content
stringlengths
20
64.1k
न्युयोर्कद्वारा ‘विश्व सगरमाथा दिवस’ मनाउने घोषणा काठमाडौं । अबदेखि न्युयोर्कले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व सगरमाथा दिवस’ कार्यक्रममा न्युयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमारले यस्तो घोषणा गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विधानसभा सदस्य राजकुमारले आगामी वर्ष विश्व सगरमाथा दिवस न्युयोर्कको राजधानी आल्बनीको एसेम्ब्ली हलमा मनाउने बताएका छन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषणा गरेका हुन् । शनिबार(मे २९) का दिन गरिएको उक्त कार्यक्रमको शुरुमा दीप प्रज्वलन गरी हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड्–१९ का कारण ज्यान गुमाउनकाको चिर शान्तिको कामना गर्दै लामा गुरुहरुबाट पूजा प्रार्थना गरिएको थियो । कोभिड्–१९ का कारण ठूलो जमघट गर्न नमिल्ने र मातृभूमि नेपालमा हजारौं दाजुभाई दिदीबहिनीहरुले ज्यान गुमाईरहेको अवस्थाले गर्दा बढी तामझाम् गर्नु उपयुक्त नहुने भएकोले गत साल र यस सालको सगरमाथा दिवस ज्यादै सीमित अतिथिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । अतिथिको आसनबाट बोल्नु हुँदै जि पि के फाउन्डेशन अमेरिकन च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरी न्युयोर्क स्टेट् एसेम्ब्लीको निर्णय प्रति आभार प्रकट गर्दै यो दिवसको अस्तित्व मेटाउने गरी अन्य कुनै दिवस ल्याउन नहुनेसमेत बताए । रोटरी क्लबका सहायक गभर्नर नवराज केसीले सगरमाथा दिवस हामी सबैको गौरब भएको हुनाले यस दिवसको पहिचान जोगाउन सबैजना जागरुक हुनु पर्ने बताए । कार्यक्रममा न्युयोर्क काउन्सिल डिस्ट्रिक्ट–२५ का पूर्व चीफ् स्टाफ क्यारोलिन् ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले सगरमाथा दिवसको पक्षमा आ–आफ्नो भनाई राखेको थिए । ‘मे २९ भनेको नेपाल डे पनि होइन, नेपाल परेड डे पनि होइन’ भन्दै शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पाले सो दिन सगरमाथा दिवसको रुपमा स्थापित भैसकेको बताए । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले न्युयोर्क राज्यले मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णयको स्वागत गरे । र, उनले न्युयोर्क राज्य सरकार र यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए । प्रमुख अतिथि राजकुमारले क्लाईम्बर्स अध्यक्ष पासाङ् निमा शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुशन प्रमाणपत्र, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साईटेशन र प्रसंशा स्वरुप व्यक्तिगत साईटेशन गरी तीनवटा प्रमाणपत्र एकै पटक हस्तान्तरण गरेका थिए । सगरमाथा दिवस कार्यक्रममा करिब ४० जनाभन्दा बढी सगरमाथा आरोहीका साथै सगरमाथा आरोहणमा विभिन्न कृतिमान कायम गर्ने आरोहीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम संचालन संस्थाका महासचिव मिङ्मार लामाले गरेका थिए ।
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार वाशिङ्टन डिसी। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्। राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन्। पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएकाे बताए। राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए। अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए। साथै उनले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एण्ड भ्याक्सिन्स फर्मास्यूटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेको मासिंगालाई जानकारी गराएका थिए। राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताए। भेटमा उनले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्स अन्तर्गतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए। रासस
रणनीतिक र स्थानीय सडक ३३ हजार किलोमिटर पुग्दा कालोपत्र सडक १५ हजार किलोमिटर काठमाडौं। देशभर रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोटिर पुगेको छ। अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोमिटर पुगेको हो। जसमा कालोपत्रे १५ हजार ९७४ किलोमिटर, ग्राभेल ८ हजार ५८२ किलोमिटर र कच्ची सडक ८ हजार ९७२ किलोमिटर छ। २०७७ असारसम्म कालोपत्रे १५ हजार ४२४ किलोमिटर, ग्राभेल ८ हजार ६२२ किलोमिटर, कच्ची सडक ९ हजार १९८ किलोमिटर गरी ३३ हजार २४४ किलोमिटर निर्माण सम्पन्न भएको छ। २०७७ असारसम्म ३६५ किलोमिटर कच्ची सडक (नयाँ), ७६३ किलोमिटर ग्राभेल र ७२९ किलोमिटर कालोपत्रे सडक निर्माण भएको थियो । २०७७ फागुनसम्म २८४ किलोमिटर कच्ची सडक (नयाँ), ५०४ किलोमिटर ग्राभेल र ५५० किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ। यस्तै सडक विभागमार्फत् चालु आर्थिक वर्षको फागुनसम्म १२९ वटा पुल निर्माण सम्पन्न भएका छन्। २०७७ अससम्म २१० वटा नयाँ पुल निर्माण भएको थियो।
साउदीबाट ४२ हजार नेपाली फिर्ता काठमाडाैं। साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् । नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पीसीआर प्रयोगशालालाई प्रदेश सरकारबाट रु ५० लाख दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पीसीआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिए । यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पीसीआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ । प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।
निषेधाज्ञामा कडाई: संक्रमण नियन्त्रण कि आन्दोलनको डर? काठमाण्डौ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञाको अवधि बढाएर जेठ २१ गतेसम्म पुर्याएको छ। कोरोना संक्रमण दर क्रमश घटिरहेको अबस्थामा सरकारको यो निर्णयले संक्रमण नियन्त्रणमा ल्याउन अझ सहयोग पुग्ने अनुमान गरिएको छ। तथापी प्रमुख जिल्ला अधिकारी मार्फत सार्वजनिक गरिएका जानकारीहरुप्रति नागरिकले प्रश्न समेत गर्न थालेका छन्। निषेधाज्ञा शुरु गरिएको चारहप्तापछी संक्रमण बिस्तारै घट्ने क्रममा देखिन्छ भने गरिखाने बर्गको जनजीवन कष्टकर हुदै गइरहेको छ। निषेधाज्ञा कसरी सहज बनाउँदै लाने र प्रभावितहरुको दैनिकी कसरी सहज बनाउने भनेर सरकारी योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने बेलामा उल्टो कडाइले सरकारी कदमप्रति संसय पैदा गरेको छ। सरकार अहिले चौतर्फी आलोचना खेपीरहेको छ। सरकार काम चलाउ छ। अस्पतालमा पर्याप्त शैया छैनन्। भएका शैयाहरु पाउन पनि सर्वसाधारणले ठुला मान्छे वा नेता गुहार्नु पर्ने अवस्था छ। शैया पाइए अक्सिजन पाइन्न। अक्सिजन भेटिए आइसियु हुन्न। जटिल अबस्थाका बिरामीका लागि भेन्टिलेटरको उस्तै समस्या छ। ‍औपचारिक छलफल, वार्ता तथा पत्राचार गरिने बाहेक  खोप ल्याउन ठाेस पहल भएको प्रमाण भेटिदैन। खाेप कहिले आउला भन्ने आम नागरिक प्रश्नमा स्वास्थ्य मन्त्री कि त तर्किन्छन् कि टर्रो जवाफ दिन्छन्। यस्तो बेलामा नागरिकले आफ्नो ज्यान आफै जोगाउनुको विकल्प नहुदाँ बिना काम र कारण को निस्केला र सडकमा लुखुर लुखुर बरालिन? किनभने मानिसहरु अत्यन्त डराएका छन्। कोरोनासँग भन्दा पनि कोरोना लागेपछी उपचार नपाइ मरिएला भन्नेमा डर धेरै छ। यस्तो डर हुनु भनेकाे सरकारप्रति उनीहरुको विश्वास नहुनु हो। किनभने सरकारले विश्वसनीय काम गर्न पनि सकेको छैन। नागरिकमा सरकारप्रति भएको शंका मेटाउन सकेको छैन। नागरिक आफै सचेत भएका बेला र संक्रमण दर पनि घटिरहेका बेला निषेधाज्ञामा कडाई किन भैरहेकाे छ? आम मानिसमा त्राससँगै प्रशासनसँग प्रश्न पनि छन्। सर्बत्र आलोचित सरकारले आफ्नो बिरुद्धमा आन्दोलना होला, मानिसहरु सडकमा निस्केलान् भन्ने डरले त निषेधाज्ञा कडाइ गरेको हैन? यस्तो प्रश्न त्यत्तिकै उब्जेको पनि हैन। स्वास्थ्य संकटकालको कुरा पहिल्यैदेखि उठेको छ। निषेधाज्ञा लगाउन नागरिकले नै दबाव दिएका थिए। तर सरकारले शुरुमा सुनेन। फलस्वरुप निषेधाज्ञा लगाउने बेलासम्म आइपुग्दा धेरै ढिलो भैसकेको थियो र अहिलेको स्थिति आइलाग्यो। स्वास्थ्य संकटकाल लगाउने बिषयमा सरकार अहिलेपनि अनिर्णयको बन्दी नै छ। कोरोना संक्रमण नियन्त्रणका लागि कडा कानूनको माग पहिले पनि भएकै थियो। तर अहिले आएर सरकारले अध्यादेश ल्याएको छ। यो सबै एकैपटक किन भइरहेछ? किनभने सरकारको असफललता लुकाउन, सरकार बिरोधी गतिबिधि हुन नदिन र आफ्नो नालायकी ढाक्न सरकारलाई निषेधाज्ञा लगाउनु भन्दा सजिलो के होला र भन्ने नागरिक प्रश्नहरु केबल प्रश्नमात्र होलान् तर?
खोपले निर्धक्कसँग काम गर्न पाएको स्वास्थ्यकर्मीको अनुभव चितवन । कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका छन् । सङ्क्रमण निकै फैलिएको छ, सङ्क्रमित गम्भीर हुने सङ्ख्या पनि धेरै छ । पहिलो लहरको तुलनामा दोस्रो लहरको सङ्क्रमणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी लगायतका कमै सङ्क्रमित भएका छन् । दोस्रो लहरमा अहिलेसम्म अग्रमोर्चामा काम गर्ने जिल्लामा कसैले ज्यान गुमाउनु परेको छैन । जिल्लाको तथ्याङ्क केलाईरहनु भएका स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल हालसम्म दुई डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु नभएको बताउँछन् । उनको भनाइमा वैशाख यता ५ हजार ८४६ जना सङ्क्रमित भएका छन् । उनीहरु मध्ये टेलिफोन लाग्नेहरुलाई सोध्दा ९० प्रतिशत एक डोज भ्याक्सिन पनि नलगाएको रहेको उनले जानकारी दिए । १० प्रतिशतमा कार्यालयको जानकारीमा न्यून सङ्ख्यामा मात्रै दुई डोज लगाएका रहेको उनको भनाइ छ । जिल्लामा चैत ३१ पहिले स्वास्थ्यकर्मी ४९३ जना सङ्क्रमित भएका थिए । त्यस यता १५५ जना सङक्रमित भएका छन् । ती मध्ये केहीले भ्याक्सिन लगाएको भए पनि अन्यले लगाएका छैनन् । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको उनी बताउँछन् । कार्यालयका प्रमुख दिपक तिवारी हालसम्म डबल डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु भएको जानकारी नरहेको बताउँछन् । उनले भने, “दोस्रो डोज लगाएर १५ दिन कटेकालाई सङ्क्रमण भईहाले पनि अवस्था सामान्य नै छ ।” अग्रपंक्तिमा काम गर्नेहरुलाई भ्याक्सिनले बचाएको तिवारी बताउँछन् । उनले अगाडि भने, “दोस्रो डोज लगाएर १५ दिन कटेकाहरु अस्पताल भर्ना हुनु परेको छैन ।” अन्य कारणबाट अस्पताल भर्ना भए पनि कोभिडकै कारण अस्पताल भर्ना हुनु पर्ने अवस्था नआएको उनको भनाइ छ । पहिलेभन्दा अहिले सङ्क्रमित निकै गम्भीर बनेको भए पनि भ्याक्सिनकै कारण स्वास्थ्यकर्मी सुरक्षित रहन सकेको तिवारीको तर्क छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपाने अध्ययनले पनि दुई डोज लगाईसकेकाहरुको सङ्क्रमण दर निकै कम भएको बताउँछन् । उनले भने, “भ्याक्सिनकै कारण आज स्वास्थ्यकर्मी निर्धक्कसँग काम गरिरहेका छन् ।” भ्याक्सिन लगाएकाहरुको मनोबल उच्च रहेकाले अस्पताल व्यवस्थापनमा पनि सहज भएको न्यौपानेको भनाइ छ । पहिलेको तुलनामा सघन उपचार कक्षको क्षमता चार गुणभन्दा बढी बढाइएको छ । प्रत्यक्ष सङ्क्रमितहरुसँग काम गर्नुपर्ने स्वास्थ्यकर्मीको सङ्ख्या निकै बढी छ । भ्याक्सिनकै कारण सङ्क्रमितसँगै रहेर काम गर्दा समेत सुरक्षित हुन सकेको न्यौपाने बताउँछन् । उनले भने, “भ्याक्सिनले काम नगरेको भए अस्पताल व्यवस्थापन गर्न कठिन हुन्थ्यो ।” भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालहरुले क्षमता चार गुणभन्दा बढी थप्दा समेत स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सकेको बताउँछन् । पहिले स्वास्थ्यकर्मी निकै त्रसित हुने सङ्क्रमित वरपरसम्म पुग्न डराउने गरेको भन्दै उनले भने “अहिले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई प्रत्यक्ष छोएर उपचार गर्दा समेत बचेका छन् ।” दैनिक आफू काम गरेको अस्पतालमा सङ्क्रमितको मृत्यु भईरहँदा पनि स्वास्थ्यकर्मीले निर्धक्कसाथ काम गरिरहेको उनको तर्क छ । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको र हालसम्म यहाँ मृत्यु नभएका कारण स्वास्थ्यकर्मीमा मनोबल उच्च रहेको अधिकारी बताउँछन् । पहिलो लहरमा सङ्क्रमितहरुमा लक्षण कम र सामान्य अवस्थामा थिए, अहिले अधिकांश अस्पताल आउने गम्भीर रहेका छन् । तिनै गम्भीर सङ्क्रमितको बीचमा रहेर काम गर्दा समेत स्वास्थ्यकर्मीमा त्रास नभएको अधिकारीले जानकारी दिए । उनले भने “पहिलेकै अवस्थामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको भए उपचारमा समस्या आउँथ्यो ।” नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार तिलक रिमालका अनुसार भ्याक्सिन लगाएका पत्रकार कम सङक्रमित भएका छन् । वैशाख यता सङ्क्रमित ६ जना पत्रकार मध्ये ४ जनाले भ्याक्सिन लगाएका छैनन् । भ्याक्सिन लगाएका दुई जनालाई खासै समस्या नदेखिएको उनले जानकारी दिए । वैशाख अघि जिल्लाका १६ जना पत्रकार सङ्क्रमित भएका थिए । उनले भने, “चितवन अहिले हटस्पट बनिरहेको छ, पत्रकारहरु काममा हिड्नुहुन्छ, तर भ्याक्सिनले बचाएको छ ।” जिल्लामा पहिलो भ्याक्सिन २०७७ माघ १४ देखि २४ गतेसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वयंसेविका, कैदीबन्दी र बृद्धाश्रमका बृद्धबृद्धालाई लगाईएको थियो । त्यतिबेला ६ हजार ९७३ जनाले भ्याक्सिन लगाएकोमा ४ हजार ३९७ जना स्वास्थ्यकर्मी रहेका थिए । दोस्रो चरण गत फागुन २ देखि १० गतेसम्म स्थानीय तहका कर्मचारी, निजामती, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि लगायतलाई भ्याक्सिनन लगाइएको थियो । यो चरणमा ६ हजार ५२७ जनाले भ्याक्सिन लगाएकोमा ६३९ जना छुटेका स्वास्थ्यकर्मी रहेका थिए । तेस्रो पटक ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेबाट चैत २ गतेसम्म भ्याक्सिन लगाइएको थियो । त्यतिबेला ३६ हजार ३७९ जनाले भ्याक्सिन लगाएका छन् । पहिलो र दोस्रो चरणमा लगाएकाहरुलाई वैशाख ७ गतेदेखि १३ गतेसम्म दोस्रो डोज भ्याक्सिन लगाइएको थियो । ज्येष्ठ नागरिक बाहेक अन्यले दोस्रो डोज लगाइसकेका छन् । केही छुटेका बाहेक अन्यले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । छुटेकाहरुलाई पनि लगत सङ्कलन गरेर लगाइने तयारी गरिएको छ । जिल्लामा हालसम्म १२ हजार ८५६ जना सङक्रमित भएका छन् भने २०१ जनाको मृत्यु भएको छ । रासस
गायक रामकृष्णले जुटाए अमेरिकाबाटै नेपालीहरुको लागि १८ लाख रकम काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण महामारीको यस समयमा अमेरिकामा रहेका चर्चित गायक रामकृष्ण ढकाल भने नेपालीको लागि सहयोग जुटाउन लागि परेका छन् । सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेका ढकाल नेपालमा कोरोनाका कारण अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्री नपाएर अकालमा ज्यान गुमाएको पीडालाई मध्यनजर गर्दै नेपालीहरुको लागि सहयोग जुटाउन लागि परेका हुन् । नेपालमा निषेधाज्ञा घोषणा भएपछि अमेरिकामै बस्न बाध्य भएका चर्चित गायक रामकृष्ण ढकालले अमेरिकामै सहयोग संकलन अभियान थालेका छन् । उनले नेपालमा अक्सिजन लगायत अत्यावश्यक वस्तु खरिदका लागि संकलित १८ लाख रुपैयाँ रकम राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको एकाउन्टमा जम्मा गरिदिएका छन् । सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल नेपालमा निषेधाज्ञा लागू भएपछि उतै रोकिएका थिए । ढकालले फेसबुकमार्फत भनेका छन्, ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ ।’ ढकालको अनुरोधमा अमेरिकामा रहेका नेपाली तथा नेपालभाषी भुटानीहरुले आर्थिक सहयोग गरेका थिए । पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ डलर अर्थात १८ लाख रुपैयाँ वैज्ञानिक अभियान्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा हिमालयन बैंकको खाता ०१९०६३२२०६००१७ मा जम्मा गरिएको छ । ढकालका अनुसार अझै पनि धेरै व्यक्तिहरुले सहयोगको ईच्छा देखाएका छन् ।
महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव महेन्द्रनगर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ। कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो। अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन्। बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पु¥याउनुपर्ने अवस्था देखिएको छ। कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन्। सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शय्या छन्, ती सबै भरिएका छन्। महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताए। “अहिले छ शय्या छन्, ती सबै भरिएका छन्। गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ”, उनले भने, “डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ।” आइसीयूकक्षमा तत्काललाई १५ शय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताए। “बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ”, उनले भने, “तत्काललाई १५ शय्या थप्नुपर्ने छ ।” आइसीयू कक्षमा शय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन्। अस्पतालले आइसीयूमा शय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ। आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन्। त्यसअघि १३ भेन्टिलेटर आएका थिए। अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ । चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शय्याको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन्। “मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ । शय्या छन् । भेन्टिलेटर जडान हुन बाँकी छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भने, “जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।” एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उनको भनाइ छ।रासस
सिंगापुरबाट आएको १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका सिंगापुरबाट नेपाल शनिबार आइपुगेको १३ टनभन्दा बढी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । सो सामाग्री नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर ल्याइएको थियो । करिब तीन मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ)को ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हस्तान्तरण गरेका हुन् । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको जनाइएको छ । स्वास्थ्य सामग्रीहरुमा एक लाख २३ हजार बढी फोर्टिट्युड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको पाँच हजार बाकस, सिटोटेष्ट स्वाब किट्स २ लाख ५० हजार, २ म्यागेसी ३२ आएनए निकासी मेसिन, २५०० निकासी किट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरु र चार हजार बढी पल्स अक्सिमिटर रहेको जनाइएको छ । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । तामासेक फाउन्डेसन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वक्तव्य जारी गर्दै कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तरसँगै मिलेर काम गरिरहनु आवश्यक रहेको बताए । सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी, २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो । स्वास्थ्य सामग्री लिँदै मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा बु्रअरीबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरे ।
अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन दुतावास प्रयत्नशील छ : राजदूत डा. खतिवडा वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्। उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले आग्रह गरेको पनि बताए। नेपालीहरुको नेतृत्वमा रहेका दुई अमेरिकी संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका(बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को तेस्रो संयुक्त सम्मेलनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले नेपालको गम्भीर स्वास्थ्य संकटको अवस्थामा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगका लागि अमेरिकी सरकारसंग आग्रह गरिएको पनि उनले बताएका छन्। उनले अमेरिकी सरकार, यहाँका गैरसरकारी संघ संस्थाहरु र नेपाली समुदायसहित विश्व समुदायलाई समेत नेपालको स्वास्थ्य संकटमा सहयोगका लागि आह्वान गरिएको बताए । अमेरिकास्थित नेपाली दुतावास नेपाललाई सहयोग गर्न प्रयत्नरत सबैसँग मिलेर काम गरिरहेको र अन्य इच्छुक संघ संस्थासंग पनि सहकार्य गर्न इच्छुक रहेको बताउँदै अमेरिकी सहयोग नियोग युएसयुएआईडीले नेपाललाई उपलब्ध गराएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बीडीएका अध्यक्ष डा.लीलाराज दाहालले नेपालका लागि खोप र मेडिकल सामग्री तत्काल आवश्यक रहेको बताउँदै विकसित देशले विकाशील देशका लागि सहयोग गर्नुपर्ने भएकाले अमेरिकालगायतका विकशित देशहरुबाट नेपाललाई सहयोगका लागि आह्वान पनि गरे। उनले बीडीएमार्फत हालसम्म १० हजार पिन्ट रगत दान भइसकेको तथ्यांक प्रस्तुत गर्दै एक पिन्ट रगतले ३ जनाको जीवन बच्ने भएकाले हालसम्म कम्तिमा ३० हजार मानिसको जीबन बचाउन सफल भएकोमा बीडीएको नेतृत्वकर्ताको हिसावले गौरव अनुभूति भएको बताएका थिए। उद्घाटन समारोहमा सानकी अध्यक्ष मञ्जु संग्रौलाले यो महामारीको समयमा ५० भन्दा बढी वेभिनार गरी ५ हजारभन्दा बढी नर्स र अन्य स्वास्थ्यकर्मीहरुसंग अन्तक्र्रिय गर्न सफल भएको बताइन्। उनले महामारीको अत्यासलाग्दो अवस्थामा स्वस्थ्यकर्मीको मनोबल बढाउन सानले उल्लेखनीय भूमिका खेलेको जानकारी कार्यक्रममा दिएकी थिइन् । भुषण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारी,एनआरएनए, अमेरिकाका अध्यक्ष सुनील साह,एएनए अध्यक्ष विजयराज भट्टराई, डा.संजीव सापकोटा, डा. सन्तोष सापकोटा, राधा पौडेल, सानुवाबु प्रजापति, विनय अर्याल, सीपीए हरि शर्मा,अजय सत्याल, मनकुमारी राई जष्टिन लिष्ट्रट र जोन सेफर्डलगायतका बक्तहरुले बीडीए र सानको संयुक्त सम्मेलनको सफलताको कामना गरेका थिए। कार्यक्रममा रक्तदानमा उल्लेखनीय रेकर्ड कायम गरी रक्तदानलाई उत्प्रेरित गर्ने जोन सेफर्डसम्बन्धी एउटा डकुमेण्ट्रीसमेत देखाइएको थियो ।
स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको सहयोग काठमाडौं। स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ। विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। स्वीजरल्याण्डले करिव ८० लाख अमेरिकी डलर अर्थात ९४ करोड नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो। ल्याइएका स्वास्थ्य सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख ¥यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन्। राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन्।
प्रतिनिधिसभाकाे विघटनकाविरूद्ध विपक्षीहरू बैठक बस्दै काठमाडौं । प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ। विपक्षी नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले यसको विरोध गरेको छ। अबको रणनीति बनाउन विहान ११ बजे संसद भवनमा संयुक्त बैठक बस्न लागेको कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए । बैठकमा राष्ट्रिय जनमोर्चामा पनि सहभागी हुनेछ। कांग्रेस नेता रामचन्द्र पौडेलले केपी ओलीविरुद्ध एकजुट भएर लड्न विपक्षी गठबन्धन बलियो बनाउनुपर्ने बताएका छन् ।
अन्तत प्रतिनिधिसभा विघटन, मध्यराति राष्ट्रपतिबाट दुईचरणमा निर्वाचन घोषणा काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् । मध्यराति एक विज्ञप्ति जारी गर्दै मध्यरातमै बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा विघटनको घोषणा गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसीर ३ गते ३ गते गर्ने घोषणा भएको राष्ट्रपति कार्यालयद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।(हेर्नुहो् विज्ञप्ति) यसअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार, बहुमत सिद्ध गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि आह्वान भएकोमा प्रधानमन्त्री ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आआफूलाई प्रधानमन्त्री बनाइयोस् भनी दावी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले दुबैको दावीलाई मध्यराति नै खारेज गरेको विज्ञप्ति जारी गरेकी थिइन् । दुबै नेतालाई प्रधानमन्त्री बनाइयोस् भनी केही सांसदहरुले दुबैतिर हस्ताक्षर गरेको कुरा यसअघि विवादमा ल्याइएको थियो । राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर प्रमाणीकरण गरी वास्तविक हस्ताक्षर कुन नेताका लागि गरेको हो भन्ने बुझ्न सक्ने सम्भावना हुंदा हुंदै त्यसो नगरी दुबैको दावी खारेज गरिएको थियो ।
‘मलाई सरकार चलाउन मन नै छैन, म दिक्क भइसकें’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नै नभएको प्रस्ट पारेका छन् । सरकारलाई कसैले पनि समर्थन नगर्ने र साथ नदिने बरु दिनैपिच्छे असहयोग, बदनाम गर्ने प्रयास र चरित्रहत्याबाट आफू दिक्क भइसकेको उनले बताए । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा किन पदबाट राजीनामा नदिएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सरकार चलाउन मन नै नभएकोले वैकल्पिक सरकार गठनको लागि माग्र प्रशस्त गरिदिएको बताए । आफूलाई सरकार चलाउन मन भएको भए आफू विश्वासको मत लिन जाने बताउँदै प्रधानमन्त्रीले आफूलाई सरकार चलाउन मन नै नभएकोले आफूले विश्वासको मतको कर्मकाण्ड गर्न नचाहेको बताए । ‘मलाई सरकार चलाउन मन भएको भए विश्वासको मत लिन जान्थें, विश्वासको मत लिएर सरकार चलाउँथे तर मलाई सरकार चलाउन मन नै छेन त्यसैले विश्वासको मतको झमेला गर्नुभन्दा पहिले नै बाटो खोलिदिएको हुँ’ उनले भने । प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटन नै हुने संकेत गरे । उनले राष्ट्रपतिले गरेको आह्वानअनुसार आफू राष्ट्रपतिकहाँ संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बन्नको लागि विश्वासको मत लिन सक्ने आधारसहित जाने र प्रधानमन्त्री बन्नको लागि दावी पेश गर्ने प्रस्ट पारे । उनले आफू यसरी प्रधानमन्त्री बनिसकेपछि पनि विश्वासको मत नपाएमा संविधानअनुसार प्रतिनिधिसभा विघटन हुने र त्यसो भएमा आफूलाई दोष लगाउन नपाइने समेत बताए ।
प्रचण्ड र नेपाल बुढानिलकण्ठको बैठकबाट बाहिरिए काठमाठौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) देउवा निवासको विपक्षी दलहरुको बैठकबाट बाहिरिएका छन। राष्ट्रपतिले धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षीहरुको छलफल जारी छ। बैठकबाट बाहिरिँदै अध्यक्ष दाहालले धेरै विकल्पहरूमाथि छलफल भइरहेको र चाँडै टुंगोमा पुग्ने बताए। उनले भने ‘छलफल भयो, छलफल जारी छ। अहिले कुनै निर्णय भएको छैन। विकल्प धेरै छन्, त्यसमा छलफल भइरहेको छ।’ यस्तै त्यसभन्दा केही समय पहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पनि बैठक छोडेर बीचमै बाहिरिएका थिए। उनले भने बैठकबाट निस्किने क्रममा केही प्रतिक्रिया जनाएनन्। अरु दलका नेताहरु र कांग्रेस सभापति देउवा बीच भने आगामी रणनीति तय गर्न छलफल जारी छ।
अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग, दिउँसो २ बजे आइपुग्ने काठमाडौं । कोरोना महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिएको छ । अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ । तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ । उक्त जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ । अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ । गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी गराएका छन् । कोभिड–१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ । ‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड–१९ महामारीविरुद्ध लड्न दक्षिण एसियाली मुलुकलाई सहयोग गर्छ’ उनले भनेका छन् । त्यस्तै, ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपालमा बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।
शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर काठमाडाै। केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ। ‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ। करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए। यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उनले बताए। सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ। त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ। “अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, भोलि (शुक्रबार) बाट केही खुल्दै जानसक्छ, साँझ हामी अपडेट गर्ने नै छौँ”, श्रेष्ठले भने। उनका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको जानकारी दिए। ताउ–ते आज भारतको राजस्थान आसपासमा रहेको छ। त्यसको प्रभाव बुधबारभन्दा थप कमजोर छ र अहिले उत्तर पूर्वतिर अगाडि बढ्दै छ। नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत रहेकाले मौसममा बदलाब आइरहेको हो । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। काठमाडौँ उपत्यकामा पनि बुधबार साँझदेखि नै सिमसिम पानी परेको थियो । यो क्रम आज बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन। आज प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात÷वर्षा हुने अनुमान छ। विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ। शुक्रबार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको र राति प्रदेश नं १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतः सफा रहने विभागले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्म ताउतेबाट ठूलो क्षतिका घटना भने जानकारीमा नआएको बताए। उनले मौसममा बदली कायमै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिए। ताउतेले नेपालको हिमाली क्षेत्रलाई समेत प्रभावित बनाएको छ। गएको साता हिमाल आरोहणमा निस्किएका आरोही रोकिएका छन्। उनीहरु मौसम खुल्ने प्रतिक्षामा रहेका जनाइएको छ। सगरमाथा आरोपहीसमेत अनुकूल मौसमको प्रतिक्षामा रहेको जनाइएको छ । ताउतेले सबैभन्दा बढी असर भारतमा गरेको थियो। प्राप्त विवरणअनुसार यसले मध्य र पूर्वी भारत, बङ्गलादेशको उत्तरी भूभाग, नेपाल तथा भुटानमा समेत प्रभाव पारेको छ। शुरुमा अरब सागरबाट आएको उक्त चक्रबातले भारतको पश्चिम तटीय क्षेत्र महाराष्ट्र र गुजरातमा प्रभाव पारेको थियो। बुधबार विस्तारै उत्तर सर्ने क्रममा दिल्ली, उत्तरप्रदेश, विहार झारखण्ड पश्चिम बङ्गालमा बदली गरेको थियो। अहिले यो भारतको राजस्थानबाट उत्तरपूर्वतिर गइरहेको छ। प्राधिकरणका अनुसार पछिल्लो गत वैशाख १ देखि यही जेठ ५ गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा ४७४ विपद्जन्य घटना भएका छन्। उक्त घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन् भने १४२ जना घाइते भएका छन् । सबैभन्दा बढी चट्याङले २१ र आगलागीबाट सात जनाको मृत्यु भएको छ।
निगमका जहाजले भारतीयलाई साउदी लैजाने काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ। भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ। यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए। कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए। नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ। यसमा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन्। निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ। निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ। निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । कोभिड–१९ को महामारीको असहज अवस्थामा अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री र भारत तथा चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अतिआवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता गराउनु निगमका लागि महत्वपूर्ण जिम्मेवारी पनि हो। निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ। मे १५ मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी नेपाल ल्याइएको थियो। चीन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्धार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ । सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ, परराष्ट्र र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा कल साइन आरए ४१५३ उडानको जहाजबाट बिहान ८ बजे उडान गर्ने र कलसाइन आरए ४२५४ बाट सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्य सामग्री ल्याउनेछ। निगमको व्यावसायिक स्थायित्वका लागि वर्तमान परिप्रेक्ष्यमा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितको टोली सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको निर्देशक श्रेष्ठको भनाइ छ। उनका अनुसार निगम चीनको सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कलसाइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ। निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी चार जहाज अन्तरराष्ट्रिय उडानका लागि छन्।रासस
एनआरएनए दक्षिण अफ्रिकाद्वारा प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान काठमाडाैं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ। कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो। गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले सङ्कलन गरेको रु दुई लाख पाँच हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो। अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले बताए। एनआरएनए दक्षिण अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरी कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) गरी १० जिल्लालाई ४५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको पौडेलले बताए। यस अभियानमा एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाइमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिक्मत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एनसीसीका बन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली बस्याल, प्रभा बस्याललगायत क्रियाशील रहेका छन्। अक्सिजन सिलिण्डर ग्रहणपश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आफ्नै रोजगारी अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गरेकाेमा धन्यवाद ज्ञापन गरे।रासस
छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो। व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए। उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ। खोप जिल्ला आइपुगेको भन्दै उहाँले एक/दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताए। त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने छ। कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो। व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए। व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन्। व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ। यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ। अपिहिमालमा स्वास्थ्यकर्मीको घरैदलो सेवा अपिहिमाल गाउँपालिकामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका छन्। कोभिड सङ्क्रमित भएकाहरुको अवस्था बुझ्न तथा परामर्श सेवा र औषधि वितरण गर्न स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका हुन्। गाउँपालिकामा अहिलेसम्म देखिएका सङ्क्रमितमा कुनै प्रकारको समस्या भने देखिएको छैन। एकाएक जिल्लाकै विकट गाउँपालिकामा कोरोना फैलिएपछि गाउँपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले गाउँपालिकाका टोलटोलमा स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको थियो। पलिकाका ६ वटै वडाका टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले कोभिड–१९ का कारण आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने तथा औषधि वितरण गर्ने, लक्षण देखिएका बिरामीको विवरण सङ्कलन गरी औषधोपचार गर्ने, कोभिड–१९ बाट बच्ने उपायबारे जनचेतना जगाउने तथा प्रत्येक टोलमा कम्तीमा दुई दिनमा एकपटक पुग्नैपर्ने कार्यादेश दिइएको थियो। सोही अनुरूप अहिले गाउँपालिकाभरिका स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा व्यस्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए। स्वास्थ्यकर्मी घरघर पुग्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ। रुघाखोकी लागेर आत्तिएकामा पनि कोभिड सहजरूपमा जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको अपिहिमाल–३ का जवनी कार्कीले बताए। गाउँपालिकाले गाउँपालिकाअन्तर्गत स्वास्थ्य संयोजक धामीको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाएको छ। यस्तै वडा नं १ मा अहेव विक्रमसिंह लोथ्याल नेतृत्वमा तीन, वडा नं २ मा अहेव दिपेन मन्यालको नेतृत्वमा छ, वडा नं ३ मा अहेव रोहित ठेकरेको नेतृत्वमा तीन, वडा नं ४ मा अहेव हेल्थ असिस्टेन्ट गणेशराज जोशीको नेतृत्वमा आठ, वडा नं ५ मा अहेव महेशसिंह ठगुन्नाको नेतृत्वमा तीन, वडा नं ६ मा अहेव धनराज जोशीको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। यस्तै गाउँपालिकाको कोभिड अस्पताल सौगन्नामा स्टाफ नर्स आशा फगामी मगर र अनिशा ठेकरेलाई खटाएको छ। रासस
काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा बनेपा । काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ । दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी गरिएकामा आज राति १२ बजेबाट जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणका दर वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।
जेठ १ गते : विद्यार्थीहरुले आगो ओकलेको दिन जेठ १ गते अर्थात विद्यार्थी दिबस । विद्यार्थीहरुले आफ्नो अधिकारका लागि आगो ओकलेको दिन । पञ्च्याती सुन्ड मुसुन्डहरु झस्किने र तर्सिने गरी विद्यार्थी आन्दोलनको श्रीगणेश भएको दिन । शासकहरुलाई लगलग कपाउने गरी विद्यार्थीहरुले आफ्नो ताकत प्रदर्शनको घोषण गरेको दिन। महेन्द्रको फौजी शासनको सुर्केनी फुस्काउने उद्घोष गरेको दिन । समग्रमा भन्नुपर्दा जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले पञ्च्याती शासन ब्यबस्थाको छातीमा बिजयको झन्डा गाड्न जग हालेको दिन हो । शासकहरुलाई घुँडा टेकाएर आफ्नो अधिकारलाई स्थापित गराउन सफल भएको यस्तो ऎतिहासिक, गौरवशाली र अबिस्मरणीय क्षण भएकोले यस दिनलाई नेपाली विद्यार्थी आन्दोलनले अग्रजहरुको त्याग, समर्पण र संघर्षको स्मरण तथा सम्मानमा विद्यार्थी दिवसका रूपमा मनाउदै आइरहेको छ । मुलुकमा २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रद्वारा शाही कु मार्फत जननिर्वाचित सरकारलाई अपदस्त गरी निरंकुश पञ्च्याती ब्यबस्था थोपारिएको थियो। दलहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । जनता का प्रजातान्त्रिक हक अधिकारहरुमाथि निर्मम बन्देज थियो । तत्कालीन राजा महेन्द्रको फौजी शाही कु को विरुद्ध उभिएका कम्युनिस्ट र काङ्ग्रेसका कयौं नेताहरूलाई खोजीखोजी यातनापूर्ण जेल सजाय दिइरहेको थियो । नागरिक अधिकारको पक्षमा कानेखुसी गर्नेहरु समेत पञ्च्याती शासकहरुको व्यापक निगरानी ,नियन्त्रण र कठोर दमनको सिकार भैरहेका थिए । पञ्च्याती सरकारले बि स २०१८ मा राष्ट्रिय निर्देशन ऎन जारी गरी युवा ,विद्यार्थी ,बाल, किसान, महिला र मजदुर संघसंगठन बाहेक अन्य सम्पूर्ण संघसंगठनहरुमाथि प्रतिबन्ध लगाइएको थियो । मुलुकको राजनीतिक तथा अन्य परिस्थिति अत्यन्तै जटिल र भयावह थियो । यस्तो उकुसमुकुस र कहालीलाग्दो परिस्थितिमा ज्ञान, चेतना, आट, साहस , बिद्रोह र सिर्जनाको पर्याय विद्यार्थीहरुका सामु दुईवटा विकल्प थियो । या त निरंकुशता वा दासताको जुवा मुनि जबर्जस्त नारिन तयार हुने या त निरंकुशताको जुवा भाचेर राष्ट्रलाई पिंजडा मुक्त पार्ने । प्रजातन्त्र र नागरिक अधिकारप्रति प्रतिबद्ध नेपाली विद्यार्थीहरु बरु हजार पीडा ,यातना र दुःख सहन तयार हुने , आवश्यक पर्दा बरु मृत्युलाई नै स्वीकार गर्न खुसी हुने तर निरंकुश शासन ब्यवस्थाको हलि हुन कुनै हालतमा पनि तयार नहुने र यस्तो तानाशाही ब्यबस्थालाई कसैगरी पनि चकनाचुर पारी छाड्ने सङ्कल्प बोके । यही सिलसिलामा ढिलो नगरी विद्यार्थीहरुले आफ्ना शैक्षिक तथा सामूदायिक विषयहरुलाई आन्दोलनको मुद्दाका रूपमा अगाडि बढाए । रुप पक्षमा विद्यार्थी आन्दोलनको उद्देश्य शैक्षिक र सामूदायिक जस्तो देखिए पनि सारमा पञ्च्याती निरंकुश शासन सत्ताको महललाई गर्ल्यामगुर्लुम ढाल्नु नै थियो। यही गतिमा अगाडि बढिरहेको विद्यार्थी आन्दोलनले विद्यार्थीहरुलाई क्रमशः जागरुक र संगठित गर्दै जनस्तरमा समेत सकारात्मक सन्देश प्रबाह गर्न सफल भैरहेको थियो। आन्दोलनलाई अगाडि बढाउने क्रममा बि स २०२० साल बैशाख २३ गतेदेखि सम्पूर्ण कलेज तथा हाइस्कुलहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत माग राख्दै शैक्षिक संस्था हडताल शुरु गरे । आन्दोलन चलिरहेकै अबस्थामा बि स २०२० साल भदौ २० गते त्रिभुवन विश्वविद्यालयमा स्वबियुको निर्वाचन सम्पन्न भयो। यो नै स्वतन्त्र विद्यार्थी युनियनको इतिहासमा पहिलो निर्वाचन थियो । निर्वाचनमा जनार्दन प्रसाद आचार्यको नेतृत्वमा प्रगतिशील प्यानलले बिजय हासिल गर्‍यो । उक्त स्वबियुको आयोजनामा २०२० साल चैत ४ गते उपत्यकाका विभिन्न कलेजका १८ जना प्रतिनिधि सम्मिलित उपत्यका स्तरीय अन्तर कलेज सम्मेलन आयोजक समिति निर्माण गरियो । त्यसै आयोजक समितिको आयोजनामा बि स २०२१ बैशाख २५ देखि २९ गते सम्म उपत्यका स्तरीय अन्तर कलेज सम्मेलनको आयोजना भयो । सम्मेलनमा उपत्यकाका कलेजहरुबाट प्रतिनिधि र पर्यवेक्षक तथा उपत्यका बाहिरका कलेज र हाइस्कुलहरुबाट चाहिँ केहि पर्यवेक्षकहरुको ब्यबस्था गरिएको थियो ।पाँच दिनसम्म चलेको सम्मेलन सम्पूर्ण कलेजहरुको अलावा हाइस्कुलहरुमा पनि स्वबियुको स्थापना हुनपर्ने, गोरखा भर्ती केन्द्र तत्काल बन्द हुनुपर्ने, यातायात र अस्पतालहरुमा विद्यार्थीहरुलाइ छुट सुबिधा हुनुपर्ने, गाउँ बिकासमा सहयोग पुर्याउन विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरिसकेपछि गाउँ सेवा गर्न ‘गाउँ जाउँ’ अभियान संचालन गर्ने जस्ता महत्त्वपूर्ण समसामयिक प्रस्तावहरु पारित गर्दै सम्पन्न भयो। सम्मेलन सकिए लगत्तै साँझदेखि नै छापामार शैलीमा प्रहरीहरुले सम्मेलनमा सहभागी भएका प्रतिनिधि ,पर्यवेक्षक तथा सहभागीहरुलाई घर कोठा कोठामा छापा मारी व्यापक धरपकड र गिरफ्तार गर्न शुरु गर्‍यो । सम्मेलनका दस्तावेज लगायत सामाग्रीहरु समेत जफत गर्‍यो । विद्यार्थीहरुमाथि निकै ठूलो भय ,त्रास र आतंकको अबस्था सिर्जना गरियो । विद्यार्थीहरुमाथि पञ्च्याती शासकहरुले अत्यन्तै अमानवीय ब्यवहारसहित निर्मम दमन गर्‍यो । यसप्रकारको बर्बर दमन र अत्याचारका विरुद्ध आगोको फिलिङ्गो झै आक्रोशित भएका विद्यार्थीहरुले बि स २०२१ जेठ १ गरे त्रिचन्द्र क्याम्पसमा उपलब्ध अगुवाहरुको आपतकालीन बैठक बसी सोही दिनदेखि नै गिरफ्तार विद्यार्थीहरुलाई बिनासर्त रिहाई गर्नुपर्ने ,सम्पूर्ण शैक्षिक संस्थाहरुमा स्वबियुको स्थापना गरिनुपर्ने लगाएत मागहरु राखी सडक आन्दोलनको घोषण गरियो । जेठ १ गते पहिलो दिन काठमाडौमा १२०० भन्दा बढी विद्यार्थीहरु सरकार विरुद्धको हातमा मैनबत्ती बोकेर प्रदर्शनमा उपस्थित भएका थिए । आन्दोलन व्यापक सहभागितामा ८ दिन सम्म चल्यो। जनस्तरबाट समेत आन्दोलनप्रति समर्थन जुट्दै जान थालेपछि विद्यार्थी आन्दोलनबाट तर्सिएका पञ्च्याती शासकहरु विद्यार्थी आन्दोलनका सामु घुँडा टेकेर लम्पसार पर्न बाध्य भए। माग पूरा गराउन सहमत भए । गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीहरु ससम्मान रिहाइ भए । त्यति मात्रै होइन कलेज र हाइस्कुलहरुमा समेत स्वबियु खोल्न पाउने अधिकार प्राप्त भयो। सोही उपलब्धि पश्चात् कलेजहरुको अलावा बिद्यालयहरुमा पनि स्वबियुको निर्वाचन हुने प्रक्रिया अगाडि बढ्यो जुन २०४२ सालसम्म कायम रह्यो । त्यसपछि भने स्वबियुको निर्वाचन कलेजहरुमा मात्रै हुने परम्पराको थालनी भयो । यसरी जेठ १ मा विद्यार्थी आन्दोलनको घोषण भएको र उक्त आन्दोलनले विद्यार्थीहरु सामु पञ्च्याती सरकारलाई आत्मसमर्पण गर्न बाध्य तुल्याइ अभुतपूर्व उपलब्धि समेत हासिल गरेको हुनाले अनेरास्ववियु लगायत बिशेश गरी वामपंथी विद्यार्थी संगठनहरुले यस दिन (जेठ १)लाई विद्यार्थी दिवसको रुपमा विविध कार्यक्रमहरुका साथमा विशेष पर्वकै रूपमा मनाउदै आइरहेका छन् ।जुन आज पर्यन्त जारी छ र भोलि पनि रहिरहने छ। विद्यार्थी दिवसकै अबसर पारेर २०२२ साल जेठ १ गते सुजन खरेलको नेतृत्वमा अनेरास्ववियु को स्थापना भयो । यद्यपि केहि लेखकले भने अनेरास्ववियुको स्थापनाको मितिका बारेमा केहि फरक धारणा अर्थात २०२२ साल बैशाख ५ गते रहेको भनी उल्लेख गरेको देखिन्छ । तर अनेरास्ववियुसँग सम्बन्धित सम्पुर्ण दस्तावेज तथा लिखतहरुमा भने २०२२ साल जेठ १ नै अनेरास्ववियुको बास्तबिक स्थापना मिति भएको उल्लेख छ । पछिला वर्षहरुमा नियमित प्रशिक्षणको कमी, संगठनका पुस्तकहरुको स्वअध्ययनको अभाव र विद्यार्थी दिवसको सन्दर्भमा सस्थागत ढङ्गले देशब्यापी कार्यक्रम हुन नसकिरहेको कारण आन्दोलनमा नवसंगठित विद्यार्थीहरुको निकै ठूलो पङ्क्ती विद्यार्थी दिवस र यसको महत्त्वका बारेमा करिब करिब बेखबर नै रहेको देखिन्छ । यसैको कारण पञ्च्याती शासकहरुलाइ विद्यार्थी आन्दोलन सामु झुकाउन सफल भई र उपलब्धिहरु समेत हासिल गर्न सफल रहेको २०२१ साल जेठ १ गते को दिनलाई विद्यार्थी दिवसको रूपमा भन्दा पनि २०२२ साल जेठ १ गते अनेरास्ववियु स्थापना भएको दिनको रूपमा बुझिरहेको देखिन्छ ।सामाजिक संजालहरुमा समेत अनेरास्ववियुको यतिऔं स्थापना दिवस भनेर शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ । हुनत अनेरास्ववियुको स्थापना जेठ १ गते नै भएको भएता पनि अनेरास्ववियुको इतिहासमा जेठ १ गते लाई २०२१ जेठ १ को आन्दोलनको सफलताको सम्झना स्वरुप ‘विद्यार्थी दिवस’को रुपमा मनाउँदै आइरहेको इतिहास छ । यहि विद्यार्थी दिवसकै अवसरमा नै २०२२ साल जेठ १ गते अनेरास्ववियुको स्थापना भएको थियो । त्यसैले विद्यार्थी दिवस को रूपमा जेठ १ गतेलाइ सम्झिरहँदा अनेरास्ववियुको स्थापना दिन को सम्झना समेत स्वभाबिक रुपमै भैरहेको हुन्छ । विद्यार्थी आन्दोलनको यस महत्त्वपूर्ण र गौरवशाली अबसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु । लेखक बर्तौला अनेरास्ववियुका उपाध्यक्ष हुन्।
मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या मनाङ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ। उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए। “जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ”, लामिछानेले भने, “सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पु¥याउनुको विकल्प छैन।” समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमितलाई अस्पतालको पहुँचसम्म पु¥याउन समेत मुश्किल छ। स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि सम्पन्न भएका छैनन् । त्यसैले केही दिनअघि सङ्क्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो। प्रजिअ लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए। उनीहरूको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको प्रजिअ लामिछानेले बताए। उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। जिल्लावासीको स्वास्थ्यमा समस्या भएमा हेलिकप्टरबाट नै उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ। आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ। स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने प्रजिअ लामिछाने बताए। मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीसको अभाव छ । कोरोना सङ्क्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ। विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्दछ। जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा.प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष सञ्चालन गर्नसक्ने जनशक्ति समेत नभएको बताइन्। जनशक्तिको अभावका कारण सबै उपकरण सञ्चालनमा ल्याउन नसकिएको उनले बताइन्। “यहाँ आइपुगेका सामग्री समेत उपयोग गर्न सकेका छैनौं, के गर्नु कर्मचारी अभावले यी सामग्री चलाउने अवस्था छैन”,उनले भनिन्, “ठूलो मात्रामा सामग्री आइनपुगे पनि थोरै सामग्रीबाट पनि सेवा प्रवाह गर्न समस्या छ ।” मनाङका हुने खाने घरपरिवारका व्यक्ति मात्र अस्पतालको स्वास्थ्य पहुँचमा पुग्छन् । यहाँका विपन्न वर्गलाई अस्पतालको पहुँच सहज छैन। पहिलो चरणको कोभिडबाट यहाँ कम मानिसमा सङ्क्रमण देखिएपनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा सङक्रमण पुष्टि भएको छ । पहिलो चरणमा २० जना सङ्क्रमित भएकामा हालसम्म उक्त सङ्ख्याको दोब्बर सङ्क्रमित थपिइसकेका छन्। स्थलमार्गबाट मनाङका बिरामीलाई अस्पताल पु¥याउन सक्ने सहज अवस्था छैन । मनाङ जाने सबै सडक अहिलेसम्म कालोपत्रे भएका छैनन्। पूर्ण रुपमा कच्ची सडक छन्। कच्ची सडकबाट बिरामी वा जटिल प्रकारका कोरोना सङ्क्रमितलाई अस्पताल लैजादा बाटोमै ज्यान जान सक्ने बढी खतरा छ। सडक सञ्जाल सहज बनाउने उद्देश्यका साथ धेरै वर्षदेखि बजेट विनियोजन हुँदै पनि आएको छ । तर निर्माण कम्पनीले काम पूरा गर्न नसक्दा बिरामीलाई स्थलमार्गबाट अस्पताल पु¥याउन सहज नभएको हो । मनाङको सदरमुकाम चामेसम्म समेत स्थलमार्गको विकास हुन सकेको छैन भने अन्य क्षेत्रमा झन् समस्या छ । त्यसैमाथि मनाङका विभिन्न नदीमाथि बन्ने पुलका लागि वार्षिक रुपमा बजेट विनियोजन हुन्छ तर पुल निर्माणको काम पूरा हुँदैन । मनाङमा हिउँदमा हिउँ त वर्षायाममा पहिरोले पुल र सडक निर्माणको काम अगाडि बढ्न सक्ने अवस्था गाह्रो भएकोे निर्माण कम्पनीले बताउँदै आएको छ। जिल्ला अस्पताल मनाङमा उपचाररत बिरामीमा कोभिड पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ । बुधबारदेखि सिल गरिएको जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द छन् । अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको निमित्त प्रमुख डा.गौलीले जानकारी दिइन्। त्यस्तै जिल्लाका चार स्थानीय तहमध्ये दुई स्थानीय तहको सेवा समेत बन्द गरिएको छ । यी दुई पालिकाले बिहीबारबाट आफ्नो सेवा रोकेका हुन् । मङ्गलबार मनाङ ङिस्याङ गाउपालिकामा एक विदेशी नागरिक सहित २५ जना कोरोना सङ्क्रमित थपिएका थिए । चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएसँगै पालिका अन्तर्गतको स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह रोक्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ।रासस
कोरोना कहर: सरकारलाई सहयोग गर्नुपर्नेबेला आफै वेपत्ता छन् एनजीओ आइएनजीओहरु काठमाडौं। अहिले देशको अवस्था जटिल छ। देश कोरोना संकटको चपेटामा छ। संघ, प्रदेश केही हदसम्म लागे पनि स्थानीय तहहरु कम्मर कसेर महामारीको सामना गरीरहेका छन्। सरकारको यी प्रयासहरुलाई सफल पार्न केही सामाजिक अभियान्ता र उद्योगी व्यापारी पनि आफ्नो तर्फबाट सहयोगका हातहरु बढाइरहेका छन्। ताकि देशमा बढी भन्दा बढी मानिसको ज्यान बचाउन सकियोस्। यस्तो अवस्थामा नेपालमा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था (एनजिओ र आइएनजिओ)ले सहयोगको लागि आफै अग्रसरता देखाउनु पर्ने हो। तर, सरकारले उनीहरुलाई सहयोग गर्न सार्वजनिक अपिल गरे पनि सामाजिक कार्य गरेको दावी गर्ने कैयौँ एनजीओ र आइएनजीओ बिपतमा बेपत्ता भएका छन्। समाज कल्याण परिषद्मा मात्रै ५१ हजार ७ सय ७० गैरसरकारी (एनजीओ) र दुई सय ३० अन्तर्राष्ट्रिय गैरसरकारी (आइएनजिओ) गरेर जम्मा ५१ हजार ७ सय संस्था दर्ता छन। जसको मुख्य काम मानवीय सहयोग र सामाजिक हितका लागि काम गर्नु हो। यसका लागि उनीहरुले नेपाल सरकारको प्राथमिकता अनुसार सरकारको स्वीकृती र समन्वयमा काम गर्नुपर्छ। तर कोरोना संक्रमणले संकट निम्तिएपछी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसकारी सँघसंस्थाको भुमिका खुम्चिएको छ। यसको प्रमाण समाज कल्याण परिषदमा भेटन सकिन्छ। समाज कल्याण परिषदबाट कार्यक्रमको स्वीकृति गराउने संस्थाको संख्या घटेर अहिले करिव १५ सयको हाराहारीमा पुगेको छ। परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका समाजकल्याण परिषदमा आवद्द भएका बाँकी संस्था भने आबद्ध भए पनि खाली हात बसेका छन्। अक्सिजनको सिलिण्डरको अभावमा मान्छेहरु मृत्युवरण गरीरहेका छन्। असंगठित क्षेत्रका मजदुर, बेसहरा, असहायहरु भोक भोकै बस्न बिवस छन्। यदि यिनीहरूमध्ये आधा संस्था र संगठनले मात्रै महामारीको विरुद्ध कम्मर कसे भने पनि यस चुनौतीको सामना गर्न होस्टेमा हैसे हुन सक्थ्यो। तर, सामाजिक कार्यको ठेकेदारको रुपमा दावी गर्ने यी संस्थाहरु जसै महामारी आयो उसै बेपत्ता भएका छन्। छलफलमा छौँ, फास्ट ट्रयाकबाट सहयोग गर्ने बाटो खोल्नु पर्छ – (एआईएन) नेपाल सरकारबाट समयमै स्पष्ट निर्देशन नआएको र कार्यक्रम गर्दा प्रक्रियागत ढिलाई भएकाले पनि अहिलेको महामारीमा सोचेको जस्तो उपस्थिति नदेखिएको एशोसियसन अफ इन्टरनेशनल एनजिओज इन नेपाल (एआईएन) का अध्यक्ष अच्युत लुइँटेलले बताए। कार्यक्रमहरु स्वीकृत गराउन केही प्रत्रियागत झन्झट रहेकोले सोचेजस्तो केही गर्न सकिएकाे छैन। लुइँटेलका अनुसार स्वास्थ्य मन्त्रालयले सहयोग गर्न भने पनि अहिलेको महाविपत्तिको समयमा हामी अन्तराष्ट्रिय संस्थाहरुका लागि फास्ट ट्रयाकबाट सहयोग गर्ने बाटो खुला नभएकाेले सरकारले बाटो खोल्नु पर्ने बताए। ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुलाई त सहज छ। उनीहरुले काम पनि गरीरहेका छन्। पहिलो लहर भन्दा दोस्रो लहरमा अन्तराष्ट्रिय दातृ निकायबाट पनि राम्रो सहयोगको प्रतिबद्धता पनि भइरहेको छ। तर, स्पस्ट नीति अझै बन्न सकेको छैन। कुन कुन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने बारेमा हामी अहिले छलफलमै छौँ,’ उनले भने। अहिले छोटो समयमा अप्रत्यासित रुपमा महामारी भित्रिएको बताउँदै उनले भने ‘कुनै पनि संस्था विपत्ति आउँछ भनेर हातमा फण्ड लिएर तयारी अवस्थामा बस्दैनन्। भइरहेको कार्यक्रम छ भने हामी त्यसको निश्चित प्रतिशत रकम कोभिड रेस्पोन्समा खर्च गर्छौँ भनेर छलफल गर्नुपर्ने हुन्छ।’ ३ गुणा घट्यो बजेट यस्ता संस्थाहरुले खर्च गर्ने बजेट गत वर्षको तुलनामा ३ सय प्रतिशतले कमी आएको छ। चालू आर्थिक वर्षको ८ महिनामा एनजीओ र आइएनजिओले नेपाली जनताको हितमा १३ अर्ब रुपैयाँ खर्च गर्ने स्वीकृति लिएका छन्। तर, गत वर्षमा मात्रै यस्ता संस्थाहरुले ४० अर्ब बजेट स्वीकृत गराएका थिए। जसमा १८ अर्ब एनजीओ र १९ अर्ब आइएनजीओको हिस्सा थियो। महामारीको समयमा उनीहरुको उपस्थिति भने न्यून हुँदै गएको यसबाट पनि स्पस्ट हुन्छ। समाज कल्याण परिषद्ले भने स्वास्थ्यसँग सम्बन्धित संस्था र अरु विकासे संस्थालाई पनि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न निर्देशिका जारी गरिसकेको छ। उसले बजेट हेरेर ५ देखि २० प्रतिशतसम्म अनिवार्य स्वास्थ्य क्षेत्रमा खर्च गर्न निर्देशन दिएको छ। परिषदका सूचना अधिकारी भट्टराइका अनुसार अहिलेसम्म ८ वटा संस्था मात्रै सहयोगका लागि आएका छन। यस्तै ३ सय भन्दा बढी संस्थालाई के काम गरीरहेको छन् भनेर पत्र पठाइएको र जवाफ मागिएको उनले बताए। अहिले देखिने गरी काम नभएको स्वीकार्दै उनले छलफल भइरहेकोले अबको एक हप्ता भित्रमा रिजल्ट देखिनको गरी काम हुने बताए।
राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागू काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय कर्मचारीलाई आचारसंहिता लागू हुने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय र सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन र उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति र निर्वाचन पर्यवेक्षकलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने छ ।आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सहयोगका लागि आयोगले सबैसँग अनुरोध गरेको छ ।
चिकित्सक संघले घोषणा गर्‍यो रेड अलर्ट काठमाडों। कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील छ। दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघले अपिल गरेको छ।
टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन मध्यपुरथिमि । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडाँैंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । रासस
काठमाडौंसहित ६२ जिल्लामा निषेधाज्ञा जारी काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा अहिलेपनि कायमै छ। हालसम्म देशका ६२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४८ जिल्लामा पूर्ण र बाँकी जिल्लामा क्षेत्र निर्धारण गरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। संक्रमणको दर दिनहुँ बढिरहेकोले निषेधाज्ञामा थप कडाइ गरिएको छ । अत्यावश्यक पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म मात्र खोल्नका लागि अनुमति दिइएको छ । निषेधाज्ञाका अवधिमा तोकिएका समयमा मात्र खाद्य लगायतका अत्यावश्यक सामाग्री खरिद गर्न र अनावश्यक रुपमा हिडडुल र सवारी साधन समेत नचलाउन सरकारले आग्रह गरेको छ । राजधानी बाहेक देशका विभिन्न सहरी क्षेत्रमा ५०० बढी र पहाडका २०० बढी संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।
एनएसएल : विराटनगरलाई हराउँदै ललितपुर प्लेअफमा काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक एक गोल रह्यो । खेलमा ललितपुरका कप्तान अन्जन प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै डोना थापा चुनिए । उनले १० हजार प्राप्त गरे । जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।
पत्रकार महासंघको केन्द्रीय कार्यालय बन्यो अक्सिजनसहितको आइसोलेशन सेन्टर काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयलाई अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाइएको छ। महासंघका अध्यक्ष बिपुल पोखरेलले यसअघि नै आइसोलेशन सेन्टर बनाउने घोषणा गरेका थिए। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा महासंघको केन्द्रीय कार्यालयलाई आइसोलेशन सेन्टर बनाइएको हो। यो आइसोलेशन सेन्टर पत्रकारहरुका लागि तयार पारिएको हो। महासंघका अध्यक्ष पोखरेलले आइसोलेशन सेन्टर बनाउका लागि बिहीबार हाम्रो टिम अभियान र मेक्सिम इन्टरनेशनल ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले सहयोग गरेको बताएका छन्। उनका अनुसार देशभरका शाखाहरुले पनि आइसोलेशन सेन्टर, होल्डिंग सेन्टर बनाइरहेको बताएका छन्।
बरिष्ठ संगीतकार एवं गायक प्रधानको निधन काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा निधन भएको छ। छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। सिन्धुपाल्चोकको चौतारामा सन् १९३६ जुन ६ मा जन्म लिएका प्रधानले नेपाली गीतसंगीतमा दिएको योगदान उदारणीय र प्रशंशनीय छ। ‘तिमीलाई अचेल कहाँ भेटुँ, परिदेखि जुनकिरीले, माया नमार मायालु’लगायतका गीतहरु कालजयी छन्। नेपाली भाषामा मात्र नभएर नेपाल भाषामा पनि प्रधानले गीत गाएका छन्। राजमति कु मती लगायतका झण्डै ११ वटा गीतहरु चर्चित छन्। नेपालभाषामा पनि दख्खल राख्ने प्रधानले आफूले गाएका गीतमा मात्र नभएर अरुको गीतको लागि पनि संगीत गरेका छन्।
डीसीसीएमसी काभ्रेद्वारा आइसोलेसन केन्द्रको सुरक्षा जिम्मा सेनालाई बनेपा । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो। शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ। सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ।रासस
‘भारत र ब्राजिलले वैज्ञानिकको सल्लाह मानेनन्, अहिले त्यसैको फल भोग्दैछन्’ काठमाडौं। भारत र ब्राजिलले कोरोनाभाइरसका विषयमा वैज्ञानिकले दिएको सल्लाह मानेनन् त्यसैले यी देशमा कोरोनाभाइरसको दोस्रो लहर अत्यन्तै भयानक भयो । यदि वैज्ञानिकको सल्लाह मानेको भए कोरोनाभाइरसको दोस्रो खतरनाक लहरलाई नियन्त्रण गर्न सजिलो हुन्थ्यो । प्रसिद्ध वैज्ञानिक जर्नल नेचरले आफ्नो सम्पादकीयमा भारत र ब्राजिल सरकारले वैज्ञानिकको सल्लाह नमानेर कोरोना नियन्त्रणको लागि राम्रो अवसर गुमाएको बताएको छ । गत हप्ता भारतमा कोरोनाभाइरसबाट एकै दिन ४ लाखभन्दा धेरै संक्रमित भएका थिए । ३ हजार ५ सयभन्दा धेरै मानिसको एकै दिन मृत्यु भएको थियो ।नेचर जर्नलका अनुसार भारत र ब्राजिल एक अर्कासँग भौतिक रुपमा १५ हजार किलोमिटर टाढा छन् तर दुवै देशमा कोरोनाको विषयमा एउटै समस्या छ । दुवै देशका नेताहरुले वैज्ञानिकको सल्लाह मानेनन् र मान्ने अवस्थामा पनि ढिलो गरेर मात्रै माने । यही कारण दुवै देशमा हजारौं मानिसको अकालमा ज्यान गयो । ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले लगातार कोभिड–१९ लाई सानोतिनो फ्लु भनिरहे । उनले वैज्ञानिकको सल्लाहलाई बेवास्ता गरे । उनले वैज्ञानिकले बताएका तरिका पनि मानेनन् । ब्राजिलमा सरकारले जनतामा मास्क लगाउने र एक अर्कासँग भौतिक दूरी कायम गर्ने बाध्यतालाई ठिकसँग लागू गरेन । भारतमा सरकारले वैज्ञानिकको सल्लाह समयमा कार्यान्वयन गरेन । यही कारण देशमा कोरोनाको संक्रमण तीब्र रुपमा बढ्यो र हजारौंको ज्यान गयो । भारतमा हजारौंको संख्यामा मानिसहरु चुनाबी र धार्मिक कार्यक्रममा सहभागी भए । ठिक यस्तै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना वैज्ञानिकको कुरा मानेका थिएनन् । यही कारण अमेरिकामा ५ लाख ७० हजार मानिसको मृत्यु भएको थियो । विश्वमा कोरोनाको कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा नै भएको छ । भारतमा अघिल्लो वर्षको सेप्टेम्बरमा कोरोना केस उच्चतम स्तरमा थियो । त्यतिबेला दैनिक ९६ हजार जना संक्रमित भइरहेका थिए । त्यसपछि यस वर्षको मार्चमा दैनिक संक्रमणका केस कम भएर १२ हजारसम्म झरेका थिए । यो कमी देखेर भारत सरकार आत्मसन्तुष्ट भएको थियो । यस क्रममा सबै व्यवसाय फेरि खोलिए । मानिसहरुको भीड जम्मा हुन थाल्यो । मानिसहरुले मास्क र भौतिक दूरीको पालना गर्न कम गरिसकेका थिए । चुनाभी जुलुस, धर्ना, प्रदर्शन र धार्मिक कार्यक्रम आयोजना भइरहेका थिए । यो पूरै प्रक्रिया मार्चदेखि अप्रिलसम्म चल्यो । जसका कारण कोरोना केस अत्याधिक तीब्र गतिमा बढ्यो । भारतमा अर्को समस्या के पनि छ भने यहाँका वैज्ञानिकको कोभिड–१९ अनुसन्धानको डाटासम्म सहज पहुँच छैन । जसका कारण वैज्ञानिक सही भविष्यवाणी गर्न विफल हुन्छन् । वैज्ञानिकले कोरोनाको परीक्षण नतिजा र अस्पतालमा भइरहेका क्लिनिकल जाँचका सही र पर्याप्त परिणाम पाउँदैनन् । अर्को ठूलो समस्या देशमा ठूलो परिमाणमा जिनोम सिक्वेन्सिङ हुन नसक्नु पनि हो । देशका प्रमुख वैज्ञानिक सल्लाहकार कृष्णास्वामी विजयराघवनले देशमा रहेका चुनौतीको कुरा स्वीकार गरेका छन् । उनले कसरी सरकारभन्दा पृथक रहेर अनुसन्धान गरिरहेका वैज्ञानिकले डाटा पाउँछन् भन्ने पनि बताएका छन् । केही तथ्यांक अझै स्पष्ट हुन सकेका छैनन् । उनीहरुको जाँच चलिरहेको छ । २ वर्ष पहिले देशका १०० अर्थशास्त्री र तथ्यांकका रणनीतिकारहरुले मोदी सरकारलाई पत्र लेखेर तथ्यांकसम्म पहुँचको माग गरेका थिए । यो पत्र त्यतिबेला लेखिएको थियो जतिबेला राष्ट्रिय तथ्यांक आयोगका केही बरिष्ठ अधिकारीले राजीनामा दिएका थिए । जर्नलका अनुसार शोधकर्ता र सरकारबीच सधैं कठिन सम्बन्ध हुन्छ । तर, कोरोनाभाइरसको क्रममा यस्ता सम्बन्धले समस्या सृजना गर्न सक्छन् ।
भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण काठमाडाै। निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ। हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन्। पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो। यही वैशाखभित्र पुनःनिर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनःनिर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ। पुनःनिर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ। छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौँडामा आइपुगेको छ। आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। उक्त सम्पदाको हालसम्म पुनःनिर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ। छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ। विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप तीन वर्षअघि पुनःनिर्माणका लागि क्षमापूजा गरिएको थियो। उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले सहयोग गर्दै आएको छ। सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो। केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ। रासस
नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरेका हुन् । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका हुन् । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो । यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन । यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन । जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।
दुध सेवनमा जोड दिन डेरी एशोसियसनको अपिल काठमाडौं। नेपाल डेरी एशोसियसनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आम जनतालाई दुध सेवनका लागि सार्वजनिक अपिल गरेको छ। एशोसियको मंगलबार जुम मार्फत भएको बैठकमा कोभिड १९ विरुद्धको लडाइमा रोग प्रतिरोधात्मक क्षमता बढाउन अति आवश्यक भएको र त्यो दुध सेवनबाट सम्भव हुने भन्दै मानिसहरुलाई दुध सेवनमा जोड दिन अनुरोध गरेको हो। बैठकले दैनिक रुपमा गर्नुपर्ने दूध संकलन, प्रशोधन, ढुवानी एवं बजारीकरणका समयमा सबै सुरक्षित रही दुध आपूर्तिमा सहज रुपमा गर्न आग्रह गरेको छ। दूध अतिआवश्यक बस्तु भएको भन्दै बैठकले समयमा गन्तव्यमा पुर्याउन नसक्दा खेर जाने हुँदा ढुवानीको समयमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ। दुध धेरै दिन भण्डार गरेर राख्न समस्या हुने भन्दै एशोसियसनले धुलो दुध, बटर गत सालकै  स्टक भएकोले अहिले देशैभर दैनिक ६० प्रतिशत बजार घटेको निष्र्कष निकालेको छ। एशोसियसनले डेरी उद्योगमा ३ अर्बको लगानी रहेको भन्दै व्यवसायीका लागि राहतका प्याकेज ल्याउन अनुरोध समेत गरेको छ। यस्तै बैठकले देशका अधिकांश ठाउँमा भाइरसको जोखिम बढ्दै गएकाले उच्च सर्तकता अपनाउन, खानपानमा विशेष ध्यान दिन र स्वस्थ्य मापण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
करिब डेढ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पाँच जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ४०७ ग्राम सुनसहित पाँचजनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको बिस्कुट आकारको सुन दुई थान र दुईवटा बाला बरामद गरेको हो । यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ । पक्राउ परेका उनीहरुले लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि विदेश लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । पक्राउ पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष तथा ‘कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो । एनआरएनएको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि पन्त नेपाल भ्रमणमा छन् । पन्त अहिले होम आईसोलेसनमा रहेका छन् ।
नेपाल इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर बनाइएको छ । देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै एक सय बेड आइसोलेसन सेन्टर बनाएको हो । कलेजका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलब्ध गराएको र बार्डका लागि बाँंकी सबै काम नेपाल सरकारले नै गरेको स्पष्ट पारे । शनिबार बिहानसम्म त्यहाँं बिरामी भने पुगेको छैन । तर, बिरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ । आइसोलेसन बेडमा बिरामीलाई चाहिने सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ ।
कोरोनाको सङ्क्रमणबाट तीनको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ। दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो। महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए। यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ। यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ।रासस
राष्ट्रिय सूचना आयोगको विनय कसजु पुरस्कार ५ जनालाई काठमाडौं। राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार पाँचजनालाई दिने निर्णय गरेको छ। आयोगका अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका अजयकुमार साह, बाराका मुन्नाकुमार मिश्र, धनुषाका शैलेन्द्रकुमार महतो, झापाका इश्वरी तिवारी, र पर्साका रामपुकार रौनियारलाई दिने निर्णय गरेको हो। यस्तै उत्कृष्ट सूचना अधिकारी पुरस्कार पनि पाँचजनालाई दिने निर्णय गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार राष्ट्रिय मुस्लिम आयोगका दयारम तिवारी, थाहा नगरपालिका मकवानपुरका सुरजकुमार भुजेल, प्रदेश निर्वाचन कार्यालय कैलालीका राजेश चौधरी, जिल्ला हुकाल कार्यालय ताप्लेजुङका नवराज गिरी र जिल्ला हुलाक कार्यालय खोटाङका सरोज खतिवडालाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार दिने निर्णय गरिएको छ। यस्तै आयोगले आयोगमा कार्यरत तीनजना कर्मचारीलाई पनि पुरस्कार दिने निर्णय गरेको छ। उपसचिव कपिल प्रसाद उपाध्याय, कानुन अधिकृत शान्ति काफ्ले र कम्युटर अपरेटर राजीव गौतमलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो। आयोगले गत वर्ष कोरोना महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको तर यो वर्षबाट पुरस्कारलाई निरन्तरता दिइएको बताएको छ।
कोरोना संकटमा प्रहरीले के गरिरहेको छ ? काठमाडौं। कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्। नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो। अभियानको क्रममा पछिल्लो २४ घण्टामा २५ हजार ८ सय ८४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ। मास्क नलगाई हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ। तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ। कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ। कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।
सेयर कारोबार विद्युतिय माध्यमबाट गर्नुपर्ने काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले ब्रोकरमार्फत हुने सेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ। एसोसिएसनले सूचना जारी गर्दै सरकारले बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले निषेधाज्ञा अवधिभर सबै कारोबार विद्युतीय माध्यमबाट गरिने जनाएको छ। सरकार, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले जारी गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्दै दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्न गराउन एसोसिएसनले सम्बन्धित निकायको सहयोगको अपेक्षा पनि गरेको छ। धितोपत्र कारोबारको राफसाफ समयमा सम्पन्न गरी कारोबारलाई निरन्तरता दिन लगानीकर्ताहरुबाट खरिद रकम तथा बिक्री गरिएको धितोपत्र समयमै उपलब्ध गराउनु पर्छ। निषेधाज्ञाको अवधिमा लगानीकर्ताले कारोबार कसरी गर्ने भन्नेमा प्रष्ट भएर मात्र कारोबार गर्न एसोसिएसनले आग्रह गरेको छ।
जाजरकाेटमा हत्या अभियोगमा बाबुछोरा पक्राउ जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन्। छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो। अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए। उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको वयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ।रासस
करेन्ट लागेर मृत्यु सिन्धुली । यहाँ करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो । कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । काम गर्ने क्रममा करेन्ट लाग्दा विशाललाई करेन्टले विद्युत्को तारमा नै झुन्डाएको थियो । हाइटेन्सन लाइनको काम गर्ने कामदार रहेका विशालको घटनास्थलमा नै मृत्यु भएको र हाल शव परीक्षणका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । यस्तै उनिसँगै काम गर्दै आएका सोही ठाउँ ठेगाना भएका अन्दाजी २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको छ । मायारामको अवस्था सामान्य नै रहेको छ ।
डिसी नेपाल ‘सानो संसार’ ।। Episode_0५ 
डिसी नेपाल ‘सानो संसार’ ।। Episode_0४ 
डिसी नेपाल ‘सानो संसार’ ।। Episode_0३ 
आज बैशाख १५ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नहाेस् राशिफल आज वि.सं.२०७८ साल बैशाख १५ गते, बुधबार। सन् २०२१ अप्रिल २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । प्रतिपदा तिथी । चन्द्रमा बृक्षक राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः २६ र सूर्यास्त बेलुकी ६ः३५ मिनेटमा। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य बाधाको सामना गर्नु पर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भयमिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायिक छोटो यात्राहुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तानको खुशी बढ्नेछ । व्यापारमाआम्दानी राम्रो हुनेछ । पढाइमा प्रगतिहुनेछ। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिलावर्गसFग विवाद हुनेछ। कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  प्रेममाशंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ। तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक भोजनमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ। धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  वैदेशिकधनआउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममालगानि बढ्नेछ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइमामित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । आकस्मिकलाभमिल्नेछ । कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ। मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशको कामबन्नेछ । ठुला बडाको साथमिल्नेछ । परोपकारमा ध्यान जानेछ ।
महाकाली अस्पतालमा अक्सिजन अभाव महेन्द्रनगर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन् । अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए । “आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ”, डा रोकायाले भने, “सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ ।” पचास श्ययाको कोरोना अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ । त्यसैगरी सोमबार राति भीमदत्त नगरपालिका–११ का एक कोरोना सङ्क्रमितको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले यहाँ सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको जानकारी दिए । उनले प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको बताए । “महाकाली अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी हँुदैछ”, जोशीले भने, “सेती प्रादेशिक अस्पतालमा त प्लान्ट पहिलेदेखि नै सञ्चालनमा थियो ।”
ब्राउनसुगरसहित दुई युवा पक्राउ उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरीले बताएको छ। ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
कपनबाट सालकको खपेटासहित दुई पक्राउ काठमाडौं। नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटासहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुलबहादुर तामाङ र २० वर्षीय जयराम तामाङलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुलाई आखेटोपहार झोलामा बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता पन्तले बताए। पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको ब्यूरोले जनाएको छ ।
काठमाडौंको लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै एनसेल काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएको छ। खेल मैदान सहितको ५४ हजार ९ सय २१ वर्ग फिट क्षेत्रफल रहेको हरित उद्यान निमार्णले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य लिएको कम्पनीले जनाउको छ। यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ। उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान निमार्ण हुने छन्। एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ। परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ्, शौचालय सुविधा र सोलार बत्तिको व्यवस्था पनि गरिएको छ।
काठमाडौंमा निषेधज्ञाकाे संभावना, सार्वजनिक यातायात र हवाई उडान बन्द गरिने! काठमाडौं। संघीय राजधानी काठमाडौँका तीन वटै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण दर तिव्ररुपमा फैलिन थालेसँगै यसको नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लगाउने विषयमा अहिले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी छ। यो बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णयमा छलफल गरिरहेको स्रोतले जनाएको छ। आगामी बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प बन्द गरिने छ भने अत्याआवश्यक बाहेकका सवारी साधन मात्रै चल्न पाउने छन्। यस्तै आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने तयारी पनि गरिएको स्रोतले जनाएको छ। यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)  सक्रिय संक्रमित र जोखिमलाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठूला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा नयाँ संक्रमित फेला परेका थिए। यस्तै आज मन्त्री परिषद बैठक पनि बस्दै छ। यसले आइतवार बसेको सीसीएमसी बैठकले गरेका निर्णयहरुमा विचार गर्ने छ।
जन्ती बसलाई टिपर ठक्कर दिँदा दुई बालिकाको मृत्यु रुपन्देही। रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आइतबार दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिए। दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गङ्गाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य चारको क्रिमसन अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस
एमाले विवादः माधव समूहका नेताहरुलाई सांसदबाट हटाउने स्थायी समितिको निर्णय, केन्द्रीय कमिटी बैठक जारी काठमाडौं। नेकपा एमालेले माधव नेपाललगायत सो समूहका नेताहरुलाई सांसदबाट हटाउने तयारी गरेको छ। आइतबार आकस्मिक रुपमा बसेको स्थायी स्थायी समिति बैठकले माधव समूहका नेताहरुले सांसदबाट हटाउने निर्णय गरेको हो। र सोही कारबाहीबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकिस्मक बैठक बोलाएका थिए। बैठक बालुवाटारमा जारी छ। यसअघि वैशाख ७ मा माधवकुमार नेपाललगयत २७ जना प्रतिनिधिसभा सदस्य र ५ जना प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण सोधेको थियो।
खानामा विष हाली श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ काठमाडौं। खाना विष हालेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बाट प्रहरीले धादिङ घर भई सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई पक्राउ गरेको हो। ती महिलाले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घरका श्रीमान विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरीले जनाएको छ। २०७२ माघ २७ मा विष्णु वैदेशिक रोजगारीबाट फर्केका थिए। घर फर्केको भोलिपल्ट पार्वतीले खानामा विष मिलाएर उनको हत्या गरेको प्रहरीले जनाएको छ। पार्वतीलेअण्डा करी, गहतको दाल र खानामा विष मिलाएर खुवाएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको हो। भिसेरा र घटनास्थलबाट उठाइएको खानाको स्याम्पल परीक्षण गर्दा सो खानामा किटनाशक विषादी मिसिएको रिपोर्ट आएको प्रहरीले जनाएको छ। मृतकका भाइ लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको हो।
सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ कपिलवस्तु। प्रहरीले कपिलवस्तुबाट २ जनालाई पक्राउ गरेको छ। सुन जस्तो देखिन पहेँलो धातुसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका ५ का २० वर्षीय हरिचन्द यादव, २७ वर्षका विनोद कुमार तिवारी रहेका छन्। उनीहरुलाई कपिलवस्तु नगरपालिका १ शिव मन्दिर टोलबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट १९ ग्राम ३० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पहेँलो धातु, १ थान सिक्रि, र १ थान चाँदी जस्तो देखिने डल्लो भेटिएको प्रहरीले जनाएको छ। नक्कली सुन विक्रीगर्न हिडेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरीकार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त धातुसहित उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी काठमाडौं। सत्तारुढ दल नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निलम्बित नेता माधव नेपाल समूहका सांसदहरुले बुझाएको स्पष्टीकरणका विषयमा छलफल भइरहेको छ। पार्टी हित विपरित काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माधव नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच सदस्यलाई स्पष्टीकरण सोधेका थिए। नेपालसहित २७ जना सांसदले बिहीबार स्पष्टीकरण बुझाएका थिए। बैठकमा माधव नेपाल समूहका नेता भने उपस्थित छैनन्। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादललगायत ओली पक्षीय नेताको सहभागीता रहेको छ।
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ। पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।रासस
चुनाव जितेको भोलीपल्ट राष्ट्रपतिको हत्या काठमाडौं । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको हत्या भएको छ । चुनाव जितेको अर्को दिन उत्तरी चाडमा रहेका सेनाहरूलाई भेट्न गएका ६८ वर्षीय डेबीको हत्या भएको चाडको सेनाले जानकारी दिएको छ । सन् १९९०मा सत्तामा आएका डेबीले छैठौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबारमात्रै भएको थियो। लिबियाबाट आएका विद्रोहीहरूसँग झडप भइरहेको ठाउँमा पुगेका राष्ट्रपति डेबीको मृत्यु कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। राष्ट्रपतिको हत्या भएपछि सैनिक परिषदले आउँदो १८ महिनाका लागि सरकार चलाउने छ।
घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने गिरोह काठमाडौं। प्रहरीले घरमै पार्किङमा राखेको मोटरसाएलक चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ४ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं ९ बस्ने बर्ष २० को नमराज अधिकारी र बर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं ३ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं ९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । तारकेश्वर नगरपालिका १० नं। वडा कार्यालय शुभकामना चोक स्थित सडक खण्डमा वास्तविक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिए। उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी।सी। को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ। उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्‍वर नगरपालिका– ६, पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ४ घर भएका राजु तामाङले हुलिया निवेदन यस महाशाखामा दिएका थिए। पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ। पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ। यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ।
एनआरएनए अमेरिकालाई २४ घण्टे अल्टिमेटम वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्ले गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकालाई सदस्यताको तथ्यांकबारे २४ घण्टे अल्टिमेटम दिएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंस्थित सचिवालयका कार्यकारी निर्देशक राजेश रानाले एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक पत्र लेख्दै २४ घण्टे अल्टिमेटम दिएका हुन्। रानाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तका तर्फबाट भन्दै साहलाई लेखेको पत्रमा २४ घण्टाभित्र एनआरएनए अमेरिकाका सदस्यहरुको डाटा केन्द्रीय सदस्यता सिष्टम(एमआईएस)मा सारिसक्न भनिएको छ। कार्यकारी निर्देशक रानाले यो कामका लागि केन्द्रले पटक पटक पत्र लेखेको उल्लेख गरेका छन्। यस्तो कार्यका लागि एनआएरएनए केन्द्रीय सचिवालयको आईटी विभागका अधिकारीहरुसंगको समन्वयमा गर्न पनि रानाले सुझाएका छन्। अमेरिकामा गैरआवासीय नेपाली संघलाई आफ्नो नियन्त्रणमा राख्न आफूखुसी नक्कली नाममा सदस्य बनाउने र तिनै नक्कली सदस्यको भोटबाट चुनाव जित्ने गरेको विवादमा हालका अध्यक्ष साह नराम्रोसंग फंसेका छन् । उनी निर्वाचित हुँदा २०९३ संख्याको सदस्यता विवादमा परेको र यीमध्ये कतिपय त जनावरको फोटो राखेर बनाइएको समेत छानविनका क्रममा खुलासा भएको थियो । यो प्रकरणको पटक पटक छानविन भएपनि दोषीउपर कारवाही गरी अमेरिकाबासी नेपालीहरुको साझा संस्था बनाउने प्रयासमा एनआरएनए, अमेरिका र एनआरएनए केन्द्र दुबै असफल हुँदै आएका छन् । केन्द्रले भनेजस्तो सन् २०२१—२०२३ को नयाँ केन्द्रीय समितिको निर्वाचन पूर्व नै हाल सकलित सदस्यताको तथ्यांक एमआईएस सिष्टममा सारे जो पायो त्यहीले भोट हाल्न पाउँदैनथ्यो । सदस्यता सो सिष्टममा सार्दा सदस्यको तस्वीरसहित सर्ने र मत दिने बेलामा तस्वीर नमिले मत दिन नपाउने व्यबस्था भएको हुँदा एनआरएनए अमेरिकाका अध्यक्ष सुनलि साहमाथि सदस्यता सो सिष्टममा सार्न आलटाल गर्दै आएको आरोप लाग्दै आएको छ । अप्रिल १७ तारिक लेखेको सो पत्रले दिएको अल्टिमेटम पूरा हुंदा पनि एमआईएस सिष्टममा सदस्यहरुको तथ्यांक सार्ने कुनै काम भएको छैन। त्यसो त अल्टिमेटम पत्रमा २४ घण्टाभित्र नसारे के गर्ने भन्ने कुरा पनि उल्लेख गरिएको छै । जोशी, त्रिपाठी र भण्डारीद्वारा राजीनामा यसैबीच अमेरिकाको सदस्यता विवादबारे प्रमाणीकरण गर्न केन्द्रद्वार केन्द्रीय उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठित प्रमाणीकरण समितिका तीन सदस्यहरुले सो समितिबाट राजीनामा दिएको घोषणा गरेका छन्। यसरी राजीनामा दिनेहरुमा केन्द्रीय सचिव गौरी जोशी, टेक्सास, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्ड र केन्द्रीय सल्लाहकार हरिबोल भण्डारी, टेक्सास छन्। अध्यक्ष पन्तलाई संबोधन गर्दै सचिव जोशीले अप्रिल १६ मा लेखेको राजीनामा पत्रमा ‘प्रमाणीकरण समितिले कुनै काम नगरेकोले सो समितिको सदस्य पदबाट आजैका मितिदेखि राजीनामा दिएको’ उल्लेख गरेका छन्। त्यसैगरी सोही मितिमा केन्द्रीय सल्लाहकार भण्डारीले पनि अध्यक्ष पन्तलाई नै सम्बाेधन  गर्दै समितिले काम नगरेकोले राजीनामा दिएको उल्लेख गरेका छन्। दुई सदस्यले राजीनामा दिंदा पनि काम अघि बढाउनेबारे कुनै प्रयास नभएको भन्दै त्रिपाठीले अप्रिल १८ मा राजीनामा दिएको बताइएको छ।
जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँग अन्त्य गरेका हुन् । जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गर्नुभएको थियो । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पु¥याउने बताएका थिए । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ । अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताउनुभएको बुझिएको छ । घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ । जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ । हालसालै कोभिडका घटनाहरूमा देखिउको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ । जापानले महामारी सुरूभएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
तालाबन्दी नखुल्दा सेवाग्राही मारमा लहान । व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन्। लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन्। तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन्। नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए। नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकविनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताएका छन्। कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिकरुपमा ११ सूत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए। चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतका भुक्तानी गर्न नसकेकाले आफूहरुलाई स्थानीयले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरुलाई वडा कार्यालय सञ्चालन गर्नसमेत कठिनाइ भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ का अध्यक्ष जयराम कामतीले बताए। कार्यवाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिइ विभिन्न योजना कमिसनको खेलमा नजिकका आफन्तलाई जिम्मा दिइ आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले आरोप लगाए।रासस
विद्यालय सञ्चालनका बारेमा नगरपालिका संघ र गाउँपालिका महासंघको अनुरोध काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले कोरोनाको महामारीमा विद्यालय संचालन गर्ने सम्बन्धमा विशेष अनुरोध गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै दुबै संघले उक्त अनुरोध गरेका हुन्। नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु र गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकारले नै विद्यालय संचालन र बन्द गर्ने कुरा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः माध्यामिक शिक्षासम्मको समग्र व्यवस्थापन र संचालनको मुख्य दायित्व स्थानीय सरकारको भएकाले आफ्नो क्षेत्रमा सुरक्षाका मापदण्ड अपनाएर विद्यालय विद्यालयको संचालन गर्ने।’ सुचारु र बन्दको निणर्य त्यहाँको सरोकारवालाहरुसँग छलफल गरेर गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ। विगतमा कोरोना नियन्त्रणको लागि स्थानीय तहले खेलेको भूमिका उल्लेखनीय भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको स्वास्थ्य गम्भिर विषय भएकाले यस महामारीबाट समुदायलाई सुरक्षित राख्न विगतको सिकाईको आधारमा पूर्व तयारी र प्रभावकारी कार्यान्वयनमा योजनाबद्ध रुपमा क्रियाशील हुने।’ यस्तै, सिकाईका वैकल्पिक विधिहरुको प्रयोग गरी सिकाई प्रक्रियालाई निरन्तरता दिन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा शुक्रबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । युताका आवासीय र अन्य देशका राजदूत गैरआवासीय हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस
खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ। घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्नसँगै गएका थिए। सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन्। दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ। आज बिहान १०/११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ। रासस
एक वर्षमा एकहजारभन्दा धेरै बलात्कारका घटना काठमाडौं। प्रहरी प्रधान कार्यालयले आत्महत्याको दर बढेको जनाएको छ। प्रहरी प्रधानकार्यालयले देशभरको तथ्यांक सार्वजनिक गर्दै आत्महत्याको दर बढेको जनाएको हो। आत्महत्यासँगै गत वर्षको तुलनामा यस वर्ष व्यक्ति हत्या २१ प्रतिशतले बढेको छ। व्यक्ति हत्याको तुलनामा आत्महत्याको दर २७ प्रतिशतले बढेको प्रहरीले जनाएको छ। देशभरका प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीको आधार सार्वजनिक गरिएको तथ्यांकमा गतवर्षको तुलनामा यो वर्ष आत्महत्याको दर निकै बढेको र व्यक्ति हत्यापनि बढेको जनाएको छ। प्रहरी प्रधानकार्यालय दिएको जानकारी अनुसार बलात्कारको दर पनि बढेको छ। प्रहरीले बलात्कारका घटनामा ११.२१ प्रतिशत आफन्त संलग्न रहेको दावी गरेको छ। चिनजान तथा आफन्त संलग्न रहेको प्रतिशत करिब ८२ घट्ना रहेका छन्। प्रहरी प्रधानकार्यालयका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरका अनुसार चार सय ४७ वटा व्यक्ति हत्याका घटनाहरु भएका छन्। यसैगरी आत्महत्याका ४ हजार ४ सय ८३ वटा घटना र बलात्कारका एक हजार ६ सय ५३ छन्। व्यक्ति हत्या २१.१३, बलात्कार १५.६७ र आत्महत्याका घटना २६.८५ प्रतिशतले बढेको हो। प्रहरी कार्यालयमा उजुरी गर्न गए कानुन बमोजिम कारवाही हुने विश्वास सर्वसाधरणमा बढेका कारण धेरै धेरै मुद्दाहरु प्रहरीमा आउने गरेको पनि प्रहरी प्रवक्ता कुँवरको दावी छ। अपहरणका ६३, लागु औषधका एक हजार ९ सय ८३, मानव बेचबिखन तथा ओसारपसारका ६५, चोरीका एक हजार पाँच सय ६९, बैङ्किङ कसुरका एक हजार ६ सय ८८ र साइबर अपराधका ३० वटा घटना भएको पनि एसएसपी कुँवरले जनाएका छन्। यो वर्ष विभिन्न कसुरमा गरी २६ हजार ३ सय ६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्षको यो अवधिको तुलनामा १६.१६ प्रतिशतले मुद्दा बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘अहिलेको अवस्थामा संख्या बढ्को भनेको प्रहरीको सक्रियता पनि बढेको सर्वसाधारण पनि सचेत भएको अवस्था हो पहिला पहिला धेरै घट्नाहरु बाहिर आउदैनथे प्रहरीमा नपुग्दै मिलापत्रमा टुग्याइन्थ्यो अहिले भने प्रहरी कार्यालयमा आए मुद्धा गएका छन् कानुनी दायरामा आएका छन्’, एसएसपी कुँवरले भने। यसवर्ष फरार अभियुक्तहरुको पक्राउ दरपनि बढेको छ। प्रहरी प्रधान कार्यालयले अघिल्लो आर्थिक वर्षको सुरुको भन्दा अहिलेको तुलनामा फरार पक्राउ एक सय ३८ प्रतिशतले बढेको जनाएको छ। ‘चालु वर्षमा ४ हजार ७ सय५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाको संख्या १३८.२२ प्रतिशतले बढेको हो’, एसएसपी कुँवरले भने। प्रहरीले यसैवर्ष धेरै अपराधी पक्राउ परेको जनाएको छ। ‘केही अपवाद बाहेक प्रायः अपराधका घटनामा प्रहरीले सफलता हासिल गरेको छ’, एसएसपी कुँवरको दावी छ।
कोरोना नियन्त्रणका लागि गम्भीर हुन सरकारसँग कांग्रेसको माग काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गम्भीर हुन सरकारसँग माग गरेको छ । कांग्रेस सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। कांग्रेसले कोरोनाविरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाउन र खोप र आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्न माग गरेको छ । यस्ता छन् कांग्रेसका मागहरु १. गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस्। २. अन्तर्राष्ट्रिय उडानबाट आउने र सिमा नाकाबाट आउनेलाई व्यवस्थित चेकजाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्। ३. कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस्। ४. कोभिड—१९ कोविरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्। ५. स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्। साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस्। ६. पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौँ। ७. देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौँ। ८. समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ।
८ महिनाकी गर्भवती खेलाडीले तेक्वान्दोमा स्वर्णपदक जितिन् काठमाडौं। ८ महिनाकी गर्भवती खेलाडीले तेक्वान्दोमा स्वर्णपदक जितेकी छिन् । २६ वर्षकी अमिनत इदरिसले गर्भावस्थाको झण्डै अन्तिम महिनामा प्रतियोगितामा भाग लिएर स्वर्णपदक जितेकी हुन् । इदरिस नाइजेरियाकी हुन् । द सनको रिपोर्टअनुसार इदरिसले आफ्नो देशमा हरेक २ वर्षमा हुने नेशनल स्पोर्टस फेस्टिभलमा तेक्वान्दोमा स्वर्ण पदक जितेकी हुन् । उनले प्रतियोगितामा तेक्वान्दोको ‘मिक्स्ड पुम्से’ विधामा यो उपलब्धी हासिल गरेकी हुन् । आयोजकले यसको जानकारी दिँदै इदरिसको सफलता अरुको लागि प्रेरणादायी भएको बताए । नेशनल स्पोर्टस फेस्टिभलले आफ्नो ट्वीटरमा उनको भिडियो शेयर गर्दै यसको जानकारी दिएको छ । उनले पुम्सेमा स्वर्णसँगै अन्य विधामा पनि पदक जितेकी छिन् । रिपोर्टमा अनुसार यो प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्ने खेलाडी उनी नै हुन् । An inspiring outing by heavily pregnant Aminat Idrees who won a gold medal for Lagos at the ongoing National Sports Festival in Benin, Edo State. Aminat Idrees who is 8 months pregnant won gold in the Mixed Poomsae category in Taekwondo pic.twitter.com/rr4fxJCfMs — National Sports Festival 2020 (@nsf_edo) April 5, 2021 उनले अन्य नन कम्ब्याट वर्गमा पनि पदक जितेकी छिन् । प्रतियोगितापछि उनले यो आफ्नो सबैभन्दा ठूलो उपलब्धी भएको बताइन् । उनले डाक्टरसँग सल्लाहपछि खेल्नको लागि अनुमति पाएकी थिइन् । उनले आफू गर्भवती भएको थाहा पाएपछि प्रतियोगितामा भाग लिन पाउँदिन कि भन्ने डर लागेको बताइन् । गर्भावस्थाका कारण आफूलाई कुनै ठूलो समस्या भने नभएको उनले बताइन् ।
आगामी आर्थिक वर्षमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण काठमाडौं । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा छ । कोभिड–१९ पश्चात्को पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्ने विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटमा उल्लेख छ । प्रतिवेदनका अनुसार कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरोत्थान पूर्ण रुपमा नहुन सक्छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा चालु खाता घाटा घट्न गई कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । राजश्व सङ्कलन लक्ष्यअनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आर्थिक वर्ष २०७८÷७९ को वित्तीय घाटा बढाएर सो आर्थिक वर्षको जिडिपीको सात प्रतिशत नजीक पुर्‍याउने देखिन्छ । सरकारले कोभिड–१९ को प्रभाव र यसका कारण देखापर्न सक्ने जोखिमलाई सम्बोधन गर्ने कार्यक्रम रेखाङ्कित गरिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानशील आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिस्प्रर्धी क्षमतामा सुधार ल्याउनु महत्वपूर्ण हुनेमा जोड दिएको छ । “नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करीब रु ११ खर्ब बराबर अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो”, विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक डा केने इजेमेनारीले भने, “यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित दुई लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ । मध्यकालीन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि छैन् ।” प्रतिवेदनमा नेपालको निर्यात क्षमता हासिल गर्नका लागि जोड दिनुपर्ने छवटा प्रमुख प्राथमिकताहरू उल्लेख गरेको छ । “मानिसको जीवन, जीविकोपार्जन र व्यवसायमा गम्भीर असर पारेको यस कोभिड–१९ महामारीको विश्वव्यापी प्रभावका बीचमा नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको अर्थमन्त्री, विष्णुप्रसाद पौडेलको भनाइ छ । उनले भने, “आर्थिक सुधारमा बल पुर्‍याउन निर्यातको सम्भाव्यतालाई बढावा दिन गरिएका सुझाव नेपालले अङ्गीकार गरेको नीति र प्राथमिकता अनुकूल नै छ । हरित, उत्थानशील र समावेशी विकासको एजेन्डामार्फत महाव्याधि पश्चात्को पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन नेपाल सरकार विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ ।” “हामी नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई सहयोग गर्न सरकारले चालेका योजनाबद्ध सुधारका कदमहरूलाई स्वागत गर्दछौँ । यस सङ्कटबाट थप बलियो बनेर निस्कनका लागि नेपालका लागि यो एक आधार हुनेछ”, माल्दिभ्स, नेपाल, र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद–जर्भोसले भने । उनले विशेषगरी दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग पुर्‍याउन, नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न टेवा पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यका लागि तत्पर रहेको बताए ।
ह्वात्तै बढ्यो कोरोना संक्रमण, सरकारले केही निर्णय गर्न सक्ने काठमाडौं। नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि उच्च जोखिममा परेको नेपालमा अहिले कोरोना संक्रमण ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। गत असोजपछि घट्दोक्रममा रहेको संक्रमण चैत लागेसँगै फेरि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ३७८ जनाको पीसीआर परीक्षण गदौ ४९६ संक्रमित भएको पुष्टि भएको छ भने बाँकी ६३ जना एन्टिजेन परीक्षणमा संक्रमित भएका हुन्। अहिले संक्रमण दर ११ प्रतिशतभन्दा माथि पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ। पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ। हालसम्म कोरोनाको कारण ३ हजार ५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै, हालसम्म ८५जना क्वारेन्टीनमा रहेका छन्। हालसम्म २३ लाख १७ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ। कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने नीति लिएको छ। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि निर्णय गर्दैछ। तर कस्तो निर्णय हुन्छ भन्ने विषयमा भने खुलाइएको छैन। तीन हप्ता विद्यालय बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि नै सिफारिस गरिसकेको छ। अहिले नेपालमा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ। त्यसमा पनि विद्यार्थीहरु संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उता भारतसँगको खुला सीमाका कारण भारतमा फैलिएको कोरोनाले नेपालमा पनि जोखिम बढेको हो। भारतबाट आएकाहरुमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसेको छ। उता भारतको उत्तर प्रदेशमा विद्यालयहरु बन्द गरिएको छ। नेपालसँग सीमा जोडिएको अर्को प्रदेश बिहारमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ।
अमेरिकास्थित दुईवटा संस्थाको संयुक्त सम्मेलन मे २२ मा काठमाडौं । अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको समूह ‘ब्लड डोनर्स अफ अमेरिका (बीडीए)’ र नेपालबाट अमेरिका पुगी नर्सिङ पेसामा संलग्नहरुको समूह ‘सोसाइटी अफ अमेरिकन नेपालीज नर्स (सान)’को संयुक्त सम्मेलन हुने भएको छ। यसअघि हुनु पर्ने याे सम्मेलन काेभिड १९ का कारण स्थगित भएकाे थियाे। दुबै संस्थाले संयुक्त विज्ञप्ति जारी गरी आउँदाे मे महिनाको २२ तारिखका दिन जुममार्फत तेस्रो सम्मलेलन हुने जानकारी गराएका छन्। उक्त सम्मेलनलाई बीडीएको फेसबुक एकाउन्टमार्फत प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ। ‘रक्तदान र नर्सिङ केयरको माध्यामबाट समुदाय र जीवनलाई ऐक्यवद्ध बनाउँ’ भन्ने नाराका साथ उक्त सम्मेलन हुन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ। रक्तदान अभियानसहित सामुदायिक सेवाका लागि हातेमालो गर्दै आवश्यक परेकालाई रगन आपूर्ति गने, स्वास्थ्य सम्बन्धि जनचेतना र व्यक्तिगन सल्लाह दिने, तालिम दिने लगाएतका विषयमा सम्मेलनमा छलफल हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। सम्मेलन विचार र अनुभवहरु बाढ्ने माध्यायम हुने विश्वास गरिएको छ। आउँदा दिनका सम्भावित चुनौति र तिनीहरुको समाधानको लागि पनि सम्मेलनमा छलफल हुने छ।
ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन्। एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन। थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो। ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ। एक जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटना आइतबार साँझ ७ः३० बजे भएको हो।रासस
स्पेनका ८२ वर्षीय वृद्ध नेपालका अग्ला हिमाल चढ्ने तयारी गर्दै काठमाडौं। ८२ वर्षीय स्पेनिस पर्वतारोही कार्लोस सोरिया फन्टन विश्वका सर्वोच्च शिखरहरू चढ्ने व्यक्ति हुन्। स्पेन, म्याड्रिमा बस्दै आएका कार्लोस सोरिया हाल वसन्त ऋतुमा फेरि एकपटक हिमालको पातलो हावाको अनुभव लिन नेपाल आएका छन्। नेपालको धौलागिरी हिमाल आरोहण गर्ने योजना रहेकाले अहिले सोलुखुम्बुको खुम्बु गाउँमा तर्फा वयं पैदल यात्रामा उनी व्यस्त छन्। विश्वका सर्वोच्च शिखरहरू चढ्न आएका ८२ वर्षीय स्पेनिश पर्वतारोही कार्लोस सोरिया फन्टनले विश्वका १४ सर्वोच्च शिखरहरू चढ्ने लक्ष्यका साथ नेपाल आएका छन्। उनले अहिलेसम्म विश्वका १२ सर्वोच्च शिखरहरू चढिसकेका छन्। सोरिया आफ्नो धौलागिरी हिमाल आरोहण गर्ने योजना पूरा गर्न नेपाल आइपुगेका हुन्। यदि उनको सो लक्ष्य पूरा भए तिब्बतको शिशापआङमाको उच्च शिखरको आरोहण गर्ने र विश्वको १४ सर्वोच्च शिखरहरू चढ्ने सबैभन्दा वृद्ध पर्वतारोही बन्ने छन्। ‘अहिले सोरिया सोलुखुम्बुको खुम्बु गाउँमा पैदल यात्रा गरिरहेका छन्। त्यसपछि एभरेष्ट वेस क्यामसम्म पैदल यात्रा गरेर काठमाडौं फर्कने छन्। अबको केही दिनपछि काठमाडौं आउने र यही अप्रिलका १४–१५ मा धौलागिरी आरोहण गर्ने छन्’, कार्लोस सोरियाका माउन्टेन गाइड सेभेन समिट ट्रेकका पार्वतारोहण गाइड मिङ तेम्बा शेर्पाले डिसी नेपाललाई बताए। कार्लोस विश्वका १२ ओटा सर्वोच्च शिखरहरू आरोहण गरिसकेका छन्। ५१ वर्षदेखि नाङ्गा पर्वत हिमाल, माउन्ट ग्यासब्रम–१, माउन्ट ग्यासब्रम–२, माउन्ट चो ओयू, माउन्ट एभरेस्ट, माउन्ट केटु, व्रोड पिक, माउन्ट मकालु, मनासलु, लोटसे, कंचनजंगा हिमालहरुको आरोहण गरिसकेको छन्। सन् २०१३ मा मीनबहादुर शेरचनले सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान तोडेका थिए भने जापानका अर्का यस्तै आरोही यूछिरो मिरुवाले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथामा पाईला टेकेर मीनबहादुरको ७६ वर्षको कीर्तिमान तोडेका थिए। पछि सगरमाथा आरोहणको तयारीको क्रममा सन् २०१७ मा मीन बहादुर शेरचनको आधार शिविरमा मृत्यु भएको थियो।
कञ्चनपुरकाे औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ। औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो। नगर प्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा गएर कार्य अगाडि बढाउन लागिएको हो। कार्य अगाडि बढाउनका लागि नगर प्रमुख, वडाध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधिसँग छलफल गरिएको छ। औद्योगिक क्षेत्रको कार्य छिटो छरितो तथा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले रु आठ लाख १३ हजार रकम पेश्कीका रुपमा उपलब्ध गराउने निर्णय गरेको बताइएको छ। बिल भर्पाइसहितको खर्चको फाँटबारी प्राप्त भएपछि फरफारक हुने गरी लागत अनुमानका आधारमा रकम डिभिजन वन कार्यालयका नाममा पेश्कीका रुपमा उपलब्ध गराइने जनाइएको छ। गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट २४० दशमलब ३४ हेक्टर (३५५ दशमलव ७० बिघा) जग्गामा डिपिआर निर्माणको कार्य सम्पन्न गरी स्वीकृत भइसकेको छ । विसं २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुमखोल्सा पश्चिममा साजगाड खोला, उत्तरमा चुरे वन क्षेत्र तथा दक्षिण तर्फ चाँदनीफाँटा बस्तीसम्मको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको थियो। घोषणा भएको चार किल्लाभित्रको जग्गा जिल्ला नापी कार्यालयबाट नापजाँच गरी नाप नक्सा तथा फिल्डबुक तयार गरी करिब २९४ बिघा जग्गाको दर्ताको लागि मालपोत कार्यालयमा सिफारिससमेत गरिएको छ । आयोजनाको कूल लागत रु नौ अर्ब रहेको छ । औद्योगिक प्लटसङ्ख्या र क्षेत्रफल १०० प्लटमा रहने छ भने साना उद्योगका लागि २३ वटा प्लट छुट्याइएको छ। सोमा सातदेखि १० कट्टा जग्गाको व्यवस्था गरिएको छ । मझौला उद्योगका लागि ४४ प्लट छुट्याइएको र त्यसमा १० देखि २० कट्टा जग्गाको व्यवस्था रहेको छ । आयोजना पूर्वाधार निर्माण गर्न ०७७/७८ देखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आद्यौगिक क्षेत्रमा अनुमानित रोजगारीको सङ्ख्या २२ हजार रहेको छ। रासस
भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित काठमाडौं। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिहानदेखि विरोध गरेका छन्। काठमाडौंको मध्येबानेश्वरमा रहेको भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आइतबार बिहानदेखि आन्दोलन गरेका हुन्। रामेछाप घर भएकी २५ वर्षिया सरिता कार्कीको उपचारको क्रममा आइतबार बिहान करिब पाैने ९ बजेकाे समयमा मृत्यु भएकाे हाे। उनलाई शनिबार राति ११ बजे वान्ता भए पछि अस्पताल भर्ना गरिएको उनका श्रीमान केशव कार्कीले बताए। उनले भने ‘हिजो दिउसो पसल बन्द गरेर राति वान्ता भए पछि अस्पताल भर्ना गरिएको हो। बिहान बिरामीलाई भेट्न जाँदा पनि सुरुमा अस्पताल प्राशासनले दिएको थिएन। पछि भेट्न जाँदा उनको मृत्यु भएको बताइयो। मृत्यु भएको समय पाैने ९ बजे बिहान राखिएको छ। अस्पतालको लापरवाहीले मेरो श्रीमतीकाे मृत्यु भयो। मलाई न्याय चाहियो।’ सामान्य बिरामीको एक्कासी मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएका छन्। उनीहरुले बेलैमा डाक्टरले उपचार नगरेका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्।
हात्तीपाइले औषधि खुवाउने अभियान सुरु विराटनगर । हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान सुरु भयो । जनस्वाथ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा आज आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले सामूहिक रुपमा औषधि खाई अभियानको शुभारम्भ गरेका हुन् । ट्राफिक चोकमा रहेको स्वास्थ्य केन्द्रमा औषधि खाने मानिसको उल्लेखनीय सहभागिताले केही समय तछाडमछाडको स्थिति पनि देखियो । हात्तीपाइले विरुद्धको यो अभियान १०औँ चरणको हो । छैटौँँ पटकमा सकिने अभियान सबै मानिसहरुले औषधि नखाँदा यो अभियान लम्बिएको स्वास्थ्य कार्यालयका प्रवक्ता धरनीधर निरौलाले जानकारी दिए । यसपटक सबै जनाले खाएको सुनिश्चिच नभएसम्म औषधि खुवाउने अभियान जारी रहने र सम्भवतः चैत मसान्तसम्ममा सबै नागरिकलाई औषधि सेवन गराइसक्ने प्रवक्ता निरौलाले बताए । दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुःखने र रिङ्गटाले लक्षण देखिने प्रवक्ता निरौलाले भने । उनका अनुसार मोरङमा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । मोरङको मझारे, दादरबैरिया र जहदामा अझै पनि हात्तीपाइले रोगी भेट्टिएको बताइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुनिएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोग हो भनिएको छ । प्रदेशमा १४ जिल्ला रहे पनि यो औषधि मोरङ, धनकुटा र झापामा पनि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागार्इँका अनुसार यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिइन् भने जनस्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्थानीय तहले आफ्ना सुविधानुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।
ओलीले सत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास गरेकाे खनाल नेपाल समूहको आरोप काठमाडौं । एमालेको खनाल नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि भएको कारबाही स्वीकार्य नहुने बताएको छ । सोमबार पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका थिए। मंगलबार खनाल नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य जारी गर्दै कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ । उनीहरुले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने अध्यक्ष ओलीको दुष्प्रयास भएको आरोप लगाएका छन् । यस्तै उनीहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।
फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्चमा काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वोच्च अदालत पुगेका छन्। गत फागनु २३ गतेको सर्वोच्चको फैसला पुनरावलोकन गराउन निवेदनसहित सर्वोच्च पुगेका हुन्। गत फागुन २३ गते सर्वोच्चले तत्कालीन नेकपालाई २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण हुनुपूर्वको अवस्थामा फर्काइदिएको फैसला विरुद्ध प्रचण्ड सर्वोच्च पुगेका हुन। उनले नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित कानून व्यवसायीहरुसँग छलफल गरेका थिए। कानुन व्यवसायी अधिवक्त शम्भु थापा, रामनारायण विडारी र रमण श्रेष्ठलगायतले पुनरावलोकनका लागि निवेदन तयार पारेर प्रचण्डसँगै अदालत पुगेका छन्। सर्वोच्च अदालतले ऋषि कट्टेल अध्यक्ष भएको नेकपालाई मान्यता दिने र एमाले र माओवादीको एकीकरण बदर गर्ने फैसला गरेको थियो ।
त्रिदेशीय कपको उपाधि भिडन्त सुरु, मैदान पुगे प्रधानमन्त्री (लाइभ) काठमाडौं। त्रिदेशीय नेसन्स कप फुटबलको उपाधि भिडन्त सुरु भएको छ। त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको उपाधि भिडन्त सुरु भएको हो। नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । यसअघिका िलग चरणाका खेलमा अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेको नेपालले आजको खेलमा भने उत्कृष्ट प्रर्दशन गर्दै उपाधि कब्जा गर्ने लक्ष्य लिएको छ। यसअघि बिहीबारको पहिलो खेलमा नेपालले किर्गिस्तासँग गोल रहित बराबरी खेलको थियो भने बंगलादेशसँग पनि गोलरहित बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको थियो। नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ। ४ खेल बराबरीमा सकिएको छ। यस्तै फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका छन्। उनले दुवै टीमसँग परिचय गरेर खेल सुरु भएको हो। लाइभ
पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ पाल्पा । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहाको शरीर खानतलासी गर्दा फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान बरामद गरी गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ। तानसेन नगरपालिका–१ चिलाङ्दीबाट तानसेन जाँदै गरेको लु२त ८६१६ नंको ट्र्याक्टर जाँचका क्रममा बिनाकागज प्रमाण ३५ दशमलव १० क्युफिट सालको काठ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। काठसँगै चालकसहित चार जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीसमेत रहेका त्वातीले बताए।
एपीएफ टोलीद्वारा अवैध औषधि बरामद झापा। झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधि बरामद गरेको हो। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीका औषधिहरु बरामद गरिएको हो। बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ। उता सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ४ स्थित बलानखोला ईलाकाबाट शुक्रबार एपीएफ टोलीले लागूऔषध नाईट्राजिपाम ट्याब्लेट ६ सय वटा र डाइलेक्स डिसी १७ बोतल बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको छ। भारतबाट नेपालतर्फ झोला बोकेर आउँदै गरेका व्यक्तिहरुले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ सोही ठाउँमा झोला फालेर भागेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो। बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ
उडिरहेको विमानको इमरजेन्सी ढोका खोल्न खोज्ने यात्रुलाई ४० मिनेटसम्म ‘कब्जा’ गरियो काठमाडौं। उडिरहेको जहाजको इमरजेन्सी ढोका खोलेर सबै यात्रुको ज्यान जोखिममा पार्न खोज्ने यात्रुलाई भित्रका अन्य यात्रुहरु मिलेर ४० मिनेटसम्म कब्जा गरेर राख्नुपरेको छ । विमान उडिरहेको बेला यी यात्रु अचानक उठेर विमानको इमरजेन्सी ढोकाअगाडि गएर ढोका खोल्न खोजेपछि भित्रका यात्रुमा आतंक फैलिएको थियो । तत्कालै अन्य यात्रुहरुले यी व्यक्तिलाई नियन्त्रणमा लिए र विमान अवतरण नगरुन्जेल ४० मिनेटसम्म नियन्त्रणमै राखे । इण्डिया टुडेका अनुसार भारतको राजधानी दिल्लीबाट वाराणासी जाँदै गरेको स्पाइसजेटको जहाजमा यस्तो घटना भएको हो । स्पाइसजेटको एसजी २००३ उडानमा यी यात्रुले इमरजेन्सी ढोका खोल्न गरेको प्रयास अन्य यात्रुहरुले तत्काल विफल पारेका थिए । विमानका केही यात्रुले यी सरकी यात्रुलाई विमानको भुइँमा लडाएर नियन्त्रण गरेका थिए । उनीहरुले यी व्यक्तिलाई ४० मिनेटसम्म हिँडडुल गर्न नसक्ने गरी नियन्त्रणमा राखेका थिए । वाराणासीको लाल बहादुर शास्त्री विमानस्थलमा विमान अवतरण गर्नासाथ ती सनकी यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । ढोका खोल्न खोज्ने गात्रु गुरुग्रामका गौरव खन्ना भएको बताइएको छ । घटनाका बेला विमानमा ८९ जना यात्रु थिए । हंगामा गर्ने व्यत्तिः गौरव खन्नाको मानसिक स्थिति ठिक नभएको बताइएको छ ।
आम्दानी बढाउन यान्त्रिकीकरणतर्फ अलैँची किसान बागलुङ । उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन्। जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन्। परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ। उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए। कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो (मिनिटिलर) पाएको संयोजक भण्डारीको भनाइ छ। उनका अनुसार कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो। रु ५२ हजार पर्ने मिनिटिलर किसानले रु २६ हजारमा पाएका हुन्। अलैँचीका बिरुवा, सिँचाइ, अलैँची सुकाउने भट्टी, त्रिपाललगायतका सामग्री किसानले ८५ प्रतिशतसम्म अनुदानमा पाउँछन्। गलकोट नगरपालिका–१ र ४ लाई समेटेर अलैँची ब्लक कार्यक्रम सञ्चालन गरिएको छ। वडा नं १ को चौराहा, पात्लेखोला, भण्डारवन, टोड्के, ज्यामिरे, थलिङ, भैँसे र वडा नं २ को चमुवा, खरुवा, नुवाकोटलगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ। दुवै वडाका गरी २५० किसान अलैँची खेतीमा लागेका छन् । “करिब १० हेक्टर जतिमा अलैँची खेती छ, यो वर्ष १५ क्विन्टल उत्पादन भयो”, संयोजक भण्डारीले भने। उत्पादित अलैँचीमध्ये केही बाहिर निर्यात हुन्छ भने गलकोटमै प्याकेजिङ गरेरसमेत बिक्री गर्ने गरिएको छ। प्रतिकिलो रु ६०० मा अलैँची बिक्री हुन्छ। विसं २०५४ देखि गलकोटमा अलैँची खेती शुरु भए पनि समूहगतरूपमा विसं २०७२ देखि खेती गर्न थालिएको हो। शुरुका तीन वर्ष पकेट र त्यसपछि ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ। गलकोटसहित ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकालाई समेटेर अलैँची जोन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अघि बढाइएको छ। कृषिको आधुनिकीकरणका लागि किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्न बालीसहित तरकारी, फलफूल खेतीमा यान्त्रिकीकरण गर्ने क्रम बढेको केन्द्रको भनाइ छ । निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बन्न यान्त्रिकीकरणले सघाउने गरेको छ। केन्द्रले कृषि समूह, सहकारी र व्यक्तिलाई अनुदानमा कृषि यन्त्र, उपकरणहरु प्रदान गर्दै आएको छ । किसानले आफ्नै लगानीमा समेत आधुनिक कृषि प्रणालीलाई अपनाउन थालेका छन्। सरकारी निकायले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तण तथा विकासका कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्। किसानले खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने ‘थ्रेसर’, मकै छोडाउने ‘कर्न सेलर’, उन्नत खालको अन्न भकारी, ‘सुपर ग्रीन ब्याग’ जस्ता सामग्री अनुदानमा पाउने गरेका छन्। यस्तै तरकारी बालीतर्फ आरा, करौँती, ‘सिकेचर’, हजारीलगायतका औजारहरु अनुदानमा किसानलाई दिने गरिएको छ । धान बत्ताउन प्रयोग हुने पङ्खा, आधुनिक मौरी घार, महदानी, पञ्जा, टोपी जस्ता सामग्री पनि किसानले अनुदानमा पाउँछन्।रासस
मोटरसाइकल दुर्घटनामा मृत्यु दमक । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो। दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।रासस
कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो । अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न÷गराउन सबैलाई आग्रह गरिएको छ । कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।
त्रिदेशीय नेसन्स कप फुटबलमा बंगलादेशले लियो अग्रता काठमाडाैं । त्रिदेशीय नेसन्स कप फुटबलको पहिलो खेलमा बंगलादेश विरुद्धको पहिलो खेलमा १- ० काे अग्रता बनाएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलको २९ औं मिनेटमा बंगलादेशले आत्मघाती गोलको उपहार पाएको हो। किर्गिस्तानका मस्क मिया जोनीले डिबक्स भित्र बल किलिएर गर्न खोज्दा गोल भएको हो। नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। यसपछिको खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ। समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।
त्रिदेशीय नेसन्स कप फुटबल सुरु काठमाडाैं । त्रिदेशीय नेसन्स कप फुटबलको आपचारिक शुभारम्भ भएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलमा अहिले बंगलादेश र किर्गीस्तानबीच खेल भइरहेको छ। यसपछिको खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ। समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।
एक वर्षअघिकै अवस्थामा नेपालः भारतले लकडाउन गर्दा नेपालको रणनीति के ? काठमाडौं। नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भयो। गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो। विदेशबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरेको थियो। नेपालले लकडाउन घोषणा गर्ने दिनभन्दा ठिक दुई दिन अगाडि भारतमा जनता कफ्र्यू लागेको थियो। घुम्दैफिर्दै रुम्जाटार भनेझैं आज पुनः हामी त्यही अवस्थामा आएका छौं। भारतमा कोरोना संक्रमित दैनिक करिव ५० हजारको दरले बढिरहेको छन्। नेपाल र भारतको सीमा खुल्ला छन्। नेपाल भारतको सीमाको करिव १८ सय किलोमिटर खुल्ला भएका कारण भारतबाट सिधै नेपाल आउन र जान सकिन्छ। ११ गतेदेखि लागू भएको लकडाउनको १ वर्ष पुग्नै लाग्दा नेपालमा पुनः लकडाउन हुने हल्ला बजारमा आएको छ। भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु निष्फिक्री गाउँमा घुमेकाले पनि कोरोनाको ग्राफ पुनः उकालो लाग्ने चिन्ता विज्ञहरुले गरेका छन्। गल्ती दोहोरिनुहुन्न : जनस्वास्थ्यविद् जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे एक वर्ष पहिलाको गल्ती दोहोरिन नदिन सुझाव दिन्छन्। कोरोनाको चेन ब्रेक गर्न नसक्दा नेपालले ठूलो क्षति बेहोर्नु परेको उनको भनाइ छ। उनले अझै पनि सरकारले पुराना गल्तीहरुलाई आत्मसाथ नगरेमा महामारीको अर्कोरुप आउन सक्ने तर्फ संकेत गरे। ‘हामीले गएको एक वर्षमा धेरै गल्ती गरेका छौं। कोरोना संक्रमण बढेको भन्दै सरकारले लकडाउन त गर्यो। तर, कोरोनाको चैन ब्रेकको लागि कुनै पनि प्रयास नगरेकाले महामारी भोग्नु परेको हो,’ उनले डिसी नेपालसँग भने। ‘सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन तयारी गरेको छ। विशेषगरी मन्त्रालयबाट बनाइएका स्वास्थ्यका न्यूनतम मापदण्डहरुलाई पालना गर्नु प-यो। स्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाको चेन ब्रेक हुन्छ।’ भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण बढेपछि नेपाल आउनेहरुको स्वास्थ्यबारे सरकारले विशेष ख्याल गर्नुपर्ने डा. पाण्डेको भनाइ छ। पाण्डेले लकडाउनको विकल्पमा पनि सोच्न सरकारलाई आग्रह गरेका छन्। नेपालको राजनीतिक परिस्थितिलाई अगाडि सारेर जनताको स्वास्थ्यमाथि ठूलो खेलबाड भएको डा. पाण्डेको आरोप छ। उनले भनेका छन्, ‘यो दोश्रो लहरको कोरोना पहिलो जस्तो सजिलो छैन। हामीले राजनीतिलाई मोहोडा बनाएर ठूलाठूला सभा समारोह गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिसकेका छौं। अझै पनि सरकारलाई आग्रह छ यस्तो कार्यक्रमहरुमा रोक लगाउनु पर्छ।’ अब लकडाउन भयो भने जनता आफै सडकमा आउनसक्ने तर्फ संकेत गर्दै डा. पाण्डेले भने, ‘हामीले लकडाउन विकल्प हैन भन्ने कुराको प्रमाण हेरिसकेका छौं। गत वर्ष पनि लामो समय गरिएको लकडाउनले सकारात्मक परिणाम दिन सकेन। अब जनता त्यस्तो लकडाउनको पक्षमा छैनन्। सरकाले लकडाउनको विकल्पमा सोच्नु पर्छ।’ सतर्क हुन आग्रह गरेका छौं : स्वास्थ्य मन्त्रालय भारतबाट नेपाल आउनेहरु संक्रमित भएर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुनः कोरोना फैलिन सक्ने भन्दै सबैलाई स्वास्थ्यको न्यूनतम मापदण्डको प्रयोग गर्न अनुरोध गरिउको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै डा. गौतमले भने, ‘सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन तयारी गरेको छ। विशेषगरी मन्त्रालयबाट बनाइएका स्वास्थ्यका न्यूनतम मापदण्डहरुलाई पालना गर्नु प-यो। स्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाको चेन ब्रेक हुन्छ।’ मन्त्रालयका अनुसार पछिल्लो समय भारतबाट आएका हरुमा कोरोनाको संक्रमण पुष्टि भएको छ। सोमबार मात्र १५० जना थप कोरोनाका संक्रमितहरु भेटिएका छन् भने ३ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ। डा. गौतमले भने, ‘हामीले त्यो अवस्था पुनः नदोहोरियोस भन्नका लागि सूचना नै जारी गरेका छौं। सूचित गर्ने काम हाम्रो हो समाजमा रहेका हरेक एक व्यक्तिको काम हो त्यसलाई लागू गर्ने र कोरोनाको महामारीबाट बच्ने।’ यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी देशभर, सभा, जुलुस ¥याली, जमघट, गोष्ठि, सेमिनार तथा बैठक र भिडभाड हुने कार्य नगर्न/नगराउन अनुरोध समेत गरिसकेको छ। हामी तयार छौं : सीसीएमसी कोरोनाको महामारीलाई मध्यनजर गर्दै गठन भएको कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले दोस्रो लहरको कोरोना नआउने स्वास्थ्य मन्त्रालयले ध्यान दिएको बताउँदै आइपरे आफूहरु तयार भएर बसेको बताएको छ। सीसीएमसीका सचिव खगराज बरालले डिसी नेपालसँग कुरा गर्दै भने, ‘सकभर दोश्रो लहर नआउने गरी मन्त्रालयले तयारी गरेको छ। हामीले पनि सुझावसल्लाह दिइरहेका छौं। तर, आइहाल्यो भने पनि हामी तयारी अवस्थामा छौं।’ यसअघि पनि सीसीएमसीले कोरोना महामारीमा आफूलाई क्रियाशील बनाएर शव व्यवस्थापनलगायतका विषयमा काम गरेको छ। ‘त्यो बेलामा सुरुवाती अवस्था र धेरै कुरा थाह नभएकोले चाहेजति गर्न नसकेको होला,’ सचिव बरालले भने, ‘अब त्यो अवस्था हुँदैन। हाम्रो सम्पूर्ण युनिटहरु सबै खाले अफ्ठेरोको लागि तयारी अवस्थामा छ।’
नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ भरतपुर । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरिरहेकाका अवस्थामा पक्राउ गरेका थिए । अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका छन् । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुई थान, कार्ड रिडर एक थान, प्रिन्टर (फोटोकपी मेसिन) दुई थान, हार्डडिक्स एक थान बरामद गरिएको छ । राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो । यस्तै मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर एक थान, नक्कलीनोट छाप्नका लागि प्रयोग भएको फोटोकपी पेपर पाना २४, एउटा एफोर पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर एक थान बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिहरु लाई सङ्गठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रासम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए । रासस
यस्ता छन् पछिल्ला चार मन्त्रिपरिषद् बैठकका निर्णयहरु काठमाडौं । सरकारले नेपाल र बङ्गलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने जानकारी दिए । त्योसँगै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने उनले बताए । उनले भने, “बङ्गलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ ।” मन्त्री गुरुङले पर्यटनसम्बन्धी समझदारीमा समेत हस्ताक्षर गरिने बताए। सरकारले चैत १० देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने दिगो विकाससम्बन्धी आठौं एसिया–प्रशान्त मञ्च विषयक भर्चुअल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै, वैशाख १४ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घ, एशिया प्रशान्त आर्थिक सामाजिक परिषद्को ७७औँ सेशनमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने समेत निर्णय गरेको छ । सरकारले जापान सरकारले उपलब्ध गराउने झण्डै रु एक अर्ब आठ करोड बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडकको निर्माण तथा स्तरोन्नति गर्न कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाअन्तर्गत विभिन्न सामुदायिक वनहरूको २५३ दशमलव ३६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । त्यहाँ रहेका १९ हजार ६६ रुखपोलहरू हटाउन स्वीकृति दिइने भएको छ । मन्त्रिपरिषद्को बैठकले ढुङ्गा, गिट्टी, बालुवाजस्ता साधारण निर्माणमुखी वस्तुहरूको उत्खनन्, सङ्कलन, बिक्री व्यवस्थापन तथा सोसँग सम्बन्धित विषयहरूको नियमनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशलाई लिजमा दिन स्वीकृति दिने निर्णय भएको छ । सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा अमरगढी विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल (तामाङ) लाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएको कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड नगरपालिका–९ का स्व चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका–१ का स्व रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने निर्णय भएको छ ।
टिकापुरका छाेरीहरूकाे पीडा ‘साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ’ टिकापुर । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन्। पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन्। टीकापुर नगरपालिका–१ विजयनगरकी अन्जुमा चौधरी घर लिप्दै थिइन्। चौध वर्षीय अन्जुमाको दैनिकी साँझ बिहान घरको काम र दिउँसो इँटाभट्टामा बित्ने गरेको छ। उनी टीकापुरकै खड्ग स्मृति मावि टीकापुरमा कक्षा ७ मा अध्ययनरत थिइन्। उनलाई पढाइ छोडेर अहिले आमाबुबासँग काम गर्नुपर्ने बाध्यता बनेको छ। उनी गत माघ महिनादेखि विद्यालय छोडेर आमाबुबासँगै स्थानीय एक इँटा उद्योगमा काम गर्न थालिन्। पढाइलेखाइ गर्ने रहर शक्ति भए पनि उनी गरिबीका कारण पढाइ छोडेर श्रममा लागेकाे बताउछिन्। “साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ । रहर र पढ्ने जाँगर नभएको होइन”, उनी भन्छिन्, “घरको अवस्था कमजोर छ । बुबाआमाको काममा सघाएमा परिवार पाल्न सजिलो हुन्छ । म पढ्न गए मेरो कापी, किताब खर्च र मेरो पालनपोषण व्यवस्थापनमा समस्या हुन्छ।” पढ्ने, लेख्ने उमेरमा सबै नानीबाबुलाई शिक्षाको पहुँचमा पु¥याउन शिक्षालाई संविधानले मौलिक हकको रुपमा राखेको छ। संविधानले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा मावि तहसम्म निःशुल्क गरेको छ तर घरायसी कारणले शिक्षा सबैको पहुँचमा पुग्न सकेको देखिँदैन। टीकापुरकी सावित्री चौधरी पनि विद्यालय छोडेर घरको काममा लाग्नुपरेको छ। उनले पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय छोडेको बताइन्। “हामी गरिबीमा हुर्किरहेका छोरीहरुका आफ्ना सपना हुँदैनन् । हामीले घरको अवस्थाअनुसार आफूलाई बदल्नुपर्छ”, उनले भनिन्, “ठूली भएकी छोरीले घर सम्हालेमा बुबाआमाले ज्यालादारी गर्न सहज हुन्छ । त्यही कमाइले घर चल्छ। त्यसैले पढाइ छोडेँ।” आर्थिक विपन्नताको कारण विद्यालय पढाउन नसक्ने नानीबाबु र अभिभावकको पहिचान गर्नु सके पढ्ने उमेरमा नानीबाबु विद्यालयको पहुँचभन्दा बाहिर जान पाउँदैनन्। विद्यालयमा निःशुल्क तथा अनिवार्य शिक्षा भने पनि कापी कलमसम्म किन्न नसक्नेका लागि केही सहुलियत भए अभिभावकलाई सहजता हुने अभिभावक लक्षिराम चौधरीको भनाइ छ। “शिक्षा निःशुल्क छ तर पढ्नका लागि कापी, किताब, पोशाकलगायत अन्य खर्च जुटाउन समस्या हुन्छ”, उनी भन्छन्, “स्थानीय सरकारले यस्ता बालबालिकाको सबै खर्चको जिम्मा लिनुपर्छ।” विपन्न अभिभावकले श्रम गर्ने उमेर पुगेका बालबालिकालाई विद्यालय छुटाएर श्रममा लगाउन खोज्नाले बालबालिकाको भविष्य बिगर्न थालेको छ। विद्यालय जाने उमेरका नानीबाबु शिक्षाबाट वञ्चित नहोउन भनी पढाइमा केही टेवा पु¥याउनका लागि सबै विद्यालयमा छात्रवृत्तिको व्यवस्था हुने गरेको छ। आर्थिक विपन्नता तथा घरायसी कारणले पढ्न नपाएका बालबालिको शिक्षाका लागि विद्यालय तथा सम्बन्धित निकायमार्फत पढ्ने वातावरण बनाउने जिम्मा सरकारको रहेको कैलालीको जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी बताउछन्। “सरकारले विभिन्न क्षेत्रबाट छात्रवृत्ति दिइरहेको हुन्छ। अभिभावकले पनि चासो राखेर छात्रवृत्ति लिने कोशिश गर्नुपर्छ”, उनी भन्छिन्, “अभिभावकले कमजोरी देखाएर छोराछोरीलाई शिक्षा आर्जन गर्नबाट बञ्चित गराउन पाइँदैन, अति समस्यामा रहेका बालबालिकाको शिक्षामा सघाउन पालिका तयार छ।” पढ्ने, खेल्ने उमेरमा माटो, ढुङ्गा र हिलोसँग श्रम खर्चिन कसैलाई रहर हुँदैन । रमाइलोका लागि बालबालिका खेल्नु र श्रम गरेर आर्थिक बोझमा थिचिनुमा फरक रहेको बालश्रम न्यूनीकरणमा लागेका बताउँछन्। सरकारले असहाय, अनाथ र संरक्षक नभएका बालबालिको अभिभावकत्व लिन सरकारी स्वामित्वमा २०३० सालदेखि नै काम गरिरहेको छ। नेपाल बाल सङ्गठनअन्तर्गत कैलालीमा रहेको नेपाल बाल सङ्गठन कैलालीमा विसं २०७० पछि संस्थामा एक जना पनि बालबालिका भने छैनन्। बाल सङ्गठन कैलालीका अध्यक्ष चूडामणि भट्ट कमजोर आय भएका, बालश्रममा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोगजस्ता कार्य अगाडि बढाउन आवश्यक रहेको बताउछन्। नानीबाबुलाई पढ्ने उमेरमा पढाइ छुटाएर काममा लगाउनु गलत हो तर पनि नानीबाबु श्रम गर्न बाध्य छन्। अधिवक्ता गम्भीरसिंह ऐर यसरी बालबालिकालाई श्रममा लगाउन नपाइने बताउछन्। “पढ्ने उमेरका बालबालिकाई श्रममा लगाउन पाइँदैन, उनीहरुलाई श्रममा लगाएमा उमेर हेरेर सजायको व्यवस्था छ”, उनले भने, “बालबालिका देशको भविष्य भएकाले यिनीहरुको संरक्षण र शिक्षादीक्षाको जिम्मा अभिभावक, समाज र राष्ट्रको हो। बालबालिकाले ढुक्कले पढ्न पाउने वातावरण तयार गर्ने जिम्मा सरकारको हो।” उनले १८ वर्षमुनिका बालबालिकालाई उद्योग, कलकारखानामा कामदार तथा श्रमिकका रुपमा लगाउनै नमिल्ने बताए। “स्थानीय सरकारले आफ्नो पालिकामा भएका बच्चाको शिक्षाको जिम्मा लिनुप¥यो”, उनले भने, “घरायसी कामको चाप तथा अभिभावकको समस्याका कारण पढ्न नपाउँदा नानीबाबुको भविष्य अन्धकार बन्नबाट जोगाउन स्थानीय सरकारले जिम्मा लिएर बालश्रम रोक्न सकिन्छ।”रासस
‘फ्रि भिषा, फ्रि टिकटमा विदेश जान सकिने विषय जनतासमक्ष वकालत गर्नै सकेनौं’ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल गत वर्षको माघ २३ गते विभाग प्रवेश गरेका हुन्। सुरुमा भूमि सुधार  मन्त्रालय अन्तर्गत अफिसर भएर काम गरेका उनी स्थानीयस्तरमा स्थानीय विकास अधिकारी भएर देशका धेरै जिल्लामा काम गरिसकेका छन्। नेपाली साहित्य र अर्थशास्त्रमा गरी दुई वटा विषयमा स्नातकोत्तर गरेका उनले ०४७ सालमा नासुदेखि सुरु गरी ०५५ सालमा सेक्सन अफिसर पास गर्दै सरकारी जागीरमा छिरेको सुनाए। जागीर खाएको ३० वर्षको अवधिमा करिब २३ वर्ष काठमाडौं बाहिर काम गरेका महानिर्देशक दाहालले यातायात व्यवस्था विभाग, सहरी विकास, आपूर्ति विभाग, सूचना आयोगलगायतमा बसेर जनताको सेवा गरिसकेका छन्। आपूर्ति व्यवस्था विभागमा बसेर काम गर्दा पनि जनताले उनलाई वाहीवाही गरेका थिए। त्यतिबेला उनले कालोबजारीलाई नियन्त्रणमा ल्याउन निक्कै प्रयास गरेका थिए। उनी भन्छन्, ‘मैले के काम गरे भन्ने कुरा सेकेण्डरी काम हो। तर जहाँ काम गर्छु इमानदारीताका साथ कुनै प्रकारको सम्झौता नगरिकन काम गर्छु। मलाई यो विषयमा कस्ले के भन्ला, के प्रभाव पर्ला भन्ने खालको होइन कि तुरुन्तै काम गरौं र त्यसको रिजल्ट दिइहालौं भन्ने लाग्छ र त्यहि अनुसार काम गर्न रमाउँछु। मलाई यो नगर्दा पनि हुन्छ भन्ने कहिल्यै लाग्दैन्।’ विभागमा गएको केही महिनापछि नै कारोनाका कारण ठप्प भएको वैदेशिक रोजगारी खुलेसँगै महानिर्देशक दाहाल निष्पक्ष भएर काम गरिरहेका छन्। श्रमिकका पक्षमा लागिपरेका उनीप्रति यतिबेला म्यानपावर व्यवसायीहरु भने आन्दोलित छन्। आखिरी व्यवसायी रुष्ट हुनुको कारण के?, लगायत श्रमिक र व्यवसायीका विषयलाई लिएर डिसी नेपालका लागि रिता  बस्नेतले महानिर्देशक दाहालसँग गरेकाे  कुराकानीको सम्पादित अंशः तपाईँले वैदेशिक रोजगार विभागमा आएपछि के–कस्ता सुधारका कार्यहरु गर्नु भयो ? सुधार त तपाईंहरुले विश्लेषण गर्ने कुरा हो। नयाँ कामहरु भने गरियो। पुनःश्रम स्वीकृतिका कुराहरु अनलाइनबाट गरियो। हुनत यो अगाडिबाट नै भइराखेको काम थियो। यसलाई लजिकल यूनिटमा पुर्याइयो। विभिन्न किसिमका नीतिगत सुधार पनि भएका छन्। विशेष गरेर भइराखेको व्यथितलाई हटाउनको लागि हामीले निक्कै ठूलो प्रयास गरेका छौं। यो सेक्टर अत्यन्तै व्यथितीमा चलेको छ। यहाँ व्यक्तिगत, संस्थागत, मानव तस्करीदेखिका ठगिका कुराहरु धेरै छन्। यि विषयमा हामीले नजिकै बसेर काम गरिराखेका छौं। उद्धारदेखि लिएर कामदारको आवाज सुन्ने कामहरु गरिराखेका छौं। तत्कालै कसैलाई ठगी भयो वा केही भयो भने तुरुन्तै काम कारवाही गरेका छौं। यहाँ पद्दती, सिद्धान्त नै खरिद भएको छ। यदि बिक्री हुने हो भने यहाँ किन्ने मानिस धेरै छन्। माथिदेखि तलसम्म यदि कोही पनि बिक्री भएका थिएनन भने यो प्रणाली आज यस्तो हुँदैन थियो, यो कुरा दुःखका साथ भन्नु पर्छ। त्यसले गर्दा कर्मचारी पनि बिक्री हुनु भएन। हामी बिक्री भयौं। विदेशस्थित सम्बन्धित कुटनीतिक निकायहरुसँग समन्वय गरेर विदेशमा अप्ठ्यारोमा परेका कामदारहरुको उद्धार पनि गरेका छौं। थोरैभन्दा थोरै सिम्बोलिक रुपमा पनि केही कुरो दिन सक्यौं भने मान्छे धेरै खुसी हुँदा रहेछन् भन्ने कुरा यहाँ देखिएको छ। वास्तवमा यो महासागरमा मैले त्यति केही पनि गरेको छैन्। रेमिट्यान्सकै हिसाबले हेर्ने हो भने आठ–नौ खर्ब जम्मा हुने ठाउँ हो। ३०–३५ लाख मानिस विदेशमा छन्। १६–१७ सय संस्था यसमा आवद्ध छन्। दुई–तीन लाख मानिसले यसभित्र प्रत्यक्ष रोजगार पाइराखेका छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न खाले एनआरएनए, एनजीओ, आइएनजीओ, आइएलओलगायत अन्तर्राष्ट्रिय आदि संस्थाहरुसँग बसेर काम गर्नलाई विभागको दक्षताभित्र मात्र पर्ने विषय पनि होइन। मलाई म्यानपावर व्यवसायीहरुले पनि हाम्रो चाहीँ हितमा काम नगर्ने भन्छन्। तर, उनीहरुलाई त कानुनले स्वतन्त्रता दिएकै छ। व्यापार क्षेत्रलाई वैधानिक नीति अनुसार समर्थन गरेकै छ। हामीले वाच डगको रुपमा हेर्ने भनेको कामदार नै हो। विभिन्न खाले व्यक्तिगत रुपमा गएका कामदार त्यो पनि आप्रवासी कामदारहरुको बारेमा हेर्ने हो। ती विषयमा काठमाडौं र बाहिर प्रत्यक्ष निगरानीमा जुनसुकै ठाउँहरुमा पनि सकेको र क्षमताले भ्याएसम्म हाम्रो टिमले काम गरिराखेको छ। त्यसले गर्दा कतिपयले सुधार भएको छ भन्छन् र यसैभित्र बसेर हामीले काम गर्न सकिनौं भन्ने पनि कतिलाई परेको होला। ऐन, कानुन, नीति, नियमहरु राम्रा छन् तर यसभित्र सुधार गर्नुपर्ने धेरै छन्। यदि यो क्षेत्रलाई पारदर्शी र विश्वस्त बनाउनुको साथै कामदारहरुको हितमा काम गर्ने हो भने देशप्रति सकारात्मक सन्देश जाने थियो। यस क्षेत्रमा चुनौती कस्ता छन् ? चुनौती यति धेरै छन् भनि साध्य छैन्। यसभित्र एउटा व्यक्तिगत चुनौती छ भने अर्को संस्थागत चुनौती छ। व्यक्तिगत चुनौतीलाई त म केही ठान्दै ठान्दिन किनभने यो भन्दा ठूलो चुनौतीलाई सामना गरेर आएको हो। संस्थागत चुनौतीमा चाहीँ पिर लागेर आउछ। राज्यभित्र बसेर यसरी प्रत्यक्ष रुपमा कोही मान्छे ठगिइराखेको छ, उसको गुनासो सुनिदिने कोही छैन्। उसको मुद्दालाई निरुपण गरिदिने कोही पनि छैन। अझ ठगहरुकै आवाज ठूलो भइराखेको छ यहाँ। जो ठगिएको छ उ बोल्न नसक्ने, प्रमाण पनि केही दिन नसक्ने अवस्थाका छन्। त्यसले गर्दा यी विषयहरुलाई कसरी व्यवस्थित गर्ने, कसरी सतहमा ल्याएर ती फटाहाहरुलाई कारवाही गर्ने भन्ने विषय चाहीँ ठूलो चुनौती छ। यहाँ पद्दती, सिद्धान्त नै खरिद भएको छ। यदि बिक्री हुने हो भने यहाँ किन्ने मानिस धेरै छन्। माथिदेखि तलसम्म यदि कोही पनि बिक्री भएका थिएनन भने यो प्रणाली आज यस्तो हुँदैन थियो, यो कुरा दुःखका साथ भन्नु पर्छ। त्यसले गर्दा कर्मचारी पनि बिक्री हुनु भएन। हामी बिक्री भयौं क्या। विशेष गरी म्यानपावरहरुले अवैधानिक कार्य अलि बढि नै गरिराखेका हुन्? हामी प्रतिस्पर्धी छनौं, हाम्रा व्यवसायीहरु प्रतिस्पर्धी छैनन्। उनीहरुले जहिले पनि जिरो कष्टलाई दोष लगाएर काम गर्छन्। कुनै पनि व्यवसाय गर्दा म रातारात धनी हुनुपर्छ भन्ने होइन। टिकाउ पो हुने हो त। दुई–तीन सय वर्ष पुरानो कम्पनीहरु हामी अमेरिका, युरोपमा भट्टाउँछौं । तर, नेपालमा २५ वर्ष पुरानो कम्पनी छैन्। कारण के हो भने, अहोरात्र मेनुपुलेसन गर्ने अनि कम्पनीको मतलब छैन्। त्यसकारण हामीमा कर्पोरेट नीति छ कि छैन, सबभन्दा ठूलो चुनौती यहाँनेर छ। उसले यसो गर्यो, मैले पनि गर्नु पर्छ, अनि त्यो बिचमा वाचडग कोही बसिदैन्। हाम्रो हालत यही छ। ६ महिना, तीन महिना पुगेपछि यहाँको महानिर्देशक हटाउनु पर्छ भन्नेतिर लाग्छन्। किनभने उसले कुरो बुझ्दै गएपछि एक्सनमा जान थाल्छ, अलि काम गर्ने महानिर्देशक छ भने त। त्यसले गर्दा न हामीसँग स्थायित्व छ, न त स्पष्ट दृष्टिकोण छ। अनि उनीहरुसँग गएर हामी मिलेर काम गर्न बाध्य हुन्छौं। किनभने कति दिन बस्ने हो र?, यहाँ भनेर। यहाँ यस्ता समस्या छन्। दुखका साथ भन्नुपर्छ हाम्रो कर्पोरेट नीति रहेन, हामीले जुन विश्वास गरेका थियौं व्यवसाय क्षेत्रलाई, त्यो विश्वासिलो भएन। आफैले त गर्छन् गर्छन् अर्कोतिर उनीहरुले विभिन्न एजेन्टहरु लगाएर पैसा उठाइराखेका छन्। यो त संस्थागत रुपमा भयो। व्यक्तिगत रुपमा पनि मानव तस्करी गर्ने त्यतिनै मात्रामा छन्। भिजिट भिसामा क्रोएसिया, रोमनियालगायत देश पठाइदिन्छु तलाई भनेर ठगी गर्ने त कति छन् कति। पछिल्लो समयमा ओरेन्टेसन संस्थाले समेत हात हातमा प्रमाणपत्र बिक्री गरिराखेका रहेछन् भन्ने कुरो थाहा पाएर भर्खरै मात्र सातवटा संस्थालाई ब्लक गर्यौ। त्यस्तै, ६०/७० वटा म्यानपावरहरु अहिले ब्लक भइसकेका छन्। यसले के देखाउछ भने हामी कतिसम्म कानुन नमान्ने, लबस्तरो भइसकेका छौं, कतिसम्म हाम्रो दिमाग करप्टेड भैसकेको छ। अतिरिक्त पैसा नभइकन हामी सेवा नै दिदैनौं। चाहे हामी कर्मचारी हौं, चाहे म्यानपावर होस्। हामीले प्राप्त गरेको सुविधालाई चाहीँ हामी अधिकार ठान्छौं र त्यस अधिनका अतित पैसा, सुविधा आएन भने चाहीँ त्यसलाई झन्झट मान्छौं, हाम्रो यस्तो अवस्था छ। जबसम्म यो प्रवृति हामीसँग रहिरहन्छन्, यसले कुनैपनि प्रकारका सुधार हुँदैनन्। ग्यारेन्टीका साथ भन्छु कर्मचारी तन्त्रमा पनि यो रहिरह्यो भने भोलि हामी निजी क्षेत्रप्रति बिक्री भइराखेका हुन्छौं। विशेष गरी म वैदेशिक रोजगारीको कुरा गरिराखेको छु। हामी निष्पक्ष छैनौं। आज निष्पक्ष भइदिएको भएदेखि २०/३०औँ वर्षसम्म वैदेशिक रोजगारको यो हालत हुँदैन थियो। कमसेकम अहिले अलि पारिवारिक बनिएछ र अलि हामी पारदर्शी बन्न खोजीराखेका छौं। हुनत अन्य क्षेत्रको पनि हातल त्यस्तै छ। मलेसियालगायत खाडी मुलुकमा श्रमिक पठाउँदा सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकटको व्यवस्थाप्रति व्यवसायीहरु किन असन्तुष्ट? विभागले पनि यसै विषयमा बढी छापा मारेको देखियो, यसबारे प्रष्ट्याइदिनुस् न? उहाँहरुले असन्तुष्ट भएको भनिराख्दा के भुल्नु हुँदैन भने यहाँबाट कामदार कन्भेन्सनको आधारमा पठाइएको छ, व्यक्तिगतरुपमा यसलाई पठाउछु भनेर पठाइएको छैन्। यो देश र त्यो देश दुईको बिचमा बायोमेट्रियल एग्रिमेन्टहरु छन्। त्यसपछि आइएलओ कन्भेन्सन, विभिन्न खालका श्रम सम्झौताहरु छन्। मानव अधिकारको रुपमा रहेका विभिन्न खालका संस्थाहरु वाच डगको रुपमा बसेका छन्। यी सबैमा हाम्रा शासकहरुले पहिलेदेखि अहिलेसम्म परम्परागत रुपमा हस्ताक्षर गर्दै आएका छन्। हस्ताक्षर गरिसकेपछि त्यसमा अधिकार र आफ्नो कर्तव्य स्थापित हुन्छ। र, तिनै हस्ताक्षर गरेका डकुमेन्टले बोलेका विषयहरुको आधारहरुमा कामदार पठाउने हो। यो विषयलाई म्यानपावर कम्पनीहरुले त ओझेलमा राखिदिए र हामीले पनि जनतासमक्ष वकालत गर्न सकेनौं। यहाँनेर नीतिको वकालत बहुत कमजोर भयो हाम्रो। हामीले जनतासम्म यो कुरालाई बुझाउनै सकेनौं। वास्तवमै १० हजार रुपैयाँ फ्रि भिषा फ्रि टिकट भनेर सम्झाउनै सकेनौं। सम्झाउदा पनि निजी क्षेत्रको आवाज चाहीँ ठूलो भएर आयो। प्रत्येक कामदारको एक महिनाको तलब सेवा शुल्कवापत उहाँहरु(पठाउने म्यानपावर)ले प्राप्त गर्नु हुन्छ। जस्तो एउटा कामदारले विदेशमा २५ हजार महिनाको पाउछ भने एकवर्ष बराबर एउटा कामदारको २५ हजार उहाँको खातामा आउँछ। त्यसमा १० हजार सरकारले तोकेको त छदैछ। उहाँले एक सय जना कामदार पठाउनु भएको छ भने सय जनाको २५ हजारको दरले उहाँले २५ लाख पाउनु हुन्छ। उहाँहरुलाई कतार, मलेसिया, जापानलगायत देशले सेवा शुल्कवापतको पैसा पठाउँछ। त्यो पैसा पनि उहाँहरुले लिइराख्नु भएको छ, यदि लिनुभएको छैन भने उहाँहरुको कमजोरी हो। सेवा शुल्क नलिने म्यानपावर कम्पनीहरु सायदै कमै होलान्। हामी नेपालीहरु मेहनत गर्दैनौं। मेहनत, सोधिखोजी गर्न नै बिर्सियौं। आफू सक्रिय हुन नै बिर्सियौं। अर्काको शरणमा पर्ने मात्र भयौं। सूचना लिँदै नलिने। हामीले जति चिच्याए पनि विश्वास नगर्ने। बिना बिल रकम बुझाइदिने, अनि सप्रियो भने सप्रिइगयो बिग्रियो भने यहाँ उजुरी गर्न आउने। अनि बिल छैन, आइएमई गरेको, बैंकमा पैसा हालेको कागज छैनन्। एकातिर १० हजार लिनु भएको छ। १० हजार ल थोरै भयो, त्यसमा सेवा शुल्क छ, फ्रि लागत फ्रि टिकट छ। गाउँदेखि यहाँसम्म आएको कम्पनीले व्यहोर्छ, इन्स्युरेन्स कम्पनीले व्यहोर्छ, कल्याणकारी कोषको पैसा कम्पनीले व्यहोर्छ, मेडिकल कम्पनीले व्यहोर्छ। सबै कुरा त कम्पनीले व्यहोर्छ। तर उहाँहरुले यो कुरालाई सम्झाउनु हुन्न। उहाँहरु सिधै भन्नुहुन्छ हामीलाई व्यापार घाटा छ। यो कुनै लगानीको व्यापार होइन नि घाटामा हुनलाई, उहाँहरुले ठूलोठूलो कम्प्लेक्स लिएर बस्नुपर्ने जरुरी छैन। सबै कुरा कम्प्युटरबाट हुन्छ, यसमा दजनौं कर्मचारी राखेर ठूलो लगानी गर्नुपर्ने जरुरी छैन। अहिले सबै कम्प्युटरबाट हुन्छ, डिमाण्ड, प्रमाणीकरण अनलाइनबाट आउछ। हामीले जुन पुनःश्रम स्वीकृति दिन्छौं त्यहाँ मान्छे जानु पर्दैन। अब डकुमेन्टहरु मिलेर आउदैन भने मिलाउने काम त उहाँहरुको हो नि। डकुमेन्ट मिलेन भनेर कामदारलाई अनावश्यक हेरफेर त गर्नु भएन नि। त्यसलाई भन्छन् घुस, अनावश्यक हेरफेर गर्ने। त्यसकारण मैले भन्छु, यो सेक्टरमा कर्पोरेट नीति भएन। विदेश जान लागेका प्रायः श्रमिकहरु, फ्रि भिसा फ्रि टिकटमा लाने कुनै एउटा म्यानपावर कम्पनी मात्रै भएपनि देखाइदिनुस् न भनि चुनौती दिने गर्छन् नि? हामी नेपालीहरु मेहनत गर्दैनौं। मेहनत, सोधिखोजी गर्न नै बिर्सियौं। आफू सक्रिय हुन नै बिर्सियौं। अर्काको शरणमा पर्ने मात्र भयौं। सूचना लिँदै नलिने। हामीले जति चिच्याए पनि विश्वास नगर्ने। बिना बिल रकम बुझाइदिने, अनि सप्रियो भने सप्रिइगयो बिग्रियो भने यहाँ उजुरी गर्न आउने। अनि बिल छैन्, आइएमई गरेको, बैंकमा पैसा हालेको कागज छैनन्। म कहाँ जादैछु, आफू योग्य छु कि छैन्, भन्ने हुनुपर्ने, त्यो छैन्। १२ घण्टाको ओरेन्टेशन कक्षा लिन भनिएको छ, उहाँहरु त्यहाँ जानुहुन्न। नक्कली डकुमेन्ट बोकेर हिडिराख्नु भएको छ। यो सबै जिम्मेवारी त सम्बन्धित नागरिकको पनि हो। त्यसमा पनि हामी चुक्यौं किनभने हाम्रो जुन म्यानपावर वा एजेन्टहरुले यही कुरा सिकाएनन्। म गरिदिइहाल्छु नि घरैमा, यति पैसा दे मात्र भन्ने भए। विदेश गएपछि ४५ डिग्रीको टेम्पे्रचरमा काम गर्नुपर्छ भन्ने कुरा कामादारले त्यहाँ गएपछि मात्र थाहा पाउने भए। हामीले गरेको वकालतमा जनताले विश्वास गरेनन्। जो मान्छे उसको घरमा गएर ठग्न खोज्छ, उसलाई विश्वास गर्ने भए। व्यापारीले यहाँ लासमाथि पनि पैसा उठाइराखेका छन्। त्यसकारण यो क्षेत्रमा सुधार गर्न पहिलेदेखि संस्थागत क्षमता हुँदाहुँदै पनि संस्थागत क्षमतालाई केही नेतृत्वदेखि बाहेक अरुले प्रयोग मात्रै गरे। त्यसको परिणाम अहिले हामीले कति वर्षसम्म भोग्नु पर्ने हो, टुंगो छैन्। लागू गरिएको फ्रि भिसा फ्रि टिकटका विषयमा व्यवसायी र सरकारबीच पुनः कुनै नियम लागू गरे विकृति आउदैन थियो कि? त्यो होइन, यो नियममा खराबी देखिनु पर्यो नि। कुनैपनि राम्रो कुरालाई फेरि भत्कायो भने त हामी कहाँ पुग्छौं? त्यो फ्रि भिसा फ्रि टिकटमा दृढविश्वासका साथ हस्ताक्षर गरेका देशहरु फेरि मान्छन् र? अहिले मलेसियाले श्रमिकबाट १० हजारभन्दा बढी पैसा लिएको कतैबाट थाहा पाओस त उसले त्यो म्यानपावरलाई नै ब्लक गरिदिन्छ। हामीले गर्नु पर्दैन उसैले गरिदिन्छ। तर हाम्रा कामदारहरु पनि यो विषयमा बोलिदिदैनन्, त्यहाँ गएर। बोलिदिए हुन्थ्यो नि। जब अप्ठ्यारो पर्यो, भनेअनुसार काम पाइएन भने मात्रै चिच्याउने हो क्या उहाँहरु। फ्रि भिसा फ्रि टिकट हामीले गलत छ भनेर हुन्छ र? जसलाई कतार, मलेसिया, साउदी, यूएई, ओमान लगायतले पनि त गलत मान्नु पर्यो नि? हामीले त अति गरिब देश भएको कारणले गर्दा प्राप्त गरेको सुविधा सेवा हो यो। गरिब देशका मान्छेले खासै धेरै पैसा तिर्न सक्दैनन् भनेर उहाँहरुले दिएको सुविधा हो। अनि अहिले आएर फ्रि भिसा, फ्रि टिकट बन्द गर्नुस् त भन्दा भोलि हाम्रो हालत के हुन्छ? यो १० हजार रुपैयाँ हामी एक्लैले मिलाएको विषय हो र? हामी जुनसुकै नीतिलाई पनि आफ्नो घाटा वा नाफा भयो भन्ने? व्यापार गर्न त जो कोहीलाई स्वतन्त्रता छ त। घाटा भयो भने नगर्दा भएन? ठग्न त पाइएन नि। कुनै काम गर्दा सन्तुष्ट हुनुहुन्न भने पेशा परिवर्तन गर्न सक्नु हुन्छ। तर तपाईँ सन्तुष्ट हुनुहुन्न भन्दैमा हामीले अनेकखालका हेरेफेर त गर्नु भएन नि, यहाँ भित्र। सन्तुष्ट भएन भने त व्यापार छोड्नु पर्यो, नैतिकताका लागी पनि। तर त्यस्तो नैतिकता छैन्, यहाँ। त्यसकारण हामीले एकपक्षीय ढंगबाट १० हजार राखेको होइन क्या। दाताले तेरो कामदारको लागि सबैथोक दिन्छु भनेकोले त्यो नियम लागू भएको हो। नेपालीहरुको इमानदारीता, अनुशासन र कामको लगतशीलता देखेर न हामीलाई लगेका हुन् उनीहरुले। कुनै पनि क्षेत्रमा नेपालीहरुलाई यति धेरै डिमाण्ड छ कि तर यहाँ कस्तुरीले आफ्नो महत्व नबुझेको जस्तो भएको छ। यसमा म्यानपावर व्यवासायीलाई घाटा त छँदैछैन। त्यसोभए म्यानपावर व्यवसायीहरुले अवैधानिक कार्य किन गरिराखेका त? पैसा धेरै कमाउन। एकैचोटी घर आदि ठड्याउनु परेन? २५/३० वर्ष पुरानो कम्पनी खोज्नुस् त यहाँ? छैनन्, किनकि उहाँहरुले नैतिकता नै गुमाइसकेकोले यस्तो भएको हो। अहिले पीडितको पक्षमा हाम्रो विभागको टिमले धेरै मेहनत गरिराखेको छ। यो मेहनतलाई गडमगाउन दिदैनौं। तलब खाएर बसेका हामी कर्मचारी माथि मन्त्रालय, अख्तियार, मिडिया सबै छन्। कुर्सीमा बसेर व्यक्तिगत स्वार्थको लागि काम गर्यो भने हामीलाई तपाईंहरुले छोड्नु हुन्छ र? अर्को मैले व्यक्तिगत स्वार्थको लागि कारवाही गरे भने मलाई ती निकायहरुले पो निलम्बन गर्ने हो त? यहाँ त म्यानपावर कम्पनीहरुले आएर जिन्दावाद र मुर्दावाद गर्दै सरुवा गर्ने कुरा पो गर्छन्? हुन त परम्परै यही छ हाम्रोमा। जो आफ्नो अनुकुल चल्दैन त्यसलाई फालिदिने, त्यही प्रयास हो यो। तर, फालिनेमा डर छैन मलाई, पीडितकै पक्षमा काम गर्दै जाने हो। विकृतिको महासागर भएको ठाउँमा हुनुहुन्छ, अन्त्यमा के भन्न चाहनु हुन्छ? यहाँ एउटा सेक्टर उहाँहरु हो, अर्को सेक्टर हामी हो। वैदेशिक रोजगार विभागका मान्छेहरु हामी मात्रै बहुत गजब छौं, भन्दिन्। कसलाई तह लगाउनु पर्ने हो, त्यसलाई तह लगाइहाल्छौं। यहाँ त म्यानपावर कम्पनीहरुले आएर जिन्दावाद र मुर्दावाद गर्दै सरुवा गर्ने कुरा पो गर्छन्? हुन त परम्परै यही छ हाम्रोमा। जो आफ्नो अनुकुल चल्दैन त्यसलाई फालिदिने, त्यही प्रयास हो यो। तर, फालिनेमा डर छैन मलाई, पीडितकै पक्षमा काम गर्दै जाने हो। विकृति हुनुको कारण सम्बन्धित व्यक्तिकोमा जनचेतना पुगेन र पुगेर पनि सुनेनन्। जति सम्झाउँदा पनि सम्झिएनन्। दिनदिनै भनिराखेको छु, दिनदिनै ठगिएर आइराखेका छन्। आफ्नो योग्यता के हो, आफ्नो हैसियत के हो, अहिलेको जमानामा सोझै पैसा दिने हो कि होइन । पैसा सोझै माग्छ भने त्यो ठग हो कि होइन भन्ने कुरा बुझिदिएनन्। अनि सम्बन्धित देशका दूतावासहरु जसले यो गुनासो सुनिराखेका छन् कि छैनन्? र, त्यो कामदार मरिराखेको छ कि छैन? यस्ता कुरामा एनआरएनए लगायतका अन्तर्राष्ट्रिय संस्थाहरु सबैजना निष्पक्ष हुनुपर्यो। कमसेकम लक्षित समूहप्रति जिम्मेवार हुनुपर्यो। जबसम्म लक्षित समूहप्रति हामी जिम्मेवार हुँदैनौं, तबसम्म विकृति हट्दैन। म्यानपावर कम्पनीले कमाएका पैसा पनि विभिन्न ठाउँमा बाडिएका होलान्। एउटा कामदारबाट आठ लाख उठ्छ भनेदेखि त्यो पैसा क–कसले खायो? मैले त यो महासागरमा प्रवेश गरेर र हाम्रो टिमले यो यो खराबी छ यसलाई ठिक गरौं है, भनेर हिट गरेका मात्र हौं। अहिले त्यो हिट धेरै तातेको पनि छैन्। अलि वामअप मात्रै भयो। यो तान्नु भनेको त सुधार हुनु हो। यसभित्र थुप्रै विकृतिहरु छन्। यसलाई सपार्यौ भने यो क्षेत्र सम्भावनाको क्षेत्र हो। सम्भावनाको क्षेत्रलाई हामीले उपयुक्त ढंगबाट प्रयोग गर्न सकेका छैनौं। लाखौं मानिसहरु यसमा छन्। बेलाबेलामा मलाई अचम्म लाग्छ, कहाँ सुधार भयो, के हो सुधार भनेको? सुधार हुनको लागि अर्थात यसलाई शुद्ध गर्नको लागि हाम्रा नीतिहरुलाई मात्रै कार्यान्वयन गर्न सक्यौं भने यहाँ धेरै कुराको सुधार हुन्छ। त्यसकारणले सम्बन्धित मान्छे, संस्था, कर्मचारी, विदेशस्थित निकायहरु, विभिन्न खालका आवद्ध संघसंस्थाहरु निष्पक्ष हुनुपर्यो। यहाँ त सबभन्दा बढी नेपालीले नेपालीलाई ठगीराखेको छ। मानव तस्करीका कुराहरु झन डरलाग्दा छन्। भिजिट भिसामा नजानुस नजानुस भन्दा भन्दै भिजिट भिसामा गएर अहिले हजारौं युवाहरु यूएईलगायतका देशमा अप्ठ्यारामा छन्। हुन त अहिले कमसेकम विभागले मेरो गुनासो त सुनिदिन्छ भनेर भिड लागेको हो। यति गुनासो सुन्ने पनि देशमा कोही भएनन्। हुनत यो त धिपधिपे दियो हो, त्यहि धिपधिपे दियोले गरिदिन्छ रे भन्ने खालको सन्देश थोरै भएकोले यहाँ पीडित आएका हुन्। भनेपछि हेर्नुस् त हामी कस्तो ठाउँमा छौं, विचरा त्यो जनता फलानो छ रे त्यसले काम गरिदिन्छ रे, त्यसले कुरो सुनिदिन्छ रे, भनेको भरमा उ यहाँ आइपुग्छ र निवेदन दिन्छ। हामी अनेक खालका दबाब, मोह, लोभ, धाक, धम्की, सरुवा, बढुवाका कुरालाई लिएर काम गर्न डराउँछौं। यसलाई मात्रै त्यागेर काम गर्यो भने जनता खुशी हुन्छन्, वाहीवाही गर्छन्। म्यानपावर व्यवसायीहरु यहाँ मेरो बेइज्जत गयो भनेर आउछन्। तर उहाँहरुले एउटा गरिब जनताको पैसा खादा चाहीँ इज्जत गयो भन्ने कुरा सोच्नु हुन्न। त्यसलाई चाहीँ उहाँहरुले ससम्मान स्वीकार गर्नु हुन्छ। पीडितको हामीले तुरुन्तै निवेदन दर्ता गरिदिइराखेका छौं। त्यो नै उपलब्धि हो। तर, यहाँ दिनमा सयौं निवदेन आउनु राम्रो हो त? अझ त्यसलाई हामी सुधार मान्छौं क्या? विकृति विकृतिको बिचमा हामीले गरेको भनेको कामदारको गुनासोसम्म सुनेका छौं। मैले पनि कति नै सुन्न सकेको छ होला र? जुनसुकै क्षेत्रमा पनि जनताको कुरो सुनिदिने भयो भने उसको पछि धेरै लाग्ने थिए। तर त्यति पनि हामीसँग छैन्।
बैंकिङ कसुरमा संलग्न पक्राउ काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोका अनुसार बैंकिङ कसूर(चेक बाउन्स) मुद्दामा गत माघमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका दुई जना पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा महेन्द्रनारायण श्रेष्ठ रहेका छन् । उनीमाथिको मुद्दामा अदालतले चार दिन कैद र रु २० लाख जरिवाना हुने ठहर भएको थियो । यस्तै ब्युरोको टोलीले चार दिन कैद र रु १० लाख ३५ हजार जरिवाना हुने फैसला भई फरार हुँदै आएका बूढानीलकण्ठ निवासी लाक्पा लामालाई पनि आज पक्राउ गरेको छ । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिए । यस्तै ब्युरोले वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकस्थित बेथानचोक गाउँपालिकाबाट चितुवाको छाला तथा हड्डी (आखेटोपहार)सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा काभ्रेको खानीखोलाका टेबहादुर थिङलाई पक्राउ गरिएको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ । रासस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् । “कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसङ्घले घोर निन्दा र भत्र्सना गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेविसङ्घले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् ।
null
समानान्तर एमाले अब के गर्छ ?