content
stringlengths
20
64.1k
अमेरिकामा नेपालीमूलको सांसद भएर मैले के गरें? जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी, अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दापनि महान हुन्छन्। यो वाणी हो, भगवान श्रीरामको। हामी यही वाणी सुन्दै पढ्दै हुर्के–बढेका हौं। नेपाल हाम्रो मातृभूमि हो। हाम्रालागि नेपाल स्वर्ग भन्दापनि महान छ। आमा र मातृभूमि साटिने कुरा पनि हैनन्। र, संसारमा यी दुईको विकल्प पनि हुदैन। त्यसैले यी दुईसँग केहीको पनि तुलना हुन सक्दैन र गरिनु पनि हुँदैन। अहिले संसार भूमण्डलीयकरणको युगमा छ। भौगोलिक सीमाहरू पासपोर्ट र भिसामा सीमित भएका छन्। मानिसहरू सूचना प्रविधिको राजमार्गमा बिना रोकटोक संसारभर विचरण गरिरहेका छन्। यो आजको कुरा भयो। तर, हाम्रा स्वप्नदर्शी पुर्खाहरू त सुरूदेखि नै वसुधैव कुटूम्बकम् अर्थात विश्व नै एक परिवार हो भन्ने मान्यतामा विश्वास गर्थे। उनीहरूका सन्तति हामी प्रकारान्तरमा त्यही मान्यतालाई पछ्याएर संसारभर पुगेका छौं। हामी संसारभर पुग्नु भनेको नेपाल छोड्नु हैन, आफैंभित्र एउटा मिनी नेपाल लिएर नेपाललाई संसारभर पुर्याउनु हो। यसले नेपाल र नेपालीको परिचय बिस्तारित गर्छ र आवश्यक पर्दा आफ्नो मातृभूमिको लागि स्रोतको जोहो पनि गर्छ। विश्वमा जो यसरी फैलिए, तिनीहरूको मातृभूमिले विस्तारित परिचयमात्र पाएको छैन, विकासका लागि अतिरिक्त स्रोत र साधनको जोहो पनि गरेको छ। त्यसका लागि टाढा जानै पर्दैन, छिमेकी भारत र विश्वभर फैलिएका भारतीयहरूलाई हेरे पुग्छ। हामी नेपाली पनि पछिल्लो समय नेपाल बोकेर संसारभर फैलिरहेका छौं। तपाईंहरू जस्तै म पनितिनै आमनेपाली मध्येको एक हुँ जसले आज आफ्नो परिचय नेपाली–अमेरिकनका रूपमा बिस्तारित गरेको छ। अमेरिकामा कसैले पनि आफ्नो पहिचान छोड्नु पर्दैन, विस्तारित हुने हो। जनवरी ५ मा एक भर्चुअल फण्ड राइजइभेन्ट पनि आयोजना गरिएको छ। मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सकी सभामुख एड्रिन ए जोन्सको प्रमुख आतिथ्यमा हुने उक्त इभेन्टको सफलता तपाईं हामी नेपाली-अमेरिकनको प्रतिष्ठाको विषय पनि हो। म यहाँहरू सबैलाई इभेन्टमा उपस्थित भएर विचार विमर्शमा सहभागी हुन सविनय अनुरोध गर्दछु। जस्तो कि, तपाईं हामी पहिला नेपाली थियौं, अहिले नेपाली अमेरिकन भएका छौं। अमेरिकामा मूल कहिलै छोडिँदैन, पुस्तौपुस्तापनि यो कायम रहन्छ। अमेरिकाको सुन्दरता भनेकै यही हो। यदि यो सुन्दरता नभएको भए म अमेरिकामा बस्ने पनि थिइँन। म यो मान्यतामा सुरूदेखि नै विश्वास गर्थे र यस मान्यताको पैरवी पनि गर्दै आएँ। भनिन्छ नि परिवर्तन आफैंदेखि सुरू गर्नुपर्छ। यस मान्यताको सुरूवात पनि मैले आफैंबाट गरें। भनाइ नै छ, रोमपुगेपछि रोमन जस्तै हुनुपर्छ। अमेरिका आएर नेपाली-अमेरिकी भएपछि हाम्रा सन्ततिहरू पनि अमेरिकी जस्तै हुनुपर्छ। यहाँ आरक्षण हुँदैन, सबैसँग प्रतिस्पर्धा गर्नुपर्छ। प्रतिस्पर्धा पारदर्शी र शुद्ध हुने भएकाले क्षमता भएकाहरू सफल हुन्छन्। हो, प्रतिस्पर्धामा हार पनि हुन सक्छ तर प्रयास जारी राख्ने अनि आवश्यकताको सही पहिचान र प्रवन्धन गर्ने हो भने सफलता निश्चित हुन्छ। अपवाद हुन सक्छ तर अपवादको सामान्यीकरण गरिनु हुँदैन। अमेरिकी हुनु भनेको यो देशका हरेक क्षेत्रमा कुनै न कुनै स्तरको सहभागिता जनाउनु हो। देश चलाउन अनेकौं नीतिहरू चाहिन्छन्। तिनै नीतिहरूको राजा हो राजनीति। देशको मूल नीति भएकाले राजनीतिमा सहभागी नभई पूर्ण सहभागिताको अर्थ हुँदैन। यो यथार्थ हो कि आम मानिस अमेरिकामा पैसा नै कमाउन चाहन्छ। तर, राजनीति पैसा कमाइने काम हैन। त्यसैले यो धेरैको चाहनामा पर्दैन र सजिलो पनि छैन। पहिलो त हामीसँग भाषाको समस्या हुन्छ, भाषा आए पनि एक्सेन्टको समस्या हुन्छ। यी दुबै ठीक पार्न सक्यो हामी अल्पसंख्यक भएकाले हाम्रो संख्या पनि समस्या हुन पुग्छ। यही मेसोमा कहिलेकाँही हाम्रो शरीरको वर्ण र कपालको रङ पनि समस्या भैदिन्छ । यी सबै कुराहरू ठीक पारे पनि चुरो कुरो त बाँकी नै रहन्छ। त्यो के भने, अमेरिकामा राजनीति गर्नु भनेको चुनावमा उम्मेद्वार भएर निर्वाचित सार्वजनिक ओहोदामा पुग्नु हो। त्यसका लागि पहिला त नीति बुझ्नुपर्छ। सम्बन्धित क्षेत्रको यथेष्ट ज्ञान भएका र विशिष्ट योग्यता भएका मानिस नै यस क्षेत्रमा आउने भएकाले प्रतिस्पर्धा चर्को हुन्छ। अमेरिकामा पार्टी गौढ र जनता सार्वभौम हुन्छ। हरेक उम्मेद्वारले अन्तरपार्टी चुनाव अर्थात् प्राइमरी चुनाव लड्नु पर्छ। अमेरिकी लोकतन्त्रको सुन्दरता नै यही हो। अमेरिकामा चुनाव ज्यादै महंगो छ। लामो समयसम्म चुनावी क्याम्पेन चलाउनु पर्ने हुन्छ। लाखौं मतदाताका लागि प्रचार सामग्री तयार गर्नुपर्छ, हरेक मतदाताको घरको ढोका ढकढकाउँदै प्रचार सामग्री पुर्याउनु पर्ने हुन्छ। र्यालीहरू आयोजना गर्नुपर्ने हुन्छ, हजारौं स्वयंसेवकहरू परिचालित गर्नुपर्ने हुन्छ। प्रभावकारी चुनावी क्याम्पेन सञ्चालन गर्न विशेषज्ञता हासिल गरेका क्याम्पेन म्यानेजरलगायतका स्टाफहरू अनुबन्ध गर्नुपर्छ। अमेरिकामा चुनावका लागि खर्च जुटाउने भनेको फण्ड राइज गरेर नै हो। बहुसंख्यक कित्तामा रहेका र यथेष्ट पहुँच भएकाका लागि फण्ड राइज सजिलो हुन्छ। तर, चन्दाको सीमा तोकिएकाले उनीहरू पनि आममानिसम्म पुग्नैपर्छ। त्यसका लागि धेरैभन्दा धेरै मानिसबाट थोरै थोरै सहयोग लिने ग्रास रूट मुभमेन्ट चलाइन्छ। पछिल्लो समय अमेरिकाको खासगरी डेमोक्रेट कित्तामा यो विधि लोकप्रिय रहेको छ। एक हैन अनेक सफलताका कथाहरू लेख्न तयार हुनुपर्छ। र, ती सबैमा तपाईं हामी देखिनु पर्छ भेटिनुपर्छ। क्यालिफोर्नियाको नेपालीलाई पीडा हुँदा भर्जिनियाको नेपालीलाई दुख्नुपर्छ। मेरिल्याण्डको नेपालीको उपलव्धीमा न्युयोर्कको नेपाली खुशी हुन सक्नुपर्छ। हामीले बिर्सनु हुँदैन, कोरोना कहरका बेला न्युयोर्कका नेपालीमा बज्रपात पर्दा टेक्सासलगायतका नेपालीले औषधि पठाएर त्यही नेपालीपनको, नेपालीमनको परिचय दिएको वास्तविकता। यस्तो मूभमेन्ट खासगरी अल्पसंख्यक समुदायका उम्मेद्वारहरूले आफ्नो समूदायमा चलाउँछन्। जुन उम्मेद्वारले आफ्नो समूदायमा यस्तो मुभमेन्ट सफलता पूर्वक चलाउन सक्छ, उसलाई लोकप्रिय उम्मेद्वार मानिन्छ र सम्भावित विजेताका रूपमा हेरिन्छ। म मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ मा बस्छु। २०१९ मा यही क्षेत्रबाट डेमोक्रेटिक पार्टीको तर्फबाट डेलिगेटमा निर्वाचित भएको हुँ। आप्रवासीहरू कम रहेको यो क्षेत्र मेरिल्याण्ड राज्यकै सबैभन्दा प्रतिस्पर्धी क्षेत्र हो। यहाँ एसियन प्यासिफिक आइजल्याण्डर भनेर चिनिने एसिया तथा प्रशान्त क्षेत्रका ३० देशबाट आएका आप्रवासीको संख्या ६ प्रतिशतमात्र छ। जब यतिका देशका आप्रवासीको संख्या नै यतिकम छ भने नेपाली समुदायको संख्या त स्वभावतःन्यूनहुने नै भयो। यस्तो प्रतिकुल डेमोग्राफीका बाबजुदपनि सन् २०१९ मा रिपब्लिकन पार्टीबाट १२ वर्षसम्म डेलिगेट रहेका प्रतिस्पर्धीलाई पराजित गरेर यो दुर्लभ सफलता हासिल भएको हो। यसबाट अमेरिकामा रहेका तपाईं हामी नेपालीको पक्षमा एउटा गौरवशाली इतिहासको निर्माण भयो। पहिलो कार्यकालको अधिकांश समय कोरोना कहरमा बितेपनि केही सिक्ने अवसर मिल्यो, केही गर्न सकियो। र, आज एक नेपाली-अमेरिकन डेलिगेटका रूपमा आफ्नो समुदायलाई सबैले देख्ने र अनुभव गर्ने गरी प्रतिनिधित्व गर्न सक्ने अवस्थामा पुर्‍याएको छु। यो आफैंमा एक मानक उपलव्धी हो। पहिलो कार्यकालमा गरिएका केही उल्लेखनीय कामहरू यस प्रकार छन् : ● सामाजिक न्यायको प्रत्याभूति दिने खालका १० आप्रवासीमैत्री कानून निर्माण ● नेपाली र एशियाली समुदाय केन्द्रका लागि लाखौं डलर विनियोजन ● कोरोना कहरमा २५ नेपालीको शव व्यवस्थापन ● बाल्टिमोर काउन्टीमा दीपावलीलाई मान्यता ● नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान ● दशैं विधेयकमाथि राज्य संसदमा वहस ● कोभिड–१९को १५ लाख खोप र अन्य सामग्री नेपाल पठाउन भूमिका ● १६०० नेपालीलाई बेरोजगार भत्ताका लागि संयोजन ● नेपालीलाई टीपीएस प्रदान गर्न निरन्तर वहस पैरवी ● नेपाली भाषालाई एमभीएमा मान्यताका लागि पहल ● नेपाली समुदायका हरेक दुःख–सुखमा साथ र सहयोग जे होस् केही काम भएका छन्, केही सुरू गरिएका छन् र अरू धेरै गर्न बाँकी छन्। ती तमाम कामलाई निरन्तरता दिँदै थप उपलव्धी हासिल गर्न मैले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेको छु। यस क्रममा मैले डेमोक्रेटिक पार्टीभित्रै प्राइमरी चुनाव लडेर जित्नुपर्ने हुन्छ। त्यसपछि सन् २०२२ को नोभेम्बर ८ मा रिपब्लिकन पार्टीका उम्मेद्वारसँग प्रतिस्पर्धा हुन्छ। त्यो प्रतिस्पर्धा जित्नका लागि योजनावद्ध ढंगले लामो चुनावी क्याम्पेन सञ्चालन गर्नुपर्ने छ। त्यहीक्रममा अहिले म प्रारम्भिक क्याम्पेन सञ्चालन गरिरहेको छु। यही जनवरी १० मा हाउस सुरू हुँदैछ। म डेलिगेट भएकाले हाउस चलेको समयमा फण्ड राइज गर्न कानुनतः मिल्दैन। त्यसैले त्यस अगाडि नै उम्मेद्वारीलाई प्रतिस्पर्धात्मक बनाइ राख्न निश्चित सहयोग जुटाइ सक्नुपर्ने हुन्छ। सहयोग जुटाउन अमेरिकाभरका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गरेको छु। यसैक्रममा जनवरी ५ मा एक भर्चुअल फण्ड राइजइभेन्ट पनि आयोजना गरिएको छ। मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सकी सभामुख एड्रिन ए जोन्सको प्रमुख आतिथ्यमा हुने उक्त इभेन्टको सफलता तपाईं हामी नेपाली–अमेरिकनको प्रतिष्ठाको विषय पनि हो। म यहाँहरू सबैलाई इभेन्टमा उपस्थित भएर विचार विमर्शमा सहभागी हुन सविनय अनुरोध गर्दछु। यसबाट अमेरिकामा रहेका तपाईं हामी नेपालीको पक्षमा एउटा गौरवशाली इतिहासको निर्माण भयो। पहिलो कार्यकालको अधिकांश समय कोरोना कहरमा बितेपनि केही सिक्ने अवसर मिल्यो, केही गर्न सकियो। र, आज एक नेपाली–अमेरिकन डेलिगेटका रूपमा आफ्नो समुदायलाई सबैले देख्ने र अनुभव गर्ने गरी प्रतिनिधित्व गर्न सक्ने अवस्थामा पुर्‍याएको छु। यो इभेन्ट मेरिल्याण्डको मात्र हैन, अमेरिकाका पचासवटै राज्यमा नेपालको पहिचान विस्तार गरिरहेका तपाईं हामी सबै नेपालीको हो। हामीले सहकार्यको साझा संस्कृति निर्माण गर्नुपर्छ। एक हैन अनेक सफलताका कथाहरू लेख्न तयार हुनुपर्छ । र, ती सबैमा तपाईं हामी देखिनु पर्छ भेटिनुपर्छ। क्यालिफोर्नियाको नेपालीलाई पीडा हुँदा भर्जिनियाको नेपालीलाई दुख्नुपर्छ। मेरिल्याण्डको नेपालीको उपलव्धीमा न्युयोर्कको नेपाली खुशी हुन सक्नुपर्छ । हामीले बिर्सनु हुँदैन, कोरोना कहरका बेला न्युयोर्कका नेपालीमा बज्रपात पर्दा टेक्सासलगायतका नेपालीले औषधि पठाएर त्यही नेपालीपनको, नेपालीमनको परिचय दिएको वास्तविकता । मेरिल्याण्डको यो अभियान हामी सबैको साझा अभियान हो। ह्यारी भण्डारी त तपाईं हामी सबैको निमित्त मात्र हो। यस्ता नेपाली ह्यारीहरू अमेरिकाका ५० वटै राज्यका डिस्ट्रिक्टहरूमा उभिएर नेपाली समुदायलाई टाढैबाट देख्ने र अनुभूति गर्न सक्ने बनाउनुपर्छ। उनीहरूलाई उभ्याउन तपाईं हामी सबैले हेस्टेमा हैंसे गर्नुपर्छ। सगरमाथाको देशबाट आएका हामी, वुद्धजन्मेको देशबाट आएका हामी। हाम्रायी दुबै महान परिचयलाई शीरमा राखेर नेपाली अमेरिकनको गौरवशाली बिस्तारित परिचय बनाउन सक्छौं। त्यसकालागि जसले जहाँबाट जे गर्न सकिन्छ, त्यही गरौं। यही नै समयको माग हो।
एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ। संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो। ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’ जोशीले भने। संघका अध्यक्ष कुमार पन्तले गठन गरेकाे सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए। यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डित र डा. यादव पण्डितसहित नारायण थापा र गौरीराज जोशी रहेको सदस्सीय समिति गठन गरेको थियो। जोशीका अनुसार पछिल्लो सहमतिको बारेमा अध्यक्षका प्रत्यासीबीच छलफल गरेर निर्वाचनको वातावरण बनाउने तयारी संघले गरेको छ। संघको नेतृत्वको लागि उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापा तथा कुल आचार्यले दावी गरेका छन्। संघका महासचिव डा. हेमराज शर्माले संघको १०औँ महाधिवेशन र निर्वाचनको मिति छिट्टै सहमतिमा तय गरिने जानकारी दिए। शर्माले भने, ‘निर्वाचनसम्बन्धी विवाद टुंग्याउन विभिन्न चरणमा छलफल भएका छन् सबै पक्षसँगको सहमतिलाई आधारमा अघि बढ्छ।’ चार महिनादेखिको विवादको अन्त्य गर्न संघका पदाधिकारी काठमाडाैंमा भेला हुने भएका छन्। संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल काठमाडाैं पुगिसकेका छन् भने अध्यक्षका प्रत्यासी डा. वद्री केसी र संघका महासचिव डा. हेमराज शर्मा यसैसाता काठमाडाैं पुग्ने तयारीमा छन्।
अमेरिकाबाट गुनासो लिएर आए हरि अमेरिका।   नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो। नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भुटानी नेपाली कवि, लेखक, गीतकार साहित्यकार पूर्ण नरजाली जलन, गंगाराम लामिटारे, धर्मेन्द्र तिम्सिना क्षितिज, गीतकार आर.बी खड्का, शेखर कोइराला, बि बि पौडेल, आभीनास थापा, सुसन माझी, विनोद उप्रेती, भमि ढकाल, आभास, श्याम गौतम, कमल सुवेदी लगायत उपस्थित थिए। त्यसैगरी गायक अर्जुन रसाईली, गायिका सुचिता गुरूंगलगायतको उपस्थिति थियो। मातृभाषा संरक्षण समूह र कोलम्बस साहित्यिक मन्चको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सर्जकहरूले रचना वाचनका साथै कृतिकारको साहित्यिक योगदानको चर्चा गरिएको थियो। युनिभर्सल बुक, काठमाडौले प्रकाशन गरेको यो गजल संग्रहमा ९० गजल संग्रहित छन्। उप्रेतीको यो तेस्रो कृति हो। यस अघि करुणा गीती एल्वम र कविता, मुत्तक र गजल संग्रहित अडियो बुक मनका तरेली ल्याएका थिए। गीतकार/गजलकार उप्रेतीले मुर्चुङगा, धनवान, डोली, आकाशे खेती, नालापानी, आधी तुफान २, वीर बहादुर दंग पर्छ, टिनएज, डन २ लगायत २ दर्जन नेपाली चलचित्रमा गीत लेखेका छन्।
एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप लण्डन। गैरआवासीय नेपाली संघको आइतबार र सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ। निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त नभइसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ।” उल्लेख गरिएको छ। संघभित्र प्रतिनिधि छनौटलगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए। तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ। भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गरेका छन्। यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो।
परदेश पुगेका १७ इञ्जिनियरहरुको ‘आंगन छाडेपछि’ प्रकाशित काठमाडौं । इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा ‘आँगन छोडेपछि’ सार्वजनिक भएको छ । शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा सो पुस्तक सार्वजनिक गरिएको हो । विशेष कारण वा विदेशिनुपर्ने सन्दर्भ, तात्कालीन मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्व साथै विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूको संकलनका रूपमा पुस्तकलाई चित्रण गरिएको छ । ऋषिराम पराजुली, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशव शर्मा, केशवराज ज्ञवाली, गोविन्दप्रसाद गौतम, जीवा लामिछाने, प्रमोद अमात्य, नगेन्द्र न्यौपाने, विजयराज भट्टराई, मधु माधुर्य, मनोज कार्की, राजन महर्जन, सतिश त्रिपाठी, सन्तोष न्यौपाने, शर्मिला पोखरेल र सुशील ताम्राकार गरेर १७ जनाले आफ्ना परदेशी अनुभव पुस्तकमा समावेश गरेका छन् । पुस्तकलाई सम्पादन कृष्ण कुसुम र केशवराज ज्ञवालीले गरेका हुन् भने सम्पादन समूहमा कुसुम ज्ञवाली, सतिश त्रिपाठी, विजयराज भट्टराई रहेका छन् । पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर, इन्जिनियरिंग पेशासंग सम्बन्ध १७ जना इन्जिनियरहरुको विदेशी भूमिमा गरेको संघर्षको सस्मरण लेखिएको छ । सो पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ । कार्यक्रममा लेखक÷इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गरेका थिए । नियात्राकार जीबा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय अनुभव, पुस्तकका दुई मध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको अनुभव सुनाएका थिए ।
एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ। एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो। कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गरे । खनालले सरकारले एनआरएनएले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताए। खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्‍याउन तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह गरे। आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताए । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाउँदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताए । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने दाबी गरे । मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको बताए । एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताए ।
एनआरएनएकाे निर्वाचन तेस्राे पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तेस्राे पटक स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो। विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ। यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो। जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दूरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेकाे छैन। प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए। उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेकाे थियाे। दुई तिहाइ एनसीसीले विवाद समाधानकाे माग गर्दै आएका छन्। उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन्। निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको हो। विवाद समाधान गर्न समिति निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेका छन्। समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री छन्।
एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त जर्मनी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित आइतवार सो पदमा नियुक्ति गरिएको हो। काभ्रे बनेपाका बन्जारा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुन्। यसअघि प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारणले सो पदबाट राजीनामा दिए पछि बन्जारालाई नियुक्त गरिएको हो। गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन्। गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अष्ट्रेलियन कम्पनी भेरो मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ।
एनआरएनए महाधिवेशनः मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएको छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडौंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएको भन्दै अर्को पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेको आरोप लगाएको छ । रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा। दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडौंको र्‍याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्चअधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्टि गरेका छन् । गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेको बताइएको छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लाबासी हुन् । गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसको ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ । सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएको अर्को पक्षको आरोप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा। बद्री केसी, रविना थापा र कुल आचार्य आकांक्षी छन् ।
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर गरेको मुद्दा सुनुवाई गर्दै अन्तरिम जारी गरेको उच्च अदालत पाटनकी उप-रजिस्टर अमृता भण्डारीले जानकारी दिइन् । योसँगै एनआरएनएको वर्तमान कार्यसमितिलाई चुनाव गराउन बाटो खुलेको छ । यसअघि परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । परराष्ट्र मन्त्रालयले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रिया संरक्षक समितिबाट गर्नुपर्ने निर्देशनसहितको पत्र पठाएको थियो । त्यसलाई चुनौति दिँदै एनआरएनए अध्यक्ष कुमार पन्तले अदालतमा मुद्दा दायर गरेका थिए ।
कुर्दिस्तान प्रवासी नेपाली समाजको अध्यक्षमा विनोद श्रेष्ठ निर्विरोध चयन इराक। इराकको कुर्दिस्तानमा बसोवास गर्दै आएका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले आफ्नो नयां नेतृत्व चयन गरेको छ। सो संस्थाको हिजो सम्पन चौथो साधारण सभाले विनोद श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको छ। कार्य समितिको बरिष्ठ उपाध्यक्षमा ठूलोकान्छा शेर्पा छन् भने महिला उपाध्यक्षमा शोभा भुजेल चयन भएकी छिन्। साधारणसभाले पूर्णहाङ्ग लिम्बूलाई महासचिवको चिम्मेवारी सुम्पेको छ भने सचिवमा ठिलेन शेर्पा, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा साङ्मु तामाङ्ग चयन गरिएका छन्। संस्थाको नवनिर्वाचित सदस्यहरुमा अबिना तामङ, मैती तामाङ, शान्ता थापा, लमु शेर्पा, सपना सुवेदी, सरोज कार्की, प्रकाश बस्नेत, कुमारी बिष्ट, उदक माया, लक्ष्मी कुमारी गिरी, अस्बिन थापा, आशिका श्रेष्ठ, याङ्गलमु शेर्पा छन्। एफडब्ल्यूसीडीओ का हामा हजार माहम्मद को प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाको सभापतित्व कमल तामाङ्गले गरेका थिए। कार्यक्रममा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, महिला समाज कुर्दिस्तान इराक, प्रवासी कलाकार ग्रुप कुर्दिस्तान र मगर समाज सुलेमानीसहितका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
एनआरएनए राष्ट्रिय अध्यक्षहरूकाे भेलाः तत्काल निर्वाचनको माग लण्डन। गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् । गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्ताे माग गरेका हुन् । गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छलिलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताए । उनले संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा भएको बताए । एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्न आग्रह गरे। उनले संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिए । उनले संघको विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गरे । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिए। उनले संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको बताए । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिए। संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचन समिति गठन गरेर छुट्टै निर्वाचन घोषणा गर्न आग्रह गरे । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा मिति तय भएकाे छ । नेतृत्वका लागि डा. बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन्।
एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको थियो । नयाँ निर्वाचन तालिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ । संघको निर्वाचन समितिले मंगलबार बेलुका सूचना प्रकाशित गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दाबी विरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ । संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयका पत्र कार्यान्वयन नगर्नु : उच्च अदालत काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनबाट एनआरएनएको आसन्न निर्वाचन र १०औं महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो । अदालतको आदेशपछि कुमार पन्तको नेतृत्वमा रहेको कार्यसमितिलाई निर्वाचन गर्न पूर्णरूपमा बाटो खुलेको छ। उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मन्त्रालयको पत्र कार्यान्वयन नर्गन आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई मंसिर १९ गते छलफलका लागि बोलाइएको छ। एनआरएनएले परराष्ट्र मन्त्रालयको उक्त पत्र बदर गर्न माग गर्दै गत बिहीबार उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।
सरकारविरुद्धको मुद्दामा एनआरएनएभित्रै विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको संघकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । संघका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त कार्यको संघका संस्थापकसमेत पदाधिकारीले विरोध गरेका छन् । ‘मुद्दा मामिला कहिल्यै नटुङ्गिने प्रक्रिया हो । यसले संस्थालाई टुक्र्याउछ । त्यसैले अहिलेको विवादलाई संस्थाभित्रै मिलाउनुपर्छ’, संघका संरक्षक रामप्रताप थापाले भने, ‘यो हामी आफैँले खडा गरेको संस्था हो । कहिले परराष्ट्र जाने, कहिले मुद्दा गर्ने कुरा ठिक भएन । मुद्दा मामिला गर्नु आजको आवश्यकता होइन ।’ गत मंसिर ३ गते परराष्ट्र मन्त्रालयले संघलाई एक पत्र लेख्दै कुमार पन्त नेतृत्वको कार्य समितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पूरा भइसकेकाले संघको विवाद समाधान गरी संघलाई गतिशीलता प्रदान गर्न विधानको धारा १६ बमोजिम संरक्षक परिषद्लाई जिम्मा दिइएको जनाएको थियो । कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा संरक्षकले सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको जनाएका छन् । गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले परराष्ट्र मन्त्रालयको निर्देशनविरुद्ध अदालत जानेबारे संघमा कुनै पनि निर्णय नभएको र अध्यक्ष कुमार पन्तलाई त्यस्तो म्यान्डेट पनि नरहेको जनाएका छन् । ‘व्यक्तिगतरुपमा जो पनि अदालत जान सक्छ, त्यो व्यक्तिको हकको कुरा हो, तर लाखौँ एनआरएनले बुझाएको सदस्यता शुल्क खर्च गरेर नेपाल सरकारविरुद्ध मुद्दा मामिला गर्नु संस्थाको हितमा छैन’, आचार्यले भने, ‘त्यस्तो कदमविरुद्ध आवश्यक परे हामी अदालतमै उपस्थित हुनेछौँ ।’ यसअघि संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)का बहुमत पदाधिकारीले अध्यक्ष पन्तलाई नेपाल सरकारविरुद्ध मुद्दा मामिला नगर्न सुझाव दिएको थियो । अध्यक्ष पन्तलाई एक पत्र लेख्दै उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्न सुझाव दिएका छन् । ‘जुनसुकै दलको भए पनि हामीले नेपाल सरकारसँग समदूरी राख्दै आएका छौँ । कोभिड महामारीलगायत कठिन समयमा पनि हामीले नेपाल सरकारसँग सहकार्य गरेका छौँ । त्यसैले हामीले नेपाल सरकारसँग लडाईं झगडा गर्नु हुँदैन र हामीलाई त्यस्तो म्यान्डेट पनि छैन । यदि त्यस्तो कुनै निर्णय गर्नुपरे सम्पूर्ण पञ्जीकृत सदस्य वा पञ्जीकृत सदस्यको दुई तिहाइभन्दा बढीको पूर्ण म्यान्डेट आवश्यक पर्दछ’, केसीले भने । त्यसैगरी आइसिसीका उपाध्यक्ष सोनाम लामाले नेपाल सरकारसँग सहकार्य गरेर जानुपर्ने, मुद्दामामिला गर्न नहुने बताए । सहकोषाध्यक्ष लोक दाहालले पनि पन्तलाई एक पत्र पठाउँदै संघ अहिले इतिहासकै कठिन मोडबाट गुज्रिएको र लाखौँ प्रवासी नेपालीको हितलाई मध्यनजर गरी काम गर्न र सरकारविरुद्ध मुद्दामामिला नगर्न आग्रह गरेका छन् । त्यस्तै, संघका सचिव आरके शर्माले पनि अहिले संघभित्र उत्पन्न विषम परिस्थितिमा अदालतमा गएर दूरी बढाउन नहुने बताए । ‘अदालतले जस्तोसुकै फैसला सुनाए पनि हाम्रो मतभेद बढ्दै जानेछ । अदालत समाधान होइन । कमीकमजोरी भगवानका पनि हुन्छन् ।’ एशिया प्रशान्त क्षेत्र संयोजक गोविन्द श्रेष्ठ, सहसंयोजक खगेन्द्र न्यौपाने, मध्यपूर्व संयोजक प्रविण गुरुङ, सहसंयोजक मनोज गोर्खाली, मध्यपूर्व युवा संयोजक राज रेग्मी लगायतले संस्था अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेका अवस्थामा सरकारसँग मुद्दा मामिलामा नगइ वार्ताबाट नै समस्या समाधान गर्नुपर्ने बताएका छन् । रासस
सरकारविरुद्ध एनआरएनए अदालतमा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन् । उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए । पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आआफ्नो भनाइहरू राखेका थिए ।
‘प्रधानमन्त्रीले कार्यकर्तालाई बोलाएर म अर्को एनआरएनए दर्ता गरिदिन्छु भन्नु भएको रहेछ’ प्रधानमन्त्री देउवामाथि एनआरएनएका अध्यक्ष पन्तको चर्को आलोचना काठमाडाैं।   पछिल्लो केही महिनादेखि गैरआवासीय नेपाली संघ(एनआरएनए)मा विवाद चलिरहेको छ। एनआरएनएले चुनावको समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार परराष्ट्र मन्त्रालयले चुनाव रोक्न भनेर एनआरएनएलाई पत्र पठायो। वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को कार्यकाल पूरा भइसकेको हुँदा त्यस परिषद्ले निर्वाचन गराउन सक्दैन त्यसैले संरक्षक परिषदलाई निर्वाचन गराउन भनेर परराष्ट्र मन्त्रालयले हस्तक्षेपकारी भूमिका खेल्दै एनआरएनएलाई पत्र पठाएको छ। जसले गर्दा अब कसले निर्वाचन गराउने भन्ने विषयमा अन्योल देखिएको छ। अहिलेको कार्यसमितिले हामी नै निर्वाचन गराउछौं, कार्यतालिका अनुसार अगाडि बढ्छौं भनिराखेको खण्डमा संरक्षक परिषदलाई निर्वाचन गराउने अधिकार परराष्ट्रले दिइसकेपछि संरक्षण परिषद पनि त्यसैको तयारीमा लागेको हुन सक्छ। उता एनआरएनएका अध्यक्ष कुमार पन्तले विभिन्न मिडियामा त्यसको विरुद्ध अदालतमा जान्छौं भनिराखेका छन्। यही विषयलाई लिएर डिसी नेपालको कार्यक्रम प्रवासवाणीमार्फत दीपक धितालले अध्यक्ष पन्तसँग कुराकानी गरेका छन्। एनआरएनएले निर्वाचन यहि मंसिर २९ गते(डिसेम्बर १५) गर्ने तालिका सार्वजनिक गरेको र त्यसको विरोध गर्दै परराष्ट्रले चुनाव संरक्षक परिषदलाई गर्ने जिम्मा दिएको आदि विषयको सेरोफेरोमा रहेर एनआरएनएका अध्यक्ष पन्त के भन्छन् त ? चुनावको जिम्मा परराष्ट्र मन्त्रालयले संरक्षण परिषदलाई दिएको छ, अब विवाद समाधान गराउने तर्फ उन्मुख भएको हो अहिलेको एनआरएनएको कार्यसमिति ? एनआरएनए नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ अर्थात् नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू होइन । कांग्रेसले नेविसंघ खारेज गरेजस्तो, एमालेले अखिल खारेज गरेजस्तो होइन यो एनआरएनए । त्यसो भएको हुनाले सरकारले या राज्यले गैरआवसीय नेपाली संघ त्यसरी खारेज गर्न पाउदैन, सकिदैन, सक्दैन र चुनाव गराउने नगराउने आदि समस्याको समाधान गर्ने पनि संरक्षक परिषदले होइन । त्यसको निम्ति इलेक्शन कमिटी बनिसकेको छ । इलेक्शन कमिटिले काम गर्छ । र, आवश्यक संयोजन गरिदिने सहयोग, गरिदिने काम हामीले गर्छौ अथवा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गर्छ । त्यसैले म फेरि दोहोर्याएर भन्छु अन्तर्राष्ट्रिय समन्वय परिषद् खारेज भएको छैन, हुँदैन । बरु जुन संरक्षक परिषद भनेर परराष्ट्रले पटकपटक नाम लिइराखेको छ, विवादको सुरुवात नै त्यही बाट भएको छ । विवाद निकाल्ने नै संरक्षक परिषद हो । विभिन्न राष्ट्रिय समन्वय परिषद(एनसीसी)को भेला गर्दै हिड्ने एनसीसीका सदस्यहरु हुन् । चुनावको प्रचारप्रसार गर्दै हिड्ने अनि त्यस्ता मान्छेहरुले जहाँबाट जसले समस्या निकालेको छ, संस्थामा विवाद ल्याएको छ, उसैलाई समस्याको समाधान गर्न दिनु भनेर भन्ने वित्तिकै परराष्ट्र मन्त्रालय पनि गलत नियत राखेर अगाडि बढिराखेको देखिन्छ । एनआरएनएकै संशोधित विधानमा संरक्षक परिषद्लाई अधिकार दिएको छ, उसले आफ्नो अधिकार प्रयोग गर्न त पाउछ होला नि ? परराष्ट्र मन्त्रालयले कुन विधान पढ्यो, त्यो मलाई थाहा छैन । परराष्ट्र मन्त्रालयलगायतका विद्वानहरुलाई फेरि हाम्रो विधान पढ्न अनुरोध गर्छु । हाम्रो विधानमा काहीँ पनि संरक्षक परिषद्लाई त्यसरी सक्रिय बनाउने व्यवस्था नै छैन । संस्था विवादित भएर चल्नै नसक्ने अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिटिङ्ग नै बस्न नसक्ने अवस्था आयो भने हामीलाई संरक्षक परिषद्ले तपाईहरु मिटिङ्ग बस्नुस भनेर भन्न सक्छ । र, हामी मिटिङ्ग नै बस्न सकेनौं, मिटिङ्गको लागि भेला नै गर्न सकेनौं, कुनै निर्णयमै पुग्न सकेनौं भने त्यतिबेला बल्ल संरक्षक परिषदले राष्ट्रिय समन्वय परिषद्को भेला बोलाउने अधिकार छ । अहिले संरक्षक परिषदलाई एक्टिभ गराउनुपर्ने बेला पनि भएको छैन । किन अहिले परराष्ट्र मन्त्रालयले गलत मनसाय राखेर संरक्षक परिषद भनिराखेको छ भन्ने कुरा रहस्यमय र शंकास्पद छ । संरक्षक परिषदको अधिकारको विषयमा के छ त ? चुनाव गराउने भनेर गत अक्टोबरमै कार्यतालिका सार्वजनिक गरिसकेका थियौं । र, द्रूत रुपमा कामलाई अगाडि बढाइसकेपछि परराष्ट्रले चुनाव रोक्नुस भन्ने र त्यतिमात्र होइन परराष्ट्रका सचिवज्यूले दिनदिनै मलाई फोन गरेर तपाई चुनाव अगाडि नबढाउनुस, रोक्नुस् यसले गर्दा तपाईको र हाम्रो सम्बन्ध बिग्रिन्छ हामी त्यो सम्बन्ध बिगार्न चाहदैनौं भनेर उहाँले मलाई पटकपटक भन्नु भएको छ । र, अहिले आएर फेरि तपाईको कार्यकाल सकिएको छ भन्नु नै त्यहिनेर उहाँहरुको नियत खराब छ भन्ने देखिन्छ । र, अहिले अन्तर्राष्ट्रिय समन्वय परिषद् निस्कृय भएको अवस्था नै होइन । निस्कृय भयो भने मात्र संरक्षक परिषदले गर्ने र उसको अधिकारभित्र पर्ने कुरा हो । तर संस्थामा अत्यन्तै विवाद बढेकाले संरक्षक परिषदलाई जिम्मा दिएको भनिन्छ नि ? विवाद नै भएको छैन । विवादको कारण त उहाँहरु नै हो । राष्ट्रिय समन्वय परिषद्को विवादित भेला, कहि कतै भएको छैन । राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुमध्ये सात जना जम्मा भएर कही भेला हुन्छ ? संरक्षक परिषदको एकजना परराष्ट्रमा गएर विभाजित बनाउन खोज्नु भएको छ, विवाद सिर्जना गर्नुभएको छ, संस्थालाई । अनि त्यस्तो मान्छेले विवादको समाधान गर्ने ? अनि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले त्यस्तो मान्छेलाई विश्वास गर्छ ? गर्दैन, त्यो हुनसक्दैन र सम्भव पनि छैन । बरु क–कसको साँठगाँठ छ भनेर खोज्नुपर्ने बेला भएको छ । क–कसको साँठगाँठ भएको रहेछ भनेर खोज्नु भएको छैन त ? साठगाठ त देखिनै राखेको छ नि । राष्ट्रिय समन्वय परिषद्हरुलाई विभाजित गर्न खोज्ने, छ्ट्टै भेला बोलाउने, भेला बोलाउनको लागि प्रोत्साहित गर्ने, त्यस्तै खालको अभिव्यक्तिहरु त्यहाँ गएर दिने र परराष्ट्र मन्त्रालयलाई हामी काम गर्छौ हामीलाई जिम्मा दिनुस् भन्ने कुरा त बुझ्न गाह्रो हुँदैन नि । जबकी संरक्षक परिषदमा जम्मा ५ जना हुनुहुन्छ । ५ जनामध्ये ३ जना त हामी परराष्ट्रमन्त्रीज्यूको टेबलमा गएका छौं, समस्याको समाधान आफै गर्छौ भनेर । फेरि अरु कुन संरक्षक परिषद खोजेको हो, पराराष्ट्र मन्त्रालयले ? के खोजेको हो, क्लियरर्ली भन्नु पर्यो ? यसबाट के देखिन्छ भने परराष्ट्र मन्त्रालय अमुख व्यक्तिलाई जिताउन चाहन्छ, त्यो पनि चुनावै नगरिकन अध्यक्ष बनाउन चाहन्छ । जुन कुरा सम्भव छैन । छानिएर आएका प्रतिनिधि साथीहरु बाहेक अरु कसैले पनि छानेर एनआरएनएको नेतृत्व सम्भव छैन । यो संस्थालाई जसरी कु गर्न, प्रतिगमन गर्न खोजिएको छ, यो कदम सरकारको प्रतिगामनकारी कदम हो । यसको विरुद्ध कडा प्रतिवाद गरिन्छ, नेपाली जनताले पनि यसलाई प्रतिवाद गर्छन् । अब निर्वाचन कसले गराउँछ त ? निर्वाचन कमिटिले गराउँछ। निर्वाचन कमिटि निर्वाचन गराउनको निम्ति सक्षम छ, उहाँ (निर्वाचन कमिटी) हरुले पूरै तयारी गरिसक्नु भएको छ। आगमी २५ तारिखबाट ति सबै निर्वाचनको कार्यतालिका निस्कन्छ। कहिले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, कहिले उम्मेदवारी दर्ता गर्ने, कहिले दाबी विरोध गर्ने सबै कुरा उहाँहरुले प्रकाशन गर्दै हुनुहुन्छ। र, आगामी तोकिएकै समयमा डिसेम्बर १५ भित्रमा निर्वाचन सक्नेगरी निर्वाचन कमिटि लागिराखेको छ । उहाँहरुले निर्वाचन गर्न हामी सक्षम छौं, हामी गर्न सक्छौं भनेर भनिसक्नु भएको छ। मैले अन्तिम मतदाता नामावली भनेर अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट गएको शुक्रबार नै पठाइदिइसकेको छु । तर यहिनेर कति बदनीयत रुपमा काम गरिराखेको छ पराष्ट्रले भने, १५ डिसेम्बरमा निर्वाचन गर्छौ भनेर हामीले कार्यतालिका सार्वजनिक गरेका थियौं र धमाधम निर्वाचन कमिटिको मिटिङ्गहरु बसिराखेको थियो । त्यो कुरा थाहापाइसकेपछि हामीले निर्वाचनको तालिका सार्वजनिक गरेकै दिनको मिति राखेर परराष्ट्रले भोलिपल्ट पत्र पठाइएको छ । यस्तो अन्यायपूर्ण, गैरजिम्मेवारीपूर्ण काम पराराष्ट्रबाट भएको छ । तर, अध्यक्षलगायतका साथीहरुले मन्त्रालयले पठाएको पत्र लुकाउनु भयो र त्यो पत्रलाई सार्वजनिक नगरिकन चुनाव घोषणा गर्नुभयो भन्ने पनि छ नि ? त्यो सत्यमा आधारित समाचार होइन । त्यसलाई भरौटेहरुले बनाएको समाचार भनेर बुझ्दा हुन्छ । सत्य तथ्य कुरा के हो भनेर हाम्रो सचिवालयमा बुझ्दा हुन्छ । त्यहाँ हाम्रो एक्ज्युकेटिभ डाइरेक्टर हुनुहुन्छ । उहाँले परराष्ट्र मन्त्रालयले चिठ्ठी लिनको लागि बोलाएको छ, जान्छु भन्नु भएको थियो । चिठ्ठी त इमेलमा पनि आउछ, कस्तो चिठ्ठी छ भनेर सोध्दा उहाँले चिठ्ठी चाहीँ एकछिनमा इमेलमा आइपुग्छ रे भन्नु भयो । उहाँहरुले हार्डकपि लिन बोलाइएको छ भनेर भन्नु भयो र मैले गएर ल्याउनुस भने । त्यो भन्दा अरु कुनै सत्य कुरा छैन । हामीलाई ८ महिना ३ गतेको मिति राखेर पत्र पठाइएको छ । यि सबैको पर्दा खोलिन्छ बिस्तारै । अहिलेको सूचनाको जमानामा सचेत गैरआवासीय नेपालीहरुलाई कसैले भ्रम पार्छु भनेर सोचेको छ भने त्यो भ्रम दिवासपना हुनेछ । पत्रलाई उपेक्षा गरेर आफ्नो कार्य अगाडि बढाउने कार्यमा हो तपाईहरु ? परराष्ट्र मन्त्रालयको यो अन्यायपूर्ण, एकपक्षीय र गलत नियतले पठाएको पत्रलाई एनआरएनए आइसीसीले खारेज गर्छ । परराष्ट्रले पठाएको पत्रलाई लिएर अदालत जाने भन्नु पनि भएको छ रहेछ ? पत्र लिएर अब हामी अदालतलगायत धेरै ठाउँमा जान्छौं । नेपालको राजनीतिक दलहरुका बीचमा, जनताको बीचमा, बुद्धिजीविहरु, मिडियाहरुका बीचमा जान्छौं । यो सरकारले गैर जिम्मेवारीपूर्ण रवैया प्रस्तुत प्रदर्शन गरिराखेको छ, एनआरएनएको इतिहासमा । त्यत्रो लकडाउनको बेलामा, अप्ठ्यारो परेको बेलामा गैरआवासीय नेपालीहरुले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको थियो अहिले त्यो गैरआवासीय नेपालीहरुको शक्तिलाई वर्तमान सरकारले नजरअन्दाज गर्न खोजेको छ । त्यसको विरुद्धमा हामी गैरआवासीय नेपाली समुदाय, राज्यका अंगहरु लगायत नेपाली जनता, राजनीतिक दलहरु सबैलाई सचेत गराउछौं । जनतामा गएर त आधिकारिता पाइदैन, परराष्ट्र मन्त्रालयकै छाप चाहिन्छ हैन र ? सन् २००३ सालमा गैरआवासीय नेपाली संघ स्थापना भएको हो । २०१३ सालसम्म नै यो संस्था कहिपनि दर्ता थिएन । राजनीतिक दल, नेपाली नागरिकलगायतको आकर्षणको केन्द्र थियो यो संघ । त्यसबेला नेपालको सरकारले आउनुस अब तपाईंहरुको संस्था ठूला बनिसक्यो, धेरै गैरआवासीय साथीहरुले यसलाई विश्वास गर्न थालिसक्नु भइसक्यो, अब नेपालको राज्यले पनि तपाईंहरुसँग महत्वपूर्ण सहकार्यहरु गर्छ, भविष्यमा नेपालको आर्थिक समृद्धि तथा विकासको निम्ति एउटा दह्रो पार्टनर संघलाई बनाउनु पर्छ, त्यसको निम्ति राज्यले सहयोग गर्छ, आउनुस तपाईहरु परराष्ट्र मन्त्रालयमा दर्ता गर्नुस भनेर बोलाएर हामीलाई लिएर गएको हो । अनि यस्तो अवस्थामा दर्ता खारेज गरिदिन्छौं भनेर धम्की पनि हामीलाई नदिए हुन्छ । गैरआवासीय नेपालीले बनाएको संघलाई नै खारेज गरिदिन्छौं भनेर धम्की पनि नदिए हुन्छ । ८० लाख गैरआवासीय नेपालीहरु र ३ करोड नेपाली जनताको मन मस्तिष्कमा गैरआवासीय नेपाली संघ बसिसकेको छ । नेपालका सबै संयन्त्रहरुले नेपालको आर्थिक समृद्धिको निम्ति, नेपालको सुन्दर भविष्यको निम्ति गैरआवासीय नेपाली संघ, गैरआवासीय नेपालीहरु एउटा दरिलो पार्टनर बन्न सक्छन् भनेर सबैले स्वीकारीसकेको अवस्थामा दर्ता खारेज गरिदिन्छु भनेर धम्की नदिए पनि हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्ना केही कार्यकर्ताहरुलाई घरमा बोलाएर तपाईंहरु के हेरिराख्नु भएको ल्याउनुस् म अर्को एनआरएनए दर्ता गरिदिन्छु भन्नु पनि भएको रहेछ । उहाँले ५० वटा यस्तैखाले एनआरएनए दर्ता गरिदिन सक्नुहुन्छ, उहाँका भातृ संस्थाहरु पनि बोलाएर दर्ता गरिदिन सक्नुहुन्छ होला, त्यसले केही अर्थ राख्दैन । दर्ता नै ठूलो कुरा होइन तर हरेकको मनमस्तिष्कमा गैरआवासीय नेपाली संघ बसिसकेको छ ।
कुर्दिस्तानको नेपाली समाज चौथो बार्षिकोत्सव मनाउंदै कुर्दिस्तान, इराक । इराकको कुर्दिस्तानमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले चौथो बार्षिकोत्सब मनाउने भएको छ । विभिन्न पेशा, व्यवसाय एवं रोजगारीका सिलसिलामा इराकको कुर्दिस्तान, सुलेमानी पुगेका नेपालीहरुले आपसी हितका लागि गठित गरेको सो समाजले डिसेम्बर ३ तारिकमा चौथो बार्षिकोत्सव मनाउन लागेको हो । समाजद्वार जारी गरिएको जानकारीअनुसार, कार्यक्रम सुलेमानीस्थित होटल पेरिज सर्चनारमा हुने छ । बार्षिकोत्वसमा समाजले हालसम्म गरेका गतिबिधिहरु र आर्थिक विवरण पारदर्शीरुपमा प्रस्तुत गर्ने जनाएको छ । समाजका अनुसार, बार्षिकोत्वकसंगै समाजको तेस्रो साधारणसभाको पनि आयोजना गरिएकोले संस्थाका सदस्यहरु तथा कुर्दिस्तानमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा नेपालीका विभिन्न संघसंस्थाहरुलाई पनि उपस्थितिको लागि समाजले आग्रह गरेको छ ।
एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न संघला्रई निर्देशन दिएको छ । संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै विवाद समाधान गरी महाधिवेशन गर्न निर्देशन दिएको हो । संघको स्थगित भएको महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने तय भएको थियो । संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयले संघमा हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । उनले यसको कडा विरोध जनाउने बताएका छन् । यसअघि पनि एनआरएनएको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो ।
एनआरएनएको स्थगित १०औँ महाधिवेशन डिसेम्बरमा हुने काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित भएको १०औँ महाधिवेशन आगामी डिसेम्बरमा हुने तय भएको छ । एनआरएनएद्वारा जारी विज्ञप्तिका अनुसार १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने छ भने संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि गरिने निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको हो । यसअघि एनआरएनएको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो । संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट गत सेप्टेम्बर १० मा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएको एनआरएनएका अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बार्तामा परराष्ट्रमन्त्री डा.नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफलपछि सकारात्मक प्रतिक्रिया आएको र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा निर्वाचन तय भएको विज्ञप्तिमार्फत प्रस्ट्याइएको छ ।
एनआरएनए युकेका महासचिव लिम्बु ग्लोबल युथ लिडरशीप अवार्डबाट सम्मानित काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए), युकेका महासचिव खुशी लिम्बुले यस बर्षको ग्लोबल युथ लिडरशीप अवार्ड पाएका छन् । उनी ग्लोबल युथ पार्लियामेण्टद्वारा विश्वस्तरीय खुल्ला प्रतियोगिताको अधारमा प्रदान गरिने एक गरिमामय पुरस्कारबाट सम्मानित भएका हुन् । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलगायत संघका सम्पूर्ण सदस्यले सो पुरस्कारबाट सम्मानित भएकोमा महासचिव लिम्बुलाई बधाईं दिई उत्तरोत्तर सफलतको कामना गर्दै खुशी व्यक्त गरेका छन् ।
अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको राजधानी कोलम्बस र आसपासका क्षेत्रमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। ‘देउसी भैलो खेलेर झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर र मोरङको पथरीस्थित शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने पवित्र उदेश्यले हामीले यो कार्यक्रम गरेका थियौ’ इन्ट्रा फाउन्डेसनका बोर्ड अफ डिरेक्टर केशब आचार्यले भने ‘दक्षिणा स्वरुप संकलित रकम अर्को साता नेपाल गएर उचित ढंगले सहयोग गर्ने छौ।’ उनका अनुसार सहयोगका लागि इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा ९‐१० जनाको टोली नेपाल जाने तयारीमा छ। फाउन्डेसनले शरणार्थी शिविरमा रहेका बिधार्थीका लागि नियमितरुपमा सहायता प्रदान गर्दै आएको छ। यस वर्षकोे तिहारको अवसरमा फान्डेसनका अध्यक्ष अधिकारीका घरमा भव्यरुपमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियोे। डिल्ली भुटानी नेपाली समुदायका कहलिएका ब्यबसायी तथा समाजसेबी हुन्। नोभेम्बर ५ र ६ तारिखका दिन ओहायोको राजधानी कोलम्बस नजिकैको शहर ब्लाकलिकस्थित उनको घरमा ख्यातिप्राप्त कलाकार सम्मिलित देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अरुण उपत्यका सांस्कृतिक समुहका अध्यक्ष तथा पूर्वेली लोकगायनका हस्ती नविन खड्कादेखि भुटानी नेपाली गायक गायिकाहरु किशोर शिवाकोटी, टेक दुधराज, बिष्णु रामदाम, सुचिता गुरुङ, मन्जु लामालगायतले तिहारका गीत गाएका थिए। स्थानीय कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। तिहारका गीतसँगै भट्टाइएको देउसुरे भाकाले उपस्थित सयभन्दा बढी अमेरिकाबासी भुटानी नेपालीमाझ तिहारको छुट्टै रौनकता छाएको देखिन्थ्यो। कार्यक्रममा नेपाली चलचित्रका नायक दिलीप रायमाझीको समेत उपस्थिति थियो। कोलम्बस शहरसगै इन्ट्राका ओहायो राज्यका शाखाहरु सिन्सिनाटी, एक्रोन, क्लिभ्लेण्ड शहर त्यसैगरी पेन्सिलभेनिया, मिसिगन, आयोया, मिनेसोटा राज्यका शाखा कार्यालयले समेत देउसी भैलो खेलेर रकम संकलन गरेको छ। इन्ट्रा फाउन्डेसनले नेपाली गीत संगीत, खेलकुदजस्ता क्षेत्रमा विदेशी भूमिमा प्रवद्र्धन गर्न लागिपर्दै आएको छ । गीतसंगीतका प्रतिभालाई प्रोत्साहित गर्ने मेरो भ्वाइस कप युएसए, नृत्य प्रतिभालाई प्रोत्साहन दिएर अगाडि ल्याउने मेरो डान्स कप युएसएको आयोजना यही संस्थाले गर्दै आएको छ । भलिबल लगायतका बिभिन्न खेलका ठुला प्रतियोगितामा समेत इन्ट्राको उल्लेखनीय उपस्थिति रहदै आएको छ।
अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो। ‘बहादुर’ उपहार दिइँदैछ भन्ने कुरा कार्यक्रममा सुनिँदा के हो त्यो बहादुर भन्ने कौतुहलता जागेको थियो। उपहार ग्रहण गर्न रेनोल्ड्सवर्ग शहरका मेयर जोसेफ बेगेनी स्वयं उपस्थित थिए। जव उपहार हस्तान्तरको समय आयो त्यसपछि रहस्य खुल्यो त्यो बहादुर भनेको अपराध अनुसन्धानमा प्रयोग हुने ‘के ९ कुकुर’ थियो। ओहायो राज्यको रेनोल्सवर्ग शहर र आसपास क्षेत्रमा बस्ने नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बहादुर उपहार पाएका मेयर जोसेफले शहरवासी नेपाली भाषीसमुदायले शहरलाई सुरक्षित राख्न दिएको उपहारप्रति आभार व्यक्त गरेका थिए। नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा मेयर जोसेफ नेतृत्वको सिटी काउन्सिलले सिटी अफिस प्रांगणमा नै विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो शहरको काउन्सिलमा नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याल पनि निर्वाचित काउन्सिलम्यान छन्। अघिल्लो बर्ष नेपाली चाड दीपावलीबारे सिटी काउन्सिलबाट प्रोक्लामेसनसमेत गराउन सफल भएका प्याकुर्यालले यसपल्ट सिटीकै तर्फबाट तिहार मनाउन विशेष समारोहको आयोजना गर्न लगाएका थिए।(हेर्नुहोस् तिहारबारेको विशेष कार्यक्रमको भिडियो पनि) कार्यक्रममा मेयर जोसेफ र काउन्सिलम्यान प्याकुर्यालले नेपालीहरुको महान चाड तिहारको शुभकामना दिएका थिए भने सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष एवं ओहायोमा डाक्टरी पेशा गर्दै आएका डाक्टर दामोदर पौडेलले तिहार पर्वका बारेमा उपस्थित अमेरिकीहरुलाई सटिक जानकारी दिएका थिए। उनले यमपञ्चकका पाँच दिन किन विशेष छन् भन्नेबारे बोलेका थिए। र, सधैं तिहारमा मिठाइसहित विभिन्न परिकार बनाएर छिमेकमा हर्षोल्लासपूर्वक मनाउने गरेकोमा यसपल्ट आफू र पत्नीले स्वस्थ्यको कारण परिकार बनाउन असमर्थ हुँदा अमेरिकी समुदायका छिमेकीले एक घण्टा ड्राइभ गरेर नेपाली पसलसम्म पुगेर मिठाइ किनेर आफूहरुलाई उपहार ल्याइदिएको घटना सुनाएका थिए। उनले नेपाली र नेपालीभाषी समुदायहरु बसेको ठाउँमा अरु धर्मावलम्बीहरुले समेत नेपाली चाडपर्वमा उत्सव मनाउन थालेको र हार्दिकता देखाउन थालेको भन्दै स्थानीय अमेरिकी समुदायको प्रसंसा गरेका थिए। हिन्दू धार्मिक विधिपूर्वक मन्त्रोच्चारणसहित शुरु भएको सो कार्यक्रममा कमल सुवेदीले पनि तिहारको महत्वबारे धारणा राखेका थिए। कार्यक्रममा कोनाका तर्फबाट तिहार विशेष नृत्यसमेत प्रस्तुत गरिएको थियो। भोट गरेर छानियो ‘बहादुर’ सोही विशेष कार्यक्रममा शहरको सुरक्षामा नेपालीभाषी र भुटानी अमेरिकनको योगदानस्वरुप मेयरलाई हस्तान्तरण गरिएको के ९ कुकुर को नाम पनि स्थानीय नेपाली भाषी समुदायका बीच भोट गरेर तय भएको थियो। स्थानीय नेपालीभाषीहरुको कुटी ग्रुपका सदस्यहरुले भोट गरेर बहादुर नाम राखेका थिए। ‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो। ‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो। सो ग्रुपका एकजना सदस्य वेद प्याकुर्यालले डिसी नेपाललाई दिएको जानकारीअनुसार, स्थानीय नेपालीभाषी रियल्टरहरु र लोन अफिसर्सलगायत सम्मिलित रहेको कुटी ग्रुपले मतदानमार्फत ‘बहादुर’ नाम चयन गरेको हो। नेपाली शक्तिशाली एवं निडरताको पर्याय भएकाले संसारभर बहादुरिताको पहिचान बनाएको गौरवस्वरुप सो नाम राख्ने निर्णय भएको थियो। समाचारअनुसार, नेपालीभाषी भुटानी अमेरिकनहरुको सो ग्रुपले सिटीलाई कसरी सहयोग गर्ने त भनेर छलफल गर्दा सिटीलाई के ९ कुकुरको आवश्यकता रहेको थाहा भएपछि आपसका रकम संकलन गरेर आठ हजार अमेरिकी डलरमा बहादुर किनिएको थियो। अहिले ‘के ९ बहादुर’ सो शहरको प्रहरी विभागमा कार्यरत छ। अर्को वर्षबाट तिहारमा बाल्टिमोरका स्कूल विदा यसैबीच, अमेरिकाको केही ठूला पब्लिक स्कूल सिष्टममध्येको एक बाल्टिमोर काउन्टीको पब्लिक स्कूल सिष्टमले हिन्दूहरुको चाड तिहारमा आगामी बर्षदेखि विद्यार्थीहरुलाई विदा दिने निर्णय गरेको छ। मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेको विवरणअनुसार, बाल्टिमोर काउन्टीको स्कूल सिष्टमको नोभेम्बर ९ तारिक दिन बसेको कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय सन् २०२२ को तिहारदेखि लागू गरिने भएको छ। डेलिगेट भण्डारीले तिहार चाड मनाउनका लागि विद्यालय विदा गर्नेबारे प्रयत्न गर्दै आएका थिए। विदा दिने निर्णयलाई सार्वजानिक गर्दै भण्डारीले ‘बाल्टिमोर काउन्टीको विद्यालयमा अध्ययनरत यो पर्व मनाउने सबै विद्यार्थी बालवालिकाहरुले तिहार पर्वलाई गौरव र सम्मानका साथ उल्लासपूर्वक मनाउन पाउनेछन्’ भनेका छन्।
अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा दीवालीको शुभकामना वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो वाइडेनले हिन्दूहरुको महान चाड दिपावलीको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति जो वाइडेनको आधिकारिक ट्वीटरमार्फट वाइट हाउसले शुभकामना सन्देश जारी गरेको छ भने सोही सन्देशलाई वाइडेनले आफ्नो निजी ट्वीटर ह्याण्डलमा पनि शेयर गर्दै अमेरिका र विश्वभर रहेका दिवाली चाड मनाउनेहरुप्रति शुभकामना व्यक्त गरेका छन् । दीवालीको प्रकाशले अध्यांरोबाट ज्ञान, बुद्धि र सत्य, विभाजनबाट एकता र निराशाबाट आझाको उज्यालो प्रदान गरोस् भन्दै उनले शुभकामना सन्देशमा ‘अमेरिका र संसारभर दीवाली मनाउने हिन्दू, सिख, जैन, बुद्ध धर्मावलम्बीहरुलाई जनताको घर अमेरिकी राष्ट्रपति भवनदेखि तपाईंहरुको घरसम्म दीवालीको शुभकामना छ’ भनेका छन्। May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope. To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali. pic.twitter.com/1ubBePGB4f — President Biden (@POTUS) November 4, 2021 फूलैफूलले सजाइएको टेवलमा तल छ वटा पालामा र माथि तीनतिर वालिएका बत्तीका अगाडि आफू र पत्नी जिल वाइडेनको तस्वीर सार्वजानिक गर्दै राष्ट्रपति वाइडेनले सो शुभकामना सन्देश जारी गरेका छन्। यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक भिडियो सन्देश जारी गर्दै दीवालीको शुभकामना दिएकी छन्। उनले पनि उज्यालोको पर्वभन्दै सबैको जीवनमा उज्यालो, प्रेम तथा समुन्नति छाओस् भन्ने कामना गरेकी छन्। Happy Diwali to everyone celebrating the Festival of Lights here in the United States and around the world. @SecondGentleman and I extend our warmest wishes for a holiday filled with light, love, and prosperity. pic.twitter.com/OAoEG3OyGd — Vice President Kamala Harris (@VP) November 4, 2021
अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्। गत २४  सेप्टेम्बर २०२० मा उनलाई सोही नगरको रिक्त भएको नगर सदस्य पदमा नियुक्तसमेत गरिएको थियो। सोही कामको मुल्यांकन गर्दै उनलाई नगरका जनताले जिताएको कुरा त्यहाँका एक स्थानीय समाजसेवी ज्ञानु श्रेष्ठले डिसी नेपाललाई जानकारी दिएका छन्। २२ बर्षदेखि उक्त शहरमा रेष्टुराँ व्यवसायमा संलग्न उनी त्यहाँको स्थानीय नेपाली संस्था सोसाइटी अफ नेप्लिज इन अमेरिका का दुई कार्यकाल सर्बसम्मात अध्यक्ष भइसकेका व्यक्ति हुन्। अमेरिकाका अन्य नगरपालिका तथा महानगरपालिकामा परिषद सदस्य भन्ने चलन भए पनि कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग) भन्ने गरिन्छ र सोही पदमा श्रेष्ठले सानदार विजय प्राप्त गरेका छन्। आफ्नो विजयपछि नगर क्षेत्र र नजिक शहरमा रहेका नेपालीहरूले भेटेर नै बधाई दिने क्रम चलिरहेको रामचन्द्र श्रेष्ठले डिसी नेपाललाई बताए । आफ्नो निर्वाचित कार्यकालमा केही नयां काम गरेर देखाउने इच्छा भएको उनले डिसी नेपाललाई बताएका छन्।
राजदूत नियुक्ति लगायतका मागसहित एनआरएनए जापानले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा बसोबास गर्दै आईरहेका र जापान जान प्रतिक्षामा रहेका नेपालीहरुको लाभका लागि ध्यानआकर्षण गर्दै नेपाल सरकारका पराराष्ट्रमन्त्री डा.नारायण खडकालाई ज्ञापन–पत्र बुझाएको छ । एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार मंगलबार परराष्ट्रमन्त्री डा.खडकालाई भेटगरी जापानस्थित नेपाली दूतावासमा राजदूत नियुक्तिमा ढिलासुस्ती नगरी अनुभवी तथा दक्ष व्यक्तिलाई राजदूत बनाउन लगायत सात बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, युवा संयोजक राकेश रुम्बा, निर्वतमान एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतको टोलीले परराष्ट्रमन्त्रीलाई भेटि जापानमा रहेका नेपालीहरुको समस्याको समाधान गर्न र नेपालबाट जान लागेका नेपालीहरुको प्लेनभाडा दर कम गर्न, कर आदि छुट गर्न आदि माग लिखित रुपमा राखेको थियो ।
अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम टोलेडो, ओहायो। अमेरिकाको ओहायो राज्यको उत्तर–पश्चिमी शहर टोलेडो–ओहायोमा त्यहाँ भएका नेपालीहरु बीच अक्टुवर ३१ को साँझ दशैं–तिहार, नयाँ नेपाल संवत, तथा छठ पर्व २०७८ को अवसर पारेर भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ। टोलेडो विश्वविद्यालमा बिभिन्न तहमा अध्ययनरत नेपाली विद्यार्थीहरुको बसोबास रहेको त्यस क्षेत्रमा बिद्यार्थीहरु तथा नेपाली समुदायसँग सम्पर्कमा रहेका केही स्थानीयहरु, विश्वविद्यालयका प्रतिनिधिलगायत करिब ९० जना उक्त अवसरमा उपस्थित थिए। नेपाली विद्यार्थीहरुद्वारा सन २००९ मा स्थापित नेप्लिद स्टुडेन्ट अर्गनाइजेशन एट युनिभर्सिटी अफ टोलेडोद्वारा आयोजित उक्त कार्यक्रम गतवर्ष कोरोनाको कारण रोकिएकोबाहेक हरेक वर्ष उत्साहजनक रुपमा विश्वविद्यालयको हलमा संचालन हुने गरेको सो संगठनका संस्थापक सचिव तथा सल्लाहकार डा. लीलाराज दाहालले जानकारी दिए। टोलेडो विश्वविद्यालयमा बिद्यावारिधीको अध्ययन सकिएपछि त्यहीं एउटा शिसा कम्पनीमा बरिष्ठ बैज्ञानिकको रुपमा कार्यरत रहेकोले सन २००६ देखि नैं त्यही क्षेत्रमा बसोबास गर्दै आएका डा.दाहाल रक्तदानलाई प्रवर्धन गर्ने उद्देश्यले स्थापित र अमेरिकाभरि गतिबिधि गर्दै आएको संस्था ब्लड डोनर्स अफ अमेरिका(बिडिए) नामक संस्थाका अध्यक्ष समेत हुन्। कार्यक्रममा खानपिन, गीत–संगीत, नाचगान लगायत बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरु समावेश गरिएका थिए। साथै उक्त दिन हलोवीन पर्व समेत परेकोले केटाकेटीहरुलाई चकलेट पत्ता लगाउने खेल खेलाएर रमाइलो गरिएको थियो । त्यसका अतिरिक्त महिलाहरुको लागि म्युजिकल चेयर तथा सबै सहभागीहरुको लागि बिङ्गो खेल पनि खेलाइएको थियो । अन्त्यमा देउसी–भैलो खेलेर सो संगठनको लागि केही पैसासमेत संकलन गरिएको थियो। पारिवारिक वातावरणमा हुने यस्ता कार्यक्रमले आफ्नो घर–परिवारबाट टाढा बस्दा परिवार तथा चाडपर्वको न्यास्रो मेटिने तथा काम गर्न थप उर्जा मिल्ने सो विद्यार्थी संगठनका अध्यक्ष अबिरल पौडेल र सल्लाहकार तथा सन २०१३ देखि त्यहीं बसोबास गर्दै आएका गोविन्द ढकाललगायतले बताए। साथै कोरोनाको कहर सुरु भए यता आफ्नो समुदायमा यसरी भव्यरुपमा कार्यक्रम संचालन गरिंदा कोरोना पूर्वको अवस्थामा पुगेको आभाष भएको भन्दै धेरैजसो सहभागीहरु उत्साहित देखिन्थे।
एएनएचएसकाे देउसी भैलाे सम्पन्न काठमाडाैं ।  अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ। अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ। नेपाली कला, सँस्कृति, रितिरिवाज र चाडपर्वको बारेमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नको लागि आयोजना गरिने विभिन्न ठूला कार्यक्रमहरुमध्ये यो पनि पर्दछ। कार्यक्रममा अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका प्रस्तुति लगायत विभिन्न अतिथिहरुका पनि प्रस्तुति रहेका थिए। विधिवत लक्ष्मीपूजा गरि शुरु गरिएको कार्यक्रममा आकर्षक साजसज्जासहित नेपाली परम्परागत शैलीमा विभिन्न परिकारहरुको साथमा पूजा आराधना गरिएको थियो। त्यसको संयोजन संस्थाका पूर्व अध्यक्ष कमला खरेलले गरेकी थिइन्। करिब ५ घण्टा लामो कार्यक्रमलाई शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थी कञ्चन दाहाल र अक्षेत ढुंगानाले संचालन गरेका थिए। अमेरिकामा हुर्किरहेका बालबालिकाहरुले नेपाली भाषामा यति लामो कार्यक्रमलाई पनि सहजताका साथ सञ्चालन गरि सफलतापूर्वक सम्पन्न गरेकोमा सबैको ध्यान आकर्षित गरेको थियो। लक्ष्मीपूजा गरिसकेपछि शिक्षा सदनमा अध्ययनरत आरुभी पौडेलले गणेश स्तुती पाठ गर्दा सबैलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्ने क्रममा संस्थाका अध्यक्ष कमल भट्टराईले विदेशमा जन्मेर हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, कला, सँस्कृति, भेषभूषा, रहनशहन र चाडपर्वको बारेमा जानकारी गराई परम्परा पुस्तान्तरण गर्न संस्थाले यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहने र यस्ताखाले कार्यक्रमहरुमा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले सहयोग गर्नुपर्ने बताए। सन् २०१६ मा स्थापित एकेडमि हालसम्म आइपुग्दा बिदेशमा जन्मिएका बालबालिकाका लागि मातृभाषा बोल्न,पढ्न र लेख्नअत्यन्तै सहज हुने गरी तह–तहगत रूपमा बनाइएको आफ्नै पाठ्यपुस्तक अमेरिकाका १३ स्टेट र अस्टेलिया, क्यानडा, बेलायत र जापानमा पठनपाठन भइरहेकोमा गर्व पनि गरेका छन्। देउसी भैलो कार्यक्रम २०२१ का संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष केदार तिम्सिनाले शुभकामना मन्तव्य दिने क्रममा सबैको सहकार्य तथा सहयोगमा संस्थाले ठूला ठूला कार्यक्रमहरुलाई पनि निकै सफलता र सहजतापूर्वक सम्पन्न गर्ने गरेको बताउदै देउसी भैलो कार्यक्रम सञ्चालनको लागि सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको थियो । अमेरिका नेपाल सहयोगी समाजका कार्यसमिति सदस्य तथा अमेरिका नेपाल शिक्षा सदनका संयोजक भूपाल पौडेलले देउसी भैलोको महत्व र यसले पार्ने प्रभावको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा शिक्षा सदनमा अध्ययनरत आरोही रेग्मीले पियानोमार्फत (दियो बाली, साँझको…) भन्ने गीतको मिठो धुन प्रस्तुत गरेकी थिइन्। उनी अमेरिकाको न्यूयोर्क शहरमा बस्दै आएकी छिन्। त्यसै गरी नर्थ क्यारेलिना बस्नुहुने यसै शिक्षा सदनमा अध्ययनरत विद्यार्थी अर्चना धिमालले हार्मोनियममा मंगलधुन प्रस्तुत गरेकी थिइन्। न्यूजिल्याण्डबाट कार्यक्रममा जोडिएकी प्रिन्सेस अधिकारीले अतिथि प्रस्तुतकर्ताको रुपमा निकै सशक्त नृत्य प्रस्तुत गरिन। शिक्षा सदनमा अध्ययनरत विद्यार्थी आभाष अर्यालले प्रस्तुत गरेको बलिराजाको कथा र उनको शैली पनि कार्यक्रमको अर्को आकर्षण रहेको थियो। त्यसैगरी कार्यक्रममा गौरभ गौतम, आरभ अर्याल, अनुष्का पौडेल, सुजल भट्टराई, आरुषि कँडेल, आरोही कँडेल, एञ्जिला गौतम, सामुएल गौतम, इर्शिता श्रेष्ठ, सिद्धिता आचार्य, रोम ज्ञवाली, सरिता ज्ञवाली तथा समूह, सादिका ढुँगाना, अनुष्का वाग्ले, सारिका वाग्ले, रिम्शा थापा लगायतले आ–आफ्ना प्रस्तुतिहरु राखेका थिए। कार्यक्रममा मुख्य आकर्षकको रुपमा केदार तिम्सिनाको घरमा आयोजना गरिएको देउसीभैलो रहेको थियो। जसमा नेपालमा खेलिने देउसी भैलोको परिवेश र शैली जस्ताको तस्तै प्रस्तुत गरिएको थियो। कार्यक्रममा समाजका पूर्व अध्यक्ष सागर कँडेल, गुणराज लुइटेल, पर्शुराम भण्डारी, तोया पौड्याल,अर्जुन सिग्देल, जय गौतम, मुक्त पौडेल,राम मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए। अमेरिकी पूर्वीय समय अनुसार अक्टोबर ३०, शनिबार अपरान्ह ४ बजेदेखि भर्चुअल (जुम)मार्फत शुरुभएको कार्यक्रम राती करिब ९ बजेसम्म चलेको थियो। कञ्चन दाहाल र अक्षेत ढुँगानाको सञ्चालन भएको कार्यक्रममा उनीहरुलाई कामना पन्थी, तनुजा अधिकारी र जानु ओझाले सहजिकरण गरेका थिए। कार्यक्रममा प्रविधिको संयोजन तिलक खरेल, शिव तिम्सिना र अर्जुन गौतमले गरेका थिए भने कमल भट्टराई, चन्द्र विष्ट, राम अधिकारी, विजय ओझा, हरिराम भण्डारी, यज्ञ चापागाई लगायतले अर्थ संकलनको संयोजन गरेका थिए। शिक्षा सदन सञ्चालनको सहयोगार्थ आयोजना गरिएको जुम कार्यक्रममै १२ हजार पाँच सय ६अमेरिकी डलर संकल गरिएको थियो।
एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत र एनआरएनए, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संयुक्तरुपमा रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय बाल्टिमाेरकाे पार्कभिलमा राखिएकाे छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, एनआरएनए आईसीसीको आगामी निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका राजन त्रिपाठीले अमेरिकामा मेरिल्याण्ड च्याप्टरले आफ्नै कार्यालयबाट काम शुरु गरेर ऐतिहासिक काम गरेको भन्दै प्रसंसा गरेका थिए । उनले एनआरएनएमा देखिएका विवाद छिटो समाधान हुने विश्वास व्यक्त गर्दै आफूले सिकेका ज्ञान शिपलाई नेपाली समुदायको हितमा लगाउन आह्वान गरे । उनले आफू क्षेत्रीय संयोजक हुंदा अमेरिकाज क्षेत्रमा संगठन विस्तारमा लागेको, एनआरएनए अमेरिकाविरुद्ध मुद्धा हाल्ने साथीसंगसमेत सहमती गराउन सफल भएको धारणा राख्दै अभियानमा निरन्तरताका लागि आफूले केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदारी दिएको बताएका थिए । युवा, महिला र विद्यार्थीहरुका विषयलाई महत्वसाथ उठाउने र उनीहरुलाई एनआरएन अभियानामा सहभागी गराउने र संस्थाको काम कारवाहीलाई पारदर्शी बनाउन योगदान दिने उनले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले अमेरिकाका २९ च्याप्टरमध्ये आफ्नो गृहराज्य मेरिल्याण्डको च्याप्टरले आफ्नै कार्यालय शुरु गरेकोमा गर्व महसुस भएको बताए । उनले समाजिक काममा सबैको सहभागिताका लागि आह्वान पनि गरे । त्यसैगरी अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, प्रवासी नेपाली मञ्च,अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका नेता प्रेम श्रेष्ठ र अन्य बक्ताहरु दुर्गा श्रेष्ठ,राजु क्षेत्री,सुभाष घिमिरे,राजेन्द्र सेन्चुरी,रमेश भट्ट,अनु वन्त,विजय श्रेष्ठ, सतिश चापागाई, डोलनाथ घिमिरेलगायतले आफ्नै कार्यालय शुरु गरेकोमा बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले सबैलाई स्वागत गर्दै संस्थाको आगामी काममा सबैको सहयोगको अपेक्षा गरेको बताएका थिए । उनले नेपाली समुदायलाई सहयोग पुग्ने कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता पनि जनाए ।
लगानी ल्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् । ‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए । एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए । त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।
संरक्षक परिषद्लाई गुहार्दै सकियो विश्व भेला वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले एनआरएनएको संरक्षक परिषद्लाई हाल प्रकट भएका विवाद मिलाउन आग्रह गर्ने निर्णय गरेको छ। एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीको नेतृत्वमा संसारभरका ४२ देशका अध्यक्ष र अन्य केही देशका पदाधिकारीहरु सहभागी भएको सो भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको हो। आइतबार सम्पन्न भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ र घोषणा पत्रमा संघको वर्तमान नेतृत्वप्रति आक्रोश व्यक्त गरिएको छ। संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै घोषणा पत्रमा संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख छ। संघको संस्थापक पक्षबाट अध्यक्ष कुमार पन्त तथा महासचिव हेमराज शर्मा दुबैले इमेल र पत्रमार्फत यस्तो विश्व भेला नगर्न र सहभागी नहुन आग्रह गरिएको भए पनि भेलामा उल्लेख्य संख्यामा विश्वभरका एनसीसी अध्यक्ष तथा नेताहरुले सहभागित जनाएका थिए। एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको आयोजकहरुले दावी गरेका छन्। खासगरी महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको विवादका कारण संघमा भाँडभैलो भएको छ र यसैकारण निर्धारित समयमा हुने भनेको महाधिवेशन रोकिएको छ। केही देशमा एनसीसीहरुको निर्वाचनमा पनि विवाद देखिएको छ । संघको नेतृत्वले आफूखुसी नियमावली बनाएका कारण विवाद बढेको असन्तुष्ट पक्षको गुनासो छ। एनसीसीहरुको विश्व भेलाले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी)को नेतृत्वले विधान विपरीत काम गर्दा संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको उसको घोषणापत्रमा उल्लेख छ। भनिएको छ, ‘गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्षभित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइपुगेको छ। संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसँग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं।’ तर, संघको संस्थापन पक्षले भने संरक्षक परिषद् हाल म्याद सकिएको अवस्थामा भएको दावी गर्दै आएको छ। यो पक्षले केही दिनअघि एउटा जुम बैठकको आयोजना गरी आईसीसीको म्याद ६ महिना थप गर्ने निर्णय गरेको थियो तर संरक्षक परिषद्बारे कुनै निर्णय गरेन। संस्थापन इतरसमूहबाट आयोजित विश्व भेलाले आफूहरुमाथि चरम अन्याय भएपछि न्याय माग्न नियामक निकाय परराष्ट्र मन्त्रालय पुगेको र सो काम स्वाभाविक भएको ठहरसमेत गरेको छ। परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान अनुसार कार्यान्वयन गर्न सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ। भेलाले अन्यायपूर्ण काम के के भएका थिए भन्नेबारे पनि छलफल गरेको बताइएको छ। जसअनुसार, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनुलाई असमान व्यवहार भएको आरोप लगाइएको छ भने आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमिने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको ठहर गरेको छ। भेलाले आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न पनि माग गरेको छ । संघका अध्यक्ष पन्त र महासचिव शर्मा अनुपस्थित भएको संस्थापन इतरको सो विश्व भेलाको उद्घाटन भर्चुअल माध्यमबाट पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले गरेका थिए भने सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले सम्बोधन गरेका थिए। त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन, संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरुले सम्मेलनको सफलताको कामना गरेका थिए।
‘आईसिसीलाई चुनौती होइन, निकासका लागि एनसीसी विश्व भेला बोलाइएको हो’ अमेरिका।गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्याेल चिर्न एनसीसी अध्यक्षहरुको विश्व भेला गर्न लागेको आयोजकले जनाएकाे छ। भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न सकारात्मक निकासका लागि उपयोगी पहल थाल्न उनीहरुले आग्रह गरेका छन्। महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियाे। “गैरआवासीय नेपाली संघमा एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ। पत्रकार सम्मेलनमा भेला तयारी समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए। ‘एनसीसीका साथीहरुले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि भेला आयोजना गरेका हौं’ उनले भने। यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे। ‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौं। यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौं। विधानको १६.४ मा एनसीसी अध्यक्षहरुको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ। हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्याउने छौं।’ विधान अनुरुप नै विश्व भेला संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व भेला आयोजना गर्न लागेको उनले बताए। भेला उद्घाटन समारोहमा परराष्ट्रमन्त्री, संघका पूर्व अध्यक्षहरु, आईसीसीका पदाधिकारीलाई निमन्त्रणा गरिएको उनले बताए। त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरुबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले जानकारी दिए। केन्द्रीय महाधिबेशनको वैधानिक प्रकृया पुरा गरिए एनसीसीहरु केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए। एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक एनआरएनए संकटकालिन स्थितिमा पुगेको टिप्पणी गरे। ‘यो समयमा हामी आफै सक्रिए भएर निराकरण नगरेमा एनआरएनए नै रहने, नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौं’, उनले भने, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो।’ कार्यक्रममा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरुको काँधमा पनि जिम्मेवारी आएको बताइन्। ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरु लाग्नुपर्छ’, उनले भनिन्, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु।’ कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरुको भेला विधान सम्मत रहेको स्पष्ट परे। ‘संशाेधित विधान अनुसार १६.१.४ मा आशय लेखिएको छ। राष्ट्रिय समितिहरुको आधारमा आईसीसी बनेको हो। १८ वर्षमा पहिलो पटक हुन लागेकाले असहज लागेको हुन सक्छ’, श्रेष्ठले भने, ‘कर्तव्य सँगसँगै अधिकार पनि आउने भएकाले आईसीसी प्यासिभ हुँदा एनसीसी एक्टीभ हुनसक्छ भन्ने आसय भएको श्रेष्ठले बताए। ‘एनआरएनए फुटाउने भन्ने होइन। केन्द्रले एनसीसीलाई निर्देशन दिँदा विधानमा उल्लेख नभएको बिषय भए आचारसंहिताको पालन हुनुपर्छ। त्यसैगरी एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पहिलोपटक १० औं महाधिवेशन तोकिएको समयमै नभएकाले एनसीसीहरु अन्यौलमा परेको र त्यस्तो अन्याेल हटाउन आफूहरु लागि परेको जनाए। ‘नेपाल सरकारले मान्यता दिएको संस्थालाई एक ढिक्का बनाउनु पर्छ र अन्याेल हटाउनु पर्छ भनेर नै लागेका छौं’, उनले भने, ‘ दशौँ महाधिवेशन तथा चुनाव ३० नोभेम्बर भित्र हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। एनसीसी बिना आईसीसी चल्दैन। हामीले उहाँहरुलाई झकझक्याएको मात्र हो।’ कार्यक्रम खुला र बन्द गरी दुइ सत्रमा आयोजन गरिने र भेलामा ६२ एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहने संयोजक सुवेदीले बताए।
मलेसियामा अवैध तरिकाले बसेका कामदारलाई वैधानिक हुन समय थप क्वालालम्पुर। मलेसिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका अर्थात विभिन्न कारण बिना भिषा मलेसियामा बसेर काम गरिरहेका विदेशी आप्रवासी कामदारलाई पुनः वैधानिक हुन वा स्वदेश फर्किन दोस्रो पटक दिएको आम माफी कार्यक्रमको समय अवधि सकिन लागेको छ। विगत लामो समयदेखि विभिन्न कारण अवैधानिक रूपमा रहेका आप्रवासी कामदारलाई लक्षित गरी पुनः बैधानिक हुन वा स्वदेश फिर्ता हुन चाहाने आप्रवासी कामदारलाई आम माफीसहितको रिक्यालुब्रेसन पुलाङ कार्यक्रम ३१ जुनसम्म घोषणा गरेको थियो। उक्त समय अवधिमा कोभिड १९ को कारण मलेसियाको अध्यागमन विभाग नै बन्द भएको कारण यो समय अवधिमा यो कार्यक्रम औपचारिक रूपमा संचालन हुन नसकेपछि सरकारले जुलाई १ देखि ३१ डिसेम्बर २०२१ सम्म दोस्रो पटक समय अवधि थप गरेको थियो। यस कार्यक्रम अन्तर्गत स्वदेश फर्किने भन्दा पनि बैधानिक भएर वस्न चाहाने आप्रवासी कामदारको संख्या ठूलो छ । कार्यक्रम अन्तर्गत सर्भिस सेक्टर अथवा सिक्युरिटी सेक्टर बाहेक अन्य चार सेक्टरमा भिसा लगाएर बैधानिक हुन सकिने मलेसियाको अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यो दोस्रोपटकको कार्यक्रम यहि अक्टोबर १६ तारीखबाट मात्रै औपचारिक संचालनमा आएको हो यो कार्यक्रम संचालनमा आए सँगै अवैधानिक रूपमा रहेर काम गर्दै आएका नेपाली लगाएत बङ्गलादेश , इन्डोनेशिया, म्यानमार , भियतनाम , पाकिस्तान भारत, ताइवान कम्बोडिया , फिलिपिन्स लगाएत देशका कामदारले यसको लाभ लिन सक्नेछन्। कार्यक्रम लागू भए सँगै मलेसियाको अध्यागमन विभाग मुख्यालय पुत्राजय लगाएत अन्य अध्यागमन शाखाहरुमा अवैधानिक कामदारको बाल्को भिड सुरु भएको छ। करिव ५० हजारको हाराहारीमा आप्रवासी कामदारले अध्यागमन गएर बैधानिक प्रक्रिया सुरु गरिसकेको अनुमान गरिएको छ। मलेसियामा विभिन्न देशका लाखौं कामदारहरु अवैधानिक रूपमा कार्यरत रहेको मलेसिया सरकारले बताउदै छ। स्वदेश फर्किन चाहाने अवैधानिक कामदारले मलेसियाको अध्यागमन विभागलाई मलेसियन रिङ्गेट ५ सय फाइन तिरेर स्वदेश फर्किन सक्नेछन् भने बैधानिक हुन चाहनेले पनि सोही रकमसहित दर्ता गर्नुपर्ने पर्ने अध्यागमनले बताएको छ। यतिबेला मलेसियाको अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदार माथी धरपकडलाई पनि अगाडि बढाएको छ अध्यागमन विभागको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिए अनुसार पछिल्लो केही दिन यता जोहोर बारु क्वालालम्पुर लगाएत क्षेत्र बाट करिब ५ सयको हाराहारीमा इन्डोनेसियन , बङ्गाली भियतनामी लगाएत अवैधानिक रूपमा कार्यरत कामदारलाई नियन्त्रणमा लिएको अध्यागमनले बताएको छ यस अन्तर्गत मुख्य गरि कण्ड्रशन साइट र केही देह ब्यापारमा संलग्नसमेत लाई पक्राउ गरिएको हो।
काठमाडौं एयरपोर्टमा गैरआवासीय नेपालीमाथि हुने दुर्व्यवहारको भत्र्सना, असोज २७ को घटनाको छानविन गर्न माग वासिंगटन डिसी। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैरआवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न गैरआवासीय नेपाली संघका नेता राजन त्रिपाठीले माग गरेका छन्। गैरआवासीय नेपाली संघ,अमेरिकाका सल्लाहकार डा.दामोदर पौडेल र उनकी पत्नीलाई त्रिभुवन विमानास्थल अध्यागमनका कर्मचारीले विनाकारण दुख दिई दुर्व्यवहार गरेकोमा उनले भत्सर्ना गरेका छन् र सो घटनाको तत्काल छानविन गर्न माग पनि गरेका छन्। असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरबाट उत्रेर अध्यागमनको प्रक्रिया पूरा गर्ने क्रममा डा.पौडेल र उनकी पत्नीलाई कागजात नपुगेको भन्दै विनाकारण घण्टाभन्दा बढी समय अल्झाएर राखिएको थियो। डिसी नेपालमा घटनाको भोलिपल्ट नै विस्तृत विवरणसहितको डा.पौडेलको लेख प्रकाशित भएको थियो। लेखमा डा.पौडेलले आफूहरुमाथि भएको दुर्व्यवहारको फेहरिस्त प्रस्तुत गरेका थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) का अमेरिकाज क्षेत्रका संयोजकसमेत रहेका त्रिपाठीले संयुक्त राज्य अमेरिका र अन्य मुलुकहरुबाट चाडवाड र काम विशेषले नेपाल जाने गैरआवासीय नेपालीहरुमाथि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमनका कर्मचारीबाट दुर्व्यवहार भएका घटनाहरु सार्वजानिक भएको भन्दै त्यस्तो कार्यको भत्र्सना पनि गरेका छन्। अक्टोवर २१ तारिक साँझ एक विज्ञप्ति जारी गर्दै संयोजक त्रिपाठीले भनेका छन्, “नेपालीहरुको महान चाड दशैं मनाउन, आफन्त तथा परिवारजनसँग भेटघाट गर्न आफ्नो मातृभूमि पुग्ने गैरआवासीय नेपालीहरुलाई अध्यागमनका कर्मचारीहरुले विनाकारण घण्टौंसम्म विमानास्थलमै रोक्ने, कागजपत्र नपुगेको वाहना गर्ने र घण्टाभन्दा बढी उभ्याएर पछि कुनै कागजपत्र माग नगरी प्रवेश गराउने गरेका घटनाहरुले ठूलो उत्साह बोकेर आफ्नो जन्मभूमि पुग्नेहरु अपमानित महसुस गरिरहेका छन्।” उनले नेपालको संविधान र गैरआवासीय नेपाली ऐन एवं नियमले दिएका अधिकारहरु स्वतन्त्रतापूर्वक प्रयोग गर्न गैरआवासीय नेपालीहरुले पाउनु पर्ने माग पनि नेपाल सरकारसँग गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “गैरआवासीय नेपालीको परिचय पत्र देखाउँदा देखाउँदै आफ्नो जन्मभूमि भ्रमणमा जान निरुत्साहित गर्नु, हतोत्साही गर्नु र विनाकारण दुख दिनुले गैरआवासीय नेपालीप्रति नेपाल सरकार र सरकारी कर्मचारीको दुर्भावनामात्र देखाउँछ। र, यस्तो कार्यले गैरआवासीय नेपाली परिचय पत्र लिनको लागि पनि विदेशमा बस्ने नेपालीहरुलाई दुरुत्साहित गर्दछ।’ असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा पुग्नुभएका गैरआवासीय नेपाली संघ, अमेरिकाका सल्लाहकार डा.दामोदर पौडेल र उहाँकी पत्नीलाई अध्यागमनका कर्मचारीले दुव्र्यवहार गरेको कुरा त मिडियामै सार्वजानिक भएको छ। गैरआवासीय नेपाली परिचयपत्र देखाउँदा देखाउँदै उहाँहरुमाथि अध्यागमनमा भएको दुव्र्यवहारको भत्सर्ना गर्दछु । यसरी अध्यागमनमा भएको दुव्र्यवहारको तत्काल छानविन गरी दोषी कर्मचारी उपर कारवाहीको माग गर्दछु।’ विज्ञप्तिमा भनिएकाे छ, ‘ नेपालको संविधान, गैरआवासीय नेपाली ऐन र कानूनले दिएको अधिकार प्रयोग गरी आफ्नो मातृभूमिमा सहज प्रवेश पाउनुपर्ने, कानूनले तोकअनुसार बसोवास एवं हक अधिकार पाउनु पर्नेमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु। सधैं आफ्नो जन्मभूमिप्रति चिन्तित रहने, माया गर्ने र विदेशमा बसेर पनि मुलुकलाई परेको बेला तन,मन र धनले सहयोग पुर्याउने गैरआवासीय नेपालीहरुको भावनाको सम्मान गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ” याे पनि पढ्नुस् नेपालको अध्यागमनमा यस्तो दुर्व्यवहार भोग्नु पर्दा
एनआरएनएको विश्व भेला नरोकिने, परराष्ट्रमन्त्री अतिथि वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व भेलाको आयोजना गरिएको छ। यही अक्टोबर २४ तारिक आइतवार भर्चुअलरुपमा विश्व भेला हुने बताइएको छ। अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको, अन्तर्राष्ट्रिय समन्वय समिति(आईसीसी)को निर्वाचन नभएको र विधानत आईसीसीको कार्यकालसमेत समाप्त भइसकेको अवस्थामा एनआरएनएलाई कसरी अगाडि बढाउने भन्ने मुल विषयमा केन्द्रीत रही यो सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक बुद्धिसागर सुवेदीले डिसी नेपाललाई बताए । भेलामा नेपाल सरकारका परराष्ट्र मन्त्री डा.नारायण खड्कासहितका अतिथिहरुलाई निम्ता गरिएको पनि उनले बताए । संसारभर भएका निर्वाचित ६२ वटा एनसीसीहरुलाई सहभागी गराएर विश्व भेलाको आयोजना गरिएको उनको दावी छ। यसका लागि सुबेदीको संयोजकत्वमा ९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिएको छ। जसमा क्यनडाका अध्यक्ष दीपक गौतम, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग, बेलायतका अध्यक्ष प्रेम गाहा मगर, स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, मध्यपूर्वको कतारका अध्यक्ष महम्मद मुस्तादा, अफ्रिकाबाट दक्षिण अफ्रिकाका अध्यक्ष डा.पुष्प भट्टराई र एशियाबाट दक्षिण कोरियाका अध्यक्ष दीपक पुन सदस्य छन्। आईसीसीका अध्यक्ष कुमार पन्त इमेलमार्फत र महासचिव हेमराज शर्माले पत्रमार्फत् नै यस्तो कुनै भेला नगर्न आह्वान गरेका छन्। तर, उनीहरुको आह्वानलाई वेवास्ता गर्दै संस्थाभित्रको अन्यौलबाट संस्थालाई निकास दिन भेला आयोजना गरिएको आयोजक पक्षको दावी छ। अक्टोबर २३‐२५ मा हुने भनिएको विश्वसम्मेलन स्थगित भएपछि संस्था अन्यौलमा परेको छ, संयोजक सुबेदीले डिसी नेपालसंग भने, ‘एनसीसी र त्यसका प्रेसिडेन्टहरु मुख्य सरोकारवाला भएकाले साझा चासोका विषयमा छलफल गर्न यो भेला आवश्यक भएको हो, भेला रोकिंँदैन।’ आईसीसीका अध्यक्षले आगामी नोभेम्बर ३० भित्र जसरी पनि निर्वाचन गराउने भनेको र उनको सो प्रतिबद्धतालाई थप मद्धत पुर्याउन नोभेम्बर ३० भित्र आईसीसीको निर्वाचन गर्न दवाव दिनका लागि विश्व भेला आयोजना गर्नु परेको संयोजक सुबेदीको दावी छ। भेलामा एनआरएनए आईसीसीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र त्यसमा पनि प्रतिनिधि छनौटको ६५ प्रतिशत प्रावधानबारे बृहत छलफल हुने तथा एउटै विषयमा देश नै पिच्छे फरक फरक निर्देशन पत्र पठाउने हालको आईसीसी नेतृत्वको कामबारे पनि छलफल गर्ने एजेण्डा तय गरिएको संयोजनक सुबेदीले बताए।
अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा नेपाली मूलका हमाल निर्वाचित मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको केन्द्रीय राजनीतिमा सहभागिता जनाउने केहीमध्ये नवनिर्वाचित केन्द्रीय सदस्य हमाल पनि एक भएका छन्। डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा एमिली कुकले (जसलाई डेमोक्रयाट पार्टीका रजिस्टर्ड मतदाताले प्रत्यक्ष मतदान मार्फत निर्बाचित गरेका थिए)  पद त्याग गर्ने घोषणा गरेपछि उनको पद खाली भएको थियो। सो खाली भएको केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्ने विषयमा केन्द्रित रहेर पार्टीका विभिन्न तहका नेताहरुले दर्जनभन्दा वढी प्रश्न मार्फत हमालको अन्र्तवार्तासमेत लिएका थिए। अमेरिकामा राजनीति दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदवाट राजीनामा दिएको खण्डमा वा कुनै कारणले पद रिक्त रहेको खण्डमा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो । मेरिल्याण्ड राज्यमा एसियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स(एएपीआई) को केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले मंगलवार डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्। नवनिर्वाचित हमाल हाल मेरिल्याण्ड विधानसभामा निर्वाचित सांसद ह्यारी भण्डारीसंगै डेमोक्र्याट पार्टीको केन्द्रीय समितिमा काम गर्ने छन् । अर्का एकजना नेपाली मूलका व्यक्ति पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सांसद भण्डारीले एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्,‘हमाललाई हार्दिक वधाई ज्ञापन गर्दे आगामी दिनमा थप उपलब्धिका लागि समेत शुभकामना व्यक्त गर्न चाहन्छु ।’ मेरिल्याण्ड राज्यमा विगत १६ वषदेखि वस्दै आएका हमाल विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । अमेरिकी राजनीतिमा पार्टीका निर्वाचित नेतालाई समेत जनउत्तरदायी बनाउनका लागि राज्यका तर्फबाट शपथ ग्रहण गराउने र आधिकारिक प्रमाणपत्र दिने प्रचलनअनुसार उनको शपथ ग्रहण भई प्रमाणपत्रसमेत दिइएको छ।
अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने टेक्सास, अमेरिका। नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायका बालबालिकाहरुका निमित्त समेत शुरुवात गरिन भएको छ। यसका लागि भर्ना प्रक्रिया पूरा गरी कक्षा यसै हप्ताको शुक्रबार अक्टोबर २२ बाट शुरु गरिन लागेको पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईले बताए। अष्ट्रेलिया ग्रुपको निमित्त बिशेष सिलेबसको डिजाइन गरिएको छ। अष्ट्रेलियामा रहेका अभिभावाकहरु पनि अमेरिकास्थित नेपाली पाठशालामा जोडिएर एउटा लामो इतिहास बनेको नेपाली पाठशालामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउन पाउदा निकै खुशी रहेको प्रिन्सिपल भट्टराइले जानकारी दिए। यस कक्षाका लागि शिक्षकको रुपमा डा. होम आचार्यलाई जिम्मेबारी दिइएको छ। नेपाली भाषामै स्नातकोत्तर गरेर अमेरिकाबाट ’एजुकेशनल लिडरशीप“ मा बिद्याबारिधि गरेका डा. आचार्य अमेरिकाकै सर्बोत्कृष्टहरु मध्येको एक विश्वबिद्यालय ’कोर्नेल युनिभर्सिटी’ मा नेपाली भाषाको पाठ्यक्रम निर्माण तथा नेपाली प्राध्यापनरत छन्। नेपाल बाहिर नेपालीले संचालन गरेको सवैभन्दा ठूलो यस नेपाली पाठशालामा सामुदायिक बिद्यालयमा चारसयभन्दा बढी बिध्यार्थीहरु एकै सेमेस्टरमा भर्ना समेत भएका छन्। उच्च गुणस्तरका शिक्षकहरु र उत्कृष्ट ब्यबस्थापनका कारण टेक्सासमा नेपाली समुदायले सन् २००४ देखि नै संचालन गर्दै आइरहेको नेपाली पाठशालाले अहिले १७ बर्षको स्कूलको इतिहासमा ठुलै छलाङ्ग मारेको छ।
एनआरएनए संरक्षक परिषदको कार्यकाल समाप्त लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषदको कार्यकालसमेत समाप्त भएको छ। गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६ को १६ धारा अनुसार संरक्षक परिषदको कार्यकाल दुई वर्षका लागि हुने प्रष्ट व्यवस्था अनुरुप संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख संरक्षकत्वमा रहेको सो परिषदको म्याद सकिएको हो। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार बसेको ८० औं बैठकले संघको कार्यकाल ६ महिनाको लागि थप गरेको हो। तर संरक्षक परिषदको म्याद थप्ने वैधानिक व्यवस्था नभएको हुँदा सो परिषद स्वतः निस्कृय हुन पुगेको हो। गैरआवासीय नेपाली संघको गत वर्ष अक्टोवर १९ तारिख बसेको ६९ औं बैठकले दुई वर्षको लागि संरक्षक परिषद गरेको थियो। संरक्षक परिषदमा घले सहित पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने, भवन भट्ट र रामप्रताप थापा रहेको थिए। संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन ताकिएको समयमा हुन नसके पछि प्रमुख संरक्षक शेष घलेले विधानमा रहेको संरक्षक परिषदको व्यवस्थालाई टेकेर कार्यसमितिको अधिकार आफ्नो हातमा लिन खोजेपछि विवादमा तानिएका थिए।
एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ। गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ। यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो। मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो। बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ। बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिव १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाइ राखेका थिए। अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक भइसकेका छन्। संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन्। संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन्। न्युज कारखाना
एनआरएनए महासचिव डा. शर्मालाई कोरोना संक्रमण लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ। बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहिवार कोरोना पोजेटिभ देखिएको हो। कोरोना भाइरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरो लक्षण देखिएका छन्। उनको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। डा. शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाको लागि काम गर्ने मुख्य पदाधिकारीको रुपमा परिचित छन्। उनले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन्। बेलायतमा अहिले पनि दैनिक ४० हजार भन्दा बढीका कोरोना संक्रमण देखिएको छ।
युवा पत्रकार शाहीको कुवेतमा देहान्त काठमाडौं । युवा पत्रकार एवं समाजसेवी माधव शाहीको अल्पआयुमै दुःखद निधन भएको छ। दशैंको नवमीका दिन अकस्मात उनको निधन भएको हो। डिसी नेपालका पूर्व कुवेत सम्वाददाता र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका वर्तमान उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य, सामाजिक अभियान्तासमेत रहेका शाहीको हृदयघातका कारण कुवेतमै देहान्त भएको उनको परिवारले जानकारी दिएको छ। नेपाल घर प्यूठान जिल्ला ऐरावती गाउपालिका वडा नं ४, हर्नाघाट भएका शाहीका ९ वर्षीय र ३ वर्षीय २ छोरी छन् । उनी विगत लामो समयदेखि रोजगारीको सिलसिलामा कुवेतको सालिमिया शहर बसोवास गर्दै आएका थिए। १४ आक्टोबर राति शाहीलाई एक्कासि हृदयघात भएपछि तत्काल उपचारका लागि मेट्रो अस्पतालमा लगिएको थियो तर मेट्रो अस्पतालमा उपचार सम्भव नहुँदा मुबारक अल कबीर जबरेया अस्पतालमा रेफर गरिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो। उनको शव नेपाल पु¥याउन डिसी नेपाल सहयात्री मनोज थापासहित विभिन्न संघ संस्थाहरूले नेपाली दूतावास कुवेतसँग समन्वय गरिरहेका छन्। डिसीनेपालका सम्वाददाता रही शाहीले कुवेतमा रहेका नेपालीहरूको हकहित समस्याहरूलाई केन्द्रित गरी डिसीनेपालमार्फÞत समस्या समाधानमा आफ्नो महत्वपूर्ण योगदान दिएका थिए। उनी खाडीमा रहेका नेपालीहरूका समस्याहरू नेपाल सरकारसम्म पु¥याउने उद्देश्यले स्थापना गरिएको डिसीनेपाल गल्फ मिडियाका संस्थापकसमेत रहेका थिए। उनले डिसीनेपाल र यसमार्फत नेपाली समुदायलाई दिएको योगदान अविस्मरणीय रहने छ। सम्पूर्ण डिसी नेपाल परिवार यस दुखद घड़ीमा शाहीको परिवारजनप्रति समवेदना प्रकट गर्दछ साथै उनको आत्माको बैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ।
बेलायतमा नेपालीले मनाए दसैँ लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन्। पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायत अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे। पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो। कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे। कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए।
अमेरिकाको बाल्टिमोर काउण्टी र नर्थ क्यारोलिना सरकारबाट हिन्दू सम्पदा महिना घोषणा(घोषणा पत्रसहित) वासिंगटन डिसी। नेपाली र हिन्दूहरुको बसाेबास भएका अमेरिकाका र विभिन्न राज्य र शहरले हिन्दूहरुका चाडबाडको महिनामा शुभकामना दिंदै हिन्दू सम्पदा महिना घोषणा गर्न थालेका छन्। अमेरिकामा नेपालीहरुको ठूलो बस्ती रहेको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउण्टीका प्रमुख जोन ए ओल्ज्वस्की र नर्थ क्यारोलिना राज्यका गभर्नर रोय कुपरले छु्ट्टा छुट्टै घोषणा जारी गर्दै हिन्दू सम्पदा महिना घोषणा गरेका छन्। यसअघि अमेरिकाको भर्जिनिया राज्यका गभर्नर एच चर्टमले पनि यस्तो घोषणा गरिसकेका छन्। बाल्टिमोर काउण्टी कार्यकारी प्रमुख र नर्थ क्यारोलिना राज्यका गभर्नरले मुख्य ५ कारण उल्लेख गर्दै हिन्दू सम्पदा महिना मनाउने घोषणा गरेका छन्। अमेरिकाका यी राज्य र काउन्टी सरकारहले सन् २०२१ को अक्टोबर महिनालाई हिन्दू सम्पदा महिनाको रुपमा मनाउने घोषणा गरेका हुन् । १. विश्वभरको जनसंख्यामा हिन्दू धर्म तेस्रो ठूलो संख्याले मान्ने धर्म भएको, विश्भरका १ अर्व जनसंख्याले हिन्दू धर्म मान्ने र त्यसमध्ये २० लाखभन्दा बढी हिन्दूहरु अमेरिकामा बसोबास गर्ने भएकाले। २. हिन्दू सम्पदा, संस्कृति, परम्परा र मूल्यहरुले जीवनका धेरै समस्याहरुको अमूल्य समाधान प्रदान गर्दछ र मार्गदर्शनका लागि हिन्दूधर्मको शिक्षामा भरपर्ने लाखौं व्यक्तिहरुका लागि प्रेरणा, चिन्तन र चिन्तनको स्रोतको रुपमा काम गर्ने भएकाले। ३. अमेरिकामा सबैभन्दा द्रुत गतिमा बृद्धि भएको आप्रवासी समुदायमध्येको एक हिन्दू समुदाय भएकाले। ४. पारिवारिक बनौट र शिक्षाप्रतिको लगावका कारण हिन्दूहरु समाजको सबै पक्षमा समाहित भएकाले ५. यो भूमिलाई आफ्नो गृहको रुपमा माया गर्ने हिन्दू समुदायको असंख्य आवाजविना अधुरो रहने भएकोले यो महिनालाई उनीहरुले यो भूमिका लागि विगतमा खेलेको उल्लेखनीय भूमिकाको सम्मान गर्दै हिन्दू सम्पदा महिना घोषणा गरिएको छ। अक्टोबर महिनामा हिन्दू संस्कृति र सम्पदाका पर्वहरु मनाउने भएकाले सो महिनालाई हिन्दू सम्पदा महिना घोषणा गर्नु परेको प्रसंग पनि अमेरिकी राज्य तथा काउण्टी प्रमुखका घोषणामा उल्लेख गरिएको छ ।
विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद् दिन माग लण्डन । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताए।आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे। सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो। सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ। सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ। सङ्घका प्रमुख संरक्षक डा घलेले भने, “सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ।” कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताए। एनसिसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए। कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले आफ्नो मन्तव्य राखेको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताए।रासस
एनआरएनए दिवसः संस्थालाई राजनीतिभन्दा माथि राख्न सुझाव काठमाडौं । प्रवासी नेपालीहरुको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिभन्दा माथि राखेर व्यावसायिक ढङ्गले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) का अवसरमा संस्थाको बालुवाटारस्थित सचिवालयमा आज आयोजित कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकास र समृद्धिका लागि भूमिका खेल्ने उद्देश्यका साथ स्थापना भएको संस्थाको महत्व र गरिमालाई कायम राख्न अगुवाहरुलाई आग्रह गरे । पछिल्ला वर्ष एनआरएनभित्र राजनीतिक प्रभाव बढेको र संस्थाका कतिपय गतिविधि पारदर्शी र प्रभावकारी हुन नसकेको भनी गुनासो बढेको भन्दै एनआरएनए आगुवाहरुले यस किसिमका क्रियाकलाप बन्द गरेर संस्थालाई साझा चौतारीका रूपमा अघि बढाइनुपर्नेमा उनीहरुको सुझाव छ । एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संस्थालाई व्यावसायिक ढङ्गले अघि बढाउनुपर्ने बताए । उनले नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानलाई कसैले रोक्न नसक्ने बताए । निर्वाचनका सन्दर्भमा केही विषय उठे पनि बाँकी समय पूरै एनआरएनएको ध्यान नेपालको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। पूर्वअध्यक्ष जिवा लामिछाने संस्थाभित्र विगत लामो समयदेखि केही गलत किसिमका गतिविधि बढेको र यसले नकारात्मक सन्देश गइरहेको भन्दै सुदृढ र प्रभावकारी बनाइनुपर्ने उल्लेख गरे । एनआरएनएका अध्यक्ष कुमार पन्तले संस्था स्थापना भएको १८ वर्षमा थुप्रै उपलब्धिमूलक काम भएको दाबी गरे । संस्थाको आगामी नेतृत्वका लागि छिट्टै अधिवेशन तथा विश्व सम्मेलन सञ्चालनका लागि पहल गरिने बताए । एनआरएनएका अध्यक्षका प्रत्याशी कूल आचार्यले संस्थाभित्र पछिल्ला दिनमा मौलाउँदै गएका गतिविधि रोकेर संस्थाको गरिमालाई कायम राख्न सबैले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नेपाल सरकारसँग समन्वय र सहकार्यका साथ संस्थालाई प्रभावकारीरूपमा अघि बढाउने उल्लेख गरे । अर्का अध्यक्षका प्रत्याशी डा बद्री केसीले संस्थाको आदर्श र सिद्धान्तनिष्ठ भएर राजनीतिभन्दा माथि उठेर संस्थालाई अघि बढाउन सबैको ध्यान जानुपर्नेमा जोड दिए । विदेशमा बसोबास गर्ने नेपाली राजनीति र जात धर्ममा विभाजित भए देशको आर्थिक विकासमा समस्या हुने भन्दै यस्ता विषयले एनआरएनएलाई असर नपर्ने उनको भनाइ थियो । एनआरएनए अध्यक्षका प्रत्याशी रबीना थापाले नेपालको विकास र समृद्धिका लागि विदेशमा बस्ने नेपालीले लगानी बढाएर देशप्रतिको भाव बढाउन जरुरी भएको बताइन् । एनआरएनए दिवस मनाइयो आज ११ अक्टोबर अर्थात् गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको छ । एनआरएनएको आयोजनामा बिहान हरेक वर्ष झैँ स्वयम्भूनाथ र पशुपतिनाथको पूजाअर्चनाबाट गैरआवासीय नेपाली दिवस कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा एनआरएनएका अध्यक्षलगायत पदाधिकारीहरु तथा विभिन्न मुलुकहरुबाट आएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । अपराह्न गैरआवासीय नेपाली दिवसका अवसरमा बालुवाटारस्थित सङ्घको सचिवालय भवनमा शुभकामना आदानप्रदानसहित औपचारिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा संस्थाका अध्यक्षलगायत पदाधिकारीहरुबाट सङ्घको झण्डोत्तोलन गरियो । रासस
एनआरएनएको निर्वाचन र महाधिवेशन ६ महिनाका लागि स्थगित, सरकारको निर्देशन अस्वीकार गर्ने निर्णय काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आईसीसीको अन्तराष्ट्रिय महाधिवेशन र चुनाव छ महिनाका लागि स्थगित भएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बैठकले तत्कालका लागि अधिवेशन र चुनाव स्थगित गर्ने निर्णय गरेको हो । नेपाल सरकारले चार मुख्य बुंदाहरु उल्लेख गर्दै ती बुंदाहरु सच्याएरमात्र अधिवेशन तथा चुनाव गर्न निर्देशन दिएपछि एनआरएनए आईसीसीको चुनाव र महाधिवेशन अन्यौलमा परेको थियो । सोही अन्यौलका कारण आईसीसी सचिवालयको बैठकले यही अक्टोबर २० तारिकमा हुनुपर्ने निर्वाचन कार्यक्रम तथा त्यसपछि दुई दिनसम्म काठमाडौंमा तोकिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो । एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले अधिवेशन तथा चुनाव स्थगित भएको पुष्टि गरे । उनले डिसी नेपालसंग भने, विधानवमोजिम ६ महिनासम्म पर सार्न मिल्ने भएकाले सोही अनुसार, तत्कालका लागि महाधिवेशन र चुनाव स्थगित गर्ने निर्णय गरेका छौं । एनआरएनएले नेपाल सरकारको छानविनपछि प्राप्त भएको निर्देशन पत्रलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । र, पत्रबारे सरकारसंग थप छलफल गर्ने भएकाे छ ।
एनआरएनएका चार मुख्य गैरकानूनी काम, सच्याएरमात्र चुनाव गर्न सरकारको निर्देशन वासिंगटन डिसी । नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,आईसीसी) का चार मुख्य गैरकानूनी नियम र विधानविपरीतका काम भएको भन्दै तिनीहरुलाई सच्याएरमात्र आगामी नेतृत्व चयन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले परराष्ट्र मन्त्री नारायण खड्कालाई बुझाएको छानविन प्रतिबेदनका आधारमा त्यस्तो निर्देशन दिएको हो । आईसीसीका अध्यक्ष कुमार पन्तलाई संबोधन गर्दै आईसीसी सचिवालय, बालुवाटारलाई हिजो शुक्रबार अपरान्ह परराष्ट्र मन्त्रालयले लेखेको निर्देशन पत्रमा मुख्य चारवटा विषयलाई नियम र विधानविपरीतका गैरकानूनी काम भएको ठहर गरिएको छ । यो पत्र परराष्ट्र मन्त्रीस्तरीय निर्णय गरी एनआरएनए आईसीसीलाई आवश्यक कार्यार्थ पठाइएकाले पत्रको कार्यान्वयन अनिवार्य हुन्छ । समाचारअनुसार, निम्न चार विषयहरु उल्लेख गरिएका छन् १. आईसीसीको निर्वाचनका लागि राष्ट्रिय समन्वय परिषद्(एनसीसी) हरुबाट छानिने ६५ प्रतिशत प्रतिनिधिहरुको हकमा एनसीसीको निर्वाचनपूर्व नै चयन गर्ने संघको नियमावली नै त्रुटिपूर्ण भएकाले संघको विधान र परम्पराअनुसार ६५ प्रतिशत प्रतिनिधिको छनौट गरिनुपर्ने । यसको अर्थ निर्वाचित एनसीसीहरुले नै ६५ प्रतिशत प्रतिनिधि छनौट गरी पठाउनु पर्छ भन्ने हो । यसपल्ट अधिकांश एनसीसीका पुरानो कार्यसमितिले नै ६५ प्रतिशत प्रतिनिधि छनौट गरेका छन् । अहिले छनौट भएका थुप्रै नाममा हेरफेर हुन सक्ने र यसले आईसीसीको निर्वाचन परिणामलाई ठूलो असर पार्न सक्ने देखिन्छ । २. एनसीसीहरुको हकमा तोकिएको म्यादभित्र भएका निर्वाचनहरुलाई मात्र मान्यता दिइनुपर्छ । जुलाई १ देखि ३१ तारिकभित्र एनसीसीहरुको निर्वाचन विधानमै तोकिएकोमा त्यसपछि पनि सदस्यता वितरण गरिएको पाइएको र निर्वाचन गरिएको पाइएकोले यी कार्य विधानविपरीत छन् र सच्याएरमात्र आईसीसीको निर्वाचन गर्नु पर्छ । थुप्रै मुलुकहरुमा जुलाई ३१ पछि पनि सदस्यता वितरण गरेर एनसीसीहरु बनेका र ती एनसीसीहरु बैधानिक नभएकोले ती एनसीसीहरुका प्रतिनिधिले आईसीसीको निर्वाचनमा भाग लिन नसक्ने देखिन्छ । रुस, लक्जम्बर्ग र न्यूजिल्याण्डका एनसीसीको बैधानिकता सरकार स्वीकार गर्न सकेन । ३. विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि कतिपय देशहरुमा एनआरएनएको सदस्य बनाएको पाइएकोले ती विद्यार्थीलाई सदस्य बनाउने कार्य गैरकानूनी हो । त्यसरी गरैकानूनी सदस्यबाट निर्वाचित भएका एनसीसी र प्रतिनिधिहरु गैरकानूनी हुन् । जापान र जर्मनलगायतका देशहरुमा विद्यार्थीलाई सदस्य बनाई चुनाव गराएको पाइएकोले त्यस्ता सदस्य संख्याको पुनरावलोकन गरी ती देशहरुमा पुन निर्वाचन गरिनुपर्ने मन्त्रालयको निर्देशन छ । ४. एनसीसीहरुको अधिवेशन शुरु हुनु अगावै संघको आईसीसी सचिवालयले नियमावली बनाएर पठाउनुपर्नेमा अधिवेशनको बीचमा नियमावली बनाएर कार्यान्वयन गर्न पठाएको उपयुक्त देखिएन । आईसीसी सचिवालयले १७ जुलाईमा एनसीसीहरुलाई नियमावली बनाएर पठाएको थियो । यो नियमावलीसमेत विधानअनुरुप नभएको सरकारी निर्देशनमा उल्लेख छ । सरकारले मुख्य चार विषयलाई सच्याएरमात्र चुनाव गर्न भनेपछि अव दुईसाताभित्र सम्पन्न भइसक्नुपर्ने आईसीसीको अधिवेशन र चुनाव अन्यौलमा परेको छ । संघमा कांग्रेससम्बद्ध समूहले कुल आचार्यलाई अध्यक्ष र डा.केशब पौडेललाई महासचिव तोकेर उनीहरुको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको छ भने अर्को समूहले डा.बद्रि केसी अध्यक्ष र गौरी जोशीलाई महासचिव तोकेर चुनावमा होमिएको छ । यसपल्टको निर्वाचन रसियन ब्लक र गैररसियन ब्लकका समर्थकहरु बीच ध्रुवीकरण पनि देखिएको छ ।
इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा  नष्ट भएका हुन्। आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यामहरुले जनाएका छन्। आगोलागी नियन्त्रणका लागि घटनास्थल पुगेका अग्नी नियन्त्रकहरुले ३० वटा बसहरुमा आगोले क्षति पुर्‍याएको ट्वीटरमार्फत जानकारी गराएका छन्। अग्नी नियन्त्रकहरुले ३० बस जलेर नष्ट भएको बताइरहेका बेला उता एटीएसीले भने आगलागीमा २० वटा पुराना सवारी साधनहरुमा क्षति पुगेको बताएको छ। एटीएसीका अनुसार आगोमा कोही घाइते भएका छैनन्। रोममा आगलागीको घटना यो पहिलो भने होइन। २०२० को जुन महिनामा पनि डिपोमा राखिएका ७ वटा बसहरु जलेर नष्ट भएका थिए। २०१६ देखि आज सम्म लगभग २ सय ५० वटा बसहरु आगोबाट क्षतिग्रस्त भएका छन्।
एनआरएनए आईसीसी निर्वाचन : सम्पत्तिको अधिकार र नागरिकता कुल आचार्यका प्रतिबद्धता काठमाडौं। गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालमा नेपाली नागरिकता कायम राखी आफ्नो सम्पत्तिको अधिकार स्थापित गर्ने आफ्नो मुल एजेण्डा सार्वजानिक गरेका छन्। यसका साथै संसारभर कम्तिमा एकसय देशमा गैरआवासीय नेपाली संघ गठन गर्ने र कम्तिमा पांच लाख नेपालीहरुलाई संघमा संगठित गर्ने महत्वाकांक्षी योजना पनि सार्वजानिक गरेका छन्। असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन्। हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ भने ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, बीसवटा एनसीसी भने हाल निष्कृय रहेका छन् । सीमित व्यक्तिले निर्णय गर्ने र त्यो निर्णय प्रक्रिया अपारदर्शी हुंदा सधैं विवाद जन्मेको अवस्थालाई सुधार ल्याउन उनले निर्णय प्रक्रिया सहभागितामुलक बनाउने र त्यसले पारदर्शिता पनि दिने उनको जोड छ । त्यसैले ‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । नागरिकता पहिलो प्राथमिकता नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले स्पष्ट पारे । संविधानसभाले संविधान निर्माण गर्दादेखि नै नागरिकताको मुद्दा उठाइरहेका आचार्यले संविधानमा उल्लेख भएपनि आवश्यक ऐन बन्न नसक्दा गैरआवासीय नेपालीहरु नागरिकताको अधिकारबाट बन्चित भएको उनले बताए । आगामी कार्यकालमा यसलाई निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको उनले बताए । नागरिकताको अधिकार कार्यान्वयन नहुँदा सम्पत्तिको अधिकार पनि उपयोग गर्न नपाएको र त्यसकै कारण नेपालबाट पूँजी पलायन हुन थालेको बताउँदै आचार्यले नेपालको पूँजी नेपालमै राखेर विदेशमा आर्जन गरेको पूँजी नेपाल भित्र्याउन पहल गर्ने बताए । ’सम्पत्तिको अधिकारले एकातिर पूँजी पलायन रोक्छ भने विदेशमा कमाएको सम्पत्ति नेपालमा ल्याउने बाटो पनि खुल्छ, उनले भने । कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको भन्दै आचार्यले आगामी दिनमा यस्तो अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सदस्यता र डेलिगेट्ससम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनले बताए । मर्यादित र सुरक्षित वैदेशिक रोजगारीको योजना अध्यक्ष पदका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको बताए । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले स्पष्ट पारे । वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने आचार्यले बताए । सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले ’एक एनआरएन एक रोजगार’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए । गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने पनि आचार्यले प्रतिबद्धता व्यक्त गरे । पूँजीसँगै ज्ञान र सीप पनि नेपालमा अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताए । संघमा युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो उद्देश्य रहेको बताउँदै आचार्यले विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्तालाई मातृभूमिसँग जोड्न पुलको काम गर्ने पनि स्पष्ट पारे । आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने उनले बताए । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन संघका आम सदस्यहरुलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन्। अध्यक्ष पदका उम्मेदवार आचार्यले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको मुद्दा कहिल्यै नबल्झिने गरी समाधान गर्न निर्णायक पहल गर्ने बताएका छन् । त्यस्तै, मध्यपूर्वको श्रम समस्या, यूरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले यी समस्या समाधानका लागि पनि योजनाबद्ध रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् । ‘एनआरएनए : भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् । आचार्यले गैरआवासीय नेपालीहरुलाई मात्रै नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् । विश्वका थुप्रैै मुलुकमा नेपाली मूलका मानिसहरु रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताए । ‘पिपुल अफ नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनले बताए । कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरु एसी शेर्पा, त्रिलोक गुरुङ, महासचिव पदका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रबिण गुरुङ तथा गंगाधर गौतम, युवा उपाध्यक्ष पदका उम्मेदवार हिमाल गुरुङ, महिला संयोजक उम्मेदवार जुनु गुरुङ, युवा संयोजक उम्मेदवार बिमला सापकोटा, सह–कोषाध्यक्ष पदका उम्मेदवार नारायण सुबेदी, गोविन्द श्रेष्ठ ’रोविन्द’, युरोपबाट उप क्षेत्रीय संयोजक पदका उम्मेदवार भिम केसी कमल लगायतले आफ्नो मन्तव्य राखेका थिए। यस भन्दा पहिले बद्रि केसीको टिमबाट चुनाव लड्ने भनेर चर्चामा आएका लोक दाहालले आफुले केन्द्रीय सहमति अनुरुप कुल आचार्यको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका थिए। अध्यक्ष पदका प्रत्यासी कुल आचार्यको प्रतिबद्धतापत्र  आदरणीय पत्रकार मित्रहरु तथा संसारभरि रहनु भएका गैरआवासीय नेपाली साथीहरुमा मेरो हार्दिक नमस्कार । काठमाडौँमा हुन गइरहेको दशौँ विश्व सम्मेलन अघि संघका ६० भन्दा बढी राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा राष्ट्रिय सम्मेलन र कार्यसमिति तथा केन्द्रीय प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रिया सम्पन्न भइसकेको छ । भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा निर्वाचित हुनु भएका एवम् विश्व सम्मेलनका लागि चुनिनु भएका सम्पूर्ण प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। गएको झन्डै डेढ वर्ष कोरोना प्रकोपका कारण सिंगो मानव जातिका साथै नेपाल तथा नेपाल बाहिर रहनु भएका नेपालीहरुका लागि निकै कष्ट पूर्ण रह्यो। यो अवधिमा कोभिड–१९ का कारण निधन हुनुभएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। कोभिडका बेला प्रवासमा तथा जन्मभूमिका लागि पनि सक्दो सहयोग जुटाउन गैरआवासीय नेपालीहरु तथा एनसीसीहरुले गरेको पहल प्रशंसनीय छ। यसले हाम्रो संस्थाको औचित्य फेरि एकपटक प्रमाणित गरेको छ। “एक पटकको नेपाली सधैंको नेपाली“ भन्ने मूल मर्म अनुरुप हाम्रा अग्रजहरूले दूरगामी परिकल्पना र मातृभूमिको विकासमा सार्थक योगदान गर्ने उद्देश्यका साथ स्थापना गरेको एनआरएनएलाई मौलिक दृष्टिकोण, रुपान्तरण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउने ‘भिजनरी’ नेतृत्व आजको आवश्यकता हो। अन्तर्राष्ट्रिय समन्वय परिषदले हस्तक्षेप गर्ने हैन, समन्वय र सहयोग गर्नु पर्छ भन्ने कुरामा म विश्वास राख्छु । त्यसैले एनसीसीहरुलाई बलियो, आत्मनिर्भर र प्रभावकारी बनाउनका लागि नै मेरो उम्मेदवारी हो। अग्रजहरुको मार्ग दर्शन र तपाईं सबै साथीहरुको साथ, सहयोग र सुझावका आधारमा म एनआरएनएको उद्देश्य, भूमिका, नेतृत्व र चुनौतीका बारेमा आफ्ना संक्षिप्त प्रतिबद्धताहरु तपाईंहरु समक्ष राख्न चाहन्छु। मेरो विस्तृत घोषणापत्र कर्म थलोबाट छिट्टै सार्वजनिक गर्ने छु। तपाईं सबै साथीहरुको सक्रिय सहयोग र सहकार्यबाट यी सबै कार्ययोजना कार्यान्वयन गर्न म प्रतिबद्ध छु। १. गैरआवासीय नेपाली नागरिकताः मेरो सर्वोच्च प्राथमिकता -गैरआवासीय नेपाली नागरिकता ऐन संसदबाट पारित गराइ पासपोर्टको व्यवस्था तथा तेश्रो पुस्ता पछि पनि गैरआवासीय नेपाली नागरिकता पाउने गरी कार्यान्वयन गराउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ। -दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली कार्डको माध्यमबाट सम्पत्ति लगायतका सबै अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न पहल गर्ने छु। -म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा लामो समय देखि बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई नेपाल सरकारसंग पहल गरी ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने छु। -नेपालमा सम्पत्ति सुरक्षा नहुँदा सम्पत्ति बेचेर विदेश लैजाने गर्दा अर्थतन्त्रले ठूलो घाटा व्यहोर्नु परिरहेको छ। त्यसैले नेपाल सरकारसंग पहल गरी नेपालमा रहेको एनआरएनहरुको सम्पत्ति सुरक्षाको कानूनी व्यवस्था मिलाउने छु । -सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप प्रवासमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्ने छु । २. सुरक्षित र मर्यादित वैदेशिक रोजगारः राष्ट्र निर्माणको आधार -सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको लागि एउटा कार्यदल बनाएर नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र योजनावद्ध कार्यक्रम ल्याउने छु । -मध्यपूर्वमा रहेका नेपालीहरुले श्रम स्वीकृतिको नाउँमा झेल्दै आएको समस्यालाई न्यूनीकरण गर्दै समस्यारहित बनाउन नेपाल सरकारसंग विशेष पहल गर्ने छु। आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर गर्ने छु। नेपालको संघीय सरकार, प्रादेशिक सरकारहरु तथा नेपालको निजी क्षेत्रसंगको सहकार्यमा एनआरएनए सीप विकास केन्द्र (प्राविधिक शिक्षालय) स्थापना गरी सातै प्रदेशमा विस्तार गर्ने छु। -कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुलाई स्वदेशमै रोजगारी तथा उद्यम शुरु गर्न सघाउन प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजी परिचालन गरी ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने छु। -विदेशमा काम गरेर फर्केका नेपालीहरुको स्कील म्यापिंग गरी संजाल बनाई ‘श्रम ब्यांक’ मार्फत उहाँहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउने छु। -नेपाली महिलाहरुलाई सुरक्षित र सम्मानित रुपमा काम गर्ने वातावरण बनाउन नेपाली दूतावासहरु तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा अभियान चलाइने छ। -मध्यपूर्व र मलेसियाका अस्पतालमा उपचाररत, अंगभंग भएका नेपालीहरुको तथ्यांक संकलन गरी आवश्यक सहयोग र समन्वय गरिने छ। – मोबाइल फोनबाटै श्रम सम्झौता गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग समन्वय गरी मोबाइल एप विकास गरिने छ। – नेपाल सरकारसंग समन्वय गरी प्रवासमा काम गरिरहेका नेपालीहरुका लागि राष्ट्रिय सामाजिक सुरक्षा कोष स्थापना गर्न पहल गर्ने छु। ३. लगानी प्रवर्द्धन – एनआरएनएले स्थापना गरेको १० अर्ब रुपियाँको ‘एनआरएन विकास कोष’ लाई क्रियाशील तुल्याउने छु। – कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, जलश्रोत जस्ता क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्न विशेष नीति ल्याउन नेपाल सरकारलाई आग्रह गर्ने छु। – बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (द्यक्ष्एएब्) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संस्थागत पहल गर्ने छु। -खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाउने छु । – गैरआवासीय नेपालीहरुले सामूहिक वा ब्यक्तिगत रुपमा नेपालमा गरिरहेका लगानीहरुलाई सहजीकरण गरी नेपाल सरकार तथा स्थानीय निकायहरुसंग समन्वय गर्नका लागि सचिवालयमा ‘लगानी प्रबर्द्धन एकाई’ स्थापना गर्ने छु। – गैर आवासीय नेपालीहरुको लगानीलाई सहज तुल्याउन एवं मुनाफा फिर्ता लैजान नीतिगत तथा कानूनी सुधारका लागि नेपाल सरकारसंग सहकार्य गर्ने छु। – गैर आवासीय नेपालीहरुको व्यक्तिगत तथा सामूहिक लगानी सुरक्षित गर्ने बारे नीतिगत व्यवस्था गर्न नेपाल सरकारसंग पहल गर्ने छु। -विदेशमा बसोबास गर्ने नेपालीहरुसंग रहेको पूँजी सजिलैसंग नेपाल ल्याई नेपालको ब्यांकमा राख्न पाउने र चाहेको बेला फिर्ता पनि लग्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग पहल गर्ने छु। ४. सीप, ज्ञान र प्रविधिको हस्तान्तरण -एनआरएनए अन्तर्गतको सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागलाई अरु सशक्त बनाउंदै नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संघको विज्ञान तथा प्रविधि नीति सम्बन्धी श्वेतपत्र जारी गर्ने छु। -नेपाल सरकार तथा नास्ट जस्ता संस्थाहरुसंग मिलेर कोभिड सम्बन्धी अनुसन्धानको लागि ल्बतष्यलब िख्ष्चययिनथ ीबदयचबतयचथ स्थापना गर्न पहल गर्ने छु। -कोभिड तथा कोभिड पश्चातको अवधिमा पनि नेपाललाई लाभ हुने गरी सीप तथा ज्ञानको स्थानान्तरणका लागि जुन २०२२ भित्र एउटा भर्चुएल सम्मेलन आयोजना गरिने छ। -विश्व तथा क्षेत्रीय ज्ञान सम्मेलनहरुलाई निरन्तरता दिंदै तिनका सुझावहरुको कार्यान्वयनका लागि सम्पूर्ण रुपमा ध्यान केन्द्रित गरिने छ। प्रविधि स्थानान्तरणमा नेपाली डायस्पोराको सम्भाव्य योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक वैज्ञानिक जर्नल प्रकाशन गरिने छ। -प्रवासका विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुलाई स्वायत्त र स्वतन्त्र रुपमा काम गर्ने, खोज, अनुसन्धान गर्ने संगठनका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक सीप र ज्ञानलाई संघ र नेपालको हितमा प्रयोग गरिने छ। -नेपालको परम्परागत प्रविधिको जगेर्ना गर्दै आर्थिक समृद्धिमा सहयोग पुराउने उद्देश्यले नेपाली विश्व विद्यालयहरु तथा संस्थाहरुसंग शिक्षा, अनुसन्धान एवं नवप्रवर्तन (क्ष्ललयखबतष्यल) को क्षेत्रमा साझेदारी तथा सहभागितालाई प्रवर्द्धन गरिने छ। ५. युवा तथा महिलाः एनआरएनएमा पहिला – सबै एनसीसीहरुलाई आफ्ना सदस्य तथा शुभेच्छुकहरुबाट मासिक कम्तीमा एक डलर (वा त्यत्ति नै रकम स्थानीय मुद्रामा ) संकलन गरी महिला विभाग÷ समितिले छनोट गरेका परियोजनाहरु कार्यान्वयन गर्न एक कार्यदल बनाइ उत्प्रेरित गर्ने छु। – विदेशमा जन्मिएका र हुर्किएका किशोर किशोरीहरुलाई नेपाल लाने तथा नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्न ‘नेपाल चिनौं’ अभियान संचालन गर्ने छु। – विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्ष मुनिका युवाहरुलाई सम्मान गरी एनआरएन अभियानसंग आवद्ध गर्न ‘एनआरएनए युवा तारा’ अभियान एनसीसीहरुसंगको सहकार्यमा संचालन गर्ने छु। – नेपालमा नयाँ पर्यटन केन्द्रहरुको पहिचान गरी संसारभरी तिनको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न युवाहरुलाई प्रोत्साहित गर्ने छु। -युवा, महिला तथा हरेक क्षेत्रमा सफल व्यक्तिहरुलाई संघको सदस्य बनाइ सदस्यता वृद्धि गर्न एनसीसीहरुलाई उत्प्रेरित गर्ने छु। -विदेशमा रहेका एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउनका लागि एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने छु। ६. नेपालीपन, नेपाली मन – गैरआवासीय नेपाली संघले नेपाली भाषा तथा संस्कृतिको प्रबर्धन र जगेर्ना गर्न बिश्वका हरेक देशमा नेपाली संस्कृति केन्द्र स्थापना गर्न प्रोत्साहित गर्ने छु। – संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिलाई एनसीसीहरुसम्म पुराई प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगर्ना गर्ने छु। -समितिले यसै बर्ष देखि गैरआवासीय नेपाली लेखकहरुलाई दिने घोषणा गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारलाई थप प्रभावकारी बनाउने छु। सबै एनसीसीहरुलाई विदेशमा हुर्की रहेका बालबालिकाहरुका लागि नेपाली भाषा सिकाउन अनलाइन कक्षा संचालन गर्न प्रोत्साहित गर्ने छु। गतिलो पाठ्यक्रम, पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न केन्द्रबाटै पहल गर्ने छु। – एनसीसीहरुसंगको सहकार्यमा ‘जोगाऔं भाषा, जोगाऔं संस्कृति’ तथा “घर भित्र बोलौं नेपाली” अभियान’ केन्द्रबाटै संचालन गर्ने छु। -नेपालमा प्रचलित सबै धर्म, संस्कृति तथा नेपाली चाड पर्व झल्किने गरी एनआरएनए ग्लोबल क्यालेन्डर प्रकाशित गर्ने छु। ७. संस्थागत सुधार, सहकार्य तथा रुपान्तरण – गैर आवासीय नेपाली संघलाई नेपालमा र संसार भरि प्रतिष्ठित तथा मर्यादित बनाउने मेरो प्रमुख ध्येय हुने छ। पद्धति र पारदर्शितामा आधारित समावेशी एनआरएनए बनाउने छु। – ‘एनआएनए :  भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई क्रमशः कार्यान्वयन गर्दै लग्ने छ। केन्द्रिय कार्यालयलाई प्रभावकारी र उत्तरदायी बनाउने छु। – संघको पंजीकृत सदस्य संख्या ५ लाख पुराउने छु । – राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउन ठोस पहल गर्ने छु । “जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ एनआरएन“ भन्ने मूल मर्म अनुरुप राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने छु । – सदस्यता सूचना प्रणाली (एमआइएस) लाई पारदर्शी र जवाफदेही बनाउने छु। निष्क्रिय रहेका एनसीसीहरुलाई सक्रिय तुल्याउन पहल गर्ने छु। – ‘एनआरएनए फाउन्डेशन’ लाई केन्द्रको तर्फबाट पूर्ण सहयोग रहने छ। एनआरएनए नीति प्रतिष्ठानले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गरिने छ। – अफ्रिकास्थित एनसीसीहरु तथा नेपाली दूतावाससंग समन्वय गरी अफ्रिका महादेशमा कार्यरत नेपालीहरुका समस्या समाधान गर्न प्राथमिकता दिने छु। – प्रवासमा रहेका लाखौं एनआरएनहरु तथा नेपालमा रहेका तिनका परिवारलाइ सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग संस्थागत रुपमा पहल गर्ने छु। – ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागहरुबारे आउंदो डिसेम्बर २०२१ बाट औपचारिक वार्ता शुरु गर्ने निर्णयको म स्वागत गर्दछु। वार्ताद्वारा यो समस्याको दीगो समाधान खोज्न संघको तर्फबाट हरसम्भव पहल गर्ने छु। – एनआरएनए अन्तर्रा्षिष्ट्रय पत्रकारिता पुरस्कार कोषको रकम आगामी दुई वर्ष भित्र दोब्बर गर्ने छु। संसारभरिका पत्रकारहरु तथा संचारसंग सम्बन्धित संघ संस्थाहरुसंग सहकार्य गर्दै संघका गतिविधिहरुबारे भरपर्दो र पारदर्शी ढंगले सूचना प्रवाहको व्यवस्था मिलाउने छु। – नेपालमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुसंग जुध्न नेपाल सरकारको ’ ब्रेन गेन सेन्टर’ तथा नेपाल बाहिर स्थापित नेपाल पलिसी इन्सटिच्युट जस्ता संस्थाहरुसंग सहकार्य गर्दै एनआरएनएलाई अगाडी बढाउने छु । – प्रवासमा बसोबास गर्ने नेपालीहरुलाई सीप स्थानान्तरणका लागि हरेक वर्ष कम्तीमा एक हप्ता नेपाल गएर स्वयम्सेवी अभियानमा संलग्न हुन आह्वान गर्दै त्यसको अनुगमन तथा सहजीकरणका लागि एक संयन्त्र बनाउने छु। – नेपालमा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपसंग जुध्न आवश्यक तयारी, व्यवस्थापन तथा प्रतिकार्यका लागि संघको एउटा स्थायी संरचना बनाउने छु। – पूर्व अध्यक्षहरुले शुरु गरेका आयोजनाहरुलाई पूरा गर्ने छु । एनआरएनएद्वारा संचालित परियोजनाहरुको कार्य प्रगतिको समीक्षा गरी कुनै सुधार गर्नु पर्ने भए तत्काल सुधार गर्ने छु । त्यस्तै चालु परियोजनाहरुको आवधिक अनुगमन तथा मूल्यांकनको व्यवस्था मिलाउने छु। – संघको निर्वाचन प्रणालीलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने छु । ४ अक्टोबर २०२१
एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा. केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन् । रसियामा बसोबास गर्नुहुने केसीले विभिन्न व्यवसायमा लगानी गरेका हुन् । उनले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन्। सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका छन् । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताए । निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताए । पर्यटन प्रवर्द्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उनको प्रतिबद्धता छ ।
कांग्रेसले एनआरएनको चुनावमा समन्वय गर्न ८ नेतालाई दियो जिम्मेवारी काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औँ महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग र समन्वय गर्नका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी सुम्पेको छ । कांग्रेस केन्द्रीय कार्यालयले युरोप क्षेत्र, एशिया क्षेत्र, अमेरिका क्षेत्र, ओसियाना क्षेत्र तथा अफ्रिका मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति गरी पाँच वटा क्षेत्रमा ती नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई नेताहरुको नामावलीको सूचीसहित पत्राचार गरेका छन् । जनसम्पर्क समितिहरुलाई पठाइएको पत्रका अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी छन् । त्यस्तै, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । कांग्रेसले संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यको टिमबाट डा.केशव पौडेल महासचिव पदमा उम्मेदवार रहने छन् । पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ । २०२१–२०२३ कार्यकालका लागि एनआरएनएको १०औँ महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदैछ ।
एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा काठमाडौैँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए। नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने आचार्यको प्रतिबद्धता जनाए। विदेशी जेलमा रहेका नेपालीलाई स्वदेश ल्याउने र विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने विषयमा संस्थागत रूपमा काम गर्ने भन्दै उनले नेपालको विकासमा आफू साझेदार भएर काम गर्ने बताए। विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिमा ल्याउनुपर्ने दायित्वलाई आफूले पूरा गर्ने बताएका उनले भूतपूर्व गोरखा सैनिकको समस्या समाधानमा पनि पहल गर्ने प्रतिबद्धता जनाए। कोभिडका कारण समस्यामा परेर नेपालमा फर्केहरूलाई लक्षित गरेर ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
एनआरएनएको अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसी) को आसन्न निर्वाचनको अध्यक्ष पदका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारीको घोषणा गरेकी छन् । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणासँगै थापा एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला भएकी छन् । उनले उम्मेदवारीको घोषणाका क्रममा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएकी छन् । एनआरएनएमा महत्वपूर्ण एजेन्डाको रुपमा रहेको नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएउने थापाले बताएकी छन् । उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बनाएकी छन् । सर्वोच्च अदालतले विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन् । ‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिट्यान्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो’ उनले भनिन्, ‘दोहोरो करका सम्बन्धमा पनि गैरआवासीय नेपालीले करमा छुट पाउनु पर्छ ।’ थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताइन् । उनले भनिन्, ‘संघमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे । अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछु ।’ विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापा समूहको भनाई छ । नेपालमा लगानी गर्ने विषय सबै गैरआवासिय नेपालीको साझा नारा भएको भन्दै विदेशका साना साना लगानीलाई ल्याएर समूहमा लगानी गर्ने योजना रहेको उनले बताइन् । विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना थापाको रहेको छ । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उनको भनाई छ ।
एनआरएनए सचिवमा खगेन्द्र न्यौपानेको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी १०औं महाधिवेशनका लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपाने एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन् । हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पूरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन् । उनी आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात छन् त्यति नै प्रख्यात विश्वभरका गैरआवासीय नेपालीमा पनि छन् । उनले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधपछि सचिव पदमा उम्मेदवारी दिएको बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहदा मलेसिया, मध्यपूर्व र कोरियाका श्रमिकका मुद्दालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए । एनआरएनएले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । न्यौपानेले अहिलेसम्म सबै साथीहरुको माया, साथ, शुभेच्छा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरेका छन् । एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा या त तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरे । गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलामा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरे । एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक, आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । संघको सचिवमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेको बताउँछन् । आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै उनले एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र भईरहेको फोहोरी खेलको गन्धसमेत छिर्न नदिनु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य रहेको बताएका छन् । सचिव पदमा उम्मेदवारी दिंदै न्यौपानेले आफ्ना प्रतिवद्धताहरु पनि सार्बजनिक गरेका छन् । उनको प्रतिवद्धतामा सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषय रहेको छ । मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेर सयौंलाई रोजगारी दिएका न्यौपानेले मलेसियासँगै नेपालमा हाईड्रो, ट्राभल्स, रियल स्टेटलगायत क्षेत्रमा लगानी गरेका सफल व्यवसायी हुन् । टिम कूल आचार्यबाट न्यौपानेले एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै आइसीसी सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
२८बुँदे लन्डन घोषणापत्र जारी, विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न (घोषणापत्रसहित) काठमाडौं । २८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन गत आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं । नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनु हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं ।’ सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ । समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा.हेमराज शर्मा, दक्षिण कोरियाका डा.देवी बस्नेतलगायतका वक्ताले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए । पत्रकार भगीरथ योगी तथा डा.दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए । शुक्रबारदेखि विभिन्न सत्रहरु संचालन गरिएको र शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिक रुपमा शुरुवात गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए । कार्यक्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा.मन कुमारी राई–वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन–वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिङ, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायतका वक्ताले शुभकामना दिएका थिए । सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा.पदम सिम्खडा तथा डा.बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए । सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय समेत गरेको छ । गैरआवासीय नेपाली संघ (स्वास्थ्य कमिटी)द्वारा आयोजित तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन महामारी युगमा सम्पूर्ण स्वास्थ्य नेपाल तथा विश्वभर रहेका नेपालीहरूद्वारा नेपालीहरूको समग्र स्वास्थ्य सम्बन्धमा जारी गरिएको विश्व घोषणापत्र (प्रस्तुत घोषणापत्रमा “हामी” भन्नाले, तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन, सेप्टेम्बर १७-१९, लंडन (संयुक्त अधिराज्य) र अनलाइन, मा सहभागी नेपाल भित्र वा बाहिर रहेका व्यक्ति, विशेषज्ञ तथा संघ संस्थाका प्रतिनिधिहरू जो प्रत्यक्ष वा परोक्ष रूपमा नेपालीहरूको उन्नत स्वास्थ्यका लागि लागीपरेका छन्, लाई जनाउने छ । १. हामीले कोभिड–१९ महामारीले निम्त्याएको अभूतपूर्व चुनौतीहरूको सामना गर्दै सशक्त रूपमा अगाड़ी बढ़ी रहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय र परिवारहरूको मनोबल उच्च रहिरहोस भन्ने यस सम्मेलनको नारा नै ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ राखेका छौं । २. कोरोना भाईरसको महामारी बाट हामी कोही पनि अछूतो छैनौ । यद्यपि यो महामारीले स्वास्थ्यको निदान, उपचार र रोकथामका क्षेत्रमा कार्यरत तमाम विज्ञहरू एकताबद्ध हुने एउटा अवसर प्रदान गरेको छ । स्वास्थ्य प्रयोगशालाहरूको स्तरवृद्धि, चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरूको सुरक्षा, सुरक्षा उपकरणको उपलब्धता, अत्यावश्यक औषधि र खोपको व्यवस्था, केही यस्ता समस्याहरू हाम्रा माझ छन् जसलाइ यो महामारी र भविष्यका लागी पनि हामीले काम गर्नु पर्ने छ । हामी यस विषम परिस्थितिमा देखाउनु भएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गर्दछौं । ३. हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरंतरताको लागि अमूल्य निधि भएको, र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं । ४. नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनु हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं । ५. हामी, नेपाल भित्र वा बाहिर रहनु भएका, स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, र स्वास्थ्यका विविध पाटाहरुमा सेवा गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई संगठित भई हातेमालो गरी, नेपालीहरूको स्वास्थ्यका विषयमा सूचना आदानप्रदान, सरसल्लाह, सिप विकास र अनुभव साटासाट गर्ने साझा संजालको विकास गर्न आव्हान गर्दछौ । यसैगरी संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न यो सम्मेलन नेपाल सरकारलाई आह्वान गर्दछ । ६. हामी महामारी जस्तो प्रतिकूल परिस्थितिमा पनि तमाम चुनौती, बाधाहरू र स्रोत र साधनको अभावका बीच धैर्य र साहसकासाथ नेपाली समुदायलाई सुरक्षित महसूस गराउन भरपूर प्रयास गर्नु हुने सम्पूर्ण जनस्वास्थ्य विशेषज्ञहरूको कदर गर्दछौं । साथै यस्ता कार्यमा अग्रसर रहनु हुने सबै जनस्वास्थ्यकर्मी, संक्रामक रोग विशेषज्ञहरु, सामाजिक कार्यकर्ता, नीति निर्माताहरू लगायत प्रत्यक्ष– अप्रत्यक्ष रूपमा संलग्न सबैको कार्यमा सहमति जनाऊछौं । ७. हामी, नेपाली मूलका चिकित्सकहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, मध्यपूर्वमा रही, विभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फत नेपाली चिकित्सकहरूको विश्वव्यापी संजालमा आवद्ध रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी संवाद र सहकार्य गर्ने छौं । ८. हामी, नेपाली मूलका नर्सहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, मध्यपूर्वमा रही, विभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फत नेपाली नर्सहरूको विश्वव्यापी संजालमा आवद्ध रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी सम्बाद र सहकार्य गर्ने छौं क्ष् हामी यो सम्मलेन मार्फत नेपाली नर्सहरूको विश्व संजाल निर्माण गर्न पाउँदा गौरवान्वित छौं । ९. मानसिक स्वास्थ्य विना सम्पूर्ण स्वास्थ्य सम्भव छैन क्ष् मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नु भएका नेपाली मूलका मनोरोग विशेषज्ञ, मनोविद, मानसिक सल्लाहकार, व्यवहारजनित रोग र कुलतका क्षेत्रमा काम गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फत निर्माण गरिएको मानसिक स्वास्थ्यको विश्वव्यापि संजालमा आवद्ध हुन आव्हान गर्दछौ । १०. हामी नेपाल सरकारको राष्ट्रिय रोग रोकथाम केन्द्र (Center for Disease Control – CDC Nepal) स्थापना गर्ने राष्ट्रिय स्वास्थ्य नीतिको समर्थन र स्वागत गर्दछौ । ११. स्वास्थ्यमा वैकल्पिक चिकित्सा, योग, आयुर्वेद, होमियोपेथि, अकुपंचरको अद्वितीय योगदान, प्रभावकारिता, र महत्व परापूर्व कालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेको सर्वविदित छ । स्वास्थ्यको रक्षा र विविध जटिल समस्याहरूको निराकरणमा प्रभावकारी हुने भएपनि यो क्षेत्रले पाउनु पर्ने जति महत्व नपाएको तीतो यथार्थ हामी सामु छ क्ष् हामी, आयुर्वेद र वैकल्पिक चिकित्साद्वारा नेपाल भित्र र बाहिर रहेका नेपालीहरूलाई फाइदा हुने गरी यिनको प्रचारप्रसार, अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन र सर्वसुलभता होस भन्ने कुरामा ऐक्यवद्ध छौं । १२. स्वास्थ्यमा अनुसंधानको ठूलो महत्त्व छ । यद्यपि नेपाली शोधकर्ताहरूले आफ्नो क्षमताले गर्न सक्ने अनुसंधान अनुरूप पर्याप्त श्रोत र साधन नपाएको कुरा सर्वविदित छ । हामी ती चुनौतीहरू बारे अवगत छौं र तिनको निराकरणका लागी सक्दो प्रयास गर्ने छौं भन्ने कुरामा विश्वास दिलाउन चाहछौं । साथै नेपालीहरूको स्वास्थ्यका विषयमा एक अन्तरराष्ट्रिय स्तरको रिसर्च जर्नलको प्रकाशन पनि हाम्रो प्राथमिकताको विषय भएको जानकारी गराउन चाहन्छौं । १३. रोग रोकथाम तथा उपचार, महिलाको स्वास्थ्य, तथा आमा तथा शिशुको स्वास्थ्यले परिवार, समाज र सम्पूर्ण राष्ट्रको दशा बताउने भएपनि विश्वभरिका महिला, आमा तथा नवजात शिशुहरूले सामना गर्ने समस्याहरू साझा छन् । यो सम्मेलन महिला, आमा तथा नवजात शिशुहरूको स्वास्थ्यका क्षेत्रमा जिम्मेवार सबैलाई उनीहरुको स्वास्थ्यमा पहुँच र गुणस्तर वृद्धिका लागि ध्यानआकर्षण गराऊँछ । १४. बालबालिका, किशोर किशोरी, तथा युवाहरूको स्वास्थ्यले भोलिको पुस्ताको चित्रण गर्छ । विद्यालय स्वास्थ्य कार्यक्रम, किशोर किशोरी एवं युवाहरूको स्वास्थ्य प्रवर्धन र स्वस्थ व्यवहारलाई प्रोत्साहित गर्ने कुरामा हामी सबैको एकमत भई विश्वभरका नेपाली मूलका बालबालिका, किशोर किशोरी र युवा वर्गलाई नेपालमा रहेक आफ्ना समकक्षीहरूलाई सहयोग गर्न प्रोत्साहित गर्छौं । १५. महामारी, प्राकृतिक प्रकोप जस्ता विपदका बेलामा सकेसम्म तुरंत सेवा पूर्याउन सक्ने एक द्रुत चिकित्सा कार्यदल (Rapid Medical Action Team) को व्यवस्था अहिलेको आवश्यकता हो । उक्त संरचना निश्चित संख्याका विज्ञ चिकित्सक, नर्स, लगायतका अन्य स्वास्थ्यकर्मी समावेश गरी २४ घंटा भित्र चाहेको स्थानमा पूर्याउन सक्ने खालको हुन आवश्यक छ क्ष् सो कार्यका लागी चाहिने प्राविधिक वा भौतिक सहयोग गर्नुहून सम्पूर्णमा आव्हान गर्दछौं । १६. हामी मधुमेह, हृदयरोग जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तथ्यबारे विदितै छौं । यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य संवर्धनका लागि गरिएका कार्यहरू अपुग छन् क्ष् सम्पूर्ण स्वास्थ्यको अवधारणालाई मूर्तरूप दिन कूलत र धूमपानको रोकथाम, पोषण, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन जस्ता कुराहरू अहिलेका आवश्यकता हुन् । यसो भन्दा यो दीर्घ रोगहरूमा चिकित्साको महत्वलाई अवमूल्यन गरेको नभइ यी विविध तत्वहरूको उपादेयतालाई उजागर गरिएको हो भनी बुझनु पर्ने हुन्छ । १७. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका सामाजिक जनचेतनाको अभाव भाएका कतिपय समस्याहरूले गर्दा हीनताबोध, डर, लाज, र धकका कारण व्यक्तिको स्वास्थ्यमा पहुँच कम हुने हुनाले त्यस विरुद्ध जन चेतनाको विकास गर्ने हरेक पहलमा हाम्रो समर्थन छ । १८. हामी नेपालीहरूको स्वास्थ्यमा पहुँच पूर्याउन मद्दत गर्ने घुम्ती क्लिनिक, घुम्ती Mammogram, घुम्ती रक्त दान बस, घुम्ती अस्पतालका लागि सहयोग जुटाउने कार्यमा अग्रसर छौ । यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी तथा स्थानीय स्वास्थ्य संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूर दराजका नेपालीहरूलाई सहयोग गर्नु हून सम्पूर्णमा आव्हान गर्दछौं । १९. हामी संयुक्त राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्य अन्तर्गत स्वास्थ्यमा लगानी, पहुँच र सबै विभेदहरूका विरुद्ध लाग्ने प्रस्तावको समर्थन गर्दछौं । २०. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस भन्ने कुरामा हाम्रो विश्वास व्यक्त गर्न चाहनछौं । साथै सीमांतकृत, भौगोलिक र अन्य कारणले पिछड़ीएका सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने कुरा दोहोरयाऊन चाहन्छौँ । २१. सबैजना आफ्ना क्षेत्रमा काम गर्दा गर्दै पनि एकजुट हुने हो भने के सम्भव छैन र भन्ने कुरा त सन २०१५ को भूकम्पले देखाइ सक्यो । उक्त पृष्ठभूमिमा सबैले आफ्ना मेहनत, कौशल र सिपलाइ प्रयोग गरी बढी प्रभावकारी योगदान दिन सकिन्छ । साथै, विश्वभरका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू एकजुट भएर काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । २२. हाम्रो सहकार्य र समन्वयले राष्ट्रिय र अन्तरराष्ट्रिय, सरकारी तथा गैर सरकारी संस्थाहरूमा एक बलियो आवाजको प्रतिनिधित्व गर्छ भन्ने कुरामा हामी विश्वस्त छौं । हामी निजी–सरकारी–साझेदारीको अवधारणा, गैर आवासीय नेपाली संघभित्रकै समितिहरूको समन्वय र नेपाल सरकारका संघीय र स्थानीय निकायहरू संगको समन्वय र सहकार्य महत्वपूर्ण छ भन्ने कुरामा सहमत छौं । २३. हामी जाति, लिंग, उमेर, धर्म, पेशा आदि विवधताहरूका आधारमा नेपालीहरूका स्वास्थ्य सम्बन्धी आवश्यकताहरू पनि भिन्न भिन्न छन् भन्ने तथ्यबारे अवगत छौं। मध्यपूर्वमा रहने श्रमिक नेपाली र नाइजेरिया वा अमेरिकामा रहेका नेपालीको अवस्था फरक हुनसक्छ । त्यसैगरी विकट हुम्ला जिल्लाकी एक गर्भवती महिला वा सप्तरीका वृद्ध पुरुषको अवस्था एक नहुन सक्छ । हामी हाम्रा स्वास्थ्य सेवाहरू आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक रूपमा समावेशी, र निपुण होउन् भन्ने कराको वकालत गर्दछौं । २४. हामी विश्व स्वास्थ्य संगठन, यूनिसेफ, अन्तरराष्ट्रिय श्रम संगठन, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त तथा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको नेपाल भित्र वा बाहिर रहेका श्रमिक नेपालीहरूको स्वास्थ्य सम्बन्धी हक अधिकार सुनिश्चीत गर्न महत्वपूर्ण भूमिका छ भन्ने कुरा मान्दछौं । २५. हामीलाई ज्ञात छ कि नेपालमा स्वास्थ्यकर्मीहरूको पेशालाई सुरक्षित राख्ने व्यावसायिक बिमाको व्यवस्था छैन । नेपाल भित्र वा बाहिर, विशेषतः अमेरिकामा रहेका चिकित्सकहरूले कसरी त्यस्तो बिमा कार्यक्रम नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने कुरामा आफ्नो अनुभव र सहयोग प्रदान गर्नुहुन हामी आव्हान गर्दछौं । २६. स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग, अहिलेको आवश्यकता हो । अन्तरराष्ट्रिय मापदण्ड अनुरूप बिरामीका अभिलेखहरू राख्ने, स्वास्थ्य निर्देशिका अनुरूप काम गर्ने लगायत नेपालको भौगोलिक विविधतालाई मध्यनजर गरी टेली–मेडिसिनको विकास गर्न अत्यंत जरूरी छ । हामी सबै दाता, व्यक्ति तथा संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूरदराजका नेपालीहरूलाई सहयोग गर्नुहून आव्हान गर्दछौं । २७. हामी स्वास्थ्य विधा एक निरपेक्ष क्षेत्र नभई अन्य विविध विषय र विधाहरूसँग पनि जोडिएकाले अन्य क्षेत्रका विज्ञ र संघसंस्थाको सहयोग विना नेपालीहरूको स्वास्थ्यको विकास असम्भव प्रायः रहेको मान्दछौं । तसर्थ हामी सबै स्वास्थ्यसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्ने निकायहरूलाई स्वास्थ्यलाई एकल तत्वको रूपमा नलिई अंतर विधागत विकास नीति निर्माण र अवलम्बनको एक अभिन्न पाटोको रूपमा लिनु हुन आग्रह गर्दछौं । २८. विश्व स्तरमा नेपालीहरूको स्वास्थ्य संबंधी उपरोक्त अवधारणा र लक्ष्यहरूलाई जीवितै राख्न हामी आगामी वर्षहरू सन २०२२, २०२३, २०२४ लगायत भविष्यमा यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्छौं ।
एनआरएनएको आसन्न चुनाव विधान विपरीत हुन लागेको आरोप काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुले एनआरएनको आसन्न निर्वाचन विधानविपरीत हुन लागेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको आइसिसीका मानार्थ सदस्य नवराज ओली (शनि), एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसिसीको पूर्वसचिव जानकी गुरुङले आगामी दुई वर्षे (२०२१-२०२३) कार्यकालको लागि हुन लागेको चुनाव विधानविपरीत हुन लागेको आरोप लगाएका हुन्। पत्रकार सम्मेलनमा प्रतिनिधि चयनमा गरिएको गलत कार्यकाविरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि केही सदस्य न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको उनीहरुले बताएका छन्। केही समय अगाडि एनआरएनका केही प्रतिनिधिहरुले एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटमा अनियमिता भएकोले चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेका थिए। एनआरएनएलाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न बाध्य भएर मन्त्रालय जानुपरेको उनीहरुको भनाई थियो। त्यस्तै, पत्रकार सम्मेलनमा उनीहरुले रसिया, न्युजिल्याण्ड, साइप्रस, जापानलगायतका देशहरुमा भएको एनआरएनए एनसीसीको चुनाव धाँधलीपूर्ण भएको बताएका थिए । विधान मिचिएर चुनाव गरिएका देशहरूबाट निवेदन आएको भए पनि नेतृत्वले पेलेर जाने नीति हावी रहेको उनीहरुको भनाई थियो । पत्रकार सम्मेलनमा मन्त्रालय जानुभन्दा आगाडि अनियमिता बारे किन जानकारी नगराएको भन्ने पत्रकारहरूको प्रश्नमा उनीहरुले छलफलबाटै समस्या समाधानका लागि कुरेको तर, त्यसो नभएपछि वास्तविकता जानकारी गराउनु पर्ने बाध्यता आइपरेको आईसीसी मानार्थ सदस्य ओलीले बताए । उनले आपूmहरू एनआरएनएको हक, अधिकार र न्यायका लागि लड्दै आएको बताए । उनका अनुसार अहिले मन्त्रालयले मिति सार्न तथा सम्मेलन रोक्न नभनेको र समस्या समाधान गरेर अगाडि बढ्न भनेको छ । पत्रकार सम्मेलनमा आईसिसीको पूर्वसचिव जानकी गुरुङले सबै देशमा समान रूपले निर्वाचन हुनु पर्ने बताएकी छन् । कुनै देशमा एक मापदण्ड र कुनै देशमा अर्को मापदण्ड अपनाइएको आरोप लगाउँदै उनले वर्तमान कार्यसमितिलाई प्रतिनिधि पठाउने जिम्मेवारी दिनु पर्ने र नेतृत्वले अभिभावकको भूमिका खेल्नु पर्ने बताइन् । जापानमा विद्यार्थी प्रतिनिधि हुन नपाउने व्यवस्था भए पनि २ हजार २ सय ४० जना विद्यार्थीलाई प्रतिनिधि बनाइएको भन्दै अन्य देशहरुमा पनि भएको अनियमिततालाई छानबिन गर्नु पर्ने उनको धारणा थियो । त्यस्तै, आपूmहरूले नेतृत्वलाई विधानविपरीतका कार्य तत्काल रोक्नका लागि आग्रह गरेको र यस विषयमा कुनै सुनुवाइ नभएको एनसिसी अमेरिकाका सल्लाकार खरेलले बताएका छन् । नेतृत्व कब्जा गर्ने गरी कार्य भएको भन्दै उनले संघलाई मर्यादित बनाउनका लागि विधानविपरीतका कार्य रोकेर अगाडि बढ्न आग्रह गरेका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एनआरएनए आइसिसीका महासचिव हेमराज शर्मा तथा सचिव गौरीराज जोशीले सञ्चालन गरेको सचिवालयले संघको विधानलाई आपूmखुसी व्याख्या गर्ने, आफ्ना अनुकूल नरहेका एनआरएनएलाई बिनाकारण दुःख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदण्ड अपनाउने काम गरेकाले संघको भविष्य र विश्वभरि छरिएका नेपालीहरूको हक, हित र अधिकारको संरक्षणका लागि हामी बाध्य भएर उजुरीको तहसम्म पुग्नु परेको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।’ विज्ञप्तिमा संघका महासचिव शर्माले १५ अगस्टभित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउने पत्र लेखेको र सो बमोजिम अधिकांश एनसिसीहरूले विधानविपरीत एकलौटी रूपमा प्रतिनिधिको नाम पठाएको आरोप लगाइएको छ । त्यसैगरी, अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरू नै निर्वाचन प्रक्रियामा सहभागी भएकाले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको विज्ञप्तिमा जनाइएको छ । साथै, संघको वेबसाइटमा समेत प्रतिनिधिको नामावली प्रकाशन नगरिएको उनीहरूको आरोप छ । विवादित एनसिसीका बारेमा बेवास्ता गर्ने र नियमसंगत अधिवेशन भएका देशका प्रतिनिधिलाई मान्यता नदिने कामसमेत गरेको उनीहरुको आरोप थियो । साथै, कतिपय ठाउँमा जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको र तोकिएको समय पछाडि प्रतिनिधि बनाउन सदस्य थप्ने, विभिन्न ठाउँबाट अनियमिताका सम्बन्धमा उजुरी आउँदासमेत आइसिसीको बैठक बसेर समाधान नगरेको उनीहरुको भनाई थियो । उनीहरुको आसय एनआरएन एनसीसीहरुमा भएका गल्ती कमजोरीलाई सुधार गरेर मात्र आईसीसीको चुनाव गर्नुपर्ने छ ।
‘एनआरएन द सिङ्गर’ नोभेम्बरदेखि प्रसारण हुने काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ देखि १० बजेसम्म प्रसारण हुने भएको हो । प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हुनेछ, जसको प्रत्यक्ष प्रसारण गरिने छ । एनआरएनए आइसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो । संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमका अनुसार गत जुन २१ देखि खुला गरिएको ‘प्रि अडिसन’को तयारी लगभग सकिएको छ । कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताए । दक्षिण एशियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने छन् ।
एनआरएनएलाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न मन्त्रालय गएको हो: आचार्य काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमिताका बारेमा परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कुल आचार्यले बताएका छन् । उनले एनआरएनएलाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न मन्त्रालय गएको जानकारी गराएका हुन् । आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लागेका आचार्यले भने, ‘एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयनमा गरिएको गलत कार्यका विरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि केही सदस्य न्याय माग्दै मन्त्रालय पुगेका हुन्, यो रहर नभएर उनीहरुको बाध्यता हो ।’ त्यस्तै, एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको स्मरण गर्दै आचार्यले भने, ‘संघको उद्देश्य प्राप्तिका लागि पनि मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ । संस्थालाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न नै मन्त्रालय जानु परेको हो ।’ संस्थालाई कसैले पनि आफ्नो स्वार्थसिद्ध गर्न नहुने बताउँदै उनले आइसिसीका पदाधिकारीले तोकिएको म्यादभन्दा पछि छुट्टै नियमावली बनाएर विधानकै उल्लङ्घन गरेको आरोप लगाए । सहमतिमा तयार पारिएको विधानको अपव्याख्या गर्दै आफूखुसी नियमावली बनाउने र समयसीमाको वास्ता नगर्ने काम केही पदाधिकारीले गरेको उनको भनाइ थियो । विवादित एनसिसीका बारेमा बेवास्ता गर्ने र नियमसंगत अधिवेशन भएका देशका प्रतिनिधिलाई मान्यता नदिने काम गरेपछि विवाद उत्पन्न भएको उनले बताए । कतिपय ठाउँमा जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको बताउँदै आचार्यले विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई नभएको बताए । तोकिएको समय पछाडि प्रतिनिधि बनाउन सदस्य थप्ने, विभिन्न ठाउँबाट अनियमिताका सम्बन्धमा उजुरी आउँदासमेत आइसिसीको बैठक बसेर समाधान दिन नखोज्नुले नेतृत्वको नियतमाथि आशङ्का गर्नुपरेको उनको भनाई थियो । रासस
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ। बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ। बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महङ्गो खर्चमा होटलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ। अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ। अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायतमात्र रहेको हुँदा आफ्नो मागलाई यथोचितरूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ। बिहीबार नै सङ्घले लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ।रासस
एनआरएनएको केन्द्रीय उपाध्यक्षमा गुरुङको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि व्यवसायी यमकुमार गुरुङ ‘त्रिलोक’ले केन्द्रीय उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । गुरुङले ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । आगामी दुई वर्षे (२०२१–२०२३) कार्यकालको लागि घोषणापत्रसहित उम्मेदवारी दिएका गुरुङ सन् २००६ देखि सन् २०११ सम्म एनआरएनए राष्ट्रिय समन्वय परिषद् हङकङको अध्यक्ष थिए । सामाजिक अभियन्ता समेत रहेका गुरुङ २०११ देखि सन् २०१३ सम्म एशिया प्याशिसिफ क्षेत्रीय संयोजक हुँदै सन् २०१३ देखि सन् २०२१ सम्म सल्लाहकार थिए । उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको निरन्तरता, नयाँ युवाहरुको सहभागिता, महिला सशक्तिकरण, कोरोना भाइरसका कारण प्रभावित क्षेत्रमा सहयोग, वैदेशिक रोजगारको व्यवस्था, संघमा प्रणालीको सुधार, नेपालमा लगानीमैत्री वातावरण र भूतपूर्व गोर्खा सैनिकहरुको हक अधिकारका लागि दबाव सृजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । एनआरएनएको अभियानमा लामो समयदेखि सक्रियपूर्वक लाग्दै आएका गुरुङलाई एनआरएनएमा काम गर्ने व्यक्तिको अभाव भएको भन्दै नेतृत्व तहमा आउन प्रतिनिधिहरूले नै दबाब र सुझाव दिंदै आएका थिए। एनआरएनएमा सक्षम, इमान्दार र योगदान गरेको व्यक्तिको आवश्यक रहेको भन्दै गुरुङ राम्रा र काम गर्न सक्ने व्यक्तिहरु नेतृत्व तहमा आउनुपर्ने धारणा राख्छन् । एनआरएनए हङकङको दुई पटक अध्यक्ष हुँदै एसिया प्यासिफिकको संयोजक, आइसिसी सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका गुरुङले एनआरएनएको लाप्राक प्रोजेक्टमा महत्वपूर्ण योगदान पुर्याएका थिए । गुरुङले लाप्राकमा नमूना वस्ती निर्माणमा आफै ९ पटकसम्म पुगेर स्वयंसेवकको भूमिका निर्वाह मात्र गरेनन्, लाखौं रकम सहयोग समेत गरे । त्यसैगरी, एशिया क्षेत्रबाट पनि गुरुङले २५ लाख रकम उठाएर लाप्राक पुर्याएका थिए । त्यतिमात्र होइन् समाजसेवी गुरुङले भारतको अघोषित नाकावन्दीका बेला जनकपुर अस्पताललाई ७ लाख बराबरको औषधी प्रदान गरेका थिए । गुरुङले एनआरएनए चाइना र हङकङसँग सहकार्य गरी नेपालमा ब्लड ट्रान्समिसन (रक्त प्रशारण) ब्याग प्रदान गरेर उदाहरणीय काम गरेका थिए । गुरुङले पछिल्लो समय नेपालमा स्याउ फार्म, बायोग्यासदेखि सोलारसम्ममा लगानी गरेका छन् । गोर्खा एकता इन्टरनेशनल ग्रुपमार्फत् हङकङ र मकाउमा निर्माण तथा सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका गुरुङ जब मुलुकलाई संकट पर्छ, त्यतिबेला पीडितसमक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरी उनीहरुको घाउमा मलम लगाउन तत्पर भइहाल्छन् । उनको यो कामले एनआरएनएको गरिमालाई मात्रै बढाएको छैन, नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक वृदिदर बढ्नमा सहयोग पुगिरहेको छ ।
राजनितिक दलको निर्देशनमा एनआरएनएमा परराष्ट्रको हस्तक्षेप : अध्यक्ष पन्त काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सत्तारूढ प्रमुख दलको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्। डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व्याख्या समिति र संरक्षक परिषद् हुँदाहुँदै सत्ताधारी दलका हेब्बी वेट का नेता र उनका परिवारबाट परराष्ट्रमा दवाव आएकोले सो पत्र काट्नुपरेको जानकारी आफुले पाएको बताए। निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र न सार्वजनिक भएको परिस्थितिमा दावी विरोधको समय हुँदाहुँदै दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले हतासमा निर्वाचन प्रक्रिया रोक्नु भनेर पत्र काट्नु अशोभनीय राजनीतिक हस्तक्षेप भएको उनको जिकिर छ। “यो सरासर राजनीतिक हस्तक्षेप नै हो, दावी विरोेधबारे छानविन नै शुरु नभई एक्कासी लगाइएको आरोपको पछि नलाग्न म अनुरोध गर्दछु। समस्या भएपनि समाधान गर्ने निकाय परराष्ट्र होइन।” एनआरएनएको वर्तमान कार्यसमितिले संस्थागत सुधारको लागि विशेष अधिवेशन गरेर नयाँ विधान संसोधन गरेको बताउँदै त्यही विधानको आधारमा चुनाव हुन लागेको समेत जानकारी दिए। मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीसँग पत्र आउनु अघि केही समय कुरा हुँदा उनले यो विषयमा केहि नबताउनु भएकाले पनि यसमा स्वार्थ समुहको योजना अनुसार राजनीतिक हस्तक्षेप भएको बुझ्न सकिने पन्तको दावी छ।  एनआरएनको निर्वाचन तोकिएको समय अक्टोवर तेस्रो सातामा नै हुने बटमलाइनका साथ कुरा गर्न काठमाडौं उड्न लागेको जानकारी दिदैँ पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताए। एनआरएनएको नियामक निकाय परराष्ट्र मन्त्रालय भएता पनि आन्तरिक विषयमा अनावश्यक चासो राखेर सत्ताको दुरुपयोग गर्दै स्वार्थ समूहको चंगुलमा संस्था बुझाउने षडयन्त्र विरुद्ध एकजुट हुन अध्यक्ष पन्तले आग्रह गरे। एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो। भदौ २५ गतेको पत्रमा यस सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत छ।
अनियमितता छानविन नहुञ्जेलसम्म एनआरएनएको निर्वाचन रोक्न नेपाल सरकारको निर्देशन (पत्रसहित) काठमाडौं । नेपाल सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे छानविन गर्ने र छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनको काम रोक्न आदेश दिएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै भदौ २५ गते जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्टिय समन्वय परिषद् तथा राष्टिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बांकी काम रोक्नू भनिएको छ । नेपाल सरकारले एनआरएनए आईसीसीका लागि प्रतिनिधि छान्ने क्रममा विभिन्न देशहरुमा धांधली भएको भन्ने उजुरीहरु प्राप्त भएको भन्दै त्यस्ता उजुरीहरु छानविन गर्न मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । सहसचिव रेग्मी परराष्ट्र मन्त्रालयको नीति,योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुख हुन् । रेग्मीको समितिमा कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य छन् । यो समितिले कति समयमा प्रतिवेदन बुझाउने भन्ने कुरा निर्देशन पत्रमा केही उल्लेख गरिएको छैन । तर, यो समितिले प्रतिवेदन नबुझाउन्जेलसम्मलाई आईसीसी र एनसीसीका निर्वाचनसम्बन्धी सबै काम रोक्न भने आदेश जारी गरिएको छ । सरकारी निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायतका मुलुकहरुमा निर्वाचनमा अनियमितता भएकोबारे उजुरी परेको र ती देशहरुका निर्वाचनबारे छानविन गरिने उल्लेख गरिएको छ । पत्रमा एनआएएनए एनसीसी जापानको निर्वाचनमा भएको अनियमितता बारे सोधिएको पत्रको जवाफबारे प्रतिउत्तर नदिएको आरोप पनि एनआरएनए आईसीसीलाई लगाइएको छ । जापानको निर्वाचनमा एमआईएस सिष्टम प्रयोग गरेको र त्यसमा आफू पक्षधरलाई जिताउन फर्जी मतको प्रयोग भएको आरोप वामपन्थी पक्षलाई लगाइएको छ । गैरआवासीय नेपाली संघ सम्बन्धी नियमावलीवमोजिम नै सरकारले निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारको पत्रमा भनिएको छ,“गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम उल्लेखति वियाहरुमा अनुगमन गर्न परराष्ट्र मन्त्रायको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन भएको व्यहोरा मिति २०७८ । ५ ।२५ को निर्णयानुसार अनुरोध गरिन्छ । गैरआवासीय नेपालीसम्बन्धी नियमावलीमा “संघको लेखा, तथा काम कारवाहकिो सम्बन्धमा मन्त्रालयले अनुगमन गर्न सक्ने, अनुगमन गर्दा संघको काम कारवाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्ने र यसरी दिइएको निर्देशनको पालना गर्नु संघको कर्तव्य हुने” उल्लेख गरिएको छ । सरकारले निर्वाचनसम्बन्धी सबै काम रोक्नु भन्दै निर्देशन दिएपछि संघको आईसीसी सचिवालयको जरुरी बैठक बसेको थियो । सो बैठकमा लोकतान्त्रिक समूहका पक्षधरहरुले सरकारी पत्रको स्वागत गरेका थिए भने वामपक्षले विरोध गरेको थियो । “कमी कमजोरी भएको छ त्यसलाई हटाएर मिलाएर जानुपर्छ भन्ने मेरो धारणा हो,” आईसीसीका उपाध्यक्ष सोनाम लामाले डिसी नेपालसंग भने । सरकारले गैरआवासीय नेपालीको मामिलामा अनावश्यक हस्तक्षेप गरेको आरोप अर्को पक्षले लगाएको छ । यसविरुद्ध कानुनी लडाइ लड्ने र वकिलहरुसंग परामर्श गरेर मुद्धामा जाने तर कुनै हालतमा निर्वाचन नरोक्ने अडानमा सो पक्ष रहेको छ ।
एनआरएनए आईसीसी निर्वाचनमा मतदानसम्बन्धी सिष्टममै कम्युनिष्टहरुबाट धाँधलीको आशंका, विज्ञ परीक्षण गर्न माग काठमाडौं । विश्वभरका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को चुनाव लागिरहेका बेला अध्यक्षका एकजना प्रत्यासीले अनलाइन भोटिङको विश्वसनीयतामा प्रश्न उठाएका छन्। अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका बेलायतबासी कुल आचार्यले अनलाइन भोटिङ सिष्टमबारे स्वतन्त्र विज्ञ नियुक्त गरेर परीक्षण गराउनु पर्ने र हालसम्म गरिएका विवादास्पद भोटिङको छानविन गर्नुपर्ने माग राखेका छन्। उनले आईसीसी अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै सो माग गरेका हुन्। एनआरएनए आईसीसीमा यसपटकको निर्वाचनमा पूर्वकम्युनिष्टहरुको समूह र पूर्व नेपाली कांग्रेससमबद्ध समूहकाबीच प्रतिष्पर्धा हुँदै छ। उजुरकर्ता नेपाली कांग्रेससम्बद्ध प्रवासी नेपालीहरुको संगठनको जनसम्पर्क समितिका तर्फबाट अध्यक्ष पदका आधिकारिक उम्मेद्वार हुन्। अनलाइन भोटिङका लागि तयार गरिएको एमआईएस सिष्टममा उनले प्रश्न उठाएका हुन्। यो सिस्टम तयार गर्ने कार्यको नेतृत्व हाल आईसीसी सचिव रहेका गौरीराज जोशीले गरेका थिए। जोशी अमेरिकामा आईटीसम्बन्धी व्यापार गर्छन्। र आफैं पनि उम्मेद्वार बनेका छन्। जोशी गैरकांग्रेसी समूहका तर्फबाट उम्मेद्वार भएकाले र उनको नेतृत्वमा बनेको सिष्टम अपरेटरले दुरुपयोग गर्न सक्ने प्राविधिक छिद्र देखापरेकाले सोही प्राविधिक छिद्रका माध्यमबाट निर्वाचनमा धाँधली हुन सक्ने भन्दै त्यसबारे स्वतन्त्र परीक्षण र अनुगमनको माग गरिएको बताइएको छ। जोशी नेतृत्वमा बनेको एमआईएस सिष्टमले जापान लगायतका देशमा व्यापक धाँधली भएको र त्यहाँ वामपक्षीय उम्मेद्वारहरुलाई जवर्जस्ती जिताइएको आरोप लोकतान्त्रिक समूहले लगाउंदै आएको छ र यो प्रकरण अहिले नेपालको परराष्ट मन्त्रालयमा उजुरीको तहमा पुगेको छ। जापानको धाँधलीले जोशी नेतृत्वको आईटी सिष्टमप्रति अविश्वास बढाएपछि अध्यक्षका प्रत्यासी आचार्यले त्यसको निश्पक्षतामा प्रश्न उठाएका हुन्। डिसी नेपाललाई प्राप्त आचार्यले अध्यक्ष पन्तलाई लेखेको पत्रमा निश्पक्ष आइटी विज्ञलाई सिष्टमको प्राविधिक समूहमा सहभागी गराउन माग गरिएको छ। त्यसैगरी सो सिष्टमको प्रयोग गरी हालसम्म भएका गरिएका कामहरु सार्वजानिक गर्न, आईसीसी निर्वाचनका लागि प्रतिनिधि छनौटको निर्वाचन सकेपछि पनि एमआईएस सिष्टममा नयाँ नामहरु धेरै थप गरेकोबारे यकिन विवरण सार्वजानिक गर्न, डेलिगेट छनौटको भेरिफिकेसन गर्न एनसीसीका प्रतिनिधि र आईटी विवज्ञको भेरिफिकेसन टोली गठन गर्न पनि माग गरिएको छ।
टेक्सासकी नेपाली व्यवसायी यमुनाले सगुनमा ५ लाख डलर लगानी गरिन् अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने नेपाली व्यवसायी यमुना भट्टराईले नेपालीहरूले शुरू गरेको इकमर्श कम्पनी सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छिन्। सगुनमा गरेको लगानीबारे सोधिएको प्रश्नको जवाफ दिंदै भट्टराईले भनिन्,‘मैले एउटा स्टार्ट अप कम्पनीमा लगानी गरुंला भनेर कहिल्यै सोचेकी थिइन, तर सगुनको दीर्घकालिन भिजन, बलियो टिम, विशिष्ट प्राविधिक नवप्रवर्तन, हालै भएका उपलब्धिहरु र भरपर्दो भावी व्यापार योजना देख्दा म सगुन सफल हुनेमा पूर्ण विश्वस्त छु ।’ उनले सगुनसंग जोडिन पाएकोमा खुसीसमेत व्यक्त गरिन् । सगुनले भट्टराईलाई आफ्नो अभियानमा जोड्न पाउँदा खुसी व्यक्त गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले भने, “श्रीमती भट्टराईले हाम्रो यात्रालाई लामो समयदेखि नियालिरहनु भएको थियो ।” उनले भट्टराईले सगुनमा गरेको लगानीबाट आफूहरु थप उत्साहित भएको पनि बताए र भने, “उहाँजस्ता प्रवासमा बस्ने धेरै नेपाली तथा दक्षिण एसियाली उद्यमीहरुले सगुनजस्ता स्टार्टअप कम्पनीहरुले प्रदान गर्ने अवसरबारे जानकारी राख्नु निकै उत्साहजनक कुरा हो ।” अमेरिकामा व्यवसाय गरेर सफलता प्राप्त गरिरहेकी व्यबसायी भट्टराईको व्यवसायिक यात्रा निकै प्रेरणादायी भएको बताउंदै सगुनका सहसंस्थापक, कबिन सिटौलाले भने, “उहाँ एक मेहनती, सफलता पछ्याउने र महत्वाकांक्षी महिला व्यवसायी हुनुहुन्छ जसले सफल उद्यमी बन्न चाहने कुनै पनि महिला वा जो कोहीलाई उत्प्रेरित गर्न चाहनु हुन्छ। उहाँको लामो व्यावसायिक अनुभवले सगुनलाई अर्को चरणको वृद्धि तथा विस्तारमा सघाउ पुर्याउने हामीले विश्वास लिएका छौं । साथै उहाँले प्रविधिमा आधारित एउटा विश्वव्यापी कम्पनीको विकास यात्रामा सहभागी हुने विशेष अनुभव पनि प्राप्त गर्नु हुने छ ।” सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ । सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् । प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी ’ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ’स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन् । हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेडलाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै सपिंग तथा “भ्वाइस स्टोरी” फिचरहरु पनि बजारमा आउंदै छन् ।
एनआरएनए युरोप उप संयोजकमा पत्रकार सुवेदीको उम्मेदवारी घोषणा जर्मनी  । एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजकमा अष्ट्रियाबाट सक्रिय पत्रकार सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको कुश्मा घर भइ बर्षौदेदी अष्ट्रियामा रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका सुवेदीले एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । अष्ट्रियामा रहेर एनआरएनएमार्फत् सक्रिय रुपमा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सुवेदीले एनआरएनए अष्ट्रियाको दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन् । विभिन्न बिकृति विरुद्ध बिना संकोच बर्षौ देखि कलम चलाउदै आएका सुबेदी, सामान्यता नेपाली राजनीतिका बिषयमा घोचेरै कलम चलाउनेमा पर्दछन । आफुले बुझेका बिषयलाई साधारण शब्दमा सबैले बुझ्ने गरी कलम चलाउने सुबेदी गैर आबासीय नेपाली संघको युरोप क्षेत्रमा एक शसक्त उम्मेदवारका रुपमा आफु खडा भएको दावी गर्छन । संघमा सन् २०१० देखि नै जोडिएर काम गर्दै आएका उनी संघलाई अहिले जसरी चलाउन खोजिएको छ त्यसरी चलाइरहदा यसको भबिष्य सङ्कटमा पर्न सक्ने धारणा राख्छन । विभिन्न प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा होमिएका भएपनि आफू संस्थागत विकासका पक्षमा उभिएकाले आफू सबैको साझा भएको बताउँछन् । सुबेदी भन्छन ’’ यहि गुट र प्यानलका कारण नेपालका राजनीतिक पार्टीभित्रको हालत आज छरपस्ट हुने गरी बिग्रेको छ । नेपालको सत्ता समीकरण जस्तो बन्छ, यता पनि त्यसैको प्रभाब बन्दा संघ संघको रुपमा काम गर्न नसकेको साथै नेपालको नेताहरुको आशिर्बाद बाट नेता बन्न सकिन्छ भन्ने मनोभावना संघ भित्र बढ्दै गैरहेकोमा मेरो चिन्ता छ ।’’ संस्थाको गरिमा उच्च राख्न तटस्थताबादमा कुनै सम्झौता नगर्ने भन्दै उनले संघ रुपान्तरणका पक्षमा सशक्त बनेर सकभर अधिक नेपालीको प्रतिनिधित्व हुने गरी संघलाई नै केन्द्रमा राखेर काम इच्छा रहेको बताए । संस्थाभित्र रहँदा होस् वा बाहिर रहेर विदेशमा रहने नेपालीको सुख दुःखमा सदैव साथ र सहयोग गर्दै आएका सुवेदीले गैरआबासीय नेपाली संघको रुपान्तरण अहिलेको प्रमुख मुद्दा रहेको बताउँदै गर्न नसक्ने विषयमा मतदाताका अगाडि बोल्ड नारा दिनुभन्दा गर्न सकिने विषयलाई उठाउनु राम्रो हुने आफ्नो मान्यता रहेको बताउँछन् ।
एनआरएनए कोषाध्यक्षमा जापानबाट श्रेष्ठको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदका लागि एनआरएनए अभियानका अगुवा अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अभियानमा आफूले आर्जन गरेको अनुभव र विज्ञतालाई सदुपयोग गर्ने बाचाका साथ ‘चुस्त, पारदर्शी र मितब्ययी एनआरएनए आजको आवाज’ भन्ने मूल नाराका साथ जापानबाट श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रविधियुक्त, आर्थिक पारदर्शीता, उद्यमशीलता र नेपाली एकताको संगठन बनाउने एजेन्डासहित उम्मेदवारी घोषणा गरेका श्रेष्ठ दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य भइसकेका छन् । एनआरएन अभियानमा संस्थापनकालदेखि नै लागिपरेका श्रेष्ठ लामो समयदेखि जापानमा व्यावसाय गर्दै आएका छन् । सन् २०१३–१५ कार्यकालमा नै कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठले वर्तमान उपाध्यक्ष डा.बद्री केसीसँग झिनो मतले पराजय भएका थिए । चितवन निवासी श्रेष्ठ जापानमा नेपाली ब्राण्डको सामग्रीलगायत व्यापार गरि मयूर कर्पोरेशन र ग्लोबल बजारबाट नुनदेखि सुनसम्म व्यवसाय गरेर जापानमा स्थापित नेपाली व्यवसायीका रुपमा चिनिन्छन् । नेपाल तथा जापानमा सामाजिक क्षेत्रमा समेत सहयोगी कार्य गर्दै आएका श्रेष्ठले एनआरएनएमा अहिलेसम्म मुद्दा र एजेण्डाहरु धेरै उठेता पनि कार्यान्वयन हुन नसकेकाले अबको आवश्यकता ठोस कार्यान्वयन भएकाले आफ्नो उम्मेदवारी रहेको बताएका छन् । श्रेष्ठले आफ्नो कार्यकौशलता र अनुभवलाई सहि सदुपयोग गर्दै एनआरएनए अभियानमा निरन्तरता दिने दृढ संकल्पसहित सबैको साथ, सहयोग र सद्भाव पाएमा निस्वार्थ सेवाभावका साथ आगामी जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
एनआरएनए जापानको अधिवेशनमा परराष्ट्र मन्त्रालयको चासो, पाँच दिनभित्र जवाफ दिन पत्र काटियो (पत्रसहित) काठमाडाैं। गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो राखेको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ। १७ भदौमा मन्त्रालयले लेखेको पत्रमा जापानको दशौं अधिवेशनबारे पाँच दिनभित्र जवाफ पठाउन आदेश दिइएको छ। जापानको अधिवेशनमा धाँधली भएको दाबी गर्दै जापानस्थित नेपाली राजदूतले लेखेको पत्रको आधारमा स्पष्टिकरण सोधिएको मन्त्रालयको भनाइ छ। मन्त्रालयका सहसचिव भरत कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा जापानको अधिवेशनबारे छानविन समितिको प्रतिवेदन मन्त्रालयलाई १५ भदौमा प्राप्त भएको उल्लेख छ। टोकियो दूतावासले मन्त्रालयलाइ लेखेको पत्रलाई मुख्य आधार मान्दै मन्त्रालयले जापानलगायत मुलुकमा प्रविधिको दुरुपयोग भएको विषयमा सत्यतथ्य बुझेर जवाफ दिन उल्लेख गरिएको छ।
आईसीसीको कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेद्वारी घोषणा वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्ष पदमा अमेरिकाबाट राजन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन्। हाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकसमेत रहेका त्रिपाठीले हालसम्म हासिल गरेको अनुभव, ज्ञान र सिपलाई गैरआवासीय नेपालीहरुको हक हीत र जन्मभूमिका लागि अर्पण गर्न आफू आईसीसीको कोषाध्यक्षको उम्मेद्वार बनेको बताएका छन्। सेप्टेम्बर ५ मा अमेरिकाबाट उम्मेद्वारी घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा उनले संसारभरि रहेका गैरआवासीय नेपाली समुदायका साझा मुद्दालाई नेपाल सरकार र विश्वभरका सम्बन्धित निकायहरुमा दह्रो आवाज उठाउन आफूले उम्मेद्वारी दिएको बताएका छन्। उनले भनेका छन्, ‘कोषाध्यक्षका रुपमा म संस्थामा आर्थिक पारदर्शिता मेरो पहिलो एजेण्डा हुनेछ। गैरआवासीय नेपाली संघले विगतमा संचालन गरेका विभिन्न परियोजनाहरुका बारेका उठेका प्रश्नहरुबाट शिक्षा लिन हामीले चुक्नु हुंदैन भन्ने मेरो विश्वास छ । निर्णय प्रक्रियामा हुने पारदर्शिताले संस्थाको हिसाव कितावलाई पनि पारदर्शी बनाउँछ। त्यसैले संघका सबै निर्णयहरु पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने र यसका लागि दरिलो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।’ त्रिपाठी आफ्नो मातृभूमिको सिमा मिचिदा संयुक्त राष्ट्र संघको सचिवाल न्यूयोर्कसम्म पुगेर मुलुकका पक्षमा लविङ गरेको, महामारीमा नेपाली समुदायका लागि आवश्यक सहयोग जुटाउन अहोरात्र मेहनत गरेको, युवा महिलासहित सबै बर्ग, तह र तक्पालाई साझा अभियानमा समान हैसियतमा अघि बढाउन आवाज बुलन्द गरेको, असंगठितरुमा बसेका नेपाली समुदायलाई आफ्नो कार्यक्षेत्रको दायराभित्र बसेर संगठित गरेको र सामाजिक संस्थाको मूल्य मान्यताअनुसार विधिसम्मतरुपले संस्था चलाउन आवाज उठाउँदै आएको कुरालाई आफ्ना अनुभव र उपलब्धीका रुपमा व्याख्या गरेका छन्। उनले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै तल उल्लेख गरिएको छ।
एनआएनएमा राजनीतिक हस्तक्षेप असह्यः सिम्खडा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा युरोपका प्रवासी पत्रकारहरुसँगको एक कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने सिम्खडाको भनाइ छ । एनआरएनएमा पार्टी निकट उमेद्वारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु निकै दुखःद भएको बताए । ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने । पछिल्लो समय एनआरएनएमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए । ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हु“,’ सिम्खडाले भने । आफ्नो उमेद्वारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाको दाबी छ । ‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारस“ग सहकार्य गर्न तयार भएको हु“,’ उनले भने । सिम्खडा अध्यक्षका उमेद्वार बद्री केसीसँग निकट छन् । पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरेपनि अझै धेरै गर्न बाकी रहेको भन्दै आफू सचिव पदका लागि उमेद्वार बनेको बताए । एनआरएनएभित्र बौद्धिक तथा भद्र नेताका रुपमा परिचय बनाएका सिम्खडा हाल एनआरएनएका केन्द्रिय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक हुन् ।
एनआरएनए एनसीसी जापानको निर्वाचनबारे परराष्ट्रले माग्यो स्पष्टिकरण काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा स्पष्टिकरण मागेको छ । परराष्ट्र मन्त्रालयले चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीको अधिवेशन तोकिएको समयभन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मितिभन्दा पछि त्यस्तो कार्य भएको जस्ता विषयमा प्रश्न उठाउँदै पाँच दिनभित्रमा सत्यतथ्यको जानकारी पठाउन एनआरएनएलाई पत्र काटेको हो । मन्त्रालयले काटेको पत्रमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासाहरू आएकाले यस विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय दिएर एनआरएनएसँग जवाफ माग गरेको हो । साथै, अध्यक्ष मण्डलद्वारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले एनसीसी जापानको निर्वाचनको वैधताका बारेमा प्रश्न उठेको जनाएको छ । जापानको निर्वाचनमा धाधली भएकोमा विश्वस्त जस्तै देखिएको परराष्ट्र मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत जानकारी गराउनका लागि निर्देशन गरिएको छ । दशौं अधिवेशनबाट चयन गरिएको अध्यक्ष मण्डलले निर्वाचनका सम्बन्धमा असन्तुष्ट ३० जना निर्वाचनमा पराजित उम्मेदवारहरुले उजुरी गरेपछि राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन समिक्षा समिति गठन गरेको थियो । सो समितिले गत हप्ता ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिङ लिंक एउटै मेलमा प्राप्त गरि २९०४ मत खसालिएको पाइएकाले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । समितिले सार्वजनिक गरेको ३३ पेज लामो प्रतिबेदनका अनुसार मतदाताले ६० वटा ग्रुप ईमेलहरु बनाएका थिए । तिनको जाँचबुझ (ईमेल भेरिफिकेशन) गर्दा २,९७० सदस्य दर्ता गरेको देखिएको छ र तीबाट २,९०४ मत खसेको छ । प्रत्येक ईमेलबाट कम्तिमा एक मत खसेको छ भने कुनै कुनै एउटै ईमेलबाट ४९६ मतसम्म खसालिएको छ । छानबिन समितिले आफ्नो निष्कर्षमा भनेको छ, ‘यस्ता ग्रुप ईमेलहरु प्रयोग गरि धेरै भन्दा धेरै सदस्यहरुको भोटिङ लिंक एउटै ईमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको देखिन्छ । प्रतिवेदनका अनुसार जसले ग्रुप ईमेल बनाएका छन् तिनबाट ९८ प्रतिशत मत खसेको छ । मतदानकालागि प्रयोग गरिएका ६० वटा ईमेल मध्ये ५३ वटाबाट दुईभन्दा बढि पटक मतदान गरिएको छ । एकल ईमेल (सिङ्गल ईमेल)बाट दर्ता गरिएका ६,४२४ सदस्यहरुबाट कूल ४,८५३ मत अर्थात् ७६ प्रतिशत मत खसेको छ । रिपोर्टका अनुसार मतदाताले प्लस (+) र डट (.) प्रयोग गरेर समुहगत ईमेलहरु परिवर्तन गरेका छन् ।
एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन्। नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ। वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन्। यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेकाे भएको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ। यहाँ एक हजार ५९५ सदस्य छन्। आइसिसीमा जान पाउनेमा निर्वाचनमार्फत शङ्कर डाँगी विजयी भइसकेका छन्। अक्टोबर तेस्रो साता सुरु हुने अधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक र उपसंयोजकका उम्मेदवारका रूपमा जर्मनीबाट क्रमशः पूर्वआइसिसी सदस्य सन्तोष भट्टराई र जर्मनीका पूर्वअध्यक्ष डा नवराज रोस्याराले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। यसपटक पहिलेको जस्तो परिस्थिति पनि नभएको र आफ्नो उम्मेदवारी समयको माग बनेकाले युरोप क्षेत्रको नेतृत्व लिने अठोटमा पुगेको उनीहरुको भनाइ छ। यसैगरी बद्री केसी, कुल आचार्य र रविना थापाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको बताइएको छ। उपसंयोजक पदका उम्मेदवार डा रोस्यारा पनि अन्तिम अवस्थासम्म आउँदा केवल तीन जनाको मात्र उम्मेदवारी पर्नसक्ने भएकाले सर्वसम्मतरूपमा विजयी हुने दाबी गर्छन्। विद्युतीय मतदान प्रणालीमार्फत अक्टोबरमा हुने निर्वाचनमा युरोप क्षेत्र संयोजकको लागि अहिलेसम्म पाँच जनाको नाम बढी चर्चामा छ। तीमध्ये जर्मनीबाट भट्टराई, बेलायतबाट कृष्णप्रसाद तिमल्सिना, आयरल्याण्डबाट शुक्रराज न्यौपाने, स्पेनबाट मुक्त गुरुङ र चिन्तामणि सापकोटा रहेका छन्। त्यस्तै उपसंयोजकको तीन पदका लागि जर्मनीबाट डा रोस्यारा, अष्ट्रियाबाट सागर सुवेदी, बेल्जियमबाट चित्र सुवेदी, पोर्चुगलबाट भीमकमल केसी, नर्वेबाट कुमार पण्डित, आयरल्याण्डबाट सागर लामा, बेलायतबाट ललितकुमार न्यौपाने र दयानिधि तिवारी बढी चर्चामा छन्।
समस्यामा एकअर्का नेपालीलाई सहयोग गर्न एएनए र एनआरएनए, अमेरिकाको आग्रह वासिंगटन डिसी । आंधी र त्यसको प्रभावले बाढी पहिरो गएका कारण अमेरिकाका समस्याग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित बासस्थानमा जान एसोसिएसन अफ नेप्लिज इन द अमेरिका(एनएनए) ले आग्रह गरेको छ एएनएका अध्यक्ष विजयराज भट्टराईले शुक्रबार दिउंसो एक विज्ञप्ति प्रकाशित गर्दै आवश्यक परेको खण्डमा सरकार र स्थानीय निकायहरुले तयार गरेको सुरक्षित सेल्टरमा गएर बस्न आग्रह गरेका छन् । अध्यक्ष भट्टराईले समस्या परेका साथी भाइ, आफन्त वा जो कोही भए पनि नेपालीले नेपालीलाई सहयोग गर्न आह्वान पनि गरेका छन् । विगत केही दिनदेखि अमेरिकाको न्यूयोर्क, न्यूजर्सी र लुजियानालगायतका राज्यहरुमा भारी बर्षा, आंधीबेहरी र बाढीले जनजीवन प्रभावित पारेको छ । यी राज्यका कतिपय ठाउंमा बसोवास गर्ने नेपालीहरु अत्यावश्यक पिउने पानी, ग्यांस, विजुली बत्तीजस्ता चीजहरुको सप्लाई बन्द भएकाले समस्यामा परेको जानकारीहरु सामाजिक सञ्जालमा देखिन थालेको सन्दर्भलाई समेत उल्लेख गर्दै एएनएले सहयोगको अपिल जारी गरेको हो । न्यूयोर्कमा आएको भिषण बाढी र बर्षात्का कारण नेपालको सोलुखुम्बु घर भएका हाल न्यूयोर्क निवासी आङ्गगेलु शेर्पा, उनकी पत्नी मिङ्मा शेर्पा र उनीहरुको १९ महिने छोरा लोप्साङ्ग शेर्पाको मृत्यु भएको छ । यो घटनामा परी ज्यान गुमाउनेहरुप्रति पनि एएनएले समवेदन प्रकट गरेको छ । यसैगरी गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले पनि एक विज्ञप्ति जारी गर्दै न्यूयोर्कको घटनामा परी दिवंगत भएका नेपालीजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले परिवारका सदस्यहरुको सल्लाहमा आवश्यक सहयोगको तयारी गर्न एनआरएनएको न्यूयोर्क च्याप्टरले काम गरिरहेको पनि जानकारी गराएका छन् ।
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप संयोजकमा भट्टराईको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय उप संयोजक पदमा हरिप्रसाद भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि सो पदमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष भट्टराईले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन् । एनआरएनएको १०औँ महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ । सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिकमैत्री एनआरएन सरोकार भन्ने मूल मन्त्रका साथ उनले आफूलाई अगाडि बढाएको बताएका छन् । एसिया प्रशान्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका समस्या समाधानका लागि सक्दो खटेको बताउँदै थप सक्रिय रुपमा लाग्ने प्रतिवद्धतासमेत जनाएका छन् । एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा उनले १५ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरी अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेका थिए । उनकै पहलमा कस्टकर जेल जीवन बिताइरहेका ७० भन्दाबढी नेपालीलाई स्वदेश फर्काइएको थियो । त्यसैगरी, महामारीका कारण जोखिममा परेका ६ हजार ३ सय बढीलाई सहयोग पुर्याएको बताउँदै उनले आफ्ना सबै कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनका प्रतिवद्धता : १. एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधि श्रमिकमैत्री बनाउने । २. नेपाल र एसिया प्यासिफिकको सम्बन्धमार्फत व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने । ३. कोभिडका कारण रोजगार गुमाएका, समस्यामा परेका, बिरामी तथा जेलमा रहेका नेपालीलाई नि:शुल्क स्वदेश पठाउन अथवा रोजगार दिलाउन पहल गर्ने । ४. नेपालीका प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायत मुलुकमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराउने । ५. विदेशस्थित नेपाली नियोगहरुसँग एनआरएनएको सहकार्य मजबुद बनाउने । ६. कोभिड १९ महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असर न्यूनीकरणका लागि स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गर्ने । ७. नेपाली कला तथा सस्कृतिलाई विश्वमा चिनाउन पहल गर्ने । ८. श्रमिक गन्तब्य देशमा आवतजावत गर्ने हवाई शुल्क सहुलियत बनाउने । ९.एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने तथा विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान सुरु गर्ने ।
एनआरएनए महिला सचिवमा अष्ट्रेलियाबाट भोमा लिम्बुको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमार्फत चयन हुने नयाँ कार्यसमितिका लागि महिला सचिव पदमा अष्ट्रेलियाबाट भोमा लिम्बुले उम्मेदवारी दिने घोषणा गरेकी छन् । वर्तमान कार्यसमितिमा महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी लिम्बुले सन् २०२१–२०२३ कार्यकालका लागि महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन । प्रवासमा बस्ने नेपाली महिलाहरुको शशक्तिकरण, नेतृत्व विकास र एनआरएनए अभियानका लागि अझ सक्रिय भएर लाग्नका लागि एनआरएनए महिला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताएकी छन् । साथै, उनले विश्वभरका नेपालीमाझ सहयोगको अपिल गर्दै भनेकी छन–‘लामो समयदेखिको अनुभव प्रयोग गर्दै थप जिम्मेवारी वहनका लागि अघि बढेकी हुँ, यसका लागि यहाँहरुबाट विगतमा झै साथ, सहयोग र सुभेच्छाको आशा राखेकी छु ।’ उनले एनआरएनए अष्ट्रेलियाको सचिव र उपाध्यक्ष, आईसीसी सदस्य, एनआरएनए ओशिनिया उपसंयोजक, पुनः आईसीसी सदस्य हुँदै हाल आइसीसी महिला संयोजकको भूमिका सफलतापूर्वक निभाएकी छन् । उनले विदेशमा रहेका महिलाको समस्या धेरै रहेको भन्दै यसलाई न्यूनिकरण गर्न एनआरएनए आइसीसीमार्फतनै पहलकदमी भूमिका निभाउन आफू प्रतिवद्ध भएर अघि बढेको बताएकी छन् । साथै, प्रवासमा समस्यामा परेका महिलाहरुको उद्धारका लागि ‘महिला उद्धार कोष’ र कानुनी सहायता तथा उनीहरुको पुर्नस्थापनाका लागि नेपालमा सेल्टर हाउस संचालनको विषयलाई प्राथमिकताका साथ उठाउने लिम्बुले बताएकी छन् । एनआरएन अभियानमा लामो समयदेखि सक्रिय लिम्बु एनआरएन अभियानमार्फत विदेश तथा स्वदेशमा संचालित सामाजिक कार्यमा अग्रपंक्तिमा देखिने महिला नेतृ भएका कारण विश्वभर रहेका नेपालीमाझ लोकप्रिय छिन् । नेपालमा आएको महाभुकम्पको समयमा एनआरएन अभियानमार्फत उद्धार तथा राहत वितरणमा फिल्डमै पुगेर सक्रिय भूमिका खेलेकी लिम्बुले देशका विभिन्न भागमा बाढिपहिरोको विपति आउदा पनि राहत वितरणका साथै पीडितहरुको माझमै बसेर स्वास्थ्य शिविर संचालनमा अहंम भूमिका खेलेकी थिइन । उनले विगतका वर्षदेखिनै विशेषगरी नेपालका ग्रामिण भागमा आङ खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर समेत संचालन गर्दे आएकी छन् । एनआरएन अभियानमा रहेर सदैव सामाजिक कार्यमा अग्रपंक्तिमा रहदै आएकी लिम्बुले आफ्नो कर्मथलो अष्ट्रेलियामा समेत नेपाली कला–संस्कृति, भाषा तथा रितिरिवाज झल्कने विभिन्न कार्यक्रम आयोजना तथा त्यस्ता अभियानलाई सहायता गर्दै आइरहेकी छन ।
अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित) काठमाडौं। अमेरिकी सेनाले नेपाली जनताका लागि कोभिड महामारीमा सहयोग पुगोस् भनेर एक लाख डलरभन्दा बढी लाग्ने ढुवानी खर्च मिनाहा गरिदिएर नेपाल पुर्‍याइदिएको स्वास्थ्य सामग्रीमा घिनलाग्दो राजनीति भयो भन्ने थाहा पाउँदा सहयोग गर्नेहरुको मन कति दुख्यो होला। त्यसमा पनि अमेरिकाबासी नेपालीहरुले गाँस काटेर सहयोग गरेको स्वस्थ्य सामाग्रीहरु नेपाली भूमिमा पुगेपछि पनि घृणित राजनीतिको शिकार भयो भन्ने खबरले पीडाबोध नहुने कुरै हुँदैन। अगष्ट २७ तारिक अमेरिकाको युटा विमानास्थलबाट अमेरिकी एयर फोर्सको जहाज उडेर अगष्ट ३१ तारिक नेपाल पुगेको थियो। सो जहाजमा झण्डै १० हजार पाउण्ड अर्थात् ४ टन अत्याबश्यक स्वास्थ्य सामाग्री पठाइएको थियो। अमेरिकामा भएका नेपालीहरुले दान गरेको रकम, सामान, विभिन्न सामाजिक संघ संस्थाहरुले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु गैरआवासीय नेपाली संघ, एनआरएनए अमेरिकाले संयोजन गरेर नेपाल पठाइएको थियो। र, हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौं पुगेका थिए। अमेरिकाबाट नेपाली र परोपकारी संघ संस्थाका सहायता स्वास्थ्य सामग्रीहरु लिएर नेपाललाई हस्तान्तरण गर्न पाएकोमा नेपालस्थित अमेरिकी दूतावास, राजदूत र्याण्डी वेरी, अमेरिकाको युटास्थित युटा नेशनल गार्डसमेतले ट्वीट गरेर गर्व महसुस गरेका थिए, खुसी व्यक्त गरेका थिए। (हेर्नुहोस् ट्वीट) । युटा नेशनल गार्डले सामान नेपाल पुगेपछि खुसी व्यक्त गर्दै गरेको ट्वीटमा नेपाली जनतालाई सहयोग गर्ने मिसनको एउटा भाग हुन पाएकोमा युटा नेशनल गार्ड र युटा एयर गार्डले सम्मानित महसुस भएको उल्लेख गरेको छ। त्यसैगरी सामान नेपालमा पुगेकै दिन नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले हालसम्म अमेरिकी जनताका तर्फबाट ९० मिलियन अमेरिकी डलरभन्दा बढीको सहयोग कोभिड १९ विरुद्ध लड्न दिइएको उल्लेख गर्दै गैर सरकारी संस्थाहरुले दिएको जीवन बचाउने सामग्रीहरु ल्याउन पाएकोमा खुसी व्यक्त गरेका थिए। तर, समस्यामा परेका नेपालीका लागि प्रवासमा बसेर पनि सहयोग पुर्‍याएकोमा अमेरिकाबासी नेपालीहरुले गौरव गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा ती सामग्रीहरु हस्तान्तरमै राजनीति गर्नु, भाँजो हाल्न खोज्नु र त्यसका लागि पत्रै लेख्नु ज्यादै दुखको कुरा हो। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गौरीराज जोशीले यसरी पत्रै लेखेर ती स्वास्थ्य सामग्री हस्तन्तरण कार्यक्रम रोक्न भनेका छन्। उनले आईसीसीका अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै हस्तान्तरण कार्यक्रम रोक्न आईसीसीको आपतकालीन बैठक नै बोलाउनु पर्ने पनि उनले माग गरेका छन्।(हेर्नुहोस पत्र) । आईसीसीको आगामी चुनावमा उम्मेद्वारलाई प्रमोट गर्ने नियतले हस्तान्तरण कार्यक्रम आयोजना गरेको देखिएको उनको पत्रमा आरोप लगाएका छन् । उनी आगामी अक्टोवरमा हुन लागेको आईसीसीको निर्वाचनमा महासचिवमा उम्मेद्वारी पनि घोषणा गरेका व्यक्ति हुन्। उनले आईसीसीको आसन्न निर्वाचनको प्रसंग जोडेर यस्तो कार्यक्रमले उम्मेद्वारको प्रचार प्रमोसन हुने भएकाले सो कार्यक्रम हुनु नहुने जिकिर गरेका छन्। एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्षलाई लेखिएको यस्तो पत्र पुगेपछि केही व्यक्तिहरु हस्तान्तरण कार्यक्रम रोक्ने प्रयासमा पनि लागेका थिए। एनआरएनएकै केही नेताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई कार्यक्रममा सहभागी नहुन वा कुनै हस्तान्तरण नै नगर्न लविङ गरेका थिए । तर, अमेरिकाबासी नेपालीहरु र संघ संस्थाले मातृभूमि र नेपाली जनतालाई साथ दिएको कुरालाई वेवास्ता गर्नु नहुने धारणा राख्दै मन्त्री श्रेष्ठले मन्त्रलायमै सेप्टेम्बर एक तारिमा एक कार्यक्रमको आयोजना गर्न लगाएका थिए। हस्तान्तरण कार्यक्रममा एनआरएनए आईसीसीका अमेरिकाबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष सोनाम लामा तथा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा.केशव पौडेल र एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीसहितको उपस्थिति थियो। यीमध्ये डा.केशव पौडेल आगामी आईसीसी निर्वाचनमा महासचिवका उम्मेद्वार हुन्। ‘सामान हस्तान्तरण रोक्न खोजेको होइन’, गौरी जोशीले डिसी नेपालसंग भने, ‘सामान हस्तान्तरण गर्दा कुनै उम्मेद्वारलाई प्रमोट गर्न खोजेकोले सहायता सामाग्रीमा राजनीति मात्र रोक्न खोजेको हुँ।’ उम्मेद्वारलाई प्रमुख अतिथि बनाउनु उचित होइन,’ उनले थपे। सो कार्यक्रमको अतिथि आईसीसी उपाध्यक्ष सोनाम लामा थिए। उनले हालसम्म कुनै पदमा उम्मेद्वारी घोषणा गरेका छैनन्। आईसीसी सचिवालय स्रोतका अनुसार,हस्तान्तरण कार्यक्रममा सहभागिताका लागि आईसीसीका पदाधिकारीहरुलाई निमन्त्रणा पनि गरिएको थियो। पदाधिकारीमा आईसीसी सचिवका हिसावले जोशी पनि पर्छन्।
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा जोन अर्यालको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिका लागि मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्याल (जोन)ले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा रहेका अर्यालले ५ बुँदे घोषणापत्रसहित सन् २०२१–२०२३ कार्यकालका लागि संयोजकमा उम्मेदवारी दिएका हुन् । अहिलेसम्म मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको मात्र एकल उम्मेदवारी परेको छ । पाल्पा निवासी अर्याल आफू ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर सामाजिक अभियानमा जोडिएको बताउँछन् । उनी साउदीमा एनआरएनए स्थापना हुनु अगावै पनि श्रमिकका समस्या समाधानमा सक्रिय थिए । मध्यपूर्वका श्रमिकहरुको हकहित तथा समस्या समाधानमा सदैव अग्रपंक्तिमा देखिने अर्यालले कोभिड–१९ महामारीको समयमा राहत तथा उद्धार कार्यमा उल्लेख्य भूमिका खेलेका थिए । आगामी कार्यकालमा पनि आफ्नो पहिलो प्राथामिकतामा श्रमिकका रहने उनले बताएका छन् । सन् २०१३ देखि एनआरएन अभियानमा जोडिएका अर्याल एनआरएन साउदी अरबको एनसीसी सदस्य, आइसीसी सदस्य, मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुँदै आगामी कार्यकालका लागि क्षेत्रीय संयोजकको जिम्मेवारी वहनका लागि अघि बढेका छन् । लामो समयदेखिको प्रवास बसाइ र एनआरएनए अभियानबाट आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सही सदुपयोग गर्दै प्रवासी नेपाली श्रमिकको हितमा काम गर्ने अठोटसहित मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएको उनले बताएका छन् । विदेशमा बस्ने नेपालीहरूमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको भएको भन्दै उनले यसको समाधानका लागि वैदेशिक रोजगारका नीतिगत सुधारको पहलदेखि विदेशमा रहेका नेपाली कुटनैतिक निकायमार्फत रोजगारदाता मुलुकका सम्वन्धित निकायसँग समन्वय तथा विदेशमा रहेका नेपाली संघ–संस्थासँग सहकार्य गर्ने बताएका छन् । त्यस्तै प्रवासमा रहेका नेपालीलाई स्वदेशमा लगानीको क्षेत्रमा जोड्ने आफ्नो अर्को लक्ष्य रहेको अर्यालको भनाई छ । साउदी अरबमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका अर्याल मध्यपूर्वमा गैरआवासीय नेपाली तथा नेपाली कामदारहरुमाझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपाली संघका क्रियाकलापदेखि आप्रवासीका समस्या र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनले एनआरएन अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएका छन् ।
एनआरएनएका आचार्यद्वारा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले गैरकानुनी रुपमा नेपालको सम्पत्ति विदेशीरहेको र गैरआवसीय नागरिकताको व्यवस्था नहुँदा सम्पत्ति पलायन भइरहेको भन्दै यस्तो बताएका हुन् । संघको १०औँ महाधिवेशनमा अध्यक्ष प्रत्यासीका उमेद्वार समेत रहेका आचार्यले बिदेशी पासपोर्ट लिईसकेका गैरआवासीय नेपालीहरूले नेपालमा सुरक्षित रूपमा लगानी गर्न नेपाली नागरीकताको निरन्तरता आवश्यक भएको बताएका थिए । उनले भने, ‘विदेशी पासपोर्ट लिएकाहरुले त्यसलाई त्यागेर नेपाली पासपोर्ट लिएर नेपालमै लगानी गर्न चाहनेहरुका लागि नागरिकता अनिवार्य छ । विदेशमा गरिरहेको लगानी नेपालमा भित्र्याउन पनि नागरिकता आवश्यक भएकाले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन जरुरी छ ।’ आफूले पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको भन्दै उनले देश विकासका लागि सरकारले डायसपोरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सो अवसरमा उनले एनआरएनए एक अभियान भएकाले संस्थालाई छाता होइन साझा रुपमा विकास गर्न जित र हारको भावना त्याग्नुपर्ने बताउँदै उनले स्थानीयसँगको संयोजन नहुँदा लगानीले मुनाफा लिन नसकिरहेको समेत बताए । विश्वका करिब ९० देशमा विस्तार भइसकेको एनआरएनए सदस्यहरुको ‘टाउको बेचिने’ डर बढ्दै गएकाले संस्थालाई पारदर्शी र अनुशासित बनाउन जरुरी रहेको बताए । आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुन गइरहेको १०औं सम्मेलनमार्फत आफूले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि प्रवासी नेपालीहरुलाई एकजुट गराउँदै सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
अरु चुनाव प्रचारमा राजन कामको प्रचारमा : देशको सीमा भारतले मिच्दा अमेरिकामा आवाज उठाएकोमा गर्व छ : राजन वाशिंटन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा विश्वभरका एनआरएन नेताहरु भोट माग्न जुटिरहेका बेला अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी भने आफूलाई भोट माग्नुभन्दा पनि आफूले गरेका कामहरुबारे गैरआवासीय नेपालीहरु बताउँदै हिंडेका छन्। सामाजिक सञ्जालका नेटवर्कहरुमार्फत उनले आफ्नो कार्यकालभर गरेका कामहरुबारे बताउंदै प्रतिकुलतामा पनि केही गर्न सकिने विश्वास जागेको बताउन थालेका हुन्। आफ्नो कार्यकालमा आफ्नो मातृभूमि नेपालको सीमा मिचरे भारतले जवर्जस्ती गरेकोमा अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठाउने क्रममा अमेरिकामा नेतृत्वदायी भूमिका खेलेकोमा उनले गर्व गरेका छन्। लिम्पियाधुरा,कालापानी, लिपुलेकलगायतका नेपाली भूमि मिचिँदा मर्माहत भएका अमेरिकावासी नेपालीको भावना र सक्रियताको नेतृत्व गर्दै प्रदर्शनहरुमात्र होइन संयुक्त राष्ट्र संघ मुख्यालयमा गएर युएनका लागि अमेरिकी राजदूतमार्फत प्रमाणहरु सहितका दस्तावेजहरु बुझाएको सन्दर्भलाई मातृभूमिप्रतिको आफ्नो जिम्मेवारीका रुपमा राजनले व्याख्या गरेका छन्। त्यसैगरी गैरआवासीय नेपालीलाई विना शर्त नागरिकता दिन विशेषज्ञहरुको साथ लिएर विभिन्न कार्यक्रमहरुमार्फत नेपाल सरकारलाई दवाव दिएको, कोरोना महामारीका बेला अमेरिकाज् क्षेत्रका नेपाली समुदाय र नेपाल देशका लागि आईसीसीको निर्देशिकावमोजिम सहयोगका कार्यको नेतृत्व र समन्वय गरेको, आईसीसी र एनसीसीहरुबाट नेपाललाई महामारीविरुद्ध लड्न सहायता सामग्री पठाउन समन्वयात्मक कार्य गरेकोमा आफूलाई आत्म गौरब हुने गरेको उनले डिसी नेपाललाई बताए। “चुनावी कुरा गर्दै गरौंला”, सबैले उम्मेद्वारी घोषणा गरे पनि तपाईंले चाहिं किन नगर्नुभएको भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, “यो नियमित लोकतान्त्रिक प्रक्रिया हो तर नेपाली समाजमा गर्व गर्न लायक काम के के भए भन्ने समीक्षा हुनु चाहिं महत्वपूर्ण छ।” गैरआवासीय नेपाली संघ, अमेरिकाको अत्यन्त विवादित २०९३ संख्याको फर्जी मतदाताबारे छानविन समितिको नेतृत्व गरी यथार्थ विवरण प्रतिवेदन आईसीसीलाई बुझाएको, अमेरिकाज क्षेत्रको दोस्रो ज्ञान सम्मेलन र क्षेत्रीय अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गरेको, आईसीसी र एनसीसीका बीच बढ्दो तनावलाई कम गर्न अधिकतम प्रयास गरेको, सबैपक्षलाई नियम र विधानअनुसार काम गर्न अनुरोधात्मक दवाव दिँदै आएको, गैरआवासीय नेपालीहरुका मुद्धाहरुलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मन्चहरुमा प्रभावकारीरुपमा उठाएको, एनसीसी र आईसीसीका परियोजनाहरु सफल बनाउन उल्लेख्य भूमिका खेलेको, युवा तथा महिलाका विषयमा युवा उद्यमशिलता तथा महिला  अभियन्ताहरुसँग मिलेर सशक्तिकरण तथा हिंसाविरोधी कार्यक्रमहरुलाई अघि बढाएकोमा आफूलाई सन्तुष्टि मिलेको त्रिपाठीको भनाइ छ । उनकै नेतृत्वमा दक्षिण अमेरिकाका तीन देशहरु चिली, मेक्सिको र केष्टारिकामा एनआरएनएको गठनसमेत भएको छ।
एनआरएनएको युवा उपाध्यक्षमा नेदरल्याण्डबाट हिमाल गुरुङको उम्मेदवारी काठमाडौं। ‘युवा एवं दोस्रो पुस्तामा अबको एनआरएनए’ भन्ने मूल नाराका साथ हिमाल गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए/आइसीसी )को आसन्न निर्वाचनको युवा समिति उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेदरल्याण्डमा विभिन्न व्यवसायमा २ दशकदेखि कार्यरत पोखरा निवासी गुरुङले आगामी २०२१–२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका हुन् । सन् २०११ देखि एनआरएनए अभियानमा जोडिएका गुरुङ २०१५–०१७ कार्यकालमा एनसीसी नेदरल्याण्डको अध्यक्ष थिए । उनीसँग आइसीसी सदस्य (२०१७–१९) भएर काम गरेको अनुभव छ । युवा संयोजक भएर काम गरिसकेका गुरुङले फेरि पनि युवाहरुकै लागि काम गर्ने तीव्र इच्छा भएकोले युवा उपाध्यक्ष पद रोजेको बताएका छन् । युवा तथा दोस्रो पुस्तालाई एनआरएनएमा जोड्नु नै आफ्नो प्राथामिकता रहेको उनको भनाइ छ ।
आईसीसीको भण्डाफोर गर्ने भन्दै अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीको चेतावनी काठमाडौं। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) को निर्वाचन सम्मुखमा रहेको बेला आईसीसी सचिवालयका नेता र धेरै सदस्य हुने तीन देशका राष्ट्रिय समन्वय परिषद्(एनसीसी) का बीच चर्को द्वन्द उत्पन्न भएको छ। अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीहरुले आफूहरुलाई दुख दिए आईसीसीको भण्डाफोर गरेर अघि बढ्ने बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को दसौँ विश्व सम्मेलनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) को नाममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र बढी सदस्य हुने राष्ट्रिय समन्वय परिषद्हरू बीच चर्को द्वन्द देखिएको हो। अगष्ट २६ तारिख तीन देशका एनसीसी अध्यक्षहरुले पत्रकारहरुसँग कुरा गर्दै विधि, विधान र प्रक्रियागत ढङ्गले पठाएका प्रतिनिधिको नाम कुनै पनि वहानामा अस्वीकृत गर्ने वा तलमाथि गर्ने काम भएमा संयुक्तरूपमा प्रतिवाद गर्ने बताएका थिए। संस्थापनइतर पक्षका राष्ट्रिय समन्वय परिषद्हरू अमेरिका, बेलायत र अष्ट्रेलियाका प्रतिनिधिहरूको सूचीमा वैधानिकबारे आइसीसीको सचिवालयबाट पदाधिकारीहरूले प्रश्न उठाएका हुन्। एनसीसीहरुले विधिवत प्रतिनिधि छनौट गरी आइसीसीमा नामावली पठाइसकेको दावी गर्दै आएका छन् भने आइसीसीका महासचिव हेमराज शर्माले कतिपय एनसीसीहरुलाई पुनः निर्वाचन गरी प्रतिनिधि पठाउन पत्राचार गरेका छन्। उनले एनसीसीहरुले पठाएका नामावली मान्य नहुने प्रस्ताव आइसीसीको पदाधिकारी बैठकमा राखेका थिए। समाचारअनुसार, महासचिव शर्मा र सचिव गौरी जोशीले एनसीसीहरुको नामै तोकेर अमेरिका, बेलायत र अष्ट्रेलियाले पठाएको सूची स्वीकार गर्न नसकिने बताएपछि गत साता बसेको आइसीसी पदाधिकारी बैठकमा पदाधिकारीहरु बीच नै भनाभन चलेको थियो। एनआरएनएको संशोधित विधानअनुसार नै चयन गरिएको दावी पेश गर्दै आफूले छानेका प्रतिनिधिहरुलाई समेत आइसीसीले मान्यता नदिने भन्दै पुन निर्वाचन गर्न र प्रमाण पेस गर्न पत्राचार गरेकोमा अमेरिका, बेलायत र अष्ट्रलियाका एनसीसीहरु केन्द्रसँग रुष्ट भएपछि द्वन्द चर्किएको छ। अमेरिका, अस्ट्रेलिया र बेलायत सबैभन्दा बढी सदस्यहरू भएका एनसीसी हुन्। आईसीसीको नेतृत्व र महत्वपूर्ण पदका लागि अगाडि बढिरहेका यी देशमा डेलिगेट्सको विषयमा आफूहरुबीच अन्तरद्वन्द चर्काउन आईसीसीले प्रयोजित ढङ्गले यस्तो विवाद ल्याएको तीन देशका एनसीसी अध्यक्षहरुको आरोप रहेको छ। संशोधित विधानअनुसार अघिल्ला कार्य समितिमा रही काम गरिसकेकाहरूबाट ६५ प्रतिशत, पञ्जीकृत सदस्यहरूमध्येबाट २५ प्रतिशत र योगदान दिएका तर, छुटेकाहरू मध्येबाट १० महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्छ। सोही प्रावधान अनुसार चयन गरिएकामध्ये २५ र १० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको नाममा किचलो उठेको हो। यी देशका एनसीसी अध्यक्षहरु प्रक्रिया पुर्‍याएर पठाइएको नामावली संशोधन गर्न नसकिने अडानमा छन् भने आइसीसीका महासचिव शर्माले नाम संशोधन गर्नै पर्ने निर्देशन जारी गर्दै आएका छन्। एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीका अनुसार एनसीसी अमेरिकाले २५ प्रतिशत अन्तर्गत ४७ जना पठाउन पाउँछ। सोही अनुसार निर्वाचन आयोगमार्फत निर्वाचन प्रक्रिया पुर्‍याएर ४७ जनाको नामावली आइसीसीलाई पठाइसकेपछि आइसीसीका महासचिव शर्माले एनसीसीका महासचिवलाई इमेल गरेर पुनः निर्वाचन वा निर्वाचन प्रक्रियाको पूर्ण विवरण पठाउन परिपत्र गरेकोमा असन्तुष्टि प्रकट गरे।  उनले भने, ‘हामीले आईसीसी र एनसीसीको ‘बाइ लज’ अनुसार नै गरेका हौं। यो भन्दा बेटर उपाय हामीसँग केही पनि छैन।’ यता, बेलायतले पनि विधानअनुसार नयाँ कार्यसमिति आइसकेपछि नयाँ समितिले पठाएका प्रतिनिधिहरू नै आधिकारिक हुने जवाफ आइसीसीलाई दिएको छ। अघिल्लो समितिले पठाएको ६५ प्रतिशत अन्तर्गतको नामावली मापदण्ड मिलाएर परिमार्जन गरिएको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए। ‘सरोकार नै नभएका व्यक्तिहरूले समेत एनसीसीको लेटरप्याड प्रयोग गरेर नामावली पठाएका रहेछन्,’ गाहा मगरले भने, ‘हामीले त्यसलाई करेक्सन गरेका छौँ, विधानमा तोकिएको मापदण्डअनुसार नै हामीले नामावली पठाएका छौँ।’ बेलायतमा निर्वाचन समितिको नाममा पनि अनधिकृत चलखेल गर्न खोजिएको एनसीसी यूकेका उपाध्यक्ष नारायण कंडेलले बताए । ‘निर्वाचन समितिको काम निर्वाचन गराउने हो। प्रतिनिधि छनोट गर्ने होइन,’ उनले भने। आईसीसीका केही नेताले आफूलाई मन परेका व्यक्तिहरूलाई जिताउनका लागि मात्रै किचलो झिकेको बताउँदै आइसीसीको रवैया यस्तै रहे कानुनी उपचार खोज्ने उनले चेतावनी दिए। अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले १६ हजार मतदातामध्येबाट प्रतिनिधि चयन गरी तिनै प्रतिनिधिमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको दावी गरे। ‘अस्ट्रेलियामा १६ हजार मतदाता रहेका छन् उनीहरूले ४५ जना छान्न गाह्रो हुने भएकाले हामीले निर्वाचित प्रतिनिधिहरूले मात्रै मतदान गरेर छानेका हौँ,’ उनले भने। ‘यो विषयमा हामीले निर्वाचन समितिसँग सल्लाह गरेका थियौँ । यसमा हामीले १४ जनाको सिट पहिला नै रिजर्भ गरेका थियौँ भने ३१ जनाको चुनाव गरेका हौँ।’ विधानमा के छ ? गैर आवासीय नेपाली सङ्घको विधान २००३ को संशोधन २०२१ को धारा १३ को उपधारा ७ मा प्रतिनिधि चयनसम्बन्धी व्यवस्था गरिएको छ। त्यसको ९ (क) मा राष्ट्रिय महाधिवेशन, एनसीसीको महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधिहरू निर्वाचित हुने व्यवस्था छ। त्यसै गरी ९ (ख) मा त्यो निर्वाचनबाट यदि महिला, युवाहरू र गैर आवासीय नेपाली सङ्घमा विशेष योगदान गरेकाहरु छुटेका छन् भने गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय परिषदले सिफारिस गरेर पठाउने १० प्रतिशत प्रतिनिधिहरूको व्यवस्था गरेको छ। यसरी ३५ प्रतिशतको छनोट हुनुपूर्व यही विधानको अनुसूची ६ (क) अनुसार गैर आवासीय नेपाली सङ्घको विभिन्न समितिमा रहेर काम गरिसकेका व्यक्तिहरू राष्ट्रिय समन्व्य परिषदले छनोट गरेर पठाउनु पर्ने व्यवस्था छ। अनुसूची ६ का अनुसार राष्ट्रिय महाधिवेशन हुनुभन्दा अगाडि नै आईसीसीमा पठाइसकिएको हुनुपर्छ । २५ प्रतिशत राष्ट्रिय महाधिवेशनमार्फत पठाउनु पर्छ। १० प्रतिशत कार्यसमितिले पछाडि पठाउने हो। एनसीसीहरुले यही प्रावधान अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको नामावली पठाए पनि आइसीसीका पदाधिकारीहरूले विवाद झिकेको एनसीसी यूकेका उपाध्यक्ष नारायण कँडेलको दाबी छ। युकेको निर्वाचनका विषयमा आईसीसीमा रहेका व्यक्तिहरूले सोँचे भन्दा फरक नतिजा देखेपछि विवाद झिकेको कँडेलले बताए । आइसीसीकै पदाधिकारीहरूले केही विश्वासपात्रमार्फत छुट्टै नामावली मगाएकाले विवाद बढाएको आरोप पनि उनले लगाए। तीनै देशका एनसीसी अध्यक्षहरुले प्रतिनिधि चयनका नाममा आईसीसीले प्रायोजित रूपमा विवाद गरेको भन्दै एक भएर सामना गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । पत्रकार भेटघाट कार्यक्रममा एनआरएनए अमेरिका र अष्ट्रेलियाका महासचिव द्वय अन्जन कुमार चौलागाई र राजु अधिकारीले एनसीसीले पठाएको डेलिगेट्स लिष्ट तलमाथि वा अस्वीकृत गरिएमा आईसीसीको नाजायज हस्तक्षेपको भण्डाफोर गर्दै संसारभरका सबै एनसीसी एकजुट भएर अगाडि बढ्ने बताएका थिए।
डेलिगेटको अर्को चुनाव नगर्ने भन्दै एनआरएन अमेरिकाले आईसीसीलाई पत्र पठायो वासिंगटन डिसी । गैरआवसीय नेपाली संघ(एनआरएनए) अमेरिकाले डेलिगेट निर्वाचन पुन गरिरहनु नपर्ने र नगर्ने भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) लाई पत्र पठाएको छ। अगष्ट २८ तारिकमा आईसीसी पठाएको पत्रमा यसअघि नै सबै प्रक्रियाहरु पूरा गरेर एनआरएनए अमेरिकाले निर्वाचन गरेकोले नयां निर्वाचन गरिरहनु नपर्ने भन्दै पत्र लेखको हो। उसले पत्रमा आफूले अगष्ट १३ तारिकमै सम्पन्न गरेको निर्वाचन आईसीसीको विधान र एनसीसीको विधान र अमेरिकाको कानुनसम्मत भएको दावी पनि आईसीसी समक्ष बुंदागतरुपमा प्रस्तुत गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)को आगामी अक्टोबरमा हुने निर्वाचनका लागि २५ प्रतिशत अर्थात् ४७ जना मतदाता प्रतिनिधि छान्ने क्रममा अमेरिकामा विवाद भएको थियो। विवादका कारण एकपटक आईसीसीले निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर, निर्वाचन गर्न अगष्ट १० मा आईसीसीले पुन पत्राचार गरेपछि एनसीसीले पुरानै प्रक्रियालाई निरन्तरता दिंदै २९ वटा राज्यबाट २९ जना मनोनित गरी बाँकी १८ जनाको १८ जनाको निर्वाचन गराएको थियो। यो निर्वाचनलाई आईसीसी अस्वीकार गर्दै विधिसम्मत प्रतिनिधि पठाउन फेरि पत्राचार गरेको थियो। यही पत्रको जवाफ दिँदै एनआरएनए अमेरिकाले आफूले सबै विधि र प्रक्रिया पूरा गरी निर्वाचन सम्पन्न गरेकोले अर्को निर्वाचन गराइरहनु नपर्ने र निर्वाचित व्यक्तिहरु नै आईसीसीको लागि अमेरिकाका डेलिगेट भएको दावी गरेर पत्रचार गरेको हो। समाचारअनुसार, अगष्ट १३ कै निर्वाचनलाई सदर गर्नेबारे एनसीसी अमेरिकाको बोर्ड बैठकमा कोषाध्यक्ष राजीव श्रेष्ठले प्रस्ताव पेश गरेका थिए। जम्मा ३१ सदस्यीय बोर्डमा उनको प्रस्तावलाई सदर गर्ने पक्षमा २० जनाले समर्थन गरेका थिए भने विधिसम्मत पुन निर्वाचन गर्नुपर्ने पक्षमा बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित ६ जनाले फरक मत राखेका थिए। पन्थसहित विकास उप्रेती, दीक्षा बस्नेत,सुनिता कंडेल, आशीष संग्रौला र ज्ञानेन्द्र गुरुङ्गले पुन निर्वाचन हुनुपर्ने अडान राख्दै फरक मत राखेका थिए। कार्यसमितिको अगष्ट २५ तारिक सम्पन्न सो बैठकमा बोर्ड सदस्य बालाराज घिमिरेले अर्को प्रस्ताव पेश गरेका थिए। आईसीसीका अध्यक्ष र एनसीसीका अध्यक्षले मिलेर यो समस्याको समाधान गर्नुपर्ने भन्ने उनको प्रस्ताव थियो। यो प्रस्तावका पक्षमा घिमिरे, शान्ति पौडेल वाग्ले र किरण बस्नेतसमेत ३ जनाले समर्थन गरेका थिए। एनसीसी अमेरिकाको बोर्डको बहुमतले निर्णय गरेको भन्दै अगष्ट १३ कै डेलिगेट निर्णय विधिसम्मत भएको विवरण खुलाएर आईसीसीलाई पत्र पठाइएको एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले डिसी नेपाललाई बताए। उनले भने,‘यसबारे आईसीसीलाई एनसीसीको तर्फबाट पत्र  पठाइसकिएको छ।’ २५ प्रतिशत डेलिगेट विवादमा असन्तुष्ट समूहले डा.राजन पन्तको संयोजकत्वमा अर्को निर्वाचन समिति बनाई छुट्टै निर्विरोध छनौट गरेको भन्दै ४७ जनाको नाम सार्वजानिक गरेको थियो।
एनआरएनए सचिव र सहकोषाध्यक्षमा जापानबाट क्रमशः गुरुङ र श्रेष्ठको उम्मेदवारी काठमाडौं । जापानमा व्यवसाय गर्दै आएका ओम गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने भएका छन् भने सहकोषाध्यक्ष पदका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द)ले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिमा जापानलाई कर्मथलो बनाउँदै आएका गुरुङ र श्रेष्ठ क्रमशःसचिव र सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किएका गुरुङ विगत २० वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् । हाल उनी नेपालको चितवनमा बसोबास गर्छन् । गुरुङसँग एनआरएनए अभियानमा बसेर काम गरेको लामो अनुभव छ । सन् २००८ देखि नै उनी एनआरएनए अभियानमा सक्रिय छन् । उनी यो वर्ष एनसीसी जापानको उपाध्यक्ष नियुक्त भएका थिए । उनले २०११–१३ सम्म जापान शाखाको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी २०१३ देखि २०१९ सम्म एनआरएनए आइसीसीको सदस्य निर्वाचित भएका थिए । उनले तीन कार्यकाल सदस्य भएर काम गरे । तमुधी जापानको सल्लाहकार, चितवन समाज जापानको सल्लाहकार, पर्वत समाज जापानको सल्लाहकार, पर्वत समाज जापान एवं अन्तर्राष्ट्रिय पर्वत समाज उप–संयोजक भएर काम गरिसकेका छन् । त्यसैगरी, जापानलाई कर्मथलो बनाएका गोबिन्द श्रेष्ठले व्यवसायिक तथा सामाजिक जीवनलाई सफल बनाएका छन् । एसिया प्यासिफिक संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका श्रेष्ठले आगामी कार्यकाल २०२१–२३ का लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् । एनआरएन अभियानमा लामो समयदेखि लागेर प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र निरन्तर एनआरएन अभियानमा लाग्ने चाहना अनुसार सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको श्रेष्ठको भनाई छ । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका श्रेष्ठले एनआरएनए अभियानमा फड्को नमारी क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकता रहेको बताउँछन् ।
एनआरएनएको युवा संयोजकमा क्यानडाबाट विमलाको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिको युवा संयोजकमा क्यानडाबाट विमला सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । सन् २०१३ देखि एनआरएनएको अभियानमा जोडिएकी सापकोटाले सन् २०२१–२०२३ को कार्यसमितिको लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् । नवलपरासीको गैडाकोटमा जन्मिएकी विमला सन् २०१२ देखि क्यानडामा बसोबास गर्दै आइरहेकी छन् । नेपालमा हाल उनको बसाइँ पोखरामा छ । उनले सन् २०१७–१९ सम्म एनसीसी क्यानडाको महिला संयोजक भएर काम गरिसकेकी छन् भने एनआरएनएको करिब एक दशक लामो अभियानबाट प्राप्त गरेको अनुभवलाई उनी प्रयोगमा ल्याउन चाहन्छिन् । सन् २०१९ देखि उनी अमेरिकी क्षेत्रीय युवा संयोजक भएर काम गरिरहेकी छन् । उनले एनआरएनएको विश्व स्वास्थ्य समितिमा आवद्ध भएर महिला, बालबालिका तथा युवासँगको कार्यक्रम सफलतापूर्वक संयोजन गरिसकेकी छन् । एनआरएनएमा युवा पुस्ताको आकर्षण न्यून रहेकोले आफ्नो उम्मेदवारी दोस्रो पुस्तालाई एनआरएनएमा सहभागी गराउने बताएकी छन् ।
७ बुँदे प्रतिवद्धतासहित एनआरएनएको उपाध्यक्षमा आरके शर्माको उम्मेदवारी काठमाडौं । मध्यपूर्वका प्रभावशाली व्यक्तित्व तथा एनआरएनएका वर्तमान सचिव आरके (राजेन्द्र कुमार) शर्माले आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी समालिरहेका शर्माले सन् २०२१–२०२३ को कार्यसमितिका लागि उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् । सन् २००८ देखि एनआरएन अभियानमा सक्रिय भएर लागेका शर्मा एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य, मध्यपूर्व संयोजक हुँदै अहिले सचिव पदमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । खाडि मुलुक कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्मा प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुमाझ पनि उत्तिकै लोकप्रिय रहेका छन । एनआरएन अभियानमा जोडिएर विदेशमा रहेका नेपालीको सुख दुखमा अग्रपंक्तिमा रहेर साथ दिदै आएका शर्माले स्वदेशमा पनि विभिन्न सामाजिक कार्यमा संलग्न छन । उपाध्यक्षमा आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै भनेका छन– ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ र एनआरएनको यो अभियानलाई थप उचाईमा पुर्याउन सतप्रतिशत प्रतिबद्ध रहेको व्योहोरा जानकारी पनि गराउँदछु ।’ शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताउदै यसका लागि आफ्नो तन, मन र धन सदैव समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उपाध्यक्ष पदमा उम्मेदवारी दिने क्रममा शर्माले आफ्ना ७ बुदे प्रतिवद्धतासमेत सार्वजनिक गरेका छन । अहिले एनआरएनएको नयाँ नेतृत्वको चुनावी सरगर्मी बढीरहदा डा.बद्री के.सी र कुल आचार्यले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने तयारी थालेका छन । यी दुवै पक्षले उपाध्यक्ष पदमा शर्मालाई उम्मेदवार बनाउन खोजिरहदा शर्मा भने अहिलेसम्म कतै खुलेका छैनन । जसका कारण शर्मा दुवै पक्षको साझा उम्मेदवार हुने संभावना बढेर गएको छ । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शर्माका ७ बुँदे प्रतिवद्धता: १. सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार : वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन । देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो । २. गैरआवासीय नेपाली नागरिकता : सन् २००५ देखि हाम्रो माग गैरआवासिय नेपाली नागरिकताको निरन्तता अझै टुंङ्गोमा पुगेको छैन । २०७२ को संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक विचाराधिन छ । कानुन ल्याई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न मेरो उम्मेदवारी हो । त्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउनका लागि मेरो उम्मेदवारी हो । ३. रेमिट्यान्सको सही सदुपयोग र लगानी : विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो । साथै विदेशी लगानी नेपाल भित्र्याउन र विदेशमा रहेका आम एनआरएनहरुको सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितता गर्नका लागि पनि मेरो उम्मेदवारी हो । ४. स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन : पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै, एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो त्यसैले विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्नेछु । ५. एनआरएनमा सबैको स्वामित्व : एनआरएन धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै सम्पुर्ण विदेशमा रहनुभएका नेपालीहरुको साझा संस्थाकारुपमा विकास गर्ने लक्ष्य मैले लिएको छु । मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने कार्यको शुरुवात गर्नेछु । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु । ६. गोर्खाजको सम्मानित अधिकार : दुईसय वर्ष अगाडिदेखि नेपालीहरुको बिरताको गाथारुपमा चिनिएका गोर्खाजहरु संसारभरि फैलिएका छन् । उहाँको अधिकारको लागि आमरण अनसन तथा आन्दोलन गर्नु परिरहेको छ । उहाँहरुको समान हक र अधिकारको लागि मैले आफ्नो अर्को मुद्धा बनाएको छु । ७. राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान : आजसम्म एनआरएनएले आफ्नो अभियानमा धेरै समय तथा स्रोत साधन मानवीय कार्यमा केन्द्रित गरिरहेको छ । आगामी दिनहरुमा यसका अलावा एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन पहल गर्नेछु । गैरआवासीय नेपालीहरु विदेशमा दक्ष काम गरिरहनु भएको छ, हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर भोलिका दिनमा नेपाली दक्ष तथा विज्ञ नेपालीहरु विदेशमा होइन नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजनाहरु ल्याउन मैले विशेष पहल गर्नेछु ।
एनआरएनए महासचिवमा अमेरिकाबाट डा.पौडेलको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय महासचिव पदका लागि अमेरिकामा बसोबास गर्दै आएका चिकित्सा क्षेत्रमा संलग्न डा.केशव पौडेलले उम्मेदवारी दिएका छन् । १०औँ महाधिवेशनमार्फत चुनिने एनआरएनए २०२१–२०२३ को कार्यकालका लागि उनले महासचिव पदमा उम्मेवारी घोषणा गरेका हुन् । नेपालको तनहुँमा जन्मिएर हुर्केका उनी अमेरिकामा चिकित्सा क्षेत्रमा अर्थात् अमेरिकाको एक अस्पतालमा राम्रो स्थान बनाएर बसेका छन् । अमेरिकाको न्युम्याक्सिकोमा रहेको लभलेज मेडिकल ग्रुपका निर्देशक बनेर चिकित्सा क्षेत्रमा जमेका डा.पौडेल सामाजिक अभियन्ता पनि हुन्। एनआरएनए अमेरिकाको दुई कार्यकाल अध्यक्ष बनेका डा.पौडेलले एनआरएनए एनसीसीमा रहेर थुप्रै उदाहरणीय काम गरेका छन् । उनले आफ्नो कार्यकालमा सदस्यता संख्यालाई बढाएर अमेरिकी एनसीसीलाई विश्वकै सबैभन्दा ठूलो एनसीसी बनाएका थिए । त्यस्तै, नलेज सेयरिङ्ग कन्फ्रेन्सको आयोजना गर्ने तथा नेपालमा भूकम्प पीडितलाई घटनास्थलमै पुगेर प्रत्यक्ष सहयोग गर्ने र साह्रो गाह्रो पर्दा सहयोग गर्ने डेस्क स्थापना गर्ने चलन पनि उनकै पालामा सुरु भएको थियो, जसको श्रेय उनैलाई जान्छ । डा.पौडेलले अमेरिकामा आफ्नो एनसीसीको दुई कार्यकाल सफल भएको दाबी गर्दै अब आइसीसीमा गएर विश्वभरका एनआरएनएसँगसँगै मिलेर काम गर्ने उद्देश्य रहेको बताएका छन् । एनसीसीमा के के गर्नु भयो र आइसीसीमा निर्वाचित हुनु भएको खण्डमा के कस्ता प्रभावकारी काम गर्नु हुन्छ?, भन्ने डिसी नेपालका अर्जुन दाहालको प्रश्नमा डा.पौडेलले भने, ‘संसारभरि बसेका एनआरएनएहरुलाई कसरी एकतावद्ध बनाएर नेपाल र नेपालीहरुको लागि काम गर्न सकिन्छ । अर्थात् नेपाल र नेपालीहरुको साझा मुद्दा पत्ता लगाएर नेपाल र नेपालीको हितको लागि राम्रोसँग काम गरौं भन्ने नै हो ।’ उनले अगाडि थपे, ‘चुनाव आयो भने हामी(एनआरएनए सदस्य) विभाजित हुन्छौं तर संस्थापक कुराहरु आयो भने एकिकृत हुन सक्छौं । विदेशमा बस्ने नेपाली नागरिकहरुले गैरआवासीय नागरिकता बनाउने कुरा लगायतका प्रमुख मुद्दाहरुमा एनआरएनए एकीकृत भएको छ । र, म सधैं एकिकृत बनाउने र एकिकृत हुने कामलाई निरन्तरता दिन्छु ।’ डा.पौडेलका अनुसार उनले आफ्नो कार्यकालमा एनआरएनए अमेरिकाको सदस्य संख्यामा वृद्धि गर्नुका साथसाथै धेरै विकासका कार्यहरु भएका छन् । साथै, सदस्य संख्या वृद्धिसँगै एनआरएनए अमेरिकाको आर्थिक पाटो पनि दह्रो बनाएको उनले बताए । पौडेलले आगामी आइसीसी निर्वाचनमा महासचिवको लागि उम्मेदवार बनेको र निर्वाचित भएमा एनआरएनएका साझा मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने तथा नेपाल र नेपालीको लागि हितकारी कार्य गर्न प्रतिवद्धता डिसी नेपालका अर्जुन दाहालसँग गरेका छन्।
एनआरएनए आइसीसीको चुनावी रौनक, अध्यक्ष र उपाध्यक्ष पदमा क-कसकाे दाबी? काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १०औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३–२५, २०२१ मा हुने भएको छ। त्यसका लागि संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिने निर्णय समेत गरिएको छ । सोहि समयमा आगामी कार्यकाल २०२१–२०२३ को लागि नेतृव चयन पनि हुनेछ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ । निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ । निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम भएको छ । नेपाल सरकारले अधिवेशनलाई व्यवस्थापन गर्न सधांझैं परराष्ट्रमन्त्रीको अध्यक्षतामा कार्यदल गठन गरिसकेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी)को केन्द्रीय निर्वाचन हुन अब दुई महिना पनि बाँकी छैन् । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा व्यस्त देखिन्छन् । यतिबेला दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको गर्मी निकै बढेको छ । सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन् । अध्यक्ष र उपाध्यक्ष पद घोषणा गरेका केही उम्मेदवारहरुः कुल आचार्य :– एनआरएनएका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मिएका आचार्य विगत दुई दशकदेखि बेलायतलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । आचार्यले एनआएनएमा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । उनले संस्थाको सुदृढीकरण र शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नवौं महाधिवेशनमा पनि उनी अध्यक्षका प्रत्यासी थिए । डा.बद्री केसी :– एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका बताएका छन । डा.केसीले सन् २००३ देखिनै आफू एनआरएन अभियानमा लागेको बताउँदै एनआरएनएको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले लिने बताए । दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष रहेका उनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरुलाई एनआरएनमा आबद्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्। डा.हेमराज शर्मा :— एनआरएनएका महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । डा.शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्पूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन्। डा.शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा.शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन्। बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल समेत हासिल गरेका छन् । धर्मराज अधिकारी :— एनआरएनएको १०औँ महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उपाध्यक्ष उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित अधिकारी आगामी उपाध्यक्ष पदका लागि सबैका साझा उम्मेदवार बनेका छन्। नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको हरेक अभियानमा सरिक हुँदै आएका छन्। अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राज रेग्मी :— एनआरएनएको आगामी १०औं महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिमा मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाइ छ । एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । सुनिल साह :– एनआरएनएको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन्। उनी लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय छन् । साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्षसमेत हुन् । लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्वृद्धिका लागि प्रयोग गर्ने बताएका छन्। आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्याउने उद्देश्य रहेको उनले बताए । एसी शेर्पा :— एनआरएनएको १०औँ विश्व सम्मेलन तथा महाधिबेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघप्रतिको निःस्वार्थ र निरन्तर सहभागितालाई आगामी कार्यकालमा पनि कायम राख्दै संस्थामार्फत अझ सेवा पुर्‍याउनका लागि पूर्वअमेरिकाज् क्षेत्रीय उपसंयोजक तथा आइसीसीका वर्तमान सल्लाहकार शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्। ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डासहित शेर्पाले आइसीसी उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन् । एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन आफ्नो उम्मेदवारी दिएको बताएका छन् । महेश श्रेष्ठ :— एनआरएनए/आइसीसीका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ उपाध्यक्षका उम्मेदवार हुने भएका छन् । नेपालमा मात्र नभएर व्यबसायिक रुपमा नेपालीहरुको विश्वब्यापी रुपमा लगानी बिस्तार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै प्रमुख एजेण्डा बनाएर काम गर्न उपाध्यक्षका लागि उम्मेदवार भएको उनले बताएका छन्। उनी बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ जापानका स्थायी वासिन्दा हुन् । नेपालबाट समाज शास्त्रमा एमए गरेका श्रेष्ठले त्यो भन्दा विल्कुलै फरक सिभिल इन्जिनियरिङमा ग्राजुएट गरेका छन्। यस बाहेको जापानको ग्लोबिस युनिभर्सिटीबाट एमबीए गरेका छन् । श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्। उनको नेपाल र जापानमा धेरै व्यवसाय रहेको छ। १९९४ मा जापान पुगेका श्रेष्ठ २००७ मा नेपाली कांग्रेसको विदेशस्थित रहेको नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष भएका थिए। त्यसपछि नेपाली कांग्रेसको १२औं र १३औं महाधिवेशनका लागि महासमिति सदस्य रहेका छन्। गैरआवासीय नेपाली संघमा आइसीसी सदस्यबाट २०१९ मा भारी मतले कोषाध्यक्ष जितेका श्रेष्ठले यो पटक भने उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । विश्वका ८५ वटा देशमा एनआरएनएले आफ्नो शाखा बिस्तार गरिसकेको छ ।
एनआरएनएको सहयोगमा कुवेतमा अलपत्र द्रौपतीको शव आइपुग्यो नेपाल काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतले आर्थिक संकलन अभियान चलाएर कुवेतमा अलपत्र परेको मोरङकी द्रौपती माझी चौधरीको शव नेपाल पठाएको छ । एनआरएनको सहयोगमा मृतक चौधरीको शव नेपालस्थित परिवार भएको ठाउँसम्म हिजो(आइतबार) राति आइपुगेको हो । मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वाड नं.७ (डङ्ग्राहा टोल) बस्ने द्रोपती चौधरी करिब ४ बर्ष पहिले भारतको बाटो हुँदै लुकिछिपी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् । उनले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खण्डमा मृतकको शव तथा बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा उनको शव अलपत्र परेको थियो । त्यसपछि एनआरएनए कुवेतले अलपत्र परेको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु गरेको थियो । केहि दिन अघिदेखि उनको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए कुवेतले अपिल गरेको थियो । अवैधानिक तरिकाले गएकी चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडाशैनीको संयोजकत्वमा ‘आर्थिक राहत संकलन समिति’ गठन गरिएको थियो । शव नेपाल पठाउन आवश्यक पर्ने ३ सय ८५ कुवेती दिनार सहयोग गर्न एनआरएनएले सबैसँग अपिल गरेको थियो । सहयोगको अपिल गर्दै संघका अध्यक्ष रणध्वोज लामा र महासचिव दिल कुमार पाख्रिनले विज्ञप्तिसमेत जारी गरेका थिए । र, आर्थिक सहयोग संकलन सम्पन्न गरी चौधरीको शव नेपाल पठाइएको हो । साथै, सहयोग अभियानमा जोडिएका सहयोगी हातहरुलाई एनआरएनए, कुवेतले धन्यवाद व्यक्त गरेको छ । दूतावासले मृतक चौधरीको शव यहि अगस्ट–२२ तारिख राति नेपाल पठाएको थियो ।
एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन् । पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका छन् । उनी एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको उनीसँग अनुभव छ । पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका छन् । आप्रवासीसम्बन्धी कानुनमा सरलीकरणको लबिङ गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने, पोर्चुगलको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफल सहभागी भई नेपाल एवं दक्षिण एशिया क्षेत्रकै आप्रवासीहरु समस्या समाधान गर्न केही हदसम्म भूमिका खेलेका थिए । बाग्लुङको जैमिनी नगरपालिका–२ मा जन्मिएका केसीले शिक्षा र व्यवस्थापनमा स्नातकोत्तर गरी १० वर्षसम्म शिक्षण एवं शिक्षा प्रशासनको उच्च सरकारी तहमा काम गरेका थिए । केसी हाल विश्वका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो जन्मेको पोर्चुगलको सुन्दर टापु मदेइरामा आफ्नै पर्यटन, ट्रान्स्पोर्ट र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलका लिम्बूले उम्मेदवारी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व अधिवेशनको नजिकै गर्दा युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलबाट रोबर्ट लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने लिम्बूले युरोपेली मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाका साथ आफ्नो उम्मेदवारी भएको बताएका छन् । पछिल्लो समयमा सङ्घको अभियानप्रति युवाहरू चासो नभएको युवा शक्तिलाई एकीकृत गर्दै युवाहरुलाई समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत उनले बताए । लिम्बू विगत १३ वर्षदेखि पोर्चुगलमा सफल युवा व्यवसायीको छुट्टै पहिचान बनाउँदै आएको छ । उनी एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । रासस
परराष्ट्रद्वारा एनआरएनएको १०औँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन काठमाडौं । सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने एनआरएनएको १०औँ विश्व सम्मेलनका लागि समिति गठन भएको हो । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, एनआरएनएका प्रतिनिधि छन् । सरकारले विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, पूँजी, प्रविधि, संजाल र पहुँचलाई मुलुकको आर्थिक, सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रत्येक दुई वर्षको फरकमा नेपालमा आयोजना हुने एनआरएनको नवौं विश्व सम्मेलन २०७६ सालको असोज २८ देखि ३० गते सम्पन्न भएको थियो ।
जहाज चार्टर्डमार्फत काबुलबाट नेपालीको उद्धार गर्ने तयारीमा एनआरएनए काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज चार्टर्डमार्फत अफगानिस्तानको काबुलबाट नेपालीहरुको उद्धार गर्ने जनाएको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा.बद्री केसीका अनुसार सोमबारको सचिवालय बैठकमा काबुलबाट नेपाली फर्काउने विषयमा छलफल भएको थियो । संघले आफ्नै खर्चमा एउटा जहाज काबुल पठाउने विषयमा बालुवाटारमा बसेको बैठकमा छलफल भएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, रविना थापाको सहभागीता थियो । यस विषयमा संघको आज(मंगलबार) पुनः बैठक बस्ने बताइएको छ ।
एनआरएनएद्वारा विदेशिएका श्रमिकको अवस्था सुधारसम्बन्धी स्वेतपत्र जारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली श्रमिकको अवस्थालाई सुधार गर्ने उद्देश्यले स्वेतपत्र सार्वजनिक गरेको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा एनआरएनए अध्यक्ष कुमार पन्त, संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग प्रमुख डा.बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार टिबी कार्कीले संयुक्त रुपमा स्वेतपत्र सार्वजनिक गरेका हुन् । एनआरएनएले वैदेशिक रोजगारीलाई सुधार गर्नुको साथै वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न सहयोगी बनोस् भनेर संघको विभागले स्वेतपत्र जारी गरेको हो । वैदेशिक रोजगारका विज्ञ र विभिन्न क्षेत्रबाट दक्षता हासिल गरेको व्यक्तिको सहयोगमा तयार पारिएको स्वेतपत्रले आगामी दिनमा नीति निर्माणमा सहयोग पुग्ने बताइएको छ । कोभिड–१९ को संक्रमणमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको उद्दारदेखि पुनस्र्थापनासम्मको तथ्यांक कार्यक्रममा प्रस्तुत गरेको थियो । रोजगारीका लागि विदेशिएका नेपालीले केवल विप्रेषण मात्र नभइ सिप, दक्षता, क्षमता, अनुभव, काम गर्ने आधुनिक शैली, नेटवर्कसहित लिएर आएका हुन्छन् ।यसको सदुपयोग स्वदेशमै अपेक्षाकृत रुपमा नभएको गुनासो व्यापाक आएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्नेलगायतका विषयलाई सम्बोधन गर्न स्वेतपत्र सहयोगी बन्ने विभाग प्रमुख डा.केसीले बताए । वैदेशिक रोजगारीका लागि नै भनेर युवाहरु विदेशी श्रम बजारमा जान थालेको करिब साढे चार दशक भएको छ । सन् १९९० पछि नेपालमा भएको राजनीतिक परिवर्तनसँगै नेपालीहरुको लागि सहज रुपमा वैदेशिक रोजगारीको अवसर खुलेको हो । अहिले त्यहि वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ । र, नेपालको वैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै सम्भावनाका साथै जोखिमहरु पनि बोकिरहेको छ । नेपाली युवाका लागि वैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक १ हजारदेखि १५ सय युवाहरु विभिन्न देशहरुमा रोजगारीका लागि देश छोडिरहेका छन् । नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसिया लगायतका देशहरुमा वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको समयको माग र देशको आवश्यकता हो । नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपाल सरकारले खोलेका १ सय १० देशको लागि सन् २०१९/२०२० मा मात्रै झण्डै ४ लाख नेपालीहरुले औपचारिक रुपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रुपमा रहेको छ । कूल गार्हस्थ उत्पादनमा(जीडीपी)मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत २४ प्रतिशतको योगदान गरेका छन् । विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको हो । विदेशमा अलपत्रमा परेका नेपालीहरुको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोभिड–१९ को महामारी पछि एनआरएनए, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको छ । आगामी दिनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार पारेको छ । कोरोनाका कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पुर्याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने देखिन्छ । यसर्थ, वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौं अवसर र चुनौतिहरुलाई समेटेर गैरआवासीय नेपाली संघको तर्फबाट यो श्वेत पत्र जारी गरिएको जनाइएको छ । यो श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरुमा नेपालीहरुको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीहरुको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायतका बारेमा वास्तविक रुपमा चित्रण गर्ने कोसिस गरिएको छ । कोभिड –१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीहरुको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालाहरुलाई सचेत गराउने साथै, नेपाली आप्रवासी कामदारहरुलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
एनआरएनए प्रतिनिधि चयनका लागि जर्मनीमा चुनाव जर्मनी। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी महाअधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जर्मनीले निर्वाचन शुरु गरेको छ। १५ सय ९५ प्रमाणित सदस्य भएको जर्मनीको तर्फबाट १ सय १५ जना प्रतिनिधि छनौट हुन पाउनेछन्। आइसीसीको मापदण्ड अनुसार हजार जना सदस्यसम्म प्रति १० जना बराबर १ जना प्रतिनिधि र हजार जना पछि प्रति ४० जना बराबर १ जना प्रतिनिधि संख्या तय हुने भएकाले जर्मनीबाट १ सय १५ जनाको संख्या तय भएको हो। जसमध्ये ७५ प्रतिशत एनसीसी कार्यसमितिले चयन गर्ने प्रावधान रहेको छ। ६५ प्रतिशत आइसीसीको मापदण्ड अनुसार एनआरएनए अभियन्ताहरुलाई बरियताको आधारमा चयन गरिसकेको र १० प्रतिशत लाई आफ्नो अधिकारले स्वतन्त्र रुपमा एनसीसीको आज बस्ने बैठकले तय गर्ने अध्यक्ष मिलन पन्तले जनाएका छन्। १ सय १५ जना प्रतिनिधिको लागि १ सय ८२ जनाले आवेदन दिएकाले निर्वाचनमा जानुपरेको उनले बताए। १ सय १५ को ६५ प्रतिशत ७५ जना छनोट भइसकेकाले बाँकी १०७ जनालाई आज निर्वाचनमा लगिएको र त्यहाँबाट २९ जना चयन भएर आउने प्रबक्ता दिनेश गौतमको भनाइ छ। ती १०७ जनामध्ये २९ जनालाई १५ सय ९५ जना प्रमाणित सदस्यले मतदान गर्न पाउनेछन्। बाँकी ११ जनाको हकमा आजै बस्ने कार्यसमिति बैठकले निर्णय गर्ने गौतमले बताए । एनआरएनए सदस्यता आवेदन भर्दा प्रयोग गरिएको स्मार्ट एनआरएनए मोबाइल एप मार्फत नै आज मतदान गर्न सकिने पनि उनले बताए। स्थानीय समय अनुसार विहान १० बजेबाट शुरु भएको विद्युतिय मतदान कार्यक्रम बेलुका ८ बजेसम्म जारी रहनेछ । छोटो समयावधिमा निर्वाचनको सुचना जारी भएकाले सबै पञ्जिकृत सदस्यहरुलाई निर्वाचन हुने भन्ने विषयमा अनविज्ञता पनि देखिएको छ। निर्वाचन शुरु हुनु भन्दा १ घण्टा पहिले मात्र सुचना जारी भएकाले जानकारी अभावमा मतदाताहरु आफ्नो मत दिने अधिकारबाट बञ्चित हुन सक्ने भन्दै केहि असन्तुष्टि पनि देखिएको छ। तर आइसीसीको निर्देशन अनुसार आज राति १२ बजेसम्म अन्तिम नामावली पठाइसक्नुपर्ने भएकाले बाध्यात्मक रुपमा छोटो अवधिमै निर्वाचनमा जानुपरेको महासचिव राजेश सुनारले जानकारी दिए।
एनआरएनए अमेरिकाका निर्वाचन आयुक्तले गरे विद्रोह, डेलिगेट निर्वाचन अवैधानिक वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आयोगका एकजना आयुक्तले नै निर्वाचन आयोग व्यक्तिगत पक्षपातमा लागेको आरोप लगाउँदै जारी कार्यविरुद्ध बिद्रोह गरेका छन् । उनले आज गरिने भनेको डेलिगेट निर्वाचनमा विधि र प्रक्रियाविना नै गर्न लागिएको भन्दै आफ्नो यो प्रक्रियाका कुनै आफ्नो सहमती नभएको भन्दै प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई पत्रै लेखेर विद्रोह गरेका हुन् । उनले जारी प्रक्रियाप्रति विरोध प्रकट गरेका छन् । निर्वाचन आयुक्त कुलमणि आचार्यले हिजो १२ अगष्ट सांझ प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई एक पत्र लेख्दै नेपालीहरुको साझा संस्था एनआरएनएमा एकपक्षीय कामहरु हुनबाट रोकिनुपर्ने भन्दै आज हुने भनिएको कथित डेलिगेट निर्वाचनको बैधानिकता नहुने बताएका छन् । एनआरएनए अमेरिकाले षड्यन्त्रपूर्ण ढंगले साधारण सदस्यहरुलाई उम्मेद्वार हुनबाट बन्चित गरी केही आफ्ना मान्छेको नाम उम्मेद्वारका रुपमा राखेर आज अर्थात् १३ अगष्टमा निर्वाचन गर्ने सूचना ११ अगष्टमा जारी गरेको थियो । साधारण सदस्यहरुलाई एनआरएनए आईसीसीको निर्वाचनमा डेलिगेट हुन पाउने गरी विधानमा २५ प्रतिशत सिट छुट्याइएकोमा इच्छुक व्यक्तिहरुलाई उम्मेद्वार नै हुने मौका नदिइकन गर्न लागिएको कथित निर्वाचनबारे निर्वाचन आयुक्तले यस्तो गैरकानूनी निर्वाचनमा आफ्नो संलग्नता नभएको पनि स्पष्ट उल्लेख गरेका छन् । डिसी नेपाललाई प्राप्त सो पत्रमा निर्वाचन आयोगको बैठक पनि नबसेको र निर्वाचन गराउनेबारे कुनै छलफल पनि नभएको भन्दै विधि र प्रक्रियालाई उपेक्षा आफ्नो जानकारी विना नै निर्वाचन गराउने सूचना जारी गरिएकोमा उनले आपत्ति प्रकट गरेका छन् । उनको पत्रमा भनिएको छ,“ निर्वाचन आयोग साधारणसभाबाट गठित स्वतन्त्र र निष्पक्ष निकाय हो । यसका लागि गतिविधि पांचैजना सदस्इहरुको निर्णयबाट लिइनुपर्छ । तर, न त इलेक्सन कमिशनको डेलिगेट निर्वाचनको छलफलको लागि अहिलेसम्म एउटा बैठक बसेको छ न त कुनै विषयमा सहमती नै गरिएको छ । यो प्रक्रिया विना नै इलेक्सन नोटिस जारी गर्नु आफैंमा विधि र प्रक्रियाको उपेक्षा हो । त्यसैले आफ्नो जानकारीविना नै भएका निर्णयहरुप्रति म असहमती जनाउन चाहान्छु ।” “एनआरएनए एनसीसी अफ युएसए को आईसीसी डेलिगेट इलेक्सन सम्बन्धमा असहमति पत्र” शीर्षकमा निर्वाचन आयुक्त आचार्यले संस्थाको कानुनी व्यवस्थासमेत उल्लेख गर्दै गैरकानूनी काम नगर्न प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई सचेतसमेत गराएका छन् । उनले लेखेका छन्,“ एनआरएनए आईसीसी महासचिवको पत्रमा उल्लेख भएअनुसार, आईसीसी विधानको दफा १३.७(क) अनुसार, २५ प्रतिशत(४७) जना प्रतिनिधिहरु पञ्जीकृत सदस्यहरुलाई प्रत्यक्ष निर्वाच्न गरी चयन गर्न निर्देशन गरिएको छ । जसमा इलेक्सन कमिशन ले विगतमा एनआरएन एनसीसी युएसए को विधानको आशयलाई ध्यानमा राख्दै २९ जना च्याप्टर बाट र १८ जना ओपन इलेक्सन गर्ने निर्णय गरेको थियो । एनआरएन एनसीसी युएसए को वाइलज् को इलेक्सन सम्बन्धी व्यवस्थामा कुनै पनि लेवलको इलेक्सन गराउनु परेमा इलेक्सन कमिशन लाई अधिकार प्रधान गरेको छ । त्यसकारण १८ जनाको मात्र इलेक्सन कमिशनले फर्म भराई शुल्कसमेत जम्मा गर्ने तर अन्य २९ जनाको प्रक्रियाविना नै चयन गर्ने कुरा असमान र अन्यायपूर्ण पनि हो । त्यसैले २९ जना पनि सहमतीको आधारमै भए पनि इलेक्सन प्रोसेसबाट नै चयन गर्नुपर्ने हुन्छ जुन कुरा आईसीसीको प्रावधानअनुसार मेल खान्छ ।” हेर्नुहोस् पत्र उनले ६५ प्रतिशत कोटामा पर्ने डेलिगेटमा को को परे भन्ने कुरा निर्वाचन आयोगले आजसम्म पनि सार्वजानिक नगरेकोमा पनि उनले प्रश्न उठाएका छन् । ६५ प्रतिशत कोटामा नपर्नेहरुले डेलिगेट पदमा उम्मेद्वार दिन पाउनु साधारण सदस्यहरुको अधिकार भएको भन्दै उनले त्यो लिष्ट प्रकाशित गरेपछि त्यसमा नपर्नेहरुले पनि उम्मेद्वारी दिन पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्नु जायज नभएको उनको तर्क छ ।
एनआरएनएद्वारा नेपाल भित्र्याइने १० अर्ब लगानीमा सहजीकरणका लागि आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा एनआरएन डेभलपमेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्बको लगानीका लागि सहज वातावरण निर्माण गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा गएको एनआरएनका प्रतिनिधिले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग आज(शुक्रबार) विशेष भेट गरी यस्तो आग्रह गरेका हुन् । सो अवसरमा प्रतिनिधिहरुले नेपाल सरकारसँगको सहकार्यमा हालसम्म भएका कामका बारेमा स्मरण गराउँदै आगामी दिनमा पनि सोही किसिमको सहकार्यको अपेक्षा राखेको बताएका छन् । साथै, फण्डमार्फत छिट्टै आइपीओ जारी गर्ने र विदेशमा रहेका साना लगानीकर्ताहलाई पनि लगानीको अवसर प्रदान गर्ने अध्यक्ष पन्तले जानकारी गराए । लगानीका लागि केही नीतिगत व्यवस्था आवश्यक भएकोले त्यसतर्फ पनि अध्यक्ष पन्तले ध्यानाकर्षण गराए । उनले आगामी अक्टोबरमा आयोजना गर्न लागिएको संघको १०औं महाधिवेशनबारे जानकारी दिँदै त्यसका लागि सरकारको तर्फबाट पनि उच्चस्तरीय आयोजक समिति गठन गर्न अनुरोध गरे । गैरआवासीय नेपाली नागरिकता र ऐन २०६४ को संशोधनको कार्यान्वयन सम्बन्धमा पनि अध्यक्ष पन्तले सचिव पौड्यालको ध्यानाकर्षण गराए । भेटमा संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल सरकारले विदेशमा रहेका नेपालीको लगानीलाई विशेष प्राथमिकता दिएर भित्र्याउनु पर्नेमा सचिव पौडेलमार्फत सरकारको ध्यानाकर्षण गराए । साथै, लामो समयदेखि गैरआवासीय नेपाली नागरिकताको विषय विचाराधीन अवस्थामा रहेकोले त्यसको कार्यान्वयनका लागि बारम्बार ध्यानाकर्षण गराएपनि माग सम्बोधनमा भइरहेको ढिलाईबारे जानकारी गराए । परराष्ट्र मन्त्रालय नै फोकल मन्त्रालय भएकोले सहकार्य र समन्वय अपरिहार्य रहेको उनले बताए । गैरआवासीय नेपाली ऐन २०६४ मा गैरआवासीय नेपालीका लगानी सम्बन्धि व्यवस्था गरिएको तर त्यसमा केही संशोधन आवश्यक भएकोले त्यसको लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिदिन आग्रह गरिएको थियो । सो अवसरमा संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएन फण्डले सबै गैरआवासीय नेपालीहरुलाई लगानी गर्ने अवसर प्रदान गर्न सक्ने गरि स्थापना गरिने र यस फण्डले भविष्यमा ठूलो आकार लिने भएकाले सरकारले यसका लागि सहजीकरण गरिदिन आग्रह गरे । त्यसैगरी, एनआरएन डेभलेप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्राईले हालसम्मको प्रगतिबारे जानकारी गराउँदै फण्ड परिचालन गर्न सहयोग गर्ने केही नीतिगत निर्णय गर्नपर्ने सुझाव व्यक्त गरे । सचिव पौडेलले गैरआवासीय नेपाली संघ समग्र आवासीय र गैरआवासीय नेपालीहरुका प्रेरणाको स्रोत हुनपर्ने र यसले मातृभूमिको हकहितको लागि ठूलो योगदान पुर्याउन सक्ने उल्लेख गरे । यसलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउनु पर्ने सुझाव दिँदै उनले सरकारले गर्नसक्ने सबैखाले सहयोगका लागि तयार रहेको बताए । त्यस्तै आसन्न १०औं महाधिवेशन सफल पार्न मन्त्रालयले विगतमा जस्तै सहयोग गर्ने र त्यसका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने जानकारी दिए ।
एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन र महासचिवमा राजकुमार विजयी लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । त्यसैगरी आईसीसी सदस्यमा भिमसेन थापा चुनिएका छन् । भिमसेन यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने रबिन आईसिसी सदस्य थिए । राजकुमार पत्रकार हुन्, उनी नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्षसमेत छन् । बुधबार राति घोषित नतिजाअनुसार, उनीहरुले आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले तथा उपाध्यक्षहरुमा उमेशकुमार खड्का र दिनेश भण्डारी निर्वाचित भएका छन् । सचिवमा रवि अर्याल र राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल र सह–कोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् । त्यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । लेखा संयोजकमा विशाल आचार्य र युवा संयोजकमा प्रकाश अधिकारीलगायत कार्यसमितिका सदस्यहरु यसअघि नै निर्विरोध भएका थिए । १६८८ मतदाता रहेकोमा निर्वाचनमा जम्मा १ हजार ५ मत खसेको थियो । गणनापछिको अन्तिम नतिजाः
एनआरएनए अमेरिकामा षड्यन्त्रपूर्ण चलखेल न्यूयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा प्रतिनिधि पठाउन घिनलाग्दो चलखेल गरेको छ । अमेरिकाबासी एनआरएनए अमेरिकाका सदस्यहरुबाट निर्वाचन गरी छान्नु पर्ने ४७ जना प्रतिनिधिहरुका लागि उम्मेद्वार सार्वजानिकरुपमा आह्वान गर्नुपर्नेमा गुपचुपरुपमा आआफ्ना मान्छेलाई उम्मेद्वार बनाई मतदानका लागि मात्र सूचना प्रकाशित गरिएको छ । त्यो पनि जुलाई ४ मा न्यूयोर्कमा सम्पन्न साधारणसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको पुरानो निर्वाचन समितिमार्फत यस्तो सूचना प्रकाशित भएको हो । (हेर्नुहोस् सूचना) वार्षिक साधारणसभामामा तत्कालीन अध्यक्ष सुनील साहले निर्वाचन समितिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको विवरण हलभित्र पढेर सुनाएका थिए ।  तर, त्यसबारे के निर्णय भयो भन्नेबारे भने साधारणसदस्यहरुलाई कुनै जानकारी दिइएको छैन । (हेर्नुहोस् प्रस्ताव दर्ता सम्बन्धी पत्र) अमेरिकाबाट ६५ प्रतिशत पुरनो कार्यसमितिले छनौट गर्नु पर्ने संख्यामा बाहेक अन्य ३५ प्रतिसतमध्ये १० प्रतिशत निर्वाचित कार्यसमितिले छान्ने र बांकी २५ प्रतिशतले हुने ४७ जनाको निर्वाचनबारे चलखेल भएको हो । खास गरी डेलिगेट्को २५ प्रतिशत संख्या २०,००० सदस्यमध्ये बाट चुनावबाट छानिनु पर्नेमा बिगठित भैसकेको , अबिस्वासको मत दायर भैसकेको निर्वाचन समितिले अगस्ट ११ मा सूचना जारी गर्दै अगस्ट १३ मा चुनाव हुँदैछ भनेर सूचना सार्वजानिक गरेको छ ।(हेर्नुहोस् सूचना) डेलिगेट छनौटको लागि उम्मेद्वारीको लागि कहिले आह्वान गरियो, कति जना, कति प्रतिशत , कस्ले , कहिले गर्ने भन्ने कुरा एन सी सी भित्र केही छल्फल नै भएको छैन । एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीले डिसी नेपालसंग भने, ‘यसको बारेमा कुनै छलफल भएको छैन ।’ निर्वाचन समितिका एक सदस्यका अनुसार, २५ प्रतिशतमा पनि जम्मा १८ जनाका लागिमात्र चुनाव गर्ने गरी प्रक्रिया अघि बढाइएको छ र त्यो पनि सर्वसाधारणलाई उम्मेद्वार हुन पाउने सूचनासमेत दिइएको छैन । यसअघि एटर्नी वासु फुलारालाई निमित्त निर्वाचन प्रमुख बनाएर १८ जनाका लागि उम्मेद्वारी माग गरिएको थियो र सो प्रक्रियालाई गैरकानूनी भन्दै आईसीसीले नै तत्काल निर्वाचनको काम रोक्न निर्देशन दिएको थियो । त्यतिबेलाकै उम्मेद्वारको सूचिलाई अहिलेका लागि कायम गरेर चुनाव गर्ने सूचना जारी गरिएको छ । साधारण सदस्यहरुलाई उम्मेद्वार हुने मौका दिएरमात्रै चुनाव हुनुपर्नेमा त्यसो नगरी उतिबेलै रद्ध भइसकेको उम्मेद्वारलाई नै कायम राखेर अरुलाई मौकासमेत नदिई नयां निर्वाचन गराउने सूचना निकाल्नुले एनआरएनए अमेरिकाको गुटगत षड्यन्त्र छताछुल्ल भएको हो । ४७ जनाको चुनाव हुनुपर्ने कानुनी व्यबस्था भएपनि २९ जना च्याप्टर अध्यक्षलाई मनोनयन गर्ने आफूखुसी निर्णय गरिएको छ । साधारण सदस्यले उम्मेद्वार हुन नपाउने हो भने कस्का लागि अमेरिकाको एनआरएनए बनाइएको हो रु भन्ने प्रश्न उठेको छ । के यो नेपाली कांग्रेसका विभिन्न गुटका राजनीति गर्नेहरुमध्ये अमेरिकामा हावी भएको एउटा गुटका लागिमात्र बनाइएको संगठन हो रु जवाफ कस्ले दिने रु एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले भने आईसीसीले निर्वाचनको काम शुरु गर्न पत्र पठाएपछि यसबारे काम अघि बढाइएको बताए । उनले डिसी नेपालसंग भने, ‘आईसीसीका अध्यक्षले रोकिएको प्रक्रिया फुकुवा गर्न महासचिवलाई निर्देशन दिएको र महासचिवले पत्र लेखेर निर्वाचन गराउन भनेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । यसबारे अमेरिकाको कार्यसमितिमा समेत इमेलमार्फत सबैसंग राय माग गरिएको थियो । कसैले विरोध गर्नुभएको छैन त्यसैले सर्वसम्मत निर्णय गरेर निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन भनिएको छ ।’ डिसी नेपाललाई प्राप्त आसीसी महासचिव हेमराज शर्माको पत्रमा २५ प्रतिशत डेलिगेटको निर्वाचन गराउन भनिएको छ । यसमा २९ जना च्याप्टर अध्यक्षलाई विनानिर्वाचन छान्न र बांकी १८ जनाको मात्र निर्वाचन गराउन भनिएको छैन । पत्रमा ४७ जनाको निर्वाचन पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी पठाउन भनिएको छ । पत्रमा अन्य प्रक्रियाबाट छनौट भएका प्रतिनिधिहरु मान्य नहुने पनि उल्लेख गरिएको छ ।(हेर्नुहोस पत्र)
एनआरएनएद्वारा भूपूगोर्खा आन्दोलनप्रति बेलायत प्रहरी दमनको भत्र्सना काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ । संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् आन्दोलनरत गोर्खामाथि बेलायती प्रहरीले गरेको दमनको भत्र्सना गरेका हुन् । सन्देशमा बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन मानवअधिकारको हनन भएको भनिएको छ । केसीले नेपालीहरु दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भूपू गोर्खाहरुले सम्राज्य ठुलो पार्न अहमभूमिका रहेको स्मरण गरेका छन् । उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती सामराज्य संसारभरि फैलियोको बताउँदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपूगोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । साथै, उनले गोर्खा आन्दोलनको बारेमा संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषणसमेत गराएका छन् । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा गत शनिबारदेखि आमरण अनशन थालेका हुन् । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए । कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताएका छन् । भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा सङ्घीय प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको थियो । बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ ।
एनआरएनए पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी ७ सय ९४ मतका साथ विजयी भएका छन् । अधिकारीका प्रतिस्पर्धी सोमफुरि शेर्पा र अशोक गुरुङले क्रमशः१ सय ५० र २३ मत ल्याएका थिए । त्यसैगरी, निर्वाचन समितिले बुधबार साँझ सार्वजानिक गरेको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश खड्का, दिनेश भण्डारी विजयी भएका छन् । महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् । महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । अन्य पदाधिकारी यसअघिनै निर्विरोध भएका थिए । भिमसेन थापा आइसीसी सदस्यमा निर्वाचित भए ।
टिपिएसबारे एनआरएनए अमेरिकाले राजदूतलाई गलत तथ्य लेख्यो वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई लेखेको अमेरिकी अध्यागमनसँग सम्बन्धित एउटा पत्रमा गलत तथ्य उल्लेख गरेपछि अमेरिकामा एनआरएनएको गलत तथ्यलाई वेवास्ता गर्न आह्वान गरेको छ। अमेरिकामा कार्यरत मानवअधिकार र अध्यागमन अधिकारसँग सम्बन्धित संस्था अधिकारले सार्वजानिकरुपमै गलत जानकारीको भ्रममा नपर्न सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई आह्वान गरेको छ। एक महिनाअघिमात्र कार्यभार सम्हालेको एनआरएनए अमेरिकाको बुद्धिसागर सुवेदी नेतृत्वको नयाँ कार्यसमितिले सामाजिक कार्यअन्तर्गत अमेरिकी अध्यागमन क्षेत्रसँग सम्बन्धित पहिलो बक्तब्यमै भ्रमपूर्ण सूचनासहितको पत्र सार्वजानिक गरेको थियो। एनआरएनएले सार्वजानिक गरेको राजदूत खतिवडालाई लेखेको पत्रमा अमेरिकी अध्यागमन विभागले नेपालीसहित केही देशमा नागरिकहरुलाई दिँदै आएको टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) बारे उल्लेख गरिएको थियो। तर, यसबारे उसले हुँदै नभएको अर्थात् गलत तथ्य प्रस्तुत गर्दै राजदूतलाई पत्र लेखेको थियो। एनआरएनएको अगष्ट ८ तारिकमा लेखको सो पत्रमा टिपिएस रिडिजाइनेशनसँग सम्बन्धित बिल अमेरिकाको हाउसबाट पास भइसकेको र सिनेटमा पेण्डिंग रहेको कुरा उल्लेख गर्दै भ्रम सिर्जना गरिएको थियो। वास्तविकतामा टिपिएस रिडेजिग्नेसन कुनै बिल नै होइन यो त एक अभियान हो र यो अमेरिकाको गृह मन्त्रालयसँग सिधै गरिरहेको वकालत हो। यसलाई स्पष्ट पार्दै अधिकारले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘विभिन्न सामाजिक सन्जालहरुमा देखा परेको एन आर एन ए (NRNa) द्वारा प्रचार गरिएको पत्रमा गलत जानकारीहरु भएको हुँदा कृपया त्यसलाई पुनस् पोस्ट नगर्न या शेयर नगर्न हामी अनुरोध गर्दछौं। एन आर एन ए ले नेपाली राजदुतलाई लेखेको भनिएको त्यो पत्र बारे हामीलाई अग्रिम जानकारी दिइएको थिएन, र त्यसमा भएको गलत जानकारीलाई हामी सच्याउन चाहन्छौं।  सो पत्रमा भनिए जस्तो हाम्रो टिपिएसको “रिडेजिग्नेशन” को अभियान विधेयक (बिल) होइन। यो हामीले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटी (DHs) संग सिधै गरि रहेको वकालत हो। यस अभियानमा नेपाली राजदुतको समर्थन लाभदायी नै हुने भएता पनि, “रिडेजिग्नेशन” को अभियानमा म्ज्क् को सेक्रेटेरीले प्रमुख निर्णायक भूमिका खेल्ने हुनाले हाम्रो ध्यान वहाँ प्रति नै केन्द्रित छ। “रिडेजिग्नेशन” टिपिएस नविकरण भन्दा फरक छ। “रिडेजिग्नेशन”ले २०१५ भन्दा पछि अमेरिका आएका नेपालीहरुलाई पनि टिपिएसको लागि योग्य बनाउने हुँदा यसले थप नेपालीहरुलाई टिपिएसको लागि आवेदन दिन अवसर दिन्छ।’ उसले रिडेजिग्नेसन र हाउस तथा सिनेटमा जारी लविंग फरक रहेको पनि स्पष्ट पारेको छ। उसले अमेरिकी गृह मन्त्रालय र विदेश मन्त्रालयसँग नेपालीको टिपिएस रिडेजिग्नेसनबारे चाडैंको बार्ता हुने कुरा पनि सार्वजानिक गरेको छ। उसले नेपाली संघ संस्थाहरु र व्यक्तिहरुलाई दुई कुरामा सहयोग गर्न आह्वान पनि गरेको छ र लेखेको छ,“ हामीले नेपालको टिपिएस “रिडेजिग्नेशन” बारे कुरा गर्न डेपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटी (DHs) र स्टेट डिपार्टमेन्ट संग चाँडै नै मिटिङ बस्दैछौं। वहाँहरुलाई हाम्रो समुदायले यो कुरामा धेरै चासो राखेका छन् भनेर देखाउनको लागि तपाईंहरुले यी दुई कुराहरु गरेर हामीलाई सहयोग गर्न सक्नु हुन्छ।’ ( व्यक्तिगत रुपमा कृपया पेटिशनमा हस्ताक्षर गरिदिनुहोस् र सक्दो शेयर गरिदिनुहोस्  (https;|/bit.ly/RedesignateNepal4TPs) ( यति तपाईंले कुनै संस्थाको प्रतिनिधित्व गर्नु हुन्छ भने तपाईंको संस्था र अन्य संस्थाहरुले पनि टिपिएस को अभियानमा संस्थागत “साईन-अन” (संस्थाको नाम दर्ता गराउने  गर्नु र गराउनु होला। https;|/docs.google.com/…/1FAIpQLScAV0bqz6JiU9…/viewform ( तपाईंको आफू बसेको क्षेत्रको कँग्रेसको सदस्यसँग सम्पर्क छ भने हामीलाई [email protected] मा सम्पर्क गर्नुहोस्, र कँग्रेसको प्रतिनिधिलाई “डियर कोल्लिग्स लेट्टर” (Dear Clloeagues Letter) मा हस्ताक्षर गराउन सहयोग गर्नुहोस्। यो गर्ने अन्तिम दिन ९अगस्ट ११, २०२१० हो। ” टिपिएसमा ३० हजारभन्दा बढी नेपालीहरु अमेरिकामा बैधानिकरुपमै बसोबास गरिरहेका छन् । यसको अबधि अक्टोबर ४ तारिकमा समाप्त हुने र यसबारे अमेरिकी अदालतमा नेपालीसमेतको मुद्धा जारी रहेको छ ।
एनआरएनए एनसीसी यूकेको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूकेको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । गत शुक्रबार निर्वाचित भएको नयाँ कार्यसमितिले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका हुन् । मत परिणामअनुसार एनआरएनए एनसीसी यूकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । गाहा मगरको नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले आइतबार साँझ बेलायत अल्डरसटमा आयोजित एक समारोहबीच शपथग्रहण गराएका हुन् । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदका साथै चार वटै राज्य समन्वय परिषदका पदाधिकारीले पनि शपथ लिए । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो समारोहमा राजदूत रेग्मीले नेपाल–यूके सम्बन्ध विस्तारमा एनआरएनएसँग मिलेर काम गर्ने बताएका छन् । त्यस्तै, नवनिर्वाचित अध्यक्ष मगरले एनआरएनएको उद्देश्य अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एनआरएनएको संस्थागत विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने उनले बताए । शपथ ग्रहण कार्यक्रममा एनआरएनए केन्द्रका पूर्वाउपाध्यक्ष एवं आइसिसी सल्लाहकार कुल आचार्य, एनआरएनए युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङलगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामनासहित बधाइ ज्ञापन गरेका थिए । एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार रोजिना प्रधान राईले पनि शुभकामना व्यक्त गरेकी थिइन् । सोही अवसरमा संस्थाका पूर्वउपाध्यक्ष शेर सुनारलाई प्रमुख संरक्षकसमेत घोषित गरिएको बताइएको छ ।