content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ।, बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ। ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए।, ‘मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो। राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौं। उहाँहरू ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन,’ उनले भने,‘आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं। उहाँहरूले हामी संवेदनशील भएका छौं भन्नुभएको छ। हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौं, उहाँहरूले त्यही कुरा राखिराख्नुभयो।’, प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप पनि लगाए।,  , सरकार र मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिको वार्ता भंग
सेतोपाटी संवाददाता मोबाइलमा भिडिओ बनाउने क्रममा एक जना नेपाली युवाको भारतीय राज्य गुजरातमा मृत्यु भएको छ।, टाइम्स अफ इन्डियाका अनुसार, रेलको भिडिओ बनाउन लागेका प्रकाशमंगल बिकको मंगलबार रेलको ठक्करबाट मृत्यु भएको हो।, एक साताअघि कामको खोजीमा गुजरात पुगेका बिकले पहिलो पटक रेल देखेपछि उत्साही हुँदै भिडिओ बनाउन खोजेका थिए।, उनको नेपालको ठेगाना स्पष्ट खुलाइएको छैन।, मोबाइलमा रेलको भिडिओ बनाउन लाग्दा गुजरातमा बिते नेपाली युवा
एजेन्सी भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ।, टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्।, मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र एक अर्का सार्पसुटर रहेका छन्। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।, उनीहरूलाई उत्तर प्रदेशका विधायक उमेश पालको हत्या गरेको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो। उनीहरूको टाउकाको मूल्य ५ लाख भारू तोकिएको थियो। पालको गत फेब्रुअरीमा हत्या भएको थियो। , आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्। , उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आज पाँचौं दिन पनि सिंहदरबारको फाहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। , सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन। , ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।, बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए। , महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए। , ‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौं,’उनले भने।, बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो। , बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो। , यो पनिः, आजदेखि सिंहदरबारको फोहोर उठ्दैन: मेयर बालेन, मेयर बालेनको निर्देशनपछि सिंहदरबारभित्रै रोकियो फोहोर (तस्बिरहरू), उपमेयर र वडाध्यक्षलाई नै थाहा नदिई सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको एकल निर्णय, समन्वय नगर्दा थुप्रिएको समस्याको चाङ सरकारले सिंहदरबारको फोहोरमा देखोस्: मेयर बालेन, १४ वटा उदाहरण दिएर मेयर बालेनले भने- ९ महिना कोसिस गरेँ, संघीय सरकारले समन्वय गर्न चाहेन, मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको जवाफ- बल प्रयोगको अनुरोध गरेर मात्र समन्वय हुँदैन, गृहमन्त्री श्रेष्ठको प्रश्न- काठमाडौं महानगरको प्रमुखले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ?, सिंहदरबारको फोहोर नउठाउन बालेन शाहले उठाएका १४ विषयको शल्यक्रिया, चार दिन बित्यो, सिंहदरबारको फोहोर अझै उठेन
रासस पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ।, पश्चिमी क्षेत्रबाट प्रदुषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन। विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदुषण अत्यधिक  बढेको पाइएको छ। प्रदुषण बिहान र बेलुकी अत्यधिक बढेको छ।, विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र  सावधानी अपनाउन आग्रह गरिएको छ।, अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौंको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर रहेको मौसमविद्हरूले जनाएका छन्। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिमको तह नाघेको छ। शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ  तर  बुटवलमा दुई सय ९२, पाटनमा दुई सय ३२, भक्तपुरमा दुई सय २२, कीर्तिपुरमा  एक सय ९१, मध्यपुर थिमिमा एक सय ८७, रत्नपार्कमा एक सय ८६ र हेटौँडामा  एक सय ७४ छ। वायुको गुणस्तरको मात्रा एक सय ५१ देखि दुई सयसम्म पुगे मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यो मात्रा १०१ देखि एक सय ५० सम्म पुगे ज्येष्ठ नागरिक र बालबालिकालाई खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने बताइएको छ।, यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन उक्त विभागले सबैमा आग्रह पनि गरेको छ।, देशभर १४० स्थानमा डढेलो, काठमाडौंसहित विभिन्न ठाउँमा बढ्यो वायु प्रदुषण
सेतोपाटी संवाददाता बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा धनगढी-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगर पुगे।, उनी मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भनेर आएका थिए। , सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरे गर्न पठाइयो। एक्सरे रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखियो।, ‘बिरामी आज नै पेट दुख्यो भनेर चेकअप गर्न आउनुभएको हो, एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाउनुभयो,’ उनले भने।, मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन जति भयो। मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।, मगरले अस्पताललाई साथीसँगै मदिरा सेवन गरेको र साथीहरूले नै पेटभित्र बोतल छिराइदिएको बताएका छन्।, अहिले मगरलाई सर्जन डाक्टरकहाँ पठाइएको छ।, ‘पेट भित्रको बोतल निकाल्न अपरेसन गर्ने वा उसै निस्किन्छ भन्ने तयारी भइरहेको छ। अपरेसन आजै हुनसक्छ। अपरेसनका लागि अरू पनि मेडिकल जाँच हुन्छ। सबै तयारी पूरा गरेर बोतल निकाल्ने काम हुन्छ,’ सूचना अधिकारी उपाध्ययले भने।, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दका अनुसार अस्पतालले आफन्तहरूको सहमतिमा उनको पेटभित्रको बोतल निकाल्न अपरेसनको तयारी भइरहेको बताए।, उनका अनुसार घटनाबारे सोधपुछ गर्दा बिरामीले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।, ‘बिरामीले कसैले यातना दिएर नभई मेरो आफ्नै गल्ती कमजोरीले यस्तो घटना हुन पुगेको कुरा गर्नुभएको छ,  आफन्तहरू पुगेर उहाँको अपरेसन तयारी भइरहेको,’ डिएसपी चन्दले भने।, बेस्सरी पेट दुख्यो भनेर अस्पताल आएका वृद्धको पेटमा भेटियो रक्सीको बोतल
रासस सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएकोे तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ। , अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि मंगलबार कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। , अदालतले गरेका फैसला र अदालती प्रक्रियाका विषमा आफूहरूले कुनै पनि निर्णय दिन नसक्ने जानकारी गराएको उनले बताए। , पीडितहरूले भने सबै अदालती प्रक्रिया टुङ्ग्याएर मन्त्रिपरिषद्बाट लिखत नै खारेज गर्नुपर्नेलगायत माग राखी आफ्नो जग्गाको पुर्जा नै लिएर जाने अडान राखेका छन्।, नीतिगत कुरामा वार्ता टोलीले सिफारिस गर्न सक्ने र प्रशासनिक समस्या भए गृह मन्त्रालयबाटै सम्बोधन गर्ने कुरामा सहमति भए पनि कानूनी प्रश्नमा गएर वार्ता अड्किएको हो। , यस विषयमा विकल्प के हुनसक्छ र कसरी अघि बढ्ने भन्ने विषयमा पीडितले छलफल गर्ने र सरकारी वार्ता टोलीले पनि आवश्यक छलफल गर्ने गरी आजको वार्ता स्थगित भएको र वार्तालाई निरन्तरता दिने सहमति भएको कोइरालाले राससलाई जानकारी दिए। , पीडितहरूले राखेका विभिन्न छ बुँदे मागमाथि वार्तामा छलफल जारी छ। उनीहरूले मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाको रिहाइ, बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पति छानबिनलगायत माग राखेका छन्। , कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता
रासस गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।, भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।, यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो।, नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।, गोरखा केन्द्रविन्दु भएर भूकम्प
सेतोपाटी संवाददाता नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ। , सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले दुई जना डिआइजीको सरूवा गरेको हो। , प्रहरीको केन्द्रीय प्रवक्ता रहेका डिआइजीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरूवा भएको हो। , यस्तै योजना तथा अन्वेषण निर्देशनालयमा रहेका डिआइजी रामदत्त जोशीको विशेष ब्युरोमा सरूवा भएको हो। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मीरा चौधरी र विशेष ब्युरोमा सुदीप गिरी थिए। दुबै जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएसँगै ती ठाउँ रिक्त थिए। , प्रधान कार्यालय रिक्त रहेका डिआइजीका १३ वटा पदमा पनि केही दिनमै बढुवा गर्ने तयारी गरेको छ। ,  , डिआइजी पोखरेलको ट्राफिक र जोशीको विशेष ब्युरोमा सरूवा
रासस बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, मङ्गलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन्।, घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी छन्। घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए।, सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।, बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता स्रोत नखुलेको २० लाख रूपैयाँ नगद र बिल-बिजक नभएको दुई सय किलो काजुसहित एक व्यक्ति पक्राउ परेका छन्।, मंगलबार दिउँसो पैसा र काजुसहितको ट्रयाक्टरमा आउँदै गरेका अलिम मिया अन्सारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।, सह-प्रवक्ता थापाका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरिया र नम्बर १३ गण पर्साबाट खटिएको संयुक्त टोलीले अन्सारीलाई पक्राउ गरेको हो।, प्रहरीले भिश्वाबाट वीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर विशेष सूचनाका आधारमा जाँच गरेको थियो। उक्त ट्र्याक्टरमा अन्दाजी २ लाख रूपैयाँ बराबरको दुई सय किलो काजु र एक हजार दरका दुई हजार वटा नोट (बीस लाख रूपैयाँ) फेला परेको थियो।, स्रोत नखुलेको रकम र बिल-बिजक नभएको काजु बोकेर हिँडेकाले अन्सारीलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको हो। अन्सारी सोही जिल्लाको धोबिनी गाउँपालिका -५ का बासिन्दा हुन्।, थप अनुसन्धानका लागि अन्सारीलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।, २० लाख रूपैयाँ र दुई सय किलो काजुसहित एक पक्राउ
प्रशन्न पोखरेल सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।, अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान पाउने छैनन्।, यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गर्दथे।, सरकारले फागुन १८ गते निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा कडाइ गरेको हो।, प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयसमेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। पहिलो पटक ल्याइएको यस्तो निर्देशिका गत चैत १९ गतेदेखि लागु भइसकेको छ।, निर्देशिकाअनुसार विदेशमा उच्च शिक्षा पढ्ने प्रयोजनका मात्रै विद्यार्थीले अनुमति पाउनेछन्।, ‘स्नातक र त्यसभन्दा माथिल्लो तह पढ्न विदेश जाने हो भने मात्र एनओसी लेटर दिन मिल्ने गरी निर्देशिका बनेको छ,’ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले भने।, गत वर्ष करिब एक लाख विद्यार्थीले विदेशमा पढ्न जान भन्दै एनओसी लेटर लिएका थिए। १०६ मुलुकका १० हजार ६ सय क्याम्पसमा नेपाली विद्यार्थी पढ्न जाने गरेको तथ्यांक छ।, सहसचिव काप्रीकाअनुसार विदेशमा डिप्लोमा वा कुनै भाषा कोर्स गर्नका लागि मात्रै अबदेखि विद्यार्थी जान पाउँदैनन्। तर उच्च शिक्षा (स्नातक र त्यसमाथि) पढ्न जाने हो भने भाषा पढ्नका लागि पनि विद्यार्थी विदेश जान पाउँछन्।, एनओसी लिन विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइनबाट सेवा दिन लागिएको पनि उनले बताए।, ‘सेवा, प्रवाहलाई प्रभावकारी बनाउन, सूचना तथा प्रविधिमैत्री बनाउन र विद्यार्थी भौतिक रूपमा नै सेवा लिन आउनु नपरोस् भन्नका लागि अनलाइनबाटै सेवा दिने गरी निर्देशिका ल्याइएको हो,’ काप्रीले भने।, यसअघि विद्यार्थीले एनओसी लिन अनलाइनबाट आवेदन दिन र राजश्व तिर्न पाउँथे। विद्यार्थीले पेश गर्ने कागजात रूजु गर्नेदेखि घरमै बसेर अनलाइनबाटै एनओसी प्रिन्ट गर्न सकिने सुविधा दिने गरी निर्देशिका ल्याइएको छ।, यो निर्देशिकाले विद्यार्थीलाई विदेशी मुद्रा सटहीमा समेत कडाइ गर्ने भएको छ।, ‘हामीले एउटा सिष्टम बनाएका छौं। त्यसमा राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका तथ्यांकसमेत लिङ्क गरिसकिएको छ,’ उनले भने, ‘विदेशी मुद्रा सटहीका लागि गएका विद्यार्थीले एनओसी लिने प्रक्रियामा गए वा नगएकोजस्ता विवरण पनि बैंकहरूले सिष्टमबाटै हेर्न सक्छन्।’, विदेश पढ्न जाने विद्यार्थीले भविष्यमा दु:ख नपाऊन् भनेर पनि निर्देशिकाले कडाइ गर्ने व्यवस्था राखेको छ। विद्यार्थी कुनै कन्सल्टेन्सीबाट विदेश जान लागेको हो भने सम्बन्धित कन्सल्टेन्सीले सिफारिसमेत गरिदिनुपर्छ।, ‘हामीले विद्यार्थीलाई नै सहज होस् भनेर निर्देशिकामा यस्तो प्रबन्ध राखेको हो। विदेश गएका विद्यार्थीले दु:ख पाए भने सम्बन्धित कन्सल्टेन्सीले पनि अभिभावकत्व निर्वाह गरोस् भनेर यो प्रबन्ध राखिएको हो,’ सहसचिव काप्रीले भने।, यसअघि वैदेशिक अध्ययनका लागि अनुमति दिनेसम्बन्धी निर्देशिका नै थिएन। छात्रवृत्ति ऐन २०२१ र छात्रवृत्ति नियमावली २०६० अनुसार विद्यार्थीहरू विदेश गइरहेका थिए। गत वर्ष एक लाख विद्यार्थी विदेश गएकोमा ३० प्रतिशत भाषालगायत कोर्स गर्न गएका थिए।, भाषा कोर्स र तालिम तथा डिप्लोमा पढ्न विदेश जान नदिने गरी सरकारले निर्देशिका ल्याएपछि कन्सल्टेन्सीहरूले भने असन्तुष्टि जनाएका छन्।, नेपालको संविधान र शिक्षा ऐनको आठौं संशोधन २०७२ ले माध्यमिक शिक्षा कक्षा १२ सम्मलाई परिभाषित गरेको छ। सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्न विदेशमा जाने अनुमति नदिने गरी निर्देशिका बनाएको हो।, ‘नेपालकै विश्वविद्यालयमा उस्तै कोर्स पढाइ हुन्छ भने विद्यार्थी स्वदेशमै पढुन् भन्ने सरकारको चाहना हो,’ काप्रीले भने, ‘नेपालका विद्यालय र विश्वविद्यालयमा विद्यार्थी घटेका घट्यै छन्।’, विद्यार्थीहरू पढ्नभन्दा पनि रोजगारीका लागि एनओसी लेटर लिएर विदेश जाने गरेको पाइएकोले सरकारले कडाइ गर्न लागेको उनी बताउँछन्।, अब प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने
सेतोपाटी संवाददाता बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। , गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो।, पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको सेतोपाटीलाई बताए।, ‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भयो। मृतकहरू सबै एकै गाउँको रहेको पाइएको छ,’ उनले भने, ‘चार जनाले हामफालेर ज्यान जोगाएका छन्, उनीहरूको अवस्था सामान्य छ।’, प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो। यो जिप झुलाघाटबाट बझाङस्थित बाग्थला जाने क्रममा दुर्घटनामा परेको थियो।, दुर्घटनामा परेर नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बझाङस्थित केदारस्युँ गाउँपालिका वडा नम्बर ५ बाँझ भन्ने गाउँका भएको खुलेको छ।, जिपका चालक अर्जुन बोहरा सम्पर्कविहीन भएकोले खोजी कार्य जारी रहेको बैतडी प्रहरीको भनाइ छ।, बैतडीमा जिप दुर्घटना: ६ जनाको मृत्यु
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानको अवलोकन गर्न निमन्त्रणा पठाएका छन्।, मंगलबार शीतलनिवास र बालुृवाटारलाई पत्र लेख्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका हुन्। , पत्रमा उनले श्रमदानमा सहभागिता जनाउन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। , ‘... यसै अवसरका बाबजुद धेरै समस्या र चुनौतीहरू पनि धरानमा रही आएको छ। दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपुर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत  अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ मेयर साम्पाङले लेखेको पत्रमा उल्लेख छ। , धरानको श्रमदान अवलोकन गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई हर्क साम्पाङको निमन्त्रणा
रासस आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन। , पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन।, घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ।, हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन। बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ।, गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन। दशैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो। गाउँले घर छाडेर छिमेकमा बसे। हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन्।,  , ‘हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन,’ स्थानीय कुलराज शर्माले भने,‘अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन।’ पहिराका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँडे। , पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उनलाई पोखरा लिएर गए। कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन्।, ‘पहिराले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ,’ शर्मा भन्छन्, ‘घरगोठ सग्ला छन् तर भरिला भएनन्।’ आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ।अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिराबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो। , ‘पहिराको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ।’ हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको उनले बताए।, बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ। घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउँछन्। ‘हामीले बस्ती स्थानान्त्रण गर्न  खोजेका छौँ, तर जग्गाको अभाव छ,’ उनले भने, ‘वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र ?’, वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडित घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतम बताउँछन्। खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न नमानेको उनले बताए। , डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाको ध्यान जान आवश्यक छ। जिल्लास्थित बिपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर बस्ती स्थानन्तरणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छौँ। , पहिराले जैमिनी नगरपालिका–१ वडारको वस्ती पनि जोखिममा छ। गत साताको वर्षापछि पहिरोले माटो बगाउँदा बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान बगाएको छ। वडारका केही परिवार पहिराका कारण विस्थापित हुने अवस्थामा छन्।  , बर्खा नलाग्दै पहिरोको चिन्ता
सेतोपाटी संवाददाता स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले  पाँचथर जिल्ला फागुनन्द गाउँपालिका- ३ घर भई  ललितपुर महानगरपालिका-२६  बस्दै आएका  ४६ वर्षीय एकराज नेम्बाङलाई पक्राउ गरेको हो।, नेम्बाङलाई मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए।, एसपी राठौरका अनुसार नेम्बाङमाथि स्लोभाकियाको एक कन्स्ट्रक्सन कम्पनीमा मासिक २ लाख तलब  हुने र त्यसका लागि १५ लाख लागत लाग्ने भनी वियज लिम्बु लगायतका व्यक्तिहरूलाई प्रलोभनमा पारी ठगी गरेको आरोप छ।, वैदेशिक रोजगार विभागले ठगी गर्ने नेम्बाङलाई पक्राउ गरी  उपस्थित गराइदिनका लागि प्रहरीलाई पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  विशेष प्रहरी टोलीले खोजी सुरू गरेको थियो।, विभागका अनुसार स्लोभाकिया पठाइदिने लोभ देखाएर नेम्बाङले विजय लिम्बुबाट पटकपटक गरी १२ लाख रूपैयाँ ठगी गरेका थिए।, पक्राउ परेका नेम्बाङलाई  थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी राठौरले जानकारी दिए।, स्लोभाकिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
रासस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।, दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।, गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए।, गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौ‌ं पठाउने तयारी रहेको उनले बताए।, कारमा पाँच जना सवार थिए।, मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले बताए।, राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन।, ‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ’, उनले भने।, शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए।, सिन्धुलीमा कार दुर्घटना: ४ भारतीय नागरिकको मृत्यु, एक घाइते
सरिशा अछामी नवलपरासीकी ७० वर्षीया फोकनादेवी कोइरी साँझ परेपछि छट्पटाउन थाल्छिन्।, दस दिनअघि मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदा उनले सात किलोजति गहुँको पिठो बोकेर ल्याएकी थिइन्। त्यो अहिले सकिन लागेको छ। त्यही भएर साँझको रोटी उनी आफ्ना श्रीमानका लागि मात्र पकाउँछिन्। आफू भने आन्दोलनकारीहरूको सामूहिक भान्सामै खाना खान्छिन्।, उमेरका हिसाबले फोकनादेवीले खानेकुरामा ध्यान दिनुपर्ने हो। तर उनलाई आफ्नो स्वास्थ्यबारे सोच्ने फुर्सद छैन। आफूसँग ल्याएको पिठो सकिँदै गएकाले उनी साँझको छाक सामूहिक भान्सामा जे भेटिन्छ, त्यसैले टार्छिन्। शान्तिवाटिकाको सामूहिक भान्साले उनको पेटको भोक धानिँदै आएको छ।, सोमबार साँझ हामीले भेट्दा फोकनादेवी शान्ति वाटिकामा बनाइएको शिविरमा रोटी पकाउँदै थिइन्। त्यही बेला भान्सामा दाल र भात पनि पाक्दै थियो। सात-आठ जना महिला दुइटा चुह्लो वरिपरि बसेर कोही दाल चलाउने, कोही प्याज काट्ने र कोही आलु ताछ्ने गर्दै थिए।, शिविरको सामूहिक भान्सामा कुन दिन कसले खाना पकाउने भनेर जिल्लागत रूपमा पालो तोकिएको छ। सोमबार नवलपरासीबाट आएका पीडितहरूको खाना बनाउने पालो थियो। त्यही भएर फोकनादेवीले ग्यासमा रोटी पकाउन पाइन्। आफ्नो जिल्लाको पालो नपरेका बेला उनी विभिन्न जुगाड लगाउँछिन्।, आइतबार नै पार्कभित्र भेटिएका प्लास्टिक र दाउराका छेस्का खोजखाज पारेर त्यसैको आगोमा रोटी बनाएको उनले बताइन्।, दिनभर सडकमा नारा लगाउँदै हिँडेर थाकेकी फोकनादेवीलाई साँझ शिविर फर्केर रोटी पकाउन निकै गाह्रो हुन्छ। उनी आफू त दालमोठ-चिउरा खाएर पनि गुजारा चलाउन सक्छिन्। तर उनका ७५ वर्षीय श्रीमान प्रेमनाथ कोइरी साधु भएकाले रोटी मात्र खान्छन्। त्यसैले दिनभर मिटरब्याज पीडितहरूको पीर बोकेर हिँड्ने उनलाई साँझ श्रीमानका लागि रोटी बनाएर कसरी खुवाउने भन्ने कुराले पिरोल्छ।, 'म आफूले ल्याएको पिठो सकिनुअघि नै घर फर्किन चाहन्छु,' उनले भनिन्, 'तर सरकारले ठोस निर्णय नगरेर काठमाडौंमा भोकभोकै बस्नुपरे पनि कुनै मनखत छैन।', फोकनादेवी नवलपरासीको सरावल गाउँपालिका-५ बाट आएकी हुन्। उनले गाउँकै साहुसँग पाँच वर्षअघि पाँच लाख रूपैयाँ ऋण लिएकी थिइन्। तीन वर्षअघि १६ लाख रूपैयाँ बुझाइसकिन्। तैपनि साहुकहाँ बन्धकी राखेको २ बिघा १० कट्ठा जग्गा फिर्ता पाएकी छैनन्। साहुले एकमुष्ठ ४२ लाख रूपैयाँ पाएपछि मात्र जग्गाको लालपुर्जा दिने भन्दै धम्की दिइरहेको उनी बताउँछिन्।, फोकनादेवीको एउटै इच्छा छ- आफू मर्नुअघि साहुसँग जग्गाको लालपुर्जा लिएर छोरालाई सुम्पिने।, उनका एक छोरा छन्, ४५ वर्षका। यो जग्गा फिर्ता पाइएन भने छोरा र नातिहरूको भविष्य अन्धकार हुनेमा उनलाई चिन्ता छ। त्यही भएर सरकारले केही निर्णय नगरेसम्म उनी कुनै हालतमा काठमाडौं छाड्न तयार छैनन्।, फोकनादेवी मात्र होइन, ४० वर्षीया मालतीदेवी चौधरी पनि आफूले ल्याएको दस किलो चामल, पाँच किलो आलु र दुई किलो दाल सकिएर चिन्तामा छिन्। उनी काठमाडौं आएको मंगलबार दस दिन भयो। आफूसँग भएको सामान सकिएकाले अरू साथीभाइसँग सापट माग्ने नौबत आएको उनी बताउँछिन्।, 'गाउँबाट आउँदा सरसापट गरेर दुई हजार रूपैयाँ ल्याएको थिएँ,' उनले भनिन्, 'पैसा पनि सकियो, रासन पनि सकियो। अब कसरी घर फर्किने भन्ने चिन्ता छ।', मीनादेवी काहार, फोकनादेवी र मालतीदेवीको काठमाडौंमा आफन्त वा चिनजानका कोही छैनन्। उनीहरू यहाँ आएदेखि शान्ति वाटिकाको शिविरमै बसिरहेका छन्। दिनभरि प्रदर्शनमा भाग लिन्छन्, बिहान-बेलुकी सामूहिक भान्साको काममा सघाउँछन्।, हामीले भेट्दा मालतीदेवी भान्सामा दाल चलाउँदै थिइन्। ग्यासको तातोले होला, अनुहार पूरै रातो भएको थियो। उनले यसरी एकैपल्ट तीन-चार सय जनालाई कहिल्यै खाना बनाएकी थिइनन्। यहाँ आएदेखि दुई-तीन दिन सामूहिक खाना बनाइसकिन्।, नौ दिनदेखि उनको दैनिकी एउटै छ। उनी बिहान उठेर शिविर वरिपरि सफा गर्न र भाँडा माझ्न सघाउँछिन्। दिउँसो खाना खाएर जुलुसमा हिँड्छिन् र साँझ पार्क फर्किन्छिन्। अवस्था आरामदायी छैन, तर जस्तो दु:ख परे पनि सरकारबाट न्याय पाइएला भन्ने आसमा चित्त बुझाएकी छन्।, धेरैजसो आन्दोलनकारी सामूहिक भान्सामै खाने हुँदा साँझको छाकमा दुई खेप गरेर १४ किलो चामल पकाउनुपर्ने मालतीदेवीले बताइन्।, 'खानेकुरा केही नभए पनि हामी भोकभोकै जुलुसमा हिँड्न तयार भएर आएका हौं,' उनले भनिन्, 'सधैं साहुको डरधम्की सहेर बस्नुभन्दा दुई-चार दिन भोकै बसेर भए पनि शान्तिपूर्ण जीवन जिउन चाहन्छौं।', मालतीदेवीका लागि भोकै बस्नु त्यसै पनि नौलो कुरा होइन। उनको खेतबारी साहुको कब्जामा छ। ज्याला मजदुरी गरेर दुई सन्तानलाई पेटभरि खुवाउन नसक्दा उनले कयौं रात भोको पेट अँठ्याएरै कटाएकी छन्।, उनी पेटको भोक र मनको पीडाभन्दा साहुको धम्की र भयबाट मुक्त हुन चाहन्छिन्।, 'यहाँ बसे भोकले मरिएला, तर यत्तिकै गाउँ फर्किनुपरे साहुको भयले बाँच्न सकिँदैन,' उनले भनिन्।, मालतीदेवी हामीसँग कुरा गर्दा हाँसेर बोलिरहेकी थिइन्। तर, उनका आँखाका डिलमा टिल्पिलाएको आँसुको ढिक्का तप्प खस्न मात्र बाँकी थियो। उनी बोल्दाबोल्दै एकछिन चुप्प लागिन्। उनको मौनताले भान्साकोठा नै सामसुम्म भयो। , भान्सामा सघाइरहेका नवलपरासीका सरावल गाउँपालिका-५ का ५१ वर्षीय जगेन्द्र चौधरीले मौनता चिर्दै भने, 'सबैको पीडा सुन्नुभयो भने तपाईं रूनुहुन्छ।', जगेन्द्र पनि गाउँमा टिक्न नसकेर काठमाडौं आउन बाध्य भएको दुखेसो पोख्छन्। काठमाडौं आउँदा दुई-चार दिनमै फर्किने होला भनेर उनले पाँच-पाँच किलो दाल, चामल र आलु बोकेर ल्याएका थिए। लामै समय बस्नुपर्ने भएपछि के खाने अन्यौलमा छन्।, पाँच वर्षअघि जगेन्द्र साउदी अरब गएका बेला उनकी श्रीमती मीनादेवी चौधरीले स्वास्थ्य उपचारका लागि गाउँकै दिनेश चौधरी भन्ने व्यक्तिसँग एक लाख रूपैयाँ ऋण लिएकी थिइन्। जगेन्द्रले विदेशबाट कमाएर ल्याएको र थप ऋण गरेर तीन वर्षअघि २ लाख ६६ हजार बुझाए। दृष्टिबन्धक राखेको दुई कट्ठा जग्गाको कागजात भने फिर्ता पाएका छैनन्।, 'स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्या सुनेनन्,' जगेन्द्रले भने, 'त्यही भएर न्याय माग्न काठमाडौं आएका छौं।', मधेसमा मिटरब्याजको पीडाबाट धेरै जना ग्रसित छन्। कतिपयले आत्महत्या गरेका छन् भने कतिपय गाउँ छाड्न बाध्य भएको उनी बताउँछन्।, नवलपरासीको सरावल गाउँपालिका-५ की ४८ वर्षीया मीनादेवी काहारले मिटरब्याजी साहुकै कारण एक वर्षअघि आफ्नी छिमेकी बहिनीले आत्महत्या गरेको अनुभव बेहोरेकी छन्।, मालतीदेवि चौधरी, 'साहु दिनहुँ घर आएर पैसा माग्थे। त्यो बहिनी अरूको जग्गा कमाएर बसेकी थिइन्। घरमा चार-पाँचवटा बाख्रा थिए। त्यो पनि साहुले लगेपछि उनले आत्महत्या गरिन्,' उनले भनिन्, 'उनको दस वर्षीय छोरालाई मावलीले लगेका छन्। श्रीमान मलेसिया गएका थिए, अहिले सम्पर्कविहीन छन्।', मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका चार सयभन्दा बढी मिटरब्याज पीडितहरू कोही पनि यो समस्या छिनोफानो नभएसम्म घर फर्किने मनस्थितिमा छैनन्।, सरकारले उनीहरूको मागअनुसार चैत २१ गते छानबिन समिति गठन गरिसकेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्वएआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन्। तर यी पीडितहरू आफूले ऋण चुक्ता गरिसक्दा पनि साहुकहाँ बन्धक रहेको जग्गा फिर्ता हुनुपर्ने र पीडितलाई पक्राउ गर्ने उजुरी खारेज हुनुपर्ने लगायत माग राखेर आन्दोलन गरिरहेका छन्।, 'गाउँमा गए पनि साहुको डरले बस्न गाह्रो छ। त्यसैले हामी त न्याय नपाएसम्म फर्किने होइन,' फोकनादेवी भन्छिन्, 'मागेर खान्छु, तर न्याय नपाएसम्म घर फर्किन्नँ।', शान्तिवाटिकामा चलेको सामूहिक भान्सा!
सेतोपाटी संवाददाता मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।, मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई नियन्त्रणमा लिइ मंगलबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुर-१० का २५ वर्षीय  सुशीलकुमार यादव, भारत पेसदाह पंचायतका २५ वर्षीय शौरभकुमार यादव,  भोक्राहा नर्सिङ गाउँपालिका -६ का २० वर्षीय सुमनकुमार यादव र विराटनगर महानगरपालिका-१२ मोरङका सञ्जय साह रहेका छन्।, उनीहरूलाई फरकफरक मितिमा फरकफरक स्थानबाट पक्राउ गरिएको मोरङका डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।, पक्राउ परेकाहरूबाट चोरी गर्न प्रयोग हुने मास्टर कि पाँच पाँच थान र एकसेट नक्कली नम्बर प्लेट बरामद गरिएको डिएसपी दाहालले बताए।, उनीहरूले मोरङका विभिन्न स्थानबाट चोरी गरेका मोटरसाइकलहरू पहाडका दुर्गम स्थान, सुनसरीका ग्रामिण क्षेत्र र भारतका विभिन्न स्थानहरूमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।, चोरीका मोटरसाइकलहर नेपाल-भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार गर्न प्रयोग  हुने गरेको पाइएको डिएसपी दाहालले जानकारी दिए।, डीएसपी दाहालले मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरका रूपमा प्रयोगका लागि समेत बिक्री गर्ने गरेको पाइएको बताए।, पक्राउ परेका पाँचैजनाविरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी दाहालले जानकारी दिए।, विराटनगर लगायतका क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
एजेन्सी भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।, टाइम्स अफ इन्डियाका अनुसार पञ्जाबको बठिन्डा सैनिक क्याम्पमा बिहान साढे ४ बजेतिर गोली चलेको हो।, गोली चलेपछि क्याम्पको आपतकालीन टिम परिचालन भएको छ भने क्याम्प रहेको क्षेत्रलाई सिल गरिएको छ।, गोली हान्ने व्यक्ति सादा पोशाकमा रहेको तर कुनै आतंकवादी समूहले हमला नगरेको बताइएको छ।, केही मिडियाले क्याम्पबाट दुई दिनअघि एउटा राइफल र एउटा म्यागेजिन हराएको उल्लेख गरेका छन्।, गोली कसले किन चलायो भन्ने खुलेको छैन। , पञ्जाबमा भारतीय सेनाको क्याम्पभित्र गोली चल्यो, ४ जनाको मृत्यु
सेतोपाटी संवाददाता अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ।, बुधबार साँफेबगर नगरपालिका-१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको  स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको बताए।, आफन्तहरू घटनास्थलमा पुगेपछि उनको शव उठाइने छ।, प्रहरीका अनुसार उनी मंगलबार राति स्कुटर दुर्घटनामा परेका हुन्। उक्त ठाउँमा यसअघि पनि सवारी दुर्घटना भइसकेका छन्।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना बाहिरिएको छ। काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका-६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्।, महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए।, ‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले। मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए। प्रहरीलाई खबर पनि गरिएनछ। यो घटनाले उनलाई विक्षिप्त बनाइयो,’ उनले भने। घटनाको भोलिपल्ट समाजिक सञ्जालमा भिडिओ दखेपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको छ।, उनीविरूद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए। अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए।, रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए। औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयको भनाइ छ।, ज्याला माग्दा ठेकेदारले मजदुरलाई बिजुलीको पोलमा बाँधेर कुटे, कपाल मुन्डन गरिदिए
सेतोपाटी संवाददाता रोल्पा प्रहरीले अफिम नष्ट गरेको छ। परिवर्तन गाउँपालिकाका विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो। , जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार र मंगलबार करिब १८ हजार जति अफिमका बोट नष्ट गरेको हो। , प्रहरी नायब उपरीक्षक श्यामकुमार सारू मगरको  नेतृत्वमा खटिएको ३८ जनाको प्रहरी टोलीले परिवर्तनको–४ पाछाबाङका खोलागाउँ, तारल, बसुन्धरा, जैरेनी, तातापानी लगायतका स्थानका झण्डै २० रोपनी क्षेत्रफलको अफिम नष्ट गरेको हो। , त्यस्तै, गाउँपालिकाको वडा नं. – ५ राङकोटको बजेनी जंगल बीचमा करिब ८ रोपनी क्षेत्रफलमा लगाइएको झन्डै ७ हजार ५ सय बोट अफिम खेती नष्ट गरिएको छ। , दुई दिनको अवधिमा करिब २८ रोपनी पाखोबारीमा उत्पादन गरिएको २५ हजार ५ सय बोट अफिम नष्ट गरिएको डिएसपी मगरले जानकारी दिए।, रोल्पामा प्रहरीले गर्‍यो अफिमका बोट नष्ट
नवीनबाबु गुरूङ काठमाडौं सहरमा बग्ने नदीनालामा प्रदुषित पानी बग्छ। ढल मिसिँदा नदीहरू दुर्गन्धित छन्।, वसन्त ऋतुको आगमनसँगै नदीका किनारमा भने मनमोहक दृश्य देखिएको छ। धोवीखोला करिडोरमा बनाएका  विभिन्न पार्कमा अहिले फूलहरू फुलेका छन्।, हेर्नुस् तस्बिरहरू:, फूलैफूलले ढकमक्क धोवीखोला किनार (तस्बिरहरू)
रासस काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन।, काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन।, बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ। काठमाडौंबाट जाने सडक ट्र्याक खुलेर कटिङमात्र गरिएको छ। , 'ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ। सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन', कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने।, बल्खुबाट फर्पिङ हुँदै हेटौंडातर्फ निर्माण भइरहेको छ। यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो। , थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ। त्यहाँबाट छ किमी काठमाडौंसम्म सडक बिग्रिएको छ।, मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ।, चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ। थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तरोन्नतिमा समस्या भइरहेको छ।, गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो।, अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने  इञ्जिनियर पौडेलले जानकारी दिए।, थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ। मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ। , स्तरोन्नति भएन थानकोट–चित्लाङ सडक खण्ड
सेतोपाटी संवाददाता बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।, पाटन नगरपालिका–१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको हो।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।, बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले तीन दिन बितिसक्दा पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन।, मेयर बालेन शाहको निर्देशनअनुसार बुधबार पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।, ‘हामीलाई फोहोर उठाउनू भनेर निर्देशन नआएसम्म उठाउन सक्दैनौं,’ उनले भने, ‘अहिलेसम्म सबै कार्यालयबाट फोहोर उठाएर राखे पनि सिंहदरबारबाट बाहिर भने निकालेका छैनौं।’, काठमाडौं महानगर-११ का वडाध्यक्ष हिरालाल तण्डुकारले फोहोर उठाउन मेयर, उपमेयर र अन्य सम्बन्धित निकायका प्रतिनिधिसँग कुरा हुन लागेको बताए।, 'फोहोर नउठेको विषयमा कुराकानी गर्न मेयर र उपमेयर सिंहदरबार जाँदै हुनुहुन्छ भन्ने सुनेको छु,' उनले भने, 'अब सम्बन्धित निकायसँग कुराकानी भएपछि चाँडै नै समस्या हल हुन्छ होला।', उपमेयर सुनिता डंगोलले गत शुक्रबार बसेको महानगरको बोर्ड बैठक र अन्य बैठकमा समेत मेयर बालेनले कुनै छलफल नगरेका कारण फेसबुकमा लेखेको स्ट्याटसलाई आधिकारिक मान्न नसकिने बताइन्।, 'मेयरले फेसबुकमा लेखेको स्ट्याटसलाई कत्तिको आधिकारिक मान्ने!' उनले भनिन, 'न त कुनै पत्र आएको छ, न छलफल गरिएको छ। फोहोर नउठाउने उहाँको एकलौटी निर्णय हो।', यो विषय संसद र मन्त्रिपरिषदमा समेत उठेका कारण यसबारे छलफल गर्न महानगर कार्यपालिका बैठक पनि छिट्टै बस्ने तयारी भइरहेको उनले बताइन्।, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै 'काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले सिंहदरबार, बालुवाटार, शितलनिवासको फोहोर नउठाउने बालेनको घोषणा नीतिगत व्यवस्थाविरूद्ध भएको' बताएकी थिइन्।, परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, काठमाडौंको भिआइपी एरियाबाट दैनिक नौ टन फोहोर उठ्ने गरेको छ।, यो पनिः, बालेन शाहको अराजकता, सिंहदरबारको फोहोर नउठाउन बालेन शाहले उठाएका १४ विषयको शल्यक्रिया, उपमेयर र वडाध्यक्षलाई नै थाहा नदिई सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको एकल निर्णय, काठमाडौंका मेयरको अभिव्यक्ति अराजक, सरकारले ध्यानाकर्षण गराउँछ- सरकार प्रवक्ता, आज पनि उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर
सेतोपाटी संवाददाता अवैध रूपमा अमेरिकी डलर बाह्य मुलुक लैजान लागेको आरोपमा तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दुई बंगलादेशी र एक भारतीय नागरिक छन्।, प्रहरीका अनुसार बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडी मोफिजुल इस्लाम, ४७ वर्षीय देवासहिस कुमार साह र भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार पक्राउ परेका हुन्।, बंगलादेशी नागरिकहरू मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका जान लागेका थिए। उनीहरूबाट २० हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ। , भारतीय नागरिक कुमार भने दुबई हुँदै अमेरिका जान लागेका थिए। उनीबाट ७ हजार १२९ अमेरिकी डलर बरामद गरेको हो। , उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जानकारी दिएको छ।, त्रिभुवन विमानस्थलबाट अमेरिकी डलरसहित तीन पक्राउ
सेतोपाटी संवाददाता चितवनको टाइगरल्यान्ड होटलमा बुधबार आगलागी भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहान ११ बजेदेखि लागेको आगो निभाउन पाँच दमकल पुगेका छन्।, आगो निभाउने क्रममा स्थानीय कृष्ण अधिकारी घाइते भएका छन्।, आगलागीको कारण र क्षति विवरणको विस्तृत जानकारी आइसकेको छैन।, अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।,  , चितवनको टाइगरल्यान्ड होटलमा आगलागी, पाँच दमकलले निभाउँदै
सेतोपाटी संवाददाता नेटवर्किङ शैलीको व्यवसाय गरी ५५ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले एक जना महिलालाई पक्राउ गरेको प्रवक्‍ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३५ वर्षीया जुनुकला राई छिन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।, एसपी रिजालका अनुसार उनीविरूद्ध ५० जना पीडितले परिसरमा जाहेरी दिएका छन्। , १४ जनाले लिखित र ३६ जनाले मौखिक रूपमा परिसरमा जाहेरी दिएका हुन्।, उनले काठमाडौं महानगरपालिका-७ चाबहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि सञ्चालन गर्थिन्।, उनले नेपाली कला र सिपबाट बनेका विभिन्न प्रकारका सामानहरू उत्पादन र बिक्री गर्ने भनेर अनुमति लिएका थिए। तर उनले अनुमतिको बर्खिलाप हुने गरी १६-२५ वर्ष उमेर समूहका युवायुवतीहरूलाई आकर्षक आम्दानी हुने, विभिन्न योजनामा काम गर्ने, वैदेशिक भ्रमण लगायतको प्रलोभन दिएर लगानी गराउन लगाएकी थिइन्। , त्यसको लागि न्युनतम ११ हजार ३०० देखि अधिकतम ५ लाख सम्म तिराएर सदस्य बनाउन लगाउने एसपी रिजालले बताए। , यसैगरी प्रलोभनमा पारेर ४ जनालाई कम्पनीको सदस्य बनाएमा लगानी रकम फिर्ता हुने भनिएको थियो। सदस्य थप्न नसकेमा कम्पनीबाट उत्पादित भनिएका गुणस्तर समेत परीक्षण नगरिएका जुत्ता, पोशाक, हस्तकला लगायत सामाग्री बेच्नुपर्ने शर्त राखिएको थियो। , बजारको मूल्य भन्दा अत्याधिक मूल्यमा बिक्री गराउनुपर्ने शर्त राखिएको एसपी रिजाल बताउँछन्। , शर्तको उल्लंघन गरेमा लगानी रकम समेत फिर्ता नगरी ठगी गरेको पाइएको हो।, पीडित युवायुवतीहरूलाई नेटवर्किङ व्यवसाय सम्बन्धी तीन दिनको प्रशिक्षण समेत दिएको पाइएको छ। यसरी राईले ५५ लाख २२ हजार ८०० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरले जनाएको छ। , लिखित जाहेरी दिने १४ जना पीडितको १७ लाख ३ हजार ४०० र मौखिक दिने ३६ जनाको ३८ लाख १९ हजार ४०० रुपैयाँ ठगी गरेको पाइएको हो। , आरोपित राईमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको परिसरले जनाएको छ। , नेटवर्किङ शैलीको व्यवसाय गरी ५५ लाख ठगेको आरोपमा एक महिला पक्राउ
सेतोपाटी संवाददाता नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। , उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। , नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ। , यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो। , उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ। गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।, भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको उजुरी परेपछि कार्यालयले अनुसन्धान अघि बढाएको थियो। , यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको छ। , २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।  , परिसरले उक्त कार्यदलको प्रतिवेदन मन्त्रालयसँग मागेको थियो। , गृहले मंगलबार उक्त प्रहरीलाई उपलब्ध गराएको छ। , ‘आरोपीहरूसँग यसअघि नै भएको प्रतिवेदन र गृहको प्रतिवेदन भिडाएर हेर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो। , नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ
सेतोपाटी संवाददाता झापामा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। , कनकाई नगरपालिका-२ जामुनखाडी सिमसारबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, जामुनखाडी सिमसार बस्ने ४० वर्षीय भानु दाहाल, इलाम माई नगरपालिका-८ बस्ने ३९ वर्षीय आशबहादुर लिम्बु र ३२ वर्षीय उमेश राईलाई पक्राउ गरेको हो। , प्रहरीले मंगलबार ५ ग्राम ३०० मिलिग्राम, ३४ हजार र तीन वटा मोबाइल उनीहरूबाट बरामद गरेको छ। , ब्राउन सुगरसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता स्रोत नखुलेको साढे १२ लाख नगदसहित एक जना पक्राउ परेका छन्। , काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो पक्राउ गरेको हो। , प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , स्रोत नखुलेको साढे १२ लाख नगदसहित एक पक्राउ
सेतोपाटी संवाददाता कैलालीमा सुत्केरी आमा र शिशुको मृत्यु भएपछि मृतक आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।, गोदावरीस्थित मालाखेती अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएको तीन दिनसम्म पनि मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।  , चिकित्सकको लापरवाहीका कारणले आमा र शिशुको मृत्यु भएको आफन्तको भनाई छ। सोमबार बिहान गोदावरी नगरपालिका– २ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजात शिशुको मालाखेती अस्पतालमा सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो।, आफन्तले घटनाबारे छानविन हुनुपर्ने र क्षतिपुर्ति माग गर्दै शव बुझ्न अस्विकार गरिरहेका हुन्।, उक्त माग राख्दै आफन्तहरूले मालाखेती अस्पतालविरूद्ध नाराबाजी गरी आन्दोलन गरिररहेका हुन्।, सोमबार र मंगलबार दिनभरि उक्त क्षेत्र तनाबग्रस्त बनेको थियो। , पीडित पक्ष र अस्पताल प्रशासनको छलफल भएपनि सहमति भएको छैन। , घटनाबारे छानबिनका लागि सर्वदलिय बैठक बसेर समिति गठन गरिएको छ। , समितिलाई एक हप्ताको समय दिइएको छ। , जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा सेती प्रादेशिक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट उक्त समितिमा सदस्य छन्।, तर पीडित पक्षले समितिको प्रतिवेदन नआएसम्म शव नउठाउने अडान लिएका छन्।, मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताए।,  , सुत्केरी र शिशुको मृत्यु भएपछि आफन्तले बुझेनन् शव
सेतोपाटी संवाददाता काभ्रेमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पनौती नगरपालिका–११ का ५२ वर्षीय विष्णुबन्ध थापा छन्। , जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन्।, उनले आक्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले जानकारी दिए। , घटनाबारे स्थानीयले प्रहरीले खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी चौकी पनौतीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो।, ‘बिहान छोराले आमालाई चिया बनाएर दिएका रहेछन्, खाना खानेबेला आवेगमा आएर खुर्पाले हानेछन्,’ प्रहरी चौकी पनौतीका प्रहरी सहायक निरीक्षक क्षेत्रबहादुर भण्डारीले सेतोपाटीसँग भने। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। , काभ्रेमा धारिलो हतियार प्रहार गरी ९२ वर्षीया आमाको हत्या, छोरा पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।, शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।, बालेनको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।, ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’, यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवासमा पनि हिजोदेखि नै फोहोर उठेको छैन।, सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, सरकारसँग कुरा नमिलेसम्म फोहोर कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले बताएका छन्।, सम्बन्धित समाचार:, उपमेयर र वडाध्यक्षलाई नै थाहा नदिई सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको एकल निर्णय, १४ वटा उदाहरण दिएर मेयर बालेनले भने- ९ महिना कोसिस गरेँ, संघीय सरकारले समन्वय गर्न चाहेन, समन्वय नगर्दा थुप्रिएको समस्याको चाङ सरकारले सिंहदरबारको फोहोरमा देखोस्: मेयर बालेन, गृहमन्त्री श्रेष्ठको प्रश्न- काठमाडौं महानगरको प्रमुखले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ?, मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको जवाफ- बल प्रयोगको अनुरोध गरेर मात्र समन्वय हुँदैन, आज पनि महानगरले उठाएन सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर
सविता बुढा कैलालीको धनगढी उपमहानगर निवासी पूजा कुँवर चौधरी बिहानको घरायसी काम सकेर सामुदायिक भवन पुग्छिन्। उनीमात्र होइन वल्लोपल्लो घरका अरू महिलाहरू पनि पुग्छन्। दिनभरि गर्ने कामको बाँडफाँड गर्छन्।, पात सुकाउने, पात गाँस्ने, सफा गर्ने, सिन्का बनाउने, मेसिन चलाउने लगायतका कामको बाँडफाँड हुन्छ। समूहका केही सदस्य जंगलमा रूखबाट झरेका सालका पात जम्मा गर्न जान्छन्। कोहीकोही रूखमा चढेर पनि पात टिप्छन्।, यसरी जम्मा गरेको पात बोरामा कसेर सामुदायिक भवनमा पुर्‍याउँछन्।, सफा गरेका हरिया पात सिन्काले गाँसेर लाफा बनाउँछन्। सानाठूला लाफा घाममा सुकाउँछन्। सुकेका लाफा मेसिननमा हालेर सानाठूला साइज (आकार) का दुना र टपरी बनाउँछन्।,  ,  ,  , धनगढी उपमहानगरपालिका–१३, हिमाली टोलका ‘हिमाली महिला समूह’ को यो टिम यति बेला व्यावसायिक रूपमा दुनाटपरी बनाउने काम गरिरहेको छ।, यो समूहले दैनिक सरदर नौ सय जति दुनाटपरी बनाउँछ। यसरी समूहमा काम गर्न थालेपछि महिलाहरूको जीवनमा केही परिवर्तन आएको छ।, यो समूहका महिलाहरूको बस्ती सामुदायिक वनको छेउमै छ।, पूजाले झरेर खेर जाने सालका पातबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने त सोचेकै थिइनन्।, सानैदेखि पूजापाठ, विवाह, ब्रतबन्धमा लगायतका सांस्कृतिक काममा दुनाटपरी बनाउने गरेको उनले देखेकी थिइन् तर आफैँले बनाउन सिकेकी थिइनन्।, एक महिनाअघि धनगढी उपमहानरले सालको पातको दुनाटपरी बनाउने तालिम दिएको थियो। त्यही तालिमपछि पूजा र उनीजस्ता अन्य महिलाहरू व्यावसायिकरूपमा दुनाटपरी बनाउने काममा लागेका हुन्।, उनले भनिन्, ‘तालिमपछि एउटै पातबाट पनि १० रुपैयाँसम्म कमाइ हुन्छ भन्ने थाहा पायौँ। समूहमार्फत हामी महिलाहरू मिलेर काम गरिरहेका छौँ।’, दिदीबहिनी मिलेर यो काम गर्न थालेपछि बच्चाले ‘ममी पाँच रुपैँया दिनुहोस् न’ भन्दा ‘बाबासँग माग’ भन्ने दिन गएको उनले बताइन्।, पूजाकै समूहमा छिन् शर्मिला कुँवर। उनी पैसा कमाउन विदेश जाने सोच बनाउँदै थिइन्। अहिले उनको सोच बदलिएको छ।, ‘घरमा समस्या छ, आफूले पनि कमाउँनु पर्छ भनेर विदेश जाने सोचेकी थिएँ। यो (दुनाटपरी बनाउने) काममा लागेपछि अहिले बाहिर (विदेश) जाने विचार छाडिदिएँ,’ उनले भनिन्।, दिउँसो फुर्सदको समय यसै बित्थ्यो। अहिले घरको काम र दुनाटपरी बनाउने दुबै काम सजिलै गर्न सकेको उनले बताइन्। गत महिना दुनाटपरी बेचेर समूहका प्रत्येकलाई १८ हजार रुपैयाँका दरले वितरण गरेको समूहकी एक सदस्य रोजनी थापाले बताइन्।, समूहकी अर्की सदस्य ममता विष्ट बानिँयाका अनुसार यो समूहबाट ४० जनाले दुनाटपरी बनाउने तालिम लिएका थिए। ती मध्ये ३० जना समूहमा सक्रिय छन्।, उनका अनुसार यसअघि दिदीबहिनी एक ठाउँमा जम्मा भएर काम गर्दा आपसरी आत्मीयता पनि बढेको छ। पैसा आउने काम पनि भएको छ।, ‘हामी एउटै परिवारभित्रका दिदीबहिनी जस्तै भएका छौँ। हाँसोठट्टा हुन्छ। रमाउने, एउटाको दुःख अर्कोलाई पोख्ने अवसर पनि मिलेको छ,’ ममताले भनिन्। , उनीहरू मध्याह्न १२ बजे जम्मा हुन्छन्। अपराह्न तीन बजेसम्म काम गर्छन् र घर फर्किन्छन्। कहिलेकाहीँ घरको काम सकेर राति ८ बजेखि १० बजेसम्म पनि समूहमा काम गर्छन्।, उनीहरू धेरै जसो दुनाटपरी मेसिनबाट बनाउँछन्। हातले पनि बनाउँछन्। दुनाटपरीको साइज बजारको माग अनुसार निर्धारण गर्छन्।, वडा नम्बर ७ की दिलकुमारी चौधरी पनि घरकै काममा हुन्थिन्। फुर्सदको समय यतिकै बित्थ्यो। नियमित आम्दानीको रोजगारी थिएन।, छिमेकका धेरै जसो महिला उनीजस्तै थिए।, वडा कार्यालयले दुनाटपरी बनाउने तालिम दिने भनेर बोलायो। तालिम लिन चाहनेले पहिले नाम लेखाउनु पर्थ्यो। दिलकुमारीको वडाका ३४ जना महिलाले ‘जोखरबाबा महिला विकास समूह’ नाम राखेर एउटा समूह बनाए।, उपमहानगर कार्यालयले पहिलो सात दिन उद्यमशीलता विकास, व्यावसायिक उत्पादन र बजार लगायतका विषयमा शिक्षा दियो।त्यसपछि उनीहरूले मेसिनबाट दुनाटपरी बनाउन सिके।, उपमहानगरले हरेक समूहलाई एकएक एक मेसिन दिएको छ।, ‘जोखरबाबा महिला विकास समूह’ समूहले दुनाटपरी बनाउन थालेको एक महिना भयो।, समूहका सदस्यहरू दिउँसो सामुदायिक भवनमा भेला हुन्छन्। कोही पात टिप्न जान्छन्, कोही पात मिलाउने, कोही पात गाँस्ने र कोही मेसिन चलाउने काम गर्छन्।, यो समूहले हाल दैनिक सरदर तीन सय टपरी, दुना र प्लेट बनाउने गरेको छ। बिक्री पनि भइरहेको छ।, धनगढी नगरक्षेत्रबाट मात्र होइन, पहाडी क्षेत्रबाट पनि माग (अर्डर) आउन थालेको छ। यो समूहले पनि अर्डर लिएर काम गर्न थालेको छ।, यो समूहले होलसेल र खुद्रा दुवै किसिमले बेच्ने गरेको छ। साइज हेरेर मूल्य २ रुपैयाँदेखि ७ रुपैयाँसम्म छ।, जोखरबाबा महिला विकास समूहका दिदीबहिनीले दुनाटपरी बनाउने कामलाई दिगो व्यवसाय बनाउने सोचेका छन्। उनीहरूले एक महिनामा ३० हजार रुपैयाँको दुनाटपरी बेचे।,  , उक्त रकमबाट समूहमा आवश्यक केही सामान जोडे। केही रकम बचत गरेका छन्। समस्यामा परेका सदस्यलाई सहयोग पनि गर्न थालेका छन्।, मासिकरूपमा बचत गरेर केही महिनाको फरकमा सदस्यहरूलाई वितरण गर्ने जोखरबाबा महिला विकास समूहको योजना छ। महिला समूहले ‘प्लास्टिकमुक्त नगर’ अभियान सार्थक बनाउने उद्देश्यमा सघाउ सहयोग पुर्‍याएको ममताको भनाइ छ।, उनका अनुसार समूहमा महिलाहरू धेरै छन्। उनीहरू सबै दुनाटपरीको काममा जोडिन चाहन्छन् तर मेसिन एउटामात्रै भएकाले सबैले काम गर्न पाएका छैनन्।, एउटा समूहलाई कम्तीमा तीन वटा मेसिन दिन उपमहानगरलाई उनीहरूको सुझाब छ।, यस्तै फरक–फरक समूहले बनाएका दुनाटपरीको बिक्रीमूल्य पनि फरक–फरक हुँदा बजारमा केही समस्या देखिएको पनि समूहका सदस्यहरूको भनाइ छ।, मूल्यमा एकरूपता कायम गरिदिन पनि उपमहानगरपालिकालाई उनीहरूले आग्रह गरेका छन्।, धनगढी उपमहानगरले ‘प्लास्टिकमुक्त धनगढी’ बनाउने लक्ष्यका साथ ‘प्लास्टिकका वस्तु प्रतिबन्ध ऐन, २०७९’ बनाएर कार्यान्वयन गरेको छ।यसै अन्तर्गतको एउटा प्रयास हो दुनाटपरी लघुउद्यम।, उपमहानगरले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रयोग गर्नेलाई नगरप्रहरीले जरिवाना लिने गरेको छ। निषेधित प्लास्टिक झोला प्रयोग गर्नेहरूलाई जरिवाना गरेर उपमहानगरपालिकाले अहिलेसम्म कम्तीमा एक लाख रुपैयाँ राजस्व संकलन गरेको छ।, उपमहानगरपालिले चलाएको ‘लघुउद्यम विकास कार्यक्रम’ मार्फत प्लास्टिकको विकल्प दिन खाजेको नगरप्रमुख गोपी हमालको भनाइ छ।, विभिन्न वडाका महिलाहरूलाई समूहमा आबद्ध गराएर सालको पातबाट दुनाटपरी बनाउने तालिम पनि उक्त कार्यक्रमकै एक अंश हो।, उपमहानगरका सहकारी शाखा प्रमुख हरि साउदका अनुसार हालसम्म आठ वटा वडाका १५५ जना महिलाले दुनाटपरी बनाउने तालिम लिएका छन्। चाँडै थप ५५ जनालाई तालिम दिने तयारी छ।, धनगढी उपमहानगर क्षेत्रमा पलास्टिकका कप, गिलास, प्लेट लगायतमा सामग्रीको प्रयोग बन्द रहेको उनले बताए।, ‘अहिले बजारमा दुनाटपरीको माग छ। सालको पातबाट दिदीबहिनीहरू आम्दानी गर्दै हुनुहुन्छ,’ उनी भन्छन्, ‘विवाह, ब्रतबन्ध, पूजापाठ र सभासम्मेलन दुनाटपरी प्रयोग हुन थालेको छ। होटलहरूले पनि किन्न थालेका छन्।’, दुनाटपरीको व्यवसायले महिलाहरूलाई रोजगारी र आत्मनिर्भरतातिर अघि बढाएको छ। सालको पातको अभाव छैन। धनगढी उपमहानगरले नेपाल सरकारको सशर्त अनुदानबाट ‘उद्यम विकास कार्यक्रम’ चलाउने गरेको छ।, साउदका अनुसार यस कार्यक्रममा लागि चालु आर्थिक वर्षमा २३ लाख रुपैँया बजेट छुट्याइएको थियो। यसमा दुई जना ‘सामाजिक परिचालक’ पनि छन्। उनीहरू मासिक तलब पाउँछन्।, महिलाहरूका लागि उद्यम विकासको यस्तो कार्यक्रम चालु राख्नुपर्ने समूहका सदस्यहरूको भनाइ छ। , प्लास्टिकमुक्त सहर बनाउन टपरी उद्योगमा महिला
एजेन्सी सामाजिक सञ्जाल ट्विटरले बेलायती प्रसारण संस्था (बिबिसी) लाई सरकारले पैसा दिने मिडिया भनेपछि बिबिसीले आपत्ति जनाएको छ।, बिबिसीका अनुसार ट्विटरले बिबिसीको भेरिफाइड खाता @BBC लाई सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेको छ।, एक वक्तव्य जारी गर्दै बिबिसीले आफू एक स्वतन्त्र संस्था भएकाले सरकारले पैसा दिने भनी ट्विटरले लगाइदिएको लेबल हटाउनु पर्ने भनेको छ।, यसबारे ट्विटरका अधिकारीहरूसँग पनि कुरा भइरहेको बिबिसीले जनाएको छ।, ‘बिबिसी स्वायत्त हो र यो सधैँ स्वायत्त रहेको छ। हामीलाई बेलायती जनताले  लाइसेन्स शुल्कका माध्यमबाट पैसा दिन्छन्,’ बिबिसीले भनेको छ।, पछिल्लो समय भेरिफाइड खाता चलाउन ट्विटरले पैसा लिन थालेको छ। यसअघि नै उसले विभिन्न व्यक्ति र संस्थाका खातालाई विभिन्न लेबल लगाउन थालेको थियो। त्यसमा मिडियाका खाता पनि छन्।, चीनको पिपुल्स डेलीलाई ट्विटरले चिनियाँ राज्य सम्बन्धित मिडिया भनेर लेबल दिएको छ भने रसिया टुडेलाई रूसी राज्य सम्बन्धित मिडिया भनेको छ।, यसअघि ट्विटरले अमेरिकाको नेशनल पब्लिक रेडियो (एनपिआर) लाई राज्य सम्बन्धित मिडिया भनेको थियो। पछि उक्त लेबल हटाएर राज्यले पैसा दिने मिडिया भनेर लेबल दिइएको छ। , बेलायतको द गार्डियन, अमेरिकाको द न्युयोर्क टाइम्स, हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टलाई भने ट्विटरले कुनै लेबल दिएको छैन। केही समयअघि न्युयोर्क टाइम्सको एकाउन्टबाट भेरिफाइड चिन्ह भने ट्विटरले हटाइदिएको छ।, ट्विटरले बिबिसीलाई सरकारले पैसा दिने मिडिया भनेपछि…
सेतोपाटी संवाददाता पाल्पा जिल्लामै सरकारी तवरमा सबभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ।, निर्माण कार्य सुरू भएको करिब आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।,  , नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्।, यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भएता पनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउँछन्।, ‘पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौं, चितवन जानुपर्ने बाध्यता बन्यो’, उनले भने, ‘भवनको संरचना तयार भएको हुँदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ।’ ,        , एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०७२ कात्तिक १७ गते सम्झौता गरी २० करोड दुई लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो , आर्थिक वर्ष २०७२/७३ को पुसदेखि  निर्माण कार्य सुरू गरिएको सो भवन कोभिड–१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो।, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढंगले सेवा प्रवाह गर्ने जानकारी दिए। , पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ।, सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ।, हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिँदो छ। यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन्।, सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्। , ‘भवन अभावमा विशेषज्ञ सेवा सुरू गर्न सकिएको थिएन, अब संरचना तयार भएको छ, विशेषज्ञ सेवा सञ्चालन गरेर प्रभावकारी सेवा दिने तयारीमा छौं’, उनले भने।, पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रियामार्फत् उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ। , सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो।, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकीबेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउँछन्। ,        , प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रूपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताए।,       , नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ। विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ। पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ।,        , वि.सं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो।, सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो। , निर्माण सुरू भएको आठ वर्षपछि बन्यो रामपुर अस्पताल
सेतोपाटी संवाददाता कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो।, दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६  का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। , उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। , दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। , उनीहरुको उपचार भइरहेको  डिएसपी चन्दले जानकारी दिए। , प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। , कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एक जनाको मृत्यु
एजेन्सी निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।, उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर  सोध्छन्।, दलाई लामाको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार माफी मागेका हुन्।, pic.twitter.com/vlmUbI4vqz, — Dalai Lama (@DalaiLama) ,April 10, 2023, दलाई लामाको सामाजिक सञ्जालमा राखिएको वक्तव्यमा उनले आफूले भेटेका मानिसहरूसँग  निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख गरेका छन्।, ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’  दलाई लामाको वक्तव्यमा भनिएको छ।, उनले उक्त घटनाप्रति खेद पनि व्यक्त गरेका छन्।, दलाई लामाले मागे माफी
रासस छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ। , प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो। , यस्तै १५ हजार जरिवाना र चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको छ।, त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो। , अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडिओ देखाएको अभियोग पुष्टि भएको थियो। यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन्। , बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो।, २०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए। जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ।, बालयौन दुर्व्यवहार मुद्दामा शिक्षकलाई एक वर्ष तीन महिना कैद
सेतोपाटी संवाददाता २० हजार घुस रकम सहित एक जना इन्जिनियर पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीले एक जना इन्जिनियरलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए, बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका हुन्। , उनले घर नक्सा पास गराउन सेवाग्राहीसँग घुस मागेका थिए। , उक्त खबर पाएपछि इटहरीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका-५ स्थित पुल्चोकबाट घुस लिँदा लिँदै पक्राउ गरेको दाहालले बताए। ,  , २० हजार घुससहित एक इन्जिनियर पक्राउ
नारायण खड्का चैत २२ गते बिहान साढे नौ बजेतिर रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ का ४१ वर्षीय तारामान बुढा र श्रीमती ग्वारी बुढाले चार छोरी र दुई छोरा सँगै बसेर खाना खाए।  , विद्यालय बिदा थियो। खाना खाइसकेपछि १० वर्षीया साइँली छोरी रिना र ८ वर्षीया कान्छी छोरी कालीमायाले बुवा आमालाई आफूहरू सिस्नो र निगुरोको सागका साथै खरायोका लागि घाँस लिन जाने कुरा गरे।, रिनाले सिस्नो र निगुरोको साग र कान्छी छोरीले घरमा आठ वटा खरायो पालेको हुँदा उनीहरूका लागि घाँस काटेर ल्याउने भनेर पोलिथिनको झोला लगेर घरबाट करिब दश बजेतिर निस्के। यी दुई दिदीबहिनी त्यसभन्दा पहिले पनि साग सिस्नु टिप्न वा खरायोलाई घाँस काट्न जाने गर्थे। , दुई बहिनीको साथमा सिस्नुको साग र निगुरो टिप्न भनेर छिमेकी तथा मित बहिनीको छोरी तथा वडा सदस्यकी छोरी देविका बिक पनि सँगै गइन्। उनीहरू लगभग एकै उमेर समूहका थिए। रिना र देविकाले रमाउँदै खेल्दै सिस्नो र निगुरोको साग टिपे भने भने कालीमायाले खरायोका लागि घाँस काटिन्। एकै उमेर समूहका भए पनि नाताले देविका उनीहरूकी फुपू थिइन्।, उनीहरू घरभन्दा तलतिर झन्डै २० मिनेटको पैदल दूरीको खेतबारी भएको ठाउँमा गएका थिए। यहाँ जंगल वा भिरपाखो थिएन। केही बैंचका रुखहरू मात्रै थिए। त्यो दिन आसपासमा खेतबारीमा काम गर्ने अरू मानिसहरू पनि थिए।, दिउँसो पौने दुई बज्दै गर्दा देविकाले रिनालाई सिस्नु पुगिसकेको भन्दै घर फर्केर जान आग्रह गरिन्। तर, रिनाले भनिछन्, ‘फुपू हाम्रो परिवार ठूलो छ। यत्ति सिस्नु वा निगुरीको सागले पुग्दैन तपाईं जाँदै गर्नुस्। हामी दुई बहिनी केहीबेर अरू टिपेर फर्किने छौं।’, देविका साढे २ बजे साग टिपेर आफ्नो घर पुगिसकेकी थिइन्। देविकाले सँगै गएका भतिजीहरूले भनेको कुरा उनीहरूको घरमा गए पनि भनिन्।, घाम डाँडा खोलापारि पुग्यो। साँझको तरकारी पकाउने समय हुन थाल्यो। तर सिस्नु र निगुरोको साग टिप्न गएका दुई छोरीहरू घर आएनन्। अघिपछि उनीहरू दिउँसै घर आइपुग्थे। बुवा तारामान डाँडोमा गएर छोरीहरूलाई बोलाए।, उनीहरूले जवाफ फर्काएनन्। छोरीहरूले जवाफ नदिएको कुरा उनले श्रीमती ग्वारीलाई सुनाए। ग्वारी आँत्तिइन्। डाँडोमा गएर छोरीहरूलाई बोलाइन्। फेरि पनि जवाफ आएन।, उनीहरूकी जेठी छोरी १९ वर्षीया ज्ञानुले पनि बहिनीलाई बोलाइन्। जवाफमा केही सुनिएन।, सूर्य डाँडामा पुगिसकेको थियो। रिना र कालीमायाको अत्तोपत्तो थिएन। आमा-बुवाको मन चिसो भयो।, बालिकाहरू कहाँ गए होलान् भनेर गाउँघरमा हल्लाखल्ला भयो। तारामान र उनको परिवारले आशा मारेनन्।, साढे ७ बजेतिर ५०/६० गाउँले जम्मा भए। बाजागाजा बजाउँदै खोजीमा निस्के। तारामानका अनुसार अहिले पनि हिमाली भेगमा साना नानीहरूलाई भुतले सुटुक्क लैजान्छ भन्ने मान्यता छ। भुतले लगेको भए बाजागाजा बजाउँदै हो-हल्ला गर्दै गएमा त्यो सुनेर उसले लाज मानी छोडिदिन्छ भन्ने विश्वास छ।, मध्यरातसम्म खोज्दा पनि रिना र कालीमाया फेला परेनन्। राति १ बजे गाउँलेहरू घर फर्किए।, ‘हामीले दुई छोरी साग सिस्नो टिप्न गएको तल खोज्यौं,’ तारामानले भने, ‘उनीहरूलाई त त्यसभन्दा करिब एक किलोमिटर माथि डाँडोमा लगेर हत्या गरी भिरबाट खसालिएको रहेछ।’, रिनाले कानमा सुनको आधा मोहर र कानमा ५ लालको फुली लगाएकी थिइन्। कालीमायाले कानमा सुनकै आधा सुक्का र नाकमा ५ आनाकै मोहर लगाएकी थिइन्। तारामानका अनुसार उनीहरूले लगाएका सुनका गहनामध्ये जेठी छोरी ज्ञानीले गत वर्षमात्रै तिमीहरूको कान रित्तै भए भनेर आफ्नो कानमा लगाउने मोहर मासेर गहना बनाइदिएकी थिइन। नाकमा लगाउने सुन भने बुवा तारामान र आमा ग्वारीले त्यसअघि नै बनाइदिएका थिए। साइली रिना स्थानीय आधारभुत विद्यालय रन्मामा यही वर्ष कक्षा ४ मा पुगेकी थिइन् र कान्छी फेल भएर कक्षा २ मै थिइन्।, बिहान पाँच बजेतिर गाउँलेहरू खोजीमा निस्के। साढे ६ बजेतिर तारामानका कान्छा सालाले कराउँदै भने, ‘भेना, कान्छी कालीमाया यहाँ छिन।’, कालीमायाको शव फेला परेको करिब २० मिटरमूनि रिना पनि अचेत अवस्थामा फेला परिन।, ‘त्यो कुरा सुन्दा मेरो उठेर हेर्न जाने हिम्मत नै भएन,’ तारामानले भने, ‘कान्छी छोरीलाई काखमा राखेर बसेको मैले साइँली छोरी पनि जिउँदै छ कि? भनेर सोध्न पनि सकिनँ।’, घटनाबारे प्रहरीलाई खबर भयो। घटना शंकास्पद लागेपछि बाँकेबाट तालिम प्राप्त कुकुरसहित हेलिकप्टरबाट प्रहरी आउने भए।, घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट पैदल झन्डै एक दिनको दुरीमा पर्ने हुँदा प्रहरी प्रमुख डिएसपी रञ्जना श्रेष्ठसहितको टोली पुग्न समय लाग्यो। २३ गते रातभर पनि प्रहरीसहित स्थानीयले शव कुरेर बसे।, २४ गते बिहान १२ बजेतिर बल्ल तालिम प्रापत कुकुर र डिएसपी श्रेष्ठसहितको जिल्लाको टोली पुगेपछि मुचुल्का बनाउने क्रम सुरू भयो।, मोटरबाटो थिएन। गरह भन्ने ठाउँसम्म मात्रै स्ट्रेचरमा बोकेर दुई शव लगिए। त्यहाँबाट पालिकाको एम्बुलेन्सले शब बोक्यो। चैत २४ गते बेलुका अबेर मात्रै उनीहरू जिल्ला अस्पताल रूकुमकोट पुगे। २५ गते बिहान १० बजे मात्र रिना र कालीमायाको शवको पोष्टमार्टम हुने भयो। , पोष्टमार्टमपछि रन्मास्थित घरतर्फ ल्याउन  रातको १२ बजिसकेको थियो। शबहरू ल्याउन थालेको कुरा गाउँ घरमा खबर पुगिसकेको थियो।, ‘घरमा रिना र कालीमायाका शबहरू लैजाँदा सम्हाल्न गाह्रो हुन्छ भन्ने लागेर घरमा नलगी तलतल शवहरू डाँड भन्ने सदगद ठाउँमा लगेका थियौ,’ तारामानले भने, ‘गाउँलेहरूले तयार पारेका काठका बाकसमा शवहरू राखेर खाल्डोमा गाड्दा म र अरूहरू पनि खुबै रोँयको थियौं।’, २६ गते बिहान १ बजेतिर मात्रै घर फर्किएको बुवा तारामानले बताए।, उनलाई अझै पनि छोरीहरू मरे भन्ने विश्वास नै लाग्दैन।, ‘मलाई अझै पनि दुई छोरीहरू बुवा भन्दै दौडिएर आउँछन् कि भन्ने आश लागिरहन्छ,’ उनले भने, ‘श्रीमती र छोराछोरीका अगाडि आँशु लुकाए पनि एकान्तमा बेस्सरी रून्छु।।’, प्रहरी स्रोतका अनुसार रिना र कालीमाया दुई दिदी बहिनीको हत्या सुन खोस्ने कारणले स्थानीय दुई किशोरीले मिलेर गरेको देखिएको छ।, उनीहरूको हत्या दिउँसो साढे दुईदेखि तीन बजेतिर भएको अनुमान गरिएको छ। पहिले दिदी रिनाको हत्या गरी पछि कालीमायाको हत्या भएको र हत्या पछि खोल्सामा शव लुकाएको आरोपीले बयान दिएका छन्।, त्यसपछि उनीहरूले साँझमा डोकोमा शव राखेर एक किलोमिटर टाढाको भिरबाट खसालिदिएको प्रहरीको भनाइ छ।, प्रहरीका अनुसार हत्यामा संलग्न दुई किशोरीहरू १५ वर्ष भन्दा कम उमेरका छन्। त्यसैले उनीहरूको नाम गोप्य नै राखिएको छ। पक्राउ परेका उनीहरूमाथि घटना अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको डिएसपी श्रेष्ठले बताइन्।, ‘छोरीहरू बुवा भन्दै दौडिएर आउँछन् कि जस्तो लागिरहन्छ’
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ६ मा बस्ने २० वर्षीय कादिर मोमिन छन्।, प्रहरीका अनुसार कादिरले सामाजिक सञ्जालमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिलाको शरीरको तस्बिर जोडेर अश्लिल शब्द लेखी तस्बिर र भिडिओ पोस्ट गर्ने गर्थे। साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामग्रीमा समेत अश्लिल क्याप्सन राखेर दु:ख दिने गरेको  प्रहरीले जनाएको छ।, सोही विषयमा कारबाहीको लागि साइबर ब्युरोमा निवेदन परेको थियो। अनुसन्धान गर्ने क्रममा कादिरलाई साइबर ब्युरो र जिप्रका झापाको सहयोगमा गत शुक्रबार पक्रेको थियो। , आइतबार उनीमाथि थप अनुसन्धान गर्नको लागि चार दिन म्याद थपिएको प्रहरीले जनाएको छ।  ,  , सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सुनाइएको छ।, जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले उनलाई १८ वर्ष एक महिना कैद सजाय सुनाएको हो।, स्रेस्तेदार विष्णु पाण्डेका अनुसार चटौतबाट पीडितलाई ८ लाख क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ।, चटौतले २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने छ।, सरकारी वकिल कार्यालयले सुशीललाई १८ देखि २० वर्ष कैद सजाय माग गरेको थियो।, कन्चनपुर र ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीको घर नम्बर ४८ मा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।, चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन्।, यो मुद्दामा बालिका होस्टाइल भएकी थिइन्। अदालतमा बकपत्र गर्दा जाहेरीभन्दा उल्टो बयान गर्नुलाई होस्टाइल हुनु भनिन्छ।, लामो समय बलात्कारबारे कसैलाई भन्न नसकेकी १३ वर्षीया बालिका आफू बस्दै आएको घरबाट भागेर राज्यको संरक्षणमा पुगेकी थिइन्। तर उनी प्रहरी, राष्ट्रिय बालअधिकार परिषद्, सरकारी वकिल कार्यालय र अदालतको संरक्षण नपाएर बकपत्र फेर्ने परिबन्दमा फसेकी थिइन्।, उनलाई संरक्षण दिन राज्य चुकेपछि उनी होस्टाइल हुन पुगेको देखिएको थियो।, यो पनि: ,बालिका बलात्कार गरेको अभियोग लागेका सुशील चटौत दोषी ठहर , बालिका बलात्कारमा दोषी ठहर भएका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सजाय
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।, कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।, नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।, सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्।, नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।, नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जनाएको छ।, हेर्नुस् सूचना:, नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी
रासस बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ।, आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ।, आगलागीबाट २ बाख्रा र केही कुखुरा जलेको गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष टीकानाथ यादवले बताए।, उनकाअनुसार सोमबार दिउँसोदेखि सुरु भएको आगलागी बेलुकी नियन्त्रणमा आएको थियो।, खरानीसँगै फालिएको ठाउँबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको ३ वटा दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।, आगलागीले घर पूर्ण रुपमा क्षति भई विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो राहत पुर्‍याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए।, आगलागीबाट बाँकेमा जले ४ घर
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमण अझै केही दिन बढ्ने बताए।, 'अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,' उनले भने, 'त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ।', संक्रमण अझै बढ्ने भएकाले कोरोना भाइरसविरूद्धको खोप लगाउन पनि आग्रह गरेको छ।, केही दिनयता कोरोना संक्रमण उकालो लागेको छ। सोमबार एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। , यस्तै, सोमबार २९ जना उपचार गरी घर फर्किएका छन्।, अहिलेसम्म सक्रिय संक्रमित संख्या चार सय ४४ पुगेको छ।, काठमाडौं उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन्।, छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ नेपालमा देखापरेको छ। शून्यमा झरेको संक्रमण नेपाल-भारत खुला सिमानाका कारणले फैलिएको मन्त्रालयले जनाएको छ।, कोरोना संक्रमण अझै केही दिन बढ्ने
रासस विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ।, नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।, ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ।, केही साताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।, विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बताए।, महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलन लगायतका अभियान सञ्चालन गरिरहेको उनले बताए।, पार्किङ स्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ।, उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन्।, ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ। सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ। महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु,’ उनले भने।, वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। , मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले बताए। , ‘एक्कासी बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ,’ उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको छ।’, केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।,  , सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक
सेतोपाटी संवाददाता नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो। , तीमध्ये बोगटीले बन्दुक बोकेका थिए। त्यसरी बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , एसपी राठौरका अनुसार उक्त बन्दुक बोगटीकै नाममा लाइसेन्स छ। तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने पनि उनले बताए। , ‘प्रारम्भिक रूपमा हेर्दा लाइसेन्स लिएको देखिन्‍छ। तैपनि त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न मिल्दैन। उक्त खबर पाएपछि टोली पठाएर पक्राउ गरी ल्याएका हौं,’ उनले भने। , उनका अनुसार भिडिओ आइतबारको थियो। , बोगटीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको एसपी राठौरले बताए। , बोगटीमाथि हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको उनले बताए। ,  , हतियार देखाएर हिँडेको भिडिओ बाहिरिएपछि चक्रे मिलन समूहका एक पक्राउ
रासस मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा  अस्पतालमै बन्धक छिन्।, गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो। , उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो। तर अस्पतालमा उपचारबापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन्। उनी अस्पतालमै तीन छोराछोरीसहित 'बन्धक' छिन्।, उनले अस्पताललाई उपचारबापतको छ लाख ६९ हजार रुपैयाँ तिर्न बाँकी छ।  , सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन पाएकी छैनन्। उनीसँगै वृद्ध ससुरा पनि अस्पतालमै छन्। ,  , 'हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन। यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ ?)', मन्तोरिया रायले रूँदै भनिन्।, कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन्। बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो। यसरी सडकमा घिसारिएपछि उनको शरीरको विभिन्न भागमा चोट लाग्यो।, मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए।, सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए। चालक राय तत्कालै समातिए। पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन्।, चालक रायको घरपरिवारको अवस्था दयनीय छ। उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन्। दुर्घटनापश्चात् मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए।, अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन्।, मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै रु १० लाख अस्पताललाई तिरेको छ। तर बाँकी पैसो तिर्न उनीसित कुनै उपाय छैन।, मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएकी छन्। , सुरूमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। मधेस  स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन्।, अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन्।, मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ। उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमै बस्न बाध्य छन्।, रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति–नातिना सम्हालेका छन्।, मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्।, गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ। पति रामबहादुरको पनि कमाइ छैन। उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन्।, अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिया अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए।, मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ। केही भाग आन्द्रा काटेर हटाइएको छ।, दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ। दायाँ हात पनि भाँच्चिएको थियो।, अस्पतालका व्यवस्थापक मण्डलले भने, 'जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो। बाँच्ने अवस्था न्यून थियो। तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्‍यौँ। दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ', ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ।, मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन्। उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिए। , नगरप्रमुख यादवले भने, 'यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौं, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौं। यो घटनालाई गम्भीरतापूर्वक लिएका छौं।', त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो। टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ।, उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'
एजेन्सी अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन्।, गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ।, घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भीर छ।, गोली हान्ने कर्मचारी कोनर स्टर्जनको पनि मृत्यु भएको छ। उनले आफैंलाई गोली हानेका हुन् कि प्रहरीको गोली लागेर मारिएका हुन भन्ने खुलेको छैन।, २५ वर्षका स्टर्जन गत वर्षमात्र उक्त बैंकमा पूर्णकालीन कर्मचारी नियुक्त भएका थिए। त्यसअघि उनले बैंकमा इन्टर्नसिप गरेका थिए।, सहकर्मीमाथि उनले किन गोली हाने भन्ने कारण खुलिसकेको छैन। स्रोतलाई उद्धृत गर्दै सिएनएनले  स्टर्जनलाई जागिरबाट निकालिएको सूचना दिएको उल्लेख गरेको छ।, स्टर्जनले गोली हानेको दृश्य आफ्नो सामाजिक सञ्जालबाट लाइभ गरेका थिए।, अमेरिकामा कानुनी रूपमै बन्दुक किन्न र राख्न पाइन्छ। बन्दुक सबैका पहुँचमा हुने भएकाले  बेलाबेलामा गोली काण्डका घटनाहरू भइरहन्छन्।,    , अमेरिकामा बैंकका कर्मचारीले हाने आफ्नै सहकर्मीलाई गोली: पाँचको मृत्यु, ८ घाइते
सेतोपाटी संवाददाता सार्वजनिक स्थानमा हतियार प्रर्दशन गरेको अभियोगमा पक्राउ परेका युवामाथि बाँके प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने भएको छ।, नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले चक्रे मिलन समूहका युवा गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको थियो।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामबहादुर घर्तीले बोगटीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको सेतोपाटीलाई बताए।, बोगटीलाई मंगलबार दिउँसो म्याद थपका लागि जिल्ला अदालत पठाइएको उनले जानकारी दिए। केही दिन थुनामा राखेर घटना अनुसन्धान गर्नका म्याद थप्न लागिएको डिएसपी घर्तीले बताए।, आइतबार चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो। जसमा बोगटीले बन्दुक बोकेका थिए। उनले बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाललगायत राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार बोगटीले बोकेको उक्त बन्दुक उनकै  नाममा लाइसेन्ससमेत छ। लाइसेन्स भए पनि त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन्।, बोगटीलाई अदालतले कति दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिन्छ त्यो भने बेलुकासम्म थाहा हुने प्रहरीले जानकारी दिएको छ।, सार्वजनिक स्थानमा हतियार बोकेर हिँड्ने युवाविरूद्ध अभद्र व्यवहार मुद्दा
सेतोपाटी संवाददाता प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। , मंगलबार बिहान ८ बजेतिर माण्डवी गाउँपालिका–५ रम्दीमा ट्र्याक्टर दुर्घटनामा परी नौबहिनी गाउँपालिका–१ ठूलागाउँका २५ वर्षीय दुर्गा विकको मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले  चेरनेटा–रम्दी सडकको नाला बनाउनका लागि गिट्टी बालुवा बोकेर  खोलातर्फ जाँदै गरेको रा १ त ४१५६ नम्बरको ट्र्याक्टर दुर्घटनाका घाइते विकको जिल्ला अस्पताल बिजुवारमा पुर्‍याएको केहीबेरमै मृत्यु भएको थियो। , चालक नौबहनीकै विक्रम परियारको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए।, जिल्ला अस्पतालको प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। , घटनाका अन्य दुई घाइतेको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।, अनियन्त्रित भई ट्र्याक्टर दुर्घटनामा भएको र सडकदेखि करिब ७० मिटर तल खसेको डिएसपी खड्काले सेतोपाटीलाई बताए।, प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
सविता बुढा बाजुराको गौमुल गाउँपालिकाले मदिरा सेवन गर्न अनुमति दिने कार्ड लागु गरेको ५ वर्ष पुगेको छ। यो गाउँपालिका बाजुराको विकट क्षेत्रमा पर्छ।, मदिराकै कारण स्थानीयहरूले ज्यान गुमाउने, हिंसामा पर्ने घटना धेरै भएपछि गाउँपालिकाले यो कार्ड लागु गरेको थियो। , अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवनमा उक्त नियम लागु भएपछि गाउँपालिकामा अशान्ति, झैझगडा र दैनिक विवादका घटना ह्वात्तै कम भएका छन्। मदिरा सेवन गर्न पनि कम गरेका छन्। , भन्छन्, ‘पहिला दिउँसै मदिरा सेवन गरेर बाटोमा हिँडिरहेका हुन्थे। अहिले त्यस्तो छैन। महिलामाथिको हिंसा पनि कम भएको छ। घरायसी झगडा कम भएको छ। छरछिमेकमा पनि झगडा छैन।’, ५ वर्ष पहिले वडा नम्बर ४ मा भएको एउटा घटना सम्झिँदा गाउँपालिकाकी उपाध्यक्ष सीता रोकाया थापा अहिले पनि दुःखी हुन्छिन्।, गाउँका ४० वर्षीय बिसे कामी अचानक बेपत्ता भए। उनी घर बनाउने काममा मजदुरी गर्थे। एक दिन बिसे कामबाट घर नफर्केपछि परिवारजनले खोजी गरे तर फेला परेनन्।, दुई दिनपछि उनलाई अर्को बस्तीका मान्छेले खोलामा अचेत अवस्थामा फेला पारे। उनी खोलामा त्यो अवस्थामा कसरी पुगे भन्नेबारे खोजी भयो। घटना हुनमा मदिरा प्रमुख कारण रहेको पत्ता लाग्यो।, काम सकेर साँझ घर फर्किने क्रममा बिसे र उनका साथीहरू एक ठाउँमा बसेर मदिरा पिएछन्।, पिउँदा पिउँदै आपसमा विवाद भयो। यही क्रममा बिसे साथीहरूबाट कुटिए। साथीहरूले नै उनलाई अचेत अवस्थामा खोलामा फाले।, अर्को बस्तीका मानिसहरूले बिसेलाई खोलामा भेटेका थिए। आफन्तहरूले उनलाई उपचारका लागि भारत लगे।, उपचार नलाग्ने भएपछि उनी घर ल्याइए। घर आएको करिब एक महिनामा उनको मृत्यु भयो।, बिसेको मृत्युपछि मदिरा सेवन गरेर उनलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परे। अहिले उनीहरू जेलमा छन्। गौमुलमा मदिराका कारण ज्यानै गएको उक्त घटना धेरै मध्येको एक हो।, गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिराले लट्ठ परेर एक घरबाट अर्को घरसम्म जाँदा भिरबाट लडेर र आपसमा झगडा गरेर ज्यान गएका घटनाहरू छन्।, २०७४ सालमा स्थानीय तहको निर्वाचनमा रोकाया गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भए।, मदिरा सेवन गम्भीर सामाजिक विकृति थियो। अध्यक्ष रोकाया मदिरा सेवनका कारणले हुने अप्रिय घटना नियन्त्रण गर्न चाहन्थे।, साथीहरूबीच झैझगडा, अशान्ति, महिलामाथि हिंसा, घरायसी झगडा दिनहुँका घटना थिए। कतिपय पुरुषहरू दिउँसै मदिरा पिएर बाटोमा लम्पसार भेटिन्थे।, यस्ता अनेक घटनाले अध्यक्ष रोकाया बेचैन थिए।, इलाका प्रहरी कार्यालयमा आउने झैझगडा र विवादका अधिकांश मुद्दाहरूमा मुख्य कारण मदिरा नै हुन्थ्यो। मदिराले भएका घटना मिलाउन जनप्रतिनिधिहरू पनि बोलाइन्थे।, झगडा मिलाउन जाँदा पनि पक्ष–विपक्षका व्यक्तिहरूले मदिरा सेवन गरेका हुन्थे। यस्ता झगडामा मिलापत्र गराउन जनप्रतिनिधिहरू पनि सकस हुन्थ्यो।, मदिरा सेवन गरेकाहरूका तर्क हुन्थ्यो– कसका बाउको खाएको छ र! आफ्नो पैसाले खाएको हो। जनप्रतिनिधिहरूलाई स्थानीय तहले गर्नुपर्ने कतिपय काममा मदिराकै कारणले कठिनाइ पनि भयो।, अध्यक्ष रोकायाले भने, ‘हामी जनप्रतिनिधि भएर पनि मदिराका कारण काम गर्ने वातावरण पाएनौँ। धेरै घटनाहरूबाट विकासको मुख्य बाधक मदिरा नै हो भन्ने निष्कर्षमा पुग्यौँ।’, गाउँपालिकाले गर्ने सामाजिक र पूर्वाधार क्षेत्रका काममा मदिरा बाधक बनेपछि जनप्रतिनिधिहरूले सबैभन्दा पहिला यही समस्या समाधान गर्ने योजना बनायो।, समस्या समाधानका बारेमा गाउँपालिकामा छलफल भयो। पूर्णरूपमा मदिरा बन्द गर्न सहज थिएन। मदिराबाट समाजमा हुने अशान्ति अन्त्य गर्न गाउँपालिकाले उपायहरू खोज्न थाल्यो।, उनले भने, ‘मदिरा पूर्णरूपमा बन्द गर्न चुनौती थियो। छलफलपछि कार्यविधि बनायौँ। त्यसैका आधारमा नयाँ नियम लागु गर्‍र्यौं।’, गाउँपालिकाले मदिरा कुन समयमा पिउने, कसले पिउन पाउने, कति पिउने भन्ने विषयमा नियम बनाएर कार्यान्वयन गर्‍यो।, नियमअनुसार प्रत्येक वडामा व्यक्तिगत लेखा नम्बर (पान) नम्बर लिएका पसलले गाउँपालिकामा स्थापना भएको डिलरबाट मात्रै मदिरा खरिद गर्नुपर्ने भयो।, मदिरा सेवन गर्न चाहनेले गाउँपालिकाले ‘मदिरा कार्ड’ लिनुपर्ने भयो।, गाउँपालिका कार्यालयले फोटो र नाम–ठेगाना सहितको कार्ड दिन्छ। मदिरा पिउने व्यक्तिले कार्डमा आफूले पिएको अभिलेख (रेकर्ड) लेख्नुपर्छ।, मदिरा कार्ड व्यक्ति आफूले राख्न पाउँदैन। मदिरा बिक्री गर्ने पसलेले नै व्यक्तिको मदिरा कार्ड राख्नुपर्छ। व्यक्तिले मदिरा खरिद गरेको रेकर्ड उसको कार्डमा लेखिदिनुपर्छ।, एक व्यक्तिले एक दिनमा १८० एमएलमात्रै मदिरा सेवन गर्न पाउँछ। सेवनको समय पनि तोकिएको छ। बेलुका ६ बजेदेखि ९ बजेसम्म पिइसक्नु पर्छ।, कर्मचारी र जनप्रतिनिधिका लागि मदिरा पसल चलाउन र सेवन गर्न प्रतिबन्ध छ। मदिरा कार्ड दुई किसिमको हुन्छ– स्थानीय व्यक्तिका लागि र आगन्तुकहरूका लागि।, बाहिरबाट आएकाहरूले मदिरा कार्ड लिएर इच्छाअनुसार जति सेवन गरे पनि हुन्छ।, अध्यक्ष रोकायाका अनुसार मदिरा सेवनमा उक्त नियम लागु भएपछि गाउँपालिकामा अशान्ति, झैझगडा र दैनिक विवादका घटना ह्वात्तै कम भएका छन्।, भन्छन्, ‘पहिला दिउँसै मदिरा सेवन गरेर बाटोमा हिँडिरहेका हुन्थे। अहिले त्यस्तो छैन। महिलामाथिको हिंसा पनि कम भएको छ। घरायसी झगडा कम भएको छ। छरछिमेकमा पनि झगडा छैन।’, पिउनेहरू सुटुक्क पिउँछन्।, दिनभरि काम गरे फर्केपछि बेलुका एक ठाउँमा जम्मा भएर मदिरा पिउने प्रवृत्ति कम भएको छ। मदिरा कार्ड वितरणका आधारमा हेर्दा पिउने प्रवृत्ति पनि फेरिएको छ। पिउनेहरू गोप्य तरिका अपनाउन थालेका छन्।, अध्यक्ष रोकायका अनुसार शतप्रतिशत सुधार त भएको छैन तर निकै ठूलो परिवर्तन भएको छ। खुलमखुला पिएर झगडा गर्ने प्रवृत्ति ह्वात्तै घटेको छ। मदिरा नपिउने व्यक्तिहरु निकै खुसी भएका छन्।, सबैभन्दा बढी खुसी त महिलाहरू नै छन्।, वडा नम्बर ४ निवासी मुना सार्कीका अनुसार पहिलाको तुलनामा अहिले गाउँमा शान्ति छ।, भन्छिन्, ‘पहिला धेरै गालीबेइज्जती हुन्थ्यो। मदिरा खाएर पुरुषले महिलालाई कुटपिट गर्थे। अहिले त्यस्तो छैन। अहिले त पुरानो लत भएका व्यक्तिहरूले मात्रै पिउँछन्।’  , यो नियम पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ।, स्थानीयवासी मंगल धामी पनि गाउँपालिकाले लागु गरेको नियमले धेरै खुसी छन्।, भन्छन्, ‘मदिरा कार्डले एकदम राम्रो भएको छ। जथाभावी पिउन पाउँदैनन्। गाउँमा राम्रो हुँदै गएको छ।’, गाउँपालिकाको राजस्व संकलन शाखा प्रमुख भरत रोकायाका अनुसार मदिरा कार्ड प्रत्येक वर्षमा नवीकरण गर्नु वा नयाँ बनाउनु पर्छ।, पसलेहरूले नियम उल्लघंन गरे पहिलो पटकका लागि २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ। दोस्रोपटक जरिवाना भए यसको दोब्बर तिर्नुपर्छ।, राजस्व संकलन शाखा प्रमुख रोकाया नै मदिरा व्यवस्थापन शाखाका पनि प्रमुख हुन्।, नियम उल्लंघन गर्ने व्यक्तिलाई पहिलो पटकका लागि दुई हजार रुपैयाँ जरिवाना लाग्छ। दोस्रो पटक जरिवाना भए थप पाँच सय रुपैयाँ थपिन्छ।, कर्मचारी र जनप्रतिनिधिहरूले नियम विपरीत मदिरा सेवन गरे पहिलो पटक चार हजार रुपैयाँ जरिवाना लाग्छ। दोस्रो पटक जरिवाना भए दोब्बर हुन्छ।, उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा मदिरा सेवन तथा बिक्रीमा जरिवनाबापत ४७ हजार रुपैयाँ संकलन भएको छ।, २०७४ सालमा निर्वाचित अध्यक्ष हरिबहादुर रोकाया र उपाध्यक्ष सीतादेवी रोकाया २०७९ सालमा पनि पुनर्निर्वाचित भएर दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्दै छन्।, मदिरासम्बन्धी उक्त नियम २०७४ सालमै कार्यान्वयन भएको हो। यसलाई थप प्रभावकारी बनाउने अध्यक्ष र उपाध्यक्ष दुवैको भनाइ छ।, अध्यक्ष रोकायाले अनुभवका आधारमा नियम परिमार्जन गरेर अझ कडाइका साथ कार्यान्वयन गर्ने बताए।, आगामी आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिका प्रहरी राख्ने र उनीहरूमार्फत मदिरा सम्बन्धी नियम कार्यान्वयनको निगरानी र अनुगमन गर्ने पनि उनले बताए।, मदिरा कार्डबाट गाउँपालिकामा कसले कति मदिरा पिउँछ भन्ने वार्षिक परिमाण प्राप्त हुन्छ।, ‘अब कार्यविधि संशोधन गर्दै छौँ। मदिरा धेरै पिउनेहरूका लागि गाउँपालिकाको सेवा कटौती गर्छौं,’ अध्यक्ष रोकाया भन्छन्, ‘जसले धेरै र नियम विपरीत सेवन गरेको देखिन्छ उनीहरूका लागि सेवा बन्द गर्छौं। गाउँपालिकाका आयोजनामा पनि काम नपाउने नियम बनाउँछौँ।’, मदिरा बेच्ने पसलहरूबाट हुनसक्ने बदमासी रोक्न पनि उपाय खोजिने उनले बताए।  , मदिरा कार्ड लागु गरेर गाउँलेलाई सुधारेको बाजुराको गौमुल
नवीनबाबु गुरूङ चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको भन्दै प्रदर्शन भएको छ। , मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। , चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रिया अघि बढाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।, विद्यार्थीहरूले प्रदर्शनमा एप्रोन लगाएर नारा लेखिएका ब्यानरहरू बोकेका थिए। , मेरिटोक्रेसी कता छ हामी यता छौं, हिजो हजुरहरूको पीडामा हामी मलम बन्यौ आज हाम्रो दुखमा हजुर कलम बनिदिनुस्, मिहेनत र मेरिटको सम्मान गर, दादा (गिरी) बन्द गरौं सर्वोच्चको फैसलाको कदर गरौं लगायतका नारा लेखेर विद्यार्थीहरु उपस्थित भएका हुन्।, यस विषयमा अनेरास्ववियु विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले आयोगमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। , तस्बिरहरू:,  ,  , चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको विरूद्ध प्रदर्शन
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ। , दिउँसो पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज राती भने पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। , पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
नारायण खड्का पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा बिहीबार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ।, स्थानीय दुई किशोरी ती बालिकाहरूको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।, स्थानीय ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई किशारीलाई पक्राउ गरिसकेको छ।, जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख, डिएसपी अन्जना श्रेष्ठले बालिकाहरूको हत्यामा संलग्न २ जना किशोरी पक्राउ परेका र उनीहरूलाई आइतबार सार्वजनिक गर्न लागिएको बताइन्।, गत बुधबार सिस्नो टिप्न हिँडेका दिदीबहिनी घर नफर्किएपछि परिवार र आफन्तले खोजी गरेका थिए।, बिहीबार बिहान घरबाट २ किलोमिटर पर झुपा खोला भीरमा उनीहरूको शव भेटिएको थियो। , डिएसपी श्रेष्ठका अनुसार हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए। त्यही गहनाकै खोस्न किशोरीहरूले बालिकाको हत्या गरेको हुन सक्ने उनले बताइन्।, ‘१४/१५ वर्षका दुई साथीले दुई बालिकालाई जंगलमा एक्लै भेटेपछि कानमा लगाएको सुन खोस्ने योजनाका साथ घाँटी न्याकेर हत्या गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप अनुसन्धान हुँदैछ,’ उनले भनिन्। , हत्याको आरोपमा पक्राउ परेका २ किशोरी पनि स्थानीय हुन्। डिएसपी श्रेष्ठका अनुसार उनीहरु स्थानीय विद्यालयमा ६ र ७ कक्षामा पढ्छन्।, एक तोला सुनको लोभमा पूर्वी रूकुममा २ बालिकाको हत्या
सेतोपाटी संवाददाता ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।, नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्।, एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।, यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने  कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ। टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ।, उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन्। नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन्। खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन्। त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन्।, प्रहरीका अनुसार मोरङमा मात्रै  चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।, पक्राउ पर्नेमा अधिकांश परीक्षार्थी धरान र बेलबारीका छन्। धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए।, अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए।, एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानका कन्सल्टेन्सी सञ्चालक पक्राउ
सेतोपाटी संवाददाता सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु भएको छ। , बोदेबर्साइन नगरपालिका-६ खामगडा बस्ने ५५ वर्षीय छठु महतोको शनिबार दिउँसो मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार उनका ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका कारण छठुको मृत्यु भएको परिवारको आरोप छ।, उनका अनुसार छठुमाथि गत पुस ११ गते राति सवा ९ बजे ज्वाइँ रामचन्द्रले कुटपिट गरेका थिए। , घरासयी विवाद हुँदा भएको कुटपिटमा छठुको नाक, मुख टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। घाइते भएका छठुलाई स्थानीय जीवन ज्योति अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।, स्वास्थ्यमा सुधार आएपछि उनलाई चैत १८ गते घर फिर्ता ल्याइएको डिएसपी सिंहले बताए। , घरमै औषधी खाइरहेकोमा  छठुको शनिबार दिउँसो २ बजे उनको मृत्यु भएको हो। , उनको मृत्यु भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको थियो। यस्तै इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकसहितको अनुसन्धान टोली पनि खटिएको थियो।, मृतक छठुकी ५५ वर्षीया श्रीमती मायावती नौनियाले ज्वाइँ रामचन्द्रविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। उनले आफ्ना श्रीमान् छठुको मृत्यु हुनुभन्दा अगाडि उक्त जाहेरी दिएकी थिइन्। , अनुसन्धान पछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।  अदालतले रामचन्द्रसँग ५० हजार धरौटी माग गरेको थियो। , धरौटी तिर्न नसकेपछि उनी  राजविराज कारागार चलान भएका थिए। , यस घटनामा छठुको मृत्यु के कारणले भएको हो भन्ने पोष्टमर्टमको रिपोर्टबाट खुलेपछि आरोपितमाथि कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गर्ने/नगर्ने निर्णय हुने डिएसपी सिंहले बताए। , तीन महिनाअघि ज्वाइँले कुटपिट गरेका ससुराको मृत्यु, ज्वाइँ जेलमा
रासस गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन्। , प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई  गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा  पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएको थियो।  , ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन्। , ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ। ट्रक चालक राजवंंशीलाई  नियन्त्रणमा लिएको सो कार्यालयका प्रमुख ज्ञानेन्द्र फुँयालले बताए। , गाइघाटमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।, काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो। , यसअघि चैत २२ गते सुनुवाईका लागि पेशी तोकिएपनि समयअभावका कारण सुनुवाई हुन सकेन। आज तेस्रो नम्बरमा रहेकाले उक्त मुद्दामा सुनुवाई हुने सम्भावना छ। , यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन।, न्यायाधीश घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो। , गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गतेउच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। , सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।,  , सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा
एजेन्सी चीनमा पुरानो भनाइ छ- बाँदरलाई तर्साउन कुखुरालाई मार।, यो भनाइले शक्तिशालीलाई तर्साउन निर्धोको नष्ट गर भन्ने बुझाउँछ।, यो भनाइलाई व्यवहारमा कार्यान्वयन गरियो भने के हुन्छ? चीनमा एक व्यक्तिले यस्तै गरेको घटना सार्वजनिक भएको छ।, सिएनएनका अनुसार चीनको हुनान प्रदेशको हेङ्ग्याङ काउन्टीको एक अदालतले छिमेकीको ११ सय वटा कुखुरा मारेको अभियोगमा गू नाम गरेका व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ।, उनले छिमेकी झाङसँगको झगडाको बदला लिन पटक-पटक उनले पालेको कुखुरालाई तर्साएर मारेको अदालतले ठहर गरेको छ।, त्यहाँको एक स्थानीय पत्रिकालाई उद्बृत गर्दै सिएनएनले गू र झाङबीच एक वर्ष अघिदेखि झगडाको सुरूआत भएको उल्लेख गरेको छ।, एक वर्षअघि अप्रिलमा झाङले गूलाई सोध्दै नसोधी उनको बारीका रूख काटिदिएका थिए।, त्यसपछि आक्रोशित बनेका गूले झाङलाई नोक्सान पार्न उनको कुखुरा फार्मलाई निशाना बनाउन थालेका हुन्।, उनले सिधै फार्ममा प्रवेश गरेर कुखुरा मारेका भने होइनन्।, अनुसन्धानले बताएअनुसार गूले फार्म बाहिरबाट चम्किलो ज्योति भएको टर्चलाइट बालिदिन्थे। टर्चलाइटको तिखो ज्योतिका कारण तर्सिएर भाग्ने र कुनातिर एकै ठाउँमा थुप्रिने हुँदा कुखुराहरू च्यापिएर मरेका थिए।, गूले पहिलो पटक त्यस्तो हर्कत गर्दा झाङका पाँच सय कुखुरा मरेका थिए। त्यतिबेला उनी तीन हजार चिनियाँ युआन जरिवाना तिरेर रिहा भए।, पहिलो पटक भएकाले प्रहरीले पनि गूले झुक्किएर त्यस्तो गरेको हुनसक्ने बुझेर सामान्य जरिवाना तिराएर छाड्यो।, तर, दोस्रो पटक पनि त्यस्तै हर्कतका कारण झाङका ६ सय कुखुरा मरेपछि विषय अदालतमा पुगेको हो।, दोस्रो घटनापछि भने गूले झाङलाई नोक्सान पुर्‍याउने बदनियत राखेर नै त्यस्तो हर्कत गरेको निष्कर्षमा अदालत पुगेको हो।, अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो।, ११ सय कुखुरा मरेपछि झाङलाई  १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ।, चीनमा छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल
सेतोपाटी संवाददाता हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए। , हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। , उनले हाम्रोबजार डट कम नामको अनलाइन वेबसाइटमा आइफोन १४ प्रो म्याक्स जस्ता महंगा मोबाइल सेटलाई सस्तोमा दिने भन्दै विज्ञापन हालेका थिए।, मोबाइलको डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, इसेवा, खल्ती वालेटहरूमा रकम पठाउन लगाएको एसपी रेग्मीले बताए। , त्यसरी रकम लिएपछि सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले पीडितबाट एक लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।, ठगी कसूरमा अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।, आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।, आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ।, ‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख, डिएसपी मदन कुँवरले सेतोपाटीलाई जानकारी दिए।, उक्त हेलिकप्टरमा एक जनामात्रै पाइलट थिए।, नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिएयरको एनएन-एएनबी (एएस-३५०) हेलिकप्टर दुर्घटनामा भएको हो। अवतरण गर्नेक्रममा आकस्मिक अवतरण गरेको प्राधिकरणले जनाएको छ। , ‘सो उडानमा यात्रारत एकमात्र पाइलट सकुशल रहेको साथै उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ तथा उहाँलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरिसकिएको र काठमाडौंतर्फ ल्याइँदै छ,’ प्राधिकरणले भनेको छ।, धौलागिरि बेश क्याम्पमा हेलिएभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण
मन्दिरा घिमिरे देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।, सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, मेयर बालेनले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर बाहिर ननिकालेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।, ‘हामीलाई फोहोर नउठाउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यही भएर फोहोर सबै कार्यलयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’, सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ।, शनिबार (हिजो) बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए।, काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले वडा तहमा कुनै छलफल नगरी फोहोर नउठाउन बालेनले ठाडो निर्देशन दिएको बताए।, 'कर्मचारीहरूलाई फोहोर नउठाउन निर्देशन दिइएको रहेछ। त्यही भएर आज फोहोर उठेको छैन,' उनले भने, 'मेरो वडामा भएको सिंदरबारभित्र फोहर नउठाउने भनेको कुरा उहाँकै फेसबुक स्टाटस पढेर थाहा पाएको हुँ।', सरकारसँग कुरा नमिलेसम्म फोहोर सिंहदरबारबाट नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।, ‘हामीले सरकारका प्रमुखहरूसँग कुराकानी गरेर पटक पटक आफ्ना कुराहरू राखेका छौं,’ उनले भने, ‘तर सहयोग गर्ने भनेर कुरा गरेता पनि कहिले पनि सहयोग गरिएन। त्यही भएर फोहोर नउठाउने कदम चालेका हौं।, शाहका अनुसार महानगरले विशेषगरी सुकुम्बासी बस्ती हटाउन सहयोग मागेको थियो।, मेयर बालेनले शनिबारदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए।, 'आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका थिए।, मेयर बालेनको निर्देशनपछि सिंहदरबारभित्रै रोकियो फोहोर (तस्बिरहरू)
सेतोपाटी संवाददाता नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्। , गत शुक्रबारको मन्त्रिपरिषदको निर्णयअनुसार डिआइजीबाट बढुवा भएका चार जना एआइजीले आइतबार दर्ज्यानी चिन्ह पाएका हुन्। , प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। , ‘सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन्। तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनिक कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु,’ महानिरीक्षक कुँवरले भने। , उनले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए।, साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिए।,  , चार जना एआइजीले पाए दर्ज्यानी चिन्ह
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ।, आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो। , लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएकाले त्यही आदेश भएको बताए।, गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। , सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।, सन्दीप लामिछानेको मुद्दामा दुई सरकारी साक्षी बुझ्न आदेश
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्।, शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्।, काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन्।, अहिले काठमाडाैँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ।, स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ।, यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्।, केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ।, मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ। , काेराेना सङ्क्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
सुसन चौधरी ललितपुरको सानेपास्थित द हेरिटेज गार्डेनमा १० औं अन्तर्राष्ट्रिय नेपाल ट्याटू कन्भेन्सन २०२३ भइरहेको छ। उक्त कन्भेन्सन गत शुक्रबारदेखि सुरू भएको हो। आज कन्भेन्सनको अन्तिम दिन हो। , द नेपाल ट्याटू प्रालिको आयोजनामा भइरहेको ट्याटू कन्भेन्सनमा नेपालीसहित अमेरिका, जर्मनी, भारत, स्वीजर्ल्यान्ड, स्पेन, फ्रान्स लगायत विभिन्न मुलुकका ट्याटू आर्टिस्टहरू उपस्थित छन्। यहाँ करिब ९७ वटा स्टलहरू छन् भने १४० भन्दा बढी ट्याटू आर्टिस्टहरूले सहभागिता जनाएका छन्। कन्भेन्सन मानिसहरू ट्याटू खोपाउन पुगिरहेका छन्। , कोरोना महामारी भन्दा अघि सन् २०१९ को अप्रिलमा नवौं ट्याटू कन्भेन्सन भएको थियो। करिब चार वर्षको अन्तरालमा १० औं कन्भेन्सन आयोजना गरिएको हो। , हेर्नुस तस्वीरमाः , यस्तो देखियो १० औं ट्याटू कन्भेन्सनको माहोल (तस्वीरहरू)
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोबाट सालकको खपेटासहित दुई जना पक्राउ परेका छन्। , आइतबार बिहान १० बजे ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।, पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुंगा र गोदावरीको थैब बस्ने ३५ वर्षीय सुरज तामाङ छन्। , उनीहरूबाठ ५५० ग्राम खपेटा बरामद भएको हो। ,  , सालकको खपेटा बेचबिखन गर्न हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , थप अनुसन्धान गर्न दुबै जनालाई डिभिजन वन कार्यालयमा बुझाउने तयारी गरेको छ।, ग्वार्कोबाट सालकको खपेटासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।, घोराही उपमहानगरपालिका-१६ बैरबुटाका २१ वर्षीय भुवन डाँगी र घोराही-१० नारायणपुरका २० वर्षीय प्रवेश रोका पक्राउ परेका हुन्। , उनीहरू दुबै जना बैरबुटाको शिवशक्ति टोलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूबाट एक ग्राम ब्राउन सुगर बरामद भएको हो। , ब्राउन सुगरकै घटनामा फरार रहेका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।, गत असोज २९ गते घोराही-१३ बडहराबाट २० वर्षीय सरोज महरा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीबाट ५ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा घोराही-१७ गुलरियाका २३ वर्षीय डिम्याक्सलाल दसौदी छन्।, पक्राउ परेका उनीहरूविरूद्ध लागु औषध सम्बन्धी मुद्धा चलाउने प्रहरीको तयारी छ।, ब्राउन सुगरसहित दुई पक्राउ
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। , पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्। यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई सार्वजनिक गरेको थियो। , शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो। , उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। , यसअघि पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।, आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो। , उनीहरूले पीडितलाई विमानस्थलमै भेटेर कुराकानी अघि बढाउने गरेको खुलेको थियो। त्यहाँ कुराकानी गरेर बिमा रकम सहज रूपमा उपलब्ध गराइदिने भन्दै पीडितलाई केही समय काठमाडौंको एक होटलमा राख्ने गरेका थिए। , त्‍यस्तै १३-१४ लाख पीडितले पाउनुपर्नेमा ७-८ लाख रुपैयाँ भने आफैंले राखेर बाँकी रकम भने पीडितलाई दिने गरेका थिए। , उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। , यो पनि पढ्नुस्:, वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ, वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकम ठग्न सघाएको आरोपमा बिमा कम्पनीका कर्मचारी पक्राउ
सेतोपाटी संवाददाता चितवनकै सर्वाधिक धनराशीको ‘एक्सपर्ट क्वीज च्याम्पियन–२०२३’ को उपाधि भरतपुरको अरोमा कलेजले जितेको छ।, आइतबार भएको फाइनल प्रतिस्पर्धामा चार वटा कलेजलाई पछि पार्दै अरोमा कलेजले उपाधि जितेको हो। , अरोमाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्‍यो। अरोमाबाट रोशन भण्डारी र जेनिश सुवेदी प्रतिस्पर्धा गरेका थिए।, भरतपुरको वाल्मीकि शिक्षा सदन फस्ट रनरअप बन्यो। उसले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्‍यो।वाल्मीकिबाट सनिश सापकोटा र अर्चना न्यौपाने प्रतिस्पर्धा गरेका थिए।, त्यस्तै, पूर्वीचितवनको रत्ननगरस्थित नेपाल नमूना माध्यमिक विद्यालय सेकेण्ड रनरअप बन्यो। उसले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरू प्राप्त गर्‍यो। नेपाल नमूनाबाट बालकृष्ण कार्की र चेतना शर्मा प्रतिस्पर्धामा थिए।, प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुन सफल विद्यार्थीहरूलाई युनाइटेड टेक्निकल कलेज भरतपुरले भर्ना शुल्कमा क्रमशः एक लाख, ८० हजार र ७० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ। प्रतियोगितामा सहभागी अन्य ४८ वटा कलेजका विद्यार्थीहरूलाई भने ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ। एक्सपर्टले पनि विद्यार्थीहरूलाई विभिन्न शुल्कमा छुट घोषणा गरेको छ।, विजेताहरूलाई आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजु चौधरी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका अध्यक्ष घननाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारी, ब्राइटन कलेज अष्ट्रेलिया र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङका रिजनल म्यानेजर मुकेश भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले पुरस्कार वितरण गरेका थिए ।, फाइनल प्रतिस्पर्धाको उद्घाटन बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले गरेका थिए।, अरोमा कलेज भरतपुर बन्यो 'एक्सपर्ट क्वीज च्याम्पियन'
विवेक राई दुई सातायता नेपालमा कोरोना संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढिरहेको छ। काठमाडौं उपत्यकाका टेकु अस्पताल, वीर अस्पतालमा अहिले बिरामीको संख्या दिनदिनै थपिइरहेको छ।, आइतबारसम्मको तथ्यांकअनुसार वीर अस्पतालमा ९ जना र टेकु अस्पतालमा ३ जना कोरोना बिरामी उपचाररत् छन्। वीरमा उपचाररत् ९ जना बिरामीमध्ये पाँच जना आइसियू, एक जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका कोभिड संयोजक डाक्टर उमेश बोगटीले जानकारी दिए।, टेकु अस्पतालकी निर्देशक डाक्टर मनीषा रावलले अस्पतालमा उपचाररत् ३ जना बिरामीमध्ये एक जना आइसियू र बाँकी दुई जना जनरल वार्डमा रहेको बताइन्।, दुई अस्पतालका यी चिकित्सकहरूका अनुसार अहिले भर्ना भएका बिरामीमध्ये अधिकांशमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएका छन्।, वीर अस्पतालका कोभिड संयोजक डाक्टर बोगटी भन्छन्, 'अहिले बिरामीहरूमा ज्वरो आउने, रूघाखोकी लाग्ने, घाँटी दुख्नेजस्ता समस्या देखिएको छ। केहीलाई भने पखला चल्ने र पेट दुख्ने लक्षण देखिएको छ।', टेकु अस्पतालकी निर्देशक डाक्टर रावलले पनि भर्ना भएका बिरामीहरूमध्ये अधिकांशमा मौसमी फ्लूको लक्षण देखिएको भए पनि केहीमा भने स्वाद नआउने समस्या देखिएको बताइन्।, 'दुई हप्तादेखिको अवस्था हेर्ने हो भने आजसम्म ७ जना बिरामीलाई उपचार गरेर घर पठाएका छौं। तीमध्ये धेरैलाई ज्वरो आउने, जीउ दुख्ने, घाँटी दुख्ने लक्षण देखिएको छ। केहीलाई भने पखला चल्ने र पेट दुख्ने पनि भएको छ,' उनले भनिन्।, यीबाहेक आइसियूमा भर्ना भएका बिरामीहरूमा निमोनियाको समस्या देखिएको निर्देशक रावल बताउँछिन्। आइसियूमा भर्ना भएका ७७ वर्षीय वृद्धमा निमोनियाको समस्या देखिएको उल्लेख गर्दै वार्डमा भएका दुई जना बिरामीमा भने ज्वरो आउने, घाँटी दुख्ने जस्ता सामान्य लक्षण रहेको उनले जनाइन्।, वीरका कोभिड संयोजक डाक्टर बोगटीका अनुसार भर्ना भएका बिरामीमध्ये जेष्ठ नागरिक र दीर्घ रोगीहरूलाई समस्या भएको छ। कतिपय दीर्घ रोग भएका बिरामीहरू अरू नै समस्याले आएका बेला कोरोना पनि परीक्षण गर्दा संक्रमण  देखिएको उनले बताए।, 'धेरैजसो बिरामीहरूचाहिँ कोरोनाको छुट्टै लक्षणभन्दा पनि मधुमेह, रक्तचाप र दमको समस्या भएर अस्पताल आउँदा शंका लागेर परीक्षण गर्दा कोरोना पनि देखिएको छ,' उनले भने।, डाक्टर बोगटीले उपचाररत् बिरामीमध्ये भेन्टिलेटरमा रहेका एक जनाको अवस्था  गम्भीर रहेको जानकारी दिए। भेन्टिलेटरमा रहेका ती व्यक्ति मधुमेहका समेत बिरामी भएको र कोभिडका कारण थप समस्या देखिएको उल्लेख गर्दै बाँकी आइसियूमा रहेका पाँच जना बिरामी अवस्था भने सामान्य रहेको उनले बताए।, टेकु अस्पतालकी निर्देशक डाक्टर रावलले पनि जेष्ठ नागरिक र कुनै दीर्घ रोगको समस्या नभएका व्यक्तिहरूमा भने सामान्य लक्षण मात्र देखिएको र थप जटिलता नदेखिएको बताइन्। उनले सामान्य लक्षण देखिएका बिरामीहरू केही दिनको अस्पताल बसाइपछि घर गएको जनाइन्।, 'कुनै व्यक्तिलाई मधुमेह, रक्तचाप, मुटुको समस्या छ भने उहाँहरूलाई निको हुन अलिक समय लागेको छ। ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षण देखिएका बिरामीहरू भने तीनदेखि पाँच दिनमा निको भएर घर जानुभएको छ,' उनले भनिन्।, निर्देशक रावलले नेपालमा धेरै जनाले कोरोनाविरूद्धको खोप लगाएकाले पछिल्ला दुई सातायता संक्रमण फैलिरहे पनि अस्पताल भर्ना हुने बिरामीको संख्या पहिलेको तुलनामा न्यून रहेको र भर्ना भएकाहरूमा धेरै जटिलता नदेखिएको बताइन्।, भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि आगामी दिनमा संक्रमण बढे पनि अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या पहिलेजस्तो धेरै नहुने जनाइन्।, यसो भन्दैमा अहिले बढिरहेको संक्रमणलाई हेलचक्र्याइँ पनि गर्न नहुने उनी बताउँछिन्। अस्पतालमा भर्ना भएका केही बिरामीहरूलाई जटिलता पनि देखिएको उल्लेख गर्दै निर्देशक रावलले सबैले सतर्कता अपनाउनु पर्ने बताएकी छन्। , खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूलाई प्राथमिकताका आधारमा खोप लगाउन उनको सुझाव छ।, अहिले अस्पताल भर्ना भएका कोरोना संक्रमितमा के-के छन् लक्षण?
सेतोपाटी संवाददाता आफ्नै साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोल्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महिलाको तस्बिर राखेर नक्कली फेसबुक अकाउण्ट प्रोफाइल बनाई ठगी गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ घर भएका २६ वर्षीय विश्व शर्मालाई नियन्त्रणमा लिएको हो।, फेसबुक अकाउण्ट खोलेर साथी बनाउँदै प्रेमको कुरा गर्दै पटक-पटक विभिन्न बाहनामा रकम मागेको शर्मामाथि आरोप छ।, उनलाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।, शर्माविरूद्ध सामाजिक सञ्जाल दुरूपयोगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।, साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोले, ६० लाख ठगीपछि पक्राउ
सेतोपाटी संवाददाता रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , गुप्ताले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। , उनी २०५१ वैशाख २९ गतेमा सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७९ जेठ २५ गतेसम्मको अवधिमा विभिन्न शीर्षकहरूमा भएका आय र व्यायमाथि अख्तियारले अनुसन्धान गरेको थियो। , अनुसन्धान हुँदा एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको प्रवक्ता दाहालले बताए। उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको अख्तियारले बताएको छ। , सेवा अवधिमा रहँदा उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरूपयोग गरी एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियारले उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , उनीमाथि बिगो रकम कायम गरी कैद र जरिवाना गराउन पनि मागदाबी गरेको छ। त्यस्तै उनकी श्रीमती उषा गुप्ताको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अख्तियारले माग गरेको छ। , नन्दकिशोरले गैरकानुनी रूपमा आर्जन गरेको रकमले जग्गा र घर निर्माण समेत गरेको प्रवक्ता दाहालले बताए। ती जग्गा भने श्रीमती उषाको नाममा राखिएको भन्दै सम्पत्ति पनि जफत गर्न माग गरेको हो। अख्तियारले उषालाई पनि प्रतिवादी कायम गरेर सम्पत्तिमध्ये बिगो जफत गरी मागदावी गरेको हो। , ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचारको मुद्दा
सेतोपाटी संवाददाता ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण वरपरका केही घर भासिएपछि प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोड रूपैयाँको उद्धार कोष स्थापना गर्ने निर्णय भएको छ।, ललितपुर महानगरपालिकामा आइतबार बसेको सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो।, बैठकले समिटका तर्फबाट एक करोडको उद्धार कोष स्थापना गर्नेसहित १२ बुँदे निर्णय गरेको ललितपुर महानगरले जनाएको छ।, प्रभावित व्यक्तिहरूको समस्या समाधान तथा सहजीकरणमा अगुवाइ गर्न ललितपुर महानगरका उपमेयरको संयोजत्कवमा अधिकारसम्पन्न सर्वपक्षीय समिति गठन गरिएको छ। समितिमा ललितपुर महानगरका प्रवक्ता, वडा नम्बर १ र २ का अध्यक्ष, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत सदस्य रहने छन्।, त्यस्तै, होटल व्यवस्थापनका तर्फबाट संचित श्रेष्ठ र प्रभावित व्यक्तिका तर्फबाट रञ्जनध्वज विष्ट, रचन शाही र प्रविन आचार्य पनि समितिमा सदस्य रहेका छन्। ललितपुर महानगरको पूर्वाधार निर्माण महाशाखा प्रमुखलाई सदस्य-सचिव तोकिएको छ।, ललितपुर महानगरका अनुसार परियोजनाबाट प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोडको 'र्‍यापिड रिलिफ फन्ड' स्थापना गर्ने र त्यसको खर्च आवश्यकताअनुसार व्यवस्थापनबाट थप्दै जाने भनिएको छ।, सर्वपक्षीय समितिले कोष परिचालन तथा व्यवस्थापनसहित प्राविधिक टोली, जोखिम आकलन र सम्बोधन लगायतका काम गर्ने बैठकको निर्णयमा उल्लेख छ। यही समितिले सम्बद्ध पक्षसँग समन्वय र सल्लाह गरी समाधानका उपाय पहिचान एवं कार्यान्वयन गर्ने छ।, भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाको क्षतिबमोजिम क्षतिपूर्ति व्यवस्थापकले उपलब्ध गराउने छ। थप क्षति हुन नदिन व्यवस्थापकले तत्काल आवश्यक काम-कारबाही अगाडि बढाउने भनिएको छ।, प्रभावित संरचना तथा व्यक्तिहरूलाई क्षतिपूर्ति दिने कार्य नभएसम्म होटल निर्माणसम्बन्धी काम रोक्ने पनि बैठकको निर्णयमा छ।, ललितपुर महानगरले आफूकहाँ नक्सापास स्वीकृत नगराई निर्माण कार्य भएको देखिएकाले सम्बन्धित पक्षलाई कानुनबमोजिम हदैसम्म कारबाही गर्ने पनि निर्णयमा छ।, होटल व्यवस्थापनका तर्फबाट २०७९ चैत २५ गते गरिएका प्रतिबद्धतालाई यसै निर्णयको एनेक्सका रूपमा राखेर सम्बोधन गर्दै जाने निर्णयमा उल्लेख छ।, समिट अपार्टमेन्टबाट प्रभावितको समस्या सम्बोधन गर्न सर्वपक्षीय समिति गठन
रासस सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।, पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो।  , मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्। , घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। , घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।  , इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।, सप्तरीमा मोटरसाइकल दुर्घटना: छोरीको मृत्यु, बुबा घाइते
रासस राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो। , यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन्। , करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने  धमाधम काम भइरहेको छ। माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन। लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ।, दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ।,  बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ। बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन। बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ। उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ। , ‘हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ,’ बागलुङ नगरपालिका–३ खहरेका जङ्गबहादुर कार्कीले भने– ‘सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ।’, माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन्। सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो। पटक–पटक म्याद थप गर्ने गरिएको छ। , निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए। ‘सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ,’ उनले भने।  , लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बागलुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ। निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ। , घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो । उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ। असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए। ‘काम नसकिए ठेक्का रद्द हुन्छ,’ उनले भने। , मध्यपहाडी लोकमार्ग: हिउँदमा धुलाम्य, बर्खामा हिलाम्य
राजेश घिमिरे अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले आइतबार साँझ सुँडबाटै करिब डेढ सय लिटर पानी खाएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। , मंगलबार राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनदेखि आफैं खान सकेको थिएन। शनिबार दिउँसो बल्ल सुँडमा पानी भरेर मुखमा पुर्‍याउने प्रयास गरेको थियो।, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार हात्तीले आइतबार साँझ आफैंले सुँडबाट पानी खाएको छ। एक सुँडमा ७–१० लिटर पानी अट्छ। पानी भरिएपछि हात्तीले सुँडको अघिल्लो भागलाई मुखभित्र जिब्रोको पछाडि पुर्‍याएर निल्छ।, 'मुखबाट पानी खान नपाउँदा धेरै तिर्खाएको थियो। शनिबारबाटै प्रयास गरे पनि धेरै खान सकेको थिएन। आइतबार साँझ लगातार ३२ सुँड पानी खायो। डेढ सय लिटरभन्दा बढी पानी एकै पटक खाएको हो,' रिजालले भने।, मंगलबार राति सुँड काटिएपछि चञ्चलकलीको रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्‍याउने) बाट शरीरमा पानी पुर्‍याइएको थियो। हात्तीले पानी खान नसकेको अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा रेक्टल विधिबाट पुर्‍याइन्छ।, हात्तीलाई सिरिञ्जबाट पेनकिलर र एन्टिबायोटिक दिँदै वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजाल।, उसलाई यसअघि दैनिक तीन पटक रेक्टल विधिबाट पानी दिइएको थियो। खाना भने माउतेले मुखमा हालेर खुवाइदिन्छन्। हात्तीका लागि आवश्यक घाँस अहिले चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीले उपलब्ध गराइदिएका छन्। , 'उसको घाउ सुक्न थालेको छ। संक्रमण छैन। सोचेभन्दा छिटो प्रगति भइरहेको छ। यहीअनुसार प्रगति हुँदै गयो भने छिट्टै सुँडले खानेकुरा पनि टिपेर खान सक्छ,' रिजालले भने, 'त्यसपछि त काम गर्न पनि सकिहाल्छ।' , चञ्चलकलीको हरेक दिन आठदेखि दसपटकसम्म घाउ सफा गरिन्छ। एकपटक सिरिञ्जबाट पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिइन्छ।, मंगलबार राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनियाले हात्तीपालक पर्यटन व्यवसायी दीपेन्द्र खतिवडालाई फोन गरेका थिए। स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो।, हात्तीको सुँड कसले किन काट्यो भन्ने थाहा हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले यसको अनुसन्धान गरिरहेका छन्।, चञ्चलकलीले काटिएको सुँडबाटै खाई डेढ सय लिटर पानी
रासस बिजुलीको लाइन विस्तार गर्ने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्।, नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी) ले आइतबार अवरोध गरेको हो।, प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा बिजुली लाइन विस्तारका लागि पुगेका कर्मचारीलाई 'माथि कुरा गर्नोस्' भन्दै लाइन विस्तार गर्न नदिइएको हो।, हुलाकी सडकको किनारै किनार बिजुलीको पोल गाड्ने काम भइरहेका बेला पुगेको एसएसबीको टोलीले काम रोकेको जोशीले बताए।, यो विद्युत लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ। चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी ठेक्का सम्झौता गरिएको छ। , लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने काम अलपत्र परेको छ।, स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटकपटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन्।, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बिजुली लाइन विस्तारमा के कारणले काम रोकेको रहेछ, बुझ्ने प्रयास भइरहेको बताए।, यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने काममा अवरोध गर्दै आएको छ।, बिजुलीको लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध
रासस म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। , भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन्।, विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन्। , जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरे। , मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिए।, भुरा नवलपरासीबाट खरिद गरिएको हो। व्यावसायिक उत्पादनमा जोड दिन  कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ। , जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन। जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ।  , म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने जानकारी दिएको छ। , गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  , ती स्थानहरूमा मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। ,  , गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता विगत ३५ वर्षदेखि शैक्षिक सामग्री प्रकाशन गरेर विशिष्ट पहिचान बनाएको निमा पुस्तक प्रकाशनले अब मेडिकल प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। , चिकित्सा क्षेत्रको एमबिबिएस, बिडिएस, नर्सिङ, पारामेडिकल शैक्षिक कोर्सहरूको तयारी कक्षा सञ्चालन काठमाडौंको प्रदर्शनीमार्गस्थित निमा मेडिकल इन्ट्रान्स प्रिपेरेसनको भवनमा हुने छ। , विगतमा विभिन्न संस्थामा आबद्ध भएका प्रतिष्ठित विज्ञहरूले एमबिबिएस, बिडिएस, नर्सिङ, पारामेडिकल शैक्षिक कोर्स लगायतका प्रवेश परीक्षाका लागि लक्षित गरेर सूक्ष्म अध्यापन गराउने र उत्कृष्ट नजिता निकाल्ने निमाको प्रतिबद्धता रहेको छ। , अध्यापनमा प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्शको अवसर दिइने छ। यस्तै नेपाल तथा भारतका अनुभवी विज्ञहरूबाट कक्षाहरू सञ्चालन हुने छन्। विद्यार्थीहरुलाई निःशुल्क इ–बुक, साप्ताहिक नमुना परीक्षा र एकाइ परीक्षामा सहभागी हुने अवसर हुने छ। , विगत चार महिना अघि संस्थाद्धारा निःशुल्क रूपमा भौतिक र अनलाइन कक्षा सञ्चालनमा रहेको थियो। उक्त कक्षामा सहभागी एक जना विद्यार्थीले प्रथम स्थानमा छात्रवृति र अन्य बाह्रजना विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षामा पूर्ण छात्रवृति प्राप्त गरेका छन्। , विद्यार्थीको आवश्यकता र चाहनालाई मध्यनजर गरी भौतिक तथा अनलाइन कक्षा पुनः सञ्चालन गरिने बताइएको छ। अध्यापन र अध्ययनलाई प्रभावकारी बनाउन अडिओ–भिडिओ शिक्षण, विशिष्ट कक्षा सञ्चालन र ४० हजारभन्दा बढी बहुवैकल्पिक प्रश्नोत्तरको समेत अभ्यास गराइने छ।, अब निमामा मेडिकल प्रवेश परीक्षा तयारी
सेतोपाटी संवाददाता दाङस्थित राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी छ।, बिहीबार अपराह्न ४ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित राप्ती नदीमा नुहाउने क्रममा १३ वर्षीय विवेक सुनार डुबेर बेपत्ता भएका थिए।, नदीमा ४ जना बालक नुहाउन पसेको र त्यसमध्ये एक जना डुबेर बेपत्ता भएका थिए।, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले अर्का एक बालकलाई उनका साथीहरूले उद्धार गरे पनि सुनारको भने खोजी जारी रहेको बताए।, बेपत्ता बालकको खोजी कार्यमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वार्टर भालुवाङका सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन्।, राप्ती नदीमा डुबेका बालकको खोजी जारी
रासस काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन बाँकी स्थानमा पाइप बिछ्याउन सुरू गरिएको छ।, केही वर्ष पहिले बिछ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरू गरिएको हो। , यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिछ्याइएको थियो। त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप बिछ्याउन सुरू गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए। , उनले भने, 'पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ।', चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलंकी, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिछ्याउने काम भइरहेको छ।, उनले भने, 'पाइप बिछ्याइसकेपछि परीक्षण गर्न एक वर्ष लाग्नसक्छ। परीक्षणपछि नियमित पानी वितरण गरिनेछ।' , पहिलो चरणमा एक हजार १० किमी पाइप बिछ्याइएको थियो। ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ। परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ। , मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एसियाली विकास बैंकले सहयोग गर्दै आएको छ।, हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप बिछ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।, मेलम्चीको पानी वितरण गर्न पाइप बिछ्याइँदै
सेतोपाटी संवाददाता रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका-७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए। बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।, दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए।, ‘हामीले उद्धार गरेर १० जनालाई उपचारको लागि अस्पताल पठाएका थियौं,’ उनले भने,‘उपचारको क्रममा एक जनाको मृत्यु भयो। मृतक संख्या ५ पुग्यो।’, दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो। , मृतक सबैको सनाखत भएको छ। , मन्थली नपा-७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्। , कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो। उनको मन्थली अस्पतालमा मृत्यु भएको डिएसपी पराजुलीले बताए।, अन्य घाइतेको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।, रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते
रासस सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ।, पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो। , बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए । , ‘यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ,’ उनले भने। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ। पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन्। , प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिइनेछ।  , ‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ,’ उनले भने। विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो। , सिन्धुपाल्चोकका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। , जल  तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्तया सफा रहेको छ। , दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,  , पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना
सेतोपाटी संवाददाता भौगोलिक कठिनाइ र विभिन्न औपचारिक क्षेत्रका कार्यालयहरूमा पुग्न सहज वातावरण नभएकाले अपांगता भएकाहरू न्यायको पहुँचमा पुग्न नसकेको निष्कर्ष निकालिएको छ।, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपांग महासंघले संयुक्त रूपमा गरेको अध्ययनबाट न्याय माग्न जाने ठाउँसम्म पुग्नै अवरोध भएको निष्कर्ष निकालिएको हो।, यी निकायले ‘अपांगता भएकाहरूको न्यायमा पहुँचका अवरोध पहिचान’ का विषयमा अध्ययन गरेका थिए। देशभर गरिएको अध्ययन प्रतिवेदन बिहीबार कर्णाली प्रदेशमा सार्वजनिक गरिएको हो।, ‘जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालय, अदालत तथा स्थानीय तहजस्ता औपचारिक न्याय माग्न जाने कतिपय कार्यालयसम्म पुग्ने बाटै नहुने वा भएको बाटो पनि सहज नभएकाले उनीहरूको लागि न्यायमा पहुँचको अवरोधमध्येको एक हो,’ प्रतिवेदनमा भनिएको छ, ‘पहुँचयुक्त भौतिक पूर्वाधारहरू नभएका कार्यालयमा न्याय माग्न अपांगता भएका व्यक्तिहरू आफू एक्लै जान नसक्ने हुनाले पहुँचयुक्त भौतिक संरचनाहरू नहुनु पनि न्यायमा पहुँचका अवरोध हो।’, सूचना तथा सञ्चारसम्बन्धी अवरोधका कारण कर्मचारी र अपांगता भएका व्यक्तिबीच दोहोरो संवाद हुन नसक्नु, न्याय क्षेत्रमा त्यस्ता व्यक्तिलाई आफ्नो अधिकार तथा पहुँचयुक्तताका बारेमा ज्ञान नहुनु, यस्ता विषयमा उनीहरूलाई तालिम नदिइनुले अपांगता भएकाहरू न्यायको पहुँचमा पुग्न नसकेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।, अपांगता भएका अधिकांश महिलाहरूलाई घरपरिवारबाटै सहयोग नभएको अध्ययनका क्रममा पाइएको छ।, परिवारबाट त्यस्ता महिलालाई असहयोग, भेदभाव र हेला गरिएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश संयोजक लोकनाथ बाँस्तोलाले जानकारी दिए।, ‘अधिकांश अपांगता भएका व्यक्तिहरूको आफ्नै आम्दानीको स्रोत हुँदैन, आर्थिक अवस्था कमजोर भएका त्यस्ता व्यक्तिलाई न्यायिक प्रक्रियामा जाँदा कोर्ट फि, वकिलको फि, जाँदा–आउँदाको यातायात खर्च, खाना खर्च जस्ता कुरामा रकम जुटाउन नसक्ने अवस्था पाइयो,’ बाँस्तोलाले भने, ‘अपांगता भएका अधिकांशको कमजोर आर्थिक अवस्था हुनु न्यायमा पहुँचका लागि ठूलो अवरोध हो।’, उनले कानुनी सहायताको गुणात्मकता चित्तबुझ्दो नहुनु पनि अपांगता भएका व्यक्तिहरूको न्यायमा पहुँचको अवरोध भएको बताए।, अहिलेको समयमा पनि अपांगता भएकाहरूले आफूमाथि भेदभाव, दुर्व्यवहार भए पनि न्याय माग्ने प्रक्रिया थाहा नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ।, न्याय पाउन धेरै समय लाग्ने र प्रक्रिया झन्झटिलो हुन्छ भन्ने बुझाइका कारण कतिपय त्यस्ता व्यक्तिहरू अन्याय सहेर बस्ने गरेको अध्ययनका क्रममा देखिएको छ।, सूचना तथा सञ्चार, उजुरी दर्तासँग सम्बन्धित कार्य, भौतिक पूर्वाधारजस्ता कुरा समान पहुँचयुक्त नहुँदा अपांगता भएका व्यक्तिहरूको न्यायमा पहुँच पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ।, नेपालका सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको औपचारिक न्यायमा पहुँचका अवरोध पहिचान गर्ने उद्देश्यका साथ उक्त अध्ययन गरिएको बाँस्तोलाले बताए।, कर्णाली प्रदेशका सुर्खेत र जुम्लासहित सात प्रदेशका १५ वटा जिल्लाहरूमा यो अध्ययन गरिएको थियो।, ती जिल्लाका स्थानीय तह, जिल्ला अदालत, सर्वोच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा अध्ययन गरिएको थियो।, सुर्खेतको लेकवेसी नगरपालिका र जुम्लाको हिमा गाउँपालिकामा यसबारे अध्ययन गरिएको बाँस्तोलाले बताए।, अध्ययनका क्रममा लक्षित समूहलाई पनि छलफलमा समावेश गरिएको थियो।, मुख्य सूचना दातासँग अन्तर्क्रिया, घटना अध्ययन, कानुनको समीक्षा, अवलोकनजस्ता कार्य अध्ययनका क्रममा गरिएको उनले जानकारी दिए।, अध्ययनपछि राष्ट्रिय मानव अधिकार आयोगले सबै सरकारी कर्मचारीहरूलाई अपांगता भएका व्यक्तिहरूको अधिकारका विषयमा तालिम दिन, प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा कार्यरत कर्मचारीहरूको तालिमको लागि प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग सहकार्य गर्न, नयाँ भौतिक संरचना पूर्ण रूपमा अपांगमैत्री बनाउन, पुराना संरचनाहरुूको पुनर्निर्माण वा परिवर्तन गरी पहुँचयुक्त बनाउनुपर्ने लगायतका सुझाव राज्यलाई दिइएको छ।, यस्तै, कर्णाली प्रदेशका कम्तीमा पनि दुई स्थानमा अपांगता पुनर्स्थापना केन्द्र र सहायक सामग्री उत्पादन केन्द्र निर्माण गर्न पनि आयोगले सुझाव दिएको छ।, ‘भौगोलिक कठिनाइ र पहुँचयुक्त संरचना नहुँदा अपांगता भएकाहरू न्याय पाउनबाट बञ्चित छन्’
राजेश घिमिरे इच्छाकामना गाउँपालिकाको कोयलघारीमा हुर्केकी सुशीला गुरूङ ३ वर्षअघि विवाह गरेर भरतपुर महानगरपालिकाको चौकीडाँडा पुगेकी थिइन्।, महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने चौकीडाँडालाई सहरनजिकै रहेको पर्यटकीय गाउँ भनेर चिनिन्छ।, विवाह गरेर यहाँ आउँन लाग्दा उनले दुःख कम हुने ठानेकी थिइन्। तर उनले सोचेजस्तो पाइनन् चौकीडाँडा।, ‘विवाहको भोलिपल्ट बिहान पानी बोक्न आधा घण्टा पर पुग्नुपयो। डोकोमा २५ लिटरको जर्किनभरी पानी बोकेर ल्याउनुपर्दा कस्तो ठाउँमा आइपुगेछु झैं लाग्यो। पाउनसम्म दुःख पाइयो,’ उनले भनिन्। , परिवारले दिनभर पिउने पानीका लागिमात्रै होइन गाईबस्तुलाई खुवाउने पानी लिन पनि चौकिडाँडाबासी परको गुण्डा खोला पुग्नुपर्थ्यो। पानीको स्रोत नहुँदा सामान्य खेती गर्न आकाशे पानीको भर हुन्थ्यो। गाउँभन्दा उचाईमा पानीको स्थायी मुहान नहुँदा तल्लो तहबाट बहेको खोलाको पानीले काकाकुल गाउँको आँत भरेको थियो।, केही दिनदेखि यो गाउँमा नयाँ खुसी छाएको छ। पानीका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका यहाँका बासिन्दाको अब आँगनकै धारोमा पानी आउन थालेको छ।, चौकीडाँडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएसँगै अब लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरूबोटे, सती डाँडाका ३ सय ५० परिवार लाभान्वित हुनेछन्।, आयोजनाको उपभोक्ता समितिका सचिव केशव ढकालले पाइपलाइनमार्फत घर–घरमा पानी पुग्दा चौकीडाँडाबासीलाई नयाँ युगको सुरूआत भएझैं अनुभुती भएको बताए।, ‘हुन त पिउने पानी मान्छेको पहिलो आवश्यकता हो तर सहरको नजिकैको पर्यटकीय गाउँ भएपनि हामी पानीको असाध्यै दुःखमा थियौं,’ ढकालले भने, ‘आँगनकै धारोमा पानी झर्न थालेपछि त खुसीको सीमा छैन।’, ३५ वर्षीय ढकालले बुझ्न थालेदेखि पानीको माग गरेर सरकारी अड्डाहरू धाउन थालेको सुनाए।, ‘समस्याका फाइल बोकेर धाउँदा थाकियो तर पानीको योजना ल्याउन सकिएन। बल्छीमा माछा पारे जसरी खोलामा बोत्तल डुवाएर पानी उभाउँदै प्यास मेटाउनुको विकल्प थिएन,’ उनले भने, ‘ढिलै भएपनि आयोजना सञ्चालन सफल भयो। आँगनमै धारो आउँदा सपना झैं लागेको छ।’, संघीय र प्रदेश सरकारको ५  करोड ९५ लाख, भरतपुर महानगरको १ करोड ७५ लाख तथा उपभोक्ताको ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९  करोड ६ लाख ७५ हजार रुपैयाँ लागतमा यहाँ खानेपानी आयोजना निर्माण भएको हो।, भरतपुरकी मेयर रेनु दाहालले बुधबार बिहान धारो खोलेर खानेपानी आयोजनाको उद्घाटन गरेकी थिइन्। उनले भरतपुर–२९ को सबैभन्दा ठूलो समस्याको रूपमा रहेको खानेपानीको समस्या अब सदाका लागि अन्त्य भएको बताइन्।, मेयर दाहालले दोस्रा पटक चुनाव जितेपछि महानगरबासीलाई ७ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने पहिलो निर्णय गरेकी थिइन्।, ‘म पहिलो पटक निर्वाचित भएर आउँदा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गर्नुभएको थियो। त्यसपछि हामीले खानेपानीलाई प्राथामिकतामा राखेर काम गर्‍यौं,’ उनले भनिन्, ‘अब यो आयोजनालाई भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरेर यहाँका बासिन्दालाई नि:शुल्क सुविधा उपलब्ध गराउँदैछौं।’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका इन्जिनियर हरिराम पौडेलकाअनुसार यो आयोजना आर्थिक वर्ष २०७५/०७६ बाट सुरू भएको हो। बागमती प्रदेश सरकारको एक घर, एक धारो नीतिअनुसार योजना सुरू भएको उनले बताए।, यो आयोजनाअन्तर्गत मुहान, ८० लाख लिटरको कलेक्सन ट्याङकी र एक लाख लिटरको पानी पोखरी छ। थामडाँडा भन्ने ठाउँमा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ। यहाँबाट करिब २५ किलोमिटर पाइपलाइन जडान गरेर पानी वितरण गरिने उनले बताए। तल्लो तहमा रहेको मुहानको पानीलाई दुई पटक पम्पले तानेर गाउँमा पुर्‍याइएको उनले बताए।, महानगरले यसअघि भरतपुर–२९ कै ढोडेनीमा ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा ल्याएको थियो। यहाँ पनि तल्लो तहमा रहेको मुहानको पानीलाई लिफ्ट गरेर गाउँमा ल्याएर पानी वितरण गरिएको हो।  , ‘पानीको समस्या हटेसँगै अब हाम्रो दैनिक घण्टौंको समय बचत भएको छ। यो समयमा अन्य काम गर्ने, छोराछोरीलाई पढाउने गर्न पाइन्छ,’ कमलपुरकी धनमाया सुनारले भनिन्।, भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले पानीको सुविधा पुगेसँगै गाउँमा पर्यटनको गतिविधि बढ्ने बताए।, चौकीडाँडालाई भरतपुर महानगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्य मान्ने गरेको छ। यहाँबाट आगामि वैशाखदेखि प्याराग्लाइडिङ पनि सुरू हुँदैछ।, 'आँगनकै धारोमा पानी झर्दा सपनाझैं लाग्यो'
प्रियंका रानी जोशी (यसपालि, ,'महिनावारीका कुरा', मा हामीले मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीको अनुभव समेटेका छौं। काठमाडौंमा जन्मेकी २५ वर्षीया प्रियंकाले सन् २००५ मा पूर्व मिस नेपाल सुगारिका केसीले टेलिभिजनमा फरर बोलेको देख्दा मनमनै आफू पनि मिस नेपाल बन्ने सपना बुनेकी थिइन्। तर परिवारमा कोही पनि ग्ल्यामर क्षेत्रमा संलग्न नभएकाले उनलाई मिस नेपाल कसरी बन्छन् भन्ने थाहा थिएन। हुर्किंदै, बढ्दै गएपछि प्रियंका मोडलिङतिर आकर्षित भइन्। उनी सुविन भट्टराईको किताब मनसुनको कभरमा देखिइन्। त्यसपछि उनी मोडलिङमा लागिन्। उनले सन् २०१६ बाट मोडलिङ गर्न थालेकी हुन्। सेतोपाटीका ,मन्दिरा घिमिरे,ले जोशीसँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।), ***, दिउँसो स्कुलबाट खेलेर बेलुकी घर फर्कंदा रगत बगेकोजस्तो अनुभूति भयो। ट्वाइलेटमा गएर के रहेछ भनेर हेर्दा रगत आइरहेको देखेँ। घाउ भयो कि! कस्तो खाले घाउ भयो भनेर आत्तिएँ। एक-दुई घण्टा त चुप लागेँ। त्यही पनि रगत बग्न छोडेन। त्यसपछि आमालाई भन्नै पर्यो भनेर बोलाएँ। , सबै कुरा भनेपछि आमाले मीठो मुस्कान दिएर ‘वेल्कम टु वुमनहुड’ भनेर भन्नुभयो। त्यसपछि आफू पहिलोपटक महिनावारी भएको भनेर थाहा पाएकी थिएँ। त्यतिबेला १० वर्षकी थिएँ र कक्षा पाँचमा पढ्थेँ।  , घरमा बार्ने चलन नभएका कारण कहिले पनि आमाबालाई आफू महिनावारी भएको कुराकानी गर्न अप्ठ्यारो भएन। , मैले सानो हुँदा अरूको घरमा हुने चलन तथा प्रथाहरू खासै ध्यान दिएकी थिइनँ। तर समयक्रमसँगै त्यस्ता कुराहरू सूक्ष्म ढंगले हेर्न थालेँ। , जुनै पनि कुरा पहिलेदेखि नै चल्दै आएको छ भने त्यहाँ केही न केही कारण पक्कै पनि हुन्छ। पहिले महिनावारी हुँदा कपडा लगाउने चलन थियो, धेरैलाई कसरी लगाउने भनेर समेत थाहा हुँदैनथ्यो। रगत कहीँकतै चुहिएला र लाग्ला कि भन्ने हुन्थ्यो। त्यही भएर त्यो बेला महिनावारी बार्ने गरिन्थ्यो र भान्छा कोठामा जाने गरिँदैनथ्यो होला। तर अहिले समयसँगै महिनावारीमा आवश्यक पर्ने सामग्री राम्रो बन्न थालेका छन्। त्यसैले अहिले महिनावारी हुँदा बार्न पर्ने कुनै पनि कारण पनि छैन, यदि कसैले त्यस्तो भन्छ भने प्रश्न गर्न सक्ने हुनुपर्छ।, मलाई एउटा कुरा अचम्म लाग्छ। के कारणले हो थाहा छैन। तर दसैं आउनु र मेरो महिनावारी हुनु सँगै हुन्छ। व्यक्तिगत रूपमा मेरो मनपर्ने चाड भएका कारण र महिनावारी हुँदा टीका लगाउन हुँदैन भन्ने कुरालाई तोड्न पनि मैले महिनावारी भएको बेलामा सधैं टीका लगाउने गर्छु। किनकि महिनावारी र चाडपर्वसँग कुनै पनि लेनदेन छैन।  , छरछिमेक, आफन्तले बार्ने र आफूले नबार्ने हुँदा कतिपय कुराहरू मिल्दैन र लुकाएर राख्नुपर्छ। किनकि उनीहरूको बुझ्न सक्ने क्षमताको स्तर एउटै नहुँदा कुराहरू लुकाएर राख्दा नै उत्तम हुने रहेछ भनेर बुझेँ। , महिनावारी हुनुभन्दा अगाडि स्कुलमा कहिले पनि ज्ञान दिइएको थिएन, न त जनचेतनामूलक कुराहरू नै सिकाइएको थियो। घरमा आमा महिनावारी हुँदा जहिले पनि मलाई चासो लाग्ने गर्थ्यो। , उहाँले एउटा प्याडजस्तो के बोक्नुहुन्थ्यो, त्यो के हो भनेर सोध्दा उहाँले ‘यो प्याड हो, महिनावारी हुँदा हामीले लगाउँछन्। यो नारीहरूले लगाउँछन्’ भनेर भन्नुभएको थियो। जसले गर्दा मलाई आफू महिनावारी हुँदा प्याड समाउने कसरी चलाउने, लगाउने र सम्हाल्ने भनेर अन्योलमा पर्नु परेन। , घरमा महिनावारीको समयमा बारेर कडाइ गरेको कहिले पनि देखिको थिइनँ। तर मेरो एक जना नातेदारको घरमा दिदी महिनावारी हुँदा घरका सदस्यले चिया समेत उमालेर खानुहुँदैन रहेछ। त्यो चार दिन उहाँहरूले खाना बाहिर रेष्टुराँबाटै मगाएर खानु हुँदो रहेछ। , बिहेपछि महिनावरी हुँदा बुढालाई छुन र सँगै सुत्न नहुने भन्ने रहेछ। छुट्टै कोठामा सुत्नुपर्छ भन्ने रहेछ। यो कुरा त मैले पहिले कहिले पनि सुनेकी थिइनँ। जब यी कुराहरू सुन्न थालें तब मलाई अचम्म लागेको थियो। , यस्ता भनाइहरू परिवर्तन हुन अवश्य पनि समय लाग्छ किनभने यी वर्षौंदेखि सुनिँदै र अभ्यास गरिँदै आएका कुरा हुन्। त्यसको लागि मानिसहरूले पहिले किन बार्ने गरेको थियो भन्ने इतिहास बुझ्न जरूरी छ। जसले गर्दा मानिसहरूले अब किन बार्नुपर्दैन भनेर शिक्षा पाउँछन्। त्यसैगरी महिलाहरूलाई जनचेतना दिन पनि उत्तिकै आवश्यक छ। यसरी महिलाहरूले महिनावारीको समयमा चार दिन थुनेर राख्यो भने त उनीहरूको जीवनीमा हरेक महिना चार दिन थुन्दै राख्दा त कतिदिन र वर्ष गइरहेको छ, कति-कस्तो असर परिरहेको छ भन्ने कुराको समेत हिसाब राख्नुपर्यो नि त!, स्कुल लेभलमा महिनावारी जस्ता विषयमा पढाइ हुन जरूरी छ, पढाइ हुँदैन भने छलफलमात्र भए पनि हुनुपर्छ। , हाम्रो शैक्षिक प्रणालीको मुख्यः खोट भनेको नै जनचेतना दिइने काम हुँदैन। प्रजनन् स्वास्थ्य र महिनावारीको विषयमा खुलेर कुराकानी गर्यो भने अझ राम्रो हुनेछ। महिनावरी नारीत्वको स्वागतमात्र नभई मातृत्वको स्वागत पनि हो। हामीले महिनावारीको शिक्षा महिला र पुरूष दुवैलाई दिनुपर्छ। शिक्षा पुरूषहरूलाई खाँचो छ भने जनचेतना महिलाहरूलाई दिनुपर्छ। , मलाई पहिले एकदमै मुड स्वीङ हुने गर्थ्यो। काममा भएका कुराहरू समेत घरमा आएर पोख्थें जसले गर्दा काममा कुनै असर पर्दैनथ्यो। तर अहिले समयसँगै महिनावारी हुँदा मेरो मुड स्वीङ हुँदैन, अहिले मुड स्वीङले मलाई कन्ट्रोल गर्ने होइन मैले मुड स्वीङलाई कन्ट्रोल गर्नुपर्छ भनेर काम गर्छु।, महिनावारीको कुरा हामीले पुरूषसँग पनि खुलेर कुराकानी गर्नुपर्छ ताकि पुरूषहरूले पनि महिनावारी भनेको त सामान्य कुरा रहेछ भनेर बुझून्।, मिस नेपालको फाइनलमा गाउन लगाएर बस्दाखेरी स्टेजमा जानुअगावै महिनावारी भएको थाहा पाएँ। त्यतिबेला त्यहाँ प्याड रहेनछ। आमालाई अगाडिबाट बोलाउन मिलेन त्यहाँको सहयोगीलाई सोध्दा प्याड छैन भन्नुभयो। तर अन्त्यमा कसैसँग मागेर ल्याइदिनुभएको थियो। त्यसैले महिनावारीले आफूलाई तनाव दिँदादिँदै पनि त्यसलाई अरू कुराले भुलाउन सकियो भने काम गर्न सकिन्छ। , जसरी महिनावारी हुनुभन्दा अगाडि मेरी आमाले महिनावा,रीबारे ज्ञान दिनुभएको थियो। त्यसरी नै अरू आमाबाले पनि आफ्नो नानीहरूलाई महिनावारीबारे ज्ञान दिनुभयो भने साना बहि,नीहरूलाई सहज हुन्छ। , यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ),  , ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ), ६-, ,एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ), ७-, ,कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ), ८ -, ,महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ), ९-, ,म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ), १०-, ,डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ), ११-, ,'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ), १२-, ,'महिनावारीबारे पुरूषले पनि बुझ्नुपर्छ' (भिडिओ), दसैंमा महिनावारी हुँदा सधैं टीका लगाउने गर्छु: मिस नेपाल प्रियंका रानी जोशी (भिडिओ)
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। , परिवर्तन गाउँपालिका–१ कुरेलीका ४५ वर्षीय बुद्धिबल बुढा मगरको घर नजिकै भिरबाट लडेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार बिहान १० बजेतिर उनी घरदेखि दक्षिण दुई किलोमिटरको दूरीमा रहेको रिमुली गैरा जंगलमा एक्लै झ्याँक्रा काट्न भनेर गएका थिए। , बेलुका अबेरसम्म पनि उनी घर फर्किएर नआएपछि आफन्त तथा स्थानीय जंगलमा खोज्न गएका थिए। , राति दश बजेतिर सोही जंगलको एक भिरभन्दा १५ मिटरमुनि खसेर घाइते मगरलाई उद्धार गरी घर लगिएको थियो। त्यसपछि उपचारका लागि जिल्ला अस्पताल रेउघातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।, रोल्पामा भिरबाट लडेर मृत्यु
सेतोपाटी संवाददाता दशनामी संन्यासीहरूको मृत्युपछि उनीहरूको पार्थिव शरीर समाधिस्थलमा गाड्ने परम्परा छ। त्यही परम्परा मान्दै मंगलबार एक वृद्ध व्यक्तिको शव भक्तपुर नगरपालिकास्थित हनुमानघाटको समाधिस्थलमा गाड्न लगिएको थियो।, शव गाड्ने ठाउँमा काठमाडौं उपत्यका विकास प्राधिकरणले धमाधम संरचनाहरू निर्माण गरिरहेको थियो। यो प्राधिकरणले उनीहरूको समाधिस्थलमा गरेको हस्तक्षेप थियो। त्यस दिन केहीबेर उनीहरूबीच विवाद पनि चर्कियो। तर मान्छे बित्दाको भावुक समय भएकाले शव गाडेर उनीहरू फर्किए।, यसरी प्राधिकरणले हनुमानघाटको समाधिस्थलमा हस्तक्षेप गरेको यो पहिलोपटक होइन।, प्राधिकरणले यो जग्गामा फुटसल, भलिबल खेल्ने, व्यायाम गर्ने तथा पार्क बनाउने मास्टर प्लान बनाएको छ। वर्षौंदेखि मृत मानिसको शव गाडिँदै आएको समाधिस्थलमा यस्ता संरचना बन्न लागेपछि नेपाल दशनामी समाज समाधिस्थल व्यवस्थापन समिति, हनुमानघाटले मुद्दा पनि हालेको थियो।, उक्त मुद्दाको फैसला गर्ने क्रममा २०७० सालमै अदालतले आदेश दिएको थियो, 'समाधिस्थलमा कुनै पनि निर्माण कार्य गर्न नदिनू।', अदालतले फैसला गरिसकेको भए पनि यहाँ धमाधम खेलकुद मैदान बन्दैछ। यसलाई सम्पदा अभियन्ता एवं नेपाल दशनामी समाज समाधिस्थल व्यवस्थापन समिति, हनुमानघाटका संयोजक रवीन्द्र पुरी अमानवीय र गैरकानुनी गतिविधि मान्छन्।, 'सर्वोच्चको आदेश नै कुल्चिनेहरूलाई सरोकार निकायले कारबाही गर्नुपर्ने होइन?' पुरीले प्रश्न गरे, 'भक्तपुर नगरपालिकाको नारा नै पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने छ। के हाम्रो संस्कृति चाहिँ संस्कृति होइन?', दशनामीहरू दस वटा थर मिलेर बनेका संन्यासीहरू हुन्। उनीहरूको थरहरू गिरी, विर्त, सागर, वन, अरण्य, तीर्थ, आश्रम, पुरी, भारती र सरस्वती गरेर स्थान विशेषको आधारमा बनेको मानिन्छ। भक्तपुरमा मात्रै उनीहरूले पुज्दै आएको छ सय वर्षभन्दा पुराना १६ वटा मठ छन्। दशनामीहरूको संख्या झन् हजारभन्दा बढी भएको रवीन्द्र पुरी बताउँछन्।, भक्तपुरका दशनामीहरूले १८ रोपनीमा फैलिएको हनुमानघाटको समाधिस्थलमा शव गाड्ने गरेका छन्। यस जग्गाको उत्तरतर्फ दशनामीहरूले समाधि गर्दै आएका छन् भने सोही जग्गाको उत्तरतर्फ दर्शनधारी (कपाली) जातिको शव गाड्ने स्थल छ। त्यस्तै पश्चिमतर्फ ब्राह्मण, क्षेत्री र नेवारहरूको लाश जलाउने अलगअलग ब्रह्मनाल एवं घाट छ।, 'यस्तो पवित्र ठाउँमा खेलकुद मैदान त बुद्धि नभएको मान्छेले मात्र बनाउँछ। हामीले हाम्रो मान्छे गाड्दै आएको ठाउँमा खेलाडीहरूले कसरी खेल खेल्न सक्लान्? त्यो कुरा सरोकार निकायहरूले सोच्नुपर्ने होइन?,' पुरीले भने, 'यहाँ भइरहेको निर्माण काम तत्काल बन्द गरी समाधिस्थल व्यवस्थित र प्रदूषणमुक्त बनाइयोस्।', समाधिस्थलमा खेल मैदान बनाएपछि विवाद
सेतोपाटी संवाददाता रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरूद्ध पक्राउ पुर्जा जारी गरिएको छ।, आफ्नो नाममा अरूलाई नै एसइई परीक्षा दिन लगाएको आरोपमा उनीमाथि थप अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको हो।, जिल्ला अदालत रौतहटले शुक्रबार कानुविरूद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए।  , ‘छानबिन गर्ने क्रममा मेयर कानुलाई थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ पुर्जी जारी गरिएको हो,’ उनले भने।, चैत १९ गते मेयर कानुको नाममा परीक्षा दिइरहेका कमल साह पक्राउ परेका थिए।, परीक्षा अनुगमन टोलीले मौलापुर नगरपालिकाअन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रबाट साहलाई पक्राउ गरेको थियो।, ‘आफ्नो नाममा नक्कली परीक्षार्थी पठाएको देखिन्छ, दोषी ठहर भए परीक्षा नियमावलीअनुसार कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक बुढा मगरले भने।, प्रहरीले मेयर कानुमाथि थप अनुसन्धान गरिरहेको छ।, आफ्नो नाममा अरूलाई एसइई दिन लगाउने मेयरविरूद्ध पक्राउ पुर्जी
सेतोपाटी संवाददाता प्रहरीले सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ। , शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए।, उनका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र १२ जना पुरूष छन्। , ‘उहाँहरूले सिंहदरबार अगाडि प्रदर्शन गरिरहनुभएको थियो,’ उनले भने, ‘अहिले हामीले उहाँहरूलाई नियन्त्रणमा लिएर प्रदर्शनी मार्गको कार्यालयमा राखेका छौं।’  , मिटरब्याजीविरूद्ध पीडितहरू प्रदर्शनमा उत्रिएका थिए।,  , सिंहदरबार अगाडि प्रदर्शन गर्ने २३ जना मिटरब्याज पीडित पक्राउ
निशा भण्डारी काठमाडौंको तीनकुने गैरीगाउँको सुकुम्बासी बस्तीका बासिन्दाले बाटो बन्द गरेका छन्।, काठमाडौं महानगरपालिकाले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो।, उक्त क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी पनि परिचालन गरिएको छ।, तस्बिरहरू:, घर भत्काउन महानगरको डोजर आएपछि सुकुम्बासीले बन्द गरे गैरीगाउँको बाटो (तस्बिरहरू)