content
stringlengths 20
64.1k
⌀ |
---|
रास्वपाको उदयले पुराना दलहरुको ‘निदहराम’ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चस्व नेपालको राजनीतिमा जबरजस्त स्थापित हुँदै जाँदा पुराना पार्टीहरुको ‘निदहराम’ हुन थालेको छ।
गत मंसिर ४ को निर्वाचनपछि रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउँदा सशंकित बनेका पुराना दलहरुमा पछिल्लो उपनिर्वाचनको मतपरिणामले थप त्रासदी उत्पन्न गराएको छ।
यसअघि गत मंसिर ४ को निर्वाचनमा आएको मतउभार यसपाली पनि यथावत् रहनुले रास्वपाको उदय नेपाली राजनीतिमा जबरजस्त भइसकेको पुराना दलका शीर्ष नेताहरुले अन्तर्यबाट स्वीकार गरिसकेका छन्।
तथापि सार्वजनिक रुपमा उनीहरुले संगठित मत र शक्ति मान्न अझै तयार छैनन्। रास्वपाको उदयले नेपालको राजनीतिमा हालीमुहाली गरिरहेका पुराना पार्टीहरुमा पूर्ववत् विरासत आगामी दिनमा कायम गर्न नसकिने भयले शक्ति सञ्चय गर्दै पार्टी सुदृढ र मजबुद गराउन आन्तरिक रुपमा छलफल सुरु गरिसकेका छन्।
परम्परागत पार्टीहरुलाई ‘सक्किने या सच्चिने’ अन्तिम अवसरका रुपमा रास्वपाले उपनिर्वाचनको मतपरिणाम मार्फत सूचित गराइसकेको छ। यसले नेपालको राजनीतिमा विद्यमान दलहरुबीच निकट भविष्यमै नयाँ धु्रवीकरणको संकेत देखा परेको छ।
यही परिपेक्षमा वाम घटक सम्बद्ध दलहरु विचार मिल्ने पार्टीबीच संयुक्त मोर्चा हुँदै एकताको गुहकार्यबारे औपचारिक छलफलमा जुटेका छन्। नेकपा (माओवादी केन्द्र) लगायत अन्य वाम घटकहरुको समाजवादी मोर्चा हुँदै समाजवादी केन्द्र नामक पार्टी बनाउने अभियानमा जुटेका छन्।
सरकारमा रहेका वाम घटकले नयाँ समाजवादी केन्द्रको गठनमा तदारुकता देखाएका छन्। गत निर्वाचन अगावै आन्तरिक तयारी थालेका दलहरुले समाजवादी केन्द्र गठनलाई मूर्तरुप दिन सकेका थिएनन्।
नेपालको राजनीतिक व्यवस्थाको हिमायतिका रुपमा रहेका परम्परावादी तथा ठूला पार्टीहरुको साख भर्खरै सम्पन्न उपनिर्वाचनले गिराएको छ। यसको समीक्षा सबै दलले गम्भीरतापूर्वक गर्न थालेका छन्।
तर, पछिल्लो निर्वाचनको मतपरिणामले सशंकित हुँदै तत्कालै समाजवादी मोर्चादेखि पार्टी एकतासम्मको पहल थालेका छन्। केही दिनमै पूर्णता दिने उनीहरुले जनाएका छन्।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र बामदेव गौतमको नेकपा (एकता अभियान) बीच समाजवादी मोर्चा हुँदै पार्टी एकताको तयारी थालिएको हो।
यी वाम घटकहरुबीच पुरानै नेकपा ब्युँताउने सम्मको तयारी गरेका छन्। तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका अधिकांश नेताहरु आज एमाले इतरको पार्टीमा छन्।
तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाका नौ सदस्यीय सचिवालयमा रहेका बहुमत सदस्यको बलमा फेरि नेकपाको पुर्नगठनको सम्भावना रहेको बताइन्छ।
जसअनुसार पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित पाँचजना राजनीतिक रुपमा एकै ठाउँमा एमाले विरोधी कित्तामा छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल रहेका छन्।
यीनै नेकपाका बहुमत सचिवालय सदस्यहरुले फेरि नेकपा ब्युँताउने तयारीमा लागेको बताइएको छ। प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७४ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा ब्युँतिन सक्ने संकेत गरेका थिए।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेकपा ब्युँताएर या पुर्नएकीकरण जे गरेरै भएपनि वामघटकहरु एक ठाउँमा आउने तयारीमा रहेको बताउँछन्। विभाजित कम्युनिष्टहरु एकीकृत हुने प्रयत्न जारी रहेको उनको स्वीकारोक्ति छ।
‘सबै वाम घटकले विभाजनको दुस्परिणाम भोगिसकेकाले चाँडो एकीकृत हुनुको विकल्प छैन’, महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको परिणाम पुराना दलहरुप्रतिको असन्तुष्टिको उपज भएको स्वीकार्दै भने, ‘पुराना दलको विभाजन र जनताको अपेक्षा अनुसार आशातित परिणाम दिन नसक्नुको उपज हो। यो सच्चिनका लागि उचित अवसर पनि हो।’
विगतका कमीकमजोरीलाई गम्भीरताका साथ औल्याएर सच्याउँदै अघि बढ्नुपर्ने चुनौती पुराना दलहरुमा उपनिर्वाचनको मतपरिणामले थपिएको उनले टिप्पणी गरे। उनले तत्काल समाजवादी मोर्चा बनाएर जानेबारे दलहरुमा सहमति भएको जानकारी दिए। केही दिनमै समाजवादी मोर्चालाई मूर्तरुप दिने महासचिव गुरुङको दाबी छ।
नेपालको राजनीतिक व्यवस्थाको हिमायतिका रुपमा रहेका परम्परावादी तथा ठूला पार्टीहरुको साख भर्खरै सम्पन्न उपनिर्वाचनले गिराएको छ। यसको समीक्षा सबै दलले गम्भीरतापूर्वक गर्न थालेका छन्।
रास्वपाको उदयलाई सत्तारुढ नेपाली कांग्रेसले आफ्नो पार्टीको विकल्पका रुपमा खडा भएको राजनीतिक शक्तिका रुपमा आन्तरिक रुपमा विश्लेषण गर्न थालेको छ। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा रास्वपाको उदयबारे गम्भीरतापवूर्वक छलफल भएको बताइएको छ।
आफ्नै उम्मेदवार निर्वाचित क्षेत्रमा कांग्रेसबाटै गएका उम्मेदवारहरुले रास्वपाको तर्फबाट अत्यधिक मतले विजयी हुनु गम्भीर समीक्षाको विषय भएको कांग्रेसका एक नेताले बताए।
नाम उल्लेख नगर्ने शर्तमा ती नेताले बताए अनुसार कांग्रेसमा रास्वपाको उदयलाई लिएर नेतृत्वको असक्षमताबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। संस्थापन सभापति शेरबहादुर देउवा इतरका नेताहरुले कांग्रेसको विकल्पका रुपमा रास्वपा खडा भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइरहेका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय राजनीतिमा योगदान दिएका नेताहरुको इतिहासबारे जानकार गराउनुपर्ने धारणा व्यक्त गरेका थिए। उनको आशय अनुसार राजनीतिक योगदान बारे अहिलेको पछिल्लो पुस्ता जानकार नभएर निर्वाचन परिणाम नयाँ दलको पक्षमा गएको हो।
उता, एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले उपनिर्वाचनको मतपरिणामले जनताको असन्तुष्टि ब्यक्त भएको तर विकल्पका रुपमा खडा हुन नसकेको टिप्पणी गरे। देशका विद्यमान दलहरुको विरुद्धमा सांकेतिक विद्रोह भएको उनको स्वीकारोक्ति छ।
‘केही असन्तुष्टि र केही अपेक्षासहितको मत हो। मूलतः पुराना दलहरु सच्चिउन भन्ने जनताको सन्देश हो’, उपनिर्वाचनको मत परिणामलाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले अगाडि भने, ‘यसले विद्यमान दलहरुलाई सुधारको आह्वान गरेको छ। त्यसतर्फ अग्रसरता बढाउनुपर्छ।’
एमालेलाई नै बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न लागिपरेको उपमहासचिव गुरुङ बताउँछन्। सोही कारणले जनतासँगको अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउन पार्टीले राष्ट्रब्यापी रुपमा‘मिसन ग्रासरुट अभियान’ सुरु गरेको उनको भनाइ छ।
तर, नयाँ दलको आगमनले पुराना पार्टीहरुमा साख र विगतको विगतको विरासत जोगाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। परम्परागत पार्टीका युवा नेताहरुले त सार्वजनिक रुपमा मूल नेतृत्वको विकल्पको बहस समेत छेड्न थालिसकेका छन्।
नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले मंगलबार सामाजिक सञ्जालमार्फत नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। उनले फेसबुकमार्फत सरकारको कार्यसम्पादन सन्तोषजन नभएकाले सरकार असफल हुँदा माओवादी सकिने उल्लेख गरेका छन्।
‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस्! सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन’, उनले लेखेका छन्।
जनता, कार्यकर्ता र नेतालाई आफ्नो सरकार भएको महशुस भएमात्रै सरकार सफल हुने उनको भनाइ छ। ‘यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ। ढ्याउ गरेर डकाररिहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैनन् है’, सापकोटाले लेखेका छन्।
उपनिर्वाचनको मत परिणामले तीनवटै क्षेत्रमध्ये दुईवटामा अत्यधिक मतका साथ रास्वपाका उम्मेदवार विजयी भएपछि आफूहरुको खस्कँदो जनमतबाट पुराना दलहरुले कमीकमजोरीको गहिरो समीक्षा गर्न थालेको बताइएको छ। कतिपय पार्टीका युवा नेताहरुले नेतृत्वको खुलेरै आलोचना गर्न थालेका छन्।
चितवन- २ र तनहुँ-२को मतपरिणामले नयाँ दलको प्रभाव विस्तारै सबै क्षेत्रमा फैलन सक्ने र यसको जबर्जस्त आगमन अर्को निर्वाचनमा देखिने राजनीतिका जानकारहरुले औंल्याइरहेका छन्।
यसको प्रभाव आगामी आम निर्वाचनमा देखिने बताउँदै रास्वपाको आगमनलाई सच्चिने अन्तिम अवसरका रुपमा लिन पुराना पार्टीहरुका युवा नेताहरुले पार्टी नेतृत्वलाई सचेत बनाउने प्रयत्न थालेका छन्।
|
सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई तथा शुभकामना काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ बाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन्।
गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा-२ बाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन्।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-२ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालवाट बधाई दिँदै भनेका छन्, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटीकोटी प्रणाम।’
बारा-२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए। जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे।
|
उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा, चितवनमा ४३ र तनहुँमा २६ हजार मतान्तरले पराजित काठमाडौं। हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ। चितवन-२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा-२ र तनहुँ-१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो। तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ।
चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन्। उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए। सो निर्वाचन क्षेत्रवाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले ५४ हजार १७६ ल्याएर बिजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए।
न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन्। यसैगरी, तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे। उनले त १० हजार मत पनि कटाउन सकेनन्। उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए।
सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित बिजयी भएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे। बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन्।
उता, बारा-२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे। उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए। सो क्षेत्रवाट बिजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए।
बिजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन्।
|
बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी बारा। बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी भएका छन्। यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे। यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गरेका हुन्।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरे।
बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो। यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो।
|
बारा-२ मा जसपा अध्यक्ष यादव ३ हजार बढी मतले अगाडि वीरगञ्ज। बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
अहिले राति १२ बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्।
कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म अध्यक्ष यादवले २५ हजार ६८८ मतका साथ अग्रता कायम राखेका हुन्। उनीलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २२ हजार २११ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ८ हजार ३८७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ७८७ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना भइरहेको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो।
कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो। महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाको ४४ वटा वडा समेटिएको छ।
|
बारा-२ मा जसपा अध्यक्ष यादवकोे अग्रता कायमै वीरगञ्ज। बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्।
कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन्। उनीलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइरहेका छन्।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार पाँच सय एक मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार छ सय ८१ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अब १३ हजार पाँच सय ९४ मत गणना गर्न बाँकी छ।
मतगणना भइरहेको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो।
कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो। महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाको ४४ वटा वडा समेटिएको छ।
|
एकीकृत बस्ती विकासमा सरकारको जोड : मन्त्री गुरुङ गोरखा । सङ्घीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताएकी छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले एकीकृत बस्ती विकासले विकास निर्माणलाई छिटो छरितो र प्रभावकारी रुपमा अघि बढाउन सक्ने भएकाले एकीकृत बस्ती विकासलाई प्राथमिकता दिइएको बताइन् ।
उनले २०७२ साल वैशाख १२ गतेको कहालीलाग्दो विनाशकारी भूकम्पले क्षतविक्षत भएका निजी आवास तथा भौतिक संरचना निर्माणको काम अझै केही बाँकी रहेको भन्दै त्यसलाई सम्पन गर्ने क्रममा सरकार रहेको उल्लेख गरिन् ।
गोरखा भूकम्पमा परेर देशभरिबाट ज्यान गुमाएकाको स्मृतिमा बारपाकमा निर्माण भइरहेको भूकम्प स्मृति पार्कको काम अझै बाँकी रहेको उल्लेख गर्दै उनले स्मृति पार्क निर्माण गर्ने जिम्मेवार सहरी विकास मन्त्रालयकै रहेकाले आफ्नो ध्यानाकर्षण भएको बताइन् ।
“भूकम्पका कारण देशभरिबाट ज्यान गुमाउनुभएका व्यक्तिको नाम भूकम्प स्मृति पार्कमा राख्नका मृतकको नामावली सङ्कलनको काम भइरहेको छ”, उनले भनिन्, “सबै नामावली सङ्कलनको काम सकिएपछि स्मृतिपार्कमा उपलब्ध गर्ने छौँ ।”
|
भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छः सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएका छन्।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राखेको जिज्ञासामा उनले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीय स्वरुपलाई दृष्टिगत त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको स्पष्ट गरे।
मन्त्री शर्माले भने, “भ्रष्टाचार रोक्न कानुन मात्रै होइन, समाजका सबै अवयव सक्रिय हुनुपर्छ। कानुनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुन्न। भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र सङ्कल्प गर्नुपर्छ।”
नीतिगत भ्रष्टाचार रोक्न कानुन बनाउँदै विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै उनले भ्रष्टाचार मानसिक रोग भएकाले निवारणका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्छ भने।
सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्छ भन्दै मन्त्री शर्माले पैसा कमाउनेलाई प्रतिष्ठित मान्ने र निष्ठाको राजनीति गर्नेलाई कमजोर ठान्ने प्रवृत्तिमा सुधार गर्न सके भ्रष्टाचार अन्य गर्न सकिने बताए।
भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्धता र सामूहिक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। विसं २०७६ मा अघि बढेको सो विधेयक लामो समयपछि प्रतिनिधिसभामा आइपुगेको हो। जवाफका क्रममा उनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा महत्वपूर्ण कुरा उठेको भए पनि दफावार छलफलमा त्यसलाई पूर्णता दिइने विश्वास दिलाए।
विधेयक स्वीकृत
बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई बहुमतले स्वीकृत गरेको छ।
यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घन्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्नसक्ने बताए। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ।
|
एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने काठमाडौं। नेकपा (एमाले)ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो।
उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो। उक्त अभियान यही वैशाख १० गते सकिएको छ। सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ।
|
लुम्बिनीमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान लुम्बिनी। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलबार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्।
लुम्बिनीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकारले प्रदेश सभाबाट सोमबार विश्वासको मत गुमाएको थिय । त्यसपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका थिए।
प्रदेश प्रमुखले संविधानको १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकाले लुम्बिनी प्रदेशमा अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ५३ जना सांसदको हस्ताक्षरसहित एक महिनाअघि नै नयाँ सरकार गठनका लागि दाबी गरेका थिए। अहिले समीकरण परिवर्तन नभएकाले बैशाख १४ गते बिहीबार चौधरीकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।
|
रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरि मंगलबार स्वदेश फर्किएका छन् ।
रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणामा आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस गएका अध्यक्ष तिमिल्सिना मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफ्नो रुस भ्रमण फलदायी भएको बताए ।
उनले भ्रमणका क्रममा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्की लगाएतसंग महत्वपूर्ण छलफल भएको बताए । दुईदेशबीचको संसदबीचको सहकार्य लगायत नेपालको पूर्वाधार निर्माणका बिषयमा पनि भ्रमण महत्वपूर्ण भएको उनले बताए ।
रुसको सहयोगमा निर्माण भएको कान्तिबाल अस्पतालको स्तरोन्नती गर्न पनि रुस सकारात्मक देखिएको तिमिल्सिनाले बताए ।
|
बारा-२ मा शिवचन्द्रले ह्वात्तै घटाए मतान्तर बारा। बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाएका छन्।
जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिएका छन्।
उपेन्द्र यादवले २० हजार ४६३ मत ल्याएका छन् भने जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहले १७ हजार ७९८ मतका साथ पछ्याइ रहेका छन्।
यसअघि पाँच, चार र तीन हजार हुँदै कुशवाहले यादवसँगको मतान्तर २६ सय ६५ मा झारेका छन्। उक्त क्षेत्रमा अब २० हजार मत गणना गर्न बाँकी छ।
तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार १२१ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल दुई हजार ४६६ मतका साथ चौंथो स्थानमा छन्।
|
उपनिर्वाचनको परिणामबाट दलभित्र रुपान्तरणको आवाजलाई सहयोग काठमाडौं। प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु र्याएको प्रतिक्रिया दिएका छन्।
तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उनीहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गरे।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मनन्का साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए। उनले भने, “निर्वाचनको नतिजाले हामीलाई ठूलो शिक्षा दिएको छ, जनताका चाहना र आवाजलाई के कति पूरा भए भएन त्यो पनि समीक्षा गर्नुपर्छ।”
नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले प्रजातान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्ने प्रतिक्रिया दिए। उनले भने, “रवी लामिछाने जी विद्रोही होइन, संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्नुभएको छ, ठूला दलभित्र रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई चुनावी नतिजाले बल पुगेको छ, तर कुनै चमत्कार भने भएको होइन।”
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक हेरेको प्रतिक्रिया दिए। उनले भने, “जनताको अभिमत लोकतन्त्र हो, निर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर छलफल र विश्लेषण हुन्छ, तर एउटा क्षेत्रको निर्वाचनको परिणामलाई समग्रमा लिएर विश्लेषण गरिनुहुन्न।”
नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले उपनिर्वाचनको परिणामबाट मुलधारका मानिएका पार्टीले आफूलाई गम्भीरताका साथ सच्याउनुपर्छ भन्ने सन्देश प्राप्त भएको बताए। “पुराना दलहरुले नियमित लयलाई बदलेर जनताको भावनाअनुसार काम गर्नुपर्छ”, उनले भने।
|
फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने मन्त्रिपरिषद्को निर्णय काठमाडौं। सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
यसअघिको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको थियो। त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी बिषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालले जानकारी दिए।
बैठकले कृषि मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी ऐनलाई सम्बन्धीत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री ज्वालाले बताए।
|
दोहोरो दाबी परेपछि लुम्बिनी सरकार गठनमा ढिलाइ, कानुनी परामर्शमा प्रदेश प्रमुख लुम्बिनी। नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।
प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहेकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ ।
नेकपा (एमाले) संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो ।
त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताए। विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श थालेका हुन्।
प्रदेश कार्यालयका सचिव प्रह्लाद पोखरेलले प्रदेश प्रमुखबाट छिट्टै सरकार बनाउने गरी आह्वान हुने बताए। उनले भने, “प्रदेश प्रमुख कानुनी परामर्शमै हुनुहुन्छ सम्भवतः भोलिसम्ममा नयाँ सरकारका लागि आह्वान हुनसक्छ ।”
|
बारा-२ मा उपेन्द्र यादव १८ हजार ८०८ मतका साथ लिड गर्दै काठमाडौं । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ३ हजार ३२३ मतका साथ लिड गरिरहेका छन् ।
यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १५ हजार ४८५ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उनले ५ हजार ५६३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार २६८ मत पाएका छन् ।
|
उपनिर्वाचनपछि परिक्षाको घडी सुरु भयो, सबैले पार्टीभित्र समिक्षा गर्नुपर्छः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको परिणामका बिषयमा सबैले पार्टीभित्र समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।
मंगलबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनका जनताको झुकावहरु किन परिवर्तन भइरहेको भनेर विश्लेषण गरेर आफुमा भएको कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका हुन्।
घटनाक्रममा बिषयमा गम्भीर नभए र कमी कमजोरी सुधार गर्न नसके जनताले विश्वास गर्न नसक्ने उनले बताए। अध्यक्ष नेपालले निर्वाचनपछि सबैको परिक्षाको घडी सुरु भएको भन्दै पटक पटकको परिक्षा उतिर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने जिकिर गरे।
त्यस्तै नेकपा एमालेका सांसद योगेश भट्टराईले उपनिर्वाचनमा जनताले दिएको मतलाई सम्मान गर्ने बताए। रास्वपा कुनै विद्रोही पार्टी नभई संवैधानिक व्यवस्था मानेर गठन भएको पार्टी भएकाले विद्रोही पार्टीले जित्यो भन्ने परिभाषा गलत हुने उनले बताए।
उनले संविधान र व्यवस्था मानेर कुनै दल आउछ भने निषेध नभइ स्वागत गर्नुपर्ने धारणा राखे। भट्टराईले कुनै पनि दलको परिणामले अर्को दललाई सकारात्मक प्रभाव पार्ने भएकाले ठूला दलका सन्दर्भमा रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउने अर्थमा लिनुपर्ने पनि बताए।
त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले उपनिर्वाचनको परिणामका बिषयमा पार्टीभित्र गम्भीर छलफल गरेर सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसप्रति जनताको गरेको विश्वासलाई कम हुन नदिन गम्भीर भएर अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गरे।
खतिवडाले तनहुमा कांग्रेसले जित्ने अपेक्षा गरिएपछि त्यसो हुन नसकेको भएपनि जनताको निर्णयलाइ आत्मसाथ गरेरै अघि बढ्ने बताए।
|
संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जिज्ञासा काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा संसदमा जानकारी गराउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमण निकै महत्वपूर्ण रहेको भन्दै संसद चलिरहेको अवस्थामा प्रधानमन्त्रीले भारत भ्रमणका एजेण्डाका बारेमा जानकारी गराउनुपर्ने बताएका हुन्।
भारत भ्रमण बिषयम सञ्चारमाध्यमबाट बिभिन्न कुराहरु आएरहेका बेला प्रधानमन्त्रीले संसदलाई नछलि जानकारी गराउनुपर्ने उनले बताए। उनले संसदमा प्रधानमन्त्रीको अनुहार हेर्न र दर्शन पाउन पनि दुर्लभ भएको जिकिर गरे।
पन्तले भारतसंग नेपालले भोग्नुपरेको समस्यामा बारेमा प्रधानमन्त्रीले स्पष्ट धारणा राख्न सक्नुपर्ने धारणा राखे।
बैठकमा कांग्रेस सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन्। उनले वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई उकास्नुपर्ने बताए।
त्यस्तै माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संसदलाई प्रभावकारी बनाउनका लागि समितिको गठन तत्काल हुनुपर्ने र आवश्यक संघीय कानून संसदमा पेश गर्नुपर्ने बताए। उनले कानून निर्माणमा सरकारको ध्यान जान नसकेको भन्दै निजामती, प्रहरीलगायत महत्वपूर्ण विधेयक तत्काल संसदमा ल्याउन माग गरे।
त्यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लाले सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोे लक्ष्य पूरा गर्ने गरी काम गर्न नसकेको गुनासो गरे।
|
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो।
हरेक मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। बैठकमा समसामयीक विषयवस्तुमा छलफल हुने जनाइएको छ।
|
बारा-२ मा १७ हजार ३९३ मतसहित उपेन्द्र यादवको अग्रता कायमै बारा। बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।
पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
उनले १७ हजार ३९३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहेका छन् ।
यसैगरी, एमालेका पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याएका छन् ।
|
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी काठमाडौँ। ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए।
एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो।
|
बारा- २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले कटाए १५ हजार मत बारा । बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् ।
यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् । यादवलाई पछ्याईरहेका कुशवाहाले फराकिलो मतान्तर भने घटाउन सकेका छैनन् ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । उनले पाँच हजार २७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार सात सय ८६ मत पाएका छन् ।
|
चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं चितवन। चितवन-२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन्।
मंगलबार चितवनमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन्।
नेतृत्व सक्षम नभएमा हटाउने भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए।
यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ। चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ।
|
अहिले प्रारम्भिक नतिजाबारे प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव बारा। जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।
कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’
यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।
मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।
|
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस काठमाडाैं। संसदमा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक संकट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।
नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले यही वैशाख ८ गते बाँकेको नरेनापुरमा आगालागीबाट धेरै घर जलेर नष्ट हुनाका साथै रु २५ लाखभन्दा बढीको सम्पत्ति क्षति भएकाले पीडितलाई राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।
नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङले नुवाकोट ककनी गाउँपालिका-२ का श्रीराम घिमिरे कृषि र कृषकसम्बन्धी पाँचबुँदे माग राखेर एक सातादेखि काठमाडौँको भूगोल पार्कमा अनशन बसेकाले उनको माग सम्बोधन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका तेजुलाल चौधरीले सप्तरीको निर्वाचन क्षेत्र नं ४ मा केही दिनअघि भएको आगलागीबाट १४ घर पूर्णरुपमा क्षति भएको, पशुचौपायको पनि मृत्यु भई ठूलो सम्पत्तिको क्षति भएकाले पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन कञ्जुस्याइँ नगरियोस् भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले भारतले विगतमा भएको हवाई दुर्घटनापछि आफ्नो आकाश सुरक्षालाई जोड दिएको परिप्रेक्ष्यमा हिजोको हवाई उडानसम्वन्धी घटनाले नेपालले आफ्नो हवाई आकाश कति सुरक्षित छ भनी अध्ययन र विश्लेषण गर्न आवश्यक रहेको बताए।
स्वतन्त्र सांसद अमरेशकुमार सिहले मुलुक आर्थिक संकटमा मात्र नभई भ्रष्टाचारको दलदलमा फसेको विषय दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र नवीकरणको घटनाले पुष्टयाई गरेको आरोप लगाए।
उनले नेपाल स्टक एक्स्चेञ्जलाई निजीकरण गर्ने वा नगर्ने भन्ने विषयमा पनि अनियमिताको चलखेल भइरहेको बताए।
नेकपा एमालेका ईश्वरबहादुर रिजालले मुलुकमा राजनीतिक परिवर्तनका लागि ठूलो योगदान पुर्याएका एमाले लगायतका राजनीतिक दललाई पुरानो दल भनी योगदानको नजरान्दाज नगर्न चेतावनी दिए।
नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले नेपाल कृषि प्रधान देश भए पनि कृषि क्षेत्र र किसानका लागि राज्यले छुट्याउने बजेट अन्त्यन्त न्यून रहेको जनाउँदै त्यस क्षेत्रको विकास र विस्तारका माग मुद्दा लिएर अनशनमा रहेका श्रीराम घिमिरेको माग र मुद्दा सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “कृषि क्षेत्रका माग मुद्दा उठाएर अनशनमा बसेका घिमिरेको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बन्दै गएको छ, उहाँको जीवन रक्षा र माग मुद्दा सम्बोधन गरिनुपर्छ, कृषिक्षेत्रको विकासका लागि भनी सञ्चालित प्रधानमन्त्री कृषि कार्यक्रम कृषिमुखी नभई कार्यकर्तामुखी देखिएकाले पुनः विचार गरियोस्।”
|
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा. तोसिमा कार्कीको माग काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उनले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरिन्।
‘सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले बैठकमा भनिन्।
सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित् मन्त्रीबाट जवाफ आउने कानुनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उनको आरोप छ। उनले ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुनेबारेमा पनि सरकारसँग जवाफ मागेकी छन्।
‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ। एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ। आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ। हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन्। प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्छ। तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण/बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय। सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ। सदनमा उठेका प्रश्नहरुलाई सदनको वेबसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले भनिन्।
|
रास्वपा सांसद ढाकाकुमार आजबाट पदमुक्त काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन्।
मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो।
कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ। यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ।
श्रेष्ठ रास्वपामा समानुपातिक कोटाबाट सांसद भएका हुन्। उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ।
|
बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन् काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई कैयौं गुणा धेरै मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । यससँगै उनले नेपालको निर्वाचन इतिहासको ठूलो किर्तिमान तोडेका छन् ।
लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान बनाएका छन् । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितनारायण श्रेष्ठलाई ४३ हजार ६२ मत अन्तरले पराजित गरे । लामिछानेले ५४ हजार १७६ मत पाउँदा श्रेष्ठले ११ हजार ११४ मत मात्र प्राप्त गरे ।
यसअघि आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नाममा थियो । भट्टराईले २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीको तर्फबाट चुनाब लड्दा आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेलाई ४० हजार १२९ मत अन्तरले पराजित गरेका थिए । त्यतिबेला भट्टराईले ४६ हजार २७२ मत पाएका थिए भने कांग्रेसका न्यौपानेले ६ हजार १४३ मत पाएका थिए ।
लामिछानेले संसदीय निर्वाचनमा इतिहासमै सबैभन्दा धेरै मत पाउने उम्मेदवारको रुपमा किर्तिमान बनाउनबाट भने चुकेका छन् । संसदीय निर्वाचनमा सबैभन्दा धेरै मत पाउने उम्मेदवारको किर्तिमान नेकपा एमालेका पार्वत गुरुङको नाममा छ । गुरुङले २०७४ को संसदीय निर्वाचनमा ५५ हजार ४५७ मत प्राप्त गरेका थिए । लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरे । लामिछानेको मत गुरुङको भन्दा १ हजार २८१ कम हो ।
|
चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी काठमाडाैं। चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विजयी भएका छन्।
लामिछाने ५४ हजार १ सय ७६ मतसहित भारी मतान्तरले विजयी भएका हुन्। उनकाे निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारयण श्रेष्ठले ११ हजार १ सय १४ मत पाए।
तेस्राे स्थानमा रहेका एमालेका रामप्रसाद न्याैपानेले १० हजार ९ सय ३६ मत प्राप्त गरे। लामिछानेले कांग्रेसका श्रेष्ठ भन्दा ४३ हजार ६२ मत बढी पाएका छन्।
यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए। यस क्षेत्रमा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो।
गत आइतबार चितवन-२, बारा-२ र तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो। चितवन-२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।
|
बाबुराम र रवीन्द्रलाई अफापशिद्ध नयाँ पार्टी, रविलाई फलिफाप काठमाडौं । नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको सूत्रपात गरेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई आजभोलि पुरानै पार्टीमा फर्कने सुरसार गर्दैछन्।
२०७३ सालमा नयाँ शक्तिबाट वैकल्पिक राजनीतिको यात्रा तय गरेका उनी अहिले समाजवादी पार्टी हुँदै जनता समाजवादीबाट नेपाल समाजवादी पार्टी (नेसपाा) मा पुगेका छन्।
तथापि राजनीतिक रुपमा उनको यही पार्टीको स्थायित्व भने अझैसम्म कायम हुन सकेको छैन। किनभने उनले पुरानै पार्टी माओवादी केन्द्रसँग पार्टी एकताको कैयौं चरणको छलफल टुंग्याइसकेका छन्। र, समाहित हुने प्रक्रियामै रहेको दुबै पार्टीका नेताहरुले बताइरहेका छन्।
गत मंसिर ४ को निर्वाचनमा अनेकौं आरोह अवरोह पार गर्दै अन्ततः अहिले पहिल्यै परित्याग गरेको पार्टीको निर्वाचन चिन्ह लिएर चुनावमा होमिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका थिए।
उनको नयाँ वैकल्पिक राजनीतिको अन्यौलपूर्ण यात्रा पछिल्लो समय पुरानै पार्टीमा फर्कने ध्यउन्नमा बितेको छ। यद्यपि उनले पुरानै पार्टीमा यथास्थितिमा नफर्कने बताउँदै रुपान्तरणसहितको एकताको पक्षमा रहेको बताएका छन्।
गएको मंसिर ४ को निर्वाचनमा आफू निर्वाचनमा नउठेर आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्दै छोरी मानुषी यमीलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका थिए। गोरखा २ बाट निर्वाचित प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन्। तथापि उनकै छोरी मानुषी भने काठमाडौं ७ बाट पाराजित भइन्।
उनकै पार्टीका महिन्द्रराय यादव माओवादीको चुनाव चिन्ह लिएर सर्लाही २ बाट गठबन्धनको सहायताले निर्वाचित भए। उनी अहिले सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्।
अर्का नेता गंगानारायण श्रेष्ठ बागमती प्रदेशसभातर्फ सिन्धुली २ (ख) बाट निर्वाचित भएर हाल प्रदेश सरकारको आन्तरिक मामला मन्त्रीको जिम्मेवारीमा छन्। बाबुराम भट्टराई नेतृत्वको पार्टी अहिले फेरि माओवादीसँग एकताको तयारीमा रहेको छ। एकताका लागि अन्तिम तयारीमा पुगेको बताइएको छ।
विगत २०७२ सालको नयाँ संविधान बनेपछि नेपालमा पुराना पार्टीहरुको उपादेयता सकिएको जनाउँदै तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बाबुराम भट्टराईले लामो समयदेखि आवद्ध पार्टी र राजनीतिक विचारधारा नै परित्याग गरेरे नयाँ शक्ति नेपाल नामक वैकल्पिक पार्टीको गठन गरेका थिए।
तथापि उनको वैकल्पिक राजनीतिले यथोचित गति लिन सकेन। उनले पुरानै शास्त्रीय मान्यतामा आधारित कम्युनिष्ट विचारधाराको औचित्य सकिएको बताउँदै नयाँ राजनीतिक शक्तिको अपरिहार्यता दर्शाउँदै नयाँ शक्ति गठन गरेका थिए। त्यसयता अनेकौं राजनीतिक आरोह अवरोह पार गर्दै फेरि पुरानै पार्टीसँग मिलापको तयारीमा छन्।
यस्तै अर्का वैकल्पिक राजनीतिका अभियन्ता रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाको जागीर छाडेर वैकल्पिक राजनीतिको हुटहुटीले साझा पार्टीको स्थापना गर्न पुगे।
साझा पार्टीलाई एकता गर्दै विवेकशील साझा बनाएका उनले फेरि पार्टी विभाजित हुँदै राप्रपामा भित्रिएका छन्। उनको वैकल्पिक राजनीतिक यात्राले परिणाममुखी प्रतिफल दिन सकेन।
वैकल्पिक राजनीतिको सुरुवाती चरणमा साझा पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका उनी पराजित भए। त्यसपछि पार्टी सुदृढ गर्नेभन्दा पनि आफ्नै आन्तरिक किचलोले पार्टीले उल्लेख्य गति लिन नसक्दा पुरानै पार्टी राप्रपामा समाहित भएका छन्।
उनको पार्टीले पनि अनेकौ राजनीतिक यात्रा तय गर्दै नेपाली राजनीतिमा उचित स्थान बनाउन सकेन। फलतः उनी राजसंस्थाको स्तुति गाउँदै राप्रपामा समाहित भएका छन्। गएको निर्वाचनमा काठमाडौं १ मा राप्रपाको उम्मेदवार रहेका उनी झिनो मतले पराजित हुन पुगे।
यी दुबै वैकल्पिक राजनीतिको अभ्यास गरेका नेताहरुको पार्टीले नेपाली राजनीतिमा उपयुक्त स्थान बनाउन सकेन। सोही कारणले दुबैजनाले प्रयोग गरेको राजनीतिक अभियानको असफलताको भागिदार बनेका छन्।
नेपालको राजनीतिको निकट इतिहासमै करिब उनीहरुले प्रयोग गर्न खोजेको नयाँ राजनीतिक यात्रामा असफल भएर आआफ्नै यात्रा तय गरेका दुई पात्रहरुलाई माथ दिँदै रवि लामिछाने नेतृत्वको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको भने सानदार रुपमा प्रवेश गरेको छ।
पार्टी स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिको अग्रस्थानमा उभ्याएको छ। गएको मंसिर ४ को निर्वाचनमा सातवटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
समानुपातिकतर्फ १३ सांसदसहित संसदमा चौथो शक्तिका रुपमा राजनीतिक यात्रा तय गरेको रास्वपा भर्खरै सम्पन्न उपनिर्वाचनमा थप एक सिट बढाउँन सफल भएको छ।
अहिलेको उपनिर्वाचनको मतपरिणामले रास्वपाले फगत एक सिटमात्रै बढाएन, पुराना पार्टीलाई चुनौती दिँदै आगामी दिनमा राजनीतिक बर्चस्व कायम गर्ने संकेत देखाएको छ।
रास्वपाको अप्रत्याशीत र छोटो समयमै तय गरेको राजनीतिक यात्राले पुराना दलहरुलाई निकै त्रसिद तुल्याएको छ। गत मंसिर ४ कोे निर्वाचनमा चितवन २ बाट अत्यधिक मतसहित निर्वाचित रास्वपाका सभापति लामिछाने यसपाली पुरानै विरासत फर्काएका छन्।
गएको निर्वाचनमा सर्वाधिक मतले निर्वाचित उनी नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदमुक्त भएका थिए। अहिले विगतमा प्राप्त गरेको उच्च मतभारलाई कायम राख्न सफल भएका छन्। उनको मतभार अन्य उम्मेदवारको तुलनामा निकै उच्च देखिएको छ। यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन बाँकी छ।
अघिल्लो पटक निर्वाचित कांग्रेसका नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित तनहुँ १ मा समेत कांग्रेसले जित हासिल गरेको आफ्नो पूर्ववत क्षेत्र यथावत राख्न सकेन। भर्खरै रास्वपामा प्रवेश गरेर निर्वाचन लडेका स्वर्णिम वाग्लले आफ्नै पूर्वसहकर्मी गोविन्द भट्टराईलाई अत्यधिक मतले पराजित गरेका छन्।
बारा २ मा बाहेक अन्यत्र दुई क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले उल्लेख्य मतले विजयी हुनुले नेपालमा वैकल्पिक राजनीति रवि लामिछाने नेतृत्वको रास्वपालाई फलिफाप भएको देखिन्छ।
रवि लामिछानेको पार्टीले अप्रत्याशीत रुपमा छोटो समयमै राजनीतिक उछाल कायम गर्नुमा नेपालका पुराना दलहरुप्रति मतदाताको आकर्षण विस्तारै कम हुँदै गएको देखिन्छ। पुराना दलहरुप्रति मतदातामा ब्याप्त निराशा नयाँ पार्टीप्रति आशाको रुपमा मत प्रकट भएको छ।
|
तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा. वाग्ले दमौली। तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन्।
आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए। सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे।
तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने, “जनताका अपेक्षा न्याय गर्नेछु।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए। नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए। देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ।”
मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए।
विजयी डा वाग्लेलाई प्रतिस्पर्धी भट्टराईको बधाई
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि भट्टराईले वाग्लेलाई बधाई दिएका हुन्।
कांग्रेसका भट्टराईले भने, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो। र, संयोगले तपाईँ निर्वाचित भए। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो।” उनले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गरे।
उनले भने, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु। अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।” निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो।
|
चितवन-२ मा रवि लामिछानेको जित निश्चित काठमाडौं। चितवन २ को उपनिर्वाचनको जारी मतगणनाको परिणाम नआउँदै रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ।
जम्मा ७८ हजार मत खसेको मध्ये अहिलेसम्म ६० हजार मतगणना हुँदा लामिछाने ४३ हजार १०१ मत मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन् । अर्का एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत लिएका छन् ।
करिब १२ हजार मतमात्र गन्न बाँकी हुँदा लामिछानेको हालसम्मको अग्रता अब गन्नुपर्ने मत भन्दा उनको मतान्तर बढी भएकाले लामिछानेको जित निश्चित भएको हो ।
गएको मंसिर ४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदमुक्त भएका थिए ।
|
बारा-२ मा शिवचन्द्रलाई ४ हजार ४ सय मतले पछि पार्दै उपेन्द्र यादवको अग्रता काठमाडौं । बारा २ उपनिर्वाचनको जारी मतगणनामा उपेन्द्र यादवले अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले ४ हजार ४ सय मतान्तरले अग्रता लिएका छन् । उनले १२ हजार ११९मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द कुशवाहले ७ हजार ६९३ मत पाएका छन् ।
यस्तै एमालेका पुरुषेत्तम पौडेलले ४हजार ३२८ र रास्वपाका रमेश खरेलले १ हजार ९४१ मत प्राप्त गरेका छन् ।
|
चितवन-२ मा रवि लामिछानेलाई ३५ हजारभन्दा बढी मतको अग्रता काठमाडौं । चितवन २ उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले साबिकको अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार ६० हजार ६७३ मतगाणना हुँदा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ९५२ र एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत लिएका छन् ।
|
शिवचन्द्रलाई निकै पछि पार्दै उपेन्द्र यादवको फराकिलो अग्रता काठमाडाैं। बारा- २ मा मतगणना जारी मतगणनामा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाइरहेका छन्।
यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्। उनी प्रतिश्पर्धी भन्दा तीन हजार ३ सय ९१ मतले अगाडि छन्
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। कुशवाहाले अहिलेसम्म ६ हजार ८ सय ८ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन्।
|
चितवन-२ मा प्रतिश्पर्धी भन्दा रवि ३२ हजार बढी मतान्तरले अगाडि काठमाडाैं। चितवन-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लैगेका छन्।
५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गुरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५९ प्राप्त गरी लामिछानेलाई पछ्याइरहेका छन्।
त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६७ मत प्राप्त गरेका छन्। भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्म आठ सय ७० मत बदर भएको छ। कार्यालयका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ।
|
बारा-२ मा उपेन्द्र यादवकाे फराकिलाे अग्रता कायमै बारा। बारा क्षेत्र नं. २ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन्।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७ सय ७१ मत प्राप्त गरी यादवलाई पछ्याइरहेका छन्।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १ सय ७४ मत प्राप्त गरेका छन्।
बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ। आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको हो।
|
चितवन-२ मा रविकाे फराकिलाे अग्रता काठमाडाैं। चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३२ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४७ हजार ९ सय ८५ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ८ सय ४० मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ६ हजार २ सय ४ मत प्राप्त गरेका छन्।
|
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी काठमाडाैं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पराजित हुन्।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।
यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।
निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो। तनहुँ-१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो।
|
बारामा मतान्तर बढाउँदै उपेन्द्र यादव बारा। बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका यादवले ४ हजार २८८ मतसहित अग्रता कायम राखेका हुन्।
उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका छन्।
कुशवाहले ३ हजार ३९६, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ८९५ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६४१ मत पाएका छन्।
|
तनहुँ-१ मा स्वर्णिम वाग्लेको जित सुनिश्चित तनहुँ। तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ।
आज राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार उनले २६ हजार आठ सय २७ मत प्राप्त गर्दै अग्रस्थानमा कायमै छन्।
यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए। यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार चार सय ५४ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले सात हजार दुई सय ८९ मत प्राप्त गरेका छन्।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ। भोलिसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अब करिब १३ हजार मत गन्न बाँकी छ। बाग्लेको मतान्तर ११ हजार ३७३ रहेको छ।
|
रवि लामिछानेले १२ हजार कटाउँदा रामप्रसादलाई ३५ सय मत चितवन। चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बनाउँदै गएका छन्।
आज राति १०ः३० बजेसम्म इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर महानगरपालिको वडा १, २, ३ को गणना सम्पन्न हुँदा लामिछानेले १२ हजार पाँच सय ४० मत प्राप्त गरेका छन्।
नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले तीन हजार पाँच सय ७० र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तीन हजार पाँच सय ५५ मत प्राप्त गरेको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
हालसम्म २० हजार तीन सय ३१ मत गणना हुँदा तीन सय ८३ बदर भएको छ।
|
दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ ।
उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
उनको स्वास्थ्य उपचार बुधबारदेखि छैटौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।
|
बारामा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र काठमाडौं। बारा २ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन्।
उनले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर ४०१ झारेका छन्।
जसपाका अध्यक्षसमेत रहेका यादवले ३ हजार २१४, जनमतका कुशवाहले २ हजार ८१३, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ३३५ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६४१ मत पाएका छन्।
|
तनहुँ-१ मा ४८ हजार २६२ मत गन्दा रास्वपालाई २५ हजार बढी मत तनहुँ। तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ। जारी मतगणनाअनुसार ९ बजेसम्म ४८ हजार २६२ मतगणना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले २५ हजार १४१ मत प्राप्त गरेका छन्। उनको मतान्तर १० हजार ६७९ रहेको छ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार ४६२ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ७ हजार ९१ मत ल्याएका छन् ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ।
|
चितवन २ मा रविलाई दोब्बर बढी मतको अग्रता काठमाडौं। उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३ हजार ६ सय ६६ मतको अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ५६८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मतसहित उनलाई पछ्याइरहेका छन्।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २ हजार ६८८ मतसहित तेस्रो स्थानमा छन्।
|
बारा-२ मा उपेन्द्रले ह्वात्तै बढाए अग्रता, चौथोमा रमेश खरेल बारा। बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले २६ सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले २०६७ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ८६१ तथा रास्वपाका रमेश खरेलले ३०३ मत पाएका छन् ।
|
चितवन २ मा रविलाई १७ सय मतको अग्रता काठमाडौं। उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन्।
|
२० हजार मत गन्न बाँकी हुँदा स्वर्णिम वाग्ले ९ हजार मतले अगाडि तनहुँ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ९ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्लेले ९ हजार ३४९ मतले अग्रता कायम गरेका हुन्। अहिलेसम्म ४३ हजार ७१ मतगणना सकिएको छ।
यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले २२ हजार २६० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ मत प्राप्त गरेका छन्।
एमालेका सर्वेन्द्र खनालले ६ हजार ५१३ मतमा सिमित भएका छन्। त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो। अब २० हजार ६८६ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी छ।
|
नेपालमा उत्पादित सवारी साधन दर्ताबारे सात दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने काठमाडौं। नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ ।
सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग आज गरेको छलफलमा उक्त निर्णय भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६०’ मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यसैगरी, सचिव पाण्डेका अनुसार नेपालमा उत्पादित सवारी साधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने व्यवस्था मिलाइनेछ ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं पदाधिकारीका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानून मन्त्रालय, यातायात विभाग, विद्युतीय सवारी साधन ‘यात्री’ का पदाधिकारीको उपस्थिति थियो ।
प्रधानमन्त्री दाहालले यसअघि नै नेपालमा उत्पादित हुने वस्तु तथा सेवालाई सहजरूपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न निर्देशन दिएका थिए।
|
बारा–२ मा उपेन्द्रले अग्रता बढाउँदै बारा । बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।
आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन् ।
|
इच्छाकामनाको मत गणना हुँदा रविको अग्रता कायमै चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
लामिछानेले तीन हजार ६०२ पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गरेका छन् ।
७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ । यस निर्वाचन क्षेत्रको इच्छाकामना गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ ।
|
संसदीय समितिको भागबन्डा टुंगियो, एमालेलाई लेखासहित तीनवटा समिति काठमााडौं । प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् ।
सहमतिअनुसार नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति पाएको छ ।
नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ । यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको विवादलाई टुंग्याउनका लागि विशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् । संवैधानिक परिषद सबन्धि विधयेकलाई चाँडै ससदबाट पारित गर्नेमा पनि सहमति जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिए ।
|
चितवनमा रामचन्द्र न्यौपानेले अग्रता ह्वात्तै घटाए ! काठमाडौं । चितवन २ मा यसअघि ठूलो अन्तरले पछि परेका एमालेका रामप्रसाद न्यौपानेले अग्रता ह्वात्तै घटाएका छन् । यद्यपि यहाँ अगाडि भने राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने नै छन् ।
यसअघिको अपडेटमा एमालेका न्यौपाने ४९० मतले पछि परेका थिए । तर पछिल्लो अपडेटमा उनले अग्रता घटाएर ३५९ मा झारेका छन् ।
पछिल्लो जानकारीअनुसार यहाँ रास्वपाका रबि लामिछानेले १४९२ मत पाएका छन् । एमालेका रामचन्द्र न्यौपानेले ११३३ मत पाएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका छन् ।
|
अग्रज नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ : देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १०० औं जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अग्रज नेताहरुले मुलुकको परिवर्तनका लागि धैरै योगदान दिएकाले उक्त योगदानका बारेमा पार्टीका नेता कार्यकर्ताहरुले प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।
जगन्नाथ आचार्य जुझारु नेताको रुपमा परिचित रहेको र आचार्यले किसानको क्षेत्रमा गरेको योगदानको उनले स्मरण गरे । सभापति देउवाले नेपाल किसानको देश रहेकाले कृषिमा आधारित अर्थतन्त्र रहेकाले किसानको पक्षमा आवाज सबैले उठाउनुपर्ने जिकिर गरे ।
त्यस्तै कांग्रेस नेता दुर्लभ थापाले परिवर्तित अवस्थामा अग्रजहरुले देखाएको बाटोलाई अवलम्वन गर्दै कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने बेला आएको बताए । त्यस्तै अन्य नेताहरुले जगन्नाथ आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
|
उपनिर्वाचनको प्रारम्भिक परिणाम : सबैतिर बज्यो ! कतै घन्टी कतै हर्न, नयाँ दलको मात्र अग्रता काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि देशका ३ निर्वाचन क्षेत्रमा भएका उपनिर्वाचनमा सबै ठाउँमा नयाँ दलले अग्रता लिएका छन् । तनहुँ १ मा र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ मा जनमत पार्टीले अग्रता लिएको छ । यी दुवै पार्टी भर्खरै नयाँ बनेका पार्टी हुन् ।
रोचक त के भने यी दुवै पार्टीका चुनाब चिन्ह बज्ने चीज हुन् । रास्वपाको चुनाब चिन्ह घण्टी हो भने जनमत पार्टीको हर्न हो । र, सुरुवाती गणनामा सबैतिर यी बज्ने चुनाब चिन्ह नै अगाडि छन् । तनहुँ र चितवनमा घण्टी बजेको छ भने बारामा हर्न बजेको छ ।
तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार वाग्लेले १५ हजार ९५८ मत पाएका छन् । कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत पाएका छन् ।
यस्तै चितवन २ मा रास्वपाका रबि लामिछानेले ११५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।
बारा २ को पछिल्लो नतिजाअनुसार यहाँ जनमत पार्टीका शिवचन्द्र कुशवाहले ८९५ मत पाएका छन् । जसपाका उपेन्द्र यादवले ७८७ र एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत पाएका छन् । रास्वपाका रमेश खरेलले २३९ मत पाएका छन् ।
|
बारामा उपेन्द्र यादव झनै पछि, कुशवाहको अग्रता बढ्यो काठमाडौं । बारा २ मा प्रारम्भिक अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यादव झन् झन् पछि पर्दै गएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता बढाइरहेका छन् ।
यसअघि उपेन्द्र यादव ५७ मतले पछि परेका थिए । तर अर्को अपडेट आउँदासम्म उनी १०८ मतले पछि परेका छन् ।
पछिल्लो नतिजाअनुसार यहाँ कुशवाहले ८९५ मत पाएका छन् । उपेन्द्र यादवले ७८७ र एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत पाएका छन् । रास्वपाका रमेश खरेलले २३९ मत पाए ।
|
प्रजातन्त्र फर्केको त्यो दिन… काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे ।
तत्कालीन राजाले सो दिन जारी गर्नुभएको शाही घोषणामा भनिएको थियो, “बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शाीन्त, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दललाई आह्वान गर्दछौँ ।”
नेपाली जनताद्वारा लामो सङ्घर्ष र बलिदानमार्फत प्राप्त प्रजातन्त्रलाई बेवास्ता गरी शासनसत्ता सञ्चालन गर्दै आएका राजाले तत्कालीन सात राजनीतिक दलको मार्गचित्रका आधारमा अघि बढ्ने घोषणा गरेकोे दिनलाई लोकतन्त्र दिवसका रुपमा लिँदै आइएको छ ।
मुलुकका प्रमुख राजनीतिक दलका नेताहरुले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि वैशाख ११ गते ऐतिहासिक क्षण भएकाले यसको महत्वलाई हेक्का राखी कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
जनता सार्वभौमसम्पन्नतातर्फ अघि बढ्नेक्रम र सफलताको पहिलो चरणका रुपमा आजको दिनलाई स्मरण गर्दै उनीहरुले जनता र सबै राजनीतिक दलबीचको एकताबद्ध प्रयासको आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सफलतातिर अघि बढिरहेको घटनाका रुपमा सम्झिएको प्रतिक्रिया दिए ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख ११ गतेको जगमा प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्ने क्रममा हामीले कहीँकतै कमीकमजोरी त गरिरहेका छैनौँ भन्ने प्रश्न मनमा उठिरहेको प्रतिक्रिया दिए । उनले भने, “देशलाई एकताबद्ध बनाउने प्रयासमा संविधानसभाबाट समझदारीको संविधान बनाइयो, जनताको आर्शिवाद लिएर जुनसुकै परिवर्तन गर्न सकिन्छ भन्ने मानक स्थापित गरियो, उपलब्धि कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा कमजोरी देखिएमा सच्याउँदै अघि बढ्छौँ भन्ने प्रतिबद्धता गर्नुपर्छ ।”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले सङ्घर्ष गरेर लोकतन्त्र प्राप्त गरेको दिनलाई ऐतिहासिक र महत्वपूर्ण घटनाका रुपमा लिनुपर्ने धारणा राखे । उनले भने, “आन्दोलनका उपलब्धिलाई लोकतन्त्र ल्याउनेले कति सदुपयोग वा दुरुपयोग गरे त्यो आफ्नो ठाउँमा छ, तैपनि आजको दिन मुुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिका हिसाबले महत्वपूर्ण छ ।”
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले तत्कालीन राजाले राजनीतिक दलले लोकतन्त्रका लागि राखेको अडानप्रति नतमस्तक हुँदै घोषणा गरेको ऐतिहासिक दिनका रुपमा वैशाख ११ लाई स्मरण गरेको प्रतिक्रिया दिए ।
उनले भने, “त्यो दिनले नेपालको राजनीतिक पाटोलाई इतिहासमै एउटा कोल्टो फेराउने काम गरेको छ, यो ठूलो राजनीतिक उपलब्धिको घटना नै हो भन्ने लाग्छ, यसबीचका उपलब्धिलाई इतिहासले मूल्याङ्कन गर्ने नै छ ।”
नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले मुलुकमा निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि तत्कालीन सात दल र माओवादीबीचको आन्दोलन, जनता र लोकतन्त्रको विजय तथा निरङ्कुशताको पराजयको घटनाका रुपमा आजको दिनलाई स्मरण गरिने प्रतिक्रिया दिए ।
उनले भने, “गणतन्त्रको घोषणा, अन्तरिम संविधान निर्माण, संविधानसभा निर्वाचन, गणतन्त्रको कार्यान्वयन, संविधान जारी, समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयन गर्ने विषय त्यही आन्दोलन र दिनको उपलब्धि हुन, उपलब्धिलाई थप प्रभावकारी तुल्याउन सबै निष्ठापूर्वक लाग्नुपर्छ ।”
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले आजको दिनलाई राजनीतिक प्रतिगमन समाप्त भएको घटनाका रुपमा लिएको प्रतिक्रिया दिए । उनले भने, “आजको दिन प्रतिगमन समाप्त भयो, त्यसपछि पनि फेरि प्रतिगमन सुरु भएको स्मरण गर्नुप¥यो, प्रतिगमन अन्त्य गर्ने भनेको गरिबी, बेरोजगारी, महँगी र भ्रष्टाचार नियन्त्रण हो, त्यो हुन सकेन । एउटा समाप्त भए पनि अर्को बाँकी नै रह्यो ।”
जनता समाजवादी पार्टी नेपालका नेत्री रञ्जुकुमारी झाले राजनीतिक परिवर्तन र उपलब्धिका दृष्टिले २०६२÷६३ को आन्दोलन उत्कर्षका कारण सङ्घीयता, गणतन्त्र र समावेशीका उपलब्धि उपभोग गर्न पाइएको प्रतिक्रिया दिइन् । उनले भनिन्, “संविधानसभाबाट संविधान जारी भएको छ, त्यसपछि भएका अभ्यासलाई जोश र जाँगरले अघि बढाउनुपर्नेमा, त्यसो हुन सकेन, त्यसले अनेक खालका टीकाटिप्पणी भए, नेतामा नैतिकता र सिद्धान्तको अभाव खड्कियो, यसमा सुधार ल्याउनुपर्छ ।” । रासस
|
चितवनमा रबि लामिछानेले मंसिरमा भन्दा पनि धेरै मत पाउने संकेत ! काठमाडौं । चितवन २ बाट सांसदका लागि उम्मेदवार बनेका रास्वपाका सभापति रबि लामिछानेले यो उपनिर्वाचनमा मंसिरमा भएको निर्वाचनमा भन्दा पनि धेरै मत पाउन सक्ने संकेत देखिएको छ ।
रबिले मंसिरमा भएको चुनाबमा आफू पछि परेका क्षेत्रबाट पनि भारी मत ल्याएका छन् । गएको मंसिरमा पनि रबि यही क्षेत्रबाट उम्मेदवार थिए र उनले देशमै सबैभन्दा धेरै मतान्तरले चुनाब जितेका थिए ।
मंसिरको चुनाबमा पनि गणनाको सुरुवात इच्छाकामना गाउँपालिकाबाट गरिएको थियो । इच्छाकामना गाउँपालिकाको गणनामा रबि दोस्रो भएका थिए । यहाँ एमाले पहिलो भएको थियो ।
तर यसपटक रबिले इच्छाकामना गाउँपालिकामै ठूलो अग्रता लिएका छन् । यो गाउँपालिकाको वडा नम्बर १ र ३ को गणना सकिँदा रबि लामिछानेले ११५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।
|
चितवनमा रबि लामिछानेको शानदार कमब्याक, अग्रता उल्ट्याउँदै झण्डै दोब्बरको लिड ! काठमाडौं । चितवन २ को प्रारम्भिक मतगणनामा सुरुमा पछि परेका रबि लामिछानेले शानदार कमब्याक गरेका छन् ।
पहिले ४८ मतले पछि परेका रबिले ह्वात्तै अग्रता उल्ट्याउँदै झण्डै दोब्बरको अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार रबि लामिछानेले ११५५ मत पाएका छन् ।
एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।
|
बारामा उपेन्द्र यादवलाई कुशवाहले पछि पारे काठमाडौं । बारा २ मा प्रारम्भिक अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता जोगाउन सकेनन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका छन् ।
पछिल्लो नतिजाअनुसार यहाँ कुशवाहले ६२८ मत पाएका छन् । उपेन्द्र यादवले ५७१ र एमालेका पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन् । रास्वपाका रमेश खरेलले २३६ मत पाए ।
|
चितवनमा रबि लामिछाने पछि परे काठमाडौं । चितवन २ को प्रारम्भिक मतगणनामा रबि लामिछाने पछि परेका छन् । यहाँ एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।
एमालेका न्यौपानेको ३६७ मत छ । रबि लामिछानेको ३१९ र कांग्रेसका जितनारायण श्रेष्ठको २४४ मत छ ।
|
चितवन २ को उपनिर्वाचनको मतगणना हुँदै {भिडियो} चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना भइरहेको छ। सोमबार मध्यान्हदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना भइरहेको हो। यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए। सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन्।
त्यस्तै यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो।
हेर्नुहोस् भिडियो:
|
चितवन-२ को मतगणना सुरू चितवन। चितवन-२ को मतगणना सुरू भएको छ। साेमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भए पछि चितवन-२ को मतगणना सुरु भएको हो। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएकाे हाे।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो।
दुवैलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले साेमबार बिहान तीन बुदेँ सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले मतगणना सुरु गरिएको हो।
जसअनुसार रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिनेलगायतका सहमति भएको थियो।
चितवन-२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ। कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ जनाइएकाे छ । जसअनुसार मतगणना स्थललाइ तारजाली घेरिएकाे छ।
|
बारामा उपेन्द्र यादवको अग्रता, रमेश खरेल चौथो काठमाडौं । बारा २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक रूझानमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत पाएका छन् ।
दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्र कुशवाड छन् । उनले १७० मत पाएका छन् तेस्टो स्थानमा एमालेका पुरुषोत्तम पौडेल छन् पौडेलले १६६ मत पाएका छन् । रास्वपाका रमेश खरेल चौथो भएका छन् । उनले ८० मत पाएका छन् ।
|
तनहुँ-१ को मतपरिणाम: २५ हजार मत गन्दा स्वर्णिम ५ हजार मतान्तरले अगाडि तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्लेले ५ हजार मतले अग्रता कायम गरेका हुन्। अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ।
यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन्।
एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन्। मतगणना जारी छ।
|
लुम्बिनीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, एमाले नेतृत्वको तेस्रो सरकार पनि ढल्यो दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन असफल भएका छन्। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका छन्।
गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकारमध्ये तीनवटा सरकार ढलेको छ। यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेकाे थियाे।
सरकार निरन्तरताका लागि पाउनु पर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरेका छन्। उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिए छि उनी स्वत: पदमुक्त भएका हुन्। मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो। प्रदेश सभामा ८७ जना सांसद रहेका छन्।
नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन्। उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुन: विश्वासको मत मागेका हुन्।
प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका थिए।
‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भनेका थिए, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’
|
लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत, भने ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लागि काम गरे’ दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत मागेका छन्। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत मागेका हुन्।
नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन्। उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुन: विश्वासको मत मागेका हुन्।
प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका छन्।
‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भने, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’
|
बारा-२ को मतगणना सुरु बारा। सर्वदलीय बैठक पछि बारा-२ को मतगणना सुरु भएको छ। हिजो सम्पन्न उपनिर्वाचनको आजबाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो।
करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सीसी क्यामेरासमेत जडान गरिएको छ।
सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो।
|
थापाको चुनाव खर्च साढे १५ लाख मकवानपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत प्रतिनिधिसभाको निर्वाचनमा रु. १५,३७,३४०/- पन्ध्र लाख सैतिस हजार तीन सय चालिस खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
थापाका निर्बाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारीसाधनमा दुइ लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शिर्षकमा दुइ लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारको लागि छापा एवं विद्युतिय माध्यममा २ लाख ५९ हजार ४४० खर्च भएको उल्लेख छ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए।
|
चितवनको मतगणना दिउँसो १ बजेदेखि चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।
आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
उनका अनुसार बैठकले कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउनेलगायतका निर्णय भएका छन्।
नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी दिएको छ। आइतबार साँझ बैठकमा प्रमुख जिल्ला अधिकारी नआएको भन्दै कांग्रेस, नेकपा (एमाले)सहितका दलले आपत्ति जनाएपछि बिहान पुनःबैठक बसेको हो। ती दलले प्रमुख जिल्ला अधिकारीको संलग्नतामा आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै बैठकमा जवाफ दिनुपर्ने माग गरेका थिए।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए। त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिंगी रहेका छन्।
यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो।
|
बारा-२ मा साढे १२ बजेबाट गणना थालिने बारा। प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा-२ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ।
हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
तर सबैदलका प्रतिनिधि आइनसेकोका कारण अझै केही समय लाग्ने बताइएको छ। बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए।
बारा-२ मा ६५ प्रतिशत मत खसेको थियो। त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन्।
|
राष्ट्रपतिको विरासत जोगाउन नसकेपछि यसरी तयार हुँदैछ कांग्रेस विभाजनको धरातल काठमाडौं। आफूसँग बिच्किएर एमालेसँग मिल्न गएका प्रचण्डलाई फकाएर ल्याएर नेपाली कांग्रेसले आफ्नो पार्टीका सिनियर नेता कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन त सफल भयो तर राष्ट्रपतिले संसदीय निर्वाचन जितेको तनहुँ क्षेत्र नम्बर १ को सांसद सिट भने जोगाउन नसक्ने संकेत देखिएको छ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सांसद रिक्त भएको तनहुँ १ मा भएको उपनिर्वाचनमा कांग्रेसबाटै बगावत गरेर रास्वपामा गएका डा. स्वर्णीम वाग्लेले अहिलेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवारलाई दोब्बरभन्दा धेरै मतले पछि पारिरहेका छन्। एमालेका उम्मेदवार त झन् तेस्रोमा छन्।
कांग्रेसले तनहुँ १ मा चुनाब जित्नकै लागि ५ वर्षअघि साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएका आफ्ना प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई अहिलेको चुनाबको मुखमा कारवाही फुकुवा गर्ने ललिपप पनि देखाएको थियो। तर, यो ललिपपले समेत काम गरेन, जोशीले कांग्रेसको कारवाही फुकुवा गर्ने प्रलोभनलाई बाल दिएनन्।
अहिले बहालवाला राष्ट्रपतिको संसदीय निर्वाचन क्षेत्रमा कांग्रेस हारको संघारमा छ। र, यसले कांग्रेस पार्टी नै विभाजित हुन सक्ने संकेत देखिएका छन्।
कांग्रेसभित्र विगतमा यस्ता परिस्थितिमा हुने गरेका अभ्यास र अहिले बनिरहेको माहोल तथा मिडिया र सामाजिक संजालमा कांग्रेसका नेतादेखि कार्यकर्ता र शुभचिन्तकहरुका अभिव्यक्ति हेर्दा कांग्रेस विभाजनको संघारमा छ।
पार्टीभित्र संघर्ष चलिरहेको बेला शेखर समूहले सम्भवतः यो सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान नगर्न सक्छन्। किनकि गगनले केही समययता पटक पटक यो सरकारको आयु ५ महिना मात्र भएको भन्दै आएका छन्।
यहाँ विभाजनका दुई अर्थ छन्। पहिलो पार्टी कानुनी रुपमै विभाजित भएर दुईवटा पार्टी समेत बन्न सक्ने सम्भावना पनि छ। यदि त्यो अवस्थासम्म पुगेन भने पनि कांग्रेस वैचारिक रुपमा भने एक ढिक्का रहन निकै कठिन छ।
औपचारिक रुपमा दुई पार्टी नबने पनि पार्टीभित्र दुई समूह कट्टर रुपमा एक अर्काका प्रतिद्वन्द्वी बनेर आन्तरिक संघर्ष चर्किने सम्भावना भने निकै उच्च छ।
कांग्रेसले तनहुँ १ मा चुनाब हारिसकेको छैन तर कुनै अप्रत्याशित चमत्कार भएको अवस्थामा बाहेक कांग्रेसले जित्ने सम्भावना देखिन्न। जति ठाउँमा मत गनिएका छन् त्यहाँ त कांग्रेस पछि परिसकेको छ।
जहाँको गन्न बाँकी छ त्यहाँका मतदातासँग गरिएका अनौपचारिक सर्वेक्षणले पनि कांग्रेसले त्यहाँ पहिलो हुने गरी मत पाउने सम्भवना देखाएका छैनन्। यस्तोमा अहिले एउटा कुरा अनुमान गर्न सकिन्छ-कांग्रेसले चुनाब हार्नेछ र यसले पार्टीभित्र खैलाबैला हुनेछ।
साढे ३ दशक लामो संसदीय राजनीतिको अभ्यासमा कांग्रेसको इतिहास हेर्ने हो भने यस्तो परिस्थितिमा कांग्रेसका नेता कार्यकर्ताले कसै न कसैलाई अन्तरघातको आरोप लगाउँछन्।
तनहुँ १ त झन् त्यो क्षेत्र हो जहाँ २०७४ को निर्वाचनमा रामचन्द्र पौडेल हारेपछि कांग्रेसले आफ्ना प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई अन्तरघातको आरोप लगाएर पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो।
त्यही ठाउँमा अहिले अनपेक्षित परिणाम आएपछि अन्तरघातको रोइलो पक्कै हुनेछ। र, सम्भवतः संस्थापन पक्षसँग फरक मत राख्दै आएका इतर समूह र राष्ट्रपति रामचन्द्र पौडेलको स्थानीय टिममाथि यो आरोप लगाइनेछ।
संस्थापन इतर टिममा शेखर कोइराला गगन थापा लगायत सभापतिसँग प्रस्ट रुपमा फरक मत राख्ने नेताहरु हुन्। यसबाहेक रामचन्द्र पौडेलले अन्तिम समयमा सभापतिलाई साथ दिएको भए पनि उनलाई इतर समूहकै निकट मानिन्छ।
यस्तोमा चुनाव प्रचारकै लागि खटिएका गगन थापा लगायत इतर समूहमाथि आरोप लागेपछि सम्भवतः यसको असर कारवाहीको सिफारिससम्म पुग्न सक्छ।
र, सम्भवतः कांग्रेसको तनहुँ जिल्लाको समितिमाथि नै अन्तरघातको आरोप लगाएर कारवाहीको सिफारिस हुन सक्छ। सिफारिस भएसँगै सभापतिले पनि तनहुँमा निर्वाचनको प्रचारप्रसारमा खटिएका टिममाथि कारवाही समेत गर्न सक्छन्।
यसले पार्टीभित्र द्वन्द्व बढ्दै जानेछ। यसले पार्टीमा संस्थापन र शेखर-गगन समूहबीच संघर्षको स्थिति ल्याउनेछ। अबको केही दिनमै सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ।
पार्टीभित्र संघर्ष चलिरहेको बेला शेखर समूहले सम्भवतः यो सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान नगर्न सक्छन्। किनकि गगनले केही समययता पटक पटक यो सरकारको आयु ५ महिना मात्र भएको भन्दै आएका छन्।
सम्भवतः सरकारको नीति तथा कार्यक्रममा मतदान गर्ने बेला कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरुलाई ह्वीप लगाउन सक्छन्। तर, त्यो ह्वीप उल्लंघन हुन सक्ने सम्भावना पनि छ।
किनकि २ वर्षअघि एमालेको माधव नेपाल समूहलाई ह्वीप उल्लंघन गर्न उक्साउने कांग्रेस नै हो र त्यसको बाछिटा कांग्रेसभित्र पनि पर्नु त्यति ठूलो कुरा होइन।
यदि इतर समूहले संसदीय दलका नेताको ह्वीप उल्लंघन गरे पनि उनीहरुमाथि कारवाही गर्नुपर्ने हुन्छ। पार्टीले उनीहरुलाई सांसदबाटै निष्काशन गर्ने हदसम्मको कारवाही गर्न सक्छ। त्यस्तो कारवाही गर्ने निर्णय भएमा त्यो निर्णय सभामुखलाई लेखी पठाउनुपर्ने हुन्छ।
र, सभामुखले पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकोले उनीहरु सांसद नरहेको निर्णय गर्नुपर्ने हुन्छ।
तर, सभामुख कांग्रेसका होइनन्। सभामुख कांग्रेसको गठबन्धनमा रहेको अर्को कुनै दलका पनि होइनन्, उनी एमालेका हुन्। र, कांग्रेसको शेखर समूह एमाले अध्यक्ष ओलीको निकट छन्। यस्तोमा कांग्रेसले गरेको कारवाहीको सिफारिस कार्यान्वयन नहुन सक्छ।
जसरी यसअघि एमालेले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही तत्कालीन सभामुख अग्नी सापकोटाले कार्यान्वयन हुन दिएका थिएनन् त्यसैगरी अहिलेका सभामुखले कांग्रेसले गरेको कारवाहीबाट शेखर समूहका सांसदलाई जोगाइदिन सक्छन्।
तर, त्यसरी ती सांसदलाई जोगाउन उनीहरुले कांग्रेस विभाजन गरेर नयाँ दल दर्ता गर्नुपर्ने हुन्छ। कांग्रेसले कारवाही गरिसकेको अवस्थामा नयाँ दल दर्ता गर्नुको विकल्प हुने छैन।
जसरी २०५८ सालमा कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि शेरबहादुर देउवाले पार्टी विभाजन गर्नुपरेको थियो। अहिले पनि त्यही अवस्था आउनेछ र कांग्रेस विभाजन हुनेछ।
माथि उल्लिखित परिस्थितिमा कांग्रेस विभाजन हुने भनेको चरम संघर्षको अवस्था हो। यद्यपि यस्तो चरम संघर्षको अवस्था नआउन पनि सक्छ।
संघर्ष नबढाउने र पार्टी जोगाउने नीति लिएको अवस्थामा दुवै समूहले ‘गिभ एण्ड टेक’को शर्तमा पार्टीलाई औपचारिक विभाजनबाट जोगाउन सक्छन्। तर, पार्टीभित्र वैचारिक विभाजन भने रोकिने छैन।
|
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्। सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्छ भने।
“विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, सङ्कल्प र बलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए।
|
तनहुँ-१ मा स्वर्णिमकाे फराकिलाे अग्रता कायमै काठमाडाैं। तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
पछिल्लाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता फराकिलाे बनाउँदै लगेका छन्।
वाग्लेले १२ हजार ७ सय ५ मत पाएर अग्रता बढाइरहेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६ सय ४७ मतसहित पछ्याइरहेका छन्।
तेस्रो स्थानमा रहेको नेकपा एमालेका सवेन्द्र खनालले ४ हजार २ सय २० मत पाएका छन्।
हिजाे सम्पन निर्वाचनमा तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो।
गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
कर्णालीका मुख्यमन्त्रीले शुक्रबार तेस्रो पटक विश्वासको मत लिने सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शर्माले त्यसका लागि गत आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएका छन्। प्रदेश सभाका सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन्।
शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन्। ६ माघमा एमालेको समर्थनमा पहिलोपटक विश्वासको मत लिएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक संसदसमक्ष विश्वासको मत लिएका थिए।
|
जनमोर्चा अध्यक्ष केसीको निर्वाचन खर्च १८ लाख १४ हजार बाग्लुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन्। प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन्।
जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन्।
यसैगरी, सामाजिक सञ्जाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको विवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए।
केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए।
|
बारा-२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुँदै बारा। हिजो हुन नसकेको बारा-२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ। हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन। हिजो हुन नसकेको बैठक आज सुरु भएको हो।
जारी सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ।
बारा-२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन्।
|
तनहुँ अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर भन्दा बढीले अगाडि तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन्। आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन्।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनामा १३ हजार ६५ मतगणना सम्पन्न हुँदा रास्वपाका वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले उनी भन्दा आधा कम अर्थात ३ हजार २३४ मात्रै मत प्राप्त गरेका छन्।
नेकपा एमालेका सर्वेन्द्र खनाल वाग्ले भन्दा ५ हजार मतले पछि परेका छन्। खनालले २ हजार १३४ मतमा सीमित रहेका छन्।
हिजाे सम्पन निर्वाचनमा तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो।
गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
चितवन र बारा- २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै चितवन। चितवन क्षेत्र नम्बर २ मा हिजो सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ।
गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो।
आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनले जारी गरेकाे सूचनामा आज बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको जनाइएकाे छ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन्। बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताएका छन्।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए। जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्।
बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै
बारा क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ। गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
“सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छाैं।” सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ उनको भनाइ छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।
महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन्। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
|
मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बाेलाइयाे चितवन। चितवन-२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाइएको छ। आचारसंहिता उलंघनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन।
आज सर्वदलीय बैठकबाट सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे। निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाइएको छ। सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ) ले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो। सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे।
|
हावाहुरीले रोकियाे बारा-२ को मतगणना, अहिले सर्बदलीय बैठक बस्दै बारा। हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा-२ को मतगणना आजबाट सुरु हुने भएकाे छ।
आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा-२ को मतगणना सुरु गरिन लागिएको हो। बैठक अहिले ७ बजे बस्दैछ।
सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय बाराले जनाएको छ। तनहुँ-१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा-२ र चितवन-२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन।
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङघन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ। जसकाकारण चितवन-२ मा मतगणना सुरु हुन नसकेकाे हो।
|
तनहुँ-१ मा स्वर्णिमको अग्रता झन् फराकिलो, निकै पछि परे भट्टराई र खनाल तनहुँ. तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ७२९३ मत प्राप्त गरेका छन्।
वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत प्राप्त गरेका छन्। भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २१३४ मत पाउँदै तेस्रो स्थानमा रहेका छन्। गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
तनहुँ-१ मा स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतले अगाडि काठमाडौं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्।
७ हजार ६८३ मत गन्दा रास्वपाका वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ४ हजार ३०३ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १ हजार १९८ मत पाएका छन्।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
आज लोकतन्त्र दिवस, राजाले जनताको नासो फिर्ता गरेको दिन काठमाडौं। १७औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेका थिए। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।
विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो।
विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो। विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो।
नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ।
जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।
|
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता काठमाडाैं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।
३२१६ मत गन्दा रास्वपाका वाग्लेले अग्रता हासिल गरिरहेका छन्। उनले २७६७ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ८२० मत पाएका छन्।
|
चितवन-२ मा सर्वदलीय बैठक सोमबार बिहान ८ बजे बस्ने काठमाडौं। चितवन-२ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ।
बैठक सोमबार बिहान ८ बजे बस्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
आइतबार बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दल तयार नभएपछि बैठक भोलिका लागि बोलाइएको हो।
आज भएको उपनिर्वाचनमा चितवन–२ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेसले निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएपछि आज सर्वदलीय बैठक नबसेको हो।
सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा ल्याइसकिएको छ।
नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ।
निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो।
नेपाली कांग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। उनले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठको तर्फबाट उजुरी पेश गरेका छन्।
निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यसमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ।
|
तनहुँ-१ मा मतगणना सुरु हुँदै तनहुँ। तनहुँ-१ मा आजै मतगणना सुरु हुने भएको छ।
सबै मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा आएपछि बसेको सर्वदलीय बैठकले राति ११ः४५ देखि मतगणना गर्ने सहमति गरेको हो।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ।
निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ। उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन्।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
बारा-२ मा बिहान ६ बजे बस्नेगरी सर्वदलीय बैठक स्थगित बारा। बारा-२ मा सोमबार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर मतगणना गरिने स्थान शिक्षा तालिम केन्द्र, कलैयामा ल्याइसकिएको छ।
सबै दलहरूले बिहान बैठक राख्न आग्रह गरेपछि आज सर्वदलीय बैठक नबसेको हो। भोलि बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए। उक्त मतदाताबाट ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला गरी ६८ हजार ८ सय ८७ मत खसेको छ।
उपनिर्वाचन शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्। उपाध्यायले निर्वाचन क्षेत्रको कुनै पनि स्थानमा विवाद नभएको बताए।
उपाध्यायले विवादरहित ढंगले निर्वाचन सम्पन्न भएको बताएपनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो। देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो।
यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। उनलाई नियन्त्रणमा लिएलगत्तै जसपाका नेताकार्यकर्ताले विरोध जनाएका थिए। सो क्रममा केही समय विवादको स्थिती भएको थियो।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो। निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए। मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु समेत रिहा भएका छन्।
निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो। यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वास्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नै संचारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए। त्यहि क्रममा त्यहा रहेका जसपाका नेता कार्यताहरुले संचारकर्मीहरुमाथी हुलहुज्जत गरि दुर्व्यवहार गरेका थिए।
|
कांग्रेसले अडान लिएपछि चितवन-२ मा सर्वदलीय बैठक स्थगित, मतगणना भोलिमात्रै सुरु हुने काठमाडौं। चितवन २ मा सर्वदलीय बैठक स्थगित भएको छ। सर्वदलीय बैठक स्थगित भएपछि आज मतगणना नहुने भएको छ।
कांग्रेसले निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएपछि आज सर्वदलीय बैठक नबसेको हो।
सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा ल्याइसकिएको छ।
नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ।
निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो।
नेपाली कांग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। उनले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठको तर्फबाट उजुरी पेश गरेका छन्।
निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यसमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ।
|
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गण्डकी। गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामा उनले विश्वासको मत प्राप्त गर्न सकेनन्।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको विषय यतिखेर चर्चामा छ। केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेका अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ।
संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ । कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ ।
सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । अधिकारी नेतृत्वको सरकारले शनिबार विश्वासको मत नपाएसँगै नयाँ सरकार गठन गर्न आह्वान हुनुपर्ने भए पनि प्रदेश प्रमुख गुरुङ काठमाडौँ रहेको र आजमात्रै पोखरा फर्किएकाले ढिलाइ भएको छ ।
प्रदेश प्रमुख पोखरा आएसँगै सरकार गठनका लागि आवश्यक कानूनी परामर्श सुरु गर्नुभएको र भोलिसम्म आह्वान हुन सक्ने प्रवक्ता अर्यालले जानकारी दिए ।
|
बारा-२ मा मंसिरको भन्दा दुई प्रतिशत बढी मत खस्यो बारा। बारा क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ।
यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ को कुल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ मत खसेको थियो।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले दुई प्रतिशत मत बढी खसेको जानकारी दिए।
जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए। उक्त मतदाताबाट ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला गरी ६८ हजार ८ सय ८७ मत खसेको छ।
उपनिर्वाचन शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्। उपाध्यायले निर्वाचन क्षेत्रको कुनै पनि स्थानमा विवाद नभएको बताए।
उपाध्यायले विवादरहित ढंगले निर्वाचन सम्पन्न भएको बताएपनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो। देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो।
यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। उनलाई नियन्त्रणमा लिएलगत्तै जसपाका नेताकार्यकर्ताले विरोध जनाएका थिए। सो क्रममा केही समय विवादको स्थिती भएको थियो।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो। निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए। मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु समेत रिहा भएका छन्।
निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो। यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वास्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नै संचारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए। त्यहि क्रममा त्यहा रहेका जसपाका नेता कार्यताहरुले संचारकर्मीहरुमाथी हुलहुज्जत गरि दुर्व्यवहार गरेका थिए।
|
राति ११ बजेभित्र मतपेटिका मतगणनास्थल पुर्याइने काडमाडौं। तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरू भएको छ। मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ।
आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्याइने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन जिल्ला क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १०ः०० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।
मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ।
जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएकोे छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ दशमलव ५६ प्रतिशत चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६७ दशमलव ६३ प्रतिशत तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं.१ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो।
यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए।
|
रवि लामिछानेको स्टाटस शेयर गरेको बारे आयोगले वाग्लेसँग सोध्यो २४ घण्टे स्पष्टीकरण काठमाडौं। जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
तनहुँ–१ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएकाले उम्मेदवार वाग्लेलाई स्पष्टिकरण सोधेको हो।
‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।
|
देवघाटको मतपत्र पुगेपछि तनहुँ १ को मतगणना सुरु गरिने चितवन। तनहुँ क्षेत्र नम्बर १ को मतगणना आजै साँझबाट सुरु गरिने भएको छ । चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए ।
तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उनले बताए । त्यहाँबाट मतपत्र आउनासाथ सर्वदलीय बैठक बसी गणनाको काम थालिने जानकारी उनले दिए ।
मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुनेछ । यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको छ । यो कुल मतदाताको ५१ प्रतिशत हो ।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकाछन्। ढकालका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ।
निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ। उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन्।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो, आजैबाट मतगणना हुने काठमाडौं। आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए।
|
तनहुँमा खस्यो ५२ प्रतिशत मत तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ।
प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए।
गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको ढकालले जानकारी दिए। उनका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ।
निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ। उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन्।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।
|
चितवन-२ मा मंसिरको भन्दा कम मत खस्यो चितवन। चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ। यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ।
एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ७५ हजार हाराहारीमा मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ४३ मतदानस्थल र १३८ वटा मतदान केन्द्रमा मतदान भएको थियो।
चितवन २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि आज उपनिर्वाचन भएको हो।
|
मतदानको लागि तोकिएको समय सकियो, लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने काठमाडौं। आज तीन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ।
चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ। बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो।
बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन् भने चितवनको नयाँ किरण मावि भोजाडस्थित मतदानस्थलमा असहज अवस्था आएको तथा चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएको बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको छ।
बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भएको छ। केही मतदान केन्द्रहरुमा बिशेष कारणले समय थपिएको बाहेक मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे अन्तिम विवरण आउन बाँकी छ।
|
आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछाने र चितवनका प्रजिअविरुद्ध उजुरी चितवन। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ।
निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो।
नेपाली कांग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। उनले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठको तर्फबाट उजुरी पेश गरेका छन्।
निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यसमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.