text
stringlengths
0
328k
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको ७५ वटै जिल्लामा राष्ट्रिय युवा परिषद्ले युवालाई शिक्षा, व्यक्तित्व र सीप विकास व्यवसाय, स्वरोजगार र आयआर्जनमा विकास बृद्धि गर्ने योजनालाई सफल बनाउन जिल्ला जिल्लामा जिल्ला युवा परिषद् गठन गरिएको छ ।
प्रदेश नं. ७
सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनका घटनाहरुको बारेमा सत्यतथ्य पत्ता लगाउन र कानुनी कारबाहीको लागि सिफारिस गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिएको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७१ माघ २७ गतेको निर्णयबाट ५ सदस्यीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भयो । सुरुमा तीन वर्षभित्र काम सक्ने गरी जिम्मेवारी पाएको आयोगले काम नसक्दा गत वर्ष फेरि एक वर्ष समयावधि थपियो । तर पनि यो एक वर्ष बित्दा समेत कामले प्रगति हात पार्न सकेन । थपिएको सहित गरेर चार वर्षको म्याद सकिन अब तीन महिना मात्रै बाँकी छ । परिणामुखी रुपमा हेर्ने हो भने यो अवधिसम्म आयोगले एउटा पनि मुद्दा किनारा लगाउन नसकेको सत्य हो । जबकी आयोगमा ६३ हजार ६ सय उजुरी परेको छ । निश्चित रुपमा बाहिरबाट हेर्दा आयोगको प्रगति शून्य देखिन्छ । अर्थात परिणाममुखी काम देखिएन । तर आयोगले केही कामै गरेन भन्न मिल्दैन । यो आयोग नयाँ हो । नयाँ शिराबाट काम शुरु गर्नु पनि चुनौतीपूर्ण हुन्छ । आयोगले यो अवधिमा ६३ हजार भन्दा बढी उजुरीहरुलाई छुट्टाछुट्टै फाइल खडा गर्ने काम गरेको छ । त्यसलाई कम्प्युटरमा प्रवेष्टिकरण गराउने काम गरेको छ । यो पनि ठूलै काम हो । आयोगको पृष्ठभूमि तयार पार्ने काममा हाम्रो धेरै समय खर्च भयो । पहिलो दुई वर्ष त त्यसको तयारीमै हामीले बितायौँ । हामीसँग प्रशिक्षित कर्मचारी नहुनु । सरकारले बजेट पनि समयमा नदिनु । आयोग त निश्चित समयका लागि हो । अब यसमा पनि बजेट परिचालन, बजेट विनियोजन, कर्मचारी नियुक्ति लगायतको काममा सरकारको नियम नै झण्झटिलो छ । आयोगले काम गर्न नसक्नुका पछाडि विभिन्न कारणहरु छन् । पहिलो कारण ऐन संशोधन हुन सकेन । २०७२ पुष १ गते विद्यमान ऐनमा रहेको विभिन्न ८ बुँदा संशोधन गर्नुपर्ने भन्दै सरकारलाई बुझाएकोमा त्यो अहिलेसम्म संशोधन हुन सकेन । आयोगको काम कानुनी कारवाही गराउने त हो नै । त्यो सँगसँगै मेलमिलाप गराउने पनि हो । विद्यमान ऐनमा त्यस्तो व्यवस्था नै छैन । ऐन संशोधन भएको भए हामीले त्यसतर्फ काम गर्न सक्ने थियौं । हुन त आयोग खडा गर्न नै सरकारलाई ७ वर्षभन्दा बढी समय लाग्यो । अहिले ऐन संशोधन गर्ने सवालमा पनि उस्तै समय लागिरहेको छ । यसको काम चुस्त रुपमा अगाडि कसरी बढाउने भन्ने बारेमा भने राजनीतिक दल गम्भीर बन्न सकेका छैनन् । झण्डै चार वर्षको अवधिमा चारवटै सरकारलाई आयोगले भोग्यो । तर आयोगका लागि कानुनी त्रुटी तथा व्यवधान हटाउने काममा कुनै पनि सरकारको चासो रहेन । आयोग गठन भएपछि तत्कालीन राष्ट्रपति डा.रामबरण यादव, तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ र हरेक पटक बनेका सरकार प्रमुखलाई भेटेर ऐन संशोधनका लागि हामीले पटक पटक भन्यौं । तर पनि अझैसम्म ऐन संशोधन हुन सकेको छैन । ऐन संशोधन नहुँदा आयोगले काम गर्न नसकेको भन्ने सबैलाई थाहा छ । भेट गर्दा सबैले ऐन संशोधन छिट्टै हुन्छ पनि भन्छन् । तर खै अहिलेसम्म संशोधन हुन सकेको छैन । बजेट पनि हामीले कहिल्यै समयमा पाएनौं । पाएको बजेट पनि सही प्रयोग भएन होला । मेलमिलापका लागि आएको बजेट फ्रिज भयो । किनभने मेलमिलाप गराउने ऐन हामीसँग छैन । ऐन प्रष्ट नहुँदा आएको बजेट पनि फ्रिज हुन पुगेको हो । ऐनले नदिएको विषयमा कसरी बजेट प्रयोग गर्न सकिन्छ र ? गएकाे वर्ष सातैवटा प्रदेशमा आयोगको मुकाम खडा गर्ने काम गर्यौं । तर ती मुकाममा कर्मचारी भने पूर्ण रुपमा राख्न सकेनौं । कर्मचारी नभए पछि काम हुने त कुरै भएन । अर्को कुरो पीडितसँगको सरोकार रहने सम्बन्धित संस्थाबाट जवाफ आउन पनि ढिलाई हुने । कतिपयले त जवाफ नै नफर्काउने । सम्बन्धित संस्थाले बोल्नै नचाहने जस्ता घटनाले पनि आयोगको कामलाई ढिला गराइदियो । यस्तै पीडित पनि आफ्नो अनुकूल आउने । पीडितलाई यही दिन आउनु भन्दा उहाँहरु नआउने । यसरी आयोगका काम ढिलाई हुन पुग्यो । पीडितका चाहना अनुसार हामी हिँड्नु पर्ने अवस्था छ । किनकी उहाँहरुकै समस्या सल्टाउने दायित्व हाम्रो हो । नेपालको द्वन्द्व विशुद्ध राजनीतिक जगमा अडिएको द्वन्द्व थियो । त्यसको अन्त्य पनि राजनीतिक सहमतिमै भएको हो । आयोग गठनमा ढिलाई पनि राजनीतिक सहमति हुन नसक्दा हुन पुग्यो । आयोग गठन समेत राजनीतिक सहमतिमै भएको हो । त्यसैले यो आयोग अगाडि बढ्छ, बढ्दैन भन्ने कुरा भनेको राजनीतिक दलहरुकै इच्छाशक्तिमाथि निर्भर रहन्छ । म एउटा आयोगको पदाधिकारी भएको नाताले हामीले जे जति क्षेत्राधिकार प्राप्त गरेका छौँ, त्यो अनुसार आयोगमा रहेका हामीबीचमा नै सहमति हुन सकेन । हामी नै एकमत हुन सकेनौं । यस अर्थमा हामीले पनि काम गर्न सकेनौं । हुन त एउटै आमाको सन्तानमा त एक मत हुँदैनन् भने हामी त विभिन्न ठाउँबाट आएको । सामान्य विवाद त हुन्छन् नै तर हाम्रो उद्धेश्य भने एउटै हो । बैठक बस्दा कुनै एउटा कुरामा कसैको मत मिल्दैन भने त्यो बैठक नै डिजर्ब हुने गरेको छ । त्यसपछि कयौँ दिन बैठक नै बस्दैन । २०÷२५ दिन सम्म पनि बैठक बस्दैन । यसरी गर्दागर्दै पनि आयोगको काम ढिलाई भएको जस्तो लाग्छ मलाई । यसले मलाई धेरै पीडाबोध पनि गराउँछ । मेरो जुन हिजोको पहिचान थियो, अहिले त त्यो पहिचानमाथि नै धक्का लाग्ने अवस्था आइसकेको छ । आयोगमा बसेर कामै गर्न सकिएको छैन । एक्लो बृहस्पति झुठो भने झैं म एक्लैले गरेर हुने पनि होइन । यो सब सोच्दा मलाई साह्रै पीडाबोध हुन्छ । पीडा बोधकति हुन्छ भने एक्लै हुँदा म भक्कानो छाडेर रुन्छु । रोएर मात्रै पनि नहुने रैछ । मैले काम छिटो अगाडि बढाउनु पर्‍याे भनेर आयोगमा दुई पटकसम्म त निवेदन नै दर्ता गराएको छु । मौखिक रुपमा नेतृत्वलाई पटक पटक भन्दा पनि नमानेपछि पत्र लेख्न बाध्य बनेको हुँ । तर पत्र लेख्दा पनि अवस्था उस्तै छ । व्यवहारमा कुनै पनि परिवर्तन आउन सकेको छैन । यसले मलाई साह्रै निराश बनाएको छ । कुन दिन छोडेर बाहिर बसौं जस्तो पनि लाग्छ । मैले त निर्णय पनि गर्न आँटेको हुँ बाहिर बसुँ भनेर तर मेरा साथी तथा विज्ञहरुले छाड्नु हुन्न भनेर सल्लाह दिएर मात्रै म बसिरहेको हो । छाड्दा झनै हारेको जस्तो देखिन्छ भनेर साथीहरुले सल्लाह दिएकाले मात्रै आयोगमा म बसिरहेको छु । जति सक्छु समस्या समाधानमा नै मेरो ध्यान रहन्छ । मान्छेले बाहिर हेर्दा यिनीहरुले तलब भत्ता मात्रै खाएर बसेका छन् जस्तो लाग्छ । त्यस्तो लाग्नु स्वभाविक पनि हो । किनकी झण्डै चार वर्षको अवधिमा हामीले परिणाम देखाउन सकेका छैनौं । तर हामीले बिसुद्ध तलब मात्रै पाउँछौं । कुनै पनि खालको भत्ता हामीले आजसम्म पनि लिएका छैनौं । तलब भत्ता खाएर बस्या त होलान नि भन्ने पीडितहरुले सरोकारवालाहरुले यस्तो सोच्नु स्वभाविक हो । यदि म पनि आयोगको सदस्य नरहेको भए अर्थात बाहिर रहेको भए यस्तै सोच्थें । तर पदीय मर्यादामा बाँधिएर बस्दा मान्छे कति झनै विवश हुँदो रहेछ । एक किसिमले म आफै पनि आयोगमा पीडित भएर बसेको छु । किनकी कुनै पीडितले कुनै बेला फोन गरेर आफ्नो समस्या के भइरहेको छ भनेर सोध्छ भने मैले त्यो बेला के जवाफ दिउँ ? नाजवाफ हुनुपर्ने अवस्था छ । राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरी सबै नमिलेसम्म आयोगले कामै गर्न सक्दैन । अहिले सरकारले ड्राफ्ट गरेको भनेको संशोधन ऐनमा पनि राजनीतिक दल र सुरक्षा निकायकै असहमति रहेको भन्ने मैले सुनेको छु । हाम्रा अन्य साथीहरुलाई पनि राजनीतिक दवावमा हुनुहुन्छ होला । तर म त स्वतन्त्र रुपमा आयोगमा नियुक्त भएर आएको मान्छे पर । त्यो दवाव मैले महसुस गरेको छैन । मान्छेको इच्छाशक्ति यदि दृढ छ भने केही असम्भव काम पनि हुन सक्छ । भएका उदाहरण छन् । तर यहाँ त नेतृत्वमा इच्छाशक्ति कै अभाव देखें । जहिले पनि सरकारले कर्मचारी दिएन, बजेट दिएन, ऐन बनाएन भनेर रोइलो गरेर बसेर मात्रै हुँदैन । जति साधन स्रोत हामीसँग छ, त्यो प्रयोग गर्दै केही राम्रा काम गर्न भित्रैबाट नेतृत्वले नै इच्छाशक्ति देखाउनु पर्यो भनेर पटक पटक भन्दै आएको छु । तर यसतर्फ नेतृत्वको ध्यान नै गएन । यो भनेको निकै दुखद कुरा हो । नेतृत्वलाई कहाँबाट प्रेसर छ ? किन काम हुन सकेको छैन भन्ने मैले बुझ्न सकेको छैन । हामीले अबको तीन महिनामा जे जति काम गर्छौँ त्यसको प्रतिवेदन सरकारलाई बुझाउँछौँ । त्यसपछि सरकारले आयोगलाई के गर्छ उसको कुरो हो । आयोगमा परेको उजुरीलाई फिल्टराईज गरेर आयोगको क्षेत्राधिकारमा पर्ने उजुरीलाई यो तीन महिनाको अवधिमा आवश्यक कारबाहीको लागि हामीले सिफारिस गर्न सक्छौँ । बेपत्ता नागरिक छानबिन तथा सत्यनिरूपण आयोग ऐन, २०७१ को दफा २९ मा संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाट हुने सिफारिसबमोजिम मुद्दाको कारबाही किनारा विशेष अदालतबाट हुने व्यवस्था छ । तर, विशेष अदालत अहिलेसम्म गठन भएको छैन । विशेष अदालत गठनलगायत द्वन्द्वपीडितको न्यायका लागि सरकारले ल्याएको विधेयक कानुन मन्त्रालयमै अलपत्र छ । ऐन आउन र अदालत खडा गर्न राजनीतिक दलहरुबीच नै सहमति हुनु पर्छ त्यो हुन नसक्दा त्यसै अड्की रहेको अवस्था छ । निर्धारित समयमा आयोगले काम गर्न नसकेको अवस्थामा विदेशी हस्तक्षेप पनि हुन सक्छ । मानव अधिकार उल्लंघनका कतिपय घटनामा विश्वव्यापी क्षेत्राधिकार लागू हुन्छ । जस्तो कुमार लामाको घटना यसको प्रतिनिधिमूलक घटना हो । हाम्रा केही राजनीतिक दलका प्रतिनिधिहरु पश्चिमा मुलुक जान हिच्किचाउनु पर्ने अवस्था छ । डर छ उनीहरुलाई । पीडितको मुद्धामा जति सक्दो छिटो सम्बोधन भयो यसले राजनीतिक दल, हिजोका दिनमा पीडक भनिएका र पीडितलाई पनि राम्रो हुन्छ । जति जति ढिलो हुन्छ पीडितलाई घाटा त छँदैछ । पीडित जहिल्यै पनि पीडित नै हुने भयो । अर्कोतिर राजनीतिक दलहरुलाई पनि गाह्रो छ । केही गरी विदेशी हस्तक्षेप भयो भने त नराम्रो भयो नि । विदेशी हस्तक्षेप हुनु भनेको त दुर्भाग्यपूर्ण कुरो हो । अबको तीन महिनामा लक्ष्य प्राप्त गर्न सक्ने अवस्था छैन । द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर भविष्यमा अन्तर्राष्ट्रिय हस्तक्षेप भयो भने नेपालकै लागि लज्जाको विषय हुन्छ । तर अहिलेसम्म हस्तक्षेप भइहाल्छ भन्ने अवस्था आइसकेको छैन । तर पछि यस्तो रहिरह्यो भने नआउला पनि भन्न संिँदैन नि । आयोगको म्याद थप्ने नपप्ने भनेको त सरकारको अधिकारको कुरो हो । तर यही अवस्थामा आयोगको म्याद थप्नुको कुनै औचित्य नै छैन । आयोगलाई निरन्तरता दिने नै हो भने ऐन चाहियो, समयमै बजेट चाहियो अनि राजनीतिक हस्तक्षेप हुनु भएन । यति भए मात्रै थपिनुको औचित्य रहन्छ । होइन भने समय मात्रै थप्नुको कुनै काम छैन । आयोगमा परेको ६३ हजार उजुरीमा सबै द्वन्द्वकालीन मात्रै होइन । धेरै जस्तो सम्पत्ति कब्जा, आगजनी, लुटपाट, हत्या जस्ता घटनाका उजुरी छन् । बलात्कारको पनि पाँच सयको हारारहारीमा उजुरी छ । द्वन्द्वकालमा भएका विस्थापितको बारेमा पनि उजुरी छन् । यस्तै केही घटनाहरु भने झुठा रहेको पनि भेटियो । हाम्रा विज्ञ टोली स्थलगत सर्जमिनमा जाँदा कतिपय उजुरीहरु झुठो रहेको पाइयो । त्यसैले आयोगमा परेको सबै उजुरीकर्ताहरु द्वन्द्व पीडित होलान भन्नेमा आयोग छैन । आयोगको काम पनि सत्यतथ्य पत्ता लगाउनु नै हो । त्यो काम केही हदसम्म गरी पनि रहेका छौं । सत्य निरुपणको काम पनि यदि हामीले समयमै गरिदियौं भने त्यो धेरै ठूलो कुरो हो । त्यो पनि हामीले गर्न सकेका छैनौँ । यो हाम्रो दुर्भाग्य हो । पीडितको जे जति चाहना थियो । आयोगले समयमै काम गरिदेला र हाम्रो पीडामा मल्हम लगाइदेला भन्ने । तर त्यो अबको तीन महिनामा गर्न सक्ने अवस्था छैन । त्यही पनि केही प्रगति त हुन्छ कि भन्नेमा म आशावादी छु । तर सबै ६३ हजार उजुरीको निरुपण भने यो तीन महिनाको अवधिमा कुनै पनि हालतमा समाधान हुने चाहिँ म देख्दिन ।
यसबर्ष दशैंको टीका साइत बिहान ९..
अनुमति छैन: नयाँ विषय सिर्जना गर्न।
मैथिली भाषामा ट्विट गर्दै प्रधानमन्त्री ओलीले भने, “मधेशको भावना सम्बोधन हुन्छ”
सीले पनि त्यही नीति अवलम्बन गरेका छन् । तर, चिनियाँ चासोलाई संरक्षण गरिनेछ । छिमेकीको विकासको नाममा आफ्नो स्वार्थ घुसाउन अब चीन पनि पछि पर्ने छैन ।
काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ ।
कमेन्ट गर्नेहोस्
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
हाम्रो बारेमा
११-याकूब र प्रभुका अन्य भाइहरू
तर, फूल फुल्नुलाई पाप भनिदिने, परागसेचन कर्मलाई पापकर्म भनिदिने, फटाहरूको बिगबिगी भयो । उसो भए सृष्टि भनेकै पाप हो त ? ऋषि पञ्चमी पर्वको परम्परागत पूजा विधिलाई परिमार्जन गर्नु जरुरी छ । रजस्वला हुनु भनेको पाप होइन धर्म हो । जसरी हरेक सृष्टिका आआफ्ना धर्म हुन्छन् । त्यसैगरी, रजस्वला पनि महिलाको धर्म हो ।
नेपाली टाइप
यी पहिलो नेपाली जसले किने चन्द्रमामा ८० रोपनी जग्गा(लालपुर्जा सहित)
काठमाडौँ, नेपाल
काठमाडौं,फागुन ८ । कांग्रेसको महाधिवेशन नजिकिएसँगै केन्द्रीय नेतृत्वको रस्साकस्सीमा संस्थापन पक्ष र देउवा पक्ष लागेका छन् । दुई गुटमा विभाजित कांग्रेसभित्र संस्थापन पक्ष बलियो त छ तर एकजुट छैन् । ने...
निजगढ विमानस्थल : 'वातावरण'को आवरणमा विकासको अपहरण !
दोधारा चाँदनीको सुन्दरनगर र शान्तीटोल डुबानमा,दर्जन परिवारको बिचल्ली(फोटो/भिडियो)
आज वि.सं. २०७५ वैशाख १२ गते बुधबारको राशिफल हेर्नुहोस
बिहेअघि सासुको कुटाई खानुपर्ने अनौठो परम्परा (भिडियोसहित)
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।
हेर्नुहोस भिडियो सहित
डेब्यु एकदिवशिय खेलमा नेपाल पराजित
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
कतै आफ्नो छोरा छोरिलाई उच्च शिक्षाको लागि अस्ट्रेलिया पठाउन लाग्नु भएको त छैन। पठाउनु भए हुन्छ एकदमै राम्रो छ अस्ट्… https://t.co/72vGJ7iVpw
फलो गर्नुहोस्
अहिले आएर त्यो प्रोटीनको स्रोत पनि पत्ता लागेको हो । जब क्याल्सियम कार्बोनेटसँग OC-17 मिल्छ, तब अण्डाको खबटा बन्छ । अण्डै नबनी कुखुरा कसरी त ? वैज्ञानिकहरुकै दावीलाई आधार मानेर अण्डा भन्दा कुखुरा पहिले उत्पत्ति भएको मान्ने हो भने कुखुराको उत्पत्तिचाहिँ कसरी भयो त ? यसको जवाफ पनि वैज्ञानिकहरुले दिएका छन् । कुखुरा कुनै अन्य प्रजातिको पन्छीबाट विस्तरै परिवर्तित हुँदै अहिलेको अवस्थामा आइपुगेको हो । यस नतिजालाई शेफिल्ड युनिभर्सिटीले एउटा ठूलो उपलब्धि मानेको छ ।
करिश्मा र जयकिशन अभिनित ‘हिरोज’को रिलिज डेट तय _ शुभ दिन
दिनभरी काम गरेपछि हामी थाक्छौं । हाम्रो शरीरको उर्जा पनि कम हुँदै जान्छ । यसका लागि आरामको आवश्यकता हुन्छ । शरीरलाई आराम दिनका लागि हामी सुत्छौं ।
जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
तर, जीवनमा यस्ता केही कुरा हुन्छन्, जुन आफ्ना निकटलाई पनि बताउनु हुँदैन । कतिसम्म भने कतिपय कुरा आफ्नी श्रीमतीसँग पनि गर्नुहुँदैन भने कतिपय कुरा आमा–बुवासँग पनि लुकाउनुपर्ने अवस्था हुन्छ । मित्रहरु भनेका आमा–बुवा र श्रीमतीभन्दा अझै टाढाका हुन् । हाम्रा शास्त्रहरुले पनि यी कुरा उल्लेख गरेका छन् ।
शकिरा आफै र इमिलियो इस्टीफन कार्यकारी निर्माता भएको उनको दोस्रो स्टुडियो एल्बम थियो - ¿दोन्दे एस्तन लोस लाद्रोनेस? 28 सेप्टेम्बर 1998मा लोकारपण भयो। यो एल्बम एक विमानस्थलमा उनको आफुले लेखेको गितहरूले भरिएको सुटकेस चोरी भएको घटनाबाट प्रभावित छ। यो एल्बम पीएस देस्काल्सोस भन्दा अत्यधुक हिट साबित भयो। अल म्यूजिक र रोलिङ स्टोनले एल्बमलाई पाँचमा तारे रेटिङ चार तारा दिए। यो एल्बम अमेरिकी बिलबोर्ड 200मा # 131को शिर्ष स्थान सम्म पुग्यो र बिलबोर्ड टप ल्याटिन एल्बमको चार्टमा 11 हप्तासम्म शीर्ष स्थानमा रहिरह्यो। यो एल्बम अमेरिकामा 1,500,000 भन्दा धेरै प्रतिहरू बिक्रि भएर यो अमेरिकाको सर्वाधिक बिक्रि भएको स्पेनिश एल्बम मध्य एक बन्यो। एल्बमको एघार ट्र्याकहरूमा आठवटा एकलहरू थिए, आठवटा एकलहरू सिएगा, सोर्दोमुदा, मोस्कास एन ला कासा र नो क्रेओ, इनएविटेबल, तु, सी ते वास, ओक्टावो डिया र विश्वप्रसिद्ध अरबी धुनयुक्त ओजोस असी मध्य छवटा अमेरिकी बिलबोर्ड हट 100को सूचीमा परेका थिए। पछिका दुई गितहरूको लागि शकीराले प्रत्येकको लागि एक-एक ल्याटिन ग्रेमी अवार्ड जितिन।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा उपचारका लागि भारत प्रस्थान
सम्मेलनमा समाज परिवर्तनमा सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । नेपालको दीगो विकास लक्ष प्राप्तीका लागि खेल्न सक्ने भूमिकाको विषयमा बृहत छलफलसहितको सम्मेलन गर्न लागिएको हो ।
उसको एटिट्युडका कारण मलाई कुरा गर्न रमाइलो लागि रहेको थियो, 'पार्टी मात्रै?'
Kanchanjanga Fm 'सय वर्ष लाग्नु भन्या पनि एउटा रमाइलै त हो नि !'
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ विभिन्न विधामा तीन स्रष्टालाई प्रदान गर्ने भएको छ । राजनीतिक–सैद्धान्तिक विधामा तनहुँ रम्जकोटका लक्ष्म... Read more
सोमबार, साउन ७, २०७५
विनोद देवकोटा, टिभी अन्नपूर्ण । दुई तिहाइ बहुमतको अहिलेको सरकार ५ वर्षसम्मै रहने निश्चित जस्तै छ...
संशोधन फेल भयो भने निर्वाचनमा जानु हुन्छ कि ? जानु हुँदैन ?
म चाहीँ नेपाली ...
यस्तो अवस्था खेप्ने मध्ये हामि नेपाली मजदुर पनि पर्दछौ। कतिपय रोजगार दाता ले त प्रवासी मजदुरलाई ल्याएर अर्को कम्पनी पठाउन ५० लाख लिने गोरख धन्दा नै खोलेको छ। घरका सदस्य को नाम मा अलग अलग कम्पनी दर्ता गराएर ज्यादा भन्दा ज्यादा मजदुर कोरिया भित्र्याएर पैसा असुल्ने गरिएको छ।
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
यी हुन् फेवातालको मापदण्डभित्र बनेका संरचना (नाम सहित)
सबै मोबाइल कम्पनीको सेवा कमजोर, अन्यभन्दा नेपाल टेलिकम राम्रो
2 thoughts on “नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो- मणिशंकर”
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली कांग्रेस ढुलमुले, सम्झौतापरस...
प्याराग्लाइडिङ चरा (चील) को खुट्टा र पखेटाले च्यापेर पछाडिको हावालाई दवाव दिएर जीउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ । पछिल्लो पटक एशियाली खेलकूदमा रजत पदक जित्न सफल भएपछि नेपालमा यस लोकप्रियता अझ चुलिएको छ ।
Next articleएशिया कप छनोट : नेपाल ब्याटिङ गर्दै
सूचीकरणको माग राख्दै गत वर्ष सर्वोच्च अदालतमा मुदा दायर गरेको नेपाल सोनाहा संघका महाससचिव टेकबहादुर सोनाहले जानकारी दिनुभयो । “हामी कुन जातीय समूहमा पर्छौ, त्यो प्रष्ट नभएपछि हाम्रो जातिको पहिचान नै संकटमा परेका छ,” उहाँले भन्नुभयो– “हाम्रो जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न र सामाजिक सुरक्षा प्रदान गर्न सरकार गम्भीर हुनुपर्छ ।” रासस
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, निर्वाचन तालिका
लोक सेवा तयारी : समसामयिक प्रश्न तथा उत्तरहरू
स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
काठमाण्डौ, ४ चैत्र । नेपाल प्रहरीको भेरी क्षेत्रीय कार्यालय बाँकेले भारतीय र नेपाली अवैध मुद्रासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट २० लाख चारहजार दुईसय ८० भारतीय रुपैंया र सात लाख ३२ हजार आठसय ४० नेपाली रुपैंया बरामद छ ।
केन्द्र सरकारमा १८ वटा मन्त्रालय राख्ने सरकारको निर्णय । _
काठमाडौं, जेठ ९ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उहाँकी बुहारी विजेता घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।
यो गाबिसको शीरको रूपमा रहेको वार्ड नं 7 र 8को उत्तरमा रहेको थामडाडा र वार्ड नं 2 को शिरको रुपमा रहेको रमितेडाडा जो यूँ-2 र 7 को सिमानामा अवस्थित रहेको छ जुन यी डाडाहरु निक्कै रमणीय छन् । जसबाट विभिन्न हिमशृङ्खलाहरू मकालु,कन्चन्जङघा,कुम्भकर्णको अवलोकन गर्न सकिन्छ भने यहाँ देखि भोजपुर सदरमुकाम भोजपुरबजार, मैयुङडाडा, ट्याम्केडाडा लगायत भोजपुरको अधिकांस भुँभाग लगायत तराइको विभिन्न भुभागको समेत अवलोकन गर्न सकिन्छ । त्यस्तै यहाँको वडा नं 2 मा अवस्थित ऐतिहासिक ओरालेभीर र झाक्रीगुफाको पनि उत्तिकै महत्व छ । यसैगरी यस गाबिसको वडा नं 7 मा राई समुदायको आस्थाको देवीको रुपमा चण्डिथान रहेको र यहाँ प्रत्येक 6/6 महिनामा विशेष उधौली र उभौलिमा पुजाआजा गरि मेला लाग्ने गर्दछ भने वडा नं 6 मा अवस्थित सिंहदेवीले पनि उत्तिकै महत्व बोकेको पाइन्छ । यहाँ अन्य देवीदेवताहरू जस्तै दैनिक पुजा हुने गर्दछ भने विशाल रूपमा बडादशैंको फुलपातिको दिन धुमधामका साथ पुजा गरिन्छ । उक्तदिन विशेष मेला पनि लाग्ने गर्दछ।
एजेन्सी । व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? हिन्दू धर्मशास्त्रमा महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ । व्रत बसेको दिन महिलाहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यता रहेको पाइन्छ । बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रले जोड दिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् । धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाई नियन्त्रण नगरी यौन क्रिडामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ । यौन मानव जीवनको समान्य प्रकृया भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् । यस्तो बेलामा शरीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरु यौनसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पार्टनरको मनोभावनालाइ बुझेरमात्र यौनसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।
ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालय निरीक्षण गर्नु र प्रवचन दिनु उपयुक्त नभएको भन्दै कांग्रेस र राप्रपाका नेताहरुको गुनासो
एउटा नया मधेस सेना, मधेस प्रहरी र मधेस प्रशासन को स्थापना हुनेछ। सीके राउतको नेतृत्वमा अंतरिम सरकारको स्थापना हुनेछ। मधेसको सीमाना भित्र रहेको पुरानो नेपाली सरकारको सबै संपत्ति स्वतः मधेस सरकारको हुनेछ। त्यो मधेस संघीय हुनेछ। कैलाली, थरुहट, अवध, चितवन, …
मंगलबार बिहान लमही नगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नं. ५ को मतगणना सुरु भयो। मगणना सुरु भए लगत्तै कुलबहादुर केसीले मत खातामा थप्न थाले। वडा नं. ५ नयाँ बस्ती क्षेत्रमा एमालेका कुलबहादुर केसीलाई एक हजार ३६ मत प्राप्त हुँदा काँग्रेसका चौधरीलाई जम्मा ४ सय ३५ मत मात्रै प्राप्त भयो।
लण्डन । लण्डनस्थित सोआस युनिभर्सिटीमा शनिबार नेवारी भाषा (नेपाल भाषा) र संस्कृतिका सम्बन्धमा एक कार्यशाला सम्पन्न भएको छ । सोआस युनिभर्सिटी लण्डनको नेवारी भाषा सोसाइटीले पासा पुचः गुठी यूकेसंगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु र पासा पुचः गुठी यूकेका सदस्यहरुसहित करिब २ दर्जनको सहभागिता थियो । कार्यशालाको सुरुमा नेवारी भाषामा कसरी कुराकानी गर्ने भन्ने सम्बन्धमा आधारभूत प्रशिक्षण गराइएको थियो । त्यसपछि पछिल्लो केहि वर्षदेखि नेवारी भाषाको अध्ययन गरिरहेकी इटालियन नागरिक म्यारीलिना फ्रिसोनले नेवार समुदायले मनाउने पर्व योमरी पुन्हीसम्बन्धी एक प्रिजेन्टेसन गरेकी थिइन् । कार्यशालाको दोस्रो चरणमा पासा पुचः गुठी , साउथ ईस्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले नेवार समुदायमा खेलिने बागचाल लगायतका ३ प्रकारका विभिन्न परम्परागत खेलहरुबारे प्रिजेन्टेसन गरेका थिए । प्रजापतिले लाखे, ख्याक, भैरवनाच, कंकाल नाच लगायतका मौलिक नेवारी मुकुण्डो नाचहरु, तीनमा प्रयोग हुने मुकुण्डो र बजाइने बाजाहरुका सम्बन्धमा सहभागीहरुलाई विस्तृत जानकारी गराएका थिए । कार्यशालाका सहभागीहरुले पासाः पुच गुठी यूकेका उपाध्यक्ष ओजेश सिंहले तयार पारेको मौलिक नेवारी खाना समयबजीको स्वादमा रमाउने मौका पनि पाएका थिए । कार्यशालाको अन्त्यमा नेवारी भाषासम्बन्धी एक वृत्तचित्र देखाइएको थियो । लोपोन्मुख नेवारी भाषा कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे कार्यशालाका सहभागीले छलफल समेत गरेका थिए । सोआस युनिभर्सिटीको नेवारी भाषा सोसाइटीले नेवारी भाषा र संस्कृतिका सम्बन्धमा कार्यशाला आयोजना गरेको यो दोस्रोपटक हो । एक लोपोन्मुख भाषाका रुपमा नेवारी भाषाको संरक्षण गर्ने उद्धेश्यले यसको अध्ययन गरिरहेका विद्यार्थीहरुको सक्रियतामा यो सोसाइटीले यस्ता कार्यक्रम गर्दै आएको छ । प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेस दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) मिलेर आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालमा विदेशी लगानी तथा व्यापारको लागि अहिले अनुकुल समय रहेको धारणा राखे । काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ । युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ । धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।
नेपालमा पहिलोपटक राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण सुरु, ७८ हजार क्षयरोगीको विवरण तयार पारिने…
प्रतिक्रिया दिनुहोस
फुटबल जोगाउने कि नजोगाउने ? त्यसकै लागि हामी रिले अनशनमा बस्न लागेका हौँ ।’ शेर्पाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ निकासका लागि चुनाव गराउन तयार भए पनि अन्य समूहबाट निर्वाचन हुन नदिन चलखेल भइरहेको दाबी गरेका छन् । ‘एन्फा अध्यक्ष श्रेष्ठ निकासका लागि प्रतिबद्ध देखिन्छन्, तर उनलाई कानुनी सल्लाह दिने व्यक्तिहरू नै अदृश्य शक्तिबाट परिचालित भएजस्तो महसुस हुन्छ,’ अदृश्य शक्तिले नै एन्फा चुनाव नगराउन लागेको आरोप लगाउँदै शेपाले भने ।
थप Tweet पढ्न क्लिक गर्नुस्
पेज लाइक गर्नुहोस्-निरन्तर सेवा पाउनुहोस्
प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्प र जिप ˆलायरले वाषिर्क १ लाख रुपैयाँ बुझाउनुपर्ने भएको छ । कर क्लाइमिङ, क्यानोनिङबाट सरकारले वाषिर्क २० हजार रुपैयाँ कर उठाउने छ ।
यसरी लघुकथा समाजको अग्रसरतामा २०७३ सालको लघुकथा दिवसको यो तेश्रो तथा अन्तिम दिन सुसम्पन्न भएको थियो । कार्यक्रम समाप्त भएको घोषणा कार्यक्रमका सञ्चालक एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ Shreeom Shrestha Rodanले गर्नुभएको थियो ।
म्याग्दीका विद्यार्थीले डोजर बनाए (भिडियो सहित) 1 महिना, 24 दिन अगाडि
अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् ।
-किन फेरि हिंसात्मक बन्न थाल्यो मधेश आन्दोलन, नेताको नियन्त्रण बाहीर आन्दोलन Click Here
नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुप ...
रसिया । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको छ ।
आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यही आगामी अगस्ट १३ र १५ गते नेदरल्यान्ड्स बिरुद्ध हुने अतिन...
14 म स्वयंलाई सङ्कटमा राख्ने छु,
विद्युतीय प्रणाली बाट नक्सा पास गर्दा नक्सा तयार गर्ने तथा सुपरभिजन गर्ने कन्सल्टेन्सीले फाइल पेश गर्दा अनिवार्य रुपले भर्नु पर्ने फाराम । यस गैडाकोट नगरपालिका बाट आ.ब.2074/075 को दोस्रो चौमासिकमा सामाजिक सुरक्षा भत्ता बितरण गरेको लाभग्राहीहरुको नामावली सहितको बिबरण
नेपाल पाँचौंपटक सेमिफाइनलबाटै बाहिरियो _ ImageKhabar <!-instant articles-->
तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
पार्टी एकताको निर्णय अनुमोदन, यि हुन एकीकृत कम्युनिष्ट पार्टीका शीर्ष ९ नेता
अगाडि त बढ्नु नै छ
८.३. दुवै पक्ष वर्तमान र भविष्यमा हुन सक्ने सबै किसिमका पारस्परिक मतभेद वा समस्यालाई आपसी सम्वाद समझदारी सहमति तथा वार्ताको माध्यमबाट समाधान गर्न प्रतिबद्ध छन्।
नयाँबानेश्वर – १०, काठमाण्डौ
प्रवास 274 पटक पढिएको किशन गौतम २०७४ श्रावन ०५ बिहीवार
लेखक नेपाल पत्रकार महासंघ दैलेख शाखाका कोषाध्यक्ष हुन ।
यस्तो छ - नमस्कार गर्नुको कारण र महत्व
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन् भने वा हामीले प्रकाशित गरेका समाचार सम्बन्धि केहि टिका-टिप्पणी भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कात्तिक २२, रौतहट । आगामी प्रतिनिधि तथा प्रदेश सभाका लागि रौतहटका दुई व्यवसायीले उम्मेदवारी दर्ता गरि प्रचार प्रसारमा लागेका छन् । मङ्सिर २१ गते हुने निर्वाचनका लागि रौतहट उद्योग बाणिज्य सङ्घका अध्यक्ष कन्थमणी जयसवाल र निर्माण व्यवसायी सङ्घ रौतहटका अध्यक्ष नागेन्द्र साहले उम्मेदवारी दर्ता गराएका हुन् । जयसवाल राजपा नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको उम्मेदवार हुन् भने साह काङ्ग्रेसबाट क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का उम्मेदवार हुन् । अहिले दुवै उम्मेदवारले प्रचार प्रसारमा तीब्र बनाएका छन् । रौतहटका व्यापारी हक हितकका लागी चुनावी मैदानमा उत्रिएको रौतहट उद्योग बाणिज्य सङ्घका अध्यक्ष कन्थमणी जयसवालले बताए । व्यापारीहरुको समस्या केन्द्रीयस्तरसम्म नपुगेका कारण पुर्याउनका लागि उपयुक्त विकल्प निर्वाचन नै रोजेकाले उम्मेदवारी दर्ता गराएको उनको भनाई छ । यता निर्माण व्यवसायी सङ्घका अध्यक्ष नागेन्द्र साहले विकासमा रौतहट पछाडि परेको भन्दै त्यसलाई नै पहिलो प्रथामिकतामा राखेको बताए । निर्माण व्यवसायी समेत भएकाले “विकास क्षेत्रमा लामो अनुभव छ’ उनले भने “विकास सँगै शिक्षा र स्वास्थ्यलाई ध्यान दिने छु’। निर्माण व्यवसायीको सुरक्षादेखि देखिएको सम्पूर्ण चुनौतीको सामधान र समयमा नै कार्य सम्पन्न गर्ने बातावरणको सिर्जना गर्नेका लागि चुनाव नै विकल्प देखेको उनको भनाई छ । यसैगरि राजपाको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ मा उद्योगी तथा व्यापारी ओमप्रकास जयसवाल समेत चुनावी मैदानमा छन् । रौतहटमा सङ्घका पदाधिकारीदेखि व्यापारी तथा ठेकेदार समेत चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
वित्तीय साक्षरता अभिवृद्धिका लागि सामाजिक सञ्जालहरूको पनि प्रयोग गर्नु उपयुक्त र प्रभावकारी हुन सक्छ। यससम्बन्धी सामग्रीहरूलाई लोकप्रिय सामाजिक सञ्जालमा बाँडन सकेको खण्डमा एकैचोटि धेरै जनताको माझमा पुग्न सक्छ, तर यस्ता सामग्रीलाई रोचक र संक्षिप्त बनाउने विषयमा सरोकारवालाको ध्यान जानु आवश्यक हुन्छ।