content
stringlengths 31
27.4k
⌀ |
---|
सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भयो : निवर्तमान गृहमन्त्री खाँण {भिडियो} काठमाडौं । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शान्तिसुरक्षा कायम गर्ने लगायतका काममा आफुलाई सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा खाँणले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायित्वदेखि शान्ति सुव्यवस्था लगाएत बिपद जोखिम न्युनिकरणका काममा आफुलाई पूर्णरुपमा सहयोग भएको भन्दै आभार व्यक्त गरेका हुन् ।
अरु कार्यालय भन्दा गृहमन्त्रालय मातहतका कार्यालयको दायित्व असिमित रहेकाले सवैले जिम्मेवारीपूवर्क काम गरेको पाइएको उनले बताए । उनले सरकार निर्माण गर्ने प्रक्रियामा गठबन्धन परिवर्तन भएको र यसलाई सहर्षपूवर्क लिनुपर्ने भन्दै आफुले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई र शुभकामना दिएको धारणा राखे । उनले सरकारलाई सहयोग गर्नु सवैको दायित्व भएको जिकिर गरे । खाँणलाई मन्त्रालयका सचिव विनोद प्रकाश सिंह लगाएतले विदाई गरेका थिए ।
हेर्नुहोस् भिडियो:
|
टी–ट्वान्टी लिग: फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित {भिडियो} काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो।
९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले। देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए।
काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो।
काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए। फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २–२ तथा शेर मल्लले १ विकेट लिए। काठमाडौं २ खेलमा २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । फार वेस्ट २ खेलमा १ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ।
हेर्नुहोस् भिडियो:
|
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको स्रोतले बताएको छ ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धनको पनि बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ । |
सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा काठमाडौँ। सिद्धार्थ इन्स्युरेन्सले आफ्नो सेयरधनीलाई ९.४७ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९ प्रतिसह्त बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनले हाल कायम चुक्ता पूँजीको १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबर करसहितको बोनस सेयर दिने भएको छ।
गत आवको वित्तीय विवरण स्वीकृतिका लागी नेपाल बिमा प्राधिकरणमा पेस गर्ने र सो सममितिको निर्देशनबमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिने र कर प्रयोजनका लागि भने नगद पनि कम्पनीले दिन लागेको हो ।
अब आगामी साधारणसभाबाट स्वीकृति पछि लगानीकर्तालाई वितरण गर्नेछ । |
रासायनिक मलको समस्या अब समाधान गर्छौं: प्रदेससांसद् तामाङ {भिडियोसहित} त्रिशूली । नुवाकोटमा रासायनिक मलको अभाव चर्किएपछि बागमति प्रदेससभा सदस्य तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङले चासो देखाउदै तत्कालै मल व्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता जनाएकी छिन्।
नुवाकोटमा सरकारीस्तरबाट अनुदानमा मल उपलब्ध गराउदै आएको कृषि सामाग्रि कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय विदुर स्थित भण्डारण स्थलको अनुगमन पश्चात मल व्यवस्थापनको लागी पहल गर्ने बताएकी छिन् ।
दुईवटा सँस्थानको भण्डारणमा रहेका मलको अहिलेको परिणामको जानकारी लिएसगैँ बागमति प्रदेससभाको निवर्तमान उपसभामुख तथा अहिलेको प्रदेससभा सदस्य तामाङले संघीय सरकार, प्रदेस सरकार र स्थानीय सरकारबीचको समन्वयनले नुवाकोटको लागी प्राप्त हुदै आएको कोटा अर्थात परिणाम बढाएर मलको अभाव हटाउनतर्फ लाग्ने प्रतिबद्धता जनाएकी हुन्।
त्यसको लागी तीनतहको सरकार, मल वितरणको जिम्मेवारी पाएका कृषि सामाग्रि कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय र किसान लगायत सरोकारवाला सबै पक्षबीचको सहकार्यले मलको खपत कमभन्दा कम गर्ने, प्राप्त गर्ने परिणाम बढाउने, आएको मल आवश्यकता अनुसारको वितरण मिलाउने लगायतको माध्यमबाट मलको चर्कदो अभाव समाधान गर्न सकिने भएकाले आफूले त्यसको लागी भूमिका निर्वाह गर्ने प्रदेस सांसद् राधिका तामाङको भनाई छ । हेर्नुहोस् भिडियो:
|
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय गरेपछि निगमलाई पोखरा विमानस्थलको पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको बाटो खुलेको हो । क्यानको गत पुस ४ गतेको बैठकले हिमालयले दुई वर्ष अगाडि पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय गरेको थियो ।
क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार यस निर्णयबाट राष्ट्रिय ध्वजाबाहकका पक्षमा ठूलो सहयोग पुग्नेछ । अब तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा गर्नेछ । यसअघि निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डिलिङ गर्दै आएको छ ।
“प्राधिकरणको वर्तमान आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएकाले निजी वायुसेवा हिमालय एयरलाइन्सले पाएको सेल्फग्राउण्ड ह्याण्डलिङको अनुमति खारेज गरी वायुसेवा निगमको पक्षमा राष्ट्रवादी निर्णय गरेको छ”, क्यानको निर्णयमा भनिएको छ ।
हिमालयलाई सेल्फ ह्यान्डलिङको अनुमति दिँदा निगमको २० प्रतिशत आम्दानी गुम्ने खतरा रहेको भन्दै क्यानले पछिल्लो निर्णयले निगमको साविक आम्दानी प्रभावित नहुने अवस्था बनेको उल्लेख गरेको छ ।
निर्देशिकाबमोजिम अनुमति पाएको एक वर्षभित्र ग्राउण्ड इक्युपमेन्ट खरिद गरी सेवा सञ्चालन गर्नुपर्नेमा हिमालयले सो नगरेपछि उसको अनुमति रद्द गर्ने निर्णय भएको क्यानले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही पुस १७ देखि व्यावसायिकरूपमा सञ्चालनमा आउँदैछ । उक्त विमानस्थलमा आज आन्तरिक उडानका बुद्ध एयर र यती एयरलाइन्सले डेमो उडान सफलताका साथ सम्पन्न गरेका छन् ।
वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ बमोजिम साताको ३५ वटाभन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ ह्यान्डलिङ गर्न पाउने नियमअनुसार ४ असोज २०७७ मा हिमालय एयरलाइन्सले यो अनुमति पाएको थियो । |
जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय काठमाडौं । नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ ।
सरकार गठन र एमालेको भूमिकाका बारेमा समेत छलफल भएको बैठकमा अध्यक्ष ओलीले सरकारका लागि एमालेले मरिहत्ते नगर्ने बताएका छन् । वर्तमान सत्तागठबन्धन टुटेको अवस्थामा मात्रै एमालेले सरकार गठनका बारेमा छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ । |
चार्ल्स शोभराज जेलबाट श छुट्ने काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोली जेलमुक्त भएका हुन् ।
शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले नमानेपछि भोलि अध्यागमन लैजाइने भएको हो ।
सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ । शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो । |
ओरेण्टल सहकारी पीडितले बचत मागदावी गर्ने अन्तिम म्याद शुक्रबार काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार पीडितले शुक्रबारसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिए ।
आवेदन समितिको वेबसाइट www.coopmc.gov.np मा गएर अनलाइन मागदावी निवेदनबाट फारम भर्नुपर्ने उनले बताए । समितिले अनलाइनबाट नै फारम भर्नुपर्ने जनाएको छ । हालसम्म तीन हजार छ सय ७५ जनाले ओरेण्टलसँग मुद्दती बचत, साधारण बचत र शेयर रकम माग दावीको अद्यावधिक गरेका छन् । अद्यावधिक माग दावी गर्ने बचतकर्ताले रु दुई अर्ब ७७ करोड सात लाख ६९ हजार ६८२ माग गरेको कार्यालयले जनाएको छ ।
सरकारले पहिलोपटक २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको अभिलेख पाइएको समितिको कार्यालयले जनाएको छ । यसअघि माग दावी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी रु १० अर्ब भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
सरकारले समस्याग्रस्त घोषणा गरेपछि एउटा पत्रमात्र पठाएर अरु कागजात नदिँदा बचतकर्ताको पैसा फिर्ताका लागि प्रमाण जुटाउन समस्या भएको कार्यालय प्रमुख पौडेलले बताए । ओरेण्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेपछि सात हजार छ सय ४६ जनाले पैसा डुबेको भन्दै मागदावी गरेको पनि उनले सुनाए । ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सहकारी सञ्चालक समितिले समस्या समाधान नगरेपछि सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको हो ।
यस वर्ष गत असोज ७ गते सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि यही मङ्सिर ९ गते मागदावी गर्नेको अभिलेख अद्यावधिक गर्न सुरु गरिएको समितिका सदस्य सचिव समेत रहेका पौडेलले जानकारी दिए । पहिलोपटक सूचना जारी गरिएको अवधिभित्र ओरेण्टलका धेरै बचतकर्ताको निवेदन दर्ता हुन थालेपछि मङ्सिर २३ गतेदेखि १५ दिनको अवधि राखेर फेरि अर्को सूचना जारी गरिएको पनि उहाँले बताउनुभयो । यो अवधि शुक्रबार सकिने पनि समितिको कार्यालयले जनाएको छ ।
समितिले बचतकर्ताको अद्यावधिक आवेदन माग गरेपछि ओरेण्टलका पूर्वअध्यक्ष सुधीर बस्नेत रोक्न माग गर्दै सर्वोच्च अदालत गएकामा अन्तरिम आदेश नगरी दुवै पक्षलाई लिखित जवाफ पेश गर्न आदेश भएको छ । सरकारले हालसम्म १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी समितिलाई दिएको छ । |
राजेन्द्र लिङ्देनको थप शपथ– भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
संघीय संसद सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ संम्बन्धित् व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे ।
तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् ।
उनीसहित राप्रपाका १३ जना सांसदले सोही व्यहोरामा शपथ लिएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
|
एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु चितवन । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।
ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा दुई सय ४२ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल एक सय ३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रो छवटा, ट्र्याक्टर पाँच, ट्याम्पो आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य चारवटा रहेको कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए । मुख्य राजमार्गमा भन्दा भित्री सडकमा सवारीको गति तीव्र हुने भएकाले सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको उनले बताए ।
उनले भने, “हामीले सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाएका छौं ।” सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम र नियमित जाँचलाई तीब्र बनाइएको उनले बताए । भित्री सडकमा चालकको लापरवाही, मादक पदार्थ सेवन, साँघुरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ । |
स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने {भिडियोसहित} काठमाडौं । स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लव नेपाल आउने जनाएको हो । लुम्बिनी गार्डेन फाउन्डेसनले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।
स्पेनिस क्बलले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा पोखरा गण्डकी–११ सँगै मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नेछन् । यस्तै पुस १४ गते स्पेनिस क्लब काथेरेन्योले काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँगै मैत्रीपूर्ण खेल खेल्नेछ । काठमाडौं–११ को कप्तानी पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले गर्नेछन् भने प्रशिक्षकमा मेगराज केसीले गर्ने लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।
लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले फुटबलको बिकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने लक्ष्यसहित यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको जानकारी दिए। मैत्रीपूर्ण खेल आगामी बर्षहरुमा पनि निरन्तरता दिने र नेपालबाट सुरु भएको अभियान आगामी दिनमा चीन , म्यानमार, थाइल्याण्ड, भियतनाम, थाइल्याण्ड लगाएत देशमा पनि आयोजना गरिने फाउन्डेसनले जनाएको छ ।
हेर्नुहोस् भिडियो :
|
पोखरा सडक महोत्सव हुँदै {भिडियोसहित} कास्की ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन ९रेवान० पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो ।
रेवान पोखराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।
महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम हुनेछन् ।
मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । पोखरा र गण्डकी प्रदेशभित्रको लुकेको संस्कृतिलाई सडक महोत्सवमार्फत् उजागर गर्न खोजिएको रेवान पोखराका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष गोपी भट्टराईले बताएका छन् ।
सडक महोत्सवमा पाँच लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ भने महोत्सव आयोजनामा रु ७० लाख खर्च हुने उहाँको भनाइ छ । महोत्सवमा सङ्घीय राजधानी काठमाडौँसहित चितवन, बीरगञ्ज, विराटनगर, नेपालगञ्जलगायतका स्थानबाट आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।
रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले निजी क्षेत्रले गरेको सबैभन्दा ठूलो सडक महोत्सव भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । रेवान पोखरा अध्यक्ष भट्टराईले पोखराका होटलले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने बताए । नेपाल आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने उहाँको भनाइ छ । साथै महोत्सवको अवसरमा होटलहरुले रुममा २० प्रतिशत छुट दिइएको उनले जानकारी दिए ।
महोत्सवमा सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको उनले बताए। “आयोजकका तर्फबाट दुई वटा निजी कम्पनीलाई सुरक्षाको जिम्मेवारी दिएका छौं”, उनले भने, “त्यसबाहेक सरकारले पनि विगतमा जस्तै सुरक्षा प्रदान गर्नेछ ।” उनले पार्किङका लागि पनि पर्यटन बसपार्क, शहीद चोकलगायतका स्थानमा व्यवस्था गरिएको उनले बताए ।
महोत्सवमा बसुन्धारा पार्कभित्र १६ वटा स्टल र बाहिर सडकमा निःशुल्क एक सयभन्दा बढी स्टल रहने उनले जानकार दिए । उनले नेपाल पर्यटन बोर्डको सहकार्यमा बाँकी छ वटै प्रदेशबाट पनि महोत्सवमा सहभागिता रहने बताए।
हेर्नुहोस् भिडियो:
|
नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी पूरा काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको सपथ गरानेछन् ।
सपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । सपथका लागि सचिवालयले नेपाली भाषामा सपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा सपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।
सपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रि«यसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ । |
धेरै जनसङ्ख्या हुनु भारत र चीनलाई अभिशाप हो कि वरदान ? काठमाडौं । आगामी एप्रिल महिनाको मध्यतिर भारत चीनलाई उछिन्दै संसारको सबभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्दैछ।
एशियाका यी दुई विशाल राष्ट्रहरू प्रत्येकसँग १ अर्ब ४० करोड मानिस छन्।
विगत ७० वर्षदेखि यी दुई मुलुकले विश्वको कुल जनसङ्ख्याको एकतिहाइ हिस्सा ओगटेका छन्।
चीनको जनसङ्ख्या आगामी वर्षदेखि सङ्कुचित हुन थाल्ने बताइन्छ।
गत वर्ष त्यहाँ १ करोड ६ लाख मानिस जन्मिए जुन सङ्ख्या त्यो वर्ष त्यहाँ भएको कुल मृत्युभन्दा थोरै मात्र बढी हो।
दुवै देशमा प्रजनन दर पनि घट्दैछ।
भारतमा सन् १९५० ताका एक महिलाले सरदर ५.७ बच्चा जन्माउँथिन् भने अहिले त्यो दर २ मा झरेको छ। तर त्यो घट्ने गति पछिल्ला वर्षहरूमा अलि ढिलो हुन थालेको छ।
उसोभए चीनलाई उछिनेर भारत विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्नुको अर्थ चाहिँ के हो त?
चीनले उसको जनसङ्ख्या तीव्र दरमा घटायो
चीनको जनसङ्ख्या वृद्धिदर सन् १९७३ मा २% रहेकोमा सन् १९८३ मा आधा घटेर १.१% मा झर्यो।
जनसङ्ख्या विश्लेषकहरूका अनुसार उक्त परिणाम हासिल गर्न चीनले मानवाधिकारहरू कुल्चिएको थियो।
चीनले भिन्नाभिन्नै नीतिहरू ल्यायो – एक शिशु मात्र जन्माउन अनि ढिलो बिहे गर्न प्रोत्साहन गर्नुका साथै पछि उसले शिशुहरूको जन्मान्तर धेरै राख्न प्रोत्साहन गर्यो। त्यतिखेरको अत्यधिक गरिब अनि अशिक्षित समाजमा उसले त्यस्ता नीति लागु गरायो।
गत शताब्दीको पछिल्लो आधा समयमा भारतको जनसङ्ख्या वृद्धिदर वार्षिक २% मै रह्यो। समयक्रममा मृत्यदर कम भयो, औसत उमेर बढ्यो अनि आय पनि बढ्यो।
स्वच्छ खानेपानी तथा आधुनिक ढलनिकासका सुविधामा खासगरी सहरमा बस्ने अधिकांश मानिसहरूको पहुँच विस्तार भयो। “तर पनि जन्म दर भने उच्च नै रहिरह्यो,” लन्डन स्कूल अफ इकोनमिक्सका जनसङ्ख्याविद् टिम डाइसनले भने।
भारतले सन् १९५२ मा परिवार नियोजनका कार्यक्रम थालेको थियो। सन् १९७६ मा पहिलो पटक उसले राष्ट्रिय जनसङ्ख्या नीति अघि सार्यो। त्यतिखेर चीन जन्म दर घटाउन तल्लीन भइसकेको थियो।
भारतमा सन् १९७५ को आपत्कालका अवधिमा परिवार नियोजनको कार्यक्रम लागु गराउने ‘अति उत्साह’का कारण दशौँ लाख गरिब मानिसहरूलाई बलपूर्वक वन्ध्याकरण गराइयो।
इमर्जेन्सीका कारण नागरिक अधिकारहरू कुण्ठित भएको बेला जबरजस्ती वन्ध्याकरण गराउनाले परिवार नियोजनविरुद्ध नै सामाजिक प्रतिक्रिया उत्पन्न भए।
“भारतमा यदि इमर्जेन्सी नलगेको अनि नेतृत्वले सक्रिय पहल लिएको भए प्रजननदर अझै तीव्र गतिमा घट्न सक्थ्यो। यसले पछि बनेका सरकारहरूलाई पनि परिवार नियोजनको नीतिमा सम्हालिएर अघि बढ्न बाध्य बनायो,” प्राध्यापक डाइसनले भने।
पूर्वीएशियाली देशहरू कोरिया, मलेशिया, ताइवान र थाईल्यान्डले भारतभन्दा निकै पछि जनसङ्ख्याका कार्यक्रमहरू लागु गराए। तर उनीहरूले निकै चाँडो न्यून प्रजननदर, न्यून शिशु तथा मातृ मृत्युदर, अधिक आयवृद्धि तथा मानवविकासमा सुधार हासिल गरे।
तर भारतमा ‘जनसङ्ख्या विस्फोट’ भएन
सन् १९४७ मा स्वतन्त्र भएयता भारतले १ अर्ब जनसङ्ख्या थपिसकेको छ।
अझै आगामी ४० वर्षसम्म उसको जनसङ्ख्या बढिरहने छ।
तर दशकौँदेखि जनसङ्ख्या वृद्धिको दर भने घट्दो छ। साथै ‘जनसाङ्ख्यिक विपद्’को चेतावनीयुक्त अवस्थालाई उसले टारेको छ।
त्यसैले चीनभन्दा धेरै जनसङ्ख्या हुनु भनेको अब ‘एकदम चिन्ताजनक अवस्था’ हुन छाडेको विज्ञहरू बताउँछन्।
बढ्दो आम्दानी अनि स्वास्थ्य र शिक्षामा सुधारिएको पहुँचका कारण भारतीय महिलाले अचेल पहिलेभन्दा थोरै बच्चा जन्माउँछन्। यसकारण अहिले तथ्याङ्कशास्त्रको दृष्टिबाट हेर्दा भारतको जनसङ्ख्या वृद्धिको वक्र समतल भइसकेको छ।
त्यहाँको २२ मध्ये १७ राज्यमा प्रजननदर प्रतिस्थापन तहभन्दा कम प्रतिमहिला दुई शिशुमा झरेको छ। जनसङ्ख्याको स्तर उस्तै राखिराख्न आवश्यक जन्मदरलाई प्रतिस्थापन तह भनिन्छ।
उत्तरी राज्यहरूको तुलनामा दक्षिण भारतमा जन्म दर अझ कम भएको छ।
“बाँकी भारत पनि दक्षिण भारतकै जस्तो हुन नसक्नु दुःखलाग्दो कुरा हो,” प्राध्यापक डाइसनले भने।
तर चीनलाई उछिन्नु महत्त्वपूर्ण हुनसक्छ
यसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा स्थायी सदस्य हुने भारतको दाबीलाई थप बल पुर्याउनेछ। अहिले परिषद्मा चीनसहित पाँच स्थायी सदस्य छन्।
भारत राष्ट्रसङ्घको संस्थापक सदस्य हो र उसले सधैँ स्थायी सदस्य हुन पाउनु न्यायपूर्ण हुने बताउँदै आएको छ।
“मलाई लाग्छ सबभन्दा धेरै जनसङ्ख्या हुनासाथ केही चिजमा तपाईँको दाबी अवश्य रहन्छ,” राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागको जनसङ्ख्या महाशाखाका निर्देशक जोन विल्मथले भने।
यसका साथै भारतमा जनसाङ्ख्यिक वितरणमा आइरहेको परिवर्तन पनि उत्तिकै महत्त्वपूर्ण भएको मुम्बईस्थित इन्टर्न्याश्नल इन्स्टिट्यूट फर पपुलेशन साइन्सेजका केएस जेम्सले बताए।
धेरै कमीकमजोरी हुँदाहुँदै भारतले गरिब तथा अशिक्षित समाज रहेको प्रजातान्त्रिक संरचनाभित्र रहेर ‘जनसङ्ख्याको स्वस्थ सङ्क्रमण’ गराएकोमा श्रेय पाउनुपर्ने जेम्स बताउँछन्। “अधिकांश देशले यस्तो सफलता उच्च साक्षरता तथा उच्च जीवनस्तर हासिल गरिसकेपछि मात्रै पाएका हुन्।”
थप सुखद समाचार पनि छ। विश्वमा २५ वर्ष उमेरका प्रत्येक पाँचमध्ये एक व्यक्ति भारतीय हुन्।
भारतको जनसङ्ख्याको ४७% हिस्सा २५ वर्षभन्दा कम उमेरका मानिसहरूको छ।
दुईतिहाइ भारतीयहरू देशले सन् १९९० मा अर्थव्यवस्थामा उदारीकरणको नीति अँगालिसकेपछि जन्मिएका हुन्।
यो युवा पुस्ताको विशिष्ट गुणहरू रहेको अर्थशास्त्री श्रुति राजगोपालनले एउटा नयाँ शोधमा लेखेकी छन्।
“ज्ञान तथा नेटवर्क वस्तुको अर्थतन्त्रमा यो पुस्ता नै सबभन्दा विशाल उपभोक्ता एवं श्रमको स्रोत रहनेछ। विश्वमै भारतीयहरू सबभन्दा विशाल मानवस्रोतको भण्डार रहनेछन्,” उनी लेख्छिन्।
चुनौती पनि उत्तिकै छन्
जनसङ्ख्याको फाइदा उठाउन भारतले उसका युवाहरूलाई पर्याप्त रोजगारीका अवसर सृजना गर्नुपर्छ। तर सेन्टर फर मनिटरिङ इन्डियण इकोनमी (सीएमआईई)का अनुसार भारतमा काम गर्ने उमेर समूहका ४०% मानिस मात्रै काममा छन् वा काम गर्न चाहन्छन्।
शिशु जन्माउन अनि तिनको रेखदेख गर्न दिनुपर्ने समय घट्दै गएका कारण अब धेरै महिलाहरूलाई पनि रोजगारी आवश्यक पर्छ। तर काम गर्ने उमेर समूहका केवल १०% भारतीय महिला मात्रै काममा रहेको सीएमआईईको आँकडाले देखाउँछ। उता चीनमा त्यो ६९% छ।
अनि बसाइँसराइको मुद्दा पनि छ। करिब २० करोड भारतीयहरू देशभित्रै कामका निम्ती एक राज्यबाट अर्को राज्य वा जिल्ला पुगेका छन्। यो सङ्ख्या अझ बढ्नेछ। धेरैजसो मानिस गाउँबाट सहर पसेका छन्।
“गाउँमा रोजगारका अवसर नहुँदा र न्यून ज्याला हुँदा सहर पस्ने क्रमसँग हाम्रा सहरहरू विस्तार हुनेछन्। के तिनले त्यस्ता कामदारलाई उचित जीवनस्तर दिन सक्लान्? नत्र भने झुपडीयुक्त बस्ती अनि रोगको विस्तार हुनेछ,” केरलाको सेन्टर फर डेभलप्मन्ट स्टडीजका विज्ञ एस इरुदया राजनले भने।
विज्ञहरूले भारतलाई बालविवाह रोक्न, छिटो बिहे गर्ने चलन रोक्न अनि जन्म तथा मृत्युको उचित दर्ता निश्चित गर्न आवश्यक भएको औँल्याएका छन्।
जन्मँदा देखिने असन्तुलित लैङ्गिक अनुपात – छोरीभन्दा छोरा धेरै – चिन्ताको विषय बनिरहेको छ।
राजनीतिक रूपमा उच्चारण गरिने ‘जनसङ्ख्या नियन्त्रण’को विषय केवल मुस्लिम समुदायप्रति लक्षित देखिन्छ।
यद्यपि भारतका विभिन्न धर्मावलम्बी समुदायबीच बच्चा जन्माउने विषयमा रहेका अन्तर विगतभन्दा धेरै कम भएको पिउ रिसर्च सेन्टरको एउटा अध्ययनले देखाएको छ।
ढल्कँदो उमेरको समस्या
जनसङ्ख्याविद्हरू भन्छन् भारतमा ढल्कँदो उमेरका मानिसहरूको विशाल समूहबारे ध्यान धेरैको जाँदैन।
सन् १९४७ मा भारतको उमेरको मध्यमान २१ वर्ष रहेको थियो। केवल ५% मानिस मात्र ६० वर्ष कटेका थिए।
अहिले त्यो मध्यमान २८ वर्ष छ। दश प्रतिशतभन्दा धेरै मानिस ६० वर्ष कटेका छन्।
केरला र तामिलनाडुजस्ता दक्षिण भारतीय राज्यमा २० वर्षअगाडि नै प्रतिस्थापन दर हासिल भइसकेको थियो।
“काम गर्ने उमेर समूहका मानिसको सङ्ख्या घटेमा ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्नुपर्ने दायित्वले सरकारी स्रोतमा चर्को दबाव पर्छ,” जनसङ्ख्यासम्बन्धी पुस्तककी लेखिका रुक्मिणी एसले बताइन्। |
नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएको छ ।
माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव र नम्रताका साथै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतकाकलाकारको अभिनय रहनेछ । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् ।
सिनेमाबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिनेछ ।
सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार लगायतका गायक तथा गायिकाको स्वर रहनेछ । |
पाल्पामा जग खन्दा तोपका गोला भेटिए {हेर्नुहोस् भिडियो} तानसेन। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका–४ सिल्खानटोलको गोलाखानामा भवन निर्माणको लागि जग खन्ने क्रममा तोपका गोला फेला परेका छन् । अहिलेसम्म ३ सय बढी गोला फेला परेका छन् । अझै भेटिने क्रममा छन् ।
गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । घडेरी खन्ने क्रममा तोपका गोला भेटिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बताएका छन् । फेला परेका गोलाहरु पाल्पा स्थित नेपाली सेनाले संकलन गरिरहेको छ । सामान्यतया १ सय ग्राम देखी २०-२५ किलोग्राम सम्मका गोलाहरु भेटिएका छन् ।
हेर्नुहोस् भिडियो: |
स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता {भिडियोसहित} काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किनुभएको हो । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहेका नेता पुनको स्वागत गरेका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए। स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएका पूर्वसभामुखसमेत रहेका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिएकी छिन् ।
भिडियो:
|
घोडेपानीमा पर्यटक आगमन लयमा फर्कियो {भिडियोसहित} म्याग्दी। म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानी र तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो ।
घोडेपानीमा पर्यटकको बसोबासका लागि २३ वटा सुविधायुक्त होटलहरु छन् । ती होटलमा दैनिक ७०० जना पर्यटक वास बस्न सक्दछन् । पोखरा, काठमाडौ, चितवन, बुटवल, बागलुङ, पर्वत र मधेशका जिल्लाबाट विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीहरु समूह बनाएर आउने क्रम बढेको छ ।
हिमशृङखला, सुर्योदय, पहाडी भूगोल, मगर संस्कृति, गुराँसको जंगल, वन्यजन्तु र पंक्षीको अवलोकनका लागि घोडेपानी र पुनहिलमा पर्यटक आउने गर्छन् । घोडेपानी देखि करिब एक घण्टाको उकालो पैदलयात्रा गरेपछि पुनहिलमा पुगिन्छ । पुनहिलबाट सुर्योदय, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, मनास्लु रेञ्जका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । गुराँसको जंगलको विचमा रहेको पहाडको टाकुरामा रहेको पुनहिलबाट वरपरका वस्ति र पहाडी भूगोलको दृष्य देखिन्छ ।
हेर्नुहोस् भिडियो:
|
वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायिक कृषिमा (भिडियोसहित) पाल्पा । पाल्पा जिल्लाको तानसेनमा बैदेशिक रोजगारीबाट फर्किएर कृषि र पशुपालन गर्नेहरुको संख्या वढ्दै जान थालेको छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई तानसेन नगरपालिकाले अनुदान र प्रोत्साहन दिएपछी यहाँ बैदेशिक रोजगारीबाट फर्किएर कृषि कर्म गर्नेहरुको संख्या वढ्न थालेको हो ।
यहाँका ग्रामिण वडाहरुमा ४ सय बढी युवाहरुले व्यवसायिक कृषि र पशुपालन सुरु गरेका छन् । उनीहरुलाई घरमै स्वरोजगार बनाउन नगरपालिकाले युवा कृषि र पशुपालन कार्यक्रम बनाएको थियो । १० हजार देखी ४० हजार सम्म व्यवसायिक अनुदान नगरपालिकाले दिएको छ । ३ वटा वैंक संग कृषकलाई जोडेर सुलभ कर्जा कार्यक्रम संचालन गरी व्यवसायिक कृषिमा लगाएको हो ।
कृषि कार्यक्रममा आवद्ध २ हजार १ सय ४१ उद्यमी मध्ये ४ सय ७२ जना विदेशबाट फर्केका छन् । उनीहरु दुबई, कतार, मलेसिया र भारतबाट फर्केका युवा हुन् ।
भिडियो:
|
फ्रान्स र अर्जेन्टिनाको म्याच के इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनल थियो ? काठमाडौं । ‘अहिलेसम्म हामीले त्यस्तो केही देखेका थिएनौं।’ इङ्ल्यान्डका पूर्व डिफेन्डर रियो फर्डिनान्डले फिफा विश्वकपको निकै रोमाञ्चक फाइनल खेललाई यी शब्दमा सङ्केत गरेका छन्- ‘हामीमध्ये धेरैले यसलाई विश्वकपको इतिहासकै उत्कृष्ट फाइनल खेलको रूपमा हेरिरहेका छौं।’
यो खेलमा सबै कुरा थियो। सुपरस्टार लियोनेल मेस्सी र फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको भिडन्त, वीरतापूर्ण पुनरागमन र हृदयविदारक पेनाल्टी सुटआउट निर्णायक। खेलको समयमा र खेलपछि सामाजिक सञ्जालमा भावनाको बाढी आएको थियो ।
विश्वभरका फुटबल फ्यानहरू यो खेलमा यति धेरै मोहित भए कि स्क्रिनबाट आँखा हटाउन गाह्रो भयो। कतारको लुसेल रंगशालामा भएको यो खेल हेरेकाहरु ऐतिहासिक खेलका साक्षी बने ।
बीबीसी वनसँग कुरा गर्दै फर्डिनान्डले भने, “आज मैले देखेको खेल मेरो कल्पनाभन्दा बाहिरको थियो, दुई ठूला टोलीहरू अन्तिम क्षणसम्म कडा संघर्ष गरिरहेका थिए र कुनै पनि टोली अन्तिमसम्म हार मान्न तयार थिएनन्।”
“दुई टोलीका दुई सुपरस्टारहरू लडिरहेका छन्, हरेक गोलका बदलामा गोल… शानदार।”
इङ्ल्यान्डका पूर्व स्ट्राइकर एलन शियररले खेलको बारेमा भने, “हामीले आफ्नो सास रोकिरहेका थियौं, यो फाइनल थियो जुन हामीले देख्दा पनि विश्वास गर्न गाह्रो थियो। मैले यस्तो कहिल्यै देखेको थिइनँ, र शायद फेरि हेर्न पनि पाइऊदैन होला । यो दिमाग घुमाउने खालको थियो ।”
अर्जेन्टिनाका प्रबन्धक लियोनेल स्कालोनीले खेलपछि आफूले ‘शान्तिको अनुभूति गरिरहेको’ बताए । र, यसो भन्दै गर्दा पनि उनको अनुहारमा उत्साहको चमक प्रष्ट देखिन्थ्यो ।
उनले भने, “खेल गजबको थियो, एकदमै पागल थियो, यो उत्कृष्ट थियो। हामीले पहिलो ९० मिनेटमै खेल जित्न सक्थ्यौं। तर त्यसपछि जे भयो त्यसले जितको स्वाद अर्कै थियो।”
२०२२ को फाइनललाई अविस्मरणीय बनाएका पलहरू
२३ मिनेट – अर्जेन्टिनाका लागि मेस्सीले पेनाल्टीमा पहिलो गोल गरे ।
३६ मिनेट – अर्जेन्टिनाका लागि एन्जल डि मारियाले दोस्रो गोल गरे र स्कोर २-० भयो ।
८० मिनेट – फ्रान्सका लागि किलियन एमबाप्पेको पहिलो पेनाल्टी सुटआउट र स्कोर २-१ ।
८१ मिनेट – फ्रान्सका लागि किलियन एम्बाप्पेको दोस्रो गोल र यहाँ कुरा टुंगियो अर्थात् स्कोर २–२ भयो ।
१०८ मिनेट – अर्जेन्टिनाका लागि मेस्सीले तेस्रो गोल गरे र अर्जेन्टिनाले फेरि अग्रता पायो। स्कोर ३-२ भयो ।
११८- किलियन एमबाप्पेको ह्याट्रिक । उनले पेनाल्टीमा गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
मेस्सी भर्सेज एमबापे
यो खेलअघि सबैको नजर अर्जेन्टिनाका स्टार लियोनल मेस्सी र युवा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेमा थियो । प्रतियोगितामा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको देखियो ।
गोल्डेन बुट अवार्डका प्रबल दावेदार दुवैले आ–आफ्नो टोलीलाई त्यही सपनातर्फ लैजाँदै थिए जुन टोलीको सपना मात्र नभएर दुवै टोलीका समर्थकको सपना पनि थियो ।
तर खेलको पहिलो हाफमा एमबाप्पे र फ्रान्सको सम्पूर्ण टोली कतै देखिएन भने अर्जेन्टिनाले चौथो मिनेटमा नै गोल गर्ने पहिलो प्रयास गरेको थियो ।
खेलको सुरुवाती क्षणमा एलेक्सी म्याकअलिस्टरले लक्ष्यतर्फ हानेको किकलाई फ्रान्सेली गोलकिपर लोरिसले रोकेका थिए।
२३औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि पहिलो गोल गरे, जुन अर्जेन्टिनालाई एन्जल डि मारियासँग फाउलको बदलामा दिइएको पेनाल्टीबाट प्राप्त भएको थियो। त्यसको १३ मिनेटपछि डि मारियाले दोस्रो गोल गरे ।
पहिलो हाफमा फ्रान्स बल पाउन संघर्षरत थियो । एमबाप्पेले बललाई गोलपोष्टमा पुर्याउन सकेनन् ।
फ्रान्समा यस्तो दबाब थियो कि हाफ टाइम अघि, व्यवस्थापक डिडियर डेसचाम्पले ४१ औं मिनेटमा दुई खेलाडी ओलिभर गिरार्ड, ओस्मान डेम्बेलेको स्थानमा रान्डल कोलो मुआनी र मार्कस थुरामलाई मैदानमा उतारेका थिए।
पहिलो हाफसम्म अर्जेन्टिना २ गोलले अगाडि रहेको र फ्रान्सको खातामा एक गोल पनि परेन । विश्वभरका खेल पत्रकार र विज्ञहरूले यसलाई अर्जेन्टिनाको ‘सजिलो जित’ भन्न थाले ।
तर दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्यो । ७८औं मिनेटमा ओटोमेन्डीको फाउलका कारण फ्रान्सले पेनाल्टी पाएको थियो र यहाँबाट सम्पूर्ण खेल नै उल्ट्याइदियो ।
एम्बाप्पेले यो पेनाल्टी लिए र ८० औं मिनेटमा फ्रान्सले पहिलो गोल गर्यो र त्यसको लगत्तै अर्जेन्टिनाको डिफेन्सले केही बुझ्न नसक्दा एमबाप्पेले दोस्रो गोल गरेका थिए ।
खेल पल्टियो
अहिलेसम्म यो एकतर्फी खेलले उत्साहको सिमा तोडेको थियो । तर सायद मेस्सीको अन्तिम मानिएको यो विश्वकपको फाइनलको रात उनको रात थियो र १०८ मिनेटमा मेस्सीको गोलले अर्जेन्टिनालाई फेरि अग्रता दिलायो ।
तर ११८ औं मिनेटमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरेपछि रोमाञ्चकता फेरि उत्कर्षमा पुग्यो। फाइनल खेलमा एमबाप्पेले ह्याट्रिक गरेका थिए, सन् १९६६ मा यसअघि इङ्ल्यान्डका खेलाडी सर जेफ हर्स्टले फाइनल खेलमा ह्याट्रिक गरेका थिए ।
दुई पटक फाइनलमा हारेर रित्तो हात फर्किएको अर्जेन्टिनाले यसपटक मेस्सीकै बलमा ट्रफीसहित विश्वकपलाई बिदाइ गरेको छ ।
यो खेल हरेक फुटबल फ्यानका लागि विशेष थियो, अर्जेन्टिनाका फ्यानहरूका लागि अझ विशेष किनभने ३६ वर्षको प्रतीक्षा समाप्त भएको थियो ।
सन् १९८६ मा म्याराडोनाले चुम्बन गरेको कपलाई ३६ वर्षको लामो प्रतीक्षापछि मेस्सीले चुम्बन गरेका थिए । |
माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा काठमाडौं । नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको उनले बताए । |
आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग लण्डन । गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।
संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
|
नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्यो काठमाडौं । नेपालमा हालको कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगटेको छ । तर, जलविद्युत आयोजनाहरूलाई समेत समेट्दा नवीकरणीय ऊर्जा प्रयोग कुल ऊर्जा खपतको ८ प्रतिशत हुने सरोकारवालाहरूले बताएका छन् ।
नेपालको ऊर्जा प्रयोगमा करिब ६५ प्रतिशत जैविक ऊर्जा र २७ प्रतिशत आयातित खनिज इन्धन रहेको छ । विगत १० वर्षमा नेपालमा खनिज इन्धनको प्रयोग डरलाग्दो रूपमा बढेको छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा नेपाली रुपैयाँ ३.८३ खर्ब बराबरको खनिज इन्धन आयात गरिएको थियो, जुन नेपाल सरकारको गत वर्षको वार्षिक बजेटको २३ प्रतिशत रहेको छ । नवीकरणीय ऊर्जाको उत्पादन र उपयोगलाई बढोत्तरी गर्न राष्ट्रिय अभियान जरुरी छ ।
नेपालले जलविद्युत र सौर्य ऊर्जा प्रयोग बढाउने नीति अगाडि सारेको छ । हाल जलविद्युत, सौर्य, को(जेनरेस० र अफ ग्रीड उर्जाबाट कुल २३ सय ७७ मेगावाट विद्युत उत्पादन गरिरहेको नेपालले सन् २०३० सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । जसमा १० देखि १५ प्रतिशत लघु जलविद्युत, सौर्य ऊर्जा, वायु उर्जा जस्ता नवीकरणीय ऊर्जा रहने छ । साथै विद्युतीय सवारी साधन र विद्युतीय चुल्होलाई प्राथमिकीकरण र प्रर्बद्धन गर्दै उत्पादित नवीकरणीय ऊर्जाको उपयोग बढाउने योजना पनि रहेको छ ।
नवीकरणीय ऊर्जा, ऊर्जा मिश्रण र ऊर्जा रूपान्तरणमा नेपाल सरकारले चालेका कदमहरू स्वातगयोग्य रहेको प्रकृति रिर्सोसेस् सेन्टरका कार्यक्रम निर्देशक राजु पण्डित बताउँछन् ।
काठमाडौंमा ‘१०० प्रतिशत नवकरणीय ऊर्जाः नीति,अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग सँगसँगै खनिज इन्धन प्रतिस्थापनको योजना पनि निर्धारण गर्नुपर्ने धारणा राख्दै पण्डित ‘नेपालले सन् २०५० सम्ममा खनिज ऊर्जाको प्रयोगलाई नवीकरणीय ऊर्जाले शतप्रतिशत प्रतिस्थापन गर्ने लक्ष्य निर्धारण गर्नु पर्ने’ बताउँछन् ।
सम्मेलनमा ऊर्जाविद्हरूले नेपाल सरकारले सन् २०४५ सम्ममा कार्बन उत्र्सजनलाई शून्यमा (नेट कार्बन उत्सर्जन शून्य) झार्ने लक्ष्य लिएको र त्यो लक्ष्यलाई हासिल गर्न लागि सम्पूर्ण सरोकारवालाहरूले ऐक्यबद्ध भएर काम गर्नु जरुरी बताए । छ । ‘१०० % नवकरणीय उर्जाः नीति, अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलन यही राष्ट्रिय लक्ष्यलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको पण्डितले बताए ।
सम्मेलनमा संघीय, प्रादेशिक, र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकायहरू, निजी क्षेत्र, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय÷राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रीका र युरोपका १६ देशहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनमा सहभागी हुने विज्ञ प्रतिनिधिहरू सम्बन्धित देशका सरकारी प्रतिनिधि, नवकरणीय ऊर्जाका क्षेत्रमा कार्यरत प्राविधिक व्यक्तित्व, विश्वविद्यालयका प्राध्यापक र ऊर्जा सम्बद्ध सरोकारवालाहरूहुन । सम्मेलनमा कुल ७० जना सहभागिहरूको सहभागिता रहेको छ । |
साढे दुई वर्षभित्रै संसद् विघटन हुन्छः कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् ।
राप्रपा नेपाल काठमाडौं जिल्लाले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई अढाई वर्षभित्रै दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए ।
निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको उनको भनाइ थियो ।
थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ तथा त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको दाबी गरे ।
उनले राप्रपा नेपाल केवल एउटा चुनावका लागि खडा भएको चुनाव परिचालन समिति नभएको दाबी गर्दै राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको बताए ।
निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसंगतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रूपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गरे। |
धूलाम्य सडकमा यात्रा गर्न बाध्य स्थानिय {भिडियोसहित} नवलपुर। धूलाम्य सडकका कारण नवलपुर क्षेत्रको सडक भएर यात्रा गर्ने व्यक्ति तथा स्थानियले समस्या भोग्दै आएका छन् । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नवलपुर क्षेत्रको सडकमा उडेको धूलोले स्थानियहरु प्रभावित भएका छन्। धुलोका कारण स्थानिय तथा यात्रुहरुमा स्वास्थ्य समस्या पर्ने गरेको छ ।
निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडले ४२ महिनामा सक्नुपर्ने सडक विस्तारको काम समयावधिभित्र १८ प्रतिशत मात्रै सम्पन्न गरेको थियो । निर्माणको क्रममा विभिन्न अवरोध हुँदा निर्माणमा ढिलाइ भएको कारण उल्लेख गर्दै सडक सम्पन्न गर्नुपर्ने समय सीमा गत साउन २३ गतेदेखि गणना हुनेगरी ३८५ दिन थपिएको छ ।
हेर्नुहोस् भिडियो:
|
ट्रम्पको कठिनाइ बढ्यो, नयाँ आपराधिक आरोप लाग्न सक्ने काठमाडौं । गत वर्ष अमेरिकी संसदमा भएको दंगाको छानबिन गर्ने कङ्ग्रेसको समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध थप तीनवटा फौजदारी अभियोग लगाउन सिफारिस गर्न सक्छ।
अमेरिकी मिडिया रिपोर्टका अनुसार प्रतिनिधि सभाको चयन समितिले अभूतपूर्व कदम चाल्न सक्छ र पूर्व राष्ट्रपति विरुद्ध देशद्रोहको आरोप लगाउन सिफारिस गर्न सक्छ।
छानबिन समितिले अर्को साता आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने सम्भावना छ । जनवरी ६, २०२१ मा, राष्ट्रपति ट्रम्पका समर्थकहरूले अमेरिकी संसदको भवन क्यापिटल हिलमा आक्रमण गरे।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको नियुक्ति प्रक्रिया रोक्न चाहन्थे। अमेरिकी न्याय विभागले यस घटनामा ट्रम्पको भूमिकाबारे पहिले नै अनुसन्धान गरिरहेको छ। न्याय विभाग कांग्रेसको कुनै समितिको सिफारिसमा बाध्य छैन।
ट्रम्पले आफूमाथि लागेका सबै आरोपलाई खारेज गर्दै आएका छन् । शुक्रबार ट्रम्पका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने, “जनवरी ६ मा अन-सिलेक्ट कमिटीले शो ट्रायल गरेको छ। सधैं ट्रम्पको विरुद्धमा रहेका यी मानिसहरू यो देशको इतिहासमा धब्बा हुन्।”
समितिको सोमबार अन्तिम बैठक बस्नेछ जसमा प्रस्तावित शुल्कबारे घोषणा गर्न सकिनेछ । अमेरिकी सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै विद्रोह बाहेक राष्ट्रसँग जालसाजी र अधिकारीहरूको काममा बाधा पुर्याएको आरोप ट्रम्पलाई सिफारिस गर्न सकिने बताएको छ ।
समितिले एक हजारभन्दा बढी प्रत्यक्षदर्शीसँग अन्तरवार्ता लिएको छ । ९ सदस्यीय प्यानलले आठ अध्यायको प्रतिवेदन तयार गरी न्याय विभागलाई बुझाइनेछ । |
पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि… इस्लामाबाद। भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ।
संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ।
मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन्, तर गुजरातको कसाई जीवित छन् र उनी भारतका प्रधानमन्त्री हुन्।’
‘यी टिप्पणीहरू पाकिस्तानका लागि पनि नयाँ न्यून हो। पाकिस्तानका विदेशमन्त्रीले स्पष्ट रूपमा सन् १९७१ मा यो दिन बिर्सेका छन्, जुन पाकिस्तानी शासकहरूले जातीय बंगाली र हिन्दूहरुविरुद्ध गरेको नरसंहारको प्रत्यक्ष परिणाम थियो, भारतीय विदेशमन्त्रालयले मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। पाकिस्तानले आफ्ना अल्पसंख्यकहरुको व्यवहारमा धेरै परिवर्तन नगरेको पनि भारतले आरोप लगाएको छ।
बिलाबालको अभिव्यक्तिलाई लिएर भारतका अन्य मन्त्रीहरुले पनि विरोध जनाएका छन्। केन्द्रीय मन्त्रीहरूले बिलावाललाई ‘मानसिक रूपमा भ्रष्ट र गैरजिम्मेवार’ भनेका छन्।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले टिप्पणीलाई “नराम्रो र लाजमर्दो“ भनेका छन् । |
बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्छ: सञ्चारमन्त्री कार्की {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्ने बताएका छन् । द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मम्न्त्री कार्कीले अव बिलम्व नगरि जनताको बिकास र समृद्धिको जनताको चाहनालाइ पुरा गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् ।
उनले संविधानमा उल्लेख प्रेस स्वतन्त्रता लगाएत नागरिकको हकको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गराउने दक्षिण एसियाकै देश नेपाल भनेर चिनाउनुपर्ने धारणा राखे । अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ रहेको उल्लेख गर्दैै नेपालमा अपवाद हुन नसक्ने उनले बताए । कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने पनि बताएका छन् ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यमप्रति आउने नकारात्मक धारणाहरु क्रमश चिर्दे अघि बढ्नुपर्ने बताए। विसं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो ।
हेर्नुहोस् भिडियो:
|
अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु [भिडियो] काठमाडौं। काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान सुरु गरेको छ ।
सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्वास सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी काठमाडौंको सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै समितिले काठमाडौंको बसन्तपुरबाट हस्ताक्षर अभियान सुरु गरेको हो । समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् ।
हेर्नुहोस् भिडियो:
|
देशको हितमा काम गरेको भन्दै राजा महेन्द्रको शालिकमा माल्यार्पण {भिडियो} काठमाडौं । प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेको दिनका रुपमा स्मरण गरिएको छ । यसदिनलाई प्रजातन्त्रमाथि ‘कू’ भएको दिनको रुपमा हेर्ने गरिएको छ । तर राजावादीहरुले महेन्द्रले देशको हितमा काम गरेको भन्दै उनको शालिकमा माल्यार्पण गरेका छन् ।
काठमाडौंको दरवारमार्गमा रहेको शालिकमा माल्यार्पण गर्न पुगेका राजावादीहरुले देश बिखण्डको बाटोमा रहेको र एकताको आवश्यकता रहेको भन्दै अहिले महेन्द्रको दर्शनको खाँचो रहेको धारणा राखे । महेन्द्र राजनीतिद्वारा देशमा व्यवस्था परिवर्तन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री कोइराला लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलको बन्दीगृहमा बन्दी बनाइएको थियो । कालो दिनको रुपमा स्मरण गरिने पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतसमेत सुन्दरीजल बन्दीगृहमा थुनेका थिए ।
हेर्नुहोस् भिडियो:
|
सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु काठमाडौँ। काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताएका छन् । |
चुरे विनासले बस्ती नै सखाप धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन ।
तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् । हाल उनीहरु गाउँभन्दा करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगेर बसोबास गरेका छन् । त्यस ठाउँलाई अहिले क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ ।
“केही वर्ष अघिसम्म यहाँ मासि बस्थे, तिनले खाने पानीको इनार यही हो”, सामुदायिक वन उपभोक्ता समिति महासङ्घ प्रदेश–२ का अध्यक्ष सोमप्रसाद शर्माले भने, “अचानक एक दिन बाढी आयो र बस्ती बगायो ।” पैँसठ्ठीभन्दा बढी घरपरिवार रहेको त्यो बस्तीमा अहिले खाली जमिन छ । केही पोखरी खनिएका छन् र ठूलो क्षेत्र बगरमा परिणत भएको छ । विसं २०४५ मा झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै बगरमा परिणत भयो । अहिले यहाँ बस्ती थियो भन्ने कुनै प्रमाण यहाँ भेटिँदैन, एउटा इनारको भग्नावशेष बाहेक ।
अध्यक्ष शर्माले भने, “यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंँ ।” यस्ता थुप्रै बस्ती अन्यत्र पनि विस्थापित बनेका छन् । तराई–मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टिठलाग्दो दृष्य छन् । अनियन्त्रित उत्खनन र चुरे दोहनले केहीवर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी बिलाएर गएको छ ।
पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन् । खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिप बोरिङ बन्द भएपछि तराई–मधेसका अधिकांश क्षेत्र मानव वसोवास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन् ।
तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका–८ मा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ । करिब दुई सय वर्ष पहिला यस गाउँमा थारू समुदायका मानिस भारतको मुङ्गेरबाट आएका हुन् भन्ने बुढापाका बताउँछन् । यस गाउँमा शोभित चौधरीका बुढा हजुरबुवा अमृत पोद्धार(चौधरी) विर्तावाल थिए । यस भेगमा उनको ठूलो सम्मान थियो । पछि पहाडी समुदायका मानिसको प्रवेश हुन थालेपछि यिनीहरूको प्रभाव घट्दै गएको देखिन्छ ।
विसं २००७ पहिले नै यस भेगमा जङ्गल फँडानीको क्रम सुरु भइसकेको थियो । पाल्पाबाट १९९० सालतिर नै आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जङ्गल फँडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए ।
विसं २००७ को क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए । आन्दोलनको क्रममा उनको खातीहरू (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती)सँग निकट सम्पर्क भयो ।
हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति मानिएका दिगम्बरले त्यस भेगमा जङ्गल फँडानी गरी नयाँ बस्ती विस्तार गरेकाले उनको नामबाटै बस्तीको नाम दिगम्बरपुर राखियो । पछि बलबहादुर खाती गाउँका जमिन्दार र हर्ताकर्ता भए ।
पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ चार सय मिटर मात्र रहेकामा अहिले हजार मिटरभन्दा पनि बढी भएको छ । बर्सेनि जलाद खोलाले ५–६ बिघा जग्गा कटान गर्ने गर्दछ । विसं २०४५ मा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो ।
यहाँ बसोबास गर्दै आएका ७४ वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो उजाडस्थल हेर्न पुग्छन् । उनको बाल्यकालदेखिका थुप्रै सम्झना झलझली आउँछ । “हेर्दाहेर्दै सबैथोक लगिदियो”, बुढाथोकीले भने, “म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ ।”
रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। “बा आमा मिलेर खेतीपाती सुरु गर्नुहुन्थ्यो”, उनले सम्झिए, “हामी त्यहीँ खेलेर हुर्कियाँै ।”
आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाए । जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुन्थ्यो । गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो । त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो ।
ललितबहादुरले भने, “विसं २०४२ ताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागदेबेली परेर बग्न थाल्यो । सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो । अर्को वर्ष अझ बढी कटान भयो ।” विसं २०४४ मा गाउँभरि नदी बग्न सुरु भयो । जुन दिन खेतमा नदी पस्यो, त्यसै दिनदेखि नै यहाँका बासिन्दाको उठिबास भयो ।
उनले भने, “अरू गाउँले त तत्कालै छाडेर हिँडिहाले । म चाहीँ किनार किनार सर्दै त्यतै बसिरहेँ । अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सीप नलागेर मैले पनि बसाइँ सरँे ।” उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो । अहिले अन्यत्रबाट थपिएकासमेत गरेर डेढ सयभन्दा बढी परिवार यहाँ बसोबास गर्दछ ।
खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका उनले जानेको अरू कुनै काम थिएन । बिहे भएर गएकी छोरीले किनिदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर उनका श्रीमान्–श्रीमती बस्दै आएका छन् । “बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु । मुस्किलले जीवन चलिरहेको छ ।”
यसरी विस्थापित हुनुपर्दाको समस्या उनलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ । त्यो गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन । चारकिल्ला ठोकिएजस्तो थियो यो ठाउँ । यहाँ पहाडे र मधेसी परिवारको मिश्रित बसोबास थियो । उनले भने, “यस्तो अवस्थामा सबै एकसाथ बिल्लिबाँठ भयौँ ।”
आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा रहेको यहाँ बताउँछन् । उनका अनुसार छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि फेरि नदीले बाटो फेरेको थियो ।
छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्छन्, “उहाँ केटाकेटी हुञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो । त्यतिबेला बढीमा सय मिटर चौडा थियो ।”
नदीतर्फ औँल्याउँदै उनी भन्छन्, “अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ ।” छेडीपोखरीमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो । अहिले नदी योबीचकै धारबाट बगिरहेको छ । पछिल्लो समय नदीको तटबन्ध गरिए पनि बर्सेनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउँछन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यालयमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन् ।
चुरे संरक्षणको निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरुले औँल्याएका छन् । वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा विजयकुमार सिंह दनुवार भन्छन्, “जुन मात्रामा चुरेले विनास भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ ।”
तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ । काठको चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको बताए । वन फँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ ।
वर्षामा आउने भेलले ढुङ्गा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ । चुरेभन्दा माथिको महाभारत पर्वत शृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ । महाभारत शृङ्खलाका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमिकरण हुनेछ । “महाभारतका पहाड उत्खनन गर्दा २५\३० प्रतिशत मात्रै निर्यातयोग्य ढुङ्गा, गिट्टी निस्कन्छ, बाँकी ७०\७५ प्रतिशत ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ”, डा सिंह भन्छन्, “दर्जनौँ पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन ।”
रासस |
दुई दिनमा दुई गैँडा मृत फेला चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उनले बताए । गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए ।
यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उनले जानकारी दिए । बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ । सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९/८० मा पाँचवटा गैँडा मरेका छन् । |
शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शिक्षा मन्त्रालयमा आज आयोजित विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि समन्वय र सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्वय र सहकार्यमार्फत शैक्षिक सुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभावकारी बनाउन दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
“शैक्षिक नीति तथा कार्यक्रमलाई गाउँपालिकामा प्रभावकारीरूपमा कार्यान्वयन गरी सबै बालबालिकालाई गुणस्तरयुक्त विद्यालय शिक्षा उपलब्ध गराउने समझदारीपत्रको उद्देश्य हो”, उनले भने, “यसले मन्त्रालय र गाउँपालिकाबीचको सम्बन्ध थप नजिक हुने र संविधान कार्यान्वयनमा सहज हुने विश्वास लिएको छु ।”
महासङ्घले विद्यालय शिक्षासँग सम्बन्धित राष्ट्रिय नीति, योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा आवश्यकताअनुसार मन्त्रालयसँग समन्वय, राय, सल्लाह र सुझाव दिनेछ । समझदारी कार्यान्वयनको क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । समझदारीको समयावधि आव २०८३/०८४ सम्म रहने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गाउँपालिकाको शैक्षिक योजना निर्माण एवं कार्यान्वयनमा आवश्यक प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । दीगो विकास लक्ष्य पञ्चवर्षीय योजना, सरकारका शैक्षिक नीति योजना तथा कार्यक्रम सम्बन्धमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासमा मन्त्रालयले काम गर्ने मन्त्रालयको शिक्षा सचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।
विद्यालय तहको शिक्षाका सबै विषयमा छलफल गरी तिनमा गर्नुपर्ने सुधारलाई नियमित गर्न तथा गाउँपालिकामार्फत कार्यान्वयन हुने कार्यक्रमको नियमित प्रगति प्रतिवेदन प्राप्तिमा सहजीकरण हुने लक्ष्य रहेको छ । समझादारीपत्रमा मन्त्रालयका सहसचिव डा हरि लम्साल र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हस्ताक्षर गरेका हुन् । |
खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् ।
प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । |
भारतसँग युक्रेन आक्रोशित काठमाडौं । भारतले जी-७ देशहरू र तिनीहरूका सहयोगीहरूको तर्फबाट तोकिएको रूसी तेलको मूल्य सीमालाई समर्थन नगर्ने निर्णय गरेको छ। भारतको यो निर्णयपछि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भारतले युक्रेनका आम नागरिकको ज्यानको मूल्यमा रुसबाट तेल किनेको आरोप लगाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरी भारतले रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको र रुसको आक्रामकताका कारण युक्रेनमा मानिसको मृत्यु भइरहेको बताए ।
युक्रेनका मन्त्रीले भने कि यदि भारतले रूसबाट सस्तो मूल्यमा तेल खरिद गर्न जारी राख्न चाहन्छ भने, ‘ब्यालेन्सिङ एक्ट’ अन्तर्गत युक्रेनलाई मद्दत गर्न तयार हुनुपर्छ। परराष्ट्रमन्त्रीले थपे, ‘आफ्नो अर्थतन्त्रलाई अगाडि बढाउन आवश्यक र सही कदम चाल्ने अधिकार हरेक देशलाई छ । तर हामीले हाम्रा भारतीय सहकर्मीहरूलाई दिन चाहेको सन्देश एकदमै स्पष्ट छ। तपाईंसँग सस्तो मूल्यमा रूसबाट तेल किन्न अवसर छ। तर विभिन्न प्रतिबन्धको दबाबमा र युक्रेनविरुद्ध आक्रामक भएकोले रुसले तपाईंलाई सस्तो मूल्यमा तेल बेचिरहेको छ।’
माइक्रोब्लगिङ वेबसाइट ट्विटरमा शेयर गरिएको यो भिडियोमा उनले भनेका छन्, ‘यदि भारतले रुसबाट तेल किन्ने क्रम जारी राख्छ भने उसले युक्रेनलाई पनि व्यापक रूपमा सहयोग गर्न थाल्नु पर्छ, किनकि तपाईलाई थाहा छ रुसबाट सस्तो मूल्यमा तेल यसकारण किन्न सकिएको छ किनभने युक्रेनमा कसैको आक्रामकताको कारण कोही मरिरहेको छ।’
यसअघि डिसेम्बर ११ मा रूसले जी-७ देशहरू र यसका सहयोगीहरूले लगाएको मूल्य सीमालाई समर्थन नगर्ने भारतको निर्णयको स्वागत गरेको थियो। रिपोर्टका अनुसार रुसी तेलमा यो मूल्य सीमा जी-७ देशहरू र यसका सहयोगीहरूले डिसेम्बर ५ मा नै लगाएका थिए। जी-७, युरोपेली संघ र अष्ट्रेलिया, सात प्रमुख देशहरूको समूहले रुसको कच्चा तेल प्रति ब्यारेल ६० डलरमा सिल गर्न सहमत भएका थिए।
युक्रेन विरुद्ध रुसको आक्रमणलाई ध्यानमा राखेर कच्चा तेलको मूल्यलाई सीमित गर्ने यो निर्णय गरिएको हो । तर, रुसले तेलको मूल्य निर्धारण गर्ने निर्णयलाई स्वीकार गर्न अस्वीकार गर्दै पश्चिमविरुद्ध विद्रोह गर्ने चेतावनी दिएको थियो । तत्कालका लागि भारतले रुसबाट कच्चा तेल खरिद गर्न जारी राख्नेछ र यसका लागि कच्चा तेल खरिदकर्तासँग सीधै वार्ता गर्नेछ ।
यसैबीच भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले भारतमा रुसबाट कच्चा तेलको आयात निकै सीमित रहेको बताउँछन् । भारतले अहिले इराक, साउदी अरेबिया र युएई (संयुक्त अरब इमिरेट्स) लगायत ३९ देशबाट तेल आयात गरिरहेको छ। यसका साथै अफ्रिकामा पनि यसको व्यवसायको सम्भावना खोजी भइरहेको छ । |
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो ।
दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरे । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए ।
भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए । उनले तटबन्धका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरेका छन्।
नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा रु चार करोड पाँच लाख ९८ हजारको लागतमा तटबन्ध निर्माण सुरु भएको हो । वैशाखमा सुरु हुनुपर्ने सो काम स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको सङ्घ र प्रदेशको निर्वाचनका कारण ढिला भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।
पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएको थियो । कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ । नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठका अनुसार सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ । |
पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु फिदिम । घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।
९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो । वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् । |
कर्मचारीलाई आवास सुविधा दिने मन्त्रिपरिषद्को निर्णय काठमाडौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि बुधबार लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।
श्रेणीविहीन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौँ र अधिकृतसम्मलाई ६ हजार मासिक आवास सुविधा दिने निर्णय भएको प्रदेश सरकारले गरेको छ ।
प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा समेत गरी ३ सय ३७ कर्मचारी छन् । |
लियोनेल मेस्सीले भने – जारी विश्वकप मेराे अन्तिम यात्रा हुनेछ रियो दि जेनेरियो। अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन्। बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो।
मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु।’
अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन्। ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु। यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’ उनले भनेका छन्।
‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं। आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन्। |
चीनसँग झडप भएको अरुणाचलको तवाङ भारतका लागि किन यति महत्त्वपूर्ण छ? काठमाडौं । गत शुक्रबार अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपमा केही भारतीय सैनिक गम्भीर घाइते भएका छन् । यस झडपमा चिनियाँ सैनिक पनि घाइते भएको बताइएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदमा यस झडपमा केही भारतीय सैनिक घाइते भएको तर कुनै पनि सैनिकको मृत्यु नभएको बताएका छन् ।
भारत-चीन सीमामा अवस्थित तवाङ समुद्र सतहबाट १० हजार फिटको उचाइमा अवस्थित छ। यो भारत र चीन दुवैका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।
यो क्षेत्र सन् १९६२ मा भारत र चीनबीच धेरै युद्धको साक्षी रहेको छ । त्यसपछि चीन यस क्षेत्रमा प्रवेश गरेको थियो तर पछि हट्यो ।
केन्द्रीय मन्त्री निर्मला सीतारमणले २०१६ मा भनेकी थिइन्, “तवाङ धार्मिक र रणनीतिक रूपमा धेरै महत्त्वपूर्ण छ। यसले सन् १९६२ को भारत-चीन युद्धको सम्झना गराउँछ।”
विज्ञहरूका अनुसार तवाङ चीन–भुटान सीमामा रहेकाले निकै महत्वपूर्ण क्षेत्र हो । यदि चीनले तवाङ कब्जा गर्यो भने अरुणाचलको दृष्टिकोणले रणनीतिक फाइदा हुनेछ।
चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिणी तिब्बतको क्षेत्र’ भन्दै आएको छ र तिब्बती धर्मगुरु दलाई लामादेखि भारतीय प्रधानमन्त्रीको अरुणाचल प्रदेश भ्रमणमा चीनले आपत्ति जनाएको छ ।
चीनले पनि यी कठिन क्षेत्रमा आफ्नो पहुँच बढाउने प्रयास गरिरहेको छ । चीनले सन् २०१७ मा तिब्बतदेखि चेङ्दु हुँदै ल्हासासम्म रेलमार्ग बनाउने घोषणा गरेको थियो ।
नोभेम्बर २०१३ मा, चीनले अरुणाचल प्रदेश नजिकै तिब्बत स्वायत्त क्षेत्रको लागि सडक निर्माण गर्यो। यस सडकको सहयोगमा यो क्षेत्र चीनको राजमार्ग सञ्जालसँग जोडिएको छ।
अखबार इन्डियन एक्सप्रेसका अनुसार चीन सरकारले ल्हासा वरपर सडक सञ्जालका लागि २०० अर्ब युआन खर्च गर्ने घोषणा गरेको थियो ।
भारतले पनि यस क्षेत्रमा सुरक्षाको हिसाबले पूर्वाधार निर्माणमा काम गरिरहेको छ । सन् २०१६-१७ मा नरेन्द्र मोदी सरकारले करिब ५ हजार ८५० करोडको क्षेत्रमा ६१० किलोमिटर लामो सडक सुधार गर्न स्वीकृति दिएको थियो ।
यसबाहेक सेनाको आवतजावतलाई राम्रो बनाउन टास्किङ गाउँमा ५२ किलोमिटर लामो सडक निर्माण गर्ने योजना छ ।
द प्रिन्टमा प्रकाशित समाचार अनुसारअरुणाचलको यस क्षेत्रलाई जोड्ने धेरै पुलहरूको पनि स्तरोन्नति गरिएको छ। यसका साथै सेला सुरुङमार्गको काम पनि पूरा हुन लागेको छ, जुन १३ हजार फिट अग्लो विश्वकै अग्लो दुई लेनको सुरुङ हुनेछ ।
तर अहिले तवाङ पुग्ने एक मात्र बाटो सडक हो। तवाङबाट नजिकको रेलवे स्टेशन पनि ३३० किलोमिटर टाढा छ। हेलिकप्टरहरू त्यहाँ पुग्छन् तर तिनीहरूको सञ्चालन पनि मौसममा निर्भर हुन्छ। |
अनेसास क्यानडाको आयोजनामा हजुरबुबा हजुरआमा दिवस सम्पन्न (तस्बिरसहित) क्यानडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) क्यानडाले गत आषाड २९ गते भानुजयन्तिका दिन, मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप मंशिर २४ गते त्यस्तै गरी डिसेम्बर १० तारिकका दिन अनेसासले हजुरबाआमा दिवसको आयोजना गर्यो ।जूम मार्फत भएको उक्त कार्यक्रममा नेपाली राजदूताबासका तर्फबाट कन्सूलर रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । क्यानडाका बिभिन्न शहरहरू अटवा, लण्डन अन्टारियो, किचेनर, विण्डसर, टोरण्टो, एडमण्टन क्यूवेक आदि शहरहरूबाट नातिनातिना र हजुरबाआमा जोडिएका थिए ।
त्यस्तै गरी अमेरिकाका वासिंगटन डिसी, भर्जिनिया, डालस, अस्टिन आदि ठाउँबाट सहभागिता रहेको थियो । त्यस्तै गरी काठमाण्डौ,मोरङ र झापाका बिभिन्न ठाउँबाट कार्यक्रममा जोडिनु भएको थियो । सानी वालिका संस्कृती बुढाथोकीको संस्कृतको “बक्रतुंण्ड महाकाय” भन्ने श्लोकबाट शुभारम्म गरिन् । उनले आफैँ तयार गरेका बिभिन्न मिष्टान्न भोजनहरू हजुरबुबा र हजुरआमालाई अर्पण गरेर सम्मान गरिएको थियो । हिमालयन नेपाली स्कुलका बालवालिकाहरूले आआफ्ना कविताहरू वाचन गरेर सुनाएका थिए । बेलिस्मा फुयाल, मन्जिल भण्डारी, बर्षा राई, अन्जली राई, बर्षा तिम्सिना, आदम राई एन्जला राई, सम्पदा दुलाल, मविर राई,सचिन चौँलागाई, राजेन्द्र श्रेष्ठ, जस्लिन ढकाल, मोहन सिटौला आदि कविहरूले कविता वाचन गरेर सुनाएका थिए ।
अतिथिहरूमा अनेसासका पूर्वअध्यक्ष साहित्यकार, प्राध्यापक मोहन सिटौला, अनेसासका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसासका महासचिव विमला ढुंगाना निरौला, हिमालयन नेपाली बिधालयका प्राचार्य ब्रायन खड्का, र शिक्षक सन्तमान राई, अनेसास डिसीका महासचिव कविन्द्र सिटौला, जगदिस पराजुली ,पंडित धर्मदास शास्त्री ,एनआरएनका पूर्वकोषाध्यक्ष सुर्य भट्टराई, अनेसास क्यानडाका सल्लाहकार कृष्णहरि गौतम, चिजू गौतम , सुरेन उप्रेती, निकिता उप्रेती, कविता खरेल, दिपक त्रिपाठी, सृष्टी खरेल, इसा भट्टराई, रन्जना कार्की , नविन सुवेदी, सन्तोष बराल सहभागी थिए । त्यस्तै नेपालबाट रेणु शर्मा, कमला उप्रेती, पवित्रा चौँलागाई, विसिका संग्रौला, अन्वेशिका अधिकारी,आकांक्षा खरेल , बबिता सिटौला ,सिता घिमिरे मैनाली सहभागि थिए।
प्रमुख अतिथिको आशन ग्रहण गर्दै कन्सूलर रोजिना ताम्राकारले हजुरबुबा र हजुरआमा भनेको हिँजोको ईतिहाँस र भोलिको भविष्यको मार्ग दर्शक भएको बताइन्। उनले भनिन्, ‘यो दिनले दुई पिंडीलाई जोड्ने काम गरेको छ । उहाहरूले नातिनातिनालाई कुनै आग्रह विनानै ममता दिएर अशल नागरिक बन्न हरेकपाइलामा प्रेरित गर्नु हुन्छ। हजुरबाआमा पहिलो गरू हुनु हुन्छ । उहाँहरूको खुशीको लागि हामीले समय दिनु पर्दछ । सदैब सम्झनु पर्दछ । उहाँहरू जीवित देवता हो।’ अनेसास क्यानडाले यो कार्यको शुरू गरेर महत्वपूर्णकाम गरेको छ भन्दै शुभकामना दिइन् ।
अनेसासका संस्थापक अध्यक्ष एवम सल्लाहकार सुरेन उप्रेतीले हजुरबाआमा दिवसको थालनी किन गरिएको हो भन्ने बारेमा चर्चा गर्दै भने, ‘हामी कुशेऔंशीमा बुबालाई सम्मान गर्छौँ । मातातीर्थ औँशीमा आमाहरूलाई सम्मान गर्दछौँ । तीजमा चेलिवेटीहरूलाई बोलाउने र खुवाउने गरिन्छ । त्यस्तै गरी तिहारलाई चेलीमाइतीको पर्वका रूपमा मनाइन्छ ।
तर हजुरबाआमाका लागि त्यस्तो कुनै दिन छैन । त्यो अभावका कारण नातिनातिना र हजुरबाआमाका विचमा ठूलो खाडल रहेको छ । त्यो खाडल मेटाउन र जीवित देवतारूपी हजुरबाआमा सँग नातिनातिना नजिक बनाउन यो दिनको आवश्यकता पर्दछ । हजुरबाहजरआमालाई मिठो भोजन गराउने, उपहारहरू दिने, पूजा गर्ने,घुम्न लैजाने र उहाँहरूका कुरा सुन्ने अनि आशिर्वाद लिने दिन हो आज । हजुरबाआमाको सम्मान गर्न यो दिवसको परिकल्पना गरिएको हो । अनेसास क्यानडाले गत आषाड २९मा भानुजयन्तिका दिन मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउँने घोषणा गरेको थियो।
अर्का बक्ता अनेसासका सल्लाहकार कृष्णहरि गौतमले हजुरबाआमा र नातिनातिनाको प्रगाढ सम्बन्धका बारेमा चर्चा गरे । कार्यक्रममा प्राध्यापक मोहन सिटौलाले हामी ऋषीहरूका सन्तान भएको बताए । उनले भने,‘ हाम्रो बैद्धिक संस्कृतिमा बृद्धबृद्धाहरूलाई भगवानका रूपमा हेर्ने चलनछ । हामीले अरू पश्चिमेली संस्कृतिलाई पनि यो सन्देस प्रवाह गर्नु पर्दछ । यो अति उत्तम कार्यको थालनी भएको हो।’ कार्यक्रममा चिजु गौतम, सन्तमान राई, कमला उप्रेती, रेणु शर्मा, जगदिस पराजुली, धर्मदास बुढाथोकी, अनेसासकी महासचिव विमला ढुंगाना निरौला, बरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, कविता खरेल आदिले गहन विचारहरू राख्दै शुभकामना दिएका थिए।
कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत श्री भृगु ढुँगानाले पठाएको सन्देशलाई निकिता उप्रेतीले वाचन गरेर सुनाए । कार्यक्रमलाई रन्जना कार्कीले सन्चालन गरेकी थिइन् भने अनेसासकी सचिव ईशा भट्टराईले सबैलाई स्वागत गरिन् ।
अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमम व्यस्त समयका बाबजूद उपस्थित सबै श्रष्टा, साहित्यकारहरू, अनेसासकेन्द्रका प्रतिनिधिहरू, राजदूतावासका कनशूलर रोजिना ताम्राकार ,उपस्थित हजुरबाआमाहरू, सानानानीबाबूहरू र सहभागी सबैलाई धन्यवाद दिँदै यो कार्यलाई सन्सारभरी फैलाए मात्र आजको हजुरबाआमा दिवसले शार्थकता पाउँने बताए ।
त्यस्तै गरी अनेसास क्यानडाको आव्हानमा साथ दिँदै सन्सारका बिभिन्न ठाउँहरूबाट हजुरबुबा हजुरआमा दिवस मनाएका सन्देश र तश्विरहरू प्राप्त भएका छन् । कती तस्बिरहरु हजुरबाआमाको सम्झना र सम्मानमा प्रस्तुत भएका छन् ।
भिडियोः
|
रेशम चौधरीलाई छुटाउन तत्कालीन ओली सरकारले गरेको थियो यस्तो सहमति काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
रेशम चौधरीसहित जघन्य अपराधमा जेल सजाय भोगिरहेका राजनीतिक कार्यकर्तालाई छुटाउन उक्त अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । एमालेका दोस्रो तहका नेता तथा कार्यकर्ताले समेत विरोध गरेका छन् ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्यादेशविरुद्ध मंगलबार काठमाडौंमा प्रदर्शन नै गरेको छ । सरकार नेतृत्वकर्ता दल कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि विरोध गरेका छन् । उनीहरुसहित कांग्रेसका नेता कार्यकर्ताले पनि विरोध जनाएका छन् ।
तर, रेशम चौधरीसहित टीकापुर घटनाका आरोपीलाई रिहा गर्ने विषयमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति गरेको थियो ।
१८ जेठ २०७८ मा ओली सरकार र थारु कल्याणकारिणी सभा, थारुहट\थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । उक्त सहमतिपत्रमा तत्कालीन कानुन मन्त्री एवम् वार्ता टोली संयोजक लिलानाथ श्रेष्ठ, सदस्यद्वय राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर गरेका थिए । भट्टराई तत्कालीन प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार थिए ।
उक्त सहमतिपत्रको पहिलो नम्बरमै टीकापुर घटनाका आरोपीमाथि लगाइएको मुद्दा फिर्ता लिने र रिहाइका लागि पहल गर्ने उल्लेख छ ।
सहमतिपत्रको पूर्णपाठः
नेपाल सरकार र थारु कल्याणकारिणी सभा, तथा थारुहट\थारुवान संयुक्त संघर्ष समितिका बीचको सहमतिः
१. थरुहट\थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित ई। धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने ।
२. थरुहट\थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मुल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने । महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानविन गरी कानुनी दायरामा ल्याउने ।
३. संविधानमा उल्लेखित व्यवस्था र सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार राज्यका हरेक तह र तप्काहरुमा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधान अनुरुपको ब्याख्या र व्यवस्था कायम गर्ने ।
४. संविधान बमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने ।
५. कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने ।
६. संविधान गतिशील दस्तावेज हो, यसको संशोधन आवश्यकता र औचित्यका आधारमा राजनीतिक दलहरुबीच सहमति कायम गरी विभिन्न समयमा विभिन्न राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयहरुलाई सम्बोधन गरिनेछ । यसै क्रममा थरुहट तराईको मूलवासी आदिवासी थारु समुदायको तर्फबाट हालै प्रस्तुत गरिएका र विगतमा नेपाल सरकार र थारु समुदायका बीचमा भएका सहमतिहरुका विषयमा संविधान संशोधनका क्रममा छलफल गरी सहमतिका साथ उपयुक्त निर्णय गरिनेछ।
मितिः २०७८\२\१८
नेपाल सरकारका तर्फबाट
माननीय कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली
प्रमुखः लिलानाथ श्रेष्ठ
सदस्यः राजन भट्टराई
सदस्यः भगवती चौधरी
थारु कल्याणकाररिणी सभा,
थारुहट\थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली
प्रमुखः रुकमिणी चौधरी
सदस्यः प्रेमीलाल चौधरी
सदस्यः पद्मनारायण चौधरी
सदस्यः प्रभात चौधरी
सदस्यः चन्द्रप्रसाद चौधरी
|
प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।
हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यावहारिक हुन नसकेको भन्दै महासङ्घले यथाशीघ्र प्रादेशिकरुपमा सुन बाँडफाँटको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले महासङ्घले राखेको मागलाई आफूले गम्भीररुपमा लिएको र यस विषयमा सम्बन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताए । व्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्नसमेत आग्रह गरेका थिए ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष शाक्यले व्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताए । पछिल्लो समयमा दैनिक १० किलोका दरले सुनको आयात हुँदै आएको छ । जुन बजारको मागको तुलनामा अत्यन्तै कम भएको व्यवसायीको गुनासो छ । |
गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी डुम्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् ।
आज दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए ।
उनले सङ्गठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा कांग्रेसले अझ बढी सिट जित्न सक्थ्यो भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । |
खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा ठूलो भूमिका निर्वाह गर्ने बताए ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँको खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वीलाई पनि समावेश गरिएको उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँचवटा टोलीको सहभागिता छ । प्रतियोगितामा विभिन्न आठ एसियाली देशका खेलाडी सहभागी छन् । |
भारतको बंगलादेशलाई विशाल लक्ष्य काठमाडौं । बंगलादेशमा जारी एकदिवसीय श्रीखंला अन्तर्गर्तको तेस्रो तथा अन्तिम खेलमा भारतले उत्कृष्ठ ब्याटिङ गर्दै बंगलादेशलाई विशाल लक्ष्य दिएको छ ।
चत्तोग्राममा जारी खेलमा पहिला ब्याटिङ गर्दै भारतले ५० ओभरमा ८ विकेट ४०९ रन बनाएको छ । भारतका इशान किसानले सर्वाधिक २१० रन बनाए । उनले १३१ बलमा २४ चौका र १० छक्का प्रहार गरे । यस्तै विराट कोहलीले ११३ रन बनाए ।
बंगलादेशका टस्किन अहमद, इबादद होसेन र शाकिब अल हसले २२ विकेट लिए । तीन खेलका एकदिवसीय सिरिजमा बंगलादेशले २ खेल जित्दै सिरिज आफ्नो नाम गरेको छ । |
जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु : सिंह काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।
उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वाश गरेकोप्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बड्ने प्रतिबद्धता जनाए ।
उनले विगतको संसदीय कार्यकालमा, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेश गरे । उनले काठमाडौं १ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैँ परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए ।
आफू जनताको सेवाको लागि नागरिका सुझाबलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वाश गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेण्डा पूरा गर्नेतर्फ पुनः प्रतिबद्धता जनाए । |
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई राँझा । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।
म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए ।
उपाधि विजेता खड्काले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले रु रु ६० हजार र तेस्रो भएका जोशीले रु ३० हजार पुरस्कार प्राप्त गरे ।
यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै रु ६० हजार पुरस्कार प्राप्त गरिन् । यस्तै सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । दुवैजनाले क्रमशः रु ३० हजार र रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए ।
हरेक वर्ष मङ्सिर पाँच गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो । |
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ– प्रधानमन्त्री देउवा पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएका हुन् ।
“त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भने, “ नेपालमा उच्च शिक्षा प्रवद्र्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पुर्याएको योगदान हामी सबैका सामु जगजाहेर छ । आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै हुनुहुन्छ । यस्तो महत्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो ।”
उनले यस विश्वविद्यालयबाट चिकित्साशास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताएका हुन् । उनले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेको समेत औँल्याएका छन् । |
दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन {भिडियोसहित} काठमाडौं । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो ।
सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय, संक्रमणकालीन न्यायको बाहानामा नियमित फौजदारी प्रणाली अवरुद्ध नपारियोस, दण्डहीनताको अन्त्य गरियोस् भन्ने लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ । लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको मानवअधिकारकर्मी चरण प्रसाईले बताए । उनले विधिको शासनको अभावले लामो समयअघिका पीडितले समेत न्याय पाउन नसकेको भन्दै मंसिर ४ को निर्वाचनले राजनीतिमा वैकल्पिक शक्तिको उदय भएकाले परम्परागत दलहरुले पिडितलाई न्याय दिन नसके ती दलहरु विस्थापित हुने बताए ।
विगत दशवर्षे सशस्त्र युद्धको समयमा भएका हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरुको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गरिएपनि पिडितले न्याय पाउन सकेका छैनन् । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।
हेर्नुहोस् भिडियो:
|
स्काउटको सरकारसँग माग : ‘आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर’ {भिडियो} काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर्न सरकारसँग माग गरेको छ । नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो ।
नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालि सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि आफूहरूले पटक–पटक सो जग्गा खाली गर्न भने पनि अटेर गरिएको बताए । अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरूमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालयसमेत तोडफोड गरिएको उनले बताए।
अध्यक्ष भण्डारीले सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई अवहेलना गरेर अमुक व्यापारीको पक्षमा प्रहरी टोलीले गुण्डागर्दी शैलीमा आफूहरुको कार्यालयका सुरक्षाकर्मीमाथि हातपात गरी तोडफोड भएको जानकारी दिए । उनले स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गरे । उनले स्काउटको सम्पत्ति कब्जा गर्न खोजिएको भन्दै आफूहरूले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए।
उनले स्काउटमाथि ज्यादती हुँदा र अदालतको समेत अवहेलना हुँदा पनि राज्य गम्भीर नभएको आरोप लगाए । स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भए पनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ ।
हेर्नुहोस् भिडियो:
|
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा {भिडियोसहित} प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभावले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकोले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।
उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अङ्ग वा निकायको मात्र जिम्मेवारीको विषय नभएको भन्दै राज्यको कुनै एउटा अङ्गको सक्रियताले मात्र भ्रष्टाचारविरुद्धको लडाइँ जित्न नसकिने बताए ।
प्रधानमन्त्री देउवाले समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनै तहबाट नै राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिए । उनले भ्रष्टाचारको दुष्परिणाम वर्तमानमा मात्र नभइ भावी पिढीले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको बताए। उनले अख्तियारले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजनका साथै भ्रष्टाचारको रोकथाम र सचेतना अभिवृद्धिका लागि उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहेको बताए । उनले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको दाबी गरेका छन् ।
भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै आइएको छ ।
हेर्नुहोस् भिडियो:
|
मेलम्ची खानेपानी पुनः उद्घाटन गर्दै मन्त्री चौधरी {भिडियोसहित} काठमाडौं । नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । उनले काठमाडौँको महाँकालचौरस्थित शाखा कार्यालयबाट खानेपानीको पुनः वितरण उद्घाटन गरेका हुन्।
वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी काठमाडौं उपत्यकामा पुनः वितरण गर्न सुरु गरिएको छ । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो ।
गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरू भएको थियो । बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो । यसपटकको बाढीले हेडवक्र्स बक्ससम्मको पहुँचमार्गमा क्षति पुगेको थियो । मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अस्थायी रुपमै भएपनि काठमाडौं उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाए ।
उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिदैं मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सकिने बताएका छन् ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणिराम गेलालले हरेक वर्ष जेठमा बन्द गरेर कात्तिकमा खोल्नुपर्ने चक्रलाई अन्त्य गर्न एसियाली विकास बैंकको विज्ञको टोलीले मेलम्ची खानेपानी आयोजनाको साइटमा काम गरिरहेको जानकारी दिए । उनले मेलम्चीमा नियमित आउने सामान्य बाढीका कारण खानेपानी वितरण बन्द गर्न नपरोस भन्ने तर्फ मन्त्रालय रहेको उल्लेख गरेका छन् ।
आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको केयूकेएलले जनाएको छ । आयोजनाबाट उपलब्ध हुने पानी काठमाडौं महानगर, गोकर्णेश्वर, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा आलोपालो वितरण गरिने केयूकेएलका उप कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
हेर्नुहोस् भिडियो:
|
महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट निवेदन दायर गरका थिए । अदालतले उक्त विवादको आज संवैधानिक इजलासमा पेसी तोकी सुनुवाइ गर्ने तय भएको हो ।
रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।
गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाएको उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ ।
सङ्घीय संसद्का महासचिव डा गौतमले यही मङ्सिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायममा महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थियो । |
जिप दुर्घटनामा चालकको मृत्यु बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । |
धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ ।
यसअघि नव अन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेंसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लागेको जनाइएको छ ।
मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)
नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा मनाउने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठ बताउँछन् । योमरीमा तिलसमेत राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि रहेको छ । |
भृकुटीको शालिक अनावरण {भिडियोसहित} काठमाडौं । राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरकी हुन् ।
शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विबाह चिनिया शासक श्रङ चङगम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको भन्दै भृकुटीको शालिक निर्माण गरेपछि भृकुटी को हुन भन्नेबारे सबैले जानकारी पाउने बताइन् । उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताएकी छन्। मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गरिन्।
उनले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवर्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताएकी छिन्।
हेर्नुहोस् भिडियो:
|
किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाए {भिडियो} काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहिबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गर्दछन् ।
किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।
उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किराँत चाड विशेषरुपमा मनाइन्छ । किरात राई यायोख्याका केन्द्रिय अध्यक्ष जीवन हाताचो राईले आफुले लगाएको अन्नबाली पाकेपछि प्रकृतिलाई धन्यवाद प्रकट गर्दै पितृ, भूमि र प्रकृतिलाई पूजा गरी नँया अन्न चढाएर यो पर्व मनाइएको जानकारी दिए । उधौलीका अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइएको उनले बताए ।
पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतीले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन् ।
हेर्नुहोस् भिडियो:
|
व्हाट्सएपमा आयो फेसबुक-इन्स्टाग्रामको जस्तै फिचर काठमाडौँ। व्हाट्सएपले नयाँ फिचर जारी गरेको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले व्हाट्सएपमा नयाँ फिचर जारी भएको बारे जानकारी दिएका छन्। व्हाट्सएपको यो सुविधाको साथ, प्रयोगकर्ताहरूले आफ्नो अनुकूलित डिजिटल अवतार सिर्जना गर्न सक्नेछन्। व्हाट्सएपको यो सुविधा फेसबुक र इन्स्टाग्राम एप प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध छ।
व्हाट्सएप प्रयोगकर्ताहरूले आफ्नो अनुकूलित डिजिटल अवतारहरू अनुकूलित गर्न सक्छन्। यसबाहेक, तिनीहरूले आउटफिट, हेयरस्टाइल र अनुहार फीचर्सहरूको संयोजन छनौट गर्न सक्छन्। रिपोर्टका अनुसार नयाँ व्हाट्सएप अवतारलाई प्रोफाइल फोटोको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
व्हाट्सएप प्रयोगकर्ताहरूसँग अवतार एक्शन र इमोशनका लागि ३६ कस्टम स्टिकर्सहरूबाट छनौट गर्ने विकल्प हुनेछ। अवतार क्रिएट भएपछि, व्हाट्सएप प्रयोगकर्ताहरूले यसलाई आफ्ना साथीहरू र परिवारसँग शेयर गर्न सक्छन्।
कम्पनीले आगामी दिनमा यसमा लाइटिङ, हेयरस्टाइल टेक्सचर, शेडिंग र अन्य कस्टमाइजेशन अप्शन्स जस्ता धेरै नयाँ सुविधाहरू थपिने जनाएको छ। यसले प्रयोगकर्ताहरूको समग्र अनुभव बढाउनेछ।
व्हाट्सएप अवतार फिचर प्रयोगकर्ताहरूका लागि जारी गरिएको छ। तर, कम्पनीले यसलाई चरणबद्ध रूपमा सार्वजनिक गर्दै आएको छ। यस कारणले गर्दा, यो सुविधा सबै उपकरणहरूमा एकै साथ उपलब्ध छैन। यद्यपि, जब हामीले यो सुविधा परीक्षण गर्यौं, यो हाम्रो लागि व्हाट्सएप iOS र एन्ड्रोइडमा उपलब्ध थियो।
यसलाई प्रयोग गर्न धेरै सजिलो छ। यसका लागि तपाईले व्हाट्सएप खोल्नु पर्छ र स्टिकर विकल्पमा जानु पर्छ। एन्ड्रोइडमा यसको लागि, तपाईंले च्याटबक्समा इमोजीको सिम्बोलमा ट्याप गर्नुपर्नेछ। जहाँ iOS मा स्टिकरको अप्सन च्याट बक्समा नै हुन्छ।
यसपछि अवतारको अप्सनमा गएर नयाँ अवतार सिर्जना गर्नुपर्नेछ। यसमा, तपाईले हेयर स्टाइल, फेसियल र अन्य विकल्पहरू अनुकूलित गरेर अवतार सिर्जना गर्न सक्नुहुन्छ। एपले थप यथार्थवादी अवतारको लागि अगाडिको क्यामेरा पनि प्रयोग गर्नेछ। अवतार सिर्जना गरेपछि, यसलाई सेभ गर्नुहोस्। |
निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।
विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए ।
नेता झालाई एमालेकी जुली महतोले पराजित भएका हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरेका हुन् । धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए। |
पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ : मुख्यमन्त्री राई काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले सन्देशमा भनेका छन्, “बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन् । विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो । त्यसैले एकअर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो ।”
मुख्यमन्त्री राइले हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् । |
प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।
धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी–१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।
कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । जसको प्राथमिकतामा धनगढीमा स्तरिय प्रदर्शनी स्थल निर्माण गरिनुपर्ने माग रहने अध्यक्ष कुँवरले बताए ।
त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तर उन्नती गरिनु पर्ने, धनगढी विमान स्थलको स्तर उन्नती गरिनुपर्ने लगायत माग रहेका छन् ।
१६औं संस्करणमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा ४ सय स्टल राखिएका छन् । महोत्सव तयारीमा दुई करोड खर्च लाग्ने अनुमान गरेको उद्योग वाणिज्य संघले महोत्सव अवधिभर ५ देखि ७ करोडको कारोवार हुने अनुमान गरेको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ, भने साधार नागरिकलाई एक सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । तर जेष्ठ नागरिक र फरक क्षेमता भएका व्यक्तिलाई भने निःशुल्क रुपमा महोत्सव अबलोकन गर्न दिइने अध्यक्ष कुँवरले बताए ।
त्यसैगरी पत्रकार र सञ्चारकर्मीलाई सञ्चार गृहले जारी गरेको परिचय पत्रका आधारमा महोत्सव स्थलमा निःशुल्क रुपमा प्रवेस गर्न दिइने अध्यक्ष कुँवरले बताए । महोत्सव पुष २ गतेसम्म सञ्चालन हुनेछ । |
महाकालीमा भारतीय हस्तक्षेपको विरोधमा दूतावास घेराउ, मोदीको तस्बिर जलाईयो काठमाडौं । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।
सरकारले मंगलबार मात्रै महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमा नदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो । |
गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्नेछ: सञ्चारमन्त्री कार्की {भिडियोसहित} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । सञ्चार मन्त्रालयले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता तथा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका मन्त्री कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका हुन् ।
उनले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताए । उनले जनताको अपेक्षा अनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने बताए ।
पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै मन्त्री कार्कीले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरु मध्येमा नेपाललाई पनि पुर्याउने आफूहरुको दायित्व रहेको भन्दै अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन सबैले आ–आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।
नेपालसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्ने भएकाले त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उनको भनाइ छ ।
मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए ।
हेर्नुहोस् भिडियो:
|
धानको समर्थन मूल्यको कार्यान्वयन नगरे किसानले आन्दोलन गर्ने {भिडियो} काठमाडौं । सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सयुक्त रुपमा आन्दोलन घोषणा गरेका छन् । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै सरकारबिरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिएको हो ।
महासंघले किसानको समस्याबारे प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाउने जनाएको छ । कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसबर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्दै मोटा धानको मुल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोकेपनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए ।
किसान आन्दोलनको दबाबका कारण भएपनि धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भएपनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यपारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको उनले बताए । धानबाली भित्राउने समय शुरु हुनासाथ धान खरिद प्रकृया अगाडी बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यपारीकहाँ पुग्न लाग्दासम्म धान खरिद गर्ने सरकारको निकाय मुखदर्शक बनेर बस्नु दुखद् भएको अध्यक्ष दंगालले बताए।
महासंघले आन्दोलनको कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा धर्ना दिने, मंसिर २५ गते खाद्य कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिदै तालाबन्दी गर्ने जनाएको छ । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।
हेर्नुहोस् भिडियो:
|
भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो काठमाडौं । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ ।
राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।
भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले बताए । “दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ”, उनले भने, “गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतिशतले व्यापार वृद्धि भएको छ ।” बजारमा विशेषगरी निम्नस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षित गरेर सामान ल्याइने उनले स्पष्ट पारे ।
ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पनि व्यापार बढ्नुको कारण उनी मान्छन् । जाडो बढेपछि बजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताइन्। १६ वर्षदेखि सोही स्थानमा व्यापार गदै आएकी उनले भनिन्,“गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनिक २० हजारमाथि व्यापार हुन्छ ।” दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहिले बढेको उनको भनाइ छ ।
विगतका जाडो महिनाको तुलनामा यो वर्ष कपडा बिक्री बढी भएको २० वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका रोशन रौनियारले बताए। ग्राहकको भीड नबढेपनि व्यापार राम्रो भएको उनले बताए। दैनिक रुपमा एकदेखि पाँचवटासम्म व्याल्याङकेट बिक्री हुने बताउँदै उनले विवाहको महिना सुरु भएकाले सारीको पनि व्यापार बढेको सुनाए।
उनले पछिल्लो समयमा कपडाका मूल्य बढेर आएकोले ग्राहक मूल्य सुनेर मात्रै पनि फर्किने गरेको भन्दै गुनासो गरे । दुई÷तीन वर्ष कोरोना महामारी र डेंगीले व्यापार मन्द भए पनि यो वर्ष व्यापारले गति लिएको कपडाको व्यवसाय गर्दै आउनुभएका ज्ञानबहादुर कार्कीले बताए। गर्मी मौसममा भन्दा जाडोमा कपडाको व्यापार बढी हुने गरेको उनको अनुभव छ ।
पसलमा राम्रो सामान राख्न नसक्दा व्यापार पनि राम्रो नभएको बजारमा व्यापार गर्दै आएकी निशा श्रेष्ठले बताइन् । “सामानको मूल्य महँगिएको छ, सामान हाल्न सकेका छैनौँ, ग्राहक फेन्सी टाइपको कपडा खोज्न आउँछन्,” श्रेष्ठले भनिन्, “ग्राहकले खोजेजस्तो सामान राख्न सकेका छैनौंँ ।” पछिल्लो समयमा चाइनिज र नेपालमा उत्पादन भएका कपडा छुट्टाउनै नसक्ने उनको भनाइ छ ।
कपडा व्यवसायी रोहित धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतिशतले बढेको जिकिर गरे । यो वर्ष नयाँ डिजाइनका कपडा बजारमा आएकाले पनि बिक्री बढी भएको उनको भनाइ थियो ।
भन्सारमा जस्तो कपडा हुन्छन् त्यस्तो कपडा ल्याउनुपर्ने व्यापारीको बाध्यता रहेको व्यापारी जनक थापाले बताए। सस्तो र राम्रो सामान पाउने भएकोले सधैँ भृकुटीमण्डपमा सामान किन्न आउने २१ वर्षीया विनिता थापाले बताए।
कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने भृकुटीमण्डप बजारमा एक हजार दुई सय ६५ वटा स्टल रहेका छन् । बजारभित्र आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए । |
ग्रीन डेथ भनेको के हो ? जसमा मानिसको शरीरबाट बनेको मलले रुखबिरुवा हुर्काइन्छ काठमाडौं । सन् २०२७ सम्ममा, क्यालिफोर्नियावासीहरूले आफूलाई श्मशान गृहमा दाहसंस्कार गर्ने वा घरको बगैंचा वा खेतमा मल बनेर रहने भन्ने छनोट गर्न सक्नेछन् । गभर्नर गेभिन क्रिस्टोफरले केही दिन अघि नयाँ नियममा हस्ताक्षर गरे जसलाई प्राकृतिक जैविक रिडक्सन २०२७ नाम दिइएको छ। आगामी पाँच वर्षभित्र यसलाई कार्यान्वयन गर्ने सबै व्यवस्था मिलाइनेछ।
यो प्रक्रिया के हो?
नामबाट बुझिएझैं यसमा झारपात जस्तै मानव शरीरलाई पनि प्राकृतिक तरिकाले गलाएर मल तयार पारेर कृषिमा प्रयोग गरिने छ । अहिले समाजमा दाहसंस्कार गर्ने विभिन्न तरिकाहरू छन्। धेरै मानिसहरूले मृतकको दाहसंस्कार गर्छन्, जबकि धेरै समुदायहरूले शरीरमा विभिन्न प्रकारको पेस्ट लगाउँछन् र त्यसपछि यसलाई धातु वा काठको बक्सामा राख्छन्। यी बक्सहरू दशकौंसम्म अक्षुण्ण रहिरहने गरी शरीर पनि सुरक्षित हुन्छ।
वातावरणविद्हरूले अन्तिम संस्कारका यी दुवै लोकप्रिय विधिहरूमा आपत्ति जनाइरहेका छन्। उदाहरणका लागि दाहसंस्कारलाई लिनुहोस्, शव जलाउँदा धेरै प्रदूषण हुन्छ। तथ्याङ्कअनुसार औसत आकारको वयस्कलाई जलाउँदा करिब ५०० पाउण्ड कार्बनडाइअक्साइड निस्कन्छ। यो प्रदूषण ४७० माइल दौडिएको पुरानो कारको प्रदुषण बराबर हो।
ग्रिन बरियल काउन्सिलका अनुसार अमेरिकामा मात्रै दाहसंस्कार गर्ने परम्परा अनुसार प्रत्येक वर्ष १.७४ बिलियन पाउण्ड कार्बनडाइअक्साइड निस्कन्छ। यस समयमा निस्कने ताप लगभग १४०० डिग्री फरेनहाइट हुन्छ, जसले वरपरका साना जनावर र रूखहरूलाई पनि हानि पुर्याउँछ। जमिनको उर्वराशक्तिमा हानि हुन्छ, त्यो फरक कुरा हो ।
गाड्दा पनि शरीरलाई जोगाउनको लागि लगाइने लेपबाट धेरै प्रकारका विषाक्त ग्यासहरू निस्किन्छन्। यसबाहेक विश्वका धेरै देश चिहानको अभावमा संघर्ष गरिरहेका छन् । यहाँसम्म कि मानिसहरूलाई प्रतिक्षा सूचीमा राखिएको छ। पालो आउँछ, त्यसपछि मात्र अन्त्येष्टि हुन्छ। यसबाट छुटकारा पाउन ग्रीन डेथलाई विकल्पको रूपमा हेरिएको छ।
फाइदाको बारेमा बताउँदै मानिसहरूले शवदाह गृहमा दाहसंस्कार गर्नेलाई पनि विषाक्त ग्यासबाट मुक्ति मिल्ने देखिरहेका छन् । जलाउने प्रक्रियामा, फर्माल्डिहाइड नामक ग्यास निस्कन्छ, जुन ब्लड क्यान्सरको कारण बन्न सक्छ। यही कारणले गर्दा विश्वभरका वातावरणविद्हरूले ग्रीन डेथको बारेमा कुरा गर्न थालेका छन्।
नयाँ प्रक्रिया अन्तर्गत के गरिनेछ ?
शरीरलाई धातुको कफिनमा राख्नुको सट्टा यसलाई सडाएर मलमा परिणत हुने गरी राखिनेछ। यस प्रक्रियालाई पूर्ण रूपमा बुझौं। यसमा मृतकको शवलाई स्टिलको बेलनाकार बक्समा राखिनेछ । मृत शरीरको मुनि दाउरा र पराल सहित अल्फाल्फा वनस्पति हुनेछ। यस घाँसको ब्याक्टेरियाले छिट्टै सडाउने काम गर्छ।
जम्मा ३० दिनभित्र शरीर कम्पोष्टमा परिणत हुन्छ तर पनि धेरै किसिमका भाइरस वा ब्याक्टेरिया जस्ता खतरा हुनसक्ने भएकाले धातुको भाँडोबाट निकालेर उपचार गरिने छ । यो प्रक्रिया लगभग ६ हप्ता लाग्नेछ। अब कम्पोस्ट तयार छ। यसको केही अंश परिवारले आफ्नो खेत वा बगैँचामा प्रयोग गर्नेछन् भने ठूलो हिस्सा सरकारी योजनाहरूमा प्रयोग गरिनेछ।
वासिङ्टनपछि ग्रीन डेथले कोलोराडो, ओरेगन र भर्मन्टमा सरकारी अनुमति पाएको छ । क्यालिफोर्निया पाँचौं राज्य हो। यद्यपि त्यहाँ एक कठिनाइ छ। हाल, हरियो मृत्युलाई अनुमति दिने कुनै पनि देशले मल कसरी वितरण गर्ने भनेर निर्णय गर्न सकेका छैनन् । उनीहरुको लगावका कारण परिवारले यसलाई पूरै राख्न पाउनुपर्ने दाबी गर्न सक्छन् तर यो मल मानव शरीरबाट बनेकाले सरकार अन्योलमा छ ।
यो अवधारणा सन् २०१९ मा आएको थियो र धेरैजसो मानिसहरूलाई यसको बारेमा धेरै थाहा छैन। तर जानकारी भए पनि शवलाई पुनः कम्पोजिसनको भाँडोमा हालेर मल बनाउने अनुमति सबैले दिन सक्दैनन् ।
यसका लागि पनि चुनाव हुनेछ । यदि यो प्रक्रिया गर्न चाहने व्यक्तिको मृत्यु पछि कुनै गम्भीर संक्रामक रोगको सिकार भयो भने उसको दाबी समाप्त हुन्छ। यस सूचीमा क्षयरोग, इबोला र यौनजन्य रोगहरू छन्। |
भूमि आयोगमा थप चार हजार बढी निवेदन काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् ।
आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा चार हजार ६७ जनाले निवेदन बुझाएका हुन् । आयोगको सूचनाअनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता श्रेस्ता एवं नक्सा प्रमाणितलगायतका विषयमा समस्या भएकाहरूले निवेदन दिएको आयोगले जनाएको छ ।
विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले जानकारी दिएका छन् ।
थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा आठ हजार पाँच सय २६ जनाको निवेदन परेको उनले जनाकारी दिए। आयोगको सुरुआती समयमा चार हजार एक सय ३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो ।
तीमध्ये अहिलेसम्म एक सय ७९ जनाले जग्गाधनी प्रमाण पुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताए । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ । यसअन्तर्गत माडी नगरपालिकामा नौ सय कित्ताको नाप नक्सा भइसकेको छ भने कालिका नगरपालिकामा तीन हजार नौ ९४ कित्ता अर्थात् १३ लाख ८१ हजार छ सय १६ दशमलव नौ वर्गमिटरको नाप नक्साको काम सकिएको छ ।
भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार पाँच सय २९ दशमलव आठ सय ६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताएका छन्। अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ । |
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।
बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए।
गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ ।
नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा ४४ करोड लगानी गरेको अध्यक्ष तिवारीले बताए।
बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् । पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ ।
उनले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर– १ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पु¥याउन आवश्यक रहेको बताए ।
विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उनको आरोप छ । उनले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पुर्याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताए। |
तीन सय वर्ष पुरानो घर पर्वत । पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा ३०० वर्षअघि निर्मित घर छ । यो घरमा ठुलो ढुङ्गे आँगन, पीढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ । डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो ।
|
हँसिया प्रहारबाट घाइते भएका भण्डारीको मृत्यु कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए ।
हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उहाँको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ । |
रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय काठमाडौं । सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए । स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिए । सोमबार भएको हमलामा चार जनाको मृत्यु भएको थियो ।
रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् । मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुर्स्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको बताए ।
अनलाइन पोस्ट गरिएको भिडियोले साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । एजेन्सी |
लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले ३१,१७८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७,७९६ मत प्राप्त गरेको छ । निर्वाचनमा भाग लिएका कूल ४७ वटा राजनीतिक दल मध्ये ४ महिना अघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई समेत उछिन्दै तेस्रो स्थान बनाएको छ । स्वतन्त्र पार्टीले ८,२१७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ६,४८३ मत मात्र पाएको छ ।
निर्वाचन परिणाम अनुसार चौथोस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थान बनाएको छ । उसले २,३०८ मत पाएको छ । पाँचौं स्थानमा आएको नेकपा एकीकृत समाजवादीले ५८२ मत प्राप्त गरेको छ ।
लमजुङका दुवै प्रदेश सभातर्फ प्रत्यक्षमा पराजय ब्यहोरे पनि समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेकपा एमालेले प्रदेशतर्फ प्रतिनिधिसभा भन्दा पनि बढी मत अर्थात ३२,८०६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ भन्दा कम अर्थात २६,७८३ मत पाएको छ ।
तेस्रो स्थान बनाएको नेकपा माओवादी केन्द्रले ८,४१४ मत पाएको छ । प्रदेशमा माओवादीले पनि मत बढाएको छ । चौथो स्थान प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २,८३२ मत पाएको छ भने पाँचौ स्थान बनाएको नेकपा एकीकृत समाजवादीले १,१५३ मत पाएको छ । निर्वाचनमा प्रदेशतर्फ समानुपातिकमा ३१ दल सहभागी भएक थिए । |
निर्वाचन आयोगले गर्यो समानुपातिक सिटको कानुन हेरफेर काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो ।
संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपमा आएको छ ।
प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ ।
प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो । सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दलहरूलाई सिट बाँडफाँड गरी मंगलबार नै नाम पठाउन दलहरूलाई चिठ्ठी लेख्दैछ । |
जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर राजनीतिमा आफ्नो स्पेस खोजेको संकेत दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् । |
काठमाडौं खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्ने लगायतका माग राखेको छ । सो मागका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस सम्बन्धमा सरकारले तत्काल आवश्यक निर्णय गर्ने जानकारी गराएका थिए ।
त्यस अवसरमा कांग्रेस नेता सिंहले आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको बताउँदै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरिएको थियो।
उनले मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुङ्गोमा पुग्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्र्याकमा कार्यान्वयन गर्न आवश्यक निर्णय लिनुपर्ने, बाढीपहिरोपछि त्यसको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय सङ्घसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडि बढाउनुपर्नेलगायत मागका बारेमा जानकारी गराएका थिए ।
अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुपर्ने, मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनःनिर्माणलगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्र स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो ।
नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानी काठमाडौंँ ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको हो । विसं २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँवासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भए पनि काठमाडौँ ल्याउने काम भएको छ ।
काठमाडौँको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको नेता सिंहले बताए। |
जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो ।
विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ । तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए ।
“सेनाले भोगचलन गरिरहेको जग्गामा काम गर्न खोज्दा कामदार नियन्त्रणमा लिएपछि निमार्णकार्य प्रभावित भएको हो”, उनले भने । उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिए ।
जग्गा प्राप्तिकालागि तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा ढिलाइ भइरहेको उनको भनाइ छ । “पछिल्लो समय दसैँ, तिहार जस्ता पर्व र निर्वाचनका कारणले काम हुन सकेन, अहिले पनि जग्गाको स्वामित्वको काम प्रक्रियामै छ”, उनले भने । उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए ।
यसअघि सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ ।
कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश लेखकले विमानस्थल निमार्णको काम अघि बढाउन पहल भइरहेको बताए ।
“जग्गा प्राप्तिका विषयमा केही अलमल भएको हो त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ”, उनले भने “त्यसका लागि म आफै पनि मन्त्रालयमा पुगेको छु प्रक्रियागत कुराले ढिलाइ भएको हो ।”
विमानस्थल पुनर्निर्माण संघर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । “यहाँ विमानस्थलको आवश्यकता छ यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ”, उनले भने, “हामीले पटक(पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाब दिइरहेका छौ ।” उनले निर्वाचनको बेला उम्मेदवारहरुले विमानस्थल सञ्चालनको आश्वासन दिएको बताए ।
भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्ययन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम–केएस–उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ ।
पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । |
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु रुपन्देही। रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(२ हिरापुरमा सोमबार बुटवल(१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । |
महिला स्वस्थ्य स्वयंसेवकको अनुभव: ‘समाजको शत्रुदेखि चिकित्सकसम्म’ कैलाली। कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनको छ ।
“बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो । कतिले गाली गरे । कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए”, उनले भनिन् “कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन । यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान् । म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु ।”
चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन्। विसं २०५२ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा समुदायका प्रत्येक घर–घरमा पुगेकी उनी कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको तितो अनुभव सुनाउँछिन्।
हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन । सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो । “कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ”, उनले भनिन्, “कैयौँ त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए ।”
आज आफूले गएको कामबाट उनी गर्व गर्दछिन् । आज सानो समस्या पर्दा पनि उनलाई खोज्दै आउने धेरै छन् । “कुनै महिलालाई समस्या हुँदा कैयौँपटक सल्लाह लिन आउनुहुन्छ । स्वस्थ्यका गतिविधि सञ्चालन हुँदा समुदायका नागरिकलाई सूचना पु¥याउने माध्यम महिला स्वस्थ्य स्वयंसेवक हुनुभएको छ”, उनले भनिन्, “हिजो यो कार्यमा लागेको सम्झिँदामात्रै पनि निकै पीडा हुन्थ्यो, आज गर्व लाग्छ ।”
नगरपालिकाको वडा नं ६ की सरस्वती चौधरी दुई दशकदेखि महिला स्वस्थ्य स्वयंसेवकको भूमिकामा छिन् । गाउँमा कोही बिरामी हुँदा उपचारका लागि स्थानीय घरमा पुग्ने गरेको अनुभव उनीसँग छ । “सामान्य रुघाखोकी, झाडापखालाजस्ता समस्या हुँदा पहिला–पहिला स्थानीय मसँग उपचार र औषधिका लागि आउनुहुन्थ्यो । उहाँहरूलाई उपचारको पहुँचमा लिएर समस्या समाधान गरिन्थ्यो”, उनले भनिन्, “अझै पनि हामीले आफ्नो जिम्मेवारी बिर्सेका छैनौँ । गर्भवती महिला, बालबालिकाको भरणपोषण, खोपलगायतका महत्वपूर्ण कुरामा हामीले निगरानी गर्दै आएका छौँ ।”
महिला स्वास्थ्य स्वयंसेवक बबी रावललाई पुरानो अनुभव छैन । विसं २०७४ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्दै आएकी रावलले पुराना महिला स्वस्थ्य स्वयंसेवकको जस्तो अनुभव लिन पाइनन् । त्यो बेलासम्म नागरिक सचेत भइसकेका थिए । बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मानसिकताको विकास भइसकेको थियो ।
“स्वस्थ्य संस्थाबाट प्रवाह हुने सूचनाका बारेमा बुझ्न महिला घरमै पुग्ने गर्नुहुन्छ । त्यस्तो कुनै सूचना प्रवाह गर्नुपर्ने भए हाम्रो सक्रियता बढ्छ”, उनले भनिन्, “समुदायमा स्वयंसेवकको भूमिका अझै महत्वपूर्ण छ तर जुन भूमिका हिजो थियो त्यति गाह्रो भने छैन ।”
अहिले पहिलेको जस्तो अवस्था भने छैन । स्थानीय सरकारले पनि महिला स्वस्थ्य स्वयंसेवकलाई सहयोग गर्दै पनि आइरहेको छ । टीकापुर नगरपालिकाले ६० वर्ष पूरा भएका महिला स्वस्थ्य स्वयंसेवकलाई सम्मानसहित बिदाइ गरेको छ । यस वर्ष पनि दिव्यश्वरी र चन्द्रावती दुवैलाई जनही रु ८० हजार नगदसहित सम्मानपत्रसहित बिदाइ गरेको छ ।
नगरपालिकाले ६० वर्ष पुगेका महिला स्वस्थ्य स्वयंसेवकलाई रु ८० हजार नगद र सम्मानसहित बिदाइ गर्ने गरी कार्यविधि नै बनाएको नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले बताए।
उनले स्वस्थ्य क्षेत्रको सफलतामा महिला स्वस्थ्य स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको बताए । “समाजको निर्णायक भूमिकामा महिला स्वस्थ्य स्वयंसेवक छन् । उहाँहरूको कामको जति प्रशंसा गरे पनि कम हुन्छ”, उनले भने, “कुनै सेवा सुविधाबिना पनि समाजका लागि गरेको योगदानलाई स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेको र आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने छ ।”
नगरपालिकाले यसभन्दा पहिला नगरपालिकाभित्रका एक सय २० महिला स्वस्थ्य स्वयंसेवकलाई मोबाइल सहयोग गरेको थियो भने अहिले महिनामा एक सयको रिचार्ज कार्ड र मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ । साथै सङ्घीय सरकारले रु एक हजार उपलब्ध गराउँदै आएको छ । उनीहरूले वार्षिक रु १० हजार पोशाक भत्ता पाउने गरेको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए। |
भरतपुर महानगरपालिकाभित्रका पाँच सहकारीमा तरलताको समस्या चितवन। भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ। आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो। भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो।
महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ। सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उनले जानकारी दिए। यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको जनाइएको छ।
महानगरको क्षेत्राधिकारभित्र रहेका सहकारी सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाइएको छ। भरतपुर महानगरपालिका–३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाइएपछि छानबिन सुरु गरेको शाखा प्रमुख पौडेलले बताए। भरतपुर –३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताको बचत असुलीका लागि आवश्यक सहजीकरण भइरहेको बताए।
उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाइएको छ। यस सहकारीमा तीन हजार पाँच सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको उनले जनाकारी दिए। यस सहकारीले तीन स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोबार गर्दै आएको थियो।
यस्तै चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थामा दुई हजार दुई सय शेयर सदस्य रहेका छन्। आर्थिक तरलता देखिएपछि सहकारीले रु एक लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताए । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ।
समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोबार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा रहेको छ । यसले दुई सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताए। सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन।
प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका दुई सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उनले बताए।
तरलताको अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभामार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन्। महानगरमा हाल तीन सय ५४ सहकारी संस्था सञ्चालनमा छन्। तीमध्ये ४८ सहकारी संस्था निस्क्रिय रहेको उनले बताए। |
डिसी नेपालमा प्रकाशित समाचारप्रति श्रममन्त्रीको सचिवालयको ध्यानाकर्षण काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकको समाचार उनको सचिवालयले खण्डन गरेको छ।
श्रममन्त्री कुँवरको सचिवालयले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै डिसी नेपालमा प्रकाशित समाचार निराधार भएको भन्दै उक्त समाचारको खण्डन गरेको हो।
डिसी नेपालमा सोमबार श्रममन्त्री तथा नेकपा(एस)बाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकमा समाचार प्रकाशित भएको थियो । प्रकाशित सोही समाचार मन्त्रीको सचिवालयले खण्डन गरेको हो ।
समाचारको खण्डन गर्दै प्रमुख स्वकिय सचिव विनोद धामीले एकीकृत समाजवादीको नीति सिद्धान्त अनुरुप अघि बढेको जानकारी गराउँदै मन्त्री कुँवरलाई एमालेमा फर्कने कुनै रहर र तयारी नभएको समेत विज्ञप्तिमार्फत बताएका छन् ।
|
बुटवल उपमहानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट बुटवल । बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो ।
जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए
बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरुलाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ ।
कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनर्विचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नं १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको उनले बताए ।
यस्तै वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ ।
यस्तै गरी, वडा नं १४, १६ र १८ का ९५ वटा सडकहरुका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरु गैरकृषि क्षेत्र कायम भएका छन् ।
“जग्गा वर्गीकरणका लागि वडामार्फत सूचना गर्दा कृषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन आएका छन्”, भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले भने, “वडा नं. १४ देखि १७ सम्मका ५४ जनाले मात्रै आफ्ना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दिनुभएको थियो, सोही अनुसार हामीले भूउपयोग परिषदमार्फत निर्णय गरेर कार्यपालिकामा सिफारिश गरिएको थियो ।”
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार भू–उपयोग परिषद्को जग्गाको वर्गीकरण कार्य अघि बढाउने निर्णय गरेको थियो । २०७९ साउन १८ मा सरोकारवाला र नगरबासीको राय, प्रतिक्रिया र सुझाव लिन सार्वजनिक सूचना प्रकाशन गरी जिल्लास्थित नापी र मालपोत कार्यालयलाई प्रतिवेदनमाथि राय, प्रतिक्रिया लिएर भूउपयोग परिषदबाट निर्णय गरी कार्यपालिकामार्फत निर्णय गरिएको पन्थीले बताए ।
हाल स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद् पठाइने उनले बताए । स्थानीय तहले भू–उपयोग परिषद् खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको विशेषताअनुसार १० वर्गमा बाँड्न सकिने भूउपयोग नियमावली २०७९ मा उल्लेख छ ।
जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट खोल्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि उपमहानगरले उक्त प्रक्रिया अघि बढाएको थियो ।
सरकारले गत जेठमा जारी गरेको भूउपयोग नियमावलीमा वर्गीकरणपछि मात्रै जग्गा कित्ताकाट गर्न सकिने व्यवस्था छ । |
प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ ।
आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् । जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् ।
महिलाको उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या न्यून बनेको हो । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा एक जना मात्र महिला निर्वाचित भएकी छन् । युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन् । यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जना मात्र महिला उम्मेदवार विजयी भएका छन् ।
एमालेबाट चुनाव जित्नेहरुमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुली कुमारी महतो, भगवती चौधरी निर्वाचित भएका छन् । १८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट एक जना मात्र महिला उम्मेदवार विजयी भएका छन् । माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन् । सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।
कूल सात सिट जितेको रास्वपाबाट सोविता गौतम र तोसिमा कार्कीले प्रत्यक्षमा चुनाव जितेका हुन् । यस्तै ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन् ।
प्रत्यक्षमा कम महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ । त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पु¥याउन सिफारिस गर्नेछन् । |
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् ।
लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् । दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’,पत्रमा भनिएको छ ।
मतदान गर्ने,उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन,प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ । |
समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको जनाइएको थियो । |
अखिलले भन्यो– सीमा मिच्दा समेत नबोल्ने सरकारको भत्सर्ना गर्छाै काठमाडौं । भारतले महाकाली नदीको वहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विरोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेको महाकाली नदीको पुल मुनि भारतले एकतर्फी संरचना बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध प्रर्दशनमा भारतीय नगरिकहरूले ढुंगा मुढा गर्दा विद्यालयमा अध्ययनरत चार जना विद्यार्थी समेत घाइते भएका थिए ।
भारतले कहिले तुइन काटेर नेपालीको हत्या गर्ने त कहिले ढुंगाले हानेर नेपालीको मृत्यु हुँदा समेत सरकार नबोलेको अनेरास्ववियुको आरोप छ । भारतको एकतर्फी मिचाहा प्रवृत्तिप्रति सरकार मौन बसेको भन्दै अनेरास्ववियुले भत्सर्ना गरेको छ । |
श्रममन्त्री तथा नेकपा एसबाट चुनाब जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी काठमाडौं। भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका सांसद तथा बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किने तयारी गरेका छन् ।
स्रोतका अनुसार केही समयअघि कुँवर र भिम रावलको भेटवार्ता भएको थियो । सोही भेटमा कुँवरलाई एमालेमा फर्काउने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार आफ्नो शर्त पूरा भएमा कुँवर एमालेमा फर्कन तयार छन् ।
यो पनि –
एमालेले यस पटक अछाम १ मा रावललाई टिकट नदिएर झपट बहादुर बोहरालाई उठाएको थियो । तर, बोहरा कुँवरसँग पराजित भए ।
यो भेटमा यदि एमालेले भिम रावललाई राष्ट्रिय सभामा लैजाने भएमा कुँवर एमालेमा फर्किने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । रावल राष्ट्रिय सभामा जाने ‘कम्फर्म’ हुनासाथ कुँवर एमालेमा फर्किने स्रोतले जनाएको छ । |
यी हुन् प्रतिनिधसभातर्फको ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित) काठमाडौं । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ ।
यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिट सहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक÷एक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नामावली
– विश्वप्रकाश शर्मा
– दीपक खड्का
– सीता गुरुङ
– डिगबहादुर लिम्बू
– सुनीलकुमार शर्मा
– डा शेखर कोइराला
– ज्ञानेन्द्रबहादुर कार्की
– रामहरि खतिवडा
– डा नारायण खड्का
– दिनेशकुमार यादव
– तेजुलाल चौधरी
– रामकृष्ण यादव
– महेन्द्रकुमार राय
– देवप्रसाद तिमलसेना
– अजयकुमार चौरसिया
– रमेश रिजाल
– पूर्णबहादुर तामाङ
– श्यामकुमार घिमिरे
– मोहन आचार्य
– रामनाथ अधिकारी
– अर्जुननरसिंह केसी
– प्रकाशमान सिंह
– सन्तोष चालिसे
– गगनकुमार थापा
– प्रदीप पौडेल
– राजेन्द्रकुमार केसी
– दुर्लभ थापा क्षेत्री
– उदयशम्शेर राणा
– मोहनबहादुर बस्नेत
– राजेन्द्र बजगाइँ
– टेकबहादुर गुरुङ
– रामचन्द्र पौडेल
– शङ्कर भण्डारी
– राजु थापा
– धनराज गुरुङ
– शशाङ्क कोइराला
– विष्णुकुमार कार्की
– योगेश गौचन थकाली
– खमबहादुर गर्बुजा
– चन्द्रकान्त भण्डारी
– सुरेन्द्रराज आचार्य
– दीपक गिरी
– किशोरसिंह राठोर
– सञ्जयकुमार गौतम
– विनोदकुमार चौधरी
– ऐनबहादुर शाही ठकुरी
– दिक्पालकुमार शाही
– पूर्णबहादुर खड्का
– हृदयराम थानी
– बद्रीप्रसाद पाण्डे
– पुष्पबहादुर शाह
– वीरबहादुर बलायर
– डिल्लीराज पन्त
– दीलेन्द्रप्रसाद बडू
– शेरबहादुर देउवा
– नारायणप्रकाश साउद
– रमेश लेखक |
राष्ट्रिय खेलकुदमा पदक विजेता तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत पदक विजेता ९२ र कास्य पदक विजेता एक सय ६० गरी तीन सय २४ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा समावेश ३६ खेलमध्ये गण्डकीले २८ खेलमा पदक जितेको थियो ।
गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक नवौँमा सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागीय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो । यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ र २८ खेल सङ्घलाई सम्मान गरिएको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदक जितेको थियो ।
प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद रु १८ हजार, रजतलाई रु १२ हजार र कास्य पदक विजेतालाई रु आठ हजार प्रदान गरेको छ । यसैगरी टिममा स्वर्ण पदक विजेतालाई नगद जनही रु नौ हजार, रजततर्फ रु छ हजार र कास्य पदक विजेतालाई रु चार हजारसहित सम्मान गरिएको हो ।
यसैगरी प्रशिक्षकतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिएको थियो । टिमका व्यवस्थापकलाई जनही नगद रु आठ हजार, छ हजार र चार हजार प्रदान गरिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो । खेल सङ्घतर्फ स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता सङ्घलाई नगद रु २० हजार प्रदान गरेको छ ।
ंनवौँमा ‘रेकर्ड ब्रेक’ गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद रु १० हजारसहित सम्मान गरिएको थियो । पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । |
नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर धनगढी । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो ।
सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिने छ । सो आचधारमा शिक्षक चौधरी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रबक्ता भण्डारीले बताए । |
निर्वाचनमा अन्तर्घात गर्नेको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन कांग्रेसको निर्देशन काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समितिलाई निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले अन्तर्घात गरी असहयोग गर्नेविरूद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको हो ।
‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित १५ पुसभित्र पठाउनु होला,’ समितिका सचिव प्रेम केसीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसमा अन्तर्घातका कारण कम्तीमा १५ सिट घाटा लागेको आन्तरिक समीक्षा भएको छ । |
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब–इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारको अनुशन्धानबाट देखिएको छ ।
यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको छ । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रेभिजनल सर्टिफिकेट,क्यारेक्टर सर्टिफिकेटहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएको जनाइएको छ । |
चुनावअघि माधव नेपालले भनेका थिए– समानुपातिकमा हामीले २० लाख मत ल्याउँछौं काठमाडौं । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए । तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ ।
डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिकासहित धेरै नगरपालिका र गाउँपालिका जितेको थियो । त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ ।
हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै स्याङ्जा २, बाजुरा र दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, त्यति ल्याउन उसलाई महाभारत नै पर्ने देखिन्छ ।
राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई उनी संसदमा स्वतन्त्र दलको हैसियतमा रहनेछन् । बरु एमाले अध्यक्ष केपी ओलीले चुनावी भाषण र मिडियामा दिएको अन्तर्वार्तामा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताएका थिए । चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ । |
दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए ।
उनका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिएका थिए । यसअघि २०७४ सालको चुनावमा नेकपा (माओवादी केन्द्र)का विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । |
अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ ।
हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।
आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ ।
‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ । तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । |
७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयीः मधेशमा सबैभन्दा धेरै, बागमतीमा शून्य काठमाडौं । आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् ।
यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा जित हासिल गरेको छ ।
मधेश प्रदेशमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका हुन् । कूल ६४ रहेको मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी ९ सिटसहित तेस्रो भएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट, जनमत पार्टीले ६, नेकपा (माओवादी केन्द्र)ले ४ सिट हात पारेका छन् भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् । देशको राजधानी रहेको बागमती प्रदेशले स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन ।
यहाँ कूल ६६ सिटमध्येमा ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले १४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिइरहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।
यस्तै गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कूल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ । नेकपा एमाले १२ सिटसहित दोस्रो, ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै यस प्रदेशमा नेपाल समाजवादी पार्टीले १ जित्दा एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन् ।
यता लुम्बिनीमा पनि ३ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । कूल ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमालेले १८ सिट जितेको छ । नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ जनमत पार्टी १ तथा स्वतन्त्रमा ३ जनाले जित हासिल गरेका छन् ।
कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसले ९ सिटमा जित निकालेको छ । नमाओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ १२ सिट सहित नेपाली कांग्रेस दल बन्दा नेकपा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा स्वतन्त्रबाट १ जनाले जितेका छन् । |
पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा विरोध प्रदर्शन भएको छ ।
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ । |
सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन काठमाडौँ। सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ।
सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेको समिति गठन गरेको हो।
सहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन्। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.