content
stringlengths
20
64.1k
बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडियाँ बजारमा चोरी भएको छ । शुक्रबार राति पसलको ताल्चा फोडेर दुई लाख रकम बढीको मालसमान र नगद चोरी भएको व्यापारीले बताएकाछन् । स्थानीय व्यापारी उमापति भट्टले सञ्चालन गरेको केदार भूमिराज मसानी ट्रेडर्सबाट एक लाख ५० हजार बराबरको मालसमान चोरी भएको छ । आफ्नो पसलबाट लुगा कपडा, जुत्ता चप्पल र घ्युका डब्बा चोरीएको व्यापारी भट्टले बताए । यसैगरी काशिसिंह विष्टले सञ्चालन गरेको कैलपाल खुद्रा पसलबाट नगद २५ हजार रकमसहित ८० हजार रकम बराबरको धनमाल चोरी भएको छ ।घटनाबारे आज बिहानै प्रहरीलाई जानकारी गराएपछि खोचलेक प्रहरीचौकीको टोली घटनास्थलमा गएर मुचुल्का तयार गरेको छ । यी पसलमा बेलाबेलामा चोरी हुने गरेको व्यापारीले बताएकाछन् । भट्टको पसलबाट यस पटकसमेत गरेर पाँच पटक चोरी भैसकेको र विष्टको पसलबाट गत मंसिर ८ गतेसमेत ६० हजार रकम बराबरको धनमाल चोरी भएको सम्बन्धीत पसलका व्यापारीले बताएकाछन् । हिजो चोरी भएका बेला पसलको ताल्चा फुटाउन प्रयोग भएको फलामको रड र चोरी गर्ने व्यक्तिका चप्पल घटनास्थलमै भेटिएका छन् । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सामुदायिक वनमा युवक मृत फेला काठमाडौं ।कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताए । जोशीले भने, “युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको छ”, उनले भने ।
लागुऔषध र जिउँदो सालकसहित पक्राउ काठमाडौं ।काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३–००१ ख १८०३ नम्बरको बसमा जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैबीच काठमाडौँ महानगरपालिका–३२ बस्ने दोलखाको कालिञ्चोक गाउँपालिका–६ का २६ वर्षीय उद्धव थामीलाई दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जिउँदो सालकसहित प्रहरीले पक्राउ गरेको छ । केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नका लागि लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट करिब रु एक करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले लिइआएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङ सम्मानित काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्‍याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए । कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए । नेपालमा अवसरै अवसर रहेको भन्दै उनले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताए । उनले आफूले पनि भोजपुरमा एक हजार रोपनीका कागती खेती गरेको तथा अन्य कृषि कर्मलाई अगाडि बढाएको जानकारी दिँदै देशमा अवसर खोज्न र सीपयुक्त अध्ययनमा केन्द्रीत हुन आग्रह गरे । राज्यमन्त्री श्रेष्ठले एक जिल्ला एक उत्पादनको अवधारणाका साथ अगाडि बढेकामा क्यासनेप फाउण्डेशनलाई सफलताको शुभकामना दिए।
लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका ७ भिमसेनस्थानस्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख १९ हजार दुई सय ५० रुपैयाँसहित १६ थान कौडासमेत बरामद गरेको छ ।पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका चार जना, सुन्दरबाजर नगरपालिकाका एक जना, मस्र्याङ्दी गाउँपालिकाका एक जना, तनहुँका एक जना र काभ्रेका एक जना रहेका छन् । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
घाँटी रेटेर युवकको हत्या काठमाडौं ।कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । हत्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ ।
भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप काठमाडौँ ।सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । यस्तै खोप लगाउनेमा वाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ । यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ । यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
यौन दुव्र्यवहारका घटनामा वृद्धि काठमाडौं ।जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् । सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुव्र्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई बालक सुधारगृह र एक फरार रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सो अवधिमा जातीय विभेदसम्वन्धी एक, बहुविवाहका दुई, यातानापछि मृत्युका एक, अपहरणका एक, हत्याका एक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई गरी १७ घटना सङ्कलन गरिएका छन् । शिक्षा र खाद्य अधिकारसम्बन्धीका घटना पनि सङ्कलन गरिएको इन्सेक जुम्लाले जनाएको छ । मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिराले पारेको क्षतिलगायत विषयलाई समेत प्रथामिकता राख्न सुझाव दिए । बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि मात्रै कार्यविधि बनेको छ । अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकाले यसमा पनि समस्या देखिएको उनको भनाइ छ । यो विषयलाई थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने सहायक प्रजिअ चौलागाइँले बताए । राष्ट्रि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण सहनीले घटनाको पुष्टि हुने तथ्याङ्क थप बलियो बनाउन सुझाव दिदैं बढ्दो सडक दुर्घटनाका विषय पनि समेटन सकिने बताए। सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएको विषय भएकाले वर्ष पुस्तकमा समेट्दा उपयुक्त हुने उनले बताए ।
केटीको बिहे गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाइएपछि चर्को विवाद काठमाडौं। केटीको विवाह गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाउने प्रस्तावलाई भारतको केन्द्रीय मन्त्रिमण्डलले मन्जुरी दिएपछि एआइएमआइएम सांसद असदुद्दीन ओवैसी समेत कैयौं नेताहरुले विरोध गरेका छन् । लोकसभा सांसद ओवैसीले ट्वीट गरेर भनेका छन् ‘१८ वर्षको उमेरमा महिला पुरुष व्यापार सुरु गर्न सक्छन्, सम्झौतामा हस्ताक्षर गर्न सक्छन्, प्रधानमन्त्री छान्न सक्छन् तर बिहे गर्न सक्दैनन् ।’ अर्कोतिर इण्डियन मुस्लिम लिग (आइयुएमएल)ले शुक्रबार संसदमा केटीहरुको बिहेको उमेर १८ वर्षबाट २१ वर्ष बनाउने सरकारको प्रस्तावको विरोध गर्दै स्थगन प्रस्तावको नोटिस दिएको थियो । आइयुएमएलले यसलाई मुस्लिम व्यक्तिगत कानुनको अतिक्रमण भनेको छ । आइयुएमएलका नेता तथा राज्यसभा सांसद अब्दुल वहाबले लेखेका छन् ‘केटीहरुको बिहेको उमेर १८ बाट बढाएर २१ वर्ष बनाउने प्रस्ताव, जसलाई क्याबिनेटले मन्जुरी दिएको छ, त्यसको उद्देश्य मुस्लिम व्यक्तिगत कानुनको अतिक्रमण गर्नु पनि हो ।’ केरलका कैयौं मुस्लिम संगठनले पनि उमेर बढाउने प्रस्तावको विरोध गरेका छन् । मुस्लिम लिग नेता इटी मोहम्मद बशीरले शुक्रबार लोकसभामा केटीहरुको बिहेको उमेर बढाउने प्रस्तावविरुद्ध स्थगन प्रस्तावको नोटिस दिएका थिए । उनले यो प्रस्ताव मुस्लिम व्यक्तिगत कानुन विरुद्ध भएको बताउँदै युनिफर्म सिभिल कोडतर्फ सरकारले एक कदम बढाएको आरोप लगाएका थिए । उनले यी मुद्दा आफूहरुको आस्थासँग जोडिएको भन्दै यसको विरोध गर्ने बताएका थिए । ओवैसीले कैयौं ट्वीट गरेर केन्द्रीय मन्त्रिमण्डलको यो फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनका साथै समाजवादी पार्टी, इण्डियन युनियन मुस्लिम लिग, सीपीएम र कांग्रेसका नेताहरुले पनि यो कानुनप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसले केन्द्रीय मन्त्रिमण्डलको यो निर्णयमा आफ्नो राय व्यक्त गरेको छैन तर पार्टी प्रवक्ता शक्ति सिंह गोहिलले यसबारे भनेका छन् ‘यो मोदी सरकारको एक चाल हो ताकि किसानहरुको मुद्दा र केन्द्रीय मन्त्री अजय मिश्रा टेनीलाई हटाउने विपक्षीको मागबाट ध्यान हटाउन सकियोस् । समाजवादी सांसद शफीकुर्रहमान बर्कले भनेका छन् ‘भारत एक गरिब देश हो र हर कोही आफ्नी छोरीहरुको छिटो बिहे गरिदिन चाहन्छन् । मैले संसदमा यो कानुनको समर्थन गर्ने छैन ।’ सीपीएम नेता बृंदा करातले सरकारको प्रस्तावले महिला सशक्तिकरणमा सहयोग नगर्ने बरु यसले वयस्कहरुको व्यक्तिगत रुचीलाई अपराधीकरण गर्ने बताइन् । उनले लैंगिक समानता सुनिश्चित गर्ने नै हो भने पुरुषको विवाहको उमेर पनि २१ वर्षबाट घटाएर १८ वर्ष बनाउनुपर्ने बताइन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् । सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । उक्त सूचना प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ । उनलाई घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
मर्यादित वैदेशिक रोजगारीमा जिफन्टको जोड काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारसँग अनुरोध गरेको छ । अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ को सन्दर्भ पारेर आज आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे। वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकको अवस्था दयनीय रहेको, श्रमिकले तोकिएको सेवासुविधा नपाएको, कार्यस्थल परिवर्तनको अधिकारलाई प्रत्याभूत नगराइएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन विद्यमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारीमा हुने ठगी रोक्नुपर्ने, प्रतिबन्धित कार्य गर्ने म्यानपावर कम्पनीको अनुगमन गर्नुपर्ने तथा वैदेशिक रोजगारमा रहेका श्रमिकका हकहितमा ध्यान दिन सरकारसँग आग्रह गरे । सीपयुक्त जनशक्तिमात्र वैदेशिक रोजगारीमा पठाउनुपर्नेमा जोड दिँदै उनले विदेशबाट फर्केका श्रमिकको सीप र पूँजीको प्रयोग गरी उनीहरुलाई स्वदेशमै उद्यमशील बनाउनुपर्ने बताए । अझै पनि वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक अदक्ष रहेको छन् । सीप तथा तालिम नलिइ वैदेशिक रोजगारीमा जाँदा श्रमिकले तोकिएअनुसारको काम र पारिश्रमिक नपाउने, न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता खेप्दै आएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको भए पनि ८० हजार ३८२ जनाले अदक्ष श्रमिकका रुपमा काम गर्न स्वीकृति लिएको जिफन्टले जनाएको छ ।
टिपरको ठक्करबाट एकै परिवारका तीनको मृत्यु काठमाडौं। सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादव रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए । सोही दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।
खाद्य संस्थान भन्छः ‘धान किन्छौँ तर स्तरीय मात्रै’ काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति भएको थियो । यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिए । “हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो”, उनले भने, “किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।” उनले प्रतिक्विन्टल रु दुई हजार ७५२ धान खरिद गरिरहेको जानकारी दिए । यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गरे । यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताए । कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिए । “उत्पादन भएकामध्ये ६९ हजार २७३ मेट्रिकटन क्षति भयो”, उनले भने, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।” धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो ।
जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका टोक्यो : जापानको ओसाका सहरमा रहेको एउटा व्यापारिक भवनमा आगलागी भएको छ। उक्त आगलागीमा परि कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। साथै, आगलागीबाट २८ जना घाइते भएका छन् । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ। ओशाकास्थित ८ तले भवनमा शुक्रबार आगलागी भएको हो । भवनको चौथो तल्लामा रहेको मानसिक मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा आज साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सिताराम पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता काठमाडौँ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरदहरि गजुरेलले हस्ताक्षर गरे । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो । सम्झौता पश्चात् कोषका सहभागी र कर्मचारीले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०, एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने भएको छ । नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव सात लाख र कोषका कर्मचारी यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकातर्फबाट सहसचिव डा गोविन्दकृष्ण खनाल र टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच आज सम्झौता भएको छ । मन्त्रालयले ती कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गरिने प्रवक्ता राजेश जोशीले जानकारी दिए । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले नेपाल टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ । साथै मन्त्रालयले सेवा विस्तारको लागि स्थानीय तहमार्फत आवश्यक पर्ने ‘राईट अफ ओए’ उपलब्ध गराउन सहजीकरण गरिदिने छ । सम्झौताअनुसार नेपाल टेलिकमले सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गरिनेछ । स्थानीय तहको वेबसाइट तथा अनलाइन सेवाको लागि प्रयोग हुने वेब बेस्ड एप्लिकेसनको लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउनेछ । त्यसका लागि कम्पनीले विभिन्न प्याकेजको व्यवस्था गर्नेछ । ग्रामीण सूचना केन्द्रको स्थापना, हार्डवेयर तथा सफ्टवेयरको व्यवस्था र डिजिटल नेपालको अभियानलाई संस्थागत गर्न र विभिन्न सेवा विस्तारको लागि पूर्वाधार विकास एवम् विस्तार गर्न आवश्यक सहकार्य गरिने निर्देशक जोशीको भनाइ छ । त्यसैगरी हाल भीस्याटमार्फत भ्वाइस सेवा मात्र उपलब्ध भइरहेका अति दुर्गम स्थानमा दूरसञ्चार सेवा प्रदायकसमेतको सहकार्यमा मोबाइल ब्रोडब्याण्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने गराउनेछ ।
सरकारी भवन शहरी विकास मन्त्रालयले नै बनाउन निर्देशन काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल सरकारका भवन तथा कार्यालय शहरी विकास मन्त्रायलले नै मापदण्डानुसार र गुणस्तरीय बनाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सरकारी भवन मन्त्रालयले नै निर्माण गर्ने नीतिगत व्यवस्था भएकामा हाल सम्बद्ध सरकारी निकायले बजेट निकासा गरी आफ्नो भवन आफैँ निर्माण गरेको भन्दै यो जिम्मा मन्त्रालयलाई दिन सरकारलाई निर्देश गरेको हो । सम्बन्धित निकाय आफैँले भवन निर्माण गर्दा वातावरणीयलगायतमा असर पुर्‍याएको र मापदण्डबमोजिम नभएको देखिएकाले आगामी दिनमा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न निर्देशन दिइएको हो । समितिले विभिन्न शिर्षकमा छरिएर रहेका र बजेट अभावका कारण अलपत्र परेका आयोजना पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणाअनुरूप अघि बढाउन पनि निर्देशन दिएको छ । समितिले सरकारले अघि सारेको नयाँ शहर, मेघा सिटी, स्मार्ट, मेट्रो सिटी, एकीकृत बस्तीबारे कार्ययोजना विस्तृत छलफल गर्न मन्त्रालयतर्फबाट आवश्यक कार्यशाला आयोजना गर्न भनिएको छ । समितिले विगतका निर्णयका आधारमा विधेयक अघि बढाउन पनि निर्देशन दिएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिका नाममा राजनीतिक दलले कार्यकर्तामार्फत भ्रष्टाचार गरिरहेको बताए । अधिकांश समितिले पैसा लगेर ठेक्कामार्फत काम गरिरहेको उनले बताए । कतिपय स्थानमा विपन्न नागरिक प्लाष्टिकको छानामुनि बस्न बाध्य भएपनि ‘भ्यु टावर’लगायतका संरचनामा बजेट छुट्ट्याइएको उनको भनाइ छ । नागरिकस्तरबाट आवश्यकताका आधारमा नभएर पहुँचका आधारमा योजना छनौट भइरहेको उनले बताए। मन्त्रालयले सरकारी भवन निर्माण, आवास, सडक, सिँचाइ, ढललगायतका संरचना निर्माण गरिरहेको भएपनि जनशक्ति पर्याप्त नभएको उनले बताए । उनले भने, “स्थानीय पूर्वाधार विभागमा जनशक्ति भएकाले त्यो विभागको जनशक्ति जिम्मेवारीसहित हामीसँग ल्याउनुपर्छ ।”
मनकामनाको केबलकार चार दिनका लागि बन्द काठमाडौँ। मनकामनाको केबलकार चार दिन बन्द हुने भएको छ ।  गेयर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले पुष ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द गर्नुपर्ने कम्पनीले जनाएको छ । केबलकारको स्तरोन्नतिका लागि अष्‍ट्रियाका प्राविधिकले अनुगमन गर्नेछन् । केबलकार बन्द रहे पनि स्टेशन वरिपरि रहेको रेष्‍टुरेण्ट सञ्चालन रहने पनि कम्पनीले जनाएको छ । आगामी बिहीबार ( ८) बाट पुनः केबलकार सञ्चालन हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले आज पुस १ गतेदेखि आगामी पुस ५ गतेसम्मका लागि सबै आय संकलन काउन्टरहरू बन्द गरिएको जनाएको छ । विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको सूचनामा उल्लेख छ ।
तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले गरे विद्यालयमा तालाबन्दी बझाङ। बझाङ छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माविमा कार्यरत निजी स्रोतका शिक्षकहरूले बुधबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । शिक्षकले  तलब नपाएपछि विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन्। १८ महिनासम्म पनि तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले विद्यालयमा तालाबन्दी गर्न बाध्य भएकाे बताए । साथै, विद्यालयले खर्चमात्र देखाएर शिक्षकहरूको तलब राेकेकाे एक शिक्षकले गुनासाे गरे । विद्यालयमा काम गर्ने निजी स्रोतका शिक्षकहरूले काम गरेको सेवा सुविधा यति लामो समयसम्म रोकेर शिक्षकहरूको पीडा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले नबुझ्दासम्म आन्दोलन जारी राख्‍ने चेतावनी दिएका छन् । यता विद्यालयका प्रधानाध्यापक जनक बोहराले भने विद्यालयको पुरानो लगानी असुल हुन नसक्दा शिक्षकहरूलाई तलब भत्ता खुवाउन नसकिएको बताए । साथै, उनले स्थानीय सरकारले पनि कुनै चासो नदिएको र अन्य निकायबाट पनि सहयोग नभएपछि तलब खुवाउन नसकिएको बताए  । केही दिनभित्र नै निजी स्रोतका शिक्षकलाई तलबभत्ता दिने उनले बताए ।
धौलीगाड खानेपानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति जुम्ला । कर्णाली प्रदेशकै गौरवको आयोजना धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको हो । नेपाल सरकार अर्थ मन्त्रालयको सोमबार भएको मन्त्री स्तरीय निर्णयबाट ‘धौलीगाड बृहत् खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाबाट उक्त आयोजना सञ्चालन हुने छ । अर्थ मन्त्रालयकी शाखा अधिकृत इन्दिरा दाहालले आयोजनाको कूल लागत अनुमान एक अर्ब २६ करोड आठ लाख ४९० रहेको बताइन् । सो लागत रहेको धौलीगाड बृहत् खानेपानी आयोजनाका बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि खानेपानी मन्त्रालयबाट लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पुरा गरी खरिद प्रक्रिया अघि बढाउन उक्त मन्त्रालयलाई सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै तत्कालीन संविधानसभा सदस्य तथा निवर्तमान कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहल थालेको धौलीगाड बृहत् खानी पानी आयोजनाको एक दशकपछि निर्माण कार्य हुने पक्का भएको हो । भण्डारीले सामाजिक सञ्जालमा आफ्नो भोगाई व्यक्त गर्दै भनेका छन्, ‘दुर्गममा मेगा प्रोजेक्टहरू जन्माउन र हुर्काउन सहज छैन । उनले, कष्टसाध्य प्रयत्नबाट जन्मिएर पटक पटक मर्दै बाँच्दै गरेको हिमाली क्षेत्रको सबै भन्दा ठूलो परियोजना धौलीगाड बृहत् खानेपानी परियोजनालाई १ अरब २६ करोडको बहुवर्षीय ठेक्का सहमति प्रदान गरेर पुनर्जीवन दिने नेकपा (माओवादी केन्द्र) का लोकप्रिय तथा प्रभावशाली नेता एवं नेपाल सरकारका अर्थमन्त्री मा जनार्दन शर्माप्रति हार्दिक आभार व्यक्त गर्छु ।’
कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ । कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्। उपसभापतिको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति ढीलामा १ बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस्: गगन थापा काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन् । १४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताए । उनले भने, ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला । उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’ अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने उनले बताए । उनले भने, ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् । यस्तै, उनले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाब दिए । उनले भने, ‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं । अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन । यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ ।’
रासायनिक मलको माग गर्दै सप्तरीका किसानले गरे जिल्ला प्रशासन कार्यालय घेराउ सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका छन्।  रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका किसानले बुधवार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन्। गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको किसानहरूको गुनासो रहेको छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ । कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको तर  सोझै किसानलाई मल वितरण गर्न नसकिने बताए । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार नाै लाख नाै हजार पाँच सय ९९ हेक्टर क्षेत्रफल रहेको सप्तरीमा खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर अर्थात् ६४ प्रतिशत छ ।
हङकङको सपिङ सेन्टरमा भीषण आगलागी हङकङ। हङकङको सपिङ सेन्टरमा भीषण आगलागी भएको छ। आगलागी हुँदा ३ सयभन्दा बढि मानिस सपिङ सेन्टर भित्रै फसेका छन् । हङकङको वल्र्ड ट्रेड सेन्टरको भवनमा बुधवार भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु फसेका हुन् । आगलागी ३८ तले भवनमा मध्यान्ह १२:२७ बजे भएको हो । विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
बसको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्यु जनकपुर। जनकपुरधामस्थित नयाँ बसपार्कमा बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार बिहान महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो । जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लिएकी वृद्धा अचानक बसको अगाडि आएकोले चालकले नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए । मृतक वृद्धाको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बस चालक जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने ३३ वर्षीय मो. फिरोज नदाफलाई नियन्त्रणमा लिइएको छ ।
देउवालाई दिए नेपालले बधाई काठमाडौं । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  बधाई दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्,’दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।
टिप्परको ठक्करबाट युवराजको मृत्यु हेटौंडा । हेटौंडामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ । आज बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिप्परले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकलमा सवार आचार्यलाई ठक्कर दिएको हो ।
थाइल्याण्डमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु एजेन्सी। थाइल्याण्डमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर दुर्घटनामा परेको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ। यो विमान दुर्घटनाबारे अनुसन्धान गर्न अनुसन्धानकर्ताको टोली पनि घटनास्थलमा पुगेको छ।
काँग्रेस सभापतिको १३ सय मतगणना गर्दा कसको कति मत ? काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर दुई सय कटेको छ । एक हजार तीन सय मत गनिसक्दा देउवाले ७६१ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । मतान्तर २३४ रहेको छ । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
कांग्रेस सभापतिमा देउवाको सुरुवाती अग्रता काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा जारी दोस्रो चरणको मतदानअन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजामा देउवाले अग्रता लिएका हुन् । तीन  सय मत गन्दा देउवाले १७४ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १२४ मत प्राप्त गरेका छन् । मतगणना जारी
कांग्रेस सभापतिको पुनः मतदानको मतगणना (तस्बीरहरु) काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहभित्र तीन ठाउँमा मंगलबार राति ११ बजेर १५ मिनेटमा गणना सुरु भएको हो । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवार ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दिउँसो साढे ३ बाट मतदान भएको थियो । मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतदान सकिएको साढे २ घण्टापछि गणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिले मतगणना सकिन कम्तीमा तीन घण्टा लाग्ने जनाएको छ । यस हिसाबले बिहान साढे २ बजे अन्तिम मतपरिणाम आइसक्नेछ । दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइराला सभापतिको प्रतिस्पर्धामा छन् । देउवालाई पहिलो चरणमा तेस्रो भएका प्रकाशमान सिंह, चौथो भएका विमलेन्द्र निधि र पाचौं भएका कल्याण गुरुङले समर्थन गरेका छन् । शेखर भने एक्लै लडिरहेका छन् । पहिलो चरणमा देउवाले २२५८ र शेखरले १७२९ मत प्राप्त गरेका थिए । देउवालाई ५० प्रतिशत कटाउन ८२ मत कम परेको थियो । सभापतिपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतदान भने पर्सी बिहीबारदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
ऋण तिर्न नसकेपछि अनिल अम्बानीको कम्पनी लिलामीमा बेचियो, ऋणको १ चौथाइ मात्र पर्‍यो काठमाडौं। ऋणमा डुबेको अनिल अम्बानीको कम्पनी रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड (आरएनइएल) अब मुम्बइका उद्योगपति निखिल भी मर्चेन्टको हुने भएको छ । लिलामी प्रक्रियामा निखिलले सबैभन्दा धेरै मूल्य कबोल गरेर यो कम्पनी अधिग्रहणको अधिकार पाएका हुन् । आरएनइएललाई मूल रुपले पिपावाव शिपयार्डको नमले चिनिन्छ । सूत्रले बिजनेस टुडेलाई बताएअनुसार निखिल मर्चेन्ट र उनका पार्टनरहरुको तर्फबाट समर्थित कन्सोर्टियम हेजल मर्केन्टाइल प्रा. लि. ले तेस्रो राउण्डमा सबैभन्दा धेरै मूल्य कबोल गर्यो जो अरुको भन्दा धेरै बढी छ । कमिटी अफ क्रेडिटर्सले गत महिना नै यो लिलामी प्रक्रियामा भारग लिइरहेका कम्पनीहरुसँग छलफल गरेर उच्च प्रस्तावहरुको माग गरेको थियो । त्यसपछि हेजल मर्केन्टाइलले शिपयार्डको लागि आफ्नो कबोल मूल्य संशोधन गरेर २७०० करोड बनाएको थियो । पहिले हेजलले २४०० करोड प्रस्ताव गरेको थियो । आइडीबीआइ बैंक रिलायन्स नेवलको लिवड बैंकर हो । शिपयार्डलाई गत वर्ष जनवरीमा नेशनल कम्पनी ल ट्रिब्युनल अन्तर्गत लगिएको थियो ताकि कम्पनीले तिर्न नसकेको ऋण असुली गर्न सकियोस् । रिलायन्स नेवल एण्ड इन्जिनियरिङले १२ हजार ४२९ करोड तिर्नुपर्ने ऋण छ । आरएनइएलले ऋण तिर्न बाँकी भएका १० ठूला ऋणदाताहरुमा भारतीय स्टेट बैंकको १९६५ करोड रुपैयाँ बाँकी छ । युनियन बैंक अफ इण्डियाको पनि १५५५ करोड रुपैयाँ तिर्न बाँकी छ । अनिल अम्बानीको यो कम्पनी लिलामीमा किन्नको लागि तीन कम्पनीले प्रस्ताव पेश गरेका थिए । एउटा दुबइको एनआरआइ समर्थित कम्पनी थियो जसले केवल १०० करोड प्रस्ताव गरेको थियो । उद्योगपति नवीन जिन्दलको कम्पनीले ४०० करोड रुपैयाँ प्रस्ताव गरेका थिए । आरएनइएलको नाम पहिले रिलायन्स डिफेन्स एण्ड इन्जिनियरिङ लिमिटेड थियो । अनिल अम्बानीको रिलायन्स समूहले २०१५ मा पिपावाव डिफेन्स एण्ड अफशोर इन्जिनियरिङ लिमिटेडलाई अधिग्रहण गरेपछि यसको नाम बदलेर रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड बनाइएको थियो ।
विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने महिला पत्रकार पक्राउ काठमाडौँ। विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एन्जिना कार्की रहेकी छिन् । महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले मंसिर २२ गते बसन्तपुरबाट एक लाख नगदसहित  कार्कीलाई पक्राउ गरेको हो।  बिशालबजार,काठमाडौँस्थित जनसेवा प्रहरीले ठगी मुद्दामा उनलाई समातेर सोह्रखुट्टे प्रहरी वृत्तलाई बुझाएको हो । कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोप छ । कार्कीलाई हिरासतमा राखिएपछि थप अनुसन्धान भइ रहेको छ । एन्जिना केही समय अगाडिसम्म भारतको जीटीभीसङ्ग सम्बध्द थिइन् ।
कोरोनाको ओमिक्रोन भेरिएन्टबाट पहिलो मृत्यु काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट सोमबार पहिलो मृत्यु भएको छ । यही बीचमा नर्वे सरकारले आफ्नो देशमा आंशिक रुपमा लकडाउन लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतमा २७ नोभेम्बरमा ओमिक्रेनको पहिलो केस भेटिएको थियो । सोमबार बेलायतमै एक व्यक्तिको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट मृत्यु भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले देशमा कडा प्रतिबन्ध लगाएका छन् । आइतबार उनले देशमा तेस्रो लहरको आशंका भएको बताएका थिए । बेलायतले समयमै कारवाही नगरिए यो महिनाको अन्त्यसम्म देशमा ओमिक्रेनका १० लाख केस हुने बताएको छ । एजेन्सीका अनुसार ओमिक्रोन संक्रमणका कारण नर्वेमा आंशिक लकडाउन लगाइएको छ । नर्वेका प्रधानमन्त्रीले ओमिक्रोन संक्रमणका कारण कडाइ गर्नुपर्ने आवश्इकता भएको बताएका छन् । नर्वेमा बार, रेष्टुरेन्ट, जिम बन्द गरिएका छन् । अडा कोभिड–१९ नियम लागु गरिएका छन् । जनवरीसम्म नयाँ केस प्रतिदिन ३ लाख पुग्ने आशंका गरिएको छ ।
जम्मू कश्मीरको श्रीनगरमा आक्रमण, २ प्रहरीको मृत्यु भारत।  भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण भएको छ । उक्त आक्रमणमा परि दुई प्रहरीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी गरेको छ। भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीले यस घटनाको अनुसन्धान गरी रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।
कर्मचारीमाथि कुटपिट काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ । नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए । “ममाथि सुनियोजित तरिकाले आक्रमण भयो”, उनले भने, “आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।” जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए । “कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ”, उनले भने, “पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेश गर्नेछु ।”
सामान्य विवादमा कुटाकुट हुँदा दाजुको मृत्यु हेटौंडा। मकवानपुरमा आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तानको हत्या आरोपमा ३० वर्षीय सीताराम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। दाजु र भाइ बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झगडाको कारण खुलिसकेको छैन। सीतारामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको प्रहरीको भनाई रहेको छ।
धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रासायनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निराश भएर रित्तो हात घर फर्किए । ‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन’, उनले भने, ‘’धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।’ गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उनको भनाइ छ । धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको औरही गाउँपालिका–४ का शत्रुधन यादव पनि मल नपाएपछि निराश बनेका छन् । ‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्’, उनले भने, ‘कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।’ मल नपाएपछि गहुँबाली लगाउनै समस्या भएको उनको भनाइ छ । यो समस्या रोहित र शत्रुधनको मात्र होइन, धनुषा र महोत्तरीका अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त मल नपाएपछि निराश बनेका हुन् । धनुषा र महोत्तरीलगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा धानबाली पछि गहुँबाली लगाउने गरेका छन् । तर समयमा मागअनुसारको मल नपाउँदा किसानहरु वर्षेनी मार खेप्दै आएका छन् । कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताए । अधिकांश खेतीयोग्य जग्गामा धान काटीसकेको र गहुँबाली लगाउने बेला भइसके पनि समयमा मल खाद्य नपाउँदा किसान मारमा परेको उनको भनाइ छ । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठुलो मार खेप्दै आएका छन् । धनुषामा वर्षेनी रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर धनुषाका प्रमुख रामकुमार चौधरीले बताए । एकातिर धनुषामा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी धनुषामा वर्षेनी मलको आपूर्ति घट्दै गएको छ । केन्द्रले चालु आर्थिक वर्षमा धनुषाका लागि पाँच हजार मेट्रिक टन युरिया र चार हजार ५०० मेट्रिक टन डीएपी मलको लक्ष्य तोके पनि हालसम्म दुई हजार ९०५ मेट्रिक टन युरिया र एक हजार ६२७ मेट्रिक टन डीएपी प्राप्त भएको प्रमुख चौधरीले बताए । तीमध्ये दुई हजार ३५० मेट्रिक टन युरिया, एक हजार ५८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको छ । हाल ५५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी गोदाममा रहेको प्रमुख चौधरीले जानकारी दिए । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरु मार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ । ‘हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटा बमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ’, प्रमुख चौधरीले भने,’ मल आए लगतै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।’ बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुलाई मल खाद्य वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।
मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग काठमाडौं।आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उनको भनाइ छ ।अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बनेका थिए । सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया हुन् । उनी १५ वर्षदेखि श्रीमान्बाट अलगिएर माइतीमा बस्दै आएका छन् । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ ।दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उनीलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ । मुना कक्षा १२ मा अध्ययनरत छन् । रोगले सताएपछि उनको पढाइ पनि प्रभावित बनेको छ ।
रुस–युक्रेन युद्धको आशंका किन ? पश्चिमी देश किन डराउँछन् ? के यसले विश्वयुद्ध हुन्छ ? काठमाडौं। रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ । यो तनावले पश्चिमी देशहरुमा भारी चिन्ता छ । पश्मिी देशहरुको सबैभन्दा ठूलो चिन्ता हो यो तनाव बढेर युद्धको संघारमा पुग्यो भने यसको आगो पूरै युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब स्थिति बन्न सक्छ । पश्चिमी देशका खुफिया संस्थाहरुको अनुमान अनुसार युक्रेनको सीमामा ट्यांक र तोपको साथमा करिब १ लाख रुसी सैनिक छन् । अमेरिकाले यो संख्या जनवरीसम्म बढेर १ लाख ७५ हजार हुन सक्ने आशंका गरेको छ । अमेरिका र उसका नेटो सहयोगीले रुसलाई यसअघि नै युक्रेनमाथि कुनै आक्रमण गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेका छन् तर रुस भने यसको बेवास्ता गर्दै एक खेल खेल्न लागिरहेको छ । कैयौं विश्लेषकहरुका अनुसार रुसले यो दबाबको रणनीतिअनुसार गरिरहेको छ ताकि युक्रेनले पश्चिमी देशहरुको सुरक्षा संगठन नेटोमा स्थान पाउन नसकोस् । यदि युक्रेन नेटोको सदस्य बन्यो भने नेटोका सैन्य अड्डा आफ्नो सीमाछेउ खडा गरिने रुसलाई डर छ । यद्यपि नेटोले रुसलाई यसबाट उसलाई कुनै खतरा नहुने विश्वास दिलाएको छ । रुस र युक्रेनबीचको विवादलाई अहिले नेटोसँग जोडेर हेरिएको छ । तर दुवै देशबीच कैयौं पटक संघर्ष भइसकेको छ । यसमध्ये एउटा २०१४ को युद्ध पनि हो जतिबेला रुसले युक्रेनसँगबाट क्रिमिया खोसेर आफूले कब्जा गरेको थियो । रुस र युक्रेनबीचको तनाबलाई बुझ्न केही वर्ष पहिले इतिहासमा जानुपर्छ । युक्रेन कुनै बेला रुसी सामाज्यको हिस्सा थियो । १९९१ मा सोभियत संघ फुटेपछि युक्रेन स्वतन्त्र भएको थियो । त्यतिबेलादेखि नै युक्रेनले रुसको छत्रछायाबाट बाहिर निस्किने कोसिस गर्न थाल्यो । यसको लागि युक्रेनले पश्चिमी देशहरुसँग निकटता बढायो । उसले यो निर्णय त्यतिबेला गर्यो जतिबेला उसको उत्तर र पूर्वमा लामो सीमा रुससँग जोडिएको छ । २०१० मा भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति बने र उनले रुससँग निकै निकटको सम्बन्ध बनाए । यो सम्बन्धको जगमा उनले युरोपेली संघमा सहभागी हुने सम्झौतालाई खारेज गरिदिए । यसको प्रतिक्रिया यो भयो कि देशमा भारी विरोधका कारण २०१४ मा उनले पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि रुसले युक्रेनविरुद्ध आक्रामकता देखायो र कथित रुपमा त्यहाँका पृथकतावादीहरुलाई सहयोग गर्यो । जसको परिणामस्वरुप उसले युक्रेनको क्रिमिया प्रायद्विपमा कब्जा गर्यो । रुसमाथि युक्रेनका पृथकतावादीहरुलाई पैसा र हतियार सहयोग गरेको आरोप लाग्ने गर्छ । रुसले यी आरोप अस्वीकार गर्छ तर उसले खुलेर पृथकतावादीहरुको समर्थन गर्छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनबासलाई औद्योगिक सहर मानिन्छ । यहाँ २०१४ मा भएको लडाइँमा १४ हजारभन्दा धेरै मारिएका थिए । युक्रेन र पश्चिमी देशहरुले रुसले आफ्ना सैनिकहरुमार्फत युक्रेनी विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँछन् तर रुसले भने विद्रोहीहरुलाई साथ दिने रुसी स्वयंसेवक हुन् भन्छ । २०१५ मा फ्रान्स र जर्मनीले एक शान्ति सम्झौताको मध्यस्थता गरेका थिए जसबाट युद्ध रोकियो तर यसबाट कुनै राजनीतिक समाधान निस्किएन । यो वर्ष त्यतिबेला संघर्षविराम उल्लंघनमा त्यतिबेला तीब्रता देखियो जब युक्रेनी सीमानजिक रुसी सैनिकहरुले युद्धाभ्यास सुरु गरे । अप्रिलमा रुसले यसलाई रोकेपछि तनाव केही कम भएको छ । अमेरिकी खुफिया अधिकारीहरुले गत हप्ता रुसले युक्रेनी सीमामा १ लाख ७५ हजार जवानहरु तैनाथ गर्न गइरहेको आशंका गरेका थिए । उनीहरुले यीमध्ये आधा सैनिक तैनाथ गरिसकिएको भन्दै रुसले २०२२ को सुरुमा युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएका थिए । युक्रेनले पनि रुसले आफ्नो सीमानजिकै ९० हजार सैनिक तैनाथ गरेको भनेको थियो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको ४१ औं आर्मीको युनिट रुसमा येलनया सहरको नजिक छ । युक्रेनको उत्तरी सीमाबाट यो सहर केवल २६० किलोमिटर टाढा छ । युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोफले शुक्रबार संसदमा युक्रेनको नजिक र रुसको कब्जामा रहेको क्रिमियामा ९४ हजार ३ सय सैनिक रहेको र जनवरीमा यसमा ठूलो मात्रामा बढोत्तरी सम्भव भएको बताए । रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रुसले आफ्नो क्षेत्रमा जवान तैनाथ गर्दा अरुलाई समस्या हुन नपर्ने बताएको छ । अहिले रुसले युक्रेनमाथि २०१५ को शान्ति सम्झौताको सम्मान नगरेको र पश्चिमी देशहरु युक्रेनलाई यसको पालना गराउन विफल रहेको आरोप लगाएको छ । यो सम्झौतामार्फत रुसले एक कूटनीतिक जीत पाएको थियो र उसले युक्रेनलाई विद्रोहीहरुको बढहरुलाई स्वायत्तता दिन र उनीहरुलाई आममाफी दिन बाध्य पारेको थियो । यद्यपि यो सम्झौता कार्यान्वयन हुन सकेन । यो लागू नहुनुमा युक्रेनले रुसलाई जिम्मेवार भन्छ । युक्रेनको दावीअनुसार रुस समर्थित पृथकतावादीहरुले संघर्ष विराम उल्लंघन गरे र पूर्वमा विद्रोहीहरुको गढमा रुसी सैनिक छन् । रुसले भने यी दावी अस्वीकार गर्छ । यी आरोप प्रत्यारोपका बीचमा रुसले युक्रेन, फ्रान्स र जर्मनीसँग बैठक गर्न अस्वीकार गरिदियो र २०१५ को शान्ति सम्झौता युक्रेनले नमान्नु व्यर्थ भएको बतायो । अर्कोतर्फ रुस लगातार अमेरिका र उसका नेटो सहयोगी देशहरुमाथि युक्रेनलाई हलियार सहयोग गरेको र संयुक्त सैन्य अभ्यास गरेकोमा आलोचना गरिरहन्छ । यसो गरेर युक्रेनका सैनिकहरुलाई बलपूर्वक विद्रोहीहरुको क्षेत्र फेरि कब्जा गर्न प्रेरित गरिएको उसको आरोप छ । यो वर्षको सुरुवातमा रुसी राष्ट्रपति पुटिनले चेतावनी दिँदै युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गर्ने सैन्य कोसिसले ‘युक्रेनी राष्ट्रको दर्जा’लाई गम्भीर असर पर्ने भनेका थिए । रुसी राष्ट्रपति लगातार रुसीहरु र युक्रेनीहरुलाई एउटै जनता भन्दै आएका छन् र उनी दावी गर्छन् कि सोभियत समयमा युक्रेनले गलत तरिकाले ऐतिहासिक रुसी जमिन पाएको थियो । पुटिनको चिन्ता युक्रेन नेटोमा सहभागी हुने विषयमा पनि छ । उनले नेटो आफ्नो लागि एक सीमा रेखाजस्तै भएको चेतावनी दिइसकेका छन् । उनले नेटो सदस्यहरुको युक्रेनमा सैन्य प्रशिक्षण केन्द्र बनाउने योजना भएको र यसले युक्रेनलाई नेटोमा सहभागी नभइ आफूविरुद्ध सैन्य मजबुती दिने बताइसकेका छन् । गत हप्ता पुटिनले जोड दिँदै रुसलाई अमेरिका र उसका सहयोगीहरुबाट ‘विश्वसनीय र दीर्घकालीन सुरक्षा ग्यारेन्टी’ चाहिएको बताएका थिए । पुटिनले अमेरिका र उसका सहयोगीहरु पूर्वतिर नेटोको कुनै पनि कदमबाट टाढा रहने र रुसी षेत्रको नजिक रुसको लागि खतरा उत्पन्न गर्ने हतियारको तैनाथीबाट पनि टाढा रहने ग्यारेन्टी मागेका थिए । पुटिनले आफूलाई कुनै मौखिक भरोसा नभइ कानुनी ग्यारेन्टी चाहिएको समेत बताएका थिए । गत हप्ता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनबीच यही विषयमा एक भर्चुअल बैठक भएको थियो । पुटिनका विदेश मामिलाका सल्लाहकार युरी उशाकोफले बताएअनुसार आफ्ना मागहरुबारे पुटिनले बाइडेनलाई यही बैठकमा सूचित गरिदिएका थिए । यद्यपि कैयौं विश्लेषकहरु भने रुसका मागहरुलाई बाइडेनले खासै महत्व नदिएको विश्वास गर्छन् । बाइडेनले शुक्रबार भनेका थिए कि उनी कुनै पनि सीमा रेखालाई स्वीकार गर्नेवाला छैनन् । अप्रिलमा रुसलाई लागेको थियो कि उसको सैन्य शक्ति देखाउने रणनीतिले काम गरिरहेको छ र अहिले उसले यसैलाई दोहोर्याइरहेको छ । राष्ट्रपति पुटिनले गत हप्ता रुसी कूटनीतिज्ञहरुलाई भनेका थिए ‘हाम्रा हालैका चेतावनीहरुलाई सुनिएको छ र प्रभाव हेर्नलायक भएको छ । तनाव बढेको छ ।’ पुटिनले तर्क दिएका थिए कि तनाव बढेपछि पश्चिमी देशहरु रुसलाई ध्यान दिन्छन् र उसलाई बेवास्ता गर्दैनन् । मस्कोस्थित थिंक ट्यांक आरआइएसीसँग सम्बन्धित आन्द्रेइ कोर्तुनोफ भन्छन् ‘यदि युक्रेनको नजिक सैन्य गतिविधि आक्रामक रुपमा देखिएका छन् भने यसको अर्थ यो होइन कि सिधै सैन्य कारवाही हुन गइरहेको छ । असलमा यो सन्देश हो जो पुटिन दिन चाहन्छन् ।’ युक्रेनको लागि यो सन्देश हो कि डोनबासमा फेरि नियन्त्रणको प्रयास गर्ने जस्तो कुनै हर्कत नगर्नु । कोर्तुनोफ मान्छन् कि पश्चिमी देशहरुलाई रुसले युक्रेनमा नयाँ किसिमका उन्नत हतियारजस्ता नेटोका शक्ति नपुर्याउनु भन्ने सन्देश दिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ‘ह्याक’ नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिए। ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ। ह्याक भएसँगै सो ह्याण्डलबाट क्रिप्टोकरेन्सी विटक्वाइन सम्बन्धी ट्वीट भएको थियो। भारतले विटक्वाइनलाई वैधानिकता दिएको र सरकारले ५०० बीटीसी किनेको र यो सबै देशवासीलाई वितरण गर्ने जानकारीसहित ट्वीट गरिएको थियो।
मलद्वारमा लुकाएर सुन ल्याउने २ भारतीय नागरिक विमानस्थलबाट पक्राउ काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर्षीय कादर इब्राहिम रहेका छन् । मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० मार्फत दुबईबाट काठमाडौं आएका सद्दामको शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन फेला परेको हो। मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बरेको अवस्थामा ५ थान अर्ध ठोस सुन फेला परेको प्रहरीले जनाएको छ । सद्दामसँगको सोधपुछको क्रममा उक्त सुन तस्करीमा कादर पनि संलग्न रहेको बताएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताए । सुनसहित दुबै जनालाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
रुकुमपश्चिममा पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला जाजरकोट । रुकुमपश्चिममा एक जना पुरुषको शव फेला परेको छ। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको रुकुम आठबीसकोटमा शव फेला परेको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार  राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने प्रहरीको भनाइ छ ।
बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते बैतडी। जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेका छन्। शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ । यसैगरी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फोनिज म्याग्दीमा राम्जाली काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन भएका छन् । बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सहसचिवमा मनु थापामगर चयन भएका छन् । सदस्यहरूमा सुदर्शनकुमार श्रेष्ठ, दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन, प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रीय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले संविधानले आदिवासी जनजातिहरूलाई दिएको अधिकार र सुविधा प्रयोग गर्न सक्षम जनशक्ति तयार हुनुपर्ने बताए । समावेशी व्यवस्थाको उपभोग गरेर आदिवासी जनजातिहरू विकासको मूल धारमा पुग्न अग्रसर बन्नुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पत्रकारिताप्रति आकर्षण बढाउन, टिकाउन र क्षमता विकासमा जोड दिए । प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष पदम विश्वकर्माले पत्रकारिताको विकास र प्रवद्र्धनका लागि सम्बद्ध सबै सङ्गठनहरूको सहकार्य आवश्यकता रहेको बताए ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए । रोल्पा नगरपालिका–३ गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार मोटरसाइकल बाटोमै पल्टिएको र मृतक गिरी बाटोभन्दा करिब ५० मिटर तल पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले बताएको छ । कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
प्रेस चौतारी नेपालको पुनर्गठन, २४९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा काठमाडौँ ।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पुनर्गठन गरिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो । उनका अनुसार केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम भएका छन् । बस्नेतको अध्यक्षतामा पुनर्गठन भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, उपाध्यक्षहरूमा गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् । प्रेस चौतारीको महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् । त्यसैगरी सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका पदाधिकारी र सदस्यलाई हटाएर नयाँ सदस्य र पदाधिकारी थप गरिएको अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त काठमाडौँ ।युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ । युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा संलग्न भएका युवा कार्यकर्ता, अधिवक्ता र सामुदायिक आयोजकसँग काम गर्दछ । ‘युवालाई प्रभाव पार्ने मुद्दाका लागि सबैभन्दा प्रभावकारी भनेको युवा स्वयम् हुन् र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छौं’, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भने । समावेशी विकासको क्षेत्रमा संलग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियनकर्मी २२ वर्षीय निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताका रूपमा नियुक्त गरिएको छ । त्यसैगरी २१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीसँग पोषणको महत्वका बारेमा पैरवी गर्ने बताइएको छ । अर्का २१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंसा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल र २३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर रहेको जनाइएको छ । यी युवा अधिवक्तासँगको साझेदारीमा जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषणसम्बन्धी युवाको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य युनिसेफ नेपालले राखेको छ ।
ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु काठमाडौं।सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए । दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्र्याक्टर मिलनचोकबाट हराएको थियो । ट्र्याक्टरमा तीनजना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्र्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।
बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए ।बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ ।
करणी मुद्दाका फरार २१ वर्षपछि पक्राउ काठमाडौं ।प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट पक्राउ गरेको हो । अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो । तत्कालिन समयमा २० वर्षका रहेका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । यसैबीच ब्यूरोले वन्यजतुको अङ्गसहित चार जनालाई काठमाडौँ महानगरपालिका १५ चमतीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका विशाल सुनारी र टोपबहादुर राना, पश्चिम रुकुमका हरिबहादुर खड्का तथा रौतहटका धनबहदुर विश्वकर्मा छन् ।
‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’ काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन्। गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए। सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताए । राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए।
हनुमान ढोका दरबार क्षेत्रको आँगछे शिलान्यास काठमाडौं ।हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे बल्ल शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न नसकेको बताए । वडा नं २१ वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताए । करिब रु एक करोड ५४ लाख लागत अनुमान गरिएको सो सम्पदा पुन निर्माणका लागि करिब रु एक करोड पाँच लाख कबोल गरेर समद्री कन्स्ट्रसनले जिम्मा पाएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुनःनिर्माण २०७९ कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । इञ्जिनियर अमित बज्राचार्यका अनुसार तीनतले भवनको हरेक तला करिब ६३० वर्गफुटको हुनेछ ।
दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैनः महन्थ ठाकुर काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् । संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए । ‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ’, उनले भने, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उनले भने । ठाकुर लामो समय कांग्रेसमा थिए ।
पोखराको विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु पोखरा । पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको हो। प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुषका छन्। लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर एक जनाको मृत्यु काठमाडौं।मुगुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालि १३ का दानसिंह विकको भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार मृतक विकका दाजु पनि सँगै थिए । उनीहरू दुवै जनाले मदिरा सेवन गरेर घर फर्कने क्रममा भीर बाट लडेर भाइ दानसिंहको मृत्यु भएको र दाजु सामान्य घाइते भएको मुगुका डीएसपी सुवास हमालले बताए । घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू बाटोबाट करिब ५० देखि ६० मिटर तलसम्म भीरमा खसेको बताइएको छ ।
लागूऔषध सहित एक युवक पक्राउ काठमाडौं।हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका १ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४.३५ ग्रामसहित पक्राउ परेका हुन् । सदरमुकाम गमगढी बजारको जिल्ला अस्पताल ठिनी मुगुको आसपासको क्षेत्रमा लागूऔषधको विक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनकाअनुसार शाहीलाई लागूऔषध खैरो हिरोइन ४.३५ ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए । पक्राउ परेका शाहीलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विरुद्धको कसुरमा मुगु जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने काठमाडौं।सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ । त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालहरुसँग समन्वय गरेर विद्यालय र उक्न उमेर समूहका विद्यार्थी संख्याबारे तथ्यांक संकलन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।स्वास्थ्य सेवा विभागका अनुसार यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ लाख ७८ हजार डोज मोर्डना खोप आइसकेको छ । यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।
अवैध सालको काठसहित एक पक्राउ काठमाडौं।तनहुँमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैंडलेबाट प्रहरीले पक्राउ गरेको हो । थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग१त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खैरेनीटारतर्फ सालको काठ ल्याउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सानो ठूलो १५ थान सालको काठसहित ट्याक्टर र युवकलाई नियन्त्रणमा लिएर शव डिभिजन वन कार्यालय बेलचौतारामा पठाइएको उनले जानकारी दिए । प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको काठबारे बिहीबार साँझ मात्रै सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएर प्रहरीले बुझाएको काठको बारेमा वन कार्यालयले अनुसन्धान थालेको छ ।
सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते उदयपुर ।उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप एक जना घाइते भएका छन् मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स१०प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चौदण्डीगढी नगरपालिका–६ का ३५ वर्षीय उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । मोटरसाइकल चालक राईको बेल्टार नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी रामपुर फत्तेपुर सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २–०३–००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिराहाको लहान नगरपालिका–२२ का ३२ वर्षीय ओम विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार सप्तरी महुलीका २५ वर्षीय विजय घतानी गम्भीर घाइते भएका छन् । घाइते घतानीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएको राई र विकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा ल्याएका छन् ।
कांग्रेस महाधिवेशनः पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा काठमाडौं । बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् । महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे । तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मेवारी र बाध्यताको पिरलो देखिन्थ्यो । काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडौं बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधिवेशन स्थलको फोहोर उठाउन हुन् । उनले फोहोर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन् । ‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ । म पाएसम्म ज्याला मजदुरी गर्थेँ, मेला जान्थेँ । अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाउँ भन्नुभयो । यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन् । सानी छोरीको हेरचाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन् । गरिबी र जिम्मेवारीको भारीले थिचेपछि पिठ्युँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गाह्रो महसुस भने नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्रो भएको छैन । काम गर्नै पर्‍यो । घरमा छोरी हेर्ने मान्छे छैनन् । काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको ।’ देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन् । उनी काठमाडौंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन् । दुई छोरीसहित देउलीको परिवारमा चारजना छन् । उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ । यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रोत छैन् । उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ । म पनि मिलेसम्म गर्छु । यसैले घरखर्च चलाइरहेका छौँ ।’ कांग्रेसको महाधिवेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन् । तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन् । ‘आज बिहान ७ बजेदेखि आएको हो । बेलुका ५ बजेसम्म काम गर्छु । कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो । दिनको ६०० रुपैँया कमाइ हुन्छ । जम्माजम्मी तीनरचार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन् ।
‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’ काठमाडौं ।ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गरे । सो अवसरमा उनले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताए । “पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच स्थानको ट्राफिक कार्यालयबाट सुरु गरेका छौँ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजान्छौँ”, उनले भने । उक्त सेवाको सुरुआत गरेसँगै सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीवापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ ।
दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ दाङ ।दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही १३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका ४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको छ ।
बढीको सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा काठमाडौँ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनलाई २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले उनलाई एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय रूपैयाँ पच्चीस पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग. दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख। बमोजिम असुल उपररजफत गरी पाउन मागदावी लिइएको छ । थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्ठाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ ।
बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको छ। नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खस्दा गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको  जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी लगिएको प्रहरी नायब ठगुन्नाले बताए । यस दुर्घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
६ निर्माण कम्पनी कालोसूचीमा काठमाडौं। सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी, च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेका छन् । सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौँको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई/दुई वर्षका लागि कालोसूचीमा राखिएकोे छ । यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।
अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ काठमाडौं।अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् ।जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् । अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए ।जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ । बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उनले बताएका छन् ।आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् ।लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड भएको थियो । एजेन्सीको सहयोगमा
बिन्ती र शान्ताको ‘होई मेरो संसार’ सार्वजनिक (भिडियो) काठमाडौं । अमेरिकामा बस्दै आएका गायक बिन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ । विधान कार्की निर्देशित भिडियोमा सरोज प्रजा र बिना राउत फिचर्ड छन् । भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडियोमा सुभाष कार्की ‘बेलासे’को पनि अभिनय छ ।
पुथाउत्तरगङ्गामा प्रहरीले बाल विवाह रोक्यो काठमाडौं ।रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार बालविवाह हुन लागेको भन्ने सूचना त्यहाँको किशोरी समूह र बाल क्लबमार्फत प्रहरीमा पुगेपछि विक नेतृत्वको प्रहरी टोली गएर विवाह रोकेको हो । केटाको उमेर १४ वर्ष र केटीको उमेर १८ वर्ष रहेको उपरीक्षक श्रेष्ठले बताए । त्यहाँका स्थानीयसँगै क्लब र किशोरी समूहले बालविवाह गर्नु हुँदैन भनेर परिवारलाई सम्झाउँदा नमानेको बताएका छन् । सम्झाउँदा पनि नमानेर परिवारले केटाकेटीको विवाह गरिदिन थालेपछि प्रहरीलाई खबर गरेको किशोरी समूह र क्लबले जनाएका छन् । प्रहरीले बालविवाह रोकेर केटा र केटी दुवैलाई अभिभावकको जिम्मा लगाएको उपरीक्षक श्रेष्ठले बताए । केटाकेटी अभिभावकको संरक्षणमा रहेको बताउँदै प्रहरीले उनीहरूको परिवारलाई बालविवाह नगराउन चेतावनीसमेत दिएको छ । परिवारले पनि कानूनी कुरा थाहा नपाएर एकअर्काको मञ्जुरीले भागेका केटाकेटीको बिहे गराउन लागेको बताएको थियो । आगामी दिनमा यस्तो कार्य नगर्नेसमेत दुवै पक्षका परिवारले बताएका छन् । परिवारका अनुसार ती केटाकेटी ९ गतेको दिन बिहे गर्ने भन्दै घरबाट भागेका थिए ।
निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धनका लागि काउन्टर उपयोगी हुने विश्वास व्यक्त गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशःखोल्दै जाने लक्ष्य राखिएको निगमले जनाएको छ । नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरिएको जनाएको छ । नेपाली कच्चापदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो, विमानका नमूना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।
लेनदेनको विवादमा आफ्नै साथीको हत्या काठमाडौं । लेनदेनको विवादमा आफ्नै साथीको हत्या भएको छ । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका सदस्य राजन भन्ने राजु श्रेष्ठलाई २५ लाखको लेनदेनमा आफ्नै साथीले हत्या गरेका हुन् । प्रहरीले श्रेष्ठको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेपछि साथीले नै हत्या गरेको पाइएको हो । पक्राउ पर्नेमा भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मा रहेका छन् । राजुबाट २५ लाख रुपैयाँ लिएका हेमन्तले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार हेमन्तले राजुबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई जनाबीच विवाद रहेको थियो । ‘ उनीहरुबीच लेनदेन विवाद रहेको र हेमन्तले अर्को एक जना साथीसँग मिलेर हत्या गरेको देखिन्छ’, अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापङले बताए । सो घट्नाको अनुसन्धान महाशाखा र जिल्ला प्रहरी भक्तपुरले संयुक्त रुपमा गरेका थिए । प्रहरीका अनुसार हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनजिक बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर हत्या गरेका हुन् । उनलाई कुटपीट गरिरहेको त्यहाँ स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीकै सहयोगमा श्रेष्ठलाई मंगलबार राती १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार हेमन्तले मंगलबार दुई लाख दिने शर्त थियो । त्यही शर्त अनुसार श्रेष्ठलाई पैसा लिन बोलाएर हत्या गरिएको हो । ‘२५ लाख लिएका रहेछन् त्यसमा मंगलबार दुई लाख दिने शर्त रहेछ त्यही पैसा लिन जाँदा अर्को साथीसहित मिलेर हत्या गरेको देखिन्छ’, महाशाखाका प्रमुख एसएसपी खापुङले भने ।
राससकर्मी गौतम पुरस्कृत काठमाडौं ।राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी समाचारदाता सन्तोष गौतम बुधबार धनेश्वरी–तारानाथ स्मृति कोषबाट पुरस्कृत भएका छन्। बेनी नगरपालिका–५ पुलाचौरमा भएको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ, कोषका सचिव माधवप्रसाद रेग्मीलगायतले गौतमलाई रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । विसं २०६४ देखि राससमा निरन्तर आबद्ध गौतमले पत्रकारिताको क्षेत्रबाट म्याग्दीको समग्र विकासमा पुर्‍याएको योगदानको सम्मानका लागि पुरस्कृत गरिएको कोषले जनाएको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत वर्ष शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो । कोषबाट पहिलोपटक नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका सचिवसमेत रहेका गौतमसहित दुई जना साहित्यकार र १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पत्रकारिता, शिक्षा र साहित्य विधामा रामप्रसाद सुवेदी, शिक्षा र साहित्य विधामा धु्रवलाल शर्मालाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको थियो । जनकल्याण माविबाट विस २०७७ को एसइइ परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने प्रकृति बानियाँलाई रु २० हजार प्रदान गरिएको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत विद्यालयको कक्षा नौका प्रथम विद्यार्थी शङ्कर पौडेललाई रु १५ हजार, एसइइमा जकल्याणमा खसआर्य समुदायबाट बढी जिपिए ल्याउने समिता सुवेदी, दलिततर्फ रितु किसान र जनजातितर्फ प्रदीप श्रेष्ठलाई पनि जनही रु १५ हजार प्रदान गरिएको थियो । जनकल्याण माविको सांस्कृतिकतर्फ उत्कृष्ट अञ्जना छिनाल, अङ्किता थापा, रेजिना रामदाम, सुवास विक र प्रविना पाइजालाई जनही रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।  पुरस्कार वितरण समारोहमा कोषले जनकल्याण माविको अक्षयकोषका लागि रु एक लाख ५५ हजार प्रदान गरेको थियो । कार्यक्रममा स्वर्गीय तारानाथ रेग्मीको स्मृतिग्रन्थको विमोचन गरिएको थियो । सो अवसरमा मदन पुरस्कार विजेता बानियाँलाई अभिनन्दनसमेत गरिएको थियो ।
कुटपिटबाट मृत्यु काठमाडौं ।अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ । सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न व्यक्तिको पहिचान नभएको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जबरजस्ती करणी मुद्दाका दोषीलाई पाँच वर्ष कैद काठमाडौं ।इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो । यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो ।
रु १७ लाखसहित १६ जना पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या काठमाडौं ।आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उनले जानकार दिए । महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए । उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छौँ भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्‍याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जानकारी दिए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ ।
जलिरहेको हेलिकप्टरबाट ३ जनाले हाम्फालेका थिए काठमाडौं। तमिलनाडुको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा जनरल रावत सहित १४ जना थिए । ११ जनाको शव भेटिएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । शव जलेकाले पहिचान हुन नसकेको बताइएको छ । तर, जनरल रावतको अवस्था के छ भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन । केही मिडिया रिपोर्टमा भने उनलाई गम्भीर रुपमा अस्पताल भर्ना गरिएको दावी गरिएको छ तर यो दावीको पनि पुष्टि हुन सकेको छैन । दुर्घटनास्थलमा सेना र स्थानीय पुलिसका अधिकारी पुगेका छन् । यही बीच एक प्रत्यक्षदर्शीले घटनाको बारेमा बताएका छन् । यी प्रत्यक्षदर्शीको नाम कृष्णासामी हो । उनले भारतीय मिडिया इण्डिया टुडेसँग कुरा गर्दै भने ‘मैले तेज आवाज सुनें । त्यसपछि घरबाहिर निस्किएर हेर्दा एउटा हेलिकप्टर एउटा रुखबाट अर्को रुखमा ठोक्किँदै आगोको गोला बन्यो ।’ कृष्णासामीका अनुसार हेलिकप्टर रुपमा ठोक्किँदा नै त्यसमा आगो लागिसकेको थियो । यस क्रममा कृष्णासामीले २–३ जना मानिसहरुलाई जलिरहेको हेलिकप्टरबाट बाहिर हाम्फालेको देखेका थिए । उनीहरुको शरीरमा पनि आगो लागेको थियो । कृष्णासामीले आफ्ना साथीहरुलाई जम्मा गरे र उद्धार गर्न सुरु गरे । जति पनि लाशहरु दुर्घटनास्थलमा भेटिएका छन् तिनीहरु ८० प्रतिशतसम्म जलिरहेका छन् । तर, सीडीएस जनरल रावतको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । भारतीय वायुसेनाले एक बयान जारी गर्दै दुर्घटनाको विषयमा कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । जानकारीअनुसार एम सिरिजको यो हेलिकप्टरले सीडीएस जनरल रावतलाई वेलिंगटनमा डिफेन्स स्टाफ कलेर लिएर जाँदै थियो । कोयंबटुरमा आधिकारिक सूत्रले इण्डिया टुडेसँग दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेषबाट ११ शव निकालिएको बताएको छ ।
भारतीय सेनाप्रमुख चढेको हेलिकप्टर दुर्घटना ८० प्रतिशत जलेका लाश भेटिए (तस्वीरहरु) काठमाडौं। भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । जनरल रावतको अवस्था अझैसम्म अज्ञात छ । जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अन्य सदस्यको साथमा थिए । केलिकप्टरमा सेनाका अन्य अधिकारी पनि भएको बताइएको छ । #WATCH | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Gen Bipin Rawat, his staff and some family members were in the chopper. (Video Source: Locals involved in search and rescue operation) pic.twitter.com/YkBVlzsk1J — ANI (@ANI) December 8, 2021 समाचार एजेन्सी एएनआइले दुर्घटनास्थलको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा दुर्घटनाग्रस्त हेलिकप्टरमा पूरै आगो लागेको र उद्धारकर्मीहरुले आगो निभाइरहेको देख्न सकिन्छ । दुर्घटनाग्रस्त हेलिकप्टर पूरै क्षत विक्षत भएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । पछिल्लो जानकारीअनुसार ३ जना गम्भीर रुपमा घाइते छन् । अरुको उद्धार कार्य जारी छ । समाचार एजेन्सी एएनआइका अनुसार दुर्घटनास्थलमा जलेका शव भेटिएका छन् । शव ८० प्रतिशतसम्म जलिसकेकाले पहिचान गर्न सकिएको छैन । #WATCH | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Bipin Rawat, his staff and some family members were in the chopper. pic.twitter.com/6oxG7xD8iW — ANI (@ANI) December 8, 2021 घाइतेहरुलाई वेलिंग्टन बेसमा उपचारको लागि लगिएको छ । जानकारीअनुसार रावत वेलिंग्टनमै एक कार्यक्रममा सहभागी हुन पत्नीको साथमा जाँदै थिए । वेलिंग्टनमा सशस्त्र बलको कलेज छ । यहाँ सीडीएस रावतले प्रशिक्षण दिने कार्यक्रम थियो । कुन्नुरको घना जंगलमा दुर्घटना भएको छ । सेनाले यस विषयमा कुनै बयान जारी गरेको छैन । दुर्घटना भएको क्षेत्रमा निकै घना जंगल छ । यहाँ चारैतिर रुखहरु मात्रै छन् । दुर्घटना निकै भयानक भएको र चारैतिर आगोको मुस्लो देखिएको थियो । सेना र वायुसेनाको टुकडी उद्धरको लागि पुलिसको साथमा गएका छन् । आसपासका इलाकामा पनि खोजी अभियान चलाइएको छ । यो हेलिकप्टर एमआइ सिरिजको थियो । यसमा सीडीएस बिपिन रावत, उनका कर्मचारी र परिवारका केही सदस्य थिए । स्थानीय नागरिकले पनि उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।
अ‍ोमिक्रोनलाई अहिले प्योगमा अ‍ाएकै खोपले काम गर्छः डब्लूएचओ काठमाडौं।अहिले प्रयोगमा अ‌ाइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचअ‍ो ० ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् । प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌अ‌ाएकै खोपले काम गर्ने देखिएको हो ।चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति धमला पक्राउ काठमाडौं ।नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमला पक्राउ परेका छन् । प्रहरीले स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा निवर्तमान सभापति धमलासहित १० जनालाई पक्राउ गरेको हो । स्वयम्भू वृतका प्रमुख डिएसपी मिलन केसीले धमला पक्राउ परेको पुष्टि गरेका छन् ।
लागूऔषधसहित पक्राउ काठमाडौं।काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषधसहित आज चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् । पकनाजोलस्थित उनको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको थियो । कार्यालयका अनुसार उता सुनसरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाइट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोनसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई पनि आजै पक्राउ गरिएको छ । यस्तै मोरङको उर्लाबारी नगरपालिका–३ नमूना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई एक ग्राम १७० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र रु ११ हजारसहित प्रहरीले आज पक्राउ गरेको जनाइएको छ ।
भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश काठमाडौं।सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारी हटाउने सरकारले निर्णय गरेको थियो । सरकारको उक्त सो निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली भएका छन् ।
ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ काठमाडौं।भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुचारु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ । भारतमा तीव्ररुपमा फैलिएको ओमिक्रोनको जोखिम बैतडीमा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । बैतडीमा हाल चार जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
‘हिंसा गर्नु र सहनु अपराध हो’ सप्तरी ।लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत १३औं दिन मंगलबार अध्यक्षता जिल्लाबार इकाई सप्तरीले राजदेवी माविका विद्यार्थीहरूलाई लैंगिक हिंसामा पाइने कानुनी प्रावधानका विषयमा एक दिने कार्यक्रमको आयोजना गरेको छ । प्रादेशिक कानुनी सेवा केन्द्र सप्तरी प्रतिनिधि अधिवक्ता किरण साहले हिंसा सहनु र हिंसा गर्नु दुवै अपराध रहेको बताएकी छन् । उनले हिंसा गर्न घरबाटै बन्द गर्नुपर्ने बताएकी छन् । साहले बालबालिकाको अधिकार, हिंसामा परेकाका लागि भएको कानुनी प्रावधान, निस्शुल्क न्यायका लागि जानुपर्ने स्थानहरूको विषयमा जानकारी गराइन्। इन्सेक प्रतिनिधि मनोहर पोखरेलले १६ दिने लैंगिक हिंसाविरूद्धको अभियान मनाउनुपर्ने उद्देश्यको विषमा जानकारी गराए । कार्यक्रममा अधिवक्ता मनु खनालले हिंसा, हिंसाको किसिमको विषयमा जानकारी गराउँदै शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसाको विषयमा विस्तृत रूपमा विद्यार्थीहरूलाई जानकारी गराएकी थिइन् ।
चितेपानी फाउन्डेशनद्वारा आमा समूहलाई मौरीसहित २८ घार वितरण पोखरा ।कास्कीको मादी गाउँपालिका–५ चितेपानी देउराली आमा समूहलाई चितेपानी फाउन्डेसनले मौरीसहितको २८ घार वितरण गरेको छ । चितेपानी गाउँको विकासका लागि सो क्षेत्रका महिला तथा युवाहरुलाई आयआर्जन लक्षित कार्यक्रम गरेर आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको फाउन्डेसनले पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए । “हामीले लामो समयदेखि गाउँको विकासलाई जोड दिँदै आएका छौँ, आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि विधिवत्रूपमा फाउन्डेसन स्थापना गरेर निरन्तर आयआर्जन र सीपमूलक तालिमहरुमा युवा तथा महिला समूहलाई सहभागी गराउँदै आएका छौँ”, उनले भने । उनले सानासाना कुराबाट पनि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउने सकिने भन्दै फाउन्डेसनले सोहीअनुरुप कार्यक्रम गर्दै आएको बताए। उनका अनुसार मौरी विज्ञ सूर्य लामिछानेबाट आमा समूलाई दुई दिनको तालिम प्रदान गरेर मौरीसहितको घार वितरण गरिएको हो । “हामीले टोपी र अन्य आवश्यक सामग्रीसहित रु १० हजार ७०० पर्ने मौरीसहितको घारलाई रु तीन हजार लिएर वितरण गरेका हौँ, आफ्नो पनि लगानी परेपछि उहाँहरुले त्यसको संरक्षण र उत्पादनमा पनि बढी चासो दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने । उनले कुनै पनि कुरा निःशुल्क मात्रभन्दा त्यसको महत्व अलि कम भएको पाएपछि केही शुल्क लिएर वितरण गरेको बताए । आमा समूहका अध्यक्ष सावित्रा सापकोटाले फाउन्डेसनले मौरीपालन तालिमसहित वितरण गरेको घारबाट आयआर्जन गर्न आफूहरु उत्साहित भएको बताए। “स्वास्थ्यका लागि निकै राम्रो मानिने मह र मौरीका बारेमा बल्ल राम्रोसँग थाहा पायौँ, अब व्यावसायिकरूपमै आयआर्जनको बाटो बनाउने ऊर्जा मिलेको छ”, सापकोटाले भने । मौरी विज्ञ लामिछानेका अनुसार मौरी गोला (नयाँ रानो उत्पादन)विभाजन गरेको चार महिनादेखि उत्पादन दिन सुरु गर्छ । एउटा घारमा १० वटा फ्रेम हुन्छन् भने एउटा घारबाट एक वर्षमा १५/१६ केजी मह उत्पादन हुन्छ । एक केजी मह गाउँघरमा रु एक हजार २०० मा बिक्री हुने गरेको छ भने बजारमा रु एक हजार ५०० केजीमा बिक्री हुन्छ । माग अत्यधिक भए पनि सोअनुसार उत्पादन हुन नसकेको र किरा पालेर हिरा बनाउन सक्ने स्रोत प्रशस्त भए पनि किसानले अझै यसको महत्व बुझ्न नसकेको उनले बताए।
रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काठमाडौं।रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उनले भने । बेलहिया नाकाबाट भारतलगायत, अष्टे«लिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिए । उनले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताए । उनले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपाको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताए । सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजोेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।
चार महिनामा रु ३४ लाखको टिकट बिक्री काठमाडौं।जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए। साउन महिनामा रु सात लाख ३९ हजार ७७५ भदौमा रु पाँच लाख ७६ हजार ४९५,असोजमा रु एघार लाख २४ हजार १७५ र कात्तिकमा रु नौ लाख ५३ हजार ३७५ राजस्व सङ्कलन भएको हो । कार्यालयले अभिलेख राखेर सङ्घ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उनले बताए । हुलाक टिकट राजस्व सङ्केत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उनले भने, “हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।” विभिन्न सङ्घ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उनले बताए । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिए । सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उनले बताए । सत्र जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ । पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामाले बताए ।
केरा आयातमा रोक लगाउन माग काठमाडौं।केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् । उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनुपर्ने माग पनि गरे । हाल भारतबाट आयातित केराको भन्सार मूल्य समय सापेक्ष नभएकाले त्यसलाई संशोधन गरिनुपर्ने र काँचो केराको मूल्य तथा चिस्यान केन्द्रमा पकाएको केराको मूल्यमा फरक भन्सार दर कायम हुनुपर्ने उनीहरूको सुझाव थियो। केरा महासङ्घ नेपाल, तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्थले केरा आयातमा लगाउँदै आएको भन्सार दर कम्तीमा १५ प्रतिशत तथा अग्रिम आयाकर १० प्रतिशत कायम गरिनुपर्ने र केरालाई डम्पिङ गर्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए । राष्ट्रिय किसान समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले नेपाली फर्मबाट बिलबिजक जारी गरी भन्सार र व्यापारीबीच हुने आर्थिक चलखेल तत्काल बन्द गर्नुपर्ने बताए। नेपाली किसानले प्रतिवर्ष १० लाख मेट्रिकटन केरा उत्पादन गर्ने गरेकामा छ लाख मेट्रिकटन अपुग छ । माग पूरा गर्न महासङ्घले सुकुम्बासी किसानलाई १५ लाख हेक्टर बगरको जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । राज्यले कृषिलाई विशिष्टिकरण तथा व्यवसायिकरणका आधारमा उत्पादन वृद्धि, कृषि उद्योग स्थापना, आयात न्यूनीकरण र प्रतिस्थापन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने नीति लिएको छ।
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण काठमाडौं।कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ । भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिए । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।
तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार साँझ  गोकर्णेश्‍वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई  पक्राउ गरेको हो  । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुलाई सोमबार राती बबरमहलबाट चोरेका मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  बताए। साथै, पक्राउ पर्ने सात जना काठमाडौँकाे ठूलै समूह रहेको पनि जानकारी दिए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
के कारण बच्चा गर्भमै तेस्रोलिङ्गी बन्छ ? यो संसारमा मनिसहरुलाई दुई भागमा विभाजन गरेको पाइन्छ । एउटा महिला र अर्को पुरुष । केही यस्ता मान्छे पनि हुन्छन् जो महिला र पुरुषभन्दा केही फरक हुने गर्दछन् । जसलाई तेस्रोलिङ्गी भनिन्छ । उनीहरुलाई महिला र पुरुषको वर्गमा समेट्न सकिदैँन । तेस्रोलिङ्गी मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुने गर्दछ । यस्ता मानिसहरुमा बाहिरबाट पुरुषको रुप देखिए पनि भित्रबाट भने उनीहरुमा महिलाको गुण हुने गर्दछ । यस्तै केहीँ तेस्रोलिङ्गीहरु भने बाहिर महिला भए पनि भित्री रुप भने पुरुषको हुने गर्दछ । हाम्रो समाजमा तेस्रोलिङ्गीलाई हेर्ने नजर साँघुरो छ । तेस्रोलिङ्गीहरु समाजमा खुलेर बाहिर आउन अझै हिचकिचाउँछन् । उनीहरुलाई समाजले हेर्ने नजरका कारण उनीहरु आफ्नो बारेमा खुलेर आफ्ना परिवार, साथीभाई, आफन्त सामु पनि  भन्न सकिरहेका हुँदैनन् । आजकाल भने केही शहरी क्षेत्रमा केही मात्रामा तेस्रोलिङ्गीहरु खुल्ने गरेका छन् । तेस्रोलिङ्गीका बारेमा मानिसहरूको मनमा विभिन्न किसिमका प्रश्नहरू आउने गर्दछन् । किन तेस्रोलिङ्गी भए ? के कारणले गर्दा तेस्रोलिङ्गी बच्चाको जन्म भयो ? कतिपय समाजमा त तेस्रोलिङ्गीको जन्मलाई अभिशाप या भनै पुर्खाको श्राप लागेको पनि भन्ने गरेको पाइन्छ । नेपाल तथा छिमेकी मुलुक भारतमा यदि तेस्रोलिङ्गी बच्चाको जन्म भए तेस्रोलिङ्गी समुदायलाई दिने गरेकाे  हामीले सुनेका वा देखेका छौं । गर्भाधारणको पहिलो तीन महिनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस्तो अवस्थामा कुनै किसिमको चोटपटक, खाना वा हर्मोनको समस्याले गर्दा बच्चामा पुरुष वा महिलाको सट्टा दुवै लिङ्गका अंग र गुण आउने गर्दछ । गर्भावस्थाको पहिलो ३ महिनामा गर्भवती महिलालाई ज्वरो आए वा भूलवश कुनै पनि भारी मात्राको औषधि खाएमा पनि शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्सको विकास हुने गर्दछ । गर्भवती महिलाले गर्भाधारणको पहिलो ३ महिना विशेष ध्यान दिन जरुरी हुन्छ । के कारण तेस्रोलिङ्गी बच्चाको जन्म हुन्छ त ? –गर्भाधारणको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा । –गर्भाधारणको पहिलो ३ महिनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा –शिशुको आर्गन्सलाई नोक्सान भएमा । –जेनेटिक डिसअर्डरले शिशुको लिंग निर्धारणमा असर गरेमा । –डाक्टरको सल्लाह नगरी गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेमा । गर्भवती महिलाले ध्यान दिनपर्ने कुराहरु –डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारको औषधि नखाने । ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन । – गर्भवति भएपछि हेल्दी डाइटअनुसारको खानेकुरा खाने । – बाहिरको खाना सकेसम्म नखाने । –गर्भवती हुन चाहने महिलामा थाइराइड प्रब्लम, डायबिटीज, मिर्गी जस्ता राेग भएमा डाक्टरको सल्लाह अनुसार प्रेग्नेंसी प्लान गर्ने । –गर्भवती भएकोको पहिलो ३ महिनामा ज्वरो रुघाखोकी भएमा डाक्टरसँग सल्लाह लिने । – गर्भवति भएको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन नगर्ने ।
अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मणिपाल कलेजमा तालाबन्दी गरेको छ । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले उक्त कलेजमा तालाबन्दी गरेको हो । उक्त कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जानकारी दिए। कलेजले विद्यार्थीलाई मर्का पार्नेगरी विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।
वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका काठमाडौं।अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फोहर अ‌ाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो । खाद्यन्न हिनामिना गर्दा लाखौं डलर नोक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलो परिणााममा खाद्यन्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन् ।सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छु, प्रतिवेदनमा भनिएको छ । जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,प्रतिवेदनमा भनिएको छ । अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेको भन्दै यो खाद्यन्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ । सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घोषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नको ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेको थियो । एजेन्सी
जन्ती बस दुर्घटनाः घाइते एक जनाको मृत्यु काठमाडौं। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो । मुसीकोट( २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो । प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो । घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।
म्यानमारको सेनाले प्रदर्शनकारीमाथि चलायो ट्रकः पाँचको मृ्त्यु, दर्जनौं घाइते काठमाडौ।म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ‌ं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गोली प्रहार गरेको थियो । फेब्रुवरीमा सेनाको कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाइ जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ । विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि अ‌ाजभोलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायोजना गर्न थालेका छन् । एजेन्सी
उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान उदयपुर ।त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्वन्द्व पीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव हुने बताए । उनले द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए । मुलुक परिवर्तनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आइतबार आयोजना गरेको टोल विकास संस्थासँगको अन्तरक्रिया र द्वन्द्वपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरूले परिवर्तनका लागि लडेकाहरूको उचित सम्मान हुनु पर्ने बताए ।