार्गबाट त्यहाँ पुगेका थिए। , तर सडक अप्ठेरो भएको भन्दै उनी सेनाको हेलिकप्टरबाट काठमाडौं फर्किएका हुन्। , भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, खानेपानीमन्त्री महिन्द्र राय यादव पनि त्यहाँ पुगेका थिए।, मेलम्चीमा स्थानीय जनप्रतिनिधिहरूले उनीहरूको स्वागत गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजनाको अवलोकन र निरीक्षण गरेका हुन्।, दुई वर्षअघि आजकै दिन ठूला बाढी आएको थियो। बाढीका कारण दर्जनौं घरहरू बगाएका थिए।, बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुर्याएको थियो। प्रधानमन्त्री प्रचण्डले बाढीले क्षति पुर्याएका घरहरूको पुनः निर्माणबारे पनि अवलोकन र निरीक्षण गरेका हुन्।, तस्बिरहरू:, सबै तस्बिर: अक्षर काका/सेतोपाटी,
स्थलमार्गबाट सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री प्रचण्ड, हेलिकप्टरमा फर्किए (तस्बिरहरू) |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल 'प्रचण्ड'ले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरे।, बिहान स्थलमार्ग हुँदै आयोजनाको बाँध क्षेत्र अम्बाथान पुगेका प्रधानमन्त्रीले बाढीले परियोजनामा पुर्याएको क्षति र निर्माणबारे जानकारी लिएका छन्।, त्यसक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले यसपटक साउन र भदौ महिनामा पानी पथान्तरण बन्द गर्नुपर्ने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्।, 'साउन र भदौ महिनामा काठमाडौंमा पानी नपठाउने कि भन्ने ब्रिफिङ गर्यौं,' श्रेष्ठले भने, 'अहिले निर्णय नै भएको भने होइन।', पानी पथान्तरणको स्थायी व्यवस्थापन नभइसकेकाले वर्खाको दुई महिना पानी पथान्तरण रोक्ने कि भन्ने ढंगको ब्रिफिङ गरेको श्रेष्ठले बताए।, अहिले सुरूङको मुखमा ढुंगा र गेग्रान नछिर्ने उपकरण राखेर अस्थायी तवरले पानी पथान्तरण भइरहेको छ।, दुई वर्षअघि भ्रेमाथाङको भेलबाढीका कारण परियोजनाको मुख्य बाँध क्षेत्र सुरुङ र तटीय क्षेत्र तहसनहस पारेको थियो। , बाढीको दुई वर्षसम्म पनि बाँध क्षेत्रको थेग्रिनी हटाइएको छैन। इन्टेक पुरिएकाले अहिले अस्थायी तरिकाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा पथान्तरण गरिएको छ।, अघिल्लो वर्ष बर्खायाममा सुरुङ बन्द गरिएको थियो।, यसपटक मनसुनयाममा पनि पानी पथान्तरण गर्ने तयारी सरकारको छ।,
प्रधानमन्त्रीलाई मेलम्ची खानेपानी आयोजना प्रमुखको ब्रिफिङ- साउन र भदौमा पानी पथान्तरण रोक्नुपर्छ |
सेतोपाटी संवाददाता स्याङ्जामा ९ वर्षीय बालकको हत्या भएको छ। , शुक्रबार साँझ साढे ५ बजे अर्जुनचौवारी गाउँपालिका-६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए। , सोही ठाउँका २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले बालकको हत्या गरेको आरोप छ। हँसियाले हानेर बालकको हत्या भएको डिएसपी खनालले बताए। , घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका-१बाट पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान बढाएको कार्यालयले जनाएको छ। ,
स्याङ्जामा ९ वर्षीय बालकको हत्या |
रासस बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। , उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ।, गाउँमा उनी 'नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट उनी वार्षिक चार लाख रूपैयाँसम्म कमाउँछन्।, साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले मन नलोभ्याउने शायदै होलान्।, आफूले पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी गोलभेँडा र बन्दासँगै बोडी, अदुवा, बेसारखेती पनि गर्दै आएको साउँद बताउँछन्। 'गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गरिदिँदा सहज भएको छ,' उनले भने।, साउदको परिवारमा पाँच जना छन्। जागिरबाट आउने पैसाले घर चलाउनै मुस्किल परेपछि उनी तरकारी खेतिमा पनि लागेका हुन्। तरकारी खेतीबाट जीवन निर्वाह सहज हुन थालेपछि अहिले छोरालाई स्नातक पढाउन काठमाडौं पठाएका छन्।, तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उनको भनाइ छ।, 'गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ,' उनले भने।, तर, सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजारको अभाव र यातायात सेवा सहज नहुँदा बजारीकरणमा समस्या हुने उनले बताए।, 'सिचाइँ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन,' उनले भने।, सडक विस्तार नभएकाले उत्पादित तरकारी डोकोमा बोकेर सुल्लेखानसम्म पुर्याउनुपर्ने उनले सुनाए। डोकोमा बोकेर बजार लगिएको तरकारी बिकेन भने बोकेरै फिर्ता ल्याउनुपर्छ।, 'मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन,' उनले भने।, शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा उक्त क्षेत्रमा सडक अवरुद्ध हुन्छ।, तरकारी खेती आबद्ध किसानलाई व्यवसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताए।, 'यो वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई निःशुल्क विषादी दिएका छौँ,' उनले भने, '९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन सङ्कलन भएको छ।', कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने,'कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यवसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौँ।', आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले जानकारी दिए।, गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उनको भनाइ थियो।,
अध्यापनसँगै तरकारी खेतीबाट मनग्य कमाइरहेका धनवीरसिंह |
रासस हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखका मौमसविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घन्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा रातिको समयमा वर्षाको सम्भावना छ।, यस्तै कोशी प्रदेश, मधेश प्रदेश र देशका पहाडी भू–भागमा बदली रहनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।,
,
मौसमविद् लामिछानेले मनसुन प्रणाली क्रमिकरूपमा देशभर फैलिने क्रममा रहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने बताए। गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो। मनसुन सुस्तगतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने जनाइएको छ।,
मनसुन : कुन प्रदेशमा भइरहेको छ वर्षा? |
सेतोपाटी संवाददाता मनसुनको प्रभाव हाल देशको पूर्वी तथा मध्य भू-भागमा छ।, बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।अहिले संखुवासभा, पाँचथरको फिदीम र जुम्लातिर हल्का पानी परिरहेको मोसमविद् रोजन लामिछानेले जानकारी दिए।, आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, ,
मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा, कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना |
एजेन्सी इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।, डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ।, अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन्।, युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ।’, आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कंगोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन्।, यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ।, कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ।, सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो।,
युगाण्डाको एक विद्यालयमा आक्रमण, ३७ जनाको मृत्यु |
रासस नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ।, शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स भाइरस (एमपक्स) को संक्रमण देखिएको हो।, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासिनीले मंकिपक्स भाइरस ज्वरो आएको बेला बढी संक्रमण हुने जानकारी दिए। उनले संक्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए।, ‘मंकिपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ। नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने। , लक्षणहरू, , एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावरबाट, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने महाशाखाका निर्देशक डा. मरासिनीले जानकारी दिए।, उनका अनुसार भाइरसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरू भएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने तथा आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।, रोकथाम, मंकिपक्स भाइरसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने महाशाखाका निर्देशक डा. मरासिनीले जोड दिए। , ‘घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिम छ भए पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मंकिपक्सको संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा जानु हुदैन’, उनले भने।, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएरमात्र खाने, फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्ने लगायतकार्य गर्नुपर्ने डा. मरासिनीको भनाइ थियो।, सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकिपक्समध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखा परिरहेको छ। , १४ अस्पतालामा फोकल पर्सन , मन्त्रालयले मंकिपक्स रोगको उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, उनका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ। , पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको डा. अधिकारीले जानकारी दिए।,
यस्ता हुन्छन् मंकिपक्सका लक्षण, रोकथामका लागि के गर्ने? |
सेतोपाटी संवाददाता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।, उनका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङ बेपत्ता भएको स्थानीयले बताएका छन्। खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ।, घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले बताइन्। मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ।, यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।, अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकामा क्षति पुगेको छ। तर, ठूलो वर्षा भएकाले उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारीले बताइन्। , बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन्। मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएको हो।, ‘पाँचथरमा पुल बगाउँदा मेची राजमार्ग अवरूद्ध छ। तमोर करिडोरमा पनि लेदोसहितको बाढी आउँदा नदी सतह बढेको छ। वसन्तपुर क्षेत्रबाट सडक पनि कटानमा परेकाले अहिले ताप्लेजुङ सडक सम्पर्कबाट विच्छेदित छ,’ उनले सेतोपाटीसँग भनिन्।, याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ। मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्। थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ।, अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिएका छन्।, उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन्।, वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन।, बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।, खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ।, यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए।, उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन्। बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन।, मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।, मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए।, रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ।, जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो। बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो। याम्फुदिनका पाँचवटा कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन्। , राससको सहयोगमा।,
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता, सडक सम्पर्क टुट्यो |
सेतोपाटी संवाददाता पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले हेवाखोलाको पुल बगाएको छ।, सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल गएरातिको बाढीले बगाएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।, हेबा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ। , मनसुनको प्रभावले पूर्वी पहाडी जिल्लामा केहीदिनदेखि अविरल वर्षा भइरहेको छ।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले अहिलेसम्म पाँचजना बेपत्ता भएका छन्। उनीहरूको खोजी सुरू भएको डिएसपी खतिवडाले जानकारी दिए।, उनका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान छ ।, हराईरहेका मानिसहरुको पहिचान र आफन्तसंग सम्पर्क गर्ने कार्य भइरहेको डिएसपी खतिवडाले जानकारी दिए।,
पाँचथरमा बाढीले बगायो हेवा खोलाको पुल, मेची राजमार्ग अवरूद्ध |
रासस सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ।, अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। , बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ।, बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।, घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।, पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता, मेची राजमार्ग अवरुद्ध,
यता गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्।, फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए। वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ।, पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ। याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।,
हेवाखोलाको बाढीले सात घर बगायो, पाँचथरमा पाँच जना बेपत्ता |
सेतोपाटी संवाददाता तमोर नदीले धनकुटाको मूल घाटमा खतराको तह पार गरेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।, बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।, यो पनि-, बाढीपहिरोबाट ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म कति भयो क्षति?,
, ,
तमोर नदीले पार गर्यो खतराको तह |
सेतोपाटी संवाददाता सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन बनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको छ।, बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। , बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।, घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।, यता गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्।, फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए। वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ।, पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ। याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, ,
हेवाखोलाको बाढीले १७ मजदुर सम्पर्कविहीन, एक जनाको शव फेला पर्यो |
रासस पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्।, उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ।, यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन्। स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ। , बाढीले याङवरक गाउँपालिका–२ फलैंचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ।, यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ।, यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ। सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।, बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन्। वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ। , वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ। यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।, बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। , सडक सम्पर्कविच्छेद, भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ।, गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ। बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।, विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो।, यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ।, फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन्। दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ। सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको ।, बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण,
सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ।, सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो।, भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौं जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौंको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए। साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका थिए।, भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए। बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले जानकारी दिए।, प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए। सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।, बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।, पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र,
ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो।, निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन्। मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन्।, यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ। बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ। , यता वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए।, यद्यपि, मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताए।, यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ।, स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए।, यस्तै सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ। स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन्।, त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ।, मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन्। ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ।,
,
जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ। , अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताइन्। उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि जानकारी दिइन्।, प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेकी छन्।, मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध, मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ। पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए। तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन्।, हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ। ,
,
प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिराले बगाएको छ।, उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ। दोभान वारि–पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कबिच्छेद भएको डिएसपी लिम्बूले जानकारी दिए।, यस्तै सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ। , विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन् । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ । गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेकाले यकिन विवरण आउन बाँकी छ।,
बाढीपहिरोबाट ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म कति भयो क्षति? |
सेतोपाटी संवाददाता कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ।, बिहीबार* अन्तरजिल्ला सुरक्षा बैठकमा सहभागी भएर सुर्खेतबाट धनगढी आउने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको थियो। , दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। गाडी भने क्षतिग्रस्त भएको छ।, घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -, सच्याइएको,
कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना |
विनोद सापकोटा पाँचथरको फालेलुङ गाउँपालिका-३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ।, गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।, उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।, पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए।, ‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहिबेला पहिरोले म संगै सुतेकी नातिनी सहित घर पुर्यो,’ मनप्रसादको भनाइ उदृध गर्दै एक प्रहरीले भने।, फालेलुङमा गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले हिवाखोलामा अवस्थित मोटरेबल २ वटा पुल, झोर्लुङ्गे पुल १ र २ वटा जेविवी बगाइसकेको छ।, फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी पनि बगाएको प्रहरीले जनाएको छ ।, यस्तै फालेलुङको वडा नम्बर ५ र ३ जोड्ने माछेबुङ मोटरेबल पुल पनि बाढीले बगाएको छ।,
६ घन्टापछि जिवितै उद्धार गरियो पहिरोमा पुरिएकी बालिकालाई |
सेतोपाटी संवाददाता जेठ ३१ गते नेपाल भित्रिएको मनसुन पाँच दिन बितिसक्दा पनि देशभरी फैलिन सकेको छैन।, अहिले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन सक्रिय छ। पश्चिम भूभागमा मनसुन अझै पुग्न सकेको छैन। , नेपाल प्रवेश गरेपछि मनसुन न्यूनतम पाँचदेखि सात दिनभित्र देशभरी फैलिसक्छ। पूर्वी भूभागहरूमा लगातार पानी परिरहँदा पश्चिमी भूभागका तराई क्षेत्रहरूमा गर्मी यथावत् छ।, यसपालि पश्चिमी भूभागहरूमा अरेबियन सागरबाट विकसित भएको 'बिपरजोए' चक्रवात, स्थानीय र पश्चिमी वायु सक्रिय रहेका कारण मनसुन पुग्न नसकेको मौसमविद् रोजन लामिछाने बताउँछन्।, 'अहिलेसम्म मनसुन पूर्व र मध्य भूभागबाट अघि बढ्न सकेको छैन। सुरूवातको प्रभाव जहाँजहाँ थियो अहिलेको अवस्था पनि त्यही नै हो,' लामिछानेले सेतोपाटीसँग भने।, अबका दुई तीन दिनपछि ती क्षेत्रहरूमा हाल यथावत् रहेका वायु क्रमशः कमजोर हुने र मनसुन प्रवेश गर्ने क्रम सुरू हुने पनि उनले बताए।, अर्का मौसमविद् सञ्जिव अधिकारीले पनि मनसुन अगाडि बढ्न धेरै ढिला नहुने बताए। उनले तीन दिनपछि मनसुन बिस्तारै पश्चिमतर्फ अगाडि बढ्ने बताए।, बिपरजोए चक्रवात कमजोर बन्दै जाँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी भूभागहरूमा पनि अलिअलि बादल आइरहेको मौसमविद् लामिछानेले बताए। पहाडी भूभागका एकदुई स्थानमा यसले पानीसमेत पारेको छ।, यसको प्रभावले पश्चिम तराईका पश्चिमी भूभागहरूमा तापक्रम पनि क्रमशः घट्दै जाने लामिछानेले बताए। चक्रवात समाम्तीका असरस्वरूप तापक्रम घटेर हिट वेभ कमजोर हुने सम्भावना रहेको उनले बताए।, लुम्बिनी प्रदेशका भैरहवा लगायतका क्षेत्रमा भने तापक्रम यथावत् नै रहने उनको भनाइ छ।, 'उल्लेखनीय रूपमा झ्याप्पै घटिहाल्ने होइन, लुम्बिनी प्रदेशका पश्चिमी भूभागहरुमा तुलनात्मक रूपमा तापक्रम घट्ने देखिन्छ। पूर्वी भूभागहरूमा यथावत् नै रहन्छ,' लामिछानेले भने।, मनसुन भित्रिएलगत्तै पूर्वी नेपालमा लगातार पानी परिरहेको छ। आइतबार संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूका विभिन्न स्थानमा बाढी आएको छ।, ताप्लेजङमा एक सातादेखि पानी परिरहेको मौसविद् अधिकारीले जानकारी दिए। त्यहाँ एकसातामा दुईदिन हल्का र पाँच दिन मध्यम वर्षा भएका छन्। अझैपनि कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए।,
मनसुन किन अगाडि बढेन, पश्चिमी भूभागसम्म कहिले पुग्छ? |
रासस सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ। , सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको हो। , भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौं जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए। साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका थिए।, भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए।, प्रधानमन्त्री आफू पनि क्षति अवलोकनका लागि जाने सांसद खड्काले जानकारी दिए।, प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए। , सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।, बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।,
बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण |
सेतोपाटी संवाददाता राहदानी विभागले ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको छ।, झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आजैदेखि लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको छ। यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो।, विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युतीय राहदानी सेवा सुरू गर्दा ३४ पृष्ठ र ६६ पृष्ठ गरी दुई प्रकारको राहदानी सेवा प्रवाह गर्दै आएको थियो। त्यही बेला विभागले ६६ पृष्ठको राहदानी ५ लाख थान छपाएको थियो। तर गएको डेढ वर्षमा ६६ पृष्ठको राहदानी जम्मा ५ हजार थान खपत भएपछि विभागले स्टकमा रहेको राहदानी खपत गराउन भन्दै दस्तुर छुट गरेको हो।, विभागले ६६ पृष्ठको राहदानी खपत गराउन भन्दै आजैदेखि ३४ पृष्ठको राहदानी वितरण बन्द गरेको छ।, विभागका प्रवक्ता दुरपदा सापकोटा भन्छिन्, 'आजदेखि फाराम भर्ने सबैको ६६ पृष्ठकै राहदानी हुन्छ तर दस्तुर बढी तिर्न पर्देन।', अब जिल्लाहरूबाट राहदानी बनाउनेहरूले ५ हजार रुपैयाँ र विभागबाट १२ हजार रुपैयाँ दस्तुर बुझाएर ६६ पृष्ठकै राहदानी पाउने प्रवक्ता सापकोटाले बताइन्। यसअघि विभागबाट ६६ पृष्ठको राहदानी दस्तुर २० हजार रुपैयाँ तिर्नुपर्थ्यो। , साथै स्टकमा रहेको ६६ पृष्ठको राहदानी सकिएपछि नयाँ कायम भएको दस्तुर के हुन्छ भन्नेबारे विभाग नै अन्यौलमा छ।, '६६ पृष्ठको राहदानी हामीले सोचेर छापे अनुसार गएन। अब यो सकिएपछि दस्तुर के हुन्छ भन्न सकिएन। सरकारको निर्णयको कुरा भयो,' सापकोटाले भनिन्, '३४ पृष्ठको हकमा भने दस्तुर पाँचै हजार रहेकाले प्रश्न भएन तर पछि ३४ पृष्ठले नै पुग्दो रैछ भन्ने भयो भने ६६ पृष्ठको टेन्डर नल्याउन पनि सक्छौं।',
६६ पृष्ठको राहदानी थन्केर बसेपछि घटाइयो दोब्बर दस्तुर |
सेतोपाटी संवाददाता सिरहा लहान नगरपालिका-११ को एक निजी विद्यालयको बसमा आगो लागेको छ।, पारागन बोर्डिंङ स्कुलको बा १ ख २४४९ नम्बरको बस विद्यार्थी लिन जानेक्रममा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी टेकुनन्द इवा लिम्बूले बताए।, ‘सडक बन्दै थियो। बसको तलको भाग ठोक्किएर आगो लागेको हो,ʼ एसपी लिम्बूले भने।, पूर्व-पश्चिम राजमार्ग लहानस्थित सडक मर्मतको काम भइरहेको छ। त्यही क्रममा हेम्समा ठोक्किएर आगलागी भएको उनले जानकारी दिए।, ‘मानवीय क्षति पुगेको छैन। बसको आधाभन्दा बढी भाग जलिसकेको छ,ʼ उनले भने।,
गुडिरहेको स्कुल बसमा आगलागी |
सेतोपाटी संवाददाता पाँचथरको याङवारक गाउँपालिका-१ फेदीमा पहिरोमा फसेका १० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।, अविरल वर्षासँगै आएको पहिरोमा फसेका तीन परिवारका दस जनालाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। , जिल्ला प्रहरी कार्यालयका पाँचथरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीय ६० वर्षीय नरमाया गुरूङ, उनको नाति १६ वर्षीय सन्दिप गुरूङ र नातिनी, सोही वडाका ८० वर्षीय कृष्ण बहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीय डिक माया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ, बुहारी ३० वर्षीय सुनिता गुरूङलाई उद्धार गरिएको हो।, त्यस्ती सोही वडाका ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीय मन कुमारी गुरूङ, उनीहरूको छोरी १६ वर्षीय सुस्मा गुरूङलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको डिएसपी खतिवडाले जानकारी दिए।, उद्धार गरेको १० जनालाई याङवारक च्याङथापु स्थित विष्णु माध्यामिक विद्यालयमा सुरक्षित राखिएको उनले बताए। , , ,
पाँचथरमा पहिरोमा फसेका तीन परिवारका दस जनालाई हेलिकप्टरबाट गरियो उद्धार |
रासस संखुवासभाको हेवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ।, अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए।, बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।, उनका अनुसार सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन्।, घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ। बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिए।, उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्।,
संखुवासभा बाढी अपडेट: दुई जनाको उद्धार, १५ अझै बेपत्ता |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेले अनसनको घोषणा गरेका छन्।, अदालतमा विचाराधीन मुद्दा मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेसँगै उनले अनसनको घोषणा गरेका हुन्।, २०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।, तर जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। , सरकारको निर्णयप्रति रोष व्यक्त गर्दै उनले अनसनको घोषणा गरेका हुन्। , ‘अहिलेसम्म म धैर्य भएर पर्खेकै थिएँ। अब मेरा सबै बाटो बन्द भएपछि आज यहीँबाट सत्याग्रह सुरू गर्दैछु। अदालतमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन। हेर्नुस् त, यो देशको विधिको शासन र लोकतन्त्र। अदालतलाई, यो बेञ्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमानदारिताको हत्या गरिँदैछ', प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्। , उपप्राध्यापक चलाउनेसहित केही व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ। , आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार अदालतमा पुगेका थिए। उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। , हेर्नुस् उनको भनाइ जस्ताको तस्तै:, प्रियजनहरू, म माथिको संगठित अपराध घाम जत्तिकै छर्लंग घटना हो। ब्रड डे लाइटमा उनीहरू पेशेवर अपराधीसहित मलाई मार्न आएका थिए। न्यायका निम्ति म अदालतको ढोका ढकढकाइरहेको थिएँ। मेरा आँखा देशको न्यायालयतर्फ थिए। यही असार ५ गते जिल्लामा मेरो अन्तिम सुनुवाइको पेशी थियो।, मलाई न्याय दिनुको साटो अदालतलाई समेत बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिन अघि सरकारले मुद्दा फिर्ताको निर्णय लियो। क्याबिनेटबाट मुद्दा फिर्ता लिएर सिङ्गो राज्य मेराविरूद्ध लाग्यो। जे गर्थ्यो अदालतले गथ्र्यो। अदालतमा विचाराधीन हरेक मुद्दा यसरी नै सरकारले फिर्ता लैजाने हो भने अदालत चाहियो किन? यो सरासर अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हो। दण्डहीनता बढाउने खेल हो। अबदेखि कुनै अपराधीले कुनै अमूक पार्टीको व्यानरमा कसैको हत्या गरे पनि उसलाई केही नहुने भयो। सिङ्गो राज्य मेराविरूद्ध लागेपछि मेरा अघि केही विकल्प बाँकी रहेन। सिवाय मर्न।, प्रियजनहरू म आमरण अनसन थाल्दैछु। म गुहार माग्न सडकमा आउँदै छु। म मरे पनि केही छैन। मात्र मैले भोगेको अन्यायको महाभारतको बारेमा छलफल होस्। यो देशको मत्स्य न्यायको बारेमा चियोचर्चों होस्।, शक्ति सन्तुलनको महत्वपूर्ण निकायलाई कस्तो बनाइँदैछ भन्ने बारेमा छलफल होस्। मेरो लडाइँ हजारौं प्रेम बहादुर चलाउनेको लडाइँ हो।, आज म जहाँ छु, यो देशमा शिक्षकको ठाउँ यही रहेछ। विश्वविद्यालयमा अपराध बढेको छ। अपराधी गिरोहले शिक्षक, कर्मचारीको निरीहताको फाइदा उठाएका छन्।, शिक्षकहरू बोल्न सकेका छैनन्। म किन पनि यो लडाइँ लडिरहेको छु भने मलाई भन्नु छ तिमीले ठानेजस्तो शिक्षकहरू कायर हुँदैनन्। पर्यो भने आफूले वा देशको कुनै नागरिकले भोगेको अन्यायका विरूद्धमा ज्यानको बाजी थापेर पनि लड्छन्।, अभियुक्त ७ जनामध्ये ३ जना त भागिसकेका छन्। सातै जनाले अदालतको तारेख गुजारेर बसेका छन्। उनीहरू सबै जना पटक पटक कहिले प्रहरीको कष्टडी त कहिले अदालतको आदेशबाट भागी हिँडेका व्यक्ति हुन्। यस्ताको मुद्दा कसरी फिर्ता लिइयो? विश्वविद्यालयमा दण्डहीनता कम भयो भनेर हो? कुलपति ज्यूले प्राध्यापक मारिनु पर्छ, पिटिनु पर्छ, तिमी सधैं भय र त्रासमा बाँच्नु पर्छ भन्न खोज्नु भएको हो ? पूर्वाञ्चल विश्वविद्यालयमा भएको अस्ति भर्खरको घटनाको खाटा पनि बस्न पाएको छैन।, यस्ता घटनालाई निरन्तरता दिइराख्नका निम्ति हो? बालकृष्ण खाण, कृष्ण सिटौलाले लाख कोसिस गरी मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दा वर्तमान सरकारले सजिलै मन्त्रिपरिषदबाट फिर्ता लिने दुस्साहस गर्यो।, अहिलेसम्म म धैर्य भएर पर्खेकै थिएँ। अब मेरा सबै बाटो बन्द भएपछि आज यहीँबाट सत्याग्रह सुरू गर्दैछु। अदालतमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन।, हेर्नुस् त, यो देशको विधिको शासन र लोकतन्त्र। अदालतलाई, यो बेन्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमानदारिताको हत्या गरिँदैछ।, मलाई राज्य संयन्त्रले न्याय दिन सकेन। यो देश गुण्डा, अपराधीको देश रहेछ। मलाई यो अपराधीको देशमा बाँच्नु छैन। राज्यले मलाई थप अन्याय गर्यो। त्यसैले म जस्ता हजारौं पीडित राज्यबाटै थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनसन सुरू गर्दैछु, न्यायप्रेमी जनताहरूको साथ सहयोगको अपेक्षासहित न्यायका खातिर बोलिदिन हुन अपिल गर्दछु।,
मेरा सबै बाटो बन्द भएपछि आजदेखि सत्याग्रह सुरू गर्दैछु: उपप्राध्यापक चलाउने |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिकाले गर्मी नघटेपछि फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गरेको छ। , गर्मीकै कारण यसअघि असार १ गतेदेखि विद्यालय खोलिएको भए पनि फेरि आजदेखि लागू हुने गरी असार ६ गते खुल्ने गरी विद्यालय बन्द गरिएका छन्। , उपमहानगरको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले गर्मी नघटेपछि उपमहानगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए। , अत्यधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठन गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने हुँदा वार्षिक बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिएको उनले बताए। , तर, दादुरा– रूबेला विरूद्धको खोप सञ्चालन हुने विद्यालयहरूमा भने निर्धारित समयमा खोप सञ्चालन गर्न विद्यालय खोलेर सहयोग गर्न आग्रह पनि गरिएको छ।,
गर्मीका कारण तुलसीपुरका विद्यालय फेरि बन्द |
सेतोपाटी संवाददाता दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। , लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर मृत्यु भएको हो।, बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको हो।, प्रहरी घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।,
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु |
सेतोपाटी संवाददाता कञ्चनपुरमा महिलाको शव भेटिएको छ।, बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरी मृत फेला परेकी हुन्।, रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन्।, चौधरी मृत भेटिएको विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान थालेको छ।,
कञ्चनपुरमा भेटियो महिलाको शव |
सविता बुढा जेठ ३ गते दिउँसो साढे १२ बजे उनले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा अंग्रेजी अक्षरमा ‘छाउपडी प्राक्टिस एलिमिनेसन, एन अटेम्पट अफ अ डटर फ्रम फार वेस्टर्न नेपाल, संगीता रोकाया’ लेखेको एउटा फ्लेक्स तुल देखाइन्।, सुदूरपश्चिममा अभ्यासमा रहेको छाउपडी प्रथा अन्त्यका लागि सगरमाथाको उचाइबाट चेतनामूलक सन्देश फैलाउने उद्देश्यले उनले सगरमाथा आरोहण गरेकी हुन्। सोही उद्देश्यअनुसार उनले चचुरोमा तुल देखाइन्।, उनी हुन् तुलमा नाम लेखिएकी संगीता रोकाया।, सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङको साइपाल हिमालको फेदमा जन्मे हुर्केकी संगीता ‘छोरी मान्छेले देउताको बास हुने हिमाल टेक्नु हुँदैन’ भन्ने रूढीवादी मान्यताविपरीत सगरमाथाको चुचुरोमा पुगिन्।, सुदूरपश्चिममा महिनावारी भएकी महिलालाई ‘छाउपडी’ भन्ने चलन छ। छाउ भएकी महिला अर्थात् छाउपडी घरभित्र पस्नु हुँदैन, उनले पानीको धारा कुवा छुनु हुँदैन। छाउगोठ भनिने अलग्गै छाप्रोमा सुत्नु पर्छ।, यस्तो सामाजिक परिवेशमा हुर्केकी संगीता कुन हुटहुटीले पुगिन् त सगरमाथाको चचुरोमा? आउनुहोस्, यहाँ उनको आरोहण यात्राको कुरा गरौं।, संगीताको गाउँ साइपाल पुग्न बझाङ सदरमुकाम चैनपुरबाट ६ दिन हिँड्नुपर्छ। अझै पनि मोटर यातायातको सुविधा छैन। बिजुली बत्ती आएको पनि धेरै भएको छैन। साइपाल हिमालको फेदमा छ उनको गाउँ। आँगनबाटै देखिन्छ हिमालको चुचुरो।, हरेक वर्ष उनको गाउँको बाटो हुँदै विदेशी पर्यटकहरू साइपाल हिमालतिर जान्थे। उनीहरू ५ हजार मिटर अग्लो साइपाल हिमाल चढेर फर्किन्थे। ती पर्यटकहरू हिँड्दा संगीताको मन उत्सुकताले भरिन्थ्यो।, पर्यटकहरूलाई एकटकले हेर्थिन्। अनि सोच्थिन्– यिनीहरू कसरी हिमालमा चढ्छन् होला, म पनि चढ्न पाए हुन्थ्यो!, हुर्किंदै गएपछि उनी साइपाल हिमाल चढ्ने कुरा गर्न थालिन्। घरका र गाउँका मानिसहरू हिमालमा देउताको बास हुन्छ, छोरी मान्छे हिमाल चढ्नु हुँदैन, छाउ भएका बेला हिमाल टेक्नु हुँदैन भनेर उनलाई निराश बनाउँथे।, आमाबुवाका सात सन्तानमध्येकी जेठी हुन् संगीता, चार छोरी र तीन छोरा। आमाबुवाले खेतीपाती र भेडापालन गरेर छोराछोरी हुर्काए। बुवा अहिले साइपाल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छन्।, गाउँमा धान फल्दैन। आलु, गहुँ, जौ, कोदो र फापरको खेती गरिन्छ। चामलको लागि साइपालवासीले हरेक वर्ष सिंहदरबारलाई आवाज सुनाउनु पर्छ।, संगीताले सानै उमेरमा घरायसी काम जानिन्। उनका लागि खाना पकाउनु, मोही बनाउनु, गाई दुहुनु, गाईवस्तुको स्याहारसुसार गर्नु, घाँस काट्नु, घर आँगनको सफाइ गर्नु, खेतीमा काम गर्नु इत्यादि सामान्य दिनचर्या थियो।, यति धेरै कामका बीच पनि आमाबुवाले छोराछोरीलाई स्कुल पठाए। संगीताले ८ कक्षासम्म गाउँकै स्कुलमा पढिन्। गाउँको स्कुलमा पढ्दा नै उनले हिमाल चढ्ने सपना देख्न थालेकी थिइन्। अरूका लागि गाउँका छोरी मान्छेले कहिल्यै नगरेको काम गर्छु भन्नु अनौठो र लहडको कुरामात्रै थियो, संगीताका लागि एक अठोट।, गाउँमा ८ कक्षामाथि पढ्ने स्कुल थिएन, अर्को स्कुल जान ९ र १० पढ्न ओहोरदोहोरमा चार घण्टा हिँड्नु पथ्र्यो।, दैनिक यति धेरै हिँडेर पढ्न कठिन हुने ठानेर आमाबुवाले उनी र एक भाइलाई सदरमुकाम चैनपुर पठाए। उनले चैनपुरको जाल्पा माविबाट १० कक्षा पूरा गरिन्। कक्षा १२ भोजपुर बहुमुखी क्याम्पस, चैनपुरबाट पूरा गरिन्।, साइपाल हिमाल चढ्ने उनको सपना झन्झन् गाढा हुँदै थियो तर विकट पहाडको गरिबीले आफ्नो सपना पूरा हुन पाउँदैन कि भन्ने पनि लाग्थ्यो।, तँ सोच् म पुर्याउँछु भनेजस्तो संगीताले सन् २०१८ मा ‘मिसन साइपाल’ नामको एक कार्यक्रममा जोडिने अवसर पाइन्। त्यो मिसनमा छनोट भएका १५ जनामध्ये चार जना महिला थिए, चारमध्ये संगीता एक थिइन्। काठमाडौंमा चार महिना तालिम लिएर २०१८ अक्टोबरमा उनी बझाङ फर्किइन्।, विदेशी पर्यटकहरूका साथ साइपाल हिमाल चढ्ने उद्देश्यले उनी मिसन साइपालमा सहभागी भइन्। चुचुरोमा पुग्ने लक्ष्य पूरा भएन। मौसम खराब भएकाले हाई क्याम्पबाट फर्किनुपर्यो।, यो सहभागिताबाट उनले हिमाल चढ्न चाहिने खर्चबारे थाहा पाइन्।, अहो! हिमाल चढ्न त लाखौं रुपैयाँ पो चाहिँदो रहेछ! हिमाल चढ्नभन्दा गाह्रो काम त पैसा जुटाउन पो रहेछ!, गरिब परिवारकी संगीताले कहाँबाट जम्मा गर्नु लाखौं रुपैयाँ! घरपरिवार, छरछिमेकी र आफन्तहरू हिमाल चढ्ने रहन नगर भन्थे। धेरैको सल्लाह हुन्थ्यो– छोरी मान्छे पढाइमा ध्यान देऊ, लोक सेवाको तयारी गर, राम्रो जागिरमा लाग।, संगीताको हिम्मत टुटेन। आमाबुवालाई आफ्नो कुरा भनिन्, सम्झाइन् आफ्नो लक्ष्यमा सहमत गराइन्।, साइपाल लक्ष्य असफल भएपछि उनले झन् ठूलो सपना देखिन्। सगरमाथा चढ्ने लक्ष्य लिइन् र तयारी सुरू गरिन्। जसरी पनि सगरमाथाको चुचुरोमा पुग्छु भन्ने अठोट गरिन्।, उनले भनिन् ‘छोरीले देवीदेउता बस्ने हिमाल टेक्नुहुन्न भन्ने कुराले मलाई पनि सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यमा दृढ बनायो।’, छोरीले हिमाल टेक्नु हुँदैन भन्नुको मुख्य कारण नै महिनावारी थियो। उनी महिनावारी भएका बखत हिमाल चढ्नुहुन्न भन्ने मान्यताका विपक्षमा थिइन्।, उनले गोठमा बस्नुपर्ने छाउपडी प्रथाविरूद्ध सगरमाथाको चुचुरोबाट जनचेतनाको सन्देश प्रवाह गर्ने अठोट गरिन्।, संगीताले भनिन्, ‘आफ्नो गाउँठाउँको सामाजिक कुप्रथाका र छोरी मान्छेले भोग्नु परेको समस्यामा जनचेतना फैलाउने अभियानलाई मैल सगरमाथा आरोहणसँग जोडेँ।’, उनले काठमाडौंमा हिमाल आरोहणको तालिम लिइन्। ट्रेकिङ गाइडको तालिम पनि लिइन्।, सगरमाथा चढ्नुअघि कम्तीमा एक हिमाल चढेको त हुनुपर्ने, यसैअनुसार उनी मनास्लु हिमाल चढ्न गइन्। यहाँ पनि साइपालकै कथा दोहोरियो। मौसमको खराबीका कारण लक्ष्य पूरा नगरी फर्किनु पर्यो।, अब उनी सगरमाथा आरोहणको अठोट गरेर अघि बढिन्। छाउपडी प्रथाविरूद्ध जनचेतना जगाउने अभियानका साथ आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिन्।, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहरूले सहयोगको वचन दिए। धेरैले सगरमाथाबाट फर्केपछि सहयोग गर्ने भने। जसोतजो पैसा जुटाएर उनले आवश्यक सामग्री खरिद गरिन्।, उनले भनिन्, ‘सबै चिज महँगो, २५ हजार र १२ हजार रुपैयाँको चस्मा, १ लाख १५ हजारको जुत्ता, ५५ हजारको ज्याकेट, डोरी झन् महँगो, प्रत्येक क्याम्पका लागि फरक फरक पोसाक चाहिन्छ।’, अन्ततः उनी जेठ ३ गते सगरमाथाको चुचुरोमा पुगिन्। आफ्नो अभियान र लक्ष्यअनुसार छाउपडी प्रथाविरूद्ध सन्देश लेखिएको फ्लेक्स तुल देखाइन्।, उनले भनिन्, ‘हाम्रो ठाउँमा छोरी मान्छेले हिमाल चढ्नुहुन्न भन्थे। मैले सगरमाथाको चुचुरोमा पुगेर छाउपडी प्रथाविरूद्धको ब्यानर प्रदर्शन गरेँ।’, उनका अनुसार तालिम र सगरमाथा यात्रा सम्पन्न गर्दासम्ममा २० लाख रुपैयाँ खर्च भयो।, उनले भनिन्, ‘घरपरिवार र आफन्तहरूसँग मागेर तत्कालको काम चलाएँ। प्रपोजल (प्रस्ताव) दिएका ठाउँबाट सहयोग पाउने आशा छ।’, रुढ विश्वासमा जकडिएको विकट गाउँबाट छाउपडी प्रथाविरूद्धको सन्देशका साथ सगरमाथा आरोहण पूरा गरेपछि संगीताको तारिफ भएको छ।, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनचेतनाको अभियानमा निरन्तर लाग्न सुझाव दिएका छन्।, संगीताले मुख्यमन्त्री शाहको भनाइ उद्धृत गरिन्, ‘यो अभियानमा निरन्तर लाग्नुहोस्, तपाईंलाई सहयोग गर्न प्रदेश सरकार कटिबद्ध छ।’, सुदूरपश्चिम सरकारको आन्तरिक तथा कानून मन्त्रालयले केही दिनअघि धनगढीमा संगीतालाई सम्मान गरेको थियो।, धनगढी उपमहानगरपालिकाले पनि संगीताको सम्मान गरेको छ। मेयर गोपाल हमालले संगीतालाई अब साइपाल हिमाल चढ्न सुझाव दिएका छन्।, संगीता हाल बझाङको सेती बहुमुखी क्याम्पस, दहबगरमा स्नातक तहमा अध्ययनरत छिन्।, आगामी दिनमा पर्यटन क्षेत्र र सुदूरपश्चिममा महिलाहरूले भोगिरहेका अनेक कुप्रथाविरूद्ध जनचेतना फैलाउने काममा सक्रिय रहने उनको योजना छ। ,
,
'छोरीले हिमाल टेक्न हुन्न' भन्ने मान्यता तोड्दै सगरमाथा चुचुरो पुगेकी संगीता |
सेतोपाटी संवाददाता नाबालिकाको चरित्रहत्या हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।, कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ का १८ वर्षीय विनोद सुनारलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, अनलाइनको कुराकानी सम्पादन गरी अश्लिल तस्बिर र भिडिओमा जोडी आफन्तलाई पठाएर चरित्रहत्या गरेको आरोपमा सुनारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोगमा मंगलबार पक्राउ गरेको हो। , पीडित नाबालिकाले लकडाउनको समयमा खोलेको सामाजिक सञ्चालमा फ्रेन्ड रिक्वेस्ट आएपछि स्वीकारेकी थिइन्। तर कुराकानी गर्नेक्रममा आरोपीले पीडितलाई भिडिओ कल गर्न दबाब दिइ गोप्य अंग समेत देखाउने गरेको जाहेरीमा बताएकी छन्। , युवकले भनेको नमाने बुवा लगायत परिवारलाई बताइदिने भन्दै धम्की समेत दिएको आरोप छ। , उक्त युवकलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा पक्राउ गरी ब्युरोले अनुसन्धान गरिरहेको छ।, काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।, ,
नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ |
सेतोपाटी संवाददाता भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। , एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।, उनका अनुसार भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको थियो। , 'हामीले कलेजमा लाग्ने शुल्क लगायतका विषय शैक्षिक मेलामा नबताउन भनेका छौं' उनले भने, 'पढाइ हुने विषयबारे मात्र विद्यार्थीहरूलाई जानकारी गराउने शर्तमा भोलिदेखि मेला आयोजना गर्न पाइन्छ भनेका छौं।', बिहीबारदेखि नै सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए।, मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू भएको बजगाईंले बताए।,
काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला |
सेतोपाटी संवाददाता लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। , आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको हो।, मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ। प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ।, वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहेपनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रुपमा मनाउने गरिन्छ। समूह बनाएर नाच्ने परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जाने गर्छन्। जसलाई उनीहरू नोगोपो जाने भन्ने गर्छन्।,
भोलि लुम्बिनीका तीन जिल्लामा सार्वजनिक बिदा |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा र पदस्थापन गरेको छ। , बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डिएसपीको पदस्थापन भएको हो। , काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका तुल्सीराम अर्यालको इलाका प्रहरी कार्यालय टिकापुरमा सरूवा भएको छ। टिकापुरमा रहेका उद्धवसिंह भाटको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा सरूवा भएको छ। , गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक टर्मिनलमा रहेका रविन्द्रमान गुरूङको प्रहरी वृत्त सिंहदरबारमा सरूवा भएको छ। , कोशी प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय विराटनगरमा रहेका सन्तोष तामाङको नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो। , चिनिमाया तामाङको प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अनुगमन तथा मूल्यांकन शाखामा सरूवा भएको हो। , बढुवामा पहिलो नम्बरमा रहेका रञ्जन अवाको जिल्ला प्रहरी कार्यालय धादिङबाट मानव बेचबिखन ब्युरो पिलर १ नेपाल भारत र अंग तस्करीमा पदस्थापन भएको छ। कमल बेल्बासेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अन्वेषण योजना शाखामा पदस्थापन भएको हो। , यमकुमार श्रेष्ठको नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा र एलिजा गिरीको प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा वीरगंजमा पदस्थापन भएको हो। , मानवस्रोत विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाका कमलराज पण्डितको प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा पोखरामा पदस्थापन गरेको हो। , सूची:, सरूवा:, पदस्थापन:,
२७ डिएसपीको सरूवा, ४६ जनाको पदस्थापन (सूचीसहित) |
Subsets and Splits