content
stringlengths
20
64.1k
एजेन्सी भारतमा विषाक्त रक्सी सेवनबाट सात जनाको मृत्यु भएको छ।, गुजरातको बाटोड जिल्लामा विशाक्त मदिरा सेवनबाट कम्तीमा सात जनाको मृत्यु भएको छ।, समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै स्थानीय प्रहरीले बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवनबाट सात जनाको मृत्यु हुनुका साथै १० जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिएको छ।, गुजरातका प्रहरी महानिर्देशक आशीष भाटियाले प्रहरीले नक्कली र लोकल रक्सी बेच्ने व्यवसायमा संलग्न तीन रक्सी तस्करलाई पक्राउ गरेको छ।, अस्पतालमा भर्ना भएका एक जनाकी श्रीमतीले बताए अनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेका थिए र त्यसको केही घण्टा पछि उनको स्वास्थ्य बिग्रन थालेको थियो। , यसअघि आइतबार राति एक मदिरा पसलबाट नक्कली मदिरा किनेर खाएका १५ जना बिरामी परेका थिए। उनीहरूको हाल स्वास्थ्यमा सुधार हुँदै गएको बिबीसीले जनाएको छ।, भारतमा विषाक्त रक्सी सेवनबाट कम्तिमा ७ को मृत्यु, १० जना अस्पताल भर्ना
सेतोपाटी संवाददाता सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा पुन: कडाइ गर्ने भएको छ।, ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि भदौ १ देखि फेरि कडाइ गर्न लागिएको हो।, यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो।, तर कोरोनाका बेला अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोग वृद्धि हुँदै गएको पाइएको विभागको भनाइ छ।, सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।, यस्तै ०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो।, ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ।, विभागले भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गर्नेलाई वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ।, ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोग गरे भदौ १ देखि कारबाही गरिने
सेतोपाटी संवाददाता यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट केही दिनभित्रै प्रकाशित गर्ने तयारी छ।, राष्ट्रिय परीक्षा बोर्डले यही साता रिजल्ट प्रकाशित गर्ने बताएको थियो। त्यसअनुसार रिजल्ट प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन्।, रिजल्ट प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बताएको छ।, यसवर्षको एसईई परीक्षा गत वैशाखमा भएको थियो। यसवर्ष पाँच लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए।, असार अन्तिम साता रिजल्ट प्रकाशित गर्ने भने पनि दुई साता ढिला हुने भएको छ।, रिजल्ट प्रकाशित भएपछि यसरी हेर्न सकिन्छ:, एसईईको रिजल्ट भएपछि यसरी हेर्न सकिन्छ!
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।, वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।, सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए।, पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।, पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
रासस पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।, अन्न पिस्ने मिलमा बिजुली सर्ट भई करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन्।, सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो।, करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्‍याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।, मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयले बताएका छन्। , पाँचथरमा करेन्ट लागेर एकको मृत्यु, अर्का घाइते
रासस रूघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।, केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो। पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ।, एक साताका लागि विद्यालय बन्द गरिएको हो। परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ। चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन्।, गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ ।, ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ। बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।, अस्पतालमा शैय्या नहुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ । बिरामीलाई चिकित्सकले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन्। पानी उमालेर मात्र खाने, चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको सल्लाह छ । बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।, भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
सेतोपाटी संवाददाता बाँकेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। , बाँकेको कोहलपुर नगरपालिका- १४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।, यो जोडीले हालसालै बिहे गरेको खुल्न आएको डिएसपी न्यौपानेले बताए। , ‘घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ डिएसपी न्यौपानेले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका नव विवाहित दम्पत्ति मृत फेला परेका हुन्।’, आफू घटनास्थलमै रहेको र घटना संकास्पद रहेको डिएसपी न्यौपानेले जानकारी दिए। , कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो।, ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिँदैन।’, प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ।, बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला
रासस प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो।, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक नम्बर बा ८३ प ९२८१ नम्बरको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा ८४ प ६९०७ बनाएर चलाएकाले बन्जारालाई पक्राउ गरिएको बताए।, उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ।, पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागी प्रहरी बृत्त बौद्ध पठाइएको छ।, चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाउने युवा काठमाडौंबाट पक्राउ
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा एकलाई मंकिपक्स भाइरसको संक्रमण पुष्टि भएको छ।, द इन्डियन एक्प्रेसका अनुसार ३४ वर्षीय पुरूषलाई मंकिपक्स संक्रमण देखिएको हो।, ती पुरूष पछिल्लो समय देशबाहिर नगएको भए पनि संक्रमण देखिएको हो। केही दिनअघि उनी हिमाञ्चलको मनालीमा एक भोजमा सहभागी भएका थिए।, उनको सम्पर्कमा आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको अधिकारीहरूले जनाएका छन्।, योसहित भारतमा मंकिपक्सका ४ जना संक्रमित पुगेका छन्। केही समयअघि दक्षिण भारतीय राज्य केरलामा ३ जनालाई मंकिपक्सको संक्रमण भएको थियो।, यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।, द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।, मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्नेबारे डब्लुएचओको विज्ञ समूह सहमतिमा पुग्न सकेको थिएन। विज्ञ समूह विभाजित भएपछि गेब्रेएससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन्। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ।, ‘हामीले कमै थाहा पाएका नयाँ माध्यमबाट तीव्र गतिमा संसारभरि फैलिरहेको यो संक्रमण स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सबै अवस्थामा पुगेको छ,’ गेब्रेएससले भनेका छन्।, केही विज्ञहरूले पनि डब्लुएचओले हतार-हतारमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको भनेर आलोचना पनि गरेका छन्।, मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।, केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो। परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो।, सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।, त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।, यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।, विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।, संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।, मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।, मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।, मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।, दिल्लीमा पनि एक जनालाई देखियो मंकिपक्स
नवीनबाबु गुरूङ भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।, सल्लाघारीमा बाटोमाथिको रूख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, काठमाडौंबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटर थिचिएको उनले जानकारी दिए।, बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। , घटनापछि प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्‍याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काम गरिरहेको छ।, धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ।, हेर्नुहोस् तस्बिरहरू, सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिचेपछिको अवस्था (तस्बिरहरू)
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट प्रहरीले १५० भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको छ। , कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले जानकीनगरबाट भारतीयसहित नेपाली युवालाई नियन्त्रणमा लिएको हो।, ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर करिब ३ सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई फसाएको प्रहरी अनुसन्धानबाट भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। , केसीका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ।, प्रहरीका अनुसार एक जना भारतीय र ६ जना नेपालीको संयुक्त लगानी रहेको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको छ।, यस्तै उनीहरूले चिनियाँ एप्लिकेसनकाे प्रयोग गरी भारतीय नागरिकहरूलाई ऋण प्रवाह गर्ने र मिटर ब्याजमा रकम उठाउने कार्य समेत संचालन गरेको पाइएकाे प्रहरीले जनाएको छ। , उनीहरूले मिटर ब्याजमा लगाएको रकम फिर्ता नगरे अस्लिल तस्वीर र भिडिओ सार्वजनिक गरिदिने भन्दै ब्याल्याकमेलिङ गर्दै आएको भेटिएको प्रहरीले जनाएको छ।, प्रहरीले दुई सय बढी कम्प्युटर र मोबाइल बरामद गरेको जनाएको छ। , अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी केही बेरमा सार्वजनिक गर्ने भएको छ।,  , सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्ने कार्यालयबाट १५० बढी युवायुवती प्रहरी नियन्त्रणमा
सेतोपाटी संवाददाता भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्।, सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ। , केही घाइतेहरूको अवस्था गम्भीर छ। घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ।, लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो।  बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ। , प्रहरी टोली अहिले घटनास्थलमै छ। अहिले क्रेनले रूख हटाउने काम गरिरहेको छ।,  ,  ,  ,  ,  , भक्तपुरमा रूख ढल्दा किचिए बस र स्कुटर, १५ जना घाइते (तस्बिरहरू)
सेतोपाटी संवाददाता भक्तपुरमा सल्लाको रूख ढल्दा तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ।, गृहमन्त्री बालकृष्ण खाणको सचिवालयका अनुसार भक्तपुर नगरपालिका १ सल्लाघारीमा आज रूख ढलेर एक यात्रुबहाक बस र स्कुटीलाई च्यापेको थियो।, काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र ६१ च नम्बरको स्कुटीलाई रूखले च्यापेको थियो। बसले च्याप्दा तीन जनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते रहेको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालाई उद्धृत गर्दै गृहमन्त्रीको सचिवालयले जनाएको छ।, घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइएको छ।, मृत्यु भएका तीन जनामध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माको भनाइ छ।, विशेष खर्वुजाको सनाखत भएको गृहको भनाइ छ। नेपाली सेनाले ढलेको रुख हटाउने काम गरिरहेको छ।, यसैबीच गृहमन्त्री खाणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवीशर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई घाइतेको उपचार र सडकमा ढलेको रूख पन्छाइ सवारी साधन पुन: सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।, गृहले भन्यो- भक्तपुरमा रूख ढल्दा तीनको मृत्यु, १२ जनाभन्दा बढी घाइते
सेतोपाटी संवाददाता भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको हो। रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको हो। , लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो। , रूख ढलेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। चिकित्सकले घटनामा परेका तीन जनाको मृत्यु भएको घोषणा गरेका छन्। , ‘उनीहरूको अवस्था चिन्ताजनक थियो। अस्पतालमा चिकित्सकले घोषणा गरेको छ,’ उनले भने। , मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ बस्ने २५ वर्षीय विशेष खर्बुजा छन्। अन्य दुई जना पनि पुरूष नै छन्। , रूख ढलेको खबर पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुर र नेपाली सेना समेतको टोली घटनास्थलमा पुगेको छ। , त्यहाँबाट १५ जनाको उद्धार गरी अस्पताल पठाएको थियो। घाइतेहरूको इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको हो। , प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार बस बायाँ लेनबाट जाँदै थियो। बस काठमाडौंबाट दुधपाटीतिर जाँदै थियो। स्कुटर भने दुधपाटीबाट सल्लाघारीतर्फ आउँदै थियो। , रूख भने दायाँपट्टीबाट ढलेको हो। , प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रूखको जरा कमजोर भएर ढलेको देखिएको उनले बताए। , ‘पूरानो सल्लाको रूख हो। एकदमै ठूलो पनि छ। यसको जरा एकदमै कमजोर देखियो। वर्षाका कारणले रूख जरैबाट ढलेको देखियो,’ डिएसपी पाण्डेले भने,‘दायाँ पट्टी भएको रूख ढलेर बाँया पट्टीको बसलाई किच्नु भनेको ठूलो रूख हो। जरैदेखि ढलेको देखिन्छ।’, रूख ढलेपछि सडक अवरूद्ध भएको छ। अहिले क्रेन लगाएर रूख र बसलाई हटाउने काम पनि भइरहेको छ। , जरैदेखि ढलेको थियो भक्तपुरमा तीन जनाको ज्यान लिने रूख
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।, द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।, मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्नेबारे डब्लुएचओको विज्ञ समूह सहमतिमा पुग्न सकेको थिएन। विज्ञ समूह विभाजित भएपछि गेब्रेएससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन्। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ।, ‘हामीले कमै थाहा पाएका नयाँ माध्यमबाट तीव्र गतिमा संसारभरि फैलिरहेको यो संक्रमण स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सबै अवस्थामा पुगेको छ,’ गेब्रेएससले भनेका छन्।, केही विज्ञहरूले भने डब्लुएचओले हतार-हतारमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको भनेर आलोचना गरेका छन्।, मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।, केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो। परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो।, सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।, त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।, यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।, विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।, संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।, मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।, मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।, मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।, (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणमा आधारित।), ७५ देशमा पुग्यो मंकिपक्स, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। , खोलामा खसेर बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको कपनका १६ वर्षीय शुभम श्री प्रधानको शव फेला परेको हो।, शनिबार उनी आफ्ना साथीहरूसँग सुन्दरीजलमा घुम्न पुगेका थिए। उनीसहित सात जना त्यहाँ घुम्‍न गएका थिए। , उनको शव फेला परेको प्रहरी उपरीक्षक मैनालीले बताए। , ‘खसेको ठाउँतिरै ढुंगाहरू बीचमा च्यापिएको अवस्थामा फेला परेको हो,’ उनले भने,‘अहिले निकाल्ने काम भइरहेको छ।’ , प्रधानले शनिबार अपरान्ह सवा ४ बजेतिर ढुंगामा बसेर फोटो खिचाउन खोजेका थिए। त्यसक्रममा उनी चिप्लिएर खोलामा खसेका थिए। , खसेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रधानलाई खोज्‍न प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली खटिएको थियो। , यस्तै प्रहरीको सामाखुसीस्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको थियो।   , मृत फेला परे सुन्‍दरीजलमा बेपत्ता भएका किशोर
रासस झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ।, अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर थन्किएका हुन्। लामो समयदेखि एम्बुलेन्स सेवा अवरूद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन्। , नेपाल-भारतमैत्री सङ्घले २०५४ र २०६४ सालमा एक-एक गरी मेची अस्पतालमा दुई एम्बुलेन्स सञ्चालित थिए। ती दुई एम्बुलेन्समध्ये एउटा करिब आठ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएको छ। बिग्रिएका ती एम्बुलेन्स बनाउने अवस्थासमेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताए।, ‘एम्बुलेन्स बनाउने कण्डिसन नै छैन,’ उनले भने, ‘त्यसैले मर्मत गरिएको छैन।’, अस्पतालको एम्बुलेन्स बिग्रिए पनि एम्बुलेन्स चालकले भने तलब बुझिरहेको अस्पताल स्रोतले जनाएको छ। सँगै एम्बुलेन्स बिग्रिए पनि सोको व्यवस्थापनका लागि व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीय सरकार कहीँकतैबाट पहल नभएको अस्पतालका कर्मचारी बताएका छन्। प्रदेश नम्बर-१ सरकारले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा शववाहन दिने जनाए पनि सो लिनका लागि समेत पहल नगरिएको अस्पताल स्रोतको भनाइ छ।, मेची अस्पताल सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चलकै ठूलो अस्पताल हो। मुलुक सङ्घीय संरचना गएपछि यसलाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको छ।, प्रदेश र सङ्घीय सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरण र भौतिक संरचरना निर्माणका लागि अनुदान दिँदै आएको छ। भद्रपुरमा सरकारी-संस्थागत रूपमा भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका एक-एक एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरका सभापति गोपाल गिरीले बताए। , ‘केही एम्बुलेन्स निजि रूपमा समेत सञ्चालित छन्,’ उनले भने, ‘सरकारले भाडादर निर्धारण गरे पनि एक रूपता छैन।’, प्रभावकारी रूपमा अनुगमन नहुँदा एम्बुलेन्स जस्तो संवेदनशील क्षेत्रमा समेत धेरै विकृति बढेको उनको भनाइ छ।, मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किँदा सेवाग्राही मारमा
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। , धनकुटाका सहिदभूमि गाउँपालिका-२ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, कार्यालयका अनुसार प्रहरीले राईलाई गाँजासहित सुनसरीको ईनरूवा नगरपालिका-४ पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको हो।  , पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई शंका लागि चेकजाँच गरिएको थियो। चेकजाँच गर्ने क्रममा ७ वटा बोरामा २०८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ। , सुनसरीबाट दुई सय किलो गाँजासहित एक पक्राउ
रासस पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिनेहरूबाट कोरोनाको संक्रमण देखिन थालेको छ।, भारतबाट फर्कनेहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले परीक्षण गर्न थालेका हुन्। , शंकास्पद व्यक्तिमा सीमा क्षेत्रमै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ। सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँचजनामा कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमध्ये शंकास्पद व्यक्तिमा एन्टिजेट विधिबाट परीक्षण गर्दा पोजेटिभ नतिजा आउनेको संख्या बढ्दो छ।, ‘एक साताको अवधिमा २२ जनामा संक्रमण देखिएको र आइतबार बिहान मात्रै चार जनाको नतिजा पोजेटिभ आएको पाइएको छ,’ उनले भने, ‘गत मंगलबार पनि नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो।’ ,     , दैनिक दुई सयभन्दा बढीमा एन्टिजेन परीक्षण हुँदै आएको छ। परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्सनमार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको र अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको हेल्थडेस्क प्रमुख भट्टले जानकारी दिए।, कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटलगायत सामग्री हालसम्म अभाव नरहेको उनले बताए। दैनिक सीमा नाका भएर फर्कनेको संख्या चार सयदेखि पाँच सयको संख्याको हाराहारीमा रहने गरेको छ।, भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। , कोरोनाविरूद्ध जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरूद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो। , ‘कोरोको संक्रमण पुनः फैलिन सक्ने सम्भावना भएकाले पूर्वतयारीका कार्य गरिरहेका छौं,’ कार्यालय प्रमुख सुनारले भने, ‘रोकथामका लागि करारमा नियुक्त कर्मचारीको म्याद थप्ने नथप्ने बारे अन्यौल भएको छ, म्याद नथपे स्वास्थ्यकर्मीको अभाव हुन्छ।’, हालसम्म कोरोना संक्रमणका कारण अस्पतालमा कोही पनि भर्ना भएका छैनन्।, कारोनाको संक्रमित बढेपछि सीमा क्षेत्रमै परीक्षण
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने चन्द्रबहादुर सुनारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, प्रहरीले सुनारलाई शनिबार बालाजुबाट पक्राउ गरको हो।, उनका अनुसार सुनारले पीडितलाई प्राइम कमर्सीयल बैंक चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीकोमा जाहेरी दिएको प्रहरीले जनाएको छ।, उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा एक दिन कैद र २४ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए  , फैसला कार्यान्वयनको लागि आइतबार ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।, बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।, घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। , ‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। , बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए। , मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। , दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन। , पाल्पामा बस दुर्घटना: कम्तीमा ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।, गत सोमबारपछि पहिलो पटक कोरोना संक्रमितले ज्यान गुमाएका हुन्। , आइतबार ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो।, उनीहरूमध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो।, पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ।, स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।, कोरोनाबाट थप २ जनाको मृत्यु, थपिए ३४७ नयाँ संक्रमित
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।, यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। , प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। , यस्तै सोमबार र मंगलबार केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।, देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, यस्तै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम, २०७९ साउन ९ गते (सोमबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,  २०७९ साउन १० गते (मंगलबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।,  २०७९ साउन ११ गते (बुधबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, प्रदेश १ र गण्डकी प्रदेशमा ठूलो पानी पर्न सक्ने
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ।, आइतबार प्रहरी प्रधान कार्यालयले ११ जना एसपीको काज सरूवा गरेको हो। काज सरूवा गरेसँगै सात जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि फेरिएका हुन्।, कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई पठाइएको छ। रौहतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा बामदेव गौतम, बारामा होबिन्द्र बोगटी, डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरमा प्रजित केसीलाई पठाएको छ।, यस्तै भक्तपुरमा रहेका शिवकुमार श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा पठाएको छ। प्रहरीको इन्टरपोल शाखामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका अनुपम शम्शेर जबरालाई पठाएको छ।, केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका विश्व अधिकारीलाई यूएन शाखामा सरूवा गरेको छ।, यूएनमा रहेका गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाएको छ।, नेपाल प्रहरीका ११ एसपीको काज सरूवा (सूची)
रमेश लम्साल प्रतिनिधि सभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ। लामो समयपछि प्रतिनिधि सभाले उक्त विधेयक पारित गरेको हो।, प्रतिनिधि सभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो। यस्तै, सोही सालको माघ २९ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो। विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो।, प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने गरी कारागारसम्बन्धी कानून ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।, विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्।   , बन्दीलाई प्रजनन अधिकार, नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको संरक्षण गरेको छ। कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ। विधेयकमा प्रजनन अधिकार संरक्षणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान छ।, पढ्न पाउने व्यवस्था , विधेयकमा बन्दीलाई पठनपाठनको प्रबन्ध मिलाउनुपर्ने प्रावधान राखिएको छ। कारागार प्रशासकले बन्दीको पठनपाठनका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ। कारागार प्रशासकले तोकिएको सङ्ख्याभन्दा बढी सङ्ख्यामा बन्दी रहेको अवस्थामा आवश्यकतानुसार आधारभूत शिक्षा, माध्यमिक शिक्षा, खुला शिक्षा वा दूर शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने छ।, कारागार प्रशासकले निरक्षर बन्दीलाई प्रौढ शिक्षा, अनौपचारिक शिक्षा वा त्यस्तै अन्य प्रकृतिको पठनपाठन गराउनुपर्ने छ। पठनपाठनका लागि कारागार प्रशासकले कारागारमा रहेका बन्दीमध्येबाट तोकिएबमोजिम शिक्षकका रूपमा तोक्नेछ। त्यस्तो शिक्षकलाई एक महिना बराबर थप पाँच दिन सजाय कट्टा हुनेछ।, शिक्षकलाई तोकिएबमोजिमको पारिश्रमिक र सुविधा उपलब्ध गराइने छ। बन्दीको आचरणमा सुधार वा सकारात्मक विचार प्रवद्र्धन गर्ने उद्देश्यले तोकिएबमोजिमको नैतिक शिक्षा, योग अभ्यास तथा त्यस्तै अन्य कार्यक्रम पनि सञ्चालन गर्न सकिनेछ।, बन्दीलाई स्वावलम्बी बनाउने प्रयास, नयाँ विधेयकमा कैदीबन्दीलाई स्वावलम्बी बनाउने प्रयास गरिएको छ। यद्यपि सीपमूलक वा आयमूलक यसअघि नै कार्यक्रम सञ्चालनमा छ। कारागार प्रशासकले बन्दीलाई आत्मनिर्भर बनाउन वा आय आर्जन गर्ने अवसर प्रदान गर्न कारागार परिसरभित्र विभिन्न सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन गर्नेछ। त्यस्ता कार्यक्रमबाट उत्पादित वस्तुलाई बजारको पहुँच दिन कारागार प्रशासकले आवश्यक व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ। आयमूलक कार्यक्रमबाट प्राप्त आयमध्ये तोकिएबमोजिमको आय रकम सम्बन्धित बन्दीलाई उपलब्ध गराउनै पर्नेछ।, बन्दीलाई काममा लगाउन सकिने प्रबन्ध पनि विधेयकले गरेको छ। कानूनबमोजिम अनुमति प्राप्त गरी कारागार परिसरमा कुनै कारखाना स्थापना भएकोमा त्यस्तो कारखानामा काम गर्न चाहने बन्दीलाई काममा लगाउन सक्नेछ। कुनै बन्दीलाई काममा लगाइएकोमा निजलाई तोकिएबमोजिमको पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ।, विवाह दर्ता गर्न पाउने, विधेयकमा एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो निवेदन पेस भएमा कारागार प्रशासकले विवाह दर्ताका लागि सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ। त्यस्तो विवाह दर्ता हुनसक्ने भनी सम्बन्धित निकायले कारागार कार्यालयलाई लेखी पठाएमा कारागार प्रशासकले विवाह दर्ता गर्ने दिन सम्बन्धित बन्दीलाई सुरक्षाकर्मी साथ लगाई विवाह दर्ता गर्न जाने अनुमति प्रदान गर्नुपर्नेछ।, नाबालक आमासँग बस्न पाउने, विधेयकको विशेष संरक्षणको व्यवस्थाअन्तर्गत नाबालकलाई आमासँग राख्नसक्ने प्रबन्ध कायमै छ। पाँच वर्षभन्दा कम उमेरको नाबालकको आमा कारागारमा रहनुपर्ने भए केही सर्तसहित अनुमति दिइनेछ।, ती सर्तमा सम्बन्ध विच्छेद गरेकी आमा भएमा, नाबालकको बाबु नभएमा वा निज पनि कारागारमा रहेको भएमा, अदालतले त्यस्तो नाबालक निजको आमासँगै कारागारमा रहनुपर्ने आदेश दिएमा, आमाले बच्चालाई आफूसँग राख्न माग गरेमा नाबालक कारागारमा बस्न पाउँछ। नाबालक कारागारमा रहेकी आमासँग बस्ने भएमा कारागार प्रशासकले आमा र बच्चालाई बस्नका लागि उपयुक्त कोठाको प्रबन्ध गर्नु पर्नेछ।, कुनै बन्दीले नै पालन पोषण गर्नुपर्ने नाबालक रहेछ र त्यस्तो नाबालकको पालन पोषण गर्ने अरू कोही नरहे त्यस्ता बच्चाको सम्पूर्ण हेरविचार, शिक्षा, दीक्षा र पालन पोषणको व्यवस्था तोकिएबमोजिम कारागार कार्यालयले नै गर्नुपर्ने छ।, प्रशासकले कारागारमा रहेका पाँच वर्षभन्दा कम उमेरका नाबालकका लागि प्रारम्भिक बाल विकाससम्बन्धी योजना तयार गर्नुपर्नेछ। बन्दीका आश्रित नाबालकलाई राशन र पोशाक तोकिएबमोजिम व्यवस्था गर्नुपर्ने छ। प्रशासकले प्रत्येक कारागारमा बन्दी महिलाबाट जन्मिएका बालबालिकाको अभिलेख राख्न एक छुट्टै दर्ता किताब खडा गर्नुपर्ने छ।, कारागारबाहिर गएर बच्चा जन्माउन पाउने, विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ। प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणका सम्बन्धमा तोकिएबमोजिमको विशेष व्यवस्था गर्नुपर्ने छ।, गर्भ रहेको छ महिना पूरा भएको गर्भवती बन्दीले आफू कारागारबाहिर बसी स्वास्थ्य उपचार गर्न चाहेमा कारागार प्रशासकले अनुमति दिनुपर्ने छ। तर त्यसका लागि सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागारमा फर्कने गरी कागज गराई तोकिएबमोजिम बैंक जमानत लिई कारागारबाट बाहिर जाने अनुमति दिनसक्ने छ।, जन्म कैद वा जघन्य कसुरको सजाय पाएको, जन्म कैद वा जघन्य कसुरको सजाय हुनसक्ने कसुरको अभियोगमा थुनामा रहेको, विशेष सुरक्षा कक्षमा राख्ने प्रकृतिको कैदीबन्दी भए भने त्यस्तो अनुमति पाउने छैन।, जमानतमा छुटेकी गर्भवती बन्दी कारागारबाहिर रहे पनि कारागारभित्रै रहे सरह मानिनेछ। सो अवधि पनि कैद बसेको अवधिमा नै गणना गरिनेछ।, बाहिर जान अनुमति दिइएको बन्दी फर्किएपछि उसले राखेको बैंक जमानत फुकुवा गरिदिनुपर्ने छ। जमानतमा छुटेकी गर्भवती बन्दी कारागारमा नफर्केमा कारागार प्रमुखले बैंकको जमानत जफत गरी सुरक्षाकर्मी खटाई कारागारमा उपस्थित गराउने छ।, बन्दी आफैं कारागारमा बस्न चाहेमा वा आर्थिक अवस्था वा अन्य कुनै कारणले गर्भवती बन्दीको कारागारमा नै राम्रो स्याहार हुने कुरामा कारागार प्रशासक विश्वस्त भएमा त्यस्तो बन्दीको सहमतिमा निजलाई कारागारमा नै राख्न भने विधेयकअनुसार पाइने छ।, यी बन्दीलाई दिनुपर्ने छ विशेष ध्यान, विधेयकअनुसार विभिन्न चार वटा अवस्थाका बन्दीलाई विशेष ध्यान दिनुपर्ने छ। त्यस्ता बन्दीको खानपान, बसोबास र स्वास्थ्य परीक्षणमा तोकिएबमोजिमको विशेष ध्यानु दिनुपर्ने छ। अपाङ्गता भएका, मानसिक रोगी, कडा रोग लागेको र ६५ वर्ष उमेर पुगेका बन्दीले त्यस्तो सुविधा पाउँछन्।, भाग्न खोजे थप सजाय, नयाँ विधेयकको कसुर तथा सजाय शीर्षकले थप सजायको प्रबन्ध गरेको छ। कारागारको पर्खाल, झ्याल, ढोका फोरेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उद्योग गरेमा वा कारागारबाट गोप्यरूपमा भाग्न सकिने कुनै मार्ग बनाएमा थप सजाय हुनेछ।, त्यस्तो कसुर गरेमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ। पाँच जना वा सोभन्दा बढीको समूह भई हुलदङ्गा गरेमा वा कारागारको आन्तरिक व्यवस्थापन खलबल्याएमा, कारागार कार्यालयको कर्मचारी, कारागारका बन्दी वा आगन्तुकको शरीर बन्धक बनाएमा वा हैरानी गरेमा, बन्दीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको हातहतियार खोसेमा वा निजलाई नियन्त्रणमा लिएमा थप सजाय हुनेछ। कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।, प्रचलित कानूनबमोजिम सजाय पाई खुल्ला कारागार, सुधार गृह, पुनर्स्थापना केन्द्र, बाल सुधार गृह, प्रोवेशन वा प्यारोलमा रहेको व्यक्ति भागेमा पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।, आपराधिक मनसायले बल प्रयोग गरेमा, कारागारको कुनै सम्पत्ति जानाजानी बिगारेमा वा नष्ट गरेमा, अभिलेख वा कुनै मिसिल वा कागजात नष्ट गरेमा, बिगारेमा वा च्यातेमा, बिनाअधिकार हतकडी खोलेमा वा भाँचेमा, कारागारभित्र निषेध गरिएको कुनै चीज वा मालसामान लिएमा, राखेमा वा पठाएमा, आगलागी गरेमा, कारखाना वा भान्साको कुनै वस्तु वा हतियार प्रयोग गरी क्षति पु¥याएमा, सीसीटिभी, मेटालिक डिटेक्टर वा अन्य उपकरण नष्ट गरेमा वा सोको उद्योग गरेमा तीन वर्षसम्म थप कैद वा रु ३० हजारसम्म जरिवाना हुनेछ।, अपमानजनक वा धम्कीपूर्ण भाषा प्रयोग गरेमा, अनैतिक, अभद्र वा अनुशासनहीन काम गरेमा, कुनै बन्दीलाई भगाएमा वा भगाउने प्रयास गरेमा थप तीन वर्षसम्म कैद वा रु ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकले गरेको छ। ,(रासस), प्रतिनिधि सभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् ८ विशेषता
सेतोपाटी संवाददाता द‌ैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन्। आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटस्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो।, घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ।, घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ। चट्याङबाट गाउँका चार वटा घरमा क्षति पुगेको छ भने एक गाई र एक खसी मरेका छन्।, घाइतेमध्ये पाँच जना गम्भीर भएको र अरू सामान्य भएको प्रहरीले जनाएको छ।, दैलेख डुंगेश्वर गाउँपालिका-२ का ३५ वर्षीय इन्द्र सिंह, ६० वर्षीया शुशीला खड्का, ४० वर्षीया चन्द्रा सिंह, २८ वर्षीया चन्द्रा सिंह र १६ वर्षीया पूजा खड्का गम्भीर घाइते भएका छन्।, सोही ठाउँका ३६ वर्षीया सिता खड्का, २२ वर्षीया मिना खड्का, २२ वर्षीया दिलकुमारी खड्का, २० वर्षीया बिना वली, ४५ वर्षीया नर्मा खड्का, ११ वर्षीया दुर्गा खड्का, १० वर्षीया सन्ध्या खड्का, २१ वर्षीया सिता सिंह, १६ वर्षीया बसन्ती सिंह र ४३ वर्षीय सम्मान गाहा सामान्य घाइते भएका हुन्।, चट्याङ लागेर १५ जना घाइते
सेतोपाटी संवाददाता अवैध रूपमा विदेशी मुद्रा बाहिरी मुलुक लैजान लागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियालसहित दुई जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले दुई जनाबाट ७५ हजार रियाल बरामद गरेको हो।, तनहुँ भिमाद नगरपालिका-२का २६ वरेषीय मानबहादुर थापा र रौतहट राजपुर गाउँपालिका-६ का ३० वरेषीय शेख फैयाज पक्राउ परेका हुन्। प्रहरीले थापाबाट २५ हजार र फैयाजबाट ५० हजार रियाल बरामद गरेको हो। , उनीहरू शनिबार एयर अरेबियाको उडानबाट काठमाडौंबाट शहरजा जान लागेका थिए।, अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ गर्ने ठाउँबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूमाथि थप अनुसन्धान गर्न आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाएको छ। ,  , ७५ हजार रियालसहित विमानस्थलबाट दुई जना पक्राउ
सेतोपाटी संवाददाता सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ।, सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो। , सोमबार बिहानै ४.७ रेक्टर स्केलको भूकम्प
सेतोपाटी संवाददाता आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।, पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।, हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।, सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।, आज साउनको दोस्रो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा घुइँचो
सेतोपाटी संवाददाता सुर्खेतमा काइनेटिक ढुंगासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, १६ क्वीन्टल काइनेटिक ढुंगासहित वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षका दीपक बस्नेत पक्राउ परेका हुन्।, उनको घरमा प्रहरीले आइतबार खानतलासी गरेको थियो। त्यसक्रममा १६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।, काइनेटिक ढुंगासहित सुर्खेतमा पक्राउ परे युवा
सेतोपाटी संवाददाता घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट हामफाल्दा श्रीमानको पनि मृत्यु भएको छ।, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकस्थित आफ्नै घरमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलामाथिबाट श्रीमान् ४३ वर्षीय कृष्णप्रसाद आचार्य हामफालेका थिए।, घरबाट हामफालेका कृष्णप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।, आइतबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो। उनलाई अस्पतालले राति १०ः४० बजेतिर मृत घोषणा गरेको थियो।, खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो। बरण्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो।, गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गरेको थियो। रुष्मा राष्ट्रिय मावि तोरीखेतमा पढाउँथिन्।, श्रीमान् भने कतार बस्थे। करिब १ महिनाअघि मात्रै घर आएका उनको श्रीमतीसँग विवाद परेको थियो। विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन्।, उनीहरूका १२ वर्षीया छोरी छन्। आइतबार घटना हुँदा घरमा छोरी मात्रै थिइन्। प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ। दुबैको शव भरतपुर अस्पतालमा राखिएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, श्रीमतीको हत्या गरेर तीन तलामाथिबाट हामफाल्दा श्रीमानको पनि मृत्यु
सेतोपाटी संवाददाता ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।, बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।, आज बिहान ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन्।, यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ।, गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो।, उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन। सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मीरा चौधरीले अवैध रूपमा पार्किङमा रहेको गाडीलाई कारबाही गरिएको जानकारी दिइन्।, ‘नो पार्किङ’मा रहेको मन्त्री इश्तियाकको गाडीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना
सेतोपाटी संवाददाता पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो।, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ।, ‘पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘तीन जनाको मृत्यु भएको छ भने एक घाइतेको उद्धार गरेका छौं।’ ६५ वर्षीया नैना विष्ट गम्भीर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।, करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए। उनीहरू एकै घरपरिवारका हुन्।, गए राति घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको थियो। घटनास्थलमा प्रहरी र स्थानीयबासी पुगेका छन्।, पहिरोले घर पुरिँदा ८ बाख्रा पनि मरेका छन्।, पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु
रासस गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ।, गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए।, गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा सुरु गरेको उनले बताए।, ‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छौं’, उनले भने, ‘तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी लिन्छौँ।’, गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उनीहरुकै नेतृत्वमा सेवा सञ्चालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए।, ‘यसअघि गर्भवतीलाई भिडियो एक्सरेका लागि गोरखा अस्पताल वा सदरमुकाम नै धाउनुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हटेको छ,’ उनले भने।, वडावडामा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै अब कोही पनि गर्भवतीले आफ्नो गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि नछुट्ने उनले बताए।, ‘यसअघि पनि हामीले अस्पतालमा पुगेर नियमित गराउनका लागि जनचेतना प्रदान गर्ने काम त गरेका थियौँ। तर कतिपयले जानुहुन्थ्यो, अब गाउँमा सुविधा भएपछि कोही छुट्दैनन् भन्ने विश्वास छ,’ उनले भने।, अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगरे सेवा उपलब्ध गराउँदा समयमै समस्याको पहिचान गरी उपचार गर्नसक्ने अवस्था सिर्जना भएको प्रमुख खनालको भनाइ छ।, ‘सेवा सुरु गरेको छोटो अवधि दुई जना गर्भवतीलाई जोखिमबाट सुरक्षित गर्नसकेका छौँ। एक जना महिलाको तत्काल शल्यक्रिया गर्नुपर्ने र एक जना महिलाको शिशुको स्वास्थ्य अवस्था ठीक नभएको पाइएपछि आमाको सुरक्षाका लागि गर्भपतन गर्न सुझाव दिएकाले समयमा गर्भपतन गर्दा ज्यान खतराबाट जोगिएको छ,’ उनले भने।, गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएकाले गाउँपालिकाले वडामा नियमित तालिका बनाएर सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।, भीमसेन थापा गाउँपालिकामा वडामै गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
सेतोपाटी संवाददाता पाल्पामा आइतबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरू सबैको सनाखत भएको छ।, बागलुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। मृत्यु हुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका ७ का ४० बर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका ७ की ८७ बर्षीया डिलसरी कामी, कपिलबस्तु बाणगंगा नगरपालिका २ का ४५ बर्षीय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ बर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाड गाउँपालिका १० की ५५ बर्षीया यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी एवं सूचना अधिकारी वीरेन्द्र थापाले बताए।, दुर्घटनामा परी घाइते भई तानसेनको मिसन अस्पतालमा उपचारत १६ जनामध्ये ८ जना घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ।, अस्पतालमा उपचारत घाइतेहरू बसचालक रूपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किशन श्रीस, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलबस्तु वाणगंगा नगरपालिका वडा २ का ४२ बर्षीय पिताम्वर रेग्मी,  बागलुङ पाटन नगरपालिका १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहट वीरेन्द्रवन गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय संजय कुमार ठाकुर, म्याग्दी रुमा गाउँपालिका वडा ४ की ३९ वर्षीय सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका ७ का खड्कबहादुर विक रहेका छन्।, म्याग्दीकी सुमित्रा र देवदहका खड्कको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्यको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ।, आइतबार अपरान्ह साढे ४ बजे सडकबाट करीव १ सय मिटर तल बस खसेको थियो। सडकको डिल भासिएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, पाल्पा बस दुर्घटनाका मृतकको सनाखत
सेतोपाटी संवाददाता ललितपुरको बालकुमारीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , सोमबार बिहान सवा ३ बजे बालकुमारीमा स्कुटर दुर्घटना भई एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए।  , बा ४५ प १३४५ नम्बरको स्कुटर चालक चितवन घर भई ललितपुर महानगरपालिका धोबिघाट बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको हो। स्कुटर ग्वार्कोबाट कोटेश्वर जाँदै थियो। , उनलाई जिपले ठक्कर दिएर भागेको भन्ने आशंका प्रहरीको छ। यद्यपि जिप र चालक फेला नपरिसकेको हुँदा अहिले नै भन्न नसकिने प्रहरी नायब उपरीक्षक भारतीले बताए।, प्रहरी घटनास्थलमा पुग्दा स्कुटर चालक मगर गम्भीर घाइते अवस्थामा थिइन्। उनको उपचारको लागि बिएन्डबी अस्पताल ग्वार्को पठाइएको थियो। , त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। स्कुटरमै सवार अर्का एक जना पनि घाइते छन्। , धोबिघाट बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते छिन्। उनको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टा फ्याक्चर भएको छ।, दुर्घटनापछि जिपसहित चालक फरार छ। खोजी गर्ने काम भइरहेको परिसरले जनाएको छ। प्रहरीले सिसिटिभी फुटेजबाट खोज्ने काम गरिरहेको जनाएको छ।, ललितपुरको बालकुमारीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
सेतोपाटी संवाददाता भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा आउने भएको छ।, निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग संगठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।, छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरूट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए।, भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव छ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने जानकारी दिए।, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधा समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।, छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व संकलनसमेत प्रभावित भएको जनाउँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताए।, संगठनका पूर्वउपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुको सङ्ख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नुपर्नेमा जोड दिए।, छलफलमा संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आइसिपि, नेपाल रेल्वे विभाग, नेपाल आइसिपिका प्रतिनिधिलगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो।, भारतको वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा आउने
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया सुनारकी प्रेमी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षको लागि कारागार चलान भएका छन्। , जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई हत्या आरोपमा पुर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाएको छ। गत असार ११ गते बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ की ३३ वर्षीया सुनार मृत फेला परेकी छन्।  , उनी आफ्नै खाटमा मृत फेला परेकी थिइन्। तर उनको घाँटीमा निल दाम देखिएको थियो। , तर राति १:२० मिनेटमा उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो। जसमा आत्महत्या गर्न लागेको उल्लेख गरिएको थियो।, त्यो स्टाटस देखेपछि उनले आत्महत्या गरेको हो कि भन्ने प्रश्न उठेको थियो। तर घटनास्थलमा मोबाइल फोन नहुनु र कोठा खुल्लै हुनाले घटना शंकास्पद देखियो। , त्यसपछि प्रहरीले उनीसँगै बस्दै आएका प्रेमी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठमाथि अनुसन्धान थाल्यो। उनीहरूले घरबेटीलाई आफूहरू श्रीमान-श्रीमती हो भनेर चिनाएका थिए। , उनले आफू घटना हुनु अगाडि नै घरबाट निस्केको बताएका थिए। सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए।  , अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। साढे ४ बजे मात्र उनी घरबाट बाहिरिन्छन्।, प्रहरीको अनुसन्धानबाट उनीहरू विगत सात/आठ महिनादेखि त्यहाँ बसिरहेको खुल्यो। उनैले मध्यरातमा हत्या गरी ४ बजे भागेको प्रहरीले जनाएको छ।  , त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। यता सुनारकी बुवाले उनीविरूद्ध प्रहरी वृत्त बालाजुमा कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएका थिए।, यस्तै उनले घटनामा प्रयोग भएको सल पनि फ्याँकेको खुल्यो। सल महाराजगन्जस्थित कतार भीसा सेन्टर नजिकैको सडक किनारमा रहेको झाडीमा फेला परेको थियो। , तर घटनास्थलबाट हराएको सुनारको फोन भने अझै फेला परेको छैन। प्रहरीले यस घटनामा अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पठाएको थियो।, त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आइतबार उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो।, यो पनि: ,गायिका दिलमायाको मृत्युबारे प्रहरीले सक्यो अनुसन्धान, हत्या भएको निष्कर्ष, गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी,  ,  , गायिका दिलमायाको हत्या आरोपित प्रेमी श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान
सेतोपाटी संवाददाता धनुषामा महिलाको वृद्धभत्ता लिएर फरार भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्ररही कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–२ माचीका २३ वर्षीय सन्तोषकुमार ठाकुर हुन्।, बिहीबार दिउँसो विदेह नगरपालिका–१ बस्ने ७३ वर्षीया कुम्हिया देवी भिनवार यादवले वडा नं. ३ स्थित एनआइसी एसिया बैंकबाट वृद्धभत्ता निकाल्न गएको बेला ठाकुरले उनको चेकबुक लिई बैंकबाट पैसा झिकेर भागेका थिए।, आफू बैंकको कर्मचारी रहेको भन्दै यादवले रुपैयाँ निकालिदिने बहानामा उनको चेकबुक लिई बैंकबाट २४ हजार रुपैयाँ लिएर फरार भएका थिए।, ठाकुरलाई राति ११ बजे कमला नगरपालिका–२ माचीस्थित राजवंशी कोल्ड स्टोर नजिकबाट नियन्त्रणमा लिइएको धनुषाका डिएसपी प्रदीप क्षेत्रीले बताए।, उनका अनुसार  ठाकुरको साथबाट २० हजार रुपैयाँ समेत बरामद भएको छ।, वृद्धभत्ता लिएर भागेको आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापना भएको छ। , शुक्रबार गृहमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार ३२ जना एसएसपीको पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए। , एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ। उनी यसअघि नेपाल प्रहरी अंगरक्षक गण नक्सालमा कार्यरत थिए। , दुई नम्बरमा बढुवा भएका सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ। उनी यसअघि जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत थिए।   , यस्तै तीन नम्बरमा बढुवा भएका सुशीलसिंह राठौरलाई मानव स्रोत विकास विभागमा पदस्थापना गरिएको छ। यसअघि उनी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा कार्यरत थिए।  , उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्ली, दानबहादुर कार्कीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, दिनेशकुमार आचार्यलाई सिआइबी र दिपेन्द्र घर्ति क्षेत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन गरेको जनाएको छ। , ३२ एसएसपीको पदस्थापना: प्रधान कार्यालयमा सुशीलसिंह राठौर (सूचीसहित)
सेतोपाटी संवाददाता रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ।, वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो।, गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको शव फेला परेको थियो।, घाँटी थिचेर सञ्जुको हत्या गरिएको माइती पक्षको दाबी छ।, गत असार ६ गते कटहरिया नगरपालिका ५ की सञ्जु र कन्ठलाल दासको परम्परागत रूपमा विवाह भएको थियो।, विवाहमा समेत दाइजोकै विषयलाई लिएर कुटाकुट भएको थियो।, ‘केटा पक्षले १० लाख दाइजो (तिलक) मागेका थिए। केटीका बुवा रामचन्द्रले ७ लाख मात्र व्यवस्था गर्न सके। त्यसै विषयलाई लिएर जन्ती आएपछि मारपिट भएको थियो‘, कटहरिया ५ का वडाध्यक्ष सरफलाल प्रसाद गुप्ताले भने।, दुबैतर्फका समाजका अगुवालाई राखेर बाँकी दाइजो विवाहपछि दिनेगरी सहमति भएपछि विवाह भएको थियो। विवाहपछि बाँकी पैसा दिने कुरा भएको आफूले पनि सुनेको वडाध्यक्ष गुप्ताले बताए। यद्यपि यसबारे थप कुरा थाहा नभएको उनको भनाइ छ।, सञ्जुका बुवा रामचन्द्रका अनुसार विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै उनलाई मानसिक तथा शारीरिक यातना दिइन्थ्यो।, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी वरूण सिंहले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले थप कुरा बोल्न नमिल्ने बताए।, घर पक्षले सञ्जुले आत्महत्या गरेको बताउँदै आएको छ। घटना शंकास्पद देखिएपछि प्रहरीले शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल नपठाई काठमाडौं पठाएको थियो।, घटनाबारे अनुसन्धानका लागि सञ्जुको परिवारसँग सोधपुछ जारी रहेको डिएसपी सिंहले बताए।, पोष्टमर्टम रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने उनको भनाइ छ।, विवाहको एक महिना नपुग्दै मृत भेटिइन् सञ्जु, दाइजोका कारण हत्या भएको माइती पक्षको दाबी
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने प्रदेशका बिरामीलाई नि:शुल्क रूपमा रगत उपलब्ध गराउने बहानामा रक्तसञ्चार केन्द्रलाई हालको मूल्यभन्दा २ सय २५ रुपैयाँ बढी तिर्नेगरी सम्झौता गरेको छ।, रगत दान गर्ने रक्तदाताले नि:शुल्क रूपमा रगत उपलब्ध गराउँदै आए पनि रक्तसञ्चार केन्द्रले रगत व्याग लगायतको शुल्क भन्दै निजी अस्पतालमा उपचार गराउने बिरामीसँग प्रतिपोका ८ सय २५ रुपैयाँ र सामुदायिक तथा सरकारी अस्पतालका बिरामीसँग प्रतिपोका ७ सय २५ रुपैयाँ असुल गर्दै आएको छ।, बिरामीबाट दाताले नि:शुल्क उपलब्ध गराएको रगतको मूल्य तिरेको नभई व्लड ब्याग र रगत परीक्षण बापतको शुल्क लिने गरिएको रक्तसंचार केन्द्रले बताउँदै आएको छ।, केन्द्रका अनुसार रगत राख्ने ब्यागको ९५ रुपैयाँ, सेटको ३५ रुपैयाँ, क्रसम्याच ७० रुपैयाँ, ब्लड ग्रुप छुट्याएको ५० रुपैयाँ, भिडिआरएल परीक्षणको ४५ रुपैयाँ, हेपाटाइटिस बि १ सय १० रुपैयाँ, एचआइभी २ सय रुपैयाँ र एचसिभी परीक्षणको २ सय २० गरी ८ सय २५ रुपैयाँ शुल्क तोकिएको छ।, सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई भने १ सय रुपैयाँ सहुलियत दिँदै ७ सय २५ रुपैयाँ तोकिएको केन्द्रको दाबी छ।, तर लुम्बिनी प्रदेश सरकारले भने सर्वसाधारणले हाल बुझाइरहेको शुल्कभन्दा २ सय २५ रुपैयाँ बढी मूल्य बढाएर प्रति पोका ९ सय ५० रुपैयाँ तिर्नेगरी रक्तसंचार केन्द्रसँग सम्झौता गरेको छ।, लुम्बिनी प्रादेशिक अस्पतालका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल र नेपाल रेडक्रस सोसाइटी बुटवलका संयोजक लालप्रसाद पंगेनीका बीचमा सम्झौता गरिएको थियो भने असार ३१ गते रेडक्रस सोसाइटीका सभापति प्रेमलाल उदास र भैरहवास्थित भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताबीचमा सम्झौता भएको थियो।, मानिसको जीवनका लागि महत्वपूर्ण रहेको र दाताले नि:शुल्क रूपमा दान गरेको रगत बिरामीलाई नि:शुल्क उपलब्ध गराउने भन्दै यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा केही महिनामात्रै स्वास्थ्यमन्त्री बनेका भोजप्रसाद श्रेष्ठले पनि घोषणा गरेका थिए।, श्रेष्ठले आफ्नो पदबहाली नै प्रदेशका बिरामीलाई नि:शुल्क रूपमा रगत उपलब्ध गराउने निर्णयको पुस्तिकामा हस्ताक्षर गरेका थिए।, श्रेष्ठको निर्णयपछि २०७८/७९ को बजेटमा पनि बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउन ४ करोड रुपैयाँ विनियोजन गरिए पनि कार्यविधि बन्न नसक्दा कार्यान्वयन हुन सकेको थिएन।, हालै प्रदेश निःशुल्क रक्तसंचार व्यवस्थापन कार्यविधि २०७८ तयार गरी २०७९ साउन १ गतेबाट लागु गरिएको हो। तर सर्वसाधारणले हाल बुझाउँदै आएको शुल्कभन्दा बढी मूल्य तिर्ने गरी रक्तसंचार केन्द्रसँग सम्झौता गरेको भन्दै प्रदेश सरकारको आलोचना भएको छ।, रक्तसंचार सेवा केन्द्रका अनुसार लुम्बिनी प्रदेशका सबै अस्पतालमा आउने बिरामीहरूको मागको आधारमा लुम्बिनी प्रदेशमा मात्रै वार्षिक ६० हजार युनिट रगत खपत हुँदै आएको छ।, हाल सरकारी अस्पतालमा उपचार गराउने बिरामीले तिर्ने गरेको प्रति युनिट ७ सय २५ रुपैयाँको दरले पनि लुम्बिनी प्रदेशमा रक्तसंचार केन्द्रले बर्सेनि ४ करोड ३५ लाख रुपैयाँको रगत बिक्री गर्दै आएको छ।, दातासँग नि:शुल्क लिएको रगतलाई ब्याग र विभिन्न परीक्षणको नाममा ७ सय २५ र ८ सय २५ रुपैयाँमा बिरामीलाई बिक्री गरेको भन्दै रक्तसंचार सेवा केन्द्रमाथि प्रश्न समेत उठ्दै आएको छ।, नेपाल रेडक्रस सोसाइटी रूपन्देही शाखाका वरिष्ठ अधिकृत कृष्ण मल्लले पछिल्लो नयाँ कार्यविधिले रगतको शुल्क ८ सय ६१ देखि १६ सयसम्म लिन सक्ने व्यवस्था भएकोले त्यही अनुसार ९ सय २५ रुपैयाँमा सम्झौता भएको बताए।, उनले रेडक्रसमा हुने आम्दानीले खर्च धान्न सके सहुलियत दरमा रगत दिन सकिने भएकाले नै हाल ७ सय २५ रुपैयाँ निजी र सामुदायिक अस्पतालका बिरामीलाई दिने गरेको बताए।, मल्लका अनुसार केन्द्रले सरकारी अस्पतालबाट ल्याएको फारम अनुसार बिरामीलाई नि:शुल्क रगत दिने र त्यही फारमको आधारमा प्रदेश सरकारबाट शोधभर्ना रकम लिने बताए।, सम्झौता अनुसार ‘प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि २०७८’ को १३ नम्बर बुँदामा ‘रक्तसंचार केन्द्रले सम्बन्धित सरकारी अस्पताललाई प्रदान गरेको निःशुल्क रगत वा रगतजन्य पदार्थवापत प्रतियुनिट ९ सय ५० रुपैयाँमा नबढ्ने गरी सेवा शुल्कको मासिक विवरणसहितको रकम भुक्तानीको लागि सम्बन्धित सरकारी अस्पताल समक्ष अनुसूची ५ बमोजिमको निवेदन र कागजपत्रसहित माग गर्नुपर्छ’ भनि उल्लेख छ।, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताले नि:शुल्क दिएको रगतमा नाफा नखोज्न रेडक्रसलाई भन्दै आएको बताए।, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य श्रेष्ठले प्रदेश सरकारले अस्पताल र रक्तसंचार केन्द्रसँगको मिलेमतोमा रगतमा बढी मूल्य बुझाउने गरी सम्झौता गर्नु गलत भएको बताए।, उनले सरकार आफैंले अस्पतालमा व्लड बैंक स्थापना गरी बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउनुपर्नेमा रक्तसंचार केन्द्रलाई फाइदा पुर्‍याउनेगरि मूल्य बढाएर सम्झौता गर्नु गलत भएको बताए।, रक्तसंचार केन्द्रले देशभर रगत संकलन गर्ने र त्यसमा प्रयोग हुने ब्याग समेत उसले मात्र खरिद गर्दै आएकोले अहिले रेडक्रससँग सम्झौता गरेको भए पनि सम्भव भएका अस्पतालमा यो कार्यक्रम सिधा सम्झौता गर्नुपर्ने श्रेष्ठको भनाइ छ।, अस्पतालहरूमा एक जना प्राविधिक राखे आफैंले गर्न सकिने काममा पनि रेडक्रससँग सम्झौता गर्दा प्रश्न उठ्नु स्वाभाविक भएको उनले बताए।, श्रेष्ठले कतिपय पालिकाले यसअघि नै बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउने निर्णय गरिसकेकोले ती पालिकाहरूलाई पनि सँगै लिएर अगाडि बढ्नुपर्ने बताए।, रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दुई वर्ष पहिले नै नगरवासीको उपचारमा लाग्ने रगतको मूल्य निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेको थियो।, तिलोत्तमापछि देवदह र लुम्बिनी साँस्कृतिक नगरपालिका तथा सियारी गाउँपालिकाले पनि उपचार गर्दा लागेको रगतको मूल्य उपलब्ध गराउने निर्णय गरिसकेका छन्।, नि:शुल्क रगतको नाममा प्रदेश सरकारले मूल्य बढाएर गर्‍यो सम्झौता
सेतोपाटी संवाददाता चोरीका ६ वटा मोटरसाइकलसहित दाङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरी तीमध्ये तीन जनालाई चोरीका मोटरसाइकलसहित सार्वजनिक गरेको हो। चार जना नाबालक रहेकाले उनीहरूको पहिचान गोप्य राखिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। , नाबालकबाहेक पक्राउ परेकाहरू रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ सखी घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बस्दै आएका ३० वर्षीय भानु बुढा, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोट घर भई हाल घोराही-११ मा बस्दै आइरका मदन पुन र तुलसीपुर– १८ दूधरासका १८ वर्षीय बादल नेपाली छन्। , उनीहरू विगत पाँच ६ बर्षदेखि निरन्तर मोटरसाइकल चोरी कार्यमा संलग्न रहँदै आएको एसपी काफ्लेले जानकारी दिए। , केही समय पहिले मात्रै घोराहीबाट एउटा सरकारी मोटरसाइकल चोरी भएको निवेदन प्रहरी समक्ष परेको थियो। त्यसअघि पनि विभिन्न व्यक्तिले आफ्ना मोटरसाइकल चोरी भएको निवेदन प्रहरीमा दिँदै आएका थिए।, प्रहरी घटना अनुसन्धानमा लागि परेको थियो। त्यही क्रममा केही दिन पहिले घोराहीमा एउटा मोटरसाइकल दुर्घटनामा पर्‍यो। सामान्य दुर्घटना भए पनि त्यसको आवश्यक कागजात माग गर्दा चालकले प्रहरीलाई बुझाउन सकेनन्। चालक नाबालक नै थिए। , तिनै नाबालक किशोरबाट प्रहरीले अनुसन्धान अगाडि बढायो। उनैले मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहबारे सूचना दिए। त्यसपछि प्रहरीले पिछा गर्दै एकपछि अर्कालाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो।, उनीहरूको कुरा सुन्दा प्रहरी चकित बन्यो। , विगत पाँच/छ वर्षदेखि उनीहरूले निरन्तर मोटरसाइकल चोरी गरेको बयान दिए। दिनभरि ठाँटिएर घुम्ने र सवारीबारे अनुसन्धान गर्ने उनीहरू मौका पाउनासाथ मोटरसाइकल चोर्थे।, 'चोरी गरेपछि मोटरसाइकल वनजंगल, झाडीमा लगेर लुकाउँथे,' एसपी काफ्लेले भने, 'आजकल जताततै मकै भएकाले मकै बारीमा लुकाउँदा रहेछन्।', चार-पाँच दिन वा हप्ता दिनपछि प्रहरीको ड्युटी फेरियो, प्रहरी शान्त छ भन्ने बुझेपछि उनीहरू ती मोटरसाइकल निकाल्थे। त्यसभन्दा पहिले उनीहरूले ग्राहक खोजिसकेको हुन्थे। , दाङमा चोरी गरेका मोटरसाइकल रोल्पा, प्युठान, सल्यान, रुकुम जस्ता पहाडी जिल्ला र रूपन्देहीमा लगेर दसदेखि ५० हजारसम्ममा उनीहरूले बेच्ने गरेको कुरा अनुसन्धानबाट खुलेको एसपी काफ्लेले बताए। , 'रुपन्देही र नेपालगञ्जबाट मोटरसाइकल चोरी गरेर दाङ र दाङबाट चोरी गरेर पहाडी गाउँ तथा रूपन्देहीसम्म मोटरसाइकल बेचेको खुलेको छ,' एसपी काफ्लेले भने, 'हामीले यो बीचमा पसल, घर लगायतमा चोरी गर्ने गिरोह पनि पक्राउ गरेका छौं। उनीहरूसँग पनि कनेक्सन देखिन आएको छ।', केही समय पहिले मात्रै दाङ प्रहरीले चोरीका मोटरसाइकलसहित ११ जनालाई रूपन्देही पठाएको थियो।, चोरी गरेका मोटरसाइकलका पाटपुर्जा खोलेर ग्यारेजमा बेच्ने गरेकाले केही ग्यारेज माथि पनि अनुसन्धान गरिने एसपी काफ्लेले बताए। चोरीपछि मोटरसाइकल मोडिफाइ गर्ने, रङ, नम्बर प्लेट फेर्ने र एक ठाउँबाट अर्कै ठाउँ पुर्‍याउने गरेको तथ्य उजागर भएको एसपी काफ्लेले जानकारी दिए। , प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न तीन जनासहित उनीहरूले चोरी गरेका भनिएका ६ मोटरसाइकल सार्वजनिक गरेको हो। लु ३७ प ८३४३, रा ६प ४१५४, रा २ प ९३४४, रा ६ व ४३०९, रा ६ प ३३८८ र लु ६० प ३४९१ नम्बरका चोरी भएका मोटरसाइकल सार्वजनिक गरिएको हो।, चोरीका ६ मोटरसाइकलसहित ७ जना पक्राउ
नारायण खड्का लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन्। , घर बिदामा जान थालेका प्रहरी हवल्दार रामबहादुर बाँठालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिमबाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमै आक्रमण गरेका थिए। आक्रमणपछि बाँठा घाइते भएका थिए।, रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का प्रहरी हवल्दार बाँठालाई कुटपिटको विरूद्धमा पीडितले जाहेरी दिन खोजेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले माओवादी नेताहरूको दबाबमा आएर जबरजस्ती मिल्न आफूलाई पनि दबाब सिर्जना गरेको गुनासो गर्दै आएका छन्। , 'त्यो घटना मैले नियालिरहेको छु,' डिआइजी उपाध्यायले भने, 'अब एक-दुई दिनभित्रै घटना अनुसन्धान गर्न बाहिरी जिल्लाका डिएसपी पठाउने तयारीमा छु।', प्रहरी हवल्दारले भन्दा पनि जिल्ला प्रहरी प्रमुखका गतिविधि अनुसन्धान गर्न आफूले छिट्टै एक जना डिएसपी रोल्पा खटाउन लागेको डिआइजी उपाध्यायले सेतोपाटीलाई बताए।, 'डिएसपी घिमिरेले मलाई त्यो हवल्दार नै फटाहा छ भन्ने कुरा भन्दै आउनुभएको छ,' उपाध्यायले भने, 'अर्कोतर्फ प्रहरी हवल्दारले आफूलाई जबर्जस्ती डिएसपीले मिल्न दबाब दिएको कुरा पनि मैले पढ्दै आएको छु।', आफूले छिट्टै एक जना डिएसपी खटाएर सुक्ष्म रूपमा रोल्पाका डिएसपीका गतिविधिबारे अनुसन्धान गर्न अधिकारी पठाउन लागेको उनले बताए।, शनिबार फेरि छलफल हुने , जिल्ला प्रहरी कार्यालय रोल्पामा दुवै पक्षलाई राखेर शनिबार बिहान ११ बजे फेरि छलफल हुने भएको छ। , प्रहरी हवल्दार बाँठाले पनि शनिबार पनि छलफलका लागि आफूहरूलाई बोलाइएको जानकारी दिए। , 'आज पनि डिएसपी साबले मिल्नु पर्छ भन्ने कुरा गर्नुभयो र मेरो जाहेरी दर्ता गर्नै मान्नु भएन,' बाँठाले भने, 'शनिबार पनि कुरा नमिले म न्यायsf लागि यही प्रतिक्षालयमा अनसन बस्ने छु।', लिखित जोहरी दर्ता गर्न खोजे पनि भोलि भोलि भन्दै डिएसपी घिमिरेले चार दिनसम्म दर्ता गर्न नमानेको र जसरी पनि मिल्न दबाब दिँदै आएको प्रहरी हवल्दार बाँठाले बताउँदै आएका छन्।, 'मैले अनसनको तयारी गरिरहँदा आज एक पटक फेरि मलाई शनिबारको छलफलमा बस्नुपर्‍यो भन्ने आग्रह आएको छ,' बाँठाले भने, 'मैले न्यायबाहेक अरू केही खोजेको छैन।', एउटा प्रहरी माथि भएको आक्रमणबारे न्याय माग्न जाँदा प्रहरी अधिकारीबाटै राजनीतिक दबाब आएको र आफूले सहयोग नपाएको बाँठाको गुनासो छ।, जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले भने आइतबार प्रहरी हवल्दार बाँठाको जाहेरी दर्ता हुने विश्वास दिलाए।, 'कुटपिटमा संलग्न भनिएका व्यक्तिहरूबाट पनि राजनीतिक अभद्र व्यवहारसम्बन्धी जाहेरी आएको छ,' घिमिरेले भने, 'दुवै पक्षको जाहेरी अध्ययन गरेर आइतबार दर्ता गरिने छ।', सम्बन्धित समाचारः, ,माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन , रोल्पाका डिएसपीबारे आएको गुनासो अनुसन्धान गर्न प्रहरी अधिकारी पठाउने तयारी
रासस झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नम्बरको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो। , सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको शुक्रबार दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।, सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल विराटनगरमा, कमल–७ का २१ वर्षीय भविन मगरको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सिटी रिक्सामा सवार कमल–५ की ६५ वर्षीया सुकमाया माझी एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ।, दुर्घटनामा संलग्न मोटरसाइकल, सिटी रिक्सा र सिटी रिक्सा चालक कमल–६ का ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।,  , दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, डेढ वर्षअघिको कुरा हो। संगीता अधिकारी नागरिकता बनाउन चितवनको भरतपुर जिल्ला प्रशासन कार्यालय पुगिन्। भरतपुर महानगरपालिका, शरदपुरमा जन्मेकी संगीता पारलैंगिक महिला हुन्। उनी आफ्नो पहिचानसहितको नागरिकता बनाउन चाहन्थिन्।, संविधानको धारा १२ ले पनि नेपाली आमा वा बाबुका सन्तानले वंशजको आधारमा पहिचानसहितको नागरिकता दिने व्यवस्था गरेको छ। संविधानले नै नरोकेपछि त सजिलै नागरिकता पाउँछु भन्नेमा उनी ढुक्क थिइन्।, २०७७ साल, पुस २८ गते जिल्ला प्रशासन कार्यालय पुगेकी उनलाई तत्कालीन सिडिओ नारायणप्रसाद भट्टराईले पारलैंगिक महिला भएको प्रमाण ल्याउन भने। संगीता पहिले त अलमलिइन्। त्यो प्रमाण कसरी ल्याउने भनेर सोधिन्। सिडिओ भट्टराईले डाक्टरले प्रमाणित गरिदिए नागरिकता दिने बताए।, संगीतालाई नागरिकता जसरी पनि चाहिएको थियो। उनी डाक्टरकहाँ गएर आफ्नो पहिचानबारे जाँच गर्न राजी भइन्।, त्यसका लागि उनी एक साथीसँग भरतपुर अस्पताल पुगिन्। डाक्टरले उनलाई शरीरको कपडा पूरै फुकाल्नु पर्छ भने। उनलाई कपडा फुकालेर जाँच्ने डाक्टर पुरुष थिए। त्यसले पनि आफूलाई असहज भएको उनी बताउँछिन्। अप्ठ्यारो महसुस भए पनि नागरिकता चाहिने भएकाले उनी सहमत हुन बाध्य भइन्।, 'मलाई जसरी पनि नागरिकता चाहिएको थियो। आफ्नो शरीर पूरै नांगो पारेर भने लिन मन थिएन। एकदम असहज लागे पनि डाक्टरले त्यस्तो गर्नु नै पर्छ भन्नुभयो,' उनले सम्झिन्, 'अनि म सहमत हुनै पर्‍यो।', सिडि‌ओले नै पहिचानको प्रमाण मागेपछि यसो गर्नुपरेको कुरा डाक्टरले उनलाई बताएका थिए।, अहिले कर्णाली प्रदेशको लोकसेवा आयोग सचिव रहेका तत्कालीन सिडिओ भट्टराईले संगीतालाई जबरजस्ती नगरिएको बताए। संगीतासँगै त्यति बेला अस्पताल पुगेका उत्तम थापा भने डाक्टरले हेरेर प्रमाणित नगरे नागरिकता नपाउने भएपछि बाध्य भएर आफ्नी साथीले शरीर देखाएको बताउँछन्।, 'हामीले त्यसरी शरीर नदेखाउने भनेका थियौं। तर नागरिकता बनाउन डाक्टरले हेर्नु नै पर्छ भनेपछि बाध्य भयौं,' उनले भने, 'महिला डाक्टर नभई पुरुषले हेर्दा उहाँलाई निकै असहज भएको थियो।', यसरी डाक्टरलाई नांगो शरीर देखाएपछि संगीताले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सिफारिस पाइन्। त्यस बेला उनलाई जिल्ला प्रशासन कार्यालयले 'अन्य' पहिचानमा नागरिकता दिएको थियो।, चितवनमा पहिलोपटक उनले 'अन्य' पहिचानबाट नागरिकता पाएकी थिइन्।, संगीता २३ वर्षअघि नारायणीदेवीकी कान्छो सन्तानका रूपमा जन्मिएकी थिइन्। लिंगका आधारमा छोरा भएर जन्मे पनि चार कक्षा पढ्दा उनलाई आफू अन्यभन्दा फरक भएको थाहा भयो।, संगीताको आनीबानी केटीको जस्तै हुन थालेपछि स्कुलका साथीहरूले जिस्काउन थाले। विभिन्न उपनाम दिएर हाँसोको पात्र बनाए। उनले बीचमै आफ्नो पढाइ छोड्नु पर्‍यो।, 'शौचालय जाँदा होस् या कक्षामा, सबैले हिजडा, छक्का भनेर जिस्काउँथे, कुरा काट्थे। यसले गर्दा म स्कुल पनि जान सकिनँ,' उनले भनिन्।, धेरैपछि साथी अन्जलीमार्फत उनी मानव सचेत समाज नामक संस्थामा आवद्ध भइन्। यो संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक-अधिकारका लागि चितवनमा बसेर काम गर्छ। त्यहाँ संगीताको आवतजावत हुन थालेपछि उनले आफू पनि अन्जलीजस्तै पारलैंगिक महिला भएको थाहा पाएकी हुन्।, सुरूसुरूमा उनको केटी रूप देखेर परिवार अचम्म परेका थिए। बिस्तारै आफ्नो पहिचानको बारेमा बुझाउँदै गइन्। परिवारले आपत्ति जनाउन छाडे।, उनकी दिदी पूजाले संगीताबारे बताउँदै भनिन्, 'हामी एकदम खुसी छौं। हाम्रो परिवारमा बहिनी थपिएको छ। पहिला दुई जना दिदीबहिनी थियौं, अहिले तीन भयौं। हामी संगीतालाई धेरै माया गर्छौं। जस्तोसुकै परिस्थितिमा पनि साथ छोड्ने छैनौं।', आफ्नो पहिचानबारे प्रस्ट भएपछि संगीताले नागरिकता बनाउने सोचेकी थिइन्। सोचेजस्तो सहज भएन। बारम्बार वडा कार्यालय पुग्नुपर्थ्यो। पहिचानसहितको नागरिकता बनाउने सिफारिस दिन वडाअध्यक्ष तयार थिएनन्।, 'मैले त्यति बेला विभिन्न जिल्लामा पहिचानसहितको नागरिकता बनेको फोटोकपी ल्याएर देखाएँ। मेरो संस्थाका व्यक्तिहरूले पनि सम्झाउनु भयो। बल्लबल्ल बुझाएपछि नागरिकताको सिफारिस दिनुभयो,' उनले भनिन्।, त्यसपछि उनी प्रशासनमा वडाको सिफारिस लिएर पुगिन्। वडाको सिफारिस बुझाएपछि प्रशासनले सहजै नागरिकता दिन्छ। उनलाई भने दिएन। सिफारिस टेबलमा राख्दै उल्टै अर्को आदेश दियो जुन आदेश कानुनमै उल्लेख छैन। , संगीताले नागरिकताका लागि चार वर्षसम्म विभिन्न कार्यालय धाउनु परेको थियो।, त्यही भएर हिजोआज पहिचानसहितको नागरिकता नपाएकाहरूका लागि आवाज उठाउँदै आएकी उनले भनिन्, 'मैले दुःखले नागरिकता पाएँ। मैलाई जस्तो अरूलाई नहोस् भनेर आवाज उठाउँदै आएकी हुँ।', भरतपुर अस्पतालमा संगीताको शरीर जाँचबारे बोल्दै पूर्व सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, 'कानुनमा उल्लेख नभए पनि हामीले जसलाई पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भनेर नागरिकता दिन मिल्दैन। त्यसो भयो भने जसले पनि त्यसरी नागरिकता लिन सक्ने भए। त्यही भएकाले चिकित्सकबाट जाँच गराएका हौं।', कानुन अभावमा सिडिओले यसरी मनलाग्दी मापदण्ड तोकिदिने गरेको नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मकवानपुरका कार्यक्रम संयोजक किरण थापाले बताए। उनका अनुसार चितवनमा डाक्टरले प्रमाणीकरण गर्नुपरे पनि मकवानपुरमा भने वडाले सिफारिस गरेपछि सजिलै पहिचानसहितको नागरिकता पाइन्छ।, उनले हेटौंडा उपमहानगरपालिकाको एउटा उदाहरण दिए। एक पारलैंगिक महिलाले चिकित्सकको प्रमाणीकरण नगरी नागरिकता पाएकी थिइन्। किरण थापा यसरी नै सहजै पहिचानसहितको नागरिकता पाउनुपर्ने बताउँछन्।, मानव सचेत समाजका कार्यक्रम संयोजक देव श्रेष्ठ यसरी चिकित्सकबाट यौनिक तथा लैंगिक समुदायको जाँच गर्नु गलत भएको बताउँछन्।, 'यो त भावनात्मक रूपमा महिला वा पुरुष हो भनेर थाहा पाउने कुरा हो। त्यसलाई प्रमाणित गर्ने कुरा नै हुँदैन,' श्रेष्ठले भने, 'त्यही पनि कानुन बाहिर गएर यसरी प्रमाणित गर्नु दुर्व्यवहार गर्नु हो।', नेपालको कानुन हेर्ने हो भने पारलैंगिक महिलाको नागरिकता बनाउन चिकित्सकको प्रमाण आवश्यक छैन। संविधानको धारा १२ मा भनिएको छ- यो संविधानबमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने छ।, यो प्रावधान कार्यान्वयन गर्ने नियम–कानुनको अभाव हुँदा लैंगिक तथा अल्पसंख्यक समुदायले सहजै नागरिकता प्राप्त गर्न सकेका छैनन्।, यी पनि पढ्नुहोस्ः , पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी, हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान, जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्‍यो
सेतोपाटी संवाददाता पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ।, चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पाेखरातर्फ जाने सवारीसाधनबीच बाटाेमा नै राेकिएका छन्।, पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ।, दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।, पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ।, आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।, यस्तो छ तीन दिनको मौसम, २०७९ साउन ७ गते (शनिबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, २०७९ साउन ८ गते (आइतबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, २०७९ साउन ९ गते (सोमबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, काठमाडौँमा बिहानैदेखि वर्षा, देशभर केही दिन झरी पर्ने
रासस ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।, घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।, खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ ।, शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
रासस लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । , गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । , त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् । , “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने । मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।, वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति
सेतोपाटी संवाददाता नेपाली कां‌ग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव युवा झनक बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा यात्रा सुरू गरेका छन्। , तुलसीपुर–११ जस्पुरका युवा बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन्। , बस्नेतलाई जिल्लाको बबई गाउँपालिका वडा नं. ३ को पतेरी चोकमा स्थानीयले साढे ८ बजेतिर स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए। , त्यसअवसरमा उनलाई खादा माला र अबिर लगाई शुभ साइत मानिने दही खुवाइएको नेपाली कांग्रेस बबई–३ का सभापति प्रेम नागबागले जानकारी दिए। , स्वर्गीय नेता खुमबहादुरको नाममा यात्रा समर्पित यात्रामा निस्कनु भन्दा पहिले उनले कांग्रेस स्वर्गीय नेता खुमबहादुर खड्काको नाममा यात्रा सर्मपित भएको उल्लेख गरे। , आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको स्ट्याटसमा ‘जनचाहना विपरित अन्तराष्ट्रिय दलालहरूको आडमा पैसा खाएर धर्मनिरपेक्षता र संघीयता लादेर देशमा विपद निम्त्याएको’ उल्लेख गरेका छन्। , विद्यमान विपददेखि मुक्त पाउनका लागि खड्काले हिन्दु महाअभियान चलाएको हुँदा त्यसलाई समर्थन गर्दै आफूले खाली खुट्टा दाङ-काठमाडौं पैदल यात्राको थालनी गरेको बस्नेतले बताएका छन्। उनले धर्मनिरपेक्षता र संघीयता हटाउनु पर्ने माग पनि गरेका छन्। , खड्काको त्यही विचारलाई आत्मसाथ गर्दै शिव भगवानलाई साँक्षी राखेर पहिला दाङदेखि काठमाडौं र पछि देशभर खाली खुट्टा पैदल यात्रा गर्ने बस्नेतले जानकारी दिएका छन्।, दाङदेखि काठमाडौं खाली खुट्टा यात्रामा निस्किए झनक
रासस संखुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। , मलामी पुगेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।, नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए। , गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ, वडा नम्बर ९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो। ,     , यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए। गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताए।, ४४ जना मलामी बोकेर फर्किंदै गरेको को२त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो।, चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख दिने
डा.विश्वबन्धु बगाले झट्ट हेर्दा दीर्घरोग ठूला मान्छेमा मात्रै हुन्छ जस्तो देखिन्छ। तर यो समस्या बालबालिकामा पनि छ। पछिल्लो समयमा बालबालिकामा दीर्घरोगको समस्या बढ्दै गएको छ।, बच्चाहरूको खानपान, आहारमा ध्यान नदिँदा, बसाईको प्याट्रन फरक हुँदा, शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको छ। १०, १२, १५ वर्षका बच्चामा पनि श्वासप्रश्वासको समस्या, मधुमेह जस्ता दीर्घरोग धेरै देखिने गरेको छ। कतिपयलाई त जन्मँदै स्वाशप्रश्वासमा समस्या देखिने गर्छ।, घर भित्रै बसेर टिभी, मोबाइल चलाउने, खाइरहने बच्चामा यस्तो समस्या बढी छ। खेल्ने, कुँद्ने उमेरमा घर भित्रै सिमित हुँदा शारीरिक तन्दुरुस्तीमा कमी आउँछ। यसले मोटोपन बढाउने, शरीर सन्तुलित नहुने समस्या देखिन्छ, अनि अन्य रोगलाई प्रश्रय दिन्छ।, विद्यालयमा जंगफुड लैजाने, अतिरीक्त क्रियाकलापमा भाग नलिने, कक्षा कोठाभित्रै सीमित रहने, घरमा फर्किएपछि पनि शारीरिक गतिविधिमा सामेल नहुने बलबालिका दीर्घरोगको निसानामा पर्छन्। , विद्यालयमा जंगफुड लैजान नदिने, क्यान्टिनमा पनि नराख्ने, शरीर चलायमान हुने खालका अतिरीक्त क्रियाकलापमा बालबालिकालाई सहभागी गराइयो भने समस्यामा कमी आउँछ। बच्चाहरु सबै एकठाउँमा बस्ने, घुलमिल हुनुपर्ने भएकाले विद्यालयमा स्वास्थ्य सचेतना पनि आवश्यक छ।, बालबालिकामा डायरिया र निमोनियाको समस्या पनि बढी छ। खानेपानी स्वच्छ नहुँदा डायरियाको समस्या देखिन्छ। पिउनयोग्य पानी चाहिन्छ। उमालेर सेलाएको पिउने गर्दा राम्रो हुन्छ। निमोनियाको कुरा गर्दा पहिले यसविरूद्ध उपचारमात्रै थियो अहिले भ्याक्सिन पनि लगाउन थालिएको छ।, मौसम, तापक्रमका कारण बालबालिका बिरामी हुने समस्या त छँदै छ। यसबाहेक ग्रामीण भेगबाट बसाइसरेर सहर आएका बालबालिकामा रूघा खोकी लागिरहने समस्या पनि अहिले धेरै छ। उनीहरुमा छोटो अवधिमा यस्तो भइरहन्छ। यो सहरीकरण, धुलो, धुवाँका कारण भएको एलर्जी हो। यसलाई बाल दम भन्छौं। पहिले किटाणुका कारण निमोनिया बढी हुन्थ्यो अहिले यो बढी छ। यसले पेट दुख्ने, वान्ता हुने, उमेरअनुसार तौल नबढ्ने समस्या देखिन्छ।, रूघाखोकी लाग्दा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धोइराख्ने, नाक–मुख नचलाउने कुरा बालबालिकालाई सिकाइराख्नपर्छ।, अहिले गर्मीका कारण बालबालिका बिरामी हुने क्रम बढेको छ। गर्मी, मौसम परिवर्तन हुने समयमा केही किटाणु सकृय हुने भएकोले संक्रमणजन्य रोगको खतरा हुन्छ। यसले बच्चाहरुको रोगसँग लड्ने क्षमता घट्छ। ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, बच्चा गलेको जस्तो देखिने लक्षणहरु देखिन्छ। यो भाइरसका कारण हो। यो सिजनमा ओपीडीमा बालबालिकाको संख्या दोब्बर हुन्छ। यस्तो समस्या थाहा पाएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा पुगिहाल्दा समयमै उपचार पाइन्छ, समयमै निको हुन्छ।, यसै विषयमा बकुलहर रत्ननगर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेन्ट बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विश्वबन्धु बगालेसँग सेतोपाटीका राजेश घिमिरेले गरेको कुराकानी भिडिओमा हेर्नुहोस्।, बालबालिकामा बढ्दैछ दीर्घरोगको समस्या, कसरी बच्ने? (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं उपत्‍यकामा दुई हजार चार सय बढी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। , शुक्रबार मात्रै काठमाडौं उपत्यकामा दुई हजार ४१२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा मातहत कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई कारबाही गरेको हो। , मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १५४ जनालाई कारबाही गरेको छ।, लेनको नियम उल्लंघन गर्ने मात्रै ६२ जना कारबाहीमा परेका छन्। , रेड लाइटमा पनि सवारीसाधन चलाएको भन्दै ६५ जना कारबाहीमा परेका छन्। त्यसैगरी २४ जनालाई नम्बर प्लेटको शिर्षकमा कारबाही गरेको छ। , अन्य विभिन्न ट्राफिक नियमको उल्लंघन गरेको भन्दै दुई हजार १०७ जनालाई गरी कुल दुई हजार ४१२ सवारीसाधनलाई कारबाही गरेको हो। ,   , ट्राफिक नियम उल्लं‌घन गर्ने दुई हजार चार सय सवारीसाधन कारबाहीमा
सविता बुढा यसै साता बिहीबार अपराह्न २ बजेतिरको कुरो हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलाई सुत्केरी व्यथाले च्याप्यो।, उनको गाउँ मुक्तकोटमा सामुदायिक स्वास्थ्य इकाइ छ तर त्यहाँ सुत्केरी गराउने व्यवस्था छैन। भवन बनेको छ। एक जना अनमी कर्मचारी र एक जना अहेव छन्। यहाँ भरर्खरै परिवार नियोजनका अस्थायी साधन वितरण र प्राथमिक उपचार सेवा सुरू भएको छ।, गाउँमा सुत्केरी गराउन सम्भव नभएपछि गाउँका तीन जना महिला र श्रीमानले कार्तिकालाई तीन घण्टा टाढाको मझगाउँ बर्थिङ सेन्टरमा पुर्‍याए।, बिरामी बोकेर लैजान स्टेचर पनि थिएन। बाटोमा कतै डोहोर्‍याउँदै र कतै बोक्दै तीन घण्टा हिँडेर उनीहरू बर्थिङ सेन्टर पुगे।, बर्थिङ सेन्टर सुनसान थियो।, ‘त्यहाँ (बर्थिङ सेन्टरमा) कोही पनि कर्मचारी थिएन,’ कार्तिकालाई लिएर गएकी मन्दरी विकले भनिन्, ‘कार्यालय सहयोगीले इन्चार्ज गाउँपालिकाको बैठकमा गएको र दुई जना अनमी करारको म्याद सकिएर आएका छैनन् भने।’, रित्तो बर्थिङ सेन्टर कुरेर बस्नुको अर्थ थिएन।, कुनै अर्को बर्थिङ सेन्टर वा अस्पताल पुर्‍याउने विकल्प पनि थिएन। उनीहरू घर फर्किनु उचित ठानेर बाटो लागे।, घरतिर ल्याउँदै गर्दा ताहाडा खोलानजिक कार्तिकालाई व्यथा चर्को भयो। उनी त्यहीँ सुत्केरी भइन्। साथमा रहेका महिलाहरूले सहयोगका लागि चिनजानका स्वास्थ्यकर्मीलाई खबर गरे।, निजी क्लिनिक सञ्चालक एक जना स्वास्थ्यकर्मी आएर नाभी काटे। अन्य आवश्यक सहयोग गरे। उनले फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरे।, गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले म्याद नथपेको भन्दै घरमा बसेकै कारण यस्तो समस्या आएको हो।, ‘हामीले स्वास्थ्यकर्मीको हकमा म्याद थप नभए पनि काम गरिहनू, १ गते (साउन) बाट म्याद थप हुनेछ भनेका थियौं तर उनीहरू मनोमानी घरमा बसेको हामीले जानकारी पायौँ,’ रोकायले भने, ‘बाटोमै बच्चा र आमालाई केही तलमाथि भए हामी जेल जानुपथ्र्याे।’, स्वामीकार्तिक खापर गाउँपालिकाका पाँच वटा वडामध्ये तीन वटा स्वास्थ्य केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य इकाई र दुई वटा बर्थिङ सेन्टर गरी सात वटा स्वास्थ्य संस्था छन्।, ती स्वास्थ्य संस्थामा कार्यालय सहयोगीबाहेक कुल स्वास्थ्यकर्मी २८ जना छन्। यहाँ पाँचौं तहका सिनियर अहेव, अनमी र सीएमए कार्यरत छन्। कतिपय कर्मचारीहरू करारको म्याथ थप नभएको जनाएर घरमै बसेका छन्।, अन्य वडाभन्दा वडा नम्बर १ को मुक्तिकोटमा हाल स्वास्थ्य इकाइ पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। कार्तिका त एक दृष्टान्तमात्रै हुन्, उनको गाउँमा सबैको अवस्था एक हो।, ‘हाम्रोमा केही सुविधा छैन। मुक्तिकोटमा धेरै दुःख छ। गाउँमै सुत्केरी गराउने वातावरण भए कष्ट भोग्नु पर्ने थिएन,’ मन्दरीले भनिन्, ‘जमान कहाँबाट कहाँ पुग्यो। हामी जंगली जीवन बाँच्न बाध्य छौँ।’, गाउँपालिका अध्यक्ष रोकायाले स्थानीयवासीको समस्या ध्यानमा राखेर साउन १ गतेदेखि नै मुक्तिकोटमा बर्थिङ सेन्टर बनाउन र सेवा विस्तार गर्न बजेट छुट्याएको बताए।, तस्बिर: सामाजिक सञ्जाल।, बाटोमै शिशु जन्माएकी कार्तिकालाई बिहीबार नै घर पुर्‍याइएको छ। उनले तेस्रो सन्तान जन्माएकी हुन्।, वडा नम्बर  १ का वडा अध्यक्ष अजयकुमार विकका अनुसार गर्भवती अवस्थामा पनि कार्तिकाको नियमित परीक्षण भएन। नजिकमा स्वास्थ्य संस्था नहुँदा र विकट भौगोलिक अवस्थाका कारण नियमित परीक्षण हुन नसकेको हो।, उनका अनुसार कार्तिकाको गाउँ मुक्तिकोटका ३५० घरधुरीका ५७५ मध्ये १२० बालबालिका कुपोषित छन्। कुपोषित हुनेमा दलित समुदायका बालबालिका बढी छन्।, वडाध्यक्ष विकका अनुसार यहाँका गर्भवतीले टिटानस खोप पनि पाउँदैनन्। आइरन चक्की खान पनि पाउँदैनन्।, ‘म पनि स्वास्थ्यकर्मी हुँ। दस वर्ष यही ठाउँमा स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव छ,’ वडाध्यक्ष विकले भने, ‘यहाँको स्वास्थ्य र शिक्षामा सुधार गर्छु भनेर जनप्रतिनिधि भएँ। म संघसंस्था, प्रदेश र केन्द्र सरकारसँग हारगुहार गरिहरेको छु।’, भौगोलिक विकटताका स्वामीकार्तिक खापर गाउँपाकिलामा यातायातका आधुनिक साधनको सुविधा छैन।, गाउँपालिका कार्यालयबाट माझीगाउँको सीमानासम्म ३० किलोमिटर सडक छ।, बर्खायाममा २० किलोमिटरमा राम्ररी गाडी चल्दैन। बिरामी बोक्न गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स पनि बेकाम थन्किएको छ।, स्वामीकार्तिक खापरमा जमिन भिरालो छ। हिउँदमा रैथाने बाली हुन्छ। जमिनको उत्पादकत्व अत्यन्तै कम छ।, वडाध्यक्ष विक भन्छन्, ‘यहाँ उत्पादन हुँदैन। बाहिरबाट आयात गर्न सडक छैन। गरिबी छ। अशिक्षा छ। खानेपानी छैन। बालबालिकाहरू कुपोषित छन्।’, उनका अनुसार यहाँका ७३ घरपरिवार पहिरोबाट विस्थापित भएका छन्।, उनले भने, ‘पहिरोको जोखिम छ। बर्खामा तलबाट पहिरो गइरहेको छ। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा कर्मचारी नभए जनतालाई धेरै दुःख भएको छ।’, नेपाल सरकारको मापदण्ड अनुसार बाजुराको सदरमुकामबाट स्वामीकार्तिक खापर गाउँपालिका २१ कोस टाढा पर्छ। सदरमुकामबाट हिँडेर जान तीन जति लाग्छ। यो गाउँपालिका सामाजिक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारमा निकै पछाडि परेको छ।,  , तीन घण्टा हिँडेर बर्थिङ सेन्टर पुर्‍याइयो, स्वास्थ्यकर्मी नभएपछि कार्तिकाले बाटोमै जन्माइन् बच्चा
रासस संखुवसभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओ गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।, भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।, शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नम्बरको गाडीले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।, ठक्करबाट सख्त घाइते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उनले बताए।, चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, संखुवासभामा गाडीको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु
सेतोपाटी संवाददाता देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो। , जसमध्ये एक हजार ८८ जनाको पिसिआर र एक हजार ९०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।  , पिसिआरबाट दुई सय १६ र एन्टिजेनबाट एक सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।, यस्तै ८६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। , देशभर दुई हजार ९७१ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।  , थप ३३५ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता सिरहामा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।, कोईरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको थियो। खबरपछि ईलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, सिरहामा महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
शर्मिला पाठक/ रासस एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घ समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतिनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन्।, ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जन जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने भन्दै यसको लागि केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताउँछन्।, ‘फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुपर्छ,’ उनले भने।, फोहरमैला व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सहलगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चातको उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ।, काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर अन्यत्र व्यवस्थापन गर्दा व्यवस्थापन गरिएका स्थानका नागरिकलाई नकरात्मक असर पर्ने भएकाले आगामी दिनमा उत्पादन भएकै स्थानमा फोहर व्यवस्थापन गर्ने गरी कानुनी व्यवस्था हुनुपर्ने छलफलमा सहभागी जनप्रतिनिधिहरूको पनि सुझाव छ।, शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानुनमा समावेश गरिनुपर्ने विषयवस्तुको छलफलमा काठमाडौं उपत्यकाको स्थानीय तहका सहभागी जनप्रतिनिधिले उत्पादित स्थानमा नै फोहरको व्यवस्थापन गर्न सुझाएका छन्।, त्यसैगरी विद्यमान संघीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित संघीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको सुझाव छ। अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, संकलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उनको जोड रहेको छ। , काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले उत्पादित स्थानमा नै फोहरको व्यस्थापन गर्नुपर्ने विषय नै फोहर व्यवस्थापनका लागि प्रभावकारी र बलियो आधार रहेको बताए। फोहर व्यवस्थापनको सम्बन्धमा कानुन निर्माण गर्दा आर्थिक आम्दानीको स्रोतको रूपमा यसलाई विकास गर्नुपर्ने प्रमुख पौड्यालको सुझाव छ। उनका अनुसार फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ।, घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्ने विषय पनि अब बन्ने कानुनमा समावेश गर्नुपर्नेमा सहभागीको ध्यान केन्द्रित थियो।, सो अवसरमा केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा २७१ नगरपालिकामा गरेको सर्वेक्षणअनुसार फोहरमैलामा जैविक फोहरको अंश ५४ प्रतिशत रहेको र थोरै स्थानीय तहले मात्र फोहरको पुनःप्रयोग तथा प्रशोधनको विधि अपनाएको जानकारी गराइएको थियो।, ‘एक स्थानको फोहर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन’
रासस स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन्।, मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिए।, वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना गरिएको बताए।, उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।, ‘उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ,’ डा बस्नेतले भने, ‘जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।’, स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना
सेतोपाटी संवाददाता ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्। , शनिबार ललितपुर महानगरपालिका-१५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा एक महिला मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , ती महिलाको सनाखत भइसकेको छैन। प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षकी छन्।, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।,  , ललितपुरको लगनखेलमा एक महिला मृत फेला
सेतोपाटी संवाददाता समानता फाउन्डेशनका फेलोहरूले आफ्नो सिप र ज्ञानको उपयोग गर्दै कर्णाली प्रदेशका एक विद्यार्थीलाई उच्च शिक्षाको लागि फेलोशिप दिनको लागि कला तथा शिल्प प्रदर्शनी गरेका छन्।, समानता फेलोहरूले शनिबार उनीहरूकै परिकल्पना र नेत्तृत्वमा उनीहरूकै  सिर्जनात्मक सीप र ज्ञान प्रयोग गरी  तयार पारेका  कला तथा शिल्पका विभिन्न सामग्रीहरू शनिबार प्रदर्शनी तथा बिक्रि समेत गरेका छन्। , जसबाट संकलन गरिएको रकमले सन् २०२३  मा एक जना बढी फेलोलाई फेलोशिप दिने लक्ष्य राखेका छन्। , प्रदर्शनी मा ४२० जना ले अवलोकन गरेका थिए। प्रदर्शनीमा कलेजका विद्यार्थीहरू, स्थानिय, सामाजिक अभियान्ता, व्यावसायीको उपस्थिति थियो। प्रदर्शनी डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा भएको थियो।  , केही कलाकारहरूले आफ्नो केही कलाका सामाग्रीहरू प्रदर्शनीको लागि दिएर सहयोग गरेका थिए। प्रदर्शनीको दिन क्विलिङ आर्ट, बोतल आर्ट, पेन्टिङ, स्केच, पोर्ट्रेट, स्टोन आर्ट, मण्डला आर्ट र अन्य धेरै कलाका सामाग्रीहरू प्रदर्शन गरेका थिए।, प्रदर्शनीमा ३०० भन्दा बढी आर्ट का सामग्रीहरू प्रदर्शनी भए थिए भने करिब १५० उत्पादनहरू बिक्रि भएको थियो।, 'प्रदर्शनीका मुख्य दिनबाहेक विभिन्न कलेजका स्टलहरूमा पनि प्रदर्शनी गरिने छ र बाँकी सामानहरू अनलाइनबाट पनि बिक्रि गरिने छ। प्रदर्शनीको मुख्य उद्देश्य “एक थप फेलो“ हो। पूर्ण रूपमा समानता फाउण्डेशनका फेलोहरूले संचालन गरेका हुन्,' समानताको चौथो कोहोर्ट फेलो सुरज पराजुलीले बताए।, सन् २०१७ मा पनि फेलोहरूले तराईका बाढी पीडितहरूको लागि यस्तै प्रदर्शनी आयोजना गरेर ५१ हजार रूपैयाँ संकलन गरेका थिए। , समानता फाउन्डेशन उच्च शिक्षा र परोपकार क्षेत्रमा काम गर्ने गैर–नाफामुखी संस्था हो। सामुदायिक विद्यालयबाट एसईई उतिर्ण क्षमतावान् र कमजोर आर्थिक पृष्ठभूमिका  विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै समानता र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य लिई स्थापना गरिएको यस फाउन्डेशनले बिगत १० वर्ष देखि ७६ जना विद्यार्थीहरूलाई उच्च शिक्षा र उनीहरूको चौतर्फी विकासको लागि फेलोशिप प्रदान गर्दै आइरहेको छ। , कर्णालीका एक विद्यार्थीलाई उच्च शिक्षा दिलाउन समानता फाउन्डेशनको कला र शिल्प प्रदर्शनी
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएका छन्। , शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, काठमाडौंको कपन घर भई साथीहरूसँग घुम्न निस्केका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएका हुन्। उनीसँग सात जना साथीहरू घुम्न पुगेका थिए। , फोटो खिचाउनको लागि ढुंगामा बस्दा चिप्लिएर खोलामा खसेको प्रहरी उपरीक्षक मैनालीले बताए। , अहिले किशोरको खोजी भइरहेको छ। घटनास्थलमा प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली खटिएको छ। , यस्तै प्रहरीको सामाखुसीस्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको छ।   ,  , काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता
रासस तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।, अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।, तनहुँको व्यासमा पुरुषको शव फेला
नारायण ढुंगाना नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ।, तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ।, त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा। मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ।, अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ। एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने संविधानसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो। अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ।, चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।, उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए।, उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे। यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ। सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो।, मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पाेरेशनको पैसा परेको छ।, गृहमन्त्री बालकृष्ण खाणले शनिबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरेका छन्। उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ।, विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ। गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ।, प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ। नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ।, कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ । कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ। सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ। त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ।, सरकारसँगको सहमतिअनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो। उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ। यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ।, डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन्। जीवन बचाउने आधुनिक उपकरण, महत्वपूर्ण हेरचाह सुविधा यसमा छ। यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसीटिभी क्यामेरा छन्।, उक्त गाडी एउटाको झण्डै रु एक करोड पर्ने बताइएको छ। ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ। गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्वपूर्ण योगदान गर्नै विश्वस व्यक्त गरेका थिए।, शनिबार नै प्राधिकरणले अपाङ्गता भएकाहरूका लागि १५१ प्रकारका सहयोगी सामग्रीसमेत राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरेको छ। उक्त हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले अपाङ्गता भएकाहरूका लागि बजेट बढाउनुपर्ने आवश्यकता औँल्याउँदै हरेक क्षेत्र उनीहरुका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए।, उनीहरुको जीवनयापनलाई कसरी सहज बनाउने भन्नेमा नै सरकारको ध्यान रहेको बताए। गृहसचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई सङ्कटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए। ,(रासस),  , गुड्ने मिनी अस्पताल!
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।, यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। , प्रदेश १ का एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। , यस्तै सोमबार र मंगलबार केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।, देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, यस्तै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ साउन ८ गते (आइतबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, २०७९ साउन ९ गते (सोमबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,  २०७९ साउन १० गते (मंगलबार), दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, सोमबारबाट ठूलो पानी पर्न सक्ने
रासस बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन्।, गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ।, बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।, शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।, हराएकी महिलाको दुई दिनपछि शव फेला
रासस प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ।, पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन। यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बताए।, यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ। समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन्।, संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो। इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्।, पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ। मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन्।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमो पाँचपोखरीलाई पनि छनोट गरेको छ। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन्। विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्।, पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। अहिले पाँचपोखरीसम्म पुग्ने बाटो निर्माण, सूचनापाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङ्पाल गाँउपालिका–३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले बताए।, भोताङपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या नहुने उनले बताए। पर्यटन प्रवर्द्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने तामाङले बताए।, पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, ज्योवाथान डाँडालगायत जुगल हिमाल, दोर्जे लाक्पा हिमालसमेत रहेका छन्। त्यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङ्पालकोटको रैथाने महादेव मन्दिर तथा पोखरीमा सरसफाइ गरिएको छ।, स्थानीय, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागितामा सरसफाइ गरिएको स्थानीय सुन्दर सापकोटाले बताए। यहाँ पनि जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ।, पाँचपोखरीमा जनैपूर्णिमामा मेला लाग्ने
रासस गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरूआत भइसकेको छ। नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन्। , मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ।, मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको छ। बर्खा सुरू भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबभन्दा बढी पिरोल्ने गरेको छ। , मध्यबिन्दु–३ नन्दपुरका जितबहादुर महतोले बर्खा लागेसँगै रातिमा निद्रा हराउने गरेको गुनासो गरे।, ‘हिउँदभरी त हामीलाई खासै दुःख हुँदैन’, उनले भने, ‘बर्खा सुरू हुन्छ अनि हाम्रो पीडाका दिनहरू सुरू हुन्छन्।’, बर्खा सुरू भएसँगै कति बेला नारायणी बढेर आउँछ र आफूहरूको उठिबास लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको स्थानीयवासी महतोले बताए।, सबै राजनीतिक दलका नेताले चुनावको बेलामा नदी नियन्त्रणको आश्वासन दिएर भोट माग्ने गरेको उल्लेख गर्दै महतोले चुनाव सकिएपछि आफूहरूलाई बेवास्ता गर्ने गरेको गुनासो गरे।, नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनि स्थानीय पीडित हुने गरेका छन्।, हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन्।, मनसुन सुरू भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरू ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैंडाकोट–२ का जीवन बोटे बताउँछन्। , ‘बेलुका सुत्दा त ठिकै सुतेका हुन्छौं तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन’, बोटले भने, ‘राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ।’, नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरूको मनमासमेत पीडाका भावहरू मडारिने गरेको बोटे बताउँछन्।, नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ। , मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैंडाकोट, देवचुली र कावासोती नगरपालिका हुन्।, त्यस्तै, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन्। बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ।  , जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।, स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको घिमिरेको भनाइ छ।, पहिरा, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको उनको भनाइ छ। , बाढी पहिरा प्रभावित घरपरिवारको विवरण संकलन गर्ने तथा उनीहरूको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्नेबारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ घिमिरेले बताए।, ‘नदीलाई मूल प्रवाहमा बगाउने, खोलानाला थुनिएको ठाउँमा सफा गर्ने, कटानको जोखिम भएको ठाउँमा तारजाली लगाउने कामहरू गरेका छौं’, प्रजिअ घिमिरेले भने, ‘विपद् व्यवस्थापनका लागि सबै पालिकासँग समन्वय गरिएको छ, पूर्वसूचना प्रवाह प्रणालीसमेत सञ्चालनमा ल्याएका छौं।’ , विपद् व्यवस्थापनका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत संघसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको घिमिरेले बताए।, ‘सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य संघसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ’, घिमिरेले भने, ‘जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमा लगायतका काम गरेका छौं।’ , नदी तथा खोला पसेर गाउँ नै सखाप पार्ने अवस्था देखिएकाले तत्काल रोकथामका लागि अपनाउनुपर्ने कामहरू भइरहेको घिमिरेको भनाइ छ।, नदी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दीर्घकालीन काम भने भएको छैन।, गाउँ डुबानमा परेपछि उद्धारका लागि सुरक्षाकर्मी पठाउनुभन्दा नदी नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने जिल्लावासीको माग छ। ,  , 'बर्खा सुरू भएपछि हाम्रा पीडाका दिनहरू सुरू हुन्छन्'
सेतोपाटी संवाददाता रूपन्देहीको सालझण्डी प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित सैनामैनाका दुई जनालाई नियन्त्रणमा लिएको छ।, पक्राउ परेकाहरूले स्थानीय युवाहरूलाई गाँजा बेचबिखन गर्ने गरेको प्रहरीको आरोप छ। , ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले सैनामैनाको झिमपुरका रोशन थारुको घरमा लुकाइराखेको अवस्थामा १ किलो बढी र सैनामैना बालापुर बस्ने कमल कुमाललाई २ सय ४ ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।, साउन ४ गते दिउँसो सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने बर्ष २७ को रोशन थारुले आफ्नै घरमा अवैध लागुऔषध गाँजा लुकाईछिपाई राखी बिक्री वितरण गर्ने गरेको सूचना पाएपछि उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।, त्यसैगरी, सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालले आफ्नै घरमा अवैध लागुऔषध गाँजा लुकाईछिपाई राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा २०४ ग्राम सुकेको अवस्थामा गाँजा जस्तो चिजवस्तु फेला परेको सालझण्डी प्रहरीले बताएको छ। , पक्राउ परेका रोशन थारु र कमल कुमाललाई लागुऔषध ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।, गाँजा बिक्री गरेको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको एक गोदामबाट अन्दाजी एक करोड बराबरको चुरोट बरामद गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-७ गोपीकृष्णनगरस्थित एक गोदामबाट अन्दाजी एक करोड बराबरको चुरोट बरामद गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, प्रहरीले एक जना गोदाम सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय नवराज भन्ने छविलाल अगस्ती पक्राउ परेका हुन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, भन्सार छलेर ल्याइएका विदेशी चुरोट फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो।, ब्रिल लाइटस्, गुडाङ गरम, ब्ल्याक, माइवान्‍ड, क्लिओप्याट्रा, मन्ड, ब्ल्याक डग लगायत चुरोटहरू बरामद भएका छन्। यस्तै गोदामबाट ४२० किलो पटाका पनि बरामद गरेको छ। त्यस्तै बजाज मोटरसाइकलको पार्टस्, अक्सिमिटर बरामद गरेको हो।, प्रहरी उपरीक्षक कोइरालाका अनुसार अगस्तीले गोदाम श्रीमती श्रीजल अगस्तीको नाममा गरेको छ।, पटाका पनि बरामद भएको हुँदा उनीमाथि प्रहरीले सुरूमा विष्फोटक पदार्थ सम्बन्धी ऐनमा म्याद थप गर्ने तयारी गरिरहेको छ। त्यस्तै बरामद भएको चुरोटबारे भने राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्ने कार्यालयले जनाएको छ।  , काठमाडौंको एक गोदामबाट अन्दाजी एक करोड बराबरको चुरोट बरामद, एक पक्राउ
सेतोपाटी संवाददाता भरतपुरस्थित चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया गर्दा चाहिने अक्सिजेनेटर अब चार वटा मात्र बाँकी छन्।, ती चार वटा अक्सिजेनेटरले  ४ जना बिरामीको शल्यक्रिया गर्न मिल्छ। त्यसपछि आउने बिरामीलाई के गर्ने भन्ने अस्पताल प्रशासनसँग योजना छैन। किनकी अक्सिजेनेटरको अभावले अरू अस्पतालमा मुटुको शल्यक्रिया नै रोकिएको छ।, केहीदिनअघि काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अक्सिजेनेटर नभएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ।, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजेनेटरको अभावले मुटुको शल्यक्रिया रोकिएको एक साता भइसक्यो।, प्रतिष्ठानका मुटुशल्य चिकित्सिक डाक्टर लोकेश जैसवालले अक्सिजेनेटरको अभावका कारण रोकिएको शल्यक्रिया फेरि कहिले सुरू हुन्छ टुंगो नभएको बताए।, देशका अरू अस्पतालमा पनि अक्सिजेनेटरको सकिन लागेका छन् तर नयाँ कहिले आइपुग्छन् भन्ने अनिश्चित छ।, मुटुको शल्यक्रिया गर्दा अक्सिजेनेटर नभई हुँदैन। डाक्टर जैसवालका अनुसार ओपन हार्ट सर्जरी गर्दा मुटु र फोक्सो दुबै बन्द गर्नुपर्छ। त्यस्तो बेला शरीरमा अक्सिजन दिन र कार्बनडाइअक्साइड लिन यो उपकरण राख्नुपर्छ।, ‘मुटु र फोक्सो बन्द भएका बेला अक्सिजेनेटरले शरीरको रगतमा अक्सिजन दिने र कार्बनडाइअक्साइड लिने गर्छ। यो बिना ओपन हार्ट सर्जरी गर्न सकिन्न,’ उनले भने।  , ३५-४० हजार रुपैयाँ पर्ने यो उपकरण तेस्रो मुलुकबाट आयात गर्नुपर्छ। सरोकारवालाहरूका अनुसार अक्सिजेनेटरको उत्पादन युरोपका केही मुलुक, अमेरिका र जापानमा हुन्छ। भारतले पनि तिनै मुलुकबाट आयात गरेर माग धानिरहेको छ।, अहिलेको अक्सिजेनेटरको उत्पादन र विश्वव्यापी आपूर्तिमा समस्या देखिएको छ। जसको असर भारतमा पनि परेको छ।, अघिल्लो साता गुजरातको अहमदावादका डाक्टरहरूले अक्सिजेनेटरको चिन्ताजनक अभाव भइरहेको बताएका थिए।, टाइम्स अफ इन्डियामा जुलाई १२ मा प्रकाशित समाचारअनुसार, कोरोनाभाइरसका कारण चीनमा लामो समय भएको लकडाउन, पछिल्लो समय रूस-युक्रेन युद्धका कारण एकातिर अक्सिजेनेटर उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध हुन सकेको छैन भने अर्कातिर आपूर्तिमा पनि समस्या भइरहेको छ।, भारतीय आपूर्तिकर्ताहरूले युरोप र अमेरिकाका उत्पादक कम्पनीहरूले आफूले मागेजति अक्सिजेनेटर दिन नसकेको बताएका छन्।, गुजरातमा मेडिकल सामग्री सप्लाई गर्ने निर्मल चड्डाले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘मुटुको शल्यक्रियामा चाहिने अक्सिजेनेटरसहितका सामग्रीको अहिले निकै कम उत्पादन भइरहेको छ। हामीले कुनै सामान १०० वटा मगाउन खोज्दा २० वटामात्र पाइन्छ।’, नेपाली आपूर्तिकर्ताहरूले पनि अक्सिजेनेटर युरोप र अमेरिकाबाट सोझै मगाउने गरेका छन्। सरकारी अस्पतालहरूले आफूलाई चाहिने सामग्री टेन्डरमार्फत् किन्न सक्ने भएकाले यो उनीहरूको नियमित कामअन्तर्गत पर्छ।, अहिले अक्सिजेनेटरको अभावले शल्यक्रिया नै बन्द हुने अवस्था आएपछि स्वास्थ्य मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ।, स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले समस्या समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको सेतोपाटीलाई बताइन्।, ‘अक्सिजेनेटरको अभाव हाम्रो मात्र नभएर विश्वव्यापी समस्याका रूपमा देखिएको छ। कच्चा पदार्थको अभावदेखि महंगो ढुवानीले गर्दा समस्या भएको देखिन्छ,’ मिश्राले भनिन्,‘तत्काल समस्या समाधानका उपाय के हुन सक्छन् भन्नेबारे हामी छलफल गरिरहेका छौं।’, मिश्राका अनुसार कुनै अस्पतालमा धेरै स्टक छ भने अर्कोलाई दिने, आपूर्तिका लागि कूटनीतिक पहल गर्नलगायत विषयमा छलफल भइरहेको छ।, देशभरिमा सबैभन्दा बढी मुटुको शल्यक्रिया हुने अस्पताल गंगालाल हृदयरोग केन्द्र हो। त्यहाँ वार्षिक झन्डै १६ सय बिरामीको मुटुको शल्यक्रिया हुन्छ।, अर्को धेरै मुटुको शल्यक्रिया हुने सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर हो। मनमोहनमा भने अक्सिजेनेटर स्टकमा छ।, मुटुशल्य चिकित्सक डाक्टर भगवान कोइराला अहिलेको समस्याबाट पार पाउन आपूर्तिको सुनिश्चिततातर्फ ध्यान दिनुपर्ने बताउँछन्।, ‘यो विश्वव्यापी समस्या हो। केही समय रहन्छजस्तो छ। अहिलेदेखि नै हामीले कसरी हुन्छ आपूर्तिलाई सुनिश्चित गर्नेतिर ध्यान दिनुपर्छ। अत्यावश्यक नभएका अप्रेशनलाई केही समय पर सार्दा पनि हुन्छ,’ कोइरालाले भने।, अक्सिजेनेटर आपूर्तिमा विश्वव्यापी समस्या, नेपालमा मुटु शल्यक्रिया ठप्प हुने अवस्थामा
नारायण खड्का पूर्व वडा सदस्य तथा माओवादीका स्थानीय नेता खिम बाबु राजा डिसीको योजनामा सघाएको पाइएपछि दारबोट प्रहरी चौकीका प्रहरी हवल्दार साइतकुमार चौधरी जिल्ला तानिएका छन्।, डिएसपी विनोद घिमिरेले प्रहरी हवल्दार चौधरीको समेत डिसीको आक्रमणको योजनामा संलग्नता देखिएपछि आन्तरिक कारबाही स्वरूप जिल्ला झिकाएर अनुसन्धान भइरहेको जानकारी दिए। , रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का प्रहरी हवल्दार रामबहादुर बाँठालाई घर जाँदै गर्दा स्थानीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिम बाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमा रोकेर आक्रमण गरेको थियो। , डिसी त्रिवेणी गाउँपालिका– ७ का पूर्व वडा सदस्य हुन्।  , बाँठाले घटना हुने समयमा प्रहरी हवल्दार चौधरी र अर्का सहायक प्रहरी हवल्दार यादव थरका प्रहरी अधिकारीले करिब पाँच सय मिटर टाढा अटो रिक्सा राखेर निगरानी गरिरहेको तथा आक्रमणमा संलग्न व्यक्तिलाई अटोमा राखेर घर पठाउन सहयोग गरेको बताएका थिए। , बाँठाले सहयोगका लागि स्थानीय प्रहरी चौकी पुग्दा उल्टै प्रहरी हवल्दार चौधरीले आफूलाई दोषी बनाएको, दुई घन्टा थुनामा राखेको, मापसे नगरे पनि मापसे चेकजाँच गराउन लगेको, आफूले मापसे नगरे पनि चौधरीले मापसे गरेको पुष्टि गरेको जस्ता गुनासा गरेका थिए।, यसै क्रममा बाँठामाथि भएको आक्रमणका बारेमा जिल्ला प्रहरी कार्यालय रोल्पामा बिहीबार पनि छलफल हुने भएको छ। , डिएसपी घिमिरेले दुबै पक्षलाई छलफलका लागि बोलाइएको सेतोपाटीलाई बताए।, ‘आज पनि दुबै पक्षलाई बोलाएको छु,’ उनले भने, ‘केहीबेरमा दुबै पक्षलाई राखेर छलफल हुनेछ।’, वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए।, आफूमाथि भएको आक्रमणबारे निवेदन दिन खोज्दा प्रहरी प्रमुख घिमिरेले राजनीतिक दबाबका कारण आफूलाई जसरी पनि मिल्न दबाब दिएको पीडित बाँठाले बताउँदै आएका छन्। , डिएसपी घिमिरेले आफूले सम्झाउन खोज्दा पनि बाँठाले कुरा नमानिरहेको बताए। , ‘कुटपिटमा संलग्न भनिएको पक्षले पनि राजनीतिक रूपमा दुर्व्यवहार बाँठाले गरे भनेर जाहेरी दिएका छन्,’ डिएसपी घिमिरेले भने, ‘प्रहरी हवल्दार बाँठाले पनि जाहेरी ल्याए हामी दर्ता गर्ने छौं।’, आफूहरूले आफ्नै संगठनका मानिसलाई असहयोग गरेको भन्ने आरोप सही नभएको उनले दाबी गरे।, एउटा प्रहरी हवल्दार तपाईंसँग न्याय मागिरहँदा किन आक्रमणमा संलग्नहरूलाई पक्राउ नगर्नु भएको हो? भन्ने प्रश्नमा डिएसपी घिमिरेले आज फेरि छलफल हुन थालेको हुँदा पीडितले लिखित जाहेरी दिएमा पक्राउ गरिने जानकारी दिए। , पीडित बाँठाले पनि आफूले न्यायमात्रै खोजेको र न्याय सबैका लागि समान हुनुपर्ने बताए। , ‘गाउँ घरका मानिसहरू मिलेर बस्नुपर्छ भन्ने उहाँहरूको सुझाव नराम्रो होइन,’ बाँठाले भने, ‘मैले कहिले कोसँग झगडा गरेको थिए र? बाटोमा ढुकेर ज्यान लिने उद्धेश्यले आक्रमण गर्नेहरूलाई किन पक्राउ गरिँदैन।’ , यी पनि:, माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन , रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार,  , हवल्दार बाँठा कुटपिट प्रकरण: दारबोटका हवल्दार जिल्ला तानिए
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। , एक जना तेस्रो लिंगीले राइड सेयरिङ एपको प्रयोग गर्दा लामाले उनको व्यक्तिगत विवरण पाएका थिए। त्यस एपबाट उनले नाम, ठेगाना र मोबाइल नम्बर पाएका थिए। , त्यसको दुरूपयोग गर्दै उनले पोर्न साइटमा समेत राखेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए।, यस्तै, उनले ती पीडितको फेसबुकमा राखेको तस्बिरहरू डाउनलोड गरेर फेक अकाउन्ट समेत बनाएका थिए। त्यसरी फेक अकाउन्ट बनाएर त्यसबाट पीडितका साथीहरूसँग पनि कुराकानी गरेको र पैसा समेत मागेर झूटा अफवाह समेत फैलाएको खुलेको ब्युरोले जनाएको छ। , त्यही अकाउन्टमार्फत् स्टडी मटेरियल नामक मेसेन्जर ग्रुप बनाएको पनि खुल्यो। त्यहाँ ती पीडितको पेशा देह व्यापार हो भन्ने आशय दिने शब्दहरू लेखेर पोष्ट गरेको प्रहरीले पाएको बताएको छ। , ‘यो नयाँ शैलीले विवरणहरू लिएर दुरूपयोग गरेको पायौं‌। यो इनड्राइभर एप भन्ने दर्ता छ/छैन भन्ने पनि बुझ्दैछौं। त्यहाँबाट विवरणहरू लिएर दुरूपयोग गर्‍यो,’ उनले भने,‘कुनै पनि प्रविधिको प्रयोग गरी कुनै पनि व्यक्तिको चरित्र हत्या गर्न हुन्न।’, यसरी सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडितको व्यक्तिगत र सामाजिक तथा मानसिक तनाव, दुःख, हैरानी दिएर बदनाम गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी लामालाई पक्राउ गरेको हो। , प्रहरी वरिष्ठ उपरीक्षक अर्यालका अनुसार यसमा अरू पनि पीडित छन्। अरू कोही पीडित भएको भएमा प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न पनि ब्युरोले अनुरोध गरेको छ।, प्रहरीले यस घटनाको थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको बताएको छ।, राइड सेयरिङ एपबाट विवरण लिएर नक्कली फेसबुक बनाएपछि...
नारायण खड्का गुणस्तरहीन रासायनिक मल बेचेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीका किसानले घरमा लगेको मल धमाधम सहकारीमा फिर्ता गर्न थालेका छन्।  , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेडले किसानलाई प्रतिबोरा दुई हजार पाँच सयका दरले बिक्री गरेको ‘के गोल्ड’ नामक रासायनिक मलको बोरामा बालुवा र माटो फेला परेको भन्दै किसानले धमाधम मल फिर्ता गर्न थालेका हुन्। , सहकारीकी प्रबन्धक सुनिता भण्डारीले किसानले झन्डै एक सय २० बोरा जति मल सहकारीमा फिर्ता ल्याएको जानकारी दिइन्।, ‘हामी अझै केही दिन पर्खिन्छौं,’ उनले भनिन्, ‘अरू कति किसानले मल फिर्ता गर्छन्, त्यसपछि हामीले खरिद गरेकै ठाउँमा मल फिर्ता पठाउने छौं।’, सहकारीले उक्त रासायनिक मल कञ्चनपुरको सुधारत ट्रेडर्स एण्ड सप्लार्यसबाट खरिद गरेर ल्याएको प्रबन्धक भण्डारीले बताइन्। , उक्त रासायनिक मलको गुणस्तरमा आशंका गर्दै किसानले मल फिर्ता गर्न थालेपछि सप्लायर्ससँग कुरा गरेपछि उसले मल फिर्ता ल्याउन आग्रह गरेको भण्डारीले जानकारी दिइन्। , स्थानीय किसानबाट गत माघ महिनादेखि नै यो सहकारीले रासायनिक मल ल्याइदिने भन्दै रकम संकलन सुरू गरेको किसानले जानकारी दिएका छन्।  , भण्डारीले अझै पनि सप्लार्यसका मानिसहरूले नेपाल सरकारले गुणस्तर हेरेर बिक्री गर्नका लागि अनुमति प्रदान गरेको  हुँदा मलमा कुनै आशंका नगर्न दाबी गर्दै आएको बताइन्।, ‘उहाँहरूले आफूले बेचेको मल एकदम राम्रो छ भन्ने दाबी गर्दै किसानले नबुझेका हुन् भन्ने कुरा गर्नुहुन्छ,’ भण्डारीले भनिन्, ‘हेरौं अझै केही दिन कति मल फिर्ता आउँछ त्यही अनुसार कुरा गर्नेछौं।’, त्यस्तै, उनले कतिपय किसान अरूको उक्साहटमा लागेर लहलहैमा मल नराम्रो भयो भन्न आएको दाबी पनि गरिन्।, यो पनि:, सहकारीले बेचेको मलले काम नगरेको भन्दै किसानहरूले मागे क्षतिपूर्ति (भिडि‌ओ), सहकारीले बेचेको मलले काम नगरेपछि किसानले धमाधम फिर्ता गर्न थाले
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४३५ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६६७ जनाको पिसिआर र एक हजार ९०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार ५३७ जना सक्रिय संक्रमित छन्।, ५६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेकफ संख्या शून्य छ।, देशभर थपिए ४३५ कोरोना संक्रमित
सेतोपाटी संवाददाता सुर्खेतको पश्चिम भागमा पर्ने मुख्य सडक तीन दशकपछि स्तरोन्नति गर्न सुरू भएको छ।, बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड ३० वर्षपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढेको हो। यो सडकको ट्र्याक २०५१ सालमा खोलिएको हो।, तत्काललाई बड्डीचौरदेखि खम्बागाडेसम्मको १२.६ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का भएको छ। उक्त खण्ड कालोपत्र पनि गरिनेछ।, ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा एएनके जयदेवी जेभीले यसको ठेक्का पाएको छ। पूर्वाधार विकास निर्देशनालय र उक्त निर्माण कम्पनीबीच असार १४ गते सम्झौता भएको हो।, २०८१ असार २४ गतेसम्म काम सक्ने सम्झौता भएको छ।, ठेक्का भएपछि बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले उक्त कार्यको शिलान्यास गरेका छन्।, शिलान्यासका क्रममा उनले वर्षौंदेखि खाल्डा परेको कच्ची सडकमा यात्रा गर्नुपर्ने पश्चिम सुर्खेतवासीको समस्या समाधानको सुरूआत भएको बताए।, ‘यसअघि पनि डिपीआरको बेला तमझमका साथ शिलान्यास भयो, निर्माणका लागि चासो देखाइएन, पश्चिमका नागरिकहरुलाई सहज आवतजावतका लागि सडक कालोपत्रे गर्न प्रदेशबाट बजेट विनियोजन गरेर कामको शुभराम्भ गरेका छौं,’ मन्त्री बुढा क्षेत्रीले भने।, निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न उनले आग्रह गरे।, पछिल्लो समय मदन भण्डारी राजमार्ग नाम दिइएको पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतको पूर्वी भाग काल्चेदेखि मालारानी हुँदै पश्चिम भाग बेनीघाटसम्म २३२ किलोमिटर सडक पर्छ।, अहिले ठेक्का भएको सुर्खेतको पश्चिम खण्ड मदन भण्डारी राजमार्गको मापदण्ड अनुसार स्तरोन्नति गरिनेछ।, सम्झौताअनुसार बड्डीचौरलाई शून्य बिन्दु मानेर दुई वर्ष अघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरिएको थियो। , तीन दशकपछि सुर्खेत पश्चिमको सडक स्तरोन्नति
रासस ग्वार्को ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरूआत गरिने भएको छ। सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’ बनाउन लागिएको हो। , वैदेशिक लगानीमा यसअघि नागढुंगा सुरूङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो।, गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैंले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।, निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) सौरभ बज्राचार्यले बताए।, सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ। , डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उनले बताए।, यसको अवधि दुई वर्ष रहेकामा चार महिना सकिएर २० महिना बाँकी छ।, उनले भने, ‘तयारीका लागि अहिलेसम्म समय तालिकाभन्दा ढिला छैन।’ , डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने उनले बताए। विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ।, उनले भने, ‘भदौबाट नै कम्पनीले भौतिक काम सुरू गर्न सक्नेछ।’ , ‘फ्लाई ओभर’ लम्बाइ, चौडाइ, उचाइ लगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ।, सामान्यतया ती कुरा परिवर्तन नभएर भित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कङ्क्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने उनले बताए। , सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ।, तीन वटै ‘फ्लाई ओभर’ का लागि एक अर्ब ३४ करोड चाहिन्छ। अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उनले बताए। , चालु आवको बजेटमा तीनै वटाका लागि रु २५ करोड छुट्टाइएको छ। साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्का लागि सहमति आएपछि ठेक्कामा जान सकिने सिडिई बज्राचार्यले बताए।, सरकार आफैंले इपिसी (इञ्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो। यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले बताए। , चुनौती बहन गर्ने विषय इपिसीमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ। यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ। ‘डिजाइन एण्ड विल्ड’ मा केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसीका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुने उनले बताए।  , इपिसीअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ। कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकताअनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने सिडिई बज्राचार्यले बताए। , अहिले ‘फ्लाई ओभर’ का लागि सुरूमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ।, संरचनमा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको छ।, निर्माणको समयमा र निर्माण भएर ‘फ्लाई ओभर’ सञ्चालनमा आएपछि कता कताबाट कसरी सवारी साधन सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ। , निर्माणको अवधिमा मुख्य लेनमा सवारी साधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ।, सहायक लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन (सर्भिस लेन) प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ। चक्रपथको सो खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ। , फागुन १९ मा डिजाइन सुरू भएको थियो। सरकार आफैंले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो। अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको हो।, नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन्। , जगको काम गर्दा मुख्य सडक अवरूद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो।, माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ।, अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ।, बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाई ओभर’ पुगिनेछ। त्यतातर्फ २८० मिटर लामो र्‍याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्‍याम हुने बताइएको छ।, सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ।, मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।,  , ग्वार्को ‘फ्लाई ओभर’ को काम भदौदेखि
रासस पोखरामा एक बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ।, पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए।, उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए।, चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ।, पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोडेर रकम चोरी गर्ने घटना बढेका छन्।, गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो। , पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।, बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रूपमा भइरहेको जानकारी दिए।, उनले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रूजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उनले बताए। , अध्यक्ष डा शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अंक, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरू केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरि धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रूजु गर्ने कार्य भइरहेको छ।’, उनले सबै विवरण रूजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरूमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए।, स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ। , शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक-शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उनको भनाइ छ।, डा शर्माले भने, ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौं, आउँदो साताको सुरूमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौं।’, एसइई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै भने ‘कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्छौं।’, अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटरमा इन्ट्री गर्ने, रूजु गर्नेलगायत काम भइरहेको जानकारी दिए।, कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।, दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए।,  , एसइईको रिजल्ट साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी
रासस व्यक्तिको चरित्र हत्या गरेको आरोपमा एक जना ट्याक्सी चालक पक्राउ परेका छन्।, प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको हो।, प्रहरी साइबर ब्युरोका अनुसार लामामाथि लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको चरित्र हत्या गरेको आरोप छ। लामाले पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो।, उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो। उनीमाथि बिहीबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।, लामाले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरूसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ।, उनले पीडितका बारेमा अफवाह फैलाएको समेत पाइएको ब्युरोले जनाएको छ।, चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ
रासस पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ २५ सय रोपनी जग्गा दिने निर्णय गरेको छ।, नगरले वडा नम्बर ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायिक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो। नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५ सय रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।, उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजंग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो।, नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नम्बर २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ। यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ।, यस्तै नगरले आफ्नो निर्णयबारे कालिजंग गणलाई जानकारी गराएको छ। सेनालाई प्रतिष्ठान सञ्चालनार्थ सामुदायिक वन क्षेत्रको जमिन दिने विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित वन मन्त्रालय जानुपर्ने जनाएको छ।, 'नगरको निर्णय प्राप्त भएको छ, हामी सरोकारवालासँग छलफल गरी वन मन्त्रालयसँग थप समन्वय गर्नेछौं,' प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्।, नगरको निर्णयमा उक्त जग्गामा कुनै पनि संरचना बनाउन नपाइने, खुला राख्नुपर्ने, स्थानीय उपभोक्तालाई हिँड्डुल तथा घाँस–दाउरा गर्न दिनुपर्ने, भवन बनाउन आवश्यक परे निजी जग्गा खरिद वा अधिग्रहण गर्नुपर्ने उल्लेख गरिएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। उनका अनुसार उक्त जग्गाको खुला स्थानमा सेनाले पार्क, उद्यान, प्रतिक्षालय तथा बगैंचा निर्माण गर्न सक्नेछ।, प्रतिष्ठान सञ्चालनका क्रममा सेनाले अस्पताल पनि निर्माण गर्ने भनेको छ। सेनाले यहाँ स्थापना गर्ने अस्पतालमा आकस्मिकबाहेक अन्य उपचारमा भने सर्वसाधारणको पहुँच नहुने बताइन्छ। पनौतीमै भारत सरकारको अर्बौं रूपैयाँको सहयोगमा नेपाल प्रहरीको प्रतिष्ठानको निर्माण कार्य भइरहेको छ। , सेनालाई २५ सय रोपनी जग्गा दिने निर्णय
सेतोपाटी संवाददाता हाल मुलुकका केही स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार अनुसार यतिबेला प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ।, आगामी ३ दिन अर्थात् आइतबारसम्म हल्कादेखि मध्यमसम्म वर्षा भए पनि ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। यसैको कारण देशभर वर्षा भइरहेको हो। , जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । , देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । , आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।, शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, मुलुकका केही स्थानमा हल्का वर्षा
रोहित महतो सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए।, उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो।, ती महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएको प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए।, उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणीको प्रयास गरेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।, ती महिला रोइकराई गर्न थालेपछि उपमेयर महतोले घटना बाहिर नलान आग्रह गरेको बताइएको छ। उनको कार्यकक्षबाट निस्केर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएको ती महिलाले जनाएकी छन्।, केही दिनअघि नगरपालिकाले दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटर सम्बन्धी विज्ञापन निकालेको  थियो। सोही पदमा जागिरका लागि ‘सोर्स’ लगाइदिने भन्दै बलात्कारको प्रयास गरेको जहेरीमा भनिएको छ।, राजनैतिक दबाबका कारण गाउँमै पञ्चायती गरी घटना लुकाउन प्रयास गरिए पनि अन्ततः उनले प्रहरीमा जाहेरी दिएकी बताइएको छ।, घटनामा थप अनुसन्धान जारी रहेको डिएसपी बुढाथोकीले बताए।, लहानका उपमेयरले जागिरको बहानामा महिलालाई जबर्जस्ती करणी प्रयास गरेको आरोप
सेतोपाटी संवाददाता चितवनकाे चुम्लिङटारमा बस र माइक्राे विंगर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने १७ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नंको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु २ ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठोक्किएका हुन्।, दुर्घटनामा परि  घाइते भएका विङ्गरमा सवार करिब ३५ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।,  उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ। , घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । , चितवनमा बस र माइक्राे विंगर जुध्दा एककाे मृत्यु, १७ घाइते
रासस महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।, बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए।, रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ।, काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।, कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या
सेतोपाटी संवाददाता ब्राउन सुगरसहित दाङको तुलसीपुरबाट चार युवा पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ स्थित शिवा शिखर कोलनी टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो।, उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ। साथै नगद २३ हजार पनि बरामद भएको छ। पक्राउ परेका युवामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।, ब्राउन सुगरसहित तुलसीपुरमा पक्राउ परे चार युवा
रासस भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ।, बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए।, उनकाअनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो।, ‘तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो’, प्रवक्ता पाण्डेले भने, ‘जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको छ।’, प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ।, सुर्खेतको वनमा भेटियो मानव कङ्काल
सेतोपाटी संवाददाता नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।, मन्त्रालयका तर्फबाट सूचना निकालेर अधिकारीले विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन्।, यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।, खोप नलगाएकाहरूले लगाउन पनि उनले आग्रह गरेका छन्। कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।, नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो। तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका थिए।, अहिले देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन्।, कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- मास्क अनिवार्य लगाउनू
रासस भोजपुर नगरपालिका–१२ छचौतारामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।, बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ५ वर्षीय नेन्साङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।, ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको उनले बताए।, बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।, ट्याक्टरको ठक्करले भोजपुरमा ५ वर्षीय बालकको मृत्यु
रासस मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ।, विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।, मोरङमा भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु
एजेन्सी छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।, विशेष गरि भारतका केरला, पश्चिम बंगाल, तमिलनाडु, महाराष्ट्र, असम, आन्ध्र प्रदेश, हिमाञ्चल प्रदेश, मिजोरम र अरूणाचल प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। , पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ८ सय ८२ नयाँ संक्रमित थपिएका छन् भने १६ हजार ७ सय १० जना निको भएका छन्। , यस्तै ३७ संक्रमितको मृत्यु भएको छ।, बुधबारको तुलनामा बिहीबार नयाँ केसमा १७ प्रतिशतले कमी आएको हो। बुधबार २१ हजार ५६६ जना संक्रमित हुनुका साथै २६ जनाको ज्यान गएको थियो।, भारतका महाराष्ट्र, तमिलनाडु, कर्नाटक, पश्चिम बंगाल, ओडिशा राज्यमा दैनिक १ हजार भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्।, पश्चिम बंगालमा मात्रै पछिल्लो २४ घण्टामा २४८६ नयाँ संक्रमित फेला परेको र ६ जनाको ज्यान गएको भारतीय स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ। यस्तै महाराष्ट्रमा पछिल्लो २४ घन्टामा २२८९ नयाँ संक्रमित फेला परेका छन्। यस्तै महाराष्ट्रमा बिहिबार ६ जनाको मृत्यु भएको छ।, भारतका असम, सिक्किम, हिमाञ्चल प्रदेश, नागाल्याण्ड, मेघालय र पश्चिम बंगालमा संक्रमण दर १० प्रतिशतभन्दा  बढी छ।, भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । , भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढी कोरोना संक्रमित
नारायण खड्का साउन लागेसँगै नेपाली समाजमा पनि मेहेन्दी लगाउने प्रचलन बढ्दो छ। , यसैबीच साउन २ गते घोराही उपमहानगरपालिका-१० की २२ वर्षीया रोशनी लामिछानेले स्थानीय एक साथीलाई मेहेन्दी लगाउन भनेर घरमा बोलाइन्। , साथीले बोलाएपछि ती युवती रोशनीको घर पुगिन्। उनीहरूले आपसमा मेहेन्दी लगाए। रमाइलो गरे। कुरा यतिमै सिमीत रहेन। , रोशनीकी आमा ४० वर्षीया सीता केसी लामिछानेले बा ६ च ४७७६ नम्बरको एउटा स्कार्पियो बोलाएकी थिइन्। तुलसीपुर उपमहानगरपालिका-७ का २८ वर्षीय शिशिर बादी गाडी लिएर आएका थिए। , एकाएक बलजफ्ती ती किशोरीलाई गाडी भित्र राखियो। बीचमा ती किशोरीलाई राखेर वरिपरी आमा छोरी बसे। उनले गाडीको ढोका खोल्न खोज्दा पनि उनका हात समातियो। ढोका खोल्न दिइएन। , दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार ती युवतीलाई आमा छोरी मिलेर तुलसीपुर– ७ गणेशपार्क नजिकै बस्ने ३५ वर्षीय प्रकाश वलीको घरमा पुर्‍याउन चाहन्थे। उनीहरूले ती युवती र प्रकाशबीच बिहे गराउन चाहन्थे। नाताले प्रकाश सिताका भजिता हुन्।, बलजफती केटाको घर पुर्‍याउन खोजेपछि बीच बाटोबाटै जसोतसो ती युवतीले आफ्नो बुवालाई म्यासेज पठाइन्। उनका बुवाले प्रहरीसँग सहयोग मागे। इलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर भयो। इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती युवतीलाई तत्काल उद्धार गर्‍यो।, स्रोतका अनुसार प्रकाश वली र ती युवतीबीच सामान्य चिनजान थियो। त्यही भएर करबल गरि लामिछानेका आमाछोरी युवतीलाई केटाकै घर पुर्‍याएर जबरजस्ती विवाह गराइदिन चाहन्थे। , युवतीले त्यसको प्रतिवाद गरिन्। जवरजस्ती युवतीलाई उठाएर केटाको घरमा पुर्‍याउन खोजेको आरोपमा प्रहरीले चालकसहित तीनै जनालाई साउन २ गते नै नियन्त्रणमा लियो। , पीडित युवतीको तर्फबाट बुवा प्रहरी कार्यालयमा पुगे। छोरीको सल्लाहमा उनले तीन जनाविरूद्ध अपहरण, जवरजस्ती ओसारपसार तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए। , प्रकाशलाई भने केटी पक्षले मुद्दा दायर गरेको छैन। , पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत दाङले पाँच दिन थुनामा राख्न आदेश दिएको छ। यो बीचमा पक्राउ परेकालाई अदालत उपस्थित गराइ बयान लिने क्रम जारी छ। , मेहेन्दी लगाउन बोलाएर जबरजस्ती केटाको घर पुर्‍याउन खोजेपछि ...
रासस उत्तरगंगा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन्।, रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगंगा वारपार गर्ने सवारी साधन ठप्प छन्। वर्षात् सुरू भएसँगै जेठको अन्तिम साताबाटै सवारी साधन उत्तरगंगा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन्।, अहिले उत्तरगंगा नदीको बहाव झन् बढेको छ। अहिले रूकुमकोटबाट तकसेराका लागि जाने सवारी साधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगंगा पारिपट्टिबाट अर्को सवारी साधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताए।, उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुंगे पुलबाट वारपार गर्ने गरेका छन्। , पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ।, अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ। अहिलेसम्म पुल नहुँदा उत्तरगंगा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन्। , मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगंगा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ।, यस वर्ष पनि उत्तरगंगाको बहाव बढेसँगै उत्तरगंगा पारिपट्टि चल्ने सवारी साधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताए।, यो सहिदमार्ग अन्तर्गतको रूकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगंगामा मुख्य सडक हो।, पुल निर्माणका लागि डिपिआर भइसकेको थियो। हालसम्म पनि पुल निर्माण हुनसकेको छैन। पुल बनाउने प्रक्रिया सुरू भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए।, अब भने छिट्टै पुल निर्माणको प्रक्रिया सुरू हुने अध्यक्ष घर्तीले बताए।, पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेराबीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो।, –––, नदीमा पुुल नहुँदा नागरिकलाई सास्ती
सुरेन्द्र भण्डारी झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम पनि प्रदान गरेको छ।, सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पााउने सम्बन्धित निकायको हुने व्यवस्था गरेको छ।, तर गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका केही व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ। मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले तीन लाख रूपैयाँभन्दा धेरै भुक्तानी गरेको छ।, मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ। महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ। तर गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन। , गौरीगञ्ज गाउँपालिकाबाट बसाइ सरी अन्यत्रै गएका व्यक्तिलाई समेत पालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ। सो रकमसमेत असुल गर्न महालेखाले पालिकालाई सुझाव दिएको छ। बसाइ सरी गएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको देखिएपछि सो रकमलाई समेत महालेखाले बेरुजु भएको जनाएको छ। , महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार २०७५ साल फागुन २ गते मृत्यु भएकी गौरीगञ्ज गाउँपालिका–३ निवासी विधवा एकल महिला विजलीदेवी महतोलाई सामाजिक सुरक्षा भत्ता, २०७५ असोज २६ गते मृत्यु भएकी हस्मातसन मियालाई प्रथम चौमासिक बापतको विधवा एकल महिला भत्ता र २०७५ साल चैत १५ गते मृत्यु भएकी विधवा एकल महिला फगनीदेवी साहका नाममा गाउँपालिकाले भत्ता वितरण गरेको छ।, यसैगरी २०७५ साल चैत ११ गते मृत्यु भएकी मनकामना श्रेष्ठ, २०७५ असोज २२ गते निधन भएका महरम मियालाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ। गौरीगञ्ज–३ कै मीरा मल्लिकलाई विधवा एकल महिलाका नामबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। उनको २०७६ साल असोज १२ गते नै निधन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। , २०७६ असोज २८ गते निधन भएका जहादु ताजपुरिया, २०७६ असोज २४ गते मृत्यु भएका इन्द्रबहादुर क्षेत्री, २०७६ असोज २२ गते मृत्यु भएका बाबुजी महतो कोइरी, २०७६ असोज १४ मा मृत्यु भएकी मनमाया पराजुली, २०७७ जेठ १५ गते मृत्यु भएका वसुलिया महतोलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ।, यता वडा नं ४ मा २०७४ फागुन १० गते मृत्यु भएका समपतलाल राजवंशी, २०७५ वैशाख ३० गते मृत्यु भएकी चम्पादेवी ताजपुरिया, २०७६ असार ४ गते नै निधन भएका मंगल हेमरम, २०७६ असोज १० मा मृत्यु भएका अगमलाल ताजपुरिया, २०७६ असोज १० मै मृत्यु भएका हरिलाल गिरीको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।, त्यस्तै वडा नं २  मा २०७५ असार १२ गते निधन भएकी रामना हस्ता, २०७४ चैत ८ गते निधन भएकी चुड्की मुर्मू, २०७६ पुस ३ गते निधन भएका विधवा एकल महिला पद्मादेवी राजवंशी, २०७० जेठ २५ गते निधन भएको विधवा एकल महिला विका हेमरमलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। , २०७६ असार ३ मा गौरीगञ्ज गाउँपालिका–३ बाट बसाइ सरी दुहवी नगरपालिका, सुनसरी गएकी भद्रमाया विष्टलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको पााइएको छ। गौरीगञ्ज–३ बाट गौरादह–८ मा बसाइ सरी जाने गम्भीरमाया दर्जी, गौरीगञ्ज–२ बाट दमक बसाइ सरी जाने सावित्रादेवी न्यौपानेलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। , गाउँपालिकाले एमआइएसमा प्रविष्ट नभएको पूर्ण अपांगता भएका हंसनारायण रायलाई समेत सामााजिक सुरक्षा भत्ता प्रदान गरेको पाइएको छ।, गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले भने आफूहरू नवनिर्वाचित जनप्रतिनिधि भएको र अघिल्लो सरकारले गरेका विषयमा आफूलाई थाहा नभएको बताइन्। यदि गाउँपालिकामा पारदर्शी रूपमा काम नभएको पाइए कडाइका साथ अनुगमन गर्ने र त्यस्तो कार्यलाई तत्काल रोक्ने उनले बताइन्।, (रासस), मृत्यु भएका व्यक्तिको नाममा भत्ता वितरण!
सेतोपाटी संवाददाता झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्।, बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो।, आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ।, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको प्रहरीले बताएको छ।, आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको तथा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पनि जलेको प्रहरीले जानकारी दिएको छ।, स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।, झापामा आगलागी हुँदा छ घर जलेर नष्ट
राजु अधिकारी धरानको निशाने खोला बगरमा सोमबार दर्जनौं मानिस थिए। कोही बालुवा ‌ओसार्दै थिए, कोही ढुंगा पल्टाइरहेका थिए। कोही गिट्टी कुटिरहेका, कोही बगर खनिरहेका थिए।, उनीहरूले यसरी काम गर्न लागेको हप्ता होइन, महिना भइसक्यो।, खानेपानी अभावको सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेन्डासहित मेयरमा निर्वाचित साम्पाङको त्यही सपना पूरा गर्न सयौं धराने चर्को घामकोसमेत पर्वाह नगरी खोला बगरमा श्रम गरिरहेका भेटिन्छन्। , श्रमदान गरिरहेकाहरू तिनै हुन् जसले हिजो साम्पाङलाई जिताउन सघाएका थिए।, 'भोट दिएर मात्रै हुँदैन नि, राम्रो काम गर्ने मान्छेलाई सघाउन पनि तयार हुनु पर्‍यो नि,' ५३ वर्षीया बागमती राईले भनिन्, 'छोराछोरीले घाममा नजानु भनेर रोक्न खोज्छन्, म त सधैं आइरहेकी छु।', बोरामा बालुवा भरेर ओसार्दै गरेकी बागमतीले थपिन्, 'हामी पानी नपाएर दुःख पाएकाहरूको दुःख मेट्न मेयर लागेको बेला किन साथ नदिनु भनेर आएको हो।', धरानबाट उकालो लागेपछि एउटा  घुम्ती आउँछ। त्यहाँबाट दुइटा बाटो छुट्टिन्छ। बायाँतिरको बाटो धनकुटा भेडेटारतिर उकालिन्छ, अर्को फुस्रेतिर। फुस्रेतिर अघि बढेपछि भेटिन्छ विपी पार्क।, फुस्रे त्यही ठाउँ हो, जहाँ राणाहरूले विपी कोइरालाको जेल सरुवा गर्दा उनलाई एक रात बास बसाएका थिए। त्यही सम्झनामा अहिले यहाँ विपीको पूर्णकदको शालिक राखिएको छ। विपीको शालिकलाई बायाँ पारेर बगेको छ, निशाने खोला। यही शालिकबाट करिब डेढ किलोमिटर उत्तर निशाने खोला बगरमा यसबेला दिनहुँ मान्छेको भीड छ।, चर्को घामले सताएका बेला पनि ५३ वर्षीया बागमती राई जसरी खटिनेहरूको ताँती धरानमा ठूलो छ। यहाँ पाकाहरू छन्, युवाहरू छन्। सबभन्दा धेरै अधबैंसेहरू छन्। उनीहरू कोही वैदेशिक रोजागारीबाट फर्केका हुन्। कोही गृहिणी हुन्। कोही विद्यार्थी त कोही काम खोज्दै भौतारिरहेकाहरू हुन्।, उनीहरूमध्ये धेरैसँग जीवनमा यसरी काम गरेको अनुभव छैन। तर, सबैजना लगावपूर्वक खोला बगरमा पसिना बगाइरहेका छन्। त्यो पनि स्वेच्छाले। धरानका मेयर हर्क साम्पाङको आह्वानमा एक महिनादेखि उस्तै उत्साह र लगनले मेहनत गरिरहेका उनीहरूको मक्सद एउटै छ, धरानको तिर्खा मेट्ने।, यस्तै काम उनीहरूले लगातार २७ दिनसम्म पकुवा खोलामा गरे। पकुवा खोलाबाट दैनिक पाँच लाख लिटर खानेपानी ट्यांकीमा थपियो। अहिले तीन इञ्चको पाइपबाट २४ घन्टा नै पकुवाको पानी धरानको खानेपानी आयोजनामा थपिएको छ। मेयरसहितका हजारौं धरानेको श्रमदानमा काम फत्ते भइसकेको छ। २७ दिनमा पकुवा प्रोजेक्ट सकिएपछि अहिले उनीहरू ‘निशाने प्रोजेक्ट’ मा लागेका हुन्।, एक महिनादेखि दिनहुँ खोला बगरमा श्रम गरिरहेका मध्येकै एक हुन्, धरान १ का अनुज भुजेल। महिना दिनयता उनको दैनिकी फेरिएको छ।, घरैमा ‘फ्रेस हाउस’ चलाएर पारिवारिक गर्जो टार्दै आएका उनी अरूबेला बिहान सबेरै उठेर कुखुरा भुत्ल्याउन थाल्थे। अहिले खोलामा खटिएका कारण थकान ज्यादा हुन्छ। त्यसैले उठाइ पनि ढिलै हुन्छ। ढिलोढिलो उठेर खाना खाइसक्नासाथ उनका छिमेकीहरू गैंती, झम्पल र साबेल (बेल्चा) बोकेर बाटोमा जम्मा भइसकेका हुन्छन्। उनी पनि घाम छल्ने ‘ह्याट’ भिरेर काँधमा झम्पल बोक्छन् अनि लाग्छन् खोलातिर। , ‘अब एक-डेढ महिना यसरी नै खटियो भने त तीन-चार ठाउँबाट धरानमा खानेपानी थप्न सकिने रहेछ,’ निशाने बगरमा ढुंगा पल्टाउँदै गरेका भुजेलले सेतोपाटीसँग भने, ‘आफ्नो काम परिवारलाई जिम्मा लगाएर हामीचाहिँ यता खटेका छौं। घरमा पनि राम्रो काममा गएको भनेर सबैजना खुसी छन्।’, अब यसरी नै अर्को एक-डेढ महिना थप खटिने जाँगर छ?, पल्टाउँदै गरेको ढुंगाबाट हात निकालेर उनी मुसुक्क मुस्कुराए। अनि भने, ‘किन नहुनु, म मात्रै हो र, यहाँ आउने सबलाई सोध्नु न सब तयार छन्। राम्रो काममा कसले साथ दिँदैन हौ!’, अनुजले भने जस्तै ‘राम्रो काम’ मा खटिएको अनुभूति बगरमा भेटिने सबैमा रहेछ।, 'हामीले अलिकति दुःख गर्दा धरानमा खानेपानी थपिन्छ भने किन नगर्ने,' एक महिनादेखि निरन्तर खटिएका अधिकांशको भनाइ उस्तै छ, 'मेयरले राम्रो काम गर्दा हामीले साथ दिएको हो। हिजोका मेयरहरूले यतिको विश्वास दिलाएको भए साथ दिइन्थ्यो। के गर्नु कसैले दिलाएनन्!', उनीहरूका अनुसार अरू दिन डेढदेखि दुई सय जना खटिने खोलामा सार्वजनिक बिदाका दिन एक हजारभन्दा बढी धराने ओइरिने गरेका छन्।, 'बिदाका दिन हजारभन्दा बढी हुने गरेका छौं,' एक सातादेखि दिउँसोको समयमा श्रमदान गरिरहेका विद्यार्थी सुमन राईले भने, 'आफ्नो ठाउँका लागि सबैले गरेको देखेर म आफैं आएको हुँ।', धरानमै कलेज पढिरहेका उनी समाचार पढेपछि श्रमदानबारे थाहा पाएर आएको बताउँछन्।, 'तपाइँले पनि समाचार लेख्दा लोकेसन क्लियर गरेर लेखिदिनु न ल दाइ,' सुमनले आग्रह गरे, ‘धेरै मान्छे लोकेसन थाहा नपाएर आउन पाएको छैनन्। यहाँ काम गर्न आउने अरू बढ्ने पक्का छ।', वैशाख ३० को स्थानीय चुनावअघि सेतोपाटीले धरानका २० वटै वडाका एक सयभन्दा बढी मतदातालाई प्रत्यक्ष भेटेको थियो। त्यसबेला ज-जसले मेयरमा हर्कलाई भोट दिने बताएका थिए, अहिले खोला बगरमा निरन्तर श्रमदान गर्नेमा उनीहरू नै धेरै रहेछन्।, अनुज पनि तिनै व्यक्ति हुन्, जसले चुनावअघिको भेटमा सेतोपाटीसँग हर्कलाई मत दिने बताएका थिए। उनले त्यसबेला मत दिने मात्रै बताएका थिएनन्, हर्कले नराम्रो काम केही नगर्ने जब्बर विश्वास पनि प्रकट गरेका थिए।, ‘अरूले यतिका वर्ष केही गरेनन्, यदि हर्कले गरेन भने पनि केही छैन’, त्यसबेला अनुजले भनेका थिए ‘बिग्रेर भ्रष्टाचार नै गर्‍यो भने पनि गरोस् न, उसले एक्लै त गर्ने हो। पार्टीका त नेतैपिच्छे कार्यकर्ता हुन्छन्। ती सबैले खानुभन्दा उसले एक्लै खाओस् बरू। तर, ढुक्क हुनुस्, हर्कले उत्पात राम्रो नगरे पनि नराम्रोचाहिँ गर्दैन।’, धरानवासीको यस्तै विश्वासले हर्कलाई मेयर बनायो। मेयर बनेपछि हर्कले सर्वसाधारणको विश्वास डग्न दिएका छैनन्। सामाजिक सन्जाल फेसबुकमा अहिले पनि सक्रिय रहने मेयर साम्पाङ दिनुहँ भिडिओ अपलोड गरिरहेका हुन्छन्। स्टाटस लेखिरहेका हुन्छन्।, चुनाव जितेयताका समयमा उनले धरानमा खानेपानीको सेवा सुधारमा आफूलाई केन्द्रीत गरेका छन्। धरानका विभिन्न क्षेत्रमा वृक्षारोपण अभियान चलाइरहेका छन्। जंगल क्षेत्रमा फलफूल रोपेर बाँदरलाई जंगलमै भुलाउने योजना पनि उनले अघि सारेका छन्। त्यसो त उनले धरानको प्राकृतिक स्रोत दोहन गर्न नदिने अडानले झन्डै बजेट पास नहुने अवस्था आयो।, किड्नी र कलेजो बेचेर गहना लाउँछु भन्नु र प्राकृतिक स्रोत बेचेर विकास हुन्छ भन्नु एउटै हो भन्दै उनी नगरसभामा कराए। अध्ययन समिति बनाएर यो विवाद निरूपण हुने भएपछि बजेट पास भएको छ।, बिदाका दिन सर्वसाधारणसँगै ढुंगा बोक्न खोला दौडिहाल्ने उनी त्यसअघि फेसबुकमा लेखिहाल्छन्,'आज फेरि ढुंगा बोक्न जाँदैछु, लु विरोध सुरू गरौं त!', बिदाका दिनबाहेक कार्यालय समय सकिनेबित्तिकै उनी खानेपानीको मुहान पुग्छन्। कहिले इन्जिनियरहरू लिएर खोला किनारमा पुग्छन्। यसरी प्राविधिकसँगैको सल्लाहले जन्माएको योजना हो पकुवा र निशाने प्रोजेक्ट।, बर्खामासमेत दैनिक पम्प चलाएर खानेपानी आपूर्ति गर्नुपर्ने बाध्यता धरानमा छ। विज्ञहरूका अनुसार यसरी पम्प चलाउँदा विद्युतको महसुल मात्रै मासिक ३५ लाख रुपैयाँ हाराहारी आउने गरेको छ।, त्यसबाहेक सातैपिच्छे जसो समस्या आइरहने पम्पमा मर्मत खर्च पनि उत्तिकै हुन्छ।, 'अहिले श्रमदानबाट पानी थप्ने अभियानले यो खर्च पूरै घटाइदिएको छ,' धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने, 'यसले कम्तीमा ६ महिना धरानको खानेपानीमा ठूलो योगदान गर्ने निश्चित छ।', धरानमा मेयर हर्कलाई मन पराउनेहरू उस्तै जब्बर विश्वाससहित महिना दिनभन्दा बढीदेखि श्रमदान गरेर सघाइरहेका छन्। उनीहरू वाक्यैपिच्छे मेयरप्रति अगाध विश्वास रहेको छनक दिन्छन्।, 'एकछिन फुर्सद भयो कि ऊ यहीँ आएर ढुंगा बोक्न थालिहाल्छ नि,' धरान १५ का ५३ वर्षीय लोकबहादुर तामाङले भने, 'उसको दिमागमा धराने जनताको सेवाबाहेक केही छैन।', धरानमा साम्पाङका आलोचकहरू पनि उत्तिकै छन्, जो मेयरले ढुंगा बोकेकोमा फेसबुकमार्फत् नै असन्तोष प्रकट गरिरहेका हुन्छन्।  खोलामा श्रमदान गराएर पार नचल्ने तर्क उनीहरूको हुन्छ। मेयरले दीर्घकालीन योजना बनाउने, त्यसको कार्यान्वयनमा लाग्नुपर्ने भन्दै स्टन्टबाजी नगर्न सम्झाइरहेका हुन्छन्।, धेरैले पकुवा र निशाने खोलाको योजनालाई हावादारी भनिरहेका छन्।, सामाजिक सन्जालमा आलोचना गरिए जस्तो निशाने र पकुवा प्रोजेक्ट हावादारी नभएको कार्यकारी निर्देशक पोखरेलको भनाइ छ।, 'एकातिर सतहको पानी जम्मा गर्दा भूमिगत स्रोतमा हुने धरानको ठूलो खर्च जोगिएको छ,' उनले भने, 'अर्कातिर यसरी निकालिएको पानी भण्डारण गर्न सकिने अवस्था बनेको छ। जनताले श्रमदानबाट यसरी योगदान गर्नु त गज्जबको कुरा हो नि!', उनका अनुसार धरानमा अहिले दैनिक तीन करोड लिटर खानेपानी आवश्यक पर्छ। बर्खाका केही महिना जसोतसो यति पानी आपूर्ति भए पनि हिउँदमा १ करोड ७५ लाख लिटर पानी मात्रै आपूर्ति हुने गरेको छ। जसका कारण धरान हिउँदमा सधैं काकाकुल हुन्छ। १० वटा भूमिगत स्रोत, सर्दु र खर्दु गरी दुइटा सतहको स्रोतमा निशाने र पकुवा खोलाको स्रोत थपिँदा उल्लेख्य योगदान पुग्ने कार्यकारी निर्देशक पोखरेल बताउँछन्।, मेयर साम्पाङ पनि यसबारे प्रष्ट छन्।, 'यो स्थायी स्रोत होइन भन्नेमा म प्रष्ट छु,' उनले भने 'त्यसैले त सप्तकोशीको पानी ल्याउने योजना बन्दैछ छ नि। तर, यति भए पनि स्रोत थपिँदा फाइदा धरानलाई नै हुने होइन? पानी यहीँका मान्छेले खाने होइन?', मेयर साम्पाङका अनुसार पकुवाको दाँजोमा निशाने खोलाको काम सहज छ। त्यसैले धेरै समय नलाग्ने उनको विश्वास छ। यहाँको पानी ट्यांकीमा भण्डारण गरेर राख्ने योजना उनको छ।,  , सबै तस्बिरहरू: राजु अधिकारी/सेतोपाटी।, हर्क साम्पाङलाई पहिला भोट दिने, अहिले श्रम दिने धराने
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।, गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।, सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए।, पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।, पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
सेतोपाटी संवाददाता हाल लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ।, देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।, महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।, आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। , भोलि बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।, शुक्रबार गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ,  , लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा, शुक्रबारसम्म ठूलो पानी पर्ने सम्भावना
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ।, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए।, ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्।’, वैशाखमा एसईई परीक्षा लिइएको थियो। एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।, एसईईको रिजल्ट आउन अझै केही समय लाग्ने