content
stringlengths 20
64.1k
⌀ |
---|
माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु काठमाडाैं। सुर्खेत र गाेरखामा भएका दुई छुट्टाछुट्टै माेटरसाइकल दुर्घटना दुईजनाकाे मृत्यु भएकाे छ। सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन्।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो। घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो।
घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टीएको थियो। मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन्। घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ।
|
लाङटाङ क्षेत्रबाहेकमा यातायातको पहुँच रसुवा। रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ।
काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ। प्रत्येक गाउँ टोलमा मोटरबाटो पुर्याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो।
भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मरसमेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँठाउँबाट यात्रा गर्नसमेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताए।
स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रायासअन्तर्गत हालसम्म ६४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताए। मोटरबाटो खुलेसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पुर्याउन सहज भएको किसानले बताएका छन्।
काठमाडौँको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेँसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्विमसमेतका स्थानमा नियमित बस सेवा सञ्चालन भएको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ।
अधिकांश सडक कच्ची र कतिपय खोलामा पुल बन्न बाँकी रहेका कारण हिउँदयामको समयमा मात्र बस सेवा सञ्चालन हुने समस्या छ। यसै वर्षदेखि बृद्विमदेखि–काठमाडौँसम्म नियमित बस सेवा सञ्चालन भएको छ।
हिमाली पदयात्रामा जाने पर्यटकलाई लाङटाङ जान र फर्कन सहज सहज भएको पर्यटन व्यवसायीले बताएका छन्। शेर्पा गाउँ, रिम्चे, लामा होटल, घोडा तबेला हुँदै छड्के छड्के पैदलमार्गबाट लाङटाङ पुगी सहजरूपले यात्रा गर्न सकिने पथप्रदर्शकले बताएका छन्।
|
पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अब पालिकाबाट काठमाडौँ। आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ। श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो।
स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। त्यसका लागि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका हुन्।
अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यसका लागि वैशाखअगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए।
यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो। त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो। सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।
|
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना काठमाडाैं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू-भागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज काठमाडौँमा मौसम आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना छ । काठमाडौँको न्यूनतम तापक्रम आज डिग्री ११ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ।
|
सेतो मच्छिन्द्रनाथ जात्राको दोस्रो दिन: असनदेखि हनुमानढोकासम्म रथ तानियो (फोटो फिचर) काठमाडौँ। काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा भइरहेको छ। बिहीबार दोस्रो दिन थियो। चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ।
जात्राको दोस्रो दिन असन चोकबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखनसम्म रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिको अगाडी राखिएको थियो। जात्राको दोस्रो दिन असोन चोकबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखनसम्म रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिको अगाडी राखिएको थियो।
रथयात्रामा विभिन्न समूहका युवा संगीतकारहरुले परम्परागत नेवारी संगीत बजाएका थिए। रथमा राखिएको सेतो मच्छिन्द्रनाथ देवताको दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो।
आज तेस्रो दिन मरु र चिकन मुगल हुँदै लगनसम्म रथयात्रा जारी रहनेछ। अन्तिम दिन, विशेष पूजा पछि, देवतालाई जनबहालमा लगेर सेतो मच्छिन्द्रनाथ मन्दिरमा पुनर्स्थापना गरिन्छ।
जात्राको अन्तिम दिन जाडोको पूर्ण अन्त्य र वसन्त ऋतुको प्रारम्भ हुने जनविश्वास छ। जात्रा पछि रथ भत्काइन्छ, र यसको पुनर्निर्माण प्रक्रिया अर्को चैते दशैं पर्वको दश दिन अघि सुरु हुन्छ।
|
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै काठमाडौं। आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने जनाएको छ।
एसईई परीक्षामा सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए। कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन्।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन्। प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन्।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन्। परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
तस्बिर लिन निषेध
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्। परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि बस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानून अनुसार कारबाही हुने बताए।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ। परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ।
यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए।
७८ हजार जनशक्ति
एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन्। प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए।
यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो। विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ।
परीक्षाको तालिका
एसईई परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।
त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ।
त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ।
चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।
यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ।
यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ : ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ।
चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।
चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ।
चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ।
परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ।
|
न्यायिक समितिले न्याय सम्पादनमा मिलापत्रलाई जोड दिनुपर्छ: कामु प्रधानन्यायाधीश कार्की काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायिक समितिले न्याय सम्पादन गर्दा मिलापत्रलाई बढी जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबार र आज भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनको समापन समारोहमा उनले न्यायिक समितिले पूर्ण जिम्मेवार भएर काम गर्ने हो भने अदालतमा मात्रै विवाद लाने परिपाटीमा कमी आउने बताए।
“हुम्लाको नागरिकलाई काठमाडौँमा आएर न्याय पाउन थप कठिन हुन्छ, त्यस्तो अवस्थामा न्यायिक समिति नै जिम्मेवार हुनुपर्छ”, उनले भने। दुई दिनको सम्मेलनपछि आगामी दिनमा स्थानीय तहमा न्याय सम्पादनको काम थप प्रभावकारी हुने पनि उनले विश्वास व्यक्त गरे ।
काठमाडौँको नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले सबै स्थानीय तहले नागरिकलाई सरकारको अनुभूति दिलाउनुपर्ने धारणा राखिन् । त्यस्तै प्यूठान जिल्ला झिमरुक गाउँपालिका उपप्रमुख प्रमोद पोखरेलले स्थानीय तहले अनुगमन गर्ने विषयलाई पनि सम्मेलनमा छलफल गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले न्यायिक समितिमार्फत स्थानीय तहलाई थप जिम्मेवार स्थापित गर्नुपर्ने बताए। कामपा उपप्रमुख सुनिता डङ्गोलले सम्मेलनपछि न्याय सम्पादन काममा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिन्।
हिजोदेखि भएको सम्मेलन ११ बँुदे काठमाडौँ घोषणापत्र जारी गरी सकिएको छ । सम्मेलनमा देशभरबाट आएका समितिका पदाधिकारीसहित करिब एक हजार चार सय जना सहभागी रहेका थिए।
सम्मेलनले न्यायिक समितिको राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय सञ्जालसमेत निर्माण गरेको छ । सम्मेलनमा विषयविज्ञ व्यक्तिले कार्यपत्र प्रस्तुत गरेका थिए। इन्दु तुलाधरले न्यायिक समितिको अवधारणा, विभिन्न कानूनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा पहिलो कार्यपत्र प्रस्तुत गरेका थिए
डा सरिता खनालले न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरूपमा पालना गर्नुपर्ने प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । तेस्रो विषयअन्तर्गत स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धन विषयमा रहेको थियो । यसलाई रामकृष्ण काफ्लेले प्रस्तुत गरेका थिए।
त्यसैगरी कामपाको कानून तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरूपमा पालना गर्नुपर्ने प्रक्रियासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
|
हिमाल सफाइमा लागेको टोलीलाई सहयोग पोखरा। अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले रु १५ लाख सहयोग गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या।भीमबहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्गित झण्डा हस्तान्तरण सो सहयोग गर्न जानकारी दिए । प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै रहेको बताए ।
“पोखरा माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृङ्खलाको काखमा रहेको सहर हो । हिमाल विनाको पोखरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ”, आचार्यले भने । पछिल्लो समय हिमालमा बढेको मानवीय गतिविधिका कारण वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।
नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियानअन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको सफाइ गर्न लागिएको बताए । हिमाल र ती हिमालको आधारशिविरमा बढीरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहर व्यवस्थापन वातावरणीय दृष्टिकोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनले उल्लेख गरे।
सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई आठ हजार मिटरभन्दा माथिका सबै हिमालमा सञ्चालन गरिने उपरथी बानियाँले बताए ।
यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन् २०२२ मा मनास्लु हिमालको सफाइ गरिसकेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने बढ्नु र हिमालमा धेरै फोहर थुप्रिदा शेर्पाको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।
|
नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ अविश्वसनीय उपहार योजना काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ।
‘पावर अफ फाइभ’ योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ।
त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन्।
खरिद गरेपश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा iPhone 14 वा Apple Watch वा Apple AirPods जित्ने मौका पाउनेछन्।
यो योजना R15 , MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरूमा मात्र लागु हुने जनाइएको छ।
यामाहा नेपालले यो योजना अन्तर्गत ५ वटा अफर ल्याएको हो।
पहिलो योजनाअन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी yamahapowerof5.com मा गएर वा QR कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन्।
सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्।
ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु. १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन्।
बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उनीहरूले iPhone 14 वा Apple Watch वा Apple AirPods जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन्।
एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्री भन्छन्, ‘हामी २०८० को लागि ‘पावर अफ फाइभ’ अफर शुरू गर्न पाउँदा रोमाञ्चित छौं। यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो। हामी हाम्रो ‘पावर अफ फाइभ’ नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौं। यस सहकार्यमार्फत् हामी प्रदर्शन र गुणस्तरको लागि हाम्रो जोश स्थापित गर्न तथा थप साहस र थ्रिल खोज्ने व्यक्तिहरूसम्म पुग्ने कुरामा आशावादी छौं।’
साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ।
यो अफर R 15 , MT 15 र Fascino बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ।
यामाहाको ‘पावर अफ फाइभ’ योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जोकोहीका लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो।
खरीदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आइफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो। यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्नेछन्।
|
५० हजार घुससहित शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो।
आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो।
|
करेन्ट लागेर १२ वर्षीय बालकको मृत्यु सिन्धुली। सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ। करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
सर्वसाधारणका लागि पौडी पोखरी खुला काठमाडौँ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।
आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए। दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ। पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ।
व्यक्तिगतका लागि प्रति सिफ्ट रू दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू १३ हजार शुल्क तोकिएको छ।
गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रू एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए।
|
६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली मुगु। छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चुम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन्। रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आइन्। शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रियापछि उनी खुसी भएकी छन्।
‘आँखाको अपरेसन निःशुल्क भयो। अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ,’ आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन्। श्रीमान प्रदिप नेपालीको ६ वर्षअघि निधन भयो। सोही बेलादेखि आँखामा समस्या भएको उनले बताइन् । श्रीमानको निधनसँगै आँखाको ज्योति पनि धमिलो हुँदै गएको उनले जानकारी दिइन्।
‘श्रीमानको निधनकै बेलादेखि धमिलो हुँदै गएको थियो। पछि देख्नै नसक्ने भएँ,’ उनले भनिन्, योभन्दा ठूलो पिडा के होला र ? तर, अहिले शल्यक्रियापछि आफूले फेरि संसार देख्न पाएको चुम्फाले बताइन्। नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घाँरीपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा निःशुल्क आँखा चेकजाँच गरिएको हो।
शिविर तीन दिनसम्म सञ्चालन हुनेछ। दोस्रो दिनसम्म ३५ जना आँखाका बिरामीको मोतियाबिन्दु गरिएको छ। जसमा २१० जना आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए।
बुधबारबाट सुरु भएको तीनदिने शिविरमा मोतीबिन्दु, मासु पलाएको रोगको निःशुल्क शल्यक्रियालगायत आँखा सम्बन्धी सम्पूर्ण उपचारहरू निःशुल्क प्रदान गरिने, आँखाको बिरामीहरुको पहिचान गरि आबश्यक अनुसारका चस्मा प्रयोग, औषधि, परामर्श दिने गरिएको हिमालय आँखा अस्पताल बाट शिविरमा आउनु भएका डा. गोविन्द नाथ योगीले जानकारी दिए।
|
‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने कार्की तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो ।
चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा रू एक हजार लगानी गरी कृषि पेसा सुरु गरेका उनले अहिले रू तीन करोडभन्दा बढी सम्पत्ति आर्जन गरिसकेका छन् । सँगैका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगयात निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु आश्चर्यमा पर्ने गरेका छन् ।
अठार वर्षको उमेरदेखि नै कृषि पेसा गर्दै आएका उनी अहिले जिल्लाका नमुना किसान र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् । कार्कीले १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनी जिल्लामा मिश्रित खेती गर्ने पहिलो किसान हुन्।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा मौरी र माछा पालनबाट पनि उनले मनग्गे आम्दानी गर्दै आएका छन्। ।
“मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,” कार्की भन्छन्, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै आग्रह गरिएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ । रू एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रू १२ लाखभन्दा बढी कमाइ हुने गरेको छ ।”
“तरकारी बिक्रीबाट आएको आम्दानीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाएको छु । लभ्लीहिलमा चारतले पक्की घर हालै निर्माण गरेको हुँ”, उनी न्छन्, “माछा, कुखुरा र घरभाडाबाट हुने आम्दानी तथा पसलबाट हुने फाइदा मेरा आम्दानीकमा स्रोत हुन् ।”
माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ । यही माटोमा गरेको परिश्रमले यहाँसम्म ल्याइपु¥याएको हो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न यत्तिको कमाउन सक्थेँ, न आत्मसन्तुष्टि नै मिल्ने उनको भनाइ छ ।
खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय तेजेन्द्रबहादुर कार्की बताउँछन् । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक उहाँको घरसम्म पुग्ने गरेका छन् ।
|
बलात्कार आराेपमा २ जना पक्राउ पाल्पा। पाल्पामा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन्।
उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।
|
भक्तपुर सवारी दुर्घटना : १६ जना घाइते कठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिनचोकमा विहीबार विहानै सवारी दुर्घटना हुँंदा १६ जना घाइते भएका छन्।
जगातीबाट साँगातर्फ जादै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउँदै गरेको अवस्थामा सोही दिशातर्फ जादै गरेको ग २ ख ४३१ नं को टिफरले पछाडिबाट ठक्कर दिँदा सडकबाट अन्दाजी ३ मिटर तल खस्न गई सवारी दुर्घटना हुदा फोर्स गाडीमा सवार यात्रीहरु घाइते भएका हुन्।
दुर्घटना हुनेहरुमा सर्लाही कपलाछी न.पा.१ बस्न वर्ष ४५ की कान्ती देवी ठाकुर ,वर्ष २९ को प्रविन ठाकुर ,वर्ष ६३ को किसन ठाकुर वर्ष ८० को महेन्द्र ठाकुर वर्ष ६० की फुल कुमारी ठाकुर वर्ष ६० की तित्री देवी ठाकुर ,वर्ष ३ की ममता ठाकुर, वर्ष २६ की विनिता ठाकुर , वर्ष ३० की कविता ठाकुर, वर्ष ४२ को विरेन्द्र ठाकुर , वर्ष ३५ की नगिना देवी ठाकुर , ५० को वीरेन्द्रश्वर ठाकुर, वर्ष २३ को अविनाश ठाकुर घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरुको उपचारका लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। उक्त स्थानमा वृत जगातीबाट दुवै सवारी साधन वृत जगातीको नियन्त्रणमा रहेको जनाइएको छ।
बसचालक उदयपुर कटारी न.पा.२ बस्ने बर्ष ३२ को नवराज खड्का वृत जगातीको सम्पर्कमा रहेको जनाइएको छ। टिफर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
|
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय बिनोद श्रेष्ठ रहेका छन्।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश-१-०२-०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन्।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
सर्लाही, बलरा नगरपालिका-१ हथियौलबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बुधबार राति प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बलराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
|
सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै घोराही। दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ। वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ।
डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो रु १२ राजस्व तिर्ने गरेका छन्। “वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ”, उनले भने।
जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन्। तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन्।
वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए। सो वन समूहले यस वर्ष करिब रु दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ।
उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रु १२ का दरले खोटो खरिद गर्दैआएको छ। वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ।
वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो सङ्कलन गर्छ। खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ। “रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ”, उनले भने, “खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ।”
त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउँछन्। सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ। “चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो सङ्कलन गरिन्छ”, उनले भने। बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दैआएका छन्।
|
साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र काठमाडौं। बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन्।
रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन्। श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहिन बनाइएको राईले गुनासो गरेका छन्।
राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठडौंमार्फत साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए। उनीहरु मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रुपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्याइएका हुन्।
हाल होटल किचन वर्करका रुपमा काम लगाइएका उनीहरुकाे सामान्यः खाने र बस्ने व्यवस्था भने नास मेनपावर सोलुसन कम्पनीले नै मिलाएको छ। रोजगारका लागि कम्पनीलाई कुरा गर्दा मेनपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन्।
‘मेनपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ। रोजगारी देउ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन। प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ। हामीमाथि सरासर ठगी गरिएको छ।’
काम र दामबिहीन बनाइएका १०/१५ जना युवालाई अल्खारेजमा राखिएको छ। उनीहरुका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौं युवा अलपत्र छन्। अलपत्र युवा उद्धारको प्रतिक्षामा छन्।
अलपत्र युवाका आफन्तले उद्धारका लागि बैदेसिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन्। उद्धारका लागि बैदेशिक रोजगार विभागमा पुग्दा मेनपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए।
|
राहदानी विभागको टोली पोर्चुगलमा लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो।
विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ। लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो।
बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त संकलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए।
टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए।
झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ। टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ। रासस
|
आजको मौसम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदलीकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उता राति भने कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।
|
पदम लिम्बूको मृत्युबारे छानबिन समितिले थाल्यो काम विराटनगर। नामकरणपछि तनावग्रस्त बनेको कोशी प्रदेशको स्थितिलाई सामान्य बनाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आज यहाँ राय, सल्लाह र सुझाव लिने काम गरेको छ।
कोशी प्रदेश नामकरणको विरुद्धमा लागेका समूह, राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी रहेको सो बैठकमा आन्दोलन पक्षधरले आन्दोलनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई राज्यले सहिद घोषणा गर्नुपर्ने, प्रदेशको नाम खारेज हुनुपर्ने र पीडित परिवारलाई उचित सुविधा दिनुपर्ने माग राखेका छन्।
प्रहरीले लिम्बू चैत ८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएको बताएको छ। तर आन्दोलनकारीहरूले चैत ५ गते नै घाइते भई उपचारका लागि प्रतिष्ठानमा भर्ना गराएको बताएका छन्। घाइते लिम्बूको चैत ८ गते अस्पतालमै मृत्यु भएको थियो।
सोही विषयमा मङ्गलबार भएको आन्दोलनमा प्रहरीले नियन्त्रण बाहिर गएको आन्दोलन नियन्त्रणमा लिन १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको थियो। बैठकमा आन्दोलनकारी समूहका भविराज लिम्बू, अर्जुन जङ्गली राई, ज्ञानबहादुर गुरुङ सहभागी थिए।
नेकपा (एमाले) मोरङका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले आन्दोलन शान्तिपूर्ण वातावरणमा हुनुपर्ने भन्दै कोशी नाम नाजायज नभएको र यसले सम्पूर्ण प्रदेशवासीको सभ्यतालाई झल्काएको बताए।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझी, नेकपा (एकीकृत समाजवादी)का कविराज घिमिरे, इन्सेक मोरङका संयोजक सोमराज थापा, संवाद समूहका मोहम्मद कादिरलगायतले बोलेका थिए।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक रामबन्धु सुवेदीको समुपस्थितिमा भएको सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सहजीकरण गरेका थिए।
|
कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु धनगढी । धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए ।
|
शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल–चीन सहमत काठमाडौं। रसुवागढी\केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो।
सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी\केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।
यसैगरी तातोपानी\झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी\पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु हुनेछ।
संयन्त्रको बैठक आज बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो। बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो।
नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ। नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ। चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको महावाणिज्यदूतावासले जनाएको छ।
दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै दुवै प्रतिनिधिमण्डलले चीनमा ‘सिट्रस’ फलफूल, ‘ड्राइ मिट’ र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे विचार आदानप्रदान गरेका थिए।
सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई चाँडै नै सिधा उडान सुचारु गर्न आग्रह गरेका थिए। दुवै पक्षले नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लामा बसोबास गर्ने मानिसको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका छन्।
चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ।
कोभिड–१९ को प्रतिक्रियामा दुवै देशले हालै अपनाएका नीतिलाई मध्यनजर गर्दै दुवै पक्षले नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपालको महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए।
त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलमा चीनको तिब्बत स्वायत्त क्षेत्र, वाणिज्य विभाग, भन्सार, एक्जिट एन्ट्री र स्वास्थ्य विभागका विदेश मामिला कार्यालयका उच्च पदस्थ अधिकारी सहभागी थिए।
आजै सचिव तथा नेपाली प्रतिनिधिमण्डलका प्रमुख मरासिनीले जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका अध्यक्ष यान जिङ्हाइसँग शिष्टाचार भेट गरे।
भेटमा द्विपक्षीय आर्थिक सहयोग प्रवर्द्धन, पारस्परिक हितलगायत विषयमा विचारविमर्श भएको थियो। साँझ अध्यक्ष यानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
|
सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु काठमाडौं। सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ। जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ।
दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ। तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ।
मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ। बुधबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ।
तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ। मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ। मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ।
पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ।
|
सांसदको एक स्वरः मिटरब्याज पीडितको समस्या समाधान गरौँ काठमाडौं। जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्याज पीडितको न्यायका लागि सरकारको ध्यानार्कषण गराए। उनले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गरे। उनले सिन्धुलीमा हात्तीको आक्रमणको जोखिम बढेको भन्दै विद्युतीय तारबार गर्न माग गरे। उनले रासायनिक मलको सधैँको अभावलाई कम गर्न मल वितरणका लागि निजी क्षेत्रको सहयोग लिन सकिने बताए।
नेकपा (एमाले)की सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताइन्। उनले भनिन्, “एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन्। वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन्।”
नेकपा (माअोवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। “पूर्वी तराईबाट हिँडेर मिटरब्याज पीडित काठमाडौँ भित्र्याएको छन्, देशका हरेक भागमा मिटरब्याजको समस्या फैलिएको छ। अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ”, उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले हवाई सेवालाई सुरक्षित बनाउन विभिन्न निकायले दिएका सुझावलाई किन कार्यान्वयन नगरिएको हो भनी प्रश्न गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् परियोजनाको काम तत्काल अगाडि बढाउन माग गरे। “आयोजना निर्माण नहुँदा गोरखा र धादिङका जनताको आशामा तुसारापात मात्र भएको छैन, राष्ट्रको समृद्धिमा नै बाधा सिर्जना भएको छ”, उनले भने। नेपालले नै सो आयोजना बनाउने भनिए पनि आयोजना सम्पन्न हुनेमा आशङ्का पैदा भएको उनले बताए।
नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौँ पुगेको भन्दै तत्काल उनीहरुको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे। “मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरुलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने।
जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौँ आएको भन्दै तत्काल उनीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण गराइन्। “नागरिक बाध्यताले मिटरब्याजमा पैसा लिन बाध्य भएका हुन्, मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ”, उनले भनिन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् सुरु हुने बित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए। “पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ”, उनले भने।
नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन्। उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन्।
स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए। उनले मल, बीउलगायत किसानका समस्या समाधान गर्न माग गरे। एमाले सांसद महेशकुमार बर्तौलाले ‘एक पालिका, एक आवसीय विद्यालय’को सुनिश्चिता गर्न सरकारको ध्यानकर्षण गराए। उनले दिवा खाजा कार्यक्रमलाई कक्षा १० सम्म विस्तार गर्न र सामुदायिक विद्यालय मात्र नभई सरकारसँग स्वीकृति लिएर अध्यापन गराउने मदरसा र गुम्बामा पनि खाजा कार्यक्रम विस्तार गर्न माग गरे।
माओवादी केन्द्रका सांसद रामकुमार राईले कोशी प्रदेशको नामकरणपछि पहिचान पक्षधरले शान्तिपूर्ण आन्दोलन गर्दा मृत्युवरण गरेका पदम लिम्बूलाई सहिद घोषणा र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए। कोशी प्रदेशमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरिएको भन्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
रास्वपाका सांसद गणेश पराजुलीले अस्वभाविकरुपमा बढेको बैंकको ब्याजदरका कारण समग्र अर्थव्यस्थालाई असर गरेको भन्दै बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा देखिएको जनशक्तिको अभाव पूर्ति गर्न सरकारसँग माग गरे। “अस्पतालको भवन जीर्ण छ, अस्पतालमा दरबन्दी र उपकरणको व्यवस्था होस्”, उनले भने।
एमाले सांसद लालप्रसाद साँवा लिम्बूले मुलुकको आर्थिक अवस्था सुधारमा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरे। कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटरब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरुलाई आआफ्नो घर फिर्ता गर्न सरकारको ध्यानार्कषण गराए।
|
कोरोना संक्रमितको संख्या एक सय नाघ्यो काठमाडौं। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको छ।
२४ घण्टामा एक हजार तीन सय ३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयले कोभिड १९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।
|
ह्वाट्सएप मार्फत अनलाइन ठगी गर्ने गिरोह पक्राउ काठमाडौँ । ह्वाट्सएप मार्फत अनलाइन ठगी गर्ने गिरोह पक्राउ परेका छन् । अनलाइन ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ काठमाडौको चण्डोल र बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अहिले दिउँसो महाशाखाको कार्यालयमा सार्वजनिक गरेको छ ।
महाशाखाका प्रमुख एसएसपी मनोज केसीका अनुसार टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएपछि उनीहरुलाई थप अनुसन्धान लागि पक्राउ गरिएको हो ।
|
पशुपति मन्दिर परिसरमा प्लास्टिक लैजान निषेध काठमाडौँ। पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदै पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो।
‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं,’ कोषले भनेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिना देखी हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाउँदै आएको छ। उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुनसमेत कोषले आग्रह गरेको छ।
|
अवैध लागुऔषधसहित २ जना पक्राउ झापा। झापाकाे मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ घर भई झापा विर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय शोहन भडेल रहेका छन्।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३८०७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
|
चैते दशैंमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन नखु दोभानमा भक्तजनको भीड (फोटो फिचर) काठमाडौं। सोमबार बिहान घाम लागेसँगै काठमाडौंको चोबर नजिक नखु र वाग्मती नदीको किनारमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड लागेको थियो। यो जात्रा चोबरको टुप्पोमा रहेको मन्दिरमा बस्ने आनन्ददी लोकेश्वर भगवानको लागि मनाइन्छ।
पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका चार प्रमुख बोधिसत्वमध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नाखु नदीको संगमस्थलमा ‘नखु दोभान’ भनिने ठाउँमा भेटिएको थियो।
केही समयपछि पहाडको टुप्पोमा देवताको लागि मन्दिर बनाइयो। त्यसबेलादेखि नै नखु दोभानमा बेलाबेलामा देवताको पूजा-आराधना गर्नुपर्ने चलन र मान्यता रहेको छ। हरेक वर्ष चैतेदशैंका दिन पाइने ठाउँमा देवताको पूजा–आराधना गर्ने जनविश्वास छ। प्रत्येक वर्ष चैत्र शुक्त अष्टमी वा चैते दशैंमा दोभानमा विशेष जात्रा “चोभाक्य म्वल्हु” मनाइन्छ।
पूजाको कार्यक्रम बिहान सबेरै सुरु हुन्छ। सामुदायिक पुजारीहरूले पूजाको नेतृत्व गर्छन्। भक्तहरू नदी किनारको वरिपरि भेला हुन्छन्, र आध्यात्मिक शुद्धिको प्रतीकको रूपमा पानी छर्काउँछन्। यस पूजामा उपस्थित भई भक्तजनले सुस्वास्थ्य र निको हुने देवताको आशीर्वाद लिन सक्ने जनविश्वास रहेको छ।
पूजाको कार्यक्रम पछि देवतालाई दिनभर वाग्मती किनारमा राखिन्छ। पतन तथा कीर्तिपुरका भक्तजन दर्शन गर्न र आशीर्वाद लिन आउँछन्।
भक्तजनलाई सहज बनाउन ललितपुर वडा नम्बर ४ ले बागमती नदीमा अस्थायी पुल निर्माण गरेको छ। बाँसको पुलले सुरक्षित र सुविधाजनक बाटो प्रदान गरेको छ र पैदल नदी तर्ने क्रममा दुर्घटना र चोटपटकको जोखिमलाई कम गरेको छ।
|
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानको उपचारका लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक हाल फरार छन्। उनको खोजीकार्य हुनुका साथै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
|
आज चैते दशैं मनाइँदै काठमाडौं। आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन्। असोज-कार्तिकमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ।
आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ। वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ।
चैते दसैंका दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
|
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उता देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
|
भक्तपुर-नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द भक्तपुर। दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ।
विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुरु भएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो।
गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रतक्ष्य अनुगमन गरी मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएका थिए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो।
शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न १४ दिने सूचना जारी गरेको हो।
सडक ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र अराभली इन्फ्रापावर लिमिटेड जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको हो।
अन्तिम पटक भन्दै गत फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी म्याद थप गरे पनि कार्य अगाडि नबढेको र निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ।
सडक विस्तारको काम सुरु भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रेसमेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धुलाम्य र खल्डैखाल्डो रहेको छ।
रु २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पुर्याइएको यो सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा रु २८ करोडमा झरेको र उक्त रकम कन्स्ट्रक्सन प्राप्तसमेत गरिसकेको जनाएको छ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले सडक निर्माण सुरु भएको नौ वर्ष हुँदा पनि अझै निर्माण सम्पन्न नगर्दा पर्यटन व्यवसाय धरापमा परेको बताए।
उनले कोरोना पछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अवस्थाले धरापमा परेको भन्दै वर्षामा हिलो र हिउँदमा धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती बेहोर्नुपरेको बताए।
उनले सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्द गर्न निकालेको सूचना सकारात्मक रहेको बताए।
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षौंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताए। स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक सडक बन्द गराएर सडक निर्माण गर्न दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै दबाब दिनेलाई धम्क्याउने अटेर गर्ने गरेको बताए।
यसअघि पनि नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ का वडाध्यक्षहरुले असारमा तीनदिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए।
शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बीचबीचमा रुख कटान, विद्युत्को पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे।
उनले मन्त्री श्रेष्ठसँग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरि पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वीकार्ने बताएका थिए।
|
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ धनगढी । नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६/७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खान रहेका छन् ।
खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
|
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु, छोरी घाइते ललितपुर। ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।
महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनो ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटना मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
उनीहरु सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।
|
विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै (भिडियो) भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो । रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ।
जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।
चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ ।
हेर्नुहोस् भिडियो:
|
नेपाली पुरूषले यौन सन्तुष्टीका लागि पानी खाने गिलास आफ्नो मलद्वारमा छिराएपछि… काठमाडौं । मदिराको नशामा ४७ वर्षीय नेपालीले पुरूषले निकै अनौठो काम गरेका छन् । उनले नशाको तालमा यति जोखिमपूर्ण काम गरे कि यसका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
वास्तवमा, पानी खाने गिलास ती व्यक्तिको मलद्वारमा गयो। ती मानिसको शल्यक्रिया गरी गिलास निकालियो । गिलास तीन दिनसम्म यी व्यक्तिको मलद्वारमा अड्किएको थियो।
यो अनौठो केसबारे नेपाल मेडिकल एसोसिएसनको जर्नलमा रिपोर्ट प्रकाशित भएको छ । यस रिपोर्टका अनुसार सुरुमा ती व्यक्तिले भूलवश गिलास भित्र गएको बताएका थिए । त्यसपछि उनले आफूले मादक पदार्थ सेवन गरेको र यौन सन्तुष्टिका लागि यस्तो गरेको स्वीकार गरे ।
रिपोर्टका अनुसार ती व्यक्तिले दुई दिनसम्म दिसा गर्न सकेनन्। उनी दुई दिनदेखि असह्य पीडामा थिए । तर, उनले पाद्न भने सक्षम थिए। तर, सौभाग्यवश उनको रगत बगेन ।
त्यसपछि डाक्टरले व्यक्तिको एक्सरे गरे । उनीहरुले गिलास निकाल्ने प्रयास पनि गरे । तर, यो मलद्वार भित्र उल्टो स्थितिमा थियो। त्यसपछि डाक्टरहरूले एक्सप्लोरेटरी ल्यापरोटोमी सर्जरी गरे।
यो सर्जरी पेटको लागि गरिन्छ। तर, त्यो पनि असफल भयो । त्यसपछि डाक्टरहरूले एन्टरोस्टोमी शल्यक्रिया गरे। यसपछि डाक्टरहरूले सफलतापूर्वक गिलास निकाले।
यो शल्यक्रियापछि व्यक्तिलाई ७ दिनसम्म अस्पतालमा राखिएको थियो । करिब दुई महिनाको फलोअपपछि डाक्टरले उक्त व्यक्ति पूर्णतया निको भएको बताए । डाक्टरहरूले लगातार व्यक्तिको स्वास्थ्य निगरानी गरिरहेका थिए।
यी व्यक्तिको बारेमा विस्तृत विवरण दिइएको छैन । उनको उपचार भएको अस्पतालबारे पनि रिपोर्टमा उल्लेख छैन । तर, यो केस रिपोर्ट लेख्ने डाक्टरहरूमध्ये एक डा. अनामिका नेपाल शंकरापुर हस्पिटल प्रा.लि. मा कार्यरत रहेको रिपोर्टमा उल्लेख छ ।
यो रिपोर्ट लेख्ने अन्य ३ डाक्टरहरू डा. शैलेश महर्जन, डा. अनुप चालिसे र डा. आशिष प्रसाद राजभण्डारी नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत रहेको उल्लेख भएकोले ती व्यक्तिको उपचार यिनै २ अस्पतालमा भएको हुन सक्ने सम्भावना छ ।
|
भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग (भिडियो) काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियान्ताहरुलाई रिहाई गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले आफुहरुलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नारावाजी गरेका थिए ।
|
गुराँसको राजधानीमा चैतमा पनि फुलेन गुराँस सङ्खुवासभा । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन ।
तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण गुराँसको फूल फुल्ने समयमा परिवर्तन आएको छ । विगतका वर्षमा लालीगुराँसले यतिबेला तीनजुरे क्षेत्रका वनपाखा रङ्गीन भएको देख्न पाइन्थ्यो तर यो वर्ष चैतको आधा महिना बित्दा भर्खर कोपिला लाग्न सुरु भएको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष ढिला गुराँस फुल्न थालेको धर्मदेवी नगरपालिका–५ का दुर्गामणि पौडेलले बताए ।
लालीगुराँस फुलेपछि तीनजुरेले सबैको मन लोभ्याउने गर्दछ तर समयमै गुराँस नफूल्दा त्यसको असर होटेल व्यवसायदेखि अरू क्षेत्रमा पनि परेको होटल ब्यवसायी सानुमाया दाहालले बताए । गुराँस फुलेको हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण विगतमा निकै रमझम हुने तीनजुरे क्षेत्र यसपटक सुनसान भएको उनको भनाइ थियो ।
तीन जुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । पाथीभरा, चौकी, मङ्गलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जङ्गल छ । तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफूले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।
यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजाति पनि छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुण्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस तीनजुरे क्षेत्रमा पाइन्छ ।
|
अवैध लागुऔषधसहित १० जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट १० जना अवैध लागुऔषधसहित पक्राउ परेका छन्। मोरङकाे रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुककुमार सिंह रहेका छन्। प्रहरी चौकी अमाहिवरियाती र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो।
साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीर बहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागुऔषध गाँजा करिब ८४ केजी फेला पारी वीर बाहदुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंकाे भजनी नगरपालिका-३ जस बहादुरघाटबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेका छन्। ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.७ प ३९२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
कैलाली, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजीसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्राबती नगरपालिका-१ बस्ने १९ वर्षीय नवराज गुरुङ रहेका छन्। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
चितवन, राप्ती नगरपालिका-३ मुडेबास बस्ने २४ वर्षीय ज्ञान बहादुर प्रजालाई अवैध लागुऔषध गाँजा करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।
|
खुकुरी प्रहार गरी ८२ वर्षीय वृद्धको हत्या रामेछाप। रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो।
खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो।
श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौँ गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए। नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उनले बताए।
|
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, गृह र कनून मन्त्रालयका प्रतिनिधिलाई समेटेर वार्ता समिति गठन गरेको हो।
वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।
चारसदस्यीय वार्ता समितले मिटरब्याज पीडितसँग समस्या समाधानका लागि छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मिटर ब्याज पीडितसँग भेटवार्ता गरेर छलफल गर्ने तयारीसमेत भएको बताइएको छ।
|
देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्धारा खोजी कार्य तिव्र काठमाडौँ। विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएकोे सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ।
यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोवार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाईएको छ।
यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ। साथै वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्।
यसलाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्धारा काठमाण्डौ उपत्यका लगायत देशका मुख्य शहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारवाहिलाई तिव्र बनाएको हो। यदी यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ।
|
सुरु भएको पहिलो महिनामै १ लाख नाघे हाम्रो पेका प्रयोगकर्ता काठमाडौँ। नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्। हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो।
हाम्रो पे विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभी लगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ। यस बाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोर लगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ।
प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले जनाएको छ । यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि उपयोगी छ।
हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ कम्पनीले गत ५ फागुनमा डिजिटल भुक्तानी सेवाको रुपमा हाम्रो पे ल्याएको थियो। जसमा ‘स्प्लिट एण्ड पे’का साथै कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउन खर्च ट्र्याक गर्ने, विभिन्न छ ओटा स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक फिचर समेत रहेका छन्।
त्यस्तै प्रयोगकर्ताको सहजताका लागि ‘लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ। हाम्रो पेलाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने छ।
|
सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक जनाको मृत्यु ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
|
बैंकको रकम लुटेको आरोपमा तीन जना पक्राउ सिरहा। सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षिय जिवछ बि.क. र लहान १९ छपरारी का ४७ वर्षिय सत्य नारायन मण्डललाई पहरीले पक्राउ गरेको हो।
उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लादै गरेको नौं लाख रकम लुटपाट गरेको आरोप छ। प्रहरी सहित गएका ज. ६ प ८१८५ नम्वरको मोटरसाईकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाईकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई रकम लुटिएका थिए।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सिरहा सदरमुकास्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ।
उनीहरुमाथि शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
|
अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक बढे लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ। पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार अहिले दैनिक ४०/५० जना पर्यटक पदमार्गमा आउने गरेका छन् ।अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयका रूपमा लिइन्छ।
अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन्। लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ। बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ।
|
आजको मौसम : तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको संभावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागले प्रि-मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यसक्रममा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
अहिले नेपालमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा छ।
दिउँसो देशभरको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। कोशी, वागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी इलाकामा मौसम सफा रहने छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
|
जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे बलेवा। तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो। चार\पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे।
भरिया खोज्ने, भारी बनाउने, बाटोमा खाने बस्ने व्यवस्था गर्दा उहाँलाई महिना दिन लाग्थ्यो। बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैते दसैँ मेलामा उनले बुनेका चोयाका सामग्रीको खुब खोजी हुन्थ्यो।
भारीसहित आएका उनलाई भेट्न व्यापारी बजारभन्दा पाँच÷सात किलोमिटर पश्चिम काठेखोला नै पुग्थे। आधाउधी डाला÷नाङ्ला त बाटैमा बिक्थे। मेलामा पुर्याउन नपाउँदै उनको व्यापार सकिन्थ्यो।
“उ बेला बाटोमै पुगेका व्यापारीलाई डाला÷नाङ्ला दिएर नाम्लो फुकाए पुग्थ्यो”, बुढाथोकीले पुराना दिन सम्झिँदै भन्छन्, “मेलामा लुछाचुँडी हुन्थ्यो, निगालोका डाला÷नाङ्लाले पनि राम्रै मूल्य पाउँथ्यो।”
वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पुर्याउनुहुन्थ्यो मेलाबाट। “तीन भाइ छोरा र एक छोरीको लालनपालन गर्ने खर्च पुर्याएर केही बचाउँथे र पो चैते दसैँ आएजस्तो लाग्थ्यो”, उनी भन्छन्। उनी जस्तै आफ्नै श्रमले गुजारा गर्ने गाउँमा धेरै थिए। व्यापार गर्ने थलो थियो चैते दसैँ मेला।
बुढाथोकी चैते दसैँ मेलामा डाला÷नाङ्ला बोकेर आउन छोडेका भने छैनन्। पहिलेको जस्तो चोयाका सामग्रीको खोजी मेलामा हुँदैन। पहिलेको जस्तो मूल्य पनि पाइँदैन। छैसठ्ठी वर्षको उमेरमा पनि उनले वर्षभरि निगालोसँग कुस्ती खेल्दै जीवन चलाएका छन्।
अहिले पहिले जस्तो मेलामा आउँदा उनलाई भरिया खोज्नु पर्दैन। दैलोबाटै सवारीमा डाला÷नाङ्ला चढाएर मेलामा आउँदा सुविधा त भएको छ तर परिश्रमको मूल्य उठ्दैन्।
“घरबाट यहाँसम्म आउँदा सामानको एक हजार, मान्छेको एक जनाको एक हजार तीन सय, बजारमा खानबस्न लाग्ने खर्चको कुरै नगरौँ”, बुढाथोकी भन्छन्, “हस्तकलाको सम्मान हुन छोड्यो, प्लाष्टिकका सामग्रीले हामीलाई चौपट बनायो।” व्यापार राम्रो नभए पनि परम्परा धान्नकै लागि उनी मेलामा आउने गर्छन्।
बुढाथोकीसँगै जलजलाका केही युवाले पनि मेलामा डाला÷नाङ्ला ल्याएका छन्। तर, उनीहरू पनि सन्तुष्ट छैनन्। तीस वर्ष पहिले ३० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री हुने डाला÷नाङ्लालाई अहिले रु चार सयदेखि एक हजार पर्छ। परिश्रमको मूल्य भने नउठ्ने जलजलाका डाला÷नाङ्ला व्यवसायी खगेन्द्र विक बताउँछन्।
“विदेशमा दुःख गर्नुभन्दा हस्तकलाको उपयोग गरौँ भन्ने लाग्छ, मूल्य नपाउँदा पलायन हुन मन लाग्ने”, विकले भने, “न हाम्रो सीपको कतैबाट संरक्षण छ, न बनेका बस्तुको बजार।” यसपटकको चैते दसैँ मेलाका लागि बागलुङ कालिका मन्दिर परिसर आइपुगेका उनीहरू मेलास्थलको एक छेउमा बसेका छन्।
खुल्ला आकाशमुनि डाला÷नाङ्ला लिएर बसेका उनीहरूले छाप्रो पाएनन्। “बिक्री होला–नहोला डाला÷नाङ्लामा सीपको प्रदर्शन गरेर भए पनि जान्छौँ तर हाम्रो जिल्लामा अन्यत्र जस्तो सम्मान छैन”, विक भन्छन्।
डाला÷नाङ्लाको मात्रै होइन चैते दसैँ मेलाको विषेशतामा पर्ने स्थानीय उत्पादन ठेकाको व्यवसाय पनि चौपट छ। मेलास्थलमै रहेका बागलुङको बलेवाका टीका चुँदारा पुराना दिन सम्झनै चाहान्न्।
अमलाचौरका चुँदारा समुदायको मुख्य पेशा ठेका बनाउने कामबाट सीप भएका पनि पलायन हुने अवस्था आएको उनी बताउँछन्। “विसं २०५२ देखि चैते दसैँमा ठेका लिएर बस्दै आएको छु, तर पहिले जस्तो ठेकाको व्यापार छैन”, चुँदारा भन्छन्, “मेरै अघि प्लास्टिक र स्टिलका ठेका हल्लाउँदै जान्छन्, सस्तो उतै पर्छ।”
राज्यका निकायले स्थानीय सीप र साधनको प्रयोगमा ध्यान नदिएको गुनासो उनले गरे। चुँदाराले रु एक हजारदेखि १८ हजारसम्मका दरका ठेका बिक्रीका लागि राखेका छन्।
मेलामा फलामका भाँडा, नेपाली कागजलगायतका स्थानीय उत्पादनको कम खोजी हुन थालेको व्यवसायी बताउँछन्। यो वर्षको मेला आयोजना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनेको छ। पहिले जस्तो मेलामा स्थानीय उत्पादन आउनै छाडेका छन्।
|
बेचिएर दिल्ली पुगेका नौ युवतीको उद्धार, तीनजना पक्राउ काठमाडौं। नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पुर्याएर बेश्यावृत्तिमा लगाउने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीय सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ धुनबेँसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र धादिङ धुनबेँसीकै २० वर्षीय सुस्मा मग्राती रहेका छन्।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारतमा लगेर वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेका तीनैजनालाई आज जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता पङ्गेनीले बताए।
|
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय कावासोती। पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिए।
प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार फेला परेका ८१ एमएम मोटरको बम लाई निष्क्रिय पारेको हो।
आइतबार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गल नजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए।
जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको थियो।
|
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो बैतडी। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ। सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो।
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ। यहाँका सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
उनले भने, “यो महिना कोरोना सङ्क्रमण बढ्दै गएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका रहेका छन्। भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ।”
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रुपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो। नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरुमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ।
नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए। नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ।
भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए। भारतका विभिन्न कोरोना सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो।
उनले भने, “भारतमा दिन प्रतिदिन सङ्क्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ।”
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ।
सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।
भारतमा सङ्क्रमण देखिएका सहरहरुसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
उनले भने, “भारतमा कोरोना सङ्क्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकाले सतर्कता अपनाई स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ।”
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ।
|
चैत १७ देखि २० गतेसम्म काठमाडौंमा फ्लोरा एक्स्पो काठमाडौं। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ।
एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
मेलामा ६२ व्यावसायिक स्टल, तीन ल्यान्डेस्केपिङ स्टल, १० अफिसियल स्टल, तीन प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई फुड स्टल रहने जनाइएको छ।
मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राईफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायत स्टल रहनेछन्।
पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङगलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी हुने आयोजकको भनाइ छ।
मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ।
पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एशोसियशनले जनाएको छ।
|
चैती छठः अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो जनकपुर। मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ।
चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अध्र्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अध्र्य दिएपछि सम्पन्न हुनेछ।
जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको थियो।
धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।
|
भौतिक पूर्वाधार मन्त्रालयले तीन महिनामा गरेको बत्तीस काम काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन्।
मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले समृद्धिलाई मुख्य गन्तव्य मानेर आफूहरु खटिइरहेको बताए।
आफूले मन्त्रालय सम्हालेपछि यस क्षेत्रको सुधारका लागि विभिन्न तीनवटा कार्यदल गठन गरेको र सो कार्यदलले आफ्नो काम गरिरहेको उनले बताए।
मन्त्री श्रेष्ठले पूर्वाधार विकास प्रणाली सुधार, सुशासन सुधार र यातायात सुधार कार्यदल गठन गरेका थिए। उनले मन्त्रालयसँग सम्बन्धित सेवा प्रवाहका कामलाई तीव्रता दिइएको बताए। मन्त्री श्रेष्ठले तीन महिनामा गरेको कामको विवरण यस प्रकार छः
उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेपश्चात् तीन महिनाभित्र मन्त्रालयअन्तर्गतका निकायबाट सम्पादन भएका मुख्य कार्य :
नीतिगत/सुशासन/कानुनी सुधारतर्फ
१) मन्त्रालयका समग्र कामलाई गुणात्मक परिवर्तनका साथ अगाडि बढाउन र नीतिगत एवम् प्रक्रियागत सुधारका हेतु तत्कालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न विषय विज्ञ सम्मिलित तीनवटा छुट्टाछुट्टै आन्तरिक सुधार सुझाव कार्यदल गठन गरिएको छ । डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल, डा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल र पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा यातायात व्यवस्था सुधार सुझाव कार्यदल गठन भई तीनवटै कार्यदलले तीव्रताका साथ तोकिएको कार्ययोजनाबमोजिम तथ्याङ्क सङ्कलन एवम् सरोकारवालासँग छलफल अगाडि बढाइरहेको अवस्था छ । सोमध्ये सुशासन कार्यदलले चैत्र मसान्तभित्र र अन्य दुई कार्यदलले आगामी दुई महिनाभित्र सुझावको मस्यौदा बुझाउने गरी कार्य भइरहेको छ । उक्त प्रतिवेदनका आधारमा नीति, ऐन, नियम, कानुनलाई सुधार या संशोधन गरी समग्र कामलाई गुणात्मक तवरबाट गति दिन र मन्त्रालयको कार्यशैलीमा समेत सुधार गर्न सफलता मिल्ने विश्वास गरिएको छ ।
२) उपत्यकाभित्रका सडकलाई दुरुस्त एवम् सेवा सञ्चालन योग्य र खाल्डाखुल्डीरहित बनाउनका लागि मेरो संयोजकत्वमा सम्बन्धित निकाय (नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र सडक विभाग) को प्रमुखबीच सुरुमा १५–१५ दिनमा र हाल प्रत्येक महिना उच्चस्तरीय समन्वय समितिको बैठक बसी समस्या पहिचान एवम् सोको समाधानार्थ कार्ययोजना तयार गर्ने, प्रगति अनुगमन गर्ने कार्य निरन्तर भइरहेको छ । साथै कार्यान्वयन तहमा सङ्घीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सुपरिटेन्डेन्ट इन्जिनियरको संयोजकत्वमा माथि उल्लिखित निकायको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण भएको र उक्त संयन्त्रले नियमित रुपमा सडकको स्थलगत अनुगमन गरी समस्या पहिचान एवम् सोको समाधानार्थ तत्काल सम्बोधन गर्ने कार्यले निरन्तरता पाइरहेको छ ।
३) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यसअन्तर्गतका निकायमा विद्युतीय शासनलाई प्राथमिकता दिँदै समय पालना, ई–हाजिरी र कार्यालय अटोमेसन लागू गरिएको छ ।
४) जनशक्ति व्यवस्थापनतर्फ पद अनुसारका कर्मचारीलाई जिम्मेवारी दिई कामकाज गर्ने व्यवस्था गरिएको छ । कर्मचारीको सरुवा प्रक्रियालाई न्यायसङ्गत, पारदर्शी र स्वच्छ बनाइएको छ ।
५) यस क्षेत्रको नीतिगत सुधारका लागि सार्वजनिक सडक ऐन, २०७९, नेपाल पानीजहाज सञ्चालन ऐन, २०७९, राष्ट्रिय सडक सुरक्षा विधेयक, २०७९, सवारी तथा यातायात व्यवस्था ऐन, २०७९, डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०७९ र नेपाल इन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार भई राय/सहमतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । साथै रेल्वे बोर्ड नेपालबाट बोर्डको विनियमावली, नेपाल इन्जिनियरिङ परिषद् (तेस्रो संशोधन) नियमावली, सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण नियमावलीको मस्यौदा तयार भई राय/सहमतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । राष्ट्रिय यातायात नीति, २०७९ को मस्यौदा तयार भई राय÷सहमतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।
६) संविधानको मर्म एवम् राष्ट्रिय आवश्यकताको सम्बोधन गरी आयोजनाको प्राथमिकताको प्राथमिकीकरण र जिम्मेवारी बहन गर्ने चुनौतीपूर्ण कार्यलाई मनन गरी उपयुक्त कार्य सम्पादन गर्न पहल गरिएको छ ।
७) मन्त्रालयको राजनीतिक नेतृत्वदेखि प्रशासनिक नेतृत्व, विभाग एवम् मातहतका कार्यालयहरुबाट आफ्नो तहबाट गरिनुपर्ने कानुनबाट निर्धारित निर्णय स्वतन्त्रतापूर्वक गरी प्रभावकारी कार्य सम्पादन गर्ने वातावरण निर्माण गरिनाका साथै सामूहिक निर्णय प्रक्रियाबाट विभिन्न समस्या समाधान गर्ने कार्य प्रारम्भ गरिएको छ ।
८) सेवा प्रवाहको सुधारका लागि प्रारम्भ गरिएका सुधारका प्रयासबाट सकारात्मक परिणाम आउन सुरु भएको छ तर अझै सन्तुष्ट हुने अवस्था छैन, यसका लागि सुधार प्रयासको निरन्तरता आवश्यक रहेको छ ।
९) मन्त्रलायले सम्पादन गर्नुपर्ने कार्य एवम् सेवा प्रवाहलाई पारदर्शी, सहज, सरल र प्रभावकारी बनाउने काममा प्रारम्भ गरिएका तत्कालीन र दीर्घकालीन सुधारका प्रयासमा मन्त्रालयको नेतृत्व सबै कर्मचारीका साथै सम्बद्ध निकाय एवम् आम सञ्चारमाध्यमबाट समेत पर्याप्त सहयोग प्राप्त हुने र सुधारका प्रयासले निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।
सडक यातायाततर्फ
१०) उपत्यकाभित्रका सडकलगायत राष्ट्रिय राजमार्गको नियमित, पटके, आवधिक तथा विशेष मर्मत कार्यलाई यस अवधिमा प्राथमिकताका साथ तीव्रता दिइएको छ । माथि उल्लिखित संयन्त्रको प्रभावकारी पहल समेतबाट उपत्यकाभित्रका सडक र राष्ट्रिय राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्यलाई निरन्तरता दिइएको छ र यसमा उल्लेखनीय प्रगति भएको छ । यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकमा एक लाख ३६ हजार सात सय ५५ वर्ग मिटर पटके मर्मत (पटहोल मर्मत) कार्य भई चालु आवमा कूल दुई लाख ४८ छ सय ४५ वर्गमिटर सडकमा पटके मर्मत भएको छ । सडक विभाग मातहत विभिन्न डिभिजनअन्तर्गत रहेका आठ हजार सात सय ९६ किमी सडकमध्ये करिब आठ प्रतिशत लम्बाइमा मात्र पटहोल मर्मत कार्य बाँकी रहेका र उक्त कार्यसमेत विशेष प्राथमिकता साथ भइरहेको छ । यस अवधिमा एक सय ४२ किमीसहित चालु आवमा कूल एक सय ७७ किमी सडक कालोपत्रस्तरमा पुनःनिर्माण तथा स्तरोन्नति भएको साथै यस अवधिमा भएको दुई सय ४१ किमीसहित चालु आवमा जम्मा दुई सय ७८ किमी सडक आवधिक मर्मतसम्भार कार्य सम्पन्न भएको छ ।
११) यस मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजना रुग्ण अवस्थामा रही निर्माण कार्यले गति लिन नसकिरहेको सन्दर्भमा मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात् उपत्यकाभित्र र उपत्यकाबाहिरका रुग्ण ठेक्काको विवरण सङ्कलन एवम् आवश्यक कारबाही अगाडि बढाउन मन्त्रालय, विभाग, निर्देशनालय, आयोजना प्रमुख र उक्त ठेक्कासँग सम्बन्धित निर्माण व्यवसायीसँगको प्रत्यक्ष छलफल एवम् समीक्षा बैठक आयोजना गरियो । उक्त सन्दर्भमा दुई सय ६४ वटा रुग्ण ठेक्का पहिचान भएकामा नियमित अनुगमनबाट सो मध्ये २४ वटा ठेक्कामा निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गर्ने गरी ठेक्का तोडिएको र ४४ वटा ठेक्का प्रचलित कानुनबमोजिम सुविस्ताको आधारमा तोडिएको र बाँकी एक सय ९६ ठेक्काको हकमा निर्माण व्यवसायीबाट प्रतिबद्धता लिई आवधिक लक्ष्य (माइलस्टोन) निर्धारण गरी निर्माण कार्य सुचारु रहेको छ ।
१२) विगत लामो समयदेखि सुस्त गतिमा निर्माण सञ्चालन भएको नारायणघाट–बुटवल खण्डको स्थलगत अनुगमनपश्चात् निर्माण कार्यमा तीव्रता प्राप्त गरेको र यसै अवधिमा कालोपत्र सुरु भई करिब चार किमी खण्डमा दुई लेन कालोपत्र सम्पन्न भइसकेको छ । यस अवधिमा थप ५ दशमलव ५ प्रतिशत भौतिक प्रगति भई हाल उक्त सडक खण्डको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डमा १६ प्रतिशत भौतिक प्रगति रहेकामा यस अवधिमा थप ११ दशमलव ३ प्रतिशत कार्य भई हाल समष्टिगत भौतिक प्रगति २७ दशमलव ३ प्रतिशत पुगेको छ । मुग्लिङ–पोखरा सडकअन्तर्गत पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को सात किमीमा विद्युत् पोल स्थानान्तरणको कार्य सुरु भएको र उक्त खण्डमा कालोपत्र गर्न अस्फाल्ट प्लान्ट र निर्माण सामग्री तयारी अवस्थामा रहेको छ । उक्त खण्डको समष्टिगत भौतिक प्रगति १० प्रतिशत रहेकामा यस अवधिमा थप ११ प्रतिशत कार्य भई हाल समष्टिगत भौतिक प्रगति २१ प्रतिशत पुगेको छ ।
१३) काठमाडौँ उपत्यका चक्रपथ दोस्रो खण्ड कलङ्की–महाराजगञ्जको विस्तार कार्यअन्तर्गत साइट क्लियरेन्सलगायत पूर्वतयारीका केही कार्यहरु बाँकी रहेको अवस्थामा महामहिम चिनियाँ राजदूत, काठमाडौँ महानगरपालिकाका प्रमुख र नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसहितको संयुक्त स्थलगत अनुगमनपश्चात् सो कार्यको समाधान गरी चक्रपथ विस्तार कार्यले गति लिएको छ । हाल चिनियाँ परामर्शदाताबाट डिजाइन गर्ने कार्य भइरहेको साथै उक्त खण्डमा सर्भिस लेन निर्माणको कार्य नेपाल सरकारको स्रोतबाट तीव्र गतिमा भइरहेको छ । यसका साथै काठमाडौँ चक्रपथको कोटेश्वर–कलङ्की खण्डको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्यसमेत सुरु भएको छ ।
१४) राष्ट्रिय गौरवको आयोजनातर्फ मध्यपहाडी राजमार्गअन्तर्गत यस अवधिभित्र १८ किमीसहित यस आवमा जम्मा ४२ किमी सडक कालोपत्र भएको र थप तीनवटा पुलको निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्गअन्तर्गत यस अवधिमा थप १५ किमी सडकसहित यस आवमा जम्मा ३६ दशमलव ५ किमी सडक कालोपत्र भएको र यस अवधिमा थप आठवटा पुल निर्माण भएको छ । उत्तर–दक्षिण राजमार्गअन्तर्गत रहेको कालीगण्डकी कोरिडोरमा थप नौ किमी कालोपत्र सम्पन्न भएको र थप तीनवटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको छ । त्यसैगरी, कर्णाली कोरिडोरमा यस अवधिमा थप २८ किमी ट्र्याक चौडा गर्ने कार्य भई यस आवमा जम्मा ३८ किमी सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ भने कोशी कोरिडोरमा थप १३ किमी गरी जम्मा १५ किमी सडक ग्राभेलस्तरमा स्तरोन्नति कार्य सम्पन्न भएको छ ।
१५) नागढुङ्गा–नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ र आपत्कालीन सुरुङ गरी कूल पाँच हजार चार सय ९९ मिटरमध्ये यस अवधिमा थप तीन सय ५० मिटरसहित हालसम्म जम्मा चार हजार दुई सय ५० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । इपिसी मोडलमा ठेक्का व्यवस्थापन भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि निर्माण व्यवसायीबाट डिजाइन तयार भई परामर्शदाताबाट पुनरावलोकनका क्रममा रहेको छ । यस अवधिमा निर्माण व्यवसायी साइटमा परिचालन भइसकेको अवस्था छ ।
१६) पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिमको डडेल्धुराको रुपालसम्म जोड्ने मदन भण्डारी राजमार्गको गुल्मी र सुर्खेत खण्डमा गरी ४८ किमी ठेक्का आह्वान भई सम्झौता भएको र निर्माण कार्य प्रारम्भ हुने चरणमा रहेको छ । अन्य खण्डमा कालोपत्रस्तरमा स्तरोन्नति कार्य चालु रहेको छ ।
१७) यस अवधिमा सडक विभागअन्तर्गत योजना/डिभिजनबाट भएको निर्माण कार्यको प्रगतिको समीक्षा गर्दा चालु आवमा भएको कूल दुई सय ४८ किमीमध्ये यस अवधिमा एक सय ६७ किमी सडक कालोपत्र भएको, कूल तीन सय १६ किमीमध्ये यस अवधिमा दुई सय १० किमी सडक ग्राभेलस्तरमा स्तरोन्नति भएको र कूल एक सय चार किमीमध्ये यस अवधिमा ४० किमी नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ । पुल निर्माणतर्फ यस अवधिमा कूल ६५ वटासहित चालु आवमा जम्मा ७४ वटा पुल निर्माण सम्पन्न भएको छ । विगतमा निरन्तररुपमा सञ्चालित स्वीकृत कामलाई थप गति प्रदान गरी यी उपलब्धि हासिल गरिएको छ ।
रेल यातायाततर्फ
१८) बर्दिबास–निजगढ खण्डमा दुई किमी लम्बाइ ट्र्याक बेड निर्माण भएको, दुईवटा रेल्वे पुलको निर्माण सम्पन (बागमती र जङ्घा नदी), रौतहट जिल्लामा पर्ने वन क्षेत्रको रूख हटाउने कार्य २.५ वर्षपछि सुचारु भएको छ ।
१९) भारतको बथनाहादेखि विराटनगरसम्म मालवाहक रेल सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको । कुर्था विजलपुरा खण्डको निर्माण सम्पन्न भई रेल सेवा सञ्चालनको तयारी भइरहेको छ ।
२०) विजलपुरा–बर्दिबास खण्डको रेखाङ्कनमा जग्गा अधिग्रहण कार्यको समस्या समाधान भई मुआब्जा वितरण सुरु भएको छ र करिब सात बिघा जग्गाको मुआब्जा वितरण गरिएको छ ।
२१) रक्सौल–वीरगञ्ज–काठमाडौँ रेलवेको विकासका लागि भारत सरकारको सहयोगमा भइरहेको विस्तृत सर्भे तथा अध्ययन कार्य यस अवधिमा तीव्रताका साथ भई अबको एक महिनामा अन्तिम प्रतिवेदन प्राप्त हुने अवस्था रहेको छ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको कार्य चीन सरकारको अनुदान सहयोगमा चिनियाँ परामर्शदाताबाट स्थलगत रुपमा सुरु भएको छ ।
२२) जयनगर–जनकपुर रेलमा दैनिक करिब तीन हजार यात्रुहरुले सहज यातातात सेवा प्राप्त गरिरहेका छन्, जनकपुर क्षेत्रको पर्यटन तथा व्यापार व्यवसायमा वृद्धि भएको र रेल सञ्चालन घाटा कम हुँदै गएको छ । हाल भारतको एउटा रेल कम्पनीबाट ठेक्कामा सञ्चालन भएको यो सेवा आगामी सन् २०२४ को जनवरीदेखि नेपाली दक्ष कामदारबाट नै नेपाल रेल कम्पनीबाटै सञ्चालन गर्ने गरी सङ्गठन सर्वेक्षण सम्झौताको मस्यौदा तयार भएको छ ।
यातायात व्यवस्थातर्फ
२३) सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मागअनुसार उपलब्ध गराउन नसकी सेवाग्राहीले भोगेको सास्ती, कठिनाइलाई दृष्टिगत गरी छपाइसँग सम्बन्धित स्मार्ट कार्ड, प्रिन्टर खरिद प्रक्रिया लगायतको कार्ययोजना मन्त्रालयले तदारुकताका साथ अगाडि बढाएको छ । १२ लाख स्मार्ट कार्ड आपूर्तिका लागि छनोट भएको जर्मनी कम्पनीसँग २०७९ फागुन १० गते सम्झौता भई शीघ्र आपूर्तिको पहल गरिएको छ । यसको साथै कार्ड आपूर्तिमा विद्यमान प्रकारको सङ्कट देखानपरोस् भनेर थप स्मार्ट कार्ड आपूर्ति प्रक्रिया अगाडि बढाउन स्रोत सुनिश्चितताको प्रक्रिया अगाडि बढाइएको छ ।
२४) सवारी चालक अनुमतिपत्र छपाइ गर्ने मास–प्रिन्टर खरिद प्रक्रियामा राष्ट्रिय बोलपत्र माध्यममार्फत कुनै पनि बोलपत्र प्रस्ताव नभएपछि अन्तर्राष्ट्रिय बोलपत्र माध्यममार्फत खरिद गर्न पुनः सूचना प्रकाशित भएको छ । यस खरिद प्रक्रिया सम्पन्न हुँदा दैनिक छपाइ क्षमतामा दोब्बर वृद्धि हुन्छ । स्मार्ट कार्ड र मास प्रिन्टर प्राप्त भएपश्चात् आठ महिनामा लाइसेन्स छपाइको सम्पूर्ण समस्या समाधान हुने कार्ययोजना तय भएको छ ।
२५) प्रदेशसहितका यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरुमा अनलाइन भुक्तानी एवम् परिमार्जित विद्युतीय सवारी दर्ता प्रणालीको सम्झौताबमोजिमको म्याद १५ डिसेम्बर २०२३ सम्म थप गरी यातायात व्यवस्था सेवा कार्यालय, बर्दिवासमा परीक्षणको कार्य अगाडि बढेको छ । परीक्षण सम्पन्न भएलगत्तै बाँकी १४ कार्यालयमा लागू गर्न प्रक्रिया अगाडि बढाइने छ ।
२६) लाइसेन्स छपाइकामा देखापरेको समस्याको स्थायी समाधान नभएसम्मका लागि विदेश जाने कामदार एवम् विद्यार्थी, शान्ति मिसन जाने सेना, प्रहरी र कूटनीतिज्ञलाई अनलाइन निवेदन दिएको तेस्रो दिनभित्र स्मार्ट कार्ड छपाइ गराई विभागको सहायता कक्षबाट उपलब्धता गराउने व्यवस्था गरिएको छ । नयाँ लाइसेन्स र वर्ग थपको हकमा विभाग र सम्बन्धित कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमति–पत्र छपाइ गरी उपलब्ध गराइएको छ ।
२७) अनलाइन भुक्तानीसहित परिमार्जित विद्युतीय सवारी चालक अनुमतिप–पत्र प्रणाली यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा लागू गर्न परामर्श सेवा खरिद भई कार्य अगाडि बढेको छ ।
२८) विद्युतीय सवारी चालक अनुमति–पत्र प्रणाली थप पाँचवटा यातायात व्यवस्था कार्यालय/सेवा कार्यालय (गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारी) मा लागू गरिएको छ । कूल ३६ कार्यालयमा उक्त प्रणाली लागू भएको छ ।
२९) कानुनी, क्षेत्राधिकारलगायत विषयका बाबजुद बागमती प्रदेश सरकार समेतको समन्वयमा सेवाग्राहीले लाइसेन्सको ट्रायल पास गरेको तीन दिनभित्र लाइसेन्स स्वीकृत गर्ने कार्य अगाडि बढाइएको छ । नयाँ लाइसेन्सको अवधि र लाइसेन्स नवीकरण अवधि पाँच वर्षबाट १० वर्ष कायम गर्नका लागि सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि प्रस्ताव गरी पठाइएको छ । इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजीमा मात्र भइरहेकामा देवनागरी लिपिमा समेत हुने गरी संशोधनको प्रक्रिया अगाडि बढाइएको छ । आरएफआइडी गेट नागढुङ्गा र मुड्खु भन्ज्याङमा निर्माण प्रक्रियासमेत अगाडि बढेको छ ।
३०) सवारी चालक अनुमतिपत्र वितरणको काम कानुनबमोजिम प्रदेश सरकार मातहतका यातायात कार्यालयमा रहे पनि कार्यान्वयन नभएको अवस्थालाई दृष्टिगत गर्दै यातायात क्षेत्रको सेवा प्रवाहलाई सरल सुलभ र समयमा नै गर्न आगामी आवदेखि लाइसेन्स छपाइ, रुट परमिट जस्ता कामलाई सम्बन्धित प्रदेशस्तरबाट सञ्चालन गर्ने गरी कार्य थालनी गरिएको छ ।
नेपाल इन्जिनियरिङ परिषद्तर्फ
१) नेपाल इन्जिनियरिङ परिषद्को अध्यक्षलगायतको रिक्त पदहरुमा नियुक्ति गर्ने कार्य सम्पन्न भएका छन् ।
२) परिषद्मा इन्जिनियरको लाइसेन्स परीक्षामार्फत नयाँ नाम दर्ताका लागि पहिलो पटक २०७९/१२/१२ बाट परीक्षा सुरु भएको छ ।
|
प्रधानमन्त्री दाहालले गरे चिडियाखानाको अवलोकन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन्।
आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन्। चिडियाखानामा करिब एक घण्टा बिताएको प्रधानमन्त्रीले जीव जनावरसँगै बाघ र हात्तीलाई बढी चासोका साथ हेरेको चिडियाखानाको व्यवस्थापन प्रमुख रचना शाहले जानकारी दिए।
तीस वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रियासमेत दिए।
अवलोकनका क्रममा उनले हात्तीलाई खानासमेत खुवाएका थिए। हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन्।
ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए।
विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो।
|
बढ्न थाल्यो कोरोना, थप ६९ जनामा संक्रमण पुष्टि काठमाडौं। नेपालका पछिल्ले समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
४ सय ८८ पीसीआर परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ
|
खुलामञ्च छिर्न खोजेपछि मिटरब्याजी पीडितलाई महानगरको अवरोध (फोटोफिचर) काठमाडौं। महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन्। २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।
काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे। त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।
उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो। जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो।
‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन्।
|
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी नेपालगञ्ज। बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन्। उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए। “पूर्वतिर जस्तो समस्या देखिएको छैन”, उनले भने।
प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए। मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि यस विषयमा छानविन सुरु गरिएको हो।
|
बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडित (फोटो फिचर) काठमाडौँ। महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन्।
बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन्। उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन्। सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन्।
|
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ।
सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले जनाएको छ।
टेलिमेडिसिन सेवा यही चैत १५ गते आइतबार बिहान १० बजेदेखि सुरु हुनेछ। सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिए। नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन्।
उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिमारी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइनेछ। आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन सेवा उपलब्ध गराउन लागिएको प्रवक्ता पौडेलले जानकारी दिए।
सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ। यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ।
|
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु मोरङ। कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो। तीव्र गतिका कारण र्आतवार राती मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
|
आजको मौसमः तीनवटा प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
कामपाको परामर्श सेवामा घरबहाल सम्झौता गर्ने बढे काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन्।
यही चैतको सुरुआतीदेखि कामपाले ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा सञ्चालन गरिरहेको छ। महानगरका अनुसार कानुनी सेवामा दैनिक १५ वटासम्म सहयोग लिन आउने गरेका छन्।
सबैभन्दा बढी घरबहाल सम्झौत गर्ने नै आउने गरेको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार कामपाले गत फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै व्यक्तिगत वा संस्थागत रुपमा बहालमा दिनुपर्दा अनिवार्य रुपमा लिखित सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ।
सोही व्यवस्थाअनुसार पछिल्लो समय सम्झौत गर्नका लागि सहयोग माग गर्दै परामर्श कक्षमा आउने बढेका हुन्।
जारी निर्देशिकाअनुसार, कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कशप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्छ।
निर्देशिकामा कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ। लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरघनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ।
बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ। निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सो समेत उल्लेख हुनुपर्छ। निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्छ।
त्यसैगरी, बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्नेछ। भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि बहाल नतिरे सम्झौता स्वतः भङ्ग हुन्छ।
कामपाभित्र महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन्। गत आर्थिक वर्षमा ३९ हजार करको दायरामा आएका थिए भने चालु आवको फागुनसम्म जम्मा नौ हजार दुई सयले मात्रै विवरण बुझाएका छन्।
कामपाको बहाल करबापत चालु आवमा रु दुई अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। जसमध्ये हालसम्म रु एक अर्ब ४८ करोड १३ लाख असुल भइसकेको छ।
|
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने ढोरपाटन। नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ।
बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ। यस वर्षको दोस्रो याम (फागुन–वैशाख) का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए।
उनका अनुसार नेपाल वाइल्ड लाइफ एडभेन्चर, सफारी आउटिफट्सबाट अमेरिकाका सिकारीले फागुनमा एक नाउर र एक झारल, श्री हिमालयन वाइल्डफाइफ आउट फिट्सबाट अमेरिकाका सिकारीले वार्सेमा एक नाउरको सिकार गर्ने छन्।
श्री ट्याक्स एन ट्रेल्स प्रालिबाट क्यानडाका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको, श्री ग्लोबल सफारिज नेपाल प्रालिबाट हङ्गेरीका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको र फ्रान्सका सिकारीले सुनदहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति पाएको उनको भनाइ छ।
श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट पोर्चुगलका सिकारीले सुनदहमा एक नाउर, श्री नेपाल ट्राभल एक्स्पेडिसन प्रालिबाट पोल्याडका सिकारीले दोगाडीमा एक नाउर, रसियाली सिकारीले दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारल, स्पेनिस सिकारीले वार्सेमा एक नाउर र गुस्तुङमा एक झारल र श्री हिमालयन सफारिस प्रालिबाट अमेरिकाका तीन सिकारीले सिकार गर्ने भएका छन्।
उनीहरूले दोगाडीमा एक नाउर र सेङमा एक झारल, सेङमा एक नाउर र सुनदहमा एक झारल, दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारलको सिकार गर्ने ढोरपाटन सिकार आरक्षले जनाएको छ।
सिकारका लागि दुई सिकारी ढोरपाटन आइपुगेको अधिकृत कँडेलको भनाइ छ। श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट सुनदहमा एक नाउरको सिकारका लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाइल्डलाइफ आउटफिटर्स, स्युचाटारबाट वार्सेमा एक नाउरको सिकारका लागि अमेरिकाका चार्ल्स हेरोल्ड वेकल आरक्ष आइपुगेको उनले जानकारी दिए। याम सुरु भएपछि सिकारीहरू आउने क्रम जारी रहेको छ।
पहिलो याम (असोज–मङ्सिर) मा एउटा नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो। सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको उनको भनाइ छ।
यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो।
दोस्रो यामअन्तर्गत चैतको पहिलो सातादेखि सिकार खेल्न सुरु भएको छ। सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन्। ढोरपाटनमा प्रत्येक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ।
|
‘नेपाली पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम हुनुपर्छ’ काठमाडौं। नेपाली पत्रकारिताको विश्वसनीयता खस्कन थालेकाले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम गरिनुपर्नेमा जोड दिइएको छ।
नेपाल पत्रकार महासङ्घ पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सत्ता, शक्ति र सरकारको निरन्तर खबरदारीमा पत्रकारिता क्षेत्र सक्रिय रहनुपर्ने बताए।
पत्रकारिताका विषयमा उठ्ने प्रश्न सुन्न र स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै उनले सुनेका विषयलाई सुधार गरिनेसमेत प्रतिबद्धता जनाए।
“पत्रकारिता क्षेत्रले उठाउने विषय विश्वसनीय हुनुपर्छ, लोकतन्त्रलाई जीवन्त बनाउन संसद्ले भन्दा ठूलो काम पत्रकारले गर्न सक्छ, पत्रकारितामा लाग्ने सङ्ख्याका आधारमा दक्षजनशक्ति छैनन्, दक्षजनशक्तिले पनि काम गरे अनुसार श्रमको मूल्य पाउँदैनन्, राजनीतिक स्थायित्व र दलका गुटगत प्रभावले पनि पत्रकारितामा प्रभाव पारेको छ”, अध्यक्ष पोखरेलले भने।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले सिक्ने र सिकाउने क्रम निरन्तर जारी नराखे पत्रकार ‘फेज आउट’ हुने बताए।
सबैको खबरदारी गर्ने पेसामा लाग्ने पत्रकार आफैँ जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । “पत्रकारिता राजनीति केन्द्रितबाट व्यक्ति केन्द्रित हुँदै जान थालेको छ, विषय केन्द्रित गराउन अझै सकिएको छैन,पत्रकारितालाई विषय केन्द्रित बनाउन महासङ्घलगायत सरोकारवाला निकायको ध्यान जानुपर्छ”, प्रा खनालले भन्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबरलाई सञ्चार माध्यमका रूपमा प्रस्तुत हुने अवसर दिन लागिएको जानकारी गराए। उनले युट्युबलाई सकारात्मक माध्यमका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
महासङ्घको पूर्व अध्यक्षसमेत रहेका सञ्चार विज्ञ डा सुरेश आचार्यले हामीले गरेको पत्रकारिताले समाजलाई केही दियो कि दिएन भनी हेर्नुपर्ने समय आएको बताए।
समाजका समस्या जनसमक्ष ल्यादिए त्यो समाचार हुने भएकाले नेपाली पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए। सञ्चार जगतले स्वनियमनमा पनि ध्यान दिनुपर्ने विज्ञ आचार्यको भनाइ थियो।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारिताले भित्र्याएको विकृति अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए। पत्रकारिताका माध्यमबाट महत्वपूर्ण काम गर्न सकिने उनको भनाइ थियो।
महासङ्घका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता सिर्जनात्मक पेसा भए पनि प्रविधिले ‘कट पेष्ट’ को गति बढ्दा सिर्जनात्मकता मर्न थालेको बताए। समाज परिवर्तनका लागि पत्रकारिताका माध्यमबाट काम गर्न सकिने उनको भनाइ थियो।
महासङ्घका महासचिव रोशन पुरीले सञ्चार माध्यममा विषयवस्तुमा लगानी हुन छोडेकाले पनि समस्या आउन थालेको देखिएको बताए। विभागका संयोजक शन्तराम विडारीले यस्ता कार्यक्रमलाई प्रदेश तहसम्म निरन्तरता दिइने बताएका थिए।
|
एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम कावासोती। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन्। आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए।
बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन्।
जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो। भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन्।
साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले भर्खरै सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ गएको जानकारी दिए। ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन।
|
पृथ्वी राजमार्ग बन्द हुने समय थपियो डुम्रे। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन्।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने भएको छ।
यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आज सूचना जारी गरी समय थप गरिएको गैरेले जानकारी दिए।
उनका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो। यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो।
गैरेले पहिलो पटक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः चैत १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका थिए।
उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय भएको उनले जानकारी दिए।
|
प्रहरीमा चार एआईजीको पद रिक्त, ११ डीआईजी प्रतिस्पर्धामा काठमाडौं। नयाँ आईजीपी नियुक्त भएसँगै नेपाल प्रहरीमा रिक्त रहेका विशिष्ट पदहरुमा बढुवा गर्नुपर्ने दायित्व र चुनौति थपिएको छ।
नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ। तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो।
जसमा दाबी गर्नेको संख्या धेरै भएकाले यसपटक बढुवा गर्नुपर्ने बेलामा आईजीपी बसन्त कुँवरलाई शुरुमै असजिलो हुने अवस्था छ। ‘पद थोरै आकांक्षी धेरै हुने भएकाले राजनीतिक दबाब र आन्तरिक दबाब दुवै झेल्नुपर्ने अवस्था’, प्रहरी प्रधानकार्यालयका एक उच्च अधिकारीले भने।
नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ। तत्कालिन आईजीपी धिरजप्रताप सिंह सेवा अवधीका कारण प्रहरी संगठनबाट बाहिरएसँगै सरकारले बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका एआईजी बसन्त कुँवरलाई आईजीपी नियुक्त गरेपछि उनको एआईजी पद स्वतः रिक्त भयो।
अन्य तीन एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी भने ३० वर्षे सेवाअवधिका कारण शनिबारदेखि अनिवार्य अवकाशमा गएका हुन्। उनीहरुसँगै तीन डीआईजी मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियारले पनि अवकाश पाएका छन्।
उनीहरु सबै आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन्। रिक्त ४ एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा छन्। उनीहरु हालै एआईजीमा बढुवा भएका ५ जनाकै ब्याची हुन्। वसन्त कुँवर र दीपक थापासँगै भर्ना भएका डीआईजीहरु एआईजीका प्रतिस्पर्धी हुन्।
सँगै डीआईजीमा १७ जना बढुवा भए पनि सरकारले ५ जना एआईजीमा शीर्ष वरीयतामा रहेकालाई बढुवा गरेको छ। तेस्रो नम्बरका डीआईजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिइसकेका छन्। डीआईजीमा सातौँ नम्बरमा बढुवा भएका सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआईजीका दाबेदार छन्।
भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको प्रतिस्पर्धामा छन्।
उनीहरुमध्ये, भण्डारी, चौधरी, तामाङ, पोखरेल जोशी, गिरीबीच एआईजीका लागि मूख्य प्रतिस्पर्धा हुने संभावना छ। ‘एआइजीका लागि निकै ठूलो रस्साकस्सी हुँदैछ, अहिले एआइजी नहुनेहरु डिआइजीमै विदा हुनुपर्ने भएकाले पनि यस्तो अवस्था आउन लागेको हो’, प्रहरी प्रधानकार्यालयका ती अधिकारीको दाबी छ।
उता गृहसचिव विनोद सिंहले प्रहरीभित्र हुने अस्वस्थ प्रतिस्पर्धालाई हटाउन नवनियुक्त आईजीपी कुँवरलाई निर्देशन दिएका छन्। आईजीपी कुँवरलाई आइतबार मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाइदिंदै सो निर्देशन दिएका हुन्।
|
बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटियो काठमाडौं। काठमाडौंको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका)को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ।
|
निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर काठमाडौं। बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरु मापदण्ड विपरीत चाहिँ चल्ने गरेको पाइएकाले यस्ता गाडीहरूबाट बालबालिका जोखिममा पर्ने हुँदा जाँच अभियानलाई तीव्रता दिएको जनाएको छ।
सोही अभियानअन्तर्गत ट्राफिक प्रहरीले आज गरेको विशेष जाँच अभियानका क्रममा यसरी मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा भएको जाँचका क्रममा स्कुल बस निर्देशिका, २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरु कारबाहीमा परेका कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार यसरी आज भएको जाँच अभियानमा स्कुल बसहित दुई सय ८२ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन्।
उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित जाँच अभियान चलाएको भट्टले जानकारी दिए।
यस्तै, यान्त्रिक अवस्था ठीक नभएका गाडीहरू पनि उपत्यकामा निर्बाध रूपमा चलिरहेको छ। त्यसरी सञ्चालन भएका सवारी साधनका ४७ जना चालकलाई कारबाही गरिएको पनि उनले जानकारी दिए।
त्यस्ता सवारीमा ह्यान्डब्रेक ठीक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका पाइएका छन्।
उनीहरूलाई सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ।
अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रहरीले अनुरोध गरेको छ।
|
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका नाइके दुलालसहित ३ जना पक्राउ काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका तीन नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका तीन जना पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो।
त्यसमध्येका दुलाल सुजता कोइराला परराष्ट्रमन्त्री भएका बेला सहयोगीका रुपमा कार्यरत रहेको पाइएको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्लो ३–४ वर्षमा उनीहरूले ८१ जनालाई अमेरिका पठाइसकेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ। उनीहरूले त्यसक्रममा पाँच अर्ब रुपैयाँ ठगेको हुनसक्ने प्रहरीको दाबी छ।
अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनीहरुलाई सार्वजनिक गरिसकेको छैन। दुलाल यसअघि पनि पक्राउ परेका थिए। तर उनलाई तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा छाडेको थियो।
‘भुटानी शरणार्थी कार्ड बनाएर ठगी गरेको विषयमा उनीहरुलाई पक्राउ गरिएको हो,प्रत्येक व्यक्तिबाट पैसा उठाएर ठगी गरेको आरोपमा आठ नौ महिना पहिले उजुरी परेको थियो। त्यसमा हामीले अनुसन्धान गरिरहेका थियौँ अहिले पक्राउ परेकाहरु व्यक्तिहरुको विषयमा थप अनुसन्धान भैरहेको छ’, महाशाखाका प्रमुख एसएसपी मनोज केसीले भने।
प्रहरीका अनुसार करिब १ हजार ६०० युवाहरुलाई झापामा बाँकी रहेका ६ हजार शरणार्थीहरुको नाममा परिचय पत्र र ट्राभल डकुमेन्ट बनाएर बनाएर सिधैं अमेरिका पठाउने योजना अनुसार उनीहरुले काम गरिहरेका थिए।
|
ट्याक्सीमाण्डु प्रयोगकर्ताले भाइबरको नयाँ च्याटबट मार्फत् राइड बुक गर्न सक्ने काठमाडौं। भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत ट्याक्सीमाण्डु प्रयोगकर्ताले राइड बुक गर्न सक्ने भएका छन्।
राकुटेन भाइबर र ट्याक्सीमाण्डुबीच बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताले सिधै ट्याक्सी बुक गर्न सक्ने छन्।
ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन केसीले भाइबरसँग भएको सम्झैताले प्रयोगकर्ताका लागि ट्याक्सी बुकिङ अझ सहज बनेको बताए।
नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको सुनिश्चित गर्न चाहेको उनले बताए। प्रयोगकर्ताले ट्याक्सी सवारीका लागि अब धेरै थरि एप डाउनलोड गर्न आवश्यक नपर्ने उनले बताए।
उनका अनुसार प्रयोगकर्ताले छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पाउनेछन्।
साथै अप्रिलदेखि सेप्टेम्बरसम्म ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताका लागि ६० प्रतिशतसम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथी र नातागोतालाई च्याटबटमा पठाउँदा २० प्रतिशत छुट पनि पाउनेछन्। ‘यो साझेदारीले यात्रु र चालकहरूको जीवनलाई सजिलो बनाउने ठानेका छौु’ राकुटेन भाइबरका लागि एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने।
ट्याक्सीमाण्डू र राकुटेन भाइबर एन्ड्रोइड र आईओएसका लागि डाउनलोड गर्न सकिने छ।
|
पहिला एपोर्टसम्म पुग्ने सडक मर्मत गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती गर्न निर्देशन दिएका हुन्।
सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भने, “विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुपर्यो।”
उनले काठमाडौँ उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाँउमा प्रभावकारी योजना बनाउन निर्देशन दिएका हुन्।
उनले भने, “जनताले कर तिरेका छन्। तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन। सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ।” सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड थियो।
नयाँ सडकमा अनिवार्यरूपमा नयाँ ढङ्गले जानेगरी सम्झदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भने, “नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच सम्झादारी गर्नुहोस्।”
उनले बनिसकेका ठाँउमा यथावत समस्या तत्काल हल गर्न प्रभावकारी योजना बनाउनपर्ने बताए। सडक मर्मत सम्भार, विस्तार र निर्माणमा सधँैजसो दोहोरीने समस्या हल गर्नका लागि ‘युटीलिटि करिडोर’ को अवधारणाबारे मन्त्रालय र प्रधानमन्त्रीसँग समेत छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए।
उनले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत निर्देशन दिए। बैठकमा सडकसँग सम्बन्धित विभिन्न आठ निकायका प्रतिनिधिको सहभागिता थियो।
बैठकमा सडक विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग एवं सहरी तथा सहायक राजमार्ग सडक, नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएको १५ वटा सडक र आयोजना कार्यान्वयन निर्देशनालयले स्वीकृति पाएको १८ वटा सडकको अवस्थाबारे छलफल गरिएको थियो।
सो अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको दुरअवस्थाले सर्वसाधारणलाई सास्ती पुर्याएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले भने, “समयमा सडक मर्मत नहुँदा राष्ट्रिय बेइज्जत भइसक्यो। सबै निकायले समन्वय बढाउन आवश्यक छ। दोषारोपण र दोहोरोपनमा समय खर्चनु हुँदैन।”
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले समयमा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै भूमिगत तार व्यवस्थापनको जटिलता बुझ्न आग्रह समेत गरे।
उनले भने, “निर्माण व्यवसायीहरूले विभिन्न बहानामा काम गर्न नसकेको कारण देखाइरहेका छन्। प्राधिकरणले कतिपय ठाँउमा समयमा काम सम्पन्न गर्न सकेको छैन। तर भूमिगत तार व्यवस्थापनका प्राविधिक जटिलताहरू धेरै छन्।” उनले सडक निर्माणको कामलाई दु्रतगतिमा सम्पन्न गर्न प्राधिकरण सधैँ तयार रहेको बताए।
आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले पनि समन्वय बढाएर काम सम्पन्न गर्न तयार रहेको बताए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उपमहाप्रवन्धक डिपी चापागाईँले विद्यमान रणनीति परिवर्तन गरेर निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राखे।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले काठमाडौँ उपत्यकाभित्र मुख्य र अन्य सड्कमा काठमाडौँ उपत्यका खोनेपानी लिमिटेडका कारण धेरै समस्या देखिएको जनाएको थियो।
अनुगमन कार्यालयका अनुसार पानीको ‘लिकेज’का कारण समयमा सडक मर्मतसम्भार गर्न समस्या र मर्मत गरिएका सडकमा समेत बारम्बार समस्या दोहोरिने गरेको छ।
अनुगमन कार्यालयका अनुसार आयोजना कार्यान्वयन निर्देशनालयले बिना स्वीकृति सडक खन्ने र पाइपलाइन सम्बन्धी काम समयमा सम्पन्न नगर्ने गरेको पाइएको हो। यस्तै विद्युत् प्राधिकरणले तार व्यवस्थापन नगर्दा सड्क क्षति र दुर्घटनाको जोखिम बढाएको समस्याबारे छलफल भएको थियो।
बैठकमा सम्बन्धित सबै निकायले समयमा काम सम्पन्न गर्न नसक्नुका कारणबारे समेत छलफल भएको थियो। बैठकले सम्बन्धित निकायबीच समन्वय बढाउने र सम्झदारीमा नयाँ बनेका सडकका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ।
लैनचौर–महाराजगञ्ज तथा लैनचौर–सोह्रखुट्टे –बालाजु चोक सडक आवधिक मर्मत गर्न कठिनाइबारे विश्व बैङ्क, मन्त्रालय र विभागसँग छलफल गर्ने निर्णय गरिएको छ।
यस्तै, काठमाडौँ उपत्यकाका सबै सडकको एकीकृत तथ्याङ्क प्रणाली तयार गर्ने र बल्खु तरकारी बजारको सडक कालोपत्रे गर्नेसम्बन्धी बजार व्यवसायी समितिलाई पत्राचार गर्ने लगायतका निर्णय भएको छ।
|
मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ।
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए।
मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरिसकेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए।
मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई गरेको परिपत्रमा भनिएको छ, “स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका÷गाउँपालिकाले प्रचलित कानूनबमोजिम हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीलाई सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रिस्तर)को मिति २०७९\१२\०९ को निर्णयानुसार अनुरोध छ।”
मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका÷गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ।
|
बागलुङको चैते दसैँ मेलामा पाँच लाख धार्मिक पर्यटकले कालिका मन्दिर दर्शन गर्ने बागलुङ। चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसैँका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् ।
मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ ।
नवरात्रि सुरु भएसँगै कालिका मन्दिरमा टाढाटाढाबाट भक्तजन आउनेक्रम सुरु भएको छ भने रमाइलो मेला, विभिन्न घरायसी सामग्रीका कक्ष तथा स्थानीय उत्पादनका कक्षमा व्यापारसमेत सुरु भइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
चैते दसैँका अवसरमा पाँच लाख धार्मिक पर्यटकले बागलुङ कालिका मन्दिर दर्शन गर्ने कालिका मन्दिर गुठी व्यवस्थापन समिति तथा चैते दसैँ मेला मूल आयोजक समितिले जनाएको छ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष चैत १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला यही चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
“नवरात्रदेखि पूर्णिमासम्म पाँच लाख दर्शनार्थीले कालिका मन्दिर आउने लक्ष्य छ, नवरात्रको चौथो दिनदेखि नै धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा व्यवस्थापन गर्न थालिएको छ, दिनप्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ”, खड्काले भने, “परम्परागत चैते दसैँको सबै तयारी पूरा भइसकेको छ, अहिले रमाइलो मेला सुरु भइसकेको छ, चैते दसैँको मेलाको उद्घाटन चैत १३ गते हुनेछ ।”
अहिले कालिका मन्दिरको पार्किङस्थलमा सवारीसाधन नअटाएका कारण बाङ्गेचौर खेल मैदानमा पठाइएको ट्राफिक कार्यालयका निमित्त प्रमुख प्यामनारायण पौडेलले जानकारी दिए। ‘गन्तव्य बागलुङ कालिका–कला, संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैते दसैँ मेलाको सबै तयारी पूरा भइसकेको खड्काले बताए। कला, संस्कृति, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवद्र्धनमा चैते दसैँ मेला र बागलुङ कालिका मन्दिरले ठूलो टेवा पु¥याउँदै आएको स्थानीय दुर्गाबहादुर आचार्यको भनाइ छ ।
चैते दसैँका अवसरमा रु एक करोड लागतमा मन्दिरको जीर्णोद्वार गरी कलात्मक बनाइएको छ । मन्दिरसँगै विभिन्न काष्ठकला प्रयोग गरी हवन कुण्ड, शिवालय र गणेश मन्दिरसमेत निर्माण गरिएपछि कालिका मन्दिर थप आकर्षक बनेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
रु तीन लाख नगद पुरस्कारसहितको कालिका खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख ५० हजार पुरस्कारसहितको राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता, छोलो प्रतियोगिता र रथ यात्रालगायतका कार्यक्रम आयोजना गरिएको कालिका कपका मूल संयोजक अर्जुन खड्काले जानकारी दिए।
पछिल्ला वर्षमा विभिन्न ठाउँमा व्यापारिक मेला आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको बुढापाका बताउँछन् । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घनाजङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ ।
चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ ।
|
खानेपानी ट्याङ्कीमा भेटियो शव दमौली। तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो।
घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए।
“दुई/तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देख्यौँ”, मल्लले भने। पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटकपटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शङ्का आफूलाई भएको उनले बताए।
“दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ”, मल्लले भने।
उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको जानकारी दिए। “ढक्कन खोल्दा सुरुमा कपाल जस्तो देख्यौँ, पछि कपडा पनि देख्यौँ, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौँ”, उनले भने। उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए। “प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु भइसकेको छ, मृतकको नामथर वतन खुलेको छैन”, उनले भने।
|
प्रधानमन्त्रीविरुद्ध रंगकर्मीहरूकाे रिट काठमाडौँ। नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन्। नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेका हुन्।
पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारि कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको दावी गरे।
यसैविरुद्ध आफूहरु न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाए। अदालतले दिने निर्णय आफूहरुले सहर्ष स्वीकार गर्नेसमेत उनीहरुले बताए। उनीहरुले प्रजातान्त्रिक व्यवस्थामा दलहरु नै प्रमुख हुने र दलले नै भागबन्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने भनाई राखे।
साथै उनीहरुले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरे। उनीहरुले भने, नियुक्त भएका व्यक्तिहरुको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उनीहरुको बायोडाटा सार्वजनिक गर्न चुनौती दिन्छौं।
|
विकासको पर्खाइमा ‘सूर्य ओढार’ कपिलवस्तु। अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ। विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ।
कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ सो स्थान रहेको छ। स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ।
बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका पोमनारायण पौडेल सूर्य भन्छन्, “कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्वपूर्ण छ। शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो।”
महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो। बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्थे। त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो। यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उनले बताए।
उनका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ। यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उनले दाबी गरे।
सूर्य ओढार पहाड नजिकै छ । यसको नजिकै भागीरथि नदी (बाणगङ्गा) बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ। बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन्। विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताए। जीवनभर बुद्धका अध्ययनमा लाग्नुभएका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो।
बुद्धले २९ वर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ। तिलौराकोटमा हाल उत्खनन भइरहेको छ। यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन्।
पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताए।
पावरा–विक्रमका गाउँलेहरूले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए। स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ। बुद्धको खोज र अनुसन्धान भइरहँदा कतिपय किताबमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियान्ता लागिपरेका छन्। यसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसँग जोडेको हो। फागुनको दोस्रो हप्ता यहाँ ४० भिक्षुलगायत दर्शनौँको सङ्ख्यामा बौद्ध अनुयायी आएका थिए। उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए।
बहुसङ्ख्यक थाईलगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुका साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो। यसको प्रचार–प्रसारको मुख्य अगुवाइ शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख रेश्मीले गरेका छन्।
यसको विकास र प्रचार–प्रसारका लागि भिक्षुलगायत बुद्धका अनुयायीको अवलोकन महत्वपूर्ण रहेको उनले जनाए। भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उनले बताए।
बाणगङ्गा नगरपालिका–८ निवासीसमेत रहनुभएका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताए। त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जङ्गली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उनको जोड छ।
देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएकोसमेत उनले बताए। उनले भने,“खुला आकाशमुनि ध्यान गर्दा घामपानी, हावाहुरी र वर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्छ।”
पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडि रहेको क्षेत्रको विकासका लागि आफूहरू कम्मर कसेर लाग्ने बताए। बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकास के–कसरी गर्न सकिन्छ सरोकारवालासँग मिलेर अगाडि बढ्ने उनले जनाए।
|
जन्मेका प्रतिहजार शिशूमा मृत्यु हुने दर ३३, बाल मृत्युदरमा ६३ प्रतिशतले कमी काठमाडौं। नेपालमा बाल मृत्यु दर उल्लेख्य मात्रामा घटेको छ। जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ ले गरेको अध्ययन अनुसार प्रति हजार जीवित जन्ममा अहिले मृत्यु दर ३३ मा झरेको छ। सन् ००१ मा यो दर ९१ थियो।
तथ्यांक विश्लेषण गर्दा २१ वर्षमा बाल मृत्यु दर ६३.७३ प्रतिशतले घटेको छ। त्यस्तै, जन्मको वर्ष दिनभित्र मृत्यु हुने शिशूको दर पनि घटेको छ। तथ्यांक अनुसार सन् ००१ मा वर्ष दिन भित्र प्रति हजार ६४ शिशूको मृत्यु हुन्थ्यो।
सन् ०२२ मा यो दर घटेर २८ पुगेको छ। जन्मेको २८ दिनभित्र मृत्यु हुने शिशूको दर पनि घटेको छ । सन् ००१ मा जन्मेको २८ दिनभित्र प्रति हजार ३५ शिशूको मृत्यु हुन्थ्यो। यो दर घटेर सन् ०२२ मा २१ मा आईपुगेको छ।
जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ को तथ्यांक समेटेर जागृत बाल तथा युवा सरोकार नेपालले ‘नेपालमा बाल पोषणको अवस्था ०७९’ नामको पुस्तक नै प्रकाशन गरेको छ। शुक्रवार सार्वजनिक भएको पुष्तकमा बालबालिकामा देखि पुड्कोपन पनि घटेको देखाइएको छ।
तथ्यांक अनुसार सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनको दर ५७ प्रतिशत थियो। यो दर घटेर सन् ०२२ मा २५ प्रतिशतमा आइपुगेको छ।
त्यस्तै, पाँच वर्ष मुनिका बालबालिकामा ख्याउटेपनको दर पनि घटेको छ। सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा ख्वाउटेपनको दर ११ प्रतिशत थियो। यो घटेर सन् ०२२ मा ८ प्रतिशतमा आइपुगेको छ। तथ्यांक अनुसार पाँच वर्ष मुनिका बालबालिका कम तौलको दर पनि घटेको छ।
सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा कम तौलको दर ४३ प्रतिशत थियो। यो दर घटेर सन् ०२२ मा १९ प्रतिशतमा आइपुगेको छ। तथ्यांक अनुसार नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पता दर ४३ प्रतिशत रहेको छ।
तथ्यांक विश्लेषण गर्दा शिशूलाई ६ महिनासम्म स्तनपान गराउने दर भने घट्दै गएको छ । सन् ००१ मा ६ मिहनासम्मका शिशूलाई पुर्ण रुपमा स्तनपान गराउने दर ६८ प्रतिशत थियो। यो दर घटेर सन् ०२२ मा ५६ प्रतिशतमा आइपुगेको छ।
पुस्तकमा उल्लेखित विवरण अनुसार सबैभन्दा धेरै पुड्कोपन मधेस प्रदेशमा रहेको छ। मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन छ । त्यस्तै, १० प्रतिशतमा बालबालिकामा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो।
बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ। सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमिका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ ।
यस्तै जन्मेको १ वर्षभित्र शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । त्यस्तै जन्मेको २८ दिन भित्रको शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ रहेको छ ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ ।
समग्रमा नेपालमा बालबालिकामा कुपोषण न्यूनीकरण हुँदै गईरहेको छ । तर पनि जनस्वास्थ्यको परिप्रेक्ष्यबाट पुड्कोपन, ख्याउटेपन र कम तौलको जोखिम विद्यमान समस्या भने रहिरहेको पाइरहेको छ ।
जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए।
उनले भने,‘हामीले कुपोषणको सामना गर्न नागरिक समाज सहित धेरै सरोकारवालाहरू सम्मिलित सहयोगी प्रयासको आवश्यकता भएको स्वीकार गर्नै पर्छ । हामीले पनि समुदाय र परिवारहरूले ज्ञान र स्रोतहरू भएका बालबालिकाहरूलाई पर्याप्त पोषण प्राप्त गर्न सुनिश्चित गर्नका लागि उनीहरुलाई सशक्त बनाउनु पर्छ । संयुक्त प्रयासहरूद्वारा मात्र हामीले नेपालमा कुपोषणको चुनौतीलाई सम्बोधन गर्न र हाम्रा बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्ने आशा गर्न सक्छौं ।’
खाद्य अधिकारका लागि राष्ट्रिय संजाल संयोजक विदुर सुवेदीले सन्तुलित पोषणका लागि खानामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए । उनले भने,‘पत्रुु खानालाई निरुत्साहन गर्नु पर्छ । हामीले हाम्रा पुरानोे खानपानको आनिबानिलाई पुनः सुरु गर्नुपर्छ । यसतर्फ अभिभावकको चेतना बढाउन आवश्यक छ । स्थानीय सरकारलाई यस बिषयमा जिम्मेवार बनाउन आवश्यक छ ।’
जन्मेका प्रतिहजार शिशूमा मृत्यू हुने दर ३३, बाल मृत्यूदरमा ६३ प्रतिशतले कमी
काठमाडौं । नेपालमा बाल मृत्यू दर उल्लेख्य मात्रामा घटेको छ । जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ ले गरेको अध्ययन अनुसार प्रति हजार जीवित जन्ममा अहिले मृत्यू दर ३३ मा झरेको छ । सन् ००१ मा यो दर ९१ थियो ।
तथ्यांक विश्लेषण गर्दा २१ वर्षमा बाल मृत्यू दर ६३।७३ प्रतिशतले घटेको छ । त्यस्तै, जन्मको वर्ष दिनभित्र मृत्यू हुने शिशूको दर पनि घटेको छ । तथ्यांक अनुसार सन् ००१ मा वर्ष दिन भित्र प्रति हजार ६४ शिशूको मृत्यू हुन्थ्यो ।
सन् ०२२ मा यो दर घटेर २८ पुगेको छ । जन्मेको २८ दिनभित्र मृत्यू हुने शिशूको दर पनि घटेको छ । सन् ००१ मा जन्मेको २८ दिनभित्र प्रति हजार ३५ शिशूको मृत्यू हुन्थ्यो । यो दर घटेर सन् ०२२ मा २१ मा आईपुगेको छ ।
जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ को तथ्यांक समेटेर जागृत बाल तथा युवा सरोकार नेपालले ‘नेपालमा बाल पोषणको अवस्था ०७९’ नामको पुस्तक नै प्रकाशन गरेको छ । शुक्रवार सार्वजनिक भएको पुष्तकमा बालबालिकामा देखि पुड्कोपन पनि घटेको देखाइएको छ।
तथ्यांक अनुसार सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनको दर ५७ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा २५ प्रतिशतमा आइपुगेको छ ।
त्यस्तै, पाँच वर्ष मुनिका बालबालिकामा ख्याउटेपनको दर पनि घटेको छ । सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा ख्वाउटेपनको दर ११ प्रतिशत थियो । यो घटेर सन् ०२२ मा ८ प्रतिशतमा आइपुगेको छ । तथ्यांक अनुसार पाँच वर्ष मुनिका बालबालिका कम तौलको दर पनि घटेको छ।
सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा कम तौलको दर ४३ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा १९ प्रतिशतमा आइपुगेको छ ।
तथ्यांक अनुसार नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पता दर ४३ प्रतिशत रहेको छ ।
तथ्यांक विश्लेषण गर्दा शिशूलाई ६ महिनासम्म स्तनपान गराउने दर भने घट्दै गएको छ । सन् ००१ मा ६ मिहनासम्मका शिशूलाई पुर्ण रुपमा स्तनपान गराउने दर ६८ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा ५६ प्रतिशतमा आइपुगेको छ ।
पुस्तकमा उल्लेखित विवरण अनुसार सबैभन्दा धेरै पुड्कोपन मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन छ । त्यस्तै, १० प्रतिशतमा बालबालिकामा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो ।
बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ। सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमिका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ।
यस्तै जन्मेको १ वर्षभित्र शिशुको मृत्यु ९प्रति १००० जीवित जन्ममा० सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । त्यस्तै जन्मेको २८ दिन भित्रको शिशुको मृत्यु ९प्रति १००० जीवित जन्ममा० सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ रहेको छ ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ ।
समग्रमा नेपालमा बालबालिकामा कुपोषण न्यूनीकरण हुँदै गईरहेको छ । तर पनि जनस्वास्थ्यको परिप्रेक्ष्यबाट पुड्कोपन, ख्याउटेपन र कम तौलको जोखिम विद्यमान समस्या भने रहिरहेको पाइरहेको छ ।
जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए। उनले भने,‘हामीले कुपोषणको सामना गर्न नागरिक समाज सहित धेरै सरोकारवालाहरू सम्मिलित सहयोगी प्रयासको आवश्यकता भएको स्वीकार गर्नै पर्छ। हामीले पनि समुदाय र परिवारहरूले ज्ञान र स्रोतहरू भएका बालबालिकाहरूलाई पर्याप्त पोषण प्राप्त गर्न सुनिश्चित गर्नका लागि उनीहरुलाई सशक्त बनाउनु पर्छ । संयुक्त प्रयासहरूद्वारा मात्र हामीले नेपालमा कुपोषणको चुनौतीलाई सम्बोधन गर्न र हाम्रा बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्ने आशा गर्न सक्छौं ।’
खाद्य अधिकारका लागि राष्ट्रिय संजाल संयोजक विदुर सुवेदीले सन्तुलित पोषणका लागि खानामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए ।
उनले भने,‘पत्रुु खानालाई निरुत्साहन गर्नु पर्छ । हामीले हाम्रा पुरानोे खानपानको आनिबानिलाई पुनः सुरु गर्नुपर्छ । यसतर्फ अभिभावकको चेतना बढाउन आवश्यक छ । स्थानीय सरकारलाई यस बिषयमा जिम्मेवार बनाउन आवश्यक छ।’
|
आजको मौसमः देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
संविधानको संरक्षण प्रमुख दायित्व र कर्तव्य: राष्ट्रपति काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन्। नेपाल बार एशोसिएसनको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।
राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए। पौडेलले भने, “संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला।”
नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
|
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद काठमाडौं। नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए।
“प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए। उनीहरुको साथबाट प्रहरीले रु एक हजार दरका रु २६ हजार र रु पाँच सय दरको रु चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ।
साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको रु पाँच लाख ३६ हजार बरामद गरिएको थियो। पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ। माघमा रु एक हजार दरको रु चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
|
परिक्षा दिएर घर फर्किने बेला विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु बाजुरा । बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहिबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।
धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’ दोधारा चाँदनी। कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।
क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ। म्युजियमभित्र उल्टो तस्बिर लिने (अपसाइड डाउन) लिनेहरूको आकर्षण देखिन्छ।
उक्त म्युजियममा कुर्सी, टेबल, साइकललगायतका सामग्री उल्टो राखिएको छ। तस्बिर लिएपछि उल्टो नै देखिने गर्छ। अहिले म्युजियममा दैनिक सय÷डेढ सय जना अवलोकनका लागि आउने गरेका छन्।
महेन्द्रनगरमात्रै नभएर धनगढी र नेपालगन्जबाट समेत अवलोकनका लागि आउने गरेका छन्। त्यसैगरी म्युजियमभित्र पुरानो हेलिकोप्टर र स्विमिङ पुललगायत यस क्षेत्रका पर्यटकीयस्थलको तस्बिरसमेत राखिएको छ। म्युजियममा यस क्षेत्रका रानाथारू पहिरनमा सजिएका डमी राखिएका छन्।
“म्युजियमभित्र सुदूरपश्चिमका धार्मिकस्थल र यहाँका संस्कृति झल्किने सामग्री देख्न पाइन्छ”, म्युजियमका सञ्चालक क्याप्टेन उप्रेतीले भने, “अहिले यहाँ आउने आन्तरिक पर्यटक बढ्न थालेका छन्।”
आजदेखि म्युजियममा ‘एयरक्राफ्ट म्युजियम’ समेत सञ्चालनमा आएको छ। “कस्मिक एयरको फोकर–१०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो”, उप्रेतीले भने, “यसमा एकैपटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन्।”
उनले ‘एयरक्राफ्ट म्युजियम’ समेत थपिएपछि सुदूरपश्चिम क्षेत्रको पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत यस म्युजियममा सुन्न सकिने बताए।
म्युजियमले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको स्थानीय चित्राङ्ग थापाले बताए। “महेन्द्रनगरमा पर्यटकको नयाँ गन्तव्यका रूपमा म्युजियम स्थापित भएको छ।” थापाले भने, “म्युजियमले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याएको छ।”
पछिल्लो समय म्युजियममा भारतको सीमावर्ती सहरबाट समेत अवलोकनका लागि आउने गरेका छन्। “फोटो र टिकटक बनाउनका लागि उत्कृष्ट स्थान भएकाले म्युजियममा आएका हाँै”, सोमबार म्युजियम घुम्न आएका शुक्लाफाँटाका कमला पन्तले भनिन्, “यहाँ सुदूरपश्चिमका अन्य पर्यटकीयस्थलको फोटो पनि देख्न पाइयो।”
सामाजिक सञ्जाल र टिकटकमा नयाँ–नयाँ ठाउँको भिडियो पोष्ट गर्न प्रतिस्पर्धा नै हुने गरेको देखिन्छ। “एक जना साथीको टिकटकमा यहाँको भिडियो देखेपछि मलाई पनि हेर्न मन लागेर आएको हुँ”, म्युजियम घुम्न आएका विकास क्षेत्रीले भने, “म्युजियममा धेरै कुरा हेर्न पाइयो।”
पछिल्लो समय यहाँ आएर टिकटक बनाउनेहरूको समेत भीड लाग्न थालेको छ।
|
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी झापा। जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।
कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएको जनाएको छ ।
पन्ध्र दिनभित्र हकदाबी गर्न कोही नआएमा कानुनबमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा यस्ता मोटरसाइकल सयौँको सङ्ख्यामा वर्षौंदेखि राखिँदै आएको छ । अधिकांश मोटरसाइकल चालू अवस्थामा छैनन् भने कतिपयको पार्टपुर्जा हराएका वा बिग्रिसकेका छन् । ब्लूबुक नभेटिएका, भारतबाट चोरी भएर आएका, चेसिस नम्बर र नम्बर प्लेट नभएकालगायतका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सुरक्षितरुपमा भण्डारण नगरिएका कारण कैयौँ मोटरसाइकल लगातार घामपानी परेर कबाडी बनिसकेका छन् ।
मन्त्रिपरिषद्ले जारी गरेको सरकारी सम्पत्ति तथा जिन्सी मालसमान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न लागेको सूचना अधिकारी रिजालले बताए। लिलामी प्रक्रिया सुरु गरिएका अधिकांश मोटरसाइकल नेपाली नम्बरकै छन् । केही साधन भारतीय नम्बरका र केहीको नम्बर प्लेट नै पत्ता नलागेको अवस्था रहेको प्रहरीले जनाएको छ ।
|
सामुदायिक रेडियो प्रसारक संघले दियो राष्ट्रपति पौडेललाई बधाइ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले सो पदमा निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन्। राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर बधाई दिएका हुन् ।
सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति ज्यूले सामुदायिक रेडियोका कारण गाँउ गाँउसम्म आम नागरिकमा सुचनाको पहुँच पुगेको भन्दै सामुदायिक रेडियोहरुलाई धन्यवाद दिए । साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशिलताको विकास गर्न सामुदायिक रेडियोहरुको भूमिका विशेष रहेको राष्ट्रपतिको धारणा थियो ।
राष्ट्रपति पौडेलले भने,‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरुको ठूलो भूमिका रहेका छ । त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरुले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’
राष्ट्रपतिले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताउनुभयो ।उनले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भएपनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए । राष्ट्रपति पौडेलले उक्त धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए ।
सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष अर्जुन गिरीले सम्माननीय राष्ट्रपति ज्यूलाई रेडियो सेट उपहार दिएका थिए।
|
चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।
चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ ।
कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे । उनले जिल्लामा अहिले आपत्कालीन कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए ।
उहाँले भने, “सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अङ्ग, सामुदायिक वन महासङ्घ, रेडक्रस जस्ता संस्थाको सहभागितामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।” चैत १५ गतेसम्म कार्ययोजना तयार हुने जनाउँदै उहाँले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताए।
गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्वपूर्ण हुने उनको भनाइ छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरिएको उहाँले जानकारी दिए ।
उनले भने, “हामीले पूर्वतयारी गरिरहेका छौँ ।” पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको उहाँले बताए। मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङ जस्ता कारणले आगलागी बढी हुने गरेको छ ।
|
धनुषामा एक आपसमा ट्रक ठोक्किदा तीन जनाको मृत्यु धनुषा । धनुषामा एकापसमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।
ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ ।
मृतकको अझै पहिचान खुल्न सकेको छैन् ।
|
धनियाँ बेचेर वार्षिक तीन लाख गलेश्वर। दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन्। बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गर्नुभएको हो।
कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन्। धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा डेढ लाखभन्दा बढी आम्दानी भएको बताए।
हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ। सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए।
म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन्। लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ।
लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैं टिपेर लैजाने गरेका कार्कीले बताए। ‘अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ’, कार्कीले भने।
कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन्। रासस
|
बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो काठमाडौं। बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइएको छ। नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पुर्याएर अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको जानकारी दिइन्।
उनका अनुसार नेपाल फर्काइएका महिलामा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई रहेका छन्।
पीडित महिलालाई विभिन्न सङ्घसंस्थाको सहयोगमा नेपाल फर्काइएको र उनीहरूले टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि स्वदेश फर्काउने प्रयास भएको भण्डारीले बताइन्।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएका नौ दिदीबहिनीलाई अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुका साथै विदेशमा पुर्याई अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन्।
उनले भनिन्, “तपाईंहरू नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईंहरूलाई हामी न्याय दिलाउने छौँ, अपराधीलाई कारबाही गराउन पहल गर्नेछौँ।”
अल्पत्र अवस्थाबाट स्वदेश फर्काइएका मध्येकी एक पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको र भनेको पारिश्रमिक नदिएको तथा पीडा दिने गरेको दुःखेसो पोखिन्। उनले नेपालबाट जाँदा एजेन्टले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल रु ७५ दैनिक दिने गरेको जानकारी दिइन्।
|
आजको मौसमः चारवटा प्रदेशमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
बाघको आक्रमणबाट कञ्चपुरकी एक महिलाको मृत्यु धनगढी । नेपालको कैलाली–कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गाउँका स्थानीयसंग गएकी कंचनपुको पुनर्वास नगरपालिका- १० मदनटोलकी अन्दाजी वर्ष ३२ वर्षीया कलसा सार्कीमाथि बाघले आक्रमण गरेको हो ।
मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए। सार्कीसंग अन्य महिला भने बाघको आक्रमणबाट भागेर बच्न सफल भएका छन् ।
भारतीय प्रहरीले घटनाको मुचुल्का बनाई कागजी प्रक्रिया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
|
बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैनः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन्।
साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन्।
“बालबालिकालाई बाँच्न, नाच्न र हास्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ”, उनले भने, “बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन।”
महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए। एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ।
“साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ”, उनले भने
|
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।
सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनी वडा कार्यालयमा झुटो विवरण दिई जन्मदर्ता प्रमाणपत्र बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
झुटो विवरण पेस गरेर बनाएकै जन्मदर्ताको आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रका लागि अनुसुची १ बमोजिमको फारमसमेत भरी सकेपछि शङ्का लागि वडा कार्यालयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा झुटो प्रमाणित भएको उनले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई झुटो विवरण पेस गरी जन्मदर्ता प्रमाणपत्र बनाएको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । उनीहरुलाई धादिङ जिल्ला अदालतले आज ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
|
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता काडमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए।
उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पुर्याएको सेवाप्रति अभार व्यक्त गरे। उनले अवकाश हुन लागेका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए।
अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गरे।
उनले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गरे।
उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिए। सिंहसहित उनका ब्याची आज राति १२ बजेबाट अबकाशमा जाँदै छन्। नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्नेछन्।
|
छोरीभन्दा छोरा धेरै जन्मिए काठमाडौं। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो।
जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए।
जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन्। नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ।
यस्तै एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक प्रतिशत छन् भने नौ वा सोभन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ। जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ।
राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४ दशमलव चार प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२ दशमलव तीन प्रतिशत छन्।
दशवर्ष मुनि शुन्य दशमलव तीन प्रतिशतको विवाह
राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु शुन्य दशमलव तीन प्रतिशत छन्। यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु सात प्रतिशत छन्। समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ। जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ।
मातृ मृत्युदर १५१ मा
यसैगरी कूल प्रजनन उमेर समूह (१५–४९ वर्ष) का १२ हजार नौ सय ७६ महिला मृत्युमध्ये छ सय ५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ। तीमध्ये छ सय २२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको जनगणनामा जनाइएको छ।
उक्त उमेर समूहबाट कूल चार लाख १२ हजार नौ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ। जसअनुसार मातृमृत्यु दर एक सय ५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।
|
मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ भक्तपुर । प्रहरीले मोबाइल चोरी गर्ने र सोही चोरीको मोबाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोबाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने वर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोबाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु नै बस्ने वर्ष ३० को रामशरण अछामीलाई पक्राउ गरेको हो ।
यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोबाइल चोरी भएको उजुरी परेको थियो ।
प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोबाइल चोरी भएकोमा चोरी भएका मोबाईलहरु मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोबाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।
साथै, फागुन १४ गते काठमाडौं बुढानिलकण्ठमा रामकुमार दंगालले सञ्चालन गरेको चाहना मोबाइल मार्ट तथा फागुन १६ गते जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोबाइल सेन्टरमा समेत निज जिनलाप घिसिङले चोरी गरेको अनुसन्धानको क्रममा खुल्न आएको भक्तपुर प्रहरी परिसका सूचना अधिकृत बसन्त पाठकले बताए ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.