content
stringlengths 20
64.1k
⌀ |
---|
नेजाको आयोजनामा अमेरिकामा रक्तदान कार्यक्रम टेक्सस। नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार टेक्ससमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संघले ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य तथा कार्टर ब्लडकेयरको प्राविधिक सहयोग र समन्वयमा सो कार्यक्रम गरेको थियो।
सो कार्यक्रममा ४८ पिन रगत संकलन भएको थियो । प्राविधिक सहयोग गरेको कार्टर ब्लडकेयरले लक्ष्यभन्दा बढी रगत संकलन गर्न सकिएको भन्दै आयोजकलाई धन्यवाद दिएको थियो ।
कार्यक्रममा उपस्थित धेरै व्यक्तिले रक्तदान गर्न इच्छा जाहेर गर्नुभए पनि व्यवस्थापकीय कारणले समेट्न नसकिएको बताउँदै संघका अध्यक्ष विकासराज न्यौपानेले ब्लड डोनर्स अफ अमेरिका एवं सम्बद्व सबै संघ–संस्था, रक्तदाता, पत्रकार तथा सञ्चारमाध्यम, स्वयंसेवक सबैमा आभार व्यक्त गरे।
सो कार्यक्रम स्थानीय नेताहरुको पनि सहभागिता थियो । यूएस कांग्रेसमा प्रतिष्पर्धा गरिरहेका डेरिक गे, युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा, कार्टर ब्लडकेयरका जस्टिन लिपट्रोट,नेपाली समाज टेक्ससका उपाध्यक्ष जनक भण्डारी, महासचिव सन्देश उप्रेती, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, बौद्व समाज अमेरिकाका महासचिव शैलेन्द्र मानन्धर, एएनएका अध्यक्ष बिजयराज भट्टराई, नेपलिज च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष बाल जोशी, अर्भिङ लायन्स क्लबका अध्यक्ष केदार तिमिल्सिना, लुम्बिनी सेवा समाजका अध्यक्ष जगदीश न्यौपाने, जनसम्पर्क समिति डालस फोटवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्की, १२खरी डट कमका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, सामाजिक अभियन्ताहरु प्रभात दीक्षित, मोहन ज्ञवाली, भुवन आचार्य, शिव काफ्ले, तारा भुषाल,अग्रज पत्रकार शैलेश आचार्य, कलाकार सुधांशु जोशी, पत्रकारहरू सञ्जय घिमिरे, रामचन्द्र भट्ट, श्रीकृष्ण गौतम, सूर्य थापा, किशन रेग्मी, शिव शर्मा, विनय देवकोटा, विमल बराल, हरि सुवेदी, टंक काफ्लेलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा ब्लड डोनर्स अफ अमेरिका टेक्ससका संयोजक अजय बगालेले नेजासंग आगामी दिनमा सहकार्यका लागि समेत आग्रह गरे ।
सो अवसरमा विकासराज न्यौपाने, शैलेश आचार्य, प्रशुराम शर्मा, विशाल शर्मा, धर्म घिमिरे, सुरेशचन्द्र पोखरेल, रामचन्द्र भट्ट, भानु खरेल, बाल जोशी, नवीन खड्का, सुरज भण्डारी, होम गौतम, टीका पौडेल, भुवन आलेमगर, बाबुराम दाहाल, दुर्गेश कर्माचार्य, किशोर खड्का, योगेन्द्र हमाल, राजेन्द्र जोशी, चाँदनी गर्ग, दीपक पोखरेल, सूर्य थापा, लक्ष्मी प्याकुरेल, राजु अर्याल, रमेश अर्याल, पर्शुराम दाहाल, प्रमोद रिजाल, सुमन थापा, उत्तम लामिछाने, राम आचार्य, जीवन बञ्जरा, उत्सव लामिछाने, शैलेन्द्र मानन्धर, विवेक भुर्तेल, निशा कुँवर, गुप्त जोशी, दीपक खरेल, शिव शर्मा, पूर्ण बराल, गौरव थापा, शौरभ साह, टंक काफ्ले, कृष्ण न्यौपाने, भुवन आचार्य, विष्णु देवकोटा र सुधांशु जोशीले रगत दान गरेका थिए । कार्यक्रममा रक्तदाता, सहयोगी व्यक्तित्व एवम् संस्थाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
|
अमेरिकाका लागि नवनियुक्त राजदूतसँग बानाको भेटघाट तथा शुभकामना कार्यक्रम अमेरिका। बाल्टिमाेर एशाेसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को एक टोलीले अमेरिकाका लागि नव नियुक्त राजदूत प्रा. श्रीधर खत्रीसंँग भेटघाट गरेको छ। डिसीस्थित राजदूताबासमा भएको भेटघाटमा नव नियुक्त राजदुतलाई स्वागत गर्नुका साथै नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान समेत गरिएको थियो।
भेटघाट कार्यक्रममा बिगतका दिनमा बान र नेपाली दूतावासबीचको सहकार्यमा बिभिन्न गतिबिधिहरुको बारेमा समेत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै राजदुत प्रा. श्रीधर खत्रीले तीन लाख भन्दा बढ़ी नेपाली समुदाय बसोबास गर्ने अमेरिकामा नेपाली समुदायले गरेको सामाजिक सेवाका गतिबिधि नेपाल सम्म पुग्नु पर्ने बताए।
बानाका अध्यक्ष सुबोध बिलास पन्तले राजदूताबास अमेरिकाकाको लागि हाम्रो घर भएको र हामी यहाँ बस्ने एक परिवार भएको अनुभूति भएको बताए। उनले बिगतमा दिनमा जस्तै राजदूतावाससँगको सहकार्य र सहयोग अबका दिनमा पनि रहने बिश्वास व्यक्त गरे।
कार्यक्रममा बानाका पूर्वअध्यक्ष बिजय श्रेष्ठ, बानाका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष लक्ष्मि भारती, उपाध्यक्ष भिम केसी, महासचिव सागर घिमिरे, कोषाध्यक्ष रिचा शाह, सदस्य श्याम कोइराला तथा बानाका आजिवन सदस्यहरु सुरज अधिकारी, निर बहादुर थापा, संजोक कार्की, ब्रिजेस महर्जन लगायतले शुभकामना आदान प्रदान गरेका थिए। बानाको नव निर्वाचित टिमलाई कार्यभार हस्तान्तरण तथा १७औ बार्षिक साधारण सभा आउदो अप्रिल २४ तारिक आईतबारका दिन हुने बानाका नवनिर्वाचित महासचिव सागर घिमिरेले बताए।
|
सोसाइटी अफ नेप्लिज इन अमेरिकाद्वारा ब्रान्फोर्डमा नयाँबर्ष धुमधामसँग मनाइयो काठमाडौं । सोसाइटी अफ नेप्लिज इन अमेरिका ब्रान्फोर्ड कनेटिकटमा अप्रिल १७ सोमबार नयाँबर्ष २०७९ धुमधामसँग मनाइएको छ।
न्यू हेभन अन्नेक्स क्लबमा ठुलो जमघटका बीच औपचरिक कार्यक्रम सोमबार साँझ ६ बजे सुरु भएको थियो। कार्यक्रमको सञ्चालन वर्तमान कार्यसमितिका महासचिव रवी खड्काले गरेका थिए। कार्यक्रममा कलाकारहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुतीहरु समेत दिएका थिए।
संस्थाको अध्यक्ष पूर्ण बहादुर लिम्बुलेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुसहित ब्रान्फोर्ड लगायत अन्य शहरहरुबाट करिब ३०० जनाको उपस्थिती थियो। कार्यक्रममा प्रमुख अतिथी मनानीय रविन कोमे (कनेटिकट स्टेट रेप्रिजेन्टिटिभ)ले नेपाली समुदायहरुको सख्या बढ्दै गरेकोले आफुले अब नेपाली भाषामै ड्राइभर लाईसेन्सको परिक्षा दिन पाउनको लागि आवश्यक कार्यहरु गरीरहेको जानकारी दिए।
हरेक बर्ष झै यो बर्ष पनि ब्रान्फोर्ड हाईस्कुल छिमेकी स्कुलबाट २०२२ मा ग्र्याजुएट हुने विद्यार्थीहरुलाई १५० अमेरिकि डलर प्रति व्यक्ति र प्रमाण पत्र प्रदान गरिएको थियो।
स्थानिय कलाकारहरुको गायन र नाचगानले कार्यक्रमलाई रोमान्चित बनाएको थियो। स्थानिय कलाकारहरुको संयोजन सदस्य सगुन श्रेष्ठले गरेका थिए। संस्थालाई केही राहत मिलोस भनेर नेपाली ह्यन्डी क्र्याफ्टको सामाग्रीको पनि बिक्री गरिएको थियो।
|
मिचिगनमा नयाँ वर्ष २०७९ मनाइयो अमेरिका । मिचिगनको डेट्रोइटमा नयाँवर्ष २०७९ का अवसरम कार्यक्रम सम्पन्न भएको छ। नेपलिज एसोशियशन अफ मिचिगनले अप्रिल ३ आइतबारका दिन नोभी सिभिल सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली मौलिक लोक, आधुनिक एवं अंग्रेजी गायन र नृत्य प्रस्तुत गरिएको थियो। नेपाली पोशाक घलेक सहितको कौडा नाच र साना बालबालिकाको प्रस्तुति पनि सार्है मनमोहक रहेको थियो।
कार्यक्रममा नेपलिज एसोशियशन अफ मिचिगनका अध्यक्ष डा. बाबुराम सेढाईले नयाँ वर्षको शुभकामना सहित सामाजिक सेवा बारे प्रकाश पार्दै सम्पूर्णमा सहयोगको लागि आह्वान गरे।
कार्यक्रममा संस्थाका गतिविधिहरु, नेपाली भाषा कक्षा, रोबोटिक्स, डाटाविज्ञान कक्षा लगायतबारे पनि प्रस्तुति दिइएको थियो। कार्यक्रमको संचालन मन्जील बराल र कमल श्रेष्ठले गरेका संस्थाका सचिव सुशील पंगेनीले जानकारी दिए।
|
नयाँ वर्षको अवसर पारेर डिसी नेपालले गर्याे विशेष कार्यक्रम अमेरिका। नयाँ वर्ष २०७९ को अवसर पारेर डिसी नेपालले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई केन्द्रित गरी एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। अमेरिकामा रहेका नेपाली समुदायलाई केन्द्रित गरी लायन्स क्लबहरुलाई आव्हान गरेर ‘भर्चुअल’ माध्यमबाट रामाइलो हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । सो कार्यक्रममा १३ वटा लायन्स क्लबहरुले भाग लिएका थिए ।
१३ वटा लायन्स क्लबहरुलाई ‘प्रि–फाइनल’ मा ३ समूहमा विभाजन गरिएको थियो । पहिलो समूहमा ओक्ल्यान्ड फिड द निड, डालस पोखरा, क्विन्स नेप्लिज, न्यू इङ्लेन्ड हिमालय र क्विन्स बुद्ध लायन्स क्लबले प्रतिस्पर्धा गरेका थिए भने सो समूहबाट डालस पोखरा फाइनलमा पुगेको थियो । त्यसैगरी दोश्रो समूह अन्तर्गत वेस्ट हार्टफोर्ड लुम्बिनी, डालस एभरेष्ट, डालस बुद्ध, बर्कली अन्नपूर्णले प्रतिस्पर्धा गरेका थिए ।
सो प्रतिस्पर्धाबाट डालस बुद्ध फाइनलको लागि छनौट भएको थियो भने तेस्रो समूह अन्तर्गत बर्कली मकालु, अस्टिन एभरेस्ट, अर्भिङ एभरेस्ट र हार्टफोर्ड सेन्टेनियल एभरेस्ट लायन्स क्लबले प्रतिस्पर्धा गरेका थिए। तेस्रो समूहबाट हार्टफोर्ड सेन्टेनिएल एभरेस्ट लायन्स क्लब फाइनलमा पुगेको थियो । हरेक समूहको प्रतिस्पर्धामा प्रयवेक्षकको रुपमा लायनका नेतृत्वकर्ताहरुलाई राखिएको थियो ।
पहिलो प्रतिस्पर्धामा कृष्ण कँडेल र राधाकृष्ण काफ्ले, दोस्रो प्रतिस्पर्धामा मनिलबाबु श्रेष्ठ र बिएन पन्त रहेका थिए भने तेस्रो समूहको प्रतिस्पर्धामा मनिलबाबु श्रेष्ठ र महेश्वर पन्त पर्यवेक्षकको रुपमा रहेका थिए। अप्रिल महिनाको २ र ३ तारिकमा ‘प्रि फाइनल’ गरिए पनि फाइनल भने नयाँ बर्षको सुरुवातसँगै अप्रिलको १७ तारिकमा गरिएको थियो।
फाइनलमा तीन समूहहरुमध्ये डालस पोखरा प्रथम, डालस बुद्ध दोस्रो र हार्टफोर्ड सेन्टेनियल एभरेस्टले तेस्रो स्थान प्राप्त गरेका थिए । फाइनलको पर्यवेक्षकमा लयन राजन थापा र लायन राज श्रेष्ठ थिए । कार्यक्रममा प्राविधिक सहयोगीको रुपमा सुनिल हुमागाईंं थिए । कार्यक्रमको सञ्चालन डिसी नेपालका प्रस्तोता ‘नुन चिनी पानी’का परिकल्पनाकार अर्जुन दाहालले गरेका थिए।
सो कार्यक्रमलाई प्रतिस्पर्धा भन्दा पनि रमाइलो खेलको रुप दिन कार्यक्रमको नाम ‘नुन चिनी पानी क्विज विथ लायन्स क्लब’ राखिएको थियो । कार्यक्रमको समापन भएसँगै डिसी नेपालका प्रधान सम्पादक चूडामणि भट्टराईले सबै सहभागी, पर्यबेक्षकहरुलाई धन्यबाद ज्ञापन गर्दै प्रथमलाई ३०० डलर, दोस्रोलाई २०० डलर र तेस्रोलाई १०० डलर पुरस्कार हस्तान्तरण गरेका थिए।
|
जेन ट्राभल्सले ल्यायो मानवीय सहयोगीसहित अमेरिका–नेपाल टिकट बुकिङ इन्जिन काठमाडौं। अमेरिका–नेपाल हवाइ यात्राका लागि सबैभन्दा लोकप्रिय टिकट बुकिङ एजेन्सी जेन ट्राभल्सले आफ्नो टिकट बुकिङ इन्जिनमा मानवीय सहायता थप गरेको छ । यससँगै अब अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुले कुनै त्रुटिवश गलत टिकट खरिद गर्ने अवस्था आइपरेमा जेन ट्राभल्सका सहयोगीले त्यो त्रुटि सुधार गरिदिनेछन् ।
अनलाइनमार्फत टिकट बुकिङ गर्दा धेरैजसो कम्प्युटर प्रणालीमा टिकट बुकिङ हुन्छ । यसो गर्दा बुकिङ गर्नेले झुक्किएर गलत सूचना भरेमा गलत टिकट खरिद हुने जोखिम हुन्छ । तर, अब जेन ट्राभल्सबाट टिकट खरिद गर्दा भने झुक्किएर त्यस्तो गल्ती भइहाले पनि मानवीय हिसाबले त्यसको पुष्टि गरिन्छ ।
जेन ट्राभल्सले एक वक्तव्यमा जनाएअनुसार कुनै पनि यात्रुले टिकट बुकिङ गरेपछि जेन ट्राभल्सका कर्मचारीले ती यात्रुसँग संवाद गर्नेछन् र पासपोर्टको विवरण बुकिङसँग मिल्छ कि मिल्दैन भनेर पुष्टि गर्नेछन् । यसबाहेक ती सहयोगीले यात्रुलाई भिसा सम्बन्धी नियम र परिवर्तित कोभिड नियमबारे विस्तृत जानकारी दिनेछन् । सहयोगीले बुकिङ यात्रुले यात्रा गर्न चाहेको मिति र ट्रान्जिटको समयसँग मिल्छ वा मिल्दैन भन्ने पनि पुष्टि गर्नेछन् ।
कम्पनीका अनुसार जेन ट्राभल्सले एयरलाइन्स कम्पनीले उपलब्ध गराएको सबैभन्दा प्रतिस्पर्धी दरमा सस्तो टिकट उपलब्ध गराउँछ र उसको टिकट दर अमेरिकाका प्रतिष्ठित एयर टिकट बुकिङ कम्पनी एक्सपेडिया, अर्बिट्जहरुको टिकट दरसँग मिल्छ ।
|
अमेरिकाको डिसी मेट्रो एरियामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन अमेरिका। अमेरिकाको डिसी मेट्रो एरियामा संचालन हुँदै आएको केसी डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन गरिएकाे छ।
नृत्य निर्देशक संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका संचालिका एवं नृत्य निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन्।
बिसं २०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाण्डूमा छ भने यस संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ छन्।
अमेरिकामा रहेका नृत्य कलाकारलाई एउटै छातामुनी ल्याउने र नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शाखा गठन गरिएकाे अध्यक्ष केसीले जानकारी दिए।
विगत साढ़े दुई दशकदेखि आफ्नो नृत्य कलालाई नै निरन्तरता दिँदै आएका केसीले चलचित्र क्षेत्रमा निक्कै लामो समय प्रमुख सहायक नृत्य निर्देशकदेखि प्रमुख नृत्य निर्देशकसम्म भएर काम गरेकाे अनुभव छ।
उनले विभिन्न म्युजिक भिडियोहरुको निर्देशन पनि गरेका छन् भने देश बिदेशमा भएका थुप्रै रंगमंचको कार्यक्रमहरुमा नृत्य मार्फत नेपाली कला र संस्कृतिलाई चिनाउँदै आएका छन्।
हाल अमेरिकाको भर्जिनिया राज्यमा रहेका उनी नेपाली कला संस्कृतिलाई मलजल गरेर जीवित राख्ने उद्देश्यले संघ स्थापना गरेकाे बताउँछन्। यसै सिलसिलामा डिसी महानगर क्षेत्रमा केसी डान्स सेन्टरको स्थापना गरि नृत्य निर्देशक लुना श्रेष्ठ र केसी भएर नृत्य प्रशिक्षण दिनुको साथै विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।
|
अमेरिकाको डेलावर आसपासका नेपालीले नयाँ वर्ष २०७९को स्वागत कार्यक्रम धुमधामसंग मनाए अमेरिका । डेलावर तथा यसको नजिक बसोबास गर्ने नेपाली समुदायले आउदै गरेको नेपाली नयाँ वर्ष २०७९ को स्वागत कार्यक्रम गत शनिबार धुमधाम संग मनाएका छन् । कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको हो । बिदेशी भुमिमा बसोबास गरेपनि हरेक नेपालीलाइ आफ्नो सस्कृति , चाडपर्ब निकै प्यारो हुन्छ । त्यसो त स्वदेशको माया देशभित्र रहदा भन्दा बाहिर रहदा बढी हुने गर्दछ । नया पुस्ता विदेशमै हुर्कदै अनि अध्ययन गर्दै गर्दा नेपाली भाषा , सस्कृति अनि चाडपर्बको बारेमा सुशिक्षित गर्नु हाम्रो कर्तब्य हो । यसै कुरालाई मध्यनजर गर्दै नेपाली पाठशालाको अबधारणा आएको हो । जहाँ ४५ बढी बालबालिका अनलाइन कक्षा लिइरहेका छन । अन्य नेपाली चाडबाड जस्तै नया बर्षको उपलक्ष्यमा पनि पाठशालाले कार्यक्रम आयोजना गरेको हो ।
करिब २५० जना को सहभागिता रहेको अनि बालबालिका तथा अभिभावकका विभिन्न प्रस्तुति रहेको कार्यक्रम निकै भब्य रहेको थियो । मौसमले अनपेक्षित रुपमा बीच बिचमा अबरोध गरेता पनि विभिन्न आकर्षणहरुले दर्शकहरुलाइ भरपुर मनोरंजन प्रदान गरेका थिए ।
चियाको चुस्की संगै भेटघाट र शुभकामना आदानप्रदानबाट कार्यक्रमको सुरुवात भएको थियो । त्यसलगत्तै लन्चमा नेपाली रेस्टुरेन्टका मिठा परिकार को निकै तारिफ सुनिन्थ्यो ।लन्च पछि सास्कृतिक कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको उद्घोसण बिजय गैरे तथा बालबालिकाहरु स्यामी ढकाल , रिदम खनाल , प्रिशु गैरे अनि एड्रिका नेपाल ले पालै पालो गरेका थिए ।
कलिला बालबालिकाहरु स्टेजमा जम्मा भई स्वदेशगान गाउदा नेपालको कुनै स्थानमा जम्मा भएको भान गराएको थियो । विदेशमा आएपछि बालबालिकाहरु नेपाली बोल्न जान्दैनन्, भन्ने ठुलो पिर अभिभावकमा रहेको हुन्छ । तर सस्कृतका श्लोक त्यो पनि महामृतुन्जय मन्त्र खरर भन्ने निहित आचार्य हुन् वा भरतनाट्याम जस्तो गहन नृत्य नाच्ने स्यामी ढकाल अवस्व पनि बहुमुखी प्रतिभाका धनि हुन् । साना साना मितेनीहरु सिसम र इशा हुन् वा बर्स्यो माया भन्दै माया बर्षाउने आश्मा, प्रिशु अनि एड्रिका हुन् , सबै कलिला नानीहरु भोलिको कला सस्कृतिका दरिला खम्बा हुन् । मैसाबले घाइते दिल मा आरा चलाइस्यो भन्ने अग्रिम र सुबिग्य अनि मैसाब बन्ने एन्जीला को प्रस्तुति पनि कम रोमांचाक थिएन ।
यसै गरि म हु नेपाली बाबु गीत मा रिदमको प्रस्तुतिले स्टेज तताएको देख्न सकिन्थ्यो । अन्य एकल नृत्य प्रस्तुत गर्ने बालबालिकाहरु आश्मा, सुबिग्य,एनाले आफ्ना छुट्टा छुट्टै प्रस्तुतिबाट सबै दर्शकलाइ मन्त्रमुग्ध परेका थिए । यसैगरि गायन मा निहित आचार्य र स्यामी को एकल अनि अग्रिम र आर्नभ को संयुत्त प्रस्तुति रहेको थियो ।बालबालिकाका मिठा प्रस्तुति पछि अभिभावकका पनि प्रस्तुति निकै रमाइला रहे । नेपालकी छोरी हु म गीतमा रेखा रेग्मी को नाच निकै उत्कृष्ठ रह्यो । अनि कार्यक्रमको सरप्राइज प्रस्तुति रहेको थियो बडा बा ( मुकुन्दे) कमेडी गीत मा गरिएको प्रस्तुति । शैलेन्द्र देवकोटा , नारायण खनाल लगायतको प्रस्तुति निकै रोमान्चक मात्र हैन पेट मिची मिची हसाउने थियो ।
सास्कृतिक कार्यक्रमको अन्तिम तर अति नै महत्व बोकेको प्रस्तुति रहेको थियोः पूर्व कोहि पश्चिम घर गीतमा सातजना महिला अभिभावकको संयुत्त नृत्य । यो प्रस्तुति यसकारण पनि बिशेष थियो कि सात जनामा सबैको पहिरन ले केहि बोलिरहेको थियो । जस्तै विभिन्न जातजातिः नेवारी , शेर्पा, थारु,तामांग , गुरुङ अनि हिमाल पहाड र तराई को प्रतिनिधित्व । निलिमा हुमागाई को कोरियो ग्राफी तथा नेतृत्व को यौ प्रस्तुति मा साथ दिने अन्य कलाकारहरुमा रिता पाण्डे , सपना खनाल देवकोटा, दीपा ढकाल न्यौपाने, मन्जु पाण्डे , आज्ञा अधिकारी, प्रमिला पौडेल रहेका थिए ।सांगीतिक कार्यक्रमको समापन संगै कार्यक्रम को अर्को भाग बार्बीक्यु , स्पुन रेस , भलिबल लगायतका कार्यक्रम रहेका थिए ।
त्यो बिचमा नेपाली पाठशालामा बालबालिकालाइ पढाउन आफ्नो अमुल्य समय खर्चिने शिक्षिकाहरु लाई सम्मान प्रदान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । डा. देव जैसी ले सम्मान प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए । सम्मानित हुनेहरुमा प्रमिला पौडेल, आज्ञा अधिकारी , अनिरा कंडेल अनि शोभा डंगोल लगायत थिए ।बार्बीक्युमा सुबोध अधिकारी , हुमलाल भण्डारी अनि बालकृष्ण नेपाल को टोलि निकै खटिएको देख्न सकिन्थ्यो । बालबालिकाका खेलकुदमा बिजय गैरे , प्रमिला पौडेल र अनिरा कडेल को संयोजकत्व रहेको थियो । यसो त आउदै गरेको इस्टर चाड पारी एग हन्ट पनि खेलिएको थियो। अभिभावक भलिबल मा नारायण खनाल अनि धन दीपक कार्की को संयोजकत्व रह्यो ।
मौसम अनुकुल नहुदा भलिबल को निर्धारित कार्यक्रम हुन नपाए पनि स्वत स्फुर्त रुपमा खेल चाही भैरहेको देख्न सकिन्थ्यो । बिहान ११ देखि साझ घाम नअस्ताउन्जेल विभिन्न कार्यक्रमको संयोजनले एक प्याकेज कै महशुश गराई रहेको थियो । अन्त्यमा डिजे नाच जसमा भर्जिनिया देखि आउनुभएका बिरेन्द्र आचार्य को जादुमय नृत्य ले सबैलाई मन्त्र मुग्ध पारेको थियो । फोटोग्राफिमा रजमित मानन्धर को योगदान रह्यो । कार्यक्रमको ब्यबस्थापन मा स्वयम्सेवक हरु को राम्रो संयोजकत्व देखिन्थो । कार्यकमका मुख्य संयोजक शैलेन्द्र देवकोटाले कार्यक्रम समापन मा बोल्दै सबैलाइ धन्यवाद प्रकट गरेका थिए ।
|
४ दिने भव्य कार्यक्रमसहित अमेरिकामा ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ जर्मनटाउनमा सर्दै काठमाडौं। अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बेल्सभिलेमा रहेको ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ (एनइसीसी) मेरिल्याण्डकै जर्मनटाउनमा अझै भव्य स्थानमा सर्ने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि ४ दिनसम्म भव्य धार्मिक कार्यक्रम गरी केन्द्र जर्मनटाउनमा सर्न लागेको हो । यो कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूतसहित अमेरिकामा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने एनइसीसीका खिलेन्द्रमणि न्यौपानेले बताए ।
कार्यक्रम बिहीबार बिहान स्थानीय समयअनुसार ८ बजे बेल्सभिलेमा रुद्री पूजासँगै सुरु हुनेछ । बिहान ८ बजे रुद्री पूजासँगै क्षमा पूजा हुनेछ । बिहान ११ बजेदेखि बेल्सभिलेबाट जर्मनटाउन स्थानान्तरणको प्रक्रिया सुरु हुनेछ । पौने ११ बजे जर्मनटाउनमा लस कुशसँगै स्वागत कार्यक्रम हुनेछ । यसपछिका सबै कार्यक्रम जर्मनटाउनमा हुनेछन् । सवा १२ बजे पशुपति र बुद्धको विशेष पूजा हुनेछ । दिउँसो २ बजेदेखि प्रसाद वितरण सुरु हुनेछ । दिउँसो ३ बजेदेखि भजन किर्तन र बेलुकी ७ बजेदेखि आरती र दीपावली हुनेछ ।
शुक्रबार बेलुकी साढे ६ बजेदेखि आरती र दीपावली हुनेछ । ७ बजेदेखि भजन किर्तन र बेलुका ८ बजेपछि प्रसाद वितरण सुरु गरिनेछ । शनिबार बिहान १० बजे सत्यनारायण पूजा गरिनेछ । दिउँसो १ बजेपछि लाखबत्ती प्रज्वलनको कार्यक्रम हुनेछ । साढे १ बजेदेखि प्रसाद वितरण सुरु गरिनेछ । दिउँसो साढे २ बजेपछि बालबालिकाको कला प्रदर्शनीसँगै पुरस्कार वितरण र भजन किर्तन हुनेछ । बेलुकी ७ बजेपछि आरती र दीपावली गरिनेछ ।
आइतबार बिहान १० बजेदेखि बुद्ध प्रार्थना र ध्यानको कार्यक्रम हुनेछ । पौने १२ बजेपछि प्रसाद वितरण सुरु गरिनेछ । बेलुकी ७ बजे आरती र दीपावली गरिनेछ । कार्यक्रममा सक्रिय सहभागी भइदिन एनइसीसीले आफ्ना ट्रष्टीहरु, सल्लाहकारहरु, कार्यकारी सदस्यहरु, शुभचिन्तक, स्वयंसेवकहरु, दाताहरुसहित वाशिङटन डिसी क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई आमनत्रण गरेको छ ।
|
अमेरिकाको टेक्सस राज्यमा पशुपतिनाथ मन्दिरको सिलान्याश (फोटोसहित) अमेरिका। टेक्सस राज्यमा पशुपतिनाथ मन्दिरको सिलान्याश तथा सामुदायिक केन्द्रको उद्घाटन कार्यक्रम भएको छ। आईतवार राम नवमीको अवसर पारेर सो कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको हो।टेक्सस राज्यका सभासद् टेरी मेजाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा हटो नगर प्रमुख माईक स्नाईडर, फ्लुगरभिल नगर प्रमुख भिक्टर गोन्जालेस, सिडारपार्क नगर परिषद सदस्य जिम मोरिन्, लायन्स क्लब पूर्व डिस्ट्रिक्ट गभर्नर ग्यारी फच्स्, डालस स्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर )एनसीएससी) ट्रष्टी बोर्डका अध्यक्ष बिनय शर्मा, एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा, एनएसटीका उपाध्यक्ष किरण पौडेल, एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापा, बरिष्ट साहित्यकार तथा प्राध्यापक प्रभात दिक्षित, डा. बिजय झा लगायतका ब्यक्तित्वहरु अतिथी रहेका थिए।
राम नवमीको साईतमा पण्डित नारायण खकुरेल लगायत ४ जना पंडितहरुबाट बिहान १० बजेबाटै पुजा आजा सुरु भई २ बजेबाट औपचारिक कार्यक्रम र यो सम्पन्न भैसकेपछि अन्तिममा श्री रामनवमी भजन किर्तन सम्पन्न भएको थियो । पंचकन्यालाई अघि लगाएर बाजागाजा, शंख घण्ट बजाउदै मंगल धुनी बाचन गर्दै जुलुसले परिसर ३ पटक परिक्रमा गरी पशुपतिनाथ मन्दिरको सिलान्यास ग्यान्स पुर्व अध्यक्ष गेहेन्द्र केसी, पुर्व अध्यक्ष देवराज न्यौपाने, अध्यक्ष भोजराज भट्ट, डा.कमल अधिकारी र बिदुर खतिवडाबाट पाँच वटा ईटामा पुजा गरेर त्यसमा सिमेन्टी राखी बिधिसम्मत सम्पन्न गरिएको छ ।
यो कार्यक्रममा प्रमुख अतिथी टेरी मेजाले टेक्सस झण्डा र टेक्सस हाउसको तर्फबाट प्रसंसा पत्र संस्थालाई प्रदान गर्दै दुई वटा महत्वपूर्ण घोषणा पनि गरेका छन्। एउटा नेपाली भाषामा टेक्ससा ड्राईभिंग लाईसेन्स र नेपाल डे घोषणा गर्ने हामीबाट गरिएको पहलमा साथ दिने र र यसका लागी आफुले हाउसमा कुरो उठाई रहेको जानकारी गराए। यही कार्यक्रममा अगुवा समाजसेवी निर्मल कुमार तथा बिना श्रेष्ठले २० हजार १ डलर थपेर २५ हजार १ डलर सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै ठुला सहयोगदाताहरुमा प्रेम कुमार तथा कविता श्रेष्ठ १६ हजार २ डलर र एभरेष्ट तथा देवु थापा १० हजार १ सय ११ दिने घोषणा गरेका छन्।
|
अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर बन्ने टेक्सास । अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यको हटोमा ग्रेटर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको हो ।
आगामी अप्रिल १० तारिखमा राम नवमीका दिन नेपाली नयाँ बर्षको समेत अवसर पारेर पशुपतिनाथ मन्दिरको शिलान्याश तथा ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्रको उद्घाटन कार्यक्रम हुने भएको छ । कार्यक्रममा टेक्सास हाउस रेप्रिजेन्टेट्भ टेरी मेजा, हटो तथा छिमेकी नगरका मेयरहरु, डालस, ह्युस्टन, सान आन्टोनियो लगायतका ठाऊँहरुबाट अतिथिहरुको उपस्थिति रहने र सोहि दिन ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको पनि उद्घाटन गरिने छ ।
अप्रिल १० गते बिहान ८ बजे बिशेष पूजाआजा तथा दिउसो २ बजे औपचारिक कार्यक्रमको आयोजना गरिने भएकाले कार्यक्रममा सहभागिताको लागि 1251 Co Rd 138, Hutto Texas 78634 मा सबै नेपालीहरुमा निमन्त्रणा समेत गरेको छ ।
टेक्सासको राजधानी अस्टिन वरपर रहेका नेपालीहरुमा एकता तथा भाइचाराको सम्बन्ध बिकास गर्ने उद्देश्यले सन २०१३ मा ग्रेटर अस्टिन नेपाली सोसाईटीको स्थापना गरिएको थियो । केन्द्रको हाल आफ्नै नाममा जग्गा तथा भवन रहेको छ ।
|
मेरिल्याण्ड राज्य संसदबाट तीनलाखको विधायिक बण्ड पारित सांसद ह्यारी भन्छन्-नेपाली समूदायको ठूलो उपलब्धी
अमेरिका। अमेरिकाको मेरिल्याण्ड राज्य संसदबाट बाल्टिमोरमा स्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित भएकको छ। अमेरिकी संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९-४ को भारी बहुमतले विधेयक पारित भएको हो। यसअघि नै संसदको माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वतः कानुन बनेको छ। यो विधायिक पारित भएपछि नेपाली मूलका मेरिल्याण्डका सांसद ह्यारी भण्डाारीले यो उपलब्धी आफ्नो व्यक्तिगत उपलब्धी भन्दा पनि नेपाली समूदायको सामूहिक उपलब्धी ठानेका छन्।उनले एक विज्ञप्ति जारी गर्दै यो विधायिक पारित भएपछि गर्वले छाती फुलेको बताएका छन्।
विज्ञप्ति
मेरिल्याण्ड राज्य संसदले बाल्टिमोरमा स्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ । अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ः २९ बजे संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९-४ को भारी बहुमतले विधेयक पारित भएको हो। यसअघि नै संसदको माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वतः कानुन बनेको छ।
यो बजेट यसै आर्थिक वर्षमा उपलब्ध हुन्छ र सात वर्षभित्र खर्च गरिसक्नुपर्ने हुन्छ। यसका लागि कुनै म्याचिङ फण्ड पनि आवश्यक नभएकाले यो तुरून्तै उपलव्ध हुन्छ। यसबाट नेपालीहरूको आध्यात्मिक मन मस्तिष्क जोडिएको नेपाली सांस्कृतिक केन्द्रको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुग्ने मेरो विश्वास रहेको छ।
विधायिकी बण्ड विधायकहरूको अनुरोधमा विशेषगरी उनीहरूको निर्वाचन क्षेत्रमा विभिन्न आवधिक योजनाका लागि सहयोग स्वरूप प्रदान गरिन्छ। तर, सबै विधायकहरूको अनुरोध स्वीकार हुदैन, त्यसका लागि संसदमा ठूलो लबिङ चाहिन्छ। यसपटक पनि थोरै विधायकका बण्ड मात्र पारित भएका छन्। थोरै सांसदका प्रस्ताव पारित भएको अवस्था र नेपाली अमेरिकन सांस्कृतिक केन्द्रको संरचना मेरो निर्वाचन क्षेत्रमा नहुँहा नहुँदै पनि मेरिल्याण्ड संसदबाट बिधायिकी बण्ड पारित हुनुलाई मैले व्यक्तिगत उपलव्धीका रूपमा भन्दा पनि नेपाली सुमदायको सामुहिक उपलव्धीका रूपमा लिएको छु।
नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका ट्रस्टीहरूसँगको परामर्शमा मैले यो बण्ड आफ्नै पहलमा द्विदलीय समर्थनमा अगाडि बढाएको थिएँ र आज त्यो प्रस्तावमार्फत् मेरो आफ्नै नेपाली समुदायमा तीन लाख डलर राज्यकोषबाट सहयोग प्राप्त भएको खबर सुनाउन पाउँदा छाति गर्वले फुलेको छ। म यो खुशी र यसको श्रेय यहाँहरू सबैसँग सरोबर बाँड्न चाहन्छु। यो प्रस्तावलाई अगाडि बढाउन सहयोग गर्नुहुने नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका आदरणीय ट्रष्टीहरूप्रति आभार प्रकट गर्दछु र आगामी दिनमा पनि यस्तै सहकार्यका लागि हार्दिक अपेक्षा राखेको छु।
म मूलतः तीन कारणले खुशी छु, पहिलो आफ्नो आस्था, धर्म र विश्वाससमेत रहेको मन्दिर र गुम्बाका लागि नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका नाममा तीन लाख डलर रकम आएको छ र यसले निर्माणाधीन चरणमा रहेको केन्द्रको निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने छ। दोस्रो, यो सहयोगको प्राप्तिसँगै अन्ततस् हाम्रो नेपाली समुदाय अमेरिकाको मूलप्रवाहमा आर्थिक कोणबाट पनि समावेश हुन थालेको दृष्टान्त मिलेको छ। तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष अमेरिकाको कुनै राज्यको क्यापिटल बुकमा नेपाली भन्ने पहिचान अभिलेख भएको छ र त्यसको सांस्कृतिक केन्द्रका लागि राज्यले यो रकम दिएर त्यसलाई मान्यता प्रदान गरेको छ।
बितेको चार वर्षमा मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक्लो प्रतिनिधि भए पनि यो समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको छु र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ।यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो।
बाल्टिमोरमा सुविधासम्पन्न नेपाली सांस्कृतिक केन्द्र निर्माण होस् भन्ने मेरो प्रिय चाहना हो। त्यसका लागि म आफ्नो ठाउँबाट यथाशक्य प्रयत्न गरिरहने प्रतिज्ञा गर्दछु। र, समस्त नेपाली आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीमा साथ, सहयोग र सद्भावका लागि हार्दिक आव्हान पनि गर्दछु।
यसअघि बाल्टिमोर नेपाली एशोसियसन अफ नेप्लिज इन अमेरिका ९बाना०का लागि एक लाख २५ हजारको विधायिकी बण्ड र काउण्टीबाट त्यतिकै म्याचिङ फण्ड गरी दुई लाख ५० हजार बजेट ब्यबस्थापन गर्न पनि सफलता मिलेको थियो। यी दुई योजनाका लागि गरेर संसदको पहिलो कार्यकालमै मैले पली सुमदायका लागि ५ लाख ५० हजार डलर सहयोग राज्यकोषबाट विनियोजन गराउन सफलता हात पारेको छु। यो प्रस्थान विन्दूले इतिहासमा अहम् महत्व राख्छ भन्ने मैले विश्वास लिएको छु।
अमेरिकामा पहिलो परिवार, दोस्रो समुदाय भनिन्छ। मलाई यो कुराको राम्रैसँग हेक्का छ। त्यसैले सुरूदेखि नै नेपाली समुदायको हितका लागि आफूलाई समर्पित गर्दैआएको छु। र, यो यथार्थ अमेरिकाभरिकै नेपाली समुदायलाई बताउँदै पनि आएको छु। समय क्रममा नेपाली समुदायले यसलाई बुझ्न पनि थालेको छ। अमेरिकाको नेपाली समुदायका लागि आजको भन्दा भोलिका निम्ति यो एक सुखद संकेत हाे।
सद्भावपूर्ण सहकार्यको अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड डिस्ट्रिक्ट ८
|
बानाको चुनावमा जे देखियो, अध्यक्ष पदमा पन्त बिजयी अमेरिका । बानाको अध्यक्ष पदमा पुनः सुबोध पन्त विलास बिजयी भएका छन् । पहिलो कार्यकालमा निर्विरोध अध्यक्ष भएका पन्त दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष हिरा गुरूङसंग प्रतिस्पर्धा परेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: भिम केसी र हिरा खत्री निर्विरोध भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा हिरा समूहकी लक्ष्मी भारती, महासचिवमा सागर घिमिरे (सुबोध समूह) कोषाध्यक्षमा पार्वती सिङ (सुबोध समूह) विजयी भएका छन् ।
यसैगरी बोर्ड अफ डाइरेक्टरहरूमा यमुना घिमिरे, बसन्त बस्नेत, भुपेन्द्र गुरुङ ,इशा गुरुङ,खिम बहादुर मश्रांगी ,सन्तोष घिमिरे ,सरु बिश्वकर्मा,र श्याम कृष्ण कोइराला विजयी भएका छन् । अधिकांश सुबोध समूहका हुन् ।
बानाको यो अधिवेशनमा बाल्टिमोरको नेपाली समुदाय पुर्णरूपमा दुई कित्तामा बिभाजित भएको छ । सुबोध पन्तलाई प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, ट्रष्टी सदस्य देव शर्मा र संस्थापन पक्षको साथ थियो भने हिरा गुरूङलाई नेपाली मूलका राज्य सभाषद ह्यारी भण्डारी, बाना ट्रष्टीका उपाध्यक्ष राजन कट्टेल र निवर्तमान अध्यक्ष अनुशुया वन्तको साथ थियो । दुबै समूहका उम्मेद्वार र समर्थकहरुले प्रचार सामग्री व्यापकरुपमा वितरण गरेका थिए ।
(राज्य सभासद् ह्रयारी भण्डारी र पूर्व अध्यक्ष अनुशुया वन्तले अाफूहरू कुनै पनि पक्षकाे प्रचारमा नलागेकाे प्रतिक्रिया दिएका छन् )
|
अनेसास डिसि मेट्रो च्यापटरको नयाँ ऐतिहासिक कार्यक्रम काठमाडौँ। यही २०२२ मार्च २६ का दिन डिसि मेट्रो च्याप्टरको आयोजनामा एक साहित्यिक समारोहको आयोजना गरेर प्रसिद्ध बाल साहित्यकार तथा अनेसास केन्द्रकी सचिव कवयित्री विमला ढुङ्गाना निरौला काहालै प्रकाशित मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को समीक्षा भएको थियो।
सोही कार्यक्रममा डिसि मेट्रो च्याप्टरका संस्थाका संस्थापक अध्यक्ष, तथा अनेसास कै केन्द्रीय पूर्व अध्यक्ष गत ६ दशकदेखि नेपालीभाषा, साहित्य र शिक्षाका सुदीर्घसेवी, वरिष्ठ साहित्यकार प्रा. मोहन सिटौलाको सम्मान पनि गरिएको थियो ।
त्यसै कार्यक्रममा अनेसासको स्थापना र विकासमा निरन्तर प्रत्यक्ष/परोक्ष उदाहरणीय ठुलो योगदान दिंदै आएकी श्रीमती नन्दा सुवेदी प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दै उनको स्वास्थ्यलाभको लागि शुभकामना पत्र पनि ससम्मान प्रदान गरिएको थियो ।
कोरोना महामारीका कारण धेरै लामो समयपश्चात् भर्जिनियाँको फेयरफ्याक्स् पुस्तकालय भवनमा प्रत्यक्ष भेलाभई सम्पन्न भएको सो कार्यक्रमलाई केही सहभागीहरुले एक नयाँ ऐतिहासिक कार्यक्रमको नाम दिएको पनि सुनियो । प्रस्तुत कार्यक्रममा ठूलो संख्यामा बाल, युवा, प्रौढ एवम् महिला,पुरुष साहित्यकारहरू भेला भएका थिए।
सोहि कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, प्रा.मोहन सिटौला, प्रतिष्ठित वक्ताहरूमा अनेसास पुरस्कार समितिका अध्यक्ष प्रा.डा.गोपी उप्रेती, अनेसास पुरस्कार समितिकी पुर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार सीता पाण्डे, सुप्रसिद्ध कवि सुदीप भद्र खनाल, डिसी मेट्रोका कवि परशु तिमल्सिना तथा पूर्व केन्दीय अध्यक्ष भीम रेग्मी, पूर्व उपाध्यक्ष प्रकाश नेपाल, सो च्याप्टरका सदस्यहरू लगायत एएनएसका पूर्व अध्यक्ष समाजसेवी एवम् वरिष्ठ कवि प्रेम सङ्ग्रौला, कवयित्री मञ्जु सङ्ग्रौला, समाज सेवी एवम् कवि कवीन्द्र सिटौला,इञ्जाका प्रमुख तथा वरिष्ठ पत्रकार गुणराज लुईंटेल, एनोप्लिजका अध्यक्ष तथा वरिष्ठ पत्रकार विजयथापा, कवयित्री डा.कल्पना सत्याल, समाजसेवी बासु सत्याल,उपर्युक्त कृतिका प्रकाशक रेवा स्मृति प्रतिष्ठानका सल्लाहकार रिता सिग्देल, समाजसेवी मोहन निरौला लगायत ठुलो संंख्याको सहभागिता भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता सोही च्याप्टरका वर्तमान अध्यक्ष अरुण रुपाखेतीबाट भएको थियो भने च्याप्टरका सचिव प्रसिद्ध गीतकार एवम्र मुक्तककार नीलकण्ठ सुवेदीबाट कार्यक्रमको कुशल सञ्चालन भएको थियो ।
बालकवि सचिन चौंलागाईं र रोजी गौतमले गाएको राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममाआफ्नो विशेष मन्तब्य राख्दै अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदी आफ्नी श्रीमतीको स्वास्थ्यको गम्भीर अवस्थाका घरायसी कारणले धेरै लामो समयदेखि बाहिर निस्किन नसक्ने अबस्थामा रहिरहेको भए पनि वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाको स्वागत सम्मान र सर्जक विमला ढुङ्गाना निरौलाकामाथि उल्लेखित पुस्तकहरूको चर्चाको कार्यक्रममा यिनै दुई व्यक्तिका बैशाखी चढेर आउन सकेको भन्दै उनीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिए।
उनले सिटौलाजी सित अतीतमा सँगै गरिएका काम कुराको सुमधुर स्मरण गरे। साथै वरिष्ठ साहित्यकार एवम् संस्थाको कुशल नेतृत्वदायी तथा सफल सञ्चालक सिटौलाको हाल ८० वर्षको उमेर र अनुभवको उच्च मूल्याङ्कन पनि गरे।
स्रष्टा विमलाका उपर्युक्त दुई पुस्तकहरूको चर्चा गर्दै सुवेदीले उनी डायस्पोराका महिला समूहमा एक उज्वलतारा हुन् जसमा सरस्वतीको वरदान छ र आफ्नो निरन्तरताको अध्यवसायले उनीअझ प्रखर लेखिका बन्दै जाने कुरामा पूर्ण विश्वास गर्न सकिन्छ भने। यसका साथै डिसि मेट्रो च्याप्टरको यथाशीघ्र विधिवत् पुनर्गठन गर्नुपर्छ भन्ने धारणा पनि उनले राखे। अन्तमा सुवेदीजीले अत्यन्त मार्मिक छन्दबद्ध कविता पनि पाठ गरेर सुनाए।
सम्मानित वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाले वितेका आफ्ना कार्य दिवसहरूको संस्थागत सुरुवात र विकासका सुमधुर स्मृति प्रस्तुत गर्दै विनम्र आफू सम्मानित हुनपाएकोअनि मृदुल एवम् प्रेरणादायी शब्द सुमनहरूको अभिव्यक्ति पनि सुन्न पाएकोमा तिनको उच्च सम्मानगर्दै आयोजकलगायत संस्थापक अध्यक्ष होमनाथ सुवेदी र अन्य सम्बन्धित सबैप्रति हार्दिक आभार प्रकट गर्दै भावुक शब्दमाआत्मीय धन्यवाद ज्ञापन गरे।
महान् प्राचीन संस्कृत साहित्यकार कालिदास र विश्व प्रसिद्ध अंग्रेजी रोम्यान्टिक कवि विलियम वर्डस्वर्थ तथा आधुनिक बिम्बवादी कविका कविताका केही उद्धरण सहितै साहित्यमा विम्बविधानको चर्चा गर्दै साहित्यकार विमलाका प्रस्तुत कविता संग्रहकाबारेमा बोल्दै उनले ती दुवै पुस्तकभित्ररहेका धेरै कविताहरूमा बिम्बको सुन्दर प्रयोग हुनुका साथै त्यहाँ भएका अन्य केही कविताहरूले करुण रस लगायत विभिन्न रसहरूको आश्वादनपनि गराउने क्षमता राख्ने बताए। त्यसका साथै ती संग्रहमा भएका अन्य केही कविताहरूमा नयाँ खालको साहित्यिक धारहरूको नौलो प्रयोग भएकाले पनि यी दुवै संग्रह झन् सुन्दर भएका छन् र तिनीहरू पठनीय एवम् संग्रहनीय छन् भन्नुभयो ।
प्रस्तुत दुई पुस्तकका बारेमा चर्चा गर्दै वरिष्ठ साहित्यकार सीता पाण्डेले विमलाका भावनाहरू देश, प्रकृति, हर्ष ,पीडा, प्रेम, चिन्तन आदिको मिस्रित रङ्गीनफूलझैं सुन्दर हुनुका साथै उनकाबाल साहित्यको मिठास र सामाजिक एवम् सांगठनिक कुशलताको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरे।
डा.गोपी उप्रेतीले कृतिकार विमलाका कविताले आमप्रवासीका सपना र भोगाईको प्रतिनिधित्य गरेका छन् भन्दै डायस्पोराको सम्वेदित जीवनसित राष्ट्रिय स्वाभिमान, देशप्रेम र आत्म सन्तुष्टिको द्वन्द रहेको देख्दै उनका मुक्तकमा प्रेम, विरह, प्रकृति आदिका सौन्दर्य र सम्वेदनामार्मिक रूपमा प्रस्तुत गरिएका हुँदा यी दुवै कृति सुन्दर छन् भन्दै उनको अझ सफल काव्यिकर सांगठनिक सफलताको शुभकामना दिए।
सुप्रसिद्ध कवि सुदीपभद्र खनालले ‘ओथारो…’ कृतिको शीर्षक माथि नै गहिरो मनन र खोज गरेको भन्दै उनका कवितामा उपमा उपमेयहरुको बेजोड प्रयोग भएको र जीवनका खुसी, दुःख, देशप्रेम जस्ता विविध सम्वेदनाहरूको सिर्जनशील चयन तथा गहिरो वैचारिक संलग्नता समेत भएको तथ्यलाई उजागर गर्दै समग्रमा मानवीय भावना झल्किएको र हाँस्यवाहेक अन्य धेरै रसहरूको समुचित सिञ्चन पाइएको कुरामा प्रकाश पनि पारे। नेपाली डायस्पोरिक काव्य समूहमा कवयित्री विमलाबाट राम्रो योगदान हुन पुगेकाले स्रष्टाको रूपमा उनी उज्वलतारा जस्तै चम्किंदै उत्तरोत्तर सफलताको यात्रामा जान सकुन् भन्ने शुभकामना पनि कवि खनालले व्यक्त गरे।
कवि परशु तिमल्सिनाले विमलाको मुक्तक संग्रह ‘काव्य परागको’ साहित्यिक टिप्पणी गर्दै त्यसमा निहित सूक्ष्मता, गहनता, श्रृङ्गारिकता, सकारात्मक मानवीयभाव, संस्कृति, पीडाका सिर्काहरू, नारी शक्तिको सशक्तिकरण, मातृत्वको उच्च सम्मान तथा विभिन्न विकृति प्रतिका वितृष्णा आदि र तिनमा प्रयुक्त उपमाहरूको सौन्दर्यले गर्दा निकै खारिएका स्वादिला मुक्तकहरू भएको तथ्यमा प्रकाश पारेका स्रष्टाप्रति बधाई एवम् शुभकामना व्यक्त गरे।
सो अवसरमा चर्चित कृतिका प्रकाशक रेवा स्मृति प्रतिष्ठान (Rewa Organization) का सल्लाहकार रिता सिग्देलले स्रष्टा विमलालाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए। त्यसै अवसरमा मोहन निरौलाजीबाट सो रेवा स्मृति प्रतिष्ठान नेपाल तथा अमेरिकामा स्थापना भएको नाफा रहित एक संस्था भएको र यसले शिक्षा, स्वास्थ्य, साहित्य, कलाजस्ता क्षेत्रमा सहयोग र समन्वय गर्ने उद्देश्य अनुसार नै यी पुस्तकहरूको प्रकाशन भएको कुरा र अति चाखएवम्तन्मयका साथ चार घण्टासम्म लामो चलिरहेको सो कार्यक्रमको प्रायोजन पनि सोही प्रतिष्ठानले गरेको जानकारी पनि उनीबाट प्राप्तभएको थियो ।
सर्जक विमला ढुङ्गाना निरौलाले आफ्ना चर्चित पुस्तकहरू प्रकाशनको सन्दर्भमा चर्चा गर्दै सो कार्यमा सल्लाह दिनु हुने, भूमिका लेखिदिनु हुने तथा पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सम्बन्धित सबै मान्यजन लगायत त्यहाँ वहुमूल्य रचनात्मक समीक्षा गर्दै प्रेरणा र शुभकामना दिनु हुने सबै प्रति हार्दिक आभार प्रकट गरे।
त्यसै गरी कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रस्तुत प्रशंसा, सम्मान, शुभकामना, कदर र विश्वासले आफ्नो रचनात्मक एवम् संगठनिक साहस, अठोट र जिम्मेवारी अरू बढेको मानसिक अनुभव भएको जानकारी पनि उनले दिए। उनले सो पुस्तकहरू नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचित भएका र अहिले वासिङ्गटन डिसि महानगरव्यापी आफ्नै विपुल आत्मीय सामाजिक परिवारका समक्ष यो डिसी मेट्रो च्याप्टरको आयोजनामा यो फेयर फ्याक्स् पुस्तकालयको सौजन्यमा समीक्षा हुने सौभाग्य मिलेकोमाआफ्नो निजी परिवार लगायतसम्बन्धित सबैप्रतिआफू हर्षित, प्रेरित र आभारी भएको हार्दिकतासमेत जाहेर गरे।
सो कार्यक्रममा बालकवि सचिन चापागाईं र रोजी गौतमका चोटिला कविताहरूका साथै कवीन्द्र सिटौला, प्रकाश नेपाल, पुष्पाखनाल, शकुन्तलाअधिकारी र गोमान्यौपानेका मार्मिक कविताका सुन्दर प्रस्तुतिले सम्पूर्ण सहभागीहरू ज्यादै प्रभावित भएका थिए ।
अन्तमा सभापतिले सम्मानित व्यक्तित्व प्रा.मोहन सिटौला एवम् स्रष्टा विमलालाई हार्दिक बधाई दिंदै कवयित्री विमलाको सिर्जनात्मक र संस्थागत उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे। साथै अस्वस्थ नन्दादेवी सुवेदीज्यूमा सुस्वास्थ्यको शुभकामना पनि ब्यक्त गर्दै अमूल्य समय दिएर सहभागी भइदिएकोमा सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
|
एनआरएनए निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरको आपत्ति अमेरिका। गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनको निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरहरुले आपत्ति जनाएका छन्। एनआरएनए अमेरिका च्याप्टरहरुले विज्ञप्ति जारी गर्दै एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचनका विषयमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन्।
उनीहरुले एनआरएनएको निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरुप्रति आपत्ति जनाएका हुन्।
‘ विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दुःख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भत्र्सना गर्छन,’ विज्ञप्तिमा भनिएको छ, ‘नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भत्र्सना गर्दछौं। आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो। विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।’
प्रेस विज्ञप्ति
विषय: गैर आवासीय नेपाली सङ्घको १० औ महाधिवेशन तथा निर्वाचनका सम्बन्धमा च्याप्टरहरूको ध्यानाकर्षण|
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति एनआरएनए अमेरिकाका च्या्टरहरुको ध्यानाकर्षण भएको छ । विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दु:ख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं।
नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं। आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो। विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।
संस्थामा सिमीत व्यक्तिहरूबाट हुने यस्ता अलोकतान्त्रिक, अदूरदर्शी र हेपाहा प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौँ। मिल्ने र मिलाउने नाममा संस्थाले थेग्नै नसक्ने गरी पद बाडफाड गरिनुले गैर आवासीय नेपाली सङ्घको गर्विलो विगतलाई कमजोर बनाएको छ । आइसीसी डेलिगेटसको समस्या देखि थुप्रै गंभिर विषयलाई जस्ताको तस्तै छोडेर अगाडि बढ्दा संस्था विवाद रहित र बलियो हुने सङ्केत देखिँदैन। मनोनीत वर्तमान कार्यसमितिले संस्थालाई दलदलबाट बाहिर निकाल्न के कसरी काम गर्दछ भनेर आम पञ्जीकृत सदस्यहरूले नियालिरहनु भएको छ। ३००० भन्दा बडी डेलिगेट मध्ये केही दर्जन डेलीगेट र बिचौलियहरुले गरेको आइसीसी अधिबेसन प्रती हाम्रो आपत्ती छ साथै यस् अधिबेसनमा एनसीसी हरुको कमजोर भूमिका र सहकार्यले हामी च्याप्टरहरु लज्जित् भएका छौ र भबिस्यमा यस्तो नहोस भन्ने अपेक्षा छ।
धन्यबाद !
च्याप्टर अध्यक्षहरू:
Ang Tshiring Sherpa – NY
Bal Rai – NV
Basudev Bhatt – NC
Bikash Devkota – FL
Bimal Adhikari – NE
Bivek Jha – MN
Dilip Kumar Baniya – GA
Dipak Thapa – WI
Eka Dev Sharma – CA
Ganga Acharya – NM
Indara K Chaudhary – IL
Jyoti Baral – IA
Santosh Kaji Thapa – TN
Kamal Dhungana – NH
Keshav Lohani – KY
Khem Raj Khatiwada – IN
Laxman Darlamee – OR
Mohan Neupane. – OH
Muna Tiwari – CT
Philip KC – KS
Prem Tamang – MA
Raju Parajuli – MD
RC Panta – CO
Subhash K Baitha – PA
Subodh Regmi – VA
Surya Tiwari – NJ
Tanka Dahal – WA
Tulshi Shiwakotee – MI
Sophin Thapa – TX
|
राज्य सांसद भण्डारीको पहलमा बानालाई दुई लाख ५० हजार डलर मेरिल्याण्ड । बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बानाका लागि मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सन् २०१९ मा संसदमा बिल पेश गरेका थिए ।
मार्च २४ तारिखमा बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको छ । सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो।
समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलब्ध हुनु आफैंमा मानक उपलब्धी भएको भण्डारीले बताएका छन् । यस्तो उपलब्धी नेपालीका लागि पहिलो हो भने अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवत पहिलो भएको उनले जनाएका छन् । यो रकम सन् २०२७ भित्र प्रयोग गरिसक्ने पनि उनले जनाएका छन् ।
मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्याउने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा आफू निकै खुशी भएको भण्डारीले बताएका छन् ।
|
बानाका लागि थप रकम दिने ट्रष्टी सदस्यहरुको घोषणा वाल्टिमोर। अमेरिकाको बाल्टिमोरमा रहेको नेपालीहरुको पुरानो सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को कम्युनिटी रिसोर्स सेन्टर भवनका रिण रिफाइनान्स गर्ने र दाताहरुबाट थप रकम उठाउने निर्णय यसको ट्रष्टी बोर्ड बैठकले गरेको छ।
मार्च २० मा बसेको सो बैठकले बाना भवनका लागि लिएको ऋण तिर्नका लागि ट्रष्टी सदस्यहरुले व्यक्तिगतरुपमा पनि रकम दान गर्ने घोषणा गरेका छन्।
बाना ट्रष्टी बोर्डका अध्यक्ष कुलमणि आचार्यले डिसी नेपाललाई दिएको जानकारीअनुसार, आचार्य स्वयंले ५ हजार अमेरिकी डलर दान गर्ने भएका छन् भने चर्चित लोक गायक प्रेमराजा महतले २५ सय, देवव्रत शर्माले ३ हजार, ओएनएफका अध्यक्ष प्रभु थापाले २५ सय, दिवाकर ज्ञवालीले १ हजार तथा जनक पौडेलले १ हजार डलर रकम बानालाई दान गर्ने घोषणा गरेका छन्।
बैठकले बानालाई बैंकको रिणमुक्त बनाउन निव्र्याजी रकम दिन पनि नेपाली समुदायसंग आग्रह गरेको छ । सो संस्थाको ट्रष्टी बोर्डमा प्रेमकुमार श्रेष्ठ र विजय श्रेष्ठलाई थप गर्ने निर्णय पनि गरेको आचार्यले जानकारी दिए।
बोर्डमा अध्यक्ष कुलमणि आचार्य, उपाध्यक्ष राजन कट्टेल, सचिव दिवाकर ज्ञवाली र सदस्यहरुमा अनुसुया वन्त, प्रभु थापा, देवव्रत शर्मा, गोपाल विक, विजय श्रेष्ठ र प्रेमकुमार श्रेष्ठ छन्। त्यसैगरी बानाका कार्यकारिणी समितिका अध्यक्ष सुवोधविलास पन्त पदेन सदस्य छन्। सो संस्थामा ४३ जना ट्रष्टी सदस्यहरु छन्।
|
प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे अमेरिका। प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन्। केन्द्रीय कमिटीको सचिवालयले दिएको निर्देशन अनुसार यही आइतबार अधिवेशन आयोजक कमिटीले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो। मञ्चका कार्यबाहक अध्यक्ष चन्द्रमणि पान्डेको अध्यक्षतामा अधिवेसन गरिएको थियो।
प्रवासी नेपाली मञ्च अमेरिका की पूर्व उपाध्यक्ष यमुना भट्टराइको अनुसार टेक्सास राज्य कमिटिको गठन यस प्रकार रहेको छ।
अध्यक्ष्य : लक्ष्मण घिमिरे
उपाध्यक्ष्य : किरण पौड्याल
सचिव : राजु नेपाल
सह सचिव : सब्दिता प्याकुरेल
सदस्य : मधुसुदन ज्ञावली
सदस्य : मनोज धिताल
सदस्य : नुरनाथ सुबेदी
सदस्य : कृष्ण भट्टराई
सदस्य : राजेश अधिकारी
सदस्य : पवन अर्याल
सदस्य : गोपाल प्याकुरेल
|
अमेरिकाको मेरिल्याण्ड राज्यसभाबाट दशैं विधेयक बहुमतले पारित बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा एक दिन दशैं डे मनाउने प्रस्ताव अघि बढेको छ । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका सांसद ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक राज्यसभाको पूर्ण बैठकबाट मार्च १७ विहीबार पारित भएको छ । यसअघि सो विधेयक स्वास्थ्य तथा सरकार सञ्चालन समितिको बुधबारको बैठकमा बहुमतले पारित भएको थियो ।
राज्यसभाका सांसद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार उनले प्रस्तुत गरेको सो विधेयक साझा प्रस्तावका रुपमा अघि बढेको छ । अर्थात् राज्यसभाका दलहरु डेमोक्र्याट र रिपब्लिकन दुवैका सांसदहरुले सो विधेयकलाई समर्थन गरेका छन् ।
सांसद भण्डारीले हरेक बर्ष अक्टोवर ५ तारिकलाई नेपालीहरुको महान् पर्व दशैंका उपलक्ष्यमा सो चाड मनाउनका लागि राज्यभरका सबै निकायहरुमा सार्वजानिक विदा दिने प्रस्ताव विधेयकका रुपमा दर्ता गरेका थिए ।
अब यो विधेयक निर्णयार्थ राज्यसभाको पूर्ण बैठकमा पेश हुने र त्यहाँबाट पारित भएपछि राज्यको सिनेटमा प्रस्तुत हुने छ । यी दुवै ठाउबाट पारित भएपछि अक्टोवर ५ का दिन दशैं डे का रुपमा मेरिल्याण्ड राज्यमा आधिकारिकरुपमा मनाइने छ ।
राज्यको डिष्ट्रिक ८ बाट निर्वाचित भएका सांसद भण्डारीले आफूले प्रस्तुत गरेको सो विधेयक वाइपार्टिसन (दुवै दलको) समर्थनसहित अघि बढेकोमा खुसी लागेका बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशैं नेपालमा उत्पत्ति भएको एक सांस्कृतिक चाडका रुपमा मान्यता पाउने छ । र, हरेक बर्ष अक्टोवर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिकरुपमा दशैं डे मनाउछ । यो उपलब्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिकरुपमा हासिल गरेको अहिलेसम्मकै मनक उपलब्धी हुने छ । यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुने छ ।”
सांसद भण्डारीको पहिलो कार्यकालको चारबर्ष पूरा हुन लागेको छ । उनले दोस्रो कार्यकालका लागि पनि त्यही क्षेत्रबाट उम्मेद्वारी घोषणा गरेका छन् । उनले मेरिल्याण्डको एउटा शहरमा आफू बसेको घरको अगाडि अनाहकमा गोली लागेर मारिएका नेपाली युवा सागर घिमिरेका नाममा पनि त्यस्ता घटना नदोहोरियुन भनेर नयाँ कानूनको प्रस्ताव गरेका छन् ।
प्रेस विज्ञप्ती
मार्च १६, २०२२
अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा आइपुग्न लागेको सुनाउँन पाउँदा खुशी लागेको छ।
बुधबार साँझ मेरिल्याण्ड राज्यसभाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसदको पूर्ण बैठकमा पठाउने निर्णय भएको छ। विधेयक दुबै दलका सांसदको भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो। समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो।
यो विधेयक कानून बन्न अझै केही खुड्किलाहरू बाँकि छन्। अब यो विधेयक संसदको पूर्ण बैठकमा जान्छ र त्यहाँ पारित भएमा यसले अर्को खड्को पार गर्ने छ। माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ। अब दुबै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ। र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानून बन्छ। कथमकदाचित गर्भनरले हस्ताक्षर नगरे पनि संसदको दुबै सदनमा भिटो प्रुभ्ड बहुमत रहेकाले यो विधेयक कानून बन्छ। अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुन्छ।
यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशै नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुने छ। र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउँछ। यो उपलव्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिक रूपमा हासिल गरेको अहिलेसम्मकै मानक उपलव्धी हुनेछ। यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुनेछ।
मैले यो विधेयकलाई आजको विन्दुसम्म ल्याइपुर्याउन मेरो पहिलो कार्यकालको चार वर्ष नै ठूलो विधायिकी कसरत गरेको छु। एकपटक मात्र हैन, पटक पटक प्रायस गरेको छु। आप्रवासी त्यो पनि अत्यन्तै अल्पमतमा रेहको नेपालीको चाड दशैलाई सांस्कृतिक चाडका रूपमा प्रस्तुत गर्नु र त्यसलाई डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको समर्थनमा बाइपार्टिसन बिधेयक बनाएर यो रूपमा ल्याउनु सामान्य उपलव्धी हैन।
म चुनावी वर्षमा छु। स्मरणीय कुरा के छ भने, मेरो निर्वाचन क्षेत्र ७ प्रतिशतभन्दा कम एसियन मूलका आप्रवासी रहेको क्षेत्र हो जहाँ दक्षिण एसियालीको ज्यादै नगण्य बसोबास छ, नेपाली मतदाताको संख्या त अझ कम छ। यस्तो प्रतिकुल दृश्य हुँदाहुँदै पनि उम्मेद्वारी घोषणा गरिसकेको मैले यो विधेयकका लागि ठूलो संघर्ष गरेको छु। तर, मैले यो सारा संघर्ष मेरो मातृभूमी नेपाल र आदरणीय नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीका लागि गरेको हुँ।
अझै पनि हामी सफलताको शिखर चुमिसकेका छैनौ, हामीले निर्णायक खुड्किला पार गरे पनि अझै केही महत्वपूर्ण खुड्किला बाँकि नै छन्। मलाई आशा एवं विश्वास छ, हामी यसै सप्ताहान्तमा ती खुड्किला पार गरेर हामी शिखरमा हुनेछौं। हामी त्यो सुखद क्षणको प्रतीक्षा गरौं।
यहाँहरूको आशीर्वाद, सहयोग, साथ र सद्भावको अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट-८
|
नयाँ वर्षमा अमेरिकामा डिसी नेपालको रमाइलो कार्यक्रम ‘नुन चिनी पानी’ वासिंगटन डिसी । नेपाली नयाँ वर्ष २०७९ को पावन अवसरमा डिसी नेपालले अमेरिकामा एउटा विशेष कार्यक्रम गर्ने भएको छ । अमेरिकामा भएका नेपालीको नेतृत्वमा संचालित लायन्स क्लवहरुका बीचमा रमाइलो प्रतिष्पर्धा गराइने छ।
एनआरएनएका विभिन्न गतिविधिहरु बारे घनीभूत छलफल चलाई सो संस्थालाई विदेशमा रहेका नेपाली मनहरु जोड्ने काममा यसका अभियन्ताहरुलाई अभिप्ररित गर्ने प्रयास निरन्तर छ। त्यसैगरी नेपालीहरुलाई जोड्नु पर्ने संस्था बिबाद उन्मुख भैरहँदा डिसी नेपालले थुप्रै पटक र निरन्तर छलफल चलाउँदै आएको छ।
अब नेपाली नयाँ वर्ष २०७९ को अवसरमा चाहिँ अमेरिकामा रहेका लायन्स क्लवहरुका बीच रमाइलो प्रतिष्पर्धा गराउने कार्यक्रम तय गरिएको छ। “नुन चिनी पानी क्वीज कन्टेष्ट विथ लायन्स क्लब” कार्यक्रममा प्रतिष्पर्धी स्वयंले छनौट गरेका प्रश्नहरुमा आधारमा विजयीको घोषणा हुने छ।
यो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएपछि थप जानकारी सार्वजानिक गरिने छ। कार्यक्रमबारे अमेरिकामा रहेका लायन्स क्लवहरुको चासो उत्साहजनक छ। कार्यक्रमको थिम नै “रमाइला प्रश्न, भाग्यको खेल, बिभाजन हैन, मेल नै मेल” राखिएको छ। यो कार्यक्रम अमेरिकास्थित डिसी नेपालका विशेष प्रतिनिधि अर्जुन दाहालले सञ्चालन गर्नेछन्।
डिसी नेपालमार्फत जनचेतना जगाउन र संसारभरका नेपालीमनलाई संचारको एउटै सूत्रमा जोड्नका लागि थुप्रै कार्यक्रम सञ्चालित छन्। अमेरिकाबाट पछिल्लो समय सञ्चालित “द बृज टक शो” ले राम्रो उचाइ लिन सफल भएको छ जसले नेपालबाट बिभिन्न बिधाका सफल र प्रतिष्ठित ब्यक्तिहरुसँग सम्पर्क गरी प्रत्यक्ष खरो कुराकानी गर्ने गरेको छ।
अर्को कार्यक्रम “हाम्रो लेन्स” ले अमेरिकाभर रहेका बिबिध समाचारलाई समेट्ने र त्यससँग जोडिएका पात्रहरुसँग छलफल गर्दै आएको छ। अमेरिकाबाटै “पन्नाभित्र” कार्यक्रममार्फत नेपाली साहित्यमा डायस्पोरिक चेतका बारेमा घनिभूत छलफल शुरु गरिएको छ भने चर्चित सञ्चारकर्मी मनिषा घिमिरेले संचालन गर्दै अएको “टक फ्रेङ्क्ली विथ मनिषा“ ले संसारभरका नेपालीहरुका सफलतालाई सेलिब्रेट गर्ने गरेको छ।
त्यसैगरी जर्मनीबाट पत्रकार दीपक घितालले “प्रवास वाणी” र इटालीबाट पत्रकार विजय भुषालले “मजदुर मञ्च” कार्यक्रम मार्फत संसारभरका नेपालीहरुको आवाजलाई बुलन्द गर्ने काम पनि डिसी नेपालले गर्दै आएको छ।
डिसी नेपालले पत्रकार सहदेव पौडेलको संयोजनमा टिकटकमा छोटा समाचार र भिडियोमार्फत सुसूचित गर्ने काम पनि शुरु गरेको छ भने निरन्तररुपमा फेसवुक पेज र युट्युवमार्फत संसारभरका नेपाली र उनीहरु सम्बद्ध समाचारहरुलाई पस्कदै आएको छ।
|
अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन हुँदै वाशिंगटन डिसी । अमेरिकामा बसेका नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सासको ड्यालस शहरमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को अगुवाइमा सो सम्मेलन हुन लागेको हो । एएनएका अध्यक्ष विजयराज भट्टराईका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको होष्टमा सो सम्मेलन आयोजना हुन लागेको हो ।
मार्च १२ शनिवार यसबारे पत्रकार तथा सामाजिक संघ संस्थाहरुलाई जानकारी दिन राखिएको कार्यक्रममा सम्मेलनका चेयर तथा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराई र नेपाली समाज टेक्सास (एन. एस. टी.) का अध्यक्ष तथा कन्भेनर राजेन्द्र वाग्लेले कार्यक्रमको बिस्तृत जानकारी दिएका थिए ।
ए.एन.ए. बोर्ड अफ डिरेक्टर कृष्ण कुसुमले संचालन गरेको उक्त कार्यक्रममा टेक्सासको डाल्लास क्षेत्रमा रहेका पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ–आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारीमुलक कार्यक्रमहरु राखिएको एएनएले जनाएको छ ।
सम्मेलनका चेयर तथा कन्भेनर द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सवै संघ संस्थाहरुलाई जोडेर यस सम्मेलनलाई नेपालीहरुको एउटै आवाजको रुपमा अघि बढाउन अनुरोध समेत गरिएको छ । सम्मेलनमा नेपाल फोरम, टेक्नोलोजिकल ट्रान्सफर्मेशन, बिजनेस फोरम, किड्स इभेन्ट्स, वुमेन्स फोरम, ब्रेन गेन\ब्रेन ड्रेन, डिजे\कन्सर्ट, स्पोर्ट्स को अलावा फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ ।
अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई ए.एन.ए. महिना पनि भन्ने गरिन्छ । सन १९८३ को स्थापनाकालदेखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ ।
|
नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन जर्जियामा हुँदै अमेरिका । एसोसियसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिकाज (नापा) को तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सन् २०२२ मे २७ (२९ मा एटलान्टा, जर्जियामा हुने भएको छ।
‘परिवर्तित विश्वमा कृषि आधुनिकीकरण’ भन्ने नारासहित सम्पन्न हुन गइरहेको उक्त सम्मेलनमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, नेपाल लगायत अन्य मुलुकहरूमा रहेका कृषि र अन्य सम्बन्धित विषयका वैज्ञानिकहरुले विभिन्न विद्याहरूमा आफ्ना सोधपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा वैज्ञानिक सोधपत्र प्रस्तुति बाहेक नापाको रणनीतिक छलफल, कृषि उद्यमी बीच अन्तरक्रिया तथा विद्यार्थीहरुलाइ लक्षित गरि विशेष कार्यक्रम हुन गइरहेको छ। विद्यार्थीहरुले मौखिक र पोस्टर दुवै माध्यममा आफ्नो सोधपत्रका साथै निबन्ध समेत प्रस्तुत गर्न सक्नेछन् र उत्कृष्ट विद्यार्थी प्रस्तोताले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन ।
साथै कार्यक्रममा सहभागी जो कोहिले कृषि(कविता प्रतियोगितामा भाग लिई उत्कृष्ट हुनेले पुस्कार र प्रमाणपत्र समेत प्राप्त गर्न सक्नेछन । नापाका वर्तमान अध्यक्ष डा. मेघनाथ पराजुलीले नापाको सन् २०२०मा सम्पन्न दोश्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनमा करिब १६० वैज्ञानिकहरुको प्रस्तुति रहेकोमा अहिले त्यो संख्या बढ्ने अपेक्षा रहेको जानकारी गराएका छन् ।
|
सान फ्रान्सिस्कोमा योमरी मयजुको नेपाली संस्कृति प्रवर्द्धन र प्रचार प्रसार कार्यक्रम सान फ्रान्सिस्को। क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा रहेको यति रेस्टोरेन्टको आयोजनामा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरिएको छ। भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली अमेरिकीको बाक्लो उपस्थिति रहेको थियो।
मातृभूमि छोडेर अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपालीहरुको नेपाली संस्कृतिप्रति गहिरो रुची रहेको देख्न सकिने कार्यक्रममा योमरी इतिहास, योमरी बनाउने तरिका, योमरी सांस्कृति सामाजिक महत्वका साथै नेपाली खानपान तथा पञ्च तत्वको महत्वका विषयमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ तथा योमरी मयजुको काम र उद्देश्यका विषयमा बिनिशा श्रेष्ठले प्रकाश पारेका थिए।
आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले अमेरिकाको विभिन्न शहरहरुमा योमरी मयजुको सांस्कृतिक प्रस्तुति सान फ्रान्सिस्कोमा भएको हो।
नेपालको आफ्नै संस्कृति, भेषभुषा, खानापान, मूल्य, मान्यता रहिआएको छ।
यसलाई जगेर्ना गर्न यस किसिमको कार्यक्रमले थप सहयोग पुर्याउने यति रेस्टोरेण्टका संचालक नारायण सोम्नामेले बता। ‘संस्कृति बचाउन हामी सब चाहान्छौं। तर धेरै जसो हामी पश्चिमी देखासिकीमा रमाउँछौं,’ उनले भने, ‘संस्कृति पनि बचोस्, केही रचनात्मक काम पनि होस् तथा रोजगारीको अवसर पनि सिर्जना होस् भनेर हामीले यो प्याकेज कार्यक्रमको सुरुआत गरेका हौं।’
सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले महत्वपूर्ण मानिने यःमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो। नेवार भाषमा यःमरी को अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ।
यःमरीलाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि विस्तारै यसको महत्वलाई बढाउने उनीहरूको उद्देश्य छ। विशेष गरी ठूला उत्सवमा यःमरीको माला लगाउने र पुष्प वृष्टिको सट्टा यःमरी वृष्टि गराउने पनि गरिन्छ।
सान्टा रोसाको कार्यक्रममा मौलिक नेपाली संगीतको पनि प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको प्रदर्शन पनि रहेको थियो। नेपाली मौलिक खाना परिकार (नेवारी भ्वय) को प्रबन्ध यति रेस्टोरेन्टद्वारा गरिएको थियो।
|
प्रवासी नेपाली मञ्च मासाचुसेट राज्य कमिटी गठन बोस्टन । प्रवासी नेपाली मञ्च मासाचुसेट राजय कमिटी गठन गरिएको छ । फेब्रुअरी १९, २०२२ शनिवारका दिन प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरीकाका अध्यक्ष प्रभु थापा र अमेरिकाज क्षेत्र तथा यसका क्षेत्रीय अध्यक्ष इश्वरी भट्ट तथा अमेरिकाज क्षेत्रका सदस्य बुद्दवर्ज् लामा ओएनएफ केन्द्रीय सदस्य भिम ओलीको उपस्थितीमा म्यासाचुसेट राज्य कमिटीका अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा भएको भेलाले डा. प्रतीक अर्याल अध्यक्ष रहेको मासाचुसेट राज्य कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष चन्द्रकला ढकाल, सचिव नवराज जमरकट्टेल, कोषाध्यक्ष स्कन्द यादव, सदस्यहरू दिपेन्द्र सुवेदी, भिम वस्ती र अभिषेक आचार्य रहेका छन् । आफ्नो तेस्रो राष्ट्रिय अधिवेशनमा जुटेको प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रिय कमिटी यही फेव्रुअरी अन्तिम सम्ममा आफ्ना सम्पूर्ण सदस्यहरू दर्ता/नवीकरण र राज्य कमिटीहरू गठन/पुनर्गठन सम्पन्न गर्ने उद्देश्यक साथ अघि बढिरहेको छ । न्यू हेम्पसायर, न्यूजर्सी, टेक्सास, केन्टुकी, फ्लोरिडा पछि यो छैटौ राज्य कमिटी बनेको हो ।
|
कोलोराडोमा नेपाली संस्कृति प्रवर्द्धन गर्न योमरी मयजुको प्रचार प्रसार कार्यक्रम कोलोराडो । अमेरिकाको कोलोराडो डेनभरस्थित नेपालीहरुबीच योमरी मयजुको सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको छ । सो कार्यक्रममा योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक र सामाजिक महत्वका बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ बताएकी थिइन्। यस्तै कार्यक्रममा नेपाली खानपानमा पञ्च तत्वको महत्वको बारे बिनिशा श्रेष्ठले प्रकाश पारेकी थिइन ।
मौलिक नेपाली गीत संगीतको प्रस्तुति उक्त कार्यक्रममा नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको पनि प्रदर्शन गरिएको थियो। भने कार्यक्रममा मौलिक नेपाली गीत संगीतको पनि प्रस्तुति रहेको थियो।
साथै नेपाली हस्तकलाका सामान तथा नेपाली पोशाकहरु प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको थियो।
आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले योमरी मय्जुको शुभारम्भ गरिएको हो । र विशेष अमेरिकामा पनि नेपालीहरुको उल्लेखनीय संख्या रहेकोले डेनभरबाट शुभारम्भ भएको हो।
के हो योमरी?
भौतिक रूपमा वर्णन गर्दा, चामलको पिठो मुछेर चोसिलो खोक्रो अण्डाकार बनाई त्यसभित्र चाकु र तिलको मिश्रण राखी बफ्याएर योमरी बनाइन्छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा, यसभित्र सिंगो नेवार समुदायको सभ्यता र संस्कृति समेटिएको मान्न सकिन्छ ।
यसैले नेवार समाजले योमरीलाई जीवनको अभिन्न अंगका रूपमा प्रतिस्थापन गरेको छ । यसलाई मानसपटलबाट विमुख गर्न नसकिएकै कारण मंसिर पूर्णिमा अर्थात् धान्यपूर्णिमालाई समेत स्थानीयकरण गरी योमरी पूर्णिमाको रूपमा नामाकरण गरिएको छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले महत्त्वपूर्ण मानिने योमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो ।
नेवार भाषमा योमरी को अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ । योमरीलाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि विस्तारै यसको महत्वलाई बढाउने उनीहरूको उद्देश्य छ । विशेष गरी ठूला उत्सवमा योमरीको माला लगाउने र पुष्पवृष्टिको सट्टा योमरी वृष्टि गराउने पनि गरिन्छ ।
नेवार समाजको अभिन्न अंग, यःमरीको धार्मिक एवं सांस्कृतिक महत्त्व छ । पूजापर्वदेखि जीवन संस्कारमा समेत उपयोगमा ल्याइने मनपर्ने रोटी योमरी निकै मिठो र स्वस्थ्यवर्द्धक हुन्छ ।
|
अमेरिकाको मेरिल्याण्डमा सागर घिमिरे विधेयक दर्ता अमेरिका । मेरिल्याण्ड राज्य विधानसभाका सांसद ह्यारी भण्डारीले एक नेपालीका नाममा औपचारिक रूपमा विधानसभामा विधेयक दर्ता गरेका छन्। विद्यार्थी सागर घिमिरेको गत मे ८ मा मेरिल्याण्डको वुडल्यानमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु भएको थियो। घिमिरेसँगै अन्य तीनजनाको पनि ज्यान गएको थियो भने अर्का एक नेपाली श्याम अधिकारी घाइते भएका थिए। त्यसैले सो घटनालाई केन्द्रमा राखेर विद्यमान कानूनहरूको विस्तृत रूपमा अध्ययन गर्नका लागि भण्डारीले विधेयक दर्ता गरेका हुन्।
नेपाली विद्यार्थी सागर घिमिरेको नाममा दर्ता भएको विधेयकको अफिसियल शीर्षक ‘वर्कग्रुप टु स्टडी एक्सट्रिम रिस्क प्रोटेक्टिव अर्डर्स (सागर घिमिरे एक्ट)’ अर्थात् अति जोखिम सुरक्षा आदेश अध्ययनका लागि कार्यसमूह (सागर घिमिरे ऐन) रहेको सांसद ह्यारीको प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति
मैले अमेरिकामा एक नेपालीका नाममा औपचारिक रूपमा विधेयक दर्ता गरेको छु। नेपाली विद्यार्थी सागर घिमिरेको नाममा दर्ता भएको विधेयकको अफिसियल शीर्षक ‘वर्कग्रुप टु स्टडी एक्सट्रिम रिस्क प्रोटेक्टिव अर्डर्स (सागर घिमिरे एक्ट)’ अर्थात् अति जोखिम सुरक्षा आदेश अध्ययनका लागि कार्यसमूह (सागर घिमिरे ऐन) हो।
यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो मेरिल्याण्ड राज्य विधानसभाको ४४४औं संसद सत्रमा एचबी १३४४ नम्बरमा दर्ता भएको हो। यो मेरो पहिलो कार्यकालको अन्तिम विधायिकी शत्र हो र यो शत्रको विधेयक दर्ता गर्ने अन्तिम दिन मैले यो विधेयक दर्ता गरेको हुँ।
यो विधेयक दर्ता गरिरहेको बेला मेरो मनमा अनेक भावहरू तरेली खेलिरहेका थिए। पहिलो त मैले जसका नाममा यो विधेयक दर्ता गरिरहेको थिएँ, सागर घिमिरे यो संसारमा हुनुहुन्न, उहाँ नहुनुको पीडाले मेरो मन भत्भती पोलिरहेको थियो। २४ वर्षीय एक मेधावी नेपाली विद्यार्थी घिमिरे मे ८ मा मेरिल्याण्डकै वुडल्यानमा एक बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोलीको निशाना हुनु भयो। मैले मनमनै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे। त्यो श्रद्धा र समवेदना केही समययता अमेरिकामा घटिरहेका विभिन्न खाले घटनामा अनाहकमा ज्यान गुमाउने थुप्रै नेपाली र उहाँहरूका प्रियजनका लागि पनि थियो।
यो अप्रिय घटना घटाउने ५६ वर्षीय एभर्टन ब्राउनले सुरक्षा कारबाहीमा मारिनुअघि घिमिरेसँगै अन्य तीनजनाको पनि ज्यान लिएका थिए भने अर्का एक नेपाली श्याम अधिकारीलाई घाइते बनाएका थिए। गोली चलाउनुअघि शनिबार विहानै सबै छिमेकी सुतिरहेको बेला उनले घरमा आगो सल्काएर चार घर खरानी पनि बनाए। यस्तो अमानवीय कार्य कुनै पनि सामान्य मानिसले गर्न सक्दैन, एभर्टन मानसिक रूपमा एक असामान्य मानिस थिए भन्ने प्रमाण यही हो। उनको असामान्य व्यवहारबाट हुने सम्भावित खतराबाट जोगिन छिमेकीहरूले सरकारी निकायमा गरेको हारगुहारको अभिलेखले पनि त्यही पुष्टी गर्छ।
विडम्बनाको कुरा, यस्ता असामान्य मानिससँग कानूनी रूपमा लाइसेन्सप्राप्त बन्दुक थियो र त्यही बन्दुकले उनले यो नृशंस घटना घटाएका थिए। जबकि मेरिल्याण्ड राज्यमा विद्यमान रेडफ्ल्याग कानूनले नै यस्तो असमान्य अवस्थाको मानिसको बन्दुक सरकारले लिन सक्ने अधिकार प्रदान गरेको छ। यो हुँदाहुँदै पनि बन्दुक ऊसँगै रह्यो र सागर घिमिरे र अन्य तीनजना निर्दोष मानिसको अनाहकमा ज्यान गयो।
अमेरिकामा यो यस्तो पहिलो घटना हैन। केही समययता यस्ता घटना दिनहुँजसो घटिरहेकै छन् र बर्सेनी हजारौ ‘सागर घिमिरे’हरूको प्राणपखेरू उडिरहेको छ। यो क्रम बन्द हुनुपर्छ। त्यसका लागि मूलतस् कानूनी आधार नै मजबुत हुनुपर्छ। त्यसका लागि के कस्ता विधायिका प्रवन्धहरू गर्नुपर्छरु त्यसैको अध्ययन अनुसन्धान गरी आवश्यकताअनुसार कानुन परिमार्जन गर्न यो विधेयक ल्याइएको हो ।
यो विधेयकले मरिल्याण्ड राज्यका स्वास्थ्यमन्त्रीको अध्यक्षतामा एउटा सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरू रहेको सर्वपक्षीय उच्चस्तरीय कार्यसमूह गठन गर्छ। त्यसले यो घटनालाई केन्द्रमा राखेर विद्यमान कानूनहरूको विस्तृत रूपमा अध्ययन गर्छ र अब के कस्ता कानूनी प्रावधानहरूको व्यवस्था गर्नुपर्छ भनेर मेरिल्याण्डका गभर्नर र संसदलाई प्रतिवेदन बुझाउँछ। त्यसैको आधारमा विधायिकी कार्यहरू अगाडि बढ्छन् र यो विधेयक एउटा तार्किक निस्कर्षमा पुगेर कानुन बन्छ।
सागर घिमिरे अमेरिकामा विद्यार्थी भिसा स्टाटसमा रहेका एक नेपाली विद्यार्थी हुनुहुन्थ्यो। पूर्वी नेपालको संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं। ६ तल्लोपाठाका घिमिरे मेरिल्याण्डको उडल्यान पार्कभ्यू क्रसिङस्थित साथीको घरमा बस्न थालेको एक सातामात्र भएको थियो। उहाँ साउथ क्यारालाइनास्थित क्लाफिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा अन्डरग्राजुएसन गरेर ग्राजुयसन अध्ययनका लागि मेरिल्याण्ड आउनु भएको थियो। डेटा साइन्टिस्ट बन्ने सपना साँच्नुभएको घिमिरे यो घटनामा मारिनुपर्ने कारण कही कतै भेटिदैन, बन्दुकधारीलाई त उहाँले त्यसअघि देख्नु भएको पनि थिएन होला। तर, पनि उहाँ मारिनु भयो र एउटा सपनाको अनाहकमा अन्त भयो।
म विधायक भएको राज्यमा आफ्नै मूलको एक निर्दोष युवा अनाहकमा मारिएको घटनाको सम्झनाले मात्र पनि मलाई ऐठन हुन्छ। यो हृदयविदारक घटनापछिका दृश्यहरूको एक साक्षी हुनुको अर्थ मलाई ती दृश्यहरूको पूर्वस्मृतिले सधैं असहज बनाउँछ। यस्तो अवस्थामा मैले के गर्न सक्छु भनेर आफैंलाई प्रश्न गरें। मेरो अन्तरआत्माले यसरी प्राणपखेरू गुमाउनुपर्ने सागर घिमिरे पहिलो नभए पनि अन्तिम व्यक्ति बन्नुपर्छ भन्ने मलाई लाग्यो। र, एक नेपाली मूलको विधायकले दिने सबैभन्दा ठूलो श्रद्धाञ्जलीका रूपमा उहाँकै नाममा यो विधेयक प्रस्तुत गरेको छु।
अमेरिकाको नेपाली समुदाय कार्यरत रहने कार्यक्षेत्रहरूमा विभिन्न परिस्थितिमा अकालमा ज्यान गुमाउनुपर्ने घटनाको लामो फेहरिस्त छ। तर, ती घटनामा परेकाले उचित न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्। केही समययता नेपाली समुदायले मलाई गाहरोसाह्रोका सारथिका रूपम सम्झेको छ र यस क्रममा मेरो कार्यालय आधा दर्जन घटनाको क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइरहेको छ। म चाहन्छु, यस्ता घटनाको श्रृंखला सधैका लागि र सबैका लागि अन्त हुनुपर्छ। अकालमा ज्यान गुमाउनु हुने ती सबै नेपालीहरूको सम्मानमा एक प्रतिनिधिमुलक विधेयक रूपमा यसलाई प्रस्तुत गरेको छु र त्यही रूपमा लिइदिन सबैमा सादर अनुरोध पनि गर्दछु।
अमेरिकामा एकजना नेपालीको नाममा ऐनकै नाममा विधेयक प्रस्तुत हुनु यो एक ऐतिहासिक घटना हो तर यो जुन रूपमा जसरी आयो, त्यो कसैका लागि प्रिय हैन। मेरा लागि त यो कष्टप्रद क्षण नै हो। यद्यपि, शोकलाई शक्तिमा बदलेर उहाँलाई न्याय दिलाउन यो अभियान कामयाव हुनेछ भन्ने विश्वासका साथ मैले यसलाई दर्ता गरेको हुँ।
जो मरेर जानुभयो उहाँहरूले त अब केही गर्न सक्ने कुरा भएन, हामी बाँचेकाहरूको कर्तव्य उहाँ र उहाँहरूको परिवारलाई न्याय दिलाउने र क्षतिपूर्तिका लागि ऐक्यवद्ध रूपमा प्रक्रिया अगाडि बढाउने हो। त्यही नै उहाँहरूप्रतिको साँचो श्रद्धाञ्जली र समवेदना पनि हो। यी दुर्घटनाहरूलाई नेपाली समुदायले कहिलै बिर्सन सक्दैन र बिर्सनु हुदैन पनि। हामी त्यो लक्ष्यमा पुर्याउने न्यायको बाटोमा कहिल्यै थाक्नु हुदैन।
मलाई थाहा छ, सागर घिमिरे विधेयक न्यायको खोजीको कठिन यात्राको पहिलो पदचाप हो। यो यात्रामा म समस्त आदरणीय नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सद्भावपूर्ण सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु। त्यसमा पनि हाम्रो समुदायबाट कानूनी क्षेत्रमा प्रतिनिधित्व गर्नुहुने कानून व्यवसायीहरू, सागर घिमिरेजस्तै विध्यार्थी भिसा स्टाटसमा रहनुभएका नेपाली विद्यार्थीहरू, कुनै समय विद्यार्थी भिसा स्टाटसमा रहेर अहिले समुदायका विभिन्न क्षेत्रमा योगदान दिइरहनुभएका व्यक्तित्वहरू, पत्रकार तथा सञ्चारकर्मी मित्रहरू र विभिन्न संघ(संस्थामा आवद्ध महानुभावहरूमा सहकार्यका लागि विशेष अनुरोध गर्दछु। सागर घिमिरे नेपाली विद्यार्थी भएकाले उहाँलाई न्याय दिलाउन अमेरिकास्थित नेपाली राजदूताबासमार्फत् नेपाल सरकारको पनि सद्भावपूर्ण ऐक्यवद्धताको अपेक्षा गर्दछु।
विधायक ह्यारी भण्डारी, पीएचडी
फेब्रुअरी ११, २०२२
|
अमेरिकाका यी परोपकारी भुटानी नेपाली, जे परे पनि तारा सर अमेरिका। सन् २०१२ म आइओएममार्फत काठमाडौबाट अमेरिकाको कोलोराडोको उडान भर्दै गर्दा तारा दाहालको मन मस्तिकमा ठूलो सपना थिएन। जसोतसो गरेर परिवारलाई खुशी राखौंला भन्ने थियो।
जन्मभूमिबाट खेदिनुको पीडा, शरणार्थी शिविरको दुख र सघर्षको हुन्डरी झेलेका उनले तेस्रो देशमा पुनर्वाससँगै आफू र आफ्नो परिवारका लागि सुखको सपना देखेका थिए। तर अमेरिका आउँदा आफ्नो लागि केही गर्छु भन्ने सोचेका उनी आज धेरै नेपालीभाषी भुटानीका दुख सुखका सारथी बनेका छन्। सिन्सिनाटीका नेपालीभाषीका समस्यामा साथ दिँदै समुदायको परोपकारी काममा आफ्नो दरिलो र गर्विलो उपस्थिति देखाउँदै आएकाछन्।
बाहिरी मुलुकबाट आएकाहरु यहाँका धेरै विषयमा अन्जान हुन्छन्। नयाँ देश, नयाँ संस्कृति, नयाँ खानपान, नौलो जीवनशैली, नौला मान्छे, नयाँ भाषा कतिपयलाई यहाँका कति कुरा खुट्टाउन बर्षौं लाग्छ। भाषाको ज्ञान नभएका र यहाँको सेवा सुिवधावा अरु धेरै विषयमा जानकारी नभएकाहरुलाई तारा दाहाल गाइड भएका छन्।
‘कुनै विषयमा गाह्रो भयो कि सिन्सिनाटीमा तारा दाहाल भन्दै खोज्ने धेरै छन’ विगत एक दशकदेखि सिन्सिनाटी बस्दै आएका संगीतकर्मी नरेश गौतम भन्छन्, ‘नेपालीभाषी भुटानी समुदायका लागि दिलो ज्यान दिएर लाग्नु भएको छ।’
सिन्सिनाटीको कोल्रेन टाउनसीपमा उनकै पहलमा ठूलो नेपालीभाषी जनसंख्याका लागि क्रिकेट खेल मैदान बनेको छ। ड्राभो पार्कभित्र नेपालीभाषी भुटानी युवाहरु लागेर क्रिकेट मैदान तयार पारेका छन्। १२४६२ बर्ग मिटर रहेको रंगशाला गत वर्षको जुन ५ मा उद्घाटन गरिएको थियो। त्यहाँ २ फुटबल ग्राउण्ड पनि छन्।
अमेरिकाको मध्य पश्चिमी राज्य ओहायोको सिन्सिनाटी शहरमा मात्रै झण्डै १७ देखि २० हजार हाराहारी भुटानी नेपाली रहेको बताइन्छ। ग्रेटर सिन्सिनाटी भित्र कोल्रेन, फोरेस्टपार्क, फेयरफिल्ड, लिवर्टी, बेष्ट चेष्टर, मोन्रो, मेसन शहरमा धेरै नेपालीभाषी भुटानी बस्छन्।
तारा यहीँ सिन्सिनाटीमा रहेर जनहितका काममा लागिपरेका छन्। मेडिकेड, सामाजिक सुरक्षा भत्ता, फुड स्ट्याम्पदेखि ग्रिनकार्ड, नागरिकताको आवेदन, भोटर्स रजिष्ट्रेशन, भाषा अनुवाद, घरेलु हिंसा भएकाहरुलाई कानुनी उपचारदेखि राज्यबाट पाउने अरु सुविधा लिन उनी सबैलाई सहयोग गरिदिन्छन्।
सिन्सिनाटी बस्दै आएका रियल्टर तथा गायक छवि न्यौपाने भन्छन्, ‘यहा“ त केही नजानेकाहरुलाई समस्या पर्यो कि तारा दाहालकहाँ जाने भन्ने छ ।’ न्यौपानेका अनुसार समुदायको ‘टु गो पर्सन’ जस्तै भएर समुदायको आबश्यकता अनुसार हरेक तह र तप्काका लागि अनवरत काम गरिहेका छन्।
नेपालीभाषीका लागि क्रिकेट मैदान
सिन्सिनाटीको कोल्रेन टाउनसीपमा उनकै पहलमा ठूलो नेपालीभाषी जनसंख्याका लागि क्रिकेट खेल मैदान बनेको छ। ड्राभो पार्कभित्र नेपालीभाषी भुटानी युवाहरु लागेर क्रिकेट मैदान तयार पारेका छन्। १२४६२ बर्ग मिटर रहेको रंगशाला गत वर्षको जुन ५ मा उद्घाटन गरिएको थियो। त्यहाँ २ फुटबल ग्राउण्ड पनि छन्।
सिन्सीवारिअर्स क्रिकेट क्लवसिन्सिनाटीका अध्यक्ष नरेश गौतम भन्छन्, ‘हामी धेरै क्रिकेट प्रेमीका लागि उहाँले यो मैदान हामीलाई दिलाउन गरिदिनु भएको पहल र योगदान अविष्मरणीय छ।’ सिन्सीवारिअर्स क्रिकेट क्लवका नेतृत्वमा नरेश गौतम, दिल्लु चौलागाईं, मणि गौतमलगायतका युवाहरु लागिपरेर यो मैदान निर्माण गरेका थिए।
यो मैदान निर्माणपछि क्रिकेट प्रेमी र क्रिकेट खेलाडीमाझ छुट्टै उत्साह छाएको छ। अहिले क्रिकेटका टि–ट्वान्टीलगायतका थुप्रै खेलहरु नियमित भइरहेका छन्। आउदो अप्रिल २ देखि मे ८ सम्म अमेरिकामा रहेका नेपालीभाषी सबैलाई समटेर वारिअर्स प्रिमिअर लिग २०२२ हुँदैछ, जसमा १६ टिम सहभागी हुनेछन्।
उनकै नेतृत्वमा नेपालीभाषा तथा कला केन्द्र विदेशी भूमिमा संचालित छ जसले यहीँ जन्मे हुर्केका नेपालीमुलका बालबालिकालाई नेपालीभाषा सिकाउ“छ । २०१५ देखि नै उनले स्वयमंसेवक समूह बनाएर नेपालीभाषाको कक्षा शुरु गरेका थिए। जसले अहिले ठूलो रुप लिएको छ।
ओहायोको कोलम्बसका रहेका भुटानी नेपालीलाई पुनर्वासपछि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको संस्था भुट्नीज कम्युनिटी अफ सेन्ट्रल ओहायोका कार्यकारी निर्देशक सुदर्शन प्याकुरेल भन्छन्, ‘यो खेल मैदान निर्माणपछि ओहायोमा रहेका हाम्रा समुदायका खेलप्रेमीका लागि निकै ठूलो उपलब्धि भएको छ। ’ओहायोमा ५५ हजार हाराहारी भुटानी नेपाली बस्छन्।
यस बाहेक उनकै नेतृत्वमा नेपालीभाषा तथा कला केन्द्र विदेशी भूमिमा संचालित छ जसले यहीँ जन्मे हुर्केका नेपालीमुलका बालबालिकालाई नेपालीभाषा सिकाउ“छ । २०१५ देखि नै उनले स्वयमंसेवक समूह बनाएर नेपालीभाषाको कक्षा शुरु गरेका थिए। जसले अहिले ठूलो रुप लिएको छ।
नेपालीभाषीको निकै ठूलो जनसंख्याभएको ग्रेटर सिन्सिनाटीमा नयाँ पुस्तामा भाषामा जागरण ल्याउन ठूलो भूमिका खेलिरहेको छ। एसोसियन अफ नेप्लीज भुट्नीज इन अमेरिका, ओहायोका अध्यक्षसमेत रहेका तारा भन्छन्, ‘हामी जहाँ पुगेपनि हामीपछिको पुस्ताले नेपालीभाषा साहित्य, संस्कृति नर्बिसीओस् भनेर भाषाको कक्षा चलाइरहेका छौं।’
भुटान र नेपालको कथा
भुटानको साम्ची जिल्लाको दोरोखामा जन्मेका तारा आठ कक्षा पढ्दा पढ्दै स्कुलबाटै भागेर भारतको पश्चिमबंगालको गरगन्डामा आएर बसेका थिए। भुटानी राजा जिग्मे सिंगे वाङचुङको सरकारले सन् १९९० बाट अनाहकमा देश निकाला गर्न शुरु गर्यो।
हिंसामा उत्रिएर शताब्दियौंदेखि भुटानमा बसोबास गर्दै आएका नेपालीभाषी नागरिकलाई सरकारले बलजफ्ती गरेर निकाला र दमनका श्रृंखला शुरु भएपछि उनी स्कुलबाटै भाग्नु परेको थियो। १ दिन हिँडेर भुटान र भारतको सिमानामा भुटानी पोशाक बख्खु फ्याकेर भारत पसेका थिए।
कोरोनाका बिरामीलाई प्रत्यक्ष सहयोग गर्न ब्रेभ (भुटनीज रेस्पोन्स एसिस्ट्यान्स भोल्युन्टर इफोर्टस) नामक कार्यक्रम शुरुवात गरियो। कोही बिरामी भएमा यसले प्रत्यक्ष सहयोग गथ्र्यो। कोरोनाको ठूलो आतंकको समयमा घरघरमा पुगेर अनगिन्ती सिन्सिनाटीबासी नेपालीभाषीलाई उनले गरेको सहयोग निकै प्रशंशित भयो।
‘एउटा टिसर्ट र हाफ पेन्टलगाएर भारतको पश्चिमबंगालको गरगन्डामा ३ महिना बिताएको थिए“’, उनी सुदूर विगत संझिन्छन्, ‘एक छाक खाएर कयौं दिन बिताएका जीवनका कठिन पलहरु मनसपटलमा ताजै छन्।’
पछि नेपाल आएर मोरङको इटहरामा मामाको घरमा बसेर स्कुले शिक्षा सकेका ताराले मोरङको पथरीमा रहेको पथरी शनिश्चरे शरणार्थी शिविरमा आश्रय लिए। त्यही बसेर उर्लाबारी बहुमुखी क्याम्पसबाट आईए र राजधानी काठमाडौको पशुपति बहुमुखी क्याम्पसबाट स्नातकपछि उनले १२ वर्ष काठमाडौको सुन्दरीजल नयाँ पाटीको चण्डीकाश्वरी स्कुलमा शिक्षण गरे। चावहिल चुच्चेपाटीकी सुलोचना न्यौपानेस“ग त्यतै घरजम गरेका उनी २०१२ मा अमेरिकाको कोलोराडो आएका थिए।
समुदायका सेवी
अमेरिका आएको ३ वर्षपछि २०१४ मा नेपालीभाषी भुटानीको जनघनत्व धेरै भएको राज्य ओहायोको सिन्सिनाटी शहरमा बसाईं सरे। २०१६ मा क्याथोलिक च्यारिटिज अफ साउथ वेष्टन ओहायो नामक संस्था जसले अमेरिका आएका शरणार्थीलाई पुनर्वासमा सहयोग गर्छ, उनले त्यसैमा केस मेनेजरको रुपमा काम गरे।
त्यसपछि सिन्सिनाटीकै हमिल्टनकाउन्टीमा जव एण्ड फ्यामिली सर्भिसेसमा केस मेनेजरकै रुपमा जागिर खाए करिव एक वर्ष। यी दुई संस्थामा काम गर्दाको अनुभव, पहुँच र चिनजानको आधारमा आफ्नो समुदायको हितका काममा उनी लागिपरिरहेका छन्।
सहयोगी भावनाको ठूलो छाती भएकाले उनीबाट समुदायका असंख्य परिवारहरु लाभान्वित भइरहेका छन्। ओहायोकै चिली कथेको होपवेल हेन्थ सेन्टरमा लामो समयदेखि चिकित्सकको रुपमा कार्यरत डा.डामोदर पौडेल समुदायका लागि ताराले गरेको काम साच्चिकै अनुकरणीय र प्रशंशनीय रहेको बताउँछन्।
‘तेस्रो देशमा आएर उहाँले भुटानी नेपाली समुदायका लागि होहल्ला नगरी निस्वार्थ भावमा जे गरिरहनु भएको छ त्यो सामान्य कुरा हैन’ कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्षसमेत रहेका पौडेल भन्छन्, ‘समुदायका लागि यसरी मरिमेटेर प्रतिवद्ध रुपमा सेवा गर्ने मान्छे बिरलै भेटेको छु।’
हाल हेल्थी होमकेयर नामक सिन्टिसनाटीकै ब्यबसायिक संस्थामा मानव संसाधन विभागमा कार्यरत उनी त्यो सँगै सामाजका गाह्रा अफ्ठ्यारा काममा हातेमालो गर्दै आएका छन्। ‘यहाँका सरकारी कार्यलयमा गरेको कामको अनुभव, सम्बन्ध अनि शरणार्थी पुनर्वासपछि सहयोग गर्ने संस्थामा काम गरेको अनुभवले समुदायका लागि सहयोग गर्न सहज भएको अनुभव गरेको छु,’ तारा भन्छन्।
कोरोनाका बिरामीलाई प्रत्यक्ष सहयोग गर्न ब्रेभ (भुटनीज रेस्पोन्स एसिस्ट्यान्स भोल्युन्टर इफोर्टस) नामक कार्यक्रम शुरुवात गरियो। कोही बिरामी भएमा यसले प्रत्यक्ष सहयोग गथ्र्यो। कोरोनाको ठूलो आतंकको समयमा घरघरमा पुगेर अनगिन्ती सिन्सिनाटीबासी नेपालीभाषीलाई उनले गरेको सहयोग निकै प्रशंशित भयो।
भुटानमा बुवा कारवारी (जनप्रतिनिधि) हुनुहुन्थ्यो। ‘सानैदेखि उहाले सबै गाउँलेलाई सहयोग गरेको देखेर हुर्केको म त्यही कारण यो काममा उत्प्रेरित भए, आज यसैमा रमाउँछु’ उनले समाजसेवामा लाग्नुको कारण बताए।
२०२० मा कोरोनाको महामारी शुरु भएपछि ओहायोको राजधानी कोलम्बसबाट कोरोनाका बिरामीलाई प्रत्यक्ष सहयोग गर्न ब्रेभ (भुटनीज रेस्पोन्स एसिस्ट्यान्स भोल्युन्टर इफोर्टस) नामक कार्यक्रम शुरुवात गरियो। कोही बिरामी भएमा यसले प्रत्यक्ष सहयोग गथ्र्यो। कोरोनाको ठूलो आतंकको समयमा घरघरमा पुगेर अनगिन्ती सिन्सिनाटीबासी नेपालीभाषीलाई उनले गरेको सहयोग निकै प्रशंशित भयोे।
गएको जनवरी ८ मा उनले सिन्सिनाटीमा हेमल्टनकाउन्टी पव्लिक हेल्थ र कोल्रेन टाउनसिप अफ फायर डिपार्टमेन्टको सहकार्यमा ब्यक्तिगत पहलमा वृहत कोरोनाको खोप कार्यक्रम आयोजना गरे। जसमा ४१० जनाले खोप तथा बुष्टर लगाएका थिए। त्यसैगरी जनवरी २९ मा २५० जनालाई खोप लगाउन कार्यक्रम गरे भने बच्चाहरुको लागि कार सिट पनि बाँडे।
सिन्सिनाटीको मायामी युनिभर्सिटीका प्रोफेसर डा.जर्नादन सुवेदी आफूले भुटानी नेपालीकाे सिन्सिनाटी समुदायमा ब्यक्तिगत रुपमा यसरी सहयोग गर्ने उनीबाहेक अरु कोही यति प्रभावकारी नदेखेको बताउँछन्। स्थानीय राजनीतिज्ञ, मेयर, न्यायधीश , लोकल एजेन्सीका मान्छेहरुसँग राम्रो सम्बन्ध, पहुँच बनाएका ताराले समुदायका सदस्यलाई केही परेमा दौडेर काम गरिदिने गरेको सुवेदी बताउँछन्।
‘समुदायका लागि खुलेका संघसंस्था भन्दा ब्यक्तिगत रुपमा उनले धेरै गुणा काम गरिरहेको देख्छु’, ४० बर्षदेखि ओहायो बस्दै आएका सिन्सिनाटी निवासी सुवेदी भन्छन्, ‘ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर यसरी समर्पित रुपमा अनवरत सेवा गर्नु चानचुने कुरा हैन।’
|
अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार वासिंगटन डिसी । अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको एउटा मोटेलमा मृत अवस्थामा फेला परेका नेपाली राजेन्द्र कार्कीको स्थानीय नेपाली समाजका सदस्यहरुले दाहसंस्कार गरेका छन् । उनी स्थायी ठेगाना नेपालको ओखलढुंगा रहेको पत्ता लागेको छ ।
उनी डेनभर शहरमा रहेको काठमाडौं नामक नेपाली रेष्टुरांमा काम छोडेर हिडेको एक महिनाभन्दा केही बढी दिनपछि शहरको मध्यभागमा रहेको एउटा मोटेलमा मृत फेला परेका थिए ।
उनी मोटेलमा गएर केही दिन बसेका रहेछन्, उनको कोठाको ढोका नखुलेको पाएपछि मोटेल व्यबस्थापनले स्थानीय प्रहरीलाई बोलाई ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा पाइएका थिए । तै पनि प्रहरीले उनलाई शुरुमा अस्पताल लगेको र डाक्टरले उनलाई मृत घोषित गरेको जानकारी स्थानीय नेपाली समाजका अभियन्ताहरुले पाएका छन् ।
मृत्युको कारण नेचुरल डेथ भनिएको रिपोर्ट दिइएको छ । थप अनुसन्धानका लागि रगतको स्याम्पल परीक्षणका लागि लगेको र त्यसको रिपोर्ट १२ हप्तामा मात्र दिइने जानकारी पनि पाएको एनआरएनएका बोर्ड सदस्य सुशील दाहालले डिसी नेपाललाई बताए ।
कार्कीको पासपोर्ट नम्बर राखेर वेवारिसे मृत्युसम्बन्धी अनुसन्धान गर्ने निकाय कोरोनर अफिसका अनुसन्धानकर्ता केली वारेनले वासिंगटन डिसीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै आफन्त, नातेदारलाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका थिए । दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए),कोलोराडो च्याप्टरलाई सो जानकारी गराएपछि च्याप्टरले उनका बारेमा नेपालसम्म सोधखोज गरेको थियो ।
केही बर्षअघि अमेरिका आएका उनी कोलोराडो बस्दै आएका र विभिन्न नेपाली रेष्टुरांहरुमा काम गरेको पाइएको र उनको परिवारसंग पनि नेपालमा सम्पर्क गरी अन्तिम संस्कारको अनुमति लिइएको कोलोरोडो च्याप्टरका अध्यक्ष आरसी पन्तले डिसी नेपाललाई बताए ।
मोटेलमा मृत भेटिएका कार्कीको साथमा पासपोर्ट रहेको र खल्तीमा चारसय पचास डलर रहेको जानकारी प्रहरीले नेपाली समाजलाई गराएको थियो । उनको अन्तिम संस्कारका लागि गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरले स्थानीय नेपाली समुदायसंग रकम संकलन गरेको र सोही रकमबाट फेब्रुअरी ११ तारिक शुक्रबार विहान स्थानीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको थियो । उनको खल्तीमा फेला परेको रकम अन्तिम संस्कारका बेला दान गर्ने इच्छा परिवारले व्यक्त गरेपछि सोही अनुसार दान गरिएको थियो ।
कार्कीका एकजना भाइ नर्थ क्यारोलिनाबाट र अर्का सालो नाताका आफन्त पनि अन्तिम संस्कारका लागि कोलोराडो पुगेका थिए ।
|
कोलम्बसमा मनाइयो जुममार्फत सरस्वती पूजा Ctकोलम्बस। ओहायो राज्यको राजधानी कोलम्बस र आसपास बस्ने बालबालिकाले सरस्वती पूजा मनाएका छन्। सरस्वती पूजाको अवसर पारेर कोलम्बसमा बस्ने बालबालिकालाई लक्षित गरेर कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) ले जुममार्फत ५ फेब्रुअरीमा सरस्वती पूजा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा करिव ८० बालबालिका सहभागी थिए।
रिदम साह, सुस्मा चौधरी, सौरभ चौधरी, अरमान अधिकारीले जुममार्फत संचालन गरेको सो कार्यक्रममा रंगराज अधिकारीले सरस्वती पूजा गरेका थिए। त्यसै गरि दिक्षा दाहाल, दिव्या दाहाल र पूजा पोखरेलले सरस्वती बन्दना गाएका थिए।
कार्यक्रममा बालबालिका सम्बन्धी थुप्रै पुस्तक लेखेकी अनिता अधिकारीले पुस्तक पढ्ने तथा बालबालिकासँग अन्तक्रिया गरेकी थिइन्। लामो समय अमेरिकामै शिक्षण गरेकी कार्यक्रमकी प्रमुख अथिती अधिकारीले एन फर नेपाली, वाइ फर योगा, माइ डटरर्स आर स्मार्ट, नेपाली टेल्स, दशैं आयो तिहार आयो लगायतका बालबालिकाका लागि पुस्तक लेखेकी छन्।
कार्यक्रममा सरस्वती पूजा र नेपाली सम्बन्धी कहुत एप्समार्फत क्विज प्रतियोगिता समेत गरिएको थियो। जसमा दिव्या रिजाल, आराध्या र तानिसी शाह क्रमशः प्रथम, द्वितीय र तृतीय भए। कार्यक्रममा संस्थाका उपाध्यक्ष तौलेश्वर चौधरी र कोषाध्यक्ष रक्षा दाहालले कार्यक्रमा विषयमा प्रकाश पारेका थिए।
हिन्दु मान्यता अनुसार देवी सरस्वतीको जन्म दिन रहेको यस दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न सरस्वती पूजाको दिन शुभ रहने विश्वास छ।
कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्ष डा. दामोदर पौडेलले कार्यक्रममा बालबालिकाको सहभागीता उत्साहजनक रहेको बताए। लामो समयदेखि ओहायोको चिलीकथेको होपवेल हेन्थ सेन्टरमा चिकित्सकको रुपमा कार्यरत डा. पौडेलका अनुसार नेपाली कला, संस्कृति संरक्षणमा संस्थाले महत्व दिँदै यस प्रकारका कार्यक्रम आयोजना गरेको डिसी नेपाललाई बताए।
कोलम्बससँगै डव्लिन, वेष्टरभिल, रेनोल्सबर्ग पिकरिन्टनलगायतका स्थानमा नेपालीहरु बस्छन्। अमेरिकाका विभिन्न शहरमा रहेको स्थानीय संघ संस्थामध्ये कोना पछिल्लो समय निकै सक्रिय रुपमा देखिएको छ। यस अघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आउँदा वृहत कार्यक्रम आयोजना गरेको थियो। यसपछि लैन सिंह वांदेलको चित्रकला प्रदर्शनी कार्यक्रको तयारी गर्दैछ।
|
अमेरिकाको शवगृहमा नेपालीको शव, आफन्त खोज्न दूतावासलाई पत्र वासिंगटन डिसी। अमेरिकाको कोलोराडोस्थित एक शवगृह (मुर्दाघर) मा नेपाली नागरिकको शव रहेको र उनी मृत फेला परेको भन्दै पहिचानका लागि एकजना अनुसन्धानकर्ताले नेपाली राजदूतावासलाई पत्र लेखेको छ।
नेपालका राजेन्द्र कार्की नाम गरेका व्यक्ति मृत भएको भएको भन्दै उनका नजिकका आफन्त, नातेदार वा सम्बन्धित व्यक्तिको खोजी गरी शव गृहको सम्पर्कमा ल्याइदिन दूतावासमा पत्र लेखेको लेखिएको हो।
वासिंगटन डिसीस्थित नेपाली दूतावासका अनुसार,आरापाहो काउन्टी, कोलोराडोका कोरनर्स अफिसबाट डेथ इन्भेस्टिगेटर केली वारेनले एक पत्र पठाई राजेन्द्र कार्की भन्ने व्यक्तिको मृत्यु भएको र उनका निकटतम व्यक्तिहरु सम्पर्कमा नआएको, नभेटिएकोले आवश्यक सम्पर्कका लागि पहल गरिदिन भनेका छन्। कोरनर्स अफिसका डेथ इन्भेष्टिगेरले मृत्युसम्बन्धी कारण पत्ता लगाउने गर्दछन्।
इन्भेष्टिगेटरबाट आएको पत्रअनुसार नेपाली दूतावासले गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली संघ संस्थालाई आवश्यक पहल गर्न आग्रह गरेको छ। सो पत्रअनुसार, मृतक व्यक्तिको नाम राजेन्द्र कार्की र उनको जन्म मिति अगष्ट २५, १९६८ हो। उनको साथमा रहेको पासपोर्टको नम्बर ०५६३८२१८ रहेको छ।
उनको नेपालमा परिवार र आफन्तहरु पत्ता लागेपछि अन्तिम संस्कार कसरी गर्ने भन्ने तय हुन सक्ने र दूतावासले परराष्ट मन्त्रालयले लिखितरुपमा अनुमति दिएमा अमेरिकाबाट शवलाई नेपाल पठाउन वा अन्तिम संस्कारका लागि शव गृहलाई पत्र लेख्ने दूतावासका एक कर्मचारीले डिसी नेपाललाई बताए। त्यत्तिन्जेलसम्म उनको शव सोही शव गृहमा रहने पनि उनले बताए।
कार्कीका शव कोलोराडो राज्यको अरौरा भन्ने स्थानमा फेला परेको पत्रमा उल्लेख भएको तर के कस्तो अवस्थामा पाइएको हो र मृत्यु कसरी भएको हो भन्नेबारे कुनै विवरण नखुलेको बताइएको छ।
|
प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन अप्रिलमा हुने काठमाडौं । प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।
जनवरी १५ मा बसेको मञ्चको सचिवालय बैठकले आगामी अप्रिलमा राष्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनस्थल भने अर्को बैठकले निर्णय गर्नेछ ।
बैठकमा पोखरास्थित गण्डकी अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट सहयोगका लागि संकलित रकमको विस्तृत बिवरण सचिवले सबैलाई जानकारी गराएका थिए ।
|
अमेरिकामा फिजिक्सका प्राध्यापक डा.ज्ञवाली उत्कृष्ट घोषित अमेरिका । अमेरिकाको टेक्सासमा प्राध्यापनरत एकजना नेपाली मूलका प्राध्यापकले आफ्नो कलेजबाट उत्कृष्ठ प्राध्यापक अवार्ड जितेका छन् र उनलाई सो विश्वविद्यालयले टेक्सास राज्यभरिबाट नै उत्कृष्ट प्राध्यापक घोषित गर्नका लागि नोमिनेशनसमेत गरेको छ।
टेक्सास राज्यको सान जेसिन्टो कलेजको साउथ क्याम्पसमा फिजिक्स विषयका प्राध्यापक डा.मधु ज्ञवाली त्यसरी सम्मान पाउने नेपाली मूलका प्राध्यपक हुन्।
उनलाई टेक्सास राज्य भरिबाट उत्कृष्ठ प्राध्यापकले पाउने माइने पाइपर अवार्डका लागि सान जेसिन्टो कलेजले नोमिनेसन गरेको घोषणा पनि गरेको छ। नेपालको गुल्मी घर भएका प्राध्यापक ज्ञवालीले सो कलेजबाट उत्कृष्ट फ्याकल्टी एण्ड स्टाफ अवार्डसमेत जितेका छन्।
सो कलेजद्वारा हालै जारी गरिएको सूचनाअनुसार, उनी विगत ६ बर्षदेखि सो कलेजमा फिजिक्स विषयमा प्राध्यपनरत छन् । ५० हजारभन्दा बढी विद्यार्थीहरु भएको सो कलेज सिष्टममा ६ सयभन्दा बढी फ्याकल्टी मेम्बरहरु छन्।
ती छ सयबाट ६ जना उत्कृष्टमध्येमा परेका उनी छानिएका ६ मध्ये पनि सर्बोत्कृष्ट भई पाइपर अवार्डका लागि नोमिनेशसनमा परेका हुन्।
गुल्मीको ग्वादीमा सरकारी विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेर तानसेनबाट एसएलसी र तानसेनबाटै बीएस्सीसम्म पढेका उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा स्नातकोत्तर गरेका थिए। उनले पिएचडी भने अमेरिकाबाट गरेका हुन्।
विश्वविद्यालयद्वारा जारी गरिएको सूचनाअनुसार, उनी अनुसन्धानमुलक विधिबाट विद्यार्थीहरुलाई शिक्षित गर्ने कार्यमा उत्कृष्ट भएका कारण उनलाई पाइपर अवार्डका लागि नोमिनेशन गरिएको हो। यो अवार्डमा टेक्सास राज्यका सबै निजी तथा सरकारी विश्वविद्यालयहरु र कलेजहरुबाट प्रतिष्पर्धाका माध्यमबाट छनौट गरिन्छ।
डा. ज्ञवालीको योगदानबारे कलेजको प्रकाशनमा सान जेसिन्टो कलेजका नेचुरल तथा हेल्थ साइन्सका डिन डा. त्रिस्टोफर वाइल्डले भनेका छन्, ‘डा.ज्ञवालीले आफ्नो विशिष्ट प्रतिभा र समय निरन्तररुपमा दिएर आफ्ना विद्यार्थीहरुलाई शिक्षित गर्दै आएका छन्।’
आफूले पाएको अवार्डले आफ्नो कामले सम्मान पाएको प्रतिक्रिया डा.ज्ञवालीले दिए। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘यसले आफ्नो क्षेत्रमा थप अनुसन्धान गर्दै अध्यापनलाई अघि बढाउन हौसला मिलेको छ।’
डा.ज्ञवाली र उनका केही विज्ञ साथीहरु मिलेर नेपालमा पनि पीएचडीका विद्यार्थीलाई गाइड गर्ने काम अमेरिकाबाटै गरिरहेका छन्। उनको समूहले नेपालमा चट्याङ्ग पर्ने अवस्थाबारे पनि अध्ययन शुरु गरेको छ।
‘अहिले प्रराम्भिक अवस्थामै छौं तर अध्ययनका क्रममा सन् २०२० मा लकडाउन भई पोलुसन कम हुँदा चट्याङ्ग पनि घटेको पाइएको छ,’ उनले भने। उनका रिसर्च पेपरहरु प्रसस्तै भएका छन्। पछिल्लो समय उनी र उनको अनुसन्धान समूह अमेरिकाको टेक्सास राज्यको विगत २० बर्षदेखिको पोलुसनको अवस्था र कारणको बारेमा अध्ययनरत छ।
|
एनआरएनए अमेरिकाले यसै वर्ष कार्यालय भवन खरिद गर्ने अमेरिका। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले लामो समय देखिको मुद्दालाई टेबलबाटै सहमति गरी संस्थालाई आर्थिक भारबाट जोगाएको जनाएको छ।
फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिक २०२२ मा आयोजित हाइब्रिड बैठकको खुला सत्रमा अध्यक्ष बुद्धि सागर सुवेदीले मुद्दारत पक्ष सूर्य लम्सालसँग टेबलमा बसेर सहमति गरी मुद्दा फिर्ता गराएको उल्लेख गरे।
आफ्नो प्रस्तुतिमा अध्यक्ष सुवेदीले यसै वर्ष भित्र गैर आवासीय नेपाली संघ अमेरिकाको कार्यालय भवन खरिद गर्ने योजना रहेको प्रस्ट पारे। कार्यसमिति बैठकले भवन खरिदका लागि अध्यक्ष सुवेदीकै नेतृत्वमा काम अगाडि बढाउने र खरिदका लागि आर्थिक श्रोत जुटाउन कोषाध्यक्ष राजीव श्रेष्ठको नेतृत्वमा भवन खरिदका लागि आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ।
सन् २०१५ देखि भवन खरिदका लागि समिति गठन गर्ने तर काम अगाडि नबढाउने गरेको स्मरण गर्दै अध्यक्ष बुद्धि सागर सुवेदीले यस पटक विगतको त्रुटि नदोहोरिने उल्लेख गरे।
हाइव्रिड बैठकमा संस्थाले विगतमा गरेका कामहरूको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भएकाे थियाे। आफ्नो कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा अध्यक्ष बुद्धि सागर सुबेदी र महासचिव अन्जन कुमार चौलागाईंले एनसीसी तथा यस अन्तर्गत रहेका क्षेत्र र च्याप्टरहरूले विगतमा गरेका कार्यहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरूका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाका आर्थिक गतिविधिहरूको बारेमा प्रकाश पारे।
बैठकमा बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरू दिक्क्षा बस्नेत, सुमन थापा, विकास उप्रेती, गोपेन्द्र भट्टराई र दिलु पराजुली, महिला संयोजक, सुन्दरी गुरुङ, युवा संयोजक त्रिभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, दक्षिण क्षेत्रीय संयोजक बादल भुजेल, पूर्व क्षेत्रीय संयोजक सम्मर बुढाथोकी, मध्य पश्चिम क्षेत्रीय संयोजक किरण बस्नेत, फ्लोरिडा च्याप्टर अध्यक्ष विकास देवकोटा, स्वास्थ्य समिति चेयर डा. प्रकाश श्रेष्ठ, विज्ञान तथा प्रविधि समिति चेयर डा. माधव पाण्डे, हेल्प डेस्क कमिटीका चेयर राज ढुङ्गाना, ब्लड डोनेसन कमिटीका चेयर विश्वराज बास्तोला, युवा कमिटी चेयर संदेश उप्रेती, विद्यार्थी समिति चेयर मिलन जंग कटुवाल र नेपाली सामाग्री प्रबर्धन समिति चेयर दुर्गेश जगं कार्कीले आफू मातहत रहेका समिति तथा टास्कफोर्सका गतिविधिहरूको जानकारी प्रदान गरेका थिए।
|
भुटानले गरेको जातीय सफायाको मुद्दा अब झन् सशक्त भएर जाग्नेछ : नारायण कटेल, पूर्वकुटनीतिज्ञ, भुटान नारायण कटेल अमेरिकाको भुटानी नेपाली समुदायका अगुवा हुन्। भुटानको साम्चीमा जन्मेका उनले सन १९८२ देखि १९९१ सम्म भुटानको विदेश मन्त्रालयमा काम गरेका थिए। विदेश मन्त्रालयमै रहँदा कुवेतको नियोग र रोयल भुटनिज एम्बेसी नयाँदिल्ली भारतमा डिप्लोम्याट भएर कटेलले काम गरेका थिए।
१९९० को दशकमा नेपालीभाषी आफ्ना नागरिकलाई दक्षिण भुटानमा रहेका नेपालीभाषीमाथिको अत्याचार, दमनगर्दै देशबाट लखेट्ने क्रमले चरम रुप लिन थालेपछि कटेल राजदूतावासको जागिर छाडेर काठमाडौ गएका थिए। झण्डै एक दशक भुटानी शरणार्थी समस्या समाधानका लागि शुरुमा भुटान नेसनेल डेमोक्रेटिक पार्टी तथा पछि युनाइटेड फन्ट फर डेमोक्रेसीका उनी प्रवक्ताका रुपमा नेपालमा सक्रिय थिए।
भुटानी शरणार्थीको हकहितका अलावा मानव अधिकारको विषयमा ‘एक्टिभिष्ट’को रुपमा काम गर्दागर्दै २००२ मा उनी अमेरिका आएका थिए। हाल अमेरिकाको पेन्सिलिभेनिया राज्यको पिट्सबर्ग शहरमा बस्दै आएका उनीसँग डिसी नेपालका लागि ऋषिराम कट्टेलले अमेरिकामा लिएको अन्तर्वार्ता।
आफ्नो भुटानको पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस न ?
दक्षिणी भुटानको साम्ची जिल्लाको घुमाउने गाउँमा कृषि तथा ब्यापारमा आश्रित परिवारमा जन्मेको हुँ। हाम्रो तीन पुस्ता भुटानमा थियो। सोलुखुम्बुको नेचाबाट सानै उमेरमा मेरा पिता भुटान पुग्नु भएको थियो। दाजुभाइ ९ जना र ६ दिदीबैनीसहितको ठूलो परिवार थियो।
भुटानमा सरकारी सेवामा प्रवेश गर्न कतिको सजिलो थियो ? नेपालीहरु कतिको थिए त्यो ताका?
दक्षिणी भुटानमा बस्ने नेपालीहरु पढाइमा अगाडि थिए। भारतको सिमाना नजिकै भएका कारण भारत गएर राम्रो शिक्षा लिने नेपाली धेरै थिए। भुटानले दार्जिलिङमा स्कलरसिप दिएर पढ्न पनिप ठाउँथ्यो।
भुटान आफ्नो प्रोपोगान्डा बेच्न सफल भयो।
सरकारी जागिर खान रोयल सिभिल सर्भिस कमिसनमा परीक्षा दिनुपथ्र्यो, त्यसमा पास गरेपछि जागिर पाइन्थ्यो, नेपालमा जस्तो सरकारी जागिर खान गाह्रो थिएन किनकि जागिर खान खोज्नेहरु त्यो ताका कम हुन्थे।
तर मेरो चाहिँ परराष्ट्र मन्त्रलाय भएकाले कमिसनको परीक्षा पास गरेपछि फेरि छुट्टै टेष्टपास गर्नुपथ्यो, सजिलो थिएन। मेरो पालामा नर्थ भुटानबाट एक जना, साउथबाट एउटा जसमा म मात्र थिएँ। म भन्दापहिला ३‐४ जना नेपाली थिए विदेश मन्त्रालयमा।
भुटानको रातो पासपोर्ट भएको मान्छे, आफ्नै देश जान नपाउँदा कस्तो लाग्यो?
आफ्नो जन्मभूमि आफ्नो आमाभन्दा माथि हुन्छ। आफू जन्मेको ठाउ, हुर्केको ठाउँ, टेकेको माटोमा फर्केर जान नपाउँदाको पीडा त शब्दमा कसरी बर्णन गर्न सकिएला र? कुटनीतिक राहदानीको आफ्नै गरिमा र महत्व हुन्छ, यद्यपि हाम्रो फरक परिस्थितिले यस्तो अवस्था आइ दियो।
ठूलो जनसंख्या अमेरिका युरोपमा पुर्नवास भइसक्यो , अब शरणार्थी समस्या समाधान भएको हो?
भएको छैन। यो शरणार्थी समस्या अहिले पनि छ। किनकि भुटानमा अहिले पनि केही त्यस्ता ब्यक्ति छन्, जसका आफन्तलाई भुटानले लखेट्यो। उनीहरुलाई गैरनागरिक जस्तो बनाएको छ। कुनै पनि दिन उनीहरु शरणार्थी हुन सक्छन्। नेपालको शरणार्थी शिविरमा अझैपनि साढे ६ हजार छन्। भुटानमा रहेका ल्होत्साम्पाहरु दोस्रो दर्जाको नागरिक जस्तै छन्।
भुटानमा रहेका ल्होत्साम्पाहरु दोस्रो दर्जाको नागरिक जस्तै छन्।
४ दर्जनभन्दा बढी राजबन्दीहरुको पनि यतिका वर्षसम्म कुनै सुनुवाइ भएको छैन। उनीहरुको तत्काल र निसर्त रिहाइका लागि जोडसँग आवाज उठिरहेका छ। लाखभन्दा बढी भुटानी तेस्रो मुलकमा पुर्नवासित भएपनि भुटानी शरणार्थीको समस्या बाँकी नै छ। मेरो विचारमा जानीबुझीनै शाही भुटानी सरकारले ५० भन्दाबढी बन्दीहरुलाई रिहा गरेको छैन।
नेपालीभाषी भुटानीहरुलाई भुटानबाट खेदिएको बिषय बिर्सिंदै गएको देखिन्छ, यहाँलाई के लाग्छ अब आफ्नो देशले आफ्नै नागरिकलाई लखेटेको बिषय हराउँदै गएको हो?
हराउँदैन। त्यति सजिलै हराउने, बिर्सिएर जाने विषय हैन यो। भुटानबाट लखेटिएकोबारे धेरै जानकार छन्। ल्होत्साम्पाहरुलाई देशबाटै लखेटेर निमिट्यान्न पार्ने भुटान सरकारले नीति बनाएर जम्मा जनसंख्याको करिव १/६ नेपालीभाषीहरुलाई निकाला गरेको थियो।
अहिले युरोप, अमेरिकामा रिसेटल भएकाहरु यहाँका गुणस्तरीय कलेज, विश्वबिद्यालयहरु गुणस्तरीय शिक्षाहासिल गरिरहको छन्। नयाँ पिढीले साच्चिकै धेरै उपलब्धिहासिल गरेका छन्। कति डाक्टर, इन्जिनियर, ब्यापारी, बैज्ञानिक भैसकेका छन्, अरु धेरै यो प्रक्रियामा छन्।
पहिले जस्तो गास बास कपासको समस्या छैन अब, त्यसैले अब यो बिषय बिस्तारै उठ्दैछ। आफ्नो गुमेको देशबारे हामी नेपालीभाषी भुटानीको आउने पुस्ताले पनि आवाज चर्काइरहने स्थिति मैले देखेको छु। यो आजका लागि ढाकेर वा छोपेर हराइहाल्ने मुद्दा होइन, यो जातीय सफायाको इतिहासलाई कहिल्यै भुल्न सकिने छैन। अहिले अबस्था बदलिएको छ, आउँदो समयमा यो मुद्दा प्रखर र घनिभूत भएर जाग्नेछ।
दक्षिणी भुटानबाट १ लाख २० हजार भन्दाबढी नेपालीभाषी लेखेटिँदा बाहिरी विश्वमा यस बिरुद्ध किन आवाज बुलन्द भएन?
यो ८०/९० को दशकमा भएको घटना हो। त्यसबेला भुटानमा राम्रो सन्चार माध्यम छँदै थिएन। बाहीरी मिडियापनि अहिलेजस्तो विकसित नभएको हुनाले बाहिरी जगतमा प्रचार हुन सकेन। तैपनि अन्तर्राष्ट्रिय जगतमा आवाज उठेको हो। तर देश, सरकार भनेको यसै पनि शक्तिशाली हुन्छ ।
त्यसबेला भुटान आफ्नो राज्य संयन्त्रप्रयोग गरेर हाम्रो आवाजलाई दवाउन सफल भएको थियो। संसारले हाम्रो आवाजमाथि पनि पक्षपात ग¥यो। हाम्रो लागि बोली दिने कम थिए। तै पनि केही आवाज चाहिँ उठेको हो, त्यसैले त पूर्णरुपमा जातीय सफाया गर्न नसकेको हो।
के त्यो जातीय सफाया नै थियो ?
आफ्नो कुल जनसंख्याको झण्डै १७ प्रतिशत आफ्ना नागरिकहरुलाई हिंसामा उत्रिएर अनाहकमा बलजफ्ती गरेर निकाला गर्नु जातीय सफाया नै हो। नेपालभाषी मुक्त भुटान बनाउने प्रारुप अनुसार नै त्यो निस्काशन अभियान शुरु भएको थियो। त्यसै कारणले यो खासमै आधुनिक इतिहासमा भुटानभित्र भएको आमजातीय सफाया नै थियो। तर यसको बाबजुद पनि भुटानका प्रमुख दाता देशहरुको सामुहिक हस्तक्षेप र अन्तराष्ट्रिय दबाबका कारणले तेस्रो देश पुनर्बास कार्यक्रम सम्भव भयो।
भारत एउटाशत्ति राष्ट्र भएको कारणले पश्चिमाहरुमा भारतीय विष्लेषणलाई नै हुबहु स्विकार गर्ने प्रचलन रहेको छ।
बहुसंख्यक भुटानी शरणार्थीहरुलाई यो ठुूलो राहत थियो। भुटानले जे चाहेको थियो, त्यो हुन सकेन, अन्तर्राष्ट्रिय दवदवा र नेपाल सरकारले पनि युएनसीएचआरलाई पूर्वी नेपालमा शरणार्थी शिविरहरु खडा गर्न दिने रणनीति अख्तियार गरेको कारणले तानाशाही भुटान सरकारले जातीय संहारको शुरुवाती एजेन्डाले पूर्ण आकार लिन पाएन।
अमेरिका, बेलायतसहितका पश्चिमा देशहरुले नेपालीभाषी भुटानीको मानव अधिकारका पक्षमा किन बोलेनन्?
ह्याप्पी–इन्डेक्सको आत्मरति विश्वसामु फैलाएर भुटानले नेपालीभाषी भुटानीको मानवअधिकार तथा शरणार्थीको मुद्दालाई ओझेलमा पार्यो। उनीहरुलाई भुटान सरकारले मख्यै पारेको थियो, भुटानको ग्रस नेशनल ह्यापीनेश फर्मुलाले। अमेरिका युरोपले पनिभुटानको झुटको पुलिन्दालाई सजिलै पत्याइ दियो।
अर्को कुरा भारतले भुटानलाई पुरै आड भरोसा दिएको थियो। भारत एउटा क्षेत्रीय शक्ति भएको कारणले पश्चिमा देशहरु अमेरिका, बेलायत, युरोपियन युनियन, भारतलाई साथ लिएर काम गर्न चाहन्छन्। भुटानको विषय बस्तुमा भारतको धारणा र दृष्टिकोणलाई लगभग समर्थन गर्छन्। उनीहरु भारतलाई चिढाँउन चाहँदैनन्। भारत एउटाशक्ति राष्ट्र भएको कारणले पश्चिमाहरुमा भारतीय विष्लेषणलाई नै हुबहु स्विकार गर्ने प्रचलन रहेको छ।
भुटान एउटा अविकसित, भूपरिवेष्ठित अनि क्षेत्रफलमा पनि सानो देश। अमेरिका, बेलायतजस्ता देशहरुलाई यहाको विशिष्ट बौद्ध संस्कृति र परम्परामा जोगाउनु महत्वपूर्ण लाग्यो। नेपालीहरुको जत्थाले हुलहज्जत गर्दै अधिकारको नाममा भुटानी बौद्ध सभ्यता मेटाउँदै छन् भनेर भुटानी सरकारले अन्तार्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन सफल भयो। भुटान आफ्नो प्रोपोगान्डा बेच्न सफल भयो। त्यसैले भुटानकादाता देशहरुकै सहयोगमा लाख भन्दाबढी जनसंख्या तेस्रो देशमा पुनर्वास भएको हो।
त्यति बेला शरणार्थी समस्या समाधान नहुने एउटा कारण चै नेपालमा बसेका भुटानी नेता÷ पार्टीका कारण हो भन्छन् नि?
त्यो पनि एउटा कारण थियो। भुटानी शरणार्थी नेताहरुले एउटै आवाजमा एक लवजमा आफूमाथि भएको मानवता बिरोधी अपराधलाई अभियानको रुपमा बुलन्द बनाउनै सकेनन्। यस्तो लाग्थ्यो कि भुटानी शरणार्थी नेताहरुको पाराले पश्चिमाहरु दोधारमा परेका छन्।
उनीहरु पार्टीगत स्वार्थमा डुबेका थिए। हाम्रो मुद्दालाई संयुक्त एवं जोडदाररुपमा उठाउनै सकेनन्। तर भुटानले दर्बिलोसँग आफ्नो पक्षपोषण गर्दै गयो र अझै पनि गर्दैछ।
दक्षिणी भुटानमा अझै बाँकी रहेका नेपालीभाषीको बारेमा कतिको जानकार हुनुहुन्छ?
उनीहरुकोे स्थिति त्यस्तै नै छ। परिवर्तन आयो भने देखावटी मात्र। यो जातीय सफाया मानसिकता १९५० को दशकदेखि उनीहरुको मष्तिष्कमा छ। शुरुमा धेरै भुटनिजहरुले विश्वास गरेका थिए, राजाजिग्मे सिंगे वाङचुङलाई। मिसलिडउनका सल्लाहाकारले गरे भनेर। तर अहिले आएर थाहा भयो कि राजा आफैले थालेको रहेछ यो नेपाली लखेट्ने डिजाइन।
आफ्नो गुमेको देशबारे हामी नेपालीभाषी भुटानीको आउने पुस्ताले पनि आवाज चर्काइरहने स्थिति मैले देखेको छु।
उनले गरेको थिएन भने त देश फर्काउन सक्थे नि देश निकाला गरिएका आफ्ना नागरिकलाई। त्यसैले मलाई लाग्छ त्यहाँ कुनै परिवर्तन आएकै छैन। भुटानी समस्या छोडेर अरु सबै कुरा भुटानमा ठिकठाक छ भन्ने लाग्ला तर अझै पनि दक्षिण भुटानमा बसेका नेपालीभाषी भुटानीहरु एक हिसावमा राज्यविहीन अबस्थामा छन्।
भुटानभित्र यी नागरिकको हैसियतमा बेलाबेला प्रश्न चिन्ह लगाइन्छ। र, कुनै पनि बेला देशबाट निष्कासित हुँदैनन् भन्ने कुरामा विश्वस्त हुन सकिने अबस्था छैन। सबै झुट र भ्रमको खेतीमात्र छ भुटानले शाशकले अहिलेसम्म गरेको। अहिलेका राजाले पनि बावुको निर्देशनपालना गर्ने हो आखिर। के आशा गर्नु र भुटानको राजनीतिक सिष्टम निरंकुशबाट प्रजातान्त्रिक भएपनि के नै भएको छ र?
डिप्लोम्याट हुँदा सँगै काम गरेका तथा सँगै पढेका साथीहरु कस्तो पोजिसनमा छन् भुटानमा अहिले?
संयुत्त राष्ट्र संघको प्रतिनिधिदेखि राजदूतसम्म भइसके। कतिपय सँगै पढेका साथीहरु मन्त्री भइसके।
भुटान छोडेको सबै भन्दा ठूलो नेपालीभाषी भुटानी जनसंख्या (हाल एक लाखभन्दा बढी) अमेरिकामा बस्छ, उनीहरु अबस्था कस्तो छ? प्रगति कस्तो छ?
तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन्। तेस्रो देशको पुनर्वाससँगै बिस्तारै लोभलाग्दो उपलव्धि हासिल गरिरहेका छन्। शरणार्थी पुनर्वास कार्यक्रममा छिटो आर्थिक प्रगति गर्नेमा ओहायो राज्यमा नेपालभाषी भुटानी नै अगाडि छन्।
न्युअमेरिकन इकोनोमी नामक संस्थाको रिपोर्टअनुसार अन्य शरणार्थीभन्दा भुटानी अग्रपंक्तिमा छन्। बढि मेहनती र काम गर्न सक्ने भएकाले भुटानी नेपालीहरु विभिन्न कम्पनीका रोजाइमा छन्। डाक्टर, इन्जिनियर, पाइलट, ब्यबसायी देखिँदैछन्। नेपालीभाषी भुटानीको जनघनत्व भएको ठाउँमा ग्रोसरी स्टोर, कपडा पसलदेखि नेपाली रेष्टुरा, होम केयर, सुनकागहनाका पसल, ब्युटीपार्लर, फार्मेसी, घरजग्गाका कारोबार गर्ने कार्यालय देख्न सकिन्छ।
धेरै जसो एकत्रित भएर बसेको सुनिन्छ, मुख्यगरी कहाँ कसरी बसेका छन्?
शुरुमा आइओएमले जर्जिया राज्यको एटलान्टा, टेक्टासको ह्युस्टन, ड्यालस, अस्टिन, एरिजोना, युटाहाको साल्ट लेक सिटी, कोलोराडोमा सबैभन्दा बढी तेस्रो पुनर्वास गराएको थियो। अमेरिकामा जम्मा ९२ हजार हाराहारी भुटानी शरणार्थीलाई ल्याइएको थियो। सन् २००८ बाट शुरु भएको पुनर्वास कार्यक्रम २०१३/१४ बाट पहिले ल्याइएको ठाँउदेखि ओहायो, पेन्सिलभेनियाजस्ता राज्यमा सर्यो।
पहिले ‘रिसेटल’ गरिएका स्थानमा भुटानीको संख्या अहिले पातलिएको छ। आफन्त, नरनाता, चिनेजानेका यतै सर्ने, कामको धेरै अवसर, सस्तो आवास, सरकारी सेवासुविधा यस्तै कारण धेरै ओहायो, पेन्सिलभेनिया बसाइसरेर आएको देखिन्छ। मलाई लाग्छ ८० प्रतिशतभन्दा बढी भुटानी नेपाली जनसंख्या यी दुई राज्यमा बस्छ।
|
विदेशमा बस्ने नेपालीले नेपालको चुनावमा भोट दिन पाउनु पर्ने माग वासिंगटन डिसी। विदेशमा बसोबास गर्ने र रोजगारी गर्ने नेपालीहरुलाई उनीहरु बसेकै स्थानबाट नेपालका निर्वाचनमा मतदानको अधिकार दिन माग गरिएको छ।
अमेरिकाको वासिंगटन डिसी स्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतमार्फत प्रवासी नेपाली मञ्च, का विदेशस्थित सबै कमिटीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका नाममा एक पत्र लेख्दै सो माग गरेको हो।
मञ्चको अन्तर्राष्ट्रिय कमिटीले नेपालमा परराष्ट्र मन्त्रालय तथा निर्वाचन आयोगमा र माहदेशीय कमिटी तथा राष्ट्रिय कमिटीहरूले जनवरी २४ सोमबार एकै दिन संसारभरिका नेपाली दुतावासहरूमा नेपालको नागरिकता कायम रहेका तर अध्ययन ,रोजगारी र विभिन्न पेशा व्यावसाय गरी प्रवासमा रहेकाहरुलाई सोही ठाउँबाट नेपालको निर्वाचनमा मतदानको व्यवस्था गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको मञ्चका अमेरिका अध्यक्ष प्रभुराम थापाले जानकारी दिए।
प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रिय कमिटीले अमेरिकाको वासिंगटन डिसिस्थित नेपाली दूतावासमा मन्चका अमेरिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापा, सचिव कृष्णप्रसाद लामिछाने ,न्यूोयोर्क ,पेन्सिलभेनिया ,मेरिल्यान्ड र भर्जिनिया राज्य कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कार्यवाहक राजदुत कुमार खरेललाई ज्ञापनपत्र बुझायो।
सो अवसरमा दुतावासका ईकोनिमिक काउन्सिल होमकान्त भण्डारीकाे पनि उपस्थिति थियो। ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत खरेलले महत्वपूर्ण विषयको उठान् गरेकोमा मन्चलाई धन्यवाद दिँदै यसलाई प्रधानमन्त्री समक्ष पठाउने जानकारी दिए।
अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य डा विमला भन्डारी र भक्त गुरूङलगायतले भने परराष्ट्र मन्त्रलयका सचिव भरत पाैडेल र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाएका थिए।
पत्रमा संसारभर विभिन्न कामले छरिएर रहेका र विदेशको नागरिकता नलिएका नेपालीहरुलाई उनीहरु जहाँ बसेका हुन् त्यहीबाट नेपालका चुनावहरुमा मतदान गर्ने व्यबस्था मिलाउन माग गरिएको छ।
|
नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा पुन: विजयराज भट्टराई टेक्सस। नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा ड्यालास निवासी विजयराज भट्टराईलाई नेपाली समाज टेक्सास (एन.एस.टी.) ले पुन: जिम्मेवारी दिएको छ। यस अघि पनि यस विद्यालयको प्रिन्सिपलमा भट्टराई नै थिए।
सन २००४ देखि नेपाली समाज टेक्सासले बिद्यालय संचालन गर्दै आइरहेको छ। स्कुलमा भट्टराइले सन् २००९-२०११ मा स्कुल कमिटी सदस्य, सन् २०११-२०१३ मा स्कुलको इन्चार्ज, सन् २०१३-२०१५ मा स्कुलको प्रिन्सिपल र सन २०१९-२०२१ मा पनि प्रिन्सिपल भएर कार्य सम्पादन गरेका छन्।
टेक्सासको ड्यालसमा भौतिक रुपमा कक्षा-कोठामा संचालन हुँदै आएको यस स्कूललाई कोरोना महामारी भएसँगै भट्टराईले एनएसटी ग्लोवल पाठशाला नाम दिएर अमेरिका लगायत संसार भरिका नेपाली बिद्यार्थीहरुको निमित्त खुल्ला गरेका थिए। अहिले स्कुलमा अमेरिकाका १५ राज्यहरु र नेपालका बिध्यार्थीहरु अध्ययनरत थिए भने र उक्त पाठशाला अष्ट्रेलियामा पनि संचालन भइरहेको छ।
त्यसैगरी स्कूलको कोअर्डिनेटरमा भोज बलायारलाई नियुक्त गरिएको छ। यस अघि पनि बलायर नै उक्त जिम्मेवारीमा थिए। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली स्कूलको कुशल नेतृत्वका कारण स्कुलका प्रिन्सिपल तथा कॉर्डिनेटरलाई पुन अनुरोध गरि जिम्मेवारी दिइएको बताए।
विगत दुई बर्षमा उक्त पाठशालाले एक हजार नेपाली बालबालिकाहरुलाई बिभिन्न बिषयहरुमा अध्यापन गराएको थियो। कुशल नेतृत्वका कारण नै यतिखेर नेपालीद्वारा नेपाल बाहिर संचालित पाठशालहरुमा यो पाठशाला सवैभन्दा धेरै विद्यार्थीहरु रहेको पाठशाला हो।
यसै सन्दर्भमा कुरा गर्दा भट्टराईले चाडै नै स्कूलको मेनेजर, भाइस-प्रिन्सिपल, प्यारेण्टस कमिटि र स्कूल एडभाइजर्सहरुको कमिटी बनाई पहिले भन्दा अझ धेरै कार्यक्रमसहित अत्याधुनिक ढंगले पाठशालाका गतिबिधि अघि बढाउने जानकारी गराए।
|
नियात्रा : विद्याको बान्कीमा बोस्टन मेरा मनका उभारहरू घुम्नका लागि बतासे तरिकाले रौसिन्छन्। मान्छे अन्तरिक्षमा गयो भनेको सुन्दा पनि मनभित्र औडाहा हुन्छ। सँगसँगै दगुर्न खोज्छ। मेरा कलिला दिनमा अमेरिकाको बोस्टन अन्तरिक्ष जस्तै अभेद्य थियो। त्यसो त बोस्टन सहरको नाम मैले कहिले सुने, त्यो मलाई सम्झना छैन। तर थाहा पाउँदा विद्याको सागरका रूपमा सुनेँ। विद्याको सागरका रूपमा बुझेँ।
इतिहास पढ्दा अमेरिकी स्वतन्त्रताको जेहाद छेड्ने बोस्टन टी पार्टी सुनेँ। पढेँ। पढाएँ। पछिल्ला चरणमा बोस्टनलाई हार्वड विश्वविद्यालय बोक्ने सहरका रूपमा सुनेँ। जे सुने त्यो स्वप्नलोक जस्तै सुने। पुग्ने न तारतम्य थियो, न हुति थियो न प्रयत्न नै। तर जिन्दगीमा आफूले सोचेझै मात्र कहाँ हुन्छ र? अमेरिका तथा बोस्टन मेरा लागि यही छप्पर फाड्के संयोग थियो। समयले मलाई छोरी ज्वाइँको सिँयालमा बुढारी व्यतीत गर्न अमेरिका छिरायो।
संयोगले सन २०२१ को जुन महिनामा पारिवारिक भेटघाटको सिलसिलामा भदाहासालो सुमेश भट्टराईको घर न्युयोर्क पुगेको थिएँ। बुहारी विवेकाले पनि बोस्टनमै पढेकाले मलाई भनेकी थिइन्-भिनाजु ! बोस्टन भनेको विद्यार्थीको सहर हो। विद्याको सहर हो। झन् हजुरले त यो सहर जानै पर्छ।
यसो भएपछि बोस्टन घुमाइको उत्सुकता झन् तीब्र भएको थियो मेरो। किनभने मैले आफ्नो उर्वर काल विद्यार्थी, शिक्षक तथा प्राध्यापक भएर कक्षा कोठाकै आसपासमा बिताएँ। अहिले अवकाशे जिन्दगीमा फेरि जेतेमेते नै भए पनि पढ्दै छु। झारा टराइ पढेको भए पनि विद्याको केन्द्र भन्ने बित्तिकै मनोवैज्ञानिक रूपले म लोभिन्छु।
त्यसैले बोस्टन घुमाइको योजना मिलाएर ५ जुनका दिन हामी याने कि म, मेरी सुशा, सुमेश, विवेका र दुई केटाकेटी सान्वी र युभान गरी ६ जना बोस्टन पुगेका थियौँ। घुमघामको केन्द्रीय प्रयोजन विद्या तथा पानीको सागर बोस्टनको सुन्दरताको दृश्यपान गर्नु थियो।
टोल रोडमा हाम्रो गाडी बेतोडले बतासिएको थियो। पुग्दापुग्दै मैले देखेँ बोस्टन सहर जङ्गलभित्र थियो। भन्नुको तात्पर्य काठमाडौँको जस्तो कङ्क्रिटको मात्र जङ्गल थिएन। कङ्क्रिट र जङ्गल सरोबरी थिए। रुखबिरुवा र भवन छ्यासमिस थिए। मैले देखेको भोगेको म जन्मिएको मेरो चुरे पहाडमा रहेको चारकोसे झाडीभित्र सहरजस्तो लागेको थियो बोस्टन मलाई। जाँदाजाँदै हाम्रो गाडी सुरुङभित्र पसेको थियो।
एउटा सुरुङबाट निस्कन्थ्यो फेरि अर्को सुरुङमा पस्थ्यो। मेरो पहिलो आश्चर्य सुरुङैसुरुङले प्वालैप्वाल छिद्रा पारेको बोस्टन सहर थियो। यो देखेर अरू सहयात्रीलाई के भयो कुन्नि? म आफू भने रोमाञ्चक बनेको थिएँ। मेरो जिज्ञासालाई शान्त पार्दै सारथी सुमेशले भनेका थिए—भिनाजु, यो बोस्टन सहरमा त समुद्रमुनि सुरुङ छ। सहरमुनि सुरुङ छ।
हामी जाँदै थियौँ। भुईँ सडकको बीचमा भएको ढलको जस्तो देखिने फलामका ढक्कनले छोपेको प्वालबाट धुवाँ निस्किरहेको थियो। मैले सुमेशलाई सोधेँ—यो सडकबाट धुवाँ किन आइरहेको?
सुमेशले उत्तर दिएका थिए-त्यो भूमिगत रेल तथा हिटिङ कुलिङ सिस्टमबाट धुवाँ निस्किरहेको हो भिनाजु।
म हेर्दै थिएँ। याने अनुभूत गर्दै थिएँ। भुईँमाथि सहर थियो। सहर मुनि सुरुङ थियो। सुरुङमा रेल, बस तथा गाडी गुडिरहेका थिए। सडकमाथि उक्लिएका तलैतला भएका पुलका माथिमाथि कुदिरहेका गाडी आकाशमा गुडेझैँ लागिरहेका थिए। समुद्रमाथि पनि सहर थियो। सहरमाथि पनि सहर थियो। सहर र सगर एकै जस्ता लाग्थे।
सहर सगरतिर उकासिएको थियो। सागर र सहर पनि एकै जस्तो अनुभूत हुन्थ्यो। जहाँ सागर थियो, त्यसकै माथि सहर थियो। समुद्रका भँगालाहरू याने कि हार्वर बोस्टन सहरभित्र पसेका थिए। चाल्र्स नदी पनि सहरभित्रबाट समुद्रलाई मिसाउँदै थियो। ती भँगाला तथा नदीमा सानाठूला नाउहरू थिए । ती नाउ यात्रा गर्न तथा मनोरञ्जनका लागि थिए। मानौँ लाग्दथ्यो सबै रमाइलो कुँडुलो परेर यहीँ बोस्टनमा खाँदिएको छ।
जुन ५ तारिकका राति हामी होटलको आठौँ तलामा बसेका थियौँ। होटलको झ्यालबाट बोस्टन सहरका भीमकाय भवनहरू बिजुलीको टहकमा चम्किरहेका थिए। काठमाडौँको लक्ष्मी पूजाको रमझम जस्तै झिलिमिली थियो। ६ तारिकको दिन बिहानै उठेको थिएँ। झ्यालबाट हेरेको थिएँ। होटलकै छेउबाट खोला कलकल गरी सङ्लो बगेको देखिन्थ्यो। खोलाको वारिपारि मान्छे हिँड्ने ट्रेल थियो।
होटलबाट एक्लै निस्केर त्यही चाल्र्स रिभरको किनारमा बनाइएको दोहोरो पैदलयात्रु सडकबाट हिँड्दै थिएँ। ट्रेलका छेउमा याने समुद्रको भँगालाको किनारमा पार्क थियो। पार्कका छेउमा गाडी सडक थिए। सुन्दर र सफा थियो। समुद्र, पार्क तथा अग्ला भीमकाय भवनहरू एकै पल्ट देखिन्थे। बिहानको याम थियो।
सूर्य उदाएर एक बाँस माथि आइसकेको थियो। म त्यही ट्रेलबाट हिँडिरहेको थिएँ। मनग्गे मान्छे मर्निङ वाक गरिरहेका थिए। बृद्धबृद्धा तथा वयस्क, केटाकेटी तथा युवायुवती पनि विविध पहिरनमा हिँडिरहेका थिए। दगुरिरहेका थिए।
ती मध्ये सायद यस्तै ३० वा ३५ की देखिने युवतीको पहिरनमा मेरो नेपाली परम्परागत आदर्शवादी कपटी र तिखो नजर पुग्यो। जाली कपडाले बनेको उसको पहिरनबाट भित्री श्वेतसौन्दर्य बाहिर नियाल्दै थियो। तर पनि उनलाई ट्वाल्ल परेर हेर्ने कुनै नजर थिएनन् त्यहाँ। त्यो दृश्यबाट मुख मिठ्याउने कुनै मुख थिएनन्। अनावश्यक र्याल काढ्ने कुनै जिब्रा थिएनन्।
त्यो एउटा सामान्य प्रकृया थियो। पहिरन उसको व्यक्तिगत स्वतन्त्रता थियो। यो पहिरनवाला दृश्य यदि नेपालमा देखिएको भए अग्रगम्यता पस्कने मिडियाले मरमसला भरेर पक्वान्न बनाउने थिए र बेच्ने थिए। ठूलो अपराध गरेझैँ वा हौवा बनाएर डङ्का पिट्ने थिए।
यसै बेला नेपालका आदर्शवादी ठानिने बुज्रुग मुख बिगार्ने थिए। समाज पूरापूर बिग्रिएको निष्कर्ष निकाल्ने थिए। समाज छँडुल्लो बन्दै गएकोमा चिन्ता पनि गर्दथे। र फेरि अलि ओल्टोकोल्टो पर्नेबित्तिकै त्यही अर्धनग्न तस्बिर हेर्दै मुख मिठ्याउँदै हुन्थे।
म लगातार हिँडि नै रहेको थिएँ। घामका ताता पाइलाहरूले मलाई असिनपसिन बनाएका थिए। यत्तिकैमा देखेँ कि पार्ककै बेन्चमा एक जना मान्छे निर्मग्न सुतिरहेको थियो। उसलाई घामका रापको पनि केही मेलो थिएन। केही पर्बाह थिएन। मैले उसलाई गौर गरेर हेरेँ।
जे सुने त्यो स्वप्नलोक जस्तै सुने। पुग्ने न तारतम्य थियो, न हुति थियो न प्रयत्न नै। तर जिन्दगीमा आफूले सोचेझै मात्र कहाँ हुन्छ र? अमेरिका तथा बोस्टन मेरा लागि यही छप्पर फाड्के संयोग थियो। समयले मलाई छोरी ज्वाइँको सिँयालमा बुढारी व्यतीत गर्न अमेरिका छिरायो।
अमेरिकामा त कुनै मान्छे चाहे त्यो युवा होस् वा युवती कसैले कसैलाई व्यक्तिगत स्वतन्त्रतामा आँच आउने गरी ट्वाल्ल परेर हेर्न नपाइने कुरा मलाई थाहा थियो । तर पनि म भने उसलाई परबाट हेरि नै रहेको थिएँ। अलिकति दयाले हेरेको थिएँ। अलिकति आश्चर्यले हेरेको थिएँ।
ऊ मस्त सुतेको थियो। अनुहारमा परेका घामका टहकलाई एउटा तौलियाले छोपेको थियो । उसको निजी ब्याग तथा स्लिपिङ ब्याग बेन्चमै राखेको थियो । एडिडासको जुत्ता तथा मोजा लगाएको थियो। हेर्दा ऊ सुटेडबुटेड नै देखिन्थ्यो । तर अलि मैलो थियो । सामान्यभन्दा मैलो थियो । खासमा त्यो मान्छे माग्ने थियो । होमलेस थियो । त्यही पार्कमा सुत्थ्यो। ओत लाग्थ्यो। घुम्थ्यो।
र मागेर खान्थ्यो । सायद उसको कुनै निजी परिवार थिएन । भए पनि ऊसँग थिएन । या त ऊ आफ्नो स्वतन्त्रताका लागि घरबारलाई तिलाञ्जली दिएर फुक्काफाल भएको थियो । अमेरिकामा जागिरको ओइरो छ, तर ऊ जागिर खाने झन्झट गर्न चाहँदैन थियो सायद । उसलाई यही पार्ककै बेन्च स्वर्ग थियो । न हरहर न कचकच । एक जुनी बिताउने त हो।
म मर्निङ वाक सकेर फेरि होटलमा पुगेँ । टोलीका सबै सदस्य तयार भइसकेका थिए । होटलमै चिया चमेनापछि बाहिर निस्कियौँ । हामी त्यही समुद्रकै किनारमा रहेका विविध गन्तव्यतिर पाइला तेस्र्याउन थाल्यौँ । त्यो दिन याने ६ तारिकको समुद्रमा गएर ह्वेल वाचिङ गर्नु थियो।
त्यसको भोलिपल्ट याने जुन महिनाको ७ तारिक बिहानैदेखिको गन्तव्य बोस्टनका विश्वविद्यालयहरूको प्राङ्गणमा पुग्नु र तस्बिर खिच्नु थियो । किनभने यति बेलासम्म मैले बोस्टन विद्याको सगर हो भन्ने ठम्याइसकेको थिएँ।
यो घुमाइमा मेरो अलिकति कुण्ठा पनि थियो सायद । मलाई आफ्ना जीवनका हिँडाइका क्रममा एमएका लागि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर पनि जुरेको थिएन । मारवाडीका व्यापारिक फर्ममा काम गर्दागर्दै रहरले प्राइभेट रूपमा एमए दिएको थिएँ । पास पनि भएको थिएँ।
र त्यही प्राइभेट एमए मेरो सकल जीवनभरि अन्नपानीको दाता भएर त्रिविमा देखा पर्यो । पढ्नका लागि विश्वविद्यालय त पुर्पुरोमा थिएन । तर विश्वविद्यालयकै दानापानीले मेरो जुनी बितिरहेको यथार्थ मलाई ज्ञात थियो । त्यसैले आफूले पढ्न नपाए पनि अमेरिका त्यसमाथि बोस्टनका विश्वविद्यालयका आँगनमा उभिएर तस्बिर खिचेर क्षुधा निमिट्यान्न पार्नु पनि महत्वको विषय थियो । गौरवको अनुभूति थियो मेरा लागि।
भुईँमाथि सहर थियो। सहर मुनि सुरुङ थियो। सुरुङमा रेल, बस तथा गाडी गुडिरहेका थिए। सडकमाथि उक्लिएका तलैतला भएका पुलका माथिमाथि कुदिरहेका गाडी आकाशमा गुडेझैँ लागिरहेका थिए। समुद्रमाथि पनि सहर थियो। सहरमाथि पनि सहर थियो। सहर र सगर एकै जस्ता लाग्थे। सहर सगरतिर उकासिएको थियो।
हिँड्दै गर्दा हामी सबैभन्दा पहिले बोस्टनमा रहेको मासाच्युसे इन्स्टिच्युट अफ टेक्नोलजी याने कि एमआइटी प्राङ्गणमा पुग्यौँ । चाल्र्स नदीको किनारमा झण्डै डेढ किमी क्षेत्रफलमा फैलिएको सो सहरी मोडलको विश्वविद्यालयको मूल भवनको गेटमा पुरानो साइन बोर्डमा फोटो खिच्यौँ । त्यही प्राङ्गणमा उभिएर सुमेशले भने —भिनाजु, यो विश्वविद्यालयमा भर्ना गर्न कैयौँ प्रयास गरेँ । तर यो जुनीमा सकिएन । अब अर्को जुनीमा बल गर्नु पर्ला।
मैले मेरो भदाहासालो सुमेशको अनुहारमा हेरेँ । मैले यहाँ सुमेशका बारेमा केही भन्नै पर्ने हुन्छ । असाध्य धेरै पढ्ने हुनाले आफन्तले उनको उपनाम नै विद्यासागर राखेका थिए । गाउँको सरकारी स्कुलबाट उभिएर नितान्त आफ्नै बर्कतबाट जापान तथा अमेरिकामा पढेर इन्जिनियर हुनु भनेको कुरा उनको परिवेशीय अवस्थामा चानचुने कुरा थिएन । वास्तवमा उनी आफन्तका बीचमा विद्याकै सागर थिए । विद्याकै सगर थिए।
एमआईटीको मूल भवनको भित्तामा ‘स्थापित १८६१’ लेखिएको थियो। त्यो बेला स्थापना हुँदा यो इन्स्टिच्युटको प्रमुख उद्देश्य अमेरिकामा औधोगिकीकरण गर्नु थियो । त्यस कारण यो पोलिटेक्निक विश्वविद्यालयका रूपमा स्थापना गरिएको थियो।
ल्याबोरेटोरीमा आधारित शिक्षाका कारणले गर्दा अहिले पनि यो संस्था संसारभरिका इन्जनियरिङका लागि प्रख्यात छ । बोस्टनको क्याम्ब्रिज भन्ने ठाउँमा अवस्थित यो इन्स्टिच्युटले संसारभरि विज्ञान तथा प्रविधिमा खेलेको भूमिका संसारकै एक नम्बरको प्रज्ञापुञ्ज थियो।
दोस्रो विश्वयुद्धका बेला यही एमआईटीले मिलिटरी साइन्सको अध्यापन तथा प्रशिक्षण दिएको थियो। यो न्युक्लियर साइन्सको अध्यापन गराउने केन्द्र हो । नानो इन्जिनियरिङका लागि पनि प्रसिद्ध छ यो एमआईटी । त्यसैले यो विद्याको सगर थियो।
संसारभरि जहाँजहाँ सगर पुग्थ्यो त्यहाँ यसका उत्पादनहरू थिए । जग्गामात्र सरकारले वा कम्युनिटीले दान दिएर स्थापना गरिएको यो एउटा प्राइभेट संस्था थियो जसको नाम मात्र पनि अहिले संसारका वैज्ञानिक तथा प्राविधिकका लागि गौरवको विषय हो।
यहाँ पुुराना भवनलाई मर्मत संहार गर्दै पुरानो स्वरूपलाई जस्ताको तस्तै राखेर इतिहासको संरक्षण गरेको देखेर भने गजब लाग्यो। त्यसो त एमआईटीका ज्यादै मनमोहक डिजाइन भएका भवनहरू पनि थिए । हाम्रो नेपालमा भए त त्यस्ता पुराना भवनलाई भत्काएर नयाँ बनाउने थिए क्रान्तिकारीहरूले।
र इतिहासबाट त्यो भवनको नामोनिसान हटाएर विकासको फुइँ लाउने थिए । तर त्यहाँ त्यही पुरानो भवनका अगाडि उभिएर अनेकौँ पोजका तस्बिरहरू खिचिरहेका थिए हुलका हुल मान्छे । याने कि त्यो पुरानो भवन पर्यटकको आकर्षणको केन्द्र थियो। त्यही पुरानो भवनमा फोटो खिच्न मान्छे लाम लागेका थिए।
सुमेशले मलाई भनेका थिए-भिनाजु, यो बोस्टन सहरमा मात्र ३५ भन्दा धेरै कलेज, विश्वविद्यालय, तथा कम्युनिटी कलेज छन्। धेरै मान्छेले रोजगारी पाएका छन्।
त्यसपछि हामीले त्यहाँ गर्नु पर्ने केही थिएन । त्यसैले बोस्टन विश्वविद्यालयतिर लाग्यौँ । विविध विषय पढाइ हुने सो विश्वविद्यालय निकै ठूलो रहेछ । मलाई यो बोस्टन युनिभर्सिटीको डेन्टल कलेजमा जानु थियो । हेर्नु थियो । फोटो खिच्नु थियो । किनकि मेरो भदाहाबुहारी विवेकाले बोस्टन युनिभर्सिटीमा पढेर दाँतको डाक्टर बनेकी थिइन्। अमेरिकामा दाँतको डाक्टर बन्नु भनेको निकै कठिन काम मानिन्छ।
सायद यस्तै ३० वा ३५ की देखिने युवतीको पहिरनमा मेरो नेपाली परम्परागत आदर्शवादी कपटी र तिखो नजर पुग्यो। जाली कपडाले बनेको उसको पहिरनबाट भित्री श्वेतसौन्दर्य बाहिर नियाल्दै थियो। तर पनि उनलाई ट्वाल्ल परेर हेर्ने कुनै नजर थिएनन् त्यहाँ। त्यो दृश्यबाट मुख मिठ्याउने कुनै मुख थिएनन्। अनावश्यक र्याल काढ्ने कुनै जिब्रा थिएनन्।
मैले विवेकालाई अघोरै सम्झनु पर्छ यति बेला । किन भने अमेरिकामा मेरो दाँत दुखेर टनटन भइरहेको हुन्थ्यो । खासमा एउटा बङ्गारा फुकाल्नु थियो । डाक्टरले दाँतलाई नम्बरले बोलाउँदा रहेछन् । मेरो त्यो टनटनी दुख्ने प्वाल परेको दाँत बत्तीस नम्बरको थियो।
याने कि केटाकटीमा ‘तेरा बत्तीसा झारी दिऊँला’ भनेको सम्झेँ । संयोग मेरो पनि त्यही बत्तीस नम्बरको बुद्धि बङ्गारो फुकाल्नु थियो। बुद्धि ता मेरो उमेर सँगसँगै त्यसै सकिएकै थियो । उसै सकिएको थियो । त्यसको त के चिन्ता भयो र ? तर अमेरिकामा बुद्धिबङ्गारो झार्नु पनि निकै महँगो कर्म थियो।
अमेरिकामा छोरीले एकपल्ट मेरो दाँत डाक्टरलाई देखाउँदा मात्र याने दाँतलाई डाक्टरले अङ्ग्रेजीमा बोलेर हेरेको मात्र इन्स्योरेन्सले तिर्नेसहित अमेरिकी डलर १४०० को बिल आएको थियो । त्यो भनेको नेपाली रुपियाँमा रूपान्तरण गरेर हेर्दा डेढ लाखभन्दा बढी थियो । यी सबै कुरालाई हृदयाङ्गम गरी दाँत फुकाल्न सकिरहेको थिइनँ । नेपालीले जानेको अचुक औषधी ल्वाङको तेलले पनि केही लछारपाटो लाएको थिएन। नुनपानीको कुल्लाले तातोपानी लाएको थिएन।
नेपालमा छँदा पो समाज डेन्टल क्लिनिकमा गएर डाक्टर सुभाष घिमिरेलाई देखाउँदा १० डलरभन्दा कममै नेपालीमा बोलेर हाँसीहाँसी दाँत फुकालिन्थ्यो । अमेरिकाको स्वास्थ्य सुबिधा अति स्तरीय त थियो । तर आम मान्छेका लागि आकाशको फल आँखा तरी मर भनेझैँ सहज थिएन । पैसाले बनेको देश अमेरिकामा मजस्ता बेकारीका लागि त झन् असहज थियो।
विवेकाले मेरो समस्या बुझेकी थिइन् । अनि उनले काम गर्ने न्युयोर्कको रिफुवा हेल्थ सेन्टरमा लगेर मेरो बत्तीसा फुकाली दिएकी थिइन्। न्युयोर्क सरकारले न्युन आय भएका व्यक्तिका लागि कोपे तिरेर उपचार गराउन पाइने ठाउँ रहेछ त्यो । त्यो अस्पताल खास गरेर यहुदीका लागि बनाइएको रहेछ।
मनमनै लाग्यो यस्तो पो सरकार । तब पो सरकारलाई ट्याक्स तिर्नु। म विवेकालाई सम्झिरहेको रहेछु। उनी मेरा मित्र प्राडा माधव कोइरालाकी पुत्री भएको र मेरो भदाहासालोसँग बिहेका लागि कन्यार्थु लमी आफै भएको संयोगीय दिनलाई पनि सम्झेँ प्रसङ्गले।
अन्ततः हामी बोस्टन विश्वविद्यालयको दाँत विभागमा पुगेका थियौँ । यो अग्लो भवन थियो । सडकसँगै जोडिएको त्यो भवनको बाहिर फोटो खिच्ने ठाउँ बनाइदिएको थियो । त्यहाँ उभिएर फोटो खिचिरहँदा सुमेशले सडकतिर औँल्याउदै भनेका थिए – भिनाजु, अहिले विद्यार्थीको गर्मी छुट्टी भएर पो । नत्र अहिले यो सडक पार गर्न कति हम्मे पर्ने थियो । पार्क गर्न पाउने त सम्भावना नै हुँदैनथ्यो।
यो विश्वविद्यालयमा पुग्दा मोबाइलले ९० डिग्री तापक्रम देखाइरहेको थियो । विवेकाका गाला पसिनाले लत्पतिएका थिए । हामी गहुँ गोराको पनि हाल असिनपसिन थियो। उनको अनुहारमा माइत पुगेझैँ आभा फैलिएको थियो । विश्वविद्यालयप्रति गौरव अनुभूत गर्दै थिइन् सायद । आफैँलाई डाक्टर बनाउने भवनको अगाडि उभिएकी थिइन्।
तप्तताको परवाह नगरी पोजमाथि पोज दिएर फोटो खिचेपछि हामी ट्रिनिटी चर्च हेर्न पुगेका थियौँ । यो चर्च पनि निकै पुरानो थियो । काठैकाठले बनेको विशाल भवनमा कोलाहल सहरका बीचमा पनि शान्ति देखिन्थ्यो। चर्चका अगाडि धारा थिए।
पानी सङ्लो थियो । माछा पौडी खेलिरहेका थिए । चर्चकै प्राङ्गणमा खरायो र कछुवाको कथामा आधारित मूर्ति रहेछ । कछुवा हिँडिरहेको मुद्रामा थियो भने खरायो निदाएको थियो । त्यसलाई त मैले ख्याल नै गरेको थिइनँ । एक जना गोरीले मलाई भनिन्-यो खरायो र कछुवाको मूर्तिले लोककथाको स्मरण दिलाउँछ।
अहो ! यो खरायो र कछुवाको लोककथा त अन्तर्राष्ट्रिय पो रहेछ । नेपालको पेवा लोककथा होला भनिठानेको थिएँ मैले । तर अमेरिकामा चर्चका अगाडि प्राथमिकता दिएर बनाइएका ती मूर्तिले अनवरत परिश्रम तथा ंजीवनसँग नथाक्ने सन्देश दिइरहेको थियो।
त्यसपछि मासाच्युसेको स्टेट बिल्डिङ हेर्न गयौँ । त्यो भनेको मासाच्युसे राज्यको संसद भवन हो । संसद भवन मर्मत गरिँदै थियो । त्यसैले भित्र गएर हेर्न पाउने सम्भावना थिएन । फोटोमा त्यो सांसद भवन हाम्रा पछाडि आएर उभियो।
पार्ककै कुनाको एउटा बेन्चमा बसेर एक युगल जोडी सवस्त्र नागवेष्ठित यौन मुद्रामा लगातार लगातार म्वाइँ खाइरहेका थिए। मेरा पापी आँखाले त्यो दृश्य देखिहाले। लगभग एक घन्टासम्म हामी त्यही पार्कमा बसुञ्जेल पनि ती त्यस्तै मुद्रामा अविच्छिन्न म्वाइ खाइरहेका थिए। ती असीम आनन्दमा थिए सायद। अघाउने कुरा थिएन। अनि चास्सचुस्स म्वाइँको त के हिसाब पनि भयो र अमेरिकामा? त्यो त पार्कभरि यत्रतत्र देख्न पाइन्थ्यो।
सडकको एकापट्टि संसद भवन थियो भने अर्को पट्टि याने कि त्यसको ठीकअगाडि ‘बोस्टन कमन’ नामको निकै ठूलो पार्क थियो । सन १६३४ मा प्युरिटन कोलोनिस्टले त्यहाँ ४४ एकड जग्गा किनेर सार्वजनिक पार्क बनाएका थिए । त्यसैले त्यो पार्कको नाम बोस्टन कमन रहन गएको थियो । यो पार्क अमेरिकाको सबैभन्दा पुरानो पब्लिक पार्क हो रहेछ । यही पार्कमा जर्ज वासिङ्गटनलगायतका नेताहरूले अमेरिकी स्वतन्त्रताको खुसी भव्यतापूर्वक मनाएकोले यो पार्कको अर्को नाम फ्रिडम ट्रेल पनि रहेछ।
सिभिल वारका सैन्यको तालिम दिइएको पार्क पनि यही रहेछ । अमेरिकाको एन्टी स्लेभरी मिटिङ पनि यहीँ भएको रहेछ । त्यसैले यो बोस्टन कमन पार्क नेपालको सदर टुँडीखेलजस्तै ऐतिहासिक महत्ताको रहेछ । विभिन्न कालखण्डको इतिहासको साक्षी र सहयोगी रहेछ।
पार्कभित्र पोखरी, मान्छे हिँड्ने ट्रेल, खेल मैदानहरू प्रशस्त देखिन्थे। हामीलाई गर्मीले बातो बसाएको थियो । त्यहाँ ठेलागाडामा राखिएको ताजा कागतीपानी पिएर गर्मीको परवाह नगरी निकै बेर त्यो ऐतिहासिक पार्कको बेन्चमा बसेका थियौँ।
पार्ककै कुनाको एउटा बेन्चमा बसेर एक युगल जोडी सवस्त्र नागवेष्ठित यौन मुद्रामा लगातार लगातार म्वाइँ खाइरहेका थिए । मेरा पापी आँखाले त्यो दृश्य देखिहाले । लगभग एक घन्टासम्म हामी त्यही पार्कमा बसुञ्जेल पनि ती त्यस्तै मुद्रामा अविच्छिन्न म्वाइ खाइरहेका थिए । ती असीम आनन्दमा थिए सायद । अघाउने कुरा थिएन । अनि चास्सचुस्स म्वाइँको त के हिसाब पनि भयो र अमेरिकामा ? त्यो त पार्कभरि यत्रतत्र देख्न पाइन्थ्यो।
सायद मेरो कुण्ठा होला, यो कृत्य माया हो कि उन्माद हो मैले केही थाहा पाइनँ । मेरो त नजर त्यो दृश्यले खिचि नै रहेको थियो । तर मान्छेले भने त्यसलाई केही महत्त्व दिएका थिएनन्। सायद यो स्वाभाविक नै होला। तर मेरो नेपाली कट्टरपन्थी मन भने आफैँलाई प्रश्न गर्न थाल्यो – होइन यो मान्छेको जात के के चाहन्छ हँ ?
दिनको ४ बजिसकेको थियो । हामीलाई फिर्नु थियो न्युयोर्क घर । वरिस्ट साहित्यकार महेश्वर पन्त सरले मलाई केही पुस्तक उपहार दिने कुरा गर्नुभएको थियो । मेरो आफ्नै पनि यात्रा संस्मरण छापिएको अनेसासको पत्रिका दिन खोज्नुभएको थियो । तर हामी उहाँले भनेको सित्तै कुदाउन पाइने आइ ९५ को बाटो नगएर पैसा तिरेर हिँड्ने अर्कै छिटो बाटो आई ९० बाट न्युयोर्कतिर लागेका थियौँ । फलस्वरूप मैले ती पुस्तक लिन पाइनँ।
बाटोमा विवेकाको अनुहार गर्मीका कारणले निकै गलेको तथा उडेको देखिन्थ्यो । थकित देखिन्थ्यो । खानेकुराका बारेमा कुरा हुँदा विवेकाले सुस्तरी भनेकी थिइन् — मलाई त घर पुगेर लौकाको तरकारी र भात खान मन छ ।
अनि मलाई उनको अति माया लागेकाले भनेको थिएँ —मलाई केही भएको छैन विवेका । म तिमीलाई लौकाको तरकारी र भात पकाएर खुवाउँछु।
र पकाएर खुवाएको थिएँ । तर उनी यति थाकेकी थिइन् कि भोलिपल्ट पो भनिन् हिजो खाएको लौका र भातको त पत्तो नै भएन रे।
यसरी मैले बोस्टनको सहर छोडेको थिएँ । बोस्टनको सगर छोडेको थिएँ । विद्याको सागरको नबिर्सने गरी मेरो यो यात्रा सकिएको थियो।
अगस्ट २६, २०२१
सान मार्कोस, अमेरिका
|
हिमानीले भनिन्-जहाँ नेपाली बस्छन् त्यहाँ नेपाली आत्मा हुन्छ’ वासिंगटन डिसी। पूर्वयुवराज्ञी हिमानी शाहले जहाँ नेपालीहरु बस्छन् त्यहाँ नेपाली आत्मा हुने बताएकी छन्। अमेरिकावासी नेपालीहरुलाई नेपालका नेपालीहरुको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले प्रसंसा पनि गरिन्।
वासिंगडन डिसी मेट्रो एरियामा आफ्ना नामबाट सञ्चालित हिमानी ट्रष्टको कार्यालय उद्घाटनका क्रममा उनले सो कुरा बताएकी हुन्। अंग्रेजी भाषाको लिखित भाषण पढ्दै पूर्वयुवराज्ञी हिमानीले नेपाल र नेपालीका लागि सहयोगको आहवन पनि गरेकी छन्।
अमेरिकाको भर्जिनिया राज्यको लिजवर्ग सहरमा हिमानी ट्रष्टको अमेरिका कार्यालय जनवरी १९ देखि शुरु भएको औपचारिक घोषणा गरिएको छ। हिमानीले पानसमा बत्ती बालेर आफ्नो नाममा खोलिएको ट्रष्टको अमेरिकास्थित कार्यालयको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा अमेरिकी सिनेटका सिनेटर मार्क वार्नरले हिमानीलाई मानवीय सेवाको कार्य गरेवापत लिखितरुपमा शुभकामना पत्र पठाएको जानकारी दिइएको थियो। सिनेटर वार्नरका प्रतिनिधि बो मिचायलले सो पत्र पढेर हिमानीलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी भर्जिनिया स्टेट डेलिगेट, लाउडन काउण्टीकी सुपरभाइजरका साथै अन्य केही अमेरिकी प्रतिनिधिहरुले पनि आआफ्नो शुभकामना पत्र पढेर हिमानीलाई हस्तान्तरण गरेका थिए।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माको संयोजनमा सम्पन्न सो कार्यक्रमलाई नेपाल टेलिभिजनकी चर्चित समाचारवाचिका रमा सिंहले सञ्चालन गरेकी थिइन् भने हिमानी ट्रष्ट नेपालका तर्फबाट उत्तम निरौला र रेश्मा राणाले आआफ्नो मन्तव्य राख्दै नेपालीहरुलाई सहयोग गर्न अपिल गरेका थिए।
उनीहरुले नेपालका ५३ जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, महिला र वालवालिकाका लागि हिमानी ट्रष्ट विगत १० बर्षदेखि क्रियाशील रहेको जानकारी गराएका थिए। उद्घाटनको औपचारिकताकै क्रममा उपस्थित नेपाली समुदायका व्यक्तिहरु बसेको टेवल टेवलमै गई हिमानीले सबैलाई व्यक्तिगतरुपमा समेत भेट गरेकी थिइन्।
कार्यक्रम आयोजकहरुलागि साना साना वालिकाहरुलाई एकैरंगका चौबन्दी चोली र फरिया लगाइदिएर पञ्चकन्या बनाई उनको स्वागतका लागि पुष्पगुच्छा दिन लगाएका थिए।
कार्यक्रममा सहभागी भई ५ सय र सोभन्दा बढी रकम ट्रष्टलाई दान दिनेहरुलाई हिमानी शाहले नै प्रमाणपत्र दिएकी थिइन्। कार्यक्रमको डिसी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो
डिसी क्षेत्रमा केही दिन बस्ने हिमानीको अर्को कार्यक्रम जनवरी २६ मा न्यूयोर्क रहेको बताइएको छ। छोरा हृदयेन्द्रविक्रम शाहलाई विश्वविद्यालय भर्ना गरिसकेपछि हिमानी शाह आफ्नो ट्रष्टको काममा अमेरिकामा सक्रिय भएकी हुन्।
|
नेपाली समाज टेक्ससकाे कार्यसमितिद्वारा पद वहाली ड्यालस, टेक्सास। नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ निर्वाचित पदाधिकारीहरुले पद वहाली गरेका छन्। उनीहरूले सन् २०२२/२०२३ कार्यकालको लागि शनिबारदेखि आफ्नो कार्यभार सम्हालेको हाे।
डिसेम्बर २६ मा भएको निर्वाचनबाट अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीको वरिष्ठ उपाध्यक्षमा विवेक कँडेल, उपाध्यक्षमा जनक भण्डारी, महासचिवमा सन्देश उप्रेती, सचिवमा हरिप्रसाद खनाल, कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुञ्जन भण्डारी, युवा सयोजकमा जेनीन पुरी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा बलराम पौडेल, विजयराज भुसाल, सरोज सिग्देल, पुण्य पाण्डे, महेन्द्र पुनः, रबिन पाठक र शान्ता गिरी निर्वाचित भएका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वाग्लेले आफूलाई निर्वाचित हुनका लागि सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै आउँदो दुई वर्षभित्र संस्थालाई प्रतिष्ठित र सहयोगी बनाउनका लागि सकृय हुने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा अवैतानिक महावाणिज्यदूत प्रेमराजा महत, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्त, टेक्सस राज्यकी सांसद टेरी मेजा, एनआरएन टेक्सास च्याप्टर अध्यक्ष सोफी थापा लगायतले नयाँ टीमलाई बधाई र शुभकामना प्रदान गरेका थिए।
साे अवसरमा सदस्यता समितिका संयोजक विजयराज भट्टराईले सदस्यता कमिटीले निर्वाचन गराउने क्रममा भोगेको कठिनाइ र मतदातासँगको अपेक्षाका विषयमा चर्चा गर्दै संस्थाको ३९९१ सदस्यहरु तथा २०३४ मतदाता र सदस्यता कमिटीलाई सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन गरेका थिए। समाजका निवर्तमान अध्यक्ष दिनेश शर्माले आफूले विगत दुई वर्षमा गरेका कामहरु र नयाँ समितिले दिनुपर्ने प्राथमिकताका बारेमा चर्चा गरेका थिए।
सोही अवसरमा अध्यक्षका उपविजेता कमल सापकोटाले आफू नयाँ टीमलाई सहयोग गर्न तत्पर रहेको बताए। यसैबीच नेपाली समाज टेक्ससको गत चुनावमा उम्मेदवार भएर पराजित भएकाहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको छ। नेपाली समाज टेक्ससमा निरन्तर सकृयता र चुनाव जस्तो प्रजातान्त्रिक प्रकृयामा सहभागी भएर गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
कोरोना प्रकोपका बीचमा पनि समाजको पदस्थापन तथा शपथग्रहण कार्यक्रममा ठूलो संख्यामा सहभागिता थियो। सन् १९९८ मा स्थापना भएको नेपाली समाज टेक्ससमा हाल झण्डै चारहजार सदस्य छन्। कार्यको सभापतित्व तथा समापन निर्वाचन कमिटिको प्रमुख डा प्रेम अधिकारीले गरे।
कार्यक्रमको संचालन निर्वाचन कमिटि सदस्य भीम कार्कीले गरेका थिए भने निर्वाचन समितिका अर्का सदस्यहरु डा. नन्द रेग्मीले र महेश नेपाल, स्वयमसेवकका तर्फबाट र कृष्ण कुसुम, डा. निर्मला अधिकारी, मिलन पौडेललगायतले निर्वाचनमा भोलिन्टियर भएर कामगर्दाको अनुभव प्रस्तुत गरेका थिए।
|
आत्मविश्वासले अमेरिकामा जागेका विष्णु अमेरिका। युवाहरूको प्रगतिमा आशावादी भएर विश्वास गर्नेमा नेपाली समाज त्यसमा पनि नेपाली भाषीहरूको भुटानी समाज निकै अगाडि पर्छ विश्वव्यापी रूपमै। गाँस, बास, र कपासको खोजमा भुटान, भारत, नेपाल हुँदै सच्चा डायसपोरामा रूपान्तरण भएको र कला-संस्कृति, साहित्य-संगीत र नेपाली संस्कारलाई बचाएर माैलिक तथा खुलेर सामाजिक बाँच्ने नेपाली भाषी भुटानीहरूको पहिचान र पृष्ठभूमि मलाई किन किन खास र आत्मीय लाग्छ। आफ्नो भनेको त आफ्नै हो नि!
देश-भुटान, अभिसाप -भारत, र स्वर्ग-नेपाल हुँदै डायसपोरा बनेका नेपाली भाषी भुटानीहरूले व्यवसाय र व्यवसायिकताका क्षेत्रमा उग्रगरी छलाङ मारेको पाइन्छ। सामान्य रोजगारमा पहरेदारदेखि नर्सिङ, डाक्टरी, इन्जिनियर, बैंकिङ लगायत घरजग्गा खरिद बिक्रीमा नेपाली भाषी भुटानीहरूले असाध्यै राम्रो प्रगति गरेका छन् डायसपोरामा। त्यसो त खुद्रा किराना पसल यिनीहरूको पुस्तैनी व्यवसाय हो भने होम केयर, यातायात, कर तथा बाणिज्यका क्षेत्रमा पनि राम्रो व्यवसायीका पहिचान देखिन्छ।
अमेरिका र विश्व पुगेका नेपाली भाषी भुटानी उद्यमीहरू मध्येकै सफल व्यवसायी पर्दछन् विष्णु खरेल। हाल अमेरिकामा घर खरिद बिक्रीमा सहजकर्ताको व्यवसाय गरिरहेका उनी २०४२ मा भुटानको चिराङमा जन्मिएका हुन्।
भुटानबाट सपरिवार लखेटिएपछि भारतहुँदै नेपाल पुगेपछि स्व. नन्दलाल खरेल अर्थात व्यवसायी खरेलको परिवार नेपालको माइधार हुँदै बेलडाँगीमा आश्रय लिन पुग्छ। हैजाले समाज सोत्तर भएको अवस्था, सम्भावनाहरू पर्खालभित्र कैद भएको स्थिति, घरभरि छन् लालाबाला र आधा प्राण बाँच्नु छ वर्तमान अनिश्चित भविष्यको भावुकताले पिरोलिरहन्छ अभिभावकहरूलाई तर पनि बाँच्नु त पर्याे? परिवारको ख्याल त गर्नै पर्याे। ग्रामीण कृषिमा आधा जीवन प्रगति गरेका नन्दलालले शरणार्थी शिविरभित्रै अतिआवश्यकीय खाद्य सामाग्रीहरूको एउटा खुद्रा किराना पसल शुरू गर्छन्।
सानो भए पनि व्यापार शुरू भयो परिवारमा। मिजासिलो स्वभाव र समाजमैत्री चिन्तन गर्ने स्व. नन्दलाले स्थानीय समाजमा शुलभ दरमा समानाहरू बेच्ने गर्थे र साइकलमा सामान ओसारपसार र साइकलमै बिक्रीवितरण पनि गर्ने गर्थे। एउटा सानो झुपडीमा र साइकलमा खुद्रा पसल सञ्चालन गरेर पनि छ सातजनाको परिवारको गुजारा हुन्छ भन्ने कुरा भलै विश्वास गरिएला तर यो सत्य हो।
यसरी विष्णु खरेलले व्यवसायको शुक्ष्म भए पनि सफल रूप पारिवारिक पृष्ठभूमिमै नियाल्ने माैका पाए। जब अप्रत्यसित रूपमा नन्दलालको सन २००० मा देहान्त भयो, खरेल परिवार निकै ठूलो सकस, सङ्कट र सन्नाटामा धकेलियो। घरभरि ससाना लालाबाला, शरणार्थी शिवरको बसाई, र भोलि के गर्ने, कहाँ जाने, र कसरी परिवारको व्यवस्था गर्ने भनेर घुमिरहेको सम्भावना र चुनाैतीको एउटामात्र आसा, नन्दलाल बितेपछि विष्णुका काँधमा जिमेवारीको भारी आइलाग्यो।
आठ राज्यका शत्र सहरहरूको अध्ययन र छानबिन गरी सिन्सिनाटी पुगेका विष्णु खरेल सिन्सिनाटीहरूमा नेपालीहरू प्रशस्त बसाईं सरेर आउने र आफ्नो घर घडेरी खरिद बिक्री सहज कर्ता व्यवसाय फस्टाउनेमा आशावादी थिए त्यसो त स्थानीय क्षेत्रमा खुलेर आफ्नो रुचिको यो व्यवसाय सञ्चालन गर्ने सुजबुज, शिक्षादीक्षा, र इजाजतको तयारी यिनले गरिरहेका थिए।
यिनले दाजु दिदीको सहायता र आमा, दुर्गाको सहजतामा पढाइ र पसल समानान्तर सुचारु राखे। मनका कुरा खुरेल नभने पनि हँसिलो बोली, मिलनसार स्वभाव, र इमानदार चरित्रले बाल्यकालबाटै विष्णु खरेलले व्यवसाय समाल्ने र व्यापारिक चेत विकाश गर्ने माैका पाए। समय अनुकूल थिएन, परिस्थिति सापेक्ष रहेन, चिन्ता-पीरका गुँडमा थियो जिन्दगी तर व्यवसायी खरेलमा केही गर्नु पर्छ र गर्दामात्र केही हुन्छ भन्ने सङ्कल्प थियो र थियो बाल्य भए पनि आत्मविश्वास।
चिन्ता र त्रासका गुँणमा सीमान्त खुसी खोजिरहेको खरेल परिवारका पखेटा पलाउँदै थिए। नेपाली भाषी भुटानी शरणार्थी अमेरिका जान पाउने भन्दा यिनको मन सारै रमायो र भावुक बन्यो। तेस्रो देश जाने भन्ने असामञ्जस र किंकर्तव्यविमुढ अवस्थालाई कति पनि प्रवाह नगरी पुनरबास रूपी आशाको फारममा सकारात्मकताको कलममा सम्भावनाको मसी राखेर सपरिवार अमेरिका जाने भनेर खरेल परिवार अग्लो उभियो।
उठ भोला बोक झोला जहाँ जाला त्यही खालाको अवस्थामा सन २००८को असारमा खरेल परिवार सदाका निम्ति हिँड्यो नेपालबाट। कागजी प्रक्रिया र ट्रान्जिटमा अनेक झन्झट पर्गेल्दै खरेल परिवार अमेरिकाको घनामानव वस्तिमा पुग्छ र अकमक्क हुन्छ इँटाका जङ्गलभित्र। मान्छेको घना भीडमा पनि एक्लो, स्वतन्त्र छ दुनियाँ सोचे भन्दा पर तर जाने ठाउँ कहि कतै छैन।
स्वतन्त्र भए पनि अनकन्टारको ठाउँ, अपरिचितहरूको भीड, भोगेको भन्दा बिलकुल नयाँ, जानेको भन्दा फरक, सोचेको भन्दा भिन्दै क्यालिफर्नियाको ओक्लण्डमा चार वर्षको निरन्तर सङ्घर्षले पनि परिवार सहज हुन नसकेपछि पहिलोचोटि स्वतन्त्र र सहज तरिकाले खरेल परिवार क्यालिफर्नियाँबाट बसाइ सरेर इलोनियोसको सिकागो पुग्छ।
सिकागोमा पनि उस्तै छ सारा संसार केही थोरै नेपाली भाषीहरू छन्। धेरै कुरामा फरक छ क्यालिफर्नियाँ भन्दा सिकागो। पूरा चार वर्ष सङ्घर्ष गर्दा पनि स्थाइत्व हासिल गर्न सहज नभएपछि २०१६ मा खरेल परिवार ओहायोको सिन्सिनाटीमा स्थानान्तरण हुन्छ।
क्यालिफर्निया र सिकागोमा निसासिएको भान गरेको खरेल परिवारले सिन्सिनाटी भने निकै रुचायो। पातलो बस्ती, खुल्ला बाटो, गगनचुम्बी महल भन्दा अलिक पर र सहज बसाइ भएकाले खरेल परिवारले अब चाही गन्तव्यमा पुगेको महसुस गर्याे।
देश छोडियो, जाति छोडियो, पडाइ छोडियो, र छोडियो पृष्ठभूमि पनि। केही गर्नु पर्छ र गर्दामात्र केही हुन्छ भन्ने जोस, जाँगर, र हुटहुटी भने विष्णु खरेलमा अझै जागृत भयो सिन्सिनाटी पुग्दा। कुनै व्यवसाय नै गर्ने मनसाय यिनको बाल्य अवस्थाकै हुटहुटी हो। त्यही चाहनालाई गति दिन उनले व्यवस्थापन नै पढे। व्यवसाय व्यवस्थापनमा स्नातक हासिल उनी २०१६को अन्तिम ताका व्यावसायिकता खोजी कार्यमा दिलोज्यान दिएर लागि पर्छन्।
घर घडेरी खरिद बिक्री सहज कर्ता व्यवसाय उनलाई रुचि लागेको र उनको व्यक्तित्व सुहाउँदो भनेर परिवारबाट सरसल्लाह हासिल भएपछि उनी सन २०१७को जुलाइमा उक्त घर घडेरी खरिद बिक्री सहज कर्ता व्यवसाय गर्न आवश्यक तालीम सम्पन्न गरी इजाजत प्राप्त व्यवसायी हुन पुग्छन्।
आठ राज्यका शत्र सहरहरूको अध्ययन र छानबिन गरी सिन्सिनाटी पुगेका विष्णु खरेल सिन्सिनाटीहरूमा नेपालीहरू प्रशस्त बसाईं सरेर आउने र आफ्नो घर घडेरी खरिद बिक्री सहजकर्ता व्यवसाय फस्टाउनेमा आशावादी थिए। त्यसो त स्थानीय क्षेत्रमा खुलेर आफ्नो रुचिको यो व्यवसाय सञ्चालन गर्ने सुजबुज, शिक्षादीक्षा, र इजाजतको तयारी यिनले गरिरहेका थिए।
सन २०१७देखि हालसम्म ग्रेटर सिन्सिनाटीमा यीनले करिव ४०० घर र आधा दर्जन बढी व्यावसायिक भवन खरिदबिक्रीमा व्यावसायिक सहजकर्ताको सफल निर्वाह गरिसकेका छन्।
सन २०२१ मा (झण्डै तीस मिलियन डलर) यीनले ९० बढी घर खरिद बिक्रीमा सफल सहजकर्ताको भूमिका निर्वाह गर्दै १५० बढी रियल्टर रहेको रिम्याक्स प्रिफर्ड ग्रुपमा पहिलो स्थान हासिल गरेका छन्।
एक लाख देखि सत्र लाखसम्मका घर खरिद बिक्रीमा व्यावसायिक सहजकर्ताको जिम्मेदारी निर्वाह गरेका उनी सिन्सिनाटीमा रहेका ८७०० पूर्णकालीन व्यवसायीहरूमध्धे यिनले ५०औं स्थान कब्जा गरेका छन्।
ओहायो राज्यमा रहेका ५० हजार पूर्णकालीन व्यावसायिक घर खरिदबिक्रीमा सफल सहजकर्ताहरूमा यिनले ९८औं स्थानमा आफूलाई स्थापित गरी राज्यव्यापी रूपमा सफल एक सयभित्र आफ्नो नाम सुरक्षित गरेका छन्।
सन २०२१ मा (झण्डै तीस मिलियन डलर) यीनले ९० बढी घर खरिदबिक्रीमा सफल सहजकर्ताको भूमिका निर्वाह गर्दै १५० बढी रियल्टर रहेको रिम्याक्स प्रिफर्ड ग्रुपमा पहिलो स्थान हासिल गरेका छन्।
व्यवसायमा पूर्णकालीन होमिएका यिनी अतिरिक्त समयमा कि त निशुल्क ग्राहाक सेवामा तल्लीन हुन्छन् या त समाज सेवामा। भाइचारा नीति, खुल्ला र मिजासिलो व्यक्तित्व, र समुदाय मैत्री कारोबारमा निकै सशक्त र प्रभावकारी देखिएका यीन सिन्सानाटी क्षेत्रका ९ पूर्णकालीन गरी एक दर्जन नेपाली मूलका घर खरिदबिक्रीमा सफल सहजकर्तामध्येका सफल र चर्चित रियल्टर मानिन्छन्।
नेपाली भाषीहरूको बाक्लो उपस्थिति रहेको फेयलफिल्ठ सहरमा उनी श्रीमति रेणु, द्वय पुत्र रिसब र रियाज, र आमा दुर्गासँग सफल गृहस्थीमा रहेको मध्येबर्गीय परिवारमा विकसित भएका छन्।
बाल्यकालमै पिता गुमाएका भए पनि उनी कहिले मद्यपान, धूम्रपान वा कुनै कुलतमा फसेनन्। सामाजिक अनैतिक र गैरजिम्मेवारित्वको खुलेर भत्सर्ना गर्ने उनी सादा जीवन यापन गर्न रुचाउँछन्।
घर खरिदबिक्रीमा सफल सहजकर्ता व्यवसाय र स्टक लगानीबाट ठूलो धनराशि आर्जन गरेका उनी आलिसान भवनमा विलासी जीवन गुजार्न सक्छन् तर त्यसो गर्नु ढर्रा लाग्छ उनलाई र समुदायको पहुँचमा रहेर सकेको उत्थान गर्न रुचाउँछन्।
दैनिक १६ – १८ घण्टासम्म काममा व्यस्त देखिने उनले परिवार, आफन्त, छरछिमेक, इष्टमित्र, व्यवसाय, र ग्राहकहरूलाई यथेष्ट समय दिने र चित्त बुझाउने गरेको बजारमा सर्वेक्षण छ।
बजारमा बिक्रीका घरको अभावले र गैरव्यवसायिक, अमर्यादित, तथा अनैतिक अभ्यासका कारण व्यवसायमा विभिन्न किसिमका झन्झट र खटपटहरू जेल्नु परेको बताउने उनी भने यस व्यवसायमा आजीवन संलग्न रहेर नैतिक तथा व्यावसायिक अभ्यासमा दृढ, कटिबद्ध रहेर अगाडि बढ्ने बताउँछन्।
अनैतिक काम गर्ने, आर्थिक अपचालन गर्ने, र गैरजिम्मेदार भएर व्यवसाय गर्ने मानिसहरूले आफैँलाई मृत्यु मार्गमा धकेलिरहेको प्रति उनी निकै चिन्तित रहेको बताउँछन्। युवा उद्यमी तथा सफल व्यवसायी विष्णु खरेल समुदायको श्रोत र युवा वर्गको प्रेरणाका रूपमा रहेर व्यवसाय गरिरहेको जानकारहरू बताउँछन्।
|
डा.विष्टलाई अमेरिकी विश्वविद्यालयको रिसर्च अवार्ड वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड जितेका छन्।
नेपालको भोजपुरमा जन्मेर त्यहीँ प्रारम्भिक शिक्षा हासिल गरेका प्राध्यापक डा.कृष्ण विष्टले सो अवार्ड जितेका हुन्। प्रायजसो विज्ञानका विभिन्न विधाका अनुसन्धान र सोसँग सम्बन्धित अनुसन्धानात्मक आलेखले पाउने गरेको रिसर्च एण्ड स्कलरसिप अवार्ड यो बर्ष भने शिक्षा विषयअन्तर्गत एडभान्स्ड स्टडिज, लिडरसिप एण्ड पलिसीका प्राध्यापक रहेका विष्टले प्राप्त गरेका हुन्।
विश्वविद्यालयको मूल्यांकन समितिले महिनौं लगाएर गरेको मूल्यांकनका आधारमा जनवरी १२ तारिकमा यो बर्षको अवार्ड घोषणा गरिएको थियो। प्रा.डा.विष्ट एजुकेशन एण्ड लिडरसिप विषयका अध्यापक हुन्। उनले यसबारे थुप्रै अनुसन्धानमुलुक लेखहरु प्रकाशित गरेका छन्। विश्वविद्यालयको अवार्ड जित्नका लागि अनुसन्धानमुलक लेखहरु प्रकाशित भएरमात्र पुग्दैन ती लेखहरुलाई अरुले सन्दर्भ सामग्रीका रुपमा उद्दृत गरेका पनि हुनुपर्छ।
अरु अनुसन्धाताहरुले साइटेसन गरेको कुरालाई पनि अवार्डका लागि एउटा आधार बनाइने गरिएको हुन्छ। मोर्गन स्टेट विश्वविद्यालय र मेरिल्याण्डको उच्च शिक्षा प्रणालीमा निकै महत्वपूर्ण मानिने यो अवार्ड नेपाली मूलका प्राध्यापकले पाएको यो पहिलो अवसर हो।
डा.विष्ट ‘अनलाइन टिचिङ्ग एण्ड कोल्याबोरेटिभ रिसर्च अन ग्लोवल स्टुडेन्ट मोविलिटी इन्टरन्यासनल्ली’ भन्ने पछिल्लो अनुसन्धानका लागि पुरस्कृत भएका हुन्।
(हेर्नुहोस् घोषणाको भिडियो)।
सो विश्वविद्यालयले रिसर्च, टिचिङ र सर्भिस गरी तीन क्षेत्रमा विशिष्टटा हासिल गरेका प्राध्यापकहरुलाई अवार्ड दिने गरेको छ। यीमध्ये विष्टले रिसर्च अवार्ड जितेका हुन् । । उनी गतबर्षमात्र सो विश्वविद्यालयको पूर्ण प्राध्यापक पदमा पदोन्नतिसमेत भएका थिए।
नेपालमा त्रिचन्द्र क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा उच्चशिक्षा हासिल गरेका डा.विष्टले अमेरिकाको आर्कान्सास स्टेट युनिभर्सिटीबाट एजुकेसन एण्ड लिडरसिप विषयमा पीएचडी गरेका छन्।
|
अमेरिकाको एनसेल काण्ड मन्त्रालयको कार्यक्षेत्रमा पर्दैन, अख्तियारले गर्ला : सेवा लम्साल, प्रबक्ता, परराष्ट्र मन्त्रालय काठमाडौं । अमेरिकाको वासिंगटन डिसीमा गरिएको अर्को एनसेल काण्डको छानविन गर्नबाट परराष्ट्र मन्त्रालय पन्छिन खोजेको छ। अमेरिकास्थित नेपाली दूतावासले एनसेल प्रकरणमा पौने अठ्ठाइस करोड रकममा भ्रष्टाचार गरेको विषय वाहिरिएपछि त्यसको छानविन गर्नुको साटो परराष्ट मन्त्रालय पन्छिन खोजेको हो।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले महालेखाले अडिट गरिसकेपछि मन्त्रालयको कार्यक्षेत्रभित्र नपर्ने प्रतिक्रिया दिएकी छन्। डिसी नेपालसँगको कुराकानीमा प्रवक्ता लम्सालले महालेखाले रुजू गरिसकेपछि त्यो मन्त्रालयको कार्यक्षेत्रमा नभई अख्तियारले छानविन गर्न सक्ने बताइन्।
उनले भनिन्, ‘परराष्ट्रमन्त्रालय हाम्रो बजेटको एउटा प्रक्रिया हुन्छ, अडिट भइसकेपछि त्यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन। महालेखाले रुजू गरेपछि त्यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन, अब त्यसमा अख्तियारले नै गर्ने हो। महालेखाको प्रतिवेदनमा त्यो कुरा परेको भए बेग्दै कुरा हुन्थ्यो। अब अडिट भएर सबै कुरा भइसकेपछि अब त्यो विषय हाम्रोमा पर्दैन । यो विषयमा अमेरिकामा रहनु भएको कार्यवहाक राजदूतलाई सोध्नु राम्रो हुन्छ।’
प्रबक्ता लम्सालले भनेजस्तो सो प्रकरणमा अपचलनमा परेको पौने अठ्ठाइस करोड रुपैयाँबारे महालेखाले अडिट गरिसकेको छैन। यो गतवर्ष तत्कालीन राजदूत अर्जुनकुमार कार्कीले अनियमित तरिकाले विदेशी कानुनी परामर्शदाताको सेवा लिंदा गरेको करोडौं अपचलनको इस्यू हो। यसबारे भर्खरमात्रै महालेखाले अडिट गर्न शुरु गरेको छ।
महालेखाको एउटा टोली दूतावासको खर्चको हिसाव किताव गर्न केही दिनअघिमात्र वासिंगटन डिसी गएको महालेखा परीक्षकको कार्यालय स्रोतले डिसी नेपाललाई बतायो। महालेखाले परीक्षण नगर्दै उठेको यत्रो इस्यूमा परराष्ट मन्त्रालय पन्छन खोज्नु झन रहस्यमय भएको छ।
६१ अर्वभन्दा बढी राजश्व रकम तिर्ने प्रकरणमा एनसेलसँग नेपालका सबैजसो राजनीतिक दलका शीर्ष नेताहरु जोडिइसकेका छन्। व्यक्तिगत र पार्टीगत लाभ लिएर मुलुकको राजश्वमा सम्झौता गरेकोमा सबै दलका शीर्ष नेताहरु चर्को आलोचनाको सिकार हुँदै आएका छन्।
यसै सन्दर्भमा नेपाल सरकारले ६१ अर्व कर लगायो यो कर एनसेलले तिर्नु पर्ने होइन भन्दै एनसेलले नै विश्व बैंकमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा कानुनी परामर्श सेवा लिँदासमेत तत्कालीन राजदूतले भ्रष्टाचार गरेको प्रमाण कागजातसहित डिसी नेपालले समाचार सार्वजानिक गरेको थियो। ( यहाँ क्लिक गरेर सो समाचार पढ्नुहोस)।
राजदूत कार्कीले अनियमित तरिकाले करोडौं रकम खर्च गरेपछि जिम्मेवारी पाएका कर्मचारीले कार्कीको सो काममा सहमती जनाउन सकेका थिएनन् । उनलाई जवर्जस्ती विदामा बस्न लगाएर नेपाली सेनाका जर्नेल मघुकरसिंह कार्कीलाई हस्ताक्षर गर्न लगाई सो काम सम्पन्न गरिएको थियो ।
जनताको करको करोडौं रकममा अमेरिकामा भ्रष्टचार भएको सप्रमाण समाचार बाहिरिंदा पनि परराष्ट्र मन्त्रालय त्यसबारे छानविन गर्नुको साटो लेखापरीक्षण नै नभई सकेको सो काण्डलाई टालटुल पार्न चाहान्छ भन्ने स्पष्ट भएको छ । यसले यो प्रकरणमा मन्त्रालयभित्र पनि उच्चतहको संलग्नता छ कि भन्ने आशंका बढाइदिएको छ।
|
इन्जा ग्रामिण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान भर्जिनिया। नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले पत्रकारिता पुरस्कारको लागि निवेदन आह्वान गरेकाे छ। इन्जाले सामुदायिक पत्रकारिता पुरस्कार, साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) र बौद्धिक सोधवृत्ति पुरस्कारका लागि निवेदन आह्वान गरिएको हो।
बौद्धिक सोधवृत्ति पुरस्कार नेपालमा पत्रकारितामा एमिफल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरी रहेकाहरुलाई सोधवृत्तिको रुपमा दिइनेछ। यी पुरस्कारको राशी हरेकविधामा १ हजार अमेरिकी डलर रहेको छ।
साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिस्पर्धामा सहभागी हुन वा सिफारिस गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरुको लिङ्क वा भिजुअल प्रति इन्जाको अफिसियल इमेल [email protected] मा फेब्रुअरी १० सम्म पठाइसक्नु पर्नेछ ।
यी सबै पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौमा आयोजना हुने इन्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इन्जा मुखालयले जनाएको छ ।
|
वाह नेत्र ! अमेरिकामा नेपालीभाषी भुटानीका हीरा अमेरिका। झापाको बेलडाँगी शरणार्थी शिवीर छोडेर आइओएमको बसमा सात समुन्द्रपारिको देश अमेरिका उड्न काठमाडौ लाग्दै गर्दा नेत्र आचार्यका मनमा अनेक कुरा मडारिए, अरुको देश के होलाकसो होला। नचिने नजानेको ठाँउ, नजानेको देशकहाँ पु¥याउने हो थाहा थिएन। भाषानि अर्कै, धर्म नि अर्कै, बरु दुःखजिलो गरेर नेपालमै बसिएकै थियो।
काठमाडौबाट अमेरिकाको फिलाडेल्फिया एयरपोर्ट उड्दै गर्दा उनको मानसपटलमा जीवनको ठूलो सपना थिएन, जसो तसो सानो तिनो काम गरेर खाउला खुशीसाथ बाचौंला भन्नेसम्म थियो। २०११ को फेबु्रअरी १८ मा पेन्सिलभेनियाको ह्यारिसबर्ग उत्रिँदा नेत्रसँग हातमा जम्मा जम्मी ३३ डलर थियो काठमाडौंमा साटेको।
खाना बनाउने किचनको क्याविनेट बनाउने वायर हाउस (फ्याक्ट्री) मा सामान्य मजदुरको रुपमा काम थालेका नेत्रले कहिल्यै सोचेका थिएनन् कि भोलि कुनैदिन अमेरिकामा समुदायको वाहवाही पाउने गरी छलाङ मारौंला भनेर।
भात झोलामा बोकेर कम्पनी धाएर घण्टे काम गर्ने उनले सोच्नु पनि कसरी? तर अवसरै अवसरको यो भूमिमा उनका लागि एउटा यस्तो नसोचेको अवसर आयोे जसले उनको जीवनको गाथा बदलिदियो, त्यो थियो होम केयरको जागिर।
होम केयरबाट फड्को
अमेरिकाका केही राज्यमा असक्त, बिरामी बृद्धबृद्धा, तथा अपांगता भएकाहरुलाई राज्यले घरमै केयर गिभर सुबिधा उपलब्ध गराउँछ। असक्त, बिरामी बृद्धबृद्धा, तथा अपांगता भएकाहरुलाई आफ्नै परिवार, छोराछोरी, आफन्तले केयरगिभरको रुपमा हेर्न पाउँछन्।
राज्यले अबस्था हेरेर घरमै नर्समार्फत घरमै स्वास्थ्य सम्बन्धी सहायता प्रदान गर्छ। राज्यले दिने यो सुविधाहोम केयर एजेन्सीले ‘मिडिएटर’बनेर सर्बसाधारणलाई दिने काम गर्छ। भखर्र भर्खर अमेरिका आएको कलिलो नेपालीभाषी भुटानी समाजमा यो कुरा थाहै नभएको अबस्थामा पहिलो पटक नेत्र ट्रिमेड नामक होमकेयर एजेन्सीमा २०१३ मा जागिर खान पुगेका थिए।
नेपालीभाषी भुटानी समुदायका अगुवा तथा होमकेयर ब्यवसायी नारद पोखरेल भन्छन्, ‘आज हाम्रो समाजको ठूलो हिस्सा होम केयरको ब्यबसायमा छ, तर शुरुबातमा यो बाटो समात्ने श्रेय नेत्रलाई जान्छ।’ होमकेयरको क्षेत्रमा पहिलो काम गर्ने उनी नै थिए। समुदायले उनैमार्फत यो क्षत्रेको धेरै कुरा जान्न पायो।
पछिल्ला वर्षहरुमा भुटानी नेपाली समुदायमा यो कार्यमा संलग्न हुनेहरुको लहर नै चलेको छ। ओहायो राज्यको कोलम्बस, सिन्सीनाटी, एक्रोन, पेन्सिलभेनिया राज्यको ह्यारीसवर्ग, पिट्सवर्ग, इरि लगायतका शहरहरुमा बग्रेल्ती होमकेयर ब्यवसाय खुलेका छन् हिजोआज।
नेपालीजातिको स्वभाव नै हुन्छ कुनै काम तन, मनले गर्छ। मन, बचन र कर्मले यो क्षेत्रमा दत्तचित्त भएर लागेका नेत्रलाई उनको कार्यलयले काममा लागेको एक बर्षपछि पेन्सिलभेनिया राज्यको ‘रिजनलडाइरेक्टर’ बनाइ दियो।
उनले ५ वर्षको अवधिमा निकै ठूलो ब्यवसायिक छलाङ मारेका छन्। क्रिएटिभबाट शुरु भएको ब्यवसायिक यात्रामा गोल्डेन होम केयर, किङग्स होम हेल्थ केयरसम्म पुगेको छ जसको बजार फैलावट पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यांकाष्टर, म्याक्यानिसवर्ग, पिट्सवर्ग, गरी ६ मुख्य शहरमा फैलिएको छ। यो राज्यमा ४० हजार हाराहारी नेपालीभाषी भुटानी बस्छन्।
केही वर्षको होमकेयरको अनुभवपछि उनमा आफैं केही गर्ने हुटहुटी चल्यो, तर बाधक बन्यो काम गरिरहेका एजेन्सी, जसमा अरु केहीवर्ष काम गर्ने करारनामा गरेका थिए उनले। तथापि आफ्ना दुई भाइ नविन्द्र आचार्य र उदय आचार्यलाई अघि सारेर शुरु गरे क्रियटिभ होम केयर।
एउटा भनाइ छ ‘सपना त्यो हैन जुन हामी निदाएपछि देख्छौं, सपना त त्यो हो जस्ले निदाउन दिँदैन।’ हो त्यो उनलाई निदाउन नदिएको सपनासँगै तन, मन धनदिएर शुरु गरेको यो ब्यवसायबाट उनले ५ वर्षको अवधिमा निकै ठूलो ब्यवसायिक छलाङ मारेका छन्।
जुन सामान्य मान्छेका लागि त्यति सहज छैन। क्रिएटिभबाट शुरु भएको ब्यवसायिक यात्रामा गोल्डेन होम केयर, किङग्स होम हेल्थ केयरसम्म पुगेको छ जसको बजार पेन्सिलभेनिया राज्यका मुख्य सबैजसो शहरमा फैलिएको छ।
उनको ब्यबसायको फैलावट पेन्सिलभेनिया राज्यको मुख्यह्यारिसवर्ग, स्क्रयान्टन ल्यांकाष्टर, म्याक्यानिसवर्ग, पिट्सवर्ग, इरी गरी ६ मुख्य शहरमा छ। यो राज्यमा ४० हजार हाराहारी नेपालीभाषी भुटानी बस्छन्। ओहायो राज्यपछि सवैभन्दा बढी नेपालीभाषी भुटानी बस्ने राज्य यही पेन्सिलभेनिया हो। त्यसो त पेन्सिलभेनियाबाहेक उनको ओहायोको राजधानी कोलम्बसमा पनि ओमेगा नामक होम केयरमा संलग्नता छ, स्थानीय नेपालीभाषी भुटानी साथीहरुको सहकार्यमा।
‘आफ्नो मातृभुमिबाट लखेटिएपछिको दुखदायी जीवन, चरम दुख, संघर्ष बेहोरेका थुपै्र नेपालीभाषी भुटानीहरु तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका एउटा सशक्त उदाहरण हुन् नेत्र आचार्य’, नेपालीभाषी भुटानी समुदायका अगुवा ह्यारिसवर्ग निवासी नारद पोखरेल भन्छन् ‘उनको यो लोभलाग्दो सफलताले हाम्रो समुदायका धेरैका लागि उत्पे्ररणा मिल्छ।’
फैलिदो ब्यबसायिक क्षेत्र
नेत्रको ब्यवसाय होम केयरमा मात्र अब सीमित छैन। ब्यबसायको आयातन विभिन्न फरक फरक क्षेत्रमा फैलिँदो छ। जस्तो—घर जग्गा कारोबार, सपिङ कम्प्लेक्स, टाउन हाउस आदि। ह्यारिसवर्गमा आचार्य ग्रुप रियलस्टेट एलएलसी नामको घरजग्गा कारोबार गर्ने कम्पनी छ,जसले घर किनबेच गर्नेदेखि पुराना घर किनेर ‘रिमोडलिङ’ गरेर बेच्छ।
त्यस्तै टाउन हाउस किनेर भाडामा लगाएको छ। ह्यारिसवर्गको डेरी स्ट्रिटको ४०००० स्क्वायर फिटको डेरी सपिङ सेन्टर यिनै तीन आचार्य दाजुभाइको हो, जुन प्लाजामा नेपाली ग्रोसरी पसलदेखि कपडा पसल, सुन पसल, संगीत स्कुल, ब्युटीपार्लर लगायत छन्। ‘एउटै ब्यवसायमा भर पर्दा त्यो सधै एउटै गतिमा राम्रै भइरन्छ भन्ने नहुन पनि सक्छ’, नेत्र भन्छन ‘त्यसैले बिभिन्न फरक फरक क्षेत्रमा लगानी गरेका हौं।’
उनको अर्को कम्पनीमा उण्टभ्याली इन्टरप्राइजेजले नेपालीभाषा अनुवादको सेवा उपलब्ध गराउँछ। क्रिएटिभ एण्ड कन्सल्टिङले होम केयर खोल्न चाहनेहरुलाई सहयोग गर्छ। यस बाहेक ब्राइटउडएडल्टडे केयर संचालनको अन्तिम तयारीमा छन् उनी। जसमा बृद्धबृद्धा राखेर हेरचाह गरिन्छ।
‘हामीले सक्दो लगानीका क्षेत्र फराकिलो बनाउँदै गएका छौं, यो सफलतामा म सँगै मेरा ‘इनर्जेटिक’, ‘मोटिभेटेड’२ भाइहरुको भूमिका उत्तिकै छ’, नेत्र भन्छन् ‘सँगै समुदायका बौद्धिकब्यक्तित्वहरुको साथ सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ।’
उनले यसअघि नै नेपाली ग्रोसरी पसल र रेष्टुरेन्ट चलाएका थिए। भोजन घर नामक चल्तीको रेष्टुराँ थियो, जुन कोरोनाको महामारीपछि उनले बिक्री गरे । त्यसैगरी नेपाली समान पाउने ग्रोसरी बिएनएन इन्टरनेशनल सुपरमार्केट केही महिना पहिले बेचेका थिए। त्यसो त फेरि अर्को नयाँ रेष्टुरेन्ट संचालनका लागि कन्स्ट्रक्सनको काम भइरहेको छ-नेत्रको टिमको।
एक दशक भुटानको विदेश मन्त्रालयमा काम गरेका तथा रोयल भुटनिज एम्बेसी नयाँ दिल्ली भारतमा कुटनीतिज्ञको रुपमा काम गरेका नारायण कटेल तेस्रो मुलुक आएर छोटो अवधिमै हाम्रो समुदायको नाम, प्रतिष्ठा राख्ने गरी हासिल गरेको ब्यवसायिक समृद्धि साँच्चिकै प्रसंसा योग्य भएको बताउँछन्।
नेपालीभाषी भुटानी समाजको ठूलो हिस्सा होम केयरको ब्यबसायमा छ, तर शुरुबातमा यो बाटो समात्ने श्रेय नेत्रलाई जान्छ । होमकेयरको क्षेत्रमा पहिलो काम गर्ने उनी नै थिए। समुदायले उनै मार्फत यो क्षत्रेको धेरै कुरा जान्न पायो।
हाल अमेरिकाको पेन्सिल्भेनियापिट्सबर्ग निवासी भुटानी समाजका अगुवा उनी नेत्रको सफलताप्रति गर्व गर्दै भन्छन्, ‘आत्मविश्वास, आँट, आकाँक्षा र केही गर्ने हुटहुटी भएपछि जीवनमा जहाँ गएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण हुनुहन्छ उहाँ।’
रहरलाग्दो ब्यवसायिक उचाइ हासिल गरेका उनी समुदायका गाह्रा अप्ठ्यारा तथा परोपकारी काममा निरन्तर हातमालो गर्दै आएका छन्। आफ्ना समुदायका युवाहरु संलग्न रहेका क्रिकेट, भलिवल, फुटबलजस्ता खेलहरुमा खेलाडीलाई नियमित सहयोग गर्दैै हौसला प्रदान आएका छन् चाहे त्यो पेन्सिलभेनियमाहोस या ओहायोमा। ह्यारिसबर्गको श्री लक्ष्मीनारायण हरिहर धाममन्दिर निर्माणका लागि होस या त्यही नेपालीभाषाको स्कुल संचालनमा होस उनको भूमिका महत्वपूर्ण छ।
हिन्दु धर्म तथा सास्कृतिक संगठन अमेरिकाका अध्यक्ष डा.तुलाराम न्यौपाने भन्छन्, ‘हाम्रो संस्थालाई ६—७ बर्षदेखि निरन्तर सहयोग गर्दै आउनु भएको छ, थुप्रै परोपकारी काममा सहयोग गरेपनि प्रचारबाजी गरेर मैले सहयोग गरें, पैसा दिए“ भन्दै हिँडेको थाहा छैन।’
समाजका अप्ठ्यारा समस्यामा आफू सधैं सहयोगी भूमिकामा रहने बताउँछन् नेत्र। ‘अबका दिनमा सामाजिक हित, परोपकारी काम गरी आफ्नो समुदायलाई अगाडि ल्याउने भूमिकामा अझै सशक्त उपस्थिति जनाउनेछु’, उनी भन्छन्।
बेलडागीका दूधवाला
भुटानको सर्वाङ जिल्लाको पङखे गाँउको दोभान ब्लकमा जन्मिएका नेत्रका हजुरबुबा रुद्रमणि आचार्य भुटानका चिनिएका ब्यापारी तथा जनप्रतिनिधि थिए। उनको ज्याङखुरुङ, पाटाबारी लगायतका थुप्रै ठाउँमा अलैंची बगान थियो।
जातीय सफायाको नाममा भुटानी शासकले दक्षिणी भुटानमा रहेका नेपालीभाषी भुटानी (ल्होत्साम्पा) लाई जन्मभूमिबाट लखेट्न थालेसँगै जनप्रतिनिधि (कारबारी) रहेका हजुरबालाई ‘यति दिनभित्र यति वटा परिवार यहाँबाट खेदाऊ’ भन्ने उर्दी आउन थाल्यो।
आफ्नै नेपालीभाषी दाजुभाइ, छिमेकी, गाउँलेलाई उनले त्यहाँको शासकसँग मिलेर खेदाउने कुरै थिएन। त्यसपछि विस्तारै विभिन्न ‘टर्चर’ ले देशै छोड्न बाध्य भयो नेत्रको परिवार।
भुटानको त्यो जन्मघर, गाइबस्तुले भरिएको गोठ, खेतबारी, फलफूलले अनि अलैंचीले भरिएको बगान अनि आफ्नो माटो छोडेर हिँड्दा उनको जीवन निष्पट अ“ध्यारो भयो। जीवनमा ठूलो पहिरो गयो। परिवारसँगै सन १९९१ मा उनी झापाको गाह्रामुनि आएर बसे केही महिना।
त्यसपछि गोलधाप शरणार्थी शिविरमा जीवनका अनेक रंग देखे। दमकस्थित बेलडाँगी शरणार्थी शिविर जीवनका उर्वर वसन्तहरु बिताए। शरणार्थी शिविरको छाप्रोमा जीवनका चरम दुख, पीडा, ताप, सघर्षका रंगहरु भोगे आचार्यले। प्लाष्टिक र बासका भाटाले बारेका चुहिने छाप्रोभित्र दुखका महासागर छिचोले। जीवन भोगाइका सुदूर क्षणहरु साँच्चिकै हृदय बिदारक कथानक बन्छ।
पढ्नका लागि बिहान ५ बजे साइकलमा दुध बेच्दै हिँडे। दुखको तापमा विहान धर्तिमा उज्यालो खस्न नपाउँदै बेलडागी नजिकैको दुम्से गाँउपुगेर शिविरमा दुधल्याएर छाप्रो छाप्रोमा पुर्याए। ‘शिविरको बसाइ कति अभावमा बाँचियो भने २ कक्षामा पढ्दा चप्पल लगाउन पाएको थिएँ, ४ कक्षापुग्दा मात्रै लामो पेन्ट लगाउन पाएको थिएँ’ उनी सुदुर अतितमा फर्किन्छन्। जीवनका २० वसन्त शिविरमा कष्टप्रद जीवन बिताएका नेत्र बिगत आधा दशकदेखि धेरैको सपनाको देश समृद्धशाली अमेरिकामा आफू पनि धेरैको सपनाजस्तै समृद्धशालीनै बनेका छन्।
शिविरमा उनलाई पढाएका डा हेमन्त लामा शिविर भित्रको अभाव, संघर्ष झेलेर तेस्रो मुलुकमाअनपेक्षित फड्को मारेको बताउँछन्। ड्रुकइन्टरनेशनल सितेरियो कराते डो एसोसियसन अमेरिकाका अध्यक्ष तथा शैक्षिक अनुसन्धानकर्ता उनी भन्छन्, ‘उनले आफ्नो क्षेत्रमा उल्लेखनीय ढंगले छलाङ मारेका छन्। यस्ता समृद्धिका नमुनाबाट सिंगो समाजले गर्व गर्नुपर्छ, वास्तब मै भन्नु पर्दा उनी हाम्रो समाजले थाहनपाइरहेको हीरा हो।’
भुटानी शासकको अन्याय, अत्याचार, दमनले त्यहाँको सुखी जीवन छोडेर बर्षौ दुखको हुन्डरी र अनिश्चिताको भुमरीमा रुमलिएका उनले आज उनको तेस्रो देश अमेरिकामा आफ्नो कामबाट मारेको छलाङका साक्षी उनका ७७ बर्षीय हजुरबुबाको गर्वले छाती फुल्छ।
|
भुटानको रेडियो, नेपाली गीत र अमेरिकाबासी अम्बर सुब्बाको कथा कोलम्बस/ओहायो । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै बस्दाअम्बर तुम्बापो सुब्बाको रुमानी सपना थियो गायक/संगीतकर्मी बन्ने। तर सोचे जस्तो सहज थिएन। शिविर भित्र अभावको चाङ थियो।
मुख्य कुरा त आफ्नो देशै छाडेर अनागरिक बन्न विवस थिए उनी। आफ्नो परिवारको आबश्यकता पूरा गर्न काम गर्नु प¥यो त्यो संप्तरंगी सपना त्यागेर। नेपालीमा एउटा कविताको अंश निकै प्रख्यात छ, ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल।’ चरम दुख, पीडा, पीर, सघर्ष, अनिश्चिताकाबीच उनले त्यसैगरी सपनालाई पछ्याए, अनि संगीतको बाटो खने त्यो कठिन परिवेशमा।
त्यसैले त बग्रेल्ती दुखकष्ट झेल्दै शरणार्थी शिविर भित्र देखेको सपनामा रमाइरहेका छन् उनी आज। त्यही सपनालाई मुर्त रुप दिँदै संगीतमार्फत सात समुन्द्रपारिको देश अमेरिकाबाट सांगीतिक धुनमार्फत नेपाली मनमा छन्। ‘दुख, सघर्ष, अनिश्चित भविष्यकाबीच संगीतमा देखेको सपना अहिले मूर्त रुप लिँदैछ’, अम्बरले सगर्व सुनाए, ‘भुगोलमा जहाँभए पनि मन, इच्छाशक्ति, साधना सबै भन्दा ठूलो कुरा रहेछ।’
जीवनका १७ औं वसन्त शरणार्थीको रुपमा जीवन बिताएका अम्बर तुम्बापो सुब्बा अहिले अमेरिकामा भुटानी नेपाली समुदायमाझ अब्बल संगीतकारका रुपमा दरिएका छन्।
जातीय सफायाको नाममा भुटानी सरकारले दक्षिण भुटानमा नेपालभाषी भुटानी (ल्होत्साम्पा) माथि अन्याय अत्याचार र दमनको सीमा नाघेपछि भारत हुँदै पुर्खाको देश नेपाल आए जन्मथलो चिराङ जिल्लाको चिगाउँबाट। जीवनका १७ औं वसन्त शरणार्थीको रुपमा बिताएर सन २००८ मा संयुक्त राज्य अमेरिका आएका थिए।
अमेरिका आएपछिका पछिल्ला बर्षहरुमा संगीतमा सक्रियता बढ्दो छ। विगत आधादशकदेखि आफ्नो संगीतको शिल्पलाई अझ सशक्त रुपमा अगाडि बढाइरहेका छन्।
सिर्जनाको गुणबत्ताले भुटानी नेपाली समुदायमाझ अब्बल संगीतकार रुपमा त दरिएका छन नै नेपाली गीतसंगीतमा क्षेत्रमाथि संगीत शिल्पीको उपस्थिति प्रशंसनीय छ।
हिजो आज एकपछि अर्को उत्कृष्ट सिर्जना यहीबाट संगीतका पारखीमाझ पस्किरहेका छन उनी। नेपालीभाषी भुटानी समुदायका अगुवा तथा भुट्नीज कम्युनिटी एसोसियसन अफ एक्रोनओहायोका अध्यक्ष मनोरथ खनाल भन्छन्, ‘नेपालीभाषी भुटानी समुदायका थोरै आइडल मध्येका एक अम्बरले तेस्रो देशमा आएर नेपाली संगीतमा दिएको योगदान साच्चिकै उदाहरणीय छ।’
उनको भनाइमा संगीतमार्फत सबै नेपालीलाई एउटै मालामा उन्ने काम गरिहेका छन् उनले। अम्बर यसअघि ओहायोको एक्रोन शहरमा बस्ने नेपालीभाषी भुटानीको संस्था भुट्नीज कम्युनिटी एसोसियसन अफ एक्रोनको अध्यक्ष थिए। एक्रोनमा १० हजार हाराहारीमा नेपालीभाषी भुटानी रहेको बताइन्छ।
अम्बर यसअघि ओहायोको एक्रोन शहरमा बस्ने नेपालीभाषी भुटानीको संस्था भुट्नीज कम्युनिटी एसोसियसन अफ एक्रोनको अध्यक्ष थिए। एक्रोनमा १० हजार हाराहारीमा नेपालीभाषी भुटानी रहेको बताइन्छ।
सुब्बा अमेरिकामा फुलटाइम जागिर खान्छन्। ओहायो राज्यको समिट काउन्टी (एक्रोन शहर)को जब एण्ड फ्यमीली सर्भिसेजमा रहेर सरकारी जागिरमा आबद्ध उनको सक्रियता जागिरसँगै संगीत पनि छ।
‘अमेरिकाको ब्यस्त दैनिकीबीच फुर्सद भयो कि गीत संगीतको काममा लागिहाल्छु’, ओहायो राज्यको एक्रोन शहर नजिकैको कायाहोगाफल्समा विगत १३ वर्षदेखि बस्दै आएका उनी फुर्शद पायो कि हारर्मोनियम समातेर गीत गाउँछन्, संगीत सिर्जना गर्छन् अनी शब्द कोर्छन्। ‘यो क्षेत्र नसा जस्तै भयो, काम गर्दागर्दै धुन फुर्छ त्यसमा शब्दपछि कोर्छु र फुर्सदमा पूरा गर्छु,’ उनी भन्छन्, ‘अरुको कामभने प्राय सप्ताहान्तमा गर्ने गर्छु।’
पिरती त, यस्तो पनि, जलेर मुटुलगायतका केही गीतमा स्वर भरेका अम्बरको मुख्य पहिचान भनेको संगीत सिर्जना नै हो। उनले अम्बर, प्रज्वल जस्ता एकल एल्बममा संगीत भरेका छन्। जलेर मुटु, हिँड्दा हिँड्दै, सानीमा सानी, बिर्सी दिन्छु,, डोको नाम्लो, मोहनीमन्तरजस्ता आधुनिक गीत लोकप्रिय छन्।
आधुनिकसँगै केही पप, लोक ‘बेस’का गीतमापनि धुन भरेका छन्। ३ महिनाअघि भ्वाइस अफ नेपाल किरण गजमेरमा स्वरमा उनले संगीत भरेको मोहनी मन्तरले ११ लाखले भिडियो हेरेका छन्। उनको संगीतमा उदय सोताङ, सत्य स्वरुपराज आचार्य, राजेश पायल राई, शिव परियार, सन्तोष लामा, कर्म ग्याल्छेन बम्जन, मेलिना राई किरण गजमेर, मेघा श्रेष्ठलगायतका गायक गायिकले स्वर भरेका छन्।
बेलडाँगीमा स्कुल पढ्दै गर्दा १९९६/९७ तिर संगीतको राग अलंकार सिकेका थिए मोरङ उर्लाबारीको मुनलाईट संगीत स्कुल धाएर। आफ्ना दमालेसँग मिलेर डु्रकएलि नामक संगीतको ब्याण्ड बनाएर गीत गाउँदै हिडँथे। जसमा छवि न्यौपाने, महेन्द्र सुब्बा, गंगा राई, हरि सुजीजस्ता साथी थिए। यीमध्ये कतिपय अझै गीत संगीत क्षेत्रमै छन्।
एक्रोन शहर नजिकैको कायाहोगाफल्समा विगत १३ वर्षदेखि बस्दै आएका उनी फुर्सद पायो कि हारर्मोनियम समातेर गीत गाउँछन्, संगीत सिर्जना गर्छन् अनी शब्द कोर्छन्। ‘यो क्षेत्र नसा जस्तै भयो, काम गर्दागर्दै धुन फुर्छ त्यसमा शब्दपछि कोर्छु र फुर्सदमा पूरा गर्छु।
पछि साइन्स पढ्न काठमाडौ आए त्रिचन्द्र क्याम्पसमा। क्याम्पसमा बिएस्सीको पढाइसँगै शास्त्रीय संगीतका गुरुद्वय गुरु देब कामत र प्रकाश गुरुङसग काठमाडौको गुरुकुल संगीत पाठशाला र साधना कलाकेन्द्रबाट संगीत तिखार्न थाले। संगीतसँगको प्रगाढता बढ्दै गयो।
संगीत सिक्दै गर्दा सुरनाम एल्बम निकाले साथीहरुसँग मिलेर। त्यसपछि संगीतका काम धेरै आउन थालेका थिए। २००९ मा तेस्रो देश पुनर्वास कार्यक्रममार्फत अमेरिका आए। भन्छन्, ‘त्यहीँ थिए“ भने त्यही संगीतको माहोल÷वातावरण थियो भने अझै निकै नै गरिन्थ्यो जस्तो लाग्छ, यद्यपि यहाँबाट पनि सक्दो काम गरिहेको छु त्यो सिकाइ अविराम स्रोत बनेको छ।’
उनमा संगीतप्रतिको रस भुटानदेखि नै थियो। उनी सानै हुँदा भुटानको रेडियो भुटान ब्रोडकाष्टिङ सर्भिसले साताको २ घण्टा नेपाली गीत बजाउँथ्यो। त्यो बेला उनका नजिकैको आफन्त प्रताप सुब्बाका गीत बज्थ्यो। ‘म पनि गाउन पाए त भने जस्तो लाग्थ्यो तर त्यतिबेला रेडियो गीत गाउनु सपना जस्तै थियो’, उनी सुदूर अतीततर्फ फर्किन्छन्।
भुटानमा औपचारिक रुपमा नेपाली गीत गायक प्रताप सुब्बाले शुरु गरेका थिए। गीत संगीत नेपालभाषी भुटानीका पायनियर सुव्वाले सन् १९७८ मा मायालुको मुस्कान मिठो बोलको गीत रेडियो नेपालमा गाएका थिए। १९८८ मा एल्वमबन्धनको चिनो ल्याएपछि चर्चित बनेका उनले भुटानको रेडियो भुटान ब्रोडकाष्टिङ सर्भिसमा सुपरहिट भएको थियो। ‘त्यसले नै खासमा संगीततर्फ सानैमा मोहित बनेको थिएँ’ अमर सम्झन्छन्।
नेपाली संगीतमा नातिकाजी र न्ह्यु बजचार्य र स्वरमा प्रेमध्वज प्रधान, भक्तराज आचार्य, र नारायण गोपालको असली फ्यान सुब्बा संगीतले संसारभरका नेपालीलाई जोडिरहेको बताउँछन्। उनी सगर्व भन्छन्,‘संगीतको भौगोलिक सीमा हुँदैन, विश्वमा छरिएर रहेका नेपालीलाई जोड्ने काम पनि गरिरहेको छ।’
|
न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए।
गायक राईमाथि न्यूयोर्कमा भएको यो हमला यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। डिसेम्बर ३१ तारिक साँझ न्यूयोर्कको क्विन्स प्यालेसमा आयोजित सो कार्यक्रममा गीत गाउँदा गाउँदै एक्कासि आक्रमणमा परेका गायक राईले स्टेजमै आक्रमणकारीको प्रतिरोध गरेका थिए।
पछाडिको लागि ३० र अगाडिको लागि ४० डलरको टिकट काटेरमात्र कार्यक्रममा प्रवेश पाइने व्यबस्था मिलाइएको थियो। हलमा खचाखच संगीतप्रेमी नेपालीहरुको भीड पनि देखिएको थियो। यही भिडभित्रैबाट एकजना व्यक्ति स्टेज चढेको र सरासर गायक राईको घाटी सामात्न पुगेका थिए।
त्यसपछि भएको तानातानमा गायक राई झण्डै स्टेजमै लडेका थिए तर उनी सम्हालिए। यो दृश्य देख्नासाथ आयोजकका केही व्यक्ति स्टेजमा पुगेर आक्रमणकारीलाई गायक राईबाट छुटाएर हातपात गर्दै बाहिर लगेको र केहीबेर हलभित्र ठूलो होहल्लासमेत भएको थियो।
उनलाई हात पात गर्ने व्यक्तिले के उद्देश्यले हात पात गरेका हुन् भन्ने कुरा अझै स्पष्ट भएको छैन। उनी न्यूयोर्क निवासी पाशाङ दावा लामा नाम गरेका व्यक्ति भएको खुलेको छ। ज्याक्सन हाइटको एउटा टिवेटियन रेष्टुराँमा कार्यरत लामाले गायक राईको के कुरा चित्त बुझएनन् र स्टेजमै पुगेर घाँटी समाउन पुगेका हुन् भन्ने स्पष्ट भएको छैन।
यसबारे स्थानीय प्रहरीलाई हालसम्म कसैले उजुर नगरेको बताइएको छ। आयोजकहरुले त्यस्तो कुनै घटनै नभएको भन्दै घटनालाई अस्वीकार गर्दै आएका छन्। नेपालका बरिष्ठ गायकलाई बोलाएर कार्यक्रम गरी सुरक्षाको उचित प्रबन्ध गर्न नसकेकोमा आयोजकको व्यापक आलोचना भइरहेको छ।
कार्यक्रमको मुख्य आयोजक बुद्ध ट्याक्स न्यूयोर्क रहेको कार्यक्रममा गरिएको प्रचार सामग्रीमा देखिएको छ। आक्रमणपछि एकछिन होहल्ला भए पनि गायक राई आफ्नो प्रस्तुतिलाई पुन अघि बढाएका थिए।
|
अमेरिकामा नेपालीमूलको सांसद भएर मैले के गरें? जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी, अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दापनि महान हुन्छन्। यो वाणी हो, भगवान श्रीरामको। हामी यही वाणी सुन्दै पढ्दै हुर्के–बढेका हौं।
नेपाल हाम्रो मातृभूमि हो। हाम्रालागि नेपाल स्वर्ग भन्दापनि महान छ। आमा र मातृभूमि साटिने कुरा पनि हैनन्। र, संसारमा यी दुईको विकल्प पनि हुदैन। त्यसैले यी दुईसँग केहीको पनि तुलना हुन सक्दैन र गरिनु पनि हुँदैन।
अहिले संसार भूमण्डलीयकरणको युगमा छ। भौगोलिक सीमाहरू पासपोर्ट र भिसामा सीमित भएका छन्। मानिसहरू सूचना प्रविधिको राजमार्गमा बिना रोकटोक संसारभर विचरण गरिरहेका छन्।
यो आजको कुरा भयो। तर, हाम्रा स्वप्नदर्शी पुर्खाहरू त सुरूदेखि नै वसुधैव कुटूम्बकम् अर्थात विश्व नै एक परिवार हो भन्ने मान्यतामा विश्वास गर्थे। उनीहरूका सन्तति हामी प्रकारान्तरमा त्यही मान्यतालाई पछ्याएर संसारभर पुगेका छौं।
हामी संसारभर पुग्नु भनेको नेपाल छोड्नु हैन, आफैंभित्र एउटा मिनी नेपाल लिएर नेपाललाई संसारभर पुर्याउनु हो। यसले नेपाल र नेपालीको परिचय बिस्तारित गर्छ र आवश्यक पर्दा आफ्नो मातृभूमिको लागि स्रोतको जोहो पनि गर्छ। विश्वमा जो यसरी फैलिए, तिनीहरूको मातृभूमिले विस्तारित परिचयमात्र पाएको छैन, विकासका लागि अतिरिक्त स्रोत र साधनको जोहो पनि गरेको छ। त्यसका लागि टाढा जानै पर्दैन, छिमेकी भारत र विश्वभर फैलिएका भारतीयहरूलाई हेरे पुग्छ।
हामी नेपाली पनि पछिल्लो समय नेपाल बोकेर संसारभर फैलिरहेका छौं। तपाईंहरू जस्तै म पनितिनै आमनेपाली मध्येको एक हुँ जसले आज आफ्नो परिचय नेपाली–अमेरिकनका रूपमा बिस्तारित गरेको छ। अमेरिकामा कसैले पनि आफ्नो पहिचान छोड्नु पर्दैन, विस्तारित हुने हो।
जनवरी ५ मा एक भर्चुअल फण्ड राइजइभेन्ट पनि आयोजना गरिएको छ। मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सकी सभामुख एड्रिन ए जोन्सको प्रमुख आतिथ्यमा हुने उक्त इभेन्टको सफलता तपाईं हामी नेपाली-अमेरिकनको प्रतिष्ठाको विषय पनि हो। म यहाँहरू सबैलाई इभेन्टमा उपस्थित भएर विचार विमर्शमा सहभागी हुन सविनय अनुरोध गर्दछु।
जस्तो कि, तपाईं हामी पहिला नेपाली थियौं, अहिले नेपाली अमेरिकन भएका छौं। अमेरिकामा मूल कहिलै छोडिँदैन, पुस्तौपुस्तापनि यो कायम रहन्छ। अमेरिकाको सुन्दरता भनेकै यही हो। यदि यो सुन्दरता नभएको भए म अमेरिकामा बस्ने पनि थिइँन।
म यो मान्यतामा सुरूदेखि नै विश्वास गर्थे र यस मान्यताको पैरवी पनि गर्दै आएँ। भनिन्छ नि परिवर्तन आफैंदेखि सुरू गर्नुपर्छ। यस मान्यताको सुरूवात पनि मैले आफैंबाट गरें। भनाइ नै छ, रोमपुगेपछि रोमन जस्तै हुनुपर्छ। अमेरिका आएर नेपाली-अमेरिकी भएपछि हाम्रा सन्ततिहरू पनि अमेरिकी जस्तै हुनुपर्छ।
यहाँ आरक्षण हुँदैन, सबैसँग प्रतिस्पर्धा गर्नुपर्छ। प्रतिस्पर्धा पारदर्शी र शुद्ध हुने भएकाले क्षमता भएकाहरू सफल हुन्छन्। हो, प्रतिस्पर्धामा हार पनि हुन सक्छ तर प्रयास जारी राख्ने अनि आवश्यकताको सही पहिचान र प्रवन्धन गर्ने हो भने सफलता निश्चित हुन्छ। अपवाद हुन सक्छ तर अपवादको सामान्यीकरण गरिनु हुँदैन।
अमेरिकी हुनु भनेको यो देशका हरेक क्षेत्रमा कुनै न कुनै स्तरको सहभागिता जनाउनु हो। देश चलाउन अनेकौं नीतिहरू चाहिन्छन्। तिनै नीतिहरूको राजा हो राजनीति। देशको मूल नीति भएकाले राजनीतिमा सहभागी नभई पूर्ण सहभागिताको अर्थ हुँदैन।
यो यथार्थ हो कि आम मानिस अमेरिकामा पैसा नै कमाउन चाहन्छ। तर, राजनीति पैसा कमाइने काम हैन। त्यसैले यो धेरैको चाहनामा पर्दैन र सजिलो पनि छैन। पहिलो त हामीसँग भाषाको समस्या हुन्छ, भाषा आए पनि एक्सेन्टको समस्या हुन्छ। यी दुबै ठीक पार्न सक्यो हामी अल्पसंख्यक भएकाले हाम्रो संख्या पनि समस्या हुन पुग्छ। यही मेसोमा कहिलेकाँही हाम्रो शरीरको वर्ण र कपालको रङ पनि समस्या भैदिन्छ ।
यी सबै कुराहरू ठीक पारे पनि चुरो कुरो त बाँकी नै रहन्छ। त्यो के भने, अमेरिकामा राजनीति गर्नु भनेको चुनावमा उम्मेद्वार भएर निर्वाचित सार्वजनिक ओहोदामा पुग्नु हो। त्यसका लागि पहिला त नीति बुझ्नुपर्छ। सम्बन्धित क्षेत्रको यथेष्ट ज्ञान भएका र विशिष्ट योग्यता भएका मानिस नै यस क्षेत्रमा आउने भएकाले प्रतिस्पर्धा चर्को हुन्छ।
अमेरिकामा पार्टी गौढ र जनता सार्वभौम हुन्छ। हरेक उम्मेद्वारले अन्तरपार्टी चुनाव अर्थात् प्राइमरी चुनाव लड्नु पर्छ। अमेरिकी लोकतन्त्रको सुन्दरता नै यही हो।
अमेरिकामा चुनाव ज्यादै महंगो छ। लामो समयसम्म चुनावी क्याम्पेन चलाउनु पर्ने हुन्छ।
लाखौं मतदाताका लागि प्रचार सामग्री तयार गर्नुपर्छ, हरेक मतदाताको घरको ढोका ढकढकाउँदै प्रचार सामग्री पुर्याउनु पर्ने हुन्छ। र्यालीहरू आयोजना गर्नुपर्ने हुन्छ, हजारौं स्वयंसेवकहरू परिचालित गर्नुपर्ने हुन्छ। प्रभावकारी चुनावी क्याम्पेन सञ्चालन गर्न विशेषज्ञता हासिल गरेका क्याम्पेन म्यानेजरलगायतका स्टाफहरू अनुबन्ध गर्नुपर्छ।
अमेरिकामा चुनावका लागि खर्च जुटाउने भनेको फण्ड राइज गरेर नै हो। बहुसंख्यक कित्तामा रहेका र यथेष्ट पहुँच भएकाका लागि फण्ड राइज सजिलो हुन्छ। तर, चन्दाको सीमा तोकिएकाले उनीहरू पनि आममानिसम्म पुग्नैपर्छ। त्यसका लागि धेरैभन्दा धेरै मानिसबाट थोरै थोरै सहयोग लिने ग्रास रूट मुभमेन्ट चलाइन्छ। पछिल्लो समय अमेरिकाको खासगरी डेमोक्रेट कित्तामा यो विधि लोकप्रिय रहेको छ।
एक हैन अनेक सफलताका कथाहरू लेख्न तयार हुनुपर्छ। र, ती सबैमा तपाईं हामी देखिनु पर्छ भेटिनुपर्छ। क्यालिफोर्नियाको नेपालीलाई पीडा हुँदा भर्जिनियाको नेपालीलाई दुख्नुपर्छ। मेरिल्याण्डको नेपालीको उपलव्धीमा न्युयोर्कको नेपाली खुशी हुन सक्नुपर्छ। हामीले बिर्सनु हुँदैन, कोरोना कहरका बेला न्युयोर्कका नेपालीमा बज्रपात पर्दा टेक्सासलगायतका नेपालीले औषधि पठाएर त्यही नेपालीपनको, नेपालीमनको परिचय दिएको वास्तविकता।
यस्तो मूभमेन्ट खासगरी अल्पसंख्यक समुदायका उम्मेद्वारहरूले आफ्नो समूदायमा चलाउँछन्। जुन उम्मेद्वारले आफ्नो समूदायमा यस्तो मुभमेन्ट सफलता पूर्वक चलाउन सक्छ, उसलाई लोकप्रिय उम्मेद्वार मानिन्छ र सम्भावित विजेताका रूपमा हेरिन्छ।
म मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ मा बस्छु। २०१९ मा यही क्षेत्रबाट डेमोक्रेटिक पार्टीको तर्फबाट डेलिगेटमा निर्वाचित भएको हुँ। आप्रवासीहरू कम रहेको यो क्षेत्र मेरिल्याण्ड राज्यकै सबैभन्दा प्रतिस्पर्धी क्षेत्र हो। यहाँ एसियन प्यासिफिक आइजल्याण्डर भनेर चिनिने एसिया तथा प्रशान्त क्षेत्रका ३० देशबाट आएका आप्रवासीको संख्या ६ प्रतिशतमात्र छ। जब यतिका देशका आप्रवासीको संख्या नै यतिकम छ भने नेपाली समुदायको संख्या त स्वभावतःन्यूनहुने नै भयो।
यस्तो प्रतिकुल डेमोग्राफीका बाबजुदपनि सन् २०१९ मा रिपब्लिकन पार्टीबाट १२ वर्षसम्म डेलिगेट रहेका प्रतिस्पर्धीलाई पराजित गरेर यो दुर्लभ सफलता हासिल भएको हो। यसबाट अमेरिकामा रहेका तपाईं हामी नेपालीको पक्षमा एउटा गौरवशाली इतिहासको निर्माण भयो।
पहिलो कार्यकालको अधिकांश समय कोरोना कहरमा बितेपनि केही सिक्ने अवसर मिल्यो, केही गर्न सकियो। र, आज एक नेपाली-अमेरिकन डेलिगेटका रूपमा आफ्नो समुदायलाई सबैले देख्ने र अनुभव गर्ने गरी प्रतिनिधित्व गर्न सक्ने अवस्थामा पुर्याएको छु। यो आफैंमा एक मानक उपलव्धी हो।
पहिलो कार्यकालमा गरिएका केही उल्लेखनीय कामहरू यस प्रकार छन् :
● सामाजिक न्यायको प्रत्याभूति दिने खालका १० आप्रवासीमैत्री कानून निर्माण
● नेपाली र एशियाली समुदाय केन्द्रका लागि लाखौं डलर विनियोजन
● कोरोना कहरमा २५ नेपालीको शव व्यवस्थापन
● बाल्टिमोर काउन्टीमा दीपावलीलाई मान्यता
● नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान
● दशैं विधेयकमाथि राज्य संसदमा वहस
● कोभिड–१९को १५ लाख खोप र अन्य सामग्री नेपाल पठाउन भूमिका
● १६०० नेपालीलाई बेरोजगार भत्ताका लागि संयोजन
● नेपालीलाई टीपीएस प्रदान गर्न निरन्तर वहस पैरवी
● नेपाली भाषालाई एमभीएमा मान्यताका लागि पहल
● नेपाली समुदायका हरेक दुःख–सुखमा साथ र सहयोग
जे होस् केही काम भएका छन्, केही सुरू गरिएका छन् र अरू धेरै गर्न बाँकी छन्। ती तमाम कामलाई निरन्तरता दिँदै थप उपलव्धी हासिल गर्न मैले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेको छु।
यस क्रममा मैले डेमोक्रेटिक पार्टीभित्रै प्राइमरी चुनाव लडेर जित्नुपर्ने हुन्छ। त्यसपछि सन् २०२२ को नोभेम्बर ८ मा रिपब्लिकन पार्टीका उम्मेद्वारसँग प्रतिस्पर्धा हुन्छ। त्यो प्रतिस्पर्धा जित्नका लागि योजनावद्ध ढंगले लामो चुनावी क्याम्पेन सञ्चालन गर्नुपर्ने छ।
त्यहीक्रममा अहिले म प्रारम्भिक क्याम्पेन सञ्चालन गरिरहेको छु। यही जनवरी १० मा हाउस सुरू हुँदैछ। म डेलिगेट भएकाले हाउस चलेको समयमा फण्ड राइज गर्न कानुनतः मिल्दैन। त्यसैले त्यस अगाडि नै उम्मेद्वारीलाई प्रतिस्पर्धात्मक बनाइ राख्न निश्चित सहयोग जुटाइ सक्नुपर्ने हुन्छ।
सहयोग जुटाउन अमेरिकाभरका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गरेको छु। यसैक्रममा जनवरी ५ मा एक भर्चुअल फण्ड राइजइभेन्ट पनि आयोजना गरिएको छ। मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सकी सभामुख एड्रिन ए जोन्सको प्रमुख आतिथ्यमा हुने उक्त इभेन्टको सफलता तपाईं हामी नेपाली–अमेरिकनको प्रतिष्ठाको विषय पनि हो। म यहाँहरू सबैलाई इभेन्टमा उपस्थित भएर विचार विमर्शमा सहभागी हुन सविनय अनुरोध गर्दछु।
यसबाट अमेरिकामा रहेका तपाईं हामी नेपालीको पक्षमा एउटा गौरवशाली इतिहासको निर्माण भयो। पहिलो कार्यकालको अधिकांश समय कोरोना कहरमा बितेपनि केही सिक्ने अवसर मिल्यो, केही गर्न सकियो। र, आज एक नेपाली–अमेरिकन डेलिगेटका रूपमा आफ्नो समुदायलाई सबैले देख्ने र अनुभव गर्ने गरी प्रतिनिधित्व गर्न सक्ने अवस्थामा पुर्याएको छु।
यो इभेन्ट मेरिल्याण्डको मात्र हैन, अमेरिकाका पचासवटै राज्यमा नेपालको पहिचान विस्तार गरिरहेका तपाईं हामी सबै नेपालीको हो। हामीले सहकार्यको साझा संस्कृति निर्माण गर्नुपर्छ। एक हैन अनेक सफलताका कथाहरू लेख्न तयार हुनुपर्छ । र, ती सबैमा तपाईं हामी देखिनु पर्छ भेटिनुपर्छ।
क्यालिफोर्नियाको नेपालीलाई पीडा हुँदा भर्जिनियाको नेपालीलाई दुख्नुपर्छ। मेरिल्याण्डको नेपालीको उपलव्धीमा न्युयोर्कको नेपाली खुशी हुन सक्नुपर्छ । हामीले बिर्सनु हुँदैन, कोरोना कहरका बेला न्युयोर्कका नेपालीमा बज्रपात पर्दा टेक्सासलगायतका नेपालीले औषधि पठाएर त्यही नेपालीपनको, नेपालीमनको परिचय दिएको वास्तविकता ।
मेरिल्याण्डको यो अभियान हामी सबैको साझा अभियान हो। ह्यारी भण्डारी त तपाईं हामी सबैको निमित्त मात्र हो। यस्ता नेपाली ह्यारीहरू अमेरिकाका ५० वटै राज्यका डिस्ट्रिक्टहरूमा उभिएर नेपाली समुदायलाई टाढैबाट देख्ने र अनुभूति गर्न सक्ने बनाउनुपर्छ। उनीहरूलाई उभ्याउन तपाईं हामी सबैले हेस्टेमा हैंसे गर्नुपर्छ।
सगरमाथाको देशबाट आएका हामी, वुद्धजन्मेको देशबाट आएका हामी। हाम्रायी दुबै महान परिचयलाई शीरमा राखेर नेपाली अमेरिकनको गौरवशाली बिस्तारित परिचय बनाउन सक्छौं। त्यसकालागि जसले जहाँबाट जे गर्न सकिन्छ, त्यही गरौं। यही नै समयको माग हो।
|
अमेरिकाबाट गुनासो लिएर आए हरि अमेरिका। नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो।
नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भुटानी नेपाली कवि, लेखक, गीतकार साहित्यकार पूर्ण नरजाली जलन, गंगाराम लामिटारे, धर्मेन्द्र तिम्सिना क्षितिज, गीतकार आर.बी खड्का, शेखर कोइराला, बि बि पौडेल, आभीनास थापा, सुसन माझी, विनोद उप्रेती, भमि ढकाल, आभास, श्याम गौतम, कमल सुवेदी लगायत उपस्थित थिए।
त्यसैगरी गायक अर्जुन रसाईली, गायिका सुचिता गुरूंगलगायतको उपस्थिति थियो। मातृभाषा संरक्षण समूह र कोलम्बस साहित्यिक मन्चको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सर्जकहरूले रचना वाचनका साथै कृतिकारको साहित्यिक योगदानको चर्चा गरिएको थियो। युनिभर्सल बुक, काठमाडौले प्रकाशन गरेको यो गजल संग्रहमा ९० गजल संग्रहित छन्।
उप्रेतीको यो तेस्रो कृति हो। यस अघि करुणा गीती एल्वम र कविता, मुत्तक र गजल संग्रहित अडियो बुक मनका तरेली ल्याएका थिए। गीतकार/गजलकार उप्रेतीले मुर्चुङगा, धनवान, डोली, आकाशे खेती, नालापानी, आधी तुफान २, वीर बहादुर दंग पर्छ, टिनएज, डन २ लगायत २ दर्जन नेपाली चलचित्रमा गीत लेखेका छन्।
|
नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्।
आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको नेपालीहरुको साझा संस्था एनएसटीमा वाग्ले र सापकोटा आ-आफ्ना प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका थिए।
निर्वाचनमा वाग्लेको लगभग पूरै प्यानल नै विजयी भएको छ। वाग्ले बरिष्ठ उपाध्यक्ष पदमा सोही संस्थामा कार्यरत थिए । उनले ११२० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सापकोटाले ८६२ मत प्राप्त गरेका छन्।
संस्थाको बरिष्ठ उपाध्यक्षमा विवेक कँडेल र महासचिवमा सन्देश उप्रेती जित हात पारेका छन्। त्यसैगरी उपाध्यक्षमा जनक भण्डारी,सचिवमा हरिप्रसाद खनाल,कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुन्जन भण्डारी र युवा तथा विद्यार्थी संयोजकमा जेनिन पुरी निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरुमा महेन्द्र पुन,विजयराज भुसाल, पुण्य पाण्डे, रोविन पाठक, सरोज सिग्देल, विक्रम पौडेल र शान्ताकुमारी गिरी विजयी भएका छन्।
|
भुटानी नेपाली ठिटोको अमेरिकामा लोभ लाग्दो छलाङ कोलम्बस/अमेरिका । अमेरिकाको मध्यपश्चिमी राज्य ओहायोमा भर्खरै जिएन इन्टरनेशनल ग्रोसरी खुलेको छ, निकै ठूलो, सम्भवत नेपालीभाषी कसैले पनि खोलेका छैनन् यति ठूलो।
ओहायो राज्यको राजधानी कोलम्बस नजिकैको शहर पिकरिन्टनमा खुलेको यो स्टोर देख्ने जो कोहीले पनि पक्कै भन्छ अमेरिकामा पनि यति नेपाली सामानको स्टोर। त्यो नेपाली दैनिक उपभोग्य सामाग्री पाउने बडेमानको भवन देख्नेको मानसपटलमा आउला निकै ठूलै ब्यापारीले पैसा खन्याएछ।
तर यो स्टोरमात्र हैन त्यो भव्य भवनका मालिक गोविन घिमिरेलाई देख्दा झस्किँदै तपाई भन्नु हुनेछ, ओहो यो फुच्चे यसको मालिक! हो, शरणार्थीको रुपमा १२ वर्ष अघि तेस्रो देशमा पुनर्वास आएका गोबिन घिमिरे त्यसका परिकल्पनाकार, हर्ताकर्ता र एक हिस्सेदार हुन्। पूर्बी नेपालको झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट २००९ मा अमेरिका आइपुगेका उनी सानै उमेरमै ब्यापारबाट चम्केका एक ब्यवसायी हुन्।
जातीय सफायाको नाममा भुटानी सरकारले नेपालभाषी भुटानी (ल्होत्साम्पा) लाई देश निकाला गरेपछि उनका बुवाआमा बेलडाँगी शरणार्थी शिविरमा आएर बसेका थिए। गोविन त्यही शिविरमा जन्मेका थिए। अमेरिका आएर १६ वर्षकै कलिलो उमेरमै ब्यापारमा लागेका उनले ७ वर्षको अवधिमै लोभ लाग्दो छलाङ मात्रै मारेका छैनन् भुटानी नेपाली समुदायका ‘आइडल’ बनेका छन्।
कोलम्बसका रहेको भुटानी नेपालीहरुको संस्था भुट्नीज कम्युनिटी अफ सेन्ट्रल ओहायोका अध्यक्ष झुमनाथ आचार्य भन्छन्, ‘शरणार्थी शिविरमा जन्मेर मेहनत र आत्मविश्वासले कलिलै उमरेमा यस्तो सफलता हासिल गर्ने उनी हाम्रो समुदायका धेरैका लागि उत्पे्ररणाका स्रोत हुन्।’
उनका अनुसार अमेरिकामा भुटानी नेपालीको समाजमा यस्तो समृद्धिको नमुनाले सिंगो समाजले गर्व गर्नुपर्छ। यो स्टोर खुलेपछि त्यस आसपासका बासिन्दाले इन्डियनको पटेल ब्रदर्स, कोरियन वा चाइनिज इन्टरनेशनल मार्केट धाइरहनु परेको छैन।
नेपालको शरणार्थी शिविरमा जन्मेका नेपालीभाषी भुटानी गोविन घिमिरेले अमेरिकामा २४ वर्षको कलिलो उमेरमै ब्यापारमा लोभ लाग्दो छलाङ मात्रै मारेका छैनन् भुटानी नेपाली समुदायका ‘आइडल’ पनि बनेका छन्।
संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धीको उच्च आयोगले नेपालभाषी भुटानीलाई अमेरिका र युरोप ल्याउन थालेपछि गोविन आफ्ना बुवा, आमासहित न्युयोर्क राज्यको बफेलो शहर आएका थिए सन २००९ मा।
जहाँ बुवा लीला घिमिरेले एउटा साँस्कृतिक समूहको लागि नेपालबाट ड्रेस मगाउने क्रममा अर्को एक झोला सामान आफूलाई पनि मगाएर घरबाटै सानो ब्यापार शुरु गरेका थिए। बफेलोमा रहेका सानो संख्याको समुदाय भन्दा ठूलो संख्यामा रहेको टेक्सासको सेनेन्टोनिया सरे।
त्यहाँ पुग्दा त्यहाँका ठूलो संख्याका मान्छे आहोयो सरिरहेको पाए, अनि ११ महिनाको त्यहाँको बसाइ बिट मार्दै ओहायोको राजधानी कोलम्बस हानिए लीला परिवारसहित। त्यसपछि शुरु गरे कपडाको पसल एसियन क्लोथिङ एण्ड एसेसरिज्, त्यो समय नेपालीको जनघनत्व धेरै भएको मोर्सरोड एरियामा।
त्यसको एक वर्षपछि गोविनले बुवासँग अनुरोध गरेका थिए केही पैसा दिनुुस आफै छुट्टै ब्यापार गर्छु भनेर। १६ वर्षको फुच्चे त्यसमा थियो ठाउँ नेपाल थिएन, भुटान थिएन। अमेरिकामा भनेजस्तो सजिलो पनि थिएन। लीला असमाञ्जस्यतामा परे।
तर छोराको लगाव, आँट, आत्मविश्वास अनि उनले स्थापित गरेको ठूलो जनसम्पर्कका कारण छोरामाथि लगानी गरि दिए १ लाख २५ हजार अमेरिकी डलर। १५०० क्वायर फिट क्षेत्रफलको ठाँउबाट एकजना पार्टनर लिएर ग्रोसरी स्टोर शुरु गरे। ‘एक वर्षमा बुवाको पैसा फिर्ता गरें, अर्को वर्ष पार्टनरको पैसा दिएर स्टोर एकलौटी बनाए“’, गोविन गौरवन्वित बन्दै भन्छन, ‘त्यसपछि अर्को बर्ष अर्को ठूलो स्टोर शुरु गरेँ।’
४ हजार स्वायरफिट क्षेत्रफलको नेपाली बजार नामको नयाँ स्टोर खोलेर त्यस ठाउ“को नमुना स्टोर जस्तै बनाए। २ दर्जन हाराहारी नेपाली ग्रोसरी स्टोर, सुन पसल , कपडापसल रहेको मोर्स रोड क्षेत्रमा उनको ब्यापार निकै लोभलाग्दो देखिन्थ्यो।
त्यसको ३ वर्षमा जिएन इन्टरनेशनल ग्रोसरी खोेले। ‘सानो उमेरमै उनले जुन साहस, आत्मविश्वासले जसरी ब्यापारमा उल्लेखनीय ढंगले छलाङ मारेका छन्, हाम्रो सिंगो समुदायले यसमा गर्वानुभूुति गर्नुपर्छ,’ रेनोल्सबर्ग सिटी काउन्सिलका सदस्य तथा कोलम्बसको भुटानी नेपाली समुदायका अगुवा भुवन प्याकुरेल भन्छन्, ‘शरणार्थीको रुपमा आएकाहरु यहाँको रिसोर्स मात्र प्रयोग गर्छन् टेकर (लिने) मात्र हुन भन्नेलाई उनले राम्रो जवाफ दिएका छन्, टेकर मात्र हैन गिभर (दिने) पनि हुन भनेर। उनले ठूलोमात्रामा ट्याक्स तिर्छन्, धेरैलाई रोजगारी दिएका छन्। उनको यो सफलताको कथाले अरुलाई उत्प्रेरणा दिन्छ।’
उनका पिता लिला छोरालाई शुरुमा लगानी गर्ने बाहेक केही नगरेको बताउँछन्। ‘भन्नेले त भन्छन् बाउ ब्यापारी भएपछि छोरो त्यसै ब्यापारी भइहाल्यो नि’, लिला भन्छन्, ‘तर उसलाई शुरुमा लगानी गर्ने बाहेक जे जतिग¥यो उसको आफ्नो मेहनत, बलबुता, आँट, आत्मविश्वासले गरेको छ, मैले उसलाई अरु केही सहयोग गर्नै परेन।’
गोविन कोलम्बस आएर पसल शुरु गर्दा नेपालीभाषी भुटानीहरु विभिन्न राज्यबाट कोलम्बस सरिरहेका थिए। बिस्तारै भुटानबाट नेपाल हुँदै अमेरिका आएको सबैभन्दा बढी जनसंख्या यही महानगरमा ओइरिरहेको उनले हेरिरहेका थिए।
उनले स्टोर संचालन गरिरहेको कोलम्बसमा अपार्टमेन्टमा भाडामा बस्नेहरु धेरै र घर किनेर चै कोलम्बसबाट थोरै टाढा पिकरिन्टन, क्यानलविन्चेष्टर, पटासकला, रेनोल्सबर्ग, ब्ल्याकलिक जस्ताशहरमा सर्नेको हुल नै थियो। यहाँ अहिले भुटानी नेपालीको गाउ“ नै छ । यस क्षेत्रमा अहिले झण्डै ३० हजार भन्दामाथि भुटानी नेपाली रहेका बताइन्छ।
घर किनेर बस्ने नेपालीभाषी मात्र हैन, अरु एसियनदेखि भारतीय, बंगाली, पाकिस्तानीहरुलाई लक्षित गरेर उनले अन्तर्राष्ट्रिय ग्रोसरी स्टोरको परिकल्पना गरे। त्यसलाई मुर्त रुप दिनअर्का लगानीकर्ता खोजे नन्दी अधिकारी। अनि २५ हजार स्वायर फिट क्षेत्रफलको बिल्डिङ किनेर त्यसभित्र शुरु गरे जिएन इन्टरनेशन लग्रोसरी। यही भवनमा केही समयभित्र सुन पसल र रेष्टरेन्ट पनि शुरु हुँदैछ।
गोविन ब्यापारमा लागेर सफलता हासिल गर्दै गएपछि उनका बुवाका दाइहरु र दिदी सबै ब्यापारमै आए। सबैको ओहायो र पेन्सिलभेनियमा गोविनको जस्तै ब्यवसाय छ। गोविन स्टोर चलाएर बसेका मात्र छैनन्, होलसेलर पनि हुन्। ओहायोको कोलम्बसदेखि सिन्सिनाटीसम्म उनकोबाट सामान लगेर बेच्छन्।
‘२३‐२४ वर्षको कलिलै उमेरको मान्छेले यति ठूलो आँट गरेर अघि बढ्नु एउटा उदाहरणीय काम मान्नुपर्छ’, ३० वर्षदेखि कोलम्बस नजिकको डव्लिन बस्दै आएका गैरआबासीय नेपाली संघ अमेरिकाका संस्थापक बरिष्ठ उपाध्यक्ष तथा ओहायो राज्य सरकारका कर्मचारी मुकेशकुमार सिंह भन्छन्, ‘तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेको एक सशक्त उदाहरण हुन् उनी।’ अहिले उनका दुई स्टोरमा १२ जनालाई रोजगारी दिएका छन्। ‘जिएन शुरुवाती चरण भएकाले थोरै छन् तर विस्तारै बढ्दै जान्छन्,’ गोविन भन्छन्।
एकताका नेक्सस क्रियशन नामक संस्थामार्फत उनी छोटा चलचित्र, म्युजिक भिडियो बनाउँथे। नेपाली चलचित्र कोलम्बसमा ल्याएर चलाए। आफैं क्यामेरा चलाउँछन्, भिडियो सम्पादन गर्छन्। ओहायोमै हुँदै आएका गीतसंगीत र नृत्यका प्रतिभालाई प्रोत्साहित गर्ने मेरो भ्वाइस कप युएसए, मेरो डान्स कप युएसएको लाइभ एडिटर उनी नै हुन्। ‘मेरो सोख भनेको चलचित्र, म्युजिक भिडियो, रियालिटी सो निर्माण हो’ घिमिरे भन्छन्, ‘तर त्यसको लागि पैसा चाहियो, केही समयपछि ब्यापारलाई एउटा ठाउ“मा पुगेपछि फेरि त्यतापनि सक्रिय हुनेछु। ’
अनौठो संयोग के छ भने गोविन ब्यापारमा लागेर सफलता हासिल गर्दै गएपछि उनका बुवाका दाइहरु र दिदी सबै ब्यापारमै आए। सबैको ओहायो र पेन्सिलभेनियमा गोविनको जस्तै ब्यवसाय छ। गोविन स्टोर चलाएर बसेका मात्र छैनन्, होलसेलर पनि हुन्। ओहायोको कोलम्बसदेखि सिन्सिनाटीसम्म उनकोबाट सामान लगेर बेच्छन्।
‘अब चै जिएन इन्टरनेशनललाई चेनको रुपमा अरु शहरमा खोल्ने कुराकानी भइरहेको छ’, हाल रेनोल्सबर्ग शहरमा बस्दै आएका उनी सुनाउँछन्।
नेपालबाट सामान ल्याएर यसैको नाममा ब्रान्डिङ गरेर बृहत रुपमा अरुलाई सप्लाई गर्ने तयारी उनको छ। नेपालको अकबरे खुर्सानीको अचार, सिन्कीदेखि मार्सी चामलसम्म बेच्छन्। बार्षिक लगभग ७ लाख डलरका सामान नेपालबाट मात्र ल्याउने बताउँछन्। भन्छन्, ‘भारतका भन्दा नेपालका स्थानीय उत्पादनलाई बढी महत्व दिएको छु।’
भुटानमै गोबिनको हजुरबाको सानो रेष्टुरेन्ट थियो सर्वाङ जिल्लाको गेलेफुको लसल सिनेमा हल छेवैमा। पछि वुवा लीलाले नेपालमा बेलडाँगीमा कपडा पसलदेखि फोटो स्टुडियो खोले, फोन कल गर्ने कम्युनिकेशन सेन्टर चलाए। कतै सफल होइन्छ कि भनेर धेरै संघर्ष गरे। तर आज तेस्रो देशमा आएर छोराले पाएको लोभ लाग्दो सफलताले बाबुले छाती फुलेको छ।
|
अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली कोलम्बस\ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा एक नेपालीभाषी भुटानीले आफ्नै नातेदारलाई गोली हानेका छन् । गत २० डिसेम्बर अपरान्ह ४:३५ तिर आफ्नै सालोले भिनाजुलाई गोली हानेर भागेका थिए । उनलाई घाटीमा गोली लागेको कोलम्बस प्रहरीले जनाएको छ ।
गोली लागेका व्यक्ति कोलम्बसको मोर्स रोर्डको ट्यामर्याक ब्यलुबर्डको सन्नी कोर्टमा एउटा अपार्टमेन्टमा परिवारसहित बस्दै आएका थिए । हाल उनको ओहायो स्टेट युर्निभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।
गोली हानेर फरार भएका सोम प्रसाईलाई प्रहरीले पक्राउ गरिसकेको छ । घट्ना भएको क्षेत्र आसपासका अपार्टमेन्टमा धेरै नेपालीभाषी भुटानी बस्छन् । यसको वरिपरि ३ दर्जन नेपाली ब्यवसाय छन् ।
अहीले घर किनेर अरु ठाउमा सरे पनि शुरुवाती समयमा यो ठाउका अपार्टमेन्टमा धेरै नेपालीभाषी बस्थे । घाइतेको अवसथा सुधार उन्मुख रहेको बताइएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कोलम्बस प्रहरीले सार्वजानिक गरेको जानकारीमा गोली लाग्ने व्यक्तिको विवरण छैन तर गोली हान्ने शंकास्पद व्यक्ति सोम प्रसाईं २५ बर्षका भएको उल्लेख छ ।
हेर्नुहोस् प्रहरीले जारी गरेको सार्वजानिक जानकारी
घटना के कारणले घटेको हो ? भन्नेबारे स्थानीय प्रहरीले कुनै विवरण दिएको छैन । ओहायोस्थित नेपाली भाषी भुटानी समुदायका स्थानीय अगुवाहरुले पनि यसबारे केही बोलेका छैनन् । घटना अझै अनुसन्धानमै रहेको कोलम्बस प्रहरीले जनाएको छ ।
|
नेपालीभाषी भुटानीले बनाए अमेरिकामा छोटो फिल्म कोलम्बस/ओहायो। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरु बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउन थालेका छन्। तेस्रो देशको पुनर्वाससगै साहित्य लेखन, गीतसंगीत क्षेत्रबाट आइरहेका उनीहरु चलचित्र बिधामा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन्।
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा रहेका केही नेपालीभाषी भुटानी युवाहरुले हालैमात्र कोलम्बसबाटै एडिक्सन नामक छोटो चलचित्र बनाएका छन्। समुदायका युवाहरु कुलतमा लागेको विषयमाथि बनाइएको यो चलचित्रलाई भुटानी नेपाली समुदायमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका अर्जुन सुबेदीले निर्माण गरेका हुन्।
‘लागुपदार्थ सेवनमा लागेर हाम्रै समुदायका केही युवाहरुको जीवन तहसनहस भएको छ’ चलचित्रका कथाकार तथा मुख्य कलाकार श्याम क्षेत्री भन्छन्, ‘यसको परिणाम विकराल देखिँदै गएको छ, त्यसैले सचेतनाका लागि यो फिल्म बनाएका हौं।’
कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, क्यानल विन्चेष्टर, पटासकला, एट्ना, ब्ल्याकलिक, जस्ता स्थानमा छायांकन गरिएकोे यो चलचित्र ४० मिनेट लामो रहेको निर्माण पक्षले बताएको छ।
तेस्रो मुलुकमा पुनर्वास भएपछि नेपाली कला संस्कृति जोगाउनेदेखि नेपाली भाषी भुटानीको हितको लागि काम गर्दै आएको संस्था नक्षत्र फाउन्डेसनको प्रस्तुति रहेको यो चलचित्रमा पटकथा /निर्देशन काशी कँडेलको रहेको छ भने सिनेमाटोग्राफ्री पृथ्वी ठटालको रहेको छ। प्रभाकर थापाको सम्पादन, सुरज सिवाको संगीत रहेको यो चलचित्रमा रमेश तिमिल्सिनाले निर्माण नियन्त्रकको भुमिका निर्वाह गरेका छन्।
श्याम क्षेत्री, अश्मिता रसाइली, सन्तोष रामदाम, नवीन जेके, पुरु भण्डारीको मुख्य भुमिका रहेको यो चलचित्रमा कमल ढकाल, लाल थापा, देवी घिमिरे, गंगा धिताल, हेमा मैनाली, मणि विश्व, मुना सिंह राहाया लगायतका कलाकारको अभिनय रहेको छ।
थुप्रै भुटानी नेपालीहरु तेस्रो मुलुक अमेरिकामा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् तर कतिपय युवाहरु यहाँ आएपछि कुलत तिर पनि फसेको देखेपछि यस विषयमा फिल्म बनाएको निर्माता अर्जुन बताउँछन्।
भन्छन्, ‘लागुपदार्थ दुब्र्यसनिले जीवन बर्वादीबारे सचेतना फैलाएर युवाहरुलाई यसबाट टाढा राख्न भुमिका खेलोस भन्ने उद्देश्यले यो शिक्षामुलक/सन्देशमुलक सिनेमा बनाएका हौंं।’
रेनोल्सबर्गको सिटी काउन्सिल सदस्य तथा नेपालीभाषी भुटानी समुदायका अगुवा भुवन प्याकुरेल लागुऔषधको दुरुपयोगले आफ्नो समुदायमात्रै नभएर अमेरिकी समाज नै प्रताडित रहेको बताउँदै समुदायका युवाहरुलाई सही मार्गमा हिड्न सचेतना जगाउने यस्ता फिल्मले ठूलो भुमिका खेल्ने बताउँछन्। भन्छन ‘यस चलचित्रका निर्माता अर्जुन सुवेदीको समाजका लागि सह्रानीय काम हो।’
|
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैटौं वार्षिक सम्मेलन सम्पन्न अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन सम्पन्न भएको छ । “नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो, आज र भोलि” विषयमा नितिगत र संरचनाका बारेमा बृहत छलफलका साथ सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदुत केदारभक्त माथेमाले नेपालका शैक्षिक क्षेत्र सुधार्न विद्यालय र विश्वविद्यालयमा राजनिति रोक्नु पर्नेमा जोड दिएका थिए । साथै, राज्यले शैक्षिक क्षेत्रमा लगानी बढाउनु पर्ने र त्रिभुवन विश्व विद्यालयको भार कम गर्नु पर्ने माथेमाले जोड दिए ।
संस्थाका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा क्यालीफोर्निया स्टेट विश्व विद्यालयका भाइस प्रेसिडेन्ट तथा डिन प्रोफेसर डा. जित जोशी, द आर्टिक युनिभर्सिटी अफ नर्वेका प्रोफेसर पुरुषोत्तम बस्नेत, रोअन विश्व विद्यालय अमेरिकाका असिस्टेन्ट प्रोफेसर डा. कुल काप्री, काठमाण्डौ विश्व विद्यालयकि भिजिटिङ प्रोफेसर डा. सुचेता प्याकुरेल, सोगाङ विश्व विद्यालय दक्षिण कोरियाका प्रोफेसर डा. अग्नी राज कोईराला र त्रिभुवन विश्व विद्यालयका पाठ्यक्रम तथा मुल्यांकनका प्रोफेसर गणेश बहादुर सिंहले आफ्नो प्रस्तुती दिएका थिए । उक्त सम्मेलनमा २० जनाले सोधिएका प्रश्नहरुको जवाफ बक्ताहरुले दिएका थिए ।
कार्यक्रमको विषयमा र संस्थाको बारेमा कार्यकारी सचिव डा. सुमन पराजुलीले प्रकास पर्दै डा. सुरेन्द्र राज देवकोटाले धन्यवाद मन्तब्य दिएका थिए । दोश्रो सत्रमा संस्थाको गत वर्षको समिक्षा र आगामी वर्षको योजनाका बारेमा छलफल भएको थियो ।
|
अमेरिकामा पौने २८ करोडमा घोटाला, नेपाली सेनाको संलग्नता वासिंगटन डिसी। नेपालमा निकै चर्चित भएको एनसेलको ६१ अर्व राजश्वसम्बन्धी प्रकरणमा अमेरिकामासमेत अनियमितता फेला परेको छ। र, अमेरिकामा यो प्रकरणमा गरिएको अनियमिततामा अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत डा.अर्जुनकुमार कार्की र नेपाली सेनाका जर्नेलको समेत संलग्नता पाइएको छ।
नेपालको कर छली प्रकरणमा अमेरिकामा पनि अनियमितता? झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर नेपाली सेनाका जर्नेलको समेत सहभागितामा अनियमितता गरिएको घटना गत वर्षको हो, जतिबेला नेपालमा पनि एनसेलको कर छली प्रकरण चर्चाको शिखरमा पुगेर विस्तारै सेलाउन लागेको थियो।
नेपालको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलको एक्सिएटा भन्ने कम्पनीले स्वामित्व हस्तान्तरणका बेला झण्डै ६१अर्व नेपाली रुपैयाँ कर नेपाल सरकारलाई नतिरेको प्रकरणले ठूलो रुप लिएको थियो र यो सम्बन्धी मुद्दा सर्बोच्च अदालतसम्म पुगेको थियो। नेपाल सरकारले कर तिर्नुपर्ने गरी आदेश दिएपछि एनसेलले नेपालमा उल्लेख्य रकम कर तिरेको थियो।
तर, नेपाल सरकारले कर तिर्न दिएको आदेश विदेशी लगानी सम्बन्धी अन्तर्राष्ट्रिय कानून विपरीत भएको भन्दै एनसेलको एक्सियटा कम्पनीले विश्व बैंकको मुख्यालय, बासिंगटनडिसीमा मुद्दा दायर गर्याे।
यही मुद्दामा बहश गर्न नेपालकातर्फबाट विदेशी वकिल राखिएको र त्यसका लागि २३ लाख अमेरिकी डलर अर्थात् २७ करोड ६९ लाख ४३ हजार नेपाली रुपैयाँमा कानुनी परामर्श सेवा खरिद गर्दा सो रकममा अनियमितता भएको हो। र, यो अनियमितता सम्बन्धी प्रकरणमा नेपाली सेनाका सहायक रथी मधुकरसिंह कार्कीको लिखित हस्ताक्षरसहितको संलग्नता पाइएको छ।
राजदूतको आग्रह अनुसार, तत्कालीन कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्दै दूतावासलाई सो मुद्दामा प्रतिरक्षा गर्नका लागि बिदेशी वकिल लिन अनुमति दिने निर्णय गराइन्। यही निर्णयलाई राजदूत कार्कीले अनियमित तरिकाले करोडौं रकमको डिल गर्ने आधार भूमि बनाए। र, यो निर्णयका आडमा राजदूत कार्कीले २३ लाख अमेरिकी डलरमा अनियमित तरिकाले वकिलको परामर्श सेवा लिने काम गरेका छन्।
डिसी नेपाललाई प्राप्त कागजातमा पौने अठ्ठाइस करोडको यो कारोवारमा सैनिक जर्नेलको संलग्नताले नै यो प्रकरणलाई अनियमित मात्रै बनाएको छैन कि नेपाल सरकारको सैनिक वाहेकको दैनिन्दिन आर्थिक कारोवारहरुमा कहीँकतै देखा नपर्ने नेपाली सेना वासिंगडन डिसीको एउटा करोडौंको परामर्श सेवा खरिद प्रकरणमा कसरी जोडिन पुगेको हो भन्न कुराले यो प्रकरणलाई रहस्यमय पनि बनाइ दिएको छ।
अमेरिकाको वासिंगटन डिसीस्थित नेपाली राजदूतावासले विदेशी वकिल राख्ने परामर्श सेवा खरिद प्रकरणमा कुनै प्रतिष्पर्धा नगराई, सिधै विदेशी वकिल कम्पनीको सेवा खरिद गर्ने सम्बन्धी निर्णयमा नेपाली सेनाका सहायक रथी मधुकरसिंह कार्कीले हस्ताक्षर गरेका छन्। त्यो पनि नेपाल सरकारबाट खटिएका सम्बन्धित विषय हेर्ने कर्मचारीलाई विदामा बस्न लगाएर।
जर्नेल कार्की नेपाली सेनाकातर्फबाट सैनिक सहचरीका रुपमा सैनिक कुटनीतिको काम गर्ने गरी अमेरिकास्थित दूतावासमा पठाइएका थिए। जस्तोसुकै जटिलतम अवस्थाआएको अवस्थामा पनि सैनिक अधिकृतले दूतावासका आर्थिक गतिविधिमा संलग्नता देखाउँदैनन्, देखाउनु हुँदैन। यसका लागि नेपाल सरकारले निजामती र कुटनैतिक सेवाकै कर्मचारीहरु दूतावासहरुमा पठाउने गर्दछ।
वासिंगटन डिसीस्थित दूतावासमा पनि गैरसैनिककर्मचारीको कमी थिएन। तर, गैरसैनिककार्यका लागि सेनाका जर्नेलकै हैसियतमा सो परामर्शदाता खरिद प्रकरणमा जर्नेल कार्कीको हस्ताक्षर भएको छ। दूतावासका कामका लागि ठेकेदारहरु, परामर्शदाताहरुको छनौट गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ?
गैरसैनिककार्यका लागि सेनाले जिम्मेवारी पाउँदा अनेक नीति, नियमहरु मिलाउनु पर्ने वा नेपाल सरकारले नै विशेष निर्णय गर्नुपर्ने हुन्छ। तर, यो करोडौंको प्रकरणमा भएको जर्नेलको हस्ताक्षरका लागि नेपाल सरकारले कुनै अधिकार प्रत्यायोजन गरेका पाइएको छैन।
प्राप्त कागजातअनुसार, २०७७ साल कात्तिक १२ गते टिप्पणी उठेको पौने २८ करोडको सो परामर्शदाता खरिदमा सैनिक जर्नेल कार्की र अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत अर्जुनकुमार कार्कीको हस्ताक्षर छ। (हेर्नुहोस् कागजात)
के हो अमेरिकामा एनसेल काण्ड?
विश्व बैंकको इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ डिस्प्युटमा एक्जिएटा कम्पनी युके र एनसेल नेपालले मे २० २०१९ मा मुद्दा दायर गरेका थिए। नेपालले विदेशी लगानी सम्बन्धी नीति विपरीत कर थोपरेको आरोपसहित आफूले तिरेको सबै कर फिर्ता हुनुपर्ने माग राखेर एनसेल र एक्जियटा कम्पनीले अमेरिकाको वासिंगटन डिसीस्थित विश्व बैंकको विदेशी लगानी सम्बन्धी संसारभरिका विवाद हेर्ने आईसीएसडीमा मुद्दा दायर गरेका हुन्। यो मुद्दामा नेपालको तर्फबाट बहसका लागि वकिल राख्नु पर्ने थियो।
वकिललाई करोडौं रकम तिर्नुपर्ने र त्यति धेरै रकमको कारोवार गर्दा नेपालको सार्वजनिक खरिद कानून तथा कुटनीतिक निकायका आर्थिक अधिकार सम्बन्धी कानुन र विधिको पनि पालना हुनुपर्नेमा त्यसो नगरी विना प्रतिष्पर्धा एवं सरकारको निर्णयअनुसार, कानून मन्त्रालयको समेत अनुमति नलिई पौने २८ करोडको परामर्श सेवा खरिदको कारोवारमा अनियमितताको काण्ड नै अमेरिकामा एनसेल काण्ड हो।
ट्रिब्युनल गठनदेखि नै गोलमाल शुरु
विश्व बैंकले सन् २०१९ को अक्टोबर १८ मा एक निर्णय गर्दै कोरियाली नागरिक किम जोङ्गीको अध्यक्षतामा तीन सदस्यीय ट्रिब्युनल गठन गर्याे। ट्रिव्युनलमा एकजना प्रतिनिधि मुद्दा दिने पक्ष अर्थात् एनसेल पक्षको र अर्का एक जना प्रतिनिधि मुद्दाको प्रतिवादी अर्थात् नेपाल सरकारका तर्फबाट प्रतिनिधि राख्नु पर्ने थियो। झण्डै एक वर्षसम्मको अवधि अमेरिकास्थित नेपाली राजदूतावासले यो प्रकरणमा कुनै वास्ता गरेन।
विश्व बैंकको आईसीएसआईडीले पटकपटक आफ्नोतर्फबाट ट्रिब्युनलमा प्रतिनिधि चयन गर्न गरेको आग्रहलाई तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले कुनै वास्ता गरेनन्। र प्रतिनिधि राख्ने म्याद गुज्रियो।
अमेरिकामा नेपाल सरकारलाई विपक्षीबनाई मुद्दा दायर भएपछि त्यसको सबैभन्दा पहिलो जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई नै हुन्छ, हुनुपर्छ। तर, तत्कालीन राजदूतकार्कीले यो प्रकरणमा आफ्नो देशको आवाज उठाउने ट्रिव्युनल सदस्य तोक्न प्रयास गर्न सकेनन्।
नेपालमै सर्बोच्च अदालतमा मुद्दा दायर भएकाले अन्यत्र मुद्दा गर्न नजाने भन्दै तत्कालीन सरकारलाई यसबारे गलत ब्रिफिङ गरिएको थियो। परराष्ट्र मन्त्रालयको एक उच्च स्रोतका अनुसार, नेपालमा मुद्दा गरेपछि अमेरिकामा पनि मुद्दा गर्न गएको कुरालाई नेपाल सरकारले वास्ता गर्नु हुन्न यसले एनसेललाई कर तिर्न दवाव पर्छ भन्ने तर्क अघि सारिएको थियो त्यो बेला।
दूतावासबाट वेवास्ता भएपछि विश्व बैंकले पटकपटक दिइएको म्याद गुज्रियो। नेपालले आफ्नोतर्फबाट सो ट्रिव्युनलमा प्रतिनिधि नै राख्न सकेन। म्याद गुज्रिएपछि आईसीएसआईडीका अध्यक्षले आफैं नै प्रतिनिधि तोकिदिने नियम छ।
सोही नियम अनुसार, आईसीएसआईडीका अध्यक्षले अमेरिकी नागरिक पल फ्राइडल्याण्डलाई नेपालको सिटमा ट्रिब्युनल सदस्य तोकिदिएका छन्। एनसेल नेपाल र एक्जिएटा युकेको तर्फबाट भने उनीहरुले नै डच नागरिक अल्वर्ट जन भान डेन वर्गलाई नियुक्त गरेका छन्। यो ट्रिब्यनलले केही मिटिङसमेत गरेर मुद्दाको सुनुवाई गरिसकेको छ। पछिल्लो सुनुवाई अक्टोबर ४ तारिक, २०२१ मा भएको छ।
यसरी शुरु भयो अनियमितता प्रकरण
एनसेल प्रकरणमा दूतावासको वेवास्ताका कारण नेपाल सरकारले ट्रिब्युनल सदस्यमा कसैलाई नियुक्त नगरिनुले नै दूतावास यो प्रकरणमा नेपालको हितमा काम गरिरहेको छैन भन्ने त देखिएकै थियो। जव नेपाल सरकारको कानून मन्त्रालयमा यो कुरा पुग्यो त्यसपछि यसबारे खोज खबर शुरु भयो किनकि विश्व बैंकको ट्रिब्युनलमा कानुन मन्त्रालयलाई पनि विपक्षी बनाएको उसको कागजातबाट देखिएको छ।
कानून मन्त्रालयमा यो कुरा पुगेपछि यो मुद्दामा ट्रिब्युनलमा बहश गर्न वकिल राख्नु पर्ने कुरा उठ्यो। शुरुमा दूतावासले नै वकिल राख्न सक्ने गरी कुराकानी भएको भएपनि पछि नेपाल सरकारले नै निर्णय गरिदिनुपर्ने प्रस्ताव तत्कालीन राजदूत कार्कीले राखेका थिए।
समाचार अनुसार, राजदूतको आग्रह अनुसार, तत्कालीन कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्दै दूतावासलाई सो मुद्दामा प्रतिरक्षा गर्नका लागि बिदेशी वकिल लिन अनुमति दिने निर्णय गराइन्।
यही निर्णयलाई राजदूत कार्कीले अनियमित तरिकाले करोडौं रकमको डिल गर्ने आधार भूमि बनाए। र, यो निर्णयका आडमा राजदूत कार्कीले २३ लाख अमेरिकी डलरमा अनियमित तरिकाले वकिलको परामर्श सेवा लिने काम गरेका छन्।
सार्वजनिक खरिद ऐनको दफा ६७ को ङ को प्रयोग गरेर कानून मन्त्रालयको सहमतिमा वकिलको सेवा सिधै खरिद गर्न सक्ने अधिकार र कुटनैतिक नियोगले गर्ने खरिद सम्बन्धी कार्यविधि २०७२ को दफा १२ लाईसमेत संशोधन गरिएको थियो। तर, राजदूत कार्कीले कानून मन्त्रालयको लिखित स्वीकृति लिएनन् बरु इमेलमार्फत् कानूनी परामर्श सेवालिनका लागि आग्रह गरियो।
इमेलमार्फत् माग भएकोमा पनि १४ वटा प्रस्तावहरु आएका थिए। तर, यी प्रस्तावहरु राजदूत कार्कीले चाहेजस्तो हुन सकेनन्। लिगलफी र अन्य खर्चलाई छुट्टा छुट्टै गरेर ११ लाख अमेरिकी डलरदेखि २७ लाख अमेरिकी डलरसम्मका प्रस्तावहरु इमेलमा आएको कागजातहरुमा देखिएको परराष्ट्र मन्त्रालयको एक उच्च स्रोतले जनाएको छ। यो प्रकरणका सबै कागजातहरु कार्की राजदूतको पदावधि सकेर फर्कनुअघि नै परराष्ट्र मन्त्रालय पठाइसकिएका छन्।
राजदूत कार्कीले शुरुमा न्यूयोर्कमा कार्यरत नेपालीमूलका एटर्नी खगेन्द्र जिसीसमेत भएको ड्रेन एण्ड घराभी भन्ने कम्पनीलाई २३ लाख अमेरिकी डलरमा दिने गरी तयारी गरेका थिए। यसका लागि टिप्पणी पनि उठाइएको थियो। टिप्पणी उठाएर पनि सो कम्पनीसँगको सम्झौता अघि बढाइएन।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई समेत गुमराहमा राखेर गलत ब्रिफिङ गरिएको छ। २३ लाख डलरको सो कम्पनीको प्रस्ताव सो कम्पनीले शर्तहरु पालना गर्न नसकेको भन्दै अघि बढाइएन, सम्झौताको तहसम्म पुगेन।
सो फर्मसँग संयुक्त प्रस्ताव पेशकर्ताका रुपमा प्रस्तावमा नाम उल्लेख भएका एटर्नी जिसीले नै पत्र लेखेर सम्झौता गर्न इच्छुक नभएको जानकारी गराए। स्रोतका अनुसार, ड्रेन एण्ड घराभी भन्ने फर्मबाहिरिएपछि अर्कोसँग कुरा मिलाउने प्रयास गरियो। सो कम्पनीलाई किन दिइएन भन्ने कुरा दूतावासको टिप्पणीमा समेत उल्लेख छ
(हेर्नुहोस् टिप्पणी)।
आर्विट्रेसनमा काम गरेको तर इन्भेष्टमेन्ट सम्बन्धी अनुभवसहितको भन्दै अर्को कम्पनी खोजियो हतार हतार। र, यो कम्पनीमा पनि एटर्नी जिसीको ल फर्म क्षत्री एण्ड एसोसिएट्स ज्वाइन्ट भेन्चरका रुपमा फेरि सहभागी भएको कागजातहरुमा देखिएको छ।
एटर्नी जिसी संलग्न भएको एउटा कम्पनीको अन्तिम अवस्थामा पुगिसकेको प्रक्रियालाई रोकेर फेरि उनै एटर्नी जिसी सहभागी भई अर्को कम्पनीबाट प्रस्ताव अघि बढाइएको छ। यसबारे डिसी नेपालसँग कुरा गर्दै जिसीले भने, ‘घरावीसँगको समझदारी (अन्डरस्ट्याण्डिङ्ग) नमिलेपछि दोस्रो प्रपोजल दिइएको हो।’ दूतावासको टिप्पणीमा उल्लेख भए अनुसार, यस सम्बन्धी ठेक्का वासिंगटन डिसीमा कार्यालय रहेको फोले हग एलएलसी भन्ने कम्पनीलाई दिइएको छ।
नेपाली सेना यहाँ मुछियो, जर्नेलको हस्ताक्षर
राजदूत कार्की र जिसीको मिलेमतोमा कम्पनी तय भएपछि फोले कम्पनीको प्रस्ताव स्वीकृत गर्ने प्रक्रिया प्रारम्भ भयो। ओली सरकारको निर्णयवमोजिम कानुन मन्त्रालयको स्वीकृति आवश्यक थियो तर राजदूत कार्कीले समय नपुग्ने भन्दै लिखित स्वीकृति नलिई निर्णय गर्ने प्रयत्न गरे। यो काम यति हतारमा गर्न खोजियो कि आफ्नो कार्यकाल सकिएर नेपाल फर्कने आदेश पाइसकेका शाखा अधिकृतलाई दुई महिनाका लागि कार्यकाल थप गर्ने चिठ्ठी परराष्ट्र मन्त्रालयबाट मगाइयो।
असोज १ गते पदावधि सकिने भएकाले नेपाल फर्कने तयारी गरिरहेका शाखा अधिकृत चक्र सुवेदी फेरि दूतावासको काममा जान बााध्य पारिए। कोभिडको महामारी र उनको व्यक्तिगत स्वास्थ्य समस्यामा उपचारको वाहना बनाएर उनको म्याद थप गरिएको थियो तर उनलाई उपचारका लागि प्रयाप्त समयसमेत नदिई यो काम सकिएपछि फिर्ता पठाइएको परराष्ट्र स्रोत बतायो।
अधिकृत सुबेदीले सो कम्पनीको प्रस्ताव आएको र विश्व बैंकको ट्रिब्युनलका लागि उक्त कम्पनीलाई छनोट गर्नेसम्बन्धी टिप्पणी उठाएर निर्णयार्थ प्रस्तुत गरे। उनी निर्णयकर्ता थिएनन्। राजदूतले यस्तो यस्तो टिप्पणी उठाउनू भनेपछि उनले सोही बमोजिम टिप्पणी उठाइदिएका दिए। कार्यालय प्रमुख राजदूतले भनेको आधारमा नै सो टिप्पणी उठेको थियो। यो निर्णय गर्न कानून मन्त्रालयको स्वीकृति आवश्यक थियो तर कानूनको लिखित स्वीकृति लिइएको थिएन।
कानूनको स्वीकृति नहुँदा खरिद ऐन, नियम बमोजिम सार्वजनिक रुपमा प्रस्ताव आह्वान हुनु पथ्र्यो त्यो पनि थिएन। यी दुबै कुरा नहुँदा राजदूत कार्कीले लिखित आदेश दिनुपर्ने थियो त्यो पनि गरेनन्। यो कारण देखाएर राजदूतावासमा कार्यरत उपसचिव इकोनिमिक काउन्सिलर होमकान्त भण्डारीले नियम नमिलेकाले आफूले यसमा निर्णय कालागि राय दिन नसक्ने जानकारी राजदूत कार्कीलाई दिए।
यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई समेत गुमराहमा राखेर गलत ब्रिफिङ गरिएको छ। २३ लाख डलरको सो कम्पनीको प्रस्ताव सो कम्पनीले शर्तहरु पालना गर्न नसकेको भन्दै अघि बढाइएन, सम्झौताको तहसम्म पुगेन।
यो विवाद मन्त्रालयसम्म पुग्यो। मन्त्रालय स्रोतका अनुसार, मन्त्रालयकातर्फबाट पनि कानूनमा मिल्ने गरी काम अघि बढाउन भनिएको थियो। त्यसैकारण भण्डारीले कानून नमिलेको सो मिलिभगतको प्रस्तावमा हस्ताक्षर गर्न मानेनन्। उनलाई राजदूत कार्कीले विदामा बस्न आदेश दिए। राजदूत कार्कीको इच्छा वमोजिम भण्डारी कुनै भर्चुअल तालिमका नाममा सात दिनसम्म विदामा बसिदिए। त्यसपछि सेनासँग कुरा अघि बढेको थियो।
डिसी नेपाललाई प्राप्त कागजात अनुसार, शाखा अधिकृतले उठाएको टिप्पणीलाई रायसहित सदर गर्दै राजदूत समक्ष पठाउने काम सैनिक जर्नेल मधुकरसिंह कार्कीले गरेका थिए। र, उनको यही हस्ताक्षर नै अनियमितता भएको भन्नका लागि पर्याप्त आधार हो।
गैरसैनिक आर्थिक निर्णयमा सैनिक जर्नेलको सहभागिता कति उचित हुन्छ? भन्ने डिसी नेपालको प्रश्नमा नेपाली सेनाले कहिले काँही केही सामान खरिद गर्दा गठन हुने बोर्डमा बाहेक सैन्य सहचारीले नै फाइल रायसहित टिप्पणी उठाउने प्रचलन नरहेको जनाएको छ। स्रोतले डिसी नेपालसँग भन्यो, ‘कहिलेकाँही खरिद प्रक्रिया हुने बोर्ड गठनमा संख्या पुर्याउन बाहेक सैन्य सहचारीले टिप्पणी उठाउने र फाइल सदर गर्ने प्रचलन छैन।’
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले यो विषयमा नेपाली सेनाले भन्दा सम्बन्धित मुलुकको दूतावासले नै जवाफ दिँदा उचित हुने भन्दै टिप्प्णी गर्न मानेनन्।
एउटा सैनिक जर्नेलले आफू एक्लैको निर्णयका आधारमा करोडौं रकमको गैरसैनिक काममा हात हाल्न सक्छ? वा उनलाई आफूमाथिका अधिकृतको समेत आदेश छ? यसबारे थप अनुसन्धानले मात्र स्पष्ट पार्न सक्दछ। तर, नेपालको परराष्ट्र सचिव भइसकेका पूर्वराजदूत डा.मदनकुमार भट्टराई यस्तो काममा सैनिक संलग्नतालाई गैरकानुनी भन्छन्। ‘सैन्य सहचारीसँग कहिलेकाँही राजदूतले राय माग्दा राय दिने बाहेक अन्य कुटनीतिक अधिकार नहुने’ पूर्व राजदूत भट्टराई बताउँछन्।
‘पछिल्लो समय विदेशस्थित कुटनीतिक नियोगमा विभिन्न सहचारी राख्ने काम सुरु भएको छ। त्यस्ता सहचारीले राजदूतले मागेको राय दिने हो,’ डा. भट्टराईले डिसी नेपालसँग भने, ‘सैन्य सहचारीले नेपालस्थित सैनिक मुख्यालयसँगको समन्वयमा सम्बन्धित देशको नेतासँगको सम्बन्ध सुमधुर बनाउने मुख्य काम गर्छ। सैन्य सहचारीसँग विषयगत हिसावले कहिलेकाँही राजदूतले राय मागेको रायदिने अधिकार पनि हुन्छ। तर सैन्य सहचारीलाई कुनै निर्णय गर्ने अधिकार हुँदैन, अन्तिम निर्णय गर्ने अधिकारी राजदूतमात्रै हो।’
प्रशासनसँग सम्बन्धित सबै काम परराष्ट्र मन्त्रालयका कर्मचारीले नै गर्ने उनको भनाइ छ।
महिनौं चुपलागेर सो प्रकरणबारे राजदूत कार्कीले वेवास्ता गर्नु र म्याद गुज्रन लाग्यो, वित्यासै पर्न लाग्यो, मुलुकलाई ठूलै आपत् पर्न लाग्यो भनेजस्तो गरेर दूतावासमा कार्यरत सिभिलियन कर्मचारीले अस्वीकार गरेको अवस्थामा सैनिक जर्नेललाई दूतावासको सिभिलतर्फको काम लगाउनुले नै त्यस भित्र खराव नियत लुकेको छ भन्ने प्रष्ट पार्दछ।
दूतावासले निर्णयका लागि तयार गरेको टिप्पणीमै पनि समय अभावका कारण यस्तो निर्णय गर्नु परेको भन्दै ‘एस्क्यूज’ खोजिएको छ । यस्तो निर्णय किन गर्नुपरेको हो भन्ने प्रश्नमा तत्कालीन राजदूत अर्जुनकुमार कार्कीले जवाफ दिन अस्वीकार गरेका छन् । डिसी नेपालको नेपालस्थित प्रतिनिधिहरुसँग फोनमा पटक पटक कुरा गरेपनि उनले औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरे।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार, २३ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको भएपनि यो प्रकरणमा थप विशेषज्ञहरु लिनु परेको भन्दै अरु झण्डै चार करोड नेपाली रुपैयाँ थप खर्च पनि दूतावासमार्फत गरिएको छ तत्कालीन राजदूतकार्कीकै पालामा।
यसबारे परराष्ट्र मन्त्रालयका एक उच्चअधिकारीसँग डिसी नेपालले औपचारिक प्रतिक्रियाका लागि आग्रह गरेको थियो । उनले आफ्नो नामउल्लेख गर्न चाहेनन्। नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘सैन्य सहचारीलाई प्रशासनिक काममा हात हाल्ने अधिकार हुँदैन, उहाँले गरेको निर्णय कानुन विपरित हो,’उनको थप भनाइ थियो, ‘यो विषयमा मुद्दामामिला पनि हुन सक्ने भएकाले औपचारिक रुपमा नाम उल्लेख नगरिदिनु होला।’
(नेपालबाट मदन कोइरालाको सहयोगमा)
|
अमेरिकामा बसेर नेपाली गीत गाउँदा गर्व गर्छन् यी भुटानी नेपाली कोलम्बस, अमेरिका । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै रहदाँ लोक पौडेलले एउटा सपना साचेका थिए, राम्रो गायक बन्ने। तर शिविर भित्रको दुख सघर्षबीच त्यो सपना सोचे जस्तो सहज थिएन। दुखले चिमोटिरहने त्यो ठाउँबाट उठेर गायक बन्न अफ्ठ्यारा घुम्तीहरु धेरै थिए। तर तेस्रो देश पुनर्वासपछि उनको गायन सपनाले मुर्त रुप लिँदैछ।
११ वर्षअघि धेरैको सपनाको देश अमेरिका आइपुगेका लोक पछिल्ला बर्षहरुमा संगीतकर्ममा आफ्ना निरन्तर उपस्थिति जनाइरहेका छन्। भन्छन्, ‘अब सपना पूरा हुदैछ, अब यही बाटोबाट आफूलाई निरन्तर अगाडि बढाउने छु। ’ नेपाली संगीतकी चर्चित गायिका मेलिना राईसँग गाएको चर्चित गीत निलो कुर्ताले उनलाई चर्चित बनायो।
यो गीत यति लोकप्रिय बन्यो कि युट्युवमा मात्र ६१ लाख पटक हेरिएको छ हालसम्म। नेपाली टिकटक प्रयोगकर्ता माझ पनि यो गीत एकताका निकै लोक प्रिय बन्यो। ‘६ मिलियन भ्युज पाएको यही गीतबाट मलाई गायकको रुपमा धेरै माझ चिनाउन मद्दत गर्यो’, उनले हर्ष मिश्रित स्वरमा भने ‘अब त संगीत जीवनको अभिन्न अंग भयो।’ पछिल्ला वर्षहरुमा अमेरिकाबाटै नियमित जसो नेपाली गीत संगीत पस्किरहेका छन्।
२०१० मा नेपालबाट अमेरिकाको साउथडाकोटा राज्यको सुफल शहरमा आएका आएका उनी त्यसपछि नेपालीभाषी भुटानी धेरै भएको ओहायो राज्यको राजधानी कोलम्बस बसाइ सरे। साउथ डाकोटामा काम गरेका लोकले कोलम्बस आएपछि आफ्नै ब्यबसाय शुरु गरे। उनले मेनमार्ट नामक नेपाली ग्रोसरी पसल कोलम्बस नजिकैको रेनोल्ड्वर्गमा खोलेका छन्।
पौडेलको गायन आधुनिक, भजनदेखि चलचित्रसम्म फैलिएदो छ अहिले। पुर्णिमा, क्यारेङग्याङ २, निलकाँडालगायतका नेपाली चलचित्रमा गाएका उनले लगाइ दिन्थे तिमीलाई ,भो भो मलाई नगर माया, आमा तिमी छहारी मेरो, वल्ली हैन पल्ली, अर्काको नासो, बेरुवाकाको औठी, कस्तो लाग्यो तिमीलाई जस्ता २ दर्जन गीतमा गायकी पस्केका छन्।
‘त्यसपछि केही जीवन कम्फर्टेवल हुँदै गयो, अनि आफ्नो शिविरदेखि टुटेको सपनामा फेरि जोडिएँ’, लोक भन्छन्। त्यही बेलाउनको गीतकार हरि उप्रेतीस“ग भेट भयो, ‘त्यसपछि उहाँस“गको संगत, सहकार्यले गीतसंगीतमा सक्रियहुन थालें’, उनी भन्छन्। हरि भुटानी नेपाली समुदायका अब्बल गीतकार हुन्।
पौडेलको गायन आधुनिक, भजनदेखि चलचित्रसम्म फैलिएदो छ अहिले। पुर्णिमा, क्यारेङग्याङ २, निलकाँडालगायतका नेपाली चलचित्रमा गाएका उनले लगाइ दिन्थे तिमीलाई ,भो भो मलाई नगर माया, आमा तिमी छहारी मेरो, वल्ली हैन पल्ली, अर्काको नासो, बेरुवाकाको औठी, कस्तो लाग्यो तिमीलाई जस्ता २ दर्जन गीतमा गायकी पस्केका छन्।
अलमल नगरौ (कृष्णभजन) इश्वर बस्छन् मनमालगायतका केही भजनमा स्वर दिएका लोकका केही गीत रेडडिङकै क्रममा तथा बजारमा आउने क्रममा छन्। अहिलेका चल्तीका अस्मिता अधिकारी, मेलिना राईजस्ता गायिकासँग धेरै जसो गाएका छन्। नेपालमा म्युजिक ट्रयाक बन्छ, उनी अमेरिकाकै स्टुडियोमा स्वर भर्छन् उनी नेपाल पठाउ“छन्। ‘खास भन्ने हो भने यहाँ संगीतिक बाताबरण छैन, समय निकाल्न गाह्रो हुन्छ, हाम्रो खाले गीतसंगीतको लागि नेपालजस्तो सबै स्रोत साधन उपलब्ध छैनन्’, उनी भन्छन्, ‘ यद्धपि आफ्नोतर्फबाट सक्दो यो क्षेत्रबाट गरिरहेकोछु।’
नेपालमै शरणर्थी जीवन बिताइरहेका बेला नेपाली संगीत क्षेत्रमा ३ गायकको बोलवाला थियो आधुनिक संगीतमा रामकृष्णढकाल, राजेशपायल राई, यम बराल। उनीहरुकै गायकी देखेर उनले सपना पालेका थिए म पनि यस्तै गायक बन्छु भनेर। भुटानको दागना जिल्लाको दोरोना लालीथप्परमा जन्मेका लोक त्यही सपनाले बेलडाँगी शिविर भित्रै त्यही सपनाले चिमोटेर संगीतको बाटोमा लागेका थिए।
संगीतको भोक यति थियो कि उनले ७ कक्षामा पढ्दै हारमोनियम किनेर शिविरभित्रै राग अलंकार सिके। त्यसपछि मोरङको उर्लाबारीमा रहेको सनलाईट संगीत विद्यालयबाट संगीत सिकेर शिविर भित्रैपनि संगीत सिकाए । शिविरमा उनले झण्डै २ दशक बिताएका थिए।
गायक बन्ने हुटहुटीले परिवार कसैलाई नभनी शिविर छोडेर काठमाडौ आए तर चिनेको कोही थिएन, पैसा थिएन फेरि झापाको बस चढेर फर्किए। ‘संगीतमा केही गरौं भन्ने उर्वर समयमा अभाव, विभिन्न समस्याले केही गर्न सकिएन’ सेट्रलओहायोको एट्नामा बसोबास गरिरहेका पौडेलले भने, ‘त्यो शिविरदेखिको संगीत सपनाअहिले पूरा गर्दै छु।’
तर ढिलै किन नहोस् आफ्नो शिविरदेखिको सपना पूरा गर्न पाउँदा छाती गर्वले फुल्छ उनको अहिले। निलो कुर्ताले लगायतका गीतबाट चर्चित बनेका भुटानी नेपाली गायक लोक पौडेल अमेरिका बसेर नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन्। वास्तवमा यिनी शरणार्थी शिविरबाट उठेको एउटा सांगीतिक स्वर हुन्।
|
एमसीसी बोर्डले नेपालबाट प्रोजेक्ट फिर्ता गरेन, सरकारले संसदमा पेश गर्ने विश्वास वासिंगटन डिसी । नेपाल सरकारले चाडैं नै सम्झौतालाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन( एमसीसी)ले नेपालबाट सो परियोजनालाई फिर्ता नगर्ने भएको छ।
डिसेम्बर १५ बुधबार अपरान्ह बसेको एमसीसीको बोर्ड बैठकले नेपाल सरकारले प्रतिबद्धता जनाएकोले संसदबाट चांडै अनुमोदन हुने विश्वास व्यक्त गरेको छ। एमसीसीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी बोर्ड अफ डिरेक्टरर्सले नेपालसंगको ५ सय मिलियन अमेरिकी डलरको परियोजना सम्झौताबारे अद्यावधिक छलफल गरेको छ। बोर्डले नेपाल सरकारले संसदबाट चाँडै अनुमोदन गराउनेबारे गरेको प्रतिबद्धतालाई ध्यानमा राखेको छ।’
समाचारअनुसार, अमेरिकी अधिकारीहरुले डिसेम्बर १५ सम्ममा संसदबाट अनुमोदन नगर्ने हो भने यो प्रोजेक्टलाई अमेरिकी सरकारले फिर्ता लिने चेतावनी नेपाल सरकार र दलहरुलाई दिंदै आएका थिए।
अमेरिकी सहायक विदेशमन्त्री र उपसहायक विदेश मन्त्री तथा उच्च अधिकारीहरुको नेपाल भ्रमणमा सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले हिउँदे अधिवेशनमा यो परियोजनालाई पारित गराउने प्रतिबद्धता जनाएका थिए। संसदको बैठकसमेत शुरु भइसकेको र यसै बैठकबाट एमसीसी पारित हुनेमा अमेरिकी अधिकारीहरु ढुक्क देखिएका छन्।
|
अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा न्युयोर्क। अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ। आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ।
आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा गरिएको छ।
आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ। रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन्। राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन्।
|
अर्जुन सुवेदी : पितामाथि गोली दागिएको त्यो दिन, शरणार्थीको झुप्रो र अमेरिकाको वैभव कोलम्बस/ ओहायो। शरणार्थी शिविरको छाप्रोमा जीवनका १८ बर्ष बिताउँदा अर्जुन सुवेदीे धेरै दुख, पीडा भोगे। धेरै सास्ती र अभावको जीवन बाँचे। जातीय सफायाको नाममा भुटानी शासकले नेपाली भाषी भुटानी (ल्होत्साम्पा) लाई जन्मभूमिबाट लखेटेसँगै भुटानको त्यो जन्मघर, गाईबस्तुले भरिएको गोठ, खेतबारी, फलफूलले भरिएको बगान अनि आफ्नो माटो छोडेर हिँड्दा उनको जीवनमा चट्याङ परे जस्तै भयो।
एक्कासि जीवनमा कालो बादल मडारियो। त्यसमाथि अर्को अकल्पनीय घट्ना घट्यो, आफ्नो बुबामाथि बन्दुकको गोली बर्सियो। बुवा बिष्णु सुवेदी भुटान र भारतको सीमावर्ती क्षेत्रमा पाखुरामा गोली लागेर घाइते भए। सन् १९९० मै नेपाल आएका ५२ परिवार सँगै गोली लागेका पिता अनि रोगी आमासहित अर्जुन पिता पुर्खाको देश नेपाल आइपुगे भुटानको सर्वाङगेलेफुबाट। भएभरको सम्पति उतै छोडेर दुखको हुन्डरीमा, अनिश्चिताको भुमरीमा।
झापाको माइखोलाको बगरमा केही महिना दुख, पीडाको पराकाष्टा छिचोलेर बेलडाँगी शरणर्थी शिविरको छाप्रोमा जीवनका चरम दुख, पीडा, ताप, सँघर्षका रंगहरु भोगे उनले। प्लाष्टिकले बारेका छाप्रो भित्रका दुखका भब सागर छिचोले। अनागरिक भएर अथाह दुख भोगेका अर्जुन बिगत १२ बर्षदेखि धेरैको सपनाको देश अमेरिकामा छन्।
तर अमेरिकामा समृद्धशाली जीवन बिताएपनि हिजोको दुख, सघर्षका पल अनि शिविरमै रहेकाहरुलाई बिर्सेका छैनन्। अमेरिकामै घर, गाडी जोडेर चिल्लो सडकमा हुँइकिने उनले शिविरको छाप्रो भुलेका छैनन्। त्यसैले त उनीहरुको दुखमा बेलाबेला मलम लगाउन खोज्छन् सकेको। ‘हिजो आफूले शिविरमा भोगेको कष्टप्रद जीवनको कथा भुलेको छैन’, अर्जुन भन्छन्, ‘त्यसैले त्यहाँ रहेकाहरुको दुखमा आफ्नोतर्फबाट थोरै भएपनि आडभरोसा गरिरहेको छु।’
अहिले झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा एउटा स्कुलको भवन बनिरहेको छ, शिविरभित्रका बालबालिकाको शिक्षाको लागि। उनीपढेको हुर्केको र जीवनका धेरै बसन्त बिताएको त्यो ठाँउमा बन्दै गरेको ३ कोठा मध्ये एउटा उनै अर्जुनले बनाइरहेका छन्।
‘शिविर भित्र रहेका असहाय र दिनहीन बालबालिकाको लागि शिक्षामा थोरै भएपनि साहारा बनौं भनेर होस्टेमा हैसे गरेको हुँ’ सुबेदीले भने, ‘आफ्नो बलबुताले भ्याएसम्म केही गरौं भनेजस्तो लाग्छ।’ अझैपनि करिव साढे ६ हजार भुटानीहरु बेलडाँगी र पथरी शनिश्चरे शरणार्थी शिविरमा रहेका छन्।
वर्षौं शरणार्थी शिविरको छाप्रोमा रहेर दुखको महासागर झेलेका भुटानी नेपाली युवाअर्जुन सुवेदी अहिले अमेरिकामा बसेर नेपालभाषी भुटानी समुदायको हितका लागि काम गरिहेका छन्।
अमेरिकाको मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बसमा नक्षत्र फाउन्डेसन नामक गैरनाफामुखी संस्था खोलेर सामाजिक तथा साँस्कृतिक गतिविधिमा सक्रिय छन् उनी विगत ३–४ वर्षयता। यो संस्थाले अमेरिकामा नेपाली कला, संस्कृति जोगाउने खालका गतिविधि तथा सामुदायिक हितका काम गर्दै आएको छ भने नेपालमा शरणार्थी शिविरमा रहेका दिनहीन परिवार र बालबालिकालाई सकेको सहयोग गर्दै आएको छ। अर्जुन भन्छन्, ‘सानै सहयोग किन नहोस, समुदायको राम्रो कामको लागिसक्दो सहयोग गर्ने कुरामा हातेमालो गर्दै आएको छौं।’
आइओएम (इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन) मार्फत शुरुमा अमेरिकाको क्यालिफोर्नियाको स्यान्डियागो शहर ल्याइएका उनी त्यसपछि न्यू मेक्सिको हुँदै २०१६ बाट ओहायोको राजधानी कोलम्बस आएका थिए। त्यसपछि सेन्ट्रल ओहायोलाई कर्म थलो बनाएका छन्। कोलम्बस र यसका वरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, क्यानलविन्चेष्टर, पटासकला, एट्ना, ब्ल्याकलिक, गाहानालगायतलाई सेन्ट्रल ओहायो भनिन्छ।
भुटानी नेपाली हब मानिने यहाँ झण्डै ३० हजार भुटानी नेपाली रहेको बताइन्छ। अर्जुनले कोलम्बस शहर नजिकैको रेनोल्ड्वर्गमा आइभोरी होम हेल्थ सर्भिसेज् नामक ब्यवसाय संचालन गर्दै आएका छन्। होम हेल्थले अशक्त बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई घरमै नर्समार्फत स्वास्थ्य सम्बन्धी सहायता प्रदान गर्छ। उनको यो ब्यवसाय कोलम्बस सँगै ओहायोको अर्को नेपालीभाषी भुटानी जनघनत्व धेरै भएको एक्रोन शहरमा पनि छ।
अर्जुनसहित ३ जनाले बनाएको सो बेलडाँगी २ को स्कुलभवन २०२२ बाट जिबीओ (ग्लोवलभुटनिज अर्गनाइजेसन) ले संचालन गर्ने छ। ‘शिविरमै रहेपनि गुणस्तरीय शिक्षाका लागि हामी स्कुलदेखि शिक्षकको ब्यवस्थापनआफै गर्दैछौं,’ जिबीओका अध्यक्षडिबी राई भन्छन्।
गतवर्ष दशैमा सुवेदीले बेलडाँगी २ को शिबिरका ३८ जना बालबालिकालाई १० हजारका दरले नेपाली रुपैयाँ ३ लाख ८० हजार आार्थिक सहायता गरेका थिए। त्यसअघि २०१९ मा राजेश हमाल, हिमाल सागर, सुगम पोखरेलजस्ता कलाकार शिविरमा पु¥याएर शिविर भित्र बसेका भुटानीहरुलाई मनोरन्जन दिलाएका थिए।
त्यसो त यसै वर्षको १६ जुलाइमा नेपालमा बेलडाँगी रहेका विपन्न १४४ परिवारलाई अर्जुनका दुई संस्था नक्षत्र फान्डेसन र आइभोरी होम हेल्थ सर्भिसेज्ले चामल, दाल, नुन, तेल, सावुनलगायतका अत्याबश्यक सामाग्री शिविर ब्यवस्थापन समितिमार्फत प्रदान गरेको थियो। कोरोनाको कारणकाम गर्न नपाएका र काम गुमाएका विपन्न परिवारलाई सो सहयोग सामाग्री प्रदान गरेको अर्जुनले बताए। त्यस्तै सोही कार्यक्रममा ३ दर्जन विधार्थीलाई स्कुल ब्यागसहित शैक्षिक सामाग्री प्रदान गरिएको थियो।
यता अमेरिकामा कोरोनाको महामारीले बालबालिका घरमै थन्केका बेला १६ वर्षमुनिका आफ्नो समुदायका बालबालिकालाई लक्षित गरी जुनिअर अनलाइन डान्स कम्पिटिसन गराए। जुन प्रतियोगिता २०२१ कोे जुलाईमा सम्पन्न गरिएको थियो।
२०२१ को अप्रिलमा नेपालमा रहँदा शिविर भित्र पढाएका शिक्षकहरुलाई सम्मान गरियो कोलम्बसमा टिचरर्स एप्रिसियसन प्रोग्राम नाम दिएर। ‘उहाँहरुले दिएको शिक्षाले हामी यो ठाँउमा आएर केही गर्न सक्ने भएका छौं,’ अर्जुनले कार्यक्रमको औचित्य प्रष्टाए, ‘यसैले सात समुन्द्रवारिको देशमा आएर उहाँहरुलाई सम्मान दिएका हौैं।’
कहिले उनी नेपालदेखि चल्तीका कलाकार ल्याएर साँस्कृतिक/सांगितिक कार्यक्रम गर्छन, कहिले यँही बसोबास गरिरहेका प्रतिभावान नेपालीमुलका भुटानी कलाकारको गीत निकालि दिन्छन्। समुदायमा अब्बलकाम गरिरहेका प्रतिभालाई प्रोत्साहित गर्छन्।
कहिले फुटवल त कहिले भलिबल अनि क्रिकेटका खेलाडीहरुलाई विभिन्न प्रतियोगिता गर्न, खेल्न सहयोग गर्दै आएका छन् उनले। यसै महिनामात्र लसभेगसमा सम्पन्न बडी बिल्डिङ कम्पिटिसनमा नेपालीमुलका भुटानी गोपाल क्षेत्रीलाई त्यो प्रतियोगितामा पुग्न स्पोन्सर गरिदिए।
भुटानी नेपाली संगीत क्षेत्रका अग्रज संगीतकार अमर तुम्बापो सुब्बाको संगीतमा भ्वाइस अफ नेपाल जितेका किरण गजमेरले गाएका गीत मोहनीमन्तरको म्युजिक भिडियो बनाइ दिए। जुन गीतको भिडियो ११ लाख भन्दा बढीले हेरेका छन्। संगीतकार तुम्बापो भन्छन्, ‘ समाजको दुखमा हातेमालो गर्नेमात्र नभई आफ्नो समुदायको राम्रो प्रतिभा र राम्रो काम गर्नेको लागि उदाहरणीय ब्यक्ति हुनुहुन्छ उहाँ। समाजमा यस्ता ब्यक्ति हुनु हाम्रोलागि गर्वको कुरा हो।’
हालै मात्र कोलम्बसबाटै एडिक्सन नामकछोटो चलचित्र बनाएका छन् अर्जुनले। थुपै्र भुटानी नेपालीहरु तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् तर कतिपय युवाहरु यहाँ आएपछि कुलततिर पनि फसेको देखे उनले। ‘लागुपदार्थ दुब्र्यसनीले जीवन बर्वादीबारे सचेतना फैलाएर युवाहरुलाई यसबाट टाढा राख्न भुमिका खेलोस भन्ने उद्देश्यले यो सिनेमा बनाएका हौं’, फिल्म बनाउनुको कारण प्रष्टाए अर्जुनले।
भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायोका पुर्वअध्यक्ष तथा रेनोल्सबर्गको सिटीकाउन्सिल सदस्य भुवन प्याकुरेल अर्जुनले भुटानी नेपाली समुदायको हितकालागि गरिरहेको काम उदाहरणीय भएको बताउँछन्। भन्छन्, ‘तेस्रो मुलुकमा पुर्नवास भएपछि ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर हाम्रो समाजकालागि उहाँले मन बचन र कर्मले गरेकोे सहयोग साच्चिकै सह्रानीय छ। ’
|
जो अमेरिकामा पनि नेपाली फिल्म बनाउँछन् लेक्सिन्टन/ केन्टकी। नेपालमा रहँदा चलचित्र संगीतकर्ममा सक्रिय सबै जसो कलाकार निर्देशक बिदेश आएसँगै आफ्नो कामबाट पलायन हुन्छन्। हुनपनि अर्को देशमा आएपछि त्यो कामको वाताबरण नै हुँदैन। त्यसैले धेरै कलाकार, निर्देशकको कलाकारितार निर्देशकीय कर्म त्यही पूर्णबिराम लाग्ने गर्छ। तर नेपाली चलचित्र क्षेत्रमा लामो समय काम गरेका सुमन दाहाल अमेरिकामा पनि आफ्नो बिधामा सक्रिय छन्।
विगत ४ वर्षदेखि अमेरिका बस्दै आएका उनी आफ्नो कलाकर्ममार्फत आफ्नो क्षेत्रमा क्रियाशीतला देखाइरहेका छन्। ‘धेरैजसो कलाकर्मी प्रवासमा आएसँगै नयाठाँउ, परिवेशले पुरानो क्षेत्र छोड्छन’, उनी भन्छन्, ‘तर म विदेशी भूमिमै भएपनि सक्दो कला, संस्कृतिको क्षेत्रमा सक्रियता देखाइरहेको छु।’
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिन्टन बस्दै आएका सुमन छोटा चलचित्र, म्युजिक भिडियोर युट्युवमार्फत सांगीतिक कार्यक्रममा आफ्नो उपस्थिति जनाइरहेका छन्। भन्छन्, ‘कला क्षेत्रबाटै पहिचान बनाइयो, त्यसैले यहाँको ब्यस्तताबीच समय निकालेर आफ्नो कर्मलाई सक्दो निरन्तरता दिइरहेको छु।’
विदेशमा आएपछि पैसामात्र सोच्दा आफ्नो पहिचानको क्षेत्रबाट टाढिनुपर्ने अनुभव उनले सुनाए। ‘तर केही गर्छु भन्ने हुटहुटी भए विदेशबाट पनि आफ्नो कला, संस्कृतिको क्षेत्रमा योगदान पुर्याउन सकिन्छ’, उनी भन्छन्। दाहाल ३ महिनादेखि ‘लेक्सिन्टन दोहोरी’ निर्माण निर्देशन गरिरहेका छन्। सम्राट क्रिएशन नामक युट्युव च्यानलबाट हरेक साता यो लोकदोहोरी कार्यक्रम प्रसारण हुँदै आएको छ।
नेपाली चलचित्रका निर्देशक सुमन दाहाल अमेरिकामा पनि छोटा चलचित्र, म्युजिक भिडियो, सांगीतिक कार्यक्रममार्फत कलाकर्ममा सक्रिय छन्।
नेपाली भाषी भुटानी समुदाय र नेपाली गरी झण्डै ५ हजार नेपाली रहेको लेक्सिन्टन शहरमा भएका कलाकारको गायकी यस कार्यक्रममा देख्न सकिन्छ। ‘यस्ता कार्यक्रम अमेरिकामा गर्नु चानचुने कुरा हैन’ गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष तथा लेक्सिटनकेन्टकीका बासिन्दा दिलु पराजुली भन्छन्, ‘तर सुमनजीको मेहनत, दरिलो इच्छाशक्तिले यस्तो कार्यक्रमनिर्माण गर्न सम्भव भएको हो।’
त्यसो त उनी बसोबास गर्दै आएको राज्यका स्थानीय संस्थाहरु इनास केन्टकी, एनका र नास्क केन्टकीको सहकार्यमा गैरआवासीय नेपाली संघ अमेरिकाको केन्टकी च्याप्टरले २ महिना अघि उनलाई सम्मान गरेको थियो। विदेशमा बसेर पनि चलचित्र, म्युजिक भिडियो, सांगीतिक कार्यक्रमको माध्यमबाट नेपाली गीत संगीत, चलचित्र, कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गरेको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको थियो।
हालैमात्रहेर्दा हेर्दैयो केटी, यो जीवन मिठो बोलको गीतको म्युजिक भिडियो निर्माण निर्देशन गरेका उनले यसै साताशंका नामक छोटो चलचित्रको छायांकन सकाएका छन्। अमेरिकामै डेढ दर्जन म्युजिक भिडियो निर्देशन गरेका उनको काम म्युजिक भिडियोमा बढी देख्न सकिन्छ । मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष हुन्।
उनले सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष जस्ता चलचित्र निर्देशक समाजका कार्यकारी पदमा १५ वर्ष बसेर काम गरेका थिए। नेपालमै रहदा ४ दर्जन म्युजिक भिडियो, केही विज्ञापन निर्देशन गरेका उनी एक्ट्रा अर्डिनरी ग्रीन कार्डमार्फत अमेरिका आएका हुन्।
नेपालमै रहँदा एनटीभी‐२ को शुरुवातताका नै बालप्रतिभा खोज्ने कार्यक्रमचाम्स नेपालको निर्देशन गरेका सुमनले नेपालमा रहँदा चलचित्र निर्देशन बाहेक उद्घोषक, थुप्रै सौन्दर्य प्रतियोगितामा ब्यत्तित्व विकासको प्रशिक्षक र निर्णायकका रुपमा काम गरिसकेका छन्।
|
गाउँका ‘हनुमान’ दिनेशका धेरै विश्व रेकर्डको कथा अमेरिका। दिनेश सुनार एकठाउँबाटअर्को ठाउँमाउफ्रेर पुगेको देखेर गाउँकामानिसहरु चकित परे। र, कतिपयले त उनलाई हनुमानको अवतार समेत ठाने। सामान्य परिवार र गाउँले परिवेशमा हुर्के बढेका दिनेशको विलक्षणप्रतिभालाई खोटाङका मानिसले हनुमानको दर्जा दिएका थिए।
कतिपयले त साँच्चीकै हनुमानको अवतार ठानेर दर्शन गर्न समेत आउन थाले। उनी उफ्रेको देख्ने गाउँलेहरु कोही हनुमानको रुपमा भगवानले पठाएको भन्थे त, कोही उड्ने मान्छे भनेर चर्चा गर्न थाले । उनले गाउँमै हुँदा हनुमान, पहलमान, उड्ने मान्छे जस्ता उपनाम पाए।
उनको चर्चा दिन प्रतिदिन बढ्न थाल्यो। गाउँघर हुँदै, दिनेश सुनारले पढ्ने स्कुलमा पनि हल्ला पुग्यो। लुकिछिपी जंगलमा आफैले खाडल खनेर, सल्लाको पिरल जम्मा गरेर उफ्रने दिनेशलाई जिल्लामा हुने विभिन्न कार्यक्रममा पत्र आउन थाल्यो।
स्कुल, मेलापर्व वाजिल्लामा हुने कार्यक्रममा दिनेश आउँदैछन् भन्ने सुन्ने जो कोहीपनि उनलाई हेर्नका लागि उत्सुक हुन्थे। यसले उनको खेलमा झनै हौसला थपिँदै गयो। दिनेश भन्छन्, “म खेल्ने खेलको नाम के हो भन्ने मलाई पनि थाहा थिएन, मैले त फिल्म हेरेर सिकेको हुँ।”
गाउँकै पाखा पखेरा र कान्लामा हाम फाल्दै गरेको कसरतले कुन बेलाउनलाई पार्करमा पोख्त बनाएछ आफैलाई पत्तो भएन । उनी भन्छन् “मलाई त यस्तो हामफाल्नुलाई पार्कर भन्छन् भन्ने कुरा काठमाडौँ आएपछि थाहा भयो ।”
यो खेलमा आउँदा भोगेका अनगिन्ती दुःख मध्ये काठमाडौँमा घरवेटीले लेखेटीलखेटी कुटेको र जंगलमा सल्लाको पिरलमा उफ्रँदाको याद अझै ताजा रहेको उनले सुनाए ।
जिल्लाको सापातेल गाविसमा भलिवल प्रतियोगिता थियो। त्यो हेर्न सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत आएका थिए। त्यहाँ दिनेशले जिम्न्यास्टिकका आकर्षक ‘स्टन्ट’ गर्ने अवसर पाएका थिए। बस्नेतले दिनेश खेलेको देखेर उनलाई काठमाडौं बोलाए।
जिल्लाको सापातेल गाविसमा भलिवल प्रतियोगिता थियो। त्यो हेर्न सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत आएका थिए। त्यहाँ दिनेशले जिम्न्यास्टिकका आकर्षक ‘स्टन्ट’ गर्ने अवसर पाएका थिए। बस्नेतले दिनेश खेलेको देखेर उनलाई काठमाडौं बोलाए।
काठमाडौँमा थप तालिम पाउने भएपछि दिनेश निकै हौसिए। भन्छन् –‘आफ्नै ठाउँमा बसेर तालिम लिने अवस्था थिएन। मलाई खेलको नामसमेत थाहा थिएन। विश्व रेकर्डका लागि पहिलो पाइला देखाउने बस्नेत सर नै हुनुहुन्थ्यो। यदि उहाँ त्यो कार्यक्रममा नगएको भए र मैले मौका नपाएको भए म गाउँमै हनुमानको अवतार बनेर बसिरहन्थें होला।’
पार्कर खेलबाट गिनिज बुक अफ वल्र्डमा चौथो पटक नाम लेखाएका दिनेश भन्छन् ‘म जब दशरथ रंगशालामा तालिमको लागि पहिलो पाइला टेकेँ, अनि हेरेको हेरैँ भएँ, मनमनै सोँचे तालिम गर्ने ठाउँ नेपालमा यस्तो पनि रहेछ । अचम्मै परे !’
पहिलो अनुभव सुनाउँदै भने, ‘त्यहाँ मभन्दा धेरै सिनियर खेलाडी हुनुहुँदोरहेछ। निकै व्यावस्थित ढंगले खेलेको देख्दा मलाई अचम्म लाग्यो तर, मैले त जहाँपनि जम्प हान्थे। सुरुमा मलाई देखेर उहाँहरु दंग पर्नुभयो।’
‘गाउँमा फिल्म हेरेर, सल्लिपिरला तालिम गरेको म ! काठमाडौँको तालिमपछि देशको लागि विश्व रेकर्ड राख्ने इच्छा पलाएर आयो।’ उनी भन्छन्। उनले त्यही अनुसार दिनरात मेहनत कडा मेहनत गर्न सुरु गरे, जसको परिणाम २०१७ मा पहिलो विश्व रेकर्ड राख्न सफल भए। उनी मात्तिएनन्। अनावश्यक रुपमा हौसिएनन्। बरु अभ्यास गर्दै गए। र अर्को विश्व रेकर्ड सन् २०१८ बनाए। उनले तेस्रो रेकर्ड २०१९ मा राखे।
उनलाई खेलको माध्यमबाट देशलाई विश्वभर चिनाउने तलतल अझै मेटिएन झनै बढेर गयो। त्यसैले उनी सन् २०२० मा अमेरिका पुगेर चौथो पटक पार्करमा विश्व रेकर्ड कायम गरे।
खेलदेखि गिनिजबुकसम्म उत्कृष्ट
दैनिक छ सात घण्टा अभ्यास गर्ने दिनेशले सशस्त्र प्रहरीकातर्फबाट जिम्न्याष्टिकमा प्रथम लुम्बिनी खेलकुद २०७१ मा स्वर्ण पदकजिते, सातौँ राष्ट्रिय खेलकुद २०७३ मा एकस्वर्ण र एक रजत जिते। साथै आठौँमा पनि जिम्न्यास्टिकमा स्वर्ण पदक जिते। उनले २०१९ मा ‘इन्करेजमेन्ट’अर्वाड पाए जुन जापानमा आयोजना भएको थियो। उनले अमेरिकाको सिनेटबाटपनि ‘एप्रिसियसन’ लेटरहरु पाएका छन्।
फिल्मको प्रभावले पार्कर
दिनेश पार्कर बन्दाको कथा बेग्लै छ। खोटाङको राजापानीमा जन्मिएका उनी सानैमा काठमाडौँ आए। उनका बुवा बिर्खबहादुर र आमा रिता गार्मेन्टमा काम गर्थे।
दिनेश काठमाडौँ, टीकाथलीस्थित महेन्द्र आदर्श उच्चमाविमा पढ्न थाले।
‘गाउँमा फिल्म हेरेर, सल्लिपिरला तालिम गरेको म! काठमाडौँको तालिमपछि देशको लागि विश्व रेकर्ड राख्ने इच्छा पलाएर आयो।’ उनी भन्छन्।
त्यही बेला साथीहरूसँग टोनीजाका फिल्म हेर्थे। पछि निखिल उप्रेतीका फिल्महरू पनि हेरे। तिनै फिल्मका प्रभावले दिनेश साथीहरूसँग बालुवाखानीमा खेल्दाखेल्दै स्टन्ट गर्न थाले। बालुवामा उफ्रिने, उल्टी–सुल्टी हान्न थाले।
कक्षा ७ सम्म पढ्दा उनले धेरै स्टन्ट गर्न थालिसकेका थिए। तर, त्यसबेला उनका बुवा वैदेशिक रोजगारीमा गए, आमासँगै दिनेशचाहिँ खोटाङ फर्किए। पहाडको ठाउँ खोटाङमा त्यस्ता स्टन्ट गर्नु गाह्रो र खतरापूर्ण थियो, जान्ने मान्छे पनि थिएनन्। उनले गाउँका भाइहरू गोपाल, कुमार, दिनेश, किसनलगायतलाई भेलापारेर खाल्डो खने।
त्यसभित्र परालहाले अनि ठाउँ–ठाउँमा माटो थुपारेर साना–साना ढिस्को बनाए। अनि त्यहीँ सुरु भयो स्टन्ट। उनका भाइहरूले तीन चार दिन खेलेपछि यसमा त्यति रुचि देखाएनन् तर दिनेश निरन्तर यसैमा लागे।
२०६७ सालमा खोटाङकै ज्योति माविबाट एसएलसीमा ६७ प्रतिशत अंक ल्याएर स्कुलटप बने दिनेश। राम्रो पढाइसँगै स्कुलमा जिम्न्यास्टिक देखाउनेमा उनी परिचित थिए। दिनेश भन्छन्, ‘नेपालमा एकेडेमी नै हुनुपर्छ अनिमात्र यो क्षेत्रमा लाग्नु भएका सबैलाई हौसला मिल्छ।’ दिनेशलाई अहिले बुवाको पनि सहयोग छ।
पाँचौ रेकर्डमा आफ्नो र मुलककै नाम पाँचौं पटक दर्ता गराउन सफल सुनार अर्को पटककालागि पनि आत्मविश्वास बढेको बताउँछन्। दिनेशलाई अमेरिकाको न्युयोर्क स्टेटका सिनेटर जोन सी लुईले सम्मान गरेका थिए।
यही खेलका माध्यमबाट अघि बढ्दै जाँदा उनी क्यालिबर सुजको ब्रान्ड एम्बेस्डर भए। उनले सन् २०१९ मा इन्करेजमेन्ट अवार्ड जिते। जापान र नेपाल बेस्ट पार्कर एथलेटिक वर्ल्ड एक्स्ट्रा अर्डिनरी एबिलिटी ट्यालेन्ट पनि उनले पाइसकेका छन्।
|
घिमिरेकाे नेपालमा गाँजा पुस्तक बजारमा टाेरन्टाे । नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडिबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसङ्घको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गर्न बाध्य भएको थियो ।
राष्ट्रसङ्घको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागूऔषधको दर्जामा राखेका कारण नेपालले पनि सोही मान्यतालाई हुबहु मान्दै ‘लागूऔषध नियन्त्रण ऐन, २०३३’ जारी गरी मुलुकभरि प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैरकानुनी छन् ।
परिणमस्वरूप आज आधुनिक औषधि विज्ञानले आफ्ना दशौँ हजार परीक्षणहरूबाट शताब्दीयौं अघि वेद र आयुर्वेदमा लेखिएका तथ्यहरू सत्य रहेको प्रमाणित गरी गाँजालाई कानुनी रूपमै औषधीय र मनोरञ्जनात्मक प्रयोजनमा ल्याइरहँदा नेपालमा भने गाँजाको दुई चार बोट मात्र लगाएका विपन्न किसानलाई पनि प्रहरी प्रशासनले तस्करको व्यवहार गरिरहेको छ । नेपालमा आज पनि गाँजा वा गाँजाजन्य पदार्थ मिसाएर बनाइएका औषधी लागूऔषधकै श्रेणीमा पर्छन् ।
यसरी हेर्दा गाँजा प्रयोग हुने १ सय ९१ भन्दा बढी प्राचीन आयुर्वेदिक औषधी सेवन गरिरहेका बिरामी, जोखिमपूर्ण छारे रोगको औषधी खाइरहेका बालबालिका, क्यान्सरको पीडाबाट आहत भई घर वा अस्पतालमा चरम दर्द घटाउने औषधी सेवन गरिरहेका बिरामी र पेन किलरका रूपमा गाँजाको तेलको मालिस लिइरहेकाहरू सबै कानुनका नजरमा अपराधी करार छन् । युद्ध वा यातनापूर्ण कारबाहीको दर्द घटाउन गाँजा प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडितलाई समेत लागूऔषध नियन्त्रण ऐन, २०३३ ले अपराधी ठहर गरिरहेको छ।
तर विश्वका कतिपय मुलुकमा गाँजाजन्य औषधी, खाद्य र पेयको अनुसन्धान, नव–प्रवर्तन, विकास र व्यावसायिक उत्पादन लगभग निर्वाधजस्तै हुन थालिसकेको छ । गाँजाको खेती, प्रशोधन, बिक्री–वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु नै आ–आफ्नो राष्ट्रको हितमा हुने धारणा संसारको कुनाकाप्चासम्मै पुगिसकेको छ । नेपालमा गाँजालाई गैर–अपराधीकरण गरी वैधानिकता दिइनुु पर्छ भन्ने एकथरीको तर्क छ भने अर्कोथरी गाँजालाई खुला गरिंदा यसको व्यापक दुरुपयोग भई लागूपदार्थको दुव्यर्सन बढ्ने चिन्ता गरिरहेका छन् । गाँजा खेती गर्न छुट दिनुपर्ने भन्दै प्रतिनिधिसभामा दर्ता गरिएको विधेयक ‘गाँजा खेती व्यवस्थापन ऐन–२०७६’ त्यत्तिकै अलपत्र छ ।
यसै पृष्ठभूमिमा क्यानडामा कार्यरत लेखक एवं खाद्य तथा औषधी विज्ञ नारायण घिमिरेको पुस्तक नेपालमा गाँजा ः वैज्ञानिक अवधारणा बजारमा आएको छ । यो पुस्तकले गाँजाको सवालमा नेपालले अपनाउनु पर्ने नीति के हो र त्यो कस्तो हुनुपर्छ भन्नेबारे साङ्गोपाङ् केलाउने प्रयत्न गरेको छ । पुस्तकमा संसारका विभिन्न मुलुकले गाँजाका सम्बन्धमा के कस्ता नीति–नियम अख्तियार गरिरहेका छन् भन्नेदेखि लिएर नेपालको विद्यमान परिस्थितिको मिहीन विश्लेषण गरिएको छ ।
गाँजको औषधीय उपयोगबारे यसमा सविस्तार चर्चा छ । कफि, गाँजा र रक्सीको तुलनात्मक अध्ययन तथा यौन र गाँजाका बारेमा पनि यसमा समावेश छ । पुस्तकको सबैभन्दा महत्वपूर्ण पाटो संसद्मा प्रस्तुत ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६’ मा हुनुपर्ने न्यूनतम परिवर्तन हो । प्रस्तावित कानून जस्ताको त्यस्तै पारित भए त्यो नेपाली किसानका लागी सास्ती र बिचौलियालाई मात्र मस्ती हुने लेखकको ठहर छ ।
‘यो पुस्तक लेख्नु र प्रकाशन गर्नुको मूल ध्येय नेपालमा गाँजाको गैर–अपराधीकरण (डि–क्रिमिनलाइजेसन) होस् र त्यसो हुनुको पहिलो प्रत्यक्ष फाइदा ती असंख्य बिरामीले प्राप्त गर्न सकून् जसले गर्दा अहिले गाँजा वा गाँजाजन्य औषधीबाट हुने असीमित लाभहरू पाउन सकेका भए उनीहरूको दुःख, दर्द, पीडा र छट्पटी घट्ने थियो भन्ने नै हो,’ लेखक नारायण घिमिरेले भनेका छन्, ‘दोस्रो, उद्देश्य नेपालका सुगमदेखि सुदूर र विकट क्षेत्रसम्मकै गाउँबस्तीका किसानहरूका साथै उद्यमी, व्यवसायी र सरकारसमेतले गाँजाबाट यथेष्ट आर्थिक लाभ लिन र आ–आफ्नो स्तरोन्नति गर्न सकून् भन्ने हो।’
गाँजालाई गैर–अपराधीकरण गरियोस् वा कानुनी वैधता प्रदान गरियोस् भन्ने सदाशयको अर्थ बिना कुनै नियमन वा अनुगमन यसको दुरुपयोग, दुव्र्यसन वा कालोबजारीकरणलाई समेत खुलै छाडियोस् भन्ने नरहेको उल्लेख गर्दै उनले पुस्तकको समग्र सारलाई यही रूपमा बुझिदिन आग्रह गरेका छन् ।
लेखक घिमिरे १५ वर्षयता क्यानडामा खाद्य तथा औषधी विज्ञका रूपमा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीका अन्य–असर (साइड–इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन्। घिमिरे गाँजा, हर्बल र हिलिङ्ग फुड विकासका लागि नवप्रवर्तन विषयमा नियमित कमल चलाइरहन्छन्।
|
अमेरिकामा नेपाली संस्थाभित्र आपसी कलह बढ्दै, लवक टेक्सासमा अराजकता टेक्सास, अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा एउटा लवक भन्ने ठाउँ छ, जहाँ नेपालीहरुको निकै बाक्लो बस्ती बनिसकेको छ । सोही ठाउँमा आधादशकदेखि लवक नेपाली समाजका नाममा नेपालीहरु संगठित छन् । समाजमा सदस्यहरु थपिँदै जाँदा नेतृत्वको आकांक्षा पनि स्वाभाविक हो तर यो संगठनभित्र अस्वाभाविकरुपमा आन्तरिक कलह तीब्र भएको छ ।
र, यो कलह अमेरिकाको स्थानीय अदालतसम्म पुग्ने तहमा अघि बढेको छ । विवादले उग्ररुप लिँदा आपसी मन मुटाव त भएको छ नै आपसमा समाधान गर्नु पर्ने विषयमा एउटा पक्षले अति हेपिएको महसुस गर्ने र अर्काले शासन गरेको सन्देश दिँदा यो सामाजिक संस्था प्रति वितृष्णासमेत बढेको पाइएको छ ।
अमेरिकामा नेपाली संस्थाहरु खुल्ने र त्यसमा संगठित हुने क्रमसँगै ती संस्थाहरु भित्र आन्तरिक लोकतन्त्र कमजोर हुने र नेतृत्व हत्याउनेले आफूसँग असहमत हुने वा फरक मत राख्नेहरुलाई हेप्ने र खुइल्याउनेसमेत गर्ने गरेका कारण यी संस्थाहरुभित्र चर्को विवाद पनि हुने गरेको देखिएको छ । यो पल्ट हामीले लवक नेपाली समाजभित्रको अराजक अवस्था र कलहलाई पहिलो इस्यूका रुपमा प्रकाशित गरेका छौं ।
लवक नेपाली समाजमा संगठित यहाँका नेपालीहरु र उनीहरुलाई प्रतिनिधित्व गर्दै आएको लवक नेपाली समाजले पछिल्लो समयमा थोरै चर्चा बटुल्दै गर्दा विभाजित पनि देखिन थालेको छ । हाल यो संस्थाको नेतृत्व डा. प्रकाश श्रेष्ठले गरिरहेका छन् । उनी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का निर्वाचित बोर्ड सदस्य पनि हुन् । उनी एनआरएनए अमेरिकाको हालै गठित स्वाथ्य टास्क फोर्सको संयोजक पनि हुन् ।
त्यसैगरी विज्ञान प्रविधि टास्क फोर्सको संयोजकको जिम्मेवारी लवकमै वस्ने माधव पाण्डेले पाएका छन् । कोरोना संक्रमण फैलिएपछि कोरोना विरुद्धको अभियानका केही नेपाली मिडियामा आएका कारण डा श्रेष्ठ एकाएक चर्चामा आएका थिए। माधव पाण्डे भने गएको एनआरएन अमेरिकाको निर्वाचनमा एनआरएन वोर्ड मेम्बर डा श्रेष्ठको प्रस्तावक पनि थिए ।
त्यसो त गएको निर्वाचनमा वोर्ड मेम्बरमा डा श्रेष्ठसँगै टेक्सास च्याप्टर कार्यसमिति सदस्यमा भुवनेश्वरी सुवेदी ढकाल विजयी भएकी थिइन् । त्यसैगरी लवकबाटै प्रेम श्रेष्ठ र च्याप्टरमा नरेन्द्र तिवारीले भाग लिए पनि उपविजेता वनेका थिए । लवक क्षेत्रबाट एनआरएनए अभियानमा पनि राम्रै उपस्थिति जनाउने गरिएको यी विवरणले नै प्रष्ट पार्दछन् ।
चार बर्षअघि टेक्सास कै सान्आन्टिनोबाट लवक बसाइ सरेका डा.प्रकाश श्रेष्ठलाई चिकित्सक भएको नाताले समाजले गौरव गर्दै समाजको नेतृत्वका लागि अघि सार्यो । सार्वजानिक पदलाभ प्रतिको उनको रुचीलाई शुरुमा त आलोचना भन्दा पनि अपेक्षाकै रुपमा समाजका सदस्यहरुले हेरेका थिए । तर कमजोरीहरु विस्तारै सतहमा देखिन थाले।
विभाजनको विजारोपण
यो समाजमा विवादको विजारोपण सरस्वती पूजा गर्ने कुराबाट भएको रहेछ । डा.श्रेष्ठ संस्थामा भित्रिनु पूर्व निवर्तमान हुन लागेका लवक नेपाली समाजका अध्यक्ष सुरेन्द्र गौतम र नेपाली र भारतीय समाजबीचको पुलको काम गरेको हिन्दु टेम्पल अफ लवकका प्रतिनिधि डा.विभा गौतमको नेतृत्वमा साँस्कृतिक तथा धार्मिक कार्यक्रम सरस्वती पूजा गर्ने विषयमा विवाद भयो ।
तत्कालीन अध्यक्ष सुरेन्द्र गौतमका धर्मापत्नीसमेत रहेकी डा.विभा गौतमको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको संस्थाका पूर्व अध्यक्षद्धय रेशमघर्ती र माधव पाण्डेले विरोध गरे । विवाद व्यक्तिगत तहसम्म आइपुग्यो । उनीहरुबीचको विवाद लगत्तैको साधारण सभामा छताछुल्ल भयो । अन्तत पाण्डे र घर्तीले साधारण सभामा गल्ती स्वीकार्दै माफी मागेपछि विवाद तत्काललाई समाधान भयो ।
तर सभाहलमा टुंगिसकेको भनिएको त्यो विषय डा.श्रेष्ठले समाजको नेतृत्व गरेपछि फेरि प्रकट भयो, चर्काइयो । जनकारहरुका अनुसार, समाजको अध्यक्ष वन्नुपूर्व डा.श्रेष्ठको सवैभन्दा राम्रो सम्वन्ध थियो त उनै गौतम परिवारसँग। त्यो सम्वन्ध पार्टनरसिप व्यवसायमा विस्तार पनि भएको थियो। तर, केही महिना नवित्दै उनीहरुको मनमुटाव यसरी सडकमा आइपुग्यो कि अहिले दुवै परिवारबीच पानी बाराबारको स्थिति छ ।
अहिले घर्ती र पाण्डेसमेतको संलग्नतामा शुरुमा व्यक्तिगत झगडा डा.श्रेष्ठले संस्थामा भित्र्याएको आरोप लागेको छ । यही कारण डा.विभा गौतमले नेतृत्व गरेको हिन्दु टेम्पलसँगको नेपाली समाजको संस्थागत सम्वन्धविच्छेद हुनपुगेको छ अहिले । आफूले नेतृत्व गरे लगत्तै डा श्रेष्ठले नेपाली समाज र हिन्दु टेम्पल मिलेर गरिने सहभागिता मूलक सवै कार्यक्रमहरु वन्द गराएका छन् । उनले काउन्टरपार्टको रुपमा भारतीय मूलका अमेरिकीहरुको पहलमा निर्माणाधीन अर्को मन्दिरमा समाजका कार्यक्रमहरु आयोजना गर्न शुरु गरेका छन् ।
प्रतिष्ठा कमाएकाहरुको बसोवास
समाज सानो भएपनि केही आकर्षणहरु पक्कै छन् । टेक्सास एएनएम नामक विश्वविद्यालयमा दुई दशकदेखि प्राध्यापन गरिरहेका प्राडा मेघनाथ पराजुलीदेखि उद्यमीचन्द्र श्रेष्ठ लवकमा लामो समयदेखि वसोवास गर्दै आएका छन् । त्यस्तै महिला उद्यमी अर्थात पूर्वगभर्नर कल्याणविक्रम अधिकारीकी छोरी रत्न वाइन्डिलिड देखि डा हर्षबहादुर भण्डारी, यहाँका वासिन्दा हुन् । त्यसो त नेपालका “ब्रेनड्रेन” को ठूलै समूह यो ठाउमा अस्थायी र स्थायीरुपमा वसोवास गरिरहेका छन् ।
डा सन्जीव सिलवालदेखि डा.कमल लामिछानेजस्ता युवा पुस्ताका नामहरुले यो समाज सानो भए पनि आफैमा ओजिलो वनाएको छ । समाजको यही परिचयलाई अमेरिकाव्यापी र संसारभर पुर्याउने काममा पछिल्लो समय यहाँ वसोवास गरिरहेका पत्रकार भोला आचार्य पनि सक्रिय छन् । आचार्य नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्षसमेत हुन् ।
निवर्तमान च्याप्टर अध्यक्ष राजेश अर्यालसँग लवकको तर्फबाट डा.श्रेष्ठलाई च्याप्टरमा सहभागिता गराउन उनले पहल गरेको स्वयं आचार्य स्वीकार्छन् । डा श्रेष्ठसंगै उक्त निर्वाचनमा लवकबाटै अर्का व्यक्ति प्रेम श्रेष्ठले प्रतिष्पर्धा गरेका थिए । एउटै समाजबाट एउटै पदमा प्रतिष्पर्धा गरेको भन्दै डा.श्रेष्ठले मानिस नै पठाएर सामाजिक वहिस्कारसम्म हुनसक्ने भनेको कुराले पनि अहिलेसम्म लवक नेपाली समाजमा मनमुटाव बढाउनकाम गरेकै छ । रेशम घर्तीलाई प्रेम श्रेष्ठको घरमै पठाएर सामाजिक वहिस्कार गर्ने धम्की दिएको प्रेम श्रेष्ठले आफ्ना नजिकका साथीहरुलाई सुनाएका थिए ।
समाजभित्र व्यक्तिसंग सम्बन्धित विषयहरु नै जटिलबन्दै जांदा मतमतान्तर र फाटो चुलिंदै गएको छ । यो समाजमा थप मतान्तर भुवनेश्वरी सुवेदी ढकालले एनआरएनए टेक्सास च्याप्टरमा उम्मेद्वारी दिंदा डा श्रेष्ठले गरेको असहयोगले पनि बढाएको आरोप लाग्ने गरेको छ ।
आफु समन्वय परिसद्को वोर्डमा उम्मेद्वार वन्दै गर्दा उनले महिलाको हिसावले सुवेदीलाई सहयोग गर्नुको सट्टा उनकै विरुद्ध अर्कोलाई उम्मेद्वार बनाइदिएको बताइएको छ । तर, चुनाव भने भुवनेश्वरीले नै जितिन्, डाक्टरका उम्मेद्वार हारे ।
महिलाप्रति सहयोगी भूमिका खेन्नुपर्नेमा अहयोग भएकोमा सुवेदीले पनि चित्त दुखाएको वताएकी थिइन । सुवेदीआजीवन सदस्य रहेको लवक नेपाली समाजको अध्यक्ष वनेका डा श्रेष्ठले सस्थाका कुनै पनि कार्यक्रममा निम्ता नगरेको उनी वताउ“छिन । उनले डिसी नेपालसंग भनिन्,“मलाई संस्थाको इमेल नै आउदैन ।”
विधानको उलंघन,अर्को मुद्दा
समाजको देस्रो कार्यकालकालागि सर्वसम्मत भए पनि डा.श्रेष्ठको विपक्षमाआवाजहरु उठ्न थालेका थिए । त्यसैले संस्थामाआफ्नो पक्ष मजवुत पार्न उनले स्थानीय कलेजमाअध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संगठनका पूर्व विद्यार्थी नेता प्रभाकर खड्कालाई मनोनित गरे । यो मनोनयन विधानसम्मत थिएन ।
विधान मिचेर गरिएको यो नियुक्तिलाई लवक निवासी डा.कमल लामिछानेले पत्तालगाए । समाजको लाईफ मेम्बर बनेका उनले शुरुमा विधानको विषयमा जानकारी राख्न कार्य समितिसमक्ष विधानको कपी पाउन अनुरोध गरेका थिए । तर उनलाई विधानको कपी उपलव्ध गराइएन । विधान मिचेर कार्यसमितिले गरेको निर्णयप्रति भद्र जिज्ञासा राख्दा पनि उनीमाथि स्वयं डा श्रेष्ठले अपमानजनक शैलीमाअहंकार व्यक्त गरेको महसुस डा.लामिछानेले गरे ।
(हेर्नुहोस् इमेलहरु)
यसले डा लामिछानेलाई निकै लज्जित गराएको उनले वताए । डा श्रेष्ठको कार्यसमितिले विधान मिचेर गरेको निर्णयका विषयमा समाज पुरै चिरा परिसकेको छ । यसबारेको जिज्ञाशामा विधान समितिका संयोजक प्रो डा पराजुलीले विधानको अक्षरस पालना गर्नुपर्ने वताएकाछन् ।
तर, समाजका अध्यक्षडा.श्रेष्ठ यो कुरा स्वीकार गर्न तयार छैनन् । उनी विगतमा पनि यसरी नै सदस्यको मनोनयन गरिएको र आफूले विधानमा स्पष्ट व्यवस्था नहुंदा परम्परालाई पछ्याउंदै सदस्य थप गरेको दावी गर्छन् । उनी भन्छन्, ‘यसमा गैरकानुनी कुरा केही छैन, यो परम्पराअनुसार नै भएको हो ।’
समाजको झगडा अदालतको ढोकामा
अन्तत समाजको एक सदस्यले संस्थाको विधानका विषयमा राखेको जिज्ञाशाबाट चर्केको विवादअसमझदारी र प्रर्याप्त छलफलको अभावमा अदालतको ढोकामै पुगेको छ । समाजभित्रको सो असमझदारीका विषयमा समाजका अध्यक्ष डा श्रेष्ठले प्रयाप्त छलफल नगरी संस्थाको विवादलाई अदालतमा लैजान प्रोत्साहित गरेका छन् । उनीद्वारा प्रेषित इमेलमा समस्याको समाधानभन्दा गैरजिम्मेजवार शैलीमा समाजको विवादअदालतको ढोकामापुर्याएको बुझ्न सकिन्छ । किनकि डा.श्रेष्ठले नै इमेलमाअदालत जाऊ भनेका छन् ।
(हेर्नुहोस् डा.श्रेष्ठको त्यसबारेको इमेल)
जिम्मेवार व्यक्ति समाजकाअध्यक्ष श्रेष्ठले आफ्नो मातहतको कार्यसमितिले गरेको निर्णयका विषयमा टसमस नभई उल्टै “लिगलभ्यान्यु” अर्थात् अदालत स्थानमै छलफल गर्न तयार रहेको जानकारी इमेलमार्फत दिएका छन् । उनको यो प्रतिक्रिया पछि यो विषयले समुदायलाई नै चुनौती दिएकोले टेक्सासको एटर्नी जनरलको कार्यालय या अदालतमा जाने भन्ने विषयमा परामर्श गरिरहेको जानकारी डा लामिछानेले डिसी नेपाललाई दिएका छन् ।
डिसी नेपालको जिज्ञासामा उनले ‘परेको खण्डमाअदालत जान सकिने’ प्रतिक्रिया दिए । तर, डा.श्रेष्ठले भने आफूले अदालत जाऊ भन्न नखोजेको तर आफ्नो काम कानूनसम्मत भएको भन्न खोजेको डिसी नेपाललाई बताए ।
नेपाली समाजको आँखामा उच्च सम्मान रहने चिकित्सा पेशामा आवद्ध डा श्रेष्ठको नेतृत्वमा रहेको समाज यसरी विवादग्रस्त हुनुले जहां पुगे पनि वा जसले नेतृत्व गरे पनि नेपालीहरु आपसमा झगडा र विवाद गर्छन् भन्ने सन्देश प्रवाहित गरेको छ । यसअघि एनआरएन अमेरिकाको विवादअदालतमा पुगेको थियो जसले अमेरिकाको नेपाली समाजप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक सन्देश दिएको थियो ।
अहिले त्यो समाधानभएको छ । तर, आकारले सानो तर अर्को नेपाली संस्था लवक नेपाली समाज अदालतको ढोकातिर जाने संकेतले यहाँको समाजमा वस्ने नेपालीलाई मात्र होइन संसारभरका नेपालीहरुको मन झस्काएको छ ।
|
कोलम्बसका भुटानी नेपाली डाक्टर कोलम्बस/अमेरिका। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरुले बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएका छन्। जातीय सफायाको नाममा भुटानी सरकारले नेपालभाषी भुटानी (ल्होत्साम्पा) लाई देश निकाला गरे पनि पुनर्वास भएका विभिन्न देशमा आफ्नो लगन, मेहनतले सफलतातर्फ उन्मुख छन्।
आफ्नो मातृभुमिबाट लखेटिएपछिको दुखदायी जीवन, चरम दुख, पीडा, ताप, सघर्ष, अनिश्चितता झेलेका थुपै्र भुटानी नेपालीहरु तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन्। तेस्रो देशको पुनर्वाससंगै बिस्तारै लोभलाग्दो उपलव्धि हासिल गरिरहेका छन्।
डिल्ली अधिकारी, भानु फुयालजस्ता ब्यवसायी आफ्नो ब्यबसायमार्फत उचाइ हासिल गरिरहेका छन्। समाजसेवाको क्षेत्रमा डिल्लीले उदाहरणीय काम गरिरहेका छन्। ओहायोकै रेनोल्सबर्गको सिटी काउन्सिलमा नेपालभाषी भुटानी अमेरिकन भुवन प्याकुरेल निर्वाचित भएर स्थानीय राजनीतिमा सक्रिय छन्।
किरण गजमेर गायन क्षेत्रबाट बिश्वभरका नेपालीको मन जितिरहेका छन्। आइटी इन्जिनियर हरि सुवेदीले नासामा संलग्न रहेर आफ्नो समुदायको नाम उचो राखेका छन्।
अमेरिकामा सबैभन्दा बढी नेपालभाषी भुटानी बस्ने ओहायोको राजधानी कोलम्बसमा भुटानी नेपाली समुदायको पहिलो डाक्टरका रुपमा काम थालेका छन् निपेन कटेलले।
चिकित्सा क्षेत्रमा पनि भुटानी नेपालीले आफ्नो उपस्थिति देखाउन थालेका छन्। अमेरिकामा सबैभन्दा बढी नेपालभाषी भुटानी बस्ने ओहायो राज्यको राजधानी कोलम्बसमा मेडिकल डाक्टरका रुपमा काम गरिरहेका छन् निपेन कटेल। उनी कोलम्बसको माउण्ट कार्मल सेन्ट एन्स हस्पिटलमा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत छन्।
उनी कार्यरत रहेको कोलम्बस र यसको आसपास क्षेत्रमा भुटानबाट नेपाल हुदै आएका ३० प्रतिशतभन्दा बढी नेपाली भाषी भुटानीको जनसंख्या बस्छ। रेनोल्सबर्गसंगै सेन्ट्रल ओहायोका कोलम्बस, पिकरिन्टन, क्यानल विन्चेष्टर, पटासकला, ब्ल्याकलिक, गाहानामा झण्डै ३० हजारभन्दा बढी भुटानी नेपाली रहेका अनुमान छ।
यो क्षेत्रलाई सेन्ट्रल ओहायो भनेर चिनिन्छ। यस क्षेत्रमा बाहिरी मुलुकबाट आएकामध्ये तेस्रो बढी बोलिने भाषामा पर्छ नेपाली। अंगे्रजीपछि स्पेनिस पहिलो, सोमालियन दोस्रो र नेपाली तेस्रो बढी बोलने भाषा हो।
कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्ष डा.डामोदर पौडेल भुटानी नेपालीको ठूलो जनसंख्या रहेको यस क्षेत्रमा निपेनजस्ता आफ्नो समुदायको मान्छे चिकित्सा क्षेत्रमा आउ“दा समुदायलाई निकै ठुलो फाइदा पुग्ने बताउँछन्।
ओहायोको चिलिकथेको होपवेल हेन्थ सेन्टरमा लामो समयदेखि चिकित्सकका रुपमा कार्यरत उनी भन्छन्, ‘उहाँबाट कोलम्बसमा भएका नेपालभाषी समुदाय भाषादेखि अरु धेरै कुरामा सहजतासँगै लाभान्वित हुनेछन्।’
कोलम्बसका रहेको भुटानी नेपालीहरुको संस्था भुट्नीज कम्युनिटी अफ सेन्ट्रल ओहायोका कार्यकारी निर्देशक सुदर्शन प्याकुरेल तेस्रो देश पुनर्वासपछि पनि हरेक क्षेत्रमा आफ्ना समुदायका मान्छे अगाडि आउँदा आफ्नो समुदायको लागि गर्वको विषय बनेको बताउँछन्। उनी भन्छन्, ‘यो सबै हामी यहाँ भएका सबै नेपालभाषीका लागि गौरवको कुरा हो।’
‘निकै ठुलो दुख गरेर यो ठाउमा आइपुगे ’ कोलम्बसबाट आफ्नो समुदायको पहिलो ठाक्टर बनेका उनी सगर्व भन्छन् ‘आत्मविश्वास र बलियो साहस र केही गर्ने हुटहुटी भएपछि जीवनमा केही गर्न सकिन्छ।’
लिंकन मेमोरियल युर्निभर्सिटी टेनेसीबाट एमबीबीएस गरेका निपेनले जर्जिया स्टेट युर्निभर्सिटीबाट बायोलोजीमा स्नातक गरेका थिए। एमबीबीएसको अध्ययन सकाएपछि माउण्ट कार्मल हस्पिटलमा डेढ वर्षअघि काम थालेका उनी तेस्रो देशमा पनि यति ठूलो आफ्नै समुदायमाझ रहेर उनीहरुका लागि काम गर्न पाउनु गर्वको विषय रहेको बताउँछन्।
‘निकै ठुलो दुख गरेर यो ठाउमा आइपुगे ’ कोलम्बसबाट आफ्नो समुदायको पहिलो ठाक्टर बनेका उनी सगर्व भन्छन्, ‘आत्मविश्वास र बलियो साहस र केही गर्ने हुटहुटी भएपछि जीवनमा केही गर्न सकिन्छ।’ कोलम्बस नजिकैको ब्लाकलिकमा बस्दै आएका उनी फ्यामिली मेडिसिनमा एमडी गरिरहेका छन्।
निपेनका पिता नारायण कटेल भुटानी नेपाली समुदायका अगुवा हुन्। भुटानको साम्चीमा जन्मेका उनले भुटानका लागि कुवेतको कन्सुलेट र रोयल भुटनिज एम्बेसी नयाँ दिल्ली भारतमा कुटनीतिज्ञको रुपमा काम गरेका थिए।
उनी १९९० को दशकमा नेपालीभाषी आफ्ना नागरिकलाई हिंसामा उत्रिएर भुटानी राजा जिग्मे सिंगे वाङचुङको सरकारले बलजफ्ती गरेर निकाला गरेपछि राजदूताबासको जागिर छोडेर नेपाल आएका थिए । कटेल हाल पेन्सिलभेनिया राज्यको पिट्सबर्ग शहरमा बस्दै आएका छन्। निपेनका हजुरबुवा पुर्वी नेपालको सोलुखूम्बुको नेचाबाट भुटान गएका थिए।
निपेनबाहेक यदु धिताल, दिनेश चौहान, तोताद्री धिमाल, दुर्गा आचार्य, डोरा ढकाललगायतका भुटानी नेपालीहरु अमेरिकाका विभिन्न राज्यमा मेडिकल अध्ययन गरेका छन् /गरिरहेका छन्। भुटानमै रहँदा चिकित्सक रहेका छबिलाल तिम्सिना अहिले मिनिसोटामा चिकित्सककै रुपमा कार्यरत छन्।
|
आईओएम अमेरिकामा कार्यरत बर्खा खड्काकाे सडक दुर्घटनामा निधन मेरिल्याण्ड। अमेरिकाको मेरिल्याण्डमा भएको एउटा सडक दुर्घटनामा एकजना नेपाली महिला बर्खा खड्काको निधन भएको छ। नोभेम्बर २२ तारिकको सांझ ६ बजेर ५५ मिनेट जांदा बाटो काट्नेक्रममा तीब्र गतिमा आएको एउटा कारले खड्कालाई हानेको थियो।
मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी पुलिस विभागले दिएको जानकारीअनुसार, ४० बर्षीय मृतक खड्का मेरिल्याण्डको ल्याण्डओभरमा बसोवास गर्दै आएकी थिइन्। मेडिकल सेन्टर ड्राइभ र सपरको इन्टरसेक्सनमा सडक पार गर्ने क्रममा रहेकी खड्कालाई कारले ठक्कर दिएको थियो।(हेर्नुहोस् काउन्टी पुलिसबाट जारी जानकारी) ।
दुर्घटना लगत्तै उनलाई नजिकको अस्पताल पुर्याइए पनि तत्कालै उनको मृत्यु भएको काउन्टी प्रहरीले जनाएको छ। उनलाई ठक्कर दिने कारको पहिचान नोभेम्बर २३ तारिकमा भएको तर सो कारको चालकलाई भने पत्ता लगाउन अझै नसकिएको प्रहरीले जनाएको छ।
समाचारअनुसार, मृतक खड्का इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन(आईओएम) अमेरिकाको कार्यालय वासिंगटन डिसीमा केही समयदेखि कार्यरत थिइन्। उनी नेपालको झापा निवासी हुन् र उनको बाँकी परिवार झापामै छ।
अफगानिस्तानबाट अमेरिका ल्याइएका अफगानी शरणार्थीहरुको सहयोगको काममा आईएमओबाट खटिएकी उनी केही समय भर्जिनिया स्थित क्याम्पमा कार्यरत रही हालसालैमात्र डिसीस्थित कार्यालयमा काम शुरु गरेकी थिइन्।
उनी अमेरिका आएको पनि एक महिनमात्र भएको बताइएको छ। दुर्घटनाको ५ दिनअघि मात्र पदोन्नति भएर डिसीस्थित कार्यालयमा काम शुरु गरेकी थिइन्। मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले सो दुर्घटनापछि स्थानीय पुलिस र परिवारसँग समन्वयको काम गरिरहेका छन्।
|
नेपाली विद्यार्थीले अमेरिकाको टेक्सासमा ‘इन्टरनेशनल फुड फेयर’मा प्रथम पुरस्कार जिते काठमाडौं। अमेरिकाको टेक्सासमा रहेको युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गरेको ‘इन्टरनेशनल फुड फेयर’मा नेपाली विद्यार्थी संघले पहिलो पुरस्कार जितेको छ । यो पुरस्कार ३ सय डलर राशीको छ ।
विश्वविद्यालयमा विद्यावारिधि तहका विद्यार्थी शंकर पौडेलका अनुसार नेपाली विद्यार्थी संघले चिकेन मःमः शाकाहारी फ्राइड राइस, फ्राइड चिकेन र टमाटरको अचार बनाएका थिए । नोभेम्बर १५ मा भएको यो कार्यक्रममा सबै खानामा नेपाली सांस्कृतिक फ्लेभरहरु राखिएको थियो ।
नेपाली विद्यार्थीहरुले फुट फेयरमा पहिलो स्थान हासिल गरेको यो दोस्रो पटक हो । आयोजकले जारी गरेको आधिकारिक वक्तव्यका अनुसार यसअघि नेपाली विद्यार्थीहरुले २०१९ मा पनि यो प्रतियोगितामा प्रथम पुरस्कार जितेका थिए र यसपटक पनि त्यसलाई निरन्तरता दिएका छन् ।
युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गर्ने इन्टरनेशनल फुड फेस्टिभल हरेक वर्ष आयोजना गरिन्छ । यसमा विश्वका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुले आफ्ना राष्ट्रिय र सांस्कृतिक खानाहरु बनाएर सहभागिता जनाउँछन् ।
फुड फेयरमा मुस्लिम स्टुडेन्ट लिगले दोस्रो स्थान हासिल गरेका छन् । यस्तै भुटानी विद्यार्थी संघले तेस्रो पुरस्कार र बुटानी विद्यार्थी संघले नै फ्यान फेभरेट अवार्ड जितेका छन् ।
|
अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको राजधानी कोलम्बस र आसपासका क्षेत्रमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो।
‘देउसी भैलो खेलेर झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर र मोरङको पथरीस्थित शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने पवित्र उदेश्यले हामीले यो कार्यक्रम गरेका थियौ’ इन्ट्रा फाउन्डेसनका बोर्ड अफ डिरेक्टर केशब आचार्यले भने ‘दक्षिणा स्वरुप संकलित रकम अर्को साता नेपाल गएर उचित ढंगले सहयोग गर्ने छौ।’
उनका अनुसार सहयोगका लागि इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा ९‐१० जनाको टोली नेपाल जाने तयारीमा छ। फाउन्डेसनले शरणार्थी शिविरमा रहेका बिधार्थीका लागि नियमितरुपमा सहायता प्रदान गर्दै आएको छ। यस वर्षकोे तिहारको अवसरमा फान्डेसनका अध्यक्ष अधिकारीका घरमा भव्यरुपमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियोे। डिल्ली भुटानी नेपाली समुदायका कहलिएका ब्यबसायी तथा समाजसेबी हुन्।
नोभेम्बर ५ र ६ तारिखका दिन ओहायोको राजधानी कोलम्बस नजिकैको शहर ब्लाकलिकस्थित उनको घरमा ख्यातिप्राप्त कलाकार सम्मिलित देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अरुण उपत्यका सांस्कृतिक समुहका अध्यक्ष तथा पूर्वेली लोकगायनका हस्ती नविन खड्कादेखि भुटानी नेपाली गायक गायिकाहरु किशोर शिवाकोटी, टेक दुधराज, बिष्णु रामदाम, सुचिता गुरुङ, मन्जु लामालगायतले तिहारका गीत गाएका थिए।
स्थानीय कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। तिहारका गीतसँगै भट्टाइएको देउसुरे भाकाले उपस्थित सयभन्दा बढी अमेरिकाबासी भुटानी नेपालीमाझ तिहारको छुट्टै रौनकता छाएको देखिन्थ्यो। कार्यक्रममा नेपाली चलचित्रका नायक दिलीप रायमाझीको समेत उपस्थिति थियो।
कोलम्बस शहरसगै इन्ट्राका ओहायो राज्यका शाखाहरु सिन्सिनाटी, एक्रोन, क्लिभ्लेण्ड शहर त्यसैगरी पेन्सिलभेनिया, मिसिगन, आयोया, मिनेसोटा राज्यका शाखा कार्यालयले समेत देउसी भैलो खेलेर रकम संकलन गरेको छ।
इन्ट्रा फाउन्डेसनले नेपाली गीत संगीत, खेलकुदजस्ता क्षेत्रमा विदेशी भूमिमा प्रवद्र्धन गर्न लागिपर्दै आएको छ । गीतसंगीतका प्रतिभालाई प्रोत्साहित गर्ने मेरो भ्वाइस कप युएसए, नृत्य प्रतिभालाई प्रोत्साहन दिएर अगाडि ल्याउने मेरो डान्स कप युएसएको आयोजना यही संस्थाले गर्दै आएको छ । भलिबल लगायतका बिभिन्न खेलका ठुला प्रतियोगितामा समेत इन्ट्राको उल्लेखनीय उपस्थिति रहदै आएको छ।
|
अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो।
‘बहादुर’ उपहार दिइँदैछ भन्ने कुरा कार्यक्रममा सुनिँदा के हो त्यो बहादुर भन्ने कौतुहलता जागेको थियो। उपहार ग्रहण गर्न रेनोल्ड्सवर्ग शहरका मेयर जोसेफ बेगेनी स्वयं उपस्थित थिए। जव उपहार हस्तान्तरको समय आयो त्यसपछि रहस्य खुल्यो त्यो बहादुर भनेको अपराध अनुसन्धानमा प्रयोग हुने ‘के ९ कुकुर’ थियो।
ओहायो राज्यको रेनोल्सवर्ग शहर र आसपास क्षेत्रमा बस्ने नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बहादुर उपहार पाएका मेयर जोसेफले शहरवासी नेपाली भाषीसमुदायले शहरलाई सुरक्षित राख्न दिएको उपहारप्रति आभार व्यक्त गरेका थिए।
नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा मेयर जोसेफ नेतृत्वको सिटी काउन्सिलले सिटी अफिस प्रांगणमा नै विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो शहरको काउन्सिलमा नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याल पनि निर्वाचित काउन्सिलम्यान छन्।
अघिल्लो बर्ष नेपाली चाड दीपावलीबारे सिटी काउन्सिलबाट प्रोक्लामेसनसमेत गराउन सफल भएका प्याकुर्यालले यसपल्ट सिटीकै तर्फबाट तिहार मनाउन विशेष समारोहको आयोजना गर्न लगाएका थिए।(हेर्नुहोस् तिहारबारेको विशेष कार्यक्रमको भिडियो पनि)
कार्यक्रममा मेयर जोसेफ र काउन्सिलम्यान प्याकुर्यालले नेपालीहरुको महान चाड तिहारको शुभकामना दिएका थिए भने सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष एवं ओहायोमा डाक्टरी पेशा गर्दै आएका डाक्टर दामोदर पौडेलले तिहार पर्वका बारेमा उपस्थित अमेरिकीहरुलाई सटिक जानकारी दिएका थिए।
उनले यमपञ्चकका पाँच दिन किन विशेष छन् भन्नेबारे बोलेका थिए। र, सधैं तिहारमा मिठाइसहित विभिन्न परिकार बनाएर छिमेकमा हर्षोल्लासपूर्वक मनाउने गरेकोमा यसपल्ट आफू र पत्नीले स्वस्थ्यको कारण परिकार बनाउन असमर्थ हुँदा अमेरिकी समुदायका छिमेकीले एक घण्टा ड्राइभ गरेर नेपाली पसलसम्म पुगेर मिठाइ किनेर आफूहरुलाई उपहार ल्याइदिएको घटना सुनाएका थिए।
उनले नेपाली र नेपालीभाषी समुदायहरु बसेको ठाउँमा अरु धर्मावलम्बीहरुले समेत नेपाली चाडपर्वमा उत्सव मनाउन थालेको र हार्दिकता देखाउन थालेको भन्दै स्थानीय अमेरिकी समुदायको प्रसंसा गरेका थिए।
हिन्दू धार्मिक विधिपूर्वक मन्त्रोच्चारणसहित शुरु भएको सो कार्यक्रममा कमल सुवेदीले पनि तिहारको महत्वबारे धारणा राखेका थिए। कार्यक्रममा कोनाका तर्फबाट तिहार विशेष नृत्यसमेत प्रस्तुत गरिएको थियो।
भोट गरेर छानियो ‘बहादुर’
सोही विशेष कार्यक्रममा शहरको सुरक्षामा नेपालीभाषी र भुटानी अमेरिकनको योगदानस्वरुप मेयरलाई हस्तान्तरण गरिएको के ९ कुकुर को नाम पनि स्थानीय नेपाली भाषी समुदायका बीच भोट गरेर तय भएको थियो। स्थानीय नेपालीभाषीहरुको कुटी ग्रुपका सदस्यहरुले भोट गरेर बहादुर नाम राखेका थिए।
‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो।
‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो। सो ग्रुपका एकजना सदस्य वेद प्याकुर्यालले डिसी नेपाललाई दिएको जानकारीअनुसार, स्थानीय नेपालीभाषी रियल्टरहरु र लोन अफिसर्सलगायत सम्मिलित रहेको कुटी ग्रुपले मतदानमार्फत ‘बहादुर’ नाम चयन गरेको हो। नेपाली शक्तिशाली एवं निडरताको पर्याय भएकाले संसारभर बहादुरिताको पहिचान बनाएको गौरवस्वरुप सो नाम राख्ने निर्णय भएको थियो।
समाचारअनुसार, नेपालीभाषी भुटानी अमेरिकनहरुको सो ग्रुपले सिटीलाई कसरी सहयोग गर्ने त भनेर छलफल गर्दा सिटीलाई के ९ कुकुरको आवश्यकता रहेको थाहा भएपछि आपसका रकम संकलन गरेर आठ हजार अमेरिकी डलरमा बहादुर किनिएको थियो। अहिले ‘के ९ बहादुर’ सो शहरको प्रहरी विभागमा कार्यरत छ।
अर्को वर्षबाट तिहारमा बाल्टिमोरका स्कूल विदा
यसैबीच, अमेरिकाको केही ठूला पब्लिक स्कूल सिष्टममध्येको एक बाल्टिमोर काउन्टीको पब्लिक स्कूल सिष्टमले हिन्दूहरुको चाड तिहारमा आगामी बर्षदेखि विद्यार्थीहरुलाई विदा दिने निर्णय गरेको छ।
मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेको विवरणअनुसार, बाल्टिमोर काउन्टीको स्कूल सिष्टमको नोभेम्बर ९ तारिक दिन बसेको कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय सन् २०२२ को तिहारदेखि लागू गरिने भएको छ।
डेलिगेट भण्डारीले तिहार चाड मनाउनका लागि विद्यालय विदा गर्नेबारे प्रयत्न गर्दै आएका थिए। विदा दिने निर्णयलाई सार्वजानिक गर्दै भण्डारीले ‘बाल्टिमोर काउन्टीको विद्यालयमा अध्ययनरत यो पर्व मनाउने सबै विद्यार्थी बालवालिकाहरुले तिहार पर्वलाई गौरव र सम्मानका साथ उल्लासपूर्वक मनाउन पाउनेछन्’ भनेका छन्।
|
अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा दीवालीको शुभकामना वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो वाइडेनले हिन्दूहरुको महान चाड दिपावलीको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति जो वाइडेनको आधिकारिक ट्वीटरमार्फट वाइट हाउसले शुभकामना सन्देश जारी गरेको छ भने सोही सन्देशलाई वाइडेनले आफ्नो निजी ट्वीटर ह्याण्डलमा पनि शेयर गर्दै अमेरिका र विश्वभर रहेका दिवाली चाड मनाउनेहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।
दीवालीको प्रकाशले अध्यांरोबाट ज्ञान, बुद्धि र सत्य, विभाजनबाट एकता र निराशाबाट आझाको उज्यालो प्रदान गरोस् भन्दै उनले शुभकामना सन्देशमा ‘अमेरिका र संसारभर दीवाली मनाउने हिन्दू, सिख, जैन, बुद्ध धर्मावलम्बीहरुलाई जनताको घर अमेरिकी राष्ट्रपति भवनदेखि तपाईंहरुको घरसम्म दीवालीको शुभकामना छ’ भनेका छन्।
May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope.
To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali. pic.twitter.com/1ubBePGB4f
— President Biden (@POTUS) November 4, 2021
फूलैफूलले सजाइएको टेवलमा तल छ वटा पालामा र माथि तीनतिर वालिएका बत्तीका अगाडि आफू र पत्नी जिल वाइडेनको तस्वीर सार्वजानिक गर्दै राष्ट्रपति वाइडेनले सो शुभकामना सन्देश जारी गरेका छन्।
यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक भिडियो सन्देश जारी गर्दै दीवालीको शुभकामना दिएकी छन्। उनले पनि उज्यालोको पर्वभन्दै सबैको जीवनमा उज्यालो, प्रेम तथा समुन्नति छाओस् भन्ने कामना गरेकी छन्।
Happy Diwali to everyone celebrating the Festival of Lights here in the United States and around the world. @SecondGentleman and I extend our warmest wishes for a holiday filled with light, love, and prosperity. pic.twitter.com/OAoEG3OyGd
— Vice President Kamala Harris (@VP) November 4, 2021
|
अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्।
गत २४ सेप्टेम्बर २०२० मा उनलाई सोही नगरको रिक्त भएको नगर सदस्य पदमा नियुक्तसमेत गरिएको थियो। सोही कामको मुल्यांकन गर्दै उनलाई नगरका जनताले जिताएको कुरा त्यहाँका एक स्थानीय समाजसेवी ज्ञानु श्रेष्ठले डिसी नेपाललाई जानकारी दिएका छन्।
२२ बर्षदेखि उक्त शहरमा रेष्टुराँ व्यवसायमा संलग्न उनी त्यहाँको स्थानीय नेपाली संस्था सोसाइटी अफ नेप्लिज इन अमेरिका का दुई कार्यकाल सर्बसम्मात अध्यक्ष भइसकेका व्यक्ति हुन्।
अमेरिकाका अन्य नगरपालिका तथा महानगरपालिकामा परिषद सदस्य भन्ने चलन भए पनि कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग) भन्ने गरिन्छ र सोही पदमा श्रेष्ठले सानदार विजय प्राप्त गरेका छन्।
आफ्नो विजयपछि नगर क्षेत्र र नजिक शहरमा रहेका नेपालीहरूले भेटेर नै बधाई दिने क्रम चलिरहेको रामचन्द्र श्रेष्ठले डिसी नेपाललाई बताए । आफ्नो निर्वाचित कार्यकालमा केही नयां काम गरेर देखाउने इच्छा भएको उनले डिसी नेपाललाई बताएका छन्।
|
अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम टोलेडो, ओहायो। अमेरिकाको ओहायो राज्यको उत्तर–पश्चिमी शहर टोलेडो–ओहायोमा त्यहाँ भएका नेपालीहरु बीच अक्टुवर ३१ को साँझ दशैं–तिहार, नयाँ नेपाल संवत, तथा छठ पर्व २०७८ को अवसर पारेर भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ।
टोलेडो विश्वविद्यालमा बिभिन्न तहमा अध्ययनरत नेपाली विद्यार्थीहरुको बसोबास रहेको त्यस क्षेत्रमा बिद्यार्थीहरु तथा नेपाली समुदायसँग सम्पर्कमा रहेका केही स्थानीयहरु, विश्वविद्यालयका प्रतिनिधिलगायत करिब ९० जना उक्त अवसरमा उपस्थित थिए।
नेपाली विद्यार्थीहरुद्वारा सन २००९ मा स्थापित नेप्लिद स्टुडेन्ट अर्गनाइजेशन एट युनिभर्सिटी अफ टोलेडोद्वारा आयोजित उक्त कार्यक्रम गतवर्ष कोरोनाको कारण रोकिएकोबाहेक हरेक वर्ष उत्साहजनक रुपमा विश्वविद्यालयको हलमा संचालन हुने गरेको सो संगठनका संस्थापक सचिव तथा सल्लाहकार डा. लीलाराज दाहालले जानकारी दिए।
टोलेडो विश्वविद्यालयमा बिद्यावारिधीको अध्ययन सकिएपछि त्यहीं एउटा शिसा कम्पनीमा बरिष्ठ बैज्ञानिकको रुपमा कार्यरत रहेकोले सन २००६ देखि नैं त्यही क्षेत्रमा बसोबास गर्दै आएका डा.दाहाल रक्तदानलाई प्रवर्धन गर्ने उद्देश्यले स्थापित र अमेरिकाभरि गतिबिधि गर्दै आएको संस्था ब्लड डोनर्स अफ अमेरिका(बिडिए) नामक संस्थाका अध्यक्ष समेत हुन्।
कार्यक्रममा खानपिन, गीत–संगीत, नाचगान लगायत बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरु समावेश गरिएका थिए। साथै उक्त दिन हलोवीन पर्व समेत परेकोले केटाकेटीहरुलाई चकलेट पत्ता लगाउने खेल खेलाएर रमाइलो गरिएको थियो । त्यसका अतिरिक्त महिलाहरुको लागि म्युजिकल चेयर तथा सबै सहभागीहरुको लागि बिङ्गो खेल पनि खेलाइएको थियो । अन्त्यमा देउसी–भैलो खेलेर सो संगठनको लागि केही पैसासमेत संकलन गरिएको थियो।
पारिवारिक वातावरणमा हुने यस्ता कार्यक्रमले आफ्नो घर–परिवारबाट टाढा बस्दा परिवार तथा चाडपर्वको न्यास्रो मेटिने तथा काम गर्न थप उर्जा मिल्ने सो विद्यार्थी संगठनका अध्यक्ष अबिरल पौडेल र सल्लाहकार तथा सन २०१३ देखि त्यहीं बसोबास गर्दै आएका गोविन्द ढकाललगायतले बताए।
साथै कोरोनाको कहर सुरु भए यता आफ्नो समुदायमा यसरी भव्यरुपमा कार्यक्रम संचालन गरिंदा कोरोना पूर्वको अवस्थामा पुगेको आभाष भएको भन्दै धेरैजसो सहभागीहरु उत्साहित देखिन्थे।
|
एएनएचएसकाे देउसी भैलाे सम्पन्न काठमाडाैं । अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ।
अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ। नेपाली कला, सँस्कृति, रितिरिवाज र चाडपर्वको बारेमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नको लागि आयोजना गरिने विभिन्न ठूला कार्यक्रमहरुमध्ये यो पनि पर्दछ। कार्यक्रममा अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका प्रस्तुति लगायत विभिन्न अतिथिहरुका पनि प्रस्तुति रहेका थिए।
विधिवत लक्ष्मीपूजा गरि शुरु गरिएको कार्यक्रममा आकर्षक साजसज्जासहित नेपाली परम्परागत शैलीमा विभिन्न परिकारहरुको साथमा पूजा आराधना गरिएको थियो। त्यसको संयोजन संस्थाका पूर्व अध्यक्ष कमला खरेलले गरेकी थिइन्।
करिब ५ घण्टा लामो कार्यक्रमलाई शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थी कञ्चन दाहाल र अक्षेत ढुंगानाले संचालन गरेका थिए। अमेरिकामा हुर्किरहेका बालबालिकाहरुले नेपाली भाषामा यति लामो कार्यक्रमलाई पनि सहजताका साथ सञ्चालन गरि सफलतापूर्वक सम्पन्न गरेकोमा सबैको ध्यान आकर्षित गरेको थियो।
लक्ष्मीपूजा गरिसकेपछि शिक्षा सदनमा अध्ययनरत आरुभी पौडेलले गणेश स्तुती पाठ गर्दा सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्ने क्रममा संस्थाका अध्यक्ष कमल भट्टराईले विदेशमा जन्मेर हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, कला, सँस्कृति, भेषभूषा, रहनशहन र चाडपर्वको बारेमा जानकारी गराई परम्परा पुस्तान्तरण गर्न संस्थाले यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहने र यस्ताखाले कार्यक्रमहरुमा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले सहयोग गर्नुपर्ने बताए।
सन् २०१६ मा स्थापित एकेडमि हालसम्म आइपुग्दा बिदेशमा जन्मिएका बालबालिकाका लागि मातृभाषा बोल्न,पढ्न र लेख्नअत्यन्तै सहज हुने गरी तह–तहगत रूपमा बनाइएको आफ्नै पाठ्यपुस्तक अमेरिकाका १३ स्टेट र अस्टेलिया, क्यानडा, बेलायत र जापानमा पठनपाठन भइरहेकोमा गर्व पनि गरेका छन्।
देउसी भैलो कार्यक्रम २०२१ का संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष केदार तिम्सिनाले शुभकामना मन्तव्य दिने क्रममा सबैको सहकार्य तथा सहयोगमा संस्थाले ठूला ठूला कार्यक्रमहरुलाई पनि निकै सफलता र सहजतापूर्वक सम्पन्न गर्ने गरेको बताउदै देउसी भैलो कार्यक्रम सञ्चालनको लागि सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको थियो ।
अमेरिका नेपाल सहयोगी समाजका कार्यसमिति सदस्य तथा अमेरिका नेपाल शिक्षा सदनका संयोजक भूपाल पौडेलले देउसी भैलोको महत्व र यसले पार्ने प्रभावको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा शिक्षा सदनमा अध्ययनरत आरोही रेग्मीले पियानोमार्फत (दियो बाली, साँझको…) भन्ने गीतको मिठो धुन प्रस्तुत गरेकी थिइन्। उनी अमेरिकाको न्यूयोर्क शहरमा बस्दै आएकी छिन्। त्यसै गरी नर्थ क्यारेलिना बस्नुहुने यसै शिक्षा सदनमा अध्ययनरत विद्यार्थी अर्चना धिमालले हार्मोनियममा मंगलधुन प्रस्तुत गरेकी थिइन्।
न्यूजिल्याण्डबाट कार्यक्रममा जोडिएकी प्रिन्सेस अधिकारीले अतिथि प्रस्तुतकर्ताको रुपमा निकै सशक्त नृत्य प्रस्तुत गरिन। शिक्षा सदनमा अध्ययनरत विद्यार्थी आभाष अर्यालले प्रस्तुत गरेको बलिराजाको कथा र उनको शैली पनि कार्यक्रमको अर्को आकर्षण रहेको थियो। त्यसैगरी कार्यक्रममा गौरभ गौतम, आरभ अर्याल, अनुष्का पौडेल, सुजल भट्टराई, आरुषि कँडेल, आरोही कँडेल, एञ्जिला गौतम, सामुएल गौतम, इर्शिता श्रेष्ठ, सिद्धिता आचार्य, रोम ज्ञवाली, सरिता ज्ञवाली तथा समूह, सादिका ढुँगाना, अनुष्का वाग्ले, सारिका वाग्ले, रिम्शा थापा लगायतले आ–आफ्ना प्रस्तुतिहरु राखेका थिए।
कार्यक्रममा मुख्य आकर्षकको रुपमा केदार तिम्सिनाको घरमा आयोजना गरिएको देउसीभैलो रहेको थियो। जसमा नेपालमा खेलिने देउसी भैलोको परिवेश र शैली जस्ताको तस्तै प्रस्तुत गरिएको थियो। कार्यक्रममा समाजका पूर्व अध्यक्ष सागर कँडेल, गुणराज लुइटेल, पर्शुराम भण्डारी, तोया पौड्याल,अर्जुन सिग्देल, जय गौतम, मुक्त पौडेल,राम मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए।
अमेरिकी पूर्वीय समय अनुसार अक्टोबर ३०, शनिबार अपरान्ह ४ बजेदेखि भर्चुअल (जुम)मार्फत शुरुभएको कार्यक्रम राती करिब ९ बजेसम्म चलेको थियो। कञ्चन दाहाल र अक्षेत ढुँगानाको सञ्चालन भएको कार्यक्रममा उनीहरुलाई कामना पन्थी, तनुजा अधिकारी र जानु ओझाले सहजिकरण गरेका थिए। कार्यक्रममा प्रविधिको संयोजन तिलक खरेल, शिव तिम्सिना र अर्जुन गौतमले गरेका थिए भने कमल भट्टराई, चन्द्र विष्ट, राम अधिकारी, विजय ओझा, हरिराम भण्डारी, यज्ञ चापागाई लगायतले अर्थ संकलनको संयोजन गरेका थिए। शिक्षा सदन सञ्चालनको सहयोगार्थ आयोजना गरिएको जुम कार्यक्रममै १२ हजार पाँच सय ६अमेरिकी डलर संकल गरिएको थियो।
|
नेपाली गीतबारे श्रष्टा सांझ अमेरिकाको बेग्लै कार्यक्रम वासिंगटन डिसी । श्रष्टा सांझ अमेरिकाले हालै गीतसम्बन्धी एउटा बैग्लै खालको कार्यक्रम सुरु गरेको छ । गीतको महत्वपुर्ण तत्व शब्द रचना, संगीत र गायन एकार्काका परिपुरक भएकाले एक तत्वको मात्र कमीले पनि गीत अपुरो हुने मूल उदेश्यसहित अक्टोबर २९ तारिखदेखि ‘श्रष्टा सांझ अमेरिकाः रचना, संगीत, तथा स्वर’ नामक कार्यक्रम शुरु गरेको कार्यक्रमकी संचालिका सुनिता बस्नेत थापाले बताइन् ।
गीतका त्रिबेणी गीतकार, सककगीतकार, र गायक÷गायिकालाई एकै मन्चमा एकैसाथ अतिथि बनाई गीतका बिविध विषयमा अन्तरकृया गरिने यो कार्यक्रम गीतकार द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले संचालन गर्ने भएका छन् ।
संस्थाको फेसबुक पेजबाट लाइभ गरिएको कार्यक्रमको पहिलो श्रृंखलामा गीतका त्रिवेणी गीतकार राधाकृष्ण काफ्ले, संगीतकार नारायण ओली एवं गायक रविन शर्मा विशेष अतिथि रहेका थिए । सो कार्यक्रममा लोकप्रिय बरिष्ठ गायक रविन शर्माले महाकवी देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत गाएर श्रद्दा सुमन अर्पण गरेका थिए । गीतका बिबिध पक्षहरुको चर्चा एवं आफ्ना अनुभवहरु साटासाट गरिएको यो कार्यक्रम एकार्काको उत्प्रेरणा, हौसला र साथले आफ्नो सांगितिक यात्रा सुमधुर बनाएका प्रसंगहरु घत लाग्दा थिए । नयां पुराना गीतहरु गुनगुनाउंदै, लाइभमा भएका दर्शकका अन्तरकृयाले दर्शक, श्रोतासंगको आफ्नो सम्बन्ध पुनः नवीकरण गर्न पाएकोमा गायक रविन शर्माज्युले खुशी व्यक्त गरेका थिए ।
नेपाली सांगितिक धरातलका दरो खम्बा बनिसकेका संगीतकार नारायण ओलीले ‘पहिला गीत आत्मरन्जनको लागि हुन्थ्यो अहिले मनोरन्जनको साधन भएको छ’ भनेर ठट्यौलो पारामा गीतको गुणस्तर खस्किएकोमा दुख व्यक्त गरेका थिए भने गीतकार राधाकृष्ण काफ्लेले यो कार्यक्रम एक कार्यक्रम मात्र नभइ रचनाकार, संगीतकार तथा गायाक÷गायिकाको पहिचानमा अहिलेको अवस्थामा आएको चुनौतीको लागि अभियान हुन सक्ने धारणा व्यक्त गरे । श्रष्टा सांझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभात दीक्षितले विशेष अतिथिहरु, कार्यक्रम संयोजकहरु, एवं दर्शकहरुलाई धन्यबाद दिंदै वरिष्ठ गीतकार÷ डाइरेक्टर शैलेश आचार्यज्युलाई कार्यक्रमको परिकल्पनाको लागि बिशेष आभार ब्यक्त गरेका थिए । कार्यक्रम मासिकरुपमा अमेरिकाबाट प्रस्तुत गरिने सञ्चालिका सुनिताले बताइन् ।
|
एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत र एनआरएनए, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संयुक्तरुपमा रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय बाल्टिमाेरकाे पार्कभिलमा राखिएकाे छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, एनआरएनए आईसीसीको आगामी निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका राजन त्रिपाठीले अमेरिकामा मेरिल्याण्ड च्याप्टरले आफ्नै कार्यालयबाट काम शुरु गरेर ऐतिहासिक काम गरेको भन्दै प्रसंसा गरेका थिए । उनले एनआरएनएमा देखिएका विवाद छिटो समाधान हुने विश्वास व्यक्त गर्दै आफूले सिकेका ज्ञान शिपलाई नेपाली समुदायको हितमा लगाउन आह्वान गरे । उनले आफू क्षेत्रीय संयोजक हुंदा अमेरिकाज क्षेत्रमा संगठन विस्तारमा लागेको, एनआरएनए अमेरिकाविरुद्ध मुद्धा हाल्ने साथीसंगसमेत सहमती गराउन सफल भएको धारणा राख्दै अभियानमा निरन्तरताका लागि आफूले केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदारी दिएको बताएका थिए । युवा, महिला र विद्यार्थीहरुका विषयलाई महत्वसाथ उठाउने र उनीहरुलाई एनआरएन अभियानामा सहभागी गराउने र संस्थाको काम कारवाहीलाई पारदर्शी बनाउन योगदान दिने उनले प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले अमेरिकाका २९ च्याप्टरमध्ये आफ्नो गृहराज्य मेरिल्याण्डको च्याप्टरले आफ्नै कार्यालय शुरु गरेकोमा गर्व महसुस भएको बताए । उनले समाजिक काममा सबैको सहभागिताका लागि आह्वान पनि गरे । त्यसैगरी अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, प्रवासी नेपाली मञ्च,अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका नेता प्रेम श्रेष्ठ र अन्य बक्ताहरु दुर्गा श्रेष्ठ,राजु क्षेत्री,सुभाष घिमिरे,राजेन्द्र सेन्चुरी,रमेश भट्ट,अनु वन्त,विजय श्रेष्ठ, सतिश चापागाई, डोलनाथ घिमिरेलगायतले आफ्नै कार्यालय शुरु गरेकोमा बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले सबैलाई स्वागत गर्दै संस्थाको आगामी काममा सबैको सहयोगको अपेक्षा गरेको बताएका थिए । उनले नेपाली समुदायलाई सहयोग पुग्ने कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता पनि जनाए ।
|
अमेरिकाका लागि नेपाली राजदूत खतिवडा नेपाल फर्किए वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा आज वासिंगटन डिसीबाट नेपाल फर्किंदै छन्। जम्मा नौ महिनाको मात्र कार्यकालमा सीमित गरिएपछि डा.खतिवडा फर्किएका छन्।
अमेरिकी समयअनुसार, उनी बुधबार साँझ वासिंगटन डिसीस्थित वासिंगटन डुलास एयरपोर्टबाट परिवारसहित नेपाल उडेका छन्। २०७७ साल असोजमा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट अमेरिकाका लागि राजदूत पदमा नियुक्ति पाएका डा.खतिवडाको संसदीय सुनुवाई २०७७ सालको कात्तिकको अन्तिम साता भएको थियो।
संसदीय सुनुवाई समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएका खतिवडा राददूत पदमा नियुक्ति भएर पनि झण्डै ४ महिनासम्म नेपालमै अड्किएका थिए। अमेरिकाबाट फर्किनु पर्ने तत्कालीन राजदूत डा.अर्जुनकुमार कार्कीले नयाँ राजदूतको नियुक्तिपछि पनि नेपाल फर्कन ढिलो गरेका थिए। कार्की २०७७ माघमा मात्र फर्किपछि डा.खतिवडाले माघमै आएर कार्यभार सम्हालेका थिए।
कार्यकालको छोटो समयमा नेपालका पक्षमा लविङ गर्न निकै सक्रिय देखिएका राजदूत खतिवडाका लागि अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप नेपाल पुर्याउनु पर्ने ठूलो चुनौती थियो।
अमेरिकामा रहेका विभिन्न नेपाली संघ संस्थाका नेताहरुलाई अनुरोध गरी तिनको अमेरिकी स्थानीय राजनीतिक नेतृत्वसँगको कनेक्सनसमेतलाई प्रयोग गरेर नेपालका लागि खोप सहायताको अति आवश्यकताबारे अमेरिकी संसदमा कुरा उठाउन उनी सफल भएका थिए।
उनको कार्यकालमा कोभिडको खोप र अन्य स्वास्थ्य सहायता पनि नेपाल पुग्न सफल भएको थियो। यसैगरी अमेरिकी संसदमा नेपाल ककस निर्माण गर्न र नेपालका चासोका विषयमा पनि आवश्यक पर्दा सुनुवाई हुनुपर्ने पक्षमा उनले प्रयत्न गरेका थिए।
यसका लागि सिनेटरहरु, कंग्रेसम्यानहरु, गभर्नरहरु र दलका सरोकारवाला नेताहरुसँग विगत केही महिनादेखि राजदूत खतिवडाले भेटघाट बढाएका पनि थिए। तर, नेपालमा सरकार बदलिएको र नयां प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारले अन्य राजदूतहरुसहित उनलाई पनि फिर्ता गर्ने निर्णय गरेकाले उनको नेपाल ककस बनाउने प्रयत्न भने पूरा हुन सकेन।
ओली सरकारमा अर्थमन्त्री र संचारमन्त्रीसमेत भएका खतिवडा राष्ट्रिय सभाका सांसद र प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत भइसकेका छन्। कोभिडको महामारी केही खुकुलो हुने वित्तिकै केही कार्यक्रमहरु तय गरेर नेपाली मुलका अमेरिकी व्यापारीहरुलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न प्रेरित गर्ने पनि उनले प्रयास गरेका थिए। उनलाई विदाइ गर्न नेपाली दूतावासका अधिकारीहरु र प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापासहितका व्यक्तिहरू विमानस्थल पुगेका थिए।
|
संरक्षक परिषद्लाई गुहार्दै सकियो विश्व भेला वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले एनआरएनएको संरक्षक परिषद्लाई हाल प्रकट भएका विवाद मिलाउन आग्रह गर्ने निर्णय गरेको छ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीको नेतृत्वमा संसारभरका ४२ देशका अध्यक्ष र अन्य केही देशका पदाधिकारीहरु सहभागी भएको सो भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको हो।
आइतबार सम्पन्न भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ र घोषणा पत्रमा संघको वर्तमान नेतृत्वप्रति आक्रोश व्यक्त गरिएको छ। संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै घोषणा पत्रमा संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख छ।
संघको संस्थापक पक्षबाट अध्यक्ष कुमार पन्त तथा महासचिव हेमराज शर्मा दुबैले इमेल र पत्रमार्फत यस्तो विश्व भेला नगर्न र सहभागी नहुन आग्रह गरिएको भए पनि भेलामा उल्लेख्य संख्यामा विश्वभरका एनसीसी अध्यक्ष तथा नेताहरुले सहभागित जनाएका थिए।
एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको आयोजकहरुले दावी गरेका छन्।
खासगरी महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको विवादका कारण संघमा भाँडभैलो भएको छ र यसैकारण निर्धारित समयमा हुने भनेको महाधिवेशन रोकिएको छ। केही देशमा एनसीसीहरुको निर्वाचनमा पनि विवाद देखिएको छ । संघको नेतृत्वले आफूखुसी नियमावली बनाएका कारण विवाद बढेको असन्तुष्ट पक्षको गुनासो छ।
एनसीसीहरुको विश्व भेलाले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी)को नेतृत्वले विधान विपरीत काम गर्दा संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको उसको घोषणापत्रमा उल्लेख छ। भनिएको छ, ‘गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्षभित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइपुगेको छ। संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसँग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं।’
तर, संघको संस्थापन पक्षले भने संरक्षक परिषद् हाल म्याद सकिएको अवस्थामा भएको दावी गर्दै आएको छ। यो पक्षले केही दिनअघि एउटा जुम बैठकको आयोजना गरी आईसीसीको म्याद ६ महिना थप गर्ने निर्णय गरेको थियो तर संरक्षक परिषद्बारे कुनै निर्णय गरेन।
संस्थापन इतरसमूहबाट आयोजित विश्व भेलाले आफूहरुमाथि चरम अन्याय भएपछि न्याय माग्न नियामक निकाय परराष्ट्र मन्त्रालय पुगेको र सो काम स्वाभाविक भएको ठहरसमेत गरेको छ। परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान अनुसार कार्यान्वयन गर्न सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ।
भेलाले अन्यायपूर्ण काम के के भएका थिए भन्नेबारे पनि छलफल गरेको बताइएको छ। जसअनुसार, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनुलाई असमान व्यवहार भएको आरोप लगाइएको छ भने आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमिने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको ठहर गरेको छ।
भेलाले आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न पनि माग गरेको छ ।
संघका अध्यक्ष पन्त र महासचिव शर्मा अनुपस्थित भएको संस्थापन इतरको सो विश्व भेलाको उद्घाटन भर्चुअल माध्यमबाट पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले गरेका थिए भने सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले सम्बोधन गरेका थिए।
त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन, संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरुले सम्मेलनको सफलताको कामना गरेका थिए।
|
‘अमेरिकाय नेवा’को एक सय अंक पूरा, भव्य कार्यक्रम गरी मनाइयो (फोटोफिचर) काठमाडौं। नेपाल भाषा टाइम्स अमेरिकाले संचालन गर्ने ‘अमेरिकाय नेवा’ कार्यक्रमको एक सय भाग पुरा भएको छ। उक्त अन्तरर्वाता कार्यक्रमको एक सय भाग पुगेको अवसरमा एक भव्य समारोहको आयोजना गरी मनाइएको छ।
बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा परम्परागत नेवारी खानेकुराको पनि प्रदर्शन गरिएको थियो।
अमेरिकाय नेवाका निर्माता तथा प्रस्तोता प्रविन ताम्राकारले कार्यक्रमले एक सय अंक पार गरेकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यावाद ज्ञापन गरेका थिए। यो अमेरिकाय नेवा कार्यक्रमको प्रोग्राम डेरेक्टर राजीव श्रेष्ठ रहेका छन । राजीव श्रेष्ठ एउटा बरिस्ट फोटो ग्राफर हुन ।
यस्तै, उक्त समारोहलाई अझै प्रभावकारी बनाउन गीत, नृत्य तथा साहित्यिक रचनाहरु बाचन गरिएको थियो।
|
‘आईसिसीलाई चुनौती होइन, निकासका लागि एनसीसी विश्व भेला बोलाइएको हो’ अमेरिका।गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्याेल चिर्न एनसीसी अध्यक्षहरुको विश्व भेला गर्न लागेको आयोजकले जनाएकाे छ। भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न सकारात्मक निकासका लागि उपयोगी पहल थाल्न उनीहरुले आग्रह गरेका छन्।
महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियाे।
“गैरआवासीय नेपाली संघमा एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ।
पत्रकार सम्मेलनमा भेला तयारी समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए।
‘एनसीसीका साथीहरुले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि भेला आयोजना गरेका हौं’ उनले भने। यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे।
‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौं। यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौं। विधानको १६.४ मा एनसीसी अध्यक्षहरुको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ। हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्याउने छौं।’
विधान अनुरुप नै विश्व भेला
संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व भेला आयोजना गर्न लागेको उनले बताए। भेला उद्घाटन समारोहमा परराष्ट्रमन्त्री, संघका पूर्व अध्यक्षहरु, आईसीसीका पदाधिकारीलाई निमन्त्रणा गरिएको उनले बताए। त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरुबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले जानकारी दिए।
केन्द्रीय महाधिबेशनको वैधानिक प्रकृया पुरा गरिए एनसीसीहरु केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए। एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक एनआरएनए संकटकालिन स्थितिमा पुगेको टिप्पणी गरे।
‘यो समयमा हामी आफै सक्रिए भएर निराकरण नगरेमा एनआरएनए नै रहने, नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौं’, उनले भने, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो।’
कार्यक्रममा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरुको काँधमा पनि जिम्मेवारी आएको बताइन्। ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरु लाग्नुपर्छ’, उनले भनिन्, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु।’
कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरुको भेला विधान सम्मत रहेको स्पष्ट परे। ‘संशाेधित विधान अनुसार १६.१.४ मा आशय लेखिएको छ। राष्ट्रिय समितिहरुको आधारमा आईसीसी बनेको हो। १८ वर्षमा पहिलो पटक हुन लागेकाले असहज लागेको हुन सक्छ’, श्रेष्ठले भने, ‘कर्तव्य सँगसँगै अधिकार पनि आउने भएकाले आईसीसी प्यासिभ हुँदा एनसीसी एक्टीभ हुनसक्छ भन्ने आसय भएको श्रेष्ठले बताए।
‘एनआरएनए फुटाउने भन्ने होइन। केन्द्रले एनसीसीलाई निर्देशन दिँदा विधानमा उल्लेख नभएको बिषय भए आचारसंहिताको पालन हुनुपर्छ।
त्यसैगरी एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पहिलोपटक १० औं महाधिवेशन तोकिएको समयमै नभएकाले एनसीसीहरु अन्यौलमा परेको र त्यस्तो अन्याेल हटाउन आफूहरु लागि परेको जनाए।
‘नेपाल सरकारले मान्यता दिएको संस्थालाई एक ढिक्का बनाउनु पर्छ र अन्याेल हटाउनु पर्छ भनेर नै लागेका छौं’, उनले भने, ‘ दशौँ महाधिवेशन तथा चुनाव ३० नोभेम्बर भित्र हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। एनसीसी बिना आईसीसी चल्दैन। हामीले उहाँहरुलाई झकझक्याएको मात्र हो।’
कार्यक्रम खुला र बन्द गरी दुइ सत्रमा आयोजन गरिने र भेलामा ६२ एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहने संयोजक सुवेदीले बताए।
|
काठमाडौं एयरपोर्टमा गैरआवासीय नेपालीमाथि हुने दुर्व्यवहारको भत्र्सना, असोज २७ को घटनाको छानविन गर्न माग वासिंगटन डिसी। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैरआवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न गैरआवासीय नेपाली संघका नेता राजन त्रिपाठीले माग गरेका छन्।
गैरआवासीय नेपाली संघ,अमेरिकाका सल्लाहकार डा.दामोदर पौडेल र उनकी पत्नीलाई त्रिभुवन विमानास्थल अध्यागमनका कर्मचारीले विनाकारण दुख दिई दुर्व्यवहार गरेकोमा उनले भत्सर्ना गरेका छन् र सो घटनाको तत्काल छानविन गर्न माग पनि गरेका छन्।
असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरबाट उत्रेर अध्यागमनको प्रक्रिया पूरा गर्ने क्रममा डा.पौडेल र उनकी पत्नीलाई कागजात नपुगेको भन्दै विनाकारण घण्टाभन्दा बढी समय अल्झाएर राखिएको थियो।
डिसी नेपालमा घटनाको भोलिपल्ट नै विस्तृत विवरणसहितको डा.पौडेलको लेख प्रकाशित भएको थियो। लेखमा डा.पौडेलले आफूहरुमाथि भएको दुर्व्यवहारको फेहरिस्त प्रस्तुत गरेका थिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) का अमेरिकाज क्षेत्रका संयोजकसमेत रहेका त्रिपाठीले संयुक्त राज्य अमेरिका र अन्य मुलुकहरुबाट चाडवाड र काम विशेषले नेपाल जाने गैरआवासीय नेपालीहरुमाथि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमनका कर्मचारीबाट दुर्व्यवहार भएका घटनाहरु सार्वजानिक भएको भन्दै त्यस्तो कार्यको भत्र्सना पनि गरेका छन्।
अक्टोवर २१ तारिक साँझ एक विज्ञप्ति जारी गर्दै संयोजक त्रिपाठीले भनेका छन्, “नेपालीहरुको महान चाड दशैं मनाउन, आफन्त तथा परिवारजनसँग भेटघाट गर्न आफ्नो मातृभूमि पुग्ने गैरआवासीय नेपालीहरुलाई अध्यागमनका कर्मचारीहरुले विनाकारण घण्टौंसम्म विमानास्थलमै रोक्ने, कागजपत्र नपुगेको वाहना गर्ने र घण्टाभन्दा बढी उभ्याएर पछि कुनै कागजपत्र माग नगरी प्रवेश गराउने गरेका घटनाहरुले ठूलो उत्साह बोकेर आफ्नो जन्मभूमि पुग्नेहरु अपमानित महसुस गरिरहेका छन्।”
उनले नेपालको संविधान र गैरआवासीय नेपाली ऐन एवं नियमले दिएका अधिकारहरु स्वतन्त्रतापूर्वक प्रयोग गर्न गैरआवासीय नेपालीहरुले पाउनु पर्ने माग पनि नेपाल सरकारसँग गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “गैरआवासीय नेपालीको परिचय पत्र देखाउँदा देखाउँदै आफ्नो जन्मभूमि भ्रमणमा जान निरुत्साहित गर्नु, हतोत्साही गर्नु र विनाकारण दुख दिनुले गैरआवासीय नेपालीप्रति नेपाल सरकार र सरकारी कर्मचारीको दुर्भावनामात्र देखाउँछ। र, यस्तो कार्यले गैरआवासीय नेपाली परिचय पत्र लिनको लागि पनि विदेशमा बस्ने नेपालीहरुलाई दुरुत्साहित गर्दछ।’
असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा पुग्नुभएका गैरआवासीय नेपाली संघ, अमेरिकाका सल्लाहकार डा.दामोदर पौडेल र उहाँकी पत्नीलाई अध्यागमनका कर्मचारीले दुव्र्यवहार गरेको कुरा त मिडियामै सार्वजानिक भएको छ। गैरआवासीय नेपाली परिचयपत्र देखाउँदा देखाउँदै उहाँहरुमाथि अध्यागमनमा भएको दुव्र्यवहारको भत्सर्ना गर्दछु । यसरी अध्यागमनमा भएको दुव्र्यवहारको तत्काल छानविन गरी दोषी कर्मचारी उपर कारवाहीको माग गर्दछु।’
विज्ञप्तिमा भनिएकाे छ, ‘ नेपालको संविधान, गैरआवासीय नेपाली ऐन र कानूनले दिएको अधिकार प्रयोग गरी आफ्नो मातृभूमिमा सहज प्रवेश पाउनुपर्ने, कानूनले तोकअनुसार बसोवास एवं हक अधिकार पाउनु पर्नेमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु। सधैं आफ्नो जन्मभूमिप्रति चिन्तित रहने, माया गर्ने र विदेशमा बसेर पनि मुलुकलाई परेको बेला तन,मन र धनले सहयोग पुर्याउने गैरआवासीय नेपालीहरुको भावनाको सम्मान गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ”
याे पनि पढ्नुस्
नेपालको अध्यागमनमा यस्तो दुर्व्यवहार भोग्नु पर्दा
|
एनआरएनएको विश्व भेला नरोकिने, परराष्ट्रमन्त्री अतिथि वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व भेलाको आयोजना गरिएको छ। यही अक्टोबर २४ तारिक आइतवार भर्चुअलरुपमा विश्व भेला हुने बताइएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको, अन्तर्राष्ट्रिय समन्वय समिति(आईसीसी)को निर्वाचन नभएको र विधानत आईसीसीको कार्यकालसमेत समाप्त भइसकेको अवस्थामा एनआरएनएलाई कसरी अगाडि बढाउने भन्ने मुल विषयमा केन्द्रीत रही यो सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक बुद्धिसागर सुवेदीले डिसी नेपाललाई बताए । भेलामा नेपाल सरकारका परराष्ट्र मन्त्री डा.नारायण खड्कासहितका अतिथिहरुलाई निम्ता गरिएको पनि उनले बताए ।
संसारभर भएका निर्वाचित ६२ वटा एनसीसीहरुलाई सहभागी गराएर विश्व भेलाको आयोजना गरिएको उनको दावी छ। यसका लागि सुबेदीको संयोजकत्वमा ९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिएको छ।
जसमा क्यनडाका अध्यक्ष दीपक गौतम, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग, बेलायतका अध्यक्ष प्रेम गाहा मगर, स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, मध्यपूर्वको कतारका अध्यक्ष महम्मद मुस्तादा, अफ्रिकाबाट दक्षिण अफ्रिकाका अध्यक्ष डा.पुष्प भट्टराई र एशियाबाट दक्षिण कोरियाका अध्यक्ष दीपक पुन सदस्य छन्।
आईसीसीका अध्यक्ष कुमार पन्त इमेलमार्फत र महासचिव हेमराज शर्माले पत्रमार्फत् नै यस्तो कुनै भेला नगर्न आह्वान गरेका छन्। तर, उनीहरुको आह्वानलाई वेवास्ता गर्दै संस्थाभित्रको अन्यौलबाट संस्थालाई निकास दिन भेला आयोजना गरिएको आयोजक पक्षको दावी छ।
अक्टोबर २३‐२५ मा हुने भनिएको विश्वसम्मेलन स्थगित भएपछि संस्था अन्यौलमा परेको छ, संयोजक सुबेदीले डिसी नेपालसंग भने, ‘एनसीसी र त्यसका प्रेसिडेन्टहरु मुख्य सरोकारवाला भएकाले साझा चासोका विषयमा छलफल गर्न यो भेला आवश्यक भएको हो, भेला रोकिंँदैन।’
आईसीसीका अध्यक्षले आगामी नोभेम्बर ३० भित्र जसरी पनि निर्वाचन गराउने भनेको र उनको सो प्रतिबद्धतालाई थप मद्धत पुर्याउन नोभेम्बर ३० भित्र आईसीसीको निर्वाचन गर्न दवाव दिनका लागि विश्व भेला आयोजना गर्नु परेको संयोजक सुबेदीको दावी छ।
भेलामा एनआरएनए आईसीसीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र त्यसमा पनि प्रतिनिधि छनौटको ६५ प्रतिशत प्रावधानबारे बृहत छलफल हुने तथा एउटै विषयमा देश नै पिच्छे फरक फरक निर्देशन पत्र पठाउने हालको आईसीसी नेतृत्वको कामबारे पनि छलफल गर्ने एजेण्डा तय गरिएको संयोजनक सुबेदीले बताए।
|
अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा नेपाली मूलका हमाल निर्वाचित मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको केन्द्रीय राजनीतिमा सहभागिता जनाउने केहीमध्ये नवनिर्वाचित केन्द्रीय सदस्य हमाल पनि एक भएका छन्।
डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा एमिली कुकले (जसलाई डेमोक्रयाट पार्टीका रजिस्टर्ड मतदाताले प्रत्यक्ष मतदान मार्फत निर्बाचित गरेका थिए) पद त्याग गर्ने घोषणा गरेपछि उनको पद खाली भएको थियो। सो खाली भएको केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्ने विषयमा केन्द्रित रहेर पार्टीका विभिन्न तहका नेताहरुले दर्जनभन्दा वढी प्रश्न मार्फत हमालको अन्र्तवार्तासमेत लिएका थिए।
अमेरिकामा राजनीति दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदवाट राजीनामा दिएको खण्डमा वा कुनै कारणले पद रिक्त रहेको खण्डमा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो ।
मेरिल्याण्ड राज्यमा एसियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स(एएपीआई) को केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले मंगलवार डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्।
नवनिर्वाचित हमाल हाल मेरिल्याण्ड विधानसभामा निर्वाचित सांसद ह्यारी भण्डारीसंगै डेमोक्र्याट पार्टीको केन्द्रीय समितिमा काम गर्ने छन् । अर्का एकजना नेपाली मूलका व्यक्ति पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सांसद भण्डारीले एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्,‘हमाललाई हार्दिक वधाई ज्ञापन गर्दे आगामी दिनमा थप उपलब्धिका लागि समेत शुभकामना व्यक्त गर्न चाहन्छु ।’
मेरिल्याण्ड राज्यमा विगत १६ वषदेखि वस्दै आएका हमाल विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । अमेरिकी राजनीतिमा पार्टीका निर्वाचित नेतालाई समेत जनउत्तरदायी बनाउनका लागि राज्यका तर्फबाट शपथ ग्रहण गराउने र आधिकारिक प्रमाणपत्र दिने प्रचलनअनुसार उनको शपथ ग्रहण भई प्रमाणपत्रसमेत दिइएको छ।
|
अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने टेक्सास, अमेरिका। नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायका बालबालिकाहरुका निमित्त समेत शुरुवात गरिन भएको छ।
यसका लागि भर्ना प्रक्रिया पूरा गरी कक्षा यसै हप्ताको शुक्रबार अक्टोबर २२ बाट शुरु गरिन लागेको पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईले बताए। अष्ट्रेलिया ग्रुपको निमित्त बिशेष सिलेबसको डिजाइन गरिएको छ।
अष्ट्रेलियामा रहेका अभिभावाकहरु पनि अमेरिकास्थित नेपाली पाठशालामा जोडिएर एउटा लामो इतिहास बनेको नेपाली पाठशालामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउन पाउदा निकै खुशी रहेको प्रिन्सिपल भट्टराइले जानकारी दिए।
यस कक्षाका लागि शिक्षकको रुपमा डा. होम आचार्यलाई जिम्मेबारी दिइएको छ। नेपाली भाषामै स्नातकोत्तर गरेर अमेरिकाबाट ’एजुकेशनल लिडरशीप“ मा बिद्याबारिधि गरेका डा. आचार्य अमेरिकाकै सर्बोत्कृष्टहरु मध्येको एक विश्वबिद्यालय ’कोर्नेल युनिभर्सिटी’ मा नेपाली भाषाको पाठ्यक्रम निर्माण तथा नेपाली प्राध्यापनरत छन्।
नेपाल बाहिर नेपालीले संचालन गरेको सवैभन्दा ठूलो यस नेपाली पाठशालामा सामुदायिक बिद्यालयमा चारसयभन्दा बढी बिध्यार्थीहरु एकै सेमेस्टरमा भर्ना समेत भएका छन्।
उच्च गुणस्तरका शिक्षकहरु र उत्कृष्ट ब्यबस्थापनका कारण टेक्सासमा नेपाली समुदायले सन् २००४ देखि नै संचालन गर्दै आइरहेको नेपाली पाठशालाले अहिले १७ बर्षको स्कूलको इतिहासमा ठुलै छलाङ्ग मारेको छ।
|
बाल्टिमोरमा शिवहरिको हास्य, किरण, श्रृंखला र नारायणको प्रस्तुती बाल्टिमोर, अमेरिका। अमेरिकाको बाल्टिमोरबासी नेपाली समुदायका लागि दशैं र तिहारको उपलक्ष्ममाबाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका– बानाले सांस्कृतिक—सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
अक्टोबर ३० शनिवार आयोजना गर्न लागिएको दशैं–तिहार विशेष साँझमा नेपालका चर्चित हास्य कलाकार शिवहरि पौडेलले व्यंग्य प्रस्तुति दिने भएका छन्। पौडेलसँगै लोक गायक नारायण रायमाझी र सिर्जना विरहीको प्रस्तुती रहने छ।
बानको कार्यक्रममा सन् २०१८ को मिस नेपाल विजेता श्रृंखला खतिवडा, सन् २०२१ को भ्वाइस अफ नेपालका विजेता किरण गजमेर र नायक दिलिप रायमाझीले पनि प्रस्तुति दिने वानाका महासचिव किरण ढकालले डिसी नेपाललाई बताए।
त्यसैगरी राजन ठकुरी, सपना गुरूङ, सम्झना गुरूङ, अपेक्षा सिह, रूवी पौडेल, कृपा ढकालसहित स्थानीय कलाकारहरुको प्रस्तुति हुने महासचिव तथा कार्यक्रम संयोजकढकालले जानकारी दिए।
बाल्टिमोर डाउन टाउनको प्रिस्टन हलमा बेलुका ७ बजेदेखि १२ बजेसम्म हुने सो कार्यक्रम यो क्षेत्रमा बस्ने सबै नेपालीहरुलाई उपस्थित हुन महासचिव ढकालले आग्रह गरेका छन्।
|
अमेरिकाय नेवाले पुर्यायो १०० अंक वासिंगटन डिसी । नेपालभाषा टाइम्सको अमेरिकामा विगत ३बर्ष देखि संचालन हुँदै आइरहेका प्रसिध्द अन्तर्वाता कार्यक्रम अमेरिकाय नेवाले १०० अंक पूरा गरेकाे छ ।सुप्रसिध्द द्वन्द निर्देशक राजेन्द्र खड्गीसँग अन्तरर्वाता गरी गत साता १०० औं अंक पूरा गरेकाे हाे । याेसंगै नेपाल भाषाको नेपाल बाहिरबाट लिइने कार्यक्रमको इतिहास पनि निर्माण भएकाे छ ।
अमेरिकाको उक्त कार्यक्रमको टिममा प्रस्तोता र निर्माता प्रविन ताम्राकार छन् भने प्रकाश, ध्वनि, डिजाईनमा प्रसिध्द ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठ, प्रविधिमा मार्केण्डय प्रधान (आर्किटेचर) र व्यवस्थापनमा अनिल रंजित र सल्लाहकारमा किथ फेडरम्यानको मुख्य भूमिका रहेको छ।
नेपाल टिमबाट सम्पादक सुरेश किरण, प्रविधिमा सुगन्ध श्रेष्ठ र तेज मर्हजन, सल्लाहकारमा पत्रकार विजय रत्न र पवित्र कसाः र विशेष सहयोगीमा कवियत्री प्रतिसरा सायमि छन् । यस कार्यक्रमले ११ वर्ष उमेरको त्रिपिटक वाचक श्रीदिप शिल्पकारदेखि शताब्दी पुरुष सत्यमोहन जोशीलाइ कार्यक्रममा समेटन सफल भएको छ भने राजनिति, विज्ञान, खेलकूद, स्वास्थ्य, संस्कृति, हास्यव्यंग्य, पप म्यूजिक, शास्त्रिय संगीत, आधुनिक संगीत, प्रशासन सिने जगत, युवा पिंढी, साहित्य, नेवा संगठनहरू, (देश, विदेश), कूटनीति, बुध्द धर्म, सिमाना संस्कृतिका विविध पक्ष, परोपकार, पाक शिक्षा, कम्प्युटर विज्ञान, लोक संगीत, भाषा विज्ञान, वंशावली, ज्योतिष तथा वास्तु विज्ञान, नर्सिंग, नाटक भजन तथा दुइजना मिस नेपालहरूसंग आतिथ्य अन्तरवार्ता कार्यक्रम संचालन गरिएको थियो ।
अनिल रंजितबाट १० वटा, मिला श्रेष्ठबाट अंग्रेजीमा ३ वटा अंक संचालन गरिएको थियो भने बाँकी सबै प्रविन ताम्राकारबाट प्रश्नकर्ताको रूपमा (होस्ट) कार्यक्रम संचालन भएकाे थियो । अमेरिकामा भ्रमणमा आएका विद्वान वर्ग, कलाकार वा विभिन्न क्षेत्रका पाहुनाहरूसंग अन्तरवार्ताको माध्यमबाट ज्ञान र रमाइलो कुराकानीको उद्देश्यले शुरू भएको यो मासिक कार्यक्रम कोभिडको महामारीको कारणले अनलाइन र साप्ताहिक कार्यक्रममा परिणत भयो र छोटो समयमा १०० अंक पूरा गर्न सफत पनि भयो ।
सो कार्यक्रमलाई घिमिरे होम्स र कृष्ण पाउरोटीद्वारा प्रमुख प्रायोजन गरिएको छ भने संगठनहरूमा एन्पिपिए र एन्ओएबाट, व्यवसायहरू क्लासिक डायमण्ड, एभरजाेन ट्राभल्स, एवरग्रीन रियाल्टर्स, फोटो बैंक र लिवर्टी म्यूचअल(भरत बराहती) बाट सहप्रायोजन भएको छ । यसमा थुपै परिवारहरूबाट पनि रात्री भोजन तर्फ सहयोग र समर्थन प्राप्त भएको छ ।
नेपालबाट विशेष रूचि साथ हेरिने यस कार्यक्रमलाई अमेरिकाको विभिन्न राज्य, क्यानाडा, यूरोपबाट उतिकै मन पराइएको छ भने भविष्यमा यस कार्यक्रमले दुवै एक घण्टा र नयाँ १५ मिनेटको गरी कार्यक्रममा सन्तुलन ल्याउने जानकारी आयोजनका तर्फबाट प्रविन ताम्राकारले दिए ।
|
नेपाली व्यबसायी लालकिशोरकाे अमेरिकामा गोली हानी हत्या बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल संचालन गर्दै आएका थिए।
आफ्नै पसलमा काम गर्दै गरेको अवस्थामा लाल किशोर महासेठको आइतवार राति गोली हानी हत्या गरिएको हो। उनलाई कसले र किन हत्या गर्यो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन।
घटनाविवरणअनुसार, साँझ ८ः५० बजेसम्म उनी आफ्नी पत्नीसँग कुरा गरिरहेकै थिए। उनी साँझ ९ बजे पसल बन्द गरेर घर आउनु पर्ने थियो तर श्रीमान ११ बजे सम्म घर नपुगेपछि श्रीमती र परिवारले सोधी खोजी शुरु गरेको थियो।
उनीमाथि गोली प्रहार कति बजे र कसरी भयो भन्ने कुरा स्पष्ट नभए पनि करिव साढे १० बजे कसैले ९११ मा कल गरिदिएको कारण त्यहाँ प्रहरी आइपुगेको र सवा ११ बजे लाल किशोरलाई मृतक घोषणा गरिएको स्रोतले जनाएको छ।
५४ बर्षीय महासेठको नेपाल घर जनकपुर रहेको जनकारीमा आएको छ भने उनी मधेसी एसोसिएसन इन अमेरिका ( न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ।
प्रहरीले बृहत बिबरण भोलि मात्र दिन सक्ने कुरा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका उपाध्यक्ष पर्शुराम फुयाँलले डिसी नेपाललाई बताए । के कारणले मारिएको, कस्ले गोली हान्यो भन्ने कुरा अहिलेसम्म एकिन भएको छैन।
बोस्टन एरियाका सबै नेपालीहरु यो आपत्तिलाई कसरी समना गर्ने भनेर लागिरहेको पनि उनले डिसी नेपाललाई बताए। मृतक महासेठका श्रीमती, दुइ छाेरा र एक छाेरी छन्।
|
अमेरिकाको आर्टिसिया शहरको आयुक्तमा भण्डारी नियुक्त लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको बैठकले भण्डारीलाई आयुक्त नियुक्त गरेको हो।
अक्टोबर १३ तारिकका दिन उनले आयुक्त पदको शपथ ग्रहण गरेका छन्। यो शहर अमेरिकाको चर्चित एन्जेलस काउन्टीमा पर्दछ। नेपालीहरु र एशियाली मुलका नागरिकहरु उल्लेख्य बस्ती रहेको सो शहरमा नियुक्त भएका भण्डारीले सो शहरको सुन्दरता र मर्मतसम्भारसम्बन्धी कार्यभार सम्हाल्ने छन्।
‘यो कार्यकारी पद भने होइन, यो सल्लाह दिने पद हो,’ नियुक्तिबारे जानकारी दिँदै भण्डारीले डिसी नेपालसँग भने, ‘शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी हो यो ।’
सिटी काउन्सिलले उनलाई कमिश्नर अफ व्युटिफिकेशन एण्ड मेन्टिनेन्स कमिशन पदमा नियुक्त गरेको पत्र दिएको छ । काउन्सिलको नियुक्तिअनुसार, उनको पदावधि चार बर्षको हुनेछ।
अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भण्डारी हाल अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जेलस कम्युनिटी कलेसमा अंग्रेजी विषयका एसिस्टेन्ट प्रोफेसर छन्।
|
अमेरिकाको बाल्टिमोर काउण्टी र नर्थ क्यारोलिना सरकारबाट हिन्दू सम्पदा महिना घोषणा(घोषणा पत्रसहित) वासिंगटन डिसी। नेपाली र हिन्दूहरुको बसाेबास भएका अमेरिकाका र विभिन्न राज्य र शहरले हिन्दूहरुका चाडबाडको महिनामा शुभकामना दिंदै हिन्दू सम्पदा महिना घोषणा गर्न थालेका छन्।
अमेरिकामा नेपालीहरुको ठूलो बस्ती रहेको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउण्टीका प्रमुख जोन ए ओल्ज्वस्की र नर्थ क्यारोलिना राज्यका गभर्नर रोय कुपरले छु्ट्टा छुट्टै घोषणा जारी गर्दै हिन्दू सम्पदा महिना घोषणा गरेका छन्। यसअघि अमेरिकाको भर्जिनिया राज्यका गभर्नर एच चर्टमले पनि यस्तो घोषणा गरिसकेका छन्।
बाल्टिमोर काउण्टी कार्यकारी प्रमुख र नर्थ क्यारोलिना राज्यका गभर्नरले मुख्य ५ कारण उल्लेख गर्दै हिन्दू सम्पदा महिना मनाउने घोषणा गरेका छन्।
अमेरिकाका यी राज्य र काउन्टी सरकारहले सन् २०२१ को अक्टोबर महिनालाई हिन्दू सम्पदा महिनाको रुपमा मनाउने घोषणा गरेका हुन् ।
१. विश्वभरको जनसंख्यामा हिन्दू धर्म तेस्रो ठूलो संख्याले मान्ने धर्म भएको, विश्भरका १ अर्व जनसंख्याले हिन्दू धर्म मान्ने र त्यसमध्ये २० लाखभन्दा बढी हिन्दूहरु अमेरिकामा बसोबास गर्ने भएकाले।
२. हिन्दू सम्पदा, संस्कृति, परम्परा र मूल्यहरुले जीवनका धेरै समस्याहरुको अमूल्य समाधान प्रदान गर्दछ र मार्गदर्शनका लागि हिन्दूधर्मको शिक्षामा भरपर्ने लाखौं व्यक्तिहरुका लागि प्रेरणा, चिन्तन र चिन्तनको स्रोतको रुपमा काम गर्ने भएकाले।
३. अमेरिकामा सबैभन्दा द्रुत गतिमा बृद्धि भएको आप्रवासी समुदायमध्येको एक हिन्दू समुदाय भएकाले।
४. पारिवारिक बनौट र शिक्षाप्रतिको लगावका कारण हिन्दूहरु समाजको सबै पक्षमा समाहित भएकाले
५. यो भूमिलाई आफ्नो गृहको रुपमा माया गर्ने हिन्दू समुदायको असंख्य आवाजविना अधुरो रहने भएकोले यो महिनालाई उनीहरुले यो भूमिका लागि विगतमा खेलेको उल्लेखनीय भूमिकाको सम्मान गर्दै हिन्दू सम्पदा महिना घोषणा गरिएको छ।
अक्टोबर महिनामा हिन्दू संस्कृति र सम्पदाका पर्वहरु मनाउने भएकाले सो महिनालाई हिन्दू सम्पदा महिना घोषणा गर्नु परेको प्रसंग पनि अमेरिकी राज्य तथा काउण्टी प्रमुखका घोषणामा उल्लेख गरिएको छ ।
|
टेक्सासको दशैं उत्सवमा चङ्गा चैट, शरिष्मा-संजीव र यमले नचाए नेपाली टेक्सास। नेपाली समाज टेक्सासले अमेरिकी भूमिमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा दशैं महोत्सवको आयोजना गरेको छ। अक्टोबर १० आइतवार भएको सो उत्सवमा नेपाली कलाकारहरुका सांगितिक प्रस्तुतिका साथै चङ्गा चेट कार्यक्रम पनि राखिएको थियो।
नेपाल तथा बाल्टिमोर बाट निमन्त्रणा गरिएका नेपाली कलाकारहरु यम बराल, संजीव प्रधान र सरिष्मा अमात्य र स्थानीय गायक बेद बस्नेतले माहोल तताए।
यम बरालले दर्शकलाई आफूसँगै नचाए, उनले नचाउने गीतसँगै चर्चित गीत निष्ठुरीले छाडेर गइहाली बोलको गीत गाएर मनोरञ्जन दिए। शरिष्माले दर्शकलाई आफना गीतहरुसँग झुमाइन्। उनीसँगै उनका लोकप्रिय गीतहरु दर्शकले गाए। कोहो त्यो, निधारमा टीका छ, पिरतीको नसा लगायतका आफनो लोकप्रिय गीत गाएर दर्शकलाई उफारिन्।
त्यस्तै गायक संजीव प्रधानले पनि आफनो लोकप्रिय गीत गाएर दर्शकलाई मनोरञ्जन दिए। कार्यक्रममा टेक्ससका गायक बेद बस्नेतले पनि केही गीत गाएर दर्शकलाई नचाए।
यस महोत्सवमा गीत संगीत सँगसँगै नेपाली खानाको उत्सव पनि रहेको थियो। दशैको रौनकतालाई बढाउन चंगा चैट पनि राखिएको थियो। बिभिन्न नेपाली पहिरनाहरुले नेपाली बाद्यबादन, नेपाली लुगा इत्यादिका स्टलहरु पनि राखिएको थियो ।नेपाली समाज टेक्सासको आयोजनामा आइतबार नेपालीहरुको महानपर्व विजयदशमीको शुभकामना, समाजमा बिशेष योगदान गर्नेहरुको सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
टेक्ससकै युलेश शहरमा रहेको बियर क्रिक पार्कमा आयोजित उक्त कार्यक्रममा आउने जाने गरेर लगभग ७००–८०० नेपालीहरुको उपस्थिति थियो। नेपाली समाज टेक्सासका महासचिव भानु खरेलले उद्घोषण गरी शुरु गरेको उक्त कार्यक्रममा नेपाली पाठशालाका योगा शिक्षक बटुक बिष्टले मन्त्रोच्चारण गरेर कार्यक्रमको उद्घाटन गरे भने समाजका बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्लेले स्वागत गरेका थिए।
टेक्सासमा नेपाली समुदायले सन् २००४ देखि नै नेपाली पाठशाला संचालन गर्दै आइरहेको छ। १७ बर्षको स्कूलको इतिहासमा अहिले भने स्कूलले ठूलै छलाङ्ग मार्यो । तीनै स्कूलका बालबालिकाहरुको प्रस्तुतिबाट कार्यक्रमको शुरुवात गरियो । स्कूलकी शिक्षिका श्रद्धा अधिकारीले स्कूलको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
स्कूलका प्रिन्सिपल विजयराज भट्टराईले शुभकामना संगै यस स्कूललाई नेपाल बाहिर रहेको नेपालीद्वारा संचालित सवैभन्दा ठूलो स्कूल बनाउन सहयोग गर्ने सवैप्रति धन्यबाद समेत ज्ञापन गरेका थिए। भट्टराईले आफू प्रिन्सिपल भएपछि गत दुइ बर्षमा मात्र स्कूलले १,००० बालबालिकालाई स्कूलमा भर्ना भएर अध्ययन गरेको तथ्यांक प्रस्तुत गरेका थिए।
त्यसपछि नेपाली समाजका सम्पुर्ण पुर्व अध्यक्षहरुले नेपाली पाठशालाका सम्पूर्ण शिक्षकहरुलाई उनीहरुले समाजमा गरेको बिशेष सामाजिक सेवाको कदर गर्दै सम्मान गरे।
स्कूलका प्रिसिपल भट्टराइ लगायत शिक्षकहरु भोज बलायर, शुशिल चौधरी, बटुक बिष्ट, डा. होम आचार्य, श्रद्धा अधिकारी र पशुपति तिम्सिनालाई सम्मान गरिएको थियाे। कार्यक्रममा सहभागी सबैलाई नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले धन्यबाद ज्ञापन गरेका थिए।
|
ओहायोका नेपालीलाई भावुक बनाउँदै अमेरिकी सिनेटरले भने, ‘त्यो सुन्दर दृश्य अझै पनि मेरो आँखामा छ’ (भिडियो र तस्वीर) वासिंगटन डिसी। अमेरिकाको राजनीतिमा केही शक्तिशालीमध्येका एक नेता सिनेटर शेरड ब्राउनले आफ्नो नेपाल भ्रमणको मिठो सम्झना गर्दै अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायलाई दशैंको शुभकामना दिएका छन्।
ओहायो राज्यबाट अमेरिकी तल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीबाट निर्वाचित भएका सिनेटर ब्राउनले सेन्ट्रल आहायो नेपालिज एशोसिएसनको आइतवार साँझ आयोजित दशैंको भेलामा उनले आफू युवा हुँदा नेपाल भ्रमणमा गएको सम्झना गरेका थिए।
‘म भर्खरको नौजवान थिएँ, व्यागप्याक बोकेर नेपाल पुगें उनले नेपालीहरुको भेलालाई भिडियो सन्देशमार्फत शुभकामना सन्देश दिँदै पोखरा सम्झिए। उनले बेलुका पोखरा पुगी विहान उठेर वाहिर हेर्दा अति सुन्दर देखेको बताए ।(हेर्नुहोस् भिडियो पनि)।
उनले भने, ‘मैले अन्नपूर्ण हिमालको सुन्दर दृश्य र भूबनोट देखें त्यो दृश्य अहिले पनि मैंले देखेका केही सन्दरतम दृश्यमध्येको एक हो।’
उनले नेपालको पोखराको सुन्दरता र आफ्नो युवा उमेरको नेपाल भ्रमणको सम्झनाबारे सुनाएको कुराले परदेशमा आफ्नो मुख्य चाड मनाउन भेला भएका नेपालीहरु भावुकसमेत देखिएका थिए।
उनले नेपालको सुन्दरताको मात्र बर्णन गरेनन्, अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका नेपाली र नेपालीभाषी आप्रवासीहरुको हितमा आफू अनवरतरुपमा लडिरहेकोसमेत बताएका थिए।
कागजपत्रविहीन नेपालीहरुलाई टेम्पोरेरी प्रोटेक्टेट स्ट्याटस (अस्थायी बसोवास अनुमति) दिलाउन आफूहरुले गरेको प्रयास राष्ट्रपति जो वाइडेन र उनको सरकारले स्वीकार गरेको बताउँदै त्यसका लागि दक्षिणपन्थीहरुसँग संघर्ष गर्नुपरेको पनि उनले नेपालीहरुमाझ बताएका थिए। ‘त्यसरी टीपीएस पाएका नेपालीहरुलाई नागरिकताको बाटोसम्म पुर्याउने लगातार प्रयासमा छौं,’ उनले भने।
ओहायो राज्यमा ३० हजार नेपाली र नेपाली भाषीहरु बसोबास गर्ने सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘३० हजारभन्दा बढी नेपालीभाषीको घर ओहायो भएकाले ओहायोको यो समुदाय अमेरिकाको सबैभन्दा ठूलो गौरवशाली नेपाली समुदाय हो।’
उनले नेपालीसमुदायको चाड दशैंको शुभकामना दिन पाउँदा आफू खुसी भएको भन्दै आयोजक र डा. दामोदर पौडेललाई धन्यवाद ज्ञापन गरे। डा. पौडेल कोनाका अध्यक्ष हुन्। सिनेटर ब्राउनले नेपाल र भुटानका लागि कोभिड बिरुद्धको २ मिलियन डोज खोप अमेरिकाबाट सहायतास्वरुप पठाउन सकेकोका उनले खुसी व्यक्त गरेका थिए।
ओहायो राज्यका दुई राज्यसभा सदस्यहरुले पानसमा बत्ती बालेर उद्घमटन गरेको कोनाको वार्षिक साधारणसभासमेतको सो दशैं भेलालाई नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाले पनि शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री देउवाले सन्देशमा नेपाललाई कोभिड भ्याक्सिन सहायता उपलब्ध गराउन भूमिका खेलेकोमा कोनाको प्रसंसा गरेका छन् ।
नेपाली भाषा, संस्कृतिको प्रवर्धन र स्वास्थ्य सहायता उपलब्ध गराउन तथा विभिन्न परोपकारी कार्य गर्नमा उल्लेख्य भूमिका खेलेको भन्दै प्रधानमन्त्री देउवाले नेपाली भाषी समुदायलाई मात्र होइन नेपाल र नेपालमा बस्ने नेपालीहरुमाझ जोडिन मद्धत पुगेको बताएका छन्। (हेर्नुहोस् पत्र)
यसैगरी अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले नेपाली समुदायको साझा चासोका विषयमा महत्वपूण योगदान दिएकोमा कोनाको नेतृत्व र कार्यसमिति तथा सदस्यहरु धन्यवाद दिंदं साधारणसभा सफलताको कामना गरेका छन्।
ओहायोवासी नेपाली समुदायमा काभिड विरुद्ध जनचेताना फैलाउने र खोप लगाउन उत्प्रेरित गर्नेमात्र होइन नेपालका लागि खोप सहायता उपलब्ध गराउनसमेत उल्लेख्य भूमिका खेलेको भन्दै राजदूत खतिवडाले कोना र यसको नेतृत्वको कामको प्रसंसा गरेका छन्।(हेर्नुहोस् पत्र)
कोनाका अध्यक्ष डा.दामोदर पौडेलको सभापतित्वमा विविध सांस्कृतिक कार्यहरुसहित सम्पन्न भएको साधारणसभा कार्यक्रमको संचालन शारदा धिताल, विज्ञान भट्टराई र जशोदा हुमागाईंले गरेका थिए। सांस्कृतिक कार्यक्रमको संयोजन डा.आरती शर्माले गरेको र साधारणसभाको संयोजन मुकेश सिंहले गरेका थिए ।
१६ सदस्यीय कार्यसमितिमा ५० प्रतिशत अर्थात ८ जना महिलाहरु कोनाको कार्यसमितिमा छन्। डा. पौडेलको अध्यक्षताको सो कार्यसमितिमा उपाध्यक्ष तौलेश्वर चौधरी, महासचिव हिमाल हुमागाईं, कोषाध्यक्ष रक्षा दाहाल तथा कार्यकारिणी सदस्यहरुमा विज्ञान भट्टराई, डा.सञ्जु महतो, पारश बराल, उर्मिला ज्ञवाली, डा. आरती शर्मा, डा.मृदुला गुप्ता, रंगराज अधिकारी,डा.महेश केसी, समिप मुस्याजु, स्मृति दाहाल, रश्ना प्रधान, सम्बृद्धि प्रधान छन्। सो संस्थाको सल्लाहकार मुकेश सिंह छन्।
|
अमेरिकाबाट नेपाल पैसा पठाउनु छ ? अब ‘हाम्रो पात्रो’बाट सस्तोमा काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवासमेत थपिएको हो।
शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन्। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए।
‘हाम्रोपात्रोको रेमिटेन्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने । हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो। तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए।
‘हाम्रोपात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएको हो।
कम्पनीले हाल बजारमा उपलब्ध रेमिटेन्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ। रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत सार्वजनिक गरेको छ। जसअनुरूप दशैं तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन्।
तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ।
पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ। जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।
रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ। प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ।
साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन्।
|
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् ।
मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई एक लाख सहयोग गरेका छन् । नेपालमा रक्तदान अभियानलाई अझ अघि बढाउन र दाताबाट प्राप्त रगतको उचित भण्डारणका लागि भवन निर्माण गर्नका लागि उनले अमेरिकाबाट यी दुई संस्थालाई आर्थिक सहयोग पठाएका हुन् ।
अमेरिका, नेपाल र विश्वभर नै रक्तदानका लागि प्रेरित गर्ने अभियानमा लागेका मैनाली आफैंले पनि हालसम्म २ सय पटक रक्तदान गरिसकेका छन् । एकपटकको रक्तदानले ३ जनासम्म विरामी व्यक्तिको ज्यान बचाउन सकिने भएका कारण रक्तदानलाई महादानका रुपमा विश्वभरि नै लिइदै आएको छ ।
न्यूयोर्कको राज्य सरकार र अमेरिकाका विभिन्न निकायहरुबाट पटक पटक सम्मानित भइसकेका मैनाली भूकम्पले तहसनहस भएको क्यारेवियन मुलुक हैटीमा केही हप्ताअघिको महाभूकम्प लगत्तै पुगेर रक्तदान गरेका थिए ।
|
अमेरिकाको भर्जिनिया सरकारबाट ‘हिन्दू‐सम्पदा’ महिना मनाउने घोषणा( पत्रसहित) वासिंगटन डिसी। अमेरिकाको भर्जिनिया सरकारले सन् २०२१ को अक्टोबर महिनालाई हिन्दू सम्पदा महिनाको रुपमा मनाउने घोषणा गरेको छ।
भर्जिनिया राज्यका गर्भनर राल्फ एच नर्टमले सेप्टेम्बर ३० मा एक घोषणा पत्र जारी गर्दै सो जानकारी दिएका हुन्। उनले भर्जिनिया राज्यको गभर्नरको हैसियतले भर्जिनियाको संविधानले दिएको अन्तर्निहित अधिकारको प्रयोग गरी त्यस्तो घोषणा जारी गरेको बताएका छन्।
विश्वभरको जनसंख्यामा हिन्दू धर्म तेस्रो ठूलो संख्याले मान्ने धर्म भएको जिकिर गर्दै गभर्नर राल्फले विश्भरका १ अर्व जनसंख्याले हिन्दू धर्म मान्ने र त्यसमध्ये २० लाखभन्दा बढी हिन्दूहरु अमेरिकामा बसोबास गर्ने तथ्यांक पनि उनले आफ्नो सो घोषणामा उल्लेख गरेका छन्। (हेर्नुहोस् घोषणा पत्र)।
हिन्दू सम्पदा महिनाका रुपमा मनाउनुको कारण स्पष्ट पार्दै गभर्नरले घोषण पत्रमा लेखेका छन्, ‘हिन्दू सम्पदा, संस्कृति, परम्परा र मूल्यहरुले जीवनका धेरै समस्याहरुको अमूल्य समाधान प्रदान गर्दछ र मार्गदर्शनका लागि हिन्दूधर्मको शिक्षामा भरपर्ने लाखौं व्यक्तिहरुका लागि प्रेरणा, चिन्तन र चिन्तनको स्रोतको रुपमा काम गर्दछ।’
अमेरिकामा सबैभन्दा द्रुत गतिमा बृद्धि भएको आप्रवासी समुदायमध्येको एक हिन्दू समुदाय भएको उल्लेख गर्दै गभर्नर राल्फले हिन्दू अमेरिकन समुदायले भर्जिनियाको उन्नतिका लागि नागरिकहरुको जीवनस्तर उकास्दै योगदान दिएको प्रसंग पनि घोषणा पत्रमा उल्लेख गरेका छन्।
अक्टोबर महिनामा हिन्दू संस्कृति र सम्पदाका पर्वहरु मनाउने भएकाले सो महिनालाई हिन्दू सम्पदा महिना घोषणा गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले भर्जिनियाका नागरिकहरुलाई सोही घोषणामार्फत ध्यानाकर्षण गराएको पनि गर्भनरले बताएका छन्।
गभर्नर राल्फको सो घोषणालाई भर्जिनियावासी नेपाली समुदायले स्वागत गरेका छन्। अक्टोबर महिनामा पितृपूजादेखि दुर्गापूजासहित दशैंजस्तो महान चाड र ल क्ष्मीपूजा पनि पर्ने र सो कुरालाई अमेरिकाको भर्जिनिया सरकारले उत्सवका रुपमा मनाउने गरी घोषणा गरिदिएकोमा नेपाली समुदाय उत्साहित भएको छ।
डेमोक्रेटिक नेशनल कमिटी,अमेरिकाका केन्द्रीय सदस्य हरि शर्माले डिसी नेपालसँग भने, ‘हिन्दू सम्पदा महिनाको घोषणा गरी हिन्दू संस्कृतिलाई सम्मान गरेकोमा गभर्नर राल्फ र भर्जिनिया सरकारप्रति आभार प्रकट गर्दछु।’
|
दशौं शताब्दीमा बनेको शिवको मूर्ति अमेरिकाबाट नेपाललाई फिर्ता वासिंगटन डिसी । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टले दशौं शताब्दीमा निर्मित भगवान शिवको एउटा मूर्ति नेपाल सरकारलाई फिर्ता गरेको छ । सो मूर्ति नेपालको कंकेश्वरी मन्दिरबाट चोरिएको थियो।
सेप्टेम्बर २९ तारिक बुधबार एक कार्यक्रमको आयोजना गरी सो पुरातात्विक महत्वको मूर्तिलाई संग्रहालयले नेपाल सरकारको न्यूयोर्कस्थित महावाणिज्यदूतावासलाई हस्तान्तरण गरेको छ।
हस्तान्तरणसम्बन्धी कागजातमा नेपाल सरकारका तर्फबाट निमित्त महावाणिज्यदूत विष्णुप्रसाद गौतम र संग्रहालयका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ड्यानियल एच वाइसले हस्ताक्षर गरेका छन्।
सन् १९९५ देखि सो मूर्ति न्यूयोर्कको सो संग्रहालयमा राखिएको थियो । नेपालका प्रसिद्ध इतिहासकार स्वर्गीय लैनसिंह बाङ्गदेलले सो मूर्तिबारे आफ्नो पुस्तकमा खुलासा गरेका थिए। मूर्तिमा भगवान शिव आफ्नो कैलाशस्थित वासस्थानमा आफ्ना केही भक्त वा सहयोगीसंग बसेका छन्। ढुंगामा खोपिएको पुरातात्विक सो मूर्ति कसरी चोरियो ? कस्ले चोर्यो भन्ने चाहिं अझैसम्म खुलेको छैन।
तर, नेपालका पुरातात्विक महत्वका मूर्तिहरु बर्षौंअघि हराएकोबारे बाङ्गदेल लगायतका अनुसन्धानकर्ताहरुले खुलासा गर्दै आएका थिए । यसैक्रममा अमेरिकाका विभिन्न संग्रहालयमा आइपुगेका मध्ये केही अति महत्वपूर्ण पूरा तात्विक महत्वका मूर्तिहरु अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ।
यसबर्षमात्रै केही यस्ता मूर्तिहरु फिर्ता भइसकेका छन् । अमेरिकाबाट फिर्ता गरिएकामा पछिल्लो मूर्ति कंकेश्वरी मन्दिरमा रहेका शिवको मूर्ति हो।
मूर्ति फिर्ता गरेकोमा नेपाल सरकारका तर्फबाट महावाणिज्यदूत गौतमले संग्रहालयका अध्यक्ष, संरक्षकहरु र व्यबस्थापनप्रति कृतज्ञता ज्ञापन गरेको महावाणिज्यदूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा मूर्ति फिर्ता गरेकोबारे बोल्दै संग्रहालयका अध्यक्ष वाइसले सांस्कृतिक सम्पदाको संरक्षण कार्यमा अमेरिका र नेपालका बीचको सहकार्य अझै अभिबृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
|
राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण वासिंगटन डिसी । अमेरिकाको मेसेचुसेट्स राज्यका क्याम्ब्रिज शहरले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई शहरको साँचो हस्तान्तरण गरेर स्वागत गरेको छ।
सो राज्यको बोस्टनलगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकीहरुसहित अन्य नेपाल भ्रमण गर्न चाहनेहरुलाई सजिलै कन्सुलर सेवा दिने उदेश्यले आयोजित घुम्ती शिविरका लागि पुगेका राजदूत डा.खतिवडालाई क्याम्ब्रिज शहरकी मेयर समबुल सिद्धिकीले शहरको साँचो हस्तान्तरण गरी स्वागत गरेकी थिइन्।
सेप्टेम्बर २७ तारिक सोमबार अपरान्ह भएको साँचो हन्तान्तरण कार्यक्रमपछि सो शहरमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न विषयमा छलफलका साथै नेपाल र अमेरिकाबीचको सम्बन्ध स्थानीय सरकारको तहमा समेत अघि बढाउनेबारे कुराकानी भएको थियो।
अमेरिकास्थित नेपाली दूतावासका अनुसार, दुई देशका शहरहरुबीच भगिनी सम्बन्ध स्थापना गरी स्थानीयस्तरमा सम्बन्ध विस्तार गर्न सकिनेबारे पनि मेयर सिद्धिकीसँग परामर्श भएको छ ।
यसबीच बोस्टन म्यासाचुसेट्सको भ्रमणका क्रममा राजदूत डा. खतिवडाले सो राज्यका गभर्नर चार्ली बेकरसँग शिष्टाचार भेट गरेका थिए। बेकरसँगको भेटमा दुई देशबीचको व्यापार र म्यासाचुसेट्समा बसोबास गर्ने नेपालीहरुको हितका बिषयमा कुराकानी भएको दूतावासले जनाएको छ।
राजदूत खतिवडालाई म्यासाचुसेट्स राज्यको राज्यसभाले आफ्नोतर्फबाट एक सम्मान घोषणा पारित गर्दै हस्तान्तरण गरेको छ। सो घोषणामा नेपाल र नेपालीका लागि पुर्याएको योगदानको प्रसंसा गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध प्रगाढ बनाउन गरेको प्रयासको उच्च मूल्याङ्कन गरिएको उल्लेख गरिएको छ।
डा.खतिवडालाई सो राज्यको राज्यसभा र सिनेट दुबै बैठकको अवलोकन भ्रमण गराइएको थियो भने सभामुख रोनाल्ड मारियानो तथा सिनेटका उपाध्यक्ष विलियम एन ब्राउन्सबर्गरसँग डा.खतिवडाको शिष्टाचार भेट भएको थियो।
|
संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै नासाले जनायाे आपत्ति (विज्ञप्तिसहित) काठमाडौं । नेपालिज एसोसियशन इन साउथइष्ट अमेरिका (नासा)ले संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै संचार माध्यायममा आएका समाचारहरु पनि भ्रामक भएको बताएका छन्।
सेप्टेम्बर ५ मा तोकिएको सम्मेलनका विषयलाई लिएर उपाध्यक्षलगायत ११ जना पदाधिकारीले राजीनामा दिएको बताएका थिए। उनीहरुको राजीनामा स्वीकृत भइसकेका कारण उनिहरुबाट लोगो प्रयोग हुनु गलत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालिज एसोसिएशन इन साउथइष्ट अमेरिकाको लोगोसमेत प्रयोग गरि प्रेसविज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिरध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘प्रत्येक दुर्इ वर्षमा नासाको क्षेत्रमा हुने नेपालिज एसोसिएशन ईनसाउथईष्ट अमेरिका र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्टअमेरिकाको १६ औं संयूक्त सम्मेलन सेप्टेम्बर५ तारीख़, २०२१फ़्लोरिडा राज्यको सुन्दर पर्यटकियशहरओर्ल्याण्डोमा सम्पन्न गर्ने गरी सबैकार्यहरुअगाडी बढीरहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ। १६औं संयुक्त सम्मेलनको अन्तिम तयारीमा पुगिसकेको अवस्था र नासाको निर्वाचन सम्पन्न गर्ने निर्वाचन समितिको कार्य तालिका अनुरुप नै अन्तिम चरणमा पुग्नै लाग्दा डेल्टा भेरिएण्टको कारण सम्मेलन रोक्नु पर्ने दबाब दिन थालियो।’
‘फ्लोरिडा राज्यमाडेल्टाको प्रकोप बिस्तारै देखिएको भएपनि स्थानिय , राज्य तथा संघिय सरकारको कुनैपनि निकायले सभा सम्मेलन गर्न कुनै पनि बन्देज नगरेको र सम्मेलन गर्ने होटेलसंगसम्झौता समेत गरिसकिएको अबस्थामा होटलले सम्मेलन रोक्नु पर्ने कुनै कारणन भएकोले सम्मेलन रोक्दा आयोजकहरुले हर्जाना बापत ठुलै रकम तिर्नु पर्ने बाध्यात्मकस्थिति हुँदा पनि केही साथीहरुले एकोहोरो रुपमा सम्मेलन स्थगन गर्नुपर्ने दबाब बढाउँदैलगि निर्बाचनको कुनै प्रक्रिया बारेमा छलफलसमेत नगरी मध्यरातमा असहज किसिमले अध्यक्षलाई बाध्यतामा पारि सम्मेलन स्थगन गरियो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
|
महावाणिज्य दूतावासप्रति अमेरिकामा रहेका सामाजिक संघसंस्थाहरुको आपत्ति (विज्ञप्तिसहित) काठमाडौं। अमेरिकाको न्यूयोर्कमा सुरु भएको राष्ट्रसंघको महासभामा भाग लिन गएका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न नपाएको भन्दै विभिन्न संघसंस्थाहरुले महावाणिज्य दूतावासमाथि आक्रोश पोखेका छन्।
नेपाल आदिबासी जनजाति महासंघ (अमेरिका), प्रवासी नेपाली मञ्च अमेरिका (न्यूयोर्क), नेपाली समाज अमेरिका, प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्षहरुले विज्ञप्ति जारी गर्दै महावाणिज्यदूत विष्णुप्रसाद गौतममाथि आक्रोश पोखेका हुन्।
विज्ञप्तिमा राजनीतिक दलका भातृ संघठन र सामाजिक संघसंस्थाहरुबीच फाटो ल्याउनका लागि महावाणिज्यदूतले भूमिका खेलेको आरोप लगाइएको छ। उनीहरुले विज्ञप्ति मार्फत भनेका छन्, ‘विगतमा नेपालदेखि सरकारी प्रतिनिधिहरु न्यूयाेर्क आउँदा सबै संघसंस्थाहरुले संयुक्त रुपमा स्वागत सत्कार गर्दै आएको परम्परा छ। तर, यसपाली कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमको विभेदकारी र निषेधकारी व्यवहार आपत्तिजनक छ।’
उनीहरुले विज्ञप्तिमार्फत आगामी दिनमा महावाणिज्य दूतावास नसच्चिए गम्भिर दुर्घटना हुने समेत चेतावनी दिएका छन्। उनीहरुले भनेका छन्, ‘सरकारी निकायले मिलेर बसेको नेपाली समाज फुटाउने चेष्ठा गरे त्यस विरुद्ध समाज एकढिक्का भएर सम्बन्धित निकाय तथा व्यक्ति कारवाहीको भागिदार बन्न नपरोस्।’
|
अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी) ले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको छ । समाजले अन्तिम संस्कारको लागि सबै खर्च आफैं व्यहोरेको छ । पुरोहितसमेत लगाएर विधिपूर्वक उनको अन्त्येष्टि गरिएको समाजका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई बताए ।
नेपालको सुदुर पश्चिम अछाम जिल्लाबाट विवाह गरेर अमेरिका आएकी निर्मला रेग्मी ओझा सडक दुर्घटनामा परेकी थिइन् । उनलाई तत्काल स्थानीय अस्पताल त पुर्याइयो तर उनको निधन सडकमै भइसकेको रहेछ । टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो । उनको घटनास्थलमै मृत्युभएको भए पनि प्रहरीले उद्दार गरी उनलाई नजिकको अस्पताल लगियो । अस्पतालले मृत घोषित गरिदियो । त्यतिञ्जेल उनका आफन्तहरु केही छन् कि भन्ने खोजी पनि भएको थियो । उनको परिचयपत्रमा उल्लेख भएको विवरण हेर्दा केन्टकीको ठेगाना र पूर्वपतिको नामसमेत भएपछि अस्पतालले सम्पर्क गरेको थियो ।
समाचारअनुसार, उनी अमेरिकाको केन्टकीमा बसोवास गर्ने एकजना नेपाली युवासंग मागी विवाह गरेर सन् २००७ मै अमेरिका आएकी रहिछन् । तर, उनको दाम्पत्य जीवन लामो समय चल्न सकेको रहेन छ । मानसिक रोगको औषधि खांदै गरेकी निर्मलाको दाम्पत्य जीवन विवाहको दुईबर्षभित्रै टुटेको रहेछ । तेह्र—चौध बर्षअघि कानुनीरुपमै डिभोर्स भइसकेकी पूर्वपत्नीको मृत्युलाई केन्टकी निवासी पूर्व पतिले वेवास्ता गरेनन् । उनकै माध्यमबाट टेक्सासस्थित नेपाली सोसाइटीलाई तत्काल खवर पुग्यो । नेपाली सोसाइटीका प्रतिनिधिहरु अस्पताल पुगे र उनको बारे थप बुझ्ने कोसिस गरे ।
नेप्लिज सोसाइटी इन टेक्सासका पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा र समाजका अन्य प्रतिनिधिहरु अस्पताल पुगेर घटनाबारे विवरण लिएका थिए । उनीहरुले आफन्तहरु पनि खोज्ने प्रयास गरेका थिए । निर्मलालाई चिन्ने जान्नेहरुसंग सम्पर्कको कोसिस गरेका थिए तर अमेरिकामा निर्मलाका पूर्वपतिबाहेक अरु कोही पाइएनन् । सम्बन्ध विच्छेद भएको बर्षौं भए पनि उनका पूर्वपति केन्टकीबाट टेक्सास पुगेका थिए ।
कहिले न्यूयोर्क, कहिले केन्टकी बसेकी निर्मला केही समयदेखि टेक्सासमा बसेकी रहिछन् । उनी कहां कसरी बसेकी हुन् भन्ने कुरा कतैबाट खुलेन । स्थानीय अमेरिकी अधिकारीहरुको अनुसन्धानले उनी होमलेस रहेको पत्ता लगायो । त्यसपछि उनको नेपालमा रहेको परिवारसंग सम्पर्कको प्रयास गरियो । बुवा, आमा र भाइसंग समेत कुराकानी भएपछि उनको अन्तिम संस्कार टेक्सासमै गर्ने निधोमा एनएसटी पुगेको थियो । जसको कोही छैन, उसका लागि एनएसटी छ भन्ने प्रमाणित गर्दै एनएसटीले उनको अभिभावकत्व लियो । एनएसटीका पूर्व अध्यक्ष थापाले डिसी नेपाललाई भने, ‘हामीले उहांको कोही पनि नभएको थाहा पाएपछि अभिभावकत्व लिएर विधिपूर्वक अन्तिम संस्कार गरेका हौं ।’
अन्तिम संस्कारमा हिन्दू विधिपूर्वक दागबत्ती दिएर सवै कर्महरुसमेत पूरा गरी स्थानीय फ्युनरल होममा गरिएको थियो ।
सामाजका प्रतिनिधिहरुको उपस्थितिमा श्रद्धाञ्जलि सभा गरेर उनका पूर्वपतिले दागबत्ति दिएका थिए । एनएसटीका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई दिएको जानकारीअनुसार, दुर्घटनामा गाडी चालकको गल्ती देखिएको छैन त्यसैले दुर्घटना विमाको रकम दावी गर्न पनि समस्या भइरहेको छ ।
‘गलतबाटोमा दगुरिरहेको बेला दुर्घटना भएको रहेछ’ शर्माले डिसी नेपालको अमेरिकाबाट संचालित हाम्रो लेन्स कार्यक्रममा प्रस्तोता अर्जुन दाहालसंग कुराकानी गर्दै भने, ‘कानुनीरुपमा कुनै सम्बन्ध नभए पनि उहांका पूर्वपति आउनुभयो, हामीले अनुरोध गर्यौं, उहा आएर दाहासंस्कार गर्यौं, अब तेह्र दिनमा सुदुर पश्चिम समाजका साथीहरुसँगको सहकार्यमा उहाँको अस्तु पनि यही खोलामा बगाउंदै छौं ।’ निर्मलाको अवस्थाका बारेमा समाजलाई पहिला नै थाहा भएको भए आफूहरुले उपचारका लागि कोसिस गर्ने थियौं भन्दै अध्यक्ष शर्माले आफूहरुले थाहा पाउंदा ढिलो भइसकेको र मृत्युपछि मात्र थाहा पाएकाले केही गर्न नसकिएको बताए ।
|
नेपाली दूतावासले बोस्टनमा घुम्ती शिविर गर्ने काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको बोस्टनमा घुम्ती शिविर गर्ने भइको छ । दूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्युसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ीत कन्सुलर सेवा शिविर गर्ने जानकारी दिएको हो ।
शिविरमार्फत म्यासाच्यूसेट्स राज्यसहित न्युह्याम्पसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा दिने दूतावासको लक्ष्य छ । दूतावासले यसका लागि, बोस्टनस्थित एनआरएनए म्याासाच्युसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याम्पसायर च्याप्टरको सहयोग लिएको छ । यी निकाय र संस्थाको संयुक्त आयोजनामा सेप्टेम्बर २५ शनिवार र २६ आइतवारका दिन शिविर संचालन हुनेछ ।
कन्सुलर सेवा शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायत सेवा पाउनेछन् । शिविरबाट करिब दुइ सय जना सेवाग्राहीहरुले सेवा लिने अनुमान गरिएको छ । दूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीको लागि राजदूतावासको आधिकारिक वेबसाइट हेर्न अनुरोध गरेको छ ।
|
नासाका बहुमत कार्यकारी सदस्यद्वारा राजीनामा काठमाडौं । अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका’ (नासा)का ११ जना पदाधिकारीले राजीनामा दिएका छन्। यो संख्या कार्यकारी समितिको बहुमत रहेको छ।
जम्मा २१ जनाको समितिबाट ११ जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा बरिष्ठ उपाध्यक्ष अम्बिा लोहोनी, उपाध्यक्ष बिशाल भारती, कोषाध्यक्ष तथा सहसचिव रमा घिमिरे रहेका छन्। यस्तै अन्य पदाधिकारीहरुमा प्रलाद शाह, सावित्री रानाभाट, दिपक रानाभाट, सुदन गैरे, नरेन्द्र बराल, आमोद देवकोटा र सुशिल पौडेल रहेका छन्।
राजीनामा दिने संस्थाका पदाधिकारीहरुले अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठको कार्यशैली र रबैयाको आलोचना गर्दै त्यसका विरुद्ध सामूहिक राजीनामा दिएको प्रतिक्रिया दिएका छन्।
उनीहरुले कोरोनाका कारण चुनाव हुन नसक्ने अवस्थामा पनि अध्यक्ष र सचिवले मनोमानी तरिकले चलेको भन्दै आफूहरुले राजीना दिएको उनीहरुको भनाइ छ।
नासाले हरेक दुई वर्षमा नेतृत्व चयन हुने गर्छ। यो वर्षको चुनाव फ्लोरिडा राज्यको ओर्लाण्डो शहरमा सेप्टेम्बर ५ को लागि तोकिएको थियो।
अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको बढ्दो प्रकोर र उक्त शहर अति प्रभावित भएपछि दुई तिहाइ बोर्ड सदस्यले उक्त सम्मेलन केही महिनाको लागि स्थगित गर्ने निर्णय गरेका थिए। तर, अध्यक्ष र महासचिवले आफू अनुकुलको बैठक निर्णय बनाई बोर्डको निर्णयलाई समूदायमा गलत प्रचार गरेको आरोप उनीहरुले लगाएका छन्।
गत सूचना प्रेषित गरिएको, बोर्डको बैठक नबसाइएको, आफ्नो अनुकुलको निर्वाचन आयुक्त बनएको, कोषध्यक्षको जानकारी बिनै संस्थाको रकम दुरुपयोग भएको, निर्वाचन समितिले अनियमितता गरेको, निर्वाचन आयुक्त गदालले बोर्ड सदस्यलाई अपमानित गरेकोलगायतका आरोपहरु उनीहरुले लगाएका छन्।
|
संविधानको धारा ४ उल्लेख गर्दै अमेरिकी सहायकमन्त्रीले दिए संविधान दिवसको शुभकामना(तस्वीरहरुसहित) वासिंगटन डिसी। अमेरिकी कायममुकायम सहायक विदेश मन्त्री डिन थम्प्सनले नेपालको संविधानले संघीयतासहितको वास्तविक गणतन्त्र स्थापना गरेको बताएका छन्।
नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सेप्टेम्बर २० तारिक सोमबार अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित अमेरिकाका लाग नेपाली राजदूतको निवासमा आयोजित एक विशेष समारोहमा उनले सो कुरा बताएका हुन्।
नेपालले स्वतन्त्र, सार्वभौम,समावेशी र लोकतान्त्रिक शासन व्यबस्थालाई मूल मूल्यका रुपमा संविधानमा उल्लेख गरेको भन्दै उनले राजतन्त्रात्मक व्यवस्थालाई हटाएर नयाँ संविधानले केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुको शासन व्यवस्था नेपालले अबलम्बन गरेको प्रसंग उल्लेख गरे।
नेपाल र नेपाली जनतालाई अमेरिकी सरकारका तर्फबाट शुभकामना दिने क्रममा उनले नेपालको संविधानको धारा ४ लाई उल्लेख गर्दै सयभन्दा बढी जातजाति, समुदाय र परम्परा भएका जनताको प्रतिनिधित्व हुने गरी तीन तहका सरकारहरु गठन भएको सन्दर्भमा नेपालले छैठौं संविधान दिवस मनाएको सन्दर्भ पनि उल्लेख गरेका थिए।
थम्प्सनले नेपाल र अमेरिकाबीच व्यापार, उर्जा विकास तथा वातावरणीय विनास रोक्न तथा क्लिन इनर्जीको विकासजस्ता क्षेत्रहरुमा आपसी सहकार्य थप मजवुत हुँदै जाने विश्वास व्यक्त गरे। यिनका अलावा महत्वपूर्ण धार्मिक सांस्कृतिक सम्पदाहरुको रक्षा गर्ने कुरामा निरन्तर सहकार्य हुँदै जाने विश्वास पनि उनले व्यक्त गरेका थिए।
प्रमुख अतिथिका रुपमा सहभागी भएका थम्प्सन र अन्य पाहुनाहरुलाई स्वागत गर्दै अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले नेपालले संधीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमार्फत दिगो शान्ति, विकास र विविधतामा बलियो एकता कायम गरेको बताएका थिए।
उनले अमेरिकाले नेपालका विकासमा पुर्याएको योगदानका लागि धन्यवाद दिँदै कोभिड महामारीका बेला खोप र अन्य स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएर अमेरिकाले गरेको मानवीय सहयोगप्रति आभार पनि व्यक्त गरेका थिए।
उनले अमेरिकाको युटा नेशनल गार्डले केही समयअघि मेडिकल सामग्रीहरु नेपाल पुर्याइदिएकोमा पनि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा युटा नेशनल गार्डका सैनिक अधिकारीहरुको पनि सहभागिता थियो।
नेपाल र अमेरिकाको राष्टिय गान बजाएर शुरु गरिएको सो कार्यक्रममा दूतावासका उपप्रमुख कुमार खरेलले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए।
|
अमेरिकामा रहेका व्यवसायीले नेपालमा किन लगानी गर्ने? राजदूतका तर्क र तथ्य वाशिंगटन सियाटल। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकामा बसोवास गर्दै व्यबसाय गरिरहेका नेपाली व्यवसायीहरुलाई आफ्नो मातृभूमिमा लगानी गर्न आग्रह गरेका छन्।
उनले अमेरिकाको वाशिंगटन राज्यको सियाटलमा भेला भएका नेपाली मूलका व्यवसायीहरुलाई नेपालमा लगानी गर्दा लगानीको सुरक्षा, व्यवसायको प्रतिफल र नेपालको कानुनी व्यबस्थाबारे स्पष्ट जानकारी दिएका थिए। व्यवसायीहरुले आफ्नो लगानीको सुरक्षा र नाफा ल्याउन पाउने नपाउने लगायतका विभिन्न प्रश्नहरु राखेका थिए।
राजदूत खतिवडा र अमेरिकामा व्यवसाय गरेर बसेका नेपाली मूलका व्यवसायीहरु बीचको अन्तक्र्रियालाई सियाटलमा कार्यरत सामाजिक अभियन्ता टीपी खनालले तयार गरेको बुँदागत रिपोर्ट—
सर्वप्रथम महामहिम राजदुत डा. खतिवडाले नेपालमा लगानीका सम्भावना र त्यससँग सम्बन्धित विविध बिषयमा जानकारी गराउनुका साथै बिदेशमा रहेका नेपाली मुलका व्यवसायीहरुलाई पनि नेपालमा लगानी गर्न आव्हान गरे। यसका लागि राजदूत डा.खतिवडाले निम्न तथ्यहरु र तर्क प्रस्तुत गरे—
१) नेपालमा सुरक्षित लगानीको लागि धेरै सुधार आइरहेको र कम्तिमा पनि २५% देखि १००% सम्म नै प्रतिफल प्राप्त भैरहेको छ जुन निकै राम्रो संख्या हो। नेपालमा लगानी गर्दा बाहिर हल्ला भएजस्तो जटिलता नभएको र लगानीकर्ताहरुले राम्रै प्रतिफल पाई सन्तुष्ट रहेको कुरा उनीहरुको निरन्तरताले नै स्पष्ट पार्दछ।
२) बैदेशिक लगानीका बैंकहरुले पनि राम्रो मुनाफा गरिगरेको हुँदा बैदेशिक लगानी डुब्ने सम्भावना नभएको उदाहरणको रुपमा Standard Charted Bank लगायत भारतीय र अन्य देशका बैंकलाई लिन सकिन्छ।
३) कर्पोरेट कर नेपालमा निकै राम्रो छ जुन लगानीका लागि राम्रो पक्ष हो।
सानो लगानी हुनेहरुले आफूजस्तै अरु केही लगानीकर्ताहरु मिलेर सामुहिक संस्था वा कम्पनी दर्ता गरी लगानी गर्दा राज्यले दिएका अन्य धेरै सहुलियतहरुको उपयोग गर्न पाइन्छ। जस्तो कि न्युनतम तीन करोडको लगानीमा राज्यले दिने सुबिधा शुरु हुन्छ तर यो संख्या समयानुसार परिवर्तन पनि हुन सक्छ।
४) स्वास्थ्य, पर्यटन, रेशम खेती, स्वास्थ्य पर्यटन तथा आईटी लगायतका क्षेत्रहरु राम्रा सम्भावना भएका क्षेत्र हुन्। साथै चलचित्र बनाउने उद्योगमा गरिने लगानीले बिदेशी चलचित्र निर्माणकर्तालाई समेत आकर्षण गर्न सकिने हुँदा लगानीका लागि यो पनि नयाँ सम्भावना भएको क्षेत्र हो।
५) नेपालमा प्राकृतिक साधन र श्रोत प्रचुर मात्रामा भएकोले सोहीअनुरुप नयाँ नयाँ क्षेत्रमा गरिने लगानीबाट राम्रो प्रतिफल लिन सकिन्छ।
६) उद्योगका लागि बिजुलीको समस्या छैन, श्रम कानुनहरु राम्रा छन, आर्थिक तरलता प्रशस्त छ, दोहोरो करको बिषयमा छलफल चलिरहेको छ (जुन छिट्टै लागू हुने बिश्वास पनि छ), बैंकमा पैसा राखेमात्रै पनि ३–४ प्रतिशत ब्याज दिइरहेका छन जुन राम्रो प्रतिफल हो।
यसबाहेक लगानीसँग सम्बन्धित अरु कुनै पनि अप्ठ्यारो आइपरेमा देशको कानुनको अधिनमा रहेर आफ्नो खुवीले भ्याएसम्म आफूले सधैँ सहयोग गर्ने कुरा पनि उनले बारम्बार दोहोर्याएका थिए।
पूर्वअर्थमन्त्रीसमेत रहेका राजदूत डा.खतिवडाका यी विचारहरुपछि उपस्थित व्यवसायीहरुसंग प्रश्नोत्तर गरेका थिए। जसमा उपस्थित धेरैले नेपालमा लगानी गर्दा भोग्नुपर्ने बिषयमा विविध जिज्ञासाहरु राख्नुभएको थियो । ती सबै जिज्ञासाहरुलाई समेटेर महामहिम राजदूतले निम्नानुसार स्पष्ट पारेका थिए—
१) नेपालमा गरेको लगानीको प्रतिफल डलरमा फिर्ता ल्याउन चाहेमा त्यसको लागि छुट्टै व्यवस्था भएकोले ढुक्क हुनुहोस्। हरेक लगानी रेकर्डमा हुने हुँदा नियमानुसार कर तिरिसकेपछिको प्रतिफल र विदेशबाट नेपाल लगेको पैसा समेत फिर्ता ल्याउन सकिन्छ।
२) लगानी गर्दा नियमको पालना गरेर मात्र गर्नुपर्छ, धेरै कमाउन छोटो बाटो अपनाउन खोज्दा लगानी सुरक्षित नहुन सक्छ। सकेसम्म एलसी खोलेर लगानी गर्नु उत्तम उपाय हो।
३) घुस माग्नेलाई निरुत्साहित गर्नैपर्छ र दर्ता भएका व्यक्ति र निकायहरु मार्फत मात्रै काम गर्नुपर्छ।
४) सानो लगानी हुनेहरुले आफूजस्तै अरु केही लगानीकर्ताहरु मिलेर सामुहिक संस्था वा कम्पनी दर्ता गरी लगानी गर्दा राज्यले दिएका अन्य धेरै सहुलियतहरुको उपयोग गर्न पाइन्छ । जस्तो कि न्युनतम तीन करोडको लगानीमा राज्यले दिने सुबिधा शुरु हुन्छ तर यो संख्या समयानुसार परिवर्तन पनि हुन सक्छ ।
५) हुण्डी अवैधानिक भएकोले हुण्डी मार्फत कारोवार गर्नु खतरनाक हो।
६) रेमिट्यान्सको शुल्क घटाउन सके बिदेशमा हुने आफ्नो कमाइको केही अंश बचत हुनसक्छ त्यसैले त्यसतर्फ पनि पहल भैरहेको छ।
७) पैसा जम्मा (Deposit) लिने निकायहरुका आफ्नै कानुनी प्रक्रिया छन त्यसैले आफ्नो लगानी सुरक्षित गराउनको लागि सकेसम्म कानुनीरुपमा स्थापित आर्थिक निकाय (बैंक) हरुमा नै रकम जम्मा गर्नुपर्दछ।
८) लगानी गरेको सम्पूर्ण पैसामा नभएर आम्दानीमा मात्रै कर लाग्ने भएकोले करमा न्यायसंगत रुपमा मात्रै पैसा खर्च हुन्छ।
९) च्यारिटी अर्थात परोपकारका काममा पैसा दिँदा एउटा निश्चित रकम सम्ममा कर नलाग्ने र त्योभन्दा बढी भए कर लाग्ने व्यवस्था छ। कर नलाग्ने त्यो रकम अहिले एक लाखसम्म तोकिएको छ । र यस रकममा पनि समयानुसार परिवर्तन हुन सक्छ।
१०) Digital Nepal Framework को विकास भइसकेको हुँदा त्यसैको माध्यमबाट कारोवार गर्नु राम्रो हो। उक्त कार्यक्रमको आयोजना नेपाल सरकारका तर्फवाट सियाटलस्थित अवैतनिक राजदुत ए. सी. शेर्पा, स्थानीय व्यवसायी श्री दुर्गाप्रसाद श्रेष्ठ र निरज पौड्यालले गरेका थिए।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.