content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता भीरबाट लडेर मृत्यु भएको भनिएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँका ७० वर्षीय वीरबहादुर गमालको हत्या भएको रहस्य खुलेको छ।, गमालको गत बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको भनिए पनि उनी आफैं लडेको नभई उनकै दाजु ७४ वर्षीय हिमबहादुर गमालले धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका अनुसार मृतक वीरबहादुर र उनका दाइ हिमबहादुर गत बुधबार सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन बैंकमा सँगै गएका थिए।, भूमिकास्थान नगरपालिका वडा नं ४ धारापानीमा रहेको शाइन रेसुङ्गा बैंकबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझेर सँगै घर फर्किंदै गर्दा उनीहरूका बीचमा बाटोमै लेनदेनको विषयमा सामान्य विवाद भएको थियो।, विवाद बढ्दै जाँदा एकअर्कालाई धकेलाधकेल गर्दा हिम बहादुरले वीरबहादुरलाई खलाधार भीरबाट धकेलिदिएपछि उनको मृत्यु भएको थियो।, उक्त घटनाबारे सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दै जाँदा वीरबहादुरको भीरबाट आफैं लडेर मृत्यु भएको नभई उनकै दाजु हिमबहादुरले धकेलेर मृत्यु भएको पुष्टि गरेको हो।, जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले उक्त घटनाको प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न हिम बहादुरलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जानकारी दिए।,  , ७० वर्षका भाइलाई भीरबाट धकेलेको आरोपमा ७४ वर्षीय दाइ पक्राउ
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहले आफू हारे जसले जसलाई पनि मुद्दा हाल्न सकिने 'नजीर' बस्ने प्रतिक्रिया दिएका छन्।, बिहीबार साढे २ लाख धरौटीमा छुटेका अपूर्वक्षितिज सिंहले शुक्रबार फेसबुकमा प्रतिक्रिया दिएका छन्। , कमेडी गरेकै भरमा कमेडियनलाई थुनेको यो पहिलो घटना भएको पनि उनले बताए।, ‘यो हार्‍यो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ। कसैले केही बोल्न पाउँदैन,’ उनले भनेका छन्, ‘मान्छे किन देश छोडेर जान्छन् भन्ने मैले बल्ल बुझ्दैछु। तर म जान्नँ, यो केस म जितेर नै छाड्छु। सिए पढेको मान्छे हो, हार्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन। यो हामी सबै नेपालीको वाक स्वतन्त्रताको लागि हो।’, यस्तै उनले आफूलाई यस मुद्दामा सहयोग गर्ने सहकर्मी, साथीभाइलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।, बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।, कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।, उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।, यी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा दर्ता गरेको थियो। तर अदालतले हेर्न नभ्याएपछि बिहीबार बयान लिएको थियो। , सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।, दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा (२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।, सरकारी वकिल कार्यालयका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, अपूर्वक्षितिजले सरकारी वकिल कार्यालयमा दिएको बयानमा अपमानजनक वा अमानविय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदायमा द्वेष, रिस आवेग तथा खल्बयाउने उद्देश्यले कमेडी नगरेको बताएका थिए।   , ‘मैले नेवार समुदायहरूको भाषा, धर्म, संस्कृति, परम्परा प्रथा रितिस्थिती, रहन सहन समेतको विषयलाई लिएर अपमानजनक वा अमानविय व्यवहार, जातिय सद्भाब तथा सम्प्रदायमा द्वेष रिस आवेग तथा जातिय सद्भाब तथा सम्प्रदाय खल्बल्याई जातीय आवेग तथा उत्तेजना फैलाउने उद्देश्यले उक्त शब्दहरू प्रयोग गरेको होइन,’ उनले भनेका छन्।, तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लिएको थियो।, भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।, उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।, कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।, 'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।, त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।  , सम्बन्धित समाचार:, अपूर्वक्षितिजलाई धरौटीमा रिहा गर्न आदेश, अपूर्वक्षितिज सिंहलाई ५ वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा, अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साँधेको पूर्वाग्रह, कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्‍यो प्रहरीले, तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह, तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, अहिले म हारेँ भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्‍ने हुन्छ: अपूर्वक्षितिज सिंह
एजेन्सी चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ।, टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटनमा परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए।  दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।, उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।  , अरूणाञ्चलमा खस्यो भारतीय सेनाको हेलिकप्टर
पूर्णप्रसाद मिश्र/रासस हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।,    , गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन्।, नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक बहुसरोकारवाला पक्षसँग परामर्श तथा छलफल कार्यक्रममा यस्तो जानकारी गराइएको हो।, कार्यक्रममा लागुऔषध नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न संस्था, रिह्याब महासंघ, गृहमन्त्रालयअन्तर्गतको लागुऔषध नियन्त्रण शाखा, नेपाल कानुन आयोग, विभाग, कानुन व्यवसायी, प्राध्यापक, सशस्त्र प्रहरी, उपभोक्ता हित संरक्षण मञ्चलगायत संस्थाका प्रतिनिधिको सहभागिता थियो।, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ताले गाँजाको मेडिकल (चिकित्सकीय) पक्षबाट सन्दर्भ ग्रन्थको विश्लेषणका आधारमा कार्यपत्र प्रस्तुत गरेका थिए।, प्रतिष्ठानका तर्फबाट नेपालमा गाँजा खेतीको आर्थिक महत्व तथा सामाजिक पक्षको दृष्टिकोणसम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो।,   , संयुक्त राष्ट्रसंघले सन् २०२० मा गाँजालाई उपयोग योग्य वनस्पतिको रूपमा राखेपछि विश्वभर गाँजाको नियन्त्रित प्रयोगको बारेमा बहस सुरू भएको छ।, नेपालमा गाँजाको खेती तथा प्रयोग प्रतिबन्धित भए पनि यसको रेसाबाट विभिन्न औद्योगिक वस्तुजस्तै कपडा, पर्स, हाते झोला, टोपी, म्याट आदि उत्पादनका साथै  घरायसी रूपमा पनि प्रयोग हुने गरेको छ।, गाँजाको बीउ खाद्य प्रयोजनको लागि उपयोग हुने गर्छ। गाँजा औषधि तथा धार्मिक र सांस्कृतिक पर्वमा समेत प्रयोग हुँदै आएको छ।,    , नेपालमा पाइने गाँजाको गुणस्तर उत्कृष्ट रहेको अध्ययनले देखाएको भन्दै नेदरल्यान्ड्सको हेग र आम्स्टरड्याममा ‘क्रिस्चियन हेभन’ मा समेत उल्लेख भएको तथ्य कार्यक्रममा जानकारी गराइएको थियो।, हाल गाँजाको खेती तथा नियन्त्रित उपयोगका लागि विश्वका ५६ वटा देशले कानुन खुकुलो बनाएका छन्।,    , गाँजाको कानुनी पक्षको बारेमा प्रस्तुत गरिएको कार्यपत्रमा लागुऔषध (नियन्त्रण) ऐन, २०३३ मा रहेको गाँजाको व्याख्याले यसको बोट र बोक्रा (रेसा) लाई उत्पादनमा रोक नलगाएकाले गाँजा खेती कानुनी रूपमा नरोकिएको उल्लेख गरिएको थियो।, ऐन जारी भएपछि नियमावली बनाउनुपर्नेमा हालसम्म बनेको छैन।, हाल संसदमा दर्ता भएको गाँजासम्बन्धी गैरसरकारी विधेयकभित्र उत्साह र चुनौती दुवै बराबर रहेको तथ्य पनि कार्यक्रममा प्रकाश पारिएको थियो।,    , गृहमन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसालले गाँजाको वैज्ञानिक नाम ‘क्यानाबिज स्याटिभा’ वा ‘क्यानाबिज इन्डिका’ मात्र नभई नेपालमा पाइने अन्यत्र नपाइने गाँजालाई ‘क्यानाबिज नेपालेका’ वा अन्य केही नाम खोज्न आवश्यक रहेको बताए।,    , सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण थापाले गाँजा राष्ट्रिय हितमा भए सशस्त्र प्रहरी बलको पूर्ण साथ रहने धारणा व्यक्त गरेका थिए।, सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने गरेकामा गाँजाको ओसारपसार सीमा क्षेत्रमै बढी हुने हुँदा सशस्त्र प्रहरी यस विषयको सरोकारवाला भएको उनले बताए।  , नार्कोन नेपालका अध्यक्ष वसन्त कुँवरले गाँजा खुला गर्ने कल्पनासमेत गर्न नहुने बताउँँदै झन्डै ९० प्रतिशत मानसिक रोगी हुनाको कारण गाँजा सेवन नै रहेको तथ्य सार्वजनिक गरे।, उनले भने, 'गाँजाको सेवनबाट मानिस होसबाट बेहोसी भई संवेदनहीन हुन्छ, यसले समाजमा विखण्डन ल्याउने सम्भावनासमेत रहने तथा आतङ्कवादको स्रोत पनि गाँजालगायत अन्य लागुऔषधबाटै हुने गरेको छ, यसैले गाँजालाई प्रतिबन्ध नै राखिरहनुपर्छ, अध्ययन अनुसन्धानका लागि सुरक्षा निकायको समन्वयमा गाँजाको खेती गर्न सकिन्छ।' , कुँवरको विचारलाई खण्डन गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अच्युत अधिकारीले चिनियाँले विषालु गोमन सापको टाउको फालेर मासु खाने गरेको सुनाउँदै गाँजाको पनि नराम्रो कुरालाई प्रतिबन्धित गरेर राम्रो कुरा प्रयोग गर्नुपर्ने विचार व्यक्त गरे।, वन विज्ञान प्रतिष्ठानका देवीप्रसाद भण्डारीले गाँजाको तेल (इसेंसियल ओएल) विश्व बजारमा बेच्नुपर्ने बताए।    , परिषद्का अनुसन्धान निर्देशक डा मेघनाथ धिमालले पहिला नियमावली बनाउन सके अनुसन्धानका लागि गाँजाको प्रयोग सहज हुने धारणा राखे।, प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले नेपालले गाँजाको प्याटेन्ट लिन ढिला गर्नु नहुने भन्दै यथाशीघ्र नियमावली बनाउन गृह मन्त्रालयलाई अनुरोधसमेत गरे। नीति निर्माणसम्बन्धी अध्ययन गर्ने संस्थालाई नीति निर्माणको वैज्ञानिक विधि प्रयोग गर्नसमेत उनले अनुरोध गरे।, प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेती र परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले यो विषयलाई निष्कर्षमा लैजान निरन्तर बहस गरिनेमा जोड दिए।, गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि
सेतोपाटी संवाददाता बाजुरामा अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ। साँफे-मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा शुक्रबार अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका-२ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो।, मार्तडीबाट बल्दे आउँदै गरेको सु.प्र.प ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।, नरजन बुढाले चलाइरहेको अटोबाट खसेर विक घाइते भएका हुन्।, अहिले चालक बुढालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले जानकारी दिए।, बाजुरामा अटोबाट खस्दा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता झापाको गौरादह नगरपालिका वडा नम्बर ८ मा एक पुरुषले गोली हानेर आत्महत्या गरेका छन्।, आफूले बोकेको पेस्तोलबाट गोली हानेर मंगलबार साँझ आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, गौरीगन्जले जानकारी दिएको छ।, प्रहरीका अनुसार गौरादह ८ जुरोपानी बस्ने वीरन साहले मंगलबार साँझ अन्दाजी सात बजेतिर गोली हानी आत्महत्या गरेका हुन्।, अन्दाजी ३५/३६ वर्षीय साहले सामान्य विवाद हुँदा सुरूमा उनका अन्दाजी १५ वर्षीय भतिजलाई गोली हानी पछि आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन्।, मृतक वीरनका दाइ उमेश साहका छोरा गोली लागेर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएको छ। बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार घाइतेको अवस्था चिन्ताजनक छ। उनको उपचार भइरहेको छ। , प्रहरीका अनुसार वीरनले सानो पेस्तोल प्रयोग गरेका थिए। उनले आफ्नै घरअगाडि भतिजलाई गोली हानेका थिए। घटनास्थलबाट एक राउन्ड गोली र खोका फेला परेको छ। , प्रहरीले खोजतलास गर्दा वीरनको निवासभन्दा १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा वीरन मृत फेला परेका थिए। त्यहाँबाट पेस्तोल र १४ राउन्ड गोली समेत फेला परेको प्रहरीले जनाएको छ।, घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीको कमान्डमा र इलाका प्रहरी कार्यालय गौरीगन्जबाट प्रहरी निरीक्षक जितेश दाहालको कमान्डमा टोली खटिएको छ।, गोली हानी आत्महत्या
सेतोपाटी संवाददाता काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ।, मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। , स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर-३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरिएको हो। , स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकलाई चासो नदिएको उनले बताए।, ‘भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ,’ उनले भने, ‘एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुको प्रयोग देखिन्छ।’, यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ।, ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, 'व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।', ‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले अगाडि भने।,  , काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा देखियो सरसफाइ समस्या
नारायण खड्का दाङमा हत्या गरिएका किशोर-किशोरीको मंगलबार एकै साथ अन्त्येष्टि गरिएको छ।, तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते हत्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको शव फेला परेको थियो।, उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घाटमा एकै साथ अन्त्येष्टि गरिएको हो। अलगअलग चितामा उनीहरूको अन्त्येष्टि गरिएको थियो।, अन्त्येष्टिमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार तथा एमाले नेतृ कोमल वली, एमाले नेता तथा ३(ख) मा उम्मेदवार हुकुमबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य भागवत विश्वासी, कांग्रेस महासमिति सदस्य बिमल रिजाललगायत उद्योगी व्यवसायी र ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए।, विभिन्न राजनीतिक दलका उम्मेदवार, अधिकारकर्मी, सर्वसाधारण र पीडित परिवार जनले रोशनी र शरदको हत्यामा संलग्नहरूको पहिचान गरी तत्काल पक्राउ गर्न तथा कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्।, उनीहरूको चिता बल्दै गर्दा अधिकाँस मानिसका आँखा रसाएका देखिन्थे।, प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फेला परेको छ। घटनाको अनुसन्धान गर्न आइतबार नै कोहलपुरबाट तालिम प्राप्‍त कुकुर ल्याइएको थियो। कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्‍ता डिएसपी राजन गौतमले जानकारी दिए। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनीले लगाएको चप्पल पनि जंगलमा फेला परेको जानकारी दिए।, ‘कुकुरको मद्दतले आज हामीले उनीहरूले प्रयोग गरेका मोबाइल, चप्पल लगायत केही कुराहरू फेला पारेका छौं,’ गौतमले भने ‘मोबाइल फोनबाट पनि घटना अनुसन्धानमा केही सजिलो हुने विश्वास छ।’, डिएसपी मल्लले दिनहुँ कुनै न कुनै समय प्रहरी घटनास्थल पुग्ने गरेको, स्थानीयसँग विभिन्न सूचना संकलन गर्ने गरेको हुँदा छिट्टै अपराधी नजिक पुग्ने आशा व्यक्त गरे।, प्रहरीले उनीहरूको फोन छुट्टाछुट्टै स्थानबाट फेला पारेको हो। घटनास्थल नियाल्दा पनि फोन थुतेर स्विचअफ गरी फालिएको प्रहरीको अनुमान छ।, शव फेला परेकै दिन प्रहरीले हेटौंडाका टिपर चालकलाई नियन्त्रणमा लिएको थियो। उनले शरदका हजुरबुवालाई पटकपटक फोन गरेर नाति कहाँ छ भनेर सोधेको खुलेको थियो। , उनको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई पक्राउ गरेको छ। , प्रहरीका अनुसार उनीहरू दुबै जना मिल्ने साथीहरू हुन्। , ‘टिपर चालक सल्यानका आफ्ना साथीको घरमा पटक-पटक जाने मात्रै होइन, माइलो छोरा समान भनेर उनका अभिभावकले समेत माया गर्ने गरेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘उसैले नै सुरूमा घटनास्थलसम्म हामीलाई पुर्‍याएको हो।’, ती युवकले भने प्रहरी समक्ष नबोलेको प्रहरीले बताए। , प्रहरी स्रोतका अनुसार शरदका बुवा म्यानपावर व्यवसायी हुन्। शरदकी आमा र उनको छोडपत्र भइसकेको हुँदा शरद आमासँगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए।, प्रहरीले यसअघि नै घटनाको प्रकृति हेर्दा चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने बताउँदै आएको छ। , असोज २७ गते राति साढे १० बजेपछि रोशनी र शरद बेपत्ता भएको अधिकारीले बताएका छन्। २८ गते स्थानीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी मावली हजुआमाले नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्।, आशंका लागेर स्थानीय जंगलमा खोजी गर्ने क्रममा शरदका मावली हजुरबुवाले नै उनीहरूको शव एकै ठाउँमा चिरोमा माटोले छोपेको अवस्थामा फेला पारेका थिए। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा रहेको छ भने कौवापुर प्रहरी चौकीदेखि झन्डै पाँच सय मिटरको दुरीमा छ। तुलसीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा छ।, सम्बन्धित समाचार: ,  , एकै ठाउँमा जल्ने भए रोशनी र शरदका चिता, फरेन्सिक विज्ञ झिकाएर रोशनी र शरदको शव पोष्टमर्टम गरिने  , रोशनी–शरद हत्याकाण्ड: टिपर चालकको बयानका आधारमा प्रहरी अनुसन्धान केन्द्रित, मृत फेला परेका किशोर-किशोरीको टाउकोमा गहिरो चोट, दाङमा किशोर-किशोरीको शव फेला: शंकास्पद एक पक्राउ, दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला , रोशनी र शरदको एकै साथ अन्त्येष्टि, कुकुरले भेटाएको थियो फोन
सेतोपाटी संवाददाता बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। , थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ।, पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सन्दीपविरुद्ध अनुसन्धान बाँकी रहेकाले  म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ।, प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।, २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो। , दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। जसको अवधि मंगलबार सकिएको छ। तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। , सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी
सेतोपाटी संवाददाता संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्‍चालन गर्नुपर्ने भएको छ।, महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको उल्लेख गरेको छ।, महानगरले ३० दिनभित्र व्यवसाय महानगरमा दर्ता गर्न पनि आग्रह गरेको हो।, नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।, अनुगमनका क्रममा महानगरमा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने पनि महानगरले जनाएको छ। व्यवसाय बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी पनि महानगरले दिएको हो।, काठमाडौं महानगरभित्र व्यवसाय गरिरहनुभएको छ? ३० दिनभित्र दर्ता गर्नुहोस्
सेतोपाटी संवाददाता कैलालीमा एक जना मृत फेला परेका छन्।, टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको हो।, चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, कैलालीमा एक जना मृत फेला
एजेन्सी साउदी अरेबियाको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ।, साउदीको अदालतले ७२ वर्षिय अल-मादीलाई देशलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको इब्राहिमका छोराले बीबीसीलाई जानकारी दिएका छन्।, अमेरिकी र साउदी अरबको दोहोरो नागरिकता लिएका अल-मादी गत वर्ष नोभेम्बरमा आफ्नो परिवार भेट्न फ्लोरिडाबाट रियाद आएको बेला पक्राउ परेका थिए।, इब्राहिमका अनुसार यी आरोपहरू प्रमाणित गर्ने प्रमाणका रूपमा अदालतमा १४ वटा ट्वीट मात्रै पेश गरिएको थियो। , बीबीसीका अनुसार यी ट्वीटहरूमा जेद्दा र मक्काका पुराना संरचनाहरू भत्काइएको विषयमा आलोचना, राज्यमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खशोग्गीको हत्याप्रति गरिएको चिन्ताका विषय थिए।, अभियोजकहरूले उनलाई अधिकतम ४२ वर्षको जेल सजाय दिन चाहेको उनले बताए। दुई हप्ता अघि, उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि १६ वर्षको यात्रा प्रतिबन्ध लगाइएको थियो।, इब्राहिमले आफ्नो बुबालाई पक्राउ गरेदेखि नै साउदी अधिकारीहरूले यातना दिइरहेको दाबी गर्दै आफ्नो बुबालाई आफूले जेलमा मरेको हेर्न नचाहने बताएका छन्।, अल-मादीका छोराले पहिलो पटक यसबारे मिडियासँग कुरा गरेका हुन्, जबकि अमेरिकाले उनलाई त्यसो नगर्न सल्लाह दिएको थियो।, पक्राउ परेदेखि इब्राहिमले बुबासँग कुरा गर्न पाएका छैनन्। तर, परिवारका अन्य सदस्यले बुवालाई भेटेर आफू सञ्चै रहेको बताएका छन्। यद्यपि इब्राहिमले यो दाबीमा शंका गरेको बताउँछन्।, इब्राहिमले आफ्नो बुबाको मुद्दामा अमेरिकाको चासो नदिएको आरोप लगाए। इब्राहिमले यस विषयमा कुरा गर्न आफ्नो ह्वाइट हाउससँग सम्पर्क हुन नसकेको बताए।, जुलाईमा अमेरिकी राष्ट्रपति रियादको भ्रमणमा रहेका बेला उनले आफ्नो बुबाको मुद्दाबारे बीबीसीलाई जानकारी दिएका थिए।, बीबीसीसँग कुरा गर्दै उनले अमेरिकाको दोहोरो मनोवृत्तिमाथि प्रश्न उठाए। उनी भन्छन्, ‘यदि रूस वा इरानमा कुनै नागरिक हिरासतमा परेको भए अमेरिकाले तत्काल कारबाही गर्ने थियो, तर साउदी अरेबियामा जेल परेको कोही नागरिक छ भने पनि यहाँको एक ब्यारेल तेल व्यक्तिभन्दा धेरै मूल्यवान हुन्छ।’, साउदी अरबमा ‘ट्वीट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।, प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।, प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।, २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो। , दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। जसको अवधि मंगलबार सकिएको छ। तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। , सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।, बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए।, लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए।, अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका छन्।, गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ। प्रहरीले सबै इकाइलाई अलर्ट गरी चेकजाँच गरिरहेको छ।, घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको छ। उनीमाथि तीन राउन्ड गोली प्रहार भएको छ।, उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम छ। उनलाई जहाजबाट काठमाडौं ल्याइँदै गरेको डिएसपी यादवले जानकारी दिए।, सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार, घाइतेलाई काठमाडौं ल्याइँदै
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा विभत्स हत्या गरिएका किशोर-किशोरी हत्याकाण्ड अनुसन्धान गर्न पक्राउ परेका केहीमाथि पोलिग्राफ परीक्षण गरिने भएको छ। , स्थानीय १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्य स्थानीय जंगलको चिरोमा हत्यापछि शव माटोले पुरेको अवस्थामा असोज ३० गते फेला परेका थिए।, कात्तिक १ गते उनीहरूको शव तुलसीपुर–१२ सितलपुरस्थित बबई नदी घाटमा एकैसाथ अन्त्येष्टि गरिएको थियो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले पक्राउ परेकाहरूमध्ये दुई जनामाथि बुधबार पोलिग्राफ टेष्ट गर्न थालिएको जानकारी दिए। प्रहरीले मंगलबार नै पोलिग्राफ ल्याइसकेको थियो। , रोशनी र शरदको शव फेला परेको दिन असोज ३० गते पक्राउ परेका हेटौंडाका टिपर चालक र उनको बयानका आधारमा पक्राउ परेका सल्याका उनका साथीमाथि पोलिग्राफ टेष्ट गरिने प्रहरीले बताएको छ।, पोलिग्राफ टेष्टको प्रयोगपछि उनीहरूले झूट बोले-नबोलेको पत्ता लगाउनु सहज हुने प्रहरी अधिकारीको विश्वास छ। , शरदका साथी पक्राउ , प्रहरीले बुधबार बिहान हत्या गरिएकामध्ये शरदका मिल्ने साथीलाई पक्राउ गरेको छ।, पछिल्लो समय पक्राउ परेका शरदका साथी र उनले एउटै फेसबुक आइडी चलाउने गरेको तथ्य खुलेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। , ‘शरद र आज हामीले नियन्त्रणमा लिएका उनका साथीले एउटै फेसबुक आइडी प्रयोग गर्ने गरेको तथ्य फेला पर्‍यो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘कतै दुई व्यक्तिले एउटै फेसबुक आइडी चलाउँदा उनैले शरदका सूचना त लिक गरे कि ? भन्ने आशंका उब्जिएको छ।’, यद्यपि प्रहरीले कुकुरको सहयोगमा मंगलबार स्थानीय जंगलमा फेला पारिएका रोशनी र शरदले प्रयोग गर्ने मोबाइल अनुसन्धानका लागि काठमाडौं पठाएको जानकारी दिएको छ।, ‘हामीले हिजो नै फेला परेका मोबाइल काठमाडौं पठाइसक्यौं,’ एक प्रहरी अधिकारीले भने, ‘आज ती मोबाइल खोलेर हेरेपछि घटना अनुसन्धानका लागि केही थप सुराक मिल्ने आशा गरेका छौं।’, घटना अनुसन्धनमा सहयोग पुगोस् भनेर बाँकेको कोहलपुरबाट असोज ३० गते तालिम प्राप्त कुकुर तुलसीपुरमा ल्याइएको छ। , रोशनी र शरद २७ गते राति बेपत्ता भएका थिए। शरदकी मावली हजुरआमाले २८ गते स्थानीय दमारगाउँ प्रहरी चौकीमा नाति हराएकोबारे निवेदन दिएकी थिइन्।, उनीहरूको शव तीन दिनपछि असोज ३० गते एकै ठाउँमा चिरोमा फालेको अवस्थमा फेला परेको थियो।, सम्बन्धित समाचार: , रोशनी र शरदको एकै साथ अन्त्येष्टि, कुकुरले भेटाएको थियो फोन, एकै ठाउँमा जल्ने भए रोशनी र शरदका चिता, फरेन्सिक विज्ञ झिकाएर रोशनी र शरदको शव पोष्टमर्टम गरिने  , रोशनी–शरद हत्याकाण्ड: टिपर चालकको बयानका आधारमा प्रहरी अनुसन्धान केन्द्रित, मृत फेला परेका किशोर-किशोरीको टाउकोमा गहिरो चोट, दाङमा किशोर-किशोरीको शव फेला: शंकास्पद एक पक्राउ, दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला , रोशनी-शरद हत्याकाण्ड: पक्राउ परेकामाथि पोलिग्राफ टेष्ट गरिँदै
रासस थारु समुदायलाई अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने  कञ्चनपुरका थारु समुदायले जनाएका छन्। , घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवार आफ्नो रोजाइमा पर्ने उनीहरूको भनाइ छ। , 'लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको पानामा मात्रै सीमित भएको छ', थारु बुद्धिजीवी वीरबहादुर राजवंशीले भने, 'थारु समुदायलाई प्रतिनिधि सभामा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारका रूपमा ठूला राजनीतिक दलहरूले सहभागी नगराएर थारुका मुद्दा ओझेलमा पार्न खोजिएको छ।' , उनका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा थारुलाई उम्मेदवार नबनाउने बनाई हाले पनि सहयोग नगर्ने परिपाटी विद्यमान रहेको छ। , 'नियम पूरा गर्न समानुपातिकतर्फको निर्वाचनमा पुछारमा राखेर प्रतिनिधित्व गर्नबाट बञ्चित गराइन्छ', उनले भने, 'प्रत्यक्षतर्फको निर्वाचनमा जितेका थारु समुदायका उम्मेदवारलाई मन्त्रिमण्डलमा सहभागी गराउँदा राज्यमन्त्रीसम्म सीमित गराइन्छ।' , निर्णायक तहमा प्रतिनिधित्व नगराइदिँदा थारु समुदायले अहिलेसम्म न्याय पाउन नसकेको उनको भनाइ छ। , 'कर्मचारी भर्ना गर्दा विद्यमान जनसङ्ख्याका आधारमा मानव सूचाङ्कको विकास गरी लोक सेवा आयोगले समानुपातिक प्रतिनिधित्वको आधारमा थारु समुदायका युवालाई राज्यका हरेक अंगमा रोजगारी दिनुपर्ने मान्यता राख्दछौं', उनले भने, 'यस कार्यप्रति प्रतिबद्ध भई कार्यका लागि थारु समुदायको मन जित्ने उम्मेदवारलाई थारु समुदायले चुनावमा सघाउ छन्।' , उनका अनुसार समुदायको समाजको अगुवाइ गर्ने भलमन्सा, गुरुवा, केसौका, चिरिकीया देउथानको संस्थागत कानुनी व्यवस्था गरी कार्यसम्पादन हुनुपर्छ। कानुनी रूपमा बडघर प्रथालाई मान्यता दिनुपर्छ।,  , थारु समुदायमा देखा पर्ने सिकलसेल एनिमिया रोगको निःशुल्क उपचारको व्यवस्था राज्यले गर्नुपर्दछ।, यी मुद्दा थारु समुदायले विगतदेखिका चुनावदेखि नै उठाउँदै आए पनि संस्थागत हुन नसकेको उनले गुनासो गरे।, राज्यले दिने सेवा सुविधामा जनसंख्यामा अनुपातमा दिइनुपर्ने थारु अगुवा धनबहादुर कुश्मीले बताए।  , 'सेवा सुविधा दिने सवालमा ‘मुखमा राम राम बगलीमा छुरा’ भने झैं चुनावका बेला थारु समुदायका मुद्दालाई निकै ठूलो स्वरले उछाल्ने गरिन्छ', उनले भने।, सेवा सुविधा उपलब्ध गराउँदा विभेद गरिन्छ। चुनाव जितेर गएकाले राज्यबाट पाउने सेवा सुविधा नातागोता, चिनजान भएका र सम्बन्धित समुदायका व्यक्तिलाई मात्रै उपलब्ध गराइने गरेको उनको भनाइ छ।,  , 'लोकतन्त्रमा प्रतिनिधि चयन गर्दा मत हाल्नै पर्ने हो', उनले भने, 'थारु समुदायका हकअधिकार स्थापित गर्नका लागि कटिबद्ध भएका उम्मेदवारलाई मतदान गर्ने सोचाइ छ, थारुका मुद्दालाई स्थापित गर्नेलाई मत हाल्नका लागि गाउँ समाजमा छलफल चलाउने कार्य भइरहेको छ।', 'पहिलाजस्तो राजनीतिक दल र तीनका उम्मेदवारका गुलिया नारा, मासुभातमा भुलिदैनौं, अधिकारको लडाइँ निर्णायक तहसम्म पुर्‍याउने उम्मेदवारलाई मतदान गर्छौं', उनले थप भने। , सुदूरपश्चिम प्रदेशको चालु आवको बजेटलाई हेर्दा विद्यालय बनाउने रकमभन्दा मन्दिर बनाउने रकम डेढ गुणाले बढी भएको उल्लेख गर्दै उनले मन्दिर बनाउने बजेटमा थारु समुदायको देउथान बनाउनका लागि एक सुको बजेट नपरेको बताए।, 'राज्य संयन्त्रमा थारु समुदायको न्यून उपस्थिति हुँदा बजेटमा समेटिँदैन', उनले भने,'साँच्चिकै संविधानमा व्यवस्था भएझैं समानुपातिक र समावेशीको अवधारणा लागू भएको छैन, बजेट समावेशी नहुँदा थारु समुदाय अधिकारसँगै सामाजिक विकासबाट बञ्चित हुँदै आएका छन्।',  , संविधानमा मातृ भाषामा पठनपाठनको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको चर्चा गर्दै थारु अगुवा रेवन चौधरीले थारु समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व नहुँदा थारु भाषिक विद्यालय स्थापना हुन नसकेको गुनासो गरे।, 'घर निर्माण गर्ने कार्यमा विगतमा भारतीयको दबदबा रहने गरेको थियो', उनले भने, 'थारु युवाले घर निर्माण गर्ने (डकर्मी) सीप सिकेपछि भारतीय विस्थापित भएका छन्, बर्सेनि करोडौं विदेशिने पैसा थारु युवाले जोगाएका छन्, यस्तो कार्यमा संलग्न थारु युवालाई थप सीप दिई, प्रमाणपत्रको व्यवस्था गरी राज्यबाट सेवा सुविधा उपलब्ध गराइनुपर्छ, यस कार्यका लागि कटिबद्ध उम्मेदवारलाई यस पटको निर्वाचनमा चयन गर्छौं।' , अन्य जातिको तुलनमा अहिले पनि थारु समुदाय पछाडि परेको भएकाले उच्च शिक्षा पढ्दै आएका थारु युवालाई राज्यले कोटमा मात्रै सीमित नराखेर जनसङ्ख्याको आधारमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने थारु सामाजिक अभियन्ता हवलदार चौधरीले बताए।, 'थारु समुदायको भाषा, भेषभूषा, गहनासँगै रहनसहन अन्य जातिको तुलनामा पृथक रहेकाले यसलाई जोगाउनका लागि राज्यले नीति बनाउनुपर्छ', उनले भने, 'नीति नबनाइँदा थारु समुदायका सांस्कृतिक पक्षसँग सम्बन्धित वस्तु ओझेलमा पर्दै गएका छन्, यस मुद्दालाई नीतिगत रूपमा स्थापित गर्न पहल गर्ने उम्मेदवारको खोजीमा लागेका छौं।' , जिल्लामा पुरूष मतदाता एक लाख ४६ हजार आठ सय ४८ र महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ र तेस्रोलिङ्गी एक जना गरी कूल मतदाता तीन लाख दुई हजार पाँच सय नौ रहेको छ।, कूल मतदातामध्ये थारु मतदाताको सङ्ख्या २४ प्रतिशत छ। तीमध्ये सबैभन्दा बढी थारु मतदाता कृष्णपुरमा ३७ र बेलौरी नगरपालिकामा ४७ प्रतिशत थारु छन्। , प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थारु मतदाता निर्णायक छन्। जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र छ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन्। , थारु समुदायका अगुवा भन्छन्- हाम्रो अधिकार स्थापित गर्नेलाई मत दिन्छौं
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिक मंगलबार राती ट्र्याक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ।, ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला-४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए। उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो। ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ।, अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए।, ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा दर्ता गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ।, सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्न अदालत लगिएको सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। स्ट्यान्डअप कमेडी गर्दा नेवा: समुदायमाथि चोट पुर्‍याएको भन्दै उनीविरूद्ध मुद्दा परेको थियो।, जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त दिन कार्यालयले मुद्दा हेर्न नभ्याएको भन्दै प्रहरीले पुन: अपूर्वलाई हिरासतमा लिएको थियो।, ‘अपूर्वको अभियोग दर्ता गर्न अदालत लगिसकेको छ। दर्ता भएपछि बयान लिने काम हुन्छ। अनि इजलासले आदेश दिन्छ,’ सहन्यायाधीवक्ता न्यौपानेले भने।, भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको हो।, उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।, नेवा अभियन्ताहरूले अपूर्वविरूद्ध चारवटा शीर्षकमा जाहेरी दिएका थिए।, उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो। कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। 'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।, त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।, सम्बन्धित समाचार:, अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साँधेको पूर्वाग्रह, कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्‍यो प्रहरीले, तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह, तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, मुद्दा दर्ता गर्न कमेडियन अपूर्व क्षितिजलाई लगियो अदालत
सेतोपाटी संवाददाता मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।, त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।, कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो।, राजमार्ग दक्षिण किनारको रुखमा गएर बस ठोकिएको प्रहरीले जनाएको छ। सोही दिशाबाट आउँदै गरेको अर्काे बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन्।, अगाडी बसले आकस्मिक ब्रेक गर्दा मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घाइते सबैको बिर्तामोड अस्पतालमा उपचारका लागि लगिएको छ।, झापामा मलामी बोकेको बस दुर्घटना, २८ घाइते
सेतोपाटी संवाददाता बझाङमा जिप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो।, प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए।, भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।, बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।, ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।, अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।, पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।, वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।,  , प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
सेतोपाटी संवाददाता कञ्चनपुरमा होटलमा साथीसँगै सुतेका एक जना मृत फेला परेका छन्।, बुधबार महेन्द्रनगरस्थित रारा होटलमा साथीसँगै सुतेका किसन साउद मृत फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले सँगै सुतेका साथीले खबर गरेपछि प्रहरीलाई घटनाबारे थाहा भएको बताए। , मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।, होटलमा साथीसँगै सुतेका एक जना मृत फेला
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।, दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।, भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन। , काठमाडौंमा भूकम्पको धक्का
सेतोपाटी संवाददाता २८ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।  , बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन नं. ४, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लमर बखतबहादुर थापालाई घुससहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, प्रवक्ता भण्डारीका अनुसार उनीहरूबाट १६ लाख नगद र १२ लाखको चेक बरामद भएको हो।, खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यसपछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।, अख्तियारले उनीहरूलाई इन्जिनियरको निवासबाट बुधबार नियन्त्रणमा लिएको हो।, उनीहरूमाथि थप अनुसन्‍धान अघि बढाएको छ।, बागमती प्रदेश खानेपानीका इन्जिनियर र प्लमर २८ लाख घुससहित अख्तियारको नियन्त्रणमा
सेतोपाटी संवाददाता नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। , यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए। , भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महशुस भएको थियो। ,  , काठमाडौंमा धक्का महशुस भएको भूकम्प ५.९ म्याग्नेच्युडको
सेतोपाटी संवाददाता यस वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।, विकास समितिका अनुसार कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा सदस्य यमद्वितीया भाइटीका,(किजापूजा)को उत्तम साइत रहेको छ।, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।, २०७९ सालको तिहार-पर्वसँग सम्बन्धित दिन तथा साइतहरू:, १) वि.सं. २०७९ कात्तिक ५ गते, शनिबार, यमदीपदान, धनत्रयोदशी (धन्तेरस), २) वि.सं. २०७९ कात्तिक ६ गते आइतबार, काकबली (कागतिहार), धन्वन्तरी जयन्ती ।, (३) वि.सं. २०७९ कात्तिक ७ गते, सोमबार, कुकुरतिहार नरकचतुर्दशी, विहान झिसमिसेमा तेल लगाएर नुहाउने, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।, ४) वि.सं. २०७९ कात्तिक ८ गते, मंगलबार, गाईपूजा -, ५) वि.सं. २०७९ कात्तिक ९ गते, बुधबार, गोवर्द्धनपूजा, वलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा ने. सं. ११४३ प्रारम्भ , ६) वि.सं. २०७९ कात्तिक १० गते, बिहीबार, यमद्वितीया भाइटीका (किजापूजा) बिहान ११:३७ बजे (उत्तर मोहडा), भाइटीकाको साइत बिहान ११:३७ बजे
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंको बौद्ध क्षेत्रमा छ जनकल्याण माध्यमिक विद्यालय। यो विद्यालय कक्षा तीनसम्म पढाइ हुने गरी २०१० सालमा स्थापना भएको थियो। लामो समय तीन कक्षामै सीमित रह्यो।, प्रजातन्त्र पुनर्स्थापनापछि कक्षोन्नति हुँदै २०५८ सालमा कक्षा १० सम्म पुग्यो। , यस विद्यालयमा विगत सात वर्षदेखि प्रधानाध्यापक छिन् कुमारीकमला राई। उनी यस विद्यालयमा शिक्षक बनेर आएको २८ वर्ष पूरा भयो। २०७२ मंसिरदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छिन्। , हाल यो स्कुलमा कक्षा १२ सम्म पढाइ हुन्छ। करिब २४ सय विद्यार्थी छन्। २०६४ सालमा कक्षा ११ मा स्तरोन्नति भएर अर्को वर्ष १२ कक्षामा पुगेको हो।, यसपालि सेतोपाटीको 'राम्रा सामुदायिक स्कुल' शृंखलामा हाम्रो छनोटमा परेको छ सरकारी अनुदानमा चल्ने यही विद्यालय जनकल्याण। , चाबहिलको चुच्चेपाटीबाट महांकाल सडक हुँदै जाँदा करिब डेढ किलोमिटर पर एउटा मन्दिर छ। मन्दिरको छेउमै छ जनकल्याण माध्यमिक विद्यालय। विद्यालयको परिवेश मन लोभ्याउने खालको छ, हरियालीयुक्त छ।, चिटिक्क परेका पाँचवटा भवन अर्थात् ब्लक छन्। ती ब्लकका आआफ्ना नाम छन्; सगरमाथा, अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे, कञ्चनजंघा र ल्होत्से। , ल्होत्सेमा दुइटा हल मात्र छन्। अन्य भवनमा कक्षाकोठा, प्रयोगशाला र विद्यालयका अन्य एकाइहरू छन्।, गेटबाट प्रवेश गर्नासाथ पानीको झरना देखा पर्छ जहाँ बालबालिकाहरू रमाउँछन्। यो दृश्य हेर्दै गर्दा प्रधानाध्यापक कुमारीकमलासँग भेट भयो। उनी विद्यालय पोशाकमा थिइन्। , त्यहीँ कुरा सुरू भयो।, विद्यार्थी कति छन्?, प्रसन्न मुद्रामा उनले भनिन्, 'अहिले २४ सय विद्यार्थी पढ्छन्।' , उनका अनुसार विद्यार्थी संख्या अझै बढ्न सक्छन् तर भौतिक सुविधाले पुग्दैन।, 'सबै कक्षा कोठामा क्षमताअनुसार विद्यार्थी छन्, योभन्दा बढी राख्ने ठाउँ छैन,' उनले भनिन्।, उनले कुरा गर्दै आफ्नो कार्यकक्षमा पुर्‍याइन् अनि करिब तीन दशकअघिदेखिको कुरा गरिन्। , भनिन्, 'म २८ वर्षअघि शिक्षणका लागि यस विद्यालयमा आउँदा साढे तीन सय विद्यार्थी थिए। अहिले हामीले काठमाडौंको एउटा राम्रो र नमूना सामुदायिक विद्यालयका रूपमा जनकल्याणलाई चिनाउन सकेका छौं।', उनका अनुसार विद्यालय परिसर करिब तीन रोपनी जमिनमा फैलिएको छ। दस कक्षासम्म करिब १५ सय विद्यार्थी छन्। कक्षा ११ र १२ मा नौ सय छन्। शिक्षक ४४ जना छन्। यीमध्ये २७ जना सरकारी दरबन्दीमा छन्। अन्य निजी स्रोतमा।, एउटा कक्षा कोठामा कम्तीमा ४० देखि बढीमा ६५ जनासम्म विद्यार्थी अटाउँछन्। सबैभन्दा धेरै विद्यार्थी कक्षा १० मा १६५ जना छन्। प्रधानाध्यापक कुमारीकमलाका अनुसार सेक्सन विभाजन गरेर कक्षाकोठामा विद्यार्थी संख्या व्यवस्थापन गरिएको छ।, विद्यालयमा सातवटै प्रदेशका विद्यार्थी छन्। विशेषगरी मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, खोटाङ, सोलुखुम्बु, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका विद्यार्थी बढी छन्। कपन, जोरपाटी, चाबहिल, मूलपानी लगायतका ठाउँबाट विद्यार्थी आउँछन्। कतिपय विद्यार्थी सार्वजनिक यातायातमा आउनु पर्ने गरी अलिक टाढाका पनि छन्। , जनकल्याण माध्यमिक विद्यालय यति धेरै विद्यार्थीको आकर्षणमा कसरी पर्‍यो त?, प्रधानाध्यापक कुमारीकमलाका अनुसार विद्यार्थी संख्या बढाउन विद्यालयको सिंगो टिमले मेहनत गरेको छ। विद्यालयको कार्ययोजना अर्को महत्वपूर्ण पाटो हो। कक्षोन्नति हुँदै १० कक्षा पुगेपछि विद्यालयले विद्यार्थीको हेरचाह र खुसी प्राथमिकतामा राख्यो। , 'हामीले आपसी सम्मानको संस्कारमा जोड दियौं। विद्यालयमा प्रवेश गर्दा सबै बालबालिकालाई हाँस्दै नमस्कार गरेर बोल्न सिकायौं। कक्षाकोठामा पनि विद्यार्थीलाई खुसी राख्ने प्रयास गर्‍यौं,' उनले भनिन्, विद्यालय परिसरको सफाइ, स्वच्छता र सौन्दर्यमा ध्यान दियौं। विद्यार्थीको स्वास्थ्य र सफाइमा पनि जोड दियौं।', विद्यालयले पढाइमा जोड दियो। कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा थपिए। परीक्षाको नतिजा राम्रो हुँदै गयो। क्रमशः विद्यार्थी संख्या थपिँदै गयो।, यतिन्जेल विद्यार्थीका लागि विद्यालय पोसाक अनिवार्य थिएन। विद्यार्थी र अभिभावकहरूको आकर्षण बढ्दै गएपछि विद्यालय पोसाक अनिवार्य गरियो। , प्रधानाध्यापकको जिम्मेवारीमा पदोन्नति भएपछि कुमारीकमला नाम चलेका केही विद्यालयहरूमा गइन्। त्यहाँका असल अभ्यासहरू अवलोकन गरिन्। यस्ता विद्यालय हेर्न शिक्षकहरूलाई पनि पठाइन्।, 'हामीले राम्रा स्कुलका असल अभ्यासबारे खोजी गर्‍यौं। भक्तपुरका केही स्कुल अवलोकन र त्यहाँका शिक्षकहरूसँगको छलफलबाट धेरै कुरा सिक्यौं,' उनले भनिन्, 'अन्य विद्यालयमा सफल भएका असल अभ्यासहरू कार्यान्वयन गर्दै जाँदा सकारात्मक परिवर्तन देखियो।', भौतिक र शैक्षिक उन्नयन हुँदै गएपछि प्रधानाध्यापक कुमारीकमलाको पहलमा विद्यालयले 'हाम्रो जनकल्याण, राम्रो जनकल्याण' भनेर सन्देशमूलक नारा बनायो। कुमारीकमला आफू प्रधानाध्यापक भएपछिको मात्र प्रयासले विद्यालयको प्रगति भएको भन्ने मान्दिनन्।, भन्छिन्, 'यसअघिका प्रधानाध्यापकहरू, शिक्षकहरू र अहिलेको टिम, विद्यालय व्यवस्थापन समिति सबैले सत्प्रसायले विद्यालय राम्रो भएको हो।', विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र ढकालका अनुसार विद्यार्थीहरू पढाइसँगै केही व्यावहारिक सिप पनि सिक्छन्। पाक शिक्षा यस्तै एउटा कार्यक्रम हो। यसै वर्ष सिलाइबुनाइ सिकाउन सुरू गर्ने तयारी छ।, अध्यक्ष ढकालले भने, 'शिक्षणसँगै क्षमता अभिवृद्धिका लागि सिपमूलक कार्यक्रमहरू हुन्छन्। यही वर्षदेखि सिलाइबुनाइ सिकाउन ३० वटा सिलाइ मेसिन तयार राखेका छौं।' , विद्यालयमा रैथाने सामग्रीहरू संकलन गरेर सजाइएको छ। यस्ता सामग्रीमा खैंजडी, झ्याली, मादल, ढिकी, जाँतो, लोहोरो–सिलौटो, खुकुरी, चुलेसी इत्यादि छन्। पुरानो रेडियो, क्यामेरा, श्रव्यदृश्य क्यासेट इत्यादि पनि छन्। , विद्यार्थीहरूलाई रैथाने र पुराना सामान चिनाउने प्रयास गरेको ढकालले बताए। उनले जनकल्याण विद्यार्थीलाई खुसी राखेर गुणस्तरीय शिक्षा दिने प्रयास अघि बढेको पनि बताए। , प्राधानाध्यापक कुमारीकमलाका अनुसार केही वर्षयता विद्यार्थी संख्या बढ्दो क्रममा छ। शैक्षिक वर्ष २०७८ मा २१ सय विद्यार्थी रहेकोमा चालु शैक्षिक वर्षमा तीन सय जना थपिए। कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायको पढाइ हुन्छ। सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायमा छन्।, जनकल्याणले चालु शैक्षिक वर्षमा कक्षा ९ मा प्राविधिक शिक्षा पढाउन सुरू गरेको छ। यसअन्तर्गत कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ पढाइ हुन्छ।, धेरै अभिभावक र विद्यार्थीको मागअनुसार कम्प्युटर इञ्जिनियरिङ पढाउन सुरू गरिएको अध्यक्ष ढकाल बताउँछन्।, जनकल्याण माविका प्रधानाध्यापक कुमारीकमला राई। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र ढकाल। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, प्राविधिक शिक्षाका लागि काठमाडौं महानगरले बजेट दिएको छ। महानगरले करिब ५० लाख रूपैयाँ दिएपछि प्राविधिक शिक्षा सुरू भएको हो। जनकल्याणलाई काठमाडौं महानगरले नमूना विद्यालय मानेको छ। महानगरको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर ६ मा जनकल्याण छानिएको हो। , प्रधानाध्यापक कुमारीकमलाका अनुसार छोराछोरी निजी विद्यालयमा पढाउने अभिभावकहरू विस्तारै सामुदायिक विद्यालयतिर फर्किँदैछन्।, 'सामुदायिक विद्यालयमा विद्यार्थी थोरै हुनुमा अभिभावकको सहभागिता नहुनु हो। जनकल्याणमा शिक्षक, विद्यार्थी र अभिभावक हातोमालो गर्दै अघि बढेका छौं,' उनले भनिन्। , शिक्षकहरूबीच शैक्षिक विषयमा अपसी छलफल हुन्छ। शिक्षक–अभिभावक भेट र छलफल भइरहन्छ। जनकल्याणले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत शिक्षणमा आधुनिक डिजिटल प्रविधि पनि अघि बढाएको छ। विद्यार्थीको व्यक्तित्व विकासका लागि शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको उनले बताइन्।, अतिरिक्त क्रियाकलाप समितिले कथा लेखन, कविता लेखन, नृत्य, गीत, हाजिरीजवाफ, वादविवाद लगायतका प्रतिस्पर्धाहरू गराउँछ। काठमाडौं महानगरले ३२ वटा वडाका ३२ वटा नमूना विद्यालयलाई फरक विषयको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसअनुसार जनकल्याण 'गणित हब' मा परेको छ। स्कुलमा गणितको प्रयोगशाला छ। प्राथमिक उपचार कक्ष र एक जना नर्स पनि छन्।, प्रधानाध्यापक कुमारीकमलाका अनुसार स्कुल केही अभावमा भने गुज्रिएको छ। मुख्य समस्या दुइटा छन्; विद्यार्थी संख्याको तुलनामा शिक्षक दरबन्दी अति कम हुनु र खेल मैदान नहुनु। , 'निजी स्रोतमा शिक्षक राख्नुपरेको छ। विद्यार्थीहरू खेलकुदबाट बञ्चित छन्। विद्यालयको जग्गामा भवन मात्रै छन्,' उनले भनिन्।, शिक्षक दरबन्दी थपिदिन सरकारी निकायमा आग्रह गरे पनि सुनुवाइ भएको छैन।, यो स्कुलमा झन्डै तीन दशक अवधि बिताएकी कमलाकुमारीले अनेक उतारचढाव देखिन्, भोगिन्। उनी २०५१ सालमा शिक्षक बनेर जाँदा उक्त विद्यालय पाँच कक्षासम्मको थियो। करिब साढे तीन सय जना विद्यार्थी थिए। सेवा प्रवेशको नवौं वर्षमा सहायक प्रधानाध्यापक नियुक्त भइन्। दुई वर्ष निमित्त प्रधानाध्यापकका रूपमा काम गरिन्। पछि सहायक प्रधानाध्यापक हुँदै प्रधानाध्यापक भएकी हुन्।, 'म खासमा प्रधानाध्यापकको जिम्मेवारी लिन इच्छुक थिइनँ,' उनले भनिन्। , यसको कारण जिम्मेवारीबाट पन्छिएर होइन, समस्याले हो। उनलाई २०६५ सालमा स्तन क्यान्सर भयो। करिब ६ महिनाको उपचारले निको भयो, काममा फर्किन्। यसपछि उनी बढी खट्नुपर्ने जिम्मेवारी नलिने विचारमा थिइन्। सहायक प्रधानाध्यापक छँदै थिइन्। , यहीबीचमा प्रधानाध्यापकको स्थान रिक्त भयो। कुमारीकमलाले आफू इच्छुक नरहेको र गम्भीर रोगको 'सर्भाइभर' ले गहन जिम्मेवारी लिनु उचित नहुने आफ्नो धारणा सुनाइन्।, 'विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र केही शिक्षकहरू घरमै गएर प्रधानाध्यापकको जिम्मेवारी लिन आग्रह गर्नुभयो,' उनले भनिन्, 'सम्पूर्ण रूपमा सहयोग गर्ने वचन दिनुभयो।' , अन्ततः कुमारीकमला तयार भइन्। सहायक र निमित्त प्रधानाध्यापकका रूपमा उनी अब्बल मानिएकै थिइन्। प्रधानाध्यापकका रूपमा पनि उनले आफूलाई उत्तिकै कुशल सावित गरेकी छन्। , विद्यालय शिक्षणमा उनको लगावको पनि आफ्नै पाटो छ। विद्यालय शिक्षक रहँदै उनी पद्मकन्या क्याम्पसमा पढाउँथिन्। नौ वर्ष दैनिक ज्यालादारीमा पढाएपछि करारमा नियुक्ति पाइन्। उनलाई विश्वविद्यालय सेवामा रहने अवसर थियो। तर करारमा सात वर्ष पढाएपछि राजीनामा गरेर पूर्ण रूपमा विद्यालय शिक्षणमा फर्किन्।, उनी भन्छिन्, 'विश्वविद्यालयमा पढाउनु बढी सहज हुन्थ्यो। तर चुनौती र अवसर आत्मसात गरेर विद्यालय शिक्षण नै रोजेँ।', कुमारीकमलाको नेतृत्वमा जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक उन्नयनमा अनुकरणीय फड्को मार्न सफल पनि देखिन्छ।, सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल, अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, , काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी, साँच्चैको नमूना बन्ने प्रयासमा छ काठमाडौंको यो सामुदायिक स्कुल, ६९ वर्ष पुरानो काठमाडौंको नमूना स्कुल जहाँ पढ्छन् २४ सय विद्यार्थी
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा चार वटा शीर्षकमा मुद्दा दर्ता भएको छ।, बुधबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख तथा सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।, उनका अनुसार उनीविरूद्ध चार वटा शीर्षकमै मुद्दा दर्ता भएको छ। नेवा: अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका थिए।, त्यही मुद्दामा बयान तथा प्रमाण संकलन गरी दर्ता गरेको उनले बताए।, उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।, कार्यालयले उनलाई यी चार वटै मुद्दा गरी जम्मा एकदेखि पाँच वर्षसम्म कैद सजाय माग गरेको सहन्यायाधीवक्ता न्यौपानेले बताए।, ‘उहाँविरूद्ध परेका जाहेरी जति छन्। ती चारै वटा शीर्षकमा मुद्दा दर्ता भएको हो,’ उनले भने, ‘छुट्टाछुट्टै शीर्षकमा छुट्टाछुट्टै कैद सजाय माग गरिएको छ। एकदेखि पाँच वर्षसम्म सजाय माग गरेका छौं।’, दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ।, दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा (२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ।, दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।, मुद्दा दर्ता भएपनि अदालतले हेर्न नभ्याउँदा कमेडियन अपूर्व आज पनि हिरासतमै हुनेछन्।, सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।, ‘मुख्य प्रमाण भनेको भिडिओ नै हो। त्यसपछि उनको बयान पनि छ। जहाँ उहाँले बोलेको हो तर मनसाय त्यो नभएको बताएका छन्,’ स्रोतले भन्यो, ‘भोलि पनि अदालतमा पेश गरिन्छ। बयान पनि हुन्छ।’, जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, प्रतिवेदन बुझाउँदा अपूर्वलाई पनि उपस्थित गराइएको थियो। तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लियो।, भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।, उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।, मंगलबार भने सार्वजनिक बिदा भएकाले सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा दर्ता गर्न लगेको हो।, कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।, 'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।, त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।, सम्बन्धित समाचार:, अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साँधेको पूर्वाग्रह, कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्‍यो प्रहरीले, तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह, तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, अपूर्वक्षितिज सिंहलाई ५ वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा
सेतोपाटी संवाददाता आज मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरैर बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन्।, देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, भोलि शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। , पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम
सेतोपाटी संवाददाता बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।, बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप जिप दुर्घटनामा परेको हो।, यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताए।, उनका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।, दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा घाइते १६ जनामध्ये पाँच जनाको अवस्था गम्भीर भएपछि धनगढी रिफर गरिएको छ।, घाइते हुनेमा मष्टा गाउँपालिका–२ का आठ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, चार वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका–१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।, जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो।कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको पनि प्रहरीले जनाएको छ।, दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।, बझाङमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो
सेतोपाटी संवाददाता महेन्द्रनगर नगर विकास समितिको जग्गा हिनामिना गर्ने तत्कालीन समितिका अध्यक्षहरू, कर्मचारीहरू र दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न ३७ जनाविरूद्ध आरोपपत्र दायर गरिएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेकोमा उनीहरूमाथि बिगो रकम दाबीसहित आरोपपत्र दायर गरेको हो। , उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अनियमितता गरेको पाइएको जनाएको छ।, अध्यक्षहरूको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरू समेतलाई जग्गा उपलब्ध गराएको देखिएको अख्तियारले जनाएको छ।, नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ बमोजिम र बोर्ड बैठकको निर्णयबमोजिम उपलब्ध गराउनु पर्नेमा यसो नगरिएको उल्लेख छ। , सो कार्यमा संलग्न पाइएकाहरू तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू, समितिमा कार्यरत कर्मचारीहरू र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरू, कित्ताकाट प्रक्रियामा संलग्न नापी कार्यालयका कर्मचारीहरू तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरू छन्। , उनीहरूमाथि सजाय मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, आरोपीहरूविरूद्ध एक लाख ८७ हजारदेखि ६३ लाख रुपैयाँसम्म बिगो मागदाबी गरिएको छ।, महेन्द्रनगर नगर विकास समितिको जग्गा हिनामिना गर्ने ३७ जनाविरूद्ध आरोपपत्र दायर
राजेश घिमिरे सडक विभागअन्तर्गतको पुल महाशाखाले नारायणी नदीमा नयाँ पुल बनाउन टेण्डर आह्वान गरेको छ। नयाँ पुल हाल पुल रहेको स्थानको आडैमा बन्ने गरी टेण्डर आह्वान गरिएको हो। , पुल महाशाखामा प्रमुख इन्जिनियर उमेश विन्दु श्रेष्ठले पूर्व–पश्चिम राजमार्गको ‘राइट अफ वे’ भित्रै ४२० मिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी भएको बताए।, ‘नयाँ पुल अहिले पुल भएको स्थानबाट माथि वा तल कहाँ बनाउने भन्ने यकिन भइसकेको छैन तर आडैमा बन्ने चाहिँ पक्का भयो,’ श्रेष्ठले भने, ‘अन्य ठाउँमा बनाउन आवश्यक पर्ने जमिन भेटिएन।’, श्रेष्ठले एक अर्ब रुपैयाँभन्दा बढी खर्चमा पुल बनाउनेगरी प्रकृया अघि बढेको बताए।, पुल अहिलेको जस्तो सामान्य नभएर आकर्षक बन्ने उनले बताए।, ‘करिब तीन महिनामा ठेक्का प्रकृया टुंगिएपछि कन्ट्र्याक्टरले ६ महिनामा डिजाइन पेस गर्छ, ९ महिनाभित्रमा सुरू हुन्छ,’ श्रेष्ठले भने।, उनका अनुसार यस्तो पुल बनाउन सामान्य पुलको भन्दा दोब्बर खर्च लाग्छ।, आगामी आर्थिक वर्ष सुरू हुनुभन्दा अघि नै काम सुरू भएर ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पुल महाशाखाले जनाएको छ। , नारायणी नदीमा चितवन र नवलपुरलाई जोड्ने पुल अहिलेसम्म एउटामात्रै छ। २०३८ सालमा बनेको नारायणगढस्थित पुल जीर्ण बन्दै गएको छ।, महाशाखाका प्रमुख श्रेष्ठले नयाँ पुल बनिसकेपछि पनि हालको पुल सञ्चालनमै रहने बताए।, ‘नयाँ पुल पर्यटकीय दृष्टिले पनि आकर्षक बन्ने छ। त्यो सिग्नेचर वा स्पेशल जे पनि हुनसक्छ तर अहिलेको भन्दा फरक र आकर्षक दुई लेनको पुल बन्नेछ। हालको पुल पनि सञ्चालनमै रहन्छ,’ श्रेष्ठले सेतोपाटीसँग भने। , नारायणगढदेखि बुटवलसम्मको सडकलाई एसियन मापदण्डको राजमार्गका रूपमा विस्तारको काम अहिले चलिरहेको छ। नारायणगढदेखि भरतपुरको गोद्राङसम्मको सडकलाई ६ लेनको बनाउने काम पनि अहिले चलिरहेको छ।, भरतपुरदेखि पथलैयासम्मको सडक पनि विस्तार हुनेक्रममा छ। पूर्व–पश्चिम राजमार्गलाई नै विस्तार हुँदै गर्दा नारायणी नदीमा पनि आकर्षक पुल बन्न लागेको हो।, ४१ वर्ष पुरानो नारायणी पुलको आडैमा बन्ने भयो नयाँ पुल
नवीनबाबु गुरूङ सरकारले आज र भोलि देशभरका बालबालिकालाई  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।, ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।, तस्बिरहरू:, बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै (तस्बिरहरू)
सेतोपाटी संवाददाता सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ।, प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ।, गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।, तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।,  , तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना तिर्नुपर्ने
नारायण अधिकारी/रासस दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ। सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ।, सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन्। यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन्।, यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ। परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन्। सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ।, यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन्। थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन्। उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ।, घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ। यो उनीहरुको परिश्रमको आधारमा न्यून हो। यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ।, एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहेका छन्। ‘हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो। यसलाई रमाइलो गरेर मनाउनुपर्छ,’ उनले भने।, प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उनले बताए। ‘२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ,’ उनले भने।, जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उनको भनाइ छ। आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उनले बताए। ‘बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र?, न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने? उनले प्रश्न गरे।, जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उनले बताए।, यस्तै उत्साही देखिँदै थिए, प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ। उनी प्रहरी सेवामा लागेको १६ वर्ष भएछ। उनमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ। ‘सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छौं,’ उनले भने।, जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उनको भनाइ छ। प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उनले बताए। ‘प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ। त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ,’ उनले भने।, बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उनले बताए। ‘चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो,’ उनले भने।, देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उनको भनाइ छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउँछन्।, यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उनले बताए।, कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उनको भनाइ छ। घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उनले बताए।, ‘२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ,’ उनले भने। व्यवस्थापन गर्न सके प्रहरी पेसा राम्रो रहेको उनले बताए।, कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताए। अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उनको भनाइ छ।, ‘परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन,’ उनले भने।, सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उनको भनाइ छ।, प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उनले बताए।  थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उनले बताए।, आज प्रहरी दिवस- २४ घण्टे सेवा: न बिदा, न सुविधा
रासस नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ। जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए। २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो। त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो। , संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन्।, यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ। सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसङ्ख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ।, अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो। संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो। राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो।, नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ। अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ। , दिगो विकास लक्ष्यको लक्ष्य १।१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ। दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ। कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जिनीयरिङ अध्ययन संस्थान, काठमााडौँ र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।, यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्मािण विभागले जनाएको छ। दिगो र वतावरण मैत्री शहरी विकासमा जोड दिँँदै विश्व बसोवास दिवसका कार्यक्रम गरिने भएको छ।, शहरी क्षेत्रको जनसंख्या वृद्धि
नवीनबाबु गुरूङ यति बेला तिहार नजिकिएको छ। तिहारमा गरिने हरेक पूजामा फूलको विशेष प्रयोग हुने भएकाले तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ।, तिहारमा सयपत्री, मखमली, गोदावरी लगायत फूलको विशेष माग हुने भएकाले पनि किसानहरू यसको खेतीमा लागि पर्छन्।, भक्तपुरको गुण्डुमा किसानहरूले सयपत्रीसँगै मखमलीको व्यावसायिक खेती गर्दै आएका छन्। मखमली चाँडै नबिग्रिने भएकाले यहाँका किसानहरू अहिल्यैदेखि मखमली टिप्न र माला बुन्न व्यस्त भइसके।, बिहानै बारीभरि फूलेका मखमली टिप्दै गरेको किसानहरू यसबाट हुने आम्दानीले सन्तुष्ट भएको बताउँछन्।, फूल रोप्ने, टिप्ने र माला उन्ने सम्मको काम गरेपछि व्यापारीहरू घरघरै ती फूल-माला किन्न पुग्ने स्थानीयले बताए। राम्रो आम्दानी हुने देखेपछि स्थानीय किसानहरू फूलको सिजनमा अरू खेती खासै गर्दैनन्।, यो समय मखमलीकै मौसम हो। , तस्बिरमा हेर्नुहोस् मखमली बगैंचाः,  , मखमली मौसम (तस्बिरहरू)
सेतोपाटी संवाददाता कैलालीमा सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। , चुरे गाउँपालिका ३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सहितका ४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।, मुद्दाका प्रतिवादीहरू समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा समूहको २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको अख्तियारले पुष्टि गरेको छ।, अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२/०७३ र ०७३/०७४ मा खर्च गरेको रकम साधारण सभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको उजुरी परेको थियो। , उजुरीमाथि अनुसन्धानका क्रममा सामुदायिक वनबाट भएका आम्दानी रकम बिल भर्पाइबिना खर्च गरेको देखाई सक्कल बिल भर्पाइ समेत नभएको अख्तियारले जनाएको छ। , साथै, नक्कली फोटोकपी बिल भर्पाइहरू राखी मासेको पाइएको प्रवक्ता भण्डारीले बताए। , अख्तियारले हिनामिना भएको रकम बराबरको बिगो कायम गरी समूहका अध्यक्ष आचार्यबाट असुल गरी कैद र जरिवाना गर्न माग गरेको छ भने सचिव भाट र कोषाध्यक्ष विष्टलाई १८ लाख ३८ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुख्य प्रतिवादी मनिराम आचार्य सरहको सजाय हुन माग दाबी गरेको छ।,  , सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा
नवीनबाबु गुरूङ यति बेला उपत्यका लगायत देशको धेरै भू-भागबाट मनसुन बाहिरिएको छ। काठमाडौं उपत्यकाको मौसम पनि खुला देखिएको छ।, मौसम सफा भएसँगै उपत्यकाबाट विभिन्न हिमालहरू छर्लंग देखिन थालेका छन्।, उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका मनास्लु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजंघा हिमाल प्रष्ट देख्न सकिन्छ। , हेरौं काठमाडौं, ललितपुर र भक्तपुरबाट देखिएका केही हिमालका तस्बिरहरूः, तस्बिरमा हेर्नुहोस् उपत्यकाबाट छर्लंग देखिएका हिमालहरू
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चोट देखिएको छ । , स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चोट पटक देखिएको छ। , ‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट लागेको छ,’ उनले भने, ‘त्यसले उनीहरू दुबैको हत्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।’, महतरा र आचार्यको शव आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पुर्‍याइएको छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताए। , ‘यो आकस्मिक रूपमा भएको हत्या हो वा पूर्वयोजना अनुसार भएको हो, अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘ तर, उनीहरुको हत्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको छ।’, अपर्झट हुने घटनाको हत्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ। ‘जसरी हत्यागरि दुबैको शब एउटै खाडलमा गाडिएको छ त्यसले घटना योजनाअनुसार र चिनजानकै तथा नजिकका आफन्तबाट भएको हुनसक्छ,’ उनले भने, ‘प्रहरी गम्भीर अनुसन्धानमा लागेको छ र छिट्टै हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउनेगरि काम गरिरहेको छ।’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। , प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पुर्‍याएको थियो । , यद्यपि हत्यापछि एउटै खाडलमा गाडिएका किशोरकिशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले बताएको छ। , ‘हत्या गरिएका दुबैको मोवाईल फोन हालसम्म फेला पार्न सकिएको छैन,’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरुलाई गाडेको खाडलमा पनि मोवाईल फेला परेन र अनुसन्धान जारी  छ।’, प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए।, एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्?  भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ। , असोज २८ गते  आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्। , घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। , उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। आचार्य दमारगाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए ।, आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताए। , मावली हजुरबुवाले बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखेपछि आशंका लागेर हेर्दे जाने क्रममा खोल्सामा खनेको नयाँ माटो देखेपछि गाडेको अवस्थामा शब फेला पारेको प्रहरीले बताएको छ। , त्यसपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको थियो। , दिउँसो प्रहरी घटनास्थल पुगेर खाडलबाट शब निकालेको थियो। तर, आचार्यका घर परिवार दंगीशरण – ६ ले आफूहरू नआउँदासम्म शब नलैजान आग्रह गरेकाले प्रहरीले घर परिवार आएपछि मात्रै शब त्यहाँबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो। , हत्यापछि दुबैको शब गाडेको निश्चित भइसकेपछि प्रहरीले घटना अनुसन्धानको लागि बाँकेको कोहलपुरबाट तत्काल तालिम प्राप्त कुकुर झिकाएको थियो। कुकुरबाट समेत अनुसन्धानको काम पुरागरि प्रहरीले मुचुल्का बनाएर शब बेलुकी अबेर मात्रै अस्पताल ल्याएको हो। , किशोरी किशोरीको हत्यापछि एउटै खाडलमा गाडेको घटना सार्वजनिक भएपछि घटनास्थलमा जिल्ला प्रहरी प्रमुख, लुम्बिनी प्रदेशका प्रहरी अधिकारी , लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी लगायत त्यहाँ पुगेका थिए । , घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ किलोमिटर दक्षिणमा पर्छ। प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ जंगलमा दुई किशोर किशोरीको शब गाडेको अवस्थामा फेला परेका थिए।, मृत फेला परेका किशोर-किशोरीको टाउकोमा गहिरो चोट
सेतोपाटी संवाददाता दार्चुलामा अरिंगालले टोक्दा बालकको मृत्यु भएको छ। , शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले ६ वर्षीय प्रशान्तसिंह धामीको मृत्यु भएको हो। , प्रशान्तलाई आमासँगै मेलामा गएका बेला आइतबार दिउँसो अरिंगाल टोकेको थियो।, अरिंगालको टोकाइबाट घाइते बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, दार्चुलामा अरिंगालले टोक्दा बालकको मृत्यु
रासस डडेल्धुरासहित सुदूर पहाडका जिल्लामा विद्युत सेवा अवरूद्ध भएको छ। , कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत सेवा अवरूद्ध भएको विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए।, उनका अनुसार आइतबार रातिदेखि विद्युत सेवा अवरूद्ध भएकामा अहिले मर्मतको काम जारी छ। मर्मत हुनेबित्तिकै विद्युत सेवा सञ्चालन हुने जनाइएको छ।, उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो।, आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए। विद्युत अवरूद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ। , डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत अवरूद्ध
सेतोपाटी संवाददाता पेस्तोल देखाएर एक घरमा लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उदयपुर घर भई चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर मगर र संखुवासभा घर भई जोरपाटी बस्ने ३२ वर्षीय किशोर राईलाई पक्राउ गरेको हो।, उनीहरूले भदौ २५ गते बिहान ३ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरको एक घरमा डाँका मार्न गएका थिए। रडले ढोकाको ताला फुटाएर उनीहरू हतियारसहित घरभित्र पसेका थिए।, पेस्तोल र खुकुरी देखाएर उनीहरूले आफूहरू प्रहरी हौं भनेका थिए। तर उनीहरूले घरबाट धनमाल चोर्न भ्याएनन्। एसपी कोइरालाका अनुसार हो-हल्ला भएपछि उनीहरू भागेका थिए। , त्यसमा संलग्न दुई जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूबाट मेड इन इटाली लेखिएको एउटा पेस्तोल म्यागजिन, गोली, खुकुरी र फलामका रड, स्क्रू, रेन्चफलगायत बरामद गरेको छ।, उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसूर र हातहतियार तथा खरखजाना सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी परिसर, भक्तपुर पठाएको छ।, गठ्ठाघरमा पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई पक्राउ
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट गएराति ३ बजे पाँच जना बालक भागेका छन्।, विभिन्न घटनामा सम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु रातको करिब ३ बजे भागेको बालसुधार गृहले जनाएको छ।, उक्त सुधार गृहमा रहेकामध्ये नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एक/एक जना गरी ५ जना बालक भागेको बाल सुधार गृहले जनाएको छ।, सुधार गृह स्रोतका अनुसार गएराति भान्सा गृहमा पस्नेतर्फको झ्यालको डण्डी काटी उनीहरू भागेका थिए। ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन्।, करिब ५ वर्षअघि निर्माण भएको भैरहवास्थित उक्त बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ।  , भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ। , बाल सुधार गृह स्रोतका अनुसार भागेकाहरूमध्ये ३ जना जबरजस्ती करणी मुद्दा एक जना चोरी मुद्दा र एक जना लागुऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए।, भागेकामध्ये जबरजस्ती करणी मुद्दामा नवलपरासीका दुई जना र रूपन्देहीका एक जना करिब डेढ वर्ष यता सुधार गृहमा बस्दै आएका थिए भने चोरी र लागुऔषध मुद्दामा प्रमाणित भई सुधार गृहमा राखिएका थिए।, यसअघि बाल सुधार गृहमा रहेका बालकहरू सुधार गृहको क्षमताभन्दा धेरै भएपछि  नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो।, भैरहवाको बाल सुधार गृहबाट भागे ५ जना बालक
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका किशोर- किशोरीको हत्याकाण्डबारे अनुसन्धान नजिक पुगेको प्रहरी अधिकारीले बताएका छन्। , स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँस्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो दमारगाउँको जंगलमा फेला परेको थियो। , घटना सार्वजनिक भएलगत्तै मोबाइल लोकेसन ट्यापिङ गरी सुरूमै टिपर चालकलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय घोराहीमा पुर्‍याएको थियो। , २७ गते मध्यराति शरद बेपत्ता भएपछि तिनै टिपर चालकको मोबाइल प्रयोग गरी उनकी मावली हजुर-आमालाई पटक/पटक फोन सम्पर्क गरी नाति कहाँ छ? भनेर सोधेको कुरा खुलेको थियो। त्यही आधारमा उनको लोकेसन ट्यापिङ गरी प्रहरीले नियन्त्रणमा लिएको थियो। , तिनै टिपर चालकको बयानले केही महत्वपूर्ण सुराक मिलेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिएका छन्।, प्रहरीका अनुसार टिपर चालक दमारगाउँका स्थानीय भने होइनन्। प्रहरीले उनको परिचय अझै गोप्य राखेको छ। , ‘सुरूमा पक्राउ परेका व्यक्तिले स्पष्ट केही कुरा प्रहरीलाई बताइसकेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘उनको त्यही बयानका आधारमा आज हामीले फेरि अर्का एक युवकलाई नियन्त्रणमा लिएका छौं।’, प्रहरी स्रोतका अनुसार सोमबार बिहान नियन्त्रणमा लिइएका ती व्यक्तिको माइती घर दमार गाउँ नै हो।, टिपर चालकले केही स्पष्ट सुराक दिइसकेको भए पनि पछिल्लो समय पक्राउ परेका व्यक्तिबारे सूक्ष्म रूपमा सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको ती प्रहरी अधिकारीले जानकारी दिए। , यो बीचमा रोशनी र शरदलाई नजिकबाट चिन्ने गाउँकै साथीहरू तथा सहपाठीसमेत गरी थप दश जना जतिलाई उनीहरूको आनीबानी, व्यवहार तथा उनीहरूबीचको वास्तविक सम्बन्ध पत्ता लगाउनका लागि सोधपुछ गर्न भनेर कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ।, ‘रोशनी र शरदको आनीबानी तथा वास्तविक सम्बन्ध बुझ्नका लागि मात्रै प्रहरीले उनीहरूलाई बोलाएको हो,’ ती प्रहरी अधिकारीले भने, ‘हामीले जति बालबालिकालाई सूचनाका लागि ल्याएका छौं, त्यसमा उहाँहरूको कुनै संलग्नता देखिने आधार भेटिएका छैन।’, असोज २७ गते राति झण्डै साढे १० बजेसम्म रोशनी र शरद दुबैको मोबाइलमा कुराकानी भएको देखिएको प्रहरीले जानकारी दिएको छ।, ‘अब हामी उनीहरूको बीचमा के-कस्ता म्यासेजहरू आदान-प्रदान भएका थिए भनेर पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको  छ।’, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले यसअघि नै दुबैको टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको हुँदा उनीहरूको हत्या भएको स्पष्ट देखिएको जानकारी दिएका थिए। , ‘हत्या गरिएका दुबैको टाउको र अनुहारमा अन्धाधुन्ध ढुंगाले आक्रमण गरेको जस्तो गहिरो चोटपटक लागेको छ,’ अर्का एक प्रहरी अधिकारीले भने,  ‘केटाको अण्डकोशमा गम्भीर चोट छ र एउटा खुट्टाको पिँडुला नजिकै काटिएको जस्तो घाउ खत छ।’, गएराति अबेर मात्रै उनीहरूको शव घटनास्थलबाट पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।, सोमबार दिउँसो पोष्टमर्टमको लागि तयारी गरिएको छ।, ‘पोष्टमर्टमपछि उनीहरूको हत्याबारे थप स्पष्ट बोल्न सजिलो होला,’ ती प्रहरी अधिकारीले भने।, तीन दिनदेखि बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा शरदका मावली हजुरबुवाले जंगलतर्फ जाने चिरोतर्फ नयाँ पाइलाका डोबहरू देखेपछि आशंका लागेर खोज्दै जाने क्रममा दुबै जनाको शव एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका थिए। त्यसपछि प्रहरीलाई घटनाबारे खबर गरिएको थियो।, घटनास्थल रोशनीको घरदेखि झन्डै ८० मिटरको दूरीमा पर्ने प्रहरीले जानकारी दिएको छ।, त्यस्तै, कौवापुर प्रहरी चौकीदेखि करिब ५ सय मिटर पश्चिममा उनीहरूको शव एउटै खाडलमा माटोले पुरेको अवस्थामा फेला परेको थियो।, ‘खासै खाडल नै खनेर पुरेको देखिँदैन,’ ती प्रहरी अधिकारीले भने, ‘चिरोमा उनीहरूलाई फालेर वरिपरिको ढिकको माटो खनेर पुरिएको अवस्थामा शव फेला परेका थिए।’, खाडल खन्न फरुवा प्रयोग भएको देखिएको पनि प्रहरीले जनाएको छ।  , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले यसअघि नै घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्या चिनजानकै र नजिकका व्यक्तिबाट भएको हुने सक्ने आशंका व्यक्त गरेका थिए।, अर्का एक प्रहरी अधिकारीले रोशनी र शरदमध्ये एकले ‘मल्टिपल’ सम्बन्ध राखेका कारण गम्भीर घटना भएको हुन सक्ने आशंका व्यक्त गरे।, अनुसन्धानबाट हत्या गरिएका दुबैका बीचमा रहेको सम्बन्धबारे उनका सहपाठीहरू र गाउँले समेत केही मात्रामा जानकार रहेको भन्ने खुलेको प्रहरीले बताएको छ। ,  , ‘यो आकस्मिक रूपमा भएको हत्याकाण्ड हो वा पूर्व योजना अनुसार भएको हो भन्ने कुरा अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘तर, उनीहरूको हत्यामा नजिकका र चिनजानकै मानिसहरूको हात हुन सक्ने आशंका बढेको छ।’, अपरझट हुने घटनामा हत्यामा संलग्न व्यक्तिले त्यसरी शव व्यवस्थानमा ध्यान नदिने बरू जति सक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाइ छ।, ‘जसरी हत्या गरी दुवैको शव एउटै खाडलमा गाडिएको छ, त्यसले घटना योजनाबद्ध रूपमा र चिनजानकै तथा नजिकका मानिसबाट भएको हो कि भन्ने आशंका पैदा भएको छ,’ उनले भने, ‘प्रहरी गम्भीर अनुसन्धानमा लागेको छ र छिट्टै हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने गरी काम गरिरहेको छ।’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले हत्यापछि एउटै खाडलमा गाडिएका किशोर-किशोरी दुबैले प्रयोग गर्ने मोबाइल फोन हालसम्म फेला पर्न नसकिएको र खोजी कार्य जारी रहेको बताए।  , ‘हत्या गरिएका दुबैको मोबाइल फोन हालसम्म फेला पार्न सकिएको छैन,’ उनले भने, ‘उनीहरूलाई गाडेको खाडलमा पनि मोबाइल थिएन। हत्यामा संलग्न व्यक्तिहरूले नै मोबाइल गायब पारेको हुनसक्ने आशंका भइरहेको छ।’, प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता थिए।, एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्?  भनेर सोधेको भन्ने खुलेको प्रहरीले बताएको छ।, त्यो फोन टिपर चालकको रहेको खुलेपछि उनलाई सुरूमै प्रहरीले पक्राउ गरेको थियो। , असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको हुँदा खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएकी थिइन्। , गाउँले तथा आफन्तले सुरूमा उनीहरू प्रेममा परी आपसमा भागेको हुन सक्ने शंका गरेका थिए।, उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्ययनरत थिए।, इप्रका प्रमुख डिएसपी मल्लका अनुसार आमा र बुवाको छोडपत्र भएका कारण आमासँगै दमाउगाउँस्थित मामा घरमा शरद पनि बस्दै आएका थिए। , प्रहरी स्रोतका अनुसार रोशनीको बुवा पनि रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको भन्ने खुलेको छ। , घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ किलो मिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।, रोशनी–शरद हत्याकाण्ड: टिपर चालकको बयानका आधारमा प्रहरी अनुसन्धान केन्द्रित
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४६ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार १८३ जनाको पिसिआर र एक हजार १०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ७११ जना सक्रिय संक्रमित छन्।, १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ४६ कोरोना संक्रमित
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।, प्रहरी वृत्त ठिमीले दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने प्रेमबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, उनीमाथि सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेको आरोप छ।, घटना २०६७ माघ २४ गते भएको थियो। उनलाई जिल्ला अदालत दाङले जन्मकैद (२० वर्ष) को सजाय सुनाएको थियो। त्यसयता फरार रहेका उनलाई शनिबार ठिमीबाट पक्राउ गरेको हो।, डिएसपी पाण्डेका अनुसार सूर्यबहादुर राना कतारमा काम गर्थे। उनी कतारमा हुँदा छिमेकी देवर नाता पर्ने प्रेमबहादुर र मृतककी श्रीमती बिन्दु रानाबीच अनैतिक सम्बन्ध थियो।, दुई वर्ष कतारमा काम गरेर उनी २०६७ माघ १९ गते घर फर्किएका थिए।, उनी आएको पाँच दिनपछि प्रेमबहादुर र बिन्दुले हत्या गरेको डिएसपी पाण्डेले बताए।, उनीहरूले सुरूमा जाँडमा धतुरो मिसाइ खुवाएर सूर्यबहादुरलाई बेहोस बनाएका थिए। त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए। शव व्यवस्थापन गर्न डोकोमा बोकेर जंगलको भिरालो खोल्सामा लगेर फ्याँकेका थिए।, हत्या भएको भोलिपल्टै शव फेला परेको थियो।, त्यसयता फरार रहेका प्रेमबहादुरलाई पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ।, जन्मकैद ठहर भएका फरार व्यक्ति १२ वर्षपछि भक्तपुरबाट पक्राउ
सेतोपाटी संवाददाता मानवशास्त्री ओम गुरूङको निधन भएको छ।, ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा सोमबार दिउँसो उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी ६८ वर्षका थिए। , उनको स्वास्थ्य समस्या आएपछि आइतबार नै अस्पतालमा लगिएको थियो।, गुरूङ पहिला किड्नीका बिरामी थिए। किड्नीको समस्या निको भएर फेरि क्यान्सर देखिएको एक चिकित्सकले बताए।, ‘हिजो बिहान इमरजेन्सीमा आउनुभएको थियो। प्रेसर पनि कम, मुटुमा पनि समस्या देखिएको थियो,’ उनले भने, ‘पिसाब पनि कम भयो भन्नुभएको थियो। हिजो नै आइसियूमा सार्‍यौं। त्यहाँ सार्नबित्तिकै स्वास रोकियो पछि हामीले भेन्टिलेटरमा सारेका थियौं।’, उपचारको क्रममै उनको आज मृत्यु भएको हो।, बाग्लुङमा जन्मिएका गुरूङले ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। अमेरिकाबाट विद्यावारिधि गरेका उनी १२ वर्ष त्रिविको समाजशास्त्र तथा मानवशास्त्र विभागमा प्रमुख बनेका थिए। ,  ,  , मानवशास्त्री ओम गुरूङको निधन
सेतोपाटी संवाददाता सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ। , गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ। , भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ। , १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो।  , सत्यमोहनको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा
सेतोपाटी संवाददाता लुम्बिनीस्थित मायादेवी मन्दिरमा रहेको दानपेटिकामा ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ।, चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा उक्त रकम संकलन भएको हो।, लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटीको गणना गरेको थियो।, पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६ लाख ३६ हजार गरी २७ लाख १८ हजार रुपैयाँ भेटी बापत दान संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।, कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा आईतबार दानपेटिका खोलिएको थियो।, मायादेवी मन्दिरको अवलोकनमा गएका आन्तरिक तथा बाह्य पर्यटकले चढाएको भेटी २४ जनाको टोलीले गणना गरेको थियो।, तीन दिन लाग्ने अनुमान गरिएपनि २ दिनमै भेटिको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताए।, सिसिटिभी क्यामेरा जडान गरी गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ। यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो। लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा यहि दानपेटिकामा संकलन गरिएको रकम रहने गरेको छ।, लुम्बिनीको मायादेवी मन्दिरबाट तीन महिनामै संकलन भयो २७ लाख
रासस म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरू गरेको हो।, एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ। तीन करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गत वर्षको असोजमा सम्झौता गरेको थियो।, सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुने भएको हो। गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो।,     , रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका–१, रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए।, पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानव निर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयवासीको भनाइ छ।, पुलको कूल लागत रु तीन करोड ५० लाख रहेको छ। पुल निर्माण गर्नका लागि बानपा ४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका हुन्।, दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षत्रीले बताए।,  , म्याग्दी–बागलुङ जोड्ने झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह इन्टरपोलको ९०औं महासभामा सहभागी हुन भारत प्रस्थान गरेका छन्।, कात्तिक १ गतेदेखि ४ गतेसम्म हुने महसभामा सहभागी हुन उनी सोमबार नयाँ दिल्ली गएका हुन्।, उनीसँगै डिआइजी उमेशराज जोशी, एसपी अनुपम शमशेर जबरा, इन्स्पेक्टर यमकुमार श्रेष्ठसहित पाँच सदस्यीय टोली भारत गएका हुन्।, उनीहरूलाई एआइजी सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्रबहादुर धानुक लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बिदाइ गरेका थिए।, १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधि सहभागी महासभामा सदस्य राष्ट्रहरूको वार्षिक प्रतिवेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरूमा संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।, आइजिपी सिंहको अनुपस्थितिमा एआइजी सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन्।, प्रहरी आइजिपी धिरजप्रताप सिंह भारत प्रस्थान
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर-किशोरीको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ।  , तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका प्रशासन हेर्ने रेस्मी अधिकारीले सेतोपाटीलाई जानकारी दिए। , प्रहरीले आग्रह गरे अनुसार पाँच/छ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ  प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए। , घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चिकित्सकले शव पोष्टमर्टम गर्न नमानेपछि घोराहीबाट बोलाउनु परेको बताए। , तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चलिरहेको भए पनि बेलुकी पख घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमर्टम गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए। , दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए। , उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो। शव फेला परेको २४ घन्टा बढी बितिसक्दा पनि अझै पोष्टमर्टम हुन सकेको छैन। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए।  , असोज २८ गते आचार्यकी मावली हजुरआमाले कौवापुर प्रहरी चौकीमा  गएर आफ्नो नाति हराएको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्। , उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा अध्ययनरत थिए। रोशनी कक्षा ८मा र शरद ९मा अध्ययनरत थिए।, उनीहरूका केही नजिकका सहपाठी तथा साथी गरी ६ जनालाई उनीहरूको व्यवहार तथा सम्बन्धको कुरा सोधपुछको लागि इप्रकामा राखेको छ। , यीबाहेक प्रहरीले एक जना टिपर चालक आइतबार नै र उनको बयाका आधारमा अर्का एक युवकलाई सोमबार बिहान नियन्त्रणमा लिएर घटना अनुसन्धान भइरहेको जानकारी दिएको छ।, प्रहरी उच्च स्रोतका अनुसार थप एक/दुई जनाको नाम आएको हुँदा उनीहरूलाई निगरानीमा राखेर सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढाइएको छ।, सहपाठी रोशनी र शरदको एकै साथ हत्या गरी एकै स्थानमा शव फालेर भाग्नेहरूलाई छिट्टै नियन्त्रणमा लिने प्रहरीले विश्वास दिलाएको छ।, फरेन्सिक विज्ञ झिकाएर रोशनी र शरदको शव पोष्टमर्टम गरिने
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।, मृत्यु हुनेमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय अनिश साउँदेन र  सोही गाउँपालिका वडा नम्बर ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ वर्षीय भोलाराज भुजेल रहेको प्रहरी कार्यालयले जनाएको छ।, उनीहरूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।, मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रशन्ना भुजेल घाइते भएका छन्। उनीहरूको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।, मोटरसाइकल दुर्घटनामा २ को मृत्यु
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ। , ५ सय रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको हो। , विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादवलाई सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ गरेको हो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको हो।, उनलाई नियन्त्रणमा लिएर थप कारबाही अगाडि बढाइएको बताइएको छ।, घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ
सेतोपाटी संवाददाता हिजो सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको छ।, अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।, काठमाडौं उपत्यकामा सोमबार यता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। , मौसमविद हिरा भट्टराईका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ। तापक्रम कम हुने क्रम सुरू भएकाले चिसो बढ्दै जाने उनले बताए।, ‘बिहान बेलुकाको तापक्रम हिजोबाट घट्न थालेको छ। घाम लाग्ने भएकाले दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुकाको तापक्रम कम भएकाले चिसो अनुभव हुन थालेको छ’, उनले भने।, उनले केही पश्चिमी वायुहरू सक्रिय भइरहेकाले उनीहरूले चिसो लिएर आउने जानकारी दिए।, ‘केही पश्चिमी वायुहरू सक्रिय छन्, चिसो पनि उनीहरूले नै लिएर आउने भएकाले यस्तो भएको हो’, भट्टराईले भने,‘अब बिस्तारै चिसो बढ्दै जानेछ।’ , हाल जुम्लाको तापक्रम ४ डिग्री सेल्सियस छ भने जिरीको ५.७ र जोमसोमको तापक्रम ६ डिग्री सेल्सिय रहेको छ। यस्तै काठमाडौं उपत्यकाको तापक्रम १२.२ डिग्री सेल्सियस रहेको छ। , चिसो बढ्न थाल्यो, घट्दो क्रममा तापक्रम
रासस बाबुको सहादतको सम्मानस्वरुप आफूलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे।, सोमबार  जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उनलाई मन थाम्न सकस परिरहेको थियो।, ‘म त्यो सन्तान हुँ, जसले बाबुको काख पाइनँ’, दोसल्ला ओढेपछि उनले सञ्चारकर्मीसँग भनिन्, ‘बुवाको सहादत र आफ्नो जन्मको कुरा हजुरआमाले सुनाउँदा त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ।’ जीवनको संयोग पनि कस्तो? पिता नेपाल प्रहरीका हवल्दार नरेश यादव तत्कालीन द्वन्द्वमा मारिदा त्यसै दिन रेखा यादवको कोखबाट जन्मेकी रामरतीको पहिलो रूवाइ घरमा गुञ्जेको थियो।,  , विसं २०५९ को भदौ २३ गते घरमा रामरती जन्मेकी खबर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी हवल्दार नरेशले सुन्न पाएनन्। बरू नरेश गोली लागेर ढलेको खबर घरका परिवारजनले  केहीबेरपछि पाए। नरेशकी आमा जिरवादेवी यादव त्यो दिनको सम्झनाले भक्कानिन्छिन्।, ‘घरमा नातिनी जन्मी, यो खबर छोरालाई पुर्‍याउनै नपाइ ऊ (नरेश) यो दुनियाँमा नरहेको खबर आयो।  नातिनीसँगै प्रहरी दिवस कार्यक्रममा सरिक हुन पुगेकी करिब ७५ वर्षीया जिरवादेवीले भनिन्, ‘अब आँखामा आउने आँसु सुके, यै नातिनी (रामरती) लाई हेरेर चित्त बुझाउनु छ।’, नरेशको सहादतसँगै उसै दिन घरमा छोरी जन्माएकी रेखा यादवले पतिको नाउँमा प्राप्त हुने सुविधा हात पारेर अर्को बिहे गरेपछि रामरतीको भरणपोषण र शिक्षादीक्षाको जिम्मेवारी हजुरआमा जिरवाको काँधमा आइपर्‍यो।, पढाइमा एसइई (दशौँ कक्षा, माध्यमिक शिक्षा परीक्षा) सम्म विभिन्न क्षेत्रबाट साथ पाएकी रामरतीले अबको अघिल्लो शिक्षा आफ्नै परिवारको वलबुताबाट गर्नुपर्ने भएको छ। , ‘आमा जवान हुनुहुन्थ्यो, अर्को बिहे गर्नुभयो, केही गुनासो छैन’, आमाले अर्को बिहे गरेको कुरामा चित्त दुखाइ नभएको बताउँदै रामरती भनिन्, ‘बुवाका नाउँमा प्राप्त सुविधामा भने मलाई पनि सम्झनुपथ्र्यो भन्ने लाग्छ।’, कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारजनका विलौना हृदयविदारक थिए। कार्यक्रममा विसं २०५९ कै भदौ २२ गते सिन्धुलीको भिमान प्रहरी चौकीमा आक्रमणमा वीरगति प्राप्त गरेका प्रहरी जवान गौरी रायकी पत्नी जमुनादेवी रायले आफ्ना विलौना सुनाउँदा कार्यक्रमका सबै सहभागीका आँखा रसाए।, महोत्तरीको मनराशिशवा–९ बथनाहाकी जमुनाले पतिको सहादतपछि तीन छोरा हुर्काए पनि अहिले सबै बेरोजगार हुँदा घरगुजाराको संकट परेको बताइन्।, द्वन्द्वमा २३ प्रहरीले मुलुकका विभिन्न ठाउँमा कार्यरत रहेकै अवस्थामा सहादत प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ।, कार्यक्रममा सबै अमर प्रहरी परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी र प्रहरी नायब उपरीक्षक रवि रावलले दोसल्ला ओढाइ सम्मान गरेका थिए।, समारोहमा पछिल्लो एक वर्ष अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका १२ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो।, ‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’
सेतोपाटी संवाददाता पोखराको बेगनास तालमा डुबेर एक जनाको मृत्यु भएको छ। , पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा डुबेर वडा नम्बर १३ बाझापाटन बस्ने २८ वर्षीय लालबहादुर गुरूङको शुक्रबार मृत्यु भएको हो।, डुंगा चलाउने क्रममा पल्टिएर यनी डुबेका थिए। पानीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा शव फेला परेको हो। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।, बेगनास तालमा डुबेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो।, यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्।, गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ।, यस्तै पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, १७६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।, ७७ जिल्लामै फैलियो डेंगी, ४७ जनाको मृत्यु
नवीनबाबु गुरूङ इकोज इन दी भ्यालीको आयोजनामा शनिबार ललितपुरको बुङमतीमा 'बुंग महोत्सव' सम्पन्न भएको छ।, बुङमतीको इतिहास र संस्कृति चिनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न समूहको सांगितिक प्रस्तुति तथा स्थानीय कलाकृतीको प्रदर्शन गरिएको थियो।  , महोत्सवमा रैथाने, कुटुम्ब, दी नाइट, पन्चामृत लगायत समूहको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुति रहेको थियो।  , बिहान ९ बजेदेखि सुरू भएको कार्यक्रम साँझ ७ बजे सकिएको छ। , तस्बिरमा हेर्नुहोस् बुंग महोत्सव
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको छ।, शनिबार कार्यालय मातहतका विभिन्न ठाउँमा विशेष चेकिङ गरेको थियो। त्यसअन्तर्गत ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।, नम्बर प्लेट स्पष्ट नभएका ४४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तिव्र गतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठूलो आवाज निकाल्ने २ वटा मोटरसाइकल चालक कारबाहीमा परेका हुन्।, त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७८८ जना चालक पनि कारबाहीमा परेका छन्। , स्पष्ट रूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजोदेखि तिव्रता दिएको हो।, नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसूर हुने कार्यालयले जनाएको छ।, साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्नुहुन पनि अनुरोध गरेको छ।,  , शनिबार एकैदिन १ हजार ४ जना परे ट्राफिकको कारबाहीमा
सेतोपाटी संवाददाता विश्व भोकमरी सूचकाङ्क (जिएचआई) २०२२ मा नेपाल ८१ औं स्थानमा परेको छ।, कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन हालै सार्वजनिक गरेका हुन्।, संसारभरिका १२१ देशमध्ये नेपाल ८१ औं स्थानमा रहेको हो भने दक्षिण एसियामा नेपालभन्दा अघि श्रीलंका ६४औं स्थानमा छ।, छिमेकी भारत भने निकै पछाडि छ। गत वर्ष १०१ स्थानमा रहेको भारत यसपालि १०७ स्थानमा झरेको छ।  भारत एसियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो।, जिएचआई अनुसार श्रीलङ्कका (६४), म्यानमार (७१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा रहेका छन्।, नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन्।, अल्पपोषण, बाल पुड्कोपन र पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको मृत्युदर गरी जिएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ।, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको तौल कम हुनुलाई अल्पपोषणको कारणले गर्दा बालबालिकाको तौल कम हुनु मानिन्छ। , बाल पुड्कोपनले पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको अनुपात मापन गर्दछ जुन पुरानो कुपोषणको प्रभावको कारण उनीहरूको उमेरको लागि कम उचाइ रहेको छ।, प्रतिवेदनअनुसार १७ वटा देशले जिएचआई स्कोर ५ भन्दा कम प्राप्त गरेका छन्। भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएचआईका अनुसार भारतमा भोकमरीको स्तर ‘गम्भीर’ छ।  , विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल श्रीलंकाभन्दा पछि, भारतभन्दा अघि
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।, उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।, माइधार-भालुखोला सडकखण्डको किरात चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।, मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
रासस धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।, पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्।, महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’ भनेर होटल सञ्चालक सेती गुरुङसँग रु ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक गुरुङले बताइन्।, शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिबार खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ।, सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्‍याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै रु ११ हजार लिएर गएको होटल सञ्चालक गुरुङले बताइन्।, सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ।, सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै धादिङमा पैसा ठगी
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।, आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।, किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।, जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन्।, सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो, — Girish Giri (@Birgunj) ,October 16, 2022, २४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। , स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।, अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।, शताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्
निशा भण्डारी शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।, आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। , शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।, शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए। , ‘आज हामी अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राख्नेछौ। त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौ’, डाक्टर बस्नेतले भने,‘यसरी राखिएको शरीर अनन्तकालसम्म जस्ताको तस्तै रहनेछ।’  , उनले सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए। ‘हामी सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई डेकोरेट गरि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राख्नेछौ, त्यसपछि केमिकलमै डुबाएर शरीरलाई अनन्तकालसम्म राख्नेछौ’, उनले भने।, अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेकाले उहाँकै इच्छा अनुसार शरीर अध्ययनका लागि राखिने बस्नेतले बताए।, छलफलमा परिवारका सदस्यहरूले बुबाको अन्त्येष्टि समाज र गुठियार अनुसार गर्ने सोच भएको बताएका थिए।, किष्ट अस्पतालमा भएको छलफलमा बोल्दै जोशीका कान्छा छोरा डाक्टर पूर्णराज जोशीले आफूहरूको इच्छा परम्परा अनुसार अन्त्येष्टि गर्ने भए पनि बुबाको इच्छालाई आफूहरूले मान्ने बताए।, ‘बुबाले चाहनुहुन्थ्यो कि, कसरी यति लामो समयसम्म कसरी बाँचिरहेको छु। हामी छोराहरू उहाँको सम्मान गर्छौ। अस्पतालले अध्ययन गरोस्,’ उनले भने।, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सत्यमोहन जोशीकै इच्छा अनुसार हुने जानकारी दिए।, सत्यमोहन जोशीले आफ्नो शरीर मृत्युपश्चात किष्ट अस्पताललाई अध्ययनका लागि दान दिने घोषणा गरिसकेको भन्दै ललितपुर महानगरका मेयर महर्जनले भने, ‘मलाई जलाएर पठाए खरानी हुन्छ तर नजलाए विद्यार्थीले मेरो शरीरलाई पढ्न सक्छन् भनेर उहाँले भन्नुभएको थियो। उहाँले मलाई मृत्युपश्चात पनि केही गर्न सकौं भनेर आफ्नो इच्छा अनुसार हस्ताक्षर गरेर विद्यार्थीलाई अध्ययनका लागि किष्ट अस्पताललाई दिन्छु भन्नुभएको थियो।’, मेयर महर्जनले जोशी ९८ वर्ष लागेदेखि नै महानगरले सहयोग गरिरहेको जानकारी दिए।, सत्यमोहन जोशीको शरीर नजलाउने, अध्ययनका लागि राखिने
सेतोपाटी संवाददाता आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ।, किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अहिले उनको पार्थिव शरीर अस्पतालमै छ। केहीबेरपछि अस्पतालबाट पार्थिव शरीर महानगर परिसर पुर्‍याइनेछ।, पाठकका अनुसार महानगरमा दिउँसो ४ बजेसम्म सर्वसाधारणले जोशीलाई श्रद्धाञ्जली अर्पण  गर्न सक्नेछन्।, प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य सरकारी उच्च पदस्थ व्यक्तिहरू पनि श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसर पुग्ने बताइएको छ।, सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरिसकेपछि जोशीको पार्थिव शरीरलाई फेरि किस्ट अस्पतालमै ल्याइनेछ।, जोशीले आफ्नो शरीर दान गरिसकेकाले धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिने छैन।, औसत उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ? भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेका थिए।, सर्वसाधारणले श्रद्धाञ्जली दिन सत्यमोहनको पार्थिव शरीर ललितपुर महानगर परिसरमा राखिने
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान ,उपचारकै क्रममा निधन, भएको छ।, यसअघिनै आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले किष्ट अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ।, ‘यसअघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्नेबारे छलफल हुँदैछ’, ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले ,सेतोपाटी,सँग भने,‘अब छलफलपछि मात्रै कसरी अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुन्छ।’, मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे अहिले छलफल हुन लागेको हो।, शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका थिए।, औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ? भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेका थिए।, ‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोही अनुसार पनि म १०० वर्ष त बाँचिसकेँ । यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो छ ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं,’ २०७७ माघ ३० गते आयोजित एक कार्यक्रममा जोशीले भनेका थिए।, शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताएका थिए।  जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गरेका थिए।, मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे छलफल हुँदै
सेतोपाटी संवाददाता तीन वर्षअघिको एक बिहान सत्यमोहन जोशीलाई भेट्दा हामीले सोधेका थियौं, 'तपाईंको इच्छा के छ?', उनले भनेका थिए, 'सय वर्ष पूरा गरेर एक सय एक पुगुञ्जेल संसारमा भौतिक उपस्थिति जनाउन पाए हुन्थ्यो।', सय वर्ष पूरा गर्ने उनको इच्छा पूरा भयो। उनले २०७९ वैशाख ३० गते आफ्नो १०३औं जन्मदिन मनाए।, त्यही भेटमा उनले आफ्नो अर्को इच्छा पनि व्यक्त गरेका थिए, 'मलाई अब कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार जितेको हेर्ने इच्छा छ।', 'यो त कसरी सम्भव होला र?' हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, 'असम्भव चाहिँ देखेको छैन, छेउमै रवीन्द्रनाथ टैगोरले पाउन सक्छन् भने कुनै नेपालीले किन पाउन नसक्लान्?', सत्यमोहनको यो इच्छा असम्भव नहोला तर त्यो घडी आफ्नै आँखाले हेर्ने उनको इच्छा भने अब कहिल्यै पूरा हुने छैन।, नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिँदै तीनपटक मदन पुरस्कार जितेका 'शताब्दी पुरूष' सत्यमोहन जोशीको १०३ वर्ष उमेरमा आइतबार बिहान निधन भएको छ।, जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। असोज ७ गते उनलाई खानामा अरूचि, शारीरिक कमजोरी लगायत समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्याका साथै डेंगी पनि देखियो। करिब दुई साताको उपचारपछि उनी दोहोरो कुराकानी गर्न सक्ने भएका थिए। तर शुक्रबार शरीरमा अक्सिजनको मात्रा घटेपछि उनी फेरि सिकिस्त भएका थिए।, जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो।, १०१ औं जन्मदिनको अवसरमा शुभकामना दिन आएका शुभेच्छुकसँग सत्यमोहन जोशी। तस्बिर: गिरीश गिरी/सेतोपाटी, त्यो सत्यमोहन जोशी भन्ने को रहेछ!, बिक्रम सम्बत् २०१६ सालको कुरा हो। नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एकदिन अनौठो खबर आइपुग्यो- ‘पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त’।, त्यतिबेला यो नयाँ अड्डा खुलेको थियो। कतिसम्म नयाँ भने, त्योभन्दा पहिले संस्कृति भन्ने शब्द नै प्रचलनमा थिएन। निकै पछिसम्म धेरै मानिसले संस्कृतिको अर्थ बुझ्दैन थिए।, सत्यमोहनलाई चाहिँ आफूसँग दुरूस्त नाम मिल्ने अर्को सत्यमोहन जोशी को रहेछ भन्ने जिज्ञासा थियो।, उनी त्यो बेला खरदार थिए। सञ्चय कोष काटेर महिनाको ४२ रूपैयाँ दाम थाप्ने एक ‘नन् गजेटेड’ कर्मचारी। त्यो बेला उनी ‘गजेटेड अफिसर’ अर्थात् विभागकै डाइरेक्टरको ओहोदाबारे चिताउन पनि सक्दैन थिए।, त्यही बेला एक मान्छे ‘ए सत्यमोहन तिमी डाइरेक्टर भयौ’ भन्दै सुनाउन आए।, ‘चुप चुप, नचाहिने कुरा नगर,’ उनी त्यसरी हल्ला गर्न आउनेलाई भन्थे, ‘बरू त्यो अर्को को मान्छेको नाम सत्यमोहन जोशी रहेछ!’, उता सायद सरकार सत्यमोहन जोशीलाई कुरिरहेको थियो। यता सत्यमोहन आफैं पनि सत्यमोहन जोशीलाई नै पर्खिरहेका थिए।, कुर्दा–कुर्दा केही दिन बिते, कुनै सत्यमोहन जोशी त्यो नामको दाबी गर्न आएन।, ‘अब त जानै पर्यो बाबा’ भनेर उनी बडो अप्ठ्यारोसँग निस्के।, त्यति बेला वसन्तपुरमा जनसंख्या तथा केन्द्रीय तथ्यांक विभाग थियो। त्यहाँ कांग्रेसका भर्खरका ठिटो परशुनारायण चौधरी शिक्षामन्त्री थिए। उनकै मातहत यो नयाँ पुरातत्व तथा संस्कृति विभाग थियो।, त्यस दिन सत्यमोहनको मन्त्री चौधरीसँग भेट भएन। उनी कतै बैठकमा गएका थिए। त्यसपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायकहाँ पुगे। सूर्यप्रसाद त्यो चुनावमा हारेका थिए। हारेकै भए पनि उनलाई गृहमन्त्री बनाइएको थियो।, सत्यमोहनले आफूसँग मिल्दो नामको मान्छे डाइरेक्टर नियुक्तिको खबर आएकाले अप्ठ्यारो परेको बताए।, सूर्यप्रसाद हाँसे। हाँस्दाहाँस्दै प्रश्न गरे, ‘त्यो हाम्रो लोकसंस्कृति भन्ने ग्रन्थ लेख्ने मान्छे को हो?’, सत्यमोहनले भने, ‘त्यो त मैले नै लेखेको हुँ।’, ‘ओहो! त्यसो भए तपाईंलाई नै दिएको डाइरेक्टर पद हो यो,’ गृहमन्त्रीले भने।, उनी एकछिन रनभुल्ल परे। यो कस्तो दायित्व हो? त्यहाँ गएर के गर्ने? यस्ता प्रश्नले उनलाई भित्रभित्रै पिरोल्यो। जुन पुस्तकको चर्चा गृहमन्त्रीले गरिरहेका थिए, त्यसमा आफ्नो खासै योगदान छैन भन्ने उनलाई लाग्थ्यो।, सत्यमोहनले सेतोपाटीको आत्मकथा शृंखलामा भनेका थिए, 'त्यो किताब मेरो होइन, गाउँघरका मान्छेहरूको थियो। मैले त उनीहरूका गीतलाई अलिकति साहित्यिक रूपले मिलाउने काम मात्र गरेको थिएँ।', त्यही कामको प्रशंसा गर्दै उनलाई पहिलोपटक मदन पुरस्कार मात्र दिइएन, त्यही पुस्तकका कारण उनले पुरातत्व तथा संस्कृति विभागको निर्देशकको जिम्मेवारी पनि पाए।, २०१७ पुस १ को शाही 'कू', राजा महेन्द्रले २०१७ पुस १ गते शासनसत्ता हातमा लिएको दुई महिनापछि फागुन २० गते गृह मन्त्रालयबाट एउटा पुर्जी आयो। त्यसमा सत्यमोहनलाई पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरबाट हटाइएको थियो।, यसको जानकारी पाएको भोलिपल्टै उनी नवनियुक्त गृहमन्त्री विश्वबन्धु थापालाई भेट्न गए।, गृहमन्त्री थापाले ‘हुने कुरा भइसक्यो। अब के गर्ने? राजालाई निवेदन गरे हुन्छ’ भनेर सुनाए।, उनले राजालाई निवेदन दिएनन्।, पछि उति बेला खोसिएका धेरै मानिस फेरि फिर्ता गरिए पनि सत्यमोहनलाई पुन: नियुक्त गरिएन। उनले कसैसँग सोधीखोजी पनि गरेनन्।, विश्वबन्धुले सत्यमोहनको ठाउँमा आफ्नै भतिजा रमेशजंग थापालाई नियुक्त गरिदिएका थिए। रमेशजंग पछि रक्षा सचिवदेखि लिएर निर्वाचन आयुक्तसम्म पनि भए।, 'मानिस अहिले सबै बिग्रेको भन्छन्। मैले देख्दा त बिग्रेको त्यसै बेलादेखि हो,' सत्यमोहनले सेतोपाटीको आत्मकथा शृंखलामा भनेका थिए, 'जतिसुकै इमानदारीपूर्वक काम गरे पनि, कतै कुनै लागलपेट नभएको मानिसलाई अचानक बर्खास्त गरिदिने र आफ्ना मानिसलाई भर्ति गर्ने काम उतिबेलैदेखि भएको हो।', उनले अगाडि भने, 'आफ्नै पार्टीका तर्फबाट नियुक्ति दिएका मानिसलाई त त्यति बेला निकालेका मन्त्रीहरूले म कुनै पार्टीमा नलागेको मानिसलाई झन् किन फिर्ता बोलाउँथे?', त्यसैबीच सत्यमोहनले लेखेको अर्को पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ ले फेरि मदन पुरस्कार पाएको थियो। एउटा भेटघाटमा राजा महेन्द्रले उनलाई त्यस पुस्तक निम्ति धन्यवाद दिएका थिए।, त्यति बेलै चीनको पेकिङ रेडिओमा हिन्दुस्तानको भाषा पढाउने, बंगाली पढाउने मानिसहरू मागिरहेकै क्रममा नेपाली पनि पढाउने मानिसको खोजी भइरहेको रहेछ। उता चीन र हिन्दुस्तानको लडाइँ भएकाले उनीहरूको सम्बन्ध राम्रो थिएन। नेपालबाट मागेकोमा पनि चूडानाथ भट्टराई, मोहनहिमांशु थापा र सत्यमोहनबीच प्रतिस्पर्धा भएको थियो। दुई जना पढेलेखेका विद्वानका बीचमा स्नातक पनि नगरेका सत्यमोहन परेका थिए।, 'मेरो जागिर खोसिएकाले कतै जाने ठाउँ पनि थिएन, जे पर्ला पर्ला भनेर प्रतिस्पर्धा गरेको थिएँ। पछि त छान्ने बेला चिनियाँहरूलाई के परेछ, मेरै नाम पो छनौट गरेर पठाए,' सत्यमोहनले भने।, यसरी चीनले बोलाएपछि उनी चार वर्ष आफूसँगै नेपाली भाषा लिएर उता गए। त्यस अवधिमा त्यहाँका चिनियाँलाई पेकिङ रेडिओमा नेपाली भाषाको कार्यक्रम चलाउन सक्ने गरी तयार पारे।, त्यसपछि नेपाल फर्किएपछि उनी प्रज्ञा प्रतिष्ठानमा सह-प्राज्ञका रूपमा प्रवेश गरे।, यहाँबाट उनको प्राज्ञिक जीवन सुरू भयो।, खस सभ्यता खोज्दै महाविकट कर्णाली, २०२६ सालको कुरा हो। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको दोस्रो प्राज्ञ परिषद गठन भयो। परिषदमा सत्यमोहनसहित आठ जना सह-प्राज्ञ, चार जना प्राज्ञ, बालकृष्ण सम उपकुलपति र केदारमान व्यथित कुलपति थिए।, कुलपति व्यथितले एक दिन संस्कृतिसम्बन्धी काम गर्ने प्राज्ञहरूलाई बोलाए र ‘तपाईंहरूलाई संस्कृति क्षेत्रमा के के काम गर्ने इच्छा छ?’ भनेर सोधे।, त्यो बेला संस्कृतिमा काम गर्न चार जनाको समूह थियो। समूहको नेतृत्व सूर्यविक्रम ज्ञवालीले गरेका थिए भने साथमा प्राध्यापक डा. चूडानाथ भट्टराय, धर्मराज थापा र सत्यमोहन थिए।, व्यथितले तीन जना प्राज्ञहरूको कुरा सुनिसकेपछि सत्यमोहनलाई सोधे, ‘जोशीजी तपाईंलाई के विषयमा काम गर्न मन छ?’, त्यो बेला नेपाली भाषाको ब्युत्पत्ति थलो कर्णाली अञ्चलको जुम्लाभन्दा अझ पर सिंजा खोला उपत्यका हो भन्ने कुरा आइरहेको थियो। त्यहाँबाटै नेपाली भाषा जन्म भएको हो भन्ने कुरा आएपछि त्यसबारे राम्ररी बुझ्न पाए हुन्थ्यो भन्ने उनको मनमा खेल्न थाल्यो। सामान्य चर्चामा आएको त्यो कुराको खोजीनीति कसैले गरेका थिएनन्।, 'यत्रो राष्ट्रिय भाषाका रूपमा सारा देशभर प्रचलित छ। त्यो भाषा उत्पत्ति थलोको एउटा चित्र उभ्याउने इच्छा मभित्र भयो। त्यसको खोजी गरेर विवरण ल्याउने हो भने सबैले थाहा पाउँथे,' सत्यमोहनले सेतोपाटीको आत्मकथा शृंखलामा भनेका थिए, 'त्यहाँ कस्ता मान्छे थिए, कताबाट आएका थिए, त्यो ठाउँकै इतिहास कस्तो छ, लोकसाहित्यको अवस्था कस्तो छ, जनजीवन कस्तो छ, सामाजिक–आर्थिक अवस्था कस्तो छ, यी सारा कुरा समेट्ने लोकगीतदेखि उखानहरू के कस्ता छन्, चाडबाडदेखि लिएर धर्मका यावत कुराहरु सबै खोजीका विषय हुनसक्थे।', उनले कुलपतिसमक्ष यही प्रस्ताव राखे र भने, ‘मलाई अनुमति दिनुहुन्छ भने म त्यही सिंजा खोलातिर जान्छु र नेपाली भाषाको ब्युत्पत्ति थलो खोजी गर्छु।’, तर यो प्रस्ताव उनले सोचेजस्तो सजिलै पास भएन। सभामा उपस्थित प्राज्ञहरू उनको कुरा सुनेर गलल्ल हाँसे।, ‘एक त त्यत्रो टाढाको ठाउँ छ,’ उनीहरूले भने, ‘त्यस्तो अनकन्टारमा तपाईं जाने कसरी? काम गर्ने कसरी?’, त्यति बेला विमानसमेत त्यो भेगमा जाँदैन थियो। असाध्यै अनकन्टार थियो कर्णाली। जाने-आउने नै कसरी र कति समय लाग्छ भन्ने ठेगान थिएन।, ‘गइसकेपछि कहाँ के समस्या आइपर्छ त्यो समेत थाहा नहुने यस्तो विचित्रको काममा हात नहाल्नूस्,’ प्राज्ञहरूले आफूलाई दिएको सुझाव सम्झँदै सत्यमोहनले भनेका थिए, ‘बरू यतै बसेर काव्य लेख्नूस्, उपन्यास लेख्नूस् वा अरू कुनै काम गर्नूस्। केही नपाए कुनै अनुवाद गरे पनि भयो।’, 'अनाहकमा दुःख पाउने काममा अगाडि नबढौं भन्ने साथीहरूको भनाइ थियो। तर मलाई चाहिँ मनमा आएको त्यो कुरा संकल्पजस्तै बसिसकेको थियो,' उनले भने।, त्यो दिनको बैठक त्यत्तिकै टुंगियो। सत्यमोहनको प्रस्तावबारे कुनै निर्णय भएन। अलिदिनपछि फेरि बैठक राखियो। बैठकमा उनकै प्रस्तावको कुरा आयो।, ‘के विचार गर्नुभयो त जोशीजी?’ अरू प्राज्ञहरूले सोधे, ‘अर्को कुनै योजना तयार पार्नुभयो?’, उनले एकछिनसम्म उपस्थित सबैलाई हेरे। सबै जना उनको मुखबाट कुनै अर्को कुरा निस्कन्छ कि भनेर व्यग्रतासाथ कुरिरहेका थिए।, ‘मेरो त कुरा उही हो,’ सत्यमोहनले भने, ‘पाएदेखि त्यहीँ सिंजा खोला गएर काम गर्ने हो।’, सिंजा खोला उपत्यका जाने र त्यहाँको सामाजिक, आर्थिक तथा लोक साहित्य सर्वेक्षणजस्ता काम गर्ने अठोट उनीभित्र अझ मजबुत भइसकेको थियो।, ‘यिनले धेरै नै कराए,’ कुलपति व्यथितले भने, ‘जे होस् होस् अब। गरे गर्छन्, नगरे जे होला होला।’, उनको प्रस्ताव पास भयो।, 'प्रस्ताव त पास भयो। अब अगाडि बढाउने कसरी? त्यो महापहाड थियो। मैले चाहेजस्तो अनुसन्धान गर्न टिम चाहिन्थ्यो। एकेडेमीमा त कोही थिएनन्। अब त्यस्तो टिम कहाँबाट ल्याउने र कसरी सबैलाई तयार पार्ने? यी चुनौतीका बाबजुद मैले हरेस खाइनँ,' सत्यमोहनले आत्मकथा शृंखलामा भनेका थिए।, एकेडेमीका मानिसहरू त्यो बेला खुब गए भने पनि दार्जिलिङ वा कालिम्पोङसम्म गएर साहित्य सम्मेलनमा भाग लिएर आउँथे। त्यसैगरी बनारस जाने, किताब छापेको के कस्तो भयो भनेर निगरानी–खोजीनीति गर्ने र आउने पनि हुन्थ्यो। तर अतिदुर्गम कर्णालीजस्तो ठाउँ अध्ययन निम्ति जाने वा त्यससम्बन्धी अनुभव बोकेका सम्बन्धित विज्ञ त कोही भएनन्।, सत्यमोहनले खोजबिन र सरसल्लाह सुरू गरे र आफ्नो टिम बनाए।, कर्णालीजस्तो दुर्गम एवं विशाल क्षेत्रमा लोक संस्कृति खोजीजस्तो व्यापक विषयलाई उनीहरूको सीमित अवधिको भ्रमणमा सम्पन्न गर्न सकिन्न थियो। उनीहरूको अध्ययन मुख्यतया हाटसिंजा गाउँमा कार्यान्वयन गरिएको एक ‘केस स्टडी’ मात्र थियो। त्यो केस स्टडीका अतिरिक्त कर्णाली अञ्चलभित्रका अन्य जिल्ला, दरा र गाउँसँग सम्बन्धित कुराहरू पनि लहराले पहरा तानेजस्तो समेटिएका थिए। त्यसैले अध्ययनमा सिंजाखोला उपत्यकालाई केन्द्रित गर्दागर्दै पनि यसले कर्णाली अञ्चलकै लोक संस्कृतिको वास्तविक चित्र समेटेको थियो।, त्यो खानीजस्तो क्षेत्रबाट लोकगीत, लोककथा, लोकनृत्य आदिको संकलन गर्दा संख्यामा भन्दा तिनीहरूमा पाइने विविधता र विशेषतामा जोड दिइयो। छानिएका लोकगीत लोककथाहरू टेप गर्नुका साथै तत्कालै लिपिबद्ध गरी सबैका टिप्पणी र पृष्ठभूमि तयार गर्ने काम पनि सम्पन्न गरिएको थियो। यसरी काम गर्दा लोकगीत, लोककथा आदिको चोखोपना कायम हुन पुगेको थियो। लोकजीवनसँग त्यसको जुन सम्बन्ध कायम भएको छ त्यसलाई जस्ताको तस्तै उतारिएको थियो।, 'त्यो अध्ययन क्रममा हामी झन्डै तीन महिना अनकन्टार गाउँमा बस्यौं। त्यो बेला हिजोआजको जस्तो सञ्चार थिएन। फोन त धेरै टाढाको कुरा, चिठीपत्र पनि थिएन। न उताबाट यता केही आउने न यताबाट उता केही जाने। उतैको जुम्ली भएर बस्यो, खायो, अध्ययन गर्‍यो,' सत्यमोहनले भनेका थिए।, उनले अगाडि भनेका थिए, 'सिंजाखोला र वरपरको त्यो बसाइमै हामीले त्यति सानो ठाउँको पनि व्यापक फैलावट अवलोकन गरेका थियौं। त्यहाँबाट मानिस बम्बई पुगिरहेका हुन्थे। नैनीताल पुग्ने पनि उत्तिकै। उति पर कोलकाता पनि पुगेका हुन्थे। त्यसैगरी यताबाट चामल ओसार्दै उताबाट नुन ल्याउन कर्णाली तरेर भोटतिरको मानसरोवर पुग्ने जुम्ली पनि हुन्थे। अहिलेको जस्तो साल्ट ट्रेडिङको नुन त्यो बेलाको जुम्लामा कहाँबाट पाउनु?', यी सारा कुरा उनीहरूको अध्ययनमा समेटिएका थिए।, बुद्ध खोज्दै चीन पुग्दा फेला परे अरनिको, २०१६ सालमा पहिलोपटक चीनको राजधानी पुग्दा नेपालसँग जोडिएको एउटा ठूलो सत्य सत्यमोहनसामु अनावरण भएको थियो।, बेइजिङको ‘म्याउ यिङ श’ महाविहारमा रहेको विशाल सेतो ड्यागोवा (चैत्याकार स्तुप) सहरकै महत्वपूर्ण ‘ल्यान्डमार्क’ थियो। त्यसले ओगटेको फराकिलो परिसरभित्र एउटा नपत्याउँदो कोठामा ‘चाइनिज बुद्धिस्ट एसोसिएसन’ को कार्यालय थियो। यही संस्थाको निम्तोमा भिक्षु अमृतानन्दको नेतृत्वमा सत्यमोहनसहित छ जना सदस्य चीन पुगेका थिए। भ्रमणको उद्देश्य चीनमा बौद्धधर्म प्रभावबारे अध्ययन गर्नु थियो।, त्यति बेला बेइजिङमा कुनै नेपालीले बनाएको त्यस्तो भव्य संरचना अर्थात् ड्यागोवा देख्न पाएपछि भ्रमण दलका सबै असाध्यै प्रभावित भएको सत्यमोहनले हामीसँग बताएका थिए। चिनियाँहरूले त्यो संरचना र त्यसलाई बनाउने नेपाली कलाकारबारे छापिएका पुस्तकसमेत दिएका थिए।, ती कलाकार थिए, हामीकहाँ 'बलबाहु' पनि भनिने अरनिको। चीनमा उनलाई 'आनिक' भनेर चिन्दा रहेछन्। अहिले त्यो परिसरमा अरनिकोको पूर्णकद सालिक र नेपाली भाषामै उनका बारेमा लेखिएको विवरण देख्न पाइन्छ। २०५९ सालमा अरनिको समाजको सक्रियतामा त्यो सालिक स्थापना भएको हो।, मध्यकालमै तिब्बत हुँदै बेइजिङ पुगेका अरनिको मेरै थलो ललितपुरका प्रतिभा रहेछन्,' सत्मोहनले आत्मकथा शृंखलामा भनेअनुसार अरनिको सन् १२४४ मा जन्मेका पिता लाखाँना र माता सुमाखचीका सन्तान हुन्। अरनिकोकी नेपालमा श्रीमती चयाथा थिइन्। चीनमा थप नौ विवाह गरेका थिए। तीमध्ये उतैका रजौटाकी छोरीहरू पनि थिए। ल्याइते श्रीमतीहरू पनि थिए।, तिब्बतमा ब्रह्मपुत्र नदीको दक्षिणतिर त्रोम नदी बग्छ। त्यसैको किनारमा शाक्या बस्ती छ। त्यसैको तल पर्ने शाक्या गुम्बा काठमाडौं उपत्यकाबाट सबभन्दा नजिक पर्ने महत्वपूर्ण गुम्बा थियो। नेपालका बौद्ध विहार र यो गुम्बाबीच नजिकको सम्बन्ध थियो। यो गुम्बाका संघनायक थिए पाहसपा।, तत्कालीन चीनमा कुब्लाइ खाँ असाध्यै शक्तिशाली शासक भएका बेला विद्वान पाहसपाले खुबै रिझाएका थिए। कुब्लाइ खाँले यिनै पाहसपालाई आफ्नो राजगुरू बनाई बौद्ध धर्मदर्शनको दीक्षा ग्रहण गरेका थिए। फलस्वरूप सम्राटले पछि यिनै पाहसपालाई तिब्बती क्षेत्रको धर्मानुशासक बनाएर पठाए।, यसरी तिब्बत फर्किएका पाहसपाले आफ्नो शाक्या गुम्बाको चौतर्फी विकास योजना बनाए। उनले नै नेपालबाट सय जना पोख्त वास्तुकार तथा शिल्पकारहरूको टोली पठाइदिन नेपाल नरेशसँग अनुरोध गरेका थिए।, यसरी गएको ८० सदस्यीय टोलीका नेतृत्वकर्ता थिए, अरनिको।, अरनिकोले शाक्या गुम्बामा एउटा अग्लो मन्दिर र त्यहाँ राख्न शाक्यमुनि बुद्धको विशालकाय सूवर्ण मूर्ति बनाएका थिए। त्यसबाहेक सूवर्ण चैत्य र अनेकन बौद्ध मूर्तिहरू पनि बनाएको पाहसपाले नै सुनको अक्षरले लेख्न लगाएको ‘कंग्यूर’ र ‘तंग्यूर’ जस्ता बौद्धधर्मका ग्रन्थमा उल्लिखित छ।, कुरा यतिमा सकिएन। अरनिकोको प्रतिभाबाट प्रभावित पाहसपाले उनलाई लिएर सम्राट कुब्लाइ खाँको दरबार पुगे। बाँकी नेपाली कलाकार तिब्बतै बसे। शक्तिशाली सम्राट कुब्लाइ खाँको दरबार पुगेका अरनिकोले चीनमा रहँदा तयार पारेका सिर्जनाको ठूलै सूची छ। उनी दरबारको अत्यन्त निकट शक्तिशाली व्यक्ति भए।, 'यो सब हामीलाई थाहै थिएन। हाम्रो त्यो पहिलो चीन भ्रमणभन्दा अघि नेपाली समाजमा अरनिको यसरी बेइजिङ पुगेको सन्दर्भ आमचर्चामा आएकै थिएन,' सत्यमोहनले भनेका थिए, 'अरनिकोबारे एउटा छोटो लेख पहिलो भ्रमणबाट फर्किनेबित्तिकै प्रकाशित गरेको थिएँ। नेपाल आउनासाथ प्रथम जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरेको संस्कृति तथा पुरातत्व विभागको निर्देशक नियुक्त गरेका थिए। त्यही हैसियतमा मैले लेखेका थुप्रै लेखमध्ये अरनिकोबारे पनि थियो।', दोस्रोपटक चीन पुग्दा उनको उद्देश्य थियो, क्याम्पोसुयेन (पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्यूट) का चिनियाँ विद्यार्थीलाई नेपाली भाषा सिकाउने। त्यहाँ पुगेको केही महिना पनि भएको थिएन, एउटा नचिताएको परिस्थिति आइलाग्यो।, चीनमा अचानक माओत्सेतुङले सांस्कृतिक क्रान्ति घोषणा गरे र व्यापक धरपकड सुरू भयो। यस्तो अवस्थामा अरनिकोले बनाएको श्वेत चैत्य अवस्थित ‘म्याउ यिङ श’ परिसरको मूलढोकामै ताल्चा लगाइयो। त्यसपछि श्वेत चैत्य पुग्न असम्भव भयो। चार वर्षसम्म पेकिङमै बसे पनि अध्ययन अन्वेषणका काम अगाडि बढेन।, 'मेरो छटपटीले थामिएर बस्न दिँदैन थियो। त्यसैले त्यो चैत्य रहेको फुच्छमन मार्ग भएर ओहोरदोहोर गरिरहन्थेँ र पर्खाल बाहिरैबाट भए पनि नियालेर फर्किन्थेँ। बाहिरैबाट भए पनि त्यस श्वेत चैत्यको विशाल गर्भगृह र गगनचुम्बी छत्रयुक्त त्रयोदश भुवनसहितको सुनको गजुर हेरेर चित्त बुझाउँथे। बसाइ अवधिभर कैयनपल्ट त्यसै गरेँ,' उनको भनाइ थियो।, २०३७ सालको तेस्रो चीन भ्रमण भने सत्यमोहन निम्ति अरनिको खोजीका हिसाबले असाध्यै महत्वपूर्ण बन्यो। फर्केपछि उनले त्यहाँ देखे-भोगेको आधारसमेत समेटेर अरनिकोमै केन्द्रित भएर लेखे। नेपाल भाषा परिषदबाट अरनिकोमै केन्द्रित महाकाव्य निकाले। त्यो सुरूमा नेपाल भाषामा प्रकाशन भएको थियो, पछि नेपाली र अंग्रेजीमा पनि छापियो।, अरनिकोमाथि नै ‘कलाकार अरनिको’ शोधग्रन्थका रूपमा अर्को किताब साझा प्रकाशनबाट निकाले। उक्त किताब पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमण बेला लगेका थिए।, एउटा इच्छा पूरा भयो, एउटा भएन
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ।, उनी २४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत थिए।, जोशीको निधनमा राष्ट्रपतिदेखि सर्वसाधारणहरूले दु:ख व्यक्त गरेका छन्। जोशीको शव श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।, जोशीको शवलाई नजलाइने भएको छ। उनको शव अध्ययनका लागि राख्ने निर्णय भएको हो।, जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले एक अभिभावक गुमाएको बताएकी छन्।, ‘वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रषेटा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ। उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्त्र स्रोत हो। अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले ट्वीटमा उल्लेख गरेकी छन्।, प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधन भएको खबरले आफूलाई दु:खी बनाएको बताएका छन्।, ‘शताब्दी पुरूष जोशीको निधनको खबरले निकै दु:खी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिइरहनेछ। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले ट्वीटमा उल्लेख गरेका छन्।, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोशीको निधनले दु:खी बनाएको बताए।, ‘शताब्दी पुरुष जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ। अलबिदा शताब्दी पुरुष! हार्दिक श्रद्धासुमन! परिवारजनमा गहिरो समवेदना,’ ओलीले गरेको ट्वीटमा उल्लेख छ।, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरूष जोशीको निधनले स्तब्ध बनाएको बताएका छन्।, प्रचण्डले आज विज्ञप्ति जारी गर्दै जोशीको निधनले स्तब्ध बनाएको बताएका छन्।, उनले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीले गरेको योगदान उत्प्रेरणाको स्रोत बनेर रहने बताए।, ‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहनेछन् भन्ने मैले विश्वास लिएको छु,’ प्रचण्डले भनेका छन्।, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।, ‘नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ,’ उनले भनेका छन्।, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जोशीका योगदान नेपाल र नेपालीले कहिल्यै नभुल्ने बताएका छन्।, ‘ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामीबीच रहनुभएन। आफ्नो १०२ वर्ष लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने उहाँको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन्। हार्दिक श्रद्धासुमन,’ उनले भनेका छन्।, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जोशीप्रति श्रद्धाञ्जली दिँदै जीवन होस् त यस्तो भनेका छन्।, ‘शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा स्वर्गारोहण भएको छ। जीवन होस् त यस्तो, र मृत्यु होस् त यस्तो। अर्को सत्यमोहन देशले कहिले पाउला थाहा छैन। भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले ट्वीटमा उल्लेख गरेका छन्।, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जोशीको निधनको खबरले आफू स्तब्ध रहेको बताएका छन्।, ‘संस्कृतिविद् जोशीको निधनले नेपालले एक अमुल्य मोती गुमाएको छ। नेपालको भाषा एवं संस्कृतिको विकासमा जोशीको योगदान अतुलनीय रहेको छ,’ पौडेलले भनेका छन्।, कांग्रेसका महामन्त्री गगन थापाले जोशीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।, ‘देशले अभिभावक गुमाएको क्षणले स्तब्ध बनाएको छ। केही समय अघि भेट्दा छोरीहरूलाई चिनाएको थिए- उहाँ जिउदो इतिहास हो।, नेपाली भाषा, साहित्य, संस्कृतिका शिखर व्यक्तित्व सत्यमोहन जोशी वाङ्गमय शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जली,’ थापाले भनेका छन्।, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले जोशी १०० वर्ष नाघेको सतिसाल वृक्षजस्तै भएको बताए।, ‘सय बर्ष नाघेको सतिसालको वृक्षझैं हुनुन्थ्यो शताब्दी पुरुष सत्यमोहन जोशी। अलिअघि उहाँको स्वास्थ स्थिति बुझ्न र उहाँको अनुभव एवं ज्ञानबाट लाभान्वित हुन हामी उहाँको निवास पुगेका थियौं। उहाँको बैठक कक्षमा भलाकुसारी गरेर फर्कन्दा फरक उर्जा अभिवृद्धि भएको थियो। त्यो उर्जा यतिबेला म ताजा महसुस गरिरहेको छु,’ शर्माले भनेका छन्, ‘सय वर्ष उकालोको एउटा अलग व्यक्तित्व र एक अलग अस्तित्व अब केवल सम्झनामा मात्रै।’, सत्यमोहन जोशीको निधनमा कसले के भने?
एजेन्सी रूसमा सैनिक तालिम केन्द्रमा एक जना बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार शनिबार युक्रेनविरूद्ध लड्न चाहने स्वंयसेवकहरूलाई सैन्य तालिम गराइने चौरमा गोली चल्दा १५ जना घाइते भएका छन्। , युक्रेनको सीमा नजिकको तालिम केन्द्रमा दुई जनाले अन्धाधुन्ध गोली चलाएका थिए। उनीहरू कुन मुलुकमा हुन् भन्ने खुलेको छैन।  घटनामा उनीहरू पनि मारिएका छन्। , रूसले आफ्नो कब्जामा लिएको क्रिमियामा पुल ध्वस्त बनाएको एक सातापछि यो आक्रमण भएको हो।, रूसका केही स्वतन्त्र मिडियाहरूले यो घटनामा सरकारी अधिकारीहरूले सार्वजनिक गरे भन्दा बढी नै हताहती भएको बताएका छन्। , रूसी सेनाको तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु, १५ घाइते
नवीनबाबु गुरूङ १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई किष्ट अस्पताल परिसरमा राखिएको छ।, किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा शवलाई राख्न लागिएको हो।, सुरूमा परिवारका सदस्यहरूले श्रद्धाञ्जली दिएपछि शवलाई अस्पताल परिसरमा राखिएको हो। त्यहाँ श्रद्धाञ्जली दिने कार्यक्रम सकेपछि शवलाई ललितपुर महानगरपालिका परिसरमा ल्याइनेछ।, त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत आउने कार्यक्रम छ।  , यहाँ भने सर्वसाधरणले पनि श्रद्धाञ्जली अर्पण गर्न पाइने अस्पताल प्रशासनले जनाएको छ।  , शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको छ। बिहान परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्‍ने भएको हो।, महानगर परिसरमा अपराह्न ४ बजेसम्म राखेपछि पुन: अस्पतालमै फिर्ता लगिनेछ।, उनको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको हो।, तस्बिरहरू:,  ,  , किष्ट अस्पताल परिसरमा राखियो सत्यमोहन जोशीको पार्थिव शरीर (तस्बिरहरू)
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका ल्याइएको छ।, जोशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै ललितपुर महानगर ल्याइएको हो।, किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा राखिएको थियो। त्यसअघि परिवारका सदस्यहरूले श्रद्धाञ्जली दिएका थिए।, महानगरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित नेता र मन्त्रीहरूको उपस्थित हुनेछ।, महानगर परिसरमा सर्वसाधारणले पनि श्रद्धाञ्जली अर्पण गर्न पाउनेछन्।, शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको छ। बिहान ललितपुर महानगरको रोहबरमा परिवार र अस्पताल प्रशासनबीच भएको छलफलपछि उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्‍ने भएको हो।, अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यस्तै ४ बजेदेखि ४:३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।, अन्तिम श्रद्धाञ्जलीका लागि सत्यमोहन जोशीको शव ललितपुर महानगर ल्याइयो
युवराज श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ।, प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।, पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।, पोखरामा प्याराग्लाइडिङबाट खसेर बिते सेनाका खेलाडी
सेतोपाटी संवाददाता भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, गएराति मध्यपुर ठिमी नगरपालिका-६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, सानोठिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशा जाँदै गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।, दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौंको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो।, त्यहाँ उपचारपछि थप उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएको थियो। त्यहाँ आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो।, घटनामा संलग्न दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्सी चालक भक्तपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खाली प्रहरीको नियन्त्रणमा छन्।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नारायण खड्का दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ। , तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो। , घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले शव निकाल्न थालिएको ,सेतोपाटी,लाई जानकारी दिए।, प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरु बेपत्ता भएका थिए। डिएसपी मल्लले असोज २८ गते  आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।, घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।, मल्लका अनुसार उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने बताए।, उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए।, उनकी आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको डिएसपी मल्ले बताए।, जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ पर्नेगर्छ। , घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए।, दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला
युनिक श्रेष्ठ १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भयो।, असोज ७ गते देखि ललितपुरको किष्ट अस्पतालमा उपचाररत उनको निधन भएपछि सबैको मनमा एउटा जिज्ञासा थियो- शवलाई हिन्दु संस्कार तथा परम्पराअनुसार जलाउने कि अस्पताललाई बुझाउने।, २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहबरमा सत्यमोहन जोशीले आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।, त्यस कार्यक्रममा उनले भनेका थिए, ‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं।’, उनले आफ्नो इच्छाअनुसार नै शरीर दान गर्ने सहमति गरेका थिए।, आइतबार उनको निधन भएपछि बुवाको शरीर अस्पताल प्रशासनले के-कसरी राख्ने हो भन्नेबारे उनका छोराहरूले चिन्‍ता पनि व्यक्त गरे। त्यसपछि अस्पतालमै दुई पक्ष यसबारे छलफल भयो।, अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले आफूहरूले सत्यमोहनको शरीर संरक्षण तथा अध्ययन गर्ने ढाँचा पहिल्यै तयार पारिसकेको बताएपछि परिवार पनि विश्वस्त भयो।, छलफलमा उनका जेठा छोरा अनुराज जोशीले आफूलाई अस्पतालबाट हस्ताक्षर गर्न आएको पत्रबारे पनि जानकारी गराए। बुवाको मृत्युपछि अन्तिम संस्कार नगरिने र अस्पतालले नै राखिने भनेपछि उनी हच्किएको पनि सुनाएका थिए।, ‘जेठो छोरा हुनुको नाताले मलाई पनि हस्ताक्षर गरिदिन भनेर पत्र आएको थियो। तर मैले ५-६ महिनासम्म हस्ताक्षर गरिनँ। मलाई हिन्दु संस्कार, हाम्रो परम्पराका विरोधी भन्लान् भन्ने डरले मैले हस्ताक्षर गरेको थिइनँ। तर पछि बुवाको इच्छा र अरूले पनि डराउनुपर्दैन भनेपछि मैले गरेको थिएँ,’ अस्पताल प्रशासनसँगको छलफलमा उनले भने।, छलफलमा सहभागी भएका प्राध्यापक डाक्टर किशोरसिंह बस्नेतले उनको शव संरक्षण गर्ने काम सुरू गरिहाल्नुपर्ने बताए। उक्त कामको लागि सबैको सहमति भएपछि उनले शव संरक्षण गर्ने काम अघि बढाए।, शवमा नसामा इन्जेक्सेनबाट रसायन हालेपछि लामो समयसम्म नकुहिने गरी संरक्षण गर्न सकिने उनले बताए।, ‘उहाँको शरीरमा नसाबाट रसायन दिइएको छ। उक्त रसायन शरीरमा पसेपछि २५-३० वर्षसम्म पनि केही हुँदैन। त्यसको लागि चिस्यान पनि चाहिँदैन। केही चाहिन्न,’ उनले भने, ‘मृत शरीरलाई संरक्षण गर्न विभिन्न किसिमको केमिकल हुन्छन्।’, जोशीको शरीरमा रसायन पठाउने काम अस्पतालले आजै बिहान सकिसकेको छ। त्यसपछि उनको परिवारलाई श्रद्धान्जलीका लागि पार्थिव शरीर लैजान  अनुमति दिएको थियो।  केहीबेर अस्पताल प्रशासनमा राखेर जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो।, अपराह्न साढे ४ बजेपछि उनको पार्थिव शरीर फेरि अस्पतालमै लगिएको छ। अब सत्यमोहनको शरीरलाई अध्ययनका लागि राखिनेछ।, उनको शरीरलाई अस्पताल प्रशासनले के गर्छ? यसबारे हामीले किस्ट अस्पतालका निर्देशक  बज्राचार्यसँग सोधेका छौं।, उनले  जोशीको शव संरक्षणका गरेर प्रदर्शनका लागि नराखिने बताए।, ‘राजनीतिक व्यक्तिको राखिएको जसरी राखिने होइन। हाम्रो उद्देश्य त्यो होइन। हाम्रो उद्देश्य भनेको उहाँको शरीरलाई अध्ययन गर्ने हो,’ उनले भने, ‘हामीले संरक्षण गरिसकेका छौं। संग्राहलयमा राखेर अरूलाई देखाउने भन्ने होइन।’, अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार यसको अध्ययन गर्ने समय लामो हुन्छ। त्यसको लागि वर्षौं लाग्न सक्छ। यसबाट खुलेका तथ्यहरू आफूहरूले अरू शिक्षण अस्पतालमा पनि पठाउने उनले बताए।, ‘उहाँको मुख्य जिज्ञासा नै म यति धेरै बाँच्नुको कारण के हो? भन्ने थियो। यो पत्ता लगाउन सुक्ष्म अध्ययन गर्छौं। विस्तारै प्रक्रिया पुर्‍याएर काम अगाडि बढाउँछौं,’ उनले भने, ‘आजबाट सर्वसाधरणलाई उहाँको शवलाई हेर्न अनुमति छैन। उहाँका परिवारकै सदस्यलाई पनि अनुमति हुँदैन। विशुद्ध चिकित्सा शास्त्रअनुसार अध्ययन हुन्छ। हामीले हरेक अंगहरूबारे पनि अध्ययन गर्छौं।’, आफूहरूले विदेशमा हुने प्रक्रिया नै अपनाएर यो कामलाई अगाडि बढाउने उनले बताए। अध्ययनका क्रममा आवश्यक परे विदेशी चिकित्सकलाई समेत बोलाउन सकिने बताए।  , आज बेलुकीबाटै अध्ययनको प्रक्रिया सुरू गरिने उनले जानकारी दिए।, शवलाई अस्पतालले सदाका लागि संरक्षण गरेर राख्ने भने होइन। उनका अनुसार अध्ययन गर्नुका कारणहरू पत्ता लागेपछि दाहसंस्कार आफ्नै हिसाबले गरिनेछ।, ‘त्यो गोप्य नै हुन्छ। हाम्रो अध्ययनका कारणहरू पत्ता लागेपछि आफ्नो हिसाबले अन्तिम संस्कार गरिन्छ। योबारे कसैलाई जानकारी पनि दिइँदैन,’ उनले भने।, अस्पताल प्रशासनले सोमबार उनको शवलाई के गरिन्छ भन्नेबारे विज्ञप्तिमार्फत पनि जानकारी गराउने तयारी गरेको छ।, अस्पतालले कहिलेसम्म राख्छ सत्यमोहन जोशीको पार्थिव शरीर?
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टर नियुक्त हुँदा नेपालमा सर्वसाधारण निम्ति कार्यक्रम प्रस्तुत गर्ने एउटै हल थिएन।, २०१५ सालमा पहिलोपटक जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरिएको यो निकायमा नियुक्ति दिएको थियो। त्यस्तोमा पुरातत्वको काम जसोतसो अघि बढ्दै थियो। सांस्कृतिक गतिविधिका लागि कुनै ठाउँ थिएन।, उपत्यकामा 'कला मन्दिर', 'जननाट्य परिषद्' जस्ता संस्थाहरू थिए। तिनै संस्था परिचालन गरेर विभिन्न समारोह र उत्सवमा कार्यक्रम आयोजना गराउन थालेँ। त्यस्तो कार्यक्रम गर्ने थलो भनेकै सिंहदरबारभित्रको नाचघर थियो जहाँ सर्वसाधारण जानै पाउँदैन थिए। त्यसमाथि राणाहरूले बनाएको त्यो हल साँघुरो त छँदै थियो।, यस्तो अवस्थामा रानीपोखरीको किनारतिर जमलमा एउटा असाध्यै पायक पर्ने पाँच-छ रोपनी जग्गा लिलाम बढाबढ हुन लागेको खबर पाएँ।, यो २०१६ सालको कुरा हो।, त्यहाँ जुद्धशमशेरको पालादेखि चलिरहेको 'नेपाल उड वर्क्स' कम्पनी लिक्विडेसनमा गएर जग्गा बेच्न लागिएको थियो। त्यो जमिनमा झन्डै चार सय मानिस अटाउने क्षमताको 'सेड' पनि थियो।, जुद्धशमशेरको पालामा कम्पनी कानुन बनाएर धेरै कारखाना एकसाथ खोलिएको थियो। बाहिरबाट पढेर आएका एक हुल तन्नेरीलाई उनीहरूको विज्ञताअनुसार काममा लगाउने अभियानअन्तर्गत यस्तो कदम चालिएको थियो। त्यसैअनुसार दिग्विजयराज जोशीलाई अघि लगाएर यो काठ कारखाना खोलियो।, जनतालाई सेयर दिएर खोलिएको यो कारखाना पछि बन्द भयो। सम्पत्ति लिलामीमा चढ्यो।, जुद्धशमशेरको पालामा त्यसरी खोलिएका कम्पनी प्रायः सबै लिक्विडेसनमै गएका थिए। सेरामिकमा डिप्लोमा पास गरेर आएका करूणाकर वैद्यले वीरगन्जतिर खोलेको कारखाना पनि यसैगरी लिक्विडेसनमा गएको थियो।, रसायनशास्त्रमा एमएस्सी गरेर आएका शेषराज दलीले खोलेको साबुन फ्याक्ट्री पनि लिक्विडेसनमा गयो।, वीरगन्जकै एउटा 'जुद्ध म्याच फ्याक्ट्री' भने चल्यो। त्यहाँ रत्नमान काजीलाई लिएर थालेको चुरोट कारखाना पनि चलेको थियो। गुञ्जमान सरदारका ज्वाइँ भक्तिदास श्रेष्ठ मसँगै पढेका साथी थिए। उनले नै गएर त्यो चुरोट कारखाना सम्हालेका थिए।, जे होस्, काठमाडौंमा चाहिँ दिग्विजयराजको काठ फ्याक्ट्री नचलेपछि २०१६ सालमा लिलाम बढाबढ हुँदै थियो। लिक्विडेसनको सूचना पत्रिकामा आयो। एक लाख ३७ हजार रूपैयाँमा त्यो सम्पत्ति खरिद गर्न सकिने भयो।, त्यो सम्पत्तिमा मेरो आँखा परेको थियो। तर त्यो बेला पुरातत्व तथा संस्कृति विभागसँग पैसा थिएन। शिक्षामन्त्री अर्थात् मेरा विभागीय मन्त्री परशुनारायण चौधरी थिए। सचिव दीर्घराज कोइराला।, मन्त्रीजीलाई एकपटक भन्ने कुरा भयो। मन्त्रीजीले पनि के गर्ने? उनी 'भोलानाथ' पाराका थारू थिए। काठमाडौंमा नाचगान देखाउने ठाउँ बनाउनुपर्छ भन्नेमा खास रूचि नै थिएन।, हुन त उनी उति बेलै पढेलेखेका थिए। तर असाध्यै साधारण जीवनशैलीमा रमाउने मानिस। म थिएँ उनको निर्देशक। जे कुरा उठाउँदा पनि 'जे गर्ने हो तपाईंले गर्नुस् जोशीजी' भन्थे।, म जसरी हुन्छ त्यो जग्गा हात पारौं भन्ने हिसाबमा लागेको थिएँ। नाचघर निम्ति यस्तो जग्गा चाहिन्छ भन्ने मलाई लागेको थियो।, मन्त्रीले 'हुन्छ' त भने। तर पैसाको अभाव सुनाए।, यता मैले आफ्नो रहरकै भरमा त्यो जमलको जग्गा निम्ति टेन्डर हालिसकेको थिएँ। त्यो टेन्डर हामीलाई नै पर्‍यो।, यस्तो छटपटी बेला दीर्घराजजीलाई गएर भेटेँ।, 'किन आउनुभयो जोशीजी?' उनले सोधे।, मैले सबै बेलिविस्तार लगाएँ।, 'तपाईं काम गर्ने मान्छे हो, मलाई थाहा छ,' कोइरालाले भने, 'ल म तपाईंलाई पैसाको बन्दोबस्त गरिदिन्छु।', एक लाख ३७ हजार त जग्गा किन्नलाई मात्रै भयो। त्यसमा टहरा बनाउनदेखि फर्निचरसम्मका लागि सबै गरेर तीन लाख रूपैयाँ मागेँ।, कोइरालाले तत्कालै मानिस बोलाएर विकास बजेटबाट तीन लाख रूपैयाँ दिन लगाए।, यसरी त्यो ठाउँ नाचघरको सम्पत्ति बन्न पुग्यो।, अहिले त्यो जग्गा एक आनाकै तीन करोड तिरे पनि पाइँदैन होला।, यसरी हात लागेको सम्पत्तिमा मैले जुन डिजाइन गरेको थिएँ, त्यही टहरामै नाचघर निकै पछिसम्म चलेको थियो। त्यो नाचघरमै राजा आउँथे। सारा देशभरका कार्यक्रम त्यहीँ हुन्थे। अन्त त ठाउँ नै थिएन।, जग्गा हात पारेपछि त्यहाँ नाचघर बनाउँदाको पनि रोचक किस्सा छ।, कांग्रेसले सरकार चलाएकै बेला चिनियाँहरू सांस्कृतिक कार्यक्रम लिएर आएका थिए। चिनियाँहरू मकहाँ पनि कार्यक्रमको जानकारी लिएर आए।, उनीहरूलाई कहाँ कार्यक्रम देखाउन लगाउने? सिंहदरबारभित्रको नाचघरमा त प्राविधिक हिसाबले मिल्दैन थियो। टोलीले नै हुँदैन भन्यो।, त्यस्तोमा चिनियाँहरूले 'हामी आफैं हल बनाएर देखाउँछौं' भने।, उनीहरूले नै सिंहदरबारको पटांगिनीमा त्यहीँ अस्थायी पाराको नाचघर खडा गरे। उनीहरूले बनाएको देखेरै मलाई आइडिया मिलेको थियो, नाचघर त यसरी पो बनाउनुपर्ने रहेछ भनेर।, त्यसको निर्माणलाई मैले नजिकबाट हेरेको थिएँ। त्यही जानकारीका आधारमा मैले नाचघरको प्रारूप तयार पारेको थिएँ।, चिनियाँका धेरै 'ट्रिक' देखेर म आश्चर्यचकित भएको थिएँ।, परबाट एउटाले बन्दुक पड्काउँथ्यो। उति पर राखेको सानो चिज पक्लक्कै ढल्थ्यो। त्यो त आमदर्शकले 'कस्तो असम्भव चिज गरिदियो' भनेर चकित खाने कुरा भयो।, मैले उनीहरूको गतिविधि नजिकबाट नियालेको थिएँ। त्यो सानो चिजलाई नदेखिने धागोले तानेर फ्याट्ट झारिदिएको थाहा पाइरहेको थिएँ। यता त पड्किने काम मात्र हुँदो रहेछ। झार्ने काम त अरू नै थोकले गरिरहेको थियो।, चिनियाँको यस्तो चलाखीपूर्ण तरिका प्रदर्शनमा मात्र नभएर सबै कुरामा थियो। हल निर्माणमा पनि। मलाई चाहिएकै त्यो कला थियो। त्यसैले टेन्डरबाट जग्गा लिइसकेपछि नाचघर त्यसै अनुभवका आधारमा मैले तयार पार्न लगाएको थिएँ।, त्यहाँ काठ कारखाना चलाउँदाखेरिका थुप्रै सरसामग्री थिए। त्यो सबै मैले घरेलुलाई दिन लगाएँ। त्यसबापत घरेलुलाई नै त्यस हल निम्ति भनेर मेचहरू बनाउन लगाएँ। त्यो सेडमै मोटामोटी डिजाइन गरेर मञ्च तयार पार्न त्यति बेला अर्कै कामका निम्ति नेपाल आएका चार जना जर्मन नागरिकलाई जिम्मा दिएँ। यसरी जर्मनको डिजाइनमा त्यहाँका फर्निचर तयार भए।, यसरी बनेको हल म छउन्जेल चलाएँ। २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि म पनि विभागबाट निकालिएँ। त्यही हलमा २०१९ सालतिर भारतीयहरू आएर जादू देखाउन खोज्दा सर्ट भएर दिउँसै आगलागी भएको थियो।, त्यसपछि रानी रत्नले पैसा दिएर फेरि नाचघर उभ्याएकी थिइन्।, जमलको त्यो जमिनमा पहिले पोखरी थियो। त्यसैले जति गरे पनि पानी आइरहने। त्यसले धेरै मुश्किल पारेको थियो। जति गरे पनि पानी नियन्त्रण गर्नै नसकिने।, यसरी जसोतसो चल्दै आएको नाचघरमा केही वर्षअघि हरिहर शर्मा महाप्रबन्धक भएका बेला भव्य सभागृह निर्माण गरिदिएका छन्। अहिले पनि त्यहाँ पानी पस्ने समस्या यथावत छ जस्तो लाग्छ।, यसरी नाचघरमा मेरो योगदान सम्झेर अहिलेका महाप्रबन्धक राजेश थापाले त्यहाँ मेरानिम्ति केही काम गर्ने इच्छा प्रकट गरे।, राष्ट्रिय नाचघरको जुन भवन छ, त्यो भवनै मेरो नामबाट राख्ने कुरा गर्दैछन्। त्यसबाहेक एउटा मेरो नाटक देखाउने र नाचघरकै तर्फबाट जीवनी प्रकाशित गरिदिने कुरा गरेका थिए। मेरो नाटकको पुस्तक छपाउने पनि कुरा निकाले।, त्यसनिम्ति 'सुनकेशरी मैया' तय गरियो। त्यो त उति बेला मैले कर्णालीमा गएर अनुसन्धान गर्दा संकलन गरेर ल्याएको लोककथामा आधारित नाटक थियो। ऐतिहासिक पृष्ठभूमिमा बनेको त्यो असाध्यै राम्रो नाटक हो। त्यसको मुलुकभित्र र बाहिर बंगलादेशमा प्रदर्शन पनि भइसकेको छ।, त्यसमा सिंजा खोलाको संस्कृति स्वाट्टै आएको छ। बाजागाजादेखि सबै। त्यो बेलाको कर्णालीको वातावरण त्यसले समेटेको छ। ती बाइसे-चौबीसे राजाहरूको भोटेसँगको लडाइँ, सुनकेशरीलाई अपहरण गरेर लगेको, उसका निम्ति लडाइँ भएकोदेखि सारा वर्णन थियो।, त्यो छापिएको चाहिँ थिएन। त्यही लोककथामा आधारित नाटकलाई पुस्तकका रूपमा नाचघरले छाप्ने तारतम्य मिलाएको थियो। तर मण्डला थिएटरका राजन खतिवडाले आफूहरूले नाटक देखाएकाले आफैंले छाप्ने भनेर दिन मानेनन्।, त्यसपछि नाचघरले नाटक देखाउने कुरा अघि बढायो। त्यस निम्ति महर्षि याज्ञवल्क्यको छनौट गरियो। हाम्रै जनकपुरमा राजा जनकको ब्रह्मसभाका महर्षिको त्यो पूरै दार्शनिक नाटक थियो। त्यसलाई देखाउन बद्री अधिकारीलाई निर्देशकका रूपमा चयन गरियो।, करिब ३५–४० जनाको ठूलो कलाकार टिमसहित नाटक तयार भयो। त्यसको प्रिमियर शो म पनि हेर्न गएँ।, भोलिपल्टदेखि टिकट शो हुँदै थियो। त्यो दिन नै राजा जनक बनेका विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै मञ्चमै निधन भयो। फुयाँलजीले अभिनय गर्दागर्दै देहत्याग गर्ने इच्छा राखेका थिए भनेर पछि सुनेको थिएँ।, उनको निधनसँगै त्यो नाटक पनि त्यही क्षणबाटै सेलाएको सेलायै भयो।, नाचघरले मेरो नाम राख्ने विषयमा अनुमति लिइसकेको छ। राष्ट्रपति ल्याएरै औपचारिक घोषणा गर्ने कुरा पनि सांस्कृतिक संस्थानले नै सुनाएको हो। सायद त्यो पनि प्रक्रियामै हुनुपर्छ।, (सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित 'सत्यमोहन जोशीको आत्मकथा शृंखला' बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।), यी पनि पढ्नुहोस्:, 'बिहेपछि श्रीमतीको अनुहार देख्नै चार दिन कुर्नुपर्‍यो', ती दुई व्यक्ति जसले मेरो जीवनमा सबभन्दा धेरै प्रभाव पारे, यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा, म जे छु, जसो छु– त्यही जुरेली चरीको देन हो, एउटा इच्छा पूरा भयो, एउटा भएन, काठ गोदामलाई जनताको पहिलो नाचघर बनाउँदा
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट साढे दुई करोड बढी जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्। , भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भई नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उच्च अदालत पाटनले २०७१ साउन २३ गते उपाध्यायलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ जरिवाना, १० लाख ४६ हजार २०७ पीडित राहत कोषमा जम्मा गराउन पनि ठहर भएको थियो।, यस्तै २ महिना १५ दिन कैद हुने ठहर पनि भएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। , उनको सजाय कार्यान्वयन गराउन ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।, बैंकिङ कसूरमा साढे दुई करोड बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, हिजोआज स्कुले केटाकेटीहरू परम्परागत पोसाकमा सजिएर चर्या नृत्य गरिरहेको देख्दा रमाइलो लाग्छ।, आर्यावर्त आदिबुद्ध, त्यसपछि बज्रसत्व र पछिल्ला बुद्ध शाक्यमुनी सिद्धार्थ गौतमले यो नृत्य प्रतिपादन तथा विकास गरेको मानिन्छ।, नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै यही चर्या हो। यसका गीत संस्कृत भाषामै गाइन्छन्।, मेरै घरमा विशिष्ट अतिथि आउँदा चर्या नृत्य देखाएरै स्वागत गर्ने गरेको छु। त्यस्तो बेला चर्या गुरूहरू आएर यो नाच प्रस्तुत गरिदिन्छन्।, बौद्ध धर्मको बज्रयानी बज्राचार्य गुरूहरूले परम्परादेखि आगम पूजा कोठाभित्र यसलाई अभ्यास गर्दै आएका हुन्। उनीहरूले मान्ने शून्यवादको जुन सिद्धान्त छ त्यसैलाई यो नृत्यका माध्यमबाट प्रस्तुत गरिन्छ। यसलाई परमार्थ सत्य आत्मसात गर्ने काव्यरूपी संगीतमय साधना पनि भनिन्छ।, युगौंदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरै पछि हो। त्यसलाई पूजाकोठाबाट बाहिर ल्याउने काम ६२ वर्षअघि हामीले नै गरेका थियौं।, त्यति बेला बज्राचार्य गुरूजुहरूलाई सम्झाउन निकै मुश्किल परेको थियो।, २०१३ कात्तिक ३० गते नेपालले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बेला यो नृत्य पहिलोपटक मञ्चमा पुगेको थियो। सम्मेलन छ दिनसम्म चलेको थियो। त्यति बेलै चर्या मात्र होइन, नेपालका धेरै सांस्कृतिक विशेषता उजागर गर्ने अवसर पनि सम्मेलनले जुराएको थियो।, त्यति बेला ‘धर्मोदय सभा’ का अध्यक्ष थिए भिक्षु अमृतानन्द।, लंका, जापान र बर्माले विश्व बौद्ध सम्मेलन आयोजना गरिसकेपछि चौथो कहाँ गर्ने भन्ने कुरा आइरहेको थियो। भिक्षु अमृतानन्दले नेपालको कुरा अघि बढाए। त्यो बेला महेन्द्र भर्खर राजा भएका थिए। उनका निजी सचिव थिए लोकदर्शन बज्राचार्य। उनी लगायत माध्यमहरू प्रयोग गरेर भिक्षु अमृतानन्दले दरबारमा यो कुरा पुर्‍याए।, बुद्ध जन्मेको देश। बौद्ध परम्पराका अभ्यास चल्दै आएको समाज। नेपालले यस्तो महत्वको सम्मेलन गर्न पाए ज्यादै राम्रो हुने कुरा राजालाई बुझाइयो।, राजाबाट सम्मेलन निम्ति सकारात्मक संकेत मिल्यो। तयारी सुरू भयो।, ललितपुरकै आशाराम शाक्य सचिव भए। त्यो बेला मणिहर्षज्योति नेपाल–भारत दुवैतिर पहिचान बनाएका व्यक्ति थिए। पैसावाल पनि भएका हुनाले कोषाध्यक्ष उनैलाई राखियो।, उता पद्मोदयमा अंग्रेजी भाषा पढाउने कृष्णबहादुर मानन्धर थिए। उनलाई पनि राखियो। ललितपुरबाटै म र मेरा साथी मूर्तिमान शाक्य पनि त्यसमा समेटियौं। तिब्बतका व्यापारी सागररत्न तुलाधर यतै आइरहेको बेला भएकाले उनलाई पनि राखियो। परोपकारका दयावीरसिंह कंसाकार अर्का सदस्य थिए। कवि चित्तधर हृदय पनि त्यसमा थिए। यसरी जम्मा १५ जनाको कमिटी बनाइएको थियो।, अहिले त त्यो १५ जनामध्ये म एक जना मात्र बाँचेको छु। कहिलेकाँही त यस्ता कथा भनिरहनकै निम्ति बाँचिरहेको छु जस्तो लाग्छ।, हाम्रो तयारी सुरू भयो। सजिलो चाहिँ थिएन। सबभन्दा पहिले त नेपालमा त्यति बेला गतिलो होटलै थिएनन्। बाहिरबाट आउने त्यत्रा पाहुनालाई कहाँ राख्ने? फेरि सम्मेलन कहाँ गर्ने? त्यो बेला हल पनि थिएन।, सिंहदरबारको ग्यालरी बैठक थियो। त्यो पनि अलि सानो भइदियो। यस्तो सम्मेलनमा आममानिसको पहुँच चाहिन्थ्यो।, अन्तिममा टुँडिखेलस्थित खरीको बोट छनौट गरियो। त्यो खरीको बोटमा पल्टनले कवाज खेल्नेदेखि लिएर बिरामी जाँच्ने स्वास्थ्य क्याम्पसम्म आयोजना हुन्थ्यो।, खरीको छायामुन्तिर ओत लाग्न मिल्ने गरी फराकिलो चौतारा थियो। त्यहीँ बनाइएको मञ्चमा राजा महेन्द्रबाटै सम्मेलनको समुद्घाटन भयो।, हिन्दुस्तानको संविधान मस्यौदा समितिका अध्यक्ष भीमराव अम्बेडकरले त्योताकै बौद्ध धर्म अंगीकार गरेका थिए। उनीसमेत सहभागी भएको त्यो सम्मेलनमा अनेक मुलुकका विशिष्ट अतिथि, भिक्षु र बौद्ध विद्वान विदूषीको उपस्थिति थियो।, यसरी सबैतिरका गरेर झन्डै दुई–तीन सय सहभागी काठमाडौं आएका थिए।, अन्तिममा उनीहरूलाई बसाउने ठाउँ पनि टुंगो लाग्यो। कृष्णशमशेरले शितल निवास सरकारलाई सुम्पेर गइसकेका थिए। त्यसैको अतिथि विभागमा विशिष्ट पाहुना राखिए। बन्द सेसन पनि शितल निवासकै कोठामा चलाइयो।, सदस्यमध्ये कवि चित्तधर हृदय र मलाइ चाहिँ सम्मेलनमा सांस्कृतिक पाटो हेर्ने जिम्मा दिइयो। हामीले सम्मेलनकै निम्ति नेपालको कला र संस्कृति चिनाउने स–साना ग्रन्थहरू प्रकाशित गरेका थियौं।, त्यसपछि आयो कुरा सांस्कृतिक कार्यक्रमको। यसका लागि गृह मन्त्रालयले सिंहदरबार भित्रको नाचघर दिने भयो। बुद्ध जन्मेको मुलुकमा यस धर्मसँगै जोडिएका महत्वपूर्ण कुरा के हुनसक्छ भनेर हामीले खोज्दै गयौं।, नाटकका निम्ति पहिलो भेट भयो बालकृष्ण समसँग। समजीले एकांकीका रूपमा भृकुटीबारे एउटा नाटक देखाउने जिम्मा लिए। त्यसैगरी अर्का नाटककार थिए भिमनिधि तिवारी। तिवारीजीले पनि ‘हुन्छ म सिद्धार्थ गौतम नामबाट एउटा एकांकी बनाएर प्रस्तुत गर्छु’ भने।, त्यो बेला चुडानाथजीहरूले वाल्मीकि विद्यालयका तर्फबाट एउटा संस्कृत नाटकको पनि तयारी गरे।, उपत्यकाका नेवारहरूको ‘नासः खलः’ भन्ने सांस्कृतिक संस्था थियो। उनीहरूले ‘महासत्व पाख्यान’ देखाउने निधो गरे। त्यो निकै महत्वपूर्ण नाटक थियो।, उपत्यकाभन्दा पूर्वतर्फ बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल नमोबुद्ध छ। त्यसै स्थानसँग जोडिएको मिथकमा आधारित कथा थियो त्यो।, कथाअनुसार शिकारी दाजुभाइसँग घुम्न निस्केका राजकुमार महासत्वले बाटैमा एउटा सुत्केरी बघिनी भेट्छन्। भोक खप्न नसकेपछि आफ्नै बच्चा खान लागेकी बघिनीलाई राजकुमारले रोक्न खोज्छन्, असाध्यै भोकाएकी बघिनी मान्दिन।, यस्तो अवस्थामा दयालु राजकुमार महासत्वमा करूणा उत्पन्न हुन्छ। दाजुहरूसँग मनको इच्छा राख्छन्।, सारा प्राणीलाई दुःख दिने बाघको शिकार गर्नुपर्नेमा उल्टो त्यसैलाई बचाउन आफैंलाई समर्पित गर्न खोज्ने भाइको कुरा सुनेर अन्य राजकुमार आक्रोशित हुन्छन्। सम्झाउन खोज्छन्। अनेक उतारचढाव चल्छ।, अन्तिममा राजकुमारले आफ्नै साप्रो काटेर बघिनीलाई खुवाउँछन्।, बौद्ध धर्ममा यतिसम्म करूणा, दया र त्याग हुन्छ भन्ने कुराको उदाहरण हो यो। यति हदसम्मको परोपकारी मिथक हामीकहाँ अवदानका रूपमा प्रचलित छ र त्यसैलाई मानेर पूजा पनि चल्दै आएको छ।, महासत्वले बघिनीलाई आफ्नै मासु काटेर खुवाएको मूर्ति नै नमोबुद्धमा छ।, नाटकका लागि कथाको छनौट त गरियो, अब शास्त्रीय पद्धतीबाट गीत, संगीत र नृत्यका साथ देखाइनुपर्ने यो नाटक तयार कसरी पार्ने?, यो नाटक पहिले कहाँ–कसले गरेको रहेछ भनेर खोजी गर्यौं। ‘श्री ५ राजेन्द्रवीरविक्रमको पालामा उनैले लेखेर चाबहिल चारूमती विहारमा देखाएको’ भन्दै एक ठाउँमा फेला पर्‍यो।, त्यसका गीतमा आफ्नै किसिमका राग थिए। गीतले नै नृत्य र संवाद अघि बढाउने। त्यस निम्ति दाफा बाजा चाहिन्थ्यो।, त्यस्तो नृत्य कसले गराउन सक्छ भनेर उपत्यकाका तीनै सहरमा खोजी गरियो। निकै मेहनतपछि पाटनको भिन्छेँबहालमा एक जना चैत्यराज भन्ने गुरूजु भेटिए। उनैले वीरकुश, सिद्धार्थ गौतमको नाटक गरेका रहेछन्। उनलाई नै यस्तो बाजा बजाएर गीत गाउन लगाउँदै नृत्यसमेत गराउने तरिका थाहा रहेछ।, त्यसपछि नाटक देखाउने जिम्मेवारी लिएको ‘नासः खलः’ ले तिनै चैत्यराज गुरूलाई नाट्य निर्देशकका रूपमा विधिवत पूजाको आयोजना गरेरै प्रशिक्षण दिन लगाए।, नाटकमा अनेक प्रभावशाली दृश्य थिए। राजकुमारका पहिरनदेखि परीहरूले गर्ने नृत्यसम्म। अन्तिममा महासत्वले भोकाएकी बघिनीलाई आफ्नै मासु काटेर खुवाएको दृश्य देखेपछि सारा दर्शकको आँखा रसाएको थियो।, यसरी तयार भएको नाटक हेरेपछि संसारभरबाट आएका बौद्ध धर्मावलम्बी पाहुना अचम्म परे। बौद्ध धर्मभित्र परोपकारको यति महान उदाहरण प्रस्तुत गर्ने यस्तो पनि कथा रहेछ भन्ने उनीहरूको जानकारीमै थिएन।, यो नाटकले चैत्यराज गुरूको पहिचान गराइदिएर अर्को महत्वपूर्ण योगदान गरेको थियो।, परम्परा पछ्याउँदै दाफा भजनमा शास्त्रीय नृत्य समेटिएका नाटकको जे जति शैली हामीकहाँ विकास भयो, २०१३ सालमा तिनै चैत्यराज गुरूजुबाट सुरू भएको हो। पछि त्यौडका कान्छाबुद्ध बज्राचार्यले चैत्यराजबाटै यो पद्धति टिपेका थिए। त्यसैका आधारमा कान्छाबुद्ध नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाट्य विभागका निर्देशक भए। पछिल्लो समय धेरैले चिनेका वसन्त श्रेष्ठ लगायत नृत्य निर्देशक उनै कान्छाबुद्धका शिष्य हुन्।, यसरी एउटा महत्वपूर्ण परम्परा जुन चैत्यराज गुरूसँग सुषुप्त अवस्थामा बचेर बसेको थियो, त्यसले चतुर्थ बौद्ध सम्मेलनको उपजका रूपमा बाहिर आउने मौका पायो।, त्यही अवसरले परम्परादेखि बज्रयानी बज्राचार्य गुरूहरूले ‘अति गुह्य’ भनेर कडाइका साथ आगम पूजाकोठाभित्र मात्र अभ्यास गर्दै आएको चर्या नृत्य पनि बाहिर ल्याएको थियो।, सुरूमा त त्यो नाच देखाउन पाए अति जाती हुन्छ भनेर काठमाडौं र ललितपुरका बज्राचार्यहरूसँग भेट्दा उनीहरूले मरिकाट्टे मिल्दैन भनेका थिए।, ‘यो त मन्त्र हो,’ उनीहरू भन्थे, ‘बाहिर ल्यायो भने त कुनै पनि मन्त्रको महत्व नै रहँदैन।’, त्योताका दीक्षाकर्म गरेका मानिसले मात्र पूजाआजा गरेर चर्या नृत्य अभ्यास गर्न र हेर्न पाउँथे।, ‘यति महत्वपूर्ण सम्मेलनमा संसारभरबाट नेपाल आएका बौद्ध विद्वान र अतिथिलाई देखाउँदा के फरक पर्छ?’ भनेर सोध्दा यसको गोपनीयता भंग गर्नै मिल्दैन भनियो। वास्तवमै त्यति बेलासम्म कसैले पनि यो नृत्य बाहिर देखाएकै रहेनछन्।, जति गर्दा पनि बज्रयानी चर्या नृत्यका गुरूहरूले मान्दै मानेनन्।, ‘यस्तो बेला पनि देखाउन पाइएन भने हामीसँग त्यस्तो अमूल्य सांस्कृतिक सम्पदा भएको के काम लाग्यो?’ भनेर सोध्यौं।, तै पनि मानेनन्।, पछि चारैतिरबाट ज्यादै जोड गरेपछि ‘भित्री आभ्यान्तरको चर्या नृत्य चाहिँ नदेखाउने, नृत्य परम्परामध्ये केही अंश छनौट गरेर बाहिर देखाए हुने’ भनेर निर्णय गराउन सफल भइयो।, यसरी सहमति मिलेपछि ललितपुरकै आशाकाजी बज्राचार्य र काठमाडौं मुबाहाःका बज्राचार्यहरूले सिंहदरबारस्थित नाचघरमा पहिलोपटक चर्या नृत्य देखाएका थिए। त्यो क्षण ऐतिहासिक बन्यो।, बज्राचार्य गुरूमध्येकै अलि ‘प्रोग्रेसिभ’ गुरूहरूले त्यति बेला यो नाच सिकाइदिएका थिए।, यो चर्या नृत्यले संसारभरबाट आएका दर्शकलाई निकै प्रभाव पार्‍यो।, यसरी नृत्य देखाउँदा त्यहाँ बज्राचार्य गुरूहरू पनि आएका थिए। उनीहरूले राम्रो मानसम्मान पाए।, हामीकहाँ र अन्य मुलुकमा फरक के भने हामीकहाँ बौद्ध धर्म मात्र होइन, त्यसलाई भरथेग गर्ने संस्कृतिसमेत बचाइराखिएको अवस्थामा छ। अन्त सैद्धान्तिक रूपमा, शास्त्रका रूपमा वा ग्रन्थका रूपमा होला तर संस्कृतिको हिसाबले सुरक्षित भएको कमै भेटिन्छ।, यहाँ त सांस्कृतिक हिसाबले अभ्यासै भइरहेका छन्। हाम्रा मठ मन्दिरका इतिहाससमेत यी नृत्यसँग जोडिएका छन्।, एउटा त टुँडिखेलमा अवस्थित महांकाल मन्दिरकै पनि छ। त्यो मन्दिरकै किम्बदन्ती चर्यामा आधारित हो।, आकाश चरीका रूपमा उडेर गइरहेको बज्रवीर महांकाललाई चर्या गीत र नृत्यकै कारणले समातेर ल्याएको र बस्न कबुल गरेपछि स्थापित गरिएको भन्ने भनाइ नै छ। त्यो जुन चर्या नृत्यले देउतालाई वशमा पारेको थियो, त्यसका बारेमा त्यहाँ विस्तारमा वर्णन गरिएको छ।, काठमाडौंकै सबलबहालका चर्या गीत साधक एवं बौद्ध तान्त्रिक विद्वान शाश्वतबज्र बज्राचार्यले ‘पञ्च कपाल’ नामको चर्या गीतको माध्यमबाट देउतालाई वशमा ल्याएको उल्लिखित छ।, यो गाउन पनि जसले पायो त्यसले मिल्दैन। साधकले साधना गरेर गाउने गीत हो।, चर्या गीतमध्ये श्री महामञ्जुश्री, श्री विषय, श्री जयबाञ्छली र श्री हेरूक बज्रदेवीको रचना असन तःक्षबहालका सिद्ध महापुरूष पण्डित सुरतबज्र बज्राचार्यले गरेका थिए।, उनी कतिसम्म चर्या साधक थिए भने काठमाडौंको बौद्ध समुदायमा उनको जीवन्त कथा चर्चित छ।, पेसाले व्यापारी उनी कुनै बेला तिब्बत पुगेका थिए। वाणिज्यबाहेक पनि उनको बौद्धिकताबाट प्रभावित ल्हासाको विद्वत समुदायले उनलाई उतै राख्ने प्रपंच गरेछन्। षड्यन्त्रको आभास पाएपछि उनी भागे। बाटोमा ब्रह्मपुत्र नदी थियो। तारिदिने माझी थिएनन्।, यस्तो अवस्थामा आफैंले रचना गरेको जयबाञ्छली नामक चर्या गीत राग पञ्चम, ताल त्रिहुरामा गाउँदै त्यस गीतकै अलौकिक शक्तिले निर्विघ्न ब्रम्हपुत्र तरेको वर्णन पाइन्छ।, चर्या नृत्यको महत्व कतिसम्म छ भने बाहिरबाट आएका विद्वानले समेत यसको अध्ययनबाट धेरै तथ्य फेला पारेका छन्।, त्यसैमध्येका एक थिए उति बेला पश्चिम बंगालका विद्वान गभर्नर सुनीतिकुमार चटर्जी। उनी अन्तर्राष्ट्रिय जगतमै तत्वान्वेषकका रूपमा चर्चित थिए।, त्योताका वाइजी कृष्णमूर्तिले राजा महेन्द्रको जीवनी तयार पारेपछि विमोचनका निम्ति चटर्जीलाई बोलाइएको थियो।, समारोहमा चटर्जीले नेपाल र भारतको सांस्कृतिक वृत्तभित्र विकास भएका साझा संस्कृतिबारे आफ्नो भनाइ राख्दै गर्दा एउटा अनौठो कुरा बताए।, ‘मैले यसअघि पनि यहाँको वीर पुस्तकालयमा आएर अभिलेखहरू अध्ययन गरेको थिएँ,’ उनले भने, ‘त्यो अध्ययनका आधारमा भारतकै संस्कृतिलाई पनि जोगाइराख्ने श्रेय नेपालका बज्राचार्यहरूलाई जान्छ।’, त्यसलाई पुष्टि गर्न उनले चर्याकै आधार दिएका थिए।, ‘उनीहरूले चर्या नृत्यको अभ्यासमार्फत बज्रयानको बुद्धिज्मलाई संरक्षित गरेर राखेका छन्,’ उनले भने, ‘वीर पुस्तकालयमा यस्तो चर्या पनि भेटिएको थियो जसमा हाम्रो बंग भाषासमेत मिश्रित रूपमा प्रयोग भएको पाइयो।’, तत्वान्वेषकको हिसाबले अध्ययन गर्दा त्यो चर्या गीतमा अपभ्रंसकै रूपमा भए पनि जसरी बंगाली प्रभाव आएको छ त्यसले आफ्नो भाषाको इतिहास नै एक हजार वर्ष अझ पछाडि धकेलिदिएको उनले सुनाएका थिए।, चटर्जीले यो कुरा उनको ‘भारत र नेपाल’ भन्ने शोधपूर्ण सम्बोधनपत्रमा समेत उल्लेख गरेका थिए। बंगाली भाषा तथा पूर्वीअपभ्रंश भाषाका प्राचीनतम अभिलेखहरू नेपालबाट नै प्राप्त भएको भनेर उनले लिखित रूपमै बताएका छन्।, सुनीति कुमारको यो भनाइ सार्वजनिक भएपछि थुप्रै बंगाली अध्येता नेपाल आएर थप अध्ययन गरे।, त्यसअगावै पनि राहुल सांस्कृत्यायन, प्रबोधचन्द्र बागची, महामहोपाध्याय डा. हरप्रसाद शास्त्री र कलकत्ता विश्वविद्यालयका डा. शशीभूषण दास लगायत आएर यी कुराको अध्ययन गरेको लिखतै छ।, यस्तो महत्वको चर्या नृत्यलाई पूजाकोठामा मात्र सीमित रहन नदिएर त्यसका थोरै बाहिर देखाउन मिल्ने हिस्सालाई सार्वजनिक प्रदर्शनमा ल्याइएको थियो।, त्यसैको प्रतिफलमा २०१३ सालयता यो हाम्रो आफ्नै पहिचानको शास्त्रीय नृत्यका रूपमा प्रस्तुत हुँदै आइरहेको छ।, भित्री अभ्यान्तरका गुह्यलाई नचलाएर त्यसका थोरै प्रभाव यसरी बाहिर ल्याउँदा यसले हाम्रो मौलिक नृत्यका रूपमा फैलने मौका पाइरहेको छ।, स–साना नानीहरूले समेत रमाएर चर्या नृत्यको अभ्यास गर्न खोजेको देख्दा आनन्द लाग्छ।, (सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित 'सत्यमोहन जोशीको आत्मकथा शृंखला' बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।), यी पनि पढ्नुहोस्:, 'बिहेपछि श्रीमतीको अनुहार देख्नै चार दिन कुर्नुपर्‍यो', ती दुई व्यक्ति जसले मेरो जीवनमा सबभन्दा धेरै प्रभाव पारे, यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा, म जे छु, जसो छु– त्यही जुरेली चरीको देन हो, एउटा इच्छा पूरा भयो, एउटा भएन, यसरी बाहिर ल्यायौं काठमाडौंको अति गोप्य नृत्य
सेतोपाटी संवाददाता दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो।, उनीहरूको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको उच्च स्रोतले जानकारी दिएको छ।, ती व्यक्तिलाई प्रहरीले फोन कलको आधारमा लमही बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको पहिचान खुलाएको छैन। यद्यपि उनी टिपर चालक भएको खुलेको छ।, प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए।, उनले बेपत्ता भएको दिन नै आचर्यका हजुरबुवालाई फोन गरेर नाति कहाँ छन् भनेर सोधेका थिए।, असोज २८ गते  आचार्यको परिवारले प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।, घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।, उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए।, उनकी आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए।, जंगलमा वस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ पर्नेगर्छ।, घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए। घटनास्थलमा जिल्लाका एसपी, डिएसपी, नेताहरू समेत पुगेका छन्।, यसको अनुसन्धान गर्न प्रहरीले बाँके कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत झिकाएको छ।, दाङमा किशोर-किशोरीको शव फेला: शंकास्पद एक पक्राउ
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, संस्कृति क्षेत्रमा लाग्दालाग्दै म नाट्य क्षेत्रमा पनि संलग्न भएँ। दुइटा भाषामा थुप्रै नाटक लेख्नुबाहेक मैले अभिनय पनि गरेको छु। यो फरक विधालाई लिएर यदाकदा प्रश्न आउने गरेका छन्।, म मुलुककै पुरानो नाट्य परम्परा 'कात्तिक नाच' हुने ललितपुरको बासिन्दा भएकाले नाटकमा मेरो लगाव थियो। यो नाटक बर्सेनी देखाउन थालेको पौने चार सय वर्षभन्दा बढी भइसकेको छ। नाटकमा मेरो संलग्नता भने एउटा सिंगो समुदायका केटाकेटीको शिक्षा अवसरसँग जोडिएको छ।, राणाकाल सकिए पनि ललितपुरको भित्री टोलमा बस्ने कृषक परिवारका केटाकेटी स्कुल जान थालेका थिएनन्। परका स्कुल उनीहरू अनुकूल मान्थेनन्। केवल साहुमहाजन र जागिरदारका छोराछोरी मात्र जान्थे।, यस्तो अवस्थामा २००८ सालतिर तिनै कृषक समुदायका केटाकेटीलाई केन्द्रित गरेर मेरो घर छेवैमा श्री शान्ति विद्याश्रम स्थापना गरियो। त्यो मेरै पहलमा भएको थियो र स्कुलको नामाकरण पनि मैले नै गरेको थिएँ। अहिलेसम्म चलिरहेको त्यो स्कुलमा हिजोआज १२ कक्षासम्म पढाइ हुन्छ। त्यति बेला प्राथमिक तहसम्म पढाउने गरी स्कुल स्थापना गर्ने काम चाहिँ एउटा अर्कै अभियानअन्तर्गत भएको थियो।, प्रजातन्त्र आएलगत्तै धेरै उथलपुथल मच्चियो। त्यही क्रममा गोर्खा दलको आतंक सुरू भयो। त्यो आतंक सामना गर्न सबैतिरका स्थानीय संगठित भए। त्यही क्रममा ललितपुरमा भने मेरै नेतृत्वमा रक्षा दल बनेको थियो। हामीले विभिन्न गतिविधि चलायौं। रातभर पहरा दियौं। यसरी उक्त आतंक त निर्मूल भयो, अनि स्थापना भइसकेको त्यो संगठन के गर्ने भनेर कुराकानी निस्क्यो।, ललितपुरको रक्षा दलका कार्यक्रममा मेरो निम्तो मानेर राजा त्रिभुवन पटकपटक सरिक हुनुभएको थियो। त्यस्तो महत्वको संस्था खारेज नगरौं भन्ने सुझाव मैले दिएँ। यसलाई समाजको भलो हुने काममा निरन्तरता दिन एकमत भयो।, त्यही संगठनका तर्फबाट हामीले श्री शान्ति विद्याश्रम खोल्यौं।, स्कुल त खोलियो। चलाउने कसरी?, हामी टोल छिमेककै पढेलेखेकाहरूले स्वयंसेवकका रूपमा पढाउन थाल्यौं। यो काममा धेरैको सहयोग थियो।, त्योबाहेक नाटक पनि देखाउने निधो गरियो। नाटकको नाम थियो 'खड्गसिद्धि'।, काठमाडौंका अन्तिम मल्लराजा जयप्रकाश मल्लको भोगाइमा आधारित उक्त नाटकका नायक अर्थात् जयप्रकाश मल्ल म आफैं बनेको थिएँ।, पृथ्वीनारायण शाहले हमला गर्नुअगावै जयप्रकाशले सत्ता गुमाएका थिए। उनका गलत चालचलनले युवराजलाई राजा घोषित गर्दै रानीले सत्ता हातमा लिएकी थिइन्। यस्तो अवस्थामा अनेकतिर चहारेपछि अन्तिममा गुह्येश्वरी मन्दिर पुगेर जयप्रकाशले खड्गसिद्धि साधना गरेको इतिहास छ।, साधनापछि पाएको शक्तिकै बलमा उनले फेरि भाइभारदार हातमा लिएर सत्ता फिर्ता पाएका थिए।, यही घटनामा आधारित नेवारी नाटक थियो 'खड्गसिद्धि'। मास्टर हेमलालले लेखेको र निर्देशन गरेको नाटक। त्यो नाटकलाई जहाँ जहाँ बोलावट हुन्थ्यो, हामी त्यहीँ पुगेर देखाउँथ्यौं। हनुमानढोकामा 'च्वसा पासा' नामको संस्थाले गरेको साहित्य सम्मेलनमा पनि देखायौं।, च्वसा पासा अर्थात् नेपालीमा पत्रमित्र। राणाकालमा संगठनको अनुमति नभएकाले उतिबेलै यसको स्थापना कोलकातामा भएको थियो। प्रजातन्त्र आएपछि त्यही संस्था यहाँ आएर सक्रिय भयो। च्वसा पासाको साहित्य सम्मेलन बेला वसन्तपुर डबलीमा मैले अभिनय गरेको थिएँ।, नेपालमा नाटक सुरूआतका प्रमाण लिच्छविकालदेखिकै पाइन्छन्। हाँडीगाउँतिर अहिले पनि डबलीका अवशेष देखिन्छ। त्यहाँ विभिन्न लेखोट छन्। तर नाट्य परम्परा अर्थ्याउने खासै प्रमाण भेटिएको छैन।, मल्लकालका धेरै कुरा स्पष्ट छन्। मल्लहरूले शासन गर्न थालेदेखि नै यहाँ नाटकको बलियो प्रभाव देखिन्छ। प्रारम्भिककालको कुरा गर्ने हो भने मिथिलाञ्चलको प्रभाव यहाँका नाटकमा पाइन्छ। मैथिली भाषा र पद्धतिमै नाटक हुन्थे। मल्लहरूले पनि मैथिलीमै नाटक लेखेका थिए।, पछि नेवारी भाषाका नाटकमा निकै उन्नति भयो। त्यसमध्ये सबभन्दा धेरै भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्लका छन्। उनका मात्रै २२–२३ वटा छन्। नेवारी भाषा धनी बनाउने श्रेय उनलाई जान्छ। करिब आधा शताब्दी शासन गरेपछि उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गरेका थिए।, त्यति बेला यहाँ देखाइने नाटक नेवारी भाषाकै भए पनि ती संस्कृतकै नियममा बाँधिएका थिए। कालीदासको भैरवी वा शाकुन्तलजस्ता नाटककै पद्धतिमा अघि बढ्थे। फरक के थियो भने, यता देखाइने नाटक संगीतप्रधान हुन्थे।, मंगलाचरण मात्र नभएर केही भन्नुपर्दा पनि श्लोक बनाएर सांगीतिक रूपमा अभिव्यक्त गरिन्थ्यो। कुन ताल र कुन राग हो भन्नेसमेत मिलाएर एउटा मिश्रित सिर्जना तयार हुन्थ्यो। कतिपय बेला परिस्थिति वर्णन गर्न सूत्रधार पनि राखिन्थ्यो।, रणजीत मल्लपछि शाहहरूले शासनसत्ता हातमा लिए। नाट्य परम्परा त्यही रूपमा अघि बढ्यो।, त्योभन्दा पहिले यहाँ एक किसिमको 'ख प्याखँ' भन्ने परम्परा थियो। ख प्याखँ अर्थात् खट भएको। किसानका घरमा चिउरा कुट्ने ठूल्ठूला ओखल हुन्थे। तिनै ओखललाई तलबाट चारैतिर राखेर माथि मञ्च बनाइन्थे।, यसरी खुलामञ्च जस्तो बनाएर नाटक देखाइन्थ्यो। ख प्याखँ धेरैजसो हास्यप्रधान हुन्थे। खासगरी गाईजात्रा र इन्द्रजात्रा बेला यस्ता नाटक देखाउने छुट थियो। अघिपछि सितिमिति यस्ता नाटक देखाउन पाइँदैन थियो। गाईजात्रा बेला त आठ दिनै नाटक देखाउन छुट थियो।, पाटनमा भने सिद्धिनरसिंह मल्लको पालादेखि कात्तिक नाचको असाध्यै बलियो परम्परा अघि बढ्यो। कति बलियो भने आजसम्म पनि चलिरहेकै छ।, कृष्णका वरपर रहने प्रत्येक पात्रलाई दिनको एक जना वर्णन गर्नेगरी सुदामा, सुरदास इत्यादि नाटक देखाइन्थे। यो हरिवंशका भागवतबाट लिइएका 'प्लट'हरूमै आधारित थियो। त्यसैगरी बराह अवतारको पनि नाच हुन्थ्यो। यसरी कात्तिक नाच सुरूमा सात दिनसम्म चल्थ्यो।, सिद्धिनरसिंहका छोरा श्रीनिवास राजा भएपछि त्यसमा 'बाँठ' भनेर बाठो मानिसको नाटक थपे। उनले कात्तिक नाचको अवधि बढाएर दुई साता पुर्‍याए।, बाँठ विशुद्ध लोकनाटक थियो। बाठो पात्रमा आधारित त्यो नाटकमा सामाजिक विसंगतिमाथि व्यंग्य गरिन्थ्यो। पात्रले नचिनिने गरी मुखुण्डो लगाउँथ्यो। यसलाई संगीतले गाइड गर्थ्यो। नाटकको एउटा परिस्थितिबाट अर्को परिस्थिति बताउन संगीतकै सहारा लिइन्थ्यो। खीँ बाजाले संकेत गरेबमोजिम पात्रहरू 'मुभ' हुन्थे। मञ्चमा पात्रको प्रस्थान र प्रवेशमा जम्मै शास्त्रीय पद्धति अपनाइन्थ्यो।, त्यो बेला यहाँ प्रचलित भाषालाई 'देश भाषा' भनिन्थ्यो। यही भाषामा नाटक बन्थे।, श्रीनिवासको निधनपछि उनका छोरा योगनरेन्द्र मल्लले फेरि त्यसमा 'उषा हरण' र 'बानासुर' लगायत प्लट थपे। अवधि बढाएर एक महिना बनाइदिए।, कात्तिक शुक्ल त्रयोदशीका दिन नरसिंहलाई मध्यरातमा निकाल्नैपर्थ्यो। किनभने हिरण्यकश्यपले रात र दिनमा कसैले मार्न नसक्ने वरदान पाएका थिए। उसको संहार गर्ने नरसिंह कृष्ण मन्दिरका पुजारीको सन्तान हुनुपर्थ्यो। यो परम्परा आज पनि छ।, नरसिंह पात्रले सात दिनसम्मै पुरूषचरण गर्नुपर्थ्यो। ब्रह्मचर्य बस्नुपर्ने। सात दिनसम्मै नरसिंहको मुखुण्डो पूजा गर्नुपर्ने। मुखुण्डोमा सत् हुन्छ। मुखुण्डो लगाएपछि देउता चढ्छ। उसैले छुनेबित्तिकै दैत्य अर्थात् हिरण्यकश्यप ढल्छ।, कात्तिक नाचमध्ये यो एउटा खण्ड एक प्रकारको ब्याले नै हो। यसको नाच मौलिक छ। संसारमा अन्त कतैको नाचसँग यो मिल्दैन। कात्तिक नाचका अरू खण्ड भने संवादमा आधारित नाटक हुन्।, यसरी अघि बढेको कात्तिक नाच २००८ सालसम्म एक महिनै चल्थ्यो।, त्यो बेला छेभडेल नामक एउटा अड्डा थियो, नगरपालिकाजस्तो। गुठीका धेरै काम त्यही अड्डाले गर्थ्यो। मान्छे धरपकड गर्ने हिसाबले कताकति प्रहरीजस्तो काम पनि गरिदिन्थ्यो। त्यही अड्डाले देवीदेवताका नाचगानको पनि व्यवस्थापन सम्हाल्थ्यो।, २००८ सालपछि भने कात्तिक नाच दुई दिन मात्र चलाउन थाले– बराह निकाल्ने र नरसिंह निकाल्ने।, पछि २०३८ सालमा आएर नवयुवकहरूले एउटा कमिटी बनाए। यही कमिटीले सम्पदा संरक्षण गर्नुपर्छ भनेर फेरि त्यो नाचलाई आठ दिनको बनायो। बाँठ, सुरदास र सुदामा फेरि समेटिए। त्यसैले अहिलेसम्म निरन्तरता पाइरहेको छ।, इतिहासको कुरा गर्दा अझ अगाडिको एउटा अर्को नाटक 'रामांक नाटिका' को प्रसंग आउँछ। त्यो विशुद्ध संस्कृत नाटक थियो।, करिब पाँच-छ सय वर्षपहिले लेखिएको र ललितपुरमा मञ्चन गरिएको त्यो नाटक तालपत्रका रूपमा फेला परेको थियो। त्यसलाई पछि प्रज्ञा प्रतिष्ठानले अनुवाद गराएर किताब नै बनाएको छ।, उक्त नाटकको भूमिकाअनुसार त्यो बेला ललितपुर भक्तपुरको अधीनमा थियो। केन्द्र भक्तपुर रहे पनि त्यसबाट अलिकता स्वायत्तता पाएर स्वतन्त्रजस्तो भएको उपलक्ष्यमा त्यो रामांक नाटक ललितपुरमा खेलाउन थालिएको हो।, तालपत्रमा संस्कृत भाषामै नाटक फेला पर्नुको अर्थ त्यो कालखण्डमा यहाँ संस्कृत भाषामा नाटक देखाइन्थ्यो भन्ने बुझिन्छ। मान्छेले भाषा बुझ्थे कि बुझ्थेनन्, थाहा छैन। हेर्न चाहिँ पक्कै हेर्दा रहेछन्।, रामांक नाटकपछि कात्तिक नाच नै पुरानो हो।, त्यसो त हरिसिद्धि र नरदेवीको श्वेतभैरवी पनि पुराना नाच हुन्। तर त्यसमा बलि परम्परा जोडिएको छ। कात्तिक नाच शुद्ध 'पफर्मेन्स' हो।, यस्तो परम्परा अघि बढ्दै गएको मुलुकमा राणाकाल आएपछि पारसी थिएटर भित्रियो। पारसी थिएटर भनेको चारैतिर खम्बा गाडेर स्टेज बनाउने। त्यसमा किसिम किसिमका पर्दा प्रयोग हुन्थे। पर्दामा जंगल, नदीनालादेखि दरबारसम्मका चित्र कोरिन्थे। परिस्थितिअनुसार पर्दा तानेर देखाइन्थ्यो। त्यसैगरी मञ्चकै अगाडि पनि पसलको सटरजस्तो पर्दा हुन्थ्यो।, नक्कल गरेर ल्याइएको पारसी थिएटरसँगै उर्दू भाषाको प्रभाव पनि नाटकमा भित्रियो। संवाद, गीतदेखि लिएर प्लटमा पनि उर्दूकै प्रभाव विस्तार भयो।, त्यो बेला यहाँ नाटक देखाउन 'मुन्चा' प्रसिद्ध नाम थियो। असनको त्यो तुलाधर परिवारले हरेक वर्ष गाईजात्रा र इन्द्रजात्रामा नाच र नाटक देखाउँथे।, राणाहरूले पर्सियन थिएटर भित्र्याएकामध्ये सबभन्दा प्रभावशाली सिंहदरबारभित्रै थियो। चन्द्रशमशेरले महँगा र ठूल्ठूूला १५–२० वटा पर्सियन पर्दाहरू राखेका थिए। फरक परिस्थिति दर्शाउन ती पर्दा अब्बल गुणस्तरका थिए।, सिंहदरबार हलमा पर्दा मात्र होइन, अरू कुराको पनि प्रभाव निकाल्न अनेक उपाय लाइएको थियो। बिजुली गर्जिंदाको आवाज निकाल्न नेपथ्यमा माथिदेखि ठूलो ढुंगा काठको सिँढीबाट तल खसालिन्थ्यो। त्यो डाङडाङ डुङडुङ गर्दै ठूलै आवाज निकालेर तल खस्दा हलमा बसेका दर्शक चकित खान्थे।, त्यसैगरी बिजुली चम्काउन कार्बन प्रयोग हुन्थ्यो। स्टेजको तलतिर मानिस बसिरहेका हुन्थे। त्यही मानिसले दुईवटा कार्बन जोडिदिँदा ह्वार्रर ठूलो उज्यालो निस्कन्थ्यो।, यस्ता तरिका अपनाएर राणाहरूले पर्सियन थिएटरकै उत्कृष्ट नमूना काठमाडौंमा स्थापित गरेका थिए। सिंहदरबारभित्रको नाचघर पछिसम्मै सञ्चालनमा थियो। यसको छेउमा अहिले नेपाल टेलिभिजनको कार्यालय छ।, राजा महेन्द्रको राज्याभिषेक बेला (२०१३ साल) मैले त्यो नाचघरमा काम गरेको थिएँ। राज्याभिषेकको नाटक मूल समारोह समिति भनेर छुट्टै निकाय खडा गरिएको थियो। त्यसमा कवि शिरोमणि लेखनाथ पौड्याल अध्यक्ष थिए। सिद्धिचरण श्रेष्ठ सचिव। बालकृष्ण समदेखि केदारमान ब्यथितसम्म रहेको समितिमा म पनि थिएँ। यही आयोजनाबाट मेरो सामिप्य देशका कलासाहित्य क्षेत्रका व्यक्तिसँग भएको थियो।, राज्याभिषेकमा देखाउन समले लेखेको भिमसेन थापामा आधारित ऐतिहासिक नाटक 'राजेन्द्रलक्ष्मी' छानियो। यसमा समले आफूसहित छोरा, छोरी, नाति, ज्वाइँ सबैलाई अभिनय गराएका थिए।, राणाकालमा सिंहदरबारबाहेक अरू पनि नाटक हल थिए। नारायणहिटीमा हुने नै भयो। केशरशमशेरले पनि केशर महलभित्रै सानो नाचघर बनाएका थिए। त्यसैगरी दरबारिया शानमा बस्ने गुर्जुहरूले पनि नाचघर बनाएका थिए। थापाथलीमा पनि एक जना राणाजीले नाचघर बनाएका थिए। गाईजात्रा बेला त्यहाँ पनि नाटक चल्थे।, काठमाडौंका नामी नाचघर यिनै थिए। त्यहाँ तीन–चार महिना तालिम गराएरै नाटक देखाइन्थ्यो। जनस्तरमा भने मुन्चा र मुसलमानहरूले पनि नाटक देखाउँथे।, ऐतिहासिक परम्परा छाडेर समकालीन नेपाली नाटकको इतिहासमा बलियो मोड कोर्ने श्रेय भने बालकृष्ण समको 'मुकुन्द इन्दिरा' लाई जान्छ। एक हिसाबले भन्ने हो भने अहिलेसम्म पनि त्यसैको प्रभाव छ।, यो १९९५ सालको कुरा हो। त्यति बेला समले दरबार हाइस्कुलका विद्यार्थी लिएर 'मुकुन्द इन्दिरा' खेलाएका थिए। म त्यहीँ चार कि पाँच कक्षामा पढ्थेँ। आफू विद्यार्थी भएकाले मैले नाटक हेर्ने मात्र होइन, त्यसका चहलपहल पनि देख्न पाएँ। पाटनदेखि ओहोरदोहोर गर्नुपर्ने भएकाले नाटकमा भाग लिने मौका भने पाइनँ।, त्यो बेला उक्त नाटकले एक किसिमको क्रान्ति नै गरेको थियो। नाट्य क्षेत्रमै ठूलो फड्को त्यसैले मारेको हो। नाटकमा उर्दूको एकछत्र प्रभाव चलिरहेको नेपाली समाजमा पहिलोपटक पूरै नेपालीमा लेखिएको नाटक थियो त्यो। गीत पनि नेपालीमै थिए।, त्योभन्दा अगाडि त नाटक मञ्चन मात्रै नेपालमा हुन्थ्यो। संवाद, गीत सबै उर्दूमै हुन्थ्यो। नेपाली भाषामा गीत गाउने कल्पना कसैले गरेका थिएनन्।, बालकृष्ण समको यो नयाँ प्रयोग थियो। उनको प्रयोग नाटकमा मात्र होइन, मञ्चमा पनि देखियो। उनले राखेका पर्दा सबै काला रङका थिए। परिस्थितिहरू झल्काउने रंगीविरंगी पर्दा थिएनन्।, नाटक हेर्न जुद्धशमशेर पनि आएका थिए। नाटक हेरेपछि उनले पुरस्कार वितरण गरे। त्यसपछि नाटक सिंहदरबार पुग्यो। त्यहाँ धेरै दिन चलेपछि नारायणहिटी लगियो।, नेपाली भाषामा पनि नाटक हुँदो रहेछ भन्ने मान्यता 'मुकुन्द इन्दिरा' ले नै स्थापित गरिदियो।, नाटकमा छोरा लिन कोलकाता हिँडेका मुकुन्दका पिता भवदेवले लय हालेर 'हे, पान्त (यात्री) के तिमी कहिल्यै पुगेका छौ नेपालमा?' भनेर गाउँदा दर्शकको मनै हुरूक्क हुन्थ्यो।, एक त पहिलोपटक नेपाली भाषाको हेरेको, त्यहाँमाथि राष्ट्रवादी भावले भरिएको नाटक। भवदेवका लयसँगै हामी दर्शकका शरीरका रौं ठाडा हुन्थे।, त्यो बेला नाटकमा स्त्रीको भूमिका पनि पुरूषले नै गर्थे। इन्दिराको भूमिका रामकेशरी नाम गरेका एक केटा विद्यार्थीले गरेका थिए। उसलाई कपाल पाल्न लगाएर महिलाकै जस्तो स्वरमा बोल्न लगाइएको थियो।, मुकुन्द–इन्दिरा नाटक यति लोकप्रिय भयो, नाटक खेलेर रिझाएकै कारण कप्तान रहेका सम मेजर कप्तानमा बढुवा भए।, त्यो बेला दरबार हाइस्कुलमा रूद्रराज पाण्डे हेडमास्टर थिए। विद्यार्थीलाई कुशलतासाथ व्यवस्थापन गरेर नाटक सम्पन्न गराएकोमा उनले गोरखा दक्षिणबाहु पाए। त्यसपछि त उनले आफ्नो नाम नै 'गोदवा रूद्रराज पाँडे एमए इलाहावाद' लेख्न थाले।, उता नारायणहिटीमा पनि मुकुन्द–इन्दिरा हेरेर राजा धेरै खुसी भएको सुनियो। सबै कलाकारलाई दरबारभित्रै चाँदीका भाँडामा राखेर भोज खुवाएका थिए रे! नाटकमै सरिक मेरा सहपाठीले यी कुरा सुनाएका थिए।, कलाकारलाई कोलकाता लगेर डिस्क रेकर्डसमेत गराइयो। उनीहरूले रेकर्ड गरेर सात–आठवटा चक्का लिएर आएका थिए।, यसरी लामो समय बलियो पकड बनाउँदै आएको पारसी थिएटरलाई मुकुन्द इन्दिराले मिल्काइदियो। र, नेपालमा नाटकको नयाँ युग सुरू भयो।, समले भव्यताका साथ मुकुन्द–इन्दिरा देखाएपछि अर्को जोडदार उपस्थिति भिमनिधि तिवारीको भयो।, यो २००८ सालपछिको कुरा हो। तिवारीले 'सहनशिला सुशिला' मञ्चन गरे।, राजा त्रिभुवन तिवारीबाट निकै प्रभावित भएका थिए। तिवारीले नाटक उत्थान गर्न एउटा संस्था खडा गर्ने इच्छा देखाएका थिए। त्रिभुवनले यस निम्ति रानीपोखरी छेउको अञ्चलाधीश कार्यालयदेखि अहिलेको शान्ति वाटिका हुँदै सोह्रहाते गणेशसम्मको जग्गा तिवारीलाई दिए। समले पनि राजालाई यतिसम्म रिझाएका थिएनन्।, तर राजाले दिएको जग्गा तिवारीले प्रयोग गरेनन्। यसको कारण भने थाहा हुन सकेन।, यसरी लिच्छविकालका अज्ञात परम्परा, मल्लकालका सम्पन्न नाटक हुँदै अघि बढेको नाट्य परम्परामा आज हामीकहाँ जे जति नाटक भइरहेका छन् त्यसको प्रारम्भ गराउने श्रेय बालकृष्ण समलाई नै जान्छ।, यो नेपालको नाट्य परम्पराको पहिलो खण्ड हो। दोस्रो खण्ड एकेडेमी स्थापनासँग जोडिन्छ।, नाट्य परम्पराको दोस्रो खण्ड, सुरूमा एकछिनसम्म सारंगी बज्थ्यो।, त्यसपछि गीतले भन्थ्यो, 'सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने मित लाउँछ।', बीचमा थियो, 'मेरै स्वरमा मेरै गाउँ र बस्तीको कथा, सुनाइ हिँड्छु लडाइँ र पिरतीको व्यथा।', र, अन्त्यमा कतैतिर टुंगिने बेला भन्थ्यो, 'नेपालीले नेपालीलाई नचिनेझैं गर्छ।', त्यो 'नेपालीले नेपालीलाई' भन्ने अन्तिम वाक्य पछि रेकर्ड गर्ने बेला परिवर्तन गरियो र 'आफ्नै दाजुभाइले मलाई नचिनेझैं गर्छ' बनाइयो।, यसरी २०३२ सालतिर दार्जिलिङबाट आएका कलाकार दाजुभाइले काठमाडौंमा ठूलै हंगामा गरे।, त्यसो त कमलादीमा एकेडेमी हल २०२६ सालमै तयार भएको थियो। त्यो हलसँग यहाँका बूढापाकादेखि केटाकेटीसम्मलाई जोड्न भने छ वर्ष पर्खनुपर्यो।, हेर्ने मान्छेको मन केले पगाल्छ भन्ने कुरा कहिलेकाहिँ ठम्याउन गाह्रो पर्छ। त्यही ठम्याउन नसक्दा मुलुककै सबभन्दा ठूलो र आधुनिक नाचघर भइकन पनि प्रज्ञा भवन राम्ररी भरिन सकेको थिएन।, त्यो भवनमा स्टेजदेखि लिएर प्रकाश व्यवस्था हुँदै अर्केस्ट्रा पिट (वाद्यवादक बस्ने मञ्च अगाडिको खाल्डो) सम्म थियो। झन्डै चौध सय दर्शक अटाउने बालकोनीसहितको त्यो भव्य हलमा के सुविधा थिएन? पियानोदेखि बाँसुरीसम्म विदेशबाटै झिकाइएका थिए। दर्शक बस्ने मखमलले मोडिएका कुर्सीसमेत बेलायतबाट ल्याइएको थियो।, त्योताका आउने विशिष्ट भारतीय अतिथिहरूसमेत 'ओहो तिमीहरूकहाँ कस्तो राम्रो हल' भनेर चकित खान्थे।, तर दुर्भाग्य के भने, बालकृष्ण समजी आफैं त्यहाँ हुँदाहुँदै पनि कहिल्यै आफ्नो नाटक त्यो मञ्चमा प्रस्तुत गरेनन्। त्यसको कारण मैले आजसम्म थाहा पाएको छैन।, सुरूमा राजा महेन्द्र कुलपति र बालचन्द्र शर्मा उपकुलपति थिए। लगत्तै महेन्द्रले छाडेपछि र शर्माको निधन भएपछि समजी नै उपकुलपति बनाइए। हालिमुहाली नै उनको थियो। तै पनि आफ्नै नाटक देखाएनन्।, २०२६ सालमा जब आठ जना सहप्राज्ञ भर्ना गरियो त्यसमा एक जना म पनि परेँ, त्यो बेला नाट्य क्षेत्रमा कहलिएका विजयबहादुर मल्ल र श्यामदास बैष्णव पनि हाम्रो टोलीमा थिए।, त्यसपछि उनीहरूले नै त्यो हल 'कन्ट्रोल' गरे। उनीहरूका प्रस्तुतिमध्ये 'कुमारी' ब्याले ज्यादै प्रसिद्ध भयो। त्यो विजय मल्लको थियो।, त्यति बेला नर्वेका हेनरिक इब्सेनबाट प्रभावित नाटक पनि त्यहाँ आए। ती सामाजिक विषयवस्तुमै उभिए पनि उच्च बौद्धिक दर्शक निम्ति केन्द्रित थिए।, 'पत्थरको मान्छे' जस्तो शीर्षकका नाटक चल्थ्यो। त्यसले बौद्धिक दर्शकलाई प्रभाव परेको थियो। मासमा जनतालाई भने आकर्षित गरेन।, हलको क्षमता त्यति धेरै छ। ब्यालेसम्म त राम्रै चल्थे। नाटक चाहिँ फुस्सा। पहिलो दुई-दिन जसोतसो चल्ने। त्यसपछि फाट्टफुट्ट मात्रै मान्छे आउने। त्यहाँ पालो बस्ने र ओभरटाइम गर्नेलाई तिर्ने पैसा पनि पुग्दैन थियो। उल्टो नोक्सानीमा जाने।, यस्तोमा के देखाउने? कसरी देखाउने?, यसै क्रममा एकेडेमीमा हाम्रो दोस्रो कार्यकाल थपियो। सूर्यविक्रम ज्ञवाली कुलपति भए। म सदस्यसचिव। अर्थात् सारा एकेडेमी चलाउने प्रशासकीय अधिकार मेरो भयो।, एकदिन कुलपति ज्ञवालीजीले मलाई बोलाए।, 'जोशीजी, साराले तारिफ गर्ने यति राम्रो हल छ,' कुलपतिको भनाइ थियो, 'तर यस हलको महत्व बढाउने गरी हामीले केही गर्न सकिरहेका छैनौं।', इब्सेन शैलीका नाटकको विकल्प के कसो हुन्छ, विचार गर्ने कुरा उनले राखे।, त्यतिबेलै दार्जिलिङस्थित साहित्य सम्मेलनले एउटा नाटक देखाएर उतातिर निकै हल्लीखल्ली मच्चाइरहेको थियो। मनबहादुर मुखियाले लेखेको 'अनि देउराली रून्छ' नाटकको चर्चा बाछिटाजस्तो यता आइरहेको थियो।, मैले सूर्यविक्रमजीसँग त्यसलाई काठमाडौं ल्याउने प्रस्ताव राखेँ। उनी राजी भए।, त्यसपछि मैले नै लेखापढी गरेर त्यो नाटक यहाँ भित्र्याएँ।, त्यो बेला अहिलेको जस्तो सञ्चार विकास भइसकेको थिएन। मान्छेको दार्जिलिङ आवतजावत चलिरहन्थ्यो। त्यही हिसाबले त्यो टोलीलाई बोलाउने काम गरियो।, हामीले साहित्य सम्मेलनसँगै सोझो सम्पर्क गर्यौं।, लगत्तै नाटक प्रस्तुत गर्ने ठूलै टोली काठमाडौं आइपुग्यो। उनीहरूलाई धरहरामा बसोबास व्यवस्था गर्यौं।, त्यो बेला धरहरा पनि अहिलेको जस्तो होटलले भरिभराउ थिएन। एक जना 'धरहरा माइला' नामका चियापसले थिए। उनैले भर्खर होटलका रूपमा निर्माण गरेको घर सिंगै बुक गरेर दार्जिलिङबाट आएको टोलीलाई बसोबास र खानपिन व्यवस्था मिलायौं।, त्यो नाटक देखाउन सुरू गरेपछि त अचम्मै भयो।, 'यत्तिका दिनसम्म काठमाडौंका यत्राविधि दर्शक कहाँ हराएका थिए?' भन्ने जस्तो भान पार्ने गरी मान्छे ओइरिए।, त्यो बेला कमलादीको एकेडेमीमा टिकट बेच्न नसकेर समस्या भयो। यत्रो भिडलाई टिकट उपलब्ध गराउने कसरी? तोकिएका मान्छेका हात–हातमा टिकटका मुठा थमाएर बाहिरै बेच्न लगाउनुपर्ने अवस्थासमेत आयो। त्यसले पनि समस्या समाधान भएन।, थामिनसक्नुको भिडले साह्रै दुःख पाएपछि अन्तिममा एउटा उपाय लगाइयो।, त्यो बेला भृकुटीमण्डपमा टिकट बिक्री गर्न काउन्टर नै बनेको थियो। बकायदा बार लगाएर बनाइएको त्यो संरचना अहिले पनि त्यहाँ देखिन्छ। यसरी व्यवस्थित काउन्टर भएकाले त्यहाँ हुलमुल हुन पाउँदैन थियो।, हामीले एकेडेमीमा देखाउने नाटक 'अनि देउराली रून्छ' को टिकट त्यही भृकुटीमण्डपको काउन्टरबाट बेच्न सुरू गर्यौं। त्यहाँ पनि टिकट बेच्दा परैसम्म मान्छेको लाम हुन्थ्यो।, दार्जिलिङका कलाकारले तयार पारेको त्यो नाटकको प्लट हाम्रै गाउँघरको थियो। दुःख पाएर मुग्लान जानेहरू, गाउँका शोषक–सामन्तीहरू र विषमताबीच बाँचिरहेका छोरीबेटीहरूको मन पगाल्ने कथा सरल किसिमले व्यक्त थियो।, त्यतिले नपुगेर त्यो नाटकमा रहेका केही गीत अचम्मै राम्रा थिए। त्यसैमध्येको एउटा थियो, 'सारंगीको तारले'।, त्यसैगरी छोरीलाई विदाइ गरेर पठाउँदा माइतीको भावना बोकेर पृष्ठभूमिमा बज्ने 'हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि?' भन्ने गीत पनि मन पगाल्ने थियो। त्यसमा अरू पनि धेरै राम्रा गीत थिए। समूहमा नाचगानका प्रस्तुति पनि समेटिएको थियो।, यी सब कुराले काठमाडौंका दर्शकको मन पग्लियो।, नाटक त चिताएभन्दा कता हो कता 'हिट' भइदियो। सबै खालका दर्शकको मन छोएपछि यस्तो हुँदो रहेछ।, झन्डै दुई सातासम्म त्यो नाटक चल्यो। त्योताका असाध्यै राम्रो नाटक छ भने राजपरिवारका सदस्य पनि हेर्न आउँथे। त्यति बेला राजारानी आफैं नाटक हेर्न आएपछि असाध्यै प्रभावित भएर एक लाख कम्पनी (भारतीय) रूपैयाँ उपहारै दिए। त्यति बेला त्यो धेरै ठूलो पैसा थियो।, राजाले दिएको पैसा त छँदै थियो। त्यसबाहेक हामीले पनि उठेको पैसामा खर्च कटाएर बाँकी उनीहरूलाई दियौं। दार्जिलिङका कलाकारहरू खुसीसाथ विदा भए।, त्यसपछि हामीले 'नाटक चल्छ' र 'नाटकले पैसा कमाउँदो रहेछ' भन्ने ठूलो ज्ञान पायौं।, ज्ञान त पाइयो। तर, नाटक खोइ?, त्यो 'अनि देउराली रून्छ' फर्किएर जानेबित्तिकै यहाँ सामसुम भयो। त्यसपछि फेरि कुलपतिजीले मलाई आफ्नो कक्षमा डाके।, 'जोशीजी, यो अनुभवबाट नाटक चल्छ भन्ने जानियो,' उनले भने, 'अब तपाईं आफैंले एउटा नाटक लेख्नुपर्यो।', विजयजीले लेख्ने किसिमका नाटक त छँदैछ। त्यसबाहेक अलि सामाजिक र सम्प्रेषण गर्ने किसिमको केही लेखिनुपर्यो भन्ने कुलपतिजीको जोड थियो।, 'अनि देउराली रून्छ' ले एउटा 'प्याट्रन' प्रस्तुत गरिदियो। त्यो मोडलमा अघि बढ्ने हो भने घरपरिवारका नातिनातिनादेखि बाजेबज्यैसम्म नाटक हेर्न आउँछन् भन्ने भयो।, कुलपतिजीले मलाई नाटक लेख्न त भने तर म सदस्यसचिव भएको मान्छे प्रशासन चलाऊँ कि नाटक लेखेर बसौं?, 'तपाईंले यो सब कुरामा टाउको दुखाउनुपर्दैन,' सूर्यविक्रमजीले भने, 'घरैमा बस्नुस् र नाटक लेख्ने काम गर्नुस्।', घरैमा बसेर नाटक तयार गरेमा काम पनि हुने र एकेडेमीलाई पैसा पनि हुने हिसाबले त्यस्तो सल्लाह थियो।, यसरी मैले पहिलो नाटक लेखेँ– 'फर्केर हेर्दा'। यो २०३३ सालको कुरा हो।, कुलपतिजीले घरैमा बसेर लेख्नु भने पनि म त्यसरी के बस्न सक्थेँ? एकेडेमी पनि आइरहेँ–नाटक पनि लेखिरहेँ। त्यसैले अलि समय लाग्यो। जे होस्, केही महिनामै देखाउन मिल्ने गरी नाटक तयार भयो।, नाटक सामाजिक विषयवस्तुमा आधारित थियो। सासूले एउटा युवकलाई घरज्वाइँ राख्न खोज्दाका नतिजा नाटकमा देखाइएको थियो। अर्को कुनै मान्छेले ज्यादै दुःख गरेर हुर्काएको त्यो युवक अर्काको घरज्वाइँ बस्न खोज्दाको प्लट थियो। मानिसले विगत बिर्सिए ऊ अगाडि बढ्न सक्दैन भन्ने सन्देश यसले दिन्थ्यो।, यो नाटकलाई पनि त्यो बेलाको प्रचलित स्वादअनुसार सांगीतिक हिसाबले तयार पारियो। अम्बर गुरूङले यसका गीत उनको टोली लगाएरै तयार पारे।, यसरी मेरो नाटक 'फर्केर हेर्दा' एकेडेमीमा चल्यो।, सुरूमा त के होला–कस्तो होला भन्ने लाग्यो। तर हेर्दाहेर्दै मेरो नाटक पनि हिट भयो। त्यसले पनि एकेडेमीमा भिड तान्यो। राम्रो पैसा कमायो।, त्योताका एकेडेमीसँग भएको सवारी साधन भनेकै एउटा पिकअप भ्यान थियो। त्यसैले सबै सदस्यलाई घरदेखि एकेडेमी ल्याउने–लैजाने गर्थ्यो।, कुलपति चढ्ने चाहिँ एउटा मोटर थियो। त्यो पनि पूर्वकुलपति केदारमान व्यथितजीले चार वर्ष चढेपछि थोत्रो भइसकेको। जहिले पनि बनाइरहनुपर्ने। सूर्यविक्रमजीलाई हरेक सात दिनमा त्यो मोटर वर्कशप लैजाने सास्ती थियो।, एकदिन दिक्क भएर उनले त्यो मोटरै चढ्न छाडे। घट्टेकुलोमा डेरा थियो। त्यहाँबाट हिँडेरै आउजाउ गर्न थाले।, त्यति बेलै बजारमा निकै राम्रो मोडलको एउटा कोरियन कार आयो। हामीले 'फर्केर हेर्दा' नाटकबाट कमाएको पैसाबाटै त्यो कोरियन कार किनेर कुलपतिलाई उपहार दिने निधो गर्यौं।, 'यो हाम्रो नाटकको कमाइबाट तपाईंलाई उपहार भयो,' टोली नै पुगेर साँचो दिँदै भन्यौं, 'ल चढ्नुस्।', बुढा मख्ख परे।, यसरी लगालग दुइटा नाटकले उदाहरण पेस गरेपछि अब नाटकबाट एकेडेमीलाई आम्दानी पनि हुने र कलाकारलाई पनि अलिअलि पैसा हुने स्थिति बन्यो।, मेरो नाटक हेर्न आएकै बेलामा राजा वीरेन्द्रले राष्ट्र विकास निम्ति नाटकको पनि महत्वपूर्ण भूमिका हुन्छ भनेर सन्देश दिएका थिए। उनी बेलायतबाट पढेर आएका मान्छे, यस्ता कुराले समाजलाई अघि बढाउन कसरी मद्दत गर्छ भन्ने राम्ररी बुझ्थे।, तर राजाको सन्देशलाई सबैले त्यही रूपमा लिइदिएनन्।, त्यो बेला उत्तम कुँवरले 'रूपरेखा' नामको मासिक पत्रिका निकाल्थे। त्यो पत्रिकामा उनले राजालाई व्यंग्य गर्दै 'यो कसरी सम्भव छ?' भनेर प्रश्न उठाए।, 'काठमाडौंमा त एकेडेमीको आफ्नो मञ्च छ र नाटक गर्‍यो,' उनको सोधाइ थियो, 'अन्त कतै मञ्च नै नभएको अवस्थामा कसरी नाटक देखाएर विकास हुन्छ भनिएको हो?', पाँच–छवटा बुँदा राखेरै कुँवरले 'यो सम्भव छैन र यदि छ भने सरकारबाट जानकारी पाऊँ' भनेर लेखिएको आलेख दरबारमै पठाएछन्।, त्यसपछि दरबारका सचिव नारायणप्रसादले मलाई भेटेर 'कुँवरले यस्तो कुरा लेखेर पठाए' भनेर सुनाए।, मैले त्यति बेला नाटक र सभागृहबारे आफूले जानेसम्मको उत्तर दिएँ। 'एकेडेमीको सभागृह त भर्खरको कुरा हो। हाम्रो इतिहास त डबलीको छ, खप्याखँको छ। त्यसैले सभागृह नहुँदैमा अन्त नाटक मञ्चन हुन सक्दैन भन्ने कुराको अर्थ छैन।', हामी प्रकृतिले जे दिएको छ त्यसैमा रमाएर अघि बढेको समाज हौं। हामीलाई त प्रकाश व्यवस्था नै आवश्यक थिएन। यी सब धेरै पछि आएका कुरा हुन्। हिजोआज बत्ती आए पनि कात्तिक नाच बेला छेउमा तेलबत्ती बालेरै प्रदर्शन हुन्छ।, मैले त्यति भनेर पठाएपछि दरबारबाट त्यही जवाफ उत्तम कुँवरलाई बाह्रवटा बुँदा राखेर दिइएको थियो।, पछि सडक नाटक आयो। त्यसले पनि मेरो कुरा पुष्टि गरिदियो।, यही तर्क पुष्टि गर्ने गरी उतिबेलै पनि मेरो यही नाटक देखाइएको थियो। यो पनि २०३३ सालकै कुरा हो।, त्यति बेला राजा वीरेन्द्रको सवारी क्याम्प धनकुटा पुगेको थियो। 'फर्केर हेर्दा' काठमाडौंमा असाध्यै चलेपछि त्यो नाटक धनकुटामा देखाउने प्रस्ताव आयो।, धनकुटामा मसहित लैनसिंह बाङ्देल, चुडानाथ भट्टराय हुँदै विजय मल्लसम्म पुगेर सम्पूर्ण बन्दोबस्त मिलायौं। यहाँजस्तै मञ्च तयार पार्ने भनेर सारा मालसामान बोकाएर धनकुटा लग्यौं।, त्यहाँ पुगेपछि थाहा भयो, स्टेज बनाउने ठाउँ नै छैन। आपत आइलाग्यो।, फेरि एकपटक कुँवरलाई राजाले दिएको जवाफ सम्झियौं। नाटक त जहाँ पनि देखाउन सकिन्छ भनिएको थियो। यस्तो अवस्थामा स्टेज नै किन चाहियो?, स्टेज नबनाएर प्राकृतिक सेटिङमै देखाउने कुरा भयो। एउटा त्यहीँको घरलाई मञ्चका रूपमा प्रयोग गर्ने टुंगो लगायौं। यसरी प्राकृतिक परिवेशमै मञ्च तयार भयो।, छेउको एउटा घरलाई नै मञ्च बनाउँदा धनकुटाको टुँडिखेलभरि अटाउने हजारौं मान्छेले पनि हेर्न पाउने भए। माइक चाहिँ प्रयोग गरियो।, यसरी बिनामञ्च नाटक देखाउँदा विजय र बाङ्देल पनि प्रभावित भए।, यो ठूलै चर्चाको विषय बन्यो। धेरै लेख–रचना आए। मसँग अहिले पनि त्यसको संकलन छ।, एउटा लोकनाटक यसरी प्राकृतिक परिवेशमै प्रस्तुत भएको कुरालाई बिस्तारमा व्याख्या गर्दै मोहनहिमांशु थापाले गोरखापत्रमा लेखे। चूडानाथ भट्टरायले आफ्नो लेखमा यसलाई 'एउटा नयाँ प्रयोग' भन्दै प्रशंसा गरे। त्यो नाटकलाई संगीतका हिसाबले कसरी उभ्याइयो भनेर अम्बर गुरूङले लेखे। नाटकमा प्रस्तुत नृत्यको पनि चर्चा गरेर बेग्लै लेख आएको थियो।, 'फर्केर हेर्दा' नाटकको मुख्य भूमिकामा उति बेलाकी चर्चित दोहोरी गायिका यदुकुमारी थिइन्। अभिनयमा भने उनले पारा ल्याइनन्। त्यो अवस्थामा तुलसी दिवसले धरानतिरकी एक जना सिपालु अभिनेत्री ल्याइदिए।, उनी थिइन्, शान्ति मास्के। पछि शान्ति मास्के नेपालकै नामी कलाकार भइन्। सिनेमा खेलिन्। नेपाली कला क्षेत्रमा चरित्र अभिनेत्रीका हिसाबले सर्वाधिक चिनिनेमध्येकी शान्तिको अभिनय प्रारम्भिक समयमा यसरी मेरो नाटकबाट भएको थियो।, उनी मेरो नाटकमा मुख्यपात्रकी आमाको भूमिकामा थिइन्। हरिहर शर्मा हिरोका बाबु। शकुन्तला गुरूङ नायिका थिइन्। त्यही नाटकबाट नजिकिएका हरिहर र शकुन्तलाले पछि बिहे नै गरे। त्यसका नायक हरिबहादुर थापा थिए।, यसरी 'फर्केर हेर्दा' को सफलता पछि नाटकलाई अझ अघि बढाउन मैले एकेडेमीमा 'नाटक महोत्सव' को प्रस्ताव ल्याएँ।, हरेक मुलुकमा नयाँ वर्ष पारेर कुनै न कुनै सिर्जनात्मक काम हुन्थ्यो। सबैले आफ्ना परम्पराअनुसार केही न केही गर्थे। हामीकहाँ भने केही थिएन। त्यसैले नयाँ वर्षका दिन नाटक महोत्सव चलाऔं भनेर मैले प्रस्ताव गरेँ।, त्यस्तो महोत्सवमा उपत्यकाभित्रका मात्र नभई बाहिरका सर्जकलाई पनि निम्त्याउने कुरा अघि बढाएँ। यसका लागि ज–जसले जे–जस्ता सिर्जना लिएर आए पनि एकेडेमीमै आवश्यक परिमार्जन गरिदिन सकिन्थ्यो।, बाहिरबाट आउनेलाई आतेजाते खर्चबाहेक उनीहरूको नाटक जति दिन चल्छ त्यही हिसाबले पैसा दिने पनि बन्दोबस्त मिलाएँ।, मेरो प्रस्तावमा छलफल चल्यो। सबै सहमत भएपछि पास भयो। यसरी नाटक महोत्सव परम्परा सुरू भयो। यो पनि २०३३ सालताकाकै कुरा हो।, यो परम्पराले काठमाडौं बाहिरका थुप्रै कलाकारलाई एकेडेमीको भव्य मञ्च उपलब्ध गरायो। 'सर्वनाम' का अशेष मल्लले त्यतिबेलै धनकुटादेखि नाटक ल्याएको म अहिले पनि सम्झन्छु।, 'तुवाँलोले ढाकेको बस्ती' नामको त्यो नाटक असाध्यै राम्रो थियो र निकै चल्यो पनि। त्यति बेला उनीहरू भर्खरकै थिए। यस्ता सिर्जना गर्ने मान्छे अन्तबाट पनि धेरै आए।, यसरी त्यो नाटक महोत्सवले परम्पराको रूप लियो– राष्ट्रिय दिवसको महत्वका रूपमा।, त्यो परम्परा पछिसम्म पनि चलेको थियो।, त्यसैगरी गाईजात्रा अवसरमा एकेडेमीमा हास्यव्यंग्य सिर्जनाहरू प्रस्तुत गर्ने काम पनि मेरै प्रयासमा सुरू भएको हो।, एकेडेमीमा रहँदै 'फर्केर हेर्दा' बाहेक 'सपना ब्यूँझन्छ' र 'जब घाम लाग्छ' जस्ता मेरा अन्य नाटक क्रमैसँग चले। यी तीनवटै नाटक प्रत्येकमा चार-चारवटाका हिसाबले बाह्रवटा गीत अटाएका थिए। ती बाह्रवटै गीतमा मेरो शब्द थियो भने संगीत अम्बर गुरूङको। यी तीनवटैको निर्देशन प्रचण्ड मल्लले गरेका थिए।, यति सबै गर्दागर्दै एकेडेमीमा मेरो अवधि सकियो। तेस्रो कार्यकाल निम्ति नियुक्तिमा परिनँ। म फेरि चीन गएँ।, यसअघि चीनबाट फर्केपछि नै २०२६ सालमा म प्राज्ञ बनाइएको थिएँ। एकेडेमीबाट विदा भएपछि फेरि मेरा निम्ति चीनको ढोका खुल्यो। मैले नै सुरू गरेको यो काम निरन्तरता दिने मान्छे चीनलाई सदैव चाहिन्थ्यो।, काम उही थियो। बेइजिङका रेडियोकर्मीलाई नेपाली भाषा सिकाउने। भाषा त सिकाइ सकिएको थियो। पछिल्लो भ्रमणको उद्देश्य चाहिँ त्यसैलाई परिमार्जनसहित सिकाउने।, यसरी चीन पुगेपछि म बेग्लै खोजीको काममा पनि लागिरहेँ। त्यहाँ बसेकै बेला अरनिकोसम्बन्धी शोधकार्य गरेँ। किताबै तयार पारेँ।, राजा वीरेन्द्रले २०४४ सालमा चीनको औपचारिक भ्रमण गर्दा त्यही पुस्तक आफूसँग लिएर गएका थिए। अरनिकोबारे लेखिएको मेरो पुस्तक राजाले उक्त भ्रमणमा राष्ट्रपति ली सियन नियनलाई उपहारस्वरूप प्रदान गरे।, यता नाटक क्षेत्रमा भने लामो अन्तराल बित्यो। उता एकेडेमीमा पनि नाटक एउटा अस्ताइसकेको घामजस्तै भइसकेको थियो। पूरै सामसुम। अन्त पनि नाटकको चर्चा थिएन। यस्तो बेला नाट्यकर्मी सुनिल पोखरेलले 'गुरूकुल' स्थापना गरे। उनीहरूले नै नाटक परम्परा फेरि अघि बढाए।, त्यसै क्रममा सुनिलले मेरो दुइटा नाटक त्यहाँ देखाए। एउटा 'बाघभैरव'। त्यो पूर्णांकी नाटक थियो। लामो समयसम्म त्यो नाटक मञ्चित भयो।, मलाई त्यसका कलाकारहरूले भेटघाट बेला 'तपाईंको नाटक गर्दा मुनाफा कमाएका छौं' भनेर सुनाएका थिए। यसरी 'बाघभैरव' चलेपछि फेरि अर्को नेवारी नाटक 'ध्वँचोलेचा' देखाइयो। यो नेवारी लोककथामा आधारित थियो। नेपालीमा 'बुद्धिमती बाख्री' अर्थ लाग्ने त्यो नाटक पनि गुरूकुलमा चल्यो।, यसरी केही गर्ने कोसिस गरिरहँदै आरोहणलाई त्यहाँको जग्गाधनीले हटाइदिए। उनीहरूको उठिवास भयो। त्यहाँका कलाकार बिचल्लीमा परे।, पछि त्यहीँ तालिम पाएका कलाकारको एउटा समूहले 'मण्डला थिएटर' भनेर अनामनगरमा काम सुरू गरे। उनीहरूले आफ्नै किसिमको सानो नाचघर पनि बनाए।, त्यसैगरी अर्को समूहले 'शिल्पी थिएटर' भनेर बत्तीसपुतलीमा बेग्लै नाचघर तयार पारे।, मण्डलामा राजन खतिवडाको नेतृत्व थियो भने शिल्पीमा घिमिरे युवराजको।, यीबाहेक अर्का एक जना विमल सुवेदीले राजदरबारको पछिल्तिर 'थिएटर भिलेज' भनेर अर्को संस्था उभ्याए। विमल पनि दिल्लीको प्रसिद्ध 'नेसनल स्कुल अफ ड्रामा' का उत्पादन हुन्।, नयाँ पुस्ताका यी तीनै जनाले फेरि मेरा नाटक देखाउने इच्छा राखे। त्यसै क्रममा युवराजले शिल्पीमा 'मजिपा लाखे' को छनौट गरे। इन्द्रजात्राको दिन आउने लाखेलाई पात्रका रूपमा राखेर लोककथामा आधारित नाटक थियो त्यो।, त्यो नाटकलाई उनीहरूले नेपाल मात्र नभई कोलकातामा पनि लगेर देखाए। त्यहाँ आयोजित 'मालिन्दी व्रत्याजन अन्तर्राष्ट्रिय नाटक महोत्सव' मा यसलाई प्रस्तुत गरियो।, यता राजनले मेरै अर्को कृति नाटकमा उतारे। उति बेलै कर्णाली सभ्यताको खोजी गर्दै जुम्ला पुग्दा लोककथामा आधारित 'सुनकेशरी मैयाँको कथा' लेखेको थिएँ। मण्डला थिएटरले त्यो 'सुनकेशरी' नाटक पनि काठमाडौंमा मात्र नभएर बंगलादेशमा आयोजित एक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत देखायो।, त्यसैगरी अर्को नाटक सम्राट अशोककी छोरी चारूमतीको नेपाल आगमनका सन्दर्भमा थियो। त्यसलाई थिएटर भिलेजमा विमलले तयार पारेर देखाए। त्यो नाटक तत्कालीन राष्ट्रपति रामवरण यादवले पनि हेरेका थिए।, यसरी पछिल्लो समय नयाँ पुस्ताका नाटककारहरूले मेरा तीनवटा नाटक झन्डै एकसाथ देखाएका छन्। एकै जना नाटककारको तीन फरक नाटकलाई तीन फरक संस्थाले यसरी लगातार देखाएर 'ह्याट्रिक' गरिदिए।, बुढानिलकण्ठमा पढ्ने विद्यार्थीले आन्तरिक प्रदर्शनका हिसाबले मेरै अर्को नाटक 'मृत्यु एक प्रश्न' पनि देखाए। यो अलि आध्यात्मिक किसिमको छ।, नेपाल भाषा एकेडेमीको चान्सलरका हैसियतमा रहँदा यहाँ पनि दुइटा नाटक प्रस्तुत भएका छन्। एउटा 'लाखे कोठैगु' (राक्षसलाई परास्त गर्ने), अर्को 'बाघ भैरव' कै नेवारी संस्करण।, नाटक क्षेत्रमा यसरी लामो समयदेखि अघि बढ्दै जाँदा केही महिनाअघिको घटनाले भने मलाई नराम्ररी बिथोलिदियो।, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले मेरो एउटा पूर्णांकी नाटक देखाउने योजना बनाए। 'महर्षि याज्ञवल्क्य' को कथामा आधारित त्यो नाटक मैले अलि पहिले नै लेखेर राखेको थिएँ। त्यसलाई खारिएका पुराना निर्देशक बद्री अधिकारीले पाँच–छ महिना लगाएर तयार पारे।, पुस १८ गतेबाट यसलाई नाचघरमा देखाउन सुरू गरियो।, त्यसको मूलपात्र राजा जनकको भूमिका थियो। नाटक सुरू भएको दोस्रो दिन पनि दृश्यमा ब्रह्मसभा चलिरहेको थियो। त्यस सभामा राजा जनकले महर्षि याज्ञवल्क्यलाई सुनको पाताले सिंग सिँगारिएका हजारवटा गाई पुरस्कार दिँदै थिए। त्यो बेला याज्ञवल्क्यलाई जनकले सर्वश्रेष्ठ ब्रह्मज्ञानी, ब्रह्मनिष्ठ तथा ब्रह्मबेत्ता ठहर गर्नुपर्ने थियो।, राजा जनक अर्थात् मुख्य भूमिकामा रहेका विष्णुभक्त फुयाँल उत्तिकै कुशलतासाथ अभिनय गरिरहेका थिए। उनी २०१९ सालदेखि रंगमञ्चको अनुभव बोकेका माझिएका कलाकार थिए।, अचानक नाटकमा लेखिएको भन्दा बेग्लै दृश्य त्यहाँ मञ्चित भयो। राजा जनक हेर्दाहेर्दै सह–अभिनेताको काँधमा ढले। फुँयालको शरीर चलमलाउन छाडेको आभाष भएपछि नाटक रोकेर दौडादौड उनलाई अस्पताल लगियो। त्यहीँ डाक्टरले उनलाई मृत घोषित गरे।, धेरैजसो कलाकर्मीको रहर अभिनय गर्दागर्दै मृत्युवरण गर्ने हुन्छ। यो कस्तो संयोग!, अघिल्लो दिन मात्र नाटकको पहिलो प्रदर्शन क्रममा फुँयालजीले मलाई जीवनमुक्तिको कामना सुनाएका थिए। भोलिपल्टै उनको रंगमञ्चमै प्राण गयो।, आजीवन अभिनयमै आफूलाई उत्सर्ग गरेका उनले मञ्चमै प्रस्तुत हुँदाहुँदै देह त्यागे। इच्छ्याएको हिसाबले नै जीवनबाट मुक्ति पाए।, यस्तो घटना विरलै होला!, मञ्चमै त्यो घटना भएपछि त्यो नाटक फेरि दोहोर्‍याएर आजसम्म देखाइएको छैन। फुयाँलको निधनकै क्षणदेखि मेरो नाटक पनि आजसम्म रोकिएकै छ।, (सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित 'सत्यमोहन जोशीको आत्मकथा शृंखला' बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।), यी पनि पढ्नुहोस्:, 'बिहेपछि श्रीमतीको अनुहार देख्नै चार दिन कुर्नुपर्‍यो', ती दुई व्यक्ति जसले मेरो जीवनमा सबभन्दा धेरै प्रभाव पारे, यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा, म जे छु, जसो छु– त्यही जुरेली चरीको देन हो, एउटा इच्छा पूरा भयो, एउटा भएन, डबलीमा तेलबत्ती बालेर सुरू भएको नेपाली नाटकको कथा
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३२ जनामा संक्रमण पुष्टि भएको हो।, १ हजार १६२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ६३४ जनाको पिसिआर र ५२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ६८८ जना सक्रिय संक्रमित छन्।, ७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ३२ कोरोना संक्रमित
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले थापाथलीस्थित एक संस्थाको भवनमा डोजर चलाएको छ। , सार्वजनिक जग्गामा निर्माण गरिएकाले ओम शान्तिको उक्त भवनमा डोजर चलाएको काठमाडौं महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ‘उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको रहेछ,’ उनले भने, 'बागमती सभ्यता एकीकृत विकास समितिले हामीसँग सहयोग मागेकाले हामीले सहयोग गरेका हौं।', उक्त भवनमा ओम शान्ति नामक संस्थाले  बिहान-बेलुका मानिसहरूलाई खाना खुवाउने काम पनि गर्थ्यो।, दसैंअघि विभिन्न अवैध संरचना भत्काएको काठमाडौं महानगरले दसैंपछि शुक्रबार पहिलो पटक अवैध संरचना भत्काउन डोजरले चलाएको हो। , महानगरले थापाथलीमा चलायो डोजर
रासस बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।, कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले संकलन गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्र्याक्टरले खोनपुर गाउँमा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिए।, ठक्कर दिने ट्र्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ।,  , बर्दियामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको हो।, १ हजार ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, १०६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। अहिले देशभर ६३८ जना सक्रिय संक्रमित छन्।, २६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ४२ कोरोना संक्रमित
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले थापाथलीस्थित एक संस्थाको भवनमा डोजर चलाएको छ। , सार्वजनिक जग्गामा निर्माण गरिएकाले ओम शान्तिको उक्त भवनमा डोजर चलाएको काठमाडौं महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ‘उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको रहेछ,’ उनले भने, 'बागमती सभ्यता एकीकृत विकास समितिले हामीसँग सहयोग मागेकाले हामीले सहयोग गरेका हौं।', उक्त भवनमा ओम शान्ति नामक संस्थाले  बिहान-बेलुका मानिसहरूलाई खाना खुवाउने काम पनि गर्थ्यो।, दसैंअघि विभिन्न अवैध संरचना भत्काएको काठमाडौं महानगरले दसैंपछि शुक्रबार पहिलो पटक अवैध संरचना भत्काउन डोजरले चलाएको हो।, महानगरले थापाथलीमा बनेका अनधिकृत संरचनामा चलायो डोजर (तस्बिरहरू)
सेतोपाटी संवाददाता सिराहाका एक युवकको विराटनगरमा अपहरणपछि हत्या भएको छ।, सिराहा गोलबजारका-२ का १८ वर्षीय अंशु सदाको हत्या भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए। , उनका अनुसार सदाको अपहरणपछि हत्या गरिएको हो। , ‘सिराहाबाट अपहरण गरेर असोज २६ मा विराटनगर ल्याएका रहेछन्’, कोइरालाले भने, ‘आज विराटनगरको बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा हत्या गरेको अवस्थामा शव फेला परेको छ।’ , सदाको हत्या अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको एसपी कोइरालाले बताए।, उनका अनुसार सदाको हत्यामा तीन चार जनाको समूह संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, ‘हामी अनुसन्धानकै क्रममा छौं’, उनले भने, ‘अहिले घटनास्थलको अनुसन्धान गरिरहेका छौं।’,  , विराटनगरमा अपहरणपछि एक युवकको हत्या
राजेश घिमिरे कुरो एक हप्ता अघिको हो। नेपालसँग सीमाना जोडिएको भारतको बिहार राज्यको एउटा गाउँमा बस्ने आमा–छोरालाई बाघले आक्रमण गरेर ज्यानै लियो।, बाल्मीकि टाइगर रिजर्भसँग जोडिएको गाउँ ‘बलुवा’मा बस्थे उनीहरू। बाघ प्रायः उनीहरूकै गाउँको उखुबारीमा बस्थ्यो।, बिहारको रामनगर प्रखंडमा ‘चम्पारण आदमखोर’ नामले परिचित यो रोयल बेंगल टाइगरले गत शनिबार बिहान ती आमा–छोरालाई खानुअघि ८ जना स्थानीय बासिन्दाको ज्यान लिइसकेको थियो।, उसले स्थानीयले पालेका कति पशु चौपाय खायो भन्ने कुराको त कुनै लेखाजोखा नै छैन। तर नरभक्षी बाघलाई नियन्त्रणमा लिन त्यहाँका निकायले गरेको प्रयास सार्थक हुन सकेको थिएन।, अन्ततः मान्छे खान पल्किएको बाघलाई मार्ने निर्णयमा त्यहाँको प्रशासन पुग्यो।, गत शुक्रबार बाघलाई गोली हानेर मार्ने निर्णय नै भयो। तर नरभक्षी बाघलाई मार्न कागजमा निर्णय गरेजस्तो सजिलो कहाँ थियो र?, बिहारले चम्पारण आदमखोरलाई नियन्त्रणमा लिन नेपालको सहयोग माग्ने निर्णय गर्‍यो।, बिहारको आग्रह राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आइपुग्यो।, चितवन निकुञ्जका वन्यजन्तु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वमा बाघको डार्टमा अनुभवी प्राविधिकहरू बिहार पुगे।, बाघ नियन्त्रणका लागि बिहार पुलिसको स्पेशल टास्क फोर्स, त्यहाँका वन्यजन्तु प्राविधिक, कर्मचारी र स्थानीयहरू तयारी अवस्थामा थिए।, नेपालबाट वन्यजन्तु एम्बुलेन्समा चढेर गएको टोलीले बाघ नियन्त्रणको व्यवस्थापन गरिदियो। करिब ७ घण्टाको प्रयास (विशेष अपरेसन) पछि बाघलाई गोली हानेर मारिएको थियो।, ‘मान्छे खाने बाघलाई नियन्त्रणमा लिन ४०० जना मान्छेहरू खटेका थिए। नेपालको चितवन राष्ट्रिय निकुञ्जबाट आएको टिमसहित बिहारका प्रहरी, वन्यजन्तु प्राविधिक, तालिम प्राप्त हात्तीहरू, कर्मचारी, स्थानीयबासीहरूले घेरेर बाघलाई गोली हानेर मारिएको थियो,’ भारतबाट प्रकाशन हुने टाइम्स अफ इन्डिया डटकमले लेखेको छ।, ड्रोन क्यामेरा उडाएर बाघ भएको ठाउँ पहिचान गरियो। त्यो ठाउँमा ‘भिट’ लगाइयो। बाघले सेतो घेरा नाघ्दैन भन्ने विश्वास गरिन्छ। त्यसैले सेतो कपडाको घेरा हालेर बाघलाई छेक्ने चलन छ। यसलाई भिट भनिन्छ।, भिट लगाएपछि हात्तीसहितको समूह घेरा साँघुरो बनाउँदै लगेर बाघसम्म पुग्छ।, बिहारका प्रमुख वन्यजन्तु वार्डेन प्रभातकुमार गुप्ताका अनुसार यो बाघ रामनगरको बगही सखुपाती पंचायतअन्तर्गत पर्ने बलुवा गाउँ नजिकैको उखुबारीमा जन्मिएको थियो। उसकी आमाले यो उखुबारीमा तीन वटा डमरूहरूलाई जन्म दिएकी थिइन्। अन्य दुई भाले र पोथी डमरूहरू बाल्मीकि टाइगर रिजर्भभित्र पसे पनि यसले भने उखुबारी छाडेन।, ‘यो बस्ती नजिकैको उखुबारीमा जन्मियो, सधैं मानवबस्ती वरपर नै बसेर मानवमाथि आक्रमण गरिरह्यो। अन्त्यमा उखुबारीमै मर्‍यो। मर्ने बेलामा पनि ऊ गोली हान्ने मान्छेसँग आँखा जुधाउँदै थियो,’ गुप्ताको भनाई उदृध गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।, बाघलाई मारेपछि स्थानीय बासिन्दामा खुसी छाएको थियो। यो बाघका कारण यहाँका बासिन्दा अँध्यारोमा बाहिर निस्कन सक्दैनथे। उज्यालोमा पनि एक्लै बाहिर निस्कन डराउँथे।, टि–१०४ नाममा रेकर्ड भएको यो ३ वर्षे बाघले २८ दिनको अवधिमा करिब ३० किलोमिटर क्षेत्रभित्र १० जना मान्छेको ज्यान लिएको थियो।    , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाघ संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण, बाघको नियन्त्रण जस्ता काममा निकुञ्जसँग धेरै अनुभव रहेकाले बिहारले सहयोग मागेको बताए।, ‘उनीहरूका लागि अन्य प्रान्तहरूभन्दा नेपाल नै नजिक भयो। हामीले गरिरहेको कामबारे जानकारी भएकाले उनीहरूले व्यवस्थापकीय सहयोग मागेपछि हामीले डा.श्रेष्ठको नेतृत्वमा अनुभवी प्राविधिकहरूको टोली पठाएका थियौं,’ तिवारीले भने।, नेपालभरमा ३५५ वटा बाघ रहेको तथ्यांक छ। चितवन निकुञ्जमा मात्रै १२८ वटा बाघ छन्। सन् २०१८ यता यहाँ बाघको संख्या ३५ ले बढेको छ। बाघको संख्या बढेसँगै यसले मान्छेमाथि आक्रमण गर्ने क्रम पनि यहाँ बढ्दो छ। तर नेपालमा नरभक्षी बाघलाई नियन्त्रणमा लिएर पिँजडामा राख्ने चलन छ। त्यस्ता बाघहरूलाई नियन्त्रणमा लिएर राख्न निकुञ्जको हेडक्वाटर कसरा र पूर्वी सेक्टर सौराहामा गरेर पाँच वटा पिँजडा छन्। एउटा नयाँ पिँजडा बन्दैछ। अहिले पनि विभिन्न ठाउँबाट समातेर ल्याएका चार वटा बाघ पिँजडामा छन्। उनीहरूलाई त्यहाँ राखेर व्यवहार सुध्रिएको छनक पाएपछि निकुञ्जको कोर क्षेत्रमा लगेर छाडिन्छ।, ‘नरभक्षी वन्यजन्तुलाई गोली हानेर मार्ने कानुन हाम्रोमा पनि छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गतको नियमावलीले त्यो व्यवस्था गरेको छ तर हामीले सकेसम्म नियन्त्रणमा लिएर बानी सुधार्नमै जोड दिने गरेका छौं,’ तिवारीले भने।, त्यही नियमावलीमा टेकेर निकुञ्जले २०७० सालमा धुर्बे हात्तीलाई मार्ने प्रयास गरेको थियो। तर ऊ फुत्किन सफल भयो। त्यसअघि निकुञ्जले माडीको गणेशकुञ्जमा पाँच जना मान्छेको ज्यान लिने बाघलाई गोली हानेर मारेको थियो।  , अनि उखुबारीमै मारियो नरभक्षी बाघ 'चम्पारण आदमखोर'
सेतोपाटी संवाददाता पशुपतिनाथमा भक्तजनले चढाएका सामग्रीहरुको बिक्री शुरु गरिएको छ।, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न शुरु गरेको हो।, कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण शुरु गर्न थालेको जनाएको छ। मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरुलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरिशंकर पराजुलीले बताए।, भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरुलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरुलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्रीहरु बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए।, उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।, उनले पशुपति विकास कोषको आयलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सामग्रीहरुको बिक्री गरिएको स्पष्ट पारे।, त्यसैगरी पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराण लगायत अन्य विभिन्न प्रकाशनहरुलाई पनि बिक्री गरिएको उनले जानकारी दिए।, सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने पनि उनले उल्लेख गरे।, महाशाखा प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपैयाँलाई बैंकमा दैनिक रुपमा जम्मा गर्ने गरिएको बताए। उनले दानपेटीकाबाट उठेको रकम नेपाल इन्भेष्टमेण्ट बैंकमा सोही दिन दाखिला गर्ने, विशेष पूजाको रकम एसबिआई बैंकमा दाखिला गर्ने र तेस्रो देशबाट आएका भक्तजनबाट लिइने रकम सनराइज बैंकमा दाखिला गर्ने गरिएको जानकारी गराए।, पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरु र कर्मचारीहरुलाई कोषमा जम्मा भएको रकमबाटै तलव तथा सेवा सुविधा दिइने गरिएको पनि उनले बताए।, पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै
सेतोपाटी संवाददाता यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ।, तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।, यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ।, किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरुको भनाइ छ। यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्।, बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक-अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।, नेपालीहरुको साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए।, फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताइन्। उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताइन्।, तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनको भनाइ छ। घरमा त्यत्तिकै बसिरहनु भन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताइन्।, तिहारको बेलामा आफूले ५ हजारसम्म मखमली फूलका माला उन्ने गरेको बताइन्। ‘हामीले पोहोर जति बेचेका थियौँ, यस वर्ष पनि त्यत्ति नै बेचेका छौँ। लगाएको उही नै हो। समय कटाउने बाटो हो, काम गरेमा आफूलाई खर्च पनि भयो’, उनले भनिन्, ‘घरमा बसिरहनु भन्दा एउटा इलम गरे राम्रो हो। साउनदेखि नै शुरु गरेका छौँ। वैशाखमा रोप्ने, साउनदेखि उन्ने गरिरहेका छौँ। बजारका लागि हामी जानुपर्दैन घरमा नै लिन आउनुहुन्छ।’, त्यस्तै अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताइन्। उनले गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेको समेत बताइन्। उनले १ रोपनी जग्गामा फूल लगाउन ४ हजारसम्मको लगानी लाग्ने बताए। उनले दशैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरे पनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री गर्न सकिने बताइन्।, तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयहरुको भनाइ छ। विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रूपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरु बताउँछन्। फूलको व्यापार र बजार बढे पनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्नसक्ने स्थिति अझै छैन। , मखमलीले मगमगाएको गुन्डु (तस्बिरहरू)
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलले ठक्कर दिदा पाँच बर्षीय बालकको मृत्यु भएको छ। , शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ।  , शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई ठक्कर दिएको थियो।, प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। उनको उपचाकार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
सेतोपाटी संवाददाता किष्ट अस्पतालले १८ दिनदेखि उपचाररत् १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको बताएको छ।, जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। , उनमा कमजोरी देखिएका कारण असोज ७ गते इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरू गरिएको थियो। , उनको रगत परीक्षण गर्दा डेंगी संक्रमण देखिएको, छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ। , 'उहाँलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्ज नगरेको र आजदेखि एल्बमिन प्रतिस्थापनका लागि उहाँलाई औषधि चलाइएको छ', अस्पतालले जारी विज्ञप्तिमा भनिएको छ।, साथै छातीमा निमोनियाको संक्रमण र पिसाबमा इन्फेक्सन भएकाले एन्टिबायोटिक्स दिइरहेको अस्पतालले जनाएको छ। , 'समग्रमा डा. जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ', अस्पतालले भनेको छ।,  , अस्पतालले भन्यो- सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
सेतोपाटी संवाददाता दाङको बबई नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरी शुक्रबार दिउँसो बगेर बेपत्ता भएका हुन्। , इलाका प्रहरी कार्यालय सञ्चार शाखाका अनुसार उनी बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित गिधन्या गाउँमा आफन्तको १३ दिने शुद्धीशान्तिको कार्यक्रममा सहभागी हुन घरबाट गएका थिए।, शुद्धीशान्तिको कार्यक्रमपछि बबई नदी तरेर घर फर्किने क्रममा शुक्रबार दिउँसो बगेर चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सञ्चार शाखाका सन्तोष बुढाथोकीले जानकारी दिए।, दिउँसोमा उनी बगेको भए पनि बग्ने मान्छे को हुन् भन्ने पहिचान हुन सकेको थिएन।, उनको चप्पल र उनले ल्याएको बदाम भने बबई नदी किनारको झन्डै दुई किलोमिटर तल फेला परेको थियो। उनले खोला तर्दै गरेको र बगेको स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए।, दिउँसोदेखि नै स्थानीय र प्रहरीले खोजी गर्दा पनि उनी फेला परेका छैनन्।, शुक्रबार दिउँसो बगेका चौधरीलाई दिनभर खोज्दा फेला नपरेको र शनिबार बिहानैदेखि खोजी सुरू हुने प्रहरीले बताएको छ।, बबईमा बगेर एक बेपत्ता
सेतोपाटी संवाददाता चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।, वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुऔषध भेटिएपछि चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए। , एसपी अधिकारीकाअनुसार भारतीय नम्बर प्लेटको कारमा लागुऔषध ओसारपोसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले निगरानी बढाएको थियो।, शुक्रबार विहान भरतपुर–१० स्थित बसपार्क चोकमा डिएल ७ सिएम १५७६ नम्बरको भारतीय कारमा खानतलासी गर्दा एक हजार एम्पुल डाइजापाम, एक हजार एम्पुल व्युप्रोनर्फिन, एक हजार एम्पुल फेनारगन र ५२ ग्राम १४० मिलिग्राम खैरो हेरोइन भेटिएको अधिकारीले बताए। , कारका विभिन्न भागमा फल्स बटम (गोप्य डिब्बा) बनाएर लागुऔषध ओसारपोसार गरेको अवस्थामा भेटिएपछि तीन जना भारतीय र एक जना नेपाली महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। उनीहरूले कारको अगाडि, पछाडि, डिकीको भागमा फल्स बटम बनाएर लागुऔषध लुकाएका थिए। , भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला रघुनाथपुर ग्राम पञ्चायत  रामगढवा पचौरीटोल बस्ने ३८ वर्षीय सुनिल कुमार,  पूर्वी चम्पारण जिल्ला वार्ड नम्बर २५ पंकजचौक रक्सौल बस्ने १९ वर्षीय विकास कुमार, पूर्वी चम्पारण जिल्ला रघुनाथपुर ग्राम पञ्चायत रामगढवा पचौरीटोल बस्ने ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ बस्ने ३५ वर्षीया प्रतिमा मण्डललाई लागुऔषधिसहित नियन्त्रणमा लिइएको डिएसपी पण्डितले बताए।, उनीहरू सवार गाडी र चार थान मोबाइल पनि बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कारमा 'गोप्य डिब्बा' बनाएर लुकाइएको लागुऔषधसहित ४ जना पक्राउ
सेतोपाटी संवाददाता आफ्नै साथीहरूबाट अपहरणमा परेका सिराहा गोलबजार-३ का १७ वर्षीय अंशु सदाको हत्या फिरौती वापतको रकम नदिँदा भएको खुलेको छ। , सिराहा गोलबजारबाट अपहरण गरेर विराटनगर ल्याएका अपहरणकारीहरू फिरौती वापतको पैसा बुझ्न जाने क्रममा प्रहरी फन्दामा परेका हुन्।  , जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार अपहरणकारीले माग गरेको एक लाख रूपैयाँ नदिएपछि अपहरणको तीन दिनपछि बिहीबार बिहान २ बजे विराटनगरमा अंशुको हत्या भएको हो। , प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एक जना फरार छन्।, धनुषा कमला नगरपालिका-६ का १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ का २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ का १८ वर्षीय विसु भन्ने प्रशान्त मण्डललाई पक्राउ गरेको एसपी कोइरालाले जानकारी दिए।घटनामा संलग्न शिवकुमार मण्डल फरार छन्। , उनका अनुसार  मृतक अंशु र हत्या आरोपी तीन जना साथी हुन्। घुम्न जाउँ भन्दै गोलबजारदेखि लहानसम्म अंशुलाई राकेश, प्रशान्तकुमार र फरार रहेका शिवले म्याजिक भ्यानमा ल्याएको र लहानबाट बसमा २३ असोजमा विराटनगर बसपार्क आइपुगेको एसपी कोइरालाले बताए।  , ‘उनीहरू असोज २३, २४ र २५ गते धनकुटा लजमा बसेका थिए। त्यहाँ भाडा महँगो भएपछि उनीहरू धनकुटा लजसँगै रहेको न्यू अप्सरा गेष्ट हाउमा सरेका थिए,’ उनले भने, 'कोठा नम्बर-१ बुक गरेर बसेका उनीहरूले भोलिपल्ट असोज २६ गते बिहानको २ बजे अंशुको हत्या गरेका रहेछन्।', अंशुको परिवार खेती किसानी गर्ने भएकोले उनीहरूले मागेको जति रकम दिन नसक्ने बताएको एसपी कोइरालाले बताए। उनीहरूले दश हजार रुपैयाँ मात्र दिने भनेको उनले बताए।, ‘अशुंको परिवारले २७ असोजमा १० हजार रुपैयाँ बैंकमार्फत् पठाएको रहे‍छ,’ उनले भने, 'माग गरेजति रकम नपठाएपछि चार जनाले अंशुको हत्या गरेछन्।’ , उनीहरूले अंशुलाई इँटा र छुरा प्रयोग गरी हत्या गरेको एसपी कोइरालाले बताए।, उनका अनुसार अंशुको शव पोको पारेर बक्सपलङभित्र लुकाएर राखिएको थियो। , साथीको हत्या गरेका उनीहरूलाई प्रहरीले फिरौती रकम लिन आउने क्रममा पक्राउ गरेको हो। जुन अंशुको परिवारले बैंकमा १० हजार रूपैयाँ पठाइदिएका थिए।, ‘फिरौतीको रकम लिन प्रशान्त र मनोज कार्की पुगेका थिए,' उनले भने, 'प्रशान्तलाई विराटनगर महानगरपालिका-९ स्थित माछापुच्छ्रे बैंक पुर्‍याउने काम भने कार्कीले गरेका थिए।', दुवैलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी अनुसन्धान गर्दा सदा हत्यामा राजेश ठाकुरको पहिचान खुलेको हो।, ठाकुरलाई प्रहरीले सदा हत्या गरेको अप्सरा गेष्ट हाउसको कोठाबाटै नियन्त्रणमा लिएको हो। , एक लाख फिरौती नपाउँदा साथीको हत्या!
डा. जगत जीवन घिमिरे दमका बिमारीको हेरचाह धेरै महत्वपूर्ण विषय हो। यो लामो समयसम्म ख्याल गर्नुपर्ने कुरा हो। , उपचारको योजनालाई राम्रोसँग अनुशरण गर्नुपर्छ। दमको अवस्था अनुसारको औषधि दिइएको हुन्छ। कस्तो अवस्थालाई गाह्रो भएको मान्ने र गाह्रो भएको अवस्थामा के गर्ने भन्ने कुरा चिकित्सकका अनुसार चल्नुपर्छ। नियमित रूपमा गर्ने अनुशरण एउटा पद्धति हुन्छ भने गाह्रो भएको अवस्थामा अर्को पद्धति अपनाउनुपर्छ। कतिपय अवस्थामा भने अस्पताल जानुपर्ने हुन्छ।, यस्तो बिरामी भएका बाल-बालिकालाई कति कपडा लगाइदिने, खेल्न दिने कि नदिने भन्ने हुन्छ।, धेरैको आमा बुवाले बच्चालाई के खान दिने, के खान नदिने भन्ने जिज्ञासा राख्नुहुन्छ। यसलाई एकदमै जायज मान्नुपर्छ। कतिपय खाने कुराले बच्चालाई खोकी लाग्ने, दम बढ्ने स्याँ-स्याँ हुने हुन्छ। तर खाने कुराकै कारणले दम बढ्दैन। , बाहिरका खाने कुरा धेरै खाएमा समस्या हुने हो। कुनै एउटा खानाले खोकी बढ्छ भन्ने लागेमा त्यो खान बन्द गर्न सकिन्छ। होइन भने सामान्य बच्चाले खाने खाना खुवाउन हुन्छ। , धेरै चिसो खाना कम गर्ने भन्ने हो। तर खानै हुँदैन भन्ने होइन। कुनै खाना खाँदा एलर्जी हुन्छ, अफ्ठ्यारो हुन्छ भन्ने लागेमा नखुवाउँदा हुन्छ।, दम भएका बच्चाले खेल्ने कि नखेल्ने, व्यायाम गर्ने कि नगर्ने, पौडी खेल्न हुने कि नहुने भन्ने जिज्ञासा आउँछ। बच्चाले खेल्न हुन्छ। धेरै दौडिने खेल नखेलेको राम्रो। बेला बेलामा आराम गर्न मिल्ने खेल खेल्न हुन्छ। चिसो मौसममा बिहान सबेरै व्यायाम गर्न भने हुँदैन।, दम रोग लागेका बालबालिकालाई कस्तो खाना खुवाउने, कस्तो अवस्थामा अस्पताल लैजाने, कसरी हेरचाह गर्ने लगायतका विषयमा केन्द्रीत रहेर हामीले कान्ति बाल अस्पताल र अल्का अस्पतालमा कार्यरत बाल छाति रोग विशेषज्ञ डाक्टर जगत जीवन घिमिरेसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी गरेको छ।, हेर्नुहोस् भिडिओ, दम भएका बालबालिकाको हेरचाह कसरी गर्ने (भिडिओ)
सेतोपाटी संवाददाता हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।, आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। , आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, भोलि आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। , यस्तै सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। ,  , नेपालमा मनसुनी वायुको प्रभाव कमजोर, अब मौसम सफा हुने
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्डबाट डा. धर्मागत भट्टराई पुरस्कृत भएका छन्।, विश्वभरका इम्युनोलोजिस्टको आधिकारिक संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सिज (इसिड) ले नेपालका डा भट्टराईसहित विश्वका उत्कृष्ट ३ युवा इम्युनोलोजी विज्ञलाई यस वर्षको  ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’ बाट सम्मान गरिएको हो।, स्वीडेनको गोतनबर्गमा इसिडको वार्षिक बृहत् विज्ञ सम्मेलनमा बुधबार उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।, इम्युनोलोजी विषयमा युवा विज्ञले गरेका उपलब्धि र योगदानको कदर गर्दै गएको अगस्टमा पुरस्कारको घोषणा गरिएको थियो ।, One of the highlights of the Day 1 at ,#ESID2022, was the ,#ESID, Junior Talent Award! We were honoured to hear the story of one of the awardees - Dharmagat Bhattarai. ,@Dharmagat1, ,pic.twitter.com/YwdKJs6nbI, — ESID (@ESIDsociety) ,October 13, 2022, योग्यता, विधागत काम, क्षमता, कामको विश्वव्यापी र नविन प्रभाव, योगदान एवं शोध र अनुसन्धान जस्ता शीर्षकमा संसारभरका प्रतिरक्षा विषयका योग्यताप्राप्त वैज्ञानिक, चिकित्सक र शोधकर्ताको मूल्यांकन गरी यो पुरस्कार दिइन्छ। सोही मूल्यांकनका आधारमा भट्टराई यस वर्ष छानिएका हुन्। यो सम्मान पाउने डा. भट्टराई दक्षिण एसियाकै पहिलो युवा इम्युनोलोजिस्ट हुन्। , डा धर्मागतले यो सम्मानबाट आफू उत्साहित भएको बताउँदै क्लिनिकल निदान वैज्ञानिक अनुसन्धान, जनचेतना कार्य, योग्यता एवं इम्युनोलोजी विधामा आफूले पुर्‍याएको योगदानको कदर भएकोमा खुसी लागेक बताए। उनले यो सम्मानबाट आफूलाई थप उर्जा मिलेको बताए। , What’s the clinical and molecular profile of patients with Inborn Errors of Immunity in Nepal? Stop by the ,#ESID2022, poster area (poster number 191) and chat with Dharmagat Bhattarai to find out! ,@Dharmagat1, ,pic.twitter.com/gsgZorjZKL, — ESID (@ESIDsociety) ,October 14, 2022, उनी नेपालको पहिलो पेडियाट्रिक इम्युनोलिजिस्ट तथा ऱ्युमाटोलोजिस्ट हुन्।, डा. भट्टराई इम्युनोलोजी विषयमा डीएम गर्ने एकमात्र नेपाली चिकित्सक हुन्। उनले उच्च इम्युनोलोजी, बोन म्यारो प्रत्यारोपण एवं सेल थेरापीमा समेत भर्खरै अमेरिकाको प्रतिष्ठित ‘चिल्ड्रेन हस्पिटल अफ फिलाडेल्फियाबाट विद्यावारिधि पछिको फेलोशिप पूरा गरेका छन्। , पछिल्लो डेढ वर्षमा उनको एकल प्रयासमा इम्युन कमी या गडबडी (असन्तुलन) का ८०० भन्दा बढी बिरामी पत्ता लगाइसकेका छन्।, उनीसँगै यो अवार्डबाट सम्मानित हुने अरू २ जना स्पेन र बेल्जियममा कार्यरत युवा वैज्ञानिक छन्। सिनियर वैज्ञानिकलाई दिइने अचिभमेन्ट अवार्ड यस वर्ष इटालीकी इम्युनोलोजिष्ट डा.इसाबेला क्विनटिले पाएकी छन्।, डाक्टर धर्मागत भट्टराईले पाए ‘अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्ड’
सेतोपाटी संवाददाता २३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्‍था चिन्ताजनक छ।, किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार पनि कुनै सुधार आएको छैन। अस्पतालले शनिबार बिहान ११ बजे उनको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ।, ‘जोशीज्यूको हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उहाँको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘समग्र स्वास्थ्य स्थिर रहेता पनि चिनताजनक छ।’, उनको छातीमा निमोनियाको संक्रमण र पिसाब संक्रमण नियन्त्रणका लाथि एन्टिबायोटिक्स कोर्स जारी नै राखेको अस्पतालले जनाएको छ।, हाल उनलाई आइसियूमै राखेर उपचार गरिरहेको छ।, उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो।, सत्यमोहन जोशीको स्वास्थ्यमा भएन सुधार, आइसियूमा उपचार जारी