content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। , दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारका ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि डा. इवामुरा अस्पतालमा लगिएको थियो। , त्यहाँ उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको डिएसपी पाठकले बताए। , उनकी १९ वर्षीया छोरी अनिता पनि सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनी डिस्चार्ज भइसकेकी छन्। घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।,
भक्तपुरमा स्कुटर दुर्घटना: बाबुको मृत्यु, छोरी घाइते |
नारायण खड्का अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र बिक असार १२ गते दाङको घोराही आए।, डेरामा बसेर कोरियन भाषा पढ्न उनी श्रीमती र दुई बच्चासहित उनी घोराहीमा पुगेका थिए।, साथीहरूसँग सम्पर्क भएकाले उनी अछामबाट घोराही आएका हुन्।, हुम्लाको अदानचुली गाउँपालिका- ३ का २३ वर्षीय अंगराज नेपाली पनि घोराहीमै डेरामा बसेर कोरियन भाषा सिक्दै आएका थिए। अंगराजलगायत अन्य तीन जना साथी घोराही उपमहानगरपालिका- १७ स्थित ६८ वर्षीय ताराप्रसाद पोखरेलको घरमा भाडामा बस्दै आएका थिए।, अंगराजसँगै मुगुको सोरू गाउँपालिका- १ का १८ वर्षीय सृष्ट नेपाली र हुम्लाको अदानचुली गाउँपालिका-३ का १७ वर्षीय लोकेन्द्र नेपाली पनि बस्दै आएका थिए। सृष्ट घोराहीस्थित कृष्ण सेन प्राविधिक शिक्षालयमा कृषि पढ्छन् भने लोकेन्द्र एसइई दिएर फुर्सदको समयमा घोराहीमा आएका थिए।, अंगराजसहित तीन साथीहरू करिब डेढ महिनादेखि ताराप्रसादको घरमा भाडामा बस्दै आएका थिए। त्यहाँ अरू कोठा पनि खाली थिए। अंगराजकै सम्पर्क र सल्लाहले महेन्द्र परिवारसँग पोखरेलकै घरमा भाडामा बस्न थाले।, दुई दिन पनि बस्न नपाउँदै ताराप्रसादले महेन्द्रलाई हेयको दृष्टिले हेर्न थाले। कारण अरू केही थिएन, महेन्द्र दलित समुदायका भएकाले हो।, तेस्रो दिन बिहानै ताराप्रसादले महेन्द्रलाई कोठा खाली गरेर अन्यन्त्र जान उर्दी जारी गरे। यो असार १५ गते बिहानको कुरा हो।, महेन्द्र सोधे- के भयो घरबेटी बा? यी कलिला बालबच्चा लगेर म कहाँ जाउँ?, उनले कोठाबाट ननिकाल्न अनुनय पनि गरे। तर ताराप्रसादले महेन्द्रको कुरै सुनेनन्। साँझपख कोठाबाट सामान बाहिर निकालिदिए।, जातकै कारण तीन दिनमै बसेको घरबाट निकालिएपछि महेन्द्र दिक्दार बने। उनले आफ्नो सर्कलका चिनजानका साथी-भाइसँग आफूमाथि भएको अन्यायबारे अवगत गराए।, दलित अधिकारकर्मी र पत्रकारसम्म कुरा पुग्यो। आफूले भोग्नु परेको जातीय विभेदका विरूद्ध महेन्द्रले प्रहरीमा ठाडो उजुरी दिए। ताराप्रसादविरूद्ध प्रहरीमा पुगेर महेन्द्रले सोही लिखित जाहेरी दिएपछि प्रहरीले शनिबार ताराप्रसादलाई नियन्त्रणमा लिएको हो।, पक्राउ परेका ताराप्रसादले कोठा माग्दा महेन्द्रले आफू कँडेल थरको भएको भनेर झुट बोलेको प्रहरीलाई बयान दिएका छन्।, महेन्द्र दलित समुदायको भएको चाल पाएपछि ‘देउताले आफूलाई नसहने’ भन्दै ताराप्रसादले घरबाट निस्कन भनेको बयान दिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए।, ‘तिमीहरू जस्तो दलितलाई म बाहुनले बस्नका लागि घर भाडामा दिँदैन। तिमीहरू मेरो घरमा बस्न थालेपछि म बिरामी परेको छु भन्दै उहाँले हामीलाई निस्कन उर्दी जारी गर्नुभएको हो,’ महेन्द्रकी श्रीमती शान्ति बिकले भनिन्।, ताराप्रसादले महेन्द्रको थर बिक भन्ने थाहा पाएपछि झन्डै डेढ महिना अघिदेखि बस्दै आएका अंगराज र उनका साथीहरूलाई पनि घर छोड्न उर्दी जारी गरेको पीडितले बताएका छन्।, ‘अंगराजहरूले पनि आफूहरू रोकाया हो भन्दै ढाँटेर कोठा भाडामा बसेको खुलेको छ,’ डिएसपी गौतमले भने, ‘उनीहरू सबै दलित हुन् भन्ने थाहा पाएपछि घर धनीले सबैलाई कोठा छोड्न उर्दी जारी गरेको खुलेको छ।’, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार घरधनीले कोठा भाडामा बस्नुपूर्व पनि जातपात सोधेको र अहिले सबै दलित भन्ने थाहा पाएपछि सबैलाई घर खाली गर्न उर्दी जारी गर्ने जातीय भेदभावको कसुर गरेको बताए।, कानुनले कसैलाई पनि जातपातका आधारमा भेदभावपूर्ण व्यवहार गर्न बन्देज लगाएको मात्रै छैन् त्यस्तालाई कानुनी कारवाहीको व्यवस्था पनि गरेको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले पक्राउ परेका ताराप्रसादमाथि आवश्यक अनुसन्धान भइरहेको र आज म्याद थपका लागि जिल्ला अदालत पठाइने जानकारी दिए।, म्याद थप भई आएपछि प्रहरीले ताराप्रसादविरूद्ध जातीय विभेदसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ।,
दाङमा जातका कारण तीन दिनमै डेराबाट निकालिए महेन्द्र |
सेतोपाटी संवाददाता ललिता निवासको जग्गामा तारबार लगाउन काठमाडौं महानगर प्रहरी ललिता निवास पुगेको छ। , आइतबार दिउँसो ललिता निवासको जग्गामा तारबार लगाउन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो। , सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। , केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।, ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै तारबार लगाउन लागेको हो। , यो पनि:, फेरि खुलेको हो ललिता निवास प्रकरणको फाइल?, ललिता निवास जग्गा प्रकरण: भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा २९ रोपनी, अरूको कति?, ललिता निवास प्रकरणमा किन दोस्रोपटक पक्राउ परे मीनबहादुर गुरुङ?,
तारबार लगाउन महानगर प्रहरी पुग्यो ललिता निवास |
सेतोपाटी संवाददाता काठमाडौं नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दुई जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।, अख्तियारले उनीहरूलाई एक लाख ७५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनीहरूले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्नेक्रममा घुस माग गरेको सूचना पाएपछि अख्तियारले टोली खटाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।, थप अनुसन्धानको क्रममा उनीहरूले घुस लिएको पुष्टि भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले बिगो बमोजिम जरिवाना सजायसमेत मागदाबी गरेको छ।,
काठमाडौं नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायीविरूद्ध भ्रष्टाचारको मुद्दा |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन अल्टिमेटम दिएको छ। , ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए। , 'आज महानगर प्रहरीको टोली त्यहाँ गएको थियो। त्यहाँ भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिइएको छ', उनले भने। , आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली पुगेको थियो। , सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। , महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ। , केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। , भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्। , ब्युरोले अनुसन्धान गरिरहेको बेलामा महानगरले जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो।, ललिता निवासभित्र नर्सरी, काठका सामानहरू, अस्थायी टहरा लगायत संरचनाहरू छन्।, यो पनि:, फेरि खुलेको हो ललिता निवास प्रकरणको फाइल?, ललिता निवास जग्गा प्रकरण: भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा २९ रोपनी, अरूको कति?, ललिता निवास प्रकरणमा किन दोस्रोपटक पक्राउ परे मीनबहादुर गुरुङ?,
ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरले दियो २४ घन्टे अल्टिमेटम |
राजेश घिमिरे सर्लाही लक्ष्मीपुरका १९ वर्षीय नजारूल मन्सुरको सोमबार बिहान ८ बजे मलेसिया जाने उडान छ।, वैदेशिक रोजगारीमा जान शनिबार साँझ घरबाट बिदा भएर काठमाडौंतर्फ निस्किएका उनी राति १ बजेतिर नारायणगढ कटेका थिए। केही मिनेटमा जब उनी जुगेडी पुगे, गाडी रोकियो। आइतबार बिहान साढे १० बजे उनी त्यही ठाउँमा भेटिए।, ‘भोलि बिहानै एयरपोर्ट पुग्नुपर्ने छ। बाटोमा अड्किएको धेरै घन्टा भइसक्यो। पहिरोले रोकिएको भन्छन्, कति समयमा खुल्ने हो थाहा छैन,’ मन्सुरले भने, ‘लामो समय बन्द भयो भने त बर्बादै हुने भयो।’, सोही ठाउँमा कोहलपुरबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स घन्टौंदेखि रोकिएको थियो। पुनम सुवेदीले बिहान ६ बजेबाट एम्बुलेन्स अघि बढ्न नसक्दा बिरामीको स्वास्थ्य बिग्रिँदै गएको बताइन्।, ‘सासु आमालाई नेपालगञ्ज मेडिकल कलेजले रिफर गरेपछि हिजो दिउँसो १ बजेतिर काठमाडौंका लागि छुटेको एम्बुलेन्स अझै यहीँ छ,’ पुनमले भनिन्, ‘कतिखेर सडक खुल्ने हो थाहा छैन। काठमाडौं जान हामीसँग अरू उपाय पनि छैन।’, सुरज चौधरीले ट्रक चलाउन थालेको १८ वर्ष भयो। आइतबार उनी नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रकमुनि बसेर खाना खाँदै गरेको अवस्थामा भेटिए।, यो सडक खण्डमा बर्खामा हुने सास्ती उनलाई बानी परिसकेको छ।, ‘हिजो राति १२ बजे यहाँ आएर रोकिएको ट्रक एक इन्च पनि अघि बढेको छैन। मैले यस्तो समस्या झेल्न थालेको त वर्षौं भइसक्यो। कुनै वर्ष त २-३ दिन सडकमै अलपत्र परेको छु,’ उनले अनुभव सुनाए।, नारायणगढ-मुग्लिन सडक खण्डको तुहिन खोला(तीन नम्बर पुल) नजिकै खसेको पहिरोका कारण शनिबार राति ११ बजेबाट सवारी साधन चल्न सकेका छैनन्। पुल नजिकैको पहरो खसेर पुरै सडक ढाकेको थियो। आइतबार बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको छ।, पूर्वी र पश्चिम नेपाललाई देशको राजधानीसँग जोड्ने महत्वपूर्ण सडक घन्टौंदेखि अवरूद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। हजारौं यात्रुहरू अलपत्र परेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीकाअनुसार यो ठाउँमा पहिरो खस्न थालेको गत बिहीबारबाटै हो। पहिरो खसेपछि केही घन्टा सडक अवरूद्ध भए पनि पन्छाएर सुचारू गराउने गरिएको थियो।, ‘हिजो राति निकै ठूलो पहिरो खस्यो। पहरो नै खसेर सडक पुरिदियो। राति पानी परिरहेको र पहिरो पनि खसिरहेका कारण काम गर्न सकिएन,’ उनले भने, ‘बिहानैबाट काम भइरहेको छ। सकेसम्म छिटो सडक खुलाउने प्रयास भइरहेको छ।’, २ एक्साभेटर र २ लोडरले पहिरो पन्छाइरहेको पनि माथिबाट ढुंगा माटो खस्न छाडेको छैन। त्यसैले अहिले सडकको अवरोध हटाए पनि पानी परिहाल्यो भने फेरि अवरूद्ध हुनसक्छ।, अहिले पहिरो झरेको ठाउँ केही समयअघि पुल बनाउनका लागि सडक नै बन्द गरेर पहरो फोरिएको स्थानको आडैमा हो। यहाँको पहरो फोर्न नारायणगढ-मुग्लिन सडक निर्माण आयोजनाले साढे २ महिना दैनिक ४ घन्टाका दरले सडक नै बन्द गरेको थियो। , सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहरो फोर्दाखेरिको कम्पनको असरले यो ठाउँमा पहिरो गएको हुनसक्ने बताए।, ‘ठ्याक्कै यही हो कारण भनेर भन्न नसके पनि आडैमा धेरै समयमा रक ब्रेकरको प्रयोग गरेर पहरो फोरिएकाले त्यसको असर पनि हुनसक्छ,’ कार्कीले भने, ‘कडा चट्टान भएको यो क्षेत्रमा यसअघि पहिरो खस्ने गरेको थिएन। पहिले सधैँ पहिरो जाने क्षेत्रमा यसपालि खासै असर देखिएको छैन।’, त्यसो त यो सडकमा हरेक वर्ष फरक ठाउँमा पहिरो झर्ने गरेको थियो। अघिल्लो वर्ष मौरी पुल र अठार किलोमा झरेको पहिरोले दुःख दिएको थियो। गत वर्ष यो सडक खण्डमा २४ पटक पहिरो खसेको थियो। पहिरोका कारण १०९ घन्टा राजमार्ग अवरूद्ध भएको थियो। यसपालि यहाँ सानो पहिरो झरेको छ। त्यसले सडक अवरूद्ध गरेको छैन।, त्यसअघि सेती दोभान र बीस किलोमा ठूलो पहिरो खसेको थियो। त्यो पहिरोले पनि नारायणगढ-मुग्लिन सडक लामो समयसम्म बन्द भयो। राजमार्गसँग जोडेर उपल्लो भेगमा सडकहरू निर्माण गर्दा यी दुई ठाउँमा पहिरो झरेको कार्की बताउँछन्।, त्यसअघि कहिले चार किलो, पाँच किलो, अठार किलो, बीस किलो भन्ने ठाउँमा पहिरो खसेर सडक अवरूद्ध हुने गर्दथ्यो।, ‘सधैँ पहिरोले दुःख दिएपछि विश्व बैंक, जाइकालगायतका संस्थाहरूले पहिरो जानुको कारणबारे अध्ययन गर्दै आएका थिए। पोहोर, परार ठूलो पहिरो गएको ठाउँमा केही दिनअघि सम्म पनि अध्ययन भइरहेको थियो। तर यसपालि त्यहाँ पहिरो गएको छैन। पहिरो यता पो गयो,’ इन्जिनियर कार्कीले भने।, हरेक वर्ष पहिरो झर्दा यात्रुहरूले त सास्ती पाएका छन् नै। उद्योग व्यवसायमा पनि यसको गम्भीर असर परेको छ। व्यावसायिक कामले लमजुङ जान लागेका चितवन उद्योग संघका पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी पहिरोका कारण रोकिएका रहेछन्। उनले यो सडकका कारण उद्योगी, व्यवसायीले वर्षेनी करोडौंको क्षति व्यहोरिरहेको बताए।, ‘देशको राजधानीलाई जोड्ने महत्वपूर्ण सडकको अवस्था यस्तो छ। वैकल्पिक सडक तयार भएको छैन। नारायणगढ-मुग्लिन सडकको विकल्पमा अर्को सडक चाहिन्छ भनेर हामीले लामो समयदेखि कुरा उठाउँदै आएका छौं। तर सरकारको चसोमा यो परिरहेको छैन,’ अधिकारी भन्छन्, ‘जहिलेसम्म वैकल्पिक सडकको व्यवस्था हुँदैन तबसम्म यस्तै समस्या झेलिराख्नुको विकल्प छैन।’, उनले हाल नारायणगढ-मुग्लिन सडक रहेकोभन्दा पारि पनि सडक बनाउन सके त्यो वैकल्पिक सडक बन्नसक्ने बताए।, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरीष पन्त पहिरो नियन्त्रणका लागि सरकार गम्भीर नभएको बताउँछन्।, ‘माथिका बस्तीका कारण पहिरो झरेको हो भने ती बस्तीलाई हटाउनुपर्यो, डाँडाका कारण समस्या हो भने डाँडा काट्न पर्यो। तर देशको राजधानी जाने मुख्य राजमार्ग यो अवस्थामा राख्न हुँदैन,’ पन्त भन्छन्, ‘बाटो राम्रो भयो भनेर खुसी भएका थियौं। केही महिनामै पहिरो झरेर दुःख दिन थालिहाल्यो।’, उनले यो पहिरोका कारण चितवनका उद्योग, व्यवसायहरूलाई निकै घाटा भइरहेको बताए। सबैभन्दा ठूलो घाटा पर्यटन व्यवसायमा भएको उनी बताउँछन्। , ‘कालिका नगरपालिकाको शक्तिखोरबाट पृथ्वी राजमार्गको फिस्लिङ जोड्ने सडकलाई व्यवस्थित बनाएर विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। यसतर्फ सरकारको ध्यान जानु जरूरी छ,’ पन्तले भने, ‘केही वर्षपछि त निजगढ-काठमाडौं फास्ट ट्रयाक पनि बन्ला। त्यसअघि अन्य वैकल्पिक सडकहरू निर्माणमा पनि ध्यान दिनु आवश्यक छ।’, नारायणगढ-मुग्लिन सडक ३६ किलोमिटर लामो छ। यो सडकमा दैनिक दस हजारभन्दा बढी सवारी साधन गुड्ने गर्छन्।, भिडिओ:,
नारायणगढ-मुग्लिन सडक: अध्ययन एकातिर, यसपालि पहिरो झर्यो अर्कातिर (भिडिओ) |
सेतोपाटी संवाददाता मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला (३ नम्बर पुल) को पहिरो पन्छाउन आइतबार साँझसम्म लाग्ने भएको छ।, गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले जानकारी दिए।, ‘अहिले दुई वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरेर पहिरो पन्छाइराखेका छौं। ठुल्ठूला ढुंगा थुप्रिएर रहेकाले साँझसम्म लाग्ने भयो,’ उनले भने।, तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन। तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खस्ने उनले बताए।, ‘अहिले पहिरो खस्न रोकिएको छ। हामी छिटोभन्दा छिटो आवागमन सुरू गर्न प्रयासरत छौं,’ उनले भने।, उनका अनुसार मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए। यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको छ।, ‘हामीले दुवैतर्फ तीन-तीन खण्डमा सवारी रोकेका छौं। हिजो दिउँसो रोकिने, खुल्ने गरेर पनि सबै सवारी पास गराउन सकिएको थियो। गएरातिदेखि पहिरो खस्न थालेपछि आवागमन अवरूद्ध हुन पुग्यो,’ उनले भने, ‘अहिले रोकिएका हिजोदेखिका सवारी हुन्।’, उनले साना सवारीका लागि हेटौंडा-पालुङ-नौबिसे, हेटौंडा-भीमफेदी-दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन नसकिएको बताए।, जसका कारण लामो दूरीका यात्रुहरू मर्कामा छन्। गएरातिदेखि रोकिएका यात्रुको सडकमै बास भएको छ।, ‘ठूला सवारीका लागि पहिरो पन्छाउञ्जेल पर्खनुको विकल्प छैन। कमजोर चट्टान र माथिदेखिकै भूभाग खसिरहेकाले जतिबेलै पहिराको जोखिम रहन्छ,’ तामाङ भन्छन्।,
मुग्लिन-नारायणगढ सडक खण्ड साँझसम्म खुल्ने, ४ वटा डोजर परिचालन |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ। , इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। , त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए।, ‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं।’, प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ। असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो। , ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन-८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए।, एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए।, ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए। शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए।, प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२:५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८:४० बजे राजालाई पक्राउ गरेको हो।, उनीहरू दुबै जनालाई प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा जंगलमा फेला पारी पक्राउ गरेको थियो।, यो पनि: ,अँध्यारोमा मौका छोपेर चाबी चोरे, बिहानै हिरासतबाट टाप कसे,
हिरासतबाट थुनुवा भागेपछि बर्दियामा दुई प्रहरी निलम्बित |
सेतोपाटी संवाददाता शनिबार रातिदेखि अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ।, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेको जानकारी दिए।, तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।, यो पनि पढ्नुस्, नारायणगढ-मुग्लिन सडक: अध्ययन एकातिर, यसपालि पहिरो झर्यो अर्कातिर, सर्लाही लक्ष्मीपुरका १९ वर्षीय नजारूल मन्सुरको सोमबार बिहान ८ बजे मलेसिया जाने उडान छ।, वैदेशिक रोजगारीमा जान शनिबार साँझ घरबाट बिदा भएर काठमाडौंतर्फ निस्किएका उनी राति १ बजेतिर नारायणगढ कटेका थिए। केही मिनेटमा जब उनी जुगेडी पुगे, गाडी रोकियो। आइतबार बिहान साढे १० बजे उनी त्यही ठाउँमा भेटिए।, ‘भोलि बिहानै एयरपोर्ट पुग्नुपर्ने छ। बाटोमा अड्किएको धेरै घन्टा भइसक्यो। पहिरोले रोकिएको भन्छन्, कति समयमा खुल्ने हो थाहा छैन,’ मन्सुरले भने, ‘लामो समय बन्द भयो भने त बर्बादै हुने भयो।’, सोही ठाउँमा कोहलपुरबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स घन्टौंदेखि रोकिएको थियो। पुनम सुवेदीले बिहान ६ बजेबाट एम्बुलेन्स अघि बढ्न नसक्दा बिरामीको स्वास्थ्य बिग्रिँदै गएको बताइन्।, ‘सासु आमालाई नेपालगञ्ज मेडिकल कलेजले रिफर गरेपछि हिजो दिउँसो १ बजेतिर काठमाडौंका लागि छुटेको एम्बुलेन्स अझै यहीँ छ,’ पुनमले भनिन्, ‘कतिखेर सडक खुल्ने हो थाहा छैन। काठमाडौं जान हामीसँग अरू उपाय पनि छैन।’, सुरज चौधरीले ट्रक चलाउन थालेको १८ वर्ष भयो। आइतबार उनी नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रकमुनि बसेर खाना खाँदै गरेको अवस्थामा भेटिए।, यो सडक खण्डमा बर्खामा हुने सास्ती उनलाई बानी परिसकेको छ।, ‘हिजो राति १२ बजे यहाँ आएर रोकिएको ट्रक एक इन्च पनि अघि बढेको छैन। मैले यस्तो समस्या झेल्न थालेको त वर्षौं भइसक्यो। कुनै वर्ष त २-३ दिन सडकमै अलपत्र परेको छु,’ उनले अनुभव सुनाए।, नारायणगढ-मुग्लिन सडक खण्डको तुहिन खोला(तीन नम्बर पुल) नजिकै खसेको पहिरोका कारण शनिबार राति ११ बजेबाट सवारी साधन चल्न सकेका छैनन्। पुल नजिकैको पहरो खसेर पुरै सडक ढाकेको थियो। आइतबार बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको छ।, पूर्वी र पश्चिम नेपाललाई देशको राजधानीसँग जोड्ने महत्वपूर्ण सडक घन्टौंदेखि अवरूद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। हजारौं यात्रुहरू अलपत्र परेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीकाअनुसार यो ठाउँमा पहिरो खस्न थालेको गत बिहीबारबाटै हो। पहिरो खसेपछि केही घन्टा सडक अवरूद्ध भए पनि पन्छाएर सुचारू गराउने गरिएको थियो।, ‘हिजो राति निकै ठूलो पहिरो खस्यो। पहरो नै खसेर सडक पुरिदियो। राति पानी परिरहेको र पहिरो पनि खसिरहेका कारण काम गर्न सकिएन,’ उनले भने, ‘बिहानैबाट काम भइरहेको छ। सकेसम्म छिटो सडक खुलाउने प्रयास भइरहेको छ।’, २ एक्साभेटर र २ लोडरले पहिरो पन्छाइरहेको पनि माथिबाट ढुंगा माटो खस्न छाडेको छैन। त्यसैले अहिले सडकको अवरोध हटाए पनि पानी परिहाल्यो भने फेरि अवरूद्ध हुनसक्छ।, अहिले पहिरो झरेको ठाउँ केही समयअघि पुल बनाउनका लागि सडक नै बन्द गरेर पहरो फोरिएको स्थानको आडैमा हो। यहाँको पहरो फोर्न नारायणगढ-मुग्लिन सडक निर्माण आयोजनाले साढे २ महिना दैनिक ४ घन्टाका दरले सडक नै बन्द गरेको थियो। , सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहरो फोर्दाखेरिको कम्पनको असरले यो ठाउँमा पहिरो गएको हुनसक्ने बताए।, ‘ठ्याक्कै यही हो कारण भनेर भन्न नसके पनि आडैमा धेरै समयमा रक ब्रेकरको प्रयोग गरेर पहरो फोरिएकाले त्यसको असर पनि हुनसक्छ,’ कार्कीले भने, ‘कडा चट्टान भएको यो क्षेत्रमा यसअघि पहिरो खस्ने गरेको थिएन। पहिले सधैँ पहिरो जाने क्षेत्रमा यसपालि खासै असर देखिएको छैन।’, त्यसो त यो सडकमा हरेक वर्ष फरक ठाउँमा पहिरो झर्ने गरेको थियो। अघिल्लो वर्ष मौरी पुल र अठार किलोमा झरेको पहिरोले दुःख दिएको थियो। गत वर्ष यो सडक खण्डमा २४ पटक पहिरो खसेको थियो। पहिरोका कारण १०९ घन्टा राजमार्ग अवरूद्ध भएको थियो। यसपालि यहाँ सानो पहिरो झरेको छ। त्यसले सडक अवरूद्ध गरेको छैन।, त्यसअघि सेती दोभान र बीस किलोमा ठूलो पहिरो खसेको थियो। त्यो पहिरोले पनि नारायणगढ-मुग्लिन सडक लामो समयसम्म बन्द भयो। राजमार्गसँग जोडेर उपल्लो भेगमा सडकहरू निर्माण गर्दा यी दुई ठाउँमा पहिरो झरेको कार्की बताउँछन्।, त्यसअघि कहिले चार किलो, पाँच किलो, अठार किलो, बीस किलो भन्ने ठाउँमा पहिरो खसेर सडक अवरूद्ध हुने गर्दथ्यो।, ‘सधैँ पहिरोले दुःख दिएपछि विश्व बैंक, जाइकालगायतका संस्थाहरूले पहिरो जानुको कारणबारे अध्ययन गर्दै आएका थिए। पोहोर, परार ठूलो पहिरो गएको ठाउँमा केही दिनअघि सम्म पनि अध्ययन भइरहेको थियो। तर यसपालि त्यहाँ पहिरो गएको छैन। पहिरो यता पो गयो,’ इन्जिनियर कार्कीले भने।, हरेक वर्ष पहिरो झर्दा यात्रुहरूले त सास्ती पाएका छन् नै। उद्योग व्यवसायमा पनि यसको गम्भीर असर परेको छ। व्यावसायिक कामले लमजुङ जान लागेका चितवन उद्योग संघका पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी पहिरोका कारण रोकिएका रहेछन्। उनले यो सडकका कारण उद्योगी, व्यवसायीले वर्षेनी करोडौंको क्षति व्यहोरिरहेको बताए।, ‘देशको राजधानीलाई जोड्ने महत्वपूर्ण सडकको अवस्था यस्तो छ। वैकल्पिक सडक तयार भएको छैन। नारायणगढ-मुग्लिन सडकको विकल्पमा अर्को सडक चाहिन्छ भनेर हामीले लामो समयदेखि कुरा उठाउँदै आएका छौं। तर सरकारको चसोमा यो परिरहेको छैन,’ अधिकारी भन्छन्, ‘जहिलेसम्म वैकल्पिक सडकको व्यवस्था हुँदैन तबसम्म यस्तै समस्या झेलिराख्नुको विकल्प छैन।’, उनले हाल नारायणगढ-मुग्लिन सडक रहेकोभन्दा पारि पनि सडक बनाउन सके त्यो वैकल्पिक सडक बन्नसक्ने बताए।, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरीष पन्त पहिरो नियन्त्रणका लागि सरकार गम्भीर नभएको बताउँछन्।, ‘माथिका बस्तीका कारण पहिरो झरेको हो भने ती बस्तीलाई हटाउनुपर्यो, डाँडाका कारण समस्या हो भने डाँडा काट्न पर्यो। तर देशको राजधानी जाने मुख्य राजमार्ग यो अवस्थामा राख्न हुँदैन,’ पन्त भन्छन्, ‘बाटो राम्रो भयो भनेर खुसी भएका थियौं। केही महिनामै पहिरो झरेर दुःख दिन थालिहाल्यो।’, उनले यो पहिरोका कारण चितवनका उद्योग, व्यवसायहरूलाई निकै घाटा भइरहेको बताए। सबैभन्दा ठूलो घाटा पर्यटन व्यवसायमा भएको उनी बताउँछन्। , ‘कालिका नगरपालिकाको शक्तिखोरबाट पृथ्वी राजमार्गको फिस्लिङ जोड्ने सडकलाई व्यवस्थित बनाएर विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। यसतर्फ सरकारको ध्यान जानु जरूरी छ,’ पन्तले भने, ‘केही वर्षपछि त निजगढ-काठमाडौं फास्ट ट्रयाक पनि बन्ला। त्यसअघि अन्य वैकल्पिक सडकहरू निर्माणमा पनि ध्यान दिनु आवश्यक छ।’, नारायणगढ-मुग्लिन सडक ३६ किलोमिटर लामो छ। यो सडकमा दैनिक दस हजारभन्दा बढी सवारी साधन गुड्ने गर्छन्।, ,
नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी चल्न थाले गाडी |
सेतोपाटी संवाददाता बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ परेका हुन्। , यसअघि सिआइबीले चार जनालाई पक्राउ गरिसकेको थियो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो।, उनीहरूसँगै प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टे अर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाड्न परेको हो। , सिआइबीले लामो अनुसन्धान सकेर २०७८ साल पुसमै सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो।, प्रतिवेदन फिर्ता पठाएपछि अहिले सिआइबीले पुन: अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो। अहिले पक्राउ पर्नेको संख्या ७ जना छन्।, सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्श निकालेको छ। अहिले प्रहरीले सरकारी जग्गा कीर्ते कसुरमा अनुसन्धान गरिरहेको छ। , यो पनि:, फेरि खुलेको हो ललिता निवास प्रकरणको फाइल?, ललिता निवास जग्गा प्रकरण: भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा २९ रोपनी, अरूको कति?, ललिता निवास प्रकरणमा किन दोस्रोपटक पक्राउ परे मीनबहादुर गुरुङ?,
ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ |
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान २ बजे पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। , पहिरोले एउटा ट्रक पल्टिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टका अनुसार पहिरोमा परी दुर्घटना भएको ट्रकका चालक सामान्य घाइते छन्।, अहिले पहिरो पन्छाउने क्रम जारी रहेको उनले बताए। ‘पहिरो पन्छाउने काम लगभग सकिएको छ, अब पौने घन्टामा सञ्चालनमा आउँछ,’ उनले भने।, उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो ।, यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।, पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।, जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।-राससको सहयोगमा,
अवरूद्ध नारायणघाट-मुग्लिन सडकको पहिरो पन्छाइँदै, केहीबेरमा सञ्चालनमा आउने |
सेतोपाटी संवाददाता ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा भएका छन्। , जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार उनलाई साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।, लामिछानेले तामाङमाथि गरेको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीहरूले दिउँसो साढे १ बजेसम्म काम रोकेका थिए। , उता नेपाल बार एशोसिएनले आइतबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो। उनलाई रिहा नगरे सोमबार देशभरका अदालत बहस नगर्ने एशोसिएसनले चेतावनी दिएको थियो। , गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय लामिछानेले कुटपिट गरेका थिए। , मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए।, उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। , जाहेरी दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो।,
नासु कुटेको आरोपमा पक्राउ परेका वकिल साधारण तारेखमा रिहा |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। , महाशाखाका अनुसार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।, मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। , कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएका छ। , तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत शुक्रबार ललितपुर महागनर-४ इमाडोलबाट एक जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा मकवानपुर घर भई इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ बमजन छन्। उनीबाट प्रहरीले ५ सय रुपैयाँका एक सय ६० थान नक्कली नोट बरामद गरेको हो। , विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको छ।, ,
इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ |
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।, ‘पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ,’ उनले भने।, पहिरोमा परी एउटा ट्रक पनि पल्टिएको थियो। उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले जानकारी दिए।, आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो।, यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।, पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।, जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।,
पाँच घन्टापछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक |
रासस झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ। , मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए।, पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए।, झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो।, डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए।,
जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया वृद्धाको मृत्यु |
सेतोपाटी संवाददाता जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन्। , आइतबार बिहान तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। , उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ। , हिक्मतविरूद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए। भरतले उक्त घर चार वर्षअघि बनाएका थिए। तर उनी जुम्ला बजारमा बस्छन्।, उक्त घरमा भरतका साइँला भाइ तिर्थ र मुकुन्द बस्थे। तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए।, घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो।, भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।, ‘भाइले भगाएको भन्ने खबर पनि हामीलाई केटी पक्षले नै दिएको थियो। हाम्रो सम्पर्कमा दुबै छैनन्,’ भरतले भने, ‘केटी पक्षको सम्पर्कमा भने छन्। अन्तर्जातीय विवाह गरेकै कारणले उनीहरूले आगजनी गरिदिएका हुन्।’, तातोपानी-४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २-३ बजे नै आगलागी सुरू भएको थियो। तरछिमेकीले ढिलो गरीमात्रै थाहा पाएका थिए। , ‘अन्दाजी २ बजेतिर आगलागी भएको हुनुपर्छ। बिहान ४-५ बजेतिर मात्रै थाहा भयो,’ वडाध्यक्ष रोकायाले भने, ‘छिमेकी शौचालय जानलाई निस्किँदा घर जलिरहेको थाहा भयो।’, त्यसपछि हल्ला भएपछि स्थानीय जम्मा भएका थिए। स्थानीयहरूले मिलेर आगोलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई पनि त्यसपछि पौने ६ बजेतिरमात्रै जानकारी गराइएको थियो।, पक्राउ परेका हिक्मतले पनि आफैंले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। , ‘विवाहकै कारणले आगजनी गरेको भनेर हामीसमक्ष प्रारम्भिक रूपमा भनेका छन्,’ डिएसपी कार्कीले भने। , यता मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किशोरी भने सम्पर्कविहीन छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। ,
जुम्लामा अन्तर्जातीय विवाहको निहुँमा घरमा आगजनी, किशोरीका दाइ पक्राउ |
डम्मर बुढामगर बागलुङ बजार नजिकै छ खहरे गाउँ। दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए। सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे।, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन। मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए।, अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ। गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन्। पछिल्लो समय गाउँमा घर जस्तातापाले छाइन र सिमेन्टले ढलान हुन थाले।, त्यसले गर्दा गाउँको पहिचान हराउन थाल्यो। अहिले धमाधम सिमेन्ट र रडले घर निर्माण भइरहेका छन्। माटो र कमेरोको सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गयो। यस गाउँका वरपर थुप्रै पाटी पौवा, पोखरी र सितलताका लागि चौतारा थिए।, सडकका कारण पोखरी र चौतारालगायतका सम्पदा मासिँदा अहिले उजाड जस्तो बनेको छ। सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनिरहेका छन्। गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको स्थानीय जङ्गबहादुर कार्कीले बताए।, साढे दुईदशक अगाडि लोकमार्गले खहरे गाउँ जोडिएपछि लामो समय गाउँगाउँकै रुपमा रहे पनि अहिले तीव्ररुपमा बजारीकरण हुन थालेको कार्कीको भनाइ छ। अहिले गाउँबाट विदेश जानेको सङ्ख्या बढेको र विदेशमा कमाएर ल्याएपछि गाउँमा पुराना घर भत्काएर सिमेन्टका पक्की घर बनाउन थालेको कार्की बताउँछन्।, सहजताका लागि आफूले पक्की घर बनाए पनि घरको फाइदाभन्दा बेफाइदा धेरै रहेको कार्कीलाई आजभोली महसुस हुन थालेको छ।, ‘हाम्रो पालामा गाउँमा यस्ता घर थिएनन्, तलदेखि माथिसम्म सबै ढुङ्गा माटोका घर थिए, बस्ती पनि अहिलेको जस्तो बाक्लो थिएन तर अहिले दिनदिनै नयाँ घरहरु बन्दै गए, बस्ती थपिँदै गए, गाउँ त अहिले बजार जस्तै भएको छ,’ कार्कीले भने, ‘विकास हुन त राम्रो हो, तर मौलिकता मासेर आधुनिकतालाई अङ्गाल्नु विल्कुलै राम्रो होइन, पहिले गाउँ घरमै खेतबारीमा काम गर्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने, परम्परागत घरमै बस्ने गरिन्थ्यो, अहिले सबै विदेश जान थाले, विदेशमा कमाएको पैसाले आफू जन्मे हुर्केको घर भत्काएर विदेशीको नक्कल गरेर घर बनाउन थाले।’, पछिल्लो समय यहाँबाट चितवन, पोखरा, काठमाडौँलगायतका सुविधायुक्त सहरमा बसाइँसराइ गरेर जान थालेका छन्। गाउँ भएर पनि बजारकै सेवासुविधा पाएका स्थानीयले घर उस्तै बनाउँदै गएको स्थानीय ६५ वर्षीया चन्द्रकला क्षेत्रीले बताए। देख्न राम्रो भए पनि गाउँमा बनेका सिमेन्टका पक्की घर स्वास्थ्यका लागि अनुकूल नभएको क्षेत्री बताए।, आफ्ना छोराले विदेशमा कमाएर गाउँमा पक्की घर बनाएको जनाउँदै क्षेत्रीले पक्की घरका कारण रोगी बन्नुपरेको बताए।, क्षेत्री भन्छन्, ‘घरमा आमा बाबालाई लिपपोत गर्न दुःख भयो भनेर छोराले पक्की घर बनाइदिए, ढुङ्गा माटोको घर हुँदा दाउरामा आगो बालिन्थ्यो, आगोमै पकाएर खाइन्थ्यो, त्यसैले शरीर स्वस्थ हुन्थ्यो, अहिले त दाउरा बाल्नै छोडियो, आगो ताप्ने ठाउँमा हिटर ताप्छन्, यसले स्वास्थ्यलाई राम्रो गरेन, चिसो लाग्ने, शरीर दुख्ने, समस्या बढ्यो, अहिले र घरघरमा एउटा होइन, दुई÷दुई वटा ग्यास चुला छन्, बरु पहिलेकै माटो ढुङ्गाको घर ठिक थियो।’, सडकले बजारसँग जोडेर गाउँलेलाई सुविधासम्पन्न त बनायो, तर सुविधासँगै गाउँको सुन्दरता र मौलिक संस्कृति भने हरायो। अहिले खहरे गाउँसँगै बागलुङका अधिकांश सडक छेउमा पर्ने गाउँ बजारमा रुपान्तरण हुँदैछन्।, जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पातीहाल्नेसम्म दर्जन गाउँ तीव्ररुपमा बजारीकरण भइरहेका छन्।- रासस, ,
कंक्रिटका घरले भरिन थाल्यो खहरे गाउँ |
रासस हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ। तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए।, लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन्। रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ।, तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखिएको बताए।, उनले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधि ल्याई पशु प्रविधिकलाई स्थलगतरुपमा खटाई उपचार सुरु गरिएको बताए। , गाउँपालिका वडा नं १ रारामा पनि लम्पी स्किन रोग फैलिएको छ। उपचार गर्ने अहिलेसम्म गाउँमा कोही पनि नआएको स्थानीय पराने बस्नेतको भनाइ छ। यो रोग लागेका गाईभैँसीमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्छ।, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जुम्लाका आठवटै स्थानीय तहका लम्पी स्किन रोग देखा परेको छ। जिल्लामा सबैभन्दा पहिला कनकासुन्दरी गाउँपालिका-४ मा उक्त रोग देखा परको थियो। उक्त स्थानमा हाल उपचारपछि रोग नियन्त्रण आएको छ।, पछिल्लो समय तातोपानी, सिञ्जा, तिला, गुठिचौर र चन्दननाथ नगरपालिकामा लम्पी स्किन रोग फैलिएको स्थानीय तहबाट जानकारी आएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ।, सङ्क्रमणलाई रोकथाम गर्नेका लागि चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकाले गाईभैँसीलाई लक्ष्णअनुसार उपचार गरेका छन्। तिलामा देखा परेका सङ्क्रमित गाईगोरु र भैँसीलाई कार्यालयबाट थप औषधि र ५५ वटा खोप पठाएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।, स्थानीय तहका प्रमुखसँग छलफल गरेर चाहिने औषधि खरिद गरी पालिकको पशु शाखाबाट गाउँ गाउँमा पुगेर उपचार गर्ने सुझाव दिएको कर्णाली प्रदेश पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।,
जुम्लामा पनि फैलियो लम्पीस्किन |
सेतोपाटी संवाददाता साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ।, अमेरिकी समयअनुसार आइतबार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।, एक महिनाअघि पारिवारिक भेटघाटका लागि साहित्यकार खरेल अमेरिका गएका थिए।, झापाको मेचीनगर वडा नं. ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा रहेको छोरा प्रयासले बताए।, उनकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन्।, अमेरिका गएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएको र पछिल्लो समय भेन्टिलेटरमा राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार भइरहेको छोरा प्रयासले जानकारी दिए।, उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी नाटक लगायतका थुप्रै कृति प्रकाशित छन्।, उनका कृतिहरू बिजयका निबन्ध (निबन्ध, २०६४),क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५), बाटुली (बिज्ञान काब्य, २०६६), इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८), बिजयका कविता (कविता संग्रह, २०६५), सम्झनाका तरेली (निबन्ध संग्रह, २०७७), छोपिएका तारा (इतिहास), कति रोउँ म (शोक काब्य), राम साइँलीहरु (कथा कुथुंग्री, २०७४), अल्पिल्टा स्वरहरु (निबन्ध संग्रह, २०७८), कल्पना, मुनाहरु (समालोचना, २०७८), झर्रा शब्दहरुको संग्रह (शब्दकोश, २०७९), झिल्काहरु (कुथुंग्री संग्रह), युगारम्भ (उपन्यास, २०७९) प्रकाशित छन्।,
साहित्यकार विजय खरेलको अमेरिकामा निधन |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ।, महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले कक्षा ११ का विद्यार्थीलाई निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि महानगरले नै परीक्षा लिएर विद्यार्थी छनौट गर्ने बताए।, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएअनुसार महानगरअन्तर्गत निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो।, सामुदायिक विद्यालयमा पनि योग्यताक्रम निर्धारण गरी छात्रवृत्ति दिने तयारी महानगरको छ।,
निजी विद्यालयको छात्रवृत्ति परीक्षा अब काठमाडौं महानगरले लिने |
रासस राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ।, अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।, ‘असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ,’ उनले भने, ‘उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ।’, हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटी हुने सम्भावना भएकाले सकेसम्म त्रुटी नहुने गरी गरी नतिजा प्रकाशन गरिने शर्माले बताए। ‘जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्छौ,’ उनले भने। , परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाफल असार तेस्रो साताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए। , एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।, जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए।, परीक्षा नियन्त्रणका कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो।, नतिजा पद्धतिमा अन्योल, एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो लागेको छैन। निजी विद्यालयको छाता संस्था एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट र्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा टुङ्गो नलाग्दा अन्योल भएको बताए।, बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरेपनि नतिजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो। ‘पुरानो पाठ्यक्रममा एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने हाम्रो माग छ,’ अध्यक्ष खड्काले भने, ‘नयाँ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशित भए अनुत्तीर्ण हुने विद्यार्थीको भविष्य अन्योल बन्छ।’, आगामी वर्षको नयाँ पाठ्यक्रममा आधारित भइ प्रश्नपत्र आउने र यसले पुराना पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई निकै मर्का पर्न उनको भनाइ छ।, विसं २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था थियो। विसं २०७२ को पद्धतिअनुसार नतिजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गर्ने व्यवस्था छ।, नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ।, दुई विषयसम्म नन ग्रेडिङमा परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यसभन्दा धेरै विषयमा नन ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा धेरै विषयमा ननग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो।,
असार तेस्रो साता एसइईको नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड |
युनिक श्रेष्ठ ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।, सिआइबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो।, सिआइबीका एसएसपी दिनेश आचार्यले थप २ जनालाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको सेतोपाटीलाई बताए।, ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।, यो पनि: , ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ, तारबार लगाउन महानगर प्रहरी पुग्यो ललिता निवास, फेरि खुलेको हो ललिता निवास प्रकरणको फाइल?,
ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ |
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्।, बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो।, काठमाडौं महानगरले सहर सुन्दर बनाउन र हरियाली प्रबर्द्धनका लागि फूलसहितका गमला राख्न थालेको छ।, साथै सडक पेटीहरूमा पनि महानगरले वृक्षारोपण गरेको छ।, तस्बिरहरू:,
फूल राखेर सजाइयो काठमाडौंका सडक (तस्बिरहरू) |
सेतोपाटी संवाददाता कैलालीमा कारागारमा रहेका कैदीलाई ब्राउन सुगर दिन गएका एक जना पक्राउ परेका छन्।, धनगढी उपमहानगरपालिका- १ स्थित रहेको जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षका करण बमलाई भेट्न आएका भीम बोगटी पक्राउ परेका हुन्।, डोटी बोगटान नगरपालिका–६ घर भई हाल धनगढी चटकपुरमा नास्ता पसल गरी बस्ने २५ वर्षीय बोगटीलाई चेकजाँच गर्ने क्रममा स्याम्पुको डिब्बाभित्र लुकाइ छिपाइ ल्याएको १३ ग्राम (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ। , उक्त लागुऔषध बरामद गरी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको छ।, त्यहाँबाट लागुऔषधसम्बन्धी मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
कैलाली कारागारमा रहेका कैदीलाई ब्राउन सुगर दिन गएका एक जना पक्राउ |
सेतोपाटी संवाददाता प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ।, प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।, रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।, उनी २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालीन संघीय समाजवादी फोरमको सांसदसमेत भएका थिए।, अख्तियारले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो।,
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ |
सेतोपाटी संवाददाता बिहीबार मध्याह्नबाट अवरूद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा आएको छ।, सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।, अवरूद्ध सडक खण्ड केहीबेर अघि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। , डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको थियो। , सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको थियो। ,
,
२८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक खण्ड |
निशा भण्डारी वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्।, सहर वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ।, ललितपुरको खोकनामा यतिबेला धमाधम रोपाइँ भैरहेको छ।, तस्बिरहरू:,
तस्बिरमा हेर्नुस् खोकनामा रोपाइँको चटारो |
सेतोपाटी संवाददाता बालुवाटार प्रकरणमा पक्राउ परेका तीन जनालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।, प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायका अनुसार तीनै जनालाई हिजो नै (बिहिबार) अस्पताल भर्ना गरिएको हो।, ‘स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको हो,ʼ उनले भने, ‘एक जनाको स्वास्थ्य अवस्थामा सुधार आए पनि दुई जनालाई मेडिकल केयर आवश्यक देखिन्छ।ʼ, उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला-बेलामा अक्सिजन दिइरहनुपर्ने एसएसपी आर्चायले जानकारी दिए।, तीन जना अस्पताल भर्ना भएपछि गोपाल कार्की मात्र हिरासतमा छन्।, ब्युरोले असार १२ गते ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जना कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीले अदालतबाट स्टे-अर्डर लिएका थिए। त्यसैले उनीहरू सोही दिन छुटेका हुन्।,
ललिता निवास प्रकरण: पक्राउ परेका मीनबहादुर गुरूङसहित तीन जना अस्पताल भर्ना |
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।, तीन किलोमा सुख्खा पहिरो खसेपछि बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टले जानकारी दिए। , २८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहँदा आज बिहान तीन बजे पुनः पहिरो खसेपछि सडक अवरूद्ध भएको उनले बताए।, उनका अनुसार बिहीबारदेखि रोकिएका सवारी साधनहरू शुक्रबार साँझ पाँच बजेपछि पास भएका थिए। तर आज पुनः अवरूद्ध भएपछि सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउने काम भइरहेको विष्टले जानकारी दिए।, सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्।,
तीन किलोमा फेरि खस्यो पहिरो, नारायणगढ–मुग्लिन सडक पुनः अवरूद्ध |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ।, रातिपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाका आकलन छ। , भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, ,
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना |
डा.प्रमोद लामिछाने हड्डी खिइने भनेको उमेर बढ्दै जाँदा देखिने समस्या हो। कुनै चोटपटक लागेको थियो भने जोर्नीहरू भएको भागमा कतै खिइने कतै पलाउने भएर साँघुरो हुने अथवा जोर्नी बांगो हुने हुन्छ। त्यसलाई हामी हड्डी खिइने भन्छौं। त्यो प्राय: ढाडमा घुँडामा कट्टीमा र जोर्नीहरूमा हुन्छ।, कतै खिइएर ठूलो हुन्छ भने कतै हड्डी पलाएर आपसमा ठोक्किएर अथवा एउटै ढिक्का बन्ने हुनसक्छ। यसले गर्दा धेरै खालका समस्या आउन सक्छ। हड्डी खिइएर बाथ समेत हुन्छ। नसा च्यापिएर पनि दु:ख हुन्छ।, हड्डी खिइने आफैंमा रोग होइन। जसरी पानी तान्ने मोटरको क्षमता घट्दै जान्छ। त्यस्तै उमेर बढ्दै गएपछि यो खिइने हुन्छ। अर्को मान्छेको काम, बसाइ र रहनसहनले खिइन्छ। हड्डी आफैंभन्दा पनि अरू कुनै कारणले खिइने हो।, उमेर बढ्दै गएर खिइएको छ भने खिइने क्रम पूरै रोक्न त सकिँदैन तर कम गराउन सकिन्छ। त्यसका लागि औषधि र थेरापीको प्रयोग गर्नुपर्छ। अर्को आफ्नो काम, व्यायाम केले गर्दा हो त्यो अनुसार ध्यान दिनुपर्छ।, घुँडा, कट्टी, ढाड र घाँटीको हड्डीहरू खिइन्छ। जसरी ढाडको हड्डी खिइन्छ त्यसरी नै घाँटीको हड्डी खिइन्छ। काम गराइ, बसाइ रहनसहन नमिले चोट लागेर अनि बाथको कारणले हड्डी खिइन्छ। हड्डी खिइने कारण उस्तै भए पनि उपचार केही फरक हुनसक्छ।, घुँडाको हड्डी खिइयो भने सुरूमा आराम गर्नुपर्छ। त्यसपछि आवश्यकता अनुसार थेरापी गर्नुपर्छ भने औषधि पनि दिनुपर्छ। त्यति गर्दा पनि भएन भने घुँडामै इन्जेक्सन लगाउनुपर्छ। जसले गर्दा खिइने क्रम कम हुन्छ भने दुख्न पनि कम हुन्छ। यति गर्दा समेत भएन भने घुँडाको जोर्नी प्रत्यारोपण गर्नुपर्छ।, कट्टीको हड्डी खिइँदा जोर्नी फेर्न मिल्दैन। घाँटीको हड्डी खिइँदा अपरेसनभन्दा थेरापी र औषधिमा जोड दिइन्छ। कुनै उपाय लागेन भने मात्र अपरेसन गर्नुपर्छ।, मान्छेको तौलको भार घुँडाले थेगेको हुन्छ। सबै तौललाई धान्न पर्ने भएकाले पनि अझै गाह्रो हुन्छ। त्यसैले यो पीडालाई कम गर्न लौरीको प्रयोग गर्नु राम्रो हो। जसले गर्दा दुखाइ कम हुन्छ भने हिँड्न समेत सजिलो हुन्छ। हामी नेपालीको बानी के छ भने लौरी टेक्यो, प्लाष्टर लगायो भने घाँटीमा कलर लगायो भने बिरमी भएछ क्यारे भन्छन् भने लाग्छ। तर लौरो टेक्दा धेरै फाइदा हुन्छ।चिकित्सकले लौरी टेक्नु भन्यो भने टेक्नु राम्रो हो।, (चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका कार्यकारी अध्यक्ष रहेका अर्थोपेडिक सर्जन डा.प्रमोद लामिछानेसँग सेतोपाटीका लागि सन्जिब बगाले र राजेश घिमिरेले भिडिओ कुराकानी छन्।),
हड्डी किन खिइन्छ, कसरी गर्ने उपचार (भिडिओ) |
सेतोपाटी संवाददाता तिनाउ नदीमा जलसतह केही घटेको छ। , रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तिनाउले आज बिहान ८ बजे खतराको तह पार गरेको थियो।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ८ बजे तिनाउको जलसतह ७.२२ मिटर मापन भएको थियो।, बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार मध्याह्न १२ बजे तिनाउमा जलसतह ५.५ मिटर मापन भएको छ। यसअनुसार तिनाउमा तत्कालका लागि पानीको बहाब खतराको तहबाट तल झरेको छ।, महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। , अहिलेको मापनअनुसार तिनाउमा पानीको बहाब सतर्कता तहमाथि छ।, बाढी पूर्वानुमान महाशाखाले दिउँसो तीन बजेसम्म तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तीनै सुरक्षा निकाय र विपद् उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको र स्थानीय सरकारला सतर्क रहन निर्देशन दिइसकिएको बताएका छन्।, सबै तस्बिरः भगवती पाण्डे/सेतोपाटी,
खतराको तह नाघेको तिनाउ नदी (तस्बिरहरू) |
सेतोपाटी संवाददाता शुक्रबार बिहान सवा ६ बजेतिर बर्दियाको इलाका प्रहरी कार्यालय ढोढरीमा हल्लाखल्ला भयो।, प्रहरी हिरासतबाट फुत्केर थुनुवा भागेको प्रहरीले थाहा पाएको थियो। उनीहरू हिरासत कक्ष खोलेर भागेका थिए। अरू पनि भाग्न सक्छन् भनेर प्रहरी परिचालन गरी हिरासत बन्द गरिएको थियो। , घटनाबारे तत्कालै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज शाहीसमक्ष रिपोर्टिङ भएको थियो। हिरासतबाट भागेका दुई जनाको पहिचान गरी उनीहरूको खोजी गर्न विभिन्न युनिटका प्रहरी परिचालन गरिएको थियो। , भाग्ने व्यक्तिहरू मधुवन नगरपालिका-५ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली थिए। उनीहरू असार ८ गते ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थिए। अनुसन्धानको क्रममा हिरासतमा रहेका उनीहरू एकाएक शुक्रबार भागेका थिए। , उनीहरूलाई खोज्न विभिन्न युनिटबाट १५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। परिचालन गर्नेबेला प्रहरीले सकेसम्म स्थानीयको सहयोग लिन खोज्यो। , सम्भावित क्षेत्रमा भागेका थुनुवाको तस्बिर देखाउँदै प्रहरीले खोजी गर्यो। त्यसक्रममा उनीहरू इलाका प्रहरी कार्यालयको उत्तरतर्फ भागेको सूचना प्रहरीले पायो।, प्राप्त सूचनालाई आधार बनाएर प्रहरीले ती क्षेत्रमा दुई घन्टासम्म खोज्यो तर भागेका थुनुवा नरहेको पक्कापक्की भयो। त्यसपछि दिशा परिवर्तन गरी प्रहरीले खोजीकार्यलाई तीव्रता दियो। , ‘सुरूमा उनीहरू उत्तरतिर भाग्यो भन्ने भएपछि हामी त्यता तिर केन्द्रित भयौं। तर नभेटेपछि हामी अन्तै मोडियौं,’ एसपी शाहीले भने। त्यसैबीच प्रहरीले कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याएको थियो। कार्यालयमा भएका फरार थुनुवाका कपडा सुँघाएर खोजी गर्न थालिएको थियो। , उनीहरू भारत भाग्न सक्ने आशंकामा एसपी शाहीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेका थिए। बोर्डरमा अजय र राजाको तस्बिर पनि पठाइसकिएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले सीमामा सुरक्षा व्यवस्था कडा पारेको थियो। , जसकारण उनीहरूले सीमा पार गर्न सकेनन्। प्रहरीले स्थानीयको मद्दतमा उनीहरू कहाँ भागेका छन् भन्ने जानकारी लिँदै गएको थियो। केही स्थानीयले उनीहरू जंगल पसेको खबर दिए। , बर्दियाका जंगलमा बाघ भेटिने भएपछि प्रहरी पनि अलि हच्किएको थियो। , ‘त्यहाँका जंगलमा बाघ बस्ने भएकाले त्यसको पनि चिन्ता थियो। खटिएका प्रहरीलाई अलि सचेत भएर हिँड्न भनेको थिएँ,’ उनले भने, ‘अर्को भागेका व्यक्तिको पनि ज्यान जोखिममा थियो। त्यसकारण हामीले संयममता अपनाउनै पर्ने थियो।’, स्थानीयको सूचनाअनुसार प्रहरी बेलझुण्डी सामुदायिक वनमा पस्यो। त्यहाँ घेरा हाल्दै खोज्दै जानेक्रममा मध्यान्ह १२:५० मा अजय पक्राउ परे। उनले लामो समय जेलमै सड्नुपर्ने डरले भागेको प्रहरीलाई बताएका छन्।, एकजनालाई समात्न सफल भएपछि अर्का अभियुक्त छिट्टै भेटिनेमा प्रहरी आशावादी थियो। खोजीमा खटिएको टोलीलाई अलमल नगर्न एसपी शाहीको निर्देशन थियो। , 'हिरासतबाट भाग्ने व्यक्तिहरूसँग फोन, पैसा केही पनि हुँदैन। उनीहरूको मनस्थिति भाग्ने मात्रै हुन्छ। त्यस्तो अवस्थामा हामीले अलमल गर्नु भनेको उनीहरूले सोच्ने समय पाउनु हो। त्यसकारण थकाइ मार्ने र खाने काममा धेरै समय नलाउन निर्देशन दिएको थिएँ,' एसपी शाहीले भने। , राजा विवाहित हुन्। जंगलमा खोजी कार्य जारी रहँदा एसपी शाहीले उनको घरमा महिला प्रहरी पठाए। , राति ७ बजेसम्म खोज्दापनि नभेटिएपछि प्रहरी जंगलबाट फर्किएको थियो। घरमा आए अथवा फोन गरे तत्काल प्रहरीलाई खबर गर्न राजी बनाएर महिला प्रहरी पनि राजाको घरबाट बेलुका फर्कियो। , आज बिहान पाँचै बजेदेखि प्रहरी टोली राजाको खोजीमा परिचालन भयो। खोजीमा खटिएका प्रहरीलाई एसपी शाहीले सिभिल युनिफर्म लगाउन भनेका थिए। सोहीअनुसार आज बिहान भने प्रहरी डाँडे सामुदायिक वनमा केन्द्रित भएको थियो। , व्यापक खोजीपछि बिहान ८:४० बजे प्रहरी राजालाई समात्न सफल भयो। उनी फेला परेको स्थानबाट उनको घर दुई किलोमिटरमात्रै टाढा थियो। , ‘उनी पनि हिजै पक्राउ पर्न सक्थे। तर स्थानीयबाट सूचनाहरू लिँदा सबै जनाले अजयको मात्रै दिइरहेका थिए। त्यसो भएपछि उनले भाग्ने मौका पाएका रहेछन्,’ एसपी शाहीले भने, ‘सीमा सुरक्षामा कडा नगरिएको भए उनी पनि भारतमा भाग्ने रहेछन्।’, प्रहरीले उनीहरू दुबै जनालाई इलाका प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा फेला पारेको हो। , अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको छ। यसरी उनीहरू भागेपछि प्रहरीले कसरी भागे भन्ने पनि अनुसन्धान गरेको छ। , एसपी शाहीका अनुसार ड्युटीमा खटिएका प्रहरीको पनि कमजोरीका कारण भागेको उनले बताएका छन्।, बिहीबार राति कार्यालयमा बत्ती गएको थियो। , राति बत्ति गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो भएको ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुले। , ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरे। त्यसपछि धैर्य गरेर मौकाको पर्खाइमा बसे। , शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरू हिरासतबाट भागे। , ‘दुई मिनेट प्रहरी नभएको मौकामा उनीहरू निस्किन भ्याएछन्,’ एसपी शाहीले भने। , ढोढरीमा इन्स्पेक्टरको नेतृत्व छ। एसपी शाहीले उनीसहित अन्य प्रहरीमाथि छानविन गरी कारबाही गरिने बताए। प्रहरी नायब निरीक्षक (असई) र दुई जना प्रहरी जवानलाई भने निलम्बन गर्ने तयारी रहेको उनले बताए।,
अँध्यारोमा मौका छोपेर चाबी चोरे, बिहानै हिरासतबाट टाप कसे |
सेतोपाटी संवाददाता भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।, सूर्यविनायक नगरपालिका-९ पलासेस्थित ३३ वर्षीय रामकुमार सार्कीको शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , रामकुमारको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो। , असार १ गते घरमा चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागी भएपछि उनी गम्भीर घाइते भएका थिए। , उनको उपचारको लागि स्थानीय मेडिकल मार्फत थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लगेको थियो। त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको हो।,
आगलागीमा घाइते भएका पुरूषको उपचारको क्रममा मृत्यु |
सेतोपाटी संवाददाता दुई दिनदेखि लगातार परेको वर्षापछि आएको पहिरोले पाल्पाका विभिन्न स्थानमा सडक अवरूद्ध भएका छन्।, सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको चिदिपानी धैरेनीमा लेदोसहित खसेको पहिरोले सडक अवरूद्ध भएको छ।, राम्दी देखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरूद्ध छ।, लेदो हटाउन २ वटा मेशिन तयारी अवस्थामा रहेपनि लगातारको वर्षाको कारण काम गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाले बताए।, तानसेन रिडी सडकखण्डको ढुंगाखानीको तिन लाकुरी खण्ड पनि अवरूद्ध छ। सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। तानसेन रानीमहल सडकखण्डको रानीमहलमाथि पनि पहिरो खसी सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।, तानसेन बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरोले अवरूद्ध भएको सडक पहिरो र लेदो पन्छाएर एकतर्फी रूपमा संचालनमा आएको डिभिजन प्रमुख निरौलाले बताए।, यस्तै पाल्पा पूर्वखोलाको हेक्लाङ, रम्भाको फोक्सिङकोट सडकखण्डमा पनि पहिरो झरेर आवतजावत बन्द भएको ताहुँ प्रहरी चौकीले जनाएको छ।,
पहिरोका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरूद्ध |
सेतोपाटी संवाददाता तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ।, शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ।, महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, असार १६ बिहान ८ बजे ,#तिनाउ, नदी बुटबलमा ,#खतरा, तह भन्दा ठूलो ,#बाढी,, जलसतह ,#बढ्दो, छ, नदीतटिय क्षेत्रमा हुनेहरू दिउँसो सम्म ,#सुरक्षित, स्थानमा रहनहुन अनुरोध,@NDRRMA_Nepal,@NEOCOfficial, ,pic.twitter.com/8dsWswymsI,
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) ,July 1, 2023, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डेले तिनाउले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन भनिएको बताए।, तिनाउले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको उनले जानकारी दिए। सिडिओ पाण्डेले आफूसहितको टोली अवलोकनका लागि जान लागेको पनि जानकारी गराए।, ‘विशेषगरी खोला किनारमा रहेका घरहरूमा नबस्न भनेका छौं, सबै स्थानीय सरकारलाई यसबारे सूचित गराई सतर्क अवस्थामा राखेका छौं,’ उनले भने।, सिडिओ पाण्डेले सुरक्षाका तीनै निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको बताए।, 'विपद् उद्धार टोली र रेडक्रस पनि तयारी अवस्थामा छ,' उनले भने। ,
तिनाउ नदीले पार गर्यो खतराको तह, रूपन्देहीमा उच्च सतर्कता |
सेतोपाटी संवाददाता रौतहटमा घरमै आमा छोरी मृत फेला परेका छन्।, शनिबार बिहान जिल्लाको मौलापुर नगरपालिका-४ स्थित पतौरा टोलमा २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्। , घरबाहिर कविता र घरभित्र पंखामा झुण्डिएको अवस्थामा उनकी २० महिने छोरी मृत भेटिएको रौतहटका डिएसपी उमाशंकर यादवले बताए।, उनका अनुसार कविताको घाँटीमा पनि सल बाँधिएको अवस्थामा छ।, ‘उनी झुण्डिएको डोरी चुँडिएको जस्तो पनि देखिन्छ। अहिले यकिनका साथ भन्न सकिँदैन,’ डिएसपी यादवले भने।, डिएसपी यादवका अनुसार कविताको घरभित्र भेटिएको बाकसमा आगो लागेको र कपडाहरू जलेको अवस्थामा भेटिएको छ। , अहिले शव पोस्टमर्टमका लागि अस्पताल लगिएको र रिपोर्टपछि मात्रै थप कुरा थाहा हुने उनले बताए।, कविताकी बाबु विजयशंकरलाई घटनाबारे बान तीन बजे कविताकै छिमेकीले फोनमार्फत जानकारी गराएका थिए।, विवाहमा कबुलेको दाइजो नदिँदा छोरीलाई सासु र ज्वाँइले अढाई वर्षदेखि यातना दिँदै आएको विजयशंकरको आरोप छ। , ‘विहेमा अरु सामान दिएकै थिएँ । धेरै कर्जा भएपछि पलंग, सुनको औँठी र सिकरी पछि दिने भनेकै थियौँ तर उसले तुरन्तै चाहियो भनेर मेरी छोरीलाई कुट्थे । मेरो छोरीलाई फोन गरेर यी सामानहरु माग्न भन्थे ।, ‘हाम्रो गरिबी देखेर मेरी छोरीले कुटेको र सामान मागेको कुरा केही दिनसम्म बताइनन् । जब अति गर्न थाले तब मात्रै बताए मलाई भन्न आइन्,’ उनले भने ।, स्थानीयका अनुसार ससुराको यातना सहन नसकेपछि कविता श्रीमानसँग छुटिएर अलग्गै बस्न चाहेकी थिइन् । तर माइती पक्ष र आफन्तहरुले सहेरै भएपनि मिलेर बस्न उनलाई कर गरेका थिए ।, चारदिन अघि कविताकी श्रीमान धिरेन्द्रले उनको मोबाइल खासेका थिए। त्यसयता छोरीसँग कुराकानी नभएको उनकी बुवा विजयशंकरले बताए।, मृत्युको कारण अनुसन्धानपछि मात्रै भन्न सकिने डिएसपी यादवले बताए।, घटनापछि कविताकी श्रीमान धिरेन्द्र साह फरार छन् । उनकी सासु र जेठानीलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।,
रौतहटमा २४ वर्षीया महिला र उनकी २० महिनाकी छोरी मृत फेला |
सेतोपाटी संवाददाता धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। , धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको हो। , जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार सार्की छतमा बनाइएको भान्सामा सुतेकी थिइन्।, बिहान उठेर तल आउने क्रममा छतबाट लडेको भन्ने सूचना प्रहरीले पाएको थियो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए।,
धनगढीमा छतबाट खसेर एक महिलाको मृत्यु |
रासस मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको छ।, अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्।, 'अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौं,' स्थानीय श्यामबहादुर राईले भने।, लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिंगरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए।, पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो।, केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंगरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो।, पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले दुवै अजिंगरलाई निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए।, 'अजिंगर स्थानीयले नियन्त्रणमा लिएका रहेछन्। त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौं,' पौडेलले भने।,
सामुदायिक वनमा भेटियो ३३ किलोको अजिंगर |
सेतोपाटी संवाददाता रोटरी क्लब अफ क्यापिटल बुटवलले बिरुवा उपहार दिने अभियान सुरू गरेको छ। , बुटवलका अध्यक्ष भएका विश्वदिपक नेपालले शनिबार आयोजित कार्यक्रममा क्लबका सदस्यहरूलाई कुरिलो र खुर्सानीका बिरूवा उपहार दिएका हुन्। जुलाइ १ देखि सुरू भएको २०२३/२४को कार्यकालमा उनले बिरूवाको उपहार दिएर अभियान थालेका हुन्। , नेपाल कृषि प्रधान देश भएर पनि हरेक वर्ष अर्बौंको तरकारी आयात भइरहेकाले पनि यो अभियान थालेको अध्यक्ष नेपालले बताए। , घरघरमा गमलामा तरकारीका बिरूवा लगाएर थोरै भएपनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देश दिएको उनले बताए।, ‘हरेक परिवारले घरको कौशी र करेशाबारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘कार्यक्रमहरूमा उपहारको नाममा अनुपात्दक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनैपनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो।’, नेपालले कौशी र करेशाबारीमा फुलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रूपमा संचालन गरिने उनले बताए।, अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सीमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरूका बीचमा पुर्याइने बताए। , क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहार स्वरूप दिएको कुरिलो र खुर्सानीका बिरूवाको मूल्य सानो भएपनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन्।, क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूला ठूला परियोजना संचालन गरेर मात्रै मानिसको जिवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए।,
रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः कुरिलो र खुर्सानीको बिरूवा उपहार |
सेतोपाटी संवाददाता धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। , शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट उडेको थियो। ७८ यात्रु बोकेर उडेको जहाज धनगढी पुग्नै लाग्दा काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। , ‘जहाजको हाइड्रोलिकमा समस्या आएको थियो। धनगढी पुग्नै लाग्दा समस्या आएको थाहा पाएपछि फेरि फर्काइएको हो,’ उनले भने, ‘यहाँ बनाउनका लागि उपकरणहरू पनि हुने भएकाले यतै ल्याइएको हो।’, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५:०५ मा जहाज अवतरण भएको उनले बताए। यता यात्रुका लागि अर्को जहाज पनि तयारी अवस्थामा राखिएको थियो। उक्त जहाजमा यात्रुहरू धनगढी गएका छन्। , कतिपयले भने उडान नै रद्द समेत गरेका छन्।,
,
,
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि फर्कियो काठमाडौं |
सेतोपाटी संवाददाता गत चौबिस घन्टादेखि पाँच जिल्लाका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार स्याङ्जा, दाङ, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा लगातार भारी वर्षा भइरहेको छ। , महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको र होँचा स्थान डुब्न सक्ने चेतावनी दिएको छ।, त्यस्तै कमजोर र भिरालो जमीनमा पहिरोको जोखिम बढेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, स्याङ्जामा बितेको चौबिस घन्टामा २१४ मिलिमिटर, दाङमा १५८ मिलिमिटर, नवलपुरमा २२१ मिलिमिटर, रूपन्देहीमा १६६ मिलिमिटर, पाल्पामा १८१ मिलिमिटर, तनुहँमा १९० मिलिमिटर, पाल्पाको तानसेनमा १६८ मिलिमिटर वर्षा भएको छ।, ती जिल्लाका केही स्थानहरूमा अहिले पनि भारी वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन्।, पाल्पा, रूपन्देही र नवलपुरमा भारी वर्षा हुँदा तिनाउ नदीले खतराको तह पार गरेको थियो। अहिले उक्त नदीमा पानीको बहाब घटेर सतर्कता तह भन्दा तल पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त नदीमा पानीको बहाब घट्दो क्रममा छ।, ,
पाँच जिल्लामा चौबिस घन्टादेखि भारी वर्षा |
रासस मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ।, लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।, रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, काठमाडौं उपत्यकाको आकाश अहिले आंशिक बदली रहेको छ। आज राति वर्षाको सम्भावना छ।, असार १७ गते आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।, कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।,
भारी वर्षाको सम्भावना |
रासस विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरू गरिएको छ।, हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरू गरिएको हो। पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो।, काठमाडौं–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन्। सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन्। यहाँबाट काठमाडौं उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण मानिस आउने गरेको पाइएको छ।, प्राचीन सम्पदा भएकाले पुरातत्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्वार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिए।, उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ। बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा ठूलो हावाहुरीले क्षति पुर्याएको स्थानीयको भनाइ छ।, मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि विशेष विधिअनुसार क्षमा पूजा गरी गजुर पुनःप्रतिस्थापन गरिने जनाइएको छ। चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ। यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो।,
स्वयम्भूको गजुर जीर्णोद्धार सुरू |
नारायण खड्का दाङको पिर्थली कुइरे सोता जलाशय सिँचाइ योजनाबाट तीन सय बिगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने यो जलाशयबाट किसानका खेतबारीमा पानी पुर्याउन लिफ्टिङ प्रविधिको प्रयोग गरिएको छ।, योजना उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर डाँगी जलाशयको निर्माणपछि किसानहरू खुसी भएको बताउँछन्। बाह्रैमास सिँचाइ पुग्ने भएकाले किसानले ठूलो लाभ लिन सक्ने उनले बताए।, ‘भर्खरै लिफ्टिङको काम पूरा भएको छ,’ उनले भने, ‘आउँदो हिउँददेखि यहाँका किसानका खेतबारी जहिल्यै हराभरा हुने आशा छ।’, यो जलाशयको निर्माण बृहत दाङ उपत्यका सिँचाइ आयोजना अन्तर्गत तीन वर्ष पहिले नै सुरू भएको थियो। बृहत आयोजनाले पिर्थली कुइरे जस्तै अन्य सिँचाइ संरचनाहरू समेत बनाइरहेको छ। यसको बाँध निर्माण र संरक्षणका लागि वरिपरी तारजाली लगाउने काम गत वर्ष पूरा भएको थियो। , यस वर्ष विद्युतीकरणदेखि लिफ्टिङ प्रविधि समेत जडान गरेपछि किसान खुसी भएको अध्यक्ष डाँगी बताउँछन्। उनका अनुसार यो योजनाको लागि डेढ करोड बढी खर्च भएको छ। अघिपछि सुक्ने गरेको मुहान जलाशय निर्माणपछि खडेरीमा पनि नसुकेको उनले दाबी गरे। , यस्तै बृहत आयोजनाले तुलसीपुरको पातुखोलाबाट किसानका खेतबारीमा सिँचाइ सुविधा पुर्याउन ४६ लाख लगानी गरेको छ।, दुधेना, टिकरी, चैलाही सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष केशव सापकोटाले बाँझै रहने १५० हेक्टर जमिनमा बाँध बाँधेसँगै सिँचाइ पुर्याउन सहज भएको भन्दै खुसी साटे। , ‘बाँझै रहने हाम्रा खेतबारीमा आज सहजै पानी पुगेको छ,’ उनले भने, ‘किसान कुलोमा जानु परेको छैन र पटक-पटक बाँध बाँध्न जानुपर्ने झंझटदेखि मुक्त भएका छन्।’, गत वर्ष बाढीले मुहान भत्किँदा किसानले बृहत सिँचाइ आयोजनालाई गुहारेका थिए। किसानको माग अनुसार सम्भावना अध्ययन गरी आयोजनाले जलाशय र पानी डोर्याउन मुहानको केही क्षेत्रफल सम्म पक्की नहर बनाएको थियो। , तुलसीपुर-१ मनकामनादेवीस्थित जम्मुचिरा जलाशय सिँचाइ योजनाको लिफ्टिङको काम पनि अन्तिम चरणमा छ। अघिल्लो वर्ष नै झन्डै आधा करोड बजेटमा यहाँ जलाशयको बाँध निर्माण गरी वरिपरि तारजाली लगाउने काम पूरा भइसकेको थियो। विद्युतीकरणदेखि लिफ्टिङको काम पूरा भइसकेको छ।, जम्मुचिरा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कर्णलाल खत्रीले हिउँदमा पनि जलाशयबाट किसानका खेतबारीमा पानी पुर्याउन सकिने आशा व्यक्त गरे। , ‘वर्षामा त यहाँ खासै पानी आवश्यक नपार्ला,’ उनले भने, ‘यहाँ सिँचाइ कुलो छ र अब आउने हिउँददेखि सजिलै लिफ्टिङ मार्फत पानी खेतबारीमा पुग्ने आशा गरेका छौं।’, यो आयोजनाबाट सुनपुर, कुकुर भुका लगायत सात गाउँको ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने उनले जानकारी दिए। , दंगीशरण गाउँपालिका वडा नं. १ का स्थानीय युवराज विष्ट आफ्नै ठाउँमा बाघधैला कृत्रिम जलाशय निर्माण भएपछि दंग छन्। , ‘हाम्रो यो ठाउँ पुरै आकाशे पानीका भरमा मात्रै खेती हुन्छ,’ उनले भने, ‘जलाशय निर्माणपछि धेरै आशा जागेको छ।’, यसै वर्ष अग्लो डाँडामा जलाशय निर्माण गरेको हुँदा ओभरफ्लो नहरमार्फत खेतखेतमा पानी पुगेको उनले बताए। , ‘अब आउने हिउँदपछि यहाँ लिफ्टिङको योजना परेको छ,’ उनले भने, ‘त्यो काम पूरा भयो भने यो ठाउँको ६७ हेक्टर जमिनमा सहजै सिँचाइ सुविधा पुग्ने अनुमान गरेका छौं।’, दंगीशरण-१ मै कनरिया कृत्रिम जलाशय पनि निर्माण गरिएको छ। उक्त जलाशय उपभोक्ता समितिका अध्यक्ष निमबहादुर खत्रीले बृहतले प्रयासले निराश किसानमा उत्साह भर्ने कार्य गरेको भन्दै प्रशंसा गरे।, ‘यो वर्ष बाँध निर्माण भयो र पानी भरिभराउ भएको देख्दा हामी दंग छौं,’ उनले भने, ‘अब आउने हिउँदतिर क्रमागत बजेटबाट लिफ्टिङ प्रणाली जडान भए यहाँका किसानका लागि खुसीका दिनहरू आउने छन्।’, यो जलाशय निर्माण गर्दा बृहत सिँचाइको ४५ लाख रुपैयाँ खर्च भएको छ। आउने चैतमा लिफ्टिङको काम हुने र त्यसपछि पानी वितरणको काम सुरू गरिने भएको छ।, गत आर्थिक वर्षमा झन्डै ५० करोडको काम, बृहत दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका आयोजना प्रमुख विराट ज्ञवालीले गत आवमा झन्डै ५० करोडको काम भएको बताए।, बाँध निर्माण तथा लिफ्ट प्रणाली निर्माणका लागि झन्डै २८ करोड खर्च भएको र बाँकी कामहरू गत वर्षका क्रमागत कामहरू भएको उनले जानकारी दिए। , यो वर्ष मात्रै बृहतले आठ वटा जलाशय विभिन्न ठाउँमा किसानको माग बमोजिम निर्माण गरेको छ। हालसम्म बृहतले घोराही र तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकामा ३५ वटा जलाशय निर्माण गरेको छ।, ती जलाशयमध्ये हालसम्म ६ वटामा मात्रै लिफ्टिङ प्रणाली जडान गरिएको छ। बाँकी जलाशयमा आगामी दिनमा ती प्रणालीहरू जडान गरिने उनले बताए।, ‘सकभर चाँडो किसानका खेतबारीमा पानी पुर्याउने गरी जलाशय उपयोग गर्ने हाम्रो नीति छ,’ उनले भने, ‘आउँदो आर्थिक वर्षसम्म ८० प्रतिशत जलाशयको पानी किसानको खेतबारीमा पुर्याउने लक्ष्य छ।’, यो बाहेक किसानका खेतबारीमा सहज रूपमा पानी डोर्याउन तीन सय वटा पक्की नहरहरू पनि निर्माण गरिएका छन्।, दाङ उपत्यकाको ५६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ भइरहेको काम पुरा गर्न कुल ४० अर्ब लाग्ने अनुमान गरिएको छ। जसमध्ये ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।, सानो मूल रसाउने स्थान तथा खोलाहरूमा वर्षाको पानी भण्डारण गरी त्यसलाई सुख्खा मौसममा किसानको खेतबारीमा सिँचाइका लागि उपयोग गर्ने नीति बृहतले लिएको छ।, यी बाहेक बृहतले हालसम्म विभिन्न स्थानमा २६ लिफ्ट सिँचाइ निर्माण गरेको छ। थप २० वटा निर्माणाधिन अवस्थामा छन्। थप १८ वटा लिफ्ट सिँचाइको डिपिआर तयार पारिएको छ।, यस वर्ष भूमिगत सिँचाइ तर्फ ४२ वटा डिप टयूबवेल निर्माण गरेको छ भने १६ वटा डिप बोरिङ निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।, त्यस्तै फोहरा सिँचाइ, थोपा सिँचाइ, पाइप सिँचाइ र पोखरी सिँचाइ गरी हालसम्म जिल्लामा ३६ सिँचाइ प्रणालीको विकास गरिएको बृहतका नायव सुब्बा पूर्णबहादुर खड्काले जानकारी दिए। उनले जिल्लामा हालसम्म ४५ जलाशय निर्माणको लागि पहिचान भइसकेको बताए।, १९६ किलोमिटर नहर निर्माण गरिएको, बबई करिडोर लगायत विभिन्न क्षेत्रमा ४८ वटा लिफ्ट सिँचाइ, ५५ वटा स्यालो टयूबवेल निर्माण भएको उनले बताए। , सबै तस्बिरः नारायण खड्का/सेतोपाटी,
दाङको ५६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै बृहत सिँचाइ आयोजना |
रासस पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो। तर अझै पनि ढुंगा खस्न भने रोकिएको छैन।, माथिबाट खसेका ढुंगा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन्। केही मानिसहरू ढुंगा खस्दै गर्दा सवारीसाधन छोडेर भाग्दै गरेका भिडिओ पनि पनि देखिएका छन्। यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अवरूद्ध हुँदै आएको छ।, विश्व बैंकको पहिरो विज्ञसहितको प्राविधिक टोलीले यसअघि दुईपटक गरेको अध्ययनमा मौरीखोला माथिको एकापट्टी डाँडाको भाग नै झर्न सक्ने जोखिम औंल्याएको थियो। सो ठाउँमा २५ हजार घनमिटर हाराहारीमा पहिरो खस्नसक्ने विज्ञ टोलीको अनुमान छ।, कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलले भने, 'आठ/दस हजार घनमिटरसम्म त धान्न सकिन्छ। बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ।', पहिरो कति बेला खस्छ थाहा नहुने भएकाले बर्खामा यस सडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण देखिएको छ। गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडो देखिएको थियो। डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिराको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ।, सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्न काम गरेको थियो। सो सडकखण्डमा पहिरोको समयमा काम गरेका इन्जिनियर शिव खनालका अनुसार भूगर्भविदले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ। यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेका छन्।, सो सडकखण्डको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ। हाल ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएका छन्।, ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पछिल्ला केही दिन यता पहिरोले दुःख दिइरहेको छ। शनिबार दिउँसो १ बजेबाट नाम्ची पुलमा पहिरो खसेर सडक अवरूद्ध भएको छ। विगत तीन वर्षयता वर्षातको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरूद्ध हुँदै आएको छ।, डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो ठाउँमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ। कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलका अनुसार विगतका वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिरोको जोखिम उच्च छ।, सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा छन्। सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ।, पौडेलका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छाउन साधन तयारी अवस्थामा राखेको छ। सो सडकका अन्य क्षेत्रमा सानातिना पहिरो खस्ने क्रम जारी छ।, पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने अनुमान गरे। उनले भने, 'जुनसुकै ठाउँमा पहिरो खस्नासाथ पन्छाउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौं।', रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न उनले आग्रह गरे। यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ कि छैन भन्ने यकिन गरेर मात्रै हिँड्न उनको सुझाव छ। त्यसो त पहिरो खसेको अवस्था भए जोखिम नहुने ठाउँमा सवारी रोक्न पनि उनले आग्रह गरे।, भिजन सडक कार्यालयका इञ्जिनियर सागर कार्कीका अनुसार ३ नम्बर पुलसँगै नारायणगढबाट मुग्लिनतर्फ १४ किलोमिटर, १५ किलोमिटर र १६ किलोमिटरमा पहिरोको जोखिम छ। १७ किलोमिटरमा यसपटक पहिरो खसेको छ। १८ किलोमिटरमा गत वर्षझै यस वर्ष पनि पहिरोको जोखिम देखिएको छ। २० किलोमिटर अर्थात् सेती दोभान र २१ दशमलव चार किलोमिटर मौरीपुल पहिरोको जोखिम छ।, तेइस किलोमिटरको सिमलतालमा पुलका लागि भित्तो काटिएकाले पहिराको जोखिम देखिन्छ। गत वर्ष पहिरो नखसेको ३१.५ किलोमिटरको चोरखोलामा यस वर्ष पहिरो खसेको छ। ३२.४ किलोमिटरको नाम्सी पुल नजिक गत वर्षझैं यस वर्ष पनि पहिरो खसेको छ।, ३२.८ किलोमिटरको कालिखोला र ३३.८ को तुईन खोलामा पहिरो जोखिम भएका कार्कीले बताए। सडकको माथिल्लो भागमा खोलिएका शाखा बाटो र भौगोलिक कारणले पहिराको जोखिम रहेको उनको भनाइ छ।, कार्कीले भने, 'वर्षाको समयमा यो सडकको यात्रा जोखिमपूर्ण छ। सुरूमा सुख्खा पहिरो खस्ने र पछि गएर हिले पहिरो खस्ने गरेको छ।', जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले वर्षाको समयमा यो सडक जोखिमपूर्ण भएकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरे।, 'सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुहोस्। नभए सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोस्,' उनले भने। , यस सडकमार्गमा काठमाडौं, पोखरालगायत गन्तव्यका आवतजावतका लागि दैनिक १० हजार हाराहारी सवारी गुड्ने गरेका छन्।,
नारायणगढ–मुग्लिन सडकमा वर्षाभरि पहिरोको जोखिम |
सेतोपाटी संवाददाता अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ।, पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए।, 'मिति तय भइसकेको छैन। सायद यही महिनाको अन्तिमतिर जानुहुन्छ होला। मनोनयनको प्रक्रिया टुंगिसकेको छ,' ढकालले भने।, मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।, भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए।, सरकारले भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू गरेको थियो। यी राँगाबाट रैथाने भैंसीको नश्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो। सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नश्लका मुर्रा राँगा दिने जनाएको हो।, मुर्रा राँगाबाट नश्ल सुधार भएका भैंसीले रैथाने भैंसीको तुलनामा झन्डै तीन गुणा बढी दूध दिने ढकाल बताउँछन्।, अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ। ती राँगाबाट वार्षिक २ लाख वीर्य किसानको गोठगोठमा पुर्याउने विभागको योजना छ।,
मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने |
सेतोपाटी संवाददाता सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ।, बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए। , उनीविरूद्ध सहकारीका बचतकर्ताहरूले लिखित उजुरी दिएपछि रूपन्देही प्रहरीले खोजी गर्न थालेको थियो। खोजी गर्दै जाँदा मंगलबार भैरहवाबाट उनलाई पक्राउ गरिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए। , उनीविरूद्ध बचतकर्ताहरूले प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन्। डिएसपी अर्यालका अनुसार उनीविरूद्ध ५० जना भन्दा बढीले उजुरी दिएका छन्। त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। , यसअघि देशका विभिन्न ४३ वटा जिल्लाहरूमा सेवा केन्द्रमार्फत् बचतकर्ताहरूबाट रकम संकलन गर्दै आएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। , लामो समय भारतको मुम्बईबाट एक जना भारतीयको घरमा लुकेर बसेका शर्मा नेपाल आएको बेला सोमबार नेपालगञ्ज-१५ बाट पक्राउ गरेको थियो।, देशभरका सेवा केन्द्र मार्फत बचतकर्ताहरूबाट संकलन गरिएको १२ अर्ब बढी रकम हिनामिना गरी शर्मा सम्पर्कबिहीन भएका थिए। शर्मा सम्पर्कबिहीन भएपछि शिवशिखर सहकारी, तुलसी सहकारी र उनले लगानी गरेको अर्थन्युज एचडी टेलिभिजन समेत बन्द भएको छ।, भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर र तुलसी बहुमुखी सहकारी संस्थामा देशभरका १ लाख ८९ हजार ८ सय ७९ जनाले बचत संकलन गरेका थिए।, शिवशिखर सहकारीमा १ लाख ६८ हजार ७२५ जनाले बचत तथा मुद्दती मार्फत १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ र तुलसी बहुमुखी सहकारीमा २१ हजार १५४ जनाले १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ जम्मा गरेका थिए।, बचतकर्ताहरूले जम्मा गरेको उक्त रकम शर्माले प्रचलित सहकारी ऐन र नियमावली विपरित आफू र आफू नजिकका व्यक्तिहरूको नाममा रहेका विभिन्न ४३ वटा कम्पनीमा लगानी गरी सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।, दुइटै सहकारीको बचत रकम हिनामिना गर्ने कार्यका मुख्य नाइके नै शर्मा भएको अनुसन्धानमा खुलेपछि उनीविरूद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको प्रहरीले जनाएको छ।, शर्माले बचतकर्ताहरूले सहकारीमा जम्मा गरेको ८ अर्ब भन्दा बढी रुपैयाँ विदेश लगेको खुलेको छ।, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले शिवशिखर र तुलसी सहकारी संस्थाका बचतकर्ताहरूको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको र त्योमध्ये ८ अर्बभन्दा बढी रकम विदेश लगेको पाइएको प्रहरीले बताएको छ।, शिवशिखर सहकारीले देशका विभिन्न ३० स्थानमा ग्रिन मार्टको नामबाट डिपार्टमेन्टल स्टोर्सहरू सञ्चालन गरेको थियो।, बुटवलको योगीकुटीमा पनि शिवशिखरले सेवा केन्द्र सँगै ग्रिन मार्ट सञ्चालन गरेको थियो। तर गएको मंसिर महिनामा सहकारीका बचतकर्ताहरूको सानो-सानो रकम समेत भुक्तानी नदिएपछि बचतकर्ताहरूले सहकारी समस्यामा परेको संकेत पाएका थिए।,
रकम हिनामिना गरी सम्पर्कविहीन बुटवलका अर्का सहकारी सञ्चालक पक्राउ |
भगवती पाण्डे प्रसादी दिने बहानामा महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित भएका छन्।, पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको हो।, योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रसादी दिने बहानामा उनीहरूको संवेदनशील अंगमा छुने गरेको समाचार सेतोपाटीमा प्रकाशित भएको थियो।, योगीले महिला दर्शनार्थीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको गुनासो आएपछि समितिको आकस्मिक बैठकले उनलाई मुख्य पुजारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।, योगी २०५९ देखि भैरवस्थान मन्दिरमा मुख्य पुजारीको रूपमा काम गर्दै आएका थिए।, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको समाचार सार्वजनिक भएपछि समितिको बैठकले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए।, मन्दिर व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्यतथ्य छानबिन नहुँदासम्म योगीले मन्दिरमा बहन गर्दै आएको जिम्मेवारीबाट हटाउने निर्णय गरेको उल्लेख गरेको छ।, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको बताए।, यो पनि:, भैरवस्थान मन्दिरका मूल पुजारीबाट महिला दर्शनार्थीहरूमाथि यौन दुर्व्यवहार,
महिला दर्शनार्थीलाई यौन दुर्व्यवहार गर्ने भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित |
सेतोपाटी संवाददाता पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।, बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो। , पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए। , त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए। , ‘ठूलो पहिरो खसेको होइन। एकचोटी पहिरो खस्छ, त्यसको ५-७ मिनेट रोकिन्छ। फेरि झर्छ,’ उनले भने, ‘हिजो साँझ देखि यही प्रक्रिया चलिरहेको छ।’, यसरी समयसमयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको पनि उनले बताए। तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको हो। , पहिरो पन्छयाएर आधा-एक घण्टामा एक तर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।,
पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वसन्तपुरमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ।, विश्व सम्पदा क्षेत्र वसन्तपुरमा कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाइने भन्दै बुधबार महानगरले 'भिआइपी' को गाडीलाई समेत प्रवेश गर्न दिएन।, सवारीसाधन प्रवेश गर्न रोक लगाएको भिडिओ हाल सामाजिक सञ्चालमा चर्चामा छ।, विशिष्ट व्यक्तिको गाडी सम्पदा अभियन्ता एवं हालै महानगरपालिकाका सम्पदा सल्लाहकार नियुक्त भएका याद्दवलाल कायस्थले रोकेका थिए। गत जेठ ३१ बाट सम्पदा सल्लाहकार भएका कायस्थका अनुसार वसन्तपुर र हनुमानढोकाजस्तो विश्व सम्पदा सूचीमा कुनै पनि सवारीसाधनको प्रवेश निषेध छ।, 'विश्व सम्पदा क्षेत्र र यसमा लगाइएका नियम सबैका लागि हो। हामी शून्य सहनशीलताका साथ यहाँ प्रवेश हुने सार्वजनिकदेखि सरोकारवाला निकायसम्मका सवारीसाधनमा रोक लगाउँछौं,' उनले भने।, हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने उनले बताए। आफूहरूले कडाइका साथ यो नियम सरोकारवाला निकायसमेतलाई लागू हुने गरी कार्यान्वयन गर्न लागेको उनको भनाइ छ।, 'पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना लगायत सरकारी निकाय त यही सम्पदा संरक्षण गर्छु भनेर बस्नुभएको हो। उहाँहरूले झन् आफू पनि सवारीसाधन छिराउँदिनँ र अरूलाई पनि छिराउन दिन्नँ भन्नुपर्छ,' कायस्थले भने, 'ठूला सवारीसाधन छिर्दा सम्पदालाई असर पुग्छ। त्यसका साथै सम्पदा क्षेत्र नै कुरूप देखिन्छ। जथाभावी सवारीसाधन छिराउँदा र पार्किङ गर्दा यहाँ आउने पर्यटकलाई पनि नराम्रो लाग्छ। त्यसैले हामीले हटाउन खोजेका हौं। यस्तो कुरामा सरोकारवाला निकायले त झन् मान्दिनँ भनेर भन्न पाइँदै पाइँदैन।', हनुमाढोका क्षेत्रमा मात्र नभई वरपर पार्किङ गरिएका सवारीसाधन समेत महानगरले हटाइरहेको छ।, 'विश्व सम्पदा सबैका लागि, विश्व सम्पदा सधैंका लागि' भन्ने नारासहित आफूहरू अगाडि बढेको कायस्थ बताउँछन्।, 'विश्व सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गर्ने यस अभियानमा नेपाली सेना, पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी र महानगरका वडा र विभिन्न संघ–संस्थासँग समन्वय गरेर अगाडि बढ्न लागेका छौं,' उनले भने।,
महानगरले अब वसन्तपुरमा सवारीसाधन छिर्न नदिने |
सेतोपाटी संवाददाता कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। , भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको बुधबार राति १ः४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो। , शुक्लाफाँटा नगरपालिका–१० मा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा छतमा सुत्नलाई देवीलाल गएका थिए।, सुत्नलाई छतमा जानेक्रममा देवीलाल खसेर घाइते भएको प्रहरीले जनाएको छ।, छतबाट खसेर घाइते भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको थियो। तर, डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ। , घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।,
कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ। , विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न पनि सरकारले सचेत गराएको छ। , बिहीबारदेखि सुरू भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्य रोक्न जरूरी रहेको बताए।, उनले विपदमा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गरे। , उनले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए।, उनले सरकारले विपदबाट बच्न तीन चरणका तयारीहरू गरेको पनि बताए। , उनले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थाहरूको पनि विपद् व्यवस्थापन र न्यूनीकरणका लागि सहयोगको आवश्यकता रहेको बताए। , उनले भने, ‘गृह मन्त्रालय तीन वटा विपद्का मुख्य चरणहरू, विपद्पूर्वको पूर्वतयारीको चरण, गृह मन्त्रालय त्यसमा धेरै सहभागी नभए पनि काम मन्त्रालयको निर्देशनमा नै रहेर भइरहेको हुन्छ। तर हामी सम्बन्धित साझेदार निकायसँग, सम्बन्धित मन्त्रालयसँग र अरू हिसाबले जनचेतना निर्माण गर्ने निकाय यसमा संलग्न हुन्छन्। विपद्को तत्कालीन राहत, उद्धार बाहेकको पछिको दीर्घकालीन पुनर्निर्माण, पुनः एकीकरणको विषयमा पनि गृह मन्त्रालयले भूमिका निभाइरहेको हुन्छ। मन्त्रालय र मन्त्रालय मातहतका निकायसँग मन्त्रालयले कार्ययोजना बनाएर विपद् जोखिम न्यूनीकरण तथा पुनर्निर्माण प्राधिकरणबाट ७७ वटै जिल्लाका स्थानीय प्रशासन र अरू निकाय योसँग सरोकार राख्ने गैरसकारी निकायहरूको सहयोगमा हामीले उपलब्धि हासिल गरिरहेका छौं।’ , उनले अगाडि भने, ‘यो साझा प्रयत्नबाट भएको हो। हामीले अझै यसमा सुधार गर्नुपर्छ, अनुसन्धानमा हामीले थप अनुसन्धानको आवश्यकता पर्छ। विपद् रोकथामका कार्यमा राज्य मात्रैको संलग्नताले पुग्दैन। विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ। यसलाई रोक्नुपर्छ।’ , विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने बताए।,
विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह |
रासस रूपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। , जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो।, प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रूपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारू रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।, तीन दिनअघि पक्राउ परेका व्यक्तिहरूबाट लु ८५ प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए।, उनीहरूले वैशाख १ गते रूपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसर कुकर बम राखेको प्रहरीले जनाएको छ। , उक्त बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो। असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसर कुकुर बम विस्फोट गराएको र सोही दिन नै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।, उनीहरूले घर नजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। , पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसूर’ शीर्षकमा मुद्दा दर्ता भई रूपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ।,
रूपन्देहीमा बम विस्फोट घटनामा संलग्न तीन आरोपित पक्राउ |
रासस नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो गएको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन।, सुख्खा पहिरोसँगै ढुंगा खसिरहेकाले शुक्रबार बिहानदेखि मात्र पहिरो पन्छाइने भएको छ। यसले रातभरि सडक अवरूद्ध हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।, उनका अनुसार ढुंगा खसिरहेकाले बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम सुरू गरिने भएको छ। पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका छन्।, प्रहरी चौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा लाग्दा घाइते भएका हुन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, दिउँसो १३ः२० बजेदेखि सडक अवरूद्ध भएको हो। सडक अवरूद्ध भएसँगै सवारी साधन अलपत्र परेका छन्।,
नारायणगढ-मुग्लिन सडक खण्ड रातभर नखुल्ने |
दिपकजंग शाही उमेरले ३३ वर्ष पुगेका किरणकिशोर सापकोटा राम्रोसँग हिँडडुल गर्न सक्दैनन्। नजिकै जानुपरे सामान्य छडी टेक्छन्। टाढा जाँदा स्कुटर चलाउँछन्।, उनको कम्मरमुनिको भाग कमजोर छ।, किरणको यो अवस्था दुई वर्ष उमेर हुँदादेखि नै आएको हो। हिँड्ने उमेर भइसक्दा दुवै खुट्टा चल्न छाडे। आमाबाले अस्पताल लगे, पोलियो भएको थाहा भयो।, सानैदेखि पढाइमा रूचि भएका उनी कक्षामा प्रथम हुन्थे। कक्षा पाँचसम्म निजी स्कुल पढे। माओवादी सशस्त्र युद्धका समयमा स्कुल बन्द भयो। त्यसपछि सरकारी स्कुलमै पढे। पोखराको पृथ्वीनारायण क्याम्पसबाट अर्थशास्त्रमा स्नातक गरेका किरणले मध्यपश्चिम विश्वविद्यालयबाट अर्थशास्त्रमै स्नातकोत्तर गरेका छन्।, पछिल्ला नौ वर्षयता उनी फेरि स्कुलहरूमा सक्रिय छन्। उनी 'मेरो हरित र सफा विद्यालय' अभियान चलाइरहेका छन्। यो अभियान उनले व्यक्तिगत रूपमा चलाएका हुन्।, 'म स्कुलहरूमा पुगेर खाली आँगनमा बिरूवा लगाउँछु। ती बिरूवाको संरक्षण गर्छु,' उनले किरणले भने।, यही काममा निरन्तर लागि परेका उनी स्कुले बालबालिकालाई बिरूवाले दिने फाइदा, वातावरणको महत्व, पर्यावरण सफा राख्नेबारे शिक्षा पनि दिन्छन्।, उनलाई पहिल्यैदेखि वातावरणमा चासो थियो। २०७१ सालमा पोखरामा स्नातक पढ्दै गर्दा फेवातालको अतिक्रमण जोगाउन खबरदारी गरेका थिए।, 'फेवातालको त्यो अतिक्रमण भएको मलाई चित्त बुझेन। मैले पर्चा, पम्प्लेट बनाएर फेवाताल हाम्रो सम्पदा हो, यसको अतिक्रमण रोकौं भनेर सानो अभियान चलाएँ,' उनले भने, 'वातावरणबारे अहिले पनि सक्रिय भएर काम गर्न मन लाग्छ।', पोखराबाट सुर्खेत फर्किएपछि उनी एकपटक वीरेन्द्रनगरको एउटा स्कुलमा पुगेका थिए। त्यति बेला उनी नेपाल रेडक्रस सोसाइटीमा आबद्ध थिए। रेडक्रसले आयोजना गरेको दन्त शिविरमा सहभागी हुन त्यो विद्यालयमा जाँदा देखिएको दृश्यले उनले 'हरित विद्यालय' अभियान चलाउन आवश्यक ठानेका हुन्।, विद्यालयमा पढिरहेकी एक छात्राको एउटा खुट्टा थिएन। ती छात्रा टन्टलापुर घाममा बसिरहेकी थिइन्। विद्यालयमा छहारी दिन रूखबिरूवा थिएनन्। स्कुल हाताभित्रको वातावरण सुख्खा थियो। उनले त्यही बेला आफूले विश्वविद्यालयबाट पाएको छात्रवृत्तिबाट केही रकम ती छात्रालाई सहयोग गर्ने घोषणा गरे। र, त्यहीँबाट हरित तथा सफा विद्यालय अभियान चलाउने सोच पनि बनाए।, 'त्यो दृश्यले मलाई पोल्यो। २०३० सालमा स्थापना भएको विद्यालयमा बिरूवा देखिएन,' किरणले भने, 'त्यति बेला मलाई राज्यले शैक्षिक पूर्वाधारतर्फ लगानी गरे पनि समुदाय र वातावरणप्रति उत्तरदायित्व नभएको महसुस गरायो।', अभियान सुरू गरेयता उनले हालसम्म ७० वटा विद्यालय पुगेर बिरूवा लगाएका छन्। यही सिलसिलामा सुर्खेतबाहेक जाजरकोट, रूकुम पश्चिम, सल्यान, दैलेख, कैलाली जिल्लाका विद्यालय पनि पुगिसके। आफूलाई ओहोरदोहोर गर्न असहज भए पनि उनी अभियान चलाउन र त्यसको 'फ्लोअप' गर्न पुग्छन्।, 'विद्यालय पुगेर त्यहाँको खाली भागमा विभिन्न प्रजातिका बिरूवा रोप्छु। अहिलेसम्म विभिन्न प्रजातिका पाँच हजार बिरूवा रोपिसकेँ। त्यसको फाइदाबारे बालबालिकालाई जानकारी पनि गराउँछु,' उनले भने, 'संरक्षणको जिम्मा पनि विद्यार्थीलाई नै दिन्छु।', किरणका अनुसार बिरूवा संरक्षण गर्न विद्यार्थीको सहभागितामा 'ग्रीन क्लब' गठन गरिन्छ। यसमा शिक्षकहरू संरक्षक हुन्छन्। अबदेखि अभिभावकलाई पनि क्लबमा संलग्न गराउने योजना उनको छ।, बढ्दो जलवायु परिवर्तनको समस्याबारे पढ्दै गरेका बालबालिकालाई विद्यालयबाटै सिकाउन सकियो भने भोलि उनीहरूले यसमा काम गर्ने उनको बुझाइ छ।, अभियान क्रममा हुने खर्चको जोहो पनि उनी आफैंले गर्दै आएका छन्। त्यो खर्च आफूले कमाएको भन्दा पनि आमाले सहकारी संस्थामा जम्मा गरिदिएको रकमबाट बेहोरिरहेको उनले बताए।, किरण २८ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो। मृत्यु हुनुअघि आमाले किरणलाई खर्च टार्न सहज होस् भनेर स्थानीय सहकारी संस्थामा नौ लाख रूपैयाँ जम्मा गरिदिएकी थिइन्। त्यही पैसाबाट अहिले बिरूवा, जाली, मल किनेर स्कुलहरूमा बगैंचा बनाउने काम गरिरहेको उनले बताए।, सुरूसुरूमा यो अभियान चलाउँदा उनलाई विद्यालयहरूले सहयोग गरेका थिएनन्। त्यसैले आमाले आफ्नो भविष्यका लागि जम्मा गरिदिएको रकम चलाएका हुन्।, 'आमाले मेरो भविष्यका लागि राखिदिएको पैसा फजुल खर्च गरेँ जस्तो पनि महसुस भएको थियो,' किरणले भने, 'अहिले विद्यालयमा बिरूवा हुर्केको देख्दा खुसी लागेको छ।', उनले सुर्खेत र आसपासका जिल्लाका सय वटा स्कुलमा यो अभियान पुर्याएर कर्णालीका बाँकी जिल्लामा पुग्ने योजना बनाएका छन्। प्रदेशका दसवटै जिल्लामा अभियान पुर्याउने उनको लक्ष्य हो।, यही अभियानका क्रममा उनले वीरेन्द्रनगरका दुइवटा जंगलमा फलफूल बगैंचा पनि बनाएका छन्। त्यसको संरक्षण भने सोचेजस्तो हुन नसकेको उनले बताए।, सामुदायिक विद्यालयहरूमा पनि संरचना र जनशक्ति नहुँदा बिरूवा संरक्षण गर्न समस्या भएको उनले बताए।, 'युवाहरूले राति वा बिदाको समयमा स्कुललाई सार्वजनिक संरचनाका रूपमा प्रयोग गर्ने अवस्था छ। उनीहरूले बिरूवा उखेलेर फालेको पनि देखियो,' किरणले भने, 'एउटा स्कुलमा त मैले १४ पटक धूपीको बिरूवा रोपेँ। राति मानिसले उखलेर फालिदिने, त्यहाँका शिक्षकले मलाई खबर गर्ने र म गएर फेरि रोप्ने चलिरह्यो।', बिरूवा रोपेर मात्र हुँदैन, त्यसको संरक्षण महत्वपूर्ण भएकाले हुर्काउने जिम्मा पनि लिनुपर्ने किरण बताउँछन्।, पछिल्लो समय उनको यो अभियानमा शिक्षकहरूले चासो दिन थालेका छन्।, 'प्रधानाध्यापकहरूले पनि मलाई अहिले बिरूवा सुक्यो, अर्को जातको बिरूवा लगाउनुपर्यो भनेर फोन गर्नुहुन्छ,' किरणले भने।, वीरेन्द्रनगर–२ मा रहेको नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक टेकनारायण चालिसेले किरणको अभियानले बालबालिकाकालाई ज्ञान र स्कुलमा हरियाली दुवैमा सहयोग पुगेको बताए।, '२०७३ सालमा किरणले स्कुलमा बिरूवा लगाउनुभयो। त्यसयता नियमित आइरहनुहुन्छ,' उनले भने, 'विद्यार्थीलाई सिकाउनु पनि हुन्छ। हामीले पनि उहाँको अभियानलाई साथ दिएका छौं।', किरणका अनुसार अभियान चलाएका स्कुलका विद्यार्थीहरूले आफूलाई भेटे भने 'हरित सर' भन्छन्।, उनका केही साथीहरूले पनि यो अभियानमा चासो दिएर सहयोग गरिरहेका छन्।, अभियानलाई निरन्तरता दिन किरणसामु केही चुनौती पनि छन्। पहिलो चुनौती त बिरूवा संरक्षण गर्न नसक्नु नै हो।, 'स्कुलहरूले आफ्नो हाताभित्रको खाली क्षेत्र संरचना बनाउने जग्गाको रूपमा मात्र सोचेका छन्। कुनै ठाउँमा बिरूवा लगायो, त्यहाँ फेरि भवन बनाउने योजना आउँछ र बिरूवा मासिदिन्छन्,' उनले भने, 'ती बिरूवा नमासी खाली ठाउँमा सारेर बनाए हुन्थ्यो नि।', अहिलेसम्म आमाले जम्मा गरिदिएको पैसाबाट अभियान चलाए पनि सकिएपछि खर्च कसरी जुटाउने भन्ने उनको अर्को पिर हो। किरणले अहिलेसम्म यो अभियानका लागि भनेर कुनै संस्था दर्ता गरेका छैनन्। संस्थामा हुने सहयोगले आफू लोभमा पर्ने चिन्ताले दर्ता नगरेको उनी बताउँछन्। यसका लागि 'लुज फोरम' भने बनाएका छन्।, किरण सडक सुरक्षामा खबरदारी गर्न पनि सक्रिय छन्। २०७३ सालदेखि सडक सुरक्षा अभियान चलाइरहेका उनले सुर्खेतका सडकमा जेब्राक्रसिङका लागि व्यक्तिगत रूपमा खबरदारी उनैले सुरू गरेका थिए।, बजारका विभिन्न चोकमा सांकेतिक रूपमा समेत जेब्राक्रसिङ बनाएर उनले सम्बन्धित निकायलाई खबरदारी गरेका छन्। २०७३ सालमा वीरेन्द्रचोकमा उनले बनाएको जेब्राक्रसिङ मेटिएर अर्को नबनेपछि उनले २०७६ मा सांकेतिक रूपमा फेरि बनाए। त्यहाँ उनले धर्सा तानेर प्रश्नवाचक चिह्न बनाएका थिए।, सडक सुरक्षामा जोडिनुमा एउटा घटना किरणसँग जोडिएको छ।, उनी प्लस-टु पढ्न काठमाडौं गएका थिए। एक दिन पुतलीसडकमा भएका बेला एउटा बालकले जथाभावी सडक पार गरे। बालकलाई उनकी आमाले समातेर एक थप्पड हानिन्।, त्यसपछि किरणलाई देखाउँदै भनिछन्– जेब्राक्रसिङबाट बाटो नकाट्दा गाडीले हानेर तँ पनि त्यो मान्छे जस्तै होलास्।, त्यो सुनेर किरणको मन पोल्यो।, 'म त त्यसरी अपांगता भएको थिइनँ, मलाई मनमा पीडा भयो,' उनले भने, 'त्यसपछि मैले जेब्राक्रसिङको बारेमा धेरै सोचेँ। सुरूमा दिल्लीबाट रङ ल्याएर सुर्खेतको सडकमा लाइन बनाएँ, त्यो मेटियो। २०७६ सालमा फेरि वीरेन्द्रचोकमै अर्को लाइन बनाएँ र बीचमा प्रश्नवाचक चिह्न बनाइदिएँ।', किरण विद्यालयमा जाँदै गरेका र बाटो काट्दै गरेका बालबालिका भेटेपछि रोकेर सडक कसरी पार गर्ने भन्ने बारेमा सिकाउँछन्। विभिन्न निकायमा पुगेर जेब्राक्रसिङ बनाउन खबरदारी गर्छन्।, उनी खेलकुदमा समेत सक्रिय छन्। केही वर्षअघि राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको पारा पावरलिफ्टिङ प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए।,
आमाले खर्च टार्न जम्मा गरिदिएको पैसाले बिरूवा रोपिरहेका किरण |
रासस मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौं उपत्यकमा बिहीबार राति र शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, बिहीबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।, हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।,
भारी वर्षाको सम्भावना |
रासस आज धान दिवस मनाइँदै छ। , विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।, किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। , मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।, कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ।खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।, हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ।शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।, यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ।निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।, दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ।गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ।आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ।दहीले पाचन शक्ति पनि बढाउँछ ।, पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ।यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ।यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।,
आज धान दिवस मनाइँदै |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यीनै क्षेत्रहरुमा भारीदेखि धेरै भारीवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ।, राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। , गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। , भारी वर्षा र हावाहुरीको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। , त्यसकारण भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,
आज यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह |
सेतोपाटी संवाददाता कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ।, बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो।, दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए।, घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए।, उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ।, तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो। , दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो। , सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ।, दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी घलेले जानकारी दिए।,
बझाङबाट काठमाडौं आउँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना |
सेतोपाटी संवाददाता आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।, महाशाखाका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम छ।, सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, बाँके भई बहने केही स-साना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।, जलसतह सतर्कता तह पार गर्ने र आकस्मिक बाढीको सम्भावना रहेका नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
तीन जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने |
रासस काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ।, मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।, यता हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।, यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। ,
पहिरोले कान्तिलोकपथ अवरुद्ध |
रासस पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।, चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ।, पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घन्टा लाग्ने बताए।, ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने। पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ।, सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्। काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।,
अझै खुलेन पहिरोले हिजोदेखि अवरूद्ध नारायणघाट-मुग्लिन सडक |
रासस निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ।, पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो।निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन।, वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए।, सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन्। म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन्।, यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए। निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ। ,
पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध |
सेतोपाटी संवाददाता वर्षाका कारण आएको बाढी र पहिरोले देशभरिका विभिन्न राजमार्गमा अवरोध भएको छ।, पहाडी भू-भागका धेरैजसो सडकमा पहिरो खसेर सडक अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ।, प्रहरी प्रधान कार्यालयले कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लामा सडक अवरूद्ध रहेको जानकारी दिएको छ।, कहाँ-कहाँ छ सडक अवरोध, कोशी प्रदेशः, पाँचथरः फिदिम न.पा.४ , तमोर करिडोर सडक खण्ड, पाँचथरः फिदिम न.पा.४ र हिलिहाङ गा.पा.७, मेची राजमार्ग सडक खण्ड, संखुवासभाः धर्मदेवि न.पा.-८, ठूलो अकरको भिर, लेगुवा खाँदबारी सडक खण्ड, बागमती प्रदेशः, चितवनः ईच्छाकामना गा.पा.-५ , तिन नं. पुल, नारायणगढ मुग्लिङ सडक खण्ड, दोलखाः गौरीशंकर गा.पा.-८, मन्थली, चरिकोट लामाबगर सडक खण्ड, ललितपुरः पहिरोः ललितपुर म.न.पा.-३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोक पथमा एकतर्फी खुलेको, गण्डकी प्रदेशः, पर्वतः जलजला गा.पा.-७, केराबारी, बेनी-मालढुङ्गा सडक खण्ड, लुम्बिनी प्रदेशः, पाल्पाः तानसेन न.पा.५, तिनलाँकुरी, पाल्पा-गुल्मी पक्कि सडक खण्ड, अर्घाखाँची- सितगंगा न.पा.२, भुवनपाटा, गोरूसिङ्गे सन्धिखर्क सडक खण्ड, सुदूर पश्चिम प्रदेशः, अछामः बान्निगढीजयगढ गा.पा. ४, कचरेटी खोला, मंगलसेन-साँफे सडक खण्ड, दार्चुलाः शैल्यशिखर न.पा.-६, पनेबाँज र मालिकार्जुन गा.पा.४ तेर्छालेक, गोकुलेश्वर-दार्चुला हाइवे सडक खण्ड, बैतडीः सुर्नया गा.पा.वडा.न.८ आलुगैरा, जय पृथ्वी राजमार्गमा खोडपे बझाङ सडक खण्ड, मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्कनुअघि नजिकैको वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।,
वर्षाका कारण यी ठाउँमा सडक अवरूद्ध छ आज |
रोहित महतो मिथिला नगरपालिका–६ स्थित ढल्केवरका प्रमोद साहको घर धुलाम्मे छ। दिनको चार-पाँचपटक बढार्नुपर्छ। बढारेको केही बेरमै घरआँगन खरानीले ढाकिन्छ।, धोएर सुकाएका कपडा खरानीले छपक्कै छोपिन्छन्। , यसका कारण हो उनको घरसँगै रहेको 'पशुपति प्लाई उद्योग'। यो उद्योगबाट निस्किने धुवाँ, धूलो र खरानीले प्रमोदको परिवार हैरान छ।, 'उद्योग रातदिन चल्छ। धुवाँ र धूलोले सास फेर्न पनि गाह्रो हुन्छ। प्रदूषणले परिवारका मान्छे बिरामी परिरहन्छन्। छिमेकीहरू पनि रोगी हुन थाले,' प्रमोदले भने, 'यो उद्योगले धेरैलाई रोजगारी दिएको छ। बन्द होस् भन्ने चाहेको होइन तर धुवाँधूलो नियन्त्रण गर्नुपर्यो।' , पशुपति प्लाईका सञ्चालकसँग प्रदूषण नियन्त्रणका लागि कयौंपटक आग्रह गर्दा पनि वास्ता नगरेको उनको भनाइ छ।, 'मान्छेको ज्यानको पनि वास्तै गर्दैनन्। जति अनुरोध गरे पनि हुँदैन। हामी हैरान छौं,' प्रमोदले भने।, उनका अनुसार प्लाई उद्योगबाट धुवाँधूलो मात्रै आउने होइन, दुर्गन्ध पनि आउँछ। बालीनालीमा पनि असर परेको छ।, 'अक्सिजनसँगै हामी दिनरात धुवाँ र धूलो पनि निलिरहेका छौं। खरानीले बोटबिरूवा ढाक्छ, फूल राम्रो लाग्दैन, फल लाग्दैन,' उनी भन्छन्।, स्थानीयवासीहरूका अनुसार यो प्लाई उद्योगको प्रदूषणबाट मिथिला नगरपालिका वडा नम्बर ६ र ७ का कम्तीमा दुई सय घरधुरीलाई असर परेको छ। उद्योगनजिकै रहेको ढल्केवर एकेडमी स्कुल पनि यो प्रदूषणको मारमा परेको छ। यहाँका करिब चार सय विद्यार्थी र शिक्षक प्लाई उद्योगको धुवाँधूलोबाट पीडित छन्।, शिक्षक रूद्रप्रसाद घिमिरेले उद्योगबाट निस्केको धुवाँधूलोबाट विद्यार्थीले धेरै हैरानी खेप्नुपरेको बताए।, 'धुवाँ त सधैं आइरहेकै हुन्छ, कहिलेकाहीँ भने धेरै नै आउँछ। धूलो र खराब गन्ध पनि आउँछ। स्कुल परिसरमा सास फेर्नै गाह्रो हुन्छ,' उनले भने।, प्रदूषण नियन्त्रणका लागि आफूहरूले धेरैपटक उद्योगमा पुगेर आग्रह गरेको तर सञ्चालकले वास्ता नगरेको उनको पनि भनाइ छ।, 'यहाँका बासिन्दाहरूले पनि प्रदूषण नियन्त्रण गर्न आग्रह गरेका छन्, हामीले पनि धेरैपटक भनिसक्यौं,' उनले भने, 'सञ्चालकले आश्वासन मात्रै दिन्छन्। हामी त भन्दा भन्दा थाकिसक्यौं।' , दुई वर्षयता स्थानीयवासीले प्लाई उद्योगको प्रदूषण नियन्त्रणका लागि आवाज उठाउँदै आएका छन्। एक वर्षअघि मिथिला उद्योग वाणिज्य संघले उद्योग कार्यालय, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, जिल्ला प्रशासन कार्यालय आदि निकायमा ज्ञापनपत्र बुझाएको थियो।, स्थानीयवासीले संघीय उद्योग मन्त्रालयमा उजुरी गरेका छन् तर कतैबाट सुनुवाइ नभएको उनीहरू बताउँछन्।, प्रदूषण नियन्त्रणका लागि कतैबाट सुनुवाइ नहुँदा आफूहरूको धैर्यको सीमा टुटेको प्रमोदले बताए। अब प्रदूषण नियन्त्रण नगरे उद्योगमा तालाबन्दी गर्ने चेतावनी पनि उनले दिए।, 'प्रशासनिक निकायहरू पैसाको प्रलोभनमा परी प्रदूषण नियन्त्रणमा चासो नदेखाएको हाम्रो आशंका छ। नत्र त हामीले यति धेरैपटक भनेपछि केही चासो देखाउनुपर्ने हो,' उनले भने, 'उद्योग नै मापदण्ड विपरीत चलेको छ। उद्योग वडा नम्बर ५ मा दर्ता छ तर वडा नम्बर ६ मा चलेको छ।', मापदण्डअनुसार बस्तीबाट उद्योग कम्तीमा पाँच सय मिटर टाढा हुनुपर्ने व्यवस्था छ। तर पशुपति प्लाई उद्योग बस्तीको बीचमै छ। घरहरू उद्योगसँग जोडिएका छन्। उद्योगबाट निस्किने फोहोर पानी सडकमै बग्छ। दुर्गन्धित पानीको व्यवस्थापन छैन।, यसबारे हामीले उद्योगसँग पनि कुरा गर्यौं। उद्योगका उच्च तहका कर्मचारी दिलीप थापाले प्रदूषण नियन्त्रणका लागि प्रयास गरिरहेको बताए।, 'उद्योगमा दाउरा बल्दा धुवाँ आउँछ तर पहिलेभन्दा कम भएको छ। फोहोर पानीले दुर्गन्ध फैलिएको भन्ने गुनासो आएपछि व्यवस्थापन गर्ने तयारी गरेका छौं,' उनले भने, 'धुवाँ नियन्त्रणको काम गर्ने मान्छे बाहिर छन्, आएपछि समस्या समाधान हुन्छ।', बस्तीबीच उद्योग चलाएको भन्ने कुरा उनले अस्वीकार गरे।, 'उद्योग सञ्चालन हुँदा नजिकमा बस्ती थिएन। पछि आडैमा आइपुग्यो,' उनले भने।, उद्योग मापदण्ड र नियमकानून पालना गरेरै चलेको दाबी उनको छ। त्यस्तै केही वर्षपछि उद्योग सार्ने सम्भावना रहेको पनि थापाले बताए। , 'बस्ती विस्तारले गर्दा अब उद्योग मुख्य सहभित्रै पर्ने देखिएको छ। चार-पाँच वर्षपछि उद्योग नै यहाँबाट सार्नु पर्ने स्थिति आउन सक्छ,' उनले भने।, घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका प्रमुख किशोरीशरण यादवले उद्योगबाट निस्किने धुवाँधूलोले स्थानीयवासीलाई समस्या भएको भन्ने गुनासो आएपछि अनुमगन गरेको र प्रदूषण नियन्त्रणका लागि उद्योगलाई निर्देशन दिएको बताए।, 'उद्योगले धुवाँ केही कम गरिएको भनेको छ। एक महिनाभित्र प्रदूषण नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ। त्यति समयभित्र नगरे हामी आवश्यक पहल गर्छौं,' यादवले भने। , पीडित स्थानीयवासीहरू भने सरकारी निकायले नै बेवास्ता गरेको आरोप लगाउँछन्। बस्तीबाट उद्योग जतिसक्दो चाँडो सार्नुपर्ने उनीहरूको मुख्य माग हो।,
उद्योगको प्रदूषणले सास्ती खेपिरहेको बस्ती |
रासस विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ।, बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्।, यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौंको टिचिङ अस्पताल पठाइएको थियो। , अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। , जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ। , गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जङ्गली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो। ,
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष ओलीलाई माछा र केरा आयात रोक्न मद्दत मागेका छन्।, राष्ट्रिय धान दिवस मनाउन एउटै विमानमा चितवन पुगेका अध्यक्ष ओली र सभापति लामिछानेले विमानस्थलमै संक्षिप्त कुराकानी गरेका थिए।, त्यहीबेला लामिछानेले आत्मनिर्भर चितवनको योजना सुनाएका थिए।, ‘आत्मनिर्भर चितवन सुरू भएको छ। माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ।त्यसमा तपाईंहरूको मद्दत चाहियो,’ उनले अध्यक्ष ओलीलाई भने।, अध्यक्ष ओलीले उनलाई ‘देशभित्रको मात्रै ल्याउने?’ भनेर सोधेका थिए।, त्यस्तै, अध्यक्ष ओली पत्नी राधिका शाक्यले अण्डा आयात पनि रोक्नुपर्ने बताएकी थिइन्।, जवाफमा लामिछानेले क्रमशः एकएक गरेर आयात रोक्ने र आत्मनिर्भर चितवन बनाउने बताएका थिए।,
, ,
एमाले अध्यक्ष ओलीलाई रविले भने–माछा र केरा आयात रोक्न मद्दत चाहियो |
सेतोपाटी संवाददाता हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन्।, शुक्रबार नारायणघाटबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा दुर्घटना भएको हो।, दुर्घटना हुँदा बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरेले जानकारी दिए।, दिउँसो १ बजे दुर्घटना भएको उक्त बसमा ५२ जना सवार थिए।, घाइतेमध्ये ३० जनालाई हैटौंडा अस्पताल र २१ जनालाई चुरेहिल अस्पताल लगिएको इन्स्पेक्टर घिमिरेले जानकारी दिए।, दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई चितवन मेडिकल कलेज लगिएको छ।, दुर्घटनापछि चालक भने फरार छन्। उनको खोजी कार्य भइरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिए।, घाइतेहरूको अवस्था र परिचय खुलाउने काम भइरहेको उनले बताए।,
५२ जना यात्रु सवार बस हेटौंडामा दुर्घटना |
रासस सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ।, टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।, चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले बताए ।, फेला परेको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन। बाढी पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।, बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्। , ,
१३ दिनपछि भेटियो बाढीमा बेपत्ता एकजनाको शव, १९ अझै बेपत्ता |
सरिशा अछामी चार महिनाअघि नुवाकोटका २२ वर्षीय एक युवकले 'कछुवा बिक्रीमा छ' भन्दै फोटोसहित एक अनलाइन प्लेटफर्ममा विज्ञापन गरे।, त्यही ठाउँका १५ वर्षीय अर्का किशोरले उक्त पोस्ट सेयर गरे।, बिस्तारै त्यो विज्ञापन सामाजिक सञ्जालमा फैलियो। त्यसमा नेपाल प्रहरीको आँखा पर्यो। प्रहरीले तत्कालै ती युवक र किशोरको खोजी गरी दुवै जनालाई नियन्त्रणमा लियो र डिभिजन वन कार्यालयमा बुझायो।, डिभिजन वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत अशोक पराजुलीका अनुसार प्रहरीले युवकको घरबाट स-साना १४ वटा कछुवा भेटेको थियो।, 'उनले लामै समयदेखि घरमा कछुवा पाल्दै आएका रहेछन्। धेरै भएर राख्ने ठाउँ साँघुरो भएपछि बिक्री गर्न पोस्ट गरेका बयान दिए,' पराजुलीले सेतोपाटीसँग भने, 'उनले कछुवा किनबेच र कारोबार गर्ने मनसायले पालेको भने देखिएन।', ती युवकलाई यसरी कछुवा पाल्न र बेच्न पाइँदैन भन्नेबारे कुनै जानकारी थिएन। उनले प्रहरीलाई यही बयान दिएका छन्। तर उनले गरेको काम गैरकानुनी ठहर भयो र कारबाही भोग्नुपर्यो।, उनीविरूद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन- २०२९ अनुसार मुद्दा चलाइएको थियो।, 'आपराधिक मनसायले किनबेच नगरेकाले ती युवक ५० हजार रूपैयाँ धरौटीमा छुटे,' पराजुलीले भने, '१५ वर्षीय नाबालकलाई भने माफी दिइएको थियो।', त्यस्तै, तीन महिनाअघि एक महिलाले कछुवा पाल्दा शुभ हुने भन्दै टिकटकमा विज्ञापन गरेकी थिइन्। उक्त भिडिओ वन कार्यालयका कर्मचारीले देखे र प्रहरीलाई खबर गरे।, प्रहरीले ती महिलालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाएको पराजुलीले बताए। उनीसँग भएको कछुवा जफत गरी मुद्दा चलाइयो। उनी बीस हजार रूपैयाँ जरिवाना तिरेर रिहा भइन्।, उनले पनि बयानमा कछुवा पाल्न नहुनेबारे अनभिज्ञ रहेको बताएकी थिइन्।, यस्तै प्रकृतिको घटनामा नेपाली मात्र होइन, विदेशी पनि पक्राउ परेका छन्। गत जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ वर्षीय फ्रान्सेली युवक पक्राउ परे। उनको झोलामा चौंरी गाईको खप्परको हाड थियो। यो हाड उनले मनाङ घुम्न जाँदा भेटेका रहेछन्। त्यही हाड बोकेर मनाङ, पोखरा लगायत विभिन्न ठाउँ घुमेर आफ्नो देश फर्किन लाग्दा उनी काठमाडौं विमानस्थलबाट पक्राउ परेका थिए।, प्रहरीले नियन्त्रणमा लिएर उनलाई पनि डिभिजन वन कार्यालयमा बुझाएको थियो। उनले बोकेको खप्पर परीक्षण गरेर हेर्दा घरेलु चौंरी गाईको भएको पाइयो। त्यसैले उक्त हाड जफत गरी युवकलाई छोडिदिएको सहायक वन अधिकृत पराजुलीले जानकारी दिए। यो सबै प्रक्रिया पूरा नहुन्जेल, झन्डै दुई साता ती फ्रान्सेली युवक हिरासतमा बस्नुपर्यो।, यी पात्र र घटना प्रतिनिधि मात्र हुन्, वन्यजन्तु ऐनबारे जानकारी नहुँदा उनीहरूजस्ता धेरै जना कानुनी झमेलामा पर्ने गरेको पराजुलीले बताए।, 'घरपालुवाबाहेक कुनै वन्यजन्तु पाल्न, किनबेच गर्न वा तिनका अंगको कारोबार मात्र होइन बोकेर हिँड्न पनि पाइँदैन,' उनले भने, 'यो सामान्य जानकारी नहुँदा धेरै नेपालीसहित विदेशीहरू पनि समस्यामा पर्ने गरेका छन्।', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन- २०२९ ले वन्यजन्तु पाल्न, किनबेच गर्न वा तिनका अंगको कारोबार वा बोकेर हिँड्न नपाइने व्यवस्था गरेको छ।, 'वन्यजन्तु भन्नाले घरपालुवाबाहेक जुनसुकै जातिका स्तनधारी, पन्छी, घस्रिने जन्तु, माछा, भ्यागुता र कीरा फट्यांग्रा सम्झिनुपर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेत जनाउँछ,' ऐनमा लेखिएको छ।, डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख बद्री कार्कीका अनुसार घरपालुवा जनावरमा गाईगोरू, राँगाभैंसी, खसीबाख्रा, कुकुर, बिरालो, घोडा, गधा, सुँगुर, बंगुर, भेडा, च्याङ्ग्रा लगायत पर्छन्। त्यस्तै पन्छीमा कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, अस्ट्रिच, कालिज आदि छन्।, 'वन्यजन्तुको पालन र कारोबार गर्न पाइँदैन। तर यसबारे जानकारी नहुँदा अन्जानमा धेरै मानिसले गैरकानुनी काम गरिरहेका छन्,' कार्कीले भने, 'आजभोलि झन् जनावर प्रेमी भन्दै घरमा कछुवा र चराहरू पालिरहेका छन्। जानकारी राख्नुहोस्, यो गैरकानुनी काम हो। यसो गरेको थाहा भए कारबाही हुन्छ।', उनका अनुसार अहिले विशेषगरी कछुवा र सुगा धेरैले पालेका छन्।, 'पछिल्लो समय धार्मिक आस्थासँग जोडेर घरमा कछुवा राख्न थालिएको छ, यो नेपाली संस्कृति होइन,' कार्कीले भने, 'सामाजिक सञ्जालको देखासिकी गरेर त्यसलाई संस्कार बनाउन खोजिएको हो। कछुवा वा सुगा मात्र होइन, जुनसुकै वन्यजन्तु पालेको देखे वन कार्यालयलाई खबर गरौं। घरभित्र पालिने भएकाले प्रहरीले सजिलै थाहा पाउँदैनन्। सामाजिक सञ्जालमा राखे वा कसैले जानकारी दिए मात्र थाहा हुन्छ।', वन्यजन्तु पाल्ने, किनबेच गर्ने र मार्नेलाई त्यहीअनुसारको कानुनी कारबाही हुन्छ।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन- २०२९ को दफा १६ को उपदफा ६ मा लोपोन्मुख वन्यजन्तुबाहेक अन्य जनावर तथा पशुपन्छी पाले वा किनबेच गरे वा मारेमा बीस हजार रूपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।, त्यस्तै लोपोन्मुख वन्यजन्तु मार्नेलाई एकदेखि पाँच लाख रूपैयाँ जरिवाना र एकदेखि दस वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ। लोपोन्मुख जनावर मार्नेलाई भन्दा ओसारपसार तथा किनबेच गर्नेलाई बढी सजाय तोकिएको छ। यस्तो काम गर्नेलाई पाँचदेखि दस लाख रूपैयाँ जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको 'नेपालमा अधिक चोरी, शिकार र अवैध व्यापार हुने वन्यजन्तु तथा वनस्पतिहरूको जानकारी पुस्तक २०७५' मा लोपोन्मुख वन्यजन्तुमा ६८ प्रजातिका स्तनधारी र १० प्रजातिका चरा उल्लेख छन्। गैंडा, चितुवा, रेडपान्डा, कस्तुरी, चिरू, कछुवा, सालक, मृग, सुनगोहोरो लगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु मानिन्छ। यी जनावरको अंग खरिद-बिक्री धेरै हुने भएकाले कडा कानुन बनाइएको हो।, पछिल्लो समय घरपालुवाबाहकेका पशुपन्छीहरू बजारमा बेच्न राखिएका पसल भेटिन्छन्। ती सबै अवैध भएको सहायक वन अधिकृत पराजुलीले बताए। वन कार्यालयको अनुगमन फितलो भएकाले त्यस्ता पसल खुलेआम सञ्चालन भइरहेको उनी बताउँछन्।, 'त्यस्ता पसल बिस्तारै हटाउन थालिएको छ,' उनले भने, 'अनुगमनमा जाँदा पशुपन्छी लुकाउने भएकाले धेरै व्यवसायीलाई नियन्त्रणमा लिन सकिएको छैन।', यसका बाबजुद केही सीमित वन्यजन्तुलाई घरमा पाल्न दिने भन्नेबारे छलफल भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता चन्द्रशेखर चौधरीले बताए।, 'सामान्य भए केही वन्यजन्तु घरमा पाल्न दिए आपराधिक क्रियाकलाप घट्छ कि भन्ने अनुमान हो। त्यसैले यो विषयमा विभाग तथा मन्त्रालयमा छलफल भइरहेको छ,' उनले भने।, चौधरीका अनुसार नेपालमा तस्करीको सूचीमा वन्यजन्तुको तस्करी तेस्रो स्थानमा पर्छ। पहिलोमा लागुऔषध र दोस्रोमा मानव तस्करी छ।, यस वर्ष डिभिजन वन कार्यालय, काठमाडौंमा मात्र २६ वटा ठूला तस्करीको मुद्दा दर्ता भएका छन्। देशभर एक वर्षमा झन्डै चार सयभन्दा बढी मुद्दा परेको उनले जानकारी दिए।,
घरमा कछुवा-सुगा पाल्नुभएको छ? कारबाहीमा पर्नुहोला |
रासस रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन्।, उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको उक्त हिमालको सफल आरोहण गरेका हुन्। एलब्रसको चुचुरोमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए।, उक्त हिमाल पाँच हजार ६४२ मिटर अग्लो छ ।, सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ उनी जुन २१ मा रुस प्रस्थान गरेका थिए।, एलब्रस युरोपको सबैभन्दा अग्लो चुचुरो हो।अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने पाण्डेले बताए। , उनले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्। पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताए। ,
नेपाली युवकले गरे युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका कंक्रिट संरचना हटाएको छ। , दरबार हाई स्कुल बनाउने क्रममा चिनियाँहरूले बनाएको कंक्रिट संरचना हटाइएको अकुपाइ टुँडिखेलका अभियान्ता विजय श्रेष्ठले जानकारी दिए। , उनका अनुसार एक सातादेखि खुलामञ्चका कंक्रिट संरचना हटाउने काम भइरहेको छ। , 'खुलामञ्चको पश्चिमतिर भएको कंक्रिट संरचना सबै निकालिसक्यौं,' उनले भने, 'पूर्व भागमा बाँकी रहेको भोलिसम्ममा निकालिसक्छौं। भोलिदेखि कंक्रिटमुक्त खुलामञ्च हुनेछ।', खुलामञ्चबाट निकालिएको कंक्रिट कीर्तिपुर नगरपालिकामा पठाउने गरिएको उनले बताए।, यस्तै, नगरपालिकाले उक्त कंक्रिटले हिलो बाटो पुर्ने काम गरिरहेको छ। , एक वर्षअघिदेखि ती कंक्रिट संरचना हटाउन खोजेता पनि अहिले सफल भएको श्रेष्ठले बताए। ,
काठमाडौं महानगरले खुलामञ्चबाट हटायो कंक्रिट संरचना |
रासस बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उहाँको भनाइ छ।, दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ।, सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो। सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।, चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन्। उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन्।,
थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने |
नवीनबाबु गुरूङ अविरल वर्षापछि पहिरोले पृथ्वीराजमार्गमा सवारी साधनको जाम भएको छ।, साना-ठूला पहिरा खस्दा पृथ्वी राजमार्ग भई काठमाडौं भित्रने र काठमाडौंबाट गन्तब्यका लागि छुटेका सवारी साधन सञ्चालनमा समस्या भइरहेको छ।, पृथ्वी राजमार्गको धादिङस्थित आदमघाट-बेनिघाट सडकखण्डमा शुक्रबार दिनभरजसो सवारी जाम हुँदा यात्रुलाई सास्ती भएको हो।, यस्तै चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पनि पहिरोका कारण ठाउँ-ठाउँमा अवरूद्ध छ। बिहीबारदेखि यो सडकखण्डमा पहिरो खस्दा सवारी सञ्चालनमा समस्या भइरहेको छ।, तस्बिरहरू: , , ,
आकाशबाट देखिएको पृथ्वी राजमार्गमा जाम (तस्बिरहरू) |
सेतोपाटी संवाददाता ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। , उनी दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरूषोत्तम काफ्ले हुन्। तर उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँथे। , उनले काठमाडौंमा 'हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल' नामको संस्था खोलेका थिए। उनले ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाएका थिए।, ‘उनले नारी शक्तिको जागरण गराउने भनेर पैसा लिने गरेको पायौं। कतिपयलाई शोषण समेत गरेको पाएका छौं’, एसपी अधिकारीले भने।, पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी गर्न अभिप्रेरित गराउन स्वअध्ययनसम्बन्धी ३ दिने सेमिनार गरी संस्थाको सदस्य समेत बन्न उनले लगाएका थिए। त्यसबापत उनले १०८ रुपैयाँ लिएर फारम भराउँथे। , एसपी अधिकारीका अनुसार आफ्नो संस्थामा आबद्ध भए मुनाफा हुने प्रलोभन देखाएर लगानी गर्न लगाएका थिए। तर त्यसपछि पनि पटकपटक लगानी गर्न लगाएर ५ करोडभन्दा बढी रकम र एक सय तोलाभन्दा बढी सुनका गरगहना समेत लिएर ठगी गरेको प्रहरीले जनाएको छ। , त्यसरी ठगी गरी उनी भारत भागेका थिए। ब्युरोमा यसरी सम्पर्कविहीन भएको भन्ने खबर पाएपछि प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट शनिबार पक्राउ गरेको हो।, उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।,
'नारी शक्तिको जागरण गराउने' भनेर करोडौं रकम ठगेको आरोपमा धर्म गुरू पक्राउ |
सेतोपाटी संवाददाता मंगलबार एकाएक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेको खबर बाहिरियो।, केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो। , काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा उनी पक्राउ परेका हुन्। उनी पक्राउ परे पनि ब्युरोले आधिकारिक रूपमा जानकारी दिएको थिएन। गुरूङ यस प्रकरणमा दोस्रो पटक पक्राउ परेका हुन्।, यसअघि उनीविरूद्ध विशेष अदालतमा ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो। त्यतिबेला उनले ३ करोड धरौटी तिरेर छुटेका थिए। , गुरूङ पक्राउ परेको केही समयपछि एकाएक अरू व्यक्ति पनि पक्राउ परे। , मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पनि ब्युरोले पक्राउ गरेको थियो।, यता पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्। उनी त्यसअघि मालपोत कार्यालयमा अधिकृत समेत थिए। प्रहरीका अनुसार उनकी श्रीमतीको नाममा समेत जग्गा नामसारी भएको देखिएको छ।, ब्युरोको टोलीले मंगलबार अपरेसन नै चलाएर ७ जनालाई पक्राउ गरेको हो। यसबारे ब्युरोले बुधबार सार्वजनिक गर्ने तयारी समेत गरेको छ। , यसरी एकाएक ललिता निवास प्रकरणमा मुछिएकाहरू पक्राउ परेपछि कतिपयले प्रहरीले पुन: फाइल खुलेको भन्दै टिप्पणी गरेका छन्। , यसबारे ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य फाइल कहिले बन्द नै नभएको बताउँछिन्।यसमा निरन्तर अनुसन्धान नै जारी रहेको उनले बताएकी छन्। , यसअघि पनि ब्युरोले लामो अनुसन्धान सकेर २०७८ साल पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर फिर्ता पठाएको थियो।, त्यसयता सिआइबीले अनुसन्धान गरिरहेको छ। त्यतिबेला केही कमजोरी भएकै कारण मुद्दा फिर्ता भएको पनि उनले बताइन्। , ‘हामीले अनुसन्धान गरिरहेकै थियौं। केही कागजातहरू पूरा गर्नुपर्ने थियो। ती सबै पूरा भएपछि आज हामीले समायौं,’ उनले भनिन्। , यो प्रकरणमा थुप्रै व्यक्तिहरू संलग्न छन्। अहिले सिआइबीले मुख्य व्यक्तिहरूलाई समाएर अनुसन्धान गर्न लागेको हो। , ‘१४७ रोपनी जग्गा छ। यसमा संलग्न थुप्रै छन्। अहिले हामीले मुख्यमुख्य पात्रहरू जो छन्, सुरूमा म्यानिपुलेट गर्ने, जानाजान लिने, व्यवस्थापन गर्ने, कागजपत्र खडा गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भनिन्,‘अझै आउँछन्। केही कागजात कमी भएर रोकिरहेको थियो।’, सिआइबीले उनीहरूविरूद्ध भोलिमात्रै म्याद थप गर्ने तयारी गरिरहेको छ। , के हो बालुवाटारको जग्गा प्रकरण?, पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललितानिवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गर्यो।, बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे।, कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १३ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ। यसरी जग्गा नामसारी खडा गरिएको मिसिलको सक्कल नै नभेटिएको पूर्वसचिव शारदा त्रिताल संयोजकत्वको समितिले जनाएको छ। यस प्रकरणबारे अध्ययन गर्न त्रितालको संयोजकत्वमा समिति बनेको थियो। , यो बेलासम्म ललिता निवासको जग्गामा मोही कायम भएको देखिन्न।, राणाहरूले जग्गा लिएपछि २०५५ सालमा कतिपय मोहीहरूले हकदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरे।,
स्रोतका अनुसार, ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूआतमा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी कतिपय राणा र मोहीका वारेस बनेका छन्। , वारेसबाट उनीहरूले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याए। अहिलेपनि बालुवाटारको १४ रोपनी जग्गा ढकाल र सुवेदीको नाममा छ। , उनीहरूले बालुवाटारको जग्गा हत्याउन भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग पनि मिलेमतो गरेको देखिन्छ। गुरूङ र उनका परिवारको नाममा पनि त्यहाँको १४ रोपनी जग्गा छ। भाटभटेनी सुपरमार्केटको गोदाम पनि त्यही जग्गामा छ। , नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई पनि ढकाल र सुवेदीले जग्गा उपलब्ध गराएका छन्।, २०६१ सालमा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले विष्णु पौडेललाई ८ आना जग्गा हस्तान्तरण गरे।, पौडेललाई आठ आना जग्गा दिँदासम्म 'भू-माफिया’ हरूले बालुवाटारका धेरै जग्गा कब्जा गरिसकेका थिए। तीमध्ये कैयौं जग्गा उपभोग गर्न भने पाएका थिएनन्। आफ्नो नाममा आएका जग्गा कसरी उपभोग गर्ने र त्यहाँ रहेका बाँकी जग्गा कसरी कब्जा गर्ने भन्ने उनीहरूको ध्याउन्न थियो। उनीहरूसामु तीन वटा मुख्य चुनौती थिए।, पहिलो, आफ्नो नाममा रहेका र आफूले खडा गरेका नक्कली मोहीका नाममा आएका कतिपय जग्गा बालुवाटार प्रधानमन्त्री निवासको कम्पाउन्डभित्र थिए। उनीहरूले तिनको भोगचलन गर्न सक्ने कुरै थिएन। सार्वजनिक रूपमा हाम्रो त्यहाँ जग्गा छ भन्ने दाबी गर्न सक्ने अवस्था पनि थिएन।, दोस्रो, प्रधानमन्त्री निवास परिसरको दक्षिण पर्खालसँगै जोडिएको र आफूहरूले हडपेका जग्गासम्म जाने बाटो थिएन। ढकाल र सुवेदीले पौडेललाई २०६१ सालमा ‘उपहार’ दिएको सभामुख निवासछेउको जग्गामा जान पनि त्यो बेलासम्म बाटो थिएन।,
उनले बाटोबिनाकै जग्गा ‘किनेका’ थिए।, तेस्रो, प्रधानमन्त्री निवास दक्षिणपट्टि अझै सार्वजनिक जग्गा र कुलो थिए। केही मोहीका नाममा रहेका जग्गामा पनि उनीहरूका आँखा थिए।, तर, कुनै आधारबिना ती जग्गा आफ्नो हातमा पार्न सक्ने स्थिति थिएन। एमाले नेतृत्वको सरकार रहेका बेला २०६६/६७ सालमा उनीहरूले मन्त्रिपरिषदबाट पटक-पटक निर्णय गराएर झन्डै थप २७ रोपनी जग्गा हडपे।, यो बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने दोस्रो चरणको मन्त्रिपरिषद निर्णय हो। त्यतिखेर उनीहरूले विष्णु पौडेललाई प्रयोग गरेर माधव नेपालको मन्त्रिपरिषदमार्फत् पटक-पटक निर्णय गराएका थिए।, पहिलो निर्णय २०६६ चैत २९ गते भयो, जसमा पाँच वटा मुख्य कुरा समेटिएका छन्।, पहिलो, प्रधानमन्त्री निवास दक्षिणतर्फ विस्तार गर्ने।, दोस्रो, प्रधानमन्त्री निवास विस्तार गर्न परिसर क्षेत्रभित्र परेका व्यक्तिको जग्गाका हकमा सोही क्षेत्रफल बराबर जग्गा बाहिर शोधभर्ना दिने।, तेस्रो, प्रधानमन्त्री निवास विस्तार क्षेत्रभित्रका मोहीलाई उनीहरूले पाउने आधा क्षेत्रफल बराबर जग्गा विस्तार क्षेत्रबाहिर दिने।, चौथो, प्रधानमन्त्री निवास विस्तार क्षेत्रबाहिर पर्ने सरकारी जग्गाका मोहीलाई पनि उनीहरूले रोजेकोतर्फ आधा जग्गा दिने।, पाँचौं, प्रधानन्यायाधीश निवास पश्चिमतर्फबाट प्रधानमन्त्री निवास दक्षिणतर्फ सभामुख निवाससम्म करिब ५७० मिटर लामो र ८ मिटर चौडा बाटो निर्माण गर्ने।, उक्त बाटोमा पर्ने व्यक्तिका नाममा दर्ता रहेको सात रोपनी जग्गाको सरकारले सट्टाभर्ना दिने।, यी निर्णयले त्रिताल आयोगले ‘भू-माफिया’ भनेर किटान गरेका ढकाल, सुवेदी र उनीहरूबाट जग्गा ‘उपहार' पाउने विष्णु पौडेललाई प्रत्यक्ष लाभ भयो।, ढकाल र सुवेदीले आफ्नो नाममा दर्ता गराएका प्रधानमन्त्री निवास परिसरभित्रका जग्गा र उनीहरूले खडा गरेका मोहीका नाममा रहेका जग्गा वैधानिक रूपमा परिसरबाहिर ल्याउन पाए।, नक्कली मोहीका नाममा रहेका परिसरबाहिरका जग्गाको आधा हिस्सा पनि वैधानिक रूपमा लिन पाउने भए।, उनीहरूले प्रधानमन्त्री निवास दक्षिणतर्फ पर्ने ती जग्गामा जाने बाटो खोल्ने निर्णयमात्र मन्त्रिपरिषदबाट गराएनन्, उक्त बाटोमा पार्ने जग्गाको सट्टाभर्ना पाउने निर्णय पनि गराए।, प्रधानन्यायाधीश निवास पश्चिम मूल सडकबाट सुरू भएको उक्त आठ मिटर चौडा बाटो सभामुख निवास अगाडि रहेको पौडेलको जग्गा छुँदै सुवर्णशमसेर मार्गमा जोडियो।, ‘उपहार’ पाएको बाटोबिनाको जग्गा मन्त्रिपरिषदको एउटै निर्णयले बालुवाटारका दुईतिरका मूल सडकसँग जोडियो।,
छानबिन समितिका एक सदस्यले बताएअनुसार, प्रधानमन्त्री निवास बालुवाटारभित्रको जग्गा आफ्नो नाममा पार्न यी दुवैले नक्कली गुठी र नक्कली मोही खडा गरेका थिए।, मालपोत कार्यालयका कतिपय लिखतमा प्रधानमन्त्री निवास कम्पाउन्डभित्रै पशुपति टिकिन्छा गुठी रहेको देखाइएको छ। त्यो गुठी नै नक्कली भएको र नक्कली मोही खडा गरिएको छानबिन समितिमा काम गरेका एक सदस्यले बताए।, पशुपति टिकिन्छा गुठीको प्रमाणका रूपमा उक्त गुठीले विक्रम सम्बत १९९३, १९९४ र १९९५ मा कुत बुझेको एउटा लिखत मालपोतमा बुझाइएको छ। त्यो लिखत नै नक्कली रहेको छानबिन समितिका सदस्यले सेतोपाटीलाई जानकारी दिए।, ‘लिखतको भाषा त्यो बेलाको नेपालीजस्तो छैन। आजभोलि हामीले प्रयोग गर्ने नेपाली भाषा छ,' ती सदस्यले भनेका थिए, ‘यो लिखत भू-माफियाले नक्कली बनाएका हुन्। त्यसैले गुठी पनि नक्कली हो।’, यही नक्कली गुठीको जग्गामा २०६६ चैत २९ गतेको मन्त्रिपरिषद् निर्णयपछि मोही खडा गरिएको छ। ती मोहीले ढकाल र सुवेदी अनि उनीहरूका परिवारका नाममा जग्गा हस्तान्तरण गरेका छन्।,
फेरि खुलेको हो ललिता निवास प्रकरणको फाइल? |
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा अदालतबाट 'स्टे अर्डर' लिएका तीन जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको छ। , मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न 'स्टे अर्डर' लिएको खुलेको थियो। , 'स्टे-अर्डर' लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। , स्टे-अर्डरमा पक्राउ नगर्न आदेश दिइएको हुँदा कागज गराएर छाडिएको उनले बताए।, ‘उहाँहरूले पहिल्यै स्टे-अर्डर लिएका थिए। आदेश अनुसार नै हामीले छाड्यौं,’ उनले भने।, केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।, पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन्। ,
ललिता निवास प्रकरणमा अदालतबाट 'स्टे अर्डर' लिएका तीन जना छुटे |
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न 'स्टे अर्डर' लिएको खुलेको छ। , 'स्टे अर्डर' लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।, केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हूपेन्द्रमणि केसी र गोपाल कार्की छन्। , प्रवक्ता अधिकारीले अब यसबारेमा के गर्ने भन्ने विषयमा छलफल गर्ने बताए। , ‘स्टे-अर्डर लिएका रहेछन्। आदेशमा के छ हामी हेर्छौं,’ उनले भने।, , , ,
ललिता निवास प्रकरणमा समातिएका तीन जनाले अदालतबाट लिएका थिए 'स्टे-अर्डर' |
सेतोपाटी संवाददाता काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।, मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।, सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रीन-कार्ड प्राप्त व्यक्ति हुन्।, पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताए। उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो।, त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले बताए।, बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको हो।, रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ। प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।,
दाइजोको निहुँमा बिहे रद्द गर्न खोज्ने बेहुला नक्सालको पार्टी प्यालेसबाट पक्राउ |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको सुनवलमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन्।, सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले मुसहरले सोमबार साँझ टाउकोमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको बताए।, मुसहर आमाको हत्या गरेपछि घरभित्रै शवलाई छाडेर फरार थिए।, उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ।, काम गरेर साँझ घर फर्केका मृतकका श्रीमानले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए।, अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ। आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुटपिट गर्ने गरेका थिए।, कुटपिट सहन नसकेपछि उनकी श्रीमती दुई महिनाअघि माइती गएर बसेको प्रहरी उपरीक्षक पाण्डेले बताए।, हत्यापछि फरार रहेका अभियुक्त रूपन्देहीको गैंडाहवा ८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ परेका छन्।, झट्ट हेर्दा उनी सन्की स्वभावका देखिए पनि के केति कारणले आमाको हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
नवलपरासीमा छोराले गरे आफ्नै आमाको हत्या |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, आगामी चौबिस घन्टामा कोशी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , महाशाखाका अनुसार यीनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। , आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , महाशाखाका अनुसार मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना छ।, राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। , वर्षा र हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। , भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग र हावा हुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महााशाखाले अनुरोध गरेको छ। , ,
आज कुन-कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना |
रासस पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्।, कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्।, कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्।, उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।,
विषाक्त च्याउ खाँदा पाँचथरमा ९ जना बिरामी |
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।, ‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले सेतोपाटीलाई बताए।, आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।, सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।, यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।, त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो।र, त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ।, यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।, यद्यपि, अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन।, उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ।, पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।, त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम शुद्ध सुन खरिद गरेको बताएको छ।, त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।, २०७८ फागुनमा अदालतको आदेश छल्न छिटो तयार पारी ९६ किलो ८२२ ग्रामको जलहरी हालिएको र त्यसको मुचुल्का तयार गरेको कोषले बताउँदै आएको थियो।, रिङ र बाँकी सुनको तौल १० किलो ९७६ ग्राम रहेको उसको दाबी थियो।, महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ले यसबारे प्रश्न उठाएको थियो।, उसले नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा १०३ किलो ७७३ ग्राम खरिद् गरेको र बाँकी रहेको ७ करोड ८६ लाख ४६ हजार मूल्यको १० किलो ९७६ ग्रामको रिङ्ग बनाउन प्रयोग भएको भनिए पनि पुष्टि हुने विवरण पेश नगरेको बताएपछि प्रकरण चर्किएको थियो।, ,
अख्तियारसहितको टोली पशुपतिमा, जलहरी अपराह्न ४ बजेपछि पुनर्स्थापित गरिने |
सेतोपाटी संवाददाता मनसुनी वर्षाका कारण देशभरका साना-ठूला नदीहरूमा जलसतह बढेको छ। पूर्वी भूभागहरूमा बाढी पहिरोले जनधनको क्षतिसमेत भएका छन्।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेका छन्।, भोलि रातिबाट भने प्रमुख नदीहरूमा जलसतह बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, गोरखा, लमजुङ, कास्की, तनहुँ, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ।, महाशाखले सो क्षेत्र भइ बहने नदीहरूमा बहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ।, ,
यी जिल्ला भएर बहने नदीहरूमा बहाब बढ्न सक्ने |
सेतोपाटी संवाददाता बाँके प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद गरेको छ। , नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकलाई चेक गर्ने क्रममा १७ लाख ५२ हजार बराबरको भन्सार छली गरी भित्र्याउँदै गरेको चिनी, सोयाबिनको तेल र सुर्ती बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए। , जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले असार ११ गते राति चेक गर्ने क्रममा अवैध रूपमा भारतबाट भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको ६० बोरा चिनी, सोयाबिनको तेल ३०० पेटी र सुपर पावर सुर्ती ५० पोका बरामद भएको प्रहरी प्रवक्ता डाँगीले बताए। , आवश्यक कारबाहीको लागि चालकसहित ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।,
भन्सार छलीको साढे १७ लाख बढीको चिनी र तेल बरामद |
सेतोपाटी संवाददाता सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।, गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो। समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए।, उनले भने, ‘सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ।‘, सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उनले बताए। यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ।, गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए। यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उनको धारणा छ।, गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आवहरुमा पनि निरन्तरता दिइने उनले बताए। सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ। यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।,
सुनकोशी गाउँपालिकामा सासू–बुहारी अन्तरक्रियाका लागि बजेट विनियोजन |
रासस मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। , यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो। , हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।, प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ। , यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो। , पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो। प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो। ,
हेवाखोलामा फेरि बाढी, मेची राजमार्ग अवरूद्ध |
एजेन्सी दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो।, कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका मान्छेको पनि हरेक वर्ष जनवरी १ देखि एक वर्ष उमेर बढाउने गरिन्थ्यो।, उमेर गणनाको यो परम्परागत शैली अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै सरकारले उमेर गणनाको नयाँ कानुन ल्याएको हो।, अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कानुनअनुसार उमेर गणना गर्दा अब हरेक कोरियालीहरू यसअघिको भन्दा १ देखि २ वर्ष कम उमेरका हुने भएका छन्।,
बुधबारदेखि दक्षिण कोरियाका मान्छेको उमेर घट्यो |
सेतोपाटी संवाददाता पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी पुनर्स्थापित गरिँदै छ।, पशुपति विकास कोषका एक पदाधिकारीले अहिले पुनर्स्थापित गर्ने काम भइरहेको बताए।, बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिँदै छ। दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ। यसअघि बुधबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको थियो।, आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।, सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।, यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।, त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो।र, त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ।, यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।, यद्यपि, अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन।, उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ।, पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।, त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम शुद्ध सुन खरिद गरेको बताएको छ।, त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।, २०७८ फागुनमा अदालतको आदेश छल्न छिटो तयार पारी ९६ किलो ८२२ ग्रामको जलहरी हालिएको र त्यसको मुचुल्का तयार गरेको कोषले बताउँदै आएको थियो।, रिङ र बाँकी सुनको तौल १० किलो ९७६ ग्राम रहेको उसको दाबी थियो।, महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ले यसबारे प्रश्न उठाएको थियो।, उसले नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा १०३ किलो ७७३ ग्राम खरिद् गरेको र बाँकी रहेको ७ करोड ८६ लाख ४६ हजार मूल्यको १० किलो ९७६ ग्रामको रिङ्ग बनाउन प्रयोग भएको भनिए पनि पुष्टि हुने विवरण पेश नगरेको बताएपछि प्रकरण चर्किएको थियो।,
दर्शनार्थीलाई प्रवेश निषेध गरेर पशुपतिमा जलहरी पुनर्स्थापित गरिँदै |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। , रातिपनि देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , महाशाखाका अनुसार, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।, हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। त्यसकारण भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,
आज यी प्रदेशहरूमा हावाहुरीसहित भारी वर्षा हुने |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्न लागेको छ। , चितवन निकुञ्जले सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स–साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने औंल्याएको छ। त्यस्तै उसले मानवीय क्षतिसमेत हुनसक्ने कारणले जिप र डुंगा सफारी बन्द गर्न लागिएको बताएको छ।, वर्षाको मौसमलाई मध्यनजर गर्दै चितवन निकुञ्जले हरेक वर्ष केही समय यी गतिविधि बन्द गर्ने गर्छ। वनपथहरूमा जाेखिम मत्थर भएपछि पुनः पर्यटन गतिविधिहरू सुरू हुन्छ। , यस आर्थिक वर्षको जेठसम्ममा चितवन निकुञ्जले पर्यापर्यटनको राजस्व वापत २२ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। जिप सफारीबाट ४ करोड ७३ लाख ८५ हजार र डुंगा सफारीबाट ३ लाख ५६ हजार राजश्व संकलन गरेको थियो। जेठसम्ममा २ लाख ८८ हजार ३५९ जना पर्यटकहरू चितवन निकुञ्ज प्रवेश गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। , निकुञ्ज प्रवेश गर्ने पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो।, ,
शनिबारदेखि चितवन निकुञ्जभित्र जंगल ड्राइभ र डुंगा सफारी बन्द |
रासस मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।, इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।, यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताए।, मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन्। जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।, 'जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,' उनले भने।, यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् ।, धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।, निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।, उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।, कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।, मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।, बकर इदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।,
आज बकर इद, देशभर सार्वजनिक बिदा |
नवीनबाबु गुरूङ मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर ईद अर्थात् ईदजोहा पर्व मनाइरहेका छन्।, सो धर्मालम्बीहरुले ईदपछिको ठूलो पर्व बकरिदमा कुर्वानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन्।, बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।, इस्लामहरूको सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिना हुन्। बकर ईदको अवसरमा नेपालबाट पनि हजयात्रीहरू मक्का मदिना पुग्छन्।, आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ। घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ।, नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ।, तस्बिरहरूः,
यसरी मनाइयो बकर ईद (तस्बिरहरू) |
रासस प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।, एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।, आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।, भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ। एक वर्षमा २४ एकादशी पर्छन्। यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्।, नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी, एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।, वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ।, तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ। ,
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरूवा सारिँदै |
रासस दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ।, सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, निमार्णाधीन अवस्थामा रहेको ड्याम वर्षातका कारण भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको बुधबार बेलुका मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।, आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराए। उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए। , ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए। ‘ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्,’ उनले भने।,
ड्यामबाट खसेको ढुङ्गा लागेर १४ वर्षीय बालकको मृत्यु |
भगवती पाण्डे पाल्पाको भैरवस्थान मन्दिरका मूल पुजारीले दर्शनका लागि जाने महिला तथा किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको पाइएको छ।, रिव्दीकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको यो मन्दिरका मुख्य पुजारी जितनाथ योगीले दर्शनका लागि आउने किशोर उमेरदेखिकै महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको पाइएको हो।, दर्शन गर्न आएका महिला तथा किशोरीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा ७० वर्षीय पुजारी योगीले उनीहरूको छातीमा हातले छुने गरेको भिडिओ हामीलाई प्राप्त भएको छ।, योगीले मन्दिरभित्रबाट प्रसाद दिने बहानामा आफ्नो हातले महिला दर्शनार्थीको स्तन छुने, औंलाले थिच्ने गरेको पीडितहरूले हामीलाई बताएका छन्।, 'ती पुजारीले टोकरी दिँदा उनको हातले मेरो स्तनमा छोइयो। सुरूमा त मलाई झुक्किएर छोइएको होला जस्तो लागेको थियो,' पीडित भैरवी-१ ले भनिन्, 'पछि मेरा साथी र बहिनीहरू टीका लगाएको हेरेँ। उनीहरूलाई पनि पुजारीले त्यस्तै गरे। उनले हात तन्काई तन्काई महिलाहरूको स्तन छुने रहेछन्।', रूपन्देहीबाट पुगेकी २१ वर्षीया भैरवी-१ का अनुसार भैरवबाबाको मुख्य मन्दिर प्रवेश गरेर पूजा र दर्शन गर्न पाइँदैन। मन्दिरबाहिरका देवीदेवतालाई भने दर्शनार्थी आफैंले फूलभेटी चढाएर पूजा गर्छन्। मुख्य मन्दिरमा दर्शनार्थीले लगेको रोट र भेटी पुजारीमार्फत भैरवबाबालाई चढाइन्छ।, मुख्य पुजारी योगीले मन्दिरमा चढाएर प्रसाद फिर्ता दिने बहानामा आफ्ना हातले महिलाको छातीमा छुने गरेको उनले बताइन्।, पुजारीले दुई हातले टोकरी दिँदा दर्शनार्थीले पनि दुई हातले समाउँछन्। त्यहाँ ठाउँ साँघुरो छ। धेरै पर बस्न मिल्दैन। भित्रपट्टि बसेका पुजारीले लम्किएर टोकरी दिन्छन्। त्यही क्रममा उनले महिलाको छातीमा हात तन्काएर समेत छोएको भिडिओमा समेत प्रस्ट देखिन्छ।, 'त्यो दिन हामीले एकछिन बसेर पुजारीको हर्कत हेर्यौं,' पीडितले भनिन्, 'उनले टोकरी दिने सबैलाई त्यसै गर्दा रहेछन्।', मन्दिरबाट दर्शन गरेर बाहिरिएका केही महिला र युवतीलाई यसबारे आफूले सोधेको पनि भैरवी- १ ले बताइन्। उनीहरू सबैजसोले मूल पुजारी योगीले आफूहरूको छाती छोएको बताए। पुरूष साथीहरूको समूहमा गएका महिलाहरूले पनि पुजारीले आफूहरूलाई त्यसैगरी छोएको बताए।, 'पवित्र आस्था र विश्वास बोकेर मन्दिर जाने महिलाहरूमाथि पुजारीले नै यौनजन्य हिंसा गरिरहेका छन्,' भैरवी- १ ले भनिन्, ‘हामी तत्काल प्रतिवाद गर्न चाहन्थ्यौं। तर त्यो बेला हामीसँग कुनै प्रमाण थिएन। मन्दिरजस्तो ठाउँमा पुजारीलाई के भन्ने होला भनेर डर पनि लाग्यो। हाम्रो कुरा मन्दिर व्यवस्थापन समिति र त्यहाँ भएका अरू दर्शनार्थीले विश्वास नगर्लान् भन्ने भयो।', यसपछि पीडितहरूले भिडिओ खिचेका थिए। पुजारी योगीले यौनजन्य दुर्व्यवहार गरेको उक्त भिडिओ सेतोपाटीसँग सुरक्षित छ।, भैरवी- १ र उनीसँग गएकाहरूले त्यहाँ केही भन्न नसकी फर्किए। तर त्यो घटनाले आफूहरूलाई बारम्बार झस्काइरहेको उनीहरूले बताए।, भैरवी-१ ले यो कुरा कसैलाई सुनाएकी थिइनन्। उनी मन्दिर पुगेर फर्केको दुई सातापछि उनकी माइजू (भैरवी-२) दर्शनका लागि गइन्। उनलाई पनि पुजारी योगीले त्यसैगरी छातीमा छोए।, 'सुरूमा त मलाई पनि झुक्किएर होला भन्ने लागेको थियो। फर्किने क्रममा सँगै गएकाहरू सबैले पुजारीको हर्कत सुनाएपछि उनले हिंसा गर्दै आएका रहेछन् भन्ने थाहा भयो,' भैरवी-२ ले सेतोपाटीसँग भनिन्।, उनीहरू नौ जनाको समूहमा गएका थिए। मन्दिरमा प्रसादको टोकरी चढाएका पाँचै जनालाई पुजारीले त्यसैगरी छातीमा छुने र औंलाले थिच्ने गरेका थिए। त्यसपछि यस्तो विषयमा चुपचाप बस्न नहुने भन्दै भैरवी-२ र पीडितहरूले यसबारे सार्वजनिक गरेका हुन्।, हामीले यसबारेमा मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीलाई सोध्यौं।, मंगलबार हामीले कुरा गर्दा बुढाथोकीले महिलाहरूले हालसम्म कुनै निकायमा उजुरी नदिएको र आफूलाई जानकारी नभएकाले त्यस बारे बुझ्ने बताएका थिए।, बुधबार बिहानै उनले मन्दिर गएर पुजारीको गतिविधि नियाले। शंका लागेपछि उनले मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामरा खुसुक्क पुजारीले प्रसादको टोकरी फिर्ता दिने ढोकातर्फको दृश्य देखिने गरी फर्काए।, क्यामरामा आफूले कल्पनै नगरेको दृश्य देखेर झस्किएको बुढाथोकीले बताए।, 'पुजारी योगीले महिलाहरूको छाती छुँदै र धक्का दिँदै टोकरी फिर्ता दिएको देखियो। यति ठूलो आस्थाको धरोहर मन्दिरभित्र मुख्य पुजारीबाटै महिलाहरूमाथि हिंसा भइरहेको रहेछ। मन्दिर व्यवस्थापन समितिबाट उनलाई कारबाही हुन्छ,' व्यवस्थापक बुढाथोकीले भने।, उनले थपे, ‘यो महिलाहरूको आत्मसम्मान र सुरक्षाको विषयको कुरा हो। एक जना पुजारीका कारण मन्दिरप्रतिको आस्था र विश्वासमा आँच आउन पनि दिनु हुँदैन।', ७० वर्षीय योगीबाट महिलाहरूमाथि यस्तो हिंसा भइरहेको होला भनेर आफूले कल्पनै नगरेको उनले बताए। योगी २०५९ सालमा दाङबाट भैरवस्थान मन्दिरको पुजारी भएर गएका थिए।, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यस विषयमा हालसम्म प्रशासनमा कुनै उजुरी नपरेको बताए।, ‘अहिलेसम्म पुजारी जितनाथ योगीबारे कुनै पनि उजुरी परेको छैन। एक जनाले मात्र उजुरी दिए पनि प्रहरीले पक्राउ गर्छ,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले सेतोपाटीसँग भने।, भैरवस्थान मन्दिर पाल्पाका तत्कालीन सेनवंशीय राजा मणिमुकुन्द सेन प्रथमले १५६५ सालमा भैरवबाबा उत्पत्ति भएको स्थानमा निर्माण गरेको इतिहास छ।, पछि तत्कालीन प्रधानसेनापति खड्ग शमशेरले यहाँ पित्तलको त्रिशुल राखिदिएका थिए। यो त्रिशुल एसियाकै सबभन्दा ठूलो रहेको दावी गरिन्छ। यहाँ एक माना वा एक पाथी चामलको पिठोबाट बनाइएको एउटै रोटी (रोट) चढाउने चलन पनि छ। यहाँ देशभरका र भारतीय समेत गरी दैनिक सयौं धार्मिक पर्यटकहरू पुग्छन्।,
भैरवस्थान मन्दिरका मूल पुजारीबाट महिला दर्शनार्थीहरूमाथि यौन दुर्व्यवहार |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्।, शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्।, ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ उनले भने। , उनले काठमाडौं महानगरपालिका भित्र पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूले पाउने तलब पनि सार्वजनिक गरेका छन्। त्यसअनुसार नै संस्थागत विद्यालयका शिक्षकहरूलाई पनि तलब दिन उनले भनेका छन्।, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ,’ उनले भनेका छन्, ‘सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’, सामुदायिक विद्यालयले पाउनेजति तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि बताएका छन्।,
निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन |
रासस चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेकोछ। यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन्।, जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ। यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ।, कतिपय पुल निर्माणको क्रममा छन्। यसका कारण डाइभर्सनबाट सवारी पास गर्नुपर्ने अवस्था छ। डाइभर्सन निर्माण गरिएको स्थानमा रातोमाटो हुँदा पानी पर्न साथ बाटो चिप्लो भएर यातायात सञ्चालनमा कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए।, निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेसनले भने वर्षा सुरु हुनुपूर्व धेरै स्थानका पुल निर्माण सम्पन्न गरी ‘डाइभर्सन’बाट यात्रा गर्नुपर्ने अवस्था अत्य गरिने दाबी गरेको छ।, आयोजनाका प्रमुख राकेश झाका अनुसार केही दिनभित्रमा निर्माण सम्पन्न भएका पुल सञ्चालन गर्ने गरी काम गरिएको छ। पानी पर्दा राजमार्ग बन्द नहोस् भनेर सम्भावित त्यस्ता स्थानमा कामलाई तीव्रता दिइएको उनले बताए।, उनका अनुसार नवलपुर खण्डमा हालसम्म दुवैतर्फ गरी जम्मा १४ किलोमिटर कालोपत्रेको काम सकिएको छ। हाल कावासोती–डण्डा क्षेत्रमा कालोपत्रे गर्ने योजनाअनुसार काम अघि बढिरहेको छ।, विद्युत्का पोल तथा ट्रान्सफर्मर हटाउन ढिला हुँदा बजार क्षेत्रको कामलाई छिटो गर्न समस्या भएको उनले बताए।, ‘राजमार्ग क्षेत्रमा ट्रान्सफर्मर हटाउन तालिका मिलिरहेको छैन, बिदाको दिनमा मात्रै लाइन काटी काम गर्नुपर्ने अवस्था छ, यसले कामलाई अल्झाएको छ,’ उनले भने। नारायणगढ–बुटवल सडक विस्तार आयोजना विसं २०७५ अघि बढेको थियो।, एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनलाई जिम्मा दिइएको थियो।, तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको छ। पछिल्लो पटक आउँदो भदौसम्मका लागि म्याद थप गरिएको छ। यस अवधिमा आयोजनाको करिब ५० प्रतिशत काम मात्रै सम्पन्न हुने अवस्था छ। हालसम्म पूर्वी खण्डमा जम्मा ३८ दशमलव ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ। नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमवल ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ। दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ।, सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरि एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना अघि बढाइएको हो। ,
नारायणगढ–बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो |
Subsets and Splits