content
stringlengths 20
64.1k
⌀ |
---|
कोरोनाको कहरः नीलबाराही नाच राति मात्र सञ्चालन भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ।
दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ देखि ११ गतेसम्म मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणको जोखिम बढेपछि गत वर्ष जस्तै यस वर्ष पनि राति मात्रै सञ्चालन गर्ने निर्णय भएको हो।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयवासीले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएको उनले बताए।
नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयवासीको उपस्थिति पनि कम हुने बताए। वर्षैँदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो। कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उनले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयवासीलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उनले आग्रह गरे।
हरेक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ। बोडेको अखाः द्यो छेँबाट सुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा छ। नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीय बताउँछन्।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ। नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ।
नाचमा देवगणले मुकुण्डो लगाएर घण्टाैँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालु अर्थात् सहयोगीको काखमा वा जिउमा अडेसलगाएर बस्नुपर्छ। नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात् बत्ती पनि निभ्नु हुँदैन भन्ने मान्यता छ। नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णीमासम्म नाचको तयारी गरिन्छ। जसलाई नेवारी भाषामा ‘प्याखा स्यनेगु’ भनिन्छ। नाच सिकाउँदा ताः लगायतको बाजा बजाइने परम्परा छ। नेपाल संवत् ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गरेकाे भन्ने वंशावलीमा उल्लेख गरिएको छ।
पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाएकी भन्ने जनविश्वास छ। देवीस्वयंमले सिकाएकाे नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीय बासिन्दाले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन्।
नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ। रमेश गिरी/रासस
|
रूकुम पूर्वकाे आठ हजार हेक्टरमा सिँचाइ सुविधा रुकुम (पूर्व) । जिल्लामा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ। आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन्। जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ।
ती मध्ये आठ हजार हेक्टरमा सुविधा पुगेको छ। बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पु¥याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिए। कार्यालय र विभिन्न सङ्घसंस्थाका सहयोगमा जिल्लाको आठ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको उनले जानकारी दिए।
एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ। कार्यालयले आर्थिक वर्ष २०७५/७६ बाट आव २०७८/७९ सम्ममा ६८७ हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य राखेको छ। उनका अनुसार अहिलेसम्म जिल्लाको छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइको सुविधा पु¥याइएको छ।
कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८०० घरधुरी सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। अन्य सङ्घसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको उनको भनाइ छ। कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ। यस्तै कार्यालयले कूल खेतीयोगय जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पु¥याउने लक्ष्य राखेको छ। विस्तृत आयोजना प्रतिवेदन तयार गरेर क्रमागत बजेटमार्फत सिँचाइ सुविधाको व्यवस्था गरिने जनाइएको छ।रासस
|
आक्रमणमा परी नाइजरमा ३७ जना मारिए नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरुले बताएका छन् ।
बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ ।
तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ ।
युनिसेफलगायत अन्य विभिन्न निकायहरुले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् ।
विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।
उनीहरुले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई आग्रह गरेका छन् ।
“बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,” युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ ।
|
इटहरीका गाउँ गाउँमा कालोपत्रे सडक (फोटोफिचर) इटहरी । इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगर भएपछिका जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएका हुन् । इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अरु सय किलोमिटर बाटो कालोपत्रे हुनेछ ।
उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ गाँउका बाटोहरु पिच भएका छन्, धेरै बाटोहरु धमाधम बन्दैछन् । गत आर्थिक वर्षमा सम्झौता भएका धेरै योजनाहरु सम्पन्न हुने चरणमा छन् । अघिल्लो बर्ष सुरु भएका ११ बहुवर्षे सडक मध्ये ७ वटा निर्माण सम्पन्न भएका छन् । चारवटा लामा सडक दशैँअघिनै निर्माण सक्ने गरी काम भइरहेको छ ।
आर्थिक बर्ष ०७७‐७८ का ४० वटा बहुबर्षे योजनामा पनि धमाधम काम भइरहेको छ । बरिष्ठ इन्जिनियर घिमिरेले सबै प्राविधिक जनशक्ति यी निर्माणमा केन्द्रित गरिएकाले दशैँअघिनै काम सम्पन्न हुने विश्वास ब्यक्त गरे । गत आर्थिक बर्षमा कोरोनाका कारण बेलैमा ती योजना सुरु हुन सकेका थिएनन् । गाँउलाई शहरसँग जोडने गरी इटहरीका सबै मुलबाटोहरु कालोपत्रे हुने चरणमा छन् ।
चार बर्षको अवधिमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन वटा ठूला पूल निर्माण सुरु भएको छ । वडाका आफनै भवन निर्माण भइरहेका छन् । अबको एक बर्षभित्रमा १६ वटा वडा आफनै कार्यालयमा हुने छन् । इटहरीका प्रत्येक वडाबाटै वडाबासीले सेवा पाउने छन् ।
प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सँचालन हुदैछन् । आधारभूत स्वास्थ्य सेवाका लागि अब इटहरीबासीले टाढा धाउनु नपर्ने भएको छ । साविकको खनार, एकम्वा, पकली, हाँसपोसाका वासिन्दाले उपमहानगरबासी भएको अनुभूति गर्न थालेका छन् । यति चाँडै आफनो झुपडी अगाडिवाट पिच बाटो हुँदै बजार पुग्न पाइएला भन्ने सोच्दै नसोचेको त्यहाँका बासिन्दाको भनाइ छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनीति बाटै सन्यास लिने बताइसकेका छन् ।
|
नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन् पद तथा गोपनियताको सपथ काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।
निवर्तमान मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी हुन् । प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका पौडेलले राजीनामा दिएर शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन्।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। उनी ओलीको कट्टर आलोचकसमेत थिइन्। तर अध्यक्ष ओलीले सरकार जोगाउने शर्तमा शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।
अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।
अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्।
पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश १ को मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।
|
साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० मा खेल्नेछ ।
प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ मा प्रतिस्पर्धा गर्ने छन् । साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ ।
बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् । साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।
|
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।
नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ । एसियन कप छनोटका तयारीका लागि २८ महिला खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेका छन्।
बन्द प्रशिक्षणमा हिरा भुजेल, इन्द्रा राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहेको एन्फाले जनाएको छ ।
|
कर्णालीमा लागुऔषध र मदिरा समस्या कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन्।
भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाए। यो दुव्र्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उनले लागुऔषध ओसारपसार, कारोबार तथा प्रयोगको नियन्त्रण एवं न्यूनीकरणमा विशेष जोड दिने योजनाका साथ अघि बढिएको बताए।
“कर्णाली नेपालकै ठूलो भूभाग ओगटेको प्रदेश हो, यद्यपि प्रदेशको आवश्यकतानुसार यहाँ प्रहरी जनशक्तिको अभाव छ”, प्रहरी नायब महानिरीक्षक ऐरले भने, “सानो एकाइमा प्रहरी उपलब्ध भए पनि यहाँका नागरिकले बास, जग्गालगायत विभिन्न क्षेत्रमा सहयोग गरेर प्रहरीमैत्री व्यवहार देखाएको पाएको छु । कर्णालीवासीप्रति कृतज्ञता प्रकट गर्दछु।”
पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा लागुऔषध, मदिरा र गाँजा प्रमुख रहेको उनले बताए। लागुऔषध तथा मदिराले समाजमा पार्ने प्रभावका विषयमा कोरोना महामारीले नागरिकसमक्ष जाने वातावरण नभए पनि पर्चा, पुस्तिका र विभिन्न सञ्चारका सामग्रीको माध्यमबाट सचेतनामूलक कार्यक्रम अगाडि बढाइने उनको भनाइ थियो।
कर्णालीमा विद्यमान कुप्रथा र पुरातनवादी सोच परिवर्तनका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने, “समाज परिवर्तनका लागि पहिला म आफ्नै प्रहरीलाई अनुशासित बनाउँछु । दोस्रो जनतालाई मालिक बनाएर प्रहरी जनताको सेवक हो भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।” यसमा राजनीतिक दल, अधिकारवादी, नागरिक समाजलगायत सरोकारवालाले आ–आफ्नो तहबाट सहयोग पु¥याउन उनले आग्रह गरे।रासस
|
कांग्रेस महाधिवेशन मंसिरसम्म गर्न संस्थापन पक्षको अडान काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शनिबार पूनः बस्नेगरी सकिएको छ । शुक्रबार बसकाे बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच छलफल भएको छ । यसअघि सार्वजनिक कार्यतालिकाअनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि तल्ला तहका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन्।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा कांग्रेस महाधिवेशनसहित सरकारका कामकारबाहीलगायतबारे पनि केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह तामाङ, जंगीलाल राय, रामजनम चौधरी र हेमराज तातेडले धारणा राखेका छन्। यस्तै केन्द्रीय आमन्त्रित सदस्यहरु हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेसले केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि मात्रै १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि सबैको धारणा समेटेर बैठकमा प्रस्ताव गरिने बताए । शुक्रबारको बैठकमा संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्फ जोड दिएका छन् । संस्थापनइतर समूहले भने दशैँ भन्दा अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा डा. शेखर कोइरालाले विशेष महाधिवेशनतर्फ भन्दा पनि नियमित महाधिवेशनमै अगाडि बढ्नुपर्ने बताए। उनले एक महिना हुँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार नगरेकोमा आलोचना समेत गरेका थिए।
बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा समेत गरेका छन् ।
|
राप्रपा अध्यक्ष थापाको कृतिः ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आयोजित समारोहमा उक्त कृतिको विमोचन गरेका हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणदायी व्यक्तित्व पिता छत्रको स्मरणमा थापाले प्रकाशित गर्नुभएको उक्त पुस्तकमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरिएको छ ।
कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहन शम्शेर र राजा महेन्द्रसँगको सामिप्य तथा पञ्चायतकालका अनुभव समेटिएको उक्त पुस्तक एक सैनिकको सङ्घर्षपूर्ण आरोह–अवरोहको कथाकारुपमा रहेको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले एक अनुशासित एवं मर्यादित सैनिक व्यक्तिको जीवनशैली, आचरण तथा समाज र राष्ट्रपतिको योगदानलाई उजागर गर्न प्रकाशन गरिएको पुस्तकले राष्ट्रसेवको सामाजिक जीवन र दायित्वलाई पनि चित्रण गरेको बताए ।
पुस्तकका स्रष्टा पूर्वउपप्रधानमन्त्री थापाले समकालीन नेपालको आर्थिक, सामाजिक र राजनीतिक पक्षसहित नेपाली सेनाको गौरवमय इतिहास तथा पिता छत्रबहादुरले समाज सुधारमा पुर्याउनुभएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको जानकारी दिए ।
नेपाली सेनामा तीन दशक भन्दाबढी सेवा गर्नुभएका पुस्तका प्रमुख पात्र कर्णे छत्रबहादुरलाई तत्कालीन वडाहाकिमको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको थियो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका संस्थापक एवं हेटाँैडा नगरपञ्चालयका उपप्रमुखसमेत रहेका थापालको विसं २०३६ साउन २८ गते निधन भएको थियो ।
स्मृति ट्रष्टका अध्यक्ष एवं पूर्वरथी नेत्रबहादुर थापाले पिता छत्रबहादुरले अनुशासन परिधिमा रही कीर्तिमानी काम गर्न दिएको प्रेरणाले सबै परिवारजनलाई अनुशासित र परिश्रमका लागि घचघच्याइरहको अनुभावका घटना सुनाए ।
सो अवसरमा गभर्नर, राजदूत र मन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका परराष्ट्र मामिलाका जानकार डा भेषबहादुर थापालाई सम्मान गरियो । कार्यक्रममा ट्रष्टकातर्फबाट नेपाल रेडक्रस मकवानपुरका लागि यसअघि नै घोषणा गरिएको रु ५० हजार नगद र सम्मानपत्र अध्यक्ष सूर्यचन्द्र न्यौपानेलाई हस्तान्तरण गरियो । साङ्ग्रिला पुस्तक प्राली प्रकाशक रहेको पुस्तकको मूल्य रु ३५० छ । रासस
|
लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
नेकपा माओवादीका संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।
काँग्रेससहितका विपक्षी गठबन्धनकोे तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो ।
|
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाललाई स्थानान्तरण गरी रेडियोलोजिष्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । बैठकले प्रदेश खेलकुद परिषद्मा सदस्य मनोनयन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले बताए ।
|
उपत्यकाभित्र निषेधाज्ञामा कडाई, राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।
कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ। वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ।
|
दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गोरखा। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ। दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठार्इएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
“घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो”, उनले भने, “आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ।” राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ।
गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ। रासस
|
बेनीमा आगलागी, दुई पसलमा क्षति गलेश्वर। म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्। बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए। आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो। डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ। रासस
|
एचआईडिसीएलको हकप्रदमा आवेदन दिने म्याद थप, भदाै ८ सम्म आवेदन दिन मिल्ने काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय १५ दिन थप भएको छ। कोरोना महामारीको कारण देखाउँदै बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले हकप्रद भर्ने म्याद १५ दिन थप गरिएको जनाएको हो।
कोरोनाको कारण उत्पन्न भएको असहज परुस्थिति र हालसम्म परेको आवेदनलाई मध्यनजर गर्दै आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ। म्याद थप गरिएसंगै अब कम्पनीको हकप्रदमा अब भदौ ८ गते मंगलबारसम्म आवेदन दिन सकिने छ।
कम्पनीले साउन ५ गतेदेखि हकप्रद निष्काशन गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।
|
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी दार्चुला। सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।
यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन्। सो घटनाका बारेमा सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छ।
साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ। समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताए।
सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिए। ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ ।
छानबिन समिति संयोजक गौतमले भन्नुभयो, “ नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ ।” समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।
गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ। “हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मीलगायतसँग सोधपुछ चलेको छ ।” उनले भने।
साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ । भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ, उनले भने, “ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौ।”
व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिए।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट छन्।
एकसातादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ। यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ। रासस
|
संवैधानिक परिषद सम्बन्धी रिटमा सर्वोच्चलाई प्रधानन्यायाधीश राणाको जवाफः नियुक्ति सिफारिस संविधानसम्मत काठमाडौं। गत मंसिरको अन्तिममा तत्कालिन ओली सरकारले संवैधानिक परिषद सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि बसेको संवैधानिक परिषदको बैठकले गरेका नियुक्ति सिफारिसमा सहभागी रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सो विषयमा परेको रिटमाथि आइतबार जवाफ पठाएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले गत माध २३ मा अध्यादेश संशोधन गरेर बसेको संवैधानिक परिषदको बैठकले सभामुखको भूमिकामा अंकुश लगाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो विषयमा आइतबार प्रधानन्यायाधीश् राणाले महान्यायाधीवक्ताको कार्यालयमार्फत सर्वोच्चमा लिखित जवाफ पठाएका हुन्।
उनले संविधान सम्मत जारी गरिएको अध्यादेशको मर्मअनुसार नै संवैधानिक परिषदको बैठक बसेको भन्दै सभामुखले दायर गरेको रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।
गत ३० मंसिरमा संवैधानिक परिषदको बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो। त्यही दिन साँझ बोलाइएको बैठकमा प्रधानमन्त्री राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश सहभाागी भएका थिए भने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरे।
त्यो बैठकमा संवैधानिक निकायमा पदपूर्तिबारे छलफल भए पनि निर्णय नभएको बताइएको थियो। तर ५ पुसमा मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिससँगै संवैधानिक परिषदको ३० मंसिरको बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्ति सिफारिस गरेको पत्र संसद सचिवालयमा पुगेको थियो। प्रतिनिधिसभा विघटनसँगै सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए।
त्यतिबेला भएका रिफारिस अनुसार विभिन्न संवैधानिक नियकायमा ३२ जना पदाधिकारी नियुक्त भएका छन्। ती नियुक्तिविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको छ। तर, सो रिटमाथि सर्वोच्चले हालसम्म सुनुवाई गरेको छैन। अधिवक्ता ओमप्रकाश अर्यालले दुई पटक यी विषयमा सर्वोच्चमा रिट दायर गरेका छन्।
सभामुखले दायर गरेकाे रिट
|
जनताका पिरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्।
उनले पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी सीमानाका कोरला जोड्ने झ्यालबास–डेढगाउँ सडक प्रदेशकै ‘लाइफलाइन’ भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए।
शनिबार र आइतबार गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागिता जनाउँदै उत्तर दक्षिण मार्ग सम्पन्न भएपछि प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने बताए।
अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेकाले मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी दिए।
नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने पोखरेलको भनाइ थियो। उनले नारायणी नदी कटान रोक्दै किनारैकिनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने बताए। मुलुकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने उनको भनाइ थियो।
मुख्यमन्त्री पोखरेलले गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरलगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको जानकारी दिए। रासस
|
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौं। साताको पहिलो दिन आइतवार सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजावी सुनको मूल्य प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम छ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
|
वार कि पार भनिएको माधव समूहको बैठकले किन गरेन ठोस निर्णय ? काठकमडौं। निर्णायक भनिएको नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटि बैठक दुई दिन चलेर शुक्रबार सकिएको छ। बुद्धनगरको एक पार्टी प्यालेसमा सम्पन्न बैठक दुई दिन चलेर निष्कर्षविहीन हुँदै सकिएको छ। वार कि पारको रुपमा हेरिएको बैठकले ठोस निर्णय निकाल्न सकेन। पार्टी एकताकालाई केन्द्रमा राखेर भएको भनिएको छलफल अन्तिममा पुरानै निर्णयसहित सकियो।
नेपाल समूहका ९० जना स्थायी कमिटि सदस्य छन्। त्यही छलफलको विषयलाई लिएर पार्टीका करिब ७२ जना केन्द्रीय सदस्यले बैठकमा आफ्नो उपस्थिति जनाएका थिए। भने ५५ जना केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राखेका थिए।
पार्टी एकतालाई मजबुत बनाएर लैजाने कि नयाँ पार्टीका माध्यमबाट अहिलेको गठबन्धन सरकारमा सहभागीतालाई निरन्तरता दिने भन्ने कुरामा बैठक केन्द्रीत भएको थियो। तर, बैठकले तत्काल सरकारमा नजाने र नयाँ पार्टी पनि नखोल्ने पुरानै निर्णय गरेको छ।
पहिलो दिन बिहीबारको सुरुवाती समयमा केन्द्रीय समितिको बैठकलाई कसरी अगाडि बढाउने भन्ने कुरामा नै विवाद देखिएको थियो। पहिलो दिनको बैठक सकिने बेलामा छलफलको विषयवस्तु र छलफलका एजेण्डामा नेताहरुको चर्काचर्की समेत भयो। नेपाल समूहमा रहेका केही प्रभावशाली नेताहरु बैठकमा उपस्थित भएनन्।
नेता भीम रावल शुक्रबार दोस्रो दिनको बैठकमा उपस्थित भएनन्। बिहीबारको बैठकमा उपस्थित कार्यदलका सदस्य समेत रहेका नेता रावलले वार्तामा अहिलेसम्म भएका सहमति, प्रगति र कामको बारेमा बैठकलाई जानकारी गराएका थिए।
उनले तत्काल पार्टी एकतामा जानुपर्ने कुरामा जोड दिएका थिए। तर, उनले राखेका धारणामा बैठकमा उपस्थित बहुसंख्यक सदस्यहरुले असहमति जनाए पछि विवाद उत्पन्न भएको थियो। उनी शुक्रबारको बैठकमै अनुउपस्थित रहे।
यसअर्थमा नेपाल समूहमा पनि दुईवटा समूह स्पस्ट देखिएको छ। पार्टी एकताको लागि अधिकतम प्रयास गरिरहेका मझधारका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई लगाएतका नेता पार्टी एकता तत्काल गर्नु पर्ने कित्तामा उभिएका छन्।
शुक्रबार बिहान ११ बजे सुरु भएको बैठकमा थप केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखे। शुक्रबार सहमतिका लागि छुट्टा छुट्टै कोठे बैठक समेत भए। केन्द्रीय सदस्यहरुले बोलीरहेकै समयमा नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, रघुजी पन्तबीच छुट्टा छुट्टै छलफल भयो। त्यसपछि बैठकलाई केही समयका लागि बीचमै रोक्दै माधव नेपाल सहितका शीर्ष नेताहरुको छलफल भएको थियो। तर, सहमति भने हुन सकेन।
बैठकमा उपस्थित अधिकांश सदस्यले भने यही अवस्थामा कुनै हालतमा पार्टीमा बस्न नसकिने धारणा राखेका छन्। र केही सदस्यहरुले त नयाँ पार्टी गठन गरेर अगाडि बढ्नु पर्छ भन्ने धारणा समेत राखेका थिए। विगतमा राखिएका सर्त र मागहरु पूरा हुने अवस्था नभएसम्म पार्टी एकता हुन नसक्ने उनीहको भनाइ थियो। उनीहरुले पार्टी एकताका नाममा अध्यक्ष्य ओलीले छलकपट गरिरहेको बताएका छन्।
बैठकको बारेमा बोल्दै नेता भीम आचार्यले भने ‘आत्म सम्मान र लचकताकासाथ कस्तो एकता गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रह्यो। पार्टी एक हुने वा अलग हुने भन्ने सम्मको गम्भिर विषयले बैठकमा प्रवेश पाएको थियो। यो सामान्य एक आध घण्टामा सकिने विषय होइन। यो टुंग्याउन गाह्रो छ। साथै नटुंग्याई नहुने अवस्थामा हामी छौँ।’
आफूहरु पार्टी एकताका लागि अधिकतम लचिलो भए पनि यसलाई कमजोरीको रुपमा लिए पार्टी एकतामा गम्भिर धक्का पुग्ने नेतृ रामकुमारी झाक्रीको भनाइ थियो।
बैठक पछि बोल्दै उनले भनिन्, ‘हामीले पार्टी एकतालाई केन्द्रमा राखेर छलफल गर्यौँ। पार्टी एकता भन्दैमा हामीले आत्म सर्मपणको बाटो रोज्ने होइन। कमरेड ओली पार्टी अध्यक्ष्य भएपछि पुष ५ यताका जति पनि असैंवधानिक र निरंकुश गतिविधि भए। संविधानको रक्षाको लागि र लोकतन्त्रको सुदृढिकरणका लागि संसदलाई निरन्तरता दिनुपर्छ र संसदलाई निरन्तरता दिनुपर्छ भन्ने मानेमा हामीले त्यो काम गर्यौँ।’
‘अहिले नेकपा एमालेलाई बचाउने पक्षमा हामी अधिकतर लचिलो भएका छौँ। तर, हाम्रा मुद्दा, विचार र संगठनको सन्र्दभमा राखेका हामी त्यतिकै कठोर पनि छौँ। यो कुरालाई कमजोरीको रुपमा नलिइयोस’, उनले भनिन्।
यस्तै आफ्ना धारणा राख्दै नेता सोम पाण्डेले पार्टी एकता बाहेकका सरकारमा जाने र नयाँ पार्टी खोल्ने लगाएतका विकल्पमा कुनै पनि बैठकमा छलफल नभएको बताए।
उनले भने, ‘अहिले पार्टी एकताको पक्षमा हामीहरु एक भएर अघि बढ्नु पर्छ। अहिले पार्टी एकता भनेको दुई पार्टी मिलेको जस्तो पनि होइन। बाहिर हेर्दा पार्टी विभाजनको अवस्थामा पुगेजस्तो देखिए पनि हामी पार्टी एकताको लागि भरपुर प्रयास गर्ने छौँ।’
बटमलाइन आत्म सम्मान र सहअस्तित्व
माधव नेपाल समूहका अधिकांश सदस्यले पार्टी एक भएर अगाडि बढ्दा पार्टीमा आत्म सम्मान र सहअस्तित्व नभई कुनै पनि हालतमा अघि नबढ्ने धारणा राखेका छन। उनीहरुले सबै नेता कार्यकर्ताले यो पार्टी मेरो हो, मैले गरेको काम हो भन्ने अपनत्व लिन सक्ने आत्मसम्मान सहितको व्यवस्था र सहअस्तित्व अर्थात पार्टी भित्रका सबै नेता कार्यकर्ता बराबर छन भन्ने भावनालाई आत्मसात गरेमा पार्टी एकता सम्भव रहेको धारणा राखेको बुझिएको छ। त्यस्तो अवस्थामा मात्रै पार्टी एकता सम्भव रहेको उनीहरुको निष्कर्ष छ।
नेताहरुको पार्टीमा रहेको योगदानलाई तिलाञ्जली दिएर सडकबाट टिपेर ल्याएको जस्तो अपमानित व्यबहार कुनै पनि हालतमा सह्य नहुने सांसद निरादेवी जैरुको भनाइ थियो।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले बेला बेलामा पार्टी एकताका नाममा भइरहेको वरिष्ठ नेता लगाएत समानुपातिक नेताहरुलाई सडकबाट ल्याएका जस्तो ब्यबहार पार्टीमा हुन नहुने बताइन्।
उनले भनिन्, ‘पार्टीमा ठूलो योगदान गरेका नेताहरुलाई देशद्रोही, विद्रोही जस्ता शब्दावली प्रयोग गरिनु हुदैन। र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइनु पर्छ। भनेको वडा कमिटी सहितको व्यवस्थापनको कुरा हिजोको अवस्थाबाट नै सुरु गरिनु पर्छ। तब मात्र पार्टी एकताले गति लिन्छ।’
बैठकले गरेका निर्णयहरु :
वरिष्ठ नेता माधव नेपालको अध्यक्ष्यतामा दुई दिन चलको बैठकले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्याएको छ भने थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मा दिएको छ।
दुई दिनसम्म चलेको बैठक आज ४ बुँदे निर्णय पारित गर्दै सम्पन्न भयो। बैठकका निर्णय सुनाउँदै नेता रघुजी पन्तले ४ वटा निर्णय भएको जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने, एमालेका दुबै पक्षका शीर्ष नेताहरुमाथि भइरहेको विवादास्पद टिप्पणीमा आपत्ति जनाउने, पार्टी एकतालाई अगाडि बढाउने र एमालेको संगठित सदस्यता नवीकरण तथा वितरण रोक्न माग गर्ने निर्णय भएको छ।
|
आज साउन २२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७८ साल साउन २२ गते, शुक्रबार । सन् २०२१ अगस्त ६ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। त्रयाेदशी तिथी । चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी काममा प्रगति हुनेछ। सृजनात्मक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक कार्यमा समय जानेछ। पारिवारिक भेटघाट हुनेछ। ठुलाबडाको साथ मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझा काममा आलोचना हुनेछ। अचानक यात्रा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साझेदारी काममा प्रगति हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिष्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिलामा जीत हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन सम्पत्तिको कारोवार बढ्नेछ। अध्ययनमा रुचि हुनेछ। सन्ततिले सहयोग गर्नेछन्।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा नयाँ चिन्ता थपिनेछ। परिवारमा कलह हुनेछ। विसन्चोले सताउनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइमा प्रेम बढ्नेछ। नयाँ ठाउमा भ्रमण हुनेछ। उत्साहले काम छिटो बन्नेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भेटघाटमा दिन बित्नेछ। शंकाले प्रेममा बाधा गर्नेछ। अलमलमा दिन बित्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरसामान हराउन सक्नेछ। अनावस्यक धनखर्च हुनेछ। नया काम आईपर्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिमा नाफा मिल्नेछ। व्यापारमा फाईदा हुनेछ। महिलामित्रको साथ पाईनेछ।
|
राजस्व छली गरेको अभियोगमा मुद्दा काठमाडौं । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो ।
यस्तै ज्ञवालीले पेश गरेको विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरीको मालवस्तु बिक्री गरेको पाइएको छ । विभागका अनुसार ज्ञवालीविरुद्ध बिगोबमोजिम रु सात करोड ३७ लाख ७५ हजार ५७६ र त्यसको शतप्रतिशत जरिवानासमेत हुने गरी मुद्दा दायर गरिएको जनाएको छ ।
|
लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ। यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
विपक्षी दलहरुले ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन्। यद्यपि ४१ मध्ये बिमला वलीले भने एमालेमै रहेको जानकारी गराएकी छिन्। वलीले सोमबार विज्ञप्तिमार्फत आफूले सूर्य चिह्नबाट चुनाव जितेको र हाल सूर्य चिह्न एमालेको रहेकाले एमाले नछाड्ने बताइन्।
सोमबार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुखलाई भेटेर संयुक्त निवेदन दिएका हुन्। प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीसहितले निवेदन बुझाएका हुन्।
गत वैशाख १९ गते सरकार गठनका बेला प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका ४१ सदस्यको समर्थनसहित मुख्यमन्त्री शङ्कर पोखरेलले शपथ लिएका थिए। प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सोअनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको अवस्थामा नेकपा (एमाले) दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिनु गलत हो भन्छन्, कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया।
मुख्यमन्त्री पोखरेलविरुद्ध आफूहरुले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको अवस्थामा सो प्रस्तावमाथि छलफल गर्न तत्कालीन प्रदेश प्रमुखले गत वैशाख १९ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको स्मरण गराउँदै विपक्षी गठबन्धनले सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको निवेदनमा उल्लेख गरेका छन्।
विसं २०७८ वैशाख २६ मा प्रदेशसभामा तत्काल कायम रहेको सदस्यमध्ये बहुमत प्रदेशसभा सदस्यले हस्ताक्षरसहित संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्री पोखरेलविरुद्ध विश्वास छैन भनी दिएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वानको माग गरिए पनि तत्कालीन प्रदेश प्रमुखबाट अस्वीकार भएको विपक्षी गठबन्धनको गुनासो छ।
तत्कालीन प्रदेश प्रमुखबाट विशेष अधिवेशन आह्वान गराई प्रस्तुत विषयमाथि छलफल गर्न पाउने सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था प्रदेशसभाको विशेषाधिकारलाई नियोजित रुपमा सङ्कुचनमा पारिएको विपक्षी दलहरुको आरोप छ।
कानूनअनुसार अघि बढ्नुपर्छ : प्रदेश प्रमुख शेरचन
विपक्षी गठबन्धनको निवेदन बुझेपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनले आफूले संविधानअनुसार सरकारको अवस्थाबारे जानकारी लिएर आगामी कदम चाल्ने बताएका छन्। प्रदेश प्रमुख शेरचनले संविधान, विधि, संवैधानिक परम्परा र सहमतिका माध्यमबाट निष्कर्ष निकाल्ने उल्लेख गरे। “यहाँहरुले मेरो जुन ध्यानाकर्षण गराउनुभएको छ, त्यसमा म आफ्नो क्षेत्राधिकारभित्र रहेर संवैधानिक परम्परा, व्यवस्था र सरकार गठनको प्रक्रियाबारे जानकारी लिएर कानुनविद् र दलहरुसँग छलफल गरेर यसको एउटा निष्कर्ष निकाल्छु, जे हुन्छ संविधानअनुसार नै हुन्छ ।”
प्रमुख शेरचनले संविधानभन्दा माथि कोही पनि नहुने दोहो¥याउँदै संविधानअनुसार नै काम हुनुपर्ने बताए। प्रदेश सरकार र मुख्यमन्त्रीलाई आफूले सरकार गठनको प्रक्रिया र अवस्थाबारे छलफल गर्न बोलाएको र आइतबार नै आउने जानकारी पाएको प्रमुख शेरचनको भनाइ छ।
अदालतको आदेश पर्खँदै सत्तापक्ष
पदमुक्त भएका सदस्यहरु पुनःबहालीको माग गर्दै अदालत गएपछि सत्तापक्ष भने अदालतको आदेशको पर्खाइमा छ। प्रदेशसभाका पाँच जना सदस्यको मुद्दा अदालतमा चलिरहेका कारण सदस्यहरुको सङ्ख्या किटान गर्ने अवस्था भने छैन। प्रदेशसभामा जसपाका तीन र नेकपाका दुई जना सदस्यको मुद्दा अदालतले टुङ्गो नलगाएका कारण अहिले नै प्रदेशसभाका सदस्यको सङ्ख्या किटान गर्ने अवस्था नरहेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरी बताउछन्।
“अदालतको मुद्दा निक्र्यौल नभई सदस्यहरुको किटान हुन सक्दैन”, प्रवक्ता चौधरीले भने, “प्रदेश प्रमुखले पनि कानूनअनुसार अघि बढने भन्नुभएको छ भन्ने सुनेका छौँ, सरकार पनि कानूनअनुसार नै अघि बढ्छ।” विपक्षी दलले एमालेका सदस्यको समेत हस्ताक्षर देखाएर सरकार परिर्वतनमा लाग्नु गलत भएको उहाँको भनाइ छ।
माओवादी केन्द्रले आफूहरुलाई अवैधानिकरूपमा हटाएको भन्दै यही साउन ७ गते रिट निवेदन दिएका प्रदेशसभाका सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीका विषयमा सर्वोच्च अदालतले हटाउनुपर्ने कारण सोधेको छ। एमाले प्रवेश गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरूलाई बिनाकारण हटाइएको भन्दै पुनःबहालीको मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका पदमुक्त तीन जना सदस्य पनि पुनःबहालीको मागसहित अदालत गएका हुन् । शङ्कर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीबाट पदमुक्त भएका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादव पुनःबहालीको माग गर्दै साउन १५ गते अदालतमा निवेदन दिनुभएको हो । अदालतले सो निवेदनको पेसी आज मङ्गलबारका लागि तोकेको छ।
यसअघि पार्टीले सदस्यबाट निष्काशन गरेपछि वैशाख १६ मा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए । पदमुक्त भएका सदस्यलाई अदालतले पुनःबहाली गरेको थियो । हाल अदालतमा विचाराधीन रहेको सो मुद्दाको पेशी भदौ १७ मा तोकिएको छ। निरा गौतम/रासस
|
२३ लाख ५० हजार जरिवाना भएपछि फरार श्रेष्ठ पक्राउ काठमाडौं । नेपाल प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विसं २०७७ फागुन १२ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । रासस
|
सिन्धुुपाल्चोक घटनाबारे गृहमन्त्रीद्वारा संसदलाई जानकारी काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए । उनले बाढीपहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समासमेत क्षति पुुगेको जानकारी दिए ।
गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाकोसमेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराए ।
गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयबीच बैठक बसी क्षतिको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाइ कार्य शुरु गर्न निर्देशन भएको र सो अनुरुप जोखिम आँकलन गर्ने काम पनि शुरु भइसकेको उनले जानकारी दिए ।
मेलम्ची क्षेत्रमा बाढीपहिराको जोखिम देखिनुुका मुख्य कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञसहितको टोलीले अवलोकन गरिसकेको जानकारी पनि उनले दिए ।
गृहमन्त्री खाँणले बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेकै बेला साउन १६ र १७ गते मेलम्ची खोलामा लेदो, गेग््रयानसहितको बाढी पुनः आएपछि ५३ घरमा क्षति पुगेको, एक पक्की पुल (हेलम्बु गाउँपालिका ३–७ जोड्ने), एक झोलुङ्गे पुल र एक सामुदायिक भवनमा क्षति भएको जानकारी दिए ।
हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक बाटोका रुपमा काठमाडौंँ–सुन्दरीजल सडकमार्ग, पार्टी भञ्जयाङ–चित्रे सडकका साथै कुटुमसाङगा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेको जानकारी दिइयो ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले विज्ञ टोली लिएर मेलम्चीको मुहानको जोखिम अध्ययन गर्ने, सुन्दरीजल, पाटी भञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सुचारु गराउने, हेलम्बुको चनौटे र क्युउल जोड्ने बेल्ली ब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाइ गर्ने समेत निर्देशन भएको गृहमन्त्री खाँणले सदनलाई जानकारी दिए । रासस
|
साझा कार्यक्रमलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलकाे बैठक काठमाडौं। सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमासरकारका प्राथमिकतालाई अन्तिम रूप दिनेबारे पनि छलफल भइरहेको जनाइएको छ।
कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यमा कांग्रेसका डा। मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन्।
पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रममाथि छलफल भइरहेको छ। पाँच दलले साझा कार्यक्रम तय गरेर सरकारलाई प्रभावकारी बनाउने योजना ल्याएका छन्।
|
मौज्दात सकिएपछि महानगरको खोप अभियान स्थगित काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।
कुँवरले सूचना जारी गर्दै १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नु परेको बताएका छन्।
अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको खोप कार्यक्रम ४ दिन चलेको थियो।
|
अदुवाखेतीबाट आम्दानी बढ्दै सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।
कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए। उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ।”
कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आप्mनै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन्। आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उनले भने, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु ।” उनले तीन वर्ष मलेसियामा समेत काम गरेका थिए।
सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ। यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउँछन्। गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ। “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भने, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ।”
अदुवाको सुठो (चना) बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ। कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन्। सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ। काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ।
उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ। तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ। काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ। चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ।
“यतिबेला अदुवाको बोट निकै फस्टाएकाले उत्पादन गत वर्षभन्दा बढ्ने आशा गरेका छौँ”, किसान बमले भने, “किसान यतिबेला अदुवा गोडमेलमा लागेका छन्।”
जैविक अदुवा जर्मनी निर्यात हुँदै
सो क्षेत्रमा उत्पादन हुने जैविक (अग्र्यानिक) अदुवा प्रशोधन गरेर बनाइने सुठो (चना) जर्मनी निर्यात हुने गरेको छ। चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरिद गरेर अग्र्यानिक अदुवाबाट सुठो (चना) तयार पार्ने गरेको छ। प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करिब २० टन अदुवा प्रशोधनका लागि खरिद गरिने बताए।
“सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ”, खडायतले भने, “प्रशोधनअघि अदुवाको प्रयोगशालामा परीक्षण गरिन्छ।”
छिञ्चुको मुख्य प्रशोधन केन्द्रअन्तर्गत सहजपुरमा शाखा प्रशोधन केन्द्र सञ्चालनमा छ। केन्द्र सञ्चालन भएको जग्गा आसपासमा भइरहेको सडक निर्माणको कामले केन्द्रसम्म पुग्ने बाटोलगायतको असुविधा देखिएकाले यो प्रशोधन केन्द्रमा प्रशोधनको काम एक वर्षदेखि हुन नसकेको बताइएको छ।
खडायतले कैलाली र डोटीमा उत्पादित अदुवा खरिद गरेर प्रशोधनका लागि छिन्चु मुख्य प्रशोधन केन्द्रमा पठाउने गरिएको बताए। यो खेतीमा लागेका किसानलाई अदुवाखेती गर्ने प्रविधि, आवश्यक तालिमलगायत सहयोग गरिँदै आएको छ। अदुवाको बजार मूल्यका आधारमा किसानसँग अदुवा खरिद गर्ने गरिएको छ।
प्रशोधन केन्द्र स्थापना गरिएसँगै कृषकलाई यो खेतीतर्फ आकर्षित गर्न थप टेवा पुगेको छ। यो क्षेत्रमा उत्पादित अदुवाको माग भारतीय बजारमा समेत बढ्दै गएको बताइएको छ। भारतीय र नेपाली व्यापारी अदुवा खरिद गर्न घरमै आइपुग्ने गरेका छन्।
स्वादिलो सुन्तला उत्पादनका लागि पनि चर्चित चुरे गाउँपालिकाका स्थानीय कृषक पछिल्ला वर्षमा आफ्नो एउटै खेतबारीमा सुन्तला र अदुवाखेती सँगसँगै गर्न पनि सिकेका छन्। सुन्तलाको रुखमुनिको जग्गामा अदुवाखेती गर्दा सुन्तला र अदुवा दुवैको उत्पादन राम्रै हुने गरेको अनुभव कृषकको छ।
कैलालीको चुरे र योसँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन्। यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ। सिद्धराज भट्ट/ रासस
|
३३ किलो सुन काण्डका फरार अभियुक्त पक्राउ काठमाडौं। प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको गौशाला क्षेत्रबाट ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।
मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त हुन्। सो प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीको अनुसन्धानबाट ३३ किलो सुन काण्ड सार्वजनिक भएको थियो।
|
मिडिया एक्सन नेपालको प्रतिवेदन सार्वजनिक काठमाडौं। मिडिया एक्सन नेपालले ‘नेपालमा मिडियाः पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरण’ विषयक प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थाले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै नेपाली मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर–सरकारी निकाय र सञ्चारगृहहरूबीच सहयोग र परामर्श आवश्यक रहेको ठहर गरेको छ।
उक्त प्रतिवेदन मिडिया एक्सन नेपालले सातै प्रदेशमा जेठ २९ देखि असार १३ गतेसम्म गरेको अन्तरक्रिया तथा असार २५ गते राष्ट्रिय स्तरमा गरेको गोष्ठीमा आधारित रहेको छ।
प्रतिवेदन सार्वजनिक गर्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले यसका मुख्य निष्कर्षहरुलाई स्पस्ट पारेका थिए। प्रादेशिक सरकारहरूले विवादास्पद सञ्चार कानून ल्याइरहेका र कोरोना महामारीले पत्रकारको तलबसुविधा तथा सञ्चारगृहको व्यवहारबारे प्रश्न उठिरहेका बेला उनले यो प्रतिवेदनले दिएका रायसुझाव निकै समयसान्दर्भिक रहेको बताए।
यस्तै प्रतिवेदनमाथि टिप्पणी गर्दै डा. जामिलले उक्त दस्तावेज नेपालका लागि मात्र नभई दक्षिण एसियाकै लागि महत्वपूर्ण रहेको बताए। उनले नेपालका छिमेकी मुलुकका पत्रकार संगठनहरूलाई पनि यस्तै पत्रकारको जीवन्त अनुभव समेटिएको प्रतिवेदन तयार गर्न आग्रह समेत गरे।
प्रा. मारियम गर्सामियाले जर्जियाको मिडिया परिदृश्यको चर्चा गर्नुका साथै त्यहाँका पत्रकारहरूलाई सत्ता भित्र र बाहिरबाट आउने दबाबका बारे बताएकी थिइन। जर्जियामा विशेषगरी चुनावको समयमा पत्रकारहरू प्रत्यक्ष शारीरिक हिंसाका साथै अप्रत्यक्ष धम्की र उत्पीडन दुवैको सिकार हुने गरेको उनको भनाई थियो। उनले पत्रकार सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेको पनि बताइन।
यस्तै डा. रविले कोरोनाका कारण भारतमा ४० प्रतिशत सञ्चारकर्मीले जागिर गुमाएको र ४०० जनाभन्दा बढी पत्रकारको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो र मिडिया साक्षरता, मिथ्या सूचनाको प्रकोप र लैङ्गिक विभेद जस्ता साझा समस्याको समाधान खोज्न आफ्नो विश्वविद्यालय नेपालका संस्थाहरूसँग काम गर्न तयार रहेको जानकारी दिए।
प्रेस काउन्सिलका तर्फबाट बस्नेतले र पत्रकार महासंघका तर्फबाट रमेश बिष्टले प्रतिवेदनको अपनत्व ग्रहण गर्दै र यसमा उल्लेखित सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।
मिडिया एक्सन नेपालका अनुसार यो प्रतिवेदनले पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरणका क्षेत्रमा नीतिगत वकालत गर्ने उद्देश्य राखेको छ।
मिडिया एक्शन नेपालद्वारा प्रकाशन गरिएको यो प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश बिष्ट, बंगलौर विश्वविद्यालय, भारतका सञ्चार विभाग प्रमुख प्रा. डा. बीके रवि, अन्तर्राष्ट्रिय मिडिया तथा सञ्चार अनुसन्धान विज्ञ डा. सादिया जामिल र तब्लिसी विश्वविद्यालय, जर्जियाका प्रा. डा. मरियम गर्सामियाको उपस्थिति रहेको एक डिजिटल कार्यक्रमका बीच मिडिया एक्सन नेपालको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो।
|
इजरायल राेजगारी : ‘हिब्रु भाषा त आउँछ, तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु’ काठमाडौं। वैदेशिक रोजगार विभागमा बुधबार भेटिएकी सप्तरीकी इन्दिरा दाहाल इजरायल रोजगारीबारे बुझ्न त्यहाँ पुगेकी रहेछिन्। उनले पहिलादेखि नै इजरायल जान इच्छुक भएकाले चार वर्ष अगाडि धेरै मेहनत गरेर हिब्रु भाषा पढेकी रहेछिन्। किन आउनु भएको विभागमा भन्ने जिज्ञासामा उनले भनिन्, ‘इजरायल जाने भएपछि फारम भर्न आउनु परेन त अनि।’
उनी जस्तै इजरायलको लागि खुलाइएको आवेदन फारम भर्न र बुझ्न विभागमा धेरै युवाहरु आएका थिए। विभागको बाहिरपट्टि भित्तामा टाँसेको आवेदनलाई पढ्ने, फोटो खिच्ने, एकअर्कामा के कसरी फारम भर्ने अर्थात् यसमा भनेबमोजिम उमेरमा अलिकति तलमाथि हुँदा सेलेक्ट गर्छ कि गर्दैन इत्यादि बारे कुराकानी गर्ने र नबुझेको कुरा विभाग भित्र पसेर कर्मचारीलाई सोध्ने क्रम यतिबेला विभागमा दैनिकी जस्तै छ।
इजरायल जाने युवाहरुको भिडमा भेटिएकी उनै दाहाल भन्छिन्, ‘पहिल्यै ५ सय जनाको कोटा खोल्ने भनेर सरकारले हिब्रु भाषा सिक्न र तालिम लिनु भनेर ११ वटा इन्स्टिच्यूट तोक्यो। अनि हत्तनपत्त कोटेश्वरको एउटा इन्स्टिच्यूटमा गएर पहिल्यै १० हजार रुपैयाँ दिएर, ठाउँ रोकेर बल्खुदेखि दिनको ४० रुपैयाँ भाडा तिरेर ३ महिनासम्म धाएर दुःख गरेर भाषा सिकेँ। त्यसबेला मलाई हिब्रु भाषा फररै आउँथ्यो, अहिले अलि बिर्से । फेरि इजरायल खुल्छ रे भनेकाले केहि दिन अघिदेखि हेर्न थालेको छु।’
फारम भरेर इजरायल जान इच्छुक उनी सरकारी तबरबाटै इजरायल जाने भएपनि निष्पक्ष होला नहोला भन्नेमा आशंका लागेको बताउँछिन्। उनी भन्छिन्, ‘सरकारीस्तरमा पनि परीक्षामा पास गरेपनि यहाँको मान्छे (विभागलाई देखाउँदै) ले भित्रभित्रै हाम्रो नाम कटाएर उसको मान्छे राख्छ रे, त्यस्तो गरेको हामीलाई थाहै हुँदैन । पहिला पहिला पनि त्यस्तो हुन्थ्यो रे।’
उनी अगाडि थप्छिन्, ‘हाम्रो मार्का बुझ्ने कोही हुँदैन, पीडा भएरै वास्तवमा विदेश जान लागेको हो नि। हामी नहुनेलाई २–४ हजार पुलिस रिपोर्ट आदिमा खर्च गर्न पनि ऋण गर्नु पर्ने हुन्छ। त्यत्रो खर्च गरेर फारम भरिसकेपछि र आफ्नो नाम आएपछि त जान पाउनु पर्याे नि। इजरायल नगई नछोड्ने भनेर रहरले पढेको हुँ। हिब्रु भाषा फररै आउँछ तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु।’
इजरायल खुल्छ भनेर हिब्रु भाषा र कियर गिभर तालिमको सर्टिफिकेट लिएर बसेको बताउने उनी भन्छिन्, ‘इजरायल खुल्छ भनेर चार वर्ष अगाडि पढेर कियर गिभरको सर्टिफिकेट लिएर बसेको, त्यसबेला खुलाएन, भर्खर खुलायो। अब हेरौं के हुन्छ। कस्तो रहर गरेर पढेको थिए, त्यतिबेला सर्टिफिकेटको मात्रै ४० हजार खर्च गरेको थिएँ।’
त्यस्तै, विभागमा भेटिएकी रोल्पाकी तनुजा महरा (क्षेत्री) हाल बस्दै आएको ठाउँ बुढानिलकण्ठबाट त्यहाँ आएकी रहेछिन्। प्लस टु पास गरेकी उनले इजरायल खुल्छ भनेर केयर गिभरको तालिम लिएर बसेकी रहेछिन्।
इजरायलको आवदेन फारम अनलाइनमार्फत भर्ने हो भन्ने थाहा हुँदाहुँदै पनि समाचारमा विवाहित र अविवाहितको सर्टिफिकेट पनि चाहिन्छ भनेकाले के रहेछ भनेर विभाग बुझ्न आएको उनले सुनाइन्।
त्यसो भए अविवाहितको सर्टिफिकेट चाहिन्छ भनेको सुनेर आउनु भएको हो?, भन्ने प्रश्नमा महराले भनिन्, ‘सुनेर भन्दा पनि समाचारमै हालेको थियो। विवाह गरेकोलाई विवाह गरेको सर्टिफिकट र विवाह नगरेकोलाई अविवाहित सर्टिफिकेट चाहिन्छ भनेर न्यूजमा आएको थियो। त्यही कन्फ्युज भयो र कहाँ बाट ल्याउनु अविवाहित सर्टिफिकेट भन्ने भएर पनि यहाँ सोध्न आएको। तर, सोधेको त्यस्तो सर्टिफिकेट चाहिँदैन रे।’
पहिलो पटक विदेश जान लागेको बताउने उनी जस्तै अन्य युवायुवतीहरु पनि इजरायल रोजगारीको आवेदन फारम भर्नेबारे थाहा नपाएर र भ्रामक समाचार सम्प्रेषणले गर्दा दोधारमा परेर विभाग धाउने गर्दा रहेछन्। प्राय विभागमा कति पढेको र कस्तो प्रकारको ट्रेनिङ्गको सर्टिफिकेट चाहिने हो भनेर बढी बुझ्न आएको देखिन्थ्यो।
भित्तामा टाँसिएको सूचनामध्ये विशेषत ‘कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा प्लस टु गरेकाले भने नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने’ कुरालाई विभागमा भेटिएका प्रायले विशेष ध्यान दिने गरेको देखिन्थ्यो।
अन्ततः उनीहरुको जिज्ञासाको पूर्ति विभागका कर्मचारीमार्फत प्राप्त गरेपछि अनलाइन फारम घरबाटै भर्ने भनेर आफ्नो बाटो लाग्ने गर्दा रहेछन्।
इजरायल जान चाहने जिज्ञासुहरुको लागि इजरायल आवेदन मागसम्बन्धी सूचनाको तल विभागका शाखा अधिकृत मातृका सापकोटाको मोबाइल नम्बरलगायतका नम्बरहरु राखिएको छ। तपाईंको फोन त धेरै व्यस्त हुँदो रहेछ नि?, भन्ने डिसी नेपालको जिज्ञासामा सापकोटाले इजरायल रोजगारीबारे धेरै मात्रै होइन, अचम्मै गरी, बिरामी नै बनाउने गरी फोन आउने गरेको सुनाए।
उनले भने, ‘हामीलाई म्यानपावरको दलाल जस्तो गरी फोन गर्छन्। सूचना पढ्दै पढ्दैनन्। विज्ञापनमा सबै प्रष्टै खुलाइएको छ। यूटुबेले यूटुबमा कहाँ बाट के के भनेर हालिदिएका रहेछन्। अनि प्रायले हामीलाई फोन गर्छन्। हैरान हुन्छ नि, फेरि मेरो व्यक्तिगत नम्बर हो।’
फोन गरेर दिक्क पारेको बताउने उनी थप्छन्, ‘हाम्रो वेवसाइडमा विज्ञापन मै सबै प्रष्ट छ। विज्ञापन पढेर पनि नबुझेको विषयमा सोध्लान भनेर फोन नम्बर राखिदिएको तर राति १२ बजे पनि फोन गर्छन्। त्यो त अमानवीय व्यवहार भयो नि।’
शाखा अधिकृत सापकोटाले प्राय उनलाई आउने फोनमा इजरायल खुलेको छ रे हो?, साच्चै हो कि होइन?, अनि के मा खुलेको?, कति कोटा छन्, के के कामको लागि खुलको?, भन्ने जिज्ञासा राखेको बताए। सोही कुरालाई लिएर उनले भने, ‘त्यो भनेको त जिरो(शून्य) विज्ञापन नै नहेरिकन कताबाट नम्बर पायो अनि फोन ठोक्यो गर्ने गर्दा रहेछन्। आम्मामा, बिरामी हुइदो रहेछ नि यसरी फोन उठाएपछि त। मेरो व्यक्तिगत नम्बर हो, घरबाट बुबा, आमा लगायतले केही परेर फोन गर्नु पर्यो भने समस्या हुन्छ। इजरायलको बारेमा सोध्नेले गर्दा अहिले मेरो फोन लाग्न गाह्रो हुन्छ।’
उनले अगाडि भने, ‘कमसेकम विज्ञापन त पढ्नु पर्छ नि। कतिलाई त सरकारले खुलाएको हो भन्ने पनि थाहा छैन। इजरायल खुलेको भन्ने पढ्छ र फोन नम्बर हेर्छ अनि फोन गरिहाल्दा रहेछन्। सूचनाको बीचमा के लेखेको छ भन्ने कुरा पढ्दै पढ्दा रहेनछ। अचाक्ली फोन आएर हैरान भइसके। अफिसमा पुगेपछि अर्कैलाई फोन रिसिभ गर्न दिएको छु । उठाएर साध्ये हुँदैन, फेरि आफू अफिसमा अरु पनि काम गर्नु पर्याे’
इजरायल रोजगारीको बारेमा उनले विज्ञापन नै नहेरि सानो सानो कुरालाई लिएर फोन गरेर हैरान पारेको बताउँदै उनले भने, ‘तपाईहरुले सूचना सम्प्रेषण गरिदिनु पर्याे, यो कुनै म्यानपावर जस्तो प्राइभेट कम्पनीहरुले लानको लागि डिमाण्ड ल्याएको होइन । यो सबै सरकारी हो । सूचना यहाँ छ, यसरी हेर्ने र यसरी भर्ने भनेर सूचनामा विस्तृत खुलाइएको छ भनेर सम्प्रेषण गरिदिनु पर्याे।’
साथै, उनले यहि साउन १२ गतेको गोरखापत्र दैनिक र विभागको वेवसाइडमा सूचना हेरेर पढे सबै कुरा प्रष्ट हुने भन्दै यससम्बन्धमा समाचारमार्फत अझ प्रष्ट्याइदिन उनले आग्रह गरे।
|
श्रीलंकाविरुद्ध भारतको लज्जास्पद ब्याटिङ काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टी२० खेल खेलिरहेको भारतले लज्जास्पद ब्याटिङ गरेको छ । कोलम्बोमा जारी खेलमा भारतले श्रीलंकालाई मात्र ८२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८१ रन बनायो । त्यसका लागि कुलदिप यादवले सर्वाधिक २३ रन बनाए । यस्तै भुवनेश्वर कुमारले १६ रन बनाउँदा रुतुराज गायक्वाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । श्रीलंकाका वानिन्दु हसरंगाले ४ अोभर बलिङगर्दै ९ रन दिएर ४ विकेट लिए । जुन भारतविरुद्ध कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ फिगर हो । यस्तै दसुन शनाकाले २ विकेट लिए ।
टी२० अन्तर्राष्ट्रियमा भारतको नाममा सबैभन्दा कम ७४ रन रहेको छ । जुन सन् २००८ मा अस्ट्रेलियाविरुद्ध बनाएको थियो । जारी सिरिजमा भारत र श्रीलंकाले १–१ खेल जितेका छन् ।
|
धार्मिक ग्रन्थकै नाममा ठगी, दुईजना पक्राउ काठमाडौं। बहुमूल्य धार्मिक ग्रन्थ भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्न खोज्ने सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४का ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगरलाई पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय बेगम रानामगर, रोल्पा नगरपालिका–८ का ३७ वर्षीय डम्मर पुनमगर र ३७ वर्षीय रामचन्द्र राना मगर फरार छन् । उनीहरूले चार करोडको धार्मिक ग्रन्थ किन्न लागेको भन्दै पीडितहरूबाट झुक्याएर पैसा लिएपछि प्रहरीमा उजुरी परेको थियो।
उनीहरूले काठमाडौंको इचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगीलाई चार करोडको पुस्तक किन्न लागेको र पैसा नपुगेको सुनाएका थिए। त्यसरी विश्वासमा लिएपछि डाँगीबाट उनीहरूले तीन लाख ५ हजार रूपैयाँ लिएका थिए। त्यसरी नै उनीहरूले स्याङ्जा वालिङ नगरपालिका–६ घर भई काठमाडौं–७ सरस्वतीनगर बस्ने ४२ वर्षीय बिष्णुप्रसाद अर्यालबाट १२ लाख रूपैयाँ लिएका थिए। उनीहरुको पैसा लिएर ठगी गर्न खोजेपछि पक्राउ गरेको हो।
|
ऊर्जामन्त्रीसँग उद्यमीको गुनासोः सजिलै काम गर्ने वातावरण कहिले बन्छ ? काठमाडौं । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूलै धैर्यता चाहिन्छ । घटनाक्रमले यस्तै देखाएको छ । ऊर्जा उद्यमीलाई सात मन्त्रालय र २७ वटा विभाग चहार्नुपर्ने बाध्यता छ । त्यो पनि समयमा काम हुँदैन ।
मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तार गर्ने तथा लगानी प्रवद्र्धन गर्ने हरेक सरकारको योजना रहँदै आएको छ । वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समेटिन्छ । व्यवहारमा हेर्दा, ऊर्जा उद्यमी निरुत्साहित हुने अवस्था छ । सरकारी कार्यालयको दैलो चहार्दाचाहर्दै उत्साह क्रमशः मर्दै जान्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय, रक्षा मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ती मन्त्रालय मातहतका विभागदेखि प्रदेश सरकार र स्थानीय सरकार सबैतिर पुग्दा उद्यमीले हौसला, साथ तथा सहयोग कमै पाउँछ ।
यो समस्या हटाउने ध्येयका साथ सरकारले एकै स्थानबाट सबै सेवा दिने प्रणालीको विकास पनि गरेको छ, तर प्रभावकारी काम हुन सकेको छैन । ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले पुनः सोही समस्या दोहोर्यायो । वर्षौं वर्षदेखि एउटै खालको समस्या भोग्दै आएका उद्यमीका तर्फबाट इपानका अध्यक्ष कृष्ण आचार्यले भने, “देशका लागि केही गरौँ भन्ने सोचका साथ ऊर्जा क्षेत्रमा लगानी गर्न लागेको र लागिरहेका हामीले उठाउँदै आएको समस्या सधैँ ज्यूँका त्यूँ छन् । कहिल्यै समाधान भएन ।”
उनले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २७ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे । उद्यमीले देशकै समृद्धिका लागि लगानी गरेको भए पनि सरकारी निकायबाट कहिल्यै सकारात्मक सहयोग नपाएको अध्यक्ष आचार्यको गुनासो छ । पछिल्लो तथ्याङ्कअनुसार नेपाल विद्युत् प्राधिकरणभन्दा निजी क्षेत्रको उत्पादन क्रमशः वृद्धि हुँदै गएको छ । हाल निर्माणका क्रममा रहेका तीन हजार मेगावाट क्षमताका आयोजनामा समेत निजी प्रवद्र्धककै लगानी बढी छ ।
प्राधिकरणको प्रणालीमा आज मात्रै हेर्ने हो भने निजी क्षेत्रको योगदान १७ हजार ९३९ मेगावाट घण्टा रहेको छ । कूल माग एक हजार ४५७ मेगावाट रहँदा प्राधिकरणका आफ्नै आयोजनाबाट नौ हजार ७१८ मेगावाट घण्टा मात्रै बिजुली उपलब्ध छ । कूल माग ३० हजार ८८ मेगावाट घण्टा रहेको अवस्थामा निजी क्षेत्रले मुलुकलाई उज्यालो बनाउन ठूलो योगदान गरेको छ ।
ऊर्जा उद्यमीको कुरा सविस्तार सुनेपछि ऊर्जा मन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताए । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार ल्याउनैपर्नेमा जोड दिँदै भने, “हाम्रो कार्यशैली र विधिलाई कार्यसम्पादनमा राख्नुपर्छ ।” उनले समयको विलम्बलाई पनि अरु आर्थिक भ्रष्टाचारजस्तै रुपमा लिनुपर्ने तर्क गरे । मन्त्री भुसालले भने, “गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि ? समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन ।”
उहाँले आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ तर कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टिओआर बनाउन सक्छौँ ।” मन्त्री भुसालले निजी क्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउने विश्वास दिलाउनुभयो ।
उनले ऊर्जा र सिँचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उल्लेख गरे । मन्त्री भुसालले भने, “एउटै रुखका कारण वर्षौंसम्म काम रोकिएको छ । त्यसलाई छिटोछरितो ढङ्गमा काम गर्नुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ ।” निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, “म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिबद्ध छु, पहल पनि गर्छु ।” उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौँ क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताए ।
विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट हामीले विद्युत् खपत सक्छौँ त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे । मन्त्री भुसालले विद्युत्को पहुँच नपुगेका जनतामा विद्युत् पुर्याउन र खपत बढाउनका लागि आफूले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिए ।
उनले भने, “घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ ।” विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर प्रसारण लाइन बनाउन नसक्ने अवस्था उपयुक्त नभएको बताउँदै मन्त्री भुसालले भने, “प्रसारण संरचनाको निर्माण तीव्रताका साथ अघि बढाउनुपर्छ ।”
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयको कार्यान्वयन विशेष ध्यान दिने बताए । रासस
|
प्रतिनिधिसभा बैठकः कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण काठमाडौं । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क्रमणको जोखिम आङ्कलन गरिएकाले स्वास्थ्य पूर्वाधार र उपचारका क्षेत्रमा सोही अनुसारको व्यवस्थापन तयारी गर्न माग गरे । उनले कोरोना विरुद्धको खोप, अक्सिजन, आइसोलेशन केन्द्रलाई समयमै व्यवस्थित तुल्याउन सुझाव दिए ।
नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले संविधान निर्माणका समयमा राजनीतिक स्थिरताका लागि सदनलाई पूर्णअवधि पुनः सञ्चालन हुन दिने सहमति विपरीत प्रतिनिधिसभा भङ्ग किन गरियो भनी प्रश्न गर्दै समाजमा देखिएका बेथितिलाई अन्य गर्दै जनताले उठाएका जल्दाबल्दा मुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद आशा विकले कोरोनाका कारण शिक्षाको विकासका साथै बालमस्तिष्कमा परेको प्रभावबारे समयमै सचेत रही आगामी कार्ययोजना बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन्।
सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयक समयमा पारित नहुँदा धेरै नेपाली नागरिकले झमेला झेल्नु परेको घटना सुनाउँदै छिटो निष्कर्षमा पुर्याउन सुझाव दिइन्।
नेपाली कांग्रेसका उमा रेग्मीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत स–सना योजनामा लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई जिम्मेवारीका साथ पूर्णता दिने सम्बन्धमा सरकारले चासो लियोस् भनिन् ।
नेकपा एमालेका कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या सम्बोधन गर्नुको साटो आयोग नै किन खारेज गर्नुपर्यो भनी प्रश्न गरे ।
सोही दलका कृष्णबहादुर राईले गुह्येश्वरी–वाग्मती कोरिडोर खाल्डाखुल्डीका कारण अस्तव्यवस्त रहेकाले सुधारका लागि पहल होस् भने ।
एमालेकै कृष्णभक्त पोखरेलले लगातरको वर्षाका कारण आएको बाढीबाट चितवनमा ठूलो भौतिक क्षति भएकोबारे जानकारी गराउँदै पहिरो जोखिम बस्तीलाई स्थानान्तरणका लागि एकीकरण बस्तीको कार्यक्रम अघि बढाइयोस् भने ।
सोही दलका खेमप्रसाद लोहनी कोभिड–१९ खोपको व्यवस्थापन र वितरणमा सरकार कमजोर देखिएकाले तत्काल कमजोर सुधार्न सरकारलाई सुझाव दिए ।
नेपाली कांग्रेसका गगनकुमार थापाले संसद्लाई हेप्ने र अदालतलाई अपमान गर्ने छुट विगतको जस्तो अब नयाँ सरकारलाई नरहेको जनाउँदै सदनले गुमेको अधिकारलाई फिर्ता ल्याउन सफल भएको भनी प्रशंसा गरे ।
नेकपा एमालेका गजेन्द्र महतले प्राप्त अवसर र समयको सदुपयोग गरी जनता र देशहितका पक्षमा काम गर्र्न सरकारलाई सुझाव दिए । सांसद गोपालबहादुर वमले विकास र समृद्धिका आधारका रुपमा रहेको सडक र विद्युत्का कार्यक्रमलाई तीव्रगतिमा गाउँगाउँसम्म विस्तार गर्ने कार्यक्रम बनाउन माग गरे।
एमालेकी गङ्गा चौधरी सत्गौवाले लोकतन्त्रमा फरक विचार राख्ने कसैलाई पनि निस्केर जा भन्न नसुहाउने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको घटनाले समुदाय विशेषको अपमान भएको विचार प्रकट गरे ।
सोही पार्टीका घनश्याम खतिवडाले पछिल्ला दिनमा पुनः कोरोना सङ्क्रमण बढिरहेकाले त्यस विरुद्धको खोपको सुनिश्चित गर्न सरकारलाई सुझाव दिए ।
नेकपा माओवादी केन्द्रका चुडामणि खड्काले गोर्खा जिल्लाका बाढीपहिरो पीडितका लागि राहत प्याकेज उपलब्ध गराउन माग गरे ।
सांसद् जयकुमार राईले बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भनिएको आर्थिक हिनामिनाका घटनाको सत्यतथ्य बाहिर ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।
एमालेका झपटबहादुर रावलले अदालतको फैसलाका कारण एक कार्यकालमा तीनपटक प्रतिनिधिसभा सदस्य हुन पाएकामा गौरव गर्दै कोरोना विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनका साथै भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका आधारमा काम गर्न सरकारलाई सुझाव दिए ।
माओवादी केन्द्रकी अमृता थापा कोरोनाविरुद्धको खोपका लागि मात्र नभई खोपलगायतको प्रमाणित गरेको काजग लिन पनि घण्टौँ लाइनमा बसेर सास्ती भोग्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ भनी प्रश्न गरिन् ।
|
श्रमिकको ज्याला वृद्धि, न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टा काठमाडौँ । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७/७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला पाउँदै आएकामा अब भने रु ७९० प्राप्त गर्नेछन्। यस्तै फोहर/ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ।
श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको जनाइएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो। नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ।
प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो। यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ। हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ।
पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरुको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ । मेसिन औजार तथा उपकरणको भाडादर सम्बन्धित मेसिन प्रयोग गरी सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर, एक्साभेटर, रोलर, ग्रेडरआदिको दर सडक विभागबाट कायम गरिएअनुसार हुनेछ।
निर्माणकार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरीद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने छ।
निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
यस्तो छ दर
प्राप्त विवरणानुसार श्रमिकले ७५० प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्ने छन्। यस्तै फोहर/ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ।
दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन रु एक हजार ३० बाट एक हजार ८० पु¥याइएको छ। अर्धदक्ष उक्त कामदारको हकमा भने रु ८५४ बाट बढाएर रु ८९० पु¥याइएको छ। सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा रु ७५० बाट रु ७९० पु¥याइएको छ।
यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने रु ६९० बाट ७२५ पु¥याइएको छ। माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको रु ६३० बाट रु ६६० बनाइएको छ। सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर रु २१.५० बाट २३ पु¥याइएको छ। भरिया (प्रति ४० किलोसम्म) का लागि प्रतिदिन रु ७८५ बाट रु ८२५ पु¥याइएको छ।
स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको जनाएको छ। जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ पु¥याइएको छ। यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौँ महानगरपालिका भित्र यसअघि कै रु १६ हजार २०० कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको रु १४ हजार ५४० कायम छ।
यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ। ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ। नारायण ढुङ्गाना/रासस
|
सडक पहिराेले बगाएपछि मोटरेबल पुल प्रयोगविहीन म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ। करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ।
शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताए। “जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ”, उनले भने, “आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।” शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन्।
तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो। स्वच्छन्द–गौचन जेभीले रु दुई करोड २५ लाखमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो।
लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन्। पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ। खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा समस्या भएको छ।
हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो। निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ। बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए।रासस
|
नक्कली कागजात बनाएर विदेश जान खोजेपछि… काठमाडौं। नक्कली नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने झापा भद्रपुर नगरपालिका ७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ।
|
नेपाली कांग्रेस महाधिवेशन अनिश्चय ! काठमाडौं। पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।
महाधिवेशन जस्तो महŒवपूर्ण कार्य आरम्भ गर्नु तीन दिन पहिलेसम्म कुनै तयारी नहुनु आश्चर्यजनक मानिन्छ । चार वर्षको कार्यकाल थप हुँदै पार्टीको विधान र देशको मूल संविधानले निर्धारण गरेको समयावधि पनि अब जम्माजम्मी ३५ दिनभन्दा बढी छैन । करिब १० लाख क्रियाशील सदस्यबाट टोल, वार्ड, पालिका, जिल्ला, प्रदेश र केन्द्र गरी करिब एक लाख पदाधिकारी र सदस्यको चयन हुनुपर्ने छ ।
यसै पनि नेपाली कांग्रेसको विधान राष्ट्रको संविधान अनुकूल बनाउन र अर्कातिर केन्द्रीय नेतृत्वका फरक गुटहरूको हानाथापको चेपुवामा परेर अत्यन्त जटिल र कार्यान्वन हुन निकै सकस पर्ने वनाइएको छ।
आजका दिनमा देखिएको गुट उपगुटलाई थप पेचिलो बनाउने र चुनावी प्रक्रियालाई खर्चिलो, फोहोरी र बोझपूर्ण बनाउनमा कांग्रेसको विधानले फराक बाटो खोलेको छ । राष्ट्रिय निर्वाचनको फोहोरी खेलमा बानी परेको जनमतले कांग्रेसको विधानमा विद्यमान जटिलता र लोकतान्त्रिक संस्कृतिको मर्यादालाई बुझ्नेछ भनेर अपेक्षा गर्नु निरर्थक हुनेछ ।
भदौको दोस्रो साता केन्द्रीय महाधिवेशनको मिति तय भएको छ । तर, अहिलेसम्म न्यूनतम काम गर्ने तयारी समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार समिति, स्वागत समिति, स्वयंसेवक समिति केही पनि बनेको छैन । अतिथिहरूको सूची बनेको छैन र निम्तो दिने कुरा त परै रह्यो । स्वदेशका १६५ क्षेत्र र विदेश क्षेत्र (नेजस)बाट अनि विभिन्न भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूबाट गरी करिब पाँच हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू सहभागी हुनेछन् ।
एकजना केन्द्रीय सदस्यका अनुसार महाधिवेशनका लागि अनिवार्य तीन विषयको टुंगो नलागेसम्म महाधिवेशन अनिश्चित नै हुनेछ । पहिलो क्रियाशील सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने, निर्वाचन समितिले निर्वाचन निर्देशिका जारी गरी निर्वाचनका लागि अधिकृत तोक्ने र अन्य राजनीतिक दलबाट आएकाहरूलाई समायोजित गर्नुपर्ने छ ।
तर, यी तीनै कामहरू अहिले सम्पन्न भएको अवस्था छैन । अहिले पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केही जिल्ला र क्षेत्रका प्रतिनिधिहरू कुनै आमरण अनशन त कोही धर्नामा बसिरहेका छन् । क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूमाथि हातपात भएको भन्ने घटनाले केही दिन समितिका सदस्यहरूले नै काम बन्द गरेको थिए । न्यूनतम काम सम्पन्न नभएको अवस्थामा कसरी महाधिवेशन होला ? उहाँको चिन्ता छ ।
यही १२ साउनबाट स्थानीय तहबाट हुनुपर्ने अधिवेशन र निर्वाचन अन्योलमा रहेको हुनाले सदस्यहरू अन्योलमा नै छन् । शहर केन्द्रित निर्णयका कारण अनेक कुनाकन्दरामा रहेका, अनेक भीरपाखा, खोलानाला, वनजंगल र विकट भू–अवस्था र तराई भेगमा डुवानको चपेटाबाट अनेक समस्याहरू झेल्नुपर्ने सदस्यहरूका लागि कमसेकम १५ दिनको सूचना र जानकारी हुनु आवश्यक हुन्छ । तर, राजधानीमा सुविधासम्पन्न स्थानमा बसेका अधिकांश केन्द्रीय नेताहरूलाई यो पीडाबोध देखिँदैन ।
विकट पहाडी भू–क्षेत्रको समस्या भोगेर आएका नेताहरू समेत शहरको सुखसयलमा आकण्ठ डुबिसकेका हुनाले उनीहरू भुइँ सदस्यहरूको समस्याप्रति निरन्तर निरपेक्ष छन् । हिमाली क्षेत्रबाट आएका एक क्रियाशील सदस्यको गुनासो रहेको छ । यो सम्वादातासँग उनले भने– ‘मध्य वर्षा छ, अधिकांश पुलहरू भत्केका छन्, बाटोको चिनो हराएको छ, सम्पर्क माध्यम टुटेको छ, यस अवस्थामा महाधिवेशनमा भाग लिन कसरी जाने ? त्यसमा पनि कोरोनाको व्यापकता झन् कहाली लाग्दो छ । के कांग्रेसको अधिवेशनभन्दा सानो हो त सदस्यहरूको ज्यान ? अनुकूल समयमा महाधिवेशन नगर्ने अनि प्रतिकूल समयमा महाधिवेशनको तिथि तय गर्ने कसरी सम्भव हुन्छ ?’
नेपाली कांग्रेस अहिले सरकारको नेतृत्वमा रहेको हुनाले कुनै विकल्प खोज्नु जरुरी छ । संविधानमा परिवर्तन गर्न दुईतिहाइ आवश्यक भए पनि निर्वाचन आयोगको कानुन र निर्णय अनि अरू संघसंस्थाहरूवारे भएको अदालती निर्णयहरूको समेत सहारा लिएर किस्ता किस्तामा होइन एकैपटक महाधिवेशनबारे पार्टीको निर्णय हुनुपर्ने ओखलढुंगाका एक क्रियाशील सदस्यको सुझाव छ । शुक्रबार बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने आशा धेरैको थियो तर स्थगित भएर शनिबार (आज)का लागि सरेको छ । तर, आज पनि ठोस निर्णय हुन्छ कि हुँदैन कांग्रेस सदस्यहरू अलमलमा नै छन् । हिमालय टाइम्स दैनिकबाट
|
मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा राजविराज। अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ। अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पु¥याएको छ।
नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिव ३ सय घर समेत डुबानमा परेको छन्। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ।
यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन्। तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिनुभयो।
चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ। रासस
|
धनगढीकाे पहिलो रक्तसञ्चार सेवा केन्द्र हस्तान्तरण काठमाडौं। अमेरिकी मिशन अन्र्तगतको डिफेन्स टिम र युएसएआइडी नेपालले धनगढीमा नवनिर्मित रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्डको सहयोगमा निर्मित सुदुर–पश्चिम प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई मंगलबार हस्तान्तरण गरिएको हो।
यो धनगढीकै पहिलो रक्तसंचार सेवा केन्द्र हो। नेपाल सरकार तथा नेपाल रेडक्रश सोसाइटीको अत्यावश्यक सेवा प्रदान गर्ने कार्यलाई अझै सबल बनाउने अमेरिकन राजदुतावासले जनाएको छ।
यस्तै दुतावासले समयमै रक्तदानको सुविधा उपलब्ध हुँदा धेरै जीवन बचाउन सकिने विश्वास व्यक्त गरेको छ।
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnepal.usembassy%2Fposts%2F4086085364761825&show_text=true&width=500″ width=”500″ height=”761″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>
|
तीन हजार विन्दु नजिक नेप्से, करिब १४ अंकले बढेको बजारमा पौने १२ अर्बको कारोबार काठमाडौं। साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। सोमबार नेप्से १३.९७ अंकले वृद्धि भई २९९४.९८ विन्दुमा बन्द भएको छ।
करिब एक महिना रेकर्ड बे्रेक गर्दै अलटाईम हाई रेकर्ड बनाएको नेप्से पुन ः तीन हजारको विन्दु नजिक पुगेको हो। यसअघि साताको पहिलो दिन र आर्थिक वर्षको सुरुवातमा खुलेको पहिलो दिन नेप्से ९७ अंकले बढेको थियो।
यस दिन कारोबारमा आएका २१९ ओटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका ५ वटा समूह ओरोलो लाग्दा अन्य समूहका सूचकहरुमा भने हरीयाली देखिएको छ।आज विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको सेयर बढेको छ। बैंकिङ समूहको सेयर झन्डै ११ अंकले, व्यापार समूहको एक सय ९६ अंकले सेयर बढेका छन।
यस दिन सिनर्जी पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ।
|
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, प्रधानमन्त्री देउवालाई मत दिने सांसदमाथि कारवाहीकाे संभावना काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ।
केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ।
बैठक पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुनेछ। साथै आइतबार प्रतिनिधिसभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुने बताइएकाे छ। पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएका थिए
|
‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’ वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन् । उनले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए । “आव २०७७/०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कूल प्रगति ७३ प्रतिशत रह्यो”, उनले भने ।
उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्चतर्फको प्रगति ८०.३१ प्रतिशत र चालू खर्चतर्फको प्रगति ७७.६८ गरी कुल प्रगति ८०.२० प्रतिशत हुन आएको जनाउँदै कोभिड महामारीका कारण सिर्जित विषम परिस्थितिका बाबजुद पनि कर्मचारी तथ सबै क्षेत्रबाट प्राप्त भएको सहयोगका लागि आभार प्रकट गरे ।
उनले राजस्व भुक्तानीमा विद्युतीय प्रणाली अपनाउने सजिला छोटा मार्ग निर्माणका लागि सुरुङ निर्माणका योजना बनाउँदै सुरुङ युगमा प्रवेश गर्ने, पूर्ण उज्यालो वाग्मती प्रदेश बनाउने, हरित वाग्मती प्रदेश निर्माण गर्ने, विद्युतीय बससहितको प्रदेश बनाउने, प्रदेश चक्रपथ निर्माण गर्ने, काठमाडौँ उपत्यका काँठ चक्रपथ निर्माण गर्ने, सौन्दर्यकरणसहितको सम्पदामैत्री विकास गर्ने, हरित विकास र हरित अर्थतन्त्र निर्माणको भौतिक संरचना बनाउने, कोभिड महामारीबाट जोगाउँदै उत्पादन र रोजगार सिर्जना गर्ने सरकारको अवधारणा रहेको बताए ।
“हामी ती अवधारणाको कार्यान्वयनको चरणमा छौँ, परिणाम विस्तारै देखिँदै जानेछन्, भोलिका पुस्ताले वा हाम्रा पुर्खा भन्नेछन्”, उनले भने । मन्त्री फुयाँलले सरकारले हाल प्राप्त गरेको सफलता सोच, सङ्गठन, कडा परिश्रमपछिको परिणाम र उपलब्धि भएको उल्लेख गर्दै अवरोध अझै पनि जारी रहेको र काम पनि जारी रहेको बताए ।
|
एमाले स्थायी कमिटी बैठक जारी काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा देउवा सरकारले लिने विश्वासकाे मत र अन्य समसामयिक विषयमा छलफल भइरहेकाे छ। प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन्। एमालेको यसअघिको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
तर, देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव पक्षका २३ सांसदले भने विश्वास दिने वा नदिने भन्ने अन्योल छ। नेता माधव नेपालले भने यस अघि नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बताएका थिए।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन्। जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद छन्।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै रहेको ले अव विश्वासको मत पाउन ८ सांसदको मत भए पुग्छ। नेपाल पक्षका केही सांसदले देउवालाई मत नदिए प्रधानमन्त्रीको देउवाले विश्वासको मत गुमाउने निश्चित छ।
|
प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन्। समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन्।
घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन्। रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले तरकारी बालीमा गोठेमलसँगै जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन्। उनीहरुले स्थानीयस्तरमै पाइने वनस्पतिबाट मल र विषादी बनाई तरकारी बालीमा छर्किंदै आएका छन्।
दैनिक सिमलफाँटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिइएको छ। यस्ता किसानले जनही दैनिक रु चार हजार बढीको आम्दानी लिने गरेका छन्। सहजरुपमा तरकारी बेचेको पैसाले परिवारको खर्च धानिँदै आएको छ।
प्राङ्गारिक तरकारीखेतीमा लागेका अधिकांश किसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइ यस क्षेत्रमा क्षेत्रमा पुनःस्थापना गरिएका हुन्। पुनःस्थापना गरिएका परिवारसँग स्वामित्वको १० कट्ठा जग्गा छ। सोही जग्गामा ती परिवारले प्राङ्गारिक तरिकाले तरकारी खेती गर्दै आएका छन्। रासस
|
दराजको महाबचत बजारः ‘म्याक बुक प्रो १३’ र ‘आई फोन १२’ जित्ने मौका काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले ‘महाबचत बजार’ सुरु हुने घोषणा गरेको छ। ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्ने उद्देश्यका साथ दराजले उक्त अभियान घोषणा गरेको हो ।
अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्रीपेमेन्टमा २ हजारसम्मको छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि शुल्क डेलिभारी , नि शुल्क भाैचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।
यस अभियानको लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्रीपेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्। यी बैंकका डेबिट कार्ड धारकहरूले १५ सय सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्रीपेमेन्टमा २ हजारसम्म छुट पाउनेछन। यो अफर सिमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसैगरि, ग्राहकहरु आफ्नो आईएमई पेमार्फत प्रीपेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्नेछन्। आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा १ हजारसम्म छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्रीपेमेन्ट गरेमा १५ प्रतिशत (५ सय)सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (५ सय)छुट पाउन सक्नेछन।
दराज महाबचत बजारमा प्रदर्सित “खेल एक रुपैयाँ”मा भाग लिने ग्राहकहरुले १ लाख ३३ हजार मूल्यको आई फोन १२ र ५० हजारको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदी जितेनन भनि रकम फिर्ता हुनेछ।
दराज महाबचत बजारमा नयाँ सामसुङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसुङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।
“७० हजारभन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व९भुक्तान र आईएमई पेमार्फत अझ बढी बचत गर्न सक्नेछन् । ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मद्दे छनौट गर्न सक्दछन् भने हाम्रो १ हजारभन्दा बढी विक्रेता र दराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् । यसै गरि हामी छूट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं”, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।
थप विवरणहरू याे पृष्ठमा हेर्नुहोस्।
|
नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन्।
वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताए।
शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए। प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएकाले प्रशासकीय अधिकृत किशोर रामले ‘लगत्तै प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ। पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन्। वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।रासस
|
अमेरिकाको बाल्टिमोरमा नेपालीहरुबीच फुटबल प्रतियोगिता सम्पन्न बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा बस्ने नेपाली युवाहरुका आठवटा टीमबीच सम्पन्न साथी कप फुटबल प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ । विजयी टिमका क्याप्टेन विवेक तामाङ्ग हुन् । जुलाई १० र ११ मा बाल्टिमोर शहरमा सम्पन्न फुटबलमा आठवटा युवा टिममा १७६ खेलाडीहरुको सहभागी थिए ।
विजयी टोलीलाई २५ सय अमेरिकी डलर पुरस्कार दिइएको छ । यसैगरी खेलमा एभरेष्ट फुटबल क्लब उपविजेता बनेको छ । उपबिजेतालाई १५ सय अमेरिकी डलर पुरस्कार दिइएको छ । विजेता र उपविजेतालाई मेडल, प्रमाणपत्र र ट्रफी पनि दिइएको थियो ।
खेल अयोजक संस्था साथी बाल्टिमोरका रमेश भट्टले मेरिल्याण्ड राज्य भित्रका नेपालीभाषी युबाहरुलाई खेल माध्यामबाट जोड्ने प्रयासस्वरुप यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा खेलाडी र सर्बाधिक गोल गर्ने खेलाडीको दुईवटै उपाधि सुदीप विश्वकर्माले जितेका छन् । उनले सर्वाधिक ६ गोल गरेका थिए । भट्टले दिएको जानकारीअनुसार, प्रथम पुरस्कार घिमिरे होम्सले प्रयोजन गरेको थियो भने दोस्रो पुरस्कार गैरआवासीय नेपाली संघ, मेरिल्याण्ड च्याप्टरले प्रयोजन गरेको थियो ।
प्रतियोगिताको समापन समारोहमा मेलिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका अबैतनिक महावाणिज्यदूत प्रेमराजा महत र गैरआवसीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । उनीहरुका साथमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल, मेरिल्याण्ड राज्यका डेलगेटहरु ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चाल्र्स योङ्ग, समाजसेवीहरु हेम पाठक, प्रेमकुमार श्रेष्ठ, धन गुरुंङ्ग, कुल गुरुंङ्ग, अनुप खनाल, राजु क्षेत्री, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको सहभागिता थियो ।
समापन समारोहमा कम्पट्रोलर अफ मेरिल्याण्ड पिटर फ्रानचोटले सहभागी सबै टिमलाई कार्यालयको तर्फबाट सम्मानपत्र दिएका थिए । त्यसैगरी मेरिल्याण्डको डिष्टिक्ट ८ र १० का डेलिगेटहरु नेपाली मुलका ह्यारी भण्डारी र कालै ज्याक्सन एवं जे जेलिसीले आयोजक संस्थालाई खेलको सफल आयोजना गरेकोमा सम्मान पत्र(साइटेसन) प्रदान गरेका थिए । आयोजक संस्था साथी बाल्टिमोरका भट्टले साथी कप हरेक बर्ष गर्ने र आउंदो सेप्टेम्बरमा साथी कप क्रिकेट आयोजना गर्ने जानकारी दिए ।
|
एक करोडभन्दा धेरैको चेक बाउन्स भएपछि लामा पक्राउ काठमाडौं। काभ्रेका सत्यमान लामा ठगी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ गरेको हो। लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका लामा चेक बाउन्सको ठगीमा परेका हुन्।
लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट विहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि पनि विभन्न आरोपमा पक्राउ पर्दै आएका उनलाई सांसदहरुको दवावमा छाडिँदै आएकोमा अहिले भने प्रहरीले जिल्ला अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको हो।
लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटाले चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। सापकोटालाई दिएको २२ लाखको चेक पनि बाउन्स भएको थियो। त्यसपछि लामा विरुद्ध काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
|
मन्त्रिपरिषद बैठक जारी, प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने काठमाडौं। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। शेरबहादुर देउवा प्रधामन्त्रीमा नियुक्त भएपछिको यो दोसो बैठक हो।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्दै साउन तीन गते बैठक बोलाउन आदेश दिएको थियो।
|
प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरेकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ प्रतिभालाई सम्मानित एवं पुरस्कृत गरेकी हुन् ।
राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति गङ्गाप्रसाद उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवीबाट सम्मानित गरेकी थिइन्। अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उनले उपलब्ध गराउनुभएको बैंक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपतिमार्फत वाङलाई हस्तान्तरण गरिने छ ।
राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गरिन् । क्षेत्री स्वास्थ्यका कारणले स्वयं उपस्थित हुन असमर्थ भएका कारण कुलपतिमार्फत उक्त पुरस्कार कअर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिने छ भने रु दुई लाख राशिको नगद पुरस्कार उनले उलब्ध गराउएको बैंक खातामा दाखिला गरिने छ ।
यसैगरी पूर्वघोषित नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (श्रेष्ठ कोभिड–१९ का कारण गत चैत १६ गते निधन भएकाले उनका भाई साहित्यकार तेजप्रकाश श्रेष्ठ) लाई पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रपतिद्वारा समारोहमा प्रा डा वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार, प्रा डा तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत भएका थिए । यी पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ । डा मिश्रले आफूले पाएको राशि प्रतिष्ठानमा दर्शनशास्त्र अध्ययन कोष स्थापनाका लागि फिर्ता गरे।
यसैगरी रविमान लम्जेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य) लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधि भाषा) साहित्य पुरस्कार (तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८)का लागि राष्ट्रपतिले पुरस्कृत गरेकी छन् ।
स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित भएका थिएनन् । यी प्रज्ञा पुरस्कारको राशि रु एक/एक लाख रहेको छ । रासस
|
गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् ।
त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आजै सपथ गराउनेगरी मन्त्री टुङ्गो लगाएइका हुन् ।
पहिलो चरणमा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाललाई उर्जामन्त्रीमा सिफारिस गरिएको छ । जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।
|
काठेखोला गाउँपालिकाद्वारा २८० किलोको नगरा निर्माण बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ। गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ। कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ।
अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ। सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उनको भनाइ छ। स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए। नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताए। यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो।
नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए। नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए। परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालीगढ रवीलालले बताए। यति ठूलो नगरा बनाउन पाउँदा खुशीको अनुभव भएको उनले सुनाए।
कालीगढको मेहनत र शिल्पले विशाल नगरा बनाउन सम्भव भएको अध्यक्ष आश्रमले बताए। उनका अनुसार अर्को ठूलो नगरा काठमाडौँको हनुमानढोका परिसरमा छ। मल्लकालमा बनेको उक्त नगराको गोलाइ साँढे छ फिट छ। अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर दाबी गरिएको हो। नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ।
“नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थप्ने हाम्रो विश्वास छ”, अध्यक्ष आश्रमले भने,“यसले नेपाली मौलिक लोकवाद्यप्रतिको सम्मान पनि झल्काउँछ ।” दशैँ, चैते दशैँ, सरस्वती पूजा आदि पर्व र विशेष दिनमा उक्त नगरालाई बजाइने भएको छ। लोकबाजा सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालू आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च भएको छ। बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षयकोषले जनाएको छ।
संरचना निर्माणसँगै लोकबाजा सङ्कलन र सङ्ग्रहका लागि आउँदो आवका लागि पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ। विसं २०६६ मा स्थापित अक्षयकोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ। हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ।
सङ्ग्रहालय निर्माणका लागि अक्षयकोषले तङ्ग्राममै तीन रोपनी जग्गा व्यवस्थापन गरेको थियो। अक्षयकोषले वर्सेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ। गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ। अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तरण गरिने अध्यक्ष आश्रमले बताए। अक्षयकोषको चल÷अचल गरी रु २० लाखबराबरको सम्पत्ति छ।रासस
|
महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत डाेटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।
महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही रु पाँच हजारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। महिनावारी छाउ बारेकै कारण उक्त गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अकालमै ज्यान गुमाइसकेको पाइएको छ।
गाउँपालिकाले महिनावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताए। उनले भने, “महिनावारी हुँदा छाउ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण हामीले छाउ नबार्न अभियान चलाएका थियौँ, हाम्रो अभियान सफल भएको छ।”
छाउ भएका बार्ने महिला तथा छाउ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्तालगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छाउ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए। उनले भने, “छाउपडी बार्नेजस्तो अति घृणित कार्य बन्द गर्न हामीले गाउँपालिकामा अभियान नै चलाएका छौँ, अब यहाँको छाउपडी प्रथा अन्त्य हुनेमा विश्वस्त छौँ।”
गाउँपालिकाले वर्षभरिमा महिनावारी अर्थात् छाउ हुँदा नबार्ने महिलालाई वर्षैपिच्छे सम्मान गर्दै जाने योजना बनाएको छ। सुदूरपश्चिम प्रदेशमा महिनावारीलाई छाउपडी भन्ने चलन छ। यहाँका महिला छाउ हुँदा गाउँभन्दा निकै टाढा अलग्गै छाउ घर तथा गोठमा बस्नुपर्ने चलन छ। महिनावारी भएकी महिला छाउ भएका बेला घरमा बसे गाई, भैँसीको दूध, दही, घ्यूलगायतका चिज दिएमा देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँ महिनावारी भएका महिलालाई अलग्गै राख्ने चलन कायमै छ। जिल्लामा छाउपडी अन्त्य गर्नका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भई छाउपडीका लागि निर्माण गरिएका छाउगोठ भत्काइए पनि यहाँको छाउपडी अझै अन्त्य हुन सकेको छैन।
मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा रु तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको भए पनि जिल्लामा अहिलेसम्म उक्त ऐन कानूनको पूर्णरूपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताए। छाउपडी प्रथा सामाजिक र धार्मिक आस्थासँग जोडिएका विषयलाई परिवर्तन गर्न कानून लागू गरेर मात्र नपुग्ने तथा व्यवहारमै लागू हुनुपर्ने सम्मानित भएकी पूर्वीचौकी गाउँपालिका बगलेककी सुनिता ठकुल्लाले बताइन्।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीका ग्रामीण क्षेत्रमा महिलाले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अहिले पनि कायमै रहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्था बताउँछन्। सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको गोठलाई यहाँ छाउपडी कुडी भनिन्छ। छुई अर्थात् छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लै बस्नुपर्ने परम्परा रहेको छ। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। सुदूरपश्चिमसहित मुलुकका अन्य जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पामा यो प्रथा कायमै छ। महिनावारीका कारण अलग्गै बसेका बेला महिला बलात्कार हुने, सर्पले डस्नेलगायतका अप्रिय घटना हुने गरेको पाइएको छ।रासस
|
कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा टिकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ। नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ। रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन्।
शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ। नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ। नदी कटान भएमा वडा नं ५, ६, ७ र ८ का नागरिक प्रभावित हुनेछन्। सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ। गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जैविक तटबन्ध गरेर बस्ती जोगाइएको थियो। आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा गत वर्ष झण्डै दुई मिटर मात्रै बाँकी थियो।
यस वर्ष पनि तटबन्ध निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरिसकेको जनाएको छ। “तत्काल कटान शुरु भएपछि सोमबार सिँचाइ आयोजनाका प्राविधिकले निरीक्षण गरेका छन्। केही रोकथामका लागि स्थानीय सरकारले पहल गरेमा अस्थायी तटबन्ध गरेर बस्ती जोगाउन आयोजनाले सघाउने भनेको छ”, टीकापुर–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारूले भने, “नदी कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ । नदी कटान तत्काल नरोके टीकापुर–५ को शाहीपुर र सिम्रेनी, ६ का केही भाग, ७ को सत्ती र ८ को धनसिंहपुर प्रभावित हुनेछन्। हजारौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुनेछ। क्षतिको अनुमान गर्नै सकिँदैन।”
नदी कटान शुरु भएपछि वडाध्यक्षले सम्बन्धित निकायमा जानकारी गराएको बताए। केही दिनअघि नगरपालिकाको विपद् समितिको बैठकले समेत कटानको जोखिम रहेका क्षेत्रमा जैविक तटबन्ध गर्ने निर्णय गरेको थियो। नगरप्रमुख तपेन्द्रबहादुर रावल नदीले धार परिवर्तन गरिरहेका कारण नदी कटान रोक्न निर्माण गरिएका तटबन्ध हरेक वर्ष भत्कन थालेको बताए। “हामीले आगामी दिनमा भौतिक संरचना बनाउँदा दिगोपनमा ध्यान दिन आवश्यक छ”, उनले भने, “अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष नदीमा पानी बढ्दा बगेर जान थालेका छन्। यसले बस्ती थप जोखिममा पर्छ।”
कर्णाली नदी कटानले टीकापुरको शाहीपुरमात्र होइन, वडा नं २, वडा नं ८ को श्रीलङ्का, सत्ती पुलसमेत जोखिममा छ। केही दिनअघि सत्ती पुलको बर्दियातर्फ कटान गरेपछि छ दिन अवरुद्ध भएको थियो। तत्कालका लागि अस्थायीरूपमा मर्मत गरेर पुल सञ्चालन भएको छ। स्थानीयवासी रुपेश बुढा सरकारले समयमै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना अघि नसारे कैलाली र बर्दिया जिल्ला नदीकै कारण जोखिममा पर्ने बताउँछन्। “नदी कटानले बर्सेनि हजारौँ बिघा जमीन कटान हुने गरेको छ । नदी तटीय क्षेत्रका नागरिक बर्सेनि विस्थापित हुन थालेका छन्”, बुढाले भने, “यसले खेतीयोग्य जमीन बाँझो रहने गरेका छन्। नागरिक र धनजनको सुरक्षाका लागि समाधानतर्फ सबैको ध्यान जानुपर्छ।”
नदी तटीय क्षेत्रका नागरिक बर्सातको समयमा रातभरि सुत्न नसक्ने अवस्था आएको टीकापुर–५ शाहीपुरका गगनसिंह ठकुल्लाले बताए। “नदी कटान शुरु भएपछि कतिखेर नदी गाउँ पस्छ भन्ने खतरामा नागरिक निदाउन सकेका छैनन्”, ठकुल्ला भन्छन्, “त्रासमा बस्नेहरुको जीवन कस्तो होला । उनीहरुको स्वास्थ्य, रहनसहन बिग्रिएको छ । नदी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध छ।”रासस
|
सर्वोच्चको फैसलाविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रदर्शन गरेको छ
युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका एमाले नेता, कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी समेत गरेका छन् ।
संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ । विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेपनि ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका हुन् ।
|
शहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान डाेटी । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ। शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन।
ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताए। उनले भने, “गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो।”
यहाँका गाउँघरमा शहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ। लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन्।
कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपढिकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताए। उनले भने, “कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ।”
गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कूले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरु कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताए। उनले भने, “गाउँमा न अनलाइन कक्षा शुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरुको भविष्य अन्धकार हुँदै गएको छ ।”
यतिमात्र नभई यहाँका शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमरपुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताए। उनले भने, “शहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पु¥याउने छौँ।”
यहाँका दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतका शहरी क्षेत्रमा वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले जानकारी दिए। कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि गाउँमा कुनै पनि माध्यमबाट पठनपाठन हुुन नसक्दा गाउँघरमा रहेका विद्यार्थीलाई पढाइमा निकै समस्या भएको उनको भनाइ छ।
शहरी क्षेत्र तथा इन्टरनेटले काम गर्ने क्षेत्रका विद्यालयले यही असार १५ गतेदेखि अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गरेका छन्। यहाँका बजार क्षेत्रका विद्यालयमा अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा धामधम पठनपाठन भइरहेको बताइएको छ। विद्यार्थीको पढाइमा निकै समस्या भएको भन्दै यहाँका गाउँघरमा समेत इन्टरनेटको पहुँच पु¥याउन अभिभावकले माग गरेका छन्।रासस
|
आठ सय लिटर घरेलु मदिरा नष्ट अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत नभएको प्रहरीको भनाइ छ । घरेलु मदिरामा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले घरेलु मदिरा उत्पादनलाई अवैधानिक मानेको छ । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा घरेलु मदिरा बनाउनेको सङ्ख्या बढिरहेको सूचना प्राप्त भएको तथा जसका कारण झैझगडाका घटना बढेका कारण मदिरा बरामद र नष्ट कार्यलाई निरन्तरता दिने प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।
|
मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि अहिले आंशिक बदली छ । उपत्यका आसपासका पहाडमा अहिले हल्का वर्षा भइरहेको छ ।
महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातिको समयमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम २८ दशमलव आठ र न्यूनतम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ।
|
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु मंगलबारे । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो। लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो। एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ। स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा छन्।
छ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै होमआइसोलेशनमा थिए। मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ। स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ।
इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ। सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो। जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन्। हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन्। सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो।रासस
|
किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या काठमाडौं। नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा पाइएको थियो ।
यो समाचार तयार पार्दासम्म प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोस्ट मार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम र थप अनुसन्धानपछि आत्महत्याको कारण खुल्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् ।
प्रहरीले घटनापछि जेनीका श्रीमान् मनबहादुरसँग पारिवारिक जानकारी लिएको छ । मानबहादुरले आफ्नो श्रीमती विगत एक वर्षदेखि मानसिक समस्यामा रहेको र आफूहरूले उनको उपचारसमेत गर्दै आएको बताएका छन् । मानसिक समस्या देखिएपछि उनी केही समय विपासनामा बसेको र त्यसपछि साधुका रूपमा पशुपतिमा समेत गएर बस्न थालेको पनि उनका श्रीमान्ले प्रहरीलाई बताएका छन् ।
आफ्नी श्रीमतीले एक वर्ष अघिबाट मानसिक समस्याको औषधि सेवन गर्दै आएको र उनलाई खुसी राख्न आफूहरूले सक्दो प्रयास गर्दै आएको पनि श्रीमान्ले बताएका छन् । आफू कामले चाबहिल गएको बेला आत्महत्या गरेको खबर आएपछि घर फर्किएको उनले प्रहरीलाई बताएका छन् ।
जानकी कुँवरको नामले कला यात्रा सुरु गरेकी उनले केही टेली चलचित्र खेलेपछि नयाँ चलचित्र बज्रपातको छायांकनको क्रममा नाम परिवर्तन गरेर जेनी बनाएकी थिइन् । जेनीले बज्रपात र हलचल गरी दुई चलचित्रको निर्माण पनि गरेकी थिइन् । यी दुवै फिल्ममा उनी मुख्य भूमिकामा थिइन् ।
यस्तै उनले नायिकाका रूपमा ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।
उनी पछिल्लो समय धार्मिक गतिविधिमा पनि सक्रिय थिइन् । पशुपतिको वनकाली क्षेत्रमा रहेको कुँवरहरूको कुलायन मन्दिरमा गएर उनी साधुका रूपमा बेलाबेलामा पूजापाठमा समेत व्यस्त हुने गरेकी थिइन् । जसका कारण उनी युट्युबमा माताका रूपमा भाइरलसमेत भएकी थिइन् ।
उनले योबीचमा सामाजिक कार्यसँगै योग र ध्यान सिकाउने कार्य पनि गर्दै आएकी थिइन् । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् । राजधानी दैनिकबाट
|
ठगी गर्ने म्यान पावरमाथि सरकारको निगरानी आवश्यक काठमाडौ। वैदेशिक रोजगार विभागले गत वर्षको मंसिर ८ गतेदेखि चैत ३० गतेसम्म ५ महिनाको अवधिमा केही कन्सल्टेन्सीसहित ५७ वटा म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो। ठगीलगायत अवैधानिक क्रियाकलाप गरेकाले विभागले अनुगमन गरी कारवाहीको दायरामा ती म्यानपावरलाई ल्याएको थियो।
कारवाहीमा परेका ती म्यानपावरले कतार पठाउने भन्दै अवैध अन्तर्वार्ता लिएको, भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउन खोजेको, सरकारले तोकेको भन्दा बढी रकम मागेको, भिजिट भिसामा उडाएको, सामाजिक सञ्जालमा अवैध सूचना निकाली अन्तर्वार्ता लिएको, अन्तर्वार्ता गराएवापत रकम उठाएको लगायत अवैधानिक क्रियाकलाप गरेका थिए।
त्यसबेला अवैधानिक कार्य गरेवापत कुनै म्यानपावरलाई लाखौं जरिवाना गराइएको थियो भने कसैलाई केही महिनाका लागि निलम्बन गरिएको थियो। त्यस्तै, कतिपय म्यानपावर भने अझै पनि निलम्बित नै छन्। जसले गर्दा कारवाहीकै प्रक्रियामा रहेकाले उनीहरुले हालसम्म वैदेशिक रोजगारीसम्बन्धी कुनैपनि काम गर्न पाइराखेका छैनन् ।
ठगी र अवैधानिक क्रियाकलाप गरी युवालाई मर्नु न बाच्नुको अवस्थामा पुर्याउने म्यानपारवलाई स्वच्छ प्रतिस्पर्धाको अवस्थामा ल्याउनु पर्छ भन्ने मनसायका साथ लागिपरेका थिए विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल।
सरकारको नियमको पालना गर्दै १० हजार रुपैयाँको वैधानिक बिल युवालाई थम्याएर प्राय म्यानपावरले खाडी मुलुक जाने युवाहरुसँग अवैधानिक रुपमा लाखौं असुलेको उदाहरण प्रतिनिधि पात्रको रुपमा पछिल्लो समयमा बहराइनमा रोइराखेका युवालाई लिन सकिन्छ।
उनले ०७६ माघ अन्तिमदेखि ०७७ चैत अन्तिमसम्म अर्थात् १४ महिनाको अवधिसम्म विभागमा बसेर वैदेशिक रोजगार पीडितको पक्षमा वकालत गरेका थिए। हुनत, उनी विभागमा नियुक्त भएको एक महिनापछि नै कोरोना संक्रमणका कारण देशनै ठप्प भएको थियो। जसले गर्दा वैदेशिक रोजगारी पनि बन्द हुन पुग्यो। उनको कार्यकालमा कोरोनाका कारण वैदेशिक रोजागरी बन्द हुने र खुल्ने प्रक्रिया चलिनै रह्यो।
वैदेशिक रोजगारी सुचारु हुँदा त्यतिबेला म्यानपावरबाट धेरै गाउँका युवा सोझासाझा युवाहरु पीडित बनेका थिए। विदेश जाने युवा ठगीमा परेर अझ पीडित नबनुन भन्ने हिसाबले काम गर्न तल्लिन देखिएका दाहालले आफ्नो कार्यकालको पछिल्लो समयमा विदेशीने युवालाई बिना तालिम प्रमाणपत्र वितरण गर्ने अभिमुखीकरण तालिम केन्द्रलाई समेत औल्याए र अनुगमन गरी कारवाहीको दायरामा ल्याए।
यसरी उनी देशका गरिब, अन्जान लगायतका पीडित युवाहरुलाई ठगी गरी रातारात करोडपति बन्न खोज्ने म्यानपावरविरुद्ध खरो रुपमा उत्रेका थिए। त्यतिबेला उनी जो कोहीसँग खुलेरै भन्ने गर्थे, चर्को ब्याजमा ऋण गरी विदेश उड्न ल्याएको युवाको पैसा नियम कानुन मिचेर बढी असुल्ने म्यानपावरलाई छोड्दिन, बरु मेरो जागीर जान्छ भने पनि जाओस्।
आफ्नो कार्यकालको पछिल्लो समयमा उनले कतार प्रहरीमा नेपाली युवाहरुलाई सरकारी संयन्त्रमार्फत पठाउनु पर्छ भन्नेमा लागिपरेका थिए। किनकी उनले म्यानपावरबाट ठगिएका विदेशमा र नेपालमा गरी हजारौं युवाहरुको रोदन प्रत्यक्ष सुनेका, देखेका थिए।
र, प्राय उनी पीडितका तिनै रोदन मिडियामार्फत जनतासमक्ष छर्लङ्ग पारिदिन्थे। जसले गर्दा उनीप्रति म्यानपावर व्यवसायीहरु रुष्ठ थिए। अन्ततः दाहाल आफ्नो कार्याकालको अवधि पूरा नभइकनै विभागबाट सरुवा भए।
वैदेशिक रोजगारी ठगीको महासागर हो भन्ने तत्कालीन महानिर्देशक दाहालको सरुवापछि गत वर्ष चैतको अन्तिमतिर विभागको महानिर्देशकमा कृष्ण प्रसाद दवाडी नियुक्त भए। यतिबेला उनै दवाडीले विभागको नेतृत्व गर्दै वैदेशिक रोजगारीसम्बन्धी हुने काम कारवाहीलगायतलाई नियालिराखेका छन्।
हुनत उनी विभागमा आएको केही दिनपछि नै देशले निशेषाज्ञा झेलिराखेको छ। जसले गर्दा पुनःठप्प बनेको वैदेशिक रोजागार पछिल्लो समय विस्तारै खुल्न थालेको छ।
देशमा रोजगार नपाएर चर्को ब्याजमा ऋण लिई विशेषत मलेसियालगायत खाडी मुलुकमा रोजगारीको लागि लाखौं रुपैयाँ तिरेर गएका नेपाली युवाहरु विदेशमा वर्षौसम्म काम गरिसक्दा समेत लिएको ऋण तिर्न सकिराखेका छैनन्।
सरकारले खाडी मुलुकमा काम गर्न जाने श्रमिकका लागि फ्रि भिसा फ्रि टिकट (सेवा शुल्क वापत १० हजार रुपैयाँ मात्र तिर्नु पर्ने) को व्यवस्था गरेको छ। तर, त्यही फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा उडेका युवा पाउन भने मुस्किल पर्छ।
सरकारको नियमको पालना गर्दै १० हजार रुपैयाँको वैधानिक बिल युवालाई थम्याएर प्राय म्यानपावरले खाडी मुलुक जाने युवाहरुसँग अवैधानिक रुपमा लाखौं असुलेको उदाहरण प्रतिनिधि पात्रको रुपमा पछिल्लो समयमा बहराइनमा रोइराखेका युवालाई लिन सकिन्छ।
एक मिडियामार्फत गुनासो पोखेका बहराइनमा रोइराखेका ९२ जना युवालाई कलंकीस्थित एक म्यानपावरले फ्रि भिसा, फ्रि टिकटको साट्टो प्रति युवाबाट ५ देखि ९ लाख रुपैयाँसम्म लिएर विदेश उडाएको रहेछ।
उनीहरुलाई बहराइनमा प्रहरी जागीरको लागि भन्दै म्यानपावरले झुक्याएको रहेछ। बहराइन पुगेको दुई महिना बितिसक्यो तर उनीहरुले आजसम्म न त तलबनै पाए न त भने बमोजिम काम।
सो म्यानपावरले उनीहरुसँग नेपालमा सुरक्षा गार्ड पदको लागि सम्झौता गरेपनि बहराइन पुगेपछि भने प्रहरीको जागीरमा काम गर्ने हो भनि झुठो आश्वासन दिएको रहेछ। उनीहरुका अनुसार बहराइन पुगेपछि एक महिनाको तालिमपछि प्रहरीको जागीरमा काम हुने र तालिम अवधिभरि एक महिनाको तलब नेपाली रुपैयाँ ७० हजार हुने र त्यसपछि भने मासिक १ लाख ४० हजार तलब हुने भनिएको रहेछ।
पीडितका अनुसार पत्रिकामा बहराइन पुलिसको लागि भर्ना खुल्दै भनेर प्रकाशित भएको र म्यानपावरले पनि अहिले कतार पुलिसको लफडा भइराखेको छ, त्यसैले सेक्युरिटी गार्डमा साइन गर्नुस् र बहराइन पुगेपछि भने त्यहाँको पुलिसमा काम गर्ने हो भनि झुठो एग्रिमेन्ट पेपरमा साइन गर्न लगाइएको रहेछ।
तर, ८ घण्टाको लागि सम्झौता गरेका उनीहरु अहिले बिना तलब १२ घण्टासम्म काममा खटिनु परेको छ। बाध्य भएर मिडियामार्फत न्यायको लागि गुनासो पोखेका उनीहरुलाई अहिले म्यानपावरले आफ्नो व्यवसायमा असर पुर्याउने भन्दै उल्टै धम्की दिइराखेको छ । उनीहरुका अनुसार न्यायको लागि आवाज उठाएका अलि टाठाबाठा मिडियामार्फत देखापरेका १०–१२ जनालाई तुरुन्त नेपाल झिकाएर ठिक गर्नु पर्छ भन्नेमा लागिपरेको छ, सो म्यानपावर।
हाल नेपालको म्यानपावर र बहराइनको कम्पनीबाट पनि ठगिएका उनीहरु हाल ट्राफिकले लगाउने जस्तो पुलिस लेखिएको पहेलो रिफेलेक्टिभ ज्याकेट लगाएर सेन्सेटिभी ठाउँमा काममा खटिइराखेका छन्।
उनीहरु दुखेसो गर्दै भन्दै थिए, ‘हामीले नेपालमा चर्को ब्याजमा लिएर पैसा एजेन्टलाई बुझाएका थियौं। कोरोनाले सबैतिरको अवस्था दयनीय भएकाले हामीमध्ये धेरैजसो साथीहरु अहिले बहराइनमा ७० हजार तलब भनिएको काम गर्न पनि तयार छौं। तर, कम्पनीले १२ घण्टा काम गर्ने भए गर नभए नेपाल जाउ भनेको छ। २ महिनाभन्दा बढी भयो काम गरेको एक पैसा दिएको छैन् । कसरी ऋण तिर्ने?’
बहराइनमा रोइराखेका यी युवालाई लिएर यता विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले पैसा तिरेर गएको कागज वा प्रमाणको आधारमा म्यानपावरलाई कारवाही गर्ने बताएका छन्। तर, म्यानपावरले बठ्याई गरेर युवाहरुसँग बिना प्रमाण लाखौं रुपैयाँ असुलेको छ। त्यस्तै, म्यानपावरलाई तिरेको पैसाबारे विभागलाई सूचना दिदा विदेश नै नपठाइदिने भएपछि बाध्य भएर लाखौं रुपैयाँ तिर्न बाध्य भएको पीडितको गुनासो छ ।
कानुनलाई छल्न म्यानपावरसँग हजारौं जुक्ति हुँदो रहेछ भन्ने कुरा बहराइनमा पीडित यी युवाहरुले तिरेको पैसाबाट सहजै अनुमान लगाउन सकिन्छ र सरकारले लगाएको नियम कानुन त एउटा नाम मात्रको रहेछ भनेर।
अब फेरि म्यानपावरमार्फत हजारौं युवाहरु कतार प्रहरी सेवामा विदेशिने निश्चित भएको छ। युवालाई कतार प्रहरीमा पठाउन सरकारले तोकेको नियम कानुन अर्थात् पैसामा युवाहरु जान पाउँछन् त र म्यानपावरले पठाउलान त?, यो भने हेर्न बाँकी नै छ।
विभागका अनुगमन तथा अभिमुखीकरण शाखाका शाखा अधिकृत मातृका सापकोटाले पछिल्लो समय अर्थात् यही बैशाखपछि कुनैपनि म्यानपावर अनुगमनमा नपरेको बताएका छन्। सापकोटाले म्यानपावरबाट पीडित भए भनेर नयाँ मान्छे विभागमा नआएको र पहिला गरिएकै अनुगमनबाट कारवाहीमा परेका म्यानपावरबाट पीडित भएका केही युवाहरु भने फाट्टफुट्ट विभागमा न्यायको लागि आइराखेको जानकारी गराए।
अन्ततः विभागले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सक्षम बनाउने हो भने उनीहरुलाई ठगहरुको चङ्गुलबाट टाढा राख्नै पर्छ। र, वैदेशिक रोजगारीको जिम्मा लिएका म्यानपावर व्यवसायीहरु पनि युवाको श्रम र पसिनासँग खेलवाड गरेर रातारात अर्बपति बन्ने सपनाबाट टाढा रहनु पर्छ। जसले गर्दा देश समृद्ध र म्यानपावर निष्पक्ष वा पारदर्शी नहोला भन्न सकिन्न।
तर, युवाहरुको श्रममाथि यसरी नै खेलवाड भइराख्ने हो भने भर्खरै मात्र छोराले विदेशमा राम्रो काम नपाएर छोरालाई विदेश पठाउने व्यक्तिको वर्षौ पहिले गोली हानी हत्या गरेका र हाल पक्राउ परेका बुबाले गरेजस्तो घटना फेरि हजारौं बुवाहरुले नगर्लान अर्थात् नदोहोरिएला भन्न सकिन्न।
|
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ईलाम। ईलाम नगरपालिका(१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले सावालाई उनले प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै काठमाडौँ । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुु¥याएको योगदानका आधारमा उनीहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन् । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुन् ।
सेनाद्वारा खेलाडी सम्मान
सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुुभकामना कार्यक्रम ग¥यो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे ।
सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए ।
उनले भने, “ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ ।” जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।
उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए । पहिलो प्रवेशको करीब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा सहभागिता पाउनु नै पनि राष्ट्रका लागि ठूला प्रतिष्ठा हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुनुु पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताए । उनले भने, “ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्डकार्ड’ मार्फत छनोटमा पर्न सफल हुनुभएको छ ।
नेपाल खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र सङ्गीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्डकार्डमार्फत प्रतिनिधित्व हुँदै आएको बताए । उनले भने, “विगतमा पौडी र एथेलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यस पटक भने एथेलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छाँै ।”
नेपाली सेना सैनिक शारिरीक तालीम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमाझीले सेनामा खेलकूदका लागि संस्थापक रुपमा त्रिभुवन आर्मी क्लब स्थापनाबाट शुरु भएपछि तल्लो तहबाट खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्दै आएको आधार र निरन्तरताले हाम्रा खेलाडी ओलम्पिक छनोटमा योग्य ठहरिनु निकै खुशीको क्षण भएको प्रतिक्रिया दिए ।
त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी छन् । परिषद् र ओलम्पिक कमिटीले पहिलोपटक यस पटक खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिएको छ ।
|
एमाले कार्यदलको बैठक जारी काठमाडौं। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। एमाले कार्यदलको बैठक बिहान १०:३० बजेदेखि सुरु भएको हाे।
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेकाे थियाे।
अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएकाेछ। नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन्। अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो।
|
कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार विहान ३ बजेतिर कपनको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १४ लाख रुपैयाँ पनि बरामद भएको छ। कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले पुष्टि गरेका छन्।
यसअघि प्रहरीले चन्द्रागिरि नगरपालिकाबाट पनि जुवाडेहरु पक्राउ गरेको थियो।
|
पहिरामा परी सात घर भत्किए, लाखौँको क्षति वाग्मती । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्दिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ ।
यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले भने । त्यसैगरी बिकट क्षेत्रका रुपमारहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराले भत्काएको छ । गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुुमार महतोका अनुसार धेरै खेतहरू पहिराले पुरिएको र चौपायाहरू मरेका छन् । सो गाउँपालिकाको विभिन्न वडामा क्षति पुुगेको छ तर सञ्चार सुविधाले नहुँदा विस्तृत विवरण सङ्कलन र जनतालाई राहत पु¥याउन सकिएको छैन ।
कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । सो वडाको विभिन्न स्थानमा गएका पहिराले घर जोखिममा परेको हो । स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन् । महिला, बालबालिका र ज्येष्ट नागरिक आ आफ्ना घर छोडेर सुरक्षित स्थानमा बसेका छन् । त्यसक्षेत्रमा मोवाइल नेट र विधुत् समस्या पनि भएको बताइएको छ । हेटौंडा सदरमुकामभन्दा टाढा रहेकाले राहत र उद्धारमा समस्या रहेको जिल्ला प्रशासन कार्यालय मकवानपरले जनाएको छ । यता हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खोला नालामा आएको बाढीले त्यहाँका बासिन्दा समस्या परेका छन् ।
|
निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो ।
सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरीे तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।
प्रहरी टोलीले घटनास्थल लाश जाँच प्रकृति मुचुल्कापछि परीक्षणका लागि आज केएमसी अस्पताल दुवाकोट पठाइएको छ । रासस
|
आइपीयो खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीयो) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन्। आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो।
क्यापिटलका अनुसार उक्त आवेदनबाट रु एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ। जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो।
संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो। बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।
रु तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए। उनका अनुसार प्रतिकित्ता रु १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ।
यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो। संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो।
शेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउछ। सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिने छ।
|
आइतबारसम्म निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह काठमाडौं । बुधबार साँझबाट परिरहेको पानी आइतबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गर्ने दैनिक बुलेटिनमा आगामी आइतबारसम्म वर्षा भारी रहने जनाएको छ।
२४ घण्टामा पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुर्इ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
|
बाढी पहिराले रोकियो गाउँसभा मनाङ । मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् ।
मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन् । तर चामे र नार्पाभूमि गाउँपालिकाको भने गाउँसभा हुन सकेको छैन । सबैभन्दा बढी जोखिममा परेको नासोंले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ ।
बाढी पहिराको जोखिमले गर्दा जिल्लाको सदरमुकाम चामे गाउँपालिका र प्रदेशको सडक सञ्जालबाट टाढा रहेको विकट स्थानको नार्पाभूमि गाउँपालिकाले हालसम्म पनि गाउँसभा गर्न सकेको छैन । पालिकाका विभिन्न स्थानमा बाढी पहिराको जोखिमले गर्दा गाउँसभाको काम पुरा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए। “नदीमा बाढी घट्ने सम्भावना कम छ, चामेको हरेक क्षेत्र नदीको किनार पर्ने र जोखिम बढी हुँदा गाउँसभा गर्न मुस्किल भएको छ, नदीको बहाव बढ्यो भने पालिकावासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, गाउँपालिकाको काम पुरा गर्न सकेको छैन”, अध्यक्ष घलेले भने, “असार २५ देखि २७ गतेभित्र गाउँसभा गर्ने योजना बनाएका छौं, समयले साथ दिन्छ कि दिदैन भन्ने मात्रै छ ।”
त्यस्तै नार्पाभूमिमा पनि धेरै स्थानमा बाढीले स्थानीयवासीमा प्रभाव पारेपछि समयमा गाउँसभा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष मिङ्मार लामाले बताए । “जनतालाई बचाउनु कि पालिकाको काम गर्नु जस्तो भएको छ, समयमा गाउँसभा गर्न नसकेपनि यो महिनाको अन्तिमसम्ममा गर्ने तयारीमा छौं”, अध्यक्ष लामाले भने ।
बाढी पहिराका कारण जिल्लामा विद्युत् र सञ्चारको कठिनाइ भएको छ । यस्तो अवस्थामा गाउँसभा गर्नुपर्ने हुँदा जनप्रतिनिधि समस्यामा परेका छन् । दुवै पालिकाले यस वर्ष विपद्मा परेकाले विपद्, स्वास्थ्य र सडक सञ्जाललाई बढी प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्ने जनाएका छन् ।
|
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने काठमाडाैं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो।
समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए।
मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ। यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो।
यसैबीच हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले र दुई लाख ५५ हजार सहयोग गरेका छन्। इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट सङ्कलित राहत रकम हस्तान्तरण गरिएको छ।
हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका नौ जनालाई जनही रु १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही रु सात हजार, पाँच घरपरिवारलाई जनही पाँच हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई रु १५ हजार गरी हेलम्बु गाउँपालिकामा रु दुई लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा रु ५५ हजार नगद हस्तान्तरण गरिएको हो।
उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङलगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईँको रोहवरमा समाजसेवी आइमान तामाङले सङ्कलित रकम हस्तान्तरण गरेका हुन्।
|
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका छन् । असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत हनान गोडर बाउसे बनेर साथ दिन पुगेका थिए ।
अध्यक्ष तिमिल्सिनाले विसं २०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपाईँमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएको जनाउँदै भने “लामो समयपछि पनि रोपाईँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रैनछु भन्ने सुखद अनुभूति भएको छ ।”
कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागत रुपमा मात्रै सिमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेकाले अब व्यवसायिक कृषि प्रवद्र्धन गर्नुपर्ने पर्नेमा उनले जोड दिए । उन्नत प्रविधि र नष्लको प्रयोग गरेर व्यवसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नु अहिलेको प्रमुख कार्यभार भएको उनले उल्लेख गरे ।
इजराल कृषिमा विश्वकै नमुना देश मानिन्छ । राजदूतले मोदी गाउँपालिकासँग कृषि उत्पादनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कोभिड १९ का कारण औपचारिक कार्यक्रम र भीडभाड हुने कार्यक्रम नगरिने भएकाले अध्यक्ष तिमिल्सिना जन्मगाउँ राम्जा पुगेर रोपाँईमा सहभागी भएका हुन् ।
सो कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । सो अवसरमा पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतलगायत सहभागी भएका थिए ।
|
क्वाटरफाइनलमा पुग्ने पहिलो टोलि बन्यो डेनमार्क, वेल्स ४ – ० ले पराजित काठमाडौं। युईएफए युरो २०२० फुटबलमा वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा शनिबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा वेल्सलाई ४ – ० गोल अन्रले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो।
डेनमार्कलाई जित दिलाउन कास्पर डोलबर्गले दुई गोल गरे भने जोकिम महेले र मार्टिन ब्रेथबेटले एक एक गोल गरे।
युवा स्ट्राइकर डोलबर्गको उत्कृष्ट गोल मद्दतमा पहिलो हाफको २७ औं मिनेटमा डेनमार्कले १ – ० को अग्रता लिएको थियो। उनले १८ यार्ड बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवाती समय ४८ औं मिनेटमा डोलर्बगले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २ – ० को अग्रता दिलाएका थिए।
पेनाल्टी बक्सभित्र वेल्सका डिफेन्डरले क्लियर गर्न खोजेको बल डोलबर्गको खुट्टामा पुगेको थियो। डोलबर्गले उक्त अवसरलाई सहजै गोलमा परिणत गरेका थिए।
खेलको अन्तिम समय ८८ औं मिनेटमा जोकिम महेलेले गोल गर्दै डेनमार्कलाई ३ – ० को अग्रता दिलाए।
खेलको इन्जुरी समयमा मार्टिन ब्रेथबेटले गोल गर्दै डेनमार्कलाई ४ – ० को जित दिलाए।
यसअघिका खेलमा प्लेइङ ११ मा नपरेका २३ वर्षे डोलबर्गले युसुफ पोल्सनको इन्जुरीका कारण आजको खेल खेल्ने अवसर पाएका थिए।
यस्तै खेलको १० औं मिनेटमा स्टार स्ट्राइकर ग्यारेथ बेलले वेल्सका लागि एउटा राम्रो मौका बनाएर गरेको प्रहार गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।
निर्धारित समयको अन्तिम मिनेटमा ह्यारी विल्सनले डेनमार्कका खेलाडीलाई फउल गरेपछि रेडकार्ड पाएका थिए।
यो बाहेक वेल्सले गोल गर्ने अरु अवसर सिर्जना गर्न सकेन।
यो जितसँगै डेनमार्क युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ। पराजित वेल्स युरो २०२० बाट बाहिरीएको छ।
डेनमार्कले अब नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग सेमिफाइनलका लागि प्रतिस्प्रधा गर्ने छ।
|
चितुवाको छालासहित २ जना पक्राउ काठमाडौं। प्रहरीले चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छालासहित सिन्धुलीका दुई जनालाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्ने ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्वयम्भू नै बस्ने ३४ वर्षीय कान्छाराम वाइबालाई १ थान चितुवाको छालासहित पक्राउ गरेको हो।
महाशाखाका सूचनाअधिकृत कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले चितुवाको छाला ६ लाख रुपैयाँमा बिक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको एसपी कोइरालाले बताए।
|
निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन प्रहरी नियन्त्रणमा काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ७ सय २३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७ सय २७ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
|
बाग्मती प्रदेश सरकारको बजेट विनियोजनको विवरण माग हेटौंडा। वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरेको हो ।
प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण माग गरी सोहीअनुसार पूर्वतयारी अघि बढाइने जानकारी दिए । यस्तै समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रूपमा विवरण सङ्कलन गर्ने जनाएको छ ।
अस्पताललाई सहयोग
प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग गरेको छ । अस्पताललाई राप्रपा मकवानपुरले मङ्गलबार ३५ थान अक्सिजन सिलिण्डर र एकथान अक्सिजन जेनेरेटर सहयोग गरेको हो ।
अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।
त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई मकवानपुर कोरिया मञ्चले रु दुई लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका मकवानपुरका युवाहरुको सक्रियतामा स्थापित मञ्चको आर्थिक सहयोग तथा बस्तीपुर जेसिजको समन्वयमा राक्सिराङमा रहेको कोभिड अस्पताललाई विविध प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।
मञ्चले अस्पताललाई एक थान वासिङ मेसिन, पाँच थान बेड साइड राउण्ड चेयर, एक थान पेसेन्ट ट्रली, १० थान बेड साइड लकर, दुई थान राउण्ड ड्रेसिङ ट्रली, ३० थान रियुजÞेवल पिपिई, एक हजार ७५० प्रति सर्जिकल मास्क, २५ लिटर सेनिटाइजर, २५० प्रति सर्जिकल ग्लोब्स र ३० थान फेस शिल्ड उपलब्व्ध गराएको छ ।
सहयोग अभियानअन्तर्गत मञ्चले यसअघि मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, गढी गाउँपालिका तथा कैलाश गाउँपालिकालाई पनि विविध स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
यसैबीच रोटरी क्लब अफ मकवानपुरले थाहा नगरपालिका र कैलाश गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्बलले रु चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष कविन सांगामीले जानकारी दिए । क्लबले थाहा नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, पाँच थान अक्सिजन सिलिण्डर, दुई हजार प्रति मास्क र २५ लिटर सेनिटाइजर उपलब्ध गराएको छ ।
|
५२ हजार बढी सक्रिय संक्रमित, ३७ जिल्लामा ५०० भन्दा बढी काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १६ हजार ९१३ नमूना परीक्षण गर्दा ४ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २०४ पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ जनामा र ४ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ८१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमण दर १९.१ प्रतिशत रहेको छ।
यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख २३ हजार ६४३ पुगेको छ । ती मध्ये पाँच लाख ६४ हजार ८८२ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ९०.२ प्रतिशत हो ।
आज ४ हजार ९५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ८१३ जनाले ज्यान गुमाएका छन्। हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ ।
३७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
देशभरका ४२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।
प्रदेश नं.१ मा झापा, मोरङ र सुनसरी , प्रदेश नं. २ मा सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सा, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ र म्याग्दी, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार १९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा उदयपुर, पाँचथर र संखुवासभा, प्रदेश नं. २ मा रौतहट, सप्तरी र सर्लाही तथा वाग्मती प्रदेशमा रामेछाप जिल्ला रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा पर्वत, तनहुँ, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा अर्घाखाँची, रोल्पा र गुल्मी, कर्णाली प्रदेशमा दैलेख, सल्यान, जुम्ला र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा डोटीमा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।
|
प्रविधिमैत्री बन्दै बाँकेका किसान राँझा । कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ।
यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले स्रोत संरक्षण आधुनिक कृषि प्रविधि र सिँचाइमा सहयोग गर्दै आएको बताए।
उनले कृषि उत्पादन अभिवृद्धिका लागि गुणस्तरीय बीउविजन, मलखाद्य र आवश्यक परामर्शसमेत प्रदान गरिरहेको उल्लेख गर्दै कृषि पेशाप्रति किसानलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने योजना पनि गाउँपालिकाको रहेको बताए। खजुरा क्षेत्र व्यवसायिक तरकारी खेतीका लागि बाँके जिल्लामै प्रसिद्ध छ।
यहाँ उत्पादन हुने तरकारी नेपालगञ्ज बजारमा पुग्ने गरेको खजुराका अगुवा किसान गेहेन्द्र धितालको भनाइ छ। उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम ल्याएको उनको भनाइ छ।
गाउँपालिकाले सिँचाइ सुविधाका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत सोमबार मात्रै १८ किसानलाई विद्युतीय मोटर वितरण गरेको छ। गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा सो मोटर प्रदान गरिएको हो। करिब १७ हजार मूल्य पर्ने १ दशमलव ५ हर्ष पावरको सो मोटरले २ इन्च पानी फाल्ने बताइएको छ। किसानको माग अनुसार नै मोटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।
त्यस्तै गाउँपालिकाको यो अभियानमा साझेदारी गर्दै खजुरास्थित जनता दुग्ध उत्पादक सहकारी सस्थाले सहकारीआवद्ध किसानलाई घाँस काट्ने मेसिन चाप कटर वितरण गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमअन्तरर्गत सो सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा पशुपालन गरि दुग्ध उत्पादन गर्दै आएका खजुराका ४० किसानलाई घाँस काट्ने मेसिन अनुदानमा वितरण गरिएको सहकारीका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिए।रासस
|
एक खेल अगावै अर्जेन्टिना क्वाटरफाइनलमा ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दावेदार अर्जेन्टिना दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना समूह चरणको एक खेल अगावै क्यावटर फाइनलमा प्रवेश गरेको हो।
अर्जेन्टिनाका लागि एलेजेन्ड्रो गोमेजले पहिलो हाफको १० औं मिनेटमा गोल गरे। उक्त गोल नै अर्जेन्टिनाको जितका लागि प्रयाप्त बन्यो।
यो जितसँगै समूह ’ए’ मा रहेको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ।
पराजित पाराग्वेको २ खेलमा ३ अंक छ। पाराग्वे समूहको तेस्रो स्थानमा छ।
|
राससको महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय काठमाडौं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धनकुटाका राईलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
हालको सहिदभूमि गाउँपालिका तथा साबिक छिन्ताङ गाउँ विकास समितिमा जन्मिएका राई लामो समयदेखि पत्रकारीतामा आबद्ध थिए ।
|
चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ ।
स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जनाए ।
तामाकोशी नदी नेपाल–चीन सिमानाबाट उगम भएर बग्ने गर्दछ । बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्छ ।
यही असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ । आयोजनाका बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको छ भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ । रासस
|
निषेधाज्ञालाई खुकुलो गर्दा पुराना गल्ती नदोहोरिउन् काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमितहरु थपिने संख्या घट्न थालेको छ। काठमाडौं उपत्यका लगायत केही जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले जारी गरेको निषेधाज्ञाको पछिल्लो समयवधि सकिन २ दिन बाँकी छ।
कोरोनाको पहिलो लहरका बेला पनि दशैं तिहारमा निषेधाज्ञा खोलिएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारी त्यही तरिकाले निषेधाज्ञा खोलेको अवस्थामा नथाम्ने गरी अर्को लहरको सुरुवात हुने जोखिम भएको बताउँछन्।
दोश्रो लहरले महामारीको रुप लिएपछि बैशाख १६ गतेबाट गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुनेगरी कार्यान्वयनमा आइरहेको छ। निषेधाज्ञा खोल्दा एकैपटक नखोल्न सुझाउँछन् राजभण्डारी।
डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘अर्थतन्त्र र रोजीरोटी पनि हेर्नु पर्छ। लकडाउन/निषेधाज्ञा मात्र पनि कोरोना महामारीबाट बच्ने अन्तिम उपाय होइनन्। तर, अब निषेधाज्ञा खोल्दा पहिलो लहरको गल्ती दोहोर्याउनु हुँदैन।’
उनले भने, ‘निषेधाज्ञा खोल्नुको विकल्प त हुँदैन। खोल्नै पर्छ। तर, विस्तारै स्टेप बाइ स्टेपमा गएर निषेधाज्ञा खोलिनु पर्छ। उदाहरणका लागि पहिला रातो प्लेटको गाडीहरु संचालन हुन दिने। ठूला उद्योगहरुमा कर्मचारीको संख्या ५० प्रतिशत कायम गराएर संचालन गर्ने। विद्यालय पनि सिफ्ट अनुसार चलाउने लगायतका काम गरेको अवस्थामा मात्र हामीले कोरोनासंगको लडाइलाई निरन्तरता दिन सक्छौं।’
डा. राजभण्डारीका अनुसार भिडभाड हुने बजारहरुमा पनि स्वास्थ्यका मापदण्ड प्रयोग गरे नगरेको कडाइका साथ निरीक्षण गर्नुपर्छ। केही समय पसल खुल्न दिएर भिड बढाउनु भन्दा स्वास्थ्यका मापदण्डलाई कडाइका साथ लागु गरेर पसलहरु दिनभर चल्न दिनु पर्छ।
पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेको संख्यामा कमी आएको उनको भनाइ छ। उनले भने, ‘संख्या जति भए पनि फरक पर्दैन झण्डै ५२ प्रतिशत पुगेको पोजेटिभिटी घटेको छ। आजभोलिको हेर्दा १५ प्रतिशतमा झरेको छ। चेकजाँच नभएका कारण पनि घटेको होला। निषेधाज्ञा भएका कारण मानिसहरु घरभित्र नै भएर पनि घटेको होला। कारण जे भए पनि पछिल्लो समय कोरोना संक्रमित थपिने संख्यामा कमी आएको छ।’
उपत्यकाको अवस्था
काठमाडौं उपत्यका भित्र पछिल्लो समय सक्रिय संक्रमितको संख्यामा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं भक्तपुर र ललितपुरमा गरी जम्मा ११ हजार ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्। एकहप्ता पहिलामात्र उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय बढी थियो।
पछिल्लो तथ्याङ्क अनुसार काठमाडौंमा ६ हजार ७ सय ३५, ललितपुरमा २ हजार ९ सय ८३ र भक्तपुरमा २ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा हालसम्म २ लाख ८ सय ९० जना संक्रमित भएका छन्। भक्तपुरमा २१ हजार ७ सय २३ र ललितपुरमा ३६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. राजभण्डारी पछिल्लो समयमा कोरोना शहरभन्दा पनि गाउँमा केन्द्रित भएको बताउँछन्। उनले गाउँमा श्रोत साधनको कमी भएका कारण परीक्षण नहुने भन्दै सामान्य अवस्थामा मान्छेहरुले अस्पतालबाट लिएको औषधि खाएको तर, कोरोनाको परीक्षण नगराएको बताए।
जुनसुकै देश वा कम्पनीले उत्पादन गरेको भए पनि कोरोनाको भ्याक्सिनको विकल्प नभएको पनि डा. राजभण्डारीको भनाइ छ। डा. राजभण्डारीले भने, ‘हामीले शतप्रतिशतलाई खोप दिन सकेको अवस्थामा मात्र निर्धक्क भएर आफ्नो दैनिकी चलाउन सक्छौं। खोप सबैले नलगाउँदासम्म परिवर्तित भएर आउने कोरोना भाइरसको प्रकृतिसँग लड्न सधै उस्तै संघर्ष गर्नु पर्ने हुन सक्छ।’
|
कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र मृतकको संख्या बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश -सङ्क्रमितको संख्या- कूल मृत्यु
संयुक्त राज्य अमेरिका -तीन करोड ३५ लाख ९ हजार ७७२- छ लाख ९३५
भारत- दुई करोड ९७ लाख ६२ हजार ७९३ -तीन लाख ८३ हजार ४९०
ब्राजिल- एक करोड ७७ लाख २ हजार ६३० -चार लाख ९६ हजार ४
फ्रान्स -५८ लाख ११ हजार ४६१ -एक लाख १० हजार ७९६
टर्की- ५३ लाख ५४ हजार १५३- ४९ हजार १२
रुस -५२ लाख २० हजार १६८- एक लाख २६ हजार ३००
बेलायत -४६ लाख १६ हजार ६२८ -एक लाख २८ हजार २०९
इटाली- ४२ लाख ४९ हजार ७५५- एक लाख २७ हजार १९०
अर्जेन्टिना -४२ लाख २२ हजार ४०० -८७ हजार ७८९
कोलम्बिया- ३८ लाख ५९ हजार ८२४ -९८ हजार १५६
|
अब निर्माण क्षेत्र र उद्योग खुला काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ ।
समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिएका छन् । सरकारले यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई ७ असारसम्म बढाउने निर्णय गरेको छ ।
यसअघि खाद्यान्न पसलहरूसमेत बन्द गर्ने निर्णय भएकोमा अहिले भने हाल बिहान ११ बजेसम्म पाउनेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइनेछ । यस्तै, प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । पुस्तक पसलहरू पनि बिहान ११ बजेसम्म मात्रै खोल्न पाइनेछन् । यसका साथै अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ ।
यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानीसमेत गर्न पाइने भएको छ । राजधानी दैनिकबाट
|
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन्। प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गरेका हुन्।
अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गरेकाे नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गरेकाे उनले बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गरे। कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, सङ्घीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गरे। कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
सो क्रममा सभापतिहरुले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे। जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।रासस
|
एनआरएनए राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा राईको उम्मेरद्वारी काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा म्याड्रीड निवासी उत्तर राईले उम्मेरद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको पाँचौ अधिवेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन्।
आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै छ। राईसँगै वर्तमान कार्यसमितिका उपाध्यक्ष दिनेशकुमार गिरी र कार्यसमितिका सदस्य शालिकराम डुम्रेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै आएका छन्।
नेपालको पुर्वी धरानमा जन्मेका राई विगत २४ वर्षदेखि स्पेनको राजधानी म्याड्रीडमा बस्दै आएका छन्। संघको ईतिहासमा नै बार्सिलोना बाहिरबाट एनआरएनए स्पेनको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको यो पहिलो पटक हो। राई एनआरएनए क्षेत्रीय समिति म्याड्रीडका पूर्व अध्यक्षसमेत हुन्।
आफ्नो उमेरद्वारी कुनै निश्चित एक विचार समुह वा क्षेत्रको मात्रै नभएर पुरै स्पेनबासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने राईले बताए। क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघमा सवै स्पेनवासि नेपालीहरु अटाउनु पर्छ भन्ने नाराकासाथ सर्वपक्षिय सहयोग मलाई रहन्छ भन्ने विश्वास गरेको छु। यस मञ्चबाट फेरी एकपटक सम्पुर्ण स्पेनवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि आह्ववान गर्दछु।’
उम्मेद्वारी घोषणाको क्रममा राईले स्पेनिश समुदायसँग आफ्नो राम्रो घुलमिल तथा कामको अनुभव समेत रहेको बताए। ‘करिव ८ वर्षसम्म म स्पेनिस मजदुर संगठन (युजिटी) प्रतिष्ठानमार्फत अध्यक्ष भएर कामदारको पक्षमा केही सेवा गर्ने अबसर समेत पाएको थिए। जसले गर्दा यहाँका केहि नितिनियमहरू नजिकबाट सिक्ने मौका पाएको छु।’ राईले भने।
स्पेनिस भाषामा समेत आफ्नो दख्खल रहेको बताउँदै उनले स्पेनको नेपाली समुदायलाई स्पेनिस समुदायसँग अझ बढी घुलमिल गराउने कार्यक्रमहरु ल्याउने प्रतिबद्वता व्यक्त गरेका छन्। उनले स्पेनिस भाषामा सबै तहको अध्ययन पुरा गरेर यहाँको चर्चित पत्रिका एलपाइसको लागि भाषा अनुवादकको रुपमा काम गरेको अनुभव आफूसँग रहेको बताएका छन्।
‘समाज र समुदायमा विश्वास गर्ने भएकोले ब्यक्तिभन्दा ठुलो समुदाय हो भन्ने लाग्दछ। विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही सिमित ब्यक्तिलाई भएपनि नोक्सान समुदायलाई हुन्छ भन्ने मान्यता राख्दछु । जस्तोसुकै परिस्थितीमा पनि ब्यक्तिलाई होईन समुदायलाई जिताउनु पर्छ भन्ने मेरो धारणा स्पष्ट छ।’ राईले भने।
यसैबीच एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आईतबार सम्पन्न पाँचौ अधिवेशनले मेघनाथ ढकालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।
|
समस्यामा रहेका चेपाङ समुदायलाई कोयोनद्वारा राहत वितरण काठमाडौं। कोयोनले महामारीका कारण समस्यामा रहेका धादिङ जिल्लाका १८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्नसहित राहत वितरण गरेको छ। जिल्लाको रोराङ गाउँपालिका वडा नं. २ को आँपटार, दुव्लिङ, पार्लाङ, मासखर्क, कार्तिके, धुसेनि र भान्टाकिमा वसोवास गर्ने चेपाङ समुदायलाइ कोयोनले राहत वितरण गरेको हो।
कोरोना महामारीको समयमा राहत स्वरुप १८० बोरा चामल सहित दाल, चिउरा, नुन, तेल वितरण गरिएको संस्थाका अध्यक्ष्य दिनेश कुमार कँडेलले जानकारी दिए।
नेपाल हेल्फ आखन, जर्मनिको सहयोगमा को–अपरेटिभ युथ अर्गनाईजेसन नेपाल (कोयोन)द्वारा समस्यामा परेका चेपाङ वस्तीका मानिसहरुलाई राहत वितरण गरिएको हो।
खाद्यन्न प्राप्त गर्दै मासखर्क गाउँका अगुवा कृष्ण बहादुर चेपाङले हर्षित हुदै दातालाइ धन्यवादसंगै आशिर्वाद समेत दिएका थिए।
यसअघि पहिलो चरणको कोरोना महामारीको बेला कोयोनले रोराङ वेनिघाट गाउँपालिका वार्ड १, २ , ६, ७ र ८ का चेपाङ र तामाङ समुदायका बिद्यार्थी वालबच्चाहरुलाइ लुगाफाँटा वितरण गरेका थिए।
|
कोपा अमेरिकामा ब्राजिलको सानदार जित काठमाडौं। आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले प्रतियोगिताको सुखद सुरुवात गरेको हो।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन माकविन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे।
यो जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।
|
एरिक्सनको अवस्था स्थिर, डाक्टरले भने ‘मृत्यु भइसकेको थियो’ काठमाडौं। डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन। १६ औं संस्करणको युरोकपको पहिलो खेलका दौरान शनिबार राति २९ वर्षिया मिडफिल्डर एरिक्सन गम्भिर घाइते भएका थिए।
फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको ४२ औं मिनेटमा उनी मैदानमा लड्न पुगेका थिए। उनको करिब २० मिनेट मैदानमा राखेर उपचार गरिएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर डेनमार्कको कोपन हेगन अस्पतामा भर्ना गरिएको थियो।
उनको अवस्थाबारे जानकारी दिँदै आइतबार डेनमार्क फुटबल संघले विज्ञप्तिमार्फत उनको अवस्था स्थिर रहेको बताएको हो। विज्ञप्तिमा एरिक्सनले आफ्ना टिमका सदस्यहरुलाई अन्य खेलहरुका लागि शुभकामना दिएको पनि उल्लेख गरिएको छ।
उपचारमा संलग्न डाक्टर मोर्टेन बोसनले भर्चुअल भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ठूलो खुलासा गरेका छन। उनले मृत्यु भइसकेका एरिक्सन पुर्नजिवीत भएको बताएका छन। हृदयघातका कारण उनी मैदानमा लडेको उनले बताए।
समयमै उपचारका कारण मृत्युको मुखबाट फर्काउन सकिएको र उनले पुर्नजिवन पाएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन।
कहिल्यै नदेखिएको दर्दानाक दृश्य मैदानमा देखे पछि विश्वभरका फुटबल प्रसंसकहरु विक्षिप्त भएका थिए। उनलाई विश्वभरबाट चाँडो रिकभरीको लागि सुभेच्छा प्रकट भएका छन।
|
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला ! काठमाडौँ। सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।
विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् । एकआपसमा साटासाट गरिएका अश्लील तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टुटाइदिनेसम्मको धम्की दिने गरेको पाइएको छ ।
साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी चरित्र हत्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउँछन्।
“साइबर अपराधको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ। तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र हत्या र ठगी अपराध मौलाएको छ,” उनले भने।
साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन चरित्र हत्या र ठगीका छन् । अश्लील भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो।
यस्ता व्यक्तिले फेक आईडी (नक्कली पहिचान) बाट सम्बन्ध विस्तार गर्छन्। भिडियो संवादका क्रममा आफैँबाट अश्लील शब्द र तस्बिर आदान–प्रदान गर्न उक्साउँछन्। विस्तारै आफ्नो संवाद र तस्बिर मेटाई पीडितकै अश्लील तस्बिर र भिडियो देखाई उल्टै बार्गेनिङ सुरु गर्छन्।
“साइबर अपराधको शिकार जोसुकै पनि हुन सक्छन्, सामाजिक सञ्जालबाट आउने प्रस्ताव तथा सबै सूचनाप्रति विश्वास गर्नु मूर्खता हो। यो समस्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र जहाँसुकै छ। सबै नागरिक सचेत हुन जरुरी छ,” महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले भने।
सामाजिक सञ्जालमा भेटिएकी अज्ञात युवतीको प्रेम प्रस्ताव स्वीकार्दा अनावश्यक तनाव झेल्नुपरेको यस्तै एक घटना उनले सुनाए।
फिलिपिन्स घर बताउने युवतीले दुई जनाबीच भएको भर्चुअल संवाद र तस्बिरलाई नगद प्राप्तिको माध्यम बनाएकी थिइन्। केही चर्चित मोडल युवतीको अनुहार जोडेर अश्लील भिडियो बनाई रकम माग्ने आपराधिक समूह पनि सक्रिय रहेको प्रहरीले जनाएको छ। यस्तो अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न समस्या देखिएको छ । कतिपय पीडितले अपराध लुकाउने र समयमै उजुरी नगर्ने भएकाले पक्राउ गर्न समस्या देखिएको हो । ब्युरो प्रहरीले मुलुकभित्रै रहेका अपराधीलाई पक्राउ गरे पनि मुलुकबाहिर रहनेलाई पक्राउ गर्न सकेको छैन ।
साइबर अपराध अनुसन्धानकर्ता प्रहरी उपरीक्षक पशुपति रायले भने, “ठूलाबडा र इज्जतदार हुँ भन्नेले उजुरी नै गर्दैनन् । कतिपय सात समुन्द्र पारिका हुन्छन्, पक्राउ गर्न नै समस्या हुन्छ ।” साइबर अपराधबाट जोगिन सर्वसाधारण नै सचेत हुनुपर्ने सुझाव उनको छ। गाेरखापत्र दैनिकबाट
|
दैलेख अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग सुर्खेत । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । १० लिटरको र ५ लिटरको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।
आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले मंगलबार स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी र डा. जगत थापालाई संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
जनसंख्याका हिसाबले सुर्खेतपछि कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखमा कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित १० सेट पीपिई, मास्क, स्यानीटाइजर र पञ्जा सहयोग गरिएको आइडिया नेपालका सचिव राज विश्वकर्माले बताए ।
अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरणपछि स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले कोरोना माहामारीमा नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्याउने आइडिया नेपाललाई धन्यवाद दिए ।
दैलेख अस्पतालका डा. जगत थापाले कुनै बेला अक्सिजनको अभाव झेलेको सम्झना गर्दै विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगबाट अब अक्सिजनकै अभावले कोरोनाका बिरामीले ज्यान गुमाउनु नपर्ने बताए ।
गत वर्षपनि आइडिया नेपालले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सन्दर्भमा स्वास्थ्य तथा सरसफाई सामग्री सहित खाद्यान्नको अभाव झेलिरहेका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराएको थियो ।
|
नेपाल ओमान सम्बन्धबारे छलफल काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आज शिष्टाचार भेटघाट गरेकी छन् ।
सो अवसरमा उनीहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
|
ओलम्पिकमा खेलाडीलाई १ लाख ६० हजार कण्डम बाँडिने, कसैले पनि प्रयोग गर्न भने नपाउने काठमाडौं। जापानको टोक्योमा हुन लागेको ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओलम्पिक गाउँमा रहँदा निःशुल्क कण्डम बाँडिनेछ । तर, त्यो कण्डम पाउने खेलाडीहरुलाई भने समस्या छ ।
इनसाइडरको रिपोर्टअनुसार यस वर्ष १ लाख ६० हजारभन्दा धेरै कण्डम खेलाडीहरुलाई निःशुल्क बाँड्ने तयारी छ । तर, खेलाडीहरुले ती कण्डम प्रयोग गर्न भने पाउने छैनन् । आयोजक समितिले खेलाडीहरुलाई यी कण्डम प्रयोगमा रोक लगाएको छ । प्रतियोगितामा भाग लिने क्रममा खेल गाउँमा रहँदासम्म खेलाडीहरुले ती कण्डम प्रयोग गर्न पाउने छैनन् । आयोजक समितिले घोषणा गरेको छ कि खेलाडीहरुले यी कण्डमहरु सम्झनास्वरुप घर लैजान सक्नेछन् ।
ओलम्पिक आयोजक कमिटीका अनुसार खेलाडीहरुले आफ्नो घरेलु जमिनमा पुगेपछि मात्रै ती कण्डम प्रयोग गर्न पाउनेछन् । अर्थात जापानकै खेलाडीबाहेक अन्य देशका खेलाडीले यी कण्डम जापानभित्र पनि प्रयोग गर्न पाउने छैनन् । जापानी खेलाडीहरुले भने ओलम्पिक गाउँमा रहँदा प्रयोग गर्न पाउने छैनन् । घर गएपछि भने प्रयोग गर्न पाउनेछन् ।
साथमा कण्डम भएपछि खेलाडीहरु एक अर्काको सम्पर्कमा आउन सक्ने भएकोले यस्तो प्रतिबन्ध लगाइएको आयोजक समितिले जनाएको छ । तर, कण्डम बाँड्ने भने ओलम्पिकको परम्परा भएकोले त्यो परम्परा जारी राखिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यौनरोग र एचआइभीको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले १९८८ देखि ओलम्पिक खेलमा सहभागी खेलाडीलाई कण्डम बाँड्ने परम्परा सुरु गरेको थियो ।
अघिल्लो पटकको ओलम्पिकको तुलनामा भने यस पटक थोरै कण्डम बाँडिनेछन् । यसअघि २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम बाँडिएको थियो । यस पटक २०२१ ओलम्पिकमा ११ हजार खेलाडी सहभागी हुनेछन् । यस हिसाबले एक जना खेलाडीको भागमा १४ वटा कण्डम पर्छन् ।
|
नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित नवलपुर। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए। “सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना बनाएर निर्माण अगाडि बढेको छ”, दिस्टीले भने, “वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ ।” नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताए।
“अहिले यहाँ कार्यरत सबै मजदुर पुल निर्माणका लागि परिचालन गरिएको छ”, आयोजना प्रमुख दिस्टीले भने “निर्माणाधीन सातवटा माइनर ब्रिजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेका छन् ।” तीनवटा पुलमा एप्रोच रोड (पुललाई सडकसँग जोड्ने बाटो) बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने दिस्टीले बताए। “अन्य पुलमध्ये केहीमा सबस्ट्रक्चर (पिलरको काम) सकिएको छ”, दिस्टीले भने, “केहीमा भने सुपर स्ट्रक्चर (पुल निर्माणका लागि बिम राख्ने तथा ढलान गर्ने काम)को लागि फर्मा राख्ने काम भइरहेको छ ।”
आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताए। “कोभिडको असरका कारण काममा ढिलाइ भएको छ, केही मजदुर बिरामी परेर घर गए केही भने बिरामी हुने डरले काममा आउनै छाडे”, दिस्टीले भने, “मजदुर नहुँदा काममा ढिलाइ भएको हो, निषेधाज्ञाले कुनै असर परेको छैन, स्थानीय प्रशासनबाट पूरै सहयोग पाइरहेका छौँ ।” अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताए।
“निर्माण कम्पनीले मजदुरलाई आफ्नै क्याम्पमा राखेर निर्माणको काम अगाडि बढाइरहेको छ”, दिस्टीले भने, “कोभिडको महामारी सामान्य अवस्थामा आउनेबित्तिकै मजदुरको सङ्ख्या पनि बढ्छ र निर्माणले गति लिनेमा हामी विश्वस्त छौँ ।” आयोजनाको कामको शुरुआती समयमा ६०० जनासम्म मजदुर निर्माणमा खटिएकामा अहिले घटेका उनको भनाइ छ । साना पुल निर्माणको काम सकिएपछि अन्य कामलाई प्राथमिताका आधारमा अगाडि बढाइने आयोजना प्रमुख दिस्टीले बताए।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन्। सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन्। फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दिस्टीले बताए।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ। गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी)लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ। दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ।रासस
|
किन पटक पटक स्थगित भैरहेको छ एमालेको स्थायी कमिटी बैठक? काठमाण्डौ। आज बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजमात्र हैन यो साता यसअघि पनि एमाले स्थायी कमिटी बैठक बोलाउने र स्थगित हुने गरेको थियो। बैठक बोलाउने तर स्थगित गर्ने काम किन भइरहेको छ? के भइरहेको हो अहिले एमालेभित्र? के एमालेमा नेपाल र ओली समूह फेरी एकठाउँ बस्न खोजेका हुन्? समूहमा छुट्टाछुट्टै पार्टी सञ्चालन गरिरहेका नेताहरु एकै ठाउँ बस्न तयार हुने माहौल बनिरहेको हो? कार्यकर्तादेखि आम नागरिककाबीच यस्ता जिज्ञासाहरु उठिरहेका छन्।
एमालेभित्र पोहोरदेखि आन्तरिक संघर्ष चुलिएको छ। गुट उपगुट धेरै छन्। तथापी सतहमा पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच चुलिएको विवादले कार्यकर्ता पंक्तिमा बढी निराशा छाएको छ। विवाद टुंग्याएर अघि बढ्नु भनेको अब कि त एमाले फुट्नु पर्छ कि त समूहगत भेला र गतिबिधि बन्द गरेर एमालेको झण्डामा दुबै समूह गोलबन्द हुनुपर्छ। यसलाई पार्टी एकता भन्दा पनि समूहगत एकता भन्दा सहि सुनिन्छ।
भन्नलाई पार्टी एकताका लागि मार्ग प्रशस्त गर्ने, अन्तिमसम्म प्रयास गर्ने वा हदैसम्म लचिलो हुने जे भनिएपनि आजसम्म नेकपा एमाले फुटेर दुइटा पार्टी भएकै छैन। एमालेमा अध्यक्ष केपी ओली एकातिर र माधव नेपाल तथा अन्य नेता अर्कोतिर भएर गुट अनुसार गतिबिधि गरिनुलाई पार्टी फुटेको मान्न सकिन्न। त्यसैले अहिले भनिने गरेको एकता वार्ता भन्दा पनि दुइटा समूहलाई मिलाएर एक ढिक्का एमाले बनाउने प्रयास मात्र हो। कै यसैका लागि स्थायी कमिटीको बैठक स्थगित भैरहेको हो त?
एमालेका दुई खेमामा अहिले के पाकिरहेको छ भन्न कठिन छ। मिल्न नखोज्ने वा वातावरण बन्न नदिने केपी ओली हुन् वा माधव नेपाल? सञ्चार माध्यममा आएका अभिव्यक्ति र पक्षधर बिचारकै आधारमा अनुमान लगाउन सकिन्न। भन्नलाई दुई नेताहरुको इगोले गर्दा एमाले फुट्ने भयो भन्ने गरिएपनि दुबै नेताहरुका भेटघाट र कुराकानीका श्रृंखला हेर्दा इगो वा प्रतिष्ठामात्र बेमेलको कारण नहुन सक्छ।
एमालेकै शिर्ष नेतृत्वपछीका केही नेताहरु ओली र नेपाललाई एकठाउँमा देख्न चाहाँदैनन् भन्ने तर्क पुष्टि हुने आधारहरु छैनन्। एमालेभित्र सर्वस्वीकार्य नेतृत्वका लागि नेपाल र ओली पछी को त भन्ने टड्कारो प्रश्न छ। यस्तो अबस्थामा ओली र नेपालको बिकल्प आफुमा देख्ने नेता तयार भैसकेको होला त?
दुई गुट मिलाउन र जेठ २, २०७५ अगाडिकै अवस्थामा एमालेलाई पुर्याउन अन्तिम प्रयास भैरहेकाे र त्यसैका लागि स्थायी कमिटी बैठक स्थगित भएको हो भने गुट मिल्ने संभावना अझै बाँकी रहेछ भन्ने बुझ्न सकिन्छ। तर एक अर्काका कमजोरीमा खेल्ने, समय लिने र जो कमजोर हुन्छ त्यसमाथि निर्मम प्रहार गर्दै जाने र सदाका लागि बाहिर पार्ने रणनीतिका लागि वार्ता वा बैठकको उपयोग गरिएको हाे भने भावि एमाले पुस्ताका लागि त्यसले सुखद सन्देश छोडेर जाँदैन।
बागमति र लुम्बीनीमा राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसलाई सहयोग गरेर नेपाल समूहमा ओली समूहलाई देखाइदिएको भन्ने सोच बलियो भएको भन्ने पनि सुनिन्छ। यदी त्यसो हो भने त्यसले क्षणिक फाइदा त देला तर दिर्घकालिन रुपमा एमाले पार्टी नै नरहने संभावना बढ्छ। घात अन्तर्घातको राजनीतिले मान्यता पाउँछ। संसदिय व्यवस्थामा पार्टीको ह्वीप नमान्ने अनुशासनहिन जत्थाको मनाेबल बढ्छ। संगठन क्षतबिक्षत हुन्छ।
माधव नेपाल समूहलाई जसरी हुन्छ पेलेरै जाने ओली रणनीति हो भने उनीहरुले बुझ्नुपर्छ एमालेलाई आजको स्थानमा पुर्याउने, बलियो लोकतान्त्रीक पार्टी बनाउन महत्वपुर्ण भुमिका खेल्ने अधिकांश नेताहरु ओलीले गुमाउनेछन्। यसले पनि अन्तत एमालेको संगठन कमजाेर हुदैजान्छ। जनताको बहुदलिय जनबाद हामीसँग, मनमोहनको लिगेशी हामीसँग, सुर्य हामीसँग, एमाले नाम हामीसँग भन्ने ओली पक्षिय अहमताले कार्यकर्ता र बिचारबाट बनेको पार्टीलाई कमजोर बनाउँछ। किनभने नेतासँग कार्यकर्ता पनि समूहमा बाँडिएका छन्। उनीहरु बाँडिदाको बेफाइदा एमालेलाई नै हुन्छ।
दुबै समूहका तमाम कमजोरीमाथि निर्मम समिक्षा गरी एक हुने आधार पहिल्याउन वार्ता भैरहेको र त्यसैका लागि स्थायी कमिटी बैठक स्थगित भैरहेका हो भने बरु बैठकलाई जति पछी धकेल्न सकिन्छ। तर ढिलोचाँडो एमालेभित्र नतिजा आउनेगरी छलफल हुनुपर्यो। नतिजा जस्तोसुकै होस् तर अब कि त फुट कि त एक भएको सन्देश जानेगरी नतिजा आउदाँ एमाले राजनीतिले एउटा धार समाउँछ।
|
सबै अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले सूचना जारी गर्दै सरकारी, निजी तथा सामुदायिक सबै अस्पताललाई बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो।
|
बङ्गलादेशले भारतसँगको सीमाना जुन १४ सम्म बन्द गर्ने ढाका । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो ।
शनिबार बङ्गलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई बिस्तार गर्ने भएको बताइएको छ ।सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दुमार्फत् हुने दुई थप स्थलमार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बन्द गरिएका सीमा बजारहरूमा चोदङ्गाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका बताइएको छ । सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहनेछन् । यद्यपि ती नाकाबाट सामान ओसारपसारका लागि भने कुनै अवरोध हुने छैन ।
नाका क्षेत्रमा सङ्क्रमण दर अझै नियन्त्रणउन्मुख नरहेको भन्दै अतिआवश्यक बाहेकका काममा सीमानामार्फत् यात्रुलाई आवत्जावत् गराउन निषेध गरिएको हो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.