content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो।, विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे पत्राचार गरेको थियो।, ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।, पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।,  , सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पोखराबाट पक्राउ परे युवा
सेतोपाटी संवाददाता प्रहरीले थप एक तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा २७ वर्षकी निमा ल्हामो गुरूङ रहेकी छन्। उनलाई प्रहरीले बिहीबार बौद्धबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।, तिब्बतबाट भारत विहार दिल्ली हुँदै यहाँ आएकी उनी २ वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। , उनले सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झूटा लिखत तथा नक्कली सिफारिस तयार गरी नक्कली बुवा समेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए।, नागरिकता बनाउनका लागि उनले नेपाली नागरिकता भएका एक जनालाई क्याम्पका व्यक्तिमार्फत् सम्पर्क गरेकी थिइन्। नागरिकता बनाइदिए बापत उनले ठूलो परिमाणमा रकम दिएको बुझिएको प्रहरीले जनाएको छ।, ‘उनले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत् कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउनको लागि सम्पर्क गरेको थिइन्’, उनले भने, ‘नागरिकता बनाउनको लागि गुरूङले ५ लाख रूपैयाँ कटुवाललाई तिरेको देखिएको छ।’ , उनीबाट एक थान नागरिकता बरामद भएको प्रहरीले जनाएको छ।, प्रहरीले नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको बताएको छ।,  ,  , ५ लाख तिरेर नेपाली नागरिकता बनाएको आरोपमा थप एक तिब्बतियन शरणार्थी पक्राउ
डा.बाबुराम पोखरेल छारे रोग भनेको ब्रेनमा करेन्ट पैदा हुने बिमारी हो। ब्रेनको एउटा भागमा आगोको झिल्काजस्तो करेन्ट लाग्छ त्यो शरीरको अरू भागमा फैलिँदै जाँदा समस्या देखिन्छ। जस्तैः अनुहार बांगिने, आँखा बांगिने, मुख बांगिने, मुखमा फिज आउने, र्याल आउने, जिउ दह्रो हुने हुन्छ भने कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन।, यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ। त्यसकै आधारमा उपचार समेत हुन्छ।स्कुलमा पढिरहेको बच्चा पढाइमा ढिलो हुने अनि टोलाइरहने भयो भने त्यो छारे रोग भएको हुनसक्छ।, छारे रोग हो कि होइन भनेर थाहा पाएपछि नियमित रूपमा ‍औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ।, छारे रोगबाट बच्ने भनेको मस्तिष्कमा लाग्ने चोट र मदिराको सेवनबाट जोगिनु हो। कतिपय खोपले  पनि नियन्त्रण गर्न सकिन्छ।छारे रोगलाई लापरबाही गर्नु भनेको वनमा लागेको आगोको झिल्काजस्तै हो। यो बढ्दै गयो भने मस्तिष्कलाई नै नष्ट गर्छ।, जुकाको फूल मस्तिष्कमा पर्यो भने छारे रोग लाग्ने हो।खाना मजाले पकाएर खायो भने केही कम गर्न सकिन्छ।अर्को कुरा अत्यधिक रक्सी सेवन पनि छारे रोगको कारण हो।, विश्वभरी ५० मिलियन मानिसलाई छारे रोग छ।त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ।यीमध्ये ७० प्रतिशतलाई उपचार गर्न सकिन्छ।यदि लापरबाही गरियो भने तीन गुणा आयु घट्छ।, कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउँछन् भने कति आउँदैनन्।कतिपयले त झारफुक गरेर लापरबाही गरेका हुन्छ।त्यस्तै कति बिरामीले आफूखुसी औषधि छोडेका हुन्छन्।जसले गर्दा रोग निको हुन गाह्रो हुन्छ।, यसको नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क र नसके पनि केही अनुदान दिन सके तल्लो तहका जनतालाई सहज हुन्छ।कुनै त्यस्ता संस्थाले सहयोग गरेमा समेत बिरामीलाई फाइदा पुग्छ।, (वरिष्ठ नशा रोग विशेषज्ञ डा.पोखरेल नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्।), छारे रोग भएको कसरी थाहा हुन्छ, उपचार के हो? (भिडिओ)
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका कर्णाली, गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।, दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , महाशाखाका अनुसार राती कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। , मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। , आगामी तीन दिनको मौसम , २०७९ चैत २५ गते (शनिबार), दिउँसोː  ,कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्काक्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː  ,कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत २६ गते (आईतबार), दिउँसोː,  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː , देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, २०७९ चैत २७ गते (सोमबार), दिउँसोː , देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, रातीː  ,देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, यस्तोे रहनेछ आगामी तीन दिनको मौसम
सेतोपाटी संवाददाता गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्ला अस्पताल गुल्मीलाई पाँच वटा डायलासिस मेसिन उपलब्ध गराएको छ।, शुक्रबार विश्‍व स्वाथ्य दिवसको अवसर पारेर पालिका प्रमुख खिलध्वज पन्थीले  जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।, पन्थीका अनुसार र डायलासिस मेसिन संचालनको निम्ति नगरपालिकाले जनशक्तिलाई तालिममा पठाइसकेको छ।, 'क्रमशः पूरा गर्दै छौँ,निर्वाचनमा गरेका वाचा अनि कार्यपालिका निर्णयहरू, मिर्गौलाका बिरामीहरू बढिरहेको अवस्थामा जिल्लावासी आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा हामी स्वास्थ्य क्षेत्रमा केन्द्रित छौँ,' नगरपालिका प्रमुख पन्थीले भने।, यो कार्यले गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा रहेका मिर्गौला बिरामीहरूलाई डायलासिस सेवाले राहत पुग्ने छ। जनशक्ति प्रशिक्षित भएपछि केही दिनमा नै जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु हुने  नगरप्रमुख पन्थीले बताए।, रेसुङगा नगरपालिकाले ६५ लाख ३६ हजार रुपैयाँमा पाँच वटा मेसिन खरिद गरेको बताएको छ।, रेसुङ्गा नगरपालिकाले दियो जिल्ला अस्पताल गुल्‍मीलाई पाँच डायलासिस मेसिन
सुसन चौधरी वकिलसँग कानुनका कुरा, अनुमतिबिना आफ्नो सामूहिक वा एकल फोटो कसैले खिच्दा जो कोहीलाई चित्त बुझ्दैन।, आफूले अनुमति नदिइकन कसैले फोटो खिचेर सामाजिक सञ्जालमा राख्यो भने त झन् चित्त बुझ्ने कुरै भएन।, यसरी अनुमति नलिई फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु अर्काको गोपनीयताको वा व्यक्तिगत इच्छा विरूद्धको काम हो।यदि कसैले बिनाअनुमति वा जानकारी अर्काको फोटो-भिडिओ खिच्यो वा सामाजिक सञ्जालमा पोस्ट गर्‍यो भने के कानुनी कारबाही हुन्छ?  , यही विषयमा  हामीले अधिवक्ता अनिश बास्तोलासँग कुराकानी गरेका छौं।, काम गर्दा-गर्दै, हिँड्दा-हिँड्दै, कतै बसिरहेको बेला वा कुनै पनि अवस्थामा अर्काको फोटो खिच्न पाइन्छ कि पाइन्न? कसैको ,फोटो कुन अवस्थामा खिच्न मिल्छ, कुनमा मिल्दैन?, अनुमतिबिना व्यक्तिगत वा सामूहिक रूपमा कसैको फोटो-भिडिओ खिच्न पाइँदैन। कानुनले कसैको फोटो खिच्नु अघि अनुमति लिनुपर्ने र के कामको लागि तस्बिर खिचिएको हो भनेर जानकारी दिनुपर्ने उल्लेख गरेको छ। , सार्वजनिक पदधारण गरेका व्यक्तिको फोटो खिच्न भने कुनै समस्या हुँदैन। तर कुन प्रयोजनको लागि वा कुन नियतले तस्बिर खिच्दै हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।, फोटो तोडमोड गरेर वा आर्थिक लाभको लागि वा व्यक्तिगत लाभको लागि कसैको फोटो खिचिन्छ भने सो व्यक्ति कानुनी कारबाही पर्न सक्छ। एउटाको फोटो अर्कैकोमा जोडिदिने र फोटो विकृत बनाइदिने काम पनि कानुनीरूपमा दण्डनीय हुन्छ। , कसैको अनुमतिबिना सामूहिक फोटो खिच्न मिल्छ?, मिल्दैन। समूहको फोटो खिच्दा कसैलाई असहज हुन्छ भने कसैले पनि फोटो नखिचिदिन आग्रह गर्न मिल्छ। अनुमतिबिना सामूहिकरूपमा तपाईंसहितको फोटो कसैले खिच्छ भने ऊ कारबाहीको दायरामा पर्छ।, सार्वजनिक स्थलको फोटो खिच्दा त्यसको फ्रेममा समूह वा व्यक्तिको फोटो खिचिन गएको रहेछ भने कानुन लाग्दैन। सार्वजनिक स्थलमै पनि जानाजान अनुमतिबिना सामूहिक वा एकल फोटो लिन भने पाइन्न। , अनुमति नलिई फोटो खिचेमा १ वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै सजाय  हुन सक्छ।, कसैले अनुमतिबिना खिचेको फोटो वा भिडिओ सामाजिक सञ्जालमा हाल्दा कस्तो सजाय हुन्छ? ‍, एउटा प्रयोजनको लागि लिएको तस्बिर अर्कै प्रयोजनमा प्रयोग गरेमा वा अनुमति नलिई खिचेको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेमा विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्षसम्म कैद र एक लाखसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।, यही विषयमा मुलुकी फौजदारी संहिता अन्तर्गत उजुरी पर्यो भने १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद हुन्छ। यसरी कसैको अनुमतिबिना खिचिएको फोटो सार्वजनिक रूपमा प्रकाशन गरेको पाइएमा तीन महिनाभित्रमा उजुरी गर्न सकिन्छ।, मुलुकी फौजदारी वा व्यक्तिगत फौजदारी अन्तर्गत उजुरी दर्ता गरेमा सम्बन्धित न्यायपालिका जानुपर्छ। विद्युतीय कारोबार ऐन अन्तर्गत कसैले मुद्दा दर्ता गर्न चाहेमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा गएर मुद्दा गर्न सकिन्छ।, सञ्जालमा प्रकाशन गरेको फोटो उजुरी परेपछि डिलिट गरियो भने कारबाही हुन्छ?, बिनाअनुमति फोटो खिचेर सार्वजनिक रूपमा प्रकाशन गर्नै नपाइने भएपछि डिलिट गर्दैमा सजायबाट उन्मुक्ति पाइन्न। कहिलेकाहीँ उजुरी दर्ता भएपछि सञ्जालबाट फोटो डिलिट गर्ने गर्छन्। उजुरी गरेको व्यक्तिले क्षतिपूर्ति माग गरेको छ भने क्षतिपूर्ति नपाउन्जेलसम्म वा आपसी सहमति नहुन्जेलसम्म फोटो खिच्ने व्यक्ति कानुनी कारबाहीको भागीदार हुन्छ। , सार्वजनिक स्थानमा तस्बिर खिच्दा याद राख्नुपर्ने कुरा के-के हुन्?, सार्वजनिक स्थानमा कसैको फोटो खिच्दै हुनुहुन्छ भने उनीहरूको अनुमति अनिवार्य लिनुपर्छ। सार्वजनिक स्थलको फोटो खिच्दै हुनुहुन्छ र खिच्ने क्रममा व्यक्तिको तस्बिर खिचिएमा भने कुनै चिन्ता लिनुपर्दैन। सामुदायिक महत्व भएको ठाउँको फोटो खिच्दै हुनुहुन्छ भने कसैको सहमति लिँदा वा जानकारी दिँदा पछि सजिलो र ढुक्क हुन्छ। यदि तपाईंले खिचेको फोटोमा कसैले उजुरी गर्छ भने तपाईंले फोटो कुन प्रयोजनको लागि र कुन नियतले खिचेको भनेर स्पष्ट पार्न जरूरी हुन्छ र आपसी सहमतिमा उजुरी फिर्ता लिन सकिन्छ।, अनुमतिबिना अर्काको फोटो खिचे के हुन्छ कारबाही? (भिडिओ)
युनिक श्रेष्ठ विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।, आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो।, अभियुक्तहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो।, उनीहरूले वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा विदामा नेपाल आउँदा ज्यान गुमाएका व्यक्तिको परिवारलाई भेटी बिमा रकमका लागि प्रक्रिया सुरू गर्थे।, कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्थे र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिन्थे।, परिवारका सदस्यलाई उनीहरूले काठमाडौंका होटलमा राख्थे र सबै कागजात आफैंसँग लिएर बिमाको प्रक्रिया अघि बढाउँथे। उनीहरूको निशानामा मधेश प्रदेशका व्यक्तिहरू धेरै हुन्थे।, ‘बिमाबापत् कसैले १४ लाख रुपैयाँ पाउने रहेछ भने उनीहरूले ८ लाख जति आफैं राख्ने, बाँकी पैसा मात्र परिवारले दिने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी केसीले भने।, यो गिरोहसँग वैदेशिक रोजगार विभागका एक जना नायब सुब्बाको पनि मिलेमतो देखिएको छ।, विभागका  सुब्बा पशुपति अधिकारीले कसको शव कहिले आउँदैछ भन्ने जानकारी गिरोहका सदस्यहरूलाई दिन्थे।, त्योबापत् यो गिरोहले एक जनाको शव आउँदा अधिकारीलाई २५ हजार रुपैयाँसम्म पैसा दिन्थे।, अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको केसीले जानकारी दिए।, पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।,  , वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ
रासस एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ। , अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए। , नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए। स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार नगरपालिकामा गैँडाकोट बचाऔँ सङ्घर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति गरिएको छ। , गैँडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका छन्। नवलपुरतर्फका बासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले जानकारी दिए।, हरेक बर्खायाममा गैँडाकोट नगरपालिकाको वडा नं १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ। , नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले बताए। , नारायणी नदीको पुलबाट उत्तरतर्फ सि बिच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि गैँडाकोट क्षेत्रमा पनि संरक्षणका कार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आगामी एक साताभित्र तटबन्धका लागि डिपीआर प्रक्रिया अघि बढाइने  सहमति भएको हो। ,  ‘गैँडाकोट–६ र ९ स्थित किनार क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक कार्य अघि बढाउने निर्णयमा पुगेका छौँ,’ मरासिनीले भने।  , त्रिपक्षीय सम्झौतापछि गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताए। , तटबन्धको डिपीआर, संरचना निर्माणलगायत सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उहाँले प्रतिबद्धता जनाए।  , सहमतिपछि सङ्घर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिए। , नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने
रासस मधेस प्रदेशका मुक्त हरवाचरवाले  न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्। , सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनःस्थापनाका कार्यक्रम सुरु नगरेको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि आजदेखि २९ गतेसम्म प्रदेश राजधानी जनकपुरधाम लक्षित अधिकार यात्रा सुरु गर्न लागिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले जानकारी दिए। , प्रदेशका आठ जिल्लामध्ये सप्तरी, सिरहा, सर्लाही, धनुषा क्षेत्रलाई समेटेर सप्तरीको राजविराज र बारा, पर्सा, रौतहट तथा महोत्तरी क्षेत्रलाई समेटेर वीरगञ्जबाट दुई समूहमा यात्रा सुरु भई जनकपुरधाम पुग्ने कार्यक्रम रहेको उनले बताए। , ‘सरकारले यही वर्ष साउन २ गते मुक्तिको घोषणा ग¥यो, हामीले पनि सहमति जनायौं तर नौ महिनासम्म पुनःस्थापनाका कुनै कार्यक्रम ल्याइएन र ल्याउने छाटकाट पनि छैन,’ सदाले भने, ‘केन्द्र सरकारले मुक्तिको घोषणा ग¥यो तर स्थानीय तह र अन्य निकायले बसिरहेको खोला, सडक, जङ्गल छेउ र ऐलानी जग्गाबाट उठिबास लगाउन थाल्यो। अब न्याय कसलाई माग्ने रु आफ्नो मागको सुनुवाइ होस् भनेर अधिकार यात्रा गर्दैछौँ।’, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले सरकारले मुक्तिको घोषणा गरेपछि आफूले सुखका दिन फर्किएलान् भनेर हर्ष बढाइ गरे पनि अहिलेसम्म पुनःस्थापनाका काम अगाडि नबढाउँदा फेरि समस्यामा पर्न थालेकाले त्यसैको अभिव्यक्तिका रुपमा अधिकार यात्रा गर्न लागिएको बताउनुभयो । मुक्तिको घोषणा गर्दा आफूहरुसँग गरेको प्रतिबद्धताबाट पछाडि नहट्न मण्डलले सरकारलाई आग्रह गरे। , मञ्चका कोषाध्यक्ष राजवती मण्डलले सरकारले प्रतिबद्धता जाहेर गरेअनुरुप तत्काल हरवाचरवाको लगत सङ्कलन गरी न्यायिक पुनःस्थापनाको प्याकेज ल्याउन माग गरिन् । उनले वर्षौदेखि काम गर्दा सामाजिक प्रतिष्ठा गुमाउनुका साथै श्रमको मूल्य नपाउँदा गरिबीको चपेटामा पर्नुपरेको र मुक्तिको घोषणापछि समस्या थप बल्झिन थालेको बताइन्। , केही ऋण, एक टुक्रा जमिन र दुई छाक खानैका लागि पुस्तौँ पुस्ता हरवाचरवा बस्नुप¥यो,’ कोषाध्यष मण्डलको दुखेसो छ, ‘न्यायिक पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाकाको घोषणा भइसक्दा पनि ओझेलमै छन्।’, हरवाचरवाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फ्रिडम फण्ड नेपालका कानुनी सल्लाहकार अधिवक्ता बालाराम भट्टराईले अहिलेसम्म हरवाचरवालाई सङ्गठित गरी संस्थागत क्षमता विकास, सचेतना अभिवृद्धि र अधिकारको पैरवीका काम भए पनि अब सरकारलाई जवाफदेही बनाउने गरी दबाब दिन जरुरी रहेको बताए। अधिवक्ता भट्टराईले भने, ‘आफैले मुक्तिको घोषणा गरेको कुरालाई अब सरकारले स्वामित्व लिएर व्यवस्थापनका लागि पहलकदमी लिनुपर्छ।’ , हरवाचरवाको क्षेत्रमा सन् २०१८ देखि काम गरिरहेको राष्ट्रिय दलित नेटवर्क (आरडिएन) का अध्यक्ष गणेश विश्वकर्माले उनीहरुका माग सम्बोधनका लागि सरकारलाई जवाफदेही बनाउने र पुनःस्थापनाको पर्खाइमा रहेकामा जागरण ल्याउँदै थप सङ्गठित गर्ने उद्देश्यले अधिकार यात्रा हुन लागेको स्पष्ट पारे।, ‘यो समुदाय पहिलो चरणमा अधिकार यात्रा र त्यसपछि आन्दोलनमा जाने मनस्थितिमा छ । उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारले ठोस् कदम चाल्न जरुरी छ,’ विश्वकर्माले भने। , अधिकार यात्राका क्रममा करिव १० हजार बढी हरवाचरवा र शुभचिन्तकमा पुगेर सङ्कलन गरिएको माग र उनीहरुको बाहुल्य रहेका पालिकामा गई सम्बन्धित पालिकाका प्रमुखबाट लिइएको प्रतिबद्धतासहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको अधिकार यात्राको व्यवस्थापनमा खटिएका सप्तरीका सञ्जय महराले जानकारी दिए। , मञ्चले हरवाचरवाको जीविकोपार्जनका लागि कम्तीमा १० कट्ठा जमिन प्रदान गर्नुपर्ने माग गरिरहेको छ। मञ्चले मन्त्रिपरिषद्बाट विस्तृत कार्ययोजना र कार्यविधि पारित गरी हरवाचरवाको जीविकोपार्जनका लागि आवश्यक सीपको तालिम, रु एक लाखको बीउपूँजी र आवश्यक औजार प्रदान गर्नुपर्नेमा जोड दिएको छ।, त्यसैगरी उनीहरुको लगत सङ्कलन, सत्यापन, परिचयपत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहलाई समन्वयात्मक ढङ्गले समस्याको हल गर्ने गरी आगामी नीति तथा कार्यक्रम तर्जुमा गरी बजेट विनियोजन गर्न, विकासको बहानामा विस्थापित गर्ने क्रम सुरु भएकाले यसलाई तत्काल रोकी वैकल्पिक व्यवस्था गर्न मञ्चले माग गरेको छ।  , मधेस प्रदेशका मुक्त हरवाचरवाले आजदेखि अधिकार यात्रा सुरू गर्दै
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ बुधबारदेखि सुरू हुँदैछ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दाको सुनुवाइ हुन लागेको छ।, यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन।, न्यायाधीश घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो। , गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गतेउच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। , सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।, सन्दीप लामिछाने विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा
सेतोपाटी संवाददाता बेलायतले वर्षौंसम्म अफगानिस्तानको राजधानी काबुलमा बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपालीलाई अहिले पक्राउ गरेर नेपाल फिर्ता पठाउने तयारी गरेको छ।, समाचार पत्र द गार्डियनका अनुसार सन् २०२१ को अगस्टअघिसम्म काबुलमा बेलायती तथा क्यानडेली राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले अहिले नेपाल फिर्ता पठाउन लागेको हो।, तालिबान विद्रोहीहरूले काबुल कब्जा गरेपछि ११ नेपाली र २ भारतीय सुरक्षा गार्डलाई काबुलबाट उद्धार गरी बेलायत लगिएको थियो। तीमध्ये केहीलाई बेलायतमा स्थायी बसोबासको अनुमति दिइए पनि केहीलाई  पक्राउ गरेर राखिएको छ।, तिनैमध्येका एक हुन् ३७ वर्षीय बमबहादुर गुरूङ। एक दशकसम्म अफगानिस्तानमा विभिन्न देशका राजदूतावासमा सुरक्षा गार्ड बनेका गुरूङ तालिबानले सत्ता कब्जा गर्नुअघि बेलायत र क्यानडाको सुरक्षाको सुपरीवेक्षक थिए।, बेलायत पुर्‍याएपछि सुरूमा उनले बेलायतमै स्थायी बसोबासका लागि प्रक्रिया सुरू गरेका थिए।, सन् २०२२ को फेब्रुअरीमा उनको निवेदन स्वीकृत भएको र बायोमेट्रिक गर्नुपर्ने जानकारी आएको थियो।, तर त्यही वर्ष जुन बेलायतको अफगानी पुनर्स्थापना टिमबाट उनलाई इमेल आयो जसमा लेखिएको थियो- अफगानिस्तानबाट भएको उद्धार सहयोग र सद्भाव थियो। त्यसको अर्थ अफगान नागरिक पुनर्स्थापना स्किमअन्तर्गत बेलायतमा बस्न योग्य हुनु होइन।, गत मार्चमा बेलायतका अधिकारीहरूले गुरूङसहित अफगानिस्तानबाट उद्धार गरिएका अरू मानिसहरूलाई पक्राउ गरे र अहिले नियन्त्रणमा राखेका छन्।, ‘मलाई गिरफ्तार गरेको बेला म काममा जान ठिक्क परेको थिएँ। बेलायत सरकारले ममाथि गरेको व्यवहारले म चकित र दु:खित छु,’ गुरूङले गार्डियनसँग भनेका छन्,‘काबुलमा मैले वर्षौंसम्म बेलायती दूतावासका कर्मचारीको सुरक्षा गरें। हामी कसैको पनि आपराधिक रेकर्ड छैन। मेरो सपना बेलायतमै बस्ने र ब्रिट्रिस आर्मीमा सेवा गर्ने छ।’, अधिकारीहरूले आफूहरूलाई अप्रिल ११ तारिखमा जबरजस्ती सम्बन्धित देशमा फिर्ता पठाउने बताएको उनले जानकारी दिए।, काबुलमा बेलायती दूतावासको सुरक्षा गरेका गार्डलाई अहिले पक्रेर नेपाल फिर्ता पठाउँदै बेलायत
सेतोपाटी संवाददाता सर्लाहीमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।, मलंगवा नगरपालिका-८ भन्सार सीमा इलाकाबाट ३ लाख २० हजार नगदसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो। , भारतका २७ वर्षीय राकेशकुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो। , बिआर ३० ए ए ३४५५ नम्बरको मोटरसाइकलमा सवार उनीबाट उक्त रकम फेला परेको हो। , उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ। , सर्लाहीमा स्रोत नखुलेको नगदसहित एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन भनेका छन्।, शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू हालेर हटाउन भनेका हुन्। नहटाए आफैंले हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन्। , फुटपाथमा पैदलयात्री हिँड्नको लागि प्रयोग हुनुपर्ने भन्दै व्यापार गर्न पनि रोकेको र यो नियम सर्वसाधरणका लागि मात्रै नभएको पनि उनले बताए। , ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौं,’ उनले भनेका छन्। , यस्तै राजदूतावास लगायत विदेशी नियोगले पनि विभिन्न ठाउँमा सडकपेटी मिचेको भन्दै मन्त्रालयलाई काम अघि बढाउन पत्राचार पनि गरेको बताए। , ‘कानुन सर्वसाधरण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ। तयार बनौं,’ उनले भने। , कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेको छ, संरचना आफैंले हटाउनुहोला: मेयर बालेन
सेतोपाटी संवाददाता सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरूद्ध मुद्दा दायर भएको हो।, नगरपालिकाले अनावश्यक रूपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ। उक्त सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। , आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्‍थापनको केन्द्रीय प्रणाली समेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कामका लागि प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखाअधिकृत चौधरी र जिन्सी शाखा प्रमुख यादवले टिप्पणी पेश गरेका थिए। साथै सफ्टवेयर खरिदको लागि स्वीकृति दिएर एक लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी पनि लिएका थिए।, सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको अख्तियारको ठहर छ। , उनीहरूविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उक्त बिगो रकम कायम गरी सजायको मागदाबी गरेको छ। , सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
रासस मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।, बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन्। , जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरूष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्।, सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।  , बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाए। , विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए। जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए।, विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजू दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे। त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए।, जात्राको हालसम्मको तथ्यांक तथा प्रमाणअनुसार १२ जनाले एक सय छ वर्ष जिब्रो छेडाएको इतिहास छ।, विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीनपटक तथा २०२७ र २०२८ सालमा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाएको तथ्यांक छ।, त्यस्तै,  २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले तथा २०४९ देखि २०६० सालसम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास छ।, बिस्काः जात्रामा यो वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने
सेतोपाटी संवाददाता मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता रहेका एक जना पुरूषको शव फेला परेको छ।, बुधबार दिउँसो इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।, मृत फेला पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी छन्।, प्रहरी निरीक्षक घिमिरेका अनुसार उनी मंगलबार मार्खु पुगेका थिए। दिउँसो साढे १ बजेतिर उनी एक्लै डुंगा लिएर गएका थिए। बीचमा पुगेपछि उनले ‘लाइफ ज्याकेट’ फुकालेर हाम फालेको घिमिरेले बताए। उक्त ज्याकेटबाट प्रहरीले मृतकको नागरिकता पनि फेला पारेको छ।, उनी हाम फालेको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको थियो। खोजी गर्नेक्रममा  बुधबार उनको शव फेला परेको हो। , ‘काठमाडौंबाट एक्लै यहाँ आएको देखिन्छ। कसरी आएको हो भन्ने बुझ्ने क्रममा छौं,’ प्रहरी निरीक्षक घिमिरे। , उनका आफन्तहरू आइसकेको प्रहरीले जनाएको छ।, मृत फेला परे इन्द्रसरोवरमा हाम फालेका पुरूष
सेतोपाटी संवाददाता गृह मन्त्रालयले निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न भन्दै पत्राचार गरेको छ। , बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै पत्राचार गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।, नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएको थियो। , विशेषगरी लामो दूरीमा जाँदा निजी सवारी साधनहरूले भाडा लिएर चलाउने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका थिए।, ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले बुधबार पत्राचार गरेको हो। , ‘रातो प्लेटको सवारी साधनले भाडामा मान्छेहरू बोकिदिनु भएन भनेर पत्र बुझाउनुभएको थियो। कानुनले पनि एउटा प्रयोजनको लागि तोकिएको सवारी साधनले अर्को प्रयोजनको काम गर्न पाइँदैन,’ उनले भने, ‘त्यही विषयलाई आवश्यक कारबाही गर्नु भनेर भनिएको हो।’, यसमा राइड सेयरिङ एपहरूको विषयमा भने यो लागू नहुने पनि उनले बताए।, ‘दुई पांग्रे सवारी साधनको कुरा होइन। लामो दूरीमा चल्ने जिप खालका सवारी साधनलाई केन्द्रित हो,’ उनले भने। , ७७ जिल्लामा गृहको परिपत्र- निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्नू
सेतोपाटी संवाददाता गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ।, ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एकतर्फी रूपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घन्टे अल्टिमेटम दिइएको छ। त्यसो नभएमा संघर्षका कार्यक्रम सुरू गर्ने चेतावनीसमेत संघर्ष समितिले दिएको छ।, समितिका संयोजक गोकुल सापकोटाले व्यवस्थापन कार्यालयका कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आउँदो वर्षायाममै गैंडाकोटतर्फ ठूलो डुबान तथा धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सबै गैंडाकोटवासी आन्दोलित हुने चेतावनी दिए। , भरतपुर महानगरले सी बिच मोडलमा विकास गर्ने भनिएको नदी किनारमा हाल झन्डै १७ करोडको लागतमा पुलको केही माथिपट्टि ६४० मिटर लम्बाइको किनारमा धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ। कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई गैंडाकोटतर्फ फर्काउने र उता ठूलो क्षति हुने देखिन्छ। खासगरी तल्लो तटमा रहेको बोटे टोल सबैभन्दा बढी जोखिममा छ।, गैंडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरूका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनु पर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुबै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ।  , नारायणीमा एकतर्फी बनाउन लागिएको तटबन्ध रोक्न २४ घन्टे अल्टिमेटम
सेतोपाटी संवाददाता राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूलाई एक महिनाभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। , कर्मचारीको सरुवा-बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले बुधबार यस्तो सूचना जारी गरेको हो।, धेरैजसो कर्मचारीको सुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा-बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले बताए।  , 'निजामती सेवा नियमावली-२०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो,' महानिर्देशक पाण्डेले भने। , उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ। धेरै ठाँउमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले विवरण अद्यावरण गर्न सूचना नै जारी गरिएको किताबखानाको भनाइ छ।, किताबखानामा जारी सूचनाअनुसार यसको आधिकारिक वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयम् कागजात लिई पुल्चोकस्थित कार्यालयमा गएर विवरण अवधिक गर्न सकिन्छ।, हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब सात हजार कर्मचारीहरू कार्यरत छन्। , यसअघि किताबखानाले सचिव र सहसचिव सरहका कर्मचारीहरूको विवरण अद्यावधिक गरिसकेको छ। संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेको समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्वपृर्ण कामका रूपमा लिइएको छ।  , उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाको निर्देशन
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। इजलासले उक्त मुद्दा आज हेर्न नभ्याएको अदालतले जनाएको छ।, यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन।, न्यायाधीश घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो। , गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गतेउच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। , सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।, सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाइ
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। , जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए। , उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए।, गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन।, पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिइन्। , न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्। , बलात्कार आरोपमा न्यायाधीश गिरीविरूद्ध पक्राउ पुर्जी जारी
सेतोपाटी संवाददाता सर्लाहीमा स्रोत नखुलेको बढी नगदसहित तीन जना पक्राउ परेका छन्। , बुधबार सशस्त्र प्रहरी बल नम्बर १० गणबाट खटिएको टोलीले कविलासी नगरपालिका-८ अगर्वाबाट तीन जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, हरिवन नगरपालिका-११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रूपन्देहीका ३५ वर्षीय राजेश बानियाँ र भारत घर भई वीरगंज महानगरपालिका-१९ बस्ने १९ वर्षीय अनिल साहलाई पक्राउ गरेको हो। , उनीहरूबाट पाँच लाख भारतीय नगद र ५ लाख नेपाली नगद बरामद गरेको हो। , तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ।, स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता दाङमा १६ वर्षीया छात्रामाथि बलात्कार भएको जाहेरी परेपछि शिक्षक फरार भएका छन्। , शान्तिनगर गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिक्षक खुमानन्द पौडेल फरार भएका हुन्। उनी स्थानीय शिवशक्ति मावि धनौरीका शिक्षक हुन्। , सोही विद्यालयमा अध्यनरत विद्यार्थी छात्रावासमा बस्थिइन्। गत चैत २० गते राति बलात्कार गरेको भन्दै शिक्षक पौडेलविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , घटनाको भोलिपल्ट पीडित छात्राले आफ्ना अभिभावकसहित इप्रका तुलसीपुर पुगेर शिक्षक पौडेलविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। , आरोपित शिक्षक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।,  , छात्राले बलात्कार उजुरी दिएपछि शिक्षक फरार
सेतोपाटी संवाददाता बझाङमा एक पुरूषको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, जाजरकोटकाे भेरी नगरपालिका- ४ घर भई छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या भएको थियाे।, सोही ठाउँका र गोपालसँगै मजदुर काम गर्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा गाेपालकाे हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीका अनुसार ज्यालामजदुरी गर्दै आएका दुई जनाबीच केही दिनअघि सामान्य विवाद भएको थियो। त्यसैको रिसमा रोहनले गोपालको टाउकोमा ढुंगाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।, हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर रोहन फरार भएका थिए।, मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जना बुधबार बिहान काममा अनुपस्थित भएपछि अरू मजदुरले उनीहरूको खोजी सुरू गरेका थिए। खोजी क्रममा घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएको थियो। थप खोज्दै जाँदा गोपालको शव झाडीभित्र भेटिएको थिए।, रोहन बुधबार बिहानैदेखि फरार थिए। प्रहरीले गोपालको हत्या भएको खबर पाउनासाथ फरार रहेका रोहनको खोजी सुरू गर्‍यो। रोहनलाई बसमा चढेर भाग्दै गर्दा केदारस्युँको रायलबाट पक्राउ गरिएको डिएसपी भण्डारी बताए।, रोहनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, ढुंगाले हानेर हत्या गर्ने एक पुरूष पक्राउ
रासस काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ। , सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।, ‘यसलाई न्यूनीकरण गर्नका लागि कामपाले ट्राफिक जाम कम गर्ने भन्नेबारे अध्ययन गरिरहेको छ,’ श्रेष्ठले भने। , उक्त समस्या न्यूनीकरणको विषयमा कामपाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्ने उनको भनाइ छ। , ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र सवारीको गतिलाई पाँच मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिए।  , सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनको इञ्जिनियरिङमा समस्या भएको तथा जिम्मेवारी पालनामा लापरबाही भएकाले अहिलेको अवस्था सिर्जना भएको उनको बुझाइ छ। , उपत्यकाभित्र सवारी र यातायातलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले काम थाल्नुपर्ने श्रेष्ठले बताए। , कामपाका प्रमुख अध्यक्ष र ललितपुर महानगरका प्रमुख उपाध्यक्ष रहने प्राधिकरणको काम कारबाही सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ।, सरकारले सार्वजनिक यातायात नीतिको प्रभावकारी व्यवस्थापनका लागि ‘सहरी क्षेत्र सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिरण ऐन–२०७९’ जारी गरिसकेको छ। , सहरी क्षेत्रमा सार्वजनिक यातायात क्षेत्रलाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागत प्रभावी र सुरक्षित बनाउने उद्देश्यले प्राधिकरणको कानूनी प्रबन्ध गरेको हो। , यातायात विज्ञ श्रेष्ठका अनुसार सडक अनुशासन, सङ्केत चिह्न, लिफ्टसहितको आकाशे पुलजस्ता पूर्वाधारको निर्माणमा छरिएका अधिकारले नतिजामुखी काम गर्न नसकिएको टिप्पणी गरे। , ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति
सबिना श्रेष्ठ एउटा मन्दिर बन्न के–के चाहिन्छ?, श्रम, मिहिनेत अनि लागत।, र, त्योभन्दा बढी चाहिने त भगवानको आस्था नै हो।, त्यो आस्था नै त थियो, जसले राजा श्रीनिवास मल्लका विश्वासिला चौतारा (मन्त्रीसरहका भारदार) भगीरथ भैयालाई पाटनमा काष्ठकलाले भरिएको भव्य विश्वनाथ मन्दिर बनाउन प्रेरित गर्‍यो।, विक्रम सम्बत् १७२६ मा मुगल शासक औरङ्गजेबले भारतको पवित्र तीर्थ मानिने काशी (वनारस) को विश्वनाथ मन्दिर भत्काइदिएका थिए। नेपालीहरूसमेत तीर्थ जाने उक्त मन्दिर भत्किएपछि त्यसको चिन्ता भारतमा मात्र सीमित रहेन। अब विश्वनाथ पुज्न कहाँ जाने भन्ने चिन्ता नेपालीलाई झनै बढी थियो।, त्यही चिन्ता मेट्न भगीरथ भैयाले पाटन दरबार प्रवेश गर्दागर्दै प्यागोडा शैलीको तीनतले विश्वनाथ मन्दिर बनाए। आजभन्दा ३४५ वर्षअघि बनेको त्यो मन्दिरलाई उनकै नाममा भाइदेगः भन्न थालियो। नेपाल भाषामा देगः को अर्थ मन्दिर हुन्छ। यसलाई भाइचा मन्दिर पनि भन्ने चलन छ।, यो मन्दिर बनाउने भगीरथ भैया तत्कालीन समयका प्रभावशाली व्यक्ति थिए। उनी राजा श्रीनिवास मल्लका विश्वासपात्रमा गनिन्थे।, रातो मच्छिन्द्रनाथ मन्दिरमा राजा र प्रजाले पालना गर्नुपर्ने नियम ‘सम्वत्सर–लोहो’ छ, जसमा कुँदिएका अक्षरले राजा श्रीनिवास मल्ल र भगीरथ भैयाको सम्बन्ध कति प्रगाढ थियो भन्ने बताउँछ।, उक्त अभिलेखमा लेखिएको छ, ‘श्री श्री जय श्रीनिवास मल्ल ठाकुरले आफैंले छानी भगीरथ भैयालाई चौतारा बनाउनुभएको हो। मैले (श्रीनिवास मल्ल) आफ्नो जिउ र उनमा (भगीरथ भैयामा) कुनै फरक देखेको छैन।’, पाटनमै रहेको विश्वेश्वर मन्दिरमा पनि १७३४ सालको एउटा अभिलेख छ जसमा लेखिएको छ – कीर्ति फैलिएका तेजिला, विद्वान, दानी, नेपालका राजाहरूमा श्रेष्ठ श्री श्रीनिवास मल्ल राजा ललितपुरमा हुनुहुन्छ। ठूला राजा वहाँका असल ठूला मन्त्री भगीरथ छन्। उनले अनेक अरू राजाहरूलाई वशमा पारेका छन्। उनलाई अरू राजाहरूले असल हात्ती दिएका थिए।, श्रीनिवास मल्ललाई कला, वास्तुकला, साहित्य, संगीत तथा राजनीतिमा सचेत राजा मानिन्छ। उनले भगीरथ भैयाकै सहयोगमा त्यो प्रतिष्ठा कमाएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पेशल दाहाल बताउँछन्।, ‘श्रीनिवासको सफलताको पछाडि भगीरथ भैयाको ठूलो हात थियो। श्रीनिवासको शासनको सुरूतिर चौताराका रूपमा कीर्तिसिंह थिए। १७२८ सालतिर भने भगीरथ भैया शक्तिशाली भइसकेको पाइन्छ,’ दाहालले ‘नेपालको मल्लकालीन इतिहास’ किताबमा लेखेका छन्, ‘श्रीनिवास मल्लले अधिकांश देवमूर्ति, मन्दिर, पाटीपौवा भगीरथ भैयाकै सल्लाहमा बनाएका थिए। राजाले पनि गौरवसाथ मैले यो काम भगीरथ भैयाको सल्लाहले गरेको भनेर भनेका छन्।’, भगीरथ भैया युद्धमा सेनापति भएर पनि जाने गर्थे। १७३१ साल कात्तिकमा मकवानपुरमा लड्न जाँदा गोर्खा, लमजुङ लगायतका सेना बनेर उनी गएका थिए। फर्पिङमा रहेको भगीरथ भैयाको १७३४ सालको एक अभिलेखमा ‘आफैंले हेरचाह गरिराखेको फर्पिङ सहर’ उल्लेख भएकाले उनलाई फर्पिङ क्षेत्रको शासनाधिकार दिइएको थियो भन्ने बुझिने दाहाल बताउँछन्। उनी त्यहीँको बासिन्दा भएको पनि धेरैको अनुमान छ।, १७३४ सालमै भगीरथले फर्पिङ सहरका किल्लाका ढोकाहरू जीर्णोद्धार गर्ने, सडकमा ढुंगा छाप्ने, शिवनारायण मन्दिरको ढोका बनाउने तथा धाराको जिर्णोद्वार गर्ने लगायत काम गरेका थिए।, यस्ता प्रतिभाका धनी भगीरथको क्षमता श्रीनिवास मल्लका छोरा योगनरेन्द्रले भने चिन्न सकेनन्। उनको भगीरथसँग राम्रो दोस्ती थिएन। त्यही भएर आफू राजा भएको केही महिनामै १७४२ भदौमा रानीहरूसँग राम्रो व्यवहार नगरेको दोष लगाएर उनलाई मार्न लगाए।, चौतारा भगीरथले श्रीनिवासको शासनकालमा रहेको आफ्नो प्रभावकै कारण भाइदेगः मन्दिर बनाउन सफल भएका थिए। यही मन्दिरमा १७३४ सालको एउटा अभिलेख छ जसमा लेखिएको छ – भगीरथले पुण्यभूमि काशीबाट भयंकर यवनदेखि उद्विग्न भएजस्ता विश्वनाथ महादेवलाई ललितपुरमा ल्याए।, भाइदेगः मन्दिरकै अगाडि सडकपारि ‘लामोपाटी’ सत्तल छ, जुन भगीरथ भैयाले नै निर्माण गराएका हुन्।, ‘यो मन्दिरको उद्घाटन समारोहमा विभिन्न राज्यका बाह्र जना राजा उपस्थित भएका थिए। तिनीहरूलाई यही लामोपाटीका बाह्र कोठामा राखी सत्कार गरिएको थियो,’ पेशल दाहालले आफ्नो किताबमा लेखेका छन्।, नब्बे सालको भुइँचालोमा भत्किएर यो मन्दिर भग्नावशेषमा परिणत भएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाको पहलमा त्यस समय पाटनका प्रायः मन्दिर पुनर्निर्माण हुँदा यो मन्दिर भने त्यसै रह्यो। यहाँको शिवलिंग भने मुगल शैलीमा डोम आकार दिएर जगेर्ना गरियो।, २०७१ सालमा बल्ल यो मन्दिर पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्न सात सदस्यीय सांस्कृतिक सम्पदा संरक्षण समूह बन्यो। समूहमा संस्कृतिविद् सत्यमोहन जोशी, पत्रकार कनकमणि दीक्षित, बैंकर पृथ्वीबहादुर पाँडे, वास्तुविद् एवं काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपिभिटी) का अध्यक्ष रोहित रञ्जितकार लगायत थिए।, नब्बे सालको भुइँचालोले आठ दशकसम्म भग्नावशेषमा विलिन गराएको यो मन्दिर पुनर्निर्माण गर्न उनीहरूलाई सबभन्दा महत्वपूर्ण बन्यो बेलायतका चिकित्सक एवं चित्रकार हेनरी एमब्रोस ओल्डफिल्डको चित्र। उनले १९१० सालमा बनाएको चित्रमा मन्दिरको खम्बा, टुँडालमा रहेका काष्ठकलाको मिहिन कामसमेत चित्रित थियो। पूर्वन्यायाधीश एवं लेखक गौरीबहादुर कार्की ओल्डफिल्डको चित्रलाई क्यामराले तस्बिर खिचेजस्तो भनेर बयान गर्छन्।, ‘हाम्रा अधिकांश मन्दिरका प्रत्येक टुँडालमा अलग–अलग देवीदेवताका अलग मुद्राको चित्र कुँदिएको पाइन्छ। यो मन्दिरमा पनि अलग–अलग मुद्राका अलग–अलग चित्र रहेको ओल्डफिल्डको पेन्टिङबाट देखिन्छ,’ उनले भाइदेगः मन्दिरबारे लेखेका छन्, ‘इँटाको गारोको बनावट, बुट्टा काटेको काठको तह–तह कार्नेस यो मन्दिरको अर्को महत्वपूर्ण कला हो। दुई थामको बीचमा बुट्टे तोरणसमेत रहेको तस्बिरमा देखिन्छ। जमिनमाथि पेटीको तहको गारो ठाउँठाउँमा चर्केको समेत ओल्डफिल्डले चित्रमा उतारेका छन्।’, चित्रकै बुट्टामा भएजस्ता केही टुँडाल पाटन दरबारको भण्डारखालको स्टोरमा भेटिएपछि यो मन्दिर निर्माणलाई झनै रोचक मोडमा पुर्‍याएको थियो। त्यहाँ भेटिएका टुँडाल र यो चित्र तुलना गरे मात्रै पनि यो कति जीवन्त कला थियो भन्ने थाहा पाउन सकिन्छ।, संरक्षण समूहले यस्ता रोचक सामग्री संकलन गरिरहेकै बेला २०७२ सालमा अर्को ठूलो भुइँचालो गयो। त्यसपछि पाटनमा थप मन्दिरहरू भत्किए। ती मन्दिर सँगसँगै भाइदेगः मन्दिर पनि पुनर्निर्माण हुन थाल्यो। निर्माणको अन्तिम–अन्तिम चरणमा पुगिसकेको यो मन्दिर गत वर्षयता भने बन्न सकेको छैन। यसको कारण हो, आर्थिक अभाव।, सांस्कृतिक सम्पदा संरक्षण समूहका उपाध्याक्ष कनकमणि दीक्षितका अनुसार सुरूमा पाँच करोड रूपैयाँ बजेटमा यो मन्दिर बनाउन थालिएको थियो। काम गर्दै जाँदा सालको काठ र कालिगढीको कामको मूल्य बढेकाले मन्दिर निर्माणमा थप चार करोड बजेट आवश्यक भएको छ।, यो वर्ष शिवरात्रिमा यही मन्दिर निर्माणका लागि रोटरी क्लब अफ पाटन हेरिटेजले सम्पदा पैदल यात्रा गराएको थियो। उनीहरूले गराएको पैदल यात्रामा करिब दुई हजार मानिस सहभागी भएका थिए। पैदल यात्रामा सहभागी हरेकसँग सात सय रूपैयाँ संकलन गर्दा १४ लाख रूपैयाँ जम्मा भयो। यो रकम उनीहरूले सोमबार सांस्कृतिक सम्पदा संरक्षण समूहलाई दिए।, उक्त रकम लिइसकेपछि दीक्षितले भने, ‘डेढ वर्षदेखि रोकिएको कामले रोटरी क्लबको सहयोगबाट पुनः निरन्तरता पाउँदैछ। ललितपुर महानगरपालिकाले पनि यो मन्दिर निर्माणलाई थप ५० लाख सहयोग दिने भनेको छ। हामीलाई चाहिएको अब करिब तीन करोड रूपैयाँ हो। त्यो रकम पायौं भने यो मन्दिर निर्माणको काम एक वर्षमै सकिन्छ।’, दीक्षितले भाइदेगः मन्दिर नजिकै रहेको भीमसेन मन्दिर पुनर्निर्माण समितिबाट पनि केही सहयोग आउने आशा देखाए।, भीमसेन मन्दिर हालै जनस्तरबाट उठाइएको चन्दाबाट निर्माण सम्पन्न भइसक्यो। निर्माणपछि पनि चन्दा उठाएको रकम एक करोडभन्दा बढी बचेको छ।, ‘महादेवको सौहार्दता भीमसेनमा जहिल्यै थियो। अब भीमसेनले पनि सौहार्दता देखाउने हो भने यति राम्रो कालिगढी भएको यो मन्दिर निर्माण चाँडै सम्पन्न हुने थियो,’ उनले भने, ‘जसरी २०७२ सालमा भत्किएको मन्दिर पुनर्निर्माण भएर पाटनलाई ऊर्जा दिएको छ, नब्बे सालमा भत्किएर पुनर्निर्माण नभएको यो मन्दिरले पाटनलाई अर्को खालको तरंग दिनेछ।’, ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार यो मन्दिर बनाउन महानगरपालिकाले पहिला १ करोड २३ लाख रकम दिइसकेको छ। २०७९/८० को बजेटअनुसार महानगरपालिकाले थप ५० लाख बजेट दिँदैछ। यो मन्दिर निर्माण भइसक्दा मान्छेले सम्झनलायक सम्पदा बन्नेमा उनी विश्वस्त छन्।, भीमसेन मन्दिरलाई त्यस्तै सम्झनलायक बनाउनुपर्छ भनेर मेयर महर्जन आफैं अग्रसर भएका थिए। उनी टेन्डरमार्फत् मन्दिर बनाउन हुन्न भन्ने पक्षमा सधैं लड्दै आएका छन्। त्यही भएर नेपाल सरकारको लागतबाट मन्दिर बन्नु हुन्न भन्ने धारणा राख्छन्।, ‘सम्पदा निर्माण कार्यमा नेपाल सरकारको पैसा पर्नु हुन्न। नेपाल सरकारको पैसा पर्नासाथ सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ लागू हुन्छ। त्यसमा टेन्डर प्रक्रिया हुन्छ र टेन्डरको काम राम्रो हुन्न,’ उनले भने, ‘टेन्डर प्रक्रियामा नगई पुनर्निर्माण समितिले बनाएको भीमसेन मन्दिर अहिले जनजिब्रोमा बसेको छ। भाइदेगः मन्दिरलाई पनि मान्छेले त्यसरी सम्झन्छन् भन्नेमा कुनै शंका छैन।’, महर्जनका अनुसार ९० सालको भुइँचालोपछि भत्किएर पुनर्निर्माण नभएका मन्दिर पाटनमा चारवटा छन्। भाइदेगः मन्दिरसँगै भष्मेश्वर महादेव, मानमानेश्वरी र उमामहेश्वरी मन्दिर निर्माण गर्न बाँकी छन्। भष्मेश्वर मन्दिर निर्माण गर्न केही रकम अघिल्ला वर्ष व्यवस्था भए पनि अन्य समस्याका कारण त्यो निर्माण हुन सकेन।, मानमानेश्वरी निर्माण गर्न त्यस्तो कुनै समस्या छैन। मेयर महर्जनले भीमसेन मन्दिर पुनर्निर्माण समितिले नै आर्थिक सहयोग गरे उक्त मन्दिर पनि बन्न सक्ने बताए।, ‘भीमसेन मन्दिर बनाएपछि बचेको रकमबाट ५० लाखभन्दा अलि बढी पैसा महानगरलाई उपलब्ध गराइने हो भने बाँकी रकम हामी व्यहोर्न तयार छौं,’ महर्जनले भने, ‘यो कार्यकालको एक वर्ष त सकिनै लाग्यो तर मसँग अर्को चार वर्षको बजेट छ। त्यो बजेटबाट पनि म मानमानेश्वरी र नब्बे सालमा भत्किएर नबनेका अरू मन्दिर बनाउन व्यवस्था गर्न सक्छु।’, भाइदेगः मन्दिर पुनर्निर्माणमा प्राविधिक सहयोग गरिरहेको केभिपिटीका निर्देशक रोहित रञ्जितकारका अनुसार भाइदेगः मन्दिरमा अब छानाको काम मात्र बाँकी छ। छाना काठै काठले बनेको हुन्छ र त्यही कारण यसको लागत महंगो हुने भएकाले निर्माण सम्पन्न गर्न समस्या आएको हो।, रञ्जितकारका अनुसार छानामा २२ वटा पुरानै कलात्मक टुँडाल हुने छन्। यो मन्दिरको टुँडाल र पिल्लरमा बुट्टाहरू कुँद्न ओल्डफिल्डको चित्र र भण्डारखालमा भेटिएका टुँडालहरूले सहयोग त गर्‍यो नै, केही बुट्टा अन्य शिव मन्दिरबाट हेरेर पनि बनाइएको छ।, ‘हामीले यही समयमा बनेका अन्य शिव मन्दिरको रिफरेन्स लिएर ती बुट्टा बनाएका हौं। हामीसँग जति कलाकृति थियो, त्यसमा यी मिल्छन् वा मिल्दैनन् भनेर तुलना अनि प्रयोग गर्दै बनाएका हौं,’ उनले भने।, भाइदेगः मन्दिरको विशेषता भनेकै यसमा भएको काष्ठकला हो। मन्दिरको काष्ठकला डिजाइन गर्दा पाटनका संस्कृति अध्येता नुतनधर शर्माले परामर्श पनि दिएका थिए। शर्माका अनुसार यहाँको काष्ठकलामा शिवपुराण र स्कन्द पुराणको कथा छ।, जस्तो, एउटा टुँडालमा शिवपुराणमा उल्लेख भएको त्रिपुरासुर राक्षसको वधको कथा छ। कथाअनुसार त्रिपुरासुर अर्थात् तीन भाइ असुरहरू तरकाक्ष, कमलाक्ष र विद्युन्मालीले ब्रह्मामार्फत् वरदान पाएर सुन, चाँदी र फलामका नगर बनाएका हुन्छन्। यी तीन भाइ असुरले देवताहरूलाई दुःख दिन थाले। हजारौं वर्षपछि शिवले धनुवाण हानेर त्रिपुरासुर भष्म गरिदिए।, ‘शिवसँग जोडिएको मन्दिर भएकाले यी र यस्ता अनेकन कथा मन्दिरका कलाकृतिमा कुँदिएको छ,’ शर्माले भने।, मन्दिरमा भएको शिवलिंग अनि मन्दिरको जगमा रहेको कलात्मक ढुंगाका आकृति भने पुरानै हो। पितलको गजुर पनि सुरक्षित छ, जुन मन्दिरको काम सम्पन्न भइसकेपछि राखिनेछ। नब्बे सालमा भत्किएदेखि नबनेको यो मन्दिर बन्नु भनेको पाटनवासी र नेपालकै लागि गर्वको कुरा भएको शर्मा बताउँछन्।, एउटा मन्दिर बन्न श्रम, मिहिनेत अनि लागतभन्दा बढी भगवानको आस्था चाहिन्छ। भाइदेगः मन्दिर पुनर्निर्माण भने अहिले लागतमा गएर रोकिएको छ। रोटरी क्लब अफ पाटन हेरिटेजको सानो प्रयासले मन्दिरको काम सम्पन्न गर्न पुनः बल थपेको छ।, भगवानप्रति यस्तै आस्था मान्छेमा रहिरह्यो भने यो मन्दिर बन्न अब धेरै समय नलाग्ला!, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, वनारसको विश्वनाथ मन्दिर भत्किएपछि बनाइएको थियो पाटनको भाइदेगः
सेतोपाटी संवाददाता मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन्। , उनीहरूले चैत १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरको मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए। , चोरी भएको उक्त मोटरसाइकलका धनी मोरङको बेलबारी नगरपालिका–४ का ६० वर्षीय बम बहादुर खवास हुन्। , मोटरसाइकल चोरी गरी बिआर ३५८०२ उल्लेख भएको भारतीय नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।, कागजपत्र नहुन सक्ने आशंकामा चेकजाँच गर्दा चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरिएको पाइएको डिएसपी दाहालले जानकारी दिए। , प्रहरीले चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको बिआर ३८ क्यु ८६५६ र बिआर ३८ टि ००२१ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ।, पक्राउ परेका तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको डिएसपी दाहालले जानकारी दिए।   ,  , मोटरसाइकल चोरी गर्ने दुई भारतीयसहित तीनजना पक्राउ
रासस गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ। , मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो। , यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो। , महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो।, मनपरी भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधनलाई कारबाही गर्न गृहको निर्देशन
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। , दिउँसो कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यताय सफा रहने महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहनेछ। , महाशाखाले आगामी चौबिस घन्टामा कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। , कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
रासस तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। , कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो। , तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।, हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताए। ‘कोरोना महामारी, निकुञ्ज क्षेत्रमा स्वीकृति लिनुपर्नेलगायत कारणले काममा ढिलाइ भयो,’ उनले भने– ‘पाँच  पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन।’, हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो। डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम अधुरै छ।, पहिलो प्याकेज ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो। ‘पहिलो प्याकेजको काम अन्तिमतिर छ’, इञ्जिनीयर सुनारले भने, ‘तेस्रो प्याकेजमा काम भइरहेको छ, दोस्रोमा स्थगन जस्तै छ।’ , त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत रु ४१ करोड ४१ लाख छ। उक्त प्याकेजमा हालसम्म साढे नौ किलोमिटर सडक मात्र कालोपत्र भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ। , सोही प्याकेजको चुँइ क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण काममा अवरोध भएको छ। भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबी गर्दै कालोपत्र गर्न असहमति जनाउँदै आएको छ। , दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ। , त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा छ वर्षको अवधिमा साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इञ्जिनीयर सुनारले जानकारी दिए।,     , ‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ,’ उनले भने,‘छ वर्षको अवधिमा जम्मा ३६ किलोमिटर मात्रै सडक कालोपत्र भयो।’ , निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणमा ढिलाइ भएको हो। निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा काम सक्न पटक–पटक दबाब दिँदै आएका छन्।, हुलाकी सडकः पाँच पटक म्याद थप्दा पनि अधुरै
सेतोपाटी संवाददाता बसपार्कमा पार्किङ गरेको गाडीबाट डिजेल चोर्दाचोर्दै पक्राउ परेका दुई जनालाई ७ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।, बुधबार राति करिब २ बजे दाङको तुलसीपुरस्थित बसपार्कमा रहेको गाडीबाट युवाहरूले डिजेल निकालेका थिए।, तुलसीपुर उपमहानगरपालिका ९ का १८ वर्षका नवीन केसी र सोही ठाउँका १८ वर्षकै विशाल रावतलाई प्रहरीले डिजेल चोर्दाचोर्दै नियन्त्रणमा लिएको थियो।, पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीबाट उनीहरूले करिब २० लिटेल डिजेल निकालेर अर्कौ ग्यालिनमा भर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी इञ्चार्ज सन्तोष आचार्यले बताए।, बस धनीले पक्राउ परेका दुई किशोरविरूद्ध चोरीसम्बन्धी उजुरी बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर दर्ता गराएका थिए। ती दुई किशोर मध्यरातमा ना ४ च ५७८७ नम्बरको कारमा आएर बसबाट डिजेल चोरी गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।, पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको उनले जानकारी दिए।, पक्राउ परेकाहरूमाथि आजदेखि अनुसन्धान सुरु हुने तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले बताए। डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको प्रहरीले बताएको छ। बिक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।, कार धनी बिकले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए। ‘मैले अघिल्लो दिन दिउँसो नै अर्का एक साथीलाई कार दिएको थिएँ। मलाई थाहा नदिएर मेरो कार दुरुपयोग भएको सुन्दा मलाई दुःख लागेको छ,’ उनले भने।, उनले प्रहरीलाई घटनाको अनुसन्धानमा सघाउने बताए।, यो पनि: ,कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल, बसपार्कमा राखेको गाडीबाट डिजेल चोरी गर्दा पक्राउ परेकामाथि मुद्दा
एजेन्सी तालिबानले अफगान महिलाहरूलाई संयुक्त राष्ट्र संघमा काम गर्न प्रतिबन्ध लगाएको छ।, मंगलबार महिलालाई काम गर्न रोकेपछि राष्ट्र संघले उक्त निर्णय फिर्ता लिन अनुरोध गरेको समाचार संस्था एएफपीले जनाएको छ।, उक्त निर्णय स्वीकार्य नहुने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल फिर्ता लिन माग गरेका छन्। , ‘यो निर्णय महिलाको मानव अधिकारको उल्लंघन हो,’ गुटेरेसको तर्फबाट प्रवक्ता स्टेफेन दुजारिकले विज्ञप्ति जारी गर्दै भने। , संघका कार्यालयमा करिब ४०० अफगान महिला कार्यरत छन्। , तालिबानले उक्त निर्णय गरेसँगै महिला-पुरूष सबै कर्मचारीहरूलाई कम्तीमा पनि आइतबारसम्म कार्यालय नआउन भनिएको छ। अर्को सूचना जारी गरेरमात्रै कार्यालयमा बोलाइने संघले बताएको छ।, तालिबानले यसरी रोक लगाए पनि अफगान महिलाहरूलाई तलब दिन भने नरोकिने उपमहासचिव अमिना मोहम्मदले बताएकी छन्।, ‘रमदानको महिनामा तालिबानले यसरी इस्लामको शिक्षा र आस्थाविरूद्ध गरेको निर्णयले म एकदमै चिन्तित छु,’ उनले भनिन्। , यस विषयमा छलफल गर्न बिहीबार सुरक्षा परिषदको बैठक डाकिएको छ।, सन् २०२१ मा सत्तामा आएपछि तालिबानले अफगान महिलाहरूलाई विभिन्न क्षेत्रमा रोक लगाउँदै आएको छ। उच्च शिक्षा र सरकारी जागिरको लागि महिलाहरूलाई प्रतिबन्ध लगाएको छ। ,  , तालिबानले अफगान महिलालाई राष्ट्र संघमा काम गर्न लगायो प्रतिबन्ध
सेतोपाटी संवाददाता मोरङका एसईई परीक्षा केन्द्रहरुमा नक्कली परीक्षार्थीको लर्को देखिएको छ। , मोरङ प्रहरीले विहीबार एकैदिन १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार आज जिल्लाका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो। , मोरङको झोराहाट, केराबारी र हरैचामा नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी  दाहालले जानकारी दिए।, ग्रामथान गाउँपालिका २ को सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। , त्यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्।, एसईईमा नक्कली परीक्षार्थीः मोरङमा एकैदिन पक्राउ परे १९९ जना
निशा भण्डारी बिहीबार काठमाडौंको  बालाजुमा बाइसधारा मेला लागेको छ। बालाजुमा रहेका २२ धारामा स्नान गर्न मानिसहरूको घुइँचो लागेको छ।  , प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका उक्त ठाउँमा मेला लाग्ने गर्छ।, बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन।, मेला भर्ना आएकामध्ये केही भक्तजनहरू जामाचोमा रहेको बौद्ध चैत्यमा पनि जाने गर्दछन्। अघिल्लो दिन बौद्धनाथ चैत्यमा मेला भर्न आएका भक्तजनसमेत त्यहाँ आएर स्नान गरी स्वयम्भूमा दर्शन गर्न जाने प्रचलन छ।,  , बालाजुमा बाइसधारा मेला (तस्बिरहरू)
राजेश घिमिरे वरपर घना जंगल। बीचमा काठको बारभित्र समीको बोट छ।, त्यही समीको फेदमा रहेको सालको जरा र स–साना मूर्तिहरू पूजा गर्न चैत महिनाका पन्ध्र दिन भक्तजनहरूको घुइँचो लाग्छ।, जगतपुर बजारबाट करिब दुई किलोमिटर भित्र, चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नजिकै छ विक्रमबाबाको थान! , चितवनका थारु समुदायले आस्थाको धरोहर मानेर पूजा गर्दै आएको विक्रमबाबाको थानमा अचेल थारूभन्दा अन्य समुदायका मान्छे बढी पुग्छन्।, वर्षौंदेखि यहाँको पुजारी रहेका बाबुराम चौधरीका अनुसार सोचेका, मागेका कुराहरू विक्रमबाबाले पूरा गर्ने विश्वास लिएर दैनिक हजारौं मान्छे यहाँ आउने गर्छन्।, भरतपुर–२३ जगतपुरमा हरेक चैत महिनाको औंसीदेखि पूर्णिमासम्म विक्रमबाबा मेला लाग्छ। मान्छेहरू त्यहाँबाट हिँडेर राप्ती नदीको पारी चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रमबाबाको थानमा पुगेर पूजा गर्छन् अनि मेलामा रमाइलो गरेर फर्कन्छन्।, थारुहरूलाई चितवनका आदिवासी मानिन्छ। कुनै समय माडी गर्दीमा ‘विक्रम’ नाम गरेका शक्तिशाली गुरौ बस्थे। झारफुक गर्ने, वैद्यले झैं जडिबुटीको काम गर्ने व्यक्तिलाई थारु समुदायमा गुरौ भनिन्छ। उनले बिरामीको रोग निको पारिदिने, सन्तानप्राप्ति नभएका बाझोपन भएका महिलालाई जडिबुटीको माध्यमबाट सन्तान सुख दिन्थे भन्ने किम्बदन्ती पाइन्छ।, पुजारी बाबुराम चौधरीकाअनुसार सधैं झैं जंगलमा जडिबुटी खोज्न निस्किएका विक्रम लामो समयसम्म घर फर्किएर आएनन्। उनी जडिबुटी खोजी गर्नेक्रममा हाल थान रहेको स्थानमा आएर साधना गर्न थालेछन्। त्यहीँ देह त्याग गरेछन्।, करिब १५ वर्षदेखि विक्रमबाबाको थानमा पूजा गर्दै आएका भरतपुर–१३ का बासुदेव सापकोटा उनै शक्तिशाली गुरौको सम्झनामा थारुहरूले सालको रुखमुनि पूजा गर्न थालेको बताउँछन्।, यो क्षेत्रलाई पहिले बेलौद प्रगन्ना भन्ने गरिन्थ्यो। सापकोटाकाअनुसार थारु समुदायमात्रै बसोबास गरिरहेको यो क्षेत्रमा रोगको महामारी, आगलागी, अन्य विभिन्न विपत्ति आइलागेछ। गाउँलेहरू आत्तिएर विभिन्न ठाउँमा रहेका गुरौहरूलाई गुहारेछन्। हेराउँदा उनीहरूले विक्रम नामका गुरौ हराए पनि खोजतलास नभएको, उनको मृत्यु भइसक्दा पनि परिवारले काजकिरिया नगरेको कारण विपत्ति आएको बताएछन्।, ‘खोज्दै जाँदा यहाँको सालको रुखमुनि हाडखोर भेटिएछ। परिवारले यहीँ काजकिरिया गरेछ। थारु समुदायले क्षमा माग्दै अब आइन्दा दुःख नदिन आग्रह गरेर हरेक वर्ष पूजा गर्ने वाचा गरेछन्,’ सापकोटाले भने, ‘त्यही बाचा पूरा गर्न उनीहरूले चैत दशैंको अवसर पारेर हरेक वर्ष चैते औंशीदेखि पूर्णिमासम्म पूजा गर्न थाले।’, २०३० सालतिर आफू सानो छँदा यहाँ चौधरीहरू मात्र पूजा गर्न आउने गरेको देखेको सापकोटाले बताए। बिस्तारै अन्य समुदाय पनि आउन थाले।, ‘यहाँ पूजा गरेर चौधरीहरूको मनोकांक्षा पूरा हुन्छ भने हाम्रो पनि हुन्छ भनेर अरू पनि आउन थाले। अहिले त नेपालमात्रै होइन भारतबाट पनि पूजा गर्न आइपुग्छन्,’ उनले भने।, गुरौ छँदा रोग निको पार्ने, गुरौले अहिले पनि यी कुराहरू पूरा गरिदिने जनविश्वास छ। , ‘हाम्रो मनोकामना पूरा भयो भनेर आउनेहरू पनि उत्तिकै छन्,’ सापकोटा भन्छन्, ‘यही आस्था र विश्वासले गर्दा यहाँ हरेक वर्ष भक्तजनको संख्या बढिरहेको छ।’, हाल विक्रमबाबाको थान रहेको स्थानमा मन्दिर बनाउन थारु समुदायले धेरै प्रयास गरेका थिए।, ‘दिनभरी मन्दिर बनाउने, राति भत्किने भएछ। त्यसपछि मन्दिर बनाइएन,’ चौधरीले भने, ‘थारुहरू प्रकृति पूजक हुन्। विक्रम गुरौले प्रकृतिको पूजा गर्दागर्दै खुला ठाउँमै देहत्याग गर्नुभयो। त्यसैले थानलाई प्राकृतिक रूपमै रहन दिनुपर्छ भनेर यसै छाडिएको पुराना गुरौहरूले सुनाउनुहुन्थ्यो।’, पुजारी चौधरीकाअनुसार यहाँ पहिले सालको रुख थियो। त्यो रुख ढलेर ठूटो बन्यो। ठूटो पनि कुहिएर अहिले जरामात्रै छ। सालको ठूटोबाटै पलाएको समी अहिले बढिरहेको छ। समीको फेदमा विभिन्न जनावरका आकृतिका भग्नावशेषहरू भेटिने उनले बताए। त्यसलाई उनीहरू जीवात्मा मान्छन्।, यो समुदाय राप्तीवारि रहेको छितामाई मन्दिरलाई विक्रमकी दिदी मान्छन्। पहिले दिदीको पूजा गरेर भाइको गर्ने चलन रहेको पुजारी चौधरीले बताए।, पहिले थारु समुदायका मानिसहरू दुई तीनदेखिनै नुवाई धुवाई गरेर चोखो बसेर विक्रमबाबाको थानमा जाने गर्दथे। नरिवल, सालको लिंगो, सुपारी, परेवा चढाएर विक्रमबाबासँग आफ्नो दुःख सुख साट्ने काम गर्थे। थारु गुरौहरू पनि विक्रमबाबाको शरण नतमस्तक भएर आफ्ना समुदायमा परेका दुःख कष्टका बारेमा विलौना गर्थे।, ‘प्रार्थनापछि विक्रमबाबाले सबै कुरा पूरा गरिदिन्छन् भन्ने विश्वास थियो। त्यो अहिले पनि कायमै छ,’ उनले भने।, रौतहटकी साहना यादव सपरिवार विक्रमबाबाको पूजा गर्न पुगेकी थिइन्। उनले यहाँ पूजा गरेपछि परिवारमा सुख आउँछ भन्ने सुनेर हरेक वर्ष आउने गरेको बताइन्।, ‘सोचको पूरा भइरहेको छ। त्यसैले हरेक वर्ष परिवार नै आउँछौं,’ उनले भनिन्।, भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले पहिले थारु समुदायलेमात्रै पुज्ने विक्रमबाबा अब सारा हिन्दुहरुको आस्थाको थलो बनेको बताए। उनले विक्रमबाबाको महिमालाई विश्वभरका हिन्दुसम्म पुर्‍याएर धार्मिक पर्यटनको विकास गर्न लागिपरेको बताए।, ‘विक्रमबाबालाई संसारभर हिन्दु धर्ममा आस्थाराख्नेको आदर्शको केन्द्र बनाउनुपर्छ,’ उनले भने, ‘हिन्दु धर्म र पर्यटनलाई जोड्न सकियो भने आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्छ।’, उनले धर्म र पर्यटनलाई जोडेर जगतपुरलाई पर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको बताए।, ‘विक्रमबाबाको दर्शन गर्ने, चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन घुम्ने पर्यटकहरू बढिरहेका छन्,’ वडाध्यक्ष दवाडीले भने, ‘हामी विक्रमबाबाको थान भएको क्षेत्रलाई वडाको स्वामित्वमा ल्याएर विकास गर्न चाहन्छौं।’, यस वर्ष अष्टमीमा ८० हजार, नवमीमा ५० हजार जना भक्तजनहरू विक्रमबाबा मेला भर्न आएको दवाडीले बताए। यहाँ एकैदिनमा डेढ लाख जनासम्म भक्तजनहरू आएको रेकर्ड छ।, 'विक्रमबाबा' को दर्शन गर्न हजारौंको लस्कर
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।, इलाम घर भई कीर्तिपुर बस्ने २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्‍करबाट एक पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ।, करिब ४५ वर्षका उनको पहिचान खुलेको छैन।, मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई अल्का अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा बुधबार बेलुकी निधन भएको प्रहरीले जनाएको छ।, शवलाई पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको छ।, साथै ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन्।, धोबिघाट ओरालोमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , विहीबार बिहान जिल्लाको  ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी  रन्जन कुमार दाहालले जानकारी दिए।, ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’ , नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक  लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ।  , ‘प्रवेशपत्रको  फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने। , सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।, एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ
रासस रूकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्।, बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरू आज बिहान मृत फेला परेका हुन्।, स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिए। , बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्।, घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ। , बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ।, रूकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला
रमेश लम्साल नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’। यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ।, शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउनका लागि प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। कार्यदलले दिने प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ।, प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन अनुसार आयोजना अगाडि बढाउनका लागि शेयर संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिएका थिए।, सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको स्वागतार्थ प्राधिकरणमा आयोजित कार्यक्रममा ऊर्जा सचिव घिमिरेले प्राधिकरणको बहुमत शेयर स्वामित्व रहनेगरी कम्पनीमा पुनःसंरचना गर्न लागिएको बताएका थिए।, यस्तो छ इतिहास, सन् १९८३/८४ मा कूल छ सय मेगावाट क्षमता रहने गरी आयोजनाको सम्भाव्यता अध्ययन गरिएको थियो। सो अध्ययनलाई अध्यावधिक गर्दै प्राधिकरणले सन् २०१० मा थप अध्ययन गरेको थियो। सन् २०१२ मा प्राधिकरणले पुनःसम्भाव्यता अध्ययन, विस्तृत डिजाइन तथा बोलपत्र दस्तावेज तयार पारेर फ्रान्सेली कम्पनी ट्याक्टबेलसँग सम्झौता गरेको थियो।, तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजनालाई विकास गर्नका लागि विकास समिति गठन गरेको थियो। सोही समितिलाई नै फ्रान्सेली कम्पनीले सन् २०१४ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुझाएको थियो।, सन् २०१७ मा ऊर्जा मन्त्रालयल र चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनीबीच इपीसिएफ मोडलमा आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर गरियो। राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्ले संयोजकत्वको प्रतिवेदनका आधारमा सन् २०१७ मा नै सरकारले स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने निर्णय गर्‍यो। सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः चिनियाँ कम्पनी गेजुवालाई नै सो आयोजना जिम्मा दिने निर्णय गरियो।, सो कम्पनी सम्पर्कमा नरहेपछि सरकारले सन् २०२२ मा आयोजना चिनियाँ कम्पनीबाट फिर्ता ल्याई कम्पनी स्थापना गर्ने निर्णय गर्‍यो। कम्पनी रजिष्ट्रार कार्यालयमा गत भदौ १७ गते आधिकारिक रूपमा बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरियो। तर सो कम्पनीले हालसम्म कुनै पनि काम अगाडि बढाउन सकेको छैन। धादिङ र गोरखाको सिमानामा निर्माण हुने आयोजनालाई अब प्राधिकरणको बहुमत शेयर स्वामित्व रहने गरी कम्पनी अगाडि बढाउने तयारी गरिएको छ।, प्रधानमन्त्रीको त्यो प्रतिबद्धता, प्रधानमन्त्री ‘प्रचण्ड’ले गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग यही चैत १९ मा प्रधामन्त्री निवास बालुवाटारमा छलफल गर्दै आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढाइने बताएका थिए।, ‘प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौं, स्थानीयवासीको आशङ्कासमेत दूर भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भनेका थिए, ‘आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयवासीले गुनासो गरेका थिए।’, आयोजना बन्दैन कि भनेर स्थानीयवासीले गरेको आशङ्का दूर भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनाका साथ अगाडि बढाइने प्रतिबद्धता जनाएको जानकारी दिएका थिए।, प्रधानमन्त्रीले त्यसदिन आयोजना अगाडि बढाउन स्थापना गरिएको कम्पनीलाई समेत अब गति दिन र त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई आवश्यक निर्देशन दिइने बताएका थिए।, प्रधानमन्त्रीको निर्देशनका आधारमा कम्पनीलाई नयाँ आधारमा अगाडि बढाउने ऊर्जा सचिवको घोषणापछि अब आयोजनाले गति लिने भएको छ। आयोजना प्रभावित क्षेत्रका लागि हालसम्म रु ४५ अर्ब बराबरको मुआब्जा वितरण भएको छ। घरगोठ तथा बोट बिरुवाको मुआब्जा वितरण गर्दा रु ६० अर्ब बराबर खर्च हुने देखिएको छ। पुनःस्थापना इकाइका अनुसार हालसम्म कूल ४८ हजार नौ सय ४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। झण्डै १० हजार रोपनी जग्गा अधिग्रहणको प्रक्रियामा छ।, यस्तो छ विद्यमान संरचना, विद्यमान व्यवस्थाअनुसार कम्पनीको अधिकृत पुँजी रु २० अर्ब बराबर छ। जारी पुँजी रु २० अर्ब बराबर छ। सो पुँजीलाई प्रतिशेयर रु एक सयका दरका २० करोड थान साधारण शेयरमा विभक्त गरिएको छ। कम्पनीको संस्थापकमा  ऊर्जा मन्त्रालयको (५० प्रतिशत), अर्थ मन्त्रालय (३० प्रतिशत) र नेपाल विद्युत् प्राधिकरण (२० प्रतिशत) बराबरको शेयर छ।, यसअघि प्राधिकरणले आयोजना निर्माणका लागि सम्भाव्य बनाउन  सरकारले भायाविलिटी ग्याप फन्डिङ (भिजिएफ) दिनुपर्ने तर्क गर्दै आएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरु आयोजना निर्माणका लागि तयार रहेको बताउँदै आएका थिए।, प्राधिकरणले सो आयोजनाका लागि नै केन्द्रित गरेर साधारण शेयरसमेत बिक्री गर्न सकिने बताउँदै आएको छ। आयोजनाका कूल लागत रु तीन खर्ब ३१ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ। ,(रासस), अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई
सेतोपाटी संवाददाता छाडा छोडिएका र भुस्याहा कुकुरहरूको टोकाइका घटना बढ्दै जान थालेपछि कुकुरहरूको नियन्त्रणका लागि बुटवलमा स्थायी बन्ध्याकरण गर्न सुरू गरिएको छ।, बुटवल उपमहानगरपालिकाभित्र सडकमा छाडिएका कुकुरहरूको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नपाओस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरणसँगै रेबिजविरूद्धको खोप लगाउन थालिएको हो।, यसअघि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले सडकमा भेटिएका भुस्याहा कुकुरहरूको बन्ध्याकरण गरेका थिए।, बुटवल उपमहानगरपालिकाले भने वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा मंगलबारदेखि बन्ध्याकरण र खोप लगाउन थालेको हो।, यो अभियान तीन दिनसम्म चल्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।, पन्थीले यस्तो अभियानले भुस्याहा कुकुरको संख्या वृद्धि रोकिने बताए।, यस्तै, घरमा कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसापिसाब गराएको पाइए कारबाही गर्नुका साथै कुकुर पाल्नका लागि उपमहानगरपालिकाबाट अनुमति लिनुपर्ने गरी कानुन बनाइरहेको पन्थीले बताए।, ‘बुटवल जहाँबाट ल्याएर छोड्न पनि सबैका लागि सहज पहुँच भएको स्थल बनेको छ, कुकुर मात्र होइन घरमा पाल्ने पशु चौपायालाई पनि दूध दिन छोडेपछि, बुढो र रोगी भएपछि बुटवलका सडकमा ल्यायो छोडिदियो,’ पन्थीले भने।, तीन दिनसम्म चल्ने अभियानमा बुटवलका १९ वटै वडाका सडकमा भेटिएका कुकुरहरू संकलन गरी बन्ध्याकरण गरिने उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले जानकारी दिए।, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले भने यसअघिदेखि नै छाडा कुकुरहरूको बन्ध्याकरण सुरू गरिसकेका छन्। सिद्धार्थनगर नगरपालिकाले गत फागुनमा एक सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरेको थियो।, त्यस्तै, तिलोत्तमा नगरपालिकाले पनि गत फागुनमा ९० भन्दा बढी कुकुरको बन्ध्याकरण गरेको थियो।, तिलोत्तमामा कुकुर पाल्नका लागि अनिवार्य रूपमा अनुमति पत्र लिनुपर्ने नियम लागू गरिएको छ।, पछिल्लो केही महिनायता बुटवल, तिलोत्तमा, देवदहलगायत स्थानमा भुस्याहा कुकुरहरूको टोकाइका घटना बढ्दै गएका छन्।, सडकमा छाडा छोडिने कुकुरहरूले पैदलयात्री तथा टोल छिमेकका बासिन्दालाई टोक्न थालेपछि रेबिज विरूद्धको सुइँ लगाउन दैनिक एक सयभन्दा बढी बिरामी अस्पताल जाने गरेका छन्।, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कुकुरले टोकेको भन्दै दैनिक १ सय जनासम्म बिरामी जाने गरेका छन्।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल रेकर्डर अधिकृत भोला क्षेत्रीका अनुसार गत फागुन महिनामा मात्रै कुकुरले टोकेको भन्दै तीन हजारभन्दा बढी मानिसले रेबिज विरूद्धको खोप लगाएका छन्।, कुकुर, बिराला, बाँदरजस्ता जनावरले टोकेपछि ३ पटक ३/३ दिनको फरकमा रेबिज विरूद्धको खोप लगाउनुपर्ने हुन्छ।, लुम्बिनी प्रादेशिक अस्पतालमा रेबिज विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ।, चिकित्सकका अनुसार रेबिज विरूद्धको नियमित खोप लगाएका चौपायाले टोक्दा जोखिम न्यून हुने भए पनि छाडा छोडिएका भुस्याहा कुकुरले टोक्दा रेबिज रोग लाग्ने सम्भावना उच्च रहन्छ।, तिलोत्तमा र सिद्धार्थनगरपछि बुटवलमा कुकुरको बन्ध्याकरण
रासस बैतडीका तीन युवती बेपत्ता भएका छन्। मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्।  , मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रूँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए।, भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ। सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उनीहरूका दुई छोरा छन्। , यस्तै, मेलौली नगरपालिका–१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छन्। यही चैत १६ गते घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ। पार्वतीका श्रीमान सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्।  , पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ। , पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन्।, यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुवा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौं जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्। , इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरू बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए।, बैतडीका तीन युवती बेपत्ता
सेतोपाटी संवाददाता जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।, पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, ९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको हो।, कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।, सोमबार बेलुकी खानतलासी गर्दा कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गरी काम भइरहेको पाइएको थियो।, साथै थप ६० वटा कम्प्युटर इन्टरनेट जडान गर्ने तयारीमा राखिएको थियो। ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।, ‘कम्प्युटरमा अनलाइनमा बसेर उनीहरू विभिन्न एप्स खोलेर चलाइरहेका थिए। वास्तविकता के हो हामीले अनुसन्धान गरिरहेकै छौँ,’ उनले भने।, जनकपुरधाममा अवैध कल सेन्टर सञ्चालन, २३ जना पक्राउ
रासस लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ।, यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, जीवनशैली तथा गिद्धको बासस्थानका विषयमा अध्ययन गर्न आउने गरेका जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविज्ञ डिबी चौधरीले बताए। , उनले रेष्टुरेन्टमा राखिएका गिद्धहरूलाई खाना दिइने गरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेहरूका लागि खुला गरिने गरिएको जानकारी दिए।, उनका अनुसार एकपटकको अवलोकनमा १५ देखि ३० जनासम्म आउने गरेका छन्। , ‘औसतमा भन्दा १५ देखि २० जनाको हाराहारीमा पर्यटक तथा अध्ययनकर्ता आउनुहुन्छ, त्यसबाहेक कहिलेकाहीँ अलि धेरैको समूहमा समेत आउने गर्नुभएको छ’, उनले भने।, खाना दिने दिन धेरैको संख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने तयारी गरिएको व्यवस्थापक चौधरीले जानकारी दिए।, यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ भने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गर्दा बाहिरको खाना खाने गर्दछन्। , विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको व्यवस्थापक चौधरीको भनाइ छ।, उनका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको हो।, कावासोती–१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका  गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताए।, उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन्।, आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेक व्यवस्थापक चौधरीले जानकारी दिए।, प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोग सँगसँगै बासस्थानमा आएका ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेका उनी बताउँछन्।, ‘डाइक्लोफेनेकको प्रयोग गरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेका तथा बासस्थान आएका ह्रास कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका हुन्’, उनले भने।, पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रूख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको चौधरी बताउँछन्।, रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट बूढाखाडा भएका गाईभैंसी ल्याएर पाल्ने गरेको छ।, रेष्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने चौधरीले बताए। यसबाहेक जिल्लाभित्र विभिन्न कृषि फार्ममा मरेका गाईभैंसी ल्याएर परीक्षणपश्चात् आहाराका रूपमा प्रयोग गरिने चौधरीले बताए। रेष्टुरेन्टले आहारा व्यवस्थापनका लागि व्यवस्थित गौशाला निर्माणको योजना अगाडि बढाएको र यसका लागि पंक्षी संरक्षण संघ, चितवन राष्ट्रिय निकुञ्ज, कावासोती नगरपालिका, डिभिजन वनलगायतका संघसंस्थाले आर्थिक सहयोग गरेको चौधरीले जानकारी दिए।, पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटक पछिल्लो समय बाक्लो रूपमा आउने गरेका व्यवस्थापक चौधरीले बताए।, रेष्टुरेन्टले गिद्ध अवलोकन गर्न आउने विदेशी पर्यटकसँग रु एक हजार र नेपाली पर्यटकसँग रु तीन सय लिने गरेको छ। विभिन्न संघसंस्थाको सहयोग, आगन्तुकलाई बिक्री गरिएको टिकट र आहाराको रूपमा प्रयोग भएपछि रहेको गाईवस्तुको छाला र हड्डी र मलको बिक्रीबाट रेष्टुरेन्ट सञ्चालन गर्ने गरिएको उनले जानकारी दिए।, गिद्ध संरक्षणका लागि समुदायस्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो।, जैविक विविधता अध्ययन केन्द्र बन्दै जटायु रेष्टुरेन्ट
एजेन्सी अमेरिकामा एक शिक्षकले ६ वर्षीय विद्यार्थीले आफूलाई गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेकी छन्।, भर्जिनिया राज्यको रिचनेक प्राथमिक विद्यालयकी शिक्षक अबिगेल ज्वेर्नरले विद्यालय प्रशासनलाई पूर्वसूचना दिँदादिँदै पनि आवश्यक कदम नचालेको भन्दै मुद्दा हालेकी हुन्। उनले ४ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको समाचार संस्था रोयटर्सले जनाएको छ।, गत जनवरी ६ मा ती बालकले शिक्षक ज्वेर्नरलाई गोली हानेका थिए। बालकले हानेको गोली हात र छातीमा लागेको थियो। आफू घाइते भए पनि उनले कक्षाकोठाका अरू विद्यार्थीलाई ती बालकबाट बचाएकी थिइन्। उनको उक्त साहसको सर्वत्र प्रशंसा भएको थियो।, उक्त घटनापछि उनले राजीनामा दिएकी थिइन्।, विद्यालयकी सहप्राध्यापक इबोनी पार्करले आफ्नो सुरक्षा गर्न नसकेको भन्दै ज्वर्नरले मुद्दा हालेकी हुन्।, ती बालकलाई पहिला पनि हिंसात्मक व्यवहार गरेको कसुरमा विद्यालयबाट निकालिएको भए पनि फेरि भर्ना गरिएको उनको आरोप छ।, ती बालकसँग हतियार छ भन्ने सूचना हुँदा पनि प्रहरी र विद्यालय प्रशासनले त्यो फेला पार्न नसकेकाले घटना भएको उनको दाबी छ।, अमेरिकामा बन्दुक राख्न खुला भएकाले बेला बेलामा गोलीकाण्ड भइरहन्छन्। पछिल्लो समय विद्यालय क्षेत्रमा पनि बन्दुक आक्रमणका घटना बारम्बार भइरहेका छन्। ६ वर्षका बालकले आफ्नी शिक्षकलाई गोली हानेको घटना भने बिरलै हुन्छन्।, कानुनअनुसार नै बन्दुक राख्न पाइने भएकाले आक्रमणपछि यसरी मुद्दा हाल्ने घटना पनि बिरलै हुन्छन्।,  , ६ वर्षीय बालकले शिक्षकलाई गोली हानेपछि…
रासस बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।, पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डुंगा सञ्चालनमा रोक लगाएको हो। , यहाँका अन्य घाटमा सहजै रूपमा डुंगा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुंगा चालक सुरेन्द्र चन्दले जानकारी दिए।, पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरूमा डुंगा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ। , गाउँपालिकाले ६६ हजार रुपैयाँ ठेक्कामा डुंगा चलाउने अनुमति दिए पनि एसएसबीले डुंगा चलाउन रोक लगाएको उनको भनाइ छ।, 'महाकालीमा डुंगा चलाएरै जीवनयापन गर्दै आएको थिए। गत वर्षदेखि एसएसबीले डुंगा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ', उनले भने। , एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ।, डुंगा निर्माणका लागि एक लाख बढी र अनुमतिका लागि ६६ हजार रुपैयाँ खर्च भएको उनले बताए। , भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ।, 'डुंगा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन। भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ?', उनले भने।, हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।, गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुंगा सञ्चालनमा छन्। , उनले भने, 'अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुंगा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौं। तर समस्या समाधान हुन सकेको छैन।', हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।, उनले भने, 'डुंगा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौं।' , पिथौरागढका सुरक्षा अधिकारीसँग चार/पाँचपटक डुंगा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताए।, उनले भने, 'पटक–पटक फोन र पत्रचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौं।', महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुंगामार्फत् ओहोरदोहोर गर्ने गरेका छन्।, भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन्। तर डुंगा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन्। , पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन। जोखिमपूर्ण रूपमा डुंगाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन्। तल्लोस्वराड क्षेत्रमा डुंगा सञ्चालन हुने आठ वटा घाट छन्।, एक वर्षदेखि बैतडीको हल्दुविनायक घाटमा डुंगा चलाउन दिएका छैनन् भारतीय सुरक्षाकर्मीले
सेतोपाटी संवाददाता १० हजार शाक्यहरूको विनाश गरिएको इतिहास बोकेको कपिलवस्तुको सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदैछ। लुम्बिनी र कपिलवस्तुको तिलौराकोटको समिपमै रहेर पनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा पन्ध्र दिने राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो।, चैत २३ देखि वैशाख ७ गतेसम्म हुने मूर्तिकला कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। यसअघि फागुन २३ गतेदेखि हुने भनिएको कार्यशाला तयारी नपुगेको भन्दै एक महिना पछाडि लगिएको लुम्बिनी विकास कोषले जनाएको छ।, कलाकारहरूले भगवान् बुद्धको जीवनसँग जोडेर सगरहवाको कथालाई ढुंगामा कुँदेर उतार्ने गरी मूर्तिकला कार्यशाला आयोजना गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।, मूर्तिकला कार्यशालाका लागि अहिले सगरहवामा आवश्यक ढुंगा संकलन गर्ने तथा विद्युतलगायत अन्य प्राविधिक व्यवस्थापन भइरहेको छ।, सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर उत्तर जगदीशपुर तालको पश्चिम दक्षिणमा रहेको सगरहवा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण स्थल मानिन्छ। चिनियाँ स्रोतले उल्लेख गरेअनुसार यहाँ ९ हजार ९ सय ९९ शाक्यहरूको सामूहिक बध गरिएको थियो। कतिपयले भने यहाँ ७७ हजार शाक्यहरूको महाविनाश गरिएको बताउने गर्छन्।, सातौं शताब्दीमा बुद्धस्थल तिलौराकोट आएका चिनियाँ पैदल यात्री ह्वेङ साङले आफनो यात्रा विवरणमा सगरहवामा हजारौं शाक्यहरूको सामूहिक बध गरिएको उल्लेख गरेका छन्।, इतिहासमा लेखिएअनुसार राम्रो कुल मानिने शाक्य गणराज्यसँग नाता सम्बन्ध गाँस्न कौशल नरेश प्रसेनजितको विवाह शाक्य कुलमा गराइएको थियो। त्यहाँ उनको बासभ खत्तियासँग विवाह भएको थियो। प्रसेनजितका छोरा विरूद्धक आफ्नो मामाघर प्राचीन कपिलवस्तु तिलौराकोटमा आउँदा उनले खाएको ठाउँमा लिपपोत गरेर दूधले धोएर चोख्याइएको देख्छन्।, आफूले खाएको स्थान लिपपोत गरेको देखेपछि सोधीखोजी गर्दा विरूद्धकले आफ्नी आमा दासीपुत्री भएको र आफू दासीपुत्रीको पुत्र भएकोले यस्तो गरेको थाहा पाएपछि शाक्यहरूको महाविनाश गर्ने कसम खान्छन्।, सोही प्रतिशोधपछि विरूद्धक शाक्य राज्यमा आक्रमण गरी दश हजार शाक्यहरूको बध गरी एकै चिहानमा गाडेको बौद्ध इतिहासमा उल्लेख गरिएको छ। सोही स्थान हो अहिलेको सगरहवा। पहिले ठूलो आकारको तलाउ रहेको सगरहवामा अहिले तलाउको आकार पनि साँघुरो बन्दै गएको छ। स्थानीयहरू सगरहवालाई लम्बुसागरको रूपमा पनि चिन्ने गर्छन्।, सन् १८९७ मा जर्मन सर्भेयर डाक्टर फुहररले सगरहवामा उत्खनन् गरी पोखरीको दक्षिणतर्फ ८ र पश्चिमतर्फ ९ वटा स्तुप फेला पारेका थिए। त्यसमध्ये १२ स्तुपमा अस्तु पात्र समेत भेटिएको थियो।, सन् १८९९ मा भारतीय पुरातत्वविद् पिसी मुखर्जीले सगरहवाको नक्सा बनाएका थिए। मुखर्जीले बनाएको नक्सामा सगरहवाको पोखरीको पश्चिमतर्फको खाल्डोमा ४९ वटा ससाना कोठा रहेको उल्लेख छ। त्यसयता भने सगरहवाको उत्खनन् हुन सकेको छैन। , शाक्यहरूको सामूहिक विनाश गरिएको स्थल भएकोले सगरहवासँग शाक्य वंशहरूको दुःखको सम्बन्ध जोडिएको छ। यहाँ आउने बौद्ध तिर्थालुहरू अकालमा मारिएका शाक्यहरूको आत्माको चीर शान्तिको कामना गर्छन्।, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ को ७४.८२ बिघा क्षेत्रफलमा रहेको सगरहवाको यही इतिहासलाई बाहिर ल्याउने गरी मूर्तिकला कार्यशाला आयोजना गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। मूर्तिकला कार्यशालाले सगरहवाको इतिहासलाई उजागार गर्ने मात्र होइन त्यहाँको पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।  , सगरहवाको इतिहास खोतल्ने गरी मूर्तिकला कार्यशाला हुँदै
रोहित महतो आफू तन्नेरी हुँदै उनले होटल व्यवसाय गर्ने सपना साँचेका थिए। , मनभरि यस्तो सपना पालेका बंगाली मल्लिक आफ्नै आँगनमा बाँसको चोया काढ्दै गरेका भेटिए। , चोयाबाट घरासयी प्रयोगका विभिन्न सामान बनाउनु र त्यसैबाट आर्जन गर्नु डोम समुदायको पुर्ख्यौली पेसा हो। उनी पनि बाँसको ढाकी, नाङ्लो, चंगेरा आदि बुनेर बेच्छन्।, बंगालीलाई भने यो पुस्तैनी काममा रूची थिएन।, रूची नभए पनि महोत्तरीको एकडारा गाउँपालिका-२ स्थित आफ्नो गाउँमा उनले चोयासँगै ५० वसन्त पूरा गरे।, चोया काढ्दै उनले मसँग उहिले साँचेको सपनाको कुरा गरे।, ‘मलाई त होटल गर्ने रहर थियो। होटल गर्न पाएको भए दुई-चार पैसा कमाइ हुन्थ्यो, छोराछोरीलाई राम्रो स्कुलमा हाल्न पाइन्थ्यो। उनीहरूले पनि आफैं केही गर्ने सपना देख्ने होलान्,’ उनले भने। , उनीजस्तै उनका भाइ कपडा व्यापार गर्न चाहन्थे। दुबै दाजुभाइको सपना अधुरै रह्यो।, उनीहरूले यति सामान्य सपना पूरा गर्न गाह्रो हुनुको कारण हो दलितमाथि हुने छुवाछुत। गाउँमा कथित उच्च जातका मानिसहरूले उनीहरूमाथि छुवाछुत गर्छन्।, सानैदेखि छुवाछुत सहँदै आएका बंगालीलाई यस्तो कुप्रथाकै कारण सपना पूरा गर्न नपाएकोमा धेरै नरमाइलो लागेको छ। उनी एक्लै गाउँको यस्तो कुरीति फेर्न सक्ने कुरा थिएन। छोइछिटो गर्नेहरू खान आउँदैनन् भन्ने लागेपछि उनले होटल खोल्ने आँट गरेनन्।, ‘मैले होटल खोलें भने छुवाछुत मान्ने मान्छेहरू खान आउँदैनन्। कपडा किन्न पनि आउँदैनन्। पान पसल खोलें भने पनि कोही आउँदैन,’ उनले भने, ‘यो समाजले हामीलाई पुर्ख्यौली पेसाबाट बाहिर जान बञ्चित गरिदिएको छ।’, उनले लेखपढ पनि गरेनन्। उनको समुदायका धेरैले लेखपढ गरेका छैनन्। पढाइ नगर्नुको कारण पनि छुवाछुतसँगै गाँसिएको छ।, ‘पढे लेखेपछि सपना देखिन्छ तर हामी यही समाजमा बसेर त ती पुरा गर्न सक्दैनौं,’ उनी भन्छन्, ‘यही कारणले हाम्रो समुदायका कोही पनि पढ्न मन गर्दैनन्।’, कुरा हुँदै गर्दा आइपुगे बंगालीकै टोलका दुखरण मल्लिक। उनको पनि गुनासो उस्तै छ।, ‘यहाँ छुवाछुत धेरै छ। गाउँका होटलभित्र दलित समुदायलाई प्रवेश निषेध छ,’ उनले भने।, छुवाछुत गर्न पाइँदैन भन्ने पनि थाहा छ। होटल त सार्वजनिक ठाउँ हो तैपनि उनीहरू भित्र पस्न आँट गर्दैनन्। हामी होटलमा पस्न र खान पाउनुपर्छ भनेर आवाज उठाउन पनि सक्दैनन्।, यसो हुनुको पनि खास कारण छ।, दुखरणले नै कारण खुलाए, ‘गाउँका होटलमा हामीलाई पस्न दिँदैनन्। हामी थोरै छौँ। जोडबल गर्यौं भने मारपिट गर्लान् भन्ने डर हुन्छ।’, उनका अनुसार केही वर्षअघिसम्म उनीहरूले होटलमा खानेकुरा किन्दा घरबाटै भाँडो लैजानु पथ्र्यो। अहिले कागजमा वा डिस्पोजेबल (एक पटकमात्र प्रयोग हुने) प्लेटमा पाउँछन्। चिया पनि यस्तै गिलासमा पाउँछन्।, अन्यका लागि स्टिलको प्लेट र स्टिलकै वा सिसाको गिलास हुन्छ।, यस्तो विभेदविरूद्ध अछुत भनिएका समुदायका व्यक्तिहरूले कहिल्यै आवाज नउठाएका पनि होइनन् तर सुनुवाइ कहिल्यै भएन।, २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि डोम समुदायका व्यक्तिहरूले जनप्रनिधिहरूसँग आफ्नो गुनासोहरू राखे। गाउँमा छुवाछुत अन्त्यका लागि आग्रह गरे तर आवश्वासनबाहेक केही पनि पाएनन्।, दुखरणका अनुसार छुवाछुतको कुरामा पनि भोटको कुरा आउँछ।, भन्छन्, ‘हामीसँग थोरै भोट छ। जनप्रतिनिधिहरू पनि अहिले पर्खंदै गर भन्छन्। उनीहरू धेरै भोट हुने समुदायसँग दुश्मनी मोल्न चाहँदैनन्।’, आफ्नो समुदायको आर्थिक अवस्था कमजोर हुनु पनि छुवाछुत अन्त्य हुन नसक्नुको कारण मान्छन् बंगाली। प्रहरी थानामा जानु पर्‍यो भने, मुद्दा लड्नु पर्‍यो भने पैसा हुँदैन।, उनी भन्छन्, ‘आर्थिक रूपमा मजबुत छैनौं। पहुँच पनि छैन। प्रहरीमा जानुपर्‍यो भने सहयोग गर्ने कोही हुँदैन। हामी सधैँ सहेरै बस्छौं।’, बंगालीको छिमेकी घरमा घरमूली महिला बसिरहेकी थिइन्। उनले आफ्नो नाम भन्न अप्ठेरो मानिन्।, उनीसँग पनि छुवाछुतका नमिठा भोगाइहरू छन्। कुटानी–पिसानी मिलमा बन्देज भोग्नु परेको छ। उनका लागि यो निकै दुःखको कुरा हो।  , उनी भन्छिन्, ‘मिलवालाले मिल छोइन्छ भनेर हाम्रो च्युरा कुटिदिँदैन। गहुँ, पिसिदिँदैन। धान पनि पिस्दैन। जति महँगो भए पनि हामी प्याकेटकै किनेर खान्छौं।’, मिलमै जाने हो भने निकै टाढाकोमा जानु पर्छ। छुवाछुत नमानिने जातको कसैलाई बिन्ती गरेर मिलमा पठाउनु पर्छ।, उनी प्रश्न गर्छिन्, ‘सधैँ कतिलाई हात जोडिराख्नु? कसलाई भन्नु?’, समाज सधैँ उही ठाउँमा छ। छुवाछुत सहने बानी परिसकेको छ तर सम्झी ल्याउँदा उनीहरूका मनमा अनेक प्रश्न उठ्छन्।, ‘हामीले बुनेको चंगेरा, नांलो र ढाकी पूजापाठ, बिहे, मरणहरण सबैमा चल्ने,’ एकडारा गाउँकै धियानी मल्लिकको प्रश्न छ, ‘हाम्रो पानी कि नचल्ने? हाम्रो केही पनि सामान छुन नहुने किन?’, दसैँको दुर्गा पूजामा पनि यहाँका डोम समुदायसँग चर्को विभेद हुन्छ। डोम समुदयका महिलाहरू कलश भर्न र जल यात्रामा सहभागी हुन पाउँदैनन्। डोम समुदायका व्यक्ति पूजा व्यवस्थापन समितिमा सदस्य बन्न पनि पाउँदैनन्।, टोलका अर्का बासिन्दा पप्पु मल्लिकले सात वर्षअघिको एउटा घटना सुनाए।, उनले डोम समुदायका व्यक्तिलाई पनि दसैँको पूजा व्यवस्थापन समितिमा राख्नु पर्‍यो भनेर कुरा उठाए। गाउँका अगुवा हौँ भन्नेहरूले नराख्ने भने।, ‘डोमलाई सदस्य बन्न दिदिने भनेपछि म कड्किएँ। किन बन्न मिल्दैन भनेर आवाज उठाएँ,’ घटना स्मरण गर्दै उनले भने, ‘केही युवाहरू धेरै बोलिस् भने कुटाइ खान्छस् भनेर अघि सरे। त्यसपछि हाम्रो समुदयाबाट कसैले पनि पूजा समितिमा जाने प्रयास गरेनन्।’, नवरात्रमा डोम समुदायका महिलाहरू पनि उपवास बस्छन् तर सामूहिक पूजामा सहभागी हुन पाउँदैनन्।, डोम समुदायमाथि एकडारामा मात्र नभई सबै ठाउँमा यस्तै विभेद हुने गरेको धनुषाको मिथिला नगरपालिका, ढल्केवरका बासिन्दा राज मल्लिकको भनाइ छ।, उनले आफूसँग भएका धेरै घटनामध्ये एउटा सुनाए।, उनी एकपटक सिरहाको लहान नजिक एक गाउँमा आफन्त भेट्न गएका थिए। आफन्तसँगै एउटा सानो होटलमा गए तर चिया खान पाएनन्।, ‘राजमार्ग छेउका बस्तीमा चेतना बढ्दै गए पनि भित्री गाउँमा छुवाछुत र विभेद जरा गाडेर बसेको छ,’ उनी भन्छन्, ‘पचास वर्षअघि र अहिलेको अवस्थामा खासै परिवर्तन भएको देखिँदैन।’, मिथिला नगरपालिका–५ को राजमार्ग छेउकै बस्ती श्रीपुरमा छठ घाटमा आफ्नो समुदायले अन्य समुदायसँग एकै ठाउँमा पूजा गर्न नपाएको उनको भनाइ छ।, ‘हामीबाट पनि उत्तिकै पैसा लिन्छन् तर एउटा कुनामा छुट्टै घाट बनाएर हामीलाई पूजा गर्न भन्छन्,’ राज भन्छन्, ‘यसो गरेको देख्दा मन खिन्न हुन्छ तर हामी अल्पसंख्यक छौँ। हाम्रो कुरा कसैले सुन्दैन। हामी केही पनि गर्न सक्दैनौँ।’, तराईका दलितहरूमा आफूहरूमाथि छुवाछुत हुनु गलत हो भन्ने चेतना छ। छुवाछुत गर्नुलाई संविधान र कानुनले दण्डनीय अपराध मानेको छ भन्ने पनि थाहा छ।, छुवाछुतको विभेद गर्नु अपराध हो, कानुनले छुवाछुत गर्ने गराउनेलाई  दण्ड हुने व्यवस्था गरेको छ। संविधानले विभेद गर्न नपाइने भनेको छ।तर समाज परिवर्तन गर्ने, देशको संविधान र कानून पालना गर्ने र गराउने शपथ लिएका कतिपय जनप्रतिनिधि नै दलितमाथि हुने छुवाछुतलाई उचित ठहर्‍याउन उद्यत देखिन्छन्। , एकडारा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सखिचन्द्र यादव छुवाछुतको कारण दलितहरू सरसफाइ भएको बताए।, ‘दलित समुदाय शिक्षित नभएर पनि विभेद हुन्छ। दलितको स्वभाव बदलियो भने उनीहरूसँग विभेद हुन्न। उनीहरूको सरसफाइ हुन्न। त्यही भएर विभेद हुन्छ,’ उनले भने। , डोम समुदायका व्यक्तिहरू भने यस्तो सोचलाई नै विभेदको मुख्य कारण देख्छन्। , यादवले आफू वडाध्यक्ष पदमा चुनिनुअघि एक गैरसरकारी संस्थामा काम गर्दा जातीय छुवाछुत र भेदभावविरुद्ध दुई वर्षमा एकडारा गाउँपालिकामा मात्र ७४ लाख रुपैयाँ खर्च गरेर तालिम गराएको बताए।, ‘छुवाछुत हटाउन मैले धेरै काम गरेको छु तर व्यावहारिकरूपमा परम्परा कायमै छ। सबै वर्गलाई तालिम दियौँ,’ उनले भने, ‘पचास प्रतिशत सुधार भएको छ। डोम समुदायलाई बाटोघाटोमा हिँड्नै मुस्किल हुन्थ्यो। अहिले त्यस्तो छैन।’, करिब तीन वर्ष पहिले मिलमा कुटानपिसान गर्न नदिँदा आफूले नै विवाद मिलाएको उनको दावी छ।, डोम समुदायले अहिले पनि मिलमा कुटानपिसान गर्न पाएका छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ।  , उनले भने, ‘तीन वर्ष पहिले च्युरा मिलमा मिल मालिकलाई छुवाछुत गर्दा मुद्दा चल्छ, दुई वर्ष जेल र जरिवाना जरिवाना हुन्छ भनेर भनेर कुरा मिलाएको थिएँ।’, वडाध्यक्ष यादवले आफ्नो वडामा विभेद र छुवाछुत आधा घटेको दाबी गरे पनि दलित समुदायका व्यक्तिहरू भने उनको दाबी मान्न तयार छैनन्।, पप्पुका अनुसार डोम समुदायले पानी नै खान नपाउने अवस्था थियो। अहिले छुट्टै कल बनेको छ। अलग्गै कल बन्नु विभेद अन्त्य हुनु होइन।, उनी भन्छन्, ‘आधा होइन, चार आना जति सुधार भएको जस्तो लाग्छ।’, सुस्तरी हुँदै गएको ससानो सुधारले पनि कुनै एक समय आफूमाथिको भेदभाव र छुवाछुत अन्त्य हुनेमा आशावादी छन्।,  , एकडारा गाउँका युवा भन्छन्: अलग्गै कल बन्नु विभेद अन्त्य हुनु होइन
विवेक राई पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट XBB.1.16 नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा XBB.1.16 भेरियन्ट देखिएको हो।, विज्ञहरूका अनुसार XBB.1.16 भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ। भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी हुन्छ। सोमबारमात्र भारतमा पाँच महिनायताकै धेरै अर्थात् झन्डै चार हजार जनामा संक्रमण देखिएको छ।राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय सहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ।, विश्वभरको अवस्था हेर्दा कोरोनाका दुईटा नयाँ भेरियन्ट XBB.1.16 र XBB.1.5 बढी सक्रिय छन्। यीमध्ये XBB.1.5 बढी अमेरिकामा देखिएको छ भने XBB.1.16 बढी भारतमा फैलिरहेको छ। यी दुईमध्ये भारतमा फैलिरहेको XBB.1.16 भेरियन्ट बढी संक्रामक छ।, छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।, यी दुबै XBB.1.16 र XBB.1.5 भेरियन्ट सन् २०१९ मा दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको ओमिक्रोन भेरियन्टकै उपप्रजाति हो। नेपालमा गतवर्ष नै ओमिक्रोन भेरियन्ट देखिसकेको छ। यद्यपि त्यसकै नयाँ उपप्रजातिको रूपमा विकसित भएका यी दुई भेरियन्टहरू अमिक्रोनभन्दा बढी संक्रामक रहेको भनिएको छ। जसले गर्दा संक्रमण बढ्नसक्ने विज्ञहरू बताउँछन्।, भाइरोलोजिष्ट डाक्टर लुना भट्ट भन्छिन्, 'अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये XBB.1.16 बढी संक्रामक देखिएको छ। हामी धेरै गम्भीर हुनुपर्ने विषय यसले हाम्रो शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छल्नसक्छ। त्यसैले संक्रमण एकदम बढ्न सक्छ।', ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भरियन्ट अघिल्लो भेरियन्ट 'डेल्टा' जस्तो घातक नहुने देखिएको उनले बताइन्।, नेपालमा गत वर्ष ओमिक्रोन भेरियन्टको संक्रमण व्यापक फैलिएको थियो। संक्रमण फैलिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या डेल्टा भेरियन्टको बेलाजस्तो थिएन। अस्पताल भर्ना भएकाहरूमा पनि धेरैलाई भेन्टिलेटर चाहिएको थिएन।, अहिले अमेरिकामा त्यस्तै अवस्था रहेको भाइरोलोजिष्ट भट्ट बताउँछिन्। अमेरिकामा नयाँ भेरियन्ट XBB.1.5 का कारण संक्रमण तीव्र भए पनि संक्रमितको स्वास्थ्य अवस्था सामान्य  छ।, 'ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट निकै डरलाग्दो थियो। किनभने डेल्टाले फोक्सोमा असर गर्थ्यो जसले गर्दा कतिले निमोनियाका कारण ज्यान गुमाए,' भट्ट भन्छिन्, 'तर ओमिक्रोनका बेला धेरैलाई भेन्टिलेटर नै चाहिएको थिएन किनभने यसले फोक्सोमा भन्दा पनि घाँटीमा संक्रमण गर्थ्यो।', अहिले देखिएका नयाँ भेरियन्टहरू पनि ओमिक्रोनकै उपप्रजाति भएकाले  डेल्टाजस्तो घातक नरहेको उनी बताउँछिन्। तर नयाँ भेरियन्ट बढी संक्रामक रहेकाले नेपालमा आगामी दिनमा संक्रमण बढ्न सक्ने उनको भनाइ छ।, अर्का भाइरोलोजिष्ट डाक्टर वासुदेव पाण्डे पनि नयाँ भेरियन्ट डेल्टाजस्तो घातक नदेखिए पनि अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेकाले नेपालमा संक्रमण बढ्न सक्ने बताउँछन्। उनले भारतमा पनि नयाँ भेरियन्टका कारण संक्रमण फैलिरहेको उल्लेख गर्दै नेपालमा पनि संक्रमण बढ्न सक्ने बताए।, नयाँ भेरियन्ट बढी घातक नरहे पनि यसले दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी असर गर्न सक्ने हुँदा सतर्कता अपाउनु पर्ने दुबै भाइरोलोजिष्टको सुझाव छ। यस्ता समूहका मानिसहरूमा कोरोनाको जुनै भेरियन्ट आए पनि जोखिम हुने उल्लेख गर्दै परिवारका अन्य सदस्यले ख्याल पर्‍याउनु पर्ने उनीहरूको भनाइ छ।, पछिल्लो समय मानिसहरूले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका कारण पुनः यसलाई पालना गर्नुपर्ने उनीहरूको जोड छ। साथै सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ।, यसका साथै सरकारले सबैका लागि खोपको बुस्टर डोजको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै भट्ट भन्छिन्, 'सुरूमा त बुस्टर डोज लगाउनै पर्‍यो। 'मोर्डेना र फाइजर' भयो भने राम्रो तर त्यसबाहेक पनि जुन छ त्यो लगाउँदा पनि हुन्छ। त्यसैले अब सरकारले नागरिकका लागि यहाँ-यहाँ बुस्टर डोज लगाइन्छ भनेर भन्नुपर्छ।', कोरोनाको लक्षण देखिए बेलैमा परीक्षण गराउनु पर्ने उनीहरूको भनाइ छ। भाइरोलोजिष्ट भट्टका अनुसार नयाँ भेरियन्टको लक्षण सामान्यत: ज्वरोबाट सुरू हुन्छ। त्यसपछि जीउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, आलस्य हुने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखिन सक्छन्। त्यसबाहेक कतिपयलाई पेट दुख्ने र पखला चल्नेजस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिनासाथ परीक्षण गराउनु पर्ने उनको सुझाव छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भारतमा संक्रमण फैलिरहेको हुँदा नेपालमा पनि संक्रमण बढ्नसक्ने उल्लेख गर्दै सबैलाई सतर्क रहन अपिल गरेको छ। साथै भारतसँग सीमा जोडिएका नाकाहरूमा परीक्षणलगायत निगरानी बढाइएको मन्त्रालयले जनाएको छ।, नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट संक्रामक बढी, घातक कम
सेतोपाटी संवाददाता उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गरेका छन्। , मंगलबार उनले प्रधान कार्यालयमा पुगेर भ्रमण गरी सशस्त्र प्रहरीसँग छलफल तथा निर्देशन दिएका हुन्। , उनले सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको बताए।, राज्यले सुम्पिएका जिम्मेवारीहरू साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरूमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको समेत बताए।, सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरूको स्थापना, मौजूदा बिओपीहरूको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उनले उल्लेख गरे।, हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्डअनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवा सुविधामा उचित ध्यान पुर्‍याउने पनि उनले बताए। , सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको निरीक्षण
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो सात जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , तत्कालीन मेयर उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय पित्रीभक्त गिरी, हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्तीमगर र नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामीविरूद्ध मुद्दा दर्ता भएको हो। , उनीहरूले ५० लाख भ्रष्‍टाचार गरेको आरोप लागेको हो। , अख्तियार प्रवक्ता दाहालका अनुसार पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम संचालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरेको हो। , समाजले आफ्नो लगानीको कुनै स्रोत नदेखाइ तथा कामै नगरी पञ्चपुर नगरबाट रकम भुक्तानी लिएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो। , मेयर थापाले नमुना समाज सुर्खेतसँग सम्झौता गरेका थिए। तर सम्झौता बमोजिमको कार्यक्रम संचालन गर्न नगरपालिकाको कुनै बैठकबाट निर्णय पनि भएको थिएन। , यस्तै नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्तावसमेत माग नगरेको पाइएको छ।, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमताबारे सोधिखोजी नगरेको र विश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजसँग सम्झौता गरेको अख्तियारको ठहर छ। , त्यसअनुसार खर्च गरी फिल्डमा काम सम्पादन गरेको थियो/थिएन भन्ने समेत अनुगमन, मूल्यांकन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन मेयर थापाले निर्देशन दिएको पाइएको हो। , नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको देखिँदादेखिँदै पनि दोस्रो किस्ताको रकमको भुक्तानी रोक्‍नु पर्नेमा उल्टै कार्यसम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिएर भुक्तानी भएको देखिएको थियो।, उनले बदनियतपूर्वक सरकारी रकम हानिनोक्सानी पुर्‍याएको आरोप छ। , पञ्चपुरीका तत्कालीन मेयरसहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
सेतोपाटी संवाददाता नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई मंगलबार पक्राउ गरेको एसपी रवीन्‍द्र रेग्मीले जानकारी दिए। , प्रहरीले काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र उनका साथी काभ्रे महाभारत गाउँपालिका-७ घर भई धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठलाई पक्राउ गरेको बताएको हो।, तामाङले फेसबुकमार्फत् नाबालिका पीडितलाई साथी बनाएका थिए। फेसबुकमार्फत् चिनजान गरी उनीहरू दुई जनाले नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोप छ। , तामाङ र श्रेष्ठले पीडितलाई गत फागुन ६ गते टोखा-३ ग्रान्‍डी अस्पताल नजिकैको गेष्ट हाउसमा लगेका थिए। त्यहाँ सामूहिक बलात्कार गरी फरार भएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको एसपी रेग्मीले बताए। , घटनाको थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई प्रहरी वृत्त महाराजगंजमा पठाएको छ। , नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ।, युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रको काजकस्तानको राजधानी अलमाटीमा सम्पन्न २६ औं साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो।, त्यस क्षेत्रको १२ देशले सहभागिता जनाएको अधिवेशनमा दुई उपाध्यक्ष पदका लागि नेपाल र भियतनामको मात्र उम्मेदवारी दर्ता भएकाले दुबै देश उपाध्यक्षमा निर्विरोध भएका हुन्।, नेपालबाट युनेस्को महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चुनावी मैदानमा उत्रिएका थिए।, अध्यक्षमा भने कोरिया र फिलिपिन्सले दाबी गर्दै उम्मेदवारी दिएको थियो।, कोरिया र फिलिपिन्सबीचको प्रतिस्पर्धामा मतका आधारमा कोरिया अध्यक्षमा निर्वाचित भएको हो।, कोरियाले १० मत प्राप्त गर्दा फिलिपिन्सले भने २ मत मात्र प्राप्त गरेको थियो। कोरियाबाट सञ्जु ली चुनावी मैदानमा उत्रिएकी थिइन्।, उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघका अध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रूपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।, युनेस्को विश्व महासंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्वाचित
सेतोपाटी संवाददाता बर्दियाको बबई नदीमा महिलाको शव फेला परेको छ।, मंगलबार बिहान १० बजे गुलरिया नगरपालिका-४ जब्दीघाट स्थित बबई (भादा) नदीमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको हो। , अन्दाजी ३०-३५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। , शव पोष्टमर्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ। , मृतकले गुलाबी रङको कुर्ता सुरूवाल, घाँटीमा गुलाबी रंङको दोपट्टा, घाँटीमा पहेँलो धातुको जस्तो सिक्री, कानमा पहेँलो धातुको रिङ र रातो रङको टप, चोर औंलामा रातो रङको औंठी लगाएकी थिइन्। शव गलिसकेको हुँदा पहिचन गर्न पनि कठिन रहेको डिएसपी बोहराले बताए। , अन्दाजी पाँच फिट उचाइकी उनको पहिचानका लागि प्रहरीले सबैमा आग्रह गरेको छ। शव हेर्दा झन्डै एक महिना पहिले उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। ती महिलाको मृत्यु के कारणले भयो भन्ने अनुमान गर्न कठिन रहेको तथा पोष्टमार्टम पछि मात्रै भन्न सहज हुने प्रहरीले जनाएको छ।, बबई नदीमा महिलाको शव फेला
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ पछि सार्वजनिक गरेको छ। , गुलरिया नगरपालिका वडा नं. ५ का सुशिल थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , जिल्ला अदालत बर्दियाले वैशाख ७ गते प्रतिबन्धित लागु औषध मुद्दामा दोषी ठहर गर्दै थापालाई ९ महिला काराबास सजाय तोकेको थियो।, त्यसयता लुकिछिपी बस्दै आएका थापालाई आफ्नै घरमा लुकिछिपी बस्दै आएको सुचनाका आधारमा सोमबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। , मंगलबार थापालाई अदालतमा पेश गरिएको अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।, फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। , दिउँसो पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहनेछ। , महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , आगामी चौबिस घन्टामा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। , यस्तो छ आगामी तीन दिनको मौसम , २०७९ चैत २२ गते (बुधबार), दिउँसोː,  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː  ,देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, २०७९ चैत २३ गते (बिहीबार), दिउँसोː , देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː  ,देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, २०७९ चैत २४ गते (शुक्रबार), दिउँसोː , देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː , कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
सेतोपाटी संवाददाता प्रतिनिधि सभा सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङमा मोबाइल नेटवर्कको समस्या समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन्। , मंगलबार सञ्चार मन्त्री रेखा शर्मासँग भेटेर पाण्डेले जिल्लाका विभिन्न स्थानहरूमा मोबाइल नेटवर्कको समस्या रहेकाले समस्या समाधान गरिदिन आग्रह गरेका हुन्। , मन्त्री शर्मालाई सांसद पाण्डेले बुझाएको निवेदनमा जिल्लाको सिद्धलेक गाउँपाालिका–४, बेनिघाट रोराङ गाउँपालिका–१ र धुनिवेशी नगरपालिका–७ का विभिन्न स्थानमा मोबाइल नेटवर्ककको समस्या देखिएको स्थानीयले गुनासो गरेको र यथाशिघ्र समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरिएको छ।  , धादिङमा मोबाइल नेटवर्कको समस्या समाधान गर्न सांसद पाण्डेको माग
नारायण खड्का सल्यानमा भरूवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका– ७ की ९ वर्षीया पूजा घर्तीको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए।, घटनामा थप तीन जना बालबालिका घाइते भएका छन्। घाइतेमध्ये पाँँच वर्षीया यमुना आलेको अवस्था गम्भीर छ। उनको उपचार काठमाडौंमा भइरहेको छ।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार यमुनालाई थप उपचारका लागि बाँकेबाट काठमाडौं लगिएको हो।, घटनामा परी घाइते भएकी तीन वर्षीया देवी घर्तीलाई मंगलबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजले डिस्चार्ज गरेको श्रेष्ठले बताए। अर्का घाइते बालक ८ वर्षीय तेजेन्द्र आलेको अवस्था भने सामान्य भएकाले स्थानीय स्तरमै उपचार भइरहेको उनले जानकारी दिए।, सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका उनीहरूलाई भरूवा बन्दुक पड्केर छर्राहरू लागेको श्रेष्ठले बताए। , बेलबहादुर आलेलाई भरूवा बन्दुकसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए।, ‘बेलबहादुरको घरको आँगनमा खेल्दै गरेका बालबालिकामाथि भरूवा बन्दुक पड्कन गई छर्राहरू लागेको भन्ने छ,’ श्रेष्ठले भने, ‘त्यो घटना कसरी हुन गयो भन्नेबारे पक्राउ परेका व्यक्तिसँग बयान लिन बाँकी नै छ।’, बेलबहादुरलाई मंगलबार बेलुका मात्रै इलाका प्रहरी कार्यालय लुहामको टोलीले ल्याइपुर्‍याएको र थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।, भरूवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु, ३ घाइते
नारायण खड्का दाङको तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा गए राति करिब २ बजेतिर एउटा कार प्रवेश गर्‍यो।, ना ४ च ५७८७ नम्बरको कारमा २ जना रहेछन्। कारबाट उनीहरू ओर्लिए, यताउता हेरे, कारबाट दुइटा जर्किन निकाले र हातमा झुण्डाए। लगत्तै पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीनजिकै पुगे।, उनीहरूले बसबाट एक जर्किन डिजेल निकाले। अर्को जर्किनमा डिलेल भर्न पाएनन्। किनभने प्रहरीले यो सबै गतिविधि नियालीरहेको थियो।, बसपार्कमा पार्किङ गरिएका गाडीका डिजेल चोरिएका घटना केही दिनदेखि सुनिएका थिए। प्रहरीकहाँ पनि निवेदन पुगेको थियो। चोर पत्ता लगाउन केही दिनदेखि प्रहरी सहायक निरीक्षक सन्तोष आचार्य लगायतको टोलीले बसपार्क क्षेत्रमा निगरानी गरिरहेका थिए।, प्रहरीलाई देख्नासाथ उनीहरू भाग्न खोजे। एक जना भागिहाले। तर प्रहरीले उनलाई केहीबेरमै नियन्त्रणमा लियो। प्रहरी घेराबाट भागेका विशाल रावतलाई पातुखोला पुलचोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो।, प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका विशाल रावतलाई नियन्त्रणमा लिएको हो।, उनीहरूसँग आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए।, डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको खुलेको छ। उनी कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।, ‘कार धनीले नै उनीहरूलाई डिजेल चोर्न पठाएका हुन् कि भन्ने आशंका गर्ने ठाउँ पनि देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने।, बसपार्कमा पार्किङमा राखिएका गाडीबाट टिभी, वाइफाइ राउटर, स्पिकर, डिजेललगायत चोरी हुन थालेपछि प्रहरीले गस्ती बढाएको थियो।, बस धनीहरूसँग पनि सल्लाह गरेर काउन्टरभित्रै प्रहरीलाई पनि उक्त क्षेत्र निगरानी गर्न राखिएको थियो। पछिल्लो दुई महिनामा मात्रै १६ पटक गाडीबाट डिजेल चोरेको पाइएको छ।, मध्यराति बसपार्क क्षेत्रमा कार आउने गरेको सूचनापछि प्रहरीले यस क्षेत्रमा निगरानी गरिरहेको थियो।, कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा उद्धारपछि अस्पतालमा उपचारका लागि लगिएकी एक युवतीको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित सडकपेटीमा बस्दै आएकी २८ वर्षीया पुष्पा डाँगीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, उनलाई सोमबार मात्रै मानव सेवा आश्रमले उद्धार गरी अस्पताल पुर्‍याएको थियो।, प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीका अनुसार उनी विगत ४/५ दिन यता बसपार्कको पुलमुनि एक्लै बस्दै आएकी थिइन्।, त्यो सूचना पाएपछि प्रहरी र मानव सेवाका व्यक्तिहरू गएर पुष्पाको उद्धार गरी आश्रममा लगेका थिए। पुष्पा बिरामी जस्तो देखेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको केसीले बताए।, प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले उनमा गम्भीर प्रकृतिको जन्डिसले अन्तिम अवस्थामा पुर्‍याएको हुँदा बचाउन नसकेको बताएका छन्।, पुष्पाको घरठेगाना भने खुल्न सकेको छैन। मृतकका आफन्तको समेत पहिचान हुन नसकेकाले शव पोस्टमर्टम लागि अस्पतालमा राखिएको छ।, पुलमुनि बस्नुभन्दा पहिले पुष्पा कहाँबाट आएर त्यहाँ बस्न थालेकी हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।, उद्धारपछि अस्पताल पुर्‍याइएकी युवतीको मृत्यु
रासस सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो आफ्नो दैनिकी सुरुवात गर्छन् ग्याल्बो शेर्पा। , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका शेर्पा  ७० वर्ष पुगे। उनले सानै उमेरदेखि बाँस र निगालोको चोयाबाट डोको र डालो बनाउन थालेका हुन्। , चाडबाड, बिहे, ब्रतबन्ध, खेतीपातीको समय आउँदा गाउँलेले उनलाई नै डोकोडालो बनाउने जिम्मा दिन्छन्। शरीर बुढो भएपनि डोकोडालो बनाउन उनी युवाजस्तै सक्रिय छन्। , ‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु,’ उनले भने। शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ। , माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ। शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन्। घरमै  आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टारेका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहोसमेत गरेका छन्। , आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनको भनाइ छ । धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ। एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ। मान्द्रादुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पा बताउँछन्। , मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ। अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बो बताउँछन् । उनी पनि  मान्द्रा बुनेर बेच्छन्।, ‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु,’ उनले भने, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ। , अन्न उब्जाउन जमिन छैन । कमाउन अरू इलम छैन । यहाँका अधिकांशले  आलु खेती गर्दै आएका छन् । आलु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका  छैनन्। , मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जङ्गली जनावारले दुःख दिँदा हैरान छन्। आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ। , मान्द्रा बुनेर जीविकोपार्जन
सेतोपाटी संवाददाता भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ।, साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।, चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोकका डिस्ट्रिक कलेक्टर तुसार निखारेले विज्ञप्ति निकालेर जनाएका छन्।, साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए।, मंगलबार मध्याह्न गान्तोक-नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो। हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए।, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।, सिक्किममा हिउँ पहिरो: ३ नेपालीको मृत्यु, ३ जना घाइते (भिडिओ)
रासस कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन्। , गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग रहेको बताए। , पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनले जिकिर गरे। , ‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन,’ उनले भने। , मुख्यमन्त्री शर्माले शिक्षामा व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक रहेको बताउँदै त्यसका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने बताए।, शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेनः मुख्यमन्त्री शर्मा
रासस चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टरबाट पनि निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएको छ। , निकुञ्जको अनुमतिपछि दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ। , यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो।, एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको थालिएको छ। , बाह्य तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जङ्गल पसेपछि गैँडासँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए।, होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा दुई गाडीको प्रयोग गरेर यही चैत १७ गतेदेखि यस क्षेत्रभित्र औपचारिकरूपमा जङ्गल सफारीको सुरुआत गरिएको छ। , निकुञ्जको पश्चिम सेक्टरको जङ्गलको मध्यभागमा सुरु भएको जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्वपूर्ण सावित हुने जङ्गल पर्यटनमार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउँछन्। , जङ्गल सफारीका क्रममा तीन घण्टाको समयमा १४ वटासम्म एकसिङ्गे गैँडा फेला परेका देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए। , पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश गरिने यो रुट भएर जङ्गल सफारी गर्दा धेरैको सङ्ख्यामा एकसिङ्गे गैँडामात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ, भालु तथा धेरै सङ्ख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले जङ्गल सफारी गर्नेका लागि यो मार्ग निकै महत्वपूर्ण हुने होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउँछन्। , वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिङ्गो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथि उठाउने उनको भनाइ छ।, पहिलो दिनकै सफारीमा १४ सम्म गैँडा देखिएपछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जिपको सङ्ख्या बढाउने तयारीमा जुटेका छन्। , अहिले भएको दुईवटा जिप यस क्षेत्रका होमस्टे सञ्चालक र पर्यापर्यटनसँग जोडिएका होटलहरूले सामूहिकरूपमा खरिद गरेर सञ्चालन गरेका छन्।, जिप खरिदमात्रै होइन सफारीबाट आएको आम्दानीसमेत समितिमार्फत लगानीका आधारमा व्यवसायीलाई बाँडिने गरेर सामूहिक अवधारणामा जङ्गल सफारीको सुरुआत गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिए। , पूर्व–पश्चिम राजमार्गको नारायणघाटबाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरेपछि रजहर बजारबाट दक्षिणतर्फ करिब एक दशमलव पाँच किलोमिटर यात्रा पिप्रहर पुगिन्छ। , यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिकरूपमा स्थापना गरिएको २२  होमस्टे सञ्चालनमा छन् भने साना र ठूला गरेर यस क्षेत्रमा डेढ दर्जन बढी राम्रा होटल सञ्चालनमा आएका छन्।, गैँडालगायतका वन्यजन्तु अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेसँगै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश दिने गरिएको छ। , नेपालकै दोस्रो लामो जङ्गल सफारीको मार्ग दाबी गरिएको यस क्षेत्रबाट करिब ५५ किलोमिटर लामो जङ्गलको यात्रा गर्दा धेरै सङ्ख्यामा गैँडासहितका वन्यजन्तु देखिने भएकाले पनि गैँडासहितका वन्यजन्तु अवलोकनका लागि पिप्रहर नयाँ गन्तव्यको रुपमा विकास भएको छ।, वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
रासस घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा। , बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हन्छन्। , कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा ६७ वर्ष नाघिसके ।उमेरले सात दशक लागेपनि जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम्ता छैन। टीकारामले खेतबारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो।, साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन। , व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बनेका छन्। , पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ। , सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । परिवार पाल्नका लागि ज्याला–मजदुरी र निमेक गरेकाे उनी बताउँछन्।, तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोडको जग्गा किन्न सफल भएका छन्।, उनले अहिलेको सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ। , जीन्दगीमा के चाहीँ गरिएन? सबै काम गरियो तर, तरकारी खेतीबाट सुख, सन्तुष्ट र खुशी सबै मिल्यो। उनीसँग आफूले दुखजेलो गरी उत्पादन गरेको तरकारी नबिकेको तितो सम्झना पनि छ । ०४८÷०४९ तिर गोलभेँडा, काउली र मसला बिक्री गर्न बागलुङ बजार पुगेका थिए, तर बिक्री भएन। , आफ्नो उत्पादन बिक्री नहुँदा टीकाराम निराश भए। तर, हिम्मत नहारी आफ्नो कामलाई निरन्तरता दिए र प्रतिफल पनि राम्रै पाउँदै आएका छन्। , ‘यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ,’ उनले भने। , टीकारामका सात सन्तान छन्। तरकारी खेतीबाटै भएको आम्दानीले उनले आफ्ना सात सन्तानलाई हुर्काउने, बढाउने र पढाउने गरेका हुन्। , तरकारी खेतीबाटै भएको आम्दानीले अहिले उनले राम्रै ठाउँमा सात रोपनी जग्गा किनेका छन्। उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन्। , ‘अहिले त्यति धेरै आर्थिक समस्या छैन। यी सबै उपलब्धि मैले कृषि पेसाबाटै पाएको हुँ,’ टीकाराम सुनाउँछन्। ,  सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए।  , सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्।  , त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ।, कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ। , सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएकी छन्। उनीहरूले कृषि कर्मबाटै वार्षिक तीन लाखसम्म बचत गर्दै आएका छन्।, तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछिन्। , श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उहाँको भनाइ छ । उनी भन्छिन्, ‘पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम गर्‍यौँ।’, उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताए। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाए। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ। , ३५ वर्षदेखि तरकारी खेती गर्दै आएका ‘तरकारी काका’
रासस सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। , ४५ वर्षीय न्यौपानेले दुई विघा क्षेत्रफलमा कागती खेती गरेका छन्। उनी चार वर्षदेखि मोरङको पथरी शनिश्चरे–२ कालापानीमा पथरी कृषि फार्म सञ्चालन गरी कागती खेती गर्दै आइरहेका छन्। , उनले सुरू गरेको कागतीखेतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ। , दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्।  बगानमा एक हजार दुई सय कागतीका बोट छन ।  , फार्ममा तीन जनाले रोजगारी पनि पाएका छन्। बजारको भाउअनुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा तीन रूपैयाँ र बिरुवा प्रतिगोट  ८० रूपैयाँका दरले बिक्री हुँदै आएको छ।, चार वर्षअघि कागती खेती सुरू गर्न न्यौपानेले ३२ लाख लगानी गरेका थिए। अहिले कागतीसँगै उखु, साग, केराउ, प्याज, लसुन लगायतका नगदेबाली पनि उत्पादन गर्दै आइरहेका छन्। , बगानमा वार्षिक  सात लाख दाना कागती र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको उनी बताउँछन्। कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका उनले बताए।, बिरुवा बिक्रीबाट वार्षिक आठ लाखसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन्। , कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले सुनाए। कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताए।‘ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ, उनले गुनासो पोखे। , कागतीखेतीबाट वार्षिक २० लाख कमाइरहेका रूद्रमणि
रासस उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन्। , अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे। , मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन्। उनले पीडितसँग अवस्था बुझ्दै भने, ‘तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन।’, घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो। , मन्त्री श्रेष्ठले भने, ‘उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो।’, वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए। ‘उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ,’ उनले भने। , पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए। उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन्।‘सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ,’ सिरहाका श्यामकुमार ठाकुरले भने, ‘हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ।’, मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौँ आएका थिए। , मिटरब्याज पीडितलाई उपप्रधानमन्त्रीको आग्रह- माग सम्बोधन हुन्छ, घर फर्किनुस्
सेतोपाटी संवाददाता रौतहटमा एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , मौलापुर नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीनियाँ माविमा संचालन भइरहेको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। , प्रवेश पत्रमा प्रेमलाल साह कानु नाम छ। तर उनको सट्टामा गरूडा नगरपालिका-६ पोठियाहीका कमल साहले परीक्षा दिइरहेका थिए।, जिल्ला प्रशासन कार्यालय रौतहटबाट सहायक प्रमुख जिल्ला अधिकारी मणिभुषण शाह नेतृत्वको अनुगमन टोलीले नक्कली परीक्षार्थी फेला पारेको हो। प्रेमलाल साह कानु भन्ने व्यक्ति को हो भन्नेबारेमा पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।,  , रौतहटमा एसइई परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
रासस ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन्।, स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन्। चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार राति चोरी भएको थियो। चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ। , सडक अवरुद्ध गर्दै स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिकाको विरोधमा खबरदारी गरिरहेका चन्द्रमान महर्जनले संस्कृति र सम्पदा संरक्षणमा नगरप्रमुख, वडा अध्यक्ष तथा जनप्रतिनिधि उदासिन भएको भन्दै असन्तुष्टी व्यक्त गरे।, ‘हामीले मत दिएर जिताएका जनप्रतिनिधिलाई स्थानीय सम्पदा मासिँदा चासो हुनुपर्छ,’ उनले भने। , प्रहरी वृत चापागाउँका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले स्थानीयवासीले सांकेतिक रूपमा केही समय सडक अवरोध गरेको बताए। , ‘उहाँहरूले बिहान सांकेतिक रूपमा केही समय सडकमा आवागम अवरोध गर्नुभयो। अहिले सडक सञ्चालन छ। मूर्ति चोरीका सम्बन्धमा अनुसन्धान जारी छ,’ उनले भने। , प्रहरी वृत्त चापागाउँदेखि करिब तीन सय मिटर दुरीमा रहेको चैत्यमा राखिएका चार मूर्तिमध्ये तीनवटा चोरी भएको थियो।, चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
सेतोपाटी संवाददाता काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।, आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। , अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको हो। उनी शाखा अधिकृत हुन्।, उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए। , सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्रक तिव्र गतिमा नभएको र स्कुटर अगाडि भएको नदेख्दा दुर्घटना भएको सिसिटिभी फुटेजमा देखिन्‍छ। , ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगेको डिएसपी भट्टले बताए। , अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनले बताए। , प्रहरीले चालक ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीबाट हुने परिसरले जनाएको छ।, बल्खुमा ट्रकको ठक्करबाट बिते अध्यागमनका अधिकृत पाण्डे
सेतोपाटी संवाददाता फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। , मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो।, अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ। , आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्‍या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। , उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ। ,  , फेसबुक ह्याक गरी चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , आइतबार बिहान अन्दाजी १० बजे बोदेबर्साइन नगरपालिका-३ सारसर पुर्वारी टोलस्थित भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।, सारसरबाट धनगढी तर्फ जाँदै गरेको प्र-२-०१-००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर बाटोमा पल्टिएको हो। उक्त दुर्घटना हुँदा चालक धनगणीका २२ वर्षीय पंकज यादवको घटनास्थलमै मृत्यु भएको हो। , प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। , ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ करोड बढी रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।, आइतबार आयोगले विशेष अदालत घिमिरेविरूद्ध २ करोड १४ लाख ४६ हजार ६  सय ५७ रुपैयाँ बीगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।, घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा वैधानिक आयभन्दा२ करोड रुपैयाँ बढी सम्पत्ति देखिएको आयोगल जनाएको छ।, घिमिरे २०५२ कात्तिक२८ देखि सरकारी सेवामा प्रवेश गरेका थिए। २०७९ मंसिर१२ गतेसम्मको उनको सम्पत्ति अनुसन्धान गर्दा वैधानिक रूपमा ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ कमाएको देखिन्छ। त्यही अवधिमा उनले गरेको खर्च भने ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपैयाँ छ। वैधानिक आम्दानीभन्दा २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बढी खर्च भएको हुँदा उक्त रकम उनले अवैधानिक रूपमा कमाएको आयोगले ठहर गरेको छ।, गैरकानुनी रूपमा कमाएको रकम बीगो माग गर्दै आयोगले मुद्दा हालेको हो।, घिमिरे आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अनधिकृत रूपमा अर्थ मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको भन्ने विवादमा मुछिएका थिए।, उक्त विवादपछि बनेको छानबिन समितिले अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको नपाइएको प्रतिवेदन दिएको थियो।, पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा
नवीनबाबु गुरूङ काठमाडौंको भृकुटीमण्डपमा फूलको प्रदर्शन भइरहेको छ।, पुष्प व्यवसाय प्रबर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले प्रदर्शनी गरेको हो।, विभिन्न प्रकारका फूल प्रदर्शनमा राखिएका छन्।, यहाँ फूल प्रदर्शनीका लागि करिब ५० स्टल राखिएका छन्। फूलको प्रदर्शनी सोमबारसम्म चल्नेछ।, हेर्नुस् तस्बिरहरू:,  , भृकुटीमण्डपमा फूलको मेला (तस्बिरहरू)
सेतोपाटी संवाददाता मालपोत कार्यालय बारामा कार्यरत खरिदार र लेखापढी गर्ने पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दुई जनालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , पक्राउ पर्नेमा मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाह छन्।, जग्गा रजिष्ट्रेशन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।, १५ हजार घुससहित मालपोत कार्यालयका खरिदार र लेखापढी पक्राउ
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् गंगा नगरकोटीले पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू–भागहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।, ‘प्रि–मनसुनमा अपराह्नपछि मेघ गर्जन/चट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड-खण्ड वर्षा हुन्छ,’ मौसमविद नगरकोटीले भनिन्, ‘यो केही समय निरन्तर हुन्छ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ।’, काठमाडौं उपत्यकामा साँझपख हल्का वर्षा भएको छ। बिहान र साँझ केही चिसो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।, भोलि सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।, पश्चिमी वायुको प्रभावले वर्षा
रासस शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट  खुला गरिएको छ । जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्। , नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो। , राजपत्रमा नगरपालिकाले भूउपयोग ऐन र नियमावलीअनुसार  भूउपयोग क्षेत्र कित्तागत विवरण, भूउपयोग परिषद्बाट स्वीकृत नक्सा र भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड तथा आधारलाई अन्तिम रुप दिएको छ। , नगरपालिकाले नगर क्षेत्रत्रिको २१ हजार चार हजार नौ कित्ताको वर्गीकरण गरेको छ । नगरपालिकाको नापी शाखाका प्रमुख हेमराज अवस्थीका अनुसार कृषि क्षेत्र २२ दशमलव २१ प्रतिशत, आवासीय क्षेत्र १२ दशमलव ५० प्रतिशत, व्यावसायिक क्षेत्र १ दशमलव ४०, औद्योगिक क्षेत्र शून्य दशमलव १७, खानी तथा खनिज क्षेत्र शून्य दशमलव ०३ प्रतिशतका क्षेत्रमा वर्गाीकरण गरिएको छ।, यसैगरी, वन क्षेत्र ५४ दशमलव १५, सार्वजनिक उपयोग क्षेत्र, तीन दशमलव ८९ प्रतिशत सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र शून्य दशमलव ०८ प्रतिशत नदी खोला तथा सिमसार क्षेत्र पाँच दशमलव ५१ प्रतिशत क्षेत्रमा वर्गीकरण गरिएको छ । नगरपालिकाको कूल क्षेत्रफल १६३५८१४५ दशमलव छ वर्गमिटर रहेको छ । , आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिकरुपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने भूउपयोग नियमावलीले व्यवस्था गरेको छ । , ‘भूउपयोग नीति २०÷२५ वर्ष अगाडि बनेको भए धेरै काम हुन्थ्यो,’ नगर प्रमुख महराले भने, ‘ढिलै भए पनि भूउपयोग क्षेत्रको वर्गीकरण गरेका छौँ, यसले कृषि क्षेत्रको जग्गा संरक्षण र आगामी नीति तथा योजना बनाउन सहज हुने छ।’ , नगरापलिकाका सबै जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट भूउपयोग क्षेत्रको वर्गीकरण गर्न सफल भएको उनले बताए। , सरकारले भूउपयोग नियमावली बनाएसँगै सबै पालिकामा जग्गाको वर्गीकरण गर्ने काम भइरहेको नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पालले बताए। , उनका अनुसार कञ्चनपुरका नौ पालिकामध्ये भूउपयोग क्षेत्रको वर्गीकरण गर्नेमा शुक्लाफाँटा दोस्रो बनेको छ ।, भीमदत्त नगरपालिकाले यसअघि भू–उपयोग क्षेत्रको वर्गीकरण गरेको थियो । ‘भूउपयोग क्षेत्रको वर्गीकरण नयाँ अभ्यास हो, यसका दीर्घकालीन धेरै फाइदा छन्,’ नापी कार्यालयका प्रमुख पालले भने, ‘भूउपयोग क्षेत्रको वर्गीकरणले स्थानीय तहलाई नीति तथा योजना बनाउन सहज हुनेछ।’, एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा उपयोग गर्न नमिल्ने उनले बताए। उनका अनुसार कसैले भूउपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिकामा निवेदन दिनुपर्ने छ।, ‘स्थानीय भूउपयोग परिषद्को बैठकमा भूउपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेस गर्छ र प्रदेश भूउपयोग परिषद्मा पठाउँछ,’ नापी प्रमुख पालले भने, ‘सङ्घीय भूउपयोग परिषद्ले औचित्य पुष्टि भएपछि कित्ता परिवर्तन गर्न स्वीकृत दिन्छ।’ , यसअघि भीमदत्त नगरपालिकाले भूमिको वर्गीकरण गरी कित्ताकाट खुला गरेको थियो। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका भूमि वर्गीकरण भीमदत्तपछि दोस्रो नगरपालिका बनेको छ। अन्य स्थानीय तहमा जग्गा वर्गीकरण अघि बढेको छ।  , शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ३० वटा वडामा ई-सिफारिस सुरू गरेको छ। , आइतबार महानगरपालिकाले एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई-सिफारिस ३० वटा वडामा सुरू गरेको हो। , वडा नम्बर १३ र ३२ मा पनि ई-सिफारिस प्रणाली सुरू भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुने महानगरपालिकाका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।, उनका अनुसार प्रणालीमा ई-सिफारिस, दर्ता चलानी लगायत सेवा छन्। , ‘सेवाग्राहीले प्रणाली चलाउन थालेपछि नतिजा आउने हो,' उनले भने, 'यसैले अबको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो।’ , प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौं महानगरपालिकाको लोगो भएको केएमसी मोबाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्ने छन्। , यस्तै मोबाइल एपबाट प्राप्त विवरणका आधारमा विवरण रूजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुने महानगरले जनाएको छ।, काठमाडौं महानगरका ३० वटै वडामा ई-सिफारिस सुरू
सेतोपाटी संवाददाता एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।, चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो।, चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।, दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।, एलपी ग्यास लोड गरेको ट्यांकर पल्टियो, एक जनाको मृत्यु
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ।, महाशाखाका अनुसार आज दिउँसो  देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ। , दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाले  वर्षा हुने सम्भावित भू–भागमा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। , कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
रासस कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि  ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए।, भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उनले बताए।, ‘खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन,’ उनले भने, ‘अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको  धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं।’, अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ। , कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने सङ्ख्या न्यून रहेको बताए। , ‘हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ।’ उनले भने– ‘शनिवारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन यो न्यून हो।’ , उनले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले सङ्ख्या बढ्न सक्ने बताए। ‘हामीले गाउँगाउँमा माइकिङसमेत गरेका हौँ,’ उनले भने, ‘यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए।’ , भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको सङ्ख्या धेरै कम रहेको बताए।, ‘पहिलो पटक खोप लगाउँदा भ्याइनभ्याइ थियो अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको सङ्ख्या न्यून छ।’, कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। , त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन। पहिलो मात्रापछि खोप लगाउनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। , कोरोना संक्रमणदर बढेको कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्यून
सेतोपाटी संवाददाता सप्तरीमा एक जना मिटरब्याजी पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय कल्याणपुरले सोमबार बिहान राजविराजबाट मिटरब्याजी आरोपी एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।, राजविराज नगरपालिका-७ बस्ने सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन्। , उनीविरूद्ध कल्याणपुरमा जाहेरी परेको थियो। , जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो। , सप्तरी प्रहरी स्रोतका अनुसार २०६६ सालमा उनका बुवा र स्थानीय निर्मलकुमार यादवका बुवाबीच २५ लाखको कारोबार भएको थियो। , निर्मलकुमार यादवका बुवाले शम्भुनाथ नगरपालिकामा रहेको ८ बिगाह ७ कठ्ठा ७ धुर जग्गा धितो राखेर २५ लाख ऋण लिएका थिए।, अहिले पैसा चुक्ता गर्दा २५ लाख नगदको बदलामा १३ करोड माग गरेपछि पीडित प्रहरी कहाँ पुगेका थिए। यसअघि पीडितले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएका थिए।, ‘पीडितले पटक-पटक रकम तिरेको भन्छन्, अर्कोले तिरेको छैन भन्छन्। अहिले कल्याणपुरमा छलफल भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो। , सरकारले मिटरब्याजको समस्या समाधान गर्न पीडितहरूसँग शनिबार मात्रै पाँच बुँदे सहमति गरेको छ। महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूसँग गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोलीले पाँच बुँदे सहमति गरेको थियो। , मिटरब्याज असुलेको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ
नारायण खड्का सामान्यतया कुनै पनि विकास निर्माणको काम होस् या भवन निर्माणको काम सुरूमा शिलान्यास गर्ने गरिन्छ। शिलान्यासपछि निर्माणको काम अघि बढ्छ। तर दाङको तुलसीपुरमा भने एउटा भवन निर्माण प्रक्रिया सुरू भएपछि शिलान्यास गरिएको छ।, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तुलसीपुरमा ‘तुलसी ट्रेड टावर’को शिलान्यास गरेका हुन्। सोमबार एक औपचारिक कार्यक्रमबीच नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री गिरी र तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सात तले ट्रेड टावरको शिलान्यास गरेका हुन्।, टावर निर्माणको बेसमेन्टको काम लगभग अन्तिम चरणमा पुगेपछि भवनको शिलान्यास गरिएको हो। , तुलसीपुरका इञ्जिनियर पवन योगीले टावर निर्माणको काम २० प्रतिशत जति पूरा भइसकेको सेतोपाटीलाई बताए। , २०७७ साल माघ १४ गते तत्कालीन नगर प्रमुख घनश्याम पाण्डे र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच सात तले तुलसी ट्रेड टावर निर्माण गर्ने सम्झौता भएको थियो। नगर विकास कोषको ७० प्रतिशत ऋण र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी छ। ८ प्रतिशत ब्याजदरमा २० वर्षभित्र नगर विकासलाई ऋण तिरिसक्ने सम्झौता छ।, कुल २८ करोड १७ लाख ३९ हजार रुपैयाँ लागतमा भवन बन्न लागेको हो। जसअन्तरगत १९ करोड ७२ लाख १७ हजार ३०० रुपैयाँ नगर विकासले व्यहोर्ने र उपमहानगरपालिकाले ८ करोड ४५ लाख २१ हजार ७ सय रुपैयाँ लगानी रहेको इञ्जिनियर योगीले जानकारी दिए।, टावर निर्माणका लागि २०७८ कात्तिक १६ गते इबिडिङमार्फत् उपमहानगरपालिकाले टेन्डर आह्वान गरेको थियो। कुल लागत २२ करोड २९ लाख ३३ हजार ६ सय बढी भ्याटसहित सार्वजनिक सूचनामार्फत् टेन्डर आह्वान गरिएको थियो।, ८ वटा निर्माण कम्पनीले काम गर्न चासो देखाए पनि ६ वटा मात्रै पास भएका थिए। त्यसमध्ये पनि सबभन्दा कम दररेट कबोल गर्ने समानान्तर डाइनामिक नारायनं. जेभी बाँकेले टावर निर्माणको काम जिम्मा लिए पनि काम भने स्थानीय निर्माण व्यवसायी गेहेन्द्र गिरीले गरिरहेका छन्।   , उसले भ्याटबाहेक १४ करोड ४२ लाख ७० हजार ६ सय बढीमा कामको जिम्मा लिएको थियो।, टावर निर्माणको लागि २०७८ साल चैत २९ गते निर्माण कम्पनी र उपमहानगरपालिकाका बीचमा दुई पक्षीय सम्झौता भई कार्यादेश पाएको थियो। सात तलामा निर्माण गर्न थालिएको यो टावर एउटा वेसमेन्टसहित ६ तलामा निर्माण हुनेछ।, टावर निर्माण गर्न लागिएको क्षेत्रफल ४७ सय ३७ दशमलव ५ सय ८ स्क्वायर मिटर छ। जसको ग्राउन्ड फ्लोरमा १६ वटा पसल, २ वटा लिफ्ट, १ इलिभेटर रहने छन्।, त्यस्तै, फर्स्ट फ्लोरमा १३ वटा पसल, दोस्रो र तेस्रो तला कार्यालय प्रयोजनका लागि निर्माण गरिने छ।  , चौथो तला रेष्टुरेण्ट, पाँचौंमा बहुउद्धेश्य प्रयोजनका लागि र छैठौं तला पनि त्यही रूपमा डिजाइन गरिएको इञ्जिनियर योगीले जानकारी दिए।, तुलसीपुरमा नयाँ काम के हुँदैछ?, ऋणमा डुबेको तुलसीपुरले यसपटक आफ्नै बलबुताले कुनै पनि नयाँ र ठूला योजना तय गर्न सकेको छैन। झन्डै ४ करोड जति लागतमा गाउँ घरमा सडक कालोपत्रेको काम मात्रै गर्दैछ।, योजना शाखाका अनुसार रातामाटादेखि आँखा अस्पताल २८ लाख २६ हजार रुपैयाँ ठेक्का सम्झौता भई काम पूरा भइसकेको छ। बेलझुण्डी– मनिकापुर सडक ३० लाख ९८ हजार रुपैयाँ काम पूरा भइसकेको छ।, त्यस्तै, गैरापातु सडक, कृष्ण मन्दिर–टिकरी, तल्लो चन्द्रगञ्ज, श्रीनगर टोल –बेलुवा समेत गरी नगरका १९ वडामा २६ वडा योजनाको काम ७ देखि १५ लाखमा भइरहेको छ।, आफ्नै कार्यालयको सम्मुखमा ‘तुलसीपुर टावर’ बहुउद्धेश्य व्यापारिक टावर निर्माणको काम सुरू गरे पनि  यो पूर्व मेयर पाण्डेकै पालालको योजना हो।, निर्माणाधीन टावरसँगैको उपमहानगरकै जग्गामा पूर्वतर्फ वर्षौंदेखि व्यक्तिको रजाइँमा चल्दै आएको छ। यहाँ व्यक्तिका तीन भवनहरू निर्माण रहे पनि अझै ती घर उपमहानगरले हटाउन सकिरहेको छैन। यद्यपी उसले सार्वजनिक सूचना भने जारी गरेको छ। , विदेशमा डेढ लाख कमाउनुभन्दा स्वदेशको १५ हजारले जित्छ: मुख्यमन्त्री गिरी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विदेशमा मासिक डेढ लाख कमाउनुभन्दा स्वदेशको १५ हजार कमाउनेले जित्ने बताएका छन्।  , दाङको तुलसीपुरमा निर्माणाधीन सात तले बहुउद्धेश्यीय ‘तुलसी ट्रेड टावर’को शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गिरीले अब युवाहरूलाई सम्झाइबुझाइ स्वदेशमै राख्न जरूरी रहेको जोड दिए। , ‘विदेशमा गएर डेढ लाख कमाउनुभन्दा यहाँ मासिक १५ हजार कमाउनेले जित्छ,’ उनले भने, ‘एक जनाले १५ हजार कमाउँदा घरको अर्कौ सदस्यले पनि त्यति कमाउँछ र घरको जग्गा जमिनमा पनि आफैं काम गर्छ अनि परिवार राम्रोसँग चलाउन सकिन्छ।’, ठूलो महत्वाकांक्षा बोक्न नहुने भन्दै अलिकता जुंगाको रेखी बस्ना साथ विदेश ताक्ने रोगको अन्त्य गरिनुपर्ने उनले बताए। , ‘अलिकता जुंगाको रेखा बस्न थाल्यो भने हाम्रा युवा पिँढी पढ्न छोडेर पढेर के हुन्छ र जागिर पाइँदैन भन्ने रोग पालेर विदेश पलाएन हुन थालेका छन्,’ उनले अगाडि भने, ‘मन र दिमागमा त्यो कुरा बोक्ने परम्पराको अन्त्य गरिनु नितान्त आवश्यक छ।’,  , करिब २० प्रतिशत निर्माणको काम सकेपछि बल्ल टावरको शिलान्यास!
नवीनबाबु गुरूङ काठमाडौंको भद्रकालीमा मिटरब्याज पीडितले धर्ना र प्रदर्शन गरेका छन्।, विभिन्‍न जिल्लाबाट काठमाडौं आइपुगेका पीडितहरूले सोमबार दिउँसो भद्रकालीमा प्रदर्शन गरेका हुन्।, उनीहरूले र्‍याली गर्दै भद्रकालीसम्म पुगेका हुन्। , गत शनिबार मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोली र महोत्तरीका पीडितहरूबीच पाँच बुँदे सहमति भएको थियो। , उक्त सहमतिपछि पनि मिटरब्याज पीडितहरू विभिन्न जिल्लाबाट काठमाडौं आएका छन्।, न्याय माग गर्दै उनीहरूले विभिन्न पर्चा र आरोपितको तस्बिरहरू बोकेका छन्। , तस्बिरहरू:, मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा, सुरू गरे धर्ना (तस्बिरहरू)
भगवती पाण्डे पौने एक अर्ब रुपैयाँको लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पानी चुहिएको छ।, गत शुक्रबार परेको वर्षापछि सभाहलको छानोमा लगाइएको स्याण्डवीच प्यानलबाट पानी चुहिएको हो।, सभाहलमा पानी चुहिएको देखिएको भन्दै लुम्बिनी विकास कोषले तत्काल मर्मत गर्न निर्माण कम्पनी लुम्बिनी अर्घाखाँची बाबुल जेभिलाई निर्देशन दिएको छ।, कोषले निर्माण कम्पनीलाई पत्र पठाउँदै तत्काल भरपर्दो तरिकाले मर्मत गर्न निर्देशन दिएको हो।, ‘आकाशबाट आएको पानी छानोबाट चुहिएको देखिएकाले यथाशिघ्र भरपर्दो मर्मत गरी प्राविधिक रूपमा पानी नचुहिने प्रत्याभूति गर्नुहुन निर्देशन दिइएको छ,’ कोषका सदस्य सचिव सानुराजा शाक्यले लेखेको पत्रमा भनिएको छ।, शाक्यले कोषका योजना प्रमुख सरोज भट्टराई र भौतिक पूर्वाधार निर्माण तथा मर्मत शाखालाई बोधार्थ दिँदै छानो मर्मत सम्पन्न नहुन्जेलसम्म अन्तिम बिल भुक्तानी रोक्न भनेका छन्।, लुम्बिनी विकास कोषको भौतिक पूर्वाधार निर्माण तथा मर्मत शाखाले भने अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको छानामाथि बुद्धको आँखा जडान गर्दा ठोकिएका स्क्रुबाट पानी चुहिएको हुन सक्ने बताएको छ।, अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको निर्माण कार्य सम्पन्न भई गत वर्ष बुद्ध पूर्णिमामा उद्घाटन समेत भइसके पनि छाना माथिको बुद्ध आँखा भने केही महिनाअघि मात्रै जडान गरिएको हो।, ‘प्रचार गरिएजस्तो त्यति ठूलो समस्या होइन, छानाको बाहिरी भागमा बुद्ध आँखा जडान गर्दा ठोकिएका स्क्रुबाट पानी रसाएको हुन सक्छ, निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न भनिसकेका छौं,’ कोषका योजना प्रमुख भट्टराईले भने।, २०७३ सालमा २५६० औं बुद्ध जयन्ती समारोहको लागि निर्माण गरिएको अस्थायी टेन्टलाई हावाहुरी र वर्षाले उडाएर कार्यक्रम बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही कार्यक्रममार्फत् लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।, सोही अनुसार २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीको दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन्।, शिलान्यास गर्दा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने बताए पनि चार वर्षमा निर्माण गरिएको सभाहलको गतवर्ष जेठ २ गते परेको बुद्ध जयन्तीको दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।, कोरियन प्रविधिबाट छाना निर्माण गरिएको र भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग गरिएको सभाहलको छाना गोलाकार गुम्बा आकारमा निर्माण भएको छ।, सभाहलको चारैतर्फ चाइनिज इँटाको गाह्रो लगाइएको छ भने सभाहलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका राखिएका छन्।, सभाहल निर्माण गर्दा ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि पहिलो र दोस्रो चरणमा गरी निर्माण सम्पन्न गर्दा ७५ करोड रुपैयाँ बढी खर्च भएको विकास कोषको दाबी छ।, बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा टिकटक प्रतियोगिता हुने, आगामी वैशाख २२ गते परेको बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा टिकटक प्रतियोगिता हुने भएको छ।, लुम्बिनीको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि भन्दै लुम्बिनीमा टिकटक प्रतियोगिता गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ।, लुम्बिनी विकास कोषको हालै बसेको बोर्ड बैठकले लुम्बिनीको थप प्रचार र पर्यटकीय प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको हो।, प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कार समेत दिइने कोषले जनाएको छ। यद्यपि पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।, यस्तै, बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई फ्री भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय पनि विकास कोषको बैठकले गरेको छ।, विकास कोषका सदस्य सचिव सानुराज शाक्यका अनुसार बुद्ध जयन्ती मनाउन आउनको लागि बुद्ध संस्कृति भएका राष्ट्रहरूलाई फ्री भिसाको लागि कोषले पहल गर्नेछ।, उद्घाटन गरेको एक वर्ष नपुग्दै चुहियो लुम्बिनी अन्तर्राष्ट्रिय सभाहलको छाना?
सेतोपाटी संवाददाता जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। , उनी प्रशासनमा कार्यरत नायब सुब्बा हुन्। , एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको थियो। यस घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ। , झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूमाथि सोधपुछ पछि प्रहरीले नासुलाई पक्राउ गरेको हो। उनीबाट थप व्‍यक्तिहरूको पहिचान खुल्ने एसपी रेग्मीले बताए। यसरी प्रशासनबाट नागरिकता दिलाउने गिरोहका मुख्य आरोपी कृष्णबहादुर कटुवाल हुन्। उनले ३ देखि ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता दिलाएको खुलेको थियो। , विजय लामा भने ९ वर्षदेखि प्रशासनको क्यान्टिनमा काम गर्थे। त्यहाँबाट उनले भित्री सेटिङ मिलाउने काम गरेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो। , यो पनि:, प्रहरीको ‘फेक चार्ली’ अपरेशन: काठमाडौं सिडिओ कार्यालयबाटै नक्कली नागरिकता बनाउने पाँच जना पक्राउ, तिब्बतीलाई नागरिकता दिलाएको प्रकरण: काठमाडौं प्रशासनका नासु पक्राउ
सेतोपाटी संवाददाता बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरस्थित भिटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सोही ठाउँमा ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।, पञ्चेश्वरबाट देहीमाडौं जाँदै गरेको से १ ज २९५ नम्बरको जिप ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको थियो।, सो जिपमा चालकसहित १५ जना सवार थिए।, घाइते १४ जनामध्ये कुन्ती भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, उनका अनुसार गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला अस्पतालबाट रेिफर गर्ने काम भइरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।, बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते
सेतोपाटी संवाददाता जाजरकोटको छेडागाड नगरपालिका-१२ वडा कार्यालयका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , तत्कालीन वडासचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ।, वडा-१२ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। , उक्त उजुरीमाथि अनुसन्धान हुँदा वडासचिव जैसीले आर्थिक वर्ष २०७५/०७६को प्रथम, दोस्रो र तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भ्रष्टाचार गरेको खुलेको प्रवक्ता दाहालले बताए। , जैसीले लाभग्राहीहरूको नक्कली विवरण खडा गरी दुई लाख ७३ हजार ४ सय सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो। , त्यस्तै प्रशासन सहायक कार्कीले पनि जैसीलाई सहयोग गरी आफूले पनि लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। , यसो हुँदा उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो। अख्तियारले बिगो रकम कायम गरी कैद र जरिवाना समेत माग गरेको छ। , छेडागाड नगरका तत्कालीन वडासचिवसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
सेतोपाटी संवाददाता नेपालमा ७६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार एक सय ५१ जनाको परीक्षण गरिएकोमा ७६ जनामा संक्रमण पुष्टि भएको हो। , १६ जना भने डिस्चार्ज भएका छन्। यस्तै २२७ जना सक्रिय संक्रमित छन्।, गत दुई सातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो। , स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ। , साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। , थप ७६ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी माग गरेको छ।, सोमबार सूचना जारी गर्दै महानगरले करार सेवाका लागि ५१ जना कार्यालय सहयोगी माग गरेको हो।, काठमाडौं महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्न दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ।, पुरूषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेकोले मात्र आवेदन दिन सक्ने महानगरले जनाएको छ। यस्तै आवेदकले न्यूनतम कक्षा १० उत्तीर्ण गरेको हुन पर्ने सूचनामा उल्लेख छ।, त्यस्तै  तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको वेबसाइट kathmandu.gov.np मा रहेको 'कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली' मार्फतमात्र आवेदन दिन सक्नेछन्। आवेदन आगामी वैशाख २६ गतेसम्म खुला रहने महानगरले जनाएको छ।, काठमाडौं महानगरले माग्यो ५१ जना कार्यालय सहयोगी
रासस इलाम कारागारबाट एक थुनुवा फरार भएका छन्। झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन्।, इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई  आश्चार्यको रूपमा लिइएको छ। , बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो। कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ। , गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनाका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिए।, डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज ९ मा पक्राउ गरेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो। , यस कारागारभित्र यसअघि मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको थियो।  , इलाम कारागारबाट थुनुवा फरार
डाक्टर प्रदीपकृष्ण श्रेष्ठ संसारभरि ‘टाइप टु’ डायबेटिजले महामारीको रूप लिँदै छ। नेपालमा पनि यो घर-घरको व्यथा भइसकेको छ।, चार प्रकारका डायबेटिजमध्ये दोस्रो प्रकारको डायबेटिज महामारी बन्ने खतरा छ। पहिला शारीरिक व्यायाम धेरै हुन्थ्यो। मानिसहरू कडा परिश्रम गर्थे। अहिले श्रम गर्ने चलन कम हुँदै गएको छ, तर खाना भने घटेको छैन।, हलो जोत्ने, हिँड्ने, बारीमा कुटो कोदालो गर्दा अन्न टन्न खाए पनि असर गरेको थिएन। खानाले शक्ति दिन्छ। हिजोआज खाना धेरै अनि शक्ति खर्च कम हुन थालेको छ। त्यसले गर्दा शरीरमा धेरै बोसो जम्मा हुन थालेको छ। खानपिन र व्यायाममा सन्तुलन नभएर डायबेटिजका बिरामी बढिरहेका छन्।, पहिला जंगलमा शिकार गरेर खान चलन थियो। त्यो बेलामा कति दिनसम्म भोकै बस्नुपर्थ्यो। तर अहिले भोकै बस्ने चलन हराएको छ। पहिला त तीन पटक खाने चलन थियो तर अहिले जतिबेला पनि खाने चलन छ। तनावग्रस्त जीवनशैली अनि खानाको कारणले समस्या भएको छ। अहिले व्यायाममा केही चेतना आएको छ, तर खाने कुरामा अझै सचेतना आएका छैनन्।, खेतबाट सिधै ल्याएर अलि सफा गरेर मात्रै खाने चलन थियो। तर अहिले मेसिनमा लगेर केमिकलसमेत राखेर खाने परिपाटी बढेको छ। जसले गर्दा बोसो झन् धेरै बढ्ने गरेको छ। खाना खाइरहेको छ, पचिरहेको छ, भण्डार भइरहेको छ तर खर्च भएको छैन।, उपवास बस्दा भण्डार केही घट्छ जसले गर्दा शरीरलाई फाइदा हुन्छ। भोक लागेपछि मात्रै खानुपर्छ। भोकै लागेको छैन तर मेरो समय आयो भनेर खाने होइन। समय आएपछि भन्दा पनि भोक आएपछि खानुपर्छ। यसले शरीरमा बोसो बढ्न दिँदैन भने मोटोपना समेत हुँदैन। माछा, मासु, अन्डा अनि घिउ तेलबाट पेट लाग्ने होइन, अन्नबाट लाग्ने हो। अन्न बढी भयो भने पेट लाग्ने हो। धेरै भात खायो भने पेट लाग्छ।, बोसो लागेको अन्नका कारण हो त्यसैले अन्न कम गर्नुपर्‍यो। अन्न धेरै खान मन छ भने शारीरिक परिश्रम धेरै गर्नुपर्छ। काम गर्नेले टन्न खान सक्छ।, हामी नेपालीको समस्या भनेकै अन्न धेरै खानु हो। हामीले चाहिनेजति प्रोटिन खाँदैनौं। त्यसैले तरकारीबाट शक्ति लिनुपर्छ, भातबाट होइन। नेपालीहरू खाना खाँदा अनुशासनमा रहँदैनन्। खाना र व्यायामको सन्तुलन नमिल्दा समस्या परेको छ। नयाँ प्रविधि अपनाउने अनि खाना खाने र काम गर्ने शैली पुरानो अपनाउनुपर्छ। यसले डायबेटिजबाट जोगाउन धेरै मद्दत गर्छ।, (प्राध्यापक डाक्टर श्रेष्ठ नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्।), भात धेरै खाएर सुगर हुन्छ, माछा-मासु र घिउले होइन
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरू अहिले सरकारसँग वार्तामा छ। , गृह मन्त्रालयकी सहसचिव रूद्रदेवी शर्माको नेतृत्वमा बनेको वार्ता टोलीले भोलि फेरि वार्ता गर्ने उपसचिव दिलकुमार तामाङले जानकारी दिए। , ‘हाम्रो वार्ता निरन्तर जारी नै छ। हिजो पनि बस्यौं। आज पनि बस्यौं,’ उनले भने, ‘भोलि फेरि बस्ने तयारी छ। सम्भवत: बिहान १० बजेपछि वार्ता हुन्छ।’, उनले थपे, ‘आज समझदारीतर्फ पुगिसकेका थियौं। तर उहाँहरूको प्रतिनिधिले अलिकति समय चाहिन्छ भन्नुभयो।’, प्रतिनिधिहरूले अन्य पीडितसँग छलफल गर्न समय माग गरेको पनि उनले बताए। , शुक्रबार बिहान ७ बजेदेखि १ बजेसम्म छलफल भएको थियो। , प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पीडितले माग गरिरहेका थिए। प्रधानमन्त्रीले पनि प्रतिनिधिहरूलाई भेट्न समय दिइसकेको उपसचिव तामाङले बताए। , तर सबै पीडितहरूले नै भेट्न पाउनुपर्ने माग राखेका थिए। , ‘उहाँहरूसँग प्रधानमन्त्रीज्यूले कुनै पनि समय भेट्नुहोला,’ उनले भने। , वार्ता टोलीले मिटरब्याज पीडितसँग भोलि फेरि वार्ता गर्ने
रासस भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक चालकको मृत्यु भएको छ। , भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए। , दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो।, त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। , मोटरसाइकल दुर्घटनामा घाइते भएका महतको मृत्यु
सेतोपाटी संवाददाता नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , शुक्रबार दिउँसो दुप्तेश्वर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटासुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो। , ११ जना सवार सुमो खोलामा खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। , मृत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका–४ का १६ वर्षीया मनमाया तामाङ र २५ वर्षीया छिरिङ तामाङ छन्।, दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइतेहरूलाई तादी गाउँपालिकास्थित खरानीटार अस्पतालमा प्राथमिक उपचारका लागि राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। , खरानीटारमा प्राथमिक उपचारपश्ताच घाइतेहरूको अवस्था हेरेर त्रिशुली अथवा काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए।, घाइतेमध्ये दुई जनाको अवस्थाा गम्भीर रहेका कारण हेलिकप्टरमार्फत काठमाडौं पठाउन मन्त्रालयसँग समन्वय भइरहेको पनि प्रमुख जिल्ला अधिकारी थापाले बताए। , नुवाकोटमा टाटासुमो दुर्घटना, दुई जनाको मृत्यु, ९ घाइते
नवीनबाबु गुरूङ बृहत् नागरिक आन्दोलनले संघीय मार्च गरेको छ।, प्रदेशको नाम कोशी खारेजीको माग गर्दै शुक्रबार बृहत् नागरिक आन्दोलन र  किराँत याक्थुङ चुम्लुङ ललितपुर, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिले संयुक्त रूपमा मार्च गरेका हुन्।, उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म मार्च गरेका थिए। , पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन्। , तस्बिरहरू:, कोशी नामविरूद्ध बृहत् नागरिक आन्दोलनको संघीय मार्च (तस्बिरहरू)
सेतोपाटी संवाददाता कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै र पहिचानको आधारमा पुनः नामकरण माग्दै सडकमा उत्रेका आन्दोलनकारीले आज इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन्।, पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन्।, तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन्। प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले ताला लगाएर हिँड्नासाथ प्रहरीले ताला फोडेपछि झडप भएको हो। झडप क्रममा तरहरा प्रहरी चौकीको ना १ झ ६२० नं को गाडी तोडफोड गरेका छन्।, आन्दोलनकारीहरूले तोडफोड गर्दा वडा कार्यालय भवनका सिसाहरू फुटेका छन्। वडाको डिजिटल बोर्डसमेत तोडफोड भएको छ।, आन्दोलनकारीले तोडफोड गरे इटहरीमा वडा कार्यालय
सेतोपाटी संवाददाता शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको हो। , यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो। गत दुईसातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो। हिजो (बिहीबार) पनि ४२ जना संक्रमित भेटिएका थिए। , स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ। , साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। ,  , शुक्रबार एकैदिन देखियो १ सय ४२ जनामा कोरोना
सेतोपाटी संवाददाता पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । , दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। , त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाले मेघगर्जन, चट्याङ र  हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। , यस्तो छ आगामी तीन दिनको मौसम , चैत १८ गते शनिबार , दिउँसोː , देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, रातीː ,देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, चैत १९ गते आइतबार, दिउँसोː,  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, चैत २० गते साेमबार, दिउँसोː , सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, अधिकांश भूभागमा चट्याङसहित वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम
सेतोपाटी संवाददाता ल्यारिङगोलोजी एण्ड थाइरोइड एसोसियएसनको आयोजनामा  थाइरोइड क्यान्सरको उपचार सम्बन्धि दुईदिने विशेष कार्यक्रम हुदैछ।, थाइरोइड क्यान्सरको पहिचान,निदान र रोकथामका लागि कार्यक्रम गर्न लागिएको एसोसियसनका सदस्य एवम् त्रिवि शिक्षण अस्पतालका नाक,कान घाटी रोग विशेषज्ञ डा कुञ्जन आचार्यले सेतोपाटीलाई बाताए। , कार्यक्रमका लागि भारत र नेदरल्याणबाट समेत चिकित्सकहरु नेपाल आएका छन्।, शनिबार वीर अस्पतालमा थाइरोइड क्यान्सरको अपरेशनबारे जानकारी गराउने र अपरेशन गरेको प्रत्यक्ष प्रसारण समेत गरिनेछ। , चिकित्सक र अन्य स्वास्थ्यकर्मी गरी ७० जनाले प्रत्यक्ष प्रसारण मार्फत जानकारी लिनेछन्।आइतबार नेपाल मेडिसिटि अस्पताल ललितपुरमा थाइरोइड क्यान्सरबारे अन्तरक्रिया र समुह छलफल हुनेछ। , थाइरोइड क्यान्सर र स्वर सम्बन्धि समस्याको पहिचान,निदान र रोकथामका लागि विभिन्न जनचेतनामुलुक कामहरु गर्नको लागि शुक्रवार मात्र ल्यारिङगोलोजी एण्ड थाइरोइड एसोसियएसनको स्थापना भएको हो।, थाइरोइड क्यान्सरको उपचारसम्बन्धी दुई दिने विशेष कार्यक्रम हुँदै
रासस महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ। , आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमान्को म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाडौँको नेपालटार बस्ने १९ वर्षकी देवकी न्यौपानेलाई पक्राउ गरेको छ।,  , पीडितको जाहेरीपछि ब्युरोले गरेको अनुसन्धानमा उक्त कार्यमा संलग्न रहेको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट आजै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए। , अर्को घटनामा अनलाइनबाट आफू र साथीको फोटो इडिट गरी फेसबुकमा सार्वजनिक गरेको भन्ने पीडितको आरोपमा काठमाडौँको कोटेश्वर बस्ने मुना त्रिताललाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । , निवेदकको फेक प्रोफाइल बनाई अश्लील संवाद गर्नुका साथै सामाजिक सञ्जालबाट बदनाम गराउने गरी भिडियो प्रदर्शन गरेकाले अर्की एक महिलालाई पनि ब्यूरोले पक्राउ गरेर सार्वजनिक गरेको हो। , पक्राउ गर्नेमा गोरखा घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ३९ वर्षकी उर्मिला घिमिरे रहेकी छन्। तीनै वटा घटनामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।  , महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ