text
stringlengths
0
328k
मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् ।
न्यूयोर्क, अमेरिका । स्पेनी खेलाडी राफाल नाडाल यहाँ भइरहेको यूएस ओपन टेनिस प्रातियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन् । उनले आज बिहान भएको निकै संघर्षपूर्ण खेलमा अष्ट्रियन खेलाडी डोमिनिक थिमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ को अन्तरले हराएका हुन् । यो खेल करिब ५ घण्टासम्म चलेको थियो । विश्वका १ नम्बर खेलाडी नाडालले थिमलाई हराएर अंकमाल गर्दा न्यूयोर्कमा मध्यरात अर्थात् राति २ बजिसकेको थियो । अब नाडालको सेमिफाइनलमा क्रोयशियन खेलाडी सिलिक वा जापानी खेलाडी निशिकोरीबीच हुनेछ । यी दुई खेलाडीबीचको क्वार्टरफाइनल खेल नेपाली समय अनुसार भोलि हुनेछ ।
सेयर बजार किन सुस्तायो ! लगानीकर्ता भन्छन्- अनलाइन प्रणाली समस्या होइन
दुई सेकेन्ड जति हल्लाएको यो परकम्प ३.७ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु पारेर गएको भूकम्प २०७२ वैशाख १२ गतेको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ।
काठमाडौं । विशेष अदालतले भरतपुर, चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई यस्तो सकस
इस्लामाबाद, १९ असोज (रासस/एएनआई)- पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।
यो अभियान जुलाईको अन्तमा औपचारिक रुपमा समापन भए पनि सरसफाइको काम निरन्तर भएकाले अनुरोध भएसम्म काम जारी रहने उनले बताए ।
काठमाडौँ, ६ असार । ब्राजिलका स्टार खेलाडी नेयमारको खुंट्टामा चोट लागेको बताइएको छ । ट्रेनिङका क्रममा उनको खुट्टामा अचानक...
चार करोडका १९ वटा योजना छनोट
काठमाडौं, वैशाख २ । स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ ।
पेज लाइक गर्नुहोस्
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ३ स्थित नमुना युवा क्लवको प्रथम साधरणसभा सम्पन्न भएको छ …
लागुऔषध नियन्त्रण ब्युरोले २०७० भदौ २४ गते ठमेलको मुक्तिनाथ डि कार्गोको भवनअगाडि प्रविन र काज्मीलाई नियन्त्रणमा लिएको थियो। प्रविनले बोकेको कालो ह्यान्डब्याग खानतलासी गर्दा एक किलो सेतो हेरोइन बरामद भएको थियो। पछि उनीहरूकै बयानका आधारमा साह ठमेलको पिलग्रिम्स होटलको कोठा नम्बर ३०१ बाट ४ किलो ६४ ग्राम हेरोइनसहित पक्राउ परेका थिए।
३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर नेपाल ल्याइएको भनिएको साढे तेत्तीस किलो सुन काण्डमा एक जनाको अपहरणपछि हत्या भएको घटनामा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो छानबिन जारी राखेको छ। सो क्रममा सुन तस्करीमा संलग्न ठूलो र्‍याकेटको पहिचान हुन सफल भएको छ।
अर्कै रहेछ केशव स्थापितलाई मन्त्रीबाट हटाइनुको कारण, थाहा पाएपछि छक्क पर्नुहुनेछ — sancharkendra.com काठमाडौं । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउनसमेत मुख्यमन्त्रीलाई चुनौती दिए । मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच केही समयदेखि टकराव सुरु भएको थियो । मन्त्री पदको सपथलगत्तै स्थापितले हेटौंडाबाट चाँडै राजधानी सार्ने बताएपछि उनी र मुख्यमन्त्रीबीचको दूरी बढ्न थालेको थियो । मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृहजिल्लाको हेटौंडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए । तर, स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए । नागरिक दैनिकमा खबर छ । काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ... काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...
प्रजातन्त्र दिवसमा यस्तो देखियो टुँडिखेलको विशेष कार्यक्रम, फोटो
९. बैठकले आगामी फागुन १०, ११ र १२ गते पार्टीको संघीय परिषदको विस्तारित बैठक गर्ने निर्णय गरेको छ र त्यसको आयोजना गर्न केन्द्रीय सचिवालयलाई निर्देश गरेको छ । साथै यो अवधिमा सबै समितिहरुलाई पार्टी सदस्यता विवरण अद्यावधिक गर्न, कमिटीहरुलाई व्यवस्थित र सुदृढ गर्न तथा मतदाताहरुको घरदैलोमा पुगी धन्यवाद ज्ञापन गर्न निर्देशन दिएको छ ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
म्याकाडोमियाको बजार मूल्य अहिले दानासहीत प्रति किलोग्राम ५ सय देखि ८ सय रुपैयाँ रहेको छ
एफएम र थारु नेताहरुको घर जले, कहाँ छन् नेपाली सेना ?
थन छु स्वाइ
(बिहीबार प्रेस चौतारी नेपालको ८ औं सम्मेलन उद्घाटनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यको सम्पादित अंश)
ममता चौधरी माथिको आक्रमण रहस्यमय बन्दै, विप्लव भन्छ ‘हामीले होइन’ « Light Nepal
डन्डिफोर छालाको एक समस्या हो । यसले मानिसलाई कुरूप त बनाउँछ नै, छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ ।...
गायक पौडेल को धेरै पछि भिडीयो सार्वजनिक
सम्पादक – संगिता खड्का
जापानको केडीडीआई कर्पोरेसनले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो ।
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको हनिमुन पिरियड धेरै नचल्ने पक्का भएको छ । अर्कैले कसिदिएको लगनगाँठो छुट्टै टुङ्गिन लागेको उच्च स्रोतले दावी गरेको छ ।
उम्मेदवारलाई सीधै सहयोग रकम संकलन गर्न दिँदा कतिपय अवस्थाका कमाउने अवसर मिलेको उनी स्विकार्छन् ।। उम्मेदवार आफैं चन्दाका लागि भिड्ने भएकाले बजारमा चन्दा आतंकको अवस्था छ । ‘पार्टीले मात्र चन्दा संकलन गर्ने थिति बसालेको भए यस्तो अवस्था नआउने व्यवसायी बताउँछन्।
यु ए ई/ २०५ औं भानुजयन्तीको अवसरमा यु ए ई व्यापी...
ग्लोबल आईएमई र भारतस्थित एक्सिस बैंकबीच व्यवसायिक कारोबार सम्बन्धी सम्झौता भएसँगै यो सुविधा थपिएको हो।
सूचना प्रविधि
हाम्रो सम्पर्क
तीन महिनाअघि विभागका उप–महानिर्देशक श्रेष्ठसँग सोधेका थियौं, ‘के दोस्रो चरणको निर्माणमा पनि जनताले यसैगरी धूलो खानुपर्ने हो?
समाचार र बिज्ञापनको लागि: [email protected]
माघ १४ – अमेरिकामा छात्रालाई शौचालय जान नदिने एक विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सन् २०१२ मा क्यालिफोर्नियाको पेट्रिक हेनरी हाई स्कुलकी शिक्षिका गोन्जा वोल्फले शौचालय जान नदिएपछि एक छात्राले बाल्टिनमा पिसाव फेरेकी थिइन् । बाल्टिनमा
समग्र गतिविधि समेटिएको अनलाइन न्यूज पोर्टल हो, झापा अनलाइन ।
११ घन्टा अगाडि
-परिवार वा स्कुलको गतिविधिमा भाग लिन नचाहने
कानुनले ३३ प्रतिशत महिला हुनैपर्ने भनेको छ । तर, नेकपाको केन्द्रीय समितिमा १७.४६ प्रतिशत मात्र महिला छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा १५९४० मा दलका सबै तहको समितिमा एक तिहाइ महिला हुनुपर्ने प्रावधानको उल्लंघन गर्दै नेकपाको दर्ता आयोगबाट भएको पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउँछन्।
साथै हिमाली क्षेत्रमा पहिलो पटक दोलखामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएका छन्। भीमेश्वर नगरपालिका-६ मा रहेको खोरथली सामुदायिक वनबाट यसको सुरुवात भएको छ। गत वर्ष विगतका तुलनामा वन क्षेत्रमा आगलागी ६० प्रतिशत नियन्त्रण गर्न सफल भएको समेत दाबी गरिएको छ।
काठमाडौँ, २८ फागुन । सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ.....
डिजीटल एम्पल एउटा म्यागजिन वेवसाइट हो, जहाँ तपाइ अाफ्ना बिचार हरू पब्लिस गराउन सक्नु हुन्छ । यदि तपाइ ले पनि डिजीटल एम्पलको लागी लेख्न चाहनु हुन्छ भने, संपर्क गर्नु होला ।
चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ भन्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा
जलवायु परिवर्तन सम्बन्धी महासन्धि तथा प्रोटोकलको केन्द्रविन्दुले गर्नु पर्ने कार्यहरु गर्ने,
प्रदेश १ सरकारले आगामी आव ०७५/७६ लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । करिब ३५ अर्ब हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नाराको लक्ष्य प्राप्त गर्ने मार्गचित्रसहित बजेटका सिद्धान्त र प्राथमिकता तय गरेको छ । सहरमा सूचना–प्रविधिको विकास, प्रदेश राजधानी विराटनगरमा मोनोरेल, चक्रपथ निर्माणसहितका पूर्वाधार बजेटमा समेटिने स्रोतले जनाएको छ । प्रदेशमा उद्यमशीलताको विकास, कुल गार्हस्थ उत्पादनमा कृषि र गैरकृषि क्षेत्रको योगदान प्रवद्र्धन गर्ने लक्ष्य बजेटले समेट्नेछ ।
काठमाडौँ उपत्यका केबलकार सञ्चालन योग्य, पन्ध्र अर्ब खर्च लाग्ने
आफ्नै साथीले तेजाप प्रहार गर्दा महर्जन गम्भीर घाइते « Sajha Page
सुनको भाउ बढ्यो
काठमाडौं । अाफ्नै सहकर्मीको गोलीबाट ९ प्रहरीको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको पोशाकमै रहेका एक जना जवानले प्रहरी...बाँकी
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘जय नेपाल’ शब्दले स्वागत गरे ।
स्कूलमा त्यहाँ एक बेकरी ओवन जहाँ तपाईं रोटी सेंकना गर्न सक्नुहुन्छ पनि छ.
उक्त सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका हुन् ।
प्रदेश–७ मा चारओटा संसदीय समिति गठन
भैसक्यौ_ तर म भने कसैको हुन् सकेको छैन_ तिमीले आज बाध्यतामा मलाई एक्लै
कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे ।
रवि लामिछानेले अमेरिकी राहदानी त्यागे लगत्तै प्रेस काउन्सिलको यस्तो बिज्ञप्ति (पत्र सहित)
भारतको अरुणाचल प्रदेशमा सर्वसाधारणको भीडले प्रहरी हिरासतमा रहेका दुईजनाको हत्या गरेको छ। बलात्कारको आरोपमा हिरासतमा रहेका दुई सं...
पार्टीले बिश्वास गरे जितेर आफ्नो वचन पूरा गरेर देखाउँछु : दिपक रिसाल( नेता:नेपाली काङ्ग्रेस)
अब भीमदत्त नगरपालिकाले फोहरबाट उर्जा उत्पादन गर्ने, सम्भाव्यता अध्ययन सुरु – Sudur Samachar
सूर्यमुखी तेल फूलको पिनालाई सोल्भेन्ट एक्सट्राक्सन अथवा एक्सप्रेसन विधिबाट निकालिन्छ। सूर्यमुखी तेलमा रिफ्र्याक्टिभ इन्डेक्स १.४६६० देखि १.४६९० हुनुपर्ने विभागले जनाएको छ। विभागका अनुसार सूर्यमुखी तेलमा आयोडिन १ सय १० देखि १ सय ४३ सम्म हुनुपर्छ भने स्यापोनीफिकेशन भ्यालु १ सय ८८ देखि १ सय ९४ हुनुपर्छ। यसमा स्यापोनिफाइ नहुने पदार्थ भने १५ ग्राम प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ।
जेठ १७ – अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् ।
सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन आफूले अगाडी बढाएको : नेता भट्ट
रानीतलाउ तरकारी बजार सञ्चालक समितिका सदस्य मेराज कबडिया पहाडी भेगमा उत्पादन भएको तरकारी नै बढी बिक्री हुने गरेको बताउनुहुन्छ । पडाडी जिल्लाबाट गोलभेँडा, बन्दागोभी, काउली, खुर्सानी, सिमी, आलुलगायतको तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ । नेपालगञ्जमा दैनिक झण्डै २०० क्विन्टल तरकारी खपत हुने गरेको तरकारी थोक बजार समितिको तथ्याङ्कमा उल्लेख छ ।
२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२
३० मार्च १९५४ v इङ्गल्यान्ड
काठमाडौं । सर्वोच्च अदालतमा केही समय अगाडि ६१ अर्बको मुद्दामा छुट दिदा अहिले कामय मुकामय प...
वाग्मती अञ्चलको भोटिङ प्यार्टनलाई हेर्ने हो भने त्यसलाई ‘कम्युनल’ भोटिङ पनि भन्न सकिन्छ । हिजो पनि हामीले त्यो देख्दै आएका हौं । म कम्युनल सोचले मुलुकको आर्थिक उन्नति हुन सक्दैन भन्ने सोचाइ राख्ने मानिस हुँ । महासङ्घले जात-जाति धर्मभन्दा पनि उद्योग व्यवसायलाई मुख्य केन्द्रबिन्दु बनाउनुपर्छ । अघि मैले भर्खरै वाग्मतीका सबै जिल्लाका साथीहरूलाई भेटेको छु, उहाँहरूको विचार बुझेको छु, यहाँका बहुमत साथीहरूको समर्थन त मलाई नै छ ।
सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु
समाज 127 पटक पढिएको वीरगन्ज २० मंसिर प्रकाशित मिति:
शेयर प्यानेल बन्द गर्नुहोस्
राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक योजनाले बजार क्षेत्रमा चार लेनको सडक विस्तार गर्ने भएको छ । चीनसँगको व्यापारलाई सहज बनाउनको लागि सञ्चालनमा ल्याइएको गल्छी– त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारसँगै नुवाकोटको आर्थिक विकासले पनि फड्को मार्ने स्थानीयवासीहरु बताउँछन् । सडक योजनाले दिएको जानकारी अनुसार दुई लेनमा निर्माण भइरहेको अन्तराष्ट्रिय मापदण्डको यो सडक योजनामा पर्ने विदुर नगरपालिकाको बट्टारदेखि ढुंगेसम्म चार लेनको सडक निर्माण हुने योजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । नौ अर्व ५० करोड लगानी रहेको योजना अन्र्तगत सडकको दायाँवायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म विहान ६ बजेदेखि ९ बजेसम्म र ११ बजेदेखि ५ बजेसम्म पिपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द्र हुने आयोजना प्रमुख देवकोटाले बताउनुभयो । ०७२ साल मंसिर ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्री परिषद्को वैठकले निर्णय गरेअनुसार यो योजना ७ मे २०१६ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु भएपनि जग्गा अधिग्रहण, विजुलीको पोल र वन क्षेत्रका कारण आयोजना निर्माणमा ढिलाई भइरहेको छ । आयोजनामा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग समन्वय भइरहेको योजनाले जनाएको छ । सडकमार्ग निर्माणको लागि आवश्यक जग्गा अधिग्रहणको लागि तथ्याङ्क संकलन लिने, लगत संकलन गर्ने काम भइरहेको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । आयोजना १७ फेब्रुअरी २०१९ मा सकिने लक्ष्य राखिएपनि लक्ष्य अनुसारको काम नहुँदा केही समय लम्विन सक्ने उहाँले बतानउनुभयो । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाई रहेको यो सडकमा अहिले ४६ किलोमिटर दूरीमा काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुवेशीसम्मको १८ किलोमिटरमा नेपाली सेनाले ट्याक खोल्ने काम गरिरहेको छ भने स्याफुवेशीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारले बनाउने योजना रहेको छ । योजनाको निर्माण चाइना ठेकेदार एमएस कन्भेग, तुँदी र रसुवा जेभीले निर्माणको काम भइरहेको छ । दुई वर्षको अवधिमा योजनामा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजना नामाकरण गरी काम भइरहेको योजना अन्र्तगत धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुवेशीसम्म ८२ किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको आयोजना प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो । निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८ सय ३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो । बुधवार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो । आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एक जनाको उम्मेदवारी रद्द भएको छ । दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ ।
सुशासन कायम गर्न, सिन्डिकेट प्रथाको अन्त्य गर्न र देशलाई समृद्धिको मार्गमा दौडाउन एउटा कुरा निकै महत्वपूर्ण हुन्छ । त्यो हो सुसंस्कार । संस्कार भनेको त्यस्तो कुरा हो, जुन एकै दिन, महिना वा बर्षमा सिक्न सकिंदैन । न त कुनै एक जना व्यक्ति, एउटा निकाय वा सीमित समूह र व्यक्तिले नै यो सिकाउन सक्छ । सुसंस्कारको बानि बसाल्नको लागि हरेक व्यक्ति, परिवार, समाज, संस्था र निकाय उत्तिकै रुपमा सक्रिय, सजक र प्रतिवद्ध हुनु जरुरी छ ।
राप्तीमा युवकको शव फेला
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को गम्भिर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल गत वर्षको ६ साउनमै नेपाल हटिसकेको छ ।वसको प्रमाणपत्र मन्त्री रविन्द्र अधीकारीले बुझिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
५-पाँच न्यायहरू
यसै सिलशिलामा गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले पर्थका स्थानीय संघसस्था र नेपाली समुदायसँग सहकार्य गर्दै महोत्सव मुल आयोजक समूह निर्माण गरि महोत्सवको सम्पूर्ण प्रारम्भिक तयारी सुरू गरी सकेको, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा महोत्सव संयोजकसमेत रहेका राज्य परिषद सम्योजक दिपक शर्माले जानकारी गराए।
NASSAT boaters बोर्ड मा रूपमा प्रभावकारी दुवै संवाद र किनारामा गर्न अनुमति दिने, सबै प्रकार र सबै भन्दा ठूलो समुद्र-सहयात्रा जहाजहरु गर्न साना यटों देखि जहाजहरू tonnage अनुरूप आवाज, फ्याक्स र डाटा को एक अतुलनीय सीमा प्रदान गर्दछ
दैवी शक्ति प्राप्त धर्मगुरु, जन्मजात अवतारी र तेत्तीसकोटि देवताको अवतार भएको बताउने एक व्यक्ति, जो १२ रोपनीमा फैलिएको सुविधासम्पन्न गुम्बामा बस्छ, महँगो मोटर चढ्छ अनि हाइप्रोफाइल शैलीमा हिँड्छ । त्यो व्यक्ति आफू १० औं पुस्तासम्म एउटै कुलमा जन्मिएको, ईश्वरबाट विशेष ज्ञान प्राप्त गरेको र पूर्वजन्मका सबै रहस्य आफूलाई थाहा भएको ढोंग रच्छ । अझ रोचक त के भने जुनसुकै रोग निको पार्न सक्ने ‘दैवी शक्ति’ आफूमा भएको दाबीसमेत गर्छ ऊ । यद्यपि त्यही व्यक्ति उपचार गर्न आफ्नो शरणमा आइपुगेका महिलाहरूलाई विश्वासमा लिएर, डरत्रास तथा अनुचित प्रभावमा पारेर कुदृष्टि मात्र लगाउँदैन, उनीहरूलाई जालमा पार्छ र निरन्तर यौन शोषणको सिकार बनाउँछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ मंसिरमा दैवी शक्ति भएको धर्मगुरु बताउँदै काठमाडौंको दक्षिणकालीमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा चलाएर महिलामाथि यौन शोषण गरेको आरोपमा ५६ वर्षीय छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको छ । नेपालमा यौनशोषणको आरोपमा यति ठूला धर्मगुरु पक्राउ परेको सम्भवत: यो पहिलो घटना हो । प्रहरीले टुल्कुले उपचारका नाममा महिलाको यौनशोषण गर्ने र त्यसको फोटो तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएर ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको समेत जनाएको छ । अवतारी लामा बताउने टुल्कुको फेसबुकमा पनि केही त्यस्तै खालका तस्बिर फेला परेका छन्, जसमा उनी युवतीसँग मस्त चुम्बन गरिरहेका देखिन्छन् । उक्त तस्बिरको क्याम्प्सन छ, ‘यसलाई नकारात्मक दृष्टिले हेरे तपार्इंले धेरै नकारात्मक समस्या, अप्ठ्यारा र रोगहरू झेल्नुपर्नेछ अनि अलौकिक शक्तिले तपाईंको नोक्सान गर्न सक्छ ।’ ‘हिज हाइनेस गुरु रिम्बोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा रिम्बोछे’ नाम दिइएको उक्त फेसबुक पेजमा लामाले आफू बादलमाथि रहेको, नागको आशन बनाइएको र आफ्नो टाउको पछाडितिर सूर्य रहेको फोटोसप गरिएका तस्बिर प्रयोग गरेर आफू ‘भगवान् नै भएको भ्रम दिन’ समेत खोजेका छन् । मृगको बथान, विभिन्न कार्यक्रम, जापान भ्रमण तथा आफ्ना भक्तसँग खिचिएका केही तस्बिर पनि उनको फेसबुकमा छन् । लामाले आफ्नो वेबसाइटमा आफूले नै पृथ्वी बचाएको दाबीसमेत गरेका छन् । धर्म र तन्त्रको आवरणमा यौन शोषण गरेको आरोपमा पक्राउ परेका लामालाई प्रहरीले जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गर्दै थप अनुसन्धान अघि बढाएको छ । ०६६ सालमा एलर्जी भएपछि एक युवती अभिभावकसँगै दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुग्छिन् । त्यहाँ पुगेपछि पढेलेखेकी ती युवतीलाई स्वघोषित अवतारी लामा बताउने छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामाले आफूले सबै रोगको उपचार गर्ने विश्वास दिलाउँछन् । गुरु टुल्कुले उनको उपचार पनि सुरु गर्छन् । केही दिनको उपचारमा रोग निको हुने छाँटकाँट देखिँदैन । बरु, लामाले बिस्तारै आफ्नो उपचार शैली परिवर्तन गर्दै जान्छन् । उनी युवतीलाई एकान्त कोठामा लान्छन्, झारफुक गर्ने बहानामा वस्त्र फुकाल्न लगाउँछन् । उपचारका लागि लुगा खोल्न जरुरी रहेको भनेर कन्भिन्स गरेपछि युवतीले पनि लुगा फुकाल्छिन् । निर्वस्त्र बनाएपछि टुल्कुले जबरजस्ती उनको यौनशोषण गर्छन् । उनले आफूसँगको शारीरिक सम्बन्धका बारेमा अरूलाई जानकारी दिए पुन: रोग बल्झिने, ठीक हुनका लागि आफूसँग मात्र यौनसम्पर्क गर्नुपर्ने, अरूसँग विवाह गरे वा परपुरुषसँग सम्बन्ध राखे मृत्यु हुने डर–त्रास देखाउँदै ब्ल्याकमेलिङ गर्न थालेपछि ती युवती ०६७ सालदेखि गुफामै बस्न बाध्य हुन्छिन् । पहिले ‘आफूबाहेक अरूसँग शारीरिक सम्पर्क राखे वा विवाह गरे मृत्यु हुने’ डर त्रास देखाउने टुल्कुले पछि उनलाई परिवार र आफन्तसँग समेत सम्पर्क गर्न रोक लगाउन थाल्छन् । आठ वर्षसम्म निरन्तर शोषण र त्यसमाथि परिवारसँग समेत भेट्न नदिएपछि आजित भएकी पीडित युवती प्रहरी गुहार्न पुग्छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा युवतीले टुल्कुको यौनशोषणसम्बन्धी उजुरी दिएपछि ब्युरोले विशेष सुराकीसहित आफ्नो अनुसन्धान अघि बढाउँछ । केही दिनको अनुसन्धानपछि धर्मको आवरणमा यौन प्यास मेटाउने सुराकहरू फेला परेपछि ५ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ११ मंसिरमा लामालाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले यौनजन्य गतिविधि गरेको उजुरीपछि लामालाई पक्राउ गरिएको बताए । ‘हामीलाई केही महिला आएर उजुरी दिएका थिए, हाम्रो अनुसन्धानका क्रममा पनि केही सुराक फेला परेपछि उनलाई पक्राउ गरिएको हो,’ कार्कीले साप्ताहिकसँग भने, ‘यस विषयमा थप अनुसन्धान जारी छ ।’ प्रहरीका अनुसार लामाले आफू जुनसुकै रोग निको पार्न सक्ने दैवीशक्ति प्राप्त अवतारी लामा भएको भन्दै महिलाहरूलाई भ्रममा पारेर उपचार गर्ने नाममा निर्वस्त्र बनाई एकान्त कोठामा यौनशोषण गर्दै आएका थिए । रोचक त के छ भने लामाले आफू १० औं पुस्तासम्म पनि एउटै कुलमा जन्मिएको भन्दै मानिसहरूमा भ्रम छर्ने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा गुम्बामा अन्य ६ जना महिला त्यहीँ बस्ने गरेको पाइएको छ । ‘२२/२३ वर्षदेखि बूढीसम्म गरी ६ जना महिला त्यही बस्ने गरेको बुझिन्छ,’ सिआईबीका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘महिलाहरूबाहेक केही पुरुष सहयोगी पनि गुम्बामै बस्छन् । केही भने दिउँसो जाने, काम गर्ने र साँझ घर फर्कने गरेको पाइन्छ ।’ प्रहरीका अनुसार प्लस टु पढेकादेखि नपढेका महिलाहरू पनि लामाको यौनहिंसाको शिकार भएको हुन सक्ने देखिएको छ । कुश्वेश्वर, दुम्जा–९, सिन्धुलीका स्थायी बासिन्दा हुन्— रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा । ५६ वर्षीय लामाले विगत १० वर्षदेखि काठमाडौंको दक्षिणकाली–१ चाल्नाखेल बोसनस्थित पेमा टासी छुल्ठिम घोम्बो गुम्बा सञ्चालन गरिरहेका छन् । प्रहरीका अनुसार उक्त गुम्बा दर्ता भएको छैन । अवैधानिक रूपमा गुम्बा चलाइरहेका टुल्कुका छोरा तथा परिवारका अन्य सदस्यहरू झापातिर रहेको प्रारम्भिक सूचना प्रहरीसँग छ । लामा आफूले ईश्वरबाट विशेष ज्ञान प्राप्त गरेको भन्दै गुम्बा बनाएर त्यहाँ बसिरहेका थिए । उक्त गुम्बा १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । गुम्बाभित्र तीनतले भवन छ जहाँ टुल्कुका लागि सुविधासम्पन्न कोठाहरू छन् । दैवी शक्ति प्राप्त भएकाले जस्तोसुकै रोग निको पार्न सक्ने भ्रम फैलाएका लामालाई मानिसहरूले ५० लाखसम्म दान गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । ‘मानिसहरूले पचासौं लाख दान गरेको पनि जानकारीमा आएको छ,’ सिआईबीका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘कतिपय मानिसहरू पैसा भएर पनि उपचार नभएपछि तनावमा हुन्छन्, टुल्कुले उनीहरूलाई भ्रममा पारेको देखिन्छ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी गुम्बामा पस्नुअघि ट्रेकिङ ब्यवसायी रहेको पाइएको बताइन्छ । १२ रोपनीमा बनेको उनको गुम्बा नेपाल सरकारको कुनै निकायमा दर्ता भएको छैन । लामाले गुम्बाका सम्पूर्ण सम्पत्ति आफ्नै नाममा राखेको हुनसक्ने प्रहरीको आशंका छ । उनले यो गुम्बा विस्तार गर्ने क्रम पनि जारी राखेका थिए । आफू चढ्ने गाडी पनि भक्तले आफूलाई दान दिएको बयान उनले प्रहरीलाई दिएका छन् । प्रहरीले उनले अहिलेसम्म कतैबाट शिक्षा लिएको समेत नदेखिएको जनाएको छ । ‘उनले कतै शिक्षा लिएको पनि देखिँदैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘कहाँबाट आउँछ यस्ता कुरा भन्यो भने आफैं आउँछ भन्छन् ।’ लामाकहाँ सामान्यदेखि हाइप्रोफाइल व्यक्तिहरू पनि उपचारका लागि पुगेको पाइन्छ । उनी त्यहाँ उपचारमा आउनेहरूसँग कथा सुनाउने तथा धार्मिक कुरा गर्ने कामसमेत गर्थे ।  उपचार गराउन आएका महिलाहरूलाई उपचारका क्रममा एकान्त कोठामा निर्वस्त्र गराई जबरजस्ती शारीरिक सम्बन्ध राखेको  पीडित महिलाहरूलाई उक्त कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुन्छ, पुन: रोग बल्झिन्छ, रोगको उपचारका निम्ति निज गुरुसँगै यौन सम्पर्क राख्नुपर्छ भन्ने गरेको  पीडित महिलाहरूलाई परपुरुषसँग विवाह गरे तिम्रो मृत्यु हुन्छ भन्ने त्रास देखाई बारम्बार यौनसम्पर्क गर्ने गरेको । बानेश्वर थापागाउँस्थित कुञ्ज थिएटरमा नाटक वासुदेव मञ्चन हुने भएको छ । यो नाटकका लेखक सन्दीप श्रेष्ठ हुन् जसलाई सन्दीप श्रेष्ठ तथा नवीन भट्टले निर्देशन गर्दैछन् । फोरक्युब इन्टरटेनमेन्टले निर्माण गरेको नाटक वासुदेवमा सन्दीप श्रेष्ठ, आयुष प्याकुरेल, सुरभी सापकोटा, आभा नेपाल आदि कलाकारले अभिनय गर्नेछन् । यो नाटक भदौ १५ देखि ३१ गतेसम्म मञ्चन हुने बताइएको छ ।
प्राप्त 200% जम्मा मा बोनस!
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए ।
अब पहिलो विषय हेरौं, आखिर केका लागि यत्रो झगडा भइराखेको हो? बहुमतीय आधारमा राष्ट्रिय सभाको चुनाव भयो भने वाम गठबन्धनले बहुमत ल्याएका २ नम्बरबाहेक ६ वटा प्रदेशमा उसैका उम्मेदवारले चुनाव जित्ने प्रबल सम्भावना रहन्छ।
पाल्पा – दुई जनाको ज्यान जाने गरी आइतबार पाल्पामा भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बगनासकाली गाउँपालिका ३ की २६ वर्षीया लक्ष्मी बस्याल र उनका ५ वर्षीय छोरा नवीनको अवस्था जटिल रहेकोले थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको मिसन अस्पताल पाल्पाकी निर्देशक डाक्टर रचेल कारकले जानकारी दिनुभयो । तानसेन नगरपालिका –४, बडिज्ञानटोलमा ग १ च ६७४८ नम्बरको पिकअप जीप ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा बगनाकाली गाउँपालिका –३, का ८ महिने बालक निशान्त बस्याल र तानसेन –६, बर्तुङ्गकी कमला पाण्डेको ज्यान गएको थियो । अर्का घाइते नवलपरासी सुनवल नगरपालिका –२, प्रगतिटोलका ५१ वर्षीय रामजी चौधरीको युनाइटेड मिसन अस्पताल तानसेनमै उपचार भइरहेको छ । ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
चित्रावली[सम्पादन गर्ने]
बुधवार, श्रावण ३०, २०७५ नाइल नदीमा डुङ्गा दुर्घटनामा २२ बालबालिकाको मृत्यु
आज विजयादशमीः टिकाको साइत ०९ः५१ मा
विद्युतीय माध्यमतर्फको सेजन अवार्ड भने राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सीताराम विलासीलाई वितरण गरिएको छ । यसैगरी क्यापिटल म्यागजिनका विनय बन्जारालाई ‘जुरी सम्मान’प्रदान गरिएको छ । उक्त अवार्ड राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले प्रदान गरेका हुन् ।