content
stringlengths 20
64.1k
⌀ |
---|
केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने प्रचण्डको घोषणा, नेकपातिरै फर्किन पहल गर्ने काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेका छन्।
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताए।
उनले बिभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा राखे।
मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिवेट सुरु हुने प्रचण्डले बताए।
उनले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई मध्यनजर गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरि सरकारले तयारी गरिरहेको बताए।
उनले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि धारणा राखे।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टबीचको एकतालाई तीव्रताका साथ अघि बढाइने बताए। उनले मुलुकमा देखिएका बिभिन्न समस्या समाधानका लािग पनि विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा समान भएका दलहरु एक भएर अघि बढ्नुपर्ने धारणा राखे।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्वार्थका लागि हुने एकताले सार्थकता नपाउने जिकिर गरे। समाजवादी क्रान्तिको कार्यदिशा, लक्ष्य, सिद्धान्तमा बैचारिक एकता भएपछि मात्रै पार्टी एकता गर्नुपर्ने उनले बताए।
|
चितवन- २ मा रास्वपाले आचारसंहिता उल्लघंन गरेकोमा माफी माग्यो, रोकिएको मतदान सुरु चितवन । चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ ।
सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लघंन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालन भएको हो ।
मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको विषयमा माफी माग्ने, मतदान केन्द्रको तीन सय मिटर वरिपरि शान्तिसुरक्षा कायम गर्ने, आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतलाई मतदान अधिकृतले लेखी पठाउने निर्णय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो । मतदान रोकिएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रलाई सुरक्षित गरिएको थियो । यस स्थलमा सात वटा केन्द्रबाट मतदान भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए ।
यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताए। आज बिहान ७ बजेदेखि मतदान जारी छ ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।
जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी छन् । यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र छन् ।
|
बारा- २ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भएको एमाले उम्मेदवार पौडेलको आरोप बारा । बारा- २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।
उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई वुथ लगायत वुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’
उम्मेदवार पुरुषोत्तम पौडेलले भने,‘ बारा २ मा भईरहेको उपनिर्वाचले गठबन्धन सरकारको माखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’
|
रवि लामिछानेले भने- मतदानस्थलमा जाने वातावरण रहेन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले मतदानस्थलमा जाने वातावरण नभएको बताएका छन् ।
उनले चितवन २ का मतदानस्थलमा आफू जान सक्ने अवस्था नरहेको औंल्याएका छन् । उनले आज फेसबुक लाइभमार्फत अन्य पार्टीका नेता कार्यकर्ताहरुको हुलहुज्जतले मतदानस्थलमा जानसक्ने अवस्था नरहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो । दलहरुले जनताको मतको सम्मान गर्ने हो । झडपमा विश्वास गदैन । यसलाई नजरअन्दाज गर्नेलाई इतिहासले मूल्याकंन गर्नेछ । ’
उनले सुरक्षाको व्यवस्थापन गर्न केही दिन अगावै प्रहरी प्रशासनमा जानकारी गराइएकोमा कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।
उनले चितवन २ मा भइरहेको उपनिर्वाचनको मतदान स्थलमा भएको असहज अवस्थाले मतदातालाई धैयर्तापूर्वक संयमित रहेर मतदान गर्न फेसबुक लाइभमार्फत आग्रह गरेका छन्।
|
एमाले एक्लै बहमत पार्टी बनाउन क्रियाशिल हुनू: महेश बस्नेत (भिडियो) काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिए।
आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उदेश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन्।
उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पुरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको पछि लागेको भन्दै प्रचण्ड प्रवृतिविरुद्ध लाग्नुपर्ने बताए।
त्यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले आवाजबिहिन भएर बसेका युवाहरुको आवाज भएर संगठनलाई अघि बढाउने प्रतिवद्धता जनाए ।
उनले राष्ट्र निर्माणका साथै सामाजिक न्याय र सुशासनको पक्षमा युवा संघले काम गर्ने धारणा राखे। कार्यक्रममा युवासंघका निवर्तमान अध्यक्ष किरण पौडेलले नवनिर्वाचित अध्यक्ष थेबेलाई कार्यभार हस्तान्तरण गरेका थिए।
भिडियो हेर्नुहोस्:
|
प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन (भिडियो) चितवन । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भएको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
त्यस्तै चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि रिक्त दलमा पुन उपनिर्वाचन भएको हो भने तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित उपनिर्वाचन भएको हो । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न निर्देशन दिएको छ ।
हेर्नुहोस् भिडियो:
|
तनहुँ-१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन तनहुँ। जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।
‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।
|
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे काठमाडौं। मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन्।
फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
यस्तै फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा रु ४० हजार र प्रदेशस्तरमा रु सात हजारका दरले दिइने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिइन्।
यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो ।
|
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप (भिडियो) बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।
उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कव्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।
उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।
हेर्नुहोस् भिडियो:
|
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।
आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पु¥याउन मुख्य सचिवलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवद्र्धनसम्बन्धी कानुनको मस्यौदा बनाइ पेस गर्न निर्देशन दिएका छन्।
|
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ बारा। बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।
यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।
तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।
|
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उहाँलाई के-कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो रु भनी स्पष्टीकरण सोधेको हो ।
“तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन रु तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।
आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिए।
|
उपनिर्वाचनमा रास्वपाका तीनवटै क्षेत्रका उम्मेदवार मतदान गर्नबाट बञ्चित काठमाडौं। आज भइरहेको उपनिर्वाचनमा तीनवटै क्षेत्रका रास्वपाका उम्मेदवारले मतदान गर्ने अवसरबाट बञ्चित भएका छन् ।
बारा–२,तनहुँ –१ र चितवन– २ मा भइरहेको उपनिर्वाचनमा मतदान चलिरहँदा स्वयम उम्मेदवारी दिएका रास्वपाका उम्मेदवारहरुले आफैंलाई मतदान गर्नबाट बञ्चित भएका हुन्।
चितवन २बाट गएको मंसिर ४ को निर्वाचनमा निर्वाीचत भएका रास्वपाका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भइ पदमुक्त भएका थिए । अहिले उनी स्वयम् उम्मेदवारी दिएर विगतको विरासत फर्काउने ध्यानउन्नमा छन्।
गत निर्वाचनमा अत्यधिक मतले विजयी भएका उनी यसपटकको उपनिर्वाचनमा विगतको साख जोगाउन प्रयत्नशिल छन् । गएको निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी एमालका कृष्णभक्त पोखरेल र गठबन्धनका संयुक्त उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठलाई दोब्बर मतले गराजित गरेका थिए ।
अहिले सोही निर्वाचन क्षेत्रमा बिहान सात बजेदेखि मतदान सुरु भइरहेको छ । तथापि काठमाडौंका मतदाता रहेका उम्मेदवार लामिछाने आफैंले आफैंलाई मतदान गर्न पाएनन् ।
यस्तै तनहुँ १ मा भइरहेको उपनिर्वाचनको मतदानमा रास्वपाबाट उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले पनि आफैलाई मतदान गर्न पाएनन् । उनले रास्वपाको तर्फबाट तनहुँ १ मा उम्मेदवारी दिएपनि मतदान गर्ने अवसरबाट बञ्चित भएका हुन् ।
उनी पनि तनहुँका स्थायी बासिन्दा होइनन् ।गोरखाका स्थायी बासिन्दा वाग्ले उपनिर्वाचनमा तनहुँ पुगेर उम्मेदवारी दिएकाले आफैंलाई मतदान गर्ने अवसरबाट बञ्चित हुनुपरेको हो ।
गत निर्वाचनमा तनहुँ- १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।
बारा २ मा रास्वपाको तर्फबाट उम्मेदवारी दिएका नेपाल प्रहरीका पूर्वडिर्आजी रमेश खरेलले पनि आफूलाई मतदान गर्नबाट बञ्चित भएका छन् । गत मंसिर ४को निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिएर पराजित भएका उनी यसपाली बारा पुगेर उम्मेदवारी दिएका हुन् । यद्यपि काठमाडौंका मतदाता रहेका उनलेआफैंलाई मतदान गर्ने अवसरबाट बञ्चित भएका छन्।
गत निर्वाचनमा विजयी भएका जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा- २ मा अहिले उपनिर्वाचनको मतदान भइरहेको छ ।
|
उपनिर्वाचन : तीन वटा निर्वाचन क्षेत्रमा यसरी भइरहेको छ मतदान (फोटोफिचर) काठमाडौं। उपनिर्वाचनका लागि आज मतदान भइरहेकाे छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे सुरू भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन भइहरेकाे छ।
चितवन-२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएकाे छ।
यसैगरी बारा-२ बाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ-१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् भने तनहुँ-१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
सबै तस्वीर रासस
|
तनहुँ-१ उपनिर्वाचनः सर्वेन्द्र खनाल र स्वर्णिम वाग्लेले मतदान गर्न पाएनन् तनहुँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नेछन्। अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउने छैनन्।
मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।
“सबैलाई सहज हुने गरी मतगणनास्थलसमेत व्यवस्थित बनाएका छौँ”, उनले भने, “मतदान अधिकृतलाई मतपत्र र मतपेटिकालाई सुरक्षित बनाउन पनि आग्रह गरेका छौँ ।”
त्यस्तै विगतको निर्वाचनमा भन्दा म्यादी प्रहरी नहुने भएकाले सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि एक हजार तीन सय ६८ कर्मचारी खटाइएको प्रमुख ढकालले बताए। उनका अनुसार तीमध्ये सात सय ६० निर्वाचन कार्यालयबाट नियुक्ति लिएका छन् भने छ सय आठ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गरेका हुन् ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए। उनका अनुसार नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको छ ।
त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहनेछन् ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।
निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् ।
तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।
|
बारा–२ उपनिर्वाचन : एकघण्टामा पाँच प्रतिशत मतदान बारा। बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घण्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार बारा २ मा १ हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय पाँच सशस्त्र प्रहरी र ३ सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए।
सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
|
जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन्।
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेको समेत आरोप लगाएका छन्।
‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन।’ प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन्।
बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन्।
|
चितवन-२ मा रवि लामिछाने र रामप्रसाद न्याैपाने मतदान गर्नबाट बञ्चित चितवन। चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन्। उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गरेका छैनन्। नेकपा एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेको तथा रास्वपाका सभापति लामिछानको मतदाता नामावली काठमाडौंमा रहेको तथा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाएका हुन्।
चितवन-२ मा श्रेष्ठ, न्यौपाने र लामिछानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ। यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन्।
ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्। मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन्।
यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन्। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो।
|
बारा-२ मा उपेन्द्र यादव र रमेश खरेलले मतदान गर्न नपाउने बारा। बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्।
जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन्।
जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन्।
तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन्।
यसैबीच बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा-२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उहाँका अनुसार बारा २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए।
सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
|
चितवन-२ उपनिर्वाचन : मतदान सुरु चितवन। चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ। प्रक्रियाको क्रममा कतिपयमा दुई-चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ। यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन्।
ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्। मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन्।
यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन्। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन्।
|
तनहुँ-१ उपनिर्वाचन : मतदान सुरु दमाैली। तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ। सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए। मतदान साँझ ५ बजेसम्म रहनेछ। निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका-११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ। नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ।
मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका दमौली ल्याइनेछ। देवघाट गाउँपालिकाको कोटा, बैदीलगायतका केही विकट ठाउँबाट मतपेटिका दमौली आइपुग्न केही बढी समय लाग्छ।
मतपेटिका संकलनपश्चात् सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि कांग्रेसबाट भट्टराई, एमालेबाट खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगाेल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन्। उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता छन्।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ-१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो।
मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे-बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली-दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
दमकल, एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ।
|
आज उपनिर्वाचन: माेबाइल लैजान नपाइने, मत हालेकाे देखाए कारबाही हुने काठमाडौं, १० बैशाख । निर्वाचन आयोगलाई मत हाल्न जाँदा मोबाइल लैजानेदेखि आफूले हालेको मत संकेत अरुलाई देखाएमा कारबाही गर्ने भएको छ।
आज सम्पन्न हुन गइरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुँदे निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी अर्काको नाममा मतदान गर्न आउनेलाई कारबाहीसमेत गर्ने जनाएको छ।
‘कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने’ आयोगको निर्देशनमा उल्लेख छ।
निर्वाचन आयोगका अनुसार मतदानस्थलमा गर्न हुने तथा नहुने कार्यहरु यस्ता छन् :
१. मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने ।
२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने/गराउने ।
३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।
४. मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।
५. दृष्टिबिहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।
६. बुँदा नं. ४ र ५ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्ने ।
७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।
८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।
९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।
१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने ।
|
आज उपनिर्वाचनः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान काठमाडौं। उपनिर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुन लागेको हो।
चितवन-२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएकाे छ।
यसैगरीऽ बारा-२ बाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ-१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् भने तनहुँ-१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
|
लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ ।
एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संथागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको जनाइएको छ ।
प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आज पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले रणनीतिक उपलब्धिहरू हासिल गरेको जानकारी दिए ।
समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको उनको भनाइ छ । मन्त्री आचार्यले यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्यवनकालागि महत्वपूर्ण कार्य भएको, राजधानीका संरचना निर्माण सुरु भएको र आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको जानकारी दिए ।
यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमूना राजधानी सहर निर्माणका लागि रु २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
प्रदेश राजधानीस्थलबाट कार्य प्रारम्भ गरेको सरकारले प्रदेशको विकास र समृद्धिको बाटोबाट ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेशवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने र समग्र विकासलाई समावेशी एवं सामाजिक न्यायमा आधारित बनाउने सङ्कल्पका साथ अघि बढेको मन्त्री आचार्यले जानकारी दिए ।
प्रदेश सरकारका उपलब्धिलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायतको शीर्षकमा सार्वजनिक गरिएको थियो । संस्थागत विकासमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ ।
मन्त्री आचार्यले यस अवधिमा पूर्वाधार विकासतर्फ २८ किलोमिटर सडक कालोपत्र तथा ढलान गरिएको, पाँचवटा सडक पुल निर्माण भएको, ७३ वटा कल्भर्ट निर्माण भएको, एकवटा झोलुङ्गे पुल, १२ वटा सडक ट्रयाक खोलिएको जानकारी दिए। त्यस्तै यस अवधिमा २३ किलोमिटर पक्की नाला निर्माण गरिएको छ ।
कुल छवटा सिँचाइ बाँध तथा मुहान निर्माण गरिएको छ भने अन्ठाउन्न वटा पक्की नहर बनाइएको छ, ५३ वटा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । त्रिहत्तर किलोमिटर सिँचाइ पाइप विस्तार गरिएको छ भने १४ किलोमिटर नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरिएको छ ।
|
तनहुँमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल दमौली। आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनमा सहभागी भई मतदान गर्न सम्पूर्ण आम मतदातामा अपिल गरेका छन् । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भयरहित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको जानकारी दिए । निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।
पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द हुने भएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्रिबस बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ ।
उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।
तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।
|
बारा दुईमा ८२ मध्ये ६५ मतदान स्थल अति संवेदनशील, १७ सामान्य काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ । बारा क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनको लागि ८२ वटा मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत सरोज चौधरीले बताए ।
‘छ वटा निर्वाचन क्षेत्रको चौवालीस वटा वडाहरुमा उप– निर्वाचन हुँदै छ । जसमध्ये कोहल्वी नगरपालिकाको एउटा वडा,पचरौता नगरपालिकाको नौ वटा वडा,स्वर्णगाउँपालिकाको आठ वडा, देवताल गाउँपालिकाको सात वडा,कलैयामाई गाउँपालिकाको आठ वडा र महागढीमाई नगरपालिकाको एघार वडामा एकलाख पाँच हजार दुई सय अड्चालीस मतदाता रहेका छन् ।’ चौधरीले बताए ।
आइतवार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ बारामा ६५ मतदानस्थल अतिसंवेदनशील र १७ सामान्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन हुने बारा क्षेत्र नम्बर २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।
जसमा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सोझै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।
निर्वाचनमा गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको तथा निर्वाचनलाई असर पु¥याउने नियतले हुनसक्ने कुनैपनि शसंकित गतिविधि प्रति कठोर रुपमा सुरक्षा संयन्त्र प्रस्तुत हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा केही उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए । उप–निर्वाचनमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन लगत्तै कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणना गरिने छ ।
|
बारामा मतदानको समय बढाउने कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय\सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनोट गर्नेजस्ता निर्णय भएकामा त्यस्ता निर्णय खारेज गर्न आयोगले निर्देशन दिएको हो।
बारा–२ को देवताल गाउँपालिका–२ स्थित सिँचाइ अफिस कल्याणपुर मतदानस्थलको मतदान केन्द्र (क) र (ख) मा मतदान अधिकृतसहितको सहभागितामा भएका निर्णय र यस्तै प्रकृतिका निर्णय उपनिर्वाचन हुने अन्य मतदान केन्द्रमा पनि भएमा यसै निर्देशनलाई आधार मानी त्यस्ता निर्णय बदर गरी प्रचलित निर्वाचन कानुनबमोजिम गर्न आयोगले सूचित गरेको छ।
निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिममात्र हुने गरी उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्ने–गराउने व्यवस्था हुन मुख्य निर्वाचन अधिकृतमार्फत सबै मतदान अधिकृतहरूलाई आयोगले आज निर्देशन दिएको हो।
आयोगका उपसचिव कमल ज्ञवालीका अनुसार प्रचलित निर्वाचन कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीत निर्णय गर्ने माथि उच्च निगरानीमा राखी कानुनबमोजिम कारबाही गरिने बताए।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ को दफा ११ मा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार र दफा २१ मा मतदान केन्द्रमा पुगेपछि सर्वदलीय बैठक राख्ने, दफा ३९ मा मतदान गर्ने समय, दफा ५० मा मतदान गर्दा प्राथमिकता दिने र दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने विषयका सम्बन्धमा व्यवस्था गरिएको छ।
|
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।
शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको विपक्षमा मत दिएका थिए ।
अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए । अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार विश्वासको मत मागेका थिए ।
|
वामपन्थी विचारधारालाई एकतामा आउन ओलीको आह्वान काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीमा रहेका वामपन्थी विचारधारालाई एकतामा आउन आह्वान गरेका छन्।
कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि छरिएर रहेका वामपन्थी बिचारधारालाई एकतामा आउन आह्वान गरेका हुन्।
उनले यसअघि दुईतिहाई नजिक पुगेको कम्युनिष्ट शक्तिलाई केहिले सस्तो मूल्यमा बिकेर ध्वस्त बनाएको आरोप लगाए। ओलीले एमालेको उदेश्य मुलुकको समृद्धि र बिकास बाहेक अन्य केहि नभएकाले सवै वामपन्थी विचारधारालाई एकताबद्ध गरेर अघि बढ्ने जिकिर गरे।
कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्ने जमातहरुलाई पराजित गर्र्दै अघि बढ्नुपर्ने उनले बताए।
त्यस्तै ओलीले अहिलेको सत्तागठबन्धनले निर्वाचन आचारसंहितको धज्जी उडाएको टिप्पणी गरे। सरकारी हेलिकप्टर लिएर प्रलोभन बाँड्ने र बुथ कब्जा गर्ने तयारी समेत भएको ओलीले बताए।
उनले बिचार र सिद्धान्तका हिसाबले नेपाली कांग्रेस बूढो पार्टी भएको बताए। त्यस्तै माओवादी केन्द्रको पनि कुनै बिचार नै नरहेको भन्दै ओलीले फाल्गुन १ गते जनयुद्धको श्राद्ध नै गरेको टिप्पणी गरे।
अध्यक्ष ओलीले मिसन ग्रासरुटले पार्टीको वास्तविक अवस्था थाहा पाउने अवसर प्राप्त भएको भन्दै अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरि पार्टीलाई बलियो बनाउने दाबी गरे।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी परित्यास गरेका मुकुन्द न्यौपाने, चुडामणि जंगलीसहितका नेता कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो भने कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने १४ जनालाई सम्मान गरिएको थियो।
|
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ : समर्थन गर्दैनौं काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् । शनिवार दिउँसो गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखे पनि माओवादीले उनलाई समर्थन गरेन ।
बैठकमा माओवादी केन्द्र, संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई संसदीय दलको निर्णय अनुसार नै विश्वासको मत दिन नसक्ने बताए । उनले भने, ‘माओवादी केन्द्रको संसदीय दललेनै यो निर्णय गरेको छ कि, हामी समर्थन फिर्ता लिएको दल यो विश्वासको मतमा समर्थन गर्न सक्दैनौं। विपक्षमा उभिन्छौं ।’
यस अघि मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए । उनले विश्वासको मत माग्दै सरकार निर्माण गर्दा जनाएको सहकार्यसम्बन्धि प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर केन्द्रको राजनीतिमा भएको परिवर्तन र त्यस्ले जुटाएको नयाँ सहमति अनुरुप अधिकारीको सरकारलाई समर्थन गर्न नसक्ने माओवादीको भनाइ थियो ।
|
रास्वपा लक्षित बाबुरामको अभिव्यक्ति– पपुलिजमबाट आएका चटकेहरुले केही गर्न सक्दैनन् काठमाडौैं । नेपाल जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी एजेण्डा र सिद्धान्त विनाको चटके भएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमममा अध्यक्ष भट्टराईले अप्रत्यक्ष रुपमा रास्वपाका अध्यक्ष रवि लामिछाने म आएपछि सबै गर्दिन्छु भनेर उफ्रिने गरेको तर उनीसंग केहि सिद्धान्त नभएको टिप्पणी गरे ।
उनले भने, ‘जुन हावा दक्षिणतिरबाट बगेको छ । त्यो डरलाग्दो छ । झट्ट हेर्दा नदेखिन सकिन्छ। पपुलिजमका रुपमा कुनै विचार धारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याको कुनै विश्लेषण छैन। म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरीबदेखि विदेशिएका जनता सबै बाध्य भएर ताली पिट्छन् । के त्यो जादुगर हो र ? यस्तो चटकेहरुले केही गर्न सक्दैनन् ।’
उनले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा नआए देश गम्भीर तवरले प्रतिगमनतर्फ जाने पनि बताए । बेलैमा अग्रगामी सोच राखेर कम्युनिष्ट सोंच भएकाहरु नयाँ ढङगले एकजुट हुनुपर्ने उनको भनाइ छ । उनले भने,‘हामी बेलैमा अग्रगामी सोच राखेनौं भने ,वामपन्थी, समाजवादी सोच राख्ने, कम्युनिष्ट सोंच राख्नेहरु फेरि नयाँ ढङगले एक ठाउँमा आएनौ भने देश गम्भीर तवरले प्रतिगामीतर्फ जाने छ ।’
उनले संविधानका विरोधीहरु सत्तामा आएपछि जुन ढङगले कार्यान्वयन हुनुपथ्र्यो त्यसरी नभएको आरोप लगाए । कम्युनिष्टहरू कमजोर बनेमा प्रतिक्रयावादीहरु बलियो हुने भएकाले सबैलाई सक्रिय हुन उनले आग्रह गरे ।
|
वैचारिक लेखतिर भन्दा टिकटक र युट्युबरतिर मान्छे लाग्दा अराजकता बढयोः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु युट्युब र टिकटक तिर लागेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सो बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन्।
‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युटयुब र टिकटकतिर लागेका छन्, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यसकारण बिज्ञान प्रवृद्धीले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिंगै समाज नै दुषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने।
उनले सो बिषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले भने, ‘यस बिषयमा बुद्धीजिवीहरुवाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो संघर्षवाट आएका नेताहरुलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिदैछ। यो अराजकता रोकिन जरुरी छ।’
|
भारत भ्रमणका क्रममा राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राख्छुः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन्।
शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीयसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो छिट्टै छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्नका लागि आवश्यक तयारी भइरहेको बताएका हुन्।
उनले बिभिन्न चूनौतिकाबीच कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेकाले यसलाई अवसरको रुपमा लिने बताए। राष्ट्रिय एकतालाई अघि बढाउन र आर्थिक समस्या समाधानका साथै इतिहासको चक्कालाई पछि ढकेल्न खोज्ने चूनौति देखिएको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले मुलुकको निर्वाचन प्रणाली र संवैधानिक व्यवस्थाका कारण कुनै एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेका कारण गठबन्धन बनेको र गठबन्धनलाई पाँचै बर्ष अघि बढाएर देश र जनतामा सेवा प्रवाह गरिने धारणा राखे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले कम्युनिष्ट आन्दोलन अझैपनि जनतामा लोकप्रिय रहेको भन्दै कम्युनिष्ट एकतामा भएको त्रूटीलाई आत्मसमिक्षा गर्दै पुन एकतामा जानुको बिकल्प नरहेको बताए।
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि पार्टी केन्द्रीत भएको छिटै नतिजामा पुग्ने उनको भनाइ छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको साझा मुद्धामा सहकार्य गर्नका लागि कम्युनिष्ट दलहरु तयार हुनुपर्ने बताए। उनले बिचार मन मिल्न सने कम्युनिष्ट पार्टीहरु एकता नै गरेर अघि बढ्नुपर्ने जिकिर गरे।
उनले अहिलको कम्युनिष्ट आन्दोलनको अवस्थाका बारेमा गहिरो समिक्षा गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे।
|
जनताको काम गर्ने पार्टीलाई सत्ताबाट हटाउने षड्यन्त्र हुन्छ : महासचिव पोखरेल काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले अदालतको माध्यमबाट जनताको पक्षमा काम गर्ने सरकारलाई अदालतको माध्यमबाट ९ महिना मै हटाइएको आरोप लगाए ।
उनले भने, राज्यसत्ताका लागि झगडा गर्ने विभिन्न राजनीतिक दलहरुको षड्यन्त्र पूर्ण गतिविधिका कारण जतिबेला हामी जनताको पक्षमा काम गर्न लागेका हुन्छौ हामीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको्, आफ्नो घर आफै बनाउ अभियानको थालनी गरेको र सुकुम्बासी समस्या समाधानको लागि नयाँ मानक खडा गर्ने हिसाबको काम गरेको तर त्यो सरकारलाई ९ महिना मै काम गर्ने अवसरबाट बञ्चित गरियो त्यो पनि अदालतको माध्यमबाट । ’
महासचिव खनालले नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभाको विघटन गर्ने पार्टी नेकपा एमालेले मात्र नभएको भन्दै जनताको लागि गरिएको कामलाई अदालतको मार्फत रोक लगाइएको बताए ।
उनले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेतृत्व गर्न सक्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै भएको भन्दै यो कुरा जनताको सामु प्रस्तुत गर्नु अवशयक भएको बताए ।
उनले एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्ने तयारीमा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।
|
शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको होः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् ।
पार्टी निकट युवा संघ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए।
युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उनले बताए। विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उनको भनाइ थियो । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गरे। सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उनको भनाइ थियो ।
संघका इञ्चार्ज दिलु पन्तले सहकारी क्षेत्रले ग्रामीण भेगका किसानलाई लक्षित गरी आर्थिक गतिविधि सञ्चालनका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताइन्।।
विज्ञ कृष्ण आचार्य, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही, सहकारी विभाग प्रमुख उर्मिला कुँवर, संघका नेता समिप त्रिपाठीलगायतले सहकारीले उद्यमशीलता विकास गर्न लगानी बढाउनुपर्ने भन्दै सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए ।
|
अहिले कुनै पार्टीसँग एकता होइन, महाधिवेशनको तयारीमा छौंः झलनाथ खनाल जनकपुर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेशनको तयारीमा लागेको बताएका छन ।
जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन्।
‘हामी महाधिवेशन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सवालमा मिलेर जान हाम्रो पार्टी तयार छ ।’
पुर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।
‘अब नवौं पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौं’ उनले भने ।
|
विदेशी भन्नेबित्तिकै सबै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौं: प्रधानमन्त्री प्रचण्ड काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।
शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ ।’
प्रधानमन्त्रीले नेपाल सापेक्ष अर्थतन्त्र निर्माण गर्न जोड दिए । उनले भने, ‘अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ–आफ्नै मोडेल छन् । नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ–आफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन । हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ । हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो । यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन ।’
उनले संविधान उत्कृष्ट रहेको बताउँदै यसको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘हाम्रो संविधान धेरै प्रगतिशील छ । यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानमा एकतर्फ नवउदारवादका प्रगतिशील पक्षहरू समावेश गरिएको छ, अर्कोतर्फ समाजवादमा जाने संकल्प गरिएको छ । यसको अन्तर्य हामीले ठीक ढंगले बुझ्न सक्नुपर्छ । प्रतिस्पर्धा र समाजवाद सँगसँगै जाने प्रणाली हामीले अवलम्बन गरेका छौँ । हाम्रा बुद्धिजीवीहरूको पनि यतातिर बहस कम देख्छु । हामीले खास बहस गर्नुपर्ने र हाम्रो बाटो तय गर्नुपर्ने विषय यहीँनेर छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताए । ‘हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने संकल्प गरेका छौँ । तर, हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पूरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहेनत गर्न आवश्यक छ,’ उनले भने । ‘
उनले निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुुधार ल्याउन नसकिँने बताउँदै त्यसका लागि बलियो सहकार्य जरूरी रहेको जिकिर गरे । ‘राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘राज्यले निजी क्षेत्रलाई सम्मान गरेको छ भन्ने नभएसम्म लगानीकर्तामा उत्साह आउँदैन, लगानीको वातावरण पनि बन्दैन । निजी क्षेत्रले पनि इमानदार भएर कर नतिरेसम्म राज्य यस क्षेत्रप्रति सकारात्मक र उदार हुँदैन । हाम्रो कानुन, संरचना र कार्यशैलीबाट अत्तालिएर लगानीकर्ता बाहिरिएका छन् । उद्यमशील युवा पनि प्रक्रियागत झन्झटले उद्यम छोडेर विदेसिएका छन् । यो परिस्थिति हामीले बदल्नैपर्छ ।’
उनले वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील रहेको जनाए । ‘सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक छ । वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील छ । पछिल्लोसमय अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका छन् । सार्वजनिक सेवामा सुधार आएको छ, विदेशमा रहेका लाखौं नेपालीहरू सामाजिक सुरक्षा कोषमा जोडिँदैछन् । विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स बढेको छ । तर ढुक्क भइहाल्ने परिस्थिति बनिसकेको छैन । त्यसका निम्ति अझै मेहेनत आवश्यक छ ।’
कार्यक्रममा आर्थिक क्षेत्रका प्रतिनिधि र विज्ञहरू अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गरेको पहल सकारात्मक रहेकोमा जोड दिँदै सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्ने बताएका छन् ।
|
मौन अवधिमा जनमतले सूर्य चिन्ह नभएको नमुना मतपत्र बाँडेकाे एमालेकाे आरोप बारा। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले मौन अवधिमा निर्वाचन आचारसंहिता वितपरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाढेको पाइएपछि नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा उजुरी दिएको छ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा बाढेको पाइए पछि उम्मेदवार कुशवाहा माथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्। एमालेले कुशवाहाका कार्यकर्ताहरुले वितरण गरेको नक्कली नमुना मतपत्रसहित उल्लेख गरेर उजुरी गरेका हुन्।
कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाढेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेलले कारबाहीको माग गरिएको बताए। उनका अनुसार चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले हिजो विभिन्न पालिकामा सूर्य चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाडेका थिए।
त्यसमाथि, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना पतपत्र बाढेकाे खुल्न अाएकाे एमालेले जनाएकाे छ। कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गराएका थिए।
निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचतलाई प्रभावित पार्न भ्रमको खेति थालेको र यसबाट बिचलित नभइ सूर्य चिन्हमा मतदान गर्न मतदातसंग एमालेले मतदातासंग आग्रह गरेको उम्मेदवार पाैडेलले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्तांबाट भएको आचारसंहिता विपरितको कार्य बारे परेको उजुरीमाथि छानविन गरी कारबाही गरिने बताए।
|
गण्डकी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छन्।
गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए।
|
जनतामाझ जाने अवसरलाई सदुपयोग गरौँ– महामन्त्री थापा लेखनाथ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने “अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ ।”
“लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ । उनले भने, “लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति नै रहेको छ ।”
“प्रदेश सरकार बनाउँदै गर्दा आम कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएका छन्”, उनले भने, “आमकार्यकर्तामाझ पुगेर कांग्रेसले उनीहरूका समस्या बुझ्नुपर्छ ।” बैंकले ब्याज वृद्धि गर्दा नेपाली पीडित बनेको र ऋण तिर्नसक्ने अवस्थामा नरहेको जस्ता समस्या पनि पछिल्लो समय देखिएको उनको भनाइ छ ।
“कांग्रेस सरकारमा भएकाबेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो”, महामन्त्री थापाले भने । पार्टीभित्र पनि नयाँपुस्तालाई अवसर दिएर पार्टीलाई अगाडि बढाउन जरुरी भएको भनाइ उनको छ ।
पार्टीका सबै भ्रातृ सङ्गठनको निर्वाचन सम्पन्न गरी सङ्गठनलाई छिट्टै पूर्णता दिँदै कांग्रेस सक्रियरूपमा आफ्नो सङ्गठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको भनाइ थापाको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी कांग्रेस मात्र भएकाले कांग्रेसको भविष्य लामो समयसम्म रहेकाले हामी सबै जनताका पीरमर्का बुझेर अगाडि बढ्न जरुरी भएको बताए । “भोलिका पुस्ताका लागि कांग्रेसले सोच्न जरुरी छ”, शर्माले भने, “युवाको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।”
|
महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण काठमाडौं। नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो।
इपिएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।
त्यस्तै कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ? सोको जानकारी गराउन भनिएको छ।
त्यसैगरी कोरियन एयरलाइन्सले रु एक लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ? कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको हो? लगायत प्रश्न इपिएस कोरियालाई मन्त्रालयले गरेको छ।
|
एमालेलाई सक्रियहरुको जमातको रुपमा रुपान्तरित गर्छाै : महासचिव पोखरेल काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सक्रिय जमातको पार्टीका रुपमा रुपान्तरित गर्ने बताएका छन् ।
शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाई अन्र्तक्रिया कार्यक्रममा पोखरेलले मिसन ग्रासरुट अभियानको क्रममा आएका प्रतिवेदनको संश्लेषणको आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्य योजना निर्धारण गरिने समेत बताए ।
उनले केन्द्रीय कमिटीले मिसन ग्रासरुटको समीक्षा गरिसकेपछि तयार गर्ने कार्ययोजनाको जगमा प्रदेशको प्रतिवेदनमा आधारित भएर प्रदेशको कार्ययोजना बनाउने,जिल्ला प्रतिवेदनको निष्कर्षको आधारमा जिल्लाको कार्ययोजना र पालिका प्रतिवेदनको आधारमा पालिकाको कार्ययोजना बनाएर सोहि अनुसार पार्टीलाई सक्रिय र रुपान्तरित गर्दै लैजाने बताए ।
उनले चार वर्ष पछाडि नेकपा एमालेलाई राष्ट्रको बलियोे शक्तिमा स्थापित गर्ने र मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्न सक्ने हिसावले बहुमतको सरकार बनाउन मिसन ग्रासरुटका प्रतिवेदनलाई जग मानेर अगाडि बढ्ने दावी गरे।
‘हाम्रा पार्टीका सदस्यहरु भित्रको सक्रियता निस्क्रियता सबै मापन गर्छौ र सक्रियहरुको जमातको रुपमा पार्टीलाई रुपान्तरित गछौं ।’ पोखरेलले भने । उनले जिल्ला तहबाट नै प्रवृतिगत विश्लेषण गरेर पार्टीलाई सुदृढीकरण गर्दै लैजाने बताएका छन् ।
झापाबाट सुरु गरेको मिसन ग्रासरुट अभियानको दुई महिनापछि शुक्रबार काठमाडौंमा कार्यपत्र प्रस्तुत गरिएको छ । दुई महिना लामो ग्रासरुट अभियानको अनुभव र सिकाइबारे नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान (नेत्र) का अध्यक्ष विधान आचार्यले कार्यपत्र प्रस्तुत गरे ।
त्यस्तै, अभियानको क्रममा एमाले पार्टीका जनप्रतिनिधिले पार्टीको मर्म र घोषणा पत्र अनुसार काम नगरेकोले पार्टी चुनावमा पछाडि परेको यथार्थलाई पहिलो कारणको रुपमा देखाएको छ ।
जिल्ला स्तरीय संगठनहरुमा देखिएको चर्को अन्तरविरोधका कारण स्थानीय तह र केन्द्रमा भन्दा जिल्लामा पद लोलुपता र लालच बढी रहेकाले त्यसलाई सुधार गर्नुपर्ने भन्दै आलोचनात्मक सुझावको रुपमा कार्यपत्रमा समेटिएको छ । पार्टीमा रहेका विभिन्न जनसंगठनहरुमा युवा वर्गको सदस्यता न्यून रहेकोले त्यसलाई जनसंगठनहरुको सिफारिसमा पार्टीको सदस्यता दिने प्रणालीलाई नियमन गर्दै निरन्तरता दिनुपर्नेमा परिषदले जोड दिएको छ ।
|
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा बारा। यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ।
उनका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पुर्याइसकिने छ। निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुटरुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ।
यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारा क्षेत्र नं २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ।
कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यतिmलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए।
निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम त्यस्तालाई कारवाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ।
सो निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्वाचनलाई दृष्टिगत गरी आजदेखि तीन दिन भारतीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ।
वैशाख १० गते राति १२ बजे भारतीय सिमाना बन्द रहने प्रजिअ सापकोटाले बताए। महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन्।
|
सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘रिट निवेदनले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी पठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाममा सर्वोच्च्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’’
|
सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछः मुख्यमन्त्री शाह बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन्।
नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताएका हुन्।
उनले भने, “केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।”
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढाइने जानकारी दिए। उनले भने, “पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसँग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पु¥याउने भएकाले अबको छ महिनाभित्र देखिने गरेर काम अगाडि बढ्ने विश्वास छ ।”
पहिलोपटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाको वस्तुस्थिति बुझ्ने सोहीअनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाए।
उनले भने, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाको वस्तुस्थिति बुझेर सोहीअनुसार बजेट निर्माण गर्छौं ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानीकर्तालाई आह्वान गरेको र निर्धक्करुपमा लगानी गर्न आग्रह गरे ।
|
उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे दमौली। यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन्। तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन्।
निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिएपश्चात् आज सबै केन्द्रमा सामग्री दिएर खटाइसकिएको निर्वाचन कार्यालय कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार दमौली आसपासका केही मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रमा मतपत्र पनि पुगिसकेको छ। “दमौली बजारकै केही मतदान केन्द्रमा आज मतपत्र लैजानुहुन्छ, अन्यत्र सबै ठाउँमा पुगिसक्यो,” उनले भने।
प्रमुख ढकालका अनुसार प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ। मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन्। उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ।
उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।
उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन्। भानुको १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ। देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र २२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता कायम भएका छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
|
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय नहुँदै भारतले अत्तो थाप्यो काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय नहुँदै भारतको अत्तो थापेको छ। वैशाख अन्तिम साता भारत भ्रमण गर्ने तयारी भए पनि मिति तय हुन बाँकी छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सीमा विवाद विद्युतलगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको थियो। तर भारतीय पक्षको केही सन्धी सम्झौता पुनरावलोकन गर्नुपर्ने अत्तो थापेपछि भारत भ्रमणको एजेण्डा तय हुन नसकेको हो।
भारतले व्यापार तथा पारवहन सन्धी आफ्नो हित अनुकूल पुनरावलोकन गर्नुपर्ने अड्को थापेपछि भ्रमणका एजेण्डाका विषयम सहमति हुन नसकेको स्रोतले जनाएको छ।
भारतले भारतीय लगानी, उद्योग कारखानाको भौतिक सुरक्षाको प्रत्याभूती हुने गरी व्यापार तथा पारवन सन्धी पुनरावलोकन गर्नुपर्ने अडान राखेपछि सो विषयमा सहमति हुन सकेको छैन।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवाद र विद्युतलगायतका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गर्ने तयारी थियो।
भारतले राखेको अडानमा प्रधानमन्त्री प्रचण्डले यो विषयमा देशभित्र सहमति कायम भएमात्रै सहमति गर्न सकिने जवाफ भारतीय पक्षलाई दिएको स्रोतले जनाएको छ।
नेपाल भारत व्यापार तथा पारवहन सन्धीको धारा(११) अनुसार हरेक सात वर्षमा द्विपक्षीय सहमतिमा संशोधन गर्नैपर्ने सन्धीको प्रावधान रहेको छ। यदि नवीकरण नगरिएमा स्वतः नवीकरण हुने प्रावधान रहेको छ ।
२०७५ सालमा नेपाल भारतका सचिव स्तरीय बैठकले नेपाल भारत पारवाहन सन्धी संशोधन गर्ने सहमति भएको थियो। सहमतिमा नेपालको व्यापार घाटा कमगर्न द्विपक्षीय हित बमोजिम पारवहन सन्धि संशोधन गर्न सहमत भएका थिए।
भारतबाट वीरगन्जबाहेकका अन्य नाकाहरू विराटनगर, भैरहवा र नेपालगन्जबाट समेत बल्क कार्गो ल्याउन पाउने व्यवस्था, भारतको जलमार्गमा नेपाल-भारत द्विपक्षीय व्यापारको मार्ग (ट्रेड रुट) दिने एवं भारतमार्फत तेस्रो देशसँग हुने व्यापारमा पारवहन मार्गको रूपमा थप दुई बन्दरगाहा प्रयोग गर्ने व्यवस्था गर्दै सन्धी पुनरावलोकन गर्नुपर्ने नेपालको अडान रहेको छ।
नेपालले अहिले तेस्रो मुलुकबाट सामान आयात गर्दा कोलकाता र बिशाखापटनम बन्दरगाहा मात्रै प्रयोग गर्न पाएको छ। नेपालले ब्यहोर्दै आएको व्यापार घाटा कम गर्न र तेस्रो मुलकबाट सामान आयात गर्दा थप दुई बन्दरगाहा प्रयोग गर्न दिन भारतीय पक्षले सन्धी पुनरावलोकनमा अनुदार बनेको स्रोतको दाबी छ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा समेत यी विषयहरुमा द्विपक्षीय हित अनुरुप सन्धी संशोधनमा कुनै पहल हुन सकेको थिएन।
|
उपनिर्वाचन : प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी काठमाडाैं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो।
उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ।
आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र मतदाताबोहक बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।
यदि त्यस प्रकारका अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ।
आयोग नेपाल प्रहरीका सम्बन्धित सबै एकाइ, राष्ट्रिय अनुसन्धान विभाग मातहतका सम्बन्धित एकाइ र आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृत तथा अन्य सरोकारवाला सबै पक्षलाई सोही बमोजिम गर्न/गराउन आयोगले निर्देश गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए।
आयोगले उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउन तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने निर्णयसमेत गरिसकेको छ।
यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवननलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसका रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनका लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन/नहुने र त्यस्तो कार्य गर्ने व्यक्तिलाई रु पचास हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने सक्नेछ।
सोही ऐनको दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा पुनः स्मरण गराएको आयोगले जनाएको छ।
साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ।
निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले तोकिएकोभन्दा बाहेक वा अनुमति विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारी साधन निर्वाचन अवधिभरका लागि कब्जामा लिई आवश्यक कारबाही गर्ने पनि आयोगले जनाएको छ।
|
सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरवारमा छलफल भएको हो।
प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायधीश नियुक्तिका लागि सक्रियता बढाउँदै सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग छलफल अघि बढाएका हुन्।
तत्कालीन प्रधानन्यायधिस चोलेन्द्र शर्मामाथि महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएको छ । यसअघि बसेको संबैधानिक परिषदको बैठकले नियुक्ति प्रक्रिया अघि बढाउँन सकेको थिएन ।
|
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन्।
जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन्। मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ।
ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यस्तै पाटन–१, २, ३, ४, ७, ८, ९ र १० मा आलु, मकै, लसुन, प्याज, ओखरजस्ता बाली अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यहाँ शीतभण्डार तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
यसैगरी पाटन नगर क्षेत्रभित्रका रामेश्वरधाम, स्वर्गेनी पिपलधाम, महारुद्रधाम, विश्वनाथ वनारसीधाम, पाताल भुवनेश्वरधाम, टुणे शिवलिङ्गधाम, समैजी सदाफलधाम, सिद्धनाथ उदयदेवधाम हुँदै पुनः रामेश्वरधाम जोड्ने सडक निर्माणका लागि बजेट माग गरिएको सिद्धेस्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विष्टले बताए।
त्यस्तै पाटनस्थित आँखा अस्पतालको स्तरोन्नति, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सञ्चालन, पाटन–पञ्चेश्वर सडकका मजदुरको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्नेलगायत माग मुख्यमन्त्री शाह समक्ष गरिएको विष्टले जानकारी दिए।
मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए।
|
उपनिर्वाचन: मौन अबधि सुरु, सामाजिक सञ्जालबाट पनि मत माग्न निषेध काठमाडौं। निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न राेक लगाएकाे छ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। १० वैशाखमा बारा-२, चितवन-२ र तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ।
‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ। उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ।’
|
भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना काठमाडाैं। भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
भारतीय राष्ट्रपति मुर्मूले राष्ट्रपति पाैडेकाे स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।
उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।
|
सीसीटीभी जडान गर्नेबारे काठमाडौं महानगर र उपत्यका प्रहरीबीच समझदारी काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सीसीटीभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धि समझदारी–पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उक्त समझदारी–पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी–पत्र आदान प्रदान समेत गरे ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए ।
त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सीसीटीभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताए ।
काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रिकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सीसीटीभी जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।
|
गठबन्धन सरकार कायम रहे वृद्ध भत्ता नपाउने खतरा छ : एमाले अध्यक्ष ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको ध्यान देश र जनता प्रति भन्दा पनि आफन्त पोस्नेमा रहेको आरोप लगाएका छन् । उनले यही सरकार कायम रहे प्रहरीले कपडा फेर्न नपाउने देखि वृद्धभत्ता रोकिने सम्मको स्थिति आउने दावी गरेका छन् ।
बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारलाई विदेशीले समेत नपत्याएको बताए । उनले वर्तमान सरकारसँग पैसा नभएकाले प्रहरीले कपडा फेर्न समेत नपाउने तथा वृद्धभत्ता समेत रोकिने अवस्था आउने बताए । उनले बारा दुईमा गठबन्धनको साझा उम्मेदवार उठाएको प्रति आक्र्रोस पोख्दै सरकारको ध्यान देश र जनताप्रति भन्दा आफन्त केन्द्रित भएको आरोप पनि लगाए ।
‘यही सरकार कायम रह्यो केही महिना भित्र वृद्धा भत्ता नपाउने खतरा छ । भने प्रहरीले कपडा फेर्न पनि पाउँदैन । यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ ओलीले भने ।
उनले आफ्नो पालामा बारा,रौतहट लगायतका जिल्लामा विविध विकास निर्माणका काम गरेको चर्चा गर्दै शेरबहादुर देउवा पाँच चोटी प्रधानमन्त्री बन्दा समेत केही नगरेको भन्दै उनलाई आफुले गरेको काम देखाउन चुनौती पनि दिए ।
|
मंसिरको निर्वाचनमा चितवन २ का मतदाताले गरेको गल्ती सच्याउनेछन् : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले गत मंसिर ४ गतेको निर्वाचनमा गल्ती गरेको बताएका छन् ।
चितवन २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार जीत नारायण श्रेष्ठका लागि गठबन्धन दलहरुको चुनावी सभामार्फत मत माग्दै प्रधानमन्त्री दाहालले यसपटक चितवन २ का वासिन्दाले उक्त गल्ती सच्याउने विश्वास व्यक्त गरे ।
चितवनको कालिकामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको प्रभावलाई खहरेको संकेत दिए । उनले खहरेसंग डराउन आवश्यक नभएको बताउँदै काँग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन नारायणी नदी जस्तो भएको दावी गरे ।
प्रधानमन्त्री प्रचण्डले आफुलाई नेकपा एमालेसंग भन्दा पनि काँग्रेससंग सरकार चलाउनु सहज भएको पनि चर्चा गरे ।
|
प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग गर्दै रास्वपाकाे उजुरी काठमाडौं । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका छन् ।
गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहेको उजुरीमा उल्लेख छ ।
|
काठमाडौंमा चक्कु प्रहारबाट महिलाको मृत्यु काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो।
चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
|
नागरिकता सम्बन्धि समस्याको समाधान चाँडै हुने प्रधानमन्त्री दाहालको भनाइ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुने बताएका छन् ।
बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा सत्ता गठबन्धन दलहरुद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले नागरिकता समस्या मधेशको मात्र नभई समग्र देशको समस्या भएको बताए ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिता समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले अब छिट्टै पुनः दुवै सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए।
प्रधानमन्त्री दाहालले निजगढ विमानस्थल चाँडै शिलान्यास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
|
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।
“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उनले भनिन्, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।”
सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् ।
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।
|
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौंः प्रधानमन्त्री प्रचण्ड बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
उनले भने,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’
साथै उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देश र संसदलाई चाहिने नेता भएकाले जिताउन आग्रह गरे ।
‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो’, प्रधानमन्त्रीले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो।’
सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।
|
कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्सेः विश्वप्रकाश शर्मा तनहुँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए।
“कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,” महामन्त्री शर्माले भने।
महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए । “एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,” शर्माले भने।
महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै भने, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”
महामन्त्री शर्माले संसद् नहुँदा पनि यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसदमा पु¥याएर भट्टराईको विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए ।
सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए। भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उहाँले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।
|
कुशवाहको दल परिवर्तन गर्ने चरित्रले मतदातामा अन्योल, उपेन्द्रलाई पौडेलको चुनौती बारा। बारा–२ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिएका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञावाली पनि प्रतिस्पर्धामा सँगै छन् ।
जसपा अध्यक्ष यादव र जनमतका कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा पौडेलले उम्मेदवारी दिएपछि चुनावी माहोल फेरिएको हो । ‘सुरुमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको थियो, पचरौता नगरपालिका पिपरपातीका भरत साहले भने, अब जनमत फेरिएको छ र एमालेका पौडेल ह्वात्तै अगाडि आएका छन ।’
उनले यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा यादव र पौडेलबीच नै हुने बताए । जसपा र नेपाली काग्रेसको बलियो जनाधार रहेको यस क्षेत्रमा पौडेलले पनि पकड बढाउदै लगेका छन । गत मंसिरमा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव विजयी बनेका थिए । उनले एमालेको सहयोगमा माओवादीका कुशवाहालाई ३५४ ले पराजित गरेका थिए ।
चुनावताका दल परिवर्तन गरिहने चरित्रको कारण मतदातामा कुशवाहा विवादास्पद समेत बनेका छन । माओवादीबाट २०६४ को संविधान सभामा त्यसै क्षेत्रबाट जितेका कुशवाहा २०७० को चुनावमा पार्टीबाट टिकट नपाएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा न्यून मत पाएर पराजित हुनुपरेको थियो । ०७४ सालमा नेकपाको तर्फबाट टिकट पाएपछि उनी फेरि माओवादीमा नै सक्रिय थिए । उक्त निर्वाचनमा जसपाका रामसहाय यादवले चुनाव जित्दा कुशवाह तेस्रो नम्बरमा पुगेका थिए ।
यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव समुदायको अधिकांश मत आफ्नो पक्षमा पर्ने र चुनाव जित्नेमा आशावादी देखिन्छन तर उनी आफू यादव समुदायको मात्रै भर परेर चुनाव नलडेको उनको भनाई छ । यसपटक अत्याधिक मतका साथ चुनाव जित्ने उनको दाबी छ । तर दाबी विपरित प्रचारको क्रममा उनले समुदायका अगुवा र सर्वसाधारणसंगको भेटघाटलाई तीव्र पार्दै आएका छन् ।
त्यसैगरी उनलाई जिताउन सप्तरी, सिराह, मोरङ्ग, सुनसरी र धनुषा लगायतका जिल्लाबाट आएका दर्जनौं अगुवाहरु अहिले क्षेत्र नम्बर २ मा देखिन्छन् । जसले गर्दा अन्य समुदायका मतदाता जसपा अध्यक्ष यादवसँग टाढिने खतरा छ र गैह्यादव समुदायको मत पौडेलतर्फ जान सक्ने देखिन्छ । जसपा अध्यक्ष यादवले पनि आफ्नो निकटतम प्रतिस्पर्धिमा एमालेका पौडेल नै हुनसक्ने बताएका छन ।
०५१ सालमा क्षेत्र नम्बर बारा ३ बाट चुनाव जितेका पौडेल अहिले पनि यस क्षेत्रमा लोकप्रिय छन । ०४८, ०५१, ०५४ को संसदीय निर्वाचनमा ३ नम्बर ३ बाट चुनाव लड्दा साविकको पिप्राढी, बडकीफुलबरिया, दक्षिण झिटकैया र पिपरपाती जब्दी गाविस हाल क्षेत्र नम्बर २ को देवताल गाउँपालिका र ३ नम्बरमै रहेको साविकको मझरिया, हर्दिया र सनफुलवा गाविसहरु पनि अहिले २ नम्बर क्षेत्रमा परेका छन ।
३ वटै निर्वाचनमा लोकप्रिय मत पाए पनि पौडेल एकपटक मात्रै संसदमा निर्वाचित भएका थिए । संविधान सभाको निर्वाचनमा भने पौडेल क्षेत्र नम्बर ६ बाट विजयी बनेका थिए ।
|
प्रधानमन्त्री र माओवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्न पाइने काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरकारमा सहभागी माओवादीका मन्त्रीहरुलाई अब पार्टी कार्यालयमा भेट गर्न सकिने भएको छ ।
प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले प्रत्येक दिन पालैपालो पार्टी कार्यालयमा भेटघाटका लागि कार्यकर्तालाई समय दिने व्यवस्था मिलाइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेट गर्न ईच्छुकले एक दिन अगावै केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने प्रावधान राखिएको सचिव उपाध्यायले बताए ।
उनका अनुसार प्रधानमन्त्रीसँग शुक्रबार,आइतबार उर्जा मन्त्री, सोमबार पर्यटनमन्त्री, मंगलबार सूचना तथा संचार मन्त्री, बुधबार सामान्य प्रशासनमन्त्री, बिहिबार गृहमन्त्री र शनिबार सल्लाहकारसँग भेट गर्न पाइने छ ।
|
कांग्रेस समर्थित विदेशस्थित जनसम्पर्क समितिद्वारा गठबन्धनका उम्मेदवार जिताउन अपिल काठमाडौं। विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन आबद्ध उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्। ३४ देशमा रहेका जनसम्पर्क समितिले संयुक्त अपिल जारी गर्दै मुलुकको हितका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनतासँग अपिल गरेका छन्।
‘यही वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनको संघारमा छौं। आज रातिबाट प्रचार-प्रसारको समय अवधि सकिएर मौन अवधि सुरु हुँदैछ। हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं। तर, हाम्रो भावना र मन राजनीतिक रूपमा यही उपनिर्वाचनमा केन्द्रित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितिमार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं। र, उपनिर्वाचनमा कांग्रेसका साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछौं।’
मुलुकमा विभिन्न विपत्तिका समयमा आफूहरूले सहयोग र राहत जुटाउँदै आएको स्मरण गर्दै उनीहरूले आफूहरू जहाँ रहे पनि नेपालको समृद्धि हेर्न चाहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वैशाख १० गते हुने उपनिर्वाचनलाई देशबाहिर रहेर पनि महत्त्व र चासोका साथ हेरिरहेको बताए। ‘आसन्न उपनिर्वाचनमा आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकमार्फत कांग्रेस र गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न चाहन्छौं,’ उनले भने।
नेपालमा ठूला राजनीतिक परिवर्तन र विकास निर्माणका काममा कांग्रेसले नै नेतृत्व गरेको बताउँदै उनले अहिले पनि मुलुकलाई कांग्रेसकै योजना आवश्यक रहेको बताए। ‘कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने, आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
यस्तो छ अपिल
मिति : अप्रिल २०, २०२३
उपनिर्वाचनका मतदाहरूलाई हार्दिक अपिल
आदर्णिय आमाबुवा तथा दाजुभाइ र दिदीबहिनीहरू
जय नेपाल।
यही वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनको संघारमा छौं। आजै रातिबाट प्रचार-प्रसारको समय अवधि सकिएर मौन अवधि सुरु हुँदैछ। हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं। तर, हाम्रो भावना र मन चाहिँ राजनीतिक रूपमा यही उपनिर्वाचनमा केन्द्रित छ। हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितिमार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं।
नेपाली कांग्रेसका संस्थापक नेता, महामानव विश्वेश्वरप्रसाद कोइरालाले भारत निर्वासनमा रहँदा त्यहाँ रहेका कांग्रेसका सदस्य र शुभेच्छुकहरूलाई संगठित गर्दै यो समितिको स्थापना गर्नु भएको हो। जुन संस्था आज आप्रवासनमा रहेका आम नेपालीको सुख, दुःखको साथी बनेको छ। उता मातृभूमिमा दैवीय एवम् प्राकृतिक विपत्ति पर्दा हामी राहतका लागि जुटेका छौं भने पार्टीको सबै आह्वान र निर्देशनमा पनि समितिमार्फत सहभागी भइरहेका छौं।
यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनलाई देशबाहिर रहेर पनि हामीले निकै महत्त्व र चासोका साथ हेरिरहेका छौं। आसन्न उपनिर्वाचनमा हामीले आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकहरूमार्फत हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूका पक्षमा मत मागिरहेका छौं।
हामी स्मरण गराउन चाहन्छौं कि मातृभूमि नेपालको सबै राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले नै गरेको छ। अनि कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग नेपाली कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले आफ्नो स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने,आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको हो। जसले १०४ वर्षको राणा शासन, ३० वर्षको निरङ्कुश पञ्चायती शासन र राजाको प्रत्यक्ष शासनको समेत अन्त गराउने आन्दोलनको नेतृत्व सफलतापूर्वक पुरा गरेको छ। यसर्थ कांग्रेसको राजनीतिक इतिहास गौरवपूर्ण रहेको छ र हामी नेपाली कांग्रेसको सदस्य हुनुमा गर्व गर्छौं।
नेपाली कांग्रेस वर्तमान सत्तारुढ गठबन्धनको प्रमुख दलको रूपमा सरकारमा छ। उपनिर्वाचनमा पनि हामी तनहुँ र चितवनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका साथ मैदानमा छौं। तनहुँ १ मा हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई मैदानमा हुनुहुन्छ। जसलाई तनहुँले आफ्नो धर्तीपुत्रको रूपमा माया गरेको छ र उहाँले पनि तनहुँका आम जनताको सुख, दुःखको साथी बनेर जिल्लाको विकास र सम्वृद्धिका लागि इमानदारीपूर्वक अनवरत सेवा गर्दै आउनु भएको छ।
उता चितवन २ मा पार्टीको जिल्ला सभापति भएर संगठनमा योगदान गर्नु भएका युवा जोस र चितवनको माटोमा भिजेका जुझारु जितनारायण श्रेष्ठ नेपाली कांग्रेसको चारतारे झन्डा र रुख चुनाव चिन्ह बोकेर उपनिर्वाचनको यो मैदानमा हुनुहुन्छ। यसैगरी बारा २ मा गठबन्धनका तर्फबाट उपेन्द्र यादव साझा उम्मेदवार हुनुहुन्छ।
हामी भूगोलबाट जति धेरै टाढा भए पनि भावनामा संधैं नेपालमै छौं र हामी नेपालको समुन्नति र सम्वृद्धिको लागि योगदान गर्न सधैँ तयार छौं। विकास, सम्वृद्धि र समुन्नतिका लागि हाम्रो पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूले जित्नु आवश्यक छ भन्नेमा प्रस्ट छौं। हामी काममा विश्वास गर्छौं र गर्वका साथ भन्न सक्छौं सम्वृद्धिको चाहनालाई नेपाली कांग्रेसको नेतृत्वले मात्र पुरा गर्न सक्छ।
तसर्थ विश्वभरका जनसम्पर्क समितिहरूको तर्फबाट हामी उप निर्वाचन हुँदै गरेको तनहुँ १ मा गोविन्द भट्टराई,चितवन २ मा जितनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउनु हुन सम्बन्धित सबै मतदाताहरूसमक्ष हार्दिक अपिलसहित विनम्र अनुरोध गर्दछौं।
जय नेपाल
विश्वभरका नेपाली जन सम्पर्क समितिको तर्फबाट
१. आनन्द विष्ट – सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली – सभापति, नेपाली जनसम्पर्क समिति, आयरल्याण्ड
५. पदम सुन्दर गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन
६. बुद्धिप्रकाश ओली – सभापति, नेपाली जनसम्पर्क समिति, क्यानाडा
७. पुष्पा मिश्र – सभापति,नेपाली जनसम्पर्क समिति, साईप्रस
८. यादव बस्नेत – सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क
९. सुधिर राना – सभापति, नेपाली जनसम्पर्क समिति, फ्रान्स
१०. शिखर खड्का – सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
११. काजीकुमार गुरुङ – सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ
१२. दिपिका भुसाल – सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल
१३. राजन चापागाईं – सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली
१४. रोशन केसी – सभापति,नेपाली जनसम्पर्क समिति, जापान
१५. राजेन्द्र रसाईली – सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत
१६. कुमार पौडेल – सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग
१७. चण्डीप्रसाद योङया – सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ
१८. चोलाकान्त पंगेनी – सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया
१९. सालिक गौतम – सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२०. बुद्धिसागर घिमिरे – सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड
२१. जीतेन्द्र शाही – सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२२. शालीकराम चापागाईँ – सभापति,नेपाली जनसम्पर्क समिति, ओमान
२३. भिम परियार – सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड
२४. वकिल केसी – सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल
२५. मोहम्मद अजिज अली – सभापति,नेपाली जनसम्पर्क समिति, कतार
२६. भजिन्द्र क्षेत्रि – सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया
२७. सन्तोष श्रेष्ठ – सभापति,नेपाली जनसम्पर्क समिति, स्पेन
२८. नबिन थपलिया – सभापति,नेपाली जनसम्पर्क समिति, स्वीडेन
२९. भुवानी प्रसाद तिम्सिना – सभापति,नेपाली जनसम्पर्क समिति, युएई
३०. युवराज गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत
३१. जीवन जंग कुवँर – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रिया
३२. सन्देश केसी – सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा
३३. सभापति चीन
३४. सभापति फिनल्याण्ड
|
बारा २ मा एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल बारा। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन्। चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन्।
१० वैशाखमा हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो।
नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा-२ का मतदाता उत्साहित देखिएको बताए। लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिए।
अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो। नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताए।
नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरेका थिए। उनले उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।
|
उपनिर्वाचन : आज रातिदेखि मौन अबधि सुरु, प्रचारप्रसारमा रोक, के के गर्न पाइँदैन ? काठमाडौं। निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यराति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बताएको छ ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ ।
‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ ।’
|
प्रचण्ड सरकारको विकल्प खोज्दै कांग्रेस-एमाले, अर्को चुनावसम्म देउवालाई प्रधानमन्त्री दिन एमाले तयार काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्ष एमालेबीच वर्तमान सरकारको विकल्पमा सत्ता सहकार्यका लागि आन्तरिक गृहकार्य सुरु गरेका छन्।
आसन्न उपनिर्वाचनमा थालिएको चुनावी सहकार्यको पहल सफल हुन नसके पनि आगामी दिनमा सत्ता सहकार्य गर्ने तहसम्मको छलफल दुई दलबीच फेरि हुन थालेको हो।
उच्च स्रोतले दिएको जानकारी अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको विकल्पमा प्रतिपक्षी एमालेले कांग्रेससँग सहकार्य गर्ने आफ्नो रणनीति तय गरेको छ।
एमालेले वर्तमान सरकारको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै अघि सार्ने प्रयत्न गरेको छ। सरकारको पूर्णकार्यकाल देउवालाई प्रधानमन्त्री बनाएर आफू सरकार बाहिर बस्न एमाले तयार रहेको स्रोतको दाबी छ।
सरकार गठन भएको चार महिना पुग्नै लाग्दा समेत प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सकेका छैनन्। उनले सरकारको कामकारबाहीलाई गति दिन नसकेको भन्दै सत्ता साझेदार कांग्रेसका शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
सभापति दउवाले समेत एक कार्यक्रममा अबको प्रधानमन्त्री आफू बन्ने उद्घोष गरेपछि सशंकित बनेको माओवादी केन्द्र उपनिर्वाचनमा सहकार्य सहकार्य नजिक पुगेर परिघटनाले थप आशंका बढाएको छ।
कमजोर धरातलमा बनेको वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रैको शेखर कोइराला पक्षलाई सरकारमा अझै सहभागी गराउन सकेका छैनन्।
सरकारको समयावधिको सुनिश्चितता नभएकाले सरकारमा सहभागी हुन कोइराला पक्षका नेताहरुले तदारुकता नदेखाएको स्रोत बताउँछ। स्वयम् कोइरालाले नै सुरुमा सरकारमा सहभागी हुने आकांक्षा व्यक्त गरेका थिए।
एमालेले प्रचण्डका कारण मुलुक सधैं अस्थिरतामा ररिरहने भएका कारण आफू बाहिरै बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने सन्देश दिए पछि कांग्रेस सभापति देउवा त्यसको गृहकार्यमा लागेको स्रोतले जनाएको छ।
तर, सरकारको अवधि निश्चित नभएकाले छोटो समयका लागि सहभागी हुन अनिच्छुक भएको बताइन्छ। यद्यपि प्रधानमन्त्री प्रचण्डले भने उपनिर्वाचन लगत्तै सरकारलाई पूर्णता दिने बताउँदै आएका छन्।
केही दिन अघि एमाले र कांग्रेसबीच वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चुनावी सहकार्य गर्ने तयारी थालेपनि मूर्तरुप लिन सकेन। अहिले दुबै दलका उम्मेदवारहरु एक अर्कासँग चुनावी मैदानमा उत्रिएका छन्।
तनहुँ १ र चितवन २ मा एमाले र कांग्रेस दुबै पार्टीका उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसले बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। तर एमालेको भने तीनै क्षेत्रमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्।
चितवन र तनहुँमा चुनावी सहकार्यको आकांक्षाले छलफल थालेका एमाले र कांग्रेसले चुनावी सहकायको प्रयास सार्थक हुन नसकेपनि संसदमा बजेट पेश गर्नु अगावै प्रचण्ड सरकारको विकल्पमा अहिलेको गठबन्धन भत्काएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने रणनीतिमा एमाले लागेको स्रोतको भनाइ छ।
तत्काल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्न नसकेपनि केही महिनाभित्रै कांग्रेस नेतृत्वमा सरकार गठन हुने स्रोतको दाबी छ।
एमालेले प्रचण्डका कारण मुलुक सधैं अस्थिरतामा ररिरहने भएका कारण आफू बाहिरै बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने सन्देश दिए पछि कांग्रेस सभापति देउवा त्यसको गृहकार्यमा लागेको स्रोतले जनाएको छ।
बाँकी कार्यकाल पूरै देउवालाई सरकार सञ्चालन गर्न दिन तयार भएको एमालेले संवैधानिक आयोगमा नियुक्त पदाधिकारीलाई भने चलाउन नपाउने सर्त राखेको छ। त्यसमा देउवा सहमत भएको बताइएको छ।
भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका प्रधानमन्त्रीले यही वैशाखको अन्त्यतिरको भ्रमणमा भारतीय सत्तापक्षसँग केही सम्झौता गरेरै भएपनि सत्ता टिकाउने दाउमा रहेको स्रोतले बतायो।
यता, एमालेले कांग्रेससँग सहकार्य गरिए केन्द्र सरकारमा सहभागी नहुने बताए पनि प्रदेश सरकारलाई निरन्तरता दिने दाउमा लागेको छ। अहिलेको उपनिर्वाचनको परिणामले आफूलाई खासै लाभहानि नहुने भएर निश्चिन्त रहेको एमाले कांग्रेससँग सहकार्य भएमा आफ्नो नेतृत्वका प्रदेश सरकारले निरन्तरता पाउनेमा निर्धक्क रहेको छ।
एमालेले नेतृत्व गरेको तीन वटा प्रदेश सरकार फेरिएको सत्ता गठबन्धनले संकटमा परेका छन्। माओवादीसहितको गठबन्धन हुँदा बनेका एमाले नेतृत्वको सरकार अहिले समर्थन गरेको दल बाहिरिएपछि विश्वासको मत लिने अवस्थामा पुगेको छ।
एमाले नेतृत्वको गण्डकी, लुम्बिनी र कोशी प्रदेश सरकार संकटमा रहेका छन्। ती प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्रीहरु सत्ता गठबन्धन समर्थक दलले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिने बाध्यात्मक अवस्थामा पुगेका छन्।
स्रोतका अनुसार प्रदेशको संसदीय अंकगणितले ती प्रदेशमा एमालेको सरकारले निरन्तरता पाउने अवस्था नरहेकाले सरकार टिकाउने दाउमा एमालेले केन्द्रीय स्तरबाटै कांग्रेससँग सहकार्यको पहल थालेको हो।
एमालेले नेतृत्व गरेका प्रदेश सरकार यथावत रहे माओवादीले लिएका प्रदेशको नेतृत्व कांग्रेसलाई दिन एमाले तयार छ। सोही एमालेको प्रस्ताव अनुरुप अहिले दुई दलबीचको आन्तरिक गृहकार्य सुरु भइसकेको छ।
सरकारको नेतृत्व गर्ने दल बाहिर बसेर संसदीय अंकगाणितमा कमजोर हैसियतको तेस्रो दललाई अघि सारिएको र सरकारले गति लिन नसकेको भन्दै कांग्रेसलाई आश्वस्त पार्दै देउवालाई प्रधामन्त्रीको अफर गरेको स्रोतको दाबी छ।
आसन्न उपनिर्वाचनको मतपरिणाम पछि राजनीतिक परिस्थितिमा फेरबदल आउन सक्ने आँकलन समेत दुई दलले गरेका छन्। तीनवटै निर्वाचन क्षेत्रमा देखिएको चुनावी परिदृश्यले पनि सत्ता समीकरणमा बदलाव आउने आशंका दुई दलको छ।
बारा २ मा यसअघि सप्तरी २ मा पराजित भएर पुनः चुनाव लड्न पुगेका जसपाका अध्यक्ष यादवको तुलनामा माओवादी केन्द्रबाट जनमतमा प्रवेश गरेर चुनावमा होमिएका जनाधार बलियो भएका सोही क्षेत्रका स्थायी बासिन्दा शिवचन्द्र कुशवाह भारी पर्ने संभावना छ।
यसले पनि वर्तमान सत्तासमीकरणमा तिक्तता बढ्ने एमालेको आँकलन छ। सत्ता गठबन्धनको समर्थन पाएका यादव बारा २ मा पराजित भए गठबन्धनमा अविश्वास पैदा भएर दरार आउने हुँदा सोही मौकामा कांग्रेससँगको सहकार्य अघि बढाएर प्रचण्ड सरकारको बर्हिगमन गराउने रणनीतिमा लागेको बताइएको छ।
|
बिहीबार रातिबाट उपनिर्वाचनको मौन अबधि सुरु हुने काठमाडौं। आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ।
आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।
|
राप्रपा अध्यक्ष लिङ्देनले आज बारामा हुने चुनावी सभालाई सम्बोधन गर्ने बारा। उपनिर्वाचन हुने बाराको क्षेत्र नं-२ मा आज राप्रपाले चुनावी सभा गर्ने भएको छ।
बारा क्षेत्र नं २ अन्तर्गतको महागढीमाई गञ्ज भवानीपुरमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो १.०० बजे सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। बारामा चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै जाँदा राप्रपाले पनि आफ्नो प्रचार अभियानलाई तिव्रता दिएको छ । राप्रपाले स्थानीय युवा पार्टीका नेता सोनालाल साहलाई उमेदवारको रुपमा खडा गरेको छ।
आजको सभालाई उपाध्यक्षद्वय बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, सह महामन्त्री मोहन यादव, प्रतिनिधिसभाकी सांसद मा.बिना जयसवाल, प्रदेशसभा सांसद कञ्चन बिच्छा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बारामा चुनावी कमान्डरको रुपमा खटाइएका सांसद एवं उपाध्यक्ष तामाङ केही दिनदेखि क्षेत्र नं २ का विभिन्न कार्यक्रम, घरदैलो, कोणसभामा सहभागी भइरहेका छन् भने अर्का सांसद एवं उपाध्यक्ष प्रधान बुधबार भएका विभिन्न कोणसभामा सहभागी भएका छन्। प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही पनि बारामै छन्।
राप्रपाले उपनिर्वाचन हुने तनहुँ-१, चितवन-२ र बारा-२ मा आफ्नै उमेदवार खडा गरेर निर्वाचन परिचालन गरिरहेको छ
|
नेपाल प्रहरीका १३ एसएसपी डिआइजीमा बढुवा काठमाडौं। नेपाल प्रहरीका रिक्त रहेको १३ डिआइजीमा वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गरिएको छ।
एसएसपी विकासराज खनालले बिहीबारबाट अवकाश पाउने अवस्था आएपछि सरकारले सबै प्रकृया पुर्याएर बुधबार नै बढुवा समितिको बैठक राखेर बढुवा गरेको हो। बुधबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजी बढुवाको निर्णय गरेका थिए।
मंगलबार बढुवा सिफारिसविरुद्ध २ एसएसपीले उजुरी गरेका थिए। त्यो उजुरीमा एकैदिन छानवीन सिध्याएर बुधबार नै बढुवाको निर्णय भएको थियो। बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी खनाल ५५ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा जाने थिए।
बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए। डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई,लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।
२०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका थिए। उनीहरुको बढुवा भएको छ।
|
राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख, दिल्ली नै लैजानुपर्ने समस्या थिएन काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ।
उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न रहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारतको एम्स अस्पताल लगिएको थियो।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।
सचिवालयले आज विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल आज बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट थप उपचारका लागि दिल्ली प्रस्थान गरेको जनाएको छ।
राष्ट्रपति पौडेल गत चैत १८ गते पनि पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। ५ दिन भर्ना भएर उपचार गराएका पौडेलवैशाख ४ गते फलोअप परीक्षणका लागि पुनः अस्पताल पुगेका थिए।
शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेल फोक्सोमा संक्रमण र पानी जमेको पाइएको छ। निमोनियाका कारण पानी जम्नुलाई जटिल स्वास्थ्य समस्या मानिन्छ।
त्रिवि शिक्षण अस्पतालले त्यस बेला बायाँ छातीको तल्लो भागबाट तरल पदार्थ ‘प्ल्युरल फ्लुइड’ निकालेर परीक्षण गरिएको विज्ञप्तिमार्फत् जनाएको थियो।
सामान्यतया निमोनियाको कारण र कस्तो एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने पत्ता लगाउन ‘प्ल्युरल फ्लुइड’ भनिने यस्तो तरल पदार्थको परीक्षण गरिने चिकित्सकहरू बताउँछन्।
निमोनियाको उपचार नेपालमै हुने भएपनि उपचारका लागि विदेश नै लैजानुपर्ने कारण सार्वजनिक गरेका छैनन्।
राष्ट्रपति पौडेलले सकेसम्म बाहिरै गएर उपचार गर्ने मनशाय व्यक्त गरेका थिए। परिवार र सरकारका तर्फबाट विदेश लगेर उपचार गर्ने कुरामा जोड दिएपछि चिकित्सकहरुले नेपालमै उपचार गर्न जोखिम उठाउन चाहेनन् र उनलाई रिफर गरेका हुन्।
उनले भारतमै पुगेर उपचार गराउने त्यहाँ राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ। स्रोतका अनुसार राष्ट्रपति पौडेलले उपचारसँगै अनौपचारिक राजनीतिक भेटघाट समेत गर्नेगरी दिल्ली गएका हुन्।
‘उहाँलाई देखिएको स्वास्थ्य समस्यालाइर्ए भारत आउनुपर्ने नै थिएन उहाँकै इच्छा अनुसार उपचारका लागि भारत पठाइएको हो’, स्रोतले भन्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसंध्यामा राष्ट्रपति पौडेलल अनौपचारिक राजनीतिक भेटघाट गर्ने स्रोतको दाबी छ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको निम्तो पाइसकेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएका हुन्।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले लिएर आएको निम्तो राजदूत श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई पठाएका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नेछन्।
|
अब आउने चुनावमा जिल्ला, प्रदेश र देशमा कांग्रेसको सरकार बन्छ : विमलेन्द्र निधी काठमाडौं । नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले मधेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित शिक्षा प्रणालीमा सुधार विषयक बिचार गोष्ठी कार्यक्रममा उनले गठबन्धन पाँच वर्ष यथावत रहनुपर्ने पक्षमा आफु रहेको भन्दै पाँच वर्षपछि हुने निर्वाचनमा बिना कुनै गठबन्धन चुनाव लडेर मधेशमा सरकार बनाउने तयारीमा जुटिसकेको बताएका छन् । उनले पाँच वर्षपछि हुने निर्वाचनका लागि सैद्वान्तिक रुपमा तयारी समेत थालिसकेको बताए ।
कार्यक्रममा प्रदेश सांसद रामसरोज यादव, कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, नेविसंघ धनुषा सभापती सुजित यादव सहितकाले शुभकामना मनतब्य राखेका थिए भने कार्यक्रममा कांग्रेस धनुषाका उपसभापती लक्ष्मीनारायण यादव, गणेश झा, सचिव कन्हैया कुमार कर्ण, नेताहरु देवेन्द्र भरखेल यादव सहितको उपस्थिती थियो ।
|
फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको होः मन्त्री गुरुङ रुपन्देही। सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको स्पष्ट पारेकी छन्। नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले जनताको घरदैलोमा सेवा पुर्याउन लागि परेको बताइन्।
घरबाट सदरमुकाम जान डेढ दिन लाग्ने र क्याम्पस पढ्न दुई घण्टा हिँड्नुपर्ने बाध्यताका बीच सडक माग्न सिंहदरबार आउँदा आफ्नै फाइल कर्मचारीले लुकाएर दुःख दिएको प्रसङ्ग सम्झँदै मन्त्री गुरुङले भनिन्, “त्यही भएर अधिकारसहितको सङ्घीयता ल्याएको हो, फाइल बोकेर सिंहदरबार पस्नु नपरोस् भनेर स्थानीय सरकारले जनतालाई यो महसुस दिलाउने गरी काम गर्नुपर्दछ।”
प्राविधिक र वातावरणीय मूल्याङ्कनबिना लहडमा बनाइएका पूर्वाधारले समस्या निम्त्याएको बताउँदै मन्त्री गुरुङले सहभागी लुम्बिनी प्रदेशभरीका नगरपालिकाका जनप्रतिनिधि बीचमा पनि विकासप्रतिको बुझाइमै समस्या रहेको औँल्याइन्।
सडक, गाडी र भीड हुँदैमा सहर नबन्ने उल्लेख गर्दै उनले भनिन्, “सुविधासहितको अस्पताल, प्रदूषणरहित पार्क, नजिकै विद्यालय, खेल्ने उपयुक्त मैदान, सडकमा गाडीसँगै पैदल यात्रुलाई पर्याप्त स्पेस, व्यवस्थित ढल निकास, निश्चित दूरीमा सडकमै स्वच्छ खानेपानी तथा फोहोर सङ्कलनको व्यवस्था, सार्वजनिक शौचालय, आरामस्थल, बजारसँगै राम्रो पार्किङलगायत व्यवस्थापन भएको अवस्थालाई मात्रै सहर भन्न सकिन्छ।”
मन्त्री गुरुङले स्थानीय सरकारलाई स्रोतको अभाव पूर्ति गर्न नगर विकास कोषको पुर्नसंरचना गर्दै ऋण र अनुदानसँगै लैजाने गरी सहरी विकास मन्त्रालयले व्यापक छलफल गरी अन्तिम चरणमा पुगेको जानकारी दिइन्।
सहरी विकास मन्त्रालयका सचिव एवं नगर विकास कोषका अध्यक्ष सुरेश आचार्यले प्रतिफलमुखी योजनामा कोषबाट ऋण लिएर लगानी गर्ने अवसरलाई सदुपयोग गर्न नगर प्रमुखलाई आग्रह गरे।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा कोषले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए।
सङ्घीय सरकारले ऋण लिएर स्थानीय सरकारलाई अनुदानका रुपमा दिइरहँदा यो भार कसरी थेगिन सक्छ भन्ने बहस चलिरहेका बेला नगर विकास कोषले ऋण र अनुदानको परिचालन गरी प्रतिफलमुखी योजनामा गरिरहेको लगानीले वित्तीय सङ्घीयता बलियो बनाउन सहयोग पुर्याएको कार्यकारी निर्देशक सापकोटाले दाबी गरे।
सबै नगर र प्रदेश सरकारको शेयर स्वामित्व रहने गरी नगर विकास कोषलाई स्वामित्वसहितको संस्था बनाउने गरी कार्य विस्तृतीकरण र पूँजी पूर्नसंरचनासम्बन्धी रणनीतिकपत्र मन्त्रिपरिषद्बाट स्वीकृितको चरणमा रहेको सापकोटाले जानकारी दिए।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका सङ्घका महासचिव नरुलाल चौधरीले स्थानीय सरकारको आफ्नै जमिन नहुँदा पूर्वाधारमा लगानी बढाउन नसकिएको बताए।
उनले भने, “रोजगारी र आन्तरिक स्रोत बढाउने खालका योजनामा ऋण लिएरै भए पनि लगानी गरौँ, जग्गा नभए सार्वजनिक निजी साझेदारीको प्रक्रिया अपनाएर काम गर्नुपर्छ, यसका लागि सङ्घले पनि सहजीकरण गरिदिनुपर्छ।”
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख एवं उपमहानगरपालिका फोरमका संयोजक खेलराज पाण्डेयले सङ्घीय सरकार असहयोगी हुँदा स्थानीय सरकारले अनुभवभन्दा अड्कलका आधारमा काम गर्नुपर्ने बाध्यता सिर्जना भएको दुःखेसो गरे।
“कोषको ऋणबाट बनेको बसपार्कका कारण निकै सहज भएको छ, साँवा र व्याज पनि नियमित बुझाएका छौँ” नगर प्रमुख पाण्डेयले भने, “अब तीनतले पार्किङ, कोशेली भवन र बहुउपयोगी व्यावसायिक भवन पनि कोषको ऋणबाटै बनाउँदैछौँ।”
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले सरकार हुनका लागि वित्त र क्षमता दुवै चाहिने भए पनि स्थानीय सरकारले यी दुवैको अभाव खेपिरहेको गुनासो गरे। उनले भने, “बजेटबिनाको सरकार र मालिकबिनाको बगैँचा उस्तै हो।”
विकासविद् एवं कोषका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीले सहरी विकास रणनीतिपत्र तयार गर्दा वार्षिक रु दुई सय ८१ अर्ब बराबरको पूर्वाधारका लागि रकम आवश्यक ठानिए पनि वार्षिक रु ८४ अर्ब मात्रै पूँजीगत खर्च गरिएको बताए।
“यो बाँकी अपुग रकम कहाँबाट जुटाउने भन्ने चिन्ताका बीच दरिलो आर्थिक साझेदारी संस्थाका रुपमा नगर विकास कोषलाई अगाडि बढाउनुपर्छ” ज्ञवालीले भने, “नगर विकास कोषलाई एक खर्बको इक्युटि क्यापिटल बनाउने हो भने रु १० खर्ब ऋण परिचालन गर्न सकिन्छ, त्यसैले कोषको पुर्नसंरचनामा ढिलाइ गर्नु हुँदैन।”
नगर विकास कोषद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय कार्यशालामा पूर्वसचिव कृष्णहरि बास्कोटा, कोषका उपप्रबन्धकहरू सूर्य कार्की, राजेशकुमार भोछिभोया, देवान राई र महाशाखा प्रमुख सुवासराज पन्तले कोषसँग ऋण सहकार्यबारे पालिकाहरूलाई जानकारीमूलक छुट्टाछुट्टै प्रस्तुती दिएका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलसहित विभिन्न मन्त्रालय र प्रदेशभरका ३६ वटा नगरपालिकाका प्रतिनिधिको सहभागिता थियो।
यसअघि कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न कार्यशालापश्चात नगर प्रमुखहरूमा चासो बढेको र कार्यशालामा प्रभावकारी उपस्थिती रहेको प्राविधिक सहयोग तथा परामर्श सेवा महाशाखा प्रमुख सुवासराज पन्तले बताए।
|
समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव : झलनाथ खनाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव भएको बताएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता खनालले समाजवादी शिक्षा पद्धतिको विकास नभएसम्म विद्यार्थी र देशको विकास नहुने बताए । उनले देशको शिक्षामा भईरहेको व्यापार रोक्दै निशुल्क शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताए ।
उनले भने, जबसम्म समाजवादी शिक्षा पद्धतिको विकास हुदैँन् त्यति बेलासम्म विद्यार्थी र देशको विकास गर्न सक्दैनौ त्यसैले आज जुन प्रकारले शिक्षामा व्यापार चलिरहेको छ, यसलाई रोक्नुपर्छ । शिक्षा व्यवस्था भनेको आम जनतालाई राज्यले निशुल्क रुपमा दिनुपर्छ । जनताको मौलिक हकको कुरा हो ।
नेता खनालले अहिले पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट हटाउन जरुरी भएको बताए ।
‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३÷०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ ।’
उनले देशव्यापी रुपमा पार्टीको संगठनलाई एक्लो पार्ने षड्यन्त्र भएपनि देशको विद्यार्थी सङगठन भित्र चौथो संगठनको रुपमा विजय भएको भन्दै यो एउटा महत्वपूर्ण विजय भएको बताए । अहिले विद्यार्थी आन्दोलन देशको समाजवादी आन्दोलनको एउटा अभिन्न आन्दोलन बन्न सफल भएको बताए ।
|
जेठ १५ मा बजेट ल्याउने गरी संसद् अधिवेशनको अन्त्य र आह्वान हुन्छः उपप्रधानमन्त्री खड्का काठमाडौं। उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन्।
मन्त्रालयमा पदवहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद् सञ्चालन नियमित अघि बढाउने र व्यवस्थित गर्ने सन्दर्भमा मन्त्रालयकातर्फबाट सभामुख र अध्यक्षलगायतसँग समन्वय गरी निर्वाह गर्नुपर्ने भूमिकालाई क्रियाशील तुल्याइने विश्वास दिलाए।
उपप्रधामन्त्री खड्काले भने, “संविधानले व्यवस्था गरेका मानवअधिकार र मौलिक अधिकारसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रियाअघि बढिरहेको छ, सङ्घीय ऐन बनाइसकेपछि त्यसमा आधारित भएर प्रदेशका कानुन निर्माण गरिनेछ।”
उनले सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐन–कानुन निर्माणलाई प्राथमिकतामा राखेर छिटो पारित गर्न प्रयत्नशील हुने तथा संसद्मा पुर्याउन तयार भएका कतिपय विधेयक सरोकारसँग समन्वयन गरी संसद्मा पठाइने जानकारी दिए।
उपप्रधानमन्त्री खड्काले छिटो सङ्घीय ऐन पारित गर्ने विषयमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र सामूहिक गतिशीलताका आधारमा कार्ययोजना बनाएर प्राथमिकता निर्धारण गरी काम गर्ने स्पष्ट गरे।
रक्षामन्त्रीको जिम्मेवारीमा रहेका खड्काले संवैधानिक परिषद्को आजको बैठकमा प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी कार्यसूची प्रवेश गरेको बताए।
परिषदका अध्यक्ष प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नियुक्तिको आवश्यकता र औचित्यसम्बन्धी कार्यसूची प्रस्तुत गरेको जानकारी दिँदै उनले संवैधानिक परिषद् ऐन परिषद्का अरु सदस्यसँगको सल्लाहा र सहमतिमा अघि बढाएर प्रधानन्यायाधीश नियुक्तिमा सर्वसम्मत् कायम गरिने विश्वास दिलाए।
एक प्रश्नको जवाफमा उनले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते बजेट ल्याउने गरी कार्यायोजनाका आधारमा संसद् अधिवेशनको अन्त्य र आह्वान हुने स्पष्ट गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिशमा उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेपछि उनले आज मन्त्रालयमा पदबहाली गरेका हुन्।
|
रविलाई लक्षित गर्दै प्रधानमन्त्रीको टिप्पणी- ठुल्ठुला गफ हान्नेहरुको असलियत देखियो, कुरा गहिरो छ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, ठुल्ठुला गफ हान्नेहरुको असलियत देखिएको टिप्पणी गरेका छन्।
तनहुँमा आयोजित कार्यक्रममा उनले मंगलबार क्याबिनेटले गरेको निर्णयलाई लिएर रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको तर्क गरे।
उनले भने ‘भ्रष्टाचार र वेथिति रोक्न ठुलो कदम चालिएको छ । केही कठोर कदम चालिएको छ। हिजो अस्तिमात्रै । हिजोको मात्रै क्याविनेट निर्णय तपाईहरुले हेर्नु होला । कुरा गहिरो छ । कुरो धेरै गहिरो । ठुल्ठुला गफ हान्नेहरुको असलियत के हो भन्ने कुरा हामीले देखिराखेका छौं ।’
उनले नयाँ पार्टीलाई खहरेको संज्ञा दिँदै पुराना पार्टीलाई कम नआँक्न चेतावनी दिए । ‘खहरे सुक्ने वाला छ । नदी बगीरहन्छ ।’ उनको भनाई छ ।
मंगलबार मात्रै सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्द गर्दै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानबिन थालेको छ ।
|
परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए दुर्दशा निम्तने विप्लवको चेतावनी काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थीर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन्।
जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषय अन्तक्र्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थीरता देखिएको र यसको असर मुलुकको आर्थिक लगाएत बिभिन्न क्षेत्रमा देखिएको बताएका हुन्।
अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए। उनले पछिल्लो १५ बर्ष मुलुकको नेतृत्वमा बसेकाहरुले देशलाई अघि बढाउन नसकेको आरोप लगाए।
मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कव्जा गर्ने खतरा रहेको उनको भनाइ छ। फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधिकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए।
उनले परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए कांग्रेस एमाले लगायतका कोहि नेता नबच्ने स्पष्ट पारे
उनले एकताबद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे। अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए।
|
तनहुँबाट गोविन्द भट्टराईले जिते मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्याएको दाबी गरे ।
‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’
अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाई थियो ।
|
प्रधानमन्त्री प्रचण्डलाई भारतले दियो भ्रमणको निम्तो काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो पाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले सक्रियता बढाएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नेछन्।
|
मधेसवादी दुई दलबीचको लडाईंको फाइदा लिने दाउमा एमाले बारा। तराई जिल्ला बाराको साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्ने क्रममा छ। उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन्।
केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन्। अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलोमै व्यस्त छन्। बाराको चर्को घामको प्रवाह नगरी उम्मेदवार घरदैलो गरिरहेका छन्।
देशभर उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेका बेला बाराको निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ। सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन्। चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन्।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौती दिएका छन्।
चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ। मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ।
बारामा एमालेका पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेका छन्। एमालेका पौडेल बलिया उमोदवार समेत हुन। पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेताका रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेका हुन्।
पौडेललाई अन्य उम्मेदवारझै चिनाउदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्याएका छन्। २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धता समेत राखिरहेका छन्। जनताको जनलहरसमेत एमालेका पौडेल प्रतिनै देखिन्छ।
यता जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रत्येकको घरमा गएर मतदातालाई रुझाउन पर्ने बाध्यता छ। जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका यादवका लागि बारा २ पनि भनेजस्तो सजिलो छैन्।
बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडि आएका छन्। राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन्।
नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा. राउतले उम्मेदवार मात्रै बनाएनन् आफै चुनावी कमाण्ड सम्हालिरहेका छन्। मनोनयन दर्तापछि बारामै बसिरहेका डा. राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ।
त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धीनै नभेटेको बताइरहेका छन्। मैदानमा प्रतिस्पर्धी नै नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको यादव बताउछन्। बारा २ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ।
तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दाबी गरिरहेका छन्। उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउने भन्दै प्रश्न तेर्स्याउँछन्? राउतको भनाइ अनुसार बारा २ का जनताले धर्तीपुत्रलाई जिताउनेछन्। अर्थात आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दाबी छ।
‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन्। धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ।’
राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन्। आफ्नो उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेको यादवले बताए।
‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो। फर्जी काम गर्न राउत बारामा समेत आएका छन्।’ आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन्। ‘उपेन्द्र यादव हार्छ भन्दै बोली राउतको होइन अरुको हो। मुख उहाँको तर भनाई अरुको हो। राउतले त जागिर खाइरहनुभएको छ।’
चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन्। चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ।
यादवको चुनावी प्रचारमा प्रदेशका अर्थमन्त्री संजीवकुमार यादव, सामाजिक विकासमन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन्।
यता जनमत पार्टीका अध्यक्ष राउत आफै मतदाताको घरघरमा पुगिरहेका छन्। उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताईरहेका छन्। बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउदै राउत घरदैलोमा डुलिरहेका छन्। राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ।
यता मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ। एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन्। बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन्।
‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ। काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु।’
एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन्। त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन्।
दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउदै लगेको छ। त्यसबाहेक मधेसबादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन्। काठमाडौंमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन्। उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन्।
यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन्। मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन्। उनको चुनावी अभियानमा अध्यक्ष साह आफै सक्रिय भएका लागेका छन् े।
राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आममतदाता भने अन्यौलमा देखिन्छन्। विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन्। चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ।
बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन्। यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग पर्छ।
|
बारामा चुनावी सरगर्मी, चार हेभिवेटबीच भिडन्त बारा। तराईको जिल्ला बारामा साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्ने क्रममा छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् ।
केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलोमै व्यस्त छन् । बाराको चर्को घामको प्रवाहा नगरी उम्मेदवार घरदैलो गरिरहेका छन् ।
देशभर उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेका बेला बाराको निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन् ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौती दिएका छन् । चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ । मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ ।
बारामा एमालेका पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेको छ । एमालेका पौडेल बलिया उमोदवार समेत हुन । पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेताका रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेको हो ।
पौडेललाई अन्य उम्मेदवारझै चिनाउदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्याएका छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धता समेत राखिरहेका छन् । जनताको जनलहरसमेत एमालेका पौडेल प्रतिनै देखिन्छ ।
यता, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रतेकको घरमा गएर मतदातालाई रुझाउन पर्ने बाध्यता छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका यादवका लागि बारा २ पनि भनेजस्तो सजिलो छैन् । बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडि आएका छन् । राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन् ।
नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा। राउतले उम्मेदवार मात्रै बनाएनन् आफै चुनावी कमाण्ड सम्हालिरहेका छन् । मनोनयन दर्तापछि बारामै बसिरहेका डा। राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ ।
त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धीनै नभेटेको बताइरहेका छन् । मैदानमा प्रतिस्पर्धी नै नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको यादव बताउछन् । बारा २ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ ।
तर, जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दावी गरिरहेका छन् । उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउने भन्दै प्रश्न तेर्स्याउँछन् ? राउतको भनाइ अनुसार बारा २ का जनताले धर्तीपुत्रलाई जिताउनेछन्। अर्थात आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ ।
‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन् । धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ ।’
राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन् । आफ्नो उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेको यादवले बताए ।
‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो । फर्जी काम गर्न राउत बारामा समेत आएका छन् ।’ आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन् । ‘उपेन्द्र यादव हार्छ भन्ने बोली राउतको होइन अरुको हो । मुख उहाँको तर भनाई अरुको हो । राउतले त जागिर खाइरहनुभएको छ ।’
चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन् । चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ । यादवको चुनावी प्रचारमा प्रदेशका मन्त्री अर्थ मन्त्री संजीवकुमार यादव, सामाजिक विकास मन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् ।
यता, जनमत पार्टीका अध्यक्ष राउत आफै मतदाताको घरघरमा पुगिरहेका छन् । उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताईरहेका छन् । बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउँदै राउत घरदैलोमा डुलिरहेका छन् । राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ ।
यता मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ । एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन् । बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।
‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ । काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु ।’
एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन् । त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउदै लगेको छ । त्यसबाहेक मधेसबादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन् । काठमाण्डौमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन् ।
यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् । उनको चुनावी अभियानमा अध्यक्ष साह आफै सक्रिय भएका लागेका छन् ।
राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आममतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन् । चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ ।
बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग पर्छ ।
|
सभापति देउवाको फोनले राेकियाे कर्णालीमा मन्त्रिपरिषद् विस्तार सुर्खेत। सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरि मन्त्री बनाउदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरी सपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ ।
जाजरकोटबाट राजिवविक्रम शाह लगाएतका सिनियर नेतालाई मन्त्री बनाउनु पर्ने देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जना नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।
तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि सपथ रोकिएको हो । जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।
कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो ।
शाहले टेलिफोनमा कुरा गदै आफू अन्यायमा परेको समेत बताए । प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषदबारेका ठोस हुने स्रोतले बताएको छ ।
|
संसदमा आरजु राणाको प्रश्न- सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ? काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताइन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भनिन्, “धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा शून्य आउनु एउटा निराशाजनक हो । हाम्रो देशका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना सङ्ख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशा रहेको छ ।”
सांसद राणाले यो क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धिका लागि केही महत्वपूर्ण पक्षमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले आधारभूत तथा माध्यमिक तहहरुमा निरन्तर मूल्याङ्कन गर्नुपर्ने र सो को ‘रेकर्ड’ राखी पृष्ठपोषण (फिडब्याक) दिनुपर्ने र नतिजाका आधारमा शिक्षक र विद्यालयहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिइन्।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गरिनुपर्ने उनको भनाइ थियो ।सांसद राणाले देशभरका सरकारी विद्यालयहरुका आधारभूत तहमा अङ्ग्रेजी भाषाबाट पनि पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति, नियम र आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइन्।
नेपालका विश्वविद्यालहरुमा विद्यार्थीहरुको भर्ना दरलाई बढाउन बहुक्षेत्रका निकायले ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले शिक्षा अधिकारको सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने र शैक्षिक मूल्याङ्कनलाई अपरिहार्य पाटोका रूपमा स्थापित गर्नुपर्नेमा ध्यानाकर्षण गराइन्।
“जुन परिकल्पनाका साथ संविधानमा शिक्षाको महत्वलाई अङ्गीकार गर्दै हामीले हाम्रा भावी सन्ततिहरुका लागि नैसर्गिक अधिकारका रूपमा शिक्षालाई समावेश गरिएको थियो त्यसतर्फ उन्मुख हुन अझै धेरै नीतिगत र कार्यगत पहल आवश्यक रहेको हुँदा सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनर्वालोकनका लागि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछु”, संसदमा उनले भनिन्।
उनले शिक्षाले मानवको चौतर्फी विकासका लागि अहम् भूमिका खेल्ने बताउँदै कुनै पनि देशको विकासका निम्ति शिक्षा महत्वपूर्ण स्तम्भ भएकाले संविधानमा पनि शिक्षाको अधिकारका बारेमा व्यवस्था गरिएको बताइन्।
|
हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशबाटै विदा हुने संकेत काठमाडौं। अबको प्रधानन्यायाधीश बन्ने आशामा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की अन्ततः प्रधानन्यायाधीश बन्न नपाइ सर्वोच्च अदालतबाट बाहिरिन बाध्य हुने अवस्था आउने देखिएको छ।
संवैधानिक परिषदको बैठकमा एमालेका नेताहरुले कार्कीलाई कुनै हालतमा प्रधानन्यायाधीश नबनाउने अडान लिएपछि कार्की कायम मुकायमबाटै विदा हुने संकेत देखिएको हो।
बुधबार संवैधानिक परिषदको बैठक बसेको थियो। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर संवैधानिक परिषद बैठक बस्नका लागि मनाएका थिए।
सोही अनुसार आज बैठक बोलाइएको थियो। बैठकमा सत्ताधारी गठबन्धनको तर्फबाट अहिलेका कामु प्रधानन्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफरिस गर्ने प्रस्ताव गरिएको थियो। तर, एमाले त्यसमा सहमत हुन तयार भएन।
संवैधानिक परिषद सम्बन्धी विद्यमान कानुनी व्यवस्था अनुसार एमाले सहमत नभएमा न त परिषदको बैठक बस्न सक्छ न त कुनै प्रस्तावमाथि निर्णय हुन सक्छ।
आजको बैठक पनि एमाले तयार भएर मात्रै बसेको हो। एमाले तयार नहुँदासम्म परिषदको बैठक बस्न गणपूरक संख्या नै पुग्दैन। कुनै प्रस्तावमाथि निर्णय हुनु त धेरै टाढाको कुरा हो।
फैसला सुनाउने दिन हरिकृष्ण कार्की बिरामी भएको भन्दै विदा बसिदिए र ओलीलाई फाइदा हुने फैसला सुनाउनबाट पन्छिए। यद्यपि पछि कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा विभाजन गर्ने फैसला सुनायो।
संवैधानिक परिषदका सदस्यहरुको बारेमा संविधानमै किटान गरिएको छ। जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षता रहेको परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख इन्दिरा राना र अहिले प्रधानन्यायाधीश नभएको अवस्थामा कानुनमन्त्री पूर्णबहादुर खड्का सदस्य छन् । यीमध्ये विपक्षी दलका नेता, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष एमालेका हुन् ।
संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ अनुसार अध्यक्ष र अन्य ४ जना सदस्य गरी कूल ५ जना उपस्थित नभएसम्म संवैधानिक परिषदको बैठकको गणपुरक संख्या पुग्दैन र बैठक बस्न सक्दैन। संख्या पुगेर बैठक बसेमा पनि कुनै पनि प्रस्तावमाथि निर्णय हुन सर्वसम्मति चाहिन्छ।
हुन त ऐनको दफा ६ को उपदफा (७) मा बैठकहरुमा २ पटकसम्म एउटै विषयमा सहमति हुन नसकेमा परिषदका सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। तर, बहुमत पुग्न पनि ४ जना चाहिन्छ। र, एमालेका ३ जना सहमत नभए बहुमत पुग्न सक्दैन र निर्णय हुन सक्दैन।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले यो ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर संवैधानिक आयोगका पदाधिकारीहरु नियुक्त गरेका थिए। ओलीको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ र यो अहिलेसम्म विचाराधीन नै छ।
ओलीले ल्याएको अध्यादेश भने ६ महिनाभित्र संसदबाट विधेयकको रुपमा पारित हुन सकेन र स्वतः खारेज भयो। तर, त्यो अध्यादेशमार्फत ऐन संशोधन गरेर भएका नियुक्ति भने कायमै रहे। तर, ऐन संशोधन भने उल्टियो र २०६६ कै ऐन सक्रिय भयो।
अहिले पुरानै ऐनअनुसार प्रधानन्यायाधीश नियुक्त गर्न एमालेको सहमति अनिवार्य छ। तर, एमाले भने हरिकृष्ण कार्कीलाई कुनै पनि हालतमा प्रधानन्यायाधीश बनाउन चाहँदैन।
एमालेले उनलाई बनाउन नचाहेको तर सत्ताधारी गठबन्धनले भने उनलाई नै सिफारिस गर्न प्रस्ताव गरेपछि आजको परिषदको बैठक बिना निष्कर्ष टुंगियो। आजको बैठकमा हरिकृष्ण कार्की बाहेक दोस्रो विकल्पबारे छलफल नै नभएको स्रोतको बनाइ छ।
हरिकृष्णसँग किन बिच्कियो एमाले ?
हुन त हरिकृष्ण कार्की एमालेकै कोटामा नियुक्त भएका हुन्। नियुक्तिका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीको निकट मानिन्थ्यो तर, पछि उनले पदमा रहेर कार्यसम्पादक गर्दा एमाले अध्यक्ष ओलीकै प्रतिकूल हुने काम गरेपछि ओली उनीसँग बिच्किएकाे स्राेतकाे भनाइ छ।
२०७७ को पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।
त्यतिबेला ओलीको त्यो निर्णयविरुद्ध तत्कालीन नेकपाकै नेताहरु प्रचण्ड, माधव नेपाल लगायत सडकमा उत्रिएका थिए। नेकपा एउटै पार्टी त थियो तर पार्टीभित्र शक्ति संघर्ष थियो।
त्यतिबेला ओलीको निर्णयविरुद्ध परेको रिटको सुनुवाइको क्रममा तत्कालीन प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराले ओलीलाई आफूले प्रतिनिधि सभा विघटनको निर्णयलाई संवैधानिक ठहर गर्न अप्ठ्यारो भएको बताएका थिए।
बिरामी भनेर अदालत नगएका कार्कीलाई त्यही दिन साँझ ओलीले एउटा पार्टीमा देखे। बिरामी भनिएका व्यक्ति यसरी पार्टीमा आएको देखेपछि ओली सशंकित भए। त्यही बेलादेखि ओली कार्कीबाट तर्किन थाले।
ओलीको निर्णय आफूले उल्ट्याउनै पर्ने अवस्था भएको बताएका जबराले त्यतिबेला ओलीलाई राहत दिन नेकपा एमाले र नेकपा माओवादी एकीकरणको निर्णय बदर गरिदिन सक्ने आश्वासन दिएकाे स्राेतकाे भनाइ छ।
त्यतिबेला नेकपाको नामको विवादको मुद्दा पनि सर्वोच्चमा विचाराधीन थियो। ऋषि कट्टेलले नेकपा नामको पार्टी आफ्नो भएको दावी गर्दै दायर गरेको रिटउपर फैसला सुनाउन तत्कालीन प्रधानन्यायाधीश जबराले हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलास तोकेका थिए।
तर, फैसला सुनाउने दिन हरिकृष्ण कार्की बिरामी भएको भन्दै विदा बसिदिए र ओलीलाई फाइदा हुने फैसला सुनाउनबाट पन्छिए। यद्यपि पछि कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा विभाजन गर्ने फैसला सुनायो।
२०७७ फागुन २३ गते यो फैसला आएको थियो। त्यस दिन बिरामी भनेर अदालत नगएका कार्कीलाई त्यही दिन साँझ ओलीले एउटा पार्टीमा देखे। बिरामी भनिएका व्यक्ति यसरी पार्टीमा आएको देखेपछि ओली सशंकित भए। त्यही बेलादेखि ओली कार्कीबाट तर्किन थाले।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा निलम्बनमा परेपछि दिपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए। २०७९ को असोजमा दिपककुमार कार्कीले अवकाश पाएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश भए। सर्वोच्च अदालतको नेतृत्व हातमा आएपछि उनले फेरि ओलीको प्रतिकूल अर्को निर्णय गरे।
गएको फागुन ३ गते उनले ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषद सम्बन्धी कानुन संशोधन गरेको र त्यसैका आधारमा संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरुद्ध परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा अगाडि बढाउने निर्णय गरे।
लामो समयदेखि सुनुवाइ नभएर थन्किएको यो रिट यसरी अघि बढाइनु ओलीका लागि धक्का थियो।
तत्कालीन गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीको माग गर्दै सर्वोच्चमा परेको रिटलाई तत्काल अघि नबढाउन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत कार्कीलाई फोन गरेर मुलुकको परिस्थिति अलि अप्ठ्यारो अवस्थामा भएकोले यसलाई अगाडि नबढाउन आग्रह गरिएकाे थियाे।
तर, कार्कीले राष्ट्रपतिलाई सकारात्मक उत्तर दिएनन् बरु उल्टै ठाडो जवाफ फर्काए। यसको ब्रिफिङ ओलीकहाँ भयो जसले ओली कार्कीसँग झनै बिच्किए।
सर्वोच्च अदालत अझै लामो समय नेतृत्वविहीन रहने
स्रोतका अनुसार आज बसेको संवैधानिक परिषदको बैठकमा सत्ता पक्षले हरिकृष्ण कार्कीलाई नै प्रधानन्यायाधीश बनाउनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको थियो। तर, एमाले यो प्रस्तावमा सहमत भएन।
आजको बैठकमा कार्की बाहेक अर्को वैकल्पिक नामको प्रस्ताव पनि आएन। अर्को विकल्प प्रस्तावित नभएको र भएको प्रस्तावमा एमाले असहमत भएको अवस्थामा अब तत्काल प्रधानन्यायाधीश नियुक्त हुने सम्भावना न्यून छ।
अहिले संसदको हिउँदे अधिवेशन चलिरहेको छ। अब दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गर्नुपर्छ। त्यसलगत्ते संसदको वर्षे अधिवेशन वा बजेट अधिवेशन सुरु हुन्छ।
त्यो अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने हुन्छ। जेठ १५ सम्म बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ। यस हिसाबले संसदले यो समयमा अरु बिजनेस गर्न सक्ने अवस्था देखिँदैन।
छिट्टै प्रधानन्यायाधीश नियुक्त गर्नका लागि अहिलेकै ऐनअनुसार जाने हो भने एमाले पनि सहमत हुने नाम सिफारिस गर्नुपर्छ। यस विषयमा कुनै छलफल नै भएको छैन। यस हिसाबले एमाले पनि सहमत हुने नाम आउन अझै केही समय लाग्नेछ।
अर्कोतर्फ सत्ताधारी गठबन्धनले आफू अनुकूल प्रधानन्यायाधीश बनाउन अहिले नै सिफारिस गर्ने भन्दा संसदमा दर्ता भएको विधेयकलाई पारित गराउन जोड गर्नेछ।
प्रतिनिधिसभामा संवैधानिक परिषद सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दर्ता गरिएको छ। यो विधेयकमा संवैधानिक परिषदका कूल सदस्यमध्ये ५० प्रतिशत उपस्थित भएमा बैठक बस्न मिल्ने र ५० प्रतिशतले नै प्रस्ताव समेत पारित गर्न सक्ने व्यवस्था गरिएको छ।
यदि यो विधेयक पारित भयो भने एमाले नभए पनि परिषदको बैठक बस्न र सिफारिस गर्न बाटो खुल्नेछ। त्यसैले सरकारले यसलाई मुख्य प्राथमिकता बनाउन सक्छ।
सत्ताधारी गठबन्धनले हरिकृष्ण कार्कीबाहेक अर्को नाम प्रस्ताव गरेन र एमाले कार्कीको लागि तयार भएन भने उनलाई कामुबाटै अवकाशमा पठाउने प्रयास हुनेछ। कार्कीले साउन २० मा ६५ वर्ष पुगेसँगै अवकाश पाउनेछन्।
त्यसपछि अर्को कामु प्रधानन्यायाधीश बन्ने सम्भावना हुन्छ। कार्कीपछि विश्वम्भरप्रसाद श्रेष्ठ माथिल्लो बरियतामा छन्।
|
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले वि.सं २०६२/६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
उनले भने,“जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस्।” अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उनले आग्रह गरे। यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उनले थपे, “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस्।”
सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उनले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताए। गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उनको भनाइ थियो।
|
‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’ काठमाडौँ। सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन्। उनले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताइन्।
सांसद रमा कोइराला पौडेलले भारत हुँदै ओमान जान हिँडेका नेपाली महिला मुम्बईमा अलपत्र परेको सम्बन्धमा जानकारी गराउँदै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराइन्। साथै ती महिलालाई विदेशमा कानुनी लडाइँ लड्नुपर्ने भएकाले सहयोग गर्न उनले सरकारसँग आग्रह गरिन्।
सांसद श्यामकुमार घिमिरले नेपालको नीजि क्षेत्रले भारतमा विद्युत् निर्यात गर्न पाउने सहमति भए पनि कानुनी अड्चन देखिएकाले तत्काल त्यस्तो कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।
|
वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ ।
वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार सरकारलाई आफ्नो माग पूरा गर्न १० वैशाखसम्मको समयसीमा दिएको भए पनि हालसम्म सम्बोधन गर्न कुनै तयारी नगरेकाले आमहड्तालको तयारीलाई तिव्रता दिइएको हो ।
वर्तमान वित्तिय नीति परिवर्तन गरी कर्जाको ब्याजदर प्रतिशत कायम गर्नुपर्ने, कालोसूच र लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा/व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्र, उद्योगि व्यवसायी क्षेत्रमा सरकारद्धारा आर्थिक तथा व्यवसायीक रुपमा गरिएका सम्पूर्ण ज्यादतीहरुको अन्त्य गर्नुपर्ने, किसान, श्रमिक, युवा, विद्यार्थी, सुकुम्वासी, स्थानीय जनसमुदायका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, जनतामाथि आर्थिक बोझ बनेको प्रदेश सरकार खारेज गनुपर्ने, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क रोजगारको ग्यारेण्टीसहित महङ्गी र भ्रष्ट्राचारको अन्त्य गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिन लागेको अध्यक्ष थापाले जानकारी दिए ।
लामो समयदेखि उत्पन्न राज्यको वित्तीय आतंक र राष्ट्रका हरेक पक्षमा नियोजित रुपमा गराइएको आर्थिक संकटको निकासका लागि आम नागरिक, उद्योगी, व्यवसायी तथा सम्वन्धित् सबै पक्षको आग्रहमा आन्दोलनमा उत्रिन लागेको राष्ट्रवादी केन्द्रका मिडिया प्रमुख तथा सचिवालय सदस्य भुवन संगमले बताए ।
उनका अनुसार राष्ट्रवादी केन्द्रसहित राष्ट्रवादी यातायात व्यवसायी महासंघ र राष्ट्रवादी उद्योगी व्यावसायी महासंघको संयुक्त आयोजनामा वित्तीय आतंकविरुद्ध सडकमा उत्रिन लागेको हो ।
आफ्नो आन्दोलनप्रति सार्वजनिक यातायात व्यवसायी महासंघका तर्फबाट प्रमुख संरक्षक होमप्रसाद अधिकारी, ट्रक व्यवसायी महासंघका तर्फबाट महासचिव राजेन्द्र विक्रम पाण्डेलगायतले ऐक्यबद्धता जनाएको उनको भनाइ ।
नागरिकलाई शोषण गरेर नेता पाल्ने व्यवस्थाको अन्त्यबिना आर्थिक संकटको समाधान नहुने भन्दै उनले यसका विरुद्ध पनि जनता सडकमा उत्रिने चेतावनी दिए ।
|
बालेन साहविरुद्ध परेको रिट सुष्मालता माथेमाको इजलासमा काठमाडौं । सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ।
उक्त मुद्दाको सुनुवाइ बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको हो। यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।
रिटमा फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने उल्लेख छ। केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ। काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा आज सुनवाई हुन लागेको हो।
|
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।
राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।
राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।
|
संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगियो काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वुधबार बिहान सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको हो।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शर्मामाथि महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो।
|
प्रधानन्यायधीश नियुक्तिका लागि संबैधानिक परिषद्को बैठक जारी काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संबैधानिक परिषदको बैठक बसेको हो।
तत्कालीन प्रधानन्यायधिस चोलेन्द्र समशेर राणाामाथि महाअभियोग दर्ता भएपछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढनेछ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको छ।
|
कर्णाली सरकारमा कांग्रेसको प्रवेश, आज तीन मन्त्रीले सपथ लिने सुर्खेत। नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो।
जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिँदैछन्। कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीनजनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो।
कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्।
सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन्।
|
गगनले प्रतिस्पर्धी ठानेपछि स्वर्णिमको बहिर्गमन काठमाडौं। नेपाली कांग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश गरेर नजिकिएको उपनिर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर चुनावमा होमिएका स्वर्णिम वाग्लले बाध्यतावश पार्टीबाट बाहिरिएको आफैंले बताएका थिए।
कांग्रेस परित्याग गरेका उनले वैशाख १० को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारका रुपमा तनहुँ-१ मा उम्मेदवारी दिएर हाल चुनावी प्रतिस्पर्धामा छन्।
कांग्रेस छाड्दै गर्दा उनले सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाकै कारण बाहिरिएको सार्वजनिक रुपमा उद्घोष गरेका थिए।
उनको कांग्रेस परित्याग गर्नुको अन्तर्य बाहिर प्रचारमा आएजस्तो सभापति शेरबहादुर देउवा दम्पत्तीको कारणमात्र नभइ अन्य कारणसमेत रहेको बताइएको छ।
पछिल्लो समय कांग्रेसभित्र आफ्नो वर्चस्व बढाउँदै लगेका महामन्त्री गगन थापाका कारण स्वर्णिम कांग्रेसबाट बाहिरिएको चर्चा सुरु भएको छ।
पार्टीभित्र अर्थविद्को राम्रो पहिचान बनाएका वाग्लेलाई पार्टीमा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले प्रतिस्पर्धीका रुपमा व्यवहार गरेपछि वाग्ले कांग्रेसबाट बाहिरिएको चर्चा चलेको छ।
वाग्ले कांग्रेस मै ररिरहे आफ्नो यात्रामा कुनै न कुनै रुपमा ब्रेक लाग्नसक्ने ठानेका गगनले नै स्वर्णिमलाई कांग्रेसबातट बाहिर्गमन गराएको स्रोतको दाबी छ।
क्षमतावान् युवा नेता मानिएका स्वर्णिम वाग्ले कांग्रेसमा उदाउँदा नेता थिए। प्राज्ञिक क्षमता, विषय विज्ञता र अर्थराजनीतिका जानकार र वाकपटुकताले निपूर्ण उनी सम्भावना बोकेका सशक्त राजनीतिककर्मीका रुपमा कांग्रेस वृत्तमा चर्चित थिए।
स्रोतका अनुसार कांग्रेसभित्र महत्वकांक्षाको बिम्ब बनेका महामन्त्री थापालाई वाग्लेको राजनीतिक करियर वृद्धिबाट खुशी थिएनन्। सोही मंसिर ४ को निर्वाचनमा महामन्त्री थापाकै कारण वाग्लेलाई चुनावमा टिकट पाउनबाट बञ्चित गरिएको थियो।
बाहिर उनले प्रचारात्मक तवरले स्वर्णिमलाई आफ्नो क्षेत्र परित्याग गर्दै निर्वाचन लड्न आग्रह गरेको सार्वजनिक रुपमा बताए पनि आन्तरिक रुपमा टिकट दिनबाट रोक लगाएको स्रोतको दाबी छ। गगनले चाहेको व्यक्तिले टिकट पाएको तर वाग्लेलाई टिकट दिन गगनले इच्छा नगरेकै कारण उनी टिकट पाउनबाट वञ्चित भएको स्रोतको दाबी छ।
स्वर्णिमको क्षमता र प्रभाकारी भूमिकाबाट आफ्नो राजनीतिक भविष्य असुरक्षित हुने त होइन भन्नेमा गगन सचेत थिए। सोही कारणले बाहिर प्रचारमा स्वर्णिमको पक्षमा देखिएका थापा अन्ततः उनको टिकटमा रोक लगाएर विरोधीका रुपमा खडा भएको कांग्रेस स्रोत बताउँछ।
उनको स्वर्णिमको क्षमतालाई स्वर्णिम अवसरका रुपमा कांग्रेसले ग्रहण गर्न थापाकै कारणले नसकेको बताउँदै आएका छन्। कांंग्रेसजनले पार्टीमा राखेर स्वर्णिमलाई अवसर दिन र पार्टीले उनीबाट विज्ञताको लाभ लिन नसकेकोमा महामन्त्री थापा दोषी रहेको स्रोतको भनाइ छ।
उनले गएको चैत १६ गते पार्टी परित्याग गरेको सार्वजनिक घोषणा गर्दै ‘देउवा आरजु गिरोह’ को निरन्तरको हेपाइले कांग्रेस छाड्न बाध्य भएको बताएका थिए।
तर, उनले कांग्रेसबाट बाहिरिँदै गर्दा सभापति देउवा र उनकी श्रीमती आरजु राणालाई आक्षेप लगाएर बाहिरिए पनि पार्टी छाड्न बाध्य पार्ने मूलभूमिकामा रहेका महामन्त्री थापाविरुद्ध कुनै अभिव्यक्ति दिएनन्। गगनविरोधि अभिव्यक्तिले उपनिर्वाचनमा मत प्रभाव पार्ने आँकलन गर्दै उनी मौन रहेको स्रोतले जनाएको छ।
उनको संसदमा आगमन रोक्न समेत महामन्त्री थापा सक्रिय रहेका छन्। त्यही तुसले मनोनयन दर्ता गर्ने दिन तनहुँमा पुगेर वाग्लेविरुद्ध राष्ट्रिय राजनीतिमा कुनै योगदान नरहेको थापाले आरोप लगाएका हुन्।
रास्वपाबाट तनहुँ- १ मा उम्मेदवारी दिएका उनीे चुनावी प्रतिस्पर्धामा उत्रिएका शशक्त उम्मेदवारमध्ये एक हुन्। उनको तनहुँ उपनिर्वाचनमा इन्ट्रीले अधिकांश दलका उम्मेदवार सशंकित छन्।
यसपटक तनहुँ- १ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट पूर्वआइजीपी सर्वेन्द्र खनाल र रास्वपाका वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। उनको उम्मेदवारीलाई अन्य दलका उम्मेदवारले चुनौतीका रुपमा लिएका छन्।
कांग्रेसभित्र उच्च राजनीतिक जिम्मेवारीमा नभएपनि राष्ट्रिय राजनीतिमा उनमा रहेको विज्ञताले सर्वत्र परिचित थिए। उनीसँग राजनीतिक भविष्यको प्रचुर सम्भावना रहेको थियो।
आज सोही कारणले गोरखाका स्थायी बासिन्दा वाग्ले तनहुँ १ मा पुगेर उम्मेदवारी दिँदा समेत उनको पक्षमा ब्यापक जनलहर देखिएको छ। यद्यपि चुनावी मतपरिणामले यसको निक्र्यौल गर्ने नै छ।
नेपालको राजनीतिमा उचित जिम्मेवारी पाए प्रभावकारी भूमिका निर्वाह गर्र्नसक्ने ल्याकत भएका उनलाई अर्थराजनीतिका जानकार मानिन्छन्।
विश्व बैंक लगायत बहुप्रतिष्ठित संस्थामा आवद्ध रहेर अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका उनी सुशील कोइराला सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उपाध्यक्ष रहेका थिए।
|
सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु तनहुँ जाँदै काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन्।
तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन्।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
|
कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा काठमाडौं । नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज विज्ञप्तिमार्फत बागी बनेर स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बाराका पार्टीका सम्पूर्ण सदस्यको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरेको जनाएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी उक्त धाराको व्यवस्था निलम्वन हुने समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।
पार्टी अनुशासनको कारबाही फुकुवा भएका तनहुँ, चितवन र बाराका सम्पूर्ण नेता कार्यकर्तालाई यही वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहनसमेत समितिले अनुरोध गरेको छ ।
|
सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन हजार एक सय ८८ उम्मेदवारसहित पाँच हजार पाँच सय ६१ उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम सो निर्देशन दिइएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था भएकामा तोकिएको समयावधि भित्र खर्चको विवरण नबुझाउने प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित जम्मा ७४ उम्मेदवारको नामावली आयोगको वेबसाइटमा प्रकाशन गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ‘तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी सोही ऐनको सोही दफाको उपदफा (४) बमोजिम आफ्नो सफाइसहितको स्पष्टीकरण ७ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न आदेश’ दिइएको छ ।
|
सोचेको परिणाम नआए पनि एमालेको लोकप्रियता कायमै छः शङ्कर पोखरेल कर्णाली। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन्।
आज यहाँका आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे।
आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनले दाबी गरे। उनले भने, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौँ। यसले मुलुकमा उत्साह र उमङ्ग ल्याएको छ।”
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताए। “हामी एमालेलाई पहिलो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्दैछौँ। अहिले हामीलाई सरकारका जाने कुनै चासो छैन”, उनले भने, “हाम्रो लक्ष्य र उद्देश्य भनेकै ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै हो।”
राजनीतिक स्थायित्व कायम गर्न मुलुकमा बलियो पार्टी बन्ने अभियानको यात्रामा एमाले लागेको उपाध्यक्ष नेम्वाङको भनाइ थियो।
उक्त भेलामा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेसहित प्रदेश तथा जिल्लास्तरका नेताको सहभागिता रहेको थियो।
|
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो ।
यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नो सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ ।
|
सरकारले खोल्यो जग्गाको कित्ताकाट काठमाडौं। सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनले सरकारले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन्। उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रीपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्।
बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
प्रवक्ता शर्माले मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा कुनै निर्णय नभएको बताइन्। उनले भारत भ्रमणको मिति पनि तय नभएको जानकारी दिइन्।
|
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्यो खारेज काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निर्णय भएको उनले बताइन्।
राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धमा बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुरा निजी कम्पनीलाई दिने पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय सरकारले खारेज गरेको हो।
उनले उक्त कार्यविधिका विषयमा अध्ययन गर्नको लागि छुट्टै समिति बनाउने सरकारले निर्णय गरेको पनि बताइन्। मन्त्री शर्माले सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको बताइन।
बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
प्रवक्ता शर्माले मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा कुनै निर्णय नभएको बताइन्। उनले भारत भ्रमणको मिति पनि तय नभएको जानकारी दिइन्।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.