content
stringlengths
20
64.1k
बंगलादेशी प्रधानमन्त्रीको व्यवहारले भारतमा खैलाबैला, मिडिया रिपोर्टले ल्यायो नयाँ तरंग ! काठमाडौं। बंगलादेशलाई आफ्नो नजिकको सहयोगी सम्झिने भारतको सम्बन्ध पछिल्लो समय बंगलादेशसँग पनि बिग्रिँदै गएको छ । अहिले भारतको सम्बनध छिमेकी देशहरु नेपाल, पाकिस्तान, चीन, बंगलादेश कसैसँग पनि राम्रो छैन । अघिल्लो वर्षसम्म भारतको सम्बन्ध नेपाल र बंगलादेशसँग सुमधुर थियो तर नेपालसँग सीमा अतिक्रमणको विषय र बंगलादेशसँग नागरिकता कानुनको विषयले सम्बन्ध बिग्रिएको छ । भारतले ल्याएको नयाँ नागरिकता कानुनका कारण रुष्ट भएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय कूटनीतिज्ञलाई ‘बहिष्कार’ गरेको रिपोर्ट सार्वजनिक भएको छ । बंगलादेशको प्रमुख अखबार ‘भोरेर कागोज’का सम्पादक श्यामल दत्ताले लेखेको रिपोर्टमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्दै आइरहेको खुलासा गरेका छन् । रिपोर्टमा भारतीय राजदूतले निरन्तर भेट्न अनुरोध गरिरहेको तर प्रधानमन्त्री शेख हसिनाले विगत ४ महिनामा एक पटक पनि भेट्न नचाहेको खुलासा गरिएको छ । अर्कोतर्फ बंगलादेशले पाकिस्तान र चीनसँग सम्बन्ध बढाउँदै गएको रिपोर्टमा खुलासा गरिएको छ । चीनसँग भन्दा पनि पाकिस्तानसँग बंगलादेशको निकटताले भारतमा खैलाबैला भएको छ । किनकि पाकिस्तान र बंगलादेशको सम्बन्ध बिगार्ने र यी दुई देशलाई विभाजन गर्ने मुख्य कारक भारत नै हो । खासमा पहिले बंगलादेश र पाकिस्तान एउटै देश थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गुप्तचर एजेन्सी रअको प्रयोग गरेर यी दुई देश विभाजन गराइदिएकी थिइन् । त्यसयता पाकिस्तान र बंगलादेशको सम्बन्ध कटु रहँदै आएको छ । रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिना २०१९ मा सत्तामा आएपछि भारतीय परियोजनाको गति सुस्त भएको छ र चिनियाँ पूर्वाधार परियोजनालाई बढी समर्थन प्राप्त भएको छ । रिपोर्टमा लेखिएको छ ‘भारतको चिन्ताका बावजुद बंगलादेशले एक चिनियाँ कम्पनीलाई सिलेटमा विकानस्थल टर्मिनल बनाउने ठेक्का दिएको छ । भारतकी उच्चायुक्त रिभा गांगुली विगत ४ महिनादेखि प्रधानमन्त्री शेख हसिनालाई भेट्न प्रयास गरिरहेकी छिन् तर उनलाई अझैसम्म समय दिइएको छैन । बंगलादेशले कोरोना महामारीका क्रममा भारतले दिएको सहयोगप्रति धन्यवाद दिनको लागि कुनै पत्र पनि पठाएको छैन ।’ भारतको आपत्तिलाई बेवास्ता गर्दै बंगलादेशले बेइजिङ अर्बन कन्स्ट्रक्सन ग्रुपलाई सिलेटको ओस्मानिया विमानस्थलको टर्मिनल बनाउने ठेक्का दिएको छ । सिलेट भारतको उत्तर पूर्वी सीमा नजिकै भएकोले यो क्षेत्र भारतको लागि संवेदनशील छ । उता चीनले पनि बंगलादेशी उत्पादनमा कर छुट दिएको छ । चीनले बंगलादेशलाई कोरोना महामारीसँग जुध्न मेडिकल सहयोग पनि गरिरहेको छ । चीन र बंगलादेशको यो निकटता भारतको लागि चिन्ताको विषय बनेको छ किनकि बंगलादेश चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनामा पनि सहभागी छ । उता पाकिस्तानसँग पनि बंगलादेशको निकटता बढ्दै गएको छ । कुनै समयका कट्टर दुश्मन देशबीचको यो निकटताले भारतलाई चिन्तामा पारेको छ । हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बंगलादेश प्रधानमन्त्री शेख हसिनालाई फोन गरेका थिए । फोन वार्तामा के–के कुरा भयो भन्ने खुलासा नभए पनि यो वार्ता हुनु नै भारतमा तरंग ल्याउनको लागि पर्याप्त थियो । रिपोर्टका अनुसार शेख हसिनाको सरकारमा एक समूह चीनसँग सम्बन्ध बलियो बनाउन इच्छुक छ । विगत १० महिनामा पाकिस्तानसँग पनि सम्बन्ध सुमधुर बनाउने प्रयास भइरहेको छ किनकि पाकिस्तान चीनको सहयोगी हो । नोभेम्बर २०१९ मा प्याजको मूल्य उच्च भएर अभाव हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशले पाकिस्तानबाट प्याज मगाएको थियो । बंगलादेशले पाकिस्तानबाट कुनै कृषि उत्पादन आयात गरेको यो १५ वर्षमा पहिलो पटक थियो । अर्कोतर्फ पछिल्लो समय भारत सरकारले ल्याएको नागरिकता कानुनका कारण भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको छ ।
ट्रककाे ठक्करबाट युवतीकाे मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। कैलालीको बर्दगोरियास्थित बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन्। स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बौनियामा सोमबार बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो। ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड काठमाडाैं। कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ। गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९५ हजार ८६० निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि रु पाँचले वृद्धि भएको छ। साउन १ गते एक तोला चाँदी रु एक हजार पाँचमा कारोवार भएकामा आज सोही परिमााणको सेतो धातुको मूल्य रु एक हजार १५५ तोकिएको छ। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
हत्या आरोपमा पक्राउ झापा । जिल्लाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन्। आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए। आक्रमणमा गम्भीर घाइते भएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताए। घटनाको थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए।
लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण काठमाडौं। लामखुट्टेले टोकेर मानिसको रगत चुसेको त हामीले देखेकै छौं । तर, लामखुट्टेले मानिसको रगत किन पिउँछ भन्नेबारे वैज्ञानिक रुपमा अहिलेसम्म कुनै तथ्य पत्ता लागेको थिएन । अहिले भने वैज्ञानिकहरुले यसको पछाडिको कारण खोजेका छन् । वैज्ञानिकहरुले यसको कारण खोज्ने क्रममा जे पत्ता लगाए त्यसले वैज्ञानिकहरु नै चकित परेका थिए । कारणले हामीलाई पनि आश्चर्यमा पार्छ । खासमा पृथ्वीमा प्राणीहरुको विकासक्रमको सुरुवातमा लामखुट्टेहरुले मानिस वा अन्य जनावरको रगत पिउँदैनथे । उनीहरुमा समयक्रमसँगै परिवर्तन आएर उनीहरुले रगत पिउन थालेका हुन् । लामखुट्टेहरु सुख्खा क्षेत्रमा रहने भएका कारण उनीहरुले प्राणीको रगत पिउन सुरु गरेका थिए । मौसम सुख्खा भएर लामखुट्टेहरुले प्रजननका लागि पानी नपाएको अवस्थामा उनीहरु मानिस वा अन्य प्राणीको रगत पिउँछन् किनकि लामखुट्टेलाई प्रजननको लागि चिसोपना आवश्यक पर्छ । भाले लामखुट्टेले प्राणीको रगत नचुस्ने र पोथीले मात्र चुस्ने कारण पनि यही हो । अमेरिकाको न्यूजर्सीस्थित प्रिन्सटन युनिभर्सिटीका वैज्ञानिकहरुले अफ्रिकाको एडिस एजिप्टी प्रजातिको लामखुट्टेको अध्ययन गरेका थिए । यी तिनै लामखुट्टे हुन् जसका कारण जीका भाइरस फैलिन्छ । यिनै लामखुट्टेकै कारण डेंगु र जण्डिस हुन्छ । न्यू साइन्टिस्ट म्यागजिनको अनलाइनमा प्रकाशित रिपोर्ट अनुसार अफ्रिकामा एडिस एजिप्टी लामखुट्टेका कैयौं प्रजाति छन् । सबै प्रजातिका लामखुट्टेले रगत पिउँदैनन् । यिनीहरु अन्य कुराहरु खाएर बाँच्छन् । प्रिन्सटन युनिभर्सिटीकी अनुसन्धानकर्ता नोआह रोज भन्छिन् ‘कसैले अहिलेसम्म लामखुट्टेका विभिन्न प्रजातिको खानपानको विषयमा अध्ययन गरेको छैन । हामीले अफ्रिकाको सब–साहारा क्षेत्रको २७ स्थानबाट एडिस एजिप्टी लामखुट्टेका अण्डा लियौं । अण्डाबाट लामखुट्टे निस्किन दियौं । त्यसपछि उनीहरुलाई मानिस, अन्य जीव, गिनीपिग जस्तामाथि ल्याबमा बन्द डिब्बाहरुमा छोडिदियौं ताकि उनीहरुको रगत पिउने प्याटर्न बुझ्न सकियोस् ।’ अध्ययनमा एडिस एजिप्टी लामखुट्टेका फरक–फरक प्रजातिहरुको खानपान निकै फरक पाइयो । नोआह भन्छिन् ‘यो कुरा एकदमै गलत प्रमाणित भयो कि सबै लामखुट्टेहरु रगत पिउँछन् । जुन क्षेत्रमा सुख्खा वा गर्मी हुन्छ, पानी कम हुन्छ त्यहाँ लामखुट्टेहरुलाई प्रजननको लागि चिसोपनाको आवश्यकता पर्छ । पानीको कमीको पूर्ति गर्न लामखुट्टेहरु मानिस वा अन्य जीवको रगत पिउन सुरु गर्छन् ।’ लामखुट्टेहरुमा यो परिवर्तन हजारौं वर्षमा आएको हो । एडिस एजिप्टी लामखुट्टेहरुमा खास कुरा यो थियो कि बढिरहेका शहरहरुका कारण उनीहरु पानीको अभावसँग जुध्न थाले । त्यसपछि मात्र उनीहरुलाई मानिसको रगत पिउने आवश्यकता पर्न थाल्यो । तर जहाँ मानिसहरु पानी जम्मा गरेर राख्छन् त्यहाँ एनोफिलिस लामखुट्टेहरुलाई कुनै समस्या हुँदेन । यिनीहरु आफ्नो प्रजनन कूलर, गमला, क्यारीजस्ता ठाउँमा गर्छन् । तर, जब पानीको कमी महसुस हुन्छ यिनीहरुले तत्कालै मानिस वा अन्य जीवहरुमाथि रगत पिउनको लागि आक्रमण गर्छन् ।
सीतापाइलामा युवतीमाथि एसिड प्रहार काठमाडौं। काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ ती युवतीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन्। उनले युवतीलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जानकारी दिए। प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। सयम्भु प्रहरी बिटका एक प्रहरी अधिकारीले आफू घटनास्थलमै रहेको र एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको डिसी नेपाललाई जानकारी दिए।
स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ। सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए। भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ।
मास्क प्रयोग नगर्नेबाट रु एक लाख राजश्व कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए। यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ । त्यसबाट रु पाँच लाख ८९ हजार ५०० राजश्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
अपहरण भयो भनि नाटक, केटीसँग होटलबाट पक्राउ काठमाडौं। अपहरण भएको भनि नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधारमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी अपराध व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर कार्कीले दिएको जानकारी अनुसार अभियुक्त रेग्मीलाई प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरुको समेत दुरुपयोग भएको ठानी आवश्यक कारवाहीका लागि पक्राउ गरिएको हो। रेग्मीले जग्गा व्यवसाय गर्छु भनि विभिन्न व्यक्तिहरुबाट करोडौं रुपयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
सर्पकाे टाेकाइबाट १ जनाकाे मृत्यु महोत्तरी । जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए। अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई बुधबार बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताए।
अमेरिका र चीनको द्वन्द्वमा टिकटक किन फस्यो ? बीबीसी । भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ। तर चीनसँग सम्बन्धित भएका कारण चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको नयाँ कम्पनी बनेको छ। अमेरिका र अस्ट्रेलिया यो एपलाई प्रतिबन्ध लगाउन सकिने बताइरहेका छन् भने भारतले यसलाई प्रतिबन्ध लगाइसकेको छ। यूट्युबजस्तै टिकटक निस्शुल्क प्रयोग गर्न सकिने सेवाको एप हो। प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्। चलचित्रका सम्वाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्। एक प्रयोगकर्ताले १,००० फलोअर बनाएपछि प्रत्यक्ष भिडिओ पनि प्रसारण गर्न सक्छन्। प्रयोगकर्ताले डिजिटल उपहार पनि ग्रहण गर्न सक्छन् र त्यसलाई पैसासँग साट्न सक्छन्। टिकटक सबैभन्दा धेरै डाउनलोड भएका १० देश। डाउनलोड सङ्ख्या दश लाखमा। गुगल प्लेस्टोर र एपल एपस्टोरको तथ्याङ्कमा आधारित अनुमानित सङ्ख्या। चीनको सङ्ख्या ठाउयीन एपको हो। एपले साथीका भिडिओहरू र पहिले हेरिएको भिडिओको आधारमा चर्चित नयाँ भिडिओ हेर्न सकिन्छ। प्रयोगकर्ताहरू बीच सन्देश आदानप्रदान गर्ने सुविधा पनि छ। सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ। महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ। अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन्। यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो। टिकटक तीन एपका साथ सुरु भएको थियो। पहिलो सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो। सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्‍यो। बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो। सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो। बाइटडान्सले चिनियाँ स्वामित्वबाट आफ्नो एपलाई पर राख्ने प्रयास गरेको छ। यसका लागि कम्पनीले टिकटको प्रमुख कार्यकारीको रूपमा डिज्नीको पूर्वकार्यकारी केभिन मायरलाई नियुक्त गरेको छ। टिकटकले प्रयोगकर्ताको धेरै नै तथ्याङ्क सङ्कलन गर्छ। तीमध्ये केही यी हुन्: यसका केही तथ्याङ्क सङ्कलनले आशङ्का उठाएको छ। त्योमध्ये एक भनेको यसले कपी-पेस्ट गरिएको सामग्री हो। तर त्यस्तै तथ्याङ्क रेडिट, लिङ्क्डइन, न्यूयोर्क टाइम्स र बीबीसी न्यूज एपले पनि सङ्कलन गर्छ। टिकटकले फेसबुकजस्तै धेरै तथ्याङ्क सङ्कलन गर्छ। यूकेको गोपनियतासम्बन्धी काम गर्ने एक निकायले यो एपको अध्ययन गरिरहेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन्। टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटक–पटक बताएको छ। ‘हामी चिनियाँ सरकारको औंलामा छौँ भन्ने कुरा पूर्ण रूपमा असत्य हो,’ टिकटकको युरोप, मध्यपूर्व र अफ्रिकाका लागि सार्वजनिक नीतिका प्रमुख थियो बेर्टरामले बीबीसीलाई बताएका थिए। तर टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो। सन् २०१७ को चीनको राष्ट्रिय सुरक्षा कानुनमा कुनै पनि संस्था वा व्यक्तिले राज्यको जासुसी कार्यकालागि सहयोग र सहकार्य गर्नुपर्ने व्यवस्था छ। ब्रेटरामले चिनियाँ सरकारले मागेपनि आफूले नदिने बताएका थिए। तर बाइटडान्सले चिनियाँ सरकारलाई असन्तुष्ट पार्दा हुनसक्ने असरका बारेमा सोच्नपर्ने हुन सक्छ। बाइटडान्सको धेरै लोकप्रिय समाचार एप टौटिआओ सन् २०१७ मा चीनको इन्टरनेट सूचना कार्यालयले अश्लील सामग्री फैलाएको भनेपछि २४ घण्टाका लागि हटाइएको थियो। अर्को चिन्ताको विषय सेन्सरशीप हो। चीन संसारको सबैभन्दा नियन्त्रित इन्टरनेट भएको स्थान हो र कुख्यात ग्रेट फायरवालले चिनियाँ नागरिकालागि थुप्रै सामग्री रोक्छ। गत वर्ष गार्डियन पत्रिकाले टिकटकका कर्मचारी र प्रविधिले राजनीतिक रूपमा सम्वेदनशील विषयहरूलाई सेन्सर गर्ने गरेको लेखेको थियो। तियानानमेन स्क्वायरमा भएका विरोध र स्वतन्त्र तिब्बतको माग भएका सामग्रीहरू प्रतिबन्धित भएको बताइएको छ। टिकटकका छ जना पूर्वकर्मचारीसँगको कुराकानीको आधारमा वाशिङ्टन पोस्ट पत्रिकाले लेखेको समाचारमा चीनमा रहेका कर्मचारीले प्रतिबन्ध लगाउने कुराको अन्तिम निर्णय गर्ने बताइएको छ। बाइटडान्सले ती निर्देशिका अहिले लागु गर्न छोडिएको बताएको छ।
पहिरोले पुरिएर काठमाडौंमा १ जनाको मृत्यु काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर १ जनाको ज्यान गएको छ। गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुुसार, ‘आठ जना मध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए’, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो। पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।रासस
चीनका विषयमा नाटकीय रुपमा फेरियो ट्रम्पको बोली काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली नाटकीय रुपमा फेरिएको छ । विगत केही महिनायता चीनको चर्को आलोचना गर्दै आएका ट्रम्पले अचानक बोली फेरेर भारत र चीनको भलाइ र शान्ति कायम गर्नको लागि आफू जेसुकै गर्न तयार रहेको बताएका हुन् । उनले आफूले भारत र चीन दुवै देशका जनतालाई प्रेम गर्ने समेत बताए । पछिल्लो केही समययता भारत–र चीनबीच तनाव बढेपछि अमेरिका भारतको पक्षमा आएको थियो । विवादमा भारतको समर्थन गर्दै चीनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पको अचानक यु–टर्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ह्वाइट हाउसका प्रेस सचिव कायले म्याक्कनीले प्रेस मिटमा बताएअनुसार राष्ट्रपति ट्रम्पले भनेका छन् कि म भारतका जनतासँग प्रेम गर्छु र चीनका जनतासँग पनि प्रेम गर्छु । ट्रम्पले भनेका छन् कि भारत र चीनको अमनको लागि म जे पनि गर्न तयार छु ।
ब्रिटिस आर्मी हुँ भन्दै महिला साथी बनाएर ठगी गर्ने पक्राउ काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीइ प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक सनकोशी गाउँपालिका–८, घर भएका दिपक मोक्तान भनिने ३३ वर्षिया दिपक लामालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो। सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो । धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
शाही र कार्की एआईजी पदमा बढुवा सिफारिस काठमाडौं। नयाव महानिरीक्षक (डीआईजी)हरु निरजबहादुर शाही र प्रद्युम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी शाही र कार्कीलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने प्रहरी महानीरिक्षक शैलेश थापाकै व्याची हुन् । एआईजी तारणी लम्सालको अवकाश र थापा आईजीपीमा बढुवा भएपछि रिक्त रहेको पदमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो। हाल आईजीपी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए। २०४९ सालमा तालिमपछिको मेरिटमा शैलेश थापा पहिलो नम्बरमा र हालका डीआईजी ईश्वरबाबु कार्की दोस्रो नम्बरमा थिए। त्यति बेला हालका एआईजी हरि पाल ११औं र शाही नवौं नम्बरमा थिए भने प्रद्युम्नकार्की पाँचौं नम्बरमा थिए। २०५८ सालमा डीएसपी बढुवा हुँदा राजेशलाल कर्णलाई एक नम्बर, थापालाई दोस्रो र सौरभ राणालाई तेस्रो, शाहीलाई चौथो र प्रद्युम्न कार्कीलाई पाँचौं नम्बरमा बढुवा गरियो। त्यसैगरी २०६६ सालमा एसपी बढुवा गर्दा ईश्वरबाबु कार्की झन् पछि धकेलिए । त्यसबेला बानेश्वर वृत्तमा रहेका दिलीप चौधरीलाई आन्दोलनमा घाइते भएको भन्दै एक नम्बरमा बढुवा गरियो भने दोस्रो नम्बरमा कर्णलाई बढुवा गरिएको थियो। तेस्रोमा थापा, चौथोमा शाही, पाँचौंमा पाल र छैटौंमा प्रद्युम्न कार्कीलाई बढुवा गरिएको थियो। डीआइजी बढुवामा भने क्रमशः थापा, पाल, शाही र कार्की एकै पटक भएका थिए।
बिग बास लिगको खेल तालिका सार्वजनिक काठमाडौं । क्रिकेट अष्ट्रेलियाले बुधवार देशकै प्रमुख टि २० प्रतियोगिता बिग बास लिगको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बीबीएलको पहिलो खेल एडिलेड स्ट्राइकर र मेलबोर्न रेनेगेड्स बीच एडिलेड ओभलमा ३ डिसेम्बर हुनेछ। प्रतियोगतामा कुल ६१ खेलहरु हुनेछन । बीबीएलको फाइनल अर्को वर्ष फेब्रुअरी ६ मा खेलिने छ। साथै महिला बीबीएल १७ अक्टुबर देखि २९ नोभेम्बर हुनेछ । महिला बीबीएलमा कुल ५९ खेलहरु हुनेछन । There’s more important things in the world than cricket right now, but here’s how we’d love to see the summer of BBL unfold. Stay safe and healthy everyone! #BBL10 pic.twitter.com/yE3tKuAEGp — KFC Big Bash League (@BBL) July 15, 2020
बाढी–पहिरोबाट ३० लाख मानिस प्रभावित हुनसक्ने अनुमान काठमाडौं। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट ३० लाख मानिसहरु प्रभावित हुनसक्ने आकलन गरिएको छ। मनुसन शुरु भएपछि गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययन अनुसार ३० लाख मानिसहरु प्रभावित हुनसक्ने जनाएको हो। सरकारको अध्ययन अनुसार साउनमा सबैभन्दा बढी क्षति हुने आकलन गरिएको छ। गत वर्षहरुको तथ्यांक हेर्दा पनि साउन महिनामा बढी क्षति भएको देखाउँछ। यो वर्ष साउनको मध्यतिर पहाडी र तराई भेगमा डुवान हुने र भदौंको पहिलो सातादेखि बाढी–पहिरो कम हुने आकलन गरिएको छ। यो वर्ष बाढी तथा डुवानका कारण १२ लाख ५० हजार, पहिरोका कारण २ लाख ५० हजार र पानीजन्य अन्य घट्नाबाट १५ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। उच्च पहाडी क्षेत्रमा पहिरो जाने तराइमा बाढी आउने र डुवान हुने भएकाले प्राधिकरणले सबैलाई सचेत रहन आग्रह गरेको छ। सरकारले जोखिम क्षेत्र पहिचान गरे पनि त्यस क्षेत्रका स्थानीयलाई अन्तै सार्ने, सूचना प्रवाह गर्ने र स्थानीय सरकारलाई यसतर्फ बढी चनाखो हुन आग्रह गर्नेजस्ता कार्य गर्न थालेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्जन्य घट्ना कम गर्नका लागि प्राधिकरण चौतर्फी ध्यान दिएको बताए। उनले केही दिनअघि सिन्धुपाल्चोकमा बाढी पहिरो जानुभन्दा तीन दिनअघि नै स्थानीयलाई सचेत रहन आग्रह गरेकाले कम क्षति भएको दावी गरे। ‘अहिले हामीले बाढी पहिरो सम्भावित क्षेत्रमा धेरै नै सूचना र जानकरी प्रवाह गरेका छौं ,’ उनले भने। कार्यकारी प्रमुखका अनुसार बाढी पहिरो शुरु भएयता सम्भावित क्षेत्रमा पच्चिस लाख मानिसहरुको मोबाइलमा पूर्व जानकारी दिन एसएमएस पठाइएको छ। यसबाहेक स्थानीय भाषामा सूचना प्रशारण गरेको पोखरेलले जानकारी दिए। उनले प्राधिकरणको ७७ वटै जिल्लामा रहेका जिल्ला आपकालीन कार्य सञ्चालन केन्द्रलाई तयारीका साथ रहन आग्रह गरेको बताए। यसैगरी बाढी पहिरोजन्य क्षतिलाई कम गर्नका लागि सरकारले १५ हजार तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरेको छ। प्राधिकरणसँगको समन्वयमा गृहले तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरेको हो। जसमा विपद् जोखिमको तालिम प्राप्त ३ हजार १ सय नेपाली सेना, ससस्त्र ३ हजार ५ सय ससस्त्र प्रहरी र ७ हजार ५ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरलले जानकारी दिए। उनले जोखिमको बेला परिचालन गर्नका लागि १२ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको र आवश्यकता परेको बेला प्रयोग गरिने बताए । ‘हामीले सक्दो पूर्व तयारी गरेका छौं, राज्यका अन्य निकायले पनि त्यसमा साथ दिइरहेका छन्,’ उनले भने। उनका अनुसार बाढी पहिरो तथा विपद् जन्य घट्ना उद्धारका लागि तालिमप्राप्त शसस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेना र प्रहरी पनि जोखिम क्षेत्रमा खटाइएको छ। गृहमन्त्रालयले स्थानीय युवाहरुलाई पनि जोखिम क्षेत्रमा खटिन आग्रह गरेको छ ।
लकडाउनमा घरभाडा छुट गर्ने घरधनी सम्मानित बन्दाबन्दी अवधिको घरभाडा मिनाहा तथा छुट गर्र्ने घरधनीलाई आज बुटवलमा बिशेष सम्मान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको बन्दाबन्दी समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो । बुटवल । लकडाउन अवधिभर व्यापारव्यवसाय ठप्प भएकाले भाडामा रहेका व्यवसायीलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीलाई सम्मान गरिएको नेपाल घरबहाल सरोकार सङ्घ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताए । घरधनीलाई सम्मानपत्र प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा घरबहाल कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको जानकारी दिए ।
राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको प्रष्टिकरण काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम जन्मभूमिबारे दिएको अभिव्यक्तिले विवादको रुप लिन थालेपछि परराष्ट्रमन्त्रालयले यो विषयमा प्रष्टिकरण दिएको छ। मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीको टिप्पणी कुनै राजनीतिसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्याउने उद्देश्यले नभएको बताएको छ। मन्त्रालयले राम जन्मभूमिबारे चलिरहेको विभिन्न मिथकबारे पनि बहस हुनुपर्ने उद्देश्यले प्रधानमन्त्रीको भनाई आएको बताएको छ। प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा भगवना रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्च पश्चिमको ठोरीमा भएको बताएका थिए। प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएपछि नेपालमा र भारतमा पनि तिब्र प्रतिक्रिया आएपछि परराष्ट्रमन्त्रालयले प्रतिष्टकरण दिएको हो। परराष्ट्रले रामको जन्म भारतमै भएको घुमाउरो ढंगले स्वीकार गर्दै नेपाल र भारतबीच भएको २०१८ मा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट शिलान्यास गरेको स्मरण गराएको छ। साथै भारतबाट हरेक वर्ष विवाह पञ्चमीमा जनकपुरमा भारतीय जन्ती आउने परम्परा मनाउँदै आइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युवकको बगेर मृत्यु काठमाडौं । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५, बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका–५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताए। थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ। पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ । होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो । केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ।
यूकेमा २००० वर्षअघि ‘हत्या गरिएका’ एक मानिसको कङ्काल फेला बीबीसी । यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्। झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थामा भेटिएको थियो। रेलमार्ग एचटुएस निर्माण आयोजनाकी पुरात्त्वविद् र्‍याशल वुडले ती वयस्क पुरुषको मृत्युलाई एउटा रहस्य को सङ्ज्ञा दिँदै थप विश्लेषणले कारण स्पष्ट हुनसक्ने बताइन्। त्यहाँ प्राचीन स्टोनहेन्ज स्मारकको जस्तै काठको एउटा संरचना र रोमन शैलीको समाधि पनि फेला परेका छन्। उक्त स्थानमा रेलमार्गको निर्माणका क्रममा नवपाषाणयुगदेखि मध्ययुगसम्मका वस्तुहरू फेला परेका छन्। ‘मान्छेका ४,००० वर्ष पुराना गतिविधिहरू देखाउने स्थान फेला पर्दा हामी केही चकित छौँ,’ डा। वुडले भनिन्। त्यहाँ भेटिएको नवपाषाणयुगमा निर्मित काठका थामहरूको गोलो घेराको व्यास ६५ मिटर छ । उक्त संरचना स्टोनहेन्जमा जस्तै हिउँदे अयनान्तसँग मिल्नेगरी बनेको छ। सो स्थानमा इसापूर्व ३००० देखि इस्वी संवत् ४३ सम्म मानिसहरूको बसोबास भएका विभिन्न प्रमाणहरू भेटिएको छ।
सार्वजनिक यातायात सञ्चालनः गाडी सडकमा ल्याउने वातावरण बनाइदिन व्यवसायीको माग काठमाडौं। कोरोना महामारीका कारण देशभर लकडाउन गरिएपछि चैत ११ गतेबाट बन्द भएको सार्वजनिक यातायात सुचारु गर्ने विषयमा आइतबार यातायात व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङबीच छलफल भएको छ। आइतबार मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरुले गाडी सडकमा निकाल्ने वातावरण बने आफूहरु यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन्। लफलमा सहभागी यातायात राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले मन्त्रीसँग आफ्ना समस्याहरु राखिएको बताए। उनले डिसी नेपालसँग भने, ‘मन्त्रीज्यू, यातायात मजदुर, हामी व्यवसायी र यातायात विभागका महानिर्देशकसहितको आज छलफल भयो। हामीले हाम्रा समस्याहरु राख्यौं। मन्त्रीज्यूले समस्या समाधान गरिने बताउनु भएको छ।’ ेउनका अनुसार व्यवसायीको मुख्य चिन्ताको विषय यातायात मजदुरको स्वास्थ्य र यात्रुको स्वास्थ्य हो। सिटौलाले भने, ‘मजदुरहरुको स्वास्थ्य र यात्रुको स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने समझादारी भए हामी यातायात सुचारु गर्न तयार छौं।’ उनले हाल यातायात मजदुरहरु घरमा रहेकाले पनि यो समस्या भएको बताए। सरकारले गएको शुक्रबारदेखि नै सार्वजनिक यातायात शुरु गर्न भने पनि व्यवसायीहरुले सडकमा गाडी निकालेका छैनन्। सिटौलाले डिसी नेपालसँग भने, ‘गाडी चलाउने कुरा त्यतिकै हुँदैन। प्राविधिक समस्या पनि छ। मजदुरहरु काठमाडौं आउने वातावरण बन्नु पर्यो। ग्यारेज सञ्चालनमा आउनु पर्यो।’ यातायात व्यवसायीका समस्या सुनेपछि मन्त्री नेम्वाङले सरकारले व्यवसायीका समस्या सामाधन गर्ने भन्दै यातायात अब सञ्चालन हुनुपर्ने बताएका थिए। सिटौलाले भने, ‘हाम्रो कुरा सुनेपछि मन्त्री ज्यूले समस्या बुझ्नु भएको छ। फेरि पनि छलफल गरेर निश्कर्ष निकाल्ने गरी आजको छलफल सकिएको छ।’ व्यवसायीले बाहिर स्वास्थ्य र प्राविधिक समस्या देखाए पनि यातायात व्यवसायीको मुख्य माग भाडा दर हो। सरकारले यात्रु क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेरमात्र यातायात चलाउन भनेको छ। सरकारको यस्तो शर्तका कारण व्यवसायीहरु भाडा डबल बनाउने सोचमा छन्।
रुपन्देहीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए। शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन्।
नेपालमा भारतीय न्यूज च्यानल प्रकरण : भारतमै भारतीय सञ्चारमाध्यमको विरोध काठमाडौं। नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि भारत सरकारले त्यसको प्रतिवाद गर्यो। तर, केही भारतीय सञ्चार माध्यमहरु भने नेपाल सरकार र नेपालका प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार अभियानमा लागे। यसैक्रममा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर भारतीय न्यूज च्यानल जी न्यूज झारखण्ड बिहारले आपत्तिजनक भिडियो रिपोर्ट बनाएपछि आजित भएका नेपालीले अब भारतीय न्यूज च्यानल बन्द हुनुपर्ने आवाज उठाए। सो रिपोर्ट प्रशारण भएको तेस्रो दिन नै नेपालका केवल अपरेटरले स्वतःस्फुर्त रुपमा केही भारतीय न्यूज च्यानल नेपालमा बन्द गरिदिएका छन्। नेपालमा भारतीय सञ्चार माध्यमविरुद्ध आक्रामक प्रतिक्रिया देखिएपछि भारतमा पनि यो विषयमा बसह भइरहेको छ। भारतीय सञ्चारकर्मीहरु नै नेपालमा भारतीय च्यानल बन्द हुनु स्वभाविक भएको बताउँछन्। बीबीसी हिन्दीसँग कुरा गर्दै इंडियन इंस्टिट्यूट अफ मास कम्युनिकेशनका प्रोफेसर आनंद प्रधान भन्छन्, ‘यसमा कुनै शंका छैन। भारतीय सञ्चार माध्यममा रिपोर्टिंगमा जो पत्रकारिताको जो आधारभुत सिद्धान्त हुन्छ त्यसको पालना हुँदैन। भएको छैन्। तपाईँको रिपोर्टिंग तथ्यमा आधारित हुनुपर्छ। तपाई काल्पानिक कथा भन्न सक्नु हुन्न। तपाई आफ्नो कुनै शो को लोकप्रियताा बढाउनका लागि कुनै कुटनीतिज्ञलाई प्रधानमन्त्रीसँग हनी ट्र्यापको कुरा कसरी भन्न सक्नुहुन्छ? निकै आपत्तिजनक कुरा हो।’ उनी भन्छन्, ‘खासमा समस्या के छ भने भारतीय सञ्चार माध्यमलाई लाग्छ नेपाल भारतको एक्स्टेन्शन हो। यिनीहरुले हालसम्म नेपाल एक सम्प्रभु देश भएको स्वीकार गर्न सकेका छैनन्। नेपाल आफ्नो विदेश नीति स्वतन्त्र रुपले चलाउन सक्छ। भारतीय सञ्चार माध्यमहरु उपनिवेशवादी मानसिकताबाट माथि उठ्नुपर्ने आवश्यकता छ। यदि यिनीहरुको रिपोर्टिंग यस्तै हुने हो भने दुई देशबीचको सम्बन्धमा जनताहरुबीचको सम्बन्धमा पनि नोक्सान हुनेछ।’ बीबीसी हिन्दीसँग कुरा गर्दै इंडिया टुडेका एक परिचत एंकरले नाम नबताउने शर्तमा भनेका छन्, ‘नेपाल–भारत विवादमा केही च्यानलहरुको रिपोर्टिंग बलिउड गसिप जस्तै छ। यदि तपाईँका प्रधानमन्त्रीको मर्यादा छ भने नेपालका पीएमको पनि त्यति नै मर्यादा हुन्छ। तपाई पत्रकार हुनुको अर्थ कसैको पनि मानमर्दन गर्नु होइन।’ भारतीय च्यानलबाट लागतार नेपाल विरोधी आपत्तिजनक समाचारहरु प्रशारण भएपछि नेपाल प्रेस काउन्सिलले धारतीय प्रेस काउन्सिललाई पत्र लेखेर यो विषयमा ध्यानाकर्षण गराइसकेको छ भने दिल्लीस्थित नेपाली दूतावासले पनि यो विषयमा आपत्ति प्रकट गरिसकेको छ। (बीबीसी हिन्दीको सहयोगमा)
धनुषा र सर्लाही हुँदै फेरि सलह नेपाल आउन सक्ने प्रक्षेपण काठमाडौं। विनाषक किरा सलह फेरि नेपाल आउन सक्ने प्रक्षेपण गरिएको छ। कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यानेन्ट सेन्टरले धनुषा, सर्लाही र सर्लाहीबाट सलह नेपाल आउने सक्ने सम्भावना रहेको जनाएको छ। सेन्टरले शनिबार भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बिचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको जनाएको छ। यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने सेन्टरले जनाएको छ। यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरुपनि दक्षिण पश्चिमी वायुसंगै नयाँदिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको छ। यी सलहका झुण्ड पनि नेपाल आउन सक्ने सेन्टरले अनुमान गरेको छ। पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि उक्त झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा र सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नं ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेको सेन्टरले जनाएको छ। यसअघि सलहले नेपालका करिब ५५ जिल्लामा लगाइएको खेतिबालीमा क्षति गरेको थियो। अघिल्लो हप्ता नेपालमा सक्रिय रहेको सलह प्रतिकुल मौसमका कारण मरेपछि हाल नेपालमा सक्रिय सलह नरहेको सेन्टरले जनाएको छ। अघिल्लो पटक आएको सलहले मकैबालीमा धेरै क्षति गरे पनि क्षतिको यकिन विवरण भने हालसम्म प्राप्त भइनसकेको सेन्टरका प्रवक्ता रामकृष्ण सुबेदीले जानकारी दिए।
रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन गर्ने तयारी रुपन्देही । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्न लागेको हो । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपराह्नदेखि बस सञ्चालनमा ल्याइने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए । बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ ।
ट्रम्पले आफ्ना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजाय घटाइदिए वाशिङ्टन डिसी (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन्। वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो। अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई दोषी ठहर्‍याइएको छ। सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय पाउने स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन्। ६७ वर्षीय स्टोनले आगामी मङ्गलबार जोर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुनुपर्ने थियो। ह्वाइट हाउसको भनाइ ह्वाइट हाउसले एउटा वक्तव्यमा भनेको छ, “रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन्। ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाए।” ह्वाइट हाउसले राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि त्यसको निराशा स्टोनमाथि पोखेको बताएको छ। ह्वाइट हाउसले स्टोन पहिले नै धेरै पीडित भइसकेको पनि जनाएको छ। ह्वाइट हाउसले भनेको छ, “उनलाई एकदमै गलत ढङ्गले व्यवहार गरियो। यो मुद्दामा अरु धेरैलाई पनि त्यस्तै गरियो। रोजर स्टोन अब एक स्वतन्त्र व्यक्ति हुन्।” स्टोनले एपीलाई जनाए अनुसार सजाय कम गर्नेबारे ट्रम्पले उनलाई शुक्रवार फोन गरेका थिए। उनले उक्त निर्णयको खुसीयाली मनइरहेको बताए। तर अमेरिकी कङ्ग्रेसको तल्लो सदनको गुप्तचर समितिका अध्यक्षले चाहिँ ट्रम्पको उक्त निर्णयले अमेरिकामा दुईखाले न्यायप्रणाली रहेको “एउटा उनका अपराधी साथीहरूका लागि र अर्को सबैका लागि” भन्ने स्पष्ट पारेको भन्दै आलोचना गरेका छन्। विपक्षी डेमोक्र्याटिक पार्टिका नेताहरूले पनि ट्रम्पको उक्त कदमको आलोचना गरेका छन्। को हुन् रोजर स्टोन? स्टोनले सन् १९७०देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका छन्। उनले आफ्नो पिठ्यूँमा रिचर्ड निक्सनको ट्याटू खोपेका छन्। सन् १९९० को दशकमा उनले ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए र सन् २००० मा ट्रम्पको असफल ह्वाइट हाउस दौडमा सघाएका थिए। नेटफ्लिक्स डक्युमेन्ट्री ‘गेट मी रोजर स्टोन’का अनुसार यी रणनीतिकारले ट्रम्पलाई पुन: राष्ट्रपतीय दौडमा फर्कन प्रोत्साहन गरेका थिए।
बैंकिङ कसुरमा फरार २ व्यक्तिलाई प्रहरीद्वारा पक्राउ काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौँ कलङ्कीका मनोजलाल सिंह दुलाललाई शुक्रबार पक्राउ गरिएको हो। उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र छ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो । सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ । यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । अदालतले उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।
सार्वजनिक यातायात संचालन नगर्ने व्यवसायीकाे चेतावनी काठमाडौं। बिहीबार मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निणर्य भएको सुनाए। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको केही घण्टा बित्न नपाउँदै यातायात व्यवसायीले भने सार्वजनिक यातायात संचालन नगर्ने घोषणा गरेका छन्। सरकारले व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सरकारले आफूलाई आन्दोलनकारीको जस्तो व्यवहार गरेको बताए। लामो समयसम्म थन्काएर राखेका सवारी साधनको बारेमा बुझ्दै नबुझी सरकारले गरेको निर्णय आफूहरुलाई स्वीकार्य नभएको उनले बताए। ‘यातायातका साधनहरु थन्काएर राखेको कति भयो? कस्तो अवस्थामा छन्, भन्ने वित्तिकै कसरी चलाउन सकिन्छ,’ सिटौलाले डिसी नेपालसँग भने। सरकारको निर्णय केटाकेटीलाई ललिपप दिएर फकाए जस्तो भएको उनको भनाइ छ। ‘सरकारले हामीलाई केटाकेटी फकाएजस्तो गर्यो। ललिपप दिएपछि फकाउन सकिन्छ झैं गर्यो। हामी कुनै आन्दोलनमा थियौं र? वार्ता मिल्यो गाडी खोल्नुस्, भोलिबाटै चलाउनुहोस् भन्नलाई। अवस्था बुझ्नु पर्दैन,’ उनले भने, ‘‘यातायात मजदुरहरुको स्वास्थ्यको कुरा छ। यात्रुको स्वास्थ्यको कुरो छ।’ सिटौलाले भने, ‘यसको जिम्मा कस्ले लिने ? यातायात मजदूरहरुले हामीमाथि प्रश्न उठाएका छन्। हामीले तपाईको सवारी साधन चलाउँदा केही समस्या आयो भने कसले जिम्मा लिन्छ ? के उत्तर दिनु।’ सार्वजनिक यातायातका यात्रुहरुमा कोरोनाको संक्रमण भएको थाहा नहुने हुँदा पनि यातायात संचालन गर्न त्यति सजिलो नभएको उनको भनाइ थियो। शुक्रबार दिउसो १ बजे महासंघको बैठक बस्ने र आधिकारीका धारणा बाहिर आउँने उनले बताए। उनले भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुमा कोरोनाको संक्रमण छ छैन कसरी भन्न सकिन्छ। निजी सवारी साधन जस्तो हो र? सरकारले एकदमै आपत्तिजनक निर्णय गरेको छ। हामी आज १ बजे वैठक बस्दै छौं। त्यसपछि आधिकारिक धारणा सार्वजनिक गरौंला।’
धेरैले चाहन्छन् ‘यस्तो घरबेटी मेरो पनि होस्’ काठमाडौं। ‘यो बैंकले पनि कति फोन गरेको? रकम भए त आफैं गएर खुरुखुरु किस्ता बुझाउँथे नि! आखिर बुझाउनै पर्ने रकम हो।’ सतुंगलका एक कपडा व्यापारी आफ्नै पसलमा निकै चिन्तित भएर दुखेसो पोख्दै थिए। ‘डेरावालाई पनि जबरजस्ती गर्ने कुरा आएन,’ करुणा देखाउँदै घरमा बस्नेप्रति भन्दै थिए, ‘काम धन्दा चलेपछि त भाडा बिस्तारै दिन्छ्न् नै।’ लामो श्वास लिँदै उनले थपे, ‘मैले अरु बैंकबाट ऋण लिनु पर्ने रहेछ। यो बैंकबाट लिएर ठूलो गल्ती गरे।’ वर्षात ऋतुको मौसम झैं उनको मुहारमा कालो बादल मडारिन्थ्यो त कतिबेला छर्लङ्ग घाम उदाउँथ्यो। कथा पढेको जस्तो लाग्ला। तर, यो यथार्थ हो। सतुंगलमा घर भएका विश्वनाथ श्रेष्ठको अनुहारमा कतिबेला घाम लाग्थ्यो त कतिबेला भर्खर मुसलधारे पानी पर्ला झै गरी अधेरो छाउँथ्यो। श्रेष्ठ पेसामा व्यपार गर्छन्।  श्रेष्ठले घर बनाउँदा लिएको ऋणको साँहु–ब्याज गरी महिनामा करिव ८० हजार किस्ता तिर्दै आएका छ्न्। लकडाउन सुरुभएपछि अरु जस्तै श्रेष्ठले पनि बैंकलाई किस्ता तिर्न सकेका छैनन्। उनको आम्दानीले घर व्यवहार चलाउन ठिक्क छ। उनको किस्ता तिर्ने श्रोत भनेको घरभाडा नै हो। ‘लकडाउनभन्दा अगाडि व्यापारबाट नै मेरो घर चलाउने गरेको थिए। अहिले त व्यापार ठप्प छ। स्कुल,कलेज बन्द छ त कसरी व्यापार होस।’ उनले भने, ‘हामी त जेनतेन घर चलाउँला। मेरो घरमा मजदूरी गर्ने परिवार पनि बस्छ्न्। तिनीहरुलाई धेरै गाह्रो छ।कसरी चुलो बालुन्, के खाउन मैले सरसापट भनेर अलिअली त हेरिदिए।’ आफ्नो घरमा भाडा तिरेर बस्नेलाई आफ्नो परिवार भन्दाबढी रेखदेख गर्नमा व्यस्त हुन्थे उनी। उदार मनले उनले थपे, ‘मानिसमा मानवता हुनुपर्छ। बिचरा मान्छेलाई भोकमरी नै लागिसक्यो। मेरो घरको भाडा महिनामा असी हजार उठ्छ। म जसरी पनि व्यबहार मिलाउँला। मैले एक महिनाको भाडा सबैलाई छुट गरिदिएको छु।’ काठमाडौंलाई स्वार्थले भरिएको  सहर भनिन्छ। तर, दयाका खानी पनि यही शहरमा भेटिन्छन्। श्रेष्ठको यो कोमल मन र फराकिलो छाती देख्दा सायद धेरैले चाहन्छन होला यस्तो घरबेटी मेरो पनि होस्। ‘एक महिनाको त छुट भनेर नै निर्णय गरिदिएको छु। तर, अन्य महिनाको पनि भाडा चाहिँ आएको छैन। दिन नसकेर नै होला। बिस्तारै देलान। लामो समयदेखि आफ्नै परिवार जसरी बसेकालाई यस्तो अफ्ठ्यारो समयमा टचर दिनपनी सकिँदैन।’ ‘समय यस्तो छ। आम्दानी कतैबाट छैन डेरावालाई मर्का छ।’ सोही कपडा पसलमा बस्दै गरेका एक पुरुष पछाडिबाट बोल्न थाले। कपडा पसलका घरबेटी पुष्प प्रधान आफ्नै भोगाइ जसरी बोल्दै थिए, ‘अहिले म केही गर्दिन तर यो भन्दा अगाडि मैले पनि व्यापार ब्यबसाय गरेको हो। अलिअलि व्यापार भएको कमाइ हुने हो बिचरा कमाइ नै छैन।’ पेसाले उनी व्यापारी नै रहेछ्न् तर अहिले भने घरभाडाबाट नै आफ्नो जीविकोपार्जन गर्ने प्रधानको मनलाई सानो भन्न मिल्दैन। ‘मैले ५० प्रतिशत मात्रै घरभाडा लिने भनेको छु। त्यति पनि नलिगे आफूले पनि खानु पर्यो।’ सानो घर भएका प्रधानको मन निकै ठूलो छ। ब्यापार नभएर कपडा मिलाउँदै गरेका पसले घारबेटिको कुरामा खुशी देखिन्थे। काठमाडौंमा एक महिनाको सुत्केरीलाई खाने कुराको अभाव छ। यता घरबेटीले घरबाट निकाल्न जोड दिन्छ भन्ने समाचारहरु बाहिरिरहँदा संसारमा कोही भगवानका रुप पनि छन भन्ने विर्सनु हुँदैन। सतुंगल विद्युत प्राधिकरण नजिकै घर भएकी कल्पना ढकाल यो समय मात्रै होइन अगाडिका समयमा पनि आफ्नो घरमा बस्नेलाई आफ्नै परिवार जस्तै मान्ने गरेका अनुभव सुनाउँछिन्। केही समय अगाडि सानोतिनो व्यवसाय गर्ने कल्पनाको खुशी परिवारको सोचाइ पनि सगरमाथा जस्तै उच्च छ। ‘घरमा बस्नेले खाए, खाएनन भन्ने चिन्ता पनि लागिरहन्थ्यो’, उनले भनिन्, ‘अहिले झन महामारी छ। हाम्रो अन्य कमाइ भएको भए त सबै छुट गर्न हुन्थ्यो तर मनले चाँहादा चाँहादै पनि सकिने अवस्थामा चाहिँ छैन। त्यसैले एक महिनाको भाडा चाहीँ छुट दिने निर्णय गरेको हो।’ लकडाउनका सुरुका दिनमा नै तीन महिनाको घरभाडा छुट दिने निर्णय गरेका कलंकीका हरिहर लामिछानेले समाजमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छ्न। समाजसेवी लामिछाने बालापनदेखि नै अरुलाई सहयोग गर्न पाउँदा खुशी हुने गरेको बताउछ्न, ‘मलाई बालापनदेखि नै अरुको लागि केही गर्न पाउँदा खुशी लाग्थ्यो। मेरो बुबादेखि नै मैले अरुलाई केही सहयोग गर्नुपर्छ अफ्ट्यारोमा त्यो नै धर्म हो भन्ने कुरा सिकेको हुँ।’
नेपालप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि भारतीय च्यानल बन्द काठमाडौं। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्। बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टिभीका उपाध्यक्ष धुव्र शर्माले जानकारी दिए। उनले भने, ‘पछिल्ला दिनहरुमा भारतीय च्यानले प्रशारण गरिरहेका सामाग्री नेपालको सम्प्रभुतामाथिकै आक्रमणका रुपमा बुझेका छौं। त्यसैले हामीले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेका हौं।’ उनले अपरेटरहरुले आफूखुशी सल्लाह गरेर च्यानल बन्द गरेको बताए। उनले भने, ‘अहिले च्यानल बन्द गर्ने सेवा प्रदायकहरुको सेवा नेपालका करिब ४० लाख मानिसलाई कभर गर्छन्। लगभग सबै ठूला अपरेटरले च्यानल बन्द गरेका छन्। यदि कसैले गरेको छैन भने पनि शुक्रबारसम्म बन्द गर्छन्।’ नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले लगातार नेपालविरुद्ध सामाग्रीहरु प्रशारण गरिरहेका छन्। पछिल्लो पटक प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक परपोर्ट प्रशारण गरेका थिए। यसअघि पनि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालमा भारतीय च्यानल बन्द गरिएको थियो।
भारतीय सञ्चारमाध्यमप्रति नेपाली नेताहरु आक्रामक काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि विचलित भएका भारतीय सञ्चारमाध्यमहरुले नेपालबारे तथ्यहीन, आधारहीन र काल्पानिक विषयमा समाचार बनाउँदै देश र देशका प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरेपछि नेपालमा भारतीय सञ्चार माध्यमको विरोध भएको छ। सत्तारुढ दल नेकपाको आन्तरिक विवाद, काठमाडौंस्थित चिनियाँ राजदूतको सक्रियताका विषयलाई विषान्तर गर्दै भारतीय सञ्चारमाध्यम जी न्यूज झारखण्डले बुधबार बनाएको भिडियो रिपोर्टमा प्रधानमन्त्री केपी ओलीको चरित्र हत्या गर्न खोजिएपछि नेपालमा त्यसको विरोध भएको हो। बुधबार भारतीय सञ्चारमाध्यम जी न्यूजले प्रधानमन्त्री ओलीबारे तथ्यहीन टिप्पणी गरेपछि दिल्लीस्थित नेपाली दूतावासले पनि सो विषय नोटिसमा लिएको बुझिएको छ। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बिहीबार ट्वीट गर्दै ‘भन्नुपर्न कुरा’ भनेको बताएका छन्। तर, उनले कसलाई के भनियो भन्नेबारे भने केही खुलाएका छैनन्। बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ। — Nilamber Acharya (@nilacharya) July 9, 2020 यसरी विरोध गर्नेहरु विभिन्न दलका नेतादेखि सर्वसाधारणसमेत छन्। प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरुले पनि भारतीय सञ्चार माध्यमको कडा आलोचना गरेका छन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यममा नेपाल सरकार र प्रधानमन्त्रीबारे आएका समाचार स्वीकार्य छैनन्। यी समाचारहरु पत्रकारिताको नैतिकतामा र सत्यमा आधारित छैनन्।’ यस्तै प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहाकार डा. राजन भट्टराईले पनि ट्वीटरमाफर्त नै भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपाल र नेपाल सरकारविरुद्ध अफावह फैलाइरहेका छन्। ती स्वीकार्य छैनन्। देशको सार्वभौम सत्ताप्रति सबै नेपाली एकजुट छौं।’ यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। उनले पनि भारतीय सञ्चार माध्यमले तथ्यहीन, कपोकल्पित समाचार प्रसारण गरेको भन्दै ती समाचारका पछाडि खराव नियत रहेको बताएका छन्। यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरुलाई बकवास बन्द गर्न भनेका छन्। उनले लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र हाम्रो प्रमबारे अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर। हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ती हामी एक ढिक्का छौं। विदेशीको फुटाऊ र स्वार्थ पुरा गर नीति सफल हुन दिने छैनौं। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’ यसरी भारतीय सञ्चार माध्यमको आलोचना गर्नेमा सरकारी पक्षका नेताहरुमात्र छैनन् प्रतिपक्षी दलका नेताहरुले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रम ओलीको कार्यकाल भ्रष्टाचार काण्डै काण्डले भरिएको छ। र शासकीय दुर्वलताका सन्दर्भमा प्रम ओलीसँग मेरो सयौं बिमतीहरु छन्। तर भारतीय सञ्चार माध्यमले प्रम ओलीविरुद्ध विष वमन गर्नेक्रममा हनी ट्र्याप जस्ता घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्ने गरी प्रकाशित गरेको समाचारप्रति आक्रोश व्यक्त गरेका छन्। उता नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि भारतीय सञ्चार माध्यमप्रति आक्रोश पोखेका छन्। यस्तै पत्रकार कोषराज कोइरालाले पनि भारतीय सञ्चार माध्यमहरुमा पछिल्ला दिनहरुमा नेपालविरुद्ध प्रसारण भइरेहका समाचारको आलोचना गरेका छन्। यस्तै ट्वीटरमा डा. लुना भट्टले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेकी छन्। यसरी भारतीय सञ्चार माध्यमको आलोचना गर्ने यतिमात्र होइन्। अन्य नेपालीहरुले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री ओलीविरुद्ध लागतार तथ्यहीन समाचारहरु प्रकाशित गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको चरित्र हत्या गरेको भन्दै नेपाल पत्रकार महासंघले पनि आपत्ति जनाएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार जी न्यूजले प्रशारण गरेको समाचारको निन्दा गर्दै त्यसको कुटनीतिक माध्यमबाट खण्डन गर्न पनि नेपाल सरकारसँग माग गरेको छ।
ओखलढुङ्गामा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ।
बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो, केही व्यक्ति सम्पर्कविहीन मेलम्ची। गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु-याएकोे छ। उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्। बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन। बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए। “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो। भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन्। रासस
फेरि सलह नेपाल आउने जोखिम, एक्शन प्लान बनाउँदै प्लान्ट क्वारेन्टिन सेन्टर काठमाडौं। विनाशक किरा सलह फेरि नेपाल आउने जोखिम बढेको छ। विगतमा प्रवेश गरेको सलह एकप्तासम्म सक्रिय रहेर मरेपछि राहत महसुस गरेका नेपाली किसानका लागि फेरि यस्तो खबर आएको हो। सलहबारे अनुसन्धान र प्रतिकार्य गरिरहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले सलहको अर्को झुण्ड भारतबाट नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको जनाएको छ। सेन्टरका प्रवक्ता रामकृष्ण सुवेदीले भारतको राजस्थानमा सक्रिय रहेको सलह नेपाल आउन सक्ने जोखिम रहेको बताए। उनले डिसी नेपालसँग भने, ‘भारतको राजस्थानमा सलहका धेरै झुण्ड सक्रिए छन्। हावाको दिशाको कारण ती झुण्ड नेपाल आउने जोखिम छ।’ उनका अनुसार बिहीबारको मौसमी पूर्वानुमानअनुसार राजस्थानको सलह नेपाल आउने अनुमान गरिएको हो। बिहीबार राजस्थानमा हावाको दिशा पूर्वी उत्तरतर्फ रहेकाले ती सलह नेपाल आउने सम्भावना रहेको हो। सुवेदीले भने, ‘मौसमी पूर्वानुमानअनुसार सलह नेपाल आउने सम्भावना छ। तर, वर्षा भयो भने यो अनुमान गलत पनि हुन सक्छ।’ उनले सलहको फेरि जोखिम बढेपछि सेन्टरमा बुधबार दातृ निकायका अधिकारीसँग छलफलसमेत बताएको जानकारी दिए। उनले भने, ‘दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको छ। उहाँहरुले सहयोग गर्ने मनाशाय देखाउनु भएको छ। हामीले पनि के कस्तो सहयोग आवश्यक पर्छ सूची बनाउँदै छौं।’ उनले सलहविरुद्धको एक्शन प्लान पनि बनाइएको जानकारी दिए। उनले बिहीबार सेन्टरले बनाएको एक्शन रपलान मन्त्रालयमा पठाइने बताए। उनले सलहविरुछ स्थानीय तहलाई तयारी अवस्थामा राख्नुनर्पे बताए। उनले त्यसका लागि स्थानीय तहमा विषादी स्टक राख्ने तयारी गरिएको बताए। सलह नेपालमा एक हप्ता सक्रियता रहँदा मकैबालीमा सबैभन्दा धेरै क्षति गरे पनि क्षतिको विवरण भने प्राप्त भइनसकेको सेन्टरले जनाएको छ। सेन्टरका प्रवक्ता सुवेदीले भने, ‘हामी फिल्डमा जाने अवस्था छैन। स्थानीय तहसँग रिपोर्ट मागेका छौं। केही दिनपछि विवरण आउँछ होला।
कोरोना समुदायमा छैन् तर फैलिन सक्छः डा. वासुदेव पाण्डे काठमाडौं । सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिइनसकेको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले भने, “यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिङ्क’ भएको पाइएको छ ।” उनले भने, “कोरोना भाइरस समुदायमा आउन सक्छ, योसँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायसम्म कोरोना भाइरस पुगिसकेको होइन ।” समुदायस्तरमा कोरोना फैलिएको छ÷छैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले अधिकांश सङ्क्रमित विदेशबाट आएको व्यक्ति भएको बताए। “अहिलेसम्म ८७ प्रतिशत सङ्क्रमित पुरुष छन् । उहाँहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुनुहुन्छ । उहाँहरु श्रम गर्न अन्य देश जानुभएको थियो । विदेशमा श्रम गर्न जाँदा उहाँहरुमा कोरोना सङ्क्रमण भएको हो”, निर्देशक पाण्डेले भने । काठमाडाँै उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उहाँले सङ्क्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताए । “सङ्क्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका हुनुहुन्छ, यीमध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएको हुनुहुन्छ”, उनले भने । कसरी बढे काठमाडौँमा सङ्क्रमित विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको उनले बताए । विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही सङ्क्रमण बढ्न गएको महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सम्बन्धित मुलुकले पिसिआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा सङ्क्रमण देखिएको उनको भनाइ छ । विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उनले जानकारी दिए। कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उनको भनाइ छ । केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको निर्देशक पाण्डेले बताए । खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्सलगायत मुलुकबाट सङ्क्रमित आएको अवस्था छ । आयातीत सङ्क्रमितबाट उपत्यकामा जोखिम बढेको छ÷छैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उनले बताए । तीमध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उनले जानकारी दिए। “अन्य नौ ठाउँको पनि नमूना सङ्कलन भइरहेको, एक÷दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ”, उनले भने । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्र्याइँ नगर्न अपिल गरे । ‘लक्षणविहीन कोरोना सङ्क्रमित’ नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । महाशाखाका निर्देशक पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए । “अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन”, उनले भने, “उहाँहरु सङ्क्रमित हुनुहुन्छ, तर उहाँको लक्षण केही छैन ।” नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । तीमध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । “अहिलेसम्म हाम्रो स्थिति हेर्दाखेरि वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ”, उनले भने, “अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।”
ट्रमा सेन्टरले विभेद गरेको भन्दै आन्दोलित उम्मेद्वारद्वारा अख्तियारमा उजुरी काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले विभेद गरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका परीक्षार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। मंगलबार उनीहरुले ट्रमा सेन्टरले आफूहरुमाथि विभेद गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन्। राष्ट्रिय ट्रमा सेन्टरले माग गरेको २५ जना स्टाफ नर्सहरुका लागि १ हजार बढीले आवेदन दिएका थिए। ट्रमा सेन्टरले फागुन ३० गते सूचना प्रकाशित गरी २५ जना स्टाफ नर्स पाँचौं तहमा दरखास्त आह्वान गरेको थियो। ११ सय भन्दा बढीले फारम भरेपनि १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तर्वार्तामा बोलाएपछि स्टाफनर्स आन्दोलित हुँदै आएका छन्। उनीहरुले पक्षपातपूर्ण तरिकाले १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तर्वार्ताका लागि बोलाएको भन्दै उनीहरुले मंगलबार अख्तियारमा उजुरी दिएका हुन्। पहुँचवाला र आफ्नालाई मात्र सर्ट लिस्टमा राखेको उनीहरुको गुनासो छ। उनीहरुले विभिन्न काराण देखाउँदै सेन्टरले आफ्नालाई मात्र परीक्षाबिना नै सर्टलिस्टमा छानेको भन्दै आन्दोलन थालेका छन्। शनिबारदेखि उनीहरुले आन्दोलन सुरु गरेका छन्। सेन्टरले असार १९ गते अर्को सूचना जारी गर्दै प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको बताएको छ। यस्तै, उक्त सूचनामा अन्र्तवार्ताका लागि भन्दै १ सय ७७ जनाको नाम प्रकाशन गरेपछि अन्य परीक्षार्थीहरु आन्दोलित भएका हुन्। यसअघि सेन्टरले जेठ ८ गते सूचना प्रकाशित गरी सम्पूर्ण परीक्षार्थीलाई एसएमएस गरेको थियो। सूचनामा पठाइएको एसएमएस अनुसार आफ्नो नाम, ठेगाना र नर्सिङ्ग काउन्सिल नं. सहित सम्पर्क गर्नुहुने स्टाफ नर्सका उम्मेदवारहरुलाई कर्मचारी छनौट समितिले जानकारी गराउने व्यहोरा उल्लेख गरिएको छ। तर, अन्तिम अवस्थामा आएर आफुहरुमा अन्याय भएको परीक्षार्थीले बताएका छन्। उनीहरुले फारम भरेका सबैलाई परीक्षामा सामेल गराउनु पर्ने माग समेत राख्दै आएका छन्।
गङ्गटेमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु नुवाकाेट । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो। दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ। रासस
सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ काठमाडौं । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग २५ हजार तथा तामाङले तीन यात्रुसँग ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
भारतीय मिडियामा नेपालविरुद्ध प्रोपोगाण्डाः स्थापना नै नभएको सुरक्षा चौकी हटाएको हल्ला काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपालविरुद्ध हुँदै नभएको कुरा भयो भनेर हल्ला फैलाइरहेका छन्। यसैक्रममा भारतको अंग्रेजी भासाको पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा अर्को प्रोपोगाण्डा समाचार प्रकाशित गरेको छ। समाचार हो नेपालले सूदुरपश्चिमको दार्चुलाबाट सीमा सुरक्षा चौकी हटाएको विषय। तर, त्यहाँबाट नेपालले सीमा सुरक्षा चौका हटाएको छैन, बरु थपेको छ। सशस्त्र प्रहरी बल (एपीएफ)का प्रवक्ता डीआईजी प्रवीनकुमार श्रेष्ठले दार्चुलाबाट कुनै सीमा सुरक्षा चौकी नहटाइएको बताए। उनले डिसी नेपालसँग भने, ‘हामीले त्यहाँबाट चौकी हटाएका छैनौं, बरु थपेका छौं। अहिले दार्चुला जिल्लामा ४ वटा सीमा सुरक्षा चौकी छन्। त्यहाँ अरु चौकी थप्ने तयारी भइरहेको छ।’ उता हिन्दुस्तान टाइम्सले दार्चुलामा ६ वटा सीमा चौकी स्थापना गरिएको र ती मध्ये २ वटा हटाएको भनेर हुँदै नभएको समाचार प्रकाशित गरेको छ। नेपालले दार्चुलामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि त्यहाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना गरेको छ। नेपालले सीमा क्षेत्रमा २२१ वटा सीमा सुरक्षा चौकी थप्ने गरी काम गरिरहेको डीआईजी श्रेष्ठले जानकारी दिए।
बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ कास्की । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा तीन हजार ११६ जरिवाना फैसला गरेको थियो । वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए।
भारतीयको अवरोधपछि हुलाकी राजमार्ग निर्माणको काम रोकियो काठमाडौं। भारतीय पक्षको अवरोधपछि कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा पर्ने हुलाकी राजमार्गको निर्माण रोकिएको छ। बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने पुचईमा नेपालले राजमार्गको काम गरिरहेको बेला भारतीय पक्षले दशगजा क्षेत्रमा सडक बनाइएको भन्दै अवरोध गरेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आइतबारबाट काम रोकिएको जनाकारी दिए। उनले डिसी नेपालसँग फोनमा भने, ‘पिल्लर नम्बर ३८ रहेको यो क्षेत्र पहिलादेखि नै विवादित हो। उनीहरुको अवरोधपछि हामी तत्काल काम रोक्न भनेका छौं।’ नेपालले राजमार्गको ट््रयाक खोल्ने काम सम्पनन्न गरिसकेको क्षेत्रमा भारतीय अवरोध भएको हो। हाल त्यहाँ ग्रावेलको काम भइरहेको थियो। विवादित क्षेत्र भएकाले अहिलेलाई काम रोकिएको र दुबै देशका सर्वे टिमले सीमाको निक्र्यौल गरेपछि काम शुरु हुने प्रमुख जिल्ला अधिकारीले बताए। उनले यो विषयमा माथिल्लो निकाय गृह मन्त्रालयमा जानकारी गराइ सकिएको बताए। नेपाल र भारतबीच नेपालले नयाँ नक्सा जारी गरेपछि देखिएको यो अर्को विवाद हो।
प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्रीसँग सेनापति थापाको नियमति भेट भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘नियमित भेट हो अरु राजनीतिक छलफल केही भएन।’ सत्तारुढ दल नेकपामा विवाद भइरहेका बेला यो भेट भएको हो।
जवरजस्ती करणीको आरोपमा आश्रम सञ्चालक पक्राउ काठमाडौं । पशुपति आश्रमका सञ्चालक जगदीश वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेलले पक्राउ गरेको छ।जवरजस्ती करणी उद्योगमा उनी पक्राउ परेका हुन् । प्रहरी परिसर ललितपुरका प्रवक्ता तुल बहादुर कार्कीका अनुसार वैद्यको मुद्धा महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेकोले उनलाई कालीमाटी पठाइएको छ । उनीमाथि थप अनुसन्धान काठमाडौं प्रहरीले गर्ने छ ।
प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ। सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। उनका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। रासस
अकवरे चोकमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, ५ घाइते तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन्। आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताए । दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन्। मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताए। घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ। रासस
हावाको दिशा परिवर्तन हुँदा नेपाल आउनै लागेको सलहको झुण्ड भारतमा तितरवितर काठमाडौं। विगत केही दिनदेखि नेपालमा विनाशक किरा सलहले बालीनालीमा क्षति गरिरहेको छ। देशका विभिन्न ५२ जिल्लाम देखिएको सलह शुक्रबार दुई जिल्लामामात्र सक्रिय रहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले जनाएको छ। सेन्टरका अनुसार शुक्रबार रोल्पा र प्यूठानमा मात्र सलह सक्रिय रहेको छ। यसैबीच भारतबाट थप सलह नेपाल आउने सम्भावना तत्कालका लागि टरेको छ। बिहीबार नेपालबाट करिब ५ सय किलोमिटरको दूरी भारतको इटहवामा रहेको सलह हावाको दिशामा परिवर्तन आएपछि सो सलह उत्तरप्रदेशबाट मध्य प्रदेशतर्फ लागेको सेन्टरले जनाएको छ। सेन्टरका अनुसार सो सलहको झुण्ड नेपालको रुपन्देहीबाट करिब ७ सय किलोमिटर टाढा पुगेको छ। हावाको दिशासँगै सलहले पनि दिशा परिवर्तन गरेको हो। सलहले धेरैजसो मकैबालीमा क्षति गरेको सेन्टरले जनाएको छ। २८३ हेक्टर
विपद् बुलेटिन : बीस घटना, तीनको मृत्यु काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् । कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् । पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक/एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन् । यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ । वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाको बालकको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले आज एक सूचनामार्फत जनाएको छ ।
तीन दिनदेखि हराएकी बालिका मृत भेटिइन् काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी छिन्। वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि शुक्रबार आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमाष्टपार्टम लागि प्रादेशिक अस्पताल पठाइएको छ ।
चट्याङ्ग लागेर वृद्धको मृत्यु सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको आज मृत्यु भएको छ । खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहनुभएका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो । चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ । खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको बताए । त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक÷एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उनले जानकारी दिए।
श्रम स्वीकृति खुला, साउन सातसम्म अन्तर्राष्ट्रिय सीमा बन्द काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएका कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः स्वीकृति जारी गरिने भएको छ । यस्तै कोरोना महामारीका सम्बन्धमा सरकारले गत जेठ १८ गते जारी गरेको सङ्क्रामक रोग ऐन, २०२० बमोजिमको आदेशलाई आगामी साउन ६ गते मङ्गलबारसम्मका लागि निरन्तरता दिइने भएको छ । यस्तै कोरोना सङ्क्रमणको जोखिमको विश्लेषणका आधारमा जिल्लामा सङ्कट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भूभाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सील गर्नसक्ने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय सीमामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ । सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिने भएको छ । यस्तै नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानी वाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानी वाहकलाई नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिइने भएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन तथा प्रस्थानमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका कर्मचारीलाई मास्क, स्यानिटाइजर र पञ्जा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुलाई विभिन्न होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोका लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री डा खतिवडाले जानकारी दिए। सरकारले कोरोनाको रोकथाम, नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको ठहर गर्दै खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी सहयोग पु¥याउन सरकारले सबै नेपालीलाई आग्रह गरेको छ ।
सेनाका दुई उच्च अधिकृत बर्खास्त काठमाडौं। नेपाली सेनाका दुईजना उच्च अधिकृत बर्खास्तीमा परेका छन्। सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो। बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो। सैनिक आचारणमा बस्न नसकेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको सेनाको स्रोतले जनाएको छ। तर, कस्तो आचारण उल्लंघन गरेको भन्नेबारे केही खुलाइएको छैन।
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन काठमडाौं। नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा उनको निधन भएको हो। ६६ वर्षीया छन्तयाल मुटु सम्बन्धि रोगबाट पीडित थिइन्।
लकडाउनपछि विश्वका विभिन्न देशबाट साढे ११ हजार नेपाली नागरिक स्वदेश फर्किए काठमाडौँ। विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रोजगारी गुमाएका झण्डै साढे ११ हजार नेपालीलाई सरकारले उद्धार गरेको छ। सरकारले जेठ २३ गते (जुन ५ तारिख) का दिनबाट सुरु गरेको उद्धार कार्यक्रम अन्तर्गत आइतबारसम्म ११ हजार ५५० जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले डिसी नेपाललाई बताए । प्रवक्ता पौडेलले भने, “अहिले विभिन्न देशमा रहेका नेपालीहरु फर्किनेक्रम जारी छ। विदेशमा विभिन्न कारणले रोकिएका र सरकारको पहिलो प्राथमिकतामा परेका नेपालीमध्ये शनिबार बेलुकासम्म ११ हजार ५५० जना नेपाली नागरिक स्वदेश फर्किसकेका छन्। अन्यको उद्धार कार्य जारी छ।” अन्य विभिन्न देशमा रहेका बाँकी नागरिकको पनि कार्यतालिका अनुसार उद्धार हुनेक्रम जारी रहेको प्रवक्ता पौडेलले बताए। अहिले विभिन्न देशमा रहेका नेपालीहरु फर्किनेक्रम जारी छ। विदेशमा विभिन्न कारणले रोकिएका र सरकारको पहिलो प्राथमिकतामा परेका नेपालीमध्ये शनिबार बेलुकासम्म ११ हजार ५५० जना नेपाली नागरिक स्वदेश फर्किसकेका छन्। अहिले सरकारले पहिलो चरणमा ३० देशमा विभिन्न कारणले रोकिएका र पहिलो प्राथमिकतामा परेका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ। अहिलेसम्म अष्ट्रेलिया, अमेरिका, यूके, जापान, बंगलादेश लगायतबाट नेपालीहरु स्वदेश फर्किरहेका छन्। तीन महिनाको लामो लकडाउन खुकुलो बनाएर नेपाल सरकारले विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरुको जेठ २३ गते (जुन ५ तारिख) बाट उद्धार सुरु गरेको थियो। सरकारले जुन १० देखि उद्धार गर्ने तयारी गरेको भएपनि सम्बन्धित देशले नै ल्याइदिने भएपछि अलपत्र नेपालीहरु चाँडै फर्किन थालेका थिए। अहिले विदेशबाट ल्याइएका नेपालीहरुलाई सेनाले संयोजन गरेर होल्डिङ सेन्टरमा राख्ने र स्थानीय तहलाई जिम्मा लगाउने काम गरिरहेको छ। अहिले सरकारले प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालीम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको उद्धार गरिरहेको छ। यूएईबाट फर्किए सबैभन्दा धेरै नेपाली कोरोना र लकडाउनका कारण विदेशमा रोकिएका मध्ये सबैभन्दा धेरै नेपाली यूएईबाट स्वदेश फर्किएका छन्। नेपालीहरुको प्रमूख श्रम गन्तव्य मुलुक मध्येको एक युएईबाट बुधबारसम्म २ हजार १७ जना नेपाली स्वदेश फर्किएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार, कुवेतबाट २ हजार २, साउदीबाट १ हजार २१८, मलेसियाबाट ९२१, बंगलादेशबाट ८१५ र कतारबाट ६३८ नेपाली स्वदेश फर्किएका छन्। यस्तै, अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट ३१३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, माल्दिभ्सबाट ६०४, श्रीलंकाबाट ५, सिङ्गापुरबाट १४६, हङ्कङबाट ८९, पाकिस्तानबाट ७२, बहराईनबाट ४२०, अमेरिकाबाट ५२३, बेलायतबाट २२९ गरी जम्मा ११ हजार ५५० नेपाली स्वदेश फर्किएको प्रवक्ता शर्माले बताए। लकडाउनमा ३१८ को मृत्यु, ८७ शव नेपाल ल्याइयो नेपालमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि लकडाउन जारी भएपछि मात्रै वैदेशिक रोजगारीमा गएका ३१८ जना नेपालीको ज्यान गएको बैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार पछिल्लो समय लकडाउन खुकुलो भएसँगै ८७ वटा शव नेपाल ल्याइएको छ। डिसी नेपालसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदीले भने, “लकडाउनको समयमा मात्रै विभिन्न देशमा ३१८ जना नेपालीको मृत्यु भएको छ । जसमा हामीले पछिल्लो समय ८७ वटा शव नेपाल ल्याएर मृतकका परिवारलाई बुझाई सकेका छौँ भने ११४ जना नेपालीको शव परिवारको स्विकृती पछि विदेशमै अन्तिम संस्कारका लागि सिफारिस गरेका छौँ ।” उनका अनुसार अन्यको शव क्रमिक रुपमा स्वदेश ल्याउने कार्यतालिका छ। सोमबार मलेसिया र कतारबाट उद्धार हुँदै सोमबार मलेसिया र कतारमा विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धार हुँदै छ । उनीहरुलाई लिन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई विमान आइतबार राति त्यसतर्फ उडेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। आइतबार राति नेपाल एयरलाइन्सका जहाज कतारको दोहा र मलेसियाको क्वालालम्पुर उडेका छन् भने हिमालय एयरलाइन्सको चार्टर्ड विमान पनि नेपाली नागरिक लिन मलेसिया गइसकेको छ ।
मन्त्रालयको अध्ययन गलत सावित, नेपाल प्रवेश गर्‍यो सलह काठमाडौं। सरकारले नेपालमा नआउने भनी दावी गरेको सलह नेपाल प्रवेश गरेको छ। शनिबार नेपालका तराईका जिल्लाहरुमा सलह देखिएको छ। फट्यांग्राकै एक प्रजाति सलहले बालीनाली नष्ट पारिदिने गर्छ । भारतको राजस्थान र झरखण्डमा सलहले उधुम मच्चाएपछि सलह नेपालमा पनि आउन सक्ने चर्चाकाबीच कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले अघिल्लो महिना नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो। झरी शुरु भएको, हावाको वहाव परिवर्तन भएको जस्तो कारण देखाउँदै प्रतिवेदनमा नेपालमा सहल नआउने दावी गरिएको थियो। अध्यय कार्यदलको यस्तो प्रतिवेदनका कारण सरकारले सलहको सम्भावित जोखिमबारे कुनै तयारी गरेन। तर, खेतिपाती शुरु भएकोबेला तराईका जिल्लामा प्रवेश गरेको सलहले नेपालमा कृषि क्षेत्रमा ठूलो संकट निम्त्याउने जोखिम बढेको छ। बारा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा सलह देखिएको छ। नेपालमा सलह ६० वर्षपछि देखिएको हो। यसअघि १९६० मा काठमाडौं उपत्याकालगायतका जिल्लामा सलह देखिएको कृषि मन्त्रालयले जनाएको छ। त्यतिबेला पनि नेपालमा खाद्य संकट निम्तिएको थियो।
कोरोना अपडेट : थपिए ५५४ संक्रमित काठमाडौं। कोरोना भाइरस कोभिड १९ का नेपालमा थप ५५४ जना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० महिला र ४३४ पुरुष गरी ५५४ संक्रमित थपिका छन्। स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले देशका ७७ वटै जिल्लामा संक्रमित फेला परेको जानकारी दिए। कोरोनाबाट हालसम्म २८ जनाको मृत्यु भइसकेको छ। शनिबार थप एकजनाको मृत्यु भएको जनाएको छ। भरतपुृर अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो। यसैबीच नेकपा स्थायी कमिटि बैठकमा वितरण गरिएको भाइरस रिमुभिंग कार्डबारे पनि स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया जनाएको छ। हालसम्म कुनै त्यस्तो कार्ड फेला नपरेको भन्दै स्वास्थ्य प्रवक्ता गौतमले यस्तो कार्डको भ्रममा नपर्न आग्रह गरे।
बुटवलमा सवारी दुर्घटना, दुई जनाको मृत्यु बुटवल । बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ।
दैनिक एक करोड २५ लाखसम्म कारोवार हुने ‘फूल व्यपार’, अहिले शून्य जस्तै काठमाडौँ । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ। विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्राय छ । अन्य बजारजस्तै फूलको पसल पनि खुलेको छ तर मानिस अत्यावश्यक सामग्री किने पनि फूल किन्ने एकाध भेटिन्छन्। कोरोना महामारीको शुरु हुनपूर्व दैनिक रु एक करोड २५ लाखसम्मको कारोवार हुने गरेको यस व्यवसायमा अहिले मुस्किलले रु २० लाखसम्मको मात्र कारोवार भएको छ। फ्लोरीकल्चर एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार आगामी १४ गतेसम्म बिहेको लगन परेकाले नगन्य मात्राम फूलको व्यापार भएको हो। त्यसपछि फेरि अहिले भएको कारोवार पनि रोकिन्छ। अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा पर्कने क्रममा भए पनि यस व्यवसायलाई पुनः पहिलेकै अवस्थामा आउनका लागि होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने एशोसिएशनको भनाइ छ। कोरोना महामारी तत्कालका लागि नरोकिने र व्यवसायलाई पहिलेकै अवस्था ल्याउनका सहयोग गरिदिन भन्दै एशोसिएशनले सरकारसँग आग्रह पनि गर्दै आएको छ। पछिल्लो समय नेपाल फूलमा आतमनिर्भर हुँदै गहेको अवस्थाम लकडाउनको कारण धेरैनै नोक्सान भएको छ । कतिले टिपेर बेच्ने बेला भएको फूल काटेर नष्ट गरेका थिए। हरेक वर्ष तिहार र प्रणय दिवसको समयमा सयपत्री र रातो गुलाब आयात गर्नुपरे पनि अन्य फूलमा भने स्वदेशी उत्पादनले नै धान्दै आएको छ । हरेक वर्षको तिहारमा मात्रैै रु १५ करोड सयपत्री फूलको कारोवार हुने गरेको छ । श्रेष्ठले भने, “अहिले स्वदेशमा नै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले ७ प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । ६० प्रतिशत माला खपत खपत हुने फूलमध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत हुने गर्दछ । स्वदेश र विदेशमा गरी वार्षिक रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको छ । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्य गरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो। मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए । विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, नुवाकोट मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्य गरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यस पुष्पखेती विस्तार गरिसकेका छन्। रासस
सुदूरपश्चिममा थप २२१ सङ्क्रमित धनगढी। सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो। कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन्। कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ । प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा सङ्कलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ । सङ्क्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किनुभएका छन् । सङ्क्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन् । यसबाहेक कोरोनाका शङ्कास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ । प्रयोगशाला स्थापनामा ढिलाइ स्वाबको नमूना जाँच गर्न प्रदेशको डोटी र बैतडी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रासससँग कुरा गर्दै आगामी दश दिनमा स्वाचालित पिसिआर मेशिनसहित प्रयोगशाला सञ्चालन आउन लागेको जानकारी दिए। “मेशिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको छ”, मन्त्री सुवेदीले भने, “सञ्चालनमा आउने प्रयोगशालाको एटोमेटिक पिसिआर मेशिनद्वारा स्वाबको नमूना जाँचको दायर बढ्ने छ ।” पछिल्लो पटक प्रदेश सरकारले स्थानीय तहलाई आइसोलेसनको व्यवस्थापन गर्न बजेटसमेत उपलब्ध गराएको उनले जानकारी दिए।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु महोत्तरी । महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ । गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए। ‘
बादलुको घुम्टोमुनि जोमसोम बजार हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्बिर : निरज थकाली/रासस
सप्तरीको कल्याणपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
न्यौपानेद्वारा एक लाखको अक्षयकोष स्थापना दाङ। मावि हापुर विजौरी दाङका पूर्वविद्यार्थी ओमप्रकाश न्यौपानेले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। धौलु वंशज अनुसन्धान सुधार विकास समितिबाट संचालन हुनेगरी आफ्ना माता पिताको सम्झनामा उनले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोष कृषि विकास बैंक घोराहीमा रहने छ। यो अक्षयकोषबाट ‘जीवेश्वरा न्यौपाने/दुर्गा प्रसाद न्यौपाने पुरस्कार’ प्नदान गरिने बताइकाे छ। उक्त अक्षय काेषबाट विद्यालयका तीन विद्यार्थीलाई पुरस्कृत गरिने छ। आफ्नो जन्मथलो, आफूले अक्षराम्भ गरेको र सात बर्ष अध्ययन गरेको विद्यालयका बालबालिकालाई थप प्रोत्साहनका लागि सहयोग पुगोस् भनेर आफूले अक्षयकोष स्थापना गरेको न्यौपानेले बताए। साथै मातापिताको सम्मान पनि दीर्घकालीनरुपमा होस् भनेर अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए। न्यौपानेले शैक्षिक क्षेत्रमा गरेकाे योगदानको उच्च मूल्याङ्कन गरिएको प्रधानाध्यापक केशव रिजालले जानकारी दिए।
गलत आचरण गरेको आरोपमा दुई प्रहरी नियन्त्रणमा काठमाडौं । महानगरीय अपराध महाशाखाले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी ऐन र नियमावली विपरित कार्य गरेको आरापमा दुई प्रहरीलाई नियन्त्रणम लिइ अनुसन्धान शुरु गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गणमा कार्यरत सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिएको हो । ‘प्रहरी कर्मचारीहरुमा कमजोरी देखियो भने उनीहरुलाई सोधपुछ गरिने सामान्य प्रकृया हो’, महाशाखा प्रमुख एसएसपी दिपक थापाले भने ‘केही प्रहरी कर्मचारीलाई सोधपुछ भैराखेको छ उनीहरुलाई नियन्त्रणमै लिएको भने होइन।’ केही समयअघि महागनरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले काठमाडौंका दर्जनौ घुमुवा प्रहरीहरुलाई हटाएर हटाएका थिए विष्ट र चन्द पहिले पनि परिसरमै घुमुवाको रुपमा कार्यरत थिए।
पाेखराका होटलमा चिकित्सक राखेकाे भन्दै स्थानीयवासीको विरोध पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन्। सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले कोभिड–१९ का सङ्क्रमितसँग प्रत्यक्ष काम गरिरहेका चिकित्सक सुरक्षित स्थानमा रहनुपर्नेमा अव्यवस्थित पार्किङ र मापदण्ड पूरा नभएको होटलमा बस्दा जोखिम हुन सक्ने भएकाले यस विषयमा आवाज उठाएको बताए । “हामीले विरोधभन्दा पनि जोखिमलाई ध्यान दिएर आवाज उठाएका हौँ, यस होटल वरपर रहेका ५२ घर मजदूर छन् उनीहरुका बच्चाहरु खुलमखुला हिँड्छन्, व्यवस्थित पार्किङ छैन, चिकित्सक बोकेको गाडी घण्टौँ होटल अगाडि हुन्छ। अग्रमोर्चामा रहेका चिकित्सक र नर्सलाई तोकिएको मापदण्ड पूरा गरिएको होटलमा राख्नुपर्ने हाम्रो माग हो”, उनले भने । उक्त होटलका सञ्चालक विष्णु आचार्यले अस्पतालको आधिकारिक पत्रसहित काममा रहेका चिकित्सक र नर्स होटलमा बसेको जानकारी दिए । “उहाँहरु कामबाट आउनुहुन्छ, सुरक्षा अपनाएर कोठामा जानुहुन्छ, सामाजिक दूरी कायम गरेर होटलको सेवा प्रवाह भएको छ, टोलमा जोखिम हुने गरी कुनै पनि कार्य भएको छैन।” चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. निर्मल लामिछानेले सरकारले अस्पतालमा कार्यरत चिकित्सकका लागि गरेको प्रबन्धमा स्थानीयवासीले विरोध गर्नु जायज नभएको बताए। “अहिले चिकित्सक नर्सलगायतका स्वास्थ्यकर्मी कोभिड–१९ को अग्रमोर्चामा खटिएर काम गरिरहेका छन् । यो बेला उहाँहरुको आत्मबल बढाउन जरुरी छ। दिनभरको कामको तनावले आराम गर्न होटल पुगेका चिकित्सकप्रति अनावश्यक शंकाउपशंका गरेर विरोध गर्नु जायज छैन, उनीहरु बाटोमा हिँड्दैमा कोरोना सर्छ भनेर बुझ्नु नै चेतनास्तर कम हुनु हो, चिकित्सक नर्स आफैँ पनि यस विषयमा सतर्क छन्।” रासस
भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु काठमाडौँ । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ। सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो। मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ। ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पाकिस्तानमा अलपत्र ७२ नेपाली हिमालय एअरलाइन्सको उडानबाट काठमाडौं पुगे काठमाडौं। दक्षिण एशियाली मुलुक पाकिस्तानमा अलपत्र परेका ७२ जना नेपाली सोमबार हिमालय एअरलाइन्सको चार्टर्ड उडानबाट काठमाडौं आएका छन्। नेपाली राजदूताबास इस्लामाबादको समन्वयमा हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट पाकिस्तानमा अलपत्र नेपाली सेनाका सहायक रथी लगायत ७२ जना नेपाली काठमाडौं आएका हुन्। सेनाका सहायक रथी,र्राष्ट्रिय संघसंस्थामा कार्यरत प्रबुद्ध नेपालीबर्ग, विद्यार्थीहरू तथा नियोगका पदाधिकारीहरूको उद्धार गरिएको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले डिसी नेपाललाई जानकारी दिएकी छन्। उनका अनुसार काठमााडौंमा अलपत्र परेका ७० जना पाकिस्तानीको पनि सोही एअरलाइन्समाफर्त उद्धार गरिएको छ।
null
भारत-चीन तनावले नेपालमा सुरक्षा प्रभाव पार्ने सेनाको निश्कर्ष, आवश्यक रणनीति बनाउँदै सेना काठमाडौं। नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाली सेनाले यसपटक विना सन्दर्भ पृतनापतिहरुको सम्मेलन गरेर सबै क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा कालापानी पुगेर आए लगत्तै पृतनापतिहरुको सम्मेलन गरेपछि चीन र भारतबीचको चिसिँदो सम्बन्धको विषयमा छलफल गर्दै नेपालमा त्यसको प्रभावबारे मूल्यांकन गरी प्रतिकुल परिस्थिति आउनसक्ने आँकलन गरिएको छ। चीन–भारतबीच गलवान उपत्यकामा भएको भिडन्तपछि दुई देशबीच उत्पन्न भइरहेको र हुनसक्ने तनावले नेपालको सुरक्षामा पार्ने प्रभावका विषयमा सेनाका जर्नेलहरूबीच छलफल भएको र उनीहरुले नेपालमा पनि त्यसको असर पर्ने निष्कर्ष निकालेका हुन्। सेनाले चीन–भारत सम्बन्धपछि उत्पन्न हुनसक्ने प्रतिकूल परिस्थितिका विषयमा यथार्थ विश्लेषणसहित योजना तथा रणनीति बनाउने विषयमा समेत छलफल गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा तीदिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा पृतना तथा बाहिनीपतिहरूले पछिल्लो घटनाक्रमका विषयमा आफ्नो धारणा प्रस्तुति दिएका थिए । बैठकले नेपाल र भारतको सीमा क्षेत्रमा पनि समस्या आउनसक्ने संभावनातर्फ इगिंत गर्दै परिस्थितिको सामाना गर्न नेपाली सेना तयार हुनपर्ने निष्कर्ष निकालिएको बैठक स्रोतले जनाएको छ । बैठकमा सहभागी उच्च सैन्य स्रोतका अनु्सार बिदेशबाट उद्धार गरिएकाहरू मध्ये त्यहाँ सजाय भुक्तान र सजाय माफी पाएकाहरूलाई नियमित निगरानीमा राख्ने र उनीहरूलाई उचित सम्बोधनको आवश्यकताका विषयमा सरकारलाई जानकारी गराउने विषयमा छलफल भएको थियो। सेनाले यसरी विदेशमा अपराध कसुर ठहर भए पनि आममाफी पाएर आएकाहरूलाई सरकारले उचित सम्बोधन नगरे उनीहरूलाई राज्यविरुद्ध सशस्त्र संघर्षको तयारीमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गर्नसक्ने विषयलाई प्राथमिकतामा राखिएको थियो। प्रधानसेनापति थापाले बैठकलाई आइतबार गरेको सम्बोधनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन, विश्लेषण गर्दै विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न मातहतलाई निर्देशन दिएका थिए। शुक्रबारको बैठकमा सेनाले नेत्रविक्रम चन्दको गतिविधिबारे सुरक्षा विष्लेषण गरेको थियो भने शनिवार र आइतबार नेपाल भारत सीमा, अन्र्तराष्टिय परिस्थिति र त्यसबाट नेपालमा पर्नसक्ने प्रभाव तथा भारत चीन विवाद बारे छलफल गरेको थियो । आइतबार भने कोरोना भाइसर संक्रमण तथा नेपाली सेनको जिम्मेवारीको विषयमा छलफल गरेको थियो । आइतबार प्रधानसेनापति थापाले निर्देशनात्मक सम्बोधनमा देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिबद्ध रहेको बताएका थिए। उनले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नियमित रुपमा आयोजना हुने भनिए पनि यसपटको बैठकमा रक्षामन्त्री तथा रक्षा सचिवलाई सहभागी गराइएको थिएन । सैनिक जनसम्पर्क निर्दैशनालयले भने यस बैठकलाई नियमित समन्वयात्मक बैठकमा भनेको छ । बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समीक्षा, कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितिजन्य विषयहरू सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको थियो। बैठकमा पीएसओज रथीहरू, सबै पृतनापतिहरूलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरूको समेत उपस्थिति रहेको निर्देशनालयले जनाएको छ ।
बालिका बिक्री गर्ने दुई पक्राउ काठमाडौं । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आइतबार जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो । उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
लागु औषधसहित ५ जना पक्राउ काठमाडौं । प्रहरीले लागु औषधसहित ५ जना पक्राउ गरेको छ। लागु औषध ओसार–पसार विरुद्ध चलाएको अप्रेसनको क्रममा चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा असार ५ गते राति ११ः३० बजे भरतपुर महानगरपालिका वडानं २ बिक्रम मार्ग सडकबाट ना ४ प ४४३९ नम्बरको बोलेरोबाट लागु औषध बरामद गरेको चितवन प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी २९ वर्षका अनुज भनिने भुदत्त परियार, वडा नं. ३ नगरवन बस्ने २२ वर्षका अविनाष बोटे, वडा नम्बर २९ बस्ने २६ वर्षका आशिष थापा, २२ वर्षका कञ्चन उपरकोटी र जिल्ला नवलपरासी गैडाकोट नगरपालिका वडा नम्बर १६ बेल्डिया बस्ने वर्ष १९ की बविता महत्तो रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट PHENERGAN-2ml २५५ थान, NOOPHIN-2ml २५५ थान, र DIZEPAM-2ml २५५ थान  लागु औषध प्रहरीले बरामद गरेको छ। उनीहरु सबैलाई चितवन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
निजी विद्यालयको मनलाग्दी, अभिभावकसँग मागे शुल्क काठमाडौं। गएको चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउनका कारण विद्यालय बन्द तथा नयाँ भर्ना नभए पनि निजी विद्यालयले भने भर्ना शुल्क र अन्य शुल्क बुझाउन अभिभावकहरुसँग अपील गरेका छन्। निजी विद्यालयहरुका दुबै संगठन प्याब्सन र एनप्याब्सनले आइतबार सँयुक्त अपील जारी गर्दै अभिभावकहरुसँग शुल्क मागेका हुन्। सरकारले लकडाउन गर्नुअघि नै नयाँ भर्ना बन्द गरेको र विद्यालय बन्द भए पनि निजी विद्यालयहरुले भने आफूहरु आर्थिक संकटमा परेको भन्दै लकडाउन अवधिको पनि शुल्क माग गरेका छन्। यो विषयमा सरकारले भने कुनै निर्णय गरिसकेको छैन। तर, पनि निजी विद्यालयहरुले आफूखुशी शुल्क उठाउने तयारी थालेका हुन्। प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सँयुक्तरुपमा आइतबार अपील जारी गर्दै शुल्क मागेका छन्। जारी अपीलमा, ‘आआफ्ना छोरा छोरीको नयाँ तथा पुरानो अभिलेखिकरण गराउने, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागि र सहयोगी भई विद्यालयलाई सहयोग गर्न’ आह्वान गरिएको छ ।
नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन्। मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाल र भारतबीच सम्बन्धका अनेकौँ आयाम रहेको, यी दुवै मुलुक चिरकालदेखि सुःखदुःखको साथी रहेको र घनिष्ठ सम्बन्ध रहिआएकाले कुनै एउटा खास विषयले मात्र सम्बन्धको आयामलाई फरक पार्न नहुने विचार व्यक्त गरे । सन् १९६२ को चीन भारत युद्धपछि भारतबाट अतिक्रमण गरी सैनिक राखिएको नेपालको सो भूभाग समेटेर नेपाल सरकारले तयार गरेको नयाँ नक्शा अनुकूलको निशाना छापसमेत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भई यही असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सो संशोधन नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको छ र निशान छाप संविधानको अनुसूची ३ मा राखिएको छ । मन्त्री ज्ञवालीले इतिहासले छाडेको नासो र नसुल्झिएको सीमा विवाद समाधान गर्न दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा यसअघि नै परराष्ट्र सचिवस्तरको संयुक्त आयोगको बैठक बस्न सकेको भए यो समस्या यस रूपमा नआउने पनि स्पष्ट गरे । दुवै देशले पारस्परिक सम्बन्धलाई एक्काइसौंँ शताब्दीअनुकूल विस्तार गर्ने कार्यादेशसहित प्रबुद्ध व्यक्तिको समूह गठन गरेर प्रतिवेदन तयार गरिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, “कस्ता कस्ता जटिल समस्या त वार्ताबाट समाधान भएका छन् भने अहिलेको सीमा समस्या असल नियतका साथ वार्ताबाट समाधान गर्न नसकिने होइन । संवादका लागि हामीले निरन्तर प्रयास गरेका छौंँ र भारतीय पक्षको सार्थक जवाफको प्रतीक्षामा छौँ ।” भारत सरकारले सन् १८१६ को सुगौली सन्धिविपरीत नेपालका ती भूभागलाई आफ्नो नक्शामा पारेर गत कात्तिकमा नयाँ नक्शा जारी गरेपछि नेपाल सरकारले लिखित असहमति जनाएको थियो । पछिल्लो समय भारतले एकतर्फी रूपमा नेपाली भूभागमा चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालले गम्भीर आपत्ति जनाउँदै समस्याको टुंगो लगाउन वार्तामा आउन गरेको आग्रहमा भारत सरकारबाट औपचारिक जवाफ आएको छैन । मन्त्री ज्ञवालीले नेपालले सुगौली सन्धि र पूरक सन्धिमा उल्लेख भएअनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नयाँ नक्शा जारी गरेपछि भारतसँग वार्ताका लागि विभिन्न निकायमा छरिएर रहेका महत्वपूर्ण प्रमाण एवं कागजात संकलन गरी क्रमबद्ध रूपमा मिलाएर राख्न प्रमाण संकलन समिति गठन गरिएको जनाउँदै समितिभन्दा बाहिर रहेका विज्ञसँग पनि सुझाव र परामर्श लिइने स्पष्ट गरे । उनले दुई देशका औपचारिक लिखतबाहेक अरू कुनै पनि प्रकारका प्रबन्धले अन्तरराष्ट्रिय सीमा परिवर्तन गर्नै नसक्ने बताए । मन्त्री ज्ञवालीले पछिल्ला समयमा भारतीय रक्षामन्त्रीको प्रतिक्रिया सकारात्मक रहेको उल्लेख गर्दै दुई देशबीच वर्तमान सरकार बनेयता कतिपय पक्षमा विकास साझेदारीका काम सन्तोषजनक रूपमा अघि बढेको र कुनै एक समस्याले सम्बन्धका विविध आयाममा प्रभावित पार्दैन भन्ने स्पष्ट भएको जनाए । विश्व इतिहासमा कुनै देशको अधीनमा नरहेका अतिसीमित संख्याका देशमा पर्ने नेपालले आफ्नो सार्वभौमिकताको रक्षाजस्तो विषयमा स्वतन्त्र रूपमा प्रस्तुत हुन सक्ने भएकाले यसमा अन्य कुनै देशलाई जोड्नु आवश्यक नभएको स्पष्ट गर्दै ज्ञवालीले भने, “त्यसरी कतै जोडिदिनुको अर्थ नेपालको स्वाभिमानमा आँच ल्याउन खोज्नु हो, त्यसैले हामी त्यस्ता प्रयासलाई इन्कार गर्छौँ । यस्ता समस्या बल्झाउँदा विश्वशक्तिका रूपमा उदाउन खोजिरहेका मुलुकका लागि हितकर हुँदैन ।” भारत र चीनलाई वार्ताका लागि आह्वान मन्त्री ज्ञवालीले भारत र चीनबीच हालै लद्दाखमा भएको तनावका बारेमा नेपाल सरकारको धारणा राख्दै ती दुवै छिमेकीलाई तनाव र उत्तेजना कम गरी वार्ताबाट समाधान गर्न आह्वान गरे । उनले भने, “नेपाल सधैँ क्षेत्रीय विकास, शान्ति र स्थायित्वका पक्षमा दृढतापूर्वक उभिएको छ । कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रुपमा गर्न सकिन्छ भन्नेमा नेपालको अविचलित विश्वास छ । हाम्रा दुई छिमेकीबीचका सीमाको वास्तविक नियन्त्रण रेखाक्षेत्रमा भएको हताहतका घटनाबाट हामी दुःखी छौँ ।” एमसिसी सम्झौता रोक्न मिल्दैन अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी० विवादबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित निर्णयमा पुगिने जनाए। उनले प्रतिप्रश्न गरे, “बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसिसी परियोजना लागू भएको छ ?” उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरे । उनले उक्त सम्झौतालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने र संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताए । कोभिड–१९ को असरका कारण अति समस्यामा परेका नेपालीलाई क्रमशः स्वदेश ल्याउने क्रममा हालसम्म दुई हजार जना फर्किसकेको जानकारी दिँदै ज्ञवालीले नेपालको कूल जनसंख्याको झण्डै १५ प्रतिशत नेपाली विदेशमा रहेको स्थितिमा अहिलेको सामथ्र्य र स्वास्थ्यको जोखिमका दृष्टिले सबैलाई स्वदेश ल्याउन सम्भव नहुने भएकाले यस्ता मानवीय विषयलाई राजनीतिक हतियार नबनाउनसमेत आग्रह गरे।रासस
ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम जलविरे । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन । राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ । छिटो जाने हतारोमा उनीहरुले लापरवाही गरिरहेका अन्य चालकहरु नै आरोप लगाउँछन् । चालकले दोहोरो लाइन पछि पनि ओभरटेक गर्दा गाडी पास हुन सकेको छैन । अन्य क्षेत्रमा सडक चौडा पारिएकाले तेहोरो लाइनमा पनि सवारी गन्तव्यमा गएका देखिए पनि यहाँको कालीखोला पुल, जलविरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्छ । ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको एक जना चालक कृष्ण परियारले बताए । जसका कारण यहाँ दुई दिनदेखि अड्किएर बसेका यात्रु ठूलो मारमा छन् । आज अपराह्न कतिपय ट्रकका चालक सिट मै निदाएका भेटिए । कतिपय गाडी छाडेर गएकाले पनि गाडी जाम बढिरहेको छ । सवारीको बाक्लो चाप भए पनि त्यसको व्यवस्थापनमा भने प्रहरीको उपस्थिति न्यून छ । प्रहरीको उपस्थिति कमजोर हुँदा चालकको लापरवाही बढेको पाइन्थ्यो । ठुलो जामको मारमा यात्रुहरु छन् । फाट्टफुट्ट एक दुई जना प्रहरीले १५ किलोमिटर भन्दा बढी लामो जाम व्यवस्थापन गर्नु परिरहेको दृश्य आज देखिएको थियो । जाम मुग्लिनदेखि घुमाउने भन्दा यतासम्मै छ । सार्वजनिक सवारी नहुँदा समेत जाममा ट्रक र निजी गाडी फसेका छन् । बुधबार विहान ९ बजे मानवसेवा आश्रमको एक टोली लमजुङबाट हिँडेको थियो । तर आज अपराह्न टोली चार किलो मै अड्किएको थियो । बाटोमा भेटिएका उनीहरु पसिनाले निथ्रुक्क भिजेको अवस्थामा थिए । सिमसिम पानी अनि चर्को घाम, घाम ओइलाउँदा हप्प गर्मीले यात्रुहरु आलसतालस देखिएका थिए । खलखली पसिना बगाएर बाटो खुल्ने प्रतीक्षामा थिए उनीहरु । आश्रमका प्रदेश संयोजक सुशिला केसीको नेतृत्वमा रहेको टोली मात्रै होइन धेरै गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । निजी सवारी र ट्रक मात्रै भएकाले यात्रुको चाप कम देखिए पनि १५ किलोमिटर बढी लामो जाममा फसेका यात्रुहरु यहाँ हजारौँ छन् । बीच बाटोमा लकडाउनका कारण दोकानसमेत राम्ररी सञ्चालन भएको छैन । गाडीको जामका कारण फर्कनेसक्ने अवस्थासमेत नरहेको एक जना चालकले गुनासो गरे । केसीले भनिन्, “हिजो विहानदेखि आएको अलपत्र परियो, गाडीहरु ओभरटेक गरेर उछिन्ने काम मात्रै भएको छ, त्यसैले जाम खुल्न समस्या भइरहेको छ ।” मुख्यगरी चार किलो र जलविरे क्षेत्रमा पहिरोका कारण सवारी एकतर्फी छ । सोही कारण अहिले मुग्लिनदेखि घुमाउनेसम्म दोहोरो गाडीको जाम छ । मुलिनबाट काठमाडौँतर्फ पनि दुई किलोमिटसम्म जाम रहेको छ । यता नारायणगढतर्फ घुमाउनेसम्म गाडी जाम भएपछि प्रहरीले दासढुङ्गामा नै गाडी रोकेर व्यवस्थापन शुरु गरेको छ । दासढुङ्गामा समेत गाडीको लामो लाइन भइसकेको थियो । नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । केही वर्षअघि यहाँ सडक चौडा पार्ने काम भएको थियो त्यो बेला यहाँको भित्तो काटिएपछि अचाक्ली पहिरो खस्न थालेको थियो । जसका कारण यहाँ प्रहरीको गाडी नै बगाएको थियो भने अन्य सवारीसमेत पहिरो खसेर पुरेको थियो । पहिरो कै कारण प्रहरीसहित दर्जनौँको ज्यान गइसकेको छ । पहिरो रोक्न नारायणगढ मुग्लिन सडक आयोजनाले यहाँ रक नेटिङ्गको नयाँ अवधारणा शुरु गरेको थियो । धेरै स्थानमा यसले काम गरेको पनि छ । तर अहिले चारकिलोको पहिरोले भने रक नेटिङ्गलाई नै बगाएर गएको छ । गएको हिउँदमा यहाँ उक्त प्रविधि प्रयोग गरिएको थियो । तर त्यसले काम गरेको छैन । भित्रैबाट पहाड नै खसेपछि उक्त प्रविधिले काम नगर्ने विज्ञको भनाइ छ । पहिरो बुधबार बिहान चार किलोमा ४ः१५ बजे खसेको थियो । साँझ ७ बजे एकतर्फी खुल्यो केही मिनेटमा फेरि बेलुका ७ बजे चार किलोमा पनि खस्यो । त्यसलाई राति १० बजे पन्छाएर सडक एकतर्फीँ नियमित गरिएको थियो । विहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो । तर दिउँसो पुन एकतर्फी खुलाइएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा झण्डै ४५ मिटर लामो पहिरो छ । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको उनले जानकारी दिए। अहिले पनि पहिरो पन्छाउन मजदुर खटिएका छन् । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा यात्रु थप मारमा परेका हुन् । चितवनबाट गएका अधिकांश ट्रक काठमाडौँ उपत्यकाका लागि खाद्यान्नलगायत मालसामानका साथमा छन् । काठमाडौँबाट आएका सवारी मालसामान लिन जाने क्रममा थिए । बीचमा अड्किएकाले थप समस्या देखिएको छ । यसमा प्रहरीको सहभागिता बढाएर बाटो सञ्चालन गर्न नसके यो जाम अझै लम्बिने चालकहरु बताउँछन् । चितवनका प्रहरी उपरीक्षक शान्तिराज गुरुङ जाम बढेकाले अहिले केही समय गाडी रोकेर दोहोरो गाडी खुलाउने प्रयास थालिएको बताए । त्यसले जाम थप बढ्ने निश्चित छ । रासस
संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, अब निशान छापमा नेपालको नयाँ नक्शा काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिबाट विधेयक पारित भएसँगै नेपालको संविधान संशोधन भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्शा सरकारको निशान छापमा राख्न संविधान संशोधन गरिएको हो। सरकारले हालै नेपालको नयाँ नक्शा जारी गरेको थियो। निशानछापमा समेन नयाँ नक्शा राख्नुपर्ने भएकाले संविधानको अनुसूची संशोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो। संसदका दुबे सदनबाट सर्वसम्मतरुपमा यो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागु भएको हो। अब नेपाल सरकारको निशान छापमा नयाँ नक्शा हुनेछ।
अमेरिकाबाट नेपाल जाने उडान समयमा हेरफेर वासिंगटन डिसी । अमेरिकाको वासिंगटन डिसीस्थित नेपाली दुतावासले जरुरी अवस्था आई नेपाल फर्किनुपर्ने नेपालीहरुका लागि पूर्वनिर्धारित उडान तालिकामा हेरफेर गरेको छ । दूतावासका तर्फबाट जुन १७ तारिक बुधबार एक सूचना प्रकाशित गर्दै टर्किस एयरलाइन्सले जुन २३ तारिकमा न्यूयोर्कको जेएफके एयरपोर्टबाट सांझ साढे १० बजे उडान गर्ने र जुन २४ तरिकमा शिकागोबाट सांझ ६ बजेर ५० मिनेटमा उडान गर्ने जानकारी दिएको छ । यसअघि शिकागोको उडान जुन २५ मा तय भएको थियो । त्यसैगरी कतार एयरले जुन २४ को उडान आईएडी वासिंगटन डिसीबाट १० बजे तय गरेको छ । यसअघि यो उडान जुन २३ मा गर्ने भनिएको थियो । कतारले अर्को उडान जुन २५ मा डालास टेक्ससबाट सांझ ६ बजे १० मिनेटमा तय गरेको छ । दुबै एयरलाइन्सले टिकट विक्रीका लागि एजेण्टहरु तोकेको दुतावासको सूचनामा उल्लेख गरिएको छ । यी सबै उडानबाट नेपाल जानेहरुको नाम यसअघि दूतावासमा निवेदन दिएर तय भएका नामहरु हुन् । दूतावासले नाम टिपाएर नेपाल जान इच्छुक भएकाहरुको नाम दुबै एयरलान्सलाई पठाइसकेको र लिष्टमा नाम भएकाहरुले विमान कम्पनीले तोकेका एजेण्टहरुमार्फत टिकट किन्नु पर्ने दूतावासको सूचनामा उल्लेख छ ।
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि बागलुङ । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ। यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ। सङ्घले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी सङ्घका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए । वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीको भनाइ छ। विसं २०७२ चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरिएको हो। यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर रु १००, दही प्रतिलिटर रु १२०, पनिर रु ८००, घ्यू प्रतिकेजी रु एक हजार ३००, खुवा प्रतिकेजी रु एक हजार २००, छुर्पी रु एक हजार, लस्सी २०० मिलीलिटर रु ५०, आइक्रिम प्रतिकोन रु ४० र नौनी रु एक हजार कायम गरिएको छ। “लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो”, अध्यक्ष क्षेत्रीले भने, “किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि भएको हो।” दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरेको दुग्ध व्यवसायी सङ्घका सचिव मुक्तिराम आचार्यले जानकारी दिए । एकैपटक दूध प्रतिलिटर रु २० मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन्। रासस
द्वन्द्वको थलो बन्दै दैलेखका क्वारेन्टिन दुल्लु । कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा ल्याएका क्वारेन्टिन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा यहाँका क्वारेन्टिन अहिले सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वस्थलमा परिणत हुन थालेका हुन् । न्यूनतम मापदण्ड ख्याल नगरी प्लास्टिक टनेल, गाईभैँसी बाँध्ने गोठ र विद्यालयका कोठालाई सामाजिक दूरीसमेत कायम नगरी स्थानीय सरकारले क्वारेन्टिनका रूपमा प्रयोग गर्दा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०२ पुगेको छ भने आन्दोलन र झडपका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन् । सङ्क्रमितलाई चार दिनसम्म एउटै कोठामा राखेको भनी नारा जुलुसदेखि सेवा सुविधा नभएको भनी आइसोलेशन छाडेर हिँड्ने, प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्षसमेत कुटपिट र प्रहरीको लाठी चार्जबाट चार जना घाइतेसमेतका घटना घटेका छन् । दीर्घकालीन योजनाबिनै कोरोना रोकथाममा स्थानीय सरकारले सामान्य रणनीति बनाउँदा यी दुःखद् घटना घटेका भएका हुन् । यही अवस्थामा छाडे यी प्रतिनिधिमूलक घटना मात्र भएको र भोलि क्वारेन्टिनभित्रै मानवीय क्षति हुने सम्भावना बढेर गएको मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीको ठम्याइ छ । सरकारले कोरोना रोकथामका लागि बनाएको मापदण्डविपरीत, युद्धमा कब्जा गरिएका युद्धबन्दीभन्दा बढी कोचाकोच र मान्छेको स्वस्थरुपमा बाँच्न पाउने अधिकारको हनन हुने गरी रोगी र निरोगीलाई एउटै स्थानमा राख्नु मानव अधिकारको उल्लङ्घन भएको उनको तर्क छ । त्यस्तै शनिबार डुङ्गेश्वर गाउँपालिका वडा नं ४, ५ र ६ का ३५ जना सङ्क्रमितलाई आइसोलेशनमा राख्ने भन्दै पाँच घण्टा हिँडाएर चुप्रास्थित त्रिवेणी सङ्गम माविमा ल्याउनु र नारायण नगरपालिका–१ स्थित त्रिउमावि क्वारेन्टिनमा रहेका चार जनामाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटना आपत्तिजनक रहेको उनले बताए । क्वारेन्टिनभित्र सेवा सुविधा नभएको, समयमा परीक्षण नभएको र रिपोर्ट आएका सङ्क्रमितसँगै अन्यलाई पनि सँगै राखेको विरोधमा नाराबाजी, कुटाकुट र झडप हुँदा पनि स्थानीय सरकारले गम्भीर नहुनु दुःखद् पक्ष भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य गोविन्ददेव भारतीले बताए। एउटै कोठामा सामाजिक दूरी कायम नगरी ४० देखि ५० राखिनु, सङ्क्रमित पुष्टि भएको चार दिनसम्म एउटै कोठामा राख्नु, प्लाष्टिक टनेलमा राख्नु आइसोलेशनमा राख्ने भन्दै चारदेखि पाँच घण्टा पैदल हिँडाउनु र प्रहरीले आइसोलेशनमा व्यक्तिलाई घाइते बनाउनु यी र यस्ता घटनाले क्वारेन्टिनमा सङ्क्रमणको उच्च जोखिम र अबका दिनमा यी कार्य नरोकिए प्रत्येक दिन द्वन्द्वस्थलका रुपमा परिणत हुने उनको तर्क छ । शनिबार डुङ्ेगेश्वर गाउँपालिका–१ स्थित त्रिवेणी सङ्गम माविमा आइसोलेशनमा कुनै पनि सुविधा नभएको भन्दै त्यहाँका ३५ जना कोरोना सङ्क्रमित विरोध जनाउँदै त्यहाँबाट निस्केका त्यहाँबाट निस्केर तीन घण्टा पैदलयात्रा गरी हिँडिरहेका अवस्थामा प्रहरीले उनीहरुलाई पुनः अर्को आइसोलेशन निर्माण गरेको स्थानमा लगेको छ । सङ्क्रमित जनकल्याण मावि सर्माकोटमा राखिएको गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । “हामीले सबै क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरेका छौँ । सकेसम्म सेवा सुविधा दिन प्रयास गरिरहेका छौँ”, उनले भने । त्यस्तै नारायण नगरपालिका–१ मा रहेको त्रिउमाविस्थित आइसोलेशनमा प्रहरी र सङ्क्रमितबीच झडप भएको छ । चार जना घाइते भएका छन् । यसअघि दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र थापालाई र भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापालाई सेवा सुविधा नदिएको भन्दै क्वारेन्टिनभित्र रहेका व्यक्तिले आक्रमण गरे । जिल्लाका ११ स्थानीय तहमा नौ हजार श्यया क्वारेन्टिन र छ हजार जना भारतबाट आएका बसिरहेका छन् । हालसम्म तीन हजार जनाको परीक्षण भएको तीमध्ये ५१३ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल दैलेखका कोरोना स्रोत व्यक्ति (फोकल पर्सन) थीरप्रसाद रेग्मीले जानकारी दिए । स्थानीय सरकारको हतारको क्वारेन्टिन व्यवस्थापनले दिनहुँ आन्दोलन र झडपका घटना बढ्ने खतरा बढेको छ । पछिल्लो समयमा सङ्क्रमितलाई उपचारका लागि छुट्टै आइसोलेशन कक्ष नहुँदा सङ्क्रमित र अन्य व्यक्ति एउटै कोठामा बस्नुपर्ने बाध्यता हुँदा यी घटना बढेर गएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । शुरुमा यति ठूलो सङ्ख्यामा भारतबाट आउने आँकडा नहुँदा थोरै आइसोलेशन कक्ष तयार गरियो अहिले ठेक्न नसकिने गरी क्वारेन्टिन बस्ने र सङ्क्रमित देखिएपछि अलि व्यवस्थित गर्न नसक्दा उहाँहरुको आक्रोस बुझेपछि समाधान गर्न नसकिएको उनले स्वीकार गरे । यस्तै क्वारेन्टिनमा बस्नेले माग राख्दै गए उनिहरूले माग पूरा गर्न आन्दोलन गरे सुरक्षा दिन पनि मुस्किल पर्ने जिल्ला प्रहरी प्रमुख हरि ओलीले बताए। समयमै स्थानीय सरकारले उनिहरुको मागलाई सम्बोधन गर्नुपर्यो कि सम्झाउनुप¥यो होइन भने यस्तै आन्दोलन हुँदै जाने हो भने क्वारेन्टिनभित्र दिनहुँ नारा जुलुस हुनेहुँदा सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वका कारण मानवीय क्षति पनि हुनसक्ने खतरा बढेर गएको उनले आशङ्का गरे । एक कोठामा ४० देखि ५० जना हुनुहुन्छ अचानकभित्र झड्प भयो भने त्यो हुलमा मानवीय क्षति हुनसक्ने खतरा बढेर जाने हुँदा सबै स्थानीय सरकारले उपाय खोज्नुपर्ने उनको सुझाव छ । समयमै पिसिआर रिपोर्ट प्रदेश कोरोना अस्पतालबाट नआउँदा सङ्क्रमित र अन्य एकै ठाउँमा बसाल्न बाध्य भएको र अधिकांश त्यसरी सङ्क्रमण फैलिन बढी जोखिम बढेको भैरवी गाउँपालिका प्रमुख प्रेमबहादुर बुढाले बताए । तर केही भने अराजक आचरण भएकाले यस्तो भएको हुँदा यस्ताखालका घटना हुने उनले भने ।रासस
छुट्टा छुट्टै ठाँउमा भएको दुर्घटनामा दुईको मृत्यु काठमाडौं । मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । त्यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्याङ्करले बा ९२ प. ७०७७ नं को स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा स्कुटर पछाडि सवार काठमाडौँ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कार्कीको नेपाल कोरियामैत्री अस्पताल ठिमीमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए। प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।
जिप दुृर्घटनमा १ काे मृत्यु ७ जना घाइते काठमाडौं । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा शनिबार जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकी दुर्गा अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए । दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा भिरकोट– ५ की ३७ वर्षीया शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते हुनुभएको छ । घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ ।
त्रिशूल प्रहार गरी हत्या तुलसीपुर । दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ । आज बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल प्रहार गर्दा डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए ।
कोरोना महामारीसँगै कृषिमा युवाको आकर्षण बढ्दो नुवाकोट। कोरोना भाइरस संक्रमण महामारी सुरु भएपछि अहिले अधिकांश मानिस गाउँ घरमा छन्। लकडाउनका कारण गाउँमै थुनिएका मानिस यतिबेला कृषि पेशामा संलग्न हुन थालेका छन्। अहिले खेती गर्ने सिजन पनि भएकाले गाउँ भित्रिएका मानिसहरु खेतीपातीमा व्यस्त हुन थालेका छन्। असार लाग्ने समयमा खेतबारीको अत्याधिक काम हुने, काम गर्ने मानिस नपाइने भएपनि यो वर्ष सबै जसो मानिस गाउँ घरमा भएकाले काम गर्न सहज भएको कृषक बताउँछन्। शहर पसेकाहरु खेतमा काम गर्ने बेलामा गाउँ आउन छोडेपनि लकडाउनका कारण सबै जसो मानिस गाउँ फर्किएपछि पुरानो दिन फर्किएको अनुभूति भएको बताउँछन् नुवाकोट विदुरका ८५ वर्षीय विष्णु वस्ती। ‘ पहिला पहिला असार आउँदा सबै टोलका मान्छे जम्मा भएर काम गर्ने एकाअर्कालाई सहयोग गर्थे। तर अहिले विस्तारै कसैको कसैलाई मतलब नहुने जमाना आयो,’ उनले भने, ‘यो लकडाउनले पुरानो याद दिलाएको छ। फाँटमा हेर्दा पनि विगतको याद आयो।। सबै मिलेर काम गरेका छन्, अहिले गाउँघरमा रमाइलो छ।’ खेती गर्ने सिजन भएका कारण पनि यतिबेला खेतबारीमा सर्वसाधारणको हुल देखिन्छ। गाउँ घरमा कोरोना संक्रमणको कुनै प्रवाह देखिँदैन। खेतमा काम गर्दै गरेकी २२ वर्षीया बिन्दा राई भन्छिन्, ‘हामीलाई त खुब रमाइलो छ। अहिले काम गर्ने १८ जना छौं। लकडाउनलाई नराम्रो मान्न हुँदैन। झन सबैतिर मेलमिलाप बढेको छ। आफ्नो दाजुभाइ, समाज चाहिन्छ भन्ने कुरा पनि कतिपयले बुझेका छन्।’ ‘यतिबेला शहर खाली छ भन्ने खबर आइरहँदा गाउँघर भरिभराउ छ, आफ्नो परिवारसँग समय बिताउने अवसर दिएकोमा धन्यवाद कोरोना भन्दै नुवाकोटकी सरिता तिमल्सिना भन्छिन्, ‘कहिले पनि यस्तो चान्स नै भएन। अहिले कति मज्जा छ। परिवार भित्रै एकाअर्कालाई बुझ्न पाइएको छ। यसरी मिलेर काम गरिएको छ। आफ्नो घर भनेको आफ्नै घर हो। सबै मिलेर काम गर्न पनि सजिलो।’ कोरोना संक्रमणका कारण विदेशमा रहेका नेपाली नागरिक धमाधम सरकारले स्वदेश फर्काइ रहेको छ। विदेशमा सीप सिकेको युवा नेपालमा फर्किएका छन्, उनीहरुलाई अब आफ्नो सीप अनुसारको रोजगारी दिएर गाउँ घरमै बस्ने वातावरण बनाउनु पर्ने धेरैको सुझाव छ। नेपाल कृषि प्रधानमुलुक भएपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन। अब कृषिलाई प्राथमिकतामा राखेर विदेशबाट फर्किएका युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्नुपर्ने युवाहरुले सुझाव दिएका छन्।
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध : मन्त्री अर्याल काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले भूमि बैंकको स्थापना, सुकुम्वासी समस्या समाधान आयोगको पूर्णता भूउपयोग नीति र ऐनको कार्यान्वयन तथा सहकारी संस्थालाई चुस्तदुरुस्त राख्न सरकारको ध्यानार्कषण गरेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य घनश्याम खतिवडाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका विषयलाई लागू गर्न आग्रह गरिन् । सरकारका तर्फबाट यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम र जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पेश गरेको बजेटमा सो विषय समेटिएका छन् । आगामी १० वर्षभित्र कृषि उत्पादन दोब्बरले वृद्धि गर्न बाँझो जमिनको उपयोगका लािग भूमि बैंकको स्थापना गर्न बजेटमा व्यवस्था भएको छ । सरकारी आँकडाअनुसार झन्डै ११ लाख हेक्टर जमिन बाँझो छ । समितिका सदस्य छविलाल विश्वकर्माले भूमिहीन दलितलाई बसोवासको व्यवस्था मिलाउन सुकुम्बासी समस्या समाधान आयोगलाई पूर्णता दिन माग गरे । नेपालको संविधान र आर्थिक वर्ष २०७६/७७ को बजेटमा एकपटकका लागि भूमिहीन दलितको बसोबासका लागि निश्चित जमिन उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ । सरकारले अझैसम्म भूमिहीन दलितको सङ्ख्या यकिन गर्न सकेको छैन । समितिका अर्का सदस्य सीतादेवी यादवले सरकारी, सार्वजनिक, पर्ति तथा बाँझो जमिनको उपयोगका लागि भू–उपयोग नीति र ऐन तत्काल लागू गर्न सरकारको ध्यानार्कषण गरेकी थिइन्। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पेश भएको बजेटमा जमिन बाँझो राख्न नहुने, उर्वर जमिनलाई खण्डीकरण हुनबाट जोगाउनुपर्ने, भूउपयोग नीति लागू गरी, सार्वजनिक, पर्ति तथा गुठी जग्गाको संरक्षणको व्यवस्था गरी खेतीयोग्य जमिन उपयोगमा ल्याइने उल्लेख छ । समितिको आजको छलफलमा समितिका सदस्यले राख्नुभएका जिज्ञासको जवाफ दिदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले पेश गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको धारणा राखिन् । रासस
भारतीय सीमाबाट उद्धार गरिएका करिब ४० यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो काठमाडौँ । भारतीय सीमा क्षेत्रबाट करिब ४० जनालाई उद्धार गरेर क्वारेन्टिन जाँदै गएको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई सीमानाबाट उद्धार गरेर कालिकोट जाँदै गरेको टिप्पर बुधबार बिहानद र्दुटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उक्त दुर्घटनामा परी करिब ३० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार, उद्धार गरिएकालाई रास्कोट नगरपालिकाकले निर्माण गरेको क्वारेन्टिनमा लैजाँदै गर्दा कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको हो । अहिले दुर्घटनास्थलमा प्रहरी र व्यापक थानीयहरुले उद्धार कार्य गरिरहेका छन् ।
कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु काठमाडौं । महानगरपालिका–३२ जडिबुटीमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मंगलबार बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्वारेन्टिनका सरसामानसहित ४० जना फरार महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन्। भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए । उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन्। उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए।
रंगभेदविरोधी आन्दोलनको समर्थनमा सक्रिय हुन न्याकको आग्रह वासिंगटन डिसी । अमेरिकामा जारी रंगभेद विरोधी आन्दोलन ‘ब्ल्याक लाइफ म्याटर्स’ प्रति ऐक्यबद्धता जनाउंदै भर्जिनियामा रहेको नेपालीहरुको संस्था नेपाली अमेरिकन कम्युनिटी सेन्टर (न्याक)ले सो आन्दोलनमा सहभागिता जनाउन नेपाली समुदायमा आह्वान गरेको छ । न्याकका तर्फबाट सोमबार जारी विज्ञप्तिमा नेपालिज फर ब्ल्याक लाइभ्स म्याटर्स ह्यासट्यागका साथ अमेरिकामा रहेको नेपाली अमेरिकी समुदायलाई रंगभेद विरोधी अभियानमा सहभागिताको आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ,“ नेपाली अमेरिकन कम्युनिटी सेन्टरका हामी नेपाली अमेरिकामा रंगभेद, अन्याय, प्रहरीको निर्मम व्यबहार र नागरिक हकको हननका विरुद्ध यहांको काला समुदायको साथमा छौं ।” प्रहरीको निर्मम दमनका कारण जर्ज फ्लोइडको प्रहरीकै नियन्त्रणमा रहेका बेला ज्यान गएपछि अमेरिकामा रंगभेद विरोधी आन्दोलनले गति लिएको छ । सो आन्दोलनमा ऐक्यवद्धता जनाउंदै न्याकले आआफ्नो तर्फबाट आआफ्नो तरिकाले सो अभियानमा सहभागिता जनाउन नेपाली अमेरिकनहरुलाई भनेको छ । उसले प्रदर्शनहरुमा सहभागी हुंदा कोभिड १९ को प्रकोपको ख्याल गर्न र माक्स लगाएर तथा सामाजिक दुरी कायम गरेर त्यस्ता प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । कोभिड १९ आफूलाई भएको आशंका भएमा प्रदर्शनमा सहभागी नहुन र समुदायलाई जानकारी दिन आग्रह गर्दै न्याकले घरैबाट गर्न सकिने आन्दोलनका अन्य कार्यहरुजस्तै पिटिसनमा हस्ताक्षर गर्ने, आर्थिक सहयोग प्रदान गर्ने तथा सचेतना फैलाउने काम गर्न आग्रह गरेको छ । उसले आफ्नो नेपाली अमेरिकन समुदायलाई रंगभेद विरोधी अभियानमा काला जातिसंगको ऐक्यबद्धता जनाउनु र सक्रिय सहभागी हुनुको कारण र महत्वका बारेमा पनि जानकारी गराउन आह्वान गरेको छ ।
सङ्कटमा विद्यालय भयो प्रहरीको सारथी भक्तपुर । कोभिड–१९ नियन्त्रणमा सडकदेखि विभिन्न ठाउँमा अग्रभागमा खटिने प्रहरीलाई यसको सङ्क्रमणबाट जोगाउन विद्यालयलाई अस्थायी ब्यारेक बनाइएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नेपालमा दिनानुदिन बढ्दै गएपछि प्रहरी पनि उच्च जोखिममा रहेकाले सामाजिक एवं भौतिक दूरी कायम राख्दै ड्युटीमा परिचालन गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यालयका कक्षाकोठालाई अस्थायी प्रहरी ब्यारेक बनाएको हो । महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, वृत्त थिमि र विभिन्न ठाउँमा रहेका प्रहरी प्रभागमार्फत ड्युटीमा खटिने प्रहरी र कर्मचारीको सामाजिक दूरी कायम राख्न विद्यालयलाई प्रहरी ब्यारेकका रूपमा प्रयोग गर्नुपरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए । परिसरका प्रहरी उपरीक्षक प्रधानले भने, “सबै प्रहरीलाई एउटै ब्यारेकमा राख्दा कोरोना रोकथामको क्रममा अग्रभागमा खटिने एक जना प्रहरीमा मात्रै कोरोना सङ्क्रमण भए त्यसले सिङ्गो ब्यारेकका प्रहरीलाई असर गर्ने सम्भावना हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न फरक–फरक ठाउँमा सामुदायिक विद्यालयको कक्षाकोठालाई ब्यारेकका रूपमा सञ्चालन गरेका हौँ ।” प्रहरी परिसर, वृत्त र प्रभागबाट ड्युटीमा खटिने सबै प्रहरी र कर्मचारीलाई भौतिक दूरी कायम गर्दै खाने मेस, सुत्ने ब्यारेक, छुट्टाछुट्टै शौचालय र बाथरुमको व्यवस्था गर्न ब्यारेकमा सम्भव नभएपछि जिल्लाका सामुदायिक विद्यालयलाई अस्थायी ब्यारेक बनाएको हो । जिल्लास्थित सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले निर्णय गरी सम्बन्धित नगरपालिका र विद्यालयको समन्वयमा विद्यालयको केही भागलाई ब्यारेक बनाएको हो । आफ्नो ब्यारेक र विद्यालयको अस्थायी ब्यारेकमा बसेका प्रहरीबीच एकापसमा जमघट नहुने गरी फरक–फरक समयको ड्युटी तालिकाअनुसार खटिने भएकाले जोखिम कम हुने प्रहरीको भनाइ छ । परिसरले जिल्लाका नौ विद्यालय, सिटीइभिटीको कार्यालय र चाँगुनारायण नगरपालिकाको २ वडाको नयाँ कार्यालय भवनलाई ब्यारेकका रूपमा प्रयोग गरी प्रहरीले परिचालन गरेको छ । प्रहरी उपरीक्षक प्रधानका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरमार्फत खटिने प्रहरीमध्ये २८ विद्यार्थी निकेतन माविमा, २२ शारदा माविमा, दरबार स्क्वायर प्रहरी प्रभागका सातलाई पद्म माविको ब्यारेकमा राखिएको छ । त्यस्तै महानगरीय प्रहरी वृत्त जगातीमा रहेका प्रहरीमध्ये ४२ लाई आदर्श आजाद मावि भेलुखेलमा, सूर्यविनायक नपाको कटुञ्जे प्रभागका १२ लाई सुवर्णेश्वर माविमा, दधिकोट प्रभागका पाँचलाई अरनिको मावि दधिकोटमा, बालकोट प्रभागका सातलाई पुरानो प्रभाग भवनको अस्थायी ब्यारेकमा राखिएको छ । चाँगुनारायण नपाको सुडाल प्रभागका छ जनालाई महेन्द्र माविमा चाँगुनारायण दुवाकोटका छ जनालाई दुवाकोट वडा नं २ को नयाँ भवनको अस्थायी ब्यारेकमा राखिएको छ । त्यस्तै महानगरीय प्रहरी बृत्त थिमिका २० लाई सिद्धिकाली माविमा, प्रहरी प्रभाग सानोथिमिका ११ प्रहरीलाई भने सिटीइभिटीको कार्यालय भवनको अस्थायी ब्यारेक राखिएको छ । “अहिलेको स्वास्थ्य विपद्मा यहाँका विद्यालय प्रहरीको सारथी बनेका छन्, एउटै व्यारेकमा राख्दा एक जनालाई सङ्क्रमण भयो भने सिङ्गो ब्यारेकका सबैलाई एकैपटक क्वारिन्टनमा राख्नुपर्ने बाध्यता हुन आउछ”, प्रहरी उपरीक्षक प्रधानले भने, “यस्तो अवस्था आएमा सुरक्षामा नै असर पार्न सक्छ, त्यसैले विद्यालय र सरकारी भवनलाई अस्थायी ब्यारेक बनाएर आफ्नो ब्यारेक र अस्थायी ब्यारेकमा विभाजन गरेर राखेका छौँ ।” जिल्लामा रहेका प्रहरीमध्ये एकतिहाइलाई मात्रै विद्यालय र सरकारी भवनमा राखिएको जानकारी दिँदै विद्यालय र कार्यालय सञ्चालनमा आउने भएपछि सबै प्रहरीलाई ती ठाउँबाट हटाएर पठनपाठनमा सहज बनाउने उहाँको भनाइ थियो । भक्तपुरमा कार्यरत ४६ प्रहरीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवामा खटिँदै आएका प्रहरी कर्मचारीको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिए । त्यस्तै १६३ प्रहरीको आरडिटी गराएको थियो ।रासस
बागलुङमा बाहिरी जिल्लाको तरकारी आयातमा रोक बलेवा । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ। शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक लगाउने सहमति भएको हो। कोरोना सङ्क्रमण त्रासका कारण जेठको पहिलो सातादेखि दुवै पक्षबीच भएको सहमतिका आधारमा बागलुङमा फलफूलको आयातमा रोक लगाइएको थियो। व्यवसायीको गुनासो आएपछि बागलुङ नगरपालिकाले विकल्पमा छलफल गरेको थियो। जिल्लामै पर्याप्त तरकारी उत्पादन हुने भएकाले बाहिरी जिल्लाको आवश्यक नरहेको नगरप्रमुख जनकराज पौडेलले बताए। “हामीकहाँ तरकारी पर्याप्त छ, बाहिरबाट आउने तरकारीको विषादी जाँच गर्ने अवस्थामा हामी छैनौँ”, उनले भने, “यहाँको उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई प्रोत्साहन हुन्छ, विषादीको त्रास कम हुन्छ।” बैठकले फलफूल आयात गर्दा पूर्ण सुरक्षित तरिकाले ल्याउने र सकभर जिल्लाभित्रकै र नभए पनि छिमेकी जिल्लालाई प्राथमिता दिने निर्णय गरेको छ। बैठकले तरकारी तथा फलफूल बिक्री वितरणका लागि यसअघि तोकिएको समयावधि समेत बढाएको छ। बिहान ७ देखि १० र साँझ ४ देखि आठ बजेसम्म पसल खोल्ने सहमति गरेको छ। रासस
कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन्। कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन्। एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ।
सिटी एक्सप्रेसले गर्‍यो आफ्ना अभिकर्ताहरुको कोरोना बीमा काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ। सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरका सबै कर्मचारीको कोरोना बीमा
६८ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ३ हजार नजिक काकोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन् । आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् । अब नौ जिल्लामात्र बाँकी रहेका छन् । आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ । उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २२ जना सङ्क्रमितमा अर्घाखाचीका एक, नवलपरासीका दुई, पाल्पाका दुई, रुपन्देहीमा एक महिला र १७ पुरुष रहेका छन् । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण भएको पाइएको छ । ती सिन्धुलीका दुई पुरुष र बाराका दुई पुरुष रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा दुई तनहुँका पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पृष्टि भएको छ । तीमध्ये भोजपुरमा पाँच पुरुष, झापामा एक पुरुष, सुनसरीमा एक बालिका र १२ पुरुष रहेका छन् । यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ । ति कैलालीका चार पुरुष, अछामका एक पुरुष, बझाङका एक पुरुष र डडेल्धुराका पाँच पुरुष रहेका छन् । यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको छ । ति रामेछापका १७ पुरुष, काभ्रेका पाँचमध्ये तीन महिला र दुई पुरुष रहेका छन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा १० झापाका पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको हो । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेखका ९० जना रहेका छन् । तीमध्ये तीन महिला र चार वर्षीय बालक तथा ८६ पुरुष रहेका छन । यस्तै जुम्लाका तीन पुरुषमा पनि सङ्क्रमण देखिएको छ । हुम्लाका एक पुरुष, रामेछाप हाल जुम्लामा बसेका एक पुरुष, दोलखा हाल जुम्लामा कार्यरत एक पुरुष, गोरखाका हाल जुम्लामा कार्यरत एक पुरुष रहेका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई पुरुष दाङका रहेका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको छ । तिनीहरु गुल्मीका एक पुरुष, कपिलवस्तुकी एक महिला र ४३ पुरुष, कास्कीका एक पुरुष, महोत्तरीका १७ पुरुष र रौतहटकी एक महिला र एक बालकसहित पाँच पुरुष रहेका छन् । ४३ जना डिस्चार्ज आज एकै दिन ४३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १५ बर्षदेखि ४५ वर्षका तीन जना पुरुष रहेका छन् । उनीहरु सातौँदेखि ११आँै दिनमा डिस्चाज भएका हुन । यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पताल बाँकेबाट एक महिला र १२ पुरुष रहेका छन् । उनीहरुको अस्पताल बसाई १४ आँै दिनदेखि ३० औँ दिनसम्म रहेको छ । यस्तै कोशी अस्पताल विराटनगरबाट १६ वर्षदेखि ५७ वर्षका चार महिला र २३ पुरुष डिस्चार्ज भएका छन् । उनीहरुको अस्पताल बसाईको छैटौँँ दिनदेखि ३० औँ दिनसम्म रहेको छ । अहिलेसम्म कूल ३३३ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । तीमध्ये ६१ महिला र २७२ पुरुष रहेका छन् । अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ । पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ । आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेका छन् ।
वडा अध्यक्षले राहत लिन गएकी महिलालाई गाली गरेपछि… काठमाडौं। वडा अध्यक्षले महिलालाई गालि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राहतका लागि आएका स्थानीय महिलालाई गाली गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। भिडियोमा भिनिए अनुसार ती महिलाले पनि वडा अध्यक्षलाई गालिगरेको पाइन्छ। महिलाले गाली गरेपछि वडाअध्यक्षले गालि गरे। तर, वडाअध्यक्ष जस्तो गरिमामय पदमा रहेका मान्छेले सामान्य जनतालाई तथानाम गालि गर्नु अश्भाविक भएको सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले बताएका छन्। राहतको चामल नपाएपछि महिलाले ‘नेता भयाका यिनकी आमा लैजाने’ भनेको भिडियोमा सुन्न पाइन्छ। यसपछि वडाअध्यक्षले क्रमस महिलालाई गालि सुरु गरेका छन्। ‘तैले त गालि अरिनै’ शब्दबाट भिडियोको सुरुवात भएको छ। उनले अगाडी भनेका छन्, ‘अरुपनि यतिका मान्छे आया छन्। छोरा मन्या अरे, मेरो छोरो पाइदियाइ होइ तैंंले। छोरा मन्या अरे। आमा लैजान्या अरे, भित्र बसिरह्याका थियौं। नेता भएका आमा लैजाना अरे। तेराइ बाबु लैजायै, तेराई बाबु लैजायई, दुनियाँ कन चामल बाँड्या छु अझ मेरा छोरा मान्नया। यसले छोरो पाइदियाई हो। जा घन्याइ श्रीमती तैका मुखौंनी लात्तले हान ज्या पड्ला म बेहोरुला जा हान।’ उनले महिलालाइ गाली गर्दै भनेका छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचिन वडा अध्यक्ष हुन्।
विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया सुरु, खाडीलगायत मुलुकबाट करिव ४० हजार फर्किने अनुमान काठमाडौं। कोरोना संक्रमणका कारण स्वदेश फर्किन असमर्थ विदेशमा नेपालीलाई सरकारले आजबाट स्वदेश फर्काउँदै छ। आज शुक्रबार म्यानमार र युएईबाट दुई झण्डै साढे दुई सय नेपाली स्वदेश फर्किँदै छन्। श्रम मन्त्रालयका अनुसार युएईबाट दुई सयभन्दा बढी र म्यानमारबाट ३५ जना नेपाली स्वदेश फर्किँदैछन्। दुवै मुलुकले आफ्नै खर्चमा नेपाली नागरिकलाई नेपाल ल्याउन लागेका हुन्। म्यानमारले सैनिक विमानमार्फत ३५ जना नेपाली नेपाल फर्काउन लागेको हो। म्यानमारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लिन जहाज आउँदा त्यही जहाजमा म्यानमारमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो चरणमा मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ। परराष्ट्र मन्त्रालयले यसअघि नै ३९ नेपाली नियोगमार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न र स्वदेश फर्काउन अघि कोरोना टेस्ट गर्न पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा नेपाली नागरिक ल्याउन लागिएको हो। आज युएईले आफ्नै चार्टर विमानमा दुईसय भन्दा धेरै नेपाली ल्याउन लागेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकतका आधारमा उद्धार गर्ने निर्णय यसअघि नै गरिसकेको छ। सरकारले नेपाली कामदार कार्यरत रहेका मुलुकलाई पत्र पठाउँदै नेपाल फर्किनु अघि सबै नेपाली नागरिकको कोरोना परीक्षण गर्न आग्रह गरेको थियो। यसैबीच सरकारले मलेशिया तथा खाडी मुलुकबाट ३९ हजार ४ सय ३३ जना स्वदेश फर्किने अनुमान गरेको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ। मन्त्रालयको विवरण अनुसार युएईबाट १७ हजार ३ सय ७४ जना स्वदेश फर्किने छन्। यसैगरी कतारबाट ७ हजार १ सय ६७, मलेशियाबाट ६ हजार दुई सय, साउदी अरबबाट ६ हजार ५ सय ४७, बहराइनबाट २ सय ८५ र ओमानबाट ६ सय ५६ जना स्वदेश फर्किने अनुमान गरिएको मन्त्रालयले स्रोतले जनाएको छ।
महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ। बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ। मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ । आठ कोरोना सङ्क्रमित कञ्चनपुरका रहेका छन्। कारोना सङ्क्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा सरोज आर्चायले बताए । उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ । डा. आर्चायले भने, “पिसीआर परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बिरामीलाई राख्न समस्या भएको छ।” सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० श्ययाको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा दासमेत समस्या भएको छ। महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन। सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन्। रासस
तनहुँका कोरोना सङ्क्रमितको उपचार जिपी केन्द्रमा गरिने दमौली । काेरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उपचार केन्द्रमा उपलब्ध आइसोलेसनकक्षा भएसम्म उपचारका लागि भर्ना गर्ने निर्णय गरेको हो। उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसनकक्ष निर्माण गरिएको छ । तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ वर्षीय युवाको सोही अस्पतालमा उपचार भइरहेको छ। जिल्लामा कोरोना सङ्क्रमितको उपचारका लागि उपचार केन्द्रसहित दमौली अस्पताल, बन्दीपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष बनाइएको छ। कोरोना सङ्क्रमित थपिएको अवस्थामा क्रमशः दोस्रो, तेस्रो र चौथो क्रम तोकी बिरामी उपचारका लागि राखिने प्रजिअ अधिकारीले जानकारी दिए । “जिपी कोइराला अस्पताललाई पहिलो प्राथमिकता तोकेर नयाँ सङ्क्रमित फेला परे पनि सोही अस्पतालमा उपचार गर्ने निर्णय भएको छ”, उनले भने, “बाँकी अस्पताललाई भने प्राथमिकताक्रम निर्धारण गर्न बाँकी छ।” जिपी कोइराला उपचार केन्द्रबाट सञ्चालन हुँदै आएका बहिरङ्ग सेवा (ओपिडी) तथा स्वास्थ्य बीमा कार्यक्रम सोही उपचार केन्द्रसँगै रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र वा शिवपञ्चायन मन्दिरमध्ये कुनै एकलाई भाडामा लिइ सञ्चालन गर्नका लागि शुक्लागण्डकी नगरपालिकालाई आग्रह गरिएको छ। उपचार केन्द्रलाई तत्काल भौतिक तथा पूर्वाधार विकासका लागि स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । क्वारेन्टिनमा रहेका व्यक्तिलाई अस्पतालसम्म ओसारपसारका लागि एम्बुलेन्स सम्बन्धित स्थानीय तहका लागि तोकिसकिएकाले सोही एम्बुलेन्सबाट नै सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा रहेका बिरामी बोक्ने निर्णय भएको हुँदा एम्बुलेन्स मर्मतसम्भार र चालकलाई उत्प्रेरित गराइ तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरिएको छ। यसैगरी मङ्गलबार बसेको स्थानीय तहका प्रमुखसहितको सरोकारवालाको बैठकले जिल्लामा शववाहनको व्यवस्था हालसम्म नरहेकाले सम्बन्धित स्थानीय तहमा रहेका सवारी साधन वा सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको सवारी साधनलाई शववाहनका रूपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ। सोही बैठकले जिल्लामा प्रचलनमा रहेका शवदहन घाटका नजिक पर्ने गरी घाटको व्यवस्थापन र घाटमा दाहसंस्कारका लागि आवश्यक सामग्री तथा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
घर–घरमा राखियो तुलसीको दल काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष असार १७ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासासमेत भनिन्छ । यस अवधिमा विभिन्न मठ, मन्दिर एवं आश्रमलगायत धार्मिकस्थलमा विभिन्न पुराण वाचन गर्ने परम्परासमेत छ । कात्तिक शुक्ल एकादशी अर्थात् ठूलो एकादशीका दिन तुलसीको विवाह दामोदरसँग गरिन्छ । तुलसी दामोदरको विवाह गरिसकेपछि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म चार महिने पूजा आराधना उद्यापनका निमित्त घर घरमा यज्ञ गरिन्छ । आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्रा डा रामचन्द्र गौतमले बताए । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उनले दिए । तुलसीको पूजा आराधना हुने घरलाई तीर्थको रूप मानिन्छ । यस्तो घरमा यमदूतसमेत प्रवेश गर्दैनन् भन्ने विश्वाससमेत छ । तुलसीपत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनुपर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख छ । रुघाखोकी, घाँटी दुख्नेलगायत विभिन्न रोग भएकाले तुलसीको पात वा डाँठ पानीमा उमालेर खाएमा निको हुन्छ । तुलसीमा धेरै अक्सिजन हुने भएकाले सनातन धर्मावलम्बीले जीवनको अन्तिम अवस्थामा पुगेकालाई तुलसीको मोठमा सारिदिन्छन् । तुलसीको चियासमेत बजारमा पाइन्छ । वैदिक सनातन धर्मअनुसार तुलसी, कुश, शालीग्राम र पिपलको रुखलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । यसैले यी सबैलाई पवित्र मानिन्छ ।
बाँके दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए । उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ । दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् । सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।
विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ संयुक्त राष्ट्रसंघ । विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् । राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी युवा जगतमा धुम्रपानको कुलत हटाउनुपर्नेमा जोड दिएको छ । “हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सूर्तीजन्य पदार्थको सेवन शुरू गरिसकेका छन्,” डब्लुएचओले बालबालिका तथा युवाहरूको कुलतबारे भनेको छ । डब्लुएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणको बारेमा सचेतना दिन विशेष सुत्रको प्रयोग गरेको थियो । डब्लुएचओले भनेको छ,“सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सूर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत रहने गरेको भेटिएको छ । उद्योगहरूले प्रतिवर्ष धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न समस्या आई मृत्यु हुने आठ करोड व्यक्तिको वदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।” कोभिड–१९ का कारण आएको विश्वव्यापी महामारीमा पनि सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती र निकोटिनजन्य अन्य पदार्थको उत्पादन गर्ने उद्योगले आफ्ना उत्पादनलाई बजारमा पठाउने क्रम जारी रहेको बताइएको छ । साथै यस्ता कुलतजन्य पदार्थका कारण मानिसको कोरोनाभाइरसविरूद्ध लड्ने शक्तिलाई कमी गर्ने विश्व स्वास्थ्य संगठनको दावी रहेको छ । “धुम्रपान वा सुर्ती सेवन गर्ने हरेक १० व्यक्तिमध्ये नौ जनाले आफु १८ वर्ष पुग्नुपहिले यो कुलतमा लाग्ने गरेकोले यस वर्गलाई लक्षित गरी जनचेतनामुलक कार्यक्रम गरी युवाहरूमा धुम्रपानविरोधी भावना जागृत गर्नु अनिवार्य भएको छ,” विश्व स्वस्थ्य संगठनका जनस्वास्थ्य कार्यक्रमका निर्देशक रूइदिगर क्रेचले बताए । धुम्रपानजस्ता कुलतमा फस्न नदिन किशोरकिशोरीलाई उनीहरूको १३–१७ वर्ष उमेर समूहमा सचेतना वृद्धि गर्दै निगरानी बढाउनु आवश्यक भएको उनले बताए । उनले भने,“परम्परागत चुरोटको सट्टामा इलेक्ट्रिक–चुरोट, हुक्का पाइपजस्ता “तुलनात्मकरूपमा सुरक्षित” भनिएका विकल्प दिइएको भएपनि यो पनि हानिकारक तथा कुलत निम्त्याउने र अन्त्यमा मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगहरूको खतरा हुने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बबलगम, क्यान्डी, चुरोट, सुर्ती लगायतका १५ हजार भिन्नभिन्न स्वादका सुर्तीजन्य पदार्थको विक्री हुने गरेको छ । बबलगम र क्यान्डीहरूले युवाहरूलाई क्रमशः गम्भीर खालका निकोटिनजन्य सामानको उपयोग गर्न प्रेरित गर्ने गरेको पनि जनाएको छ ।
गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका हुन्। नीति तथा कार्यक्रमको प्रारम्भमा प्रदेश प्रमुख शेरचनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विधिता युक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताए । समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध भएको बताउँदै उनले सीमित स्रोत साधनको उपयोगमार्फत अघि बढेका अवस्थामा कोरोना भाइरसले समग्र गतिविधि प्रभावित पारेको बताए ।