content
stringlengths 20
64.1k
⌀ |
---|
पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोहरु मेरो भ्वाइस र मेरो डान्स युनिभर्स अमेरिकाबाट शुरु न्यूयोर्क । विश्वभरका नेपाली गायन र नृत्यका प्रतिभाहरुको प्रतिष्पर्धा हुने पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट विधिवत शुरु भएको छ।
इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुबै शोहरुको संसारभरका लागि पाहिलो अडिसनको फाउडेशनका अध्यक्ष डिल्ली अधिकारीले एक भव्य समारोहबीच जनवरी २८ शनिवार अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा उद्घाटन गरेका थिए।
अमेरिकाका र क्यानडाका विभिन्न शहरहरुबाट कोलम्बसमा भेला भएका प्रतिष्पर्धीहरु उनीहरुका आफन्तहरुसहित स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुबै शोहरुको पहिलो अडिसन जनवरी २९ आइतवार साँझ सकिएको छ।
अमेरिका र क्यानडाका गरी गायनमा एकसय ८७ र नृत्यमा ७६ प्रतिष्पधीहरुले दरखास्त दिएको यो संसारकै पहिलो अडिसनहरुमध्ये गायन विधामा सर्बाधिक अंक ल्याउने १५ प्रतियोगीहरु साइटलेस अडिसनका लागि नेपालको राजधानी काठमाडौंमा प्रतिष्पर्धा गर्न पाउने गरी छनौट भएका छन्।
डान्सको लागि भने अर्को अडिसन अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा फेब्रुअरी ५ तारिकका दिन तय भएकोले सो अडिसनबाट समेत गरी टप १२ छनौटी गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए।
मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ठ प्रतियोगीहरुमा ओहायो राज्यको सिनसिनाटी शहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुबेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुंगेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मंगर, भर्मण्ट मोन मंगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन्।
अमेरिका र क्यानडाको लागि भ्वाइसमा संगीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली र डान्सको लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शंकर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा थिए।
उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शुरु गर्दा आफूलाई गर्व लागेको बताए।
नेपालभित्र र संसारको जुनसुकै कुनैमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शोहरुले उपयुक्त अवसर दिने उनले बताएका थिए।
अध्यक्ष अधिकारीका अनुसार, दुबै शोमा प्रथम हुनेहरुलाई एक एक करोड नेपाली रकम पुरस्कार दिइने छ। उनले यति ठूलो धनराशी पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि बताए।
‘छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीहरुका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरुलाई जहाँ बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अबसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरु आयोजना गरिएको जानकारी गराउँदा गर्वको अनुभूति भएको छ’ उनले भने,‘ संसारभरका नेपालीहरुको नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, सम्बर्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य हो। नेपाली जातिप्रतिको यही भावनालाई एउटै मालामा गाँस्न सकियो भने हाम्रो सांस्कृतिक पहिचान पुस्ता पुस्तासम्म पनि जीवित राख्न सकिन्छ भन्ने विश्वास लिएका छौं।’
अमेरिकामा गैरनाफामुलुक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउडेशनलाई अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्ववसायीहरुले सञ्चालन गरिरहेका छन्।
नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन विताउनु परेकोले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौं पुस्तासम्म अघि बढाउन लागिपरेको बताएर अध्यक्ष अधिकारीले सो उद्घाटन समारोहमा उपस्थित नेपाली भाषी समुदाय र प्रतिष्पर्धीहरुलाई हौशला बढाएका थिए।
कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसनका प्रमुख संरक्षक तथा ओहायोमा प्रतिष्ठित नेपाली चिकित्सक डा.दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभाहरुलाई एकै प्लेटफर्ममा प्रतिष्पर्धाको मौका दिने फाउण्डेसनको कामको सरहना गरेका थिए। उनले फाउण्डेसन मर्दा र पर्दाको साथीसमेत भइसकेको भन्दै प्रसंसा गरे।
फाउण्डेसनका प्रवक्ता केशब आचार्यका अनुसार, अमेरिकाका र क्यानडावाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेशनको अन्तिम मिति यही जनवरीको ३१ तारिकसम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुने छ।
उनले सबै प्रतियोगीहरु नेपाली मूलका हुनु अनिवार्य भएको बताए। त्यसैगरी प्रतियोगीहरु नेपालीभाषी हुनुपर्ने र गैरनेपालीभाषीलाई यो प्रतियोगितामा समावेश नगरिकने पनि बताए ।
फाउण्डेसनले दुबै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ बर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुबै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट शुरुवात गरिने छन्।
प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ एवं मूर्धन्य व्यत्तित्व एवं कलाकारहरुको सम्मान गरिने, शोमा प्रस्तुत गरिने सबै प्रस्तुतिहरु नेपाली कला र संस्कृतिसंग सम्बन्धित हुनै पर्ने, यदि त्यसो भएको नपाइए त्यस्तो प्रस्तुतिलाई फाउण्डेशनको मिसन र भिजनविपरीत स्वार्थको द्वन्द्व(कन्फ्लिक्ट अफ इन्टरेष्ट) का रुपमा लिइने छ र प्रस्तुतिबाट हटाइने, अडिसनहरुबाट छनौटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, दुवई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीहरुको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने, टप ४० भित्र पर्ने प्रतियोगीहरुका लागि खाना र होटल खर्चको व्यबस्था गरिने, नेपाल र भारतबाहेक अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिष्पर्धीहरुका लागि आवासको व्यबस्था गरिने छ । रासस
|
मेरिल्याण्डका गभर्नरको सपथमा गाउँदै छिन् परिजिता वासिंगटन डिसी। नेपाली मूलकी अमेरिकी गायिका परिजिता बास्तोलाले मेरिल्याण्ड राज्यका गभर्नरको सपथ ग्रहण कार्यक्रममा गाउन पाउने भएकी छिन्। बाँस्तोलाले गभर्नरको सपथ ग्रहणको भव्य सार्वजानिक समारोहमा अमेरिकाको राष्ट्रिय गान गाउने भएकी हुन्। अमेरिकाको राष्ट्रिय गान “स्टार स्पेङ्गल्ड व्यानर” हो।
यसको तयारीका लागि वास्तोलाले मंगलबार नवनिर्वाचित गभर्नर वेस मोरसँग भेट गरेकी छिन्। यो भव्य समारोहमा गायनमा अनुबन्धित गर्न मेरिल्याण्ड राज्य सरकारले परिजितालाई निकै राम्रो मूल्यसमेत तिरेको बताइएको छ।
समाचारअनुसार, १७ बर्षीया किशोरी गायिका परिजिताको लागि यो नै पहिलो निकै महँगो रकममा सम्झौता गरिएको सार्वजानिक कार्यक्रम हो।
नेपालको झापा स्थायी घर भई अमेरिकाको मेरिल्याण्ड सेभेर्नापार्कमा स्थायी बसोवास गर्दै आएका पंकज बाँस्तोला र बीरा तिवारीकी छोरी परिजिता अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप आठसम्म पुग्न सफल भएकी थिइन्।
जादूमयी स्वरकी धनी भनेर नेपाली अमेरिकी समुदायमा चर्चित भइसकेकी परिजिता हाल सभेर्ना पार्क हाइस्कूलमा कक्षा १२ मा अध्ययनरत छिन्। उनलाई अमेरिकाको मेरिल्याण्डस्थित थुप्रै संघसंस्था र स्थानीय सरकार एवं तिनका प्रतिनिधिहरुले लिखितरुपमै पत्र दिएर प्रसंसा गरेका छन्।
उनी विद्यालयमा डेमोक्रेटिक क्लबमा सक्रिय छिन्। मेरिल्याण्ड राज्यमा नव निर्वाचित गभर्नर मोर पनि डेमोक्रेटिक पार्टीका नेता हुन्। उनले हालका गभर्नर ल्यारी होगनलाई जनवरी १८, २०२३ बुधबारदेखि विदा गरेर आफ्नो पदीय कार्यभार शुरु गर्दै छन्।
|
राजदूत खत्रीको वेवास्ताप्रति टेक्सासका नेपाली संघसंस्था रुष्ट, लापरवाहीप्रति खेद प्रकट वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले वेवास्ता गरेको भन्दै अमेरिकाको टेक्सासमा कार्यरत ५ वटा नेपाली संघसंस्थाले एक विज्ञप्ति जारी गरी नेपालीहरुलाई अनावश्यक दुख र झण्झट दिने काम गरेकोमा खेद प्रकट गरेका छन्।
टेक्सासमा बसोबास गरिरहेका झण्डै १ हजारजति नेपालीहरुले पासपोर्ट नवीकरण र एनआरएन कार्ड बनाउन तिरेको राजश्वको रकम हराएको भन्दै उनीहरुको काम नगरिदिएकोमा ती संघ संस्थाहरुले आक्रोश व्यक्त गरेका छन्।
उनीहरुले दूतावासका कर्मचारहरुले तारन्तार फोन गरेर, इमेल पठाएर सर्वसाधारण सेवाग्राहीले तिरेको राजश्वको रकमको मनी अर्डर र क्यासियर चेक रद्द गरेर अर्को पठाउनु नत्र काम हुँदैन भन्दै चेतावनी दिने काम गरेकोमा आपत्ति प्रकट गरेका छन्। दूतावासको यो कार्यलाई उनीहरुले ‘गैरकानूनी र अमानवीय’ भन्दै विरोध गरेका छन्।
अमेरिकाका स्थित नेपाली दूतवाासका तर्फबाट डिसेम्बर १८ र १९ मा टेक्सासमा कन्सुलर सेवा दिन घुम्ती शिविर राखिएको र पासपोर्ट नवीकरण एवं एनआरएन कार्ड बनाएवापत २ लाखभन्दा बढी अमेरिकी डलर अर्थात पौने तीन करोडजति नेपाली रुपैयाँ उठेको थियो।
सो रकम डिसेम्बर २२ मा ह्युस्टनबाट हराएको भन्दै दूतावासले एक विज्ञप्ति जारी गरेको थियो। दूतावासले पैसा उठाएर सेवाग्राहीलाई रसिद दिइसकेपछि फेरि सो रकम हरायो भन्दै तिनै सेवाग्राहीलाई दुख दिने काम गरेको छ।
कतिपयले त काम नरोकियोस भनेर फेरि राजश्व तिरेका छन्। यो प्रकरणमा एकहजारजति नेपाली पीडित बनेपछि टेक्सासमा भएका नेपाली संघसंस्थाका प्रमुखहरुले राजदूत खत्रीसँग जुम प्रविधिबाटै भए पनि आफ्ना मागहरु राखी छलफल गर्न प्रयास गरेका थिए।
तर, खत्रीले उनीहरुसंग कुरा गर्न चाहेनन्। यही कुरा विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ, ‘राजदूतसहितको बैठक गरौं भन्ने हाम्रो मागलाई वेवास्ता गरिएको छ। राजदूतसित हामीमध्येका कसैको पनि सम्पर्क हुन सकेको छैन र हामीले हाम्रा समस्या राख्न पाएका छैनौं।’
उनीहरुले डबल राजश्व लिएकोमा सो रकम फिर्ता हुनुपर्ने माग गरेका छन्। तोकिएको प्रक्रिया पूरा गरी रसीद हातमा लिएर बसेका सेवाग्राहीका पासपोर्ट यथाशीघै विना झण्झट उपलब्ध गराउन पनि उनीहरुले विज्ञप्तिमार्फत माग गरेका छन्।
यसरी विज्ञप्ति प्रकाशित गर्नेहरुमा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, नेपलिज एशोसिएसन अफ ह्युष्टनका अध्यक्ष रविन श्रेष्ठ, सिर्जनशील नेपाली समाज, ह्युस्टनका अध्यक्ष कृष्ण न्यौपाने र गैरआवासीय नेपाली संघ, टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा छन्।
दूतावासले सेवा शिविर चलाउदा यी संस्थाहरुले स्वयंसेवकका रुपमा काम गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। मनी अर्डर बनाउंदा नै भुक्तानी पाउनेको नाम नलेखे पनि हुन्छ भन्दै दूतावासका कर्मचारीहरुले भनेको प्रसंग उल्लेख गर्दै उनीहरुले बैंकमा रकम जम्मा नगरी यति धेरै मनी अर्डर असुरक्षित तवरले किन बोकेर हिडेको? भन्दै दूतावासको कार्यप्रति आशंकासमेत व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,‘जिम्मेवार ढंगले काम गर्न नसक्ने जो कोहीलाई पनि जनताको करबाट तलब खाएर बस्न सुहाउँदैन। हामी नेपाली दूतावासका यी गैर जिम्मेवारीपूर्ण र चरम दर्जाको लापरवाहीपूर्ण काम कार्वाहीहरु प्रति खेद प्रकट गर्दै यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छौं।’
|
राजदूतावास नै कालो सूचीमा परेको भन्ने कुरा के हो ? हाम्रो दूताबासले अमेरिकाको बिभिन्न स्टेटहरूमा बसोबास गर्ने नेपालीहरूको सुबिधाका लागि सहयोग पुगोस भनेर पास्पोर्ट नबीकरण, एनआरएन कार्ड र अधिकृत वारेसनामा समेतको सेवा उपलब्ध गराउने जानकारी गराएको थियो सबै नेपाली खुसी नै थिए।
तर ह्युष्टनमा सेवावापत अमेरिकाबासी नेपालीबाट उठाइएको रकम लुटियो भन्ने खबरले अमेरिकास्थित नेपाली दूतावासका बारेमा केही गम्भीर प्रश्नहरु उठाएको छ। दूतावासलाई सुधारको खाँचो परेको छ। निम्न प्रश्नहरु उठेका छन् दूतावासका बारेमा। यी प्रश्नहरुको जवाफ उचितरुपमा दिनु जरुरी छ।
१. सुबिधा दिन आउँनु भन्दा पूर्व उक्त दूताबास ले सेबाग्राहीसँग कसरी ब्यवहार गर्ने जसले गर्दा नेपालीलाई दूतावासप्रति भाबनात्मकरूपबाट सेवा लिएको अनुभूति मिलोस् जुन अनुभूतिले नेपाल सरकार र नेपालप्रतिको मायाको झझल्को र न्यास्रो मेटोस भन्ने तर्फ शून्य ध्यान दिएको देखियो।
२. अमेरिका जस्तो बिकसित देशमा रहेको नेपाली दूतावास आजसम्म पनि बंैक अफ अमेरिकाजस्तो नाम चलेको बैकमा खाता नखोलेको र डिसीमा नै रहेको सानो क्रेडिट युनियनमा मात्रै एकाउँन्ट छ भन्ने सुनियो।
जसले गर्दा संकलन गरिएको मनी अर्डर सम्बधित ठाउँमा डिपोजिट गर्न नमिलेको भन्ने सुन्नमा आयो। अझ हाम्रो दूतावास कालो सूचीमा परेकोले त्यस्ता बैंकहरूले खाता खोल्न नदिएको भन्ने कुरा सुन्नमा आएको छ, यदि यसो हो भने यो गम्भीर बिषय हो यथार्थ के हो..?
अझैसम्म पनि सेवाबापतको शुल्क दूतावासको एकाउन्टमा डाइरेक्ट डिपोजिट सिष्टम वा जेल ट्रान्फर जस्तो सजिलो प्रोसेस किन नगरेको..?
३. अमेरिकाजस्तो ठाउँमा सबैलाई थाह छ कसैले पनि १०० डलरभन्दा बढी रकम मनी अर्डर साथमा बोकेर हिँड्दैन।
डिप्लोम्याट अफिसका कर्मचारीहरूले किन तिनवटै सहरका सेबाग्राहीहरूको मनी अर्डर एउटै झोलामा हालेर डिसेम्बर २० मा काम सकेर २२ सम्म पनि ह्युस्टनजस्तो ठाउँमा राखियो र त्यो झोला गाडीमा छोडेर नेपाली रेस्टुरेन्टमा खाना खान गइयो?
अझ उदेक लाग्दो कुरा त २२ मा चोरी भयो २३ मा मात्र जानकारी गराइयो? फोरिएको गाडीको फोटो हेर्दा चोर्ने मान्छेले पनि १ ठाउँमा मात्र सिसा फोरेको छ जहाँ झोला राखिएको थियो। कसरी उसलाई त्यो जानकारी भयो..?
४. अष्टिनमा कुमार श्रेष्ठ भन्ने कर्मचारीले पटक पटक मनी अर्डरमा नाम नलेख्नको लागि अनुरोध गर्ने र सेबाग्राहीलाई थर्काउने र बाँकी कर्मचारीले मौन समर्थन गर्ने काम किन गरियो?
५. हाम्रो पासपोर्टहरू कहाँ छन् र अब कति दिनमा बनेर फिर्ता आउँछ भन्ने जानकारी लिन सम्पर्क कहाँ र कोसित गर्ने हो?
६. दूतावासको सम्पर्क नम्बरमा (२०२६६७४५५०) मा कल गरेर जानकारी लिन खोज्यो भने एक त फोन उठ्दै उठ्दैन, उठिहाल्यो भने पनि विशुद्ध अंग्रेजी भाषा मात्र बोल्ने महिला रिसेप्शनमा राखिएको छ। के सबै नेपाली पोख्त छन् अंग्रेजी भाषामा? नेपाली र अंग्रेजी दुबै भाषा बुझ्ने कर्मचारीको अभाब हो कि सुबिधा दिन नचाहेको हो..?
७. बल्ल बल्ल अमेरिकन भाषा मात्र बोल्ने महिला कर्मचारी फोन उठाउँछिन्, कलटान्फर हुन्छ रेसमम फिरीरी को धुन बाहेक केही सुन्न पाइँदैन र अन्त्यमा कल स्टप हुन्छ। के त्यहाँ भ्वाइस म्यासेज वा उहाँ अर्को कलमा हुनुहुन्छ अर्को कल सकेपछि सम्पर्कमा छिटै आउँनु हुन्छ वा पर्खनु पर्ने समय …? भनेर भन्न मिल्दैन आदि आदि।
यी र यस्तै धेरै बिषयमा राजदुतलाई राखेर जुममार्फत अमेरिकामा रहेका पत्रकारिता गर्ने निकाय र समाजिक संस्थाका प्रमुखहरूको उपस्थितिमा हामीले उत्तर खोज्ने बेलाआएको छ। अन्यथा हाम्रो दूतावासबाट केही पनि आश नगरे हुन्छ?
कृपया जटिलताभन्दा सहजताको बाटो अबलम्न गरियोस्। जहाँसम्म नेपाल सरकारले दूतावास राख्नु भनेको सम्बन्धित देशसँग कुटनैतिक सम्बन्ध कायम राख्न, दुई देशबीचको मित्रता बढाउन सहयोग आदान प्रदान गर्न र सम्बन्धित देशमा बसोबास गरेका नेपालीहरूलाई आबश्यक सहयोग र सद्भाब कायम राख्न नै हो न कि अन्यथा। यसतर्फ दूतावासको पूर्ण ध्यान जाओस भन्ने पनि अनुरोध गर्न चाहन्छु।
(लेखक नेपाल सरकारका पर्यटनदूत हुन्)
|
समाजसेवी दिकपाल केसीको निर्माणमा ‘थोत्रो चोली’ गीतको भिडियो सार्वजनिक अमेरिका। राज सिग्देलको मार्मिक गीत ‘थोत्रो चोली ‘गीतको भिडियो सार्वजनिक गरिएको छ। हरि बस्ताकोटीको रचना, अच्युत घिमिरेको बाचन र गायक राज सिग्देलको सुमधुर स्वर सुनेपछि याे गीत तयार भएकाे हाे।
धेरै एकल आमाहरू र उनीहरूको सन्ततीको माझमा पुर्याउनका लागि समाजसेवी तथा सफल व्यपारी दिकपाल केसीले आफ्नै अभिनय र लगानमा “थोत्रो चोली” भिडियो सार्वजनिक गरेका हुन्।
गीतमा कलाकार बेनिसा हमाल, जे सागर र बाल कलाकार आर्नब घिमिरेको अभिनय छ। त्यसैगरि गीतको सह-निर्देशक लोमस पौडेलको रहेको छ भने गीतलाई विकाश दाहालले सम्पादन गरेका हुन्।
नेपाली समाजमा घटने थुप्रै घटनालाई आधार बनाएर बुवाको हत्या त्यसपछि एकल नारीको दुखद घटना गीतमा समेटिएको छ।
गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन्।
गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन्। जोसँग उनले पछि विवाह गरे।
बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन जनक वलीले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन्। पेशाले सिभिल इञ्जिनियर हुन् सुरज। परिवारसहित क्यानडामा बस्दै आएका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरेका छन्।
जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ। गीतलाई सुरुगर्दा र बीच भागमा पुग्दा अच्युत घिमिरेले शील्पिकलाको लेप लगाउँदै शब्द बाचन गर्दा गीतलाई अत्यन्तै मार्मिक बनाएको छ।
भिडियाे
|
कुमारको सम्झनामा अमेरिकामा रक्तदान (तस्वीरहरु सहित) न्यूयोर्क। स्वर्गीय कुमार भट्टराईको सम्झानामा अमेरिकाको न्यू ह्याम्सायरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
न्यू ह्याम्सायरस्थित नेपालीहरुको नेतृत्वमा रहेको एभरेष्ट सेन्टेन्नियल लायन्स क्लब डिक्टिक्ट ४४ एचको आयोजनामा जनवरी ७ शनिबार भएको सो रक्तदानमा ३३ जनाले रक्तदान गरेका छन्।
स्वर्गीय भट्टराई अमेरिकाको न्यू ह्याम्सायरमा नेपाली र स्थानीय समुदायमा सामाजिक कामका लागि सक्रिय युवा थिए। व्यवसायमा पनि सफलता हाँसिल गरेका उनको गतबर्ष रहस्यमय ढंगले कारभित्र जलेको अवस्थामा मृत्यु भएको थियो।
स्थानीय लायन्स क्लबको नेतृत्वमा समेत रहेका भट्टराईप्रति श्रद्धाञ्जलि र सम्मानका लागि यो रक्तदानको कार्यक्रम आयोजना गरिएको थियो। रक्तदानपछि सहभागी सबैलाई स्वर्गीय भट्टराईकी पत्नी सीमा भट्टराईले धन्यवाद ज्ञापन गरेकी छिन्।
सो कार्यक्रममा उनले स्वयंसेवीको भूमिका खेलेकी थिइन्। आयोजक क्लबले सार्वजानिक गरेको विवरणअनुसार, ४७ जनाले रक्तदान गर्नका लागि नाम लेखाएकोमा इच्छुक सबैले रक्तदानको अवसर पाएनन्।
रक्तदानका लागि रेडक्रसको समय उपलब्धका कारण इच्छुक सबैले रक्तदान गर्न नपाएको सो क्लबले उल्लेख गरेको छ । उसले रक्तदानको अभियानलाई जारी राख्न अपिल पनि गरेको छ।
तस्विर सौजन्य : सीमा
|
अमेरिकाको कोलोराडोमा आफ्नै पसलमा गोली हानी एक नेपालीको हत्या कोलोराडो। अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो। हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ।
कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो। समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो।
सो पेय लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गोली प्रहार गरेको थियो। गोली प्रहारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो। लामिछानेको पसलमा कुनै चालचुल नभएकोपछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेको थियो।
हत्यामा संलग्न व्यक्ति र उनले प्रयाेग गरेकाे सवारी साधन
प्रहरी पुग्दा झण्डै ९ बजेको थियो। तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरीका र एक छोरा छन्।
गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो। सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो।
प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्यारा गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि पक्राउ परेको हो। हत्या गरेर भागेको सो लुटेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ बर्षको भएको इण्डियाना पक्राउको पक्राउ विवरणमा उल्लेख छ।
हत्यारा नर्थ क्यारिलिनाबासी भएको प्रहरीको विवरणमा उल्लेख छ।कोलोराडोको नेपाली समुदाय यो घटनापछि शोकमा डुबेको छ। नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, यसअघि यसरी गोली प्रहार गरी नेपालीको हत्या भएको थिएन त्यसैले नेपाली समुदायका लागि यो पहिलो पीडादायी घटना हो।
पीडितको अन्तिम संस्कार र परिवारका लागि भनेर नेपाली संस्थाहरुले गो फण्ड खोलेका छन्। अध्यक्ष ढकालले विपतको समयमा पीडित परिवारलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।
Help the family of Veshraj, tragically shot dead
|
नेजाका अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट काठमाडौं। नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग छुट्टा-छुट्टै भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायतका विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए। ‘प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारहरूको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयहरू जानकारी गराइएको छ,’ न्यौपानेले भने।
यस्तै, नेजाका अध्यक्ष न्योपानेले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराएका थिए।
‘अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारहरूले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराइयो,’ न्यौपानेले भने।
बिहीबार भएको उक्त भेटवार्तामा नवगठित सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको उनले जानकारी दिए।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष न्यौपाने सुर्खेतमा सम्पन्न पत्रकार महासंघको केन्द्रीय साधारण सभामा भाग लिन अमेरिकाबाट नेपाल आएका हुन्। उनले महासंघसँग समन्वय गरी नेजाले आगामी दिनमा गर्नसक्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफल गरिसकेका छन्।
|
टेक्सास लुट काण्ड : छानविन समिति गठन, सेवाग्राहीको काम रोकियो वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् ।
दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत्वमा दूतावासमा कार्यरत सैनिक अधिकृतसहितको छानविन समिति गठन भएको छ । समितिले बयानका लागि सम्बन्धित कर्मचारीहरुलाई प्रश्नहरु लिखितरुपमै सोधिसकेको छ ।
समाचारअनुसार, यो समितिले कति दिनसम्ममा प्रतिबेदन दिने भन्ने कुरा भने यकिन भएको छैन । दूतावासका प्रबक्ता एवं समितिका संयोजक कुमार खरेल आन्तरिक समिति भएकाले सदस्यहरुको नाम सार्वजानिक गर्नु उपयुक्त नहुने डिसी नेपाललाई बताए ।
टेक्सासका तीनवटा शहरहरुमा नेपाली दूतावासले कन्सुलर सेवा दिनका लागि डिसेम्बर १५ देखि २० तारिकसम्म सेवा शिविरहरु आयोजना गरेको थियो । यी शिविरहरुमा पासपोर्ट नवीकरण, एनआरएन कार्डलगायत दूतावासले दिने अन्य सेवाहरु उपलब्ध गराएको थियो ।
यसवापत ती शहरमा बस्ने सेवाग्राही नेपालहरुले तिरेको राज्यको राजश्व रकम दुई लाख अमेरिकी डलरभन्दा बढी उठेको थियो । सो रकम र आवश्यक कागजातसहित दूतावासका कर्मचारीको टोली ह्युष्टन एयरपोर्टबाट वासिंगटन डिसी फर्किने कार्यक्रम तय भएको थियो । एयरपोर्ट जानुभन्दा अघि खाना खान ह्युस्टनस्थित एक नेपाली रेष्टुरांमा पसेका बेला दूतावासका कर्मचारीले प्रयोग गरेको स्थानीय व्यापारी ज्ञानेश्वर श्रेष्ठको गाडी तोडफोड भई रकम लुटिएको थियो ।
मध्यान्ह १२ बजेर ३ मिनेटजतिको समयमा घटेको यो घटनापछि लामो समयसम्म दूतावासमा के गर्ने भन्ने अन्योल देखिएको थियो । तर, परराष्ट मन्त्रालयले आन्तरिक छानविन गर्न निर्देशन पठाएपछि राजदूत खत्रीले छानविन समिति नै गठन गरेका छन् । टेक्सासमा सेवा शिविरहरु संचालनका लागि दूतावासका कर्मचारीहरु उत्तम घिमिरे, राधारमण दुवे र टेक्सासमा एक स्थानीय स्टाफ खटिएका थिए । यी सबै छानविनको दायरामा परेका छन् ।
समाचारअनुसार, ह्युस्टन प्रहरीले यो घटनाबारे प्रारम्भिक प्रतिवदेन पनि दूतावासलाई दिएको छ । प्रहरीको अनुसन्धान रिपोर्टमा के छ भन्नेबारे स्पष्ट नभए पनि अमेरिकी प्रहरीको प्रारम्भिक छानविन पूरा नहुन्जेल सो प्रकरणमा संलग्न दूतावासका कर्मचारीहरुलाई ह्युस्टनमै बस्न भनिएको थियो ।
प्रहरीले प्रारमिभक प्रतिवेदन दिएपछि दूतावासका कर्मचारीहरु वासिंगटन डिसी फर्किएका छन् । त्यत्रो ठूलो धनराशी बोकेर हिडेका कर्मचारीले सामान्य सतर्कता नअपनाउंदा दूतावासले ठूलो मूल्य चुकाउनु परेको छ । यो लापरवाहीमा संलग्न कर्मचारीहरुमाथि कस्तो कारवाही हुने हो छानविनपछि थाहा होला तर राज्यको राजश्वको झण्डै पौने ३ करोड रकम डुबेको छ भने सो रकम तिर्ने सेवाग्राहीको काम ठप्प भएको छ ।
टेक्सासमा जजस्ले रकम तिरेर दूतावासको सेवा लिएका थिए उनीहरुले त्यसवापतको सेवा पाएका छैनन् । उनीहरुको पासपोर्ट नवीकरण वा एनआरएन कार्ड प्राप्ति वा नवीकरणको कुनै पनि काम शुरु भएकै छैन । कतिपय सेवाग्राहीहरु विद्यार्थी भएको, कतिपय अवैधानिकरुपमा अमेरिकामा बसोवास गरिरहेका र कतिपयको अध्यागमन अदालतमा मुद्धा चलिरहेकोले उनीहरुले बैंकिंङ्ग च्यानल प्रयोग नगरी नगद रकम तिरेर मनी अर्डर बनाएका छन् । ती मनी अर्डरहरुको रकम फिर्ता पाउने सम्भावन ज्यादै कम हुन्छ ।
यस्तो अवस्थामा राज्यका कर्मचारीले जिम्मा लिइसकेको रकम फेरि सेवाग्राहीलाई तिराउने काम भयो भने त्यसले झन् ठूलो समस्या ल्याउने निश्चित छ । अमेरिकावासी नेपालीहरुमा दूतावासको कामप्रति असन्तुष्टि पनि यो प्रकरणपछि चुलिएको छ ।
यो प्रकरणमा राजश्वको रकम जम्मा नभई काम हुने कुरा भएन र रकम जम्मा हुनुपूर्व नै लुटिएको अवस्था छ । कर्मचारीहरुबाट असुल उपर गर्न पनि सजिलो छैन किनकि रकम सानो छैन ।
प्रबक्ता खरेलका अनुसार, यो प्रकरणसम्बन्धी छानविनको काम धमाधम भइरहेको छ । उनले डिसी नेपालसंग भने, ‘सेवाग्राहीको काम अघि बढाउनेतर्फ पनि प्रक्रिया अघि बढेको छ । माथिल्लो निकायको निर्देशन पर्खेका छौं ।’
|
अमेरिकाको टेक्सासमा लुटियो नेपाली दूतावासको पैसा, लापरवाही कसकाे? वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाको टेक्सासमा अमेरिकास्थित नेपाली दूतावासको २ लाख डलर लगभग रकम आर्थत २ करोड ६५ लाख नेपाली बराबरको रकम लुटिएको छ। लुटपाटका परेको रकमबारे दूतावासले टेक्सासको प्रहरी र डिप्लोमेटिक सेक्युरिटी डिभिजन ह्युस्टनलाई जानकारी दिएको दूतावासले जनाएको छ।
समाचारअनुसार, सो रकम टेक्सास राज्यका ह्युस्टन, अस्टिन र डालास शहरमा कन्सुलर सेवा प्रदान गर्दा नेपालीबाटै उठेको नेपाल सरकारको राजश्वको रकम हो। दूतावासले डिसेम्बर १५ देखि २० तारिकसम्म टेक्सासका विभिन्न शहरहरुमा अमेरिकावासी नेपालीहरु (विद्यार्थीहरु समेत) लाई कन्सुलर सेवा दिएको थियो।
दूतावासले पासपोर्ट नवीकरणलगायतका कन्सुलर सेवा दिएवापत सरकारी राजश्वको रकम मनी अर्डर र क्यासियर चेकमार्फत बुझेको थियो। सो रकम डिसेम्बर २३ का दिन मध्य दिउँसो १२ बजेर ३ मिनेट जाँदा पार्किङमा राखिएको गाडीबाट लुटिएको दूतावासले जनाएको छ।
दूतावासका कर्मचारीहरु उत्तम घिमिरे, राधेश्याम दुबे र ह्युस्टनका अर्का एक लोकल स्टाप सो गाडीमा चढेका थिए। उनीहरु टेक्सासको कन्सुलर सेवासम्बन्धी काम सकेर वासिंगटन डिसीका लागि विमानास्थल हिड्नुअघि खाना खान भनेर एउटा रेष्टुराँमा पसेका थिए। त्यहीबेला पार्किङ्गमा राखिएको गाडी फोडेर सबै मनी अर्डर र क्यासियर चेक लुटिएको थियो।
दूतावासले भने ह्युस्टनबाट वासिंगटन डिसी जाने क्रममा पार्किङ्गमा राखिएको दूतावासले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको र रकम लुटिएकोमात्र जानकारी दिएको छ। तर, दूतावासले कहांको पार्किङ्गमा दूतावासले प्रयोग गरेको गाडी राखिएको थियो भन्ने चाहिँ विज्ञप्तिमा उल्लेख गरेको छैन ।
(हेर्नुहोस् विज्ञप्ति पनि)।
यसैगरी दूतावासले प्रयोग गरेको तर पार्किङ्गमा राखिएको गाडीमा कोही थियो कि थिएन? नभए किन त्यति धेरै रकमसहितको झोला गाडीमा राखियो? भन्ने प्रश्न पनि उठेको छ।
राज्यको राजश्वलाई गाडीमा त्यत्तिकै छाड्नुभन्दा आफूसँगै राखेको हुनुपर्नेमा हेलचेक्र्याइ गरिएको हो कि भन्ने आशंका पनि उठेको छ। समाचारअनुसार, स्थानीय व्यक्ति ज्ञानेश्वर श्रेष्ठको गाडी दूतावासका कर्मचारीहरुले प्रयोग गरेका थिए।
सहयोगको अपिल
यसैबीच दूतवासले प्रकाशित गरेको विज्ञप्तिमा कन्सुलर सेवा लिने सेवाग्राही समक्ष लुटिएको रकम फिर्ता ल्याउन सहयोगको अपेक्षा गरिएको छ। आआफूले तिरेको रकमको मनी अर्डर वा क्यासियर चेक सकेसम्म रद्ध गर्न आग्रह गरिएको छ।
र, रद्द भएमा अर्को मनी अर्डर वा क्यासियर चेक बनाई पुन दूतवासमा पठाउन आग्रह गरिएको छ। रद्द गर्न सम्भव नभए मनी अर्डर वा क्यासियर चेकको विवरण दूतवासको इमेलमा पठाइदिन अनुरोध पनि गरिएको छ।
बुझाइसकेको मनी अर्डर वा क्यासियर चेकबाट यदि कसैले रकम लिइसकेको भए आफ्नो बैंकबाट सो रकम लिनेको विवरण लिएर तत्काल दूतावासलाई जानकारी दिन पनि भनिएको छ।
|
पशुपतिनाथ फाउण्डेशन यूएसएको अध्यक्षमा रामेश्वर भण्डारी लस एन्जलस । लस एन्जेलस अबस्थित श्री पशुपतिनाथ फाउण्डेशन यूएसए को डिसेम्बर १८ गते सम्पन्न वार्षिक साधारण सभाले रामेश्वर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नयाँ बिधान अनुसार अर्को दुई बर्षमा स्वत अध्यक्ष हुनेगरी प्रेसिडेन्ट एलेक्टमा विमल श्रेष्ठ र निवर्तमान अध्यक्ष मुकुन्द ढुंगाना इमिडिएट पास्ट प्रेसिडेन्टको रुपमा कार्यसमितिमा रहनेछन् । अन्य पदाधिकारीमा रामबाबु पाण्डे (वरिष्ठ उपाध्यक्ष), चिरञ्जीवी गौतम (उपाध्यक्ष), डिल्ली (सिद्धार्थ) सिलवाल (सचिव), सुविन भट्टराई (सहसचिव), चक्रपाणि मिश्र (कोषाध्यक्ष) र लालमती (सोना) बस्नेत (सहकोषाध्यक्ष) मा नीर्बाचित भएका छन । १२ जना निर्देशकमा अर्जुन पौडेल, डन बी कार्कीक्षेत्री, एकप्रसाद पाण्डे, हेमबहादुर ठकुल्ला, हेमराज राई, इन्द्रराज पाण्डे, केदार पौडेल, लक्ष्मण घिमिरे, रामराजा पाण्डे, शमशेरबहादुर (सुवास) भण्डारी, तुलसी ग्यवली र उपेन्द्र सापकोटा रहेका छन् ।
संसोधित बिधान अनुसार भक्त थापा (अध्यक्ष), एकराज पाण्डे, विवेक श्रेष्ठ, विमला ढकाल, बृन्दा श्रेष्ठ गुरागाईं, गोकुल पौड्याल, कोशराज थपलिया, नेत्र मैनाली, राजेश पाण्डे, श्याम जोशी र सुशील चौगाई सम्मिलित ११ सदस्यीय कार्यसमिति गठन भएको छ। बोर्ड अफ ट्रस्टीले अभिभावक निकायको रूपमा काम गर्नेछ।
नवनिर्वाचित सञ्चालक समिति र बीओटी कार्यसमितिले पुस २१ गते मन्दिरमा एक समारोहबीच पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।नयाँ बीओटी पदाधिकारीहरुलाई ट्रष्टी बोर्डका निवर्तमान अध्यक्ष तथा समुदायका वरिश्ठ समाजसेवी वेदभक्त जोशीले पद तथा गोपनियताको सपथ गराएका थिए । र नवनिर्वाचित बीओटी अध्यक्ष भक्त थापाले नयाँ सञ्चालक समितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
सपथ समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले डलर-अ-डे कार्यक्रम, मन्दिरमै नेपाली पाठशाला सुसन्चालन र सामुदायिक केन्द्र निर्माणको कार्यक्रमलाई आफ्नो बोर्डको प्रमुख तीन प्राथमिकतामा राख्ने बताए । उनले आगामी दिनमा मन्दिर प्रशासनमा थप महिला सहभागिता सुनिश्चित गर्ने बताए । उनले लस एन्जलसका अन्य नेपाली संघसंस्थाहरुसँग मिलेर काम गर्ने बताए । परिमार्जित बिधान अनुसार अन्य नेपाली संघसंस्थाहरु पशुपतिनाथ तथा बुद्ध मन्दिरको आबद्ध सदस्य बन्न सक्नेछन् ।
सपथ समारोहपछि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले नवनियुक्त पधाधिकारीहरुलाई बधाई दिँदै फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, नेपाली महिला ग्लोबल नेटवर्ककी अध्यक्ष सपना थपलिया, नेपाल अमेरिका एकता समाजका अध्यक्ष नवीन पोखरेल, रक्तदाता संघका अध्यक्ष शारदा श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष डन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
|
अमेरिकी सैन्य अखडामा काम गर्ने नेपालीहरु ठगिएको अमेरिकी विश्वविद्यालयको रिपोर्ट वासिंगटन डिसी। अफगानिस्तनका अमेरिकी सैनिक कार्यालयहरुमा काम गर्दा मारिएका वा घाइते भएका अधिकांश नेपालीले कुनै क्षतिपूर्ति नपाएको एउटा रिपोर्ट अमेरिकी विश्वविद्यालयले सार्वजानिक भएको छ।
अमेरिकाको ब्राउन युनिभर्सिटीको वाट्सन इन्टिच्युटले कष्ट अफ वार परियोजना अन्तर्गत गरिएको अध्ययनमा अमेरिकी सरकारको नियम हुँदा हुँदै पनि सैनिक ठेकेदारहरुले सो नियमलाई उल्लंघन गर्दै क्षतिपूर्ति नदिएको निचोड निकालेको छ।
डिसेम्बर २० तारिक मंगलबार सार्वजानिक गरिएको सो रिपोर्टमा दशौ हजारको संख्यामा कम विकसित देशका नागरिकहरुले अमेरिकाको रक्षा मन्त्रालयअन्तर्गतका अफगानिस्तानका सैन्य ब्यारेकहरुमा काम गरेको र तिनले घाइते र अंगभंग हुँदा वा मारिँदा पनि कुनै क्षतिपूर्ति नपाएको उल्लेख छ।
अफगानिस्तानमा तालिवान र अन्य आतंकवादी संगठनहरुसँग लडाई गर्दा सन् २०१२ नेपाल, फिलिपिन्स र अन्य कम विकसित देशहरुबाट झण्डै १ लाखको संख्यामा कामदारहरु अमेरिकी सैन्य अखडाका सुरक्षालगायत विभिन्न काममा लगाइएका थिए।
रिपोर्टमा भनिएको छ, ‘उनीहरु अमेरिका र अफगानिस्तानका नभएकाले उनीहरुलाई तेस्रो देशका नागरिक भन्ने गरिएको र उनीहरु अमेरिकी सैन्य अखडाका क्याफ्टेरियामा काम गर्ने, सरसफाइको काम गर्ने र धेरैजसो सुरक्षा गार्डका रुपमा काम गर्नेहरु थिए।’
अमेरिकी सैनिकहरुले नेपाली सुरक्षा गार्डहरुलाई त आफ्नो सुरक्षा कवच(फ्ल्याक ज्याकेट) र आक्रमणकारीहरुका लागि चारो भन्ने गरेको कुरा पनि रिपोर्टमा उल्लेख गरिएको छ।
युद्धको समयमा अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेका झण्डै ४ हजार मारिएकामध्ये २ हजारजति त नेपाललगायत कम विकसित देशका थिए। त्यसैगरी हजारौं कामदारहरु गम्भीररुपले घाइते भएका थिए।
रिपोर्टका अनुसार, अमेरिकी रक्षामन्त्रालय पेन्टागनका कन्ट्याक्टर (मेनपावर सप्लाइ गर्ने ठेकेदारहरु)ले अमेरिकाको डिफेन्स बेस एक्ट १९४० अनुसार, सबै कामदारका लागि विमा गरिदिएको हुनुपर्ने थियो र सो विमाले नै घाइतेलाई उपचार र राहत तथा मृतक कामदारका परिवारलाई क्षतिपूर्ति तिर्नुपर्दथ्यो।
नोआ कबर्न र पिटर गिलले गरेको सो रिसर्चमा लेखकहरुले झण्डै २०० जना कामदारहरुसँग अन्तर्वार्ता गरी तयार गरेका थिए। कवर्न र गिलको रिपोर्टलाई सार्वजानिक गर्दै एनविसी न्यूजले उल्लेख गरेको समाचारमा अमेरिकाका सैन्य बेसहरुमा नेपाली कामदारहरु खटाइनुको कारण उनीहरु सस्तो दरका श्रमिक भएको पनि उल्लेख छ।
गिलले एनवीसी न्यूजसँग भनेका छन्, ‘उनीहरुका लागि सुरक्षाको आधार भनेको डिफेन्स बेस एक्ट हो तर त्यसले पनि काम गरेको पाइएन।’ रिपोर्टका अनुसार, नेपालकी गोमा कुंबरले आफ्ना पति यमबहादुर अमेरिकी वेस अफगानिस्तानमा भएको आत्मधाती हमलामा गुमाइन्।
सन् २०१२ को यो घटनामा परेका यमबहादुरकी पत्नी गोमाले २ लाख ५० हजार अमेरिकी डलर विमावापतको रकम पाउनुपर्ने अमेरिकी कानून थियो तर गोमाले केवल ४८ हजार डलरमात्र पाएकी छिन्। तर, गोमाले यसबारे अमेरिकाको श्रम मन्त्रालयको विशेष अदालतमा सबै रकम दिलाइपाऊं भनी उजुरी दर्ता गरेकी छिन्।
कामदारहरुलाई विमाको रकम दिन कन्ट्याक्टरहरुलाई अमेरिकी सरकारले करोडौं रकम दिएको भए पनि ठेकेदारहरुले सो रकम कामदारहरुलाई नदिएको पाइएको र यसबारेको सूचना फ्रिडम अफ इन्फरमेशन एक्टमार्फत शोधकर्ताहरुले लिँदा अमेरिकी कामदारहरुले पाउनेभन्दा आधामात्र रकम कम विकसितदेशका कामदारहरुले पाएको पत्ता लागेको पनि रिपोर्टमा उल्लेख गरिएको छ।
ठेकेदारहरुले विमासम्बन्धी गम्भीर नियम उल्लंघन गरेको पाइदा पनि उनीहरुमाथि ज्यादै कममात्र सजाय हुने खुलासा पनि रिपोर्ट गरिदिएको छ।
पूरै क्षतिपूर्तिको माग गरिएका लगभग ५० वटा केसहरु ती पनि अधिकांश नेपालीहरु भएको र यी केसहरुलाई एकजना वासिन्टनमा कार्यरत वकिल म्याथ्यु ह्यान्डलेले लडिरहेको पाइएको पनि रिपोर्टमा उल्लेख गरिएको छ।
फइल तस्वीर
|
आफ्ना उपाध्यक्ष तथा राखेपका पूर्व सदस्य सचिव सिंहप्रति हिमानी ट्रष्ट अमेरिकाको श्रद्धाञ्जली काठमाडौँ । हिमानी ट्रष्ट अमेरिकाका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधनको १३ औं दिनमा हिमानी ट्रष्ट अमेरिकाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्मा तथा महासचिव आनन्दु लामाले एक विज्ञप्ति मार्फत स्व. सिंहप्रति श्रद्धान्जली अर्पण गर्दै समवेदना प्रकट गरेका हुन् । ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका सिंहको डिसेम्बर १ मा निधन भएको थियो ।
२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा रहेर २०६३ वैशाखसम्म परिषद्लाई नेतृत्व प्रदान गरेका सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२०२९ देखि २०३४ सालसम्म राष्ट्रिय ब्याडमिन्टनमा लगातार ६ पटक एकल तर्फको उपाधि जित्नेका सिंहको ह्रदयघातका कारण निधन भएको हो ।
|
अमेरिकामा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली व्यवासायीको भूमिका विषयमा अन्तक्रिया अमेरिका। नेपाली उत्पादन,, मौलिक परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली व्यवसायीको भूमिका विषयमा अमेरिकास्थित महावाणिज्यदूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसँग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले कार्यक्रममा नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए। दुई देशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने उल्लेख गरे।
विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूँजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनले बताए।
|
परिजिताको अमेरिकी भ्वाइसको फाइनलमा पुग्ने यात्रा रोकियो वासिंगटन डिसी । अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको सेमिफाइनलबाट नेपाली मूलकी किशोरी परिजिता बास्तोला वाहिरिएकी छिन् । किशोर उमेरमै उनले अमेरिकाको अति उच्च प्रतिस्पर्धा हुने द भ्वाइसको सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
नेपालको झापाबाट अमेरिका बसाइ सरेका उनका माता पिताकी उनी कान्छी छोरी हुन् । परिजिताले टप आठ प्रतियोगीहरुका बीचको प्रतिस्पर्धामा बटम फोरमा परेकी थिइन् । त्यसमा पर्ने ४ जनामध्येबाट एकजना छनौटमा पर्ने गर्छन् ।
जम्मा ५ मिनेटको समय दिएर पुन भोटिंग खुल्ला गरिन्छ । यसो गर्दा परिजिताले अरु तीनजनाभन्दा बढी मत प्राप्त गर्न सकिनन् । टप आठको प्रतिष्पर्धाका लागि डिसेम्बर ५ मा हलिउडमा भएको गायन प्रस्तुतिमा परिजिताले गाएको अनस्टवेवल बोलको गीतबाट प्रभावित भएर द भ्वाइसका जजहरुले स्ट्ण्डिङ ओवेसन पनि दिएका थिए ।
उनलाई जिताउन उनको अमेरिकास्थित गृह राज्य मेरिल्याण्डका स्थानीय व्यक्तिहरु, राजनीतिकर्मी तथा समाजसेवीहरुले अभियान नै चलाएका थिए । मेरिल्याण्डका गभर्नर ल्यारी होगनले समेत उनको प्रसंसा गर्दै जितको शुभकामना दिएका थिए ।
उनको विजयका लागि नेपाली मूलका व्यक्तित्वहरुको नेतृत्वमा भएका सबैजसो संघ संस्थाहरुले परिजिताई भोट गरौं भन्ने अभियान नै चलाएका थिए । सेमिफाइनलसम्म पुगे पनि परिजिताले अमेरिकामा नेपाली प्रतिभाको निकै राम्रो परिचय दिएकी छिन् ।
भ्वाइस जितेर हलिउडमा नेपालको नक्सा चिनाउने उनको अठोट तत्कालका लागि पूरा नभए पनि हरेक इपिसोडमा निकै शक्तिशाली प्रस्तुति दिएर उनले नेपाल र नेपालीको परिचय भने भरपुर दिएकी छिन् ।
|
अमेरिकाको द भ्वाइसमा टप टेनमा पुगिन् परिजिता वासिंगटन डिसी। नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप टेन मा प्रवेश गरेकी छिन्।
उनी टप टेनमा छनौट भएको घोषणा क्यालिफोर्नियास्थित द भ्वाइसको सेटबाट बुधबार अमेरिकी समयअनुसार सांझ गरिएको थियो। उनले टप टेनभित्र पुग्नका लागि मंगलबार साँझ आफ्नो प्रस्तुति दिएकी थिइन्।
नेपाली खाना दाल भात तरकारी मन पर्छ भन्ने परिजिताले हलिउडमा नेपाललाई चिनाउने लक्ष्य लिएकी छिन्। जम्मा १७ बर्षकी उनले गाउने अंग्रेजी गीतहरुमा आफ्नो पन दिने गरेको भन्दै जजहरुले उनको प्रसंसा गर्ने गरेका छन्।
परिजितालाई भोट गर्नका लागि अमेरिका र संसारभरका नेपालीहरु र तिनका संघसंस्थाहरुले अभियान नै चलाउंदै आएका छन्।
|
युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ ।
मिडिया क्षेत्रमा लामो अनुभव भएका उनको अन्तर्राष्ट्रिय स्तरका मिडिया हाउससँग निकै राम्रो सम्बन्ध छ,’ क्लबका अध्यक्ष रिमेश खनालले भने, ‘त्यहि भएर हामीले उनलाई क्लबको अन्तर्राष्ट्रिय मिडिया सल्लाहकारमा मनोनयन गरेका हौँ । यसले विश्वभर विस्तार हुने विश्वास व्यक्त गरे ।
१५ वर्षदेखि मिडिया उद्योगमा सक्रिय रहेका उनले नेपालका ठूला मिडिया हाउसको नेतृत्व गरेका छन् । डिस्ट्रिक्ट रिपोर्टरका रूपमा मिडिया उद्योगमा काम गर्न थालेका उनी हाल कान्तिपुर पब्लिकेसन्स लिमिटेडको बिक्री वितरण विभागमा विभाग प्रमुखका रूपमा कार्यरत छन् ।
|
अमेरिकामा चिनियाँ पुलिस अफिस ? एफबीआई भन्छ- चिन्ताको विषय वासिंटन डिसी । झट्ट सुन्दा साह्रै नै अत्यारिलो कुरा हो यो । अमेरिकाका ठूला केही शहरहरुमा चीन सरकारका प्रहरीहरुले कार्यालय नै खोलेर काम गरिरहेका छन् भन्ने कुरा सहजै पत्याउन गाह्रो पर्छ । तर, यो विषयले अमेरिकाको संसदमा हिजो निकै चर्चा पाएको छ।
अमेरिकी गुप्तचर संस्था एफबीआईका प्रमुख क्रिस्टोफर रे ले विहीबार अमेरिकी सांसदहरुलाई यसबारे जानकारी दिएका थिए । उनले सांसदहरुसँग भने, ‘अमेरिकी सरकार चीनले यसरी अमेरिकाका विभिन्न शहरहरुलाई गैरकानूनीरुपले आफ्ना पुलिस स्टेशनहरु चलाएकोमा गम्भीर र चिन्तित छ।’
दुई महिनाअघि युरोपको एउटा मानवअधिकारवादी संस्था सेफगार्ड डिफेन्डर्सले एक रिपोर्ट प्रकाशित गर्दै अमेरिकाका विभिन्न शहरहरुमा चिनियाँ प्रहरीका अनाधिकृत स्टेशनहरु संचालित भएको उल्लेख गरेको थियो।
चीनले मुलुकविरुद्ध अपराध गरी भागेको आरोप लागेका चिनियाँ नागरिकहरुलाई आफ्नै प्रहरी लगाएर दवाव दिनका लागि यसरी अमेरिकाका विभिन्न शहरहरुमा स्टेशन नै खडा गरी काम गरिरहेको सो प्रतिवेदनमा औल्याइएको थियो ।
संसदको होमल्याण्ड सेक्युरिटी तथा गभर्मेण्ट एफियर कमिटीको सुनावाईका क्रममा बोल्दै एफबीआई डाइरेक्टर रे ले आफूहरु यसबारे निकै सचेत रहेको पनि बताए तर उनले एफबीआईले यसबारे गरिरहेको अनुसन्धानको विस्तृत विवरण भने उनले सांसदहरुलाई सुनाएनन्।
रिपल्बिकन सिनेटर रिक स्कटले चिनियाँ प्रहरी र तिनको स्टेशनलाई कस्तो कानुनी कारवाही भइरहेको छ भन्नेबारे चासो राखेको रोयटर्सले समाचार लेखेको छ।
अमेरिकी नागरिक भइसकेका चिनियाँ मुलका व्यक्तिहरुलाई धम्क्याउने, तर्साउने र विभिन्न आरोपहरु लगाएर चीन फर्कन वाध्य पारी पक्राउ गर्ने दुर्नियतले चीनले प्रहरीहरु अमेरिकामा परिचालन गरेकोबारे संसदीय समितिलाई निकै गहन छलफल भएको थियो।
सुरू समाचारमा डाइरेन्टर रेलाई एफबीआई हुनुपर्नेमा अन्यथा भएकोले क्षमायाचनासहित सच्याइएको छ।
|
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रद्वारा वार्षिक देउसी-भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)ले आफ्नो वार्षिक देउसी-भैलो कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनईसीसीले मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन र संरक्षण गर्नका लागि देउसी-भैलो कार्यक्रम आयोजना गरेको थियो ।
गत अक्टोबर २२ देखि नोभेम्बर ५ सम्म भएको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, अन्य प्रतिष्ठित व्यक्तित्वहरू, संस्थाहरू, अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।
एनईसीसीले उपाध्यक्ष पर्शु तिमल्सिनाको नेतृत्वमा देउसी-भैलो समन्वय टोली गठन गरेको हो । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन एनईसीसी कार्यकारी समितिका अध्यक्ष सरोज प्रजापति, बोर्ड अफ ट्रष्टीजका अध्यक्ष खिलेन्द्र न्यौपाने, सम्पत्ति प्रबन्धक प्रमोद केसी, संस्कृति निर्देशक टेक लामिछाने लगायत स्वयंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रयास तिमल्सिना, अर्जुन घिमिरे, नारायण खरेल, सुबोल रिजाल, रामचन्द्र भट्टराई, कमला थापा, राजश्री खड्का, राजु क्षेत्री, सुदिन अमात्य, कृष्ण प्रजापति, शान्ति न्यौपाने, सरला क्षेत्री, इभा खरेल, सुनिता अमात्य, विष्णु शीतल, सरस्वती शर्मा, मधु भण्डारी, यशोदा भण्डारी, रेहाना नेपाल, मगन श्रेष्ठ, नानी श्रेष्ठ, लक्ष्मी यादव, विष्णुकुमारी थापा लगायतका समर्पित देउसी-भैलो कलाकारहरूअहोरात्र खटेका थिए ।
देउसी-भैलो कार्यक्रममा ५० हजार डलर भन्दा धेरै रकम जम्मा भएको थियो । देउसी-भैलोमा उठेको रकम एनईसीसीको पशुपति-बुद्ध मन्दिर, जर्मनटाउनका लागि चलिरहेका आयोजनाहरूलाई निरन्तरता दिन निकै उपयोगी हुने आयोजकले जनाएको छ ।
|
विश्व रङ्गमञ्चमा नेपाल चिनाउन चाहने परिजिताको अर्को जादुमयी प्रस्तुति वासिंगटन डिसी। अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइस मा नेपाली मूलकी किशोरी परिजिता बास्तोलाले आई विल नेभर लभ एगन बोलको गीत गाएर फेरि एकपल्ट हलिउडमा धुम मच्चाएकी छिन्। यो चर्चित गीतकी ओरिजिनल गायिका लेडी गागा हुन्।
परिजिताको प्रस्तुतिमा चारैजना जजहरुले उठेर स्टेण्डिङ ओवेसन दिएका थिए। त्यसपछि द भ्वाइसका जज एवं टिम कोच लेजेन्डले जादुमयी आवाज भन्दै परिजिताको प्रसंसा गरेका थिए।
नोभेम्बर १४ को साँझ क्यालिफोर्नियामा भएको सो पर्फमेन्समा परिजिताको गायकीले सबैको मन जितेको थियो। प्रस्तुति अघि उनका बारेमा दिइएको छोटो भिडियोमा उनले नेपाल र नेपालीको नाम लिएकी थिइन् र नेपालका अत्याधिक मानिसहरुले आफूबाट धेरै आशा गरेको बताएकी थिइन्।
टप १६ मा परिसकेकेकी परिजिता आजको प्रस्तुतिपछि अर्को चरणमा प्रवेश गर्ने छिन्। तर, यो भोटिङ राउण्ड भएकाले उनलाई अर्को चरणमा पुर्याउन भोट दिनु जरुरी छ। उनलाई भोट दिन आईफोन भए एप स्टोरमा गई एनविसी द भ्वाइस डाउनलोड गरेर वा एनविसी डट कममा द भ्याइस लेखी आफ्नो इमेलले लग लिन गरेर १० वटा भोट निशुल्क दिन सकिन्छ।
अमेरिकामा दुबै तरिकाले भोट दिन सकिन्छ भने अमेरिका वाहिर रहनेहरुले इनविसी डट कममार्फत १० वटा भोट निशुल्क दिन सक्नेछन्। परिजिताका लागि उनको अमेरिकास्थित गृह राज्य मेरिल्याण्डमा स्थानीय राजनीतिकर्मीदेखि स्थानीय संघ संस्था र नेपाली तथा नेपालीभाषी विभिन्न संघ संस्थाले भोट अभियान चलाएका छन्।
द भ्याइसमा अघि बढिरहेकी बास्तोलाको परिवार झापाबाट अमेरिका आएको हो। उनले डिसी नेपालको टक फ्र्याङ्क्ली विथ मनिषा कार्यक्रममा नेपालको नाम विश्व रंगमञ्चको नक्सामा राख्न चाहेको बताएकी छिन्।
उनले आफूलाई नाम फेर्न सल्लाह दिइए पनि आफ्नो पहिचान खुल्ने नेपाली नाम परिजिता फेर्न अस्वीकार गरेको पनि सो कार्यक्रममा बताएकी छिन्। उनलाई मनपर्ने नेपाली खाना दाल भात हो।
कक्षा १२ मा अध्ययनरत १७ बर्षीया परिजितालाई विजयी गराउन गैरआवासीय नेपाली संघ, साथी बाल्टिमोरलगायतका स्थानीय संघ संस्थाहरु एवं नेपाल र अमेरिकामा रहेका प्रतिष्ठित नेपाली गायकहरुका साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समेत सबैमा भोट अपिल गरेका छन्।
अमेरिकी समयअनुसार, नोभेम्बर १४ सोमबारको द भ्वाइस सबै मिलेर हेर्न उनको गृह नगर सेभेर्ना पार्कका स्थानीयहरुले एउटा स्थानीय रेष्टुरेण्टमा सबैलाई भेला गरेका थिए। उनको दमदार प्रस्तुतिपछि उनलाई भोट हाल्ने लहर चलेको थियो।
द भ्वाइसको नियमअनुसार, भोट अमेरिकाको पूर्वीय समयअनुसार, सेप्टेम्बर १५ तारिक विहान ७ बजेसम्म र नेपाली समयअनुसार नोभेम्बर १५ तारिक बेलुकी ८ बजेर १५ मिनेटसम्म गर्न सकिने छ। यसको नतिजा नोभेम्बर १५ को साँझ लाइभ कार्यक्रममार्फत नै सुनाइने छ । यो हप्ता जितेमा उनी टप १३ मा पुग्ने छिन्।
|
अमेरिकामा नेपाली मूलका आइत गुरुङ पत्नी हत्यामा दोषी ठहर न्यूयोर्क। मासु काट्ने हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोप लागेका नेपाली आइत गुरुङलाई न्यायालयले दोषी ठहर गरेको छ। उनलाई फर्ष्ट डिग्री मर्डर र सेकेन्ड डिग्री मर्डर दुबैमा दोषी प्रमाणित गरी सजाय सुनाइएको हो।
श्रीमती योगेश्वरी खड्का गुरुङको हत्या गरेपछि उनले सासु तुलसाको समेत हत्याको प्रयास गरेको र सासुलाई घाइते बनाएको आरोप लागेको थियो। न्यूयोर्क नजिकको भर्मण्ट राज्यको न्यायालयले गुरुङलाई दोषी ठहर गरी नोभेम्बर ३ तारिकका दिन जेल सजायको फैशला गरेको थियो।
सन् २०१७ को अक्टोवर २७ मा गुरुङले आफ्नी पत्नीको हत्या गरी सासुलाई पनि आक्रमण गरी घाइते बनाएका थिए। तर, सासु तुलसा भने भागेर बाँचेकी थिइन्। घटना भएको ५ बर्षपछि नोभेम्बर ३, २०२२ मा भर्मण्टको न्यायालयले यो मुद्दामा फैसला सुनाएको हो।
भर्मण्ट राज्यको कानुनअनुसार, फर्ष्ट डिग्री मर्डर प्रमाणित भए कम्तिमा ३५ बर्ष र बढीमा आजीवन कारावासको सजाय भोग्नु पर्छ। सेकेन्ड डिग्री मर्डरमा कम्तिमा २० बर्ष र बढीमा आजीवन जेलको सजाय दिइने उल्लेख छ। गुरुङलाई दोषी ठहर गरे पनि अजीवन कारावास हो कि होइन भन्ने आदेशका उल्लेख भएको छैन।
उनको मानसिक स्वास्थ्यलाई समेत विचार गरेर उनलाई जेल पठाउने आदेशका लागि अझै केही हप्ता लाग्न सक्ने बताइएको छ। फैसला पूर्व यो प्रकरणमा लगातार ४ दिनसम्म बहश भएको थियो।
गुरुङ पक्षका वकिलहरुले घटनाको समयमा गुरुङको मानसिक स्वस्थ्य ठीक नभएको र मानसिक रोगका कारण त्यस्तो घटना भएको भन्दै मानसिक स्वास्थ्य परीक्षणका कागजहरु पनि अदालतसमक्ष प्रस्तुत गरेका थिए। तर, उनीहरुको तर्कलाई न्यायालयले मान्यता दिएन।
तर, सन् २०१९ मा भने चिटेन्डेन्ट काउन्टी काउन्सिलका न्यायाधिबक्ताले मानसिक स्वास्थ्यसँग जोडिएकाले यो मुद्दा खारेज गरी गुरुङलाई राहत दिएका थिए। काउन्टी न्यायाधिबक्तको सो निर्णय उपर भर्मण्टकै गभर्नर फिल स्कटको आदेशमा राज्यका महान्यायाधीबक्ताले पुन मुद्दा दायर गरेका थिए।
नोभेम्बर ३ को फैशलापछि गभर्नर स्कटले सार्वजानिक प्रतिक्रिया दिँदै हिंस्रकलाई स्वतन्त्रता दिन नमिल्ने र अदालतले उचित आदेश दिएकोले न्याय भएको उल्लेख गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।
विगतमा डिप्रेसनको समस्यामा भएका कारण सम्भावित दुर्घटनाहरु नहुन भन्नका लागि गुरुङलाई अर्को आदेश नभएसम्मका लागि हालसम्म उनलाई राखिएकै अस्पतालमा नियन्त्रण र निगरानीमा राख्ने आदेश पनि न्यायालयले दिएको छ। यो प्रकरणमा स्थानीय टीभी र संचारमाध्यमहरुले अदालती सजायसम्बन्धी भिडियोहरु पनि सार्वजानिक गरेका छन्।
हेर्नुहोस् डब्यूसीएएक्स मिडियाले सार्वजानिक गरेको भिडियो
|
अमेरिकाकी सबैभन्दा वृद्ध व्यक्तिले ११५ औं जन्मदिन मनाइन् काठमाडौं । संयुक्त राज्य अमेरिकामा सबैभन्दा वृद्ध जीवित व्यक्ति बेसी हेन्ड्रिक्सले आफ्नो जीवनको अर्को १ वर्ष पार गरेकी छिन् । सीएनएनका अनुसार अनुसार हेन्ड्रिक्स नोभेम्बर ७ मा ११५ वर्षकी भइन् । हेन्ड्रिक्सको जन्म १९०७ मा भएको थियो। उनको जीवनकालले २१ राष्ट्रपति, दुई विश्व युद्ध, र टाइटानिक डुब्न समेत देखेको छ।
सुपरसेन्टेनेरियनहरू (११० वर्ष भन्दा माथि बाँचेका मानिसहरू) लाई रेकर्ड र प्रमाणित गर्ने जेरोन्टोलजी रिसर्च ग्रुपका अनुसार उनी संयुक्त राज्य अमेरिकामा सबैभन्दा वृद्ध जीवित व्यक्ति हुनुको साथै विश्वको चौथो सबैभन्दा वृद्ध जीवित व्यक्ति पनि हुन् । केसीसीआईका अनुसार हेन्ड्रिक्सले आफ्ना तीन छोराछोरीसँगै शेडी ओक्स केयर सेन्टरमा आफ्नो ११५ औं जन्मदिन मनाइन्।
केसीसीआईका अनुसार उनकी छोरी जोन स्याफरले भनिन्, “तपाईले यसलाई कसरी शब्दमा व्यक्त गर्नुहुन्छ मलाई थाहा छैन।” आफ्नी आमाको ११५ औं जन्मदिनको अघिल्लो दिन स्याफर ९० वर्षकी भइन् । “यो अचम्मको छ कि हामीसँग अझै पनि उहाँ हुनुहुन्” उनले भनिन् ।
हेन्ड्रिक्सका छोराछोरीहरूले उनलाई कडा परिश्रम गर्ने, हेरचाह गर्ने आमाको रूपमा वर्णन गरे। केसीसीआईका अनुसार हेन्ड्रिक्सकी आमा १३ वर्षको हुँदा उनको मृत्यु भयो।
जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार हाल, सबैभन्दा वृद्ध जीवित व्यक्तिको उपाधि ११८ वर्षीया फ्रान्सेली नन लुसिल रान्डनको नाममा छ । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा वृद्ध व्यक्ति अर्की फ्रान्सेली महिला जीएन लुइस क्यालमेन्ट थिइन्, जो गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार १२२ वर्ष भन्दा बढी बाँचेकी थिइन्। क्यालमेन्टको १९९७ मा मृत्यु भयो।
|
अमेरिकामा परिजितासँग मेयर बालेनकाे वार्तालाप (भिडियोसहित) वासिंगटन डिसी। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाको द भ्वाइस रियालिटी शो मा भोटिङ राउण्डमा पुगिसकेकी नेपाली मूलकी परिजिता बाँस्तोलालाई जुममार्फट भेट गरी सफलताको शुभकामना दिएका छन्। उनले अमेरिकी समयअनुसार नोभेम्बर १० तारिक साँझ परिजितासँग कुरा गरेका हुन्।
परिजिताको परिवार नेपालको झापाबाट अमेरिका आई मेरिल्याण्ड राज्यको सेभेर्नापार्क भन्ने स्थानमा हाल स्थायी बसोबास गरिरहेको छ। मेयर बालेन परिजितालाई हिपप कत्तिको मन पर्छ भनेर सोधेका थिए। यसको उत्तरमा परिजिताले अत्ति नै मन पर्ने र अधिकांश समय आफू हिपप सुनेर बस्ने बताइन्।
परिजिताले बालेनलाई तपाईं पनि म्युजिक फिल्डमा हुनुहुन्थ्यो नि भन्दै बालेनको सावेज भन्ने गीत सुनेको बताइन्। जवाफमा बालेनले अहिले पनि म म्युजिकमै छु भनेका थिए। समय नमिलेर अहिले सुटिङ गर्न पाएको छैन, समय मिलेपछि नयां हिपप गीत बजारमा ल्याउने जानकारी पनि उनले दिएका थिए।
बालेन नेपाली बोल्नु हुन्छ? नेपाली गीत गाउन आउँछ? भनी परिजितालाई सोधेका थिए भने जवाफमा परिजिताले बोल्छु र गाउँछु मात्र भनिनन् मेरो पहिलो भाषा नै नेपाली भएको बताइन्। अमेरिकामै जन्मेकी परिजिताले अहिलेसम्म नेपाल नपुगेको र यो प्रतिष्पर्धा पछि समय मिलाएर नेपाल जाने पनि बालेनलाई बताएकी थिइन्।
बालेनले नेपाल आउँदा आफूलाई पनि जानकारी दिन आग्रह गर्दै भेटका लागि उत्सुक भएको बताएका थिए। मेयर साहसँगको कुराकानीका क्रममा परिजिताकी आमा बीरा तिवारी वास्तोला पनि संँगै थिइन्। यो भेटघाटको व्यबस्था साथी बाल्टिमोरका रमेश भट्टले मिलाएका थिए।
(भिडियो सौजन्य रमेश भट्ट)
|
ग्राहक र कर्मचारीलाई नियन्त्रणमा लिएर अमेरिकामा लुटेराहरुले यसरी लुटे नेपालीको सुन पसल र ग्रोसरी (भिडियोसहित) वासिंगटन डिसी। साँझ ६ बजेर ३२-३३ मिनेट यस्तै समय भएको हुनुपर्छ। ७ जना बन्दुकधारीहरु एकैपल्ट ह्वारार्र पसलभित्र पसे। पसलभित्र ग्राहक पनि थिए र हामी पनि थियौं। अरु दिनको झैं व्यापारको काम भइरहेकै थियो। ती सातजना बन्दुकधारीहरु पसेपछि उनीहरुले कर्मचारी र ग्राहक दुबैलाई नियन्त्रणमा लिए र पसल लुट्न थाले।
अमेरिकाको ह्यारिसवर्ग शहरमा नेपालीभाषी व्यवसायीले चलाएको पसलभित्र लुटेरा पसेको प्रत्यक्षदर्शीको विवरण सुनाउँदै टीवी गुरुङले भने-म र मेरो श्रीमति पसलभित्रै थियौं त्यतिबेला।
अमेरिकाको पेन्सिलभेनिया ह्यारिसवर्ग शहरमा डेरी स्ट्रीटमा रहेको टेकबहादुर गुरुङ, ललित गुरुङ र सावित्री बरालले संचालन गरेको सो ग्रोसरी पसल (किराना पसल) भित्र बराल ज्वेलर्स नामको सुन पसल पनि सञ्चालनमा छ। नोभेम्बर १० तारिक साँझ ती दुबै पसलमा अपरिचित लुटेराहरुले यसरी आतंक मच्चाएका थिए।
पसलभित्र पस्नासाथ केहीले कर्मचारी र केहीले ग्राहकहरुलाई नियन्त्रणमा लिएका थिए। न्यूयोर्कबाट ताजा तरकारी र पसलका लागि सामान आइपुगेको दिन र पसलभित्र गेम खेल्ने(कम्प्युटरमा खेलिने खेल) हरु पनि आइरहने हुँदा पसलभित्र र वाहिर पनि भीडभाड नै थियो।
उनीहरुले बन्दूक तेस्र्याउँदै सबैलाई घोप्टो परेर भूईंमा सुत्न भनेका थिए। एकाएक सबै आत्तिनु स्वाभाविक थियो, सबै भूईंमा घोप्टो परेर सुते। केही ग्राहक भाग्न पनि खोजेका थिए तर उनीहरुलाई बन्दूक ताकेर फेरि भूईंमै घोप्टो पर्न लुटेराहरुले आदेश दिएका थिए।
ग्राहक र कर्मचारीलाई नियन्त्रणमा लिनेहरु बाहेक अरु लुटेराहरु सुन पसलतिर पसेका थिए। उनीहरुले सुन पसलको सो रुपमा सबै सिसाहरु फुटाइदिए र भएभरको सुनजति सबै बोके। लुट्नेक्रममा साना तिना सुनका टुक्रा भूईंमा पनि छरिएका थिए।
गुरुङका अनुसार, लुटेराहरुले किराना पसलको क्यास काउण्टरबाट झिकेर भएभरको पैसा पनि लगेका छन्। ‘त्यहाँ यत्ति नै थियो भन्ने यकिन भइसकेको छैन’, उनले भने, ‘लगभग ८-९ सय डलर थियो होला।’ धेरैजसो कारोवार क्रेडिट वा डेविट कार्ड वा अन्य पेमेण्ट कार्डबाट हुने भएकाले अमेरिकामा स्टोरहरुमा खासै नगद रकम जम्मा हुने गर्दैन।
त्यत्रो सुन पसलको सो केस तोडेर सुन लुटेर निस्कन लुटेराहरुका लागि बढीमा ३ मिनेटको समय लागेको थियो। विजुलीसरी उनीहरु भित्र छिरे र यत्ति छिट्टो लुटेर निस्किए कि सपनाजस्तो अनुभव थियो त्यो।
पसलको बाहिर पनि केही बन्दुकधारीहरु बसेका रहेछन् जम्मा ११ जनामा ७ जनाभित्र पसेका थिए, स्थानीय दीपकजंग विश्वकर्माले डिसी नेपालसँग भने, ‘लुटेराहरुले माथिदेखि तलसम्म सबै छोप्नेगरीको लुगा लगाएका थिए।’
लुटेराहरुले कति सुन लगे भनेर अहिले नै यकिन भन्न सकिने अवस्था छैन, दीपकजंगले भने, ‘१३ देखि १५ किलोसम्म सुन लुटिएको प्रारम्भिक अनुमान छ।’ लुटेराहरले सुन र राखिएका भाँडासहित ट्र्यास व्याग (फोहोर राख्ने प्लाष्टिकका झोला) मा हालेर लगेको पनि उनले जानकारी दिए।
धन्न मानवीय क्षति भएन, गुरुङ्गले डिसी नेपालसंग भने, लुटेराहरुले धकालेर लडाउने गरे पनि गोली हानेनन्, उनीहरुले यत्ति छिटो लुटेर भागे कि यस्ता घटना अमेरिकामा हुन्छन् भनेर सुनिन्थ्यो मात्र अहिले आफैं भोगियो। तर, सौभाग्य नै भन्नुपर्छ सुरक्षित हुन भने पाइयो।
सपनाजस्तै लाग्ने यो घटनामा लुटेराहरु त यत्ति छिट्टो भागेका थिए कि उनीहरु कस्ता थिए भनेर ठम्याउने समय पनि कसैलाई थिएन। फेरि सबैले पूरै शरीर ढाक्नेगरी एउटैरंगको लुगा लगाएका थिए र सबैका हातमा बन्दुक थियो। अमेरिकामा लुटेराहरुसँग प्रतिवाद गर्दा धेरैले ज्यान गुमाएका छन्।
अधिकांश स्टोरहरुको विमा पनि गरिने हुँदा यति उचित वा सम्पूर्ण लगानीको विमा गरिएको छ भने यस्ता लुटपाटका घटनामा व्यवसायीलाई आर्थिक नोक्सानीको सम्भावना पनि कम हुन्छ। तर, त्रासदिपूर्ण यस्ता घटनाको भोगाइ भने निकै कठिन हुन्छ।
गुरुङका अनुसार, घटना लगत्तै प्रहरीलाई खवर गरिएको र प्रहरी पनि ६ मिनेटभित्रै घटनास्थल आइपुगेको थियो। अमेरिकामा पछिल्ला दिनहरुमा नेपाली र नेपालीभाषी समुदायले सञ्चालन गरेका सुन पसलहरुमा लुटेराहरुले ताकेको सिलसिलाबद्ध घटनाक्रमहरुले देखाएका छन्। त्यसैले सतर्कताको जरुरी पनि देखिएको छ।
|
अमेरिकाको भर्जिनियास्थित हर्नडन नगर परिषद सदस्यमा ढकाल निर्वाचित वासिंगटन डिसी । अमेरिकाको राजधानी नजिकको राज्य भर्जिनियाको एउटा शहर हर्नडनमा नेपाली मूलका प्रदीप ढकाल नगर परिषद् सदस्य निर्वाचित भएका छन् । नोभेम्बर ८ मंगलबार भएको सो निर्वाचनको राति अवेर आएको परिणाम अनुसार उनले ३३५० मत प्राप्त गरेका छन् ।
नेपालमा हुंदा झापा जिल्लाका बासिन्दा रहेका ढकाल अमेरिकी राजनीतिमा लाग्ने युवा पुस्ताका नेपाली हुन् । उनले यसअघि सोही पदमा दुई कार्यकाल निर्वाचित भई काम गरिसकेका छन् । विगत १० बर्षदेखि भर्जिनियाको हर्नडन शहरमा स्थायी बसोवास गर्दै आएका ढकाल स्थानीय नेपाली समुदायका संघसंस्थामा सक्रिय रुपमा सामाजिक काम गर्दै अमेरिकाको मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । कम उमेरमै स्थानीय राजनीतिमा पाएको उनको सफलताले अमेरिकाको राज्यस्तर र केन्द्रीय राजनीतिमा पनि उनका लागि बाटो खुल्ने आशा नेपाली समुदायले राखेको छ । उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००६ मा अमेरिका आएका थिए ।
ढकालले स्थानीयका समस्याहरु विद्यालयको स्तरोन्नति, समावेशिता, शहरको ट्राफिक व्यबस्थापनमा सुधारजस्ता विषयहरुलाई आफ्नो चुनावी मुद्धा बनाएका थिए । उनको विजयले मतदाताका रुपमा नेपाली मूलका समुदायको उल्लेख्य उपस्थिति नहुंदा पनि स्थानीय राजनीतिमा आफूले अघि सारेका मुद्धाहरुका कारण जनताको मन जित्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको छ । अमेरिकामा किरण सिटौला, ह्यारी भण्डारी, सरहाना श्रेष्ठ, रामचन्द्र श्रेष्ठसंगै प्रदीप ढकाल पनि नेपाली मूलका अमेरिकी राजनीतिकर्मीको लाइनमा दह्रोसंग उभिएका छन् ।
|
अमेरिकामा अर्को इतिहास, न्यूयोर्कको सांसदमा सराहना निर्वाचित न्यूयोर्क । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिएको न्यूयोर्क राज्यसभामा इतिहासमै पहिलोपल्ट नेपाली मूलको निर्वाचित प्रतिनिधित्व भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेकी नेपाली मूलकी सराहना श्रेष्ठले विपक्षीलाई भारी मतले पराजित गर्दै राज्य सांसद निर्वाचित भएकी हुन् ।
नोभेम्बर ८ का दिन भएको सो निर्वाचनको परिणाम राति अबेर आएको थियो । नेपालको काठमाडौंमा जन्मेकी श्रेष्ठका प्रतिष्पर्धी उम्मेद्वार रिपब्लिकन पार्टीका थिए । उनी न्यूयोर्कको डिक्ट्रिक १०३ बाट निर्वाचित भएकी हुन् । यो क्षेत्र बहुसंख्यक गोरा जातिको बसोबास भएको क्षेत्र हो । उनको क्षेत्रमा लगभग ३ प्रतिशतमात्र एशियन मूलका अमेरिकीहरुको बसोवास छ ।
न्यूयोर्कमा इतिहासमै पहिलोपल्ट नेपालीले यसरी उच्च पदमा निर्वाचित भएपछि सराहनालाई सामाजिक सञ्जालमार्फत अमेरिकावासी नेपालीहरुको बधाइको ओइरो लागेको छ । अमेरिकाभर र संसारका विभिन्न स्थानहरुबाट उनलाई बधाइको ओइरो लागेको छ ।
र, अधिकांशले अमेरिकाजस्तो देशको मूलधारको राजनीतिमा नेपाली महिलाको गर्विलो उपस्थितिले इतिहास कायम गरेको भन्दै बधाइ दिएका छन् । बिगत केही बर्षदेखि उनी जलवायु परिवर्तनका विषयमा वकालत गर्दै सामाजिक काममा सक्रिय बनेकी थिइन् । उनले वर्र्किंग क्लास (कामकाजी) जनसंख्याले केवल बांच्नमात्र होइन त्योभन्दा राम्रो जीवन पाउनुपर्छ भन्ने मूल नारालाई अघि सारेकी थिइन् ।
|
अमेरिकी नागरिक बनेको ३ वर्षमै सराहना श्रेष्ठ चुनाब जितेर अमेरिकाकी सांसद बनिन् काठमाडौं। ३ वर्षअघि सन् २०१९ मा अमेरिकी नागरिक बनेकी नेपाली मूलकी सराहना श्रेष्ठ अमेरिकाकी सांसद बनेकी छिन् । उनले अमेरिकाको न्यूयोर्क विधानसभाका लागि १०३ औं एसेम्बली डिस्ट्रिक्टबाट जित हात पार्दै सांसद बनेकी हुन् ।
डेमोक्रेटिक पार्टीकी श्रेष्ठले कूल ३५ हजार ४ सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगको अनौपचारिक तथ्यांकलाई उद्धृत गर्दै डेली फ्रिम्यानले जनाएको छ । उनीसँग प्रतिस्पर्धा गरेका रिपब्लिकन पार्टीका रियल्टर प्याट्रिक शीहानले २३ हजार १०४ मत प्राप्त गरे ।
गएको जूनमा श्रेष्ठले १३ पटकका सांसद केभिन काहिललाई पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित गर्दै पार्टीको तर्फबाट सांसदको उम्मेदवारी जितेकी थिइन् ।
|
अमेरिकामा इतिहास रच्दै ह्यारी भण्डारी राज्य-सांसद पदमा पुन: निर्वाचित बाल्टिमोर। नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यसभाको सदस्य(डेलिगेट) पदमा पुन विजयी भएका छन्। नोभेम्बर ८ तारिकमा भएको निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वार भएका थिए।
भर्खरै सम्पन्न मत गणना मा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट उनले राज्यसभा सदस्य पदमा विजय प्राप्त गरेका हुन्। मतगणना स्थलबाट पत्रकार तरूण पाैडेलले दिएकाे जानकारी अनुसार उनले आफ्ना प्रतिष्पर्धी रिपब्लिकन पार्टीका उम्मेद्वारलाई उल्लेख्य मतले पराजित गरेका छन्।
भण्डारी दोस्रोपटक मेरिल्याण्ड राज्यको राज्यसभा सदस्य पदमा विजयी भएका हुन्। उनी अमेरिकी राजनीतिमा सक्रिय थोरै नेपालीमूलका राजनीतिकर्मीमध्येका एक हुन्। उनले यसअघि नै अमेरिकामा पहिलो नेपाली मूलका राज्यसभा सदस्य निर्वाचित भएको इतिहास बनाइसकेका छन्।
नेपालको पर्वत जिल्लाको तत्कालीन थापाथाना गाविस (हालको फलेवास नगरपालिका) जन्मेका भण्डारीले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी पास गरेका थिए।
यसअघिको कार्यकालमा नेपाली मूलका अमेरिकीहरुका लागि विभिन्न कार्य गरेर चर्चामा आएका उनले मुख्यरुपमा नेपालीहरुको महान चाड दशैंमा एक दिन विदा दिने गरी मेरिल्याण्ड राज्यका दुबै संसदबाट पारित गराएका छन्।
उनले प्रस्तुत गरी पारित गराएको प्रस्तावअनुसार हरेक वर्ष अक्टोवर ५ तारिकमा दशैं विदा दिइने छ। उनले आफ्नो निर्वाचन क्षेत्रको बाल्टिमोर काउण्टी सरकारबाट दीपावलीका दिन सो पर्व मनाउनेहरुलाई विद्यालयबाट विदा दिने नीति पास गराएर लागू गरिसकेका छन्।
उनले मेरिल्याण्डको नेपालीहरुको संस्था बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका(वाना)का लागि संसदबाटै पारित गराएर दुई लाख अमेरिकी डलर बजेट उपलब्ध गराएका छन् भने हिन्दू बुद्ध मन्दिरका लागि पनि उनले सरकारी तहबाट सहयोग उपलब्ध गराएका छन्।
अघिल्लो कार्यकालमा स्वास्थ्य र शिक्षासँग सम्बन्धित धेरै विलहरु पास गराएका उनले बाल्टिमोरमा विनाकारण गोलीको शिकार भई मारिएका संखुवासभाका विद्यार्थी सागर घिमिरेको नाममा उनले सागर घिमिरे एक्ट प्रिभेन्टिंग भायोलेन्स इन कम्युनिटी नामक विधेयक पनिे छलफलका लागि अघि बढाएका छन्।
|
अमेरिकामा आज चुनाव, दुई दलबीच तीब्र प्रतिष्पर्धा वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकामा आज मध्यावधि चुनाव हुँदै छ। यो चुनावले केन्द्रीय संसदमा डेमोक्र्याट वा रिपब्लिकन कुन दलको बहुमत हुने हो भन्ने निर्क्योल गर्ने भएकाले दुबै दलका लागि आजको चुनाव अत्यन्तै महत्वपूर्ण बनेको छ।
हाउस अफ रिप्रिजेन्टेटिमका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि सांसदहरु छनौट हुने भएकाले भावी संसद कस्को पक्षमा जाने हो भन्ने कुराको टुंगो यही निर्वाचनले लगाउने छ। आजकै चुनावबाट ५० राज्यमध्ये ३६ राज्यका गभर्नरहरु पनि छानिनेछन्।
त्यसैगरी धेरैजसो राज्यहरुमा राज्यसभाका सांसदहरुको पनि निर्वाचन आज नै छ। राष्ट्रपति जो वाइडेनको कार्यकालको मध्य अर्थात् दुई बर्षमा हुन लागेको यो निर्वाचनले उनलाई बाँकी कार्यकाल काम गर्न कति सजिलो वा कठिन हुनेछ भन्ने पनि तय गर्ने छ।
सरकारका हरेक कामहरु संसदबाट पारित गराएरमात्र गर्नु पर्ने भएकाले पनि यो निर्वाचन दुवै दलहरुका लागि आफ्नो शक्ति देखाउने ठूलो अवसर भएको छ।
यदि धेरै सिटहरुका रिपब्लिकन दलका उम्मेद्वारहरुले जितेको खण्डमा बांकी दुईबर्षको कार्यकाल राष्ट्रपति वाइडेनका लागि निकै कष्टकर बन्नेछ। यो निर्वाचनका लागि मुख्यता अमेरिकामा बढ्दै गएको व्याजदर मुख्य इस्यु भएको छ।
केही महिनाको अवधिमै केन्द्रीय बैंकले तीनपटक सम्म ब्याजदर बढाइदिएकाले सरकारले सही आर्थिक नीति लिन नसकेको र मुद्रास्फितिको चर्को मारमा पर्नुपरेको कुरालाई सरकारविरोधी अस्त्र बनाइएको छ यो चुनावमा। योसँगै उपभोक्ताहरु इन्धनलगायत हरेक उपभोग्य बस्तुको मूल्य बृद्धिको मारमा परेको कुरा पनि पेचिलो गरी उठेको छ।
त्यसैगरी दोस्रो प्रमुख मुद्धाका रुपमा गर्भपतन गर्न पाउने कि नपाउने भन्ने कुरा उठेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभावमा चलेको रिपब्लिकन पार्टीले गर्भपतनलाई बैधानिकता दिन नहुने मत राखेको छ भने सत्तारुढ डेमोक्रेटिक पार्टीका नेताहरुले आफ्नो जीवन आफ्नै अधिकार भएको अभियान नै चलाएका छन्।
यो विषय अमेरिकाको धार्मिक मान्यताहरु समेत जोडिएर निकै पेचिलो बनेको छ। अर्को सर्वाधिक चर्चाको विषय भनेको अमेरिकामा बन्दुक नियन्त्रणको हो।
निश्चित मापदण्ड पुरा गरेका हरेक नागरिकले संविधानत हतियार किन्न र बोक्न पाइने भएकाले त्यसको सदुपयोग नभई आम नरसंहारका घटनाहरु पछिल्ला बर्षहरुमा निकै बढेका छन्।
रिपब्लिकनहरुले गन कन्ट्रोल गर्न नपाइने अडान राखेका छन् भने डेमाेक्र्याटहरुले गन कन्ट्रोल गर्न निकै कडा नीति ल्याएर लागू गर्नुपर्ने प्रस्ताव मतदाताहरु समक्ष गरेका छन्। त्यसवाहेक यहांको प्रजातन्त्र पनि यतिबेला आएर चुनावको मुद्धा बनेको छ।
ट्रम्पले आफू पराजित भएपछि पनि सत्ता हस्तान्तरण गर्न नमानेको र फेरि रिपब्लिकनहरुलाई नै मतदान गर्ने हो भने अमेरिकाको लोकतन्त्र खतरामा पर्ने र यहाँका जनताले सर्वसत्तावादीहरुको शासन भोग्नुपर्ने तर्क गरेर डेमोक्र्याटहरुले मत मागेका छन्।
जनवरी ६, २०२० को संसद भवनमाथिको आक्रमण शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न नदिने षड्यन्त्र भएको भन्दै ट्रम्पविरुद्ध जनमत बनाउने प्रयास डेमोक्र्याटहरुले यो चुनावमा गरेका छन्।
यसवाहेक अध्यागमन प्रणाली र विदेशीहरुलाई अमेरिका प्रवेश र वसोवास सहज हुन दिने कि नदिने, यहाँको शिक्षा, जलवायु परिवर्तन र युक्रेनमा रुसले गरेको हस्तक्षेपजस्ता विषयहरु चुनावी मुद्दाका रुपमा छन्।
|
समता सिनेटको न्यूयोर्क कार्यक्रममा कुटाकुट (भिडियोसहित) न्यूयोर्क। समता ग्लोबल सिनेटले न्यूयोर्कमा गरेको एउटा सांगितिक कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएको छ।
नेपालबाट बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य प्रमुख अतिथिका रुपमा सहभागी भएको सो कार्यक्रममा एकजना युवा निकै पिटिएका पनि छन्।
गायिकासँग नृत्य गर्न स्टेजमा पुगेका एक युवालाई नाच्दा नाच्दै स्टेजबाट तल झारिएको र गायिकाले गीत गाइसकेपछि ती युवासँग विवाद हुँदै गरेको देखिएको थियो।
यो विवाद बढ्दै जाँदा पिटापिटको अवस्था आएको थियो। प्रत्यक्षदर्शी सहभागीका अनुसार,पिटापिटमा केहीलाई चोट लागेको छ। पिटापिटमा पर्नेमा आयोजक तर्फका स्वयंसेवक पनि छन्।
शनिबार साँझ न्यूयोर्कको वुडहेभन मेनर क्याटर्स एण्ड बेन्क्वेटमा शुरु भएको कार्यक्रम शुरुशुरुमा सौहार्दपूर्ण भए पनि विस्तारै होहल्ला बढ्दै गएको थियो। कार्यक्रमस्थलमै मदिरा बिक्री पनि गरिएकाले रौनक अर्कै हुँदै गएको थियो।
समता ग्लोबल सिनेट र आरके फाउण्डेसनको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बरिष्ठ कलाकारहरु श्रेष्ठ र आचार्यले प्रस्तुति दिइसकेका थिए। गायिका निशा सुनारले गीत गाउँदै थिइन्।
उनको गीतमा स्टेज तल नाच्नेहरु थिए। यीमध्येका एकजना गायिका सुनारको हात समातेर स्टेजमा पुगेको सार्वजानिक भएका भिडियोहरुमा देखिएको छ।
पछि तिनै व्यक्तिलाई केही व्यक्तिहरुले स्टेजबाट तल झारेका थिए। उनी स्टेज चढेको कुराको विवाद बढ्दै जांदा त्यहाँको महोल विग्रिएको थियो। र यही विवाद कुटाकुटमा परिणत भएको थियो।
यसबारे थुप्रै भिडियो र टिकटक भिडियोहरु फेसबुक र टिकटकमा सार्वजानिक भएका छन्। मन्चबाट आयोजकहरुले झगडा नगर्न आह्वान गर्दै गरेको तर झगडा भने निकै चर्किएको सार्वजानिक भएका भिडियोहरुमा देखिएको छ।
केही समयको हानाहानपछि कार्यक्रमस्थलवाहिर गएर छलफल गरौं भन्दै केहीलाई कार्यक्रमस्थलवाट वाहिर लगिएको थियो। यो झगडा लगत्तै गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुति दिएका थिए।
नेपालमा गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई जम्मा १ सय रुपैंयामा फिसमा शिक्षा दिंदै आएको समता फाउण्डेसनको सहयोगार्थ सो कार्यक्रम गरिएको थियो।
|
विदेश बस्ने एमालेहरुले आफ्नो नेता छाने, अध्यक्षमा अमेरिकाबाट थापा काठमाडौं। विदेश बस्ने नेपालीहरुका लागि नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाबाट सञ्जय थापा छानिएका छन्। थापा अमेरिकाको न्यूयोर्क निवासी हुन्।
शनिवार र आइतवार दुई दिनसम्म जारी रहेको सो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व छनौट गरेको निवर्तमान संचार विभागका प्रमुख प्रभु थापाले जानकारी दिए। उनका अनुसार, उपाध्यक्षमा अष्ट्रेलियाबाट रमेश पाण्डे छनिएका छन् भने सचिवमा स्पेनबाट हेम शेर्पा, उपसचिवहरुमा कतारबाट चानक पोख्रेल र बेलायतबाट कर्ण शाही छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिवार उद्घाटन गरेको मञ्चको नेतृत्व आइतवार अवेर चुनिएको थियो। शुरुमा प्रतिष्पर्धीहरु धेरै भएपछि आन्तरिक निर्वाचनबाट नेतृत्व छनौट गर्ने भनिए पनि पछि आपसी सहमती गरिएको थियो।
सहमतिअनुसार, अमेरिकाबाट ६ जना केन्द्रीय समितिमा परेका छन्। जसमा अध्यक्ष थापा, सदस्यहरुमा डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र सिवाकोटी छन्। त्यसैगरी युरोपबाट ९ जना केन्द्रीय समितिमा छानिएका छन्।
जसमा सचिव शेर्पा र उपसचिव शाहीवाहेक सदस्यहरुमा सरस्वती केसी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया, राजेन्द्र पुडासैनी र हेमराज जोशी छन्। गल्फ अर्थात खाडी मुलुकहरुमध्येबाट पाँच जना केन्द्रीय समितिमा परेका छन्।
जसमा उपसचिवमा पोख्रेल र सदस्यहरुमा तीर्थ गौतम, जयति शर्मा, महेश गिरी, कमल मणि र बलराम गिरी छन्। त्यसैगरी अष्ट्रेलियाबाट उपाध्यक्षमा पाण्डे र सदस्यहरुमा डा.विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुयाल र सीता केसी एवं पूर्वी एशियाबाट सदस्यहरुमा जापानबाट सुरेश केसी र डा.सरोज कडेल, कोरियाबाट सन्जु केसी र हङकङबाट भक्त गुरुङ पनि छानिएका छन्।
नवनिर्वाचित अध्यक्ष थापाले प्रवासमा बस्ने नेपालीहरुको अवस्थालाई मजवुत बनाउनेतर्फ नै आफू सक्रिय हुने बताए। उनले डिसी नेपालसँग भने, ‘प्रवासका नेपाली मजवुत भए मातृभूमिलाई पनि फाइदा पुग्छ।’
|
समता विद्यालयको सहयोगार्थ महजोडीको सहभागितामा अमेरिकामा कार्यक्रम वासिङ्टन डिसी । नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ ।
विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विद्यालयका अध्यक्ष तथा परिकल्पनाकार उत्तम सञ्जेल अमेरिका आएका हुन् । उक्त कार्यक्रमको सुरुआत अमेरिकाको न्यूयोर्कबाट शनिबार शुरु गरिएको छ ।
कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ कलाकार श्रेष्ठले भने, “हामी यो पटक अमेरिकामा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शैक्षिक क्षेत्रमा योगदान दिन अनुरोध गर्दै आइपुगेका छौँ ।
समता विद्यालय एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठानको नमूना भएको र यसका लागि विगत २२ वर्षदेखि एक जनाले चलाउँदै आउनुभएकाले यसमा हातेमालो गर्न अपिल गर्दै हामी आएका हौँ ।”
विभिन्न नौ वटा राज्यमा सांस्कृतिक कार्यक्रमसहित सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको जानकारी दिँदै ग्लोबल सिनेटका अध्यक्ष प्रा डा उत्तम गौलीले नेपालको रूपान्तरण शिक्षाबाट मात्र सम्भव छ भन्ने विश्वासका साथ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान भएको बताए ।
उनका अनुसार शिक्षा क्षेत्रमा समता विद्यालयले सञ्चालन गरेको विद्यालयहरूलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीहरुलाई निश्चित शुल्क तिरेर सिनेटरको उपाधि दिइने छ । यसरी उपाधि प्राप्त गरेका व्यक्तिले विद्यालयको सञ्चालनका लागि विभिन्न नीति नियम तय गर्न तथा रणनीति निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
गौलीले भने, “अमेरिकामा नेपाली समुदायले व्यक्त गरेको चासो र प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।” शनिबार न्यूयोर्कमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको थियो ।
समता ग्लोबल सिनेटको आयोजनामा भएको बृहत् सुशोभन समारोह तथा सांस्कृतिक साँझमा नेपालीहरूको उल्लेख उपस्थिति थियो ।
मातृभूमिमा शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आरके फाउण्डेशन अमेरिकाको सहकार्यमा आयोजित समता साँझमा गायक रामृष्ण ढकाल, विमल डाँगी, निशा सुनारलगायत एक दर्जन कलाकारले गायन तथा नृत्य प्रदर्शन गरेका थिए । साथमा मह जोडीले समेत प्रस्तुति दिएको थियो ।
नेपालको ७७ जिल्लामा नै खोलिएका विद्यालयहरूमा समता विद्यालयमार्फत करिब ५० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय रुपैयाँँ शुल्कमा कक्षा १ देखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने विद्यालयको संरक्षकमा महजोडी रहेका थिए ।
|
विश्वको सबैभन्दा ठूलो लट्रीको मूल्यले आकाश छोयो, विजेताले अढाइ खर्ब रुपैयाँ जित्ने काठमाडौं । विश्वको सबैभन्दा ठूलो लट्रीले सोमबार रेकर्ड तोड्ने भएको छ । यो लट्रीको पुरस्कार अहिलेसम्म प्रस्ताव गरिएकोमध्ये सबैभन्दा धेरै छ ।
यो लट्रीको प्रथम पुरस्कार विजेताले १.९ बिलियन डलरको ज्याकपट जित्न सक्नेछन् । अमेरिकाको स्थानीय समयअनुसार सोमबार राती पावरबल ड्रमा यो विशाल रकम दाउमा भएको छ ।
बहु-राज्य खेल अपरेटरले शुक्रबार बताएको कुरालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार ज्याकपटमा अनुमानित ७८२.४ मिलियन डलरको एकमुष्ट विकल्प छ । यसले “गिनिज वल्र्ड रेकर्डमा सबैभन्दा ठूलो राष्ट्रिय लोटरी ज्याकपटको लागि विश्व रेकर्ड तोड्ने,” सहभागी क्यालिफोर्निया लोटरीले ट्वीट गरेको छ ।
गिनिज वल्र्ड रेकर्ड्सको “राष्ट्रिय लटरीमा सबैभन्दा ठूलो ज्याकपट” पावरबलले जनवरी २०१६ मा सेट गरेको थियो । त्यतिबेला तीनवटा टिकटहरूले १.५८६ बिलियन डलरको ज्याकपट जितेका थिए ।
यो लट्री आफैमा ठूलो हो किनकि यसले आफ्नै रेकर्ड तोडेको छ । आइतबारको ड्र अमेरिकाको न्युयोर्क समयअनुसार १० बजेर ५९ मिनेट (नेपाली समय आइतबार बिहान ९ बजेर ४४ मिनेट) मा खुल्नेछ । यो ड्र फ्लोरिडा लोटरी ड्र स्टुडियो टल्लाहसीमा हुनेछ। पावरबलका अनुसार पेन्सिलभेनियामा अन्तिम पटक अगस्ट ३ मा ज्याकपोट जितेपछि यो ४० औं पावरबल ड्रइङ हुनेछ।
यदि कसैले जित्न सकेन भने, यसले “महान पुरस्कार विजेता बिना लगातार ड्रको संख्याको लागि खेल रेकर्डलाई बराबरी गर्नेछ,” अपरेटरले भने। “यस पावरबल खेलले हाम्रा खेलाडीहरूले चाहेको ठ्याक्कै प्रदान गरिरहेको छ,” पावरबल उत्पादन समूहका अध्यक्ष ड्र्यू स्विटकोले एक विज्ञप्तिमा भने।
“यि १.६ बिलियन डलर ज्याकपटको साथ हामी इतिहास बनाउने साक्षी छौं! रोमाञ्चक कुरा के हो भने यो दौडले लाखौं विजेताहरू सिर्जना गरिसकेको छ, जसमा करिब १०० खेलाडीहरू छन् जसले १ मिलियन वा सोभन्दा बढीको पुरस्कार जितेका छन्।”
पावरबल टिकटहरू प्रति खेल २ डलर मूल्यका छन् र डिसी, पोर्टो रिको र यूएस भर्जिन टापुहरूसहित ४५ राज्यहरूमा बेचिन्छ।
|
अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूत मेलबर्न । अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन (दिबेश पोखरेल) लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूतमा नियुक्त भएका छन् ।
आर्थरलाई बुद्धको जन्मस्थलका बिषयमा रहेको विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले सिर्जित विश्वव्यापी अभियान लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठद्वारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो ।
Maven Entertainment र S-Events & Multimedia द्धारा संयुक्त रुपमाआयोजना गर्न लागिएको MAVEN NIGHT Feat. ARTHUR GUNN (American Idol 2020 – Runner-Up) का लागि मेलबर्न आइपुगेका आर्थरलाई म्याजिक मम क्याफे फुटस्क्रेमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा श्रेष्ठद्धारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो ।
अभियानले उद्देश्यप्राप्ती कार्यमा आ-आफ्नो कामका आधारमा योगदान पुर्याएका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र राजदूतहरुलाई समेत सम्मान गरिसकेको छ । नेपाल र नेपालीको शिर उँचो बनाउन योगदान पुर्याउँने राष्ट्रिय अन्तरराष्ट्रिय सेलिब्रेटीहरुलाई अभियानको दूत नियुक्त गरी सम्मान गर्दै आएकाले आमेरिकन आइडलमा सहभागी भएर २०२० मा रनरअप बनी नेपाल र नेपालीको शिर उँचो राख्न योगदान गरेका कारण आर्थर गनलाई अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
आर्थर गनलाई श्रेष्ठले दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि श्रेष्ठले अभियानले अभियानद्धारा अन्तरराष्ट्रिय महत्व राख्ने उपलब्धीका बारेमा संक्षेपमा जानकारी दिएका थिए ।
आर्थर गनले अस्ट्रेलियाका मुख्य शहरहरुमा आफ्नो प्रस्तुति दिनेछन् । मेलबर्नपछि उनले १७ नोभेम्बरमा सिडनीमा प्रस्तुति दिनेछन् । मेलबर्नको उनको प्रस्तुतिमा भ्वाइस अफ नेपाल २०१८ का रनरअप कुशल आचार्य र भ्वाइस अफ नेपाल -३ को उत्कृष्ठ १० मा पर्न सफल निहारिका ज्ञवालीले पनि साथ दिनेछन् ।
|
विश्वको सबैभन्दा ठूलो लट्रीको नतिजा आज आउँदै, विजेताले २ खर्ब रुपैयाँ जित्ने काठमाडौं । विश्वको सबैभन्दा ठूलो लट्री आज खुल्दैछ । यो लट्रीको पुरस्कार अहिलेसम्म प्रस्ताव गरिएकोमध्ये सबैभन्दा धेरै छ । यो लट्रीलो प्रथम पुरस्कार विजेताले १.६ बिलियन डलरको ज्याकपट जित्न सक्नेछन् । अमेरिकाको स्थानीय समयअनुसार शनिबार राती पावरबल ड्रमा यो विशाल रकम दाउमा भएको सीएनएनले जनाएको छ ।
बहु-राज्य खेल अपरेटरले शुक्रबार बताएको कुरालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार ज्याकपटमा अनुमानित ७८२.४ मिलियन डलरको एकमुष्ट विकल्प छ । यसले “गिनिज वल्र्ड रेकर्डमा सबैभन्दा ठूलो राष्ट्रिय लोटरी ज्याकपटको लागि विश्व रेकर्ड तोड्ने,” सहभागी क्यालिफोर्निया लोटरीले ट्वीट गरेको छ ।
गिनिज वल्र्ड रेकर्ड्सको “राष्ट्रिय लटरीमा सबैभन्दा ठूलो ज्याकपट” पावरबलले जनवरी २०१६ मा सेट गरेको थियो । त्यतिबेला तीनवटा टिकटहरूले १.५८६ बिलियन डलरको ज्याकपट जितेका थिए ।
शनिबारको ड्र अमेरिकाको न्युयोर्क समयअनुसार १० बजेर ५९ मिनेट (नेपाली समय आइतबार बिहान ९ बजेर ४४ मिनेट) मा खुल्नेछ । यो ड्र फ्लोरिडा लोटरी ड्र स्टुडियो टल्लाहसीमा हुनेछ। पावरबलका अनुसार पेन्सिलभेनियामा अन्तिम पटक अगस्ट ३ मा ज्याकपोट जितेपछि यो ४० औं पावरबल ड्रइङ हुनेछ।
यदि कसैले जित्न सकेन भने, यसले “महान पुरस्कार विजेता बिना लगातार ड्रको संख्याको लागि खेल रेकर्डलाई बराबरी गर्नेछ,” अपरेटरले भने। “यस पावरबल खेलले हाम्रा खेलाडीहरूले चाहेको ठ्याक्कै प्रदान गरिरहेको छ,” पावरबल उत्पादन समूहका अध्यक्ष ड्र्यू स्विटकोले एक विज्ञप्तिमा भने।
“यि १.६ बिलियन डलर ज्याकपटको साथ हामी इतिहास बनाउने साक्षी छौं! रोमाञ्चक कुरा के हो भने यो दौडले लाखौं विजेताहरू सिर्जना गरिसकेको छ, जसमा करिब १०० खेलाडीहरू छन् जसले १ मिलियन वा सोभन्दा बढीको पुरस्कार जितेका छन्।”
पावरबल टिकटहरू प्रति खेल २ डलर मूल्यका छन् र डिसी, पोर्टो रिको र यूएस भर्जिन टापुहरूसहित ४५ राज्यहरूमा बेचिन्छ।
|
अमेरिकाको डेनभरमा सुरसुधाको ‘हिलिङ थ्रु म्युजिक कन्सर्ट’ काठमाडौं । अमेरिकाको डेनभर शहरमा सुरसुधाको हिलिङ थ्रु म्युजिक कन्सर्ट हुने भएको छ । डेनभर शहरमा नेपालको नेपालको चिर-परिचित सांगितिक समुह सुरसुधाको ‘हिलिंग थ्रु म्युजिक’ कन्सर्ट आयोजना हुने लागेको हो ।
करिब एक बर्षको अथक प्रयास पछि अमेरिकाको विभिन्न शहरहरुमा सांगितिक कार्यक्रम हुने ब्याण्डका म्यानेजर विनिशा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार डेनभरमा ब्रुमफिल्ड अडिटोरियममा कार्यक्रम हुने तय भएको छ। कोलोराडो फाइन आर्ट्सएसोसिएशनले कार्यक्रम आयोजना गरेको हो ।
हाल सुरसुधा समुहमा तबला वादक सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमन महर्जन, गितारमा बिकास सुनार र गायनमा सरस्वती खत्री रहेकी छिन्। कार्यक्रम एकदमै फरक किसिमको प्रस्तुती रहने पनि बिनिशाले उल्लेख गरिन्। यो कार्यक्रमबाट सुरसुधाको अलग पहिचान कायम हुनेमा पनि आफु विश्वस्त रहेको उनले बताईन्।
सुरसुधा नेपालको सबैभन्दा पुरानो क्लासिकल म्यूज़िक ग्रुप मध्य एक हो । अहिले पनि जब जब नेपालमा विशिष्ट अतिथिहरु नेपाली भित्रिन्छन्, उक्त आतिथ्यको लागि एक मात्र विकल्प अझै सुरसुधा नै रहेको बिनिशाले बताइन्।
हालै टाईम्स म्युजिकको कोलेबोरेसनमा सुरसुधाको महाम्रित्युन्जय मन्त्र सर्वाधिक चर्चित भएको थियो जसमा सरस्वती खत्री सहित अभिनेत्री मनिशा कोईरालाले पनि गाएकी थिइन्।
|
‘प्रवासमा रहेका नेपालीले परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउन सल्लाह दिनुपर्छ’ काठमाडौं । आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गदै डिसी नेपालले नेपालको चुनावमा प्रवासको मत कार्यक्रम ल्याएको छ । दर्शकहरु माझ निकै रुचाइएका कार्यक्रम प्रस्तोता अर्जुन दाहाल (नुन चिनी पानी अमेरिकाका अभियन्ता) र कविन्द्र सिटौलाले संयुक्त रुपमा सञ्चालन गर्ने कार्यक्रम प्रत्येक दिन अमेरिकाको बिहान ८ बजे (न्युयोर्क समयमा) प्रशारण हुनेछ ।
शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुले पनि राम्रा मान्छेलाई जिताउन प्रोत्साहन गर्नुपर्ने बताएका छन् । प्रवासमा रहेका लाखौँ नेपालीहरुले मतदान गर्न नपाएपनि आफ्ना परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउने सल्लाह दिन आग्रह गरेका छन् ।
आगामी निर्वाचन देशको मुहार फेर्ने सुनौलो अवसर रहेको भन्दै उनले त्यस अवसरमा पार्टीका कार्यकर्ताहरु पनि नेताको पकेट बन्न नहुने तर्क गरेका छन् । प्रवासमा रहेका कार्यकर्ताहरुले पनि पहिला देश अनि पार्टीबारे सोच्नुपर्ने उनको भनाई थियो ।
स्थानिय तहमा काठमाडौं महानगरपालिकामा आएको मतपरिणामको उदाहरण दिँदै श्रेष्ठले प्रवासमा रहेका अधिकांश युवाहरुको सल्लाह सुझावले देशमा राम्रो मान्छे चुनिने अवसर आउने बताए । प्रवासमा रहेपनि पार्टीप्रति आस्था राख्नेले पनि पार्टीमा भएका राम्रा मान्छे जिताउनुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा वरिष्ठ गायक प्रेमराजा महतले नेपालमा जन्मेर जुनसुकै देशमा गएपनि हामी नेपालकै रुप भएकाले देश बनाउनमा प्रवासीको महत्वपूर्ण भुमिका हुने बताएका छन् । हालको चुनावमा विश्वभरीमा रहेका नेपालीहरुले राष्ट्रलाई चाहिने मान्छे चुन्न मद्दत गर्नुपर्ने उको भनाई थियो ।
एनआरएनए अमेरिकाकी महिला उपाध्यक्ष दिक्षा बस्नेतले प्रवासबाट आचारसंहितामा सुशुचित गराउने भुमिका पनि खेल्न सकिने बताएकी छन् । उनले चुनावमा महिलाको कम उमेरद्वारी परेको प्रसंगमा उमेरद्वारी कम भएपनि महिलाको सहभागिता उल्लेख्य हुनुपर्ने बताइन् । महिलाहरुले पनि राम्रो मान्छे चुन्न सहयोग गर्नुपर्ने उनको धारणा छ ।
शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालले अहिलेको राजनीतिमा शिष्टाचार नहुने तर्क दिए । उनले आगामी निवार्चबाट राजनीतिमा शिष्टाचार पनि सँगै लैजान प्रवासीहरुले भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा गोपी उप्रेती, शैलेश श्रेष्ठ, हेमराज भट्ट लगायत विशिष्ठ अतिथिहरुको पनि सहचागिता रहेको थियो । प्रत्येक दिन अमेरिकामा बिहान (नेपालमा साँझ) प्रशारण हुने कार्यक्रममा नेपालको चुनावमा प्रवासको चासो, भुमिका आदि विषयमा छलफल हुनेछ ।
|
सेक्रेमेण्टाेमा फरक तरिकाले सम्पन्न भयो नेपाली साहित्यिक कार्यक्रम अमेरिका । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अमेरिकाको क्यालिफोर्नियास्थित सेक्रेमेन्टो शहरमा पृथक शैलीमा रचना वाचन गरेर मनाइएको छ।
तिहारको लक्ष्मीपूजामा जन्मिएका महाकवि देवकोटाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा कुनै सभापति राखिएको थिएन, न त खादा माला वा भाषण नै गरिएको थियो।
नेपालीका कार्यक्रम भन्ने वित्तिकै अतिथि आसन, खादा माला आदिका औपचारिकतमै समय व्यतीत हुने गरेकोमा सेक्रेमेण्टो क्षेत्रका साहित्यप्रेमी नेपालीहरुले त्यसलाई तोडेका छन्।
बृहत् सेक्रेमेन्टो क्षेत्रको डेविस शहरको मेरी एल स्टेफेन्स पु्स्तकालयको हलमा अक्टोवर ३० तारिकका दिन सम्पन्न भएको कार्यक्रमको आरम्भ महेश गौतमले स्वागत मन्तव्य, प्रमोद अमात्यले कार्यक्रम खाका र नीरन्जन वाग्लेले महाकविको कविता अंश पाठ गरेर गरेका थिए। कार्यक्रमको संचालन स्वस्तिका स्वस्ति र बाबु आचार्यले गरेका थिए।
साहित्यकार प्रमोद अमात्यका अनुसार, सन् २०१६ सालदेखि यस शहरमा देवकोटा जयन्तीको कार्यक्रम यसरी नै भव्यताकासाथ शुरु हुन थालेको हो। कार्यक्रम संचालन अगाडि भेटघाट, पुस्तक प्रदर्शन, विक्री वितरण तथा चियापानको अनौपचारिक कार्यक्रम रहेको थियो।
मञ्चमा कुनै औपचारिक आसन ग्रहन, माला खादा, भाषण आदि गतिविधि बेगर सहज र सरल तवरमा रचना वाचन र श्रवणको कार्य सम्पन्न भएको थियो।
रचना वाचनमा विनोद पौड्याल, कृष्णमान श्रेष्ठ, अमर तामाङ्ग, सर्वज्ञ वाग्ले नवराज कार्की, दुर्गा दाहाल तथा सुरेश भट्ट हुनुहुन्थ्यो । त्यस्तै रितादेवी प्रधान, शान्ति पौडेल, मधु पोख्रेल, र स्वस्तिका स्वस्तिले पनि आफ्ना रचना सुनाएका थिए।
कार्यक्रममा बाबु आचार्य, मुरारी पौडेल, सुरेन्द्र वाग्ले, महेश गौतम, नीरञ्जन वाग्ले तथा प्रमोद अमात्यले पनि आआफ्ना रचना सुनाएका थिए। शान्त वातावरणमा सफलताकासाथ सम्पन्न भएको कार्यक्रमको अन्तमा हल्का खाना, फोटो सेसन र विचार विमर्श गर्दै अर्को वर्ष फेरि भेला हुने वाचा गरिएको थियो।
|
एनईसीसीले अमेरिकाको मेरिल्याण्डमा मनाइयो छठ पर्व (फोटोफिचर) मेरिल्यान्ड । अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरूमा मात्र मनाइँदै आएको छठ पर्व यस वर्षदेखि अमेरिकाका विभिन्न भागमा बिभिन्न शहरहरुमा व्यापक रुपमा मनाइएको छ ।
छठ पर्व मनाउने क्रममा अमेरिकाको मेरील्यान्डस्थित पशुपति बुद्ध मन्दिर परिसर जर्मनटाउनमा विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन नेपाल शिक्षा तथा सास्कृतिक केन्द्रको विशेष अगुवाईमा नेपाल मै मनाउने जस्तै गरी उत्साहजनकरुपमा छठ पर्व मनाएका छन् ।
त्यहाँ रहेका नेपालीभाषीको उल्लेख्य उपस्थितिमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ गायक प्रेमराजा महतको उपस्थितिमा विधिपूर्वक छठ पर्व मनाइएको थियो।
शुक्रबार बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजा आजा गरेर मनाइयो। शनिबार बेलुका खर्ना, आइतबार “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो। पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो ।
सुरुका दिनमा नेपालभित्र पनि मधेसका जिल्लामा मात्रै मनाइँदै आइएको छठ पर्वले व्यापता पाउँदै गएको छ। अहिले छठ पर्व मुलुकभर मनाउन थालिएको छ। विशेष गरी मुलुकमा गणतन्त्रको स्थापना भएसँगै छठ पर्वले व्यापकता पाएको हो।
|
अमेरिकाको मिसिगनमा दशैं तिहार जमघट (फोटो फिचर) अमेरिकाको मिसिगनमा नेपालीहरुको बृहत जमघट-दशैं तिहारका लागि आयोजित जमघटमा रमाए नेपालीहरु। नेप्लिज एसोसिएशन अफ मिसिगनले सो कार्यक्रम आयोजना गरेको थियो।
तस्वीरहरु सौजन्य: बाबु सेढाईं/सुशील पंगेनी
|
राष्ट्रिय कलाकारको सहभागितामा लवकमा दशैं तिहार उत्सव टेक्सास। अमेरिकाको टेक्सासमा चर्चित कलाकारको सहभागितामा दशैं तिहास उत्सव मनाइएको छ। चर्चित गायक दिपेश के भट्टराईले चर्चित गीत गाएर सुरु भएको कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा गायक भट्टराई आउने थाहा पाएपछि दर्शक उत्साहित बनेका थिए। ‘निश्छल छ तिम्रो माया’ भन्दै भट्टराईको आवाज गुन्जिन थालेपछि उनलाई बिर्सेकाहरूले पनि चिने। उनका गीत सुनेका तर उनलाई बिर्सिसकेका दर्शकहरू उनको नजिक गएर झुम्न थाले।
एकै नजÞरमा, भेडाको उन जस्तो लगायतका उनका गीतहरू सुनेर उनीहरूले गायकप्रतिको सामिप्यता ताजा बनाए अनि रमाइलोसँग नाचे। पछिल्लो समय अमेरिकामा रहेका गायक भट्टराई कार्यक्रमहरूमा बिरलै देखिन्छन्। उनले आफूलाई धेरै कार्यक्रममा देखिने रहर नभएको बताए। त्यसो त गीत संगीतप्रतिको उनको प्रेम अझै पनि कम छैन।
यस्तै धेरैले चिनेका र भेट्न नपाएको अर्का लोकप्रिय गायक यम बराल स्टेजमा चढेर बादलुको घुम्टोले भन्दै गीत शुरू गरेपछि दर्शकहरू उनको नजिक पुगे र रमाएर नाचे। पछिल्लो समयमा नेपाल फर्केका गायक बराल अमेरिकाको भ्रमणमा रहेको बेला दर्शकहरूले उनका गीतहरू सुनेर निकै मनोरन्जन लिए।
कार्यक्रममा अर्का गायक सुरेन गौतमले रेसमी पर्दाले लगायतका गीतहरू गाएर स्टेज तताए। उनले हिन्दी भाषाको गीत गाएर कार्यक्रममा उपस्थित भारतीय मूलका दर्शकहरूलाई थप मनोरन्जन गराए।
त्यसैगरि माया किन लाग्छ बरै र म त सानी छु कि वाल गायिकाले अंग्रेजी भाषाको गीतसँगै नेपालप्रतिको पछिल्लो पुस्ताको आवाजलाई बुलन्द गर्दै गायिका लाेकश्री अाचार्यले चौवन्दीमा पटुकी गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारिन्।
अमेरिकाको भ्रमणमा रहेकी चर्चित कार्यक्रम सन्चालिका कलाकार रिमा विश्वकर्माको उपस्थितिले कार्यक्रमको छुट्टै रौनक बढाएको थियो। कार्यक्रम सन्चालनको भूमिकाको साथै नृत्य प्रस्तुत गरेर उनले दर्शकलाई भरपूर मनोरन्जन गराएकी थिइन्। तिहारको पूर्वसन्ध्यामा आयोजित लवक दशैं तिहार धमाका कार्यक्रममा उनले केही दर्शकहरूलाई जुटाएर देउसी खेलाएर थप मनोरन्जन गराइन्।
राष्ट्रिय कलाकारहरूको साथमा एक ला कोइन्ता इन एण्ड सुईट नामक होटेलमा आयोजना गरिएको कार्यक्रममा डिजे संगीतको संयोजन न्यूयार्क निवासी सुर्य खड्काले गरेका थिए। नेपाली चलचित्र व्यवसायमा महत्वपूर्ण योगदान दिइरहेका निर्देशक एवं निर्माता एमके पौडेलको उपस्थितले कार्यक्रमको सोभा बढाएको थियो। उनले आफ्नो चलचित्र तिम्रो मेरो साथ छिट्टै बजारमा आउन लागेको जानकारी गराएका थिए।
मनोरन्जनका साथै प्रवासमा रहेपनि गीतसंगीतको माध्यमबाट नेपाली कलासंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक चन्द्रकुमार श्रेष्ठले जानकारी दिए। लवक नेपाली समुदायको तर्फबाट गरिएको निम्तालाई स्वीकारेर मनोरन्जन प्रदान गरेकोमा कलाकारहरूलाई विशेष धन्यवाद दिँदै समुदायको सहभागिताप्रति आभार प्रकट गरे।
२-३ सय नेपाली बसोबास गर्ने लवक शहरमा आयोजित कार्यक्रमहरूमा राष्ट्रिय कलाकारहरू बिरलै देख्न पाइन्छ। मौकाले जुराएको रास्ट्रिय कलाकारहरूको सहभागिता रहेको यसपटकको कार्यक्रममा यहा‘का नेपालीहरूको वाक्लै उपस्थिति रहेको थियो।
|
न्याय रोएपछि… (भिडियाे) काठमाडौं। तीस वर्षे पञ्चायती व्यवस्थाको कालरात्री, जनताका आवाज दबाउन उद्यत राज्य सत्ता, नेपालबाहेकका दक्षिण एसियाली मुलुकमा प्रजातन्त्रको लहर।
मुलुकमा जनताले शासन गर्न पाउने व्यवस्थाका लागि हजारौंको बलिदानी, महान राजनेता नजरबन्दमा। तर जनतामा भरिँदो उकुसमुकुस चुलिँदो अवस्थामा पुगेपछि अन्ततः २०४६ सालको जनआन्दोलन सफल भयो।
जनताले विजयोत्सव मनाए। जनताका हक अधिकार स्थापित मात्रै भएनन्, जनतामा विकासको मुल फुट्छ भन्ने तीव्र अपेक्षा पनि थियो।
०४६ सालको जनआन्दोलन पछि मुलुकमा रोजगारीको सृजना हुन्छ, आफ्नै मातृभूमिमा केही गर्न सकिन्छ भनेर जनआन्दोलनमा सशक्त रुपमा होमिएका, घाइते भएका जिउँदो सहिद भन्न मिल्ने युवाहरुको सपना त्यतिबेला चकनाचुर भए जति बेला जनआन्दोलनपछि गठन भएका सरकारले जनभावना भन्दा पनि आफू र आफ्ना मानिसका लागि काम गर्न थाले।
लामो संघर्ष र वलिदानीपछि प्राप्त व्यवस्थाले जनताका हक अधिकार स्थापित गर्यो, वाक् स्वतन्त्रता संविधानको मौलिक हकमा उल्लेख गरियो। दक्षिण एसियाकै उत्कृष्ट संविधान निर्माण गरियो, संविधान निर्माण सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको थियो। अन्तरिम सरकारको नेतृत्व गर्दा नै भट्टराईले शासन सत्ता कसरी सञ्चालन गर्नुपर्छ भनेर मार्गनिर्देश गरिसकेका थिए।
लाखौ युवा मुलुकभित्रै रोजगारीको सृजना हुने सुन्दर सपना देख्न थालेका थिए। किनभने नेतहरुले मुलुकलाई सिंगापुर बनाउने आश्वासन दिन थालिसकेका थिए। प्रजातन्त्र स्थापना पछि सम्पन्न आम निर्वाचनमा जनताले बहुमतको स्थिर सरकार पनि दिएका थिए। तर बहुमतको सरकारले पूर्ण कार्यकाल काम गर्न सकेन र मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुन पुग्यो।
त्यस्तो अवस्थामा झण्डै आफ्नो प्राण उत्सर्ग गर्न पुगेका युवाहरुको सपना धुमिल बन्न थाल्यो। युवाको काँधमा मुलुक बनाउने जिम्मेवारी दिएका देश आज विकासको उत्कर्षमा पुगेका छन्। आज विकसित मुलुक हेर्ने हो भने ती देशको महत्वपूर्ण स्थानमा युवा छन्। तर प्रजातन्त्र स्थापनापछि नेपाल भने युवा शक्ति विदेश निर्यात गर्ने देशमा परिणत भएको छ।
त्यसकै सिकार जनआन्दोलनमा सक्रिय भएका युवाहरु हुन पुगे। समयक्रममा उनीहरु विश्व शक्तिसम्पन्न मुलुकमा पुगे। अमेरिकामा पुगेका युवाहरुमा देशप्रतिको माया र सम्मानमा कमी आउने प्रश्नै थिएन। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’। तन सुविधासम्पन्न मुलुकमा भएपनि मन भने आफ्नै माृतभूमिमा नै हुन्थ्यो।
०४६ सालको जनआन्दोलनपछि पनि मुलुकले धेरै व्यवस्थालाई व्यहोरेको छ। माओवादी सशस्त्र द्वन्द्वदेखि राजाको प्रत्यक्ष शासनकाल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा मुलुकको अवस्थामा सुधार हुन सकेको छैन। अझ नेपाल अहिले युवा शक्ति अन्तर्राष्ट्रिय श्रम बजारमा निर्यात गर्ने प्रमुख मुलुक बनेको छ। नेपाल वृद्धाश्रममा परिणत हुँदैछ। मुलुकमा न्याय मरेको छ।
२०४६ को जनआन्दोलनपछिको समयमा आम जनतामा युवाहरुलाई नेतृत्व दिनुपर्छ भन्ने परेको थियो । र, मतदातालाई युवाहरुलाई नै मतदान गरे ।
तैपनि देशमा जनताले चाहेअनुसारको परिवर्तन आउन सकेन। अहिले वृद्ध भइसके भनिएका नेताहरु तत्कालीन समयमा युवा नै थिए । उनीहरुलाई मतदाताले युवा नै ठानेर नेतृत्वमा पठाएका थिए । तर, उनीहरुबाट जनताका अपेक्षा पूरा हुन सकेन। अहिले पनि तिनै नेताहरु नेतृत्वको आकांक्षी देखिएपछि उनीहरुलाई विस्थापित गरेर युवा नेतृत्व ल्याउनुपर्छ भन्ने आवाज उठ्न थालेको छ।
तर, यहाँनर बुझ्नुपर्ने कुरा के हो भने नेतृत्व युवा वा पाको हुँदैमा फरक पर्दैन। मूल कुरा नीति, भिजन र योजना हो। महाशक्ति राष्ट्र मानिने अमेरिकामा ४८ वर्षका बाराक ओबामालाई पनि नेतृत्व दिइएको थियो र ८० वर्षका जो बाइडेनले पनि अहिले नेतृत्व गरिरहेका छन्। र, अमेरिकालाई उनीहरुको उमेरले फरक परेको छैन।
नेपालको हकमा पनि देशलाई कता लैजाने भन्ने कुरा नेताको दूरदृष्टि, रणनीति र योजनामा भर पर्छ। अहिले वीपीको समाजवाद, मदन भण्डारीको जनताको बहुदलीय जनवाद जस्ता सैद्धान्तिक नीतिहरु ओझेल परिसकेका छन्। वीपीको पार्टी नेपाली कांग्रेस त छ तर यसको नेतृत्वले वीपीको विचारधारा बिर्सिसकेको छ।
मदन भण्डारीको पार्टी त अहिले दुई टुक्रा भइसकेको अवस्था छ। यस्तोमा अब समय सुहाउँदो नयाँ नीतिको खोजी गर्नुपर्ने बेला आएको छ। समय बदलिइसकेको छ। अब पुराना नेताहरुले कैयौं दशक पहिले परिकल्पना गरेका नीति र सिद्धान्तहरुकै पछि लागेर देश अगाडि बढ्ने अवस्था छैन।
बदलिँदो विश्व परिवेश, जनताको चेतनास्तर, विज्ञान र प्रविधिको विकास आदि कुरालाई ध्यानमा राख्दै नयाँ किसिमले मुलुकको भविष्यको परिकल्पना गर्नुपर्ने बेला आएको छ । र, त्यही भिजन भएका नेताले जिम्मेवारी पाएमा मात्र देश अगाडि बढ्न सक्नेछ ।
मेरो जन्मभूमि नेपालमा न्याय रोयो
न्याय असहाय भयो !
न्याय अपमानित भयोे !
‘वसुधैव कुटुम्बकम्’ को दिव्य राग गाउने
आध्यात्मिक र वहुसांस्कृतिक भूमि
मेरो नेपालमा
न्याय कुण्ठित भयो !
न्यायलय जस्तो पवित्र ठाउँमा आज न्याय किनबेच हुन थालेको छ। इमान्दार निष्ठावान नेता कार्यकर्ता ओझेलमा पार्न थालेका छन्। आफ्नो स्वार्थ पूरा नहुने अवस्थामा न्यायमूर्तिलाई महाभियोग लगाउन थालिएको छ र निवासमै राख्न थालिएको छ। व्यवस्था परिवर्तनका लागि सक्रिय भएर आज सुविधा सम्पन्न मुलुकमा भएकाहरुलाई लाग्न थालेको छ :
आफ्नो जन्मभूमिको आकाश मलिन भएको छ !
अशान्तिका बादलहरू मडारिंदै छन् !
मेरो शान्तिप्रिय, बुद्धभूमि नेपालमा !
भिडियाे
|
कवि कवीन्द्र सिटौलाको ‘न्याय रोए पछि’ कविता संग्रह प्रकाशित काठमाडौँ। कवि कवीन्द्र सिटौलाको ‘न्याय रोए पछि’ कविता संग्रह प्रकाशित भएको छ। उनको कवितमा देशप्रेम, राष्ट्रभक्त नेपालीहरूको बारेमा र २०४६ (१९९०) सालको जनआन्दोलका विविध पक्षहरुलाई समेटिएको छ। कवितामा कवि सिटौलाले देशप्रति निकै नै चिन्तत बनेको पाइएको छ।
कविताको अन्तिम तिर, पहिलो खेस्रा लेखिरहेको बेलामा ‘सहिदका आँखाबाट बलिन्ध्र धारा आशु बगे’ भन्ने हरफ लेख्दा उनको आँखाबाट पनि आँशु बगेको उनले बताए। कविता लेख्ने क्रममा आफु बिगतको समय पुगेको र त्यहि समयलाई लिएर कविताको रचना भएको उनले बताए।
कवितमा उनले जनआन्दोलका क्रममा भएका विविध घटनावस्तुलाई समेटिएको पाइन्छ। जनआन्दोलनको क्रममा स्वतन्त्रताको लागि नेपालीहरूसँग एकताबद्ध भएर-नयाँ परिवर्तनका लागि-निस्वार्थ भावले उनी पनि लडेको उनले बताए।
विज्ञप्ति
कवीन्द्रराज सिटौला
ब्रमाण्डको सृजनामा भगवानले मानिसलाई अरु प्राणी भन्दा चेतनशील बनाइ दियो । हामी अरु भन्दा बिवेकशील छौ । हामी र अरूमा यही हो फरक । यसको एउटै गुण हो- न्याय र अन्यायको अन्तर छुट्याउन सक्ने क्षमता। हामी अन्याय हुन दिदैनौ र न्यायकोलागि निरन्तर डटि रहन्छौं। जहाँ न्याय पद्धतिमा अन्याय हुँदैन त्यसलाई “न्याय’’ भनिन्छ।
जुनसुकै राष्ट्रमा न्याय गर्न खटाइएको लदाधिकारीलाई न्यायधीश भनिन्छ र उनीहरूले फैसला सुनाएको क्षणमा आँखा चिम्लिनु पर्छ। एउटा निसाफले मानिसको जीवन लिन्छ र दिन्छ पनि । यसले सभ्यताको नयाँ ढोका खोल्दै समाजलाई सन्तुलित बनाउँछ । त्यसैले कुनै पनि न्यायाधीशले न्याय भन्दा अन्यथा गर्न मिल्दैन।
त्यो पुरानो् घटना जीवन्त भएर पुन स्मरण भयो । सारा नेपाली राष्ट्रभक्तहरूका ती आवाजहरू पुन: पुनः उसको कानमा गुञ्जिन थाले;
|
अमेरिकामा नेपाली संस्थाका प्रमुखहरुको तिहारमा शुभकामना, रमाइलो खेल (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरु संगठित भएका विभिन्न संस्थाका प्रमुखहरुले आआफ्नो संस्थाका कामहरु सहित नेपालीहरुको महान चाड दीपावलीका उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका छन्। यो कार्यक्रममा नेपाली मूलका निर्वाचित स्थानीय जनप्रतिनिधिहरु पनि सहभागी थिए।
डिसी नेपालको आवर लेन्स कार्यक्रममा सहभागी भएर उनीहरुले महान चाडमा आपसी एकता, सद्भाव र प्रवासमा आपसी सौहार्दताका लागि शुभकामना आदान प्रदान गरेका थिए।
कार्यक्रमको सुरुमै वासिंटन डिसीस्थित नेपाली नियोगका उप प्रमुख कुमार खरेलले प्यानलमा उपस्थितसहित बिश्वभर छरिएर बसेका नेपाली भाषी सबैमा दीपवली र अन्य आउँदैगरेका चाड पर्वको शुभकामना व्यक्त गरेका थिए।
सोसाइटी अफ नेप्लिज नर्सेस इन अमेरिकाकी अध्यक्ष मन्जु संग्रौला, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा.बिनोद खड्का, नेपाली घर ( कोलोराडो) का अध्यक्ष जगदीश ढकाल ,अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियरको तर्फबाट अध्यक्ष सूर्य थापा, एसोसिएसन अफ नेप्लिज एग्रिकल्चर इन अमेरिकाका अध्यक्ष डा.मेघनाथ पराजुली, लायनन्स क्लबको प्रतिनिधित्व गर्दै अमेरिकाका पहिलो नेपाली डिस्ट्रिक्ट गभर्नर लायन राजन थापा, युएस नेपाल पोलिसी रिसर्च सेन्टरकी अध्यक्ष जगदम्बा अधिकारी, अमेरिकी जन प्रतिनिधि ( ब्रान्ड्फोर्ड टाउन काउन्सिल मेम्बर (डिस्ट्रीक्ट ४) का रामचन्द्र श्रेष्ठ , ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाका अध्यक्ष डा.लीलाराज दाहाल, अमेरिकाको इण्डियन हेड शहरका उपमेयर किरण सिटौला, नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसनका प्रतिनिधि डा.तारा सिग्देल , ए एन ए अध्यक्ष विजयराज भट्टराई, एनआरएनएका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्तले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको अन्तमा कार्यक्रम सञ्चालक अर्जुन दाहालले तिहारकै सेरोफेरोमा रमाइलो खेल पनि खेलाएका थिए।
|
परिजिता बास्तोलाले जितिन द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्ड काठमाडौं । १७ वर्षको उमेरमा पारिजिता बाँस्तोलाले आफ्नो मखमली स्वरले ‘द भ्वाइस’ को प्रशिक्षक मात्र नभएर शोका दर्शकको पनि मन जित्न सफल भइन् ।
ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेन्ड रोजेकी थिइन् । र, मंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुने ।
‘द भ्वाइस’ सिजन २२ को ब्याटल्स राउन्डको लागि जोनले पारिजितालाई दिदीबहिनीको जोडी द मारिलिन्ड्स विरुद्ध प्रतिस्पर्धामा पठाएका थिए । बी जीको ‘हाउ डीप इज योर लभ’ लाई ब्याट्स गीतको रूपमा छनोट गरिएको थियो ।
यद्यपि मारिलिन्ड्स दिदीबहिनी पनि शोमा सुरक्षित छन् । जोनले मारिलिन्ड्स दिदीबहिनीलाई पनि आफ्नो विशेष अधिकार प्रयोग गरेर सुरक्षित गरेका छन् ।
|
मह जोडीले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने वासिंगटन डिसी। नेपालका बरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले नोभेम्बरको पहिलो सातादेखि अमेरिकाका विभिन्न शहरहरुमा ‘समता’ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने भएका छन्।
समता ग्लोबल सिनेटको आयोजनामा हुने कार्यक्रमहरुमा समताका सिनेटरहरुलाई सम्मानसहित मह जोडीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम पनि गरिने छ। यी कार्यक्रमहरुमा गायक रामकृष्ण ढकाल र अन्य कलाकारहरु पनि सहभागी हुने छन्।
समता फाउण्डेशन, नेपालका अध्यक्ष उत्तम सन्जेल पनि मह जोडीसँगै नोभेम्बर ५ देखि २० तारिकसम्म अमेरिकाका विभिन्न शहरहरुमा आयोजना गर्ने सिनेटर सम्मान तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन्। मह जोडी समता फाउण्डेशनका संरक्षक हुन्।
कार्यक्रम नोभेम्बर ५ मा न्यूयोर्कबाट शुरु हुनेछ । मह जोडीसहितको टोली यो अभियानका क्रममा सिकागो, कोलम्बस, पिट्सबर्ग,बस्टन, सेन्ट लुइस, सानफ्रान्सिस्को र डालास शहरहरुका हुने बृहत सुशोभन तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदैछन्।
समता ग्लोबल सिनेटका अध्यक्ष प्रा.डा.उत्तम गौलीले दिएको जानकारीअनुसार, गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहितका सिनेटरहरुलाई मह जोडीले सम्मान गर्दैछन्। पन्थ हालै सो संस्थाको सिनेटर बनेका छन्।
विभिन्न परोपकारी कार्यमा संलग्न पन्थले नेपालका वालवालिकाको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यले सिनेटर बनेको प्रतिक्रिया दिए। समताको ग्लोबल सिनेटर बनेर नेपालको शिक्षा क्षेत्रमा योगदान गर्न चाहनेहरुको संख्या उल्लेख्य भएको र सम्मान कार्यक्रमसंगै सबैको नाम सार्वजानिक गरिने पनि डा.गौलीले बताए।
नेपालमा गरीव तथा जेहेन्दार बालवालिकालाई अत्यन्त न्यून शुल्कमा उच्चस्तरीय शिक्षा दिँदै आएको समता फाउण्डेसनको सहयोगका लागि समता ग्लोबल सिनेट नामक संस्था बनाइएको छ। यो संस्थामा सिनेटर बन्न न्यूनतम एकहजार अमेरिकी डलर शुल्क लाग्ने डा.गौलीले बताए।
सोभन्दा बढी जति रकम सहयोग गरेर नेपालका गरीब र जेहेन्दार बालवालिकाको शिक्षामा योगदान गर्न सकिने भने समता सिनेटले जनाएको छ। तत्काल ठूलो रकम आर्थिक सहयोग गर्न नसक्नेले सानो तिनो रकम भए पनि समताको शिक्षा अभियानका लागि सिनेटमार्फत सहयोग गर्न सक्ने गौलीले बताए। समताले जम्मा एक सय नेपाली रुपैयाँ शुल्कमा नेपालका अधिकांश जिल्लाहरुमा विद्यालय खोलेर सर्वशुलम र गुणस्तरीय शिक्षा दिँदै आएको छ।
|
हिमानी ट्रष्टको न्यूयोर्कमा भाँडभैलो (हेर्नुहोस् तस्वीर र कागजातहरु) न्यूयोर्क। पूर्वयुवराज्ञी हिमानी शाहका नाममा खुलेको हिमानी ट्रष्ट, न्यूयोर्कमा भाँडभैलो र भद्रगोल भएको छ। फाउण्डेसनका न्यूयोर्क प्रमुख जोगरत्न खड्गीलाई अपदस्त गरी प्रशासन निर्देशक डा.शंकर विसुन्केले आफैं प्रमुख भई कमिटी गठन गरेको घोषणा गरेपछि खड्गीले पनि विसुन्केलाई पदबाट बर्खास्त गरेका छन्।
अक्टोबर १५ तारिक शनिबार विसुन्केले एउटा भेला बोलाई माइन्युटसमेत गरेर फाउण्डेसनको न्यूयोर्क समिति पुनर्गठन गरेका थिए। भेलामा पूर्वकार्यसमितिका सबैको नाम उल्लेख गरिएको भए पनि माइन्युटमा जम्मा ४ जनाले मात्र हस्ताक्षर गरेको पाइएको छ।(हेर्नुहोस् माइन्युटको कपी)।
तर, यो काममा बहुमत सदस्यहरुको समर्थन भएको, उपस्थित हुन सक्नले उपस्थित भएर र नसक्नेले मौखिकरुपमा स्वीकृति दिएको दावी विसुन्केले गरेका छन्।
खड्गी र कोषाध्यक्ष कुमार श्रेष्ठलाई हटाई बनाएको नयाँ समितिको माइन्युटमा यसअघिको कार्यसमिति भंग गरी नयाँ कार्यसमिति गठन गरिएको कुरा उल्लेख छ।
यस्तो माइन्युट तयार पारी आफूलाई पदबाट बर्खास्त गरेको जानकारी पाएपछि खड्गीले फाउण्डेसनकै लेटरप्याडमा एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले विसुन्केसहित चारजनालाई अवान्छित कार्य गरेको, संस्थाको नाम दुरुपयोग गरेको र अवैधानिक काम गरेको आरोप लगाउँदै बर्खास्त गरेको उल्लेख गरेका छन्।
उनले बर्खास्त गरेकाहरुमा शंकर विसुन्के, रुपा शाह, कान्छीमाया शेर्पा र आशा पाण्डे छन्। हिमानी ट्रष्टले व्यूरो कार्यालयका प्रमुखहरुलाई एम्बेसेडर भन्ने पद दिने गरेको छ भने कार्यसमितिका सचिवलाई प्रशासन निर्देशक पद दिने गरेको छ।
समाज सेवा गर्नका लागि भनेर पूर्वराजपरिवारले हिमानीका नाममा हिमानी ट्रष्ट खोलेको थियो। यसले नेपाल बाहिर पनि केही देशहरुमा आफ्ना शाखा कार्यालयहरु खोलेको छ। अमेरिकामा एउटा राष्ट्रिय तहको र अन्य केही राज्यहरुमा राज्य स्तरका शाखाहरु गठन गरिएका छन्।
न्यूयोर्कमा खड्गीको अध्यक्षतामा विसुन्केसहित कुमार श्रेष्ठ, जनकसिंह खड्का, राजन कर्माचार्य, पवनकली सोबाट चर्चामा आएकी माम्पी घोष, आशा पाण्डे, केशब श्रेष्ठ, कान्छीमाया शेर्पा, मनिषा केसी र प्रदीप मानन्धर थिए।
खड्गीलाई हटाई विसुन्केले केही नयाँ नाम थपेर रुपा शाह, केशब श्रेष्ठ, जनकसिंह खड्का, कान्छीमाया शेर्पा, माम्पी घोष, आशा पाण्डे, विनाम तिवारी, दीपेन्द्र नेपाली र मनिषा केसी रहेको समित गठन गरेको घोषणा गरेका छन्।(हेर्नुहोस् दुबैद्वारा जारी तस्वीर सहितका फ्लायर)।
यो परिवर्तनलाई नेपालको राजपरिवारले स्वीकृत दिएको हो कि होइन वा हिमानीकै इच्छामा भएको हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन। तर, डिसी नेपालसँगको कुराकानीमा अध्यक्ष (ट्रष्टको भाषामा एम्बेसेडर) खड्गीले अनैतिक तरिकाले भेला गरी हटाएको हल्ला चलाएको बताए।
उनले आफ्नो समिति यथावत र बैधानिक रहेको दावी पनि गरे। विसुन्केको समिति अवैध र उनका कार्य आपत्तिजनक रहेको दावी पनि गरे। उनले केही महिनाअघि हिमानी शाह अमेरिका भ्रमणमा आउँदा ट्रष्टका नाममा दाताहरुबाट उठेको रकमको १५ सय अमेरिकी डलरको हिसाव विसुन्केले देखाउन नसकेकोले आफूले उनलाई बारम्बार प्रश्न गर्दै आएको पनि बताए।
तर, खड्गीको दावी असत्य रहेको भन्दै विसुन्केले डिसी नेपालसँग भने, ‘पटक पटक बैठक बोलाउन भन्यौं उहाँले बोलाउनु भएन, सरकारको बर्थ डे(हिमनीको जन्मदिन) आउंदैछ सो दिन मनाउन छलफल गर्नुपर्ने विगत लामो समयदेखि केही भएन, बैठक पनि भएन, बुझ्दै जाँदा थाहा भयो उहाँ त स्टेट नै सरेर बफेलोतिर जानुभएको रहेछ। स्टेटमै नभएपछि किमिटीमा बस्न नमिल्ने नियम छ।’
उनले न्यूयोर्क आएको मौका छोपेर आफूले मेसेन्जर बैठक राखेको र त्यसमा कुरा उठेपछि पुनर्गठन गरौं भन्ने सल्लाह गरेर पनि पुनर्गठन गर्ने दिन बैठकमा नआएकोले आफूहरुले पुनर्गठनको निर्णय गरेको पनि बताए।
१५ सय अमेरिकी डलर रकमको हिसाव स्पष्ट पार्ने जिम्मा आफ्नो नभई कोषाध्यक्षको भएको तर कोषाध्यक्षले सो हिसाव नदेखाएको पनि उनले बताए। ‘त्यही कारण कोषाध्यक्षलाई पनि पुनर्गठनमा समितिमा राखिएन’, उनले भने।
हिमानी शाहले अमेरिका भ्रमण गर्दा केही शहरहरुलाई नेपालीहरुको भेला गराई आर्थिक संकलनसमेत गरेकी थिइन्।
तर, हिमानी स्वयंले ट्रष्टमा कति रकम जम्मा गरेको हो भन्नेबारे जानकारीसम्म नगराएको र पहिला उनले दिएको दान कति हो? समाजसेवामा पूर्वराजपरिवारले कति रकम लगाएको हो भन्ने प्रष्ट हुनुपर्ने अनिमात्र अमेरिकाबासी नेपालीजनले सहायता गर्ने भन्ने प्रश्न हिमानीमाथि नै तेर्सिएपछि आर्थिक संकलन पनि उल्लेख्य हुन सकेको थिएन।
|
सुदुरपश्चिमले जित्यो अमेरिकाको भलिबल, महिलातर्फ बीवाईएससी विजयी न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपालीभाषीहरुको सबैभन्दा ठूलो भलिबल प्रतिष्पर्धा इन्ट्रा कप भलिबलमा सुदुर पश्चिम नेपाली समाज, टेक्सासको टीम पुरुषतर्फ प्रथम भएको छ ।
अमेरिकी समयअनुसार, आइतबार साँझ (नेपालमा सोमबार बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदुरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपालीभाषी टीम योङ्ग ब्लडलाई पराजित गरेको थियो । ५ सेटको निर्धारित खेलमा ३—१ को सेटमा सुदुर पश्चिम समाज विजयी भएको थियो । सो टीमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टीमका क्याप्टेन भइसकेका कैलाश भट्टले गरेका थिए ।
२१ वटा पुरुष टिम सहभागी सो खेलमा प्रथम हुने सुदुर पश्चिम टीमले ८५०० अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ्ग ब्लड टीमले ६५०० डलर पुरस्कार पाएको छ । यसैगरी महिलातर्फ ८ वटा टीम सहभागी भएकोमा बीवाईएससी, मिनिसोटाले फाइनलमा जित हात पारेको छ । सो टीमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार ३ सेटमा पराजित गरेको थियो । विजयी टिमले ३५०० अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले २५०० र तेस्रो हुने सर्भाभर क्लबले १००० डलर पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदुर पश्चिमका कैलाश भट्टले नै जितेका थिए भने महिलातर्फ कोलम्बसकी भिमा मैनालीले जितेकी थिइन् । खेल जितेसँगै सुदुर पश्चिमका खेलाडीहरुले खेल हलभित्र देउडा गीत घन्काएर नाचेका थिए भने उनीहरुको नाचलाई प्रतिष्पर्धी टीम योङ्ग ब्लडका खेलाडीहरुले पनि संगै नाचेर हार्दिकता दर्शाएका थिए ।
शनिबार र आइतबार दुई दिनसम्म भएको सो प्रतियोगितका विभिन्न खेलहरुबाट हरि राई , पुजन मगर, कैलाश भट्ट, दिनेशप्रताप सिंह, ध्रुव श्रेष्ठ, रोशन मल्ल, जीवन शाही विपीन, खुम, रविन गुरुंग म्यान आफ द म्याच घोषित भएका थिए भने वोमन अफ द म्याच हुनेहरुमा बन्दना अधिकारी, कोपिला बस्नेत र निकिता लामा शेर्पा थिए ।
विजयी टीमहरुलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । फाइनल खेल हुनुअघि इन्ट्रा फाउण्डेसनको डान्स कक्षाका साना साना बालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।
|
अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को चरणमा (तस्बिरहरु) न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलहरूबाट आठ पुरुष टिम र चार महिला टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका भलिबल खेल संयोजक दीपेश प्रधानका अनुसार शनिबार सम्पन्न महिलातर्फको लिग चरणको खेलमा समूह एबाट फ्रेन्डसिप ओहायो र सर्भाइभर्स ओहायो विजेता र उपविजेता बनी सेमी फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी समूह बी बाट वीवाईएससी मिनिसोटा र बाना मेरिल्याण्ड सेमीफाइनलमा पुगेका छन् । यी चार टीमबीच आइतबार अमेरिकी समयअनुसार बिहानदेखि खेल हुनेछन् ।
त्यसैगरी पुरुषतर्फका २१ टीममध्ये शनिबारको खेलबाट आठ वटा टीम क्वार्टरफाइनलमा पुगेका छन् । समूह ए बाट सुदूर पश्चिम नेपाली समाज टेक्सास र म्याग्दी समाज न्यूयोर्क, समूह बी बाट योङ ब्लड पेन्सिलभेनिया र बेलमण्ट मेरिल्याण्ड, समूह सीबाट रिजउड नेपाली समाज न्यूयोर्क र एएनकेए लेक्सिन्टन केन्टकी तथा समूह डी बाट इन्ट्रा यल्लो कोलम्बस र बीवाईएससी मिनिसोटाले आइबार क्वार्टरफाइनल खेल्दैछन् ।
खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहका बीच गरेका थिए । सो अवरमा स्टेट रिप्रेजेन्टेटिभ मार्कले नेपालीभाषी समुदायको ठूलो प्रतिस्पर्धात्मक खेल उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गर्दै खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए।
आयोजक संस्थाका अध्यक्ष अधिकारीले अमेरिकाका विभिन्न राज्यमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न भए पनि भलिबल खेलमा भविष्य बनाउने नेपालीभाषी युवा युवतीहरूलाई हौसला प्रदान गर्न आफूहरूले यो प्रतियोगिता आयोजना गरेको बताए । उनले खेलमार्फत नेपालका विभिन्न क्याम्प हुँदै अमेरिका आइपुगेका नेपालीभाषी भूटानीहरू, नेपाल, भारत, थाइल्याण्ड, बर्मालगायत विभिन्न देशमा बसोबास गर्दै अमेरिका आएका नेपालीभाषीहरूबीच भ्रातृत्वपूर्ण सामुदायिक सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष डा दामोदर पौडेलले अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीलाई यो खेलका माध्यमबाट पुनर्मिलन गराउन मद्दत पुगेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
फ़ाउन्डेशनका सचिव गोपाल धितालले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा सहभागी २१ पुरुष टीमका सबै खेलाडीलाई ढाका टोपी पहिर्याएर स्वागत गरिएको थियो भने महिला खेलाडीहरुलाई खादाले स्वागत गरिएको थियो । हल नै ढाका टोपी र नेपाली ढाकाको खादामय भएपछि नेपाली राष्ट्रगान गाइँदा हलको माहौल नै भावनात्मक बनेको थियो । उद्घाटन समारोहमा साना नानीहरुले मारुनी नृत्य र खेलाडी युवतीहरूले नेपाली राष्ट्रिय भावसम्बन्धी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
|
अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु न्यूयोर्क। अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ। अमेरिकाका नौवटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन्। अक्टोबर १५ तारिख शनिबारदेखि दुई दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभाषी बीच सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा हो।
परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको आयोजनामा आकर्षक पुरस्कार राशिसहितको सो महोत्सवमा पुरुष र महिला गरेर २९ टिमले प्रतिस्पर्धा गरिरहेको खेल आयोजक समितिका संयोजक दिपेश प्रधानले बताए।
प्रतिस्पर्धामा न्यूयोर्क, मेरिल्याण्ड, मिनीसोटा, ओहायो, टेक्सास, केन्टकी, नर्थ क्यारोलिना, भर्जिनिया र पेन्सिलभेनिया राज्यबाट नेपालीभाषी युवायुवतीका टिमले सहभागिता जनाएको प्रधानले जानकारी दिए।
उनका अनुसार विजयी पुरुष टिमलाई आठ हजार पाँच सय अमेरिकी डलर र उपविजेतालाई छ हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ। त्यसैगरी विजेता महिला टिमलाई तीन हजार पाँच सय, उपविजेतलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ।
अमेरिकाको कोलम्बस सहरमा मुख्यालय रहेको परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा सुरु हुने सो खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहका बीच गर्नेछन्।
अमेरिकी पूर्वीय समयअनुसार शनिबार बिहान ९ बजे (नेपाली समय साँझ) उद्घाटन हुने सो खेलमा पुरुषतर्फ २१ टिम प्रतिस्पर्धा गर्दैछन् भने महिलातर्फ आठवटा टिमको प्रतिस्पर्धा छ। प्रतिस्पर्धामा न्यूयोर्कबाट रिजउड नेपाली समाज, म्याग्दी समाज र टिम बफेलो सहभागी छन्।
मिनीसोटा राज्यबाट युनाइटेड मिनीसोटा, बिवाइएससी मिनीसोटा, बिवाइएससी गल्र्स भलिबल टिम, भर्जिनिया राज्यबाट रोनोक युनाइटेड र रोज टिम, मेरिल्याण्डबाट बेलमण्ट टिम, गुर्खाज टिम र बागलुङ टिम सहभागी भएका छन्।
यसैगरी ओहायो राज्यबाट कोलम्बस यल्लो, सिनसिनाटी भलिबल क्लब, कोलम्बस ब्लू, कोलम्बस स्टार भिसी, सर्भाइभर्स, कोलम्बस फ्रेन्डसीप र फिप्टीस्टार युवा क्लबले सहभागिता जनाएका छन् भने टेक्सास राज्यबाट सुदूरपश्चिम नेपाली समाजका ए र बी टिम, केन्टकी राज्यबाट लेक्सिन्टन एएनकेए र केन्टकी एएनकेए वान साथै योङ स्टार लेडिज टिम प्रतिस्पर्धामा छन्।
त्यस्तै नर्थ क्यारोलिना राज्यबाट इभिसीएनसी टिम र पेन्सिलभेनिया राज्यबाट योङ ब्लड टिम, राइजिङ स्टार टिम र युनाइटेड गल्र्स टिम प्रतिस्पर्धामा छन्। फाउण्डेसनका प्रवक्ता केशव आचार्यले अमेरिकामा नेपालीभाषी समुदायमा खेलकुदका माध्यमबाट आपसी सौहार्दता वृद्धि गर्दै युवायुवतीलाई सत्मार्गमा लगाउन विभिन्न खेलका प्रतिस्पर्धा आयोजना गरिँदै आएको बताए।
उनले दुई हप्ता अघिमात्र अमेरिकाभरका ३८ टिमको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए।
|
ह्यारिसवर्गमा दीपावली नाइट हुने पेन्सिलभेनिया। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा बस्ने नेपालीभाषीहरुले तिहार चाडको उपलक्ष्यमा दीपावली नाइट नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।
कार्यक्रम यही अक्टोबर १५का दिन दिउँसो १ बजेदेखि ६ बजेसम्म हुने छ। स्थानीय समाजसेवी नेत्र आचार्यले दिएको जानकारीअनुसार, ह्यारिसवर्ग शहरमा रहेको व्लुमिङ लोटस डान्स स्टुडियोको मुख्य आयोजना भुटनिज कम्युनिटी इन ह्यारिसवर्ग र ओएचआरसीको सहकार्यमा हुन लागेको सो कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यबस्था मिलाइएको छ।
कार्यक्रममा डान्स स्टुडियोका कलाकारहरु र अन्य व्यवसायिक कलाकारहरुको प्रस्तुति रहने छ। गीत र नृत्य दुबैका माध्यमबाट यसपल्टको दीपावली भव्यताका साथ मनाउने तयारी ह्यारिसवर्गका नेपालीभाषी समुदायले गरेका छन्।
विगत केहीबर्षदेखि कोरोना महामारीका कारण उकुसमुकुस भएको समाजका बासिन्दाहरुलाई अहिले केही खुकुलो भएको स्थितिमा गीत संगीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमका माध्यमबाट मनोरन्जन पुगोस् भन्ने उदेश्यले सो कार्यक्रम गर्न लागिएको हो।
कार्यक्रम स्कटिस राइट क्याथेड्रल २७०१ नर्थ थर्ड स्ट्रीट ह्यारिसवर्ग पेन्सिलभेनियामा हुने जानकारी पनि दिइएको छ। कार्यक्रममा सपरिवार सहभागितका जनाई मनोरन्जनसहित दीपावली पर्व मनाउन समाजसेवी आचार्यले आग्रह गरेका छन्।
|
अमेरिकामा ‘कलिवुड नाइट’ सफलतापूर्वक सम्पन्न, सहयोगीहरुप्रति आयोजकको आभार भर्जिनिया । अमेरिकामा नेपाली लोक नृत्यको प्रवद्र्धन गर्दै आइरहेको केसी डान्स सेन्टरले सन् २०१७ देखि नियमित रुपमा प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को चौथो श्रृङ्खला गत सेप्टेम्बर २४, २०२२ का दिन भर्जिनियाको मनाससमा समुदायकै साथ र सहयोगमा सम्पन भएको छ ।
कार्यक्रमलाई सफलता सहित सम्पन्न गर्ने सम्पूर्ण कलाकार, स्वयंसेवक तथा विज्ञापन दाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यसमेत अक्टुबर १, २०२२ मा सम्पन्न भएको छ । कार्यक्रम सम्पन्न भएसँगै यसलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति केसी डान्स सेन्टरले आभार समेत व्यक्त गरेको छ ।
अमेरिकामा नृत्य मार्फत नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै फैलाउने अनि यहाँ हुर्कँदै गरेका पुस्तामा हस्तान्तरण गर्ने मूल उद्देश्यका साथ स्थापित केसी डान्स सेन्टरले वर्षमा एकदिन चाडवाडको अवसर पारेर तिनै हुर्कँदै गरेका पुस्तालाई हौसला प्रदान गर्न अनि समुदायलाई विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हरेक वर्ष ‘कलिवुड नाइट’ सञ्चालन गर्दै आइरहेको छ ।
यस वर्षको कार्यक्रममा साना बालबालिहरूदेखि प्रौढसम्म, अमेरिकाका विभिन्न सहरदेखि नेपालसम्मका कलाकारहरूको प्रस्तुती रहेको सेन्टरले जनाएको छ । आफ्नो अति व्यस्त समय निकालेर करिब ४÷५ महिना देखि अभ्यास कार्यमा उपस्थित भई आफ्नो क्षमता, सीप र कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकारहरुलाई सेन्टरले आभार व्यक्त गरेको छ ।
‘विशेष गरि डिसी मेट्रो क्षेत्रका सम्पूर्ण नेपाली संघसंस्था तथा समुदायको साथ र सहयोग बिना यो कार्यक्रम सम्भव थिएन’ सेन्टरका संस्थापक, संचालक र नृत्य निर्देशक नविन केसी र लुना श्रेष्ठले एक वक्तव्य जारी गर्दै भनेका छन् ‘हरेक वर्ष कार्यक्रममा उपस्थित भएर, कलिवुड नाइटको कार्यक्रम हुने दिनमा अन्य कार्यक्रमहरु नराखिदिएर, र कार्यक्रम पश्चात अर्को कार्यक्रमका लागि रचनात्मक सुझाव उपलब्ध गराएर पु¥याउनु भएको सहयोग प्रति हामी हार्दिक आभार सहित हृदय देखि धन्यवाद अर्पण गर्दछौँ ।’
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको प्रमुख आतिथ्य तथा अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको विशेष आतिथ्यमा अक्टुबर १, २०२२ का दिन कार्यक्रमलाई सहयोग गर्नेे कलाकार, स्वयंसेवक, स्पोन्सर, प्राविधक, मिडिया लगायतलाई धन्यबाद ज्ञापन र प्रमाणपत्र वितरणको कार्यक्रम गरिएको थियो । कलिवुड नाइटबाट खर्च कटाई बाँकी हुन आएको बचत रकमलाई सामाजिक सेवाका क्षेत्रमा लगानी गरिने पनि केसी डान्स सेन्टरले जनाएको छ ।
सेन्टरका अनुसार यस वर्ष डिसी महानगर क्षेत्रमा रहेका दुईवटा सँस्थाहरू – नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र, मेरिलैण्ड (एनइसीसी) र नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी) लाई जनही चारसय डलर सहयोग गरिएको छ । समुदायको सहयोगमा सम्पन्न कार्यक्रम मार्फत उठेको रकमबाट सकेसम्म बचाई समुदायको हितका लागि नै सहयोग गर्न पाउँदा खुशी लागेको सेन्टरले जनाएको छ ।
|
एकताको सन्देश दिएर ओहायोमा नेपालीहरुले मनाए दशैं ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा भेला भएका सयौं नेपालीहरुले आपसका शुभकामना आदान प्रदान गर्दै नेपालीहरुको महान चाड दशैं मनाएका छन् ।
सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) को आयोजनामा सम्पन्न दशैं विशेष कार्यक्रममा कोलम्बस र आसपास शहरमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपाली र नेपालीभाषीहरुको सहभागिता थियो ।
सानासाना नानीहरुदेखि प्रौढसम्मका सहभागीहरुले आआफ्नो नृत्य तथा अन्य प्रस्तुति पस्केर आपसमा महान चाड दशैंको शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा कोनाका अध्यक्ष डा. दामोदर पौडेलले महान चाड दशैंले प्रवासमा पनि सम्पूर्ण नेपाली तथा नेपालीभाषी समुदायमा एकता र भातृत्वको सन्देश दिएकाले आफूहरु एकजुट भएर भेला हुन सकेको बताएका थिए ।
उनले भने, ‘हामी जहाँ बसे पनि आफ्नो हैसियताले भ्याएसम्म भव्यरुपले मनाएर हामीले आफ्नो पहिचानलाई विश्वव्यापीकरण गरिरहेका छौं ।’ कार्यक्रममा भएको भब्य उपस्थितिले प्रवासमा नेपाली जातिको एकताको सन्देश दिएको भन्ने एकताबद्ध भएर समुदायमा सक्रिय रहन सबैलाई आग्रह गरे ।
शुभकामना मन्तब्य व्यक्त गदै मायमी विश्वविद्यालय, ओहायोका प्राध्यापक डा.जनार्दन सुवेदीले सत्कर्ममा लाग्ने प्रेरणा मिलोस् भनेका थिए ।ओहायोको रेनल्ड्सवर्ग शहरका निर्वाचित जनप्रतिनिधि काउन्सिलम्यान भुवन प्याकुरेलले उपस्थित नेपालीजनमा उत्साहको संचार गराउंदै रेनल्ड्सवर्ग सिटी काउन्सिलले नै आगामी तिहारको कार्यक्रम औपचारिकरुपले मनाउने निर्णय गरेको र शहरले नै दीपावली विशेष कार्यक्रम तय गरेर समुदायका सबैलाई निम्तो गरेको जानकारी दिएका थिए ।
उनका अनुसार, सिटी काउन्सिलले दीपावलीका उपलक्ष्यमा दिन नै तोकेर कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एन्टाकी अध्यक्ष मृदुला गुप्ताले पनि शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा उपस्थित नेपालीहरुले एकआपसका शुभकामना आदान प्रदान गर्दै नेपाली गीतहरु बजाएर नृत्य गरेर रमाइलो गरेका थिए ।
सहभागीहरुका लागि कोनाले स्न्याक्स र डिनरको व्यबस्था मिलाएको थियो । दशैंको शुभकामना आदान प्रदानपछि सोही समारोहमा कोनाले आफ्नो साधारणसभा पनि सम्पन्न गरेको छ ।
|
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोजनाहरूमा योगदान गर्ने दाता एवं स्वयमसेवकहरूलाई सम्मान गरेको थियो ।
गत सेप्टेम्बर २४ मा भएको कार्यक्रममा करिब ३०० जना अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।
कार्यक्रममा विगत तीन दशकभन्दा बढि समयमा समुदायमा आफ्नो बहुमूल्य योगदान प्रदान गर्दै आएका एनइसीसीका स्वयसेवकहरु डा. हरि तथा इन्दिरा शर्मा, डा. श्याम तथा इन्दिरा कार्की, कृष्ण तथा रीता निरौला र शशी तथा मौरिन उपाध्याय लगायतलाई संस्थाको तर्फबाट सम्मान प्रदान गरिएको थियो ।
यस्तै, डा. हरि शर्मा, डा. श्याम कार्की, कृष्ण निरौला, डा. महेन्द्र कार्की, खिलेन्द्र न्यौपानेर सरोज प्रजापतिलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त लाइफटाइम एचिभमेन्ट अवार्ड तथा २५ जना स्वयसेवकलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति स्वयसेवी सेवा अवार्ड प्रदान गरिएको थियो ।
सोही अवसरमा एशोसिएसन अफ नेपलीज इन अमेरिकाको तर्फबाट खगेन्द्र अधिकारीले एनइसीसी बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेलाई ‘सोसल हिरो अवार्ड’ प्रदान गरेका थिए ।
कार्यक्रर्यममा संस्थाले प्याट्रोन सदस्यहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । यसगैरी ३९ जनालाई ट्रष्टि सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो ।
यसगैरी पाठशालाका ३४ जना, शिक्षकहरू ३४ जना, देउसीभैलो टोलीका १९ जना सदस्यहरू र ४७ जना स्वयसेवकहरूलाई सम्मान प्रदान गरि एको थि यो भने ४४ जना
प्रोमिसरी नोटहोल्डरहरूलाई समेत सम्मान गरेको थियो ।
|
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोजनाहरूमा योगदान गर्ने दाता एवं स्वयमसेवकहरूलाई सम्मान गरेको थियो ।
गत सेप्टेम्बर २४ मा भएको कार्यक्रममा करिब ३०० जना अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।
कार्यक्रममा विगत तीन दशकभन्दा बढि समयमा समुदायमा आफ्नो बहुमूल्य योगदान प्रदान गर्दै आएका एनइसीसीका स्वयसेवकहरु डा. हरि तथा इन्दिरा शर्मा, डा. श्याम तथा इन्दिरा कार्की, कृष्ण तथा रीता निरौला र शशी तथा मौरिन उपाध्याय लगायतलाई संस्थाको तर्फबाट सम्मान प्रदान गरिएको थियो ।
यस्तै, डा. हरि शर्मा, डा. श्याम कार्की, कृष्ण निरौला, डा. महेन्द्र कार्की, खिलेन्द्र न्यौपानेर सरोज प्रजापतिलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त लाइफटाइम एचिभमेन्ट अवार्ड तथा २५ जना स्वयसेवकलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति स्वयसेवी सेवा अवार्ड प्रदान गरिएको थियो ।
सोही अवसरमा एशोसिएसन अफ नेपलीज इन अमेरिकाको तर्फबाट खगेन्द्र अधिकारीले एनइसीसी बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेलाई ‘सोसल हिरो अवार्ड’ प्रदान गरेका थिए ।
कार्यक्रर्यममा संस्थाले प्याट्रोन सदस्यहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । यसगैरी ३९ जनालाई ट्रष्टि सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो ।
यसगैरी पाठशालाका ३४ जना, शिक्षकहरू ३४ जना, देउसीभैलो टोलीका १९ जना सदस्यहरू र ४७ जना स्वयसेवकहरूलाई सम्मान प्रदान गरि एको थि यो भने ४४ जना
प्रोमिसरी नोटहोल्डरहरूलाई समेत सम्मान गरेको थियो ।
|
नेपालको गौरव बढाएको भन्दै अमेरिकी विश्वविद्यालयमा डा.जोशीको प्रसंसा र सम्मान (भिडियाेसहित) वासिंगटन डिसी। ‘उनकै योगदानका कारण केही नेपाली विद्यार्थीहरुले डक्टरल डिग्री हासिल गरी अनुसन्धान र विकासका क्षेत्रका अमेरिकाको नासा र ब्रिस्टोल मायर्सजस्ता प्रतिष्ठित कम्पनीहरु कार्यरत रहेका छन्। उनीहरुमध्ये केही अन्तरिक्षको अनुसन्धानमा छन् भने कतिपयहरु मुटु रोग तथा क्यान्सर रोगको औषधि पत्ता लगाउने अनुसन्धानमा सफलता हासिल गरिरहेका छन्।’
सेप्टेम्बर २४ शनिवार अमेरिकाको वेष्ट भर्जिनियास्थित प्रतिष्ठित फेयरमण्ट विश्वविद्यालयको सभाहलमा विशिष्ट पाहुनाहरु, अमेरिकाको सो क्षेत्रका छानिएका विद्धानहरुको उपस्थितिमा सो विश्वविद्यालयकी अध्यक्ष अमेरिकी नागरिक डायना फिलिप्स र सोही विश्वविद्यालयको फाउण्डेसनका अध्यक्ष रे डेयरले यसरी मुक्त कण्ठले प्रसंसा गर्दै सम्मान गरिएका थिए एक जना नेपालीमुलका विद्वान व्यक्तित्व डा.तुलसी जोशी।
अध्यक्ष रे यतिमा मात्र रोकिइनन्, उनले अगाडि भनिन्, ‘शायद अमेरिकामा उनी नै एकमात्र विदेशबाट आएको व्यक्ति हुनुपर्छ जसले त्यस्तो अन्तर्राष्ट्रिय कार्यको जिम्मेबारीलाई बोकेर सफतापूर्वक सम्पन्न गरी आफू जन्मेको मुलुक र संलग्न संस्थाहरुको गौरब बढाएका छन्।’
उनले थपिन्, ‘यी कार्यले हाम्रो विश्वविद्यालयको इज्जत र प्रतिष्ठा बढेको छ। विश्वविद्यालयमा इन्टरन्यासनल स्कलरसिप प्रोग्रामहरु शुरु गर्न र संचालन गर्न उहाँ नै मुख्य व्यक्ति हो जसले १०० भन्दा बढी विदेशी विद्यार्थीहरुलाई स्कलरसिप उपलब्ध गराएर सहयोग पुर्याउनु भएको छ र यसमध्ये ५० जना त नेपाली विद्यार्थीहरु नै छन्।
डा.जोशीले सन् २०२१ को ‘आउटस्ट्याण्डिङ फिलान्थ्रोफिस्ट अवार्ड’ प्राप्त गरेका थिए। सो अवार्ड हस्तान्तरणका लागि भने २४ सेप्टेम्बर २०२२ मा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
डा.जोशीले ४३ बर्षसम्म अमेरिकाको वेष्ट भर्जिनियास्थित फेयरमण्ट विश्वविद्यालयमा पढाएका थिए। गडगडाहट तालीका बीचमा विश्वविद्यालय फाउण्डेसनकी अध्यक्ष रेले डा.जोशीले अमेरिकामा मात्र होइन नेपालमा समेत शिक्षाको विकासका लागि अतुलनीय योगदान गरेको कुरा चर्चा गरेकी थिइन्।
डा.जोशीले नेपालमा सातवटा स्कलसिप कार्यक्रमहरु चलाएर जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क पढ्ने अवसर प्रदान गरेको मात्र होइन अमेरिकामै पनि दुईवटा विश्वविद्यालयमा ४ वटा इन्टरन्यानशल स्टडिज् प्रोग्रामहरु चलाएर शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको उनले बताइन्।
अमेरिकी राष्ट्रपति र गभर्नरहरुबाट विभिन्न अवार्डहरु प्राप्त गरिसकेका डा.जोशीले नेपालका राजाबाट पनि स्वर्णपदक पाएको, वेष्ट भर्जिनियाको शिक्षा विभागबाट प्रतिष्ठित मानिएको साइरस भेन्स अवार्डले सम्मानित भएसकेको र अमेरिकन एसोसिएसन अफ जोग्राफर्सबाट समेत सम्मानित भएको चर्चा उनले कार्यक्रममा गरेकी थिइन्।
डा.जोशी र उनकी पत्नी मर्लिन जोशी जसले ३० बर्षसम्म वेष्ट भर्जिनियाका स्कूलहरुमा पढाइन्, दुबैको शिक्षाप्रतिको अगाध प्रेम र गुणस्तरीय शिक्षामा पहुंच बढाउनु पर्ने सोचका कारण जोशी दम्पत्तिले शिक्षाको प्रचार र विकासमा ठूलो योगदान पुगेको विचार कार्यक्रममा राखिएको थियो।
यही लगावका कारण डा.जोशीले आफू जन्मेको क्षेत्र नेपालको सुदुरपशिचमको धनगढीमा एउटा सरकारी विद्यालय नै आफ्नै नाममा संचालन गरेकोमा पनि कार्यक्रममा प्रसंसा गरिएको थियो। डा.जोशी दम्पत्तिका नाममा अमेरिकाको वेष्ट भर्जिनियाका दुईवटा विश्वविद्यालयमा एकेडेमिक अफिसहरु संचालन गरेको विषयमा पनि अध्यक्ष रेले सुनाएकी थिइन्।
सक्रिय अध्यापन कार्यबाट रिटायर्ड भएका डा.जोशी अमेरिकी विश्वविद्यालयले गरेको सो सम्मानप्रति खुसी छन्। आफूले जीवनमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे विश्वविद्यालयले सम्झना गरिदिएको र त्यसले आफूलाई प्रेरित गरेको उनले डिसी नेपाललाई बताए। उनीसमेत अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजित सो विशेष समारोहमा डा.जोशी,उनकी पत्नी मर्लिन र छोरीहरु दिपा र तारा पनि सहभागी थिए।
|
नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी ‘द भोइस’मा मचाइन् तहल्का (भिडियोसहित) काठमाडौँ। नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकामा भइरहेको ‘द भोइस’को ब्लाइण्ड अडिसनमा तहल्का मचाएकी छन्। १७ वर्षकी बास्तोलाले ‘द भोइस’को ब्लाइण्ड अडिसनमा आफ्नो स्वरको सुमधुर जादु चलाएकी छिन्। उनी ‘द भोइस’मा पर्फोमन्स दिने पहिलो नेपाली किशोरी हुन्।
उनले गाउन सुरु गरेको केहि क्षनमा नै ४ जनै जजले बजर दबाएका छन्। उनको गीत पुरा भएपछि सबै जजले सकारात्मक प्रतिक्रिया दिएका छन्। ति चार जनै जज उनलाई आफ्नो टिममा लिन इच्छुक छन्।
|
ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी ओहायो। अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ। त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन्।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो खेल अमेरिकी समयअनुसार आइतबार राति सकिएको हो।
उक्त खेलमा सिन्सिनाटीका नेपाली भाषी युवाको टिम चुकेले आफ्नो प्रतिस्पर्धी पेन्सिलभेनिया राज्यको ह्यारियवर्ग सहरका नेपालीभाषी युवाको टिम एफसी युनाइटेडलाई १-० ले हराउँदै जीत हात पारेको थियो।
अमेरिकी समयानुसार आइतबार अपराह्न भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा चुकेका जर्सी नं ७ का रोशान्डोले एक गोल गरेका थिए। उनले हाफ टाइमअघि पाएको कर्नर किकको सदुपयोग गरी बल गोलपोस्टमा छिराएका थिए।
सयौँ दर्शकले भरिएको सिन्सिनाटीको मायामी ह्वाइटवाटर सकर कम्प्लेक्स खेल मैदानमा भएको सो खेलमा विजयी चुके क्लबले १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। त्यसैगरी उपविजेता युनाइटेड एफसीले आठ हजार अमेरिकी डलर पुरस्कार पाएको सो प्रतियोगिताका संयोजक राजन चुहानले जानकारी दिए।
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विजयी टिमलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए। उनले अमेरिकामा भएका नेपाली भाषी भूटानी तथा सबै नेपाली भाषी समुदायलाई खेलका माध्यमबाट आफ्ना सन्ततिलाई अनुशासित बनाउन तथा अमेरिकामा प्रतिस्पर्धी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको बताए।
महिलातर्फ विजयी कोलम्बस स्टारले सात हजार पाँच सय डलर पाएको छ। त्यसैगरी भेट्रान विजेताले आठ हजार अमेरिकी डलर जितेको छ। महिलातर्फ १–० गोल अन्तरले पराजित भई उपविजेता बनेको नर्थ डकोटा साइनिङ स्टार फुटबल क्लबले पाँच हजार अमेरिकी डलर पाएको छ।
त्यसैगरी भेट्रान्सतर्फका उपविजेता इन्ट्रा भेट्रान्स कोलम्बस क्लबले पाँच हजार र तेस्रो हुने हिलसिटी भेट्रान्स क्लबले दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । भेट्रान्स खेलमा प्रथम भएको सिन्सी इन्ट्राले ६ गोल अन्तरले जितेको थियो । सो खेलमा कर्ण पौडेलले तीन गोल गरेका थिए।
प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया, नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्य तथा क्यानडाका नेपालीभाषी खेलाडी सहभागी भएको आयोजक संस्थाका प्रवक्ता केशव आचार्यले बताए।
|
ओहायो इन्ट्रा कप फुटबल-एफसी युनाइटेड फाइनलमा ओहायो। अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ।
प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स्टार सेमिफाइनलमा पुगेको छ। त्यसैगरी भेट्रानतर्फ (३५ वर्षमाथिका पुरुष समूह)को खेलमा कोलम्बस इन्ट्रा भेट्रान्स क्लब र इन्ट्रा फुटबल क्लब सिनसिनाटी फाइनलमा पुगेको छ।
प्रतियोगिता आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका संयोजक राम थापाका अनुसार महिलातर्फ कोलम्बस स्टार फुटबल क्लब र एनडी साइनिङ स्टार फाइनलमा प्रवेश गरेको छ।
लिग र नकआउटका माध्यमबाट यसअघि महिलातर्फ सिन्सी रेबल्स फुटबल क्लब भर्सेस कोलम्बस स्टार, वारियर फुटबल क्लब भर्सेस एनडी साइनिङ स्टारबीच प्रतिस्पर्धा भएको थियो।
युवा, भेट्रान पुरुष र महिलातर्फका सबै फाइनल खेल अमेरिकी समयअनुसार आइतबार हुनेछन्। यसअघि युवातर्फ युनिक ब्वाइज भर्सेस रोयल एफसी, मिसिगन एफसी भर्सेस एफसी युनाइटेड, टिमाई स्क्वाड भर्सेस केन्टकी एफी, कोलम्बस स्टार भर्सेस आइएन क्रिष्ट युनाइटेड, साङ्ग्रिला युथ भर्सेस इन्ट्रा फुटबल क्लब र भर्मन्ट भर्सेस हङ्ग्री एफसीबीच प्रतिस्पर्धा भएको थियो।
यसैगरी भेट्रान्सतर्फ एक्रोन भेट्रान्स क्लब भर्सेस कोलम्बस भेट्रान्स क्लब, सिन्सिनाटी इन्ट्रा भेट्रान्स भर्सेस हिल सिटी भेट्रान्स, ह्यारिसवर्ग भेट्रान्स क्लब भर्सेस सिन्सिनाटी याले भेट्रान्स, मिनिसोटा भेट्रान्स भर्सेस ह्यारिस्बर्ग भेट्रान्सबीच प्रतिस्पर्धा भएको थियो।
फाउण्डेशनका प्रवक्ता केशव आचार्यका अनुसार युवा टिमका विजेतका लागि सर्वाधिक १५ हजार अमेरिकी डलर (करिब रु १९ लाख ४० हजार नेपाली) पुरस्कार राखिएको छ। त्यसैगरी उपविजेतालाई आठ हजार अमेरिकी डलर पुरस्कार राखिएको छ।
महिलातर्फ प्रथम हुनेले सात हजार पाँच सय र दोस्रो हुनेलाई पाँच हजार अमेरिकी डलर तथा भेट्रानतर्फ प्रथम हुनेलाई आठ हजार, दोस्रो हुनेलाई छ हजार र तेस्रो हुनेलाई दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ।
|
अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु ओहायो। अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ। ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरे। प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ।
तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ। युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ।
सो खेलको विजेतका लागि १५ हजार अमेरिकी डलर (१९ लाख ४० हजार नेपाली रुपैयाँ) पुरस्कार राखिएको छ। उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी इ वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरी कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।
तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिष्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, साङ्ग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।
त्यसैगरी रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडागी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेञ्ज, भरमण्ट एघार भर्सेस पीस जोन स्पोर्टिङ अफ बिसिएएका बीच रोचक प्रतिस्पर्धा हुँदैछ।
उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस् हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ।
युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताए। भेट्रान्सतर्फ आठ वटा टिम र महिलातर्फ चार वटा टिम सहभागी छन् । महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयानुसार शनिबार सुरु हुने आयोजना संयोजक चुहानले जानकारी दिए।
खेल सुरु हुनुअघि बिहीबार साँझ सिनसिनाटीको होटल मेरियटमा खेल टिमका म्यानेजर, क्याप्टेन र कोचलाई आयोजक संस्था इन्ट्रा फाउण्डेसनले स्वागत समारोहको आयोजना गरेको थियो। फाउण्डेसनका प्रवक्ता केशव आचार्य र सचिव गोपाल धितालले सहभागीको स्वागत गरेका थिए भने गायक तथा सङ्गीतकार केशव पौडेलले तयार गरेको इन्ट्राको खेल गीत पनि पहिलोपल्ट सार्वजानिक गरिएको थियो।
विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ।
|
दसैं तिहारकाे अवसरमा कलिउड नाइट कार्यक्रम हुँदै वाशिंटन डिसी। विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा केसी डान्स सेन्टरले आउँदो सेप्टेम्बर २४, तदनुसार आश्विन ८ गते शनिबारका दिन ‘कलिउड नाइट २०२२’ कार्यक्रम गर्ने भएको छ। “तपाईंहरुको उपस्थिति हाम्रो हौसला” नाराका साथ यो विशुद्ध मनोरञ्जानात्मक संस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपाली कला र संस्कृतिलाई विदेशमा बसेर, त्यहीँ जन्मेका र हुर्केका नानी/बाबुहरु माझ नृत्य मार्फत पहिचान गराउँदै र प्रशिक्षण दिँदै उनीहरुलाई प्रोत्साहन दिनको लागि एक बृहत रंगमञ्चको रुपमा नेपाली कला क्षेत्रका चर्चित कलाकारहरुको साथ बेजोड प्रस्तुति देखाउन दुई दिदी भाइ लुना श्रेष्ठ र नवीन केसीले जन्माएको कार्यक्रम हो ‘कलिउड नाइट’।
यो कार्यक्रमले ३ वर्षदेखि लगातार सफलता पाएको छ। ‘यो वर्ष पनि भब्य रुपमा सफल पार्न हामी लागि परेका छौँ,’आयोजकले भने, ”कलिउड नाईट २०२२’ले तपाईहरुलाई हसाउने छ, गवाउने छ अनि नचाउने छ।’
यो कार्यक्रम सफल हुनुमा विभिन्न शैलीमा पस्किने प्रस्तुतिहरु, बाबुनानीहरुको कडा मेहेनत र नेपाली कला क्षेत्रका चर्चित कलाकारहरुको साथ रहेको आयोजकले बताए।
|
अमेरिकाले आगामी ५ बर्षमा नेपाललाई १ खर्व ९३ अर्व रुपैयाँ सहयोग गर्ने वासिंगटन डिसी। नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले आगामी ५ बर्षमा अमेरिकाले नेपालको विकासका लागि १ दशमलव ५ विलियन अमेरिकी (१ खर्ब ९३ अर्व नेरु लगभग) डलर खर्च गर्ने बताएका छन्।
नेपालको राष्ट्रिय दिवसका दिन सेप्टेम्बर १९ मा वासिंगटन डिसीस्थित नेपाली राजदूतको निवासमा आयोजित एक स्वागत समारोहमा उनले सो कुरा बताएका हुन्।
यो रकममा हालै सम्झौता सम्पन्न गरिएको एमसीसी परियोजनाको ५ सय मिलियन र अमेरिकी सहयोग नियोग युएसएआईडीले सम्झौता गरेको ६सय ५९ मिलियन अमेरिकी डलरको सहयोगसमेत समावेश भएको उनले बताएका थिए। उनले विगत २० बर्षदेखि नेपालको पुरातात्विक सम्पदा संरक्षणमा अमेरिकी सहयोग रहेको र सो भविष्यमा पनि जारी रहने जानकारी गराए।
अमेरिकी नवनियुक्त राजदूत थम्पसनले नेपालले युक्रेनको समर्थन गरेकोमा खुसी व्यक्त गर्दै प्रजातन्त्र र मानवअधिकारका क्षेत्रमा दुई मुलुकका बीच भावी दिनहरुमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरेका थिए।
उनले आफ्नो कार्यकालका आगामी दिनहरुमा नेपालका प्रधानमन्त्री र नेपालका नेताहरु तथा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग दुई देशका बीच बनेको दह्रो सम्बन्धलाई अझ मजवुत बनाउन सहकार्य गर्दै जाने आफ्नो इच्छा रहेको पनि बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोलाइएका थम्पसन र अन्य अतिथिहरुलाई स्वागत गर्दै अमेरिकाका लागि नेपाली राजदूत प्रा.डा.श्रीधर खत्रीले कोरोना महामारीको समयमा अमेरिकाले नेपाललाई उपलब्ध गराएको ६ मिलियन(६० लाख) डोज खोप र अन्य मेडिकल सामग्रीका लागि धन्यवाद ज्ञापन गरे।
उनले भने ‘यो सहयोगले धेरैको ज्यान बचाउन मद्धत मिलेको छ।’ उनले नेपाली सेनाका अधिकृतहरुका लागि क्षमता अभिवृद्धि पुर्याएको सहयोगको पनि प्रसंसा गरेका थिए भने गतबर्षजस्तै आगामी बर्ष हुने डेमोक्रेसी समिटमा पनि नेपालले सहभागी हुन पाउने आशा व्यक्त गरेका थिए।
अमेरिकी राष्ट्रपति जो वाइडेनको आयोजनामा गतबर्ष सम्पन्न भएको सो समिटमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरवहादुर देउवाले भाग लिएका थिए।
|
अमेरिकाभरका ३८ नेपालीभाषी फुटबल टीमबीच प्रतिष्पर्धा हुँदै, जित्ने युवा टीमले १५ हजार डलर पाउने ओहायो । अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देखि शुरु हुने सो प्रतियोगितामा युवा पुरुष समूहतर्फ २६ टीम, भेट्रानतर्फ ८ टीम र महिलातर्फ ४ टीमले सहभागिता जनाउने भएका छन् । फाउण्डेसनका अध्यक्ष समाजसेवी डिल्ली अघिकारीले सेप्टेम्बर २३ मा उद्घाटन गर्ने सो प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया,नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्यका खेलाडीहरु सहभागी छन् । यसवाहेक अमेरिकाको छिमेकी मुुलुक क्यानडाबाट समेत एउटा टिमले सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ । सबै खेलाडीहरु नेपालीभाषी समुदायका हुन् ।
अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी भुटानी अमेरिकी समुदाय तथा नेपाल र अन्य मुलुकबाट पनि अमेरिकामा स्थायी वसोवास गरिरहेका नेपालीभाषी समुदायको उत्साहजनक सहभागिता रहेको यो प्रतिष्पर्धाको फाइनल खेल सेप्टेम्बर २५ मा सिनसिनाटी शहरमै हुने तय भएको छ । फाउण्डेसनका प्रवक्ता केशव आचार्यले आफ्नो समुदायका युवा युवतीहरुमा ‘स्पोर्टस्मेनसिप’ भावनाको विकास गरी समुदायका युवाहरुलाई जागरुक बनाइराख्ने उद्देश्यले फाउण्डेसनले विभिन्न खेलकुदका कार्यक्रमहरु निरन्तर आयोजना गरिरहेको बताए । उनले भने, ‘खेलले व्यक्तिगत जीवनलाई स्वस्थ र अनुशासित राख्न सघाउने हुंदा समुदायका युवा युवतीहरुलाई लागूऔषधजस्ता लतमा लाग्न नदिई उनीहरुलाई जोगाउन पनि मद्धत गर्ने विश्वास लिएका छौं ।’
प्रतियोगिताका संयोजक राजन चुहानले ३५ बर्षमाथिको उमेर समूहका पुरुष खेलाडीहरुको भेट्रान टीम र महिलाहरुको टीमका बीचको प्रतिष्पर्धा लिग र नकआउटका माध्यमबाट गराइने बताए । उनका अनुसार, युवा टीमका बीच भने नकआउट प्रतिष्पर्धा गराइने छ ।
यी प्रतिष्पर्धाका लागि फाउण्डेसनका अध्यक्ष डिल्ली अघिकारीले निकै ठूलो पुरस्कार राशीको घोषणा गरेका छन् । युवाहरुको २६ टीमका बीचको प्रतिष्पर्धाबाट प्रथम हुने टीमले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । युवातर्फ दोस्रो हुने टीमका लागि ८ हजार अमेरिकी डलर पुरस्कार दिइने छ । त्यसैगरी भेट्रानतर्फ प्रथम हुने टीमलाई ८ हजार, दोस्रो हुने टीमलाई ६ हजार र तेस्रो हुने टीमलाई २ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइने छ भने महिलातर्फ प्रथम हुनेलाई ७ हजार ५ सय तथा उपविजेता टीमलाई ५ हजार अमेरिकी डलरको पुरस्कार दिइने छ ।
|
अमेरिकाको भर्जिनियामा दशैं तिहार भव्य कार्यक्रम हुने काठमाडौं। अमेरिकाको भर्जिनियामा अर्को साताको आइतबार दशैं तिहारको अवसरमा भव्य कार्यक्रम हुने भएको छ । सेप्टेम्बर २५ आइतबारका दिन दशैं तिहार फेस्ट र दशैं नाइट कार्यक्रम हुने भएको हो ।
अनेस्ट रियल स्टेटको प्रस्तुतीमा हुने यो कार्यक्रममा स्थानीय समयअनुसार बिहान ११ बजेदेखि ५ बजेसम्म दशैं तिहार फेस्ट हुनेछ । यसमा नेपाल र वरिपरिका क्षेत्रका स्थानीय परिकारहरु उपलब्ध हुनेछन् । साथमा कला र हस्तकलाका सामानहरु, दशैंका लागि लक्षित गरिएका सामानहरु किन्न पाइने थुप्रै स्टलहरु, बालबालिकाका विभिन्न कार्यक्रमहरु समेत यसमा हुने बताइएको छ ।
सोही दिन बेलुकी ६ बजेपछि दशैं नाइट कार्यक्रम सुरु हुनेछ । यसमा नेपाली पप संगीतका चर्चित कायकहरु एड्रियन प्रधान र निमा रुम्बाको प्रस्तुती रहनेछ । कार्यक्रममा मिस नेपाल नर्थ अमेरिका २०२२ प्रत्युषा बोहराको पनि विशेष उपस्थिति रहनेछ । साथमा सोनिक चेन्स, पासा ब्याण्ड र प्रकृति देउजाको पनि प्रस्तुती रहनेछ ।
कार्यक्रम भर्जिनियाको सेन्टरभिलेमा रहेको बुल रन पार्क इभेन्ट सेन्टरमा हुनेछ । दशैं तिहार फेस्टमा प्रवेश निःशुल्क हुनेछ । दशैं नाइटको लागि भने टिकट काट्नुपर्नेछ । टिकट दर साधारणको लागि ३५ डलर र भिआइपीको लागि १०० डलर पर्नेछ ।
१० वर्ष मुनिका बालबालिकाले निःशुल्क प्रवेश पाउनेछन् र विद्यार्थी तथा सैनिक भेट्रानलाई टिकटमा छुट दिइनेछ । कार्यक्रममा एनआरएनए भर्जिनिया च्याप्टर गैर नाफामूलक साझेदार रहनेछ ।
|
नेपाली चेली सराहना श्रेष्ठलाई जिताउन विशेष अन्तरक्रिया कार्यक्रम अमेरिका। आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुन गइरहेको एसेम्बली जेनेरल चुनाबमा उम्मेदवारी घोषणा गरेकी नेपाली चेली सराहना श्रेष्ठसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
ड्रम संगठनको भगिनी इकाई ज्याक्सन हाईटमा स्थित ड्रम बिट्सले ९ सेप्टेम्बरमा श्रेष्ठसँग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
उक्त कार्यक्रमको आयोजना डोल्मा लामाले गरेकी थिइन्।
ड्रम बिट्सले ड्रम संगठनको भगिनी इकाइको हैसियतले नेपालीको हरेक समस्याहरुलाई शसक्त रुपमा उठाइरहेको छ। ड्रम बिट्स संगठनले दक्षिण एसिया र इन्डो–क्यारेबियन समुदायको मजदुर बर्गमा राजनीतिक शक्ति निर्माण गर्नको निमित्त काम गर्दै आएको छ।
सो कार्यक्रमको उद्देश्य आगामी नोभेम्बर महिनामा न्युयोर्क स्टेट एसेम्बली डिस्ट्रिक १०३, मिड हड्सन भ्यालीमा हुँन गईरहेको जेनेरल चुनाबको प्रतिस्पर्धामा उत्रेकी उम्मेदवार नेपाली चेली सराहाना श्रेष्ठलाई जिताउनु रहेको थियो।
ड्रम बिट्स टिम, कम्युनिटी भोलेन्टियर्स, ल्पानिङ टिम, सम्पूर्ण नेपाली मिडिया, सामाजिक अभियन्ता, सामाजिक आयोजकको साथै डिस्ट्रिक ३६ एस्टोरिया क्षेत्रबाट बिधानसभाको सदस्य जोहराम मामदानी र डिस्ट्रिक ३० बाट विधानसभा सदस्य उम्मेदवार स्टेभन रागा समेत उपस्थित थियो।
कार्यक्रममा खुल्ला रुपमा सामाजिक न्याय, मानब अधिकार, आर्थिक भेदभाब सम्बन्धमा चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा उपस्थितले आफ्नो भनाइ राखेका थिए।
सामाजिक कार्यकर्ता छिरिङ लामा योन्जन (भोइस फोर युथ), सामाजिक अभियानता केशब राम राई र ड्रम बिट्सका लिडर सदस्य गीता अधिकारीले आफ्नो धारणा व्यक्त गरका थिए।
ड्रम बिट्सको लिडर सदस्य गीता अधिकारीले भनिन्, ‘संगठन बलियो बनाउनका लागि यहाँ उपस्थित हामी सबैले काँधमा काँध मिलाई लगनशिलताका साथै निरन्तर अगाडि बढ्नु नितान्त आबश्यकता छ। जसरी सराहानाले डिस्ट्रिक १०३ मा समुदायलाई संगठित गर्नुभयो र त्यसबाट शक्तिमा आउनु भयो। त्यसरी नै हामी पनि संगठित हुनु पर्नेछ।’ आगामी निर्वाचनमा सराहाना श्रेष्ठलाई अधिकतम मतले बिजयी गराउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको छ।
सरहानालाई चुनाव जिताउनका लागि आर्थिक सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तपाईं सीधा सारानाको अभियानमा योगदान गर्न सक्नुहुन्छ।
https://secure.actblue.com/donate/drumbeat
|
नेपालीभाषीलाई अमेरिकामा राष्ट्रिय अवार्ड ओहायो, अमेरिका। नेपाली भाषी तारा दाहालले अमेरिकाको ओहायो राज्यबाट इम्युनाइजेजन च्याम्पियन अवार्ड हात पारेका छन्।
एसोसियसन अफ इम्युनाइजेन मेनेजर (एआइएम) र सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले संयुक्त अधिराज्य अमेरिकाभरिबाट २८ जनालाई यो अवार्ड प्रदान गरेको थियो, जसमा ओहायो राज्यबाट तारा दाहालले यो अवार्ड हात पारेका छन्।
यो अवार्डबाट सम्मानित हुने सम्भवत उनी पहीलो नेपालीभाषी हुन्। ओहायो राज्यमा १ करोड १५ लाखभन्दा बढी जनसंख्या रहेको छ। ‘यो अवार्ड पाएको खबर सुन्दा शुरुमा बिश्वासै लागेन ’ पुकलित स्वरमा डिसी नेपालसगको कुराकानीमा भने ‘तेस्रो देशमा आएर पाएको यो अवार्डलाई आफूमात्र नभएर आफ्नो समुदायको ठूलो सफलताको रुपमा लिएको छु।’
हरेक राज्यको स्थानीय तहमा रहेर खोपको क्षेत्रमा ससत्त र उदाहरणीय काम गर्नेहरुबाट छानेर हरेक वर्ष सर्वोकृष्टलाई च्याम्पियन अवार्ड प्रदान गरिन्छ। एआइएमले २२ अगष्टमा अमेरिकाभरिबाट उनीसहित विभिन्न राज्यबाट २८ जनालाई यो अवार्ड प्रदान गरेको घोषणा गरको हो।
‘यति ठुलो जनसंख्या रहेको यो राज्यबाट उहाँले यो अवार्ड पाउनु हामी सबै नेपाली भाषीको लागि निकै ठूलो गर्वको विषय हो ओहायोकै चिलीकथेको होपवेल हेन्थ सेन्टरमा लामो समयदेखि चिकित्सकको रुपमा कार्यरत तथा कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्ष डा. दामोदर पौडेलले भने , ‘तेस्रो देशमा आएर उहाले नेपालीभाषीका लागि होहल्ला नगरी निस्वार्थ भावमा जे गरिरहनु भएको छ, त्यसैको प्रतिफल हो यो।’
भुटानको साम्ची जिल्लाको दोरोखामा जन्मेर नेपालमा २ दशक भन्दा बढी समय विताएका उनी हाल अमेरिकाको सिन्सीनाटी शहरमा बस्दै आएका छन्। नेपाली भाषी भुटानीका हरेक तह र तप्काका समस्यामा हातेमालो गर्दै आएका उनी निश्वार्थ रुपमा समुदायको परोपकारी काममा आफ्नो दरिलो र गर्विलो उपस्थिति देखाउदै आएका छन्। सिन्सीनाटी शहरमा झण्डै १७ देखि २० हजार हाराहारी भुटानी नेपाली रहेको बताइन्छ। ग्रेटर सिन्सीनाटीभित्र कोल्रेन, फोरेस्टपार्क, फेयरफिल्ड, लिवर्टी, बेष्ट चेष्टर, मोन्रो, मेसन शहरमा धेरै भुटानी नेपाली बस्छन् ।
कोरोनाको ठुलो आतंकको समयमा घरघरमा पुगेर अनगिन्ती सिन्सीनाटीबासी नेपालीभाषीलाई ताराले गरेको सहयोग निकै प्रशंशित भयो। सिन्सीनाटीको हेमल्टन काउन्टी पव्लिक हेल्थ त कहिले कोल्रेन टाउनसिप अफ फायर डिपार्टमेन्ट अनि कहिले विभिन्न हस्पिटलसगको सहकार्यमा २ हजारभन्दा बढीलाई वृहत कोरोनाको खोप लगाउने कार्यक्रम सम्पन्न गरेका थिए । उनले नेपालीभाषीका घरघरमा गएर समेत खोप लगाउने कार्यक्रम गरेका थिए।
उनकै नेतृत्वमा नेपाली भाषा तथा कला केन्द्र विदेशी भुमिमा संचालित छ जसले यही जन्मे हुर्केका नेपाली मुलका बालबालिकालाई नेपाली भाषा सिकाउँछ । नेपालीभाषीको निकै ठुलो जनसंख्या भएको ग्रेटर सिन्सीनाटीमा नयाँँ पुस्तामा भाषामा जागरण ल्याउन ठुलो भुमिका खेलिरहेको छ।
|
अमेरिकामा नेपालीभाषीका लागि ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने ओहायो। अमेरिकामा रहेका नेपालीभाषीहरु बीच परोपकारी काम गरिरहेको इन्ट्रा नेशनल सपोर्ट एण्ड वेलफेयर फाउण्डेशनले अमेरिकाभर रहेका नेपालीभाषी युवायुवतीका भलिबल टिमका बीच प्रतिष्पर्धा गराउने भएको छ ।
नेपालीभाषी समुदायका प्रतिष्पर्धी टीममात्र समावेश गरिने यो प्रतियोगिताको पुरस्कार राशी पनि आकर्षक राखिएको छ । फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले आकर्षक पुरस्कार राशीको घोषणा गरेका छन्।
यो खेलमा पुरुषतर्फ प्रथम हुने टीमलाई ८ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको छ । त्यसैगरी दोस्रो हुने टीमलाई ६ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइने छ।
महिलातर्फ विजयी टीमलाई ३ हजार ५ सय अमेरिकी डलर,दोस्रो हुनेलाई २ हजार ५ सय र तेस्रो हुने टीमलाई एक हजार अमेरिकी डलरले पुरस्कृत गरिने छ । प्रत्येक खेलमा म्यानअफ द म्याच घोषणा गरी छुट्टै पुरस्कारको व्यवस्था गरिएको पनि फाउण्डेशनले जनाएको छ।
नेपाली चाडपर्वहरु दशैं र तिहारको अवसर पारेर दशैं चाड सकिएपछि तिहार चाड आउनुअघि हुने यो प्रतिष्पर्धा अक्टोबरको १५ र १६ तारिकका दिन अमेरिकाको ओहोयो राज्यको कोलम्बस शहरमा हुने छ । इन्ट्रा फाउण्डेसनका अनुसार खेलको रजिष्ट्रेशन आजदेखि नै शुरु गरिएको छ।
फाउण्डेसनका तर्फबाट भलिबल प्रतियोगिताको संयोजन गरिरहेका दीपेश प्रधानले दिएको जानकारीअनुसार, यो प्रतिष्पर्धामा एउटै स्टेटबाट धेरैवटा टिमले भाग लिन पाउने छन् तर पुरुषतर्फको खेलमा भने एउटा स्टेटले अर्को स्टेटबाट खेलाडी ल्याएर प्रतिष्पर्धामा भाग लिन भने पाउने छैन।
महिला टिमलाई भने यो नियम लागू नहुने उनले जानकारी गराए । खेलाडी र व्यवस्थापकलाई खाने, बस्ने होटलको प्रबन्ध पनि फाउण्डेशनले नै गर्ने भएको छ । प्रधानले इन्ट्रा फाउण्डेनको फेसवुक पेजमा सार्वजानिक गरिएको फ्लायरमा रहेको वारकोड स्कान गरेर पनि रजिष्ट्रेशन गर्न सकिने बताए।
टीम दर्ताको अन्तिम मिति अक्टोवर ५ तारिकसम्म राखिएको छ। फाउण्डेशनले आयोजना गरेको भलिबल प्रतियोगिता यो दोस्रो हो। पहिलो प्रतियोगिता गतबर्ष सम्पन्न भएको थियो। फाउण्डेशनले खेलकुदका माध्यमबाट नेपालीभाषी समुदायका युवा युवतीहरुको सर्वाङ्गीण विकास हुने विश्वास लिएको छ।
|
चलचित्र परिवारको अमेरिकामा प्रिमियर केन्टकी /अमेरिका। नेपाली चलचित्रका निर्देशक सुमन दाहालले अमेरिकामै रहेर निर्देशन गरेकोे नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ।
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहरमा २८ अगष्टमा एक समारोहका बीच प्रदर्शन गरियो। अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा छायाँकन गरीएको यो चलचित्र गरेर तयार पारेका हुन्। चलचित्रको प्रिमियर शो पनि आईतबार बेलुका केन्टकी स्थित लेक्सिनटन सिटीमा गरियो।
परिवारभित्र कसरी बिखण्डन हुन्छ र त्यसलाई कसरी मेलमिलाप गर्न सकिन्छ भन्ने विषयमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रसामाजिक सचेतनामुलक चलचित्र रहेको निर्देशक सुमन दाहालले बताए। ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौं।’ उनले भने ‘मुलत बिदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हौं।’
सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा तथा एनआरएनले आईसिसी अमोरिका रिजनका डेपुटी रिजनल कोअर्डिनेटर पुरूषोत्तम बोहोराको प्रमुख अतिथ्यतामा सम्पन्न चलचित्र परिवारको प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रिय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्काका अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेत्रित्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरी लगायतका उपस्थिती रहेको थियो।
चलचित्रमा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोइराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ ।इश्वर प्रवासीको कथा रहेको यो चलचित्रमा पटकथा, सम्वाद रवी अर्याल रहेको छ ।
जसमा अँग्रेजी सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, एलिस कार्कीको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। चन्दा दंगालले निर्माण गरेको यो चलचित्रको सह निर्माता डि डि कौशिक हुन्।
केही पहिला पहिलेमात्र निर्देशक सुमनले शंका नामक छोटो चलचित्र पनि निर्माण गरेका थिए। मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पुर्व उपाध्यक्ष हुन्।
|
राधा माताको ‘मेरो अन्तरंग अनुभूति’ प्रकाशित काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएकी राधा क्षेत्री (राधा माता) ले आफ्ना अन्तरंग भावनाहरु समेटेर कविता संग्रह प्रकाशित गरेकी छन्।
विगत लामो समयदेखि धार्मिक प्रवचन गर्दै आफूलाई प्राप्त इश्वरीय ज्ञान इच्छुकहरुलाई बाँड्दै आएकी माताले मृत्युबोध, काल र आत्माका बारेमा आफ्ना अनुभूतिहरु लयात्मक कविताका माध्यमबाट व्यक्त गरेकी छिन्।
उनले जीवनको सही अर्थ बुझ्ने हो भने मृत्युलाई बुझ्नुपर्ने धारणा राखेकी छिन्। उनले पुस्तकको चिनारीमा लेखेकी छन्‐‘मृत्युलाई नबुझीकन जीवनको अर्थ जान्ने कुनै उपाय नै छैन। जो मृत्युबाट भयभीत हुन्छन्, ती जीवनबाट अपरिचित रहन्छन्।’ माता राधाले मृत्युलाई कसरी बुझ्न सकिन्छ र मुक्ति कसरी सम्भव छ भन्नेबारे लयात्मक शैलीमा आफ्ना विचारहरु यो पुस्तकमा व्यक्त गरेकी छन्।
|
ओहायोमा तीज कार्यक्रम, छमछमी नाचे नेपाली महिला (भिडियो सहित) ओहायो। गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१ का दिन एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषीहरूको उलेख्य सहभागिता रहेको थियो।
ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदि बाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।
ओहायो एनआरएन च्याप्टर कार्यकारी सदस्य वर्षा वली(निरौला) तथा सदस्य शारदा धितालले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा महिला संयोजक विनीता आचार्यले स्वागत मन्तब्य राख्दै तिजको पर्वको परंपरागत महत्वका बारेमा धारणा राखी सम्पूर्ण आगन्तुक महानुभावहरू लाई स्वागत गरेकी थिइन्।
कार्यक्रममा डा.आरति शर्माको नृत्य समुह, योगिता खनाल नृत्य समुह ,मनिसा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटाको आकर्षक नृत्य तथा स्थानीय गायकहरू सोम गुरूङ, कृष्ण रेग्मी र राजकुमार लोहोनीले गीत मार्फÞत थप मनोरञ्जन भएको थियो । सहभागी महिला दिदीबहिनीहरू स्वतस्फूर्त बिभिन्न तीज गीतमा छमछमी नाचेर रमाए ।
ओहायो च्याप्टरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गरे भने कार्यक्रमको आर्थिक पाटोको संयोजनमा कोषाध्यक्ष होताराम बिश्वकर्मा साथै सदस्य शान्तीराम अधिकारीले गरेका थिए। कार्यक्रमलाई सफल पार्नको निम्ति च्याप्टरका सचिव रिद्धि खड्का तथा सदस्य रेवती कंडेलले आवश्यक सामग्री संयोजन साथै खानपान ब्यवस्थापनमा बिशेष भुमिका खेलेका थिए।
सह-सचिव लोकेन्द्र देवकोटा तथा सदस्य डिल्ली केरूङले पनि कार्यक्रम सफल पार्न समन्वयकारी भूमिका खेलेका थिए। लक्ष्मी ज्वैलर्सका संस्थापक तथा च्याप्टरका युवा संयोजक भिषण अधिकारीले कार्यक्रमको लागि ५०० डलर आर्थिक सहयोग तथा साउण्ड सिस्टम उपलब्ध गराएका थिए। साउण्ड सिस्टम संयोजन तथा डिजे संचालन अनुज दाहाल र क्षितिज निरौलाले संयुक्त रूपमा गरेका थिए ।
ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले कार्यक्रमको समग्र ब्यबस्थापन गरेका थिए। नृत्यमा डा.आरती शर्मा नृत्य समुह,योगिता खनाल नृत्य समुह , मनिषा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटा तथा गायनमा राजकुमार लोहनी ,सोम गुरूड़,कृष्ण रेग्मी साथै कार्यक्रम संचालिका सारदा धिताल, साउण्ड सिस्टम कार्यक्रम संयोजन गर्ने अनुज दाहाल र क्षितिज निरौला साथै अन्य बालवालिकाहरू लाई दाहालले टफी बितरण गर्दै सम्मान गरेका थिए।
कार्यक्रमलाई सफल र भब्य बनाउन सहयोग गर्ने निर्मला लुईटेल,सन्तोषी खड्का,उर्मिला कंडेल लगायत सबै महिला दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको समेत संस्थाद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा फोटोग्राफी गर्ने बादल निरौला तथा भोजन ब्यबस्थापन गर्ने ड्र्यागन एक्सप्रेस किचेनका टंक तिवारीलाई पनि धन्यबाद ब्यक्त गरिएको छ।
भिडियाे
|
संस्कृति अधिकारीको ‘रमाइलो तीज’ सार्वजनिक काठमाडौं। नेपाली महिलाको महान चाड तीज नजिकिएसँगै तीजका गीत सार्वजनिक हुने क्रम सुरु भएको छ।
यसै मेसोमा संस्कृति अधिकारीको स्वर रहेको ‘रमाइलो तीज’ नामक गीत सार्वजनिक भएको छ। अमेरिकामा बसोबास गर्दै आएकी अधिकारीको स्वर रहेको गीतमा संगीत जानुका पौडेलले दिएकी छन् भने एरेन्ज पुष्कर सुनुवारको रहेको छ।
गीतमा कोरियोग्राफर सरिता राउत बस्नेतले गरेकी छन् भने नृत्य अनुपा प्रधान, विनिता भट्टराई र सरिता राउत बस्नेतको रहेको छ।
विदेशमा बसेर तीज सम्झिँदै रमाइलो गर्दैै गरेको भिडियो विपस्यना खनालले खिचेका हुन्।
भिडियाे
|
अमेरिकामा एक नेपालीभाषी व्यवसायीको भावुक भाषण, शिविरमा स्वास्थ्य चौकी बनाउने घोषणा ओहायो। अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस शहरको एउटा विशाल सभाहलमा भेला भएका सयौं मानिसहरुको भीडमा एकजना नेपाली भाषी युवाले आफ्नो पहिचानका बारेमा भावुक भाषण गरे।
उनले नेपाली भाषा, संस्कृति र पहिचानका लागि देशै गुमाउनु परेको कुरा सुनाउँदै उपस्थित सयौं मानिसहरुको हृदय जिते र सबैको हौसला बढाउने उनले भने, ‘नेपाली भाषा, संस्कृतिको उत्थानका लागि अव गुमाउनु पर्ने केही नभएकोले जीवनभर त्यसको उत्थानमा लाग्ने प्रण गरेको छु।’
अमेरिकाको ओहायो राज्यमा केही बर्षदेखि व्यवसाय गर्दै आएका नेपालीभाषी भुटानी युवा डिल्ली अधिकारी ओहायो राज्य र आसपासका राज्यबाट भेला भएका नेपाली र नेपाली भाषी भुटानीहरुको ठूलो जमघटमा बोल्दै थिए।
अघिकारी अध्यक्ष रहेको परोपकारी संस्था इन्ट्रा फाउण्डेसनले आयोजना गरेको नेपाली गीत र नृत्यका दुई रियालिटी शोहरु मेरो भ्वाइसकप र मेरो डान्स कप २०२२ को ग्राण्ड फिनालेको सांगीतिक महौललाई अधिकारीको भाषणले आफ्नो देश भुटानबाट लखेटिएर शरणार्थीका रुपमा नेपालका शिविरहरुमा बस्नुपर्दाको पीडादायी विगततिर पुर्याएर सभाको वातावरणलाई नै भावुक बनाइदिएको थियो।
‘हाम्रा बाबु आमा र हामीले आफ्नो भाषा नेपाली बोल्न पाऊँ, नेपाली चाडबाडहरु निर्धक्क मनाउन पाऊँ भन्दा आफ्नो देशबाटै लखेटिनु परेको हो’, उनी भन्दै गए,‘नेपालीपन, नेपाली भाषा र संस्कृतिप्रति हाम्रो अनुराग र भुटानका शासकले नसहंदा बीसौंबर्ष हामी शरणार्थी बनाइयौं तै पनि हामीले हाम्रो पहिचान छाडेनौं। हामीलाई हाम्रो नेपालीपन, नेपाली भाषा र सोही पहिचानप्रति गर्व छ।’ उनले भने, ‘देश, माटो र पुर्खाको सम्पूर्ण सम्पत्ति छोडेर लखेटिनुपर्दा पनि हामीले हाम्रो पहिचान छोडेनौं, हाम्रा सन्ततिहरुलाई पनि नेपालीपनमा गर्व गर्न सिकाउछौं।’
पुनर्वास योजनाअन्तर्गत अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीभाषी भुटानीहरु र नेपालीहरुलाई संबोधन गर्दै उनले विदेशमा बसेपछि जन्मिएका बालवालिकाहरुलाई पनि आफ्नो भाषा, संस्कृति, भेषभूषा र संस्कार सिकाएर गर्व गर्ने वातावरण बनाउन ढिला गर्नु नहुने आग्रह पनि गरेका थिए।
हाम्रा नानीहरुले हाम्रो पोशाक, भाषा र संस्कृति नभुलुन भनेर नै आफूले नेपाली गीत संगीत तथा नृत्यका दुई रियालिटी शो हरु संचालन गरेको र यी दुबै शो हरुलाई अव संसारभरका नेपालीभाषीहरुले सहभागिता जनाउन पाउने गरी शुरुवात गर्न लागेको पनि उनले बताएका थिए। यसका लागि मेरो भ्वाइसकप युनिभर्स र मेरो डान्स कप युनिभर्स संचालन गर्ने र त्यसका लागि इन्ट्रा फाउण्डेशनले नाम दर्ताको काम शुरु गरेको घोषणा पनि उनले गरे।
अगष्ट १३ मा ओहायोमा सम्पन्न रियालिटी शोको भोटिङ्गका क्रममा उठेको सम्पूर्ण रकममध्येबाट नेपालको शरणार्थी क्याम्पमा अझै कष्टकर जीवन बिताइरहेका नेपाली भाषी भुटानीहरुका लागि खर्च गर्ने उद्घोष पनि उनले कार्यक्रममा गरेका थिए। उनले भने, ‘अब इन्ट्राले नेपालको शनिश्चरे र बेलडांगी क्याम्पमा स्वास्थ्य चौकी निर्माण गर्ने छ।’
उनले बर्षको २२ देखि २५ लाख रुपैंया नेपालका शरणार्थी सिविरमा खर्च गरिरहेको जानकारी पनि दिए। जसअन्तर्गत शिविरका वृद्ध आमा बुबाका लागि महिनाको ५ हजार रुपैंया बृद्ध भत्ता अमेरिकाबाट आफूहरुले निरन्तर पठाएरहेको पनि उनले बताए। त्यसैगरी नेपालको शिविरका ८ सय विद्यार्थीलाई ३० जना शिक्षक शिक्षिका राखेर गुणस्तरीय शिक्षामा आफूहरुले लगानी गरिरहेको जानकारी पनि उनले दिएका थिए।
अमेरिकामा व्यवसाय गरेर आर्जन गरेको आयबाट समुदायका लागि काम गरेको विवरण पेश गर्दा हलमा उपस्थित समुदायले उनको समर्थनमा ताली बजाइदिएको थियो। अधिकारीले बेलडागी शिविरमा बसोवास गर्नेहरुका लागि इन्ट्रा फाउण्डेसनले खानेपानीको स्थायी व्यबस्था गरिदिएको पनि बताएका थिए।
नेपालीपन, भाषा र संस्कृतिका लागि आफूहरुले गरेको योगदानको विरोधमा केही स्वार्थी तत्वहरुले बखेडा गर्न खोजेको भन्दै सामाजिक काममा हतोत्साही गर्न खोज्नेहरुबाट आफू नडराउने बरु अझ उत्साहका साथ सेवा कर्ममा लागेर नेपालीपनमार्फत संसारभरका नेपालीभाषी समुदायलाई एकताको सुत्रमा वाध्ने अभियानलाई व्यापक बनाउने उद्घोष पनि उनले गरेका थिए।
|
मेरो भ्वाइस कपका विजेता प्रविण र डान्स कपकी बिजेता रेनुका घोषित ओहायो। अमेरिकामा सम्पन्न मेरो भ्वाइस कप सिजन २ को विजेता प्रविण बर्देवा भएका छन् भने मेरो डान्स कप सिजन ४ को विजेता रेनुका राई घोषित भएकी छन्।
अगष्ट १३ तारिक शनिवार साँझ अमेरिकाको ओहायोस्थित सभाहलमा इन्ट्रा फाउण्डेसनद्वारा आयोजित एक भव्य कार्यक्रममा यी दुई रियालिटी शो हरुका विजयी घोषणा गरिएका छन्। दुबै विजेताहरुले टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
केही महिनाअघि देखि शुरु भएका यी दुबै रियालिटी शोहरुमा प्रवासमा बसेका नेपाली भाषी समुदायका प्रतिभाहरुले प्रतिष्पर्धा गरेका थिए। भ्वाइस कपका विजेतालाई इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए भने डान्स कपकी विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले हस्तान्तरण गरेका थिए। एसएमएस भोटिङ्गका माध्यमबाट विजेताहरुको छनौट भएको हो।
यसैगरी भ्वाइस कपको फष्ट रनरअप करण तामाङ्ग विजयी भएका छन्। उनले ६ हजार अमेरिकी डलर तथा सुनको कप पुरस्कार पाएका छन्। सेकेन्ड रनरअप शीतल शर्मा भएकी छन्। शर्माले ३ हजार डलर पुरस्कार पाइन्। त्यसैगरी शोमा चौथो हुने लीला गजमेर र पाचौं हुने बाबा खालिङले १५-१५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
डान्स कपमा फष्ट रनरअप आयुसा भएकी छन् भने सेकेण्ड रनरअप सुनीता तामाङ्ग घोषत भएकी छन्। फष्ट रनरअप आयुसाले ६ हजार अमेरिकी डलर तथा सुनको कप एवं सेकेण्ड रनरअप सुनीताले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरिन्।
हजारौं दर्शकहरु सहभागी भएको कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित फाइनल शोमा बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, चर्चित गायकहरु नरेन्द्र प्यासी, केशब पौडेल, शिव परियार,मनोजराज शिवाकोटी,सुजाता बर्मा,अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरु सारङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीलायतले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा ओहायो राज्यका स्थानीय नेपाली भाषी कलाकारहरुका प्रस्तुति पनि समावेश गरिएका थिए। कार्यक्रमको डिसी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो।
|
अमेरिकाको ओहायोमा ‘नेपाली सेलिब्रेटी’ को भव्य जमघट, इन्ट्राको कार्यक्रम कोलम्बस, अमेरिका। संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा नेपाली कलाकारहरुको भव्य जमघट देखिएको छ। परोपकारी संस्था इन्ट्रा फाउण्डेसनद्वारा आयोजित दुईटा रियालिटी शो को फाइनलको अवसरमा अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्ने तथा नेपालबाट पनि सो कार्यक्रममा भाग लिनकै लागि भनेर आएका नेपाली कलाकारहरु कोलम्बसमा जम्मा भएका हुन्।
फाउण्डेसनले प्रवासी नेपाली भाषीहरुका लागि मेरो भ्वाइस कप र मेरो डान्स कप रियालिटी शो गर्दै आएको छ र यी दुबै रियालिटी शो हरुको फाइनल अगस्ट १३ तारिक शनिवार आयोजना गरिएको छ । कार्यक्रम ओहायोको अत्यन्त भव्य मानिएको सभाहलमा आयोजना गरिएको छ।
नेपालका प्रख्यात संगीतकार शम्भुजित बास्कोटा यी कार्यक्रमहरुमा भाग लिन नेपालबाटै कोलम्बस आइपुगेका छन् । त्यसैगरी नेपाली गीत संगीतका चर्चित कलाकारहरु सुशील बिश्वकर्मा, प्रमोद उपाध्याय, नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, जगदीश समाल, जीवन गुरुङ्ग, अर्जुन रसाइली, सुचिता गुरुङ्ग, सुजाता बर्मा यहा“ आइपुगेका छन् ।
चर्चित बासुरीबादक सुशील विश्वकर्मा, तवला बादक प्रमोद उपाध्याय,त्यसैगरी नेपाली सिने जगतका चर्चित नायिकाहरु सारङ्गा श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा तथा नायक दिलिप रायमाझी पनि सोही कार्यक्रमका सन्दर्भमा ओहायो पुगेका छन् । नृत्य निर्देशक तथा मोडल शंकर विसी, डान्सर तथा मोडल पार्वती राई, डान्स डाइरेक्टर तथा डान्सर रुपेश उप्रती पनि सोही कार्यक्रममा भाग लिन ओहायोमा छन् ।
इन्ट्र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली भाषा, संस्कृति र नेपाली कलाको सम्बर्धन गर्ने उद्देश्यले दुई रियालिटी शोहरु मेरो भ्याइस कप गायन प्रतियोगिता र मेरो डान्स कप नृत्य प्रतियोगिता आयोजना गरिएको प्रतिक्रिया दिए ।
डिसी नेपालसँग कुरा गर्दै उनले विदेशी भूमिमा बसे पनि आफ्नो मातृभाषा र संस्कृति लोप नहोस् भन्ने पवित्र उद्देश्य राखेर कार्यक्रमको आयोजना गरी फाइनलसम्म आइपुगेको बताए । उनले भने, ‘यो पुनित कार्यका लागि व्यवसायिक तथा नैतिकरुपाले सहयोग र समर्थन गर्नु हुने सम्पूर्णमा संस्थाका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’
कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन नेपालबाट आएका नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति एवं बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटाले प्रवासमा बसेर आफ्नो समुदायका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको यो कार्यक्रममा सरिक हुन पाउँदा खुसी लागेको बताए ।
उनले डिसी नेपालसँग भने,‘ डिल्ली अधिकारीजीले यस्ता कार्यक्रममार्फत नेपाली भाषा,संस्कृतिको प्रवर्धन गर्दै नेपाली भाषी समुदायलाई जोड्ने जुन काम गर्नु भएको छ त्यो काम मलाई मन परेकोले म सहभागी हुन आइपुगेको हुँ।’ कुराकानीका क्रममा उनले सन् १९८७ मा नेपालमा पहिलोपल्ट प्रतिभाको डवली नामक रियालिटी शो को जन्मदाताको रुपमा काम गर्दादेखि अहिलेसम्मका सुखद अनुभूतिहरु पनि उनले बताएका थिए ।
कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन आएका नेपाल विज्ञापन बोर्डका अध्यक्ष एवं नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक लक्ष्मण हुमागाईंले नेपाल सरकारले गर्नुपर्ने अत्यन्त महत्वपूर्ण काम इन्ट्रा फाउन्डेनले गरेको भन्दै नेपाली भाषा, संस्कृतिलाई विश्वव्यापी बनाउन र प्रवासमा रहेका दोस्रोपुस्तालाई आफ्नो भाषा तथा संस्कृतिमाथि गर्व गर्ने वातावरण तयार गर्न यो कार्यक्रमले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।
|
नर्थ क्यारोलिना च्याप्टरको सचेतनामुलक अन्तरक्रिया काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा आयोजित ‘आत्महत्या न्यूनिकरण र मानसिक स्वास्थ्य’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए नर्थ क्यारोलिना च्याप्टरद्वारा अगष्ट ६ शनिवार आयोजित उक्त कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको हो।
उपस्थिति सहजतालाई ध्यानमा राखि भर्चुअल माध्यमबाट आयोजित यस अन्तरक्रियासहितको बहस कार्यक्रममा प्रमुख अतिथि बिषयगत दक्षता हासिल गरेका चिकित्सा क्षेत्र नेपाली डा. जगन सुवेदी, डा. सुष्रुशा अर्ज्याल र डा. नरेन्द्र ठगुन्नाको साथमा सहभागिहरुले अन्तरक्रियात्मक छलफल गरेका थिए।
यस कार्यक्रममा टेक्सस, क्यालिफोर्निया कोलोराडो, केन्टकी लगायत २० राज्यका च्याप्टर प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा समाज आतंकित हुने गरि दिनानुदिन बढ्दै गएको आत्महत्या अघिका कारण, मानसिक अवस्था, सृजना हुने मानसिक अन्तरद्वन्द्व देखि आत्महत्यासम्मको बाटो रोज्ने अवस्थासम्मका बिबिध बिषयमाथी परामर्शसहितको छलफल भएको थियो।
नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष बासुदेव भट्टले सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै यस खालको कार्यक्रमलाई च्याप्टर निरन्तरता दिने जानकारी समेत गराएका थिए।
पश्चिमा समय अनुसार शनिवार साँझ ८ः१५ बजे अर्थात नेपाली समय अनुसार बिहान ६ बजेबाट सुरु भएको यस कार्यक्रमको प्रत्यक्ष प्रसारण अमेरिकाबाट संचालित नेपाली समाचार पोर्टलहरुका फेसबुक पेजमार्फत पनि गरिएको थियो। जसको उद्देश्य कार्यक्रमा उपस्थित हुन नपाएका अन्य नेपालीहरुका लागि पनि यस कार्यक्रम उपयोगी बन्न सकोस् भन्ने रहेको थियो।
|
लवकमा एनआरएनए टेक्सास च्याप्टरको “स्पेलिङ बी” प्रतियोगिता लवक,अमेरिका।अमेरिकाका मूलधारका विद्यालयहरूले सन्चालन गर्ने स्पेलिङ वी नामक प्रतियोगितालाई नेपाली समुदायले आफ्नो सामुदायिक गतिविधिमा समेट्न थालेको छ।
एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरले आयोजना गरेको उक्त प्रतियोगिताअन्तर्गत लवक नेपाली समुदायमा रहेका बालबालिकाहरूमाझ पहिलो चरणको प्रतियोगिता सन्चालन गरियो। च्याप्टरकी सदस्य भुवन सुवेदी ढकालको संयोजनमा यहँस्थि एक हिन्दु मन्दिरमा शनिबार आयोजित प्रतियोगितामा ग्रिप्सन बजगॉई, दीप श्रेष्ठ, जानभी ढुंगाना, शुभेक्षा जोशी र ग्रिस्निमा बजगॉई गरि ५ जना वालवालिकाहरूले भागलिएका थिए।
यस प्रतियोगितामा १ देखी ८ कक्षामा पढ्ने वालवालिकाहरूबीच प्रतिस्पर्धा गराईएको थियो। डा. प्रकाश पराजुलीले मोडरेट गरेको कार्यक्रममा निर्णायक मण्डलमा रहेका विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरू सतिश बन्जारा, नीता घर्ति र शैलेन्द्र प्रकाश श्रेष्ठले प्रतियोगीहरूलाई विभिन्न १० अंग्रेजी शव्दहरूको हिज्य अर्थात् स्पेलिंग सोधेका थिए। प्रतिस्पर्धाबाट दीप श्रेष्ठ र ग्रिस्निमा बजगॉई छनौट भएका छन्।
छनौट भएका २ प्रतियोगीहरूले च्याप्टरव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका कार्यसमिति सदस्य एवं यस प्रतियोगिताका संयोजक सुवेदी ढकालले जानकारी दिए।
उनका अनुसार स्थानिय प्रतिस्पर्धामा छनौट भएका श्रेष्ठ र बजगॉईलाई आगामी सेप्टेम्बर महिनामा आयोजना हुने च्याप्टरस्तरिय अन्तिम प्रतिस्पर्धामा भाग लिनकालागी शिफारिस गरिनेछ । लवक लगायत अस्टिन, ह्युस्टन, सानआन्टनियो, पेरिस र वेको शहरबाट यसरीनै प्रतिस्पर्धा गराई अन्तिम प्रतिस्पर्धाका लागी छनौट गरिनेछ ।
उक्त शहरहरूबाट छनौट भएकाहरूबीच अन्तिम प्रतिस्पर्धा गराईनेछ । प्रतिश्पर्धामा छनौट हुने उत्कृष्टहरूमध्ये प्रथम पुरस्कार पन्ध्र सय डलर, दोस्रो एकहजार डलर, तेस्रो ५ सय र चौथो हुनेले २ सय डलर प्राप्त गर्नेछन्। कार्यक्रममा वालवालिकाहरू र उनीहरूका अभिभावकहरूका साथै लवक समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
|
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्।
उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र अनुसन्धानमा राज्यले लगानी गर्नुपर्ने बताए। पुनले इलिनोइ राज्यको राजधानी स्प्रिंगफिल्ड र छिमेकी शहर ज्याक्सनभील वरिपरि बसोबास गर्ने नेपाली समुदायसँग अगष्ट ५ २०२२ शुक्रबारका दिन अन्तरक्रिया गरेका थिए।
स्प्रिंगफिल्ड र ज्याक्सनभील क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको उद्धेश्य, आजसम्म भए गरेका कामहरु र आगामी दिनमा केन्द्रले तय गरेका अनुसन्धान र आविष्कारका लक्ष्यहरुका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी व्यक्तित्वहरुले आविष्कार केन्द्रका बारेमा गहिरो चासो व्यक्त गर्दै केन्द्रका प्रगतिका साथै यसका क्रियाकलापहरुका बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए। ती प्रश्नहरुका उत्तर दिने क्रममा अध्यक्ष डा पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्वामित्व पूर्णरुपमा नेपाली जनतामा रहेको र यो केन्द्र स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक, प्राबिधिक सहयोगबाट संचालन भैरहेको बताए।
डा महाबीर पुन राष्ट्रिय आविष्कार केन्द्रमा भर्खरै तयार गरेर नेपालमा सफल परिक्षण समेत गरिएको अस्पतालमा नवजात शिशुलाई जन्मने बित्तिकै न्यानोमा राख्न प्रयोग गरिने बेबी वार्मर (न्यानो नानी, नेपाली नाम) को प्रदर्शनीका लागि अमेरिकाको नर्थ इष्ट अाेहायाे मेडिकल युनिभर्सिटीले आयोजना गरेकाे एक औपचारिक कार्यक्रममा भाग लिन हालै अमेरिका आएका हुन्।
सो उपकरणलाई युनिभर्सिटीले अनुमोदन गर्नुका साथै आविष्कार केन्द्रलाई सफल अनुसन्धान गरे बापत अवार्ड समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ।
|
अमेरिकामा भेला भए नेपाली चलचित्रका निर्देशक, निर्माता र कलाकार अमेरिका। अमेरिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
जहाँ अमेरिकाको विभिन्न राज्यहरुमा छरिएर रहेका झण्डै ५ दर्जन नेपाली चलचित्रकर्मीहरुको चलचित्रकर्मी, संगीतकर्मी, कलाकारको जमघट भएको थियो। पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली चलचित्रको विकाश र बिस्तारमा कसरी सहयोग पुर्याउने भन्ने बारे छलफल गरिएको थियो।
सो भेटघाट कार्यक्रम अमेरिकाको न्यूह्याम्शायर राज्यको क्लेरमन्ट शहरमा सम्पन्न भएको थियो। अमेरिकामा रहेता पनि लामो समय देखि भौतिक रुपमा भेटघाट हुननसकेको अवस्थालाई मध्य नजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाईएको केन्टकीको लेक्जिन्टनबाट कार्यक्रममा सहभागी हुन पुगेका चलचित्र निर्देशक सुमन दाहाले बताए। सो भेटघाटमा आफुहरुले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक उनले बताए।
भेटघाट कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा ,दिनेश कार्की ,कृष्ण चापागाई ,गोपाल चन्द्र लामिछाने ,अनिल संगौला,सुमन दाहाल, शिवहरी पौडेल ,मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति रहेको थियो।
त्यसैगरी अभिनेता अमभिनेत्रीहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापा, अरूणा कार्की, सम्झना खडका आयुशा श्रेष्ठ वन्त पनि कार्यक्रम उपस्थित थिए।
भेटघाट कार्यक्रममा कलाकारहरुमा गोपाल अधिकारी ,निर्मातामा धु्रुव वन्त , पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो। यसैगरी गायिका पविता परियार , गायक तिलक श्रेष्ठ ,कलाकार रंजन बुढाथोकी ,गीतकार अग्नि शर्मा ,नृत्य निर्देशक देवी थापा ,निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए। न्यूह्याम्शायर राज्यमा बस्दै आएका चलचित्र निर्देशक अनिल संग्रौलाले आयोजना गरेका थिए । यस प्रकारका कार्यक्रम हरेक वर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाले जनाएको छ।
|
अमेरिकामा नेपाली बैज्ञानिकहरुको गोष्ठी, प्रसिद्ध भौतिकशास्त्री सफिको प्रस्तुति अमेरिका। नेपाली भौतिकशास्त्री बैज्ञानिकहरुको विशेष गोष्ठी अमेरिकाको भर्जिनियास्थित डोमिनिअन विश्वविद्यालयमा हालै सम्पन्न भएको छ। नेपाली फिजिसिस्ट इन अमेरिका(एन्पा) को आयोजनामा जुलाई १५-१७ मा सम्पन्न सो कन्फरेन्समा ६४ जना शोधकर्ताहरुले विभिन्न विषयका आफ्ना शोधहरु प्रस्तुत गरेका थिए।
आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्नेहरुमा अमेरिका, नेपाल, जापान, भारत, लगायत बिभिन्न देशबाट अनुसन्धानकर्ताहरु भएको एन्पाका अध्यक्ष जगन देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार,भौतिकशास्त्रका बिभिन्न बिधामा गरिएका प्रस्तुतिहरु अति रोचक अनि ज्ञानबर्धक थिए।
नेपाली बैज्ञानिकहरुको सो गोष्ठीमा डेलावेर विश्वबिद्यालय अमेरिकाका प्रसिद्ध भौतिकशास्त्री डा. सफिले प्रमुख बक्ताको रुपमा एक बिशेष प्रस्तुति दिएका थिए।
बाङ्लादेश-चीन-भियतनाम-श्रीलंका-पाकिस्तान-भारत अनि नेपालजस्ता बिकासोन्मुख राष्ट्रमा भौतिक शास्त्रको बिकासको लागि ८० को दशकमा गर्मीबिदामा चलाइएका बिभिन्न स्कुलहरुको बारेमा डा सफिले अत्यन्त रमाइलो अनि प्रेरणादायी प्रस्तुती दिएका थिए।
डा. साफि स्वयम् र आफ्ना सहकर्मी बैज्ञानिकहरुसँग मिलेर नेपालको राजधानी काठमाडौँमा बिभिन्न समयमा भौतिक शास्त्रको बिभिन्न बिषयहरु पढाएका थिए। त्यसरी नेपालमा गएर नेपालका भौतिकशास्त्रीहरुलाई भौतिकशास्त्र बिषयमा तालिम दिने बैज्ञानिकहरुमा प्रोफेसर डा. अब्दुस सलाम (भौतिकशास्त्र नोबेल पुरस्कार बिजेता सन् १९७९, फिलिप वारेन एन्डर्सन (भौतिकशास्त्र नोबेल पुरस्कार बिजेता सन् १९७६ लगायत अन्य प्रसिद्ध भौतिकशास्त्रीहरु थिए।
एन्पा बैज्ञानिक गोष्ठीको अर्को रोचक कार्यक्रम “उपयुक्त अनुसन्धान लेखन“ थियो। अमेरिकाका नेपाली बैज्ञानिकद्वय डा. दुर्गा पौड्याल र डा शम्भु घिमिरेले कसरी बैज्ञानिक खोज-अनुसन्धालाई प्रस्तुत गर्ने, खोज-अनुसन्धानको सारांशलाई कसरी लेख्ने र प्रसिद्ध जर्नलमा कसरी प्रकाशन गर्ने भनेर साह्रै राम्रो प्रशिक्षण दिएका थिए।
त्यस्तै अर्का बैज्ञानिक डा विश्वनाथ गैरेले नेचरजस्ता प्रसिद्ध जर्नलमा खोज-अनुसन्धान प्रकाशित गर्दाको आफ्नो सम्पादकको अनुभव कार्यक्रममा प्रस्तुत गरेका थिए।
यो कार्यक्रममा अनलाइनमार्फत पनि विभिन्न देशबाट अनुसन्धानकर्ताहरु सहभागी भएका थिए।
नेपाल र अमेरिकाबाट धेरै बैज्ञानिक, खोज-अनुसन्धानकर्ताहरुले भाग लिएको सो कार्यक्रममा नेपालबाट त्रिभुवन विश्वबिद्यालय भौतिकशास्त्र केन्द्रीय बिभागका भौतिकशास्त्री अनि विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा सो संस्थाको वार्षिक समीक्षा बैठक पनि बसेको थियो।
एन्पाका सचिब एवम एन्पा बैज्ञानिक गोष्ठीका सह-सयोंजक डा. चन्द्रमणि अधिकारीले एन्पाले बर्षभरी गरेका कार्यक्रमको समीक्षा अनि आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने एन्पा बैज्ञानिक गोष्ठीका संयोजक डा.पशुपति ढकालले एन्पा बैज्ञानिक गोष्ठी सफल गराउन सहयोग गर्नुहुने सबै आयोजक समितिका साथीहरु, अनलाइन वेबेक्स संचालनमा साथ दिने सबै साथीहरु लगायत बैज्ञानिक गोष्ठीका भिन्न सत्रहरु संचालन गरिदिएर सहयोग र साथ दिने सबै बैज्ञानिक साथीहरुलाई हृदयदेखि नै धन्यबाद दिएका थिए। एन्पाको यो पाँचौं बैज्ञानिक गोष्ठी हो।
|
चर्चित पप गायक सविन राईको सांस्कृति कार्यक्रम भर्जिनियामा हुँदै अमेरिका। चर्चित पप गायक सविन राई तथा फेरो (म्युजिक ब्याण्ड) सांगीतिक कार्यक्रम भर्जिनियामा हुने भएको छ।
चर्चित गायक राइ र फेरो व्याण्डले अमेरिकाको भर्जिनियामा अगस्त १२ मा प्रस्तुती दिने आयोजक एभरेष्ट लायन्स फ्रेण्डशिप एसोसियनले जानकारी दिएको छ।
आयोजकका तर्फबाट अभिजित राईले कार्यक्रमभर्जिनियाको नोभा कलेजमा अलेकज्यानड्रीया हुने जानकारी दिएका हुन्।
उनका अनुसार गायक राई र उनको सांगीतिक व्याण्डले दुई महिनाको अमेरिकी यात्रा गरेका छन्। यही क्रममा भर्जिनियामा अगस्त १२ मा सांगीतिक कार्यक्रम आयोजना गर्ने तय भएको हो।
|
अमेरिकामा सपना पच्छाउँदा पछ्याउँदै परेको बज्रपात नियतिले ठगेपछि अवसरको संसार र सपनाको देश भनेर नहुने रहेछ। अवसर नै अवसरको खानी ,उच्च गुणस्तरीय जीवनयापनको अवसर हैन रहेछ। अमेरिका बरु यो त भाग्यको बिषय रहेछ। भाग्य नै देब्रे लागेपछि सुःखद कथा मात्र हैन कहाली लाग्दो कहानी पनि बन्दो रहेछ अमेरिका र अमेरिकाप्रतिको रहर।
ठिकै थियो राम्रै थियो नेपालको हाम्रो जिन्दगी, राम्रै जीवन जिएका थियौं। म ब्युटीपार्लर व्यवसायी थिए काठमाडौंमा, उहाँको जागिर कतार एअरवेजमा। राम्रै थियो हाँसीखुसी बाँचेका थियौँ नेपालमा एउटा सानो छोराको साथमा।
अमेरिका सपनाको देश हो, विकास र वैभवताको अनुपम उदाहरण हो हामी जस्ता अल्पविकसित देशका हरेक युवाहरुका लागि। हामी पनि त्यही भिडको मान्छे, हामीलाई पर्छ यो चिट्ठा र हामी त्यति भाग्यशाली छौँ भन्ने कुरामा त्यति बिश्वस्त नभए पनि हरेक साल डीभी भर्ने गरिन्थ्यो।
नभन्दै आफ्नो लागि नपत्याएको बिषय भए पनि भरेको चिट्ठामा हामी छानिएको खबर आउँदा खुसी भयौं। हाम्रो सानो संसारमा ठूलो सपना साकार हुने देखेर झनै उत्साहित भयौँ। खुसी नै थियौँ त्यसमाथि अर्को खुसी थपियो डिभी। हामी यो धर्तीमा निकै भाग्यमानी मध्येमा पर्छौँ भन्ने लाग्यो।
सबै प्रक्रिया पुर्याएर अरु जस्तै हामी पनि एउटा सानो छोराको साथमा लगेजभरि आफ्नो मातृभूमिको र आफन्तहरुको मायालाई पोको पार्दै एउटा नयाँ संसारका सपनालाई साकार पार्न हामी पनि उड्यौं, त्यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट अमेरिका तर सबैको भाग्य उस्तै गतिमा र उस्तै सिद्धान्त बनाएर नचल्ने रहेछ। हाम्रो अलिक फरक भयो।
संसारमा कोभिड प्रकोप हामी आउने बित्तिकै शुरु भयो। काम लगायत अन्य कुराहरु पाउन शुरुमा समस्या भए पनि आएको केही समयपछि हाम्रो छोरीको जन्म भयो। झनै खुसी भयौं, आफूलाई भाग्यशाली ठानेर अगाडि बढ्यौं। तर त्यो खुसी धेरै दिन टिकेन।
कोभिडको शुरुको चरण थियो, म सुत्केरी थिएँ। त्यही समयमा मेरो श्रीमानलाई यसले आक्रमण गर्याे। २-४ दिन घरमै सामान्य उपचार गर्याैं तर अलिक गाह्राे भएपछि हस्पिटल लगियो। ठिकै छ सामान्य छ भन्दै थिएँ तर अचानक एकदिन धेरै गाह्राे भएर भेन्टिलेटरमा राख्नु परेको खबर आयो। ज्वरो नियन्त्रणमा नआएपछि र फोक्सोमा पानी भरिएको भन्ने थाहा पाएपछि फोक्सोवाट पानी पनि निकाल्नु परेको थियो।
११ दिन भेन्टिलेटरमा राखेपछि अलिक बिसेक भयो अनि १८ दिनपछि घर आउनु भयो। त्यसपछि फेरि भगवान र भाग्यलाई धन्यवाद दिँदै तिनै नेपाल छोड्दा देखेका सपनाहरुमा रमाउँदै त्यसतर्फ लगियो। तर त्यो समयमा मेरो मनमा एउटा प्रश्न चाहि उब्जियो-यो सहर जहाँ धेरै नेपालीहरु छन् , जहाँ धेरै समाजसेवी नेपालीहरु छन्, हरेक हप्ता समाजसेवामा गरेका गतिबिधि र देनहरुको चर्चाको खवर सुन्छु यही सहरमा।
कुनै नेपालीलाई कोभिडले आक्रमण गर्याे रे भन्दा पूरा समाज सनसनी हुँदो रहेछ। तर मेरो परिवारको यो यथार्थ किन कसैलाई मतलब भएन ? त्यसमा पनि चित्त बुझाएँ किनकि म नेपाली नै भए पनि यो ठाउँका लागि नयाँ छु, कसैले चिन्दैन, हाम्रा कथा र वास्तविकताबारे चासो हुने कुरा पनि भएन भन्ने लाग्यो।
त्यो अवस्थामा पुगेर पनि उहाँ निको हुनुभयो। फेरि पनि आफूलाई भाग्यशाली ठानेर अगाडि बढ्यौं। अब दुःखका दिन सकिए स्वस्थ्य राम्रो भयो, स्वास्थ्य राम्रो भए त जीवनमा जे गरेर खान पनि सकिन्छ नि भन्ने लागेर चित्त बुझाउँदै हामी खुसी भएका थियौं। तर यो खुसी नियतिलाई फेरि सैह्य भएन कि कुन्नि उहाँलाई एकदिन फेरि बिसन्चो भयो।
हस्पिटल जाँदा उहाँलाई कोलोनको क्यान्सरको शंका गर्याे र थप प्रमाणीकरणका लागि पठाइयो । यो परीक्षणमा पनि उहाँलाई क्यान्सर नै भएको ठहर भएर आयो। हामीलाई पछि थाहा भयो उहाँ कोलोनको क्यान्सरको चाैठाे स्टेजमा हुनुहुँदो रहेछ।
मैले यहाँ पनि ब्युटी सलोनमा काम गर्थे उहाँ एमेजोनमा। उहाँले काम गर्न सक्नुभएन ,थाहा पाउँदा नै चौथो स्टेजमा भएकोले किमो दिनुपर्ने भयो। काम छोडेपछि उहाँको कम्पनीबाट पाउने हेल्थ इन्स्योरेन्स पनि पाउने कुरै भएन। इन्स्योरेन्स नभएपछि कुनैपनि हस्पिटलले लिन मान्दैन। अलि अलि जगेडा गरेको पैसा पनि सकियो। खान र बस्न पनि समस्या भयो।
अपार्टमेन्टको रेन्टपनि तिर्न नसक्ने अवस्था भएकोले यहीं टेक्सासको युलेसमा एकजना आफन्त लोक भट्टले घरमा ल्याएर राख्नु भएको छ। हामीसँग इन्सोरेन्स छैन, बिना इन्सुरेन्स किमो दिने लाग्ने पैसा हामीसँग छैन। इन्सोरेन्सको लागि केही हुन्छ कि भनेर विभिन्न प्रयत्न गरिराखेका छौं। यहाँका हस्पिटलहरुमा भन्दा अर्को सहर ह्युस्टनमा अलिक सहज तरिकाले उपचार पाउन सकिन्छ कि, अरुवाट पनि त्यसको लागि सहयोग मिल्छ कि भनेर प्रयत्न गर्दैछौं।
कहिँकतैवाट सहयोग पाएर उपचार हुनसके अझै पनि वहाको जिन्दगी बाच्न सक्छ भन्ने जिजीबिषा बाँकी नै छ। यो अमेरिका अरुहरुको जस्तै हाम्रो पनि खुसी र अवसरहरुको देश हुन्थ्यो भन्ने जिजीबिषा अझै बाँकी छ।
यति धेरै नेपाल र नेपालीका लागि भन्ने संघ सस्थाहरुले र व्यक्तिहरुले समाजको लागि, मेरो समुदायको र मै जस्ता ब्यतिहरुको लागि धेरै राम्रो काम गरेका खबरहरु सुनिरहन्छु। सुनिरहन्छु हरेक दिन नेपालीहरुक ठूला ठूला समाजसेवा र गतिबिधिका खबरहरु यही सहरका। तर मेरो समस्याको चाही खबर पुर्याउने पनि कोहि छ भन्ने लाग्दैन।
किनकि अहिलेसम्म उहांहरुसम्म मेरो यो पीडा पुग्न सकेको छैन, म अल्मलिएकी छु, छट्पटिएकी छु, के गरौं कसो गरौं भएको छ। मेरो श्रीमानको उपचार सम्भव छ भन्छन् तर मैंले त्यसका लागि सामान्य खर्च पनि जुटाउन सकेकी छैन। यो दुखको खडीमा मेरो ध्यान मेरै नेपाली समुदाय र यहाँका समाजसेवीतिर गएको त छ तर उहाँहरुसम्म मेरो कुरा पुग्न सकेको छैन। कसैले यो कुरा उहाँहरुसम्म पुर्याइदिए मेरो श्रीमानकाे उपचारका लागि सहयोग पुग्ने थियो कि भन्ने लागेको छ।
(करिब अढाई बर्षअघि नेपालवाट अमेरिकाको ग्रिनकार्ड पाएर श्रीमान जनकराम सापकोटा र बच्चाहरुका साथ अमेरिकाको टेक्सास युलेसमा बस्दै आएकी सरस्वती ओलीको परिवारमा यो बज्रपात परेको छ। यतिखेर सरस्वती ओलीले आफ्नो श्रीमानको जीवन बचाउन सकिन्छ कि भनेर सम्पूर्ण नेपाली संघ संस्था वा व्यक्तिहरुबाट सहयोगको अपेक्षा गरेकी छन्। कृपया जनकरामको जीवन बचाउनको प्रयत्नको लागि उनलाई आफ्नो सानो सहयोग गर्ने इच्छा भएमा गो फण्ड गो मार्फत तलको लिंकमा गएर गर्न सक्नु हुनेछ ।)
https://www.gofundme.com/f/help-and-prayers-needed-for-cancer-treatment?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer
|
सुदूरपश्चिम र बानालाई उपाधि काठमाडौं । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।
फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो ।
महिलाको फाइनलमा म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।
प्रतियोगिताको पुरुषमा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिलामा रमिला तण्डुकार बनिन् ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पार्यो ।
महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताले पाँच सय ५५ डलर हात पार्यो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उप नियोग प्रमुख कुमारराज खरेल रहेका थिए ।
विशेष अतिथिमा विधान सभा सदस्य डा ह्यारी भण्डारी , महावाणिज्यदूत प्रेमराजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ संस्थाका व्यक्तित्वहरू तथा प्रायोजकहरूले समेतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
|
विश्वकीर्तिमानी खेलाडी उज्वल ठकुरीलाई विश्व च्याम्पियन करातेमा कास्य पदक काठमाडौं । ९ पटक करातेमा विश्वकीर्तिमान राखिसकेका खेलाडी उज्वल ठकुरीले विश्व कराते च्याम्पियनसिप २०२२ मा कास्य पदक हात पारेका छन् ।
गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा सञ्चालन भएको विश्व कराते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले समूह भिडन्त (कुमिते)मा तेश्रो स्थान हासिल गरेका छन् ।
अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनसिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । यो खेल खेल्न अमेरिकाको दुई वटा राष्ट्रिय कराते संघले मात्र देशभरि छनौट गर्छ ।
ठकुरीले युएसएकेएफएद्वारा (युनाइटेड स्टेट अफ अमेरिका कराते फेडेरेसन) खेलेका हुन् । एएयु र युएसएकेएफ दुई राष्ट्रिय संघ हुन् जसले अन्तर्राष्ट्रिय खेलाडी छनौट गर्न पाउछ।
ठकुरीले युएसएकेएफबाट अमेरिका देशको लागि विश्व च्याम्पियन खेल खेल्न अनुमति पाए । कराते खेलाडी ठकुरी दुई खेलमा छनौट भएका थिए । पहिलो ११५ कुमुते शोबू सानबोन मेल भेटेरेंस खुला नामक प्रतियोगितामा एकल भिडन्त खेलमा उज्ज्वल ठकुरी प्रथम चरणमै मेक्सिको राष्ट्रसँग २-१ ले पराजित भएका थिए ।
त्यसैगरि दोस्रो खेल १३२ कुमिते टिम रोटेसन शोबू सानबोन मेल खेलमा ३ जनाको टोली हुन्छ भने उक्त प्रतियोगितामा भिडन्त (फाइट) ६ मिनेटको हुन्छ।
यो खेल समूहमा ९ पटक विश्व किर्तिमान ठकुरीसँग अमेरिकाबाट २ पटक विश्व च्याम्पियन खेलाडी क्रिस विल्क्स तथा हिसाओ ओसाको एकै टोलिमा थिए ।
उक्त खेल प्रतियोगतामा ३ खेलाडीहरुले कास्य पदक पाएका थिए । यो खेलमा सेमीफाइनलमा पोर्चुगलसंग १०-८ अङ्कमा अमेरिकाले पराजित हुनुपर्यो भने पोर्चुगलले दोस्रो स्थान प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा इगंल्याण्ड प्रथम भएको थियो। यो खेलमा १९ सय खेलाडीहरु सहभागी थिए भने ३४ राष्ट्रले भाग लिएका थिए।
यो खेलमा विश्वकप पनि हुन्छ र विश्व च्याम्पियन पनि हुन्छ साथै यूरोप च्याम्पियन पनि हुन्छ । विश्वकप प्रत्येक दुर्ईबर्षमा हुनेगर्छ। उज्वलले ९ पटक विश्वकिर्तिमान मात्र नभएर विश्व च्याम्पियनमा समेत कास्य पदक हात पार्न सफल भएका छन् । नेपालले भाग लिन नसकेपनि नेपालले जितेको सरह हो उनको भनार्ई छ।
|
अमेरिकामा तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न अमेरिका(उत्तरी क्यारोलिना) । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्याले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको एक दिवसीय कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका विज्ञ तथा पेशाकर्मीहरुको उपस्थिति थियो।
संयुक्त राज्य अमेरिकाको एनआरएनए एनसीसी अन्तर्गतको विज्ञान, प्रविधि तथा आविष्कार समिति (एसटीआइसी)ले सोमबार (जुलाई ४)का दिन अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर कार्यक्रमको आयोजना गरेको थियो। जुलाई ४ लाई अमेरिकाको स्वतन्त्रता दिवसका रुपमामनाउने परम्परा छ।
महाधिवेशनमा विज्ञहरूले विभिन्न ११ वटा विषयमा छलफल गर्नुका साथै नेपालको हित र विकासकालागि सीप र ज्ञान हस्तान्तरणका बारेमा विचार प्रस्तुत गरेका थिए ।
एनआरएनए एनसीसी अमेरिकाको विज्ञान, प्रविधि र आविष्कार समिति (एसटीआईसी) अध्यक्ष डाक्टर माधव पाण्डेले ज्ञान सम्मेलनको उद्घाटन सत्रलाई युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्रोफेसर जेमस एल पिसओक, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, राष्टिय विज्ञान प्रविधि प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सम्बोधन गरेका थिए ।
सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल भएको थियो ।
नेपाल–अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब
‘नेपाल–अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’ शीर्षकको सत्रमा परराष्ट्र मामिला सम्बन्धी जानकार गेजाशर्मा वाग्लेले नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका आधारमा घनिष्ट र सौहार्द्रपूर्ण रहेको बताए। ‘नेपालले आफ्ना छिमेकीहरूलाई उच्च प्राथमिकता दिँदै आएको छ, जुन भूराजनीतिक र कूटनीतिक दायित्व पनि हो। तर राष्ट्रियहितलार्ई ध्यानमा राखेर नेपालले निकट छिमेकीपछि शक्ति राष्ट्र अमेरिकालाई विशेष महत्व दिइरहेको छ,’ उनले भने ।
‘सम्भवतः नेपालका प्रधानमन्त्री छिट्टै संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा थप विकास सहयोग र आर्थिक सहायताको घोषणा हुनसक्छ। नेपालको लोकतान्त्रिकआन्दोलनलाई अमेरिकाले नैतिक समर्थन गर्दै आएको छ। नेपालको लोकतान्त्रिकरणमा पनि यसले ठूलो योगदान गरेको छ,’ वाग्लेले भने।
‘नेपालको आर्थिक विकासमा अमेरिकाको योगदान रहेको छ। त्यसैले अमेरिका नेपालको सबैभन्दा ठूलो दाताहो, जुन ऋण होइन अनुदानहो। कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको एमसीसी नेपाल–अमेरिका विकास साझेदारीको विशेषता हो,’ वाग्लेले थपे।
दक्षिण एसियाआर्थिक, भूराजनीतिक र कूटनीतिक रूपमा गतिशील क्षेत्र बन्दै गइरहेको उल्लेख गर्दै शर्माले नेपालले अमेरिकालाई स्वतन्त्रताको भूमिको रूपमा हेर्ने र विश्वशान्ति, समृद्धि र वास्तवमाअस्तित्व र स्वतन्त्रतामा नेपाल र अमेरिकाको साझा दृष्टिकोण रहेको बताए। विगत सातदशकमा वाशिङ्टन र काठमाडौंबीचको सम्बन्ध निरन्तर बढ्दै गएको उनको भनाइ थियो।
नेपालकालागि संयुक्त राज्य अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले भने, ‘हामीले एउटा बलियो आधारबाट सुरु गरेका थियौं,जसले प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता जस्ता धेरै कुरा साझा गरेको पाउँछौँ । मलाई विश्वास छ नेपाल र अमेरिका दुबै लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र सुशासनका सिद्धान्तहरूप्रति प्रतिबद्ध छन्।’
उनले आफूहरुले दुई ठूला छिमेकीबीच नेपालको स्थितिलाई थप जटिल बनाउन नखोजेको भन्दै आफूहरुले नेपाललाई एक सफल लोकतान्त्रिक साझेदार बनाउन चाहेको बताए। ‘जहाँहामीमध्ये मौलिक मूल्यमान्यताहरूमा विश्वास गर्नेले एकअर्काको सफलतामा लगानी गर्छौं। हामी साथीबन्न चाहन्छौं, र नेपाललाई सहयोग प्रस्तावगर्दछौं। नेपालले सबैका लागि बलियो, सुरक्षित, थप लोकतान्त्रिक र थप समृद्ध राष्ट्र निर्माण गर्न खोजेको अवस्थामा हामी सहयोग गर्न तयार छौं,’ उनले भने।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले सन् १९६२ देखि नेपाल आउन थालेका पिस कोर स्वयम्सेवकहरुले नेपालका कैयौं विद्यालयहरुमा पढाएका तथा प्राविधिक सेवा पुराएका स्मरण गरे। उनले नेपाल जस्तो मुलुकको भूराजनीतिक संवेदनशिलता छ अमेरिका जस्तो महाशक्ति मुलुकले बुझी दिनु पर्छ भन्दै छिमेकीहरुलाइ शंका उब्जने गरी हामीले नेपाल ले कुनै पनि सहयोग लिन नहुने बताए।
अध्यक्ष आचार्यले भारतीय मूलका अमेरिकी नागरिकहरुको राजनीति, व्यापार र सूचना प्रविधि जस्ता क्षेत्रमा रहेको अग्रताले भारत र अमेरिका बीचको सम्बन्ध लाई अरु नजिक बनाएको हामीले देखेका छौं। अहिले प्रवासी नेपाली समुदाय व्यापार, व्यवसाय र पठन पाठनमा मात्रै हैन, अमेरिकाका विभिन्न तहको चुनावमा पनि सामेल हुन थालेको छ। आउंदो एक दशक भित्रै नेपाली अमेरिकीहरुले अमेरिकी राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त गर्ने हामी आशा गर्न सक्छौं। ‘गैर आवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र प्रविधि नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकामा बसी रहनु भएका नेपली समुदायलाई नेपालमा लगानी लिएर जान, डलर एकाउँट खोल्न र आफ्नो सीप र प्रविधि नेपाल लैजान म अपिल गर्दछु,’ उनले भने।
सत्रको संचालन एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा यादव पण्डितले गरेका थिए।
|
अमेरिकी एनआरएनएमा कांग्रेसी रमिता यतिबेला अमेरिकाका दुई ठूला शहरहरु नर्थ क्यारोलिना र टेक्सासमा अमेरिकाभरका नेपालीहरुमध्ये एनआरएनएमा लागेकाहरुको ठूलो जमघट चलेको छ।
यी जमघटहरुको नेतृत्व नेपालमा नेपाली कांग्रेसको राजनीति गरेर आएका व्यक्तिहरुले नै गरिरहेका छन्। फरक के छ भने उनीहरु यहाँ एउटै संस्थाभित्र बस्न अटाउन सकेका छैनन् र एउटै संस्थालाई चिरा पारेर अमेरिकामा कांग्रेसी कार्यकर्ताहरुको रमिता देखाइरहेका छन्।
एनआरएनको इतिहासमा गएको अधिवेशनमा पहिलोपटक देखिएको नेतृत्व चयनको विवादले आम एनआरएनए समुदायमा निराशाको विउ रोपिदियो। उक्त विबादकाबीच बनेको तीन अध्यक्ष चयन अभ्यासले संस्थाको प्रतिष्ठामा गम्भीर आँच पुर्यायो।
नेतृत्वको विवादलाई समस्या देखाउँदै खोजिएको नयाँ समाधानको पहिलो असर पूर्व केन्द्रीय अध्यक्ष शेष घले निकट छुट्टै कमिटी गठन भएर प्रकट भयो। केन्द्रीयस्तरमै गठित नयाँ कमिटी केका लागि वन्यो र के गर्दैछ? यसबारे अर्को आलेखमा कुरा गरौंला । यसपटक तीन अध्यक्ष कमिटी गठन नजिरले निम्त्याएको परिस्थितिको कुरा त्यो पनि अमेरिकामा केन्द्रित भएर गर्न खोजेको हुँ।
केन्द्रीय नेतृत्वमा भएको विवाद र विवाद समाधानका लागि गरिएको भनिएको तीन अध्यक्षको अभ्यासअघि अमेरिकामा एउटा समन्वय परिषद अस्तित्वमा थियो । तथापि उक्त परिषदको चयनकै वेला निर्वाचनको परिणाममा असन्तुष्ट पक्ष विकल्पको योजनामा प्रयासरत नरहेको होइन।
उसका लागि केन्द्रीय कमिटीको नेतृत्वको विवाद र नयां समाधान ठूलै हतियार बन्यो। फलस्वरूप निर्वाचनमा उपविजेता वनेका कृष्ण लामिछानेको नेतृत्वमा अर्को समानान्तर समन्वय परिषद गठन भयो। केन्द्रीय कमिटीले गरेको जस्तो अभ्यास गरेर दुईपक्षबीच केहीदिनका लागि समझदारीको नाटक मन्चन त गरियो तर टिकेन। जुन केन्द्रीय स्तरमा देखिएको नेतृत्व विवादको असरको स्वाभाविक परिणाम थियो।
अहिले दुवै कमिटी एउटै मिति पर्ने गरी बुद्धि सुवेदी पक्षको जुलाई ३ र ४ गते र कृष्ण लामिछाने पक्षको पनि ३ र ४ मा नै अमेरिकाका ठूला शहरहरू नर्थ क्यारोलाइना र टेक्सासमा आआफ्ना साधारण सभाको आयोजनामा गरेका छन्।
आआफ्ना पक्षका संस्थाकै केन्द्रीय नेता र राजनीतिक दलका नेताहरूलाई उपस्थित गराउने चाकडी गरिसकिएको देखिन्छ । केन्द्रीय कमिटीका एक अध्यक्ष कुल आचार्य नर्थ क्यारोलिनाको कार्यक्रमका लागि अमेरिकामा छन्।
र यो पक्षका सहयोगी महासचिव डा.केशव पौडेल यतै अमेरिकाकै हुन् भने पछि वनेको नयां कमिटीको तयारी पहिलेको कमिटीको तुलनामा कम भव्य सुनिन्छ। त्यसो त अर्का महासचिव गौरी जोशी अमेरिकाकै हुन् र अर्का अध्यक्ष रविना थापा नर्थ क्यारोलिनाभन्दा टेक्सासमा हुने कार्यक्रमका आयोजकसँग नजिक हुनुपर्ने परिस्थिति सृजना भएको छ।
त्यसो त नर्थ क्यारोलिका आयोजकका मुख्य सहयोगी डा पौडेलसँगको पुरानो वेमेलले मात्र होइन अमेरिकामै केन्द्रीय नेतृत्व हुँदाहुँदै कुल आचार्यलाई प्राथमिकामा राखेको नर्थक्यारोलिना समूहसँग केन्द्रीय अध्यक्षमध्येकी एक रविना थापाले अस्तित्वको लडाई लड्नुपर्ने बाध्यता छ। यो परिस्थितिले अध्यक्ष रविनालाई टेक्सासको टीमसँग कम्फरटेवल गराउन सक्छ। नेपाली कांग्रेसका एक थान नेताहरू अमेरिकातिरै पुगिसकेको र पुग्नेक्रम जारी छ ।
दुवै समन्वय परिषदहरूका आयोजक विचारका हिसावले कांग्रेस निकट मानिन्छन्। कमिटीभित्र कांग्रेस बाहेकका दलका मानिसहरू भएपनि ठूलो हिस्सा कांग्रेस निकट नै छ त्यसैले पनि अन्य दलको आलोचना यसपटक टरेको छ। नर्थ क्यारोलिनामा कार्यक्रम गर्ने वुद्धि सुवेदीमात्र होइन उनलाई सहयोग गर्ने महासचिव डा पौडेल, डा यादव पण्डित नेपाल छँदा कांग्रेस पार्टी निकट संगठनमा काम गरिसकेका व्यक्तिहरू हुन् ।
यता टेक्सासमा आयोजित कार्यक्रमको आयोजक पक्षका अध्यक्ष कृष्ण लामिछाने कांग्रेस निकट अमेरिकास्थित भातृ संगठनका संस्थापक महासचिव हुन् र उनीसँग संस्थाकै महासचिव गौरी जोशीमात्र होइन कांग्रेस पार्टीका चलायमान युवा नेता हरिबोल भण्डारी छन्। साथमा जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदी पछिल्लो समय नर्थक्यारोलिनाको आयोजकभन्दा टेक्सासको आयोजक पक्षको समूहमा गनिन्छन्।
जनसम्पर्क समिति अमेरिकाका वहालवाला अध्यक्ष आनन्द विष्ट नर्थ क्यारोलिनाको आयोजक पक्षसँग नजिक हुने देखिन्छ किनकि समितिका पूर्व संयोजक सुवेदी र विष्टको जुँगाको लडाईले यी दुबैलाई एकै ठाउमा राख्न असम्भव जस्तै भैसकेको छ ।
एनआरएन अमेरिकाका दुवै कमिटीको नेतृत्व कांग्रेस निकट भएकाले यस पटक अमेरिका भ्रमणमा रहेका कांग्रेस पार्टीका नेताहरूलाई केही नैतिक संकट पर्ने देखिन्छ। यी कार्यक्रमकै लागि भनेर आएकालाई त धेरै नैतिक संकट नपर्ला तर अरू नै कार्यक्रमका लागि भनेर अमेरिकाको भ्रमणमा रहेका डा. मिनेन्द्र रिजाललाई नैतिक संकट पर्ने देखिन्छ किनकि नेपालको राष्ट्रियताका पक्षमा आवाज वुलन्द गर्दा पछिल्लोपटकको मन्त्री पद गौण वनेको थियो उनका लागि। त्यसो त युवा राजनीतिका सुपरिचित पात्र विश्वप्रकाश शर्माका लागि पनि कार्यक्रमहरूमाथिको सहभागिताको असर पनि सामान्य नरहला ।
संस्थाको केन्द्रीय नेतृत्वको विवाद र भनिएको सहमतीय प्रणालीको विउको असर यत्रतत्र छ । स्थानीयस्तरमा यसको असर सीमित छैन जहाँजहाँ एनआरएनएको संगठन विस्तार छ त्यहाँत्यहाँसम्म छ। संस्थाका पूर्व केन्द्रीय अध्यक्ष शेष घलेको अघोषित समर्थन हाललाई नर्थक्यारोलिनाको पक्षमा रहे पनि पछि उनको पनि छुट्टै वा आफ्नै प्रकारको रहनेछ।
एनआरएनएमा देखिएको समस्याले एनआरएन समुदाय त विभाजित भएको छ नै यसले नेपालका राजनीतिक दलहरू र सरकारसम्मलाई आलोचना गराउने भएको छ। त्यसो त दल र सरकारका नेतृत्व नै एनआरएनए अभियानमा थोरबहुत प्रभावित हुने गरेका छन्।
संस्थाको गैरराजनीतिक उदेश्य कमजोर रहुन्जेल र निर्बाचन प्रणालीको गलत अभ्यास कायम रहुन्जेल पछिल्लो घटनाको असर बढ्दै जानेछ। अन्ततः संस्थाको अस्तित्व नै समाप्तितिर अगाडि बढ्ने छ ,वेलैमा नसोचे र जिम्मेवार नवने। नेप्लिज ईन द अमेरिका(एएनए) त्यसको गतिलो उदाहरण हो।
(आचार्य नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्वअध्यक्ष हुन्)
|
नेपाली मूलकी सराहना श्रेष्ठले न्यूयोर्क विधानसभामा १३ कार्यकाल सांसद रहेका काहिललाई हराइन् काठमाडौं । अमेरिकाको राजनीतिमा नवआगन्तुक भनिएकी नेपाली मूलकी सरहाना श्रेष्ठले करियर विधानसभा सदस्य केभिन काहिललाई १०३ औं राज्य विधानसभा जिल्लाको लागहि पार्टी लाइनकोआन्तरिक चुनावमा हराएकी छिन् ।
श्रेष्ठको जितको अर्थ सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालका काहिल डी–किङ्स्टनले नोभेम्बरमा हुने विधानसभा चुनाबमा उम्मेदवार बन्न पाउने छैनन् । उनको ठाउँमा अब त्यो क्षेत्रमा सांसद पदका लागि डेमोक्रेटिक पार्टीकी आधिकारिक उम्मेदवार श्रेष्ठ हुनेछिन् । डेमोक्रेटिक पार्टी राष्ट्रपति जो बाइडेनको पार्टी हो ।
अमेरिकामा नेपालमा जस्तो पार्टी नेतृत्वले निर्णय गरेको भरमा कसैले उम्मेदवारको टिकट पाउँदैनन् । त्यहाँ पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास हुन्छ र त्यहाँ सांसददेखि राष्ट्रपतिसम्म जुनसुकै पदमा उम्मेदवार हुन चाहनेले पहिले पार्टीभित्रै आन्तरिक निर्वाचन लड्नुपर्छ । पार्टीभित्रको चुनाब जितेर पार्टीभित्रका बहुमत सदस्यले रुचाएको प्रमाणित गर्न सकेपछि मात्रै पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बन्न पाइन्छ ।
प्रदेश निर्वाचन बोर्डको अनौपचारिक नतिजा अनुसार सबै क्षेत्रको मतगणनामा श्रेष्ठले ७ हजार ७ सय २ मत ल्याएकी छिन् भने काहिलको ७ हजार १७३ मतमात्र छ । प्रजातान्त्रिक निर्वाचन आयुक्त एश्ले डिट्टसले परिणामलाई प्रभाव पार्न पर्याप्त संख्यामा अनुपस्थित र शपथ पत्र मतपत्रहरू नभएको बताए।
Thank you to everyone who built this movement. We won because the Hudson Valley is ready to to lead this whole state forward in the fight for the beautiful future we deserve.
Now let’s let’s make sure this is only the beginning. https://t.co/WWes5boJrH
— Sarahana for Assembly (@sarahana) June 29, 2022
‘हामीले पहिले नै अनुपस्थित मतपत्रहरूको बहुमत गणना गरिसकेका छौं र ती मतपत्रहरूको नतिजा हिजो राती रिपोर्ट गरिएको नतिजाको एक हिस्सा थियो । मतपत्रहरूको सानो हिस्सा हामीले गणना गर्न बाँकी छ तर त्यसले दुई उम्मेदवारहरू बीचको अन्तरलाई फरक पारेर परिणाम परिवर्तन हुने कुनै गणितीय सम्भावना छैन” डिट्टसले बुधबार भने।
बुधबार श्रेष्ठले महत्वपूर्ण परिवर्तन भइरहेको बताइन् । “यो कार्यालय, विशेष गरी जिल्ला १०३ को प्रदेश सभाको कार्यालयको लागि उम्मेदवार बन्ने मेरो निर्णय, सधैं हामीले पाएका हरेक स्रोत र साधन प्रयोग गर्नेमा केन्द्रित छ ।’
उनले भनिन् । श्रेष्ठले मंगलबार राति ट्विट गर्दै लेखेकी छिन्, ‘यो आन्दोलन निर्माण गर्ने सबैलाई धन्यवाद । हामीले जित्यौं किनभने हडसन उपत्यकाले हाम्रो सुन्दर भविष्यको लागि लड्न र यो सम्पूर्ण राज्यलाई अगाडि बढाउन नेतृत्व लिन तयार छ। अब यो सुरुवात मात्र हो भनी सुनिश्चित गरौं।”
समर्थकहरुलाई एक विज्ञप्ति जारी गर्दै काहिलले चुनावमा पराजय स्वीकार गरेका छन् । ‘प्राथमिक निर्वाचनको नतिजा स्पष्ट छ र मेरो प्रतिद्वन्द्वी सरहाना श्रेष्ठ विजयी हुनुभएको छ,’ काहिलले भने ।
काहिलले अगाडि लेखेका छन् “सबैभन्दा पहिले, मलाई पछिल्ला ३६ वर्ष मध्ये ३२ वर्षसम्म सार्वजनिक कार्यालयमा हाम्रा समुदायहरूको सेवा गर्न अनुमति दिनुभएकोमा धन्यवाद। यो एक सम्मान हो जसले मलाई यस क्षणसम्म नम्र तुल्याउँछ र केही विशेषाधिकारहरू आनन्द लिने मौका दिइएको छ।’
|
अमेरिकाको बाल्टिमोरमा साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट हुँदै बाल्टिमोर । साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट अमेरिकाको बाल्टिमोरमा हुने भएको छ। बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना)को आयोजना र अन्तराष्ट्रिय नेपाली कलाकार समाज मेरिल्यान्ड तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी, मेरिल्यान्डको सह आयोजनामा बाल्टिमोरको मेरिल्यान्डमा साहित्यकार पराजुलीको कन्सर्ट हुन लागेको हो।
२०१७ मा पद्मश्री पुरस्कारबाट बिभुषित “सगरमाथाको गहिराइ” का सर्जक पराजुलीको अमेरिका यात्रा पहिलो पटक हो। सामस फाउन्डेसनको ब्यवस्थापनमा यही महिनाबाट पराजुलीको क्यानडा र युस टुरको सुरुवात हुँदैछ ।
बाल्टिमोरमा जुलाई १६ तारिकमा हुन लागेको एकल कविता कन्सर्ट पराजुलीको सम्भवतः अमेरिकाको पहिलो कविता कन्सर्ट हुनेछ ।
|
मेरिल्याण्डमा उपेन्द्र-भुवन फाउण्डेसन नामक पराेपकारी संस्था स्थापना मेरिल्याण्ड। प्रोस्टेट क्यान्सरसँग लड्ने मुल उद्देश्यसहित अमेरिकाको मेरिल्याण्ड राज्यमा उपेन्द्र-भुवन फाउण्डेसन नामक पराेपकारी संस्था स्थापना गरिएको छ।
सो संस्था भुवन कुमारी बस्नेत र स्वर्गीय उपेन्द्र बस्नेतको नामबाट नामाकरण गरिएको ब्यहोरा सॅस्थाकी अध्यक्ष्य सुनिता बस्नेत थापाले जानकारी दिइन्।
भिमराज कोइराला, डा. प्रकाश श्रेष्ठ, सिर्जना पोख्रेल शर्मा, अर्विन बस्नेत र सुरबी थापा सहित ६ जनाको कार्यकारी एवं प्रेम बहादुर थापा र सबिता बस्नेत दानी नेपाल समन्वय गर्ने गरी समिति गठन गरिएको छ।
प्रारम्भिक चरणमा गोरखा जिल्लालाई आधार बनाएर प्रोस्टेट क्यान्सर संबन्धि विबिध कृयाकलापहरु सॅचालन गरिने छ।स्वर्गिय उपेन्द्र बस्नेतको प्रोस्टेट क्यान्सरको कारण सन् २००० मा निधन भएको थियो।
|
प्रवासी नेपाली मञ्च अमेरिका : कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन काठमाडौं। प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अमेरिकाको बोस्टनमा सम्पन्न अधिवेशन नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख राजन भट्टराईको आथित्यमा सम्पन्न भएको हो। अधिवेशनमा न्युयोर्क निवासी कृष्णप्रसाद लामिछानेको अध्यक्षमा ३० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।
डा. भट्टराई प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरीले आफ्नो भनाइ राखेका थिए।
भट्टराईले नेपालको रणनीतिक तथा सामरिक सवालमा एमालेको दृष्टिकोणको विषयमा प्रवासी नेपालीबीचमा आफ्नो धारणा राखेका थिए।
सांसद शान्ता चौधरीले आफ्नो भोगाइ सुनाउँदा सभाहल भावकु बनेको थियो। कार्यत्रमलाई अमेरिकास्थित दर्जनौं संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए। जुन १७–१८ सम्म चलेको अधिवेशनले कृष्ण लामिछानेको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको थियो।
निर्वाचित कार्यसमितिको नामावली यसप्रकार छ : कृष्ण लामिछाने अध्यक्ष, गोपाल कँडेल प्रथम उपाध्यक्ष, माया ढुंगाना महिला उपाध्यक्ष, गोकर्ण दाहाल उपाध्यक्ष, भीम ओली, उपाध्यक्ष छवि पाण्डे सचिव, थोमस बास्कोटा उपसचिव, नेत्र पाण्डे उपसचिव, कृष्ण आचार्य उपसचिव, गोविन्द खनाल उपसचिव
सदस्यहरु : मणि भण्डारी, भुवन अधिकारी, डिबी रावत, अजय कुशवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिल कुमार ताम्राकार, रामकृष्ण बजगाईं, उपेन्द्र रावत, केदार पहारी, भिष्म आचार्य, दुर्गा बिक, नारायण ढुंगाना, दीपक सापकोटा, दीपक पाण्डे, विजय बगाले, शिव अधिकारी, घनश्याम खनाल, मोहनी डुम्रे र शंकर लुंगेली रहेका छन्।
|
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि सुरु हुँदै वासिङ्गटन डीसी । अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२ यहि जुन महिनाको २३ (२६ सम्म भौतिक रुपमा र अनलाइन (भर्चुअल)बाट हुने भएको छ।
चार दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन्।
जुनको २३ तारिक बिहिबार साँझ पुरानो ग्रीन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्करा’को भौतिक प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिक आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युल’र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’बाट सोहि थियटरमा भौतिक रुपमै हुने जनाइएको छ।
भौतिक प्रदर्शनी बाहेक महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत चलचित्रहरु हेर्न सकिनेछ। बिगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन भने स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उप प्रदर्शन गरिने छ।
प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता\निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । यस वर्षको कान्स फिल्म फेस्टिबलमा पुगेका अविनाश बिक्रम शाह र सुरक्षा पन्तसंग पनि भर्चुअल संवाद गरिने भएको छ। प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।
चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। उक्त्त निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट अनुप सुबेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।
सन् २०१७ देखि गैर-नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर यो चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ। कार्यक्रमबारे थप जानकारी संस्थाका सामाजिक संजाल तथा वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
|
प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन शुरु काठमाडौं । प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजदेखि शुरु भएका अधिवेशन १९ तारिक सम्म बोस्टनमा भइरहेको छ ।
मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृत्व चयन गर्ने छन् । मञ्चले अमेरिकाको २६ राज्यमा आफ्नो कमिटी विस्तार गरेको छ ।
अधिवेशनलाई शुभकामना दिन प्रमुख अतिथिको रुपमा नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराई, एमाले संसदीय दलको सचेतक शान्ता चौधरी र पूर्व परराष्ट्रमन्त्री महन्द्रे पाण्डे अमेरिका पुगेका छन् ।
भोलि अधिवेशनको दोस्रो सत्र उद्घाटन र नयाँ नेतृत्व चयन हुने छ। अन्तिम दिन १९ तारिक नव निर्वाचित कमिटीको बैठक बस्ने छ।
सन् २०१३ मा न्यूयोर्कमा पहिलो अधिवेशन गर्दै सञ्जय थापालाई अध्यक्षको जिम्मेवारी दिएको मञ्चले तीन वर्ष पछि सन् २०१७ मा दोस्रो अधिवेशन गरेको थियो ।
बाल्टिमोरमा भएको दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्षमा चयन गरेको थियो । नियमित समय अनुसार सन् २०२० मा नै मञ्चको तेस्रो अधिवेशन हुनु पर्ने थियो तर कोरोना महामारीका कारण अधिवेशन सर्दै आएको थियो ।
संगठन १९९८ मा स्थापना भएको भए पनि विभिन्न समयमा नाम परिवर्तन हुदै आएको छ। शुरुमा एन डि एफ,यूएनडिएफ हुदै २०१२ मा ओएनएफ वने पछिको पहिलो अधिवेशन २०१३ मा न्यूयोर्कमा भएको थियो।
|
टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ।
नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो। मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि योगदान पुर्याउने विश्वास गरिएको छ।
झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्र सहित सपरिवार अमेरिका पुगेका थिए। उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाज क्षेत्रीय उपसंयोजक हुन् भने विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन्। कविता, गीत, गजल र मुक्तक लेख्ने सुवेदी नेपाली साहित्यमा राम अविरामको नाममा सुपरिचित छन्।
सुवेदीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ। नवनियुक्त पर्यटन दूत सुवेदीले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त गरिदिनुभएकामा पर्यटनमन्त्री प्रेमबहादुर आलेप्रति आभार प्रकट गरेका छन्।
उनले आफूमाथि मन्त्री आलेको अटल विश्वासलाई सदा कायम राख्ने, नेपाल र नेपालीको शीर सदा उच्च राख्ने एवं नेपालको उन्नति प्रगतिमा हिजोभन्दा आज अझ बढी गर्न सक्ने आँट र अठोटसमेत गरेका छन्।
|
गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरको बनभोज अमेरिका। गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित बनभोज लगायका विविध मनोरञ्जनात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस स्थित बल्याकलिक उड्स पार्कमा जुन ५,२०२२ एनआरएन च्याप्टरद्वारा पहिलो पल्ट आयोजित बनभोज लगायतका मनोरञ्जनात्मक कार्यक्रममा स्थानीय नेपाली र नेपाली भाषीहरूको उलेख्य सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको छ ।
ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदि सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो।उक्त कार्यक्रम एनआरएन एनसिसी अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।कार्यक्रमलाई ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले स्वागत मन्तब्य राखेका थिए।
त्यस्तै अन्य अथितीहरूमा उमेश आचार्य,महेश केसी ,वकिल तथा समाजसेवी मुकेश सिँह , प्रोफेसरहरू डा.कौसल दाहाल, हेम जोशी आदी रहेका थिए।प्रमुख अतिथी भट्टराईले एनआरएन एनसीसीको महत्व तथा भइरहेका गतिविधिका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सन्चालन होताराम विश्वकर्माले गरेका थिए ।
रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
‘रक्तदान नै जीवन दान’हो भन्ने भावनालाई आत्मासाथ गर्दै रगतको अभावले छटपटाउदै कसैले अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ विश्व रक्तदान दिवसको अवसरमा एनआरएन ओहायो च्याप्टर तथा ब्लड डोनर अफ अमेरिकाद्वारा आयोजित रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न भयो ।
ओहायो राज्यको कोलम्बस स्थित हिल्टन होटलमा जुन ११ २०२२ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमस्थल भने हिल्टन होटलले नै निःशुल्क रूपमा उपलब्ध गराएको थियो। रगत संकलन कार्य भने ‘भरसीटी ब्लड ड्राइभ सेन्टर’ ले गरेको थियो।
उक्त कार्यक्रममा ओहायोका बिभिन्न पेशा तथा संघसंस्थासँग आबद्ध नेपाली र नेपाली भाषीहरूको उल्लेख्य रूपमा उपस्थिती रहेको थियो।ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालको संयोजकत्व तथा सौजन्यमा उक्त कार्यक्रम आयोजना भएको थियो।
|
किवानिजको विश्वसम्मेलनमा नेपाललाई उत्कृष्ट सम्मान वासिंगटन डिसी । अमेरिकाको इण्डियानामा जारी रहेको किवानिज इन्टरनेशनलको विश्व सम्मेलनमा नेपाललाई उत्कृष्ट अवार्ड दिइएको छ।
विश्वका वालवालिकाका लागि कार्यरत स्वयंसेवीहरुको विश्वव्यापी संस्था किवानिज् इन्टरनेशनलको मुख्यालय अमेरिकाको इण्डियानामा जारी सम्मेलनका क्रममा बुधवार नेपाललाई उत्कृष्ट अवार्ड दिइएको हो।
जुन ८ तारिकदेखि शुरु भएको सो सम्मेलनमा नेपाललाई दिइएको डिष्टिङ्गुइस किवानिज् डिष्ट्रिक अवार्ड नेपाल डिष्ट्रिक्टका पूर्व गभर्नर सुजनकुमार श्रेष्ठ र वर्तमान गभर्नर एकराज पन्तलाई हस्तान्तरण गरिएको थियो।
सो संस्थाका दुईवटा विश्व सम्मेलनहरु कोभिड १९ को प्रकोपका कारण हुन सकेको थिएन। महामारीले आक्रान्त भएको अवस्थामा पनि नेपालको किवानिज् क्लबले बालवालिकाका क्षेत्रमा अनवरत काम गरेको र संस्थाको सदस्यता बृद्धिको काममा पनि उत्कृष्ट रेकर्ड बनाएवापत सो सम्मान प्रदान गरिएको हो।
यो विश्वसम्मेलनमा १३ जना नेपाली प्रतिनिधिहरुको सहभागिता रहेको छ । विश्व सम्मेलनमा सहभागीरहेका मध्ये ३ जना नेपाली प्रतिनिधिहरुले छ हजार दुईसय अमेरिकी डलर किवानिज चिल्ड्रेन फण्डमा दान गरेको घोषणा पनि गरेका छन् ।
|
अमेरिकाको ओकल्याण्डमा नेपाली युवालाई निर्घात कुटपिट गरेर लुटियो काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवालाई निर्घात कुटपित गरी लुटपाट गरिएको छ । उनले आफूमाथि भएको आक्रमण र लुटिएको आफ्नो कथा साझा गरेका छन् ।
सागर तामाङले गत शनिबार राति ११ बजे ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका बेला अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस भएको बताए । यो प्रहारले उनलाई बेहोस बनायो ।
भोलिपल्ट तामाङ अस्पतालमा ब्युँझिए । उनी निर्घात कुटपिटबाट घाइते थिए र उनका पर्स, फोनलगायतका सबै सामान हराएका थिए । आफू नेपाली भएको र आफू बोल्नुको कारण रहेकोले आफूलाई निशाना बनाइएको तामाङको विश्वास छ ।
“मलाई के भयो भनेर मैले आवाज उठाउनुपर्छ ताकि पछि युवाहरू, वा हाम्रो समुदायका व्यक्तिहरू, नेपाली समुदाय अगाडि आएर हो, मलाई पनि यस्तो भयो भन्न सकून्” उनले केजीओ टिभीकी पत्रकार डायोन लिमसँग भने, “मानिसहरू सम्बन्ध राख्न सक्षम हुनेछन्। यो धेरै एसियाली समुदायहरूसँग भइरहेको छ । यो सधैं हुन्छ।”
Sagar was getting food around 11pm last Sat outside the Fox Theater in Oakland when he felt something hit the back of his head.
He lost consciousness & woke up in the hospital the next day bruised & beaten. His belongings inc wallet & phone were gone #StopAAPIHate (thread) ⬇️ pic.twitter.com/87au9kpkVK
— Dion Lim (@DionLimTV) June 5, 2022
ओकल्याण्ड प्रहरीले यो घृणित अपराध हो वा होइन भन्ने कुनै निर्धारण नभएको बताउँदै एबीसी सेभेनलाई अनुसन्धान जारी रहेको बताएको छ । तामाङ राइडसेयर चालकको रुपमा काम गर्छन् । उनी पुनः काममा फर्किन १ महिना लाग्छ र तामाङकी एक साथीले अर्को महिना उनी काममा नफर्किँदासम्म उनला मेडिकल बिलहरू तिर्न मद्दत गर्न गोफण्डमी स्थापना गरेकी छिन्।
नेपालबाट आएकी ती साथी भन्छिन् कि कानुनी अर्थमा यो घृणित अपराध हो भनेर प्रमाणित गर्न गाह्रो हुन सक्छ तर उनी एएपीआइ (एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर) समुदायलाई लक्षित गरेको ठान्छिन्।
“हामी एसियाली भएकाले मानिसहरूले हामीलाई लुट्न सजिलो, आक्रमण गर्न सजिलो, झुक्याउन र आफूले चाहेको जुनसुकै काम गर्न सजिलो ठान्छन्। यदि अरू कोही व्यक्ति थियो भने तिनीहरूले त्यसो गर्दैनन्। ऊ होचो एशियाली केटा हो,” उनका साथी भन्छन्, जसले पहिचान खोल्न चाहेनन्।
घटना डरलाग्दो भए पनि तामाङले यो घटनाले आफूलाई मन पर्ने काम गर्नबाट डराउन नसकेको बताउँछन्।
“इमानदारीपूर्वक भन्नुपर्दा, म यो सम्पूर्ण परिदृश्यबाट केहि आशा गर्दिन। म मेरो जीवन बाँच्न जाँदैछु, सबैले आफ्नो जीवन बिताउनेछन्। तर एउटा कुरा यो हो कि यसले मलाई यस्तो घटनाबाट बाँचेको व्यक्तिको रूपमा अझ बलियो बनाएको छ” उनले भने ‘यो मसँग भयो र यो जो कोहीसँग हुन सक्छ ।’
|
नेपाली युवा अनुभव गिरी अमेरिकी स्वप्नद्रष्टामा अब्बल छानिए वाशिंटन डिसी। आप्रवासीहरुका लागि त्यति सहज नभए पनि अमेरिका संसारका धेरै मुलुकका मानिसका लागि सपनाको देश हो। धेरै देशका युवाहरु उच्च अध्ययन गर्न अमेरिकाको सपना देख्छन्। सपना देख्ने सवैका सपना पूरा हुँदैनन्। थोरैले सपना पूरा गर्छन्।
अमेरिकामा त्यस्तो सपना पूरा गर्ने आप्रवासीहरुको विषयमा भर्जिनिया ह्यूमानेटेरियनको सहयोगमा प्रियो बाङ्ग्लाको बार्षिक प्रकाशनले विशेष अङ्क प्रकाशन गरेको छ, जसमा नेपाली युवा अनुभव गिरी छनौटमा परेका छन्। सो प्रकाशनमा अनुभव गिरीलाई विशेष महत्वकासाथ पहिलो स्थानमा प्रस्तुत गरिएको छ।
भर्जिनिया ह्यूमानेटेरियनले आप्रवासीहरुको सफलताको कथाको लागि यो योजना स्वीकृत गरेको हो। यस्ता कथाले अन्य आप्रवासीहरुलाई समेत उत्प्रेरणा होस् भनेर कथा आव्हान र छनौट गरिएको थियो। यो कथा आफ्नो मूल भाषा र अङ्ग्रेजी भाषामा पुस्तकाकारमा रहने भएकोले आफू उत्साहित भएको अनुभव बताउँछन्।
उनकै प्रयासमा अमेरिकाको १७४ वर्ष पुरानो बिमा कम्पनीले नेपाली भाषामा पुस्तिका समेत सन् २०२० मा प्रकाशित गरेको थियो। उनी आफ्नो भाषा र संस्कृतिका लागि कसरी योगदान हुनसक्छ भनेर लागिरहेको बताउँछन्।
यो प्रकाशनको उद्देश्य अमेरिकी सपना प्राप्तिका लागि श्रोतको पहिचान, नभनिएका बहु साँस्कृतिक कथाहरु जसमा समुदायका अनुभव, सपनाहरु र अपेक्षाहरुलाई बाहिर ल्याउनु, अनुभव कथा बाँडेरे सामुहिक उद्देश्य प्राप्तिका लागि प्रेरित गर्नु, बिबिध समुदायका चुनौती प्रतिविम्बित गर्नु, नयाँ पुस्तालाई अमेरिकन ड्रिम हासिल गर्न आत्मविश्वास जगाउनु, उज्ज्वल भविष्यका लागि समुदायका बिबिध लेख रचना प्रकाशित गर्नू लगायत रहेका थिए। यही उद्देश्य प्राप्तिका लागि भर्जिनिया ह्यूमानेटेरियनले सहयोग र हातेमालो गर्ने गर्दछ।
अमेरिकन ड्रिम कथामा नेपालसहित बोलिभिया, फिलिपिन्स, पाकिस्तान, वाङ्लादेश, भारत लगायत विभिन्न मुलुकका अमेरिकी सपना पूरा गर्ने आप्रवासी व्यक्तिहरुको कथा, अन्तर्वार्ता आदि यसमा समेटिएका छन्।
अनुभव गिरीले अमेरिकी सपना पूरा गर्न के कस्तो सङ्घर्ष गर्नुपर्यो, केकस्ता काम गरेर सफलताको सिंढी चड्न सफल भए, त्यसलाई ईमान्दारीपूर्वक प्रस्तुत गरेका छन् । उनले विद्यार्थीको रुपमा सन् २००४ मा अमेरिका आएपछि सङ्घर्षका क्रममा गरेका रेष्टुँराको काम, पिज्जा ओसार्ने काम, हिउँमा भिझ्दै घण्टौं हिंडेर काममा पुगेका क्षण तथा भोकै सुत्नु परेका घटनालाई प्रस्तुत गर्दै आज सफलताको बाटोमा आइपुग्दाका कथा प्रेरणादायी रुपमा प्रस्तुत गरेका छन् । उनको कथाले धेरैलाई प्रेरित गर्न सक्ने भएर नै उनलाई प्राथमिकतासाथ पहिलो स्थानमा प्रस्तुत गरेको बताइएको छ ।
यस प्रकाशनमा भर्जिनिया राज्यका सिनेटर मार्क ए वार्नरले शुभकामना मन्तब्य दिंदै वयस्कोन्मुख युवाहरुले कतिपय कठिनाईसँग जुधेर चुनौतीहरुसँग सङ्घर्ष गर्दै तिनमाथि विजय प्राप्त गरेको कथा मात्र नभई यी कथाले आशाको किरण समेत देखाएको उल्लेख गरेका छन् ।
अनुभव गिरी मोटिभेसनल स्पिकर, ट्रेनर र सफल नेतृत्वदायी भूमिकाका लागि परिचित छन् र उनले सकारात्मक सोच यूट्यूव च्यानलमार्फत सफलताकोलागि धेरैलाई प्रेरित गर्दै आएका छन् । उनले धेरै नेपालीहरुलाई सफल बनाउन समेत योगदान गरेका छन् । उनले आफ्नो कम्पनीमा झण्डै २ दर्जन बढी म्यानेजरहरु तयार गरेका छन्, आफ्नै प्रत्यक्ष तालिम र सुपरिवेक्षणमा ।
अमेरिकामा सफल नेपालीहरु दिनहुँ बढिरहेका छन् । यो सबै नेपालीका लागि गर्वको विषय हो । तर आफू सफल भएर आफूजस्तै सफल अरुलाई बनाउनु ठूलो काम हो । अनुभवले आफूजस्तै सफल अरुलाई पनि बनाउन अत्यन्त सक्षमताका साथ लागि परेकाछन्, यो झन् गर्व र खुशीको विषय हो ।
|
न्यूयोर्कमा मनाइयो अन्तरार्ष्ट्रिय सगरमाथा दिवस काठमाडौं । अन्तरार्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा यूएस नेपाल कलाइम्बर्स एसोसिएसन (इन्क यूएसए)ले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम गरेको छ ।
मे २९ तारिखका दिन शेर्पा किदुक अमेरिकाको भवन ज्याक्सन हाइट न्यूयोर्कमा अन्तरराष्ट्रिय सगरमाथा दिवस अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । सन् १९५३ मे २९ तारिखका दिन सर्बोच्च शिखर सगराथामा पहिलो मानव पाइला टेक्न सफल स्व. सर एड्मन्ड हिलारी र स्व। तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा अन्तरराष्ट्रिय सगरमाथा दिवश मनाएको हो ।
यसअघि मे २४ तारिक २०२२ का दिन न्यूयोर्क राज्य विधान सभा सदस्य सम्माननीय जेनिफर राजकुमार र न्यूयोर्क राज्य गर्भनर सम्माननीय क्याथी होचुल तथा न्यूयोर्क राज्य बिधानसभा कलर्क सम्माननीय मेरी अन्ने ई डेन्ड्लेसले न्यूयोर्क राज्यको एसेम्बली हल अलबानीबाट प्रत्येक वर्ष मे २९ लाई अन्तरार्ष्ट्रिय सगरमाथा दिवस घोषणा गरेका थिए ।
विहान शेर्पा किदुक गुम्बामा हिमाल आरोहणको क्रममा ज्यान गुमाउने आरोहीहरुको चीर शान्ती तथा सम्झनामा लामा धर्मगुरुहरुद्वारा बिशेष पुजा पाठ तथा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको थियो । औपाचरिक रुपमा भने कार्यक्रम दिउँसो तीन बजेबाट शुरु भएको थियो । नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान सँगै हिमाल आरोहणको क्रममा दिवांगत भएका सम्पूर्ण साहसी पर्वतारोहीहरुको सम्मानमा एक मिनेट मौनधारण गरी कार्यक्रम शुरु भएको थियो ।
|
न्यूयोर्क सरकारद्वारा आधिकारिक रुपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस घोषणा काठमाडौं। अमेरिकाको न्यूयोर्क सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई मान्यता दिएको छ । सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला परेको दिन मे ९ लाई नेपालले यसअघि नै अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा घोषणा गरिसकेको छ ।
मंगलबार न्यूयोर्कको अल्बानीमा मंगलबार आयोजित घोषणा कार्यक्रममा न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमार र गभर्नर क्याथी होचेलले संयुक्त रुपमा एसेम्बली हलबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवस घोषणा गरेका हुन् । युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इंकले यो घोषणाप्रति खुसी व्यक्त गर्दै यो घोषणाले नेपालीको प्रतिष्ठाले अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ पाएको बताएको छ ।
एसोसिएसनले एक वक्तव्यमार्फत दिएको जानकारी अनुसार घोषणा कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौतम, अतिथिहरु युनाइटेड शेर्पा एसोसिएसनकी अध्यक्ष छिरिङ शेर्पा, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पा, युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका सल्लाहकार भेनिसा ओब्राइन, मेम्बर अफ क्विन्स कम्युनिटी बोर्ड ३ तथा युनाइटेड शेर्पा एसोसिएसनका पूर्व अध्यक्ष उर्गेन शेर्पा, फिप्ना सभामुख सुवर्ण शाक्य लगायत विभिन्न संस्थाका प्रतिनिधि र पर्वतारोहीहरुले शुभकामना दिएका थिए ।
|
एशियन अमेरिकी भेलामा बौद्ध हुँदै अमेरिका आएर मेयर बनेको कथा वासिंगटन डिसी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस प्रमुख अतिथि रहेको एउटा भव्य कार्यक्रममा चीनको तिब्बतबाट शरणार्थी हुँदै नेपालको बौद्धमा आइपुगेको संघर्षको कथा प्रस्तुत गरिएको छ।
मे बीस शुक्रबार वासिंगटन डिसीको जोन अफ क्यानेडी सेन्टरमा एशियन अमेरिकनहरुको एउटा भव्य भेलामा अफ्ताव पुरेभलले आफू शरणार्थी बनेर तिब्बतमा नेपाल आउंदाको अवस्था, नेपालमा शरणार्थी हुँदा र नेपालबाट अमेरिका आइपुगेर पनि शरणार्थी हुँदै अमेरिकाको ओहायो राज्यको एउटा ठूला शहर सिनसिनाटीको मेयर निर्वाचित भएको विवरण सुनाएका थिए ।
उनले तिब्बतबाट नेपालको बौद्धमा शरणार्थीका रुपमा केही समय बसेको र त्यसपछि भारत हुँदै अमेरिका आएको बताएका थिए र जहाँबाट जसरी आएपनि अमेरिकामा समान अधिकार एवं हैसियतमा कडा मेहनत गर्दै सिनसिनाटी शहरका जनताको मन जित्न सफल भई मेयर बनेको विवरण बताएर अरुको हौसला बढाएका थिए ।
एशियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर(एएपीआई) ले विजय उत्सव तथा अर्को पुस्ताका नेताहरुको परिचयका लागि आयोजना गरेको सो कार्यक्रममा अमेरिकी उपराष्टपति ह्यारिसले राष्टिय एकतामा जोड दिइन्।
उनले भनिन्, ‘मलाई थाहा छ, हामी सबै मिलेर भविष्य निर्माण गर्न सक्छौं, त्यसैले हामी आफ्नो कामलाई निरन्तरता दिऔं, हामीले जे गरिरहेका छौं त्यसले फरक पारिरहेको छ भन्ने कुरामा विश्वस्त होऔं।’ उनले अगाडि भनिन् , ‘अमेरिमा जसले उपलब्धी हासिल गरेका छन् उनीहरुले कडा मेहनत गरेका छन्, हामीले असल नियतका साथमा मिलेर मेहनत गर्नु पर्छ।’
कार्यक्रममा अध्यक्ष शेखर नरसिंहनले एशियन अमेरिकन समुदायले विविधताले युक्त भएको र अमेरिकाको मतदाताका रुपमा पनि निकै तीब्र गतिमा बढिरहेको बताउँदै यो समुदायले मतदानका समयमा उल्लेख्य उपस्थिति देखाउनु जरुरी भएको बताए।
कार्यक्रमका सह अध्यक्ष नेपाली मुलमा अमेरिकी हरि शर्माले एशियन अमेरिकी समुदायसँग यहाँको निर्वाचनमा उम्मेद्वारलाई विजयी बनाउने गरिको शक्ति भएको उल्लेख गर्दै साझा उद्देश्य हासिल गर्न एएपीआईले सामुहिकरुपमा कार्य गर्नुपर्ने बताएका थिए।
उनले सिनसिनाटीका मेयरले तिब्बतबाट काठमाडौंको बौद्ध आएको र शरणार्थीका रुपमा नेपाल बसी अमेरिकासम्म आएर यहाँको राजनीतिमा उल्लेख्य संघर्ष गर्दै निर्वाचित मेयर बन्न सफल भएकोमा उनको संघर्षको प्रसंसा गर्दै वधाइ ज्ञापन गरेका थिए ।
कार्यक्रममा नेपाली मुलका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेका उपराष्ट्रपति कमला ह्यारिसले लगाएका लुगाबारे पनि केही बेर चर्चा भएको थियो।
कार्यक्रममा न्यूजर्सीका कंग्रेसम्यान एण्डी किम, बोष्टन शहरका मेयर मिचेल वु, फिल्म प्रड्युसर एवं अभिनेता ड्यानियल किम,एम्मी अवार्ड विजेता जेन्नी जेन्किन्स, हास्य कलाकार अभिनेता,आसिफ माण्डवी, अवार्ड विजेता फेसन डिजाइनर फिलिप लिम, संगीतकार जापानिज ब्रेकफाष्ट, अभिनेतृ टमिटा, पुलित्जर प्राइज विजेता पत्रकार जोस एन्टोनियो भर्गस, लेखक एवं पत्रकार मिन ली, गायक तथा अभिनेतृ क्राभाल्होलगायतको सहभागिता थियो।
|
अमेरिकामा लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरुको नेतृत्व काठमाडौं। अमेरिकामा लायन्स क्लब इन्टरनेशनलको बिभिन्न राज्यहरुको केही लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरु पनि अग्रस्थानमा आएका छन्।
क्यालिफोर्निया राज्यको डिष्ट्रिक्ट ३C-४ मा राजेन थापा पहिलो नेपाली डिष्ट्रिक्ट गभर्नर भएपछि अरु नेपालीहरु पनि उत्साहका साथ डिष्ट्रिक्ट स्तरको नेतृत्व तहमा अग्रपंक्तिमा आउँदैछन् । नेपालदेखिनै लायन्समा सक्रिय राजेन थापाले Berkeley Annapurna Lions Club को स्थापना गरी क्लबको संस्थापक अध्यक्ष सहित बिभिन्न पदहरुमा रही सेवा प्रदान गरेका छन्।
यसै क्रममा, कनेष्ट्क्टकट राज्यको डिष्ट्रिक्ट २३-B का सक्रिय लायन राज श्रेष्ठले सन् २०१६ मा नयाँ लायन्स क्लब Hartford County Everest Centennial Lions Club स्थापना गरी संस्थापक अध्यक्ष सहित बिभिन्न पदमा रही लायन्सको मानवीय सेवा कार्यमा सरिक हुनुका साथै डिष्ट्रिक्ट क्याबिनेटमा स्पेश्याल्टी क्लब्स चेयर र दईु पटक जोन चेयर हुँदै लायन बर्ष २०२२-२०२३ को लागि डिष्ट्रिक्ट २३-B का लागि Second Vice District Governor मा निर्वाचित भएका छन्।
यसका साथै,राज श्रेष्ठलाईलायन्स क्लब इन्टरनेशनलको प्रधान कार्यालयले संयुक्तराज्य अमेरिका र क्यानडाको लागि New Club Development Consultant नियुक्त गरेको छ ।
यसैगरी, क्यालिफोर्नियाराज्यको डिष्ट्रिक्ट ३C-४ मा Berkeley Annapurna Lions Club का पूर्व अध्यक्ष मनिलबाबु श्रेष्ठ क्लबको बिभिन्न पदमा र डिष्ट्रिक्ट क्याबिनेटमा जोन र रिजन चेयिपर्सनमा सेवारत भई गत बर्ष 2nd Vice District Governor मा निर्वाचित भएका थिए भने यस बर्ष 1st Vice District Governor निर्वाचित भएका छन् ।
लायन्समा 2nd Vice District Governor उम्मेदवार हुनको लागि स्थानीय क्लबको अध्यक्ष, त्यसपछि दुई बर्ष क्लवको वोर्ड सदस्य र कम्तिमा एकपटक डिष्ट्रिक्ट क्याबिनेटमा जोन चेयिपर्सन र रिजन चेयिपर्र्सन भएको हुनुपर्छ
यसैगरी टेक्सास राज्यका लायन प्रकाश गौतम यस बर्ष 2nd Vice District Governor को पदमा सेवारत छन् भने लायन वर्ष २०२२-२०२३ का 1st Vice District Governo मा निर्वाचित भएका छन्। Plano Collin Nepalese Lions Club को स्थापना गरी संस्थापक अध्यक्षको रुपमा पनि सेवा प्रदान गरिसकेका छन्।
अमेरिकामा पहिलो नेपाली लायन्स क्लब टेक्सास राज्यको डालासस्थित डालास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष लायन राधाकृष्ण काफ्ले पनि केही बर्ष डिष्ट्रिक्ट क्याबिनेटमा सेवारत रही लायन बर्ष २०२२-२०२३ का लागि 2nd Vice District Governor मा निर्वाचित भएका छन् । लायन राधाकृष्णले पनि क्लबको बिभिन्न पदमा रही सेवा प्रदान गगरिरहेका छन्।
राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक सँस्थाहरुको नेतृत्वतहमा पनि अमेरिकाका नेपालीहरु अग्रपंक्तीमा आउँदैछन्।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.