content
stringlengths
20
64.1k
थप १३ सय २५ जनामा कोरोना पुष्टि,९ सय ६६ डिस्चार्ज, १० जनाको मृत्यु काठमाडौं । आइतबार देशभर एक हजार ३२५ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३२५ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। गत २४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ४५१ जना क्वारेन्टिनमा रहेका छन्।
बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा झलमल काठमाडौं। विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित यूएईको दुबईस्थित बुर्ज खलिफामा शनिबार संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ। बुर्ज खलिफामा नेपाली समयअनुसरा रातीको १० बजे लाइटिंगको माध्यमबाट नेपाली झण्डा फहराइएको हो। अबुधावीस्थित नेपाली दूतावासको समन्वयमा नेपाली झण्डा झिलिमिली पारिएको हो। नेपालको मौजुदा संविधान २०७२ असोज ३ गते घोषणा गरिएको अवसरमा संविधान दिवस मनाइएको हो। छैटौं संविधान दिवसका अवसरमा राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने विदेशस्थित कूटनीतिक नियोगमहरुमा पनि संविधान दिवस मनाइएको छ। संविधानसभालदद्वारा बनाइएको यो संविधानपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको हो। यो नेपाली जनताले आफ्ना लागि आफै बनाएको संविधान हो।
‘जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौँ’ इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताएका छन् । शनिबार साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आजको दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएको बताए । “आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहको उल्लेख गरे । चिया, अलैँची, अदुवालगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने खनालले बताए । विगतमा विजुली, खानेपानी र सडक पूर्वाधार रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको जनाए । “इलामका लागि गर्न बाँकी धेरै काम छन्”, खनालले भने, “यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखिय काम गर्न बाँकी छ ।” बैठकमा नेकपा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने दिन गएको बताए । नेम्वाङले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आएर जनताका प्रतिनिधिले निर्माण गरेको संविधानमा सबैका हक र अधिकार लेखिएको उल्लेख गरे । उनले शान्तिप्रक्रिया, २०६२/०६३ को जनआन्दोलन गरेर लेखिएको संविधान विश्वकै उदाहरणीय रहेको बताए। नेम्वाङले संविधानले तराईदेखि हिमालसँगका जनताले आफ्नो भनेर गौरव गर्न सक्ने संविधान बनेको बताए। “दलित, जनजाति, महिलालगायत सबैको हक÷अधिकार लेखिएको संविधान बनाएका छौ”, नेम्वाङले भने, “हामीले यसैमा गौरव गर्नुपर्छ ।” अहिलेको सरकारले पनि धेरै काम गरेका कारणले पनि संविधान कार्यान्वयन प्रभावकारी ढङ्गले अघि बढेको उनले जिकिर गरे ।
दुर्घटनामा इञ्जिनीयरको मृत्यु मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। मिनीबसको ठक्करबाट घाइते भएका अधिकारीलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन् । अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत थिए । मृतक कोरोना सङ्क्रमित रहेको र होमआइसोलेशनका लागि घर जानेक्रममा मिनीबसको ठक्करबाट मृत्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।
संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा काठमाडाैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले सविधान दिवसका अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ। संविधान जारी भएको यो ऐतिहासिक दिनलाई गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाइँदै आइएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ। यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ। उनले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन्। संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने सभापति देउवाले विश्वास लिएका छन्। संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी रहेको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्। “काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ”, विज्ञप्तिमा उल्लेख छ। त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै उनले यसलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन्। आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सभापति देउवाले सरकारलाई अपील गरेका छन्। अनेक चुनौतीका बावजुद यो संविधानको सफलतासँग देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडीमा जरुरी रहेको उल्लेख गर्दै उनले यही आग्रह साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।
नेपाल र पाकिस्तानबीच आपसी हितका नयाँ क्षेत्र पहिल्याउन उपप्रमको आग्रह काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्न आवश्यक रहेकामा जोड दिएका छन्। नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेमन पनमिस्तानका राजदूत डा मझर जावेदसँग मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध सरकार र सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरे। उनले पाकिस्तानले चिकित्साशास्त्र अध्ययन, सैनिक तालीम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे। रक्षामन्त्री पोखरेलले पाकिस्तानका उद्यमी एवं व्यवसायीलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत्लगायत क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे। सो अवसरमा राजदूत जावेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको जनाउँदै आफ्नो नेपाल बसाइका अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार, पर्यटन, उद्योग, कृषिलगायत क्षेत्रमा सहयोग प्रबद्र्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए। दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै उनले तालीम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमणमार्फत दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगिरहेको विचार व्यक्त गरे। उनले चिकित्साशास्त्र अध्ययन, तालीम, प्रशिक्षणलगायत विषयमा नेपालले आवश्यक ठानेका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउन पाकिस्तान सरकार सकारात्मक रहेको विचार व्यक्त गरेकने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए।
दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो । राष्ट्र सङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा सम्मेलन केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिए। सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक चीन, जापान, भारत, सिङ्गापुर, श्रीलङ्का, दक्षिण कोरिया, साइप्रस, क्यानडा,अमेरिका, बेलायत, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्डस, फ्रान्स र जर्मनीका वैज्ञानिक सहभागी हुने छन् । आयोजकका अनुसार सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तथा विशेष अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहने छन्।
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।रासस
असोज ५ बाट आन्तरिक उडान तथा, लामो दुरीको यातायत सञ्चालनमा गरिने कामठाडौं। गएको चैत ११ मा देश व्यापी लकडाउनपछि रोकिएको आन्तरिक हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात आगामी असोज ५ बाट सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड बनाएर आन्तरिक उडान तथा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सोमबार नै मन्त्रिपरिषद बैठक बस्नुअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आन्तरिक उडान र लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्नेबारे निर्णय गर्न सिफारिस गरेको थियो। स्रोतका अनुसार आवश्यक सुरक्षा मापदण्ड बनाएरमात्र यी सेवाहरु सञ्चालन हुनेछन्। स्रोतका अनुसार विमानस्थलमा यात्रु ज्वरो नाप्ने, आजाको व्यवस्था आफै गर्नुपर्ने, हातमा स्यानिटाइजर हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ।
राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि थुनामा काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियोसहितको एक गीत युट्युबमार्फत सार्वजनिक भएपछि पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत, काठमाडौंले गायक ग्लाल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ परेका अन्यलाई ३ जनालाई अदालतले १५ हजार रुपैयाँ धरौटीमा छोड्द आादेश दिएको छ। अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश दिइएको छ। राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले यही भदौ ३ गते ९ जनालाई पक्राउ गरेको थियो। राष्ट्रिय झण्डा जलाउनेमाथि ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने कानूनी व्यवस्था छ।
सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू काठमाडौं। मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको जग्गाको कित्ताकाट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सोमबार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका सूच्ना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ। यही भदौ १८ गते भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गराउने निर्णय गरेकी थिइन्। उनको यो निर्णयको आलोचना भइरहेको थियो। २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो।
नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ५० वर्ष भन्दा माथि उमेर समूहका धेरै काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९) कारण सबैभन्दा बढी मृत्यु हुनेमा ५० बर्ष भन्दा माथिका उमेर समूहका नागरिक रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ३ सय ४५ जनाको मृत्यु भएको छ। जसमध्ये ५० बर्ष भन्दा बढी उमेर समुहको संख्या २३० जना रहेको छ। ५० वर्ष माथिका उमेर समूहका मृत्युदरमा सबैभन्दा बढी मृत्यु हुनेमा ७५ भन्दा माथिका उमेर समूहका मृत्युदर सबैभन्दा बढी ५५ रहेको छ। त्यस्तै सोही उमेर समूहमा मृत्यु कम हुनेमा ५० देखि ५४ वर्षका उमेर समूहका २७ रहेका छ। ५५ देखि ५९ उमेर समूहका मृत्युदर ३५ छ भने ६० देखि ६४ उमेर समूहको मृत्युदर ३८ रहेको छ। स्वास्थ्य मन्त्रालका अनुसार ६५ देखि ६९ सम्मका उमेर समूहको मृत्युदर ४० रहेको छ भने ७० देखि ७४ उमेर समूहको मृत्युुदर ३५ रहेको छ। ५० वर्ष माथिका उमेर समूहका मृत्युदरमा सबैभन्दा बढी मृत्यु हुनेमा ७५ भन्दा माथिका उमेर समूहका मृत्युदर सबैभन्दा बढी ५५ रहेको छ। त्यस्तै सोही उमेर समूहमा मृत्यु कम हुनेमा ५० देखि ५४ वर्षका उमेर समूहका २७ रहेका छ। २५ वर्ष मुनीका उमेर समूहको मृत्युदर जम्मा १६ रहेको स्वास्थ मन्त्रालयको तथ्यांकले देखाएको छ। जसमध्य १० देखि १४ बर्ष उमेर समूहका मृत्युदर शून्य छ। त्यस्तै २५ देखि ५० बर्ष मुनि उमेर समूहको मृत्युदर ९९ रहेको छ। जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेका अनुसार अन्य देशको तुलनामा नेपालमा मृत्युदर कम छ। त्यसमा पनि ५० वर्ष माथिको मृत्युदर बढी हुनुको कारण ५० वर्ष माथिका व्यक्ति अन्य रोगले ग्रसित हुनु हो। उनले डिसी नेपालसँग भने, ‘असारको तेस्रो हप्तासम्म विदेशबाट फर्किएकालाई मात्रै कोरोना देखिएको थियो। बिस्तारै समुदायमा कोरोना फैलन थालेपछि मृत्युदर बढेको हो।’ उनले थपे, ‘स्वास्थ मन्त्रालयको तथ्यांक अनुसार ५० वर्षभन्दा बढी उमेर समूहका नागरिकको मृत्यु बढी भएको देखिन्छ, सोही उमेर समूहका व्यक्ति अन्य रोगले ग्रसित भएका हुन्छन्।’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वृद्धवृद्धा, मुटु रोग,मधुमेह जस्ता दीर्घ रोग भएका मानिसको बढी मृत्यु भएको छ त्यसकारण यस समूहका व्यक्तिलाई आइसोलेन्समा राखेर ध्यान पूर्वक ख्याल गर्न आवस्यक छ।’ नेपालमा ज्येष्ठ नागरिक कम भएकाले पनि मृत्युदर कम भएको उनले बताए। ‘अन्य देशको तुलनामा नेपालमा ज्येष्ठ नागरिक कम हुनुहुन्छ,’ उनले भने, ‘अमेरिका, बेलायत, इटालीमा हेर्ने हो भने ८० वर्षमाथिका धेरैको मृत्यु भएको छ। इटाली र जापानमा औसत आयु नै ८५ माथि छ। नेपालको औसत आयु ७१ हो। नेपालमा ज्येष्ठ नागरिकको संख्या कम छ।’
काठामाडौंको फोहोर संकलन हुने टेकुको अवस्था के छ? काठमाडौं। काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोर शुन्य भएको छ। ‘बर्षायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो।’, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘बिगत बर्षमा बर्षामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरिएको थियो। यस बर्ष हामीले फोहोर लैजान कसैलाई तेल दिएका छैनौं। कुनै गाडी भाडामा लिएका छैनौं।’ उनका अनुसार यस बर्ष ल्याण्डफिल साइट र ट्रान्सफर स्टेशनमा प्रयोग गर्न कुनै डोजर पनि भाडामा लिइएको छैन। यसबाट महानगरको करीब १२ लाख रुपैयाँ बचत भइसकेको छ। ‘सिसडोलमा फोहोर बोकेर जाने ठूला सवारी, जेसीभी, लोडर समयमा नै मर्मत ग¥यौं। ल्याण्डफिल साइटमा प्रयोग गर्न खरिद गरिएको डोजर समयमा नै आइपुग्यो।’, प्रगतिका बिषयमा जानकारी दिँदै फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर निर्मलराज बराल भन्छन्, ‘विगत बर्षहरुमा हामी सडक हेर्दैनथ्यौं। यस बर्ष सडकको अवस्था हामी आफैंले हे¥यौं। सडकमा भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि थप भत्किन पाएन। यसकारण पनि बर्षामा साइटमा पुग्न सजिलो भयो।’ कोभिडका कारण उपत्यकामा फोहोर उत्पादन घटेर व्यवस्थापकीय खर्च घटेको र ट्रान्सफर स्टेशनमा फोहोर शुन्य भएको त होइन? प्रश्नको उत्तरमा महाशाखा प्रमुख बराल थप्दै भन्छन्, ‘कोभिडले फोहोरको परिमाण घटेको छैन। अहिले पनि दैनिक औसतमा १२० देखि १३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पु¥याइरहेका छन्।’ यसअघि गएको बर्ष कार्तिक ३ स्टेशनलाई शून्य बनाएर अवस्थालाई कायम राख्ने योजनाअनुरुप काम भइरहेको थियो। बिचमा सवारी साधन, ल्याण्डफिल साइट र त्यहाँ पुग्ने सडकका कारण केही फोहोर स्टेशनमा रहने सकिने हुँदै आएकोमा भदौ २६ गते स्टेशन शून्य फोहोर भयो। आइतबार पनि स्टेशनमा फोहोर शुन्य नै छ। त्योभन्दा पनि अघिल्लो समय हेर्दा २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाइएको थियो। टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ।
सरकारले घटायाे पिसीआर परीक्षणको शुल्क, अब मात्र दुई हजार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिए । सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए । यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार ४०० तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु पाँच हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको छ । सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ । यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको उनले जानकारी दिए । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको उनले जानकारी दिए ।
गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप कास्की। गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्। यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो। तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको व्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो। त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन्। आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन्। गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
बाह्रविसे पहिरोको स्थगलगत निरिक्षण गर्दै सभामुख सापकोटा (फोटो फिचर) काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको स्थलगत रिपोर्टको लागि बाह्रविसे पुगेका छन्। आइतबार विहान गएको पहिरोमा परि ३० घर पुरिएका छन्। भने २७ जना बेपत्ता छन्। हालसम्म ५ जनाको शव भेटिएको बताइएको छ।
सिन्धुपाल्चोक पहिराे अपडेट : ४ जनाको शव भेटियो, २७ जना बेपत्ता काठमाडौं। सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका मध्ये ४ जनाको शव भेटिएको छ। बाह्रविसे नगरपालिका ७ मा गएको पहिरोमा पनि अहिलेसम्म २७ जना बेपत्ता भएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार केही शवहरुको शरिको अंग देखिएले शव भेटिने क्रम जारी रहेको छ। मौसम प्रतिकुल भएका कारण उद्दारमा कठिनाई भएको छ। नगर प्रमुख शेर्पाले भने, ‘केहीको हात खुट्टाहरु देखिएको छ। हामी उद्दार गरिरहेका छौं। मौसमले गर्दा केही समस्या भएको छ। तै पनि जिल्लाबाट आएको नेपाल प्रहरीको टोली र नेपाली सेनाको टोलीले उद्दार गरिरहेको छ।’ शेर्पाले पहिरोबाट ३० घर पुरिएको जानकारी दिए। नेपाली सेनाको टोलीले विहानैदेखि उद्दार गरीरहेको छ। शेर्पाका अनुसार सभामुख अग्नि प्रसाद सापकोटा पनि भरखरै पहिरोले क्षति पु¥याएको स्थानमा पुगेका छन्। उनले भने, ‘सभामुख ज्यू आइपुग्नु भएको छ। जिल्लाबाट एसपी साब पनि आइ पुग्नु भयो।’
सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ काठमाडौं। वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब ६० जना अभियानकर्मीको सक्रियतामा सफाइ अभियानलाई निरन्तरता दिइएको हो । नदी किनारमा आउन नसक्ने अभियानकर्मीले भने आफ्नो टोलमै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए। सफाइमा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेललगायत अभियानकर्मीको सक्रियता रहेको सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३४२ औँ हप्ताको सफाइ गोठाटार पुलमुनिको नदी किनारमा सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै सफाइ गरेर कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको थियो । कुहिने फोहर नदी किनारमै गाडिएको थियो । नकुहिने फोहर भने नगरपालिकाको गाडीले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले सुनाए। रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका विभिन्न भागमा पनि भौतिक दूरी कायम गर्दै सफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ ।
बीमाको पैसा पाउन महिलाले रेटिन आफ्नै हात, तर… बीबीसी । स्लोभेनियाकी एकजना महिलालाई नियतवश आफ्नो हात रेटेर बीमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ। राजधानी लुब्लियानास्थित अदालतले २२ वर्षीया जुलिया आदलेसीचले घटनाको अघिल्लो वर्षमात्र पाँचवटा बीमा नीति खरिद गरेको पाइएको थियो। उनले हाँगा छिमल्ने क्रममा हात काटिएको बताएकी थिइन्। कति पैसाको ठगी? हातको बीमावापत् उनले दश लाख अमेरिकी डलरभन्दा धेरै पाउने थिइन्। तर अब उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ। उनका केटासाथीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा आदलेसीचलाई अस्पतालमा पुर्‍याइएपछि उनी र उनका केही आफन्त पक्राउ परेका थिए। उनको अपाङ्गता स्थायी होस् भन्ने हेतुले उनी र उनको केटासाथीले काटिएको भाग जानाजान छाडेर अस्पताल आएको अदालतको निष्कर्ष छ। तर अधिकारीहरूले समयमै उक्त भाग फेला पारे र अस्पतालले त्यसलाई जोडिदियो। सो घटनाको केही दिन अगाडि महिलाका केटासाथीले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको अभियोजनकर्ताहरूले बताए। त्यसले पनि उक्त घटना नियोजित भएको प्रमाण मिल्ने अभियोजनकर्ताहरूले बताएका छन्। ती केटासाथीका बुवालाई पनि एक वर्षे जेल सजाय सुनाइयो। तर उनीविरुद्धको सजाय लागु गराइएको छैन। मुद्दाको अवधिभरि आदलेसीचले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन्। यदि उनको योजना सफल भएको भए उनले आधा जति रकम एकमुष्ट र बाँकी मासिक किस्तामा पाउने थिइन्।
सांस्कृतिक स्थल खुला गर्न माग काठमाडाैं । विश्व हिन्दू महासंघले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासंघले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो । बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन।रासस
टिपरले ठक्कर दिँदा प्राइम टाइम्स टेलिभिजनका पत्रकार गौतमको निधन काठमाडौं। प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई टिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स(परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो । गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
किर्ते गर्ने पक्राउ काठमाडौं। विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पास किर्ते गरेको फेला पारेपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्ने डिलरका प्रतिनिधि गोरखा आरुघाट घर भई हाल कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् । उनलाई शङ्कास्पद कागजातसहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको व्यूरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए। उनको साथबाट कोभिड–१९ सङ्कलन व्यवस्थापन केन्द्रबाट सही गरेको र नगरेको सवारी पाससमेत बरामद गरिएको जनाइएको छ । उनले यसरी किर्ते गरेर प्रतिपास रु दुई हजार लिने गरेको खुल्नआएको छ ।
भक्तपुरमा एकै घरका तीनजनाको हत्या भएको प्रहरीको आशंका काठमाडौं। भक्तपुरमा शुक्रबार एकै घरमा परिवारका तीनजनाको शव फेला परेको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ स्थित निकोसेरामामा रहेको ४ तले घरमा तीवटा शव फेला परेको महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामी घटना स्थलमै छौं, हरेक तलामा एक एक वटा शव फेला परेको छ।’ उनका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीीया सुशीला र १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको छ। घरमा एक कुकुर पनि मृत फेला परेको एसपी थापाले जानकारी दिइन्। उनले शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै केही भन्न नसकिने बताइन्। उनले फरेन्सिक टोलीसहित आफूहरु घटनास्थलमै रहेको बताइन्। उनका अनुसार अधिकारी परिवारले सोही घरमा किराना पसल गर्दै आएको थियो। प्रहरीले याे हत्याकाे बारदात पनि हुनसक्ने बताएकाे छ। घटना स्थलमा रहेका एक प्रहरी अधिकारीले तीनै जनाकाे हत्या भएकाे हुनसक्ने बताए।
अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ। महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। एसएसपी थापाका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था ठीक रहेको छ। तीन दिन अघि महानगरीय प्रहरी परिसरका इन्स्पेक्टरसहित २२ जनालाई संक्रमण भएको थियो । उनीहरुलाई पनि प्रहरी अस्पताल, दुई नम्बर गण र होम आएसोलेशनमा राखिएको छ।
‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिएका छन्। ललितपुरस्थित परिषद्को केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजसेवा र मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि हुन नदिन परिषद्का कर्मचारीलाई सचेत गराए। सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने योजनालाई अघि बढाएको जानकारी दिँदै परिषद्का अध्यक्ष गुरुङले सामाजिक सङ्घसंस्थालाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने बताए। सो अवसरमा परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताका माध्यमबाट सामाजिक क्षेत्रका कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन र परिमार्जन गर्ने कामलाई अघि बढाइएको जानकारी दिए। परिषद्का सदस्य सचिव पुष्कर खातीले परिषद्को कामलाई परिणामुखी बनाउन र सुशासन कायम गर्न योजना तय गरिएको बताए। सो अवसरमा परिषद्को वेबसाइट पनि शुभारम्भ गरिएको थियो ।
म्यागङ गाउँपालिकाले कुहिएको औषधि वितरण गरेको भन्दै विरोध विदुर । नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन् । गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन् । सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले सिटामोल चक्की स्वास्थ्य केन्द्रबाट लगी खाँदा एक्कासि रिँगटा लाग्ने र बान्ता आएकाले स्वास्थ्य केन्द्रका अनमी बैदेवी हमाललाई भेटेर औषधि देखाउँदा उनले औषधि भण्डार गर्ने ठाउँ राम्रो नभएका कारण गुणस्तरहीन भइसकेको हुनाले खान नहुने बताएको स्थानीयवासी काजीमान डंगोलले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष आशा तामाङले देउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण भएको औषधि गुणस्तरहीन र मिति सकिएकाले बुधबार जलाइएको र यसबारे अनुसन्धान गरिने जानकारी दिए । गाउँपालिका, देउराली स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक फैराज तामाङले स्थानीयवासीलाई वितरण गरिएको औषधिको मिति सकिन अझै एक महिना बाँकी रहेको जिकिर गरे । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले औषधिमा लापरबाही गर्ने जोसुकैलाई पनि छानबिन गरी कारबाही गरिने बताए।
आयुर्वेद विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्रीले भनेः कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग गरौं काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट गरेका छन्। कोभिड– १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए। उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो।’ उनले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए। आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गरे। निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गरे। ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका’ उनले भने। कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए। उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा रामआधार यादव, डा सन्तोष ठाकुर, प्राडा डीबी रोका, डा शिवमंगल प्रसाद, डा प्रकाश ज्ञवाली र डाधनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्दै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गरे। पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राखे।
दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको आर्थिक सहयोग काठमाडौं। दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एकसाता गोफण्ड मार्फत संकलन गरिएको ३ लाख ५७ हजार एक सय ६७ रुपैया मंगलबार उनकी छोरी सुस्मीता बानियाँलाई हस्तान्तरण गरिएको छ । जीवनभर पत्रकारिता बाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा सो रकम संकलन गरिएको अमेरिकाबाट देउजाले बताए । उनले छोरा छोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत बताएका छन् । ‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने ‘भविष्यमा छोरा छोरीको शिक्षा दिक्षामा आर्थिक कारणले अवरोध आएको थाह पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु । ’, काभ्रेका स्थायी बासिन्दा भए पनि लामो समयदेखि अमेरिका बस्दै आएका देउजा विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् ।
दरबार हाइस्कूलको भवन हस्तान्तरण काठमाडाैं। चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन मंगलबार हस्तान्तरण भएको छ। गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो। मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे। उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ। काठमाडौं महानगरपालिका—२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो। भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो। रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ। दरबार हाई स्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ। दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन्। हाल ती दुवै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन्। भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ। निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड—१९ का कारण हस्तान्तरण हुन नसकेको बताए। विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो। विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो। विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्न का लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए। विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ। अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ। शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्। लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो। निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ। रासस
केही दिन वर्षाको क्रम बढ्ने : बाढी/पहिरोको सम्भावना काठमाडाैं। आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन्। उनका अनुसार प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भहेको छ। हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक (उत्तरतर्फ) सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ। आज बिहान तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा मापन भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशखाले जनाएको छ। यस्तै बिहान उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा पनि भारी वर्षा मापन भएको र थप वर्षा हुने देखिएकाले त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना छ। त्यसको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्क रहन अनुरोध गरिएको छ। आज कोशी र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ। यस्तै कन्काई, कमला, वाग्मतीका ससाना नदीको जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ। मौसमविद् कँडेलले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मौसम बदली हुन थालेको जानकारी दिइन्। यसपटक भने प्रदेश १ देखि प्रदेश ५ सम्म बढी बदली हुने उनले बताइन्। केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो र बाढीको जोखिम हुने जानकारी दिँदै उनले सावधानी अपनाउन अनुरोध गरेकी छन्। रासस
बाघको आक्रमणबाट एकको मृत्यु चितवन। पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए। घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए । रासस
न्याय सम्पादनमा ध्यान दिन आग्रह काठमाडौं। विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारीले न्याय सम्पादन र सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अदालतले सोमबार १७ औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने स्पष्ट पारे। अध्यक्ष अधिकारीले न्यायिक सुशासन कायम गर्न सबै कर्मचारीले आ–आफ्नो पेशागत, निष्ठा, लगनशीलता र इमान्दारीतामा ध्यान दिनुपर्नेमा जोड दिए। अदालतमा वरिष्ठतम सदस्य न्यायाधीश कृष्ण गिरीले राष्ट्रसेवक कर्मचारीले व्यावसायिक जीवनको हरेक क्षणमा आफ्नो कार्यकुशलता र आफूमा अन्तरनिहित क्षमता प्रदर्शन गरेर सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। सो अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने नायव सुब्बा रामकृष्ण सापकोटा र हलुका सवारी चालक अमृतबहादुर सुनुवारलाई अध्यक्ष अधिकारीले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।
दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड काठमाडौं। युवा अधिकारकर्मीले कोभिड–१९ ले दिगो विकास लक्ष्य प्राप्तिमा गम्भीर प्रभाव पारेको र त्यसको समाधानका लागि आफूहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने औँल्याएका छन् । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र उनीहरुले खेलिरहेको भूमिकालाई अनुभव साटासाट गर्ने उद्देश्यले युथ एडभोकेसी नेपालद्वारा आइतबार भर्चुअल माध्यमबाट आयोजित ‘दक्षिण एसियाली सम्मेलन’ मा विभिन्न देशका युवाले शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विविध समस्यालाई सरकारले समाधान गर्नुपर्ने माग गरेका छन् । सम्मेलनमा युएनभीका एसिया प्रशान्त क्षेत्रीय प्रवन्धक सलिना मियाँले कोभिड–१९ ले दिगो विकास लक्ष्यमा पारेको समस्या समाधानका लागि युवा स्वयंसेवालाई प्रवद्र्धनसँगै राज्यले विशेष नीति अख्तियार गर्नुपर्ने बताए। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोभिड–१९ का कारण दक्षिण एसियाली युवामा मनोवैज्ञानिक समस्या थपिएको उल्लेख गर्दै उनीहरुबीचको समन्वय तथा सहकार्यलाई बढाउनुपर्नेमा जोड दिए। युनेस्को नेपालका शिक्षा प्रमुख बलराम तिमल्सिनाले युवाको सम्भावना र क्षमताको व्याख्या गर्दै उनीहरुलाई राज्यको नीति निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा अर्थपूर्ण सहभागिताको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलंका र अफगानिस्तानका ११ युवाको सहभागिता थियो ।
ललितपुर महानगरका मेयरको हत्या गर्ने धम्की दिएका शाक्य पक्राउ काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले धम्की दिएको आरोपमा संजय शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना भएपछि उनीसँगको कनट्याक्टमा रहेका चिरिबाबु हाल आफ्नै घरमा क्वारेन्टिनमा छन्। यद्यपी उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। घरमा क्वारेन्टिन बसेका मेयर महर्जनलाई ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि उनले प्रहरीलाई यो विषयमा जानकारी गराएका थिए।
जयतु संस्कृतम्का शाखा बेलायत र अष्ट्रेलियामा काठमाडौं। जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ । संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको आज जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए। यसै वर्ष बेलायत र अष्टे«लियामा शाखा गठन गर्न त्यहाँ रहेका संस्कृतप्रेमीले इच्छा व्यक्त गरेको र निकट भविष्यमै गठन गर्न लागिएको उनले बताए। विश्वमा सबैभन्दा पुराना ग्रन्थ संस्कृत भाषामा रहेकाले यसप्रति विश्वव्यापी आकर्षण बढ्न थालेकाले शाखा खोल्न लागिएको उनले बताए। भाषा मात्र नभई वाङ्मयकै स्वरुप ग्रहण गरेको संस्कृतमा धेरै ग्रन्थसमेत लेखिएका छन् । अन्तरक्रियामा सहभागी पीपलमणि सिग्देलले अमेरिकाबाट जयतु संस्कृतम्लाई विश्वव्यापी रुपमा फैल्याउन लागिएको जानकारी दिए। कोरोनाबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीबीच जुम प्रविधिबाट नै संस्कृत प्रशिक्षण गर्न सकिने उनको सुझाव थियो । कार्यक्रममा सांसद उमेश श्रेष्ठले प्याब्सन आबद्ध विद्यालयमा अध्ययनरत करिब २५ लाख विद्यार्थीलाई संस्कृत लोकभाषा अभियानमा सहभागी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए। धर्मसंस्कृतिको भण्डार रहेको संस्कृत भाषा संरक्षणका लागि नीतिनिर्माण एवं कार्यान्वयन तहबाट समेत सहयोग जुटाउन आफू लाग्ने उनले बताए। नेपाल संस्कृत विश्वविद्यालय नेपाल प्राध्यापक संघका अध्यक्ष शम्भुराज गौतमले अर्को हप्ता संस्कृत वाङ्मयको उन्नयनका लागि वाङ्मय विमर्श कार्यक्रम आयोजना गर्न लागिएको बताए। प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले आफ्नो विद्यालय रेडियन्ट रिडर्स एकेडेमीमा चार वर्षअघिदेखि नै संस्कृत पठनपाठन भइरहेको बताए। बौद्ध धर्मगुरु आचार्य नुर्बु शेर्पाले संस्कृत भाषा अध्ययन गर्दा मानवका लागि फाइदा हुने भएकाले धर्म, राजनीति, जातीयता आदिको घेराभन्दा माथि उठेर यसलाई हेरिनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत भाषामा रहेका प्राचीन ग्रन्थको अध्ययनअनुसन्धान गरी त्यहाँ भएको ज्ञान जनसमक्ष ल्याइनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्वसचिव जनार्दन नेपालले माध्यमिक विद्यालयमा अनिवार्य संस्कृत पठनपाठनको व्यवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अनिवार्य पठनपाठन गर्न सके नैतिक एवं चरित्रवान् नागरिक बनाउन सहयोग मिल्ने बताए। संस्कृत लोकभाषा अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले लिच्छविकाल एवं त्यसभन्दा अघिदेखि नै नेपालमा प्रमुख भाषाका रुपमा संस्कृत बोलिने गरेकाले यो लोकभाषा भएको बताए। समयक्रममा यो भाषाको प्रयोग घटे पनि विभिन्न रुपमा यसको प्रयोग भइरहेकाले यो लोकभाषा भएकामा कार्यक्रमका वक्ताले जोड दिएका थिए। विसं २००४ मा तीनधारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञानलगायत विषय पनि पढ्न पाउनुपर्छ भनी जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यो नेपालको पहिलो विद्यार्थी आन्दोलन पनि हो । सरकारले आन्दोलनकारी विद्यार्थीलाई उपत्यका कटाएपछि निरंकुश जहानियाँ राणाशासनविरुद्ध देशव्यापी रुपमा जागरण फैलाउँदै भारतको बनारस पुगेका थिए । पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतको नेतृत्वमा रहेका आन्दोलनकारीले त्यसबेला नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटी नेपालमा प्रजातन्त्र स्थापनामा सहयोग गरेका थिए । आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा २०५५ सालमा जयतु संस्कृतम् नामक संस्था स्थापना भएको हो । संस्थाले संस्कृतको प्रवद्र्धनका लागि गतिविधि गर्दै आएको छ । रासस
जाजरकोटमा गिद्ध गणना जाजरकाेट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ। जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए। गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो। जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ। यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए। उनका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो।रासस
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए। कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ। पौडेलले भन्नुभयो, “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए। उनले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिए। जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।रासस
एयरलाइन्स कम्पनीको लापरवाहीले ६५७ यात्रु होटल क्वारेन्टाइनमा काठमाडौं। विदेशबाट स्वदेश फर्किन चाहने नागरिकले आफूलाई कोरोना भाइरस नेगेटिभ भएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने प्रोटोकल छ। पीसीआर नेगेटिभ भएको रिपोर्ट साथमा नभए स्वदेश फर्किन नपाउने सरकारी नियम छ। विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आएमा उनीहरु सिधै विमानस्थलबाट होम क्वारेन्टाइनमा जान सक्ने सरकारी मापदण्ड छ। तर उक्त नियम विपरित कोरोना टेस्टको रिपोर्ट नभएका नागरिक पनि धमाधम नेपाल आइरहेको खुलेको छ। भदौ १३ गते अस्ट्रेलियाबाट १४८ यात्रु लिएर काठमाडौं अवतरण गरेको सिल्क एयरमा नौ जना कोरोना टेस्ट नगरेका यात्रु पनि आएपछि उक्त विमानमा सवार सबै १४८ जना यात्रुलाई नै अहिलो होटल क्वारेन्टाइनमा राखिएको छ। सम्बन्धित एयरलाइन्स कम्पनीहरुले सरकारले बनाएको नियमलाई पालना नगर्दा अहिले विदेशबाट आउने सयौँ यात्रुहरुले दुःख पाएका छन्। एयरलाइन्स कम्पनीले कोरोनाको परीक्षण नै नगरेका यात्रुलाई समेत ल्याउन थालेपछि पीसीआर गरेर आएकाहरु पनि समस्यामा परेका हुन्। एयरलाइन्स कम्पनीहरुले सरकारी नियमको बेवस्ता गर्दै केही व्यक्तिहरुलाई कोरोना परीक्षणको रिपोर्ट बिना नै ल्याएपछि उनीहरुसँगै सोही विमानमा आएका अन्य यात्रुहरुलाई पनि होटल क्वारेन्टाइमा राखिएको विदेशबाट आएका नागरिकको व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले जनाएको छ। बुधबार जापानबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजबाट २१५ नेपाली स्वदेश फर्किएका थिए। तीमध्ये तीन जनाको पीसीआर रिपोर्ट नहुँदा जहाजमा सवार २१५ जना यात्रुलाई काठमाडौंमा विभिन्न होटलमा क्वारेन्टाइनमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्भव पौडेलले जानकारी दिए। ‘आफ्नो दायित्व सबैले निर्वाह गरियो भने यस्तो समस्या आउँदैन,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी पौडेलले डिसी नेपालसँग भने, ‘सानो हेलचेक्राँइले धेरैले दुख पाउनुपर्ने अवस्था आउँछ।’ बुधबार (२ सेप्टेम्बर) जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले काठमाडौंका लागि उडान भरेको थियो। सो उडानमार्फत २१५ जना यात्रुहरु काठमाडौं ओर्लिएका थिए। उनीहरुमध्ये २१२ जनाको साथमा कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट नेगेटिभ थियो। त्यस्तै एक जना महिला यात्रुको आरडीटी गरेको नेगेटिभ रिपोर्ट थियो। अन्य दुई जना पुरुष यात्रुको भने कोरोनाको परीक्षण नै गरिएको थिएन। सरकारले आरडीटी (-यापिड डायग्नोस्टिक टेस्ट) परीक्षणलाई समेत मान्यता दिएको छैन। यसरी ३ जना यात्रुको साथमा पीसीआर रिपोर्ट नभएपछि सो विमानमार्फत नेपाल आएका २१५ जना यात्रुलाई नै होटल क्वारेन्टाइनमा राखिएको छ। ३ जनाको रिपोर्ट नभएपछि आफूहरु सबैजनालाई होटल क्वारेन्टाइनमा बस्न बाध्य पारिएको झापाका प्रविण पोख्रेलले डिसी नेपाललाई बताए। उनलाई अहिले कंलकीको ग्याल्कसी होटलमा राखिएको छ। त्यहाँ पोख्रेलसहित २४ जनालाई राखिएको छ। जो बुधबार नारिताबाट एउटै विमानमा आएका थिए। अन्य यात्रुलाई भने काठमाडौंका विभिन्न होटलमा राखिएको उनले बताए। ‘सरकारले पीसीआर रिपोर्ट भएकाहरुलाई होटल क्वारेन्टाइन बस्नु पर्दैन भनेको थियो। हामीले ४० हजार जापानी येन (नेपाली करिब ४५ हजार रुपैयाँ तिरेर पीसीआर टेष्ट गरायौँ,’ पोख्रेलले डिसी नेपालसँग भने, ‘तर, यहाँ आएपछि एक/दुई जनाको कोरोनाको टेष्ट गरेको छैन भनेर हामी सबैलाई सेनाले होटल क्वारेन्टाइनमा बस्न पर्छ भन्यो।’ उनले नेपाल एयरलाइन्सका जापानस्थित कर्मचारीका कारण सबै यात्रुले दुःख पाएको बताए। एक जनामात्रै यात्रुको पीसीआर नेगेटिभ भएको रिपोर्ट नभए अन्य सबै यात्रु होटल क्वारेन्टाइनमा बस्नुपर्ने प्रोटोकल रहेको नेपाली सेनाले जनाएको छ। सोही विमानमा आएका अर्का यात्रु गोपाल बजगाईँले पनि आफूहरुलाई निकै दुःख पाएको बताए। उनीसँगै उनको श्रीमती पनि आएकी थिइन्। ‘हामी सुगर र प्रेसरका बिरामी हौँ। सरकारले पीसीआर रिपोर्ट भएकालाई बाहिर क्वारेन्टाइन बस्न पर्दैन भनेपछि हामीहरु मंहगो पैसा तिरेर पीसीआर गरेका थियौँ,’ उनले आफ्नो दुःख सुनाउँदै भने, ‘यहाँ होटल क्वारेन्टाइन भनेर राखिएको छ। क्वारेन्टाइनको लागि सरकारले तोकेको मापदण्ड पूरा गरेको होेटल भनिएको छ। तर, यो त होटल जस्तो पनि छैन। यहाँ सरसफाइ पनि छैन। खाना पनि गुणस्तरीय छैन। क्वारेन्टाइन भनिएको छ तर, यहाँ मानिसहरु सामाजिक दूरी कायम नगरी यत्रतत्र हिँडिरहेका छन्। तपाईँहरु आएर हेर्नसक्नुहुन्छ।’ उनले आफूहरु बिरामी भएकोले होटल क्वारेन्टाइनमा बस्दा थप जोखिम रहेको बताए। विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई सेनाले बसुन्धारामा रहेको होल्डिङ सेन्टरमा लगेको थियो। त्यहाँबाट उनीहरुले सिधै घर जान पाइन्छ भन्ने आशा गरेका थिए। तर, ३ जनाको रिपोर्ट नभएको भन्दै आफूहरुलाई सेनाले होटल क्वारेन्टाइनमा बस्नुपर्ने बताएको उनको भनाइ छ। पीसीआर रिपोर्ट भएकाहरुलाई पनि होटल क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनीहरुले होम क्वारेन्टाइनमा जान पाउनुपर्छ भन्दै होल्डिङ सेन्टरमै नारावाजी समेत गरेका थिए। ‘हामीले धेरै समयसम्म विरोध गर्यौँ। नारावाजी समेत गरेका थियौँ। तर, हामीले भनेको केही सुनिएन। सरकारी प्रटोकल अनुसार क्वारेन्टाइन बस्नै पर्छ भनेर होटल साहुहरुको जिम्मा लगाइयो,’ उनले भने, ‘सरकारले पनि खोइ के हो आधारमा क्वारेन्टाइनको लागि उपयुक्त छ भनेर अनुमति दिएको रहेछ कुन्नी? बिजोग अवस्था छ। हामी त बिरामी मान्छे अब यतै मरिन्छ जस्तो छ।’ बजगाईँले नेपाल एयरलाइन्सका कर्मचारीले जापानको विमानस्थलमा समेत आफूहरुलाई दुःख दिएको गुनासो गरे। लगेज तोकिए भन्दा बढी भएको भन्दै प्रतिकिलो दुई हजार रुपैयाँ आफूसँग मागेको उनको भनाइ छ। ‘हामीलाई टिकट खरिद गर्ने बेलामा प्रतिव्यक्ति २ वटा लगेजमा गरेर ४६ किलोसम्म लैजान पाइन्छ भनिएको थियो। ह्याण्ड ब्यागमा पनि ७ किलो पाइन्छ भनिएको थियो। तर, त्यहाँ त आएका कर्मचारी ३५ किलोभन्दा बढी पाइँदैन भन्दै प्रतिकिलो २ हजारका दरले पैसा मागे। पैसा मागेपछि हामीले विमानस्थलमै ब्यागहरु खोलेर समान निकाल्यौँ,’ उनले भने। बुधबार मात्रै मलेसियाबाट स्वदेश आएका १३३ जनालाई पनि होटल क्वारेन्टाइनमा राखिएको छ। क्वलालम्पुरबाट मालिन्दो एयरको विमानमाफर्त नेपाल आएका १३३ जना नेपाली होटल क्वारेन्टाइनमा बस्न बाध्य भएका हुन। सो विमानमार्फत नेपाल आएका दुईजनाको कोरोना परीक्षणको रिपोर्ट नभएका कारण उनीहरुलाई होटल क्वारेन्टाइन्मा राखिएको हो। सोही विमानमार्फत नेपाल आएका सविनकुमार लोप्चन तामाङले आफूहरुलाई कलंकीस्थित एक होटल क्वारेन्टाइनमा बसेको डिसी नेपाललाई बताए। यसरी सबैजना होटल क्वारेन्टाइन बस्नुपर्ने कारण दुईजना यात्रु हुन्। उनीहरुले पीसीआर परीक्षण नगरी आरडीटी परीक्षण गरेर आएकाले सबैलाई क्वारेन्टाइनमा पठाइएको हो। डिसी नेपाललाई प्राप्त जानकारीका अनुसार ती पीसीआर नगरेका दुई जनालाई मलेसियास्थित विमानस्थलमै रोकिएको थियो। तर, एयरलाइन्सका प्रतिनिधिहरुले उनीहरुलाई दूतावासका कर्मचारी भन्दै ढाकछोप गरेर विमान चढाएर ल्याएका सोही विमानमा आएका एक नेपालीले डिसी नेपालसँग बताए। उनका अनुसार ती व्यक्तिहरु प्रदेश नम्बर १ का हुन्। विमान कम्पनीको यस्तो लापारबाहीका कारण आफ्नो लापारवाहीले १३३ जना यात्रु नै होटल क्वारेन्टाइनमा बस्नु परेपछि सबै होटल खर्च मालिन्दोले व्यहोर्ने भएको छ। लोप्चनले होटल खर्च विमान कम्पनीले व्यर्होन कुरा भएको डिसी नेपाललाई बताए। त्यस्तै २५ अगष्ट (भदौ ९ गते) १६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौं आएको एयर अरेवियाले पनि यस्तै गल्ती गरेको थियो। एयर अरेबियामा आएका १४२ यात्रुको मात्रै पीसीआर टेष्ट गरिएको थियो। त्यस्तै १८ जनाको आरडिटी गरिएको थियो भने एक जनाको परीक्षण गरिएको थिएन। १९ जनाको पीसीआर रिपोर्ट नभएपछि उनीहरु सबैलाई विमानस्थलबाट ल्याएर होटल क्वारेन्टाइनमा राखिएको थियो। अहिले सरकारले पीसीआर गरेका ती १४२ यात्रुको रकम फिर्ता गराउन एयर अरेवियालाई निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिएका छन्। सरकारले मापदण्ड जारी गरे पनि एयरलाइन्स कम्पनीहरुले त्यसको पालना नगर्दा अहिले यात्रुहरु मारमा पर्न थालेका छन्। अहिले विदेशबाट स्वदेश आएकाहरु कोरोना महामारीका कारण रोजगारी गुमाएर आम्दानीविहीन भएका नेपालीहरु हुन्। उनीहरुले जसतसो गरेर हवाइ भाडा र पीसीआर परीक्षण खर्च जुटाएका हुन्छन्। उसो त उनीहरु विदेशमा लामो समयसम्म काम नभइ बस्दा मानसिक रुपमा विक्षिप्त भएका हुन्छन्। बेखर्ची भइ बसेका उनीहरुलाई जतिसक्दो चाँडो घर पुग्ने इच्छा हुन्छ। तर, एयरलाइन्स कम्पनीहरुको लापारवाहीले गर्दा स्वदेश आइसकेपछि उनीहरुले झझन्ट व्योर्हनु परेको छ। सरकारी मापदण्ड अनुसार यसरी होटल क्वारेन्टाइनमा राखेका यात्रुहरु सबैको ७ दिनपछि पीसीआर टेष्ट गरिन्छ। परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा उनीहरुलाई आ–आफ्नो घर जाने अनुमति दिइन्छ। घरमा पुगेपछि उनीहरुले अनिवार्य रुपमा १४ दिनसम्म होम क्वारेन्टाइमा बस्नुपर्नेहुन्छ।
कामपामा कोरोना : २ हजार सात सय संक्रमित, १९ जनाको मृत्यु काठमाडौं। बिहीबार काठमाडौं महानगरले ९ वटा वडामा ५२५ जनाको स्वाब संकलन गर्दैछ। वडा ८ र २९ मा १००/१०० जना, २८ जना १२० जना, २०, २१, २३ र २४ मा गरी १२० जना, ३ मा ३० जना र ६ मा ५५ जनाको स्वाब संकलन गरिने महानगरपालिकाले जनाएको छ। भदौ १४ गतेसम्मको विवरणअनुसार महानगरका २ हजार ७०७ जना संक्रमितमध्ये ५५५ जना होम आइसोलेसनमा छन् भने ५४७ जना अस्पतालमा उपचाररत छन्। ४८५ जना निको भएर घर फर्किएका छन्। बिरामीको सम्पर्कमा रहेकाले संक्रमणको जोखिममा रहेका ४ हजार ३५२ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिसकिएको छ। उनीहरुमध्ये २६७ जनामा कोभिड पोजेटिभ देखिएको छ। भदौ १७ गतेसम्ममा महानगरमा कोभिडको संक्रमणकाकारण मृत्यु हुनेको संख्या १९ पुगेको छ। आज स्वाब संकलन गर्न लागिएको वडा ८ मा अहिलेसम्म संक्रमितको संख्या २३ पुगेको छ। उनीहरुमध्ये ६ जना होम आइसोेसनमा छन् भने ४ जना अस्पतालमा छन्। ५ जना निको भएर घर फर्किएका छन्। कन्ट्याक्ट ट्रेसिङबाट वडामा यस अघि ४८ जनाको स्बाव संकलन गरिसकिएको महानगरपालिकाले जनाएको छ। यसै गरी वडा २९ मा संक्रमितको संख्या ६५ पुगेको छ। जसमध्ये १३ जना होम आइसोलेसन र २५ जना अस्पतालमा उपचाररत छन्। १० जना उपचारपछि घर फर्किसकेका छन्। कोरोनाका कारण वडामा कसैको पनि मृत्यु भएको छैन। यस अघि कन्ट्याक्ट ट्रेसिङबाट १४६ जनाको स्वाब संकलन गरिसकिएको छ। वडा २८ मा संक्रमितको संख्या १०५, होम आइसोलेसनमा १२, अस्पतालमा उपचाररत २५ र निको हुनेको संख्या १९ पुगेको छ। कन्ट््याक्ट टे«सिङ्बाट १४५ को स्बाव संकलन गरिएको यस वडामा कोभिडकारण कसैको पनि मृत्यु भएको छैन। १५ जना संक्रमितको संख्या पुगेको वडा २० मा होम आइसोलेसमा १ जना, अस्पतालमा उपचाररत २ जना र उपचारपछि घर फर्किने १ जना छन्। १ जनाको मृत्यु भएको वडामा यस अघि ३२ जनाको स्वाब संकलन गरिसकिएको छ। यसै गरी वडा २१ मा संक्रमितको संख्या १४ पुगेको छ। जसमध्ये ४ जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन्। २ जना उपचारपछि घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। वडामा ३५ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिएको छ। आजै कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गर्ने वडा २३ मा संक्रमितको संख्या १५ छ। ५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् भने उपचारपछि ६ जना घर फर्किएका छन्। वडामा यसअघि कन्ट्याक्ट ट्रेसिङबाट ६० जनाको स्बाब संकलन गरिसकिएको छ। वडा २४ मा संक्रमितको संख्या ३३ पुगेको छ। यसमध्ये २ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन्। निको भएर फर्कनेको संख्या प्राप्त भएको छैन भने कसैको मृत्यु भएको छैन। वडामा ११९ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्बाब संकलन गरिसकिएको छ। वडा ३ मा संक्रमितको संख्या १८० छ। २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा उपचार गराउँदै छन्। ५८ जना उपचारपछि घर फर्किनु भएको छ भने १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट १२८ जनाको स्वाब संकलन गरिसकिएको छ। यता वडा ६ बौद्धमा संक्रमितको संख्या २९ पुगेको छ। १ ४ जना होम आइसोलेसन र ४ जना अस्पतालमा छन्। ३ जना निको भएर फर्किएका छन् भने कन्ट्याक्ट ट्रेसिङबाट ८७ जनाको स्बाब संकलन गरिसकिएको छ। ‘महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेका छौं। महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र सकेसम्म साबुन पानी नभए स्यानिटाइजरको प्रयोग गर्ने बानीको बिकास गर्ने हो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुनेछ। यो नियम सबैका लागि महामारी नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार सबैले यसको पालना गर्नुपर्छ।’
करेन्ट लागेर मृत्यु नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताए। कावासोती –२ का कमलप्रसाद पौडेलका घरमा ट्रस लगाउने क्रममा जस्तापाताले विद्युत्को तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल कावासोतीमा लगिए पनि मृत्यु भएको जनाइएको छ। रासस
वर्षाले अवरुद्ध ग्रामिण सडक खोल्दै नगरपालिका मुगु । लगातारको वर्षाले अवरुद्ध रहेका आफ्ना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानीय तहले सडक मर्मत कार्य शुरु गरेको छ। जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्ट्रिय सडक जोडने ग्रामिण सडकहरुको खुलाउन आईतबारबाट शुरु गरेको हो। वर्षाको पानीले सडकहरु कटान गरेको, पहिरो आएको र सडक भासिन जिल्ला सदरमुकाबाट नगरक्षेत्र भित्रका सडक पुगेका १३ वटा वडाहरु जोडने सडकहरु एक महिना यताबाट अवरुद्ध हुँदै आएका थिए। नगरपालिकाको आफ्नै स्काभेटर भएकाले यो वर्ष अवरुद्ध सडक खुलाउन सहज भएको छ। विगत वर्षहरुमा प्राईभेट स्काभेटर गुहार्नु पर्ने र त्यसमा पनि समय मै काम सम्पन्न नगरी दिने अवस्थाले नगरबासीले सास्ती भोग्दै आएका थिए नगर प्रमुख हरिजंग शाहीले बताउनु बताए। वर्षाको पानीले गमगढी–बालै–राताचौर सडक,गमगढी–तारापानी सडक–गमगढी–रोवा सडक अवरुद्ध हुदै आएका थिए। नगरको स्काभेटरले आइतबार गमगढी–तारापानी, सोमबार गमगढी–बालै–राताचौर सडकको ठाँउ–ठाँउमा आएको पहिरो, भासिएको जमिन पन्छाएर सडक खुलाएको छ भने गमगढी–रोवा सडकको को पनि पटक पटक अवरोध हटाएर सडक सुचारु गरिएको छ। ग्रामिण सडक खुलेपछि साविक झै स्थानीयहरुलाई सदरमुकाम आवत जावत गर्न र विरामीलाई गाँउबाट जिल्ला अस्पतालसम्म एम्वुलेन्स सेवा लिन सहज भएको छ भने गाँउका उत्पादनहरु बजारसम्म र बजारमा उपलब्ध आफना आवश्यक सर सामान घर लिन पनि सजिलो हुने भएको छ। नगरभित्रका यी तीन सडक सहित गमगढी–नाउर–कार्कीवाडा,चौतारा–ढुम–कार्कीवाडा,हाईवय–रारा विमानस्थल र ताल्च–सल्लेरी–मिली सडक पनि शुचारुका लागि त्यहाँ आएको पहिरो लगायत अन्य अवरोध हटाउने कार्य पनि गर्ने नगरपालिकाले बताएको छ।
फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए । मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको । आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ । वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना छ । पश्चिम सर्ने क्रममा भोलि कर्णाली र सुदूरपश्चिमा पनि असर गर्ने श्रेष्ठले बताए । “थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ ।” मौसमविद् श्रेष्ठले भने । प्राप्त विवरणअनुसार आज प्रदेश १ को ताप्लेजुङ, धनकुटा, वाग्मती प्रदेशको रसुवा र काठमाडौँमा पानी परेको छ । गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ । आज प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ । पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ । अहिले मनसुन सक्रिय नै छ । मुख्यतः सेप्टेम्बर २३ बाट मनसुन हराउँदै जान्छ । तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्ताबाट विस्तारै फर्किँदै जाने हुन्छ । त्यसपछि मात्रै नेपालबाट हट्छ । “पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भने, “यसपाली पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।” यसपाली नेपालमा औसत मनसुन रहे पनि मनसुन पूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो । जसका कारण जनधनको ठूलो क्षति भएको छ ।
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो। शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए। जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो। लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जित आवश्यक थियो। सन्दीपको दुई विकेटको मद्दतमा विजयी भएको जमैका जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ। सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्क तालिकाको पुछारमै सीमित बनेको छ। जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ। जमैकालाई भने सेन्ट किट्ससितको जितले उपाधि होडमा रहिरहन सहज भएको छ। सन्दीपको टोली जमैकाले हालसम्म खेलेको छ खेलमा तीनमा जित तथा तीनमा हार बेहोर्दै छ अङ्क बटुलेको छ। सेन्ट किट्सले भने ६ खेलमा एकमा जित तथा पाँचमा पराजित हुँदै मात्र दुई अङ्क हासिल गरेको छ। लिगको उपाधि होडको बाटो सेन्ट किट्सका लागि कठिन बनेको छ। शनिबार छैटौँ खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुई विकेट लिँदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखे। सन्दीपले अहिलेसम्म विकेटबिहीन हुनुपरेको छैन। उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गरेका हुन्। उनले हालसम्म छ खेलमा नौ विकेट लिएका छन्। सेन्ट किट्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए। उनले इभेन लुइस र इस सोढीको विकेट लिएको हो। टस जितेर जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर १४७ रन बनायो। एक सय ४८ रनको विजय लक्ष्य पछ्याएको सेन्ट किट्सले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो। जमैकाका लागि ग्लेन फिलिप्सले अविवित ७९ रन बनाए। उनले यसक्रममा ६१ बल खेल्दै छ छक्का तथा दुई चौका प्रहार गरे। यस्तै जर्मेन ब्ल्याकउडले २७, नकु्रम बोनरले १६ तथा आशिफ अलीले १४ रनको योगदान दिए। बलिङतर्फ सेन्ट किट्सका रियाद इमरितले तीन विकेट लिए। जमैकाका बलर सन्दीप तथा कार्लोस ब्रेथह्वाइट, फिडेल एडवार्ड, भिरासम्मी परमुलले सेन्ट किट्सको ब्याटिङ लाइन ध्वस्त पारे। कार्लोसले तीन तथा एडवार्ड र परमुलले सेन्ट किट्सको दुई दुई विकेट लिए। मुजिबउर रहमानले एक विकेट लिए। ब्याटिङतर्फ सेन्ट किट्सका लागि केइरन पउलले २१, इभेन लुइसले २१, निक केलीले १६, डेनिस रामदिनले १३ तथा इमरान खानले १० रन बनाए। अब सन्दीपको टोली जमैकाले आफ्नो सातौँ खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्सविरुद्ध खेल्नेछ। यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। सिपिएल भदौ २५ गतेसम्म चल्ने छ। सीपीएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन्। यस यामको आइपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभई युएईमा हुँदैछ। सन्दीपले आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नु हुनेछ । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन्।
बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ । मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट टाढा भएकाले उक्त घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख प्रनाउ चिमरियाले बताए । बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी)को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए । दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढेपछि स्थानीय बासिन्दाले विभिन्न प्रक्रिया अपनाएर धपाउने गरेका छन् । जिल्लाका कतिपय स्थानीय तहका बासिन्दाले चन्दा सङ्कलन गरेर बाँदर धपाउनेलाई खर्च दिने गरेका छन् ।
सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन –३ को बिजेता काठमाडौं । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले। दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेताको घोषणा गरिएको हो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए। नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक काठमाडौँ। काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ। रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उनको भनाइ छ। अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने हुनसक्छ। उनले भने, “कोभिड सङ्क्रमण कम भएपछि मात्रै अघि बढ्न सक्छ।” दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो। भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो। नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो। भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो। सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ। सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। रासस
चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु चितवन। चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ। स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो। उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो। जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ।  रासस
एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडिओ सार्वजनिक काठमाडौं। चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडिओ सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ। म्युजिक एरेन्जर सञ्जिव बराईली हुन्। पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो। भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिव बिकको रहेको छ। लकडाउनकै अवधिमा यसअघि एलिजा अभिनित आधी कपाल गीतको भिडिओपनि सर्वाधिक रुचाईएको थियो। भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी जमेको छ।
स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु रुपन्देही । तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८÷४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति ११ बजेर १५ मिनेट जाँदा आफै अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका स्कुटी चालक कार्कीलाई उपचारका क्रममा आज क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए।रासस
विदेशमा पनि नेपाल प्रहरीको पराक्रमः सुडानमा बहादुरी देखाउँदै (फोटोफिचर) काठमाडौं । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (एफपीयु) का प्रहरी जवानहरु । तस्वीरः नेपाल प्रहरी फर्मड पुलिस युनिट सुडान
आइसोलेसन तोडफोडका मुख्य नाइके पक्राउ खाँदबारी । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब रु १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० पिपिइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ । अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए। तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जना कोरोना सङ्क्रमितलाई राखिएको श्रेष्ठले बताए।
एपीएफद्वारा अवैध सामान बरामद काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानीबाट शुक्रबार एपीएफ टोलीले करीव सात लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल स्क्रिन र कम्प्युटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको छ । यसैगरी झापा जिल्लाको मेची नगरपालिकाको फोहोरमैला इलाकाबाट शुक्रबार ५ गते एपीएफ टोलीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवयरका सामान र विभिन्न प्रकारका औषधी सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल पार्ट्स र गाडीको पार्ट्स एपीएफ टोलीले ईलाम जिल्लाको स७३घढसर्योदय नगरपालिका ३ स्थित सीमा इलाकाबाट बरामद गरको हो ।
लिदी पहिरामा पुरिएका ३० जनाको शव फेला, ९ अझै बेपत्ता सिन्धुपाल्चोक। गएको शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये बिहीबार थप पाँचको शव फेला परेको छ । बिहीबार तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। बिहीबार हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए। यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । ९ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । रासस
लिदी पहिरोः थप ३ शव फेला काभ्रे । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन्। हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।रासस
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह काठमाडौं। सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका हुन्। सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ । सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ । कोरोना भाइरस ९कोभिड– १९ ०को सङ्क्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्
सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा समाचार कम प्रकाशित काठमाडौं। नेपालका पत्रपत्रिकाले अझैपनि बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयलाई कम प्राथमिकता दिएको पाइएको छ। राइट हेयर राइट नाउ को सहयोगमा युवालयले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपालका १० वटा दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको सर्वेक्षणका क्रममा यस्तो पाइएको हो। बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा गरिएको सर्वेक्षणका क्रममा अन्यको तुलनामा बृहत्तर यौनिकता शिक्षासँग सम्बन्धित बिषयमा समाचार बढी प्रकाशित भएको पाइएको छ। एक बर्षको अवधिमा यस बिषयमा २९२ वटा समाचार प्रकाशित भएको सर्वेक्षणले देखाएको छ । एक बर्षको अवधिमा प्रकाशित समाचारहरुमा ७५ प्रतिशत बृहत्तर यौनिकता शिक्षा सम्बन्धित समाचार प्रकाशित भएको देखिएको छ भने वैवाहिक समानताका बिषयमा ८ प्रतिशत तथा सुरक्षित गर्भपतन सम्बन्धी ४ प्रतिशत समाचार प्रकाशित भएको देखिएको छ। यसैगरी यससँग सम्बन्धित अन्य समाचारहरु १३ प्रतिशत प्रकाशित भएको समेत सर्वेक्षणका क्रममा देखिएको छ। प्रतिवेदनका बारेमा बोल्दै युवालयका अध्यक्ष सन्तोष महर्जनले पत्रपत्रिकामा प्रकाशित समाचारहरु मध्ये यी बिषयमा समाचार अझैपनि प्राथमिकतामा पर्न नसक्नुमा बिषयबस्तुको गम्भीरताका बारेमा पर्याप्त बहस र छलफल हुन नसक्नुले भएको बताए। उनले भने, ‘सुरक्षित गर्भपतनका बारेमा विद्यमान कानुनी प्रावधानका बारेमा पर्याप्त जानकारी नहुँदा असुरक्षित गर्भपतन धेरै हुने गरेको छ।’ यस्तै वैवाहिक समानताका बारेमा ब्लू डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक अनुज पिटर राईले नेपालमा अझै पनि यस बिषयमा कानुनी व्यवस्था नहुँदा यो बिषयमा जटिल समस्याहरु देखा परेको बताए। राईले भने, ‘समाजले हेर्ने दृष्टिकोणका कारण लैङ्गिक अल्पसंख्यकहरु विभिन्न खालका जटिल समस्यामा पर्ने गरेका छन् । कतिपयले समाजबाट पाउने अपहेलना र दुव्र्यवहारका कारण आत्महत्या समेत गर्ने गरेका छन्।’ हाल प्रकाशित दैनिक पत्रिकाहरु दि हिमालयन टाइम्स, दि काठमाण्डौ पोष्ट, रिपब्लिका, अन्नपूर्ण पोष्ट, दि राइजिङ नेपाल, गोरखापत्र, नेपाल समाचारपत्र, नागरिक, राजधानी तथा कान्तिपुरमा प्रकाशित समाचारलाई सर्वेक्षण गरिएको थियो।
नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर काठमाडौं। विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर असर देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ । २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ । सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् । त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् । महाव्याधिले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । सर्वेक्षणमा सहभागीले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति (फ्रीक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमीत भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत सहभागीलेआफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रीक्वेन्सी) घटेको उल्लेख गरेका छन् । रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् । सर्वेक्षणमा विपतसँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो। जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको छ । पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औंल्याइएको छ । त्यसबाहेक विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको छ ।
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखरा। पोखराको पस्याङ्मा सवारी दुर्घटनाहुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षका चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो । अर्का घाइते बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । जिप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ । रासस
भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको तथा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाल नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।
गृहमन्त्रीको स्कर्टिङ गर्ने गाडीले ठक्कर दिँदा २ महिला घाइते काठमाडौं। प्रहरीको गाडीले स्कुटीलाई ठक्कर दिँदा २ जना महिला घाइते भएका छन्। गृहमन्त्रीलाई स्कर्टिङ गर्न जान लागेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए। गौतमले भने, ‘ प्रहरी हेटक्वाटरबाट नियमित डिउटीमा जाँदै गर्दा विहान ८ बजे सिंह दरवारको पश्चिम गेट नजिकै स्कुटरलाई गाडिले ठक्कर दिएको हो। दुई महिला सामान्य घाइते हुनुहुन्छ। उहाँहरुको ट्रमासेन्टरमा उपचार भइरहेको छ।’ स्कुटर र गाडीमा कस्को तर्फबाट गल्ती भएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी गौतमले बताए । नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। जीपको ठक्करबाट नुवाकोटको कविलास घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन्।
अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ काठमाडाैं। प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प-यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिए। “पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भने। पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ। खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए। पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ। पक्राउ व्यक्तिसँग नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ। पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। रासस
नेपाली सेनाका सहायक रथी राणा बर्खास्त काठमाडौं। नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा बर्खास्तगीमा परेका छन्। सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको ठहर गर्दे १ करोड ७२ लाख जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सहाक रथी राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा गत कात्तिकमा विभिन्न सैनिक अड्डाभित्र भएका भ्रष्टाचार छानबिन गर्न निगरानी संयन्त्र गठन गरेपछि राणालाई जेठमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो। उपरथीको नेतृत्वमा गठन भएको उक्त संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापति थापालाई दिएपछि राणालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको थियो। सहायक रथी राणासँगै, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गरिएको छ। यस्तै सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे ९अवकाश प्राप्त० लाई सफाइ दिने फैसला गरेको छ। संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डामाथि छानबिन गरेको थियो।
यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून लन्डन। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ। विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो। हालसम्म नेपालसहित ५९ हजार ४११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। ती ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए। ५१ हजार ४४१ जनाको उद्धार विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ। गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ। विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो। सरकारी नीतिले थप समस्या दैनिकरूपमा अधिकतम ५०० जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने भएको छ। सङ्घअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौँको सङ्ख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन्। विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ। उनले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्रगतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गरे। यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो। २४६ शव नेपाल ल्याइयो विदेशमा विविध कारणले मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ। एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ। विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ। राससcoro
बेपत्ता बालकको शव फेला काठमाडौं । झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ। गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव शुक्रबार बिहान फेला परेको हो। शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। सोही ठाउँका ११ वर्षीय बालक सञ्जोक पार्धे भने अझै फेला परेका छैनन् । आज भेटिएका गौतमको शवलाई परिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक पौडेलले बताए।रासस
मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या काठमाडाैं। काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ। शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हाे। तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे। उनीहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छुरा प्रहार भएकाे थियाे। छुरा प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। लक्ष्मणमाथि छुरा प्रहार गर्ने दोर्जे तामाङ फरार भएका छन्। उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली खटिएको छ।
रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ । कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए । पिसिआर परीक्षणलाई तीव्रता दिन नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ –२ परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरे । सामान्य पिसिआर परीक्षणको समयावधि ढिला हँुदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताए।
पहिरामा बेपत्ता व्यक्तिको शव फेला टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको र उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको खोजीकार्य बिहीबार बेलुका नै शुरु गरेको भए पनि माथिबाट पहिरो झरिरहेकाले सम्भव भएको थिएन । आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो। मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । पहिरो खस्नु अघिसम्म उनी रेखदेखकै काममा खटिरहेको र पहिरो झर्न लागेको भन्दै अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो। अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार रहेका थिए । उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको वृत्तले जनाएको छ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना सवार थिए । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका निवासी ४५ वर्षीय कासिम अन्सारी र ३ वर्षीया नातिनी फरना खातुन रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मृतककी ४० वर्षीया श्रीमती रोशना खातुन र २५ वर्षीया छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रेम र विवाहको नाटक गरेर फरार भएका युवा पक्राउ धादिङ । प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ (राज सेन्चुरी)लाई पक्राउ गरेको छ। काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे। नाम, थर ढाँटेर प्रेम विवाह गरेका राजनले थानकोट चेकपोष्ट स्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ। बलात्कार गरेर पीडितको दराजमा राखेको २ लाख नगद र २ तोला सुन लिएर भागेको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। ‘पीडितले दिएको जाहेरीको आधारमा हामीले उनलाई पक्रेर बलात्कार र ठगी मुद्दा चलाएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘बलात्कार गर्ने नियतले नै प्रेम–विवाहको बहाना बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।’ काठमाडौँमा घर र जमिन भएकी युवतीलाई सेन्चुरीले ठग्ने र बलात्कार गर्ने नियतले नै मायाको जाल बिछ्याएको पाइएको छ । ‘भागी विवाह’पछि थानकोट चेकपोष्ट स्थित एक घरमा खोजेको कोठामा फर्निसिङ गर्ने लगायतका खर्च युवतीले नै व्यहोरेकी थिइन् । साउन २२ मा बिहान ५ बजे युवती ब्यूँझदा राजनले पैसा र सुन लिएर भागेको थाहा पाएपछि युवतीले महानगरीय प्रहरी वृत थानकोटमा उजुरी दिएकी हुन्।
डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। उनले भने, ‘हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।’ बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ।
करेन्ट लागेर मृत्यु सप्तरी । पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तीलक भारतीले बताए ।
जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ वीरेन्द्रनगर । कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो ।
सुटकेशमा शव प्रकरणः एक युवती चितवनबाट पक्राउ काठमाडौं। काठमाडौंमा भएको विभत्स हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। आइतबार गोंगबु क्षेत्रमा टाउको र खुट्टा अलग गरिएको एक शव सुटकेशमा फेला परेको थियो। शव फेला परेको दोस्रो दिन प्रहरी संदिग्ध युवतीलाई चितवनको ठाँडीबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘यो प्रकरणमा हामीले एक युवतीलाई नियन्त्रणमा लिएका छौं। उनलाई चितवनबाट काठमाडौं ल्याइँदै छ। थप कुरा उनीसँग सोधपुछ भएपछि खुलासा होला।’ प्रहरीले शवको पहिचान हुन नसकेपछि सोमबार बिहान सामाजिक सञ्जालमा तस्वीर राखेर पहिचानका लागि अनुरोध गरेको थियो। त्यसपछि मृतकका मामाले उनी दाङका कृष्णबहादुर बोहोरा रहेको सनाखत गरेका थिए। प्रहरीले शवको पहिचान भएसँगै वारदात भएको घरसमेत पत्ता लगाएको छ। शव भेटिएको स्थानबाट करिब ५० मिटर दूरीको एक चार तले घरमा सो वारदारत भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले डिसी नेपालसँग भने, ‘घटनालाई विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं। अहिले नै कुनै निश्कर्षमा पुगन सकिने अवस्था छैन। विभिन्न मानिसहरुसँग सोधपुछ जारी छ।’
र्‍याली अफ होपः विश्व नेताहरूले भने ‘मानवता बचाउन विश्व एक जुट हुनुपर्छ’ सियोल। आइतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्‍याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका छन्। टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेका छन्। कोभिड १९ ले विश्वमा अकल्पनीय क्षति पुर्याएको छ। लाखौं मानिसहरूले मृत्युवरण गरिसकेका छन्, संख्या अझै बढ्दो क्रममा नै छ। कोभिड १९ पछिको आर्थिक, सामाजिक, मनोसामाजिक, र राजनीतिक अवस्थाको सामना गर्न निकै मुस्किल पर्ने देखिन्छ। द्वन्द्व र लघुताभाषमा फसेको विश्व नेतृत्वलाई यस र्याली अफ होपले दृश्टिकोण उपलब्ध गराएको छ। संयुक्त राष्ट्रसंघीय पूर्व महासचिव, वान की मुनले पाहुना तथा विश्वभरिका सहभागिहरूलाई स्वागत गरेको कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका अध्यात्मिक सल्लाहकार पावला ह्वाइटले स्तुति घोष गरेकी थिइन् भने हाउस अफ काउन्सिलर जापानका पूर्व अध्यक्ष चुइची दाते र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिचले बधाइ सन्देश दिएका थिए । कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन सेन, सेनेगलका राष्ट्रपति म्याक्की साल, निजरका प्रधानमन्त्री ब्रिजी राफिनी, क्यानाडाका पूर्व प्रधानमन्त्री, स्टेफन हार्फर, अल्बेनियाका पूर्व राष्ट्रपति अल्फ्रेड मोइस्यू, र ग्वाटेमालाका पूर्व राष्ट्रपति जिमी मोरालेस कार्यक्रममा सहभागी थिए। उनीहरुले कोरोनाविरुद्धको लडाईँमा विश्व भाईचाराको व्यवहार हुनुपर्ने बताएका छन्। उनीहरुले कोराना विश्वव्यापी संकट भएको भन्दै यसविरुद्ध विश्व नै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। युनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका, र्याली अफ होप कि संयोजनकर्ता तथा मदर अफ पीस, डा हाक जा हान मुनले विशेष मन्तव्य दिएकी थिइन्। उनले भनिन्, ‘हामी अब परिवारमा केन्द्रित सर्वव्यापक नैतिक एवं अध्यात्मिक मूल्यमान्यता तर्फ फर्कनु आवश्यक छ।’ विगत २ बर्ष भित्रमा विश्वका विभिन्न देशहरूमा १४ वटा शिखर सम्मेलन सम्पन्न गरेकी डा मुनले विश्व एक घर, विश्वका सम्पूर्ण मानिसहरू एक परिवार तथा वसुदैव कुटुम्बकमको मान्यतालाई जोड दिंदै भनिन्, ‘यो नै हाम्रो सम्पदा र अगाडिको बाटो दुवै हो।’
घुस लिएको अभियोगमा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारीले सेवाग्राहीबाट रु एक लाख घुस माग गरेको पाइएकाले आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आरोपी इञ्जिनीयरलाई बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । यस्तै आयोगले आजै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ९६ हजार ३०० घुस माग गरेको पाइएको छ । आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ ।
माडीका मेयर भन्छन् : भारतको अयोध्यापछि नेपालको अयोध्यामा पनि मन्दिर बनाउने तयारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भगवान रामचन्द्रको जन्म मूभि नेपालमै रहेको बताएपछि नेपालमा रामको जन्म भूमिलाई लिएर बहस चलिरहेकै बेला रामको जन्म भूमि मानिएको भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यस भयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धुमधामका साथ उत्तरप्रदेशको अयोध्यामा मन्दिर शिलान्यास गर्दा दिएको मन्तव्यमा रामको सम्बन्ध नेपालको जनकपुरसँग रहेको स्मरण गरे। रामको बिहे जनकपुरकी राजकुमारी सीतासँग भएको थियो। तर, यता नेपालमा भने राम ज्वाईँ नभएर छोरा भएको बहस नेपालमा चलिरहेको छ। रामको जन्म भूमिलाई लिएर नेपालमा केही विज्ञहरुले आ आफ्नो मत पनि राखिरहेका छन्। यहीबीचमा शनिबार रामको जन्म भूमि रहेको प्रधानमन्त्रीले दावी गरेको चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरे। र भेटमा प्रधानमन्त्री ओलीले २०७८ को रामनमवीमा अनावरण गर्ने गरी साविकको अयोध्यापुरी गाविसमा राम, लक्ष्मण र सीताको भव्य मूर्तिसहित मन्दिर बनाउन निर्देशन दिए। माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाँडो राममन्दिरका लागि योजना बनाएर कामममा लाग्न निर्देशन दिएको माडी नगरपालिकाका मेयर ढकालले बताए। मेयर ढकालले प्रधानमन्त्रीले दिएको निर्देशनबाट उत्साहित भएको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै ढकालले शनिबार करिव २ घण्टा प्रधानमन्त्रीसँग कुरा गर्नपाउँदा खुसी भएको बताउँदै माडीमा राममन्दिर निर्माण गर्न दिएको निर्देशनबाट पनि उत्साहित भएको बताएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीसँग लामो समय कुरा गर्न पाए खुसी छु। करिव २ घण्टासम्म कुरा भएको थियो। प्रधानमन्त्रीज्यूले माडीमा रामको जन्म भएको धेरै तथ्यहरुले प्रमाणित गर्छ भन्नु भयो। चाँडै राममन्दिर निमार्णका लागि निर्देशन दिनुभयो। माणिबासी उत्साहित छौं।’ उनले डिसी नेपालसँग भने, ‘मन्दिर निर्माण गर्ने कुरा, लाखको विषय होइन, करोडौंको कुरा छ, त्यसैले हामीले बजेटका विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गरेका छौं।’ प्रधानमन्त्री ओलीले अयोध्यापुरीलाई रामधामकै रुपमा विकास गर्ने गरी मास्टर प्लान बनाउनसमेत भनेका छन्। माडी नगरपालिकाले राममन्दिर निमार्णका लागि आवश्यक योजना बनाउने पनि तयारी गरिरहेको नगर प्रमुख ढकालले जानकारी दिए। माडी नगरपालिका भित्र पर्ने सीताराम गुफा, वाल्मिकी आश्रम र परशुराम कुण्डलगायतका पुरातात्विक स्थानहरुलाई पनि संरक्षण र सम्बर्धनका लागि पनि विज्ञहरुसँग आवश्यक छलफल गर्ने बताए। ‘राममन्दिर निमार्णका लागि बनाएको समिति छ। अब चाँडै समितिको बैठक बस्ने छ।’ नगरप्रमुख ढकालले भने, ‘प्रधानमन्त्रीज्यू कै निर्देशन अनुरुप हामीले मन्दिर निमार्णका लागि आवश्यक जग्गाको खोजि गर्ने छौं। अहिलेको अवस्थित जग्गा सामुदायिक वनमा परेको छ। प्रधानमन्त्रीज्यूले त्यसका लागि पनि मन्त्रालय र विभागहरुसँग आवश्यक परामर्श गरी सहजीकरण गरिदिने आश्वासन दिनु भएको छ।’ ‘माडी नगरपालिकामा अवस्थित अयोध्यापुरीमा राममन्दिर बनाउन प्रधानमन्त्री आतुर हुनुहुन्छ’, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले भने, ‘उहाँले हामीलाई जतिसक्दो चाँडो योजना बनाउनुहोस भन्नु भएको छ। हामी त्यो अनुसार चाडैँ छलफलमा जुट्दै छौं।’ अयोध्यापुरीलाई आवश्य पर्ने जग्गाका बारेमा पनि प्रधानमन्त्रीले वन मन्त्रालय र चितवन राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिदिने आश्वासन दिएको प्रवक्ता सुवेदीले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री ज्यूले राममन्दिर निर्माण र्गन आवश्यक जग्गाको लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय निकुञ्ज र सरोकारवालासँग समन्वय र सहजिकरण गरिदिने विशवास दिलाउनु भएको छ।’ गत असार २९ गते रामायणका नेपाली अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका अवसरमा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरी नेपाली संस्कृतिमाथि धावा बोलेको अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिपछि नेपालमा तरंग आएको छ।
अवैध कपडा बरामद कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतीय बजार बसहीबाट अवैधरूपमा ल्याउँदै गरेको कपडा अमताल नजिकको जमुनाघारीबाट बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश विष्टले दुई साइकलमा राजश्व छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको बताए। सशस्त्र प्रहरीको टोली देखेपछि तस्करहरु भने साइकलसहित कपडा छाडेर फरार भएका छन् । यसअघि पनि सशस्त्र र जनपद प्रहरीले अवैध समान बरामद गर्दै आएको छ । बरामद कपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाइने बताइएको छ ।
सामूहिक बलात्कारका फररा आरोपी पक्राउ नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारपाँच जनाको समूहले जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेकामा नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा मोबाइल फोन प्रयोगकर्ता शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादी उमेशसहित दुप्चेश्वर गाउँपालिका–५ का ३५ वर्षीय सानोकान्छा तामाङलाई काठमाडौँको सिआइबीसमेतको संयुक्त टोलीले खोजी गरिरहेको थियो । प्रहरी निरीक्षक फुयाँलका अनुसार पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–५ का ३५ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका– २ का ३६ वर्षीय भूपेश घलेलाई आज जबर्जस्ती करणी तथा डाँकासम्बन्धी कसुर मुद्दाअन्तर्गत अनुसन्धानपश्चात् जिल्ला अदालतमा थप अनुसन्धानका लागि पठाइएको छ । घटनामा संलग्न पाँच फरार प्रतिवादीमध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानका दायरामा ल्याएको छ ।
लेबनानमा भएको विस्फोटमा १३५ को मृत्यु बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका थिए। लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भनेका थिए । उनले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् । गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन्। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ । निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन। जिल्लामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको सङ्ख्या निकै भएको बताए। उनले भने, “दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ ।” सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उनले जानकारी दिए। यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने आफुहरुले पाँच करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको बताए। प्रयोगशालाका लागि आवश्यक सबै तयारी गरिएको छ । उनले भने, “परीक्षणका लागि दैनिक ५० हाराहारी टेलिफोन आउँछन् ।” अनुमतिको पर्खाइमा कलेज रहेको छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफुलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको जानकारी दिए । उनले भने, “म आज काठमाडौँ जाँदै छु । यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु।” भरतपुर अस्पतालमा दैनिक पिसिआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा लुना झाले भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताए। त्यसैगरी, चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरीक्षण गरी मापदण्ड पुगेको पाइएमा अनुमति दिइने उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको यही साउन १४ गतेको निर्देशिकाले रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पिसिआर परीक्षण गर्ने उल्लेख छ। त्यसैगरी, सङ्क्रमितसँग प्रत्यक्ष भेटघाट भएका, अरु कारण पत्ता नलागेका ज्वरोका बिरामी, सङ्क्रमितसँग प्रत्यक्षरुपमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ। यसैगरी, १४ दिनभित्र सङ्क्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराइरहेका, प्रतीरक्षा क्षमता कमजोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अवस्थामा रहेकाको परीक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ। कोरोना सङ्क्रमण भई १४ दिन काटेका तर लक्षण भएकालाई पनि परीक्षण गर्ने गरिएको छ । त्यसबाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परीक्षण गर्ने अवसर नपाएका हुन् । सरकारले राजधानीसहित विभिन्न जिल्लामा रकम तिरेर परीक्षण गर्न चाहनेका लागि अवसर दिएको भए पनि यहाँ दुवै प्रयोगशालाले त्यस अवसर नपाउँदा सर्वसाधारण प्रभावित भएका हुन् । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १५० हाराहारी परीक्षण गर्दै आएको छ । यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमूना परीक्षण गर्दै आएको छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ११६ पुगेको छ। रासस
उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंमा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको ठेगाना भने खुलाइएको छैन । उपत्यकामा मंगलबार पनि ६२ जना संक्रमित भेटिएका थिए।
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन्। मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्र्याक्टर मङ्गलवार राति १०ः३० बजे अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो । अन्दाजी १२ मिटर तल खसेको ट्र्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले ट्र्याक्टरका चालक मोदी गाउँपालिका–२ का सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ। कच्ची भिरालो बाटोमा तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
भारतबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाल आएका सोनार पक्राउ काठमाडौं। कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले निज सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
मोटरसाइकलको ठक्करबाट मृत्यु बुटवल । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कमला प्रहरी फन्दामा काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनका गर्दीका बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनलाई चितवनबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।
गाँजासहित युवा पक्राउ मोरङ । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो। प्रहरीले मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।
नक्कली दुई प्रहरी पक्राउ दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्। नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए। यसैगरी, मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत काठमाडौं । गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । मन्त्रालयअन्तर्गत १४ आयोजना सम्पन्न हुँदा एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा सहसचिव अरुण सिंखडाले गत आवमा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको बताए। बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिसमेत सहभागी थिए । खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए। त्यसैगरी बैठकमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलव ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराइयो । मेलम्ची आयोजनाले गएको आवको अवधिमा हेडवक्र्स डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ । आव २०७६/७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ आयोजनामध्ये चारवटा सम्पन्न भई करीब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए । खानेपानीमन्त्री बीना मगरले सबै नागरिकमा खानेपानी र सरसफाइको पहुँच विस्तारको लक्ष्य पूरा गर्न अझै मिहिनेत गर्नुपर्ने बताइन् । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय गर्नु जरुरी रहेको उनको भनाइ छ । खानेपानी तथा सरसफाइको क्षेत्रमा दीर्घकालीन ‘रोड म्याप’ तयार गरेर मन्त्रालय अघि बढेको उनले बताइन्। “गत आर्थिक वर्षमा हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल ग¥यौँ”, उनले भनिन्, “यो चालू आर्थिक वर्ष हाम्रा लागि चुनौती र अवसरको हुनेछ ।” राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले पन्ध्रौँ योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखहरुलाई निर्देशन दिए । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आवमा राम्रो उपलब्धि हासिल गरेको बताए । उनले सरकारले लिएको ‘एक घर, एक धारा’को नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पारे ।
कुटपिट गरेर बाबुको हत्यापछि अपराध लुकाउन शव आर्यघाट पुर्‍याएपछि… काठमाडौं। शनिबार पशुपति आर्यघाटमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को थम्पीका ५१ वर्षीय रामकृष्ण नेपालीको शव जलाउने अन्तिम तयारी चलिरहेको थियो। कोरोना महामारीका कारण मलामीहरु धेरै थिएनन्। मात्र नजिकका आफ्न्तहरु थिए। शव चितामा चढाउने तयारी भइरहेकै बेला एक्कासी प्रहरी पुग्यो। ललितपुर प्रहरीले शव जलाउन नदिएर शव कब्जामा लियो। किरिया बस्न तयार परेका रामकृष्णका छोरा सन्तोष नेपालीको हातमा हतकडी लगाइयो। ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले कुटपिट गरेर बाबुको हत्या गरेपछि शव जलाउन लागिएको भन्ने सूचनाका आधारमा शव कब्जामा लिइएको र सन्तोषलाई पक्राउ गरिएको जानकारी दिए। एसएसपी राईले डिसी नेपालसँग भने, ‘यो घटना १५ गतेको हो। ३१ वर्षीय छोरा सन्तोषले मादक पदार्थ सेवन गरेर ५१ वर्षीय बाबु रामकृष्णसँग झगडा गरेको बुझिएको छ।’ झगडाका क्रममा बाबुमाथि निकै गम्भीर कुटपिट भएको प्रहरीले जनाएको छ। निकै चोट लागेपछि रामकृष्णलाई छोरा सन्तोषले उपचारका लागि पहिला पाटन अस्पताल पुर्याए। र नेपाली सेनामा रहेका आफ्ना दाईलाई बुबा रुखबाट लडेर गम्भीर घाइते भएको जानकारी दिए। बुबाको अवस्था गम्भीर रहेको थाहा पाएपछि उनले भाईलाई बुबाको उपचार छाउनीस्थित आर्मी अस्पतालमा गराउन भने। शनिबार बाबुलाई छाउनी अस्पतालले मृत घोषणा गरिदियो। यसपछि सन्तोषले आफन्तहरुलाई खबर गरे र पशुपति आर्यघाटमा दाहासंस्कारका लागि शव लगे। पशुपति आर्यघाटमा दाहासंस्कार हुन लागेको गोदावरीका स्थानीयले थाहा पाएपछि प्रहरीलाई सूचना दिए। त्यसपछि प्रहरी एक्शनमा आयो। र शव कब्जामा लियो। छोरा सन्तोषलाई पक्राउ गर्यो। जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्यादसमेत लिइएको एसएसपी राईले जानकारी दिए। उनले शवको पोस्टमार्टमसमेत गरिएको जानकारी दिए। उनले प्रहरी घटनास्थलसम्म पुगेको र घटनास्थलको अवस्था हेर्दा कुटपिट भएको देखिएको बताए।
सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् । “विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,” न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भने। उनले भने, “कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन ।” शैक्षिक सत्र २०२०/०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उनले बताए ।
ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु नेपालगञ्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी जानकारी दिए। उनका अनुसार गएराति ८ः०० बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो। मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जको ट्याङ्कर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्याङ्कर राख्ने गरिएको छ । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताए। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर रहेका छन्। कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएका कारण पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्याङ्कर पार्किङमा हुने हुँदा समस्या देखिएको प्रबन्धक पोखरेलले बताए।रासस
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयकाे अवरोध पछि झडप काठमाडौं। पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा झडप भएको छ। गएराति संक्रमितको शव व्यवस्थापन गर्नेक्रममा स्थानीय नागरिकले अवरोध गरेपछि प्रहरीले हवाई फायर अश्रु ग्यास प्रहार गर्दा झडप भएको हो। पर्सा प्रहरीका अनुसार एसपी गंगा पन्तसहित ७ प्रहरी जवानलाई ढुंगाले लाग्दा सामान्य घाईते भएका छन्। प्रहरीले हवाइ फायर गरेपछि स्थानीयहरु तितरवितर भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो। संक्रमितको शव व्यवस्थापन गर्न गाउँ नजिकैको जगंलमा जाँदा मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दाले अवरोध गरेका थिए।  शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
हङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय हङकङ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ । हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ । उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्षीलाई कमजोर पार्ने अभिप्रायबाट आएको बताएका छन् । तर बेइजिङले हङकङको उक्त घोषणालाई स्वागत गर्दै निर्वाचनको स्थगनलाई महामारीका कारण लिइएको उचित निर्णय बताएको छ । कोरोनाभाइरस सङ्क्रमणको महामारीको कारण व्यवस्थापिका संसदको निर्वाचन एक वर्ष पछि सार्ने हङकङको निर्णयलाई चीनले ‘आवश्यक तथा उचित’ कदम भनेको छ । “यो एकदम आवश्यक, उचित र कानूनसम्मत निर्णय हो, चिनियाँ स्टेट काउन्सिल, हङकङ तथा मकाउमामिला कार्यालयले जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ । केन्द्र सरकारले निर्णयलाई पूर्णरूपमा बुझ्दछ र आवश्यक सहयोग गर्नेछ ।
खाडी जाने लोभमा दलालको विश्वास गर्दा भारतमा अलपत्र काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका–१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका–९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेको प्रहरीले जनाएको छ। उनीहरुले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्‍याई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएका थिए। प्रहरीको मानव बेचविखन ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ असार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको उक्त व्यूरोले जनाएको छ। साथै उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरू उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।
पाँच सय तालिबानी जेलमुक्त काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए। ईदका अवसरमा दिएको मन्तव्यमा राष्ट्रपति घानीले भने, “सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५०० तालिबानी लडाकूलाई ईदका अवसरमा रिहा गर्दैछौं ।” अफगान सरकारले यसअघि नै चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर ४०० जना निकै खतरनाक ठानिएका लडाकूहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ । राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका छन्। अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताए। राष्ट्रपतिको उक्त भनाईप्रति तालिबानले कुनै टिप्पणी गरेको छैन । फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो । गएको बिहीबार तालिबानले आफ्नो कब्जामा रहेका सबै एक हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन् । युद्धबन्दीहरुको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वशर्तका रुपमा रहेको थियो । घानी र तालिबानले यसै साता ईद लगत्तै वार्ता शुरु गर्ने संकेत दिएका छन् ।
उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा ३८ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज काठमाडौंमा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा गरी थप ३८ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितको ठेगाना खुलाइएको छैन । बिहिबार उपत्याकामा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो। आज देशभर २२४ जनामा कोरोना पुष्टि भएकाे छ।
गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ : अस्ट्रेलिया सरकार क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ । गूगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ । अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गूगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिए । अस्ट्रेलियाका संचारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली संचार माध्यमहरुले बताउँदै आएका छन् । अस्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी दुई कम्पनीले अस्ट्रेलियाली संचार माध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महिनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ । उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ । अर्थमन्त्री फ्राइडेनबर्गले भने, त्यसपछि उक्त मस्यौदालाई संसदमा पेश गरिने छ । प्रस्तावित मस्यौदामा नियम उल्लंघन गरेमा त्यस्ता प्लेटफर्मको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ । गूगल र फेसबुकका अस्ट्रेलियाली प्रतिनिधिहरुले सरकारले अघि सारेको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ। सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ। बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा ६ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन्। आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। “आयोजना छ महिना अघि सम्पन्न गर्ने योजनाअनुसार विगतमा लक्ष्यभन्दा बढी काम भएको थियो, यस वर्ष जनवरीदेखि नै काम प्रभावित बन्यो । उनले भने, “कोभिडले छ महिना असर गरिसक्यो, अझ एक÷दुई महिना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेडुअलअनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौँ ।” आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ। भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको छ । उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ। आयोजना प्रमुख मुनंकर्मीले भने,, “विशेषगरी इक्युपमेन्ट इन्सटलेसन र भवनको फिनिसिङको काम बाँकी छ, उपकरण आइसकेको छ, विशेषज्ञ कामदारसमेत भदौ १ पछि आउनेछन्, कोभिड–१९ नभएको भए अहिले ७२ देखि ७५ प्रतिशत लक्ष्य पूरा गर्ने थियौँ ।” कोरोनाका कारण घर गएका नेपाली कामदार बन्दाबन्दी अन्त्यसँगै पुनः काममा फर्किन चाहेका जनाइएको छ । निर्माण कम्पनी सिसीएमसीले पिसीआर परीक्षण नगरीकन आयोजनास्थलमा प्रवेश नदिने जनाएकाले प्रदेश तथा स्थानीय सरकारसँग परीक्षण व्यवस्था मिलाउन आग्रह गरिएको आयोजनाले जनाएको छ । करिव ६२ प्रतिशत काम सम्पन्न चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको छ । रु २२ अर्ब लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीबीच ठेक्का सम्झौता भएको थियो । विमानस्थलका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ । त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ । भवनमा उपकरण जडान गर्ने काम तत्कालै शुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने बताइन्छ । जडान कार्य चाँडो हुने भएकाले समेत आयोजनाको भौतिक प्रगति बढ्नेछ । ग्लाइडपाथ, इलेक्ट्रोमिटर, बोडिङ ब्रिजलगायतका उपकरण तथा डेकोरेशनका सामग्री चीनबाट आउन बाँकी छ । ती सामग्री दुई महिनापछि मात्र आयोजनास्थलमा आइपुग्नेछन् । इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकायो) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण भइरहेको हो । यहाँ बोइङ ७५७ र एयरबस–२१९ मोडलका ‘न्यारोबडी’ विमानको उडान तथा अवतरण हुनेछ । विमानस्थलका लागि साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि विभिन्न चरणमा ५२६, ६० र पछिल्लोपटक ९० रोपनी अधिग्रहण गरिएको छ । विमानस्थलले तीन हजार ८०० रोपनी क्षत्रेफल आगेटेको छ । पछिल्लोपटक गत चैत १० गते अवतरणका लागि विमानलाई नियन्त्रण गर्ने उपकरण ‘ग्लाइड पाथ’का लागि आवश्यक १०४ रोपनीमध्ये सरकारी १४ रोपनीबाहेक स्थानीयवासीको ९० रोपनी जमिन अधिग्रहणका लागि सूचना निकालिएकामा ६० जनाले मुआब्जाका लागि निवेदन दिएको आयोजनाले जनाएको छ । जमिन अधिग्रहणको चार दशकभन्दा बढी समयपछि विमानस्थल निर्माण प्रक्रिया शुरु भएको हो।रासस
बीस दिनपछि मृतकको पहिचान खुल्यो काठमाडौं। सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेको छ। असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाईते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो। महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, ‘ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गरेको हो।’ दुई महिनाअघि ज्याला मदजूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ। ठक्कर दिएर भागेको चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो। गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ। गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।