content
stringlengths
20
64.1k
रासस ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्। , म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन्।, गाउँपालिकाले अधिकांश बस्तीमा सडक पुर्‍याएको छ।मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताए। , बजारभन्दा गाउँ निकै टाडा हुँदा यहाँका नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गरे। उनले भने, ‘फेदीसम्म १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेदी पुगेर सामान ल्याउने गथ्यौँ, पहिला बागलुङ बजार हटिया बजार जानु पर्थ्यो, त्यहाँ जान एक दिन लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपर्थ्यो।’, गाउँपालिकाले पाँचवटै वडाका बस्तीमा सडक पुर्‍याएको छ।गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ। अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय विनोद घर्तीमगरले बताए। विगतमाकृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको बताए। , उनी भन्छन्,‘सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ, धेरैको जीवनस्तर उकासिने क्रममा छ।’ गाउँपालिकाले गाउँगाउँमा सडक विस्तार गर्न हालसम्म करिब करिब २० करोड भन्दा बढी लगानी गरी सकेको छ। , स्थानीय ७० वर्षीया रुपकला घर्तीमगरले पछिल्लो एक दशकयता ताराखोलामा ठूलो परिवर्तन आएको बताउँछन्। उनले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पुर्‍याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन पाएको बताए। आफूहरुले २० वर्ष अगाडि बागलुङ, बुटवललगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको सम्झिए। , ‘विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउन हप्तौ लगाएर बटौली (बुटवल) जान्थ्यौँ,’ घर्तीले आफ्नो विगत स्मरण गर्दै भने, ‘अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर गए, अहिले यही तराई भयो।’, गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले गाउँ बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेको भन्दै अहिले ८५ प्रतिशत बस्तीमा सडक पुगेको बताए। भौगोलिक कठिनाइका बाबजुद ताराखोलामा विकासका ढोका खुलेको उनको भनाइ।उनले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको भन्दै अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम गरेको बताए। सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उहाँको भनाइ छ।   , उनी भन्छन्, ‘एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको, गाउँपालिकासँगै प्रदेश सरकारको लगानीमा सडक निर्माण भएका हुन्, अझै केही बस्तीमा पु¥याउनु पर्नेछ, कच्ची सडक व्यवस्थित बनाउने योजना छ।’ , गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा छ। यो सडक ताराखोलावासीलाई ‘लाइफ लाइन’ बन्ने छ। , दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। , दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।, बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।, उनका अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो। , घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ। , नुवाकोट सुमो दुर्घटना अपडेट: थप एकको मृत्यु, तीनको अवस्था गम्भीर
सेतोपाटी संवाददाता पाँचथरको मेचीमार्ग अन्तर्गत फिदिमको कान्छी दोकानमा शुक्रवार राती  कार दुर्घटना हुँदा झापा बिर्तामोड नगरपालिका-१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको छ। , ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो । , दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाईते सबैको पाचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतक कार चालक हुन् भने घाइते बुबा, आमा र दिदी हुन् । उनीहरु ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर झापा फर्कदै थिए।, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाका अनुसार मृतकका बुबा ४५ वर्षीय राजु भुजेल, आमा ३९ वर्षीया लीला भुजेल र ४० वर्षीया दिदी नाता पर्ने सिता भुजेल गम्भीर घाइते छन्।, उनीहरू तिनै जना बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका १३ वर्षका मृतकका भाई राजमोहन भुजेल सकुशल रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई थप उपचारकालागि झापा तर्फ पठाइने तयारी भएको प्रहरीले जनाएको छ। , एकै परिवारका ५ सवार कार दुर्घटना भएको डेड घण्टापछि मात्र स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि मात्र घाइतेको उद्धार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । , प्रहरीले उद्धारपछि फिदिमको जिल्ला अस्पतालमा घाइतेहरूको उपचार गर्न पुर्याइएको थियो । उपचारकै क्रममा रश्मिको राती १०ः४९ बजे मृत्यु भएको बताइएको छ। , कार सडकदेखि २०० मिटर तल झरेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।,  , पाँचथरमा कार दुर्घटना, एकको मृत्यु, तीन घाइते
सेतोपाटी संवाददाता  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन्।, शनिबार बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको र अहिले त्यो पूरा हुने चरणमा रहेको बताए। , उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताएका छन्। , प्रधानमन्त्री प्रचण्डले पीडितहरूलाई तत्काल राहत हुने र दीर्घकालसम्म पनि हुनेगरी समस्याको समाधान गरिने बताए।‘ म नै प्रधानमन्त्री भएको बेलामा यो समस्याको दिर्घकालीन ढंगले समस्या समाधान गर्नुछ। तत्काल पनि केही गर्नुछ,’ प्रधानमन्त्रीले भने। , मिटरब्याज समस्याको तत्काल समाधानका लागि केहीदिन अघि मात्रै  उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको प्रधानमन्त्रीले जानकारी गराए। , प्रधानमन्त्रीले मिटरब्याजी साहुकारहरूलाई तत्काल फिल्डमा गएर सिधै कारबाही गर्न सक्ने न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने अधिकारसम्पन्न आयोग बनाइने आश्वासन दिए। , ‘त्यो प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। , उनले आफू प्रधानमन्त्री भएको बेलामा मात्रै यी समस्या समाधान हुनसक्ने भएकाले नै आफू यसमा गम्भीर ढंगले लागेको बताए।, यसअघि पनि खुमलटारमा मिटरब्याज पीडितहरुसँग आफूले भेटेको र उनीहरुको समस्या समाधानका लागि पहल गरेको प्रधानमन्त्री स्मरण गरे । , ‘तर, ऐनको अभावमा त्यो प्रभावकारी हुन सकेन, त्यसैले अहिले ऐन बनाउन लागेका छौैं,’ प्रधानमन्त्रीले भने। , ऐन बनाउँदा पीडितहरुसँग पनि सल्लाह सुझाव लिएर अगाडि बढ्ने प्रधानमन्त्रीले बताए। , ‘के गर्यो भने त्यो ऐनलाई अझै प्रभावकारी ढंगले व्यवहारमा लान सकिन्छ भन्ने सुझाव तपाइहरुबाट लिन म तयार छु,’ प्रधानमन्त्रीले भने। , मेरै कार्यकालमा मिटरब्याजको समस्या समाधान गर्छु: प्रधानमन्त्री
रासस दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ।, यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो। , दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प
रासस दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो।, यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो। , पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ। , लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प
मन्दिरा घिमिरे यसपालि ,'महिनावारीका कुरा', मा हामीले रंगकर्मी एवं निर्देशकद्वय जीवन भट्टराई र लक्ष्मी बर्देवासँग कुराकानी गरेका छौं। जीवन र लक्ष्मी श्रीमानश्रीमती हुन्। रंगमञ्चमा काम गर्ने क्रममै चिनजान भएका उनीहरूको ५ वर्षअघि बिहे भएको हो।, सानो छँदा जीवनलाई महिनावारी के हो भन्ने थाहा थिएन। उनले महिलाहरू हरेक महिना रजस्वला हुन्छन् भन्ने मात्र बुझेका थिए। यो बुझाइ पनि उनले कहीँ पढेर, सुनेर भएको होइन। घरमा आमा महिनावारी हुँदा चार-पाँच दिन खाना पकाउँदिन थिइन्। जीवनले यसैबाट महिलाहरू महिनावारी हुनेबारे थाहा पाएका थिए।, उनी भन्छन्, 'म सानै हुँदाको कुरा हो। आमा महिनावारी हुँदा मैले कि बुबाले खाना पकाउँथ्यौं। त्यति बेलाको परिस्थिति नै त्यस्तो थियो। छरछिमेकमा पनि दिदीबहिनी र आमा महिनावारी हुँदा घरका अरू सदस्यले खाना पकाउँथे।' , महिनावारी बारेको देख्दादेख्दा उनी यो सामान्य नै होला भन्ठान्थे। हुर्किने क्रममा बुझ्दै गएपछि नगर्दा हुने कुरा किन गरेको होला भन्ने लाग्न थाल्यो। पाँच वर्षअघि भने उनलाई महिनावारीको शारीरिक र वैज्ञानिक कारणबारे थाहा भयो।, 'त्यसपछि त झनै महिनावारी एकदमै सामान्य र प्राकृतिक कुरा रहेछ भन्ने थाहा भयो,' उनले भने।, जीवनका अनुसार उनी घरायसी काम लक्ष्मीलाई मात्र थोपर्दैनन्। उनका बुबाले पनि आमालाई घरको काममा सहयोग गर्थे। त्यसैले घरको काम श्रीमान र श्रीमती दुवैले गर्नुपर्छ भन्ने बुझेको उनले बताए।, श्रीमती महिनावारी भएका बेला अझ बढी सहयोग गर्ने उनी बताउँछन्।, 'महिनावारी भएको समयमा घरको कामले पनि समस्या दिन्छ,' जीवन भन्छन्, 'अरू बेला पनि घरको काममा सघाउँछु। महिनावारी भएका बेला अलिकति बढी ध्यान दिन्छु। उनलाई के खान मन लागिरहेको हुन्छ, आराम चाहिएको छ कि छैन भन्ने ख्याल राख्छु।' , लक्ष्मीलाई महिनावारीमा गाह्रो भए औषधि किनेर ल्याइहाल्ने उनले बताए।, 'यस्तो अवस्थामा औषधि खानु उचित हो होइन भन्नेबारे मलाई धेरै थाहा छैन। तर श्रीमतीको दुखाइ हेरेर बस्न सकिँदैन,' उनले भने।, कतिपय घरमा श्रीमानले श्रीमतीलाई महिनावारी बार्नुपर्छ भन्ने लगायतका कुरा गरिरहेका हुन्छन्। जीवनले भने यी कुराहरू कहिल्यै नगरेको बताए।, 'महिनावारी बार्नुपर्छ, यस्तो गर्नुपर्छ, यस्तो गर्नु हुँदैन, मन्दिर जान हुँदैन भन्ने जस्ता कुरा कहिल्यै गरिनँ,' उनी भन्छन्, 'यस्तो कुराहरू मबाट हुँदैन पनि।', लक्ष्मी जीवनका कुरामा सही थाप्छिन्। ११ वर्षको हुँदा पहिलोपटक महिनावारी भएकी उनले त्यो बेला पनि सामान्य मानेकी थिइन्। घरमा पहिल्यैदेखि नै उनी कुन बेलामा महिनावारी हुने हो भन्नेबारे कुरा चलिरहेको हुन्थ्यो।, 'पहिलोपटक महिनावारी भएपछि मैले भाउजूलाई भनेकी थिएँ,' लक्ष्मीले भनिन्, 'मलाई त्यति बेला पाँच दिन लुकाइएको थियो। मलाई स्कुल जान भने दिनुभयो।', लुकाएको समयमा आमाले दाइलाई भेट्न नदिए आफूहरू लुकेर भेट्ने गरेको उनले सुनाइन्। लक्ष्मीका अनुसार आमाले बार्न खोजे पनि पारिवारिक परिस्थितिले सम्भव नभएपछि छाडेकी थिइन्। त्यसैले धेरैजसो कुराहरू परिस्थितिअनुसार परिवर्तन हुने र सोहीअनुसार ढल्नुपर्ने उनको बुझाइ छ।, 'पहिले थियो होला बार्नुपर्ने आवश्यकता,' उनी भन्छिन्, 'तर अब पनि महिनावारीमा बार्न लगाउनु हुँदैन। त्यसलाई धर्मसँग जोड्नु हुँदैन। कुनै काम शारीरिक वा मानसिक कठिनाइ भएर गर्न सक्दैन भने चाहिँ त्यो काम लगाउनु हुँदैन।', पहिलेपहिले लक्ष्मी बहिनीहरूलाई ऋषि पञ्चमी पूजा गर्न लैजान्थिन्। तर जब उनले उक्त पूजा गर्नुको कारण थाहा पाइन्, उनले पूजा गर्न छोडिदिइन्। , 'म महिनावारी हुनु भनेको पाप गर्नु होइन,' उनी भन्छिन्, 'त्यो पूजा महिनावारीको समयमा गरेको पाप पखाल्नु रहेछ। त्यसैले मैले गर्न छाडिदिएँ।', स्कुलको पाठ्यक्रममा पनि महिनावारीबारे विस्तृत रूपमा उल्लेख नहुँदा यसबारे महिला र पुरूष दुवैलाई जानकारी कम हुने उनी बताउँछिन्। त्यस्तै भएका कुरा पनि शिक्षकहरूले खुलेर नपढाउँदा महिनावारी शिक्षाबाट बञ्चित हुनुपरेको उनको अनुमान छ।, 'हाम्रो पुस्ताले अब आफ्ना दाइभाइ र दिदीबहिनीहरूसँग कुरा गरेर महिनावारीलाई सामान्य बनाउनुपर्छ,' उनी भन्छिन्, 'त्यसै गरी आमाबालाई पनि सम्झाउँदै लग्नुपर्छ।', महिलाहरूले भोग्ने कतिपय कुरामा आवाज उठाउँदा पुरूषले पनि साथ दिनुपर्ने जीवन बताउँछन्।, 'अझै पनि श्रीमतीको महिनावारी र उनीहरूले यो समयमा भोग्ने समस्याहरूबारे श्रीमानलाई थाहा हुँदैन,' जीवन भन्छन्, 'उनीहरूले भन्नुपर्छ। भनेपछि हामीले पनि बुझ्छौं र बुझ्नुपर्छ। महिनावारीबारे पुरूषले पनि बुझ्न उत्तिकै जरूरी हुन्छ।', यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ), ६-, ,एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ), ७-, ,कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ), ८ -, ,महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ), ९-, ,म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ), १०-, ,डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ), ११-, ,'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ), 'महिनावारीबारे पुरूषले पनि बुझ्नुपर्छ' (भिडिओ)
सेतोपाटी संवाददाता रसुवागढी-केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। , शनिबारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। , नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। , सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए।,  , रसुवागढी-केरूङ नाका पूर्ण रूपमा सञ्चालन
रासस कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।, भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।  , कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।, भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ।, ‘संक्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौं,’ उनले भने।, भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ। संक्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो। , भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ।, ‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाइ गरेका हौं,’ उनले भने। , चैत सुरू भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ।, सीमानाकामा परीक्षण गर्दा दैनिक रुपमा कोरोना संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा संक्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ। , नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए।, जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ।,  , संक्रमित भेटिएका भारतीय नागरिकलाई फिर्ता पठाइयो , सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ। नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरूषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। , दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरूषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ।, ‘संक्रमित मान्छे जात्रामा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि संक्रमण सार्न सक्ने भएकाले नेपाल आउन नदिइएको हो,’ उनले भने। ,  भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कोरोना संक्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ। , सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४५ हजार छ सय ३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय ४६ जनामा स‌ंक्रमित भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ।  , कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, ,घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले चैत १२ देखि चैत १७ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, मिटरब्यज पीडितहरू बर्दिवासबाट मार्चपास गर्दै काठमाडौं आएर खुल्लामंचमा बास बस्न खोज्दा रोक्दै महानगर प्रहरी।  जबर्जस्ती खुल्लामंच पस्न खोज्दा केहिबेर घम्साघम्सी भएको थियो भए एक रात पीडितहरूले खुल्ला मंचको गेटमै रात कटाएका थिए। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, शुक्रबार देखि सुरू एसइई परीक्षामा लैनचौरस्थित एक परीक्षा केन्द्रमा परीक्षा दिन जाँदै विद्यार्थीहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाइ दर्ज्यानी चिन्ह प्रदान गर्दै गृह सचिव विनोदप्रकाश सिंह।   तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको बौद्धमा माने घुमाएर कोरा गर्दै एक महिला। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, कोशी प्रदेश नामांकनको विरोधमा काठमाडौंमा निस्किएको नागरिक समाजको विरोध र्‍याली। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा मन्चन भैरहेको नाटक यौटा सपनाको अवसानको एउटा दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको रानीपोखरीको दृश्य। सर्वसाधारणको लागि भनेर महानगरले बिहानको दुई घण्टा खुल्ला गर्न थालेको छ। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी,  , काठमाडौंको जमल घण्टाघर अगाडि भएको सेतो मछिन्द्रनाथको रथ तान्ने जात्रा। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाट,  , साताका तस्बिर
डा. शिवचन्द्र अमात्य बच्चा, युवा र बुढ्यौली उमेरका मानिसलाई घुँडा दुख्ने समस्या देखिने गर्छ।, बच्चाहरू धेरै दौडन्छन्, खेल्छन्। उनीहरूमा पनि घुँडा दुख्ने समस्या देखिन्छ। कुनै चोटपटक लागेमा पनि घुँडा दुख्छ। कतिपय युवाहरू पनि घुँडा दुख्ने समस्याबाट पीडित हुन्छन्। उमेर बढ्दै गएपछि घुँडा खिएर दुखाइ हुन्छ।, टुक्रुक्क भुइँमा बस्ने, पलेटी कसेर बस्ने, बारम्बार भर्‍याङ चढ्ने र ओर्लने गर्नेहरूको पनि घुँडा दुख्छ। पहाडी भेगमा बसोबास गर्ने मानिसहरूमा पनि घुँडा दुख्ने समस्या धेरै देखिन्छ। यस्तै तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरूको घुँडा कम खिइने पाइएको छ।, घुँडामा चोट लाग्यो र समयमै उपचार गरिएन भने पनि दुख्ने समस्या देखिन्छ। घुँडा खिइएर दुख्ने गर्छ। मानिस ४०/५० वर्ष उमेरमा पुगेपछि प्राय घुँडा खिइन थाल्छ। तर कसैको भने ६०/६५ वर्ष उमेरमा पनि घुँडा खिइएको हुँदैन। घुँडाको प्रयोग कसरी भइरहेको छ भन्ने परिवेशले पनि घुँडा दुख्ने वा नदुख्ने निर्धारण हुने गर्छ।, घुँडा दुख्नुको कारण सबैभन्दा धेरै घुँडा खिएर नै हो। बाथ रोग र युरिक एसिडले पनि घुँडा दुखाउँछ। तर यो मुख्य कारण भने होइन। घुँडा दुख्नबाट जोगाउन यसको वरपरको मासु बलियो बनाउने हो। घुँडा दुखेमा बच्चाहरूलाई आराम गर्न लगाउनुपर्छ।औषधि खुवाउने हो भने पानी पनि धेरै खुवाउनुपर्छ।, उमेर बढ्दै गएपछि धेरै मानिसमा घुँडा दुख्ने समस्या देखिन्छ। चोट लाग्न सक्ने भएकोले जोगिनुपर्छ। कुनै चोटपटक लागेमा उपचार गर्नुपर्छ। टुक्रुक्क बस्न पनि हुँदैन।, घुँडाको दुखाइ बढ्दै गयो भने परीक्षण गर्नुपर्छ। घुँडा खिएको देखिएमा औषधि सेवन गर्नुपर्छ। तर औषधिले निको भएन भने प्रत्यारोपणसमेत गर्नुपर्ने हुन सक्छ।, हेर्नुस् भिडिओ:, घुँडा किन दुख्छ, कसरी गर्ने उपचार? (भिडिओ)
सेतोपाटी संवाददाता सर्लाहीमा लागुऔषधसहित शिक्षक पक्राउ परेका छन्। , ईश्वरपुर नगरपालिका वडा नं. १५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागुऔषधसहित पक्राउ परेका हुन्।, सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। , शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट-१२ ट्याब्लेट, लागू औषध गाँजा बरामद गरेको हो। ,  , लागुऔषधसहित शिक्षक पक्राउ
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले स्कुल बसका चालकलाई कारबाही गरेको छ। , स्कुल बस निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका बस चलाउने १६ जना चालकलाई बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको हो। , तीमध्ये ८ जनालाई  बसको अवस्था ठिक नराखेको र ८ जनालाई लापरबाहीका साथ बस चलाएको अवस्थामा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। , उनका अनुसार बुधबार ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालकसहित ३१४ जना चालकलाई कारबाही गरिएको छ।   , ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसका चालक कारबाहीमा
सेतोपाटी संवाददाता आज बिहान देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ।, पहाडी भू–भागका केही स्थानहरुमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , आगामी चौबिस घन्टामा पहाडी भू–भागका एकाध स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  , पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
सेतोपाटी संवाददाता असनको कोथुननीस्थित कम्तिमा पाँच सय वर्ष पुरानो अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको 'घडीघर' संरक्षण निम्ति पहल गरिदिन स्थानीय तथा कोथुननी बचाउ अभियानले सांसदहरूसँग आग्रह गरेका छन्।, सांस्कृतिक महत्वको पुरातात्विक घर भत्काएर व्यापारिक 'कम्प्लेक्स' बनाउने गुठी संस्थानको निर्णयविरूद्ध मंगलबार कोथुननीमा एक कार्यक्रम गरी बागमती प्रदेशसभा सांसद हरिप्रभा खड्गी लगायतलाई ज्ञापनपत्र बुझाइएको हो।, यो अभियानले अशोक वृक्ष विहार र घडीघर जोगाउन लामो समयदेखि आन्दोलन गर्दै आएको छ। यसअघि काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र दिँदै ध्यानाकर्षण गराएको थियो। करिब पाँच सय जनाभन्दा बढीको हस्ताक्षर संकलनसमेत गरिएको छ।, मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा विकास गरिएको यो घरलाई नेपालकै पहिलो ‘डिपार्टमेन्ट स्टोर’ मानिन्छ। यही घरमा रहेको अशोक वृक्ष विहारमा अमिताभ बुद्धको मन्दिर छ, जुन पन्ध्रौं वा सोह्रौं शताब्दीमा बनेको पुरातत्व विभागले पुष्टि गरेको छ। यसले यो घरकै आयु कम्तीमा पाँच वर्ष पुरानो जनाउँछ।, यो विहारसँग जोडिएर विभिन्न पर्वमा पूजाआजा हुँदै आएको छ। यससँग सम्बन्धित जात्रापर्व तथा अन्य परम्परा मनाउन गुठी पनि छ। , सांस्कृतिक तथा पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउन गुठी संस्थानले ‘बज्रयोगिनी बहुउद्देश्यीय कम्पनी’ नामक व्यापारिक संस्थासँग सम्झौता गरेकाले अमूर्त सांस्कृतिक सम्पदा नष्ट हुने अवस्था सिर्जना भएको कोथुननी बचाउ अभियन्ता सजीव बज्राचार्यले बताएका छन्।, सम्झौताअनुसार उक्त व्यापारिक समूहले २७ वर्ष यहाँ अकन्टक कारोबार गर्न पाउने उनको भनाइ छ।, कोथुननी बचाउ अभियानले सांसदहरूलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, 'विगतमा जनप्रतिनिधिहरू नभएको अवस्थामा छुट गुठीको जग्गालाई निजी रैकर गुठीको भनेर नक्सापास गरिएको थियो। यसविरूद्ध स्थानीय जनता न्यायिक प्रक्रियामा जाँदा सर्वोच्च अदालतले सरोकारवाला गुठी संस्थानबाट विरोध नभएको भन्दै नक्सापास बदर गर्नुपर्ने देखिएन भन्ने फैसला भयो।', यसरी गुठी संस्थानले विरोध नगरेकै आधारमा छुट गुठीको जग्गा निजी गर्दै जाने नजिर स्थापित हुन सक्ने भएकाले संस्थान लगायत निकायलाई सचेत पार्न जरूरी भएको अभियानले भनेको छ।, ज्ञापनपत्रमा अगाडि भनिएको छ, 'छुट गुठीका जग्गाको भोगचलन सम्बन्धित गुठियारहरूले गरिरहने हुँदा उक्त जग्गामा नक्सापास लगायत काम गर्दा गुठी संस्थानले मात्र गर्न पाउने अर्थात् गुठी संस्थानले स्वीकृति दिएको वा नदिएको भरमा गर्न नपाउने कानुनी प्रावधान बनाइदिन अनुरोध गर्छौं।', आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा एकै छतमुनि १३ वटा पसल छन्। तीन परिवार बसोबास गर्छन्। घरको एउटा कोठामा अशोक वृक्ष विहार छ।, पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ। उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन ‘श्री ५ वायुदेवता गुठी’ चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। यो चलन कायम छ।, २०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर कित्ताकाट गर्न आए। वरपरका सबैले लालपुर्जा पाए, यो घरमा भने पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो। उक्त फिल्डबुकमा ‘सन्तान-दर-सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।, गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान-दर-सन्तानदेखि बसी आएको’ भनिएको छ। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद थियो। त्यसपछि पनि हटाउने व्यवस्था छैन। बरू प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनिएको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।, सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ। यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।, गुठी संस्थानले भने २०७२ को भुइँचालोमा जीर्ण भएकाले पुनर्निर्माण गर्न लागेको तर्क गरेको छ। यहाँका बसोबासी यो तर्कसँग सहमत छैनन्।, '१९९० को महाभूकम्पमा घर पूर्ण रूपमा क्षति भएपछि हाम्रा पुर्खाले संरचनामा कुनै फेरबदल नगरी जगदेखि नै पुनर्निर्माण गरेको इतिहास छ,' अभियन्ता सजीव बज्राचार्यले भने, '२०७२ को भुइँचालोपछि पनि सम्बन्धित निकायबाट घर निरीक्षण गर्दा बस्नयोग्य ठहर गरी ‘रातो स्टिकर’ टाँसिएको थिएन।', यस आधारमा पूरै भत्काउनुको साटो ‘रेट्रोफिट’ गरेर मौलिक स्वरूप जोगाउन सकिने उनी बताउँछन्।, असनको घडीघर। तस्बिर: नारायण महर्जन/सेतोपाटी, पुनर्निर्माण नै गर्नुपर्ने भए भोगचलन गर्दै आएका १४ परिवारले नै सामूहिक लगानीमा नयाँ निर्माण गर्न मञ्जुरी जनाएको उनको भनाइ छ। गुठीले गरेको करार सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ।, ‘पुनर्निर्माण गर्नुपर्ने हो भने अहिलेको संरचना नमासिने गरी हामी आफैं गर्छौं भन्दाभन्दै व्यापारिक संस्थालाई सुम्पन खोज्नुले गुठीको नियत प्रस्ट हुन्छ,’ बज्राचार्यले भने।, व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन। यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यति बेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए।, बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।, कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने योजना सफल भएन। यसपालि गुठी संस्थान घर भत्काउने प्रपञ्चमा लागेपछि स्थानीय फेरि आन्दोलित भएका हुन्।, यी पनि पढ्नुहोस्:, असनको ‘घडीघर’ मा रहेको विहार 'पन्ध्रौं-सोह्रौं शताब्दीमा बनेको' पुरातत्वको पुष्टि, असनको घडीघर, जहाँ व्यापारिक कम्प्लेक्स बनाउन खोजिँदैछ, असनको ५०० वर्ष पुरानो विहार जोगाउन फेरि जुर्मुराए स्थानीय, सांसदहरूलाई बुझाइयो ज्ञापनपत्र
चन्द्रकला भण्डारी मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन्। बिहीबार कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन्।, जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन्। आमाको काखपछि आफैं हिँड्ने उमेर भए पनि उनी हिँड्न सकिनन्। अरूको सहारा चाहियो।, बिहीबार उनलाई झापाको ब्रह्मान्ड अपांगा, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्क कृत्रिम हातखुट्टा प्रदान गर्‍यो।, 'अब म पनि हिँड्न सक्ने भएकी छु,' उनले खुसी हुँदै भनिन्।, गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई उनकी आमा सरिताले बोकेरै घरबाट लैजाने र ल्याउने गर्थिन्। अब छोरी आफैं स्कुल ओहोरदोहोर गर्न सक्ने आशा उनको छ।, नारायण सेवा संस्थानको सहयोगमा बिहीबार मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविर आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण गरेको ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए।, कृत्रिम हातखुट्टा पाउनेहरू कोसी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन्। उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए। सोही आधारमा सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले जानकारी दिए।, सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले २०७६ सालमा एउटा हात गुमाउनुपरेको थियो। उनले पनि कृत्रिम हात पा‍ए।, 'यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अंग फर्किएर आएजस्तो आनन्द भइरहेको छ,' उनले नयाँ हात लगाएपछिको अनुभूति सुनाए।, भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाएका भद्रपुर नगरपालिका–३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताए।, 'वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ,' उनले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भने, 'भगवानले मेरो पुकार सुनेजस्तै लागेको छ। मेरो शरीरमा खुट्टा फर्किएको छ।' , ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो। उपसभामुख रानामगरले शारीरिक अशक्तता भएकाहरूलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गरिन्।, शारीरिक अशक्तता भएकाहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो।, 'कृत्रिम हात र खुट्टा पाउनु हुनेहरूको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु,' उनले भनिन्।, कार्यक्रममा रूद्र गौरी ओली प्रतिष्ठानले चार जनालाई ह्विलचेयर पनि प्रदान गरेको थियो।, ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तता भएकाहरूका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्विलचेयर र वैसाखीको बैंक पनि स्थापना गरेका छन्। हरिहर सत्सङ धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताए। , मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।, (रासस), जीवनमै पहिलोपल्ट आफैं हिँड्न सकेपछि दंग परिन् लक्ष्मी
शोभा शर्मा आफैंले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोग लागेका कञ्चनपुरका व्यवसायी सुशील चटौत दोषी ठहर भएका छन्। , जिल्ला अदालत ललितपुरले उनलाई दोषी ठहर गरेको हो। , जिल्ला न्यायाधीश सीता अधिकारीको इजलासले दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी राख्न आदेश गरेको ललितपुर जिल्ला अदालतले जनाएको छ।, स्रेस्तेदार विष्णु पाण्डेका अनुसार यो मुद्दामा यही महिनामा सजाय निर्धारणको पेशी तोकिने छ। उक्त पेशीमा दुवै पक्षले सुशील चटौतलाई कति सजाय हुने भन्नेमा बहस हुनेछ। त्यसपछि अदालतले उनलाई सजाय निर्धारण गर्नेछ। , सरकारी वकिल कार्यालयले सुशीललाई १८ देखि २० वर्ष कैद सजाय माग गरिएको थियो। आफ्नै संरक्षणमा रहेकी बालिकालाई बलात्कार गरेको भएर थप तीन वर्ष सजाय हुनुपर्ने उसको दाबी थियो। , कन्चनपुर र ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीको घर नम्बर ४८ मा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो, चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन्।, यो मुद्दामा बालिका होस्टाइल भएकी थिइन्। अदालतमा बकपत्र गर्दा जाहेरीभन्दा उल्टो बयान गर्नुलाई होस्टाइल हुनु भनिन्छ।  , लामो समय बलात्कारबारे कसैलाई भन्न नसकेकी १३ वर्षीया बालिका आफू बस्दै आएको घरबाट भागेर राज्यको संरक्षणमा पुगेकी थिइन्। तर उनी प्रहरी, राष्ट्रिय बालअधिकार परिषद्, सरकारी वकिल कार्यालय र अदालतको संरक्षण नपाएर बकपत्र फेर्ने परिबन्दमा फसेकी थिइन्। , उनलाई संरक्षण दिन राज्य चुकेपछि उनी होस्टाइल हुन पुगेको देखिएको थियो।  , यसरी भएको थियो घटनादेखि होस्टाइल सम्मको घटना, घटनाको सुरूआत जेठ १७ गते हुन्छ जब सहायक जिल्ला न्यायाधीवक्ता संगीता थोकरलाई जिल्ला अदालत ललितपुरबाट फोन आयो।, फोन गर्ने कर्मचारीले भने, 'परिवर्तित नाम ९८ ले बकपत्रका लागि निवेदन दिनुभएको छ, तपाईं पनि आउनुपर्‍यो।', यहाँ परिवर्तित नाम ९८ भन्नाले उनै पीडित बालिका हुन्।, संगीता हतारहतार अदालत गइन् र न्यायाधीश सूर्यप्रसाद पराजुलीलाई भनिन्, 'पीडितलाई त सरकारी वकिलले अदालतसमक्ष बकपत्रका लागि पेस गर्नुपर्ने हो। उनलाई अदालत कसले लिएर आयो?', उनले यो पनि भनिन्, 'पीडितलाई पीडक पक्षले आफ्नै गाडीमा लिएर आएको छ। उसलाई प्रभावमा पार्न सक्छ। त्यसैले हामीले पेस नगरी तपाईंले बकपत्र गराउन नमिल्नुपर्ने हो।', न्यायाधीश पराजुलीले भने, 'पीडित बालिका बकपत्रका लागि तयार भएँ भनेर आएका बेला तपाईंले बकपत्र नगराऊँ भन्नुभयो भने सरकारी वकिलले गराउन मानेन भन्ने पर्छ। त्यसैले आजै गराऊँ।', न्यायाधीशको यस्तो जवाफ सुनेर थोकरले खाजा समयपछि बकपत्र गराउन प्रस्ताव गरिन्।, न्यायाधीशले मानेनन्।, यस्ता मुद्दामा बकपत्र गर्ने आफ्नै प्रक्रिया हुन्छ। सबभन्दा पहिला पीडितलाई उपस्थित गराउन अदालतले प्रहरीलाई चिठी लेख्छ। प्रहरीले पीडितलाई सम्पर्क गर्छ। पीडित सुरूमा प्रहरीकहाँ जान्छ। त्यसपछि प्रहरीले पीडितलाई सरकारी वकिलकहाँ ल्याउँछ।, सरकारी वकिलले पीडितलाई कानुनी लगायत परामर्श दिएर आफैंसँग अदालतमा बकपत्रका लागि पेस गर्छ।, त्यो दिन भने यो प्रक्रिया पूरा भएको थिएन भन्ने थोकरले जिकिर गरिन्।, न्यायाधीशले जेठ ११ गते नै प्रक्रिया पूरा भएको बताए। त्यस दिन बकपत्र गर्दागर्दै बालिका बेहोस भएर अस्पताल पठाइएकाले उक्त प्रक्रिया निरन्तर रहेको न्यायाधीशको भनाइ थियो।, त्यसपछि थोकर पनि बालिकाको बकपत्र गराउन राजी भइन्।, यसपालि बालिकाले आफ्नो बयान फेरिन्।, सुशील चटौतबाट तीन वर्षयता पटकपटक बलात्कारमा परेको भन्दै प्रहरीमा कागज गरेकी बालिकाले अदालतको बयानमा भनेकी छन्, 'मलाई सुशील अंकलले नराम्रो केही गर्नुभएको छैन। मैले त संस्थाका मान्छेहरूलाई राधा आन्टीले टर्चर गर्छ मात्र भनेको थिएँ। किन मुद्दा दिएका हुन् मलाई थाहा भएन।', बकपत्र सकेपछि उनी र उनकी आमालाई पीडककै परिवारले लगेको थोकर बताउँछिन्।, यो मुद्दा नजिकबाट हेरिरहेका अदालतका कर्मचारी पीडितलाई प्रभावमा पारेर पीडक पक्षले 'होस्टाइल' गराएको बताउँछन्।, जेठ ११ गते बकपत्र गर्न आउँदा पनि पीडकले आफ्नै गाडीमा पीडित बालिकालाई लिएर आएको सरकारी वकिलहरूको भनाइ छ। यस आधारमा पीडितलाई संरक्षण गृह (सेफ हाउस) मा नराखे बयान फेर्न बाध्य पारिन सक्छ भन्ने प्रहरी, सरकारी वकिल र न्यायालय सबैलाई थाहा थियो। तर राज्यका यी निकायले बालिकालाई सुरक्षा दिन सकेनन् जसले उनी होस्टाइल हुने अवस्थामा पुगेको देखिन्छ।, कस्तो रह्यो प्रहरीको भूमिका?, पीडित बालिका चैत १० गते विद्यालय गएपछि आफू बस्दै आएको चटौत परिवारको घर फर्किन चाहेकी थिइनन्। उनले आफूमाथि कुटपिट हुने भन्दै शिक्षिकासँग गुनासो गरिन्।, शिक्षिकाले बालअधिकार क्षेत्रमा काम गर्ने संस्था 'सिविस नेपाल' मा फोन गरेर उनलाई मनोपरामर्श दिन अनुरोध गरिन्।, उक्त संस्थाले सबभन्दा पहिला बालिकालाई प्रहरीकहाँ पठाउन भन्यो।, शिक्षिकाले सातदोबाटो प्रहरी प्रभागमा फोन गरिन्। , प्रहरीले त्यसै दिन ती बालिकालाई नेपाल सरकार र सिविन नामक संस्थाले सञ्चालन गरेको हेल्पलाइनमा पठाइयो।, तीन दिनको परामर्शपछि बालिकाले आफूमाथि चटौतले तीन वर्षयता पटकपटक बलात्कार गरेको बताइन्।, बालिकाले यति कुरा खुलाएपछि सिविस नेपालकी एक कर्मचारीले प्रहरीमा जाहेरी दिइन्।, ती कर्मचारीका अनुसार चैत १४ गते उनीहरू जाहेरी दिन सातदोबाटो प्रहरी प्रभाग पुगेका थिए। प्रहरी इन्सपेक्टर हरि ओलीले जाहेरीपत्र हेरेपछि भने, 'तपाईंहरूको जाहेरी मिलेको छैन। सबै कुरा खुलाएर ल्याउनुहोस्।', ओलीले त्यसअघि नै स्कुलबाट पठाइएको नोट हेरेर चटौत परिवारलाई फोन गरेको ती कर्मचारीको भनाइ छ।, 'आज जाहेरी दर्ता गर्ने कि नगर्ने भनेर सोध्दा उनले 'आज वातावरण यस्तो धुमिल छ, भोलि आउनुस्' भन्ने जवाफ दिए,' ती कर्मचारीले भने।, भोलिपल्ट बिहानै सिविसका कर्मचारीलाई फोन गरेर ओलीले भने, 'हामीले प्रतिवादीलाई बोलाइसकेका छौं, तपाईंहरू पनि आउनुहोस्।', आफ्नो जाहेरी दर्ता गर्न नमानेका प्रहरीले एकाएक प्रतिवादीलाई बोलाइसक्यौं भनेपछि सिविसका कर्मचारी झस्किए।, 'हामी त्यसपछि सातदोबाटो प्रहरी प्रभागको तालुकवाला संस्था जावलाखेल प्रहरी परिसर गएर शाह थरका प्रहरी अधिकारीलाई भेट्यौं। उनले केही बेर बालिकासँग कुरा गरे अनि महिला सेलमा पठाए। महिला सेलमा तीन घन्टा राखेर बच्चीसँग कुरा गरे,' सिविसका अर्का कर्मचारी केदार मगरातीले भने। , उनका अनुसार प्रहरीले कुरा गर्दागर्दै बालिकाकी आमा आइन्। आमाछोरीबीच प्रहरीले नै कुरा गरायो। बालिकालाई गाली गर्दै आमा बाहिर निस्किइन्।, 'हाम्रो इज्जत फालिस् भन्दै आमा रून, कराउन थाल्नुभयो। बालिकाले भने 'आमा भएर पनि यस्तो भन्ने' भन्दै प्रतिवाद गरिन्,' मगरातीले भने, 'विवाद गर्दागर्दै आमा बेहोस भएपछि प्रहरीले अस्पताल लग्यो।', बालिकाले प्रहरीसँगको बयानमा 'आफूमाथि सुशील चटौतले बलात्कार गरेको भन्दा झूटो बोल्छेस भन्दै आमाले कुटपिट गरेको' कागज गरेकी छन्।, आमाले भने यस्तो ठूलो घटनाबारे छोरीले केही नभनेको र कुरा गर्न खोज्दा संस्थाका मानिसले भेट्न नदिएकाले तानातान भएको प्रहरीलाई बताएकी छन्।, प्रहरीले तीन घन्टा राखेर बालिकालाई के सोध्यो भन्नेबारे अहिलेसम्म थाहा नभएको मगराती बताउँछन्। त्यसको रेकर्ड कतै मिसिलमा पनि छैन।, उक्त घटनाको भोलिपल्ट चैत १६ गते सिविस नेपालका कर्मचारी जाहेरी दिन सातदोबाटो प्रहरीकहाँ पुगे।, अघिल्लोचोटि जुन दरखास्त लिन सातदोबाटो प्रहरीले मानेको थिएन, त्यस दिन त्यही दरखास्त सहजै लियो।, प्रहरीमा जाहेरी परेको दोस्रो दिनदेखि सिविसका कर्मचारी बयान कागज गराउन बालिकालाई लिएर सातदोबाटो प्रहरी जान थाले।, बयान क्रममा सुशीलका परिवार पनि आएर हल्लाखल्ला गर्न थालेपछि बालिका पटकपटक बेहोस भएकी थिइन्। यो कुरा सिविसका कर्मचारी मात्र होइन, सातदोबाटोमा कार्यरत प्रहरीहरू नै बताउँछन्।, मगरातीका अनुसार सुशीलको परिवार र आमाका कुरा सुनेर बालिकालाई तनाव हुन्थ्यो, उनी बेहोस हुन्थिन्।, प्रहरी इन्सपेक्टर ओलीले आफ्नै अगाडि सुशीललाई बालिकासँग कुरा गर्न दिएका थिए।, 'प्रहरीले पीडक र बालिकालाई सँगै राखेर कुरा गराएको छ,' मगरातीले भने, 'त्यसमाथि आमाको गाली। त्यस्तो अवस्था भएपछि पहिल्यैदेखि मानसिक तनावमा रहेकी बालिका बेहोस हुन्थिन्।', उनी दुई दिनसम्म प्रहरी कार्यालयमै बेहोस भएकी थिइन्। कागज गराउन सरकारी वकिल कार्यालयमा लैजाँदा पनि बेहोस भएको सरकारी वकिल कार्यालयका कर्मचारी बताउँछन्। पीडक परिवार त्यहाँ पनि दबाब दिन पुगेको थियो।, बलात्कारको यस्तो घटनामा प्रहरी अधिकारीहरूले पीडितमैत्री व्यवहार नगरेको मात्र होइन, उसका कामकारबाही नै शंकास्पद भएको मगरातीले बताए।, प्रहरी अधिकारीहरू भने बालिका र पीडकलाई सँगै राखेर कुरा नगराएको दाबी गर्छन्।, कसरी चुक्यो राष्ट्रिय बालअधिकार परिषद?, बालिकाको बयान सकिएपछि चैत २४ गते हेल्पलाइनले उनलाई अस्पताल लगेको थियो। त्यसको चार दिनपछि चैत २८ गते बालिकालाई खोज्दै उनका बुबा र मामा अस्पताल पुगे।, त्यहाँबाट उपचाररत बालिकालाई जबरजस्ती उठाएर राष्ट्रिय बालअधिकार परिषद ल्याइयो।, बाबुले नै संरक्षणको जिम्मा लिने भनेपछि परिषदले उपचार नसकिने बेलासम्म अस्पतालमै राख्ने, हेल्पलाइनले उपचार खर्च बेहोर्ने र बुबालाई कुरूवा बस्न दिने सहमति गरायो।, त्यसै दिन प्रहरी कार्यालयमा अदालतबाट एउटा चिठी आयो जसमा लेखिएको थियो, 'परिवर्तिन नाम सातदोबाटो ९८ लाई यो मुद्दा टुंगो नलागेसम्म संरक्षण गृहमै राख्नू।' , बुबाले भने परिषदमा भएको सहमतिविपरीत बालिकालाई अस्पतालबाट डिस्चार्ज गराएर जबरजस्ती आफूसँग लगे।, हेल्पलाइनका कर्मचारी हेरेका हेर्‍यै भए।, नेपाल सरकारसँगको सहकार्यमा हेल्पलाइन सञ्चालन गरिरहेको सिविनले चैत ३० गते प्रहरीलाई चिठी लेख्यो, 'पीडित बालिकालाई उनका बुबाले लिएर गए।', यस्तो पत्राचार परिषदले सरकारी वकिल र प्रहरीलाई गर्नुपर्थ्यो। आफ्नो संरक्षणमा रहेको बालिकालाई सहमतिविपरीत बुबाले नै लगे पनि फर्काउन पहल गर्नुपर्नेमा परिषदले प्रहरीलाई खबर गर्न समेत जरूरी ठानेन।, 'बालबालिकाको मुख्य संरक्षक त बुबाआमा नै हो। उहाँहरूले नै लगेपछि हाम्रो केही लाग्दैन। भोलि हाम्रै संस्थाविरूद्ध उनीहरू अदालत गए भने के गर्ने भन्ने पनि हामीलाई भयो,' परिषदका कर्मचारी देवीप्रसाद डोटेलले भने।, प्रहरी र सरकारी वकिललाई खबर गर्नेबारे भने सोचाइ नै नआएको उनले बताए।, बालबालिकासम्बन्धी ऐन २०७५ ले आमाबुबाबाटै जोखिममा पर्ने सम्भावना देखिए बालकल्याण अधिकारीले संरक्षण दिनुपर्ने व्यवस्था गरेको छ।, उक्त ऐनको ५० को उपदफा (८) मा भनिएको छ, 'बालबालिका पीडित भएको मुद्दामा पीडित बालबालिकाले चाहे वा बाबुआमा, अभिभावक नै पीडक भए वा पीडकसँग मिली बालबालिका थप जोखिममा पर्ने सम्भावना देखिए वा घटनाको छानविन, कारबाही तथा सत्यतथ्य बुझ्न बाधा पर्ने देखिए बालकल्याण अधिकारीले त्यस्ता पीडित बालबालिकालाई बाबुआमा वा परिवारबाट समेत निश्चित अवधिका लागि अलग गराई अस्थायी संरक्षण सेवामा राख्ने व्यवस्था गर्नुपर्नेछ।', परिषदले यो कानुन कार्यान्वयनका लागि पनि पहल गर्न सक्ने अधिकार राख्छ।  , परिषदले मात्र होइन, अदालतको आदेशबमोजिम बालिकालाई संरक्षण गृहमै राख्नुपर्ने दायित्व प्रहरीले पनि निर्वाह गरेन।, बालिकालाई सिविनबाट बुबाले लिएर गएको पत्र पाएपछि पनि प्रहरी चुपचाप बस्यो। जबकि पीडित बालिका आफ्नै आमाबाट निरन्तर दबाबमा छिन् भन्ने प्रहरीले देखेको थियो। आमाबुबाले पीडक परिवारसँग मिलेर छोरीलाई दुर्व्यवहार गरेको प्रहरी स्रोत बताउँछ।, प्रहरीले सरकारी वकिललाई पनि यसबारे औपचारिक खबर गरेन।, सरकारी वकिल कार्यालय कसरी चुक्यो?, जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवाली पीडित बालिकालाई उनका बुबाले जबरजस्ती अस्पतालबाट उठाएर लगेको घटना समाचार पढेर मात्र थाहा पाएको बताउँछिन्।, घटनाबारे थाहा पाइसकेपछि पनि उनले पीडितको संरक्षणका लागि पहल गरिनन्।, बालिकामाथि आफ्नै परिवारबाट अदालतमा बयान फेर्न लगाउने दबाब रहेको अवस्थामा सरकारी वकिल सचेत हुनुपर्ने जाहेरवाला बताउँछिन्।, 'सरकारी वकिल कार्यालयलाई बालिकाकी आमाले पीडक परिवारसँग मिलेर प्रहरी कार्यालयमा देखाएको व्यवहारबारे जानकारी थियो,' उनले भनिन्, 'बुबाले लगिसकेपछि पीडितको संरक्षण गर्न प्रहरी र सरकारी वकिलले पनि चासो देखाएनन्।', न्यायाधीवक्ता ज्ञवालीले पनि यो मामिलामा आफूबाट चूक भएको स्वीकार गरिन्।, 'बालिकालाई हेल्पलाइनको संरक्षण गृहबाट जबरजस्ती लगिएको कुरा प्रहरीले भनेन। मैले पर्सिपल्ट समाचार पढेर थाहा पाएँ। बाबुले नै लगिसकेपछि हामीले कसरी फर्काउनू भन्ने भयो। त्यहाँनिर हाम्रो थोरै चुक भयो,' उनले भनिन्।, बालिकाले बेलाबेला हेल्पलाइनमा फोन गरेर 'मलाई आमाबुबाले बयान फेर्न भने पनि म त फेर्दिनँ' भन्ने गरेको खबर पाएपछि आफू ढुक्क भएर बसेको पनि उनले बताइन्।, सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन पनि मुद्दा बुझाउन एक दिन मात्र म्याद बाँकी हुँदा पाएको थियो। उक्त प्रतिवेदनका आधारमा अभियोगपत्र बनाएर अदालतमा पेस गर्नुपर्ने हुन्छ।, पक्ष-विपक्षको बयान गराउँदासम्म ज्ञवालीले नै मुद्दा हेरेकी थिइन्। प्रहरी प्रतिवेदन आउनुअघि आफू निर्वाचन अधिकृत भएर जानुपर्ने भएकाले जिल्ला सहन्यायाधीवक्ता थोकरलाई उनले यो मुद्दा सुम्पिइन्।, थोकरले अन्तिम समयमा आएको प्रतिवेदनका आधारमा अभियोगपत्र बनाएर अदालतमा पेस गरेको उनले बताइन्। यसले थप प्रमाण बुझ्ने समय नभएको उनको जिकिर छ।, उनले अन्तिम समयमा प्रतिवेदन ल्याएकोमा लापरबाही भएको भन्दै प्रहरी अधिकारीलाई सचेत गराएकी छन्।, सरकारी वकिल कार्यालयले पीडितसँग बयान लिँदाको भिडिओसमेत अदालतमा प्रमाणका रूपमा पेस गरेको छ। त्यस्तै सुशीललाई १८ देखि २० वर्ष कैद सजाय माग गरिएको छ। आफ्नै संरक्षणमा रहेकी बालिकालाई बलात्कार गरेको भएर थप तीन वर्ष सजाय हुनुपर्ने उसको दाबी छ।, थोकरका अनुसार पीडित बालिकालाई अभियोगपत्रसँगै पेस गर्न पाएको भए बयान फेर्ने सम्भावना कम हुने थियो। तर अभियोगपत्र पेस गरेको महिनादिनपछि मात्र पीडित बालिका बकपत्रका लागि उपस्थित भएकी थिइन्।, 'प्रहरी र सरकारी वकिलकै अगाडि त्यत्रो दबाब दिएका पीडकका परिवार र आमाबुबाले एक्लै पारेर पीडित बालिकालाई डर, धम्की, त्रास नदेखाउने कुरै हुन्न,' उनले भनिन्, 'उनी अदालतमा बकपत्र दिन आउँदासमेत पीडक परिवारकै गाडीमा आएकी थिइन्।', जेठ ११ गते बकपत्रका लागि आउँदा उनका वकिल खेमराज भट्टले एउटा निवेदन पेस गरेको अदालतका कर्मचारी बताउँछन्। निवेदनको विषय थियो- स्वास्थ्यका कारण बकपत्र गर्न असमर्थ भएकोबारे।, पीडित बालिकाको पहिचान खुल्ने हस्ताक्षर भएको उक्त निवेदनमा भनिएको छ, 'सरकारी वकिलले बकपत्रमा उपस्थित हुन जानकारी गराएकोमा मेरो स्वास्थ्यका कारण बकपत्र गर्न असमर्थ भएकाले अदालतले खोजेको अवस्थामा उपस्थित भई बकपत्र गर्ने नै छु। म निवेदकले यसै निवेदमार्फत मेरो भएको सत्यसाँचो व्यहोरासमेत उल्लेख गरेको छु, प्रमाणमा लगाई पाऊँ।', निवेदनमा अगाडि लेखिएको छ, 'मलाई सुशील चटौतले त्यस्तो नराम्रो केही गर्नुभएको छैन। आन्टी (सुशील चटौतकी श्रीमती राधा) ले बेलाबेला टर्चर दिएकाले घर जानै मन नलाग्ने भनेकोमा बलात्कारको जाहेरी किन दिए थाहा भएन। स्वास्थ्य प्रतिवेदनमा उल्लिखित हाइमन ट्रान्सेक्सन मेरो व्यक्तिगत विषय हो। सुशील अंकलले मलाई छोरीजस्तै व्यवहार गर्नुहुन्छ। नचाहिँदो काम गर्नुभएको छैन। उहाँलाई थुनामा राख्नुपर्ने होइन।', वकिल भट्टले यो निवेदन इजलासमा पेस गर्न खोज्दा न्यायाधीशले लिएनन्।, 'पीडितलाई नै यहाँ उपस्थित गराउनुपर्छ, यस्तो निवेदनले हुँदैन भनेर श्रीमानले भनेपछि बालिकालाई इजलासमा लगेका थिए। त्यो दिन वादी-प्रतिवादी दुवै पक्ष बयानका लागि आएका थिए। पीडित बालिका भने बकपत्र गर्न इजलासमा गएपछि बेहोस भइन्। अनि यहाँबाट सिभिल अस्पताल पठाइएको हो,' अदालतका एक कर्मचारीले भने।, त्यसपछि जेठ १६ गते बालिका फेरि अदालतमा उपस्थित भइन्। उनी त्यो दिन पनि बेहोस भइन्। न्यायाधीशले सन्चो भएपछि मात्र बकपत्रका लागि आउनू भन्ने आदेश गरेपछि उनी फर्किइन्।, भोलिपल्ट जेठ १७ गते उनी वकिलका साथ उपस्थित भएको अदालतका कर्मचारी बताउँछन्। त्यसै दिन बालिकाले उल्टो बयान दिइन्।, यसरी राज्यको उचित संरक्षण नपाएका कारण बालिकाले बयान फेर्न बाध्य भएको सम्बद्ध अधिकारीहरू नै बताउँछन्।, राष्ट्रिय बालअधिकार परिषदका कर्मचारी, नाम बताउन नचाहने प्रहरी, सरकारी वकिल र अदालतका कर्मचारीसमेतले सेतोपाटीसँगको कुराकानीमा ती बालिकाले आफ्नो परिवार तथा पीडकको दबाब र प्रभावमा परेर बयान फेरेको बताएका छन्।, कसरी भएको थियो घटना?, पीडित बालिकाका बुवा सुशील चटौतको हाइड्रोपावर कम्पनीमा माली छन्।, चार वर्षअघि सुशीलका बुबा तीर्थराम चटौतले पीडितलाई पढाइदिने भन्दै आफ्ना कर्मचारीसँग कुरा गरेर महेन्द्रनगर ल्याएका थिए। त्यसको केही समयपछि उनीहरू ललितपुरको इमाडोलस्थित बसाइ सरे।, बाल हेल्पाइनकी मनोपरामर्शदाता हिरा खतिवडाले प्रहरीमा गरेको कागजअनुसार महेन्द्रनगरस्थित घरमा ल्याएको केही महिनापछि नै सुशीलले आफूलाई बलात्कार गर्ने गरेको बालिकाले बताइन्। त्यो क्रम इमाडोल आएसम्मै चल्यो।, सुशीलले बलात्कार गरेपछि 'कसैलाई भने मारिदिन्छु' भन्ने धम्की दिन्थे। पछिल्लोपटक २०७८ माघ २४ गते अन्दाजी साँझ साढे ४ बजे आफूमाथि बलात्कार भएको बालिकाले बताएकी थिइन्।, बलात्कार गरेको सातादिनपछि सुशील महेन्द्रनगर गए।, त्यतिञ्जेल पीडितको स्कुलमा अनलाइन कक्षा मात्रै चल्थ्यो। फागुन १ देखि स्कुलमै उपस्थित भएर पढ्ने नियम लागू भयो।, उनकी शिक्षिकाले प्रहरीमा गरेको कागजअनुसार पीडितको पढाइ कमजोर थियो। उनले पढाइमा मन लगाउन कहिल्यै सक्दिन थिइन्। स्कुल आउँदा पनि बालिकाको अवस्था उस्तै थियो। उनी टोलाइरहन्थिन्। पढाइमा ध्यान दिन्न थिइन्।, के भयो भनेर सोध्दा बालिकाको उत्तर हुन्थ्यो, 'घरमा आन्टीले कुटपिट र गाली गरेकाले पढ्न मन लाग्दैन।', गएको चैत सुरूतिरबाट बालिका स्कुलमा आत्तिन थालिन्। उनी पेट दुख्यो भनिरहन्थिन्। शौचालय गइरहन्थिन्। घर जानै मन लाग्दैन भनेर रोएकी थिइन्। कति दिन त शिक्षकहरूले नै घर पुर्‍याइदिएका थिए।, चैत ९ गते उनी स्कुल आइनन्। भोलिपल्ट दिउँसो आइन्।, त्यस दिन उनमा तनावग्रस्त व्यवहार देखिएको थियो। पढ्दापढ्दै भाग्न खोज्ने, रूने-कराउने र भित्तामा टाउको ठोक्ने गरेकी थिइन्।, सोधपुछ गर्दा घरमा जानै मन नलागेको उनले बताइन्।, त्यसपछि शिक्षिकाले परामर्श गरिदिन भन्दै सिविस नेपालमा फोन गरिदिइन्। उक्त संस्थाले प्रहरीमा खबर गर्नू भनेपछि बालिकालाई प्रहरीमा लगिएको थियो।, प्रहरीले भने सिविन र महिला तथा बालबालिका मन्त्रालयको सहकार्यमा सञ्चालित हेल्पलाइनमा पठायो।, त्यहाँ तीन दिनको मनोपरामर्शपछि बालिकाले सम्पूर्ण घटनाक्रम खुलाएकी थिइन्। बालिकाको भनाइ उद्धृत गर्दै हेल्पलाइनकी खतिवडाले कागज गरेकी छन्, 'चैत १० गते महेन्द्रनगरबाट सुशील अंकल आउने कुरा थियो। त्यसैले मलाई घर जान मन नलागेको हो।', यो कुरा सुशीलको बयानसँग पनि मेल खान्छ।, सुशीलले प्रहरी र अदालतमा दिएको बयानमा आफू चैत १० गते साँझ महेन्द्रनगरबाट काठमाडौं आएको उल्लेख गरेका छन्।, बालिका बलात्कार गरेको अभियोग लागेका सुशील चटौत दोषी ठहर
सेतोपाटी संवाददाता आज रामनवमी पर्व मनाइँदैछ। , चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ।, त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको मानिन्छ। , सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ। त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो । , राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ।, आज रामनवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा
रासस सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। , वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। , उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ। , महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ। भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ।, सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो। , सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ। , राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो सातादेखि
राजेश घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्। एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपैयाँ बजेटमा बन्न लागेको टर्मिनल भवनको प्रधानमन्त्री दाहालले बिहीबार शिलान्यास गरेका हुन्।, तीन वर्षभित्र सम्पन्न गर्नेगरी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले निर्माणको जिम्मा पाएको छ।, १४ कट्ठा जमिनमा ८ हजार वर्गमिटर बढी क्षेत्र ओगटेर २ तल्ले आधुनिक टर्मिनल भवन निर्माण हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसको कन्ट्रोल टावर भने ८ तलाको हुनेछ।, प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणसँगै विमानस्थल विस्तारको काम पनि बढाउने तयारी गरेको छ।, शिलान्यास कार्यक्रममा प्रधानमन्त्री दाहालले हाल रहेको १२ सय मिटर लामो धावनमार्गलाई १५ सय मिटरको बनाएर चौबीसै घन्टा जहाज चल्ने बनाउने बताए। भरतपुर विमानस्थलको विस्तारका लागि वर्षौंदेखि गरेको प्रयास अब निष्कर्षमा पुग्न लागेको उनले बताए।, ‘भरतपुरको भौगोलिक अवस्था र समग्र विकासलाई हेर्दा विमानस्थल धेरै पहिले विस्तार भइसक्नुपर्ने थियो। सबै क्षेत्र विकास भइरहँदा विमानस्थल पछि पर्‍यो,’ उनले भने, ‘अब यो काम अघि बढ्छ। चितवनवासीको सपना पुरा हुन्छ।’, उनले विगत ५-६ वर्षमा विमानस्थल विस्तारको विषयमा सिंहदरबार र सेनाको हेडक्वार्टरमा कैयौं बैठकहरू बसेको बताए।, भरतपुर विमानस्थलको विस्तारका लागि आडैमा रहेको नेपाली सेनाको गण र सेनाको घोडा प्रजनन् केन्द्रको जमिन आवश्यक पर्छ। प्रधानमन्त्री दाहालले केही दिनमै सेनाको गण र प्रजनन् केन्द्र स्थानान्तरणको प्रक्रिया टुंगिने बताए।, भरतपुर विमानस्थलमा जहाज ल्यान्ड हुन थालेको ६२ वर्ष पहिलेबाट हो। त्यसभन्दा ३ वर्षअघि नै ५८ बिघा जमिनमा विमानस्थल बनेको थियो।, काठमाडौं, विराटनगर, पोखरा, राजविराज, जनकपुरजस्ता ठूला सहरमा मात्रै विमानस्थल चलेको समयमा चितवनमा पनि विमानस्थल सञ्चालनमा ल्याइएको थियो।, सन् १९६१ को मार्चबाट उडान सुरू भएको थियो। त्यतिखेर चितवनमा भर्खर बस्ती बस्दै थियो। राप्तीदुन उपत्यका विकास योजनामार्फत् बस्ती बसालिँदै थियो।, त्यो सुनसान ठाउँ अहिलेको देशकै व्यस्त बजारमा परिणत भइसकेको छ। केही हजार मान्छे बस्ने चितवनको जनसंख्या अहिले सवा ७ लाख पुगेको छ। तर विमानस्थलको अवस्थामा भने सुधार आउन सकेको छैन। १२ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा ४२ सिटे जहाज जेनतेन अवतरण हुने गरेका छन्।, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ७० देखि ८० सिट क्षमताका मझौला जहाज अवतरण गर्नसक्ने गरी विमानस्थलको स्तरोन्नतिको तयारी अन्तिम चरणमा पुगेको बताए। भरतपुर विमानस्थलको विस्तारको प्रसंग चल्न थालेको एक दशक पहिलेदेखि हो।, उत्तरतर्फ रहेको नेपाली सेनाको गण र सेनाकै घोडा प्रजनन् केन्द्रलाई कतै स्थानान्तरण गरेर विस्तार गर्ने बहस त्यतिखेरैबाट चलिरहेको छ।, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सेनाको गण र प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने नीतिगत निर्णय भइसकेको बताए। गणलाई नेपाल ट्रष्टको मातहतमा रहेको दियालो बंगला दरबारमा र घोडा प्रजनन् केन्द्रलाई भरतपुर-११ स्थित गणेशस्थान मन्दिर पछाडिको क्षेत्रमा सार्ने प्रक्रिया अघि बढिरहेको उनले बताए।, ‘हामीले यो विमानस्थलको टर्मिनल भवन निर्माण, विस्तारलाई राष्ट्रिय प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएका छौं,’ मन्त्री किरातीले भने, ‘विस्तार गरेर एटिआर ७२ जहाज सञ्चालन गर्ने, रात्रिकालीन उडान सुरू गर्छौं।’, विमानस्थल वरपर रहेका अग्ला संरचनाका कारण बढ्दो जोखिमलाई मध्यनजर गरेर २०७० फागुन ९ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले विमानस्थल वरपर मापदण्डविपरीत निर्माण भएका भवनहरूको लगत संकलन गरी प्रतिवेदन पेस गर्न प्राविधिक समिति निर्माण गरेको थियो।, उक्त समितिले विमानस्थलको प्रभावित क्षेत्रमा ३१३ वटा अस्थायी तथा स्थायी संरचना निर्माण भएकोमा २५७ वटा संरचना मापदण्डविपरीत रहेको प्रतिवेदन पेस गर्‍यो।, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ को भावनाविपरीत विमानस्थल वरपर भवन बनिसकेको, ती भवनका कारण विमानको उडान, अवतरणमा गम्भीर असर परिरहेको र भविष्यमा झनै अप्ठ्यारो अवस्था आउन सक्ने देखिएकाले मापदण्डविपरीत बनेका संरचना हटाउनु पर्ने सुझाव उक्त प्रतिवेदनमा थियो।, तर सरकारका नागरिक उड्डयन मन्त्रीहरू आउँदा विस्तारको प्रतिबद्धता जनाउनु बाहेकको प्रगति हुन सकेन। प्रतिवेदन यसै थन्कियो।, २०७५ सालको माघ २८ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा भरतपुर विमानस्थलको कार्यालयमा बसेको बैठकले यहाँ रात्रिकालीन अवतरण पनि गर्न सकिनेगरी विमानस्थलको स्तरोन्नति गर्नुपर्ने निष्कर्ष निकालेको थियो।, उक्त बैठकले विमानस्थलको धावनमार्ग १ हजार मिटर बढाउनुपर्ने, यसका लागि विमानस्थलको उत्तर–पश्चिममा रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् केन्द्रलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने, दक्षिण–पूर्वमा रहेका घर एवं घरका ट्रसहरू हटाउनुपर्ने र नयाँ संरचना निर्माण गर्न दिन नहुने निष्कर्ष निकालेको थियो।, फागुनमा तत्कालीन समयमा चितवनबाट निर्वाचित सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री अधिकारीसमेत सहभागी बैठकले सेनाको व्यारेक र घोडा फार्मलाई भरतपुर-१ मा नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला क्षेत्रको ३६ विघा र भरतपुर–११ बसेनी गणेशस्थान दक्षिण-पूर्व सामुदायिक बनको ६० बिघा जमिनमा स्थानान्तरण गर्नुपर्ने राय दिएको थियो।, यसैको आधारमा भरतपुर महानगरपालिकाले २०७५ फागुन २ गते पर्यटन मन्त्रालयहरूमा पत्राचार गरेको थियो। यसका लागि पहल हुँदै गर्दा मन्त्री अधिकारीको निधन भयो।, २०७६ सालको असोजमा पर्यटन मन्त्रालयले सहसचिव बुद्धिबहादुर लामिछानेको संयोजकत्वमा समिति बनाएर अध्ययन सुरू गर्‍यो। त्यतिखेर पर्यटनमन्त्री योगेश भट्टराई थिए। उनले पनि भरतपुर विमानस्थल विस्तारका लागि प्रयास गरे। लामिछानेको संयोजकत्वमा बनेको समितिले माघमा भरतपुर विमानस्थलमा एटिआर-७२ वा सो सरहका जहाज उडान, अवतरण गर्न धावनमार्गलाई १५ सय मिटर लामो बनाउने सिफारिस गरेको थियो।, भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुर विमानस्थल विस्तार गर्ने भरतपुरबासीको सपना अब पुरा हुन लागेको बताइन्।, ‘सेनाको कालीबहादुर गण र घोडा प्रजनन् केन्द्र रहेको ७६ विघा जमिनमध्ये विमानस्थलका लागि आवश्यक पर्नेजति प्रयोग गर्ने बाँकीमा पार्क बनाउने लक्ष्य छ,’ उनले भनिन्, ‘अब यो काम केही समयमै अघि बढ्छ।’, भरतपुर विमानस्थल भएर दैनिक ५०० यात्रु ओहोरदोहोर गर्छन्। यहाँबाट काठमाडौं, पोखरा उडान हुने गरेको छ। साना जहाजमात्रै चल्ने भएकाले काठमाडौंबाट नजिकै भए पनि भाडा महँगो छ।, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको नयाँ टर्मिनल बने पिक आवरमा एक हजार जना यात्रुलाई सहज रूपमा सेवा दिन सकिने बताए। उनले चितवनमै रहेको मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि टेन्डर आह्वान भइसकेको बताए।, ‘देशभरका विमानस्थललाई आवश्यकता र औचित्यका आधारमा विकास र विस्तार गर्दै लैजाने नीति प्राधिकरणको छ,’ उनले भने, ‘त्यही लक्ष्यअनुरूप हामी काम गर्दैछौं।’, भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास भयो, धावनमार्ग विस्तार कहिले?
सेतोपाटी संवाददाता रूपन्देही शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार उनीहरू ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।, प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन्।, उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस माग गरेका थिए।, उक्त सूचना अख्तियारले पाएपछि बुटवलबाट खटिएको टोलीले तीन जनालाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।, शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष घुससहित पक्राउ
दिपकजंग शाही चार महिनाअघि मंसिर ६ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।, ६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे। चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भए। संसारले त्यो दिन आफ्ना सहकर्मी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए।, ‘दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई मार्न लागिसके भनेर फोन गरे,’ उनका सहकर्मी महेशले सेतोपाटीसँग भने, ‘उसले प्रहरीलाई खबर गरिदिनुपर्‍यो भन्दै थिए, तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भए।’, खड्काका अनुसार फोनमा उनले आफूलाई युवाहरूले सडकबाट तल खसालेका छन् भनेर पनि भनेका थिए।, संसारले महेशलाई दाइ भनेर सम्बोधन गर्ने गरेका थिए।, ‘मलाई रोडबाट फालेका छन्, म भाग्न खोजिरहेको छु भन्दै थिए। त्यो नै अन्तिम भयो, त्यसपछि फोन लागेन,’ महेशले भने।, मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका संसारको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ। माछा मार्न गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटनास्थल पुगेर शवको यकिन पहिचान गरेको उनले बताए।, ‘चार महिनासम्म कर्णालीको पानी त अझ चिसो भएर यतिको रहेको हो, तातो हुन्थ्यो भने अहिलेसम्म कंकाल मात्र हुन्थ्यो होला,’ डिएसपी भट्टराईले भने, ‘हामीसँग पनि यस्तो मान्छे हराएको भन्ने हुलिया थियो, घरको मान्छे आएपछि शरीरमा भएका चिजवस्तुका आधारमा स्पष्ट रूपमा पहिचान भयो।’, आफूहरूले संसार घर्तीले लगाएका माला, घडीलगायतका वस्तुबाट शवको पहिचान गरेको महेशले बताए।, मृतकका आफन्तहरू मंगलबार राति घटनास्थल पुगेका थिए।, मृतकका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। आफन्तहरू पनि घटनास्थलबाट त्यहीँ गएका छन्।, डिएसपी भट्टराईका अनुसार मान्छे बेपत्ता पारेको भनेर पहिले आएको उजुरीका आधारमा चार जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको थियो। शव भेटिएपछि अनुसन्धानमा थप सहयोग पुग्ने उनले बताए।, पक्राउ पर्नेमध्ये एक जना संसार घर्तीकी प्रेमिका भनिएकी दाङकी २० वर्षीया राधा थापा छिन्। अरू तीन जना स्थानीय युवा रहेको प्रहरीले जनाएको छ।, विगत दुई वर्षयता दाङकी राधा रूकुम पूर्वमा बस्थिन्। उनी आफूहरूको संसार र महेशसँगको साझेदारीमा स्थापना गरेको कम्प्युटर इन्स्टिच्युटमा नै पढाउँथिन्। त्यसैबीचम राधा र संसारबीच प्रेम सम्बन्ध सुरू भएको हुनसक्ने स्थानीय राज सेनले बताए।, राधा घटना हुनुको पाँच महिना अघि मात्र लोक सेवा आयोगको कम्प्युटर अपरेटर परीक्षा पास गरेर हुम्लाको चंखेली गाउँपालिकामा पदस्थापना भएकी थिइन्।, ‘उनीहरूले संयुक्त रूपमा सदरमुकाममा इन्स्टिच्युट चलाइरहेका थिए, त्यही बीचमा दुई जनाबीच प्रेम सम्बन्ध पनि चलेको रहेछ,’ सेनले भने, ‘बीचमा रूकुम छोडेर जागिरका लागि हुम्ला गएपछि बीचमा उनीहरूबीच केही विवाद भएर हो वा भेट्नमात्र गएको हो भन्ने खुलेको छैन,’ उनले भने।, मृतकका आफन्तले भने युवतीले स्थानीयलाई लगाएर प्रेमीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।, मृतक संसार घरको जेठो छोरा हुन्। उनीपछि दुई जना भाइ र दुई जना बहिनीहरू छन्। बाबा–आमा ६० वर्ष उमेर नाघेका छन्।, संसारले प्रविणता प्रमाणपत्र तहसम्मको पढाइ सकेर स्नातक भर्ना गर्ने योजना बनाएका थिए।, प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार फर्किएनन्, चार महिनापछि भेटियो शव
युनिक श्रेष्ठ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।, ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो। , प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।, विशेषगरी कोलोम्बिया, पेरू, बोलिभियामा बन्ने कोकिन नेपाललाई ट्रान्जिट बनाएर नयाँ दिल्ली पुर्‍याउन लाग्दा उनीहरू पक्राउ परेका हुन्।, भालाललमी गत सोमबार काठमाडौं आइपुगेकी थिइन्। दिल्लीबाट सुरूमा उनी चैत २ गते इथोपिया पुगेकी थिइन्। त्यहाँबाट फेरि उनी अर्को अफ्रिकी मुलुक गिनी पुगिन्। त्यहाँ केही दिन बस्दा उनलाई कोकिनको लगेज लिन भनिएको थियो। , त्यहाँबाट लगेज लिएपछि उनी मोरोक्को, दोहाबाट काठमाडौं आइपुगेकी हुन्। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सिधै ठमेलस्थित एक होटलमा बसिन्। , मंगलबार बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँ दिल्लीको फ्लाइट थियो। त्यही समयअनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगिन्। ,  , काठमाडौं आउँदा ल्याएकै सुटकेश, ह्यान्डब्याग बोकेकी थिइन्। तर यसपटक उनी शंकाको घेरामा थिइन्। विमानस्थलको प्रस्थान कक्षमा विमानस्थल सुरक्षा कार्यालयका प्रहरी र ब्युरोको संयुक्त टोली पनि थियो। , टोलीलाई शंका लागेपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ र सुटकेश ह्यान्डब्यागमा तलासी लिएको थियो। , उनीसँग भएका ब्यागबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले बताए। बिहीबार पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिइएको हो। , त्यसपछि प्रहरी थप सचेत भएको उनी बताउँछन्। , मंगलबार साँझ सवा ५ बजेको काठमाडौंको ठमेलको त्यही होटलबाट इस्थरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीबाट ५ किलो कोकिन बरामद भएको थियो। , उनको पनि सुटकेशमा फल्सबटम बनाएर राखेको अवस्थामा कोकिन फेला परेको थियो। उनीहरू दुबैले नेपाललाई ट्रान्जिटमात्रै बनाएको एसएसपी खनालले बताए। , ‘उनीहरू दुबै जना नयाँ दिल्ली नै जाने तयारीमा थिए। इस्थरको फ्लाइट बिहीबार जाने थियो,’ उनले भने, ‘उनलाई भने हामीले काठमाडौं आइपुग्दादेखि नै पछ्याइरहेका थियौं। त्यही होटलमा पुगेपछि उनलाई पक्राउ गर्‍यौं।’, उनी पनि इथोपिया हुँदै अर्को अफ्रिकी मुलुक बेनिन पुगेकी थिइन्। त्यहाँ ५ दिन बसेपछि उनी मोरोक्को, दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन्। , उनीहरू दुबै जनालाई एकै व्यक्तिले पठाएको हो। पठाउने व्यक्तिले भने उनीहरूलाई छुट्टाछुट्टै नाम बताएका थिए। यसबारे ब्युरोले भारतीय प्रहरीलाई पनि जानकारी गराइसकेको छ। , ‘उनीहरू ठूलो समूहबाट परिचालन भएको देखिन्छ। अब हामी ट्रेन्डलाई पनि हेरेर अनुसन्धान अघि बढाउँछौं। त्यसो गरे अन्यले भित्र्याउन खोजे पनि पक्राउ गर्न सक्छौं,’ ब्युरोका एसपी चक्रराज जोशीले भने।, पक्राउ परेका दुई जना महिला पनि चिनजानकै हुन्। दुई जनाबाट बरामद भएको ७ किलो ८८७ ग्राम कोकिन अवैध बजारमा १७ करोड ३ लाख ५९ हजार रुपैयाँ पर्ने एसएसपी खनालले बताए। , यसरी ओसारपसार गर्नलाई भने उनीहरूलाई एक लाख रुपैयाँ भारू दिने आश्वासन दिइएको थियो। , ‘काम सकाएपछि एक लाख भारू दिने भनिएको रहेछ। टिकट, खाने बस्ने सबै व्यवस्था गिरोहले नै हेरेका रहेछन्,’ खनालले भने।, भालाललमी तीन जना छोराहरूसँग मिजोरोममा बस्थिन्। जो ठूला भइसकेका छन्। उनको श्रीमानसँग भने डिभोर्स भइसकेको थियो। , ३ वर्षअघि उनको घरमा एक दुर्घटना भएको थियो। घरमा ग्याँस बिस्फोट हुँदा उनी घाइते भएको एसपी जोशीले बताए। जसले गर्दा उनको अनुहार जलेको छ।, ‘घाइते भएको हुँदा समय-समयमा उपचार गराइरहन पर्ने रहेछ। त्यसकारण उनलाई तपाईंको उपचार पनि गराइदिन्छु। घुम्न पनि पाइन्छ सबै खर्च ब्यहोर्ने र एक लाख नगद पनि दिन्छौं भनेपछि मानेको बुझियो,’ उनले भने।, यस्तै अर्की महिला भने कपडा पसलमा काम गर्थिन्। उनले मासिक २० हजार रुपैयाँ कमाउँथिन्। , यस घटनामा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।, उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद सम्म र ५ देखि १० लाख सम्म जरिवाना हुनसक्ने व्यवस्था छ। , उपचारको आश्वासनमा कोकिन ओसारपसारमा लागिन्, दिल्ली उड्न लाग्दा पक्राउ परिन्
भानुभक्त बाँसबारीमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अपरेशन टेबल बिग्रिएको धेरै समय भएको थियो। बनाउने मान्छे बोलाउँदा उनीहरू भन्थे- जापानबाट सामान मगाउनुपर्छ नत्र बनाउन सकिन्न।, गत साता राष्ट्रिय आविष्कार केन्द्रका तीन जना इन्जिनियरहरू हृदय केन्द्रमा गए। बिग्रिएको अपरेशन टेबल हेरे। समस्या पत्ता लगाए। केही घन्टामै मर्मत गरेर टेबलमा काम गर्न मिल्ने बनाइदिए।, अपरेशन टेबल बनेपछि हृदय केन्द्रका डाक्टर रामेश कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- महाविर दाइ, 'आज बन्दैन, सामान जापानबाट आउनुपर्छ, बोर्ड गयो' जस्ता कुराबाट हत्तु पार्नेहरूबाट छुटकारा दिनुभएकामा धन्यवाद! थुप्रै लोकल एजेन्ट रिसाए होलान् तर यहाँ र टिमले मेडिकल सामानको मेन्टिनेन्समा गरेको योगदानप्रति नमन छ। वाह, गंगालालको अपरेशन टेबल अन्तत: बन्यो! , राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका अनुसार टेबल मर्मत गरिदिन हृदय केन्द्रबाट उनलाई फोन आएको थियो।, ‘फोन आएपछि हाम्रा बायोमेडिकल इन्जिनियरहरूलाई पठाइदिएको थिएँ। उनीहरूले बनाएर आएका हुन्,’ पुनले  सेतोपाटीसँग भने।  , महाविर दाइ ,@MahabirPun, 'आज बन्दैन, सामान जापानबाट आउनु पर्छ, बोर्ड गयो' जस्ता कुराबाट हत्तु पार्नेहरूबाट छुटकारा दिनु भएकामा धन्यवाद! थुप्रै लोकल अजेन्ट रिसाए होलान् तर यहाँ र टिमले मेडिकल सामानको मेन्टिनेन्समा गरेको योगदानप्रति नमन छ। वाह, गंगालालको अपरेसन टेबल अन्तत्व बन्यो!🙏 ,pic.twitter.com/bZPwevkIL9, — रामेश (@RaameshKoirala) ,March 25, 2023, गंगालालका डाक्टरहरूलाई हत्तु पारेको मेसिन बनाइदिएको कुरालाई पुनले सामान्य रूपमा प्रस्तुत गरे। उनका लागि यो एउटा सामान्य घटना नै हो किनकी आविष्कार केन्द्रले देशका विभिन्न स्थानमा सरकारी अस्पतालमा पुगेर बिग्रिएका थुप्रै उपकरण मर्मत गरिसकेको छ।, मेडिकल सामग्री मर्मतलगायत काम गर्न आविष्कार केन्द्रमा बायोमेडिकल इन्जिनियरिङ विभाग नै छ। त्यसको नेतृत्व गर्छन् उमेश किरात र मोहितराज केसीले। त्यहाँका पाँच जना इन्जिनियरहरू सरकारी अस्पतालमा बिग्रिएका उपकरण बनाउन काठमाडौं उपत्यकाका ठूला सरकारी अस्पतालदेखि डोल्पा जिल्ला अस्पतालसम्म पुगिरहेका हुन्छन्।, तिनैमध्येका हुन्, पारस पौडेल र समिर अर्याल। पारसले तीन वर्षअघि बायोमेडिकल इन्जिनियरिङमा बिई सकेका हुन्। सुरूमा आविष्कार केन्द्रमा स्वयंसेवक बनेका उनी अहिले यहीँ  काम गर्छन्।, समिर पहिला अर्कै कम्पनीमा काम गर्थे। उनले काम गर्ने ठाउँमा कहिलेकाहीँ महावीर पुन पनि जोडिन्थे, उनीहरूबीच चिनजान थियो। पछि समिर आविष्कार केन्द्रमै काम गर्न आए।, बुधबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र रहेको आविष्कार केन्द्रमा पुग्दा पारस र समिर आफ्नो विभागमा काम गरिरहेका थिए। गंगालालको अपरेशन टेबल मर्मतमा गएका उनीहरूको कार्यकक्षमा पनि मर्मत गर्न ल्याएका विभिन्न अस्पतालका उपकरण थिए।, पारस  र समिरले आफूहरूले कसरी सरकारी अस्पतालका उपकरण मर्मत गर्छौं भनेर सुनाए।, ‘आविष्कार केन्द्र सुरू भएदेखि नै बनेको हाम्रो विभागमा मेडिकल उपकरणसम्बन्धी अनुसन्धान, उत्पादन र मर्मत गरी मुख्य तीन वटा काम हुन्छन्,’ पारसले भने।, आविष्कार केन्द्रले अनुसन्धान गरेर आफैंले बनाएको उपकरण हो, न्यानो नानी। नवजात शिशुलाई न्यानो राख्न प्रयोग हुने यो उपकरणको केन्द्रले अहिले व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ।, केहीले केन्द्रमै आएर मेसिन किनेर लैजान्छन् भने केही संस्थाले केन्द्रबाट किनेर विभिन्न व्यक्तिलाई अनुदानमा दिने गरेका छन्।, ‘केही अरू साथीहरू रिसर्च र डिजाइनमा काम गर्नुहुन्छ। हामीचाहिँ  उपकरण मर्मतमै हिँडिरहेका हुन्छौं,’ समिरले भने।, पारस र समिर मेडिकल उपकरण मर्मत गर्न कोशी र मधेशबाहेक देशका अरू सबै प्रदेशमा पुगेका छन्। उनीहरूले काम गर्ने लगभग सबै सरकारी अस्पताल हुन्।, सबैभन्दा पहिला अस्पतालका मान्छेहरूले हाम्रा सामान बिग्रिएका छन्। के भएको हो हेरिदिनु पर्‍यो, मर्मत गरिदिनु पर्‍यो भनेर फोन गर्छन्। त्यस्तो फोन प्राय: महावीर पुनलाई नै आउने गर्छ।, फोन आइसकेपछि को, कहाँ, कहिले जाने भन्ने सल्लाह हुन्छ। अरू ठाउँमा आफ्नो काम गर्न बोलाउनेले आउने मान्छेको आउजाउदेखि बस्ने ठाउँ र खानपिनको व्यवस्था गरिदिन्छन्। आविष्कार केन्द्रबाट काममा जाँदा भने आउने-जाने र बस्ने-खाने व्यवस्था आफैंले गर्नुपर्छ।, ‘पहिला हामी सल्लाह गर्छौं कुनै ठाउँमा जान कति समय र पैसा लाग्छ भनेर त्यसपछि अवस्था हेरिकन कहीँ जहाजबाट त कहीँ गाडीबाट जान्छौं,’ पारसले भने, ‘त्यो खर्च केन्द्रले नै व्यहोर्छ।’, अस्पतालमा पुगिसकेपछि उनीहरू सबैभन्दा पहिला के-के सामान बिग्रिएका छन् भनेर हेर्छन्।, ‘फिल्डमा पुगिसकेपछि हाम्रो पहिलो काम कुन मेसिन के भएर बिग्रिएको हो भन्ने पत्ता लगाउनु हुन्छ। मेसिनामा के समस्या भएको हो भनेर चलाउनेहरूलाई सोध्छौं। आफैंले पनि हेरेर समस्या पत्ता लगाउँछौं,’ पारसले भने, ‘समस्या पत्ता लगाइसकेपछि कसरी मर्मत गर्न सकिन्छ त्यो हेर्छौं। फिल्डमै सकिने काम भए त्यहीँ मर्मत गरिदिन्छौं, त्यहाँ बनाउन नसकिने तर बोक्न मिल्ने मेसिन भए केन्द्रमै ल्याएर आउँछौं।’, धेरैजसो जिल्ला अस्पतालहरूमा उपकरणहरू बिग्रिएमा बनाउने बायोमेडिकल इन्जिनियरहरू हुँदैनन्। इलेक्ट्रिसियनले नै उपकरण मर्मतको काम गरिरहेका हुन्छन्।, ‘कुनै ठाउँमा मेसिनको बटनले काम नगरेको, वाइरिङ टुटेकोजस्ता सामान्य समस्या भएका हुन्छन्,’ समिरले भने,‘सामान्य कुरा बिग्रँदा पनि उपकरण चलाउन नसकेर थन्किएका हुन्छन्।’, उनीहरू पुगेका अस्पतालमा बिग्रिएका उपकरणहरूमध्ये धेरैमा सामान्य समस्या देखिन्छ।, ‘हामी फिल्डमा जाँदा अस्पतालहरूले बिग्रिए भनेर राखेकामध्ये लगभग ७५ प्रतिशतमा सामान्य किसिमका समस्या हुन्छन्। वाइरिङ टुटेका, सेन्सरले काम नगरेकाजस्ता समस्या हामी तत्कालै मर्मत गरिदिन्छौं,’ समिरले भने, ‘बाहिरबाट सामान मगाएर फेर्नुपर्ने खालका मर्मत भने हामी गर्न सक्दैनौं।’, जिल्ला अस्पतालहरूले उपकरण मर्मतका लागि पहिला नै योजना बनाएर बजेट नछुट्याउने र बजेट भए पनि कतिपय ठाउँमा दक्ष प्राविधिक नहुँदा मेडिकल उपकरणहरू थन्किएको आफूहरूले देखेको उनीहरू बताउँछन्।, सहरका ठूला अस्पतालमा उपकरण बनाउने छुट्टै विभाग भए पनि काम प्रभावकारी रूपमा भएको देखिँदैन।, सरकारी अस्पतालले मेडिकल उपकरण खरिद गर्दा टेन्डर प्रक्रिया पूरा गर्नुपर्छ। टेन्डरमा उपकरण बिग्रिएमा सम्बन्धित कम्पनीले निश्चित समयसम्म मर्मत गरिदिनु पर्ने सर्त पनि हुन्छ।, तर त्यस्ता सर्तहरू पालना गर्न अस्पताल प्रशासनले कडिकडाउ नगर्दा मेडिकल उपकरणहरू उपलब्ध गराउने त्यस्ता कम्पनीले आफ्नो जिम्मेवारी पूरा गर्न आलटाल गर्छन्। भएका उपकरणले काम नगरेपछि बिरामीले सास्ती झेल्नुपर्छ।, बिग्रिएका उपकरणमा समस्या पत्ता लगाइसकेपछि समिर र पारसहरूले मर्मत गर्न सुरू गर्छन्।, मर्मतमा चाहिने न्यूनतम सामग्री उनीहरूले आफैं बोकेका हुन्छन्।, ‘केही सामान फेर्नु पर्ने भयो भने सुरूमा हामी अस्पतालको मान्छेलाई तपाईंहरूसँग स्टोरमा यो सामान छ भनेर सोध्छौं, उहाँहरूले छैन भनेपछि हामीसँग सामान रैछ भने त्यही राखेर आउँछौं,’ समिरले भने, ‘सामान नै छैन भने त मर्मत गर्न सकिन्न। महंगो सामान हामी पनि दिन सक्दैनौं। उहाँहरूले किन्न फेरि टेन्डर गर्नुपर्छ। त्यस्तो अवस्थामा मर्मत गर्न सकिन्न।’, काठमाडौं उपत्यकाभित्र होस् वा दुर्गम जिल्लाका अस्पताल। जहाँ पुगेर उपकरण मर्मत गरे पनि त्यसबापत् पनि उनीहरूले कुनै पैसा लिँदैनन्।, ‘हामी त जाने हो, काम गरिदिने हो अनि फर्किने हो। कोहीले खाजासाजा खुवाउनुहुन्छ। त्योबाहेक अरू केही दिनुहुन्न,’ पारसले भने, ‘हामीलाई दिन सायद उहाँहरूले बजेट नै छुट्याउनु भएको हुन्न।’, विभिन्न संघ-संस्थाहरूले भने बेला-बेलामा आविष्कार केन्द्रको यो कामलाई सहयोग गरिरहेका हुन्छन्।, केही समयअघि अमेरिकी सहयोग नियोग युएसएडको सहयोगमा कर्णाली र लुम्बिनी प्रदेशमा सबै जिल्ला अस्पतालहरूमा उपकरण मर्मतको काम भएको पारसले जानकारी दिए।, ‘त्यो प्रोजेक्टअन्तर्गत हामीले सबै जिल्लाका कुन-कुन अस्पतालमा के-के उपकरण बिग्रिएका छन् भनेर हेर्‍यौं त्यसपछि फेरि तिनीहरूको मर्मत गर्‍यौ,’ पारसले भने।, जिल्ला अस्पताल दुनै डोल्पाका चिकित्सा शाखाका प्रमुख डाक्टर अखण्ड उपाध्यायले आविष्कार केन्द्रका इन्जिनियर आएर आफूहरूलाई निकै ठूलो राहत भएको बताए।, ‘पोहोर साल हाम्रो अस्पतालमा एक्सरे मेसिनको प्रिन्टर बिग्रिएको थियो। सोलारको प्यानल बिग्रिएको थियो। ल्याबमा पनि थुप्रै सामान बिग्रिएका थिए,’ उपाध्यायले भने,‘उहाँहरू आएर अक्सिजन कन्सन्टेटरदेखि बेबी वार्मरसम्म मर्मत गरिदिनुभयो। उहाँहरूले बनाएका सामानले अहिलेसम्म काम गरिरहेका छन्।’, अस्पतालमा सामान बनाउने बिजुलीको सामान्य तालिम लिएका व्यक्तिमात्र भएकाले सरकारले नै केन्द्रसँग सहकार्य गरेर बेलाबेलामा इन्जिनियर पठाउने गर्दा एकातिर अस्पतालको खर्च जोगिने र अर्कातिर बिरामीले पनि सेवा पाउने उपाध्यायले बताए।, केन्द्रका इन्जिनियरहरूले बिग्रिएका उपकरणहरू बनाइदिएको देखेर अहिले केही अस्पतालहरूले उपकरणको नियमित मर्मतलाई प्राथमिकतामा राख्न पनि थालेका छन्। ललितपुरको पाटन अस्पताल र पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आविष्कार केन्द्रसँग उपकरण मर्मतको सम्झौता नै गरेका छन्।, पाटन अस्पतालमा आविष्कार केन्द्र कीर्तिपुरबाट बायोमेडिकल इन्जिनियरहरू जान्छन् भने पोखराका लागि काम गर्ने भनेर दुई जना उतै बसिरहेका छन्।, ‘अस्पतालहरूलाई उपकरण मर्मत गर्ने दक्ष जनशक्ति नभई नहुने रैछ भन्ने महशुस हुन थालेको छ। विभिन्न ठाउँबाट हाम्रो अस्पतालमा आएर हेरिदिनुपर्‍यो भनेर भनिरहनु भएको छ,’ पारसले भने, ‘अब छिट्टै हामी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कोशी र मधेश प्रदेशका विभिन्न अस्पतालहरूमा जाँदैछौं।’, आविष्कार केन्द्रले यहाँ काम गर्ने यी इन्जिनियरहरूलाई मासिक तलब दिन्छ। त्यो बाहेक उनीहरूले अरू सेवा-सुविधा केही पाउँदैनन्।, ‘बाहिर काम गर्ने हाम्रा साथीहरूको कमाइसँग तुलना गर्ने हो भने त हाम्रो यहाँको तलब केही पनि होइन। इन्जिनियरिङ पढ्दा मेरो यति खर्च भएको छ, त्यो उठाउँछु टन्न पैसा कमाउँछु भन्ने हो भने यहाँ काम नगरे हुन्छ,’ पारसले भने।, उनीहरूलाई भने कमाइ नभए पनि आविष्कार केन्द्रमा काम गर्न आनन्द लागिरहेको छ।, ‘समाजलाई केही योगदान गरौं भनेर महावीर सरले आविष्कार केन्द्र खोल्नुभएको हो। हामीले यहाँ काम गरेर आफूले काम सिक्ने र उहाँको सपना पूरा गर्न सघाउने हो। आविष्कार केन्द्रमा काम गर्नुको मजा बेग्लै छ,’ समिर भने।, पारसले समिरको कुरामा सहमति जनाए।, अस्पतालमा बिग्रेर थन्किएका सामान मर्मत गर्ने युवा इन्जिनियर
रमेश गिरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।, ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा  सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’ , उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउने लगायतका सबै काम सकिएको जानकारी दिए।, एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए।, उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए।, त्यस्तै, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्‍याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्‍याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ। , करिब पाँच लाख परीक्षार्थी, एसइई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए।, परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए। , परीक्षामा सबभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन्।, प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन्। , यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन्।, परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए। , त्यस्तै, बागमती प्रदेशमा सबभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ। कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ।, एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए। , तस्बिर लिन निषेध, परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरे। परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुनअनुसार कारबाही हुने बताए। , परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ।, परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ। यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए। , उनले भने, ‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यवस्था गरेका छौं।’ , विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्तिबाहेक पसेर अन्यलाई अनुगमन तथा तस्वीर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो। , ७८ हजार जनशक्ति , एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन्। प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए। , परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका  जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्‍याइसकिएको छ।, यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो। विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ। , जापानमा पनि परीक्षा केन्द्र, बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ। नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन्। जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो।  , त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरू हुनु केही समय अगाडि इमेलमार्फत् पठाउने भएको छ। , परीक्षाको तालिका, एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजे सुरू भएर ११ बजेसम्म हुनेछ। परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। , त्यसैगरी चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ। त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ।, चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।, यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ।, यस्तै चैत  २५ गते शनिबार साधारण तथा संस्कृततर्फ: ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ।, चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।, चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ।, चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ।, परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ। ,रासस, भोलिदेखि एसइई, जापानमा पनि परीक्षा केन्द्र
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, मोरङ पत्थरीशनिश्चरे नगरपालिका-१० बस्ने ४४ वर्षीय सागर राईलाई पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरेको हो। यसअघि केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। , एसपी राठौरका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढीबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ। , ठगी कसूरमा राईलाई बालकुमारीबाट पक्राउ गरेको हो। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाएको छ। , नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी घटनामा थप एक पक्राउ
सेतोपाटी संवाददाता आज बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई मौसम सामान्यता सफा रहेको छ। , शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , महाशाखाले आगामी चौबिस घन्टामा देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। ,    ,  , उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
सेतोपाटी संवाददाता तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। , धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-१२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो। उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन्। , उनको हत्या गरेको आरोपमा प्रहरीले  काभ्रे पाँचखाल नगरपालिका-५ घर भई पोखरा-७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरेको हो। प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ। उनी पोखरा-४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराज हुन्। , गत आइतबार बिहान ११ बजे म्याग्दे गाउँपालिका-४ मनहरीस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्यांकीभित्र शव फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो। केही दिनदेखि पानीमा गन्ध आइरहेको भन्ने खबर पाएपछि खानेपानीका कर्मचारी गएर ट्यांकी हेर्दा शव फेला परेको हो। , उक्त ट्यांकीबाट १३६ घर परिवारलाई पानी वितरण गरिएको थियो। त्यस ट्यांकीको पानी खाएर केही बिरामी समेत परेको प्रहरीले जनाएको छ। , कार्यालयका प्रमुख एवं एसपी अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। , ‘खबर पाएपछि मेरो नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। शव निकालेर हेर्दा टाउकोमा चोट, घाँटीमा रातो रंगको पछ्यौराले कसेको, बायाँ कान च्यातिएको, छाती र पेट गलेको, निधारमा चोट, छाला खुइलिएको अवस्थामा थियो,’ उनले भने।, सुरूमा ती महिलाको सनाखत भएको थिएन। तर उनको गोजीमा एउटा चिट फेला परेको थियो। , उक्त चिटमा फोन नम्बर लेखिएको एसपी बिष्टले बताए। उक्त नम्बरको आधारमा बुझेर पोखरामा रहेका मृतकका छोरासँग सम्पर्क भएको थियो। , उनकै छोराले मृतकको सनाखत गरेको एसपी विष्टले बताए। शवको प्रकृतिले पनि कसैले लुटपाट गर्न हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो। त्यस अनुसार प्रहरीले प्राविधिक रूपमा अनुसन्‍धान अघि बढाएको थियो। , अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो। उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए। , शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए। पछिल्लो समय प्रकाशसँग पटक/पटक भेटघाट तथा कुराकानी हुन्थ्यो।, ‘उनीहरूबीच दुई वर्षअघि चिनजान भएको थियो। पटकपटक भेटघाट पनि भएको र व्यावहारिक रूपमा नगद पनि आदानप्रदान भएको रहेछ,’ एसपी विष्टले भने।, शान्तिले उनीसँग १० हजार रुपैयाँ लिएकी थिइन्। तर उनले माग्दा फिर्ता गरेकी थिइनन्।, गत फागुन २१ गते भने प्रकाश काठमाडौं जाने भन्दै हिँडेका थिए। उनी तनहुँ आएका थिए।, ‘तनहुँबाट बिहानै शान्तिलाई फोन गरेको रहेछ। त्यसपछि शान्तिले पनि त्यही एक जनासँग लिनुछ, लिएर दिन्छु भनेपछि उनी पनि तनहुँ आइन्,’ एसपी विष्टले भने, ‘तर केही गरी पैसा मिलेन। उनका छोरा पनि बिरामी छन् भनेर दिन सकिनन्।’, पैसा फिर्ता गर्न नसकेपछि प्रकाशले शान्तिको फोन लिएर भाग्न खोजेका थिए। तर शान्तिले प्रतिकार गर्दा प्रकाशले इँट्टाले हिर्काए। उनले फेरि सलले घाँटी पनि न्याँकेर हत्या गरेको प्रहरीले जनाएको छ।  , शान्ति हराइरहेको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निवेदन परेको थियो। तर उनी फेला परेकी थिइनन्। , उनको शव फेला परेपछि अनुसन्धानकै क्रममा प्रहरीले बुधबार शुक्लागण्डकी नगरपालिका-१ थप्रेकस्थित ससुरालीबाट उनलाई पक्राउ गरिएको थियो। , उनलाई पक्राउ गरेपछि प्रहरीले गरगहनाको पनि खोजी गरेको छ। प्रकाशले लुटेको गहना पोखरा-४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेका थिए। सुन व्यवसायी रविनकुमारले बिनाबिल उक्त सुन किनेका थिए। उनले बरामद गरेको सुनको स्वरूप नै परिवर्तन गरी ८० लालको सुनको ढिक्का बनाइसकेका थिए।, त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। , प्रहरीले दुबै जनामाथि कर्तव्य ज्यान मुद्दा शिर्षकमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। , सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र
सेतोपाटी संवाददाता राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।, कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।, राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको बताइएको छ। यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको श्रेष्ठले उल्लेख गरेका छन्।, थरलाई जात कायम गर्ने, जातअनुसार मातृभाषा कायम गर्ने, ठाउँअनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो। तर पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रूपमा गलत, भ्रामक र अन्यौल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ।, जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रूप दिने काम भइरहेको कार्यालयले जनाएको छ।,  , जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक गरिएको छैन, भ्रम फैलाइयो: तथ्यांक कार्यालय
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ।, विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।  , उनका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न आवश्यकको कामका योजना बनाइने छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेका थिए। , देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उनले पटकपटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आएका छन्। , बिहीबार पनि मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग छलफल गर्दै विमानस्थल सुधारमा किन सुस्तता भनी प्रश्न गरेका थिए। , उनले विमानस्थलको सेवाबारे पदाधिकारीसँग दर्जनबढी प्रश्न गर्दै तिनको जवाफ कामको परिणाममा दिन निर्देशन दिएका थिए।, यात्रुको ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भ¥याङबारे, सरसफाइ अभियान लगायतका विभिन्न विषयमा विमानस्थलका अधिकारीलाई प्रश्न गरेका थिए। ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे पनि उनले जिज्ञासा राखेका थिए। ,  महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ। यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ।, ‘आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्याङ्कन आफैँ र सहकर्मीको समेत मूल्याङ्कन गर्ने पद्धत्ति विकास भएको छ । विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु,’ महाप्रबन्धक तिवारीले भने। , विभिन्न विभाग, महाशाखा, शाखा प्रमुखले आफूलै दैनिक सम्पादन गरे÷गराएको कामलाई कम्तीमा शाखा प्रमुखले महाशाखा प्रमुख समक्ष, विभागअन्तर्गत महाशाखा प्रमुखले विभागीय प्रमुख समक्ष र विभाग नभएका महाशाखा प्रमुख र विभागीय प्रमुखले महाप्रबन्धकलाई भाइबर/म्यासेन्जरमार्फत वा प्रत्यक्ष दैनिक रिपोर्टिङ गर्नुपर्ने छ। , विभाग र महाशाखा प्रमुखको समीक्षा/समन्वयात्मक बैठक हरेक साता सोमबार ११ बजे बस्ने गरी तोकिएको छ ।, विमानस्थलका कर्मचारीलाई कामप्रति जिम्मेवारीबोध गराउने तथा यात्रुको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको महाप्रबन्धक तिवारीको भनाइ छ। , विमानस्थलमा सरसफाइ, यात्रु सूचना र सहायता कक्ष बनाउन लागिएको, नेपाल वायुसेवा निगमलाई यात्रुप्रति बढी जिम्मेवार बनाउने कामका साथै ट्रली सुधारका लागि प्रक्रिया अघि बढेको उनले बताए।, त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक कामबारे अभिलेख राख्ने
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहानदेखि सुरू हुने भएको छ।, शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ।, एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।, एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ।, रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन्।, परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन पाइँदैन।, पत्रकारलाई पनि पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ।, एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन्। परीक्षा चैत २९ गतेसम्म चल्नेछ।, एसईई आजदेखि- फोटो खिच्न नपाइने, जापानमा पनि परीक्षा केन्द्र
सुसन चौधरी वकिलसँग कानुनका कुरा, पारिवारिक सम्पत्ति अंशियारहरूले भागबन्डा गर्नुलाई अंशबन्डा भनिन्छ। अंशबन्डा के आधारमा हुन्छ? नेपाली नागरिकता त्यागिसकेका अंशियारले आफ्नो अंश दाबी गर्न मिल्छ कि मिल्दैन? कसैले धेरै–थोरै अंश पाउने अवस्था हुन्छ कि हुन्न? अंशबन्डा बारे यिनै जिज्ञासा बुझ्न हामीले अधिवक्ता प्रवीण सुवेदीसँत कुराकानी गरेका छौं–, परिवारको सम्पत्ति अंशबन्डा कसरी हुन्छ? दाजुभाइ तथा दिदीबहिनी छन् भने कुन–कस्तो बेला अंशबन्डा गर्न पाइन्छ?, कुनै परिवारमा अंशबन्डा गर्दा बुवा, आमा, छोरा, छोरी गरी परिवारभित्रका सदस्यलाई समानरूपमा अंश र ऋण बाँडिन्छ। अंशियारमध्ये कोही गर्भवती छ भने उनको भ्रूणले पनि अंशबन्डाको हक पाउँछ।, परिवारभित्र कुरा मिलेर अंशबन्डा गर्दै हुनुहुन्छ भने जुनसुकै बेला मालपोत कार्यलयमा गएर अंशबन्डाको लागि रजिस्ट्रेसन गरी अंश लिने–दिने काम गर्न सकिन्छ। घरको मुख्य मान्छेले परिवार छुट्याउन चाहेमा पनि सजिलै अंशबन्डाको प्रक्रिया अघि सार्न सकिन्छ। यसरी कुरा मिलेको हकमा एकै दिनमा अंशबन्डाको काम सकिन्छ।, मुख्य मान्छेले घरमा खान–लाउन नदिएको हुनाले वा राम्ररी नपालेको अवस्थामा भने अंशियारले अदालतमा गएर अंशको माग गर्न मिल्छ। घरमूलीले अंशबन्डा गर्न नचाहेमा वा मिलापत्र नगरेमा प्रक्रिया लम्बिन जान्छ। मुद्दा मामिलामा गए जिल्ला अदालतदेखि सर्वोच्च अदालत पुग्न सक्ने हुनाले अंशबण्डा हुन कति समय लाग्छ भनेर भन्न सकिँदैन। मुख मिलेको अवस्थामा धेरैमा दुई–तीन दिनमा अंशबन्डाको काम सकिन्छ।, घरमूलीले अंश दिन्न भन्न पाइन्छ?, सगोलको सम्पत्ति जसको नाममा छ उसले अरू अंशियारलाई अंश दिन्न भन्न पाइँदैन। अंशियारको मन्जुरीबिना सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न समेत पाइँदैन।, दाजुले अंश आफूले स्वआर्जन गरेको सम्पत्ति हो भनेर प्रमाण गर्न सकेमा भाइलाई दिन्नँ भन्न पाइन्छ। तर बुवाआमाले भने आफ्नो सन्तानलाई अंश दिन्नँ भन्न पाइन्न।, विवाहित छोरी तथा दिदीबहिनीले पनि परिवारको अंश पाउँछन्?, २०७२ सालपछि बिहे गरेका छोरीहरूले पनि अंश पाउँछन् (विवाहित महिलाले आमाबुवाबाट अंश पाउने कानुन २०७२ सालमा बनेको थियो। यो कानुन बनेपछि बिहे गरेका विवाहित महिलाले पैत्तृक सम्पत्तिमा बराबर हक पाउने भएका हुन्)।  , अंशबण्डा नभएको भए आमाबुवाले उनीहरूलाई पनि सम्पत्तिमा बराबर अंश दिनुपर्छ। २०७२ पछि बिहे भएका महिलाले अंश पाएका छैनन् भने जुनसुकै बेला दाजुभाइ (वा अन्य अंशियार) सँग अंश भाग माग्न पाउँछन्। २०७४ सालमा आएको देवानी संहिताले पनि विवाहित छोरीले बुवाआमा र श्रीमान दुबैबाट अंश पाउने कानुनी व्यवस्था गरेको छ।, आपसी मेलमिलाप गरेर अंश लिन्न नभनेसम्म दिदीबहिनीले पनि दाजुभाइले पाए बराबरको अंश दाबी गर्न मिल्छ।, श्रीमानसँग श्रीमतीले कस्तो अवस्थामा अंश दाबी गर्न सक्छिन्?, श्रीमान र श्रीमतीबीच सँगै सम्बन्ध स्थापित भइरहेको अवस्थामा सबै कमाएको सम्पत्ति वा ऋणमा बराबरको हक लाग्ने कानुनी व्यवस्था छ। श्रीमान वा श्रीमतीमध्ये जोकोहीले एकअर्काले खान–लाउन नदिएमा वा इज्जतआमत अनुसार नराखी हेलोहोचो गरेमा अंश माग गर्न मिल्छ। त्यसको लागि सम्बन्धित जिल्ला अदालतमा गएर फिराद (निवेदन र मुद्दा) दायर गर्नुपर्छ। अदालतले प्रतिवादीलाई बोलाएर सगोल सम्पत्तिको विवरण संकलन गर्छ र सन्तान भएको हकमा सन्तानलाई पनि अंशियार मानेर आधा–आधा अंश र ऋण बाँडफाँट गरिदिन्छ।, धेरै सन्तान हुँदा कसैलाई दिन्छु, कसैलाई दिन्न भन्न मिल्छ?, मिल्दैन। जति जना सन्तान भए पनि सगोलको सम्पत्ति तथा ऋणमा सबै अंशियारको भाग लाग्ने कानुनी व्यवस्था छ। कुनै सन्तानले थोरै अंश लिन चाह्यो भने उनको मन्जुरीमा थोरै अंश दिन मिल्छ। अन्यथा बराबर बाँडफाँट हुन्छ।, बुवाले अंश नपाउँदै सन्तानले अंश दाबी गर्न पाउँछन्?, एउटा पुस्तामा अंशबन्डा नहुन्जेल अर्को पुस्ताले अंश दाबी गर्न मिल्दैन। मुद्दा पर्‍यो भने अदालतले मूल पुस्ताका अंशियारलाई बोलाएर अंशबन्डा गराएपछि बल्ल नातिनातिना पुस्ताले आफ्नो बुवाको अंश दाबी गर्न मिल्छ। त्यसपछि बल्ल अंश पाउँछन्।, बुवाले जग्गा दान गर्ने भनेर कागज बनाइसके भने सन्तानहरूले हकदाबी गर्न मिल्छ?, अचल सम्पत्तिलाई आफ्नो मनलाग्दी अरू कसैलाई दान दिन कानुनले रोकेको छ। बन्डा लाग्ने पैत्तृक सम्पत्ति सन्तानलाई नदिई दान गर्छु भन्ने अवस्था छैन।, चल सम्पत्ति अर्थात् सुन, नगद छ भने घरव्यवहार चलाउन मूलीले सम्पत्ति प्रयोग गर्न पाउँछन्। अचल सम्पत्ति अर्थात् घरजग्गाको हकमा घर व्यवहार चलाउन आधा सम्पत्ति बिक्री गर्नुपरे अंशियारको मन्जुरी लिनुपर्दैन। आधा बढी सम्पत्ति बिक्री गर्नुपर्दा अंशियारको मन्जुरी लिन अनिवार्य हुन्छ। दान दिन लागेको थाहा पाए वा कागज नै गरेपछि पनि सन्तानले दाबी गर्न पाउँछ।, नेपाली नागरिकता त्यागिसकेका व्यक्तिले परिवारबाट अंश लिन पाउँछ?, विदेशको नागरिकता लिएपछि कानुनअनुसार नेपाली नागरिकता स्वतः खारेज हुन्छ। अंश नैसर्गिक अधिकार भएकोले विदेशी नागरिकता लिएको भरमा नेपालको अंश हक मर्दैन। यस मामलामा अंश लिने प्रक्रिया भने केही फरक हुन्छ।, विदेशी नागरिकता लिएको नेपालीले अंश लिनुअघि गैरआवासीय नेपाली नागरिकको परिचयपत्र बनाउनुपर्छ। त्यसपछि मात्र अंशको स्वामित्व धारण गर्न सक्छ वा आफूले प्राप्त गर्नुपर्ने सम्पत्ति नेपालमै बसोबास गर्ने अरू कसैको नाममा हस्तान्तरण गरेर अंश लिन सकिन्छ।, अंशबन्डा गर्दा सम्पत्ति लुकाएको अवस्थामा के हुन्छ?, अंशबन्डा गर्दा कुनै सम्पत्ति लुकाएको पाएमा अंश दपोट गरेको ठहरिन्छ। अंश लुकाएको प्रमाणित भयो भने पछि उनले अंशमा थप दाबी गर्न मिल्दैन। त्यसकारण जेजति सम्पत्ति छ वा जे भएको हो त्यसको सत्यतथ्य अदालतसमक्ष पेश गरेमा न्याय अवश्य पाइन्छ।, { केही जिज्ञासा भए ([email protected]) मा मेल गर्न सक्नुहुन्छ। }, सगोलको सम्पत्तिमा कसरी हुन्छ अंशबन्डा? (भिडिओ)
नवीनबाबु गुरूङ माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ।, विद्यार्थीहरू ८ बजेअघि नै तोकिएको परीक्षा केन्द्र पुगेका छन्। शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो।  , एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।, एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ।, रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन्।, परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन पाइँदैन।, पत्रकारलाई पनि पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ।, एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन्। परीक्षा चैत २९ गतेसम्म चल्नेछ।, तस्बिरहरू:, आजदेखि एसईई सुरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्। , शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन्। , उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।, एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ। देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। , यसपालि जापानबाट १४ नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । त्यसका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ। , परीक्षामा कुल ७८ हजार जनशक्ति परिचालन गरिने भएको छ। परीक्षालाई मर्यादित बनाउन ती सबैलाई भूमिका खेल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। , एसईईलाई व्यवस्थित र भयरहित बनाउन प्रधानमन्त्रीको आग्रह
रासस ६ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ। , भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । , भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ। , उनले भने, ‘यो पाँच वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग  नियमित छलफल ग¥र्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ।’, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो । पर्यटनमन्त्री अधिकारी हुँदा तत्कालिन समयमा चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका प्रधानमन्त्री दाहालसहित जिल्लाका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरेर अभियानको थालनी गरिएको थियो। , प्रमुख दाहालले भने, ‘झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौँ ओहोर दोहोर गरे।’ , विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारिने भएको छ। ब्यारेक सार्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको बताए। बाँकी निर्णय दुई साताभित्रमा गरेर काम अघि बढ्ने छ।, केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुङ्गोमा पुगेको दाहालले जानकारी दिए। यो विमानस्थलबाट  मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन्। , त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । विसं २०१५ देखि  सञ्चालनमा आएको उक्त विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो । , तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ ।, एक हजार दुई सय मिटरमात्र धावनमार्ग भएको तथा उडान र अवतरण क्षेत्रमा भौतिक संरचनाका कारण यो विमानस्थल जोखिमपूर्ण मानिएको छ। , धावनमार्गलाई एक हजार पाँच सय मिटर लामो बनाएर एटिआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो। , यससँगै आधुनिक ट्रमिनल भवन बनाइँदै छ। एक अर्ब ९२ करोडको लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक ट्रमिनल भवनको बिहीबार प्रधानमन्त्री दाहालले शिलान्यास गरे। , छोटो धावनमार्ग, उडान र अवतरण क्षेत्र अतिक्रमण तथा  उच्च जोखिमसँगै महँगो हवाई भाडा तिर्न यहाँका बासिन्दा बाध्य छन् ।, हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ। दैनिक आठ उडान हुँदै आएको छ । कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ। दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्।,  , सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको तथ्याङ्क छ । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको सो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए।, देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ। , सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ। विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने छ।, भरतपुर विमानस्थलको समयसापेक्ष विकास र विस्तारमा ढिलाइ भएको अधिकारीले बताउनुभयो । विमानस्थलको आवश्यकता, औचित्य र महत्वबारे आफैँले बुझेर हृदयङ्गम गर्ने नेतृत्वको अभाव हुँदा विस्तार र विकास हुन नसकेको उनको भनाइ छ। , विमानस्थल विस्तारका लागि १९ बिघा नेपाली सेनाको लिनुपर्ने हुन्छ। यस क्षेत्रमा बाँकी रहेको जमिनमा नेपाली सेनाको हेङ्गर र उद्यान बनाइने बताइएको छ।, ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
रासस भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ।, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो।, ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ।’, सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ। , ‘अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,’ पन्तले भने, ‘यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ। , जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए। प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए।, ‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ,’ उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ।’ , नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ। नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ। , जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन। चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन। , त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । ‘खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,’ पन्तले भने। , भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाइ
रासस श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ। , श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। , स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए।, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन्। , अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ। , आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेको भनाइ छ। , यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको कामा अघि बढाइएको थियो । , त्यसपछि पनि श्रमिकलाई दुःख दिने, फाइलहरु अनावश्यक रुपमा अल्झाउने गुनासाहरु मन्त्रालयमा पुग्ने गरेका थिए। सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले जनाएको छ। , श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने
रासस तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। , मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। , मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। , दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। , तनहुँमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
रासस आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन्। , नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन्। , लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा  सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी  सहभागी छन्। , यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएको निर्देशनालयका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए। , परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीमध्ये नियमिततर्फको साधारणमा ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेड वृद्धितर्फ दुई हजार तीन सय दुई विद्यार्थी छन्। , एसइई परीक्षालाई मर्यादित, अनुशासित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशका १२ वटै जिल्लामा तीन सय ३४ परीक्षा केन्द्रमा तीन सय ३४ केन्द्राध्यक्ष र पाँच सय ७७ सहायक केन्द्राध्यक्ष खटाइएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले जानकारी दिए। , लुम्बिनीमा ८५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी
सेतोपाटी संवाददाता नेपालमा पर्यटक भित्र्याउने पहल स्वरूप अमेरिकाको न्युयोर्कमा विशेष कार्यक्रम गरिएको छ।, आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्युयोर्कको म्यानहाटनमा बिहीबार नेपाली महावाणिज्य दूतावासले अन्तर्क्रिया कार्यक्रम गरेको हो। , नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो।, कार्यक्रमका वक्ताहरूले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतीहरूका बारेमा धारणा राखेका थिए।, नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे निर्माण गरिएको वृत्तचित्रबाट सुरू भएको कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुनःप्राप्तिमा गरेको योगदानबारे प्रष्ट पारेका थिए।, त्यस्तै, प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्युयोर्क च्याप्टनर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकोले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरूलाई आग्रह गरे।, त्यस्तै, युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए। , न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए।, मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणीय सम्झनाहरू सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमा खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताइन्।,  , नेपालको पर्यटनका लागि न्युयोर्कमा छलफल
रासस दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्। , चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ। तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा बढी देखिन्छ। , त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन्। उनी हुन्, जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक। पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन्।, एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन। मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन्।, डाला र नाङ्लासँगै  छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ। झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ। , दिनभरिमा दुई/चार वटा  डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ। मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन्। उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ। चार दिनमा आठ/दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन्। , उनी कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र  मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन्। , विक भन्छन्,‘चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ।’, उनीहरुको समूहले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन्। सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन्। बडिगाडबाट चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको उनी बताउँछन्। , चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै  डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको  हेमबहादुर उल्लेख गर्छन्। , उनी भन्छन्,‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनून।’, केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले सानाठूला कुनैले पनि बजार पाएको छैन। आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ। , बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन्। परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उनको भनाइ छ। डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ। , विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ।, अचेल ठेकी पनि बिक्दैनन् , त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन्। दुई दिनअगाडि ठेकीहरु लिएर यहाँ आउनुभएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन्। , उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन्। ठेकीसँगै मदानी पनि छन्।  सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउनुहुन्छ। पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ।, अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ।’ उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राखेका छन्। पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन्। , बिक्न छाडे डालो, नाङ्लो र ठेकी
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले साढे तीन सय वर्षअघि राजा प्रताप मल्लको समयमा बनेको रानीपोखरी सर्वसाधारणका लागि दैनिक रूपमा खोल्न थालेको छ।, यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने रानीपोखरी पुनर्निर्माणपछि फागुन २७ देखि सर्वसाधारणका लागि निश्चित समय तोकेर दिनहुँ खोल्न थालेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।, 'अहिले बिहान मर्निङ वाक गर्न ६ बजेदेखि ९ बजेसम्म खुला गरिएको छ,' उनले भने, 'मर्निङ वाक गर्ने स्थान नभएकाले रानीपोखरी अनौपचारिक रूपमा खुला गरिएको हो।', स्थानीयहरूले मर्निङ वाक गर्न खोलिदिनुपर्‍यो भन्ने माग गरेपछि त्यसलाई मध्यनजर गर्दै बिहान तीन घन्टा रानीपोखरी खोल्न थालेको उनी बताउँछन्।, अनौपचारिक रूपमा सर्वसाधारणको सुविधाका लागि रानीपोखरी खोलेका कारण अन्य गतिविधि नगरिदिन अधिकारी आग्रह गर्छन्।, 'त्यहाँ बसेर खाने, भलाकुसारी गर्ने, माछालाई खान दिने, टिकटक बनाउने लगायतका काम नगरिदिनुहुन अनुरोध गर्छौं,' उनले भने, 'रानीपोखरीको तोकिएको ठाउँमा मात्र हिँड्न र अन्य ठाउँमा प्रवेश नगर्न पनि अनुरोध छ।', अहिले पुनर्निर्माण प्राधिकरणले महानगरलाई रानीपोखरीको सबै भाग हस्तान्तरण गरिसकेको छैन। रानीपोखरीको पूरै भाग महानगरको स्वामित्वमा आएपछि व्यवस्थित ढंगले शुल्क लिएर खोल्ने योजना पनि ल्याइने अधिकारी बताउँछन्।, रानीपोखरी खुलेपछि मर्निङ वाक, व्यायाम र योग गर्न आउने स्थानीयहरूको लर्को लाग्ने गरेको छ। यसरी रानीपोखरीमा दिनहुँ हिँडडुल गर्न पाएकोमा स्थानीयहरू पनि खुसी छन्।, बिहानै रानीपोखरीमा कोही मानिस हिँडिरहेका हुन्छन् त कोही गीत बजाएर व्यायाम गर्दै गरेको देखिन्छ। त्यस्तै कोही बाललबालिकालाई कराँते प्रशिक्षण दिइरहेका हुन्छन्।, बिहान दैनिक रूपमा रानीपोखरीमा मर्निङ वाक गर्न आउनेमध्येका एक हुन् लाजिम्पाटका ६० वर्षीय सुवर्ण श्रेष्ठ।, 'म ६० वर्ष भइसकेँ तर अहिलेसम्म यसरी रानीपोखरी खुला गरेको थाहा थिएन,' उनी भन्छन्, 'एकदमै खुसी लागिरहेको छ। दिनहुँ रानीपोखरीमा आएर मर्निङ वाक गर्न पाएको छु।', असनकी ४० वर्षीया करूणा महर्जन पनि यसरी रानीपोखरी खुलेकोमा एकदमै खुसी छिन्।, 'काठमाडौंमा वाक गर्न जाने ठाउँ नै छैन,' उनी भन्छिन्, 'यहाँ त एकदमै रम‌णीय, शान्त र सफा वातावरण छ। पहिले नै खोल्नुपर्ने थियो तर अहिले खोल्यो। ढिलै भए पनि राम्रो काम गर्‍यो।' , रानीपोखरी खुला भएपछि बूढाबूढी पनि आएर हिँडडुल गर्न पाएको उनी बताउँछिन्। अझ बेलुका एकछिन खुट्टा तन्काउन खोलिदिए झनै राम्रो हुने उनको सुझाव छ।, रानीपोखरी खुलेको थाहा पाएर कलेज जानुअगावै साथीहरूसँग घुम्न आएको असनकी २० वर्षीय सुस्मा श्रेष्ठ बताउँछिन्।, 'सधैं यहीँ बस्ने भए पनि कहिले पनि रानीपोखरीभित्र गएर घुम्न पाइको थिइनँ,' उनी भन्छिन्, 'भाइटीकाको दिन मात्रै खुल्थ्यो अनि त्यो दिन हामी टीका लगाउन गाउँ जान्थ्यौं। रानीपोखरी बाहिरबाट हेरेरै चित्त बुझाउने गरेको थियौं तर आज घुम्न पाउँदा एकदमै खुसी लागिरहेको छ।', २०७२ सालमा भूकम्पले क्षति पुगेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरलाई पुरानो शैलीमै बनाइएको हो। तीन सय ५० वर्षअघि राजा प्रताप मल्लले शिखर शैलीमा बालगोपालेश्वर मन्दिर बनाएका थिए जुन अहिले देखिएको ढाँचा हो।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी २०७८ पुस ८ गते हस्तान्तरण गरेको थियो।, साढे तीन सय वर्षअघि बनेको रानीपोखरी सर्वसाधारणका लागि खुला (भिडिओ)
सेतोपाटी संवाददाता मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालले आफूलाई कुटपिट गर्नेविरूद्ध कारबाहीको माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्।, प्रहरीमा पथरीशनिश्चरेका मनाेज लिम्बूसहितले कुटपिट गरेकाे उजुरी परेकाे छ।, कोशी प्रदेशको विरोधमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्थानीय तह तालाबन्दी गर्ने क्रममा उर्लाबारी-६ का वडाध्यक्ष पौड्यालमाथि कुटपिट भएको थियो। उनलाई आन्दोलनरत पक्षले कुटपिट गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।, कुटपिटबाट वडाध्यक्ष घाइते भएका छन्। पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको वडाध्यक्ष पौड्यालले बताए।, आन्दोलनकारीहरूले पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका छन्।, यस्तै, संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो। संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।, यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्।, आन्दोलनकारीहरूले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए।, यसैबीच स्थानीयवासीले वडा अध्यक्ष माथिको कुटपिट अक्षम्य भएको भन्दै आरोपितलाई अविलम्ब पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।, सयौंको संख्याका वडाबासीले प्रहरी कार्यालय घेराउ गर्दै वडा अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन्।, आफूलाई कुटपिट गर्नेविरूद्ध वडाध्यक्षले दिए प्रहरीमा उजुरी
सेतोपाटी संवाददाता कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्।, जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए।, दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो।, उपकुलपति रेग्मीले दत्तको राजीनामा कार्यकारी परिषद बैठकमा पेश गर्ने बताए।, ‘परिषदले राजीनामा स्वीकृत गर्ने हो। त्यो गरिहाल्छ,’ रेग्मीले भने।, भिडिओ सार्वजनिक भएपछि दत्तलाई कारबाही गर्न विश्वविद्यालय सामू दबाब बढेको थियो।,  , अश्लील हर्कत गरेर डीनबाट निलम्बनमा परेका दत्तले प्राध्यापकबाट पनि दिए राजीनामा
रासस बर्दिया राजापुर नगरपालिका-९ की शैलाजा थारू बागलुङको धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। सोही विद्यालयको कक्षा ३ मा  बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन्।, थारू र विष्टमात्रै होइन बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका दुई सय ९५ विद्यार्थी अध्ययरत रहेको प्रधानाध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए।, विद्यालयमा अधिकांश सुस्तश्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन्। कूल विद्यार्थीमध्ये ९० प्रतिशत बहिरा रहेको प्रधानाध्यापक श्रीसको भनाइ छ। बहिरा विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको उनको भनाइ छ। , ‘दरबन्दी अनुसारका शिक्षक छैनन्, शिक्षण विधिसमेत फरक हुने भएकाले जनशक्तिको अभाव छ’, उनले भने, ‘हामीलाई १८ जना शिक्षक आवश्यक भए पनि अहिले जम्मा सात जना मात्रै छौं।’, विद्यालयले आन्तरिक स्रोतबाट शिक्षक, नर्स, कर्मचारी, ड्राइभर र सुरक्षागार्डको व्यवस्थापन मिलाएको छ। अपांगता भएका विद्यार्थीलाई अध्यापन गराउन सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने उनले जोड दिए। , विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारबाट प्राप्त हुने आवासीय सुविधाका लागि दिइने मासिक रकम पनि पर्याप्त नभएको बताए।, ‘चामल प्रतिबोरा एक हजार तीन सय रुपैयाँ हुँदा मासिक चार हजार रुपैयाँ दिन सुरू भएको हो’, उनले भने, ‘अहिले प्रतिबोरा रु दुई हजार पुगिसक्यो तर रकम बढ्न सकेको छैन।’ , प्रधानाध्यापक  श्रीसका अनुसार हाल कक्षा ९ र १० मा कम्प्युटर इञ्जिनियरिङ समेत पढाइ हुन थालेको छ। प्राविधिक धारतर्फ तीन वर्षे डिप्लोमा कप्युटर इञ्जिनियरिङको पढाइसमेत भइरहेको उनको भनाइ छ।, विद्यालयले आठ वर्षदेखि आन्तरिक स्रोतबाटै विद्यालय नर्स कार्यक्रम लागू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केबी राना मगरले बताए।, रानाका अनुसार विद्यालयमा डोल्पा, कैलाली, अर्घाखाँची, कञ्चनपुर, बाँके, नुवाकोट र झापालगायत विभिन्न जिल्लाबाट बहिरा विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। , रानाले विद्यालयले २०६४ सालदेखि अपाङ्गता भएका, अभिभावक तथा समाजबाट अपहेलित भएका विद्यार्थीलाई अध्यापन गराउन सुरू गरेको बताए। विद्यालयले राज्यबाट आउने तलब तथा आवासीय सुविधाबाहेक वार्षिक १९ लाख अतिरिक्त खर्च भइरहेको बताएको छ। , बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले यस्ता विद्यालय र अन्य सामुदायिक विद्यालयलाई हेर्ने नीति परिवर्तन आवश्यक रहेको बताए। , एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी आउँछन् पढ्न
सेतोपाटी संवाददाता ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।, मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए।, बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए। , दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो। , उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। , उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ।, ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु, छोरी घाइते
सेतोपाटी संवाददाता विराटनगरमा मंगलबार पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन्।, होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।, आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो। आन्दोलनकारीले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।, मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन्। आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ।, झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो। झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ। सांसदहरू होटलमा प्रवेश गर्न नपाएपछि कार्यक्रम पनि स्थगित भएको छ।, युएनडिपीको आयोजनामा दुई दिनका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटल नेपालईरिकामा राखिएको थियो। त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने सूचना आएपछि विराटनगरको होटल बिगमा सारिएको कार्यक्रम पनि हुन नसकेको हो।, कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको थियो।, पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकन गर्नुपर्ने माग गरिरहेको छ।, विराटनगर तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई फायर (तस्बिरहरू)
सेतोपाटी संवाददाता आज मुलुकको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पनि पहाडी भू–भागको आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। , पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। , यस्तो छ आगामी तीन दिनको मौसम विवरण , चैत १५ गते , दिउँसोː, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, रातीː, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, चैत १६ गते , दिउँसोː , गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, रातीː ,कर्णाली र सुदूरपश्चिम सहित गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, चैत १७ गते, दिउँसोː,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː ,देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,   ,  , यस्तो रहनेछ आगामी तीन दिनको मौसम
सेतोपाटी संवाददाता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ।, मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो। , जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, चन्द्रा रेशमकी श्रीमती हुन् भने शिवराज जेठा छोरा हुन्। , घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।, घटनाबारे स्थानीय बासिन्दाबाट खबर पाएपछि राती ११ बजे घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती चन्द्रालाई घरबाटै पक्राउ गरेको थियो। बाबुको हत्या गरेपछि घरबाट भागेका शिवराजलाई पनि प्रहरीले मध्यराति पक्राउ गरेको छ। , मृतक रेशमको शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। , घरायसी झगडामा श्रीमती र छोराले गरे ४२ वर्षीय रेशमको हत्या
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ (काेराेनाभाइरस) संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।, मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।, मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए तत्काल कोरोना परीक्षण गराउन आग्रह गरेको छ।, भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। मंगलबार एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ। , चैत १३ गते सोमबार एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ।, मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।  , कोरोना संक्रमणलाई सामान्य रूघाखोकी भन्दै बेवास्ता नगर्नुस्: स्वास्थ्य मन्त्रालय
सेतोपाटी संवाददाता अष्ट्रेलियामा रहेको सूचना प्रविधिसम्बन्धी काम गर्ने 'एक्स्ट्राटेक' ले क्रिकेटर अर्जुन कुमाललाई आर्थिक सहयोग गरेको छ।, नेपाललाई यु १९ विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले ५० हजार रूपैयाँ सहयोग गरेको हो।, 'एक्स्ट्राटेक'का डाइरेक्टर विनोद कुँवरले क्रिकेटरलाई गरिएको सहयोगले उनलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।, यसअघि पनि विभिन्न खेलाडी र खेल संस्थालाई सहयोग गर्दै आएको 'एक्स्ट्राटेक' ले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनको भनाइ छ।, क्रिकेटर कुमाल गुल्मीको छत्रकोटका हुन्।, नेपालले हालै एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै श्रीलंकामा हुने आइसिसी यू-१९ विश्वकपका लागि छनोट भएको थियो।, यू १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय अर्जुनले कुवेतविरुद्ध १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनको शतकीय इनिङसमेत खेलेका थिए।, क्रिकेटर अर्जुन कुमाललाई ५० हजार सहयोग
रासस आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौं आए। उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्‍याे। , धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो। , तर उनीहरूले प्रधानमन्त्रीलाई भेटेरै आफ्ना कुरा राख्ने भनेपछि दुई पक्षबीच सहजीकरणका लागि वार्ता टोली बनाइएको हो। मंगलबार नै सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने प्रावधानसहित मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरिसकेको छ। ,    , पछिल्ला घटनाक्रम यीनै हुन्। तर साहु महाजन, सुदखोर, मिटरब्याजीबाट पीडित भएकाहरूले सरकारलाई गुहारेको यो पहिलो पटक होइन। तराईका जिल्लामा मिटरब्याजी विरुद्धका आन्दोलन बेला–बेला भइरहन्छन्। , काठमाडौँ केन्द्रित आन्दोलन नै यसभन्दा अघि दुईपटक भइसकेका छन्। गत दसैँअघि मिटरब्याज पीडितले डेढ महिनाभन्दा लामो समयसम्म माइतीघरमा धर्ना दिए। , सरकार र ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुुर सङ्घर्ष समिति’ बीच पाँच बुँदे सहमति भएपछि त्यो आन्दोलन रोकियो। त्यसअघि गत जेठ २८ गतेदेखि उनीहरूले माइतीघरमा दुई हप्तासम्म धर्ना गरेका थिए। , त्यो बेला पनि सरकारले उनीहरूका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको थियो। , अति उच्च ब्याजदरमा ऋण दिने, किर्ते कागज बनाउने र छलपूर्वक जायजेथा हडप्ने सुदखोर प्रवृत्तिबाट पीडित भएकाले धर्ना दिन थालेपछि सरकारले पनि यो समस्याबारे केही निर्णय लिएको देखिन्छ। , गत साउन २७ गतेको गृहमन्त्रिस्तरीय निर्णयबाट मिटरब्याज अपराध नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन भएको थियो। , गृह मन्त्रालयका तत्कालीन सहसचिव डा भीष्मकुमार भुसालको संयोजकत्वमा गठित ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ को प्रतिवेदनअनुसार गत भदौ २१ गतेसम्म देशभरबाट दुई हजार दुई सय ८९ उजुरी विभिन्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उल्लेख गरेको छ।, यद्यपि, कार्यदलले एक हजार नौ सय ३७ उजुरीको विश्लेषण गरेको थियो। त्यो बेलासम्म प्राप्त उजुरीमध्ये मधेस प्रदेशका मात्रै एक हजार तीन सय ३० उजुरी थिए। कोशी प्रदेशमा ९२, बागमती प्रदेशमा दुई सय दुई, गण्डकी प्रदेशमा ३५, लुम्बिनी प्रदेशमा दुई सय ११, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा ४५ उजुरी परेका थिए।, कार्यदलको प्रतिवेदनअनुसार देशभरबाट परेका उजुरीमध्ये सर्लाही जिल्लामा मात्रै २२ प्रतिशत अर्थात ४२७ उजुरी परेको देखिन्छ। मधेस प्रदेशका सबै जिल्लामा मिटरब्याजी विरुद्ध उजुरी दर्ता भएका छन्। , सिरहामा २८९, महोत्तरीमा १९१, धनुषामा १४०, सप्तरीमा ११४, १८३, बारामा ४५ र रौतहटमा ४१ उजुरी दर्ता भएको देखिन्छ। , भौगोलिक हिसाबले कूल उजुरीको ८६ प्रतिशत अर्थात् एक हजार ६७६ उजुरी तराई र भित्री मधेस क्षेत्रबाट परेको छ। पहाडी जिल्लामा २५९ र हिमाली जिल्लामा दुईवटा मात्रै उजुरी परेको देखिन्छ। , एकै व्यक्तिले २३ जनासम्मलाई कारबाहीको माग गर्दै उजुरी हालेको छ भने एउटै व्यक्ति विरुद्ध चार वटासम्म उजुरी परेको प्रतिवेदनमा उल्लेख छ।,    , उक्त कार्यदलले समस्या समाधानका लागि सरकारलाई सुझाव पनि दिएको थियो। आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन कार्यदलले तयार पारेको देखिन्छ। , विभिन्न निकायमा परेका उजुरीमाथि तत्काल छानबिन र कारबाहीलाई निरन्तरता दिनुपर्ने, यो विषयमा सङ्घीय एकाइको भूमिका र राजनीतिक प्रतिबद्धता कायम हुनुपर्ने, नागरिकमा कानूनी सचेतना र वित्तीय साक्षारताका लागि पहल गरिनुपर्ने लगायतका सुझाव कार्यदलले दिएको थियो।, सरकार के गर्दैछ?, मिटरब्याज पीडितसँग यसअघि भएका सम्झौता क्रमशः कार्यान्वयन भइरहेको र मिटरब्याज अपराधसँग सम्बन्धित कानून निर्माणको क्रममा रहेको गृहसचिव विनोदप्रकाश सिंह बताउँछन्। , ‘पीडितसँग सरकारले पहिले गरेका सम्झौता कार्यान्वयन भइरहेका छन्। यस्तो अपराधबारे कसिलो कानून बनाउन मस्यौदा तयार पारेर कानून मन्त्रालय पठाइएको छ,’ गृहसचिव सिंहले भने।, आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले आज वार्ता टोली गठन गरेको छ। पीडितका मागबारे बुझ्न चार सदस्यीय टोली गठन गरिएको हो। , वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहेका छन्। , मिटरब्याज पीडितलाई प्रधानमन्त्रीले भेट्नुअघि छलफल गर्नका लागि वार्ता टोली बनाइएको गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङले बताए। चार सदस्यीय वार्ता टोलीले भेटेपछि मिटर ब्याज पीडितसँग छलफल गरेर प्रधानमन्त्रीले भेट्ने समय तय गरिने जनाइएको छ।, के हुन् माग ?, मिटरब्याज अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटरब्याज अपराध विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरिनुपर्नेलगायतका माग उनीहरूका छन्। , मिटरब्याजीहरूले फर्जी तमसुक तयार पार्ने गरेको, ऋण भुक्तानीपछि पनि तमसुक नष्ट नगरेको र त्यसैका आधारमा मुद्दा दायर गर्ने गरेको उनीहरूको भनाइ छ। जसकारण तमसुक व्यवस्था खारेज हुनुपर्ने पीडितहरूको माग छ।,  गत भदौ ६ गते गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै मिटरब्याज पीडितका उजुरी सङ्कलन गर्न र त्यस्ता उजुरीमाथि कारबाही गर्न निर्देशन दिएको थियो। अदालतको प्रक्रियामा गएका मुद्दामा जिल्ला प्रशासन कार्यालयले काम गर्न नसक्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी बताउँछन्। , ‘धेरैजसो अदालतबाट फैसला भइसकेका र मुद्दा दायर भएर फैसलाको क्रममा रहेका छन्। अदालतमा विचाराधीन रहेका विषयमाथि जिल्ला प्रशासनले केही निर्णय लिन सक्ने अवस्था हुँदैन। अदालतमा प्रवेश गरेका विषयलाई हामीले केहि गर्न सक्दैनौँ,’ उनले भने।, महोत्तरी जिल्ला प्रशासन कार्यालयनमा हालसम्म दुई सय ६२ यस्ता मुद्दा दर्ता भएकामा छ वटा मुद्दा मात्रै मेलमिलापमा गएको पनि प्रमुख जिल्ला अधिकारी पहाडीले बताए। मिटरब्याज पीडितसँग छलफलको क्रम नियमित नै चलिरहेको पनि उनको भनाइ छ।, मानव अधिकार आयोगको चासो, गत साउन र भदौमा काठमाडौँमा आन्दोलन गरेका मिटरब्याज पीडितहरूले राष्ट्रिय मानव मानवअधिकार आयोगमा पनि उजुरी दर्ता गरेका थिए। , मिटरब्याज, दृष्टिबन्धक तथा छिनुवा पासबाट पीडित बनाएर नागरिक हकको उल्लङ्घन भएको भन्दै आयोगमा गत साउन ३१ गते उजुरीमा दर्ता भएको थियो। , मिटरब्याज पीडितको आन्दोलनबारे त्यो बेला अनुगमन गरेको आयोगका प्रवक्ता डा‌‍. टीकाराम पोखरेल बताउँछन्। मिटरब्याज पीडितको अहिलेको आन्दोलनबारे पनि आयोगको चासो रहेको उनको भनाइ छ। , ‘पीडितहरूले आन्दोलन गरिरहेका छन्। उनीहरू समस्यामा छन् भन्ने जगजाहेर नै छ। तर समस्याको जरो के हो भन्नेबारे आयोगले अध्ययन गर्ने कि भन्ने भएको छ। पीडामा परेकाहरूले न्याय पाउनुपर्छ’ उनले भने।, गत भदौमा भएको आन्दोलनका क्रममा सरकारबाट बल प्रयोग भएपछि आयोगले शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने र उनीहरूको समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिएको पोखरेलको भनाइ छ।, मिटरब्याजीविरूद्ध दुई हजारभन्दा बढी उजुरी
रासस दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। , पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ।, सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने। , जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो । तत्कालका लागि पहिराले पुर्‍याएकाे क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ।, प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट । विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले यही उजागर गरेको छ।, जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई  व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्।, शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे। उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन्। युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरु उतै बसेका उनले बताए।, रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसङ्ख्या घट्दो छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ।, राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ । ऋणत्मक जनसङ्ख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ। , ‘जनसङ्ख्या धेरै घटेको पाइएको छ,’ उपप्रमुख शर्मा भन्छन्। देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन् । जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसङ्ख्या घटेको बताउँछन्। जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्याङ्कले देखाएको छ।  , बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ
रासस ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो।, पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ।, यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो। , ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
सुदीप श्रेष्ठ ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाका मेयरको उपस्थितिमा रातो मच्छिन्द्रनाथ जात्राका सरोकारवाला समूहहरूको बैठकले कीर्तिपुरको प्यंगथाँमा राखिएको रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति हटाउने निर्णय गरेको छ।, ललितपुर महानगरपालिकाको सभाकक्षमा मंगलबार दिउँसो साढे तीन घन्टा चलेको बैठकले ‘रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना गर्नु धर्म र संस्कृतिको मर्मविपरीत हुने’ भन्दै कीर्तिपुरबाट दुवै मूर्ति हटाउने निर्णय गरेको हो।, ती मूर्ति गुठी संस्थानलाई हस्तान्तरण गर्ने र गुठीले आफ्नो बन्दकोठामा सुरक्षित राख्ने प्रस्ताव ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका छन्।, यसरी गुठीको निगरानीमा राख्दा मूर्तिको पृष्ठभूमिसमेत इतिहासका रूपमा उल्लेख गर्ने प्रस्ताव पनि गरिएको छ।, ‘कसैले कहीँ पनि राख्न नपाउने रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरको प्यंगथाँमा कसरी स्थापना हुन पुग्यो, के कारणले यो मूर्ति बनाइयो र पछि के कारणले गुठीलाई हस्तान्तरण गरियो भन्ने पृष्ठभूमि खुलाएर विवरण तयार पारौं,’ मेयर महर्जनले भने, ‘त्यस्तो विवरणलाई मूर्तिमा पटुकाजस्तो बाँधेर राख्न सकिन्छ वा स्थायी रूपमा लेखेर मूर्तिसँगै राख्न पनि सकिन्छ।’, यसो गर्दा प्यंगथाँबाट झिकिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्तिको इतिहास गुठी संस्थानमा सुरक्षित रहने उनले बताए।, ‘आगामी दिनमा अरू कसैले रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाउने कार्य नगरोस् भनेर पनि अहिले बनेका मूर्तिको इतिहास सुरक्षित राख्नु राम्रो हुन्छ,’ उनले भने, ‘यसबाट अरूले पाठ सिक्नेछन्।’, दुवै मूर्ति हटाइसकेपछि रातो मच्छिन्द्रनाथका पुजारीले हरेक वर्ष प्यंगथाँ गएर याकः मिसालाई फूल–प्रसाद चढाउने परम्परा अझ भव्य रूपमा सञ्चालन गर्ने निर्णय पनि मंगलबारको बैठकले गरेको छ।, रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएनन् भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिएको थियो।, कीर्तिपुरको प्यंगथाँमा यही मंसिर १५ गते प्रतिस्थापन गरिएको याक: मिसा र रातो मच्छिन्द्रनाथको मूर्ति। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, बैठकको निर्णयमा ललितपुर र कीर्तिपुरका मेयरसहित गुठी संस्थानका प्रतिनिधि र रातो मच्छिन्द्रनाथका पुजारीहरूले हस्ताक्षर गरेका छन्। तर, प्यंगथाँमा मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति स्थापना गर्ने सुखी गछेँ समाजका प्रतिनिधिहरूले भने निर्णयमा हस्ताक्षर गर्न मानेनन्।, बैठकमा सुखी गछेँ समाजका तर्फबाट तीन जना प्रतिनिधि सहभागी थिए। प्यंगथाँवासीले बाजागाजासहित स्वागत गरेर प्रतिस्थापन गरिसकेको मूर्ति झिकेर गुठी संस्थानलाई सुम्पने निर्णयमा हस्ताक्षर गर्ने अधिकार आफूहरूलाई नभएको बैठकमा सहभागी समाजका सचिव नारायण महर्जनले बताए।, ‘हामी तीन जनाले यति ठूलो निर्णयमा तुरून्तै सहमति जनाएर हस्ताक्षर गर्न असमर्थ छौं। हामीलाई त्यसको म्यान्डेट छैन,’ उनले भने, ‘हामी प्यंगथाँका स्थानीय र कीर्तिपुरका संस्कृतिविद् तथा बुद्धिजीविहरूसँग सरसल्लाह गर्छौं। त्यसपछि मात्र आफ्नो अन्तिम निर्णय राख्न सक्छौं।’, उनले यस निम्ति बैठकमा उपस्थिति अन्य प्रतिनिधिहरूसँग केही दिन मागेका थिए। तर, रातो मच्छिन्द्रनाथ जात्रा सुरू हुने समय आउनै लागेकाले निर्णय गर्न हतार भएको कुरा बैठकमा उठ्यो। ललितपुरका मेयर चिरिबाबुले पनि यो विवाद धेरै थाती नराखौं भनेर मंगलबार ‘निर्णायक’ बैठक डाकिएको र ‘अनिवार्य उपस्थिति’ को आग्रह गर्दै पत्राचार गरिएको स्मरण गराए।, ‘निर्णायक बैठक बसौं भनेर पत्राचार गरेपछि तपाईंहरू यसको पेटबोली बुझेर निर्णय गर्ने म्यान्डेटसहित उपस्थित हुनुपर्थ्यो,’ उनले भने।, उनले अगाडि भने, ‘तपाईंहरूलाई बाजागाजासहित स्वागत गरेको मूर्ति फर्काउन अप्ठ्यारो परेको हो भने फेरि पनि बाजागाजासहित गुठी संस्थानलाई हस्तान्तरण गर्न सक्नुहुन्छ।’, मूर्ति प्यंगथाँमा रहिरहे चौध सय वर्षभन्दा लामो परम्परा टुट्ने अवस्था आएको उल्लेख गर्दै मेयर महर्जनले यसको दोष सुखी गछेँ समाजलाई नै जाने बताए। ‘मच्छिन्द्रनाथका पुजारीहरू फूल–प्रसाद लिएर आउनुभएन भने तपाईंहरूले मूर्ति मात्र राख्नुको के अर्थ?’ उनले भने।, यति मात्र होइन, पुरातत्व विभागले मूर्ति फिर्ता लिन काठमाडौं महानगरपालिकाका नाममा पत्र काटिसकेकाले पनि त्यसको कार्यान्वयन जरूरी भएको उनले बताए।, प्यंगथाँमा रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति बनाउन काठमाडौं महानगरले १७ लाख ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियो। मंसिर १५ गते काठमाडौंका मेयर बालेन शाहले नै पाटनको महाबुद्ध विहारमा दुवै मूर्ति प्यंगथाँका स्थानीयलाई हस्तान्तरण गरेका थिए।, काठमाडौं महानगरको संलग्नताबारे टिप्पणी गर्दै मेयर महर्जनले भने, ‘बालेन शाहले हरेक कुरा मसँग सोधिरहन्छन्। उनी मलाई गुरू पनि भन्छन्। तर यी मूर्ति बनाउने विषयमा मसँग सल्लाह गरेनन्। मलाई सोधेका भए म उनलाई त्यही बेला रोक्थेँ। विवाद यहाँसम्म आइपुग्दै आइपुग्थेन।’, उनले यो पनि भने, ‘पुरातत्व विभागले मूर्ति फिर्ता लिन पत्र काटिसकेकाले त्यसै पनि त्यहाँ राख्न मिल्दैन। भोलि काठमाडौं महानगरले पुरातत्वको पत्रको हवाला दिँदै तुरून्तै मूर्ति फिर्ता गर्नुस् भन्यो भने तपाईंहरूलाई राम्रो हुँदैन। बालेन शाहको ठाउँमा मलाई पत्र लेखिएको भए सम्भवतः अहिलेसम्म म मूर्ति फिर्ता लिइसक्थेँ।’, मेयर महर्जनले यति कुरा भनेपछि सुखी गछेँ समाजका तीनै जना प्रतिनिधि बैठक छाडेर हिँडेका थिए। त्यसपछि बैठकले निर्णयको माइन्यूट तयार पारेर बाँकी सहभागीहरूको हस्ताक्षर लिएको थियो।, रातो मच्छिन्द्रनाथ र याकः मिसाको सम्बन्धबारे अनेकौं किम्बदन्ती प्रचलित छन्। तीमध्ये कीर्तिपुरमा प्रचलित किम्बदन्तीअनुसार याकः मिसालाई रातो मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मानिन्छ।, किम्बदन्ती फरक–फरक भए पनि सबैमा एउटा कुरा समान छ — याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव हुँदैन। उनी याकः मिसाको मोहमा बाँधिएर प्यंगथाँमै बसेका भए रथयात्रा बीचमै रोकिन्थ्यो, बुंगमतीमा उनको पीठ रित्तो हुन्थ्यो।, त्यही भएर याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथका पाइला रोकिएनन्। हरेक वर्ष याकः मिसालाई भेट्न प्यंगथाँ आउने बाचा गर्दै उनी फर्के।, अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको सुखी गछेँ समाजका सचिव नारायण महर्जन बताउँछन्।, ‘बुंगद्यः’ समेत भनिने रातो मच्छिन्द्रनाथका पुजारीले भने प्यंगथाँमा मच्छिन्द्रनाथको प्रतिमूर्ति राख्न नदिने अडान लिँदै आएका थिए। प्यंगथाँवासीले एकपक्षीय रूपमा गरेको मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त पारिदिएको उनीहरूको भनाइ छ।, ‘जीवित देवीहरूको मूर्ति कहिले पनि बन्दैन,’ संघका अध्यक्ष यज्ञरत्न शाक्यले बैठकमा भनेका थिए, ‘प्यंगथाँमा जीवित देवीको मूर्ति र श्री मच्छिन्द्रनाथको प्रतिमूर्ति रहुञ्जेल हामी कीर्तिपुरमा प्रसाद ग्रहण गराउने कार्य बन्द गर्ने छौं।’, उनले अगाडि भने, ‘कीर्तिपुरको प्यंगथाँस्थित पवित्र स्थलमा रातो मच्छिन्द्रनाथको प्रतिनिधि भएर जल पानेजु (पुजारी) ले शक्ति स्वरूपा कन्या कुमारी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन जाने हाम्रो परम्परा हो। उहाँहरूले रातो मच्छिन्द्रनाथको प्रतिरूप नै प्यंगथाँमा लगेर राखेपछि हामी मच्छिन्द्रनाथको प्रतिनिधि भएर किन जानुपर्‍यो? यो संस्कृतिलाई निरन्तरता दिनुको औचित्य नै अब रहेन।’, मूर्ति स्थापनामा अगुवाइ गरेका प्यंगथाँका स्थानीय तथा सुखी गछेँ समाजका सचिव महर्जनले भने आफूहरूले कुनै व्यक्तिगत स्वार्थवश वा रातो मच्छिन्द्रनाथ जात्रामा खलल् पुर्‍याउने मनसायले उक्त मूर्ति नराखेको बताए।, ‘रातो मच्छिन्द्रनाथको मूल प्राण बुंगमतीमै छ। उहाँको आस्थालाई असर पार्ने हाम्रो मनसाय होइन। हामीले यहाँ राखेको प्रतिरूप मात्र हो। हामीले कीर्तिपुरकी याकः मिसासँग जोडिएको किम्बदन्ती सबैलाई सुनाउन र बुझाउन यी मूर्ति राखेका हौं। प्यंगथाँको पर्यटन, धार्मिक तथा सांस्कृतिक महत्वलाई बढावा दिने मनसायले हामीले यो अभियान चलाएका हौं। याकः मिसाको कथा जीवन्त राख्न यसले सहयोग गर्छ भन्ने हामीले सोचेका छौं,’ उनले भने।, उनले सहमतिको निम्ति केही विकल्प बैठकमा प्रस्ताव गर्न खोजेका थिए। सबै विकल्प सुनाउन नभ्याउँदै पुजारीहरूले आपत्ति जनाए। मूर्ति हटाएर गुठी संस्थानलाई जिम्मा लगाउनु नै एक मात्र विकल्प भएको पुजारीहरूको अडान रह्यो।, प्यंगथाँकी जीवित देवी याक: मिसालाई फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।, आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र प्यंगथाँवासीले मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’ मान्ने लक्ष्मीकुमारी महर्जनलाई फूल र प्रसाद चढाउँछन्।, प्यंगथाँको जुन मन्दिरमा अहिले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसनसामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन।, उक्त ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसा अर्थात् लक्ष्मीकुमारीलाई फूल–प्रसाद दिने गर्छन्। लक्ष्मीले प्रसाद लिइसकेपछि उनकै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटीहरू यो विधिमा सरिक हुन्छन्।, रातो मच्छिन्द्रनाथका पुजारी कपिलमुनि बज्राचार्य कीर्तिपुरकी कन्या केटी (याक: मिसा) लाई फूल-प्रसाद दिँदै। यो २०४० जेठ १८ गतेको तस्बिर हो। तस्बिर स्रोत: पाटन संग्रहालय, कीर्तिपुरबाट रातो मच्छिन्द्रनाथ र याक: मिसाको मूर्ति हटाउने निर्णय, गुठी संस्थानलाई जिम्मा दिइने
सेतोपाटी संवाददाता सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ। , पहिलो दिन बुधबार अपराह्न ४ बजे मछिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ।, त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क भोटाहिटी हुँदै असन पुग्नेछ। चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका पुर्‍याइन्छ।  , भोलि बिहान ४ ब्जेदेखि ६ः३० बजेसम्म हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्‍याइनेछ। चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ।, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।, सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि
सेतोपाटी संवाददाता मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। , मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए। , भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंहलाई १५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। , प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले मोरङको रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको खुलेपछि प्रहरी खानतलासीका लागि पुगेको थियो। , कार्कीको घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएपछि प्रहरीले कार्कीसहित गाँजा ओसारपसारमा संलग्न थप दुई  भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए। , उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो। डीएपसी कार्कीले पक्राउ परेका पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए। , २३४ किलो गाँजासहित पाँचजना पक्राउ
रासस खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्। , वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्। , मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन्। , मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत  हारगुहार गरिरहेका छन् । , काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ। , दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन्। , ‘यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो। कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्,’ उनले भने, ‘नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ।’, मलेसियामा पाँच महिनादेखि पाँच नेपाली अलपत्र
रासस म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।, अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरेको हो। , घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। , म्याद गुज्रिएका खाद्यवस्तु रिलेब्लिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।,  , सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ। , उद्योगका सञ्चालक भने फरार छन् । दुवै उद्योगबाट करिब रु ९१ लाखभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए। , म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू गरेको छ। , काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू भएको हो।, दुई दिने सम्मेलन आज र भोलि हुनेछ। , 'देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू भइरहेका छन् र काम गर्दा के कस्ता चुनौती छन्। त्यसबारे चर्चा हुनेछ,' काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्, 'कानूनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइ आइरहेको हुन्छ। भएको कानूनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा र चर्चा हुनेछ।', सम्मलेनका लागि महानगरले ७५२ वटा स्थानीय तहलाई नै निमन्त्रणा गरेको थियो।, दुई दिने सम्मेलनमा स्थानीय तहका पूर्व उपमेयरहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्।, त्यस्तै, न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति गरिनेछ। सम्मेलनपछि महानगरले देशभरका पालिकाहरूका न्यायिक समितिलाई दिशा निर्देश गरोस् भनेर घोषणापत्र समेत निकाल्ने महानगरले जनाएको छ। , यसभन्दा अघि गत वर्ष पोखरा महानगरपालिकाले पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको थियो।, आजदेखि राष्ट्रिय न्यायिक समिति सम्मेलन सुरू
सेतोपाटी संवाददाता सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्। , बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए। , ‘हिजो मेयरमाथि मोबिल छ्यापेको भन्दै उहाँहरूले आज एक घण्टा चक्काजाम गर्नुभएको हो,’ उनले भने, ‘अहिले ‍स्थिति नियन्त्रणमा छ।’, मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ। साधुशरण महरालाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, यसमा संलग्न अन्यको पनि खोजी गरिरहेको कार्यालयले जनाएको छ। , उनी नेकपा बहुमतका कार्यकर्ता भएको पनि प्रहरीले बताएको छ। , गोलबजारका मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै राजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरूको पदस्थापन भएको छ। , मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार जना एआइजीहरूको पदस्थापन गरेको हो। बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआइजी श्याम ज्ञवालीको पदस्थापन गर्ने निर्णय गरेको हो। , यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ। टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेको छ। , दीपक थापालाई भने प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा राखिएको छ। यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा उनीहरूले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए। , बढुवा भएसँगै उनीहरूको पदस्थापन गरिएको हो। , चार एआइजीको पदस्थापन, सिआइबीमा बज्राचार्य
राजु अधिकारी भनिन्छ, मान्छेको मुटु कमलो हुन्छ। कमलो मुटु भएका मान्छेहरू माया, दया, करूणाजस्ता भावले भरिएका हुन्छन्। जो मानिस अरूप्रति बेपरवाह छन् वा यस्ता भावनाहरू अभिव्यक्त गर्दैनन् उनीहरूका लागि प्रयोग हुने विम्ब हो, ढुंगाको मुटु। , ‍निरश मानिसको विम्बका रूपमा रहेको ‘ढुंगाको मुटु’ सुनसरीको इटहरीमा सुन्दर आकृतिका साथ उपस्थित छ। ‍इटहरीको चौरास्त चोकबाट सात सय मिटर पूर्व लागेर उत्तरतिर पाँच किलोमिटर पार गरेपछि पुगिने यो ठाउँ तालतलैयाको नामले प्रख्यात छ।, मान्छेको मुटुको आकृतिमा बनाइएको क्रंक्रिटको मूर्तिले तालतलैया घुम्न आउने धेरैलाई आकर्षित गरिरहेको छ।, त्यसो त तालतलैया पर्यटकीयस्थलमा कलाकारहरूले यस्ता धेरै मूर्तिमा आफ्ना कला पोखेका छन्। मानव जीवनका सुख दुःखका क्षणदेखि पृथ्वी र  पर्यावरणको सम्बन्धसम्मका विषयलाई मूर्तिकलामार्फत् प्रस्तुत गरिएको छ। मूर्तिकलाका पारखीहरूका लागि अध्ययनको र अन्य घुमन्तेहरूका लागि आकर्षक दृश्यका रूपमा यी मूर्तिहरू तालतलैयामा उपस्थित छन्।, ‘यहाँका सबै मूर्तिहरूमा यहाँ घुम्न आउनेहरू धुइरिएको देखिन्छ’, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले सेतोपाटीसँग भने, ‘युवायुवतीहरूको बढी चासो ढुंगाको मुटुमा छ। यो मूर्तिसँग फोटो खिचाउनेहरू धेरै नै देखिन्छन्।’, कोशी प्रदेशको पर्यटकीय गन्तव्यहरूमध्येको एक मुख्य थलोमा पर्छ, तालतलैया। इटहरी उपमहानगरको वडा नम्बर २ र ३ मा फैलिएको तालतलैयामा बनभोज मनाउनेदेखि शैक्षिक अवलोकनमा आउनेहरूसम्मको ताँती लाग्छ। ती सबैको रोजाइमा यहाँका मूर्तिहरू पर्ने गरेका छन्।, रूखो मानिसको प्रतीक मानिने ढुंगाको मुटु किन ठडियो यहाँ?, ‘यो ढुंगाबाट बनेको मान्छेको मुटु हो’, अध्यक्ष खनालले भने, ‘कसैले बनाउनुपर्छ भनेर होइन, कलाकारहरूले आफ्नो कल्पना र सिर्जनशीलता प्रयोग गरेर बनाउनुभयो। अहिले  यहाँ आउनेहरूले आ-आफ्नो ढंगबाट यसको व्याख्या गर्ने काम भइरहेको छ। यसले हाम्रो प्रचारमा टेवा नै पुगेको छ।’, अध्यक्ष खनालका अनुसार सात वर्ष अघि तालतलैयामा यी मूर्तिहरू बनेका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, इटहरी उपमहानगर र तालतलैया समितिको संयुक्त आयोजनामा त्यसबेला यहाँ मूर्तिकलाका १८ जना‍ कलाकारहरू  १८ दिनसम्म बसेर कार्यशाला चलाएका थिए। नेपालका मात्रै होइन, विदेशका पनि कलाकार सहभागी कार्यशालाका सहभागी कलाकारहरूले यी मूर्तिहरू बनाएका थिए।, ‘हामीसँग मान्छेको मुटुको, दुःखमा रहेका नारीहरूको, पृथ्वीको आकार र यससँग जोडिएका जुइना र नटबोल्टहरूको,  मान्छेको  बुढ्यौली जनाउने अवस्थाहरू सहितका मूर्ति छन्,’ खनालले भने, ‘कलाकारहरूले कल्पना गरेर बनाएका यी मूर्तिहरू अहिले तलातलैयाका मुख्य शोभा बनेका छन्।’, तालतलैयामा २८ वटा मूर्ति रहेको उनले जानकारी दिए।, स्थानीयसमेत रहेका अध्यक्ष खनालका अनुसार कुनैबेला यो ठाउँ सिमैसिमले भरिएको थियो। २०५५-०५६ सालतिर इटहरीक तत्कालीन मेयर  सर्वध्वज साँवाको नेतृत्वमा तालतलैया क्षेत्रलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने काम सुरू भएको थियो। २०६२ सालमा सहरी विकास तथा भवन डिभिजन कार्यालय  इटहरीको जुटविकास टोलबाट तालतलैयासम्म पुग्ने मोटरबाटो निर्माण गर्ने, तालतलैया संरक्षण क्षेत्रभित्र भवन निर्माण गर्ने, खानेपानीको व्यवस्था मिलाउने, कल्भर्ट निर्माण गर्ने, चर्पी निर्माण गर्ने, पिकनिक खानका लागि कटेज निर्माण गर्ने तथा पर्यटक हिँड्ने गोरेटो बाटो निर्माणको काम भएपछि यसले पर्यटक आकर्षण गर्न थालेको थियो। , अहिले बिदाका दिन कम्तीमा ५ सयभन्दा बढी मानिस यहाँ आउँछन्। मंसिर,  पुस माघमा दिनहुँ २ सय वटा टोली पिकनिकका लागि आइपुग्ने गरेको खनालले बताए। , तालतलैयामा प्रवेश शुल्क ३० रुपैयाँ लिने गरिएको छ। तालमा हुने  बोटिङ र चिल्ड्रेन पार्कको शुल्क भने अलग्गै तिर्नुपर्ने व्यवस्था छ।, २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा मूर्तिकलाका अलावा  बाल उद्यान,  घाइते जन्तुको उद्धार केन्द्र पनि छ। जहाँ लाटोकोसेरो, अजिंगर, गिद्ध, दुम्सी, चित्तल, खरायो जस्ता जीवजन्तुहरू राखिएको छ। , घोड सफारी तथा बोटिङ पनि यहाँको अर्को मुख्य आकर्षण हो। दुईटा ठूला ताल र अरु साना ५ गरी ७ वटा तालहरू यहाँका विशेषता हुन्।, इटहरीमा कसले, किन बनायो ढुंगाको मुटु
सेतोपाटी संवाददाता अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट १९ जनालाई पक्राउ गरेको हो।, ह्वाट्सएपलगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै उनीहरूले ठगी गरेका थिए। उनीहरूलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।, उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंले ठगी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही गरिरहेको छ।, उनीहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, राहदानी ६ थान, २ थान कम्प्युटर र राउटर ४ थान पनि बरामद भएको छ।, साथै चार लाख १ हजार ८ सय ८० रुपैयाँ पनि बरामद भएको छ।, सबै तस्बिर: नवीनबाबु गुरूङ, काठमाडौंमा घर भाडामा लिएर ठगी, ९ चिनियाँसहित १९ जना पक्राउ
नवीनबाबु गुरूङ बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरूद्ध पीडितहरूले मार्च गरेका छन्।, ११ दिन हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन्।, मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।, तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।, उनीहरू खुलामञ्च जाने बताइएको छ।, यसैबीच, जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याजी पीडितहरूलाई भेटेर न्याय दिलाउने बताएका छन्।, ११ दिन हिँडेर काठमाडौंको मातातीर्थ आएका मधेसका विभिन्न जिल्लाका मिटरब्याजी पीडितहरूलाई भेटेर राउतले समस्या समाधानका लागि सरकारसँग पनि कुराकानी गर्ने बताए।, यो पनि: ,'कानुन बनाउन' ११ दिन हिँडेर काठमाडौं आएकाहरू (भिडिओ),  , बर्दिबासदेखि काठमाडौंसम्म मिटरब्याजीविरूद्ध मार्च (तस्बिरहरू)
रासस तुलसीपुर उपमहानगरपालिका–६ का विष्णुमणि आचार्यले व्यवसायिक रूपमा कालिजपालन गर्दै आएका छन्। उपमहानगरको १० नम्बर वडास्थित नयाँ गाउँमा उनले कालिज फार्म सञ्चालन गरेका छन्। , आचार्य अवकाशप्राप्त राष्ट्रसेवक हुन्। आजकाल कालिजलाई दानापानी खुवाउने र रेखदेख गर्ने उनको दैनिकी बनेको छ। ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसें । दिनभर घरपरिवार, साथीभाईसँग घुमफिर र आफन्तसँग भेटघाट गरेर समय बिताउँथे,’ अर्यालले भने। , तीस वर्षसम्म जागिरमा व्यस्त रहेका आचार्यलाई अवकाशपछि केही नगरी बस्ने मन नै भएन। त्यसपछि कालिजपालनबारे बुझ्न थाले।  , कालिजपालनबारे सुरूमा उनले युट्युबलगायतका सामाजिक सञ्जालबाट जानकारी लिएका थिए। ‘युट्युबमा कालिजपालनको भिडियो हेरेँ। त्यसपछि कालिजपालन गरिएका दुई जिल्ला पुगेँ। घर फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरू गरेँ,’ उनले भने।, उनले चाणक्य मल्टी प्रपोज एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि खोले। र, २५ लाख लगानीमा कालिजपालन सुरू गरे। ह्याचिङ गरी उत्पादन गरिएको एक दिन उमेर पुगेका १८१ बचेरा ५५० रूपैयाँका दरले किनेर फार्ममा हालेका थिए।, आचार्यले अहिलेसम्म तीनसय भन्दा बढी कालिज बिक्री गरिसकेँ। ‘अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन्,’ उनले भने। आचार्यले आफ्नो फार्ममा एक जनालाई रोजगारी समेत दिएका छन्। , आचार्यले सुरूसुरूमा एउटा कालिजलाई २५ सय रूपैयाँसम्म बिक्री गरे। अहिले दुई हजारसम्ममा दिने गरेका छन्। कालिजमात्रै होइन अहिले अन्डा पनि बिक्री हुन्छ, त्यसैले धेरै नाफाको अपेक्षा गर्दिनँ,’ उनले भने। कालिजको एउटा अन्डा सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए। , ६ महिना पुगेपछि कालिज वयस्क हुने र मासुका लागि उपयुक्त हुने आचार्य बताउँछन्। त्यस अवधिसम्म भाले कालिज एकदेखि डेढ किलो र पोथी कालिज ८ सय ग्रामसम्म हुने उनी सुनाउँछन्। , कालिजलाई सामान्यतया घाँस, मकै खुवाउने गरेको उनले बताए। अन्डा दिने भएकाले पोथी कालिजलाई भने दाना पनि दिनुपर्ने उनको भनाइ छ। , फार्म सञ्चालन गरेदेखि अहिलेसम्म कालिजलाई कुनैपनि रोग लागेको छैन। आचार्यले फार्म अवलोकन र खरिदका लागि आउनेहरूलाई जुत्ताचप्पल खोलेर खुट्टामा औषधि छर्केपछि मात्रै फार्मभित्र जान दिने गरेका छन्। , फार्ममा उनले भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखेका छन्। अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । , उनले यो वर्ष  पोथी कालिज र चल्लाहरु एउटा पनि नबेच्ने र अर्को वर्ष धेरै बनाउने बताए। बजारमा माग त धेरै छ । तर, यो वर्ष पोथी कालिज र चल्ला एउटा पनि बेच्दिनँ,’ उनले भने। ,  ,  , अवकाशपछि कालिजपालन
रासस काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । , शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो।, मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताए।, नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सबिना श्रेष्ठ यो समय मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानको हो। यस महिना मुस्लिम धर्मावलम्बीहरू ३० दिनसम्म रोजा (व्रत) बस्छन्।, बोदेबसाइन, सप्तरीका ६० वर्षीय तयाब अली भने महोत्तरीको बर्दिबासदेखि ११ दिन हिँडेर काठमाडौं आएका छन्। उनी र उनीजस्ता करिब ८० मिटरब्याज पीडितहरू न्याय खोज्दै यति बेला काठमाडौं आएका हुन्।, ११ दिन हिँडेर काठमाडौं आइपुग्दाको अनुभव साट्दै तयाब अली भन्छन्, 'मिटरब्याजको चक्करमा मैले रमजानमा रोजा बस्न पाइनँ। हरेक दिन गर्नुपर्ने नमाज पनि छुट्यो। म मधुमेह र प्रेसरको रोगी हुँ। मलाई समय मिलाएर खाना खानुपर्छ तर यति ठूलो समूहमा म एक्लैलाई कहाँबाट हुन्छ? मलाई भात, आलु नखानु भनेको छ। तर अहिले बिहानबेलुकै त्यही खाँदैछु।', उनले आफ्नो दायाँ खुट्टाको सुरूवाल माथि सारे र ब्यान्डेज गरेको भाग देखाउँदै भने, 'मेरो खुट्टा पनि पहिला लडेर तीन टुक्रा भई फुटेको थियो। त्यसले पनि हिँड्न समस्या दिन्छ।', यसरी अनेक दुःख सहँदै उनी काठमाडौं आउनुको कारण हो मिटरब्याज।, अलीका अनुसार २०७१ सालमा स्थानीय साहुसँग उनले ३८ लाख ७० हजार रूपैयाँ ऋण लिएका थिए। त्यो पैसाले उनले जग्गा किने, छोराछोरीको बिहे गरिदिए र एउटा छोरालाई विदेश पठाए। , ऋण लिँदा उनले एक विघा, ८ कट्ठा जमिन धितो राखेका थिए। हालसम्म ८२ लाख रूपैयाँ तिरिसकेको उनी बताउँछन्। तर साहुले उनको जमिन बेचिदिए।, 'साहुसँग जग्गाको हिसाब मागिरह्यौं तर अहिलेसम्म दिएनन्। अहिले त हाम्रो सम्पर्कमै छैनन्,' तयाब अलीले भने, 'मेरो जग्गा थियो, त्यो अहिले उसको नाममा छ। ऋण तिरेपछि त्यो जग्गा मलाई फिर्ता आउनुपर्ने होइन?', उनले पाँच कट्ठा जमिन राखेर अर्का साहुसँग पनि २१ लाख रूपैयाँ लिएका थिए। त्यो जग्गा पनि अहिले ती साहुले आफ्नै भएको दाबी गर्न थालेका अलीले बताए।, अलीजस्तै मिटरब्याजबाट पीडित भएकाले न्याय पाउनुपर्ने माग लिएर काठमाडौं आएकाहरू करिब ८० जना छन्। उनीहरू तमसुक व्यवस्था खारेज गर्न र कानुन बनाउन भन्दै काठमाडौं आएका हुन्। , गत जेठ अन्तिममा पनि मिटरब्याज पीडितहरू न्याय माग्दै माइतीघर आएका थिए। त्यति बेला उनीहरूले १४ दिनसम्म धर्ना दिए। त्यसपछि साउनमा ४७ दिन धर्ना दिएका थिए। दुई चरणको धर्नापछि गृह मन्त्रालयले सुदखोरहरूको धनसम्पत्ति छानबिन गर्ने, पीडितलाई लिखित र मौखिक धम्कीबाट मुक्त गर्ने लगायत सम्झौता गरेको थियो।, 'सम्झौताअनुसार आफ्नो सम्पत्ति फिर्ता पाउन पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्ने थियो। उजुरी दिँदा त्यहाँका सिडिओहरूले कानुन नबनेसम्म आफूहरूले समस्या समाधान गर्न नसक्ने भन्दै फर्काइदिए। त्यसैले फेरि काठमाडौं आएका हौं,' मिटरब्याज पीडितका अभियन्ता संघर्ष दाहालले भने।, संघर्षका अनुसार पैसा लेनदेनमा तमसुक बनाउँदा साहुहरूले लिएकोभन्दा धेरै रकम उल्लेख गर्छन्। त्यस्तै ऋण लिँदा धितोका रूपमा राखेको जग्गा साहुकै नाममा पास गरिदिनुपर्ने बाध्यात्मक अवस्था पनि हुन्छ। यही अवस्थाको फाइदा साहुहरूले उठाइरहेका छन्।, यति हुँदाहुँदै पनि उनीहरू किन बैंक वा वित्तीय संस्थामा नगई साहुसँग ऋण लिन्छन् त?, जवाफमा सप्तरीका मिटरब्याज पीडित मोहम्मद मुस्तकिन भन्छन्, 'बैंकले यो भएन, त्यो भएन, यो सम्पत्ति कहाँबाट ल्याएको लगायत भन्दाभन्दै निकै झमेला गर्छ। आजभोलि गर्दागर्दै चाहिएको समयमा पैसा पाइन्न। त्यही भएर उनीहरूसँग पैसा लिनुपरेको।', मोहम्मद बुवाले लिएको सात लाख ऋणका कारण अहिलेसम्म मिटरब्याजमा फसेको बताउँछन्। ऋण लिँदा बुवाले दुईतले घरसहितको जग्गा धितो राखेका रहेछन्।, 'मैले विदेश गएर कमाएर सात लाखको २१ लाख तिरिसकेँ तर सम्पत्ति फिर्ता पाएको छैन। साहुले अब ६० लाख तिर्नुपर्ने भन्छ,' उनले भने, 'साहुले अहिले कि पैसा तिर, कि घर खाली गर नभए प्रहरी लगाउँछु भन्दै धम्की दिएको छ। सरकारले त्यो घुसखोरलाई सजाय दिने कानुन बनाइदिओस् भनेर काठमाडौं आएको हुँ।', साहुहरूबाट आर्थिक मात्र होइन मानसिक र शारीरिक पीडा पनि भोग्नुपरेको उनीहरू बताउँछन्।, सिरहाकी पुनितादेवी महतोले स्थानीय महिलासँग ५५ हजार ऋण लिएकी थिइन्। एक सातामै पाँच हजार फिर्ता गरिन्। बाँकी ५० हजारका लागि साताको ११ हजार रूपैयाँ ब्याज तोकिएको उनले बताइन्।, एक लाख ११ हजार रूपैयाँ बुझाइसक्दा पनि उनको ऋण सकिएको छैन। साहुले पाँच लाख रूपैयाँ मागेको र नदिएका कारण मुद्दा लगाएको महतो बताउँछिन्।, 'मैले लिएको पैसा फिर्ता दिएँ। पाँच लाख तिर्नै सक्दिनँ भनेपछि अदालतमा मलाई मुद्दा हालियो। अदालतबाट अहिले तीन लाखको पुर्जी आएको छ तर ऊ पाँच लाख नै दिनुपर्छ भन्छे। मलाई गाली गर्छे, कुट्न आउँछे र पैसा दिन नसक्ने भए मेरो घरमा काम गरेर बस् भन्छे।', पुनितादेवी एकल महिला हुन्। १२ वर्षअघि उनी श्रीमानको मृत्यु हुँदा पहिलोपटक काठमाडौं आएकी थिइन्। यो उनको दोस्रोपटक हो।, उनी भन्छिन्, 'एकल महिलालाई त न गाउँले सुन्छ, न सिडिओले। हाम्रो गाउँका ठूलाहरूले हामीलाई दबाएर गाउँबाटै पनि निकालेको छ। काठमाडौंले त मेरो समस्या सुन्ला भनेर आएकी हुँ।', धनुषा, सबैलाकी कल्पना धामी पनि आफूले लिएको ५० हजारकै कारण मिटरब्याजमा फसेपछि दूधे बालक च्यापेर काठमाडौं आएकी बताउँछिन्। आफ्नो पाँच वर्षे ठूलो छोरा बोल्न नसक्ने भएकाले उपचारका लागि उनले ५० हजार ऋण लिएकी थिइन्। लघुबित्तबाट पैसा झिकेर साहुलाई एक लाख रूपैयाँ तिरिसकिन्।, 'अब दुई लाख तिर्नुपर्ने रे। महिनाको २० हजार तिर् भन्दै साहुले सताउँछिन्। नराम्रो नराम्रो शब्दले गाली गर्छिन् र चप्पलले मारपिट गर्छिन्। अन्याय सहनुभन्दा सडकमै आउँछु भनेर ६ महिने बच्चा च्यापेर काठमाडौं आएकी हुँ,' उनले भनिन्। , यसपटक मिटरब्याज पीडितहरूको आन्दोलन गर्ने, धर्ना दिने, सिंहदरबार जाने लगायत विभिन्न योजना छ। उनीहरू तमसुक व्यवस्था खारेज नभएसम्म र मिटरब्याजविरूद्ध कानुन नबनेसम्म नफर्कने अडानमा छन्। , 'हाम्रो कुरा न पुलिसले सुन्छ, न सिडिओले। त्यही भएकाले जति दिन लाग्छ, योपटक त कानुन बनाएर जाने हो,' पीडित मोहम्मद मुस्तकिनले भने, 'हाम्रो जग्गाजमिन त साहु–महाजनले लिइहाल्छ, अनि हामी कहाँ बस्ने?' ,  , 'कानुन बनाउन' ११ दिन हिँडेर काठमाडौं आएकाहरू (भिडिओ)
सेतोपाटी संवाददाता गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ। , पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। , उनीविरूद्ध आइतबार ठाडो निवेदन परेको हो।, ‘साथीभाइबीच कै कुरा हो जस्तो छ। पिकनिकमा जाँदा दुर्गेश थापाले कुटेको भन्दै उजुरी परेको छ,’ भट्टले भने, ‘उनलाई फोन गरी बोलाएका छौं।’, दुबै पक्षलाई मंगलबार महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ।  ,  , 'पिकनिक जाँदा कुटेको' भन्दै दुर्गेश थापाविरूद्ध उजुरी
भगवती पाण्डे रूपन्देहीको सालझण्डी बजारबाट उत्तरतर्फ दुई किलोमिटर पर गएपछि पुगिन्छ सैनामैना नगरपालिका–१० को फूलबारी टोल।, पूर्व–पश्चिम राजमार्ग छोडेपछि पनि फराकिलो र चिल्लो कालोपत्रे सडकले फूलबारी टोल भौतिक विकासमा निकै अगाडि रहेको देखिन्छ।, तीन साताअघि १४ वर्षीया एक बालिकाको झारफुकका नाममा मृत्यु भएपछि भने फूलबारी टोल चेतनाको हिसाबले पछाडि रहेको भन्दै टिप्पणी हुने गरेको छ। , ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीका तीन छोरी र एक छोरा थिए। दुई छोरीको बिहे भइसकेकोले घरमा ज्ञवाली दम्पती र दुई छोराछोरी थिए।, सालझण्डी माविमा कक्षा नौ मा पढ्दै गरेकी कान्छी छोरी सीता फागुन दोस्रो सातादेखि बिरामी थिइन्।, कान दुख्ने र ज्वरो आउने समस्या थियो। उनले फागुन १९ गते सालझण्डीमै रहेको ‘मेडिकल हल’ मा गएर जँचाइन्, औषधि लिइन् तर राम्रो हुने लक्षण देखिएन।, आमा लीलाले भोलिपल्ट, २० गते, दिउँसो पनि सीतालाई मेडिकलमा लगिन्। रगत र पिसाब जाँच भयो। सलाइन चढाइयो। बेलुकातिर आमाछोरी घर फर्के।, फेरि पनि सीतालाई आराम हुने छाँट आएन। एक दिनअघि  कानबाट सुरू भएको दुखाइ गर्धन पछाडिसम्म पुगेको थियो। त्यसअघि कानमा पसेको अटेर्ना पनि निकालिएको थियो।, भैरहवामा एउटा सोयाबिन उद्योगमा काम गर्ने ताराप्रसाद छोरी बिरामी भएपछि साँझ घर आएका थिए। दिनभरि मेडिकलमा सलाइन समेत चढाएर उपचार गरे पनि निको नभएपछि ताराप्रसाद र लीलाले सीतालाई बेमटेनी टोलमा रहेकी माता (सोनिया) कहाँ लगे।।, फूलबारी टोल र बेमटेनी टोल करिब डेढ किलोमिटरको दूरीमा छन्। ज्ञवाली दम्पती, छोरी सीता र एक जना छिमेकी अटोमा बसे।, सीताका ११ वर्षीय भाइ बसन्त, सीताका मामा ईश्वरी पोखरेल पनि अटोमा बसे।, सैनामैना–१० बेमटेनीकी २२ वर्षीया सोनिया रेश्मी आफूलाई दैवीशक्ति (माता) चढेको बताउँथिन्। रामपुर क्याम्पसमा स्नातक तह अध्ययरत सोनिया माता चढेको भनेर झारफुक र पूजापाठमा लागेकी थिइन्।, उनले खाना नखाने, ज्वरो आउने इत्यादि समस्या भएका बालबालिकाको उपचार गरेर निको बनाउँछिन् भन्ने हल्ला थियो। झारफुक गराउन जानेहरूको संख्या पनि बढ्दै थियो।, यही विश्वासमा परिवारजनले सीतालाई माता भनिने सोनियाकोमा पुर्‍याएका थिए। सुरूमा सोनियाले शिथिल अवस्थामा रहेकी सीताको शरीरमा पानी छ्यापिन्। यसपछि पहेँलो अक्षेता छर्किन्।, अनि बोक्सी नचाउने भन्दै सीतालाई कुट्न थालिन्। यातना बढ्दै गयो।, सोनियाले सीताको कपाल लुछ्ने, नाक र मुखबाट पानी खन्याउने, थप्पड हान्ने, खरानी खुवाउने र घाँटी बटार्ने गतिविधि गरिन्।, यस्तो दृश्य सामाजिक सञ्जालमार्फत् बाहिरिएको भिडिओमा समेत देखिन्छ। , बिरामी छोरीलाई यसरी यातना दिएपछि आमा लीलाले रोक्न खोजिन्। माता भनिने सोनियाले त्यस्तो यातना बोक्सीलाई हो, बिरामीलाई दुख्दैन भनेर लीलालाई रोकिन्।, प्रहरीले नियन्त्रणमा लिनुअघि लीलाले भनेकी थिइन्, ‘माता र उनका बुवाआमाले अहिले हानेको छोरीलाई दुख्दैन, बोक्सीलाई दुख्छ भनेपछि मैले पनि होला भन्ने ठानेँ।’, यसरी आमाबाबु, भाइ, मामा र छिमेकीका सामुन्ने सीताले चरम यातना पाइन्। बिस्तारै सीता अर्धचेत भइन्।, सोनियाले नै बोक्सी नचाएको भिडिओ खिच्नू भनेपछि सीताका मामा ईश्वरीले खिचेका थिए। झन्डै दुई घण्टा एकनासको यातनाले सीताको मृत्यु भयो।, बालिकाको मृत्यु भएपछि सोनियाले आफूले उपचारकै लागि कुटपिट गर्नु परेको भन्दै घटना गुपचुप राख्न आग्रह गरेकी थिइन्।, झारफुकको लागि लगिएकी छोरीको मृत्यु भएपछि परिवार र आफन्तले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर अन्त्येष्टि गरेका थिए। अत्येष्टिपछि झारफुकको नाममा दिएको चरम यातनाको भिडिओ सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।, अनुसन्धानको क्रममा बालिकाको मृत्युपछि अत्येष्टि समेत गरिसकेको पाएपछि प्रहरीले झारफुक र अन्त्येष्टिमा सहभागीहरूलाई पक्राउ गर्न थाल्यो।, इलाका प्रहरी कार्यालय सालझण्डीले अहिलेसम्म माता भनिने सोनियासहित घटनास्थलमा प्रत्यक्षदर्शी १० जना र अन्येष्टिमा सात जना गरी १७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ।, मामा ईश्वरी पोखरेलले भान्जीको मृत्यु भएको बताएपछि शान्ति टोल, सालघारीकी ५० वर्षीया कमला पोखरेल फूलबारीस्थित मृतकको घर पुगेकी थिइन्। रातिको समयमा एक्लै भएपछि उनी छिमेकी विष्णु पोखरेललाई आग्रह गरेर उनको मोटरसाइकलमा गएकी थिइन्।, बालिकाको शव घरमा ल्याइपुर्‍याइएको थियो। विष्णु र कमला घटनाबारे जानकारी लिएर राति नै घर फर्के। अहिले उनीहरू दुबै जना प्रहरी हिरासतमा छन्।, ‘घटनामा प्रत्यक्ष संलग्न माता भनिने सोनिया, प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागी भएकाहरूमाथि अलग-अलग तरिकाले अनुसन्धान भइरहेको छ,’ इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक ईश्वर थापाले भने, ‘यस्तो घटनालाई भवितव्य भन्न मिल्दैन।’, प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएपछि गाउँ नै सुनसान बनेको छ।, सीताको मृत्यु भएको २५ दिन बित्यो तर घरमा आफन्त नातागोता कोही पनि आएका छैनन्। दाहसंस्कारमा सहभागी नजिकका आफन्त प्रहरी हिरासतमा छन्। दाहसंस्कारमा सहभागी नभएकाहरू घरबाहिरै छन्।, बुवाआमा दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि विवाहिता छोरी देवी भण्डारी घर रेखदेखको लागि आएकी छन्। उनका साथमा भाइ वसन्त छन्।, सालझण्डी माविमा कक्षा ७ मा पढ्ने वसन्त आफ्नै सामुन्ने भएको घटनाको दिनदेखि उदास छन्।, गत साता बिहीबार घरको आँगनमा टोलाइरहेका वसन्तले भने, ‘फाइनल परीक्षा चलिरहेको छ। दिदीसँगै स्कुल जान्थेँ। दिदीले छोडेर गएपछि एक्लै छु।’  , फूलबारी टोलमा फराकिलो कालोपत्रे सडकको किनारमै छ ज्ञवाली दम्पतीको घर। इँटाको गाह्रो र जस्ताको छानो छ। आँगनमा चार वटा खोरमा केही बाख्रा र कुखुरा थिए। गोठमा भैँसीका पाडापाडी बाँधिएका थिए।, वसन्त दिदीसँगै स्कुल जान्थे। घरमा दिदीले सिकाउँथिन्। घटनापछि वसन्तको मन पढाइमा छैन। भन्छन्, ‘पढ्न बस्यो कि दिदीको अनुहार आँखामा आइहाल्छ, एक्लै बस्न पनि डर लाग्छ।’, भैंसीका पाडापाडी, बाख्रा र कुखुराको रेखदेख गर्ने जिम्मेवारी पनि वसन्तलाई नै आइलागेको छ। दिदी त छिन् तर उनका साना दुई छोरी छन्। दिदीले तिनको पनि स्याहारसुसार गर्नुपर्छ।, वसन्तका अनुसार पाडापाडी तीन वटा, बाख्रा सात वटा र २५ वटा कुखुरा छन्।, घरको काम गर्नु परेकाले उनलाई खेल्ने फुर्सद छैन तर गाउँका साथीहरूले पनि खेल्न बोलाउन छोडेका छन्।, भन्छन्, ‘खेल्न जान भ्याउँदिनँ। स्कुलबाट आएपछि पनि कुखुरालाई चारो दिने, बाख्रा चराउने र खोरमा थुन्ने काम गर्दा ठिक्क हुन्छ। अहिले साथीहरूले पनि बोलाउन छाडेका छन्।’, सैनामैना नगरपालिका–१० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो वडामा अकल्पनीय घटना भएको बताए।, ‘पत्याउनै नसकिने घटना भयो। यसलाई अशिक्षाको कारण भन्ने हो भने माता भनिएकी बहिनी स्नातक अध्ययन गर्ने हुन्। जे भयो, साह्रै दुःखद् भयो,’ उनले भने।   , सीता ज्ञवालीको मृत्युपछि १७ जना पक्राउ परे, गाउँ भयो सुनसान
नवीनबाबु गुरूङ बर्दिबासबाट काठमाडौंसम्म मिटरब्याजीविरूद्ध मार्च गरेर आएका पीडितहरूलाई खुलामञ्च छिर्न रोक लगाइएको छ।, ११ दिन लगाएर बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म आएका मिटरब्याज पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा गेट बन्द गरेको हो।, सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।, ‘खुलामञ्च भनेको सार्वजनिक स्थल हो,’ उनले भने, ‘त्यहाँ कसैलाई पनि बस्न दिन हुँदैन। त्यसैले हामीले त्यहाँ बस्न नदिने निर्णय गरी छिर्न रोक लगाएका हौं।’, मिटरब्याजी पीडितलाई व्यवस्थित स्थानमा बस्ने व्यवस्था मिलाइदिएको उनी बताउँछन्।, ‘हामीले गौशालास्थित धर्मशालामा उनीहरूलाई निःशुल्क बस्ने व्यवस्था मिलाइदिएका छौं,’ उनले भने। , यस्तै उनीहरूलाई बस्ने व्यवस्था मिलाइदिँदा पनि सार्वजनिक स्थल खुलामञ्चमै बस्न खोजेका कारण रोक लगाउनु परेको महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह बताउँछन्। , ‘उहाँहरूलाई कता राख्ने हो त्यो काम महानगरको काम होइन,’ उनले भने, ‘प्रदेश सरकार, संघीय सरकार र केन्द्र सरकारले सोच्नुपर्छ। महानगरले धर्मशालामा व्यवस्था मिलाइदिँदा पनि खुलामञ्चमै किन बस्नुपर्यो? हामीले सार्वजनिक स्थानमा बस्न दिन मिल्दैन।', अहिले पीडितहरू खुलामञ्चको गेटबाहिरै धर्ना दिएर बसेका छन्।  , मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।, तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।, तस्बिरहरू:, मिटरब्याज पीडितलाई खुलामञ्चमा छिर्न महानगरको रोक (तस्बिरहरू)
युनिक श्रेष्ठ भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई नेपालको अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ। , काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो। , विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार दूतावासले फोटोसहित उनलाई सूचीमा राखिदिन भन्दै अनुरोध गरेको हो।, ‘भारतीय दूतावासले हामीलाई निगरानी सूचीमा राखिदिनु भन्दै पत्र पठाएको छ। उनी पृथकतावादी समूहको मान्छे हुन् र यतै कतै पनि लुकेर बसेका हुन सक्छन् भन्ने दूतावासको आशंका रहेछ,’ उनले भने, ‘नक्कली पासपोर्ट प्रयोग गरी भित्र पस्न सक्छन् भन्दै हामीलाई फोटोसहित पठाएको छ।’, दूतावासले पत्र पठाएसँगै सिंहलाई सूचीमा समावेश गरेको उनले बताए। सुरूमा दूतावासले उनको फोटो बिनानै पत्र पठाएको थियो। पछि विभागले फोटो पनि चाहिने भन्दै माग गरेपछि दूतावासले पुन: पत्र पठाएको हो। , ‘दूतावासले अनुरोध गरेपछि हामीले पनि राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘ठ्याक्कै यहीँ छ भनेर भनेको छैन। तर नेपालमा पनि आएको हुनसक्छ भनेर भनेको हो। आएको छ/छैन कसैलाई पनि थाहा छैन।’, सिंह भारतीय प्रहरीको फरार सूचीमा छन्। उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको र अशान्ति मच्चाएको आरोप छ।, एनडिटिभीका अनुसार आइतबार मात्रै पञ्जाब प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, लुधियाना जिल्लाको खन्ना शहरमा बस्ने बलवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो। उनले अमृतपाल सिंहका नजिकका साथी तेजेन्दर सिंह गिललाई शरण दिएको प्रहरीको भनाइ छ। , गत शुक्रबार दिल्ली प्रहरी र पन्जाब प्रहरीले सिंहलाई पक्राउ गर्न सर्च अपरेशन नै चलाएका थिए। त्यहीबेला उत्तराखण्डको देहरादुन, हरिद्वार र उद्धमसिंह नगरमा अलर्ट रहन पत्र जारी गरिएको थियो। उनी त्यहाँ आउन सक्ने भन्दै अलर्ट रहन प्रहरीलाई पत्राचार गरिएको थियो। तर दिल्ली प्रहरीले सिंहले देश छाडिसकेको हुनुपर्ने बताएको छ। , सिंह भारतको फरार सूचीमा रहेको खबर बाहिरिएपछि नेपाल प्रहरी पनि अलर्ट रहेको स्रोतले जनाएको छ।  , उच्च प्रहरी स्रोतका अनुसार छिमेकी राष्ट्रमा भइरहेको गतिविधिबारे निगरानी राख्ने हिसाबले प्रहरी पनि यसमा अलर्ट रहेको हो। आधिकारिक रूपमा कुनै पत्र भने नआएको स्रोतले बतायो।, ‘आधिकारिक जानकारी आएको होइन। तर समाचारहरूबाट थाहा पाएका हौं। छिमेकमा भएको घटनाहरूबारे हामी सधैँ नै अलर्ट हुन्छौं। त्यही हिसाबले हामीले जानकारी पनि लिइराखेको र अलर्ट पनि छौं,’ उनले भने।, को हुन् अमृतपाल सिंह?, सन् २०२० भन्दाअघि सिंह कुनै चर्चामा थिएनन्। त्यतिबेला भएको किसान आन्दोलनका क्रममा   अभियन्ता बनेका सन्दीप सिंहको सामाजिक सञ्जालमा समर्थन गरेपछि उनलाई केही मानिसले चिन्न थालेका थिए।, सन् २०२२ को मार्चमा उनी अचानक वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनको चर्चा चुलिएको हो। दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो।, सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्किएको थियो।, २९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिएपछि २०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किएका थिए। दुबईमा उनको परिवारको ट्रान्सपोर्टको व्यापार छ।, पञ्जाब फर्किएपछि सार्वजनिक र गोप्य रूपमा गरेका विभिन्न कार्यक्रमबाट उनको चर्चा चुलिँदै गयो।, उनले सार्वजनिक रूपमै पनि हिंसाका पक्षमा वकालत गरेका थिए। पछिल्लो समय उनले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आएका थिए। सुरूमा भारतको पञ्जाबभित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उनले एक अन्तर्वार्ताका क्रममा सुनाएका थिए।, एउटा युट्युब भिडिओमा उनले भारतले पञ्जाबमा उपनिवेश लादेको बताएका थिए। चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थालेका थिए।, अमृतपालका एक जना निकट पक्राउ परेपछि उनका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेरेका थिए। उनीहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए।, त्यसपछि प्रहरीले उनी र उनका समर्थकमाथि कारबाही तीव्र पारेको हो। गत शनिबार पञ्जाबको जलन्धर जिल्लामा प्रहरीले उनलाई पक्रन अपरेशन चलाएका बेला उनी मोटरसाइकलमा भागेको बताइएको छ।, पञ्जाबबाट भागेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा
नवीनबाबु गुरूङ मिटरब्याजीविरूद्ध मार्च गरेर बर्दिबासबाट काठमाडौं आएका पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाइएको छ।, सोमबार साँझ खुलामञ्च छिर्न खोज्दा पीडितहरूलाई महानगर प्रहरीसँग धकेलाधकेल गरेको हो। बर्दिबासबाट हिँड्दै ११ औं दिनमा काठमाडौं आइपुगेका उनीहरू खुलामञ्चमा बस्न चाहन्थे। , सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।, ‘खुलामञ्च भनेको सार्वजनिक स्थल हो,’ उनले भने, ‘त्यहाँ कसैलाई पनि बस्न दिन हुँदैन। त्यसैले हामीले त्यहाँ बस्न नदिने निर्णय गरी छिर्न रोक लगाएका हौं।’, मिटरब्याजी पीडितलाई व्यवस्थित स्थानमा बस्ने व्यवस्था मिलाइदिएको उनी बताउँछन्।, ‘हामीले गौशालास्थित धर्मशालामा उनीहरूलाई निःशुल्क बस्ने व्यवस्था मिलाइदिएका छौं,’ उनले भने। , यस्तै उनीहरूलाई बस्ने व्यवस्था मिलाइदिँदा पनि सार्वजनिक स्थल खुलामञ्चमै बस्न खोजेका कारण रोक लगाउनु परेको महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह बताउँछन्। , 'उहाँहरू कहाँ बस्ने हो, त्यो उहाँहरूले नै व्यवस्था मिलाउनुपर्ने कुरा हो,' उनले भने, 'महानगरले धर्मशालामा व्यवस्था मिलाइदिँदा पनि खुलामञ्चमै किन बस्नुपर्यो? हामीले सार्वजनिक स्थानमा बस्न दिन मिल्दैन।', अहिले पीडितहरू टुँडिखेलको गेटबाहिरै धर्ना दिएर बसेका छन्।  , मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।, तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।, उनीहरू ११ दिन हिँडेर काठमाडौं आए, महानगर प्रहरीले धकेल्यो खुलामञ्चको गेटबाट (तस्बिरहरू)
युवराज श्रेष्ठ यसपालि हिउँदभरि हिउँ परेन। जब  चैत लाग्यो, तब माछापुच्छ्रे हिमाल सेताम्मे देखिन थाल्यो। पुस र माघ महिनाको जाडोमा समेत हिउँ नपरेको माछापुच्छ्रेमा चैतमा हिउँ पर्दा स्थानीय अचम्म परेका छन्।, ‘पुस, माघको जाडोमा पनि यसपालि हिउँ परेन, अहिले आएर हिमपात भएको छ,’ माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत खुमैडाँडामा होटल चलाएका नारायण गुरूङले भने, ‘हिउँ नपर्दा लालीगुराँस राम्रोसँग फुलेन, फुलेका पनि असिनाले सोत्तर बनाइदियो।’, हिमपात भएपछि पोखराबाट देखिने हिमालहरू सेताम्मे देखिएका छन्। गर्मी लागेपछि परेको हिउँ लामो समय नरहने पर्यटन व्यवसायी गुरूङले बताए। अहिलेको हिउँ केही दिन घाम लाग्दा पग्लिन्छ। हिउँदमा भारी हिमपात हुने भएकाले लामो समय जमेर बस्ने उनको अनुभव छ।, माछापुच्छ्रे मात्र होइन, अन्य हिमालमा पनि यसपालि समयमै हिउँ परेन। हिमालमा हिउँ पर्ने सिजन परिवर्तन हुँदै गइरहेको पदयात्री मोनालिसा थापाले अनुभव गरेकी छिन्। शे-फोक्सुण्डो, गोसाइकुण्ड, अन्नपूर्ण फेरो, लाङटाङ लगायतका पदमार्गमा पदयात्रा गरेकी उनले हिउँ पर्ने सिजन परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रका बासिन्दामा परेको बताइन्।, ‘हिमाली क्षेत्रमा पदयात्रा जाँदा त्यहाँका मान्छेहरू अचेल हिउँ नै पर्दैन भन्छन्,’ शुक्रबार खुमैडाँडामा भेटिएकी मोनालिसाले भनिन्, ‘हामीले कालापत्थर देखेका ठाउँहरू उहिले हिउँले भरिन्थ्यो भनेर चर्चा गर्छन्।’, हिमाली क्षेत्रमा नौला फूलहरू देखिन थालेको पनि उनले बताइन्। पोखराको पृथ्वीनारायण क्याम्पसमा माइक्रोबायोलोजी अध्यनरत मोनालिसाले हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको मात्र नभई बाढी, पहिरो र खानेपानीको अभाव बढिरहेको बताइन्।, ‘हामी शे-फोक्सुण्डो पदयात्रा जाँदा पहिरोले ६ दिनको यात्रा १२ दिन लम्बिएको थियो,’ उनले भनिन्, ‘हिमाली क्षेत्रमा अझै दु:खका दिन आउन सक्छ।’, कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरूङले हिमाली क्षेत्रमा संकट बढिरहेको बताए।, ‘जलवायु परिवर्तनले हिमालमा आश्रित नागरिक संकटमा परेका छन्,’ उनले भने, ‘हिमाली क्षेत्रमा बस्न, खान र खेतिपाती गर्न पनि नसकिने स्थिति छ।’, हिउँ पर्न छोडेपछि केही वर्ष अघिसम्म हिउँले ढाकिएर हिमाल बनेका ठाउँ पनि अहिले कालो पहाडमा परिणत भएको उनले बताए।, ‘हिउँ पग्लेर बग्ने खोलामा पानी घटिरहेका छन्, जलविद्युत आयोजनाले हिउँदयाममा क्षमता अनुसार आधा पनि बिजुली उत्पादन गर्न सकेको छैन,’ उनले भने, ‘बर्खामा बाढी आउने र हिउँदमा हिउँ पनि नपर्ने समस्या हामीले भाग्नुपरेको छ।’, हिमाली क्षेत्रमा संरक्षणका कार्यक्रम चलाउन आवश्यक रहेको भन्दै उनले जलवायु परितर्वनबाट जोगिने उपायको खोजी गर्नुपर्ने बताए।, ‘हिमालै नरहे हामीलाई मात्र होइन, सबैलाई असर गर्छ,’ उनले भने, ‘तत्काल हामीलाई मात्र समस्या परेको छ, भोलि सबैलाई समस्या पर्न सक्छ।’, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर पारेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शनिबार खुमैडाँडा (३२४५ मि) मा कार्यपालिका बैठक राखेको थियो। बैठकले जलवायु परिवर्तन न्यूनीकरण गर्न र हिमाली क्षेत्रमा अनुकूलनका योजना लागु गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता गणेश आचार्यले बताए।, ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा धेरै असर पारिसकेको छ, यहाँका नागरिकले धेरै दु:ख पाइरहेका छन्,’ उनले भने, ‘हामीले खुमैडाँडामा कार्यपालिका बैठक बसेर यसको न्यूनिकरणमा विशेष योजना लागु गर्न सरकारसँग माग गर्ने निर्णय गरेका छौं।’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने भए पनि जलवायु परिवर्तनका विषयमा एक्यापले केही काम गर्न नसकेको गाउँपालिकाको निष्कर्ष छ।, ‘एक्याप लाचार छ, जलवायु परिवर्तनका विषय जनतालाई बुझाउन पनि चाहेन,’ उनले भने, ‘एक्यापले केही गरेन भनेर हामीले हेरेर बस्नु भएन नि।’, अन्नपूर्ण संरक्षण क्षेत्रबाट उठ्ने राजश्व गाउँपालिकाले पाउनुपर्ने र उक्त रकम वातावरणीय संरक्षणमा खर्च गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन्। संरक्षित क्षेत्रका लागि आउने बजेट गाउँपालिकामार्फत खर्च हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको आचार्यले बताए।, माछापुच्छ्रे गाउँपालिका-२ का वडाध्यक्षसमेत रहेका आचार्यले हिमाली क्षेत्रमा आउने बाढी, पहिरो जस्ता घटनाको पूर्वसुचना दिने प्रणाली राख्न पनि माग राखेका छन्। सेती नदीमा २०६९ वैशाख २३ गते आएको जस्तो बाढी आउँदा पूर्वसूचना दिने प्रणाली भए धेरै जनधनको क्षति रोक्न सकिने उनले बताए।, त्यतिबेला सेती नदीमा आएको बाढीमा परेर माछापुच्छ्रे गाउँपालिकाको खारापानी बजार बगाएको थियो भने ५० जना बढीले ज्यान गुमाएका थिए। पदयात्रीका लागि नयाँ गन्तव्यका रूपमा स्थापित खुमैडाँडामा कार्यपालिका बैठकमार्फत् जथाभावी फोहोर नफाल्न र रूख, बिरूवा जथाभावी नकाट्न पनि स्थानीयलाई गाउँपालिकाले अनुरोध गरेको छ।, होटल बनाउन काटिएको लालीगुराँसको रूख।, पदमार्गमा समस्या नै समस्या, खुमैडाँडामा पर्यटकको चाप बढ्न थालेपछि स्थानीयले ‘ग्रेट माछापुच्छ्रे ट्रेक’ नामकरण गरेर होटल, चिया पसललगायत खोल्दैछन्। होटल र चिया पसल बनाउन व्यवसायीले लालीगुराँसलगायत बिरूवा काटेका छन्। होटल बनाउन जथाभावी रूख नकाट्न र फोहोर मैला व्यवस्थापन गर्न पनि आग्रह गरिएको प्रवक्ता आचार्यले बताए।, खुमैडाँडा पदमार्गमा फालिएको फोहोर।, खुमैडाँडामा नयाँ पदमार्गका रूपमा स्थापित भएपछि होटल सञ्चालनमा आए पनि गाउँपालिकालाई कुनै फाइदा नभएको अध्यक्ष मीनबहादुर गुरूङले बताए। संरक्षित क्षेत्रभित्र होटल सञ्चालन गर्न लिनुपर्ने आवश्यक अनुमति लिन नसकेका कारण सरकारले कर संकलन गर्न नसकेको उनले बताए।, ‘मैले एक्यापसँग पनि कुरा गरेको छु, संरक्षित क्षेत्रभित्रका व्यवसाय कानुनी दायराभित्र ल्याएर वैधानिकता दिनुपर्छ,’ उनले भने, ‘व्यवसायीले कानुनअनुसार चल्नुपर्छ, सरकारलाई तिर्नुपर्ने कर तिर्नुपर्छ।’, ग्रेट माछापुच्छ्रे ट्रेलका अध्यक्षसमेत रहेका माछापुच्छ्रे-१ का वडाध्यक्ष इन्द्र गुरूङले उक्त पदमार्गलाई नमूना पदमार्गका रूपमा गाउँपालिकाले प्रवर्द्धन गर्नुपर्ने बताए। पदमार्ग भर्खर सञ्चालनमा आएकाले व्यवसायीले आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेको बताए।, ‘पदमार्ग भर्खर सञ्चालनमा छ, यहाँ होटल बनिसकेका छैनन्, विस्तारै आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थित गर्छौ,’ उनले भने।, यता, माछापुच्छ्रे-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले पदयात्री जुन बाटो गयो, त्यही बाटो फर्किने परिपाटी बन्न नदिन माग राखे। खुमैडाँडा जाँदा सरिपाखा हुँदै हिलेखर्कबाट खुमैडाँडा पुगिन्छ। खुमैडाँडाबाट ३ हजार ६८२ मिटर उचाइको कोर्चाङ पुगेर मेश्रम हुँदै सैंदीघट्ट झर्ने रूट ब्युँताउनुपर्ने उनले माग गरे।, ‘कोर्चाङ जुन बाटोबाट पुगे पनि फर्किँदा अर्को बाटोबाट पर्यटक फर्काउन सकिन्छ, यो पुरानो माछापुच्छ्रे मोडल ट्रेल ब्युँताउनुपर्छ,’ उनले भने।, गाउँपालिका अध्यक्ष गुरूङले कोर्चाङबाट जुन बाटो हिँडे पनि गाउँपालिकाभित्र पर्ने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए। पदमार्गलाई व्यवस्थित बनाएर पर्यटकलाई आवश्यक सुविधा दिनुपर्नेमा उनले जोड दिए।, उक्त पदमार्गमा दशैंयता पर्यटकको चाप बढेकाले समस्या पनि उत्तिकै रहेको स्थानीय व्यवसायीले बताएका छन्। पदमार्गमा सबैभन्दा ठूलो समस्या खानेपानी अभाव रहेको व्यवसायी सुरेश सुनामले बताए।, ‘खानेपानी लिन जाने र आउन मात्र ३ घन्टा लाग्छ, हामीले खच्चडमा पानी बोकाउँछौं,’ उनले भने, ‘यहाँ सबैभन्दा ठूलो समस्या नै पानीको छ।’, समुन्द्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा रहेको खुमैडाँडामा अहिले तीन वटा होटल चलेका छन्। उक्त पदमार्गमा दैनिक ५ सय जनासम्म पदयात्री आउने गरेका छन्। असोजयता गुलजार बनेको खुमैडाँडामा भर्खर खुलेका नयाँ होटलहरूले अत्याधिक पदयात्रीको चाप थेग्न समस्या परेको सुरेशले बताए।, ग्रेट माछापुच्छ्रे ट्रलका अध्यक्ष इन्द्र गुरूङले भर्खर होटल सञ्चालनमा आएकाले बास बस्न समस्या भएको बताए। पदमार्गअन्तर्गत हिलेखर्कमा अहिले तीन वटा होटल छन् भने खुमैडाँडामा पनि तीनवटा होटल सञ्चालनमा छन्। सञ्चालनमा भएका होटल पनि व्यवस्थित छैनन्।, हिलेखर्क र खुमैडाँडाको बीचमा केही होटल तथा चियापसल सञ्चालन गर्न संरचना बनिरहेका छन्। हिलेखर्क र खुमैडाँडामा थप २/२ वटा होटल निर्माण गर्न लागेको उनले बताए।, ‘बल्ल पदमार्ग चल्न थालेका छन्, नयाँ भएकाले समस्या धेरै छन्,’ उनले भने, ‘हामी विस्तारै समाधान गर्दै लैजान्छौं।’,  ,  ,  ,  ,  ,  , जलवायु परिवर्तनबारे ध्यानाकर्षण गराउन गाउँपालिका बैठक खुमैडाँडामा
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।, मिटरब्याजीविरूद्ध बर्दिबासदेखि ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरू सोमबार खुलामञ्चमा पुगेका थिए। तर महानगर प्रहरीले उनीहरूलाई त्यहाँ प्रवेश दिएन। , त्यसबीच महानगर प्रहरी र पीडितबीच धकेलाधकेलको स्थिति बनेको हो। , उनीहरूको मागप्रति ऐक्यबद्धता भएको बताउँदै प्रदर्शनको लागि रत्नपार्कको शान्तिवाटिकामा प्रबन्ध मिलाएको पनि मेयर शाहले बताएका छन्। , ‘हिजो ११ दिन हिँडेर काठमाडौं आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरूलाई सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्‍यौं,’ उनले फेसबुकमा लेखेका छन्। , तर पीडितहरू खुलामञ्चमै बस्न खोजेको पनि उनले बताए। , ‘उहाँहरू खुलामञ्चमै बस्न खोज्नुभयो। हामीले सम्झाएर रत्नपार्कको शान्तिवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं र उहाँहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानको लागि जोडदार माग राख्दछौं,’ उनले भनेका छन्, ‘हामी चाहन्छौं यस्तो अवस्थामा काठमाडौं कोही आउन नपरोस्, गाउँ-गाउँमा सरकार पुगोस्।’, यद्यपि उनले खुलामञ्चमा प्रदर्शन गर्न नदिनुको कारणबारे भने खुलाएका छैनन्।, शाहका स्वकीय सचिव भूपदेव शाहले भने सार्वजनिक स्थलमा बस्न खोजेकाले रोक लगाएको बताए। , 'उहाँहरू कहाँ बस्ने हो, त्यो उहाँहरूले नै व्यवस्था मिलाउनुपर्ने कुरा हो,' उनले भने, 'महानगरले धर्मशालामा व्यवस्था मिलाइदिँदा पनि खुलामञ्चमै किन बस्नुपर्यो? हामीले सार्वजनिक स्थानमा बस्न दिन मिल्दैन।', अहिले पीडितहरू टुँडिखेलको गेटबाहिरै धर्ना दिएर बसेका छन्।  , मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।, तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।, काठमाडौंका मेयर बालेन भन्छन्: मिटरब्याज पीडितलाई शान्तिवाटिकामा आन्दोलन गर्ने प्रबन्ध गरेका छौं
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १७, केही साताअघि विराटनगरबाट मेरो नाममा एउटा कुरियर आयो।, ‘मिथिलाक कथासभ’ श्रृंखलामा अहिलेसम्म प्रकाशित सोह्रवटा कथा पढेपछि मलाई थप लेख्न सहयोगी होला भनेर विराटनगरका अधिवक्ता अमरकुमार मल्लिकले दुईवटा किताब र एउटा लामो चिठी पठाएका थिए। चिठीमा उनले आफूले पठाएका किताबको चर्चा गर्नुका साथै कायस्थ समुदायबारे केही जानकारी दिएका थिए।, उनले लेखेका थिए, ‘जर्ज अरवेलद्वारा लिखित ‘एनिमल फार्म’ को नेपाली अनुवाद गरेका भक्तपुर निवासी बिजुलीप्रसाद कायस्थका अनुसार भक्तपुर तथा सम्पूर्ण नेवार कायस्थ आफ्नो नाउँका पछाडि जातिसूचक नामका रूपमा कसजू, सांयजू, फैंजू लेख्छन्। ‘कस’ को अर्थ लेखक हुन्छ भने ‘जू’ आदरार्थी शब्द हो।’, उनले अगाडि लेखेका थिए, ‘नेवार कायस्थ कसजूहरू आफूलाई चण्डेश्वर ठाकुरका वंशज मान्छन्। सनातन हिन्दु परम्परामा पितृ पक्ष तर्पणका लागि घरमा लेखेर राखेको नामावलीअनुसार उनीहरूले पूर्वजका रूपमा चक्रधरका नाममा स्मरण र तर्पण गरिआएका छन्।’, मल्लिकले आफ्नो चिठीमा कसजूहरूबारे थप व्याख्या पनि गरेका थिए।, एक अपरिचित व्यक्तिले विराटनगरदेखि किताबको कुरियरसहित चिठी लेखेर मलाई कायस्थ समुदायबारे किन जानकारी दिए भनेर अचम्म लागेको थियो। यसअघि ‘मिथिलाक कथासभ’ श्रृंखलामा मैले वैद्य र धोबी समुदायबारे लेखेकी थिएँ। त्यही भएर कायस्थबारे पनि जानकारी दिएका हुन सक्छन् भन्ने मैले ठानेँ।, चिठीमा उल्लिखित जानकारीले मलाई कायस्थ समुदायबारे थप जान्न जिज्ञासु बनायो।, म यसको उत्तर खोज्दै चिठीमा उल्लेख भएको बिजुलीप्रसाद कायस्थलाई खोज्न थालेँ। त्यही चिठीको अन्तिममा भक्तपुरका संस्कृतिविद् पुरूषोत्तम लोचन मेरा लागि सहयोगी हुन सक्छन् भनेर उनले नम्बर पनि पठाइदिएका थिए।, मैले उनले पठाइदिएको नम्बरमा संस्कृतिविद् लोचनलाई फोन गरेपछि थाहा भयो, बिजुलीप्रसाद कायस्थको त धेरै अगाडि नै निधन भइसकेको रहेछ। त्यसपछि म उनको छोरा वीरेन्द्र कायस्थलाई भेट्न उनको हालको घर शान्तिनगर पुगेँ।, वीरेन्द्र कायस्थ ज्योतिषशास्त्री रहेछन्। मैले उनलाई सोधेँ, ‘तपाईंहरूलाई लेखापढीको काम गर्ने भएर कसजू भनिएको हो?’, जवाफमा उनले भने, ‘हामी लेखापढी गर्ने मात्र होइन, शासन व्यवस्थामा सहयोग गर्ने काम पनि गर्थ्यौं। काठमाडौंमा छ थरका काजी र ललितपुरमा छ थरका प्रधान भनेझैं भक्तपुरका मल्लराजाको राजसभामा छ थरका जाति थिए। तिनीहरू जोशी, अमात्य, राजभण्डारी, कसजू (कायस्थ), पक्वां र भदेल हुन्। यसबाहेक घों काजी, भौ काजी, कस काजी र तिमिला काजी गरेर चार काजीहरू पनि थिए। यीमध्ये कसजूहरूले आर्थिक व्यवस्थाको लेखाजोखा, आम्दानी–खर्चको लगत राख्नुका साथै देश र दरबारको सुरक्षा व्यवस्था गर्थे।’, उनका अनुसार कायस्थहरूको काम दरबारी लिखत राख्ने मात्र थिएन। उनीहरूले विभिन्न ठाउँ गएर ग्रन्थ, थ्यासफूहरू (हस्तलिखित ग्रन्थ) पनि लिपिबद्ध गरेको पाइन्छ। उदाहरणका लागि, मया कसले ‘भार्गव धनुशास्त्र’, दाँते कसले ‘नरपति जयाचार्य स्वरोदय’, भागिराम कायस्थले ‘चाणक्य नीति’ र रामचन्द्र कायस्थले ‘चाणक्य सार’ जस्ता ग्रन्थ सारेको वा लेखेका छन्। राजा आनन्द देवका पालामा भक्तपुरका गोपति कायस्थ मिथिला गएर रामायणको किस्किन्धा पर्व सारेर ल्याएको उदाहरण पनि छ।, ‘मल्लराजा जितामित्रको समयमा भाजुराम कसजू काजी खलकमा पुगेका थिए र चौतारियासमेत भए। राजा जितामित्रको सहयोगमा उनी भक्तपुरका निकै शक्तिशाली मान्छे बने। उनले भक्तपुरमा अनेकौं सुधारका काम गरेका छन्,’ वीरेन्द्रले मसँग भने, ‘भार्वाचो ढोका र नः पुखु ढोकादेखि दत्तात्रयसम्म ढुंगा छापेर उनले पक्की सडक निर्माण गराएका थिए। सिँचाइ सुविधाका लागि कुलोको व्यवस्था, खानेपानीका लागि टोलटोलमा ढुंगेधारा निर्माण, राजा जगज्योर्ति मल्लले बनाएको सिद्धपोखरी मर्मत लगायत उनले गरेका मुख्य काम हुन्।’, विक्रम सम्बत् १७३५ मा खौमा टोलको देवलको अभिलेखमा पनि ‘सुमति जितामित्र मल्ल धैर्यशाली ठूला राजा हुन् भने बुद्धिमान असल मन्त्री भाजुराम हुन्’ भनेर लेखिएको पाइन्छ। त्यही अभिलेखका आधारमा वीरेन्द्र कायस्थ यी राजा र मन्त्रीलाई भारतका अकबर र वीरबलसँग तुलना गर्छन्।, उनका अनुसार भक्तपुरमा भएका कसजू, फैजू र सांयजू (सैंजू) समुदाय कायस्थअन्तर्गत पर्छन्, जो राजा हरसिंहदेवको सिमरौनगढ राज्य तहसनहस भएपछि राजखलकसँगै नेपाल उपत्यका आएका थिए। उनले कायस्थहरू कसरी सांयजू भए भन्ने उदाहरण पनि दिए।, ‘मल्लकालमा भोट (तिब्बत) युद्ध भएको थियो। भोटलाई हामी सांय देश भन्छौं। कायस्थहरूले भोट युद्धमा विजय हासिल गरेछन्। भोटलाई हराएको भनेर उनीहरूलाई सांय उपाधि दिइएको रहेछ,’ उनले भने, ‘राजाले दिएको उपाधि नै उनीहरूले आफ्नो थरमा राखेका हुन्। त्यसरी नै अन्य थरहरू पनि बनेका होलान्।’, आफूहरू सिमरौनगढबाटै आएको हो भन्ने संकेत विजया दशमीको साँझ ‘पायो न्हयाकेगु’ जात्रामा हुने संवादमा पाइने वीरेन्द्र बताउँछन्।, ‘मल्लकालीन समयसम्म सिमरौनगढका मान्छे दसैंमा आफ्नो कुलदेवी तुलजा भवानी दर्शन गर्न भक्तपुर आउँथे। त्यस बेला भक्तपुरका मान्छेले सिमरौनगढका मान्छेको हालखबर कस्तो छ भनेर सोध्दा रहेछन्। अहिले सिमरौनगढबाट त्यसरी आउने क्रम बन्द भइसक्यो, तर त्यो संवाद नेपाल भाषामा अझै जीवित छ,’ वीरेन्द्रले भने, ‘अहिले पनि पायो न्हयाकेगु जात्रा बेला भक्तपुरमा सिमरौनगढका मान्छेको हालखबर कस्तो छ भनेर नेपाल भाषामा कुराकानी गरिन्छ।’, यति हुँदाहुँदै काठमाडौं उपत्यकाका कायस्थ र मधेसका कायस्थमा फरक रहेको पनि उनले बताए। मधेसका कायस्थले आफ्नो जाति लेख्दा कायस्थ नभई कर्ण, मल्लिक, श्रीवास्तव आदि लेख्ने गर्छन्।, वीरेन्द्र कायस्थ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, वीरेन्द्रले यति जानकारी दिइसकेपछि बल्ल मैले विराटनगरबाट अमरकुमार मल्लिकले पठाएको चिठीको आसय बुझेँ। उनी आफैं पनि त्यही समुदायका रहेछन्। यसबारे थाहा पाउनेबित्तिकै मैले मल्लिकलाई फोन गरेँ।, उनले मलाई आफू कायस्थअन्तर्गत नै पर्ने बताए र यो पनि भने, ‘जसरी कायस्थहरू भक्तपुर आएर कसजू, फैजू र सांयजू भएका छन्, त्यसरी नै अन्य जातजाति पनि काठमाडौंको थरमा परिणत भएर नेवार भएका छन्।’, उनले केही उदाहरण दिए, ‘हाडाहरू बिजुक्छें भए, राठौरहरू ग्वंग भए।’, इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले आफ्नो किताब ‘मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)’ मा यसबारे विस्तृत चर्चा गरेका छन्।, ‘सिमरौनगढको पतनपछि राजा हरसिंहदेवका साथ भक्तपुर आएका छ थर राजपुत, क्षत्रीय र ब्राह्मण (छ थरे शैवमार्गी नेवारहरू) हुन्। तिनीहरू टोनेल जान्छें (धोंजू, वजिमय, बाटाजू), मोनेल (मूलः), राणा (सत्ता), राईठौर (राठौर–गोंगल), हाडा (बिजुक्षें), कचुआ (गाहीठीका जोशीहरू) हुन्,’ उनी लेख्छन्।, संस्कृति अध्येता डेनियल राइटको वंशावलीमा भने सिमरौनगढको राजखलक नेपाल उपत्यका आउँदा उनीहरूसँगै सात थरका मानिस पनि आएका थिए भनेर उल्लेख छ। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मान्छे पर्छन्।, हामीले राइट वंशावलीमा भएका सात थरमध्ये वैद्य र रजक समुदायबारे अगाडिका अध्यायमा चर्चा गरिसकेका छौं। कायस्थ समुदायबारे पनि थाहा पाएपछि मलाई नेपाल उपत्यका आएर थर परिवर्तन गरेका अन्य जातजातिबारे जान्न मन लाग्यो। त्यही क्रममा मैले शिवराज श्रेष्ठ ‘मल्ल’ लाई भेटेँ र काठमाडौं उपत्यकाका नेवारहरू कसरी बने भन्ने जिज्ञासा राखेँ।, उनका अनुसार काठमाडौंलाई विशेषगरी नेवार समुदायको मूल थलो मानिन्छ। यी नेवार को होलान् र यो जाति कसरी बन्यो होला भन्नेमा विभिन्न व्यक्तिको विभिन्न मत छ।, एकथरी अनुसन्धाताहरू भन्छन्– नेवारहरू भारतको मद्रास नजिकैको नयार वा नायर देशबाट आई नेपालमा बसोबास गरेका हुन्। त्यही नयार वा नायर शब्द अपभ्रंश भई नेवार भएको हो।, इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले यसबारे एउटा भनाइ सुनेका थिए, ‘चन्द्रभागा नदी किनारको बाह्रमल्लारका अम्बल (क्षेत्र) मा नयाँ देश छ। त्यही नयाँ देशबाट नेवारहरू आएका हुन्।’, उनले भाषा वंशावलीमा पनि उक्त कुरा उल्लेख भएको सुनेका थिए। तर फेला पार्न सकेनन्।, ‘यस्ता केही वंशावली लुकाइएको कुरा स्वयं इतिहासकार धनवज्र बज्राचार्यले गर्नुहुन्थ्यो। त्यो सत्य उजागर गर्ने प्रयास कुनै पनि इतिहासकारले गरेनन्,’ शिवराजले मसँग भने।, शिवराजले जहिलेदेखि यो थाहा पाए, उनी वंशावलीमा उल्लेख भएका ठाउँहरू खोज्न थाले। जति नै खोज्दा पनि उनले चन्द्रभागा नदी कहाँ पर्छ भनेर फेला पार्न सकेनन्।, त्यसैबीच उनी चितवनमा रहेको आफ्नो रिसोर्टको काममा व्यस्त हुन थाले। रिसोर्टमा भारतबाट थुप्रै पर्यटक आउँथे। एकदिन बम्बईबाट आएका एक जना सरकारी अधिकारीसँग उनको भेट भयो। कुराकानी गर्दै जाँदा शिवराजले आफूले पूरा गर्न नसकेको अनुसन्धानबारे बताए, ‘जति खोज्दा पनि मैले त्यो चन्द्रभागा नदी कहाँ छ भनेर पत्ता लगाउन सकिनँ।’, ती अधिकारीले उनको समस्या हल गरिदिँदै भने, ‘हिमाञ्चल प्रदेशमा चन्द्र र भागा भन्ने दुइटा नदी छ। त्यो टाँडी भन्ने ठाउँमा भएको पुलमा पुगेपछि मिसिएर चन्द्रभागा हुन्छ र जम्मू प्रदेशमा पुगेपछि चेनाव हुन्छ। चेनाव नै चन्द्रभागा हो।’, शिवराजले चेनाव नदीको विषयमा भारतका इतिहासकार राधाकुमुद मुखर्जीको किताबमा पढेका थिए। भारतको नक्सामा पनि देखेका थिए। बम्बईका ती सरकारी अधिकारीले चेनाव नै चन्द्रभागा हो भनेपछि शिवराजको जिज्ञासा सुल्झियो। उनी आफ्नो अनुसन्धानमा पुनः केन्द्रित भए।, त्यसपछि उनी एक जना प्राध्यापकको सुझावमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय गए र भारतका पुराना नक्साहरू खोज्न थाले।, पुरानो नक्सा हेर्दै जाँदा उनले चन्द्र र भागा भन्ने दुइटा नदी भेट्टाए। नयाँ नक्सामा त चेनाव नै लेखिएको थियो, पुरानोमा भने चन्द्र र भागा भनेर लेखिएका दुइटा नदी उनले भेटे।, ‘त्यही नक्सामा मैले नयार भन्ने ठाउँ पनि फेला पारेँ। त्यहाँ बाह्रस्यूँ भनिने क्षेत्र र शकहरूको मल्लारी (पुरातात्विक महत्वको) क्षेत्र पनि फेला पारेँ,’ शिवराजले भने, ‘कतिपय अनुसन्धाताले भाषा वंशावलीलाई वाहियात भनेका छन्। त्यो नक्सा देखेपछि मलाई वंशावली वाहियात लागेन। त्यो त अतिरञ्जित पुराणको शैलीमा लेखिएकाले मात्र मान्छेले नपत्याउने भएको रहेछ। तर त्यसमा इतिहासको सत्य लुकेको छ। त्यसलाई हामीले खोज्ने धैर्य भने राख्नुपर्छ।’, त्यही धैर्यका कारण शिवराजको अनुसन्धान केही हदसम्म पूरा भयो।, उनका अनुसार भाषा वंशावली लेख्नेहरूले नयारलाई ‘नायर’ लेखे जसले गल्त सन्देश दिएको छ। नायर भारतको मद्रास (मालाबार) मा पर्छ तर नेवारहरू मद्रासबाट नभई गढवाल र हिमाञ्चल प्रदेश वरिपरि पर्ने ‘नयार देश’ बाट आएका हुन्। यसको प्रमाण के हो भने चन्द्रभागा नदी, बाह्रमल्लार लगायत ठाउँ मद्रासमा भेटिन्न। यो गढवाल र हिमाञ्चल प्रदेश वरिपरिको नयारमा भेटिन्छ। , एघारौं शताब्दीमा मिथिलाको राजधानी सिमरौनगढ बनाउने नान्यदेव त्यही नयार देशबाट आएको उनी बताउँछन्।, सिमरौनगढ त कर्नाटकबाट आएकाहरूले बनाएका होइनन् र?, मेरो यो प्रश्नमा शिवराजले भने, ‘नान्यदेवका पुर्खा सम्भवतः महाभारत युद्धपछि अयोध्याबाट दक्षिणी राजस्थान र उत्तरपूर्वी महाराष्ट्र हुँदै दक्षिण पश्चिममा पर्ने कोकण देशमा बसेको देखिन्छ। बम्बईबाट दक्षिणमा पर्ने कोकण भन्ने ठाउँलाई नै अहिले कर्नाटक भनिन्छ। त्यहाँ सूर्यवंशीहरू छन्। कतिले आफूलाई रघुवंशी अर्थात् रामकै सन्तान पनि भन्छन्। त्यही ठाउँबाट उनीहरू हिमाञ्चलमा रहेको नयाँ देश पुगे, जसलाई नयार भनिन्छ।’, उनले अगाडि भने, ‘भाषा वंशावलीमा के छ भने नान्यदेव २०–२१ वर्ष उमेरमा दिल्लीका राजाकहाँ काम गर्न बसे। दिल्ली त्यति बेलाको इन्द्रप्रस्थ हो। नयारबाट दिल्ली करिब दुई–तीन सय किलोमिटर टाढा पर्छ। उनी त्यहाँ पुगेको कुरा कसरी सम्भव छ भने त्यति बेला घोडामा त्यतिको दुरी पार गर्नु सामान्य कुरा थियो। म आफैं पनि नयार नजिकैको हरिद्वार जाँदा दिल्लीबाट तीन–चार घन्टा मात्र लागेको थियो।’, नान्यदेव दिल्लीमा काम गरिरहेकै बेला उनका आमाबुवा र श्रीमतीको मृत्यु भयो। उनी निराश भएर अयोध्या गए। त्यही क्रममा उनले कुलदेवी तुलजा भवानी अनि गाडेर राखेको धन भेटेको भनिन्छ। त्यही धनबाट उनले विशाल गढ भएको राजधानी सिमरौनगढ बनाएको भनाइ छ।, यो राज्य एक जना राक्षसले एकै रातमा बनाएको भन्ने कथा पनि छ।, कथाअनुसार नान्यदेवले गाडेको धन फेला पारे पनि उनलाई विशाल जंगलमा कसरी राज्य बनाउने भन्ने चिन्ता थियो। नान्यदेवलाई चिन्तामा देखेपछि उनकी एक दासीले भनिछन्, ‘चिन्ता नलिनुस् महाराज, तपाईंको समस्याको सामाधान म गर्दिन्छु।’, ती दासीको लंकाका राक्षससँग सम्बन्ध रहेछ। उनले आफ्ना प्रेमी राक्षसलाई उक्त कुरा बताएपछि ती राक्षसले एकै रातमा विशाल किल्ला भएको राज्य बनाइदिने बाचा गर्दै भनेछन्, ‘महाराज तपाईं भरे चाँडै सुत्नू। कोही पनि हल्ला नगर्नुहोला, नत्र मेरो काम बिथोलिन्छ।’, त्यस रात सबै जना चाँडै सुते। कसैले होहल्ला गरेनन्। तर उज्यालो हुन नपाउँदै कुखुरा बासेछ। अनि ती राक्षस काम नसकिँदै छाडेर गएछन्। यसरी बनाउँदा बनाउँदै काम पूरा नभएकाले सहरको नाम नै ‘सिमधःगढ’ राखियो। नेपाल भाषामा ‘सिमधः’ भनेको काम पूरा नभएको हो। पछि यही सिमधःगढ अपभ्रंश हुँदै सिमरौनगढ भएको हो भनिन्छ।, केही इतिहासकार भने सिमलका अग्ला रूखहरूको बीचमा सहर बसेकाले सिमरावनगढ अर्थात् सिमरौनगढ नाम रहेको भन्छन्।, ‘मध्यकालीन इतिहासअनुसार त नान्यदेवको नाम चालुक्य राजाको सेनापतिका रूपमा आएको छ। चालुक्य सम्राट (विक्रमादित्य छैठौं) को महासामन्त (राज्यपाल) का रूपमा नान्यदेवले सन् १०९० तिर उत्तरी विहारको नानपुरमा राजधानी बनाई राज्य सञ्चालन गरेका थिए,’ शिवराजले भने, ‘त्यसपछि चालुक्य सम्राटहरूको उत्तर भारतमा नियन्त्रण छुट्दै गरेको मौकामा नान्यदेवले आफैं राजा हुने प्रयास गरे। उनी सिमराको पूर्वी भागमा पर्ने विकट चारकोसे जंगलमा वनगढ बनाउने प्रयासमा लागेका थिए। चालुक्य सम्राटको डरले यो काम गोप्य र अत्यन्त शीघ्र गर्नुपर्ने बाध्यता थियो। त्यसैले यो राज्य राक्षसलाई एक रातमा बनाउन लगाएको र गाडधन पाएको कथा गुथ्नुपरेको थियो होला।’, इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले सन् २००४ मा प्रकाशित आफ्नो किताब ‘मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)’ किताबमा यस्ता यावत् कथा र इतिहास समेटेका छन्। मैले यो किताबको भाग–१ मार्टिन चौतारीको पुस्तकालयमा फेला पारेकी थिएँ। अन्य भाग भने फेला पार्न नसकेकाले शिवराजलाई अलि अगाडिदेखि नै भेट्न खोजेकी थिएँ। यो संयोग अमरकुमार मल्लिकको चिठीले जुरायो।, शिवराजसँग भेटेपछि मैले के थाहा पाएँ भने उनले किताबको अन्य भाग लेख्ने सोच बनाए पनि निकाल्न सकेका रहेनछन्। उनी अहिले ८५ वर्षका भइसके। शारीरिक अवस्थाका कारण पनि किताब निकाल्न नसकेको उनले बताए। तर, उनले दोस्रो भागको किताब निकाल्न खोजी गरेका केही कथा मलाई सुनाए।, ‘नान्यदेवका दुई छोरा थिए– मल्लदेव र गांगदेव। नान्यदेवले गांगदेवलाई सिमरौनगढको गद्दीमा राखे। मल्लदेवलाई भने मिथिलाको उत्तरपूर्वी क्षेत्रको राजा बनाए। मल्लदेवको राज्य सिन्धुली–दोलखा–पलाञ्चोकसम्म फैलिएको हुनसक्छ,’ उनले भने, ‘सिमरौनगढका अन्तिम राजा हरसिंहदेव दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भाग्दै सहायता माग्न सुरूमा दोलखा गएका थिए भन्ने कुराले पनि यही संकेत गर्छ। कोही आफन्त भएरै उनी त्यहाँ गएका होलान्!’, शिवराजले अगाडि भने, ‘जयस्थिति मल्लको पुर्खाको विषयमा पनि जानकारी लुकाइएको छ। मलाई यिनै विषयसँग जोडिएका ऐतिहासिक तथ्य खोजेर अर्को भाग लेख्न मन थियो। अब त मन भए पनि लेख्न सक्दिनँ। कसैले यस विषयमा अध्ययन–अनुसन्धान गरिदिए हुन्थ्यो भन्ने लाग्छ।’, सिमरौनगढ राज्य चौधौं शताब्दीतिर गयासुद्दिन तुगलकको आक्रमणमा तहसनहस भएपछि हरसिंहदेव भागेर आफ्नो ससुराली पर्ने नेपाल उपत्यका (भक्तपुर) हिँडेका थिए। उनको बाटैमा निधन भयो। त्यसपछि उनकी रानी देवलदेवी आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर नेपाल उपत्यका आइन्। त्यति बेला सिमरौनगढबाट आएका जातजाति धेरैजसो अहिले नेवार भएर बसेका छन्। पछि राजा जयस्थिति मल्लले यिनै विभिन्न जातजातिलाई पेसाअनुसार वर्ण व्यवस्थामा वर्गीकरण गरेका थिए। त्यही बेलादेखि नेवार समुदायभित्र वर्ण व्यवस्था प्रचलित रहँदै आएको छ।, शिवराजले दिएको तर्कअनुसार हामी यी नेवारहरू नयार भन्ने देशबाट आएका हुन् भन्न सक्छौं। तर, के सबै नेवार नयार देशबाटै आएका हुन् त?, होइन।, शिवराज श्रेष्ठ ‘मल्ल’ भन्छन्, ‘नेपाललाई एकीकृत गराउने कुनै समुदाय छ भने त्यो नेवार समुदाय हो। गोपालवंशीहरू आए र नेवारकै ज्यापु समुदायमा मिसिए। किराँतहरू पनि आए र यहीँ मिसिए। लिच्छविहरू वैशालीबाट आएका थिए। ती सबै कहाँ गए त? धेरैजसो यहाँका ज्यापु भएर बसेका छन्। कर्नाटकबाट आएकाहरू पनि यहीँका भएर बसे। मध्ययुगमा आएका खसहरूलाई पनि नेवारहरूले आफूसँगै मिलाएर राखे।’, उनले अगाडि भने, ‘यहाँको नेवार समाज कस्तो रहेछ भने यसले जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गराइदिँदो रहेछ र आफूजस्तै बनाइदिँदो रहेछ।’, त्यही भएर शिवराज नेवारलाई कुनै जाति भन्दा भाषा र संस्कृति मान्छन्। भन्छन्, ‘जसको भाषा र संस्कृति मिल्यो, त्यो नेवार हो। विभिन्न ठाउँका मान्छे यहाँ आएर नेवार भएको भए पनि नेवार काठमाडौं उपत्यकामा आफैं विकसित भएको समुदाय हो। उनीहरूको मूल हाँगा ज्यापुहरू हो।’, ‘नेपालका नेवारहरू पहिचान र पृष्ठभूमि’ किताबका लेखक तुलसी नारायण श्रेष्ठ पनि यो कुरामा सहमत छन्। उनका अनुसार नेपाल भाषा बोल्ने र नेपाल उपत्यकामा विकास भएको संस्कृति र सभ्यतालाई अंगिकार गर्ने सबै नेवारमा रूपान्तरित भएका थिए।, ‘नेपाल उपत्यका एउटा ठूलो तलाउबाट मानव वस्तीको रूपमा परिणत भएको समयदेखि अठारौं शताब्दीको उत्तरार्धमा तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहबाट नेपाल उपत्यकाको विजय गरिएको समयसम्ममा उपत्यका र वरपरका नेपाल भाषा, संस्कृति र सभ्यतालाई अंगिकार गर्ने तत्कालिन निवासीका सन्तानको सामुहिक रूप नै आजको नेवार समुदाय हो भन्दा फरक पर्दैन,’ उनले किताबमा लेखेका छन्।, उनले अगाडि लेखेका छन्, ‘दक्षिण भारतबाट विभिन्न समयमा आएका बृजि, राठौर, चौहान, हाडा, शाक्य, कोली, तिरहुते ब्राह्मण, भट्ट ब्राह्मण, बंगाली ब्राह्मण लगायत यहाँको नेवार समुदायका मिसिएका थिए। खस समुदाय पनि नेपाल उपत्यका प्रवेश गरी नेवारमा रूपान्तरण भएको पाइन्छ।’, तिब्बतबाट नेपाल उपत्यका प्रवेश गरेका केही मंगोल जातिका बौद्ध धर्मालम्बीहरू पनि नेवार समुदायमा रूपान्तरित भएका थिए। त्यस्तै नेपाल भाषालाई आफ्नो मातृभाषाको रूपमा अंगिकार गरेका मुसलमान र क्रिस्चियनहरू पनि नेवार भएका थिए। , ‘इसा पूर्वको एक हजार वर्ष र इसापछिको एक हजार वर्षभित्र पूर्व–पश्चिम, दक्षिण–पश्चिमबाट आएका तिब्बती बर्मेली र आर्य भाषाभाषीको समिश्रणबाट एउटा नयाँ समुदायको जन्म भयो। दोस्रो सह्रशताब्दीको आसपासमा यसको स्पष्ट पहिचान हुन थाल्यो र संस्कृति, सभ्यता, कला, नेपाल सम्बत, नेपाल भाषा, नेपाल लिपि लगायत विकास भयो,’ तुलसी नारायण श्रेष्ठले किताबमा लेखेका छन्, ‘यसरी जन्मिएको समुदायलाई नेपाल शब्दको प्राकृत रूप नेपाल/नेबाल भनियो र पछि नेवार भन्न थालियो। नेपाल मण्डल मूलतः यही समुदायको आदिभूमि हो।’, नेवार समुदायको चर्चा गर्दा हामीले सिमरौनगढबाट आएका कनार्टवंशी कायस्थहरू यहाँ कसजू, फैजू, सांयजू लगायत थरमा परिणत भएको कुरा अगाडि बताइसक्यौं। अब हामी अन्य नेवार थरहरूबारे पनि कुरा गरौं, जो कर्नाटवंशीबाट नेवार थरमा परिणत भएका छन्।, हाडा भन्ने थरबाट सुरू गरौं, जो भक्तपुर आएपछि बिजुक्छें भए।, हाडा कुल देवता घरको प्रवेशद्वारको बायाँतर्फ सम्बत् ८४६ अंकित अभिलेख छ, जसमा चन्द्र हासको नाम छ। हाडा कुलका व्यक्तिहरू उनलाई आफ्नो मूल पुरूष मान्छन्। जनश्रुतिअनुसार हाडा कुलमा मूल पुरूष मानिने तीन दाजुभाइ थिए। तिनमा जेठो चन्द्र हास, माहिलो षसि हास र कान्छो रज हास थिए। , केही समयपछि ती तीन पुरूषका शाखा–सन्तान बढे। यसले व्यावहारिक कठिनाइ भयो र तीन पुरूषका सन्तानलाई तीन शाखामा विभाजन गरियो। तिनीहरू क्रमशः जेठोका थाथु, माहिलोका दथु र कान्छोका कुथु समूह बन्न गए। उक्त विभाजनपछि हाडाहरूको कर्मकाण्डका लागि शाखाहरू छुट्टिए। एक शाखाभित्र १३ दिने दाजुभाइ मात्र परे।, औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा ती शाखाभित्र धेरै नाम–थर हुँदै आए। जस्तो– जेठो चन्द्र हासका सन्तानको शाखालाई ‘इकं कप्पा’ भन्ने सामूहिक नाम दिइयो। ‘इक’ भनेको एक प्रकारको सागको नेवारी नाम हो। यस शाखाका बहुसंख्यक परिवार कृषक भएकाले यो नाम रहेको धारणा छ।, माहिलो षसि हासको खलकलाई लोरा, बिजुक्छें, घ्यूः साहु, न्हुछेू आदि नामबाट पुकार्ने गरिन्छ। प्रायः पेसाका आधारमा यी नाम रहेको देखिन्छ।, कान्छो रज हासको सन्तान खलकलाई ‘खिमुरू’ नामबाट पनि पुकारिन्छ। यो शाखा छोरीबाट फैलिएको विश्वास गरिन्छ र यो समूहले कुल देवताका धेरैजसो पूजामा भाग लिन नपाउने प्रावधान छ।, ‘ती समूहमा आ–आफ्नो रीति र व्यवहार अलग–अलग भए पनि कुलदेवतासम्बन्धी पूजा सबै समूह एक भएर चलाउने गर्छन्। ती तीनै समूहको सामूहिक नाम पनि बिजुक्छें नै हो,’ गंगा कर्माचार्य (हाडा) ले ‘हाडा वंश र कुलदेवता– एक अध्ययन’ भन्ने लेखमा लेखेका छन्।, संस्कृतिविद् ओम धौभडेलका अनुसार हाडाहरूले भारतको राजस्थानदेखि पूर्वी पाकिस्तानमा क्षेत्रीय शासक भई आफ्नो इतिहास बनाएका छन्। नेपालमा हाडाहरूको आगमन पनि राजस्थानबाटै भएको उनी बताउँछन्।, ‘हाडा बिजुक्छेंहरूको आगमन कहिले भयो भन्ने भरपर्दो आधार छैन। तर भक्तपुरमा तुलजा भवानीको आगमनभन्दा धेरै अगाडि हाडाहरूको विलाछें आगम बनिसकेको मानिन्छ। विलाछें आगमलाई तलेजुकी दिदी भन्ने चलनबाट यो स्पष्ट हुन्छ,’ उनले भने।, जसरी हाडाहरू बिजुक्छें भएका छन्, राठौरहरू पनि राजस्थानबाट सिमरौनगढ हुँदै काठमाडौं उपत्यका आएपछि ‘ग्वंग’ भएका छन्।, नेपाल भाषामा ग्वंग भनेको कुखुराको भाले हो। राठौरहरूलाई ग्वंग नाम किन दिइयो भन्ने विषयमा एउटा कथा छ–, सन् १७०२ मा राजा भूपतिन्द्र मल्लले तौमढी टोलमा पाँचतले मन्दिर (ङ्यातापोल) बनाउन लगाएका थिए। जहाँ राजाले मन्दिर बनाउने भनेर सोचेका थिए, त्यो ठाउँमा स्थानीयहरूको जग्गाजमिन थियो। राजाले त्यहाँ मन्दिर बनाउने भएपछि पालिखेलको ठूलो मैदानमा उनीहरूलाई जग्गा व्यवस्था गरिदिए।, तौमढीमा पाँचतले मन्दिर बनाउन चाहिने इँटा मूलढोकामा बस्ने एक जना मानिसले उत्पादन गरेर राजालाई बेच्थे। उनी राजालाई इँटा बेच्न बिहान सबेरै पुग्थे। तीन–चार दिनसम्म राजाले त्यो मान्छे कराउँदै इँटा बेच्न आएको थाहा पाएपछि भनेछन्, ‘कस्तो ग्वंग (कुखुरा) जस्तै एकाबिहानै कराउन आउँदो रहेछ यो मान्छे त!’, त्यसपछि त्यो व्यक्तिको थर नै ग्वंग रहेको भनाइ छ।, पछि उनले इँटा बनाउन माटो निकालेको खाल्डोमा वर्षातको समय पानी जम्मा भयो र पोखरी बन्यो, जसलाई ग्वंग पुखु (पोखरी) भनेर चिनिन्छ। यो पोखरी भक्तपुरको मूलढोकामा छ।, राठौरहरूको वंशावलीअनुसार उनीहरूका पुर्खा हरसिंहदेवसँगै नेपाल आएको शिवराज बताउँछन्।, ‘राजस्थानसँग जोडिएको मध्यप्रदेशको उत्तर–पश्चिमस्थित निमार (निवाड) भन्ने देशसँग नान्यदेव र उनका पुर्खाको घनिष्ठ सम्बन्ध थियो। उनी र उनका पुर्खाको त्यहाँका लडाकू राजपुत, पारमार र विशेषतः हाडा राजपुतहरूका साथै चौहान र राठौर राजपुतहरूसँग विशेष सम्बन्ध थियो होला,’ शिवराजले भने, ‘सिमरौनगढ राज्य खडा गरेपछि आफ्नो मान्छे चाहियो भनेर नान्यदेवले त्यहाँबाट उनीहरूलाई झिकाएको हुनुपर्छ। त्यही मान्छे पछि काठमाडौं उपत्यका आए। मल्लराजाहरूका दरबारमा झा, मिश्र र कायस्थजस्ता मैथिली विद्वान मन्त्रीहरू र हाडा, राठौरजस्ता सेनानायकहरूको महत्वपूर्ण भूमिका थियो।’, काठमाडौं उपत्यकाका नेवारहरूले राँगा खाने परम्परा अनि तुलजा भवानीलाई कुलदेवीका रूपमा पूजा गर्ने परम्परा सुरू हुनुमा पनि सिमरौनगढकै प्रभाव थियो भन्नेमा दुईमत छैन। यो परम्परामा भारतका जुन ठाउँबाट हाडा, राठौर, चौहान लगायतका जातजातिलाई सिमरौनगढ झिकाइयो, तिनै ठाउँको प्रभाव देखिने शिवराज बताउँछन्।, उनका अनुसार भारतको मध्यप्रदेशस्थित खण्ड्वा रेल्वे स्टेसन नजिकै तुलजा भवानीको प्राचीन भव्य मन्दिर छ। शोलापुरमा पनि तुलजा भवानीको प्रख्यात मन्दिर छ। त्यस नजिकै चालुक्य शासकहरूले पहिलो राजधानी बनाएका थिए। चालुक्य शासकहरूकै सेना थिए, नान्यदेव। त्यही प्रभावका कारण तुलजा भवानीले सिमरौनगढ हुँदै नेपालमा समेत ख्याति पाएको शिवराजको भनाइ छ।, त्यस्तै, राजस्थानको भिल्लवाडामा भैरव र चामुण्डा देवीको मन्दिरमा राँगा (भैंसी) को बलि दिने प्रथा छ। बलि दिएको राँगोलाई सानो थुम्कोमा रहेको मन्दिरबाट खसाल्ने चलन छ।, ‘राँगाको बलि दिने प्रथा राजस्थान र त्यस आसपासको क्षेत्रबाहेक अन्त कतै छैन। त्यही ठाउँबाट सिमरौनगढ पुगेका मान्छेहरूकै कारण नेपाल उपत्यकामा राँगा खाने चलन आएको हुनसक्छ,’ शिवराजले भने।, नेवारहरू (विशेषगरी छ थरे) अक्षय तृतीयालाई ठूलो चाडका रूपमा मान्छन्। यो दिनलाई दक्षिणपूर्वी राजस्थानसँग जोडिएको उत्तरी मध्यप्रदेशको बुन्देलखण्डमा पनि ठूलो चाडका रूपमा मनाइन्छ। नेवारी चलनअनुसार त्यस दिन माटाको गाग्रीमा बटुवाहरूका लागि पानी राखिन्छ। जौको सातु र गुड–चिनी–पानीको सरबत बनाएर खाने र बाँड्ने गरिन्छ। यही परम्परा भारतको बुन्देली र हडौती भन्ने ठाउँको चलनसँग मिल्ने शिवराज बताउँछन्।, उनका अनुसार सिमरौनगढका राजा नान्यदेवका पुर्खाको हाडा जातिसँग बिहेवारी चल्थ्यो। भक्तपुरका मल्लराजाहरूको बिहेवारीसमेत हाडाहरूसँग हुन्थ्यो। भक्तपुरका अन्तिम राजा रणजित मल्लकी एक रानी हाडा थरकी भएको उनी अनुमान गर्छन्।, शिवराज आफ्नो नामसँग श्रेष्ठ र मल्ल दुवै थर जोड्छन्। यसको कारण के होला?, उनी कसरी श्रेष्ठ ‘मल्ल’ भए भन्नेबारे बताउनुअघि ‘मल्ल’ थर कसरी आयो, त्यो भन्छु है!, वीरेन्द्र कायस्थका अनुसार ‘मल्ल’ संस्कृत शब्द हो, जसको अर्थ युद्धमा पोख्त व्यक्ति, पहलमान वा कुस्तीबाज भन्ने बुझिन्छ। पौराणिक कालमा पनि मल्लयुद्धको चर्चा पुराणहरूमा पाइन्छ। महाभारतमा भीमसेन, दुर्योधन लगायतलाई मल्लयुद्धमा निपुर्ण भनिएको छ। लिच्छवि कालमा मल्लयुद्ध गर्नेहरूको संगठन नै हुन्थ्यो। दक्षिण भारतमा मल्ल उपाधि पदवीका रूपमा दिने चलन थियो।, ‘नेपालमा राजा अरिदेवले मल्लयुद्ध गरी सर्वसाधारण जनतालाई मनोरञ्जन दिइरहेका बेला दरबारमा उनको छोराको जन्म भयो। त्यस बेला उनले आफ्नो छोरालाई मल्ल उपाधि दिए। त्यही उपाधि नै थरका रूपमा रहन गयो भन्ने वंशावलीहरूमा पाइन्छ,’ वीरेन्द्रले भने।, अब हामी शिवराज श्रेष्ठ ‘मल्ल’ ले किन दुइटा थर आफ्नो नाममा लेखे भन्ने चर्चा गरौं। शिवराज आफ्नो पुर्खा भक्तपुरका राजा रणजित मल्ल भएको बताउँछन्।, इतिहासकार शिवराज श्रेष्ठ 'मल्ल'। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, रणजित मल्लका मठ्या (ल्याइने) रानीका सात छोरामध्ये अवधूतसिंह ठाइँला छोरा थिए। पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा रणजितका ठाइँला छोरा अवधूतसिंह र काहिँला छोरा अच्युत (अजित) सिंहबाहेक सबै शाहको पक्षमा लागे। यी दुई छोराले बुवा रणजितलाई सल्लाह पनि दिएका थिए, ‘काठमाडौं र पाटनका राजाहरूसँग मिलेर गोर्खालीहरूलाई हराउन सकिन्छ।’, तर, आफ्नो मितछोरा पनि रहेका पृथ्वीनारायण शाहले धोका देलान् भन्ने रणजितलाई लागेन। त्यही भएर छोराहरूको प्रस्ताव उनले स्विकारेनन्। त्यसैको परिणामस्वरुप १८२६ सालको भक्तपुर युद्धमा काठमाडौं, पाटन र भक्तपुरका तीनै राजाले आत्मसमर्पण गर्नुपर्‍यो।, पृथ्वीनारायण शाहले भक्तपुर जितेपछि उनका छोराहरूलाई त्यो राज्य सुम्पने र राजा बनाइदिने बाचा गरेका थिए। तर राज्य जितेपछि पृथ्वीनारायणले उनीहरूलाई कैद गरे र भने, ‘आफ्नै बुवालाई त धोका दिने तिमीहरूले मलाई छाड्छौ होला!’, त्यसपछि उनीहरूको नाक–कान काटेर सर्वस्व हरण गरिएको भनिन्छ। राजा रणजित मल्ल भने आफ्नी कान्छी रानी र अवधूतसिंहलाई लिएर काशी गए।, पृथ्वीनारायण शाहले भक्तपुर कब्जामा लिएपछि अवधूतसिंहले लुकिछिपी हमला गर्ने प्रयास गरेको देखिन्छ। उनी पृथ्वीनारायणका सबभन्दा ठूलो दुश्मन बनेका थिए। त्यही भएर उनी र उनका सन्तानलाई जहाँ देख्यो त्यहीँ मार्ने उर्दी थियो।, उनी र उनका सन्तान लुक्दै–भाग्दै बस्न थाले। हाल अवधूतसिंहका सन्तान पाल्पा, बुटवल र डोटीसम्म फैलिएका छन्। शिवराज श्रेष्ठ ‘मल्ल’ को पुख्यौली घर पनि डोटी हो।, ‘हामी अवधूतसिंहकै सन्तानमध्येका एक पुस्ता हौं। पृथ्वीनारायणले अवधूतसिंहका सन्तानलाई मार्ने उर्दी दिएकाले हाम्रो पुर्खा धेरैजसोले थर परिवर्तन गरेका रहेछन्,’ उनले भने, ‘हाम्रो कुलदेवता तलेजु नै हो। हाम्रो गोत्र पनि मानव हो, जुन मल्लराजाहरूको पनि गोत्र थियो। त्यही नै हामी मल्लराजाका सन्तान हौं भन्ने प्रमाण हो।’, गोर्खाली आक्रमणपछि नै शाहहरूको डरले धेरै नेवारहरू लुकिछिपी काठमाडौं उपत्यकाबाहिर बस्न गएको देखिन्छ। पछि रणबहादुर शाहले पनि बिफर रोग फैलिएका बेला साना केटाकेटीसहित यहाँका नेवार परिवारलाई बाहिर खेदेका थिए। त्यस क्रममा थुप्रै नेवार काठमाडौं उपत्यकाबाट विस्थापित भए।, त्यति बेला नेपालबाट सिक्किम पुगेका धेरै नेवार आफ्नो थर प्रधान लेख्छन्। उनीहरू पहिलोपटक सिक्किम पुगेका भक्तपुरका लक्ष्मीदास कसजूका सन्तान हुन्। एकपटक नेपाल सरकारले सिक्किमका नेवारलाई फिर्ता ल्याउन खोजेको रहेछ। तर, त्यहीँको रहनसहनमा भिजिसकेका नेवारलाई लक्ष्मीदासका सन्तानले सिकाएछन्, ‘नेवार खोज्दै आए हामी त प्रधान हौं, नेवार होइनौं भन्नू है।’, त्यही समयदेखि सिक्किमका सबै नेवारले ‘प्रधान’ थर लेख्न थालेको भनाइ छ।, यसबाट के थाहा पाउन सकिन्छ भने मधेसका मान्छे यहाँ आएर नेवार थरमा परिणत हुनु र यहाँका नेवारले अन्य थर लेख्नु कुनै नौलो कुरा होइन। इतिहासकार शिवराजले भनैझैं कुनै पनि जाति हुनु भनेको भाषा र संस्कृतिको सम्मीश्रण न हो।, ..., ‘मिथिलाक कथासभ’ श्रृंखलाका स्टोरीहरू पढेपछि नै एकदिन मलाई थिमीका संस्कृतिविद् गणेशराम लाछीले फोन गरेर भनेका थिए, ‘हाम्रो प्रजापतिहरूको पनि सिमरौनगढसँग कुनै सम्बन्ध छ कि भनेर खोजिदिनुस् न।’, उनले मलाई एउटा कथा पनि सुनाएका थिए–, सिमरौनगढबाट नेपाल उपत्यका (भक्तपुर) आउँदै गर्दा उनीहरू जंगलमा हराएछन्। जंगलै जंगल हिँड्दै गर्दा उनीहरू बेलुका फेरि जहाँबाट हिँडेको त्यहीँ पुगेछन्। तीन-चारपटकसम्म बाटो भुलेपछि उनीहरूले परमेश्वरलाई सम्झिएछन् र ‘बाटो पहिल्याइदेऊ’ भनेर पूजा गरेछन्। पूजा गरेपछि उनीहरूले बाटो भेटेछन् र भक्तपुर आएछन्।, त्यही समयदेखि केही प्रजापति थर भएकाहरूले ‘लँ पूजा’ भनेर हरेक वर्ष बाटोको पूजा गर्ने गरेको उनी बताउँछन्।, ‘देवाली पूजा गर्नुअघि उनीहरू लँ पूजा गर्छन् र भोलिपल्ट देवाली पूजा गर्छन्। त्यसरी लँ पूजा गर्ने प्रजापतिहरू सिमरौनगढबाट बाटो पहिल्याउँदै आएका हुन् भनिन्छ,’ लाछीले भने।, इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ भारतमा थुप्रै प्रजापति समुदाय रहेको र उनीहरू पनि माटोकै काम गर्ने भएकाले सिमरौनगढबाट आएका थुप्रै मान्छेमा उनीहरू पनि हुनसक्ने बताउँछन्।, ..., यो ‘मिथिलाक कथासभ’ को पहिलो शृंखलाको अन्तिम अध्याय हो।, योसमेत गरी मिथिला कथा शृंखलाका सत्रवटा कथा पढेर तपाईंहरूले थाहा पाउनुभयो होला, मिथिलाबारे जान्ने पहिलो ठाउँ मिथिला नै हो। त्यसका लागि तपाईं प्राचीन मिथिला क्षेत्र पुग्नुपर्छ, जुन पूर्वमा कौशिकी (कोसी) नदीदेखि पश्चिममा गण्डकी र दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालयसम्म फैलिएको थियो।, मिथिलाबारे जान्ने दोस्रो ठाउँ चाहिँ काठमाडौं उपत्यका हो।, हामी मिथिला क्षेत्रका कथा खोज्न बारा जिल्लामा पर्ने सिमरौनगढ र धनुषा जिल्लामा पर्ने जनकपुरका विभिन्न ठाउँ पुगेका थियौं। धेरैजसो कथाको सम्बन्ध कुनै न कुनै रूपमा काठमाडौंसँग ठोक्किएको थियो, जसले काठमाडौं र मिथिलाको गहिरो सम्बन्ध छर्लंग पार्छ।, हामीले यो श्रृंखलामा मिथिला अनि त्यहाँको समाज र संस्कृतिबारे चर्चा गर्दा धेरै इतिहासकारले कर्नाटवंश र सिमरौनगढलाई बडो रोचकतापूर्वक चासो देखाएको पायौं। काठमाडौंमा भेटिने थुप्रै नेवार समुदाय र यहाँका केही मल्लराजासमेतले आफूलाई कर्नाटवंशसँग जोड्दा गर्व महशुस गरेको पनि भेट्यौं। यसको कारण कर्नाटवंश एकदम प्रभावशाली र सम्पन्न राज्य हुनुले हो।, शिवराज श्रेष्ठ ‘मल्ल’ भन्छन्, ‘यदि हामीले मिथिला क्षेत्रबारे जान्ने हो भने मिथिलाका कर्नाटवंशी र नेपाल मण्डलसँग उनीहरूको सम्बन्धबारे बुझ्नुपर्छ। झन् सिमरौनगढ र कर्नाटवंशीहरूको उद्गम स्थलमा पुग्ने हो भने मिथिलासँग जोडिएका अनेकन रोचक तथ्य भेट्न सक्छौं होला।’, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर, अध्याय ८ - ,जनकपुरका ५२ कुटी र ७२ कुण्ड, अध्याय ९ - ,'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ', अध्याय १० - ,भाषाको हेराफेरी!, अध्याय ११ - ,मन नपरे बेहुला छाड्न सक्ने मिथिलाको परम्परा, अध्याय १२ - ,सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा, अध्याय १३ - ,जनकपुरका नेवारले सम्हालेको काठमाडौंको चिनो, अध्याय १४ - ,७०० वर्षअघि सिमरौनगढबाट तलेजु भवानी बोकेर काठमाडौं आएका थिए धोबीहरू, अध्याय १५ - ,९० सालको भुइँचालोपछि भग्नावशेषमा भेटिएको मिथिला कला, अध्याय १६- ,मास्टरसेफ सन्तोष साहसँग मिथिला खानेकुराबारे कुराकानी (भिडिओ), को हुन् नेवार? को-को मिसिएर बन्यो यो जाति?
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमण आज ह्वात्तै बढेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ। यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो। , संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताए।, ‘भारतमा संक्रमण बढिरहेको छ। ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको हो’, उनले भने, ‘हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौं।’, उनका अनुसार अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन्।, उनले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे। भारतको उत्तरप्रदेश संक्रमण बढिरहेको छ।, मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ। रासस, ह्वात्तै बढ्यो कोरोना, आज एकैदिन ६९ जनामा संक्रमण
सेतोपाटी संवाददाता नेपाल प्रहरीले कोशी प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदूरपश्चिम प्रदेशमा एसएसपी भरत बोहराको सरूवा गरेको छ।, सोमबार दुई जनालाई निमित्त प्रमुखको रूपमा काज खटाइएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले जानकारी दिए। , बास्‍तोला त्यही प्रदेशको तालिम केन्द्रमा कार्यरत थिए। यस्तै बोहरा भने प्रधान कार्यालय महानिरीक्षकको कार्यालयमा कार्यरत थिए।,  ,  , कोशी प्रदेश प्रहरी प्रमुखमा बास्तोला र सुदूरपश्चिममा बोहरा
रासस पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। , थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो। एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ।, लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए।, स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामी आउने गर्दछन्। , दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अतिआवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको उनले बताए।, स्वास्थ्य केन्द्रका डा. विजय शर्माले भने, ‘एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको छ।’ , उनका अनुसार स्पेपलाइजर ५० केभीएको मेसिन मालिका गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ। एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधरसमेत केन्द्रमा कार्यरत छन्। , लायन्स क्लबले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो। , लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितिमा ती मेसिन हस्तान्तरण गरिएको जनाइएको छ।, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि एक्सरे मेसिन प्रयोगविहीन
रासस अक्षते पहिलेको गाउँ, अहिलेको बजार। वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । , राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ। त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ।, विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन। पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ। , कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन्। अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ।, गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताए। उनले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाए। , साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ।, उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउँछन्। ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनको भनाइ छ। , अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउँछन्। खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उनी सुनाउँछन्।, ‘अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन– तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पर्थ्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन,’ मल्लले भने। , ‘अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ,’ उनले थपे। , स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताए। , पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ। , सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताए। , उनले भने, ‘अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ।’, काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताए। , घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताए। , पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाए।, ‘गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ,’ उनले भने, ‘अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन्।’, अक्षते: पहिलेको गाउँ, अहिलेको बजार
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ६ बजे सार्वजनिक गरेकाे विवरण अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागकाे मौसम सफा छ। , दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , विभागले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। ,  यस्तो छ आगामी तीन दिनको मौसम, चैत १४ गते , दिउँसोː, देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, रातीː ,कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोसी र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, चैत १५ गते, दिउँसोː,  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, रातीː ,कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, चैत १६ गते, दिउँसोː,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशहरु  तथा कोसी र बागमती प्रदेश देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, रातीː, देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोसी र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।,  , कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना
सेतोपाटी संवाददाता नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी यौन व्यवसायमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले तीन जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्ण पंगेनीले जानकारी दिए।, मकवानपुर भिमफेदी-९ की २० वर्षीय सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी-२का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुस्मा मगराती पक्राउ परेका हुन्। मानव बेचबिखन गर्ने गिरोह नै भए पनि प्रहरीले यसमा संलग्न तीन जनालाई मात्रै पक्राउ गरेको हो। अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ।, एसपी पंगेनीका अनुसार उनीहरूले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे लगायत मनोरञ्जन क्षेत्रमा कार्यरत युवती तथा महिलाहरूलाई निशाना बनाउँथे। विभिन्न माध्ययमबाट सम्पर्क गरी उनीहरूसँग कुराकानी गर्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ।, उनीहरूले भारतको दिल्लीका होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनेर फकाएको पाइएको हो। त्यसरी फकाएर दिल्ली पुर्‍याई जबर्जस्ती यौन व्यवसायमा लगाएको भन्‍ने गोप्य सूचना ब्युरोले पाएको थियो।, त्यसपछि भारतस्थित नेपाली दूतावास र सामाजिक संस्था कीन इन्डियासँग सहकार्य गरी ९ जना पीडितको उद्धार गरेको एसपी पंगेनीले बताए। उनीहरूलाई चैत ७ गते काठमाडौं ल्याइएको हो। अहिले उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।, प्रहरीका अनुसार उनीहरूले युवतीहरूलाई दिल्ली पुर्‍याउन काठमाडौंबाट नेपालगन्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाउँथे। गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडितलाई दिल्ली पुर्‍याएका थिए। केही पीडितलाई भने गाडीमा समेत लगिएको अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताए। त्यसबीच औषधि मिसाएको प्याकिङ खाना तथा जुस दिएर बेहोस बनाई सीमा कटाएको पनि उनले बताए। , ‘दिल्ली पुगेपछि उनीहरूले मोबाइल र भारतीय नम्बर पनि उपलब्ध गराएको पायौं। पीडितको फेसबुक आइडीहरू खोलिदिने र गिरोहकै व्यक्तिहरूले पासवर्ड लिएर अनलाइन निगरानी पनि गरेको पायौं,’ उनले भने।, यस्तै उनीहरूलाई दिल्ली किशनगणस्थित पन्जाबीढावा भन्ने स्थानमा भाडामा राखिएको थियो। जुन फ्ल्याट पनि सिसिटिभीको निगरानीमा राखिएको थियो।, ‘ग्राहकलाई ह्वाट्सएपबाट युवतीहरूको फोटो पठाउने र उताबाट छानेपछि ती व्यक्तिले नै भनेको होटल, घरहरूमा पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘चिनजानकै विश्वासिला ट्याक्सी ड्राइभरमार्फत ग्राहकले भनेको ठाउँमा पुर्‍याउँथे।’, यस्तै एक जना युवतीले एक महिनामा कम्तीमा पनि १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै दबाब दिने गरेको पनि पीडितहरूले प्रहरीलाई बताएका छन्। गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य सहरहरूमा समेत पठाउने गर्थे।, ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार सेन्जीले मात्रै ८ जनालाई बेचबिखन गरी यौन व्यवसायमा लगाएको खुलेको छ। प्रत्येक व्यक्तिबाट उनले ५० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।, यद्यपि उनले भने ८ जनालाई पठाएबापत तीनपटक गरी ६० हजार लिएको प्रहरीसँग दाबी गरेकी छन्।, ‘सेन्जीले विभिन्न क्लब, होटलहरूमा गएर युवतीहरूलाई लोभ्याउने, फकाउने गर्थिन्। उनले मात्रै ८ जनालाई पठाएकी छन्। तीनपटक गरी ६० हजार कमिसन पाएको भनेकी छन्,’ एसएसपी श्रेष्ठले भने, ‘तर हाम्रो सूचनाअनुसार उनले एक जना बराबर ५० हजार लिन्छिन् भनिएको छ। तर उनले त्यो कुरा स्वीकार गरेकी छैनन्।’, श्रीमान-श्रीमती भुवन र सुस्माको भने दुई/तीन जनालाई बेचबिखन गर्नमा भूमिका देखिएको छ। उनीहरूले पनि सेन्जीले जस्तै युवतीहरू खोज्ने गरेको देखिन्छ। , भुवनले युवतीहरूलाई प्रलोभनमा पारेपछि बसपार्कसम्म पुर्‍याउँथे। पीडितलाई आफ्नी श्रीमती सुस्मासँगै दिल्ली पठाउँथे।, ‘सुस्मा आफैं पनि दिल्ली पुगेकी छन्। फेरि उनी दुई महिने बच्चाकी आमा पनि हुन्। उनलाई पनि भारतबाटै उद्धार गरी ल्याएका हौं,’ उनले भने।, सुस्मा पनि भारतमै पीडितहरूसँग फेला परेकी थिइन्। तर उनको पनि मानव बेचबिखन गर्नेमा भूमिका थियो/थिएन भन्ने खुलेको थिएन। पीडितको उद्धार गर्ने बेलामा प्रहरीले उनलाई पनि सँगै ल्याएको थियो।, ‘त्यस्तै ठाउँमा सुस्मालाई भेटाएर हामीले उद्धार भनेर ल्याएका थियौं। बच्चा पनि उनीसँगै थियो। यहाँ ल्याएर पनि सोधपुछ गर्ने क्रममा उनले नै तीन जनालाई त्यहाँ पठाएको खुल्यो,’ एसएसपी श्रेष्ठले भने, ‘त्यसपछि उनी र उनका श्रीमानलाई पनि पक्राउ गरेका हौं।’, दुई महिनाको बच्चा भएकी श्रीमतीलाई किन भारत पठाएको भन्नेबारे श्रीमान भुवनसँग सोधपुछ गर्दा पैसा कमाउन पठाएको भन्दै जवाफ फर्काएका छन्। , मानव बेचबिखनमा संलग्नहरू अरूहरू अझै भारतमै रहेको पनि उनले बताए। गिरोहका अन्य व्‍यक्ति र पीडितको पनि खोजी भइरहेको उनले जानकारी दिए।, पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। , उद्धार गरिएका युवतीमध्येकै एक जना बेचबिखनमा संलग्न
रासस यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपको रुख नै ढाकेको छ। यसले किसानमा खुसी ल्याएको छ। , ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ,’ तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुसी बनाएको छ। हेर्दा पनि मनमोहक देखिन्छ।’, आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको  किसान तुलसीपुर–९ निवासी दिवेश केसीले बताए। ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो कि भन्ने चिन्ता छ,’ उनले भने,‘आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ।’, यस बर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। ‘फूल फुल्ने बिरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ,’ उनले भने, ‘यस वर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो।’, असिना, पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्यधिक वृद्धि हुने उनको भनाइ छ।  आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताए। आँप बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।, दाङको पवननगर, मानपुर र बिजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ। अहिले दाङमा स्थानीय बिजु, सुपारी जातका आँप उत्पादन हुने गर्छ। त्यस्तै दसरी, माल्डा, अम्रपाली, नागपुरे, बम्बे जातका आँप उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि आठ हजार मेट्रिक टनको हाराहारीमा आँप उत्पादन हुने गर्छ। , झपक्कै फुल्यो आँप
नवीनबाबु गुरूङ बालुवाटारमा मिटरब्याजी पीडितहरूले धर्ना दिएका छन्।, उनीहरूले आफूहरूका समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनाउन चाहेका छन्।, तर आज बिहान बालुवाटारतर्फ लम्किरहेका उनीहरूलाई प्रहरीले रोकेको छ। उनीहरूले बालुवाटार नजिकै सडकमा प्रदर्शन गरेका थिए भने धर्ना पनि दिए।, उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन्।, मधेशका विभिन्न जिल्लाबाट मिटरब्याजी पीडितहरू हिँडेर काठमाडौंमा 'न्याय' माग्न आएका थिए। , मिटरब्याजी पीडितहरूलाई आज गृहसचिव विनोदप्रकाश सिंह र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटेर कुराकानी गरेका छन्।, साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आज मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।, सोमबार जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याजी पीडितलाई भेटेर समस्या समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।, तस्बिरहरू:, बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना (तस्बिरहरू)
रासस बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट ६ घर–गोठ जलेर नष्ट भएका छन्।   , सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए।, रामप्रित हाजराको  घुरबाट सल्केको  आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको  वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए। , आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन्। बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि  प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।  , बारामा आगलागीबाट ६ घर–गोठ नष्ट
सेतोपाटी संवाददाता आन्दोलनरत मिटरब्याज पीडितलाई गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले भेटेका छन्। , मंगलबार बिहान प्रधानमन्त्री निवासअगाडि धर्ना दिन गएका पीडितहरूसँग बालुवाटार पुगेर सहसचिव शर्माले कुराकानी गरेका हुन्।, शर्मासँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि मिटरब्याज पीडितलाई भेट्न बालुवाटार पुगेका छन्। , सहसचिव शर्माले पीडितको समस्या यथाशिघ्र समाधान गर्ने आश्वासन दिँदै आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन्। , पीडितहरूले प्रधानमन्त्रीसँग भेटेरै आफ्नो कुरा राख्ने अडान राखेपछि सहसचिव शर्माले प्रधानमन्त्रीसँग भेट्ने समय मिलाउने आश्वासन दिए। , मिटरब्याज पीडितहरू ११ दिन हिँडेर आइतबार काठमाडौं आइपुगेका थिए। आइतबार मातातिर्थमा बसेका उनीहरू सोमबार  राति खुलामञ्चमा बस्न खोजेका थिए।, तर, काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि पीडितहरू सडक किनारामै रात बिताएर मंगलबार बिहानै बालुवाटार प्रस्थान गरेका थिए। , सहसचिव शर्मा र प्रमुख जिल्ला अधिकारी उपाध्यायसँगको भेटमा पीडितहरूले खुलामञ्चमा बस्न नदिने महानगरप्रमुख बालेन शाहबारे गुनासो गरेका थिए।   , प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन चाहन्छन् मिटरब्याज पीडित
नवीनबाबु गुरूङ काठमाडौंको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।, रानीपोखरी सर्वसाधारणका लागि खुला गरेपछि हिजोआज मानिसहरूको चहलपहल पनि बढ्न थालेको छ।, गत फागुन २७ गतेदेखि काठमाडौं महानगरपालिकाले बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको हो।  , रानीपोखरी खुलेसँगै स्थानीय बासिन्दा खुसी भएका छन्।, असन, जमल, दरबारमार्ग लगायतका स्थानका स्थानीयहरूलाई मनिङ वाक गर्न पनि सहज स्थान बनेको छ, रानीपोखरी क्षेत्र।   , २०७२ को भूकम्पले क्षति पुगेको रानीपोखरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो। त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरलाई २०७८ पुस ८ गते हस्तान्तरण गरेको थियो।, यसअघि भाइटीका र छठ पर्वमा मात्र खुला गरिँदै आएको रानीपोखरी पहिलो पटक सर्वसाधारणको लागि दिनहुँरूपमा खुला हुन थालेको हो।, रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लाग्ने छैन।, तस्बिरहरू: , अब रानीपोखरी घुम्न पाइने (तस्बिरहरू)
रासस सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ। , ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। , उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए।  , सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए।  , घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ।, घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। , ताप्लेजुङमा भरूवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय पुरूषको मृत्यु
सेतोपाटी संवाददाता बाख्राका पाठाहरूको तौल बढ्ने भन्दै गुल्मीमा महिलामा प्रयोग गरिने गर्भनिरोधक संगिनी सुई लगाउने गरेको पाइएको छ।, गुल्मीको धुर्कोट गाउँपालिकाले सोमबार सूचना नै जारी गरी कतिपय वडामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले नियमविपरीत बाख्राका पाठाहरूलाई महिलालाई लगाउने गर्भनिरोधक तीन महिने सुइ लगाउने गरेको पाइएकोले त्यस्तो कार्य रोक्न सचेत गराएको छ।, ‘धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँ र वडा नं. ७ वाग्लामा केही पाठाहरूमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियमविपरीत संगिनी सुई लगाउने गरेको भन्ने जानकारीमा आएकाले उक्त कार्य यथाशीघ्र बन्द गराउन अनुरोध छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जारी गरेको सूचनामा उल्लेख छ।, बाख्राका पाठामा लगाइएको संगिनी सुइमा हुने हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्न जाने भएकोले यस्तो कार्य यथासिघ्र बन्द गराउन र आगामी दिनमा यस्तो कार्य गर्ने गराउने दुबैलाई कानुन बमोजिम दण्ड सजाय गरिने गाउँपालिकाले जनाएको छ।, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले यस्तो कार्य कसले गरेको र गराएको भन्ने एकिन नभए पनि जनगुनासो आएकोले किसान र पशु प्राविधिक दुबैलाई सचेत बनाउन सूचना जारी गरिएको बताए।, ‘यस्तो कार्य कसले गरेको हो भन्ने अझै पुष्टि भएको छैन, पाठाको तौल बढ्ने भ्रममा परी किसानहरूकै सहमतिमा तीन महिने सुई लगाउने गरेको भन्ने गुनासो आएको छ,’ पन्थीले भने।, पन्थीले यसबारेमा अनुसन्धान भइरहेको र कसले गरेको हो भन्ने पुष्टि भएपछि कारबाही गरिने बताए।, ‘संगिनी सुई लगाएपछि पाठाहरू शान्त स्वभावका हुने र तौल बढ्ने भ्रमका कारण यस्तो कार्य हुने गरेको जनगुनासो आएको छ,’ उनले भने।, ३५ दिने तालिम लिएर ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता बनेकाहरूले बिरामी भएका पशुको सामान्य उपचार गर्न अनुमति पाउँछन्। उनीहरूबाटै यस्तो कार्य भएको हुनसक्ने भएकाले सचेत बन्न आग्रह गरिएको पन्थीले बताए।, मासु बढ्ने भन्दै पाठालाई संगिनी सुई!
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले बिहीबार बिदा दिएको छ। , रामनवमीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए। , त्यसदिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको हो।, गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।, कर्णाली प्रदेशमा बिहीबार बिदा
सेतोपाटी संवाददाता आफ्नै साथीकी आमालाई हैरानी दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ सनलाइट चोक बस्ने ३० वर्षीय रवि थापालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले सेतोपाटीलाई बताए। , थापाले करिब एक/डेढ वर्षदेखि अनलाइन सपिङ गरी छिमेकी एक महिलाको झ्यालमा भित्री वस्त्र टंगाएर मानसिक यातना दिने गरेका थिए। , पटक/पटक हैरानी दिएको सूचना आएपछि अनुसन्धान गर्दै जाँदा थापालाई पक्राउ गरिएको श्रेष्ठले बताए।, श्रेष्ठका अनुसार थापा ती महिलाका छोराका साथी रहेको र अघि-पछि भेट्दा आन्टी भनेर सम्बोधन गर्ने गरे पनि रातिमा उनैले यो सबै हर्कत गरेको खुलेको हो। , आफूले मदिरा सेवनपछि गर्न नहुने हर्कतहरू गरेको कुरा उनले प्रहरीसमक्ष स्वीकार गरेका छन्।, पछिल्लो समय पक्राउ परेका थापाले ती महिलाकी छोरीको फेक फेसबुक आइडी बनाइ त्यसैमार्फत् विभिन्न अस्लिल भिडिओ तथा कुराहरू लेखेर पठाउने गरेको तथ्य पनि पत्ता लागेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। , पीडित महिलाले आइतबार थापाविरूद्ध वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएकी थिइन्। , ‘यो अनौठो प्रकृतिको घटना हो,’ श्रेष्ठले भने, ‘पीडितको आग्रहमा थापाविरूद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ।’, थापालाई एक साता थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भइसकेको प्रहरीले बताएको छ। , ‘आफ्नै छिमेकी र त्यो पनि आफ्नै साथीकी आमालाई यतिसम्म यातना दिनु अनौठो घटना मान्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘त्यही भएर हामीले अरू कोहीमाथि पनि यस्तै समस्या परेको भए खुलेर सार्वजनिक गर्नुपर्छ भनेर आरोपितलाई पक्राउपछि सार्वजनिक गरेका हौं।’,  , साथीकी आमालाई हैरानी दिएको आरोपमा एक युवक पक्राउ
रासस रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। , बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो। , खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो। , श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए। , नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए।, घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको डीएसपी पराजुलीले बताए।  , रामेछापमा खुकुरी प्रहार गरी वृद्धको हत्या
एजेन्सी अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।, शक्तिशाली भूमरीको सबैभन्दा धेरै प्रभाव मिसिसिपी राज्यको रोलिङ फर्कमा परेको छ। झन्डै २ हजार मानिस बस्ने उक्त सहरमा घरहरू भत्किएर माटोमा मिसिएका छन् भने रूखहरू जरैसँगै उखेलिएका छन्। दशकौंदेखि त्यहाँ बस्दै आएका बासिन्दाहरू घरबारविहीन भएका छन्।, मिसिसिपीका गभर्नरले राज्यमा आपतकालको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले भूमरी पीडितलाई संघीय सरकारले चाहिने जति सबै सहयोग गर्ने बताएका छन्।, हेर्नुस् तस्बिरहरू:, भूमरीले तहसनहस पारिदियो अमेरिकाको एउटा सानो सहर, कम्तीमा २६ जनाको मृत्यु (तस्बिहरू)
सेतोपाटी संवाददाता रोल्पामा ८ वर्षीय बालक मृत फेला परेका छन्। , लुङ्ग्री गाउँपालिका-७ घर भई रोल्पा नगरपालिका-४ ठकुरी टोलमा कोठा भाडामा बस्दै आएका ८ वर्षीय विष्णु गिरी कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए। , उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। , स्थानीय होली भिजन बोर्डिङ स्कुलमा कक्षा युकेजीमा अध्यनरत गिरी शनिबार दिउँसो ३ बजे मृत फेला परेका हुन्। , बालकका बुवा–आमा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन्। उनी पढ्न सानी आमासँग बस्दै आएका थिए। , घटनाबारे आमा-बुवालाई खबर गरिएको र उनीहरू आएपछि मात्रै पोष्टमर्टमको प्रक्रिया सुरू हुने प्रहरीले जनाएको छ।, शव जिल्ला अस्पतालमा राखिएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पोष्टमर्टम पछि मात्रै घटनाबारे थप कुराहरू खुल्ने प्रहरीले जानकारी दिएको छ। , रोल्पामा ८ वर्षीय बालक मृत फेला
सेतोपाटी संवाददाता तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ।, पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आइतबार बिहान शव भेटिएको हो। , घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए।, ‘दुई-तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौं,’ उनले भने।, पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटकपटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शंकन आफूलाई भएको उनले बताए। , ‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्यांकी हेरौं न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसंग भयौं,’ उनले भने। , उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताए।, ‘ढकन खोल्दा सुरूमा कपाल जस्तो देख्यौं, पछि कपडा पनि देख्यौं, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौं,’ उनले भने। , उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ। , जिल्‍ला प्रहरी कार्यालयका प्रमुख एसपी अबदेश विष्टले शव निकाल्ने काम भइरहेको बताए। शवको सनाखत पनि भइसकेको छैन।, ‘अहिले शव निकाल्न लागेका छौं। पुरूष/महिला भन्ने पनि खुलेको छैन। सनाखत पनि शव निकालिसकेपछि थाहा होला,’ उनले भने। , तनहुँमा पानी ट्यांकीभित्र भेटियो शव
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले सर्लाहीबाट झन्डै १८९ किलो गाँजा बरामद गरेको छ। , शनिबार राति साढे १० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका-११ गम्हरीयास्थित झिम खोलाबाट १८८.९ किलो गाँजा बरामद भएको हो। , विशेष सूचनाको आधारमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम पाण्डेले जानकारी दिए। , उनका अनुसार उक्त गाँजा झिम खोला अन्ध्रा इलाका हुँदै नेपालबाट भारत लैजाँदै गरेको थियो। गणबाट खटिएको १५ जनाको गस्ती टोलीले देखेपछि उनीहरू गाँजा छाडेर भागेका थिए।, उक्त गाँजा बरामद गरी गणमा राखिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ।,  , सर्लाहीबाट झन्डै १८९ किलो गाँजा बरामद
रासस जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ।,     , यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए। , कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उनले बताए। , उनले भने, ‘यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ, एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकीे  १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ।’,     , केन्द्रका प्रबन्ध निर्देशक झाले दैनिक एक लाख २५ हजार थान पुस्तक छपाइ गरिएको जानकारी दिँदै केन्द्रका कारण पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिकसत्र सुरु हुनुअगावै जिल्ला जिल्लामा पुस्तक पुग्ने बताए। ,     , गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो । गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ।,     , छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताए। उनले उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गर्ने बताए। ‘गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो । कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो । यस वर्ष छपाइमा कुनै समस्या छैन,’ उनले भने। , चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पु¥याउने केन्द्रको दाबी छ । केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउनेक्रम जारी छ ।  लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ।, केन्द्रका प्रबन्ध निर्देशक झाले भने, ‘यस वर्ष सरकारको योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी केन्द्रका नौ शाखा कार्यालयमा पुस्तक पुर्‍याइसकेका छौँ, देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ।’,     , हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पु¥याउन छ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पुर्‍याउने उनको भनाइ छ । झाका अनुसार पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको छ। ,     , पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ । सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ।, ‘चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौं’
सेतोपाटी संवाददाता चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ।, प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन।, चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए।, १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो। नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो।, नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिट तल आएको थियो। नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो।, झन्डै आकाशमा ठोक्किएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज, दुई एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा
दिपकजंग शाही हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका लगायतका विभिन्न ठाउँमा केही घर बने।, तीमध्ये सबैभन्दा धेरै घर गुर्भाकोट नगरपालिकामा बनेका थिए। भेरीगंगा नगरपालिकामा रहेका ३२ परिवार मुक्त हलियाका लागि गुर्भाकोट नगरपालिका–१४ मा जग्गा खरिद गरेर सरकारले ३२ वटा घर बनाएको थियो।, तीमध्ये ३० वटा घर प्रयोगविहीन छन्। दुई वटा घरमा मात्र मुक्त हलिया परिवार बसेका छन्।, जसका लागि सरकारले घर बनायो उनीहरू नै ती घरमा बस्न चाहँदैनन्। उनीहरू साविकमा आफू बसेकै ऐलानी जग्गामा बसेका छन्।, गुर्भाकोट–१४ मा बनेका ती घर निर्माणको काम २०७२ सालमै भएको हो। अझै पनि सबै घर पूर्णरूपमा तयार भएका छैनन्।  कुल ३२ वटा मध्ये १७ वटा तयारी अवस्थामा छन्, १५ वटामा छानो हाल्न बाँकी छ।, मुक्त हलिया परिवारले वास्ता नगरेपछि निर्माणको जिम्मा लिएका व्यक्तिले १५ वटा घर अधुरै छाडेका हुन्।, ‘हामीलाई सरकारले घर बनाइदियो। सुरुमा सबैले बस्छौँ भने तर पछि बस्न आएनन्,’ भेरीगंगाका मुक्त हलिया झुपे कामीले भने, ‘सुरुमा खानेपानी, बिजुली छैन भनेर आउन मानेनन्। वडा कार्यालयबाट पानी र बत्तीको व्यवस्था भयो तर बस्न कोही पनि आएका छैनन्।’, झुपेको परिवार २०७२ सालदेखि सरकारले बनाइदिएको घरमा बसेको छ। झुपेले पानीको धाराको मिटर पनि जडान गरेका छन्। अरू पनि बस्न आउँछन् कि भन्ने आशा भने झन् हराउन थालेको छ।, ‘सरकारले हामीलाई नै घर बनाइदिएको हो। सबै घरमा मान्छे बस्ने हो भने सुविधा पनि बढ्थ्यो होला,’ उनी भन्छन्, ‘पहिले पानी, बिजुली छैन भन्थे। अहिले तरकारी लगाउने बारी छैन, कमाइ खाने वातावरण छैन भन्न थालेका छन्।’, उनकाअनुसार मान्छे बस्न नआएपछि घरभित्रै झाडी भएको छ। घर बनाउनेले बस्ने मान्छे नभएपछि छानो हाल्न बाँकी रहेको भनेका छन्।, झुपेका छिमेकी छन् लोगे कामी। दुबै परिवार एकै समयमा आएका हुन्। अरू सबै घर उजाड छन्।, भेरीगंगाका अर्का मुक्त हलिया तुलवीर कामीले चाहिने जति सुविधा र त्यहाँ बसेर आयआर्जन हुने बाटो भए आफू सरकारले बनाइदिएको घरमा बस्ने बताए।, ‘केही घरको काम पूरा हुन बाँकी छ। सुरुमा पानी, बिजुली नभएकाले हामी गएनौँ,’ उनले भने, ‘सबै घर तयार भएपछि र सबै सुविधा भएपछि त्यहीँ गएर बस्ने भनेका छौँ।’, गुर्भाकोटका घरमा बस्न भनिएका परिवार भेरीगंगा नगरपालिकाबाट हलियाको सूचीमा परेका हुन्। उनीहरू भेरीगंगाकै मैनतडा, लोदे लगायतका ऐलानी जग्गामा बसेका छन्। उनीहरू आफू बसिरहेको ठाउँ छाड्न चाहँदैनन्।, सरकारले बनाइदिएका दुई कोठे घर आफ्नो ठूलो परिवारका लागि उपयुक्त नहुने भएकाले नियमित बस्न नसकिएको गौरी बुढा क्षेत्रीको भनाइ छ।, ‘हाम्रो नौ जनाको परिवार छ। अहिले त छोराहरू विदेशमा छन्,’ उनले भनिन्, ‘सरकारले बनाइदिएको घरमा हामी सबै अटाउँदैनौँ।’, सरकारले २०७२ सालमा ३२ वटा घरका कुल एक करोड ३६ लाख रुपैयाँ खर्च गरेको थियो। एक परिवारका लागि जग्गा र घरमा चार लाख २५ हजार रुपैयाँ खर्च भएको भनिएको छ।, ‘सरकारले आवास बनाउनुपर्ने हलियाका लागि जग्गा किन्न दुई लाख रुपैयाँ दिने व्यवस्था थियो। त्यति रकमले गुर्भाकोटमा घर बनाउन पुग्ने जग्गा पाइएकोले त्यता बनाइएको हो,’ मुक्त हलिया समाज सुर्खेतका अध्यक्ष यामराज मल्लले भने, ‘घर बने पनि अरू सुविधा नभएको भनेर उहाँहरू धेरैले त्यहाँ जान मान्नुभएको छैन।’, त्यतिबेला जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको समितिले प्रमाणित गरेअनुसार सुर्खेतमा कुल ४५६ हलिया परिवार थिए।, भेरीगंगाका ३२ परिवार ऐलानीमा बसेकाले लगत संकलन गर्दा सरकारले आवास बनाइदिनुपर्ने सूचीमा परेको अध्यक्ष मल्लले बताए।, ‘ऐलानीमा बसेको भएर उनीहरूले अहिले पनि त्यहीँको लालपुर्जा कुरिरहेको देखिन्छ, त्यतिबेला लगत संकलन गर्दा ऐलानी भएकाले उनीहरू आफ्नो घरजग्गा नभएको सूचीमा परे,’ उनले भने, ‘अब सरकारले घर बनाउन खर्च गरिसकेको छ। धेरैले जान मान्नु भएको छैन।’, जसका लागि बनाएको हो उनीहरू नै नबस्ने हो भने ती आवास कुनै सरकारी काममा उपयोग गर्नु राम्रो हुने उनको भनाइ छ।, उनकाअनुसार गुर्भाकोट जस्तै अन्यत्र पनि सरकारले बनाइदिएका कतिपय घरमा मुक्त हलियाहरू बस्न नमानेका छैनन्।, २०६५ मा सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेपछि उनीहरूलाई चार प्रकारले वर्गीकरण गरिएको थियो। तीमध्ये घर र जग्गा दुवै नभएर साहुको घरमा बसेकालाई ‘क’ वर्गमा राखेर सरकारले घर बनाइदिने व्यवस्था गरेको थियो।, घरजग्गा भएका तर पुर्जा नभएका मुक्त हलिया परिवारलाई ‘ख’ वर्गमा राखेर बसेकै जग्गाको पुर्जा दिने भनिएको थियो। , सरकारले करोड खर्चेर बनाइदिएका घरमा बस्न गएनन् 'मुक्त हलिया'
सेतोपाटी संवाददाता लोकतन्त्रलाई न्याय चाहियो भन्दै ३१ दिनदेखि माइतीघरमा प्रदर्शत भएको छ। , जय महाकाल युवा समूहका अभियन्ता नन्दराज उपाध्याय नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका हुन्। उनीहरूले रिले अनशन गरिरहेका हुन्। , उनीहरूले चारवटा माग राखेका छन्।, प्राइमरी इलेक्सन (प्राभमिक निर्वाचन), राइट टू रिजेक्ट (नो भोट), राइट टू रिकल र विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकारको माग राखेका हुन्। , ३१ औं दिन देखि माइतीघर मण्डलमा आफूहरूले धर्ना दिइरहेको अभियन्ता उपाध्याय बताउँछन्।, आइतबार नै गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ, निर्वाचन आयोगका प्रतिनिधिले उनीहरूलाई भेटेका हुन्। , ‘गृह र निर्वाचन आयोगबाट प्रतिनिधि आएर भेट्नुभएको छ,’ उनले भने, ‘उपसचिवज्यूसँग प्रधानमन्त्रीसँग भेटवार्ता गर्न पाउनुपर्ने माग राखेका छौं। लिखित सम्झौता गरेर संसदमा विधेयक पेश गर्न माग गरेका छौं।’, उनले थपे, ‘माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ।’, लोकतन्त्रलाई न्याय चाहियो भन्दै माइतीघरमा ३१ दिनदेखि प्रदर्शन