content
stringlengths 20
64.1k
⌀ |
---|
पूर्वराजा ज्ञानेन्द्रको बक्तव्य सत्ताषड्यन्त्रको पूर्वसंकेत ? पूर्वराजा ज्ञानेन्द्रले बडादशैंको सन्दर्भ पारेर फुलपातीको दिनदिएको ‘राजनीतिक शुभकामना’को प्रतिक्रियाहरु आउने क्रम जारी छ । राष्ट्रियताको पक्षधर भनेर चिनाउने सबैधानिक राजतन्त्रवादी नागरिकहरु राजाको राजनीतिक शुभकामनाबाट हर्सित भएकाछन् । तर केही राजनीतिक पार्टीका नेताहरुले राजाको प्रतिक्रियाप्रति आक्रोश व्यक्त गरेका छन् । फरक फरक प्रतिक्रियाले गर्दा चाडपर्व पछाडि नेपालको राजनीतिमा नयाँ किसिमको आन्दोलनको बिजारोपण हुने लक्षण देखिएको छ ।
ज्ञानेन्द्रले आफूलाई देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार राख्नुले नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेको पाइन्छ ।
नेपालका लागि नेपाली पार्टीले हतार हतार पत्रकार सम्मेलन नै गरेर राजाको कदमको प्रशंसा गरेकोे छ । राजाले बोलेन भनेर आरोप लगाउनेहरुले अब आरोप लगाउन बन्द गर्नु पर्दछ भन्ने आह्वान गरेका छन् । उनीहरुले पर्वपछि राजाको चाहना अनुसारको अहिलेको राजनीतिको विरुद्धमा आन्दोलनमा अग्रसर हुन आह्वान गरेका छन् । उनीहरुलाई यसरी हिम्मत बढ्नुमा राजाको राजनीतिक अभिव्यक्ति सहितको शुभकामना संदेशले ठूलो काम गरेको छ ।
राजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने दावी गर्दै प्रजातन्त्रविनाको राजतन्त्र र राजतन्त्रविनाको प्रजातन्त्र नटिक्ने महसुस गरेको पाइएको छ ।दसैँको अवसरमा यस्तो शुभकामना दिनुले अब प्रजातान्त्रिक स्वभावको राजसंस्थाको आवश्यकता छ भन्नेकुरामा जोड दिएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।
ज्ञानेन्द्रले आफूलाई देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार राख्नुले नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेको पाइन्छ ।
राजा ज्ञानेन्द्रले हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट फरक नभएकोले नेपालको पुराना परम्परा, रितिरिवाज, उत्सव, पर्व, संस्कृतिको संरक्षण र प्रबर्धनका लागि नेपालीहरुले अहिले देखिनै सचेत हुनुपर्ने धारणा राखेका छन् । उनको यो अभिव्यक्तिले अब नेपालको सत्ता परिवर्तनका लागि राजा सक्रिय भएको आशंका पैदा भएको छ । हुन त राजा ज्ञानेन्द्रले दशैंकै अवसर पारेर पारस शाहलाई यूवराजघोषणा गरेका थिए । दशैंको मूखमा व्यक्त गरिएको अभिव्यक्ति वाचा लिएको कदमको त्यति धेरै विरोध हुँदैन । यही अभिव्यक्ति दशैंको सन्दर्भभन्दा फरक समयमा दिएको भए आज यतिखेरसम्ममा धेरै राजनीतिक तरंग पैदा भइसक्ने थियो । तर सबै नागरिक दशैंको मुडमा छन् ।
त्यसैले यसका विरोधीहरुको स्वर पनि सशक्त हुने बेला छैन र समर्थनहरुको स्वरले पनि खासै मार्केट लिनेबाला देखिदैन । तर यो एउटा शुरुवात हो । राजाले एउटा राजनीतिक धारणा राखे । यसका बारेमा आउने प्रतिक्रियाहरुको आधारमा नयाँनयाँ रणनीतिहरु बनाउन खोजिएको हुन सक्दछ ।
राजा ज्ञानेन्द्रले व्यक्त गरेको विभिन्न विचारहरु मध्ये ‘कुनै पनि परिवर्तनको मर्म देशसंग अन्तर सम्बन्धित हुने गर्दछ र त्यसको प्रभाव जनताले आफ्ना्े दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ’भन्ने कुराको व्याख्या गर्नुपर्दा यसले धेरै सन्देश दिन खोजेको पाइन्छ । उनले गणतन्त्र आएको वा राजतन्त्र फालेर आएको नयाँ सत्ताले जे ल्याउँछु भन्ने आशा नागरिकलाई देखाएको थियो त्यो पुरा गर्न नसकेको वाजुन मर्मका कारणले राजाले राजसत्ता सहज रुपमा छोडेर श्रीपेँच र राज दण्ड नासोका रुपमा छोडेर गएका थिए सो अनुसार सत्तामा गएका नेताहरुले काम गर्न सकेनन् भन्ने सन्देश दिएको छ ।
अझ उनले दुर्भाग्यवस शिक्षा र स्वास्थ्यको व्यापारीकरण भएको, विकास निर्माणका काममा भ्रष्टीकरण भएको कुरा बताएर सिंगो राजनीतिक पार्टी र उनीहरुको नेतृत्वमा रहेका नेताहरुलाई कोरम पुग्ने गरी चुनौती दिएको बुझिन्छ । प्रशासनिक गतिविधि पनि राजनीतिक पेशामा सिमित व्यक्तिले मात्र फाइदा पाउने गरेको कटु सत्य बताएर आमनागरिकहरु सबै किसिमका अवसरहरुबाट बञ्चित भएको सन्देश राजा ज्ञानेन्द्रले दिएका छन् ।
ज्ञानेन्द्र शाहले न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासा छाएको बताएर न्यायलयको हिजो आजको गतिविधिमाथि समेत सचेत गराउने गरी विचार राखेका छन् ।
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैलाई सचेत गराउँदै उनीहरुको कमीकमजोरी औंल्याएर आमनागरिकको पक्षमा अभिव्यक्ति दिएको पाइन्छ ।
शाहले सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रियएकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमापार्ने र राष्ट्रहितमा केन्द्रित रहनु पर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले उनको मन पोलेको बताउनुले नेपालको परराष्ट्रनीति समेत दोबाटोमा अल्मलिएको र यसले राष्ट्रिय पहिचान नै गुम्दै गएकोमा चिन्ताव्यक्त गरिएको देखिन्छ । अहिले सडक र सोसल मिडियामा राष्ट्रियताको पक्षमाउठेका आवाजपनि राजाज्ञानेन्द्रको आवाजसंग मिल्दो जुल्दो छ ।
हुन त राष्ट्रियताको ठेकेदार राजसंस्था मात्र हुन सक्दैन । विश्वमा धेरै देशहरु यस्ता छन् जहाँका राजा देश छोडेर भागेपनि राष्ट्रियता बचाउन नागरिकहरु लागेका छन् । त्यसैले राष्ट्रियताको पहिचान भनेको राजामात्र होइनन । सिंगो देशका नागरिकले अपनाउने संस्कृतिहरुको समष्टिगतरुप नै त्यहाँको राष्ट्रियताको पहिचान हो । तर नेपालको सन्दर्भ अलि फरक छ । तपोभूमिको देश, मन्दिरै मन्दिरको देश भनेर चिनिएको नेपालमा राजसंस्था र नागरिकबीचको धार्मिक, सांस्कृतिक सम्बन्धहरु प्रगाढ थियो जसलाई मास्नेहरु आफै अलोकप्रिय हुँदै गएकाले कतै राजसंस्थाले नै नेपालको पुरानो संस्कृतिको पूर्नजागरण गरिदेला कि भन्ने आशा राजावादी नागरिकमा हुनु स्वभाविक नै हो । राजाको दशैंको अवसर पारेर आएको राजनीतिक शुभकामनाउनै राजावादी नागरिकहरुको त्यहीइच्छा पूरा गर्न आएको जस्तो अनुमान गरिएको छ ।
राजा ज्ञानेन्द्रले १४ बर्ष पछाडि हिम्मत गरेर शुभकामना सन्देशमा‘हरेक नेपालीलाई आफ्नो स्वतन्त्रविचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ’भनेका छन् । उनले राजसंस्था बैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा नै हो भनेर राजसंस्थाले विगतदेखि विभिन्न राजनीतिक शक्तिलाई संरक्षण दिंदै आएको भनेर लाग्ने गरेको आरोपलाई हो भनेर स्वीकार गरेजस्तो भएको छ ।
माओवादीलाई वा अन्य कम्युनिष्टहरुलाई राजदरवार बाट संरक्षण थियो भन्ने कुराको पुष्टि यो शुभकामना सन्देशले गरेको छ । होलेरी काण्डमा सेना परिचालन हुन नदिएर माओवादीलाई राजसंस्थाले बचाएको थियो । त्यो किन गरिएको थियो भन्ने राजा ज्ञानेन्द्रको अभिव्यक्तिले घुमाउरो पाराले स्वीकार गरेको छ ।
माओवादीलाई वा अन्य कम्युनिष्टहरुलाई राजदरवार बाट संरक्षण थियो भन्ने कुराको पुष्टि यो शुभकामना सन्देशले गरेको छ । होलेरी काण्डमा सेना परिचालन हुन नदिएर माओवादीलाई राजसंस्थाले बचाएको थियो । त्यो किन गरिएको थियो भन्ने राजा ज्ञानेन्द्रको अभिव्यक्तिले घुमाउरो पाराले स्वीकार गरेको छ ।
अझ राजाज्ञानेन्द्रले शाहबंशीय राजपद्धतिको इतिहासले स्पष्ट गरेको छ भन्दै राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिरबाट कुनै पनिसमस्याको समाधान राजासंस्थाले खोजेको छैन र खोज्ने पनि छैन भन्नुले अबका दिनमा राजसंस्था पुर्नस्थापना भएपनि यो राजनीतिक बटमलाई भन्दा बाहिर जाने छैन भन्न खोजेका छन् ।
नेपाल अधिराज्यको संविधान २०४७ले संबैधानिक राजतन्त्रलाई स्वीकार गरेकै थियो । हिन्दु धर्मलाई पनि आत्मसाथ गरेको थियो । तर राजा ज्ञानेन्द्रले धारा १२७ प्रयोग गर्दा आफू सक्रिय हुनचाहे । त्यो उनको भुल थियो ।त्यस भन्दापछि नाति हृदयन्द्रलाई बेबी किङ्को रुपमा राख्न गिरिजाप्रसाद कोइरालाले गरेको प्रस्ताव नमान्नु पनि उनको भुल थियो भन्नेहरु अहिले पनि सशक्त राजनीतिमा छन् । राजा ज्ञानेन्द्रको ती कमजोरीहरु देख्नेहरुले अब कसरी प्रतिक्रिया दिने हुन हेर्न बाँकी छ ।
तर डा. बाबुरामभट्टराईले पाँचपूर्व प्रधानमन्त्रीलाई सुनाएको षडयन्त्रको बारेमा विस्तृतमा बुझेर बसेका र उनले राजाको यो प्रतिक्रयालाई कडा रुपमा टिप्पणी गरेको पाइनुले उनले भनेको त्यो ठूलो षडयन्त्रको शुरुवात यो सन्देशबाट भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
राजा ज्ञानेन्द्रले देशभक्तिको भावना र राष्टप्रतिको भावना मानिसमा दभित भएपनि नामेट हुन सक्दैन । योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटिक हुने गर्दछ भन्नुलाई पनि अहिलेको राजावादीहरुले सडक तताएका कुराहरुलाई समर्थन गरेर बोलेको जस्तो देखिएको छ ।
केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई राजसंस्थाले ध्यानपूर्वक सुनेको भनेर देशमा भइरहेको सबैखाले गतिविधिहरुबाट अपडेट रहेको जानकारी गराउन उनी पछि हटेका छैनन् ।
सबैभन्दा महत्वपूर्ण कुरा ‘प्रजातानित्रक, प्रगतिशील या अन्यजुनसुकै विचारप्रति आस्थावा नभएपनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएकाछौं’ भन्नुले सबैखाले विचारधारालाई आफूले नेतृत्व गर्न सक्ने सन्देश पनि दिएको पाइन्छ ।
राजा ज्ञानेन्द्रको विज्ञप्तिमा अतितका गौरबपूर्ण विधिव्यवस्थालाई सम्झेर विध्यमान कान मिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्यव्यवस्थाका सबै क्रियाशिल शक्तिहरुबाट सही सोच राख्नु पर्ने र त्यो नै देश र जनाताको हितमा उपयुक्त अनुभूतिहुने भन्नुले साच्चिकै राजसंस्था अब तयारीका साथ सत्ता परिवर्तन गर्ने तर अबको परिवर्तन अहिले सत्तामा बस्नेहरुसंगसंगै मिलेर गर्ने भन्ने देखिएको छ ।
यसको लागि नेपाल अधिराज्यको संविधान २०४७ लाई पुर्नस्थापना गर्ने रणनीतिमै राजसंस्था लागेको प्रष्ट हुन्छ । विभिन्न किसिमले भ्रष्टचारीहरुलाई कारवाही गर्न सक्ने गरी अघिबढ्ने हो या एकपटक सबैलाई माफी दिनेगरी सबै मिलेर देश विकासको अभियानमा संगसंगै अघि बढ्नेहरु अगामी दिनका अभिव्यक्तिहरुबाट थप प्रष्ट हुने नै छ । तर अहिलेको यो अभिव्यक्ति भनेको राजापनि राजनीतिमा सक्रिय हुन चाहना राखेको देखिन्छ । केही नागरिकले राजाले धार्मिक र सामाजिक गतिविधिहरु धेरै गरिसके अब राजनीतिक गतिविधिमा समेत भाग लिनु पर्दछ भन्ने गरेकाले त्यही कुरालाई आत्मसाथ गर्दै राजनीतिक विचार दिएको हुन सक्दछ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष राजा ज्ञानेन्द्र शाहले महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले यस अघि नै बताएसकेको छ । शक्तिपीठहरुमा नगएपनि राजावादी नेपालीहरुका लागि राजाको शुभकामना एउटा अमृत बुटीकै जस्तो उपयोगी भएको सोसल मिडियाका प्रतिक्रियाहरु हेर्दा देखिन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा ‘प्रजातानित्रक, प्रगतिशील या अन्यजुनसुकै विचारप्रति आस्थावा नभएपनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएकाछौं’ भन्नुले सबैखाले विचारधारालाई आफूले नेतृत्व गर्न सक्ने सन्देश पनि दिएको पाइन्छ ।
राजाको यस अभिव्यक्तिले राजनेताहरु,न्यायलय, प्रशासन, संसद सबैलाई सच्चिन, जनमुखी हुन आग्रह समेत गरेको छ । राजनीतिक पार्टी र नेताहरु सच्चिएर अघिबढेर गणतन्त्रलाई जनमूखी बनाउने कि राजसंस्थालाई पुर्नस्थापित गरेर मिलिजुली जाने अब भूमिका निर्वाह गर्ने पालो राजनीतिक दल र नेताहरुमा आएको छ ।
|
माधव नेपाल भेटेर फ्रान्सेली राजदूतले भने: दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्याउने बताएका हुन् ।
अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।
भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ ।
|
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (फोटोफिचर) काठमाडौं । नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ प्रदर्शन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।
समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।
कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी भए ।
मन्त्रिगण, सवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित थिए ।
बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरे । फूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युुतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।
|
चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न जिल्ला प्रमुख अधिकारीको निर्देशन काठमाडौं। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्।
जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ।
छलफलमा नगरकोट सडक तत्काल मर्मत गरि निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिएका हुन्।
|
जर्मन चान्सलर एंगेला मर्केलले इजरायल पुगेर इरानका विषयमा अहम घोषणा गरिन् काठमाडौं। १६ वर्षसम्म सत्तामा रहेपछि जर्मन चान्सलर एंगेला मर्केलले यसै वर्ष आफ्नो पद छोड्दैछिन् । तर, पद छोड्नुभन्दा पहिले उनी चान्सलरको रुपमा अन्तिम इजरायल भ्रमणमा छिन् । आइतबार उनले इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटसँग भेटघाट गरिन् ।
भेटवार्तापछि साझा पत्रकार सम्मेलनमा जर्मन चान्सलर मर्केलले इरानसँग आणविक सम्झौताका विषयमा हुने वार्ता एकदमै निर्णायक चरणमा भएको बताएकी छिन् । उनले इरानसँग भएको परमाणु सम्झौतालाई फेरि अस्तित्वमा ल्याउने विषयमा जर्मनीको प्रतिबद्धतामा पनि जोड दिइन् । उनले भनिन् ‘जसरी आणविक सम्झौताको लागि दिन बितिरहेको छ त्यसरी नै इरानले हरेक दिन आफ्नो युरेनियम संवद्र्धनलाई बढाइरहेको छ ।’
मर्केलले इरानलाई भियना सम्झौता अनुसार फेरि वार्तामा ल्याउनको लागि विश्व शक्तिहरुको सहभागिताको आह्वान गरिन् । उनले भनिन् ‘म रुस र चीनको लागि एक ठूलो जिम्मेवारीको रुपमा देखिरहेकी छु ।’ आफ्नो सम्बोधनमा उनले हरेक जर्मन सरकारको लागि इजरायलको सुरक्षा सर्वोच्च प्राथमिकता हुने बताइन् ।
अमेरिकाको ट्रम्प प्रशासनले एकतर्फी निर्णय लिँदै इरानसँग परमाणु सम्झौता तोडेको थियो । यसको प्रतिक्रियामा इरानले पनि स्वयंलाई परमाणु सम्झौताबाट अलग गरेको थियो । सत्तामा बाइडेन आएपछि अमेरिका र युरोपेली देश इरानलाई फेरि यो सम्झौताअन्तर्गत ल्याउने प्रयासमा लागेका छन् । मर्केलले भनिन् ‘मैले कहिल्यै पनि जेसीपीओएलाई आदर्श मानिन, तर कुनै सम्झौता नहुनुभन्दा यो राम्रो हो ।’
इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले पनि इरानको परमाणु कार्यक्रमलाई विश्वको लागि खतरा बताउँदै इजरायल इरानलाई रोक्नको लागि जे परिआउँछ गर्ने बताए । यसअघि एक विशेष क्याबिनेट बैठकको क्रममा बेनेटले भने ‘हाम्रो लागि यो रणनीतिक समस्या नभइ अस्तित्वको समस्या हो ।’ बेनेटका अनुसार विगत ३ वर्षमा इरानले आफ्नो परमाणु कार्यक्रम संवद्र्धनलाई तीब्र रुपले बढाएको छ ।
मर्केल र बेनेटले भविष्यको प्यालेस्टाइनका विषयमा भने सार्वजनिक रुपले असहमति जनाए । मर्केलले प्यालेस्टाइनको मुद्दामा भनिन् ‘भलै आज यो विन्दुका दुई राज्य समाधानको कुरा निराशाजनक लाग्छ तर मलाई लाग्छ कि यसलाई वार्ताका क्रममा बेवास्ता गरिनु हुँदैन । यसलाई दबाइनु हुँदैन । साथै यो पनि सुनिश्चित गरिनुपर्छ कि प्यालेस्टाइनी सुरक्षित रहन सकुन् ।’ उनले प्यालेस्टाइनीले जुन कब्जा गरिएका क्षेत्रको माग गरिरहेका छन् त्यहाँ इजरायली बन्दोबस्त निर्माण व्यर्थ भएको बताइन् ।
|
नक्कली टिकटको किनबेच गर्ने दुई जना पक्राउ काठमाडौं। बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका(४ का प्रकाश शाही र वीरेन्द्रनगर(६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेको फेला परेको हो । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत(जुम्ला २ हजार रुपैयाँ भाडा उल्लेख छ ।
|
आत्महत्या गरेको डोरी करोडौँमा बिक्री हुने अन्धविश्वासका कारण तीन जना पुगे जेलको बास काठमाडौं । अन्धविश्वासले अपराध मात्रै चिताएनन्, अन्नतः तीन जनालाई जेलकै बास बनायो । कोही कसैले आत्महत्या गरेको डोरी भेटिए र वा त्यसलाई बेच्न सकिए करोडौमा विक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या भयो जुन हत्याले तीन जनालाई जेलको बास बनाएको छ ।
उनीहरुमा आत्महत्या गर्ने बेलामा घाटीमा पासो लगाउने डोरी हत्तपत्त नभेटिने र भेटिएपनि त्यो ऐनामा देखाउदा नदेखिने भएकाले पनि करोडौँ रुपैयाँ आउने विश्वास भएपछि डोरी बेचेरै पैसा कमाउन सकिने संभावना देखिएको अन्धविश्वासमा पर्दा ललितपुरमा एक महिलाको हत्या भयो । महानगरीय अपराध महाशाखाले भदौ २५ गते बिहान भएको उक्त हत्याकाण्डमा संलग्न तीनजनालाई असोज २१ र २२ गते पक्राउ गर्यो । पक्राउपछि उनीहरुले घाँटीमा पासो लगाएर ती महिलाको हत्या गरेको र त्यही डोरी बेच्न ग्राहक पनि खोजिरहेका थिए ।
ललितपुरको सुनाकोठीमा कृषि र ज्याला मजदुरी गरेर एक्लै बस्दै आएकी कमला तामाङको अन्धविश्वासकै कारण अनाहकमा ज्यान गयो । भदौ २५ गते बिहान ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्दै आएकी नुवाकोटको बेलकोट गढी नगरपालिका–९ स्थायी घर भएकी ४५ वर्षीया कमलाको हत्या घाँटीमा पासो लगाएर गरिएको थियो । प्रकरणमा संलग्न तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक छ । सो हत्यामा संलग्न सुमन मगर ललितपुरबाटै पक्राउ परे ।
उनीसँगै हत्यामा संलग्न सविन प्रजा र प्रविना प्रजालाई प्रहरीले मकवानपुरको मनहरीबाट पक्राउ गर्यो । प्रहरीका अनुसार उनीहरु तीनैजनाले अन्धविश्वासमा परेर कमलाको हत्या गर्ने योजना मात्रै बनाएनन, हत्या नै गरिदिए । हत्यामा संलग्नमध्ये सविनले मान्छे मर्न वा मार्न प्रयोग भएको डोरी, राम–लक्ष्मण र हनुमानको तस्विर अंकित पुरानो सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगा लगायत करोडौँ रुपैयाँमा विक्री हुने कुरा सुनेपछि उक्त हत्या योजना बनाएका थिए ।
चापागाउँमा बस्दै आएका सविनले उक्त कुरा साथी सुमन मगरलाई सुनाएपछि कमलाको हत्या योजना बनेको थियो । समुन मगर कमलाबीच पुरानो चिनजान भएको र सोही चिनजानको आधारमा सविन, सुमन र प्रविना बसेर हत्या योजना बनाएका थिए ।
‘मृतक कमला र सुमन मगरबीच पुरानो परिचय रहेछ मृतकको टहरामा उनी आउने जाने गर्ने गरेको भेटियो केही दिन मादक पदार्थ र खानपिन पनि सँगै गर्ने गरेको आधारमा उनीहरुबीच विश्वास बढ्दै गएपछि हत्या गर्न सहज भएको देखियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले बताए । उनका अनुसार हत्यामा तीनैजनाको प्रत्यक्ष संलग्नता थियो ।
सुमनले कमलाको दुवै हात र गोडा उनकै सलले बाँधी आफूसँगै गएका सविन प्रजालाई डोरी घाँटीमा हाली कस्न लगाई हत्या गरेका थिए । ‘कमलाको मृत्यु भएको थाहा भएपछि कानको गहना र मोबाइल लिई सविन हिडेका थिए’, एसएसपी खापुङले भने । कमलाको शव कोठैमा छाडेपछि उनीहरुले उनको मोबाइल फोन लगेर सिम बाटैमा फ्याकेका थिए ।
प्रहरीका अनुसार उनीहरुले कमलालाई घाटीमा पासो लगान प्रयोग गरिएको डोरीलाई धुप बत्तीसमेत प्रयोग गरी पूजा गरेका थिए । ‘ऐनामा हेर्दा डोरी नै देखिएपछि काम नलाग्ने भनी कुलोमा फ्याँकेर बगाइदिएका रहेछन्। त्यसपछि मोबाइल र गहनासमेत नक्कली भएको भन्दै कुलोमा बगाइदिएका थिए’, एसएसपी खापुङले भने । महाशाखाले अभियुक्त तीन जनालाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाएको छ ।
।
|
वालिङमा जीप दुर्घटनाः २ को मृत्यु, १७ घाइते काठमाडौं । वालिङ नगरपालिकामा ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घाइते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हुन् । घाइते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिए। उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।
|
चरेस कारोबार गर्ने ७ पक्राउ काठमाडौँ । नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद भएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान, मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ, जालिन्द्र श्रेष्ठ उर्फ सागर र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १६ गते रविलाई चरेस उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको छ। उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेस संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरूमा चरेस लुकाई कार्गोबाट हङकङ पठाउने गरेको पाइएको छ।
पक्राउ परेका विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
|
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु काठमाडौं। भरतपुर महानगरपालिका–७ मा आज नबा १ प १२८४ नम्बरको बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ ।
चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको उक्त बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई विकास चोकमा ठक्कर दिएको थियो ।
बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।
|
सन्दर्भ १४ औं महाधिवेशन : के नेपाली कांग्रेसमा धर्मसापेक्षका पक्षधरहरु एक हुन सक्छन् ? नेपालको राजनीतिमा धर्मनिरपेक्षता की धार्मिक सापेक्षता भन्ने बहस अहिले जोड्तोड्ले चलेको छ । धर्मनिरपेक्षता नेपालको संविधानले स्वीकार गरेको कुरा हो । मन्दिर नै मन्दिरको देश भनेर चिनिने नेपाललाई इतिहासमा तपोभूमिको देश भनेर चिनिन्छ ।
नेपाललाई विदेशीको दवावमा धर्मनिरपेक्ष राखिएको आरोप एक पक्षले लगाई रहेका छन् भने अर्को पक्ष अहिले पनि धर्मसापेक्षता वा धार्मिक स्वतन्त्रता वा सनातन हिन्दुधर्म वा सनातन ओमकार मान्ने हिन्दु, बौद्ध र किराँत सबैको एक समग्र नामाकरण गरेर मान्ने पक्षमा जानुपर्दछ भन्नेहरु छन् । नेपाली कांग्रेसका महामन्त्री तथा अबको १४ औं महाधिवेशनका सभापतिमा उम्मेदवारी दिन्छु भनेर घोषणा गरेका डा. शशांक कोइरालाले हिन्दु धर्मका लागि मैले मात्र पहल गर्न सक्ने भएकोले म सभापतिको दावेदार भन्न थालेका छन् । यस्तो अवस्थामा के नेपाली कांग्रेसभित्र धर्मसापेक्षका पक्षधरहरु एक हुन सक्दछन् भन्ने प्रश्न नयाँ ढंगले उठन थालेको छ ।
नेपाली कांग्रेस भित्र अहिले उपाध्यक्ष रहेका बिमलेन्द्र निधि धर्म निरपेक्षताको पक्षमा जोडतोडले लागेका छन् । नेपाली कांग्रेस भित्र धर्म निरपेक्षतालाई स्थापित गर्ने अभियानमा रहेका बिमलेन्द्र निधि शेरबहादुर देउवाको आर्शिवादले पार्टीको संगठनमा हावी भएका थिए ।
नेपाली कांग्रेसले स्थापना कालदेखि नै आफ्नो विधानमा धार्मिक स्वतन्त्रता मान्ने पार्टीको रुपमा आफूलाई परिचित गराएको थियो । २०६२\०६३ को आन्दोलन पछि आएको गणतन्त्रमा हतपतमा केही कामहरु गर्ने क्रममा नेपाली कांग्रेसका अध्यक्ष गिरिजाप्रसाद कोइरालाले धार्मिक स्वतन्त्रतालाई छोडेर धर्म निरपेक्षताको पक्षमा निर्णय लिए जसले गर्दा नेपाली कांग्रेसको विधान संशोधन गर्दा धार्मिक स्वतन्त्रतालाई हटाएर धर्मनिरपेक्षतालाई अंगाल्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेस भित्र अहिले उपाध्यक्ष रहेका बिमलेन्द्र निधि धर्म निरपेक्षताको पक्षमा जोडतोडले लागेका छन् । नेपाली कांग्रेस भित्र धर्म निरपेक्षतालाई स्थापित गर्ने अभियानमा रहेका बिमलेन्द्र निधि शेरबहादुर देउवाको आर्शिवादले पार्टीको संगठनमा हावी भएका थिए । पछिल्लो चरणमा बिमलेन्द्र निधि आफै सभापतिको दावेदार भएर अघि बढेकाले अब उनले धर्मनिरपेक्षताको पक्षमा गरेको पैरवीलाई शेरबहादुर देउवाले हुवहू रुपमा अघि बढाउने हुन कि सन्शोधन गरेर अघि बढ्ने हुन त्यो भविष्यको कुरा हो ।
जहाँसम्म शेरबहादुर देउवाले नियुक्त गरेका तरुण विभागका प्रमुख शंकर भण्डारीले सार्वजनिक रुपमा नै नेपाली कांग्रेस हिन्दु धर्मको पक्षमा जानु पर्दछ भनेर पैरवी गर्नु र यसमा नेपाली कांग्रेसको ठूलो जमातको समर्थन हुदै जानुले कतै आगामी महाधिवेशनमा हिन्दुधर्मको पक्षमा जोडतोडले कुरा उठ्ने त हैन भन्ने आशंका गरिदैछ । नेपाली कांग्रेसले यस अघि काठमाडौंमा गरेको महाधिवेशन प्रतिनिधिहरुको भेला भएको स्थानको बाहिरपट्टी हिन्दुधर्मको पक्षमा हस्ताक्षर संकलन गरिएको थियो । भेलामा मन्तव्य राख्नेहरुले समेत हिन्दु धर्मको पक्षमा खुलेर वकालत गरेका थिए । मिडियाले राम्रोसंग कभरेज गरेको थियो ।
नेपाली कांग्रेसको एक हस्तीका रुपमा चिनिएका स्व। खुमबहादुर खड्काले आफ्नो जीवनको उत्तरार्धमा नेपालमा हिन्दुराज्य स्थापित गर्नुपर्दछ भनेर अभियान नै चलाएका थिए । उनको अभियानलाई उनको मृत्यु पछि पनि उनका अनुयायीहरुले जोडतोडले उठाई रहेका छन् । शंकर भण्डारीले हिन्दु धर्मको पक्षमा खुलेर पार्टी भित्रै आफ्नो धारणा राखिराखेका छन् ।
नेपाली कांग्रेसका केही नेताहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्दै छन् भने कोही नेपाल हिन्दु अधिराज्य हुनुपर्दछ भन्ने पक्षमा छन् । हिन्दु राष्ट्र भन्नेहरु राजा विहिन हिन्दु राज्यको पक्षमा छन् भने हिन्दु अधिराज्य भन्नेहरु राजा सहितको हिन्दु अधिराज्यको पक्षमा छन् । कोही हिन्दु हाम्रो धर्म होइन । यो त एउटा पन्थीमात्र हो । हामी सनातनी हौं भन्दैछन् ।
पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत धार्मिक गतिविधिहरुमा सक्रिय भएका समाचारहरु भाइरल हुने गरेका छन् । नेपाली कांग्रेसको वडा तहदेखि शुरु भएको अधिवेशनमा विजयी भएका नेताहरुको अभिव्यक्तिको समीक्षा गर्ने हो भने धेरै जसो सनातनदेखि चल्दै आएको नेपालको सनातनी धर्मको पक्षमा रहेको पाइएको छ । कांग्रेस भित्रका नेताहरुको शारिरिक हाऊभाऊ हेर्दा धार्मिक स्वतन्त्रताको पक्षमा अधिकांश देखिन्छन् । तर यसलाई कुन शब्दमा कसरी व्याख्या गर्ने भन्नेमा उनीहरुबीच मै अन्यौलता देखिन्छ ।
नेपाली कांग्रेसका केही नेताहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्दै छन् भने कोही नेपाल हिन्दु अधिराज्य हुनुपर्दछ भन्ने पक्षमा छन् । हिन्दु राष्ट्र भन्नेहरु राजा विहिन हिन्दु राज्यको पक्षमा छन् भने हिन्दु अधिराज्य भन्नेहरु राजा सहितको हिन्दु अधिराज्यको पक्षमा छन् । कोही हिन्दु हाम्रो धर्म होइन । यो त एउटा पन्थीमात्र हो । हामी सनातनी हौं भन्दैछन् ।
कोही संविधानमा धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रता लेखिनु पर्दछ भन्दैछन् । कोही सनातन धर्म र कोही ओमकार परिवारको बहस गरिरहेका छन् । कोही हिन्दु, बौद्ध र किराँत धर्म मिश्रित हाम्रो सनातन धर्म भनेर अघि बढ्नु पर्दछ भन्दैछन् । संस्कृत विद् सत्यमोहन जोशीले एक सन्दर्भमा हामी २००७ सालत अघिसम्म सनातनी धर्मको पक्षमा थियौ । यहाँ हिन्दु भन्ने नै थिएन । सनातन धर्म भन्ने वित्तिकै अहिले टुक्राइएको हिन्दु, बौद्ध र किराँत धर्मको समिश्रित रुप थियो । हिन्दु भनेर त पछि मात्रै आएको भन्ने तर्क जोशीको छ ।
जोशीकै तर्कलाई आधार मान्ने हो भनेपनि हामीले सनातन धर्मको पक्षमा लाग्ने खाका तयार गरेर नेपालमा धार्मिक सहिष्णुतालाई कायम राख्न नेपाली कांग्रेसले पहिले आफ्नो विधानमा परिमार्जन गर्नु पर्दछ र सत्तामा भएको बेला धर्म कस्तो मान्ने भनेर संसदमा दुईतिहाई बहुमत पु¥याएर संविधान संशोधन गर्न तर्फ लाग्नु पर्दछ । अथवा संसदबाट सम्भव भएन र ३ करोड नागरिककै सहमति लिएर गर्ने हो धर्मको बारेमा जनमत संग्रह गराउनु पर्दछ ।
धर्मको बारेमा जनमत संग्रहमा जाँदा धार्मिक द्वन्द्व समेत बढ्न सक्दछ । यसलाई कसरी समाधान गर्ने भन्नेमा नेपाली कांग्रेस सचेत हुनुपर्दछ । जे गर्नु पर्ने हो त्यो १४ औं महाधिवेशनमा शसक्त रुपमा गर्नु पर्दछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने मात्र होइन, प्रतिस्पर्धामा उत्रिने सभापतिका उम्मेदवारहरुले शासकीय प्रणाली, धर्म, निर्वाचन प्रणाली र आर्थिक उन्नतीका आधारहरुको खाका बनाएर अघि बढ्नु पर्दछ ।
अहिलेसम्म उम्मेदवारी दिनेहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली र आर्थिक उन्नतीका पाटामा केही नयाँ सोच ल्याएको पाइदैन । धर्मका लागि सभापतिका उम्मेदवारहरु मध्ये डा. शशांक कोइराला र बिमलेन्द्र निधिले मात्र बोल्ने गरेको पाइन्छ ।
डा। शशांक कोइराला हिन्दुधर्मको पक्षमा बोल्दै आउनु भएको छ भने बिमलेन्द्र निधि धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै आउनु भएको छ । यो दुई विचार देख्दा प्रकाशमान सिंह, बिमलेन्द्र निधि र डा. शशांक कोइरालाबीच एक उम्मेदवार हुने पटक पटकको बैठक औचित्यहीन, डिनर र लञ्चपार्टीमा मात्र सिमित रहेको बुझ्न सकिन्छ ।
गिरिजाप्रसाद कोइरालाले धार्मिक स्वतन्त्रतालाई बटम लाइन बनाएर हिड्न चाहेका थिए । तर उनलाई छोरी सुजाताले धोखा दिएको प्रसंग खुबै चर्चामा आएको थियो । गिरिजाप्रसाद कोइरालालाई धर्म निरपेक्षाको पक्षमा हस्ताक्षार गराउन उनका सल्लाहकार र छोरीले खेलेको भूमिकाका बारेमा अर्को बहसमा विस्तृतमा छलफल गरिने छ । यहाँ यत्तिकै भनौ धर्म निरपेक्षका लागि मोटो रकम प्राप्त गर्नेहरुको जालमा गिरिजाप्रसाद कोइराला फस्न गए ।
पछिल्लो समय विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालयको उद्घाट्न गर्दा धार्मिक अनुष्ठान नै लगाए भन्ने कुरा मिडियामा छाएको थियो । उनी पनि हिन्दु धर्मको शरणमा गए भन्ने आरोप लाग्यो । तर त्यो कुरा नसेलाउँदै एक सञ्चारमाध्यममा निधिको अन्तर्वार्ता आयो जसमा पशुपति र जानकी मन्दिरमा राजनीतिक पार्टीको झण्डा गाड्नका लागि हिन्दु धर्म ल्याउन खोजेको हो भनेर बम्किए । उनको आशय थियो, हिन्दु राज्य भएमा पार्टीहरुले पशुपति र जानकीमन्दिरमा पार्टीको झण्डा गाड्छन् । तर उनले यसो भनिरहँदा नेपाल अधिराज्यको संविधान, २०४७ मा हिन्दु धर्म लेखिएको भएपनि कसैले पशुपति र जानकी मन्दिरमा पार्टीको झण्डा नराखेको बुझेका रहेछन् । हो, विचार राख्न पाइन्छ । तर, त्यसले पुरानो अवस्थामा के भइरहेको थियो भन्ने कुरा पनि हेक्का राख्नु पर्दछ । नेपालको संविधानमा हिन्दु राज्य लेखिदापनि यहाँ अन्य सबै धर्मले फुल्ने फल्ने अवसर त पाइरहेकै थिए ।
राज्यले धर्म मान्नु हुदैन भन्ने धारणा बामपन्थी धारणा हो । बामपन्थीहरु धर्मलाई अफिमका रुपमा मान्दछन् । जुन नेपालमा सम्भव नै छैन । यहाँ दैनिक जीवनमा जसलेपनि कुनै न कुनै धर्मको सहारा लिएकै हुन्छन् । राज्यले धर्ममान्नु हुदैन भन्नेहरुले के बुझ्नु पर्दछ भने नेपालका प्रायजसो धार्मिक स्थलहरु सार्वजनिक नै छन् । पशुपति होस वा पाथिभरा, हलेसी होस या मुक्तिनाथ सबै सरकारको सम्पत्ति हो । त्यसैले पनि सरकारले सार्वजनिक धार्मिक स्थलहरुको संरक्षण र प्रचार प्रसारको लागि खर्च गर्नु पर्दछ । यो सरकारको दायित्व भित्र पर्दछ ।
गुठीसम्बन्धी विधेयक ल्याउँदा सरकारलाई कत्ति अप्ठेरो परेको थियो भन्ने सबैले बुझेकै छन् । नेपालमा धार्मिक पर्यटनलाई बढाएर आर्थिक उन्नती गर्नका लागि पनि प्रकृतिले दिएको, ऐतिहासिक प्रणामहरुले जुराई दिएको सनातनी धर्मको प्रचार प्रसार गर्नुपर्ने दायित्व सरकारको त हो नै यसका लागि राजनीतिक पार्टीहरुले पनि अगुवाई गर्नु पर्दछ । जसको शुरुवात भनेकै नेपालको संविधानबाट धर्म निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता वा सनातन धर्म वा हिन्दु धर्म वा धर्मका विज्ञहरुसंग छलफल गरेर त्यस्तो केही शब्द राखौं जसले धर्मको संरक्षण गर्न सरकार बाध्य होओस । यसले कला, संस्कृति, परम्परा, रितिरिवाजको संरक्षण र प्रचारप्रसार हुन गई देशको पहिचान बढेर जान्छ । जसले राष्ट्रियतालाई समग्रमा बलियो बनाउँछ ।
नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा धर्मको विषयलाई एउटा शसक्त मुद्धा बनाउनु पर्दछ । यसको शुरुवात गर्न तस्मिएका डा. शांशक कोइराला स्वयंले कस्तो शब्द राख्ने भन्ने बारेमा पार्टी भित्रै वा शुभेच्छुकहरु माझ अहिलेदेखि नै छलफल चलाउनु पर्दछ ।
नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा धर्मको विषयलाई एउटा शसक्त मुद्धा बनाउनु पर्दछ । यसको शुरुवात गर्न तस्मिएका डा. शांशक कोइराला स्वयंले कस्तो शब्द राख्ने भन्ने बारेमा पार्टी भित्रै वा शुभेच्छुकहरु माझ अहिलेदेखि नै छलफल चलाउनु पर्दछ । कोइराला आफै महामन्त्री भएकाले महाधिवेशको उहाँले प्रस्तुत गर्ने प्रतिवेदन वा अन्य दस्तावेजमा यसलाई समावेश गरेर पार्टी भित्रै पारित गराउन सक्नु पर्दछ । हैन भने जनमत बटुल्न चलाएको हल्लामात्र हो कि भन्ने आमनागरिकहरुले शंकागर्ने ठाउँ रहन्छ ।
डा. शशांक कोइरालाले आफूमात्र होइन, पार्टीका अन्य नेताहरुलाई पनि आफ्नो अभियानप्रति आकर्षित गर्नु पर्दछ । आफ्ना कार्यकर्ता, शुभचिन्तकहरुलाई धर्मको पक्षमा वकालत गर्न लगाउनु पर्दछ । मिडिया गएको बेला सम्झिएर धर्मको लागि जनमत संग्रह गराउँछु भनिदियो, भारतको संस्थापन पक्षलाई खुसी पार्न बोलिदियो तर त्यसको लागि आधारहरु तयार गर्न कुनै कसरत नग¥यो । यसो भयो भने डा. शशांक कोइराला समेत निर्णय लिन खोज्ने तर त्यसका लागि सही कदम चाल्न असफल नेताका रुपमा इतिहासमा दर्ज हुनेछन् ।
हेरौं, नेपाली कांग्रेसमा कुन कुन नेताहरु धर्मको सम्बन्धमा के के सवाल उठाएर महाधिवेशनमा अग्रसर हुन्छन् ? उनीहरुको विचार र गतिविधिलाई नागरिकहरुले सुक्ष्मरुपमा सुनिरहेका छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेसको धर्म प्रतिको दृष्टिकोणले पनि प्राप्त हुने मतमा असर पार्ने छ । सिंगो कांग्रेस भित्र धर्म प्रतिको धारणा एक छैन । पार्टी भित्र धर्मसापेक्षताका पक्षधरहरु गोलबन्ध हुनु आवश्यक छ । धार्मिक दृष्टिकोण एउटै बनाउन समेत नेपाली कांग्रेसको १४ महाधिवेशन सफल हुनुपर्दछ ।
|
दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ ।
बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ। “ गड्डडाचौकी नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म भित्रिएको तथ्याङ्क छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, “नाकामा भीडभाड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं ।”
गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ। भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ ।
त्यसैगरी, डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायब निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताए। सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्याङ्कले देखाएको छ। भारतको दिल्ली, मुम्बै, महाराष्ट्र, पञ्जाव, पुना, बैङ्लोर, सिमला, हरिद्धारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेका छन् ।
त्यसैगरी, भारतबाट घर फर्किनेबाट कोभिड सङ्क्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ। “नाकामा कोरोना परीक्षण गर्ने र सङ्क्रमण देखिए आइसोलेसनमा आश्रय दिने गरिएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “हामीले चाडपर्वसँगै कोरोनाप्रति सजगता अपनाउन जुरुरी छ ।”
स्वास्थ्य कार्यालयले गड्डाचौकीमा सङ्क्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युट (आइसीएच) को आइसोलेशनमा राख्ने गरिएको बताए। “अहिले सात जनामा सङ्क्रमण देखिए पनि आइसोलेशनमा रािखएको छ”, उनले भने, “नाकामा आउनेलाई व्यवस्थित रुपमा परीक्षण र खोपको व्यवस्थापनमा खटिएका छौं ।”
यता भारतबाट स्वदेश फर्किनेले भने सीमामा घन्टौं लाइन बस्नु पर्दा समस्या भइरहेको गुनासो पोखेका छन्। उनीहरुले स्वास्थ्य सर्तकताका लागि पहल गरिए पनि सहज गर्न माग गरेका छन्। “रातभरी बसको यात्रामा थाकिएको हुन्छ”, भारतको सिमलाबाट आउँदै गरेका दिलबहादुर बुढाले भने, “भारी बोकेर नाकामा लाइन बस्दा निकै सास्ती हुन्छ।” स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ । रासस
|
तीन सय प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ काठमाडाैं। प्रतिबन्धित लागुऔषध बरामद भएपछि तीन युवकप्रहरीका फन्दामा परेका छन्।
प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो ।
बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागुऔषध बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
|
जीप दुर्घटना हुँदा चालकको मृत्यु काठमाडाैं। रोल्पामा आज लु१च ९४९३ नं को जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
|
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते काठमाडौं।रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् ।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । यसअघि आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ ।
आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।
गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।
|
पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न देश बनाउने वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन काठमाडौं। पाकिस्तानका प्रसिद्ध परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । डा. खानको आइतबार ८५ वर्षको उमेरमा निधन भएको हो । डा. खानलाई पाकिस्तानको परमाणु कार्यक्रमका जनक मानिन्छ । स्वास्थ्यमा खराबी आएपछि डा. खानलाई खान रिसर्च ल्याबोरेटोरिज अस्पतालमा भर्ना गरिएको थियो ।
Deeply saddened by the passing of Dr A Q Khan. He was loved by our nation bec of his critical contribution in making us a nuclear weapon state. This has provided us security against an aggressive much larger nuclear neighbour. For the people of Pakistan he was a national icon.
— Imran Khan (@ImranKhanPTI) October 10, 2021
स्थानीय समयअनुसार आइतबार बिहान ७ बजे डा. खानको अस्पतालमै निधन भएको हो । जियो न्यूजका अनुसार उनलाई सास फेर्न समस्या भएपछि आइतबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डा. खानको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘डा. अब्दुल कादिर खानको निधनबाट धेरै दुःखी छु । पूरै देशले उहाँलाई धेरै माया गर्छ। उहाँले राष्ट्रको सुरक्षाको लागि हामीलाई परमाणु हतियार दिनुभएको छ । पाकिस्तानका नागरिकको लागि उहाँ हिरो हुनुहुन्थ्यो ।’
तत्कालीन ब्रिटिस इण्डिया र अहिले भारतमा पर्ने भोपालमा सन् १९३६ को अप्रिल १ मा जन्मिएका डा. अब्दुल कादिर खानको पाकिस्तानलाई मुस्लिम जगतमै पहिलो परमाणु हतियार सम्पन्न देश बनाउने काममा निकै ठूलो योगदान छ । पाकिस्तानी परमाणु बम विष्फोट गरेपछि उनलाई देशको सर्वोच्च नागरिक पुरस्कार दिइएको थियो । पाकिस्तानी जनताले उनलाई एक राष्ट्रनायकको रुपमा हेर्ने गर्छन् ।
|
कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ काठमाडौं।महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा गढिमाई–३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् ।
गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु विक्री वितरण गर्न भण्डारण भइरहेको सुराकीका आधारमा महाशाखाको प्रहरी टोलीले शनिबार ललितपुर–१ कुपण्डोलस्थित गुसिंगलमा छापा मार्दा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा १४९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ फेला पारेको हो ।
बरामद गरिएको पटाका करिब २० लाख मूल्यको रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका जैसवाललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
|
आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना काठमाडौं। आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् ।
तर, नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ ।राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
|
तिलगङ्गामुनिको पहेँलो पुलस्थित वाग्मती किनारमा सफाइ काठमाडौं । तिलगङ्गामुनिको पहेँलो पुल क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले अझै राम्रोसँग फोहर नउठाएकाले नदी किनारमा धेरै फोहर भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । यसका कारण वाग्मती वरपर फोहर भएको हो । सफाइमा स्थानीय सरकारले स्वामित्व नलिँदा सभ्यताको स्रोत नदी सफाइमा चुनौती थपिँदै गएको छ ।
यसैगरी मनोहरा सफाइको २३८औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित बालकुमारी पुलक्षेत्रमा सफाइ गरिएको छ । सफाइमा अभियानकर्मी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि गरी करिब १०० जना भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए। सफाइबाट व्यवस्थापन भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरी लगेको उनले सुनाए । सफाइपछि आयोजित कार्यक्रममा अभियानकर्मीबीच बडादशैँ, शुभ दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान र चियापानसमेत गरिएको थियो ।
अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मी गरी सफाइमा २०० जनाभन्दा बढीको सहभागिता थियो । नेपालीको महान् चाड बडादशैँ शुरु भइसके पनि अभियानकर्मी वाग्मती सफाइ अभियानमा उत्साहका साथ सहभागी भएका थिए । दशैँ, तिहारलगायत महत्वपूर्ण चाडका बेला पनि वाग्मती सफाइ नरोकिने अभियानकर्मीको प्रतिबद्धता छ ।
|
हेलिकोप्टरमार्फत घाइतेको उद्धार काठमाडौं । शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ ।
बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका २ का ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बुढा शुक्रबार भिरबाट लडेर घाइते भएर अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको प्रजिअ अधिकारीको भनाइ छ । उद्धार गरिएका बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताए ।
|
ट्रकको ठक्करबाट मृत्यु काठमाडौं । ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–३ कोशी राजमार्गअन्तर्गत एनएल०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
|
महोत्तरीमा सहिद परिवारका घरमा धनमाल लुटपाट काठमाडौं । आज बिहान डाँकाको एक समूहले सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटेका छन्।
आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए ।
लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए । जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएकोे र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
|
१३६ देशहरुबीच ठूला कम्पनीलाई धेरै कर तिराउने सम्झौता काठमाडौं। विश्वका अधिकांश देशहरुले ठूला कम्पनीहरुलाई धेरै कर लगाउने ऐतिहासिक सम्झौता गरेका छन् । विश्वका १३६ देशहरु ठूला कम्पनीहरुमाथि कम्तीमा १५ प्रतिशत कर्पोरेट कर लगाउने कुरामा सहमत भएका छन् । यसका अलावा यी देशहरुबीच ठूला कम्पनीको मुनाफामा पनि उचित कर लगाउने सहमति भएको बीबीसीले जनाएको छ ।
पछिल्लो समय बहुराष्ट्रिय कम्पनीहरुले आफूले तिर्नुपर्ने करबाट बच्नको लागि कम कर तिर्नुपर्ने देशहरुमा धेरै नाफा देखाउने गरेको चिन्ता व्यक्त गरिएको थियो । कम्पनीहरुले कम कर भएका देशमा धेरै नाफा देखाएर कर छली गरेको चिन्ता बढेपछि यी देशहरुले यो ऐतिहासिक सम्झौता गरेका हुन् ।
यो सम्झौतापछि पनि आलोचकहरुले भने १५ प्रतिशत कर्पोरेट कर एकदमै कम भएको र कम्पनीहरुले यसबाट पनि बच्ने बाटो खोज्ने चिन्ता व्यक्त गरेका छन् । बेलायती अर्थमन्त्री ऋषि सौनकले यो सम्झौतापनि वैश्विक कर प्रणाली अपग्रेड हुने र यो प्रणालीलाई नयाँ दौरको हिसाबले ढाल्न सकिने बताएका छन् । उनले भने ‘अब कम्पनीहरु जहाँ पनि कारोबार गर्नेछन् आफूले तिर्नुपर्ने उचित कर तिर्नेछन् ।’
आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी)ले कैयौं दशकदेखि न्यूनतम कर दर तय गर्नको लागि अभियान चलाइरहेको थियो । ओइसीडीका अनुसार यो सम्झौतापछि करको रुपमा कम्तीमा १५० अर्ब डलर प्रतिवर्षका दरले अतिरिक्त धन प्राप्त हुनेछ र यसबाट महामारीबाट उठ्दै गरेका देशको अर्थव्यवस्था बलियो बनाउन सहयोग पुग्नेछ ।
|
नाक्चेलाग्ना सीमा नाका मिचिएको छैनः अध्ययन टोलीको प्रतिवेदन काठमाडौं । एक अध्ययन टोलीले प्रतिवेदन अनुसार नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको जानकारी दिएको छ ।
टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा स्तम्भ नमिचिएको बताएको हो । यो स्तम्भ समुद्री सतहदेखि चार हजार ९८६ मिटरको उचायमा अवस्थित छ । सदरमुकाम गमगढी बजारदेखि सीमा नाका सम्म ९२ किलोमिटर छ । पैदल यात्रा गरेर चार दिन लाग्ने यस सीमा नाकासम्म पुगेर अध्ययन गर्दा कुनै पनि सीमा नमिचिएको अध्ययन टोलीको निष्कर्ष छ ।
गत ३० भदौदेखि ५ असोजसम्म सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा गएको टोली र नेपाल सशस्त्र प्रहरीले अध्ययन गर्दा र विगतमा गरिएको अध्ययन टोलीको प्रतिवेदनअनुसार नेपाल र चीनसँग जोडिएको नाक्चेलाग्ना स्थानमा रहेको १३ नम्बर पिल्लर र अन्य भूमि नमिचिएको अध्ययन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
|
हुम्लाकै उत्कृष्ट गाउँपालिका बन्यो खार्पुनाथ काठमाडौं । सात गाउँपालिका मध्य हुम्लाका खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा उत्कृष्टमा पर्न सफल भएको छ । सेवा प्रवाह, समन्वय, सम्पर्क र प्रतिवेदन तयारीमा उत्कृष्ट काम सम्पादन गरेबापत स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथको स्वास्थ्य शाखालाई उत्कृष्ट छनोट गरेको हो ।
गाउँपालिकाले सबै सूचकमा ३७ अंक ल्याएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताएका छन् । कार्यालयका अनुसार खार्पुनाथ गाउँपालिकाका सबै स्वास्थ्य संस्था उपचारमा सहज, प्रभावकारी सेवा प्रवाह, समयमै रिपोर्टिङ, खोप व्यवस्थापन, संस्थागत प्रगति जस्ता सूचकमा अब्बल पाइएकोले उत्कृष्ट ठहरिएको हो । स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन उच्च र सेवा प्रवाह प्रभावकारी बनाउन कार्यालयले पहिलोपटक सूचक राखेर मूल्यांकन गर्ने परिपाटी बसालेको छ ।
उत्कृष्ट भएपछि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीले काम गर्ने थप हौसला मिलेको बताएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै बस्तीमा गाउँघर क्लिनिक, घरदैलो कार्यक्रम, दीर्घरोगीलाई निःशुल्क उपचारको व्यवस्था, ल्याबमा चालीस प्रतिशत छुटको व्यवस्था जस्ता उदाहरणीय कार्यक्रम लागू गरेको छ ।
|
विद्यालयका शिक्षकले पाएनन् तलब काठमाडौं । शिक्षकले तलवसुविधा नपाएपछि यो वर्षको चाड खल्लो हुने गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताएका छन् । उनले अघिल्ला बर्षमा जस्तै यो वर्षको चाड पनि खल्लो हुने बताएका छन् ।
विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताए । आफुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उनको दुखेसो छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए । तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ ।
विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिए।
|
पानीमा डुबेर युवकको मृत्यु काठमाडौं । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो ।
आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगौला रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।
|
प्रतिनिधिसभाको बैठक २५ असोजमा काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ। शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन्।
शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ।
साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ।
|
साइकल यात्रीको ज्यान गयो काठमाडौँ । सर्लाहीको हरिपुर्वामा ट्याक्टरको ठक्करदिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।
हरिपुर्वा नगरपालिका ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरको ठक्करबाट हरिपूर्वा नगरपालिका ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको घटनास्थलमै ज्यान गएको हो । ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वातर्फ आउँदै गरेको ट्याक्टरले महतोलाई पछाडिबाट ठक्कर दिएको हरिपूर्वा प्रहरीले जनाएको छ । घटनालगत्तै भाग्न खोजेका ट्याक्टर चालकलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।
तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्याइएको छ भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
|
पहिरोले ३० लाख बराबरको क्षति काठमाडौँ । खत्याड गाउँपालिका ३ माथिखर्कमा बिहीबार बिहान ४ बजे पहिरो गएको छ ।
पहिरोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार पहिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्षतिसमेत भएको जनाइएको छ ।
पहिरोले उपाध्याको घर जगभन्दा करिब २० मिटर तल पुर्याएको छ । मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । पहिरोपीडित उपाध्यायका अनुसार बिहान ४ बजेतिर सुतिरहेको अवस्थामा एक्कासि माथिबाट ढुंगा आएर घर पछाडिको मुख्य भित्तामा लागेको थियो । गोठमा गाईबस्तु पहिरोले पुरिएका छन् ।
एक गोरु, घरमा राखेको अन्नबाली, केही दिनअघि बैंकबाट ल्याएर बाकसमा राखेको नगद छ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता, १५ कट्टा धानलगायत पहिरोले बगाएको उनको भनाइ छ । सबै गरेर ३० लाख रुपैयाँको क्षति भएको उपाध्यायले बताए ।
|
फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने पिडा काठमाडौं। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको टावरले काम नगरेपछि स्थानीय मारमा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू डाँडाकाँडा धाउन बाध्य भएका छन् ।
नेपाल टेलिकमले राखेका दुईवटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राहीले डाँडाकाँडा धाउन बाध्य भएका हुन् । केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोखे ।
अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावरहरू मर्मत गरिएको थियो । तर, यसवर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए ।
हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनले बताए । टावरबाट फोर जि सेवा विस्तार गर्न लागेकोले नेटवर्कमा समस्या देखिएको नेपाल टेलकिमले जनाएको छ ।
यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयले घण्टौँ हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् ।
|
९ जना बिचौलिया प्रहरीको फन्दामा काठमाडौं । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीको फन्दामा परेका छन् ।
तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ बर्षका समिर श्रेष्ठ, धनकुटाका ३० बर्षिय किरण लिम्बु र सुनसारीका २८ बर्षे सविन राई पक्राउ परेका हुन् ।
त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने बर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ बर्षे बिशाल गुरुङ्ग र कैलालीका २९ बर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।
त्यसैगरी काठमाडौंको कलंकीबाट बर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका बर्ष ३७ को बिनोद रानालाईसमेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।
|
पूजाआजा गर्ने क्रममा आगलागी काठमाडौं । जुम्लाको तोतोपानी गाउँपालिका ५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो ।
बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।
|
बाग्मती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन सहमत काठमाडौं । सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ ।
संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् ।
बिहीवार बालुवाटारमा बसेको सत्ता गठवन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा (एस)लाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘माधवजीले असन्तुष्टि राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस्, अन्यत्रको नियुक्तिमा पनि हेरौँला र छलफल गरा्रँला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभएको छ,’ ती नेताले भने ।
नेपाल गठबन्धन बैठक छाडेर पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका छन् । जहाँ उनले संघीय र प्रदेश मन्त्रिपरिषद् विस्तार र हेरफेरका विषयमा सल्लाह र निर्णय लिने बताइएको छ । नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुईवटा प्रदेशमा गठबन्धन दलको बहुमत छ ।
|
खसी, बोका, भेडा र च्याङ्ग्रा खानयोग्य कसरी चिन्ने ? काठमाडौं । बिहीबारबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशुसेवा विभाग र बाग्मती प्रदेशको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो ।
परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ लगाएर परीक्षण थालनी गरेका हुन् ।
कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो । यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन् । वडाध्यक्ष सापकोटाले परीक्षणका क्रममा भनिन्, ‘संघको सहयोगमा हामीले यहाँका धेरैजसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ । दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ ।’
‘हामी पशुजन्य उत्पादन स्वस्थ्य र यसको बजार सहज होस् भन्ने चाहन्छौँ । यसका लागि कामहरू नियमित छन् । पशुसेवा विभागकी महानिर्देशक डा. श्रेष्ठ भनिन्, ‘दसैंमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएका हौँ ।’
महानगरको पशुसेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिंङमा रातो रंग लगाइन्छ ।
महानगरभित्रका दसैँ लक्षित चौपाया बजारहरू कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुईवटा टोली नियमित परिचालन हुनेछन् ।
काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदै छ ।
|
सामूहिक हत्याका अभियुक्त पक्रने प्रहरी पुरस्कृत काठमाडौं । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद रु एक लाखसहित पुरस्कृत गरिएको हो ।
प्रदेश नं १ प्रदेश प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक खतिवडा र प्रहरी नायब निरीक्षक खड्कालाई नगद रु ५०÷५० हजारसहित परस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
खोलागाउँका एकै परिवारका छ जनाको हत्या घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गर्न उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । प्रहरीले छ जनाको हत्या काण्डका मुख्य योजनाकार खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीलाई पक्राउ गरेको थियो ।
घटनास्थलमा संंलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनुका साथै सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले रु एक लाख राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरिएको प्रनाउ सुवेदीले जानकारी बताए ।
गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
|
करेन्ट लागेर मृत्यु काठमाडौं । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए।
|
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगरका ४१ वर्षीय मणि निरौला रहेका छन्। उनलाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । होपक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए । निरौलाले सञ्चालन गरेको एजुकेशन प्रालि हाल बन्द रहेको पाइएको छ । पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।
|
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिए,स्पष्ट नभए, खुईलिएमा कारबाही काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका मोटरसाईकललाई धमाधम नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल पक्राउ गरेको हो ।
कतिपय त्यस्ता मोटरसाईकलहरु तिब्रगति र लापरबाहीका साथ चलाउने,ट्राफिक नियम उल्लंघन गर्दै हिड्ने गरेको पाईन्छ भने हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । सम्पुर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अबस्था समेत सहि हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपुर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई छ । त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले पाँचसय देखि पन्ध्रसय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका,स्पष्ट नभएका,खुईलिएका,अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाईकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख भट्टराईले बताए ।
|
सैनिक कर्मचारीलाई निशुल्क बस र हवाइ सेवा (तालिकासहित) काठमाडौं । दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई नेपाली सेनाले बस तथा हवाइबाट निःशुल्क पुर्याइदिने भएको छ ।
२०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा(सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ असोज १८ गतेबाट ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्याउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
तालिकासहित
|
सप्तरीमा एक युवती मृत फेला काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित एक युवती रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा रुपनी गाउँपालिका–२ चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।
|
बेनी अस्पतालका स्वास्थ्यकर्मीलाई तीन महिनादेखि तलब नदिएपछि … काठमाडौं । बेनी अस्पतालका कर्मचारीहरुले तीन महिनादेखि तलब नदिएपछि आकस्मिक बाहेकको सेवा बन्ध भएको छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आन्दोलन गरेपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको हो । उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका हुन् ।
अस्पतालले तलब नदिएपछि औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।
|
गोदाममै थन्कियो सरकारी चामल काठमाडौं । उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो रु पाँच कम गरेर बिक्रीमा राख्दासमेत एक किलो चामल बिक्री भएको छैन । सरकारले बिक्री गर्ने चामलभन्दा बजारमा सस्तो र गुणस्तरीय चामल पाउँदा सो चामल बिक्री हुन नसकेको हो । बजारमा पाइने चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चामल बिक्री नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय प्रमुख रामबहादुर विष्टले बताए ।
उनले भने, “यहाँको चामल महङ्गो मानेर उपभोक्ताले किन्नै मान्दैनन्, घर नजिकै सस्तोमा चामल पाइने भएपछि उपभोक्ता चामल किन्न गोदामसम्म धाउन चाहेको देखिएन ।” हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टिम जिरा मसिनो गरी तीन प्रकारका चामल सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । अरुवा मोटा चामल प्रतिकेजी रु ४२, अरुवा मध्यम चामल प्रतिकेजी रु ४६ र स्टिम मसिनो चामल प्रतिकेजी रु ६० मा बिक्रीका लागि राखिएको छ ।
“सर्वसाधारणलाई लक्षित गरेर प्रतिकेजीमा रु पाँच छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गरेका हौँ”, उनले भने, “केन्द्रले निर्धारण गरेको मूल्यमा छुट पनि दिएकै छौँ । तर, सुपथ मूल्य पसलबाट १४ दिनमा एक केजी चामल पनि बिक्री भएको छैन ।” पहाडमा निजी क्षेत्रको चामल महङ्गो र सरकारी चामल सस्तो हुँदा त्यहाँ सरकारी चामलको माग अत्यधिक छ । तराईमा भने चामलको माग धेरै भए पनि सरकारले निजी कम्पनीसरह सस्तो र सर्वसाधारणको पहुँचमा पु¥याउन नसक्दा यहाँ चामल बिक्री हुन नसकेको हो ।
“निजीभन्दा रु पाँचरदश सस्तो भए पनि महङ्गो भाडा तिरेर गोदामसम्म चामल लिन आउने कमै हुन्छन्”, सूचना अधिकारी महतोले भने, “उपभोक्ताको माग सम्बोधन हुने गरेर मूल्य निर्धारण गर्नुपर्छ । उनीहरूको सहज पहुँचमा सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्छ । ”
|
बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने काठमाडौं ।बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो ।
“दसैँमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ”, बैठकपछि नगरप्रमुख प्रजापतिले बताए । दसैँलाई सुरक्षितरूपमा मनाउन शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै नगरप्रमुख प्रजापतिले पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई अह्वान गर्ने जानकारी दिए ।
बैठकले घटस्थापनादेखि विजयादशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठलगायत धार्मिकस्थलमा हुने मेला, पूजा र नवरात्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड–१९ रोगको सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई आह्वान गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए ।
साथै उक्त बैठकले विजयादशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानमा शान्ति, सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टिम क्लबसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदै स्थानीय तह, प्रशासन, प्रहरी प्रशासन र विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयासबाट दसैँ शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । बैठकमा महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरुको सहभागिता रहेको थियो ।
|
दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा काठमाडौं। वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ ।
यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः नेपालीको घरमा एक दुई छाक भए पनि च्याङ्ग्राको मासु पाक्ने गर्छ । तर यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् ।
सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च्याङ्ग्रा हेर्न कालिपुलमा सर्वसाधारणको भीड नै लागेको भए पनि एकरदुई जनाबाहेक अन्यले किन्ने आँट भने गर्न सकेनन् । कारण थियो, च्याङ्ग्राको मूल्य । रोज्जा च्याङ्ग्रालाई रु ५० हजार बताएपछि धेरै ग्राहक पछि हटे ।
कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि यस वर्ष तिब्बतबाट दशैँमा धेरै भेडा, च्याङ्ग्रा नेपाली बजारमा नआएपछि मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राको मूल्य पनि आकाशिएको हो । तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महङ्गिएकाले तल झार्दा लागत खर्च, बाटोको समस्याआदि कारणले गर्दा च्याङ्ग्राको मूल्य बढेको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए ।
मुस्ताङमा गत वर्ष व्यापारीले रु २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक च्याङ्ग्रा पाइने मूल थलोमा नै रु ३५ हजार भन्दा माथि पुगेको व्यापारीको भनाइ छ । मूल थलोमै महङ्गो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने च्याङ्ग्रा व्यापारी थानेश्वर खड्काले बताए । गत वर्ष पनि कोरोनाका कारण कोरला नाकाबाट च्याङ्ग्रा नभित्रिएपछि मुस्ताङबाट मात्रै रु सात हजार भेडा, च्याङ्ग्रा बिक्रीका लागि पठाइएको र यस वर्ष मुस्ताङमा पनि धेरै भेडा, च्याङ्ग्रा नभएकाले यसको मूल्य बढेकोे एक दशकदेखि मुस्ताङमा भेडा, च्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए ।
हिमाली जिल्लालाई लक्ष्य गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारले भेडा, च्याङ्ग्रापालन व्यवसायका लागि वर्षेनी करोडौँ रकम लगानी गर्दै आएको छ । मुस्ताङमा पनि भेडा, च्याङ्ग्रा र ऊन प्रशोधनका लागि गण्डकी प्रदेश सरकारको मात्रै करोडौँ लगानी छ । तर सरकारले त्यति धेरै लगानी गरेर प्रोत्साहित गरेको भेडा, च्याङ्ग्रापालनको अवस्था मुस्ताङमा कस्तो रहेछ त भन्ने कुराको उदाहरण दशैँ–तिहारमा भेडा च्याङ्ग्राको अभाव र अस्वभाविकरूपमा भएको मूल्यवृद्धिले देखाएको यहाँका वुद्धिजीवीको भनाइ छ ।
स्थानीय जातका बोका र ब्रोइलरको खोजी
दशैँमा मुस्ताङी च्याङ्ग्राको मासु महङ्गो भएर खान नसकिने भएपछि यहाँका सर्वसाधारण र न्यून आय भएका व्यक्तिले स्थानीयस्तरमा पालिएका खसी–बोकाको जोहो गर्न थालेका छन् । च्याङ्ग्राको भाउ महङ्गिएको थाहा पाएपछि स्थानीयरूपमा पालिएका खसी–बोकापालकले पनि यहाँ पाइने खसी बोकाको मूल्यवृद्धि गरेका सर्वसाधारणको भनाइ छ ।
गत वर्षसम्म रु १२ हजारदेखि १८/२० हजारसम्ममा पाइने यहाँका खसी–बोकाको मूल्य खोरमा नै यस वर्ष रु तीनदेखि पाँच हजारसम्म वृद्धि भएको दुधेखोलाका श्याम घर्ती मगरले बताए । अहिलेसम्म प्रतिकिलो रु एक हजारसम्ममा पाइने खसीको मासु दशैँमा रु एक हजार २०० को हाराहारीमा पर्ने उनको भनाइ छ ।
धेरै परिवार हुने र न्यून आय हुने व्यक्तिका लागि यस वर्षको दशैँ अत्यन्त महङ्गो हुने भएको छ । “दशैँमा च्याङ्ग्राको मासु त परको कुरा खसी–बोकाको मासु पनि किनिनसक्ने हुनेभयो”, म्याग्दी नदीमा गिट्टी कुटेर परिवार पाल्दै आएका श्याम विकले भन्नुभयो, “खोरमै गएर चारवटा ब्रोइलर कुखुरा किनेर ल्याएँ, अहिलेको दशैँं ब्रोइलरले काम चलाउने हो ।”
यस्तो अवस्था श्यामको मात्रै होइन, धेरै न्यून आय भएका परिवारको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा–च्याङ्ग्रा खोज्ने गरे पनि थोरै कमाइ भएका व्यक्तिले यस वर्ष स्थानीय खसी, बोका र ब्रोइलर कुखुराको मासुबाटै दशैँमा परिकार बनाएर खाने भएका छन् ।
|
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न काठमाडौं। राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ । सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश गरिएको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाको मूल गणना हुनेछ ।
|
ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा काठमाडौं । २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया सुनिता तामाङ र काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया युनिसा मगरलाई सोमबार गोंगबुबाट पक्राउ गरेको हो ।
मगर र तामाङले एक पुरुषको औँठी ठगी गरेका थिए । काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
|
२५ भेडाका पाठा जलेपछि दशैँको चिन्ता काठमाडौं। नेपालीहरुको महान चाडपर्व नजिकिँदै छ । जुम्लाका अधिकाशंका आम्दानी भनेकै भेडा हो तर, सोहि भेडाका २५ पाठा जले पछि समस्यामा छन् उनीहरु । हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ कृषकका २५ पाठा जलेर मरेका हुन्।
खर्कमा कोही नभएको समयमा आगलागी हुँदा भेडाका पाठासहित २० भन्दा बढी राडीकम्बल, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएका छन्। करिब चार हजार मिटर उचाइमा रहेको खर्कसमेत जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा भेडापालक किसान आगो बालेर रात काटिरहेका छन्। चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरेका छन् ।
|
एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेल सकिए, प्लेअफमा को–को भिड्दैछन् ? काठमाडौं। एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेलहरु सकिएका छन् । आजको खेल मैदान चिसो भएका कारण रद्द भएपछि अब लिगको प्लेअफ समीकरण पूरा भएको हो । आज हुनुपर्ने काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल रद्द भएसँगै दुवैले अंक बाँडेका छन् । र, दुवै टिम प्लेअफ पुगेका छन् ।
समूह चरणका खेल सकिँदा चितवन टाइगर्स ८ अंकसहित पहिलो, भैरहवा ग्लाडिएटर्स ७ अंकसहित दोस्रो, पोखरा राइनोज ७ अंकसहित नेट रनरेटका आधारमा तेस्रो र काठमाडौं किंग्स ११ ३ अंकसहित नेट रनरेटका आधारमा चौथो स्थानमा रहँदै प्लेअफ पुगेका छन् । काठमाडौंकोजति ३ अंक भएपनि नेट रनरेटमा पछि परेको ललितपुर प्याट्रिओट्स र १ खेल मात्र जितेर २ अंक भएको विराटनगर वारियर्स बाहिरिएका छन् ।
अब पहिलो क्वालिफायर भोलि बिहान साढे ९ बजे पहिलो र दोस्रो स्थानका चितवन र भैरहवाबीच हुनेछ । यो खेल जित्ने टिम सिधै फइनलमा पुग्नेछ । हार्ने टिम दोस्रो क्वालिफायर खेल्नेछ । भोलि नै साढे १ बजे पोखरा र काठमाडौंबीच इलिमिनेटर खेल हुनेछ । यो खेल जित्ने टिम दोस्रो क्वालिफायर खेल्नेछ र हार्ने टिम बाहिरिनेछ ।
दोस्रो क्वालिफायर खेल बिहीबार दिउँसो सवा १२ बजे हुनेछ । यो खेल पहिलो क्वालिफायर हार्ने टिम र इलिमिनेटर जित्ने टिमबीच हुनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनलमा पुग्नेछ र हार्ने टिम बाहिरिनेछ । फाइनल खेल पहिलो क्वालिफायर जित्ने टिम र दोस्रो क्वालिफायर जित्ने टिमबीच शनिबार दिउँसो सवा १२ बजे हुनेछ ।
|
प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’, यस्ता छन् तीन एजेन्डा काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्।
सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ। सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो।
यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले बताए।
उनका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ।
आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्धा सुनवाई गर्ने न्यायाधीशहरुको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ। यो बीचमा बन्दी प्रत्यक्षी करणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ गर्न सीमित न्यायाधीशलाई जिम्मा दिने चलन छ। कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने रुटिनमा पनि फुलकोर्टमा छलफल हुने उनले बताए।
|
को हुन् आर्यन खानसँगै ड्रग्स केसमा पक्राउ परेकी मुनमुन धमेचा ? काठमाडौं। आइतबार क्रुजमा भएको ड्रग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गिरफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट ड्रग्स पनि बरामद भएको थियो । यी तीनैजनालाई अदालतले १ दिन हिरासतमा राख्न आदेश दिएको थियो । आर्यन खानलाई शाहरुख खानका छोराको रुपमा धेरैले चिन्छन् तर मुनमुन को हुन् भन्ने विषयमा धेरैको चासो बढेको छ ।
मुनमुन दिल्लीकी मोडल हुन् । खासमा मुनमुनको घर मध्य प्रदेशको सागर जिल्लाको तहसिलीमा हो । अहिले त्यो घरमा कोही बस्दैनन् । मुनमुनकी आमाको गत वर्ष निधन भएको थियो । उनका पिताको पहिले नै निधन भइसकेको थियो । मुनमुनका एक भाइ पनि छन् जसको नाम प्रिन्स हो । प्रिन्स दिल्लीमा काम गर्छन् । मुनमुनले स्कुलको पढाइ मध्यप्रदेशको सागरमै पूरा गरेकी हुन् । पछि मुनमुन भोपालमा रहिन् र करिब ६ वर्ष पहिले भाइ प्रिन्सको साथमा दिल्ली गएकी हुन् ।
मुनमुन एक मोडल हुन् । उनले र्याम्प वाक गर्दै गर्दाका कैयौं तस्वीर पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । मुनमुनलाई पार्टीको पनि सोख छ । उनले पार्टी गर्दै गर्दाका कैयौं तस्वीर पनि शेयर गरेकी छिन् । उनको साथमा उनका साथीहरुका साथै केही बलिउड स्टारहरु पनि देखिन्छन् । मुनमुनले केही शो र विज्ञापनमा काम गरेकी छिन् । उनले सुटिङ स्टुडियो र फोटोसुटका तस्वीर पनि शेयर गरेकी छिन् । मुनमुनलाई ड्रग्सको सेवन तथा खरिदबिक्री गरेको आरोपमा केस दर्ता गरिएको छ ।
|
बजार अनुगमनः झापाको चार पसलेलाई जरिवाना काठमाडौं। दशैं तिहार नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिईन थालेको छ। झापा जिल्ला अनुगमन समितिले चार वटा पसललाई जरिवाना गरेको छ भने ,२२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ।
पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान बिक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार वटा किराना पसललाई रु पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी दिए।
उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री भ्याट गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए। घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ।
|
रुकुम (पूर्व)मा मृत अवस्थामा फेला काठमाडौं । आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ को खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा मृत भेटिएका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
|
यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ काठमाडौँ । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने २ जना विचौलिया प्रहरीको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुमन तामाङ र सुरज गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
ललितपुर महानगर–१४ नख्खीपोटका ३० तामाङ र कुसुन्तीका २३ वर्षीय गुप्ताले लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
उनका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरेर लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैं सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पठाइएको महाशाखाले जनाएको छ ।
|
स्कुटरदेखि हिरा जित्ने मौका, दुइतर्फी टिकटमा ४ वटा ‘लक्की ड्र’ कुपन काठमाडौं । यती एअरलाइन्सले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपहार योजना सार्वजनिक गरेको छ ।
एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो। उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एअरलाइन्सले बताएको छ ।
असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छु्ट्याइने छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने एयरलाइन्सले जनाएको छ।
यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एअरलाइन्स मार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । अग्रीम टिकट बुकिङ्ग गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
|
दसैँ, तिहारमा पनि चन्द्रागिरि केबुलकार खुल्ने काठमाडौँ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दशैँ तिहारमा पनि खुलाउने भएको छ ।
दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको हो। हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताए ।
चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ । उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् ।
|
बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तान जन्माइन् काठमाडौं। बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् । अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनका अनुसार नेहा र छोरा दुवै स्वस्थ छन् ।
A post shared by ANGAD BEDI (@angadbedi)
बच्चा जन्माउनुभन्दा केही घण्टा पहिले मात्र नेहाले आफ्नो बेबी बम्पसँगको तस्वीर शेयर गरेकी थिइन् । यो पोस्ट सार्वजनिक भएको २ घण्टामै अंगदले छोरा जन्मिएको घोषणा गरेका छन् । नेहा र अंगदले २०१८ मा बिहे गरेका थिए । बिहेको केही महिनापछि नेहाले छोरीलाई जन्म दिएकी थिइन् । यसको ३ वर्षपछि छोरा जन्मिएका हुन् ।
|
शाहरुखका छोरा आर्यन हिरासतमा, केस दर्ता, रिया चक्रवर्तीका वकिलले केस लड्ने काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार बेलुका मुम्बइमा एक लग्जरी क्रुज जहाजमा छापा मारेको थियो । यो क्रुज शिपमा ड्रग्स पार्टी चलिरहेको थियो । यहाँबाट एनसीबीले ८ जनालाई हिरासतमा लिएको थियो । यी ८ जनामध्ये शाहरुख खानका छोरा आर्यन पनि भएको पुष्टि भएको छ । यी आठैजनासँग सोधपुछ भइरहेको छ । एनसीबीले आठै जनाको नामको खुलासा गरेको छ ।
एनसीबी सूत्रले नवभारत टाइम्स अनलाइनलाई बताएअनुसार नारकोटिक्स कन्ट्रोल ब्युरोले शाहरुख खानका छोरा आर्यन खानविरुद्ध केस दर्ता गरेको छ । यद्यपि एनसीबीले आधिकारिक रुपमा यसको पुष्टि गर्न बाँकी छ । हिरासतमा लिएर सोधपुछ भइरहेका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार ब्युरोको हिरासतमा आर्यन खान, अरबाज मर्चेन्छ, मुनमुन धमेचा, नुपुर सारिका, इश्मीत सिंह, मोहक जयसवाल, विक्रान्त छोकर र गोमित चोपडा छन् र उनीहरुसँग सोधपुछ भइरहेको छ ।
हिरासतमा लिइएका मध्ये अरबाज मर्चेन्ट अभिनेता हुन् । उनलाई आर्यनको साथी बताइएको छ । अरबाजले नै आर्यनलाई त्यो पार्टीमा लिएर गएको बताइएको छ । मोहक, नुपुर र गोमित दिल्लीका हुन् । मोहक र नुपुर फेशन डिजाइनर हुन् । नुपुर गोमितको साथमा मुम्बइ आएकी थिइन् । गोमित हेयर स्टाइलिस्ट हुन् । आर्यनको केस चर्चित वकिल सतीश मानेशिन्देले लड्ने भएका छन् । सतीश मानेशिन्दे एनसीबीको अफिस पुगिसकेका छन् । सुशान्त सिंह राजपुतको मृत्युपछिको ड्रग्स केसमा सतीशले नै रिया चक्रवर्ती र उनका भाइ शोभिकको केस लडेका थिए ।
|
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु काठमाडौं । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले बताए ।
ट्र्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्र्याक्टर दुर्घटना गए राति करिब १० बजेको समयमा भएको जनाइएको छ । मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
|
अपहरणमा परेका भारतीय नागरिकको उद्धार काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको उद्धार भएको छ ।
अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।
नेपाल–भारत सीमा अन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाईं राखिएको अवस्थामा साह भेटिएका हुन् । साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो ।
उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताए । अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
|
१७५ यात्रु बोकेर उडिरहेको विमानमा चट्याङ पर्यो काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा चट्याङ परेको छ । चट्याङका कारण विमान डरलाग्दो तरिकाले हल्लियो । विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न कठिन छ भन्ने लागेको थियो । घटना अजुर एयरलाइन्सको बोइङ १३७ विमानमा भएको हो । विमान तुफानमा फसेका बेला भयानक चट्याङ परेपछि फ्रि फल अर्थात तीब्र रुपमा तल खस्न थालेको थियो ।
विमान आकाशबाट फ्रि फल भएर तल खस्दै दक्षिण पश्चिमी रुसको ब्ल्याक सी रिसोर्टनजिकै पुगेको थियो । च्याङ पर्नुभन्दा पहिल्यै विमान तुफानमा फसेर सयौं फिट तल खसिसकेको थियो । त्यसपछि एक पर्यटकले विमानमा यात्रारत त्रसित यात्रुको अवस्था आफ्नो फोनमा कैद गरेका थिए । डेली मिररका अनुसार विमान एकातेरिनबर्गबाट उडेको थियो तर गम्भीर तुफान र चट्याङ परेपछि विमानलाई क्रास्नोडारमा आकस्मिक अवतरण गराइएको थियो ।
एक यात्रीले भने ‘यो निकै भयानक थियो ।’ अर्का एक यात्रुले आफूलाई अब जीवन अन्त्य हुने निश्चित भएको महसुस भएको बताउँदै आफूलाई विमान दुर्घटना हुन्छ भन्ने लागेको बताए । उनले भने ‘चट्याङको झट्काको कारण सामानहरु पूरै केबिनमा छरिएका थिए । यद्यपि चट्याङ परेपछि पनि पाइलटले चामत्कारिक रुपमा पुनः विमानलाई नियन्त्रणमा लिएका थिए । उनले निकै अविश्वसनीय आकस्मिक अवतरण गराएका थिए ।
|
मल नपाएर रौतहटका किसान चिन्तित रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ। तर, रौतहटमा अनुदानमा पाइने मल छैन। मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन्।
धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै केही दिनअघि आन्दोलनसमेत गरेका थिए।
रौतहटका बजारमा युरिया मलको अभाव भएको र भारतीय सीमा क्षेत्रबाट ल्याउँदासमेत कानुनी झन्झटको सामना गर्नुपरेको किसानको दुखेसो छ। नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिएपछि किसान आक्रोशित बनेका छन्।
किसानले माग गरेबमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन। किसानले बर्षेनि मलखादको समस्या खेप्नुपरिरहेको गुनासो गर्दै आएका छन्।
बजारमा सर्वसुलभ रूपमा मलको व्यवस्था, ट्याक्टरमा लाग्ने कर खारेज, कृषि बीमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरूले रौतहटमा प्रदर्शनसमेत गरेका छन्। सरकारले किसानका समस्याका बारेमा ध्यान नदिँदा दिन प्रतिदिन उत्पादन घट्दै गएको कृषकहरूको गुनासो छ।
मलखादको माग र आपूर्तिमा छैन तालमेल
युरिया मल पर्याप्त हुन नसक्दा १० बोरा आवश्यक रहे पनि दुई बोरासमेत पाउन पनि गाह्रो हुने गरेको किसानहरूको गुनासो छ।
किसानका नाममा भारतबाट व्यापारीले तस्करी गरेर ल्याउने गरेको र उनीहरूले व्यापार गर्ने भन्दै सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गर्ने गरेका छन् । अवैध तरिकाबाट मल ल्याउन नपाइने सुरक्षाकर्मीको भनाइ छ। पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले रौतहटले किसानलाई मल ल्याउन सहजीकरण गरेको छ।
जिल्लामा करिब ४० हजार हेक्टरमा धानखेती हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा १५५ वटा सहकारीमार्फत युरिया दुई हजार ८५२ मेट्रिक टन र दुई हजार ३५१ मेट्रिक टन डीएपी मल बिक्री गरेको थियो । यस आर्थिक वर्षको भदौसम्ममा एक हजार ७५१ मेट्रिक टन युरिया मल र ३५६ मेट्रिक टन डीएपी मल वितरण गरेको कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले बताए।
अहिले कम्पनीको चन्द्रनिगाहपुरस्थित गोदानमा मल छैन । यस्तै, गौरमा रहेको साल्ट ट्रेडिङ डिपोको गोदाम पनि खाली रहेको प्रमुख बाकदेव मिश्रले बताए । यस डिपोले ५५ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ।
रौतहटका किसानका लागि अनुदानमा आएको मल गत वर्ष मकवानपुर, सिन्धुली, सर्लाही, बारा जिल्लाका विभिन्न सहकारीसँग मिलेर व्यापारीहरूले लैजाने गरेका पाइएको स्थानीय किसानले गुनासो गरेका छन्।
सहकारी संस्थाहरूले व्यापारीलाई मल बिक्री वितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको धेरै किसानको भनाइ छ।
अनुदानको रासायनिक युरिया मल सहकारी संस्थाले ७२७ रुपैयाँ ५० पैसामा ५० किलो खरिद गरेर ढुवानी खर्च जोडेर ८५० रुपैयाँसम्ममा आफ्ना शेयर सदस्यलाई बिक्री गर्न सक्छन् । तर, आफ्ना सदस्यलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरा बिक्री हुने गरेको किसानको गुनासो छ।
विगतका वर्षमा झैँ रौतहटको सीमा नजिकैको भारतीय बजारबाट किसान लुकाइछिपाई मल ल्याउन बाध्य छन् । भारतीय बजार घोडासान, चैनपुर, बैरगनीया, छौडादाना, आधापुरलगायत स्थानबाट किसानले लुकिछिपी मल ल्याउन बाध्य भएका हुन्।
किसानका समस्याका बारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाइ नभएको पूर्वसांसद कुन्दन कुशवाह बताउँछन्।
कटहरिया नगरपालिकाका किसान जितेन्द्र यादवले नेपालमा मल नपाएर निकै सास्ती खेप्नुपरेको गुनासो गरे। तीन बिघा क्षेत्रफलमा लगाएको धान खेती रोग लागेर सुक्दै गए पनि कतैबाट कुनै सहयोग नपाएको कटहरिया नगरपालिकाकी अर्की किसान अनिता देवीको गुनासो छ।
|
चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो।
त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो । सभापतिसहित अधिकांश पदहरूमा सहमति जुटिसकेको नेताहरूले बताएका छन्।
‘सभापतिमा त मलाई नै दोहोर्याउने सहमति भइसकेको छ, उपसभापतिमा दुई जनाबीच सहमतिको प्रयास जारी छ’, गिरीले भने, ‘नविन महर्जन र कृष्णहरि बस्नेतबीच उपसभापतिमा सहमति जुटाउने प्रयास भइरहेको छ, सम्भवत सबै पदमा सहमति हुन्छ होला।’
काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले त्यहाँ पालिका अधिवेशन अनिश्चित बनेको छ।
|
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् ।
मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई एक लाख सहयोग गरेका छन् । नेपालमा रक्तदान अभियानलाई अझ अघि बढाउन र दाताबाट प्राप्त रगतको उचित भण्डारणका लागि भवन निर्माण गर्नका लागि उनले अमेरिकाबाट यी दुई संस्थालाई आर्थिक सहयोग पठाएका हुन् ।
अमेरिका, नेपाल र विश्वभर नै रक्तदानका लागि प्रेरित गर्ने अभियानमा लागेका मैनाली आफैंले पनि हालसम्म २ सय पटक रक्तदान गरिसकेका छन् । एकपटकको रक्तदानले ३ जनासम्म विरामी व्यक्तिको ज्यान बचाउन सकिने भएका कारण रक्तदानलाई महादानका रुपमा विश्वभरि नै लिइदै आएको छ ।
न्यूयोर्कको राज्य सरकार र अमेरिकाका विभिन्न निकायहरुबाट पटक पटक सम्मानित भइसकेका मैनाली भूकम्पले तहसनहस भएको क्यारेवियन मुलुक हैटीमा केही हप्ताअघिको महाभूकम्प लगत्तै पुगेर रक्तदान गरेका थिए ।
|
दसैँ बिदामा विद्यालय खुल्ने काठमाडौँ । यस वर्षको दसैँ बिदा घटाएर जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार हो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदका अनुसार यो वर्ष यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दसैँ बिदा नदिइने र दसैँ बिदा असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । जिल्लामा दसैँ बिदा घटाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न पत्राचार गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै यहाँका अभिभावक तथा विद्यार्थी निकै खुशी भएको स्थानीय प्रकाश बमले बताए । उनले भने, “कोरोना महामारीले विद्यालय बन्द हुँदा पढाइ भएको थिएन, अझ दसैँमा पनि धेरै बिदा दिएको भए विद्यार्थी पढाइ नै बिर्सिने सम्भवना थियो, पालिकाले दसैँ बिदामा पनि पढाइ सुचारु गर्न पत्र पठाएको छ, यो राम्रो कुरा हो ।”
|
जीवन बचाउन रक्तदान काठमाडौँ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीन लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ काठमाडौँ हाइट, आयन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्बल जोन चियर पर्सन गुरु केदार बरालले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरूमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
“रगतको अभावका बिरामीको अकालमा ज्यान नजाओस् र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो”, लायन्स क्लब जोन चियर पर्सन बरालले भने, “लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समयसमय रक्तदान कार्यक्रम गर्दै आएको छ ।” उनका अनुसार आज सङ्कलन गरिएको रगत थापाथलीस्थित प्रशुतिगृहमा पठाइएको छ ।
|
भावी कार्यदिशा बनाउँदै समावेशी आयोग काठमाडौं । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ ।
पूर्णता पाएको १०० दिनका अवसरमा आयोगले आयोजना गरेको प्रगति समीक्षा तथा भावी कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले लक्षित वर्गको संरक्षण, सशक्तिकरण र विकास तथा सहभागिता सुनिश्चित गर्ने नीति पहिचान गर्नाका साथै आयोगको संस्थागत क्षमता विकास गरी अध्ययन अनुसन्धान गर्नसमक्ष बनाउने योजना सुनाए ।
आयोगले खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रुपले विपन्न वर्गलगायत समुदायको हकअधिकार संरक्षण गर्ने कानून, नीति तथा कार्यक्रम पहिचान गरी सिफारिस गर्ने भएको छ । अध्यक्ष तिमल्सेनाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको प्रचलन र पुनरावलोकन तथा सामाजिक सांस्कृतिक अधिकारको प्रचलन एवं प्रभावकारिता बढाउनेसमेत बताए ।
आयोगले यो १०० दिनका अवधिमा खस आर्यको थर सूचीकरण र विपन्न खस आर्यको पहिचानको आधार र प्रतिनिधित्वको अवस्थाबारे अध्ययन, पिछडा वर्गको पहिचान र थर सूचीकरणको अध्ययन, स्थानीय सरकारमा समावेशिताको स्थितिको अध्ययन गर्नाका साथै सरकारी सेवामा आरक्षणको प्रभावबारे अध्ययन गरिरहेको छ । संविधानको भाग २७, धारा २५८ मा व्यवस्था भएबमोजिम आयोग स्थापना भएको झन्डै तीन वर्षपछि असार १० गते आयोगले पूर्णता पाएको थियो । आयोगमा एकजना अध्यक्ष र चारजना सदस्य रहने व्यवस्था छ । मुख्यगरी खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रुपले विपन्न वर्गलगायत समुदायको हकअधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो ।
सोही अवसरमा पूर्वमन्त्री प्रेमबहादुर सिंहले आ–आफ्नो उद्देश्यअनुरुप आयोगलाई सक्रिय बनाउन आग्रह गरे। नागरिकता नभएका कारण धेरै ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु परेको भन्दै त्यसबारे उचित व्यवस्थापनका लागि पहल गर्न आयोगसमक्ष आग्रह गरे ।
|
एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य बस्तु बरामद काठमाडौं। नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिएसँगै बजार अनुगमन कार्य तिब्र गतिमा बढेको छ । आज खोड्पे बजारमा संयुक्त बजार अनुगमन टोलीले ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।
विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा रू छ हजार ६०० बराबरको पेन्टस, रू १४ हजार ५३० बराबरको पेयपदार्थ, रू तीन हजार बराबरको चकलेट, रू ७७५ बराबरको बिस्कुट र रू ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीले बताए। कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।
जिप्रका, पाटन नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पाटन इलाका प्रहरी कार्यालय, खोड्पे प्रहरी चौकीे, बजार व्यवस्थापन समितिलगायत टोलीले अनुगमन गरेको थियो ।
चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।यसअघि गत भदौमा पनि संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा रू एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको थियो ।
|
पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो । उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो । उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।
प्रहरीले घटनामा प्रयोग गरेको खुकुरी र झोला पनि बरामद गरेको छ।
|
जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते काठमाडौं। आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नम्वरको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।
शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ।जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए।
|
जेष्ठ नागरिक दिवसः नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति ? काठमाडौ।आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । जेष्ठ नागरिकको सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ ।
सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेष्ठ नागरिक दिवसको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसै वर्षको २१ अगस्टका दिन रेगनले औपचारिक रूपमा राष्ट्रिय जेष्ठ नागरिक दिवससमेत मनाएका थिए ।
यसको दुई वर्षपछि मात्र अर्थात् सन् १९९१ मा संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरेको थियो ।संयुक्त राष्ट्रको तथ्यांकअनुसार विश्वमा हाल करिब ७० करोड जेष्ठ नागरिक रहेका छन् ।
नेपालमा जेष्ठ नागरिकको अवस्था
नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ । नेपालको संविधान, २०७२ को धारा (४१)मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।
यसैगरी जेष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘जेष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा अत्यन्तै न्यून रहेको छ । यद्यपि, आर्थिक वर्ष २०५२÷०५३ देखि जेष्ठ नागरिकका लागि सुरु गरिएकोे वृद्धभत्ता कार्यक्रम भने सबैभन्दा लोकप्रिय कार्यक्रमको रूपमा स्थापित भएको छ ।
सरकारले समय समयमा ज्येष्ठ नागरिकका लागि विभिन्न योजना ल्याए पनि ती योजना तथा कार्यक्रमहरू ज्येष्ठ नागरिकमैत्री नहुँदा त्यसै थन्किएर बसेका छन् ।
आज विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै छ । देशका विभिन्न पालिकाहरूले यसै दिवसको सन्दर्भमा आफ्ना जेष्ठ नागरिकको सम्मान, पौष्टिक आहार वितरण तथा जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्नेजस्ता कार्यक्रम गर्दै छन् ।
|
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ? काठमाडौं।२०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्नु भनेको हो ।
परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।परीक्षार्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ भने १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।
|
ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ । आँधीखोला सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा माया विकको मृत्यु भएको हो ।
भारी बोकेर हिँडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर आफै गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
|
दशैँ अगावै पत्रकारका सबै सेवा उपलब्ध गराउन महासंघको माग काठमाडौं।नेपाल पत्रकार महासंघले दशैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा, सुविधा उपलब्ध गराउन व्यवस्थापन समक्ष माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै दशैँ अगावै पत्रकारलाई सबै सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।
‘नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू कोरोना मारमा पर्नुका साथै तलबविहीन हुनुपर्दाको पीडा छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैनु, उनले भनेका छन्, ‘संचारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।’
महासंघले कोरोना संक्रमणको बहाना बनाई विभिन्न संचारगृहमा श्रमजीवी पत्रकारलाई निश्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब(भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध पटक पटक सम्बन्धित संचारगृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै गरेकाले पत्रकारका समस्या थप जटिल बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघ सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका संचारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउनसमेत महासंघको आग्रह छ ।पीडित पत्रकारले अघि बढाएका मागहरूको हालसम्म पनि संचारगृहबाट सुनुवाइ हुन नसकेकामा खेद व्यक्त गर्दै समयमै ती समस्याको सुनुवाइ नभए महासंघको निर्णय र समन्वयमा १७ असोजपछि संघर्षका थप कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ ।
|
गृहमन्त्रीको नगरमा २५ दिनदेखि न्यायको खोजीमा आन्दोलन काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन । तिलोत्तमा( ५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।सीताका माइती पक्षले हत्याको आरोप लगाउँदै आन्दोलन अझै जारी राखेका हुन् ।
तिलोत्तमा कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीताको शंकास्पद मृत्यु भएको थियो । दिनहुँजसो आन्दोलन भए पनि सरकारी पक्षबाट सुनुवाइ नभएको उनीहरूको आरोप छ ।सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन । परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरूको दाबी छ ।
मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । गृहमन्त्रीको नगरमा महिना बित्न लाग्दा पनि न्याय नपाएको उल्लेख गर्दै उनले अब न्यायको आशा हराउन थालेको बताए ।पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनाका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी०को टोलीसमेत अनुसन्धानका लागि रूपन्देहीमा बसेर फर्केको छ । तर, अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन । प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।
यता, आन्दोलनकारीले तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडामा तालाबन्दी गरेका छन् । उनीहरूले बिहीबार पनि नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै न्यायका लागि पहल गर्न माग गरेका छन् ।
|
दसैँ नजिकिँदै, भेडा च्याङ्ग्राको मूल्य बढ्दै काठमाडौं। महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ ।
तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले जानकारी दिए । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष जिल्लामै भेडा च्याङ्ग्राको अभाव देखिएको बताए ।
“लोमान्थाङ्गबाट आज मात्रै केही भेडा च्याङ्ग्रा मुस्ताङ झार्दै गरेको जानकारी पाएको छु” अध्यक्ष तुलाचनले भने, “गतवर्ष व्यापारीले रु २७ हजार प्रति गोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक रु ३५ हजार भन्दामाथि पुगेको जानकारी आएको छ ।”मूल थलोमै महँगो भएपछि बजारमा च्याङ्७शधवसग्राको भाउ अझै बढ्नसक्ने उनको भनाइ रहेको छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकोले यसवर्ष जिल्लामा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
कोभिड–१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्ग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुञ्जा तेन्जिङले बताए । पाँच दिन अघिमात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्रमा आउनुभएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडा च्याङ्ग्रा मात्रै ढिलोगरी बजारमा आउने भएका छन् ।
उनका अनुसार सो जिल्लामा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य रु ३५ हजारदेखि ३९ हजारसम्म रहेको छ । सामान्य अवस्थामा व्यापारीले दसैंलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरेकामा यसवर्ष यस्तो नभएको उनको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बत बीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण यस वर्षको व्यापार नभएको व्यापारीले बताएका छन् । गत जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीले किन्ने र च्याङ्ग्रा नेपालीले किनेर पाल्ने गरेको भए पनि यसवर्ष त्यो मेला हुन नपाएको सङ्घका अध्यक्ष तुलाचनले जानकारी दिए । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने जनाउँदै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन् ।
|
एक हप्तादेखि यातायात सेवा ठप्प, स्थानिय आक्रोशित काठमाडौं। जाजरकोट सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएपछि स्थानिय तनाबमा छन् ।
वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको स्थानीयवासी रेशम खड्काले बताए ।
पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिकरूपमा चलाउनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मत गरेपछि पासागाड–कालेगाउँ सडक सञ्चालन गरिएको छ । मथिल्लो बाटो भएर जाजरकोट डोल्पा, रुकुमपश्चिम जाने स्थानीयवासी मात्र नभई सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन ।
सदरमुकाममै हप्ता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । यो सडक दिगो बनाउनका लागि ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताउनुभयो । पछिल्लो समय खलङ्गा सदरमुकाम नै नहुने ठाउँमा बनाएको भन्दै चर्चा हुन थालेको छ ।
|
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणनाको सूचीकरण अझै अनिश्चित काठमाडौं।घरपरिवार सुपरिवेक्षणको समयसीमा सकिनै लाग्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा जनगणनाको विषय अझै अनिश्चित छ । ३० भदौदेखि सुुरु भएको घर तथा घरपरिवार सूचीकरणको समय सकिन अब चार दिन मात्र बाँकी छ ।दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जीउधनको सुरक्षाको सुनिश्चितता गरिदिने हो भने मात्र सुपरिवेक्षकहरू त्यस ठाँउमा गणनाका लागि जाने बताउँछन् ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार छलफलबाट ठोस निष्कर्ष आइसकेको छैन । ’हामी छलफलको निर्णय नै पर्खिरहेका छौ,’ लामिछानेले भने, ’भौतिक रूपमा त्यस ठाँउमा जान नसके हामी स्याटलाइट इमेज विधिको प्रयोग गर्न सक्छौँ, करिब तीन सयको हाराहारीमा घर छ, त्यसैले सूचीकरणमा समस्या हुदैन ।’
३० भदौ बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४० लाख बढ्ने अनुमान गरेको छ । ७ जेठ २०७७ मा सरकारले अद्यावधिक गरेर सार्वजनिक गरेको देशको राजनीतिक तथा प्रशासनिक नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना हुन्छ, हुँदैन भन्ने चासो सर्वत्र छ ।
यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । साढे तीन महिना धकेलिएको यो कार्यक्रम ’मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित देशभर जनसंख्या संकलन सुरु भएको छ ।
करिब ४५ लाखको घरपरिवारको सूचीकरण
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार १३ असोजसम्म ४५ लाख घरधुरी सूचीकरणमा समावेश भइसकेको छ । ’२०६८÷०६९ को तथ्यांकको आधारमा अहिले नेपालमा ७० लाख अनुमानित परिवार संख्या छन् । जसमा ४५ लाखको सूचीकरण भइसकेको डाटा छ,’ लामिछानेले भने, ’विकट ठाँउबाट सुपरिवेक्षकहरूको सबै डाटा आइसकेको छैन, ४५ लाखभन्दा बढी सूचीकरण भइसके, कार्यक्रम सोचेअनुरुप नै भइरहेको छ ।
यस पटकको गणनामा काठमाडौँ उपत्यकामा २२ सय वटा ट्याबलेट (पेपरलेस) प्रयोग गरी सूचीकरण सुरु गरिएको छ । नेपालमै पहिलो पटक काठमाडौँमा गणनाका लागि ट्याबलेटको प्रयोग भइरहेको छ।मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । यो जनगणना देश संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणनासमेत हो ।
|
यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ काठमाडौं। मनाङकी फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न बिहीबार क्याङ झरेकी छिन् । यसपाली लामाले पात्रो हेरेर बिहीबारदेखि घाँस काट्ने साइत निकालेका छन् । गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेशी झरेकी हुन् । फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन् । क्याङ फूभन्दा न्यानो छ ।
‘घाँस काट्ने ठाउँ नै छैन । अर्काको खेतमा काट्न पाइँदैन । अहिले त समय नै नराम्रो परेको छ । वनमा घाँस पलाएन,’ घाँस काट्दै गर्दा भेटिएकी साङ्गे भन्छिन्, ‘हिउँ नपरे त ठिकै हुन्थ्यो । हिउँ प¥यो भने वस्तुहरू भोकै मर्छन् ।’
दुई दिन काटेको घाँसले हिउँदभरीलाई पु¥याउनुपर्छ । हुन त बेशीमा चरन क्षेत्र छुट्याइएको छ । बर्खाका बेला बेशीमा वस्तु झार्न प्रतिवन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन । मनाङको विकट र उत्तरी गाउँहरू नार र फूमा घाँस र बालीनाली काट्न साइत हेर्नुपर्छ ।
लामाले पानी नपर्ने र मौसम उघ्रिएको समयमा पात्रोबाट उपयुक्त मिति निकाल्छन् । लामाले तोकेकै मितिभित्र घाँस र बाली भित्र्यासक्नुपर्छ । घाँस काट्न धेरै खेत हुनेले चार दिन समय पाउँछन् भने कम हुनेले दुई दिनमै सिध्याउनुपर्छ ।
तल्लो क्षेत्रमा जस्तो ना र फू गाउँमा मन लागेका बेला घाँस काट्न र बाली भित्र्याउन पाइँदैन । प्रायः भदौको अन्तिमतिर यो काम गर्ने समय निकालिने नार मेताका स्थानीय मिङमर फुन्चो लामाले जानकारी दिए ।
‘घाँस नकुहिने समय हेरिन्छ । काटेको घाँस बटारेर राख्ने हो । महिनौसम्म राख्दा कुहिन सक्छ,’ उनले भने, ‘समय हेराएर काट्यो भने कुहिँदैन । हिउँदमा वस्तुले मिठो मानेर खान्छन् ।’ यो समय निकाल्न ढावाशेर्पा नामको छुट्टै समिति गठन भएको छ । सात सदस्यीय समितिमा लामासहित गाउँलेहरू हुन्छन् ।
‘लापरबाही नहोस् भनेर यस्तो गरेका हौं । करु पनि पात्रो हेरेर काट्छन् । नारमा भन्दा फूमा यो नियम झन् कडा छ,’ उनले थपे, ‘मन लाग्यो भनेर जतिखेर पनि काट्न पाइँदैन ।’
फूका मान्छेहरू हिउँदमा क्याङ झरे जस्तै नारका गाउँलेहरू च्याखु र मेतामा झर्छन् । कोही व्यापारका लागि शहर पुग्छन् । ‘माथिल्लो क्षेत्रका घाँस बर्खामा खाइसक्छ । हिउँदको लागि चरन क्षेत्र बेशीमा तोकेको हुन्छ,’ अर्का स्थानीय छोर्तेङछोवाङ लामाले भने, ‘दुईवटै गाउँको सीमामा गेट लगाएका छन् । पशुवस्तु गेट कट्यो भने समूहले कारबाही गर्छ ।’
उनका अनुसार कुनै पशु महेन्द्रपुल कट्यो भने पाँच सय रुपैयाँ प्रतिगोटा जरिमाना तिर्नुपर्छ भने पुल नकटेको भए तीन सय रुपैयाँ लाग्छ । जरिमाना लिने गोठालेको समूह बनेको छ । उक्त समूहले भनेको मानेनन् भने युवा क्लव र आमा समूहलाई उजुरी गरिन्छ ।
मुस्ताङ, डोल्पालगायतका जिल्लामा बाली लगाउने समयलाई साकालाका नामले चिन्छन् । त्यो दिन सबै गाउँले मिलेर रमाइलो गरी अन्नको बिउ राख्ने गरिन्छ । ना र फू गाउँमा पनि यसै गरी अन्नबाली लगाउने साइत छ ।
तिब्बती पात्रोअनुसार बाली लगाउने र थन्क्याउने साइत निकालिन्छ । अब फू र नारका बासिन्दाहरू विस्तारै बेशी झर्न थाल्छन् । कात्तिकदेखि चैतसम्म बेशीमा बस्छन्, हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन् ।
जनसंख्याका हिसावले यो गाउँपालिका सबैभन्दा सानो हो । धेरैजसो रोजगारी र अध्ययनका लागि बाहिरिएपछि गाउँ रित्तिँदै गएको छ । नार र फू गाउँमा पढ्नका लागि कक्ष ३ भन्दा माथिल्लो स्कुल छैन । कक्षा ३ सम्म पढ्ने विद्यार्थीसमेत नपाएर विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।
|
प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त काठमाडौं। हिमालयन बैंक लिमिटेडमा नयाँ अध्यक्षमा चयन भएका छन्। २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका हुन् ।
श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ । यसअघि बैंकको अध्यक्षमा कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम थिए। उनलाई सरकारले प्रशासकबाट हटाएपछि बैंकको अध्यक्ष पद खाली थियो।
|
अमेरिकी सेनाका बरिष्ठ अधिकारीहरुले भने – ‘तालिबान फर्किनुको कारण दोहा सम्झौता’ काठमाडौं। अमेरिकी सेनाका केही बरिष्ठ अधिकारीहरुले तालिबानले अफगानिस्तानमा कब्जा गर्नुको कारण तत्कालीन ट्रम्प प्रशासन र तालिबानबीच दोहामा भएको सम्झौता भएको बताएका छन् । दोहा सम्झौतामा फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने मिति तय गरेको थियो ।
अमेरिकी रक्षा अधिकारीहरुले बुधबार देशको प्रतिनिधिसभाको सशस्त्र सेवा समितिलाई दिएको बयानमा यस्तो टिप्पणी गरेका हुन् । युएस सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रेंकी म्याकेन्जीले अफगान सरकार र उसको सेनामा यो सम्झौताको प्रतिकूल असर परेको बताए । अमेरिकाका रक्षा सचिव लोयड अस्टिनले सहमति व्यक्ति गर्दै यो सम्झौताले तालिबानलाई बलियो बन्न सहयोग पुगेको बताए ।
अमेरिकी सेना फिर्ता हुने मिति तय गर्नुका अलावा दोहा सम्झौता अन्तर्गत तालिबानले अल कायदा जस्ता समूहमाथि नियन्त्रण गर्नुपर्ने थियो ताकि ती संगठन अमेरिका र उसका सहयोगीहरुको सुरक्षालाई खतरामा पार्न नसकुन् । राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले अफगानिस्तानबाट सेना फर्काउने योजनालाई जारी राखे तर त्यसलाई मे महिनाको सट्टा अगष्टसम्म बढाए ।
अमेरिकी प्रतिनिधि सभामा यो सुनुवाइ काबुल विमानस्थलमा तालिबान फर्किएपछि भएको अस्तव्यस्तताको केही हप्तापछि भइरहेको छ । यही अस्तव्यस्तताका बीच काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणमा १८२ जनाको मृत्यु भएको थियो । यो आक्रमणमा मारिनेहरुमध्ये १३ जना अमेरिकी सैनिक पनि थिए ।
युएस सेन्ट्रल कमाण्डका प्रमुखको रुपमा जनरल म्याकेन्जीले अफगानिस्तानबाट सेना फर्किएपछि निगरानी गरेका थिए । यो फिर्तीले देशमा २० वर्षसम्मको अमेरिकी उपस्थितिको अन्त्य गरेको थियो । जनरल म्याकेन्जीले प्रतिनिधि सभामा भने ‘दोहा सम्झौताको अफगानिस्तान सरकारमा ठूलो मनोवैज्ञानिक असर पर्यो किनकि उनीस्हरुलाई यो थाहा भयो कि एक तय मितिपछि उनीहरुले कोही अरुबाट सहयोग पाउने छैनन् ।’
जनरल म्याकेन्जीले आफूले लामो समयसम्म यदि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २५०० बाट कम भयो भने त्यहाँको सरकार ढल्छ भन्ने कुरा मान्दै आएको बताए । उनले दोहा सम्झौतापछि सैनिकहरुको संख्यामा कटौती गर्ने राष्ट्रपति बाइडेनको आदेश ताबुतमा अन्तिम किला प्रमाणित भएको बताए ।
|
२ बालकको प्रधानमन्त्रीलाई पत्र – ‘दाँत उमिएनन्, खान गाह्रो भयो, आवश्य कारवाही गरिदिनुस्’ काठमाडौं। २ जना बालकले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र अहिले सामाजिक संजालमा चर्चामा छ । पत्रमा यी दुई बालकहरुले आफ्नो दाँत नउम्रिएका कारण आफूहरुलाई मन पर्ने खानेकुरा खान समस्या भएको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन् । भारतको असम राज्यका यी दुई बालकले यो पत्र आफ्नो प्रदेशका मुख्यमन्त्री हेमन्त विश्वा शर्मा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेका हुन् ।
६ वर्षका रइसा राजवा अहमद र ५ वर्षका आर्यन अहमदले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री शर्मालाई दुई अलग अलग पत्र पठाएका छन् । फेसबुकमा यी बालककले पत्रको एउटा पोस्ट भाइरल भइरहेको छ । यो पत्रलाई बालकका काका मुख्तार अहमदले फेसबुकमा शेयर गरेका हुन् । पत्रमा बालकहरुले मुख्यमन्त्री र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आवश्यक कारवाही गरिदिन भनेका छन् । पत्रमा उनीहरुले आफ्नो दाँत नआएका कारण मन पर्ने खानेकुरा चपाउन समस्या भएको गुनासो गरेका छन् ।
I’ll be happy to arrange a good dentist in Guwahati for you so that we can enjoy your favourite food together. https://t.co/feeSJFsBg7
— Himanta Biswa Sarma (@himantabiswa) September 29, 2021
बालकहरुको पत्रको मुख्यमन्त्री हेमन्त विश्वा शर्माले जवाफ पनि दिएका छन् । मुख्यमन्त्री शर्माले यी बालकहरुको लागि असमको राजधानी गुवाहाटीमा राम्रो डेन्टिस्टको व्यवस्था गरिदिने र बालकहरुकै साथमा आफूले पनि उनीहरुको मन पर्ने खानेकुराको स्वाद लिने बताएका छन् । बालकहरुको पत्रसहितको पोस्ट २५ सेप्टेम्बरमा शेयर गरिएको थियो । बालकहरुको यो पत्रलाई सामाजिक संजालमा निकै रुचाइएको छ । पत्रमा बालकहरुले सानो चित्र पनि बनाएका छन्् ।
|
आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा काठमाडौं । इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।
सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने लगायतको प्रस्ताव छ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा छन्। इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा पाँच लाख ५५ हजार ६ सय कित्ता ससाधारण सेयर आईपीओ जारी गर्न गत असार १७ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
बोर्डबाट सेयर जारी गर्न अनुमति पाएपछि मात्र उक्त कम्पनीको साधारण सेयर बिक्रीमा आउनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल तोकिएको छ।
|
इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश काठमाडौँ । इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन् ।
उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
दराई र रोक्कालाई महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दराईसँग काठमाडौँका कार्कीले रु एक लाख ७० हजार लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत कलङ्कीबाट पक्राउ गरिएको जनाइएको छ । तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
|
कोरोनाको कारण अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून काठमाडौं । कोभिड–१९ का कारण चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ ।
सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए। “गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन”, उनले भने। यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ ।
यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन । विगत वर्षमा दशैँमा घर फर्किनेमध्ये विद्यार्थीको सङ्ख्या अत्यधिक हुन्थ्यो । यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको सङ्ख्या न्यून छ। कतिपयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए। उनले भने, “घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दैआएका छौँ ।”
सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्व लक्षित गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। थोरै सङ्ख्यामा यात्रुले अनलाइन टिकट काटेका छन्। पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ। यात्रुको सहजताका लागि उपत्यकाका नागढुङ्गा, कलङ्की, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ। “ट्राफिक प्रहरी र यातायात विभागले संयुक्तरुपमा अनुगमन गरिरहेका छन्”, भुसालले भने।
|
घरधुरी सङ्कलन अन्तिम चरणमा काठमाडौं । जनगणनाको लागि घरधुरी सङ्कलनका लागि डोटीका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छन् । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ ।
गाउँमा खटिएका सुपरिवेक्षकले घरपरिवार घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण आदिको बारेमा तत्थ्याङ्क लिने काम अन्तिम चरणमा पु¥याएको जिल्ला जनगणना कार्यालयका प्रमुख खेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार सुपरीवेक्षकले अहिले यहाँका नौवटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरण तथा घरधुरी सङ्कलनका लागि जिल्लाभरिमा कूल ७५ जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
उक्त टोलीले यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना गर्न कार्य गर्ने छ । सुपरीवेक्षकले घरको विवरण, घरमुलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० वटा प्रश्न सोध्ने काम गरिरहेका छन् । भौगोलिक दृष्टीकोणले दुर्गम तथा टाढा भएका कारण यहाँका स्थानीय तहका गाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्लनमा केही समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काममा प्रभावित भएको प्रमुख भट्टले बताए । उनले भने, “कतिपय गाउँमा नेटमात्रै होइन फोनसमेत लाग्दैन, गाउँमा गएकालाई सम्पर्क गर्न समेत कठिन भएको छ, तथ्याङ् सङ्कलनमा समस्या हुने नै भयो नी ।” समय छोटो भएको र रकम पनि नआएकोले गाउँमा गएका गणकलाई पैसा दिन बजेट अभाव हुँदा केही समस्या भएको प्रमुख भट्टले गुनासो गरे ।
सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्ने नियम रहेका कारण नेट र फोन कतिपय गाउँमा नभएका कारण समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामस्थित दिपायल सिलगढी तथा शिखर नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको बताइएको छ । गाउँमा खटिएका सुपरीवेक्षकका सुरक्षाका लागि स्थानीय तहमा रहेका प्रहरी चौैकीसँगको समन्वयमा प्रहरी टोली खटाइँदै आएको राष्ट्रिय जनगणना जिल्ला संयोजक निमित्त प्रमुख जिल्ला किरण जोशीले बताए । उनले भने, “अधिकांश सुपरीवेक्षक स्थानीय तहकै नागरिक छन्, उनीहरु गाउँमा जाँदा सुरक्षाका लागि त्यहीका सुरक्षाकर्मीको समन्वयमा खटाउने व्यवस्था मिलाएका छौँ, सुरक्षाको समस्या केही छैन् ।”
|
मदिराको नशामा श्रीमतीको हत्या काठमाडौं । मदिराको नशामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
अर्घाखाँचीको खाँचीकोटमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विकले ३५ वर्षीया श्रीमती सीतालाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । विकले सीतासँग दोस्रो विवाह गरेका हुन् ।
मंगलबार राति दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा लठ्ठीले हिकाउँदा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।
पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् । विष्णु विकलाई नियन्त्रमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
|
महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युबर प्रहरीको फन्दामा काठमाडौं । युट्युव च्यानलमार्फत चरित्रहत्या गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका गरेको हो ।
एक पीडित महिलाको उजुरीका आधारमा ब्यूरोले काठमाडौंबाट युट्युब च्यानलका सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार यी च्यानलमार्फत महिलाको तस्वीरसहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई पीडितप्रति घृणा र द्वेष फैलाउने सामग्रीहरु प्रसारण भएको थियो । प्रहरीले ‘दैनिक खबर’ युट्युव च्यानलका सञ्चालक प्रदिप भण्डारी, ‘हरेक पलको खबर’ युट्युव च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सारैचुली मिडिया’ युट्युव च्यानलकी सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाइन टिभी’ युट्युव च्यानलका सञ्चालक रोधन तमाङलाई पक्राउ गरेको हो ।
आरोपित युट्युवरले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
|
सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन काठमाडौँ । भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेको हो । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।
रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गरेको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेको छ । २१ लाखको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उनले १ सय १० वटा कालिज बिक्री गरेको छ । लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएको हो ।
“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भने, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”
घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएको छ । त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा तीन हजार ५०० का दरले बिक्री हुने गरेको उनले जानकारी दिए । कालिजका लागि उनले रैथाने आहारा ९मकै, गहुँ,कोदो० का साथै बजारबाट आयातित दाना खुवाउने गरेको छ । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारीसमेत पाएका छन् ।
निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा दुई किलोभन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ ।
पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको रहेको छ ।
|
सेवा प्रवाहमा समस्या काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत नपठाएका कारण गणनाका लागि सेवा प्रवाहमा कठिन हुँदै आएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ ।
प्रजिअ नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धी बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका कार्यमा सेवाग्राहीलाई समस्या हुने गरेको बताइएको छ ।
यतिमात्र नभई प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको दिपायल सिलगढी नगरपालिका–५ का रामबहादुर भण्डारीले बताए । यहाँ कार्यरत प्रजिअ सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो । प्रजिअको सरुवा भएपछि अहिले निमित्त प्रजिअ किरण जोशीलाई तोकिएको छ । एकजना मात्रै निमित्त प्रजिअ जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।
कर्मचारी अभावले सेवाग्राहीलाई कठिनाई भएको निमित्त प्रजिअ जोशीले बताए । उनले भने “प्रजिअ पनि हुनु हुन्न, प्रशासकीय अधिकृत पनि छैनन्, काममा समस्या भएको छ, सेवाग्राहीलाई पनि गारो भएको छ ।” प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।
|
एमाले अध्यक्ष ओली गोदावरीमा काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने पार्टीको पहिलो विधान महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुगेका थिए । उनले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको केन्द्रीय सदस्य नेपालले बताए । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिएका थिए ।
ओलीले मिडिया सेन्टर सञ्चालनमा भइरहेको तयारीबारे समेत चासो राखेका थिए । उनले सञ्चारमाध्यमलाई दैनिक ब्रिफिङ गर्ने र सञ्चारकर्मीहरुलाई सहज हुने गरी छुट्टाछुट्टै ठाउँको व्यवस्था गर्न आयोजक कमिटीलाई निर्देशन दिए ।
|
संसद् बैठक भोलि बस्ने, यस्तो छ कार्यसूची काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ ।
जसमा दुई बुँदा छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ ।
दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने उल्लेख छ ।
|
मृत्यु भइसकेकाको भत्ता लिने तत्कालीन गाविस सचिव अख्तियारको फन्दामा काठमाडौं । गाविसका तत्कालीन सचिवसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको छ ।
मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
तत्कालीन गाविस सचिवहरुले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपश्चात् छानबिन गर्दा रु १६ लाख ४० हजार ५०० हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनका अनुसार उक्त गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३÷६४ सालदेखि २०७१÷०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो ।
अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हाजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हाजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैँया सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।
|
यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ ।
हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सीमित संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्दै आएकोमा यो वर्ष भने नल्याउने भएको हो । दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । “एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन”, उनले भने । कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।
मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिनुभयो । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ ।
कम्पनीले दशैंका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।
|
भारतीय गाडीकोे ठक्करले मोटरसाइकल चालकको मृत्यु काठमाडौं । अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवालको भक्तपुर अस्पतालमा उपचारपछि घर आजै घर फर्किएको उनले जानकारी दिए।नगरकोट व्यासी सडक हुँदै सल्लाघारी चोकबाट थिमितर्फ जान लागेको मोटरसाइकललाई सूर्यविनायकबाट राधेराधेतर्फ तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको १८ चक्के टेलर गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा तीव्र गति र पानी परिरहेका कारण बाटो चिप्लो भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै उनले दुर्घटनामा परेको मोटरसाइकल, टेलर र चालक भारत राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
|
फरार अभियुक्त १२ वर्षपछि पक्राउ काठमाडौं । कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गणेशप्रसाद जोशी १२ वर्षपछि आज पक्राउ परेका छन् ।
जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो ।
फारर अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै जिल्ला अदालत समक्ष पेश गरेको थियो । जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ ।
|
लोसपा दलको नेतामा सोनल चयन काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
पार्टीभित्र सर्वसम्मति नभएपछि भएको चुनावी प्रक्रियामा सोनल नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे । सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् भने महतो वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् । राजेन्द्र महतो निकट अधिकांश सांसदले जनता समाजवादी पार्टीलाई रोजेपछि उनको पार्टी कमजोर भएको छ ।
यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनल नै थिए । दलको नेता छनोट गर्न अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहितका शीर्ष नेता जनकपुर आएका थिए । बैठकले संसदीय दलको विधान पारितसमेत गरेको छ ।
|
कपनबाट हराएका बालक भारत पुर्याइएको प्रहरीको दावी काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार बर्षीय बालक पियुष शर्मालाई भारत पुर्याइएको प्रहरीले दावी गरेको छ । उनलाई अपहरण गरेर बालकलाई भारत पुर्याएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक भारत पुर्याएको प्रहरीले जनाएको छ ।
भारत घर भइ कपनमा बस्दै आएका काठ मिस्त्री विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएका थिए । उनीहरुसँगै कपनमै बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी जनाएको छ । बालकलाई भारत पुर्याउने दासलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइसकेको प्रहरीको दावी छ ।
|
दुर्घटनामा आमा–छोराको मृत्यु काठमाडौं । रुपन्देहीमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
रुपन्देही सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भने ।
|
बजारमा हल्ला भएअनुसार अभाव छैनः वाणिज्य सचिव काठमाडौं । सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ । समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताएका छन् ।
उनले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ्कअनुसार चिनी, तेल तथा चामलको मौज्दात पर्याप्त रहेको बताउँदै बजारमा हल्ला भएअनुसार अभाव नभएको बताए। समितिका सदस्यको प्रश्नको जवाफ दिँदै साल्ट टे«डिङ कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले कम्पनीसँग मौज्दात रहेको चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको बताए । उनले भन्सार छुटमा चिनी आयातको अनुमति नपाउँदा कम्पनीसँग रहेको मौज्दात चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको स्पष्ट पारे ।
“हामीले धरै अगाडीदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौँ । भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ सोही नै बिक्री वितरण गर्दै आएका छौँ’, उनले भने, “दुर्गमका जिल्लामा नूनको भण्डारण भइसकेको छ । हामीसँग ११ महिनाका लागि पुग्ने नून मौज्दात छ, अभाव छैन ।”
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.