खतरनाक किताब पसले: ६४ वर्षे लामलाई पुस्तक मोह यति थियो कि उनी रिहापछि पनि आफ्नो अभियानमा रत्तिभर डग्मगिएका छैनन् । उनले हङकङमा पसल खोले पुनः पक्राउ पर्ने देखेपछि ताइवानमा सोही अभियानलाई निरन्तरता दिने भएका छन् । यसका लागि उनले इन्टरनेटमार्फत सहयोग जुटाएर पुस्तक पसल खोल्न लागेका हुन् । यसका लागि उनले १ लाख ६० हजार पाउन्ड जम्मा गरिसकेका छन् । ‘अब हङकङमा स्वतन्त्र विचार र स्वतन्त्रता भन्ने चिज रहेन,’ उनले लन्डन टाइम्सलाई भनेका छन्, ‘त्यसैले भोलिका पुस्तालाई स्वतन्त्रताको महत्त्व बुझाउन भए पनि मैले पुस्तक पसल खोल्नै पर्छ । त्यसैले मैले ताइवान रोजेँ ।’ उनलाई चिनियाँ सरकारले ८ महिना बन्दी बनाएपछि २०१६ मा छाडेको थियो । त्यसपछिका दिनमा उनले आफूमाथि भएका ज्यादतिबारे बोल्दै हिँड्न थालेका थिए । उनलाई चिनियाँ राज्यद्वारा सञ्चालित टेलिभिजनमा आफूले प्रतिबन्धित पुस्तक बेचेको र त्यसमा आत्मालोचना गरेको भिडियो प्रसारण गरिएको थियो । स्विट्जरल्यान्डको नागरिकता बोकेका गुई मिन्हाई उनको साझेदार थिए । गुई लामो समयदेखि थाइल्यान्ड बस्दै आइरहेका थिए । उनलाई पनि चीन सरकारले विदेशीलाई गोप्य दस्तावेज बेचेको आरोमा कैद गरिएको थियो । त्यसयता उनी लापत्ता छन् । यसले हङकङमा बसेर व्यवसाय गर्ने कुनै पनि चिनियाँ मूलका मानिसहरूको जिउज्यान सुरक्षित नरहेको देखाएको भन्दै हङकङमा आन्दोलन चर्किएको थियो । यतिबेला ताइवान चीनविरोधीहरूका लागि सुरक्षित ठाउँ बन्न पुगेको छ । त्यसैले पनि लाम त्यहाँ पुस्तक पसल खोल्न पुगेका हुन् । लामले पुस्तक पसल खोलेका दिन आफूहरू खुसी हुने संसद सदस्य यु सिकुनले प्रतिक्रिया मात्र दिएका छैनन्, ताइवानी राष्ट्रपतिले सो समाचार प्रकाशित भएपछि लामलाई एउटा पुष्पगुच्छा उपहार पठाई यो ताइवानको प्रजातन्त्रको लागि कोशेढुंगा भएको प्रतिक्रियासमेत पठाएकी थिइन् । उनले खोल्ने पुस्तक पसलमा वाहियातभन्दा अर्थपूर्ण पुस्तक मात्र रहने प्रतिक्रिया दिएका छन् । पसल कहिलेसम्म खुल्छ भन्नेबारे समाचारमा खुलाइएको छैन । अहो, मदनकृष्ण र हरिबंशको जोडी पो रहेछ: रामकुमार पाँडे नेपाली साहित्य र कलाका मानक व्यक्ति हुन् । कुनै बेला नेपाली विद्यार्थीले आफ्नो माध्यामिक विद्यालय पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नै पर्ने बाध्यता थियो । हाँस्यब्यङ्ग्यमा लाग्नेहरुका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन । शिक्षा शंकायतर्फ पाँडे भुगोलका प्रथम प्राध्यापक पनि हुन् । उनैले विश्वलाई पहिलो पटक ‘उचाइ भुगोल’को विषय दिए । नेपाली भुगोलका विज्ञ टोनी हेगेनले उनलाई नेपाली भुगोलका अद्वितीय प्रतिभा भनेर सांर्वजनिक प्रसंसा गरेका थिए । एक सय भन्दा बढि पुस्तक लेखेका पाँडे अंग्रेजी भाषामा धेरै पुस्तक लेख्ने नेपाली पनि हुन् । ९ महिना जापान बस्दा विदेशीहरुका लागि त्यहाँको भुगोल बुझाउने पुस्तक नभेटेपछि उनले जापानी भुगोलको पुस्तक लेखेका थिए । अमेजन डट कममार्फत धेरै रोयल्टी पाउने नेपाली हुनुमा यहि पुस्तकको योगदान छ । उनका ८ वटा अंग्रेजी पुस्तक अहिले अमेजनले विक्रीमा राखेको छ । हास्यब्यङ्ग्य क्षेत्रलाई संघठित गरेर पहिलो पटक गाइजात्रा कार्यक्रम पनि पाँडेको नेतृत्वमा भएको थियो । उनैको हात समाएर अघि बढेका हाँस्यब्यङ्ग्य क्षेत्रका धेरै कलाकार अहिले नेपाली कला क्षेत्रमा चर्चित भएका छन् । मदन कृष्ण र हरिबंश आचार्यले धेरै पटक सार्वजनिक मञ्चमा पाँडेले हाँस्यब्यङ्ग्य क्षेत्रमा गरेको योगदान सम्झने गरेका छन् । साहित्यका विभिन्न किसिमका संस्था गठन गर्ने पाँडेको भागमा साना ठूला गरि १ सय ११ वटा विषयमा ‘पहिलो’ हुने सौभाग्य प्राप्त छ । बालसाहित्य, किशोर साहित्य, प्रौढ साहित्य, लोकसाहित्य, हाइकु, सिजो जस्ता फरक विषयमा कलम चलाएका पाँडे आज पनि एक दर्जन संस्थाको नेतृत्वतहमा छन् । नयाँ विषय देख्ने वित्तिकै हात हाल्ने र त्यस विषयमा कलम चलाउने व्यक्तिलाई संघठिन गरिहाल्ने प्रबृत्तिका कारण उनी ‘अस्थिर स्वभावका क्रियाशिल विद्वान’का रुपमा कवि समाजमा चर्चित छन् । यद्यपि उनी यसलाई समयको बाध्यता मान्छन् । ७३ वर्षीय पाँडेसँग लेखक–पत्रकार अश्विनी कोइरालाले उनको ५० वर्ष लामो साहित्यिक व्यक्तित्व खोतल्ने प्रयास गरेका थिए । केहि पुरानो अन्तरवार्ता भए पनि यो अझै उपयोगी हुने भएकाले यहाँ प्रकाशित गरेका छौँ । भोलिपर्सी नै प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा गठन हुँदैछ । तपाईंलाई कुलपति वा त्यस्तै केही प्रस्ताव आएको छैन ? आए पनि जान्न । किन ? प्रस्तावै आउँदैन, अनि कसरी जानु ? गाँठी कुरा के भने म कुनै पनि दलमा छैन । अहिलेसम्म प्राज्ञ त बनाएनन्, कुलपति त धेरै टाढाको कुरा । अब त म भन्दा धेरै जुनियर पनि कुलपति भैसके । अनि कसरी जानु ? बुढो भइयो भनेर हो कि ? म एक्लैले झण्डै प्रज्ञा प्रतिष्ठान जत्तिकै काम गरिरहेको छु । मानिस उमेरले बुढो हुने हो र ? एक सातापछि जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन हुँदैछ । अहिले नेपालबाट त्यसको सम्पूर्ण तयारी गरिरहेको छु । म आफै कवि–लेखकलाई लिएर उता जाँदैछु । एक साथ दर्जनौ पुस्तकमा काम गरिरहेको छु । झण्डै दर्जन संस्था हाँकेको छु । बुढो मानिसले त काम गर्नै सक्तैन नि । मनोज गजुरेल, मह जोडीहरुले सार्वजनिक समारोहमा तपाईंको प्रसंसा गरेको सुनेको छु । तपाईं उहाँहरुको गुरु हो ? होइन, पटक्कै होइन । प्रसंसा गर्नु उहाँहरुको महानता हो । प्रतिभाशाली मानिस आफ्नो मूल बिर्सदैनन् । उहाँहरुले आफ्नो मूलघर सम्झनु भएको हो । भएको के थियो भने नेपालमा गाइजात्रा त मनाइन्थ्यो तर त्यो बौद्धिक र संघठित थिएन । २०३३ सालको कुरा हो, सताब्दीपुरुष सत्यमोहन जोशी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो । उहाँलाई दरबारबाट परम्पराबाट चलिआएको गाइजात्रालाई प्रज्ञा प्रतिष्ठानले संयोजन गरेर चलाउनू भन्ने आदेश आएछ । त्यति मात्र होइन, त्यस विषयमा रामकुमार पाँडेसँग सल्लाह गर्नू भन्ने पनि आदेश भएछ । अब त्यो बेलाको शक्तिशाली दरबार, त्यसमाथि राजाका निजीसचिवले नै पाँडेसँग सल्लाह गर्नू भने पछि म सुरुदेखिसँग गाइजात्रामा जोडिएँ । राजा र प्रधानमन्त्रीका अघि हाँस्यब्यङ्ग्यकारहरुले प्रदर्शन गर्ने भएपछि नेपालभरिबाट प्रतिभाशाली मानिस आए । त्यसमध्ये नेपाली संस्कृतिलाई समेटेर बनाएको एउटा प्रहसनले नेपाली संस्कृतिको बेहिज्यत गर्यो भनेर केही निर्णयकहरुले त्यसलाई हटाउन चाहेका थिए । मैले चाहीँ नेपालीपन भएका कारण त्यो देखाउनै पर्छ भन्ने अड्डी लिएँ । दुई जना सामान्य केटाहरुको त्यो प्रदर्शन वास्तवमा सिर्जनशील थियो । पछि पो थाहा भयो, ती जोडी अरु कोही नभएर मदनकृष्ण र हरिबंश पो रहेछन् । हाँस्यब्यङ्ग्य कार्यक्रम गर्न दरबारले तपाईंलाई नै किन खोज्यो । राजावादी भएर हो ? खासमा व्यङ्ग्यकार कहिल्यै कुनै सत्ताधारीको हुँदैन । नत्र कसरी व्यङ्ग्यकार हुने ? खासमा म पाटन कलेज पढ्दा हाम्रो अंग्रेजी शिक्षक हुनुहुन्थ्यो, नारायणप्रसाद श्रेष्ठ । त्यो बेला म कलेजमा स्टाण्डबाइ कमेडियन थिएँ । त्यो बेला टेलिभिजनहरु थिएनन्, त्यसैले टोल टोलमा हँसाउने युवाहरु सक्रिय हुन्थे, त्यस मध्ये म पनि एउटा थिएँ । त्यही बेला म पत्रपत्रिकामा हाँस्यब्यंग्य पनि लेख्न थालेको थिएँ । यी दुबै प्रतिभा नारायण सरले देख्नु भएको थियो । संयोगबस उहाँ राजा विरेन्द्रको निजी सचिव हुनुभयो । कलेज छँदा म विद्यार्थी युनियनको सचिव थिएँ र मैले गर्ने सिर्जनात्मक काम उहाँले देख्नु भएको थियो । यहि कारण प्राज्ञ नभए पनि गाईजात्राको कमिटीमा मलाई राखिने गरेको थियो । म आफू पनि हाँस्यब्यङ्ग्य लेख्ने र अभिनय पनि गर्ने भएकाले यसमा मेरो चासो थियो । सरकारी स्तरबाट गरिने र राजा–रानीले नै हेर्ने भएकाले कतिपय राम्रा कुरा पनि सेन्सरसीपमा पर्दथ्यो । तै पनि त्यो बेला गाईजात्राको निहुँमा धेरै नै काम भएको थियो । मलाइ लाग्छ, हाँस्यब्यग्यका लागि त्यो स्वर्ण युग थियो । त्यही दह्रो परम्पराका कारण आज हास्यब्यङ्ग्य कलाकार यो देशका सबैभन्दा विकाउ कलाकार भएका हुन् भन्ने लाग्छ । तर प्रजातन्त्र प्राप्ति पछि अचानक प्रज्ञा प्रतिष्ठानले गर्ने हाँस्यब्यङ्ग्य कार्यक्रम गर्न छाड्यो ? तपाईंहरुले विद्रोह पनि गर्नुभयो । त्यसको पृष्ठभूमि के थियो ? प्रजातन्त्रपछि नेपाली कांग्रेसले इश्वर बराललाई उपकुलपति बनायो । उहाँ भारतमै पढ्नु भएको, जवहारलाल नेहरु विश्विद्यालयमा प्राध्यापक भएर उतै बस्नु भएकोले हुन सक्छ, उहाँलाई गाईजात्राको महत्व थाहा भएन । यो मल्लकालदेखि चलिआएको विशुद्ध नेपाली परम्परा थियो तर यसलाई उहाँले केवल प्रजातन्त्र प्राप्त गर्ने हतियार मात्रै भएको बुझ्नु भयो । उहाँले ‘एकेडेमीले यस्तो सस्तो र भद्दा खालको कार्यक्रम गर्न मिल्दैन’ भनेर एकेडेमीको कार्यक्रमबाट हटाइदिनु भयो । पहिले हामीले धेरै अनुनय विनय गर्यौं । अन्त्यमा हामी आफै भए पनि निजी रुपमा काम गरेर सरकारलाई देखाइदिन्छौँ भनेर हासने भन्ने संस्था खोल्यौं । त्यहि संस्थामार्फत हामीले गाईजात्रा देखायौं । वास्तवमा गाइजात्रा कार्यक्रम एउटा ब्राण्ड भइसकेको थियो । त्यसमाथि निजी ब्यवस्थापनमा सुरु गर्दा यो धेरै माथि गयो । यो विद्रोह एक प्रकारले कलाकार आफ्नो खुट्टामा आफैं उभिने कामको सुरुवात थियो । त्यसपछि नै तितेजिरे मेरिबास्सै कार्यक्रम एकातिर सुरु भयो । अर्कोतिर मह जोडीको छुट्टै कार्यक्रम भयो । टेलिभिजनहरुमा हाँस्यब्यङ्ग्य कार्यक्रमलाई निजी क्षेत्रले प्रायोजन गर्न थाल्यो । महजोडीहरुको मह सञ्चार खुल्यो । सबैले प्रगति गरे । आज तपाईंले जुटाउनु भएका कलाकारहरु छरिएका छन्, के कारणले यस्तो भयो ? मेरो प्रस्ताव थियो, हाँस्यब्यग्य समाज नेपाल (हासने) दह्रो हुनु पर्छ । कार्यक्रमबाट उठेको आधा पैसा कलाकारले पाउनु पर्छ । अनि आधा पैसा संस्थामा आउनु पर्छ । यसो गर्दा कलाकारलाई अप्ठ्यारो पर्दा संस्था काम लाग्छ भन्ने मेरो अभियान थियो । तर नयाँ कलाकारहरु संस्थालाई बलियो बनाउने भन्दा पनि व्यक्तिगत कुरामा बढि ध्यान दिन थाले । संस्थामा भद्रगोल भएपछि मैले संस्था नै छाडिदिएँ । तपाईंको विचारमा हाँस्यब्यङ्ग्य विधाको कमजोरी के हो ? विश्वभरि नै हाँस्यब्यङ्ग्यकारहरु कमेडियन पनि हुन्छन् र लेखक पनि हुन्छन् । उनीहरुका कृति गम्भीरतापूर्वक पढिन्छ र स्टेजमा पनि उनीहरुलाई पच्छ्याइन्छ । नेपालमा भने केही अपवाद बाहेक कमेडियन लेखक हुन सकेनन् । किनभने उनीहरुले साहित्य अध्ययन गरेनन् । जबकी मानिस जति अध्ययनशील भयो, उति गहिरो व्यङ्ग्य गर्न सक्छ । पञ्चायतकालमा एकेडेमीले गाइजात्राको सुरुवात गर्नुको पछि पनि यसलाई साहित्यको मूलविधा मानेकै कारणले हो । आजका कमेडियनहरु साहित्यकार त परको कुरा साहित्यका पाठक पनि हुन सकेनन् । यहि कारण व्यङ्ग्य केवल राजनीतिमा मात्र सीमित भयो । नेताको हाउभाउ र समाचार पढेर व्यङ्ग्य गर्ने चलन बढेर गयो । जसमा बौद्धिकता एकदमै कम हुन्छ । हुन त अरु क्षेत्रमा पनि साहित्यको अध्ययन गर्ने चलन छैन । स्वयं साहित्यकारहरु अध्ययनशील छैनन्, अरुको त के कुरा गर्नु र ? तपाईं लेखेकै भरमा धेरै देश घुम्ने लेखकमा दरिनु भएको छ । विदेशमा साहित्य वा कलाको अवस्था कस्तो पाउनु भएको छ ? चाहे पूर्वीय समाजमा होस् वा पश्चिमा समाजमा, एउटा कुरा समान छ । त्यो के भने मानिसले सम्पती कमाएपछि साहित्यकार र कलाकारको संगत गर्छन् । पुराना दरवारमा कवि र संगीतकर्मीहरु अनिवार्य रहन्थे । अंग्रेज आउनुअघि भारतमा भएका सयौं राज्यमा त्यहाँका दरवारमा कवि कलाकार राखेर उनीहरुका कुरा सुन्ने गर्दथे । संस्कृत साहित्यहरुमा पनि राजाले योगी र कविको निर्णय सुनेर मात्र फैसला गरेको पाइन्छ । फ्रान्स पुगेका बेला मैले त्यहाँको भब्य दरवार घुम्ने मौका पाएको थिएँ । लुई चौधौंको दरवारको भित्तामा जसरी कला सजिएका छन्, त्यसबाट पनि त्यो दरबारमा कलाकार र कविले सिर्जनाको उपल्लो तहमा पुगेर ती भित्ता सजाएको सजिलै महसुस गर्न सकिन्छ । अर्थात धन कमाएपछि मानिसले आनन्दका लागि गर्ने भनेकै कला साहित्यको अध्ययन र लेखक कविको संगत हो । त्यस्तै कोरियामा आज पनि सरकारी जागीर खाने मानिसले अन्य कुराको अतिरिक्त त्यहाँको परम्परागत कविता ‘सिजो’ सिर्जना गर्न जानेको हुनुपर्छ । किनभने साहित्य सिर्जना गर्ने कर्मचारीले नै जनताको पीर मार्का बुझ्छन् भन्ने मान्यता छ । नेपालमा भने मानिसले सम्पती कमाउनु पर्छ भन्ने बुझे तर सम्पती कमाएर आनन्दित हुने शैली पनि सिक्नु पर्छ भन्ने जानेनन् किनभने उनीहरुले साहित्य र कलाभित्र आनन्दको रहस्य छ भन्ने कुरा बुझेकै छैनन् । नेपालमा यो कुरा थाहा नहुनुको कारण के होला ? विदेशीहरुले नेपालीहरुलाई यो कुरा बुझाउन चाहन्छन् । त्यसका लागि विदेशका विभिन्न कार्यशालामा पनि बोलाउँछन् । त्यहाँको साहित्य, संगीत कलाले त्यो देशलाई कति माथि पुर्यायो भन्ने कुरा बुझाउन पनि चाहन्छन् तर यस्ता कुरा सरकारी च्यानलमार्फत आउँछ । विदेश घुम्ने भनेपछि कर्मचारी र नेता–कार्यकर्ता नै यस्ता काममा अघि बढेर जान्छन् । त्यही क्षेत्रको संवेदनशील व्यक्तिलाई पठाए पो त्यो कुरा टपक्क टिपेर लेखक–कलाकारले ती कुरा बोकेर आउँछ र यहाँ त्यससम्बन्धी बहस हुन्छ । विषयसँग पर परसम्म सम्बन्ध नै नभएको मानिस गएपछि उसले के बुझ्छ र के ल्याउँछ ? मैले धेरै पटक यस्ता कार्यशालाहरुमा सरकारी कर्मचारीलाई भेटेको छु । एकपल्ट युएनडिपीले संस्थाको तर्फबाट मलाई र सरकारका तर्फबाट कुनै दुई जना विज्ञलाई पठाउन अनुरोध गरेको थियो । त्यहाँ पुगेपछि मात्रै मैले त्यो विषयसँग साइनो नभएका दुईजना सरकारीलाई भेटेँ । उनीहरु कार्यशालमा बस्दै नबसी घुमेर समय बिताए, मेरो थाप्लोमा सबै जिम्मेवारी छाडेर । खोज्ने हो भने यस्ता गैर विषयका मानिस सरकारी खर्चमा वा सरकारी कोटामा विदेश गएको पाउनु हुन्छ । यसैबाट थाहा हुन्छ, हामी सिकेर नयाँ काम गर्न चाहदैनौं । केवल कमाउन र घुम्न मात्रै चासो दिन्छौं । एक पटक नेपाली पत्रिकामा कार्टुनको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा तपार्ईंका बहस सुन्न पाइन्थ्यो । कार्टुनमा तपाईं कसरी जोडिनु भयो ? २०२१ सालतिर ‘मायालु’ नामक सिनेप्रधान पत्रिका छापिन्थ्यो । त्यसमा म ब्यङ्ग्य लेख लेख्थेँ । लेखमा कार्टुन राख्दा राम्रो हुन्छ भन्ने कुरा आयो । त्यो बेला कार्टुन छाप्ने चलन भर्खर सुरु भएको थियो । यहि कारण ‘मायालु’मा पनि कार्टुन राख्ने कुरा भयो । म चित्र बनाउने हुँदा मैले नै एकपटक प्रयास गरेँ । त्यो सायद राम्रो भयो । त्यसपछि ‘कार्टुन सँवाद’ नामक स्तम्भ नै सुरु गर्न सम्पादकले आग्रह गरे । यसरी म कार्टुनिस्टका रुपमा पनि परिचित भएँ । जब प्रजातन्त्र आयो, कार्टुनहरु लोकप्रिय त भए तर कार्टुनिस्टलाई पत्रकार मान्न सम्पादकहरुले आनाकानी गर्न थाले । मैले कार्टुनिस्टहरुको एउटा संस्था गठन गरे । यहि संस्थामार्फत हामीले पत्रकार महासंघसँग कार्टुनिस्टलाई पनि पत्रकारको मान्यता दिनुपर्ने लविङ् गर्यौं । त्यही लविङले कार्टुनिस्टलाई पनि पत्रकार मान्यता दिलायो । पछि कार्टुनिस्टहरुको संस्था पुर्नगठन भएर दुर्गा बराल (बात्सायन) अध्यक्ष हुनु भएपछि यसले अझ इज्जत पायो । साहित्यको क्षेत्रमा चर्चित भए पनि तपाईंले भुगोल विषय पढ्नुभयो । यसको पछि कुनै कारण छ ? साहित्यमा लागेर भोकभोकै परेका मानिस देख्दै हुर्केको केटो हुँ । त्यसैले आर्थिक भरथेगका लागि मैले भुगोल पढ्ने निर्णय गरेको थिएँ । त्यो बेला भुगोल नेपालका लागि नयाँ विषय थियो । यो मेरो दानापानी चलाउने भाँडो बन्यो । विदेशीहरुसँग काम गर्न पाइन्थ्यो । भुगोल बृहत क्षेत्र भएकाले ज्ञानको दायरा फरकाकिलो भयो । यहि कारण युएनडिपी, युनिसेफ, युनेस्को जस्ता संस्थामा काम गर्न पाइयो । यसले आर्थिक अभाव हुन दिएन । साहित्य त मेरो नशा मै थियो । जुन सुकै क्षेत्रमा गए पनि म साहित्यकै लागि जन्मिएको थिएँ । यसका लागि अतिरिक्त परिश्रम गर्नुपर्ने अवस्था थिएन । भुगोल विषय नै किन छानेँ भन्ने कुरा पनि रमाइलो छ । त्यो के भने भुगोलभित्र २ सय भन्दा बढि विषय पढ्नु पर्छ । पृथ्वीसँग जोडिएका हरेक कुरा भूगोलका विषय हुन् । भुगोल पढेकै कारण मैले हरेक विषयमा ब्यङ्ग्य गर्न सिकेँ । मलाई धेरैले भन्छन्, यति धेरै विषयको जानकारी कसरी राख्नुहुन्छ । यसको श्रेय म भुगोललाई नै दिन्छु । अझ जुनबेला देखि ‘उचाइ भुगोल’ को विषयमा विश्वमा परिचित भएँ, त्यसपछि त संसारको बाटो पनि खुल्यो, ज्ञानको बाटो पनि खुल्यो । तपाईंलाई ‘उचाइ भुगोलविज्ञ’ भनेर विदेशीले निकै प्रसंसा गरेको लेखहरु पढ्न पाइन्छ । विशेषगरि नेपाल विज्ञ टोनी हेगेनको प्रसंसाले तपाईंको व्यक्तित्व अन्तर्राष्ट्रिय हुन पुग्यो । के हो यो उचाइ भुगोल भनेको ? उचाइका कारण मानिसको सम्यता कसरी विकास हुन्छ भन्ने अध्ययन गर्ने विषयलाई उचाइ भुगोल भनिन्छ । नेपाली भुगोल अध्ययन गर्दै जाँदा मैले के थाहा पाएँ भने एउटा निश्चित उचाइमा नेपाली बस्ती बसेको रहेछ । धेरै तल औलो लाग्ने र धेरै माथि जाडो हुने कारणले नेपाली पहाडी बस्तीहरुको विकाससँगै भाषा, संस्कृति र रहनसहन एकै किसिमको भएको रहेछ । यसअघि कुनै पनि भुगोल विज्ञले यसरी अध्ययन नगरेका कारण यसलाई छुट्टै विषय मानियो । पश्चिमाहरु यस्ता अनुसन्धानका विषयलाई निकै महत्व दिने भएकाले अलिअलि प्रसंसा भएको हो । मलाई खुसी लाग्छ । तै पनि तपाईंले विद्यावारिधि गर्नुभएन ? किन होला ? साहित्यमा लागेका कारण समय भएन । फेरि मैले नयाँ विषय पहिल्याएँ । यो आफैमा विद्यावारिधि भन्दा ठूलो कुरा हो भन्ने लाग्यो । विदेशीहरु पनि यही भन्छन् । एउटा मानिसले सबै कुरा कहाँ गर्न सक्छ र ? तर तपाईंमाथि नै सुकदेव राईले विद्यावारिधि गरिदिए, कस्तो लाग्छ ? खुसी लाग्छ । ममाथि भन्दा पनि म र मजस्ता चार जना हाँस्यब्यग्यकारमाथि भन्दा राम्रो होला । कहिलेकाहीँ आफूले विद्यावारिधि नगरे पनि म पनि विद्यावारिधिको विषय भएँ भन्ने कुराले सन्तुष्टि दिन्छ । तपाईंका नाममा पहिलो पटक १ सय ११ विषयमा नयाँ काम गरेको रेकर्ड भएको छ भन्ने गरिन्छ । नयाँ नयाँ काम गर्न किन मन लाग्छ ? कि नयाँ रेकर्ड राख्ने सोख हो ? नेपालमा नयाँ जे काम गरे पनि पहिलो पल्ट हुन पुग्छ । किनभने नेपालमा भएकै केही छैन । विदेशमा देखेर आउँछु, यहाँ भएको देख्दिन, गर्न मन लाग्छ । त्यसपछि त्यो काम पहिलो हुन पुग्छ । अरुले दुई–चारवटा मात्र नयाँ काम गर्ने हिम्मत गर्छन् । मलाई भने एउटा कुरा स्थापित भएपछि अर्को विषयमा हामफाल्न मन लागिहाल्छ । सोक होइन, आइपर्छ र गर्न मन लाग्छ । कुरा त्यति हो । नयाँ के गर्दै हनुहुन्छ ? नेपालमा जे कुरा पनि विदेशीले बुद्धि दिने र हामीले त्यसैलाई महत्व दिएर लागू गर्दा हामीले राजनीतिक, सामाजिक र सांस्कृतिक धेरै कुरा गुमायौं । खासमा विदेशीले नेपाललाई कति बुझेको छ र ? उनीहरुको कुरा हामीले लागू गर्नु ? केही वर्ष यता बल्ल मेरो दिमाग यो कुरा घुस्यो । यहि कारण विदेशीलाई नेपाल बुझाउन अंग्रेजी भाषामा एउटा बृहत्तर नेपाल परिचय पुस्तक लेख्दैछु । यो निकै मोटो पुस्तक हुन्छ जस्तो छ । मुख्यतः त्यसैमा लागेको छु । अर्को सहायक तर महत्वपूर्ण काम पनि गर्दैछु । खासमा नेपालमा विश्वमा भन्दा धेरै कुरा नयाँ छन् । केवल हिमाल, बुद्ध र गोर्खालीले मात्र नेपाललाई चिनाउने होइन, हाम्रो देशमा सयौं कुरा अरु देशभन्दा फरक छ । त्यसलाई मैले गिनिज बुक अफ वल्र्ड रेकर्ड जस्तै नेपालका आफ्ना किसिमका किर्तिमानहरुको दर्जनौ स–साना पुस्तक निकाल्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु । एक दर्जन जति तयार भएका छन्, अरु एक दर्जन जति तयार पार्न सकिन्छ । सय भन्दा बढि पुस्तक लेखिसक्नु भयो, अरु सय वटा लेख्ने योजना हो ? समयले साथ दिए मैले जम्मा गरेका धेरै विषय तयारी अवस्थामा छन् । त्यसैले सयले मान्दिन, हजार पुस्तक पुर्याऔं भन्ने पो सोच्दैछु । (लामो हाँसो) दुई संग्रहको प्रकाशन र एउटा अन्तर्राष्ट्रिय पुरस्कारको घोषणा: गैर आवासीय नेपाली संघको साहित्य र संस्कृति विभागले यो वर्ष दुई वटा कृति प्रकाशन गर्ने भएको छ । गएको साता गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पादा प्रवर्दन समितिको बैठकले एउटा नियात्रा संग्रह र एउटा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो । यसैगरि बैठकले साहित्यमा योगदान दिने कृति वा स्रष्टाको सम्मानार्थ यो समितिले एउटा अन्तर्राष्ट्रिय स्तरको नेपाली साहित्य पुरस्कारको स्थापना पनि गरेको छ । विभागका अध्यक्ष हिक्मत थापाले पहिलो बैठकमा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले एक लाख रुपैंयाको बिऊ रकम राखेर यसको स्थापना गरेको घोषणा गरेको बताए । उक्त बिऊ रकममा अध्यक्ष थापाले ५० हजार रुपैंया योगदान गरेका छन् । यसलाई संसारभरि छरिएर रहेका साहित्य प्रेमीहरुले थप योगदान गर्दै जाने योजना रहेको पनि थापाले बताए । वर्ष २०२० मा उक्त संस्थाले नेपाल बाहिर रहेर साहित्य सिर्जना गरिरहेका साहित्यकारहरुको नियात्रा संग्रह प्रकाशन गर्ने भएको छ । यो संग्रहमा नेपाल बाहिर बस्ने श्रष्टाले नेपाल बाहिरकै विषयमा लेखिएका नियात्रा समेटिने बताइएको छ । त्यसैगरि उक्त संस्थाले नेपाल बाहिर रहेर गजल सिर्जना गरिरहेका सर्जकहरुको बृथक खालको बृहत गजल संग्रहको प्रकाशनको तयारी गरिएको पनि जनाइएको छ । ‘दुवै कृतिहरु विज्ञ निर्णायक मण्डलहरुको रोहबरमा छानिने छन् । यी दुवै कृतिको गुणस्तरमा हामी सम्झौता गर्दैनौँ ।’ अध्यक्ष थापाले साहित्यपोस्टसँग भने, ‘नेपाल बाहिर रहेर साहित्य सिर्जना गरिरहनु भएका साहित्यकारहरुका उत्कृष्ट रचना हामीले यी दुबै पुस्तकमा पाउने छौँ ।’ बन्दाबन्दीमा अनलाइन वाचन संस्कृति मौलाउँदै, ओबामा पनि अनलाइन वाचनमा: बन्दाबन्दीको समयमा इन्टरनेट संसारभरमा बहुसंख्यक मानिसहरुको लागि समय व्यतित गर्ने मुख्य साधन भएको छ । इन्टरनेटमा उपलब्ध भएका ज्ञानबर्द्धक तथा मनोरञ्जनात्मक सामग्रीहरुको प्रयोग ह्वात्तै बढेको छ । चलचित्र तथा भिडियो सामग्रीहरु मात्रै नभएर यो समयमा पुस्तक तथा पुस्तक सम्बन्धित सामग्रीहरु जस्तै: इबुक तथा अडियो बुकको प्रयोग पनि बढेको छ तर मानिसको असिमित चाहना भन्नु पर्छ, पहिले देखि उपलब्ध सामग्रीहरुले मात्रै मानिसको चासोको सम्बोधन गरेको पाइदैन । युट्युब तथा फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा प्रत्यक्ष (लाइभ) उपस्थित भएर बनाइएका सामग्रीहरुमा मानिसहरुको रुचि बढेको पाइन्छ । नेपाल पनि यो सन्दर्भबाट अछुतो रहेको छैन । यस्ता विभिन्न लाइभ कार्यक्रमहरु नेपालमा पनि भइरहेका छन् । नेपालमा यस्ता कार्यक्रमहरु रुचाइन थालेका छन् र यस्ता कार्यक्रमहरु प्रतिको चासो बढिरहेको छ । व्यक्तिगत वा संस्थागतरुपमा नै अहिले फेसबुक लाइभमा विभिन्न कार्यक्रमहरु हामीले देख्न पाइरहेका छौँ । नेपाल स्काउटमा हरेक दिन हुने स्काउट लाइभ होस् या कोरीबाटी डट कमले फिल्मी हाजिरीजवाफ कार्यक्रम या साहित्यकार कृष्ण धरावासीको साहित्य चर्चा या बुकाहोलिक्समा श्रष्टासँगको साक्षात्कार, सबै फेसबुक मार्फत हुने लाइभ कार्यक्रमहरु नै हुन् । मन्डेज् विद् मिसेल ओबामा बालबालिकाप्रति समर्पित अमेरिकामा पनि अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले हरेक सोमबार बन्दाबन्दी जारी रहुञ्जेल आफूलाई मन परेका बालपुस्तकहरू स-स्वर वाचन गरी सुनाइरहेकी छिन् । मन्डेज् विद् मिसेल ओबामा नामकरण गरिएको सो कार्यक्रमलाई प्रख्यात कम्पनी बिबिएस टेलिभिजन किड्स, पेन्गुइन योङ रिडर्स र रेन्डम हाउस चिल्ड्रेन्स बुक्सले संयुक्त रूपमा आयोजन गरेका हुन् । “बन्दाबन्दीका बेला बालबालिका एक्लै घरमा बस्नु पर्दा दिक्क मानिरहेका होलान् ।” ओबामा भन्छिन्, “बन्दाबन्दीमा बालबालिकाले बा-आमालाई घरमा दिक्क बनाउन सक्छन् । बा-आमाले घरैबाट अफिसको काम गर्नुपर्ने हुनसक्छ । यस्तो बेलामा मैले थोरै भए पनि सहयोग गर्न सकेँ भने खुसी नै लाग्नेछ ।” बालपनमा आफूले पढेका सुन्दर पुस्तकहरू हरेक सोमबार एक महिनासम्म पढेर सुनाउने योजना मिसेलको छ । उनले यसका लागि चार वटा पुस्तक छानेकी छन् । लकडाउनमा पुस्तकहरुको बिक्री घटेको भए पनि अनलाइनमा पुस्तक पढ्नेहरु बढेका छन् । योसँगै वाचन गर्नेहरुको पनि आकर्षण बढेको छ । उनले भनिन्, “मैले बालापनमा ती पुस्तक पढेकी थिएँ र खुबै रमाएकी थिएँ । पछि जब म छोरीहरूकी आमा बनेँ, मैले तिनै किताबहरु छनोट गरेँ र छोरीहरूलाई सुनाएँ । उनीहरूलाई पनि ती कथा मन परेका थिए । आज फुर्सदका बेला म देशभरिका बालबालिकाहरूलाई तिनै कथा सुनाउनेछु ।” यसका लागि उनले छानेका चार पुस्तकहरूमा ‘द ग्रफालो’, ‘देयर इज अ ड्रागन इन योर बुक’, ‘मिस म्यापल्स सिड्स’, ‘द भेरी हङ्ग्री क्याटरपिलर’ रहेका छन् । मिसेलले पुस्तक पढेर सुनाउनुका साथै ती पुस्तकले आफ्नो जीवनमा कस्तो प्रभाव पारे भन्ने समेत बताउने छिन् । यस्तै बाराक ओबामाले सोही अवसरमा राष्ट्रपति छँदा पढेको ‘ह्वेर द वाइल्ड थिङ्स् आर’ सबैभन्दा मन परेको बालपुस्तक भनी टिप्पणी गरेका थिए । तर ओबामा भने यो कार्यक्रममा देखा पर्ने छैनन् । तालिकाबद्ध ट्विटर लाइभ रुचाइदै मिसेल ओबामाले सातामा एक दिन बालबालिका लागि मात्रै कार्यक्रम सञ्चालन गरिरहेकी छिन् तर पिबिएस टेलिभिजनका प्रख्यात प्रस्तोता र दुई दशकदेखि पुस्तक चर्चा गरिरहेका लेभार बर्टनले पनि ट्वीटरमा अप्रिल ३ देखि सोमबार, बुधबार र शुक्रबार तीन दिन पुस्तक वाचनको कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले आफ्नो ट्विटर प्रोफाइलबाट तालिकाबद्धरुपमा फरक फरक श्रोताका लागि फरक फरक दिन छुट्याएका छन् । उनले सोमबार बालबाालिकाका पुस्तक वाचन गर्छन् । त्यस्तै, उनले बुधबार किशोरकिशोरीका लागि उपयुक्त हुने पुस्तकको वाचन सहित लाइभ हुन्छ र शुक्रबार भने वयस्कहरूका लागि वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । I can\'t wait to share the magic of storytelling with kids everywhere by reading a beloved children\'s book every Monday with @PBSKIDS and @Penguinrandom . I hope you’ll tune in today at 12PM ET as I read "The Gruffalo" on @PBSKIDS \'s YouTube channel and Facebook page! pic.twitter.com/6sDVovw42X — Michelle Obama (@MichelleObama) April 20, 2020 तस्विर साभार : मिसेल ओबामाको ट्विटरबाट कोरोनाले ल्याएको किताब संकट: सन् २०२० लाग्नु केही अघि नै अमेरिकाका पुस्तक प्रकाशकहरूले बसन्त सुरू हुने बित्तिकै किताबको लस्करै लगाउने तयारी थालेका थिए । अर्थात् डिसेम्बर अघि नै अप्रिल महिनाका लागि सयौँ पुस्तक बजारमा ल्याउने तयारीमा प्रकाशकहरू थिए तर कोरोना भाइरसका कारण प्रकाशकमाथि बज्रपात नै खसेको छ । कोभिड १९ का कारण त्यहाँ नयाँ पुस्तक प्रकाशन स्थगन भएको छ भने रिक्त स्थान पूरा गर्न पुराना पुस्तकहरूकै रिप्रिन्ट गर्न थालिएको छ । पुराना पुस्तकको पुनः प्रकाशन भने वर्षायाम र त्यसपछिसम्म पनि तन्कने सम्भावना रहेको प्रकाशकहरूले जनाएका छन् । यस पटकको बसन्त याममा केही प्रख्यात लेखकका पुस्तक बजारमा आउने अपेक्षा गरिएको थियो । खासगरी बालबालिकाकी प्रिय लेखिका जेफ किन्ने, ग्राहम स्विफ्टको उपन्यास यही बेला निकाल्ने तयारी थालिएको थियो । यी दुवै बेस्ट सेलर लेखक मानिन्छन् । यसै गरी नेटफ्लिक्स कम्पनीका प्रमुख कार्यकारी रिड हास्टिङ, टेलिभिजनकर्मी डिसस मेरो तथा क्यालिफोर्नियाकी राजनीतिकर्मी एरिक स्वालवेलको गैरआख्यान पुस्तक पनि बजारमा ल्याउने तयारी गरिएको थियो । यी सबै पुस्तक बेस्ट सेलरमा पर्ने अपेक्षा प्रकाशकहरूको थियो तर कोरोना कहरका कारण सर्वत्र त्रास र पुस्तक पसलहरू बन्द भएपछि पुस्तक ननिकाल्नु नै बुद्धिमानी भएको निष्कर्षमा प्रकाशकहरू पुगेका हुन् । कन्डिसनल सिटिजन नामक पुस्तक निकाल्न ठीक परेकी लैला ललामीले भनिन्, ‘यतिबेला मान्छेलाई आफ्नो स्वास्थ्य र हातमुख जोर्ने चिन्ताले सताएका बेला किताब स्थगन नै बुद्धिमतापूर्ण निर्णय हुनेछ ।’ कतिपय प्रकाशकले त केही महिना होइन, पूरै एक वर्षका लागि नयाँ पुस्तक प्रकाशनको मिति धकेलेका छन् । आपराधिक गतिविधिमाथि चार्लोटी बिस्मथले लेखेको ‘ब्याड मेडिसिन’ निकाल्न ठिक परेको प्रकाशक एट्रियाले उनको पुस्तक जनवरीमा छाप्ने निधो गरेको छ । केही प्रकाशक त आउँदा दिन पुस्तकका लागि झनै कष्टदायक हुने बताइरहेका छन् । एक प्रकाशक भन्छन्, ‘अबका दिन मैले त्यति राम्रो समय देखिरहेको छैन । पहिलो त कोरोना संकट लम्बिदै जाँदा कयौँ गोदामका पैसा तिर्न कम्पनीलाई धौधौ हुनेछ । त्यसमाथि पुस्तक छाप्न कागजको अभाव चुलिने सम्भावना पनि उत्तिकै छ । त्यसमाथि प्रिन्टिङ प्रेसले पनि कामदार कटौती गर्न थाल्नेछन् । यस्तो अवस्थामा प्रकाशन संस्थाको हालत के होला ?’ इक्को नामक प्रकाशन संस्थाका ड्यानियल हाल्पर्न चाहिँ लेखकहरूलाई विचरा देखिरहेका छन् । भन्छन्, ‘त्यसै पनि लेखकहरूले वर्षौं मिहिनेत गरेर बल्लतल्ल एउटा पुस्तक लेखेका हुन्छन्, त्यस्तो अवस्थामा मुखैमा तपाईंका अघिल्तिर प्लेगजस्तो महामारी आइदिन्छ । भन्नुस् त, तिनलाई कस्तो पीडा हुँदो हो !’ प्रकाशकहरुले पुस्तक बजारमा ल्याउन ढिला गर्नुको मूल कारण चाहिँ भविष्यमा नयाँ शीर्षकका पुस्तकको बढी बिक्री होला कि भन्ने अपेक्षा हो । तर यतिबेला पुस्तक बिक्री नै नभएपछि नयाँ शीर्षकका नयाँ पुस्तक छाप्न प्रकाशकहरूलाई अझ गाह्रो पर्ने केहीको धारणा छ । अब्राहम बुक्सले पछिल्लो समय उसको बेस्ट सेलर सिरिज विम्पी किडको प्रचार रद्द गरेको छ । कम्पनीले अप्रिलदेखि अगस्तसम्म पूर्वनियोजित कार्यक्रम स्थगन गरेका हुन् । यो पुस्तक एकै पटक ३० लाख छापिदैछ । अहिलेलाई प्रकाशन नै रद्द गरिएको छ । अब्राहम्स कम्पनीका प्रमुख कार्यकारी माइकल ज्याकब्सले भने, ‘यस्तो बिजनेस गर्ने विष्फोटक किताबको प्रकाशन समय नै स्थगन गर्नु भनेको युद्धको अवस्थाजस्तो हो कि होइन, तपाईं आफैँ भन्नुस् !’ उनले थपे, ‘अगस्तदेखि समय सम्हालिने हो कि भन्दै दिन गन्नु बाहेक हामीसँग अर्को कुनै उपाय छैन ।’ त्यसो त अवस्था त्यति गएगुज्रेको पनि छैन । बन्दाबन्दीको अवस्थामा घरमा पुस्तक पढ्ने उपयुक्त अवस्था यो भन्दा गतिलो कहिल्यै थिएन । यस्तो अवस्थामा बालबालिकाको पुस्तक बिक्री यो बेला ७० प्रतिशतले चुलिएको एउटा अध्ययनले देखाएको छ । अन्य पुस्तकको बिक्री भने १० प्रतिशतले घटेको छ तर आर्थिक गतिविधि ठप्प हुने अवस्था लम्बिदै जाँदा सबैभन्दा पहिलो मार पुस्तक प्रकाशनमा हुने र चरम आर्थिक संकटमा पुग्ने केहीको आँकलन छ । न्यु योर्क शहर यतिबेला कोरोना भाइरसको चपेटामा परेको छ । यही शहरमा संसारकै सबैभन्दा ठूला प्रकाशक र लिटररी एजेन्सीका कार्यालय छन् । न्यु योर्कको पुस्तक प्रदर्शन हुने, पुस्तकबारे छलफल चलाइने संसारकै ठूलो स्थल ज्याकब के जेभिट्स कन्भेन्सन सेन्टर यतिबेला कोरोना अस्पतालमा परिणत भएको छ । जसका कारण पुस्तक प्रदर्शनी आउँदो जुलाई महिनासम्मका लागि स्थगन गरिएको छ । प्रदर्शनी त सरेको छ तर त्यसमा सहभागी हुने ठूला प्रकाशकहरू सिमन एन्ड सुस्टर, पेइन्गुइन र्यान्डम हाउस, हार्पर कोलिन्स, हिटाची र म्याकमिलानहरूले सो प्रदशनीबाट हात झिकेका छन् । यति मात्र होइन, कोरोना संकटका कारण अस्थायी रूपले बन्द हुने कतिपय पुस्तक पसलहरूको बन्द स्थायी प्रकृतिको नै हुने हो कि भन्ने डर पनि उत्तिकै छ । खासगरी देशकै चर्चित पुस्तक पसलहरू पोर्टल्यान्डको पोवेल्स अनि न्यु योर्कको म्याकल्ली ज्याक्सन र स्ट्रान्डजस्ता पुस्तक पसल अनि डेनभरको टाटर्ड कभर नामक पुस्तक पसलहरूले त्यहाँका कर्मचारीहरूलाई तलबबिनाको बिदा दिइसकेको छ । यी सबै पुस्तक पसलहरू त्यहाँको समुदायको सहयोगमा चलिरहेका थिए । अमेरिकाभरि ठूलो चेन बुक स्टोरको रूपमा नाम कमाएको बर्न्स एन्ड नोभल यस महामारीपछि बन्द छ । यो कम्पनी पहिलेदेखि नै आर्थिक संकटमा थियो । कम्पनीका प्रमुख कार्यकारी जेम्स डुअन्ट भन्छन्, ‘कोरोनाका कारण प्रकाशन उद्योग कोमामा पुगेको छ । प्रकाशनको जुन पात्रो हुन्थ्यो, त्यो ध्वस्त भएको छ । केही सीमित किताबले मात्र प्रकाशन हुने सुअवर पाउने देख्छु म त ।’ केही साना प्रकाशकहरुले त आफ्ना कर्मचारीहरूलाई बिदा दिन थालिसकेका छन् । शैक्षिक सामग्री र एकेडेमिक पुस्तकको प्रकाशक रम्यान एन्ड लिटलफिल्ड, स्काइहर्सले आफ्ना ३० प्रतिशत कर्मचारीलाई बिदा दिइसकेको छ । अबको दोस्रो चरणमा जब किताबका वितरकहरूले कर्मचारी कटौती थाल्छन्, त्यसपछि प्रकाशन उद्योगको कोमा लम्बिने निश्चित रहेको केहीको धारणा छ । स्कोलास्टिक कम्पनीले त कतिपय गोदाम बन्द गरिसकेको छ किनभने उसको प्रमुख बिक्री थलो नै स्कुलहरू र कतिपय पुस्तक प्रदर्शनी हो । ती गतिविधि ठप्प भएपछि उसले गोदाम लिइरहनै परेन । यस्तो बेलामा अनलाइन पुस्तक बिक्री होला र खर्च धान्न सकिएला भन्ने आशा गर्नेहरू पनि छन् । गएको साता मात्र अनलाइनमा ३ लाख ८० हजार डलरको बिक्री भएको र त्यो गएको महिनाको तुलनामा राम्रो देखिएको बुकसप अनलाइनका प्रमुख कार्यकारी एन्डी हन्टरले बताइन् । उनको वेबसाइटबाट कम्तीमा पनि ३५० भन्दा बढी प्रकाशकले किताब बेच्ने गर्छन् । यस कारण पनि पसल बन्द गरी अनलाइनतिर लाग्नुपर्ने धेरैले महसुस गर्न थालेका छन् । तर यस्तो समय लम्बिए र कतिपय कार्यक्रम लामो समयसम्म रोकिए, त्यसले पठन संस्कृतिमै असर पार्नसक्ने एन्डीको धारणा छ । ‘पठन संस्कृतिलाई यस्तो बन्दाबन्दीले ठूलो असर पार्छ र त्यो दीर्घकालीन किसिमको हुन्छ र यसमा मलाई ठूलो चिन्ता लागिरहेको छ । यसका लागि लेखक र पाठक दुवै पक्ष गम्भीर हुन आवश्यक देख्छु किनभने पुस्तक प्रदर्शनी, छलफल कार्यक्रम र बुक रिडिङ इभेन्टजस्ता कुराले किताबको आयाम फराकिलो बनाउँछ र बन्दाबन्दीले ती सबैलाई खुम्च्याइदिन्छ ।’ न्युयोर्क टाइम्समा २०२० मार्च ३० मा प्रकाशित समाचारको अनुवाद अमिश त्रिपाठीको चर्चित 'द ओथ अफ द वायुपुत्रज': भारतिय लेखक अमिश त्रिपाठीद्धारा लिखित शिव ट्रायोलोजी हिन्दुका देवता शिवको इश्वरत्वको यात्रामा आधारित छ । कुनै आदिवासीको सरदार कसरी हिन्दुहरुको लागि तारणहार बनेर सिंगो सम्प्रदायको विश्वासको केन्द्रमा बस्न पुग्छ भन्ने कथालाई अमिशले आफ्ना ३ पुस्तकहरुमा वर्णन गरेका छन् । चाखलाग्ने कुरा यो छ कि, लेखक त्रिपाठीले हिन्दु मिथक तथा शास्त्रहरुका पात्रलाई ऐतिहासिक समयरेखामा बाध्न खोजेका छन् । पुस्तकमा अपवाद बाहेक उनी यसमा सफल भएका देखिन्छन् । लेखक अमिश त्रिपाठीको चर्चित ‘शिव ट्रायोलोजी’ अन्तर्गतको तेस्रो तथा अन्तिम पुस्तक हो द ओथ अफ द वायुपुत्रज (The oath of the vayuputras) । यो पुस्तक २०१३ मा प्रकाशित भएको थियो । यो पुस्तकले लेखक त्रिपाठीको पहिलो पुस्तक द इमोर्टलस् अफ मेलुहाबाट सुरु भएर दोस्रो पुस्तक द सेक्रेट अफ वायुपुत्रजसम्म आइपुग्दा गुज्मुजिएको कथालाई निष्कर्षमा पुर्याउँछ । आकारका हिसाबले तिन पुस्तक मध्यै सबै भन्दा ठुलो पुस्तक पनि यहि छ । लेखकले धेरै जसो कथाहरुलाई निष्कर्ष दिने क्रममा कथाहरुलाई केहि लम्ब्याएको हो कि भन्ने बेला बेला पाठकलाई आभाष हुन सक्छ तर दार्शनिक पाटोको हिसाबले, हिन्दु धर्मका मिथकहरुप्रतिको न्याय गरेको हिसाबले यो पुस्तक उत्कृष्ट छ । यो पुस्तकमा आइपुग्दा शिवले वास्तवमा मेलुहाको भनिएको समस्या सप्तसिन्धु र त्यो वरिपरीका वासिन्दा तथा प्रकृतिको नै समस्या भएको थाहा पाइसक्छन् । हिन्दुशास्त्रका कथा तथा मिथक सुनिसक्नेहरुलाई पनि यसको अन्त्य के हुन्छ भन्ने कौतुहलताले कथाको अन्त्य सम्म नै बाँधिराख्न सक्छ । यसैले यो तेस्रो पुस्तक पनि पढ्नै पर्ने पुस्तकको सूचिमा स्वत: बस्न पुग्छ । कथाको अन्त्यले ट्रायोलोजी पढिसक्ने सबैलाई रोमाञ्चक सन्तुष्टीको आभाष गराउँन सक्छ । यो पुस्तकलाई हिन्दीमा वायुपुत्रोंका सपथ नाममा अनुवाद गरिएको छ । तपाईले यसलाई युट्युबमा पनि सुन्न सक्नु हुनेछ । पहिलो भाग दोस्रो भाग तेस्रो भाग चौथो भाग पाचौँ भाग ट्रायोलोजीका थप पुस्तकहरुको परिचय अमिश त्रिपाठीको चर्चित ‘द इमोर्टलस् अफ मेलुहा’ अमिश त्रिपाठीको चर्चित ‘द सेक्रेट अफ द नागाज्’ नियात्रा : ओसाका यात्रामा भानुभक्तहरू: प्रकाश पौडेल ‘माइला’ आफ्नो देशबाट पाँच हजार दुईसय किलोमिटर टाढा भए पनि हामीसँग आफ्नो भाषा थियो । यही भाषालाई सबै नेपालीको साझा बनाउने भानुभक्तको तस्विर थियो । यही तस्विरलाई गाडीमा राखेर हामी नेपाली भाषामा गीत गाउँदै र नाच्दै यिनै भानुभक्तको जन्मोत्सव मनाउन जापानको राजधानी टोक्योबाट अर्को ठूलो सहर ओसाका जाँदै थियौँ । रिजर्भ गरिएको गाडीभरि वर्षौंदेखि जापानमा आफ्नो भाग्य आजमाइरहेका देशभरिका नेपालीहरू थियौँ । नेपालमा पो तपाईंको कुन जिल्ला, तपाईंको कुन गाउँ, तपाईं कुन दलसँग सम्बन्धित हुनुहुन्छ भन्ने प्रश्न उठ्छ, यहाँ ती सबैभन्दा माथि हामी केवल नेपाली मात्र थियौँ । हरेक नेपालीलाई देशप्रतिको प्रगाढ माया र स्नेह रहन्छ । स्वदेशमा रहुन्जेल यस कुराको मापन र अनुमान गर्न सकिएन, अझ भनौँ, देशप्रेमको भेउ पाउन सकिएन । परदेशमा आएपछि बल्ल राष्ट्र र राष्ट्रियताको महत्त्व नजिकबाट बुझ्न र अनुभव गर्न पाइयो । आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको सम्बर्द्धन विदेशबाटै केही न केही भूमिका निभाउन पाउँदाको सन्तुष्टि बेग्लै किसिमको हुनेरहेछ । २१ औँ शताब्दीमा संसार निकै साँघुरिँदै गएको भान हुन्छ । कुनाकुनासम्म नेपालीहरू छरिएर आफ्नो पौरख गरिरहेका छन् । यसरी छरिएका सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम भाषा र साहित्यले नै गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) प्रवासमा रहेका नेपाली साहित्य पारखीहरूका निम्ति साझा चौतारी हो । सन् १९९१ मा अमेरिकाबाट सुरु भएको यस संस्था सन् २००३ मा जापानमा स्थापना भएको थियो । स्थापनाकालदेखि नै आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको अनेसास, जापान च्याप्टरले पछिल्लो वर्षहरूमा साँच्चै उत्कृष्ट कार्यक्रमहरू गर्दै आइरहेको छ । कहिले साकुराको फेदमुनि त कहिले यात्रा गरेर कार्यक्रमलाई नयाँ–नयाँ शैलीमा प्रस्तुत गर्दै आइरहेको सन्दर्भमा यसपटक निकै लामो दूरीको साहित्यिक यात्राको योजना बनेको थियो । टोक्योबाट झण्डै ६०० कि.मी. टाढाको सहरसम्म साहित्यिक यात्रा गर्नु सहज पक्कै नहोला तर पनि यसको नेतृत्व र सबै साथीहरूको आँटप्रति आभार प्रकट गर्नै पर्दछ । खुसीहरू स–साना कुराहरूमा मिल्छन्, मात्र आफूले महसुस गर्न सक्नुपर्छ, जान्नुपर्छ ।’ ‘यहाँ पनि नेपाली पारा देखाउनु पर्छ ?’ ड्राइभर नजिकै बसेका एकजनाले केही ठूलो स्वरमा कराएपछि बसभित्र भएका सबैको ध्यान आकृष्ट भयो । कसैले भन्दैथियो, ‘अघि नै सक्नुपर्ने काम अहिलेसम्म किन ढिला गरेको ?’ हामीले चासो देखायौँ । सबै जम्मा भएर गाडी हिँड्ने बेलामा केही साथीहरू उत्रिएर सामान किन्न लाग्नुभएको रहेछ । एकजना साथी आफ्नो गाडी त्यहीँ कतै पार्क गरेर बस चढ्नका निम्ति सस्तो पार्किङ खोज्दै अल्लि परै पुग्नु भएछ । सिन्जुकु जस्तो ठाउँमा सस्तो पार्किङ खोज्ने साथीलाई के भन्ने खै ? थप केही साथीहरूमा असन्तुष्टि देखियो । जमघट र हल्लाखल्लाको बीच निर्धारित समयभन्दा २० मिनेट ढिलो गरी गाडी अगाडि बढ्यो । हाइ–वे प्रवेशसँगै बस राम्रै गतिमा हुइँकियो । एउटा सिङ्गो बस भाडामा लिएर हामी टोक्योबाट बीचमा योकोहामा, एबिना, सिजुओका, माचुयामा, टोयोटा जस्ता ठूला सहरहरू छिचोल्दै जापानको अर्को ठूलो सहर नागोयाको नजिकतिर पुगिसकेका थियौँ । गन्तव्य थियो ओसाका । तीन दर्जनभन्दा धेरै स्रष्टाहरूको भीड । त्यसमा साना बालबालिकाको सङ्ख्या पनि थियो । गन्तव्य धेरै टाढा थियो तर समस्या बनिरहेको थियो ‘नेपाली पारा’ । लेखक जापान बसेर पनि कुनै नेपालीले जापानी शैली पछ्याएन भने एकअर्कालाई जिस्क्याउने, गाली गर्ने वा सचेत गराउनुपर्यो भने ‘नेपाली पारा नगर्नू’ भन्ने गरिन्छ । उसलाई जापानी रहनसहनमा घुलमिल हुन नसकेको भनेर जिस्क्याउने वा गाली गर्ने पनि गरिन्छ । हरेकले जापानी शैली नै पछ्याउने प्रयास गर्छन् तर नानीदेखि लागेको बानी कहिलेकाहीँ बिग्रिहाल्ने । अथवा नचाहँदा–नचाहँदै पनि कहिलेकाहीँ चिप्लिहाल्ने ! रबिनले सर्भिस एरियामा रोकिराखेको बसको ढोकाबाट टाउको निकालेर अल्लि झर्केको स्वरमा ‘नेपाली पारा देखाइहाल्नु पर्छ ?’ भनिसकेपछि बाहिरतिर लागिसकेका साथीहरू हतारिँदै फर्किए । आधा चुरोट पनि ननिखारेका साथीले मन खिन्न गर्दै हाइजारामा चुरोट ठोसेर दौडिए । बेलु थापाजी ग्रिन–टीको बोतल हातमा समाउँदै भित्र छिर्नुभयो । हिजो रातभरिको कामको कारणले हुनुपर्छ — अरुण भाइको हातमा भिटामिन टोनिक थियो । मानिसलाई ठीक लगाउने यो तरिका रबिनलाई ठिकै लाग्यो होला । मलाई भने कोही साथीहरू रिसाइदेलान् कि भन्ने पीर लागिहाल्यो । रबिनको बोली र व्यवहार जति मिठासपूर्ण छ चित्त नबुझेको कुरामा झर्किन पनि उत्तिकै खप्पिस रहेछन् मैले पहिलो पटक अनुभव गरेँ । धन्य, उनीहरू बस चढ्दा अनुहारमा त्यस्तो कुनै छनक देखिएन । गएको वर्ष सेप्टेम्बरमा टोक्योमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ भएको थियो । उक्त कार्यक्रममा भाग लिन एहिमे, क्योटो र ओसाकाबाट पनि केही साथीहरू आउनुभएको थियो । हामी पनि ओसाका हुँदै हिरोसिमासम्म पुगेका थियौँ त्यतिबेला पनि ओसाकाको छोटो भेटमा एउटा बृहत् कार्यक्रम अवधारणा बनेको थियो । जापानमा हुने सबैजसो साहित्यिक कार्यक्रमहरू टोक्योमै केन्द्रित हुनु स्वाभाविक नै हो तर यो कुराको चपेटामा टोक्यो बाहिर रहनुहुने केही राम्रा सर्जकहरू पर्नुभएको अनुभूति हामीले गरिसकेका थियौँ । सबै साहित्यिक कार्यक्रम टोक्यो वरपर मात्र हुँदा टाढाका साथीहरूले भनेजस्तो गरी सहभागी हुन नपाउनु भएको कुरा मैले पनि गहिरोसँग अनुभव गरिरहेको थिएँ । अनौपचारिक भेट वा कुराकानीको क्रममा केही साथीहरूले मुखै फोरेर गुनासो पोख्नुहुन्थ्यो । यसलाई हटाउन जरुरी पनि थियो । हुन त अनेसास, जापान च्याप्टरको दुईवर्षे कार्यकालमा कम्तिमा एउटा कार्यक्रम टोक्यो बाहिर गर्ने योजना नभएको होइन । तर यो कार्य याकोहामादेखि नायोगासम्म मात्र सीमित थियो । एकैदिन गएर कार्यक्रम सम्पन्न गरेर फर्किन ओसाकाको हकमा सम्भव थिएन । त्यसैले पनि साहित्यिक यात्रासहित ओसाका जाने कार्यक्रम अहिलेसम्म जुरेको थिएन । ओसाकाबाट नरेन्द्रजी, रमेशजी र कृष्णजीहरूको अनुरोधसहितको नजानिँदो दबाब गत सालदेखि बाक्लिदै थियो । लामो सल्लाह र छलफलपश्चात् ओसाकामा अनेसास जापानको ५१ औँ साहित्यिक कार्यक्रम गर्ने निधो भएको थियो । कार्यक्रमलाई सकेसम्म असार २९ गते भानुभक्त जन्मोत्सवकै दिन गर्ने योजना थियो तर नेपाल सरकारले समेत बिदा कटौती गरेको असार २९ मा विदेशमा बसिरहेका नेपालीहरूलाई त्यही दिन कार्यक्रम गर्न सहज थिएन । हामीले जुलाई २० र २१ तारिकका दिन कार्यक्रम गर्ने निधो गरेको धेरै अगाडि नै हो । बस समयमै छुट्ने र कसैलाई नपर्खिने उर्दी दीपजीले पटक–पटक गु्रप म्यासेजमार्फत् लगाएकाले टोक्यो सहित चिवा, साइतामा, कानागावा क्षेत्रका साथीहरू समेत समेट्दै बस अगाडि बढ्न सोचेजस्तो अप्ठेरो भएन । बस तीव्र गतिमा कुद्दै थियो । नेपालदेखि जापान भ्रमणमा रहनुभएका २ जना गायिकाहरू मनु रोकामगर र शान्ति परियारलाई साथ लिएर तिलक मल्ल सरले बसको अघिल्लो भेगमा साङ्गीतिक मोर्चाको तयारी गर्नुभएको थियो । यात्राको माहोल रमाइलो बनाउन गायक–गायिका लैजानुपर्ने तर्क उहाँले केही दिन अगाडिदेखि नै जोडतोडले राख्दै आउनुभएको थियो । गाडीमा व्यवस्था गरिएको माइक समातेर परिचय कार्यक्रम सकिनेबित्तिकै दोहोरीले थप सर्गर्मी तताइहाल्यो । त्यही माइकमार्फत् दोहोरी गीत चलिरहँदा हामी जापानमा होइन, कुनै घरको पिँढीमा बसेर गीत गाइरहेका छौँ भन्ने भान हुन थाल्यो । चिल्लो सडक र कन्डिसनयुक्त बसका कारण पनि हामीले टाढाको यात्रा गरिरहेका छौँ भन्ने भान भइरहेको थिएन । बसमा केही साथीहरू निदाउने र घुर्ने हुन् कि भन्ने मेरो पूर्वानुमानले फेल खाइसकेको थियो । बसको मध्य भागमा बसेर हरि रेग्मी र सङ्गीता शर्मा रेग्मीले मन्त्रमुग्ध भएर झ्यालबाट बाहिर हेर्दै हुनुहुन्थ्यो । सायद सौन्दर्यमा रमाउनु जापानी विशेषता हो । दूर दराजका पहाड र जङ्गललाई पनि साह्रै मिहिनेत गरेर सजाइएको देखिन्थ्यो । जापानमा दुईतिहाईभन्दा बढी भू–भाग पहाडले ढाकेको छ । यति धेरै भू–भाग भएको पहाडी क्षेत्रको प्रकृति नबिगारीकन कतै सुरुङ खनेर सडक निर्माण गरिएको छ भने कतै खोँचका बीचमा आकर्षक पुल बनाएर सडकलाई निरन्तरता दिइएको छ । बीच–बीचमा प्रशस्त जङ्गल देखिन्छ । कतैकतै जापानी चियाबारी देखिन्छ र लामबद्ध तरकारीको खेतबारी पनि । मानवनिर्मित जस्तै लाग्ने एकनाशको जङ्गलले मन लोभ्याउँछ । जापानका पहाडी भेगमा एकत्रित बस्तीलाई बढावा दिइएको हुन्छ । नेपालको जस्तो डाँडाकाँडामा १–२ ओटा मात्र घर देख्न सकिँदैन यहाँ । बसभित्रका आधाआधीका निम्ति यति लामो बस यात्रा सम्भवतः पहिलोपटक नै थियो । राजु लक्षितजीलाई थकानको महसुस कत्ति पनि थिएन । गणेश रायमाझीजीले घरी अगाडि त घरी पछाडि हेर्दै रमाइलोको माहोल छोप्ने प्रयास गर्नुभएको थियो । गीत गाउँदा–गाउँदा रबिन र गिरिजाजीको स्वर बसिसकेको थियो । गम्भीर मुद्रामा आनन्द अधिकारी, प्रतिबिम्ब सुमन र गङ्गा गगनले गायनलाई दरिलो साथ दिइरहेका थिए । महिला दिदीबहिनीहरू पनि रबिनसँग जुहारी खेल्दाखेल्दै थाकेकाजस्ता देखिन्थे । दोहोरी केही सुस्ताएको महसुस हुँदा दीपा घिमिरेले गजल घन्काउँदा ज्वाला, अमृता, इन्दु र सङ्गीता बहिनीले साथ दिएर माहोल बेग्लै बनाउँथे । कामबाट फुक्का भएका साथीहरूको यो रौनक बाटाभरि नै देखियो । दीप पाठक कवितामा जस्तै दोहोरीमा पनि पोख्त भएको कुरा पहिलो पटक थाहा पाइयो । यात्रा आलश्यता कुनै पनि बेला जाग्न पाएन, यद्यपि के खाउँ के खाउँ लागिरहेको बेला जीवनसङ्गिनी भूमिका र कामना भाउजुले बनाएर ल्याएको पकौडा र जेरीले राम्रै काम गर्यो र प्रशंसा पनि बटुल्यो । राजेशविक्रमले निकै भद्र मुद्रामा तात्ततो कफी पिउँदै अघिल्तिर रहेका पानी र आलुचिप्स पछाडि पास गर्नुभयो । निथ्रिन लागेको बोतल सिवाय केही आइपुगेन पछिल्तिर । टोक्योबाट गाडी चड्नु अगाडि नै पेय पदार्थ किन्न बिर्सिएको तनाव केही साथीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । हरेक २–२ घण्टामा हुने ब्रेकटाइममा मदिराजन्य पेय पदार्थ पाउने ठाउँको खोजी गरेको देखिन्थ्यो । हाइवेमा किन्न नपाइने प्रस्ट कुरा पुष्करबाट आएपछि साथीहरूले बल्ल मन बाँध्नुभयो । धैर्यतालाई कसिलो बनाउनुभयो । त्यतिकैमा हालै बर्मा पुगेर आउनुभएका श्रवण सत्यालले पछाडिको सिटमा बसेर एनआरएनएको गफ सुरु गरे । सबै त्यतै झुम्मिइयो । जापानको विगत र सम्भावित भावी नेतृत्वबारे छोटो बहस भयो र लगत्तै नेताजीहरूको क्यारिकेचरतर्फ वातावरण मोडियो । सनोद पौडेल र रमेश लामिछानेको ध्यान बल्ल यता खिचियो ! हामी नाच्न र गाउन नजान्नेहरू भने बीच–बीचमा नेपाली राजनीति र सञ्चारमाध्यमका विषयमा कुरा उठाउँथ्यौँ र असन्तुष्टि पोख्दथ्यौँ ! नेपाल एयरलायन्सको जहाज एक वर्षदेखि ओसाका आउँछ र धेरै जापानबासी नेपालीहरू त्यसैमा नेपाल फर्कने योजना बनाउँदैथ्यौँ । तर मजस्ता धेरैजना जहाज जापान आउँछ भन्ने सुने पनि विदेशी जहाज चढेर नेपाल पुगेका थियौँ । यद्यपि अबचाहिँ ओसाकापछि नारिताबाट पनि उडान सुरु गर्ने हल्ला छ । यसपटक जाँदा मेलम्चीको पानी खाने भनेर हामीले कुरा गरेको बर्सौं भयो तर बोतलको पानीले धेरैपटक तिर्खा मेटाएका थियौँ । यी कुराहरूलाई सञ्चार माध्यमले पनि उपयुक्त किसिमले फलोअप गरेको देखिँदैन । बरु तत्काल चर्चा हुने कुरामा मात्र पत्रपत्रिकाको ध्यान थियो । हामीले जापानका सञ्चारमाध्यमका विषयमा पनि कुरा गर्यौँ । जापानमा विभिन्न किसिमका घटना नहुने होइनन्, हुने गर्छन् तर यहाँका सञ्चार माध्याममा चोरी, हिंसा, हत्या, सामान्य दुर्घटना, वादविवाद र देशविरुद्धका समाचारहरू कहिल्यै प्राथमिकतामा आउँदैन तर नेपालमा त्यस्ता समाचार नराखी समाचार नै बन्दैन । यस्ता कुरामा जापानले जस्तो सभ्य र जिम्मेवार पत्रकारिता सुरुवात नेपालले कहिले गर्ने होला भनेर हामी निकैबेर चिन्तित भइरह्यौँ । यो बारेमा तिलक सरको तर्फबाट धेरै मननयोग्य कुराहरू आए । ००० हाम्रो गाडी ओसाकाको निर्धारित स्थल पुग्नु आधा घन्टाअघि नै थाहा भयो, हामी भब्य सहरमा प्रवेश गर्दैछौँ । यात्राभर ट्राफिकजाम कत्ति पनि नहुँदा चालक दलका सदस्य खुसी देखिन्थे । ओसाका सातौँ शताब्दीदेखि नै व्यापारिक एवम् आर्थिक हबको रूपमा चिनिदै आएको छ । ओसाकामा जापानका धेरैजसो ठूला कम्पनी छन्, त्यसमध्ये पानासोनिकले मात्र लाखौँलाई रोजगारी दिएको विश्वास गरिन्छ । सार्प, सान्यो जस्तो विश्व प्रसिद्ध कम्पनीकै कारण यो जापानको ठूलो औद्योगिक सहर बनेको रहेछ । वैदेशिक पर्यटकको आकर्षक गन्तव्य पनि हो ओसाका सहर । यहाँको सार्वजनिक यातायात सेवा निकै भरपर्दो र विश्वसनीय मानिन्छ । उत्तर–दक्षिण भएर कुद्ने हरेक बुलेट ट्रेन सिन–ओसाका स्टेसनमा रोकिन्छन् । हिरोसिमा र टोक्योको बीचमा पर्ने भएका कारण पनि यो सहरमा आएर पर्यटकहरू आफ्ना योजना बनाउँदा रहेछन् । नजिकै रहेको कान्साई विमानस्थल आफैमा ऐतिहासिक छ । प्राचीन कालदेखिको संस्कृतिले ओसाकालाई अझै बलियो बनाएको छ । हामी भने टोक्यो र त्यस वरपरबाट आएका कारण यसको खासै महत्त्व नबुझेको पो हो कि जस्तो पनि लाग्यो । मध्य सहरमा प्रवेश गर्दागर्दै टिकेपी गेट टावर बिल्डिङ देखियो । यो यस्तो भवन हो, जसलाई छेडेर हाइवे बनाइको छ । सन् १९९२ मा निर्माण सम्पन्न भएको यस भब्य बिल्डिङको दुई तल्ला छेडेर त्यसलाई बिल्डिङमा नछुवाइकन रोड निकाल्नु आफैमा अनौठो इन्जिनियरिङ कला हो । मैले यो १६ तल्ले भवन हाइवे यात्रामा धेरैपटक देखे पनि यसभित्र छिर्न पाएको छैन । धेरैका लागि यो भवन छेडिएको हाइवे हेर्नु पहिलो अनुभव थियो । यस विषयमा कुरा गर्दागर्दै गन्तव्य स्थान आइहाल्यो । ००० अपरान्ह चार बजे कार्यक्रम सुरु हुने कुरा थियो । हामी निर्धारित समयभन्दा २ घन्टा अगावै ओसाका पुगेका थियौँ । कार्यक्रमस्थल नजिक जिग्री रेस्टुरेन्टको अगाडि गएर गाडी रोकियो । हामी पुगेलगत्तै विष्णु घिमिरे र धीषण निरौला नागोयाबाट आइपुग्नु भयो । नागोयाबाट ओसाकाको दूरी १८० किलोमिटर रहेको छ । शरद क्योटोबाट मिसिए र गफ गर्दागर्दै स्थानीय साथीहरूको आगमन हुनथाल्यो । भोकको सिमा नाघेका साथीहरू लन्चमा केन्द्रित हुनुभयो । लगत्तै मूल आयोजक समितिका साथीहरूले हल र स्टेज रेडी गर्न कस्सिनुभयो । कार्यक्रमले साँच्चै नै निकै राम्रो माहोल सिर्जना गर्यो । ओसाकाका व्यवसायी, विद्यार्थी तथा गन्यमान्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिले हल भरिभराउ थियो । ओसाकामा यति ठूलो साहित्यिक कार्यक्रम भएकोमा सबै ओसाकावासीको मन गद्गद् भएको कुरा उहाँहरूको मुहारमा प्रस्टिँदै थियो । व्यवसायीहरू आत्मराम गैरे, राजु शर्मा गैरे मात्र हैन हर्क थापा, जगत थापा, टीकाराम कँडेल, मनोज थापा लगायतका अनुहारहरूले कार्यक्रमलाई शोभा दिइरहेको थियो । मूल समितिका संयोजक नरेन्द्र बस्नेतको स्वागत मन्तव्य र कृष्ण सुवेदीको विषयप्रवेशपश्चात् हामी रचना वाचनमै सिधै प्रवेश गर्यौँ । कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका रचना दुई दर्जनभन्दा बढी सुनियो । कार्यक्रममा नेपाल सरकार प्रदेश ३ का सांसद प्रकाश दवाडी विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो । धेरै रचनाको प्रहार नेपालको राजनीति र राजनीतिकर्मीतर्फ केन्द्रित हुँदा उहाँ कुनै–कुनै बेला रातोपिरो देखिनुहुन्थ्यो । उहाँ विगतमा एकदशकभन्दा बढी ओसाकामै बसेर राजनीति गर्न नेपाल फर्किनुभएको रहेछ भन्ने पनि थाहा भयो । भानु जयन्तीमा भानुभक्तिय टोपीमा सजिएका आलोक चालिसेले भानुको बारेमा निकै खोजमूलक प्रस्तुति दिनुभएको थियो । पुरुषोत्तम सुवेदीले मीठो शैलीमा कार्यक्रम सञ्चालन गर्दा सबैको ध्यान सुरुदेखि अन्तसम्म स्टेजतर्फ नै टक्क अडिएको थियो । महेश कटुवालजीको व्यवस्थापन प्रशंसा गर्न लायक थियो । कार्यक्रमको अन्तमा मूल आयोजक समितिका पाँचैजनालाई सम्मान–पत्र अर्पण गरिएको थियो । बेलुजीको बर्थ डे परेकाले गर्दा कार्यक्रम समापनपश्चात्को डिनरमा केही रमाइलो माहोल बनेको थियो । नाचगान पनि चल्यो केहीबेर । अबको गन्तव्य थियो, बहुप्रतिक्षित गोल्डेन टेम्पल ! जसलाई जापानीमा किन्काकुजी भनेर चिनिन्छ । उत्तरी क्योटोमा अवस्थित सुनले जलप लगाएको यो मन्दिर पोखरीको बीचमा अवस्थित छ । सन् १३९७ मा विलासी आवासगृहको रूपमा बनाइएको उक्त संरचनालाई सैनिक शासकको मृत्युपश्चात् सुनले लेपन गरी अहिलेको रूप दिइएको थियो । चारैतिर हरियालीले ढपक्कै ढाकेको यो मन्दिर विश्व सम्पदासूचीमा सूचीकृत छ । भोलिपल्ट बिहानै होटेल अगाडि बस आइसकेको थियो । तोकिएको समयभन्दा केही ढिलो गरी सबै जम्मा भएपछि बस छुट्यो । हाम्रो पूर्वनिर्धारित योजनाअनुसार नै बस कियोमिजु टेम्पलतर्फ अगाडि बढ्यो । दक्षिणी क्योटोमा अवस्थित १,२०० वर्ष पुरानो यो मन्दिर हेर्दा नै निकै आकर्षक र स्थानीय तथा वैदेशिक पर्यटकको निकै भीड थियो । केही फोटो खिचेर हामी फुसिमी इनारी ताइस्या तर्फ लाग्यौँ । केही मिनेटको बस यात्रामै त्यहाँ पुग्यौँ । सन् ७११ मा निर्मित यो मन्दिरले २०११ मा १३०० औँ वर्षगाँठ भव्य रूपमा मनाएको कुरा छेवैमा टाँसिएका भित्तेफोटाहरूबाट प्रस्ट भयो । मन्दिरहरू जाँदा दायाँबायाँ लहरै पसलहरू थिए । नेपालको कुनै मेला लागेको ठाउँको झल्को दिन्थ्यो । अत्याधिक गर्मीले केही साथीहरू चिसो पानी किन्न थाल्नुभयो । तर समय पर्याप्त थिएन । समय निकै बचत गर्नु थियो । टोक्योभन्दा क्योटोमा निकै गर्मी महसुस गर्यौँ र हतारहतार बसमै छिर्न हतारियौँ । अबको गन्तव्य थियो, बहुप्रतिक्षित गोल्डेन टेम्पल ! जसलाई जापानीमा किन्काकुजी भनेर चिनिन्छ । उत्तरी क्योटोमा अवस्थित सुनले जलप लगाएको यो मन्दिर पोखरीको बीचमा अवस्थित छ । सन् १३९७ मा विलासी आवासगृहको रूपमा बनाइएको उक्त संरचनालाई सैनिक शासकको मृत्युपश्चात् सुनले लेपन गरी अहिलेको रूप दिइएको थियो । चारैतिर हरियालीले ढपक्कै ढाकेको यो मन्दिर विश्व सम्पदासूचीमा सूचीकृत छ । बसभित्र हसी मजाक र प्रेम प्रसङ्गका कुराहरू निस्किए । गहिरो प्रेम सम्बन्धपछि बिहे गरेको केही जोडी बसभित्र नै थिए । प्रेमको सुरुवातदेखि अवरोध र बिहे अघिपछिका रोमान्सका कुराहरू पनि थपिए । सबैको ध्यान बसको पछाडिपट्टि खिचियो । अघिल्तिरका केही साथीहरू सुस्ताउनुभयो । यो माहोललाई आलोक चालिसेले निकै रोमान्चक रूपमा ह्यान्डिल गर्नुभयो । चाहेर पनि यात्रामा सहभागी हुन नपाउनु भएका साथीहरूले फेसबुक लाइभ हेरेर प्रतिक्रिया जनाइरहनु भएको थियो । हामी भने पूर्व अध्यक्षहरू डा. कुमार बस्नेत, स्व. वेद पौडेल र दिनेशराज ज्ञवालीलाई स्मरण ग¥यौँ । उहाँहरूको अभाव खड्किरहेको महसुस भयो । यही व्यवस्थाका बीच पनि पुष्करको फेसबुक पोस्ट आयो ‘प्रकृतिसँगै साहित्यिक यात्राको यो मज्जा कता खोजेर पाउनु ।’ खुसीहरू स–साना कुराहरूमा मिल्छन्, मात्र आफूले महसुस गर्न सक्नुपर्छ, जान्नुपर्छ ।’ (लेखक अनेसास केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ) रहिनन् अद्भूत शब्दकोश संकलक: संसारकै सबैभन्दा धेरै शब्दकोश संकलन गर्ने महिला मेडलिन क्रिप्कीको हालै निधन भएको छ । उनको संकलनमा संसारका दुर्लभ शब्दकोशहरू रहेको दाबी गरिन्छ । निजी संकलनमा यत्तिका धेरै शब्दकोश हुने उनी मात्रै हुन् । पाँच कक्षामा पढ्दा उनका मातापिताले वेब्स्टर्स कलेजियट शब्दकोश दिएयता उनीसँग विभिन्न भाषाका २० हजारभन्दा बढी शब्दकोशहरूको संकलन रहेको न्युयोर्क टाइम्सले जनाएको छ । उनीसँग ल्याटिन भाषाको सन् १५०२ मा प्रकाशित शब्दकोश मात्र होइन, प्रख्यात साहित्यकार जोनाथन स्विफ्टले संकलन गरेको छोटो शब्दकोश, ‘द बेनिफिट्स अफ फार्टिङ एक्स्प्लेन्ड’, न्युयोर्क महानगर परिवहन प्राधिकरणले प्रकाशन गरेको सन् १९८० मा प्रकाशित ‘पाकेटमारका शब्द र अर्थ’ पनि छ । यिनै संकलकको अप्रिल २५ मा ७६ वर्षको उमेरमा कोरोनाभाइरसका कारण निधन भएको छ । उनका भाइ सउल क्रिप्की प्रख्यात दार्शनिक र प्राध्यापकका रूपमा चिनिइन्छन् । यतिबेला उनको अचानक निधन भएपछि उनको संकलनमा रहेका यी अद्भूत पुस्तकहरूको अवस्था के होला भन्ने चिन्ता बढेको छ । उनका बुवा यहुदी समुदायका अगुवा थिए भने उनकी आमा डोरोथी बालबालिकाका लागि धार्मिक ज्ञान बढाउने पुस्तक लेखिका थिइन् । अमेरिकाको ओमाहामा जन्मिएकी उनको शब्दकोश मोह बाल्यकालमा नै जागेपछि अन्य विविध भाषा र भाषिकाप्रति रूचि जागेको हो । ‘अन्य संकलक र उनीबीच एउटा तात्त्विक फरक छ,’ अक्सफोर्ड इङ्लिस डिक्सनरीका पूर्व सम्पादक जेसी सिडलोवर भन्छन्, ‘उनी शब्दकोश भेला मात्र पार्दिन थिइन्, ती सबैलाई विस्तारपूर्वक अध्ययन पनि गर्थिन् । उनले त विभिन्न संस्करणका शब्दकोशहरूको फरक पनि खुट्याइदिन्थिन् ।’ उनले कयौँ शब्दकोश सम्पादकहरूलाई नयाँ नयाँ शब्दका लागि र तिनको अर्थका लागि सहयोग गरेको मरियम वेब्स्टर डिक्स्नरीका प्रकाशक तथा अध्यक्ष जोन मोर्सले न्युयोर्क टाइम्सलाई बताएका छन् । उनीसँग भएका पुस्तकहरू कहाँ, कसरी राखिएका छन्, सबै कण्ठस्थ थिए । उनले तुरून्तातुरुन्तै ‘क्लासिकल डिक्सनरी अफ द भल्गर टङ (१७८५) अथवा द पकेट डिक्सनरी अफ प्रिजन स्ल्याङयुसेज (१९४१) जस्ता शब्दकोश अघिल्तिर ल्याइदिन्थिन् । कहिलेकाहीँ शब्दकोशका सम्पादकहरूले कुनै शब्दको चुनौती दिनेबित्तिकै केही समयभित्रै उनले त्यसको अर्थ फेला पारिदिन्थिन् । शब्दकोश संकलनका लागि उनी विभिन्न देशहरूसमेत घुमेकी थिइन् । एक पटक लन्डन यात्राका बेला उनले सन् १६९४ मा प्रकाशित ‘द लेडिज डिक्सनरी’ हात पारिन् । यो यति महँगो थियो कि उनी फ्रान्सस्थित निस पुग्ने कि पुस्तक किन्ने भन्ने दोधारमा परिन् । उनले पुस्तक किनिन् र निसस्थित साथीकहाँ पुग्न भने हिचहाइकिङ गरेको गर्वका साथ सुनाउने गर्थिन् । #dictionary #डिक्सनरी #विश्वकोश #शब्दकोश अक्सफोर्डमा साहित्य पढ्न ५६ लाख रुपैयाँको छात्रवृत्ति पाउने भाग्यमानी नेपाली: विश्व प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा छात्रवृत्तिमा साहित्य पढ्न पाउनु नै सौभाग्य हो । यसमा अझ ५६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि पाइन्छ भने त्यो संयोग कस्तो होला ? एक नेपाली विद्यार्थीका लागि भने यो सुखद संयोग जुरेको छ । यो सुखद संयोगको अनुभव गर्न पाउने भाग्यमानी नेपाली हुन्, चिरनराज पाण्डे । चिरनराजले अक्सफोर्ड विश्वविद्यालयमा करिब ५६ लाख रुपैयाँ बराबरको साहित्य लेखन अध्ययनको सुविधा पाएका हुन् । सन् २०२०–२०२१ को एक वर्षे कोर्षका लागि उनले यो रकम बराबरको अध्ययन सुविधा पाएका हुन् । संसारका १ हजार ५ सय भन्दा बढि आवेदकहरुको प्रतिस्पर्धामा उनी अब्बल ठहरिएको घोषणा अक्सफोर्डको साहित्य विभागले गरेको हो । उनले त्यहाँ विश्व साहित्यको अध्ययन गर्नुपर्नेछ । ‘मलाई सानैदेखि ऐतिहासिक उपन्यासमा रुचि थियो । त्यही कारण मैले अक्सफोर्डमा अप्लाई गरेको थिएँ, सफल भएँ ।’ हाल अमेरिकामा स्नातकको परिक्षा सकेर बसेका चिरनले साहित्यपोस्टसँग भने, ‘यो एक वर्ष मेरालागि जीवनकै महत्वपूर्ण वर्ष हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनी भविष्यमा दर्शनशास्त्री बन्न चाहन्छन् । अक्सफोर्डमा गरेको साहित्यको अध्ययनले भविष्यमा दर्शनशास्त्रमा सफलता पाउने उनको विश्वास छ । काठमाडौमा रहँदा उनी ब्रिटिस काउन्सिलको पुस्तकालयमा पुग्थे । त्यहाँ बालबालिकालाई साहित्य पढाउने ठाउँमा विश्व साहित्यका पुस्तक पढ्दा पढ्दै चिरनको यसप्रति रुचि बढेको सेतापाटी अनलाइन पत्रिकाले उल्लेख गरेको छ । यहि रुचिले उनलाई अक्सफोर्ड पुर्याएको उनका पिताले साहित्यपोस्टलाई बताएका छन् । उनका पिता चक्रराज पाण्डे प्रशिद्ध चिकित्सक हुन् । बसन्तको दाह्री साहित्य: मेरो नाम बसन्त अधिकारी । उमेर चाहीँ ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर । आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा । म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ । यद्यपि यसलाई सजाउँने र तस्बिर खिच्ने आइडिया चाहीँ सामाजिक अभियानमा क्रममा कोरियामा अध्ययन गर्न पुगेको बेला आएको हो । १० वर्षअघिदेखि सुरु भएको यो कलाका सबैजसो तस्बिर अहिले मसँग सुरक्षित छन् । मैले मेरो दाह्री जुँगालाई एक दशकका अवधिमा १ सय ५० रुप दिएको छु । मेरा दाह्री जुँगाका हरेक शैलि मेरालागि साहित्यकारका नयाँ पुस्तक वा गायकका नयाँ गीत जस्ता लाग्छन् । यो अरु कला जस्तै गाह्रो कला हो । यसका लागि म पुस्तकमा वर्णन भएका पात्रहरु, सिनेमामा देखिएका कलाकारहरुका अनुहारमा आफ्ना कल्पनाहरु प्रयोग गर्छु । इन्टरनेटका विभिन्न साइटहरुमा पाइने मानिसका दाह्री जुँगा पनि मेरो कलाका स्रोत हुन् । आजभोली कसै कसैले मलाई यी कलाको आइडिया दिनुहुन्छ । तर पुस्तकभित्रका पात्र, सिनेमाका कलाकार र इन्टरनेटमा भेटिएका तस्विरलाई मेरो दाह्री जुँगा अनुसार डिजाइन म आफैँ गर्ने भएकाले मलाई अपार आनन्द लाग्छ । म साहित्यको पाठक हुँ तर साहित्य रच्न सक्दिन । तर यो दाह्री कलामा कतै त कतै साहित्यको योगदान छ भन्न मलाई गाह्रो लाग्दैन । (अधिकारी विकल्प एन अल्टरनेटिभ नामक संस्थाका कार्यकारी निर्देशक हुन् । उक्त सस्थाले अर्थ राजनीति, सामाजिक एकरुपमातामा नीतिगत वहस, व्यक्तिगत था आर्थिक स्वतन्त्रताको मुद्दामा काम गर्छ ।) कलाकार तीर्थको लकडाउन सदुपयोग - कला कथा: लकडाउन असाध्यै बोझिलो भइराखेको छ भन्ने हामी सबैले महसुस गरिसकेका छौँ । कार्यालयको काम मात्रै गरिरहदा वाक्क दिक्क भएर लामो बिदा माग्नेहरु पनि अहिले आजित भएका छन् । केहि गर्न पाए हुन्थ्यो भन्ने सबैको मनमा छ । दिक्दारलाग्दो दैनिकी भएको छ धेरेको । यस्तोमा सिर्जनशील हुन सक्ने सम्भावना कत्तिको हुन्छ ? सायद यो प्रश्नमा धेरै मानिसहरुको फरक फरक विचार आउँन सक्छ । फुर्सद हुदैमा कोही सिर्जनशील बन्छ भन्न सकिदैन । त्यस्तै सिर्जनशीलहरुलाई दिक्दारलाग्दो दैनिकीले रोक्छ भन्न पनि सकिदैन । मानिस अनुसार हुने कुरा हो । यहाँ हामीले लकडाउनलाई सिर्जनशील भएर सदुपयोग गर्नेको कला कथा ल्याएका छौँ । यसलाई झापाबाट मायामितुले पठाउँनु भएको हो । यस पटकको कला कथामा मायामितुले धरानका कलाकार चिर्थ निरौलाका बारेमा चित्र आलेख तयार पार्नु भएको छ । धरानका स्थायी वासिन्दा तीर्थ निरौलाले काठमाडौंलाई कर्मथलो बनाएका छन् । तीन दशकदेखि कला क्षेत्रमा लागेका तिर्थका स्वदेश तथा विदेशमा दर्जनौ कला प्रदर्शनीहरु भएका छन् । उनका चित्रमा अर्ध अमूर्त र अमूर्त छवि देख्न सकिन्छ । उनका चित्रहरुले समय र परिस्थितिको प्रतिनिधित्व गर्छन् । उनी कला समीक्षक पनि हुन् । लकडाउनका अवधिभर उनले कोरोनासँग सम्बन्धित चित्रहरु कोरे । उनका कोरोना कलाका केही नमूनाहरु । विपिन कार्की एक, स्वरुप अनेक - लेखकका रुपमा अब किताब प्रकाशन गर्दै: नेपाली चलचित्र क्षेत्रमा विपिन कार्कीको बारेमा अब धेरै भनिराख्न पर्दैन । अहिले विपिन कार्कीको नाम मात्रै पनि नेपाली फिल्मी क्षेत्रमा बेग्लै पहिचान बोक्न सक्ने भइसकेको छ तर यो सफलता विपिन कार्कीलाई चिठ्ठा परेको वा आकस्मिकरुपमा उपलब्ध भएको भने होइन । लुट फिल्मको असाध्यै सामान्य भुमिका खेल्दा होस् या आरोहण गुरुकुलमा नाटकमा अभिनय गरिरहदा विपिन कार्कीलाई कसैले त्यति धेरै वास्ता गरेको देखिदैन थियो तर विपिन कार्की भने आफ्ना हरेक भुमिकालाई उत्तिकै वास्ता गर्थे । उनले आफुले अभिनय गर्नु पर्ने हरेक पात्रमा आफुलाई ढाल्न सक्ने गजबको कला विकाश गरेका छन् । यसैले त उनको नाम अहिले विशेष बनेको छ । नेपाली चलचित्रमा चरित्रलाई आधार बनाएर अभिनय गर्ने विपिन कार्की चाँडै लेखकका रुपमा उदाउँदैछन् । लकडाउनका अवधिमा उनले पुस्तकलाई अन्तिम रुप दिएको थाहा हुन आएको छ । कोरोनाको सक्रमणबाट पार हुने वित्तिकै पुस्तक बजारमा आउने थाहा पाएको छ । उनको पुस्तकलाई बुकहिल पब्लिकेसन्सले बजारमा ल्याउन लागेको हो । रङ्गमञ्च हुँदै चलचित्रमा आएका विपिन छड्केको ‘विन्दु’ र पशुपतिप्रसादको ‘भस्मे डन’ पछि लगातार नयाँ नयाँ चरित्रमा देखा पर्न थालेका हुन् । साहित्यपोस्टको शनिबार विशेष विपिनको लेखन जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछ । हामीले यहाँ विपिन कार्कीको कलाकारितालाई प्रतिनिधित्व गर्ने केहि तस्विरहरु संकलन गरेका छौँ । पक्कै पनि यो फोटो कथाले विपिन कार्कीका बारेमा केहि जानकारी भने दिनेछ । लकडाउन अनुभूति : भुइँ छुन नपाएका ४५ दिन: मायामितु देश छाडेपछि देशको माया लाग्छ । आफन्त बिछोड हुँदा आफन्तको यादले सताउँछ । माटो पनि त्यस्तै रहेछ, माथि उक्लेपछि भुईँको याद आउने रहेछ । चैत १० गते । म आफ्नै वासस्थानमा कोरोना भाइरससम्बन्धी खबर ध्यान दिएर सुनिरहेको थिएँ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिरदेखि यो भाइरसका बारेमा सुने पनि यससम्बन्धी सत्यभन्दा बढि हल्लाहरु सुनिरहेको थिएँ । आजको युग सञ्चारको युग भए पनि सत्य हामीबाट धेरै टाढा छ । रेडियोकर्मी भए पनि धेरै खबरहरु मध्ये सत्य खबर छुट्याउन हाम्रा लागि पनि गाह्रो छ । यहि मेसोमा सरकारले ११ गतेदेखि लागू हुने गरि लकडाउनको घोषणा गर्यो । लकडाउन हामी सबैका लागि नौलो शब्द थियो । मैले आफूले काम गर्ने रेडियो भिजनमा फोन गरेर यसको गाम्भीर्य बुझ्ने प्रयास गरेँ । रेडियोबाट फर्कँदा समस्या पर्ला कि भन्ने मेरो चिन्ता थियो । रेडियोबाट सहकर्मी दीपा पोखरेलले भन्नुभयो, ‘त्यस्तो समस्या नहोला । आउनु न । समस्या नै भए रेडियोमै बसौँला । काम गरौँला ।’ खासमा यो संवाद साच्चै यथार्थमा परिणत होला भन्ने उहाँले सोच्नु भएको थिएन । न त यसको गाम्भीर्य मैले नै महसुस गरेँ । चैत ११ गते विहान ४ बजे नै उठेर रेडियो जाँदा म खासै तयारी अवस्थामा थिईँन । आफनो नियमित काम सकिएपछि दिनभरी रेडियोमै बसे । अपरान्हतिर सहकर्मी साथीले मेरो वासस्थान सम्म छोडिदिनुभयो । त्यो बेलासम्म कोरोना भाइरस र यसबाट सर्ने रोगका बारेमा म गम्भीर थिईंन । यसरी हिँड्नु जोखिम हुन्छ भन्ने महसुस भएपछि मैले घरी घरी घर आउने र रेडयिो जाने कुरामा असुरक्षा देखेँ । बेलामा सचेत भइएन भने समस्या हुनसक्छ भन्ने लाग्यो । भोलीपल्ट बिहान एउटा सानो ब्यागमा केही कपडा र आवश्यक सामाग्री, दाँत माझ्ने ब्रस लगायतका सामान राखेर म ४ बजे मर्निङ वाक गर्दैगर्दै रेडियो आए । त्यसपछि अहिलेसम्म रेडियोमै क्वारेन्टीनमा बसेर काम गरिरहेकी छु । रेडियोमै भएपछि कामको समयतालिका पनि केही परिवर्तन भएको छ । समाचार कक्ष र प्राविधिक रेडियोमै बसेर अन्य साथीहरुलाई लकडाउनपछि आउन भनेर विदा दिइएको छ । यसले कोरोनाको असुरक्षा कम गरेको मात्रै होइन, अनेकथरि अनुभव गर्न पाइएको छ । आजको दिनसम्म आउँदा म रेडियोको तेस्रो तल्लामा बस्न थालेको ४५ दिन पुग्यो । वन लागेको डढेलो लागे जस्तै कोरोना भाइरस विश्वभर फैलिरहेको छ । यसको नियन्त्रणको एउटै मात्र उपाय लकडाउन र भौतिक दुरी कायम गर्नु देखिएको छ । त्यही लकडाउनको पालना गर्दै सुचना दिने काम हामी रेडियो मै क्वारेन्टीनमा छौं । हो, गएको चैत १२ गते रेडियोमा आएदेखि मैले जमिन टेकेको छैन । बच्चा बेलामा माटोमा खेलेको खुब याद आइरहेको छ यो बेला । माटोमा विभिन्न आकृति बनाउने, भत्काउने गरेको सम्झिराछु । माटो छुनै नपाइने त्यस्तो कुनै बाध्यता छैन । तर तल झर्ने काम नपरेपछि झरिदो रहेनछ । करिब ३० दिनपछि आफूले भूईँ नटेकेको अनुभव भयो । त्यसपछि दिन गन्ती गर्दै कति दिन भुईँ नटेके पनि जीवन चल्छ भन्दै तल झर्ने जाँगर देखाउँन छाडेँ । जति जति सोच्दै जान्छु, त्यति त्यति भूईंको माया लाग्दै गइरहेको छ । हेरैँ, कहिले मेरो धैर्यले ठाउँ छाड्छ । तर माटोबाट टाढा भएपछि नै त रहेछ, माटोको माया लाग्ने । म सोचिरहेको छु, कुनै बेला केही सोच्नु पर्यो, केही कुराले चिन्तित बनायो या सोचमग्न बनायो भने चोर औंलाले माटो खोस्रिएर सोच्ने क्रम रोकिएको छैन । यसरी माटो खोस्रिएर सोच्दा तनावमुक्त भएजस्तो लाग्छ । माटोमा ध्यान जान्छ र आफुले सहज महसुस गर्छु । यसले पनि अहिले मैले सबै भन्दा धेरै सम्झेको भनेको माटो नै हो । तपाई कुनै न कुनै बेला बाहिर जानु भयो होला, पसल जानु भयो होला, यसो घर बाहिरसम्म निस्कनु भयो होला तर म रेडियो बाहिर निस्केको छैन । जमिन टेकेको छैन । लाग्छ, माटो नै सम्पूर्ण प्रकृतिको आधार पनि हो । हाम्रो शरीर पछि माटोमै मिल्छ । संसारका ति सम्पूर्ण भौतिक कुराहरु अन्ततः माटोमै विलय हुन्छ । यसर्थ माटोसँग हाम्रो जीवन चक्र गाँसिएको छ । तपाई कुनै न कुनै बेला बाहिर जानु भयो होला, पसल जानु भयो होला, यसो घर बाहिरसम्म निस्कनु भयो होला तर म रेडियो बाहिर निस्केको छैन । जमिन टेकेको छैन । माटो प्रकृतिको सबैभन्दा नजिक हुने भएकाले पनि यतिबेला माटोमा समिझरहेकी छु । जुन चीज हुदैन त्यसको महत्व बढी हुन्छ हामीलाई । हुन त जन्मेदेखि अहिले सम्म माटोमै छौं हामी तर यो बीचमा यतिलामो समय भूई नटेकेको अनुभव भने कहिले थिएन । कतिखेर जाउ र बारी खोस्रिउ जस्तो नभएको पनि होइन । यतिबेला त झन प्रकृति पनि स्वच्छ भएको छ । अरुबेलाको जस्तै कानै खाने गरी गाडी हर्न बज्दैन । आकाश पनि निश्चल छ । हावा पनि स्वच्छ । बिहान झ्यालमै चराहरुको चिरबिर संगीतले झन बेग्लै उर्जा प्रदान गरेको अनुभूति हुन्छ । रेडियोमा बसेदेखि कोठाले उसैगरी मेरो बाटो हेरिरहेको होला । मुसाले कति पुस्तक काटिसक्यो होला । अज्ञात चिन्ता छुट्टै छ । तर पनि एक किसिमको उत्साह भने छ । सुरुका केही दिन बाहेक । मैले लकडाउन उल्ङ्घन गरे म मात्रै होइन, मेरो परिवार, समाज हुदै सिंगो देशमा नै महामारी फैलिन सक्ने खतरालाई आत्मसाथ गर्दै आफ्नो पेशागत धर्म रेडियोबाटै निभाइरहेकी छु आज सम्म । र यो क्रम लकडाउन भरी नै चल्नेछ । प्रविधिको प्रयोग गरेर रेडियोका नियमित कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं । सुुरुमा केही दिन भने असजिलो महसुस भयो । रातको अन्धकार भन्दा गहिरो पीडा र सन्त्रास मनमा छायो । विहान उठेदेखि राति १० बजेसम्मका समाचार बुलेटिनमा कोरोनादेखि बाहेक अरु पढ्ने समाचार नै भएनन । सुरु देखि अन्तिम खेलकुदसम्म कोरोना नै कोरोनाको समाचार । सहकर्मी साथीहरुले पनि कोरोनाकै मात्र कुरा गर्ने र टिभीमा पनि कोरोनाकै मात्र समाचार हेर्न थालेपछि । मानसिक रुपमा नै विक्षिप्त जस्तो पनि भयो । आफैलाई पनि एक महिना अघिदेखि लागिरहेको खोकी बिसेक भएकै थिएन । साथीहरुले पनि खोकेको सुनेर तपाईलाई पनि कोरोना भयो क्या हो भन्दा र कोरोनाका लक्षणहरु पनि आफूसँग मिल्दो जुल्दो भएकाले साच्चै मलाई पनि कोरोना त भएन भन्ने लाग्यो । र रेडियोमै पनि केही समय आफूलाई छुट्टै राखे । यो बीचमा केही साथीहरुले फोन गर्नु भयो, फेसबुक च्याटमा कुराकानी भए । डरले रेडियोमै बसेको भने केही साथीहरुले, केहीले सुरक्षित रहेर काम गर्नु भने । हामीले अरुलाई सुचना दिदा हामीले पनि त्यसलाई पालना गरौं भन्ने लाग्यो । हामी पास लिएर आउन जान सक्थ्यौं तर कोरोनाले ‘तँसँग पास छ’ भन्ने पक्कै थिएन । फेरि पनि आफू सुरक्षित हुदा परिवारका सदस्यलाई पनि ढुक्क भनेर रेडियोमै बसियो । यतिखेर एक दशक भएछ रेडियोमा काम गरेको । यो बीचमा मलाई रातिको समाचार भन्न खुब रहर थियो । पहिले धेरैपटक कोशिस पनि गरेको तर अवसर मिलिरहेको थिएन । यो पटक भने यो बन्दाबन्दीले त्यो इच्छा पनि पुरा गरिदियो । दैनिक जसो रातिको १० बजेको समाचार पढ्दा आनन्द लाग्थ्यो । समाचार सकिने बितिकै केही साथीहरुले भर्खर रेडियोमा समाचार सुने । अहिलेसम्म रेडियो मै हो भन्दै फोन गर्दा पनि गजब आत्म सन्तुष्टि मिलेको आभाष भयो । उनीहरुलाई वास्तविकता बताए पछि अझ हौसला दिदाँ थप उर्जा मिल्दो रहेछ । एक हप्ता त हो नि, एक हप्तामा इमेल इन्टरनेटका माध्यमबाट केही जानकारी लिन्छु, केही फिल्म हेर्छु भन्ने सोचेर पुस्तक नबोकी आएकी थिए । लकडाउन लम्बिन्छ भन्ने त थियो । तर, बीचमा आवश्यक सामान खरिदका लागि केही घण्टा खुलाउला भन्ने थियो र त्यतिबेला घर जाउला भन्ने थियो । त्यस्तो भएन । फेरि लकडाउन थपिएपछि भने चिन्ता थपियो । अब के गरेर समय विताउने ! पुस्तक पनि छैन । निकै तनाब भयो । केही साथीहरुसँग कुरा भयो । पुस्तकको पिडिएफ फायल पठाउनु दिनुभयो । जसजसले पठाउनु दिनु भयो । उहाँहरुलाई धन्यवाद । यदि तपाईहरुले पुस्तक नपठाइ दिनु भएको भए । कस्तो हुन्थ्यो यी दिनहरु ? कसरी बिताउथे मैले यो समय ? एक हप्ता त हो नि, एक हप्तामा इमेल इन्टरनेटका माध्यमबाट केही जानकारी लिन्छु, केही फिल्म हेर्छु भन्ने सोचेर पुस्तक नबोकी आएकी थिए । लकडाउन लम्बिन्छ भन्ने त थियो । तर, बीचमा आवश्यक सामान खरिदका लागि केही घण्टा खुलाउला भन्ने थियो र त्यतिबेला घर जाउला भन्ने थियो । त्यस्तो भएन । फेरि लकडाउन थपिएपछि भने चिन्ता थपियो । अब के गरेर समय विताउने ! यो बीचमा पुस्तक, फिल्म र गीत संगीत सबैभन्दा नजिकका साथी भए । कति निरस हुने थियो जीवन यी नभएको भए ? हो अनि मैले यो लकडाउनमा एउटा काम पनि सिके । म रेडियोमा काम गर्ने मान्छे । तर समाचार कक्षमा । मलाई इडिट गर्न आउदैन थियो । यो बीचमा मेरो उपलब्धी मैले इडिट गर्न सिके । साथै सेल्फ समाचार पढ्न पनि सिके । अर्थात आफै प्राविधिक, आफै समाचार वाचक । लकडाउनको उपलब्धी हो मेरो यो । जसले मलाई आगामी दिनमा काम गर्न अझ सहज र सरल हुनेछ भन्ने लाग्छ । यो बीचमा आएका समाचारहरुले अत्यास नल्याएको भने होइन । कतिपय समाचार हिक्कहिक्क हुदै पनि पढे । सयौं किलोमिटर भोकै गन्तव्य हिडेका मजदुरका खबर पढ्दा सम्हालिन निकै गाह्रो भएको थियो । दुई महिने बच्चालाई छाडेर कोरोना संक्रिमितको उपचारमा संलग्न नर्सले बच्चालाई स्तनपान गराउन नसकेको र छुन नपाएको समाचारले झन बढी गाह्रो बनायो । कतिको बाध्यता थियो होला, कतिपय यतिकै बाहिर निस्किए पनि आम नागरिकले यो लकडाउन हाम्रै लागि हो भनेर राम्ररी बुझेका छन् । त्यसैले त अहिले पनि कतिपयले लकडाउन खुकुलो पार्ने कुरा गरिरहदा जनता आफैले लकडाउन लम्ब्याउनु पर्छ भनिरहेका छन् । अनेक समयमा भएका विभिन्न आन्दोलनमा भएका बन्दहडतालका विरुद्धमा जनता उर्लिए पनि यो पहिलोपटक होला जनता आफैले समर्थन गरेको बन्द । ०००० घरमा १० वर्षकी भजिती छिन् । उनी फोनमा मलाई कोरोना भाइरसका बारेमा भनिरहन्छिन् । फुपु हात धोइरहनु पर्छ है । स्कुटीमा पनि कोरोना भाइरस धेरै दिनसम्म बाँच्छ रे । कोरोनाले छोयो भने त मरिन्छ है आदि इत्यादि । साना नानीहरुलाई पनि कोरोनाले धेरै असत्य र थोरै सत्य कुरा सिकाएको छ । ‘हजुर त ठूली भैसक्नु भयो । म त बच्चै छु । मर्न चाहन्न ।’ एक दिन उनले भनिन्, ‘घर आउँदा हिँड्दै आउनू है, गाडीमा पनि नआउनू, सर्छ ।’ यति सानो बच्चालाई पनि जीवनको यति चिन्ता लागेको देखेर छक्क परेँ । यो लकडाउनपछि बच्चाहरुमा गम्भीर मानसिक समस्या आउन थालेको उनको कुराले बुझ्न थालेको छु । अहिले अभिभावकले निकै गम्भीर रुमपा आफ्ना बच्चाको ख्याल राख्नु पर्ने अवस्था आइसकेको मैले बुझेको छु । किशोर–किशोरीमा पनि विद्यालय जान नपाएर विभिन्न समस्या आएको हुनुपर्छ । खाने, खेल्ने र डुल्ने अवस्थामा घरको कैदी हुँदा उनीहरुको अवस्था के भइरहेको होला अन्दाज गर्न सकिन्छ । बिहान कमाएर बेलुका खाने मजदुर बर्ग र उनीहरुका परिवारको अवस्था पनि अनुमान गर्न सकिन्छ । यो बन्दाबन्दीमा सबैभन्दा सुखी वन्यजन्तु, पशुपंक्षी हुन् । सयौं वर्षदेखि मानिसले यिनीहरुलाई दुःख दिए, आज स्वयं मानिस कैद छन् र उनीहरु स्वतन्त्रताका गीत गाइरहेका छन् । मलाई यति बेला लेखनाथ पौडेलको पिंजडाको सुगा कविता याद आइरहेको छ । अहिले मानिस पिंजडामा छ र सुँगा हामीलाई हेरेर त्यही गीत लेखिरहेको छ । फर्की जाऊ: यशोदा गैरे हर दिन हजारौँ मुत्युवाहक बनी घुमिरहन्छौ कोरोना अझै कति संसारभरि ? आकाशले पनि सन्ताप गरी बर्षा गराइरहेछ । चराहरु चिरबिर कुहुकुहु गरी नाच्नुपर्ने, उडनुपर्ने केही जोडी मात्र डुलिरहेका छन् । फूलका कोपिलाहरु फुल्न ठिक्क परेका पनि खै के पर्खिरहेछ किन पर्खिरहेछ ? आफ्नो सुभाष छर्न अझै । हरदिन शितल हावा चलिरहने मेरो घरबाहिर आजभोलि मन्द भएको छ । अहँ यसरी चल्दैन रीत रोकिँदैन हावा, छेकिँदैन सूर्य । केही दिन मात्र सताएका हौ तिमीले सायद हामीलाई मानव बनाउन, सभ्यता सिकाउन जीवन र मृत्युको महत्त्व बुझाउन, खुशी के हो ? घर के हो सम्झाउन र संसारको अस्तित्व बुझाउन पो हो कि ? म मात्र होइन हामी महसुस गरी पशुपक्षी, वनजङ्गलको माया बसाई दिन पो हो कि ? दिनहुँ यस्तो आतंक अब बन्द गर स्वतन्त्र भई जाऊ तिमी आफ्नै स्थानमा त्राहित्राहि बनाएर किन रमाइरहेछौ ? आखिर जीवन हाम्रो पनि हो तिम्रो पनि सायद स्वास फेर्न नसके तिम्रो पनि त अन्त्य हुन्छ । जसलाई तिमीले रातदिन पलपल सताइरहेछौ , यही मानवले नै तिम्रो अन्त्य गर्नेछन् विभिन्न रासायनिक औषधिको निर्माण गरिरहेको सुनेकै छौ होला तिमीले पनि । त्यसपछि, तिमीले सताएजस्तै हामीले पनि सताउने छौ हामीलाई रुवाएजस्तै तिमीलाई पनि रुवाउने छौ र आजित भई मर्नु सिवाय विकल्प हुँदैन तिम्रो । समयले सिकाइरहेछ सबको दिन आउँछ भनी आज तिम्रो, भोलि हाम्रो आउँछ पक्कै पनि खुशी भई, स्वस्थ भई बाँच्छौँ हामी पनि । तर, तिमीले सिकाएको एउटा पाठ याद रहन्छ सधैँ पैसा मात्र रहेनछ जिन्दगी साथ, सहयोग, स्वच्छ हावा घरपरिवार, खुशी रहेछ सबथोक । सूक्ष्म छौ तिमी तर निकै शक्तिशाली रहेछौ धनी-गरिब जात-भात धर्म केही नहेरी बिस्तारै बिस्तारै खाइरहेछौ अझै अघाएका छैनौ लाखौँ पुर्याएर पनि ? हो कति शक्तिशाली रहेछौ ! भयो बुझ्यौँ हामीले, झुक्यौँ तिम्रोसामु माफ गर अब र बाँच्न देऊ हामीलाई । सन्त्रासमा बसी जीवनमूल्य थाहा पाइसक्यौँ एक छाक खानाको महत्त्व बुझिसक्यौँ । थाहा छ तिमीलाई देशमा आर्थिक संकट पर्दैछ खाद्यान्नको अभाव हुँदैछ बजारमा सागसब्जी सकिँदैछ कतिपय ठाउँमा त भोकमरीले सताएको छ कतिले एक छाक मात्र खाएर बसेका छन् र आँगनमा सुतेका छन् । भयो, पुग्यो अब थाकिसक्यौँ जाऊ फर्की जाऊ, कहिले नआउने गरी जाऊ फर्की जाऊ, कहिले नआउने गरी । तिमीले सिकाएको एउटा पाठ याद रहन्छ सधैँ पैसा मात्र रहेनछ जिन्दगी साथ, सहयोग, स्वच्छ हावा घरपरिवार, खुशी रहेछ सबथोक । विदेसिएका र बिकेका राष्ट्रवादीहरु: सञ्जय शान्ति सुबेदी बिकेका राष्ट्रवादीहरु, देशैभरि सलबलाएका छन् कोही गरिबको मसिहा बन्छन्, कोही नागरिक अगुवा, कोही सञ्चारगृहको मालिक, कोही दलाली व्यापारी त कोही कालो बजारी कोही बन्छन प्राध्यापक त कोही बन्छन् प्राज्ञ, कोहीलाई बनाइन्छ विज्ञ । कोही जनजातिका नेता, कोही मनमानीका नेता, कोही धर्मका नेता, कोही युद्धका नेता, के गर्नु भनेर गरिबको नेता ऊ स्वतन्त्रताको सेनानी, दलाली गर्छ, भ्रष्ट छ जताको खान्छन् नुन सोझो गर्छन् त्यता विदेशीले सीमा मिच्दा वा फिरङ्गीको प्रिय बनी बिकेको छ जो सबैभन्दा उही कहलिन्छ राजनेता । बिकेका मानिस, मानिस रहन्न उसका अनेक पदावली हुन्छन् राजदूत, सल्लाहकार कुलपति, रजिस्ट्रार सञ्चारकर्मी वा पत्रकार वकिल, न्यायाधीश, बुद्धिजीवी अभियन्ता त कोही कलाकार । “रातो किताब” पढाउलान् “शुभ सन्देश” सुनाउलान् टाइ-सुट भिराउलान् मानव अधिकार र पहिचानको नाममा वाक्स्वतन्त्रता र गरिबी उन्मूलन वा पि.आर., ग्रीनकार्ड र डिभी भन्दै अध्ययन, अनुसन्धान र अवसर या अनेक नाममा नथ्याएर लतारिँदैछन् राष्ट्रवादीहरु त्यसैले बढ्दैछ सङ्ख्या जताततै छन् बिकेका राष्ट्रवादीहरु । हो जताततै छन् राष्ट्रवादीहरु कोही बिदेसिएका पनि छन् “जय हिन्द” भन्दै बुट बजार्ने वा अनुदानमा पढ्दै मुख बटार्ने पुल्चोक र महाराजगञ्जमा पढेका बिदेशतिर छन् कति-कति देशका लागि शून्य बराबर शोखिन युद्ध लडिरहेछन् ती महान् ‘किबोर्ड वारियर’ । हो, ऊ विदेसिएको राष्ट्रवादी उसको कहर पनि भिन्न छ आफ्नो मैमत्ताको दोकान थाप्न नवीन विचारझैँ लाग्ने भ्रमहरु आफ्ना लेखोट, पुस्तक वा फेसबुक र ट्वीटरका भित्तामा रङ्ग्याउँछ भरपुर पुस्ट्याउन खोज्छ राष्ट्रवादी मुकुण्डो । नेपालले जन्माएको पढाएको, हुर्काएको कर्तव्यविमूढ विद्वान युवा पीआरधारी स्वेच्छाचारी हो, उही त्यही त हो ऊ बिदेसिएको राष्ट्रवादी । सबैलाई बिकिन हुन्न रहर जो सक्दछ बाँच्न ऊ बिकिदिन्छ, जो बाँच्न सक्दैन, सक्दैन ऊ केही गर्न जो बिक्दछ, ऊ ठाँटिन्छ, जो सक्दैन, ऊ जाकिन्छ, बिकेर जमेको राष्ट्रवादी फर्किन्न निधि जब सक्षम हुन्छ बरु ऊ फर्किन्छ लड्न बिकिएका राष्ट्रवादीसँग, फर्किन्छ आफ्नै देश, लड्न बिकिएका राष्ट्रवादीसँग । वैशाख ७, २०७७ (अक्ल्याण्ड) आफ्नो मैमत्ताको दोकान थाप्न नवीन विचारझैँ लाग्ने भ्रमहरु आफ्ना लेखोट, पुस्तक वा फेसबुक र ट्वीटरका भित्तामा रङ्ग्याउँछ भरपुर नलिनी: निर्मला कोइराला नलिनी ! म तिमीलाई प्रेम गर्छु तिमीलाई कञ्चनजङ्घा जस्तै निष्कपट प्रेम गर्छु । प्रिय नलिनी ! तिम्रो शालिनताभित्र पस्न डराएको म तिम्रो व्यक्तित्वदेखि खुम्चिएर भाग्न खोजेको म तिमीले कत्ति सजिलै मेरा संकुचनहरूलाई, हृदयमा उम्रिएका अप्ठ्यारा काँडाहरूलाई, मत्थर पारेर नामेट गरायौ, विचारको युध्दमा जित्न सिकायौ, जीवनको गति र गतिशीलता सिकायौ, मलाई साँच्चै ‘म’ हुन सिकायौ, तिमीसित म ऋणी छु साँच्चै ऋणी छु नलिनी । तिमीलाई भेट्नुअघि मैले नदीमा कुनै वहाव देखिनँ, चराको मधुरतम् चिर्विराहट सुनिनँ, नीलो आकाश र स्वच्छ धरती देखिनँ, बच्चाहरूको तोतेमिश्रित आवाज सुनिनँ, नढाँटी भन्छु नलिनी ! मैले मेरो जीवनलाई ‘जीवन’ भनेर महसुस गर्नै सकिनँ । तिमी शङ्का नगर नलिनी, मैले तिमीलाई गर्ने प्रेम पहाडी मूलबाट झरेको छङ्छङाउँदो झरनाजस्तै हुनेछ, अग्लो डाँडाको सल्लाघारीमा सुसाएको मन्द बतासजस्तै हुनेछ, मन्दिर, मस्जिद, चैत्य र गुम्बाभन्दा पनि अलौकिक र दिव्य हुनेछ जहाँ तिमी र म आफैँलाई बिर्सिएर कल्पनातीत स्वर्गीय आनन्दमा समाहित भइरहेका हुनेछौँ । तिम्रो शालिग्राम सिञ्चित कालीगण्डकीजस्तै पवित्र प्रेमको गहिराईमा अर्को एउटा स्वर्गको रचना हुनेछ जहाँ तारा र जूनसमेत लुकामारी खेल्न तँछाडमछाड गर्दै आउनेछन्, जहाँ स्वर्गका परीहरूले अचम्भित भएर हार मान्दै लामो-लामो निःश्वास छोड्नेछन् । मेरी प्रिया ! त्यो देवलोक, दैत्यलोक वा परीलोक केही होइन, त्यो स्वर्ग, मर्त्य र पाताल पनि होइन जहाँ तिम्रो दिव्यतासित जहाँ तिम्रो पवित्रतासित काम, क्रोध, लोभ र मोहको । कुनै साइनो जोड्ने छैन म । बस्, त्यहाँ हुनेछ जीवनका बेअर्थी धूनहरूबाट माथि उठेर परमानन्दमा उत्सर्जित सच्चिदानन्द भित्रको एउटा सिङ्गो ब्रम्हाण्ड । (नोबेल पुरस्कार विजेता प्रख्यात भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोर र उनकी मानस-प्रेमिका नलिनी (अन्ना) मा समर्पित कविता ।) तिम्रो शालिग्राम सिञ्चित कालीगण्डकीजस्तै पवित्र प्रेमको गहिराईमा अर्को एउटा स्वर्गको रचना हुनेछ जहाँ तारा र जूनसमेत लुकामारी खेल्न तँछाडमछाड गर्दै आउनेछन्, जहाँ स्वर्गका परीहरूले अचम्भित भएर हार मान्दै लामो-लामो निःश्वास छोड्नेछन् । थेत्तरो माग्ने : नवराज कार्की: नवराज कार्की कस्तो अटेरी माग्ने टेर्दै नटेरी माग्ने पटक पटक धकेल्दा दुत्कारिँदा नभाग्ने ! जुठोपुरा कसैको घिनै नमानी थाप्ने घर-घर घुमेर माग्ने थर-थर भएर माग्ने जति दिउँ जड्यौरी नाङ्गै छ त्यो नढाक्ने ! झण्डा लिएरै माग्ने धन्दा भनेकै माग्ने क्या- मृत चेतना हो कहिल्यै पनि नजाग्ने ? साँढे भनूँ कि गोरू नाघेर बार खाने हजारबार जाने सधैँ अरूकै दाग्ने ! बानी परेको थाङ्ने ! यता ठटाए भाग्यो उता धपाए फर्क्यो हिजो कुटेको बिर्स्यो थाक्दा पनि नथाक्ने ? लौ, सक्किएँ मरेँ म दिऊँ त हुँदै भएन जित्ने हुती रहेन अरू बसेकै ताक्ने ? पछुवा छँदा नि ठग्ने अगुवा हुँदा नि हग्ने छि ! फोहरी अघोरी सुन्दा नि लाज लाग्ने ! कस्तो अटेरी माग्ने ! झण्डा लिएरै माग्ने धन्दा भनेकै माग्ने क्या- मृत चेतना हो कहिल्यै पनि नजाग्ने ? मान्यवर अब आराम गर्नुस् : झलक मगर: झलक मगर युगौँदेखि आकास चिथोरेर, धर्ती फोरेर मैले उब्जाइरहेँ श्रमको मह मेरो श्रमको मह काढेर लगिरहे धर्मावतारहरुले मैले स्वस्ती गरिरहेँ युगौँदेखि आफैँलाई नङ्ग्याएर शीला देशको झण्डा भन्ने आदेश आइरह्यो विष्णुवतारको मैले हस् भन्दै स्वस्ती गरिरहेँ युगौँदेखि आफैँलाई खलाँती बनाएर बनाइरहेँ न्यायदातालाई तरवार तिनै तरवार बारम्बार तेर्सिरह्यो मेरै घाँटीमा मैले भुलचुक माफी बक्सियोस् न्यायदाता भन्दै स्वस्ती गरिरहेँ अलिक अस्तिताका ताराहरु बोकेर आए एक हुल मानिसहरु बिहानी ल्याउँछु भन्थे होला त नि भनी पठाएँ आफ्नै एक जोसिलो समय मिर्मिरे हुनै आँटेको थियो बिलाए ताराहरुझैँ मस्त निदाए दरबारको शयनकक्षमा कुम्भकर्णझैँ अल्लिपछि आए एक हुल राता मानिसहरु लड्नु पर्छ भन्थे ठोक्नु पर्छ भन्थे भत्काउनु पर्छ भन्थे लडे, ठोके र भत्किए आफैँ साना-साना चोइटामा तिनै एक चोइटा दौडिए जंगलभरि शासकहरु जुका हो मार्नुपर्छ त्यसलाई भन्थे शासकहरु सामन्ती हुन् लखेट्नु पर्छ त्यसलाई भन्थे पहिलो पटक सुनेका त के-के थिए थिए तपाईंको रगत मागेको छ भन्थे होला त नि भनी एक त्रिशूली रगत बगी पठाएँ अहिले तिनीहरु नै टिनिक्क टन्केको देख्छु पछि पनि कति आए आए सेतै कपाल फुलेका आए भर्खरै दुध भुलेका आए भाङ्ग्राको इतिहास पढाउन आए सालैजोको भाका तन्काउन आए मेरै लागि आएका भन्थे होला त नि भनी ठानेँ मेरै लागि गाएका भन्थे होला त नि भनी ठानेँ तर, आज पनि अभावका जुल ढुंगाले मेरो शीर किन थिचिरहेछ ? आज पनि मेरो भविष्य कृष्णभीरले किन पुरिरहेछ ? किन थचक्क बसिरहेछ गरिबी मेरो जीवनमा कुष्ठरोग बनेर ? किन बगरको गिट्टी र अरबको रेमिट्यान्स पाकिरहन्छ मेरो भान्सामा ? ओ मञ्चमा उभिएर मेरो अधिकारको माग गरिरहेको मेरो मान्छे तल आउ त, एकचोटि दाँज्न मन छ मेरो भोकले र तिम्रो बोझले च्यातिएका यी खल्ती ओ कर्पोरेट दरबारका मालिक, ढोका खोल र कापी कलम लिएर आऊ मेरो गरिबीको विवशता बेचेर आर्जन गरेको आयमा आज मेरो हिस्साको हिसाब-किताब गर्नु छ धेरै गरियो विश्वास र धेरै भोगियो विश्वासघात पनि धेरै गरियो आश र धेरै पाइयो निराश पनि हे परिवर्तनका नायक हे समाचारका संवाहक हे आवाजविहीनहरुको आवाज आज मैले मेरालागि मैलाई सक्षम बनाएर आएको छु अब, म आफैँ बोल्नेछु मेरो आवाज म आफैँ लड्ने छु मेरो लडाइँ म आफैँ पोख्त हुनुछ कर्तव्यपथमा म आफैँ व्यस्त हुनुछ अधिकारभोगमा अब म आफैँ निकाल्छु शताब्दीऔँदेखिको थिचोमिचोको सुता-सुता हिसाब अब मेरो व्यथाको बाँण बोकेर म आफैँ कोर्नेछु कर्मको मैदानमा मेरो भाग्य मान्यवर अब आराम गर्नुस् । #खरमटारे अलिक अस्तिताका ताराहरु बोकेर आए एक हुल मानिसहरु बिहानी ल्याउँछु भन्थे होला त नि भनी पठाएँ आफ्नै एक जोसिलो समय मिर्मिरे हुनै आँटेको थियो बिलाए ताराहरुझैँ मस्त निदाए दरबारको शयनकक्षमा कुम्भकर्णझैँ सपना तेर्साएरै: राजन ढकाल, म्यान्मा मायाको रथ हाँकेको थिएँ, सपना तेर्साएरै तिम्रै साथ खोजेको थिएँ, सपना तेर्साएरै । सफल विफलको वास्ता भएन त्यतिखेर जतिखेर मन चोरेको थिएँ, सपना तेर्साएरै ।। यो मुटुमा कताकता तिम्रै खाटा बसिसकेर तिमीमै विलय भएको थिएँ, सपना तेर्साएरै । साँघुरीएको मन फराकलो बनाएर जानू प्रेम प्रस्ताव राखेको थिएँ, सपना तेर्साएरै ।। पैदल भयो मेरो यात्रा भेट्न सकिन तिमीलाई सजिलै भेट्ने सोचेको थिएँ, सपना तेर्साएरै । समयको चमत्कारिक अनुहार: दामोदर पुडासैनी अहिले भर्खरै हामी सबैलाई सुलुत्तै निल्न जाइलाग्यो एउटा समय हाम्रो सामु हार्नुपर्छ कलुषित समयले अबको समय मान्छेको जीतको समय हुनुपर्नेछ मान्छे बिना यो सँसार हुनुको कुनै अर्थ छैन तिम्रो अनुहार उज्यालो र हँसिलो देखेपछि मात्र सुकिलो हिमाल बन्छ मेरो मुहार सबेरैदेखि म तिमीसँगको माया बारे सोचिरहेछु तिम्रो माया पाएपछि फरक ब्रयाण्ड र ट्रेडमार्कमा स्थापित भएको छ प्रेमको परिभाषा मान्छे मान्छेको प्रेमको नयाँ परिभाषा र मान्छे फैलाउँने नयाँ सूत्र फिँजाउँने जिम्मा छ तिमी र मा अवको समय एक निमेषपनि खेर जानेछैन हाम्रो मुट्ठीबाट तिम्रा आँखामा सजिएका सुन्दर सपना र मनमा सजिएका असीम ईच्छाहरू हर्षका नदी बनेर फैलियुन पर परसम्म समय लज्जावती उभिएकोछ आऊ,हामी मिलेर खोलौ यसको रँगिन घुम्टो र हेरौ समयको चमत्कारिक अनुहार -२०७७ बैशाख १ गते बिहान ७.३० बजे तिम्रो अनुहार उज्यालो र हँसिलो देखेपछि मात्र सुकिलो हिमाल बन्छ मेरो मुहार सबेरैदेखि लकडाउनमा सुफीसँगको प्रेम: यस गैरे केही महिनादेखि हामी कोरोना भाईसको माहामारीबाट गुज्रिरहेका छौ । यो संक्रमणकालीन अवस्थामा मन मस्तिकले धेरै साथ दिदोरहेनछ । डर त्रास आशंकाका बिच मनलाई केहि राहत प्रदान गर्दो रहेछ पुस्तकको अध्ययनले । राम्रो र असल साथीको रुपमा मैले धेरै किताबलाई रोजे । कतिपय किताबहरु पढदै जाँदा त्यहाँ लेखिएका शब्दले मन छुन्छ । सुबिन भट्टराईद्घारा लेखिएको उपन्यास प्रिय सुफी पनि मेरो मनमा बस्न सफल भएको छ । आधुनिक युवायुवतीहरुको प्रेम र जीवनको भोगाईहरुलाई शब्दमा उतारी लेखकज्यूले पाठकको मन जित्नु भएको छ । प्रिय सदा, “सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ । जति ओखती खाँउ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ ।” यति चोटिलो वाक्य साधारणको मुखबाट व्यक्त हुनै सक्दैन । जसले सदाको जस्तो जीवन व्यतीत गरेको छ, उसको अन्तरमनबाट मात्र निस्किन्छ । यी हरफहरु पढ्दा म आफै सदा, सुफी र भास्कर कै अगाडिबाट जीवन्त हेरिरहेको अनुभव गरे र आखाँबाट तपतप धेरै पटक आँसुु झारे । बेलाबेलामा फोनको घण्टीले झसङंग बनायो तर आफैलाई पुनः सदा सँगै पाए । प्रिय लेखकज्यू, घरिघरि सदाले अनुभव गरेका घटनाहरुलाई आफनै अनुभव सँगै दाँज्दै पन्नाहरु पल्टाउँदै गरे । केही पीडा सदाका जस्तै यशोदाका पनि रहे जीवनमा, केही दुखाइहरु जीवन्त रहने गरी बसेका पनि छन । सदाको आकाङ्क्षा, सपना र प्रेमको चक्रव्यहु, निर्दयी भएर घुमिरहेको छ । यति धेरै चोटलाई सहेर वाच्न सक्नुमा सदाप्रति सलाम छ र सुफीको प्रेम सदा प्रति अनुकरणीय छ । त्यसैले प्रिय सुफी तिमी असल अभिभावकको प्रतिरूप हौ । तिमीप्रति नमन छ । सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन, जो वास्तविकतामा, दुरदुर सम्म पनि कहि नजर आउन्नन् । सदाले विपनाका कुरा सपनामा देखिन् र सपनाका कुरा विपनामा भोगिन् । यस्तो अन्तरसम्बन्धित घटनालाई लेखक सुविन भट्टराईले सदाको अर्थात आधुनिक महिला पात्रको मन पढेको र त्यसलाई दृश्यमा उतार्न सफल हुनुभएको छ । सुफीले भनेकी छिन्, “जिन्दगी सोचे जस्तो कसैको हुदैन तर जिन्दगीमा सोच्नै छाडनु चाहिँ कसैले हुन्न” । यसबाट सुफी पनि आफ्नो जिन्दगीबाट सन्तुष्ट नभएकी हुन् की भन्ने अनुमान रह्यो मेरो । पढ्दै जादा सुफीले जीवनलाई गहिरिएर बुझेकोे र प्रेमपूर्वक जीवनलाई बिताउन प्रयास गरेको देखिन्छ र सदालाई जिवनको मूल्य र महत्व सिकाईरहेकी हुन्छिन् । अन्तिममा सुफीकै प्रेमले सदालाई आत्महत्या गर्नबाट बचाएको र सुफीकै आग्रहमा सदाले उपन्यास लेखी चर्चित हुनुले निस्वार्थ प्रेमको प्रतिरुप नै सुफी भएकोले प्रिय सुफीले न्याय पाएको अनुभव गरे । जीवन आफनो लागि जिउने हो । सबभन्दा महत्वपूर्ण कुरा आफैले आफुलाई प्रेम गर्नु पर्छ, आफ्नो प्रेमले नै संसारलाई सुन्दर, हराभरा र अरुलाई खुसी दिन सकिन्छ । तबमात्र वास्तविक जिवनको अर्थ थाहा हुन्छ । यसै गरी ‘हरेक मानिस यात्री हो र उसको सबभन्दा मन मिल्दो सहयात्री ऊ आफै हुन्छ ।’ यस वाक्यले आजको समयको यथार्थ चित्रण गरेको पाए । मानिस हजाँरौको भिडमा पनि एक्लो बाचिरहेछ, स्वतन्त्रता खोजिरहेको छ सायद यही आधुनिकताको प्रारुप हो । “मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरु ज्यादा उनिन्छन ।” “सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन, जो वास्तविकतामा, दुरदुर सम्म पनि कहि नजर आउन्नन् ।” “धेरै आस गर्ने बानी भएपछि मान्छे आफ्नै मनको दास हुन्छ ।” यी वाक्यहरुले गुमिसकेको कुराहरुलाई फेरि पाउने अभिलाषाले भौतारिरहेको र चिन्तनगरि दुःखी भइरहने यथार्थलाई दर्शाएको छ । “प्रेम त यस्तो होस, जसले मानिसलाई ब्युझाओस तर नबिझाओस ।” “केही महिना ओछयान मात्र पर्नुपर्छ, कसले प्रेम गर्छ, कसले गर्दैन, सर्लक्क छुट्टिदो रहेछ ।” “कसैलाई पाउन सकिन्न भनेपछि मान्छेलाई झन उहि चाहिन्छ । कसैले आफ्नो जिवनमा ढोका थुनिदियो भने उसैको ढोका ढकढकाउन मन लाग्छ ।” “केही मानिस तक्दिरमा लेखिन्छन, केही मानिस तस्बिरमा भेटिन्छन ।” यी पंक्तिहरुले प्रेमलाई परिभाषित गर्न खोजेको छ । प्रेमले ब्यक्तिलाई सबल, उत्प्रेणा, स्वास्थ्य, जागरुक र प्रगति उन्मुखतर्फ लग्न सक्नुपर्छ । प्रेममा स्वतन्त्र अनुभव गर्न सक्नुपर्छ । प्रेम प्राकृतिक चिज हो । प्रेमलाई बन्धनमा बाँधिनु हुन्न, जब बन्धनमा बाध्छौ अनि प्रेमको अस्तित्व हराउछ । यहाँ सुफीले गरेको प्रेम पवित्र थियो तर भास्करको प्रेमले स्वार्थ देखाउछ । जब सुफी बिरामी पर्छिन, भास्करले उनको रोगलाई आफ्नो मायाले साथ दिएर निको बनाउनु पर्नेमा उनलाई छोडिदिन्छ । सुफीको प्रेमलाई अपमान गर्छ । भास्करको लागि प्रेम शारिरिक आर्कषण मात्र रहेको पुष्टि हुन्छ । सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ । जति ओखती खाँउ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ । प्रत्येक पन्नाहरु पल्टाउदै जादा, कथाले लुकेर रहेका नमिट्ठा अनुभवहरुलाई एकएक गरि केलाईरहेको पाए । किताबको आधापृष्ट पुगेपछि केहि आशाका किरणहरुले छोए जस्तैः “समस्या भन्ने चिज जत्रो देखिन्छ, मानिस त्यसको गुणन गरेर बाच्छन ।” “समस्या पहाड जत्रो होस, हिम्मत एकएक पाईला अघि बढाउछु भन्ने साहस मानिसमा हुनुपर्दछ ।” “मान्छे एउटै कारणले मरिदिन्छ । सोच्दैन, बाच्ने हजार कारण हुन्छन ।” “जिन्दगी तिमी आँशुको खहरे लिएर आऊ, म मुस्कानले सागर लिएर पर्खिउला ।” “संसारमा म फैलिएर बाँच्नेछु । यति फैलिनेछु कि संसार मेरालागि साँघुरो होस् । यति उड्ने छु कि आकाशको फैलावट मलाई कम लागोस् । यति हिड्ने छु कि मलाई बाटोहरुले नपुगोस् । यति बाँच्नेछु कि मलाई जिन्दगीले नअघाऊ ।” “प्रिय जिन्दगी आजबाट म तिमीलाई खुब प्रेम गर्नेछु ।” यी हरफहरुले हरेक ब्यक्तिको जीवनमा दुख पछि सुःख अवश्य आउँछ । यतिमात्र हो कि आफ्ना दुखाईलाई एउटा सिकाईको पाठ सम्झि आशावादी भएर अगाडी बढनुपर्दो रहेछ भनेर पुन सम्झाउछ । प्रिय सुफीमा यति यथार्थवादि र जीवन्त वाक्यहरु कोरिएका छन जसबाट जीवनदेखि निरास भएर बाचिरहेका, प्रेममा धोका पाएका, आफ्नो लक्ष्य बिर्सी संसारिक मोहमा फसिरहेका आजका हामी युवायुवतीहरुलाई सहि मार्गदर्शन दिइएको छ । अन्तिममा, यस उपन्यासले सदालाई एउटा सफल पात्रको रुपमा प्रस्तुत गरेको छ । बाल्यकालमा इर्ष्याको भावना देखाइए पनि सुफीले सदालाई दुखपर्दा पलपल साथ दिएकी छिन । आमाको ममता बोकेकी विशाल हृदय भएकी बहिनीको भेषमा आएकी सुफीे बौद्धिक ज्ञानले भरिपूर्ण छिन् । यिनै सुफीकै कारण सदा वास्तविक रुपमा सदा कै रुपमा परिचित हुन पुगिन् । यहाँ जस्तो सुकै बिषम परिस्थितीमापनि हरेक ब्यक्तिलाई परिवारको अनिवार्य साथ चाहिन्छ भन्ने पुष्टी हुन्छ । पेशल आचार्यका दुई कविताहरु: आदर्शहरूमा स्किन डिजिज् इमानको इजलासमा बेइमानको बकपत्र जात्री छ ईश्वर वकिल मानिस झगडीया र समय अदालत हाम्रा सामु खडा छन्, ज्वाने झारले धान खर्लप्प बनाएझैँ मानिसका आदर्शहरूमा यतिखरेर ‘स्किन डिजिज’ भएको छ व्यवहार पानी हालिएको पन्यालो दूध सान्त्वना बेट्री सकिएर रोकिएको क्वार्ज घडी पथ आत्मादेखि परमात्मा सम्मको नालाझैँ प्रदूषित छ, खै ! मनका राजमार्गहरूमा ट्राफिक जाम छ तनावको बोलीको आकासमा झगडाको चट्याङ् परेको छ एकथरी ईश्वरको सर्व व्यापकताको सप्रसङ्ग व्याख्या गरिरहेछन् अर्काथरी ईश्वर मृत्युको फेरि घोषणा गरिरहेछन् मैले रूखलाई सोधेँ पहाडलाई झक्झक्याएँ नदीलाई प्रश्न राखेँ चरालाई फूललाई र अबोध बालकलाई पनि सृष्टिको प्राथमिक अहम् के हो ? सबैले सबै सबैले समवेत स्वरमा भने प्रकृति । मैले रूखलाई सोधेँ पहाडलाई झक्झक्याएँ नदीलाई प्रश्न राखेँ चरालाई फूललाई र अबोध बालकलाई पनि सृष्टिको प्राथमिक अहम् के हो ? २. पाश्र्वमा कुर्सी उहाँ गएपछि सँगसँगै उहाँ बस्ने कुर्सी पनि भाँचियो, मेरो देशमा कुुर्सीका लागि झुत्ती खेल्छन् बुझेका मानिसहरू विराजमान रहँदा कुर्सीमा कसैको अदपका साथ मान मनितो हुन्छ व्याख्या विश्लेषण प्रशंसा र तीर्यक महिमा सबै कुर्सीका तिजोरीबाट झिकिएका नक्कली आभुषणहरू हुन्, देश जति सुन्दर छ त्यति नै कुरूप छन् यहाँका कुर्सीवाजहरू एउटा कुर्सीको खेलाडी कुर्सी हत्याउन अर्को कुर्सीवाजसँग निर्लज्ज मल्लयुद्ध गर्छ गाउँमा गोरु जुधेको कति राम्रोसँग हेर्छन् हाम्रा केटाकेटीहरू ! सहरमा कुर्सीसँग कुर्सी जुधेको धेरै सुनियो धेरै देखियो यसपटक उहाँ गएपछि सँगसँगै उहाँ बस्ने कुर्सी पनि भाँचियो । देश जति सुन्दर छ त्यति नै कुरूप छन् यहाँका कुर्सीवाजहरू एउटा कुर्सीको खेलाडी कुर्सी हत्याउन अर्को कुर्सीवाजसँग निर्लज्ज मल्लयुद्ध गर्छ पत्रिकामा फिचर लेख्ने काइदा: खोज पत्रकारिता केन्द्र धेरै मिहिनेत गरेर खोजी गरेको स्टोरी बाहिर आउँदा कस्तो प्रभाव पर्ला भनेर सोच्ने बेलामा मसँग पाठकलाई बताउने स्टोरी साँच्चै छ त भनेर आफैंलाई सोध्नुपर्छ । अतुलनिय र उत्कृष्ट बन्न सक्ने खोजमूलक स्टोरी राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा स्टोरी कसरी तयार गरिएको छ र कसरी लेखिएको छ भन्नेमा भर पर्छ । स्टोरीको महत्वपूर्ण पक्षका बारेमा सोचविचार गरिएको र त्यसलाई सबैभन्दा शक्तिशाली बिम्बमार्फत व्यक्त गरिएको स्टोरीले पाठकलाई साँच्चै प्रभावित पार्छ । ‘स्टोरीको सुरूआतमा विषयवस्तुलाई रोचक ढंगले प्रस्तुत गर्नुपर्छ अर्थात् लिडले पाठकको ध्यान तान्नुपर्छ । लिडमा नभई नहुने जानकारी मात्र दिनुपर्छ । थप जानकारी पछि दिनुपर्छ’, वरिष्ठ अमेरिकी पत्रकार स्टेफेन फ्र्यान्कलिनले यस्तो सल्लाह दिएका छन् । यसका साथै आफूले पाएका जानकारीलाई इमानदारीपूर्वक लेख्नु पनि उत्तिकै जरूरी हुन्छ । आफ्नो स्टोरीसँग अमिल्दा बिम्ब राख्नुहुँदैन । घटनालाई सनसनीपूर्ण बनाउनु पनि हुँदैन । पाठकको विश्वास जित्नु ठूलो कुरा हो । पाठकलाई असत्य जस्तो लाग्ने कुरा वर्णन गर्दा पाठकले पत्याउँदैन । स्टोरीमा सबै जानकारी प्रस्तुत गरिसकेपछि स्टोरीको अन्त्यमा त्यसको सार खिच्नुपर्छ र त्यसलाई प्रमाणित गर्ने तथ्य दिनुपर्छ । गलत काम भएको छ भन्ने कुरालाई पुष्टि गर्न इन्कार गर्न नमिल्ने खालको प्रमाण पेश भएको स्टोरी नै राम्रो खोजमूलक स्टोरी हो । तर शब्द र प्रमाणको उपयोग गर्दा र प्रमाणलाई एकअर्कासँग जोड्दा हेलचेक्र्याइँ गरिएको छ भने विश्वसनीय जस्तो लाग्ने स्टोरी पनि अर्थहीन हुन्छ । अझ खराब कुरा के हुन्छ भने राम्रोसँग ध्यान दिइएको छैन भने स्टोरीले मानहानी गरेको ठहरिन सक्छ । परिभाषा र उदाहरणः विशिष्ट र जटिल शब्दावलीको परिभाषा दिनुपर्छ । एउटा स्टोरीका भिन्न ठाउँमा एउटै शब्दावलीलाई भिन्न भिन्न किसिमले परिभाषित गर्नुहुँदैन । अमूर्त जस्ता लाग्ने कुरालाई उदाहरण दिएर स्पष्ट पार्नुपर्छ । अप्रामाणिक सामान्यीकरणः ‘अधिकांश’, ‘धेरै’, ‘केही’, अथवा ‘अलिकति’ जस्ता शब्दका बीचको भिन्नता र अर्थ राम्रोसँग थाहा पाउनुपर्छ । तिनका बीचको अन्तर राम्रोसँग छुट्याउनुपर्छ । ‘अधिकांश’ र ‘धेरै’ को अन्तरमा विचार पुर्याउनुपर्छ । ‘सबै’ र ‘एउटा पनि होइन’ जस्ता शब्द बीचको भिन्नतामा अझ बढी चनाखो हुनुपर्छ । आफूले दिएको कारण ‘अकाट्य कारण’ हो कि ‘धेरै कारणमध्ये एक’ हो भनी ध्यान दिनुपर्छ । अनि ‘सधैंभरि’ लेख्नुपर्ने ठाउँमा ‘अक्सर’ पो लेखियो कि भनी विचार पुर्याउनुपर्छ । सामान्यीकरण गरिएका कुरालाई उदाहरण दिएर, ज्ञात स्रोतलाई उद्धृत गरेर स्पष्ट पार्नुपर्छ । पुष्टि गर्ने खालका तर्क आफ्ना भनाइलाई पुष्टि गर्न ठोस जानकारी दिनुपर्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । विचारको आलोचना गर्नुपर्ने ठाउँमा व्यक्तिमाथि आक्रमण गर्नुहुँदैन । तथ्य र तर्क वितर्क बारेमा छलफल गर्नुपर्छ । आफूले स्टोरीमा दिन खोजेको सन्देशलाई अत्यन्त स्पष्ट ढंगले बताइदिनु वा देखाइदिनुपर्छ । स्टोरीको अन्तिम वाक्यमा स्टोरीको सार हुनुपर्छ । प्रमाणस्वरुप आधिकारिक व्यक्तिका भनाइः आफूले स्टोरीमा उल्लेख गरेका कामका राम्रा र नराम्रा पक्ष उल्लेख गर्नुहोस् र तिनीहरूलाई सन्तुलित ढंगले प्रस्तुत गर्नुहोस् । अधिकारप्राप्त संस्था/व्यक्तिले कुनै काम गर्नुका पछाडि रहेका कारणमा ध्यान दिनु जरूरी हुन्छ । कसैले कुनै कुरा किन भन्यो ? पृष्ठभूमि अनुसन्धान गर्न र भनाइ लिनका लागि एकजनासँग मात्र होइन थरीथरीका सान्दर्भिक मानिससँग कुरा गर्नुहोस् । पूर्वाग्रह, पुराना ढर्रा अथवा आवेग सकारात्मक अथवा नकारात्मक जस्ता भए पनि पुराना ढर्रा नअपनाउनोस् । भाषा निष्पक्ष हुनुपर्छ र आफ्ना सबै स्रोत र समाचारमा उल्लेख भएका व्यक्तिलाई उत्तिकै मात्रामा स्वस्थकर शंका गर्नुपर्छ । आफूले भनेका कुरा पुष्टि गर्ने प्रमाण दिनुपर्छ । ठोस प्रमाण होइन विश्वसनीय प्रमाण बन्न सक्ने परिस्थिति देखाएर पनि सही र विश्वसनीय खोजमूलक स्टोरी तयार गर्न सकिन्छ । ठोस प्रमाणै जुटाउन सके त राम्रो । तर त्यसो गर्न नसक्दा प्रमाण बन्न सक्ने परिस्थितिका आधारमा पनि उत्तिकै दह्रो स्टोरी तयार गर्न सकिन्छ । यस्ता पर्याप्त प्रमाण भेला गरिएको छ भने तिनलाई खँदिलो पारेर स्पष्टसँग लेख्नुपर्छ । यस्ता प्रमाण हुनसक्ने परिस्थितिबारे विस्तारमा बताउनुपर्छ । आवश्यक परे आफ्ना स्रोतसँग थप कुरा बुझ्नुपर्छ । सन्दर्भ राम्रोसँग बताउनुपर्ने पनि हुनसक्छ । यसो गर्दा कुनै काम कस्तो अवस्थामा भएको थियो र त्यसको असर कस्तो अवस्थामा परेको थियो भन्ने कुरा पाठक/दर्शक/श्रोताले थाहा पाउँछन् । यसो गर्दा तपाईंले लेखेको स्टोरीमा जसमाथि जे काम गरेको भनी आरोप लगाइएको छ उनीहरूसँग त्यसो गर्ने क्षमता, नियत र अवसर थियो कि थिएन भन्ने कुरा पाठक/दर्शक/श्रोताले थाहा पाउँछन् । साहित्य सृजना कसरी गर्ने ? ध्यान दिनु पर्ने कुराहरु: हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन् । हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छन् । हरेक मानिसका केहि न केहि काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छन् । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । रचनाको लागि चाहिने मूल तत्व भाषा हो । मनको भाव व्यक्त गर्ने सार्थक ध्वनिको समष्टि तथा लिखित अक्षरलाई नै भाषा भनिन्छ । भाषाको माध्यमबाट मानिसले आफ्नाा मनका भावविचारहरूको आदानप्रदान गर्दछ । यसरी मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो । यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्दछ । जब यस जीवनजगतको अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा गरिन्छ तब त्यो साहित्य हुन्छ । साहित्यका प्रकार वा विधा साहित्यका जम्मा चार विधा छन् – १) निबन्ध, २) आख्यान, ३) नाटक र ४) कविता । यिनीहरूका पनि उपविधाहरू छन् । १) निबन्ध निबन्धको अर्थ बाँध्नु वा सङ्गठित गर्नु हो । यसमा धेरै किसिमका विषय आउँछन् । यसैले संक्षेपमा निबन्धको परिभाषा कुनै विषयमाथि रोचक तथा सरस शैलीमा गद्यमा प्रकट गरिएका क्रमबद्ध विचारको समूह हो । निबन्ध त्यस्तो साहित्यिक विधा हो जसमा निबन्धकारले सौन्दर्यपूर्ण गद्यभाषामा जीवनजगतको कुनै विषयका बारेमा ‘हो’ वा ‘होइन’ भन्ने किसिमको कर वा आग्रह पाठकसमक्ष सोझै प्रकट गर्दछ । निबन्ध वर्णनात्मक, विवरणात्मक, विचारात्मक र भावात्मक गरी चार प्रकारका हुन्छन् । निबन्धमा अभिव्यक्ति राम्रो हुनुपर्छ । यसैले शैलीको पनि निकै महत्त्व छ । निबन्ध सुन्दर, सजीव र सङ्गतिपूर्ण हुनुका साथसाथै विषयको प्रतिपादन सुगठित भएको हुनुपर्छ । निबन्ध विचार वा रुपका दृष्टिले तीन किसिममा आउँछन् । क) प्रबन्ध: सिद्धान्त वा विचारप्रधान लेख ख) निबन्ध: प्रबन्ध जस्तै तर लेखकको व्यक्तित्व प्रमुख भएको रचना ग) लेख: कुनै विषयमाथि विचारपूर्ण गद्यरचना २) आख्यान आख्यान त्यस्तो साहित्यिक विधा हो जसमा कुनै काल्पनिक घटना, पात्र आदिको आख्यानको चित्रण गरी गद्यभाषामा जीवनजगतको सौन्दर्यपूर्ण अभिव्यक्ति गरिन्छ । आख्यानविधाका दुई उपभेद छन् – उपन्यास र कथा । क) उपन्यास कुनै कल्पित घटना, पात्रपात्रीहरू आदिका माध्यमले जीवनजगत्को वृहत–विस्तृत सेरोफेरोको अप्रत्यक्ष रुपमा गरिने सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति उपन्यास हो । यसको आकारप्रकार लामो हुन्छ । उपन्यासमा जीवनका समस्याको व्याख्यान र त्यसको समाधान मिल्छ । यसमा समाजका घटना र चित्र मार्मिक औ मनोरम हुन्छन् । त्यसैले यो रोचक लाग्छ र गहन पनि हुन्छ । उपन्यास सामाजिक, ऐतिहासिक, पौराणिक र राजनीतिक गरी चार किसिमका हुन्छन् । यसका मूल तत्वहरूमा कथावस्तु, पात्र र चरित्र, कथोपकथन, देशकाल, शैली र उद्देश्य पर्छन् । ख) कथा कुनै कल्पित घटना, पात्रपात्रीहरू आदिका माध्यमले जीवनजगत्को सीमित अंश वा खण्डको सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति कथा हो । यसको आकारप्रकार छोटो हुन्छ । कथा आफैमा पूर्ण जीवनको सानो अंश वा घटनाको चित्र हो । यसमा पनि उपन्यासकै तत्व रहन्छन् तर जीवनको खण्डश: अभिव्यक्ति हुने भएकाले कथामा आफ्नौ किसिमको पन र पाइन हुन्छ । कथाको कथावस्तु सूक्ष्म र संक्षिप्त हुन्छ, पात्र पनि एक दुई वा तीन चारसम्म मात्र रहन्छन् । शैली पनि कथानुकूल हुन्छ । कथाको उद्देश्य जीवनको कुनै एक दृष्टिकोण, विन्दु अथवा घटनालाई सचित्र गरेर अगाडि बढ्नुहुन्छ । कथा कलात्मक, सुरुचिपूर्ण, प्रभावोत्पादक र विश्वसनीय हुनुका साथै जीवन सादृश्य हुनुपर्छ । यसैले कथाका विषयमा भनिएको पनि छ । ‘कथा एउटा सानो झ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ ।’ – महाकवी लक्ष्मी प्रसाद देवकोटा कथा पनि सामाजिक, मनोबैज्ञानिक, पौराणिक, ऐतिहासिक, हास्यव्यङ्ग धेरै किसिमका हुन्छन् । उपन्यास बगैंचा हो भने कथा फूल हो, अथवा उपन्यास चन्द्रमाजस्तो हुन्छ भने कथा टुकीजस्तो । चन्द्रमाको उज्यालो विस्तृत क्षेत्रमा पर्छ, तर धमिलो पनि हुन्छ । टुकी सानो घेरालाई तीव्रतासाथ उज्यालो पार्छ । यसरी उपन्यासले जीवनको सर्वाङ्गीन चित्र प्रस्तुत गर्छ र जीवनका अनेक अंशमा घुमाउरो फेरो मार्छ । कथाले भने जीवनका केही क्षेत्रमा घनीभूत भएका भावलाई सुन्दर र कलात्मक अभिव्यक्ति दिन्छ । ३) नाटक नाटक शब्द ‘नट्’ धातुबाट बनेको छ र यसको अर्थ हो अनुकरण वा नृत्यको भावमुद्राबाट भाव प्रकाशन गर्नु हो । यसमा क्रियात्मकताको पनि उत्तिकै महत्त्व छ । नाटक पौराणिक, ऐतिहासिक र सामाजिक गरी तीन प्रकारका छन् । नाटक जुनसुकै पृष्ठभूमिमा लेखिए तापनि तिनमा कथावस्तुमा काल्पनिकता, नवीनता र चरित्रको विशिष्टता समावेश गरिएको पाइन्छ । नाटकका मुख्य तत्वहरूमा कथावस्तु, पात्र र चरित्र, कथोपकथन र उद्देश्य पर्छन् । नाटककार आफू अप्रत्यक्ष रही काल्पनिक रुपमा खडा गरिएका प्रत्यक्ष दृश्य पात्रपात्रीहरूका माध्यमले गद्यात्मक वा पद्यात्मक भाषामा गरिने जीवनजगत्को कलात्मक अभिव्यक्तिलाई नाटकविधा भनिन्छ । ४) कविता जीवनजगतको लयात्मक सौन्दर्यपूर्ण भाषिक अभिव्यक्तिलाई साहित्यको कविता विधा भनिन्छ । साहित्यमा फुटकर कविताको ठूलो महत्त्व छ । व्यापक अर्थमा सबै पद्यात्मक रचनाका लागि ‘कविता’ शब्दको व्यवहार हुन्छ, तर अचेल ‘कविता’ भन्नाले गीति वा मुक्तकका अनेक प्रकारमा रचिएका एक विषय वा भावनाका सान्साना र फुटकर कविता बुझिन्छ । यिनमा पद्यात्मक, लयात्मक, ताल वा सुरयुक्त र स्वच्छन्द सबै प्रणाली आउँछन् । यसरी फुटकर कविता वार्णिक, मात्रिक, गीति, मुक्तक, गद्यात्मक आदि प्रकारमा लेखिएका हुन्छन् । साहित्यका मुख्य तत्व यी हुन् । १) शीर्षक – शीर्षक कृतिगत मुख्य तत्व हो । साहित्यिक कृति विशेषको नामाकरण नै शीर्षक हो । शीर्षक साहित्यमा प्रयोग गरिएका विषयवस्तु, मुख्य घटना, प्रमुख पात्रपात्री, परिवेश, बिम्बप्रतिक सबैसँग वा यी मध्ये कुनै एक वा दुईमा मेल खाने हुनुपर्छ । २) विषय – साहित्य रचना कुन प्रकृति, पृष्ठभूमी, धरातल, समाज, इतिहास, मनोविज्ञान, धर्म, संस्कृति सम्बन्धी चित्रण गरिने हो, विषय त्यही नै हो । विषय भनेको साहित्यमा चित्रण गरिने मुख्य कुरा हो । विषयको आधारमा रचनाको सारवस्तु, सन्देश, उद्देश्य गाँसेर हेर्न सकिन्छ । ३) पात्रविधान – रचनामा रचनाकारले कुनै घटना, कार्य, विषय/विचार आदिलाई प्रस्तुत गर्न खडा गरेका प्राणधारी व्यक्तित्वहरूलाई नै पात्र भनिन्छ । ४) परिवेश – परिवेश भनेको कुनै खास देश, ठाउँ वा समाज, काल र वातावरणको चित्रण हो । त्यो देशकाल वातावरणमा आधारित परिवेश चित्रण बाह्य रुपमा सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक, शैक्षिक आदि किसिमको हुन सक्छ भने त्यो पात्रका मनोविज्ञान, मानसिक द्वन्द्व, बौद्धिक चिन्तन आदि कुरासँग पनि सम्बन्धित हुन सक्छ । ५) उद्देश्य – कुनै पनि साहित्यिक कृतिको रचना कुनै खास उद्देश्यप्राप्ति वा प्रयोजनका निम्ति गरिने गरिन्छ । कुन उद्देश्य प्राप्तिको लागि साहित्य सृजना गरिने हो, सो सम्बन्धमा साहित्यकार स्पष्ट हुनु जरुरी छ । ६) भाषाशैली – भाषाशैली भनेको भाषाको चयनयुक्त प्रयोग हो । साहित्यमा चित्रण गर्नुपर्ने कुरालाई भाषाका जुन शब्द, शब्दावली र वाक्यढाँचाले सुन्दर एवं प्रभावकारी किसिमले व्यक्त गर्न सक्तछन् तिनै शब्द, शब्दावली एवं वाक्यढाँचाको समष्टि प्रयोगलाई भाषाशैली भनिन्छ । अर्थात् कुनै कुरालाई सिलसिला मिलाएर राम्रोसित भन्नुलाई शैली भनिन्छ । सरलता, सजीवता र स्पष्टता यसका आवश्यक गुण हुन् । भाषामा शैली राम्रो भएर मात्रै हुँदैन, व्यक्त गरिएका कुरालाई मीठो ढड्डले भन्नु पनि पर्छ । छरितो तथा वाग्धारायुक्त भाषाको प्रयोग र उपमा तथा प्रतिकजस्ता सौन्दर्य–कुशलता पनि यसैभित्रका कुरा हुन् । रचनामा भावअनुसार गति र प्रवाह हुनुपर्छ र त्यो प्रभावशाली पनि हुनु आवश्यक छ । रचनामा शिरदेखि पुछारसम्म तारतम्य मिलाउनु पनि आवश्यक छ । यसलाई सीप भनिन्छ । कुन कुरोलाई कसरी टिप्ने र कसरी व्यक्त गर्ने, त्यसको पनि कला हुन्छ, अनि त्यो विषयवस्तुको आवश्यकता र ढाँचामा पनि निर्भर गर्छ । भाषाका शब्द, शब्दावली एवं वाक्यढाँचाको सौन्दर्यपूर्ण प्रयोग हुनु वाञ्छनीय छ र त्यस्तो प्रयोगले नै सो साहित्यको भाषाशैली रोचक, आकर्षक एवं प्रभावकारी हुन्छ । ‘कथा मनुष्यजीवनका गति र अनुभूतिको सशक्त र उज्यालो पक्षको आस्थापूर्ण उद्घाटन हो ।’ – म्याक्सिम गोर्की भाषाशैली प्रयोग गर्दा सधैँ तलका कुराबाट जोगिनुपर्छ – क) शब्दको अशुद्ध प्रयोग ख) वाक्यहरूको अशुद्ध वनावट ग) विदेशी ढड्डबाट प्रभावित वाक्य घ) अशिष्ट शब्दको प्रयोग ङ) अनुच्छेदको नमिल्दो रुप च) नराम्रो शैली छ) अशुद्ध उखान–तुक्का ज) त्रुटिपूर्ण विराम चिन्ह झ) पुनरुक्ति दोष आदि ७) शुद्धता – साहित्यमा शुद्धता पनि अनिवार्य छ । शुद्धताको अभिप्राय ह्रस्व–दीर्घ मात्र होइन, व्याकरणसिद्ध भाषाको प्रयोग गर्नु पनि हो । शुद्ध भाषाको प्रयोगका निम्ति रचनामा खास गरी तलका कुरामा ध्यान दिनुपर्छ – क) शब्द र तिनका विभिन्न रुप तथा प्रकृति ख) लिड्ड, वचन, कारक र विभक्ति ग) शब्दका शुद्ध रुप घ) विरामचिन्हको उचित प्रयोग ङ) वाक्य–रचनाको क्रम र मेल ८) विचार – रचनामा भाषा र शुद्धता मात्र भएर पनि पुग्दैन । त्यसको एउटा महत्त्वपूर्ण अड्ड विचार हो । विचारमा ध्यान दिनुपर्ने कुरा यी हुन् – क) विचारहरूलाई दोहर्\u200dयाउनु हुन्न । ख) अनावश्यक र अमिल्दा विचार राख्नु हुन्न । ग) महत्त्वपूर्ण तथ्यहरूलाई झिक्नु हुँदैन र अनावश्यक तथ्यहरूलाई राख्न पनि हुँदैन । घ) मूल विचार प्रस्ट हुनुपर्छ । ङ) विचार श्रृङ्खलावद्ध हुनुपर्छ, यो गज्याङमज्याङ हुनु हुन्न । साहित्य सृजना गर्ने तरीका नेपाली साहित्य निकै धनी छ, यसमा म गौरव गर्छु । नेपाली माटो नेपाली समाजमा राम्रोसँग भिज्नको लागि नेपाली परिवेशकै मौलिक रचनाहरूले स्थान पाएमा नेपाली साहित्यले पाठकहरू तान्न सकिनेछ । साहित्य लेखन शुरु गर्नुभन्दा पहिले लेख्ने विषय स्पष्ट हुनुहोस् । साहित्य सृजना गर्नको लागि कस्तो वातावरण आवश्यक पर्छ, सो बारेमा ध्यान दिनुहोस् । कोही साहित्यकारहरू राती सबै सुतिसकेपछि लेख्न रुचाउँछ भने कोही एकाबिहानैको समय रुचाउँछ । कोही हल्लामा पनि लेख्नसक्छ । यसैले कस्तो वातावरणमा लेख्ने भन्ने कुरा लेख्ने व्यक्तिमा भर पर्छ । तैपनि सकेसम्म एकान्त वातावरण रोज्नुहोस् । एकैपल्ट उच्चस्तरको साहित्य सृजना गर्न गार्\u200dहो हुन्छ । यसैले साहित्यको शुरुदेखि अन्तिमसम्मको स्पष्ट चित्र दिमागमा बनाउनुहोस् । यसपछि क्रमबद्ध रुपमा लेख लेख्न शुरु गर्नुहोस् । लेखेका कुराहरूलाई केही समय थाँती राखेर फेरि एकपल्ट माथिदेखि तलसम्म सर्सर्ती पढ्नुहोस् । केही नयाँ विचारहरू निस्केमा थप्नुहोस् या अनावश्यक लागेका, दोहरिएका कुराहरू काट्नुहोस् । फेरि लेख शुरुदेखि अन्तिमसम्म लेख्नुहोस् । यदि इच्छा लागेमा तपाईंले लेख्नुभएको लेखलाई आफूभन्दा पाको साहित्यकारलाई देखाउनुहोस् । लेख्दाखेरी माथिका तत्वहरूलाई पनि ध्यान दिनु निकै जरुरी छ । साथै यसमा निरन्तरता निकै जरुरी छ । कल्पनाशीलता तथा विषयमा गहिरिएर डुब्न सक्नु साहित्य सृजनाको असल खुड्किलो मानिन्छ । व्याकरण सिकेर पनि जानिन्छ तर भाषा र विचार आफ्नौ अध्ययन र मनन, प्रयास र प्रयत्न, साधन र अभ्यासद्वारा मात्र आर्जित हुन्छ । साहित्यमा आफ्नौपन, आफ्नौ शैली र आफ्नौ व्यक्तित्वको छाप दिन सक्नु सफल साहित्यकारको विशिष्ट सीप हो । यसका लागि रचनाकारले राम्रा शैली र विचारको अध्ययन गर्ने गर्नु र आफ्नौ ढड्डले विचार गर्ने पद्धति अँगाल्नुपर्छ । हरेक दिन केही न केही आफ्नौ किसिमबाट सोच्ने बानी बसाल्नाले हाम्रो भाषा माझिदै जाने मात्र होइन, हाम्रो विचार पनि परिष्कृत हुँदै जान्छ । तसर्थ, लगनशील भएर साहित्य सृजनामा लागिरहेमा एकदिन सफल साहित्यकार बन्न सकिन्छ । घोडा चढ्ने लड्छ भन्ने कुरा पनि बिर्सनुहुँदैन । यो एक निरन्तर सिक्दै जाने कुरा पनि हो । नेपाली भाषाको भद्रगोल सुधार्न 'नेपाली कसरी शुद्ध लेख्ने ?' को महत्व: रविन गिरी “हिजोआज सबैबाट एकमुखको माग यही भइरहेछ – सिद्धान्तकौमुदीका सूत्र जस्तै गरी नेपाली व्याकरण हामी घोक्न सक्तैनौं, तसर्थ ज्यादै सजिलो, ज्यादै छोटकरी, ज्यादै उदार कुनै नियम भए हाम्रो लेखाइमा एकता होला ।” माग आजकै पुस्ताको जस्तै लाग्छ । तर, १९९१ सालमा नेपाली भाषा प्रकाशिनी समिति (नेभाप्रस) ले नेपाली कसरी शुद्ध लेख्ने ? पुस्तिका प्रकाशन गर्नुको अन्तर्य यहि रहेछ । प्रस्तावनामै यसो लेखिनुबाटै स्पष्ट संकेत पाइन्छ । विडम्बना, राणा प्रधानमन्त्री जुद्धशमशेरकै पालामा समस्या ठानिएको नेपाली भाषाका समस्या संघीय गणतन्त्र नेपालमा पनि समाधान हुन सकेनन् । ‘विद्यालय’ पढेका शिक्षक अहिले विद्यार्थीलाई चाहिं ‘विद्यालय’ सिकाइरहेका छन् । ‘शहर’ बसेकाहरु एकाएक ‘सहरवासी’ बनेका छन् । ‘कोशी’ को पानीमै आश्रितहरुलाई कतिखेर नदी पातलिएर ‘कोसी’ बन्यो पत्तै छैन । अवस्थामा कुनै परिवर्तन नआए पनि हिजोका ‘गरीब’ आज ‘गरिब’ बनेका छन् । ‘नेपाली भाषालाई सरल बनाउन’ नेपाल प्रज्ञा प्रतिष्ठानले २०६९ सालमा प्रकाशित गरेको नेपाली बृहत् शब्दकोशको नवौं संस्करणले गरेको ‘वैज्ञानिक परिवर्तन’ धेरैका लागि सरकारद्वारा जबर्जस्ती लादिएको कानून बन्यो । संस्कृतबाट आएका तत्सम शब्द जस्ताको तस्तै लेख्ने, संयुक्त अक्षरलाई खुट्टा काटेरै लेख्नुपर्ने, उच्चारण अनुसार नै लेखिनुपर्ने जस्ता थुप्रै निर्देशनलाई त्रिभुवन विश्वविद्यालय समेतले आँखा चिम्लिदिंदा आज थुप्रै विद्यार्थी ‘फूल’ र ‘फुल’ मा भेद छुट्याउन नसक्ने बनेका छन् । त्रिभुवन विश्वविद्यालय समेतले आँखा चिम्लिदिंदा आज थुप्रै विद्यार्थी ‘फूल’ र ‘फुल’ मा भेद छुट्याउन नसक्ने बनेका छन् । भाषाभित्रको यो भाँडभैलोले संसारभर छरिएका नेपाली जनमानसलाई आफ्नो कखरामाथिको ज्ञानमै संशय पैदा गराउँदै प्रश्न गर्न बाध्य तुल्याएको छ – हामीले लेखिरहेको गलत हो भने सही के हो त ? भाषाकर्मी शरच्चन्द्र वस्तीको नयाँ पुस्तक नेपाली कसरी लेख्ने ? ले यसको सूत्रबद्ध जवाफ पस्कने जमर्को गरेको छ । नेपाली कसरी लेख्ने ? अवधारणाका साथ शुरु हुने पुस्तकले हिज्जे, शब्द, वाक्य, अनुच्छेद र शैलीमा विशेष जोड दिएको छ । त्यसपछिको परिशिष्टमा लेखक शब्दानुशासनमा वर्ण, शब्द, बनोट, रुपविस्तार र वाक्य निर्माणका सतर्कताबारे विस्तार गर्छन् । अन्त्यमा हिज्जेको हेक्का शीर्षकमा प्रायः गलत लेखिने २९०७ शब्दका सही रुप दिइएका छन् । जस्तो, ‘अछुत’ नभई ‘अछूत’, ‘अतित’ नभई ‘अतीत’, ‘सकृय’ नभई ‘सक्रिय’, ‘स्वेत’ होइन ‘श्वेत’, ‘सन्यास’ होइन ‘संन्यास’, ‘सत्मार्ग’ होइन ‘सन्मार्ग’ आदि । यो पुस्तकको विशेषता भनेकै सरल हुनु हो । आफूले पहिल्यै जानिसकेका जस्ता लाग्ने कतिपय कुरा पुस्तक पढिरहँदा गलत पुष्टि हुदा नयाँ कुरा सिक्न पाएको अनुभूति हुन्छ । सर्वनाम प्रयोगको उदाहरण हेरौं – म संगीतकार होइनँ तर त्यसमा मेरो रुचि छ (रुचि केमा संगीतमा कि संगीतकारमा?) लेखकका यस्ता प्रश्नले वाक्यको सही शब्दको प्रयोग नभएको छर्लङ्ग पार्छ । पुस्तकमा नारायणगोपालले गाएका दुईवटा गीतका शब्दका गल्ती पनि औंल्याइएको छ । कालिप्रसाद रिजालरचित आँखाछोपी नरोऊ भनी बोलको गीतमा रहेको ‘परेलीका ओठबाट आँसु झारिरह्यो…’ भन्ने वाक्यमा लेखक ओठबाट आँसु झार्छ र ? भनी अशुद्धि देखाउँछन् । दिनेश अधिकारीको रचना ‘तिमी जुन रहरले’ गीतको ‘रक्ताम्य ती तिम्रा अधरहरुमा, न मैले कहिल्यै हरियाली पोतें’ हरफमा लेखक टिप्पणी गर्छन् – रक्ताम्यको अर्थ हो– रगतपच्छे/रगत लतपतिएको । प्रेमिकाका अधर (ओठ) कसको रगतले लतपतिएका ? ‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा कृत्रिमपन देख्ने लेखक बरु ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्नुमै नेपाली पारा र प्रभावकारिता देख्छन् । पुस्तकले सिद्धान्त रटानबाट भन्दा व्यावहारिक प्रयोगबाट जनमनबाट भाषाको वैधानिकता खोजेको बुझिन्छ, जसले नेपाली भाषाको सर्वस्वीकार्यतासँग सोझाे सम्बन्ध राख्छ । ‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा कृत्रिमपन देख्ने लेखक बरु ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्नुमै नेपाली पारा र प्रभावकारिता देख्छन् । पुस्तकमा कतै कतै संयुक्त क्रियापद नजोडिएका मात्र होइन, अंग्रेजीका हिज्जेमै पनि फरक देखिन्छ । लिभ (बाँच्नु) र लीभ (विदा) मा ह्रस्व र दीर्घको तर्क र लामोको अंग्रेजी लेखाइ ‘लंग’ लेख्नुमा लेखकले दह्रो तर्क दिन सकेका छैनन् । ‘शब्दको स्वरुप ठीक भएपछि मात्र लेखाइ ठीक हुन सक्छ कि हुन्छ ? लेखक स्वयं अन्योल लाग्छन् । लेखकको अघिल्लो पुस्तक हाम्रो भाषा का कतिपय उदाहरण दोहोरिएका छन् । २०६९ सालको शब्दकोशको शैली विरुद्धको अभियानमा संलग्न लेखक स्वयंको सक्रियतामा नेपाली भाषा प्रयोगकर्ता समूहद्वारा गोजी पुस्तिका नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले–२०६९) जारी गरिएको थियो । यस्तै दबाबबीच एक वर्षअघि प्रज्ञा प्रतिष्ठानले शब्दकोशको विवादास्पद नवौं संस्करण खारेज गरी संशोधनसहित पुरानै स्वरुप अपनाएर दशौं संस्करण निकाल्ने निर्णय पनि गर्\u200dयो । तर, विद्यार्थीलाई पढाइने गलत हिज्जे सुधार्न अझै निर्देशन दिइएको छैन । यसले यो पुस्तकको सान्दर्भिकता बढाइदिएको छ । नेपाली कसरी लेख्ने? सिकाइसकेपछि वस्तीजस्ता भाषाविद्को दायित्व हुन्छ – ‘नेपाली कसरी बोल्ने ?’ ज्ञानको खाँचो पूर्ति गर्ने । यसो गर्नसके नेपाली लेख्दा, बोल्दा आधाआधी अंग्रेजी घुसाउनेहरुले फाइदा लिनसक्थे । (गिरी हिमाल खबर पत्रिकाका लेखक हुन्) 'द ग्रेट इन्फ्लुएन्जा' लाग्यो उकालो: न्युयोर्क / यतिबेला अमेरिकामा ज्यादै खोजिएको पुस्तकमध्ये द ग्रेट इन्फ्लुएन्जा पनि हो । सन् २००४ मा बजारमा आएको यो पुस्तक जोन एम. बेरीले लेखेका हुन् । पुस्तक बजारमा आएयता संसारभर ३ लाख ८८ हजार प्रति बिक्री भइसकेको छ । पछिल्लो समय भने ट्रेडपेपर (सस्तो कागज) निस्कन थालेपछि यसको खोजी बढेको हो । पुस्तकमा लेखक बेरी तर्क गर्छन्, ‘अबका दिनमा महामारीबाट बच्ने क्षमता जति मेडिकल हो, त्योभन्दा बढी राजनीतिक हुनेछ ।’ अमेरिकामा बन्दाबन्दीका बेला पनि यो पुस्तक ८ हजार १ सय ५३ प्रति बिक्री भएको पब्लिसर्स विक्लीले जनाएको छ । विनम्रतापूर्वक अनुरोध : मलाइ कुनै पनि किसिमको पुरस्कार नदिनुहोला - बुद्धिसागर: ‘समकालीन नेपाली साहित्यलाई कसैले गम्भीरतापूर्वक अघि बढाउन सक्छ र विश्वलाई नेपाली साहित्यका बारेमा केही दिन सक्छ भने मलाई लाग्छ, उनी बुद्धिसागर हुन् ।’ नेपाली भाषामा विद्यावारिधि गरेका अंग्रेज विद्वान माइकल हटले एक वर्षअघि एउटा टेलिभिजन अन्तरवार्तामा यसो भनिदिँदा धेरैको कान चनाखा भएका थिए । बेलायतको अक्सफोर्ड कलेजका प्राध्यापकले ‘सामान्य नेपाली लेखक’का बारेमा यसो भन्नु सानो कुरा होइन । हटको अन्तरवार्ता लगतै बुद्धिसागर अमेरिकाको एउटा प्रशिद्ध साहित्य विश्वविद्यालयमा फेलोसिममा पढ्ने अवसर पाए । बुद्धिसागर यस्ता लेखक हुन्, जसले चिट चोरेर बल्ल बल्ल दोस्रो श्रेणीमा एसएलसी पास गरेको कुरा आफै गौरवसाथ बताउँछन् । उनी २०५४ सालमा कालीकोटबाट क्याम्पस पढ्न आएका थिए । जसलाई आए ए पास गर्न चार वर्ष लाग्यो र आज पर्यन्त उनले विए पास गर्न सकेका छैनन् । तै पनि उनी माइकल हर्टको मनमा किन बसे भन्ने कुरा बुझ्न उनको सफलतालाई एकपल्ट केलाउनु पर्ने हुन्छ । बुद्धिसागरले अहिलेसम्म कुनै त्यस्तो पुरस्कार प्राप्त गरेका छैनन्, जसको बलमा उनलाई विशिष्ट लेखक मान्न सकियोस् । तै पनि उनको पहिलो उपन्यास ‘कनार्ली ब्लुज’ ले यसैबर्ष ५० हजार प्रति विक्री भएको अनौपचारिक रेकर्ड राखेको छ । हरिबंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’लाई हटाइ दिने हो भने बुद्धिसागर सम्भवतः एउटै पुस्तकबाट धेरै रोयल्टी लिने लेखक हुन् । बुद्धिसागरको पहिलो उपन्यास ‘कनार्ली ब्लुज’ ले यसैबर्ष ५० हजार प्रति विक्री भएको अनौपचारिक रेकर्ड राखेको छ । हरिबंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’लाई हटाइ दिने हो भने बुद्धिसागर सम्भवतः एउटै पुस्तकबाट धेरै रोयल्टी लिने लेखक हुन् । त्यति मात्र होइन, झण्डै ५ सय पृष्ठको उनको दोस्रो उपन्यास ‘फिरफिरे’ लाई प्रकाशक फाइनप्रिन्टले एकैपठक २५ हजार प्रति छाप्ने हिम्मत गर्यो । सामान्यतयाः नेपाली लेखक–पटकथाकारले चलचित्र उद्योगबाट एउटा फिल्म लेखे बापत किस्ताबन्दीमा दुई–तीन लाख रुपैंया लिने गर्छन् । तर बुद्धिसागरले यसै बर्ष एउटा चलचित्र लेखेको ११ लाख रुपैंया लिएर चलचित्र लेखकहरुको आँखा चौडा बनाइदिए । सायद यहि कारण हुनसक्छ, बजारमा नायक राजेश हमालको आफ्नो आत्मकथा लेखाउन बुद्धिसागरलाई २५ लाख रुपैंयाको अफर गरेको हल्ला चलेको छ । यो त ट्रेलर मात्र हो, बेलायती विद्वान माइकल हटले ‘कर्नाली ब्लुज’लाई अंग्रेजीमा रुपान्तरण गरेका छन् । यो पुस्तक अहिले भारतको प्रसिद्ध प्रकाशन गृह ‘स्पिकिङ् टाइगर’ले प्रकाशन गर्ने हतारो देखाएर सम्झौता गरेको छ । नेपाली पाठकबीच बुद्धिसागर यस्ता ब्राण्ड हुन्, जसका ट्टिरमा मात्र झण्डै ३ लाख फलोअर छन् । उनका फेसबुक स्टाटसलाई आफ्नो टाइमलाइनमा सजाउने पाठककै संख्या सयौँ छ । कुनै बेला काठमाडौंमा भोकै सुतेका बुद्धिसागरले सबैभन्दा कम सम्भावना भएको साहित्यिक क्षेत्रलाई कसरी यति ग्लामर बनाए । केही महिना अघि लेखक एवं पत्रकार अश्विनी कोइरालाले उनीसँग लामो कुराकानी गरेका थिए । नढाँटी भन्नुस् त कर्नाली ब्लुज कति प्रति बिक्री भयो ? कुरा यहीँ नेर अफ्ठ्यारो पर्छ । किनभने मैले जति भन्छु, त्यसको कर तिरेको छैन । नभन्दा आफ्नो कुरा लुकाए जस्तो, भनौं केही नीतिगत समस्या पर्छन् । एकजना पुराना प्रकाशकले एउटा अन्तरवार्तामा भनेका छन्, नयाँ लेखकहरु यति धेरै पुस्तक विक्री भयो भनेर फुर्ति झार्छन् । खासमा नेपालमा ५ हजार भन्दा बढि पुस्तक विक्री हुने अवस्था नै छैन । सत्य हो ? झुटो हो । किनभने बिगत ५ वर्षदेखि आम मानिसको नजरमा म बेरोजगार छु । मैले कुनै पनि किसिमका जागिर वा व्यवसाय गरेको छैन । यहि बीचमा बिवाह गरेँ । छोरी भइन् । घर बनाएँ । मेरो आम्दानी भनेको जम्मा जम्मी दुई वटा पुस्तकको रोयल्टी हो । अहिले बीचमा एउटा फिल्म लेखेँ । त्यति हो । अब भन्नुहोस्, ५ हजार विक्री भएर लेखक यसरी यो स्तरको रेष्टुराँ (हामी ठमेलको एउटा विदेशी रेस्टुराँमा छौ) बसेर कुराकानी गर्ने हिम्मत गर्न सक्छ ? म जस्ता धेरै लेखक छन् । खासमा तपाईंको जुन किसिमको फ्यान फलोइङ् छ । जसरी पुस्तकहरुको चर्चा हुन्छ । अन्य लेखकका लागि सपना झैँ लाग्छ । यो कसरी सम्भव भयो ? तपाईं जुन कामलाई प्रेम गर्नुहुन्छ, त्यो काममा मेहेनत पनि गर्नु भयो भने सफलता सम्भव छ । तर त्यसका केही सर्त छन् । त्यो सर्त मेरो हकमा एउटा र अर्कोको हकमा फरक पनि हुनसक्छ । तर आफ्नो ब्राण्ड कसरी बन्दैछ । त्यसलाई तपाईंले कसरी पहिचान गर्नुहुन्छ, फैलाउनु हुन्छ र त्यसलाई कसरी निखार्नु हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ । मेरो हकमा चाहिँ के भइदियो भने पागल जस्तै लेखिरहन सक्छु । र, आफूले लेखेका कुरामा शंका लाग्ने वित्तिकै त्यसलाई डम्प गर्ने हिम्मत गर्छु । सम्झौता त गर्दै गर्दिन । अर्को कुरा म लेखनमा लक्की पनि छु । सधैं असल मानिसहरुको संगत गर्ने अवसर पाएँ । फाइन प्रिन्ट जस्तो राम्रो प्रकाशकको साथ पाएँ । सबैभन्दा पहिले पागल जस्तै लगातार लेख्न सक्छु भन्ने तपाईंको भनाइतिर जाऔं । त्यो भनेको के हो ? जुन बेला मैले लेख्न थालेँ, त्यो बेला रचना प्रशारण गर्ने एउटा मात्रै माध्यम रेडियो थियो । तर मेरो हिम्मत हेर्नुस्, रेडियो नेपालको केन्द्रीय प्रशारण मात्रै होइन, म पाँचवटै प्रशारण केन्द्रमा आफ्ना गीत, गजल र कविता पठाउँथे । सुर्खेत केन्द्रमा बज्ने ८० प्रतिशत कविता मेरै हुन्थे । एकपल्ट कविता लिएर कार्यक्रम सञ्चालक हरि गिरीलाई भेट्न सुर्खेत प्रशारण केन्द्रमा जाँदा उहाँले नै भन्नुभयो, ‘तिमीले यति धेरै रचना पठाउँछौ कि हामीले तिम्रो रचना राख्न छुट्टै बक्सा बनाएका छौं । उहाँले त्यो बक्सा देखाउँदा मलाई गौरब लागेको थियो । रेडियोले एउटा अन्जान तर लेखिरहने पाठकका लागि छुट्टै बक्साको ब्यवस्था गरेको थियो । अहिले हिसाव गर्दा अनुभव हुन्छ, ७ वर्षको दौरानमा रेडियोबाट १२ सय वटा कविता प्रशारण भएछ । जब काठमाडौं आएँ, सुरुका दिनमा राजनीतिक समाचार छाप्ने साप्ताहिक अखवारहरुमा कविता दिन थालेँ । ‘जनआस्था’ बाहेक कुनै यस्ता अखवार रहेन, जसमा मेरा कविता नछापिएका हुन् । रेडियोमा दिनैपिच्छे अथवा यसो भनौं क्षेत्रीय प्रशारणहरुमा दैनिक दुई–चारवटा कविता प्रशारण हुने केटाका लागि साप्ताहिक अखवारहरुमा छापिने कविता पनि अलि ढिलो लाग्न थाल्यो । यहि कारण त्यो बेला छापिने सन्ध्याकालीन पत्रिकामा दैनिक कविता छाप्न थालेँ । कुनै बेला त म कलेजका साथीहरुसँग अखवार नपढिकन यसमा मेरो कविता छापिएको छ भनेर बाजी मार्थे र जितेको पैसाले मम खान्थेँ । आज पनि त्यसै गरि लेखिरहन सक्नुहुन्छ ? तपाईं जुन कामलाई प्रेम गर्नुहुन्छ, त्यो काम हुँदैन खेल बन्छ । लेख्ने समय फरक भयो होला, स्तर फरक भयो होला तर लेखिरहन सक्छु । अथवा यसो भनौं, अक्षरसँग खेलिनै रहन्छु । लेख्नु नै मेरो धर्म, कर्म र जीवन बनेको छ । तपाईंले सुरुमै जसरी पाठकको मन जित्ने गरि लेख्नुभयो । त्यो अचुक सुत्र कसले सिकायो ? हेर्नुस्, म पश्चिमको मान्छे । पढ्दै जागीर खानुपर्छ भन्ने पूर्वीय चलन मलाई थाहा थिएन । न त काठमाडौंमा यस्तो बुद्धि सिकाउने आफन्त नै कोही थिए । पढ्नु भनेको पढ्नु मात्रै हो भन्ने हामी पश्चिमेलीहरुले बुझेका छौं । तर म यस्तो विद्यार्थी परेँ, जसलाई पास गर्नसक्ने क्षमता सरस्वतीले दिएकी थिइनन् । यही कारण नयाँ सडकमा मैले पुराना कविहरुको संगत गर्न थालेँ । जसलाई पिपलबोटे कवि भन्ने गरिन्छ । पुराना बुढा कविहरु भन्थे, छाप्नु ठूलो कुरा होइन, रचना बाँच्ने गरि लेख्नु पर्छ । सानै उमेरमा मैले अनुभवले पाकेका मानिसहरुको संगत गरेँ । ती यस्ता मानिस थिए, जसले समकालीन लेखकलाई जस्तो इर्ष्या थिएन । म फुच्चे केटो उनीहरुको प्रतिस्पर्धी पनि थिईंन । सायद यहि कारण उनीहरुले आफूले जीवनभरि सिकेका ज्ञान सित्तैमा थिए । अर्को शुत्र दिए, नयाँपत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटाले । उनले भने, संसारका राम्रा लेखक कुनै न कुनै बेला पत्रकार भएका छन् । तपाईंले ५ वर्ष न्युज रुपमा बिताएर समाज र संसार बुझ्नुपर्छ । उनले जीवनमा पहिलो पटक जागीरको अफर दिएर भने, ‘लेखकका लागि यो राम्रो प्लेटफर्म हो ।’ नभन्दै त्यस्तै भयो । मैले लिने स–साना लेखहरुले मलाई निखार्दै लग्यो र सँगै समाज पनि बुझाउँदै लग्यो । अर्को ज्ञान दिए नारायण वाग्लेले । जुन बेला म नयाँ पत्रिकाका लागि छोटा छोटा लेख लेखेर पाठकको मन जित्दै थिएँ, ठिक त्यही बेला नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ आयो र त्यसले पाठकको मन पनि जित्यो । त्यसअघि वाग्लेको ‘कफिगफ’ निकै लोकप्रिय थियो । कफिगफका पाठक नै उनका उपन्यासका पाठक बने । म उनीजस्तो लोकप्रिय नभए पनि संकेत राम्रो देखिँदै थियो । अफिसभित्रै मैले लेखेका लेखहरु हराउँन थालेका थिए । र, अन्तिम साहारा दिए फाइनप्रिन्टका प्रकाशक अजीत बरालले । उनले तपाईंले लेख्दै गरेको उपन्यास म छाप्छु भनेर हिम्मत दिए । सायद फाइन प्रिन्ट नभएको भए कवि बुद्धिसागर त हुन्थ्यो तर आख्यानकार बुद्धिसागरको अस्तित्व हुन्नथ्यो । नढाँटी भन्नुस् त कर्नाली ब्लुज कति प्रति बिक्री भयो ? कुरा यहीँ नेर अफ्ठ्यारो पर्छ । किनभने मैले जति भन्छु, त्यसको कर तिरेको छैन । नभन्दा आफ्नो कुरा लुकाए जस्तो, भनौं केही नीतिगत समस्या पर्छन् । तपाईंले कुरै कुरामा समकालीन लेखकहरुमा हुने प्रतिस्पर्धा र इर्ष्या कुरा गर्नुभयो । यसको कुनै अनुभव छ ? जब तपाईं सफल हुन थाल्नु हुन्छ, सँगैका साथीहरु दुश्मन हुन थाल्छन् । किनभने हिजोसम्म ऊ सामान्य थियो, हामी जस्तै थियो, आज अचानक उसको चर्चा छ, आफ्नो छैन । यो धेरैका लागि विझाउने कुरा हो । मलाई याद छ, २०६० सालमा भएको राष्ट्रिय कविता प्रतियोगितामा म प्रथम भएँ । करिब ३ सय कविले त्यसमा भाग लिएका थिए र ती मध्ये धेरै स्थापित थिए । यस्तो बेलामा २२ वर्षको फुच्चेको कविता प्रथम हुँदा एकै पटक धेरै दुश्मनहरु कमाएँ । पत्रिकाहरुमा बालकवितालाई पुरस्कृत गरेको टिप्पणी छापिए । त्यसअघि पनि २०५७ सालमा राष्ट्रिय गजल महोत्सबमा म प्रथम हुँदा अचानक केही साथीहरु टाढिएको अनुभव गरेको थिएँ । २०५७ सालमा मनमैजु सांस्कृतिक समाजल गरेको कविता प्रतियोगितामा पनि प्रथम हुँदा पनि यस्तै अनुभव भएको थियो । तर राष्ट्रिय कविता प्रतियोगितामा मैले मज्जाले नै अनुभव गरेँ । यस्ता कुराले आजभोली कत्तिको पिरोल्छ ? तिनताका कार्टुनिस्ट योगेश खपाङ्गी मेरा मिल्ने साथी थिए । उनी बागबजारको एउटा प्रेसमा बसेर कार्टुन बनाउँथे । जुन बेला मलाई बालकविका रुपमा चित्रण गर्दै पत्रिकामा लेख लेखियो, म दुःखी भएर उनलाई भेट्न गएँ । उनी त्यो बेला गिरिजाप्रसाद कोइरालाको कार्टुन बनाउँदै थिए । उनले भने, ‘यी व्यक्ति को हुन् ?’ मैले भने ‘नेपालका प्रधानमन्त्री ।’ ‘यहि कारण अहिले म यिनको कार्टुन बनाउँदैछु ।’ यो एकै वाक्यले मेरो तेस्रो नेत्र खुलेजस्तो भयो र त्यही कुराले सारा तनाब बगाएर लग्यो । तपाईंलाई याद हुनुपर्छ, पछिल्लो समय ‘फिरफिरे’ निस्कदा अचानक मेरो आलोचना भयो । ‘फिरफिरे’ ‘कर्नााली ब्लुज’ भन्दा कमजोर भएको, अझ कसैले त झुरै भएको र पढ्नै नहुने टिप्पणी पनि गरे । कतिपयले कर्नाली ब्लुज मा लेख्न बाँकी रहेको कुरा लेख्यो भनेर पैसा फिर्ता पाउनु पर्ने माग पनि गरे । त्यसको अन्तर्य के थियो, थाहा छ ? कसरी थाहा हुन्छ र ? यो आलोचना हुनुमा त्यस्तै घटनाले काम गरेको थियो । भैदियो के भने ‘फिरफिरे’ माघ ९ गते बिमोचन भयो । माघ १४ गते पोखरामा लिट्रचर फेस्टिबल थियो । सारा लेखक–कवि त्यहाँ उपस्थित थिए तर चर्चा केवल फिरफिरेको मात्र थियो । २५ हजार छापिएका कारण त्यसको भरमार पब्लिसिटी गर्नु प्रकाशकको बाध्यता थियो । मोटो पुस्तक भएकाले कम मूल्यमा बेच्न धेरै छाप्नु पर्ने र त्यसलाई बेच्न चर्को प्रचार गर्नु पर्ने बाध्यताका कारण सारा लेखक–कवि ओझेलमा परे । किनभने नयाँ पुस्तक अरु थिएनन् । पहिलो साता १४ हजार विक्री भएको पुस्तक लिटरेचर फेस्टिबलपछि अचानक आलोचना सुरु भयो । जबकी कुनै पनि राम्रो पुस्तकको प्रतिक्रिया आउन एक वर्ष लाग्छ । यो आम मनोविज्ञान हो । अहिले त्यो बेलाको कुरा सबैले विर्सिए । यसले मलाई भने फाइदा गर्यो । किनभने अब ‘फिरफिरे’ पढ्दा ठूलो अपेक्षा नराखि पढियो र हिजो किनेर थन्काएका पुस्तक बिस्तारै पढ्दा अनौठो गरि तान्यो । आज हेर्नुस्, फिरफिरेको पतिक्रिया ‘कर्नाली ब्लुज’ भन्दा राम्रो छ । भनेपछि तपाईंलाई पनि कर्नाली ब्लुज भन्दा ‘फिरफिरे’ राम्रो पुस्तक हो भन्ने लाग्छ ? हो नै । अन्तर्राष्ट्रिय रुपमा नेपाली साहित्य चिनाउने पुस्तक हो भन्ने ठान्छु । मान्छेहरु भन्छन्, अब मैले ‘कनार्ली ब्लुज’ जस्तो लेख्न सक्तिन । तर म भन्छु, लेखिसकेको छु – फिरफिरे । मैले सुने अनुसार अब तपाईं कुनै पनि पुरस्कार लिनुहुन्न रे हो ? कसैले दिए बहिष्कार गर्ने मनस्थितिमा हुनुहुन्छ रे । सत्य हो ? हो । मेरो पुस्तकमै यो कुरा लेख्नेछु । जहाँनेर कपिराइटका कुरा लेखिएको हुन्छ, त्यहीँ स्पष्टरुपमा यो कुरा उल्लेख हुनेछ । दुई वटा पुस्तकले मदन वा त्यस्तै पुरस्कार नपाएका कारण हो ? हेर्नुस्, अपेक्षा त हुन्छ नै । तर पुरस्कार नलिने घोषण गर्नुका पछाडि त्यो मात्रै कारण छैन । पहिलो कारण हो, पुरस्कार स्थापितलाई होइन, नयाँ लेखकलाई दिनुपर्छ, जसलाई त्यसको आवश्यकता छ । अर्को कुरा पुरस्कार नलिने घोषणा गर्नुको पछाडि धन्यवादको भाव पनि छ । कस्तो धन्यवादको भाव ? मानौं, ‘कनार्ली ब्लुज’ले पुरस्कार पाएको भए मलाई जीवनभरी मेरा पुस्तक विक्री हुनुमा मदन पुरस्कारको योगदान छ भन्ने लागिरहन्थ्यो । आज जुन रुमपा म छाती फुकाएर आफू माथि गौरव गर्छु, सायद त्यो हुँदैनथ्यो । एउटा लेखक त्यस्तो भ्रमबाट मुक्त हुनु कम ठूलो कुरा होइन । थप अर्को कुरा, पुरस्कार नलिने घोषणा गर्ने वित्तिकै त्यो ठूलो सञ्जाल र जन्जालबाट म सरक्कै मुक्त हुन्छु र केवल पाठकसँग मात्रै भर पर्छु । नत्र सानो लोभले पनि म कतै न कतै अल्झन सक्छु र मेरो साधना कमजोर हुनसक्छ । केही समय यता प्रकाशकसँग तपाईंको सम्बन्ध विग्रीएको हल्ला बजारमा चलेको छ । विशेषगरि फाइनप्रिन्टले गर्ने साहित्य उत्सवमा तपाईंको सहभागिता नभएपछि । के भन्नुहुन्छ ? यो बेला मसँग पाठकलाई दिने कुनै नयाँ कुरा छैन । जसरी तपाईंसँग तर्किदा तपाईंले अर्को अर्थ लगाउनु भयो, त्यस्तै हो यो कुरा पनि । यति महत्वपूर्ण समयलाई म धेरै कुरामा प्रयोग गर्न सक्छु । आफूसँग प्रोडक्ट नभइ के भनेर पाठकसँग जानु ? यहि कुरा मैले फाइनप्रिन्टलाई भनेँ र उहाँहरुलाई मेरो तर्क ठिक लागेर समावेश नगर्नु भएको हो । हेर्नुस्, काम गरेपछि जसले पनि पाउँछ । तर तपाईंले त्यो कसरी पाउनु हुन्छ भन्ने कुरा महत्वपूर्ण छ । म फाइनप्रिन्टसँग जोडिन पाएकोमा किन गौरव गर्छु भने जुन इज्जत र जुन भावमा त्यो संस्थाले मलाई ग्रहण गर्छ, एउटा लेखकका लागि त्यो भन्दा ठूलो गौरब गर्ने अर्को कुरा छैन । तपाईंले एउटा चलचित्र लेखे बापत ११ लाख लिनुभयो । यसको चर्चा ठूलो छ । यसलाई कसरी लिनु भएको छ ? चलचित्रको हिरोले ४०–५० रुपैंया पारिश्रमिक बुझेको कुरा सत्य हो भने लेखकले कम्तिमा पनि २०–२२ लाख पाउनु पर्छ । तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, कस्तो मेहेनत गर्नुहुन्छ, त्यसमा भर पर्छ । ६ महिनादेखि यसमा लागिरहेको छु । नलेखे पनि यसमा दिमाग लगाइ रहेको छु । यो सानो समय होइन । तर यति धेरै पारिश्रमिक पाउँदा पनि अर्को चलचित्र नलेख्ने घोषणा गर्नुभयो, केही कारण छ ? एउटा लेखेर हेरेँ र अनुभव गरेँ, यो मेरो क्षेत्र होइन । मेरो लेखनमा डायलग कमजोर हुन्छ । त्यसलाई सुधार्न र नयाँ अनुभव गर्न एउटा चलचित्र लेखेको हुँ । एउटा फिल्ममा अभिनय गरेर पनि हेरेँ । एउटा टेलिफोन उठाएको दृष्य लिन १२ पल्ट टेक गरेपछि मलाई लाग्यो, यी दुबै क्षेत्र मेरो होइन । म किताबकै लागि जन्मिएको हुँ र यसैमा हराउन चाहन्छु । नयाँ केही भन्नु छ ? प्रत्येक दिन भेटघाटलाई छोट्याउँदैछु । आफ्नो संसार साँगुरो बनाउँदैछु । ताकि लेख्न–पढ्न समय मिलोस् । खासमा अरु कुराका लागि म जन्मिएको पनि होइन । नवपुस्ताका पहिलो रोजाइका पाँच नेपाली उपन्यास: नेपाली साहित्य जगतको हालको अवस्थामा नवपुस्ताको झुकाव लोभलाग्दो छ । अझ् उनीहरुको झुकाव अन्य विधामा भन्दा उपन्यासमा बढी नै रहेको छ । उनीहरु किताब पढ्दैनन् मात्र, आफूलाई राम्रो लागेका पुस्तकहरु साथी तथा सञ्जालमार्फत् सिफारिस पनि गर्छन् । हेरौँ, पाँच नवपुस्ताका पहिलो रोजाईका पाँच नेपाली उपन्यास । नवपुस्ताका कवि तथा लेखक नीर्भिक जंग रायमाझी भाषा र कल्पनाले भरिएका उपन्यास पढ्न रुचाउँछन् । उनका रोजाइका पहिला पाँच नेपाली उपन्यासहरुमा शब्दातित शान्तनु (वानीरा गिरी), शिरिषको फूल (पारिजात), घामका पाइलाहरू (धच गोतामे), खैरिनीघाट (शंकर कोइराला) र पागल बस्ती (सरुभक्त) पर्दछन् । साहित्य अध्ययनमा गहिरो रुचि राख्ने कविता पौडेल समाजको नजिक रहेर दर्शनको बिम्ब खडा गर्ने उपन्यास पढ्न रुचाउँछिन् । पागलबस्ती, शिरिषको फूल, सेतो धरती (अमर न्यौपाने), लु (नयनराज पाण्डे) र पल्पसा क्याफे (नारायण वाग्ले) उनका रोजाइका पहिला पाँच उपन्यास हुन् । नवपुस्ताका कवि तथा लेखक नीर्भिक जंग रायमाझी भाषा र कल्पनाले भरिएका उपन्यास पढ्न रुचाउँछन् । उनका रोजाइका पहिला पाँच नेपाली उपन्यासहरुमा शब्दातित शान्तनु (वानीरा गिरी), शिरिषको फूल (पारिजात), घामका पाइलाहरू (धच गोतामे), खैरिनीघाट (शंकर कोइराला) र पागल बस्ती (सरुभक्त) पर्दछन् । नेपाली साहित्यको मुलधारमा पौडिरहेका नवपुस्ताका कवि निरज दाहाललाई अहिले यौन र प्रेमकै वरिपरिमात्र घुमिरहेका नवपुस्ताप्रति चिन्ता छ । उपन्यास पढ्दा उनी विषय र विषयको उठानलाई प्राथमिकतामा राख्छन् । कर्णाली ब्लुज (बुद्धिसागर), सेतो धरती, पागल बस्ती, नरेन्द्र दाइ (विपि कोइराला) र पल्पसा क्याफे उनको रोजाइका पहिलो पाँच उपन्यास हुन् । किताबलाई असल साथीको उपमा दिने राधा सापकोटा उपन्यास होस् वा अन्य कुनै विधाका पुस्तक; उनी त्यसमा उज्यालो खोज्छिन् । प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आफूलाई प्रतिनिधित्व गर्ने उपन्यास पढ्न उनलाई औधि मन पर्छ । उनको रोजाइका पहिलो पाँच उपन्यासमा फिरफिरे (बुद्धिसागर), पागल बस्ती, करोडौँ कस्तुरी (अमर न्यौपाने), राधा (कृष्ण धरावासी) र पल्पसा क्याफे पर्दछन् । पछिल्लो पुस्ताका चर्चित कवि मोहन संग्रामलाई पुस्तकभित्र आफूलाई खोज्छन् । जब उनी पुस्तकमा आफू, आफ्नाहरू, आफूले बाँचेको समय र मिल्दा धारणाहरू पाउँछन्, तब उक्त पुस्तक उनको प्रिय बन्छ । शिरिषको फूल, सेतो धरती, सुम्निमा (विपि कोइराला), घामका पाइलाहरू र कर्णाली ब्लुज उनको राजाइका पहिला पाँच नेपाली उपन्यास रहेका छन् । पाँच नवपुस्ताको रोजाइलाई नमूना मान्दा पागलबस्ती पाँचमध्ये सर्वाधिक चार जनाको रोजाइमा परेको छ । शिरिषको फूल, पल्पसा क्याफे र सेतो धरती समान पाँचमध्ये ३ जनाको साझा रोजाइमा परेका छन् । त्यस्तै घामका पाइलाहरु र कर्णाली ब्लुज समान ३ जनाको साझा रोजाइमा छन् भने अन्य उपन्यास पाँचमध्ये एक जनाको रोजाइमा मात्र रहेका छन् । पाँच नवपुस्ताको रोजाइलाई नमूना मान्दा पागलबस्ती पाँचमध्ये सर्वाधिक चार जनाको रोजाइमा परेको छ । शिरिषको फूल, पल्पसा क्याफे र सेतो धरती समान पाँचमध्ये ३ जनाको साझा रोजाइमा परेका छन् । त्यस्तै घामका पाइलाहरु र कर्णाली ब्लुज समान ३ जनाको साझा रोजाइमा छन् भने अन्य उपन्यास पाँचमध्ये एक जनाको रोजाइमा मात्र रहेका छन् । #नवपुस्ता #नेपाली उपन्यास 'बिकमिङ' अब वृत्तचित्रका रूपमा: बेस्ट सेलर पुस्तक ‘बिकमिङ’को बिक्री बढाउनका लागि देशभरिका ३४ शहरमा हिँडेकी पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामाको सो यात्रा अब डकुमेन्ट्री फिल्मका रूपमा आएको छ । उनको सो डकुमेन्ट्रीलाई नेटफ्लिक्सले मे महिनाको पहिलो साता रिलिज गरेको हो । सन् २०१८ मा बजारमा आएको मिसेलको संस्मरणात्मक पुस्तक ‘बिकमिङ’ बजारमा आएको केही समयमै बेस्ट सेलरको हैसियत बनाएको थियो । पुस्तकले अमेरिकामा मात्र नभएर संसारभरि नै बिक्रीको कीर्तिमान बनाएको थियो । पुस्तक प्रकाशनको ६ महिनामा नै एक करोडभन्दा बढी बिक्री थियो । पुस्तक प्रवर्द्धनका लागि सन् २०१९ मा मिसेल ओबामाले अमेरिकाका विभिन्न शहरहरूको यात्रा गरेकी थिइन् । उनी जहाँ जहाँ गइन्, जो सित भेटिन्, ती सबै गतिविधिलाई डकुमेन्ट्री छायाँकार नाडिया हलग्रेनले खिचेकी थिइन् । ‘बिकमिङ’ डकुमेन्ट्रीमा पुस्तकमा झैँ मिसेलको बालापन र हुर्काई, विवाह र परिवार तथा उनको ह्वाइट हाउस बसाइका बारेमा टिप्पणी गरेकी छन् । बाराक र मिसेलले नेटफ्लिक्ससँग सम्झौता गरी यसअघि दुई वटा वृत्तचित्रसमेत बनाइसकेका छन् । उनीहरूको निर्माण कम्पनी हाइयर ग्राउन्ड प्रोडक्सन्सले बनाएको ‘अमेरिकन फ्याक्ट्री’ले २०१९ को बेस्ट डकुमेन्ट्रीतर्फ ओस्कार अवार्ड हात पारेको थियो । हालै यही कम्पनीले बनाएको ‘क्रिप क्याम्पः अ डिएबिलिटी रिभोल्युसन’ले पनि राम्रै प्रतिक्रिया पाएको थियो । ‘बिकमिङ’ डकुमेन्ट्रीले पनि राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । सिमोन द वुभाँको नयाँ उपन्यास आउँदै: सिमोन द वुभाँ र जाँ पाल सात्र अघोषित श्रीमान्-श्रीमती थिए । वुभाँ प्रख्यात महिलावादी अभियन्ता थिइन् भने सात्रले दार्शनिकको परिचय कमाएका थिए । दुवैले बिहे गरेका थिएनन् तर सँगै बस्थे । दुवैले कसैलाई पनि कज्याउन खोजेनन् । जब सात्रले संसारभर ख्याति बटुल्दै जान थाले वुभाँले १९५४ ताका एउटा उपन्यास लेखेकी थिइन् । २१ वर्षको उमेरमा मृत्युवरण गरेकी स्कुलेजीवनकी सहपाठी जाजासँगको मित्रतालाई आधार बनाएर लेखिएको सो उपन्यास जसै सकियो, उनले सात्रलाई पढेर सुझाव दिन आग्रह गरेकी थिइन् । सात्रले उपन्यास रद्दी भएको प्रतिक्रिया दिएपछि वुभाँले प्रकाशन नगरी त्यत्तिकै राखेकी थिइन् । वुभाँको मृत्युको तीन दशकपछि भने फ्रान्सेली भाषामा लेखिएको ‘द इनसेपरेबल’ उपन्यास प्रकाशन हुने भएको छ । फ्रान्सेली प्रकाशन गृह एडिसन्स डि हर्नले यसलाई बजारमा ल्याउने भएको हो । वुभाँले गोद लिएकी छोरी सिल्भी ले बोन डि वुभाँले प्रकाशनको अनुमति दिएपछि यसलाई बजारमा ल्याउने तयारी गरिएको प्रकाशन संस्थाका निर्देशक लरेन्स टाकुले बताएकी छन् । लरेन्सले द टाइम्स पत्रिकासँग भनिन्, ‘जब तपाईंले उपन्यास पढ्नु हुनेछ, सात्रजस्ता मानिसले किन यस्तो राम्रो उपन्यासलाई रद्दी भनेर प्रतिक्रिया दिए होलान् भनेर सोच्न तपाईं बाध्य हुनुहुनेछ ।’ वुभाँको प्रख्यात पुस्तक ‘द सेकेन्ड सेक्स’ बजारमा आएको पाँच वर्षपछि यो उपन्यास लेखेकी थिइन् । यो उपन्यास लेख्दै गर्दा उनको ‘द सेकेन्ड सेक्स’लाई क्याथोलिक धर्मावलम्बीहरूले प्रतिबन्ध लगाएका थिए । पुस्तकमा उनले गर्भपतनको वकालत गरेको भन्दै परम्परावादी क्याथोलिकहरूले पुस्तकमाथि प्रतिबन्ध लगाएका थिए । ‘अनसेपरेबल’ उपन्यास ज्यादै निजी कुराको गन्थन भएको महसुस गरेका बेला सात्रले पनि उति राम्रो प्रतिक्रिया नदिएकाले उनले थन्क्याएको लरेन्स बताउँछिन् । उनले भनिन्, ‘सात्रबाट उनी साह्रै प्रभावित भएकाले यो उपन्यास प्रकाशन हुनबाट वञ्चित रह्यो ।’ सन् १९८६ मा वुभाँको निधनपछि उनका सारा सिर्जनाको रेखदेख उनकी छोरी सिल्भीको जिम्मा आएपछि उनले पुस्तक प्रकाशनको चाँजो मिलाएकी हुन् । उपन्यासमा वुभाँको बालापन र नारीवादी बन्न प्रेरित गरेका घटनाक्रमहरूबारे लेखिएको छोरी सिल्भीले बताएकी छन् । जाजा र सिमोनको भेट पेरिसस्थित स्कुल पढ्दा भएको थियो । त्यो बेला उनी ९ वर्षकी थिइन् । जाजाको छोटो जीवनकालमा दुई पटक प्रेममा परेकी थिइन् । एक पटक आफ्नै नजिकको नातेदार दाइसँग र अर्को पटक विश्वविद्यालय अध्ययन गर्दा । ती दुवैसँग उनले घरजम गर्ने सपना पूरा गर्न सकिनन् । उनको परिवार ज्यादै कट्टर भएकाले दुवै प्रेमलाई अस्वीकार गरेका थिए । जाजालाई उपन्यासमा एन्ड्री नाम दिएकी छन् । पछिल्लो प्रेम भुलाउनका लागि अभिभावकहरूले उनलाई लन्डन लैजाँदा त्यहीँ बिरामी परेकी थिइन् । २२ वर्ष पुग्नु ठीकअघि उनको देहान्त भएको थियो । सिल्भी भन्छिन्, ‘जाजाको मृत्यु स्वाभाविक थियो तर कारण भने समाजको वर्जना थियो । त्यसैले यो एक किसिमको हत्या नै हो । समाजको रीतिरिवाजका नाममा एउटी कलिली युवतीको हत्या थियो त्यो । त्यसैले मेरी आमाले उहाँलाई साहित्यमा अमर बनाउने प्रण गर्नु भएको थियो ।’ जाजाको मृत्युले सिमोन द वुभाँलाई कति धेरै झक्झक्याएको थियो भने उनले ‘मेमोरिज् अफ अ ड्युटिफुल डटर’ शीर्षकको आत्मकथामा पनि उदाहरणका रूपमा पेस गरेकी छन् । सिल्भीसँग सिमोनको भेट स्कुल पढाउँदाताका भएको थियो । त्यसको दुई दशकपछि सिमोनले सिल्भीलाई छोरी बनाएकी थिइन् । उनी छोरी भएयता वुभाँका अप्रकाशित कयौँ डायरीहरू समेत प्रकाशन गरिसकेकी छन् । नयाँ उपन्यासले पनि वुभाँका अन्य कृतिले झैँ चर्चा पाउने अपेक्षा सिल्भीले गरेकी छन् । उपन्यास फ्रान्सेली भाषामा भएकाले अंग्रेजीमा प्रकाशन हुन समय लाग्ने प्रकाशक लरेन्सको भनाइ छ । हिरा आकाशको त्यो चिठ्ठी...: म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी । म जो थिएँ त्यसबेला एउटा हुलाकी । एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा । चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर । धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे । कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो । कवितासँगै त्यो चिट्ठी जसै मेरो हातमा आएपछि लहडमैं लेखेँ यी पंक्तिहरु प्रियसीको सम्झनामाझैं । अनि पठाएँ साथीको ठेगानामा र राखें डायरीका पन्नामा यसरी– लामो प्रतिक्षापछि तिम्रो चिट्ठी पाएँ हर्षले गद्\u200cगद\u200c्\u200c भो,मन जसै थुम्थुमाएँ बेचैनी ,छटपटी र खटपटी बढिरहेथ्यो औषधि– त्यही चिट्ठीलाई बूटी बनाएँ र लाएँ । अहिले हेर्दैछु –हिरा आकाशको हस्तलिपी चिठ्ठी- ‘तपाईं अहिले कहाँ हुनुहुन्छ?’ ‘घरमै छु!’ ‘बस्दै गर्नुस् है!’ – – – ‘तपाईंले लेख्ने गरेको डायरी निकाल्नुस् त!’ ‘अहिले म डायरीमा लेख्तिनँ त! जमाना ल्यापटपमा पुगिसक्यो, तपाईं डायरी खोज्नुहुन्छ,’ मैले भनेँ । ‘पुरानो भए पनि हुन्छ ।’ मैले कलम र डायरी निकालें । ‘ल, लेख्नुस् त!’ – – – २०७१ साल कार्तिक १ गतेदेखि निबन्ध लेख्न सुरु गर्नेछु । २०७१ साल कात्तिक महिनाभित्र कवि हिरा आकाश सम्बन्धी संस्मरण लेख्नेछु । . . . ‘अब ?’ ‘पुछारमा तपाई सही गर्नुस्!’ ‘किन नि?’ ‘सही गर्नुस् न!’ . . . यसरी ठट्यौले अनिल पौडेलले हिरा आकाशबारे लेख्न बाध्य पारे । एक पटक त मभित्रको दमित उग्र मनलाई सतहमा ल्याएँ, आदेश र आवेशमा किन लेख्ने? तर ,आदेश थिएन यो मेरा लागि । मेरो प्रिय मित्र हिरा आकाशका बारे लेख्नु मेरा निम्ति एउटा अवसर थियो । उनका बारे केही लेख्न नपाएकोमा खिन्न मन यतिबेला निकै जाँगरिलो भएको छ तर म भने नजानिँदो गरी दु:खी भएको छु । + + + हिरा आकाशको नागरिकताको नामसँग म परिचित रहिनँ तर कविसँग मेरो सम्बन्ध २०४२ सालदेखि सुरु भएको हो । मलाई हिजो आज पनि एउटै कुराले पिरोलिरहन्छ- दर्जनभन्दा बढी, मेरा घनिष्ट मित्र कोही भएनन्, किन? दुखद् तर इमान्दार भएर भन्नुपर्छ दश जना मेरा अन्तरंग मित्रहरूभित्र, र पनि कवि हिरा आकाश पर्न सकेनन् । कहिलेकाहीँ नछोएरै पनि जून कम्ति प्रिय लाग्दैन, नदेखेरै पनि हावा कम्ति शीतल लाग्दैन । तैपनि, हिरा आकाश मेरो जून थियो, हावा थियो– जसले मलाई ऊर्जा दिइरह्यो आजसम्म । हिरा , प्रगतिशील धारको कवि जो कहिल्यै सत्ताको पछि लागेनन् । राजनीतिका पछि कवितालाई कुदाएनन् । बरु,राजनीति भन्दा अघि–अघि हिँडे । प्रगतिशीलतालाई कलाले छोपे, सिँगारे । कला कलाको लागि हो भन्नेहरूलाई अनि भाषण वा नारा मात्र साहित्य हो भन्नेहरूलाई जवाफ दिए । हिराका कवितासँग नारा पर पर भाग्थे । कवितालाई उनले चाकडी र चाप्लुसीबाट टाढै राखे । सत्ताको ताबेदारी जो भनिन्छ- बाट उनी टाढै रहे । मादकपनकै कारण उनको मुख बांगिदा पनि कसैका सामु उनको स्वाभिमान बांगिएको मैले थाहा पाइँन । जीवन जिउन सिकाउने केही गुरु मध्ये हिरा आकाश पनि एउटा गुरु हुन्- मेरा । थाहा छैन म चेलो बनेको उनले पत्तो पाए पाएनन्? झापामा हिरासँगै देखा परेका कविहरूमा प्रकाश बुढाथोकी, दुर्गा दाहाल, कृष्ण धराबासी र अमृतलाल श्रेष्ठ लगायत थिए । प्रकाश लगायतका कविहरू क्विता–कर्ममैं रहे पनि धराबासी सायद कवितासँग सँगै हिँड्न नसकेर होला आख्यानको पहाड चढे । तर हिराले गम्भीर विषयमाथि सरल भन्दा सरल शब्द–शैलीले कविता बुन्न छाडेनन् । उनका नेलसन मण्डेला र आगो जस्ता कविताले राम्रै चर्चा बटुले । कविता लेख्नेहरूको मनभित्र उज्यालो हुनुपर्छ, कविको छाती फराकिलो हुनुपर्छ भन्ने उदाहरण पनि मेरानिम्ति हिरा आकाश नै हुन् । जसले बाहिर मीठो बोल्ने अनि भित्र–भित्रै कैंची चलाउने काम गरेको कमसेकम मलाई थाहा छैन । सँगै हिड्नेहरुलाई हिड्न हौस्याइरहे । हिँड्न नमान्नेहरूलाई घच्घच्याइरहे । हिँड्न नसक्नेहरूलाई डोर्याइरहे । चौतारीमा सँगै बस्न प्रेरित गरिरहे । तर खुट्ठा तान्ने काम गरेनन् । त्यसो त झापाली साहित्यकार हुनुको परिचय जो उनले जीवनभरि दिइरहे । चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर । धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे । कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो । म सम्झन्छु उनका कविताको क्रेज जस्ले गोष्ठीलाई गम्भीर र उद्धेलित बनाउँथे । हिराले आफूलाई वेइमानी गरेको धेरै पटक मलाई थाहा छ तर जसो तसो मञ्चमा पुगेपछि उनले कवितालाई अन्याय गरेनन् । त्यही भएर कविता वाचन गरेपछि उनका फ्यान ह्वात्तै बढथे । उनी जति प्रिय थिए नेपालमा त्यो भन्दा बढी भारतीय नेपाली भाषीहरूमाझ झन् लोकप्रिय थिए । मैले उनका बारेमा जानेको र बुझेको सत्य यही हो- हिराले कवितालाई एउटा उचाई दिए यद्यपि कविताले हिरा आकाशलाई दिनुपर्ने उचाइ नदिएकै हो । कहिलेकाँही उनलाई सोध्थें- मित्र, जीवन के हो ? संघर्ष- सजिलै उत्तर दिन्थे । मलाई संघर्ष भन्ने बित्तिकै १०४ डिग्री ज्वरो चढ्थ्यो मनमा । दुर्भाग्य नै भन्नुपर्छ त्यो समय मसँग संघर्ष भन्दा बढी समर्पणले हिमचिम बढायो । तर हिरा सधैं उन्नत र असल जीवन जिउन ढाडस दिन्थे । अधिकारको निम्ति संघर्ष गर्न सान लगाइरहन्थे– मेरो निराश मनःस्थितिलाई । मेरा अन्य मित्रहरूले थाहा पाए पाएनन् कुन्नि, उनी नजिक नबसेर पनि मेरो निराश जिन्दगीको वह पोख्ने एउटा गन्तब्य थिए । मेरो उदासिनतालाई सिर्जनामा रमाउन हौसला दिने इमान्दार मित्र थिए । यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ । बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ? तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन । म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी । म जो थिएँ त्यसबेला एउटा हुलाकी । एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा । चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर । धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे । कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो । कवितासँगै त्यो चिट्ठी जसै मेरो हातमा आएपछि लहडमैं लेखेँ यी पंक्तिहरु प्रियसीको सम्झनामाझैं । अनि पठाएँ साथीको ठेगानामा र राखें डायरीका पन्नामा यसरी– लामो प्रतिक्षापछि तिम्रो चिट्ठी पाएँ हर्षले गद्\u200cगद\u200c्\u200c भो,मन जसै थुम्थुमाएँ बेचैनी ,छटपटी र खटपटी बढिरहेथ्यो औषधि– त्यही चिट्ठीलाई बूटी बनाएँ र लाएँ । अहिले हेर्दैछु –हिरा आकाशको हस्तलिपी चिठ्ठी- मधुमल्ला २३चैत्र २०४४ बद्रीजी! अभिवादन! हिजो साँझ तपाईंको उदास पत्र आइपुग्यो सम्झनाका चिलाउने बोकेर । अहिले त्यही चिलाई मार्दैछु । सञ्चो भएको अनुभव गर्दैछु । भिखारी जी! पत्रमा तपाईं साह्रै उदास देखिनुहुन्थ्यो । उदास मात्र होइन निराश पनि । मित्र, एउटा कुरा भनु,यो संसारमा समयले जसलाई पनि (बिशेषतःतपाईं हामी जस्तालाई )नराम्रो सित थप्पड हानेको छ । सुमसुम्याइदे कसलाई भन्नु? फेरि त्यसमाथि तपाईं एउटा कवि । कविले निराश हुनु हुदैन । मेरो विन्ती बद्रिलाई ,उसले नैराश्यताका कविता नलेखोस् । कवितामा निराशता नपोखोस् ।हामी त संघर्ष सँग जुद्धै जाने मान्छे, निश्चय पनि निराशतासँग पनि हाम्राो जम्काभेट हुन्छ तर निराशताको हामी दास हुनुहुँदैन । के हामी दास हुन जन्मेका हौं त? निश्चय पनि होइनौं होला । यसर्थ आफूलाई अलिक संयम बनाउनु होस् । पत्रानुसार आजभोलि तपाईंको मनस्थिति अलि स्थिर नभए जस्तो बुझिन्छ । आफूलाई एकान्तमा राख्नु सट्टा व्यस्त रहने प्रयास गनु होस् । समय परिवर्तनशील छ, दिउँसो घाम जतिसुकै चर्के पनि साँझपख त्यसले सेलाउनै पर्छ । हामी यसैमा आश्वस्त होऊँ । कुशल छु, कुलताको कामना गर्छु । उपेन्द्र दाइ ,निवासजीलाई मेरो अभिवादन पुर्\u200dयाइदिनु होला । बैसाखको दोश्रो हप्तातिर ‘मंथन’ले भानुको रजत जयन्ती मनाउँदैछ ,निम्तो आउने छ, आउनु होला । –बैसाख ३०/३१ गते धुलाबारीमा महानन्द पुरष्कार समारोह छ,त्यसमा पनि आउनुहोला । अरु त यो मधुमल्ला यस्तै छ – दुई दिनसम्म मस्त मातेर मधुमल्ला पाँच दिनसम्म लम्पसार पर्छ फेरि एकैचोटी आइतबार बौरिन्छ र बाटोभरि ढाकर फिंजाएर रातभरि धाननाँच नाँच्दछ औ बिहान सखारै उठेर नूनसँग घ्यू साट्दछ कठै यो मोरङको पुरानो बजार अरुलाई प्रमोशन गरेर आफूभने डिमोशन भैरहेछ । नयाँ वर्ष २०४५ को शुभकामनासहित तपाईंको मित्र हिरा आकाश हिरा आकाश, जसले कवितालाई आफ्नै गोरेटोमा हिँडाए, तर हिरा पराजुलीलाई भने कुन्नि किन हो, हरिभक्त कटुवालको पथमा धकेले । किन धकेले अब,यो प्रश्नको जवाफ उनले कहिल्यै दिने छैनन् । + + + २०५६ सालपछिका करिब १२ वर्षसम्म साहित्यसँगको मेरो सम्बन्ध बिच्छेद भएको थियो । त्यो बीचमा कवितालाई प्रेम गर्ने उनी र मबीच भेट भएन । अहिले कवितासँग चिसिएको सम्बन्ध प्रेमालापको चरणमा पुगिसकेको छ मेरो । विडम्बना नै भनौं चाहेर पनि तर, हिरासँग कहिल्यै भेट हुने छैन । हिरा आकाश सामान्य बिरामी भएको थाहा पाएको थिएँ । तथापि गम्भीर बिरामी भएको थाहा थिएन मलाई । एकैचोटी टेलिभिजनका पर्दामा मुख्य समाचारभित्र उनको मृत्युको खबर समुद्रका लहरझैं बग्न थालेपछि पो पश्चातापको भुँवरीले छोप्यो मलाई । हो, बिरामी हुँदा भेट्न नपाएपछि मृत्युमा मलामी जान मन लागेन र गइँन । किनभने जिउँदो हिरा आकाश त्यहाँ हुदैनथ्यो । फगत् हिरा आकाश नामको लाश हुन्थ्यो जोसँग मेरो संवाद नै हुँदैनथ्यो । संवादबिहीन हुन त्यसैले, त्यहाँ गइनँ । थाहा नपाउन्जेलसम्म त ठीकै हो । थाहा पाएर पनि तर बाँचुञ्जेल, अझ बिरामी हुँदा भेट्न नजाने, कुनै खोजखबर नगर्ने अनि मरेपछि फलफूलका झोला र सजाइएका समवेदनाका पत्र बोकेर जाने संस्कार अहिले हामी अनुसरण गरिरहेछौं । जानेर होस् वा नजानेर त्यो अनुसरण कमसेकम हिरा आकाशको सवालमा मैले गरिनँ गर्न चाहिँन । यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ । बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ? तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन । पछि, जीवनको उत्तरार्द्धमा उनको बेपरवाह जिन्दगीको खबर हावाले बेला–बेला मतिर हुत्याउँदा लाग्थ्यो– हिरा, दिन मात्र जान्दारहेछन्, लिन जान्दा रहेनछन् । सम्भवतः उनले मलाई आफ्नो सन्दुक रित्याएर जीवन जिउने बूटी दिइ पठाएछन् क्यारे! जो म अहिले पनि धारण गरिरहेको छु । यो बेला अब,खै के भनूँ? बस् भावनाको दहमा डुबुल्की मारेर लेख्तैछु- प्रिय मित्र , तिमीले पत्याएको तर तिमीलाई माया मारेर बसेको म, आज पश्चातापको भुँवरीबाट चिट्ठीमा तिम्रा हस्तलिपी उतारेर’ नेल्शन मण्डेला’लाई साक्षी राख्तै ‘आगोका फूलहरु’ तापिरहेछु । सम्झ- यो पनि एउटा कृतघ्न मित्रका तर्फबाट ढिलै भएपनि तिमीले पाएको सम्झौटो हुनेछ । महिला पाठक बढी जाँगरिला: लन्डन / आख्यान पढ्ने मामिलामा पुरूषभन्दा महिलाहरू बढी जाँगरिला भएको एउटा अध्ययनले देखाएको छ । पुरूषहरूले ५० पृष्ठभन्दा बढी पढ्न नसकेको पुस्तक महिलाहरूले भने १०० पृष्ठभन्दा बढी पढिसकेको हुने देखिएको हो । खासगरी इबुकका मामिलामा गरिएको अध्ययनले अर्को एउटा तथ्य पनि देखाएको छ । अमेजनले गरेको अध्ययनमा ७५ प्रतिशत पाठकले पाँच प्रतिशत भन्दा कम पुस्तक पढ्ने गरेका छन् । अधिकांशले पढ्दापढ्दै आधाउधिमै किताब छाड्ने गरेका छन् । आर्ट काउन्सिल इंग्ल्यान्डले अमेजनसँग मिलेर यसबारे अध्ययन गरेको थियो । अमेजनले आफ्नै इबुक रिडर किन्डल बेच्ने गरेको छ । किन्डल किन्दा सित्तैमा केही पुस्तक दिइने गरेको हुन्छ भने मन परेको पुस्तक पैसा तिरेर डाउनलोड गर्न सकिन्छ । किन्डलजस्तै अर्को इबुक रिडर कोबोले आफूसँग भएको डाटा सार्वजनिक गरेको थियो । सो तथ्यांकमा आफ्नो पढ्ने ल्याकतभन्दा दोब्बर किताब किन्ने गरिएको तर कम नै पढ्ने गरेको देखिएको थियो । किनिएका ईपुस्तकमध्ये ६० प्रतिशत पुस्तक त २५ देखि ५० प्रतिशत पनि पढिएको हुँदैन । कोबोले सार्वजनिक गरेको तथ्यांकले भने सबैभन्दा बढी पढिएको विधा रोमान्टिक उपन्यास भएको देखाएको छ । ६२ प्रतिशत पाठकले डाउनलोड गरिएका ईपुस्तकमध्ये रोमान्स छानेका थिए । त्यसपछि अपराध र फेन्टासी विधाका उपन्यास रूचाएको पाइएको छ । ७८४ पृष्ठको द गोल्डफिन्च उपन्यास किन्नेहरूमध्ये ४४ प्रतिशतले मात्र पूरै पढेको पाइएको छ । यस्ता तथ्यांक सार्वजनिक हुनु भनेको पुस्तक व्यापारका लागि निकै राम्रो भएको पुस्तकमाथि अध्ययन गर्ने संस्था जेलीबुक्सले जनाएको छ । सार्वजनिक गरिएको यो तथ्यांकको सबैभन्दा रोचक पक्ष के छ भने टेलिभिजन हेरिरहनेहरूले बरू अन्यको तुलनामा बढी पढेको देखिएको छ । सामान्यतः टेलिभिजनमा बढी समय बिताउनेले किताब पढ्न मन गर्दैनन् भन्ने एउटा सार्वजनिक मान्यता छ । सार्वजनिक गरिएको यो तथ्यांकको सबैभन्दा रोचक पक्ष के छ भने टेलिभिजन हेरिरहनेहरूले बरू अन्यको तुलनामा बढी पढेको देखिएको छ । सामान्यतः टेलिभिजनमा बढी समय बिताउनेले किताब पढ्न मन गर्दैनन् भन्ने एउटा सार्वजनिक मान्यता छ । गम्भीर किसिमका साहित्य पढ्न रूचाउनेहरूले प्रायः सप्ताहान्त रोज्ने गरेको पनि देखिएको छ । अध्ययनमा संलग्न सोफिया वुडली र ओलिभर मन्टेलले यस अध्ययनलाई अगुवाई गरेका थिए । उनीहरूले भनेका छन्, ‘यस किसिमको अध्ययनले पाठकको बानी र तिनले पठनलाई कसरी लिन्छन् र व्यवहार गर्छन् भन्नेबारे राम्रो जानकारी संकलन हुन सकेको छ ।’ यसले कसले, के, कहिले, के कारणले किताब पढ्न छाड्दारहेछन्, संस्कृतिले पठनमा पार्ने भूमिका के कस्तो हुन्छ र मास मिडियाको भूमिका के हुँदोरहेछ जस्ता कुराहरू पनि बुझ्न सजिलो भएको उनीहरूको भनाइ छ । ईपुस्तकको पठन क्रमशः घटिरहेको र अडियोबुकको चलन क्रमशः उकालो लागिरहेको पनि उनीहरूको अध्ययनले देखाएको छ । हुन पनि २०१३ देखि २०१७ सम्म अडियोबुकको बिक्री १५० प्रतिशतको दरले उकालो लागेको छ । बढी बिक्री हुने विधामा अडियोबुकको कविता विधा पनि हो । २०१३ देखि २०१८ सम्मको अवधिमा यसको बिक्री ६६ प्रतिशतले बढेको पाइएको छ । पछिल्लो समयमा इन्स्टाग्राममा युवापुस्ताको बाक्लो उपस्थिति रहेको ठाउँमा इन्स्टाकविको समूह बाक्लिएपछि त्यसले बेग्लै पाठकहरू जन्माएको पनि अध्ययनले देखाएको छ । पछिल्लो समय इन्स्टाग्राममा हिट भएकी रूपी कौरका कारण कविता विधाले आफ्नो बेग्लै उपस्थिति जनाउन थालेको छ । इन्स्टाग्राममा रूपीका ४० लाख फलोअरहरू छन् । उनका कविताले १८-२४ वर्ष उमेर समूहकालाई निकै सशक्त प्रभाव पारेको छ । रूपीका कारण अन्य कविता संग्रह पनि पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय हुन थालेको अध्ययनले देखाएको जेलीबुक्सले जनाएको छ । अर्थपूर्ण किताब शीर्षकबाट चर्चामा: लन्डनबासी फिल सअ यतिबेला निकै चर्चामा छन् । नहुन पनि किन ? उनको कामै त्यस्तै छ ! मूलतः डिजिटल प्रिन्टमेकरको परिचय बनाएका फिलको चर्चाको कारण चाहिँ हालै बन्दाबन्दीका बेला उनले सिर्जना गरेको एउटा कलात्मक प्रस्तुति नै हो । फिलले बुकसेल्फ आर्ट शीर्षकमा एउटा रोचक काम गरे । कोरोना कहरका कारण घरबाहिर निस्कन नपाएपछि उनले घरमै रहेका पुस्तकहरूको एउटा गज्जबको कला प्रस्तुत गरे । उनले वास्तविक पुस्तकहरू भेला पारे । ती पुस्तकलाई क्रमशः अर्थ दिने प्रयास गरे । पछि त किताबको शीर्षकहरूबाटै यति अर्थपूर्ण कला बन्यो कि त्यो चर्चामा आइहाल्यो । यसका लागि उनले शुरूमा कम्प्युटरमा आफूसँग के कस्ता शीर्षकका पुस्तक छन् भनी छनोट गरे । त्यसलाई क्रमशः मिलाएर राखे । मिलाएर राख्दा किताबको शीर्षक अर्थपूर्ण बनेको हो । उनले भेला पारेका पुस्तकलाई क्रमशः पढ्दा यस्तो शब्दहरू बनेका थिएः द इङलिस प्यासेन्ट ह्याड कट इट अन द बिच । आई सुड ह्याभ स्टेड होम सी सेड । नाउ सी वाज इन क्वारेन्टाइन इन द डार्क हाउस अफ स्प्लेन्डिड आइसोलेसन । स्टिल होप स्प्रिङ्स इटरनल । विद अ लिटल बिट अफ लक । कमन सेन्स एन्ड पर्सनल हाइजिन द कोरोना बुक अफ हरर स्टोरिज् मस्ट इन्ड सुन । अल्वेज रिमेम्बर क्लिन ह्यान्ड्स सेभ लाइभ्स एन्ड ह्वेन इन डाउट डन्ट गो आउट । ‘घरमा बस्दाबस्दा म यति दिक्क थिएँ कि केही नयाँ काम गरौँ न त भन्ने लाग्यो,’ फिलले भने, ‘कहिलेकाहीँ अल्छीले पनि ठूलो काम गर्दो रहेछ ।’ उनले यसअघि सोसल डिस्टेन्सिङ शीर्षकमा पुस्तकहरूको यस्तै लाइन बनाएका थिए । जसमा पुस्तकहरू मिलाएर राख्दा यस्तो वाक्य बन्न पुगेको थियोः अ रूम अफ वन्स अन, फार फ्रम म्याडेनिङ क्राउड एन्ड वन हन्ड्रेड इयर्स अफ सोलिच्युड । ‘मसँग ती किताबहरू रहेको देखेपछि कम्प्युटरमा अक्षरहरू मिलाउन थालेँ,’ उनले भने, ‘मिलाउँदा-मिलाउँदै गतिलो अर्थ दिन थाल्यो । त्यसो त यो बनाउन र अर्थ दिन घण्टौँ लाग्यो तर पनि जब बनाइसकेँ, मलाई निकै मज्जा लाग्यो ।’ सन् २००३ देखि उनले डिजिटल प्रिन्टको काम थालेका हुन् । किताबलाई लाइनै लगाएर अर्थपूर्ण बनाउने कलामा पारंगत भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले उनलाई सन् २०१३ मा आयोजित विश्वका शक्तिशाली मुलुकहरूको सम्मेलन जि एटमा त्यस्तै डिजाइन बनाउन जिम्मा दिएका थिए । पुस्तकलाई अर्थपूर्ण बनाउने उनका यस्ता डिजिटल प्रिन्ट पन्ध्र सय पाउन्डदेखि बिक्री हुने गरेका छन् । संसारभरबाट उनका यस्ता डिजिटल प्रिन्ट कम्तीमा पनि सय वटा जति बिक्री हुने गरेका छन् । संसारभर बिक्री गर्न उनले वेबसाइट पनि बनाएका छन् । फिल्मी उपन्यासको बाढी: अमेरिकामा हरेक वर्ष एउटा मेला लाग्छ । यो मेलामा साइफाइ र कमिक्सका चरित्रहरू जीवन्त भएर आउँछन् । त्यहाँ नयाँ नयाँ घोषणा पनि हुन्छन् । जस्तो यस पटकको सी२इ२ मेलामा नयाँ कुरा थपियो । यसमा ‘स्टार वार्स’का पात्रहरूले अनेक कर्तब मात्र देखाएनन्, नयाँ कुरा पनि भयो । यो मेलामा स्टार वार्सका पात्रसँगै नयाँ फिल्मका उपन्यास पनि बिक्रीका लागि राखिएका थिए । प्रायः सिनेमाहरू त्यसको बन्ने गर्छन्, जुन पहिल्यै लेखिसकिएका हुन्छन् । त्यस्ता उपन्यासमाथि बनाइएका अधिकांश फिल्म हिट मात्र हुँदैनन्, समालोचक र समीक्षकहरूले पनि उत्तिनै रूचाएका हुन्छन् । तर यहाँ कुरा अलि उल्टो थियो । शुरूमा फिल्म बजारमा आएर हिट भइसकेपछि ती फिल्मका उपन्यासिका वा लघुउपन्यास आउनु अलि अनौठो नै हो । तर तिनलाई पनि फिल्मलाई झैँ पाठकहरूले मन पराइरहेको पाइएको थियो । साइफाइ मेलामा स्टार वार्सः द राइज अफ स्काइवाकरलाई धेरैले रूचाए । केही घण्टामा नै यस उपन्यासको सयौँ प्रति बिक्री भइसकेको थियो । लघुउपन्यास त बिक्री भयो तर कुरा यत्तिमा नै सकिएन । केही दिनमा नै उपन्यास पढेर ट्वीटर र फेसबुकमा यसमाथि ह्यासट्याग लेख्न थालियो । केही सातामै यो अमेरिकामा चर्चाको विषय बन्न थाल्यो । यो चर्चापछि पुनः उपन्यासको बिक्री बढ्न थाल्यो । सामाजिक सञ्जालमा पोस्टहरू आउन थाले- के रे ? पाल्पाटिन सम्राट के थिए अरे ? होल्डअन, ल्यान्डो कालरिसिनकी छोरी…को ? यी कुरा किन उठिरहेका थिए भने फिल्ममा यस्ता साना कुराका स्पष्ट बताइएको थिएन । यस्ता सानासाना कुराको खुलासा पाठकहरूलाई एउटा आश्चर्यको उपहार बन्न पुग्यो । यसपछि त के थियो, फिल्मका फ्यानहरू यस्ता उपन्यासका प्रशंसकमा पनि परिणत हुन पुगे । के उसो भए फिल्मभन्दा उपन्यासिका राम्रा थिए ? अथवा उनीहरूको कल्पनाभन्दा फिल्म झूर भएका कारण उपन्यासिकाहरू रूचाइरहेका थिए । यसको उत्तम जवाफ के हुनसक्छ भने सानो समूहलाई लक्षित गर्दै एउटा समूहले सधैँभरि फिल्मलाई उपन्यासिका बनाइरह्यो । त्यो हिजो पनि थियो र आज पनि चलिरहेको छ । यस्ता उपन्यासहरू पटकथाकारले लेखिरहेका छैनन्, बरू चर्चामा आउन नसकेका तर उम्दा लेखनी भएका उपन्यासकारहरूले लेखिरहेका छन् र तिनले आफ्नो नाम पनि बनाइरहेका छन् र दाम पनि कमाइरहेका छन् । यसो हेर्दा चलनचल्तीको भन्दा फरक काम भइरहेको छैन त ? केही समयअघि सोनिकः द हेजहग फिल्मलाई भिडियो गेम बनाइयो । भिडियोगेम हिट भएपछि यसलाई उपन्यासमा परिणत गरियो । पिक्सारले बनाएको एनिमेटेड फिल्म अनवार्डको पनि त्यस्तै गरियो । भिन डिजेलको एक्सन फिल्म ब्लडसट र विल स्मिथको जेमिनी म्यानले पनि उपन्यासको स्वरूप ग्रहण गरे । हुँदाहुँदा हरर फिल्म ह्याप्पी डेथ डे र यसको सिक्वललाई पनि उपन्यासीकरण गरियो । राइज अफ स्काइवाकरको उपन्यासीकरण कति मन पराइयो भने हार्ड कभर उपन्यासको बेस्ट सेलर सूचीमा नम्बर पाँचमा पर्यो । रोचक त कहाँनेर भइदियो भने सेप अफ वाटरको उपन्यासलाई पनि निकै रूचाइएको छ । ‘स्क्रिनप्लेलाई आधार बनाएर लेखिएका यस्ता उपन्यासले उजागर गरिदिने नयाँ नयाँ रहस्यपूर्ण कथाले उपन्यासलाई फिल्मभन्दा रोचक बनाइदिन्छन्, सेप अफ वाटरका निर्देशक गुलेरमो डेल टोरो भन्छन् । केहीले फिल्मको कथालाई उपन्यासीकरण गरेको कुरालाई भने रूचाउँदैनन् र यसलाई शुद्ध उपन्यास मान्न पनि तयार हुँदैनन् । यस्ता उपन्यासकारलाई ओरिजनल सर्जक नमान्नेको संख्या पनि उत्तिकै छ । तर हलिउडमा यस किसिमको परम्परा निकै पुरानो छ । चाहे फ्राइडे द थर्टिन्थ होस् या आर्नोल्ड स्वार्जनेगरको कमेडी जिङ्गल अल द वे, डा. सेउसको क्याट इन द ह्याटको १२८ पृष्ठ लामो उपन्यासिका होस्, तिनले त्यो बेला निकै तहल्का मच्चाएका थिए । यसको कारण के पनि थियो भने सिनेमा हलमा चल्थ्यो, त्यसको भिडियो चक्का वा डिभिडी आउन समय लाग्थ्यो । ती फिल्मभन्दा पहिले बरू त्यसका उपन्यासीकरण बजारमा आइपुग्थे । र, ती निकै हिट हुन्थे । मनोरञ्जनको नाममा टिभी, सिनेमा र किताब मात्र रहेको त्यो बेला फिल्ममाथि बनेका उपन्यासले राम्रै बजार पाउने गरेका थिए । टाइटन बुक्सका सिनियर एक्विजिसन्स एडिटर स्टिभ सफेल भन्छन्, ‘सन् ८० को दशकमा होम भिडियोले तहल्का मच्चाए पनि फिल्मी उपन्यासिकाको विधा भने हराएन । उत्तिकै लोकप्रिय भइरह्यो । खासमा फिल्मी उपन्यास लेखकलाई लेखक नै नगनिदिने भएकाले धेरैले यसलाई चित्त बुझाउँदैनन् । तर पनि संघर्ष गरिरहेका र खानै समस्या भइरहेका तर लेखनकला भएकाहरूका लागि यो उम्दा काम भएको यसमा संलग्नहरू बताउँछन् । यतिबेला राइज अफ स्काइवाकर उपन्यासिका लेखेकी राई कार्सन भन्छिन्, ‘मैले यो उपन्यास लेख्नुको मूल प्रेरणा बाल्यकालमा मलाई परेको प्रभाव नै हो । म १० वर्षको उमेरकी छँदा रिटर्न अफ जेडी उपन्यासिका पढेकी थिएँ । त्यो बेला मेरो परिवार ज्यादै गरिब थियो । फिल्म हेर्नु महँगो सोख थियो । साथीहरूले फिल्मको गफ गर्थे, त्यसको विकल्पमा मैले फिल्मको उपन्यास पढेर उनीहरूसँगै मच्चिएर गफ गर्थें ।’ कार्सनलाई उनकी आमाले पुस्तकालयबाट बेलाबेलामा फिल्मी उपन्यास ल्याइदिने गर्थिन् । तिनको सुन्दर लेखनी, सुपर स्पिडको कथाले अन्त्यसम्म तान्थ्यो । एउटै किताब उनी तीन पटकसम्म पढ्थिन् । यतिबेला फिल्मी उपन्यास लेखकका रूपमा उदाएका जेम्स कान ३६ वर्षको उमेरमा चिकित्सक थिए । जब उनलाई चिकित्सकीय कार्यबाट दिक्क लाग्न थाल्यो, साइन्स फिक्सनतर्फ उनको ध्यान केन्द्रित हुन थाल्यो । उनले एकादुई साइफाइ पनि लेखिसकेका थिए । उनको साइफाइ पढ्नेमध्येका एक स्टिभन स्पिलबर्ग पनि थिए । उनले आफ्नो साइफाइ उपन्यासमाथि फिल्म बनाइदिए हुन्थ्यो भनी अनुरोध गर्न पुगेका थिए तर उनले बनाएका इन्डियाना जोन्स, पोल्टेरजिस्ट, द गुनिजको उपन्यास बनाउने जिम्मा दिए । जब यो कुरा हलिउडमा फैलियो, जर्ज लुकासले जेडीको उपन्यास बनाउन उनैलाई जिम्मा दिए । कानले १२ फिल्मको एडप्टेसन गरिरसकेका छन् । ३७ वर्षअघि उनले रिटर्न अफ द जेडीको उपन्यास बनाएका थिए । त्यो उपन्यास न्युयोर्क बेस्टसेलरको नं. १ बन्न पुगेको थियो । नं. एक लेखकमा दर्ता भएपछि भने उनलाई यस विधामा उति रूचि जागेन । फिल्ममाथि उपन्यास लेख्नु भनेको उनलाई अरूले बनाएको बालुवाको महलमा अरू नै केही थपथाप गर्नु भएको महसुस हुन्छ । अरूकै खेलौना सापट लिएजस्तो उनलाई लाग्न थालेपछि उनले फिल्मी उपन्यासमाथि काम गर्न छाडेका हुन् । स्टार वार्सको प्रिक्वेल रिभेन्ज अफ द सिथ (२००५) लाई म्याथु स्टोभरले लेखेका थिए । उनले पनि एक दर्जन फिल्मी उपन्यास लेखेका छन् । उनले स्टार वार्स शृंखलामाथि लेखेको उपन्यास बेस्ट सेलर भएको छ । उनले यस्तो उपन्यास लेखनीलाई साथीको सामग्री सापट लिएर केही दिन आफूसँग राख्नुजस्तै भएको बताउँछन् । ‘आफूसँग हुञ्जेल तपाइँकै हो भन्ने भ्रम हुन्छ तर अन्त्यमा त यो अरूकै सिर्जना हो भन्ने महसुस गर्नु हुन्छ,’ उनले भने, ‘तर यो शैली साह्रै खराब चाहिँ होइन ।’ यस विधाको उपन्यास बबाल चल्छ, पैसा पनि कमाइन्छ भन्ने सोच ल्याउने व्यक्ति हुन् एलन डिन फोस्टर । उनलाई फिल्मको उपन्यासीकरणको गडफादर नै मानिन्छ । उनले एलियन फिल्मलाई जसरी उपन्यासमा ढाले, त्यसले उही कथा दोहोर्याएको भान हुन दिएका थिएनन् । अहिले ७३ वर्षका एलेन अमेरिकाको एरिजोनामा बस्ने गर्छन् । उनले एलियन मात्र होइन, ट्रान्सफर्मर, टर्मिनेटर, द थिङ, शुरूको क्लास अफ द टाइटन्सलाई उपन्यासमा परिणत गरेका थिए र ती सबै आफ्नो जमानाका हिट बन्न पुगेका थिए । हालै एलनको आत्मकथा बजारमा आएको छ, द डाइरेक्टर सुडह्याभ सट यु । जसमा उनले एउटा प्रवृत्तिमाथि चर्को व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘उपन्यासलाई एडप्टेड गरेर बनाइएको फिल्मलाई अस्कर पुरस्कार दिइन्छ, तर त्यही स्क्रिनप्लेलाई एडप्ट गरेर उपन्यास बनाउनेलाई भने हेयको दृष्टिले हेरिन्छ । जबकि त्यसका पाठक निकै ठूलो छ ।’ ‘मैले फिल्मी उपन्यासीकरणलाई कहिल्यै पनि नराम्रो रूपमा लिइनँ । यो संसारमा पढ्दा आनन्द आउने र नआउने दुई किसिमका उपन्यास हुन्छ भन्ने मात्र मान्छु,’ उनले आत्मकथामा लेखेका छन् । उनले आफ्नो सिर्जना राम्रो हुनुको कारण खोतल्दै लेखेका छन्, ‘मैले एलियन लेख्दा मलाई कम्पनीले एलियन कस्ता हुन्छन् भनेर तस्बिर पनि हेर्न दिइएको थिएन । मैले आफ्नै कल्पनाशीलता प्रयोग गरेको थिएँ । गोडजिला पनि मैले सिनेमा हलमा गएर हेरिसकेपछि यस्तो रहेछ भन्ने थाहा पाएको हुँ । तर ती सबै सबै चिज निकै रूचाइए ।’ सुपरम्यानको म्यान अफ स्टिल उपन्यास लेख्दाको अनुभव लेखेका छन्, ‘मलाई केन्सास राज्यका खेत कस्ता हुन्छन् भन्ने थाहा थियो, डेली प्लानेट पत्रिकाको न्युजरूम कस्तो हुन्छ भन्ने थाहा थियो तर सुपरम्यानको जन्म भएको ठाउँ क्रिप्टोनियन अस्पतालको जन्माउने च्याम्बर कस्तो हुन्छ भन्ने त थाहा थिएन । त्यसलाई कल्पनाशीलता उपयोग नगरी हुँदैन । मैले जब वार्नर ब्रदर्स कम्पनीमा फोन गरेर क्रिप्टोनियन जन्माउने अस्पताल कस्ता हुन्छन् भनेर सोध्दा फिल्मको स्क्रिप्ट हेर भन्ने जवाफ दिइन्थ्यो । र, स्क्रिप्टमा कहिल्यै पनि त्यस्ता साना कुरा व्याख्या गरिएको हुँदैनथ्यो ।’ टिभीमा नियमित आउने स्टार ट्रेक र डार्क स्याडोज् जस्ता शृंखलाले जसो सर्वसाधारणको चासो ह्वात्त बढायो तर सबैसँग टिभी हुँदैनथ्यो, त्यसको पूर्ति ती कथानकमाथि बनेका उपन्यासिकाले ठाउँ लिन्थे । फिल्म इतिहासकार ग्रेडी हेन्ड्रिक्स भने उपन्यासीकरणको इतिहास निकै पुरानो रहेको बताउँछन् । उनले छापिएका सबैजसो उपन्यासीकरणहरूको समीक्षा पनि गरेका छन् । उनका अनुसार १७ औँ शताब्दीताका मञ्चन गरिने कयौँ नाटकहरूको उपन्यास बनाइएको थियो । उन्नाइसौँ शताब्दीसम्म आइपुग्दा यो निकै हिट विधा बनिसकेको थियो । न्युयोर्कमा हिट भएको नाटकका बारेमा जान्न सिकागोका पाठक निकै उत्सुक थिए । यही कुरालाई पुस्तक पसलेहरूले क्यास गर्ने गर्थे । त्यो बेलाको उपन्यासीकरण अहिलेको जस्तो थिएन । नाटकको कथा विस्तृत रूपमा हुन्थ्यो र बीचबीचमा नाटकका तस्बिरहरू हालिएका हुन्थे । ठीक यही कुरा सिनेमा शुरू हुन थालेपछि लागू गरियो । त्यो बेला यत्रतत्र सिनेमा घर हुँदैनथे । तिनको कमी फिल्मका उपन्यासले पूरा गरिदिन्थे । त्यसो त अहिलेको जस्तो सबैजसो हिट फिल्मका उपन्यासीकरण भने त्यो बेला हुँदैनथे । केही सीमित र छानिएका फिल्मको मात्र उपन्यास बन्थे । रेन्डम हाउसले सन् १९२२ ताका किङकङ फिल्मको उपन्यास छापेको थियो । सन् ७० को दशकमा आइपुग्दा पनि त्यस किसिमको उपन्यासीकरणले निकै ठूलो बजार लियो । टिभीमा नियमित आउने स्टार ट्रेक र डार्क स्याडोज् जस्ता शृंखलाले जसो सर्वसाधारणको चासो ह्वात्त बढायो तर सबैसँग टिभी हुँदैनथ्यो, त्यसको पूर्ति ती कथानकमाथि बनेका उपन्यासिकाले ठाउँ लिन्थे । झन् त्यो बेलाको सुपरहिट फिल्महरू एलियन, स्टार वार्स, इ.टी., ग्ल्याडिएटरजस्ता हिट फिल्म आए, यसको बजार ह्वात्तै बढ्यो । बजार मात्र बढेन, फ्यान फिक्सनको एउटा नयाँ विधा नै तयार भयो । फ्यान फिक्सन भन्नाले तपाईंलाई बच्चा बेलामा मन परेका फिल्म, कमिक्स, उपन्यासलाई आधार बनाएर लेखिएका नयाँ उपन्यासको विधा हो । पछि यसलाई व्यापार गर्ने एउटा राम्रै अस्त्र ठानेर प्रकाशक र फिल्म निर्माताहरूले आफ्नो ‘एक्सटेन्डेड युनिभर्स’ नै बनाए । फ्यान फिक्सनको उत्तम नमूना सन् १९६४ मा जेम्स बोन्ड शृंखलाका मूल लेखक इयान फ्लेमिङको मृत्युपछि निर्माण गरिएका नयाँ उपन्यास शृंखलालाई लिन सकिन्छ । कान भन्छन्, ‘मलाई फ्यान फिक्सन हुन्छ भन्ने थाहा थिएन तर बच्चैदेखि आफूले पढिरहेका कमिक्सलाई थोरै घुम्ती र मोड दिँदै नयाँ कथा लेख्थेँ । मुख्य पात्र चाहिँ हिट कमिक्सका पात्रहरू नै हुन्थे ।’ फ्यान फिक्सनको सबैभन्दा उत्तम नमूना क्राउस र जर्ज रोमेरोमा देख्न सकिन्छ । रोमेरोले नाइट अफ द लिभिङ डेड फिल्म बनाएका थिए । सन् २०१७ मा उनको देहान्त भएपछि क्राउसले ६ सय पृष्ठको थप सूचनालाई संकलन गरी नयाँ पुस्तक द लिभिङ डेड सहलेखन गरे । क्राउसले भनेका छन्, ‘जब मैले ६ सय पृष्ठका पाण्डुलिपि देखेँ, त्यसमा मिहिन तरिकाले नयाँ सूचना र पात्रहरू फेला पारेँ, यसलाई संसारसामु ल्याउनुपर्ने दायित्वबोध गरेँ । सोही दायित्वले फ्यान फिक्सनले नयाँ आयाम पायो । कार्सन भन्छिन्, ‘राइज अफ स्काइवाकर’ को स्क्रिप्ट पढेपछि केही चिजहरू थपथाप गर्नुपर्ने महसुस भयो । यसका लागि जब मैले जर्ज लुकाससँग तीन घण्टा छलफल गरेँ, मलाई आनन्द किन लाग्यो भने स्टार वार्सजस्तो ठाउँमा पनि आफ्नो सिर्जनशीलता देखाउन मिल्ने ठाउँ रहेछ !’ उनलाई पहिल्यै उपन्यासीकरण गरिसकेकाले पनि खासै गतिलो काम गर्न पाउँदिनौ होला भनेर उनको मन खिस्रिक्क पारिदिएका थिए । तर उनको कामले यतिबेला सराहना पाइरहेको छ । यस्तो कुरालाई महत्त्व दिनेमध्येका एक नाटककार हुन्, डेभिड रेबी । उनले सन् १९९५ मा सिन पेन अभिनित द क्रसिङ गार्डको उपन्यासीकरण गरेका थिए । उनको नजरमा फिल्मको उपन्यासीकरण सिर्जनशील लेखनजस्तै हो । रत्तिभर फरक छैन तर कामले बाँध्नु भने पर्छ । प्रकाशक टाइटनका साफेल भन्छन्, ‘अधिकांश उपन्यासीकरणको समस्या के हुन्छ भने तपाईंसँग उपन्यास लेखिसक्न बढीमा तीन महिना हुन्छ । हुन त फिल्म बनाउन उनीहरूले वर्षौं समय दिएका हुन्छन् तर उपन्यासीकरण गर्न भने केही साताको पनि समय दिँदैनन् । त्यसैले गतिला उपन्यासीकरण निस्कन नसकेका हुन् ।’ यसका पछाडि किताब एउटा सानो कमाउने माध्यम मात्र भएकाले पनि हो । यसलाई साहित्यिक मूल्यका रूपमा नहेरिने भएकाले पनि यस्तो समस्या आउने गरेको साफेल बताउँछन् । फोस्टरको भनाइ छ, ‘यस्ता उपन्यासीकरणको उपादेयता भनेको समुद्र किनारमा बेरिने टवेल, म्याक्डोनाल्डको कफी कपजस्तै हो । थोरै समयका लागि मात्र तिनको उपयोग हुन्छ । त्यसैले धेरैले महत्त्व दिँदैनन् ।’ संसारभरि नै मिडिया-टाइ-इन लेखकको संघ छ । म्याक्स एलेन कोलिन इन्टरनेसनल एसोसिएसन अफ मिडिया टाइ-इन राइटर्सका सहसंस्थापक हुन् । कोलिन्सले नाथन हेलर शृंखलाका थ्रिलर उपन्यासहरू लेखेका छन् । उनले द रोड टु पर्डिक्सन ग्राफिक उपन्यास पनि लेखेका छन् । जुन सोही फिल्मबाट उपन्यासीकरण गरिएको हो । कोलिन्स भन्छन्, ‘यस्ता उपन्यासीकरणका समस्या के हुन् भने तपाईंले दिनको १५ देखि २० पेज लेखिसिध्याउनै पर्छ । यस्तो काम गर्दा तपाईं मेसिनजस्तो बन्नुहुन्छ । त्यसैले पनि यसलाई खासै साहित्यिक काम मानिदैन ।’ यस्ता उपन्यास तयार पार्दा प्रायः फिल्मकर्मीहरू आफू गाँसिन रूचाउँदैनन् । जे गरे पनि लेखककै हातमा छाडिदिन्छन् । उनीहरूको लागि फिल्म महत्त्वको हुन्छ, उपन्यासीकरण खासै आकर्षणको विषय उनीहरूलाई लाग्दैन । अर्कोतर्फ आफ्ना फिल्मको बारेमा चासो राख्नुभन्दा बरू नयाँ कथा, नयाँ सिर्जना पढ्यो भने समयको सदुपयोग हुन्छ भन्ने सोच कतिपय निर्देशकको हुने गरेकाले पनि यो विधाले महत्त्व नपाएको हो । स्वयं निर्देशकले नै लेखकलाई नगनेपछि यसको इज्जत कसरी बढ्छ त ? भन्नेहरूको पनि कमी छैन । उपन्यासीकरणका किताब सम्पादन गर्ने एक जना आफ्नो नाम नखुलाउने शर्तमा भन्छन्, ‘यी उपन्यासको महत्त्व किन छ भने फिल्म ज्यादै क्लिष्ट र नबुझिने भए पनि उपन्यासमा ती कुरालाई सरल तरिकाले बुझाइएको हुन्छ । सायद यही कारणले यिनको लोकप्रियता जनस्तरमा उच्च छ ।’ फोस्टरले लेखेका छन्, ‘मलाई धेरैले मुखेञ्जी भनेका छन्, त्यो फिल्म जुन कुरामा आधारित हुन्छ, त्यसमा भन्दा तपाईंको किताबमा आधारित बनाएको भए फिल्म अझ गज्जबको हुन्थ्यो ।’ फोस्टरले भनेका छन्, ‘मेरो पहिलो फिल्म एउटा इटालेली थियो । टारजनको कथालाई मैले पोस्टरहरू हेरेर उपन्यासीकरण गरेको थिएँ । त्यसको उपन्यास बेच्ने अधिकार ब्यालेन्टाइन बुक्सले लिएको थियो । पछि जब उपन्यास बजारमा आयो, त्यसलाई हलिउडको स्टुडियो डिज्नेले त्यसको अधिकार लिएर फिल्मसमेत बनायो । खासमा उपन्यासीकरणको शक्ति यस्तो हुनुपर्छ ।’ (सिकागो ट्रिब्युन, आइतबार १२ अप्रिल २०२०) बूकाहोलिक्सको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा: साहित्य, पुस्तक र पठन संस्कृतिका लागि सक्रिय प्रतिष्ठित फेसबुक ग्रुप बूकाहोलिक्सले सञ्चालन गरिरहेको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा प्रवेश गरेको छ । बूकाहोलिक्सले गत महिनाको १७ तारिकबाट अनलाइन कार्यक्रम सुरु गरेको थियो । यो साक्षात्कारमा विभिन्न स्रष्टाहरुले हरेक दिन बूकाहोलिक्सको फेसबुक ग्रुपमा आएर आफ्नो लेखन अनुभव सुनाउँनुका साथै रचना वाचन गर्ने गर्छन् । कार्यक्रमको आवश्यकताका बारेमा बूकाहोलिक्सले आफ्नो ग्रुपमा भनेको छ – लकडाउनमा बस्नुलाई हामी थुनिएको नठानौँ, बरु यो समयलाई आफ्नो लागि, आफ्नो रुचिका लागि र आफुसँग सम्बन्धित कुराहरुलाई समय दिन पाइएको अवसरका रुपमा बुझौँ । यो सोचाइले हाम्रो मनोबलमा फरक पार्छ । मनोबलले स्वास्थ्यमा फरक पार्छ । यसैले यो समयलाई हामी चिन्तामा होइन, चिन्तनमा लगाऔँ । यसै पनि चिन्ता कि चिन्तन भन्ने फरक केवल सोचाइको हो । उहि सोचाइ नकारात्मक भए चिन्ता र सकारात्मक भए चिन्तन बन्न सक्छ । हामी केहिबेर साहित्यमा चिन्तन गरौँ । अग्रज वा अनुभवीका कुरा सुनौँ । विमर्श गरौँ । यहि अवधारणाका लागि बूकहोलिक्सले हरेक दिन एक जना लेखकसँग अनलाइन साक्षात्कारको कार्यक्रम सुरु गरेको हो । ‘लकडाउनमा मानिसहरु घरैमा बसेका छन् । पट्यारलाग्दो यो समयमा हाम्रो समूहले सकेको उपयोगी बनाउन यो कार्यक्रम परिकल्पना गरिएको हो ।’ बूकाहोलिक्सका एड्मिन सगुना शाहले भन्नुभयो, ‘पठन संस्कृतिका लागि लेखक र पाठकबीच सम्बन्ध कायम भइरहनु पर्छ । हाम्रो यो सानो प्रयासले पाठक र सर्जकबीच सेतुको काम गर्छ, भन्ने सोचेका छौँ ।’ बूकाहोलिक्सको साक्षात्कारमा अहिलेसम्म २० जना स्रष्टाहरुले आफ्नो अनुभव सुनाउँने तथा रचना वाचन गर्ने गरिसकेका छन् । #bOOkahOlis #बूकाहोलिक्स इतिहासमा आज: नेपालमा साहित्यकारको समूह पहिल्यैदेखि सक्रिय थियो । उनीहरुले विभिन्न आन्दोलनहरु चलाएका थिए । तर संगीत क्षेत्रमा यस्तो समूह सक्रिय थिएन । हुन त साहित्यकार र संगीतकर्मीहरुबीच नजिकको नाता छ । अझ भनौँ, कतिपय एउटै व्यक्ति दुई क्षेत्रमा सक्रिय थिए । त्यै पनि संगीत क्षेत्रसँग नजिक भएका सबै व्यक्तिहरुको एउटै भेला गर्ने र त्यसको संस्था खोल्नुपर्ने कुरा योजनामै सीमित भइरहेको थियो । यसका लागि अघि आउनु भयो, साहित्यकार एवं सिनेकर्मी प्रकाश सायमी । उहाँले तत्कालीन कान्तिपुरका स्टेसन प्रमुख शरदराज गौतमसँग सल्लाह गरेर काम अघि बढाउनु भयो । लगातारको प्रयासले अन्ततः भेला हुने दिन जुर्यो, आज अर्थात २०५६ साल वैशाख २५ गते । त्यो बेला आजको जस्तो मोबाइल वा फेसबुक कल्पना बाहिरको कुरा थियो । त्यसैले कुनै व्यक्तिलाई भेट्न उसकै घर पुग्नु पर्ने बाध्यता थियो । धेरैजसो संगीतकर्मीहरु डेरामा बस्थे । एक त उहाँहरुको डेरा थाहा नहुने, थाहा भए पनि जाँदा डेरा सरिसकेको हुने । यस्तो अवस्थामा २०–३० जनाको भेला गराउन सक्नु ठूलो उपलब्धि हुन्थ्यो । त्यै पनि बैशाख १ गतेदेखि दैनिक एक अर्काको डेरा वा घरमा गएर खबर छाड्ने काममा सबैले चासो देखाए । सौभाग्यवश त्यो भेलामा म कान्छो गीतकारका रुपमा सामेल हुने अवसर पाएँ । तस्विरमा पहिलो दीर्घामा मदनसिंह नेपाली, जीवराज, विज्ञान श्रेष्ठ, विजयसिंह मुनाल, रामा मण्डल, शोभा केसी, विमला राई, तारा थापा, मीरा राणा, मञ्जुल, नन्दकृष्ण जोशी, कुमार बस्नेत, पुष्कर जंगम हुनुहुन्छ । दोस्रो दीर्घामा राम थापा, दिनेश अधिकारी, शरदराज गौतम, करिण खरेल, प्रकाश सायमी, इश्वर वल्लभ, रत्न शमशेर थापा, शिवशंक मानन्धर, शम्भुप्रसाद मिश्र, दीपक जंगम, प्रेमध्वज प्रधान, कृष्णहरि बराल, पिएल श्रेष्ठ र मदन दीपविम हुनुहुन्छ । तेस्रो लहरमा निर्मला, शम्भुकुमार मिलन, चन्द्रमान माली, सुमीत खड्का, सुदेश शर्मा, भूपेन्द्र रायमाझी, शक्तिवल्लभ, श्रीपुरुष ढकाल, दीवाकर खड्का, कमल परियार, विश्ववल्लभ, देव बज्राचार्य, जिग्मे गोर्खे, जनकदीप पराजुली, राजेश प्रधान हुनुहुन्छ । आज २० वर्षपछि यी माध्ये केही व्यक्तिले हामीलाई छाडेर गैसक्नु भयो भने केही व्यक्ति रोग र वृद्धावस्थाका कारण नेपथ्यमा पुग्नु भएको छ । समय बद्लिए पनि यो तस्विरले आजको संघठित सांगितिक जीवनको सम्झना गराउँदछ । लेखनाथको पिँजडाको सुगा: -Home Suvidi (उपजातिमा) छैनन् यहाँ बान्धव बाबु आमा एक्लै परेको छु म पिन्जडामा तितो छ यो भाग्य सकिन्न जानी मेरो छ बेग्लै नमिठो कहानी ।। छ बाल्यकालै बबुरो छु यस्तो आफन्तले शून्य निरीह जस्तो सुगा भनी चिन्दछ रात साँझ सर्वत्र यो मानवको समाज ।। न पिन्जडाभित्र छ थोर चैन खोजूँ कहाँ शान्ति यहाँ हुँदैन न शान्तिको सास सकिन्छ फेर्न संसार नौलो सकिएछ हेर्न ।। न पिन्जडाभित्र छ थोर चैन खोजूँ कहाँ शान्ति यहाँ हुँदैन न शान्तिको सास सकिन्छ फेर्न संसार नौलो सकिएछ हेर्न ।। न बन्धु छन् वा न त इष्टमित्र रहेन त्यो शान्ति यहाँ म भित्र ब्युँझो छँदा शान्ति यहाँ रहेन निधाउँदैमा पनि पाइएन ।। मेरा सबै बान्धव बाबु आमा बस्छन् र उड्छन् वनका कुनामा छन् ताप मेरा मनभित्र ऐले व्यथा सबै कोसँग पोख्नु मैले ।। आधा भएको छ सुकेर मासु रुँदै यहाँ झार्छु बलिन्द्र आँसु के शान्ति मिल्थ्यो मनमा छ ताप यो पिन्जडाबाट गरी बिलाप ।। मिठा उहाँका फलफूल खाई बस्थें उहाँ जङ्गलमा रमाई यो पिन्जडामा किन हो नसोची हे दैव पार्यौ बबुरो मलाई ।। यो पिन्जडाभित्र छ सास थुन्नु निस्प्राण मुर्दा सम तुल्य बन्नु उतातिरैको सुख सम्झिएर पला पला मात्र यहाँ छ गन्नु ।। झन् पिन्जडाभित्र थुनिन्छ सास मुर्दा भयो जीवन छैन आश र जङ्गलैको सुख सम्झिएर के बाँच्नु खै पागल झैं भएर ।। समीप छन् शत्रु रहेन्न चारा यहाँ कतै छैन कुनै सहारा वैरी सबै छन् न छ एक मित्र मेरो छ यो कर्म बडो विचित्र ।। समीप छन् शत्रु रहेन्न चारा यहाँ कतै छैन कुनै सहारा वैरी सबै छन् न छ एक मित्र मेरो छ यो कर्म बडो विचित्र ।। यो दर्द मेरो म कता बिसाऊँ ताजै छ मेरो मनभित्र घाउ सो घाउमा बस्न सकेन खाटो उम्केर भाग्ने पनि छैन बाटो ।। पीडा हजारौं मनमा थुरिन्छन् वैरी सबै सामु यतै धुरिन्छ्न् चौतर्फ घेरो पहरा छ यस्तो कठोर कारागृह भन्नु जस्तो ।। भागूँ भनी कोसिस गर्न थालें यो पिन्जडाको डिल फोर्न थालें उल्टै भयो घायल आज चुच्चो चुच्चो बिना बन्न पुगें म बुच्चो ।। यो पिन्जडामा कुँजियो शरीर बन्दी हुँदै बन्नु कता म धीर रहेन सोचै अब के चिताऊँ हा दैव यो काल कता बिताऊँ ।। खाने र बस्ने नहुँदा प्रबन्ध यहाँ म भोकै छु भएर बन्द न गर्दछन् जीवनको सवाल न बुझ्दछन् यो विकराल हाल ।। यो हाल बुझ्ने किन हुन्न एक कता हराएछ यहाँ विवेक के पापको आज मिल्यो सजाय रहन्न मेरो मन हाय हाय ।। आदेश बोल्ने छ ठुलाबडाको चर्को छ झन् बन्धन पिन्जडाको छ घाँटी सुख्खा अझ बोल्नु पर्छ नबोलिए पाप यहाँ ठहर्छ ।। एक्लै परेको छु म हाय हाय नबोल्नुको हुन्छ ठुलो सजाय लिएर लाठी करमा उझाई तयार पर्छन् अझ पिट्नलाई ।। यौटा यता भन्दछ यो छ पाजी अर्को उता भन्दछ यो बिराजी तेस्रो अझै बोल्दछ रामराम पढो रखो जी प्रभु राम नाम ।। वैशिष्ट्यको शत्रु मनुष्य जाति चुसी चुसी पार्दछ शुष्क छाती गुणीहरूको गुण चुस्छ यस्तो शरीरमै प्राण रहन्न जस्तो ।। वैशिष्ट्यको शत्रु मनुष्य जाति चुसी चुसी पार्दछ शुष्क छाती गुणीहरूको गुण चुस्छ यस्तो शरीरमै प्राण रहन्न जस्तो ।। मनुष्य यो जाति अचम्मको छ के भन्नु खै यो यतिसम्मको छ मनुष्य नै प्राणपखेरु हर्छ हरेर यो मानव दङ्ग पर्छ ।। पीडा व्यथाका सब भाव छोडी गर्दैछु बिन्ती अब हात जोडी सुगा म जस्तो अति तुच्छलाई प्रभो यहाँबाट मिलोस् बिदाइ ।। कुनातिरै होस् कि त कन्दरामा मान्छे हुँदासम्म यहाँ धरामा यो तुच्छको जन्म कतै नदेऊ हे दैव बिन्ती यति एक लेऊ ।। इ नगरी छै विशेष: एहि एशिया मे हमर नेपाल बड सुन्दर, शान्त, विशाल छै कमल फूल सन मधेश हमर जेना गगणमे पूर्णिमाक चान छै । ई नगरी छै विशेष करु भिजिट मधेश रामक सासुर सीताक नैहर अन्न–धन भरल भण्डार छै कोशी, कमला छमछम नाचे जंगल घुमैत हंसराज छै । झण्डा, दाहा, माघी, सुकराती उडि़ रहल रंग गुलाल छै हिन्दु, मुस्लिम संग पूजैय आस्थाक पावनि छठि महान छै । बारिए झारिए साग उप्जल तिलकोर लतरल चार छै आङुर चटैत पाहुन उठता रान्हल रहुआ, बुआर छै । बाबन कुट्टी, बहत्तर कुण्ड सौराहा, नौलखा, धनुषा धाम छै एहि ठाम हारम फूल फूले नायक सलहेशक गाम छै । वर–वरी, पृुरी, पिरुकिया ठोर रंगल मुह मे पान छै पाथरि अतही पूजल जाइए स्वागत मे दुभि, धान छै । चिरैयाक चुनमुन गावे पराती सिहकैत सिनेहक बसात छै श्रद्धा भाव मे डुबल संस्कृति एत झुकि कऽ करैत प्रणाम छै । सुधा मिश्र जनकपुरधाम -४ धनुषा, नेपाल विशेष सम्पादकीय: सम्भव छ ! समस्या छन् भनेर मात्र समाधान निस्कदैन । यही मान्यताबाट हामीले यात्रा अघि बढाएका छौँ । बाटाहरु दुई किसिमका हुन्छन्– एउटा छोटो तर अप्ठ्यारो । अर्को लामो तर सजिलो । तर साहित्यपोस्ट तेस्रो बाटो हिँड्ने दुष्प्रयास गर्दैछ । हामीले हिँड्न लागेको बाटो लामो मात्र होइन, सगरमाथा चढे जत्तिकै अप्ठ्यारो पनि छ । इतिहासले पनि यसैतर्फ संकेत गर्छ । नेपाली साहित्यिक पत्रकारिताले अनौठो विडम्वना भोगेको छ । ‘शारदा’ले आधुनिक नेपाली कथाकारहरु जन्मायो तर आफैँ भने व्यावसायिक हुन सकेन । ‘रुपरेखा’ मार्फत नेपाली साहित्यकै मानक कविहरु जन्मिए तर त्यो लामो समयसम्म चल्न सकेन । नेपाली भाषा प्रकाशिनी समिति हुँदै जन्मिएको साझा प्रकाशन र यसको साहित्यिक पत्रिका ‘गरिमा’ पनि उच्च साधन स्रोत हुँदा हुँदै मृत्युवरण गर्न पुग्यो । नेपालभित्र कुरा छाडौँ, कुनैबेला भारतका दार्जिलिङ्ग, बनारस र पछिल्लो समयमा विश्वभरि छरिएर रहेका नेपालीहरुले समेत साहित्यिक पत्रकारिताको प्रयास गरेका थिए–छन् । तर कुनै पनि पत्रिकाले सोचेजस्तो पाठक पाएनन्–पाउन सकेका छैनन् । यी केही उदाहरण मात्र हुन् । खासमा सयौं यस्ता पत्रिकाहरु थिए, जो निरन्तर चल्नुपर्दथ्यो, चलेनन् । चलाउन सकिएन । नेपालभित्र र बाहिर अहिले पनि केही अनलाइन पत्रिका चलिरहेका छन्, ती रहरे काममा सीमित भएका छन् । थोरै राम्रा कागजी पत्रिकाहरु छन् तर ती बाध्यताले चलिरहेका छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ, संसारभरि ५ करोड भन्दा बढी मानिसले बोल्ने नेपाली भाषामा आउने साहित्यिक सामग्रीलाई किन व्यावसायिक बनाउन सकिँदैन ? कुन बाटोमा कस्ता सामग्री लिएर हिँड्दा नेपाली साहित्यिक पत्रिकारिताले व्यावसायिकताको मानक भेट्छ ? साहित्यपोस्ट ( www.sahityapost.com ) विद्युतीय पत्रिका यी दुई प्रश्नको उत्तर खोज्ने प्रयास हो । हामीलाई विश्वास छ, नेपाली भाषा, संस्कृति र पठन संस्कृतिलाई माया गर्ने सबैलाई सँगै लिएर हिँड्ने हो भने यो सम्भव छ । अध्ययनले भन्छ, जुन देशका जनता जति पढ्छन्, त्यो देश त्यति नै सम्पन्न हुन्छ । पठन संस्कृति बढ्नु त्यो देश र त्यहाँका जनता पनि समृद्ध हुँदै जानु हो । हामी सम्पन्नताका मानक विकास र पैसामा खोजिरहेका छौँ । त्यो अध्ययन, चिन्तन र अन्वेषणमा हुन्छ । सिर्जना र त्यसले दिने खुसीमा हुन्छ । हामी त्यही दिशातिर उन्मुख हुन चाहन्छौँ । साहित्य समाजसेवा मात्र होइन, व्यावसायिक पनि हुनुपर्छ भन्ने सिद्धान्त व्यवहारमा उतार्नु यसको मूल ध्येय हो । संसारको जुन सुकै कुनामा रहेको अन्तिम पाठकले पनि आफ्नो मनपर्ने लेखक र उनीहरुका कृतिसँग सिधा पहुँच राख्न सक्ने हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसका लागि हामी अक्षर, श्रव्य र डिजिटल पुस्तकको व्यवस्था साहित्यपोस्टमै गर्नेछौँ । साहित्यमा रुचि हुनेहरुलाई हुर्कने वातावरण तयार पार्नु र त्यसका लागि उचित सामग्री पस्कँदै जानु पनि हाम्रो ध्येय हो । हामी अक्षरसँग नाता गाँस्न चाहने हरेकसँग सम्बन्ध गाँस्दै, जोडिँदै, हातेमालो गर्दै साहित्यको रसस्वाद गर्नेछौँ । साथै साहित्यका गलत तत्त्वहरुका विषयमा खबरदारी गर्दै बौद्धिक स्वच्छता कायम गर्ने काममा पनि लागिरहने छौँ । यी सबै काम एकै साथ गर्छु भनेर काँध थाप्न जति सजिलो छ, गन्तब्यसम्म पुर्याउन त्यो भन्दा कठिन छ । कतिपय अवस्थामा यो हाँस्यास्पद पनि लाग्न सक्छ । त्यसमाथि मानवमा हुने स्वार्थी प्रवृत्ति र आजको व्यावसायिक टकराब झेल्दै अगाडि बढ्नु कम चुनौतीपूर्ण छैन । तै पनि कसैले त प्रयास गर्नै पर्छ । त्यही अप्ठ्यारो सगरमाथा चढ्न खोजेका हौँ । यसका लागि संसारभरिका सयौं मनकारी साहित्यकारहरुले यसका लागि लगानी र समय दुवैलाई जोखिममा राख्ने प्रतिबद्धता देखाउनु भएकाे छ । यति हुँदाहुँदै पनि यो कठिन एवं दुरुह यात्राका लागि हामी सक्षम छैनौँ । तर यी अक्षर पढिरहनु भएका तपाईं सबैका सुझाव, सल्लाह र मार्गनिर्देशन पाउँदै गयौँ भने असम्भव पनि छैन । साहित्यपोस्टको लामो तर कठिन यात्रामा साथ दिन्छु भनेर सोच्ने तपाईं सबैलाई साहित्यको यो मनोरम तलाउमा स्वागत गर्दछु । आउनुहोस्, डुबुल्की लगाऔँ । अश्विनी कोइराला प्रधानसम्पादक साहित्यपोस्ट डट कम दुई उपन्यासको प्रिक्वेल आउँदै: बहुतै लोकप्रिय दुई उपन्यास ‘ट्वीलाइट’ र ‘हंगर गेम्स’ शृंखलाका फिल्महरूलाई दर्शकले निकै सराहना गरेको पाइएपछि ती उपन्यासका प्रिक्वेललाई बजारमा ल्याउने तयारी लेखिकाद्वयले गरेका छन् । ‘हंगर गेम्स’को प्रिक्वेल ६२४ पृष्ठ लामो ‘द ब्यालेड अफ सङबर्ड्स एन्ड स्नेक्स’ उपन्यास आउँदो मे १९ मा रिलिज हुने भएको छ । सुजाने कोलिन्सले लेखेको यो उपन्यासमा पनेम भन्ने ठाउँमा १२ क्षेत्रबाट आएका एक केटा र एक केटीबीच बाँच्नका लागि गरिने संघर्षलाई रोचकता प्रस्तुत गरिएको बताइएको छ । पेनममा आफ्नो अस्तित्वका लागि युवायुवतीहरूले लड्ने लडाइँ भने त्यहाँका धनीमानीको मनोरञ्जनका लागि हुने गरेको छ । यो उपन्यासमा ‘हंगर गेम्स’को मुख्य खलपात्र कोरिओलनस स्नोलाई युवाका रूपमा प्रस्तुत गरिएको छ । पनेमको निरंकुश शासक हुनुअघिको घटना यस उपन्यासको मुख्य विषय रहेको छ । रोचक त के छ भने उपन्यास बजारमा आउनुअघि नै यसको फिल्म बनाउने सम्झौता भइसकेको छ । यस फिल्मलाई अघिल्ला तीन फिल्मकै निर्देशक फ्रान्सिस लरेन्सले निर्देशन गर्ने बताइएको छ । यसैगरी स्टेफनी मेयरको बहुचर्चित भ्याम्पायर उपन्यास शृंखला ‘ट्वीलाइट’को प्रिक्वेल उपन्यास ‘मिडनाइट सन’ आउँदो अगस्त ४ मा रिलिज हुने भएको छ । यसमा उपन्यासको मुख्य पात्र एडवार्डको कोणबाट घटनाक्रमहरूलाई पुनः मूल्याङ्कन गरिएको छ । यसले एडवार्डको पृष्ठभूमिलाई मज्जाले केलाइएको छ, जुन यसअघिका उपन्यास शृंखलामा भने क्रिस्टिनको दृष्टिकोणबाट देखाइएको थियो । ‘मिडनाइट सन’को लेखन कार्य जारी रहँदा नै सन् २००८ मा इन्टरनेटमा चुहिएको थियो । त्यसयता यसको परिष्कृत रूप पस्कन लेखिका स्टेफनीलाई दबाब परिरहेको थियो । यी दुवै शृंखला संसारभर करौडौँ प्रति बिक्री मात्र भएनन्, यसमाथि बनाइएका फिल्म शृंखलालाई पनि उत्तिकै रूचाइएको थियो । नर्कको यात्रा: ‘टिङ’ आवाजसहित लिफ्टको ढोका खुल्यो । लिफ्टको डिस्प्लेमा केही संकेत देखिएको थिएन । म एकछिन अलमल्लमा परें । म किंकर्तव्यविमूढ भएर एकछिन त्यहीँ उभ्भिरहेँ तर पनि लिफ्टको ढोका बन्द भएन । सोचें, यो लिफ्ट यहाँभन्दा माथि जाँदैन । लिफ्टबाट बाहिर निस्किएँ । अचम्म त के भयो भने, म बाहिर निस्कनेबित्तिकै लिफ्टको ढोका बन्द भयो र लिफ्ट कतै तल झर्यो । मलाई लिफ्टले छाडेर गएको ठाँउ अचम्मको थियो । चारैतिर निस्पट्ट अन्धकार र अघोर शान्ति थियो – औंसीको रातजस्तो । चारैतिर नजर डुलाउँदा देखेँ, मेरो दाँयापट्टि एउटा रातो बत्ती टिलपिल टिलपिल गरिरहेको थियो । अरु केही उपाय नदेखेपछि म त्यतै लम्किएँ । हातले कतै केही आधार भेटिन्छ कि भन्दै यताउति हातले छामछाम-छुमछुम गर्दै हिडेँ तर कतै केही भेटिएन । मैले टेकेको भुईं भने निकै सम्म र सहज थियो । छामछाम-छुमछुम गरेरै भए पनि ढोकानेर पुगिछाडें । त्यो रातो बत्तिले ‘स्वागतम्’ बोकेको थियो । त्यसै त अन्योलमा थिएँ, त्यो बोर्डले झन् अन्योल थपिदियो । मेरो अगाडि ढोका रहेछ, हल्का धक्का दिनासाथ खुलिहाल्यो । ढोका बाहिर साह्रै उज्यालो थियो । अँध्यारोबाट उज्यालोमा जाँदा यसै त आँखालाई असहज हुन्छ, त्यहाँको उज्यालो झन् असामान्य खालको थियो । गर्मी पनि असाध्यै थियो । रेटिनाले आफूलाई प्रकाशअनुकूल बनाएपछि बल्ल आँखा खोल्न सक्ने भएँ । मान्छे जहाँ गए पनि लोभी हुन्छ, दृश्यको । कुनै नयाँ ठाउँमा पुग्यो कि त्यो ठाँउलाई नियालेर एउटा दृष्टिकोण बनाइहाल्नुपर्छ । मैले पनि त्यसै गरेँ । चारैतिर नजर डुलाएँ । म ठूल-ठूला रुखहरुको बीचमा उभिएको थिएँ । सायद त्यता पूर्व हुनुपर्छ, घाम निकै नजिक र असामान्य ठूलो थियो, जाइग्यान्टिक । मानव सभ्यताको कुनै नामोनिशान थिएन । ठीक घामको सिधा तल एउटा घोडेटो बाटो थियो । हिँड्दा बुरुरु माटो उड्ला जस्तो, धुलाम्मे कच्चीबाटो । म बाहिर निस्केको ढोका भएको ठाउँ अगि नै अलप भैसकेको थियो । पहिले ढोका भएको ठाउँमा अहिले ठूलो भीर देखिन्थ्यो । भीर तल कपासे बादलहरु थिए । ती बादलहरु मभन्दा निकै तल र टाढा देखिन्थे । यो सबै कुराहरुलाई एकाएक गरेर नियाल्दा नियाल्दै मेरो मनमा एक किसिमको डरले चाका बनाइसकेको थियो, म उभिएको भीर मुनिको भीरमौरीको चाकाझैं । अब मेरो अगाडि-अगाडि देखिएको बाटोलाई समात्नु र अघि बढ्नुको विकल्प थिएन । लगभग ५ मिनेट हिँडिसकेपछि एउटा कटुसको जस्तो देखिने रुखमा एउटा काठको पुरानो साइन बोर्ड देखियो । बोर्डले केही आशा जगायो । मनमा एक किसिमको शान्ति पलाएर आयो तर मेरो मनको शान्ति धेरैबेर भने टिक्न पाएन । बोर्डमा लेखिएको कुरा मेटिएको थियो । लेखेको आधाउधि मात्र बुझिन्थ्यो । ‘…र्कमा यहाँलाई स्वागत छ !’ ‘…र्कमा यहाँलाई स्वागत छ !’ म यति मात्र पढ्न सक्थेँ । सुरुमा शब्द थियो कि शब्दहरु, मैले केही अन्दाज गर्न सकिनँ, त्यसैले अर्थ लाउन पनि सकिनँ । सोचेँ, खर्कमा हो कि? ह्या, जे पर्लापर्ला ! अगाडि बढ्नु पर्यो ! केही कदम अगाडि के बढेको थिएँ, मेरो अगाडि एउटा स्वर्णद्वार खडा भयो । द्वारको दायाँबायाँ गरी दुई स्तम्भ थिए । ती स्तम्भको ठीकअगाडि दुई जना निकै बलशाली र तेजिला द्वारपाल देखा परे । दुवैको हातमा एकएक भाला र ढाल थिए । म आश्चर्यचकित हुने शिलशिला जारी थियो । एकपछि अर्को घट्ना र दृश्यहरु घटित हुँदै थिए । यो सब मैले हेर्ने गरेको पौराणिक धारावाहिकका दृश्यजस्ता लाग्थे । मसँग कथाले मागेअनुसार दिनेबाहेक अरु कुनै उपाय थिएन । मलाई देख्नासाथ एउटा द्वारपाल म भएतिर आयो र आफ्नो हातको भाला जोडले भुईंमा बजारेर आफ्नो रवाफ देखायो । म ट्वाँ परेको देखेर त्यो द्वारपालले भाला भुईंमा अड्याएर जुँगामा ताउ लगायो । अब भने मलाई झन् डर लाग्यो । मेरो डरको भेउ पाएर होला, त्यो द्वारपाल जोडले हाँस्यो । ‘तिमी भुलेश्वर होइनौ?’ उसले मेरो नामै काडेर नाम सोध्यो । केहीबेर त म अक्क न बक्क भएर त्यहीँ उभ्भिरहेँ । एकछिनपछि मेरो बक फुट्यो, ‘हो तर तपाईंलाई मेरो नाम कसरी था भयो ?’ मेरो प्रश्नमा ऊ बेजोडले हाँस्यो । ऊ यसरी हाँस्यो कि मलाई उसको हाँसो ‘चिनो’ फिल्मको खलपात्रको जस्तो लाग्यो । ऊ हाँस्दा देखिएका दाँत फोहोर भने थिएनन् । बरु कुनै टुथपेष्टको विज्ञापनमा देखाइने मोडलका जस्ता चम्किला थिए । ऊ जति बेजोड अट्टहासका साथ मेरो प्रश्नको खिल्ली उडाइरहेको थियो, उति मेरो मुटु छातीभित्र जोडले उफ्रिरहेको थियो । केही फत्को हाँसोपछि त्यो चम्किलो दाँत भएको द्वारपालले भन्यो, ‘नर्कमा तिमीलाई स्वागत छ, मूर्ख मनुष्य !’ यति भनिसकेर ऊ फेरि हाँस्यो । यस पटक अर्को द्वारपालले पनि उसलाई साथ दियो । उसको मुखबाट झरेको ‘नर्क’ भन्ने शब्दले मलाई छाँगाबाट खसेजस्तो बनायो । म आत्तिएँ । चिट्चिट् आएको पसिनाले शरीर निथ्रुक्क भिज्यो । मैले काँपेको स्वरमा सोधेँ, ‘म कसरी यहाँ आइपुगेँ? अनि किन ?’ टाउकोमा आलुजस्तो मासुको डल्लो भएको द्वारपाल नजिकै आयो । उसको हातमा सेतो रङको ट्याब थियो । उसले ट्याबमा औंला दौडायो । र, केही सर्च गरेर रिजल्ट आएपछि मतिर स्क्रिन फर्काइदियो । स्क्रिनमा मेरो विवरण यसप्रकारको थियो: नाम: भूलेश्वर मर्सी उमेर: ३२ वर्ष ६ महिना ठेगाना: मर्त्यलोक मृत्युको कारण: गापसे (गाडीले पछाडिबाट सेकेको) मरणोपरान्त गन्तव्य: नर्क सजाय: निर्णय गर्न बाँकी विवरण संकलनकर्ता: चित्रगुप्त मैले दुईपटक घोरिएर पढेँ । भर्खरै बेडसाइड टेबलमा राखेको पानी पिएर सुतेझैँ लाग्छ । म कसरी मर्न सक्छु, त्यो पनि सडक दुर्घटनामा परेर? आफैलाई प्रश्न सोधेँ । ‘हैन के भो? अब टोलाएर काम छैन ! यी यहाँ साइन गर्नुस् अनि छिर्नुस् हाम्रो नर्कलोकमा ।’ यति भनेर अगि ट्याब बोकेको द्वारपालले मतिर साइन गर्न ट्याब र डिजिटल कलम तेर्स्यायो । मेरो अलमल अझै बाँकी नै थियो । उनीहरुको आदेश र निर्देशन पालना गर्नेबाहेक मसँग अरु केही उपाय थिएन । म आफ्नो हस्ताक्षर गर्न र हिँड्न बाध्य बनाइएँ । उनीहरु म भाग्छु कि भनेझैँ गरेर नजिकबाटै पछ्याइरहेका थिए । मलाई ढोकाबाट छिर्न संकोच लागिरहेको थियो । पहिलो द्वारपालले हल्का ठेलेर मलाई भित्र हुत्याइदियो । हल्का रिस उठेको थियो तर निरीह भएर अगि बढ्नुको विकल्प मसँग थिएन । स्वर्ग र नर्क बीचको फरक कथाहरुमा पढेको-सुनेको थिएँ । भित्र मैले सुनेको जस्तो रगतको खोलो थिएन, सिंगान र र्यालको तलाउ पनि थिएन । कोही पनि कसैलाई तेलमा तार्दै थिएनन् । कस्तो अचम्म! सानोमा सुनेका कथा त गफ मात्र रहेछन् । यहाँको माहोल त बिल्कुल फरक छ त! हिँड्दै गर्दा मेरो दायाँबायाँ एकैनासका नीलकाँडाका मझौला रुखहरु थिए । ठूलो बगैंचा थियो । रुखहरु पनि थिए । लगभग मर्त्यलोककै वातावरण । चराहरु थिए । चराहरुको चिरबिर पनि थियो । हावा स्वच्छ थियो । पानीका तलाउहरु कञ्चन नीला थिए । सबैकुरा नियाल्दा नियाल्दै म एउटा ठूलो ढोका अगाडि आइपुगेछु । हातमा ट्याब बोक्ने द्वारपालले आदेश दियो, ‘ई, यहाँ नुहाउने । एउटा सारथि आउँछे अनि तँलाई सहयोग गर्नेछे । उसले भनेको मान्नू!!’ उसको आदेश रुखो थियो । आदेश भन्दा पनि धम्कीजस्तो । मेरो बाहिर खुल्लामा नुहाउने बानी छैन भनेर भन्नु मन थियो । उनीहरुको भावभंगीले मनमै दबाइदियो । र, अर्को के कुराको डर थियो भने, मैले भित्री कट्टु पनि लगाएको थिइनँ । गर्मीमा म कहिल्यै लगाउदिनँ पनि । कट्टुले काछ लाग्छ त्यसैले । मलाई लाग्यो, मेरो यो बानी अब मलाई भारी पर्नेवाला थियो । ती द्वारपालहरु मलाई त्यहीँ छोडेर केही पर पुगेका थिए । म टोलाएको देखेर एउटा चाहीँ चर्को डाँकोमा करायो, ‘के भो फेरि? किन टोलाको? छिटो गर्!’ वरिपरि हेरेँ । कोही थिएन । संकोच मानीमानी माथिको गञ्जी खोलेँ । तलको जाँगे खोल्नुअगि वरिपरि सरसर्ती आँखा घुमाएँ । कोही थिएन । एक्कासि आँट आयो । आफैँलाई भनेँ, ह्या, जे सुकै होस्! स्वाट्ट जाँगे तल सारेँ । नुहाउने ठाउँमा कुवा थियो । कुवाको छेउमा सुनको जस्तो देखिने लोटा । कुवा भित्रको पानी बास्नादार पार्न विभिन्न फूलहरुका पत्र राखिएका थिए । एक लोटा पानी झिकेर टाउकोबाट खन्याएँ । अचम्म! मेरो शरीरबाट कर्याङ्गमर्याङ्ग अक्षरहरु बग्न थाले । अक्षरहरु शब्दमा बदलिए । केही त मैले पढ्न पनि भ्याएँ । केही अक्षरहरुले मेरो माथिङ्गल नै नराम्ररी हल्लाइदिए । बगेका शब्दहरु यस्ता थिए- “भ्रष्टाचार”, “बलात्कार” , “हत्या”, “जालसाज”, “धोका” । मैले बल्ल बुझेँ । मैले जीवनमा गरेका तमाम पापहरु पखालेर मात्र मभित्र पस्न योग्य हुने रहेछु । र, मलाई यो पनि विश्वास भयो कि, म साँच्चै नै नर्कमा आइपुगेछु । [bs-quote quote=”एक लोटा पानी झिकेर टाउकोबाट खन्याएँ । अचम्म! मेरो शरीरबाट कर्याङ्गमर्याङ्ग अक्षरहरु बग्न थाले । अक्षरहरु शब्दमा बदलिए । केही त मैले पढ्न पनि भ्याएँ । केही अक्षरहरुले मेरो माथिङ्गल नै नराम्ररी हल्लाइदिए । बगेका शब्दहरु यस्ता थिए- “भ्रष्टाचार”, “बलात्कार” , “हत्या”, “जालसाज”, “धोका” । मैले बल्ल बुझेँ । मैले जीवनमा गरेका तमाम पापहरु पखालेर मात्र मभित्र पस्न योग्य हुने रहेछु ।” style=”style-2″ align=”left” color=”#fff7f4″][/bs-quote] नुहाइसकेपछि एउटा सारथि देखा परी । उसलाई देख्नासाथ मैले मेरा हातहरुले आफ्नो गुप्ताङ्ग छोपें । उसको हातमा गेरु वस्त्र थियो । त्यो वस्त्र मलाई थमाई र केही नबोली मेरो पुरानो कपडा आफूसँगै लिएर गई । त्यस्तो वस्त्र मैले कहिल्यै पहिरिएको थिइनँ । त्यही पनि कनिकुथी आफूलाई ढाक्ने प्रयास गरेँ । वस्त्र लगाइसकेपछि अघिको ठूलो ढोकाको सामुन्ने गएर उभ्भिएँ । म उभ्भिएको दायाँबायाँ दुई वटा खम्बाहरुमा केही बत्ति झिपझिप गरेको देखें, सायद स्क्यानर थियो त्यो । एकछिनपछि डिस्प्लेमा “शुद्ध!” भनेर देखायो । त्यो देखेको एकैछिनमा पुरा गड्गडाहटका साथ मेरो अगाडि रहेको अजंगको ढोका खुल्यो । ढोका खुल्नासाथ क्रमश: अंग्रेजीमा र नेपालीमा- वेलकम टु हेल । नर्कमा स्वागत छ!- भन्ने ध्वनि बज्यो । भित्र सुनै सुनको जस्तो देखिने भित्ताहरु थिए । बीचमा बाटो थियो, त्यसमा रातो रङको गलैँचा ओछ्याइएको थियो । बाटोको छेउछाउमा लहरै कुर्सीहरु राखिएका थिए । कुर्सीहरु पनि पुरै सुनका थिए । विभिन्न रत्नजडित । भवन भव्य र शानदार थियो । उज्यालो पनि उस्तै । आकर्षक र कलात्मक झुमरहरुले अलौकिक चमक दिइरहेका थिए । म उभिएको बाटो एउटा राजगद्दी जस्तो देखिने आसनको फेदमा गएर टुंगिन्थ्यो । रातो मलमलको गद्दी । गद्दीको दाँयाबायाँ अजंगको शरीर भएका र टाउकोमा सिङजस्तो केही भएका दुइटा भुसतिग्रेहरु थिए । म यी सबै नियाल्दै अघि बढ्दै थिएँ । जब म गद्दीको फेदमा पुगेँ, मेरो पछाडिबाट कोही आयो । मेरो काँधमा हात राखेर मलाई रोकिन आदेश दियो । म यस्तो ठाँउमा आइपुगेको थिएँ कि, यन्त्रमानवझैं कसैको आदेश, बिना कुनै प्रश्न मानिरहेको थिएँ । खेलौनालाई चाबी दिएअनुसार नै चलिरहेको थिएँ । ‘एकैछिन यहीं उभ्भिराखेस्!’- अगि काँधमा हात राख्नेले धम्क्यायो । म उभ्भिरहेँ, भवन नियाली रहें । आफूलाई प्रश्न गरिरहें । कहिलेकाहीँ मान्छे उत्तर नै नआउने प्रश्न सोध्छ । त्यही प्रश्नमा माकुरोको जालोमा फसेको झिंगाझै जेलिन्छ । छट्पटाउँछ । तर, उत्तर आउने भए पो ! माकुराको जालोमा फसेको झिंगा उम्किन्छ र! निरुपाय भएपछि मैले अब फ्लोर समयलाई नै छोडिदिएँ । जे होला होला! आफैंलाई सम्हाल्न खोज्दा भनिने राम्रो वाक्य रहेछ यो, त्यही बेला महसुस भयो । कुर्छु । कुर्छु । कोही आउँदैन । सोच्छु, नयाँ ठाउँ पनि कत्ति छिट्टो पट्यार लाग्दो हुँदो रै’छ! “हो त नि है!” एवं रीतले मनोवाद चलिरह्यो । लामो पर्खाइले निद्रा लागेर झुलिरहेको के थिएँ, एक्कासि धेरै पाइलाहरुको सामूहिक आवाजले झस्किएँ । यताउति नजर डुलाउँदा देखें, मेरो अगाडिको गद्दी पछाडिको ढोकाबाट पूरा दलबलका साथ कोही प्रवेश गर्दै थियो । यस्सो लवाई हेर्दा राजा जस्तो पनि देखिन्थ्यो । नभन्दै ऊ गद्दीमा आएर बस्यो । ऊसँग आएको दलबल सभाहल वरपर छरिए र राजाको ईशाराअनुसार आ-आफ्नो ठाउँमा आसनग्रहण गरेँ । बस्नासाथ राजाले मलाई तलबाट माथिसम्म हेर्यो । राजासँग आँखा जुधाउन हुन्न भन्ने मलाई राम्रोसँग थाहा थियो । त्यसैले राजा हुन् भन्ने भेउ पाउनासाथ मेरो टाउको भुईंमा निहुराएँ । घोसेमुन्टो लाएर उभ्भिएँ । “ल आजको कारबाही सुरु गरौं!”- राजाले हुकुम जारी गरे । “कारबाही” शब्द सुन्नासाथ मेरो सात्तो गयो । मुटुको धड्कन बढ्यो । दमको बिरामीझैं स्वास फुलेर आयो । शरिर कामज्वरो आएझैं गरि थरथर काँप्न लाग्यो । पिसाब पनि चुहिएलाजस्तो भयो । पसिनाले शरीर निथ्रुक्कै भिज्यो । “महाराज, यो मनुष्य मर्त्यलोकबाट आजै आएको हो ! यसको मर्त्यलोकका करतुतहरुको सम्पूर्ण विवरण यो आइप्याडमा अपडेट गरिएको छ । हजुरले त्यसलाई अवलोकन गरी निर्णय गरिबक्सियोस्!”- यति भनेर एउटाले राजासम्मुख आइप्याड पेश गर्यो । राजाले केहीबेर आइप्याडमा औंला नचाए । म यो सब कसैले चाल नपाउने गरी हल्का टाउको उठाएर हेरिरहेको थिएँ । मेरो विवरण हेर्न पाँच मिनेट जति आइप्याडमा घोत्लिएपछि राजाले आइप्याड फिर्ता दिँदै मुन्टो हल्लाए । “यो मनुष्य पापी हो । यो दुष्ट रहेछ । यो हत्यारा पनि रहेछ । यसका कारण मर्त्यलोकमा धेरैले दुःख र सास्ती बेर्होर्नु परेको रहेछ । यसको पापहरु क्षमायोग्य छैनन् । त्यसैले यसलाई कालकोठरीबाट शुरु हुने अन्नत सुरुङभित्र हालिदेऊ,” राजाले तुरुन्तै फैसला सुनाए । राजाको निर्णयमा केही दया जाग्छ कि भनेर केही बोल्न खोजेँ तर मेरो वाक्य नै फुटेन । बरु निरुपाय भएर थचक्क बसेँ । मलाई अगि राजगद्दीको दायाँबायाँ बस्ने भुसतिग्रे आएर घिसार्न थाले । मैले प्रतिवाद गरेँ तर मेरो बल ती बलिष्ठ भुसतिग्रेहरुको अगाडि निरीह साबित भयो । म निस्तेज भएर घिस्रन बाध्य भएँ । उनीहरुले घिसारी रहे । मेरो याचना उनीहरुले सुन्दा पनि सुनेनन् । एकैछिनमा रातो पर्दा भएको ढोका आयो । मलाई अब एउटाले मात्र घिसार्न थाल्यो । अर्कोले पर्दा उघारेर मलाई घिसार्न उसलाई सहज तुल्याइदियो । अब मेरो अगाडि अघोर शान्ति र निस्पट्ट अँध्यारो कोठा थियो । सायद राजाले भनेको कालकोठरी यही नै थियो । लाग्यो, यही भित्र छ त्यो अन्नत सुरुङ । तर, अनन्त सुरूङ कस्तो खालको सुरुङ थियो मलाई थाहा हुने कुरै भएन । एउटाले सोध्यो, “तेरो अन्तिम इच्छा केही छ भने भन् । नत्र हामी तँलाई यो कालकोठरीको सुरूङमा हुर्याइदिन्छौं ।” “अन्तिम इच्छामा राजाको फैसलाविरुद्ध चैँ नमागेस् नि!” अर्कोले थप्यो । अब के माग्नु थियो र ! बरु मलाई अन्तिम जिज्ञासा नै मेटाउन मन लाग्यो । त्यसैले सोधेँ, “यो अन्नत सुरुङ भनेको के हो?” मेरो प्रश्न सुनेर उनिहरु बेजोडले हाँसे । मलाई बेक्कार सोधेछु भन्ने बनाइदिए । एकैछिनपछि हाँसो रोकेर एउटाले भन्यो, “यो सुरुंग एउटा यस्तो सुरुंग हो, जसको सुरुवात त यो कालकोठरी हो भन्ने थाहा छ, तर यसको अन्त्य कसैलाई पनि थाहा छैन । सायद यसको अन्त्य नभएरै होला अनन्त सुरुङ राखिएको । यसबाट तँलाई खसालेपछि तँ खसिरहनेछस् । बस् खसिरहनेछस् । अनवरत् । आज । भोलि । पर्सि । यसरी दिन, रात, हप्ता, महिना, वर्ष गरेर तँ सुरुङमा खसिरहनेछस् । भुईं भेट्ने आशमा खसिरहनेछस् । तर, भुईं कदापि भेट्ने छैनस् । भुईं भेट्ने आश भने गर्न सक्छस् ।” यति भन्दाभन्दै दुवैले मेरो काखीमा हात हालेर उचाले । केहीबेर मच्चाएझैँ गरे । अनि मलाई त्यो कालकोठरी भित्रको अन्नत सुरुङभित्र होमी दिए । मेरो अन्तिम चित्कार अन्तिम पल्ट कालकोठरीको कुनाकुनामा ठोक्कियो । भुसतिग्रेहरुको कानको जाली हुँदै मेरो चित्कार सदाका लागि दफन भयो । मेरो चित्कारसहित म कतै बझारिएँ । बझारिएको ठाउँ उज्यालो थियो । आँखा वरपर डुलाएँ । हो, म मेरो कोठामै थिएँ । त्रासले खाटबाट भुईंमा खसेको रहेछु । शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो । लगाएको जाँगे पनि पिसाबले भिजेको रहेछ । साह्रै आत्मग्लानि भएर आयो । सपनाले मलाई नराम्रोसँग झाप्पड हानेको थियो । मैले आत्माआलोचना गरें । मेरा पापहरुले मलाई अब विपनामा पनि छोड्नेवाला थिएनन् । सपना त एकबार आउँछ, झस्काउँछ, जान्छ तर विपना? यो त सधैँ मेरो साथै हुनेछ । मलाई मेरो विपना अर्थात् यथार्थले छोड्नेवाला थिएन । सोचेँ, मैले प्रयाश्चित गर्नुपर्छ । पहिलेका गल्ती ठीक पार्न नसके पनि अब सत्कर्म त गर्न सक्छु! यति सोच्दा मात्रै पनि मेरो मनमा शान्ति पलाएर आयो । सत्कर्म गर्दा झन् कति सन्तोष मिल्ला? सत्कर्ममा जस्तो सन्तुष्टि यो जगतमा केहीमा रहेनछ । सोच्दासोच्दै अनयासै मुखबाट निस्कियो, “हरि शरणम्, भगवान विष्णु!!” अंश बाडफाँड: निरज दाहाल: याद छ भाइ तँलाई त्यो रात ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला आमाले रुँदै तँलाई च्यापेर सुतेको दिन ? तर आज अंश माग्दा तैँले आमाको काख माग्न सकिनस् तैँले त त्यो दिन पनि बिर्सेछस् नभए आज अंश माग्दैगर्दा बाको काँध कसरी छुटाउँथिस् होला र ? जुन काँधमा चढ्न तेरो र मेरो झगडा पर्ने गर्थ्यो भाइ, मैले चाहिँ कसरी भुल्न सकेँ हुँला है तँलाई सहरमा राखेर पढाउँदा बेँसीको तीन रोपनी जग्गा बेचेको ? अनि कसरी बिर्सेँ होला तेरो बिहे खर्चको लागि पाखोबारी सस्तैमा बेचेको ? आमाले कुँडेमा दूध तताएर कुराउनी कोर्दैगर्दा बाहिरबाट मलाई चुकुल लगाइदिएर तँ नै भान्सामा छिटो पुग्थिस् तर आज , बालाई दमले गार्हो पार्यो भन्दा तँ तेरै घरको ढोकाको भित्रबाट चुकुल लगाएर बसेको छस् अनि आइपुगेको छस् बाको सास गएपछि सबैभन्दा अन्तिममा ।। मलाई अझै याद छ मेरो बिहेमा माथ्लो घरको बस्नेत दाइको कोट र तल्लो घरकी थपिनी भाउजूको सुन पैँचो मागेर मैले मेरो बिहे उतारेको दिन याद त मलाई त्यो पनि छ तेरो बिहेमा तीन तोला सुन दुईवटा खसी चारवटा गाडी तेरो बिहेमा तँ खुसी भइनस् सायद , जति तेरो बिहेमा म खुसी भएँ आमालाई महिला समूहमा मिस्री बाँडेको दिन आमाले कान्छाले खाओस् भन्नुहुन्थ्यो अनि तँ मुख चबाउँथिस् तर गुलियो मलाई हुन्थ्यो आज तैले अंश माग्दा मेरो माया अलिकति दे किन भनिनस् ? भाइ , तैँले परालको कुन्यूमा अन्जानमै आगो लगाइस् बालाई मैले हो भनेर बाको पिटाइ मैले सहेँ तर आज अंश माग्दैगर्दा त्यो दिनको पराल लान्छस् दाइ भनेर किन सोधिनस् ? तैँले अंश खोजेर सम्पति लिएर गइस् अनि मैले आमालाई पाल्ने होइन आमासँगै बस्ने सौभाग्य पाएँ । ए सहरमा बसेर वकालत पढेको मेरो भाइ अब तँ आफैँ भन् त यो रगतको युद्धमा मैले जितेँ कि तैँले जितिस् ??? #अंश बाडफाँड #निरज दाहाल साहित्यकार जगदीश घिमिरेसँगकोे अप्रकाशित अन्तिम आधा अन्तरवार्ता, जुन पूरा हुन पाएन: यो अन्तरवार्ता वास्तवमा यसरी अपूरो आउला भन्ने अन्तरवार्ता लिने वा दिने कसैलाई पनि लागेको थिएन । यो अन्तरवार्ता यस्तो आधा नै रहनुमा समयको ठुलो खेलोफड्को छ । खासमा यो अन्तरवार्ताको पृष्ठभुमि धेरै पहिलेको घटनाले बनाएको थियो । जहाँ एक पटक अन्तरवार्ताका लागि अन्तरवार्ताकारले कसैलाई इमेल मार्फत प्रश्नोत्तर गरेका थिए । त्यो कति सफल भइदियो भने त्यो इमेल अन्तरवार्ता पछि पुस्तकाकारमा प्रकाशित नै हुन पुग्यो । अन्तरवार्ताकारलाई त्यहि पुरानो अनुभवले घच्घच्यायो र यो अन्तरवार्ता त्यसरी सुरु भयो तर चाहे जस्तो अन्त्य भने हुन सकेन । यद्यपि, यो अन्तरवार्ता विशेष छ । किन विशेष छ भन्ने कुरा अन्तरवार्ताकारकै लेखनबाट थप प्रष्ट हुनेछ । यो अन्तरवार्ता लिएका हुन्, गोविन्द गिरी प्रेरणा ले । यहाँ गोविन्द गिरी प्रेरणाको शब्द जस्ताको तस्तै राखिएको छ । जगदीश घिमिरेको ‘साविती’ पहिला र ‘लीलाम’ पछि पढेको हुँ मैले । उनका खरा विचारहरु पनि पढेको हुँ र तिथिमिति याद नभए पनि २०३६ सालपछि मैले उनलाई भेटेको हुँ । लेखेपछि साहित्यमा केही न केही खलखल ल्याउने यी लेखकसँग मैले ३८।३९ तिरै हुनुपर्छ, लिखित अन्तरवार्ता लिएको थिएँ र ‘ज्योतिश्री’ पत्रिकामा प्रकाशित भएको थियो । पछि उनका सबैजसो रचनाहरु पढेपछि आमने सामने भएर अन्तरवार्ता लिने अवसर जुटेन । पछि एकपल्ट उनीसँग ईमेल मार्फत् लामै किताब हुने अन्तरवार्ता लिने कोशिस गरेको थिएँ, तर अनुकूल परेन । भईदियो के भने, उनले पहिलो प्रश्नको उत्तर नै तीनपल्ट सच्याएर रण्डा लाईलाईकन पठाए । त्यसरी हुँदैन भन्ने मलाई लाग्यो र मैले नित्य निरन्तर ६ महिनासँग ईमेलमा प्रश्नोत्तर गर्दै कमल दीक्षितसँग अन्तरवार्ता लिएँ र त्यो पुस्तकको रुपमा प्रकाशित भयो, ‘कमल दीक्षितसँग ईमेलवार्ता’ शिर्षकमा, नेपाली साहित्यमा यस किसिमको पहिलो पुस्तक । पछि जगदीश घिमिरेसँग फेरि ईमेलवार्ता गर्न जुर्मुराएँ । उनी आफ्नो मल्टिपल माईलोमासँग अन्तिम लडाईं लडिरहेको बेला थियो । उनी मेरा प्रश्नका उत्तर दिन सहज थिएनन् । छोटा, काम चलाउ र सरल जवाफ दिए मेरा प्रश्नहरुको । मैले प्रश्नको सिलसिला शुरु गर्नुअघि लेखें, ‘धेरै अघि तपाईंसँग ईमेलमा अन्तरवार्ता लिन खोजेको थिएँ, त्यो त्यत्तिकै भयो । अब त्यो अधूरो कुरामा लागौं कि ? म प्रश्न गर्दै जान्छु, तपाईंको जवाफ पछि अर्को प्रश्न पठाउँछु, हुन्छ ?’ उनले जवाफ पठाए, ‘प्रश्न पठाउनोस् । जवाफ पठाउँला । पहिलेका प्रश्नोत्तर त तपाईंसँग होलान् नी !’ प्रश्नोत्तरको सिलसिला शुरु भयो । प्रश्न नं १ – तपाईंले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? मलाई मेरो पहिलो रचना यो हो भन्ने यकिन छैन । पहिलो प्रकाशित पुस्तक ‘लिलाम’ (रत्न पुस्तक – २०२७ साल) उपन्यास मन पर्छ । मेरो छापिएको पहिलो रचना कुन हो, मलाई यकिन छैन । जनकपुरमा छापियो होला । प्रश्न नं २ – त्यसो भए लिलाम अघि लेखिएका कुनै पनि रचना तपाईंको स्मृति पटलमा अहिले छँदै छैनन् त ? दर्जनौं रचना छन् तर सबभन्दा पहिले छापिएको रचना कुन हो भन्ने यकिन छैन पो भनेको ! मैले कुरा बुझाउन सकिन छु । अब बुझाँए कि ? तपाईले सोध्नु भयो ‘तपाईंले लेख्नु भएको सबै भन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? मैले जवाफ दिएँ – मेरो छापिएको पहिलो रचना कुन हो, मलाई यकिन छैन । जनकपुरमा छापियो होला । मेरो पहिलो प्रकाशित पुस्तक (रत्न पुस्तक २०२७ साल) ‘लिलाम’ मलाई मन पर्छ । यसमा मैले ‘लिलाम’ अघिका कुनै रचना सम्झन्न त भनिनँ जस्तो लाग्छ । प्रश्न नं ३ – लिलाम पहिलो कृति प्रकाशनपूर्वका रचनाहरूमध्ये घतलाग्दा रचना कुनै उल्लेख गर्न चाहनुहुन्छ कि ? कस्ता पृष्ठभूमिमा लेखिए, सम्झनुहुन्छ ? करिब पचास वर्षअघिका कुरा हुन् । सबै ठिकसँग सम्झन्न तर मलाई मन परेका २०२७ अघिका कथा, कविता र लेखहरू पनि मेरा हालसाल प्रकाशित पुस्तकहरू अग्निसूत्र (कविता संग्रह), बर्दी (कथा संग्रह), स्थान काल पात्र (निवन्ध संग्रह) मा छन् । प्रश्न नं ४ – तपाईंको पहिलो उपन्यास लिलामको लेखनको पृष्ठभूमि के थियो ? कति समय लाग्यो त्यो उपन्यास लेख्न ? रामेछाप, मन्थलीको गडवारी भन्ने माझी गाउँ र बहादुरे नामक माझीको कथा । प्रश्न नं ५ – त्यो उपन्यास लेख्न कति समय लाग्यो ? लाग्यो होला २।४ महिना । ठीक याद छैन । २०२६ सालमा म पोखरा गएको थिएँ । भूपीजीलाई भेटेँ । कुराकानी गर्ने समय मागेँ । उहाँले हुन्छ भन्नु भयो । त्यो कुराकानी अन्तर्वार्ता रूपमा ‘रूपरेखा’ मा छापिएपछि बहुचर्चित भएको हो । त्यसको मुख्य कारण भूपीजीका तीखा र स्पष्ट जवाफ हुन् । त्यस बेलाको राज्यसत्ताको लागि कतिपय आग्रह थिए । म साहित्यको नवप्रवेशी २३ वर्षे केटो थिएँ । ‘साविती’ लेख्दै थिएँ । ‘साविति’मा मैले लेखेका कुराका कति बीज त्यहाँ छन् । प्रश्न नं. ६ – तपाईंले लेखन सुरू गर्दा तपाईंको दाई नगेन्द्रराज शर्माले कत्तिको लेख्नु हुन्थ्यो ? उहाँ मभन्दा निकै वर्ष पहिलेदेखि लेख्नु हुन्थ्यो । तर उहाँको लेखनबारे उहाँसँग नै सोध्नु बेश होला । प्रश्न नं. ७ – उहाँले लेख्नु भएको कस्तो लाग्थ्यो तपाईंलाई ? पढ्नु हुन्थ्यो होला नि ? पढ्थें । राम्रो लाग्थ्यो । प्रश्न नं. ८ – तन्नेरीमा प्रेमी र कवि सबै हुन्छन् भनिन्छ । सायद त्यसैले होला, धेरैले अलिपछि लेखनको बाटो छाड्छन्, तर तपाईंले लेखनमा निरन्तरता दिनुभयो, यो के कारणले होला ? कुनै खास कारण छैन । मन लाग्यो । परिस्थिति बन्यो । बीस – एक्काइस वर्षदेखि लेख्ने रुचि भयो । वातावरण र संगत भयो । लेखेँ । साथी र अग्रजहरूबाट प्रोत्साहन पाएँ । रचनाहरू छापिए । लेख्ने बानी बस्यो । पछि लत जस्तै भयो । ऐजन ऐजन प्रक्रियाबाट लेखक भएँ । प्रश्न नं. ९ – डा. धीरेश्वर झा धीरेन्द्र त जनकपुरमै लेखन सम्पादनमा कृयाशील हुनुहुन्थ्यो होईन, तपाईं लेखनमा लाग्दा ? उनीसँगको संगत कस्तो रह्यो अनि कुनै प्रोत्साहन प्रेरणा पनि पाउनु भो कि ? डा. धीरेश्वर झा ‘धीरेन्द्र’ जनकपुर कलेजमा पढाउनु हुन्थ्यो । उहाँ मैथिलीका ठूला साहित्यकार हुनुहुन्थ्यो । हिन्दी र विश्व साहित्यका पनि ठूला विद्वान हुनुहुन्थ्यो । म उहाँलाई मेरो साहित्य यात्राको पथ प्रदर्शक मान्दछु । उहाँको र मेरो सम्बन्ध बारे ‘अन्तर्मनको यात्रा’ मा लेखेको छु । प्रश्न नं. १० – काठमाडौं आएपछि तपाईंको कोको साहित्यकारहरूसँग सम्पर्क सम्बन्ध भयो ? त्यसबेला काठमान्डौँमा भएका धेरै अग्रज, अनुज र समवयस्क साहित्यकारहरूसँग । नाम भन्न संभव छैन । प्रश्न नं. ११ – कवि भूपि शेरचनसँग तपाईंको उठबस थियो होइन ? अन्तरवार्ता पनि लिनुभएको थियो । कस्तो रह्यो उनीसँग सम्पर्क ? भूपीजी सिनियर हुनुहुन्थ्यो । खासै उठबस भएन । उहाँसँग राम्रो परिचय थियो । उहाँका कविता मन पर्थे । त्यत्ति हो । त्यो अन्तर्वार्ता बहुचर्चित भयो । हालका वर्षमा पनि कति कतिवटा ठूला छापाले पुनमुद्रण गरे । प्रश्न नं. १२ – त्यो बहुचर्चित अन्तरवार्ता कसरी लिनुभयो ? त्यसबेलाका सन्दर्भ र प्रसंगहरु बताईदिनु होस् न । २०२६ सालमा म पोखरा गएको थिएँ । भूपीजीलाई भेटेँ । कुराकानी गर्ने समय मागेँ । उहाँले हुन्छ भन्नु भयो । त्यो कुराकानी अन्तर्वार्ता रूपमा ‘रूपरेखा’ मा छापिएपछि बहुचर्चित भएको हो । त्यसको मुख्य कारण भूपीजीका तीखा र स्पष्ट जवाफ हुन् । त्यस बेलाको राज्यसत्ताको लागि कतिपय आग्रह थिए । म साहित्यको नवप्रवेशी २३ वर्षे केटो थिएँ । ‘साविती’ लेख्दै थिएँ । ‘साविति’मा मैले लेखेका कुराका कति बीज त्यहाँ छन् । प्रश्न नं. १३ – पोखरा त्यति बेला केको सिलसिलामा जानु भएको थियो र कसरी उहाँसँग सम्पर्क हुन सक्यो, सम्झना छ ? पोखरा डुल्न गएको थिएँ । एअरपोर्टमा देखेँ । मैले चिनजान गरेर भेट्न समय मागेँ । भाई, १३ प्रश्न उत्तर भैसके । अव यो वार्ता छिटै टुंग्याउनतिर लागौं । १३ फरवरी २०१३ मा मैले पहिलो प्रश्न पठाएको थिएँ । मैले जम्मा १३ प्रश्न पठाए पछि उनले नै टुँग्याउन आग्रह गरे । खासमा उनलाई शरीरले साथ दिई नरहेको अवस्था थियो । त्यै पनि मैले १८ मार्च २०१३ का दिन सोधें, ‘म तपाईंसँग लामो समय लिएर लामो अन्तरवार्ता लिन चाहन्थें । पहिला त्यो हुन सकेन । अहिले तपाईंलाई सहज रुपमा जवाफ दिन गाह्रो भएको अनुभव भैरहेको छ । विगतका १३ प्रश्नमा तपाईका जवाफ खुलेर आएका छैनन् । तपाईं यतिमै वार्ता बन्द गरौँ भन्दै हुनुहुन्छ । अहिले त प्रश्नको मूल पाटोमै पुगिएको छैन के गरौँ ? स्वास्थ्यको कारणले हो वा अन्य कारणले हो ? म यो सिलसिला अगाडि लैजान चाहन्छु तर तपाईंले चाहेमा मात्र त्यो सम्भव छ । के गरौ ?’ मैले ईमेल पठाएको एक घण्टा नबित्दै उनको जवाफी ईमेल आयो – प्रिय भाई नमस्कार मलाई अहिले relapse भएको छ र chemo को Full dose ले उपचार हुँदैछ । अतः यो श्रृङ्खला हाललाई स्थगित गरौं । पछि गरौंला । उनले पछि गरौंला भने पनि त्यो सम्भव भएन । उनले आफ्नो नश्वर देह त्याग गरे । यो नै उनीसँगको अन्तिम सम्वाद थियो । ११ फरवरी २०२०, फल्स चर्च, भर्जिनिया, अमेरिका । १७ वर्षीय भुवनको लेखन यात्राः सौतादेखि सम्मोहनसम्म: भुवन सिंह कार्की लेख्ने मानिस कहिल्यै हार्दैन, हार्ने मानिसले कहिल्यै लेख्दैन । मलाई अझै पनि कक्षामा सरले पढाउँदा भन्नुभएको यो कुरा स्मरण छ । सायद साहित्यप्रति मेरो लगाव बढाउनमा यही सूक्तिले अहम् भूमिका खेलेको छ । सुरुमा कविताका केही पङ्क्तिहरूबाट साहित्य यात्रामा प्रवेश गरेको हुँ मैले । म उपन्यास नै लेखिहाल्छु भन्ने मलाई कति पनि थिएन । तर सरको हौसला र केही आफ्नो मिहिनेतले म लेख्न सक्छु भन्ने बोध हुन पुग्यो । फलस्वरूप मबाट सम्मोहन नामक कृति तयार भयो । ‘सम्मोहन’को पृष्ठभूमिमा सौता र सौताको पृष्ठभूमिमा एक शीर्षकविहीन, कुमार र अतृप्त लेख पर्दछ । अतृप्त यसकारण कि त्यो अपूरो थियो, र कुमार यसकारण कि मेरो पहिलो प्रयासको परिणाम हो यो । आकारमा ठूलो त्यो लेख आज मसँग सुरक्षित छैन, तर त्यस लेखको संरचना र त्यसले मेरो साहित्ययात्रामा चालेको प्रथम पाइला अझ मस्तिष्कमा ताजै छ । यो कक्षा ९ तिरको घटना थियो । अँ, सत्य बोल्नु पर्दा आफैँलाई त्यो लेख अलि काँचो र बडी प्रेमिल लागेको थियो । आफैँलाई चित्त नबुझेपछि कसैलाई देखाउने कुरा पनि भएन नि । देखाइनँ । साहित्यमा, विशेषत कविता र निबन्धमा रूचि दिलाउने काममा आदरणीय गुरू श्यामकृष्ण पुडासैनी सरको विशेष योगदान छ । पछि एउटै होस्टलमा बस्नुभएका गुरू केशव भट्टराईले आफ्नो छत्रछायामा मलाई राखेर मान्छे बनाइदिनुभयो । छन्दको ज्ञान दिनुभयो, तर्कशास्त्रका केही ज्ञान, पूर्वीय दर्शनका केही मननयोग्य र अत्यन्त कठिन शिक्षा पनि दिनुभयो । त्योबेला बुझ्न बहुत गाह्रो भएको थियो । यो क्रम म सैनिक महाविद्यालय पढुञ्जेल निरन्तर चली नै रह्यो । कक्षा ९ सकिनै लाग्दा भने उपन्यास लेख्ने जाँगर चल्यो । किन चल्यो ? कसका लागि चल्यो? केका लागि चल्यो? थाहा छैन । दिमागमा केवल उपन्यास लेख्नु छ, र त्यो पनि सौताको विषयमा लेख्नु छ भन्ने मात्र भइरह्ये । समाजमा भेटिएका र देखिएका मानिसहरूलाई पात्रहरूको रूपमा उतारेँ । नभन्दै १ महिनाभित्र एउटा औपन्यासिक स्वरूप तयार भयो । कविता, गजल र निबन्धहरू लेख्ने बित्तिकै दौडेर गएर सधैँ देखाउने केशव सरलाई यसपटक भने ‘सौता’को उपहार दिन सकिनँ । यसमा मेरो डर त पक्कै थिएन । यति थियो, म उपन्यास लेख्दै छु भन्ने उहाँलाई पछिमात्र थाहा होस् भनेर मनले भन्यो | र मैले मानेँ । दशैँपछि त्यो उपन्याससमान कृति श्याम सरलाई पढ्न दिएँ । परीक्षा नजिक आइरहेको थियोे र विशिष्ट अङ्क पाउन सक्ने सम्भावित विद्यार्थीको रूपमा उभिएको मलाई उहाँले मैले दिएको कृति पढ्नुअघि नै औपचारिक पढाइमा नै विशेष ध्यान दिन अनुरोध गर्नुभयो । पछि पढेर आवश्यक सल्ला र सुझाव पनि दिनुभयो । जस्तैM पात्र चयन, मनोविज्ञानको आँकलन, घटनाको क्रम, परिवेश चयन आदि इत्यादि । त्यही मितिबाट अवश्य पनि अब छिटै एउटा उपन्यास जरूर लेखेर छाप्छु भन्ने दृढसङ्कल्प मनमा बसि नै रह्यो । मसँग परिवेश र पात्र त थिए, तर घटना र मनोविज्ञानको अध्ययन र भोगाइ थिएन । तसर्थ त्यसपछिको तीन महिना बिदामा यसको अध्ययन गर्ने निश्चयका साथ अघि बढ्न थालेँ । कक्षामा बेलाबखतमा नेपाली पढाउने शिक्षकहरूसँग साहित्यका अनेकानेक दर्शनको बारेमा सोध्दथेँ तर मेरो बालसुलभ मस्तिष्कले कति ग्रहण गर्यो त्यो समयको गर्भमै कैद छ । जे होस्, महाविद्यालयको प्राङ्गण, विभिन्न प्रतियोगिताहरूको उपज र गुरूहरूको बेबाक साथ र सहयोगले उपन्यास लेख्ने पृष्ठभूमि तयार भइसकेको थियो। अब खाँचो थियो त घटनाको र विशेषत मेरो जाँगरको । परीक्षा सकियो | लाग्यो- हामी अब सबै भवबन्धनबाट मुक्त भइसकेका छौँ । यसैबिच एउटा औपन्यासिक कृतिका लागि घटना तयार गर्नुपर्ने छ भन्ने तारान्तार मेरो मनमा लागिरह्यो । होस्टलको बसाइले काठमाडौँका सडक र गल्लीसँग मेरो पहिचान न्यून थियो । मौका ठानेर घुम्न थालियो साथीभाइसँग । असनका गल्लीहरू, पुतलीसडकका पसलहरू र ठमेलका क्याफेहरू । आनन्द एक ठाउँमा थियो र अध्ययन अर्को ठाउँमा । परिवेशको बुझाइमा यस घुमाइले धेरै नै सहयोग पुराएको रहेछ भन्ने महसुस अहिले भइरहेको छ । भर्खर यौवनावस्थामा प्रवेश गरेको एउटा सानो केटोले आफ्नै उमेरजन्य पात्रहरू र घटनाहरू नछानेर किन एउटा बौद्धिक पात्रलाई नायक बनाएर उसकै बुझाइको परिधिमा कथा निर्माण गरेको होला भन्ने जिज्ञासा पक्कै लाग्नसक्छ । यसको उत्तर पनि त्यही बिदामा लुकेको छ । बिदामा म दाइको अनलाइन न्यूजमा कहिलेकाहीँ लेखहरू लेख्ने र न्यूजहरू लेख्ने गर्दथे । यसैबिच मेरो सम्पादकसँग चिनाजानी भयो । उनी कामको बाबजुद पनि दिउँसै रक्सी र चुरोट औधी पिउँदथे | तर उपन्यासमा भने मैले उनैको स्वैरकल्पना गरेर पात्रलाई अझ विकृत बनाएँ । आफ्नै भोगाइको परिणाम नभए तापनि पात्र र घटनामा सम्बन्ध छ । यसरी वास्तविक जीवनको एक सम्पादकलाई बोकेर तदानुरूप कथा रचना गर्दै गएँ, उपकथाहरू थप्दै गएँ । अन्ततः एउटा उपन्यास तयार भयो । नाम राखेँ, धूमावर्त । मङ्सिर महिनाको कुरो हो, उपन्यासको पाण्डुलिपि बोकेर प्रथमपटक केशव सरकहाँ पुगेँ | मनमा थोरै डर, थोरै आश्चर्य बोकेर । उहाँले १ हप्ता जति पढेपछि ठिक छ, आवश्यक परिमार्जन गरेर छाप्नुपर्छ भन्नुभयो । म प्रफुल्लित भएँ । केही समयपछि त्यही पाण्डुलिपि बोकेर हेम सरकहाँ पनि पुगेँ । रेडियोमा कार्यक्रम चलाउनुभएको उहाँसँग साहित्यको धेरै ज्ञान थियो । उहाँले पनि नायक पात्रको चरित्र, व्यवहार र विविध घटनाक्रममा देखिएको उसको प्रस्तुतिबारे प्रश्न गर्नुभयो, र आवश्यक सुझाव दिनुभयो । यही क्रममा पुस-फाल्गुन महिना बित्यो । पाण्डुलिपि परिष्कृत एवं परिमार्जित पनि भयो । घटनाक्रम थप परिमार्जन गर्नुपर्ने आवश्यक्ता दखियो । चैत महिनातिरको समयमा हेम सरले मलाई महेश पौड्याल सरसँग परिचय गराउनुभयो । उपन्यास त धेरैले लेख्छन्, तर सम्बन्ध थोरैले मात्र मजबुत बनाउँछन् । महेश सरसँग मेरो सम्बन्ध अटुट बन्यो । उहाँले पनि केहीहप्ताभित्रै आफ्नो व्यस्तताको बाबजुद उपन्यास पढेर सल्लाह दिनुभयो । उहाँको सल्लाह व्यवहारिक र सैद्धान्तिक थियो । उहाँको सल्लाह पाएपश्चात् घटनाक्रममा अनेक परिवर्तन ल्याइयो । नायकको भूमिकामा पनि परिवर्तन आयो, दृष्टिकोणमा परिवर्तन आयो । एकातिर आफ्नो औपचारिक पढाइलाई पनि निरन्तरता दिनुपर्ने बाध्यता र अर्कोतिर उपन्यास सच्याउनु पर्ने, मलाई पुग नपुग दशैँसम्म लाग्यो । अनि पुनश्चः केशव सरलाई भाषिक र व्याकरणात्मक त्रुटिहरू सच्याउनका लागि पाण्डुलिपि दिएँ । उहाँले निःस्वार्थ भाषिक शुद्धतामा काम गरिदिनुभयो । उहाँको म सदैव ऋणी छु | अन्ततः शीर्षक पनि परिवर्तन गरियो, र ‘सम्मोहन’ राखियो । किनकि बजारको मर्म अनुसार धूमावर्त क्लिष्ठ थियो । लेख्ने मानिस कहिल्यै हार्दैन, हार्ने मानिसले कहिल्यै लेख्दैन । आवरण चित्र मित्र सागर आचार्यले बनाइदिनुभयो, र क्रमैसँग मङ्सिर ७ गते डा. नवराज लम्सालको आथिथ्यतामा सैनिक महाविद्यालयकै प्राङ्गणमा पुस्तक विमोचन पनि भयो । ‘सम्मोहन’ पुग नपुग ४० वर्ष टेकेको बौद्धिक, तर कर्तव्यच्युत सम्पादकको विसङ्गत जीवन दृष्टि हो । अन्य व्यवहार सामान्य मानिसको जस्तो भए पनि जीवन हेर्ने तरिका भने उसको भिन्न छ । उसको जीवनमा घटना पनि त्यस्ता आइदिन्छन्, ऊ उपन्यासको अन्ततिर चुरोटलाई छातीमा पोलेर पनि सन्तुष्ट बन्छ । अँध्यारोबाट सुरू भए पनि उपन्यासले पृथक् उज्यालोको सम्भावना देखाएको छ । दुःखबाट भाग्नु उज्यालोको स्वरूप नभएको र कर्तव्यबोधले मानिस सुखी बन्न सकिने कुरा पनि उपन्यासबाट प्राप्त गर्न सकिन्छ । उपन्यास प्रकाशनको क्रममा केही अप्ठ्याराहरू नआएका हैनन्, तर परिवारको साथ र गुरूहरूको आशीर्वादका सामु ती अप्ठ्याराहरू धुलीट्याम भए । नवआगन्तुकलाई जुनै क्षेत्रमा प्रवेश गर्न पनि समस्या त हुन्छ नै, तर महेश सरको छाया परेर होला मलाई भने त्यति समस्या भएन । भनिन्छ, उपन्यास र जीवन फरक हैनन् । यसर्थ उपन्यास लेखनको क्रममा मेरो सोच्ने क्षमतामा आएको परिवर्तन पनि उल्लेख्य छ । साँच्चै, ‘सम्मोहन’ले मेरो जीवन दृष्टिलाई पनि सम्मोहित गरेको छ । हजुरहरूले कृति पढेर आवश्यक सुझाव दिँदा कृतिले जीवन र मेरो मिहिनेतले आत्मसन्तुष्टि पाउने थियो । #भुवन सिंह कार्की #सम्मोहन अशेष मल्ल कसरी फुत्किए जुत्ता व्यापारबाट ?: नाट्यकर्मी अशेष मल्लका हजुरबुवा गजेन्द्र प्रधानाङ्ग पूर्वाञ्चलका पहिलो जुत्ता ब्यापारी हुन्, जसले कोसी नदीपूर्व र मेची नदी पश्चिमका धेरैजसो नेपालीलाई जुत्ता लगाउन सिकाएका थिए । त्यो क्षेत्रका अधिकांशले आफ्नो खुट्टामा पहिलो पल्ट लगाएको जुत्ता नै ‘दिनेश सुज’ थियो । अशेष मल्लका काकाको जन्मसँगै खोलिएका जुत्ताको नाम नै दिनेश सुज बन्न पुग्यो । त्यो यस्तो जुत्ता थियो, जुन जुत्ता लगाउनुलाई हिमाली शेर्पादेखि मधेसका जमीनदारसम्म गौरव गर्थे । उत्कृष्ट डिजाइनका जुत्ता काठमाडौंमा प्रधानमन्त्री, नेपाली सेना र खानदानी राणाका खुट्टामा पनि सजिन्थे । पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेपछि गोर्खाली सेनाको कोपभाजनमा परेर यो परिवार भक्तपुरबाट धनकुटा भासिएको थियो । यो परिवारका अधिकांश हाँगा बिँगा अहिले पनि पूर्वाञ्चल क्षेत्रमा विभिन्न व्यवशायमा संलग्न छन् । हजुरबुवादेखि सुरु भएको व्यापारमा अशेषका काकाहरु, दाजु–भाइहरु अहिले पनि अनेक व्यवशायमा सलग्न छन् । धनकुटाबाट झरेर विराटनगरमा फ्याक्ट्री खोल्दाताका बनेको बस्तीमा अहिले पनि घघडान ब्यापारीहरुको बसोवास छ । तर अशेष मल्ल र उनका दाजु मुकेश मल्ल भने कला क्षेत्रमा लागेर काठमाडौंको अर्कै संसारमा आइपुगेका छन् । अहिले दिनेश सुज नेपाली बजारबाट हराएको छ तर अशेष मल्ल कला क्षेत्रमा यस्तो नाम बन्न पुगेको छ, जसको नाम नेपाली साहित्यमा सधैं जिवित रहने छ । अशेष मल्ल यस्ता व्यक्ति हुन्, जसले ले पहिलो पटक सडक नाटकको जन्म दिए । उनको नाममा सानो उमेरमा प्राज्ञ भएको र युरोपमा नाट्य विषय पढाउने पहिलो नेपाली नाट्यकर्मीको ट्याग पनि झुण्डिएको छ । दुई दर्जन पुस्तक र सय भन्दा बढि नाटकका लेखक अशेष मल्ल ब्यापारी बन्न छाडेर किन नाट्यकर्मी बने ? नेपालको प्रजातान्त्रिक इतिहासमा सबैभन्दा लामो समय गिरिजाप्रसाद कोइरालाका निकट व्यक्ति भएर पनि किन शक्तिको प्रयोग गरेनन् ? आत्मकथा लेख्नका लागि टिपेर राखेर ९ महत्वपूर्ण घटनालाई हाम्रा सहकर्मी अश्विनी कोइराला मार्फत अशेष मल्लले बाहिर ल्याएका छन् । घटना नम्बर एक अशेष मल्ल ७ कक्षामा पढ्थे । उनलाई जुत्ताको व्यवशायका लागि मानसिक तयार गरिदै थियो । उनी पढ्न तेज थिए तर उनका साथीहरु पढ्नै मन गर्दैन थिए । उनीहरुका कारण आफू पनि बिग्रन सक्छु भन्ने भय पलाउन थालेपछि उनले एउटा संस्था खोलेर साथीहरुलाई सहि बाटोमा ल्याउने सोच बनाए । त्यो बेला सरकारी तवरबाट नेपाल बाल संघठन नामक संस्था खुलेको थियो, जसले जिल्ला जिल्लामा वालवालिकाको सुधारात्मक कार्यक्रम गर्दथ्यो । यहि सिको गरेर उनले आफ्नो गाउँका बालबालिकालाई सिर्जनात्मक काममा लगाउन थाले । कार्यक्रम राम्रो हुने लक्षण देखेपछि दर्जन बढि साथीहरु बटुलेर आफ्नो घरको गोठमा एउटा ब्यानर बनाए र लेखे, ‘बाल सुधार संघ’ । त्यसलाई सबैले देख्ने ठाउँमा टाँसे र सुरु गरे, कविता लेखन प्रतियोगिता, बाल नाटक प्रशिक्षण । यो कामको गाउँमा त प्रशंसा त भयो तर अञ्चलाधीशलाई मन परेन । उनलाई प्रशासनबाट बोलावट भयो र त्यसो गर्न नमिल्ने तर्क गरियो । ‘मलाई सरकारले बक्सिस देला भन्ने लागेको थियो तर बन्द गर्ने आदेश पो दिए ।’ आफ्नो जीवनको पहिलो झड्का सम्झिदै अशेष मल्ल भन्छन्, ‘मैले गाउँका केटाकेटी सुधार गर्ने पवित्र उद्देश्य बताएपछि अञ्चलाधीशले प्रधानमन्त्रीसम्म कुरा पुर्याएर सहयोग गर्ने वचन दिए । तत्काललाई भने बन्द गर्नै पर्ने आदेश दिए ।’ यो कुराले अशेषको कलिलो मनले प्रश्न गर्यो, राम्रो काम गर्दा सरकारले किन यसलाई नराम्रो देख्यो ? यसको कारण के छ ? उनले प्रधानमन्त्रीसँग भेट्ने जिद्दि गर्न थाले । हजुरबुवा चर्चित ब्यापारी, बुवा तत्कालीन अवस्थाका चर्चित लेखक, उनको कुरामा सुनुवाइ भयो र प्रधानमन्त्री किर्तिनिधि विष्ट धनकुटा गएको बेला किशोर अशेषलाई भेट्ने व्यवस्था मिलाइयो । सानो उमेर भए पनि अशेषले प्रधानमन्त्रीले बुझ्ने गरि बालबालिको समस्या र त्यसबाट बच्न ‘बाल सुधार संघ’ खोलेको कुरा तर्कपूर्वक सुनाए । अशेषको कुरा किर्तिनिधि बिष्टले धैर्यपूर्वक सुनेपछि भने, ‘तिम्रो जस्तै उद्देश्य राखेर श्री ५ को सरकारले प्रत्येक सदरमुकाममा नेपाल बाल संघठन खोलेको छ । त्यहीँबाट आफ्ना काम सुरु गर । सरकारले सहयोग गर्छ ।’ अशेषमा आफ्ना साथीहरुलाई कसरी सक्रिय एवं क्रियाशील बनाउनु पर्छ भन्ने चिन्ता थियो । किर्तिनिधि विष्ट भने बाल संघठनको घेरामा राखेर उनका गतिविधि निस्क्रिय बनाउन चाहन्थे । यहि एउटा घटनाबाट देशमा जनताले आफूले चाहे जस्तो काम गर्न नपाउने राजनीतिक व्यवस्था भएको महसुस अशेषलाई ज्ञात भयो । यो त्यही दिन थियो, उनले प्रधानमन्त्रीकै अघि मनमनै प्रतिज्ञा गरे, ‘म कसैको अधिनमा भएर बस्दिन तर आफ्नो तर्फबाट साथीहरुको स्थिति सुधार गरेरै छाड्छु ।’ घटना नम्बर दुई देशका प्रधानमन्त्रीले समेत आफ्नो कुरा बुझ्न नसकेकोमा अनौठो लाग्यो । यहि बेला नेपाली कांग्रेसकी तत्कालीन चर्चित नेतृ दुर्गा पोखरेलले उनलाई विपी कोइराला र उनले स्थापना गरेको नेपाली कांग्रेस पार्टीको नीतिका बारेमा बताइन् । त्यो नीतिमा पञ्चायतका मान्छेले किन संघ संस्था खोल्न दिदैनन्, किन उनीहरु समाज सुधारका बाधक हुन् भनेर बताइएको थियो । दुर्गा पोखरेलले साँझ बिहान स्थानीय तमोर खोलाको किनारमा केही किशोर भेला गरेर उनले पञ्चायती व्यवस्था ढाल्ने गुप्त योजनाहरु बताइन् । यसका लागि गाउँ–गाउँमा विद्रोह सुरु भएको र युवाहरुले आफ्नो ठाउँबाट विभिन्न किसिमको विरोध सुरु गरेको फेहरिस्त सुरु गरिन् । तालिम सकिएपछि सबैले एक एक थान विपीको तस्विर पनि पाए । जुन तस्विर उनको कोठामा सजियो । ‘खासमा त्यो मेरा लागि सामान्य मानिसको तस्विर थिएन, इश्वरकै तस्विर लागेको थियो । म पूरै भक्त भएको थिएँ । घटना नम्बर तीन एक पल्ट अशेषका बुवा काठमाडौंमा जुत्ता पुर्याएर फर्कदा केही पत्रपत्रिका ल्याएका थिए । पत्र–पत्रिकामा कार्टुनहरु थिए र मन्त्रीहरुले गलत गरेका कुरा छापिएका थिए । उनलाई अनौठो लाग्यो । उनलाई पनि समाजमा गलत भएका कुरा छाप्न रहर लाग्यो । त्यसपछि के थियो, उनले हातैले ‘आँगन’ पत्रिका निकाले । एउटा निकालेपछि साथी राजेन्द्र प्रधानसँग मिलेर त्यसका ६–७ प्रति सारे । त्यो समाचारमा स्थानीय हेडसरले घरमा श्रीमती हुँदा हुँदै अर्की युवतीसँग लसपस गरेको समाचार मुख्य हेडिङ् बनाइएको थियो । त्यसबाहेक स्थानीय प्रहरीले गरेका गलत काम, ठूला बडाले हेपेका कुराहरु पनि थिए । एक रात धनकुटा बजारका विभिन्न स्थानहरुमा साथीहरुसँग मिलेर ७ प्रति पत्रिका टाँसे । एकाबिहानै त्यसले धनकुटाभरि हो–हल्ला मच्चियो । त्यो बेला उनी १५ वर्षका थिए । यति सानो मानिसले यो काम गरेको होला भन्ने कसैलाई भएन । यो कुरा निकै पछि खुल्यो, जसका कारण पञ्चायतकाल भरि उनले निकै दुःख पाए । घटना नम्बर चार एक दिन उनी घरबाट धनकुटा बजार झर्दैथिए । बीचमा जेल पर्दथ्यो । बेला बेलामा उट्पट्याङ् काम गर्ने भएकाले उनी प्रहरी नजरमा एक नम्बरका बद्मास युवा थिए । ठूला बडाको छोरा भएकै कारण मात्र उनी जेल परेका थिएनन् तर सबैले उनलाई घुरेर हेर्दथे । त्यसैले उनी प्रहरीसँग केही तर्केर नै हिँड्थे । त्यो दिन उनी हिड्ने रोडा ओछ्याएको बाटोमा रगतै रगत थियो । अलिपर उनले देखे, प्रहरीहरुले दुई युवालाई खुट्टामा समाएर ढुंगामा घिसारेर सजाय दिइरहेका रहेछन् । बिहानदेखि उनीहरुलाई यसरी सजाय दिइएको रहेछ । पछि उनले थाहा पाए, ती युवा अरु कोहि नभएर नेपाली कांग्रेसका युवा जुम्लाहा नेता राम–लक्ष्मण रहेछन् । जसलाई केही पछि प्रहरीले धनकुटाबाट जेल सार्ने निहुँमा ओखलढुंगामा हत्या गरे । यो खवर उनले दुर्गा पोखरेलबाटै थाहा पाए । घटना नम्बर पाँच दुई वर्ष एम ए पढ्ने निहुँमा काठमाडौं बस्ने अवसर पाएका थिए । पढाइ सकेपछि के गर्ने ? उनी अल्मलमा परे । सहयोग गर्ने कोही साथी थिएनन् । होस्टल छाड्न प्रशासनबाट दबाब आइरहेको थियो । सर्टिफिकेट हातमा च्यापेर उनी किर्तिपुरको चौरमै चुपचाप रुँदै बसे । अचानक उनको मनमा आयो, नाटक गर्ने इच्छा पैसा नभएका कारण हो । यहि खुला चौरलाई स्टेज बनाउने हो भने नाटक गर्न पाइन्छ । नाटक गर्दैछु भनेर खवर गरेपछि काठमाडौंमा बस्ने निहुँ पाइन्छ । किन रुने ? अशेषको जीवनमा यो यस्तो घटना भयो, जसले उनको पूरै जीवन परिवर्तन गरिदियो । त्यहि दिन उनले मनमा सडककै नाटक देखाउने परिकल्पना जन्मियो र सडक नाटकको सुरुवात दियो । सडकमै देखाउन मिल्ने ‘हामी वसन्त खोजिरहेछौँ’ नाटक पनि लेखे । नेपाली साहित्यमा यहि नाटकलाई पहिलो सडक नाटक र यसका परिकल्पनाकार अशेष मल्ललाई पहिलो सडक नाटककारको उपाधि दिने गरिन्छ । घटना नम्बर छ देशमा प्रजातन्त्र आयो र पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आयो । नाटकमार्फत प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यलाई साथसाथै हिँडाएको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नजिकबाट अनुभव गरेका थिए । यहि कारण उनी २०५० सालमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञका रुपमा नियुक्त भए । त्यो बेला उनको उमेर जम्मा ४० वर्ष थियो । जुन कुर्सीमा वालकृष्ण सम, लेखनाथ पौडेल जस्ता महारथि बसेका थिए त्यो कुर्सीमा बस्न तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले भर्खरको युवालाई जिम्मेवारी दिएपछि उनले काम त गरे तर त्यो कुर्सीमा बसेनन् । उनको छेऊमा घुम्ने कुर्सी त्यतिकै रहन्थ्यो, उनी भने छेऊको साधारण कुसीमा बस्थे । करिब ५ वर्ष उनी प्राज्ञ हुँदा उनी घुम्ने कुर्सीमा कहिल्यै बसेनन् । जसको चर्चा अहिले पनि साहित्य जगतमा हुने गर्छ । घटना नम्बर सात गिरिजाप्रसाद प्रधानमन्त्री भएका बखत कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका समर्थकहरुले विद्रोह गरेका थिए । त्यसको नेतृत्वमा थिए, अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा । आफ्ना समर्थकहरुसँग भेटघाट गर्न र नयाँ योजना बनाउन विद्रोही समूहले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेका थिए । प्रजातन्त्र आएपछि अशेष मल्ल प्रत्यक्ष राजनीतिबाट सन्यास लिइसकेका थिए । तर समउमेरका नेता विमलेन्द्र निधिका मिल्ने साथी भएकाले उनलाई खोज्दै त्यो अफिसमा पुगेका थिए । त्यहाँ पुग्दा उनले देखे, पुरानो जुत्ता खोजेर त्यसको माला बनाइदै थियो । गिरिजाप्रसाद कोइरालाले पार्टीमा हालिमुहाली गरेको देखेपछि त्यसको विरोधमा प्रधानमन्त्रीलाई आफ्नै कार्यकर्ताले जुत्ताको माला लगाउने योजना बनेको रहेछ । त्यसमा शेरबहादुर देउवाको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह जस्ता युवा नेताहरु जुर्मुराइ रहेका थिए तर अशेष मल्लकै अघि अनौठो घटना भयो । जुत्ताको माला लिएर गाडीमा चढ्नै लाग्दा नेपाली कांग्रेसका पुराना नेता महेन्द्रनारायण निधिले सबैलाई रोकेर भने, ‘जुत्ताको माला लगाउनु जरुरी छ ?’ सबैले जरुरी भएको बताएपछि भने, ‘ठिक छ, यत्रो इतिहास बोकेको पार्टीको सभापतिलाई जुत्ताको माला लगाउन जरुरी छ भने म रोक्दिन । तर आवेशमा निर्णय नगर । यो काम भोलि विहान पनि गर्न सकिन्छ ।’ वास्तवमा त्यो आवेशकै निर्णय थियो । भोलिपल्ट जुत्ताको माला लगाउनु मुर्खतापूर्ण काम हो भनेर उनीहरुले नै महसुस गरे । यो कुराले अशेषको जीवन नै परिवर्तन गरिदियो । त्यसपछि उनी कुनै पनि काम आवेशमा गर्दैनन् । जब कसैसँग रिस उठ्छ, उनी महेन्द्रनारायण निधिले त्यो बेला भनेको शब्द मनमा आइहाल्छ, ‘आवेशमा निर्णय नगर ।’ घटना नम्बर ८ अशेष मल्लले नाटक सम्बन्धी आर्जन गरेको आफ्ना सम्पूर्ण ज्ञान आगामी पुस्तालाई हस्तान्तरण गर्न चाहन्थे । यसका लागि एउटा नाटक घर, नाटक अध्ययन कक्ष र कला गतिविधि गर्ने भवन एकसाथ निर्माण गर्न चाहन्थे । यो बेला नेपाली कांग्रेस बढिरहेको चरम भ्रष्ट्राचार र नातावादबाट उनी यति दिक्क भएका थिए । देश बनाउने नेता पनि केही गर्न नसकिएको लाचारी प्रकट गरिरहेका थिए । देशका लागि ज्यानको बाजी लगाउने नजिकका नेताहरुमा पनि परम्परागत कार्यशैली देखेपछि एक दिन उनले सोचे, ‘के देशमा केही गर्नै नसकिने हो त ? समस्या अरुमा छ कि आफूमा ? उनले महसुस गरे, समस्या आफूमा छ, अरुमा होइन । इच्छा शक्ति भए जे पनि गर्न सकिन्छ भन्ने देखाउन उनी यो नाटकघरका लागि सरकारी–गैरसरकारी संस्था कसैसँग पनि एक पैसा सहयोग नलिने ‘भिष्मप्रतिज्ञा’ गरे । आफै नाटक लेखेर, स्वदेश–विदेशमा नाटक पढाएर र आफ्ना विद्यार्थीसँग केही शुल्क तथा पुस्तकको रोयल्टीबाट यस्तो नाटक घर स्थापना गर्न चाहन्थे । यसका लागि पञ्चायतकालमै दर्ता भएको सर्वनाम नाट्यघर बनाउन उनी लागिपरे । आफ्नो र श्रीमती सावित्री मल्ल कक्षपतिसँग भएका पैसा जम्मा गरेर काठमाडौंको बत्तिसपुतलीमा ८ आना जग्गा किने र करोडौं रुपैंया मूल्य बराबर भवनको जग हाले । यो भवन बन्न करिब १० वर्ष लाग्यो । नाटकबाट मात्र होइन, आफ्नो व्यक्तिगत सम्पती पनि त्यसमा हाले । सर्वनाम अहिले सबै सुविधायुक्त आधुनिक नाट्यघर बनेको छ । उक्त घरको भित्तामा लेखिएको छ, ‘यो नाटक घरमा…. कुनै सरकारी–गैरसरकारी संस्थाको एक पैसा लगानी भएको छैन तर यो देशको नाट्यकलामा समर्पित छ ।’ घटना नम्बर ९ अशेष मल्ल स्वभावले नै नास्तिक थिए । उनी साँझ मन्दिर गएर घन्टी बचाउने मान्छेसँग समेत दिक्क मान्थे । उनको चिन्ता मन्दिरको छेऊमा उभिएको रुखको टोड्कामा आराम गरिरहेका चराहरु प्रति हुन्थ्यो । दिनभरि थाकेर आएका चराहरुलाई समेत तथाकथित धार्मिक व्यक्तिले ‘डिस्टर्ब’ गरिरहेका छन् तर मानिसको शरीर जस्तै आस्था पनि परिवर्तनशील हुन्छ भन्ने कुरा उनले त्यो बेलासमम अनुभव गरेका थिएनन् । यस्ता नास्तिक व्यक्तिको दाँतमा ट्युमर पलायो । डाक्टरहरुले क्यान्सरको शंका गरे । छोराछोरी सानै थिए । भर्खरै जीवनले गति लिदै थियो तर अचानक मृत्यु सन्निकट आइदियो । बेलैमा उपचार नगरे समस्या आउने ठानेर परिवारलाई समेत थाहै नदिई उनी दिल्ली पुगे । त्यहाँको चर्चित क्यान्सर अस्पतालमा भर्ना भए पनि उनलाई विज्ञान र मानिसका सीमाहरु अनुभव भयो । जीवनभर केही गर्छु भनेर हिँडिरहेका मानिसहरु कुनबेला मृत्युमा पुग्नुपर्छ थाहै नहुने । यो महसुस गर्दै जाँदा उनमा ठूलो विषाद् भरिएर आयो । उनको छटपटि यति बढ्दै गयो कि कसैगरी पनि चित्त बुझाउन सकेनन् । ठिक यहि बेला कसो–कसो अस्पतालको बेडमा पल्टिएको एउटा हिन्दी म्यागेजिन उठाउन पुगे । त्यसको पुछारमा लेखिएको थियो—‘जहाँ विज्ञानको अन्त्य हुन्छ, त्यहाँ अध्यात्म सुरु हुन्छ । —साईबाबा’ त्यो बेलासम्म उनले साईबाबा भन्ने नाम सुनेका थिएनन् । यो एउटै वाक्यले उनलाई यति धेरै छोयो कि सबै थोक छाडेर उनी साईबाबाको पछि लागे । उनमा क्यान्सर रोग त देखिएन तर त्यही दिनदेखि उनको जीवन परिवर्तन भयो । म्यागेजिनमा लेखिएको त्यही वाक्यका कारण आज उनी करिब करिब साधु जस्तै जीवन बाँचेका छन् । विश्वव्याधि उधिन्ने उपन्यास: जेन सियाबेटारी अहिले हामी जस्तो अवस्थाबाट गुज्रिरहेका छौँ, यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पिएको थिएन । तर पख्नुस्, साहित्यकारहरूले चाहिँ कल्पेका थिए । त्यसबारे पछि कुरा गराैँला तर अहिले त हामी भयमा छाैँ । के होला र कसो होला, आफ्नो ज्यान जोगिएला कि नजोगिएला भन्ने पीरमा छाैँ । बाँच्ने भरमग्दुर प्रयासका बीचमा हामीले सामाजिक दुरी, एकान्तबास, बन्दाबन्दीजस्ता नयाँ शब्दावलीमा अभ्यस्त हुन थालेका छाैँ ताकि नयाँ कोरोना भाइरसको संक्रमणको गति सुस्त हुन सकोस् र ज्यान जोगाउन सकियोस् । यस्तो बेलामा साहित्यमा रूचि राख्नेहरूलाई पुस्तकले एकाकीपन हटाइरहेको छ । वास्तविक संसारबाट टाढा लैजान सघाउ पुर्याइरहेको छ । पुस्तक हाम्रो साथी बनिरहेको छ । केहीको रूचि भने अनाैठो हुन्छ, आफूले अहिले जे भोगिएको छ, त्यसबारे पहिले कतै लेखिएको छ कि भनेर खोज्ने, जान्ने र बुझ्ने चासो हुन्छ । त्यसैले त यस अवधिमा महामारीमाथि लेखिएका पुस्तकहरूको माग पनि उत्तिकै बढेको छ । नभन्दै महामारीकाे वास्तविकता नजिक रहेर व्याख्या गरिएका कयौँ उपन्यास छन् । तिनै उपन्यासहरूबारे यहाँ हामी संक्षिप्तमा चर्चा गर्नेछाैँ । तिनले हामीलाई महामारीका बेला मानिसहरूले भयावह अवस्थाबाट कसरी पार गरे र तिनबाट हामीले के सिक्ने भनी बुझाएका छन् । बेलायती लेखक ड्यानियल डेफोले सन् १७२२ मा लेखेको किताब ‘अ जर्नल अफ द प्लेग इयर’मा सन् १६६५ मा बेलायतको राजधानी लन्डनमा फैलिएको प्लेगको महामारीका बारेमा विस्तारपूर्वक लेखेका छन् । सो भयावह चित्रण त्यो बेलाको हरेक घटनालाई हुबहु उतारेजस्तो देखिन्छ । ती घटनामध्ये कतिपय त अहिलेको कोरोना संक्रमणका बेलाको प्रकोपसँग मिल्दोजुल्दो पनि छ । ड्यानियल डेफोको पुस्तक सन् १६६४ को सेप्टेम्बरबाट शुरू हुन्छ । त्यो बेला हल्ला चल्छ, युद्ध शुरू भयो रे र हल्यान्डमाथि आक्रमण भयो रे । हल्लाको तीन महिनापछि डिसेम्बरमा १६६४ मा लन्डनमा पहिलो संदिग्ध मृत्युको खबर फैलिन्छ । १६६५ को वसन्त याम आइपुग्दा नपुग्दै लन्डनमा कयौँ मानिसको मृत्यु भएको चर्चा चल्न थाल्छ । फलानो र चिलानो पनि प्लेगका कारण बितेछन् भन्ने चर्चा सर्वत्र सुनिन थाल्छ । यसपछि लन्डनमा नयाँ नियम लागू हुन्छ । ती नियम ठीक त्यस्तै किसिमका छन्, जुन अहिले चार सय वर्षपछि पनि बन्दाबन्दीको नाममा हामी घरभित्र बस्न बाध्य भएका छौँ । त्यो बेला लन्डनमा सबै किसिमका सार्वजनिक कार्यक्रम, रक्सी भट्टी, रेस्टुराँजस्ता कुरामा प्रतिबन्ध लगाइएको थियो । खुला खेलमैदान बन्द गरिएका थिए, कुस्ती हुन छाडेको थियो । डेफो लेख्छन्, ‘लन्डनबासीका लागि सबैभन्दा घातक कुरा के थियो भने उनीहरू यति लापरवाह थिए कि चेत्दै नचेत्ने ! घरबाहिर ननिस्कन गरिएका कयौँ अनुरोध लत्याएर सर्वसाधारण गल्लीमा घुम्न निस्कन्थे, सामान किन्न भिडभाड नै हुन्थ्यो । जुन बेला घरमा बस्नु अनिवार्य थियो, केहीका लागि भने त्यो बेला रमिता थियो । हुन त केही मानिसहरू यस्ता पनि थिए, जो नियमलाई कडाईका साथ पालना गर्दै घरबाहिर निस्कदैन थिए ।’ अगस्त महिना आइनपुग्दै प्लेगले हिंस्रक रूप धारण गर्यो । परिवारका परिवार, बस्तीका बस्ती महामारीले निल्यो । तर ड्यानियल डेफोका अनुसार, डिसेम्बर १६६५ सम्म आइपुग्दा महामारीको प्रकोप अलि सुस्त हुन थाल्यो । कतिपय रोगी पनि निको भइसकेका थिए । सहरको स्वास्थ्य सुध्रन थालेको थियो । यसपछि लन्डनबासी सडकमा निस्केर ईश्वरको बन्दना गर्न थाले । चार सय वर्षअघिको यो महामारीको वातावरण अहिलेजस्तै देखिदैन त ? अहिले पनि त लगभग त्यस्तै वातावरण छ । तनाव बढेको छ । हैन र ? ड्यानियल डेफोले जस्तै अल्बेयर कामुले पनि महामारीको बखान बडो अद्भूत तरिकाले गरेका छन् । कामुले ‘द प्लेग’ उपन्यासमा अल्जेरियाको ओराँ सहरमा आएको प्लेगको महामारीबारे वर्णन गरेका छन् । उन्नाइसौँ शताब्दीमा ओराँ शहर, प्लेगका कारण वास्तवमै उजाडिएको थियो । कामुको चित्रणमा पनि हामी आजकै जस्तो झलक देख्न सक्छौँ । सुरूमा त स्थानीय नेताले यसलाई महामारी मान्न नै अस्वीकार गरे । ‘जबकि सहरको गल्लीमा मरेका मुसाहरूको थाक थियो,’ कामुले लेखेका थिए । उनको उपन्यासमा एउटा अखबार छ, त्यसमा एक जनाले प्रश्न उठाउँछन्, ‘हाम्रो सहरका मालिकहरूलाई यी मरेका मुसा मानिसका लागि कति खतरनाक हुन्छन् भन्ने थाहा छैन र ?’ यस पुस्तकमा कथा बयान गर्ने पात्र छन्, डाक्टर बर्नार्ड । ऊ भन्छ, ‘मृत्युले कुन पलका लागि मेरो प्रतीक्षा गरेको छ, त्यो मलाई थाहा छैन । अन्त्यमा के हुन्छ, मलाई त्यसबारे पनि थाहा छैन । अहिलेलाई म यत्ति मात्र जान्दछु, मानिसहरू रोगी छन् र तिनलाई उपचारको आवश्यकता छ । अनि यस महामारीमा कसैगरी बचेका मानिसका लागि एउटा पाठ पनि हुनेछ कि वास्तवमा सबैभन्दा अप्ठेरा बेलामा सबैभन्दा बढी जरूरी चिज भनेको मानिसले मानिसलाई माया गर्नु नै रहेछ ।’ सन् १९१८ मा स्पेनिस फ्लुको महामारीले पनि संसारको रूपरङ नै परिवर्तन गरिदिएको थियो । यस महामारीका कारण संसारभर कम्तीमा ५ करोड मानिस मारिएका थिए । जबकि त्यसको ठीक अघि भएको पहिलो विश्वयुद्धमा एक करोड मानिसको ज्यान गएको थियो । तर युद्धको नाटकीय घटनाका कारण यस महामारीको प्रभाव भने लुकाइदियो । पहिलो विश्वयुद्धमाथि त अनगिन्ती उपन्यास लेखिए तर स्पेनिस फ्लुको महामारीका बारेमा उति धेरै लेखिएनन् । लकडाउन कारण घरमा बसिरहेकाहरू भौतिक दुरी कायम राख्दै आफ्नो दैनिकी गुजारा गरिरहेका छन् । १९३९ मा बेलायती लेखिका क्याथरिन एन पोर्टरले ‘पेल हर्स, पेल राइडर’ उपन्यासमा स्पेनिस फ्लुको महामारीबारे वर्णन गरेकी छन् । पोर्टरको उपन्यासकी पात्र मिरान्डा जब बिरामी पर्छिन्, त्यो बेला एडम नामक उनको साथीले भन्छ, ‘साह्रै खराब समय चलिरहेको छ । सबै थिएटर, पसल र रेस्टुराँ बन्द छन् । हरेक गल्लीमा दिनभर मान्छेको लास मात्र निस्केको देखिन्छ । रातभर एम्बुलेन्स दौडिरहेको मात्र सुनिन्छ ।’ लेखिका क्याथरिन पोर्टरले मिरान्डाको ज्वरो र औषधिका बारेमा लेख्छिन् । हप्तौँसम्म उनी ओछ्यान परेपछि जब उनी निको हुन्छिन् र बाहिर निस्कन्छिन्, युद्ध र फ्लुका कारण कसरी संसार बद्लिएको रहेछ भन्ने देख्छिन् । स्वयं क्याथरिन पनि स्पेनिस फ्लुका कारण झन्डैझन्डै मृत्युको मुखबाट बचेर निस्किएकी थिइन् । सन् १९६३ मा द पेरिस रिभ्युलाई दिइएको अन्तरवार्तामा क्याथरिन पोर्टरले भनेकी थिइन्, ‘फ्लुपछि ममा अनौठो परिवर्तन आएको थियो । जब म रोगमुक्त भएँ, त्यसपछि बाहिर निस्केर समाजमा घुलमिल हुन थालेँ । सामान्य हुनका लागि निकै समय लागेको थियो । वास्तवमै म बाहिरी संसारबाट एक्लीझैँ भएकी थिएँ । र, सोही कुरा मेरो उपन्यासमा पनि प्रतिविम्वित भएको छ ।’ एक्काइसौँ शताब्दीमा पनि विश्वले महामारी नझेलेको होइन । सन् २००२ मा सार्स, २०१२ मा मर्स र २०१४ मा इबोला भाइरसको प्रकोपका कारण सहरहरू आवतजावत शून्य भएका थिए, कयौँले जिन्दगी गुमाएका थिए भने बाँचेकाको जीवन आर्थिक रूपमा ध्वस्त भएको थियो । महामारीले फेरि पनि मान्छेको पीडा बयान गर्ने एउटा साहित्यिक मौका दिएको थियो । मार्गरेट एटवुडले सन् २००९ मा इयर अफ द फ्लड नामक उपन्यासमा यस्तै एउटा संसार कल्पेकी थिइन्, जसमा एउटा महामारीपछि मानिस लगभग समाप्त नै भएर जान्छन् । जसमा एउटा यस्तो महामारी आउँछ, मानौँ पानीबिनाको बाढी आएको होस्, जसले हावामा तैरिदै सहरका सहर जलाएर ध्वस्त बनाउँछ । यो महामारीमा जो सीमित मानिस बाँच्छन्, तिनीहरू यति एक्लो महसुस गर्छन् कि यसलाई लेखिका मार्गरट एटवुडले निकै मिहिन तरिकाले व्याख्या गरेकी छन् । उपन्यासमा टोबी नामक एक महिला छे जो विरानो आकाशतिर हेरेर सोच्छे, ‘यो धर्तीमा कोही त पक्कै बचेको हुनुपर्छ । यो पृथ्वीमा म मात्र एक्ली न हुँली ! अन्य पनि होलान् । सायद केही साथी या केही दुस्मन त पक्कै होलान् ! अनि, तिनको भेट कसैसँग भयो भने साँची ती साथी नै बन्छन् कि दुस्मन नै भइरहँदा हुन् !’ उपन्यासमा अर्की एक पात्र छे, रेन नामक नृत्यांगना । ऊ यत्ति एउटा कारणले बाँच्छे कि कुनै ग्राहकसँग सुतेपछि उसका कारण कुनै रोगबाट ग्रस्त हुन्छे । यही कारण उसलाई एकान्तमा राखिएको हुन्छ । त्यो एकान्तिक घरमा कोही पनि जाँदैन । घरको कोठाभित्र एक्लै बसेको बेला के गर्ने ? ऊ मात्र आफ्नो नाम लेखिरहन्छे ताकि आफू एक्लो महसुस नगरोस् । कम्तीमा साथीको रूपमा आफ्नो नाम त छ ! यस्तो बेलामा रेन भन्छे, ‘महिनौँसम्म तपाईं एक्लै बस्नुभयो भने तपाईं को हो भन्ने नै बिर्सनु हुनेछ ।’ एटवुडको उपन्यास पृष्ठभूमिमा पनि जान्छ । त्यो बेला कसरी प्रकृति र मानिसको सन्तुलन बिग्रियो भन्ने बताउँछ । सत्ताधारी कम्पनीले बायोइन्जिनियरिङमार्फत प्रकृतिलाई जिस्क्याएका थिए । यस कार्यको विरोध टोबीजस्ता पर्यावरण कार्यकर्ताले ती बहुराष्ट्रिय कम्पनीको विरोध गरेका थिए । कुनै पनि महामारीमा आधारित कथाकहानीले हामीलाई आकर्षित गर्छ किनभने मानिसले एकअर्कासँग मिलेर यसको सामना गर्छन् । दुस्मन यस्तो हुन्छ, जुन मानिस हुँदैन । त्यस्तो बेला मानिसमा असल र खराबको फरक नै मेटिन्छ । हरेक पात्रसँग बच्नका लागि उत्तिकै मौका हुन्छ । पापी मर्ने र धर्मात्मा बाँच्ने भन्ने हुादैन । यो एक किसिमले समाजवादी संसार बन्न पुग्छ । चिनियाँ मूलकी अमेरिकी लेखक लिङ माले सन् २०१८ मा ‘सेभरेन्स’ नामक उपन्यास लेखेकी थिइन् । यसमा अन्य मुलुकबाट अमेरिकामा बसेका मानिसहरूको कथा पनि छ । जसमा केन्डेन्स चेन नामक युवतीले कथालाई अघि बढाउँछे । ऊ बाइबल छाप्ने एउटा कम्पनीमा काम गर्छे । सन् २०११ मा न्युयोर्कमा आक्रमण गर्ने एउटा काल्पनिक ‘सेन फिभर’ महामारीका कारण जम्मा नौ जना मानिस बाँच्छन् । जसमध्ये केन्डेन्स पनि छ । लिङ मा लेख्छिन्, ‘महामारीपछिको सहरको आधारभूत ढाँचा तहसनहस हुन्छ । इन्टरनेट बर्बाद भएको छ । बिजुलीको ग्रिड पनि बन्द भएको छ ।’ केन्डेन्सले पछि थाहा पाउँछे, यसबाट बच्नका लागि एउटै तरिका मात्र छ र त्यो तरिका भनेको आफ्नो समूहको अगुवा बबले बनाएको धार्मिक नियमको पालना नै हो । बब एउटा पुरानो आइटी प्रोफेसनल हो, तर पछि उही बबसँग उसले विद्रोह गर्छे । लिङ माले उपन्यासमा जस्तो अवस्था कल्पना गरेकी थिइन्, त्यस्तो अवस्था त अहिले हामीले भोग्नु परेको त छैन तर लिङ माले यस्तो कल्पना गरेकी छन्, जसमा महामारीले तहल्का मच्चाएर जान्छ र संसारमा समाज निर्माण गर्नुपर्ने चुनौती भने हुन्छ । एउटा संस्कृति निर्माणको प्रश्न उठ्छ । जो बाँचेका छन्, तीमध्ये अब सत्ता कसको हातमा हुन्छ त भन्ने प्रश्न उठाउँछ । कुन धार्मिक परम्परा मान्ने ? यसलाई कसले तय गर्ने ? मानिसको निजताको अधिकार कसरी बचाउने ? यस्ता अनेकन् प्रश्न उपन्यासले उठाउँछ । यसैगरी एमिली सेन्ट जोन मन्डेलको २०१४ मा आएको उपन्यास ‘स्टेसन एलेभेन’ पनि उस्तै छ । विश्व महामारी विष्फोट हुन्छ । जसमा ९९ प्रतिशत जनता सखाप हुन्छन् । ती एक प्रतिशतलाई उपन्यासका मुख्य पात्रहरू, जो सेक्सपियरको नाटक देखाउने समूह हुन्छ, त्यो समूहले मनोरञ्जन दिन्छन् । स्टेसन एलेभेनको कथा चौधौँ शताब्दीका बेलायती कवि ज्यफ्रे चाैसरको क्यान्टरबरी टेल्ससँग मिल्दोजुल्दो छ । ज्यफ्रेले पनि युरोपलाई ध्वस्त बनाउने ब्ल्याक डेथ (प्लेग)कै आधारमा लेखेका थिए । मेन्डल उपन्यासमा प्रश्न उठाउँछिन्, जब सारा आपत सकिन्छ, त्यो बेला कला के हो भन्ने कसले तय गर्छ ? के सेलिब्रिटीको व्यवहार नै संस्कृति रहन्छ ? कुनै भाइरसले मानवतामाथि आक्रमण गर्छ भने त्यो बेला नयाँ संस्कृतिको निर्माण कसरी हुन्छ ? पहिलेका कला र संस्कृतिमा यस्ता महामारीले के परिवर्तन ल्याइदिन सक्छन् ? यतिबेला संसार कोविद १९ रोगले आक्रान्त छ । अहिलेको अवस्थामा पनि महामारी उपन्यासहरूको भूमिका तयार भइरहेको होला । आउँदा दिनमा पनि कथावाचकहरूले हामीलाई यसरी नै महामारीको वर्णन त अवश्य गर्लान् । कोरोनाकालको अन्त्यपछि महामारी साहित्यमा के कस्ता नमुना देख्न पाइएला ? मानिसहरूबीचको सामुदायिक भावनालाई कसरी व्यक्त गरिएला ? हामीबीच रहेका अनगिन्ती नायकका बारेमा हामीले के पढ्न पाऔँला ? (बिबिसी कल्चरमा प्रकाशित आलेखको सम्पादित अंश ।) कथा कसरी लेख्ने ? राम्रो कथा लेख्ने १२ वटा चरणहरु यस्ता हुन्छन्: रुमन न्यौपाने लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन्, ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन ।’ हो, हरेक लेखक आफ्नै लागि लेख्छ । साहित्यमा मजा छ, त्यसैले लेख्न ऊ बाध्य छ । हरेक लेखकले आफ्नो लेखनयात्रा कविताबाटै सुरु गरेको हुन्छ । यो भावना पोख्ने सहज र सर्वमान्य रुप पनि हो । कविताबाट कथा र कथाबाट आख्यान (उपन्यास) तिर लाग्ने प्रकिया चलनचल्तीकै परम्परा हो । कथा पढ्न जति सहज हुन्छ, त्यसको बनावट र शिल्प निर्माण त्यति नै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूका लागि मैले बुझेका केही कुरा बताउन चाहन्छु । जसलाई मैले १२ भाग (चरण) मा विभक्त गरेको छु । म यिनै प्रकिया अपनाएर कथाहरू लेख्ने गर्छु । १. कथाको बारेमा विषयको खोजी तपाई कस्तो खालको कथा लेख्न खोज्दै हुनुहुन्छ, पहिला त्यसबारे निर्क्यौल गर्नुपर्छ । कथाको शीर्षक पहिले नै सोचेमा कथा बनाउन सजिलो हुन्छ । जसलाई पछि आवश्यकताअनुसार परिवर्तन गर्न पनि सकिन्छ । शीर्षक पहिले नै सोचिएमा त्यसको वरिपरि रहेर कथा भन्न वा भनाउन सजिलो हुन्छ । शीर्षक सोच्दा कथाको सम्पूर्ण भागलाई सम्बोधन गर्न सक्ने हुनु पर्छ । पाठकले धेरै हदसम्म कथाहरू शीर्षक हेरेर छान्ने हुँदा यसबारे गहन अध्ययन गर्नुपर्छ । कथाको प्रकारअनुसार शीर्षक लामो, छोटो, अपत्यारिलो लाग्ने नाम तथा ठाउँ छनोट गर्न सकिन्छ तर यो कथाकारको शैलीमा नै बढी भर पर्छ । २. विषय सुहाउँदो चरित्रको पुनर्निमाण अब, कथामा आउने पात्रहरूका बारेमा सोच्न थाल्ने । यो नै कथाको मुटु हो । जसले तपाईको कथालाई पाठक समक्ष चिनाउने राम्रो ऊर्जा बोकेको हुन्छ । चरित्र छनोट गर्दा भने विभिन्न पक्षहरु ध्यान दिनुपर्ने हुन्छ । जसलाई सजिलोका लागि यसरी लेख्न सकिन्छः क. कथाको वातावरण अनुसार पात्रहरू छान्ने । ख. पात्रहरू वास्तविक वा अवास्तविक के हुने हो, त्यो सोच्ने । ग. पात्रहरूको मुख्य विशेषता र काम पहिले नै लेख्ने । घ. पात्रहरूले बोल्ने कुराहरू तर्कसंगत हुने हुन् वा दृष्टान्तमा बढी केन्द्रित हुने हुन्, यो पहिले नै सोच्नु पर्छ । ङ. पात्रहरूको भेषभूषा र अन्य पात्रसँग भेट हुँदा कस्तो व्यवहार देखाउने हो, त्यो पनि पहिले नै सोच्नु पर्छ । यसरी पात्रहरूको बारेमा सानो टिपोट बनाई तिनीहरूको नाम, विशेषता सबै खुलाई पहिले नै लेखिछाड्ने । जसले गर्दा लेख्न सुरु गरेपछि अफ्ठ्यारो नहुने हुन्छ । ३. कथाको लम्बाई बारेमा पुनर्सोच छोटा कथाहरू यिनै हुन् भनी ठीकसँग भन्न कठिन हुन्छ । छोटा कथाहरूलाई पनि विभिन्न आकारमा लेखेको पाइन्छ । प्राय: गरी छोटा कथाको अर्थ एकै ठाउँमा बसी एकै चोटी पढ्न सकिने आकारको भनी बुझिन्छ । Edgar Allan Poe ले आफ्नो निबन्ध “The Philosophy of Composition” (1846) मा लेखनको लम्बाईका बारेमा लेखेका छन् । उनले छोटा भएकैले कथाहरू उपन्यास भन्दा मीठा हुन्छन् भनेका छन् । आफूले लेख्न थालेको कथा यति लामो हुनसक्छ भनी पहिले नै पेपर ठीक पारी (पेपर गन्ती गरेर लिन पनि सकिन्छ) लेख्न सुरु गरेमा त्यतिसम्म कथालाई लम्बाउनु पर्ने आफैँमा मानसिक दबाब जस्तो बन्छ । जसले गर्दा कथाले आवश्कताअनुसार पूर्ण लम्बाई पाउँछ । २०००० शब्द भन्दा बढी नहुने र १००० शब्द भन्दा कम नहुने कथालाई छोटा कथाको रुपमा लिन सकिन्छ । म छोटा कथाको बारेमा पछि एउटा बेग्लै लेख लेख्ने छु । ४. कथा वाचन शैली र कथा कसलाई भन्न लगाउने ‘म’ प्रथम पुरुषमा । ‘तिमी’ द्वितीय पुरुषमा । ‘ऊ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी कथा लेख्न सकिन्छ । ‘म’ बाट कथा सुरु गर्ने हो वा अरु कसैबाट, पहिले नै अन्दाज गर्नुपर्छ । द्वितीय पुरुषमा त्यति कथाहरू लेखेको पाइँदैनन् तर तृतीय पुरुषमा कथाहरू भन्न मिल्छ । जसले कथालाई ‘म’ बाट सुरु गरेको भन्दा मीठो बनाउँछ । कथा वाचन शैली पनि अहिले धेरै प्रकारका छन् । जसमध्ये उपयुक्त हुने कुनै एक छान्न सकिन्छ । ५. कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय कथा कस्तो हुने र कहाँ यसको अन्त्य हुने भन्ने कुरा पहिले नै तय गरिनु पर्छ । कथाको अन्त्य तथा सुरुवाती वाक्य भ्रामक नहुने तर सकेसम्म पाठकलाई भ्रान्तिमा राख्ने वा मायामा पार्ने बनाउन सक्नु पर्छ जसले गर्दा कथाको अन्त्यपछि पनि पाठक केहीबेर कथा सोच्न सकुन् । ६. कथाको समय निर्धारण/रचना कुन समयको कथा हो र कथा कस्तो वातावरणमा लेख्न खोज्दै हुनुहुुन्छ ? जस्तै ऋृतुको समय । काल्पनिक समय निर्धारण गरिए पनि त्यो वास्तिकतासँग मेल खाने हुनुपर्छ । जसलाई कथाको टाइमलाइन भन्न सकिन्छ । यो कथाको महत्त्वपूर्ण स्थान हो जसले तपाईको कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ । ७. पात्रहरू बीचको संभाषण शैली र वाक्यहरूको पूर्व निर्माण कथामा कस्तो किसिमको संघर्षको निर्माण गर्ने, पात्रहरूले बोल्ने शौली कस्तो हुने, उनीहरूले बोल्ने लामा तथा छोटा वाक्यहरूलाई पहिले नै लेख्नु पर्छ । यो टाइमलाइन बनाएपछिको प्रक्रिया हो, जहाँबाट कथा लेखनको आरभ्भ गर्न सकिन्छ । पहिले नै यो समयमा यो पात्रले यहाँ यो बोल्नु पर्छ भनी तय गरिएमा कथालाई आफूले भने बमोजिम बनाउन सकिन्छ । यो काम कठिन हुन्छ तर हरेक उच्चस्तरका लेखकले गर्ने यो महत्त्वपूर्ण काम हो । जसले उनीहरूको कल्पनाशीलतालाई दर्शाउँछ । कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने वाक्यमा नै हुन्छ । पात्रहरू बीचको संभाषण भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने संदेश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन उसको यिनै संभाषण वाक्यहरूले प्रमुख भूमिका निर्वाह गर्दछ । तपाईले यो प्रक्रिया सन्तुष्ट भएर गर्न सक्नुहुन्छ भने तपाईंको कथा लेखनको आधा कामकाे समाप्ति यहीँ हुन्छ । ८. सोचाइको अन्तिम तयारी यो लेख्न सुरु गर्नु भन्दा पहिलेको अन्तिम अवस्था हो । तपाईंले अहिलेसम्म गर्नु भएको कामलाई फेरि एकचोटी नियाल्ने काम यहाँबाट हुन्छ । यो काम ठीकसँग भएको छैन भने पुन: यही प्रक्रिया दोहोर्याउनु उत्तम हुन्छ । यहाँसम्मको कदमले नै सबैभन्दा बढी समय लिन्छ । तपाईंले आफ्नो सम्पूर्ण सोचको शक्ति यस बिन्दुसम्म लगाउनु भयो भने मात्र कथा उत्कृष्ट बन्छ । तपाईंले यस प्रक्रियासम्मलाई घटीमा ७ दिन वा सोभन्दा बढी लगाउन सक्नुहुन्छ । ९. लेख्न सुरु गर्ने अब यहाँबाट तपाईले कथा लेख्न बस्नुहुन्छ । यो ठाउँ भनेको अहिलेसम्म सोचको, टिपेको कामलाई लयमय बनाउनु मात्र हो । तपाईले वास्तबमा कथा लेखिसक्नु भएको हुन्छ । यहाँ तपाईले शब्दहरूको चयन विशिष्ट ढङ्गबाट गर्नुपर्छ । यसका लागि तपाईले शब्दकोष पल्टाउन सक्नुहुन्छ । लेख्नका लागि बढी बुझेको हुनुपर्छ, त्यसैले बढी भन्दा बढी अध्ययन गर्नुपर्छ । १०. पात्रहरूलाई बुझ्ने र सुन्ने मनोमानी तरिकाले कथा अगाडि बढाउने मात्र होइन कि पात्रलाई तपाईले आफ्नो महसुस गरेको हुनुपर्छ । त्यो पात्र कथामा किन सिर्जना भयो भन्ने कुराको गहन बुझाइ हुनुपर्छ । अनि मात्र तपाईंको पात्रले पाठकको हृदयमा ठाउँ लिन सक्छ । तपाईले लेख्न बस्दा पात्रहरूको बयान बरबराउन सक्नुहुन्छ । उनीहरूलाई जीवन्त ठान्नुहुन्छ भने कथा लेखनको स्थिति सहज बन्छ । लेखक बन्नु भनेको आफूलाई विभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु हो । यो प्रक्रियासँग लेखकले अहोरात्र आफूलाई पागल बनाउनु पर्छ । यही नै पात्रहरूलाई बुझ्ने र सुन्ने माध्यम हो । ११. कथाको दोस्रो मस्यौदा सुरु तपाईले कथा लेखिसक्नुभएको हुन्छ । त्यसलाई पुनर्लेखन गुर्नुस् । नमिलेको ठाउँमा पुनः थप्न वा घटाउन सक्नुहुन्छ । यस प्रक्रियामा तपाई कथा छिटो सकाउन खोज्नुहुन्छ । आफूमाथि बोझ थप्दा कथाले खुल्न सक्ने अवस्थासम्म नखुल्न सक्छ । त्यसलै धीरता राख्नुस् र चाहिने अवस्थासम्म कथालाई खुलाएर लेख्नुस् । १२. अन्तिम प्रारुप यस चरणमा तपाईंले लेखिसक्नु भएको कथालाई साथीभाइ वा अन्य कोही कथासम्बन्धी दखल भएको व्यक्त्तिलाई पढ्न दिन सक्नुहुन्छ । जसले तपाईले लेखेको कथालाई कसरी बुझ्छ, कथाको बारेमा उनीहरूको टिप्पणी कस्तो हुन्छ, त्यो हेर्न सकिन्छ । तपाईले बुझाउन खोजेको वा देखाउन खोजेको कुरा र उनीहरूले कथाबाट बुझेको कुरा एउटै भयो भने तपाईले लेख्नुभएको कथा उत्कृष्ट छ । अन्यथा पुन: यी चरणहरू दोहोर्याउन सक्नुहुन्छ, जसले गर्दा तपाईंको लेखन अझै प्रखर हुन्छ । तपाईलाई यो लेखले केही सहयोग गर्छ वा केही प्रतिक्रिया छ भने अवश्य भन्नु होला । अन्य यस्तै उपयोगी लेख लेख्न मलाई मद्दत मिल्नेछ । प्रवासीलाई नेपालसँग जोड्ने धागो नेपाली साहित्य नै हो - जीबा लामिछाने: ‘सरसर्ती संसार’ (यात्रा संस्मरण)का लेखक तथा प्रवासी नेपाली अभियन्ता जीबा लामिछानेले प्रवासीलाई नेपालसँग जोड्ने धागो नेपाली साहित्य नै हो भनेका छन् । बुकाहोलिक्सले आयोजना गरेको स्रष्टासँग साक्षात्कार कार्यक्रममा बोल्दै लामिछानेले प्रवासी नेपालीलाई सँधै नेपालसँग जोडिराख्ने भावनात्मक धागोको रुपमा नेपाली साहित्यले काम गर्ने बताएका हुन् । यो धागोरुपी साहित्यको उचित संरक्षण र प्रवर्द्धन गरेमा यसले भावनात्मक नाता झन् बलियो बनाउँने उनले बताए । एक घण्टाको साक्षात्कारमा लेखक लामिछानेले आफ्नो जीवनका मुख्य घटना, आफुले लेख्नुको कारणका साथै आफुले साहित्य तथा सर्जकको सम्मानमा गरेका कामहरुको बारेमा पनि बोलेका थिए । बुकाहोलिक्स साहित्य र पठन संस्कृतिको विकाशका लागि सक्रिय फेसबुक ग्रुप हो जसले लकडाउनमा स्रस्टासँग साक्षात्कार कार्यक्रम आयोजना गरिरहेको छ । सो कार्यक्रममा हरेक दिन स्रष्टाहरु फेसबुक लाइभ मार्फत साक्षात्कारमा आउँने गर्छन् । अहिलेसम्म सो साक्षात्कारमा २० जना भन्दा बढि सर्जकहरुले आफ्नो लेखन अनुभव तथा रचना वाचन गरिसकेका छन् । आज साक्षात्कारमा चर्चित लेखिका निलम कार्की निहारिका आउँदै छिन् । अध्यात्मिकता र पुस्तकमा प्रेमशास्त्र: अञ्जना पौडेल अनुश्रुति प्रेम एउटा यस्तो अमृत हो, जस्मा भावनाको मिठास घोलिएको हुन्छ । भावना बिनाको प्रेम मृत प्रायः हुन्छ । जुन कुरा केवल महसुस गर्न सकिन्छ, देख्न, छुन सकिँदैन, त्यो नै प्रेम हो । प्रेम अन्तरआत्माको आवाज हो । देखेका, भेटेका मानिसहरुमा मात्रै प्रेम हुने होइन, कहिल्यै नदेखेका मानिसहरु प्रति पनि प्रेम भाव उत्पन्न हुन्छ । किन त ? आज संसारभरिका मानिसहरु कोरोना भाइरसका कारण त्रसित छन् । लाखौं मानिसहरुको मृत्यु भइसक्यो, लाखौं संक्रमित छन् । मनले सधैँ उनीहरुको जीवनका लागि प्रार्थना, कामना गरिरहन्छ कि उनीहरु आफ्नाहरु गुमाएर कति दुःखी होलान् भनेर । किनकि हाम्रो अन्तरमनमा प्रेमभाव लुकेर बसेको छ, त्यसैले सबैप्रति आफसेआफ प्रेमभाव जागेर आउँछ । हिन्दु धर्मका गुरु कुवेर सुवेदी भन्दछन्, “मानव चोला एक पटक मिल्ने हो, त्यसैले मानव मात्र होइन हरेक जीवजन्तुहरुमा प्रेम गरेर आफू चेतनशील प्राणी हुनुको रहस्यलाई जीवनमा लागू गर्न सक्नुपर्छ ।” जुन कुराले अन्तरमनलाई हल्लाउन सक्छ, दिमागलाई उथलपुथल बनाएर आँखाभरि आँशु बनाइदिन सक्छ, त्यो नै हो सच्चा प्रेम । आमाबुबा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, आफन्त, चिरपरिचित र छिमेकीसँग हुने प्रेम, साथीसंगी, प्रेमीप्रेमिका बीच हुने प्रेमका रुप र रङहरु अलग-अलग हुन्छन् नै । अवश्य पनि प्रेम, घृणा, इर्ष्या, द्वेष आदि हरेक मानवका मानवीय गुण हुन् तर जब प्रेमलाई भावनाको गहिराइको मीठो आवाज हो भनेर महसुस गर्न सकिन्छ तब अरु सबै कुराहरु गौंण रहन्छन् र प्रेम केवल प्रेम मात्र रहन्छ । हिन्दुहरुको पवित्र पुस्तक स्वस्थानी व्रतकथा पढ्दा यस्तो लाग्छ कि देवाधिदेव महादेव त झन् महाप्रेमी थिए । किनकि उनले आफ्नी मृत प्रेमिका, श्रीमतीलाई मरेपछि पनि काँधमा बोकेर पागलजस्तै भएर संसार डुली हिँडे । जब सतीदेवीको पूरा शरीर पतन भयो, त्यसपछि पनि देवताले महादेवलाई अनेक बहानाले ब्युँझाएर कैलाशमा पुनः लगेर राखे ।” प्रेम गर तर बढी आशक्त भएर जोडिइनराख । आफूलाई प्रेममा पूरा रुपमा डुबाइदेऊ तर सधैँ बिरामी र डाक्टरको जस्तो सधैँ उपचार र फि मात्रको सम्बन्धमा होइन । कसैप्रतिको अति बढी लगावले तिमीलाई कुनै काम गर्नका लागि पनि बाटो दिँदैन । प्रेममा कुनै शर्त हुनु हुँदैन । बेशर्त हुनु पर्दछ प्रेम । प्रेममा आफैंलाई किन मेटाउँछौ ? प्रेमलाई आफ्नो एउटा हिस्साको रुपमा अनुभव गर्यौं भने तिमीलाई प्रेमले पीडा दिँदैन बरु ऊर्जा बढाइदिन्छ । तिमी किन प्रेम गर्छौं ? किनकि आफ्नो एउटा हिस्साको रुपमा अनुभव गर्छौं । कामुकताले प्रेमलाई केही समयका लागि मात्र आफ्नो बनाउँछ तर निःस्वार्थ भावले प्रेमलाई अनन्त कालसम्म जीवित बनाउँछ । मानसिक रुपबाट र शारीरिक रुपबाट गरिने प्रेममा गाली गर्नु, मारामारी गर्नु, गोली बारुद हान्नु पर्थ्यो होला । लालच वा विजय प्राप्त गर्ने उद्देश्यले गरिने प्रेम डेटिङ, क्रेडिट कार्ड या चेकबुक या त सपिङमा गएर टुंगिन्छ । केही समयका लागि सँगै रहँदा सफल जस्तो देखिन्छ तर दीर्घकालीन रहँदैन । भनिन्छ, शरीर हेरेर प्रेम गर्नेहरु कहिल्यै कसैको मनको नजिक पुग्न सक्छैनन् । जसले प्रेमको नाममा कसैको भावनामा खेलवाड र मजाक गरिरहेको हुन्छ, यो त सरासर प्रेमको मर्म माथिको अपमान र गद्दारी हुन्छ । सम्मान र समर्पण बिनाको प्रेम सम्हाली नसक्नुको भाँडभैलो हुन्छ तर भावनात्मक प्रेममा कुनै हिंसा हुँदैन र त युगौँयुगसम्म पूजनीय रहन्छ । आशो भन्दछन्, “प्रेम मानसिक दबाबमा कसैको करकापमा हुनु हुँदैन । यो त आफसेआफ मनबाट उब्जने भावना हो ।” राधाकृष्णको प्रेम जस्तो चोखो प्रेम कसैको होला र भनिन्छ । उनीहरुमा एकजनालाई घाउ, चोट लाग्यो भने अर्कोलाई दुख्थ्यो रे । उनीहरु सम्बन्धमा रहन पाएनन् तर निःस्वार्थ प्रेम गरेको कारण आजसम्म संसारभर प्रेमको नमुनाको रुपमा हरेकको मुखमुखमा जपिएर रहेका छन् । सद्गुरु भन्दछन्, “भावनाको स्तरमा गरिने प्रेम हो भने यो प्रेम प्रसंग हुन्छ, जागरुकताबाट कसैलाई सामेल गरिने योग हो, मिलन हो । यस्तो प्रेम प्रसंग सफल हुन्छ ।” कोही एकको लागि यस्तो सोचिन्छ कि नाक, मुख, आँखा, कपाल आदि अंग मन परेर गरिने प्रेम होइन । मन पर्दासम्म प्रेम हुन्छ, मन परेन भने धृणा उत्पन्न हुन्छ तर जब प्रेम मात्र प्रेम हुन्छ, हावामै पनि उमंग महसुस हुन्छ । जस्तै लैला मजनुको प्रेम, रोमियो जुलियटको प्रेम मानव प्रेमका चिरपरिचित नमुना हुन् । प्रेमका यस्ता धेरै उदाहरण छन् तर सफल भएका थोरै मात्र छन् । किनकि प्रेमलाई समपर्ण होइन, सम्झौताको रुपमा मात्र प्रयोग गरियो, महसुस गरिएन । स्वार्थ मात्र खोजियो, त्याग हेरिएन । लक्ष्मी नारायण कहिल्यै अलग भएनन् । उनीहरु एकअर्काप्रति यति समर्पित थिए कि आँ गर्दा अलंकार बुझ्दथे । योगी विकासानन्द भन्दछन्, “प्रेममा स्वतन्त्रता हुनुपर्छ, बन्धनयुक्त प्रेमले सधैँ पीडा दिन्छ, श्रीमान्-श्रीमतीले पनि एकअर्कालाई बन्धनमुक्त प्रेम गर्नुपर्छ अनि बल्ल घर परिवारमा सुख शान्ति, खुसी र रमाइलो वातावरण छाउँछ ।” सधैँ आफ्नो सेवा गरोस् र आफूले जे भन्यो त्यही मात्र मानेर नोकर जस्तो बनोस् भन्नेले किन विवाह गर्नु पर्यो र ? घरको गेटमा कुकुर पाल्नुस्, सधैँ तपाई बाहिर, भित्र गर्दा पुच्छर हल्लाउँछ स्वागत गर्छ, तपाईंको रक्षा गर्छ । सुँगा पाल्नुस्, तपाईंले जे बोल् भन्यो त्यही बोल्छ । मानिस र पशुपक्षीमा के फरक भयो ? होइन र ! हरहमेसा साथ सहयोग त दुवैको चाहिन्छ नि दुवैलाई । त्यसै श्रीमान्-श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा भनिएको होइन । कुनै परिवारमा मेलमिलाप, साथ, सहयोगको वातावरण भयो, खुसीयाली छायो भने मात्र त्यो परिवार सुखी र समृद्ध बन्छ । परिवारको मियो बाबुआमा गतिलो र बलियो नभएपछि छोराछोरी पनि कुसंगत र कुलतमा लाग्छन् । अनि परिवार एकैछिनमा तहसनहस हुन्छ । कसैलाई आफ्नो बनाउन सिर्फ क्षमता चाहिन्छ । जुन आफ्नो मनको मर्जीबाट मात्र हुन्छ । प्रेम कुनै सम्बन्ध होइन, भावनाको मिठास हो । जो आफैँभित्र सीमित रहन्छ, कसैलाइ देखाउनु पर्ने जरुरत नै हुँदैन । भावनामा प्रेम छ भने रुख, विरुवा, जीवजन्तु, पुरुष, महिला या त जुन चिज देख्छौ विशेष रुपले देख्छौँ र प्रेम गरिरहन्छौँ । भावना राम्रो छ भने हरेक कुरामा महको स्वाद अनुभूत गर्छौं, भावना नराम्रो छ भने तीतेकरेलाको स्वाद भेट्छौं । विलियम शेक्सपियर भन्छन्, “आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।” जब प्रेममा विश्वासको धराप पर्छ, तब छातीको गहिराइमा हिउँ जसरी जमेर बसेको आँशु एकाएक बाफिएर आँखामा कालो बादल माडारिन्छ र झरना सरी एकाएक आँशुको पहिरो जान्छ र आँखाको डिल भत्काएर भुईंमा बजारिन्छ । अनि सबैतिर निरसता र शून्यता मात्र छाउँछ । प्रेममा जात धर्म, उँचनीच, धनी गरिब, भूगोल केही हेरिँदैन, हेरियो भने प्रेम जीवित रहँदैन । उमेर हेरेर पनि प्रेम गरिदैन, रङरुप हेरेर, स्वार्थवश गरिएको एकतर्फी प्रेम पनि टिक्दैन । अक्का महेश्वरी कर्णाटक राज्यभरिमा सबैभन्दा राम्री केटी थिइन् । उनको सौन्दर्यले मोहित बनाएको थियो सबैलाई । उनी यति राम्री थिइन् कि त्यो क्षेत्रका सबैले प्रशंसा गर्दथे । उनी महादेवकी ठूलो भक्त थिइन् । सधैँ दिव्य मुहार, सधैँ प्रशन्न त्यही कारणले हुन्थिन् । सबैलाई उनको रुपले मोहित बनाउँथिन्। उनी साधारण परिवारकी थिइन्, १२ वर्षमा नै महादेवकी भक्त भएकी थिइन् । त्यो कुरा राजाले थाहा पाएर उनलाई माग्न आए । उनका बाबुआमाले धेरै धन लिएर उनले बिहे गर्दिन भन्दा पनि जबरजस्त राजासँग विवाह गरिदिए । उनले महाराजसँग शारीरिक सम्पर्क गर्न नचाहने, छुन पनि नदिने । “महादेव पो पोइ, तपाईं त कोइ न कोइ !” भनेपछि राजाले उनको भित्री वस्त्र समेत लिएर नाङ्गै दरबारबाट निकाला गरिदिए । त्यसपछि उनी गुफामा बसेर ध्यान गरिन् । काव्य सृजना गरिन् । उनी अहिले पनि चिनिन्छिन्, स्तुत्य भएर कर्णाटकभरि । यो घटना बाह्र सय वर्ष अगाडि भएको थियो ।” आफूलाइ बेठीक लागेको कुरा गर्न छोड्नुहोस्, तपाईंको प्रगति हुन्छ । सद्गुरु भन्दछन्, “प्रेमबाट मनको सुख, भावनाको सुख, जीवन ऊर्जाको सुख हामीले भित्रै महसुस गर्न सकिन्छ । बाहिरी वातावरण बनाएर प्रेम गर्दा केही हदसम्म त ठीक होला तर वातावरण सधैँ सबै आफ्ना पक्षमा नहुन सक्छन् । केही हदसम्म मात्र म्यानेज गर्न सकिन्छ, सत प्रतिशत सकिंदैन । किनकि यसमा कयौं शक्ति सामेल हुन्छन् ।” भनाइ छ, युद्ध र प्रेममा सब कुरा जायज हुन्छ तर यस्तो प्रेमलाई कुन नाम दिने, जुन पूर्ण रूपमा गैरजिम्मेवार छ । उदाहरण स्वरूप मानवशास्त्री सागर थापाले ‘म्यारी ग्रयावरेल’को चर्चित पुस्तक ‘माया र पूँजी’ (लभ एण्ड क्यापिटालिजम) लाई उद्धृत गर्दै भन्दछन्– “मायाको चरित्र वर्गीय हुन्छ भन्ने कार्ल मार्क्स आफैँ मायाको सवालमा बेविरसे र गैरमार्क्सवादी थिए । यस पुस्तकमा बिसौं शताब्दीका महान् चिन्तक मार्क्सका यस्ता लुकेका पहलुहरु उजागर गर्ने प्रयास गरेकी छन् कि उनले आफ्नी दुई जिउकी प्रेमिका पनि एङ्गेल्सलाई जिम्मा लगाएका थिए ।” पारस्परिकता, सद्भाव, सहकार्य र भावनाले वर्गीय सीमा भेद गर्न सक्दैन भन्ने मार्क्सको निष्कर्ष आफूमा चाहिँ कहिले लागू हुन सकेन । हामीले आफ्नो स्वास्थ्य राम्रो बनाउन स्वास्थ्यवर्धक खाने कुरा खाएजस्तै मनको सुख महसुस भावनात्मक प्रेमले गर्न सक्छौं । प्रेम कुनै काम होइन, योजना बनाएर गर्नुपर्ने र अभिनय पनि होइन, नाटक गर्नुपर्ने । प्रेम त आफसेआफ हरेक मानिसको मनबाट फुर्छ, एकदम सुन्दर कविता जस्तो । मानवशास्त्री इन्द्रबहादुर भुजेल टुइट गर्छन्– त्यो क्षण मुटु चर्केर आँखाबाट बगेको भेल न त तर्न सकियो न त बगाउन सक्यो केवल किनारामा तिमी उता म यता ।। अन्तरआत्माको आवाज हो प्रेम। एक हृदय र अर्कै हृदय जोड्ने पुल हो प्रेम। कुनै सम्बन्ध होइन प्रेम । मुटुमा मीठो धुन भनेर बजिरहने संगीतको झंकार हो प्रेम। हम नें देखी है उन आँखो की महकती खुस्बु हाथ से छु के इसे रिस्तेका इल्जाम न दो । सिर्फ एहसास है इसे रूह से महसुस करो प्यारको प्यार ही रहने दो, कोई नाम न दो ।। गुलजार (लेखक मानवशास्त्रमा विधावारिधि गर्दै हुनुहुन्छ। ) हुँदैछ: उमेश थापा उमेर लामो हुँदैछ जीवन छोटो हुँदैछ, मेरा हरेक कथाहरुले नयाँ मोड लिँदैछ। थाहै थिएन, हिजोसम्म तिमी मेरो हुन्नौ भन्ने, आजबाट मन मेरो बिछोडले रूँदैछ । कोमल मनलाई चोटरूपि काँडाहरुले छुँदैछ, चिथ्रा-चिथ्रा पारिकन रगतले धुँदैछ। विलौना यो मेरो अब तिमीले कहिल्यै सुन्ने छैनौ, आफ्नै जीवन जिउने पनि चाहना यो तुहिँदैछ । सालको रुख र हाम्रो पिरती: लेखराम सापकोटा वीरेन्द्र क्याम्पस अगाडि सालका ठूला रूख थिए । धेरैजसो पर्खालभित्रै थिए भने केही बाहिर । पर्खाल बाहिरका रूख सडकसम्मै थिए । सडक किनारामा तिनै रुखको छेउ लागेर कयौं बटुवा गाडी पर्खन्थे । आफन्त साथीभाइ पर्खन्थे । घामपानी छेल्थे । पर्खालभित्रका रूखका फेदमा वीरेन्द्र क्याम्पसमा पढ्दै अनेक सपना बनाएका सपनाप्रेमीहरू सुस्ताउँथे । झोला बिसाएर किताब कापी फर्काउँथे । बदाम फुटाउँथे । सुन्तलाका केस्रा बाँडीचुँडी खान्थे । खासमा यी रुख यिनै सपनाप्रेमी र तिनै बटुवाका साक्षी थिए । सहयात्री र सहयोगी पनि । मुख्य सडकसँगै जोडिएर वर्षौंदेखि उभिएको एउटा बडेमानको सालको रुख केही वर्ष अगाडि ढल्यो, गर्लम्म ! रूख ढलेको आवाज नारायणगढ बजारभरि सुनियो । हाकिमचोकसम्म पनि सुनियो होला ! खासमा रूख त्यसै ढलेको थिएन, त्यसलाई ढलाइएको थियो । एक समय बाटोमा उभिएर धेरैलाई सहारा बनेको त्यो रूख कालान्तरमा धेरैलाई बाधक बन्यो, ढलाइयो । काम विशेषले भरतपुर उक्लँदै थिएँ । मेरै साइडमा रहेको उक्त रूख लम्पसार सुतेको देख्दा मन बेचैन बन्यो । साठी सालभन्दा थोरै अगाडि प्रजातन्त्र दिवसमा उक्त रूख मेरो एउटा अध्यायको साक्षी बनेको थियो । कुनै बेला आफैँसँग सन्तोष नहुँदा त्यही रूखलाई हेरेर सन्तोकी बन्थें । एकाएक आफ्नो उचाइ गुमाएको रुख देखेर अभिभावक गुमाएको महसुस गरें । एकैछिन उभिएर रूखका जरादेखि टुप्पैसम्म नियालेँ । मन सम्हाल्न सकिनँ, आँखाभरि सागर उर्लिए । त्यही टिलपिल आँखा लिएर गन्तव्यतर्फ हान्निएँ । हिजोआज बाटो फराकिलो छ । फराकिलो बाटोमा दैनिक हजारौं गाडी कुद्छन् । वरिपरि रूख छैनन् । बजारका रूखको उचाइ भवनहरूले लिएका छन् । तै पनि ती भवनले रूखको महत्त्व कहिल्यै बुझ्ने छैनन् । भूइँबाट उखेलेर फाले पनि मेरो मनबाट भने कहिल्यै नउखेलिने गरी जरा फैलाएको छ त्यो रुखले । गीतासँग पहिलोपटक त्यही सालको फेदमा भेट भएको हो । रूख हरियो थियो । त्यसका हाँगाबिँगा पनि फैलिएका थिए । फोनमार्फत दुवैजनाले हुलिया बतायौं । भेट्ने स्थल बनायौं, उही साल । म फोनिक्स साइकल चढेर नारायणगढबाट उकालो चढेँ । एकैपटक रूखमुनि बसेर गीतालाई पर्खने सोच बनेन । गीता नै पहिले आएर रूखमुनि कुरिरहून् भन्ने लाग्यो । त्यसै गरेँ । पारिपट्टि बसेर रूखको फेदतिर नियाल्न थालेँ । घडी हेरेँ । भेट्नलाई तय गरेको समय लगभग हुनै लागेको थियो । मैले घडी र रूख पालैपालो हेरिरहेको थिएँ । कुर्दाकुर्दै निर्धारित समय आयो । मैले रूखको छेउछाउ एकटकले हेरिरहेको थिएँ । उनले बताएको हुलिया अनुसारको मान्छे यतिञ्जेल त्यहाँ देखिएको थिएन । घडीको सुई अलिकति मात्रै अगाडि कोल्टिँदै थियो । गीताले भनेको हुलिया अनुसारको मान्छे रूखको नजिक देखा पर्यो । नयाँ लेडिज साइकलमा पिङ्क कलरको कुर्ता–सलवार र पहेँलो सलमा सजिएकी अलि–अलि अग्ली कोकाकोला फिगरकी एउटी सुन्दर युवती रुखमा आएर टक्क अडिइन् । दायाँबायाँ हेर्न थालिन् । मैले पारिबाटै नियालेँ उनलाई । गीता उनै हुन् भन्ने निश्चित भएपछि बाटो काटेर उनको अगाडि पुगेँ । आँखाले आँखामा हेरेर निमेषभरमै आँखाबाटै संवाद गर्न थाल्यौं । ‘गीता,’ पहिले मै बोलेँ, ‘लेख ।’ उनले पनि ठम्याइन् । मैले उनको हातमा मेरा हात राखेँ । दुवै हातलाई एकैपटक मुठ्ठीमा कसेँ । अनुहार नियालेँ, खुसीले धपधपी बलेको थियो, उज्यालो ! ओठ सुन्तलाका केस्राझैं कलिला थिए । त्यसमाथि पिङ्क लिपिस्टिकले ओठलाई झनै सुन्दर देखाएको थियो । हामी अब कता जाने भनेर अलमलमा थियौँ । कतै बसेर चिया पिउने सल्लाह भयो । नजिकैको चिया पसलमा पस्यौँ । अलि–अलि भोक पनि लागेको थियो । केही खाउँ है ? भन्दै गीतालाई आग्रह गरेँ । उनले सहमति जनाइन् । चाउमिन मगायौँ । चिया पनि पिउने ? भनेर सोधेँ । गीताले हुन्छ भनिन् । खाजा खाइवरी होटलबाट निस्कियौँ । साइकल डोहोर्याउँदै अघि बढ्यौं । केहीबेरमा रमाइलो चोक पुग्यौँ । रमाइलो चोकबाट अघि बढेनौँ । चोकको छेवैमा चौतारी थियो । त्यही चौतारीमा साइकल अड्याएर साइकलको पैडलमा एउटा खुट्टा टेकेर गफ गर्न थाल्यौँ । गफ के–के गरियो कुन्नी, अहिले याद आएन । तर, पढाइलेखाइ र साहित्य सिर्जनाको बारेमा कुराकानी गरेका थियौँ । हामी चौतारीमा लगभग आधा घण्टा बस्यौँ होला । दिन ढल्किसकेको थियो । पश्चिमतिर हेर्दा घामलाई रुखले छेकिसकेका थिए । अब हामी छुट्टिनुपर्ने थियो । पहिलो भेट पनि हामीले एक घण्टाभन्दा बढी बिताइसकेका थियौँ । मैले पहिलो भेटको चिनो भनेर डायरी र पाइलट पेन लगेको थिएँ । छुटिने बेलामा र्यापिङ गरेर लगेको उक्त उपहार गीताको हातमा राखिदिएँ । उनी मुसुक्क मुस्कुराइन् । उनले पनि मेरो लागि केही ल्याएकी थिइन् । उक्त उपहार मेरो हातमा राखिदिइन् । उपहार समातेर म पनि मुस्कुराएँ । हामी दुवै प्रफुल्ल थियौं । अब छुट्टिऔं भन्दै साइकल चढेर गीता बाइपासतिर लागिन् । मैले गीताले दिएको उपहार खुसी भएर समातिरहेको थिएँ । अब म पनि फर्कनुपर्यो । उपहार अलि ठूलो थियो । ठूलो उपहार पाएर मनमनै बेस्सरी खुसी थिएँ । साइकलको क्यारियरको च्याप्ने तानेर उपहार राखें र च्याप्ने छाडिदिएँ । च्याप्नेले उपहार झर्याम्म गरेको आवाज सुनें । उपहार फुट्यो कि भन्ने शंका लाग्यो । शंकै शंकामा म सरासर घरमा आएँ । साइकल पालीमा राखेर सोझै कोठामा गएँ । गीताले दिएको उपहार जतनसाथ खोलें । उपहार पाउँदा जति खुसी थिएँ, खोलेर हेर्दा खुसी हुन सकिनँ । मेरो अनुहारको चमक एकाएक हरायो । सिसाको फ्रेमिङमा भएको आकर्षक सिनको चकनाचुर अवस्था देखेर मेरो मन पनि उतिबेलै टुक्रियो । गीताले त्यत्रो प्यारले दिएको उपहारलाई मैले जतन गर्न सकिनँ । त्यसपछि गीतासँग करिब–करिब ६ वर्ष सम्बन्धमा रहेँ । यसबीचमा हामी सयौंपटक भेट्यौं । त्यति नै पटक चिया खायौँ । चिया मात्रै खाएनौँ, दुई ज्यान एक हुने वाचा पनि खायौँ । सँगै जीवन बिताउने योजनाका बारेमा हामीले पटक–पटक सरसल्लाह गर्यौँ । तर, हामी एक हुन सक्ने अवस्थामा आउन सकेनौँ । के मिलेन के ! हामी आफैँले पनि जान्न सकेनौँ । अन्ततः उनले आफ्नो बिहे अन्यत्रै हुन लागेको जानकारी दिइन् । केही दिनपछि त उनको बिहेको निम्तो पाएँ । उनको बिहे भएको चार महिनापछि मैले पनि बिहे गरेँ । हिजोआज कहिलेकाहीँ गीताको सम्झना आउँदा मेरो आँखामा सबैभन्दा पहिला चकनाचुर भएको उपहार झलझली देखिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन: काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षेका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिती सर्वसम्मत चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बराहाली निर्वाचित भएका छन् भने सचिवमा शम्भु सिलवाल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा बिद्या आचार्य निर्बाचित भएका छन् । यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन् । समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई समाजको संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर, अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाईवी गुरुङलाई चयन गरेको समाजले जनाएको छ । बिगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वाचित भएका हन् । नवनिर्वाचित अध्यक्ष स्पन्दनले गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह ‘भिजाएर गयौं’ र ‘अविरल स्पन्दन’ बिमोचन गरेका थिए । सम्झनामा लाङटाङः जता हेर्याे उतै हिमाल (फोटो कथा): दीपाङ्करको जन्मभूमि भारत हो । मातृभाषा नेपाली बनाएको छ । घर मिरिक भएर पनि नेपाललाई कर्मभूमि बनाएको छ । पेसाले शिक्षक । रहरले फोटोग्राफर । “आधि खाएर डल्लै फाल्यो” यो उसको लवज हो । यो दर्जिलिंगे लवजसँग अध्यापनको शिलशिलामा मेरो भेट तीन वर्षअघि इलामस्थित फिक्कलमा भएको थियो । तोया पनि हामीसँग अध्यापनकै शिलशिलामा जोडिन आइपुगेको हो । ०७५ मा हामी तीन भाइ जाडोलाई छेकेर कालिन्चोक गयौँ । र, फर्कँदा एउटा घोषणा गर्याैँ– हरेक वर्ष नेपालको कम्तिमा एक ठाउँ घुम्न जाने । यात्री बनेर होइन, बिना योजना यात्रा बनेर । गत वर्षको पुस अन्तिम । कर्मथलो चितवनबाट दीपाङ्कर अर्का एक साथीलाई साथ लिएर काठमाडौँ आइपुग्यो । तोया र म जो काठमाडौँ थियौँ । तर हाम्रो भ्रमणले कुन बाटो समाउँछ थाहा थिएन । बिना योजनाका यात्राहरु विशेष रहन्छन् । हामी योजनाविहीन थियौँ । रातको एक बजे लाङटाङको कुरासम्म गरेर सुतियो । तर बिहान उठेर यहीँ जाने भन्ने पत्तो थिएन । बिहान उठेर नयाँ बसपार्क पुग्दा आठ बज्यो । गाडी माछापोखरीबाट लाग्दो रहेछ, बसपार्क पुगेपछि मात्र पत्ता लाग्यो । माछापोखरी पुग्दा स्याफ्रुबेसीको अन्तिम गाडीले हामीले पर्खिन्छ । धुन्चेसम्मको गाडी भने अन्तिम रहेछ । धुन्चे पुग्दै चार बज्यो । स्याफ्रुबेसी बजारलाई लाङटाङ पदयात्राको बेसम्याप भन्दा हुन्छ । हामीले साँझको पाँच बजे धुन्चेबाट स्याफ्रुबेसीको पदयात्रा सुरु गर्याैं । भाग्य, हाइड्रोको गाडीमा लिफ्ट पाएपछि ७ बजे स्याफ्रु पुग्यौँ । रसुवा जिल्लास्थित स्याफ्रुबेसीबाट सुरु हुन्छ लाङटाङ पदयात्रा । ट्रेकिङ एजेन्सी तथा स्थानीयको कुरालाई आधार मान्ने हो भने समुद्रसतहदेखि १४६० मिटरको उचाइमा रहेको स्याफ्रुबेसीबाट हिँडी समुद्रसतहदेखि ३८१७ मिटर उचाइमा रहेको क्यान्जिङ् गोम्पामा बास बसेर पुनः स्याफ्रुबेसी आइपुग्न पाँच दिन खर्चनुपर्छ तर हामी योजनामा हिँड्नेहरुमध्ये थिएनौँ । स्याफ्रुबेसीबाट हिँडेको दोस्रो रात हामी क्यान्जिङ् गोम्पामा बास बस्यौँ । तेस्रो रात त स्याफ्रु नै फर्किइसकेका थियौँ । क्यान्जिङ् गोम्पाबाट स्याफ्रुबीचको दुरी ४५ किलोमिटर रहेछ । हामी तेस्रो दिनै फर्किएको देखेर सबैभन्दा चकित होटल साहु थिए । हामी तीन भाइको बिना कुनै योजना यात्री होइन कि यात्रा बनी हिँड्ने योजनाले कहिलेसम्म निरन्तरता पाउँछ ? थाहा छैन । अहिलेलाई प्रस्तुत छ, आँखामा नेपाली हिमाल बोकेर क्यामरा हिमालतिर तेर्साउँदै हिँड्ने दीपाङ्करले लाङटाड पदयात्राका क्रममा कोरेका केही हिमालहरूका फोटो कथा । राम्रो कृतिका लागि लेखकले परिश्रम गर्न थाक्नु हुँदैन - नीलम कार्की निहारिका: मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले राम्रो कृति सृजना गर्ने हो भने लेखकले परिश्रम गर्न थाक्न नहुने बताएकी छन् । बुकाहोलिक्सले आयोजना गरेको स्रष्टासँग साक्षात्कार कार्यक्रममा बोल्दै कार्कीले कृति केवल कोरा कल्पना मात्रै नभएर स्रष्टाको खोज्ने, अध्ययन गर्ने परिश्रमको प्रतिफल पनि हुने बताएकी हुन् । आफूले गरेको मिहिनेतलाई पाठकहरुले रुचाइदिएकोमा सन्तुष्ट भएको उनको भनाइ थियो । सन् २०१७ मा प्रकाशित योगमायाको बारेमा बोल्दै आफूले साना भन्दा साना कुराहरु जस्तै मौसम अनुसारको बाली, त्यो बेलाको लवजहरु जान्न पनि आफूले मिहिनेत गरेको बताइन् । साहित्यकार नीलम कार्की निहारिकाका मौन जीवन (उपन्यास, १९९४), नियतिको खेल (उपन्यास, १९९७), हवन (कथा संग्रह, २००६), नीलम कार्की निहारिकाका कविता (कविता संग्रह, २००६), ब्रेन फिभर (कविता संग्रह, २००६), कागजमा दस्तखत (कथा संग्रह, २००८), बेली (कथा संग्रह, २०१०), ‘अर्की आइमाई’ (उपन्यास, २०१३), चीरहरण (उपन्यास, २०१५) र योगमाया (उपन्यास, २०१७) प्रकाशन भइसकेका छन् । बुकाहोलिक्स साहित्य र पठन संस्कृतिको विकाशका लागि सक्रिय फेसबुक ग्रुप हो जसले लकडाउनमा स्रस्टासँग साक्षात्कार कार्यक्रम आयोजना गरिरहेको छ । सो कार्यक्रममा हरेक दिन स्रष्टाहरु फेसबुक लाइभ मार्फत साक्षात्कारमा आउँने गर्छन् । अहिलेसम्म सो साक्षात्कारमा २० जना भन्दा बढि सर्जकहरुले आफ्नो लेखन अनुभव तथा रचना वाचन गरिसकेका छन् । चित्रकारिता चिहाउँदै हलिउड कलाकार: ह लिउडले कला र कलाकारलाई सम्झन कुनै कसर छाडेको छैन । भिन्सेन्ट भ्यान गगको १९५६ को बहुचर्चित फिल्म ‘लस्ट फर लाइफ’ होस्, या २००२ मा आएको फ्रिडा काहलोमाथि बनेको ‘फ्रिडा’ होस्, त्यस्तै आइरिस कलाकार क्रिस्टी ब्राउनमाथि बनेको र ड्यानियल डे लेविसको अभिनय रहेको बहुचर्चित ‘माई लेफ्ट फुट’ किन नहोस्, ती सबैले कलाकार भोगाईलाई बडो रोचक ढंगले पस्किएका छन् । झन् पिकासोमाथि बनाइएको एन्थोनी होपकिन्सको ‘सर्भाइभिङ पिकासो’ होस् या मार्गरेट केनमाथि बनाइएको ‘बिग आइज’ होस्, तिनको प्रभाव अद्यापि छँदैछ । तर जब कलाकार नै पिकासो हुने तर्खरमा लागे भने के हुन्छ ? के हुनु ? समाचार बन्छ । यतिबेला समाचार बनेका तिनै कलाकारको कलाबारे थोरै जानकारी पस्किन खोजिएको हो । हुन पनि कोविद १९ रोगले सबैलाई हैरान बनाएको छ । सबैतिर बन्द छ । कहाँ जानु ? के गर्नु ? घरमा पनि कति बस्नु ? यस्तो बेलामा अभिनेता अभिनेत्रीभित्र गहिरो गरी बसेको बेग्लै कलाकारिता प्रस्फुटित भइरहेको छ । राजेश हमाल गीत गाइरहेका छन्, नाट्य संवाद वाचन गरिरहेका छन् भने हलिउडका कलाकार पनि के कम ! हैन त ? त्यसैले त पेशाले अभिनेता र अभिनेत्रीहरू यतिबेला बुरूस र क्यानभासमा आफ्नो भावना पोखिरहेका छन् । रोचक त के छ भने तिनको यो सोख देखेर धेरैले ‘नट ब्याड’ भनिरहेका छन् । तिनको कलाकारिता कुन तहको छ भन्ने कुरा त विज्ञहरूले नै बताउलान् तर सर्सर्ती हेर्दा ती पनि कम्ता मोहक छैनन् ! आउनुस्, हलिउडका हस्ती कलाकारहरूको कलामोह र तिनको कला हेरौँ । प्रख्यात अभिनेता एन्थोनी होपकिन्सको चित्रलाई धेरैले सराहना गरेका छन् । उनमा पिकासोको कलाप्रभाव बढी देखिएको केहीको धारणा छ । नहोस् पनि किन, उनले सन् १९९६ मा ‘सर्भाइभिङ पिकासो’ फिल्ममा अभिनयसमेत गरेका थिए । सो फिल्ममा अभिनय गर्नका लागि उनले पिकासोका बारेमा चाहिने जति सबैजसो कुराको अध्ययन पनि गरेका थिए । हास्य अभिनेता जिम क्यारीले अमेरिकी राष्ट्रपति डोनाल्डलाई व्यंग्य कस्न भ्याएका छन् । अभिनेत्री पेरिस हिल्टनको कला । उनले इमोजीलाई उपयोग गरेकी छन् । यी हुन्, सिनेमाका पर्दामा बोन्ड, जेम्स बोन्ड भन्दै देखापर्ने पुराना जेम्स बोन्ड पियर्स ब्रोस्नान । अस्कर अवार्ड विजेता अभिनेत्री रिजी विदरस्पुनको फूलको कला रोचक छैन त ? स्यारोन स्टोनले पानीरङबाट बनाएको फूलको चित्र । यो उनको पहिलो प्रयास रहेको उनको फेसबुक पोस्टमा जनाइएको छ । यी हुन्, रकी फिल्मका अभिनेता सेल्भेस्टर स्टेलोन । यिनको चित्रलाई चाहिँ कला समीक्षकहरूले आफूजस्तै कडा रङहरू प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । भनाइको अर्थ, समीक्षकहरू उति खुसी देखिएनन् । यासिका: म मान्छे नै हुँ तर कहिलेकाहीँ शंका लाग्छ । मान्छेकै संगतले मलाई मान्छे बनायो अनि अहिले लास । मान्छे नै थिए, मलाई मान्छे बनाउने अनि समाज चिनाउने पनि । अहिले तिनै मान्छे मेरो खुसी लुटिरहेका छन् । सुख अनि सोचसमेत लुटेर लडिबुडी गरिरहेका मान्छे देख्दा लाग्छ, मान्छे कसरी मान्छेबाट अलग भएर अनुहार देखाउन सक्छन् ? मभित्रको बुद्ध निमोठेका छन् । बुद्धसँगै बौद्धिकताको अपहरण गरेका छन् । मेरो मानसिक र शारीरिक बल पनि निचोरनाचर पारेर छोक्रा मात्र बाँकी राखिदिएका छन् । बर्बराएर बाँच्न बाध्य बनाएका छन् । भन यासिका, अब म के गरुँ ? चन्द्रिकाले आफूलाई सम्हाल्नै सकिनन् । पाँच वर्षपछि स्वदेश फर्किएकी छोरी यासिकासँग वर्षौंको कुण्ठा पोखिन् । सदरमुकामदेखि सात घण्टा हिँडेर घर पुगेकी यासिका थाकेर यसै लखतरान थिइन् । आमाका कथाव्यथाले अझ धेरै गलिन् उनी । प्रतिक्रियाविहीन उनी भित्रैदेखि चिच्याउन चाहन्थिन् । तर उनलाई थाहा थियो, खोक्रो घरभित्र चिच्याएर कुनै उपलब्धि हुने छैन । समाजले नसुनेसम्म चिच्याउनुको कुनै अर्थ छैन । झमक्क साँझ परेपछि घर पुगेकी यासिकासँग कतिखेर पीडा पोखौं भएको थियो चन्द्रिकालाई । बर्खाको समय थियो, बाहिरबाट भ्यागुत्ताको ट्वार्र ट्वार्र आवाज एकोहोरो आइरहेको थियो । भदौरे झरी त्यसरी क्रमशः बढिरहेको थियो जसरी आमाका आँसु व्यथा पोखेसँगै झरिरहेका थिए । छोरा पनि छोरी पनि, यासिका नै थिइन् त्यो झुपडीको । पति वियोगपछि त चन्द्रिकाका लागि अभिभावक पनि यासिका नै थिइन् । यासिकाले आमालाई अँगालोमा बेरिन् । डाँको छोडेर रुने मन थियो उनलाई । आमाको दयनीय अवस्था बुझेर मन कठोर बनाइन् । आमालाई बिछ्यौनामा सुताइन् र आफ्नै काख सिरानी बनाएर चुपचाप सुम्सुम्याउन थालिन् । चन्द्रिका दलित गाउँमा सबैभन्दा धेरै पढेकी महिला । त्यसबेलै एसएलसी सकेकी । त्यसैले उनले छोरीहरूलाई पढाइमै भविष्य देखाइन् । परिणाम आज पाएकी छन् चन्द्रिकाले, यासिकाले छात्रवृत्तिमा पिएचडी सकेर फर्किनु जीवनकै सुखद् क्षण थियो त्यो । दलित बस्तीमै रहँदा उच्चजातका भनिएकाबाट गरिएको अपमान सहन नसकेर पतिले आत्महत्या गरेका थिए । त्यसपछि उनले अझै दुर्गम यो ठाउँ रोजेर बसाई सरेकी थिइन् । तेरो बुबाको जीवन तैँले देखेबुझेकै होस् । पति त्यसरी बितेपछि हामी दलित भनिएका पत्नी कसरी समाजमा निचोरिन्छौं, भन्नु नपर्ला छोरी । तँलाई पढ्न पठाएदेखि समाजमा भोगेका अनेक सास्ती सुनाएर हैरान पार्न चाहन्नँ । छोरीको काख चन्द्रिकालाई लाख भएको छ आज । यासिका पाउँदा संसार नै मुठ्ठीमा भएको महसुस गर्दैछिन् उनी । यासिका डाक्टर बनेको खुसीले संसार उज्यालो भएको छ उनका लागि । त्यसैले त सबै दुःख भुलेको अनुभूति भएको छ चन्द्रिकालाई । अभिभावकको छहारी पाएको ठानेकी छन् छोरीबाट । अबेरसम्म पनि बैनीलाई नदेखेपछि यासिकाले सोधिन्, आमा बोलिनन् । छोराकी आमा हुन पाइनन् चन्द्रिका । दुई छोरीले पूर्णता महसुस गर्दै बाँचेकै थिइन् । आफ्नो पीडा सुनाउँदिनँ भनेर कान्छी छोरीको घटना भन्न भूमिका बाँध्दै थिइन् आमा । त्यसै बेला यासिकाले पनि बैनीको कुरो कोट्याइन् । ‘हो छोरी, तेरी बैनी मनिषा… ।’चन्द्रिकाको बोली एकाएक अवरुद्ध भयो । यासिकाको मनमा भूकम्प गएजस्तै भयो । मुटु दह्रो पार्दै चन्द्रिका बोल्न थालिन् । तँ छँदै छिमेकमा भएको सीमाना विवादको सन्दर्भ थाहै होला । त्यसमा तिमेरु दिदीबैनी साक्षी बसेर बोलेको त्यो जमिनदारलाई पचेको रहेन छ । मेरो विपक्षमा बोल्ने कसैलाई बाँकी राख्दिनँ भन्दै थियो । त्यसपछि तँ पढ्न गइहालिस् । तेरो पढाइ बिगार्न चाहन्नथें । कहिलेकाहीँ फोनमा कुराकानी हुँदा सबै ठीक छ भन्दै टारेँ । ठीक त त्यसैबेलादेखि थिएन छोरी । मनिषालाई धम्क्याउने, अनेक आरोप लगाउने गर्न थाले । मारेर फालिदिने भन्दै बसिटिक्न दिएनन् । अनेक तरहले दुःख दिए । मनिषालाई नबोलेर मात्र समाधान छ भनेर सम्झाएँ । ऊ पनि सहने मात्र भएकी थिई । हाम्रो पक्षमा बोल्ने जमिनदारको विपक्षी बस्नेत दाइ पनि डरले थुरथुर थियो । एसएलसी आउन लागेकाले मनिषालाई टाढा कतै पठाउन पनि सकिनँ । एकदिनको कुरो हो । परीक्षाको तयारीमा भएकाले घरमै छोडेर हटिया भर्न गएँ । फर्कदा झमक्क साँझ परिसकेको थियो । खोल्सोबाट माथि उक्लिँदा होहल्ला सुनें । घरछेउको मकैबारीमा छलिएर कुरा सुनें । जमिनदार गाउँ नै उचाल्ने गरी कुर्लदै थियो, ओइ डल्ली तेरी दिदी कहाँ छे ? तेरी आमा खै ? ए, तिमेरु हामीविरुद्ध खनिने ? दुई चार शब्द के पढेथे सबैभन्दा जान्ने सुन्ने हुनुपर्ने ? तेरो बाउ त टिक्न सकेन तिमेर्को यत्रो हिम्मत ? गाउँ सबै हाम्रो आँगनमा खनिएका थिए । सबै चुपचाप । जमिनदारका छोरा र आसेपासेले मनिषालाई निमोठनामठ पार्दै थिए । तर पनि मनिषाका पक्षमा बोल्ने हिम्मत कसैको देखिनँ । त्यतिका मान्छेसामू आँगनमा गरेको दुर्व्यवहार मैले पनि हेर्न सकिनँ । मकैबारीमा छलिएँ, निकैबेर आँखा चिम्लिएर भगवान् पुकारें । हिंस्रक पशुले झैं आक्रमण गर्न थालेपछि ऊ बेस्सरी चिच्याई । कुटपिट र लुछालुछ गरिरहे मान्छेको भेषधारी ती राक्षसले । म निरीह बनिरहें । घटनाको साक्षी हुनुको विकल्प देखिनँ । कहिलेकाँही त साहस पनि फेरेको श्वासजस्तै आफूबाट अलग हुँदोरहेछ । भएको श्वास पनि दबाएँ र थचक्क बसें । मनिषालाई तिनले घरी फुटबल बनाए घरी भलिबल । त्यो दृष्य चलचित्रमा गुण्डाले गर्ने अभिनयभन्दा कम थिएन । पूरै दृष्य हेर्ने साहससमेत ममा बाँकी थिएन छोरी । मलाई थाहा थियो, म उसलाई बचाउन गएँ भने उनीहरूले मेरो पनि त्यही हालत बनाउनेछन् । मेरो ब्रह्मले भन्यो, दुवैजना लास हुनु हुन्नँ । जमिनदार कड्कियो, ए गाउँले हो ! रमिता सकियो अब सबै घर जाओ । लाग्यो, जे गर्नु गरे अब छोरीलाई छोडिदिन्छन् । रमिने बनेका गाउँले चुपचाप घर फर्किए । जमिनदारले इसारा गर्यो । आसेपासे मनिषालाई बोकेर घरभित्र पसे । लागेको थियो, ओछ्यानमा लडाएर घरतिर जालान् । गाउँले गएपछि घरपछाडि पुगें र लुकेर गतिविधि नियाल्न थालें । आसेपासे निस्किए भने छोरीलाई मलमपट्टि गर्ने सूर थियो । तर अचानक मनिषा चिच्याएको आवाज आयो । भुसतीघ्रेहरूले उसलाई पालैपालो लुछिरहेका रहेछन् । म चिच्याउन खोजें, सकिनँ । श्वास दबिएर भित्रै पस्यो । भनन्न रिगँटा लागेर आयो । ढलेछु । बेहोस म बिहानको चिसोले ब्युझिएँ, घिस्रिँदै घरभित्र छिरें । मनिषा त यस संसारबाटै विदा भइसकेकी रहिछ । आमाको मुखबाट बैनीको वास्तविकता सुन्दा यासिका बोल्न सकेकी थिइनन् । आमालाई सुम्सुम्याइरहेकी उनी आफैं ढलिन् । चन्द्रिकाले पानी छ्यापिन् । केहीबेरमा यासिका होशमा आइन् । कुखुराको भालेले बिहानीको संकेत गर्यो । ‘छोरी, उज्यालो हुनुअघि तँ यो गाउँ छोडेर भागिहाल् ।’ ‘आमा, तपाई यो के भन्दै हुनुहुन्छ ? मेरो तातो रगतले त्यसो भन्दैन । म बुझ्ने र बोल्न सक्ने भएकी छु, समाज मेरो पक्षमा पार्छु अनि त्यो जमिनदारको घरमा आगो सल्काइदिन्छु । मलाई हेर्नु छ आगो सल्किएको घरभित्र कति छटपटी र पीडा हुन्छ ।’ ‘हामी दलितका पक्षमा समाज बोल्दैन छोरी । यदि समाज अन्धो छ भने तेरो बौद्धिकता त्यहाँ प्रकाशबिनाको दियो मात्र हुनेछ । आमाको वर्षौंको भोगाइले बोलेको कुरो हो यो । मान्, तँ जहाँबाट जसरी आइस् त्यहीँ जा । म जेनतेन बूढो शरीर घिसारिरहेकै छु, सकुञ्जेल घिसार्छु ।’ करिब एक घण्टा आमाछोरीको दोहोरी चलिरह्यो । अन्ततः यासिकाले चन्द्रिकाको मानमनितो राखिन् । ‘अरिंगालको गोलोमा ढुंगो हानेर जीत हुन्न छोरी’ भन्ने वाक्यले यासिका आमासँग हारिन् । उनले निधो गरिन्, खाटा बसेको आमाको घाउ बल्झाउनुभन्दा झिसमिसेमै कसैले नदेख्ने गरी गाउँ छोडेकै जाति । ‘आमा तपाईंको आशीर्वादले पिएचडी सकेकी छु, म यो समाज सुधारेर तपाईंको सपना पूरा गर्नेछु ।’ चन्द्रिका छोरीसँगको वियोग सम्झेर विक्षिप्त हुन खोजिन् । हत्तपत्त आँसु पुछ्दै छोरीतिर मायालु भावले हेरिन् । ब्याग बोक्दै आँगनमा निस्किएकी यासिकाले भनिन्, ‘आमा, आफ्नो ख्याल राख्नू । म यसै समाजमा अनुहार देखाउन्नँ । अब यो समाज बदल्ने हैसियत बनाएर मात्र पाइला टेक्नेछु ।’ यासिका केही पर पुगेपछि आमातिर फर्किइन् । चन्द्रिकाका आँखा छोरीतिरै एकोहोरिएका थिए । काव्य–कुञ्ज, गठ्ठाघर, भक्तपुर सम्प्रतिः अन्नपूर्ण पोष्ट बन्चरोको निर्विघ्न आवाज: बोक्रालाई नै रूख ठान्नेहरू दाउरे दाइको बन्चरोको आवाजमा भरिएका जीवनका अभिशप्त मर्म र लय नबुझ्नेहरू धम्कीवादमा तिखारिएका गरिबमारा यातनाका दाह्रे छुराहरू पस्दै छन्– गाउँबस्तीहरूमा बकम्फुसे चमत्कार फलाक्दै क्रान्ति नामका थुप्रै धोकापूर्ण विरोधाभासहरू, र पस्दै छन् रहस्यमयी बनेर ढँटुवारे कति आतङ्कराजहरू ! मुस्किलले शान्ति फुलेका गह्रा, गोरेटा र कटेबाटामा स्वतन्त्र हिँड्ने श्रमिक पाइलाहरूकै तेजोवध गर्ने स्वार्थी दुर्नियतधारी भाटे धमिराका ध्वंस–जालहरू ! ०० पसे एकदिन घुम्दाघुम्दै गाउँनजिकैको जङ्गलभित्र खोसे दाउरे दाइको हातको बन्चरो र, खल्तीबाट धम्कीवादको धारिलो छुरी निकालेर सय वर्ष खडा सालको बूढो रूखका बोक्राहरू घुरेल्दै भने– ‘भर्खरै ढलाउन सक्छौँ जाबो रूख ! तँ पाखे दाउरेलाई के थाहा ग्याङको तागतको केन्द्र ! बोलिस् भने रूख त के, यहीँ ढल्नसक्छ शरीर पनि रोप्न आएका हौँ– शासनका नयाँ विद्रोही जरा !’ ०० खोसिएको बन्चरो पर भुइँमा अलपत्र छ दाउरे दाइको हातको पसिनाको तातो स्पर्श नपाएर चिसिएको बन्चराको बिँडले पढ्दै छ अघिदेखि उसको भयभीत चेहरा र, निधारमा रेखिएका छटपटीका अस्पष्ट अक्षरहरू ! लाग्छ– यदि बन्चरो आफैँ उठ्न सक्दो हो त हिजोजस्तो काटिने थिएनन् छानी–छानी सुका हाँगा दाउराहरू बरु काटिने थिए, गरिबको हातबाट बन्चरो खोस्नेहरूका एक एक आला टाउकाहरू ! बल्ल सुरु हुने थियो कार्यकारी बन्चरोबाटै दाउरे दाइले अझ पनि बुझ्न नसकेको जीवन–प्रेमको सक्कली अन्तिम भरोसा–क्रान्ति । तर, के उठोस् निर्जीव बन्चरो ! दाउरे दाइ ? सजीव तर निमुखो ! ०० सुका हाँगाबिँगा छिचोलिसकेपछि उचालेर एक बिटो दाउरा सन्तुष्टिको भारी सास फेर्दै खुशीको त्यही भारीमाथि भरोसा नामको उही बन्चरो सिउँरेर घर फर्किजाने दाउरे दाइका नित्यकर्मी पाइलाहरू साँझपख भान्सामा चुल्हो सल्काउने मनको सदाबहार धोको तर आज ! तेल सकिएपछि निभेको दीयोझैँ, गुड्दागुड्दै राजमार्गमा बिग्रिएको गाडीको चालकको अनुहारझैँ चिन्ताभन्दा ज्यादा डरले कायल एक निरुपाय निहत्था शिथिल काय बीच जङ्गलमा गुन्डाराजको अर्थहीन कब्जामा छ; दाउरे दाइको जीवनकालीन अनुभवको एकमात्र बन्चरो खै, किन अनाहकमा खोसिएको छ ? ०० बस्तीबस्तीमा वस्तुको शिल्पगत जीवनसापेक्ष उपयोगिता दाउरे दाइको बन्चरोजस्तै कसै न कसैको कब्जामा छ ! थाहा छ– बन्चरोको काट्टकुट्ट आवाज दाउरे दाइको जीवनगीत र, एकमात्र दिग्विजयी आवाज पनि हो ! मान्छेहरू ! जीवनको बाटो यदि हिँड्नु नै छ भने सबैभन्दा पहिले दाउरे दाइलाई यो दुःसाध्य समयमा खोसिएको बन्चरोको आवाज देऊ ! आखिर बन्चरोको आवाज नै त दाउरे दाइले बाँचेको युगको निर्विघ्न आवाज हो ! आजकाल: खै आफ्नोपन कहाँ गएको छ आजकाल, आत्मसम्मान कहाँ हराएको छ आजकाल । सारेआम बैरीले धर्तिमाताको बलात्कार गर्दा पनि, विरोधाभास जनाउन साहस डराएको छ आजकाल ! जिम्मेवारहरू बोल्दा भक्भकाएको छ आजकाल, उत्तरदायित्वहरू निष्फिक्री शर्माएको छ आजकाल। यही माटोका लागि सहिद भएका आत्माहरुले प्रश्न गर्दाखेरी, जवाफ दिन नसकेर जिब्रो लरखराएको छ आजकाल ! हातमा हात राख्ने बेला भएको छ आजकाल, नेपाल आमालाई सुरक्षा चाहिएको छ आजकाल। नेपालको सच्चा सपुत भएर मर्नुछ भने तिमीलाई, आऊ अघि बढौँ राष्ट्रसेवाको भावना जुर्मुराएको छ आजकाल ! सन्त्रासमा जिन्दगी: हिड्ने हिम्मत छैन बाहिर कतै सन्त्रास सन्त्रास छ । आफ्नै यो घर जेलझैँ दिनदिनै लाग्दैछ अत्यास छ । आकाङ्क्षा अनि भावना र सपना बन्दै गए बन्धकी । आफ्ना दूर हुँदा र दर्द थपिँदा के जिन्दगी जिन्दगी ।।१।। *** कोरोना अफवाह हो कि भुमरी आँधी चल्यो बेसरी । हावाको गतिमा उदण्ड अति भो रोक्नै नसक्ने गरी । चारैतर्फ जताततै कहरको चीत्कार झन् बढ्छ कि । लाखौं ग्रस्त हजार लास दिनकै थप्दै रह्यो जिन्दगी ।।२।। *** कैयौं छन् परदेशका शहरमा बेचैन छन् आखिर । कोही फर्कन खोज्दछन् मुलुकमा सम्झेर आफ्नै घर । बाँच्नेको पनि छैन त्यो भर कुनै सङ्घर्ष छन् जिन्दगी । मर्नेको पहिचान लुक्छ अहिले बेहाल छन् जिन्दगी ।।३।। *** भन्छन् यो अति सुक्ष्म भाइरस रे निर्जीव प्राणी तर । हाम्रो अङ्ग शरीर भित्र रहँदा फक्रन्छ ती अङ्कुर । कुर्दै छौं भयबाट मुक्त कसरी होला त यो जिन्दगी । झर्ने आँसु सबै झरे नयनका पीडा बढ्यो जिन्दगी ।।४।। *** मान्छे आज अकालको नियतिको कीटाणुको मारमा । छैनन् टन्न अनाज भोक गरिबी बढ्दै छ संसारमा । हे विज्ञान बताइदे न अब लौ अर्को व्यवस्था छ कि? मान्छे सक्षम पूर्ण छन् तर स्वयं सन्तापमा जिन्दगी ।।५।। *** छन्द : शार्दूलविक्रीडित मध्यपूर्व संयोजक : साहित्य पोष्ट क्यानभासमा नाै साहित्यकारहरु: यी हुन् जीवित खड्का मगर । चित्र बनाउनु उनलाइ जीवन बनाउनु हो झैँ लाग्छ । यो उनकाे अहिलेको सोच मात्रै होइन । उनीभित्र चित्रमोह सानैदेखि थियो । खासगरी २०४५ पछि । त्यतिबेला उनी ५ कक्षामा पढ्थे । पेन्सिलले कापीका पन्नापन्नामा, अंगार र कमेरोमाटोले घरका भित्ताभित्तामा स्केच गरिरहन्थे । उनका एकजना गाउँले दाइ हुनुहुन्थ्यो, उहाँको चित्रमा रुचि थियो । उनै दाइको संगत गर्न थालेपछि जीवितलाइ पनि चित्रको लत लागेकाे हो । एसएलसीपछि ललितकलामा अपूर्ण भए पनि चित्र अध्ययन गरे । २०६३ सालमा मूरल आर्ट, डेकोरेटिभ आर्ट, स्टेन्सिल आर्ट लगायत कला सिके । साउदी अरबमा भिसा खुलेपछि उनी त्यतै लागे । त्यसपछि उनको कामले व्यावसायिक निरन्तरता नै पायो । चित्रमा पनि क्रमशः निखारता आउन थाल्यो । उनलाई साहित्यकर्मीहरूकाे चित्र बनाउन विशेष रूचि लाग्छ । साहित्यकारहरू यो देशका विशिष्ट बौद्धिक सम्पत्ति हुन् । शब्दकर्ममार्फत उनीहरूले देशको लागि अथाह योगदान गर्दै आइरहेका छन् तर अपवाद छाडेर साहित्यकारहरूको सम्मान भएको जस्तो उनलाई लाग्दैन । ती मूर्धन्य साहित्यकारको मूल्यांकन भएजस्तो उनलाई लाग्दैन । यो निराशाजनक कुरा हो कि जो सम्मानको हकदार भएर पनि ओझेलमा छन् भन्ने उनलाई त्यही कुराले दुख्यो र प्रेरित गर्यो पनि । अग्रजहरूको थोरै पनि सम्मान गर्न सकूँ लागेर पोट्रेट बनाउने थालनी गरेको हुँ । उनलाई मनपर्ने साहित्यकारहरुको नामै तोक्दा धेरैको नाम छुट्न सक्छ, जसका किताबहरूले मलाई प्रेरित गरे, त्यस्ता धेरै छन् । तर उनकाे लेखनीको शुरूवातमै भूपी पढे, शंकर लामिछाने पढे, भीमदर्शन रोका पढे । मलाई यिनीहरू खास मन पर्छन् । साहित्यकारहरूकाे चित्र बनाउँदा उनी विशेष ध्यान दिन्छन् । साहित्यकार अलिक फराकिलो होस् । अनुजहरूलाई प्रेरित गर्ने खालको होस् । त्यस्ता साहित्यकारहरू उनको रोजाइमा पर्छन् । उनका लागि चित्र बनाउनु व्यवसाय वा सौख मात्र रहेन । ‘चित्र त मेरो लत भयो, अम्मल नै भयो,’ उनी भन्छन्, ‘पियक्कडलाई नभै नहुने रक्सीको नसाजस्तो । उसो त, मेरो वैदेशिक रोजगार पनि रंग सम्बन्धित भएकाले निरन्तरता पाइरहेको हुनुपर्छ । म रोजगारीमा मात्रै सन्तुष्ट भएको भए, चित्रकर्म सायद छोडिसकेको हुन्थेँ । यहाँ मेरो इच्छाशक्तिले काम गरिरहेको छ ।’ चित्रबाहेक उनी साहित्यसँग पनि जोडिएका छन् । उनलाई दुइटै कलाका क्षेत्र उत्तिकै प्रिय लाग्छन् । उनलाई विशेषगरी कविताविधा मन पर्छ । यसैमा कलम चलाउने कोशिश गर्छु भन्छन् उनी । त्यसो त, राम्रा कृतिहरू सबै विधाका पढ्न उनी रुचाउँछु । उनका दुइटा कविताकृति प्रकाशित छन्- ‘अनुभूतिका चर्चाहरू — २०६०’ र ‘ईश्वरको खेती — २०७१’ । उनी भन्छन्, ‘अग्रजले हिँडेको कलाको बाटो हिँडेको छु । सकेसम्म त्यो बाटोलाई फराकिलो पारुँ भन्ने नै लाग्छ । हेरौँ, के के गर्न सकिन्छ ।’ यहाँ उनै जीवित खड्काले साहित्यकारहरूको बनाएका चित्रहरू प्रस्तुत गरिएको छ । आशा छ, हामीलाई जस्तै तपाईंहरूलाई पनि मन पर्नेछ । अविनाश श्रेष्ठ दिनेश अधिकारी गुप्त प्रधान केवल चन्द्र लामा मन प्रसाद सुब्बा प्रकाश सायमी राजेन्द्र भण्डारी सत्यमोहन जोशी श्रवण मुकारुङ जुममा लेखक–कवि, बहसमा नयाँ शैली: चितवन साहित्य परिषद्को इतिहासमा अघि कहिल्यै नभएको जुम भेला भयो । जसमा कवि-लेखकहरूले जुम कवि गोष्ठीमा विभिन्न सिर्जना प्रस्तुत गर्नुभएको थियो । वैशाख २७ मा सम्पन्न सो जुम कवि गोष्ठी (शृङ्खला एक)मा प्रस्तुत भएका सिर्जनामाथि समीक्षक महेश पौड्यालले समीक्षासमेत प्रस्तुत गर्नुभएको थियो । पाैड्यालले संसारको दुई तिहाई जनसङ्ख्या लकडाउनको स्थितिमा रहे पनि कवि-लेखकको मनोवेगमा कुनै लकडाउन छैन भन्ने प्रमाण प्रविधिको प्रयोगद्वारा विश्वभरि नै चलिरहेका गोष्ठी, रचनावचन र अन्य संवादहरूले प्रस्तुत गरिरहेको बताउँदै बाह्य संसारका उकुसमुकुस कवि लेखकहरूको रचनामा परिलक्षित हुन्छन् र रचना र तिनको सम्प्रेषणका माध्यमबाट उनीहरू त्यस उकुसमुकुसको विरेचन र मनोवैज्ञानिक निकासको बाटो बनाउने बताउनुभयो । चिसाप जुम कवि गोष्ठीलाई चिसापका अध्यक्ष, कवि सुरेन्द्र अस्तफलले सञ्चालन गर्नुभएको थियो । गोष्ठीको विशेषता के थियो भने, यसमा चिसापका पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्ले, अग्रज स्रष्टाहरू वनमाली निराकार र गोविन्दराज विनोदी तथा सेवानिवृत्त प्राध्यापक कवि एलबी क्षेत्रीदेखि युवा पुस्ताका कवि जेनन नेपालसम्मका विविध वयका कविहरूको उपस्थिति थियो । कविहरू नेपाल मात्रै होइन, अस्ट्रेलिया, जर्मनी र भारतबाट समेतबाट जोडिएका थिए । कवितामा पनि, स्वाभाविक रूपले विविधता थियो । छन्द कवितादेखि लोकगीत, आधुनिक पद्य कविता र गजल तथा मन्तव्यमार्फत् विविध विचारको सम्प्रेषण चिसाप जुम गोष्ठीको विशेषता थियो । गोष्ठीमा प्रस्तुत रचनाहरूको रचनागर्भ आफूले दुई प्रकारका पाएकाे पाैड्यालको भनाइ थियो— कोरोना विशेष र स्वतन्त्र । कोरोना विशेष रचना, नामैले सङ्केत गरेजस्तै, कोरोना कहर सुरु भएपश्चात् यस महामारीलाई केन्द्रमा राखेर यसले मानवीय व्यवहार र दिनचर्यामा कस्तो परिवर्तन ल्याइदियो भन्ने बारेमा केन्द्रित भएको पाइयो । अन्य रचना भने निरपेक्ष रूपमा अन्य अनुभव र अनुभूतिलाई समेटेर विविध समयमा लेखेका रचना थिए । वाचन गरिएका सिर्जनामाथिको पाैड्यालको टिप्पणी यस्तो थियोः (क) कोरोना विशेष कविता साहित्यको वृत्तमा महामारीले मूलधारलाई सधैँ प्रभावित गर्ने गरेको छ । यसले जीवनचर्यालाई मात्रै होइन, सोच्ने तरिकामा पनि परिवर्तन ल्याएको छ । पूर्व होस् वा पश्चिम, सबै सांस्कृतिक भूगोलमा प्रलयवादी चिन्तन विद्यमान छ । पूर्वमा पनि शास्त्रहरूले चार मूल युगहरूमा एउटाको पटाक्षेप प्रलयबाटै हुने र अर्कोको उदय हुने कल्पना गरेका छन् । पश्चिममा, विशेष गरी बाइबलमा पनि बाढीको प्रलय र प्रभुको दोस्रो अवतरणको परिकल्पना छँदैछ । तर, यी युगान्तकारी प्रलयको चिन्तनभन्दा पृथक्, अकल्पित र आकस्मिक महामारी, प्राकृतिक कहर, युद्ध, दुर्घटना आदि पनि आएकै छन् । र, तिनीहरूप्रति साहित्यले सबैभन्दा बढी गम्भीर र संवेदनशील भएको पाइन्छ । कोरोना कालमा हामी यस्तै अर्को एउटा मोडमा खडा छौँ र सिर्जनाले पनि स्वाभाविक रूपमा उक्त कुरालाई अभिव्यक्त गरेको पाइन्छ । चिसाप गोष्ठीमा वाचित कोरोना विशेष सिर्जनाको सारसङ्क्षेप यस्तो थियो— १. गणेश घिमिरेको “ब्याट्री सकिनै लागेको घडी र म” — यस कविताले एउटा अवरुद्ध समयमा किंकर्तव्यविमूढ मान्छेको मनोविज्ञान बोलेको छ । मान्छेले बनाएका बढाबढा इमारतको स्थिरताजस्तै स्थित भएको छ, समय र मानिसको चेतना । यस स्थितिमा मानव चेतनशून्य अवस्थामा मूर्तिवत् उभिन विवश भएको यथार्थ सुन्दर विम्बहरूमार्फत् यस कवितामा अभिव्यक्त भएको छ । २. मन्जिला अनिलको “कस्तो समय” — यस कवितामा महामारीमा प्रकृति र मान्छेका दिनचर्यामा पृथकता देखाउने कोसिस गरिएको छ । प्रकृति आफैँमा मस्त रहँदा, मान्छे आफ्नै कर्तुतका कारण विवश छ । कवितमा एउटा आशा पनि अभिव्यक्त गरिएको छ— सायद मान्छे एउटा शुभ साइतको प्रतीक्षा गरिरहेको छ । ३. शान्ति शर्माको “म शून्यमा हराएकी छु” — यस कवितामा पनि प्रलयको अघि उभिएको मान्छेको चेतनशून्यतालाई विषयवस्तु बनाइएको छ । विद्रूप समाचारहरूले मन तर्सिंदा, कोपिला मुर्झाएर झर्दा, सबै कुरा टक्क रोकिएजस्तो हुँदा आफू शून्यमा हराएजस्तो कविको अनुभव आजको समयमा मानव मात्रको एउटा साझा अनुभूति पनि हो । ४. जेनन नेपालको “एन्टिडोट” — यस कवितामा, महामारीमा धेरै कुराका निकास जसोतसो भेटिएला तर भोकको निकास दुर्लभ छ भन्ने भाव प्रकट गरेको पाइन्छ । कवि जेननले पहिले पनि भोक विषयमा सुन्दर कवि लेखेकै छन् । यस कविताले भनेअनुसार बाहिर सन्नाटा भएको अवस्थामा कुँजिएको र चेतना गुमाएको मान्छे न अल्बाट्रोस बनेर उड्न सक्छ, न त हनुमान बनेर । यस्तोमा, सबै सबै कुरा स्थगित हुन सक्ला तर भोकको स्थगन असम्भव छ । यस्तोमा, यो समय एक माना चामलको लागि सबैभन्दा बढी मानिस तड्पिरहेको समय हो । यस कविताका कविले महामारीको सम्पूर्णतालाई समान्यीकरण गर्नुभन्दा खान नपाएर भोकै बस्न अभिशप्त मान्छेहरूको दुःखलाई प्राथमिकताका राख्नुपर्ने विषय उठाएका छन् । ५. जगन्नाथ पण्डितको कोरोना विशेष छन्द कविता — यस सङ्क्षिप्त र छन्दोबद्ध कवितामा कविले कोरोना कहरलाई “अतिशय भयकारी” भनेर, यसले सिर्जना गरेको विश्वव्यापी त्रासमा आफू पनि संवेदनशील भएको सन्देश दिएका छन् । ६. गणेश श्रमणको “नाङ्गा पाइतालाले डराउने सरकार” — यो पनि कोरोना कहरबाटै सिर्जत एक परिस्थितिको प्रतिक्रियामा लेखिएको कविता हो । यस कविताले नेपालबाहिर, विशेष गरी भारतको श्रमबजारमा काम गरिरहेका आम नेपाली नेपाल–भारत सिमानामा जसरी रोकिए र प्रवेश पाएनन्, त्यसलाई विषयवस्तु बनाइएको छ । नाङ्गा पाइतालाले स्वदेशको सिमानासम्म आइपुगेका साधारण नेपालीलाई गृहप्रवेश गर्नबाट रोक्ने सरकारलाई डरपोक भनिएको छ । यसमा आम जनताको दुःखप्रति असंवेदनशील रहेको वर्तमान नेपाल सरकारको तीव्र आलोचना गरिएको छ, र आफ्ना जनतालाई सकुशल र सुरक्षित देश भित्र्याउन पहल नगरेकोमा ऊ एक डराएको व्यवस्था हो भनिएको छ । (ख) स्वतन्त्र सिर्जना समयनिरपेक्ष हिसाबले विविध विषयमा रचना गरिएका, आफ्ना निजी, सर्वकालीक र स्वतन्त्र अभिव्यक्तिसहितका रचना पनि चिसापको कवि गोष्ठीमा वाचित भएका थिए । विविध संरचना, शैली र भावका उक्त सिर्जना यस प्रकार थिए — १. टीका आत्रेयको “आमा बनेको दिन” — शार्दूलविक्रीडित छन्दमा रचित, र लयबद्ध तरिकाले वाचन गरेर सुनाइको यस कवितामा आमा हुनुको अनुभूतिलाई एउटा विशाल गौरवको विषय मानिएको छ । एउटा मृत्युलाई परास्त गरेर सन्तानलाई जन्म दिने आमाको महत्ता यस कवितामा दर्शाइएको छ । एउटी नारी र आमाको अनुभवको जगमा उभिएको हुँदा यस कविताको प्रभाव पक्ष झनै तीव्र बनेर आएको अनुभव गरिएको छ । २. डा. कुसुमाकर न्यौपानेको कौरा गीत — यो सङ्कलित रचना हो । यसको प्रस्तुतिमा संस्कृति, विशेष गरी लोकसङ्गीतमा दख्खल राख्ने डा. कुसुमाकर न्यौपानेले कौरा गीतको स्वभावको व्याख्या गर्दै यसलाई आफ्नो सुन्दर गायनकलामार्फत् प्रस्तुत गरेका थिए । कैराको आरम्भमा मङ्गलाचरण, बीचमा प्रेमप्रणय, विवाह आदि विविध विषय र अन्त्यमा विदाइका प्रसङ्ग रहने गरेको संरचनागत जानकारी पनि दिए । उनले गाएर सुनाएको टुक्रामा प्रेम–प्रणयको गीतिसंवाद थियो । ३. शिव त्रिपाठीको “यादमा तिम्रै पर्न मजा छ” — स्वनिर्मित छन्दमा कवि त्रिपाठीले गाएर यो रचना प्रस्तुत गरेका थिए । प्रेमको गहिराइमा डुबिरहँदा त्यसमा अलिअलि पीडा नै भए पनि त्यो स्वीकार्य हुने अभिव्यक्ति उनको थियो । रुमानी, विशेष गरी शृङ्गारिक भावको यो कविता अथवा गीतले प्रेमीको कल्पनामा रमिरहनुको रोमाञ्चलाई प्रस्तुत गरेको छ । ४. एलबी क्षेत्रीको “भीडमा हराएको मान्छे” — इमान्दार कन्फेसनल शैलीमा लेख्ने कवि एलबी क्षेत्रीको यो कविता पनि कन्फेसनल नै हो । यसमा यस्तो एउटा पुरुषको चित्रण गरिएको छ, जसको आत्मशक्ति कमजोर छ, जो आत्महारा छ, जो वासनाहरूको दास छ, जो परजीवी र स्वार्थी छ, जो घरको जिम्मेवारी सबै परिवारमा छोडेर बाहिरी भूलभुलैयामा हराएको छ र जो अन्ततोगत्वा भीडमा हराएको एउटा अनाम पात्र बन्न अभिशप्त छ । पहिचान र अस्तित्वको दृष्टिले एक गम्भीर विषय कवितामा उठाइएको छ । व्यस्तताको खोलमा निरत्नर आत्महारा र परजीवी हुँदै जानेहरू भीडमा विलय भएर अस्तित्व र पहिचानविहीन हुँदै जान्छन् भन्ने एउटा शाश्वत सत्य कविताले पाठकसामु राखेको छ । ५. महानन्द ढकालको गजल — “जिन्दगीको लगाऊ दाउ विचार गरेर” भन्ने हरफबाट सुरु हुने यो गजलमा गजलकारले छोटो रहेको मन्छेको जुनीमा सचेत पाइलाहरू चालेर लोककल्याणको काम गर्नुपर्ने सल्लाह दिएका छन् । गजलमा उनी संसार हेर्न त मचान चढेरै पनि सकिएला, तर मान्छेको घाउमा हेर्न सिक्नु ठूलो कुरा हो भन्ने सल्लाह दिन्छन् । मान्छेको आँखाको समवेदना चिन्नु, पीडामा मल्हम लगाउनु, र आउँदाजस्तो जाँदा पनि खाली हात जानुपर्ने जुनीमा यो समाज र देश बनाएर जानुको उपादेयता यस गजलले दर्शाएको छ । ६. भूपिनको “सेतो हात्तीमा सवार भएर” — यस कवितामा कवि भूपिन चरम राजनीतीकरणका कारण देश बुद्धको शान्तिसन्देशप्रति संवेदनहीन हुँदै गएको यथार्थमाथि कटाक्ष गरेका छन् । बुद्धलाई हल्लाको सेतो हात्तीमा चढेर सवार भएको कल्पनाबाट उठान गरिएको कवितामा कट्टरवादी, राष्ट्रवादी, क्रान्तिकारी, अनेक प्रकारका प्रशासकहरू यस्तै हल्लामा चेतना गुमाइरहेका छन् । कसैलाई पनि बुद्धको अहिंसा, शान्तिसन्देश र आदर्शमा चासो छैन । बरू बुद्धसँग सेल्फी खिच्नमा चासो छ । घृणित र तुच्छ राजनैतिक स्वार्थका कारण चेतनाको दैलो बन्द गरिसकेकाहरू माथिको प्रहार यस कविताको मूल अभीष्ट हो । ७. डा. दिनेश शर्माको “पिता” — देहरादून भारतका कवि डा. दिनेश शर्माको “पिता” शीर्षकको हिन्दी कविताले पिताको मूल्य, आदर्श र महानताको गुणगान गरेको छ । अप्ठेरोमा धीर बनेर हिँड्नू, आफ्नो मूल्य नगुमाउनू, र सधैँ लोककल्याणका लागि सत्यपथमा हिँडिरहनू भन्ने शिक्षा दिने पिताको गरिमा यस कविताले गाएको छ । स्मरण रहोस्, डा. शर्मा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीका कविता पनि अनुवाद गरिरहेका छन् । ८. वनमाली निराकारको “सिद्धार्थ” — कवि निराकारको यस कविताको मूल प्रश्न हो — यस बेला जन्मेका भए बुद्ध के गर्थे ? कुन पार्टीमा लाग्थे? कसका लागि लड्थे ? कविले अहिलेको समय अतिशय प्रतिकूल भएको आशय कवितामा प्रकट गरका छन् । धेरै तर्क र कित्ताहरूमा विभक्त भएको समयप्रतिको उनको असन्तुष्टि कवितामा स्पष्ट रूपमा प्रकट भएको छ । कविताको अन्त्यतिर उनले एउटा प्रभावशाली विम्बमार्फत् आफ्नो तिक्तता प्रकट गरेका छन् । भन्छन्, सिद्धार्थले एउटा भिक्षापात्र यानि कचौरो दिए, जसलाई हातमा लिएर देश भिक्षाटनमा निस्केको छ । देशको निर्धनता र निर्जल्ल लाचारीको यो एउटा प्रभावशाली अभिव्यक्ति हो यो । ९. गोविन्द विनोदीको “आफ्नै छायासित” — छन्द कवितामा महारथ प्राप्त गरेका अग्रज कवि गोविन्द विनोदीले आफ्नो यसै शीर्षकको कविताको एक अंश सुनाएका थिए । कवितामा मान्छे र छायाको सम्बन्ध नङ र मासुको जस्तो अविभाज्य रहेको तर्क छ । सुखदुःखमा सधैँ मान्छेको साथमा रहने गरेको छाया कविताको मूल विषय हो । १०. राधा कोइरालाको “प्रण” — नारी संवेदनाबाट अनुप्राणित यस कवितामा बाबा, भाइ, दाजु वा अन्य सबै पुरुषलाई नारीप्रति सम्वेदनशील हुन, सम्मान गर्न, उनीहरूका सपना बचाउन, र सहयोग गर्न अपिल गरिएको छ । छोरीको भविष्यमा पनि आफ्नो सपना देख्न पुरुष समुदायलाई एउटा बलियो प्रण लिन आह्वान गरिएको छ । कविताभित्र नारीहरूमाथिको थिचोमिचो र अत्याचारका विम्बहरू पनि छन् । तर नारी अधिकारका लागि लडिरहने पुरुषहरूप्रति मौन भएकोले भने कविता अलि एकाङ्गी छ । ११. महेश पौड्यालका तीन कविता — महेश पौड्यालले “सिसा, शीत र प्रिया”, “सम्राट र बच्चाहरू” र “पहाड र हामी” शीर्षकका कविता वाचन गरेका थिए । १२. सुरेन्द्र अस्तफलको “प्रिय बुद्ध” — यस कवितामा कवि अस्तफलले आफू घरव्यवहार, संसार, जिम्मेवारी सबै छोडेर बुद्धजस्तो त्यागी बन्न नसक्ने, तर उनका आदर्शबाट प्रेरित भने हुन सक्ने अभिव्यक्ति दिएका छन् । आफू संसारी भएको यथार्थलाई स्वीकार गर्दै उनले बुद्धको “निरञ्जना नदीको तट”को विम्ब आफू वरिपरि रहेको स्वीकारोक्ति गरेका छन्, जसको अर्थ हो, बुद्धको कंटकाकीर्ण मार्ग सांसारिकहरूका लागि व्यावहारिक नभए पनि उनको आदर्शबाट अनुप्राणित हुन सम्भव छ, जुन कुरा कविताले बोलेको छ । र, यो यथार्थ पनि हो । यस अर्थमा, कवि अस्तफलको यो कविता इमान्दार र सुन्दर छ । समीक्षक पाैड्यालको सुन्दर समीक्षाअघि कार्यक्रममा चिसापका पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्ले, बालकृष्ण थपलिया र डा. कृष्णप्रसाद पौडेल, सुमित्रा न्यौपानेले कार्यक्रमको सफलताको कामना गर्दै असल श्रोताको रूपमा कार्यक्रमको अन्त्यसम्म रहने बताउनुभएको थियो । यस गोष्ठीको अन्त्यमा नियात्राकार तथा समाजसेवी जीवा लामिछानेले जर्मनीबाट सबैलाई शुभकामना दिँदै र गोष्ठीले आफूलाई रोमाञ्चित तुल्याएको जनाउनुभयो । आफूले कविता नलेखे पनि सानैदेखि बुबाबाट सुनेका “रामायण”, “महाभारत” र “गुणरत्नमाला”ले कविता प्रतिको मोह सिर्जना गरेको बताउनुभयो । जगन्नाथ गुरागाइँको “गुणरत्नमाला” त आधाभन्दा पनि बढी आफूलाई कण्ठ रहेको भन्दै लामिछानेले यसबाट एउटा प्रख्यात श्लोक पनि वाचन गरेर सुनाउनु भएको थियो, जुन यस्तो थियो— “मुसाको सिङ मिल्ला बरू कतै संसार घुम्ने गरे । प्राणै देऊ परन्तु मूर्ख कहिल्यै रिझ्दैन कस्तै गरे ।” उहाँले “गुणरत्नमाला”ले जीवनका आदर्श र नैतिकताका साथै व्यापारका सूत्र पनि सिकाएको जिकिर गर्नुभयो । उहाँले अन्त्यमा आफ्नो नयाँ नियात्रा सङ्ग्रह “देश–देशावर” छिटै पाठकसामु आइपुग्ने पनि जानकारी दिनुभयो । ठूला: कोही प्रमाण पत्र, देखाउँदै हुन्छन् ठूला कोही दाह्री कपाल फुले, भन्दै हुन्छन् ठूला ~~~~~~~~~~~~ सम्मान त कमाउनु पर्छ, के मान्थ्यो र ऊ कोही घमण्डी कुरा, सुनाउँदै हुन्छन् ठूला ~~~~~~~~~~~~~ खोजी अरुको खराबी, अज्ञानी देखाउन कोही शास्त्र छिचोलेको, गर्जंदै हुन्छन् ठूला ~~~~~~~~~~~~~~ माया र सद्भाव बाँडी, सबै समान देख्ने कोही त आफ्ना विगत, सम्झँदै हुन्छन् ठूला ~~~~~~~~~~~~~~ बुझ्नै सकेन समीपले, अर्थ के ठूला को कोही साना अनुभव, बटुल्दै हुन्छन् ठूला ~~~~~~~~~~~~~~~ साउदी अरब हजार बढी श्रष्टाकाे विरोधमा एक्यबद्धता: भारतले नेपाली भूमिमा भारतीय लिङ्क रोड बनाएको विरोधमा एक हजार भन्दा बढी श्रष्टा आबद्ध भएको संस्थाहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकारको नालायकीपनको पनि भत्सर्ना गरेका छन् । विश्व कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएको र नेपाल भारत दुवै देशमा बन्दाबन्दी (लक डाउन) रहेको मौका छोपेर कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला – लिपुलेक लिङ्क रोड (नयाँ सडक) बनाएकोमा विरोध गरेका हुन् । त्यत्रो सडक बनेर भारतका गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरिसक्दा पनि नेपाल सरकारलाई थाहा नभएको कुरा पढ्न पाउनु सबै श्रष्टाहरुका लागि लज्जाको विषय भएको विज्ञप्तिमा जनाइएको छ । ‘देशको भूभाग अतिक्रमण गरेर भारतले नयाँ नक्सा बनाई विश्वमाझ सार्वजनिक गर्दा समेत आफ्नो वास्तविक र आधिकारिक नक्सा सार्वजनिक गरी मिचिएको भूभाग दाबी गर्नु त कहाँ हो कहाँ विदेशीले नेपाली माटोमा ८० कि.मि. पक्की सडक निर्माण गरिसक्दा पनि थाहा नपाउनु लज्जाको विषय भएको छ,’ विज्ञप्तिमा भनिएको छ । सन् २०१५ मै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधान मन्त्री लि खस्याङले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा विकास गर्ने भनी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । त्यति वेला नै नेपालले कडा रूपमा आपत्ति जनाई त्यसका विरुद्धमा विश्व जनसमुदायमा आफ्नो प्रस्ट अडान राख्न सकेन । नेपाली जमीन कब्जा गरेर भारतीय पक्षद्वारा निर्माण गरिएको सडक त्यसैको परिणाम थियो । सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको रहेको स्पष्ट उल्लेख छ । महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भएकाले लिम्पियाधुरा–लिपुलेक–कालापानीसम्मको ३७२ वर्ग कि.मि. भूभाग नेपालको हो । ‘नेपाली भूमिमाथि भारतद्वारा गरिएको यो नाङ्गो हस्तक्षेपको हामी घोर भत्सर्ना गर्दछौँ, साथै नेपाल सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न समेत आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । आफ्नो भूमि फिर्ता लिन स्रष्टासँगै आम जनता पनि एकजुट हुन स्रष्टाहरुले विज्ञप्तिमार्फत अपिल गरेका छन् । उक्त विरोध कार्यक्रममा सहभागी हुनेहरुमा साहित्यपोस्ट डट कम, बुकाहोलिक्स, प्रगतिशील लेखक संघ, नेपाली लेखक सङ्घ, पारिजात स्मृति केन्द्र, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, हेटौंडा, रमेश विकल साहित्य प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल साहित्यिक पत्रकार संघ, इच्छुक सांस्कृतिक प्रतिष्ठान, शिवपुरी साहित्य समाज, साहित्यिक पत्रकार सङ्घ, शंकर लामिछाने स्मृति प्रतिष्ठान, भैरव पुरस्कार गुठी, साहित्य सन्ध्या, नेपाल, जनमत वाङ्मय प्रतिष्ठान, नेपाल, माक्र्सीय गुरुकुल, इन्द्रेणी साँस्कृतिक समाज, कीर्तिपुर, साहित्य सङ्गम, चितवन, कौसिकी वाङ्मय प्रतिष्ठान, दायित्व वाङमय प्रतिष्ठान, नेपाल, भवानी घिमिरे स्मृति प्रतिष्ठान, नेपाल, लघुकथा समाज नेपाल, स्रष्टा चैत्र–३०, सिर्जना चैत्र–३, नेपाल वाङ्मय परिषद, नागार्जुन साहित्य प्रतिष्ठान, गण्डकी साहित्य सङ्गम, सर्वदा वाङ्मय प्रतिष्ठान, इन्द्रेणी साहित्य समाज, साहित्य सदन, नेपाल, न्ह्यज्या खलस् , थिमि, शिल्पी नाट्य समूह, निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, सिर्जना तरेली साहित्य समाज, हाइकु सङ्घ, प्रतिभा–प्रवाह, दुधौली प्रज्ञा प्रतिष्ठान, सिन्धुली सन्देश, बीडी त्यागी साहित्य स्मृति प्रतिष्ठान, सगरमाथा वाङमय प्रतिष्ठान, जन्मभूमि नेपाल साहित्य समाज, संगम साँस्कृतिक मञ्च, नेपाल, जरा फाउन्डेसन,नेपाल, नोबेल साकोस साहित्य संस्था, निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, उन्मुक्त पुस्ता, नेपाल दलित साँस्कृतिक प्रतिष्ठान छन् । भारतीय अतिक्रमणको बिरोध गर्दै आन्दोलनकारीहरु । (फाइल तस्विर : देशसञ्चार) भारतको दादागिरीलाई श्रष्टाहरुले चरणबद्ध विरोध गर्ने जनाएका छन् । वृक्ष: मानिसहरू मलाई एक्लै उभिएको देख्छन् हावाहुरी, घामपानी पहिरो, बाढी र मान्छेको विषादीयुक्त कालो स्वार्थजस्ता अनेकौं प्रतिकूलताहरूको बीचमा एक्लै उभिनु त साह्रै गाह्रो काम हो एक्लो शक्ति एक्लो आकांक्षा र, एक्लो प्रयत्न कहाँ उभिन सक्छ र बलियोसँग ? मलाई थाहा छ मसँग थुप्रै जराहरू छन् जमिन मुनिबाट जराहरूले कसरी अड्याएका छन् जमिनमाथिको मलाई ! मानिसहरू मलाई एक्लै उभिएको देख्छन् तर म एक्लो कहाँ छु ! मेरो शक्ति र सामथ्र्य मेरा जराहरू हुन् । किन: जिन्दगीमा बदनामको आगो लगायौँ किन ? आज सबका सामु तमासा बनायौ किन ? दोष जति सबै मेरो टाउकोमा नै थुपारी पानीमाथिको ओभानो बन्न खोज्यौ किन ? नानाथरी आश्वासनले कति पटक बाँधिएँ म आज फेरि त्यही गाँठो तिम्ले फुकायौ किन ? भन्न त सबै भन्थे यस्तै हुन्छ नि प्रेममा खोटो सिक्का यही बजारमा चलायौ किन ? फिर्ती: गलेर लखतरान हुँदै आफ्नो गाउँको प्रवेश गर्ने बाटो छेउको चौतारीमा साँझपख बिसाउन पुग्छ राजु। ऊ कयौँ माइल हिँड्दै त्यसबखत त्यहाँ पुगेको थियो। गर्मीको मौसम भए पनि वरपीपलको शितल छायाँ, चराचुरुङ्गीको मधुर आवाज, चारैतिर हरियाली, खुलापन र एक किसिमको कोलाहलविहीन मन नै हलुङ्गो हुने वसन्त ऋतुको मनोरम वातावरणमा पनि उसको मन भने भारी थियो। उसको अनुहारमा उदासी र लज्जाभाव पनि प्रष्टै देखिन्थ्यो । कसैले देखी हाल्छन् कि भन्ने चिन्ताभावले बाटोतिर पल्याकपुलुक हेर्दै गर्थ्यो ऊ। त्यत्तिकैमा शीरमाथि वरको पाकेको एउटा दाना खस्दा ऊ झल्याँस्स ब्युँझन पुग्छ। गाउँको चौतारीमा पुगेको सपना देखेको रहेछ उसले। बाथरुम गएर हातमुख धोई खाटमा थचक्क के बसेको मात्र हुन्छ, १२ वर्षअगाडि गाउँ छोड्दा चौतारीअगाडि पुछार घरे काकीले सम्झाउँदै गरेको कुरा उसको आँखाअगाडि दौडेको देख्न थाल्छ, चलचित्रको दृश्यझैँ । ‘कता हिँडेका नानी?’ चौतारामा भेटिएकी पुछार घरे काकीले सोधेकी थिइन्, उसलाई। यति मात्र होइन, उनले थपेकी थिइन्, ‘तिमी पनि गाउँ छाडिरहेका हौ कि? दिनदिनै गाउँ छाड्ने लर्कोले आज गाउँ सुकेका रुखहरु ठडिएको पतझडको जङ्गलझैँ भएको छ। सिङ्गो गाउँ वृद्धाश्रममा परिणत होला भन्ने डरले सताएको छ हामीजस्ता बुढाबुढीलाई । आफ्नो जन्मेको ठाउँ, आफ्नो गाउँ त स्वर्ग हो बाबु ! गाउँ छोडेर जानु हुँदैन, बरु गाउँलाई सिंगार्नु पर्छ, सजाउनु पर्छ, जोगाउनु पर्छ बाबु!’ गहभरि आँसु पार्दै सम्झाएकी थिईन उनीले तर उनको कारूणिक अभिव्यक्तिले एकरत्ति पनि छोएन उसलाई। गाउँ केवल अन्धकारमा डुबेको मानवबस्ती थियो उसका लागि। ‘गाउँमा सम्भावना छैन काकी, शहर जस्तो विकास छैन। विकास नभएपछि भविष्य पनि छैन। गाउँमा बसेर के गर्नु?’ उसले ती काकीलाई प्रश्न गर्\u200dयो? काकीले फेरि सम्झाउने भाकामा भनिन्\u200c, ‘बाबु, म पढेलेखेकी त छैन। त्यसैले धेरै कुरा मलाई थाहा हुन्न तर मलाई लागेको कुरा बाबुलाई भन्छु- गाउँमा पनि विकास त हुनुपर्छ अवश्य पनि तर गाउँ जति विकास भए पनि सधैँ गाउँजस्तै हुनुपर्छ बाबु, शहर जस्तो होइन। खनजोत, गोडमेल गरेर, बोटवृक्ष र बाली लगाएर धर्तीमाताको सेवा गर्ने अवसर गाउँमा हुनुपर्छ। बिहान आँखा उघार्दा लहलह अन्न झुलेका खेतका फाँट देख्न र साँझमा बास बस्ने चराचुरुङ्गीको चिरबिरचिरबिर आवाज सुन्न पाउनु पर्छ। गाउँमा व्यक्ति व्यक्ति एकआपसमा पराइजस्तो होइन, आदर र स्नेहसहित आफन्तको गाढा सम्बन्धमा बाँधिएको हुनुपर्छ। खै अरु त के भनु र बाबु तिमीलाई तर मलाई थाहा छ, खनीखोस्री गरी हातमुख जोर्ने सम्भावना कहिल्यै मर्दैन गाउँमा, आपतविपतमा गाउँ नै काम लाग्छ बाबु।’ मुखले कुनै नकारात्मक प्रतिकृया त दिएन उसले ती काकीलाई तर मनमनै बकबास भन्दै बरु कहिल्यै पनि यो चौतारी टेक्न नपरोस्\u200c भन्दै हिडेँको थियो ऊ। गाउँलाई तत्कालबाट नै सधैँको लागि बिर्सन चाहन्थ्यो। त्यसैले गाउँ छोड्दै गर्दा उसले एक नजर पनि पछाडि फर्किएर हेरेन। वास्तवमा एउटा निर्दयी मान्छेजस्तै गाउँबाट हिँडेदेखि ऊ कहिल्यै फर्किएको थिएन। आफू जन्मेहुर्केको ठाउँ भए पनि परिचयमा उसले कहिल्यै गाउँको नाम जोड्\u200cन चाहेन। एक किसिमले भन्दा उसले गाउँलाई पूरापूर बिर्सेको थियो। गाउँले जीवन प्रतिको विरक्ति पछाडि त्यति ठूलो कारण थिएन उसको, थियो त केवल आधुनिकतामा रमाउने जीजिविषा। शहर भित्रिएसँगै आफ्ना सबै पौरख शहरका लागि खर्चियो। शहरमा रमायो। उसलाई विश्वास थियो, शहरले उसलाई सबै चिज दिएको थियो यस १२ वर्षसम्मको अवधिमा; उसले सोचेको आधुनिक जीवन। त्यसैले ऊ आफूलाई शहरिया भएकोमा ज्यादै गौरव महसुस गर्दथ्यो। यता कोरोनाको महामारीसँगै एकाएक शहरको व्यस्तता घट्न गयो। शहरको तामझाम हरायो। मानिस कंक्रिटको जंगलरुपी घरमा खुम्चिन थाले। राजुको पनि आम शहरिया मानिसको जस्तै नियति बन्यो। उसको जिन्दगी पनि कोठामा सीमित हुन पुग्यो। टिभी, इन्टरनेट र सामाजिक सञ्जाल चलाउँदा चलाउँदा ऊ वाक्क भइसकेको थियो। झन् बेरोजगार नै बस्नु परेकोले आर्थिक संकटले उसलाई घेराबन्दी पार्दै लग्यो। कोरोनाको कहर सकिने तत्कालै कुनै संभावना त थिएन, बरु पैसा सकिएर अब बहाल तिर्न र हातमुख जोर्न धौधौ पर्न थालेको थियो उसलाई। त्यति धनी शहर उसका लागि भिखारीको देश र आफू भीख नपाएको भिखारी जस्तै बनेको थियो। भर्चुअल वर्ल्डमा औपचारिकताका लागि हाल खबर सोध्ने त सयौँ हुन्थे तर साँचो अर्थमा परे सहयोग गर्ने कोही थिएन त्यत्रो भीडभाड हुने शहरमा। अहो! कस्तो निर्दयी हुने रहेछ सहर! झन् संकटको बेलामा त कति कति ! “खनि खोस्री गरी हातमुख जोर्ने सम्भावना कहिल्यै मर्दैन गाउँमा, आपत विपतमा गाउँ नै काम लाग्छ!” पुछार घरे काकीले गहभरि आँसु पार्दै सम्झाएको कुरा उसले फेरि सम्झियो। सानैमा आमाबाबु दुवै जना गुमाएर टुहुरो भए पनि आफन्तले उसलाई हैसियतअनुसार राम्रैसँग पालेका थिए। टुहुरो भनी कसैले हेलाहोचो गरेनन् बरु गाउँभरि सबैले विशेष माया र सद्भाव राखेका थिए, उसप्रति। गाउँ छँदा कुनै दिन भोकै बस्नु परेको उसलाई याद थिएन। अब ती अतीत झलझली सम्झँदै कति मूल्यवान् रहेछन् उसका लागि भन्ने महसुस गर्न थाल्छ । १२ वर्षमा खोला पनि फर्किन्छ भनेझैं उसले बल्ल गाउँको महत्त्व बुझेको थियो। अनि कस्तुरी मृगले विणा खोजैझैँ भ्रममा परेर शहर पसेको जस्तो लाग्यो उसलाई। भित्रभित्रै निस्सासिएझैं भयो ऊ। भुरुर्र उडेर एक निमेषमै गाउँ पुगूँ, बाल्यकालमा खेलेको आँगनका धुलाहरुमा त्यसरी नै एकपल्ट धित मर्ने गरी लडिबुडी खेली सहजताले श्वास फेरूँझैं लाग्न थाल्यो। तर उसलाई यति धेरै निन्दा गरेको गाउँ फेरि कुन मुख लिएर फर्किनु होला भन्ने हीनताबोधले सताइरहेको थियो। एकछिनको छटपटीपछि एउटा सानो भिर्ने झोला मात्र बोकेर ऊ लाग्यो आफू जन्मेको गाउँतर्फ, सधैँका लागि। कौशलटार, २०७७।०१।०९ मंगलबार। खलाँसी: एउटा मैलो ध्वाँसे रङको चेग्वेरा टी-शर्ट बाहिर जम्मै टाँक फुस्केको कमिज लगाएको थोरै लामो कपाल पालेको एक कानमा मुन्द्रा समेत लगाएको कतै रंगीन र कतै खुइलिएर सेतो धब्बा भैसकेको पेटी बाँधेको ठाउँ ठाउँमा घोट्टिएर र च्यातिएर अलिकति घुंडा समेत देखिएको धोल्ले जिन्स पाइन्ट पहिरेको पातलो, स्यांखुले मानिस जब तिर्खाले आत्तिएर खिइएको चप्पल पड्काउँदै साँझमा तल सडकबाट एक अंखोरा पानी माग्न आएको थियो मैले उसलाई खलाँसी भनेर चिनिहालें र पानीको साटो मोही दिएर पठाएँ | श्रीमान्, हजुरले के सोचिबक्स्यो कुन्नि, मलाई मेरै सासुआमाले भन्नुभएको हो- “टाढाको यात्रामा खलाँसीभन्दा भगवान अरु हुनै सक्तैन र उसको गुन पुरै तिर्न पनि सकिंदैन ! एउटा दुधे बालकलाई काखमा च्यापेर अर्कोलाई बायाँ हातको औंलाले डोर्याएर पीपी झोलामा यावत लुगाफाटा र अरु कुराहरु अटेसमटेस खाँदेर सकी नसकी बोक्दै भाइसंग बिदाइको हात हल्लाएर उतिबेला म बन्दीपुरबाट बिराटनगर जाँदा हात तानेर मलाई बसमा चढाईदिने हात थामेर मलाई बसबाट झराइदिने एकैछिन बच्चालाई काखमा लिईदिने उसको दाजुलाई ललिपप किनेर ल्याइदिने र मलाई प्लास्टिकको झोला हातमा थमाएर उल्टी नआउने दवाई खोज्न दगुर्ने कहिले झ्याल खोलिदिने र कहिले त्यही बन्द गरिदिने कहिले सीट उठाइदिने र कहिले त्यही सुताइदिने अन्तिम स्टेशन पुगेपछि पनि फेरि ऊ… परको रिक्सा बोलाएर मेरा केटाकेटी र झोला समेत चढाएर मन्दिरको बायाँतर्फको गल्ली देखाउंदै मलाई यहाँसम्म पुर्याईदिन लगाउने बाटोको मेरो यौटै भगवान् उही थियो |” श्रीमान्, आमाको काखको त्यो दुधे बालक जरुर पनि हजुर नै हुनुपर्छ| आमा भन्नुहुन्थ्यो- “जसका आँखा दूरबीनजस्ता तीक्ष्ण र मन नौनी जस्तो कोमल हुन्छ, कालकुट बिष समेत पचाउन सक्ने जसको निलकन्ठको जस्तो घांटी हुन्छ हेर्दा जस्तोसुकै होस् ऊ जो बुध्द र मुहम्मदले झैं सबैको सबैबेला ख्याल राख्छ र सबैलाई उसैगरी सेवा गर्छ जो वृन्दावनका कृष्णले जस्तै हाँस्दै, हँसाउदै, नाच्दै, नचाउँदै आफू किन्चित नसुतेर सुतेकालाई समेत उठाएर गन्तब्यमा झारिदिन्छ त्यो भगवान नभए अर्को को हुन्छ ?” जब जब घरमा कुनै खलाँसीको कुरा उठ्थ्यो आमाको अनुहार धपक्क बल्थ्यो र उसैलाई सम्झेर आमा भन्नहुन्थ्यो – “बुहारी, टाढाको असजिलो यात्रामा खलाँसीभन्दा अर्को भगवान कुनै हुनै सक्तैन !” बहादुर शाहको नेपाल खोजौँ: पुर्खाको रगतले सिन्चित मेरो देशको माटो योद्दाको खुँडा र खुकुरीको निसानिले कोरिएको मेरो बाटो त्यही माटोबाट सिर्जित म त्यही बाटोबाट बढ्दै गरेको मेरो पाइला कसरी सहन सक्छु? कालापानी लिपुलेक र लिम्पियाधुरामा भएको विस्तारवादको नाङ्गो हस्तक्षेप? त्यही सुनेर त मेरो नसा नसामा रगत उम्लिएर आउँछ प्रचण्ड गर्मी भएर पनि दाह्रा किटेर काम छुट्छ साँहिला दाइ धामी बस्ता कामेजस्तै! श्रीरामले राज्य गरेको रामराज्यको देश चाणक्य जन्मिएको चाणक्यको देश साधु सन्त र महन्तले राज्य गर्दै गरेको देश लज्जाबोध भएर आउँछ तिम्रा हर्कतहरु हेर्दा र सुन्दा, कालीनदी महांकाल भएर लिम्पियाधुरको पाठेघरबाट प्राकृतिक रजस्वला भएकी छन् खबरदार छिमेकि ऋषिमुनिहरु, हिन्दू संस्कारमा रजस्वला भएकी नारीलाई कसैले छुने अधिकार छैन! कयौँ किलोमिटर नाघेर तिमीले निर्मित गरेको तिर्तिरे धारो, सानो पोखरी अनि नक्कली कालीको मन्दिर कुनै साम्राज्य गुलाम कम्पनीको मान्य होला हजारौँ वर्षसम्म स्वतन्त्र देश र जनताले स्वीकार्न सक्तैन बरु शान्त भएर सोच, जम्मु र कस्मीरमा तिम्रा सीमा रक्षा गरेर बसेका हजारौँ वीरहरुका पश्चिम फर्किएका हतियारका ताँती पूर्वदक्षिण दिल्लीतर्फ सोझिएलान्? सम्झ त! तिम्रो गुडिरहेको रेलमा सामूहिक बलात्कारको दुस्साहस हुँदै गर्दा एउटा खुकुरीको भरमा चालिसौँ शीर छेदन भएको साहसिक गोर्खालीको ज्वलन्त इतिहास! छिमेकीको तलुवा चाटेर आफ्नो घरमा डडेलो लगाउने हे मेरो देशका धुन्धुकारीहरु हो त्यही आमाको काखमा पिसाब फेर्दै जवान भयौ र जवानीको जोशमा आमाकै कोखमा लात हानेर बिरामी बनायौ तिम्रा उन्मादका हिसाब किताब लाखौँ मजस्ता देशभक्त सन्तान हुर्कंदैछौँ देशद्रोहीसँग अवश्य बदला लिनेछौँ। मैले सुनेकी थिएँ, सिक्किमका लेन्डुप दोर्जेलाई ज्वाइँ बनाएर सिक्किम निल्यौ रे! नठान केपी, प्रचण्ड र शेरबहादुरहरु तिम्रा ज्वाइँ हुन् र तिम्रै घोडाका सवार हुन् भन्ने बरु नेपाली वीर यौद्धा बहादुर शाहको नेपाल खोज्न हुँकार गर्नेछन् र तीन करोड जनता शीरमा सगरमाथा बोकेर लिम्पियाधुराबाट निस्किएको माहाकालीको जलले स्नान गर्दै गोर्खाली माटोको निधारमा टीका लगाउँदै दस गजामा भीमसेन भएर उत्रने छन् आफ्नो प्यारो माटोमा,आफ्नै प्रियआमाको लागि रगत बगाउँदै,जीवन उत्सर्ग गर्नेछ्न्। गजल: थोरै तर्साएजस्तो गर्छ, थोरै सम्झाएजस्तो गर्छ यो वर्तमानदेखि , समय स्वयं रिसाएजस्तो गर्छ आँखै अगाडि छन् कयौँ दर्दनाक दृष्यहरु खासमा ब्युँझनु पर्ने मान्छे नै निदाएजस्तो गर्छ सपना, विश्वास, भरोसा बाहिरिए एक-एक गरी सम्भावनाहरु यसरी नै हराएजस्तो गर्छ चाउरी परेको को हुन सक्ला त्यो देशजस्तै मान्छे घरी रोएजस्तो गर्छ, घरी टोलाएजस्तो गर्छ कोषौँ हिड्नुछ, घर पुग्नु छ, बा-आमालाई भेट्नुछ यत्ति आसले भोको पेट पनि मुस्कुराएजस्तो गर्छ । जापान (गिरिजा गैरे हाल अनेसास जापानका अध्यक्ष हुनुहुन्छ।) कोभिड–१९ र भोको पेटको चित्कार\xa0: ए हजूर, दिनहुँ भोक बोकेर मृत्युसँग लडिरहने गरीबको रित्तो पेट यो कोरोना भाइरसले भर्छ कि भर्दैन? गरीबको भोक झेल्ने इम्युन सिस्टमसँग कोभिड–१९ को सेना युद्ध लड्छ कि लड्दैन? खान पाउँ बाँच्न पाउँ हजूर भनी गरीबको मुटुले हारगोहार गरिरहेको ढुकढुकी यो कोरोना भाइरसले सुन्छ कि सुन्दैन? कहिल्यै धीत मारेर पिउन नपाएका गरीबका ओठहरुका अतृप्त प्यासहरु यो कोरोना भाइरसले मेट्छ कि मेट्दैन? लकडाउन छ साँघुरा गल्लीहरु र मैला झुपडीहरुतिर छिरेर कुनाकाप्चामा एकान्तवास गरिरहेका परित्यक्त जीर्ण शरीरका बा आमाहरु र असहाय बालबालिकाहरुको घाँटी यो कोरोना भाइरसले रेट्छ कि रेट्दैन? रित्तो चुलो असरल्ल छरिएका भाँडाकुँडाहरु भुन्भुन्ती झिंगा भन्किएका सडेगलेका राशहरुमा मृत्युको खील यो कोरोना भाइरसले गाड्छ कि गाड्दैन? उजाड छानामुनि बस्ने चर्किएको भित्तामा ओत लिएका घैमलको राशमा जिउने इम्युन बढाउने खान्की कहिल्यै नदेखेका स्यानिटाइजर कहिल्यै नछुएका निमुखालाई ए हजूर, यो कोरोना भाइरसले खोजी खोजी शिकार गर्छ कि गर्दैन? चरम गरीबीमा जिउने आँत सुकिरहेका भोकले क्रमशः मरिरहेका जीर्ण शरीरका लागि ए हजूर, यो कोरोना भन्ने जिनिस माथि माथि घाँटीमा र छातीमा मात्र बस्छ कि तल रित्तो भोको पेटतिर पनि झर्छ? किन रचिन्छ कविता ?: अव्यक्त भावनालाई व्यर्थिनु भन्दा सिर्जनाको माध्यम हो कविता हृदयभित्र गुम्सिएको वेदनाको भेललाई निकास दिने यो एक सरिता होइन है केवल नामको प्यास मेटाउन गाइएको एकोहोरो गाथा न त हो कसैको बयानमा समर्पित प्रशंसारुपी भ्रामक महत्ता दर्शाउँछ यसले एक्लै पिरोलिएका घायल मनको वास्तविक अवस्था कागजमा उतारिएका लिपी मात्र हैन, मिश्रित यसमा वैराग एवं तिक्तता एक्लोपनको अनन्य मित्र, कवि हृदयद्वारा प्रष्फुठित कारुणिक यथार्थता धर्मभीरु वा कुनै पक्षको निकट नभइ, यसमा समाहित अनौठो बेग्लै व्यवस्था बस् यही कोरा कागजमा त उतारिन्छ उकुस-मुकुस मानव मनका व्यथा ज्ञात नै छ सबमा, जिन्दगी घाम-पानी घोलिएको इन्द्रेणी रंगीन र सफेद कथा आक्रोश, चिन्ता र बैमनस्यता मात्र कहाँ हो र ! प्रिय जनमाझ हाँसो पोख्ने दन्तलहर पनि त हो यो प्यारो कविता को आफ्नो ? को विरानो ? हरेक चाडपर्वको खुसीयाली होस् या आओस कुनै विशेष उत्सव यिनकै पंक्तिको गुंजनले झंकृत हुन्छन् श्रोताजनका हरेक अवयव प्रसन्न हुन्छन् कवि महोदय स्वागत गरे गोष्ठीमा दर्शकले हाँसि दुखान्त भए कविता, चल्न पनि सक्छ भावनात्मक भएर रुवाबासी बाँच्न सक्दैन सिर्जना प्रशंसकबिना, गुम्सिन्छ भित्र भित्रै निस्सासिइ कर्णप्रिय मार्मिक कविताका तारीफ सदैव गर्छन् यहाँ सारा जगतवासी दोष: सानो छँदा छोराले छिमेकीको काँक्रा चोर्\u200dयो मेरो छोराले हुँदै हैन भन्यौ आमा छोराको ओड पस्यौ छिमेकीलाई दोष दियौ छोरालाई सफाई साथीसँग खेल्दाखेल्दै झगडा भयो त्यै मोरो छुच्चो भन्यौ आमा छोराको गुन गायौ छोराको साथीलाई दोष दियौ छोरालाई सफाई छोरो बरालिँदै हिँड्न थाल्यो साथीहरु खराब भए भन्यौ आमा छोरालाई चोखो पार्\u200dयौ संगतलाई दोष दियौ छोरालाई सफाई बाटो हिँड्ने केटी जिस्क्यायो रे छोरोले त्यै मोरी उत्ताउली थी भन्यौ आमा हिंसालाई साथ दियौ पराईलाई दोष दियौ आफ्नालाई सफाई ढोका थुनीथुनी बुहारी कुट्यो छोराले त्यै राँडीको बेहोरा छैन भन्यौ आमा अपराधलाई बाटो दियौ पीडितलाई दोष दियौ अपराधीलाई सफाई अब बूढी भयौ आमा, आँखा पनि देख्न छाड्यौ कान पनि सुन्न छाड्यौ, हिँड्न पनि सक्न छाड्यौ छोरोले डोर्\u200dयाउँदै वृद्धा आश्रम पुर्\u200dयाइदियो कसलाई दोष दिन्छौ आमा, अब कसलाई दोष दिन्छौ आमा? न्युजिल्यान्डमा साहित्यिक गतिविधि सन्तोषजनक: नेपालभन्दा लगभग दुई गुणा ठूलो क्षेत्रफल तथा जनसंख्याका दृष्टिले ५ गुणा कम आवादी रहेको टापु देश न्युजिल्याण्ड संसारकै कुनामा अवस्थित भए पनि प्रवासी नेपालीहरुको अनुमानित सङ्ख्या २०,००० रहेको बताइन्छ । विगत तीन दशकदेखि यहाँ आउने पुस्ता र पछिल्लो पुस्ताले नेपाली संस्कृति, भाषा र साहित्यलाई संरक्षण गर्ने प्रयत्न गर्दै आएको छ । फिँजारिएर रहेका शहर-बस्तीहरु, परदेशको सङ्घर्ष तथा अल्पसंख्यक हुँदाका समस्याले नेपालीपनलाई मलजल गर्न गाह्रो भएको सबैको तर्कना हुने गरेको छ । यी सबै विषमताका बावजुद नेपाली भाषा र साहित्यका सवालमा काम नभएका भने होइनन् । नेपाली भाषा, साहित्य एवं वाङ्मयप्रतिको मोह तथा जिम्मेवारीलाई महसुस गर्दै २०७३ सालमा न्युजिल्यान्डमा पनि नेपाली साहित्य समाजको स्थापना भएको थियाो । आफ्नो भाषा र संस्कृतिको संरक्षण मात्र नभएर नेपालीहरुको पातलो जनसङ्ख्याबीच, पाठक र श्रोताविहीन सृष्टाहरुको मनोबललाई उँचो बनाउँदै नेपाली भाषा र साहित्यलाई पोषित गर्न कुनै न कुनै साहित्यिक संस्थाको आवश्यकता थियो । नेपाली समुदायका विभिन्न संस्थाहरुले पनि यो जिम्मेवारीलाई भरथेग गरिरहेका थिए र त्यो क्रम जारी नै छ । अक्ल्याण्ड र क्राइस्टचर्चका संस्थाहरुद्वरा नेपाली कक्षा सञ्चालनको क्रम सुरु भइसकेको थियो । अक्ल्याण्ड, क्राइस्टचर्च, हेमिल्टन तथा डनिडनका स्थानीय एफएममा रेडियो कार्यक्रमहरुमार्फत नेपाली आवाज सुनिन थालिसकेको थियो । नेपाली भाषी भुटानी महानुभावहरुले झन् सक्रिय रुपमा नेपाली भाषा र साहित्यलाई धेरै समयदेखि नै टेवा पुर्\u200dयाउँदै हुनुहुन्छ । जनवरी १२, २०२० मा अकल्याण्डमा प्रसिद्ध कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा साहित्यिक एवं सम्मान कार्यक्रम सम्पन्न भयो । ‘न्युजिल्याण्ड नेपाली साहित्य वाङ्मय सम्मान २०२०’मार्फत कवि अधिकारीलाई सम्मानित गरियो । करिब ७० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कवि अधिकारीबाहेक दर्जन जति स्रस्टाले आफ्ना रचना पनि प्रस्तुत गर्नु भएको थियो भने दिनेश अधिकारीकै शब्दमा सृजित केही गीतहरुमा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति एवं नृत्य प्रस्तुत गर्नु भएको थियो । समाजले नियमित साप्ताहिक फेसबुक लाइभ साहित्यिक वाचन कार्यक्रम पनि गर्दै आएको छ । यति मात्र होइन, त्रैमासिक रुपमा पत्रिका प्रकाशन तथा सान्दर्भिक साहित्यिक गोष्ठी, कार्यशाला र प्रतियोगिता पनि आयोजना गर्ने तयारी भइरहेको छ । गैर आवासीय नेपाली संघले अन्तर्राष्ट्रिय समितिमा रहेको भाषा साहित्य संस्कृति प्रवर्द्धन समितिमा प्रथम पटक न्युजिल्याण्डबाट पनि प्रतिनिधित्व प्राप्त गरेको छ । गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले डिसेम्बर २०१९ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा आयोजना गरेको साहित्यिक अन्तर्क्रियात्मक कार्यक्रमले उक्त संस्था पनि नेपाली भाषा साहित्यलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको देखाउँछ । यसैगरी नेपाली भाषी भुटानी संस्थाहरुले पनि नेपाली साहित्यसम्बन्धी सम्मेलन भव्य रुपमा सम्पन्न गर्नु भएको छ । न्युजिल्याण्डमा नेपाली भाषा र साहित्यलाई पोषित गर्न सबैभन्दा ठूलो भूमिका नेपाली भाषी भुटानीहरूको निकै ठूलो छ भन्दा अतिशयोक्ति नहोला । विश्व नेपाली साहित्य महासंघ, न्युजिल्यान्डले पनि साहित्यिक सरगर्मीलाई बढाएको छ । सामाजिक अभियन्ताहरुको समूह नेपाली प्रोफेसनल इन न्युजिल्याण्डले पनि पूर्व प्रशासक तथा लेखक प्रेमनिधि ज्ञवालीको पुस्तक “सिराने कान्छो”माथि परिचर्चा एवं संवाद कार्यक्रम आयोजना गरेको थियो । लेखक कपिल लोहनीको पुस्तक ‘विचार र अनुभूति’को परिचर्चा तथा साहित्यिक साक्षात्कार कार्यक्रमले धेरैलाई लेखनमा प्रेरणा प्रदान गरेको पाइन्छ । त्यसो त न्युजिल्याण्डका विभिन्न स्थानमा खोलिएका दुई दर्जन नेपाली संस्थाले कुनै न कुनै प्रकारले भाषा र साहित्यलाई संरक्षण गरेका नै छन् । विभिन्न संस्थाका मुखपत्र, स्मारिका वा पत्रिकाहरुले पनि नेपाली भाषा-साहित्यलाई प्रत्यक्ष वा परोक्ष रुपमा टेवा पुर्\u200dयाएको नै देखिन्छ । साहित्यलाई मलजल गर्न पठन संस्कृतिले पनि ठूलो भूमिका खेल्छ । नेपालबाटै लेख्ने कला लिएर आएकाहरुमा सीमित व्यक्तिहरुबाहेक अर्को पुस्तामा नेपाली साहित्य लेखन पुग्न नसकेको शैलेश कर्माचार्य बताउनुहुन्छ । साथै, आप्रवासी विद्यार्थीहरुको फरक प्राथमिकता र नयाँ पुस्तामा नेपालीभन्दा पनि अंग्रेजी सजिलै ग्राह्य भएकाले पनि स्थानीय नेपाली स्रष्टा जन्माउन गाह्रो भएको तर्क कर्माचार्यको छ । अध्ययनका लागि आउने विद्यार्थीहरुले यहाँको अध्यापन शैलीका कारणले पनि धेरै सामग्री पढ्नुपर्ने भएको र यसलाई सहयोग पुग्ने गरी सरकारी स्तरबाट पनि विभिन्न पुस्तकालयहरुको व्यवस्था भएकाले पठन संस्कृति भने उच्च रहेको प्राध्यापक डा. प्रकाश रञ्जितकार मान्नुहुन्छ । युनिभर्सिटी अफ अक्ल्याण्डमा प्राध्यापन गर्नुहुने डा. रञ्जितकारले नेपाली विद्यार्थीहरु मिहिनेती हुने भएकाले उचित पठन शैली अँगालेमा सजिलै सफलता मिल्ने कुरामा विश्वस्त हुनुहुन्छ । अक्ल्याण्डमा लामो समय बिताउनु भएका र निरन्तर नेपाली समुदायका क्रियाशील अभियन्ता राज महर्जनका विचार पनि समान छन् । लेखकले पाठकलाई छुने विषय उठान गर्दा लेखन र पठन दुवै अघि बढ्ने कुरामा उहाँको जोड छ । एक लेखक आफैँमा पाठक पनि हो किनकि कुनै स्तरीय लेख लेख्न विषयगत राम्रो अध्ययनको खाँचो हुन्छ तसर्थ पठन संस्कृति वा साहित्यलाई मलजल गर्न नियमित लेख्नु पर्ने सुझाउनुहुन्छ । न्युजिल्याण्डकै स्थानीय संस्था सोसाइटी अफ अथर्स, न्युजिल्याण्डकी सुजेन वेल्डले नेपाली र न्युजिल्याण्डका लेखकहरु मिलेर जान सकिने तथा नेपाली लेखकहरुलाई यहाँको लेखक संघ र कार्यक्रमा पनि सहभागी हुन अनुरोध पनि गर्नु भएको छ । न्युजिल्याण्डका स्रष्टाहरुको अग्रस्थानमा पशुपति कर्माचार्य, प्रा. पीताम्बर शर्मा, अरुण कार्की, राजुदेव अधिकारी, डा. महेन्द्र गिरी, दिवाकर भुजेल, डा. वीरेन्द्र केसी, शुलभ भारती, गोपाल पौडेल, विदुर पौडेल, अन्जान मुना, लीला अधिकारी, श्याम मधिकर्मी, डा. रमिल अधिकारी, मीना पौडेल, बुद्धिसागर घिमिरे इत्यादि हुनुहुन्छ भने अन्य स्रस्टाहरुमा विनोद भौकाजी, ओम बस्न्यात, राजन बस्नेत, बेदेन्द्र अधिकारी, युवराज भण्डारी, मोहन आचार्य, नमिता दवाडी, नगेन्द्र ढकाल, विपिन्द्र कोइराला, विष्णु बस्नेत, बिबिन घिमिरे, सुमित्रा प्रधान, समीर सिलवाल, राजिव आचार्य, सन्देश पन्थी, गंगा पौडेल, उज्जवल पौडेल, अनोज चालिसे, सत्यवती पौडेल लगायतका स्रष्टाहरु हुनुहुन्छ। विभिन्न विषयमा नियमित/अनियमित रुपमा अन्य महानुभावहरुले पनि कलम चलाएको पाइन्छ । पत्र-पत्रिका र ब्लगमा लेख्न रुचाउनेहरुमा बाबुराजा महर्जन, डा. जगमाया श्रेष्ठ, डा. निर्मल रिमाल, डा. भुवनेश्वर ढकाल, डा. चन्द्र पौडेल, डा. भोला प्रधान, प्रा.डा. राजेश ढकाल, राज महर्जन, शैलेश कर्माचार्य, प्रदीप रुपाखेती, त्रिभुवन श्रेष्ठ, डा. अच्युत अर्याल, ऋतुराज सापकोटा इत्यादि हुनुहुन्छ । साहित्यको मुख्य जग नै भाषा र सृजनशीलता हो । साहित्यको जगलाई दह्रो र दायरालाई बढाउँदै नेपाली साहित्य समाजका गतिविधिहरुको व्यापकता बढाइएको छ । अक्ल्याण्डमा केन्द्रीकृत साहित्यिक सक्रियता न्युजिल्याण्डभरि नै लगिएको छ । साउथ आइल्याण्ड र नर्थ आइल्याण्ड क्षेत्रीय समितिहरु गठन भई अधिकतम व्यक्तिहरुलाई समेट्ने प्रयास भइरहेको छ । स्थानीय संघ-संस्थाहरुको सकारात्मक सहयोग र शुभेच्छुकहरुको रचानात्मक सल्लाह कायम रहेको खण्डमा न्युजिल्याण्डको भूमिबाट पनि नेपाली साहित्यको योगदान पुर्\u200dयाउन सकिनेछ । (सुवेदी नेपाली साहित्य समाजका अध्यक्ष हुन् । उनी गैर आवासीय नेपाली संघको भाषा साहित्य संस्कृति सम्पदा प्रवर्द्धन समितिका सदस्य पनि हुन् ।) हाइकु: १. अचेल मान्छे रोगले भन्दा धेरै मर्छन् डरले ! २. गंगटा आफ्नै शरीर खुवाएरै पाल्छ सन्तान !! ३. ५/५ करोड सर्लप्पै पार्छन् नेता भोकै जनता !!! ४. विपक्ष पनि गए हुन्थ्यो कि सति मात्तियौ अति !!!! ५. पिएरै विष नीलकण्ठले पनि बचा थे देव ! किताब पढ्नुका फाइदा: जब मान्छे धेरै किताब पढ्छ, जिन्दगीमा अनेकन् परिवर्तनहरू आउँछन् । तीमध्ये केही परिवर्तन यस्ता छन्ः १. गरिब, दुःखी, बिरामी, वृद्ध-वृद्धा, भिखारीहरु पनि मान्छेका रूपमा देखिन थाल्छन् । २. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझ्न थालिन्छ । ३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ । ४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ । ५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ भन्ने जानिन्छ । ६. आमा-बुबाको मूल्य बुझिन्छ । ७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जीवन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ । जीवनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् । ८. सामाजिक सञ्जालमा जो मान्छे हँसिलो तस्बिर पोस्ट गर्छन्, वास्तवमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ । ९. प्रेम र कामवासनाको अन्तर बुझिन्छ । १०. स्वास्थ्य सबैभन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ । ११. राम्रा किताब पढ्ने मान्छेहरूले जीवनमा हार खाए पनि उनीहरूमा आत्महत्याको विचार दिमागमा आउँदैन । १२. जोसँग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि कहाँनेर छ भन्ने देखिन्छ । १२. जीवनमा शिक्षाको महत्त्व बुझिन्छ । १३. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्छन् तर दैनिक वास्तविक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् । यो तथ्य केवल धेरै किताब पढ्ने अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् । १४. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ । त्यो हो- मानवता । १५. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरि जित्न सक्छन्, यो अध्ययनशील मान्छेहरूलाई मात्र थाहा हुन्छ । १६. यस धरतीमा एक प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् । बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं । केही मान्छेहरू असल मान्छेको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् । यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ । १७. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय-समयमा आफ्नो चश्मा सफा गर्छन् । कथा: त्यो दिन....: रमेश दियाली बोली सुन्नबितिक्कै मेरो आँखा रसायो । उनी कामिरहेकी थिइन् । डरले ओठ थर्रथयाइरको थियो, केही भन्न खोजेझैँ । मेरो निन्द्रा छुट्यो । अहं…. ! पटक्कै निदाउन सकिनँ । उनी मेरो उनको आईन्, र अंगालो हालेर ग्वाग्वा… रोइन् । नजिक आँसु मेरो छाती चिसियो । धड्कन् बढ्यो । निधारका केही भागमा पसिनाका दाना उम्रिए । मेरो अंगालोबाट हट्दै आँखामा हेरेर बोलिन्- “अब हामी मर्छौ होला है ?” फेरि सुक्क सुक्क गर्दै आँसु बगाउन् थालिन् । उनका आँखा राता भइसकेका थिए । म मौन । शब्दहरू एकाएक बिलिन भए । अझ भनौ, म आफैँमा हराएँ, शून्यता बनेर । फेरि उसैगरि च्याप्प च्यापिन् । बल्ल मेरो बोली फुट्यो- “केही हुँदैन, न डराउ | म छु नि तिम्रो साथ ।” डरको सास सुस्त सुस्त बाहिर फ्यकिन्, र आँखा बन्द गरिन् । म छुट्याउन् सक्दिनँ । तिम्रो र मेरो सम्बन्ध प्रेम हुँदै श्रीमान्-श्रीमतीमा आएर रोकिएको छ । जीवनको स्वर्णीम सुरूवात भर्खरै सुरू हुँदै छ । तिम्रो अंगालोभरिको माया पाउन मैले नै यो यात्रा तय गरेको हो । मेलै मेरो मन र शरीर नै तिमीमा समर्पित गरिसकेको छु । हिजोको दिनलाई भुलिदिएको छु । थाहा छैन्, भोलि के हुने हो ! उनी बर्बराइरहेकी थिइन्, फोनको घण्टी बज्यो । उठाएँ- “तिमीहरूलाई कस्तो छ ? मैले त नजानू भनेको अस्ति नै ! इटाली पुरै लक डाउन गरेको छ भन्ने समाचार आको आई छ । मान्छेहरू मरेका मरै छन् रे !” फोन नेपालबाट बुबाले गर्नुभएको थियो । प्रश्नमाथि प्रश्न गर्दै हुन्थ्यो । भन्दै हुन्थ्यो- “हामी यहाँ चिन्ताले मर्न आटिसक्यौँ । फेरि बुहारीको बाबाआमाले सोधिरहनुहुन्छ । हामीले के जवाफ दिनु ?” बुबाको बोलीमा डर र आक्रोस थियो । जवाफमा केही भन्न सकिनँ । “यता सबै ठीक छ बुवा, चिन्ता नलिनू !” यति भनेर फोन राखिदिएँ भन्ने कुरा भने नभएका होइनन्, तर भन्नै सकिनँ । झ्यालबाट छिरेको प्रकाशतिर हेरेँ । उज्यालो आइसकेको थियो । तर सुनसान सडक भने मौन थिए । भ्यानिस सिडी दिउँसै अँध्यारो बोकर बाँचिरहेको बेला उज्यालोको खोजीमा मानिसहरू बन्द कोठामा कैद थिए । उनी मोबाइलमा हाम्रो बिहेको फोटाहरू हेर्दै थिइन्, एकोहोरो बनेर सुन्दरताको रंग भर्दै । हातको औँलाहरूले फोटाहरूलाई स्पर्स गर्थिन् । मायाको स्पर्स अजिवको हुँदोरहेछ। साँच्ची, भनै पो बिर्सेछु ! नाम काव्य । हाम्रो बिहे भएको एक महिना भयो । हनिमुनका लागि इटाली आएका । प्रेम विवाह भएकाले एक अर्कालाई नजिकैबाट बुझेका थियौँ । एकाएक सोचेभन्दा भिन्न भयो इटाली । हामी कोठामै थुनिएको दुई दिन भइसकेको थियो । आएलगत्तै इटली पुरै लक डाउन भयो । सुनसान सडक, पसलहरू बन्द थिए । अझ भेनिस सिटी त कर्फ़्यू नै लागे जस्तै । छिन-छिनमै समाचार हेथ्र्यौँ । सोसल मिडियाले झन त्रास भरिदिएको थियो । कहालीलाग्दो दिन असाध्यै धमिलो । आकाशमा एक-आपसमा मडारिरहेका कुहिरोहरू । म कुहिरोभित्रको घामलाई खोज्दै थिएँ । पानी भने परेको थिएन । हामी स्पेलडिट भेनिस होटलमा बसेका थियौँ । रूम न्. १४ । होटलबाट वरिपरि हेर्दा भेनिस सिटीको खाका प्रष्टै देखिन्थ्यो । सहरमा सुन्दरताले भरिएका पुराना महल र मूर्तिहरूले थप आकर्षण भरेको भान हुन्थ्यो । होटलभन्दा पर ग्रेण्ड केन्लमा हरियो रंगको पानी आफैँसँग रमाइरहेको थियो । खुल्ला आकाशमा चराहरू स्वतन्त्र उडिरहेका थिए । सडक कुनै मैदानी फाँटजस्तै देखिन्थ्यो । फराकिलो तर एक्लै। सुस्त हावामा मसिना फूलका पातहरू नाचिरहेका थिए । हो, व्यस्त सहरमा गहिलो शालीनता छाएको थियो । हामी अशान्त थियौँ । दिनलाई बिदा गरेर भेनिस सिटी बास बस्न खोज्दै थियो । बाहिर हेर्न मन लाग्यो । काव्यले कफीको अफर गरिन् । हामी दुवै कफी पिउँदै झ्यालको पातलो पर्दा हटाएर शान्त भेनिस सिटी हेर्न थाल्यौँ । गोधुली साँझमा हजारौँ मान्छेहरूको भीड लाग्ने ठाउँ नितान्त एक्लो देखिन्थ्यो । पुलमुनि बसेर घण्टौँ गफ गर्ने प्रेमजोडीहरूलाई पुलले पर्खिरहेको भान हुन्थ्यो । हात समातेर जीवनका रंगीन गफ गर्नेहरूले सम्झनाका डोवहरू छोडेर गएका थिए । हामी एकअर्कालाई हेर्छौँ । अनुहारमा निरासका रेखाहरू प्रष्टै देखिन्छ । धमिलो पानी जस्तै, आँखामा धुलो परे जस्तै । हाम्रो आँखाहरु आपसमा बोलिरहेका छन् । ओठबाट शब्द निस्किन सकिरहेका छैनन् । लाग्छ, हामीले बोल्न बिर्सिसकेका छौँ । काव्याले लामो सास फेरिन् । मेरो कुममा टाउको राखिन् । जीवन कहाँ गएर ठोकिने हो, थाहा नहुँदो रहेछ । अनेकौँ घटनाहरूबीच जीवनका गोरेटाहरू निर्माण गर्नु पर्ने । कति खेर के घटना घट्छ पत्तै नहुने । उनी मौन संवाद गरिरहकी थिइन् । भनिन्- “एउटा सुन्दर फूल, त्यो खोला बस्तीसँगै बग्दै छ ।” मानव बस्ती बिस्तारै खाली हुँदै थियो । साँच्चै जीवन एकादेशको कथा जस्तै रहेछ । “कथा त हो नि जीवन !” पनि मेलै थपेँ । हामीले एकअर्कामा लिन भएर धेरैबेरसम्म गफ गर्यौँ । काव्यालाई भोक लाग्यो । मैले सडकतिर आँखा डुलाएँ । कोठामा खाने कुरा थिएनन्, पसलहरू बन्द छन् । के गर्ने त ? सोचेँ कुनै पसल त खुल्ला होलान् कि, हेरेर आउँछु । मबाहिर जान लागेको थाहा पाएपछि काव्यले भनिन्- “यस्तो अवस्थामा बाहिर जानु राम्रो होइन् । बाहिर जानुभनेको आफैँलाई खतरामा धकेल्नु हो । मलाई एकदम डर लागिरहेको छ । मलाई एक्लै छोडेर नजाऊ ।” भोक मान्छेको पहिलो आवश्यकता हो । श्रीमानको दायित्वले पनि मलाई रोकिन दिएनँ । काव्यलाई सम्झाइबुझाई सान्त्वना दिएर म बाहिर निस्किएँ । कोठाको ढोका बन्द गरिदिएर । होटलको गेटहुँदै रोड आगाडिको रेस्टोरेन्ट एण्ड पिजा हाउस लेखेको बोर्डतिर पाइला मोडेँ । सुनसान सडकमा फगत म एक्लै थिएँ । बत्तीहरूले उज्यालो प्रकाश छरिरहेका थिए । उज्यालो प्रकाशमा मेरो छाया प्रष्टै देखिन्थ्यो चिल्ला सडकमा । पिजा हाउस नजिकै पुगेँ । सिसाको ढोकामा रातो अक्षरले कोलोज लेखेर टोसेको रहेछ । निरासाको लामो सास फेरेँ, र फनक्क फर्केँ । पुलिसको भेन साइरन बजाउँदै मतिरै आयो । मेरो आँखा रसिदै गए । डरले लगलग खुट्टा काम्न थाले । म पुलिसको घेरामा परिसकेको थिए । के गरौँ र कसो गरौँको अवस्थामा छटपटीले सास फुत्त बाहिर निस्केलाझैँ भयो । कसलाई मदत मागाँै यो बिरानो ठाउँमा ? कोही थिएन । एक मनले आफैलाई धिकार्दै थिएँ । उकुसमुकुस भएर एकैचोटि कराएछु- माई वाइफ ……. माई वाइफ …… मेलै बिन्ती बिसाएँ । मेरो कुरा सकिन नपाउँदै मलाई भेनमा राखे । भन्दै थिए- “दिस मेन स्प्रेड द भाइरस”। गल्ती मेरै थियो । काव्यलाई मनभरि सम्झेँ । म नहुँदा के हालत भयो होला उसको ? “यो कस्तो सजाय दिँदै छौ भगवान् ?” मैले ईश्वरलाई पुकारेँ । बिस मिनेटमा मलाई क्वारन्टल हलमा पुर्याइयो । शंकास्पद कोरोनाको बिरामीको सूचीमा राखियो । मजस्ता अरू थुप्रै मान्छेहरू पनि थिए । म पुरै अँन्धकारको कोठामा कैद भए । मुखमा माक्स र सेतो कपडाले शरीर छोपिदिएको थियो । सात दिनसम्म राख्ने कुरा मेरै छेउमा बस्नेले बतायो । म अकमक्क परेँ । क्वारटनमा हुनेहरू धेरैजसो बुढाबुढी थिए । सबै इटालीकै नागरिक हुनुपर्छ । मेरो अनुमान, बोली भिन्नै थियो । कसैले कसैले मात्रा अंग्रेजी बोल्थे । घण्टैपिछे चेक जाँच गरिन्थ्यो । म आफूलाई कोरोना भाइरस छैन् भनेर आग्रह गर्थेँ । तर मेरो कुरा सुन्ने कसले ? रिपोर्ट आउन् दुइ हप्ता लाग्छ भन्थे नर्सहरु । हाम्रो बाह्र दिनपछि फर्किने टिकट थियो । दुइ हप्ताको लागिमात्रा आएका थियौँ । म भने काव्यको चिन्ताले थकित थिए । उनी बोलेका शब्दहरूले झक्झकाइरह्यो । भरोसा टुट्यो । आशाको दियो निभ्दै गयो । हेर्ने आँखा बिस्तारै बन्द हुँदै गए । मनमा प्रश्नमाथि प्रश्न को थाक थियो । काव्यलाई के भयो ? के खाइन् होला ? मलाई कति खोजिन् होला ? मन कति आतियो होला ? यी यावत प्रश्नहरूले मेरो हृदय पग्लेको थियो । उनका लोलायका आँखा र निर्दोष अनुहार झल्झली आँखैअघि आइदिन्थे । काव्यलाई सम्झिदा सम्झिदै अनायसै भनेँ- “मलाई माफ गर !” एक हप्तापछि मलाई एउटा अस्पतालमा सारियो । कोरोनासँग लड्दै गरेका थुप्रै मान्छेहरू थिए । अस्पताल शान्त थियो । बिरामीहरूको बाक्लै उपस्थित थियो । कोरोना संक्रमण भएकाहरूलाई बेग्लै बिल्डिंगमा राखिएको थियो । कयौं मान्छेहरू मृत्युसँग लड्दै थिए भने कतिले मृत्युलाई जितेर घर फर्किने तयारी गर्दै थिए । मास्क र सेतो कपडाले ढाकिएको अनुहारहरू प्रष्टै देखिदैन् थियो । अस्पतालको बेडमा छट्पट्टी रहेका बिरामीहरूलाई दबाई खुवाउदै गरेका, र जाँच्दै गरेको नर्स र डाक्टरलाई देख्दा भगवानलाई सम्झेँ । लाग्या, मन्दिर खाली छ आजकल । चर्च, गुम्ब र मज्जिद भन्नु नै अस्पताल हो । यिनै हुन् ईश्वर । खुल्ला पखेटा फिजाउँदै आकाशमा चराहरू उडिरहेका छन् । जनवारहरू मस्त छन् आफ्नै दुनियाँमा । तर सृष्टिकै हामी चेतनाील प्राणीहरू भने बन्द छौँ । के हालत भयो होला वर्षौँसम्म चिडियाघरमा बन्द भई बस्दा जंगलका रैथाने जनावरहरुलाई ? म यस्तै यस्तै सोचमा मग्न छु । अस्तव्यस्त अवस्थालाई चिर्दै फेरि काव्यालाई सम्झेँ । सम्झनामा मात्रा रहिन् अब । मन् आतिएको थियो, म अपरिचित थिएँ । रातलाई हेर्दै बिहानीको प्रतिक्षा बसेँ । मेरो नजिकैबाट एक बृद्ध हजुरआमा निको भई हुइल चियरमा लग्दै गरेको देखेँ । कोरोना लागेकाहरू पनि निको हुन् सक्छ भन्ने एउटा राम्रो सन्देश थियो त्यो । अनुहारमा मुस्कानसहित परिवरहरूले हजुरआमालाई स्वागत गरिरहेको देख्दा फेरि मेरो परिवारलाई सम्झेँ । तीन् दिन्पछि मलाई जाँच गरियो । निकै समयको जाँचपछि म पुनः आफ्नै बेडमा आएँ । सात दिनको बसाईपछि बल्ल डाक्टरले हातमा कागज र फाइल बोकेर आएँ । मलाई कुन देशको हो भनेर सोधियो । मेलै छोटो उत्तर दिए- “नेपाल ।” डाक्टरले ओठमा हाँसो भर्दै अंग्रेजीमा भनेँ, तिमी संक्रमणबाट मुक्त छौ । अर्थात् तिमीलाई कोरोना भाइरस लागेको छैन । मलाई खुसीले बुरूक्क उफ्रौँजस्तो भयो । डाक्टरलाई घन्यवाद दिएँ । तर डाक्टरले अस्पतालबाहिर नजाने उर्दी जारी गरे । नेपाल एम्बेसी र इटाली एम्बेसीको मिलेमत्तोमा मलाई दुइ दिनपछि नेपाल फर्काउने भयो । नेपाल सम्झदै पनि मेरो मन खुसीले ढक्क फुल्यो । दुइ दिनपछि म नेपाल ओर्लिएँ । #रमेश दियाली सन् २०२० को कविताका लागि पुलित्जर पुरस्कार विजेता जेरिको ब्राउन: सन् २०२० को कविता विधाका लागि वर्षेनी प्रदान गरिने पुलित्जर पुरस्कार यस वर्ष “द ट्रेडिसन” कविता कृतिका लागि जेरिको ब्राउने पाएका छन् । न्यूयोर्क निवासी कवि तथा साहित्यिक समालोचक आदम क्रिशको अध्यक्षतामा सान डियागो विश्वविद्यालयका कवि तथा प्रोफेसर मारिलिन चिन तथा कवि एबम् स्टानफोर्ड विश्वविद्यालयका प्रोफेसर प्याट्रिक फिलिप्स सम्मिलित निर्णायक मण्डलले यो पुरस्कारको चयन गरेका हुन् । डोरियन लाउक्सको “वन्ली एज द डे इज लङ: न्यु एण्ड सिलेक्टेड पोयम्स” तथा मेरी रुफेलको “ड्यून्स” निकटतम दावेदार “फाइनालिष्ट” मा परेका थिए । सन् १९१८ देखि प्रदान गर्न थालिएको यो पुरस्कारको निकै ठूलो महत्त्व छ । हाल १५ हजार डलर नगद राशि भएको यो पुरस्कार अमेरिकी कविले आफ्नो काव्य कृतिका लागि पाउँछन् र यसको प्रतिष्ठा निकै उच्च छ । पत्रकारिता, आख्यान, फोटोग्राफी लगायत विभिन्न विधामा दिइने पुलित्जर पुरस्कार पाउनु ठूलो सम्मानको विषय मानिन्छ । जेरिको ब्राउनको यो कविता कृति “नेशनल बुक एवार्ड” को पनि अन्तिम दावेदार थियो । अमेरिकाको दक्षिण समुद्री तटीय राज्य लुजियानाको स्रेभपोर्टमा काला जातिको परिवारमा सन् १९७६ को अप्रिल १४ मा जन्मेका जेरिकोले डिलार्ड विश्वविद्यालय, युनिभर्सिटी अफ न्यू ओर्लियन्स तथा युनिभर्सिटी अफ हूस्टनमा अध्ययन तथा विद्यावारिधि हासिल गरेका थिए । उनले विभिन्न विश्वविद्यालयमा अङ्ग्रेजी तथा सिर्जनात्मक लेखनमा प्राध्यापन गर्नुका साथै अनगिन्ती सम्मेलन तथा कार्यशालामा समेत कक्षा लिएका छन् । उनले ब्रेड लोफ लेखक सम्मेलनमा दुइपल्ट वृत्ति, केभ क्यानन वृत्ति, पोल्याण्डको खार्कोव काब्य सेमिनारका लागि यात्रा वृत्ति, नेशनल एण्डोमेण्ट फर द आर्टस् बाट कवितामा वृत्ति, प्रतिष्ठित गुगेनहाइम वृत्ति पाएका छन् । उनको यसअघि सन् २००९ मा “प्लीज” कविता तथा गद्यको पुस्तक प्रकाशित भएको थियो । त्यस्तै सन् २०१४ मा ” द न्यू टेष्टामेण्ट” दोश्रो कविता सङ्ग्रह प्रकाशित भएको थियो । यसअघि उनले सन् २००९ मा ह्विटिङ् प्राइज तथा अमेरिकन बुक एवार्ड, सन् २०१५ मा एनिशफिल्ड -ओल्फ बुक एवार्ड पाएका थिए । उनका कविताहरु अमेरिकाका प्रायः सबै प्रतिष्ठित पत्रिकाहरुमा प्रकाशित भएका छन् र पटकपटक ” बेष्ट अमेरिकन पोयट्री” मा चयन भएका छन् । उनको एउटा कविता “फूल” को अनुवाद प्रस्तुत छ: पहेंलो चरा पहेंलो घर सानो पहेंलो गीत उज्यालो मेरो जण्डिसग्रस्त मुखमा यी पहेंला दाँतहरुले खोजेका छन् मझाई, तर तिमी मन पराउँछौ मेरो पहेंलो मुस्कान । यो कालो केटो गीत गुन्गुनाइरहन्छ स्यानु जिन्दगीको पहेंलो पीत्तको ! दुष्ट मदारी छिमेकी र बाँदरे नेता: दुष्ट है पर्यो छिमेकी हाम्रो सताउँछ अतिसार दुख नि दिन्छ सिमा नि सार्छ गर्दछ अत्याचार उसकै छ त विशाल भूमि लुट्दैछ तै पनि यो सानो देशको जग्गा र बस्ती मेरै हो यो भनी नाकाबन्दी गरेर रोक्छ ओखती र मुलो मानवताको अपराध होला त्यहाँ भन्दा के ठूलो बिपदमा समेत उद्धार गर्न आउँदामा नेपाल जासुसी गर्न सूचना भर्न जान्छ त्यो हिमाल जवान लान्छ पानि नि तान्छ जङ्गलै ऊ खान्छ सदियौँ देखि हाम्रो त्यो भूमि लुटेर ऊ लान्छ मान्छे है लुटी नपुगी अझ लुट्दछ देउता नि बुद्ध र सीता जस्तालाई पनि उसैका हुन् भनी न त स्वीकार्छ इतिहास उसले न कानुन ऊ मान्छ विश्वका सामु नकटो बन्दै झूट बोल्न त्यो जान्छ छेउमा यस्तो छिमेकी भा नि सीमामा न बार छ पिलर सार्छ जग्गा नि च्याप्छ आफ्नैमा ऊ पार्छ धन्न है रै छ सगरमाथा निकै नै त्यो माथि छेउमै भए पिलर सार्दै आउँथ्यो त्यो राति अमृत समान ती जडिबुटी लैजान्छ ऊ त्यता कुहेका फलफूल बिषादि हाली पठाउँछ ऊ यता राम्रा ती हाम्रा सबै ऊ लान्छ खोजेर ऊ उता मात्र ऊ दिन्छ हुर्काइकन बाँदरे ती नेता जस्तो नै सुकै अपराधी त्यो होस् दिन्छ है शरण आफूलाई गोटी बनाउन उसलाई पोषण भरण उही आफैँ भन्छ सम्बन्ध हाम्रो रोटी र बेटीको रोटी नि उसलाई बेटी नि उसलाई सीमा नि मेटिगो मदारीले झैँ छोप्दछ बाँदर पारेर जालैमा नचाउनलाई पठाउँछ यता उसैको तालैमा कहिले फेर्छ नाच्नी त्यो बाँदर कहिले उसको ताल छानी है छानी फेर्दछ बाँदर हानेर महाजाल मदारी त्यता बाँदर यी यता नचाउँछ ऊ आफैँ स्वर्गमा जस्तो बगैंचा त्यस्तो बानाए सखापै तीनतिर हाम्रो छिमेकी त्यस्तो न मिल्छ फेरन लौन है आइजा कोही ठूलै शक्ति यो पीडा हेरन पुनर्वासको कथा–व्यथा: ‘कञ्चनपुरको ५० बिघा भूभाग भारततिर’ । फागुन ३० गते शुक्रबार एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारको शीर्षक हो यो । यस्तो समस्या नेपाल–भारत सीमामा वर्षौंदेखि दोहोरिँदै आएको छ । सन् १९६२ मा कालापानीमा भारतले आफ्नो सेना तैनाथ गरेदेखि सीमा समस्या बढेको भनिँदै आएको छ । अहिलेसम्म भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ स्थानमा भारतले अहिलेसम्म नेपालको करिब ६० हजार ६०० हेक्टर भूमि अतिक्रमण गरिसकेको तथ्याङ्क छ । यसैगरी सीमापारिबाट आउने भारतीय सेना, प्रहरी, गस्तीटोली, चोर, डाँका र गुन्डाबाट सिमानाका नेपाली वासिन्दा कुटिने, पिटिने, लुटिने, बलात्कृत हुने र मारिने अनगिन्ती घटना पनि भएका छन् र भइरहेका छन् । अझै पनि समयसमयमा भारतले सीमास्तम्भ (पिल्लर) नेपालतिर सार्दै आइरहेको छ । उल्लेखित समाचार पछिल्लो घटना हो । यस्तै सीमासमस्या र सीमापारिबाट आउने भारतीय सेना, प्रहरी, गस्ती टोलीलगायत चोर, डाँका र गुन्डाबाट निरन्तर पीडित छन् सिमानाका वासिन्दा । यस्तै समस्यामाथि केन्द्रित भएर लेखिएको एउटा गहकिलो उपन्यास हो ‘पुनर्वास’ । उपन्यासकै शब्द सापटी लिएर भन्नुपर्दा देशका लागि, सीमाका लागि आफ्नो गुमेको माटोका लागि राजा महेन्द्रले पुनः बसोबास गर्ने ठाउँको नाम पुनर्वास राखेका थिए । भारतका तर्फबाट सीमाका पिल्लर सार्ने तथा तराईमा बस्ने राना तथा चौधरीहरूको घरमा गई लुटपाट मच्चाउने, दिउँसो गाई, गोरु, भैंसी, बाख्रा, खसी, कुखुरा लुट्ने, लाने, आइमाई र चेलीहरूलाई बलात्कार गर्ने घटना पटकपटक दोहोरिएपछि देश, सीमा, माटो, जङ्गल र ती निरीहको रक्षाका लागि पुनर्वासको कल्पना गरिएको हो । जति ठाउँमा पुनर्वास खोलियो, सीमामा र जङ्गलमै सुरक्षाका लागि बस्ती बसालियो । सबै पुनर्वासको कथा उस्तै छ – पुनर्वास चाहे कञ्चनपुरको होस्, चाहे कैलालीको किन नहोस्, चाहे बाँके, बर्दिया र त्यसभन्दा पूर्वका किन नहुन् । ‘पुनर्वास’ उपन्यास तिनै पुनर्वासहरूको साझा कथा हो । साझा व्यथा हो । अनि प्रारब्धले लखेटिएको र ठगिएको हरेरामको कथा हो । त्योभन्दा पनि बढीचाहिँ सीमापारिबाट हुने ज्यादतीबाट पीडित पुनर्वासवासीको कथा हो । साहित्य सिर्जनासँगसँगै समाजेवामा समेत सक्रिय सर्वज्ञ वाग्ले हाल गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष हुन् । उनका चारवटा कृति यसअघि नै प्रकाशित भइसकेका छन् – ‘क्यासिनो’ र ‘युधिष्ठिर’ कथासङ्ग्रह अनि ‘जुवाघर’ र ‘साँढे’ हास्यव्यङ्ग्यसङ्ग्रह । ‘पुनर्वास’ उपन्याससम्म आइपुग्दा उनको लेखन निकै खारिएको अनुभव हुन्छ । नेपालको राजनीतिकवृत्त र आमसर्वसाधारणको समेत निकै चासो र चिन्ताको विषय बन्दै आएको सीमासमस्याको विषयलार्ई उनले उपन्यासमा गम्भीररूपमा उठान गरेका छन् । सीमासमस्याको विषयमा लड्दालड्दै वीरगति प्राप्त गरेका गोविन्द गौतमको नायकत्वदेखि देश, समाज, जातभात र जुवासम्मको पराकाष्टालाई उपन्यासमा आख्यानीकरण गरेका छन् । सर्वज्ञ वाग्लेको मानसपटलमा ४० वर्ष अगाडि सलबलाएको तरङ्गले किनार भेट्टाएको छ ‘पुनर्वास’ मा । सीमामा बसेर सीमापारिका प्रतिगामी तत्वहरूको प्रहार झेल्न पुनर्वास दशकौंदेखि पहाड भई उभिएको कथा उतारिएको छ ‘पुनर्वास’ मा । आफ्नो भूमिको मायाले शत्रुसँग लड्न निर्भिक भएर जुर्मुराउने पुनर्वासका वासिन्दाको भूमिप्रतिको माया, प्रेम र श्रद्धा छताछुल्ल भएर पोखिएको छ । आफ्नो भूमिलाई माया गर्न र भूमिको रक्षार्थ जीवन उत्सर्ग गर्न प्रेरणा दिन्छ ‘पुनर्वास’ उपन्यासले । राज्यले राजनीतिक तहमा गम्भीरतासाथ उठान गर्नुपर्ने विषयलाई उपन्यासकारले उठान गरेका छन् र नागरिक हुनुको दायित्व निर्वाह गरेका छन् । यसो त उनी प्रवासी नेपाली हुन् । तर नेपाली हुनुको धर्म निर्वाह गर्न उनी चुकेका छैनन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सुगौली सन्धिपछि गुमेको भूमि नेपालले फिर्ता पाउनुपर्ने जिकिरसमेत गरेका छन् । त्यसैले सामाजिक यथार्थवादमा आधारित उपन्यास भइकन पनि राजनीतिक चेत प्रबल रहेको महसुस हुन्छ । हरेक नागरिकमा यस्तो चेत हुनु आवश्यक छ भन्ने सन्देश उपन्यासले दिन्छ । राज्यले राजनीतिक तहमा गम्भीरतासाथ उठान गर्नुपर्ने विषयलाई उपन्यासकारले उठान गरेका छन् र नागरिक हुनुको दायित्व निर्वाह गरेका छन् । यसो त उनी प्रवासी नेपाली हुन् । तर नेपाली हुनुको धर्म निर्वाह गर्न उनी चुकेका छैनन् । जुवामा हरेरामले घर नै हार्छ । घर हारेको हरेरामले सात दिनमा घर छोड्छु भन्छ । तर दुई दिनमै घर छोडेर ऊ सपरिवार गाउँबाट अलप हुन्छ । जुवामा हरेरामको घर जितेको थियो सीतारामले । हरेरामले घर खाली गराए कि गराएन भनेर सोध्छ अमरसिंहले । दुई दिन त बित्यो । अझै पाँच दिन बाँकी नै छ भन्छ सीतारामले । ‘आफूले जितिसकेपछि केका सात दिन कुर्नुपर्यो’ भनेर सम्झाउँछ अमरसिंहले । अनि त्यही दिन सीताराम, अमरसिंह र राधेश्यामलगायत अन्य केही मानिस हरेरामको घरतिर जान्छन् । हरेरामको घर खाली देखेर सबै अचम्ममा पर्छन् । हरेरामले घरभित्र सन्दुसमा घरजग्गाको लालपूर्जासँगै एउटा डायरी छोडेको हुन्छ । त्यो डायरीको पहिलो पानामै लेखिएको हुन्छ – पुनर्वास । हो, यहीबाट सुरु हुन्छ पुनर्वास उपन्यासको वास्तविक कथा । जुवामा घरै हारेको हरेरामको दुखी कथाबाट सुरु भएको उपन्यास सीमा रक्षाको लागि लड्ने क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएपछि रणप्रतापको अगुवाईमा भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध लडाइँ लड्नका लागि ‘हाम्रो माटो जिन्दावाद, हाम्रो भूमि जिन्दावाद ….. नेपाल आमा जिन्दावाद’ को नारा लाउँदै सिमानातर्फ अघि बढेको प्रसङ्गमा आएर टुङ्गिएको छ । २०७३ साल फागुन २६ गते सीमा रक्षाकै क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) द्वारा गोविन्द गौतम मारिएका थिए । पछि उनलाई सरकारले सहिद घोषणा गरेको थियो । भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध बर्दीका सिपाहीँले मौनता साँधेको अवस्थामा बिना बर्दीको सिपाहीँ बनेर गोविन्द गौतमले सीमारक्षाका लागि लडेका थिए । ‘पुनर्वास’ उपन्यासको यो पहिलो भाग हो । दोस्रो भाग चाँडै आउने जानकारी समेत उपन्यासको अन्त्यमा दिइएको छ । यसको अर्थ सीमाको लडाइँ अझै जारी छ भनेर बुझ्न सकिन्छ । उपन्यासमा संवेदनाको पक्ष निकै प्रबल छ । उपन्यासभरि पाठकलाई संवेदित बनाउने र मुटु ढक्क बनाउने धेरै पाटाहरू छन् । हरेरामले जुवामा घर हारेर पुनर्वासको आफ्नो घरवासै छोडेर हिँड्दाको क्षण पाठकको मुटु ढक्क फुल्छ भारी संवेदनाले । गन्तब्यबिना बिहानीको पर्खाइमा लुखुरलुखुर हिँडिरहेका हरेरामका परिवारको टिठलाग्दो दृश्य पाठकको आँखामा घुमिरहन्छ वरिपरि । मनमा नमीठोसित खुल्ल हुन्छ । जुवाले हरेरामलाई घरवारविहीन बनाएको घटनाले उपन्यासको सुरुमै जुवा खराब लत हो भन्ने सन्देश दिन्छ । तर लोग्नेले जुवामा घरै हार्दा पनि चुँक्क नबोल्ने कति सुधी हरेरामकी श्रीमती ? पुरुषसत्ताको दमनले त होइन ? पाठकको मनमा यस्तो प्रश्न उठ्नसक्छ । लोग्नेले जुवामा घरै हार्दा पनि चुँक्क नबोल्ने कति सुधी हरेरामकी श्रीमती ? पुरुषसत्ताको दमनले त होइन ? पाठकको मनमा यस्तो प्रश्न उठ्नसक्छ । ‘आज पनि गाउँमा सिमानापारिको बुटले परेड खेलेछ ।’ काव्यिक अभिव्यक्ति सुन्दर छ । गाउँमा रातभर कुकुर भुक्छन् । सीमा परिबाट मान्छे आएर सीमाको पिल्लर सार्छन् । नेपालको भूमि भारततिर पार्छन् । भारतीय प्रहरी, सेना र गस्ती टोलीसित नेपाली जनता लड्छन्, भिड्छन् सीमाको रक्षाको लागि । तर नेपाली सेना र प्रहरी मूकदर्शक भएर बस्छन् । यो लाछीपन निकै उदेकलाग्दो छ । सामाजिक उपन्यास भएर पनि राजनीतिक चेतले भरिपूर्ण छ । सीमापारिबाट हुने अन्याय र अत्याचारप्रतिको विद्रोहको आवाज हो ‘पुनर्वास’ । गरिबी, दुख, पीडा, सङ्घर्ष र विद्रोहको संयुक्त दस्तावेज पनि हो ‘पुनर्वास’ । पुनर्वासको मात्रै नभई ग्रेटर नेपाल, लिपुलेक, लिम्यिाधुरालगायतको नेपालले गुमाएको भूमिलाई समेटेर यो उपन्यास लेखिएको छ । सीमा, जूवा, देश, समाज र जातभातको वर्षौंदेखिको कुरीति, अन्याय र अत्याचारको पराकाष्ठालाई उपन्यासमार्फत् उजागर गर्ने प्रयास गरेका छन् उपन्यासकार सर्वज्ञ वाग्लेले । अहिले पनि सीमामा भारतीय ज्यादती उस्तै छ । कुटपिट, लुटपाट, हत्या, बलात्कार आदि पहिले हुन्थ्यो र अहिले पनि भइरहेकै छ । भारतबाट आउने चोर, डाँका, गुन्डाले दुख दिने । उतैका सेना, प्रहरी र गस्ती टोलीले दुख दिने । यस्तो ज्यादतीबाट पीडित छन् सीमावासी हजारौं नेपाली नागरिक । तिनै नागरिकहरूको दुख, पीडा, व्यथा र वेदनाको आवाज हो यो उपन्यास । सीमावासी नेपाली नागरिकको दुख, पीडा, व्यथा र वेदना सुन्न, बुझ्न र त्यसको समाधान गर्न राज्यका कुनै निकाय गम्भीर नभएको अवस्थामा एउटा लेखकले असल नागरिकको हैसियतले यो विषयको उठान गरी राज्यलाई घचघच्याउने प्रयास गरेका छन् । सीमामा राज्यको उपस्थिति छैन । सेना र प्रहरीको साथ र सहयोग छैन । जनप्रतिनिधिहरूले बेवास्ता गरेका छन् । तैपनि त्यहाँका नागरिकहरू आफैं आफ्नै तरहले न्यायका लागि लडिरहेका छन् । नागरिकलाई थप चेतनशील बनाउन र राज्यलाई समस्या समाधानमा कूटनीतिक तवरमै पहल गर्न यो उपन्यासले अवश्य घचघच्याउनेछ । समयको सन्नाटाले छातीमा पहिरो गएका भुइँमान्छेहरू । जसको आवाज सुन्न तम्तयार कानहरूको अभाव छ राज्यमा । पुनर्वासका वासिन्दाहरू के नै गर्न सक्छन् र ! पुनर्वासका वासिन्दासँग त केवल बचेखुचेको मानवीय संवेदना छन् । संवेदनाको आँसुले भिज्दैभिज्दै यहाँको माटो ओसिलो भएको छ । र, पुनर्वासका वासिन्दाहरू ओस्याइलो काइ परेको सेपिलो मनलाई धीत मरुन्जेल सेक्न, सेकाउन मिल्ने एउटा उज्यालो र न्यानो घामको प्रतीक्षा गरिरहेका छन् । सरकार, अब त बुझिदेऊ पुनर्वासका ती दुखी र पीडित वासिन्दाहरूको दुख, पीडा, व्यथा र वेदना ! यस्तै भन्न कर लाग्छ उपन्यास पढिसकेपछि । सरकार, अब त बुझिदेऊ पुनर्वासका ती दुखी र पीडित वासिन्दाहरूको दुख, पीडा, व्यथा र वेदना ! यस्तै भन्न कर लाग्छ उपन्यास पढिसकेपछि । उपन्यासमा साहित्यिक सौन्दर्य भरपूर छ । थोरै नै भए पनि यौनको संवेग पनि छ । भुनियाको सौन्दर्यप्रतिको आकर्षण यौनको आकर्षण नै हो भन्न सकिन्छ । मानिसको आधारभूत आवश्यकता पनि त हो यौन । त्यही आवश्यकताको रूपमा आएको छ यौनसन्दर्भ यो उपन्यासमा । यौन–सौन्दर्यले उपन्यासको सौन्दर्य बढाउन मद्दत गरेको छ । ‘म जन्मँदा आकाशको छातीमा बादलका धर्साहरू के कति थिए होलान् ? धर्तीमा नयाँ मान्छेको आगमन हुँदा पश्चिमको पहाडमा घामको पहेँलो लाली कस्तो देखियो होला…..?’ (पृष्ठ २१) लेखकको कल्पनाशक्ति बेजोड लाग्छ । उपन्यासको कथानक सशक्त छ । नेपाली समाजको यथार्थ चित्रण भएको छ । प्रस्तुति सुरुचिपूर्ण छ । तर चरित्रको चित्रण कमजोर छ । उपन्यासकारको ध्यान कथामै केन्द्रित भएको भान हुन्छ । कथानकमात्रै सशक्त भएर अघि बढेको छ । उपन्यासको अध्याय १९ ले पाठकलाई पट्यार लगाउन सक्छ । सललल बगिरहेको उपन्यासमा झन्डै १२ पेजको आर्थिक निबन्ध जस्तो लामो व्याख्यानले उपन्यासको मीठो क्रमबद्धतालाई नै खलबल्याएको महसुस हुन्छ । भारतीय सेना, प्रहरी र गस्ती टोलीको ज्यादतीविरुद्ध लड्न तयार धनिया, नर्स शान्ता र अहेव आइतबहादुरको साहस कदरयोग्य छ । तिनको आगमन भोकाहरूका लागि भोजन, प्यासीहरूका लागि पानी, पाइलाहरूका लागि गोरेटो, यात्रीहरूका लागि गन्तव्य, भरियाहरूका लागि चौतारी र चराहरूका लागि वसन्तजस्तै सुन्दर छन् । ‘पुनर्वासमा बसेर सङ्घर्ष गर्नेहरू सबैका आआफ्ना दुख छँदै छन् । व्यक्तिगत दुख त जेनतेन आशा र उज्यालो भविष्य कल्पेर पनि सहन सकिन्छ । तर, देशको दुख, सिमानको दुख सहन सार्है गार्हो हुँदो रहेछ ।’ (पृष्ठ १३९) अति सुन्दर र मननयोग्य अभिव्यक्ति । उपन्यासमा प्रकृतिले दिएको सुन्दर उपहारलाई पनि राम्ररी उपयोग गर्न नजानेको चिन्ता छ । आफ्नै नाममा जग्गाको पूर्जा पाउने आशामा बसेका सुकुम्बासीहरूको सपना पनि छ । जुवा व्यवसायी रणप्रतापलाई केही हदसम्म खराब चरित्रको रूपमा चित्रण गरिएको छ । तर दुर्घटनामा छोरा, छोरी र श्रीमतीको निधन भएपछि र उनलाई नर्स शान्ताले आफ्नो रगत दिएर बचाएपछि उनी सुध्रिन्छन् । राजाको अहम् छोडेर पुनर्वासका वासिन्दाको दुखसुखमा साथ दिन थाल्छन् । यतिसम्मकी पुनर्वासका राजाका रूपमा परिचित रणप्रतापले आफूले छोरी मानेकी नर्स शान्ता नेपालीको अहेव आइतबहादुर विश्वकर्मासित बिहे गरिदिएर सामाजिक सुधार र परिवर्तनको उदाहरण पनि प्रस्तुत गर्छन् । अनि त्यो विवाहमा संसारभरकै वादहरूको पनि वाद मानवतावाद एकीकृत भएर मुसुक्क मुस्कुराएको आभास हुन्छ । वर्षौंसम्म क्यासिनोमा काम गरेका उपन्यासकार वाग्लेको क्यासिनो अनुभव पनि उपन्यासमा राम्रैसँग पोखिएको छ । सर्वसाधारणलाई थाहा नभएका क्यासिनोमा चल्ने प्राविधिक शब्दहरूको प्रयोग उपन्यासमा भएको छ । जस्तैः चिप्स, स्लोट मेसिन, रुलेट, क्रुपियर, रुलेटको ह्विल, स्पिन, किट्टी, पोन्टोन, ब्ल्याक ज्याक, बाक्रा, बैंकर, प्लेयर, पप्लु, बेट, पोकर, फ्लस आदि । सीमा मिचिएको विषयमा राज्यसँग नभएको तथ्याङ्कीय विवरण यो उपन्यासमा समेटिएको छ, जुन गोविन्द गौतमले पुनर्वासका वासिन्दाका अगाडि गरेको भाषणमा उल्लेख छन् । यसबाट तथ्यको खोजी र अनुसन्धान गरेर यो उपन्यास लेखिएको मान्न सकिन्छ । कल्पनाभन्दा यथार्थमा आधारित उपन्यासलाई पाठकले सहर्ष स्वीकार्ने छन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । पुस्तक : पुनर्वास विधा : उपन्यास लेखक : सर्वज्ञ वाग्ले प्रकाशक : शिखा बुक्स संस्करण : २०७६ माघ पृष्ठ : २०० मूल्य : रु. ३७५।- संसारका एक दर्जन सुन्दर पुस्तकालय: पुस्तकालय आफैँमा विशेष कुरा हो । ठूलो र शान्त पुस्तकालय कुनै पनि पुस्तकप्रेमीका लागि सबैभन्दा राम्रो स्थानमा पर्छ । हरकोहीका लागि पुस्तकालय सम्मानजनक र विशेष रहन्छ । अझ सम्झनुहोस् त, भव्य पुस्तकालय जुन कलात्मक पनि छ भने त्यो झन् कति विशेष होला ! पक्कै पनि सुनमा सुगन्ध ! संसारमा यस्ता धेरै देश छन्, जो पुस्तकालयलाई सुनमा सुगन्ध राखे जस्तै बनाएका छन् । हामीले त्यस्तै केही सुन्दर पुस्तकालयहरुका तस्बिरहरू यहाँ राखेका छौँ । यो शनिबार पुस्तकप्रेमीहरुका लागि हाम्रो तर्फबाट पुस्तकालयहरुको तस्बिर संग्रह उपहारका रूपमा दिएका छौँ । मेक्सिको सिटीमा रहेको पुस्तकालय अमेरिकाको बाल्टिमोरमा रहेको पुस्तकालय स्पेनको एक पुस्तकालय फिनल्याण्डमा रहेको एक पुस्तकालय पोर्चुगलमा रहेको एक पुस्तकालय अष्ट्रेलियामा रहेको एक पुस्तकालय स्विडेनको स्टकहोल्ममा रहेको पुस्तकालय चेक गणतन्त्रमा रहेको पुस्तकालय जर्मनीमा रहेको एक पुस्तकालय चीनमा रहेको एक पुस्तकालय आयरल्याण्डको ट्रिनिटी कलेजको पुस्तकालय अष्ट्रियामा रहेको एक पुस्तकालय प्रश्न: हामीसँग सबैभन्दा बढी के हुन्छ ? आफैलाई प्रश्न गरेँ र सोचेँ । त्यसो त सधैँ हतारमा भएको ठान्ने मैले यसरी आफैलाई प्रश्न गर्ने समय पनि पाइरहेको थिइनँ । पाइरहेको थिइनँ भन्ने कि त्यो समयलाई प्राप्त गर्न मैले जानिनँ भन्ने । जे भए पनि प्रकृतिको असीम कृपाले घरभित्र थुनिएर बस्नुपरेको समयमा आज मैले आफैलाई प्रश्न गरेँ – प्रेम, घृणा, हतार, आशा, निराशा, भरोसा, अविश्वास, साथीसङ्गाती, सपना, उत्सुकता, प्रश्न – हामीसँग सबैभन्दा बढी के हुन्छ ? पछि लाग्यो, हामीसँग सबैभन्दा धेरै एकलास हुन्छ, खालीपन हुन्छ । हामी त्यसैले प्रेमका प्यासी छौँ । हामी त्यसैले घृणा गर्दछौँ र घृणा बोकिहिँड्छौँ । साथीसँगातीको पछि लाग्छौँ । विश्वास गर्छौँ र आशातीत नतिजा नभएपछि अविश्वास पनि रोपिहिँड्छौँ । हामी निराशाको पट्टेर जङ्गलभित्र पसेर हराउँछौँ पनि । हामी आफ्ना सबै यत्न र प्रयत्नहरू हाम्रो जीवनको यही खाली ठाउँ भर्नलाई खर्चदा रहेछौँ । ज्ञानको पछि लागेको भनेको पनि यही एकलासलाई टाढा भगाउन रहेछ, अर्थोपार्जनका अनेकौँ प्रयासहरू पनि त्यही खालीपन भर्नलाई रहेछ । दुश्मनी, खोसाखोस र हामीभित्रको दुष्ट्याइँको मलजल पनि यसैको लागि रहेछ । हामी नदीजस्तै बगिरहेको, चराजस्तै उडिरहेको, जङ्गलजस्तै सुसाइरहेको, पातहरूजस्तै हल्लँदै खसिरहेको सबै एक्लोपनबाट मुक्तिको खोजी हो । म अनेकौँपल्ट काठमाडौँका भीडभाडमा मिसिएर पनि एक्लोएक्लो भएको छु । बोर्नमाउथको समुद्रीकिनारमा होस् कि डोभरको कार्निभलमा होस्, मच्छिन्द्रनाथको जात्राबिचमा होस् कि साउथह्याम्टन र केन्टबरीका सिटी सेन्टरहरूमा, पेरिसको मेट्रोरेल चढ्ने पर्खाइमा होस् कि ताइपेइको एक सय एक तल्लाको भवनमाथि चढिरहेको बेलामा होस्, निकै ठूलो भीडभाडको बीचमा पनि खालिखालि र रित्तोरित्तो उभिएको र हिँडेको अनुभव गरेको छु । यो एक्लोपन, यो खालिपन र अपूर्णताले कतिपल्ट पोल्छ, चिमोट्छ र अत्यासलाग्दो वातावरण दिन्छ । तर यही एक्लोपन, यही एकान्तलाई टपक्क टिपेर सिर्जनात्मक उपयोग गर्न सकियो भने त्यो फेरि संसारकै उत्कृष्ट सिर्जना पनि बन्न सकेको देखेको पनि छु, भोगेको पनि छु । संसारमा पूर्णता छैन । सभ्यता, विकास, गति, आकांक्षा, लालच, खुशी एवम् दुःख — सबै अपूर्ण छन् । यिनै अपूर्णताहरूको बीचमा हामी छौँ । हामी पनि अपूर्ण छौँ । अपूर्ण छौँ त्यसैले भोका छौँ, प्यासी छौँ । अपूर्ण छौँ, त्यसैले उठ्छौँ, घस्रन्छौँ र हिँड्छौँ । अपूर्ण छौँ, त्यसैले सिर्जनशील छौँ, कल्पनाशील छौँ । हाम्रो सिर्जनशीलता र कल्पनाशीलता हामी पूर्ण नभएको प्रमाण हो, त्यसैले पूर्णताको खोजी पनि हो । हामीले गरिरहेको मायाको खोजी हामी पूर्ण नभएको प्रमाण हो । हामीले बोकेको रिसराग र इर्ष्या हाम्रो अपूर्णताको प्रमाण हो । हामीसँग भएको एकलास र खालीपन हामी पूर्ण नभएको प्रमाण हो । तर प्रायशः हामी आफू अपूर्ण भएको ठान्दैनौँ । हामीसँग जे छ, जति छ त्यति नै पूर्ण र पूर्ण सत्य हो भन्ने हिउँदको हिमाली कुइरोजस्तो भ्रमले हामी ढाकिन्छौँ । त्यसभन्दा उता के होला ? यो उत्सुकता हामीभित्र हुनुपर्छ । यो उत्सुकताले प्रेरणालाई आमन्त्रण गर्दछ । प्रेरणाले हामीलाई स्थितिबोध गराउँछ । स्थितिबोधपछि अपूर्णताको खाडललाई पुरेर अझ सम्पन्नता एवं विवेकशीलताको उज्यालोले उज्यालिन हामीलाई सिर्जनशील बन्न उत्प्रेरणा प्राप्त हुन्छ । हामीलाई गतिले माया गर्दछ । हामी प्रगतिलाई अँगालो हाल्न सक्ने हुन्छौँ । त्यसो भएपछि हाम्रो खालिपनमा, हाम्रो अपूर्णतामा सधैँ हामीसँग प्रश्न हुने रहेछ । उत्सुकतालाई बोकेर हिँड्छौँ भन्नुको तात्पर्य प्रश्नहरू बोकेर हिँड्छौँ भनेको हो रहेछ । त्यसो भए हामीसँग सबैभन्दा धेरै के हुन्छ – एकलास, खालीपन कि प्रश्न र उत्सुकता ? ध्यानस्थ भएको बेलामा उज्यालाका कलेवरहरूले हामी छोइन्छौँ । हामी आफुलाई नै स्पर्श गर्न थाल्दछौँ । हामी आफुलाई नै नियालेर हेर्न थाल्दछौँ । हामी आफुलाई सम्बोधन गर्न समेत थाल्दछौँ । तर सामान्यतया हामी ध्यानस्थ हुने कुरामा विश्वास गर्दैनौँ । भौतिकवादी सुखको भोकले भोकाएर, भौतिकवादी प्राप्तिको आकांक्षा र लालसाले रन्थनिएर हामी त्यत्तिकै कुदिहिँड्छौँ वल्लो भीरबाट पल्लो भीर, वल्लो कुनाबाट पल्लो कुना । एक्काइसौँ शताब्दिको अत्याधुनिक मान्छे । अब कहाँ पछाडि फर्कने ? कहाँ प्रकृतितिर फर्कने ? संसारका रसिला आनन्दलाई छोडेर कहाँ हाम्रा विद्वान अग्रज ऋषीमुनिहरूले झैँ स्थिर भई बस्ने ध्यानको नाममा । हामी अधिकांश यसरी सोच्छौँ । यसरी बाहिरी स्थिरताभित्रको गति हामी भुल्दछौँ । हामी आफैतिर फर्कन र आफुभित्रको क्षमतालाई हेर्न बिर्सन्छौँ । हामी मुखुन्डाहरूले आफुलाई छोपर राख्दछौँ । निर्जीव ऐनाले जस्तो देखाउँछ मुखुन्डो सहितको बाहिरी आवरणमा हामीलाई, हामी आफुलाई सोही भन्ठान्छौँ । यसरी ज्ञानको, ज्ञान र विवेकको खोजीको एउटा पाटो छुट्छ । हामी पुनः प्रश्नहरूको बीचमा छोडिन्छौँ । भौतिकवादी सुखको भोकले भोकाएर, भौतिकवादी प्राप्तिको आकांक्षा र लालसाले रन्थनिएर हामी त्यत्तिकै कुदिहिँड्छौँ वल्लो भीरबाट पल्लो भीर, वल्लो कुनाबाट पल्लो कुना । एक्काइसौँ शताब्दिको अत्याधुनिक मान्छे । अब कहाँ पछाडि फर्कने ? हामीले आफ्ना इगोहरूलाई फुकालेर मिल्काउनुपर्छ र बाँकी रहेको आफुलाई स्पर्श गरेर त्यसबाट प्राप्त हुने न्यानोपन र अनुभूतिलाई आत्मसात गर्नुपर्छ । यसबाट सत्यको एउटा अर्को ढोका खुल्दछ । नाङ्गोपनले पनि हामीलाई आफुलाई चिनाउन, आफ्नो परिवेश र आफ्नो सत्य एवम् सार्मथ्यलाई देख्न र बुझ्न सहयोग गर्दछ । त्यसो हुनाले कहिलेकाहीँ त मलाई शिक्षाको, हामीले भन्ने गरेको चेतनाको, राजनीतिक वा अन्य कुनै पनि थोपरिएको विचारको लुगा एक एक गरेर फुकाल्न मन लाग्छ । अनेकथरिका लुगाहरू, अनेकथरिका रङहरू, अनेकथरिका डिजाइनहरूभित्र मलाई उकुसमुकुस लाग्न थालेको छ । मलाई खुलेर हाँस्न र फोक्सो फुलाएर सास फेर्न मन लागेको छ । सबै खाले हिलोहरूभन्दा माथि उठेर डाँडाको टुप्पामा एकदम चिसो हावाले छोइएर सारा दुनियाँतिर फर्केर हेर्न मन लागेको छ । आफुले बोकिहिँडेको सबै औपचारिकतालाई आफुबाट झिकेर फालेपछि बाँकी रहेको आफुलाई ठूलो कञ्चन पोखरीमा मज्जाले हेरिरहन मन लागेको छ । मलाई खल्तीबाट नागरिकता समेत झिकेर एकातिर राखिदिन मन लागेको छ । भन्नुहुन्छ भने एक पटक मलाई मेरो नाम, जात, थर सबै झिकेर केही पनि बाँकी नभएको केवल मान्छे मात्र हुन मन लागेको छ । हामी एउटा रङ ओढेर दक्षिणतिर फर्कन्छौँ । अर्को रङ ओढेर उत्तरतिर फर्कन्छौँ । देख्न त धेरै थोक देख्छौँ दक्षिण फर्कदा पनि र उत्तर फर्कदा पनि । तर हाम्रो अघि प्रश्न बनेर ठिङ्ग उभिएको यथार्थ चाहिँ के हो भने हामी आफुलाई चाहिँ देख्छौँ कि देख्दैनौँ ? कुनै रङ, कुनै गन्ध वा प्रभावको आकर्षणले हाम्रो स्वत्वलाई कस्तो बनाउँछ वा हाम्रो स्वत्वलाई स्वतन्त्र आकार ग्रहण गर्नबाट रोक्छ । यो प्रश्न पनि कमजोर छैन । हामीले कदाचित् आकांक्षा गरे अनुसारको भौतिक सुखसुविधा पायौँ भने भौतिक सुख त हासिल होला । तर त्यसले बाइप्रोडक्टको रूपमा ल्याउने अनेक असजिला पक्षहरूलाई अस्वीकार गर्न नसकिएला । त्यसैले भौतिक सुखको शिखरमा पुगेका मानिसमध्ये कति चाहिँ खुशी होलान् ? खुशी हुन हामीलाई के चाहिन्छ – आत्मसम्मान, धेरै धनदौलत, आफ्नै अन्तरशक्तितिरको यात्रा वा अरू के ? यस ठाउँमा गम्भीर नभइकन हामीले आफुभित्र बढिरहेको प्यासलाई कसरी मेटाउन सक्छौँ ? प्रश्न र उत्सुकताले मान्छेलाई जिउँदो राख्छन् । जब उत्सुकता उठ्छ र प्रश्न बनेर उभिन्छ सामुन्ने, मान्छे उत्तर खोज्न बाध्य हुन्छ । चाहले होस् वा बाध्यताले मान्छे भौँतारिन थाल्छ । हिँड्न र नयाँ कोणबाट सोच्न एवम् हेर्न थाल्छ प्रकृति, मान्छेकै निर्मिति र दुनियाँलाई । यसरी भौँतारिनु भनेको अपूर्ण भएकोले पूर्णताको खोजी हो । त्यसैले प्रश्नहरूको सोझो सम्बन्ध वास्तवमा मानिसको अपूर्णता र खालिपनसँग पनि छ, रहेछ । मानिस जन्मँदा प्रश्न पनि साथै लिएर आउने रहेछ । जन्मेको बच्चा कुन लिङ्गको हो ? बाट शुरु भएको प्रश्न जीवनभरि मानिससँगै रुप फेरिफेरि हिँडिरहने रहेछ । त्यसैले हामी अत्याधुनिक, आधुनिक, शहरिया वा गाउँले जेसुकै ठानौँ आफुलाई हाम्रो सच्चा साथी भनेको प्रश्न र अपूर्णता मात्र रहेछ, हामी जीउँदो भएको प्रमाण पनि यही प्रश्न र अपूर्णता मात्रै रहेछ । उपनिषदमा एउटा श्लोक छ : ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय, पूर्णमेव वशिष्यते ।। अर्थात् त्यो पूर्ण, यो पूर्ण, पूर्णताबाट पूर्णता नै उदाउँछ । पूर्णताबाट पूर्ण नै निकालिएमा केवल पूर्ण नै शेष रहन्छ । त्यसैले पूर्ण हुने होडमा प्रश्नहरूको थुप्रोबाट प्रश्न सकिएपछि पनि पूर्ण हुन्छ । अर्को अर्थमा सबैतिर यदि पूर्णता नै पूर्णता छ भने हामी कसरी त्यस पूर्णताबाट घटाउन वा झिक्न सक्छौँ ? घटाएर अलग्गै राख्न रित्तोपना हुन जरुरी छ । यदि खाली ठाउँ छैन भने भएको वस्तुलाई भाग लगाउन वा घटाउन पनि सकिँदैन । प्रश्नहरूको थुप्रो पनि आखिर पूर्णतामा गएर सकिने नै हो । अर्थात्, जब पूर्णता प्राप्त हुन्छ तब प्रश्न सकिन्छ । जब प्रश्न सकिन्छ, हामीभित्रको उत्सुकता, उत्साह वा आकांक्षा पनि सकिन्छ । तब हामीभित्रको गतिशीलता पनि त सकिन्छ । अर्थात् हाम्रो भौतिक जीवन पनि सकिन्छ । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भौतिक देहको अन्त्यको निकटमा पुगेपछि भनेका छन् – ‘म शून्यमा शून्यसरि बिलाएँ ।’ तसर्थ, पूर्णता कि त सम्पूर्ण रित्तो भएको अवस्थामा प्राप्त हुने विषय हो, कि त भने सम्पूर्ण भरिएको अवस्थामा । हामी मान्छेहरू त यी दुई पूर्णताहरूको बीचमा कतै उभिएका वा हिँडिरहेका छौँ । हामी त्यसैले अपूर्ण छौँ, हामीमा त्यसैले खालीपन छ । अपूर्णताको सम्बन्ध पूर्णतासँग यसरी हुने रहेछ । मान्छेको यावत् प्रयत्न अपूर्णताबाट पूर्णतातिरको यात्रा हो । त्यसो भए पाइला पाइलामा बाटो छेक्दै उभिन आइपुग्ने प्रश्नहरूसँग, हाम्रा अभाव, खालिपन र अपूर्णतासँग किन तर्सनु ? हाम्रा आफ्ना त यिनै मात्र हुन् । जब प्रश्न सकिन्छ, हामीभित्रको उत्सुकता, उत्साह वा आकांक्षा पनि सकिन्छ । तब हामीभित्रको गतिशीलता पनि त सकिन्छ । अर्थात् हाम्रो भौतिक जीवन पनि सकिन्छ । बिर्सिएँ: म के थिएँ, तिमी के थियौ, मैले बिर्सिएँ । सम्झिरहन्छौ या बिर्सियौ, मैले बिर्सिएँ । एक्लै बस्दा विगतलाई सिंहावलोकन गर्छु, पहिलो चोटी तिमीले के दियौ, मैले बिर्सिएँ । खै के लेखेको रहेछु पहिलो पत्रमा त्यस्तो, कठोर मान्छे कसरी पग्लियौ, मैले बिर्सिएँ । मदिरा भनेपछी सुन्न पनि नचाहाने तिमीले, एक साँझ म सँगै किन पियौ, मैले बिर्सिएँ । शहर छोड्ने दिन फेरी छिट्टै भेटौँला भनेर, न कहीँ भेटियौ, न त फर्कियौ, मैले बिर्सिएँ । म के थिएँ, तिमी के थियौ, मैले बिर्सिएँ । सम्झिरहन्छौ या बिर्सियौ, मैले बिर्सिएँ । जिन्दगी: वेदनाका राँप सँगै बलेकै छ जिन्दगी चोटैचोट खाएर पनी चलेकै छ जिन्दगी । . सयौँ जुनी सँगै काटने बाचाहरू त थिए, उनको यादले पलपल गलेकै छ जिन्दगी ।। . कल्पनाका महलहरू एक एक गरी ढल्दा, दुख अनी तनावहरूले छलेकै छ जिन्दगी । . जीन्दगीका हर चाहना बेवारीसे बनी दिँदा, देखावटी हाँसो देखाइ फलेकै छ जिन्दगी । . वेहोसीमा वर्वराउदै वित्छन दिन रातहरू , अतितका यादहरूले जलेकै छ जिन्दगी ।। भरतपुर-१९, चितवन वेदनाका राँप सँगै बलेकै छ जिन्दगी चोटैचोट खाएर पनी चलेकै छ जिन्दगी । आपा: आपा, हरेक उँद्यौली र उँभौलीमा, तिमी चाहन्छौ होला शायद तीन चुलाको अघिल्तिर बसेर, मैले नै टोट्ला फिँजाऊँ। आमाले भरिदिएको सोलोन्वा, मैले नै लहर मिलाएर राखूँ। आमाले पस्किएको कोक्चोङ्, वात्तोङ्हरुले बनाएको मुकुमसिरी, मेरै हातबाट तिमीलाई दिऊँ। मुन्दुमी लयमा तिमीलाई सोधीसोधी, मैले नै यारी हानुँ। पटक-पटक तिमी मेरो सपनामा आएपछि, सोधेथेँ आमालाई तिमी पुजिन चाहन्छौ रे, आफ्नै सन्तानको हातबाट। यस्तै अनुमान गरिन् आमाले। तर खै, आज वर्षौँ भइसक्यो, आमाले तीन चुलाको टीका लाइदिएर बिदा गरेको। वाचा त थियो, आउँदो उँभौलीमा फर्किने। त्यसपछि थुप्रै बिते, उँभौली र उँद्यौलीहरु। यतै कतै कहिले बाफिलो बालुवाको समुद्रमा, त कहिले सेताम्ये हिउँको जंगलमा। राखिदिएर मेरो साया, तिमीलाई पुजिरहेछन् नाक्छोङ् काकाले। यारी हान्दा सधैँ तिमी रिसाउँछौ रे, घुर्क्याउँछौ रे, मान खोज्छौ रे, मेरो खोजी गरिरहन्छौ रे ! आपा त्यो बेला मलाई पनि लाग्थ्यो नि तिम्रो औँला समातेर गाउँ डुलूँ तिम्रो काँध चढेर गोठालो जाऊँ तिम्रो काखमा बसेर स्कुलका कुरा सुनाऊँ तिम्रो ओँठको केही थान दार्\u200dही जुँगासँग खेलूँ आमाले पिट्दा तिम्रो काँधमा छाँद हालेर रोऊँ। तर यी सब व्यर्थ थिए तिमी त बेखबर थियो, फकिर भएर डुलिहिँड्थ्यौ। खेतबारी बेचेर नि नपुगेर, मेरी आमाको नाक-कान बुच्चै बनायौ, तिम्रो जिन्दगी खै कस्तो थियो आपा? जिन्दगी नै जुवाको खाल बनायौ र थाहा छ? म तिमीले हारेको दाउ तिर्न मरुभूमिमा जिन्दगीको जुवा खेल्दैछु। शब्दार्थहरु : आपा : बुबा टोट्ला : किरातहरुको पितृकार्य गर्दा प्रयोग गरिने केराको टुप्पो नकाटिएको पात सोलोन्वा : पितृकार्यका लागि चोखो गरी बनाइएको जाँड अथवा मर्चा र पानी मिसाएर भरिएको चिन्डो कोक्चोङ् : पितृकार्यका लागि पकाइएको विशेष भात मुकुम्सिरी : मसिनो गरी काटिएको अदुवा र भिजाइएको चामल मिसाएको चिज, जसलाई पितृकार्यमा प्रसादका रुपमा प्रयोग गरिन्छ। वात्तोङ् : दाजुभाइ यारी हान्नु : मुन्दुमी मान्यताअनुसार भूत, वर्तमान र भविष्यकाबारे बताउन अदुवाको कछुर हान्ने विधि साया : शीर उठाउनी नाक्छोङ् : साकेन्वा/साकेलाको पुजारी हतुवागढी – २ लुङ्गिन, भोजपुर हालः दक्षिण कोरिया प्रश्न, प्रश्न, फेरि प्रश्न\xa0: आफैँले हालेको भोटको थुप्रोमा निसास्सिएर मर्ने बेला भइसक्यो अर्को चुनावसम्म बाँचिन्छ होला र? नीलो मसीले लत्पतिएको नङले अझै प्रश्न गर्दैछ विकासको रङ कस्तो हुन्छ? भोक कुन-कुन रङ मिसिएर बन्छ? समृद्धिको इतिहास कुन मसीले लेखिन्छ? भ्रष्टचारको रङ र कुर्चीको रङ किन उस्तै हुन्छ? हेत्तेरिका! स्वस्तिक चिह्नको गोलोजस्तै शून्य जिन्दगी बोकेर उत्तर आउने बेलासम्म बाँचिन्छ होला र ? प्रजातन्त्र हुर्केको पनि यत्रा वर्ष भो तर अझै जुङ्गाको रेखी बस्दैन नाकमुनि अझै डन्डिफोर आउँदैन अनुहारमा कपाल फुलिसक्यो अझै बैँस आउँदैन आँखाहरुमा बाकसमा खसाल्दा-खसाल्दै विश्वासको मत अविश्वासको अङ्कुर कतिबेला टुसाउने हो? भन न साइँलादाइ कुन चाहिँ भोटले मुस्कुराउँछ बैंशालु प्रजातन्त्र ? बाँचिएला र प्रजातन्त्र फक्रिने बेलासम्म? हेत्तेरिका ! किन प्रश्नमाथि उक्लिइरहन्छ अर्को प्रश्न र बर्बराइरहन्छ गर्भिणी समय? आफैँले हालेको भोटको थुप्रोमा निसास्सिएर मर्ने बेला भइसक्यो अर्को चुनावसम्म बाँचिन्छ होला र? आफ्नो के त ?: साहूको कुवा चुलो माटोको माटो पोखरीको पोखरी साहूको भोक रोटीको रोटी कोदोको कोदो खेतको खेत साहूको गोरू साहूको हलो साहूको हलोको अनौमा हात आफ्नो उब्जनी साहूको पोखरी साहूको पानी साहूको खेतबारी साहूको गल्ली टोल साहूको आफ्नो के त? गाउँ? शहर? देश? अनुवादः राजेश घिमिरे हिटलर र यहुदी : दर्शनको मनोविज्ञान: ‘हिटलर र यहूदी’ यात्राको वृतान्तको शैलीमा रचिएको उपन्यास हो । यसमा कथाको प्रमुखपात्र क्यान्सररोगको उपचारार्थ इङ्ल्यान्ड जाने क्रममा भएका घटनाहरुको बेलिविस्तार—बम्बईमा जहाजबाट सुरु भएको यात्रा विभिन्न बन्दरगाह हुदै इङ्ल्याण्ड गएर उपचार गराएर अङ्गेजी साहित्यको हस्ति विलियम सेक्सपियरको गाउँ स्ट्राटफोर्डको भ्रमण, हिटलरको देश जर्मनीको वर्लीनमा हिटलरको चिहान, खण्डहर, सन्टले राजमार्ग—हानोवरमा बन्दि शिविर, ग्यासच्याम्बर, फ्रन्सको पेरिसको संक्षिप्त यात्रा र अन्तमा यहूदीहरुको ईश्वरप्रदत्त मुलुक इजरायलमा प्रवेशको सङ्गालो हो हिटलर र यहूदी । यस उपन्यास मुख्यत: दुई कुराको परिधिभित्र घेराबद्ध छ । एक, दोस्रो विश्वयुद्बले भग्नावशेष बनाएको संसार र यसले यहूदी जातीलाई पुर्याएको असर । दुई, आर्य—संस्कृतिमा निहित अध्यात्मवादी दर्शन र वास्तविकताको अन्तरद्वन्दको मनोविश्लेषण । एकातर्फ नारायण, लियोनार्ड र डा. सुनिल भट्टाचार्य जो युद्धको यथार्थतालाई कुनै काल्पनिक घटना जस्तो मानेर यसको पक्षधर भईरहे । अर्कोतर्फ गोल्डवर्ग, थियोडोरा, ईल्जा जसलाई युद्धको चोटको खाटाले विस्मयकारी क्षण बिर्सिन खोज्दा पनि याद दिलाईरह्यो । अपूर्ण भएको कारण यस उपन्यासले यहूदीहरुको भुमिमा गई उनीहरुको मनस्थिति सूक्ष्म अन्वेशण गर्न नसकेको भान भने अन्त्यमा निश्चय नै हुन्छ । कृति भित्रका केहि स्मरणीय संवादहरु : नारायणजी — प्रिय नेपाली मित्र, शब्द, त्यसको अर्थ र अर्थको ज्ञान—तीन तत्व छन्, मान्छेको बुझाइमा । नारायणजी — यो विराट ब्रह्मान्ड समुन्द्रमा क्षण क्षण असंख्य विश्वको प्रलय संहारकारी ज्वार आएको बुझ्दा बुझ्दै सहानुभूतिको अश्रुबिन्दुको के अर्थ हुन्छ र ? डा. भट्टाचार्य — ज्ञान चैतन्यको समष्टि रुप हो, जसको एउटा अत्यन्त स्वल्प अङ्ग मात्र छ, बुद्बि । चैतन्यका सहस्र अङ्ग छन् — बुद्बि सहज वृत्ति, इन्द्रियानुभाव, भावना, सपना, स्वप्नहीन निन्द्रा, तन्द्रा, तन्मात्रा आदि आदि अनेकानेक पत्रैपत्र परेको । यी सबै अङ्गको स्वस्थ स्थितिमा सहयोग गरीकन प्राप्त भएको तत्त्व हो, ज्ञान । परिवर्तन: शरदको ठण्डी हावा भए पनि आइरहेछ तिमीतिर आरामदायी न्यानोपन भावनाका उल्झनहरू रूखका खैरा र सुन्तले हाँगाजस्तैै खात लगाएर थुप्रिएका छन् रूखै मुन्तिर तिम्रो श्वासप्रश्वास मेरो शरीरको छालामा परेको घामको किरणझैं सिलसिलाबद्ध रूपमा चमक ल्याउँदै प्रकृतिलाई अझ निखार्न मद्दत गरिरहेछ तिम्रैै अँगालोमा फर्की आऊ भनी बोलाउँदै ऋतु परिवर्तन भएको छ सम्भावनाहरू देखाउँदै माया फैलिइरहेछ चारैतिर झरिरहेका पातहरू सँगसँगै तैरिरहेछ नयाँ वसन्तलाई स्वागत गर्दै माया पनि त परिवर्तन हुनसक्छ नि! २. मेरो पहिलो पाठक मैले जे लेखे पनि त्यसभित्र पाउँछिन उनी आफूलाई सोधेकी छन् आज पनि, किन मलाई त्यसरी प्रस्तुत गरेको कवितामा? के म हिउँझैँ गोरी छु र? कि म ठण्डी छु हिउँझैं? भन किन आज मलाई हिउँको विम्ब दिएको? कविता लेखूँ कि गीत कथा लेखूँ कि गजल सुख छैन मलाई! अहँ पटक्कै सुख छैन मलाई किनकि मेरो पहिलो पाठक नै उनी। हो म कथा उनकै लेख्छु कवितामा उनैलाई दिन्छु अनेक विम्ब मुक्तकमा उनकै प्रशंसा गर्छु हरेक पटक र गीत उनकै गुनगुनाउँछु सधैंभरि थाकिसकेको छु म आफैँसँग प्रश्नहरू गर्दै म के लेखुँ? यथार्थ वा कल्पना? यथार्थमा थोरै कल्पना मिसाउँ ? कि धेरै कल्पनामा थोरै यथार्थ भनुँ? म सम्झाउन सकिरहेको छैन आफैँलाई कि पाठक त आखिर पाठक नै हुन् नि! नखिपोट, ललितपुर-१४ देशको गीत: म त देशको सारङ्गी गाउँछु देशको गीत पहाडदेखि तराईसम्म लाउँछु मीठो प्रीत । शिखरमा डाँफेसँगै मान्छु लोसार पर्व तराईमा छैठ मान्दा ठान्छु ठूलो गर्व पूर्वतिर च्याब्रुङ नाच्दै पश्चिम देउडा नाच्छु चन्द्रसूर्य झण्डा बोकी गौरवले बाँच्छु । जात धर्म एउटै हाम्रो नेपाली हुँ भन्ने अनेकतामा एकताको मीयो देश ठान्ने आफ्ना आफ्ना चाड छन्, आफ्ना आफ्नै पर्व भिन्नभिन्न रीतिरिवाज, अनेक छन् है धर्म । लकडाउन डायरीः जीवनप्रति झन् माया लागेर आएको छ: टन्टलापुर घाम लागिरहेको छ । मानौं, यसले सबैलाई बाहिर निस्किन आब्हान गरिरहेको छ । यो घामको महत्व बेलायतमा बस्ने जो कोहीलाई निकै हुने गर्दछ । नेपालमा तापेको न्यानो घामको यादमा बेलायतमा जिउनु पनि कम कष्टकर हुँदैन । आठ–नौ महिनाको जाडो अनि धुम्म परेका दिनहरुपछि बल्ल घाम झुल्कने र घाममा घुम्न अनि हिंड्न पाउने आशामा रहेका बेलायतबासीहरुको सपनामा कोरोनाले तुषारापात ल्यायो । घाम लागेको बेला घरभित्र बस्ने बेलायतिहरूको बानी हुन्न र यो नै एक झन् चनौतिको विषय बनेको छ यहाँ । मलाई भने खासै फरक परेको छैन घरमा बस्न । घरमै बसेर काम गरिरहेकी छु र काम बाहेक फुर्सदको समय सकेसम्म धेरै किताब पढेर बिताउने कोशिसमा छु । नेपाली र विश्व साहित्य दुबै पढ्दैछु । म भर्खरै गणेश पौडेलको चाखलाग्दो उपन्यास ‘पैताला’ सकेर नाइजेरियन लेखिका चिमामान्दा अदिचिको उपन्यास ‘अमेरिकाना’ भित्र हराउँदै छु । लकडाउन शुरु भएदेखि पढ्न शुरु गरेको यो मेरो आठौं किताब हो र यसले मलाई निकै छोइरहेको छ । यसबीचमा पढेका अरु राम्रा किताबहरु मध्ये कुमार नगरकोटीको ‘दोचा’, बेलायति लेखक जुलियन र्बान्सको उपन्यास ‘द सेन्स अफ एन एण्डिङ्ग’ र फ्रेन्च लेखिका एण्ड्री रोबीको उपन्यास ‘डबल भिजन’ भने लामो समय मेरो यादमा रहिरहनेछन् । वरिपरि सबैतिर शून्य छ । जसरी कोरोनाको कहरले संसारभर असर गरेको छ, त्यसरी नै बेलायतमा पनि सबै कुरा प्रभावित छन् । आजसम्म (बैशाख २६ गते अर्थात ८ मे) को रेकर्ड अनुसार बेलायतमा २०७,००० संक्रमित भएका छन् जसमध्ये ३०, ६१५ को मृत्यु भैसकेको छ । यो डाटाले केयर होम तथा अन्य ठाउँमा भएको मृत्युको आँकडा भने समेटेको छैन । यसै बीच १६४ स्वास्थकर्मीहरूले मृत्यवरण गरेको प्रतिवेदनले जनाएको छ । हरेक दिन समाचारमा मृतकको संख्या बताउँदा कुनै दिन आफू पनि त्यही नम्बर मध्येको एक नम्बर हुन सक्ने डर र सम्भावना रहिरहन्छ मनमा र कहिले काहिँ कहाली लाग्छ । तर, अब दैनिक मृत्युदर भने घट्दै गएको छ जसले केही राम्रो संकेत दिएको छ र लकडाउन पनि केही खुकुलो हुनसक्ने आशा छ । किराना पसल, औषधि पसल जस्ता अत्यावश्यक पसलहरू खुल्ला छन् । घरबाट निस्केर व्यायामको लागि बाहिर जाने छुट छ तर अरुहरूसंग दुई मिटरको दूरी कायम राख्नुपर्ने निर्देशन छ । भर्खर लकडाउन शुरु हुँदा साताको अन्त्यमा यस्तै घाम लागिदिएकोले पार्कहरुमा धेरै मान्छेहरु पुग्थे र बेलाबेला भीड तितर बितर गर्न पुलिशहरु तैनाथ देखिन्थे । र, यस्तै भीड भएमा पार्कको यो सुविधा पनि गुमाउनुपर्नेछ भन्ने बेलायति सरकारको चेतावनी पनि बेला बेला आइरहेको थियो संचार माध्यमहरूमा । हिजोआज भने घामले बाहिर जिस्काइरहेपनि केही संयमता आइसकेको जस्तो देखिन्छ बेलायतबासीहरुमा । खाद्यान्न सामाग्री मात्र किन्न जाँदा पनि कोरोना बोकेर आइन्छ कि भन्ने डर छ र सकेसम्म पसल नै नजाउँ भन्ने लागिरहन्छ । खानेकुरा लकडाउन पहिले त सँधै अनलाइन अर्डर गर्ने गरिन्थ्यो तर अब धेरै अनलाइन अर्डर गर्नेको चाप बढेर र ति अनलाइन अर्डर पनि बुढाबूढी तथा अशक्त व्यक्तिहरुको लागि प्राथमिकतामा पर्ने भएकोले अहिले एक महिनासम्म पनि ग्रोसरी स्टोरहरुका वेबसाइटमा कुनै अर्डरको स्लट (समय) देखिएको छैन । त्यसैले, पसल जति कम जान्छु भनेपनि कहिले काहिँ जानु परिरहेको छ । हिजोआज दुई मिटरको दुरीमा लाइन बस्न लगाउन थालिएकोले भने अलि डर कम भएको छ तर घर आएर खाद्यान्न सामाग्री साबुन पानीले सफा गर्न अनि छुटाउन, मोबाइल, व्याड्ढकार्ड आदि सब स्प्रेले सफा गर्न नै समय खर्चिनु पर्ने भैरहेको छ । स्याउ, सुन्तला, अंगुर, आलु सबै साबुन पानीमा केही मिनेट पखाल्ने गरेकी छु र फ्रिजमा हाल्न नपर्ने सामानहरू बाहिर गार्डेनको सेड (स्टोर)मा दुई तिन दिन राखेपछि मात्र भित्र ल्याउने गरेकी छु । मेरा यहाँका नेपाली साथीहरू पनि यस्तै गर्ने गरेको बताउँछन् । यो समयमा मेडिकल क्षेत्रमा काम गर्ने डाक्टर, नर्श, फार्मसिस्ट साथीहरूको भने निकै माया लागेको छ र उनीहरूको योगदान सोचेर गर्व पनि लाग्छ । भर्खर लकडाउन शुरु भएको बेला खाद्यान्न सामाग्री किन्न जाँदा सामानहरू नपाएको खबर टि.भि. मा थुप्रै आए । केही स्वास्थकर्मीहरू दिनभरीको खटान पछि खाद्यान्न किन्न जाँदा नपाएकोले रुँदै गरेको समाचारमा आए लगत्तै स्वास्थकर्मीहरूको लागि सरकारले केही परिवर्तनहरू ल्याए । मेरी साथी बेलायतकै हस्पिटलमा कार्यरत फार्मासिस्ट निर्मला स्थापित आजकल किराना पसल तथा खाद्यान्न स्टोरहरूमा जाँदा लाइन पनि बस्न नपरेको बताउँछिन् । स्वास्थकर्मीहरुलाई दिइएको विशेष पासबाट उनीहरू सिधै सामान किन्न सक्छन् र अरुहरूलाई झैं लाइनमा बस्नु नपर्ने भएकोमा उनी खुशी छिन् । हाम्रो स्वास्थको खयालमा जुटेका स्वास्थकर्मीहरुको लागि यो सुविधा निकै नै सराहनीय छ । यसबाहेक स्वास्थकर्मीहरुको कामको सराहनामा विभिन्न पसलहरूबाट हस्पिटलहरूमा स्वास्थकर्मीहरूका लागि केक, फलफुल तथा खाना बाँडिएको खबरले निकै खुशी पनि लाग्दछ । लकडाउनपछि पनि विद्यालयहरू स्वास्थकर्मी, पुलिश तथा अरु जरुरी काममा संलग्न व्यक्ति वा परिवारका बच्चाहरुका लागि भने खुल्लै छन् । त्यसैले पनि मेरा केही नेपाली साथीहरू जो शिक्षण पेशामा विद्यालयमा कार्यरत छन्, उनीहरू विद्यालय जाने गर्दछन् । मेरी नेपाली साथी जिलियन ढुंगाना थोरै विद्यार्थी हुने हुनाले हप्तामा पाँचै दिन जानु नपरेको बताउँछिन् किनकि अरु शिक्षक शिक्षिकाको आलोपालोमा कक्षाहरू संचालनमा हुने गर्दछन् । यो सुविधाले गर्दा अत्यावश्यक क्षेत्रमा काम गर्ने परिवार तथा व्यक्तिहरुलाई आफना साना बालबच्चाहरूलाई व्यवस्थापन गर्न अप्ठेरो नपरेको अवस्था देखिन्छ । संयुक्त परिवारमा प्रायः नरहने र बाह्र वर्ष मुनिका बालबालिकालाई घरमा एक्लै छोड्न कानुनी रुपमा नमिल्ने कुरालाई मध्यनजर राखेरै बेलायतमा सरकारले यो व्यवस्था गरेको थियो जुन स्वागतयोग्य पनि थियो । विद्यालयहरूमा भने अनलाइन कक्षाहरू संचालनमा छन् । जि.सि.इस.सी तथा ‘ए’ लेभलका परीक्षाहरू स्थगित भएका छन् । तर, विद्यालयबाट आएको रिपोर्टको आधारमा नै यहाँको नतिजा तय हुने भएको छ र यसै अनुरुप मेरी छोरी जो जि.सि.इस.सी परीक्षाको तयारीमा जुटेकी थिइन्, अब विद्यालयकै आन्तरिक परीक्षा दिइरहेकी छिन् । उनको विद्यालय भने अनलाइन मार्फत यावतै चलिरहेको हुँदा उनको जीवनचर्यामा खासै परिवर्तन आएको छैन । कोरोनाको कहर जताततै छ । मन बेलाबेला आतंकित हुन्छ । भर्खरै यो लेख लेख्दै गर्दा मेरी नेपाली फार्मसिष्ट साथी निर्मला स्थापितको फोन आयो । उनी आफू काम गर्ने हस्पिटलबाट ड्राइभ गर्दै फर्कँदै थिइन् । उनको आवाजमा जोश थियो, बोलि हँसिलो थियो । खुल्ला बाटोमा ड्राइभ गर्न सजिलो भएको मात्र फरक परेको उनले बताइन् । म जति डराएकी छु, उनमा डर देखिन । म जति आतंकित छु, उनमा आतंक देखिन । साँच्ची, यो समयमा स्वास्थकर्मीहरुले गरिरहेको सेवाको ऋण हामी तिर्न कहिल्यै सक्ने छैनौं । सक्छौं त केवल उनीहरूको सुस्वास्थको कामना गर्न । त्यसैले, सकेसम्म नियमको पालना गरेर घरमै बसौं, आफू पनि बचौं र स्वास्थकर्मीहरूले भोगिरहेको जटिल समस्यामाथि अझ समस्या नथपौं भन्ने लागिरहन्छ । तर, यसै बीच जीवनप्रति भने झन् माया लागेर आएको छ । लाग्दैछ, हरेक दिन अनि हरेक पल जीवनका प्रत्येक स्वास झन् अमूल्य बन्दैछन् । त्यसैले पाएको प्रत्येक दिन खुशीसंग जिउन खोज्दैछु । यतिबेला आध्यात्मिक गुरु अजन ब्राहमको भनाई याद गर्दैछुः ‘‘निश्चित एउटै कुरा छ त्यो हो ‘भविश्य अनिश्चित छ’ । त्यसैले यसको चिन्ता गरेर समय खेर नफाल्नुहोस् ।’’ एकसय एक वर्ष पुगे शताब्दी पुरुष सत्यमोहन: शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । वि.स. १९७७ वैशाख ३० गते जन्मिएका ललितपुर निवासी जोशी संस्कृतिविद् हुन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । जोशी गत वर्ष एकसय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दी मनाउने निर्णय गरेको थियो । यस वर्ष कोरोना कहरका कारण देशभर लक डाउन गरिएका कारण उनको १०१ औँ जन्मउत्सवमा कुनै सार्वजनिक कार्यक्रम भने आयोजना हुन सकेन । जोशीले तीन पटक मदन पुरस्कार जितेका छन् । #सत्यमोहन जोशी फरक दृष्टि: नेताले चिया पिउँदै घरमा काम गर्ने केटालाई सोधे, ‘आज पनि पत्रिका आएन ?’ काम गर्ने केटाले बगैँचाको फूल गोड्दै जवाफ दियो, ‘आएन हजुर ।’ ‘न्यूजवीक, हेराल्ड ट्रिव्युन, रिपब्लिका, सन, हिन्दू कुनै पनि पत्रिका आएका छैनन् ? ग्राहक बनेको म्याद पनि सकिएको छैन क्यारे ।’ ‘त्यसो भए नेपाली पत्रिका ल्याउँ त हजुर ?’ ‘भो, के हेर्नु नेपाली पत्रिका ! मलाई त नेपाली पत्रिका र पत्रकारप्रति नै विश्वास छैन ।’ त्यसपछि नेता फोनमै व्यस्त रहे । त्यति नै बेला आफूलाई पत्रकार बताउने व्यक्ति हातमा पत्रिकाको मूठो लिएर ढोकामा उभिए । नेताले इसाराले माथि बोलाए । जुन दिन ती पत्रकार र नेता अर्थात् उसको घरमालिकको भेट भएको थियो । त्यसको भोलिपल्ट नेताले नेपाली पत्रिका किन्न पठाएको घटना उसलाई याद भयो । फूल चाहिँ: फूल चाहिँ काँडाबीच पनि फुल्दो रै’छ भवँरा चाहिँ फूलमाथि मात्र भुल्दो रै’छ । असिना र झरी बादल सहेर फूले पनि चट्ट टिपी लाउने यहाँ अर्कै हुँदो रै’छ । दिनपछि रात आउँछ हारपछि जीत मानिसलाई यही आशले सधैँ बाँध्दो रै’छ । कहिले पनि रोकिँदैन भन्थे यात्रा जिन्दगीमा शान्त तलाउमा नि डुङ्गा डुब्दो रै’छ । पिँजडाभित्रको स्वतन्त्रता: भर्खरै बाँच्न सफल भएका छन् मेरा एकजोर जिन्दगी जिन्दगीजस्तो उकालो उक्लिरहेका एकजोर जिन्दगी सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले पिइरहेछन् एकजोर आँखाबाट बगेका ती गरिबीहरू । देश भत्काउँदा माटोमा भेटिनु पर्थ्यो शहीदका आहुतिका टाउकाहरू पृथ्वीका एकजोर हातहरू एकचौथाई अपयव चुँडिदा आमाको सुनिनुपर्थ्यो छातीमा अँगालेर रोइरहेकी लिपुलेक लिम्पियाधुरा र महाकालीहरूका हाँक र क्रन्दनहरू भेटिनु पर्थ्यो एउटा सत्यनिष्ठा हली जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका तराई, पहाड र हिमालहरू अझै भेटिनु पर्थ्यो मजेत्रो च्यातिएझैँ च्यातिएका नेपालका सीमाहरू दशरथ चन्द धर्मभक्त माथेमा गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरूसँगै हराएका शहीदहरू अझै खोजिनु पर्थ्यो आफ्नै देशमा हराएका मदन भण्डारीहरू लेखिनु पर्थ्यो राष्ट्रवादका कविताहरू शहीदका रगतका कलमहरूले अझै उत्खनन् गरिनु पर्थ्यो पुरिएका ती सपनाहरू गाइनु पर्थ्यो अझै जीवन शर्माका गीतहरू । तर अहँ, ब्युँझदै एकजोर आँखाले देखेका सपनाहरू बालुवाले बनेका दरबारझैँ ढले गर्ल्याम्मै यसरी जसरी ढले मेरो देशको धरहरा तीन टुक्रा भएर तर होंचो भएन र ढलेन कहिल्यै मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो नहरायो कहिल्यै मभित्र देश सिउने सियो अझै म बाँचिरहेछु यसरी जसरी बाँचिरहन्छन् निसासिएर मुढाले थिचिएका पहेंला निरीह दूबोहरू । ए कानहरू हो ! किन सुन्दैनौ हँ ? चिहानबाट आएका शहीदहरूका आवाजहरू ए आँखाहरू हो ! किन देख्दैनौ हँ ? शहीदहरूका छातीका आलो घाउबाट बगेका रगतका अरुण र कर्णालीहरू ए बरफहरू हो ! किन पोल्दैन हँ ? तिमीहरूका छाती मेरोझैं स्वाभिमानको आगोले ? उन्मुक्त नभएरै हो स्वतन्त्रताको पर्खालहरूमा हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले हिजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू आज मेरो पालो रेटिने तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम निभाइने छ घाम झ्याप्पै म निभेपछि तर निभ्ने छैनन् कहिल्यै मभित्रको देशप्रेमको दियो साँच्चै भनुँ, आफ्नै देशमाथिको खुला आकाश पनि मलाई पिँजडाजस्तै लाग्छ पिँजडाभित्रको स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ? देश भत्काउँदा माटोमा भेटिनु पर्थ्यो शहीदका आहुतिका टाउकाहरू गुलाबी उमेर: प्रिय लेखक, पुस्तक पढ्न मन लाग्छ तर पढ्न मन लागेका पुस्तक सधैं, समयमै हात पर्दैनन् । तपाईंको यो पुस्तक गत सालकै सेप्टेम्बर २८ मा पढ्ने अवसर पाएको थिएँ । राम्रो भने पनि, नराम्रो भने पनि पुस्तकमा केरमेट गर्ने, ससाना टिपोट गर्ने जस्ता पुस्तक मैल्याउने काममा दौडिरहन्छन् औंलाहरु । यो कोरोनाले जुराएको फुर्सदिलो समयमा टन्कण गर्ने समय जुर्\u200dयो, पाठक प्रतिक्रियास्वरुप । एउटी किशोर वयमा झुल्केकी केटीको डायरीलाई तपाईंले मीठो गरी प्रस्तुत गर्नु भएछ । अहिले बाल्यकालमा रहेकी मेरी आफ्नै हुर्किंदो छोरीको कथाजत्तिकै चाख मानेर एकै बसाइमा सकाएँ । मनभरि उसैको भावभङि्गमा नाचिरह्यो । पल्लबी उमेर ओढेर ~ टीन एज अर्थात तेह्र वर्षदेखि उन्नाइस वर्षसम्मको जिन्दगीका पारिलो समय । गुलाबी उमेरमा अभिभावकप्रति आउने चिड्चिडाहटले जिस्क्याइरह्यो । साथ हुने र दुरीमा बित्ने वैदेशिक रोजगारीका बिडम्बनापूर्ण समयको पाबन्दीहरुले, व्यावहारिक यथार्थहरुले, धेरै कुराहरुले चिमोटिरह्यो पुस्तक पढेर सिद्धिसकेपछिसम्म नै । लेखकको चुम्बकीय आकर्षणसँग परिचित गराउन त अघिल्ला कृति पनि सशक्त थिए तर यसमा विशेष रह्यो एउटी किशोरी पात्रको जीवन्त डायरी भएकाले पनि । त्यसभित्र थिए आजको पुस्ताको जोश, अनि कतै परिपक्व र कतै आवेशका निर्णय क्षमता.. । पुस्तान्तरका कारण, सामाजिक असहज सोचका कारण, ऋतु उर्फ ऋतुराज उर्फ बेदाम्शीको मनोभावनासँगै थुप्रै परिघटनाहरुले घोचिरहे, चिथोरिरहे । पिताज्यूको प्रत्यक्ष छहारी नहुनु पनि अर्को अमिलो यथार्थ देखियो । अभिभावकलाई छल्न काफी स्मार्ट देखिन्छन् अहिलेका पुस्ता । त्यसमाथि सुनौलो सपना समेट्ने भाग बोकेर पिता पर्देशिएका बेलामा, घरदेशमा सन्तान हुर्काउने जिम्मेवारी बोकेकी आमाको कोमल मनमा काफी परिपक्व लाग्थिन् रितुराज ! समय र परिवेश सँगै बद्लिरहेछन् संगत र स्वाभाव, जसरी बद्लिएका छन् उनका नाम । गुलाबी उमेरमा अभिभावकप्रति आउने चिड्चिडाहटले जिस्क्याइरह्यो । साथ हुने र दुरीमा बित्ने वैदेशिक रोजगारीका बिडम्बनापूर्ण समयको पाबन्दीहरुले, व्यावहारिक यथार्थहरुले, धेरै कुराहरुले चिमोटिरह्यो पुस्तक पढेर सिद्धिसकेपछिसम्म नै । हिमेश सरको इन्ट्री पछिको झन्डै दुई तिहाई कथाले छुट्टै औपन्यासिक वेगमा दौडायो । समाजको ऐना हो साहित्य । ‘लोलिता’, समाजले दोष थमाएको बदनाम चरित्र होस् वा आमा छोरी दुवैसँग दोहोरो सम्बन्ध बुन्ने पतित- दुराचारी पात्र हम्बर्ट ! यथार्थमा भए पनि मनोगत पात्र भए पनि, जुनै देश- जुनै समाजमा पाइन्छन्, त्यस्ता प्रवृत्ति । विश्व साहित्यको कृति ‘लोलिता’को प्रसँग घोलिएका छन्, सर्बतमा चिनीजस्तै गरेर। बेदाम्शीले लपक्कै बेरेकी छन् मनैमनमा ती पात्रलाई आफ्नै आमा र हिमेश सरसँग गाँसेर। बढ्दो उमेर भित्रको तरङ्गित मन सँगसँगै लहराउँछिन् उपन्यास भरी उनी । कतै बोल्ड देखिन्छिन्, कतै कोमल । कतै अग्रगामी देखिन्छिन्, कतै शिथिल । कतै क्षमाशाली देखिन्छिन्, कतै भावुक ! विद्यालयमा चरित्रहीन केटीको बिल्ला भिराइएपछि आफैँसँग मनोवाद गर्छिन्, कसैको मन नदुखोस् भनेर पो प्रेम प्रस्तवमा हुन्छ भनेकी ! न भेट्नु, न घुम्नु, न एकान्तमा बिताउनु ! कसरी धोका भो ? समाजको घटना – परिघटनामा, पर्दा अगाडि र पछाडिको फरक दृश्य छर्लङ्ग उघारिएका देखिन्छन् उपन्यासमा । लय भरिएको अनुप्रासयुक्त मिठास भरिएको छ पुस्तकभरि । जस्तो – आत्तिएर फोन गरेँ, रित्तिएर कुरा गर्\u200dयो ! – अरुसँग तर्किएर बसें, आफूसँग अझै नजिकिएर बसेँ । – पुकार सुनिरहेँ, उपकार गरेनन् । – कपालसँग ओठले, कफीसँग जिब्रोले एक अनुच्छेद कुरा गरेपछि लगायतका अरु थुप्रै थुप्रै विन्यासित वाक्यहरूले पाठकलाई तानिरहन्छ । यो कथामा मुख्य पात्रको गुलाबी उमेरले शीर्ष स्थान पाएको छ, सिङ्गो उपन्यासको शीर्षक बोकेर । तर फरक पात्रको फरक उपकथा पनि उत्तिकै रोचक छन्, विभिन्न वय र उमेर बोकेर । समग्रमा यो उपन्यासले पाठकलाई सोचमा डुबाउँछ, उमेरको विभाजनले: – पल्लबी उमेर : बाल्यकालको अबोध, निश्चल समय – गुलाबी उमेर : किशोर वयबाट यौवन चिहाउने स्वर्णिम समय – मखमली उमेर : सिन्दुर पोतिएर जिन्दगीको मोड बदलने समय – बैजनी उमेर : जिन्दगीले पढाएर चिन्तनशील र दार्शनिक बनाएको उमेर – आसमानी उमेर : जिन्दगी भोगेर अध्यात्मतिर झुकेको उमेर तपाइँले आसमानी उमेरबारे ‘सेतो धरती’ पस्किएर पुनः फन्को मार्दै ‘गुलाबी उमेर’मा पाठकहरूलाइ ल्याइदिनु भएको छ । अझै थुप्रै थुप्रै उमेरका कथाहरू तपाइँबाट सुन्न पढ्न पाइयोस् भन्ने कामना गर्दछु । दुख्दैन: टाउकोमा नाच्दै छ कोही, कसरी भन्नु मेरो केस दुख्दैन दुख्छ बिहान बेलुका तर मध्यरात्रिमा मेरो देश दुख्दैन दुख्दै आएको छ सदियौँदेखि कालापानी र लिपुलेक धमिलो पानीमा, माछा मार्ने छन् कसरी भन्नु शेष दुख्दैन । हाँसो पनि फारो गरौँ, दुई दिनको हाँसो नहोस् आफ्नो लाग्ने सबै कुरा, अर्काको नासो नहोस् मान्छेको जीवनमा के यस्तो पनि सम्भव छ र ? प्रेम गरेको मान्छे होस्, फेरि कैले चासो नहोस् । घाम, पानी, आँधिबेहरी सब सहन्छ जिन्दगी कहाँ एकनास लयमा बहन्छ ? तिम्रो हृदयमा फुलेको पारिजात हुँ म झरेर गए पनि सुगन्ध त बाँकी रहन्छ ! चलाखहरूको बस्तीमा सोझो लाटोको के काम ? अन्त्यै बिक्री भैसकेको त्यो, माटोको के काम ? जसले उड्न सिकेको होस् निर्वाध आकाशमा, काँडैकाँडा भरिएको, त्यो बाटोको के काम ? पढिदिए मात्र पुग्छ, वाह ! वाह ! र ताली चाहिन्न मनभित्र दियो बल्यो भने पूजाको थाली चाहिँन्न जब शान्तिको झलक अनुहारमा देखिन थाल्छ कसैले उपहारमा दिएको, कृत्रिम लाली चाहिन्न । घाम, पानी, आँधिबेहरी सब सहन्छ जिन्दगी कहाँ एकनास लयमा बहन्छ ? तिम्रो हृदयमा फुलेको पारिजात हुँ म झरेर गए पनि सुगन्ध त बाँकी रहन्छ ! यसपालिको युद्धमा\xa0: पहिले पहिले जस्तो यसपालिको युद्धमा सडकभरि बख्तरबन्द गाडीहरू कुदेनन्, आकाशभरि बमवर्षक विमानहरू पनि उडेनन् तैपनि मृत्युको साइरन शहरभरि बजिरह्यो । संसारमा आफूलाई “सर्वशक्ति” ठान्नेहरूले अरुहरूमाथि कहिले यो बहानामा कहिले त्यो बहानामा पालैपालो बर्साउने रंगभेदी बम र बारुद भन्दा फरक, कालो मन भएका शासकहरूका वर्षौंदेखिका अन्यायका विरुद्ध राता मान्छेहरूले मच्चाएको विद्रोहभन्दा फरक, अल्लाह, जिसस र राम/कृष्ण आदि आदि भगवानका नाममा हुने अमानवीय काटमार भन्दा फरक अनि मेरो र तेरोको नाममा सिमानामा हुने गरेको रक्तपात भन्दा पनि निकै फरक यो युद्ध झन् त्रासद भएको छ, दिन दिनै झन् झन् व्यापक भएको छ । यसपालिको युद्धले कालो या सेतो भनेन, धनी या गरिब छुट्याएन, पूर्व या पश्चिम मानेन, यसपालिको युद्धलाई कुनै साँध सिमानाले छेकेन, जति गरौं, जे गरौं, यसपालिको युद्धले मानवनिर्मित कुनै मान्यताहरू मानेन हिजोका सबै मानकहरू भत्काइदियो। गरिब त हिजो पनि मरेकै थिए, आजको युद्धलाई न कुनै धनीमानीले छेक्न सक्यो, न कुनै शक्तिसम्पन्न हुँ भन्नेको प्रवेश-आज्ञा र राहदानीले छेक्न सक्यो चैतको खडेरीमा सल्केको डढेलोझैँ फैलिरह्यो, विश्वव्यापी हुँदै मृत्युको छायाँले आफैँलाई लपेट्दासम्म न कसैले देख्न सक्यो । यो विश्वव्यापी त्रासद युद्धमा आऊ हामी सबै मिलेर मोर्चाबन्दी गरौं, न कसैको दम्भले जितिन्छ यो युद्ध न कसैको सीमा स्तम्भले छेकिन्छ यो युद्ध भो बारुद र बमको कुरा पनि नगरौँ, धनी-गरिब, बढी या कमको कुरा पनि नगरौँ उसले भेटे सबै सकिन्छौँ हामी उसलाई मेटे सबै जोगिन्छौँ हामी यसपालिको युद्धमा पहिलेभन्दा फरक तरिकाले सफेद मन भएका सेता कोटधारी योद्धाहरूलाई अघि लगाएर उनीहरूकै आदेशअनुसार युद्धको कासन लिउँ उनीहरूकै आदेश अनुसारको आसनमा बसौँ मानवता र करुणाको हतियारले यो कोरोना विरुद्धको युद्ध लडौँ र विजय हासिल गरौँ। (हाल: नर्थ क्यारोलाइना, संयुक्त राज्य अमेरिका) यसपालिको युद्धले कालो या सेतो भनेन, धनी या गरिब छुट्याएन, पूर्व या पश्चिम मानेन, यसपालिको युद्धलाई कुनै साँध सिमानाले छेकेन जम्मा तीन पटक बिरामी परेँ: १ सय १ वर्षका सत्यमोहन जोशी: सत्यमोहन जोशी कोभिड–१९ भन्ने रोग बोकेर हिँडिरहेको अदृश्य कोरोना भाइरसको वितण्डा संसारभरि ब्याप्त छ । आधा संसार लकडाउनमा र सम्पूर्ण संसार आर्थिक मन्दीमा छ । यस्तो बेलामा आफ्नो एक सय १ औं जन्म दिन आइरहेको पूर्व सन्ध्यामा सत्यमोहन जोशीले स्वास्थका बारेमा केही कुरा गरेका थिए । उनले यसअघि बिफरको महामारी र हैजाको महामारी भोगेका थिए । उनको जन्मदिन मनाउन लकडाउनका कारण धेरै कम व्यक्तिहरु मात्र घर पुगेका थिए । परिवारका सदस्यहरुले पनि केही पत्रिका र विशिष्ट व्यक्तिहरुलाई मात्र केही बेरका लागि परैबाट शुभकामना दिने व्यवस्था गरे । साहित्यपोस्टका प्रतिनिधिले पनि उनीसँग थोरै मात्र कुराकानी गर्न मौका पाए । उनले हाम्रा प्रतिनिधिले बिरामी परेको सन्दर्भमा कुरा गर्दा भने, ‘अहिलेसम्म तीन पटक बिरामी परेको छु । तर अस्पताल चाहीँ भर्ना भएको छैन ।’ उनको स्वास्थ किस्सा सबैका लागि रमाइलो हुन सक्दछ । ०००० बजारमा दीर्घजीवन बाँच्ने उपायका विषयमा अर्तिबुद्धि दिने धेरै वैद्य, हकिम, डाक्टर र योगीहरु भेटिन्छन् । कतिपय आर्युवेद र योगीहरुको पेसा नै के खाने, के नखाने, के गर्ने, के नगर्ने प्रवचन र ती प्रवचनमा समेटिएका पुस्तकहरुका भरमा टिकेको छ । यी सबैको एकै रटान छ– रक्सी, मासु बिल्कुलै नखाऊ । बिहानै सबेरै उठ र योग–ध्यान गर । उमेर र रोगले कस्दै लगेपछि धेरै मानिस यस्ता हकिमहरुको आम्दानी पढाउने ग्राहक बनेर उनीहरुको पथमा लाग्छन् । भलै यस्ता ग्राहकले दीर्घजीवन पाएको बिरलै सुनिन्छ । बरु यस्ता योगी सन्यासीहरुको थैली भने राम्रैसँग भरिने गरेको छ । सत्यमोहन जोशी सोमबार दिउँसो एक सय वर्षमा टेक्दैछन् । सय वर्ष बाँच्नु आफैमा उपलब्धिपूर्ण हो । त्यसमा पनि पूर्ण होसका साथ युवाझैँ शारीरिक र मानसिक स्वास्थ्य लिएर बाँच्नु विरलै हुने घटना हुन् । उनी सय वर्ष पुग्दा पनि चश्मा लगाउँदैनन् । लठ्ठी टेक्दैनन् । कान सुन्ने मेसिन लगाउँदैनन् । माछा, मासु, रक्सी उनका नियमित खानपिनका परिकार हुन् । एकपटक राम्रोसँग भेटेका मानिसलाई सजिलै चिन्दछन् । आफ्ना सबै काम आफैं नियमित गर्छन् । धेरै टाढा हिँड्नु पर्\u200dयो भने मात्रै गाडी चढ्छन्, नत्र पैदल यात्रा गर्छन् । केवल मन लगाएर योग–ध्यान गर्दैनन् । भेटेसम्म माछा मासु खान्छन् । राति सुत्ने बेलामा एक पेग रक्सी उनका लागि अनिवार्य जस्तै छ । उनी सय वर्ष पुग्दा पनि चश्मा लगाउँदैनन् । लठ्ठी टेक्दैनन् । कान सुन्ने मेसिन लगाउँदैनन् । माछा, मासु, रक्सी उनका नियमित खानपिनका परिकार हुन् । एकपटक राम्रोसँग भेटेका मानिसलाई सजिलै चिन्दछन् । आफ्ना सबै काम आफैं नियमित गर्छन् । के सत्यमोहन जोशीले प्रकृतिलाई चुनौति दिएका हुन् ? शनिबार नई प्रकाशनले एक दर्जन श्रष्टालाई सम्मान गर्ने कार्यक्रम थियो । कार्यक्रमका प्रमुख वक्ता र अतिथि थिए, यिनै सत्यमोहन जोशी । सबैलाई सम्मान गरिसकेपछि एउटा टेबुलमा पनिर पकौडा र चिकेन रोस्ट खाँदै गर्दा यो पंक्तिकार उनलाई सोध्यो, ‘तपाईंले त सारा योगी संन्यासीहरुको व्यापार नै चौपट बनाइदिनु भयो ।’ ‘किन र ?’ उनी सचेत भए । ‘योगी, संन्यासीहरुले जेजे नगर्नू, नखानू भन्छन्, तपाईं त्यहीत्यही खानुहुन्छ, त्यहीत्यही गर्नुहुन्छ ।’ उनी मुस्कुराए । उनका धेरैजसो दाँत पनि सग्लै रहेछन् । स्मरण शक्तिको कुरा त गर्नै पर्दैन । बाग्मतीमा पानी भर्न आउने युवतीलाई लुकीलुकी हरेको र पौडी खेलेका कुराहरु घन्टौं बताएर थाक्दैनन् । खुलामञ्चमा राणा प्रधानमन्त्रीहरुको सवारी हेर्ने, ९० सालको भुइँचालोको वर्णन गर्ने, बिपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा संस्कृति विभागका प्रमुख हुँदाका घटना, चीनमा अध्ययन गर्दा अरनिकोलाई नेपाली समाजमा परिचित गराउन गरेको प्रयास र प्रज्ञा प्रतिष्ठानमा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिका विषयमा गरेका कामहरु तिथिमितिका साथ भनिरहन्छन् । ‘बुढौलीको लक्षण केवल एउटा कुरामा मात्र छ,’ उनका नजिक रहेका मानिसहरु भन्छन्, ‘बुढाले आजभोलि आफ्ना पुराना कुरा मात्रै सुनाउँछन् । नयाँ अध्ययन अनुसन्धानतिर ध्यान दिन सकेका छैनन् । अध्ययन र अनुसन्धान अलि कम भएको छ ।’ मनोविज्ञहरु भन्छन्, ‘त्यही मानिस वृद्ध हो, जसले नयाँ कुरा दिन सक्दैन । धेरै मानिसमा ४५ वर्षपछि नयाँ कुरा दिनसक्ने क्षमता घट्न थाल्छ ।’ गोरखापत्रका पत्रकार सत्यमोहन जोशी सय वर्ष पुगेपछि बल्ल ४५ वर्षे उमेरको लक्षण देखाउन थालेका छन् । तर जोशीले आफ्नो जीवनमा यति काम गरेका छन्, जसको स्मरणहरुले मात्र पनि मानिसलाई रोमाञ्चित बनाउँछ । उनले बोल्ने हरेक कुराहरु नयाँ पुस्ताका लागि कौतुकमय हुने गरेको छ । उनले बनाएका इतिहास पनि अब बिरलै कुनै स्रष्टाले बनाउनेछन् । उनले बोलेका हरेक कुरा नेपाली साहित्य, संस्कृति र इतिहासका विद्यार्थीहरुका लागि ‘कोर्स बुक’ सरह हुने गरेका छन् । जस्तो, सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रुपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरु पुगेका थिए । ती गाउँहरुमा बाहुनहरु पढ्न बनारसतिर गएका हुन्थे । गुरुङ् र मगरहरु भने दोस्रो विश्वयुद्धका लागि अंग्रेजी सेनामा भर्ना भएर विश्वभरि पुगेका थिए । सम्पूर्ण गाउँहरु पुरुषविहीन थिए । महिलाहरु पानीपँधेरा गर्थे र खेतीकिसानी गर्थे । ‘त्यतिबेला अंग्रेजी सेनामा भर्ना भएर विदेशी मुद्रा ल्याउनु र अहिले कतार मलेसिया गएर आफ्नो परिवार पाल्नु उस्तैउस्तै हो । हामी पहिले पनि अर्काकै लागि मर्ने मार्ने काम गर्\u200dयौँ । अहिले पनि अर्काकै लागि काम गरिरहेका छौं,’ जोशी भन्छन् । यसरी गल्लावालसँग पछि लागेर अंग्रेज सेनामा भर्ना भएका धेरै किशोर र युवाहरु कहिल्यै गाउँ फर्केर आएनन् । आफ्ना खसम सम्झेर गीत गाएर जीवन बाँच्ने र मृत्युसम्म पनि उसैलाई पर्खने चलन नेपाली समाजमा आज पर्यन्त कायम रहेकोमा उनी आश्चर्य चकित हुने गरेका छन् । ‘त्यो बेला पनि फाट्टफुट्ट केही महिलाहरुले अरुसँग विवाह गरे होलान्, अहिले पनि गर्छन् । नत्र नेपाली समाज उतिसारो परिवर्तन गएको छैन । महिलाको अवस्थामा पनि धेरै परिवर्तन भएको छैन ।’ मनोविज्ञहरु भन्छन्, ‘त्यही मानिस वृद्ध हो, जसले नयाँ कुरा दिन सक्दैन । धेरै मानिसमा ४५ वर्षपछि नयाँ कुरा दिनसक्ने क्षमता घट्न थाल्छ ।’ गोरखापत्रका पत्रकार सत्यमोहन जोशी सय वर्ष पुगेपछि बल्ल ४५ वर्षे उमेरको लक्षण देखाउन थालेका छन् । तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति गाउँगाउँ गएर यस्ते विरही गीत संकलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे । यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पायो । मदन पुरस्कार गुठी पनि यही वर्ष स्थापना भएको थियो । उनले लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरुको खोज गरे । तिब्बतका लागि नेपालले मुद्रा बनाउने जिम्मा लिएको र त्यसबाट नेपालले मनग्गे आम्दानी गरेको कुरा पनि उनले पत्तो लगाए । यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि उनले दोस्रो पटक मदन पुरस्कार पाए । तेस्रो पटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए । तीन पल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् र सम्भवतः अन्तिम पनि । किनभने मदन पुरस्कार गुठीले केही वर्षदेखि एउटै व्यक्तिलाई पटक–पटक मदन पुरस्कार दिने नीति अघोषित रुपमा बन्देज लगाएको छ । पुरातत्व विभागको पहिलो निर्देशक उनलाई पुरातत्व विभागका पहिलो निर्देशक बन्ने सौभाग्य पनि प्राप्त भयो । २०१५ सालमा पुरातत्व विभागको निर्देशक हुँदा उनको उमेर केवल ३८ वर्षको थियो । कतिपयले राष्ट्रको ठूलो मध्येको एउटा पदमा उनको नियुक्ति हुँदा विरोध पनि गरेका थिए । उनी आफैंलाई पनि सरकारले त्यति ठूलो पदमा नियुक्ति दिएको कुरामा विश्वास लागेको थिएन । ‘कति दिनसम्म त रेडियो नेपालले भनेको संस्कृति विभागको प्रमुख हुने सत्यमोहन जोशी को रहेछ भनेर म आफैं पनि खोजी गरिरहेको थिएँ । संस्कृति विषयमा अध्ययन गरिरहेको मान्छेले अर्को संस्कृतिविद् सत्यमोहन जोशी चिन्न नसक्नु मेरो भूल हो भन्ने ठानिरहेको थिएँ ।’ उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई वटा काव्य, पाँच कथा संग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु लेखेका छन् । समालोचकहरुले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ । आफ्ना महत्त्वपूर्ण पुस्तकको सम्झना गर्न लगाउँदा उनी निकैबेर गम खाए । सायद अरु श्रष्टालाई झैँ सत्यमोहनलाई पनि आफ्ना सबै पुस्तक प्यारा थिए । तै पनि उनले भने, ‘२०२७ सालको कुरा हो । म प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ थिएँ । मेरो नेतृत्वमा बिहारीकृष्ण श्रेष्ठ, जङ्गबहादुर सिंह ‘स्थिर’, प्रदीप रिमाल, चुडामणि बन्धुहरु मिलेर नेपाली भाषाको उत्पति थलो कर्णालीको सिन्जा प्रदेश गयौं । त्यो बेला आजको जस्तो सञ्चार, बाटोघाटो र त्यस क्षेत्रको जानकारी थिएन । त्यो क्षेत्रमा जाँदा ज्यानको माया मारेरै जानुपर्दथ्यो । सबैजना घरबाट बिदा हुँदा अन्तिम बिदाइ हो जस्तै गरेर बिदाइ भएका थियौं । दुई महिनासम्म गरिएको त्यही खोजले नेपाली भाषाको प्रारम्भिक इतिहास बाहिर आएको थियो । त्यो संयुक्त प्रयासले मदन पुरस्कार पनि पायो । त्यो किताब मलाई बढी प्रिय छ ।’ अरनिकोबारे जानकारी दिने पहिलो व्यक्ति नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन् । अझै पनि उनलाई नेपाली भाषाभन्दा नेवारी भाषा बोल्न सजिलो लाग्छ । तै पनि उनी नेपाली भाषाको खोज गर्नुलाई जीवनकै महत्त्वपूर्ण समय मान्दा रहेछन् । उसो त कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन् । नेपाली कलाकार चीनमा पुगेर ठूलो काम गरेको कुरा मात्र सुनेका सत्यमोहन जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरे । त्यसैगरी सत्यमोहनकै पहलमा लिच्छविकालीन राजा मानदेवका धेरै कुरा बाहिर ल्याए । उनले लेखेको पुस्तककै आधारमा नेपाली इतिहासमा राजा मानदेवलाई पहिलो लिखित इतिहास भएको राजाको रुपमा गणना गरिएको थियो । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन् । गाईजात्रा व्यवस्थित रुपमा सञ्चालनको श्रेय नेपालमा हाँस्यब्यङ्ग्य महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जस पनि जोशीलाई नै जान्छ । तत्कालीन राजा वीरेन्द्रले विरोधीको स्वर सुन्न एउटा व्यवस्थित ठाउँ खोज्न आग्रह गर्दा त्यस्तो काम प्रज्ञा प्रतिष्ठानले नै गर्नुपर्ने उनको सुझाव थियो । बेलायत पढेका राजा वीरेन्द्र लण्डनको ‘स्पीकर कर्नर्स’बाट प्रभावित थिए । जहाँ वक्ताले आफ्ना असन्तोषको कुरा राख्न पाउँथ्यो । यस्ता विरोधलाई कलात्मकरुपमा प्रस्तुत गर्न गाईजात्रा महोत्वस उपयुक्त हुने सुझाव संस्कृतिविद् जोशीको थियो । यो सुझाव स्वीकृत भएपछि उनले हाँस्यव्यङ्ग्यमा काम गरिरहेका साहित्यकार र कलाकारहरुलार्य बटुलेर महोत्सव सुरु गरे । यसको पहिलो सो राजा–रानी र दरबारका व्यक्तिहरुले हेर्ने गर्दथे । २०३५ सालबाट सुरु भएको यही महोत्सबबाट आजका प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यहरुको जन्म भएको कुरा तत्कालीन अवस्थामा सत्यमोहन जोशीको सहयोगी रहेका रामकुमार पाँडे सम्झना गर्छन् । यस्तो छ जोशीको दैनिकी सत्यमोहन जोशी आज पनि बीबीसी नेपाली सेवा सुन्छन् । करिब ६४ वर्षदेखि रेडियो सुन्दै सुत्ने बानी परेका जोशी बीबीसी नेपाली सेवा सुन्ने बानी कहिलेदेखि लाग्यो ठ्याक्कै भन्न सक्दैनन् । यो रेडियो नै उनका लागि देश विदेशका घटना थाहा पाउने माध्यम हो । टेलिभिजन आएपछि केही वर्ष टेलिभिजन पनि हेरे तर त्यसमा उनको रस बसेन । बरु नियमित अध्ययन गर्न भने उनले छुटाएनन् । ‘यसो एक पेग लिएर रेडियो खोल्छु र एकै पटक बिहान भएको थाहा पाउँछु,’ कालो भादगाउँले टोपी मिलाउँदै जोशी मुस्काए, त्यसपछि भने, ‘बिहान उठ्दा पो थाहा पाउँछु, कति मीठो निद्रा परेछ !’ उनी चिया उति पिउँदैनन् तर बिहान उठेर पानी मज्जाले पिउँछन् । सबैले योग ध्यान गर्नुपर्छ भन्न थालेकाले यसो योग पनि गर्ने प्रयास गर्छन् । तर त्यो उनका लागि कुनै खेल जस्तो लाग्छ । बरु बिहान कतै हिँड्नु पर्\u200dयो भने रमाइ-रमाइ हिँड्छन् । अति सामान्य खाना खाएपछि उनको भेटघाट सुरु हुन्छ । सय वर्ष पुग्न लागेर होला उनलाई भेट्न ठूलो भिड लागिरहन्छ । भेटघाटपछि उनी साहित्यिक सांस्कृतिक कार्यक्रमहरुमा पुग्छन् । ‘हरेक दिनजसो कार्यक्रम हुन्छ । प्रमुख अतिथि बनिदिनू पर्\u200dयो भनेर अनुरोध आउँछ, नाईं भन्ने कुरै छैन,’ थोरै ठट्यौली पारामा भन्छन्, ‘बुढो भएपछिको एउटा फाइदा के भने, सधैं प्रमुख अतिथि बन्न पाइने ।’ हरेक कार्यक्रममा उनी लामै भाषण गर्छन् । इतिहास र दर्शन मिसिएका उनका कुरा रोचक भएकाले पनि उनका कुरा दर्शकले ध्यान दिएर सुन्छन् । आफ्ना कुरा सुनिदिने मान्छे जम्मा हुने भएकाले नै आफू त्यस्ता कार्यक्रममा जाने गरेको उनी बताउँछन् । ‘यो उमेरमा कुरा सुनिदिने मान्छे चाहिँदो रहेछ । मेरो बानी पनि एक्लै बस्ने छैन,’ जोशी भन्छन्, ‘अब लेख्न सक्दिनँ । हात दुख्छ, त्यसैले बोलेर तिर्सना मेटाउँछु ।’ कार्यक्रमबाट चाँडै फर्किए भने पुनः भेटघाटमा व्यस्त हुन्छन् । साँझ सामान्य दालभात खाएर उनी सुत्न जान्छन् । रेडियो खोल्नुअघि उनी पिउनयोग्य कुनै पदार्थ छ कि भनेर आँखा लगाउँछन् । सधैंभरि पिउँदैनन् । तर जहिले पिउँछन्, एक पेग जति पिउँछन् । बीबीसी नेपाली सेवाले समाचार भन्दै गर्दा उनी ओछ्यानमा पुग्छन् र समाचार सक्दा उनी मस्त निद्रामा पुगिसकेका हुन्छन् । साहित्यपोस्ट परिवारको तर्फबाट सत्यमोहन जोशीलाई जन्मदिनको शुभकामना । लौन दमाई दाइ: यतिखेर तिमी यो देशलाई धेरै चाहिएको छ दमाई दाइ, अरु बेला नचाहिएको हैन तर आज अलि धेरै चाहिएको छ । जुन देशमा तिमी अछूत थियौ नि जुन देशमा तिमी हेपिएको थियौ नि हो त्यही देशमा तिमी चाहिएको छ तिम्रो कला चाहिएको छ तिम्रो सियो र धागो चाहिएको छ जुन देशमा तिमीलाई कुकुर भन्दा तल्लो मानिन्थ्यो नि हो त्यही देश आज चरक्क चर्किरहेको यो चर्किएर च्यातिन लागेको छुटिन लागेको देशलाई तिम्रो सियोमा सेतो गोलधागो हालेर सर्लक्क सिलाई दिनु पर्\u200dयो यी भ्वाङहरु खोजी खोजी टालिदिनु पर्\u200dयो । लौन दमाई दाइ देश त च्यात्तिएर छुट्नै लाग्यो सकिनै लाग्यो बर्बाद हुन लाग्यो लौन कामी दाइ तिम्रो आरनमा राखेर फलाममा फलाम जोडेझैँ यो टुक्रिन लागेको एउटा देशको अंश माटो र चट्टानलाई पुरानै ठाउँमा जोडिदिनु पर्\u200dयो । फलामलाई आकार दिन सक्ने लुगामा लुगा जोड्न सक्ने छालाले छाला टाल्न सक्ने तिमीले फेरि एक चोटी यो देशको सानो टुक्रा जोडिदिनु पर्\u200dयो यो च्यात्तिनै लागेको देशलाई फेरि जोडिदिनु पर्\u200dयो। लौन दमाई दाइ लौन कामी दाइ यति कृपा गरिदिनु पर्\u200dयो । फलामलाई आकार दिन सक्ने लुगामा लुगा जोड्न सक्ने छालाले छाला टाल्न सक्ने तिमीले फेरि एक चोटी यो देशको सानो टुक्रा जोडिदिनु पर्\u200dयो नजिस्किनु: मुक्तक–१ कहिलेकाहीँ दिमाग यसरी खल्बलिएन भने । कस्तो हुँदो हो यो रात दिनमा बदलिएन भने । यी दुई नजरका निशाना कहाँ हुन्थ्यो होला ? कहिले आँखामा कहिले ओठमा अल्मलिएन भने । मुक्तक–२ पानीसँग नजिस्किनु, आगोसँग नजिस्किनु । संवेदनशील हुन्छ प्रेमको धागोसँग नजिस्किनु । सानै भए पनि भाग्न नपाएसी हमला गर्छ, ढोका थुनेर कम्सेकम, बिरालोसँग नजिस्किनु । मुक्तक–३ पन्छाएर सारा अवरोध, तिमीसम्म आएको छु । बनेर बालकझैँ अबोध, तिमीसम्म आएको छु । थाहा छ रित्तै आएँ र जरुर रित्तै फर्किनु पर्छ, नराखी केही प्रतिशोध, तिमीसम्म आएको छु मुक्तक–४ लामो लगाउन भन्छु, छोटै लाउँछे यार । नेपाली बोल न भन्छु, अंग्रेजी गाउँछे यार । म जागीर खान्छु एकसय झिक्न सक्दिनँ, ऊ हजारको निकाल्छे, कहाँ पाउँछे यार ? शंखरापुर न.पा.–१, काठमाडौँ यालमाया: मध्यरातमा एउटा अनौठो प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला नयाँगाउँको गोर्यानमा हिजोआज सुस्ताएर बग्ने गर्छ, जो धेरै वर्ष अगाडि बैँसले उन्मत्त हुँदै बारैमास गडगडाएर बग्ने गर्थ्यो । यसको अलिकति माथिको पाखोमा थियो गोरे कामीको आरन । आरनमा खलाँतीको ‘स्याईं स्याइँ’ आवाज आउन थालेपछि गोरेकी श्रीमती हातमा हँसिया र कम्मरमा नाम्लो बोकेर बाख्राको लागि घाँस जोहो गर्न जंगलतिर निस्कन्थी । गोरे खलाँती रोकेर श्रीमती गएको हेर्थ्यो र मुस्कुराउँथ्यो । त्यसपछि ऊ तातेको फलामलाई आकार दिन ट्वाङ् ट्वाङ् आवाजले पहाडका कान्ला थर्कने गरी चुट्थ्यो । त्यो आवाजको प्रतिध्वनित हुँदै मुग्लुखोला पारिको डाँडामा ठोक्किन्थ्यो । यसरी अर्को डाँडामा प्रतिध्वनित आवाजहरुमध्ये केही टाढाटाढासम्म फैलिन्थे र आवाजका केही टुक्राहरु तलीगाउँका बस्तीभरि छरिन्थे । एउटा टुक्रा भने उछिट्टिएर तलीगाउँको पूर्वी कुनामा रहेको ठकुरी बाबुसाहेबको घरआँगनमै पुग्थ्यो, जसले त्यहाँबाट एउटी चुलबुले फुच्चीलाई डोर्याउँदै आरनसम्म ल्याइपुर्\u200dयाउँथ्यो । त्यस फुच्चीको आगमनलाई गोरेले अपूर्व मिलन अनुभूत गर्थ्यो । पाखोको कान्ला थर्कने आवाजले मुस्काइरहेकी फुच्ची यालमायालाई लिएर सधैं आउँदैनथ्यो । यो अवसर यालमायाको स्कूलको बिदाको दिन मात्र जुर्दथ्यो । छुट्टीको समयमा जब फलाम ठोकिएको आवाज यालमायाको कानमा पर्दथ्यो, ऊ घरका पुराना हँसिया, खुकुरी र कुटाकोदाली बोकेर गोरेको आरनतिर कुद्थी । केही वर्ष पहिलेसम्म यालमाया खेल्दै, उफ्रदै खाली हात नै गोरेको आरनमा अकारण नै पुग्थी । त्यहीँ छेउछाउ भेटिने गोरेका छोरीहरुसँग दिनभरि जसो खेल्थी । जसै शरीरले जवानीका रङहरु भर्न थाले, उसलाई बिना काम बाटो मुनिको फूल सुम्सुम्याउँदै उकालो लाग्न अफ्ठ्यारो लाग्न थाल्यो । अब पहिले जस्तो स्कुलबाट घर फर्कंदा घुमाउरो र लामो बाटो काटेर आरन छिर्न पनि उसलाई कता-कता लोकलाजको अनुभूति हुने भएर आयो । त्यो केटी छिटोछिटो सास फेर्दै आरनमा बसिरहेको गोरेलाई बोलाउँ, ‘गोरे अङ्कल !’ ऊ आवाज आएतिर पुलुक्क फर्कन्थ्यो र उचालिसकेको घन भुइँमा थपक्क राख्दै भन्थ्यो, ‘ज्यू मैसाप् !’ त्यसपछि फलाम पिटाइको चर्को प्रतिध्वनि हराउन पुग्थ्यो । बदलामा ती दुवैका मुस्कानहरु साटासाट हुन्थे । एउटी किशोरी यालमायाको समृद्ध मुस्कान र एउटा अधबैंसे गोरेको निम्छरो मुस्कान ! तै पनि ती दुवै मुस्कानको घुलमिल हेर्दा यस्तो लाग्दथ्यो, मुस्कानको सौन्दर्यले उमेरले दिने सम्पूर्ण बिम्बहरुलाई भत्काइदिएको छ । उनीहरुको बीचमा भने उमेरले निकै लामो रेखो हालेको थियो र आर्थिक असमानताको खाडल पनि निकै गहिरो खनिएको थियो । त्यसमा थपिएको थियो, सामाजिक विभेदको अन्कन्टार दुरी । यी धेरै दुरीका बीच पनि यालमाया चन्द र गोरे बीचको यो हिमचिम कसैको आँखामा कहिल्यै बिझाएन । जब धेरै दुरीका दुई नदी भेटिन्छन्, त्यसलाई आम मानिसले संयोगको भेट ठान्छन् क्यारे ! यिनीहरुको भेटलाई आम गाउँलेहरुले आँखाले देख्थे, तर मनले देख्ने आवश्यकता ठान्दैन थिए । यो वर्षौंदेखि देखिने तर याद नगरिने घरनजिकै लडिरहेको ढुङ्गाजस्तै थियो । जसले पहिलो पटक हेर्दा त्यसलाई याद गर्छ तर पटक-पटक देखिरहँदा त्यसको महत्त्व त्यही ढुङ्गा समान बन्न पुग्छ । ०००० ‘हजुर आइबक्सियो ?’ यालमायालाई देखेपछि गोरेको हतौडा रोकियो । उसले मुस्कुराउँदै पिट्दै गरेका भाँडावर्तन सारेर छेउछाउका सामग्री सफा बनाउने प्रयास गर्\u200dयो । त्यसपछि पुरानो मजेत्रोले अनुहारको पसिना पुछ्यो र सोध्यो, ‘आज के ल्याइबक्सियो, मैसाप् ?’ ‘आज त खाली हात आएकी छु, गोरे अङ्कल ।’ ‘त्यसो भए म पनि आज हजुरलाई खाली नै हात पठाम्छु ।’ गोरे गिजासम्म देखिने गरी हाँस्यो । यालमायाले उसको फुस्रो र कालो अनुहारभित्र रुनले छोप्न थालेका खैरा दाँत हेरी । ‘ब्रस ल्याइदिएकी छु र मञ्जन पनि,’ यालमायाले कर्के आँखाले गोरेलाई हेरी र भनी, ‘मीठो गाउने र यसरी हाँस्ने मान्छेले दाँत पनि टलक्क टल्काउनु पर्छ । यसले माझ्नुस् त चकलेटजस्तै स्वाद आउँछ र भिक्स जस्तै बसाउँछ ।’ गोरे यालमायाले कम्मरको पटुका खोलेको हेर्दै गम्भीर भयो । उसले हातमा एउटा पुरानो ब्रस र आधा भएको मञ्जन दिँदै भनी, ‘मज्जाले दाँत घोट्नु है ! काठमाडौँबाट आएको दाइको ब्यागबाट सुटुक्क निकालेकी हुँ ।’ गोरेले केही भन्न खोज्दै थियो, बीचमै यालमायाले भनी, ‘डराउनु पर्दैन, दाजुले काठमाडौँ जाँदा छाड्नु भयो । तपाईंलाई काम लाग्छ भनेर ल्याइदिएँ ।’ दुवै हात थापेर गोरेले ब्रस मञ्जन लियो र जदौ गर्\u200dयो । त्यसपछि जतनका साथ आरनमाथि छानामा ब्रस र मञ्जनलाई घुसार्\u200dयो । आफूले गोरेलाई दिएको उपहारले के प्रभाव पर्\u200dयो भनी गोरेको अनुहार पढेपछि बोली, ‘गोरे अङ्कल !’ ‘ज्यू, मैसाप् ।’ यालमाया लाजले खुम्चिँदै अनुरोध फर्माई, ‘एउटा मीठो गीत सुनाउनु अब ।’ ‘के सुनाऊँ ? भनिबक्स्योस् । त्यही जेठान्नी देउरानीको झगरा सुनाउँ ?’ ‘मायाप्रीतिका गीत छैनन् ? नभए त्यही सुनाए पनि हुन्छ ।’ ‘ज्यू, ज्यू । त्यसैलाई नयाँ भाकामा सुनाउँछु है त !’ यालमायाले मोबाइल निकाली र त्यसमा भएको रेकर्डर अन गरी । गोरे पानीले मुख कुल्ली गर्दै खकारेर प्याच्च थुक्यो । मुड्कोमा झुण्ड्याइराखेको मादल तानेर घुँडामा बेर्दै मादलको तालसँगै लय मिलाएर गाउन थाल्यो । माथिगाउँको छाप्रानु बस्ते चार परानी दुई भाइकी दुइटी जोई बिबिन्ना र बिरानी कुरा काट्ने देउरान्नी रिसले मर्ने जेठान्नी गोरेले गीतलाई दोहोर्\u200dयाउन थाल्यो, यालमायाले हात र जीउ हल्लाउँदै गीतको लय र ताल मिलाउने प्रयास गरी । कोइ दिन झग्रा बरिगो झ्यालढोका थुन्नु परिगो लात्तेका लात्ते ठोक्किए पानीका गाग्रा पोख्खिए थाले हगुल्टा उच्चाउन पोइहरु लागे मच्चाउन फिलिङगा लागे छरिन दन्क्यो आगो धुरिमा ध्वाँलले निकास छोपियो डरले सासै रोकियो बिचरा चारै परानी भित्रै भया खरानी गीत मिसाउँदामिसाउँदै यालमाया बीचमै रोकिई । घरमा भएका दुई जोडी प्राणी ख्यालख्यालमै खरानी भएको लाइनले उसलाई मुटुमै चिमोट्यो । गोरे भने आँखा चिम्लेर गीत दाहोर्याउँदै थियो । ऊ त नयाँ लोकमा पुगिरहेको थियो । ००००० गोरे फलामका भाँडावर्तन बनाउनुपर्ने भनी समाजले कामी जात तोकेको मान्छे । गोरे नाम भए पनि ऊ गोरो त बिल्कुलै थिएन । दिनहुँको आरनको काम र खनजोतको कामले गर्दा गोरेको शरीर खिइँदै गएको थियो, जसरी फलामलाई आगोले पोल्दा खिइँदै जान्छ । ऊ पुड्को थियो, त्यसैले उसको उमेर ठ्याक्कै ठम्याउन गाह्रो थियो । आरनको छेउमा बस्दाबस्दाको असिनपसिन र धुलोमैलोले त उसलाई गोरे भन्नु एउटा गतिलै मजाक ठहर्\u200dथ्यो । बिहान जुरुक्क उठेर ऊ आरनमा आएर बस्थ्यो र काम नभएको दिन राति अबेरसम्म फलामसँग खेलिरहन्थ्यो । आरनमा फुर्सद मिल्नेबित्तिकै यालमायाको बुबा ठकुरी बाबुसाहेबले लगाए अह्राए बमोजिम सेवामा हाजिर हुन्थ्यो र साँझ फर्केर पुनः त्यही आरनमा छिर्दथ्यो । उसले बनाएका फलामका भाँडाबर्तन वरपर लोकप्रिय थिए । ऊ जातले कामी भए पनि सधैँ कामीको काम भने गर्दैनथ्यो । ऊ मादल पनि बजाउँथ्यो र सारंगी बजाउँदै मीठो गाउँथ्यो पनि । गाउँमा घटेका घटनाहरुलाई कथा बनाएर गाउँलेहरुलाई सुनाउँथ््यो । तिनै कथाहरुलाई सुरमा ढालेर गाउँथ्यो र तिनीहरुकै चुट्किला पनि बनाएर अरुलाई हसाउनु हसाउँथ्यो । यही कारण गाउँमा हुने बिहे बटुलो र पूजापाठमा उसलाई डाकेर उसका गीत सुन्नेहरुको जमात पनि बाक्लै हुन्थ्यो । त्यसमाथि उखान टुक्का मिलाएका हँसाउने बातले पनि साहु महाजनको समेत मन जितेको थियो । कसैसँग गुनासो नगर्ने र अदबका साथ समाजिक नीति नियम मानेका कारण पनि उसलाई सबैले मनपराउँथे । गाउँमा सबैले असल छ भन्ने चर्चा चलेपछि उसले पनि सधैं असल बन्ने प्रयत्न गर्\u200dयो । यही कारण माथिगाउँको दक्षिणपूर्वतिर ढल्किएको अग्लो पाखोमा अरु दलितहरु बस्ने भए पनि त्यो पाखोलाई गोरेको पाखो नामले चिनिन्छ । दलित बस्तीका बीचमा पनि उसको घर केही कलात्मक देखिन्थ्यो । एकतल्ले घरको तल्लो भागलाई रातोमाटो र माथिल्लो भाग सेतो माटोले पोतेको थियो । रातोमाटोले लिपेको तल्लो भागमा सेतो माटोले षट्कोण बनाई वरिपरि कमल फूलका चित्र बनाएको थियो । ‘दलित भए पनि घरलाई क्षेत्रीको जस्तो सजाउनु पर्छ । दलित हुनेबित्तिकै दलित भएरै मर्नुपर्छ भन्ने के छ र ?’ उसले स्वास्नीलाई बेला बेलामा सम्झाइरहन्थ्यो । उसकी स्वास्नी उसको कुरालाई ओठ लेप्राएर उडाउँथी । तर स्कुल पढ्ने छोरीहरुले भने बाउको यो बानीको समर्थन गर्दै उसलाई हौसाउँथे । यही कारण हुन सक्छ, उसले छोरीका लागि छुट्टै कोठा बनाइदिएको थियो र कोठामा रंगीन पत्रिकाहरु टाँसिदिएको थियो । यस्ता पत्रिका ल्याइदिने काम भने यालमायाले गर्दथी । काठमाडौंबाट पत्रिकामा बेरेर आइपुगेका नयाँ लुगाहरु यालमाया लगाउँथी र त्यसमा बेरिएका पत्रिका गोरेलाई दिन्थी । कहिलेकाहीँ त्यही पत्रिकामा बेरेर उसलाई दाजुका गन्जीहरु र उसका छोरीहरुलाई आफ्ना पुराना लुगाहरु पनि दिन्थी । हुन त उनीहरु प्रायः अरुका जडउरी लुगा नै लगाउँथे तर यालमायाका लागि पुराना भैसकेका लुगाहरु गोरेको परिवारका लागि नयाँ नै हुन्थे, जुन उसले सम्मानपूर्वक माया गरेर दिन्थी । यही कारण गोरेले नफाटुन्जेल यालमायाका दाजुहरुकै लुगा लगाउँथ्यो । आरनले मात्र उसलाई हातमुख जोर्न हम्मेहम्मे पर्ने भएकोले ठकुरी र क्षेत्रीहरुको घरखेतमा पुगेर खनजोत गर्ने काममा सघाउँथ्यो र केही अन्नपात बटुल्थ्यो । घरमा केही कुखुरा, बाख्रा पनि पालेको थियो । त्यसबाट पनि थोरैथोरै आम्दानी हुन्थ्यो । कहिलेकाहीँ गाउँमा गाना सुनाएर पनि उसलाई दश-पाँच रुपैयाँ मिल्थ्यो । प्रायःजसो त ऊ सित्तै गाइदिन्थ्यो । ऊ गरिब थियो तर उसको आरन लगायतका यिनै झिनामसिना आम्दानीको स्रोतले गर्दा उसको पाँच जनाको सन्तान भोकै पर्लान् भन्ने चिन्ता चाहीँ थिएन । ००० किशोरीवयमा पाइलो हालेपश्चात् भने यालमाया आफ्नो सिंगारपटार नगरी बाहिर निस्कदैनथी । गाउँकी सम्पन्न साहुकी छोरी भएको रौनक उसको अनुहारमा देखिन्थ्यो । ऊ सुन्दर थिई नै, त्यसमाथि चिटिक्क परेर हिँड्थी । गोरेले समाजमा घटेका विभिन्न घटनाहरु जोडेर गफलाई कथामय तुल्याउने भएकोले गोरेको आरनमा विभिन्न बहाना बनाएर हरेक दिनजसो पुगिरहन्थी । फरक कति थियो भने सुरुमा गोरेले गीत, कथा, चुट्किला भन्दा पहिले खुलेर हाँस्थी । उमेरजन्य कारणले पछिपछि मुख छोपेर हाँस्न थाली । गोरेले उसमा आएका परिवर्तनहरु याद गर्न थालेको थियो । यालमाया भने यी कुरामा बेपरवाह थिई र घरमा आफ्नी बोइलाई गोरे जस्तै चाखलाग्दा कथाहरु सुनाउन कर गरिरहन्थी । उसकी बोइले न्याम्ना हाल्थिन्ः न्याहो चरी न्याहो धर्तीमुनि गजेबल्ल जान रंगी क्या हो ? उसले कनीकनी दिएको जवाफ नमिलेपछि कि त गोरेलाई सोध्न वा गोरेलाई घरमै बोलाउने अनुमति लिएर उसको आरनतिर कुद्थी । केही दिन गोरेसँग भेट भएन भने गोरेलाई बोलाएर गाइनेगीत सुनाउन आमा र बोईलाई कर गरिरहन्थी । गोरेले घरमै आएर यही न्याम्ना सुनाउँदा यालमाया पनि खुशी हुन्थी र गोरे पनि भित्रभित्रै मख्ख पर्दथ्यो । यालमायाको जवानी भरिँदै गएपछि गोरेले गीत गाउँदै गर्दा बीचबीचमा अरुका आँखा छलेर यालमायालाई आँखा झिम्क्याइदिन्थ्यो । सुरुमा यो भाषा यालमायाले बुझ्दैनथी र उसले पनि जवाफमा आँखा झिम्क्याइदिन्थी । एक कलिली नवयौवनाले आँखा झिम्क्याइदिँदा गोरे खुशीले पागल हुन्थ्यो । तरंगित हुन्थ्यो र सारा संसार जितेजस्तै हुन्थ्यो उसलाई । परिपक्व हुँदै गएपछि यालमायाले गोरेको जात थाहा पाएकी थिई र दलितलाई गर्ने छिः छिः र दूरदूर पनि बुझ्न थालेकी थिई । यो बुझाइले उसलाई भित्रभित्रै निकै पीडा दिन्थ्यो । विद्यालयमा पढिने पाठहरुबाट दलित र क्षेत्री एउटै मानिस भएकाले उनीहरुलाई विभेद गर्दा कानुन लाग्ने कुरा पनि बुझ्न थालेकी थिई । यही कारण ऊ घरमा हुँदा गोरेलाई लुकाएर खान दिन्थी र एक छिन भए पनि दैलोभित्र छिर्न आग्रह गर्थी । गोरे पनि जिस्कँदै आफ्नै लागि निषेधित क्षेत्रभित्र एक पाइलो हाल्दथ्यो र ‘चित्त बुझ्यो ?’ भन्दै छिटोछिटो बाहिर निस्किहाल्थ्यो । यालमायाको उमेरसँगै जवानी पनि ढकमक्क फुल्दै गयो । उसको सुन्दरता, सरलता र सौम्यता देखेर उसलाई मन पराउनेको संख्या दिनप्रतिदिन बढ्दै थियो । उसलाई मन पराउनेहरुमा क्षेत्रीकै छोराहरु नारायण वली र प्रेम मल्ल लगायत अरु तन्नेरीहरु थपिँदै गए । अरुले यालमायालाई मन पराएको गोरेले भने देखिसहन्नथ्यो । गोरेले त यालमायालाई आफ्नै सोच्न थालिसकेको थियो तर उसले यो कुरा बुझ्न आवश्यक ठानेन कि एक सम्पन्न र सम्मानित साहुकी पठित, सुन्दरी, एक्ली छोरीले एक कंगाल, कुरुप, फोहोर तथा अधबैंसे मान्छेलाई अपनाउन किन लालायित छे ? प्रेममा परेपछि यस्तै हुन्छ भन्ने सुनेको थियो, यालमायाको व्यवहारले महसुस पनि गर्न थाल्यो । गोरेका लोग्नेस्वास्नीको पनि सम्बन्ध दिनरात बिग्रँदै गइरहेको थियो र यसको कारण अब स्वास्नीले बुझ्न थालेकी थिई । आफ्नो पोइ यालमायाको लागि मरिहत्ते गर्छ भन्ने त थाहा पाई तर फुच्ची यालमायाले किन यसरी गोरेको लागि मरिहत्ते गर्छे भन्ने बुझ्न सकेकी थिइन । अचानक उत्पन्न उनीहरुको यो सम्बन्धले ऊ चकित र व्यथित थिई । उसले लोग्नेसँग यसै विषयलाई लिएर झगडा त गर्थी तर यो पनि समाधान होइन भनी बुझिसकेकी थिई । झगडापछि आफैँ मिल्न खोज्थी । आफ्नो पोइलाई यथास्थितिमा ओराल्नको लागि उसलाई सम्झाउनबाहेक अरु केही गर्न सक्तैनथी । यालमाया अन्नदाता साहुकी एक्ली छोरी थिई । उसको चरित्रमा औँला ठड्याएर चुइँक्क बोले उसको परिवारकै उठीबास लाग्न सक्थ्यो । यालमायाको घरमा यो कुरा लगाइदिएर उसको हड्डी भाँचिने गरी कुटाइ खुवाउने डर गोरेलाई देखाउँथी । तर बाहिर सुनाउने हिम्मत गर्न सक्तिन थिई । सुरु सुरुमा साहुहरुबाट उठिबास लाग्ने हो कि भन्ने डर थियो गोरेलाई तर बिस्तारै उसले पनि प्रेममा जे पनि सहन गर्न तयार छु भनेजस्तो व्यवहार देखाउन थाल्यो । यसरी यालमाया र गोरेको हिमचिम अझ बढ्दै गयो । यसमा न साहुको परिवारले, न समाजले औँला ठड्यायो, न यालमायाले नै गोरेको बासनाको गन्ध पाई । गोरेले के कारणले आफूले यालमायालाई चाहँदैछु भन्ने विषयमा सोच्ने फुर्सद नै पाएन । अरुको नाजायज सम्बन्धउपर तुरुन्तै चोरऔंला ठड्याउने समाजले यस सम्बन्धलाई भने नाजायज अर्थ लगाउने कल्पनासम्म पनि गर्न नसक्ने भएकोले वास्ता गर्दैनथ्यो । पानीजस्तै बगिजाने समयलाई दुवैको लुप्त प्रेमले छिनछिनमा बगाउँदै परपर पुर्\u200dयायो । यालमायाको समीपतामा घरिघरि गोरेलाई बासना नउठ्ने होइन तर कहिल्यै पनि यालमायासँग उसले शारीरिक आशक्ति प्रकट गरेन । भर्खरकी कलिली केटीको उन्मुक्तता हेर्थ्यो र अनेक कल्पना गर्दथ्यो । तर परैबाट गीत सुनाएर, हँस्यौली ठट्यौली र अनेक चुड्किलामार्फत यालमायाको मुस्कुराहट प्राप्त गरेर आफ्नो व्यग्र मन शान्त पार्दथ्यो । अब घन्टौँ घन्टौंसम्म पनि यालमाया उसका गीत सुनेर बस्न थाली । गोरे पनि आफ्ना सबै कामहरु छाडेर भए पनि यालमायालाई नै गीत सुनाउन थाल्यो । गीत सुनाउने ठाउँ आरन, ठकुरी तथा क्षेत्रीहरुका दैलोको सीमा नाघेर जंगलसम्मको एकान्तस्थल पनि हुन थाल्यो । एकदिन जंगलमा गोरे र यालमाया गीतको सुरमा डुबिरहेको ठाउँमा गोरेकी स्वास्नी पुगी । यो अवस्था देखेर उसको रिस भकभकी उम्लियो । साहुकी छोरीलाई केही भन्न सकिन । लोग्नेलाई भने मुख छाडेर गाली गरी । गोरे र यालमायाले छानेको एकान्तस्थल उसको घरदेखि धेरै टाढा थिएन । नजिकैबाट आइरहेको हल्लाखल्लाको स्वरले आफ्नी आमाको अरु कसैसँग झगडा परेको ठानी गोरेकी छोरीहरु पनि हस्याङफस्याङ गर्दै त्यो ठाउँसम्म पुगे । नजिकका गुवाला र घसाराहरु पनि रमिता हेर्न झुम्मिन थाले । सबैको सामु अपमानबोधले लज्जित भएपछि यालमाया त्यहाँबाट उम्केर अलप भई । यालमाया त्यहाँबाट भागेपछि र गाउँलेहरुको बल पाएपछि गोरेकी स्वास्नी अझै रिसले बौलाउन थाली । त्यसपछि त के थियो, गोरेले श्रीमतीलाई सौता हाल्ने धम्की दियो, ‘यालमायालाई भित्र्याउन सकिनँ भने मेरो मुखमा मुतिदिनू । के सम्झेकी छस्, यो गाउँको गोरे हुँ म पनि ।’ छोरीहरुले मुखामुख गरे । स्वास्नीको रिस एकाएक सेलाउन पुग्यो, गोरेको बोलीको ठेगान नदेखेपछि भित्रैदेखि खंग्रगै तर्सिई । गला अवरुद्ध भयो । अब उसले रुँदै भनी, ‘बरु अरुलाई नै पाप चिताऊ । साहुको परिवारलाई नछोऊ । भोलि हामी सबैको एकै चिहान हुनेछ ।’ स्वास्नी डराएको देखेपछि गोरेको बोली अझै चर्को हुँदै गयो र ऊ बौलाउँदै जथाभावि बोल्न थाल्यो । अति भएपछि स्वास्नीलाई सहिनसक्नु भयो । ऊ जुरुक्क उठी र गोरेको नाकैमा कर्कच्चेले हान्दै भनी, ‘जा, ऐल्यै जा । साँच्चैको मर्द भया मैयालाई भित्र हालेर देखा ।’ गोरे आफूलाई मर्द नै ठान्थ्यो । स्वास्नीको अगाडि नामर्द सावित हुनु पनि कम लज्जास्पद कुरा थिएन । तसर्थ स्वास्नीलाई लछारपछार पार्न थाल्यो । छोरीहरुले छुटाएपछि यालामायालाई अहिल्यै ल्याएर देखाइदिन्छु भन्दै तलीगाउँतिर झर्\u200dयो । बाबु तलतिर झरेपछि छोरीले आमालाई सम्झाउन थाले । आफ्नो बाबु गाउँलेले पत्याएको इमान्दार मान्छे हो, त्यो केटी बाबुसमानको मान्छेलाई मन पराउने कुरै भएन । जातभातले नै अमिल्दो व्यक्तिको कुनै हालतमा पनि पछि लाग्न नसक्ने भन्दै आफ्नी आमालाई सम्झाउनु सम्झाए । जब आमाचाँहिको रुवाइका हिक्का घट्दै गइरहेका थिए, त्यसैबेला कुनै जादुको छडी घुमाएजस्तो त्यो घरआँगनमै नचिताएको घटना घट्यो । त्यो देखेर आमाछोरीहरुको होशहवास् नै उड्न पुग्यो । गोरेको पछिपछि लागेर यालमायासमेत आइपुगेकी थिई । जे नहोस् भनी कामना गरिहेकी थिई, त्यही घटना आँखा अगाडि नै देखेपछि अघिदेखि नै सुँकसुकाइरहेकी स्वास्नीको सुँकसुक पनि रोकियो । ‘तँ रन्डी बाहिर जा । अब यो घर हाम्रो हो ।’ गोरेले स्वास्नीलाई धकेलेर बाहिर निकाल्यो । निकैबेर हुरी रोकिएको सन्नाटा झैँ गोरेकी स्वास्नी ढोकाबाहिर उभिई । एकछिन पछि होस् आएजस्तो भएपछि अलापबिलाप गर्दै गाउँलेलाई हारगुहार गर्न तलीगाउँतिर झरी । छोरीहरु पनि आमालाई फर्काउन भनी पछिपछि लागे । ‘गोरे अंकल ?’ यालमायाको बल्ल बक फुट्यो । ‘ज्यू मैसाप् !’ ‘आन्टीलाई बाहिर किन निकाल्नु भएको ?’ खाटको एक छेऊमा बस्दै यालमायाले नबुझेझैँ सोधी, ‘तपाईंहरुको झगडा अहिलेसम्म थामिएको छैन ?’ ‘छैन मैसाप् ।’ एकछिन अघि आमाछोरीहरु गएको बाटोको परसम्म नजर पुर्\u200dयायो र भन्यो, ‘तर, मैले हजुरलाई नल्याई रित्तो हात फर्किन्नँ भनी कसम खाएर हजुरको घरतिर लागेको थिएँ । हजुर त यतै आइबक्सदै हुनुहुँदो रहेछ । हजुरले म आज तपाईंकै घरमा जान्छु भनेपछि मेरो मन साह्रै हलुका भयो । आखिर मेरो मनमा जे थियो, हजुरको मनमा पनि त्यही रहेछ ।’ ‘कस्तो कुरा गोरे अंकल ?’ ‘हजुर पनि कस्तो कुरा गरिबक्सन्छ ? जुन कुरा हजुरको मनमा छ, त्यही कुरा ।’ गोरेको कुरा सुनेर यालमाया अत्तालिई । ‘गोरे अंकल, तपाईंले कुरा बुझ्नु भएनछ । मेरो बुबाले मलाई एकजना जँड्हाया केटो प्रेम मल्लसँग विवाह गरिदिन खोज्दै हुनुहुन्थ्यो । आज बुबाले मनाउन खोज्दा मैले कुनै हालतमा स्वीकारिनँ । उहाँले रिसको आवेशमा मलाई नै घरबाट निकालिदिनुभयो । म निक्लिदिएँ । यसैबेला तपाईं बाटोमा आइरहेको देखेँ । तपाईंलाई देखेपछि आँट आयो । तपाईंसँग भेट भएपछि हाम्रो घर जाऔं मैसाप भन्नु भयो । म त के खोज्छस्, कानो, आँखो भनेझैँ भएर तपाईंपछि लागेर आएकी हुँ ।’ ‘ज्यू, ज्यू !!’ गोरे पनि बेसरी अत्तालियो । ‘प्रेम मल्ल भन्दा त नारायण जातले मगर भए पनि पढेलेखेको छ र सुन्दर पनि छ । ऊ सिर्जनशील छ, मिहिनेती छ, सबथोक छ । ऊ भोलि मेरो बुबाजस्तै सम्पन्न हुनसक्छ । म उसलाई असाध्यै मन पराउँछु । उसले पनि मलाई प्राणभन्दा प्यार गर्छ तर उसको जात र गरिबीको कारणले बुबाले हाम्रो विवाह हुन दिइसिन्न । कुरै नबुझेर दिउँसो तपाईंहरुको झगडा परेको देखी म त तपाईंकी श्रीमतीलाई पनि सम्झाउँछु भन्ने सोच्दै थिएँ ।’ यालमायाको जवाफले गोरेको उभिएको जमिन रिंग्न थाल्यो र खुट्टा पनि पतालतिर धसिएझैँ बेसरी धरमरायो । ‘ज्यू, ज्यू, म कस्तो जन्जालमा फसेँछु यो ?’ ‘बाटोमा आउँदा मैले मोबाइल चलाइरहेकी थिएँ नि ! मैले नारायणलाई म्यासेज गरेकी हुँ ।’ ‘ज्यू ! ज्यू !!’ गोरे थचक्कै भुइँमा बस्यो । ‘म घरबाट भागेर गोरे अंकलको घरमा जाँदैछु । तिमी मलाई त्यहीँ लिन आऊ भनेकी छु ।’ ‘मन पराउने एउटा, भाग्ने अर्कोसँग ?’ गोरेको मथिंगलले काम गर्न छोड्यो । उसले यालमायाका दुवै गोडा समात्दै अनुनय विनय गर्न थाल्यो, ‘हजुर, त्यसो नगरिबक्सियोस् । मेरो त पर्लय नै हुनेभो ।’ उसले गोरेलाई घचेट्दै भनी, ‘हामी उसको घरतिर जाँदै गरौं । ऊ बाटोमै भेटिन्छ होला ।’ गोरेलाई यालमायाको कुरामा विश्वास लाग्ने कुरै थिएन । ऊ अझै शंकाको भूमरीमा नाचिरहेको थियो । आफ्नो शंका निवारण गर्न लामो श्वास फेरेर लर्बराउँदै हिम्मत गरेर सोध्यो – ‘उसोभए हजुरले मलाई विश्वास गरिबक्सिन्न ? मतलब मलाई माया गरिबक्सिन्न ?’ ‘विश्वास गरेरै त तपाईंको पछि लागेर आएँ । माया किन नगर्नु ? तपाईंलाई असाध्यै माया गर्छु र गरिरहनेछु, आदर गर्छु र सम्मान पनि गर्छु ।’ ‘अनि फेरि त्यो नारायणलाई नि ? अहिले नारायणकहाँ किन जाने त हामी ?’ चकित भयो गोरे । ‘उल्लाई म प्रेम गर्छु । म अब उसकै हुने निर्णय गरिसकेकी छु ।’ ‘ज्यू ! ज्यू !! माया र पिरिम भन्ने कुरा फरक हो र ?’ ‘एकदमै फरक कुरा हो गोरे अंकल । प्लिज, मलाई उसको घरसम्म पुर्\u200dयाइदिनू न ।’ त्यसपछि यालमायाले फोन गरेर नारायणलाई सोधी, ‘कहाँ आइपुग्नु भयो ?’ उताबाट घरबाट हिँडिसकेको जबाफ आयो । यालमायाले भनी, ‘म दोबाटोको मुग्लु खोलाको भङ्गालो नजिकको बाटोमा पुगिरहन्छु, तपाईं त्यहीँ आइपुग्नू ।’ गोरे किंकर्तव्यविमूढको अवस्थामा पुग्यो । उसको दिमागले काम गर्न छाड्यो । यालमायाले उसको हात समातेर पुनः अनुरोध गरी, “छिटो गर्नू न अङ्कल । छिटो पुर्\u200dयाइदिनू । म भागेको कुरा थाहा भइसक्यो । मेरो घरको कोही पनि मान्छे मलाई खाज्दै यहीँ आइपुग्न सक्नुहुन्छ ।’ यालमाया हतारिई र सुक्सुकाउन थाली । गोरेको आँखामा पनि आँशुको भदौरे भल उर्लिन थाल्यो । ऊ लर्बराउँदै घरको भित्ता समाउँदै उठ्यो । यालमाया बाहिर निस्किई । गोरे ओठमुख सुकाउँदै र परेली भिजाउँदै पछि लाग्यो । दुवैजना मुग्लुखोलाको किनारमा झरेर किनारै किनार निशब्द अगाडि बढिरहे । अँध्यारोमा अलि पर उभिएको नारायणले मोबाइल बालेर दुवैजना आइरहेको देख्यो । नजिक आइपुगेपछि हत्तपत्त यालमायाको हात समाउँदै नारायणले हतारहतार भन्यो, ‘पुन्नेको काम गर्\u200dयौ गोरे दाइ । यो तिम्रो गुण म कहिल्यै बिर्सनेछैन । धेरै धेरै धन्यवाद । हाम्रो बारेमा केही दिनसम्म गाउँमा कसैलाई सुइँपत्तो नदिनू है !’ भन्दै दश रुपैयाँ गोरेको खल्तीमा हालिदियो । त्यसपछि यालमायालाई डोर्\u200dयाउँदै ऊ फटाफट अर्को बाटो लाग्यो । गोरे किंकर्तव्यविमूढ उभिएर मोबाइलको मधुरो उज्यालो टाढाटाढा हुँदै गएको हेरिरह्यो । उभिएर मूर्तिवत् कति बेलासम्म त्यही अवस्थामा रह्यो उसले थाहा नै पाएन । मुग्लु खोला साउनको भेल बनी उर्लिरहेको गडगडाहटले उसको मन एक तमासको भएर आयो । ऊ एक्कासि बाटोबाट तल झर्\u200dयो र सानो भङगालो तर्यो । अँध्यारोमा भेलको मूल हाँगो पहिल्याउँदै उर्लिरहेको झ्वाम्मै हाम फाल्यो । ००००० भोलिपल्ट । गाउँभरि हल्ला चलिरहेको थियो, ‘पालेको मुसाले थैली काट्छ भनेको यही हो । आखिर साहुकै कामदार गोरेको मद्दतले नारायण मगरले साहुकी छोरी यालमायालाई भगाइछाड्यो ।’ त्यो घटनाको खास पक्षधर गोरेको बारेमा कसैले चर्चासम्म गरेनन् । गोरेकी स्वास्नी र उसका छोरीहरुले गाउँलेलाई सत्य कुरा बताउन सकेनन् । यो कुरा चुहिनेबित्तिकै उनीहरुको गाउँबाट उठिबास लाग्छ भन्ने थाहा थियो । गोरेले नै यालमायालाई लिएर कतै लुकेको होला भन्ठानेका थिए उनीहरुले । आखिर जे जस्तो भए पनि बाँच्न रहर कसलाई लाग्दैन र ? केही दिनपछि गोरेको लाश पल्लो गाउँमा ढुंगाको कापमा फेला पर्\u200dयो । लोग्नेको मृत्युशोकले गोरेकी स्वास्नी बिस्तारै ओछ्यान परी र केही महिनापछि संसार नै छोडी । अहिले यालमाया र नारायण दाङतिर सानोतिनो व्यापार व्यवसाय चलाएर खुसीसाथ बसिरहेका छन् र कहिलेकाहीँ आफ्नो गाउँतिर आएको बखत दुवैजना मुग्लुखोला किनारमा उभिएर टोलाइरहन्छन् । टोलाउनुको प्रयोजन सायद फरकफरक हुनसक्छ । यालमायाकै कारण गोरेको ज्यान गएको कुरा अहिलेसम्म उसकी छोरीहरुले कसैलाई बताउन सकेका छैनन् । छोरीहरु चुपचाप आफ्नो बाबुको प्रेमकथालाई पचाएर गाउँमा दुःखजिलो गर्न थालेका छन् । एउटा मध्यरातमा त्यो अव्यक्त प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला हिजोआज पनि दुःखी हुँदै बगिरहन्छ । बेलुकातिर गोरेका दुई छोरीहरु कहिलेकाहीँ आँशु बगाउन यही खोला किनारमा आउने गर्छन् । बन्दाबन्दीमा बालबालिकाका लागि के गर्\u200dयौँ ?: ‘हाम्रा केटाकेटी त पढ्न भनेपछि मान्दै मान्दैनन्,’ धेरैजसो अभिभावकहरूको गुनासो सुन्ने गरिन्छ । यो गुनासो अन्त्य गर्ने कोरोना भाइरसपछिको बन्दाबन्दीले एउटा सुवर्ण अवसर जुराइदिएको छ । पाठ्यपुस्तक मात्र नभएर अन्य बाल साहित्यको अध्ययन, श्रवण र मञ्चन गर्ने, हेर्ने एउटा बेग्लै अवसर सिर्जना भएको छ । कोरोना आतंकको यो अवस्थामा “बिबिलियो थेरापी” एउटा रचनात्मक कला थेरापी हो । यसमा एक व्यक्तिको मानसिक वा मनोवैज्ञानिक विकारहरूको उपचार गर्न पुस्तक प्रयोग गरिन्छ । यो विधिभित्र, कथावाचन गर्ने वा पुस्तकका केही विशिष्ट पाठहरू पढ्नुजस्ता समावेश हुन्छन्। पुस्तक जस्तोसुकै समयको पनि असल मित्र हो र यसले मानिसहरूलाई मानसिक र भावनात्मक रूपमा जोडेर राख्न सहयोग गर्छ भन्ने कुरा प्रमाणित पनि भइसकेको छ । त्यसमा पनि अनिश्चितताको समयमा पुस्तकले अक्सर महत्त्वपूर्ण भूमिका खेल्छ । बालसाहित्यका पुस्तकहरूका सन्दर्भमा पनि यो कुरा लागू हुन जान्छ । बालबालिकाहरू पनि वयस्कहरू जस्तै कथाहरू प्रयोग गरेर उनीहरूको संसारको अर्थ बुझ्न खोज्छन् । उनीहरूलाई आफूसँगै समाज र विश्वमा भैरहेको परिवर्तनका बारेमा बुझ्न, बुझाउन र जिज्ञासाहरू समाधान गर्ने यो एउटा राम्रो माध्यम पनि हो । कथाहरू बालबालिकाहरूसँग गाह्रो विषयहरूका बारेमा कुरा गर्न सजिलो र रमाइलो तरिका हो । कथाले बालबालिकाहरूलाई उनीहरूको आफ्नै भावनाहरूबारे सोच्न प्रोत्साहित गर्छ । कथाहरूमा भएका पात्रहरूसँगको सम्बन्धले बालबालिकाहरूलाई वास्तविक जीवनमा घटेका घटनाहरूको सामना गर्न सहयोग पुर्\u200dयाउँदछ । बालबालिकाहरूको कथाहरूमा संकटका असंख्य क्षणहरू हुन्छन्, जहाँ पात्रहरूले नैतिक निर्णय लिन्छन् र उनीहरूले ती निर्णयहरू लिनको कारणहरूबारे विचार गर्छन् । कथाहरूले बालबालिकाको साक्षरता विकास गर्नका साथै कथाहरूमा भएका विषयहरूले सामाजिक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणहरू व्यक्त गर्छन् जसले बदलामा बालबालिकाहरूलाई वास्तविकतासँग परिचित गराउँछ । साथै, कथाहरूले बालबालिकाको सांस्कृतिक र लैङि्गक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ । इतिहास साक्षी छ, जब संसारमा कुनै संकट आइपर्छ, त्यो समयको सामना गर्नु र त्यसलाई जितेर अघि बढ्ने सबैभन्दा बलियो माध्यम भनेकै समुदाय एकजुट भएर अगाडि बढ्नु हो । नेपालको सन्दर्भमा भन्ने हो भने, सन् २०१५ को भूकम्पको समयमा समुदाय एकजुट भएर गरेको संलग्नता नै सबैभन्दा अगाडि आएको थियो । एकअर्का प्रतिको भर पर्ने र समुदायको महत्त्व बुझेर नै हामी हाम्रा बालबालिकाहरूलाई सानैबाट सधैँ समाजमा घुलमिल हुन, आफ्ना विचारहरू आदानप्रदान गर्न तथा अनुभवहरू साटासाट गर्न सिकाउछौँ । त्यही कुरा हामीले भूकम्पको बेलामा पनि सिकायौँ । तर अहिले परिस्थिति फरक छ । कोभिड १९ को महामारीले गर्दा नेपालमा पनि देशव्यापि रूपमा बन्दाबन्दीको घोषणा भयो । लकडाउनसँगै सुरक्षाको दृष्टिकोणले घरभित्रै बस्नुपर्ने बाध्यता भयो । उद्योग, कलकारखाना, व्यापार, व्यवसाय इत्यादि सँगसँगै देशभरिका विद्यालयहरू बन्द भए । सामान्य दैनिक दिनचर्यामा अकस्मात आएको परिवर्तनले गर्दा परिवारका सदस्यहरूसँगै बालबालिकाहरू पनि अन्योलमा परेका छन् । अचानक हामीले हाम्रा बालबालिकाहरूलाई आफन्त, साथीहरू र समुदायबाट टाढा बस्नुपर्छ भने सिकाउँदैछौँ । बालबालिकहरूको लागि यसले धेरै अन्योलपूर्ण स्थितिको सृजना गरेको छ । यो बेलामा घरमा बालबालिकाहरूसँग अन्तर्क्रियात्मक सम्बन्ध कायम राख्ने र उनीहरूलाई यो कठिन समयको बारेमा सही सूचना प्रदान गरेर यो समयको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उनीहरूलाई यो कुरा बुझाउनु जरुरी छ कि यो समय आफन्त, साथीहरू र समुदायबाट शारीरिक दूरी मात्रै हो । अहिलेको समयमा यो दूरी कायम राख्नु भनेकै सही काम गर्नु हो । यसले उनीहरू आफैँ र अरूलाई सुरक्षित राख्न सहयोग पुर्\u200dयाउनेछ । हुन त यो अवस्थामा बालबालिकाहरूको भावना तथा अवस्थाको ख्याल राख्नका लागि बहुआयामिक प्रयासहरु भैरहेका होलान् र छन् पनि । तथापि बालबालिकाहरूलाई मनोरञ्जनात्मक तरिकाले तथा उनीहरूको मनोसामाजिक अवस्थाको ख्याल राख्दै उनीहरूमा सकारात्मकता ल्याउनमा र क्रियाशीलता जगाउनमा बालकथाका पुस्तकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । कथाका पुस्तकहरू पढ्नु र कथाहरू सुन्नु कोरोना भाइरस महामारीको बेलामा लकडाउनमा बस्नको लागि बिबिलियोथेरापी नै भएको छ । यसले बालबालिकालाई आफ्ना अभिभावकसँग सामीप्य बढाउनमा पनि धेरै सहयोग पुर्\u200dयाएको छ । कथा सुन्ने र सुनाउने त हाम्रो प्राचीन संस्कृति पनि हो । यो अन्योलको समयमा, बालबालिकाहरूलाई धेरैभन्दा धेरै कथाहरू चाहिन्छ । खुसीको कुरा त के पनि हो भने, प्रयासहरू रोकिएको छैन । हालको प्रविधियुक्त समयमा त झन् पुस्तकहरूसम्म आफ्नो पहुँच पुर्\u200dयाउन सजिलो पनि छ । एकअर्कासँग भौतिक दूरी कायम गरिएको यो समयमा देश विदेशमा साहित्यकारहरूले विभिन्न प्रविधिहरूको प्रयोग गरेर तपाईं-हाम्रो घरहरूमा बालबालिकाहररूलाई रमाइला कथाहरू सुनाएर मनोरञ्जन गराइरहेका छन् । यस कार्यमा साहित्यकारहरू, शिक्षकहरू, अभिनेताहरू, प्रस्तुतकर्ताहरू, ब्लगरहरू, लेखकहरू र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको ठूलो जमातले आफ्नो संलग्नता देखाउनुभएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने पनि धेरै राम्रा प्रयासहरु भैरहेका छन् । जसको उदाहरणको रूपमा: • विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र बाल कोषसहित अन्य संगठनहरू मिलेर बालबालिकाहरूका लागि कोभिड १९ बारे एउटा चित्र पुस्तक अनलाइन प्रकाशन गरेका छन् । पुस्तकको शीर्षक You Are My Hero रहेको छ । ११ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी हेलेन पाटकद्वारा लिखित यो चित्र पुस्तक विभिन्न ६ भाषाहरूमा अनुवाद गरिएको छ । हाल यो पुस्तकलाई “तिमी मेरो हिरो हौ” शीर्षकमा नेपालीमा पनि अनुवाद गरिएको छ । • सेभ फर स्टोरीज, कथा फर नेपाल, स्टोरी टाइम विथ रुम टु रिड, युनिसेफ नेपाल, एसिया फाउण्डेशन, स्टोरी टाइम नेपाल, बालसाहित्य सर्जक, बालसाहित्य सिर्जना मञ्च नेपाल जस्ता संघसंस्थाले आफ्ना विभिन्न सामजिक सञ्जालमार्फत दिनहुँ कथा वाचनको कार्यक्रम चलाइराखेका छन् । • देश बाहिरको कुरा गर्ने हो भने, “वन्स अपन अ बुक विथ पेन्ग्विन,’ ‘हेक्सम बुक फेस्टिभल,’ ‘थोडा रिडिङ करो ना’ जस्ता प्रयासहरू निरन्तर छन् । • यसबाहेक व्यक्तिगत रूपमा पनि देश विदेशमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो फेसबुकमा लाइभ आएर कथावाचन गर्दै हुनुहुन्छ। • काठमाडौँभित्र र बाहिरका जिल्लाका विभिन्न एफएम तथा टेलिभिजनहरूले हरेक दिन नयाँनयाँ कथाहरू सुनाएर बालबालिकहरूलाई मनोरन्जन प्रदान गर्दै छन् । • कोरोनाले विश्वव्यापी रूपमा पारेको असर र यसले बालबालिकामा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न देशमा छरिएर रहेका नेपाली बाल साहित्यकारहरूले भिडियो कन्फ्रेन्समार्फत बाल वाङ्मय तथा अनुसन्धान केन्द्र, नेपालको आयोजनामा बालकथा लेखन कार्यशाला आयोजना पनि गर्\u200dयो । सो कार्यशालाबाट आएका कथाहरूलाई कथाकरहरूले युट्युब च्यानलमा कथा वाचन गरेर अपलोड गरेका छन् । • थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले युट्युब च्यानल सुरु गरेको छ, जहा बालबलिकाहरूले आफूले र अरूले लेखेका कथाहरू वाचन गर्ने गरेका छन् । • त्यसैगरी ‘अर्ली रिडिङ’ले पनि आफ्नो युट्युब च्यानलमार्फत कथाकार स्वयंको आवाजमा कथा वाचन गरेर अप्लोड गरेको छ । • अहिलेकै समयलाई लिएर विश्वव्यापी रूपमा थुप्रै अनलाइन चित्र पुस्तकहरू प्रकाशित भए । नेपालको सन्दर्भमा पनि “सबै ठिक हुन्छ” भन्ने चित्र पुस्तक अनलाइन प्रकाशित भएको छ । जटिल परिस्थितिको सामना गर्न सबै समुदाय एकजुट भएर लागिपरेको यस अवस्थामा हामीले बालबालिकाहरूका लागि गर्नसक्ने सबैभन्दा उत्तम कार्य भनेको उनीहरूलाई कसरी संलग्न गराउने, सृजनात्मक बराउने र भौतिक दुरी कायम भैरहेको बेला सामाजिक रूपमा कसरी एकअर्कासँग जोडिने भन्ने बारेमा मनोरञ्जनात्मक तरिकाले सामग्रीहरू उपलब्ध गराउनु हो । यस्तो समयमा बालबालिकाहरूले के सिके भन्ने कुराभन्दा पनि हामीले अनुकूल परिस्थिति प्रदान गरेका छौँ कि छैनौँ भन्नेसँग पनि सरोकार राख्दछ । कथा र बालबालिकाको सम्बन्ध बालबालिकाहरू पनि वयस्कहरू जस्तै कथाहरू प्रयोग गरेर उनीहरूको संसारको अर्थ बुझ्न खोज्छन् । बालबालिकाहरूको कथाहरूमा संकटका असंख्य क्षणहरू हुन्छन्, जहाँ पात्रहरूले नैतिक निर्णय लिन्छन् र उनीहरूले ती निर्णयहरू लिनको कारणहरूबारे विचार गर्छन् । मनोसामाजिक अवस्थाको ख्याल राख्दै बालबालिकाहरुमा सकारात्मकता ल्याउनमा र क्रियाशीलता जगाउनमा बालकथाका पुस्तकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । कथाहरूमा भएका विषयहरूले सामाजिक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणहरू व्यक्त गर्छन् जसले बदलामा बालबालिकाहरूलाई वास्तविकतासँग परिचित गराउँछ । कथाहरूले बालबालिकाको सांस्कृतिक र लैङि्गक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ । बालमनोविज्ञान बुझेर बालबालिकाहरूलाई सिकाउनु आफैँमा एउटा जटिल कार्य होला तर वास्तविकता त के पनि हो भने बाल्य अवस्थामा जुन कुरा राम्रोसँग बुझिन्छ त्यो दीर्घायु रहन्छ र भोलिका दिनमा त्यो व्यवहार पनि बन्छ । बाल साहित्यलाई समग्रमा त्यति महत्त्व नदिने हाम्रो समाजमा अहिलेको स्थितिले केही थोरै मात्र भए पनि त्यस प्रतिको धरणा बदलिएको छ भन्ने सोच्न सकिन्छ । पठन संस्कृतिको विकास गर्ने यो राम्रो र सही अवसर हुनसक्छ । जहाँ हामी पठन संस्कृति भएन, बालबालिकाहरूले र केही हदसम्म अभिभावक र शिक्षकहरूले कथाका पुस्तकको महत्त्व बुझ्नुपर्छ जस्ता कुरा गर्छौँ, यो ती कुराहरूलाई बुझ्ने र बुझाउने सही समय हो । यस प्रकारका राम्रा कामको सुरूवात घरघरबाट भएरहकै छ । यो धेरै राम्रो कुरा हो । आशा गरौँ, यस कठिन समयमा बालबालिकाहरूका लागि थालिएका सृजनात्मक कार्यहरूमा महामारीपछि पनि सबैको निरन्तर साथ र समर्थन रहनेछ । कोराना र नेपाल: आऊ कोराना आऊ । मनिसमा चेतना जगाऊ । आफैलाई ठूलो र घमण्डी सोचकालाई तिम्रो डर जगाइदेउ र भालादमी हुन सिकाई देउ चेताएर आफ्नो बाटो लगाई जाऊ । विश्व राज गर्ने अंग्रेज़ आउन सकेन नेपालमा । हामी नेपाली छौ ३३ कोटी देवी देउताको शरणमा । तिमी त छौ एकदमै सानो प्राणी नेपालबाट छिट्टै जाउ यदि तिमी छौ बुद्धिमानी । नेपालीले विश्व इतिहास रचे भगवानको कृपाबाट सबै अफ़्ठेरोबाट बाँचे । तिमीले मार्न सक्यौ त हामीलाई ? बेकारमा नेपालमा तिमी ले समय बिताई आफैलाई कष्ट दियौ कोराना । बिहे गरेपछि...: दाइले आमालाई थर्कायो बिहे गरेपछि बाउलाई बिगत फर्कायो बिहे गरेपछि *** *** थाल एउटै थ्यो खाने, सुत्ने पलङ एउटै कुन्नी केले ममाथि झर्कायो बिहे गरेपछि. *** *** पहिला भन्थ्यो भगवान् बाआमा साथी तैँ हो दिनरात कलह चर्कायो बिहे गरेपछि *** *** हुन त प्रेम कसैसँग दिगो हुँदैन यहाँ प्यार सारेर आँखा कर्कायो बिहे गरेपछि *** *** स्केच साैजन्यः राइजिङ नेपाल ब्याट्री सकिन लागेको भित्ते घडी र म: गाढा नीलो पानीको मेलोडी भुलेर म चुपचाप हिन्द महासागरको डिलमा आफैँ ढलेको हेरिरहेछु । हिउँदको म्यापल ट्री झैँ खङ्ग्रङ ठडिएका आइफल टावर, बुर्ज खलिफाहरु हेर्दा लाग्छ उभिएका सबैसँग जीवन नहुन सक्छ । अक्षर नगोडेकी बुढी हजुरआमाले उल्टो किताब पढे जस्तै सबथोक बेठीक देखिन्छन् खबर बनेकाहरु आफैँबारे बेखबर छन् र रेडियो र टेलिभिजनहरु अप्रिय समाचार घोकाइरहेका भेटिन्छन् | नानीहरू गृहकार्य गर्दैनन् उनीहरूका मनमा बाँसको तामा जसरी आतंक हुर्किरहेछ । जसरी आगोले खाएको पाँच हात लामो प्लास्टिक पग्लिएर दुई अमलमा झर्छ खुम्चिएर संसार पर्खालको चार सुरभित्र साँगुरिएको छ। बन्दीगृह घरजस्ता र घर बन्दीगृह हुँदैछन् । अप्ठ्यारोमा कोही कसैको हुँदैन अलिकति भेटी चढाएर धेरै माग्ने भक्तजनहरू मन्दिरमा देखिँदैनन् सायद मन्दिरबाट भगवान् पनि भागे सडकमा गाडीहरू छैनन् हिजोआज सडकमा बेरोकटोक मृत्यु मात्र गुड्छ । विश्वासको अनिकाल बोकेर चुम्बकका विपरीत ध्रुव बनेका मान्छेहरु जबर्जस्ती प्रेममाथि इरेजर घोटिरहन्छन् । यतिबेला बर्लिनको पर्खाल जस्तै देशका सिमाना कमजोर भएका छन् र सैनिक शिविरभित्र एटम बम भेन्टिलेटरमा अक्सिजन पिइरहेछ । भत्किएसँगै न्युयोर्कको निधारमाथि उभिएको वाल स्ट्रिट भर्चुअल ग्राफ लाग्छ यतै कतै कवि रिमाल गाइरहेछन् “एक जुगमा एक दिन एक चोटि आउँछ ।” अस्ट्रेलिया एकलव्य अठोट: गुरु घृणा गरुन् भैगो म गर्छु पूर्ण आदर गुरु ज्ञान नबाँडून् भो म लिन्छु ज्ञान सागर । म निषाद भएँ के भो मेरो चेत छ क्षेत्रीय म निषाद भएँ के भो मेरो चेत छ ब्राह्मण । के मैले पढ्न मिल्दैन ज्ञान सिक्न हुँदैन र ? ठूलो स्वप्न कुनै मैले देख्नसम्म हुँदैन र ? कुरुराज्य नछोडेर यसैका वनमा बसी सिकिछाड्छु सबै ज्ञान कला सिक्छु म चौसठी । म सिक्छु ज्ञानका शाखा प्रशाखा र अरु पनि मलाई कसले छोप्ने मै ज्वाला दन्किएपछि । फुल्दिन्छन् वनका फूल मल पानीविना त्यसै हुर्कन्छन् वनका रुख गोडमेलविना त्यसै । गुरु, म वनकै फूल आफैँ फुल्दछु हेर्नुहोस् आफैँ अङ्कुर लाएर आफैँ हुर्कन्छु हेर्नुहोस् । म आफ्नै पसिना सिँच्छु मेरा निन्ति जति परोस् म आफ्नै रक्तले भिज्छु रक्तकै मल खाद होस् । म रुन्न दुःखमा कैल्यै आँसुको दह बार्दिन गुनासोमा डुबी आफू अर्काको मल बन्दिनँ । म जान्नँ घरमा भैगो आमा रोऊन् कि जे गरुन् म जान्नँ गुरुका सामु सिकाउन् कि घृणा गरुन् । एकै नास कहाँ हुन्थ्यो सामर्थ्य, यश, गौरव प्रत्येक दिन जस्तै हो प्रातः मध्यान्न साँझ छ । पालो पालो गरी फिर्छन् दिन हाँसो र आँसुका फूल नत्र कहाँ झर्थ्यो फुले पुग्थ्यो सदासदा । जित मात्रै कहाँ हुन्थ्यो जिन्दगीका प्रवाहमा नदी, समुद्रले फेर्छन् बाटा आफ्नै प्रवाहमा । बग्दो नदी बगिराख्दा कहाँ बाटो थियो अघि बग्यो पानी बन्यो बाटो पानीकै धारमा परी । म पानी बनी बग्दिन्छु बाटो खनेर बग्दछु चट्टान जतिले छेकून् शालिग्राम म कुँद्दछु । म कालीगण्डकी बग्छु कोशी भेरी म बग्दछु म सप्तगण्डकी बग्छु सप्तकोशी म बग्दछु । गुरुको मूर्ति मै रच्छु मूर्तिसाथ म सिक्दछु भित्रै छन् ज्ञानका स्रोत मबाटै ज्ञान झिक्तछु । एकै नास कहाँ हुन्थ्यो सामर्थ्य, यश, गौरव प्रत्येक दिन जस्तै हो प्रातः मध्यान्न साँझ छ । अन्धकार समय: आजभोलि समय पनि अन्धकार भएको छ पलपलको समाचार तीखो प्रहार भएको छ चौबिसै घण्टा भगवानको नाम जप्न पर्दा जतन गरेको जिन्दगी पनि करार भएको छ मातृभूमिको सम्झनाले त झनै सताइरह्यो सकिन्न तर्न लकडाउन ठूलो जंघार भएको छ तार आउँछ बाआमाको सोध्न हालखबर सातामा हुने सम्वाद अचेल लगातार भएको छ सँगै बसेर दु:ख सुख साटन मन थियो हजुर प्राण उडाउने अदृष्य शक्तिको हुँकार भएको छ ।। अमेरिका जीवित छैनन् सपनाहरु: मरिसकेको छ कहाँ भेटिन्छ खोजेर आफैँले नभेटाएको हो त्यसैले खोजेको हुँ कारणहरु छन् खोज्नुको कहीँकतै हुनुपर्छ प्रमाणका ठेलीहरु लुकेर बसेको थाहा हुन्छ ल्याबमा टेस्ट गरेपछि कसै न कसैसँग त मेरो सपनाको डिएनए मिल्ला नि यो पृथ्वीमा । उत्खननबाट संभावनाको खोजी गरिन्छ । भेटिएको वस्तुको नामकरण हुन्छ । मिल्यो भने उस्तै पुर्खाको खोजी गरिन्छ । यही अनुसन्धानको पाटोमा मेरो सपना यतिबेला डाक्टरको हातमा परेको छ स्टेथेस्कोपको छातीले मेरो सपनाको उचाइ नापिरहेको छ । मुटुको चाल जाँचिरहेछ । भन्न बाँकी नै छ कस्तो छ भनेर लेखिदिन बाँकी छ दबाईका पोकाहरु कि गर्नु पर्ने हो कि एक्सरे अझै भन्न बाँकी छ । पत्ता लागे त ठीकै होला नलागे के गर्ने होला आफ्नै सपनाको आफैँ साक्षी भएको हुनाले एकचोटी सर्वोच्चमा मुद्दा हाल्छु । प्रमाण जुट्न सक्छ । मरेको छैन भने मेरो सपना म पनि जीवित हुन सक्छु अन्तिम पटक सर्वोच्च जान्छु जीवित छन् कि सपनाहरु । बादशाहको डायरी: तुफानी धुँवाको मुस्लोमा रनभुल्ल, व्यग्र व्यस्त त्यो बादशाह आज अनायास टक्क अडिएको छ ठीक बाह्र बजेको घडीको सुई झैँ शान्त ! अनेक सृष्टि र विनाशका बेपर्वाह धुँवाको मुस्लोलाई जितेको त्यो आज कछुवाले झैं शरीर लुकाएको छ मुख छोपेको छ नाक अँठ्याएको छ बम र बारुदको मुस्लोसँग पौँठेजोरी खेलेको ऊ आज फगत हाच्छ्यूँसँग डराएको छ कैयौँ युवतीको चुम्बन लुट्दै मुस्कान र आलिङ्गनमा टाँसिएको त्यो कामुक महामानव आज चुम्बन, आलिङ्गन र आस्वादनदेखि बिल्कुल टाढा छ सप्तर्षिको हारमा रमाउने ऊ आज ध्रुवतारा बन्न खोजेको छ मान्छेका टाउकामा टेकेर विश्वविजयमा निस्केको त्यो युद्धपिपाषु अविजित महायोद्धा वृद्ध, रोगी, आशक्तदेखि डराएको छ फगत एक हाच्छ्युँदेखि चार कोस टाढा कुदेको छ कयौँ कर्फ्यु र काँडेतारको बार तोडेको त्यो अनेक हुकुमप्रमाङ्गी फरमान जारी गर्ने महासम्राट आज ढोकाको चुक्कुल खोल्न डराएको छ उसका हात खुट्टा लगलग कामेका छन् अनुहार मास्कले डामेका छन् सोचमग्न छ उसलाई नाफा र घाटाको जोडघटाउले अझ सताइरहेको छ र त सोच्दै त बम र बारुदको लगानी अब मास्क, टिस्यु र ट्वाइलेट पेपरमा गरूँ ! उसलाई थाहा छ दोस्रो विश्वयुद्धका ब्रिटिश लडाकुहरू तीन टुक्रा ट्वालेट पेपरमा प्रति दिन आहाराको गुजारा गर्थे अमेरिकीहरू प्रति लडाकु बाइस टुक्रा प्रति दिन हजम गर्थे जति बेला बम र बारूद निकै पड्किन्थ्यो र त त्यस्तो थियो आज केही पड्किदैन त्यसैले यस्तो छ शीतयुद्ध भन्दा मन्द छ मन्दताभित्र अनौठो गन्ध छ यही बन्दभित्र षड्यन्त्रका अनेक सिद्धान्तहरू प्रतिपादित हुँदैछन्- अक्टोपसका खुट्टाजस्ता मन्थराका कानेखुसी जस्ता दुनियाँलाई अल्मलाउन संशयको विकराल वर्तमानमा अनिश्चित भविष्य छ त्राहि-त्राहि- तर सधैँ-सधैँ षड्यन्त्रका अंकगणितमा भाँचिने उसका औँलाहरू आज बिल्कुल निर्मल छन् निरन्तर धोइरहिएका छन् सधैँ-सधैँ मृत्युञ्जय उसका लालसा आज पलपलमा मृतप्रायः छन् निराशाले निथ्रुक्क भिजेका छन्– त्यो अविजित बादशाह आज नजरबन्दमा छ अरूसित होइन आफ्नै श्वास-प्रश्वाससँग डराएको छ। हाँसिरहेँ: मुटुभित्र शूल बोकी आयौ प्रिया हाँसिरहेँ चस्स घोच्ने फूल बोकी आयौ प्रिया हाँसिरहेँ सोच्थेँ नहर बगाउँछौ मरु समान जिन्दगीमा साथमा काकाकुल बोकी आयौ प्रिया हाँसिरहेँ आशावादी हुनैपर्छ जित्नलाई भन्थ्यौ आफैँ निराशाको मूल बोकी आयौ प्रिया हाँसिरहेँ फर्किनेछौ बद्लिएर प्रतीक्षामा बस्नुमात्रै भूल ओढी भूल बोकी आयौ प्रिया हाँसिरहेँ शङ्खरापुर -१, काठमाडौँ नेसास, क्यानडा र अनेसास, फ्लोरिडाको भर्चुअल काव्यगोष्ठीमाथि एक टिपोट: चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोभिड–१९ संक्रमणको प्रकोप आज विश्वभर फैलिएको छ । विश्वव्याधिका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आजको मितिसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७५ पुगेको छ । कोरोना संक्रमणका कारण मानिसहरु महिनौँदेखि घरमा स्वेच्छिक कैदीका रुपमा बस्न बाध्य भएका छन् । यसरी घरमा नै बस्न बाध्य कला, साहित्य, संस्कृति मन पराउने पाठक र दर्शकबाट लिएर कला साहित्य संस्कृतिकर्मीहरु पनि आफ्नो प्रतिभालाई आकाश दिने काममा आआफ्नो क्षेत्रबाट सक्रिय भएर लागेका छन् । यो स्वतन्त्रताको कैदी जीवनको अवधि बढ्दै जान थालेपछि सबैले आआफ्नो क्षेत्रबाट आफूले जानेका तथा आफ्नो विधा एवम् क्षेत्रगत् क्षमताका आधारमा आफ्ना पाठक, श्रोता र दर्शकसँगै आफैँले पनि एक प्रकारको मानोरञ्जन लिई–दिई रहेका छन् । यसरी आफ्ना साहित्य सिर्जनाको आदानप्रदान गर्नमा विश्वभरका साहित्यकर्मीहरु लागिपरेका छन् । आजको विज्ञानले दिएको भर्चुअल प्रविधिले हाम्रो मनको धागोलाई शब्दसँग जोडेर तरङ्गका माध्यमबाट शुभेच्छुकहरु समक्ष पुर्\u200dयाइदिने गर्दछ । यो भर्चुअल (आफ्नो कम्प्युटरका माध्यमबाट सम्पर्कमा रहने) प्रविधिले दिनहुँ हामीबीच सामीप्य बढाउनु साथै आआफ्नो सिर्जना आदानप्रदान गर्नमा सहयोग पुर्\u200dयाउँदै आएको छ । संस्थागत रुपमा साहित्यिक कार्यक्रमको आयोजना गरेर हामी कविताका माध्यमबाट श्रष्टा र स्रोताबीच सम्बन्ध जोड्ने काम गर्ने गर्\u200dथ्यौँ भने आजको यो सामाजिक दूरीलाई निरन्तरता दिँदै भर्चुयल प्रविधिले हाम्रो साहित्य सिर्जनालाई मञ्च दिँदै साहित्यका माध्यमबाट हामीहरुका बीच सामीप्यता जोड्दै गइरहेका छौँ । यसरी नै लेखक सि.जे. कुकले पेपर नेसनसँग मिलेर मार्च २७ मा घर–घरबाटै उपस्थित भएर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (स्टे–एट–होम इन्टरनेसनल लिटरेचर फेस्टिभल) को आयोजना गरेका थिए । यसको सफलतासँगै भर्चुअल साहित्य सबैका लागि प्रिय माध्यम बन्दै गयो । घरमा बसेर आफ्नो एकान्तपनलाई कम गर्ने माध्यमका रुपमा भर्चुअल साहित्य शुरु भएको देखिन्छ । यसरी आजको मितिमा सामाजिक दूरी बनाएर सिर्जनालाई निरन्तरता दिँदैजान भर्चुअल साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको छ । लेखक सि.जे. कुकले पेपर नेसनसँग मिलेर मार्च २७ मा घर–घरबाटै उपस्थित भएर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (स्टे–एट–होम इन्टरनेसनल लिटरेचर फेस्टिभल) को आयोजना गरेका थिए । यसको सफलतासँगै भर्चुअल साहित्य सबैका लागि प्रिय माध्यम बन्दै गयो । घरमा बसेर आफ्नो एकान्तपनलाई कम गर्ने माध्यमका रुपमा भर्चुअल साहित्य शुरु भएको देखिन्छ । अधिकतम् स्रष्टाहरु आज घरमा नै बस्न बाध्य भएका छन् । यो घरभित्रको आकाशमा रमाउँदै स्रष्टाहरूले समयलाई सदुपयोग गर्दै नयाँ सिर्जनामा पनि लागेको पाइन्छ । जसलाई सुखद थालनी भन्नुपर्छ । केही समयअघि नेपाल स्रष्टा समाजका विधान आचार्यले कविहरू समेटेर कविता गोष्ठी आयोजना गरे । नेपालबाट सहदेव पौडेलले निरन्तर साहित्यकारहरुका मीठा मीठा कथा कविताहरु वाचन गरेर सुनाउँदै आइरहेका छन् । डिजिटल चलचित्र पत्रिका सेतोपर्दाले चर्चित गजल लेखकहरूलाई एकैठाउँमा ल्याएर गजलका माध्यमबाट जोडेको थियो । त्यसरी नै त्यसरी नै कवि रामगोपाल आशुतोष र सगुना शाहले कविताहरूको वाचन गर्दै त्यसलाई युट्युबमा समावेश गराएर सबैलाई सुन्ने मौका दिँदैआएका छन् । त्यस्तै भूगोल साहित्य समाजले पनि कविता गोष्ठीको आयोजना गरेको जानकारी भएको छ । अन्तर्राट्रिय नेपाली साहित्य समाज (अनेसास) ले पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै विश्वव्यापी रुपमा कविता वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । बुकाहोलिक्सकले पनि लकडाउनमा श्रष्टासँग साक्षात्कार कार्यक्रमबाट लेखकहरुसँगको साहित्य र सिर्जनाका बारेमा जानकारी प्रस्तुत गरिरहेको छ । चिसापले यही प्रविधिमा जुम कवि गोष्ठीको आयोजना शुरु गरेको छ । न्युयोर्कबाट डा मधुर श्रेष्ठले समय र सिर्जना संचालन गर्दै आइरहनु भएको छ । आज प्रविधिको प्रयोगबाट सर्जकलाई सर्जकसँग जोड्ने काम भइरहेको छ भने सर्जकले पनि आफूजस्तै सर्जकसँग प्राविधिक रुपबाट साक्षात्कार भएर आफ्नो सिर्जना बिसाउने अवसर पाइरहेका छन् । आजको भर्चुअल साहित्य भोलिको इतिहास बन्न सक्छ । भर्चुअल काव्य गोष्ठीले कविताका क्षेत्रमा नयाँ आयाम थपेको मात्रै नभएर सामाजिक दूरी बनाएर भोलिका दिनमा पनि यसलाई निरन्तर सञ्चालनमा ल्याइरहन प्रेरित गरेको छ । यसले कवितामा रुचि राख्ने र लेख्ने स्वदेश तथा विदेशमा रहेका सबै कवि लेखकहरूलाई समेट्ने कुरामा कसैको दुईमत हुन्न । यसरी यसको निरन्तरतामा जोड दिने हो भने भर्चुअल कवि गोष्ठीले भोलिका दिनमा अहिलेको युग र समयको प्रतिनिधित्व गर्ने निश्चित छ । यो भोलिको अनुसन्धानको विषय बन्न सक्छ । त्यसैले यसलाई निरन्तर रुपमा प्रयोगमा गर्दै जानु पर्छ । यसले घरमा नै बसेर कविता सुन्न र सुनाउन पाइन्छ । यसमा कुनै आर्थिक भार पनि आउँदैन भने स्थानको आवश्यकता पनि पर्दैन । आजको मितिमा एउटा प्रयोगका रुपमा अगाडि बढ्दै गएको भर्चुअल कवि गोष्ठी एउटा स्रष्टाले अर्को स्रष्टाको सिर्जना सुन्न सुनाउन पाउने उत्कृष्ट माध्यम बनेको छ । आज प्रविधिको प्रयोगबाट सर्जकलाई सर्जकसँग जोड्ने काम भइरहेको छ भने सर्जकले पनि आफूजस्तै सर्जकसँग प्राविधिक रुपबाट साक्षात्कार भएर आफ्नो सिर्जना बिसाउने अवसर पाइरहेका छन् । आजको भर्चुअल साहित्य भोलिको इतिहास बन्न सक्छ । मेरो पहिलो भर्चुअल कवि गोष्ठीको पहिलो अनुभव म्याडिसनको नाफा संस्थाले नयाँ वर्षको पावन उपलक्ष्यमा अप्रेल १४ का दिन नाफाको ३०औं कोठे काव्य गोष्ठीलाई भर्चुअल कवि गोष्ठीका रुपमा मनाउने विचारका साथ दिनार श्रेष्ठबाट उपस्थितिका लागि निम्तो पाएको थिएँ । भारत, अमेरिका र क्यानडाबाट लगभग १५ जना कवि स्रष्टाहरुको कविता सुन्ने सुनाउने मौका पाएका थिए । त्यसपछि अप्रेल १९ मा नेपाली साहित्य समाज क्यानडाले (नेसास, क्यानडा) आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा दोस्रोपटक सहभागी बन्ने मौका पाएँ । सो गोष्ठीमा लगभग १६ जना कविहरुको उपस्थिति रहेको थियो । यसको सफलतासँगै दोस्रो गोष्ठी ३ मईका दिन सम्पन्न भएको थियो । लगभग २१ जना कविकर्मीहरुको उपस्थितिमा सम्पन्न सो गोष्ठीमा नेपालबाट नेपाल स्रष्टा समाजका विधान आचार्यको पनि उपस्थिति रहेको थियो । त्यस दिन विधानजीले मलाई मई ७ का दिन आयोजना गरिने तीसको दशकका कविहरुको भर्चुयल कवि गोष्ठीमा आमन्त्रित गर्न फोन गर्नु भएको थियो र उहाँलाई हामीले क्यानडाको भर्चुयल कवि गोष्ठीमा पनि सामेल गराउन सफल भयौं । उहाँले बहुचर्चित ‘भोक’ कविता सुनाउनु भएको थियो । तेस्रोपटक विधान आचार्यले आयोजना गर्नु भएको नेपाल स्रष्टा समाजको आव्हानमा तीसका दशकका कविहरुको भर्चुयल काव्य गोष्ठीमा सहभागिता बन्ने मौका पाएँ । वरिष्ठ कवि तथा संस्कृतविज्ञ तुलसी दिवसको प्रमुख आतिथ्यमा श्रध्देय कवि मञ्जुल र मञ्जु काँचुलीको विशेष उपस्थितिमा तीसका दशकका कविहरु अशेष मल्ल, उषा शेरचन, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, किशोर पहाडी, सरुभक्त, हेमन्त श्रेष्ठ, विश्वविमोहन श्रेष्ठ, ज्ञानुवाकर पौडेल, कणाद महर्षि, स्नेह सायमि, राजेन्द्र शलभ, प्रह्लाद पोखरेल, गिरीराज आचार्य, तुलसी दिवस, मञ्जुल र मञ्जु काँचुलीसँगै अन्य कविहरुका काव्य सुमन श्रवण गर्ने मौका पाएको थिएँ । (क्यानडामा रात ३ बजिसकेकाले यसमा कविहरुका नाम छुटेकोमा क्षमापार्थी छु) । त्यसपछि मित्र निजानन्दजीले फोन गरेर मई ९ का दिन आयोजना गरिने भर्चुअल कवि गोष्ठीमा सहभागिताका लागि अनुरोध गर्नु भएपछि चौथोपटक अ.ने.सा.स, फ्लोरिडा चेप्टरको आयोजनामा भर्चुअल कवि गोष्ठीमा सहभागी बन्ने मौका पाएँ । यसरी भर्चुअल कवि गोष्ठीले एकातिर सिर्जनालाई निरन्तरता दिँदै जाने अवसर दिएको छ भने अर्कोतिर कविता सुनिदिने पाठक पनि पाएको छ । भर्चुअल कवि गोष्ठीमा कविको कविता कविलाई नै सुन्ने सुनाउने वातावरण बनाएकोले यसको ठूलो महत्त्व रहेको छ । त्यसैले हाम्रो सिर्जनालाई हामीहरुले हामीहरुका बीच बाँड्नुको बेग्लै मज्जा रहने भएकोले गोष्ठीमा वाचित कविताको सूक्ष्म मूल्याङ्कन गर्ने विचारका साथ ने.सा.स.,क्यानडाको दोस्रो गोष्ठीदेखि जमर्को गर्न थालेकोले यो त्यसैको प्रतिफल हो । अप्रेल १९ मा नेपाली साहित्य समाज क्यानडाले (नेसास, क्यानडा) आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा दोस्रोपटक सहभागी बन्ने मौका पाएँ । सो गोष्ठीमा लगभग १६ जना कविहरुको उपस्थिति रहेको थियो । अप्रेल १४ का दिन नेपाली साहित्य समाज, क्यानडाको दोस्रो भर्चुअल कवि गोष्ठीमा २१ जना काव्यकर्मीहरुको उपस्थिति थियो । क्यानडाभरिका साहित्यानुरागीहरुको उपस्थितिमा आयोजित काव्य श्रवण गोष्ठीमा अञ्जु बराल वाग्लेले कविताका माध्यमबाट नेपालको राजनीतिमाथि व्यङ्ग्य कस्नु भएको थियो भने वीरेन्द्र लम्सालले काव्य टुक्राहरुका माध्यमबाट मानवीय जीवनका पीडाहरुको चर्चा गर्नु भयो । जयराम सिंहले आफ्नो कवितामा माध्यमबाट मानवीय जीवनका दर्शनको चर्चा गर्दै आजको मानवताको यान्त्रिकीकरणको विष्तृणा देखाएका छन् । खेम गुरागाँईले मानवीय जीवनका पीडाहरुको उत्खनन् गर्दै जीवन संघर्षका पाटाहरुसँगै नागरिक हुनुको दायित्वलाई प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन् । मञ्जु आचार्यका मुक्तकमा माध्यमबाट देशको प्राकृतिक सौन्दर्य, नारीको विवशता र प्रेमका सुखमय क्षणहरुको बयान पाइन्छ । मोहन खरेलको छन्दबद्ध कवितामा आज कोरोना महामारीबाट बाँच्न घरमा सबैलाई कैदी बनाएको र आजको स्वतन्त्र युगमा मानिस मानिसबाट त्रसित भएर थुन्न बाध्य भएको चर्चा गर्दै मानवीय विवशतामाथि व्यंग्य कसेका छन् । मुक्ति गौतमले आफ्नो पहिलो छन्दबद्ध कविताका माध्यमबाट मानिसको मपाईत्वको चर्चा गर्दै आफूलाई आफैँ राम्रो महान् ठान्नेहरुको दृष्टि भ्रममाथि शाब्दिक व्यङ्ग्य प्रहार गरेका छन् । पुण्यसागर मरहठ्ठाले कविताका माध्यमबाट व्यक्ति स्वतन्त्रता र आत्मस्वीकृतिका स्वरहरुको वकालत गर्दै मौनताको मूल्यको वास्तविक स्वरुप देखाएका छन् । रविन थपलियाले आफ्ना छन्दबद्ध कवितामा मानवीय प्रवृत्तिको स्वरुपलाई व्यंग्यात्मक शैलीमा पिशाचका रुपमा उभ्याएर त्यसका अवगुणहरु केलाएर प्रष्ट्याउने प्रयास गरेका छन् । रवीन्द्र घिमिरेको कविताले मानिस आज आफैँले बनाएको यन्त्रबाट त्रसित बन्न गएको भन्दै मानिसको उन्नति र अवनतिको चित्रण गरेका छन् । रवीन्द्र लम्साल कविताका माध्यमबाट आफ्ना जीवन आफैँ बनाउने आव्हन गर्दै आजको मानवीय जीवनको त्रासद उथलपुथलमाथि प्रहार गरेका छन् । शर्मिला पोखरेलले मातृभूमि र कर्मभूमिका बीच तुलना गर्दै आफूले देखेका सपनाको जीजिविषालाई प्रष्ट्याउने प्रयास गरेका छन् । छन्दबद्ध कविताका माध्यमबाट सिर्जना श्रेष्ठले विगतको सपनामा वर्तमानलाई आरोपित गर्दै विदेशको अनुशासित र कठोर जीवनशैलीको वकालत गरेको देखिन्छ । बेलायतबाट क्यानडाको भर्चुअल काव्य गोष्ठीमा सहभागिता जनाउँदै सुदर्शन पौडेलले गाउँको सम्झनामा आफ्नो अतीतलाई सम्झेर पत्रात्मक शैलीमा नवीन प्रयोगका साथ चिठ्ठीलाई सारथि बनाएर गाउँ देखाउने प्रयास गरेका छन् । पुष्प आचार्यले गजल सुनाएर मदहोश भई जीवनलाई प्यालामा राखेर हेर्ने जमर्को गरेका छन् । झपेन्द्र पोखरेलले समयको बयना गर्दै परिवर्तित मानवीय चरित्रले आफ्नो स्वार्थमा कसरी स्वरुप फेर्ने गरेको अवस्थाको चर्चा गरेका छन् । राजेन्द्र कार्कीले महिलाको संहितामाथि मीठो शब्द बयान गरे । अनुप न्योपानेले बुबाको सम्झनामा छोराछोरीको जीवनमा बुबाको त्यागको बखान गर्दै उनको आदर्श भूमिकामाथि नतमस्तक भएर छोराको जीवनमा बुबाको भूमिका देखाए । प्रदीप पौडेलले प्रतीक्षाका क्षण र अवस्थाका बारेमा चर्चा गरे भने डा. गोबिन्द रावतले कविताका माध्यमबाट वर्तमानमा देखापरेको त्रासद अवस्थाको व्याख्या गर्दै सन्तानमा उब्जिएको डरत्रासलाई संयम पार्ने अवस्थाको चित्रण गरे । यसरी यस भर्चुअल कवि गोष्ठीमा सहभागी कविहरुले वर्तमान अवस्थालाई माध्यम बनाएर देशप्रतिको वात्सल्य, देखापरेका राजनीतिक विसङ्गति र नागरिक पीडासँगै प्रेमभाव र मातृवात्सल्यताका विचारहरु मुखरित थियो । मई ९ का दिन अ.ने.सा.स, फ्लोरिडा चेप्टरको आयोजनामा भर्चुअल कवि गोष्ठीमा २८ जना कविका काव्य प्रस्तुतिहरु सुन्ने मौका पाइएको थियो । यस भर्चुअल कवि गोष्ठीमा अमेरिकालगायत नेपाल, भारत, बेलायत, अफ्रिका, पोर्चुगल, स्पेन, क्यानडा, कोरिया र जापानबाट सहभागिता रहेको थियो । अ.ने.सा.स, फ्लोरिडा चेप्टरका अध्यक्ष निजानन्द मल्लको आयोजना र महासचिव दीप कार्कीको प्राविधिक सहयोगमा आयोजित भर्चुअल कवि गोष्ठीमा जापानबाट गिरिजा गैरेले गजलका माध्यमबाट जीवनको स्वरुपका बारेमा जानकारी दिँदै अहिले हामीले भोग्नु परेको विष्तृणतामा आफन्तहरुको सामीप्यको आवश्यकता र भेट्ने चाहनाहरुलाई अभिव्यक्त गरेका थिए । दक्षिण कोरियाका सुशील अर्यालले मुक्तकका माध्यमबाट प्रकृतिमाथि भएको अतिक्रमणको प्रतिफल कोरोनाको प्रकोप रहेको भन्दै प्रकृति संरक्षणका लागि आह्वान गरेका थिए । भारत सिक्किमका रत्ना सुब्बाले कोराना भाइरसः कोभिद १९ कविताबाट प्रकृतिको कारूणिक स्वरुप देखाउनु भएको थियो भने सक्किमका मीना सुब्बाले जिन्दगीका अनेक रङहरु कविताबाट जिन्दगीका उतारचढावमा देखिने विवशताहरु सुनाएकी थिइन् । नेपालका धनराज गिरीको गजलमा मानिसका गुणहरुलाई पहिल्याउने प्रयास गरिएको थियो । उनले राम्रो काम गर्ने मान्छे सधैँ असल हुन्छन् भन्दै मानिसको राम्रो चरित्रको गुनगान सुनाए भने बेलायतबाट बिसन थापाले प्रकृतिवादी धर्ती कविताका माध्यमबाट आजको भयमय स्थितिको बारेमा चर्चा गर्दै भविष्यप्रतिको जीजिविषा र मेलमिलापका सन्देश दिए । पोर्चुगलका विनोद स्पन्दनले गजलबाट आजको मानवीय परिस्थितिको बारेमा जानकारी गराउँदै बुद्धको भावना र मेलमिलापको सन्देश सुनाए । त्यस्तै पोर्चुगलकै अर्जुन बरालीले मान्छे कहिले मान्छे जस्तै होला भन्दै मान्छेको मनोविज्ञानलाई कोट्याएर उन्नति, अवनति र चारित्रिक अवस्थामाथि व्यंग्यात्मक चित्रण गरे। अफ्रिकी महादेशको नाइजेरियाका हिक्मत थापाले आजको अवस्थालाई प्राकृतीकरण र मानवीकरण गरेर अफ्रिकाको रमणीय एवम् पर्यटकीय स्थलहरुमा प्रकृतिको प्रकोपले गर्दा दिशाविहीन बन्दै गएको र समाजबाट मानवता हराएजस्तै प्रकृतिको स्वरूपमा पनि निराशावादीताको प्रभाव पर्न थालेकोले सचेतताको बिकुल फुके । त्यस्तै युगाण्डाका रमेश कँडेलले आफ्नो कवितामा नेपालीपनका विभिन्न वस्तु (खानाहरु), स्थान (गाँउघर), पहिरनसँगै परम्परा र परिवेशलाई समेटे । अफ्रिकाकै थोरै संख्यामा नेपालीहरू रहेको सेल्सस आइल्याण्डबाट गणेश खड्काले कोरोनाको कहरलाई लिएर गजलका माध्यमबाट प्रकोपले मानिस आफैँ पर्खालभित्र बाँधिन बाध्य भएको बारे सुनाए । स्पेनबाट शारदा सापकोटा निसारले गजलबाट आमाको वात्सल्य र गाउँको परिवेशमा पाइने सत्य जीवनका पलहरुको स्मरण गर्दै फेरि एकपटक त्यही वातावरणमा रमाउने चाहना व्यक्त गरिन् । २८ जना कविका काव्य प्रस्तुतिहरुमा विशेष गरेर आजको कोरोनाले सिर्जना गरेको भयवह अवस्था, यसबाटको सचेतता, राष्ट्रप्रतिको प्रेमभाव, राष्ट्रीय विरहभाव, मातापिताप्रतिको श्रद्धासँगै देशमा देखा परेको अव्यवस्थित स्थितिका शब्दहरू अभिव्यक्त भएका थिए । नेपालबाट क्यानडाको एउटा सम्मेलनमा सहभागिता जनाउन आएका रामहरि कोइरालाले अहिलेको अवस्थाका बारेमा प्रकाश पार्दै समयको कहरमा पर्दै जानु परेको अवस्थाबारे कविता सुनाए । क्यानडाका मुक्ति गौतमले आफ्नो दिदीमा आमालाई आरोपित गरेर प्रायः ओझलमा पर्ने दिदीको योगदान र बलिदानका कुराहरुलाई काव्यात्मक हरफहरु सुनाए । क्यानडाका डा. गोबिन्द रावतले मानव जीवनमा देखापर्ने उतार चढावलाई भर्\u200dयाङ्गका रुपमा प्रस्तुत गर्दै मानवीय स्वार्थमाथि व्यंग्य कविता सुनाए । अमेरिकाको बोस्टनबाट लालगोपाल सुवेदीले शार्दुलविक्रीडित छन्दमा प्रकृति र प्रकोपका बारेमा काव्यात्मक वर्णन सुनाउँदै प्रकृतिप्रकोप र कोरोनाका बीचको सम्बन्ध देखाउने प्रयास गरे। अमेरिकाको म्याडिसनबाट राजेन्द्र अर्यालले मानिसको चरित्र र व्यवहारमाथि चर्चा गर्दै प्रकृतिमाथि गरिएको अतिक्रमणको प्रतिफल मान्छे आज भीडमा एक्लो भएको महसुस गर्दै आफ्नै छायासँग डराउनु पर्ने अवस्था र विवशतामाथि चर्चा गर्नु गरे । त्यस्तै म्याडिसनबाट सीता अर्यालले कोरोनाको कुरूपतामाथि प्रहार गर्दै समयसँग कोरोनाको तुलना गर्दै सुन्दर विहानीको परिकल्पनामा काव्य वाचन गरिन् । म्याडिसनबाटै दिनार श्रेष्ठले ५० वर्षअघि २०२७ सालमा बाल कविता प्रतियोगिताका लागि लेखेर पुरस्कृत भएको राष्ट्रियताले ओपप्रोत भएको राष्ट्रभक्तिको नेपाल आमा बाल कविता सुनाए। म्याडिसनबाटै पूर्ण श्रेष्ठले मानवीय अनुभूतिहरु र मानिसको मनोदशालाई मनोवैज्ञानिक तरिकाले चर्चा गरे । अमेरिकाको मिजोरीबाट उर्मिला निर्दोषीले कोरोनामाथि नै मुद्दा हाल्नेबारे कानूनी र अदालती पक्ष–विपक्षका दाउपेचको मीठो व्यंग्यकाव्य प्रस्तुति पस्किइन् । अमेरिकाको ओरल्याण्डोबाट डा. विनाद बरालले कोरोनाबाट सुरक्षाका उपाय र आवश्यकताका यथार्थपरक अनुभूतिलाई कवितात्मक रुपमा सुनाए । अ.ने.सा.स. फ्लोरिडा च्याप्टरले आयोजना गरेको तेस्रो भर्चुअल काव्य गोष्ठीमा फ्लोरिडाबाट उच्च शिक्षा सिध्याएर जर्जियालाई कर्मथलो बनाउने डा. तुलसी आचार्यले कविताका माध्यमबाट बुबालाई सम्बोधन गर्दै बाउ र छोराबीचको सम्बन्धलाई कोट्याउँदै बुबाको नदेखिएको वात्सल्य र व्याहारको वर्णन प्रतीकात्मक रुपमा गरेका छन् । कवितामा बा एउटा बिम्ब बनेर छोरा अर्थात सन्तानको इच्छा आकांक्षा पुर्\u200dयाएको कुरालाई दर्शाएका छन् । फ्लोरिडाका चूडामणि खनालले आफ्नो छोटो कविताबाट बाल्यावस्थाको सजीव चित्रण गरेका छन् । कार्यक्रम आयोजक तथा अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष निजानन्द मल्लले आजको बढ्दै गएको मानवीय दूरी तथा समयको परिस्थितिका बारेमा कविताको अनुभव बयान गरे भने फ्लोरिडा च्याप्टरका महासचिव तथा यस भर्चुअल काव्य सङ्गमलाई प्राविधिक रुपबाट सबल र सक्षम बनाउन सहयोग गर्ने दीप कार्कीले फूललाई जीवनसँग दाँजेर मानवीय जीवनका स्वरूपलाई केलाउँदै जीवनलाई बाँच्ने नवरङ्गका रुपमा प्रस्तुत गरे । यसरी २८ जना कविका काव्य प्रस्तुतिहरुमा विशेष गरेर आजको कोरोनाले सिर्जना गरेको भयवह अवस्था, यसबाटको सचेतता, राष्ट्रप्रतिको प्रेमभाव, राष्ट्रीय विरहभाव, मातापिताप्रतिको श्रद्धासँगै देशमा देखा परेको अव्यवस्थित स्थितिका शब्दहरू अभिव्यक्त भएका थिए । प्रारम्भमा सामूहिक रुपमा राष्ट्रिय गान गाएर शुरु भएको यस भर्चुअल काव्य गोष्ठीमा उपस्थित सबैले कोरोनाबाट आफू बसेको शहर, प्रान्त र देशको अवस्था र त्यहाँका नेपालीहरुको स्थितिका बारेमा जानकारी गराएका थिए । गोष्ठीमा श्रोताका रूपमा उपस्थित भएका महेश्वर पन्तले गैरआवासीय नेपाली संघको भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले प्रकाशन गर्न लागेको प्रवासी नेपाली साहित्यकार तथ्याङ्क संग्रहका बारेमा जानकारी गराएका थिए । त्यस्तै श्रोताका रूपमा उपस्थित भएका अनेसास फ्लोरिडा चेप्टरका संस्थापक अध्यक्ष विमल नेपालले कार्यक्रमको सफलताका लागि शुभकामना दिए । भर्चुअल काव्य गोष्ठीमा अन्य मुलुकबाट पनि सहभागिताका लागि प्रयासरत् रहेको देखिए तापनि प्राविधिक कठनाईले सहभागिता जनाउन असमर्थ भएको देखियो । यात्रा र झोला: हामीले थालेको त्यो यात्रा अहिले लाग्छ, अरू कसैको थियो । हामीले बोकेका झोलाहरूमा भविष्य अरूकै रहेछ हामीले पसिना चुहाउँदै तय गरेको गन्तव्य पनि अरूकै थाकेर रुखमुनि बसेर कल्पिएका मीठा क्षणहरू पनि अरूकै, सारा दुखको विगत आफ्नो बोकेको भार आफ्नो थेगेको पिडा आफ्नो हामीले लडेको भविष्य अरूकै रहेछ । हामी झुलेको पिङ्ग अरूकै झुल्दाको मजा अरूकै, पिङमा झुल्दाको डाम र निरीह झुलिरहेको मन मात्रै आफ्नो रहेछ। चढेको ठाडो उकालो आफ्नो उकालो पछि भेटेको चुचुरो अरूकै त्यहाँ बाट देखेको दृश्य अरूकै पाएको उँचाइ अरूकै, बाटो काट्दाको घाउ घाउको नपुरिने खाटा मात्रै आफ्नो रहेछ । यात्रा अरूकै डरलाग्दो भेलमाथिको तुइन अरूकै नदी तरे पछिको खुसी अरूकै हातमा उठेका ठेलाहरू खिलहरू मात्रै आफ्नो रहेछ। धन्न खसिएन तुइनबाट झरिएन मनै सिरिङ्ङ हुने डरलाग्दा भीरहरूबाट यात्राको भयानक सम्झना मात्रै आफ्नो रहेछ गुमाएका सह -यात्रीहरूको पिडा मात्रै आफ्नो रहेछ उनीहरूको बलिदानको ब्याज अरूकै बलिदान अरूकै लागि रहेछ । हाम्रा झोलाहरू पुरै यात्रामा हाम्रै काँधमा थिए कसले चोर्यो हाम्रा सपनाहरू ? कसले रित्तो पार्यो हाम्रा झोलाहरू? फेरि थाल्नु पर्ने भो त्यही यात्रा फेरि हिँड्नु पर्ने भो त्यही बाटो नाँप्न पर्ने भो त्यही दूरी जुन सकिएर पनि फेरि पुग्छ शुरुकै बिन्दुमा । चौरजहारी रुकुम हालः टिमिन्स, क्यानडा (गाैतम नेपाली साहित्य समाज, क्यानडाको पूर्व अध्यक्ष, सल्लाहकार, एन आए एन क्यानडाको भाषा, साहित्य र संस्कृति समितिका पूर्व संयोजक हुन् । उनको एउटा कविता संग्रह ‘भेरी किनारमा एक क्षण’ प्रकाशित छ ।) हामीले बोकेका झोलाहरूमा भविष्य अरूकै रहेछ हामीले पसिना चुहाउँदै तय गरेको गन्तव्य पनि अरूकै थाकेर रुखमुनि बसेर कल्पिएका मीठा क्षणहरू पनि अरूकै, सारा दुखको विगत आफ्नो बोकेको भार आफ्नो थेगेको पिडा आफ्नो हामीले लडेको भविष्य अरूकै रहेछ । आमा, म ठूली हुन्न ल!: आमा, म ठूली हुन्न ल! म त उही सानी नै रहन्छु निश्पाप मन निश्चल जीवन आहा! कति रमाइलो है बिहानमा “वालौं पौमाछा” भनी गालाभरि “तनखा” लगाइदिए मात्रै मान्ने फर्की फर्की ऐना हेर्दै मुस्कुराउने राम्री भन्दैमा गमक्कै हुने उही सानी छोरी हुन्छु ल! ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं मेरा पनि सपना मासिन्छन् रे, हो आमा? ती चञ्चलता, ती स्वतन्त्रतामाथि एक्कासि डढेलो लाग्यो हगी, सावित्रीको जीवनमा कता मेरो पनि त्यस्तैै………? ठूली भए’सी, तिमी काहाँ म काहाँ? इच्छाहरूमा ताला लाइन्छन्, ती मुस्कान कता भाग्छन् कता खेल्दै गरेको जूनमा ग्रहण लागेझैं जीवन त्यसै मुर्छाउँछ रे, हो आमा? म त तिम्रो काखको सिरानीमा निदाउन चाहन्छु तिम्ले खुवाएको गाँसमा अघाउन चाहन्छु तिमी हाँस्दा हाँस्न, रूँदा सँगै रून चाहन्छु त्यसैले आमा, म ठूली हुन्न ल! तिमीले “ताते ताते”गराउँदा दिलाएको त्यो आत्मविश्वास अरू कस्बाट मिल्ला? तिमीले “फूू फू” गर्दैमा निको हुने घाउ पछि कसरी निको होला? दुनियाँ पापी छ आमा यिनका चालचलन र परम्परा निर्दयी छन् आफ्नोबाहेक कसैको पर्वाह गर्दैनन् न पछाडिबाट हौसला दिन्छन् न अगाडिबाट साथ नै बरू कुल्चेर आफैँ अघि बढ्छन् ठूली भएर पो के गर्नु? सपना जरैबाट उखेलेर फ्याँकिदिहाल्छन् बिनाउद्देश्य ठूली हुनु त आगोमा होमिनु बराबर हो त्यसो त सानी नै रहनु बेस, कमसे कम तिम्रो अँगालोमा सुरक्षित त हुन्छु म सुरक्षित रहन्छन् मेरा चाहना पनि तिम्रो ममता र मायाले मौलाउन पाउँछन् पनि त्यसैले आमा, म ठूली हुन्न ल! मान्डले, बर्मा राम्री भन्दैमा गमक्कै हुने उही सानी छोरी हुन्छु ल! ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं मेरा पनि सपना मासिन्छन् रे, हो आमा? ती चञ्चलता, ती स्वतन्त्रतामाथि एक्कासि डढेलो लाग्यो हगी, सावित्रीको जीवनमा कता मेरो पनि त्यस्तैै………? साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ । तुरुन्त Scan गर्नुहोला काली: समाप्त पारिएका परिका कथाहरू शङ्खध्वनिले गुन्जाएमान हुँदा परिले बनाएकी थिई एउटा चित्र हत्यारा दैत्यको शीर छेदन गरेर रगतहरू पिउदै गरेकी कालीको नरमुण्डको माला लगाएकी हातमा खड्ग भिरेकी आफैँले वध गरेकी राक्षसको शीरबाट रगतका धाराहरू चुहाइरहेकी कालीसँग दैत्यको मानवअधिकारका लागि जब बहस गर्छन् त्रिदेवहरू स्मशानघाटबाट जलिरहेका परिहरुको मृत शरीरलाई काँधमा जुरूक्क बोकेर भौतारिन्छन् तब कालीहरू ईश्वरको अदालतमा मत्ताहात्ती भएर पुरुषार्थलाई प्रमाणित गर्न मारिन्छन् जब परिहरू कुबेरका खजानासँग लोभिएर दैत्यलाई चोख्याउन बहस गर्छन् जब ब्रह्माहरु नै जब वृन्दाको सौन्दर्यसँग लोभिन्छन् महादेव नै जब निक्लन्छन् इन्द्र नै अप्सराको खोजीमा ईश्वर जन्माउने योनिहरु नै लुटिन्छन् जब ईश्वरकै मन्दिरमा कहिले मस्जिदमा कहिले चर्चमा कहिले गुम्बामा बोल्दैनन् किन तिम्रा ईश्वरहरू घण्टीहरू बज्दा मन्दिरबाट नमाजहरू पढ्दा मस्जिदबाट? प्रार्थना गर्दा चर्चबाट दीपहरू बाल्दा गुम्बाबाट गर्दै थिइन् प्रश्न काली आज ईश्वरको अदालतमा दैत्य छ यत्र तत्र सर्वत्र बाजझैँ उडिरहेका दैत्यहरू एकै झड्कामा बलिया नङ्ग्राहरू गाडेर समाप्त पार्छन् परिका श्वासहरू फुटेका काँचका चुराझैँ सस्ता फगत एउटा योनिको मृत्यु गीता, कुरान, बाइबल र त्रिपिटक सक्छौ के फिर्ता गरिदिन मलाइ मेरा परिका श्वासहरु ! विदुर, नुवाकाेट ईश्वर जन्माउने योनीहरु नै लुटिन्छन् जब ईश्वरकै मन्दिरमा कहिले मस्जिदमा कहिले चर्चमा कहिले गुम्बामा बोल्दैनन् किन तिम्रा ईश्वरहरू घण्टीहरू बज्दा मन्दिरबाट नमाजहरू पढ्दा मस्जिदबाट? प्रार्थना गर्दा चर्चबाट दीपहरू बाल्दा गुम्बाबाट पाए हुन्थ्यो: भोक लाग्दा पेटमा चारो हाल्न पाए हुन्थ्यो फाटेको मन नि थोरैथोरै टाल्न पाए हुन्थ्यो ! म त सानो मान्छे सपना नि सानै छ हजुर एकफेर साँझमा चुल्हो बाल्न पाए हुन्थ्यो ! टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो ! अत्तरभन्दा पसिनाको सुगन्ध झनै मिठो यसै गरी मालिक फेरि पाल्न पाए हुन्थ्यो ! लुट्न बाँकी के नै छ र भन अब सरकार मैले पनि एउटा चाल चाल्न पाए हुन्थ्यो ! धर्तीमाथि श्रम गर्ने मालिक उही हो भनी मजदुरको नाम लेख्न थाल्न पाए हुन्थ्यो ! टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो ! काेराेना भन्दा खतरनाक इस्लामाेफाेबिया: विश्वलाई नै त्रास र अनिश्चितताकाे भूमरीमा धकेल्दै मानव जातिकै लागि चुनाैतीका रुपमा देखापरेकाे काेभिड-१९ काे संक्रमणबाट नेपाल पनि अछुताे छैन। पर्याप्त स्वास्थ जनशक्ति एवं भाैतिक पुर्वाधार नभएका हामीजस्ता मुलुकहरुकाे दिन दुई गुणा रात चाैगुणा हुँदै फैलिरहेकाे भाइरसकाे संक्रमण राेक्ने प्रमुख उपाय नै बन्दाबन्दी (लकडाउन) हाे र हामी यही उपाय अपनाउँदै छाैँ । यस विषम परिस्थितिमा विभिन्न मुलुकका नागरिकहरु देशलाई एकतामा बाँध्दै काेराेना विरुद्धकाे संग्रामकाे अग्रमाेर्चामा खटिने स्वास्थकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुकाे मनाेबल अभिवृद्धि एवं सम्मानका निमित्त विभिन्न कार्य गरिरहेका हामीले देखेकै छाैँ । त्यस्तै धार्मिक आस्थावानहरु पनि काेही दियाे बालिरहेका छन्, काेही अल्लाहलाई पुकार्दै छन् त काेही रेकाथालाबा… भन्दै पुकारी रहेका छन् । जे हाेस्, आस्थावान् समुदायले विश्व शान्तिका लागि प्रार्थना गर्नु कुनै नाैलाे कुरा हैन र यसलाई असामान्य मानिरहनु पनि पर्दैन । तर केही धार्मिक दलाल र अतिवादीहरु भने याे चुनाैतीलाई अवसरका रुपमा उपयाेग गर्दैछन् । भारत, नेपाल लगायत दक्षिण एसियाली मुलुकमा प्रारम्भिक चरणमा अधिकांश संक्रमण मुस्लिम धर्मावलम्बीहरुमा देखियाे। मुस्लिम समुदायकाे अन्तर्राष्ट्रिय स्तरकाे धार्मिक भेलामा विदेशी अतिथिसँगै काेराेना भित्रिएकाे र उनीहरुबाटै भारतमा संक्रमण फैलिएकाे तथ्यहरु बाहिर आए । अनि त “के निहुँ पाउँ कनिका चपाउँ” भनेर बसेका भारतीय मिडियालाई के चाहियाे ! यही विषयलाई लिएर समग्र मुस्लिम समुदायप्रति ठूला भनिएका मिडिया अफवाह फैलाउन लागे। हरेक विषयमा धार्मिक रङ घाेल्न सिपालु भाजपा र भाजपा समर्थित मिडिया हरेक दारीवालहरु काेराेना नै हुन् भन्ने जस्ता देखाउन लागिपरे । त्यसैकाे उपज भारत आज काेराेनाभन्दा पनि “इस्लामाेफाेबिया” बाट भयानक स्थितिमा छ । भारत आज काेराेनाभन्दा पनि “इस्लामाेफाेबिया” बाट भयानक स्थितिमा छ। छिमेकमै यस्ताे घटना घटिरहँदा नेपाल चाहिँ के अछुताे रहन्थ्याे? आफूलाई सनातनी र हिन्दुत्वकाे पहरेदार सम्झने माेदी चाचाका पुजारीहरु “बसुधैव कुटुम्बकम्” र “सर्वधर्म समभावः” लाई भुलेर समग्र मुस्लिम समुदायप्रति नकारात्मक टिप्पणी गर्न पछि हटेनन्।जीवन मरणकाे दाेसाँधमा रहेका संक्रमित मुस्लिम भाइहरु र जीवित नै रहेकाहरुलाई पनि हताेत्साहित पार्ने क्रियाकलाप र प्रतिक्रियाहरु आइरहेका छन्। धार्मिक सहिष्णुता र साैहार्दपूर्ण एकतायुक्त मुलुकका रुपमा चिनिने नेपालमा आज धार्मिक सहिष्णुता त परकाे कुरा सामान्य मानवीयता पनि गुमाएकाे जस्ताे घटना देखिनु खुसीको कुरा पक्कै हाेइन । यस विषयमा एकाधबाहेक अधिकांश नेपाली मिडिया सजग देखिन्छन् । तर पक्षपाती र नस्लीय पत्रकारिताले ग्रस्त भारतीय मिडियालाई राम्राे देख्ने केही अतिवादी प्रकृतिका नेपालीहरु भने नेपाली मिडियालाई गलत देख्छन् । जे जस्ताे हाेस् यस विपद्काे घडिमा धार्मिक द्वन्द भड्काउने भन्दा पनि जनस्वास्थ्य र संक्रमण नियन्त्रणकालागि निरन्तर खबरदारी गर्ने नेपाली मिडियाकाे प्रयास सम्मान याेग्य छ । यस्ताे वैश्विक संकटकाे घडिमा धार्मिक, जातीय एवं नस्लीय द्वन्द्व भड्काउनेहरुकै कारण नेपाल भारत जस्तै काेराेना भन्दा पनि “इस्लामाेफाेबिया” बाट बढी ग्रसित हुने त हैन भन्ने प्रश्न खडा भएकाे छ । याे अकल्पनीय विपद्काे घडिमा मानवीय मूल्य मान्यतालाई जाेगाउँदै काेराेना भाइरसमाथि विजय हासिल गर्नु र गिर्दाे अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनु समग्र मानव जातिकाे प्रमुख चुनाैती हाे । अन्त्यमा, धार्मिक सहिष्णुता र मानवताकाे ख्याल राखाैँ, सुरक्षित रहाैँ, शारीरिक दुरी कायम गराैं, सामाजिक एकतामा जाेड दिऔँ । शंखरापुर, काठमाडौं धार्मिक सहिष्णुता र मानवताकाे ख्याल राखाैँ, सुरक्षित रहाैँ, शारीरिक दुरी कायम गराैं, सामाजिक एकतामा जाेड दिऔँ । मृत्यु छिप्कली र भँगेरोको: असारको मैना थियो । हल चलिरहेको थियो। खेतारीहरु खेत रोपिरहेका थिए । आँधि बगिरहेको थियो । तल राजमार्गमा गाडीहरू लस्करै चलिरहेका थिए । सिद्धार्थ राजमार्ग नागबेली आकारमा अगाडि बढेको थियो । दायाँपट्टि मिर्दी, जगत सडक खण्ड, चोकैमा गह्रा–गह्रा फाटेको आकृति, चार पाँच गह्रा आकृतिका सिँढी चढेपछि बायाँतर्फ पुनः सिँढी र यसको ठीक चार तलामाथि नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्ट । रेष्टुरेन्टको चारै भित्ताहरूमा आधा खण्डरी सिसैसिसाले घेरिएको थियो र तलपट्टि आधा खण्ड मसिनो जालीले घेरिएको तर भित्ताहरु चारैपट्टि बिल्कुल बन्द थिए । केबल एक ठाउँमा भ्यान्टिलेसनबाहेक । पूर्वतर्फ माछापुच्छ्रेको दृष्य निकै मनमोहक देखिन्थ्यो । सिद्धार्थ राजमार्गको आडैमा चारतला माथिको रेष्टुरेन्ट, ठीक राजमार्गमाथि झुण्डिएजस्तै देखिन्थ्यो । चारैतिर वालिङ नगरीको दृष्य स्पष्ट प्रतित हुन्थ्यो । किचनमा कुक खाना पकाउन व्यस्त थियो । उसको सहयोगी कटिङमा व्यस्त थियो, कोही सरसफाई गरिरहेका थिए । वेटर सर्भिस गर्दै थियो । यत्तिकैमा भ्यान्टिलेसनको सानो प्वालबाट एउटा भँगेरो पस्यो । रोकिंदै, उड्दै, भुरुर्र–भुरुर्र केही क्षण वरपर उड्यो । केही क्षणपछि ऊ रेष्टुरेन्टबाट बाहिर निस्कन चाह्यो । ऊ भुरुर्र उड्दै बाहिर निस्कन खोज्थ्यो उसको ठोंडा सिसामा ठोक्किन्थ्यो । पुन: फर्किन्थ्यो एवम् रीतले ऊ पटक–पटक बाहिरिन बेग लिन्थ्यो जब सिसामा ठोकिन्थ्यो पुनः फर्किन्थ्यो । मान्छेको चेतना र हृदय न हो, वेटर यस भँगेरोलाई बचाउन चाहन्थ्यो । जति–जति वेटर उसलाई छोप्ने प्रयत्न गथ्र्यो उति नै भँगेरो बाहिर भाग्नको लागि उडाईको बेग लिन्थ्यो । यत्तिकैमा भ्यान्टिलेसनको सानो प्वालबाट एउटा भँगेरो पस्यो । रोकिंदै, उड्दै, भुरुर्र–भुरुर्र केही क्षण वरपर उड्यो । केही क्षणपछि ऊ रेष्टुरेन्टबाट बाहिर निस्कन चाह्यो । ऊ भुरुर्र उड्दै बाहिर निस्कन खोज्थ्यो उसको ठोंडा सिसामा ठोक्किन्थ्यो । वेटर र भँगेरोको द्वन्द्व जारी थियो । वेटर उसलाई बचाउन चाहन्थ्यो, भँगेरो बाँच्न चाहन्थ्यो तर न वेटर भँगेरोलाई समाउन सक्षम हुन्थ्यो न त भँगेरो सिसाबाट बाहिरिन सक्थ्यो । एवम् रीतले वेटर भँगेरोलाई समाउन हातको निसाना लगाउँथ्यो भँगेरो बाहिरिन पटक–पटक सिसामा जम्प हान्थ्यो । पटक–पटकको बेगले भँगेरो थकित देखिँदै गयो । उसको ठोंडमा रगतको छिर्का देखिन थाल्यो । वेटर भँगेरो समाउन तब सफल भयो जब ऊ पटक–पटकको संघर्षबाट घाइते बनी भुँइमा पछारिन पुग्यो । उसका पखेटाहरु मुटुको घड्कन जस्तै भ्याट–भ्याट चलिरहेका थिए । आँखा पानीको ताल जस्तै शान्त देखिन्थे । आँखाले एक किसिमको याचना मागिरहेको प्रतित हुन्थ्यो । यस हृदयमा उक्त क्षण सम्झिँदा पनि द्रवित हुन्छ मन । कम्पित हुन्छ तन र अमिलो हुन्छ मन । वेटरले भँगेरोलाई सुस्तरी हातमा च्याप्प च्याप्यो । कचौरामा पानी दियो तर भँगेरो नादान देखिन्थ्यो । उसले कुनै प्रतिकृया जनाएन । ऊ क्षणक्षण कमजोर बन्दै गइरहेको थियो । अन्तत: उसका मुटुको घड्कनजस्ता पखेटाका चालहरु बन्द भए । आँखाहरु स्थिर बने । खुट्टाहरु तनक्क तन्किए । जड बन्यो सम्पूर्ण अङ्ग । दिपावलीको समय थियो । सडकमा पटकाहरु पड्किरहेका थिए । देउसी भैलोको आवाजले पूरा शहर गुञ्जायमान थियो । घरहरु सितारा, माला बत्तिहरुले झर्लक्कै बलेको थियो । दुःख कतै नभएजस्तो प्रतित हुन्थ्यो । यस्तो लाग्थ्यो सम्पूर्ण जगत खुशी नै खुशीले भरपुर थियो । देउसी खेल्नेहरु देउसी खेलिरहेका थिए । तरुनी तन्नेरीहरु सडकमै आ–आफ्ना धुनमा थिए । घर–घरमा पाहुनाहरू आवतजावतको भिड थियो । माला गाँस्नेहरु माला गाँसिरहेका थिए । घरमा बार्दलीको चारैतिर पालामा बत्तीहरु जाज्वल्लमान थिए । तास खेल्नेहरू तास खेलिरहेका थिए । कौडा हान्नेहरूको खालमा निकै भिडभाड थियो । होहल्ला टाढा–टाढासम्म फैलिएर कल्याङमल्याङ आवाजले पूरै शहरमा गुनगुनाहटको आवाज आइरहेको थियो । फट्याङ्ग्रा, भ्यागुता वा अरु केही मन्द गतिमा धुन दिइरहेका थिए । यस्तैमा एउटा चमेरो यमानको पखेटा हल्लाउँदै मन्द गतिमा उडिरहेको थियो । यस्तै अवस्थामा म तासको खालबाट शौचालयतर्फ हुत्तिएँ । शौचालयको सतह सेतो टायलले पूर्ण थियो । कम्बोटमा छिप्कली फ्यात्त खस्यो । कम्बोटको पिंध पानीले भरिएको थियो । छिप्कली चिप्लिंदै पानीभित्र पस्यो । देखिएन । एक्कै क्षण गौर गरिरहे । ऊ बिस्तारै पानीबाट कम्बोटको सतहतिर ठडियो । सुस्त सुस्त अति मन्द गतिमा माथि–माथि ठडियो । सुस्त–सुस्त अति मन्द गतिमा माथि –माथि ठडिंदै थियो । जब ऊ कम्बोटको सतहको कोप्चेरोमा जान्थ्यो अलिकति कोप्रिएको भागबाट माथि आउन सक्दैनथ्यो । जब ऊ कम्बोटको कोप्रिएको कापनेर आउँथ्यो ऊ पछारिँदै कम्बोटको पिंधमा पानीको सतहभित्र पुरिन पुग्थ्यो । फेरि केही क्षणमै पानीबाट निस्कन्थ्यो । सुस्त–सुस्त उही कम्बोटको किनारामा आउँथ्यो । ठडिन्थ्यो कापनेरको किनारा पार गर्ने असमर्थतामा ऊ पुनः पुनः गुल्टिन पुग्थ्यो र उही कम्बोटको पिंधमा विलिन हुन्थ्यो पानीको सतहभित्र । तीन पटकसम्म म यस दृश्यलाई अवलोकन गरिरहेँ तर चौथो पटक छिप्कली यो पसर भरको पानीको सतहबाट माथि उक्लिन सकेन, आएन । मिनेट, केही मिनेट सायद चार पाँच मिनेट जस्तो गौर गरिरहेँ अझै ऊ पसर भरको पानीको सतहबाट बाहिर निस्कन सकेन । सोचें कसैको ज्यान त हो । आत्मा छ, सजिव हो, हिंड्न सक्छ, देख्न सक्छ, ज्यान हो, आत्मा हो बचाउनु पर्छ । बाँच्न पाउनु अधिकार हो । सोच्दा सोच्दै, गौर गर्दा गर्दै चौथो पटक यो छिप्कली माथि निस्कने राह पर्खिदा–पर्खिदा आशा, भरोसा टुट्दै गयो । मैले कत्तिपनि छि–छि दुर्दुर नगरी कम्बोटको पानीमा हात पसाएँ । केको पानीमा, दुर्गन्धमा, फोहरमा, छिः छिः र दुर्दुरमा बिस्तारै छामेँ तर मैले छिप्कलीलाई पाउन सकिनँ । स्याङ्जा, वालिङ -६ मिर्दी सोचें कसैको ज्यान त हो । आत्मा छ, सजिव हो, हिंड्न सक्छ, देख्न सक्छ, ज्यान हो, आत्मा हो बचाउनु पर्छ । बाँच्न पाउनु अधिकार हो । प्रेम: अक्सर मानिसहरु यही कुरा भनिरहेका हुन्छन्- ‘प्रेम अमर विषय हो ।’ कसले भन्न सक्छ र ‘प्रेम अमर विषय होइन, यो क्षणिक र क्षणभङ्गुर कुरा हो ?’ प्रेम निरर्थक हुँदै होइन । यो सार्थक र सर्वव्यापि रूपमा फैलिएको छ, लहरिएको छ, झ्याङ्गिएको छ अनि अनन्त अनन्तसम्म फैलिरहनेछ / फूलिरहनेछ । यद्यपि औसत मानिसहरु घृणाका कुटिल आँखाले हेर्छन् – प्रेमलाई । त्यो सर्वथा भ्रम हो, भ्रान्ति हो । मलाई यो घोर आश्चर्य अनि पूर्वाग्रही दृष्टिकोण हो भन्ने लाग्छ । प्रेमलाई घृणाको आँखाले हेर्नु हुँदैन । प्रेमलाई प्रतिशोधको आँखाले हेर्नु हुँदैन । प्रेमलाई स्वार्थका आँखाले हेर्नु हुँदैन । प्रेमलाई विचार / वाद / सिद्धान्त / रङ/ जात / धर्म / संस्कृति कुनै पनि कुराहरू भन्दा माथि रहेर सोच्नुपर्छ । प्रेम निर्बन्ध हुन्छ । प्रेम स्वतन्त्र हुन्छ । प्रेम प्रकृति जस्तै सर्वाङ्ग छ । सर्वाङ्ग छ र त सुन्दर छ प्रेम। हामी स्वार्थी छौं । प्रेम निःस्वार्थ छ । जब हामी स्वार्थ राख्छौँ र प्रेममाथि नकारात्मक सोच राख्न थाल्छौं । प्रेम आँखाको गहिराइमा प्रतिविम्बित हुन्छ । प्रेम हृदयको अन्तरकुन्तरमा अनुगुञ्जित हुन्छ । प्रेम हरेक जीव-जीवात्माको जीवनसँग लहरिरहेको हुन्छ । – प्रेममा घृणा हुन्छ । घृणामा प्रेम हुन्छ । जसरी प्रेमको प्रतीक गुलाफको फूलमा काँडा र फूलको अस्तित्व हुन्छ । काँडा र फूलमा सापेक्षता छ प्रेमको । मानवीय जीवन त झनै प्रेमको अमूल्य पर्याय हो । हामी अनुपम प्रेमको विकल्पमा पलपलको पनि परिकल्पना गर्न पनि असमर्थ हुन्छौं । म हेर्छु- प्रकृतिका हरेक रङहरु जहाँ छताछुल्ल प्रेम फैलिएको छ । रातसँग दिनको प्रेम छ । दिनसँग रातको प्रेम छ । साँझसँग बिहानको प्रेम छ । प्रेमको लहरा लहरिएको जहीँतहीँ । प्रेम प्रकृतिको अनुपम वरदान मात्रै नभएर, यो ब्राह्मण्डको गतिलाई थाम्ने एउटा दर्बिलो मीयो पनि हो । एकै छिन आफ्ना दुई नेत्रलाई चिम्म गर्नुहोस् र प्रेम बिनाको यो सृष्टि कल्पना गर्नुहोस त । यो पूर्णरूपमा असम्भव छ । प्रेमबिनाको संसार कल्पनै गर्न सकिन्न । यो संसारमा कुनै एक पल मात्रै प्रेम रहेन भने, प्रेम भएन भने- आमाको न्यानो वात्सल्यमय काखमा बसेर स्तनपान गरिरहेको अबोध शिशु फ्यात्त भुइँमा झर्छ । यो अन्तरिक्षमा प्रेमले झुन्डिएको पृथ्वी झुत्रुक्क कुनै गडतिरमा झर्छ र समाप्त हुन्छ । प्रेम छ प्रेत्यक हृदयमा फरक । प्रत्येक मस्तिष्कमा फरक । यो विज्ञानको प्रयोगशालामा नापिने/ जाँचिने विषय होइन । प्रेम गहिरो छ – नाप्न नसकिने अथाह गहिरो । प्रेम अजर/अमर छ – मार्न नसकिने । प्रेम अनुपम छ – दाँज्न नसकिने । प्रेम अपार छ – कल्पनै गर्न नसकिने । प्रेम अमूल्य/अतुल्य छ – मूल्य नै गर्न नसकिने । प्रेमको हिसाब अथाह छ, अनन्त छ । कुनै दार्शनिकको परिभाषाबाट बुझ्न सकिँदैन प्रेम । कुनै शब्दका अजस्र स्रोतबाट पढ्न सकिँदैन प्रेम । म हेर्दिनँ प्रेमलाई एउटै कोणबाट । यसका अनन्त-अनन्त आयामहरु छ्न । प्रेम, कविको गजल वा कविता होइन, हुँदैहोइन । निबन्ध वा कथा होइन । नत कुनै कलाकारको सुन्दर सृजना वा संगीतको कुनै हृदयविदारक अलाप नै प्रेम हो ? प्रेम सृष्टिको एउटा अद्वितीय झंकार हो । जसको कुनै रुप र सार छैन । ब्राह्मण्डको सुन्दर र अमूर्त सौन्दर्य मात्रै हो प्रेम । यसका रङहरु अथाह छन् । यसका स्वरूपहरु अथाह छन् । यसका लयहरु अथाह छन् । यसका वादहरु अथाह छन् । यसका रुप र स्वरूपहरु अथाह छन् । शैलीहरु अथाह छन् । यसका नीति र नियमहरु अथाह छन् । यो अमूर्त र अदृश्य छ । हाम्रा प्राणीशास्त्रीहरु विपरीत लिङ्गीप्रतिको अपेक्षा ( प्राप्ति )लाई प्रेम भन्छन् । यो सर्वथा गलत हो । प्रेम अनुभूति मात्रै नभएर यो सृष्टिको अद्भूत चमत्कार पनि हो । प्रेमलाई संसारको कुनै शास्त्रले चिनाउन सक्दैन । बुझाउन सक्दैन । यो संसारका हरेक मानिसको भावना/ अनुहार /दृष्टिकोण /स्वभाव / चाहनाजस्तै भिन्न र पृथक् हुन्छ । जसरी सृष्टिका सात अर्ब मानिसका सबै कुरा फरक छ्न् । प्रेम पनि हरेक जीवाशेषमा नितान्त फरक छ । हरेक जीवको अस्तित्वमा प्रेम अंकुरण भएको हुन्छ । तसर्थ प्रेम जीवन हो, जीवन प्रेमको अस्तित्व । सृष्टि र सिर्जना दुवैको एकाकार भावको समष्ठिगत रुप हो- प्रेम । प्रेमको परिकल्पना हुँदैन्थ्यो भने यो प्रेमिल सृष्टि हुने नै थिएन । कुनै जीव-जीवाशेषको जन्म हुने थिएनन् । जन्मको मूल स्रोत पनि प्रेम नै हो । प्रेमले नै जन्माएको छ हामीलाई । प्रेमले नै बचाएको छ हामीलाई । जन्मको पहिलो पाइतलादेखि हामी प्राणको अन्तिम संघार, चिताको नजिक पुगिरहँदा समेत प्रेमकै तरङ्गले तरङ्गित भइरहेका हुन्छौं । जीवनभर हामी भौतिक संसारमा रमाउने कोसिस गर्छौं । मेरो परिवार/ मेरो जमिन / मेरो घर / मेरो सम्पत्ति / मेरो आफन्त / मेरो पद…….! आदि आदिभन्दै जपिरहेका हुन्छौं । मानिसभित्र लालचीको पिरामिड नै छ । खाँदा, बस्दा,उठ्दा, हिड्दा जत्तिखेरै स्वार्थ सोचिरहेको हुन्छ । लालचमा प्रेम अंकुरण हुँदैन । प्रेम त निष्ठाको मलिलो ड्याङमा मौलाउँछ । ‘मेरो’ भन्ने भावनाले तपाईं हाम्रो जीवन कहिल्यै पूर्ण बन्दैन । अपूर्ण नै रहन्छ । यो पृथ्वी, ग्रह, ताराहरु, ढुङ्गा, माटो, रुख-बिरुवा, खोला-नाला, हिमाल, जीव-जनावर, मानिसहरु, आकाश, धर्ती, क्षितिज, आगो, पानी, सुख दु:ख सबै सबैलाई समानान्तर प्रेम गर्न सक्नुपर्छ नत्र हाम्रो जीवन निरर्थक हुन्छ र प्रेम केवल नाटकमा मात्रै सीमित हुन्छ । यसले हाम्रो जीवन रङ्गमञ्चमा अभिनय गर्ने पात्रझैँ कुनै पलभरको अस्तित्व मात्रै बाँचिरहेका भान गराउँछ । हामी भ्रममा छौं- प्रेम प्राप्ति हुने विषय होइन । यो त अनुभूति मात्रै हो । हामी प्राप्तिलाई प्रेम र अप्राप्तिलाई घृणाका दृष्टिकोणले हेर्छौं अनि जीवनलाई निरर्थक बनाउनेतर्फ लैजान्छौं । जीवन सार्थक बनाउन प्रेमलाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । हरेक वर्ष आत्महत्याका कयौँ समाचार सुन्नु पर्छ । आत्महत्याको प्रमुख कारण प्रेम नै हो । हामीले प्राप्तिलाई मात्रै प्रेम भनिदिँदा आत्महत्याको ग्राफ संसारभर बढिरहेको छ । हाम्रा महाकवि देबकोटाले इन्द्रीयहरुले गर्नेभन्दा बढी प्रकृतिलाई प्रेम गरे । आफू र आफ्नालाई भुलेर देवकोटाले जन्मनुको सार्थकता उजिल्याए । तसर्थ प्रेम एउटै रूप र प्रकृतिको हुन्न । कोटी- कोटी छन् प्रेमको – रूप र सौन्दर्यको सुगन्ध । अथाह छन – गुण र गौरव । प्रेम आश्वादनमा छ भिन्न-भिन्न । मूल्यमा छ अनेकानेक । हजार तत्त्व र तरहले निर्मित छ -प्रेम ! असंख्य रङ्ग- रोगनले फुलेको छ -प्रेम ! अथाह सुगन्धका सुवासले मगमगाएको छ – प्रेम ! यो अनन्त-अनन्त आयामहरुमा फैलिएको प्रकृतिको निर्विवाद शाश्वत सत्य हो – प्रेम ! – प्रेममा गतिशीलताको वैभव छ – प्रेममा सृजनाको सुगन्ध छ – प्रेममा अस्तित्वको सार छ – प्रेममा जीवनको सौन्दर्य छ – …………….! सबथोक हो प्रेम । प्रेम मानिसहरुले कोरेको आचारशास्त्रमा बसेर गरिन्न । गरिनु पनि हुन्न । प्रेम कुनै शास्त्र /दर्शनले मार्गनिर्देशित हुनुहुन । सबै दर्शन र शास्त्रबाट निर्बन्धित छ – प्रेम । मानवीय चेतनाको विशिष्ट रूप प्रेम न भोग्य र न भोज्य वस्तु हुन् । हामी प्रेमलाई भोग्य र भोज्य साधनका रूपमा व्याख्या गरिरहेका हुन्छौं । -प्रेमको यस्तो नियम छ, जहाँ कुनै नियम नै छैन । यो नदि जस्तै छ – सर्वाङ्ग । यो प्रकृति जस्तै छ – उदाङ्ग । प्रेमका हरेक धाराहरु,हरेक उप-धाराहरु र दफाहरु स्वतन्त्र र सार्वभौम छन् । यो नदिले जस्तै परिवेशअनुसार आफ्नो बाटो आफैं कुँदेर हजारौं किलोमिटरको यात्रा तय गर्छ । तृष्णाले प्रेम उत्पन्न गर्दैन । तृष्णामा केवल स्वार्थ हुन्छ । निष्ठा, त्याग, समर्पण र साधनाले अभ्यर्चना गर्नुपर्छ प्रेमलाई । प्रेमका अर्थ अनन्त छन् । प्रेमका अनेकानेक शास्त्रहरु छन । प्रेम भौतिक वस्तु होइन, जो सजिलोसँग लिन र दिन सकिने ! प्रेम अमूर्त हुन्छ- जसलाई बुझ्न हम्मेहम्मे पर्छ । प्रेम अदृश्य हुन्छ- जसलाई हाम्रो दुईचक्षुले देख्न सक्दैन । यसलाई त हृदयको तेस्रो आँखाले हेर्ने होइन, अनुभव गर्न सक्छ । प्रेम मस्तिष्कबाट सुरु हुन्छ र मानवीय इन्द्रियहरुमार्फत मानिसको भावनामा सिंचित हुन्छ । प्रेम भौतिक शरीरबाट नभएर आध्यात्मिक शक्तिबाट मानिसको जीवनलाई प्रज्ज्वलित गर्ने उच्च चेतनाको गतिशील तरङ्ग मात्रै हो । प्रेम हुनु र नहुनुमा खास अर्थ छैन । – प्रेम नहुँदा /नहुँदै पनि हुनसक्छ । – प्रेम हुँदा /हुँदै पनि नहुनसक्छ । यो त काल जस्तै अदृश्य छ । अदृश्य हुँदाहुँदै पनि सत्य छ । प्रेम आनन्दहरुको पनि सर्वोत्तम आनन्द हो । प्रेम त जहीँ तहीँ हुन्छ । आकाशमा उडिरहेको चङ्गा चुँडिएर बिजुलीको पोलमा अड्किए, चङ्गालाई भुइँको अगाध प्रेम हुन्छ । आमाको भ्रूणमा हुर्किरहेको शिशुलाई पृथ्वीको स्पर्शमा छुट्टै प्रेम हुन्छ । प्रेम जीवनको गीत, जीवनको गति, जीवनको गौरव र जीवनको सौरव पनि हो । हामी प्रेमको अतृप्त तृष्णा लिएर जीवनभर भौंतारिरहेका हुन्छौं । कहिले सपनाहरुका विशाल कुन्युहरुमा कुम्मिरहेका छौं त कैले विपनामा तरङ्गिदै-तरङ्गिदै अनन्त क्षितिजमा दौडिरहेका हुन्छौं । मनलाई पानी जस्तै तरल बनाएर बगिरहनु / सुसाइरहनु पनि त प्रेम नै हो । गतिशीलताको अर्को परिचय हो- प्रेम ! हरेक धर्ममा प्रेम हुन्छ । हरेक दर्शनमा प्रेम हुन्छ । हरेक विचारमा प्रेम हुन्छ । हरेक जातमा प्रेम हुन्छ । हरेक रङ्गमा प्रेम हुन्छ । हरेक लिङ्गमा प्रेम हुन्छ । प्रेम नभएको संसारमा कुनै ठाउँ छैन । धर्मको पनि धरोहर हो -प्रेम – दर्शनको पनि दरबार हो – प्रेम । विचारको पनि बीउ हो – प्रेम । जातको पनि जननी हो – प्रेम । रङ्गको पनि रश्मि हो – प्रेम । लिङ्गको पनि लीला हो – प्रेम । मानिसका मन मनलाई जोड्ने रसायन पनि त प्रेम नै हो । सोच्छु – हामी धर्ममा विभाजित छौं । रङ, विचार, झन्डा, भूगोल …..? के-केमा विभाजित छौं के के ? यी सबै विभाजनलाई जोड्ने यो अचुक रसायन ‘प्रेम’ कस्ले आविस्कार गर्\u200dयो होला ? कसरी निर्माण भयो होला – प्रेमको दर्शन ? प्रेमको न कुनै सिमाना छ ! न कुनै साँध छ ! यो त धर्मका किल्लाहरु भत्काउदै हिंड्छ । देश- देशका सिमानाहरु मेटाउँदै हिंड्छ । रङ्गका भ्रमहरु सिकाउँदै हिंड्छ । विचारका बेमेलहरु फुकाउँदै हिँड्छ । द्वन्द्वका दरारहरुमा एकताका पाठ पढाउँदै हिंड्छ । प्रेमको एउटै सर्वस्वीकार्य मन्त्र छ – “सर्वे भवन्तु सुखिनं: सर्वे सन्तु निरामया:। सर्वे भद्राणि पश्यन्तु मा कश्चिन्तु दु:खभाग्जन:।। कलुषित पृथ्वी: पृथ्वीको छातीमा रगतको टाटो देख्दछु जति चिथोरे पनि मृत्युबाहेक केही नफलेको, विज्ञानका चमत्कारहरुले मृत्यु सरेको होला केही समय डरेको छैन, टरेको छैन उर्वरता गुमाएको माटो देख्दछु । सीमाको पर्खालले भाइ-भाइमा फाटो देख्दछु बास आवास नै प्रवास भएका प्रेम स्खलित भै सहवास भएका मासहरु अपमनित भै मलमास भएका यस्तै-यस्तै अल्झिएको गाँठो देख्दछु युवाहरुको मस्तिस्कमा राँटो देख्दछु । विचारहरु विचारिएका छन् दर्शन शास्त्र फिँजारिएका छन् नखुलेको जीवन रहस्य नसुल्झेको समस्या अनुभवको अछुतै पाटो देख्दछु अनुभव बिना अल्झिएको बाटो देख्दछु मान्छेका मन-मनमा घाउको खाटो देख्दछु । जलन: तृष्णा रुपि क्षीद्र रिक्त-रिक्त घर अहंको गारो आडम्बरको छानो कति बलियो ! मै राम्रो, मै ठूलो भन्दछ । झूटमा बाँच्दछ मुखले “सत्य” भन्दछ, सुन्दैन जीवको व्यथा “शिव”को कथा कहन्छ, देख्दैन आँखा कलम “सौन्दर्य” लेख्दछ । मरुभूमिको खेती आकाशको भर न देखिन्छ नदी न बन्छ नहर के फल्दछ ? चिन्ताले ‘चिता’ जल्दछ । मेधावी जनता विदेश नबसून्: ती बाजा मुरली बजुन् दिनदिनै सङ्गीत फेर्दै उठ साहूका पिरबाट मुक्ति दिनहूँ आनन्द भर्दै उठ । मेरो राष्ट्र बचोस् बिहान नहुँदै वैरीहरू खेदिऊन् सारा दोष पखालिओस् अवगुणै मैलोसरी धोइऊन् ।। हत्याका अभिलेख फेरि नबनुन् हिंसा सबै रोकिऊन् भाग्बन्डा नगरी विकास गरियोस् नेताहरू फेरिऊन् । मान्छे मै अविवेक किन्न कसरी कस्ले दियो योजना साँच्चै नै सुकुमार बन्न सकिने कस्ले दियो सूचना ।। मेधावी जनता विदेश नबसुन् छिट्टै फिरुन् देशमा त्यो सेतो पटुकी भिरेर खुकुरी आफ्नै चिनो भेषमा । चौपाया वनका चरेर फिरिऊन् वन्मै नहुन् बास ती आमाका सहरा जवान जगका बाबा गरुन् आश ती ।। ज्यालाका श्रमका विकाम मनका भोकै नहुन् दुर्गति खेतीका करका अनाज नभए भोकै बसुन् के र ती ? तिन्को प्यार हुने भए यदि भने कर्मै गरौला तिमी तिन्को प्यार नपाउने सकल हो भाग्यै हरौला तिमी ।। मोती फल्छ यिनै जुहार नबने के राज गर्छौ तिमी हीरा रत्न फुलेर बास नछरे विश्वास टुट्छौ तिमी । कस्तो काम गरे भुलेर जनता वैसम्य गर्लान् सब पीडा मुक्त गरी खुसी दिनसके को दुष्ट बन्लान् अब ।। कपन काठमाडाै\u200c केही मुक्तक र केहि कविताहरू: खुकुरी आँधीभन्दा अगाडि ठूलो हुरी आउनेछ त्यो सुक्खा खडेरीमा एक दिन जरुर झरी आउनेछ सार्दै जाऊ मेरो देशको सीमा तिमीलाई उपहार मेरो खुकुरी आउनेछ। ✊ युवा उडेर चन्द्रमा छुनुछ मलाई भाेका र नाङ्गाहरुको आँसु पुस्नु छ मलाई पीडामा परेका दुःखीहरुको हात समाउनु छ मलाई नयाँ जोशिला युवाहरुसँग एकजुट भई मेरो देश नेपाल बनाउनु छ मलाई। देश अति भइसक्यो यहाँ अतिचार हुन लागिसक्यो देशको नाउँ नै हेर लाचार भइसक्यो भारतले अतिक्रमण गरेको जमिन फिर्ता पाउनका लागि अब सबै जुट्नु पर्छ कलमबाटै गर्ने दवाव अब एउटा विचार भइसक्यो। आमा आमा तिमी महान् छौ, जन्मायौ हुर्कायौ अनि मलाई बडायौ नौ महिना कोखमा राखी मलाई यस धरतीमा उतार्\u200dयौ हजारौँ चोटहरुसँग लड्दै ज्ञानी बन्न सिकायौ ठूलालाई आदर र सानालाई माया गर्न सिकायौ आमा तिम्रो ममता महान् छ, भनिन्छ दुःखपछि सुख खोजेर पाइन्छ तर आमाको जस्तो अथक माया कहाँ खोजेर पाइन्छ? आमा तिमी मुस्कुराउँदा मेरो मन रमाउने गर्दछ मेरा जतिसुकै कठिन परिस्थिति टरेर जाने गर्दछ साथी, भाइ, दिदी, बहिनी, इष्टमित्र खोजेर पाइने तर आमाको माया खोजेर नपाइने। मित्रता मित्रता मौसम होइन समयअनुसार परिर्वतन हुने मित्रता साउनको झरी होइन, वर्षापछि रोकिने मित्रता आगो होइन, सल्केपछि खरानी भइहाल्ने मित्रता फूल होइन, फक्रे पछि ओइलाइहाल्ने मित्रता श्वास हो, जबसम्म चल्छ तबसम्म जीवन रहन्छ जब टुट्छ त जीवन बिलाउँछ अरबको सपना खाडी मुलुकमा एक्लो भई रोइरहेको छु म तातो हावा र नुनीलो पानीमा सड्दै गएको छु म कोरोनाको डरले निशब्द हुन थालेको छु म कसरी सुनाउँ मेरा मनका भावना कसैलाई दु:खैदुःखको भार बोक्दै निकै तल झरेको छु म। सपना सपनाहरुमा हराँउदै गएको छु म होसमा पनि मदहोश हुँदै गएको छु म के छ त्यस्तो तिम्रो त्यो मुस्कानमा आफूलाई रोक्दा समेत तिम्रो हुँदै गएको छु म। स्वाभिमान अक्सर जो मान्छे सत्यको लागि लड्छ उसलाई आफ्नो छविको ख्याल हुदैन् उसलाई टाढिएका मान्छेहरुसँग मतलब हुँदैन सिर्फ उसलाई आफ्नो स्वाभिमानको बढी ख्याल हुन्छ। जिन्दगी जिन्दगी एउटा सुन्दर सपना हो जसमा जिउने चाहना हुनु पर्\u200dयो, दु:ख आफैँ खुशीमा बद्लिन्छ बस मुस्कुराउने बानी हुनु पर्\u200dयो। ? एक एक परिचयले हजारौँ साथी बनाइदिन्छ,? एक मुस्कानले हजारौँ पीडा लुकाइदिन्छ? जिन्दगी बाटो हिँड्दा सम्हालेर हिँड्नु, एक गल्तीले हजारौँ सपना जलाइदिन्छ।? प्यारी पीडैपीडाले मुटु जलाउन थालेको छ प्यारी भोको पेटले पूरै ज्यान गलाउन थालेको छ प्यारी अन्तिम त हुँदैन होला है हाम्रो प्रेम कहानी तर पनि कता-कता लाग्दैछ सकिदैछ अब हाम्रो कहानी।? मेरो प्रिय पुस्तक गुणरत्नमाला: बाल्यकालमा निक्कै चाख लिएर पढेको पुस्तक हो, पण्डित जगन्नाथ गुरागाईंको ‘गुणरत्न माला’ । गाउँ घरतिर यो पुस्तक त्यतिबेला रामायण, महाभारत जत्तिकै लोकप्रिय थियो । बाले लय हालेर पढेको सुन्दासुन्दै यो पुस्तकका आधा जति श्लोक मलाई कन्ठै भएका थिए । पछि म आफैँ पनि त्यसै गरी लय हालेर पढ्न थाले । जति पढ्यो उति पढ्न मन लाग्ने यो पुस्तक चार कक्षा पुग्दा मैले पूरै कण्ठ पारेको थिएँ । पुस्तकमा सानासाना शीर्षकमा वर्गीकरण गरिएका धेरै जीवनोपयोगी मन्त्रहरु छन् । शिक्षाको महत्त्व, उद्योग व्यवसायमा हुनसक्ने व्यवधान र त्यसमा राख्नु पर्ने धैर्यता, सफलताका सूत्रहरु, इन्द्रिय नियन्त्रण, सन्तानका कर्तव्यजस्ता अनेक विषयलाई बडो सरल तरिकाले व्याख्या गरिएको छ । सानोमा यो पुस्तक मैले कति बुझ्थेँ थाहा छैन तर अहिले त्यस पुस्तकका श्लोकहरु सम्झँदा प्रत्येक श्लोकमा विलक्षण विशेषता भएको महसुस गर्छु । दुःख पर्\u200dयो भनेर सबैतिर विलौना गर्दै नहिँड्नु भन्दै कवि भन्छन् ए काकाकुल ! सावधान मनले एउटा कुरा सुन यता, आकाशैभरि मेघ छन् तर पनि छैनन् एकैनासका । क्वै छन् पानी दिने नगर्जिकन नै कोही गर्जने मात्र हुन, जो-जो पर्छ अगाडि त्यससित नरो जानेछ व्यर्थै वचन ।। अर्को यो पंक्ति त सायद उनले एनआरएन कम्युनिटीलाई नै लक्षित गरेर लेखेका हुन् कि जस्तो लाग्ने के आफ्नो देश अनि के छ बिरानो देश, जो आँटिलो छ उसलाई सबै स्वदेश । उत्साह जाँगर पराक्रमले डटेर, निर्धक्क भै जहीँतहीँ गरी खान्छ वीर ।। इन्टरनेटमा विक्रम सम्बत् २००० तिर प्रकाशित गुणरत्नमाला पाइँदोरहेछ । पछिल्लो समय त मञ्जरी प्रकाशनले समेत पुनः प्रकाशन गरेको छ । बेलाबेलामा म यसलाई पुनर्पाठ गरिरहेको हुन्छु। मलाई मनपर्ने पुस्तकहरूको सूचीमा यो पनि पर्ने गरेको छ । पाँच हाइकु: १. यात्रु बीचमा, सधैँ अल्मलिएको एयरपोर्ट ! २. गरिबी गीत, अब यु ट्यूबभरि बज्न थाल्ने छ ! ३. माछापुच्छ्रे त, फेवातालमा नै पो डेरा सरेछ ! ४. उनी त सधैँ, मेरो पर्स नै किन मन् पराउँछिन् ? ५. बाबु पार्टीमा, छोराको काम छैन बेरोजगार ! सुसाइड नोट: खड्गे बा समाजका गन्यमान्य, न्यायप्रेमी व्यक्तित्व थिए । समाजमा सानोतिनो वादविवाद, झैँ-झगडा हुँदा उनले नै मिलाउँथे । सबैले उनकै कुरा सुन्थे पनि । उनको निर्णय मान्थे । उनी पनि कसैलाई अन्याय नहोस् भन्ने चाहन्थे । जे हो त्यो सिधै भन्थे । सत्यनिष्ठ मान्छे थिए । ठाडो र कडा स्वभाव भएका कारण पनि सबै उनीसँग अदबसँग बोल्थे । आदर गर्थे । सबैको भलो चिताउने उनी प्रायः सबेरै उठेर गाउँको एक चक्कर काटेर सबैको वस्तुस्थिति बुझेपछि बल्ल घर आएर चिया पिउन बस्थे । सारा गाउँलेले मानेका यस्ता व्यक्ति एकदिन एक्कासि हराए । घर-गाँउ जताततै हल्ला फैलियो । परिवारमा रुवाबासी नै चल्न थाल्यो । जहिले घरबाट निस्किँदा श्रीमतीलाई भनेर निस्कन्थे तर त्यो दिन भने सुटुक्क निस्केका रहेछन् । कसैले पनि देखेका रहेनछन् त्यो बिहान खड्गे बालाई । दुई दिनसम्म पनि अत्तोपत्तो नलागेपछि परिवारले पुलिसमा निवेदन दिएछन् । पुलिसचौकीमा रिपोर्ट लेखाएको भोलिपल्ट बिहान विरुवाफाँटको एउटा गह्रोमा एउटा बेवारिसे लाश फेला परेछ । पुलिसले त्यो लाश समीको रुखमा झुन्डिएको अवस्थामा फेला पारेको रहेछ । रिपोर्टमा लेखिएको हुलिया र लाशको हुलिया मेल खाएपछि प्रहरीले खड्गे बाको परिवारलाई लाशको सनाखतको लागि बोलाएको थियो । लाशको प्रकृति हेरेर पुलिसले गरेको प्रारम्भिक अनुमान पनि आत्महत्याको नै थियो । आत्महत्या भए पनि लाशसँगै सुसाइड नोट वा अरु केही सामान भने फेला नपरेको प्रहरीले जनाएको थियो । घरमा यो खबर सुन्नासाथै खड्गिनी बजै मुर्छा परेर आँगनमा ढलिन् । बुबा हराएको खबर सुनेपछि खड्गे बाका दुवै छोरी अघिल्लो दिनै माइत आएका थिए । छोरीहरु आफ्नो पीडा सम्हालेर आमालाई सम्हाल्न लागे । छोरो स्वप्न एकजना साथी लिएर लाश सनाखत गर्न हस्पिटलतिर लाग्यो । नभन्दै त्यो लाश खड्गे बाकै थियो । यो खबरले गाउँ पूरै शोकमग्न भयो । स्तब्ध भयो । सबै गाउँलेले एउटा असल अभिभावक गुमाएको महसुस गरे । शोकसँगसँगै खड्गेबाको आत्महत्याले सबैको मनमा अनेकौं प्रश्नहरु पनि जन्मिए । पोस्टमोर्टमपश्चात् खड्गे बाले आत्महत्या नै गरेका थिए भन्ने निश्चित भयो । त्यसपछि लाश परिवारलाई जिम्मा लगाइयो । खड्गेबाले आत्महत्या गरेको पुष्टि भैसक्दा पनि कोही विश्वस्त थिएनन् । विशेषगरी खड्गीनी बजै यो कुरा मान्न तयार नै थिइनन् । तर, कहिलेकाहीँ हामीले केही कुरा मान्नु-नमान्नुले केही औचित्य राख्दैन, जति औचित्य राख्छ, त्यो आँखा अगाडिको सत्यले राख्छ । यहाँको स्थिति पनि ठीक त्यस्तै थियो । खड्गे बाको लाश भेटिएको सुनेपछि फेरि इन्तु न चिन्तु बनेकी खड्गिनी बजैलाई गाँउलेहरुले टाउकोमा पानी ठटाएर बल्लतल्ल होशमा ल्याएका थिए । होशमा आएदेखि उनी एकोहोरिएकी थिइन् । छोरीहरु पनि पूरै शोकमग्न थिए । कसैको हंस ठाउँमा थिएन । सबै प्रायः टोलाउॅंथे । नटोलाएको बखत डाँको छाडेर रुन्थे । यो हृदयविदारक दृश्य देखेपछि गाउँभरि कसैको आँखा ओभाना थिएनन् । कहिलेकाहीँ हामीले केही कुरा मान्नु-नमान्नुले केही औचित्य राख्दैन, जति औचित्य राख्छ, त्यो आँखा अगाडिको सत्यले राख्छ । लाश सबैको सहमतिमा घरमै ल्याउने र घरबाटै दाहसंस्कारको लागि घाटमा लैजाने कुरा भयो । खड्गे बाको लाश शव बाहनले घरमा ल्याउँदा आँगनभरि मान्छेको भीड थियो । सबै खड्गेबालाई अन्तिम पटक हेर्न चाहन्थे । खड्गे बाको लाश आँगनमा हुल्नासाथ फेरि रुवाबासी चल्न थाल्यो । घरका सदस्यहरुको आलाप-विलाप देखेर त्यहाँ उपस्थित सबका आँखा रसाए । गला अवरुद्ध भए । उता खड्गिनी बजैको शान्त र एकोहोरोपनले सबै चकित थिए । उनले भने सुँक्क पनि गरिनन् । दिन ढल्कँदो थियो । लाशलाई धेरैबेर घरमा राख्नुको कुनै औचित्य थिएन, त्यसैले सबै जना लाशलाई घाटतिर लाने सुरसार गर्न लागे । कोही हरियो बाँस काट्न लागे । कोही कात्रो च्यात्न । कोही लाश भन्दा अगाडि बस्ने मलामीहरुले बोक्ने बाटो बनाउन लागे । कोही लाभा भुट्नतिर लागे । सबैजनाको रुवाबासीको बीचबाट खड्गे बाको लाश घरबाट निकालियो । तगारोबाट निस्किने बेलामा बल्ल खड्गिनी बजैको मुखबाट चित्कार निस्कियो । डाँको छोडेर “मेरो राजा किन यस्तो गर्नु भयो नि! मलाई बीचैमा छोडेर किन जानु भयो?” भनिन् र फेरि अचेत भएर ढलिन् । यसपटक पनि छोरीहरुले नै उनलाई सम्हाले । गाउँघरमा मर्दापर्दा सबै काम मिलेर गर्ने चलन हुन्छ । म पनि छिमेकीको नाताले सानोतिनो काम सघाउन भनेर नै खड्गे बाको घर गएको थिएँ । मलाई रमेश काकाले किरिया बस्ने ठाउँको व्यवस्था गर्ने जिम्मा लगाइदिनुभयो । किरियापुत्री बस्ने ठाउँ बनाउन कोठाका सामानहरु हटाउनु पर्ने थियो । खड्गे बाकै कोठामा पनि एकजना किरिया बस्ने भन्ने सल्लाह भयो । खाट-बिस्तरा पनि हटाउन पर्ने भयो । यत्तिकैमा खड्गेबाको खाटको बिस्तरा झिक्दै गर्दा मेरो खुट्टमा केही झर्\u200dयो । यस्सो हेरेको एउटा जतनसाथ पट्याएर राखिएको कागजको टुक्रा रहेछ । बाहिर लान उचालेको बिस्तरा पुन: खाटमै राखेँ । र, त्यो कागज टिपेँ । कागज खोलेर हेर्दा त्यसमा निकै आकर्षक अक्षरमा एउटा लामो चिठ्ठी जस्तो केही लेखिएको थियो । खोलेर यस्सो पढ्न मात्रै के आँटेको थिएँ, कसैले मेरो नाम बोलायो । मेरो नाम सुन्नासाथ मैले त्यो चिठ्ठी कमिजको खल्तीमा घुसारेँ र बिस्तरा लिएर बाहिर निस्किएँ । बेलुका सब काम सकेर मलामीहरु फर्किसकेपछि म पनि आफ्नो घर फर्किएँ । बेलुकाको खाना खाइओरी सधैंझैं आफ्नो कोठामा सुत्न गएँ । सुत्नुअगि दिनभर लगाएको कमिज काढ्दै थिएँ, अकस्मात् मेरो हात कमिजको गोजीमा पर्\u200dयो । हात गोजीमा पर्नासाथ दिउँसो खड्गे बाको घरमा हुँदा भेट्टाएर राखेको कागज झल्याँस्स सम्झिएँ । गोजीबाट कागज झिकें । किन-किन पढ्नुभन्दा पहिले त्यो कागज त्यसै सुम्सुम्याएँ । तर, जब त्यो कागजमा लेखिएको कुरा पढ्न सुरु गरेँ, पहिलो वाक्यले नै मलाई विक्षिप्त बनाइदियो । म बसिरहेको जमिन नै भास्सिए जस्तो झट्का लाग्यो । त्यो त खड्गे बाले घर छाड्नु अगाडि घरका सदस्यलाई लेखेर छोडेको सुसाइड नोट पो रहेछ! त्यसको सुरुमै लेखिएको थियो- सायद तिमीहरुले यो नोट भेटेर पढ्ने बेला सम्ममा मैले यो संसार छोडिसकेको हुनेछु । केहीबेर रोकिएपछि फेरि पढ्न थालें । सुसाइड नोटमा अगाडि लेखिएको थियो- कत्ति छिटो मान्छे एउटा मनस्थितिबाट अर्कोमा पुग्दोरहेछ, त्यो बुझ्न मलाई यत्तिका साल लाग्यो । मैले बाँच्नु भन्दा मर्नुमा नै आफ्नो मनको भलो हुने देखेर नै यो निर्णयमा पुगेको हुँ । मलाई कसैमाथि केही गुनासो छैन । मेरो मनलाई मैमाथि नै धेरै गुनासाहरु थिए र मसँग ती तमाम गुनासाहरुको कुनै समाधान थिएन । म मेरो मृत्युको दोष कसैलाई पनि दिन चहान्नँ तर मेरो मृत्युको कारण भने भन्नै पर्छ भन्ने लागेर नै यो नोट लेख्दैछु । केही महिना अगिदेखि म निकै नै कष्टकर मानसिक स्थितिबाट गुज्रिरहेको थिएँ । जुन दिन मैले बुबाको निशानी खेत बेचें, त्यो दिनदेखि मेरो मनमा एक किसिमको बेचैनीले डेरा जमाएर बस्न थालेको थियो । मौकामा हिरा पनि फोर्नुपर्छ भन्ने सोचेर नै म त्यो खेत बेच्ने निचोडमा पुगेको थिएँ । स्वप्नले केही व्यवसाय गर्छु भनेर आँटेको थियो । मलाई पैसा जुटाइदिन भन्यो । मसँग गोजीमा फुटेको कौडी थिएन । मेरो नाममा घर भएको जग्गा र त्यही विरुवाको टारी खेत थियो । जवानीमा दुःख गरेर जम्मा गरेको पैसा सबै छोराछोरीहरुको पालनपोषण, पठनपाठन र बिहेबारीमै सकियो । म घर र घर वरपरको जग्गा बेचेर सबैको बिल्लीबाँठ पार्न सक्दिनथें । मसँग त्यही खेत बेच्नु सिवाय अर्को कुनै उपाय थिएन । मेरो बुवा भन्नुहुन्थ्यो- “सन्तानका रहरहरु पूरा गर्न नसक्ने बाबु संसारको सबैभन्दा असफल मान्छे हो ।” बुबाको आदर्शलाई म सधैं पछ्याइरहेको थिएँ । मलाई सधैं उहाँका वाणीहरुले मार्गदर्शन गर्थे, तर उहाँले भनेको कुरा यो पालि मेरा लागि बाझिन पुगे । मलाई निकै सकसमा पारे । छोराको खुशी व्यवसाय गर्नुमा थियो । त्यो व्यवसाय गर्न चाहिने लगानीका लागि मँसग बुबाको यो चिनो बेच्नुबाहेक अरु कुनै विकल्प बाँकी थिएन । धेरै आत्ममन्थन गरेर त्यो खेत बेच्ने निर्णयमा पुगेँ । समयानुसारको दाम पनि राम्रै मिलेको थियो तर मलाई खेत बेचेपछि हररात ऐँठन हुन थाल्यो । मेरो निद्रा हरायो । भोक लाग्न पनि छाडेको थियो । मेरो बेचैनीले सीमा नाघ्यो, जब स्वप्नले जग्गा बेचेको सबै पैसाले पनि लगानी गर्न पुगेन भनेर गुनासो गर्\u200dयो । त्यसपछि मेरो मन एउटै कुराले ख्याउ-ख्याउ खान थाल्यो । न त बुवाको नाशो बाँकी रह्यो, न त छोरो खुशी नै । यस अर्थमा म पूरै असफल भइसकेको थिएँ । मलाई लाग्यो, समयसँग त्यस्तो शक्ति हुन्छ, जसले जस्तोसुकै आशावादी मान्छेलाई पनि निराशावादी तुल्याइदिन सक्छ । मलाई पनि त्यस्तै केही भयो । निराशाको कालो बादलभित्र गुम्सिएझैं महसुस गर्न थालें । गाउँमा कोही कतै जम्मा भए पनि सबैले मेरै कुरा काटेझैं लाग्न थालेको थियो । सबैलाई न्याय दिन्छु भन्ने खड्गे आफ्नै पितृलाई भने न्याय गर्न सकेन भनेर कुरा काट्छन् होला भन्ने अड्कल काट्थेँ । मलाई निकै डर पनि लागिरहेको थियो । मेरा बुबाले त्यो खेतमा मलाई लिएर जाँदा सधैं भन्ने गर्नुहुन्थ्यो- “बाबु, यो खेत फगत खेत मात्र होइन, सपना पनि हो । भावना पनि हो । ख्याल राखेस्, यो खेतमा पानी मात्र होइन, हाम्रा पुर्खाहरुको रगतपसिना पनि मिसिएर बग्दै आएको छ । यो खेत मेरो हजुरबुवाले मेरो बुवालाई, मेरो बुवाले मलाई र मेरो शेखपछि यसको भोगचलन तैंले नै गर्ने होस् । मैले झैँ तैंले पनि यसलाई सिँच्नु । मैले जस्तै यसलाई जोगाएर तेरो छोरालाई जिम्मा लाउन सकिस् भने तेरो जीवन पनि सार्थक हुनेछ । मलाई थाहा छैन, तँलाई यो खेतमा टेक्दा कस्तो महसुस हुन्छ तर मलाई भने यो खेत निकै प्यारो लाग्छ । मलाई सुरुमा यो जग्गा फगत् जग्गा मात्रै त हो नि भन्ने लागेको थियो । तर जब बुबाको मृत्यु भयो, त्यसपछि बल्ल मेरा लागि यो खेत खेत मात्रै रहेन । अहिले मलाई लाग्छ, मेरो बुबा लगायत हाम्रो तमाम पुर्खाहरुको आत्मा यतै वरपर घुमिरहेछन् ।” मेरो मृत्युपछि मेरो हंस पनि त्यही खेतमै बसोस् भनेर म त्यतैतिर लागेको छु । मलाई पनि मेरो पुर्खाहरुसँगै डुल्नु छ । हिजो सपनामा बुबाले निकै दुःख मानेर भन्दै हुनुहुन्थ्यो- “बाबु, गाह्रो भए, आइज् यतै । दुःख पाइस् ।” त्यसैले म पनि बुबाले बोलाएको ठाउँमा जाँदैछु । मेरो मरणअघि नै यो नोट भेटेछौ भने पनि मलाई नखोज्नू । बचाउने चेष्टा नगर्नू । मेरो मृत्युको पूरै जिम्मेवारी म स्वयं लिन्छु । अन्त्यमा, मेरो यो कदमले को-कोलाई कस्तो आघात पुग्नेछ, त्यो त मलाई थाहा छैन, तर मैले तिम्लाई भने अन्याय गरेको छु, राधा । म तिम्रो दोषी हुँ, सक्छौ भने मलाई माफ गर्देऊ है! यो जुनीलाई यत्ति नै! सबैमा माया । अलबिदा । खड्ग बहादुर खड्का यति पढिसक्दा म थरथर काँपिरहेको थिएँ । शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । मनमा अनेकौँ तर्कना खेल्न थालेका थिए । मनमा दुविधा पनि थियो । दुविधा यो कुरामा थियो कि अब मैले त्यो नोट खड्गे बाको परिवारलाई दिउँ कि नदिउँ? एकमन त लाग्यो, मैले त्यो नोट पढ्नै हुँदैन्थ्यो । त्यो मेरो लागि लेखिएकै थिएन । नोट पढेकोमा मलाई ग्लानि भयो । सोचें, यो नोट कसैलाई सम्बोधन गरेर लेखिएको छ । खड्गे बा आफ्नो मृत्युको कारण र दोष कसैलाई लगाउन चाहँदैनथे भन्ने व्यहोरा पनि यसमा लेखिएको थियो । उनी सबले उनको कुरा र परिस्थिति बुझेर उनलाई माफ गरिदिऊन भन्ने पनि चाहन्थे । फेरि यो पनि लाग्यो कि, यो कुरा जसका निम्ति लेखिएको हो, उसले पढ्नै पर्छ । खड्गे बाको बारेमा बनेका नानाभाँति मिथकहरुको खण्डन पनि यो नोटले गरेको थियो । तर, व्यक्तिगत रुपमा मलाई भने आत्महत्या नै गर्नपर्ने त्यस्तो कुनै ठूलो र ठोस कारण भने केही रहेनछ भन्ने लाग्यो । खड्गे बाले निकै तनाव मानेर त्यस्तो ठूलो निर्णय लिन पुगेका रहेछन् । अदृश्य मनको हाउगुजीले उनलाई मृत्युसम्म डोर्\u200dयाएको रहेछ । उनलाई मनको बाघले नराम्ररी खाइदियो । अन्त्यमा म त्यो नोट खड्गे बाको परिवारका सदस्यलाई दिने निर्णयमा पुगेँ । दिन त दिने तर कसरी? सोचेँ, आज लगेर दिएँ भने ममाथि थुप्रै प्रश्नहरु बज्रनेछन् । कहाँ भेटिस्? कहिले भेटिस्? हिजो भेटेको भए हिजै किन दिइनस्? आज ल्याएर किन दिँदैछस्? ह्या, जे होस् होस् ! जे हो त्यो भन्दिन्छु र एकजनालाई थमाइदिन्छु । मैले केही बिराएको होइन, किन डराउनु? त्यो नोट मैले जानेर गोजीमा हाल्या पनि होइन त म किन डराउनु? यावत् कुराहरुले आफैँलाई दह्रो पार्ने कोसिस गरेँ । भोलिपल्ट बिहानतिर म खड्गे बाकोमा गएँ । त्यो नोट कसलाई दिने होला भन्ने मात्र सुर्ता थियो मलाई । लाग्यो, खड्गिनी बजै पढ्न जान्दिनन्, उनलाई दिएर फाइदै छैन । अन्त्यमा खड्गे बाको छोरो स्वप्नलाई नै दिँदा उपयुक्त हुन्छ होला भन्ने लाग्यो । मनलाई दह्रो पारेर खड्गे बाको घर गएँ । भोलिपल्ट खड्गेबाको घर पुग्दा सबै पिँढीमा बसेर झोक्राइरहेका थिए । एउटा कुनामा स्वप्न मोबाइल हेरेर बसिरहेको थियो । म आएको देखेर उसले मतिर हेर्\u200dयो र यन्त्रवत् मुस्कानले स्वागत गरेझैं गर्\u200dयो । उसको त्यो मुस्कान मान्छेको मनमा पीडा हुँदाहुँदै मुस्कुराउँदा निस्कने असुहाउँदो मुस्कान थियो । मैले स्वप्न नजिकै गएर अरुले नसुन्ने गरी भनें, “स्वप्न, एउटा कुरा भन्नुथियो !” उसले मोबाइलको स्क्रिनबाट नजर नहटाई सोध्यो- “के कुरा ?” मैले भनें- “बुबाले देह त्याग्नुअघि एउटा नोट छोड्नु भएको रहेछ । त्यो मसँग छ, हिजो ठाउँ बनाउँदा भेटेको थिएँ, दिन्छु भनेको बिर्सेछु । अहिले मसँगै छ, यी लिऊ!” यति भनेर मैले त्यो नोटलाई अलक्क भुईंमा राखिदिएँ । उसले टिप्यो, खोल्यो र अचम्म त के भयो भने उसले त्यो नोट पढ्दै नपढी टुक्राटुक्रा पारेर आँगनमा फालिदियो । म लगायत आँगनमा जम्मा भएका सबैजना ट्वाल्ल परेर एकअर्काको मुख ताक्न थाले, तर कोही केही बोलेनन् । त्यो सुसाइड नोट पढेको म किंकर्तव्यविमूढ भएर त्यही उभ्भिरहें । व्यक्तिगत रुपमा मलाई भने आत्महत्या नै गर्नपर्ने त्यस्तो कुनै ठूलो र ठोस कारण भने केही रहेनछ भन्ने लाग्यो । खड्गे बाले निकै तनाव मानेर त्यस्तो ठूलो निर्णय लिन पुगेका रहेछन् । अदृश्य मनको हाउगुजीले उनलाई मृत्युसम्म डोर्\u200dयाएको रहेछ । उनलाई मनको बाघले नराम्ररी खाइदियो । लकडाउन खुलेको भोलिपल्ट: म- खुशी थिएँ थ्याङ्क गड एक पटक मनमनै भगवानलाई धन्यवाद दिएँ । कुरो बुझ्यौ नि ! छेउमै बसेकी मेरी पियारीलाई सँगसँगै बाँचेको खुशियालीमा एउटा खुशीको ट्रिट खुवाउने मेसो सुझाउँदै थिएँ । सडकमा हल्ला बेजोड थियो, घर घरबाट मान्छे निस्कने हतारोमा थिए, कोही गाडी चढ्दै थिए, र, कोही झर्दै… उही भीड उही खचाखच कसैलाई कसैको मतलब थिएन, सबै- आ-आफ्नै तालमा यतिसम्म कि हिजोको त्यो दिन सम्झने त्यहाँ कसैलाई फुर्सदसम्म थिएन सबै उस्तै उही रत्नपार्क उही घण्टाघर उही असन उही इन्द्रचोक बद्लिएछ त केवल- नयाँ साल । साथीको सवाई: सुन सुन साथी हो म केही भन्छु । साथी र भाइको सवाई कहन्छु ।। साना साना हात मेरा सानै कुरा लेख्लान् । साना साना आँखा मेरा सानै कुरा देख्लान् ।। धेरै जना साथी हुन्छन् साँच्चै साथी थोरै । कुरा मिल्ने धेरै होलान् मन मिल्ने थोरै ।। एउटालाई चोट पर्दा अर्को दुख्नु पर्छ । साथीलाई मर्का पर्दा सबै जुट्नु पर्छ ।। आयो भने समस्या सबै जुटौं साथी । हटाएर समस्या खुशी बनौं साथी ।। एउटा हातले बज्दैन कहिले पनि ताली । मिलिजुली बजाऔं दुवै हातले ताली ।। ठूलालाई आदर गरौं सानालाई माया । सुख दुःख जिन्दगीको जस्तै घाम छायाँ ।। संकटमा मद्दत गरौं उन्नतिमा खुशी । रचनामा दंग परौं सिर्जनामा सुखी ।। लेखेँ मैले कविता गाएँ मैले गीत । हामी सबै मिली गरौं एक अर्काको हित ।। कक्षा ५, मातृभूमि स्कूल, लोकन्थली, भक्तपुर आज अविनाश श्रेष्ठको ६४ औँ जन्मदिन: यसपाला साहित्यकार अविनाश श्रेष्ठलाई दुई दिन जन्मदिन मनाउने बाध्यता पर्यो । ६३ वर्षअघि १४ मेमा जन्मिएका दिन नेपाली मिति अनुसार वैशाख ३१ थियो । त्यसैले यस पटक वैशाख ३१ मे १३ मा नै परेको हुनाले उनलाई परिवारले बिहानै सगुन दिए । औपचारिक रूपमा भने आज १४ मेमा जन्मदिन मनाउँदैछन् । नेपाली साहित्यमा सशक्त कथा संग्रह ‘तान्या, इन्द्रकमल र अन्धकार’ तथा ‘अस्वस्थामा हतोहतः’ नाट्यकृति सहित अन्य तीन कविता संग्रह दिएका उनी यमनारायण तथा लक्ष्मीको पहिलो सन्तान हुन् । बाल्यकालदेखि नै लेखनमा रूचि राख्ने उनले गुवाहटीमा स्कुल तथा कलेज पढ्दा कविता, सायरी तथा नाटक लेख्ने गरेका थिए । त्यतिबेला नै उनी स्कुल तथा स्थानीय स्तरका स्टार थिए । कतिसम्म भने उनलाई दिनमा दर्जनौँ प्रशंसकका पत्रहरूसमेत आउँथे । कतिपयले त प्रेमपत्र नै लेख्थे । ‘कोलाज कविता आन्दोलन’का सदस्यसमेत रहेका उनी पछि उच्च अध्ययनका लागि काठमाडौँ आए । काठमाडौँमा पढ्दाताका शुरूवाती चरणमा बाम राजनीतिमा चासो दिएका उनले पछि राजनीति छाडेर पूर्णकालीन लेखक नै बने । उनले नेपाल टेलिभिजनको शुरूवातकालदेखि नै टेलिफिल्मकाे लेखन तथा निर्देशन समेत गरेका छन् । उनको योगदानका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘समकालीन साहित्य’ म्यागेजिनको सफल सम्पादकत्व पनि एक हो । उनको कार्यकालमा नयाँ पुस्ताका रचनाकारहरूले ठाउँ मात्र बनाएनन्, त्यहीँबाट परिचय फराकिलो बनाएका थिए । उनलाई साहित्यपोस्टका तर्फबाट जन्मदिनको धेरैधेरै शुभकामना । आफैँसँग अन्जान कविहरूः ट्रक साहित्यजस्तै सञ्जालमा छरपस्ट लक डाउन साहित्य: हरेक व्यक्तिहरु विशेष हुन्छन् । कलाकार हुन्छ । कोरानाका कारण देश विगत डेढ महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । मान्छेहरु घरघरमा थुनिएका छन् । अधिकांशको दैनिकी फेरिएको छ । मानिसले परिवारका लागि समय पाएको छ । त्योभन्दा धेरै आफ्नो लागि पाएको छ । फुर्सदमा हाम्रो दिमाग बढी नै सिर्जनशील हुन्छ । सिर्जनशील हुन पाएको छ । यो फुर्सदको समयमा हामीमध्ये धेरैको समय कटाउने मेसो सञ्जाल बनेको छ । मान्छेमा लुप्त कला सञ्जालले प्रसारित गरिरहेको छ । साँच्चैभन्दा यो समय मान्छे आफैँमा हराइरहेको छ । आफैमा बिलाइरहेको छ । आफैँमा हराउन जान्नु भनेको आफूसम्म पुग्नुमा पहिलो पाइला चाल्नुजस्तो हो । मलाई लक डाउनले यस्तै सिकाएको छ । यो लक डाउन अवधिमा धेरैले खानाका विभिन्न परिकार बनाउन सिके । केहीमा यो लक डाउनले कवित्व जगाइदियो । काव्यिक बनाइदियो । सञ्जालमा नेपालमा हरिबहादुर र युट्युबमा भारतमा रामायण चर्चित भयो । यो सञ्जालहरुले लक डाउनका सुरुवाती दिनहरुमै बताई र देखाइसकेका लक्षणहरु हुन् । मान्छेहरुले के नै पो गरेनन् र ! सञ्जालमा सहज पहुँच हुनेहरुले सुरुवाती दिनहरुमा सञ्जालमा सजाएका खानाका परिकार देखिरहँदा एक न एक पटक त तपाईँ मुख पनि पक्का रसाएको हुनुपर्छ । कहिल्यै खाना नबनाएको मनुवाले पनि एक पटक त आफ्नै हातले ग्यास बालेको पक्का हुनुपर्छ । फेरि सिर्जनशीलताले भरिएका कविता शैलीका कविताभन्दा लामा लामा कमेन्ट पनि फेसबुकमा देख्नुभएकै र पढ्नुभएकै होला ! ती पढिरहँदा नचाहेरै पनि कहीँ न कहीँ त पक्का मुस्कुराउनु भएको छ । मान्छे दुःखी हुने भनेको त आफैँसँग भाग्दा पो रहेछ । आफूबाट आफैँसम्मको गन्तव्य तयार गर्ने मान्छे, यो विषय समयमा पनि मुस्कुराउँदो रहेछ । मुस्कुराउन बाध्य तुल्याउँदो रहेछ । यो लक डाउनले केही नभए पनि यति बुझाएको छ मलाई । गत वर्ष सरकारले ट्रक साहित्यमा प्रतिबन्ध लगायो । सञ्जाल साहित्यमा पनि नलाग्ला भन्न सकिने अवस्था रहेन । तर अहिलेको फुर्सदमा सञ्जाल चहारिरहँदा लाग्छ, ट्रक साहित्यको विरासत सञ्जाल साहित्यले थाम्ने छ । थामेको छ । मलाई के लाग्छ भने, संसारमा कुनै पनि वस्तु चिन्न वा जान्नका लागि बनेका होइनन् । बस, महसुस र भोग गर्नका लागि बनेका हुन । चाहे त्यो प्रेम होस् वा सिंहाशन । म यो सामग्री ती तमाम आफ्नैबाट अञ्जान कवि मनहरुका नाममा तयार पार्दैछु, जो आफूभित्र निहित रसलाई चिन्दैनन् । कविबाट अञ्जान छन् । तर उनीहरु आफूसँगै छन् । लाग्छ, आफूलाई चिन्ने बहानामा उनीहरु आफैँबाट टाढा कतै पुग्न चाहँदैनन् । तर, यी सञ्जालका साहित्यकारहरु हँस्यौलीमै, आक्रोशमै, विछोडमै, प्रेममै, सम्बन्धमै गहिरो कुरा लेखेर जान्छन् । जसको बारेमा एक पटक हैन पटक पटक सम्झेर मान्छे मुस्कुराउन बाध्य हुन्छ । म यहाँ त्यस्तो साहित्यको कुरा गर्दैछैन, जुन साहित्य सम्झेर लेखिन्छ । बरु म त्यो साहित्यको कुरा गर्दैछु, जुन मनको शान्तिको लागि लेखिन्छ । कतै आक्रोश त कतै ढाडस, कतै व्यग्ंय त कतै प्रेम, कतै निरासता त कतै उज्यालो देखाउने यस्ता साहित्य प्रायः रसिलो भाषामा लेखिएका छन् । जुन तपाईँ सामान्य पाठ पढेजस्तो पढ्नुहुन्छ भने केही नलाग्न सक्छ । बिघ्नै भए खित्का छोडेर रमाइलो मानी हाँस्नसम्म सक्नुहुन्छ । तर यदि त्यसलाई शाब्दिक अर्थमा मात्र नगई कुनै कविता ठानेर पढ्नुहुन्छ भने, तपाईँ पनि मजस्तै सञ्जाल साहित्यमा रमाउनु हुनेछ । सञ्जालका यी तमाम साहित्यभन्दा बिल्कुल फरक, तर पनि साहित्यमा जस्तै अनेकन् चेत बोकेका फगत स्टाटसले ट्रक साहित्यले जस्तै सञ्जाल साहित्यको नाम पाउँछन् वा पाउँदैनन् ? मलाई थाहा छैन । फेरि पनि सञ्जालमा भेटिने फगतमा लेखिएका शब्दहरु फगत स्टाटस मात्र भने होइनन् । प्रस्तुत केही सञ्जाल साहित्यका नमूनाहरु अब त तपाईले पनि पढिसक्नु भएकै होला । मलाई विश्वास छ, अहिलेसम्म यी फगत स्टाटसलाई अब तपाईँले शब्दमा मात्र सम्झिनु हुने छैन । ह्याप्पी बर्थ डे रस्मिला: शनिबार सार्वजनिक बिदा भए पनि मेरो काम थियो तर म दुई घण्टाअगावै निस्किएँ । कामचोर नै नभए पनि बिदाका दिन उतिसारो उत्साह हुन्थेन कामका लागि । तैपनि हाजिर लाउन र जिम्मामा परेको काम नगरी धरै थिएन । यसोउसो चलेकै थियो । सहरमा घर मात्र अग्ला हैनन्, महँगी पनि उस्तै अग्लो हुन्। सडकका गल्ली मात्र हैन, अभावका गल्ली पनि उस्तै धेरै हुन्छन्। रहरको नदीमा छाल आइरहन पनि छाड्ने हैन! कामकै सिलसिलामा भेट भएकी नेपाली केटी हो रस्मिला । रस्मिला पुन। घर पश्चिमतिर हो भन्थी । नेपाली भनेपछि नेपालै घर भन्ने हुन्छ, छेउकुनाको खासै चासो हुन्न । पहिलो नजरमै भुतुक्क पार्छे जोकोहीलाई । चम्किला आँखा । त्यसमाथि गाजल । पिपलपाते ओठ । बाक्लोसँग पोतिएको रातो लाली । अनुहार उज्यालो थियो पिठो दलेजस्तो । म जिस्काएथेँ- ‘तिम्ले त पाउडर किन्न पनि पर्दैन होला है ? सरी तपाईंले ।’ उसले पाउडर भन्दा पहिले तपाईंलाई समाएकी थिई । ‘तिमी भने पनि हुन्छ,’ उसले भनेकी थिई, ‘सन पाउडर त युज गर्नैपर्छ नत्र फेस डडिहाल्छ नि !’ ऊ मुसुक्क मुस्काराएकी थिई । मैले कोही केटीको मुस्कानमा जादु हुन्छ भन्ने कुरा थाहा पाएको त्यतिबेलै थियो । कम्पनीमा तमाम विदेशी कामदार थिए। केही सिनियर पोस्टमा म थिए । फेरि पुरानो भएपछि कम्पनीले हेर्ने दृष्टिकोण र दिने जिम्मेवारी पनि फेरिँदै र बढ्दै जाने रहेछ । विभिन्न ४/५ देशका कामदारहरू थिए सँगै काम गर्ने । ठूलोले सानोलाई दबाउने वर्ग संघर्ष जीव विकासक्रम सँगै शुरू भएको होला सायद । कम्पनीमा पनि त्यही हुन्थ्यो । काममा छिरेको सुरूवाती समयमा रस्मिलालाई मसँगको निकटताले पनि काममा सजिलो भएको देख्नेले सहजै अनुमान लगाउँथे । दुबो जमिनमा परेपछि फैलिन बेर नलाग्ने रहेछ । रस्मिलासँगको निकटता पनि त्यस्तै भयो । उसो त म प्रमितासँग ब्रेकअप भएर बसेको पनि दुई वर्षै बित्न लागेको थियो । छिटपुट केटीहरूमा नजर गए पनि यति विघ्न निकट महसुस गरेको थिइनँ । रस्मिलाले के लाउँथी, के खान्थी, के गर्थी, हरेक कुरा याद हुन्थ्यो। हरेक दिन यस्तै यस्तै बहानामा बोलिरहेको हुन्थेँ म । ‘ओहो, आज त नीलो ड्रेसमा ?’ कहिले प्रशंसाभावले जिस्क्याउँथेँ । ‘ए, आज त कालो पो !’ नजिकिने प्रयासमा बोल्न खोज्थेँ म, ‘नेलपालिस र लिपिस्टिक पनि कालै ला’को भए हुने नि ! ऊ कहिले किन्दिने हो भनी नाप्न खाेज्थी । कहिले मुसुक्क मुस्कुराउँथी । उसले जे गरे पनि मलाई प्रिय लाग्न थालेको थियो । आइतबार सधैँ बिदा हुने । सिमसिम पानी परिरहेको थियाे । उठ्दा मात्रै ९ बजेको थियो । ७ बजेबाट उसले कल गरेकी रहिछ । मोबाइलमा २० कल देखायो । मैले हतारिँदै कल गरेँ । हेलो भन्न नपाउँदै उसले भनी, यस्ता निष्ठुरी मान्छे ! शब्द उनै हुन्, परिस्थिति र समय फरक। कुनै दिन यिनै शब्दले छाती चिरिएको थियो । मुटु भक्कानिएको थियो । टाउको फुट्ला जस्तो भएको थियो र आँखाबाट महिनौँसम्म बर्बरी आँसु खसेको थियो तर आज तिनै शब्दमा कति प्रेम छ! कति आत्मियता छ! कति न्यानो आभास छ ! म छक्क पर्छु । शब्दहरू परिस्थितिअनुसार अर्थ पनि बदलिँदारहेछन् । म निरूत्तर भएपछि उसले फेरि बोलाई- ओई मान्छे ! मैले हजुर भनेँ । खासमा उसले सुरूमा मलाई दाइ भनेर बोलाएकी थिई ।अझ पहिलो भेटमा शिर झुकाएर दुई हात जोडेर नमस्ते गरेकी थिई । म चकित परेको थिएँ । परिवेश बदलिए पनि आफ्नो सभ्यता नभुलेकी, कति सुशील केटी भन्ने मलाई लागेको थियो। दिन बित्दै जाँदा उसले कहिले हेलो मिस्टर, कहिले हेलो सर त कहिले ओ मान्छे अनि कहिले ओए सरकार सम्म भन्थी । म निर्विवाद हजुर भन्थेँ । मैले भन्ने शब्द सधैँ एउटै हुन्थ्यो, रस्मिला । म्यासेजमा कुरा हुँदा डियर लेखेर धेरै पटक डिलिट गरेको छु । गुड मर्निङ डिएर । गुडनाइट डियर । लेखेका म्यासेजहरूसम्पादन गरेर । गुड मर्निङ रस्मिला, गुड नाइट रस्मिला भएर सेन्ड हुन्थे । खासमा उसले सपिङ गर्न जाऊँ भन्न कल गरेकी रहिछ । बसाई त नजिक थिएन हामी दुईको तर टाढा पनि हैन । बजारमा गाडीको बाटो ३० मिनट टाढा पनि हैन । खाना बाहिरै खाने गरी भेट्ने कुरा गरी निस्कियौं रूमबाट । ‘घर जाने मान्छे पाइएर केही सामानहरू किनौं कि भनेर,’ उसले भेट्ने बित्तिक्कै यही भनेकी थिई । मैले ठिकै छ नि त भनेँ। उसले आफूलाई हरेक दिन फरक देखाउन खोज्थी या मलाई त्यस्तै लागेको ? आज फेरि चस्मा लगाएर आएकी थिई । मैले जिस्काएँ, चस्मेसँग जोडी सुहाउन्न भनेर हो क्या हो चस्मा लाएर आएको ? “धेरै बोल्ने हैन है ऐले मार्दिन्छु त्यहीँ,” उसले यो वाक्य यति मिठोसँग भनी कि मेरो कानमा पटक-पटक गुन्जिरह्यो। मैलाई मारे कोसँग गर्छ्यौ त सपिङ ? म एक्लै सकिहाल्छु नि ! भन्दै ऊ अघि बढी । म लुरूलुरु पछि लागेँ। उसले स-साना फुच्चेका लागि कपडा किनी । मैले जिस्काएँ- के हो ? बिहे नगर्दै बच्चा पायौ के हो ? ऊ झसंग भएकी थिई तर मैले नदेखे जस्तो गरेँ । आफैँलाई धेरै बोलेजस्तो लाग्यो । कता कता नमीठो लाग्यो । उसले केही भावुक भएर भनी, खासमा मैले दुई अनाथ बच्चाहरूको हेरचाह गर्छु । उनीहरूलाइ बस्ने खाने पढ्ने व्यवस्था गर्छु । म दंग परें । मान्छेको रूप र आवरणले उसको आत्मा र व्यवहार नबोल्दो रहेछ । मैले कहिले यस्तो कुरा सोचिनँ । ऊ त्यति व्यवहारिक र त्यति सामाजिक अनि अझ सेवाहृदयकी छ जस्तो कहिल्यै सोचिनँ । उसले गर्वले दुइटा बच्चाको हेरचाह गरेकी छु भन्दा आफैँलाई व्यंग्य गरेजस्तो लाग्यो । आफैँलाई हेरें । कमाई पनि त उसको भन्दा मेरो धेरै थियो । मैले जहिल्यै साथीभाइ र घुमघाममै सिध्याउँथेँ । कहिलेकाहीँ त घरमा पैसा पठाउन पनि नपरे जस्तो लाग्थ्यो । तर रस्मिला ? घडिको सुई सेकेन्ड सेकेन्ड हिन्दै गर्दा समय कति छिटो बितेछ, पत्तै भएन । रस्मिला मेरो हरेक दुःख र सुख बिताउने चौतारी बनेकी थिई । यसो भए रस्मिला, उसो भए रस्मिला । यहाँ जाउँ रस्मिला, वहाँ जाउँ रस्मिला । हामी घरपरिवारको धेरै कुरा गर्दागर्दै पनि प्रेम, बिहे र सपनाका कुरामा पुग्नै सक्दैनथ्यौँ । मानौँ प्रेमको दैलोमा ठूलो ताल्चा लागेको छ । जसलाई खोल्न हामी दुवैसँग साँचो छैन । कम्पनी यौटै भए पनि डिपार्ट फरक हुनाले पहिले जस्तो भेट हुन्थेन । दिनको एक पटक हेलो हाई हुन्थ्यो । खाजा टाइम पनि कहिल्यै सँगै परेन । कम्पनी छिर्ने र बाहिरिने समय भने कहिलेकाहीँ मिल्थ्यो । रस्मिलासँग भेट भएको पनि वर्ष दिन पुग्न थालेछ । उसको बर्थडे आएछ । उसले बर्थडे मनाउन रहर गर्छे जस्तोलागेर मैले बिदा राख्ने सोचेको थिएँ । संयोग, बर्थडेको दिन सार्वजनिक बिदा पर्नाले दुवैलाई सजिलो भो । उसले भेटेर लन्च गर्ने मात्र भनेकी थिई तर म भने केक नै काट्ने सोचमा थिएँ । अझ केकसँगै बिहे गरौं भन्ने प्रस्ताव राख्छु भन्ने आँट आएको थियो किनभने हामीले शब्दमा मात्र लभ यु र सेम टु यु मात्र नभनेका हौं, नत्र हाम्रा हरेक व्यवहार क्रियाकलाप प्रेमपूर्ण थिए । मलाई यस्तै लाग्थ्यो । केकसँगै बर्थडे गिफ्ट हिराको नेकलेस बोकेर गएको थिएँ । उसले पनि थाहा पाए जसरी एकदम सजिएर आएकी थिई । मनमनै सोचेँ- यी केटीहरू कति चतुर हुन्छन् कति जिद्दी हुन्छन् । मलाई चैं केक पनि नकाटौं भन्नेले आफू चैं सिंगारिएर आएकी ? वास्तवमा हो पनि, हरेक नारीहरू आफ्नो पुरूष साथीले हरेक कुरा ख्याल गरोस्, भावना बुझोस्, थाहै नदिई सरप्राइज देओस् भन्ने अपेक्षा राख्छन् । पुरूषलाई भने कुनै कुराको मतलब हुँदैन । न खुसी हुन जानेको छ, न दुःखी हुन । नेपाली रेस्टुरेन्टमा खाना खाने योजनामुताविक हामी भेटियौं । मैले “हेप्पी बर्थ डे रस्मिला” भनेर अंगालो हाल्न खोजेँ। ऊ नर्भस भई, अँगालोमा अन्कनाई । मेरा चिटचिट पसिना आएकालो नीलो भएँ । ग्लानिबोध भयो । विस गरेर पुगिहाल्थ्यो, किन अँगालो हाल्नु परेको होला ? फेरि सोचेँ- मैले अँगालो हाल्छु भनेर सोचेको पनि थिइनँ । एकाएक मबाट कसरी यस्तो भो ? रस्मिलाको मुखमा हेर्न पनि सकिनँ । भुइँमा हेर्दै हातको गिफ्ट उसको हातमा राखिदिएँ । अलिबेर मौनता छायो । न ऊ बोली, न मैले बोलाएँ। खै, अलिबेर के सोची, झ्याप्प अँगालो हाली र भनी- बदमास कहीँको ! अचानक हिउँदमा पनि वसन्त आएजस्तो भयो। कतै पखेरामा कोइली कुहुकुहु गरेजस्तो लाग्यो। बोटविरूवामा भर्खर पालुवा पलाएको, पुतली नाचिरहेको, एकदमै आनन्द र मनोरम प्रतीत भयो । म पूर्ण शून्यतामा पुगेर नयाँ पाइला टेकिरहेछु जस्तो र सबै नयाँजस्तो महसुस भयो। पृष्ठभूमिमा हेप्पी बर्थडेवाला गीत बजिरहेको थियो। टेबलमा विभिन्न परिकार तयार थिए। मैले कैले ड्रिंक्स गर्दिनँ भन्ने कुरा थाहा पाएर रस्मिला दंग परेकी थिई र टेबलमा जुसका गिलासहरू थिए । केक काटिसकेर गिफ्ट लगाऊ न भनेँ। ऊ हतारिंदै प्याक खोली र भनी- वाउ। तपाईंलाई कसरी थाहा भो ? मैले नेकलेस किन्न भनेरै महिना महिनामा पैसा छुट्याएकी छु भन्ने कुरा ? ऊ यसरी उफ्री कि मानौँ उसले संसारकै आठौं आश्चर्य प्राप्त गरी । उसको खुसीमा म पनि उत्साहित थिएँ । आई लभ यू रस्मिला भनेर भनेर निधारमै चुम्बन गरिदिऊँ जस्तो लागेको थियो तर सकिनँ । त्यसैबेला मोबाइलको भाइबरमा मेसेज बज्यो । मेसेजले रस्मिला झसंग भई । म छाँगाबाट खसेझैँ भएँ । मानौँ, भर्खर दुईजना प्यारासुटमा उड्नलाई पहाडको टुप्पोबाट दौडिदै थियौँ, त्यसै बेला बेलुन फुटेर ऊ एकातिर, म अर्कोतिर गुल्टियौँ । रस्मिलाले मोबाइल लुकाउन खोजेर पनि सकिन, मैले हेर्न नचाहेर पनि देखेँ । रस्मिलाका आँखाभरि आँसु थिए । कोहो, के हो, मैले सोध्न जरूरी नै ठानिनँ ।आफैँसँग घृणा लागेर आयो । केटी देखेपछि प्रेम नै चाहिने ? बिहे नै गर्नपर्ने ? साथै हुनुपर्ने ? सम्बन्धका अरू आयाम हुँदैनन् ? आफैँलाई ब्लेडले चिथोर्न मन लाग्यो । भित्तामा लगेर टाउको ठोक्न मन लाग्यो । अग्लो पर्खालमा गएर हामफाल्न मन लाग्यो। पूरै कालो र अन्धकारमय भयो मेरो वरिपरि । न होस गुमाएर पागल हुन सकेँ, न होसमा रहेर चेतनाले काम गर्.यो । रस्मिलाले जाऊँ भनी । म गलेको केराजस्तो फतक्क गलिसकेको थिएँ । बिल पनि उसैले तिरी । बाहिरसम्म सँगै निस्कियौँ । न ऊ केही बोली, न मैले बोलाएँ। मन-मनले दुवैले दुवैसँग बोलेका थियौँ । तर बाहिर आवाज निस्केको थिएन । चोक आएपछि आफैँ छुट्टियौं । मैले गल्ती गरेको थिएँ थिइनँ, थाहा भएन तर छुट्टिएपछि म्यासेज गरेँ, ‘सरी रस्मिला।’ उसले रिप्लाई देली, कल गर्ली केही गरिन । पुगेँ, पुगिनँ पनि भनिन । मैले फेरि म्यासेज लेखेर पनि पठाउन सकिनँ। नम्बर डायल गर्न सयौं चोटी कोसिस गरेँ, सकिनँ । मनमा प्रश्न बारम्बार आइरहे । किन उसले दाइबाट सुरू गरेको सम्बोधनलाई फरक-फरक शब्दले बोलाई ? किन उसले म्यारिड भएर पनि म म्यारिड हुँ भनिन ? किन उसले मेरो निकटतामा प्रेमको आभास पाइन ? किन मजाक गरी उसले मेरो लाइफसँग ? के चाहन्थी ऊ मसँग? के ऊ स्वार्थी हो ? के ऊ धोकेबाज हो ? मेरो आँखामा त्यही मेसेज चलचित्र जसरी घुमिरह्यो । जहाँ प्रष्टसँग लेखिएको थियो, ह्याप्पी बर्थडे टु यु बुढी । (सल्लाहकार, अनेसास जापान।) कविता के हो ? १५ विद्वानका रोचक परिभाषाहरु यस्ता छन्: कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगतमा ऋग्वेद, महाभारत र रामायण तथापश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै काव्यलाई जनाएता पनि आधुनिक साहित्यमा काव्यले गद्यात्मक वा पद्यात्मक कृतिलाई जनाउँछ । मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै आएको हो । आजको समयमा कविता विधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.ए. रिचर्डस सम्मका विद्धानहरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् । परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ । कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन् : १. शब्द र अर्थले संयुक्त रुप काव्य हो ।– भामह २. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो ।– दण्डी ३. रसात्मक वाक्य नै काव्य हो ।– विश्वनाथ ४. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो ।– आनन्दवर्धन ५. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो ।–मम्मट ६. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो ।– कुन्तक ७. कवितको आत्मा रीति वा शैली हो ।– वामन ८. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।– जगन्नाथ ९. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।– वर्डस्वर्थ १०. कल्पना र संवेगद्धारा गरिने जीवनको व्याख्या नै काव्य हो । – हड्सन ११. गण मिलाइएको संरचना नै कविता हो ।– जोन्सन १२. कविता भनेको जीवनको समालोचना हो ।– मैथ्यु अर्नाल्ड १३. भावनाको बौद्धिक कोमलता कविता हो । – बालकृष्ण सम १४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ । – लक्ष्मीप्रसाद देवकोटा १५. शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो । – माधवप्रसाद घिमिरे कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो । कविताको बारेमा पूर्वीय–पाश्चात्य मान्यताहरु साहित्यका प्रमुख चार विधा, कविता, आख्यान, नाटक र निबन्ध मध्ये कविता सबैभन्दा प्रमुख, प्रचलित र प्राचीन विधा मानिएको छ । कविता के हो ? यो किन र कसका लागि भन्ने विषयमा संस्कृत काव्य परम्परा देखि वर्तमान सम्म अनेकौं बहस चर्चा र प्रतिक्रियाहरु भएका छन् । पूर्वीय तथा पश्चिमी साहित्य साधकहरुले कविताका बारेमा आ–आफ्नै किसिमका अवधारणाहरु अघि सारेका छन् । संस्कृत साहित्यका बिद्धानहरुले कवितालाई कविताकै रुपमा परिभाषित गरेको नपाइए पनि कवितालाई काव्य साहित्यकै दृष्टिले हेर्ने गरेको पाइन्छ । संस्कृत साहित्यशास्त्रीहरुले कवितालाई काव्य अन्तर्गत राखी काव्यको स्वरुप वा लक्षण के कस्तो हुने भनी आफ्ना अवधारणा प्रस्तुत गरेका छन् । संस्कृत साहित्यका बिद्धान भरतमुनिले आफ्नो कृति नाट्यशास्त्रमा, भामहले काव्यालङ्कारमा, दण्डीले काव्यदर्शनमा र वेदव्यासले अग्निपुराणमा काव्य सम्बन्धी आ–आफ्ना अवधारणा अघि सारेका छन् । भरतमुनिबाट शुरु भएको पूर्वीय काव्य साहित्य सम्बन्धी अवधारणामा त्यस पछिका बिद्धानहरु ले पूर्ववर्ती बिद्धानहरुका अवधरणामा खण्डन, संशोधन अथवा परिमार्जन गरी आ–आफ्ना दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् । पाश्चात्य साहित्यका विभिन्न कवि, समालोचक एवं चिन्तकहरुले पनि प्राचीनकालदेखि नै कवितालाई विभिन्न ढङ्गले परिभाषित गरेका छन् । पश्चिमा साहित्यशास्त्रीहरुले पूर्वीयहरुले जस्तो समग्र साहित्य सन्दर्भबाट नभई कविताका मात्रै परिभाषा गर्ने र यसलाई अथ्र्याउने प्रयत्न गरेबाट पूर्वीय बिद्धानहरुका कविता सम्बन्धी अवधारणा भन्दा पश्चिमा बिद्धानहरुका परिभाषा बढी बोधगम्य देखिन्छन् । यस सन्दर्भमा फिलिप सिड्नीले ‘अनुकरणको कला नै साहित्य हो’ भनेका छन् भने प्रख्यात कवि जोन मिल्टनले ‘कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल, इन्द्रियग्राह्य र भावपूर्ण हुन्छ’ भनेका छन् । त्यस्तै वीलियम वर्डसवर्थले ‘शान्त क्षणमा सन्चित अनुभवहरुबाट उत्पन्न मनोभावनाको स्वतःस्फूर्त प्रवाह कविता हो’ भनेका छन् भने सेमुअल टेलर कलरिजको परिभाषामा ‘विज्ञानजस्तो सत्यको नभएर आनन्दको अनुभूति गराउने तात्कालिक उद्देश्य भएको रचना कविता हो’ भनेर परिभाषा गरेको पाइन्छ । नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालदेखि नवोदित स्रष्टाहरुबाट समेत कविताका बारेमा आ–आफ्नै अवधारणा र परिभाषा प्रस्तुत भइरहेका छन् । पूर्वीय तथा पाश्चात्य साहित्यशास्त्रीहरुको परम्परागत अवधारणा भन्दा अलग हटेर मार्क्स तथा फ्रेडरिक एंगेल्सले पनि कविता तथा साहित्यका बारेमा आफ्ना पृथक् अवधारणा प्रस्तुत गरेका छन् । यी बिद्धानहरुको मतमा अन्य विधाको जस्तै कविताको पनि सामाजिक र संरचनागत चरित्र हुन्छ । मार्क्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले कविताको चरित्र निरुपण गर्दा कवितामा केही आधारभूत तत्वहरुको उपस्थिति अनिवार्य देखिन्छ । ती आवश्यक तत्वहरुमा कविताको उद्गम स्रोत,कविताको सार, कविताको सामाजिक सम्बन्ध, यसको पक्षधरता, ऐतिहासिक क्रमवद्धता, कलात्मक बिम्वहरुको बिशिष्टता,अन्तरवस्तु तथा रुपको सम्बन्ध, समाजवादी यथार्थवादी मान्यता एवं यथार्थ र कल्पनाशीलताको प्रस्तुति हुन् । साहित्यलाई कल्पनाशीलताको फसल मात्र मान्नेहरुले कवितालाई समाजिक यथार्थ र कल्पनाशीलताको दोभान नठानी कवितालाई क्लिष्ट शाब्दिक कलाको रुपमा व्याख्यान गरेको पनि पाइन्छ । कथा वा उपन्यासको जस्तो यथार्थवादको समग्र मान्यता कवितामा प्रयोग गर्न नमिले पनि कवि बाँचेको समाज यसको यथार्थ संश्लेषण एवं प्रतिबिम्वन जस्ता कुराबाट कविता अलग हुन सक्दैन । कवितामा पनि विचार हुन्छ । कविता व्यक्तिगत भावावेग द्धारा अभिप्रेरित भइ रचना गरिए पनि यो समाज निरपेक्ष हुन सक्दैन । जादुई सिंहासन: राजधानीमा एउटा “जादुई सिंहासन” छ त्यो सिंहासनमा बस्ना साथ इन्द्रियका सबै द्वारहरु बन्द हुन्छन् कानले (गरिबको) चित्कार सुन्दैन आँखाले (गरिबको) दुःख देख्दैन हृदयले संवेदना महसुस गर्दैन …र अन्तमा जो सिंहासनमा बस्छ ऊ जीवबाट अजीव बन्छ । जब कुनै धुर्त स्याल त्यो कुर्चीमा आई बस्छ आफूलाई जंगलको राजा “सिंह” ठान्छ …र हामीलाई हेर्दै हुँकार गर्छ आफू स्याल हुँ भन्ने नै बिर्सन्छ जब दक्षिणको मालिकले पुच्कार्छ मालिकको आदेश मान्दै तलुवा चाटी सफाचट् पार्छ अनि… मालिकलाई हेरिकन कृतज्ञता प्रकट गर्दै पुच्छर हल्लाउँछ …र हामी पट्टि हेरेर मातेको साँढे झैं डुक्रन्छ गल्ती हाम्रो हो स्याललाई सिंहासन पुर्\u200dयाउने हामी नै हौं आदिम कालदेखि नै हाम्रो बुद्धिमा बिर्को लागेको छ हामी खोल्न सक्छौं तर खोल्दैनौं किनकि हामी मुर्ख हौं मुढ् हौं मृतप्रायः हौं सिंहासनको हकदार एउटा सिंह जो यो जंगल हाँक्न सक्छ उस्ले स्वस्मृति गुमाइसक्यो रामायणको हनुमान झैं आफ्नो क्षमता बिर्सिसक्यो तर अफशोच यहाँ कुनै जाम्बोवान् छैन जो हनुमानलाई सूर्य खान सक्ने क्षमता सम्झाओस् यहाँ जाम्बोवानले समेत स्वस्मृति गुमाइसक्यो ! …र एउटा संभावित सिंह लुते कुक्कुर झैं टाङमुनि पुच्छर लुकाउँदै कतै पलायन हुन्छ र मृतप्रायः जीवन जिउँछ जब देश दुख्छ ऊ सामाजिक सञ्जालमा फगत डुक्रन्छ यता मातृभूमिमा बाघको छालामा स्यालको रजाइँ हुन्छ धूर्त स्यालहरु सिंहको खोल ओढी सिंहासनमा नाचिरहन्छ यसरी नै क्रमशः युगौंयुग बित्छ वर्तमान – मध्ययुग हो एउटा लाचार धुर्त स्याल सिंहासनमा कुर्लिंदैछ हामी आत्मा बेचिकन हाइबर्नेसनमा मृतप्रायः भै निदाइरहेका छौं ! डेथभ्याली गजल: कहिल्यै उठेन जिन्दगी कि खोट छ चिनामा? तेल त अरूले लिने र’छ के गल्ती छ पिनामा? आजकाल त शहरको कुकुर नि महलमा छ मजदुर हुँदा किन दु:ख मिठास छ पसिनामा साम दाम सबै चल्छन् ठाउँमा पुग्नको लागि हामी छुँनै सक्दैनौँ, के दोष छ पश्मिनामा? मजदुरले जति दु:खको भारी कसले बोक्ला? कल्पना गरे पुग्छ मदन रोएको मुना बिनामा दिन या रात सबै अँध्यारो कालो छ परदेशमा पसिनाको यो सुख, कसरी आउँछ दक्षिनामा? ( फिक्कल गापा, सोल्पाठाना, सिन्धुली हाल: परदेश ) कविको Shades of Manohara कविता संग्रह २०१८ जनावरीमा प्रकाशित भएको थियो । केही अनुत्तरित प्रश्नहरु: छोरी जन्मिई भने लक्ष्मी आइन् भन्ने चलन पुरानाे नै हाे । त्यही चलनमा जन्मेर आमा बाबाकाे न्यानो काखमा हुर्क्याै पढ्याै । समाजलाई चिन्न सक्ने भयाै । बालपनका यादहरुले सजिएको त्यो गाउँ, त्यो घर ती साथीभाइ, ती परिवारका सदस्यहरु आँखा वरिपरि छन् । जन्म दिने आम र कर्मका लागि प्रेरित गर्ने बुबा अहिले पनि साथमै रहेकाे अनुभूतिले भिजेकी छु । धेरैधेरै माया गर्ने आमा, बाबा, भाइ, बैनी र साथीभाइहरूलाई त्यागेर समाजका तथाकथित परम्परालाई आत्मसाथ गर्दै आफ्नो थर र गोत्रसमेत परिवर्तन गरी दान गरिएकी अर्थात् कन्यादान दिएकी छोरीको त्यो क्षण बिर्सन सकिँदैन । बाबा-आमाको काखबाट रुँदैरुँदै बिदा भए पनि विवाह मण्डपमा खाएको कसमलाई अहिलेसम्म सम्झिरहेकी छु। काे हाे काेसँग जीवन समर्पण गरी उनैलाई आत्मसात गरेर जीवनका सम्पूर्ण सपनाहरू आँसुमा बगाउँदै आएँ । हिजाेकाे त्याे बाल्यकालीन यादहरूमा बाँचेका दिनहरू सम्झेर दिनहरू कटाइरहनु परेकाे छ । दुःख र पीरका आँसुसँगै आफ्नाे जन्मघरमा पूर्णविराम लगाएर हरेक महिला जसरी बिदा हुन्थिन्, हो त्यसैगरी म पनि बिदा भएकी थिएँ । नयाँ बाटो, नयाँ घर, नयाँ परिवार, नयाँ मानिसहरूसँगकाे बोलीचाली मलाई अनौठाे लाग्थ्याे तर थाहै नपाई घुलन हुनुपर्दथ्याे र म स्वयं घुलन भएँ पानीमा चिनी घाेलिएझैँ । त्यतिबेला सम्झन्थे सबै चेलीहरु सायद यसरी नै आफ्नाे सम्पूर्णता लगेर भिन्न परिवेसमा घुलिएर बाँच्दा हुन्। मैलेझैँ उनीहरूले पनि आफूलाई अनाथ सम्झिए हाेलान कि ? दिन बित्दै गयो ।शुरू शुरूमा त लाग्दथ्याे यो संसारमा म जति भाग्यमानी कोही छैन । म जति राम्रो कोही छैन । म जति प्यारी कोही छैन । मैले गरेका हरेक काम सबै राम्रा छन् । बिस्तारै यसरी नै दिन बित्दै गए । रात बित्दै, गए । समय बित्दै गयो । ममाथि नयाँ जिम्मेवारी थपिन थाल्यो । मैले गरेका सारा कामहरु बिस्तारै बिस्तारै नराम्रो लाग्न थाल्यो। म नराम्री लाग्न थालेँ । घरमा लक्ष्मीको बास हुन छाड्यो। अनि श्रीमानले सोच्न थाल्छ्न् अर्की ल्यायो भने घर स्वर्ग हुन्छ । त्यही पुरुषले सोच्न सक्दैन, मेरा पनि दिदीबहिनी छ्न्, नभए आमा त अवश्य हुनुहुन्छ। म त्यही आमाको कोखबाट जन्मेको हो, मेरी श्रीमती पनि त्यही महिला हो, जसलाई मैले अग्नि साक्षी राखी ल्याएको हुँ, त्यहीबेला मेरी आमालाई यही चोट परेको भए मैले के सोच्थे होला भनेर …… । एउटा पुरुषले दोस्रो श्रीमतीसँग खुसी भएर हिँडिरहँदा सारा खुसी र रहरहरु खुट्टाले कुल्चिएर श्रीमानको गुणगान गाउनु पर्ने । उसको नाउँको चुरा, पोते, सिन्दुर लाउनु पर्ने । समाज यो कस्तो विडम्बना हाेला ? पुरुषले किन सोच्न सक्दैनन् उसको पनि आत्मा हो । ऊ पनि कसैको छोरी हो । उसका पनि हर रहरहरु हुन्छन्। कुनै पनि पुरुषले किन सोच्न सक्दैनन् छोरी हुनु उसैमा अभिसाप होइन, अवसर पाए भने उनीहरू पनि एक दिन आर्थिक रूपमा स्वतन्त्र मह्सुस गर्ने छ्न्, प्रत्येक पुरुषलाई अगाडि बढ्न हौसला दिने छ्न्। अवसर पाएको खण्डमा महिलाले पनि स्कुल कलेज अस्पताल प्रशासन आदिमा आफ्नो कुशलता देखाउन सक्ने छ्न् तर समाजमा अझै केही कुरीति छ्न्, जसले महिलालाई अघि बढ्न रोकिरहेको छ। जस्तै दाइजो प्रथा, छाउपडी आदि । नारी विरोधी परिपाठ र सोचलाई धक्का दिँदै आफू सशक्त हुन जरुरी छ । भनिन्छ एउटा बाबु शिक्षित भए ऊ मात्रै शिक्षित हुन्छे तर एउटी आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । नारीको महत्त्व बुझाउने यो भन्दा अर्को भनाइ खोजिरहनै पर्दैन । यो घर, परिवारको कुरा मात्र होइन । यो त विम्ब हो, नारीले समाजलाई परिवर्तन गर्न सक्छिन् भन्ने कुराको । जुनसुकै प्राणी पनि विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वाभाविक फेरि आकर्षणको अर्थ हिंसा हैन । मायामा कर, बल, तर्क अनि शरीर होइन, मन जित्न सक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाको विजारोपण गर्न आवश्यक छ । शरीर हैन, मन जित्ने कला सिकाउन जरुरी छ अनि यो सिक्न जरुरी छ कि, नारी पुरुषसँगै हिंड्ने समान समाज आजको आवश्यकता हो । जसरी पार्वती बिनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी बिनाका विष्णु आधि छन्, राधा बिनाका कृष्णको कथा रोमाञ्चक हुन्न, त्यसैगरी नारीको प्रेम र आत्मियता बिना पुरुष र पुरुषको साथ र सम्मान बिना महिला पूर्ण हुँदैनन् । कुनै पनि पुरुषले किन सोच्न सक्दैनन्, छोरी हुनु उसैमा अभिशाप होइन, अवसर पायो भने उनीहरु पनि एक दिन आर्थिक रूपमा स्वतन्त्र मह्सुस गर्ने छ्न् । प्रत्येक पुरुषलाई अगाडि बढ्न हौसला दिने छन् । अवसर पाएको खण्डमा महिलाले पनि स्कुल कलेज अस्पताल प्रसासन आदिमा आफ्नो कुशलता देखाउन सक्ने छन्। मध्यपूर्वमा उदाउँदैछ साहित्य: मध्यपूर्वको एउटा सानो देश कुवेत । आर्थिक रुपमा सम्पन्न र विकसित राष्ट्रको रुपमा गनिन्छ । सन् १९७२ देखि नेपाल र कुवेत सम्बन्ध स्थापित भएबाटै दुइ देश बीचको सम्बन्ध उत्तिकै प्रगाढ र सुमधुर बन्दै गएको पाइन्छ । पचासौँ हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु वैदेसिक रोजगार तथा व्यवसायको रुपमा कुवेतमा रहँदैआएका छन् । अन्य देशहरुमा जस्तै यहाँ रहेका नेपालीहरु पनि साहित्यिक क्षेत्रबाट अछुतो रहन सकेका छैनन् । आफ्नो कामबाट बचेको समयमा कहीँ न कहीँ कतै न कतै सांगठनिक रुपमा वा स्वस्फूर्त रुपमा साहित्यिक क्षेत्रमा पनि उत्तिकै योगदान दिने हुटहुटी यहाँ पनि पाइन्छ । अनेसासका वर्तमान महासचिव राज श्रेष्ठका अनुसार कुवेतमा सर्वप्रथम २०१० मा केही साहित्यिक सर्जकहरुको सक्रियतामा “साहित्यिक शुक्ला समाज” को स्थापना भएको थियो । पछि त्यही संस्थालाई नै स्थापनाको करिब २,३ महिनापछि राजन रिमालको अध्यक्षतामा “अनेसास कुवेत च्याप्टर” मा रुपान्तरित गरियो थियो । विगतमा थोरै सर्जकहरु मात्र भएका कारण साथै कार्य व्यस्तताका कारण त्यति क्रियाशील हुन नसके पनि हाल हिमाल अन्जानले अध्यक्षता गर्नु भएपश्चात कुवेतमा साहित्यिक गतिविधि निक्कै जुर्मुराएको अवस्थामा छ । यहाँ साहित्यिक गतिविधि तीव्र हुनुमा इन्टरनेट तथा सामाजिक संजालले पनि निक्कै सहजता प्रदान गरेको छ । २०१३ मा कुवेतमा अर्को एउटा साहित्यिक संस्था “विश्व साहित्य महासंघ” को पनि स्थापना भएको थियो । हाल अमित चाम्लिङ्ग राईको नेतृत्त्वमा रहेको उक्त संस्थाले राजेन्द्र विरहीको संयोजकत्वमा बेलाबेलामा भानु जयन्ती तथा अन्य कार्यक्रमहरु गर्दै र मनाउँदै आइरहेको छ । हुन त कुवेतमा उल्लेख्य रुपमा साहित्य सर्जक नरहेको र केही सर्जकहरु कार्य व्यस्तता र विभिन्न कारणवश ओझेलमा रहेको अवस्था भने देखिन्छ । यो विडम्बना प्रायः सबै खाडी मुलुकहरुमा देखिएको र देखिन समान समस्या र अवस्था नै हो । खुलेर साहित्य सृजनामा लाग्नु भएको करिब २५ जनाको हाराहारीमा सर्जकहरु भए पनि विगत दुई वर्षदेखि यता उत्साहजनक रुपमा नेपाली दूतावास कुवेत, विभिन्न संघसंस्थाका पदाधिकारी, खेलाडी, पत्रकार साथै उलेख्य रुपमा नेपाली जनसमुदायको उपस्थितिमा भव्य रुपमा साहित्यिक कार्यक्रमहरु हुँदै आइरहेका छन् । अनेसास कुवेत च्याप्टरले वार्षिक तीन वटा ठूला कार्यक्रम र मासिक रुपमा भेटघाट छलफल तथा रचना वाचन कार्यक्रम गर्दै आइरहेका छन्, जसले गर्दा कुवेतमा रहेका साहित्य सर्जकहरुमा हौसला प्राप्त हुनुका साथै क्रियाशील रहन मद्दत पुगेको देखिन्छ । कुवेत च्याप्टरले त्रैमासिक रुपमा “काव्य प्रवाह शृङ्खला” को शुरुवात गरे पनि हालको असहज परिस्थितिका कारण भाग एकमा नै सीमित रहन पुगेको छ । साथै अहिलेको यस विषम परिस्थितिले अन्य क्षेत्रमा जस्तै विभिन्न साहित्यिक गतिविधिहरुमा समेत असर पर्न गएको छ । कुवेतमा रहेका सर्जकद्वारा विभिन्न समयमा आफ्ना केही कृतिहरु समेत प्रकाशित गरेका छ्न् । जसमा अनेसाको केन्द्रीय सदस्य समेत रहनु भएका होमबहादुर क्षेत्री अग्रस्थानमा हुनुहुन्छ । विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध भई विभिन्न नेपाली, हिन्दी तथा अंग्रेजी साहित्यिक पत्रिकाहरुको सम्पादकीय भूमिकामा कार्य गरिसक्नु भएका क्षेत्री विभिन्न पुरस्कारहरुद्वारा पुरस्कृत भइसक्नु भएका छन् साथै उहाँको थुप्रै कृतिहरु बजारमा उपलब्ध छन्, जसमा उहाँको कविता संग्रहमा “आकाररहित”, “मेरा कविताहरु”, “पर्खौं हामी”, “मृगतृष्णाको नदी” “डुलुवाको डायरीबाट”, “सूर्य लुक्छ तर निभ्दैन”, “मूर्ति”, “समयको फेदटुप्पो हुँदैन” आदि छन् भने “क्षितिज हराएको छैन” र “युद्धान्त” कथा संग्रहका साथै “मेरा अनुदित कथाहरु” नामक अनुवादका पुस्तकहरु प्रकाशित भएका छन् । साथै असङ्ख्य रुपमा थुप्रै पत्रपत्रिकामा रचनाहरु प्रकाशित भैसकेका छ्न् । यसैगरी कुवेतमा रहेका साहित्यिक कृति प्रकाशित गर्नेहरुमा विश्व साहित्य महासंघका अध्यक्ष अमित चाम्लिङ राईको “नथाकेको कथा” कविता संग्रह, कुवेत च्याप्टरका संरक्षक मनोज मनसुनको “आज एक्लै”, “मरुभूमिको फूल” गजल संग्रह, नेपाल कुवेत डट कम का प्रधान सम्पादक तोयानाथ दहाल उपेक्षितका “बालुवाको घर” कथा संग्रह, “प्रवासका सुस्केराहरु” कविता संग्रह, जानुका खतिवडाको ‘परदेशी चेली’ मुक्तक संग्रह प्रकाशित भैसकेका छन् । यसरी परदेशको भूमिमा पनि नेपाली भाषा साहित्यको उत्थान, सम्बद्धर्न र संरक्षण गर्नमा कुवेतमा रहका नेपालीहरुको ठूलो भूमिका रहेको देखिन्छ । बेकारमा: कस्ले केके सुनाइदियो नानाथरी बेकारमा नखेलाऊ फाल्तु कुरा मनभरी बेकारमा भएजति वाचा कसम खुवाउँदा पुगेन र ! अझै पनि केको शंका घरीघरी बेकारमा देखे पनि नदेखे झैं गरिदिए भैगयो त ! किन हेर्छौ पारिबाट आँखा तरी बेकारमा फूललाई फूलजस्तै मुस्कुराएको सुहाउँछ नबिगार रुप आफ्नो ठुस्स परी बेकारमा ‘माया साटौँ, खुशी बाडौँ बाचुन्जेल’ भनेको हुँ कस्को जुनी छ र यहाँ अजम्बरी बेकारमा (अध्यक्ष, अनेसास डेनमार्क च्याप्टर) गजल: अँधेरी रात काटी मिर्मिरे बिहान आयो बल्ल बल्ल बस्तीमा अलिकति घाम आयो । चारैतिर पुगोस् रवि कुनाकाप्चा चहारेर बल्ल पो भन्न मिल्छ सुनौलो याम आयो । फर्की आऊन् माटो सम्झी परदेसिएका मनहरू, सबैलाई पुग्ने यहाँ बल्ल पो काम आयो । भन्न मिल्छ बलेपछि बिहानै साँझै चुल्होहरू अँधेरा ती अनुहारमा बल्ल पो मुस्कान आयो । बर्दघाट, नवलपरासी गजल: छिमेकी साथी ,मेरो आगन माथि, हैकम नचलाऊ असक्त अभिभावक, सुतेको राति, हैकम नचलाऊ !! अर्काको बाउलाई, आफ्नो भन्दैछौ, लाजै नमानी गरेर त्यो तिम्रो, आमाको बदनामी हैकम नचलाऊ !! नत्र आइलागेमा, जाइ लागिएला, मित्रता भुलिएला विश्वासको खुल्ला, सिमाना नाघी, हैकम नचलाऊ !! तलवार निकालेर, गर्धन काटेर, दोसाँधमा राखौंला इमानसँग बारम्बार, गरेर बेइमानी, हैकम नचलाऊ !! दृढता, एकता, आत्मसम्मान छ मातृभूमिको लागि मार्न र मर्न सक्छौं, ए बिस्तारवादी, हैकम नचलाऊ !! डोटी, हालः कुवेत परदेशी जीवन: लगाई टीको आशीष बाको लिएर हिँडेको, जागीर छैन देशमा सम्झी जहाज चढेको। उत्रेर हेर्दा झिली र मिलि ठुलै यो शहर । आशाले झनै खुलेर आयो मनका रहर । देखेर टोपी चिनेर मान्छे साहुले बोलायो। गाडीमा हुलि लिएर गयो कम्पनी देखायो। साघुँरो कोठा विदेशी साथी मिलेर बस्नु छ। बोकेर खाना काममा जान बिहानै उठ्नु छ। प्यारिको फोटो ल्याएको थिएँ झोलामा राखेर। निकाली फोटो छातीमा टाँसे देउता सम्झेर। झारेर आँसु हातले पुस्दै काममा निस्किएँ। चर्को त्यो घाम बतास तातो देखेरै तर्सिएँ । साबेल दियो खन्नु है खाल्डो भनेर हातमा। सम्झेर रोएँ खुशी थेँ बरु वन र पाखामा। प्यासले गाला सुकेका बेला पानी नै पाइनँ। हरायो भोक हरायो प्यास सम्झेर जहान । खोलेर पोको राखेको मात्र थिएँ है हातमा। बगर न हो बालुवा आयो उडेर भातमा। दुःखले मैले बिताएँ वर्ष बानी नै परेछ । सोचेका होलान् घरका बाले सुखमा परेछ । तानेको तानै गरेर होला पैसाको मोहले। भएछ यतै बसेको बर्षैँ समायो रोगले फर्केर जाने सपना थियो महल बनाई, पछुतो लाग्छ गल्ती भो ठूलो जवानी गुमाई। हाल-कुवेत दुःखले मैले बिताएँ वर्ष बानी नै परेछ । सोचेका होलान् घरका बाले सुखमा परेछ । अ-परिभाषित\xa0प्रेम: उसले छुट्टिने दिन, म आउँछु भनेर गई। मेरा लागि, उसको आउँछु मै, माया लाउँछु को जवाफ थियो। प्रश्न प्रति प्रश्न, गरी रहे उसलाई उसको मौनताको मर्मलाई हिर्काइरहे। तर, उसको मौनतामा सुशील हाँसो र माया प्रतिको समर्थन मात्रै थियो। एउटा प्रश्न उसले पनि गरिथी मलाई सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले। माया गर्नु हुन्छ र मलाई ? गर्दिनँ तँलाई माया। भनेको थिएँ। बिचरी निल्ल भई। फेरि उही सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले पुलुक्क हेर्दै भनी, हेरन कत्तिसम्म अहम् देखाउन परेको, अलिकति अफवाह चल्दा त दुई दिन घरबाट निस्किन नसक्नेले के माया गर्नु? प्याँचै भनी अनि पो म निल्ल जिल्ल भएँ।। मेरो ख्याल कसले गर्छ? भन्ने प्रश्नै प्रश्नका आँसुहरूले गह भिजाउँदै आफ्नो ख्याल गर्नु भन्दै ऊ ओझेल परी। मेरा गह एकछिन नजाऊ न भनी रहे थे आज, ऊ पारिको देशमा ऊ भएको ठाउँलाई मेरा अन्दाज औंलाले देखाउने क्षितिज र उसले वहाँबाट देखाउने क्षितिजमा हाम्रा असीम चाहनाहरुको स्पर्श भइरहेछ। ऊ उसै गरी प्रश्न गर्छे। म उसै गरी बाउँठिन्छु तर यो भन्न सक्दिनँ हो, म तिमीलाई असीम माया गर्छु। हाल – कुवेत गजल: म यहाँ सम्म पुगेकोछु यस्तो दलदल बाट। जसरी माछाहरु बगरमा पुग्छन् भल बाट। गर्न त खुब मेहनत गरीयो संघर्ष गरीयो, केही नहुदो रहेछ यार अरुको नक्कल बाट। मेरो छिमेकीले यस्तो भुमिका निभायो, सजिलै पुराईदियो सडकमा महल बाट। त्यो दिन दुनियाँले मलाई भकुण्डो सम्झे खेले जुनदिन छुटेको थिय आमाको आँचल बाट। बाले भन्नुहुन्थ्यो बेलैमा केहि गर बुद्धि पुर्या, हेर अन्जान,आम्दानी हुँदैन तेरा गजल बाट। हाल –कुवेत गजल: छोडी गयौ तिमी जब बनेको छु पागल। पैले जस्तो छैन अब बनेको छु पागल। मुना मदन जस्तो जोडी अलग हुनु पर्दा, सकिए झैं लाग्यो सब बनेको छु पागल। सारा सपना पूरा गर्ने पायौ र त होला, मलाई घृणा गर्\u200dयौ तब बनेको छु पागल। पागल हुने इच्छा मेरो पनि हो र कहाँ? याद हरुले गरे भब बनेको छु पागल। यता मेरो जिन्दगानी शिशिर जस्तै बन्यो, तिमीले नि रोज्यौ नब बनेको छु पागल। तुर्माखाद गा.पा.रानीबन अछाम हाल-कुवेत जन्मदिन विशेष: भाषाको स्वाद र उनको स्वभाव: अविनाशी । रोचक संयोगहरु हुन्छन् । कहिलेकाहीँ ती संयोगहरु वरिपरि घुमिरहन्छन् । अविनाश श्रेष्ठसँगको मेरो सामीप्यमा पनि अनेक संयोग जोडिएका छन् । मैले उनलाई एकै पटक पढेको दुईवटा कथाबाट हो । ‘जुनेली रातकी द्रौपदी’ र ‘तान्या, ईन्द्रकमल र अन्धकार’ । मधुपर्क, गरिमा त्यतै कता । यिनै दुईवटा उनका कथा कुमार नगरकोटीलाई पनि अत्यधिक मनपर्ने रहेछ । उनका पनि दुईवटै कथाले मलाई आकर्षित गरेको थियो । नगरकोटीका ती दुईवटा कथा छाप्ने पनि उनै अविनाश श्रेष्ठ । अचेल अविनाश दाइको प्रशंसक नगरकोटी र नगरकोटीको अविनाश दाइ । दुवै शक्तिशाली कथाकारहरुको बीचमा म प्रेरित भएर रंगमञ्चमा छु । कथादेखि रंगमञ्चसम्म जोडिएको सम्बन्धको बलियो अर्थ छ । अविनाश दाइ नाटककार उहिल्यैदेखि । ‘अश्वत्थामा हतोहतः’ र ‘समय, समय अनि समय’ पढेको हुँ संग्रहित पुस्तकमा । फेरि नगरकोटी पनि नाटककार हुन पुगे । ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘बाथटब’ मैले नै निर्देशन गरेको हुँ । कस्तो सुन्दर संयोग ! अब यी दुवै कथाकारहरु नाटकको बारेमा कुरा गर्न थाल्छन् र म मख्ख परेर सुन्छु । यो मेरो कस्तो स्वार्थ र भनौं संयोग ! अविनाश श्रेष्ठसँगका अनगिन्ती उठबस र भलाकुसारीमा कयौँ प्रिय क्षणहरु छन् मेरा । बाँचुञ्जेल नाश नहुने । ज्ञान र रंगमञ्च । भारतको असम–गुवाहाटीमा पढेर हुर्केका अविनाश दाइसँग रंगमञ्चको ठूलो परिवेश थियो । असमीय रंगमञ्च, मणिपुरका रतम थियाम, असमीय नाटकहरु, मोबाइल थिएटरहरु, दारा आहामेद, महेन्द्र बरठाकुर आदिको जगजगीका बीचमा हुर्किएका अविनाश दाइले सन् १९७१ मै आफ्नै लेखन र निर्देशनमा नाटक मञ्चन गरिसकेका रहेछन् । रुचि कि सुरुचि ! कवितालाई सबैभन्दा प्यारो बनाएर पाठक र समीक्षकहरुको मनमा कथामा उच्चतम स्थान बनाएका अविनाश दाइको नाटकको पाटो मैले यहाँ निक्कै खोतल्न चाहेँ । यसको विशेष कारण छ । भन्दैछु । खासमा अविनाश श्रेष्ठको मूल थलो पर्वतको कुस्मा हो । उहाँका बाजे लालबहादुर श्रेष्ठ धेरै कुशलतापूूर्वक ‘हनुमान नाच’ नाच्न जान्ने रहेछन् । त्यस भेगमै ख्याति कमाएका । बुबा एम. नारायण श्रेष्ठ पनि हार्मोनियम बजाउन, गाउन, नाच्न निक्कै सिपालु थिए रे ! परिवारका यी गुणहरु कतै उनमा परेको थियो होला । अर्को अर्थ नलागोस् । अविनाश श्रेष्ठलाई हनुमान नाच आउँदैन । उनी भजन पनि गाउँदैनन् । घरीघरी मलाई लाग्छ, यी एक्ला मनुवा हुन् । आफ्नो कामप्रति बढी नै इमान्दार । पारिवारिक जीवनमा रमाएका । म यतिखेरको अविनाश श्रेष्ठको कुरा गर्दैछु । कसैलाई राम ठानेर हनुमान नबन्ने वा कसैको भजन नगाउने ! लागेको उनी भनिहाल्छन् । कहिलेकाहीँ अलिक धेरै भन्छन् कि ? मानिसहरुलाई बिझाउने गरी । कहिलेकाहीँ अचम्मको प्रतीकात्मक र घुमाउरो व्यंग्य छोड्छन् । अगाडि नै नभने पनि पछाडि त भन्छन् नै ! उनको मनमा कुराहरु अडिँदैनन् । निक्कै सम्वेदनशील, उनलाई चित्त नबुझेको कुरामा कटु आलोचना पनि सहजै निस्कन्छ । आफ्नो परिवेश र स्वाधीनताको बारेमा अलि बढी नै कन्सस छन् अविनाश दाइ । उनी कार्यक्रमहरुमा कम जान्छन् । निम्तोले उनलाई ठूलो अर्थ राख्छ । कस्तो खालको निम्तो हो ? औपचारिकता मात्रै हो कि साँच्चै मनले बोलाएको हो ? उनी खुट्याउँछन् । एसएमएस, फेसबुक म्यासेज, इमेल, निम्तो कार्ड वा फोन कल ? अनुमान लाउँछन् । गै हाले भने पनि हलभित्र कहाँ बस्ने भन्ने कुराले उनलाई सताउँछ । यिनै के–के कारणले आफूलाई धेरै ठाउँमा मानिसहरुले उल्लेख नगरेको अविनाश दाइ महसुस गर्छन् । यतिखेरको साहित्यमा प्रचार त गाँसिएरै आएको छ नि त ! तर, यो उनको भ्रम पनि हुन सक्छ । उनका रचनाले बनाएको ‘स्पेश’ त कसैले खोस्न सक्दैन । एउटा उल्लेख्य कुरा छ यहाँ । तपाईंले कहीँ कुनै कार्यक्रममा अविनाश श्रेष्ठ अतिथि बनेर बसेको वा भाषण ठोक्दै गरेको देख्नु भएको छ ? होला । अपवाद । मैले चाहिँ यो २० वर्षमा ३ पटक देखेँ । नगरकोटीको ‘फोसिल’ विमोचनमा नेपालयमा । उमा सुवेदीको ‘सयौँ पुतली’ विमोचनमा शिल्पी थिएटरमा । र, उनको आफ्नै कविता वाचनमा सर्वनाम थिएटरमा । यस हिसाबले उनी सार्वजनिक ठाउँहरुमा कम उभिएको पक्का हो । तर, साँच्चै मिठो र छरितो बोल्छन् अविनाश दाइ । तीन वटै कार्यक्रममा उनले रोचक र बलियो विचार दिए । यी सर्जक साँच्चैमा निक्कै फरक स्वभावका भएर आफू जस्तै मोटो पहिचानमा छन् यो कोलाहलयुक्त सहरका माझमा । केही स्वाभाविक र केही अस्वाभाविक स्वभावहरुका बीचमा । धेरै लेखेर र बेस्ट सेलरको विज्ञापन छापिएकाहरुका बीचमा । अविनाश श्रेष्ठले एउटा कथा संग्रह, एउटा नाटक संग्रह र केही कविता संग्रहहरुका बीचमा आफूलाई स्थापित गरे सबै विधामा । निक्कै बलियो गरी । जीविकोपार्जनले । किसानहरु प्रायः एकै ठाउँमा टाँसिइरहन्छन् । व्यापारी भएकाले उहाँका बुबा एम. नारायणले लामो यात्रा गर्नु भयो जीवनमा । कुस्माबाट हरिद्वार, दिल्ली, मद्रास, कलकत्तादेखि रंगुन हुँदै दोस्रो विश्वयुद्धको समयमा आसाम पुगेपछि परिवार त्यहीँ स्थापित भयो । सन् २०१७ मा म बर्मा भएको बेला उहाँले आफ्ना बुबाको बारेमा लामो म्यासेज पठाएका थिए । मैले उनका बुवालाई चिन्नेलाई त मैले कोही भेटिनँ तर बर्माको स्मृतिका लागि मैले दाइलाई बर्मेली लुंगी उपाहार ल्याइदिएँ । प्रसंगहरुको हाँगा फाट्यो । म नाटकको कुरा गर्दै थिएँ । हनुमान नाच र संगीतको प्रभाव उनको सिर्जनामा पर्\u200dयो । उनले नाटक लेखे । गुवाहाटीमै लगभग १४ वटा नाटक मञ्चन भए उनका । मेरो स्वार्थ यहीँनिर हो । अविनाश दाइले नाटक नलेखेको जुग भयो । उनले सिर्जनामा कविता र कथालाई माया गरे । नाटकलाई चाहिँ नजिकबाट नियाली रहे । मलाई यो कुरोमा विश्वास छ, त्यही सर्जकले उत्कृष्ट नाटक लेख्न सक्छ जसले रंगमञ्चको परिवेश बुझेको छ । जो नाटक पढ्छ र हेर्छ । कुनै नाटक समूहसँग नजिक बसेर अन्तरक्रिया गर्छ । रंगकर्मीहरुसँग रमाउन सक्छ । अविनाश दाइले यी सबै सहजता भएर पनि पछिल्लो समय नाटक लेखेनन् । बरु विद्यावारिधिमा यस्तो शीर्षक पो छाने ! ‘प्रयोगात्मक नेपाली नाटकमा स्वैर कल्पनाको अध्ययन’ ! शीर्षक सुन्दै जटिल र पारम्परिक लाग्यो । हुन त विश्व विद्यालयिय कर्मकाण्डको पीडा मलाई भन्दा अविनाश दाइलाई नै राम्ररी थाहा छ । मलाई उत्सुकता भयो, अविनाश दाइले नाटक र रंगमञ्चलाई उतिखेर बुझेको कुरा यतिखेर कस्तो स्वरुपमा छ त ? किताब त उहाँले प्रशस्तै पढिरहनु भएको होला । केही दिनअघि यही लेख तयार पार्ने शिलशिलामा उहाँसँग कुराकानी गर्नु थियो । गोठाले नाटकघरको बार्दलीमा बसेर हामी कुरा गर्दै थियौँ । सत्यमोहन जोशीले लेख्नुभएको र मैले निर्देशन गरेको नाटक ‘मजिपालाखे’ अविनाश दाइले अघिल्लो दिन हेर्नु भएको थियो । उहाँले नाटकको अत्यन्तै प्रसंसा गर्नुभयो । प्रशंसाको कुरा छोडौँ । मलाई त्यो कुराले आकर्षित गर्\u200dयो जब उहाँले नाटकको पाठ र प्रस्तुतिमा देखिएका केही महत्त्वपूर्ण कमजोरीहरु औँल्याउनुभयो । उहाँले देखाएका कमजोरीहरु निर्देशकका रुपमा मेरा लागि निक्कै कन्भिन्सिङ र परिमार्जित थिए । मलाई निक्कै खुशी लाग्यो । हो, गाँठी कुरो यही हो । उनले नाटक लेखेनन् तर नाटक र रंगमञ्चप्रतिको उनको ज्ञान निक्कै परिष्कृत र अपडेटेड रहेछन् । त्यसपछि पनि उनीसँग रंगमञ्च, फिल्म र साहित्यका बारेमा लामालामा बहस भएका छन् । कला र साहित्यमाथि उनका समीक्षात्मक विचारहरु सुनिरहन मनलाग्छ मलाई । त्यसैले उनले नाटक लेखे भने उनको भाषा र शिल्पको शक्तिले नेपाली रंगमञ्चले नयाँ कुरा पाउँछ भन्ने मेरो विश्वास हो । गहनता । दुई वटा कथाबाट तानिएको म भित्रको पाठकले एक दिन उनलाई भेट्यो । प्रज्ञाप्रतिष्ठानको त्यो समकालीन साहित्यको कार्यालय । प्रत्येक दिन त्यहाँ आउने दर्जनौँ मानिसहरुका बीचबाट म पनि छानिएर कवि भएँ । कविता छाप्न अनेकौँ पत्रिकाका सम्पादकहरुसम्म पुगेको मेरो यात्रा अविनाश श्रेष्ठको कोठामा पुगेपछि फरक हुन्छ । र, पटकपटक म त्यहाँ पुग्छु। कविता छपाउन हैन । त्यो मनपर्ने लेखकलाई भेट्न र उनका रोचक कुरा सुन्न । ‘अश्वत्थामा हतोहतः’ र ‘समय, समय अनि समय’ जस्ता दुई नाटकले नै उहाँलाई स्थापित नाटककार बनाइसकेको थियो त्यसबेला । रचनाको स्वभावमा राम्रो र नराम्रोको चेतना नआइसकेको बेला थियो त्यो मेरो । अहिलेचाहीँ आइसक्यो भनेको चाहिँ हैन है ! यो २०५७ सालतिरको कुरा हुनुपर्छ । उहाँको नाटक र रंगमञ्चको अनुभवले मलाई निक्कै लोभ्याएको हो त्यतिखेर । तर उहाँको कथाकारले मलाई छ्याप्प छोपेको थियो । पछि ‘करोडौँ सूर्यहरुको अन्धकार’ कविता संग्रह पढेपछि उनका कवितामा फैलिएको परिवेश, भाषा र शिल्पको जादु अद्वितीय लाग्यो । उनका जति पुराना कविता पढ्नुस् उनी समसामयिक लाग्ने कविताहरु छन् । १९९० मा छापिएको ‘अनुभूति यात्रामा’ पढेपछि म झन् कविताले पग्लिएँ । हैन यो कस्तो कविता हो ? ‘कुन्नी कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ ? वा भनौँ न ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ । ‘आमा’ शीर्षकको कविताले त झन् खुत्रुक्कै पार्छ । मेरी आमाका जर्जर पुराना झ्याल जस्ता आँखामा कहिले कतै शहरको रङ्गीन सपना पौडने गर्छ । तर कुन दिशामा छ त्यो शहर…? कुन बाटो जानु पर्छ त्यहाँ ? कति कोस पर छ त्यो…? उनलाई केही थाहा छैन । भविष्यका इन्द्रधनुषी सुखहरुको काल्पनिक संसार मेरी आमा फाटेको पटुकामा सप्काएर हिँड्छन् गाउँका थकित बाटाहरुमा । अरु कविका आमाहरुलाई झैँ थाहा छैन मेरी आमालाई लियोनार्दोकी ‘मोनालिजा’को नाम । थाहा छैन को थिए कार्ल मार्क्स ? कहाँ थिए, कस्ता थिए लेनिन ? ठूल्ठुला आकांक्षा र गह्रुङ्गा इच्छाको महत्त्व पनि थाहा छैन मेरी सोझी लाटी आमालाई अरु कविका आमाहरुलाई झैँ । हो, उनको पनि पुरानो सपना छः ‘म ठूलो मान्छे बनूँ ।’ कविकी आमालाई उभ्याएर यो कवितामा प्रयोग भएका प्रशस्त विम्बहरुले हाम्रो माटो र यहाँका सपनाहरुलाई बोल्यो । रोचक लाग्यो । उनले मोनालिसा नलेखेर मोनालिजा लेखे । अर्थात् उनका शब्द र लेखाइको फरक पन, खाली लेख्नका लागि मात्रै फरक भएनन् । ती मीठा पनि भैदिए । ‘कुन्नी कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ पढ्नुस् त्यो द्वन्द्वकालीन असममा भिजेको उनको अनुभव कविता–इतिहास बनेर टक्क अडिएको छ । उसरी नै परिवेश, विम्ब, भाषा र शिल्प उनको फरक छ । मिठासपूर्ण छ । अविनाश दाइ आफ्नो मूल जरो कविता भएको अह्वान गर्छन् । वि.सं. २०१४ वैशाख ३१ गते गुवाहाटीमा जन्मिएका अविनाश श्रेष्ठले एउटा कुरा जिकिर गरे । कविता लेखन ४० अघि नै ठीक हुँुदोरहेछ । अझ युवाकालमा लेखिएका कविता सशक्त हुने । कुरो मिल्यो । मैले माथि लेखेको छु। उनका अघिका कविता झन शक्तिशाली । उनले भने–‘अब लेखेका कवितामा पहिले लेखिएका कुरा दोहोरिएर आउने रहेछन् !’ उमेरसँगै आउने रचनागर्भ र स्तरीयताको मूल्यांकन रोचक लाग्यो । एउटा स्रष्टाले आफ्नै रचनामाथि यसरी मूल्यांकन गरेको थाहा पाउँदा खुसी लाग्दोरहेछ । अग्रज स्रष्टाको अनुभूतिबाट धेरै सिक्न सकिन्छ । नारायण ढकाल पनि यस्तै लेखक लाग्छ मलाई जसले आफ्नो रचनाको समीक्षा अति निष्ठुर भएर आफैँ गर्छ । अविनाश दाइका योजना अब कथा र नाटकतिर छन् । उपन्यासतिर उनको अन्तिम रुचि हो । बाठो भएर मैले उनलाई मुख खोली हालेँ– उपन्यास लेख्नुभयो भने लामो नलेख्नु होला । ढड्डु । प्रकाशकलाई नसुन्नु होला । तपाईंमा थोरैमा धेरै भन्ने शक्ति छ । बी.पी.मा जस्तै ।’ सामीप्यताले यसो भन्ने अधिकार दिएको हो । त्यसो त उनका कविता, कथा र नाटकका भाषाशिल्प र सिर्जनाका विषयमा थुप्रै व्याख्या भएका छन् । म बबुरोको हेराइ कति अर्थपूर्ण होला थाहा छैन । तर, केही समीक्षकहरुसँग धारणा मिल्न जाँदो रहेछ । गएछ । डा. गोविन्दराज भट्टराईले लेखेका छन्–‘अविनाशको सबैभन्दा ठूलो शक्ति भाषामा निहित छ । यी विषयवस्तु, थिम र पात्र अनि कथाहरु अरुले पनि लेखेका छन् । तर, उनको निजी शक्ति…त्यो हो भाषा । दोस्रो कुरा उनको भाषा सन्तुलित ‘इलिगेन्ट’ स्टाइलको छ । पढौँ–पढौँ लाग्ने ।’ जब मैले ‘तान्या ईन्द्रकमल र अन्धकार’ दुई पटक पढेँ । र केही कथाहरु शिल्पीका कलाकार साथीहरुलाई पढेर सुनाएँ । हरेक पटक पढ्दा मलाई लाग्यो, यस्मा के छ जस्ले तानी रहन्छ । त्यो आकर्षण उनको विचित्र किसिमको भाषा नै हो भन्ने मैले पनि ठानेँ । असमीयाबाट मुक्त भएर काठमाडौँ वा नेपालमा लेखिइरहको भाषामा आइनपुगेको । अविनाश श्रेष्ठले भाषाको यात्रामा बीच बाटोमा नयाँ आविष्कार गरे । न उता मिल्छ न यता मिल्छ । त्यसैले पनि उनले कहिलेकाहीँ भन्ने गरेका छन्– मेरो प्रतिस्पर्धा मेरो आफ्नै लेखाइसँग भयो । वास्तवमा । उनले अब लेख्ने कथा कस्तो होला त भन्ने मलाई पनि लागिरहन्छ । एउटा अर्को उत्कृष्ट कथा अस्तित्वका केही वाक्य यहाँ राखेँ । ‘एक साँझ मानिसहरुको बाढीमा हेलिँदै भोटाहिटीबाट इन्द्रचोकतिर जाँदै थिएँ । असन अन्नपूर्णादेवीको थान अगाडि उभिएकी एउटी रुपसीलाई देखेँ । लोकगाथाबाट टपक्क टिपेर ल्याइएको जस्तो मध्ययुगीन अनुहार थियो उनको ।’ मलाई अचम्मै लाग्छ उनले मिहिनरुपमा र नौलो किसिमले गर्ने परिवेशको वर्णन देखेर । हेलिँदै, रुपसी, लोकगाथा, मध्ययुगीन जस्ता शब्दहरु यहाँ आविष्कार जस्ता भएर प्रयोग गरिए । उनका हरेक कविता वा प्रत्येक कथाका प्याराग्राफहरुमा यस्तै फरक स्वाद दिने शब्दहरुलाई कलात्मक र उपयुक्त ढंगले प्रयोग गरेको म पाउँछु। मायाजाल भन्ने कथाको सुरुवात हेर्नुहोस् है त ! ‘धीराले ऊर्मिको मुहारतिर हेरी । ऊर्मिको मुहारको एउटा सग्लो क्लोज–अप उसका आँखाअघिल्तिर छ अहिले ।’ म घोरिन्छु । किन उनले यहाँ चाहिँ अनुहार नलेखेर मुहार लेखे ? सग्लो क्लोज–अप के हो ? नाम किन यस्ता फरक ? धीरा र ऊर्मि । उनका कथाका कुनै पनि अनुच्छेद लिएर यसरी नै केलाउनुस् यस्तै रोचकता पाउनुहुनेछ । उनको भाषा मलाई यस्तो लाग्छ, अग्राखको काठमा चिल्लो पारेर रन्दा लगाइएको छ । कथाको सुरुवात र अन्त्य चलनचल्ती भन्दा फरक छ । यही गुण मैले नयनराज पाण्डे र कुमार नगरकोटीका कथामा पनि पाउँछु । अहिले फरक भाषा शिल्प र कथागत संरचनाको नयाँ रुपले अर्चना थापाका कथा पनि मलाई खुब मन पर्छ । यी दुवै कथाकार अविनाश दाइ र मलाई मन पर्नेमा लिस्टमा रहेछन् । बिपी, आइबी राई, गोठाले, विजय मल्ल, लामिछाने, विकल, राजव, ब्राजाकी, अभय श्रेष्ठ उनका मनपर्ने कथाकारहरुको लिस्टमा थपियो । अब अर्चना थापा पनि थपिइन् । दार्जिलिङतिर चाहिँ संजय विष्ट र उदय थुलुङ उनलाई मनपर्ने कथाकार हुन् । यति मात्रले उनका रचना वा भनौँ कथाहरु शक्तिशाली भएका त हैनन् । अन्तर्वार्ताको पहिलो दिन उनकै घरमा हामी छौं । ‘पाण्डुलिपि’का सम्पादक दीपक सापकोटा साक्षी छन् छेऊमा । दीपक अलिक आतुरीमा छन् । धेरै जिम्मेवारीहरुमाझ फसेका जस्ता । फोटोग्राफर अदिप्त गिरी बहुत सालिन छन् कुनै क्षणलाई क्यामेरामा कैद गर्न अवसर खोजिरहे जस्ता । एकछिनमा कवि सरिता तिवारी पनि आइपुगिन् । यही बखत अविनाश दाइ भन्दैथिए । –‘मेरो लागि कथा बलियो हुनुपर्छ । दृष्टिविन्दु भनेको कथा भन्नलाई कथाकार उभिने ठाउँ हो । कथाकार सही ठाउँमा उभिएको छ भने कथाको परिवेश छनौट ठीक हुन्छ । परिवेश ठीक छ भने कथानक पत्यारिलो बन्छ । त्यसकारण मेरो लागि विषयवस्तु दोस्रो तहको कुरा हो । दृष्टिविन्दु र परिवेश पहिलो ।’ अविनाश श्रेष्ठले आफ्नै रचना वा विधालाई यति गहिरिएर किन हेरे होला त ? उनीभित्रको अर्को शक्तिशाली प्रतिभा ‘सम्पादक’ले पो यसो गराएको हो कि ! उनी जुन पत्रिकाको सम्पादक भए, त्यसको वजन बढेर गयो । इज्जतिलो भयो । उनले केही फिल्मी पत्रिकाहरु पनि सम्पादन गरे । तर म यहाँ सम्झन चाहन्छु ‘समकालीन साहित्य’, ‘कविता’ र ‘गरिमा’लाई । अघिल्ला दुई पत्रिकाले त नाम कमाएकै हुन् । सबैले बिर्सिइसकेको र यो बजारको दुनियाँमा दुब्लाउँदै गएको गरिमामा उनी जानेबित्तिकै सबैको ध्यान खिच्न सफल भए । उत्कृष्ट रचनाहरुको छनौट र स्रष्टाहरुलाई घच्घच्याएर, फकाएर, बारम्बार पछ्याएर लेखाउन सक्ने उनको क्षमता धेरैले बिर्सिने छैनन् भन्ने लाग्छ मलाई । यो देशमा कसैले तिमी रचना देऊ न म राम्रोसँग छापेर पारिश्रमिक पनि दिन्छु भन्ने सम्पादकको फोन अचानक आउँदा कति लेखकहरु त अचम्भित भएका हुनन् ! दर्जनौँ लेखक कवि जसको रचना चाकडी नगरी, पटकपटक नधाई कनै पहिलो पटक छापिदिएर उनले ती नव लेखकहरुलाई कति उत्साहित गरे हुनन् ! नेपाली भाषाको कर्ममा उनले दुईखाले समुदायलाई भोग्ने मौका पाए । दुवैतिर उनको योगदान रह्यो । भारतीय नेपाली साहित्यमा उनको अनुसन्धान र तिनको प्रवर्धननमा योगदान रह्यो । आधुनिक भारतीय नेपाली कथा नामक निक्कै मोटो किताब त्यसको एउटा उदाहरण हो । यिनै विविध कारणले उनी एक्लो यात्रामा भएर पनि उनका वरिपरि निक्कै शुभचिन्तकहरु छन् भन्ने लाग्छ मलाई । यो देशमा कसैले तिमी रचना देऊ न म राम्रोसँग छापेर पारिश्रमिक पनि दिन्छु भन्ने सम्पादकको फोन अचानक आउँदा कति लेखकहरु त अचम्भित भएका हुनन् ! दर्जनौँ लेखक कवि जसको रचना चाकडी नगरी, पटकपटक नधाई कनै पहिलो पटक छापिदिएर उनले ती नव लेखकहरुलाई कति उत्साहित गरे हुनन् ! नेपाली भाषाको कर्ममा उनले दुईखाले समुदायलाई भोग्ने मौका पाए । दुवैतिर उनको योगदान रह्यो । तीन छोरीका धनी यी लेखक यतिखेर सुन्दर पारिवारिक सुखमा छन् । भाउजू मनुले उनका जतिधेरै लेखक र पत्रकार साथीहरु आए पनि त्यो सहजतालाई टुटाएकी छैनन् । एउटा लेखकका लागि जीवनभर यसरी नै वातावरण सिर्जना गरिदिनु निक्कै झन्झटिलो काम हो भन्ने लाग्छ मलाई । घरको ममलामा अविनाश दाइ आम पुरुषहरु भन्दा भिन्न छैनन् भन्ने लाग्छ मलाई । उनी भान्सा र घरको काममा सिन्को पनि भाँच्दैनन् । उनी प्राध्यापक हुन् तर त्यो पनि उनका विद्यार्थीहरुका माझ मात्रै । नत्र शुद्ध लेखक । शुद्ध सम्पादक । हिजोका दिनमा फिल्म र टेलिफिल्मका पटकथा र सम्बाद लेखक पनि थिए । पचासौँ फिल्म र सयौँ टेलिफिल्म लेखेका यी लेखकले नेपाल टेलिभिजनको पहिलो टेलिशृंखला चक्रव्यूह र अर्को चर्चित शृंखला ‘कालीगण्डकीको सेरोफेरो’ लेखेका उनले उपार्जनका लागि निक्कै झुर फिल्महरु पनि लेखे । यो कुरा उनलाई महसुस छ भन्ने म ठान्छु । यतिखेर उनी त्यो कहीँ नपुगिने दौडमा छैनन् । उनको कथा संग्रहको नयाँ संस्करण भर्खरै फाइनप्रिन्टले बजारमा ल्याएको छ । र, विजय मल्लका कथाहरुको संकलन ‘मान्छेको नाच’ उनकै सम्पादनमा प्रकाशित छ । विजय मल्लका मनखाने कथा उनले बटुलेर यहाँ राखेका छन् । कृतिमा उनको भूमिका सुन्दर छ, विजय मल्लसँगको संगत र उनका अनुभूतिहरु । अविनाश दाइसँगको मेरो सामीप्य लामो समयदेखि एक नासले बगेको रहेछ । हामी आआफ्नो गुन र बैगुनलाई आत्मासात गर्दै यहाँसम्म आइपुगेछौँ । तर, उहाँसँगको सामीप्यले मलाई सधैँ ऊर्जा प्रदान गरेछ । कालान्तरमा व्यक्ति गौँण र रचना प्राथमिक हो भन्ने लाग्छ मलाई । उहाँका सिर्जनाले ती स्थान कब्जा गरिसकेका छन् । अझै नयाँ रचनाहरुको प्रतिक्षामा म उनको असल पाठक भएर कुरिरहेको छु । लकडाउन । अविनाश दाइसँगको दुई दशकको घनिष्ठ सम्बन्ध यो लकडाउनले रोकेको छैन । हामी निरन्तर कुराकानीमा छौँ । केही दिनअघि उनले मलाई चुनुवा अचेवेको ‘एरो अफ गड’ र ‘थिंस फल अपार्ट’ पढ्न सुझाए । उनको जन्मदिनको साँझ उनी ‘मोहल्ला अस्सी’ फिल्म हेर्दै रहेछन् । यो पनि हेर्न सुझाए । बन्दाबन्दी (लकडाउन)को कारणले थिएटरको के हविगत होला ? शिल्पी थिएटर कसरी चल्ला उनलाई विशेष चिन्ता छ । बन्दाबन्दीअघि हामी कहिले शिल्पी त कहिले उनकै निवासमा दिनको ५ घण्टा काममा थियौँ । अविनाश दाइले भारतीय सशक्त नाटककार रमेश बक्षीको नाटक ‘देवयानीका कहना है’को नेपाली रुपान्तरण गरेका छन् । यसै नाटकको फाइनल ड्राफ्टमाथि हामी काम गर्दै थियौँ । मूल कृति र नेपाली अनुवादलाई ट्याली गर्दै परिमार्जनमा उनी कति स्वाभाविक छन् भने उनीसँग काम गर्न साँच्चै आनन्द आउँछ । यस नाटकलाई मञ्चन गर्ने र नेपाली संस्करण पनि छाप्ने हाम्रो योजना छ । यौन र गालीसँग सम्बन्धित ठाडा र झर्रा शब्दहरु यस नाटकमा धेरै छन् । अविनाश दाइको कलात्मक भाषाले नेपालीमा अझै रोचक बनाएको छ । लिभिङ टुगेदर र युवायुवतीको प्रेम सम्बन्ध माथिको यस नाटकका लागि अविनाश दाइले प्रशस्त मिहिनेत गर्नु भएको छ । त्यसो त प्रेम जीवनका उहाँका आफ्नै अनुभवहरुले पनि सहयोग गर्\u200dयो सायद । कोरोना कहरले हामी रोकिएका छौँ । कोरोना संक्रमणले यो संसारसँगै हाम्रो स्थिति के हुने हो पत्तो छैन । चिन्ता अधिक छ । नेपाल नामक देशको । यहाँका नागरिकको । र, भ्रष्ट शासकहरुको । तर पनि आशाहरु बाँकी छन् । अविनाश दाइ लगभग कलेज अध्यापनको विश्राममा हुनुहुन्छ । उहाँबाट नयाँ रचनाहरु त आउने नै छन् । साथै नयाँ नाटकको पनि आशा छ । (दीपक सापकोटाद्वारा सम्पादित पत्रिका ‘पाण्डुलिपि’मा छापिएको लेखको अद्यावधिक स्वरुप) गजल: हो पत्थरले सँधै पत्थर सँगै ठोकिनु पर्छ। जसले फूल दिन्छ उही बाट जोगिनु पर्छ। जसलाई आँशु लुकाई हाँसो दिएको थिए, कुनै दिन उसको पनि आँशु पोखिनु पर्छ। जब चोखो माया गर्छु भन्यौ अनि डर लाग्यो, यहाँ चोखो माया गर्नेहरू नै बिछोडिनु पर्छ। धनको सामु मनको माया बिक्दैन यो शहरमा, अब जाली प्रेमको नैटंकी बजार खोलिनु पर्छ। कसम विश्वास भरोसा कसैको लाग्दैन मलाई, यहाँ आफ्नै भन्नेले नै प्रहार गर्छन्, रोपिनु पर्छ। चितवन, हाल – कुवेत गजल: कुनै दिन घर फर्केर आउला बाँचे भने जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने । अहिले घर भित्रै बस ए! मनका मान्छेहरु रमाउनु त छदै छ नि रमाउला बाँचे भने । समयले टाढा राखेर अछुत बनाएको छ मनले के के सोचेको छ बताउला बाँचे भने । महोदय,यो बिपतमा यत्ति पनि सोचेनौ हैँ ? पछि त मुख फेरी फेरी खाउला बाँचे भने यो खतरनाक संकेत हो टाढै बसौँ हामी सबै दुरी कायम गरौँला दोस्ती बढाउला बाँचे भने । धनगढी, कैलाली हालः कुबेत। गजल: यो घर भित्र केहि रैछ त्यो मन भित्र केहि रैछ । अरुले नै थाहा पाउने जोवन भित्र केहि रैछ । कस्तो मौसमि भनौ या बेमौसमि हावाहुरी यो, यादहरुले धड्की रहने धडकन भित्र केहि रैछ । झरि झैं आँसुहरु बगि रहन्थे र त महसुस गरें, मुटु भित्र कोहि रैछ यि नयन भित्र कोहि रैछ । जवानी लागेपछी यस्तै हुन्छ भन्थे बाजेहरुले, तब सम्झें प्रेमको यो बन्द सदन भित्र कोहि रैछ । म भने खोजि रहें रोजि रहें, नपाएर रोए पनि, अझै थाहा पाईन मैले यो गगन भित्र कोहि रैछ । हाल – कुवेत गजल: खोला र नाला यी भीर पाखा कस्ले बनायो ? मानवहरूमा काला र गोरा कस्ले बनायो ? जन्मिन्छ मान्छे एक्लै र मर्दा एक्लै हुने छ मन्दिर र मस्जिद यो धर्म, नाता कस्ले बनायो ? यो रात यो दिन आकाश, धर्ती मान्छे र पंछी त्यैं भित्र बादल, घनघोर मेघा कस्ले बनायो ? नेपाल मेरो अग्लो हिमालय यी फूल लहरा सौन्दर्यताले भरपूर्ण आहा कस्ले बनायो ? कस्ले बनायो आगो र पानी यो घाम जून त्यो चन्द्रमा ती तारा उज्याला कस्ले बनायो ? बहर मुतकारिब अश्लम रुपन्देही गजल: जब डक्टरले म चाँडै नै मर्ने कुरा बतायो । भाइ खुशी हुँदै सदबिउ छर्ने कुरा बतायो । आज भमराहरु भक्कानिदै रोइरहेको सुनेँ, सायद मालीले फूलहरु झर्ने कुरा बतायो। आमा रुँदै अस्पताल पुगिन् वृद्धाश्रमबाट, जब छोराको मृगौला फेर्नुपर्ने कुरा बतायो । शत्रु चिन्तित, आफन्त खुशी छ्न् छिमेकमा, मैले जब सधैँलाई बसाइँ सर्ने कुरा बतायो। हरदिन रोई हिँड्ने पागल आज हाँसेको देखें, हुनसक्छ कसैले उस्को प्राण हर्ने कुरा बतायो । हेटौंडा हाल- कुवेत। गजल: यो मन बारबार प्रश्न उत्तरमा लाग्यो, पत्थर दिलमा या दिल पत्थरमा लाग्यो। यो शहर पनि गाउँ बनाउने थियो सोच, म हारेँ, जब गाउँकै मन शहरमा लाग्यो । यो नजर हुन्छ हरेक ठाउँ ज्यानमारा, मर्\u200dयो रावण जब सीता नजरमा लाग्यो। उफ्री खेल्दै आयो गयो त्यो खोलाको लहर। मिलन सागरमा, बिछोड बगरमा लाग्यो। एक चिताले देखायो जीवनको गन्तव्य, यी पाइला घाट हिँड्ने तरखरमा लाग्यो । झापा, हाल – कुवेत बेलायती प्रधानमन्त्रीका लेखक बाबुमाथि अवसरवादी भएको आरोप: बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका ७२ वर्षे पिता स्टान्ली जोन्सनमाथि अवसरवादी लेखकको आरोप केहीले लगाएका छन् । कोविद १९ रोगका कारण संसार नै त्रस्त रहेका बेला उनले सन् १९८२ ताका प्रकाशनमा ल्याएको महामारी साहित्य ‘मारबर्थ भाइरस’ प्रकाशन गर्न प्रकाशकलाई जोड दिएको आरोप उनीमाथि लागेको छ । उपन्यास निस्केको केही समय राम्रै बिक्री भए पनि यतिबेला पुस्तक पुनः प्रकाशन हुन सकिरहेको थिएन । प्रकाशकहरूको प्राथमिकतामा पर्न छाडेपछि चुप लागेर बसेका स्टान्लीले यतिबेला आफ्नो पुस्तक बजारमा आए मज्जैको व्यापार गर्ने भन्दै प्रकाशककहाँ तारन्तर फोन गरेपछि उनी चर्चामा आएका हुन् । लामो समयदेखि स्टान्ली जोन्सनको ‘मारबर्थ भाइरस’ उपन्यास प्रकाशन हुन सकिरहेको थिएन । कवि टड स्विफ्टले स्वतन्त्र लेखकहरूलाई महत्त्व दिने भनी स्थापना गरेको कम्पनी ब्ल्याक स्प्रिङले सो पुस्तक प्रकाशन गरेको थियो । ठूला कर्पोरेट प्रकाशन गृहले यस्ता उपन्यासलाई महत्त्व नदिएका बेला ब्ल्याक स्प्रिङले उनको किताब प्रकाशन गरेको थियो । स्टान्लीले चासो दिएपछि भने प्रकाशकले पनि यसलाई मौकामा चौका हान्ने निर्णय गरेको हो । प्रकाशकले उपन्यासलाई पुनः नयाँ नाउँमा प्रकाशन गर्ने भएको छ । पुस्तकको नाउँ ‘द भाइरस’ राखिने भएको छ । उपन्यासको अन्तिम पाठमा लेखकले आफ्नो भनाइ भने थपेका छन् । उनले लेखेका छन्, ‘पुस्तकमा मैले ह्याप्पी इन्डिङ गराएको छु तर अहिलेको यो विश्वव्याधिको जुन तहको क्षति छ, त्यसलाई हेर्दा भने उपन्यासको सखुद् अन्त्य उति ठीक लागिरहेको छैन । संसारभरिका मुलुकहरूले यसको उपचार र खोपमा आफ्नो सम्पूर्ण शक्ति नलगाई धर देख्दिनँ ।’ उपन्यास पनि मारबर्ग भाइरसको चपेटामा परेपछि यसको खोप खोज्ने दौड, त्यसको प्रयास र उठापटकबारे हो । लेखक स्टान्लीको भनाइमा सन् १९६० को दशकको जर्मनीको वास्तविक घटनामा आधारित रहेर उपन्यास तयार पारिएको हो । अचानक विश्वव्याधिका कारण संसारमा यस्ता साहित्य खोजी जारिरहेका बेला स्टान्लीले आफ्नो उपन्यास पुनः प्रकाशन गराउन गरेको दौडधुपलाई धेरैले अवसरवादी प्रधानमन्त्रीका बाउका रूपमा चित्रित गरेका छन् । उनले भने यस आरोपलाई खण्डन गरेका छन् । रोचक त के भयो भने अनलाइनमा पुस्तक खरिदबिक्री गर्ने केहीले यो उपन्यासको मूल्य ५० पाउन्ड राखेर बिक्री गरे । जबकि यसको मोल मुस्किलले १० पाउन्ड छ । यो देखेपछि उनले यस उपन्यासलाई बजारमा ल्याउन सकिने सम्भावना रहेको देखेका हुन् । यो पुस्तकको पेपरब्याक र इबुक चाँडै बजारमा आउने जोन्सनको अपेक्षा छ । यसका साथै उनले विश्वकै ठूलो समस्याका रूपमा रहेको जलवायु परिवर्तनसम्बन्धी उपन्यास ‘द वार्मिङ’ पनि प्रकाशनका लागि तयार भएको जानकारी दिएका छन् । उन्नाइस वर्षे विशालको साहित्य यात्राः मुनादेखि मेटाफरसम्म: मेरो दिमागमा साहित्यिक छाप कहिलेदेखि पर्यो ? यसै भन्न सक्दिनँ । तर सानैदेखि साहित्यप्रति असाधारण लगाव भने थियो । बुबा सरकारी जागिरे भएकोले घरमा पत्रिका कहिलै टुट्दैनथ्यो । मुना, मधुपर्कजस्ता पत्रिकाको त म धेरै वर्षसम्म वार्षिक ग्राहकसमेत थिएँ । मुना पत्रिकामा मैले झन्डै आधा दर्जन हुलाकमार्फत् आफ्ना लेख रचना पनि पठाएँ । एक दुई पटक छापिएर पत्रिका हातमा पर्दा हदैसम्म उत्साहित भएको थिएँ । एकाध पटक कुनै प्रतिक्रिया नपाउँदा मन खल्लो पनि भएको थियो । मेरो साहित्यिक यात्रा बडो रोचक छ, कमसेकम मेरा लागि । सानोमा मलाई पेन्टिङ्ग र चित्रकलामा ठूलो शोख थियो । लिओनार्दो दा भिन्चीको जीवनी पढेपपछि उनीजस्तै महान् चित्रकार बन्ने संकल्प लिएको थिएँ । तर पछि खै किन हो मेरो चित्रकला मोह भङ्ग हुन पुग्यो । खास कुनै कारण छ जस्तो त लाग्दैन, तर पनि अहिले यस्तो लाग्छ, त्यसबेला कुनै ठोस कारण हुनैपर्छ जुन मेरो बालमस्तिष्कले स्मरणको रेखाभित्र कैद गर्न सकेन । बुबा सरकारी जागिरे भएकै कारणले गर्दा उहाँको सरुवा हुनेबित्तिकै नयाँ ठाउँमा पुग्नु पर्थ्यो । उहाँको जागिर सरुवाकै क्रममा विभिन्न ठाउँ घुम्न पाउँदा मैले विभिन्न भेषभूषा र जीवनशैली नजिकबाट नियाल्ने मौका पाएँ । त्यसैक्रममा मैले समाजका विभिन्न आयामहरू सूक्ष्म ढंगले बुझ्ने सुअवसर पाएँ । बुबाको ठम्याइ के थियो भने त्यही प्रक्रियाले म अझै समाजिक भएको छु । धेरै अघिदेखि म केही लेख्न चाहन्थेँ । समाजको व्यवस्था र बेथिति देखेर म आजित थिएँ । आफ्नो समाजको यथार्थ चित्रण गर्न म कुनै त्यस्तो कुरा लेख्न चाहन्थेँ, जुन धेरै नेपालीमाझ पुग्न सकोस् । केही नभए पनि मेरो लेखाइमार्फत् पाठकले अलिकति भए पनि आफ्नो समाजबारे मनन गर्न सकून् । सानोमा पढेका राजकुमार र राजकुमारीको लोककथाले निकै तानेको थियो । पछि अकबर र बिरबलका कथाहरूले पनि मन जितेको थियो । कयौं उपन्यास र पुस्तकहरू पढिसकेपछि एकदिन म पनि लेख्नसक्छु भन्ने विश्वास लागेर आयो । उपन्यास र कथाहरू मलाई सानैदेखि मनपर्ने विधा थियो । सानैदेखि कमिक्स बुक र अंग्रेजी उपन्यास पढेकोले ममा एउटा किताब लेख्ने आत्मविश्वास पहिलैदेखि कायम थियो । कयौंपटक किताब लेख्न नबसेको पनि होइन । रबरजस्तै सके जति तन्काएर एउटा बिन्दुसम्म पुर्याउँथेँ पनि, तर त्यस बिन्दुपश्चात् कथा कतै हराइजान्थ्यो । फेरि पनि हरेक पुस्तक पढ्दै जाँदा उसैगरी नयाँ विषयमा कलम चलाउन मन लागिहाल्थ्यो । मेरो शुरुवाती साहित्य लेखन कथाबाट सुरु भयो । उच्च शिक्षाको लागि क्याम्पस पढ्न काठमाडौं आएपछि अवसर पनि मिल्यो । ११-१२ पढ्दाताका बिहानको कलेज भएकाले दिनभरि फुर्सद हुन्थ्यो । दिउँसोपख केही काम नभएपछि नियमितजसो पुस्तकालय जान थालेँ । साहित्यका पुस्तकहरू छानीछानी पढ्न थालेँ । पछि त पुस्तकालय जाने लत नै बस्यो । त्यसबखत मैले अधिकांश चल्तीका र चर्चित नेपाली साहित्यिक पुस्तकहरू पढ्न भ्याएँ । त्यसै क्रममा मैले ससाना कथाहरू पनि लेख्न थालेँ । पुस्तकालय धाउन थालेपछि केही साहित्यकारहरूसँग पनि हिमचिम बढ्न थाल्यो । उनीहरूकै सम्पर्कमा केही पत्रपत्रिकामा कथा र लेख पठाउन थालेँ । कहिलेकाहीँ समाजको विकृति र विसङ्तिबारे पनि फाट्टफुट्ट लेख्न थालेँ । तिनै विषयका लेखहरू बढी पाठकका रोजाईमा पर्ने भएकाले पनि मलाई लेख्नुमा कुनै दिक्कत थिएन । ती लेखहरूमा केहीले अलिक चर्चा पाउँथ्यो, केही भने रद्दीको भाउमा पत्रिकासँगै हराएर जान्थे । मैले लेखेका केही कथा र लेखले राम्रो प्रतिक्रिया पाउन थालेपछि ममा पनि पुस्तक लेख्ने सोच विजारोपण हुनपुग्यो । पुस्तक लेख्नेबारे विचार मनमा आएदेखि नै साथीहरूलाई एउटा पुस्तक लेख्दैछु भन्दै नहिँडेको पनि होइन । तर धेरै पछिमात्र अबचाहिँ मैले पुस्तक लेख्नैपर्छ भन्ने अठोट लिई पाण्डुलिपि तयारमा लागेको हुँ । पुस्तक लेख्दैगर्दा कयौंपटक पाण्डुलिपि च्यात्दै पुनः श्रीगणेश गरेको सम्झन्छु । पुस्तकका केही अंश लेख्दै गर्दा पूरा रजनी बितेकोसमेत भेउ पाउन सकिनँ । केही ठाउँमा लेख्दै गर्दा आँसु टिल्पिलाउँदै पाण्डुलिपिको पन्नाहरूमा खसेको सम्झिँदा अहिले आनन्द महसुस हुन्छ । पुस्तक लेख्दैगर्दा त्यहाँ छुटेका हरेक पात्रहरूले धेरै दिनसम्म झक्झकाइरहन्थे । केहीलाई यथोचित न्याय दिलाउन सक्थेँ भने केहीलाई न्यायको कठघरामा पुर्याउन खोज्दाखोज्दै विलीन भएर जान्थे । हप्तादिन जति लेखेर पाण्डुलिपि बोकी केही निश्चित साथीहरूलाई देखाउन अक्सर क्याफे र चियपसलमा लैजान्थेँ । साथीहरू पनि पढेर उचित सल्लाह, सुझाव र टिकाटिप्पणी दिन्थे । जसले मेरो लेखनीमा निखारता आएको म विश्वास गर्छु । एकाध महिना लाएर पुस्तकको पहिलो पाण्डुलिपि तयार भयो । कयौंपटक पुनर्लेखन गरिसकेर कम्प्युटरमा टाइप गरेँ । त्यसैक्रममा साहित्यकार ईन्द्रकुमार श्रेष्ठ ’सरित’ र डा. धनप्रसाद सुवेदीबाट पनि धेरै सहयोग प्राप्त भयो । प्रकाशनको लागि केही प्रकाशन गृहसँग कुरा भयो । कुनैले भर्खर १९ लागेको ठिटो भनेर विश्वास गरेनन् भने केहीले अलिक समय पाण्डुलिपि पढ्नुपर्छ भन्दै लामो समयसम्म टारिरहे । यसैक्रममा एकदिन न्यू एरा बुक्सबाट पाण्डुलिपि हेरिसकेपछि फोन आयो । प्रकाशनका संयोजकले पाण्डुलिपि पढेर प्रभावित भएको र अविलम्ब पुस्तक प्रकाशन गर्न चाहेको कुरा व्यक्त गर्नुभयो । म हदैसम्म उत्साहित भएको थिएँ । अन्ततः दुई वर्षको मेहनतपश्चात् पुस्तकले स्वरुप पायो र नामाकरण भयो “मेटाफर“ । न्यू एरा बुक्सले सविनय प्राकाशन गरी बजारसम्म पुर्यायो । मेटाफर १५ वटा छोटा कथाहरू संग्रहित पुस्तक हो । सबै कथालाई समाजबाटै टिपेको हुँ । कथामा उन्न कति सफल भएँ, तपाईँहरूकै हातमा । मैले त्यस पुस्तकमा उही पुरानो कथा भन्ने भद्दा शैलीभन्दा माथि उठेर कथा भन्ने शैलीको निर्माण गरी नेपाली साहित्यमा एउटा नवीन प्रयोगको रुपमा प्रस्तुत गरेको छु । पुस्तकमार्फत् नेपालको सुदूरपश्चिममा विद्यमान समस्यलाई चित्रण गर्ने प्रयास गरेको छु । पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने मौलिक शैली आदिले विशेषतायुक्त यस पुस्तकले पाठकलाई ज्ञानवर्द्धक हिसाबमा सँगै हिँडाउँछन् भन्ने मेरो लेखकीय विश्वास पनि छ । म यस कथा संग्रहलाई आवाजविहीनहरूको आवाज भन्न रुचाउँछु । यसमा समाजबाट अपहेलित महिलाको व्यथा, समाजमै रहेका तर नहेरिएका र वास्ता नगरिएका नागरिकका कथा छन् । सुदूरपश्चिमको परिवेशमा रहेर लेखिएका अधिकांश कथाहरूमा सकभर डोटेली संवाद र शब्दहरूको प्रयोगले कथाको परिवेशलाई थप जीवन्त बनाउने प्रयास गरेको छु । पुस्तकका धेरैभन्दा धेरै पात्रलाई मैले नूतन परिवेशमा सजाउन खोजेको छु । विभिन्न परिवेशबाट टिपेर ल्याई फुलबुट्टा भरेर हरेक पात्रलाई कथाको नौलो अभिभारा सुम्पेको एउटा सफल भनौं या असफल प्रयत्न गरेको छु । जसको मूल्यांकन पाठकले गर्ने नै छन् । ४० बेस्टसेलर पुस्तकका लेखक ठग भएको खुलासा: अपराधकथाका चर्चित फ्रान्सेली अनुहार स्टेफन बोरगाँ जसरी सिरियल किलरबारे रोचक तथ्य निकाल्थे, उसरी नै सिरियल ढँटुवा रहेको खुलासा भएको छ । सत्यघटनामा आधारित रहेर उनले लेखेका पुस्तक लाखौँ प्रति बिक्री भएका छन् । उनले लामो समयदेखि आफ्नो विशिष्ट परिचय बनाएर ढाँटेको खुलासा हालै भएको हो । बोरगाँले अहिलेसम्म ४० वटा पुस्तक लेखिसकेका छन् । उनलाई हत्याराहरूको विशेषज्ञका रूपमा समेत फ्रान्समा चिनिन्छ । उनले अपराधमाथि बनेका कयौँ टेलिभिजन डकुमेन्ट्रीमा टिप्पणीसमेत गरेका छन् । उनले अहिलेसम्म ७० भन्दा बढी सिरियल किलरसँग अन्तरवार्ता लिएको, अमेरिकाको क्वान्टिकोस्थित एफबिआई एकेडेमीबाट तालिम लिएको, उनकी पत्नी सन् १९७६ ताका दर्जन बढी हत्यामा संलग्न एक सिरियल किलरद्वारा हत्या गरिएका लगायतका झूट बोलेको खुलासा एउटा स्वतन्त्र वेबसाइटले हालै गरेको थियो । गएको जनवरी महिनामा फोमी एल कर्पोरेसन नामक सामूहिक संस्थाले उनलाई आफ्नो विगतबारे झूट बोलेको भन्दै आरोप लगाएको थियो । यत्तिका समयसम्म उनी भने चूप थिए । तर हालै उनले एउटा फ्रान्सेली पत्रिकासँगको कुराकानीमा सिरियल किलरद्वारा हत्या भएको भनिएकी पत्नी कहिल्यै अस्तित्वमा नरहेको भनी स्वीकार गरेका छन् । यति मात्र होइन, आफूले कहिल्यै पनि अमेरिकामा एफबिआईबाट तालिम नलिएको र ७० भन्दा बढी सिरियल किलरसँग भेटेको दाबीमा पनि सत्यता नरहेको बरू केही सीमित अपराधीलाई भेटेको पनि बताएका छन् । ‘एकताका आफू स्थापित हुन खुबै झूट बोलेँ,’ उनले पेरिस म्याच नामक पत्रिकालाई अन्तरवार्ता दिँदै भने, ‘वास्तवमा मैले आफ्नो काम इमान्दारीपूर्वक गरेको भए हुन्थ्यो । झूट बोलेर अन्ततः म आफ्नो र पाठकको नजरमा अझै गिरेँ ।’ गएको मंगलबार ला पेरिसियन पत्रिकासँग कुराकानी गर्दै आफू एक किसिमको मानसिक रोगको शिकार भएकोसमेत बताएका छन् । उनले भने, ‘म आफूलाई मिथोमेनियाक भएको छ भन्ने लाग्छ । नत्र मैले त्यसरी झूट बोल्नै सक्दिनँ ।’ उनले आफूलाई मानसिक स्वास्थ्यलाभका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्ने अवस्था आएको समेत स्वीकारेका छन् । उनले भने, ‘मैले झूट बोलेँ र यत्तिका लामो समयसम्म त्यसलाई काट्न कुनै काम गरिनँ । यसमा म ज्यादै लज्जित छु । मैले फैलाएका सबै झूटहरू वास्तवमा हास्यास्पद नै हुन् । त्यसो गर्न कुनै आवश्यकता नै थिएन ।’ आफूलाई कहिल्यै पनि चाहिँदो माया नपाएको महसुस गरेकाले सारा झूट बोलेको समेत उनले बताएका छन् । उसको कथा: वेदना पनि सुनाउँ कसलाईं बुझ्ने को छ र यहाँ दैव पनि निष्ठुरी रैछ नभन्नु कसैलाईं पुजिन्छन् जहाँ तहाँ खुसी भन्ने शब्द खोई पराइ झैँ भयो सपना पनि नमीठो नै आउँछन् मेरो के गल्ती रह्यो भाग्य के भग्नावशेष बनायो, कर्मले कठपुतली झैँ नचायो मर्दै बाँच्नुको पीडामा दैव किन खुसी भै काललाई पराइ बनायो रहर थियो मलाई पनि होस अनेकौँ खुसी उमङ्ग आँखा पनि नखोलिने भयो अब देख्दा जिन्दगी भङ्ग । झापा मुमुक्षा: हिमाल झैँ पग्लिएर स्वरुप आफ्नो मेटाएर बन्दै नदी छलछल छहराऊँ सागर-सागर लहराऊँ । हिरण्य गर्भ तोडेर चरी झैँ आवरण फोरेर उन्मादमा पखेटा फटफटाऊँ गगन-गगन फिजारिऊँ । बाँधेर भरोसा प्रेममा जलेर सीता झैँ ज्वालामा छाती फोरेर उडी जाऊँ सडी मरुँ या भिडी जितूँ । सागर-सागर लहराऊँ गगन-गगन फिजारिऊँ छाती फोरेर उडी जाऊँ सडी मरुँ या भिडी जितूँ । पिँजडाभित्रको स्वतन्त्रता: आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले अञ्जुली थापी पिइरहेछन् एकजोर आँखाबाट बगेका ती गरिबीहरू । देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो शहीदका आहुतिका टाउकाहरू काटिएका शहीदका हजारौँ हातहरू एकचौथाई अपयव चुँडिदा आमाको सुनिनुपर्थ्यो छातीमा अँगालेर रूईरहेकी लिपुलेक लिम्पियाधुरा र कालापानीका हाँक र क्रन्दनहरू भेटिनू पर्थ्यो एउटा सत्यनिष्ठा हली जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका तराई पहाड् र हिमालहरू । अझै भेटिनू पर्थ्यो मजेत्रो च्यातिएझैँ च्यातिएका नेपाल आमाकी सीमाहरू दशरथ चन्द धर्मभक्त माथेमा गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरूसँगै बेपत्ता पारिएका शहीदहरू अझै खोजिनू पर्थ्यो आफ्नै देशमा हराएका मदन भण्डारीहरू लेखिनू पर्थ्यो राष्ट्रवादका कविताहरू शहीदका रगतका कलमहरूले गाइनू पर्थ्यो अझै जिबन शर्माका गीतहरू । तर अहँ, ब्युँझदै छकोटी आँखाले देखेका सपनाहरू गर्ल्याम्मै ढले यसरी जसरी ढले मेरा देशका भीमसेनस्तम्भ तै पनि होंचो भएन र ढलेन कहिल्यै मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो नहरायो कहिल्यै मभित्र देश सिउने सियो अझै म बाँचिरहेछु यसरी जसरी बाँचिरहेछन् निसासिएर मुढाले थिचिएका पहेंला निरीह दूबोहरूझैँ । ए कानहरू हो ! किन सुन्दैनौ हँ ? चिहानबाट आएका शहीदहरूका आवाजहरू ए आँखाहरू हो ! किन देख्दैनौ हँ ? शहीदहरूका छातीका आलो घाउबाट बगेका रगतका अरुण र कर्णालीहरू ए बरफहरू हो ! किन पोल्दैन हँ ? तिमीहरूका छाती मेरोझैं स्वाभिमानको आगोले ? उन्मुक्त नभएरै हो बहिरा पर्खालहरूमा हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले हिंजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू आज मेरो पालो रेटिने तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम हो, निभाइने छ घाम झ्याप्पै म निभेपछि । साँच्चै भनुँ, आफ्नै देशमाथिको खुला आकाश पनि मलाई पिजडाजस्तै लाग्छ पिजडाभित्रको स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ? महोत्तरी, गौशाला न. पा. १ #राजुबाबु श्रेष्ठ सागर धरा: सुन्दर देखिएकी छिन् बसुधा झनझन, गाढा नीलो रंगमा रंगिएका छन् गगन । बर्सन्छ आकाशबाट नीर घरिघरि, वृक्षका हाँगामा रमाइरहेछन पंक्षी पनि । ओहो ! कहाँ हरायो आज कोलाहल, कता बिलायो मानिसको बोलाबोल ? जसले आफ्नै हैकम देखाउँथ्यो सदा, खै आज लुकेर बसेको छ ऊ कता ? यही सोचेर दंग भएका छन प्राणी सारा, उल्लासमा बहिरहेको छ स्वच्छसफा हावा। हेर ! बाहिर छाएको छ रंगीन वसन्त, मानिस डराएको छ हुन्छ कि भनी अन्त्य । यी धर्ती होइनन मानवकी सम्पति, सुखी हुन सक्दैनौँ हामी नासेर प्रकृति । यही नै सिकाइरहेकी छिन जननी धरा, बुझेर मनन गर्ने भैसकेको छ अब बेला । #उषा रश्मी पाण्डेय बर्माको जीवित नेपाली भाषा: २०५३ सालतिरको कुरो हो । त्यतिबेला नेपालको पूर्वी भागमा निकै खैलाबैला थियो । भुटानबाट नेपाल आएका भुटानीहरू छ्याप्छ्याप्ती पाइन्थे । आफ्नो देशमा भाँडभैलो भएपछि उनीहरू नेपालतिर पसेका थिए । केही दिन अगाडि बिराटनगर पुग्नुभएका मेरो गाउँले नाता पर्ने दाइसँग एकजना भुटानीको कुराकानी भएछ, उहाँ बिराटनगरबाट फर्केपछि आश्चर्य मान्दै मलाई सुनाउनु भयो । “भाइ ! भुटानीहरू त हामीजस्तै नेपाली प्रष्टै बोल्दा रहेछन् ।” म केही बोलिनँ । ट्वाल्ल परेर हेरिरहेँ । २४ वर्षपछि यस्तै आशयको अर्को संवाद फेरि मेरो कानमा पर्\u200dयो । जब म २०७६ साल कार्तिकमा बर्माबाट फर्केर नेपाल आएँ, एक जना भाइले मलाई सोधे– “दाइ ! बर्मामा बस्ने नेपालीहरूले नेपाली भाषा बुझ्छन् ?” “किन नबुझ्ने ? राम्रोसँग बुझ्छन्, लेख्छन् अनि पढ्छन् पनि,” मैले उनलाई उत्तर दिएँ । वास्तवमा मैले भुटानी र बर्मेलीको कुरो केवल नेपाली भाषासँग मात्र उठाउन खोजेको होइन । उनीहरूले जीवित राखेका शब्दहरू र शब्दहरूको अर्थसँग हो । नेपालमा कुनै शब्दहरू मरिसके भने कुनै शब्दको अर्थ नै अर्को लाग्छ तर बर्मा र भुटानमा न त्यसको स्वरूप फेरिएको छ न अर्थ नै । उनीहरू त्यही पुरानो शब्द नै प्रयोग गरिरहेका छन् । बरु बर्मेली र भुटानीहरूले बोलेको ती शब्दहरू नेपालीलाई चाहिं हाँसो लाग्ला वा अनौठो लाग्ला । विषय प्रसङ्ग शुरु गरौं– बर्मामा जीवित रहेका नेपाली शब्दहरूबाट । २०७६ साल असोजको अन्तिम हप्ता । म नेपालबाट बर्मा जाने क्रममा बैंककमा अर्को जहाज फेर्नपर्ने हुन्छ । एयरपोर्टमा ‘सीताराम’ भाइसँग भेट हुन्छ । हुन त उनले आफ्नो नाम ‘सीथाराम’ भनेका थिए, मैले नै उनलाई ‘सीथाराम’ होइन ‘सीताराम’ हो भनेपछि पनि उनले आफ्नो नाम भविष्यमा सुधार गर्छन् जस्तो लाग्दैन किनकि उनको जिब्रो दह्रो भइसकेको छ । उनलाई भेटेपछि म जसरी उत्साहित भएको छु त्यति नै उनी पनि । उनलाई नेपालबारे धेरै चासो छ, त्योभन्दा बढी मलाई बर्मामा बस्ने नेपालीहरूबारे । जहाज उड्ने समय निकै बाँकी छ । शुरुमा हाम्रो गफ बुझ्ने यात्री त्यति छैनन् तर अहिले फाट्ट–फुट्ट थपिँदै छन् अनि उनीहरूको आँखा हामीतिर छ । म अड्कल काटिरहेको छु, तिनीहरू बर्मेली–नेपाली हुन् तर हाम्रो ध्यान तिनीहरूतिर जाँदैन । “थाइल्याण्डमा के गर्दै हुनुहुन्छ ?” म सीतारामलाई सोध्छु । “पसलमा काम गर्छु । श्रीमती र बच्चालाई छोडेर आएको । दशैँमा माता–पिताको हातको टीका लगाउनासाथ फर्किनु पर्छ । नत्र साहु रिसाउँछ,” उनी लामो उत्तर दिन्छन् । उनको कलिलो चेहेरा, नरम दाह्री–जुँगा अनि अपरिपक्व बोलीप्रति मेरो प्रश्न उब्जिन्छ र सोध्छु– “बच्चा पनि छ भन्नुहुन्छ, तपाईंको उमेर कति भयो ?” “बीस तीन ।” “कति हो ‘बीस तीन’ भनेको ?” ”‘तेइस’ हो,” उनी अनकनाउँदै उत्तर दिन्छन् । म अड्कल काट्छु, उनलाई तेइस भन्न निकै गाह्रो भएको छ । उनीप्रति मेरो जिज्ञासा बढ्दै जान्छ । तेइस भन्न धेरै गह्रौँ भएको छ । म उनलाई प्रश्न सोध्दै जान्छु । उनी पनि रमाई–रमाई उत्तर दिइरहेका छन् । “थाइल्याण्डमा केको पसलमा काम गर्नुहुन्छ ?” म सोध्छु । “फनाको ।” “के हो ‘फना’ भनेको ?” “चप्पल हो । थरीथरीका चप्पल, जुत्ता पाइन्छ ।” “कतिको चल्छ फनाको पसल थाइल्याण्डमा ?” म फेरि सोध्छु । “‘लादी’ चल्छ हो ! सिजनमा त ग्राहक तह नलगाई हुन्छ, टिना–टिन ।” “बर्मामा काम नभएर त होला नि ! थाइल्याण्ड आउनु परेको कामको लागि,” म अर्कोतिर प्रसंग जोड्छु । “मिलीटरीले ‘समातेर’ हो बर्मा त्यस्तो भएको । नत्र त थाइल्याण्डभन्दा विकास हुन्थ्यो । अब त आङ्गसाङ्ग सूची दिदी ‘चढेकी’ छन् । बर्मामा पनि विकास होला ।” म उनको शब्दले मुसुमुसु हाँस्छु तर केही बोल्दिनँ । “तपाईंलाई नेपाल जान मन छैन ?” म सोध्छु । “किन नहुनु ! जान मन छ नि ! मेरो हजुरबाले पनि धेरै पहिले नेपाल फर्कने भनेर ‘चढाउनु’ भएको थियो अरे फेरि ‘निकाल्नु’ भएछ । अब गएर के गर्नु ? कोही चिनेको छैन ।” त्यतिबेलै जहाजभित्र पस्न समय हुन्छ । हामीहरू दुवै जना लाइन उभिन पुग्छौं । + + + म रंगुन विमानस्थलमा ओर्लन्छु र अध्यागमनको काम सकेर बाहिर निस्किन्छु । बाहिर ट्याक्सी ड्राइभरहरू मलाई घेरा हाल्न आइपुग्छन् । उनीहरूको प्याट्टपुट्ट अंग्रेजी बोलीले मलाई भाषाको समस्या पर्दैन । एउटा ट्याक्सी ड्राइभरले मलाई सोध्छ– “मेरो ट्याक्सी खाली छ, सर कहाँ पुग्ने हो ?” तर मलाई थाहा छैन, म कहाँ पुग्ने ! मलाई त्यो पनि थाहा छैन, कति भाडा लाग्छ र कति समय । म तत्काल, पहिलेको सल्लाह अनुसार शंकरजीलाई फोन लगाउँछु र आफू एयरपोर्टमा झरिसकेको कुरो अवगत गराउँछु । मलाई शंकरजीले आफ्नो घरको ठेगाना त बताउनु हुन्छ तर ट्याक्सी ड्राइभरलाई मैले बताउन नसक्ने भएर होला शंकरजी र ट्याक्सी ड्राइभरबीच पनि सोझै कुराकानी हुन्छ । म ट्याक्सीमा चढ्छु । हाम्रो ट्याक्सी रंगुन शहरभित्र खस्छ । सफा बाटो । बिहानका पातलो ट्राफिक– केहीबेरमा नै ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सी सडकको छेउमा रोक्छ र मलाई भन्छ– “ल सर ! तपाईंको साथीको घर यही हो । तपाईं यही ओर्लनुहोस् ।” म १० हजार च्याट बुझाएर ट्याक्सीबाट बाहिर निस्किन्छु र सडक छेउ ठिङ्ग उभिन्छु । केहीबेरपछि सेतो–कोठे लुङ्गी लगाएका एउटा युवक पल्याक–पुलुक हेर्दै मेरो नजिक देखा पर्दछन् । उनी कहिले मलाई हेर्छन् कहिले मेरो झोलालाई । म उनलाई अन्दाजको भरमा प्रश्न गर्छु । “भाइ नेपाली हो ?” “हो ! म हजुरलाई लिन आएको । मामा (शंकरजी) बाहिर जानु भएको छ । माथि जाऔं,” भन्दै उनी अगाडि अगाडि हिँड्छन् म उनको पछाडि पछाडि झोला झुण्ड्याउँदै अगाडि बढ्छु । र, उनीसँगै लिफ्ट चढेर घरको नवौँ तलामा पुग्छु । ती युवक मलाई घरभित्र हुलेर आफ्नो कोठातिर जान्छन् म एक्लै बैठक कोठामा झोला झुण्ड्याएर उभिइरहन्छु । अलिकति त्यहाँ भाषा कुरो नमिलेको हुनसक्छ वा ती युवक अलिकति लजालु स्वाभावका पनि थिए । म धेरैवेर नै उभिइरहन्छु । त्यो उनलाई थाहा हुन्छ । उनी हत्तपत्त म नजिक आएर बोल्छन् । “झोला त्यही ‘खसाल्नुहोस्’ र तपाईंमा सोफामा बस्दै गर्नुहोस् म अहिले भित्र लगेर राखिदिन्छु ।” म मनभनै प्रश्न गर्छु– झोला “खसाल्ने” हो कि “राख्ने ?” + + + बर्माको लोखुमा रहेको शारदा संस्कृत विश्वविद्यालय वरिपरि थुप्रै नेपालीहरूको गाउँ छन् त्यही गाउँहरुमध्ये एउटा गाउँ हो– धारापानी । म संस्कृत विद्यालयका सहसचिव मनबहादुर खनालसँग मोटरसाइकलमा धारापानी पुग्छु र दिनभरि त्यतै बिताउँछु । साँझ परेपछि हामी दुवै जना त्यहाँबाट मोटरसाइकलमा नै फर्किन्छौं । फर्किंदै गर्दा बाटोमा अर्का नेपाली शुकदेवसँग हाम्रो भेट हुन्छ । केहीबेरको छलफलपछि म मनबहादुर खनालजीसँग नभई शुकदेवको मोटरसाइकल फर्कन पर्ने हुन्छ । म उनको मोटर साइकलमा चढ्छु । सुनसान सडक, दायाँ–बायाँ बाक्लो मकैको बारी हामी अगाडि बढिरहेको बेला एक्कासि शुकदेवजी वा फोनको घण्टी बज्छ । शुकदेवजीलाई मोटरसाइकल हाँकिरहेको बेला फोनमा कुरा गर्ने बानी छैन । उहाँ हत्तपत्त मोटरसाइकललाई सडकछेउ रोक्नुहुन्छ र कुरा गर्न थाल्नुहुन्छ । म पनि मोटर साइकलको आड लागेर उभिन्छु । मैले नचाहेर पनि शुकदेवको फोनको गफ मेरो कानमा पर्न बाध्य छ । म सुनिरहेको हुन्छ– “हो ! हो ! मैले तिमीलाई फोन गरेको थिएँ,” शुकदेव बोल्न थाल्नुभयो । “किन ?” उताको प्रश्न । “मैले छोरीलाई फोन ‘हानेँ’ उनले फोन ‘समातिनन्’ । मलाई रामचन्द्रको फोन नम्बर चाहिएको छ, त्यो नम्बर मलाई ‘हाली’ दिनु है ! समय मिल्यो भने म अहिले तिम्रो घर ‘घुस्छु’ तिमीलाई मौका ‘लाग्छ’ भने मेरै घरतिर ‘घुसे’ पनि हुन्छ । अहिले मेरो फोनको ‘ताकत’ सकिन लागेको छ, पछि गफ गरौंला ।” मनमनै सोच्छु– “अहो ! कस्तो अठ्मिल्दो भाषा हो यो ! नेपालीलाई नेपाली बुझ्नै गाह्रो !” फोन गरेपछि शुकदेवले फोन पट्याउनु हुन्छ अनि मोटरसाइकल चलाउन थाल्नुहुन्छ । म संस्कृत विश्वविद्यालयको छात्रावाससम्म मोटरसाइकलमा आउँछ । + + + बर्माको राजधानी रंगुनबाट लोखु पुग्नुभन्दा अगाडि एउटा सानो बजार आउँछ– तौंजे । त्यो बजारमा मैले आधा दिन जति बिताएको छु । चोकैमा एउटा ठूलो घर छ– खनाल बाजेको । खनाल बाजेको छोरा–नातीहरूको मकैको थोक व्यापार छ । स्थानीय किसानबाट मकै संकलन गर्ने र चीनसम्म पुर्\u200dयाउने उहाँका पेशा हो । खनाल बाजेसँग मैले लामै छलफल गरेको छु । छलफलको क्रममा उहाँलाई म सोध्छु– “तपाईंका पुर्खा नेपालको कुन ठाउँबाट, कहिले आएका रहेछन् <” “खै ! बाबु कता हो ? बुटबलबाट ४ दिन लाग्थ्यो अरे– गुल्मी जिल्ला । म गएको छैन । हजुरबा आउनु भएको । पहाडको ठाउँ, खान र लाउनको समस्या । अरूको साथ लागेर बर्मा घुस्नु भएछ । विवाह भएको अर्को वर्ष । बर्मामा पनि टिक्न सक्नु भएनछ । चोरी–डकैती लागेछन् । दुई–तीन वर्षपछि नेपाल नै फर्किनु भएछ । तर घर नपुग्दै बाटैमा थाहा भएछ, श्रीमतीले खुट्टा छोडिन् ।” “के हो यो ‘खुट्टा छोडिन’ भनेको” म बीचै सोध्छु– “पोइल हिँडिछन् ।” म मनभनै सोच्छु– “कस्तो कहिल्यै नसुनेको शब्द !” खनाल बाजे आफ्नो कुरा बोलिरहेका हुन्छन्– “श्रीमतीले खुट्टा छोडेको सुनेपछि बूढा फेरि बर्मा नै फर्केछन् । यो सृष्टि सबै उहाँकै हो ।” म उहाँलाई फेरि अर्को प्रश्न सोध्छु– “तपाईं त बर्मामा नै जन्मनु भयो, हुर्कनुभयो । कस्तो लाग्छ पहिला र अहिलेको नेपाली समाज” ? उनका मुखबाट निराश शब्दहरू निस्किन्छन्– “कस्तो लाग्छ भन्नु ! पहिले धोती–पाटो नफेरी भान्सामा जान पाइँदैनथ्यो । सासु–बुहारी पनि चोलो ‘छोडाएर’ नै भोजन गर्थे । आज कहाँ त्यस्तो छ र ? सबैका घरमा टेबुल–कुर्सी छन् । सबैको हातमा मोबाइल छ ।” म मनमनै प्रश्न गर्छु– “चोलो छोडाएर कि चोलो फुकाएर !” + + + बर्माको अर्को शहर नाउँछोमा म तीन दिन बस्छु । नेपालीको स्वामित्वमा रहेको धर्मशालामा नै मेरो रात बितेको हुन्छ भने दिनभरि नेपालीकै घर–आँगन घुमिरहेको हुन्छु । मेरो साथमा थुप्रै नेपालीहरू छन् तर पनि धेरैजसो मसँग इन्द्रबहादुर पाण्डे नै हुनुहुन्छ । अग्लो कद, हँसिलो अनुहार अनि स्थानीय संस्कृत विश्वविद्यालयको सचिव । सायद उहाँको मित्रतापूर्ण वातावरणले नै होला मैले कहिल्यै नियास्रो मानिनँ । कहिल्यै एक्लोपन भएन । धेरैजसो उहाँले आफ्नो मोटरमा घुमाए पनि म आफैँ पनि एक्लै शहर घुमिरहेको हुन्छु । नाउछो शहरमा थुप्रै नेपालीहरूको व्यवसाय छ । कपडाको दोकान, फेन्सी पसल, साइकल मर्मत, चिया पसल नेपालीको स्वामित्वमा छ । अर्को गौरवको कुरा शहरको निकै पायक पर्ने ठाउँमा देवी पाञ्चायनको मन्दिर छ । अनि देवी पाञ्चायन मन्दिरको अर्को छेउमा नेपालीको आफ्नो कार्यालय समेत छ । आश्चर्य त मलाई लाग्छ कि ! देवी पाञ्चायनको मन्दिर सडक थिचिएर बनेको पाउँछु । अन्य घरहरूभन्दा देवी मन्दिर सडकतिर च्यापिएर बनेको हुन्छ । सँगै हिँड्नुभएका इन्द्रबहादुरजीलाई म सोध्छु । “देवी मन्दिरले सडक मिचेको त छैन ? सडकतिर आएको जस्तो लाग्छ ।” उहाँको सामान्य बोलीमा उत्तर आउँछ– “हो सर ! सडकलाई यो मन्दिरको पालीले च्यापेको छ । सडक बढाएको खण्डमा भत्काउने ‘कायलनामा’ गरेर नै यो मन्दिरको बाली थपेका हौँ ।” म मनमने सोच्छु– “कायलनामा कि कबुलियतनामा ।” + + + बर्माको पूर्वी पहाडी भागमा रहेको अर्को शहर हो– टाउजी । पहाडै पहाडमा अवस्थित भएर यसको नाम टाउजी रहेको हो । बर्मेली भाषामा टाउसीको अर्थ हुन्छ– ठूलो पहाड । यहाँ पनि नेपालीको आवादी बाक्लो छ । शहरको बीचैमा बडेमानको मन्दिर छ । यो मन्दिर परिसरमा साना–तिना कार्यक्रमहरू दैनिकजसो हुन्छन् । यो शहरमा नेपालीका साना–तिना पसलदेखि थुप्रै थोक व्यापार पनि छन् । एकदिन दुई–तीन घण्टा जति एउटा नेपालीको एउटा हार्डवेयर दोकानमा समय बिताउँछु । त्यो हार्डवेयर दोकानमा साहुबाहेक अन्य एकजना कर्मचारी पनि छन् जो नेपाली नै हुन् । भाषा एउटै, चालचलन एउटै अनि पूर्वज पनि एउटै भएर होला साधारणतयाः नेपालीले नेपाली नै कर्मचारी राखेकोमा आफूलाई सुरक्षित महसुस गर्छन् । विशेषतः मेरो गफ तिनै नेपाली कर्मचारीसँग हुन्छ । गफको क्रम जोड्दै म उनलाई सोध्छु– “यहाँ, व्यापार गरेर बस्ने नेपालीहरू थुप्रै छन् हगि !” “छन् सर !” “के केको व्यापार छ नेपालीको ?” “सबै थोकको छ । फोनको व्यापार छ । हार्डवेयरको छ । खाद्यान्नको छ, माटोको खरीद–बिक्रीको छ ।” “के हो यो माटोको खरीद–बिक्री भनेको ?” उनीले मेरो प्रश्नको उत्तर दिन नसकेर होला बोल्दै जान्छन् । “आजकल माटोको खरीद–बिक्री अलि ठण्डा छ ।” म आफैँ बुझ्ने कोशिश गर्छु– “आजकल जग्गाको खरीद–बिक्री अलि सुस्त छ ।” त्यसो त बर्मामा मेरो बसाई जति लम्बिदै जान्छ, त्यति नै म डराउन थाल्छु । भाषाले मलाई तर्साउन थाल्छ । जसरी म बर्मेलीले बोलेको नेपाली भाषा सुनेर हाँसेको छु । मलाई नौलो लागेको छ, कहिले रमाइलो पनि लागेको छ तर कतै मेरो बोली सुनेर उनीहरू हाँसेका त छैनन् ! मलाई उनीहरूले खिस्सी गरेका त छैनन् ! पक्कै मेरो भाषा पनि उनीहरूलाई अनौठो लागेको होला ! मृत्युको सम्मुखबाट जीवनको सन्देश: तिमीलाई भेटिपछि मलाई जिन्दगीका भूलहरू सच्याउन मन लागेको छ । ٭٭٭ सप्रेम स्वीकारेपछि पीडा पनि खुसी बन्दो रहेछ दुःख पनि साथी हुँदै रहेछ ٭٭٭ सबै आगो जलाउनका लागि मात्र हुँदैनन् जल्नु र जलाउनुको प्राप्ति केवल खरानी हो ٭٭٭ जीवनको शाश्वत सौन्दर्य तात्नु र सेलाउनुमा होइन बलिरहनुमा छ उज्यालो छरिरहनुमा छ उमेरको आँधीबेहरीमा ननिभ्ने दियोलाई म जीवन भन्छु ٭٭٭ तरबार हो तिम्रो हेराइ झिम्कियो परेली कि म छिनिहालेँ ٭٭٭ सम्बन्ध फेरिँदैमा के दुःखको अनुहार फेरिएको छ र? दुःख पनि फिका र गाढा हुँदो रहेछ ٭٭٭ मान्छे नाङ्गिन किन साँझ रोज्छ सधैँ र रोज्छ त्योभन्दा गहिरो रात ٭٭٭ मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर ٭٭٭ जीवनभन्दा शाश्वत रङ र दुःखभन्दा कालजयी चित्र अहँ, अरू हुँदै हुँदैन रहेछ ٭٭٭ यी हरफ हुन् कवि मणि लोहनीका, उनको पछिल्लो कवितासङ्ग्रह “मृत्युको अघिल्तिर” मा सँगालिएका विभिन्न कविताबाट टिपिएका । यसभन्दा पनि अघि, २०६२ सालमा प्रकाशित उनको “मलामी साँझ” को सन्दुक खोल्ने हो भने पनि चाङका चाङ भेटिन्छन् यस्तै प्रेमिल, हृदयस्पर्शी र मस्ष्किभेदी सूक्तिहरू, जसले मणि लोहनीलाई समकालीन युवा कविहरूमा एउटा छुटाउनै नहुने नाम बनाइदिएका छन् । बेलायती कवि मिथ्यू आर्नोल्डले जुन कुरालाई टचस्टोन अर्थात् कसी माने, सायद यस्तै यस्तै हरफ भएका कवितालाई हुनुपर्छ । हामी कविताको वृत्तमा काम गर्नेहरूका अगाडि पनि मानक, कसी वा उदाहरण उद्धृत गरिरहनुपर्ने समय आइरहन्छ । र त्यस्तो मोडमा हाम्रो डुङ्गा तार्ने हरफ पनि यस्तै यस्तै नै हुने गर्छन् । अखिर, जति जुग, र जतिपल्ट भनिरहे पनि “मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर” भन्नेजस्ता हरफहरू कहिले पुराना हुनु? कहिले अमानक हुनु ? कवि मणि लोहनी पेसाले पत्रकार भएपनि हृदयले कवि हुन् । उनको कबिर दुई दशक लामो कवितायात्रामा उनले सधैँ अग्रज र माझिएका कविहरूको सान्धित्य रोजे । सधैँ आफ्नै वयका भए पनि अब्बल र निर्भीक कविहरूको सङ्गत रोझेँ । आफूलाई कविताकै काम र कार्यक्रमहरूमा जोडिरहे, र आफ्ना लागि सधैँ कविताको एउटा अव्यक्त र अघोषित स्कुल खडा गरिरहे । कलाकारहरूसँग बसे, कला खिपिरहे । फलस्वरूप, सकमालीन नेपाली कविताको क्यान्भासमा आफैँलाई एउटा अपरिहार्य र गाढा रङ बनाउन सफल भए । २०७६ मा छापिएको कवितासङ्ग्रह हो “मृत्युको अघिल्तिर” । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । सङ्ग्रहित बत्तीस कवितालाई तीन खण्डमा विभाजित गरिएको छ— देशका नाममा, प्रेमको लय र जीवनको उज्यालो । यी खण्डहरूमा प्रवेश गर्नु र कवि मणि लोहनीको जीवनदृष्टिबारे लेख्नुअघि उनको कलाकारिताका केही पक्षको चर्चा गर्नु मनासिब ठान्छु । मणि लोहनीभित्रको कविताशल्पी माथि उल्लेख गरिएजस्ता सूक्तिहरूको अविष्कारमा विश्वास राख्दछ । आखिर, कविता जति लामा लेखे पनि र तिनमा भावनाको जति नै शक्तिशाली उभार थुपारे पनि पाठकले अन्ततोगत्वा हृदयको सन्दुकमा राख्ने यिनै सूक्ति हुन् । यी बिना कविताको आयु लामो हुन सक्दैन, र कविता एक पाठ वा एक वाचनपछि स्वतः मरेर जान्छ । मणि लोहनीलाई यो जोखिम थाह छ । त्यसैले उनी, आफ्ना कविताको अन्तर्यमा कहीँ न कहीँ, समयको पर्खाल चिरेर माथि उठ्ने पीपलहरू उमार्छन् । उनको अर्को खुबी भनेको अतिप्रयोगबाट खुइलिँदै गएका र अर्थको ह्रास खेप्दै गएका बिम्व, प्रतीक वा उपमाको प्रयोगबाट निवृत्ति लिँदै, एक साधकलके जस्तो नयाँ र रोमाञ्चकारी उपमाको खोजी गर्नु हो । उदारहणका लागि, उनले कवितामा प्रयोग गरेका यी विम्ब, प्रतीक र उपमाहरूलाई हेरौँः हस्तरेखाजस्तो आफैँमा टाँसिएको गरिबी (गणतन्त्र नेपाल) मानिसको उत्खननको प्रयास गरिरहेका तमाम सपनाहरू (परिचयको खोजी) बन्द ढोकाको सम्यक साक्षीजस्तो तिमीले ओडिरहेको पछ्यौरीसँग डर लाग्छ मलाई (सम्यक साक्षी) मान्छेहरूलाई धैर्य सिकाउने त्यो चौतारो (मृत्युको पहिरो) अँजुलीमा लिएको पानीजस्तो थाहै भएन कुन बेला सकिएछ उमेर ! (इच्छामृत्यु) टिनएज केटाको ओठमा बलजफ्ती झुन्डिएको राष्ट्रिय गानको कुनै हरफजस्तै आधा भत्किसकेको घर (जन्म उत्सव) माथि उल्लेखित तीन खण्डमा पहिलो हो “देशको नाममा” । यस खण्डमा २०५९ देखि २०७२ भित्र लेखिएका आठ कविता छन् । नेपालमा यो समय खण्ड भनेको गणतन्त्रको माग बुलन्द भएको, शान्ति सम्झौता भएको, दोस्रो जनआन्दोलन भएको, राजतन्त्र फालिएर गणतन्त्र भित्रिएको, संविधानसभाको चुनाव भएको, नयाँ संविधान लेखिएको र भूकम्पले देश थिलथिलो भएको समय हो । यस समयमा जवान भएको कुनै कविले कविता लेख्नु, र त्यो कविता देश र राजनीतिको छायाबाट पृथक हुनु असम्भव नै छ । कवि मणि लोहनी पनि त्यस बेला जवानीको मध्यधारमा आफैँलाई हेलिरहेको एक उत्साही, संवेदनशील र स्वतन्त्रताप्रेमी पत्रकार र कवि भएकाले, यस समयका उनका कवितामा देश र राजनीतिको प्रभाव पर्नु स्वाभाविक हो । त्यसैले, यस खण्डका उनका कवितामा एकताको अपिल, विभाजनको विरोध, स्वतन्त्रताको खोजी, सरकारको विरोध, परिचयको खोजी, तीता समाचार, शिशु गणतन्त्रको भविष्य, भूकम्पको कहर आदि विषय समेटेका छन् । यस खण्डका कविता अखबारी विषयबाट बढी प्रभावित छन्, र यस समयका धेरैजसो कवि र आम नागरिकले भन्दै ल्याएको विषयलाई काव्यिक भाषामा भनिएको छ । त्यसैले शिल्पपक्षमा सुन्दर भए पनि यस खण्डका कविता कथ्यपक्षका हिसाबले मौलिक लाग्दैनन् । यिनको लम्बाइका कारण पनि पुनरावृत्ति दोष यी कवितामा थुप्रै भेटिन्छ । यिनमा मणि लोहनीभित्रको पत्रकार बढी हावी भएको पाइन्छ । दोस्रो खण्ड, “प्रेमको लय” कवि मणि लोहनीको पेटेस्ट लयले पुलकित छ । २०५५ देखि २०७२ सम्ममा यी कवितालाई बढो सचेतताका साथि राजनीतिबाट जोगाएर समायातीत बनाउने कोशिस गरिएको छ । यसमा सङ्ग्रहित तेह्र कोमल, हृदयसंवेद्य र जीवनबोधी कवितामा जताततै कवि मणि लोहनीको स्वभाव भेटिन्छ । धेरैजस्तो कविता एउटा रिक्तताबाट उठेका छन् — कोही छुट्नुबाट, केही गुम्नुबाट, मृत्युको आभासबाट, एकाकीपनबाट, प्रेमको अभावबाट अथवा यस्तो कुनै विसङ्गत समयबाट, जसलाई सबैभन्दा टडकारो कुनै सङ्गति चाहिएको छ । कुनै उज्यालो चाहिएको छ । “जीवनको रित” र “छोडेर जानेलाई” मूलतः विछोडकै पृष्ठभूमिमा उभिएका कविता हुन् । सँधै सँगै हुन नसक्नुको यथार्थलाई सामान्यीकृत गरिएको छ, र सहयात्रा, कुनै न कुनै मोडमा पुगेर सिद्धिनुको नियतिलाई स्वीकार गरिएको छ । तिक्त हो, तर यो स्वीकारोक्ति सत्य पनि हो । “सम्यक साक्षी” मा कृत्रिमताको बर्कोले छोपेका सबै रहस्य उदाङ्गो पारेर गरिने प्रेमको अनुभूति समेटिएको छ भने “प्रेमको कन्फेसन” मा हराएको प्रेमको लय पुनः भेट्टाउनु, र त्यसैमा एकाकार भएर बाँच्नुको सौन्दर्य प्रस्तुत गरिएको छ । “सम्बन्धको पाठशाला” यसै खण्डभित्रको अर्को सुन्दर कविता हो, जसमा प्रेमलाई उज्यालो र ज्ञानोदयको श्रोत मानिएको छ । कवि वर्सवर्थले प्रेमीमा साथी, गुरु र दार्शनिक सबै देखेजस्तो कवि मणि आफ्नो प्रेमलाई सम्बन्धका सबै पक्षको पाठशाला देख्छन् । कवितामा व्यक्त यस्तो विचारले सम्बन्धहरूलाई निधिको रूपमा स्वीकार्न र बचाएर राख्न प्रेरित गर्दछ । क्षणिक आवेगको अगोमा सबै सम्बन्धका मृदु मुनाहरू जलाइदिने प्रवृत्तिलाई निरुत्साहित गरिदिन्छ । “साँझहरू” कविताको स्वरूपमा एउटा रोमाञ्च हो । फगत एघार हरफमा भ्रम र मृगतृष्णाको महाकाव्य समेटिएको छ । पानीमा हल्लिरहेको चन्द्रमा समाउन खोज्नु, र कसैको मस्त जोवनलाई अवरुद्ध पार्न खोज्नुको निरर्थकता यस कविताको मूल कथ्य हो । कविताले कलेरिजको “कुब्ला खाँ” को याद दिलाउँछ, जसमा बाहिर घाम लागेको छ, भित्र बरफका भित्ताहरू छन्, र त्यहाँबाट हेर्दा बग्दै गरेको आल्फ नदीमा त्यस दरबारको छाया ढलपल ढलपल गरिरहन्छ, र क्षणभङ्गुरताको आवाज सुनाइरहन्छ । यसै खण्डमा छ उनको अर्को कविता “प्रेम शास्त्र” जुन्, कविताको बुनोटको दृष्टिले, यसको घनत्वको दृष्टिले, कलापक्षको दृष्टिले र कथ्य पक्षको दृष्टिले, कमसेकम मेरो दृष्टिमा यस सङ्ग्रहको उत्कृष्टतम कविता हो, र एक वल्र्ड–क्लास कविता हो । प्रेमको वास्तविक अर्थ शारीरिक अनुभूतिभन्दा धेरै माथि, जीवन र ज्योतिको अविष्कारमा गएर पुलकित हुन्छ भन्ने कथ्य बोकेको यो कविता एउटा समाधिको छेउछाउको ज्ञानबोधजस्तो लाग्छ । यस कवितामा कवि लोहनी सदैव बाँचिरहनेछन् । यसै खण्डका अन्य कवितामा “हृदयको सन्दुक” द्वन्दको समयमा हुर्कन खोजेको एउटा असफल प्रेमको कथा बोकेर आएको छ । आफ्नै दाजुको कुनै साथी, सम्भवतः कुनै छापामारसँग प्रेममा रहेकी एक किशोरीको आपबिती हो यो कविता, जसमा आफ्नै दाइले मारिदिएपछि उक्त छापामार प्रेमी गुमाएर, अर्को मन नपरेको कुनै पुरुषसँग बिहे गर्न बाध्य भएको र बलात्कृत हुन अभिषप्त भएको दारूण यथार्थ लेखिएको छ । यसो हुँदा पनि, हृदयको सन्दुकमा लुकाइरहेको पूर्वप्रेमीको माया सुरक्षित रहेको जिकिरले अमर प्रेमको एउटा हठी, शाश्वत र दृढ स्वभाव उद्घाटित भएको छ । “जीवनको भीख” प्रेमका बलिष्ट ज्वारभाटाको अभिव्यक्ति हो भने “मृत्युको पहिरो” विविध द्वन्दहरूका बीच एक्लिँदै गएका प्रेमीहरूको एकान्तबोधको कथा हो । यस्तै रिक्तताको भाव “हामी कसैका पनि होइनौँ” शीर्षकको कवितामा पनि आएको छ, जसले, सारमा, हामी साथै भए पनि एक्ला नै हौँ भन्ने सत्य उद्घाटित गर्दछ । यस खण्डको अन्त्यमा राखिएको कविता हो “सम्झना साँझ” जसमा प्रेमीको अभावको पूर्ति खोज्दै ठमेलमा कोस्मेटिक र क्षणिक सुख खोज्न हिँडेको एउटा प्रेमीको मनोवाद प्रस्तुत गरिएको छ । ठमेलको रङ्गीचङ्गी भुलभुलैया तथा प्राकृतिक–अप्राकृतिक यौनक्रीडाका बीचमा कतै पनि आफूले खोजेको आत्मिक तृप्ति नपाएको स्वीकारोक्ति यस कवितामा छ । भनिएको छ, उमेरको आवेग र शारीरिक आकर्षणभन्दा पर मैले खोजेको जीवनको शाश्वत सौन्दर्य त तिमी रहेछौ तिम्रो अनुपस्थितिमा सधैँ एकादेशको कथा बन्छ समय । मणि लोहनीको पेटेन्ट शैलीका भनिएका, यस दोस्रो खण्डका कविताले मणि लोहनी प्रेम र सम्बन्धका उस्ताद हुन् भन्ने कुरा स्थापित गर्दछ । सम्बन्धहरू, प्रेमका र बोछोडका तथा यिनैसँग गाँसिएर आउने मृदु आशाका, निराशाका, उत्साहका, विछोडका, रोमाञ्चका र तिक्तकताका सूक्ष्म र अति नै संवेदनशील तन्तुहरूमाथि उनीभित्रको कविको पकड ज्याद्रो छ । बाहिरको होहल्ला, समाचार, अखबार र घटनाका बासी कुराहरूको जगका बलात् बनाइने कवितामा भन्दा भित्री, अदृश्य, रुमानी र कोमल विषयहरूको रङमा घोलिएका उनका जीवनबोधी, सूक्तिमय र दार्शनिक कवितामा कवि मणि लोहनीको जादुगरी बढी कारगर छ । सङ्ग्रहको अन्तिम खण्ड हो “जीवनको उज्यालो”, जसभित्र एघार कविता समेटिका छन् । यस खण्डका कविताको हाँच दोस्रो खण्डका कविताको जस्तै रुमानी, अन्तरमुखी, हृदयसंवेद्य र भावप्रधान कविताकै हो, जसमा मणि लोहनीलाई महारथ प्राप्त छ । यसमा समेटिएका धेरैजसो कविता मृत्यु र पीडाबोधबाट अनुप्राणित छन्, तर पनि तिनी उज्यालोको पक्षमा छन्, सकारात्मकताको पक्षमा छन्, जीवनको पक्षमा छन् । शीर्षकैले पनि बताउँछ, “मृत्युको अघिल्तिर”, तथा “इच्छामृत्यु” त मृत्युकै बोधबाट अनुप्राणित कविता हुन् । पहिलोमा आफू कविता लेखेकै कारण वा प्रेम गरेकै कारण मारिने सङ्केतको पूर्वाभास पोखिएको छ, तर पनि कविता लेख्न र प्रेम गर्न नछोड्ने एउटा अव्यक्त अठोट कविताको अन्तर्यमा छ । यो एउटा कविको आन्दोलन हो, घोषणा हो । खण्डको उत्कृष्टतम कवितामध्येको एक “इच्छामृत्यु” मा, उमेर ढल्किएपछि आफूले खण्डखण्ड बाँचेको जीवनको निरर्थकताको बोध भएको छ कविलाई, र उनी अस्ताउँदै गरेको सूर्यसँग इच्छामृत्युको कामना गरिरहेका छन् । हृदयभेदी बिम्व, उपमा र सूक्तिले भरिएको यस कविताले प्रत्येक पाठकलाई आफूमा अन्तर्घुलत गराउने सामथ्र्य राख्दछ, र बितेर गएको निरर्थक र प्रमणहीन समयको बोध एक झटकामा गराउन सक्छ । यसै खण्डमा छ अर्को कविता “दर्शनढुङ्गा” जो कवि मणि लोहनीको काव्यिक पहिचान पनि बनिसकेको कविता हो । २०६३ मा लेखिएको, र लेखिएपछि निरन्तर रूपमा यात्रारत रहेको यो कविता मणि लोहनीको अर्को काव्यिक उत्कर्ष हो । यस कविताले सम्भवतः कुनै कवि वा कलाकारलाई सम्बोधन गर्छ, जसले आफू अभाव र विरोधाभासको बीचमा बाँचेर पनि कालजयी, स्थिर र जाज्वल्यवान् विचार, सूक्ति वा उज्यालो दिएर गएको छ । कवितामा दर्शनढुङ्गालाई जसरी एक रूपक अलङ्कारको रूपमा प्रयोग गरिएको छ, त्यसलाई दुई कोणबाट बुझ्न सकिन्छ । पहिलो, यसमा सम्बोधित सर्जकको सङ्घर्षको कठोरता दर्शनढुङ्गाजस्तै कठोर छ, र ती अभाव, दुःख र सङ्घर्षलाई दर्शन ढुङ्गा ठोकेजस्तै गरी ठोकेर उमार्नु छ, सिर्जनाको उज्यालो । दोस्रो, त्यो सर्जना आफैँ दर्शनढुङ्गा हो, जो कालातीत छ, उज्वल छ र प्रेरक छ । यसै कविताले, क्षेपकको रूपमा अनेक कवि, कलाकारहरूको सङ्घर्षकथा पनि बोकेको, जो यस्तै यस्तै अभाव खेपेर भोक, पीडा र रगतले दर्शनढुङ्गाजस्ता अक्षरहरू बनाउँछन्, जसको प्रयोग वा दुरूपयोग क्रान्तिकारीहरू, नेताहरू, प्रेमीहरू वा आम जनता गरिरहन्छन् । यो कविता ती सबै महानतम आत्माहरूप्रतिको कृतज्ञता हो, जसले आफू समिधा बनेर पनि संसारलाई उज्यालो नै दिएर गए । “जन्म उत्सव” यसै खण्डको अर्को कविता हो, जसमा जन्म उत्सवको उन्मादमा आमाको प्रसव बिर्सनेका लागि एउटा गतिलो झापड छ । कविताभरि कवि जन्मको उत्सवभन्दा पनि पच्चीस वर्षअघि आफूलाई जन्माउने आमाको पीडाबाट संवेदित छन् । क्षविक्षत बनिसकेको आफू जन्मेको गोठ र त्यसवरिपरि छरिएका सबै भग्न अवशेषहरूले आमाको, वेदनाको र प्रसवको सम्झना झल्झली बल्झाइदिएको छ । कवितामा सबै सबै छ, छैन त केवल “उत्सव” छैन । “उज्यालो दर्शन” मा पनि अनेक चिसो र अँध्यारोका बीचमा पनि आमा भएकै कारण सबैतिर उज्यालो, सपना, सफलता, खुसी, सम्बन्ध र एक निस्फिक्री यात्रा सम्भव भएको कुरा भनिएको छ । “धर्मध्वनि” को सार हो — मान्छे नभएको भए ईश्वर हुने थिएन, र मानिसले आफू चोइटिएर पनि ईश्वर बचाइरहेको छ । तर पनि अहम प्रश्न अर्को छ — के मानिस आफैँमा सङ्लो र सक्षम हुन सक्दैन? उत्तर कतै पनि छैन । सङ्लो र सक्षम ईश्वरको कल्पना र निर्माण दुवै गर्न सक्ने मान्छे आफू भने, खण्ड खण्ड, आफैँले बनाएको ईश्वरको शरणमा जान किन अभिषप्त छ ? “उज्यालो यात्रा” मा सार्थक जीवनको यात्राका लागि साहसको उपादेयतामाथि जोड लिइएको छ भने “डिलिट दुःख” डिजिटल समयका शब्दहरूसहित मान्छेको सबै दुःखको एकमुस्ट निवारणको कुनै जादूवी फोर्मुलाको संभावनाको कल्पना गरिएको छ । “एक आँखा संसार” मा कुनै सर्वशक्तिमान् “तिमी” को कल्पना गरिएको छ, जसका उघ्रिएका आँखाले जीवन र जगतमा सन्तुलन स्थापित गरिरहेको छ, र त्यस अपरिभाषित तिमीले आँखा चिम्लियो भने सबै लय भङ्ग हुने शंसय प्रकट गरिएको छ । यो अपरिभाषित तिमी प्रेमी हुन सक्छ, ईश्वर हुन सक्छ, श्रष्टिको परिचालक ऊर्जा हुन सक्छ अथवा उदात्त प्रकृति हुन सक्छ । यो पाठककै कल्पनामा छोडिदिएका छन् कविले । “शरीर योग” सङ्ग्रहको अन्तिम कविता हो, जसको तर्क हो, आफूलाई ध्यानदृष्टिले पढ्न सकियो भने आफ्नो पूर्णताको बोध सहजै गर्न सकिन्छ । अज्ञानताको जगबाट हेरियो भने अपूर्ण देखिन्छ । समग्र मूल्याङ्कनमा मणि लोहनीबारे केही कुरा स्पष्ट भन्न सकिन्छ । सो के भने, दुई दशकभन्दा लामो कवितासाधनापछि कवि मणि लोहनी आफ्नो काव्यिक उत्कर्षको अघिल्तिर उभिएका छन् । उनको कवितामा दर्शन र चिन्तनको एउटा दुर्लभ संयोग पाइन्छ, र कामेल अभिव्यक्तिका माध्यमबाट उनी आफूलाई प्रभावशाली ढङ्गबाट प्रस्तुत गर्न सक्छन् । समान्य लाग्ने तर कहिल्यै पनि नसोचिएका वा ध्यान नदिइएका यथार्थ उनी पस्किन्छन्, र धेरैबेर सोच्न बाध्य पारिरन्छन् । उनका कवितामा प्रेमै प्रेम छ, उज्यालो छ, धैर्य छ, समाता छ र सङ्गति छ । यो उनको विश्वदृष्टि हो । तर पनि, उत्कर्षतिरको यात्रामा जाने लञ्चपेडमा उभिएको कविले कुन र कस्तो गतिमा उडान भर्दा गन्तव्यमा पुगिन्छ, त्यो बुझ्नु नितान्त जरूरी छ । हाम्रो समयको एउटा लोभलाग्दो कवि काव्यिक उत्कर्षको हेलिपेडमा अवतरण गरेको चेर्न चाहनु हाम्रो सामूहिक स्वार्थ हो । त्यसैले केही मूल्याङ्कन र टिप्पणी वाञ्छनीय छन् । पहिलो, कवि मणि लोहनी हृदयका कवि हुन् । हृदयको पटबाट उनले जीवन, प्रेम र सम्बन्धहरूका तन्तुमा सङ्गीत भर्न सक्छन् । उनले यसै बाटोमा आफूलाई खोजिरहनु जरुरी देखिन्छ । पेसाले पत्रकार हुन्, त्यसैले समाचार, घटना, सरकार, नाराआदिले पनि उनलाई छुन्छ । तर, यी कुरा अरूले पनि लेखिरहेका छन् भनेर कतिपय भाव र तरङ्गहरूलाई कवि मणि लोहनीले छोड्न वा बिर्सन सक्नुपर्छ । यसो भनिरहँदा समय र राजनीतिमाथि कविता लेखिनु हुन्न भनिएको होइन । तर यस सङ्ग्रहको प्रथम खण्डमा आएका धेरैजसो कवितामा अखबारी कुरा, नारा र तात्कालीक आक्रोश बढी, र सूक्तिमयता, विम्बात्मक अभिव्यक्ति र घनत्वपूर्ण र जादुवी हरफ कम भेटिएको त पक्का हो । यो कवि मणि लोहनीको लोभ र कमजोरीको उपज हो । यस प्रकारका कवितामा उनको असली कवित्व खासै भेटिँदैन । यस्ता कवितामा जोखिम र विरोधाभास कसरी र कहाँ पुगेर आइदिन्छ, कहिलेकाहीँ थाहा पनि हुँदैन । उदाहरणमा हेरौँ “मानचित्रमा उभिएर” शीर्षकको कविता । आजको समय विविधताको उत्सव मनाउँदै एकतामा गाँसिनुपर्छ भन्ने छ, जब कि कविताले एकताका नाममा सबै विविधतालाई निषेध गरेको जस्तो लाग्छ । यसै पनि उत्तारआधुनिक समय विविधताको हो । यस दृष्टिले कविता पश्चगामी पनि छ । दोस्रो, हामीले पुज्ने मन्दिर, घुमाउने माने, भाक्ने देउराली र बुद्ध भेटेको गुम्बा “यही” हो भनिरहँदा, यति धेरै नाम, पन्थ र देवलायको नाम उल्लेखित भयो, जसले एक होइन “अनेक” को सङ्केत गर्दछ । अनेक भएरै त यति धेरै धर्म, भवगान् र देवालय बने, होइन र? र अर्को, नक्साभित्रका धर्का मेटाइदिए र सिमाना मेटाइदिने कुरा छ, जुन न सम्भव छ, न मान्य छ कसैलाई न नै व्यवहारिक छ । भावावेशमा कविले कठोर यथार्थको उपस्थितिलाई कसरी बिर्सन्छ, यो त्यसैको उदाहरण हो । हामीले, यी विविधता र अपरिहार्य र अनिवार्य विभाजन रेखाहरूको स्वीकाराक्तिसहति एकता, समता र सङ्गति खोज्नुको विकल्प छैन । यो एउटा उदाहरण मात्रै हो । विचारधारा, सिद्धान्त र विश्वासको वैविद्य भएको विषयमा कविताले तर्क गर्नुपर्ने हुन्छ । तर यो मेलो कवि मणि लोहनीको हो जस्तो देखिँदैन । अर्को कुरा, मणि लोहनीको क्षमताको कविले कविताको भाषालाई अत्यन्तै कम्पेक्ट, घनत्वपूर्ण र ओजिलो बनाउनु जरूरी देखिन्छ । उनले “प्रमेशास्त्र”, “दर्शनढुङ्गा” र “इच्छामृत्यु” र “साँझहरू” को जस्तो निखान अन्य कवितामा किन दिन सकेनन् ? यो उनैलाई थाह छ । उनका कविताको लम्बाइ पनि उनको दुस्मन हो । लामो बनाउने क्रममा पुनरावृत्ति दोष, व्याख्या, विश्लेषण र सपाट गद्यको गर्तका कविता फस्न सक्छ । यसै गर्नेहुँदा “सौन्दर्यको आकार” शीर्षकको कवितामा उनी आफ्ना मिल्ने कतिपय कवि साथीहरूको नाम कवितामा घुसार्नकै लागि घुसार्न पुगे । ती कवि त खुसी भए नै होला, तर यस्तो बलात् घुसपैठले कवितालाई पटक्कै न्याय गरेको देखिँदैन । कतिपय ठाउँमा कविले पाठकलाई विश्वास नगरेको, र विम्बहरूको अनावरण उनीहरू आफै गर्न सक्छन् भन्ने नठानेको पनि प्रतीत हुन्छ । पाठकको क्षमतामाथि विश्वास नगर्नु कविको कमजोरी हो । “साँझहरू” शीर्षकको कविताको मूल विषय भ्रम र क्षणभङ्गुरताको हो । यसमा कविले “तिम्रो मदमस्त यौवन र पानीमा हल्लिरहेको चन्द्रमा समात्न खोज्ने मेरो मूखर्ता दुवै उस्तै हुन्” भनिसकेपछि “भ्रमपूर्ण र क्षणभङ्भुर” भनेर व्याख्या किन गरे होलन्? कलेरिजले त कुब्ला खाँले आफ्नो दरबारको छाया आल्फ नदीमा ढलपल पलपढ देख्छु भनिरहँदा व्याख्या गरेनन् नि? अर्को, कतिपय कथनहरू सपाट र बेमेल लाग्छन् । उदाहरणका लागि “मृत्युको पहिरो” शीर्षकको कवितामा “मीतजस्ता सग्ला कुवा र ढुङ्गेधाराहरू” भनिएको छ । के सबै मित सधैँ सग्ला होलान्? “जन्म उत्सव” मा भिनएको छ, “गोठका भित्ताहरूमा प्रचलित सङ्गीतको कुनै धुनजस्तो,” जबकि गोठका “भित्ता” मा कुनै धुन प्रचलित हुने कुरा सटिक बस्दैन । पुस्तकमा भाषिक त्रुटि धेरै छन्, र सम्पादनपक्ष फितलो छ । “यहिबेला, शताब्दीऔँ, गुँरास, एकाङ्कीपन, धूवाँ, गहिराई, कमाई, हुल, गिनिपिक, रहश्य, आफूलाई” यस्ता त्रुटिका केही झलक हुन्, जो नहुनुपर्ने थियो । #महेश पौड्याल बस्तीबाट लखेटिदा: किसानको सन्तान हुँ म परिश्रम मेरो रगतमा छ मेरो लागि हिँड्नु कुनै ठूलो कुरो होइन । जसरी तिम्रा हत्केलाले नोट हरु चिन्दछन् जसरी तिम्रा नेताहरुले भोट हरु गन्दछन् हो, त्यसरी नै मेरा पैतालाहरुले घर लाग्ने बाटो महसुस गर्दछन् । तिम्रा मोटर गाडी र चिल्ला सडक हुनुअघि नै हरेक वर्ष, हिउँ छल्न, घाम छेक्न, र सामल भित्र्याउने निहुँमा भेडा, च्यांग्रा र दुहुने गाईसमेत बोकेर मेरा बाजे-बराजेहरुले यी डाँडा-काँडा, हिमाल र तराईका फाँटहरु पैतालाले नै नापेथे। हो, तेही पौरखीको सन्तान हुँ म त्यसैले हिँड्न म डराउँदिनँ तर, यत्रो महलहरुको लस्करमा एक गाँस र ओतको सामान्य आवस्यकता पूरा नभएपछि मलाई मजस्तै देखिने म जस्तै भाषा बोल्ने र, म जस्तै देउता पुज्ने मान्छे देखेर डर लाग्यो । उहिले-उहिले मेरा हजुरबाउहरु मलौट जाँदा बाटाका अँध्यारा जंगलदेखि तर्किन्थे जंगली जनावरहरुदेखि झस्कन्थे त्यसैले रातभर आगो बल्थे । मेरा हजुरबाउहरु, बस्ती देख्दा दङ्ग पर्थे मान्छे देख्दा फुरुङ्ग हुन्थे किनकि, त्यो बेला मान्छे भनेका आड थियो अनि, बस्ति भनेको सुरक्षा । तर आज, बस्ती नै जंगलजस्तै बिरानो भएको बेला र, मान्छे जंगलका जनावरजस्तै डरलाग्दा भएको बेला म आफैँ अलमल्लमा छु र मलाई यो बिरानो ठाउँमा बस्नु छैन । त्यसैले म घर हिँड्छु जति नै दिन लागे पनि जति नै जंगल छिचोल्नु परे पनि मलाई मेरो घर पुग्न आउँछ किनकि मलाई थाहा छ, कुनै जि.पी.आर.एस. र कुनै गुगल म्यापबिना मेरा हजुरबाउहरु अबेर नै भए नि घर पुग्थे र म पनि घर पुग्नेछु। माहाकाली पारिका मान्छेहरुप्रति तिम्रा बस्तीका गन्थन सुन्दा मेरो मन झुक्किएको थियो आज आफू वारि हुँदासमेत तिम्रो बस्तीबाट लखेटिँदा मन झस्किएको छ । खैर, घर पुगेपछि मलाई एउटै कुराको चिन्ता छ हजुरबाउहरु जस्तो, मसँग, आफ्ना सन्तानहरुलाई रोमाञ्चक बनाउने जंगली जनावरसँग झस्केको जंगलमा तर्सेको किस्सा छैन छ त कहिले नबिर्सिने, मान्छेसँग डराएको, मान्छेबाट लखेटिएको नमीठो अनुभव जुन सुनाउने मसँग हिम्मत छैन । कुनै दिन यो बस्तीका मान्छेलाई मेरो गाउँको गोरेटोमा भेटे, मलाई यिनीहरुलाई- “मान्छे कस्तो हुनुपर्छ ?” “बस्ती भेट्दा कस्तो हुन्छ ?” सम्झाउन मन छ । उनीहरुलाई मीठो मसिनो खुवाएर आफ्नै घरमा बास दिन मन छ । ताकि उनीहरुले, बस्ती र मान्छे भेट्दाको आड र भरोसाको कथा आफ्ना सन्तानलाई सुनाओस् र मेरो सन्तानले, उसको बस्तीमा समस्या भोग्दा म जसरी रोएर घर पहिल्याउन नपरोस्। मलाई बस्ती जंगल भएको, मान्छे जंगली भएको, नमज्जाले बिझाएको छ त्यसैले म घर हिँड्छु मैले मान्छेलाई जंगली हुनबाट बचाउनु छ । -प्रज्ञा #प्रज्ञा पनेरू आगोको आत्मकथा: पढेको छ कसैले आगोको आत्मकथा ? हो, आगोसँग पनि छ भीषण कथा भीषण अनुभूति भीषण इतिहास आगोमा पढ्छु नैश्वरीय चेतना पल्टाउँछु आगोका शीर्षक र चुम्बन गर्छु (संसारमा सवभन्दा भव्य लाग्छ आगोको आत्मकथा) हो, आगो अमोघ अस्त्र संसारमा सर्वशक्तिमान छ – आगो पल्टाउँछु आगोको प्रिय हृदय केवल पाउँछु हुरहुराउँदै/लपलपाउँदै बलिरहेको आगो । आगोका पन्ना पन्नामा केवल सम्मोहित गर्दछन आगोका शालीन अक्षरहरु ! ईश्वरभन्दा सत्य छ आगो पढेको छ कसैले आगोको आत्मकथा ? अचानक सम्झौता गर्छु आगोसँग परिवर्तनको महा-शक्ति हो – आगो जब बाक्लिदै जान्छ बस्तीमा सघन अँध्यारो म उमार्छु हत्केलामा आगोका भर्भराउँदा बिरुवा र, रोपिदिन्छु बस्तीका लाखौं हातहरुमा सल्किन्छन हातहरुमा अथाह आलोक सर्वत्र उजेलिन्छ /चमचमाउँछ – आगोको बर्णमाला आगो ! जहाँ नीरवताले प्रार्थना गर्छ निस्तब्धताको झुप्पाहरुमा सल्काउँछन उज्यालोका दियोहरु हाम्रा मस्तिष्कका बाक्ला साँझहरुमा हुर्काउनुपर्छ आगोका बिरुवा जोगाउनु पर्छ आगोको सन्तान र, पढ्नुपर्छ आगोको आत्मकथा ! आमाहरु अनन्त बीजारोपण गरुन् आफ्ना गर्भमा – आगो अनि जन्माऊन् हजारौं मायादेवीहरु सम्यक् सम्बोधि बुद्ध आगो जो बुद्ध जन्माउन सक्छ आगो जो बुद्ध जलाउन सक्छ पढेको छ कसैले आगोको आत्मकथा ? #श्रीबाबु कार्की उदास हुन्छन्: कोही जमिनमा हुन्छन् कोही पानीमा हुन्छन्।। तस्वीर मनमा हुनेहरु आँखाको नानीमा हुन्छन्।। शून्य रात तिमी र म त्यसपछि खै कसरी भनूँ, सपानामै सही जे नहुनु यै जवानीमा हुन्छन्।। तिमी अनुहार अनि मनमात्र नहेर्नु अबदेखि, मान्छेको माया मनमा धोका बानीमा हुन्छन्।। तिमी मेरो होइन कथा लेख्नु अब उनीहरुको, जसको छातीमा देश बन्दुक सिरानीमा हुन्छन्।। म खरानीको थुप्रोमा मुटु खोज्दैछु थाहा छ नि? अक्सर जलिसकेका कुराहरु खरानीमा हुन्छन्।। बाग्मती-४, प्युटार ललितपुर #लीलाकुमार ब्लोन रक्षा बन्धनले रक्षा गरेको समाज: “भूतनाथ महादेव मन्दिर” ! सुन्दै अचम्म लाग्ने मन्दिर । डरलाग्दो नाम । तर बर्माको राजधानी शहर रंगुनको मुटुमा नै यो मन्दिर छ । अझ यो मन्दिर नेपाली राजदूतावासबाट नजिकै पर्छ । यसको अर्को गौरवको कुरो यो छ कि, यो मन्दिरका मुख्य पुजारी नै गोरखाली मूलका छन्– मोहनराज खनाल । विशेष गरी भारतीयहरूको बाहुल्य भएको साथै उनीहरूकै लगानीमा बनेको मन्दिरमा गोरखाली मूलका पुजारी हुनुमा सबै नेपालीको खुशीको कुरो हो । म उनै मोहनराज खनालज्यूलाई भेट्न गएँ । ट्याक्सी ड्राइभरले मलाई मन्दिरको अगाडि नै रोकिदियो । म ट्याक्सीबाट निस्किनासाथ सरासर मन्दिरको सिँढी उक्लेँ र मन्दिरको ठूलो आँगनमा पुगेँ अनि मोहनजीलाई फोन लगाएँ । उहाँ मन्दिरकै निवासमा बस्नुहुन्थ्यो । उहाँको फोन उठ्यो । “हलो !” “मोहनजी ! म नगेन्द्र बोलेको ! म अहिले मन्दिरमा आइपुगेको छु, तपाईं कहाँ हुनुहुन्छ ?” “म कोठामा छु । बाहिर आइहालेँ । तपाईं उभिंदै गर्नुहोस्,” भन्दै मोहनजी हातमा फोन समाउँदै बाहिर देखा परिहाल्नु भयो । हुन त मोहनजीसँग फोनमा धेरै नै कुराकानी भएको थियो । विचार–विमर्श भएका थिए तर भेट भएको थिएन । सेतो धोती, गेरु रङ्गको गन्जी अनि निधारमा रातो टीका, एउटा जल्दाबल्दा युवा पुजारी । उहाँमा जति संस्कृत भाषाको ज्ञान थियो त्यो भन्दा बढी बर्मेली भाषा । त्यस्तै नेपाली भाषा र संस्कृत भाषाका थुप्रै किताबहरू पनि उहाँका निस्केका थिए । उहाँ छन्दोबद्ध कविता पनि लेख्नुहुन्थ्यो । तर उहाँलाई मैले भेट्ने र चिन्हे आधार भनेको चाहिँ उहाँको नेपाली साहित्य नै हो तर म त्यतिबेला साहित्यिक क्रियाकलापभन्दा पृथक् हुन पुगेँ । नौलो देश, नौलो हावापानी, त्यहाँको नौलो स्वरूपमा मेरा आँखाहरू डुल्न पुगे । रंगुनको नौलो बनोटमा रमाउन थालेँ । आज त्यही आँखा डुलाइको गन्तव्य थियो– उहाँको साथ लागेर बर्माको समुद्री किनार अवलोकन गर्ने । बर्माको समुद्री किनारमा आँखा लगाउनुको कारण थियो– त्यही समुद्री किनारबाट थुप्रै जोशिला गोरखाली युवाहरू बर्मा पसेका थिए, नौलो अवसर र चम्किलो भविष्यको त्यो मूलद्वार थियो । उहाँसँगको सामान्य छलफलपछि उहाँले मलाई केही फलफूल र मन्दिरको प्रसाद अगाडि राखी दिनुभयो । “तपाईं यो फलफूल र प्रसाद खादै गर्नुहोस्, म भित्र गएर लुगा बदलेर आउँछु” भन्दै फेरि भित्र पस्नुभयो । मैले मन्दिरको प्रसाद र फलफूल खाइसकेँ तर त्यतिबेलासम्म पनि मोहनजी कोठाबाट बाहिर नआउनु भएकाले म फेरि मन्दिरतिर नै गएँ । शुरुमा मन्दिरको सामान्य परिक्रमा गरे पनि अहिले भित्रसम्म नै पसेँ । वास्तवमा भूतनाथ मन्दिर सुन्नमा मैले जति अद्भूत र डरलाग्दो ठानेको थिएँ, मन्दिरभित्र पसेपछि झन् अद्भूत लाग्यो । डरलाग्दो लाग्यो । विश्वभरका महादेवहरू त्यहीँ थुप्रिएका रहेछन् । विभिन्न आकारका त्रिकालदर्शी शिवजीको भिड नै रहेछ । महाकालेश्वर, तारकनाथ, रामेश्वर, सोमनाथ, केदारनाथ, विश्वनाथ, नागेश्वर, वचश्वकेशर, मलिक अर्जुनजस्ता महादेवहरू पंक्तिबद्ध भएर बसेका रहेछन् । मैले सबै महादेवहरूको दर्शन गरे र बाहिर निस्किएँ । त्यतिबेलासम्म मोहनजी कोठाबाट बाहिर निस्केर मलाई पर्खेर बस्नुभएको थियो । तर उहाँ लुगा बदलेर आउँछु, तपाईं यहाँ बस्दै गर्नुहोस् भनेर गए पनि उहाँको पोशाक खासै बदलिएको थिएन, केवल गेरु रङ्गको गन्जी माथि आस्कोट मात्र थपिएको थियो । बरु मलाई देख्नासाथ उहाँको नजर मेरो दाहिने नाडीमा पुगिहाल्यो । “न्यौपाने सर ! तपाईंको रक्षा बन्धनको धागो अलि सानो भएछ । थपौं है ?” मैले केही उत्तर दिन पाएकै थिइनँ, उहाँले फेरि मलाई मन्दिरतिर लैजानुभयो र हातमा एउटा धागोको डल्लो लिनुभयो अनि मेरो पाखुरामा च्याप्प समातेर श्लोक भट्याउन थाली हाल्नुभयो । “येन बद्धु बलि राजा दानविन्द्रो महावल तेन त्वं वध नामी रक्षेमा चलमा चल ।” म ट्वाल्ल परेर हेरिरहेँ । केही बोल्नै पाइनँ । रक्षा बन्धन मैले नेपालमा हुँदा कहाँ नबाँधेको हुँ र ! वर्षैपिच्छे जनै पूर्णिमाको दिन बाँधेको छु । घरमा हुने विभिन्न पूजा–आजा र धार्मिक समारोहमा पनि लगाएको छु तर नाडीको धागो अलिकति मसिनो देखिनासाथ कहिल्यै थपिनँ । महिनैपिच्छे कहिल्यै बाँधिनँ । तर अहिले मोहनजीले थपिदिएको नाडीको मोटो डोरीलाई सुम्सुम्माउँदै बाहिर निस्किएँ । मलाई अलिकति गौरव पनि लाग्यो । “सर ! रोहिन्गा समस्या आएपछि त रक्षा बन्धन अनिवार्य नै भएको छ वर्मामा ।” उहाँको यो आशयले मलाई सतर्क मात्र गराएन, केही ऊर्जा पनि थप्यो । हुन त यस्ता आशय सोझै कानमा नपरे पनि प्रत्येक गोरखालीको नाडीमा बाँधिएको रक्षा बन्धनले मलाई कौतूहल उब्जाइसकेको थियो, म जिज्ञासु थिएँ । बाह्रैमास नटुटेका पाखुराको धागोमा निकै गहिरो चासो थियो । अझ केही दिन अगाडि मात्र अर्का साहित्यकार खेम कौशिकले आफ्नो घर नजिकको दुर्गा मन्दिरमा लगेर मेरो रक्षा बन्धनको डोरी थपिदिनु भएको थियो । अहिले म निकै होशियार भएँ, मेरो आत्मा दह्रो बन्यो । हामीहरू सार्वजनिक बसमा चढ्यौं । बसले लामै फन्को मारेपछि समुद्री किनारमा पुर्यायो । विशाल समुद्र, समुद्र किनारका ठूला–ठूला पानीजहाज । हामीहरू केहीबेर किनारै–किनार हिँडेपछि एउटा पानीजहाजभित्र पस्यौँ । हामीहरु पानीजहाजको यात्रा नभई पानीजहाज भित्रको दृश्य हेर्नको लागि थियो । पानीजहाजको खुलदुली मेटाउनु थियो । मलाई गौरव यस अर्थमा लाग्यो कि, जसरी प्रत्येक बौद्ध भिक्षुलाई बर्मेलीले शिर झुकाएर सत्कार गरेका थिए, त्यस्तै हिन्दु पुजारीलाई पनि सत्कार गरे । मोहनजीको अगाडि निहुरिएर गए । मोहनजीले पाएको सत्कार मैले पनि उपभोग गरेँ । हामीले नसोधे पनि उनीहरूले हामीलाई पानीजहाजको भित्रसम्मको सम्पूर्ण दृश्यहरू देखाइदिए । हामीहरू समुद्री किनारको अवलोकनपछि फेरि बसमा चढ्यौँ तर मेरो दिमाग फर्कन सकेन । घरी–घरी मलाई त्यही रक्षा बन्धनको डोरीले तानिरह्यो, निधारको टीकाले सताइरह्यो । अझ केहीबेर अगाडि मोहनजीले रोहिन्गाको समस्यालाई रक्षा बन्धनसँग जोडिदिएका थिए । त्यति मात्र कहाँ हो र ! केही दिन अगाडि अर्का एक जना गोरखाली मित्रको भनाइ मेरो दिमागमा नाच्न थाल्यो– रक्षा बन्धन शान्तिको चिनारी हो । यसलाई मोटो पार्नुपर्छ । म बसको सिटमा बसेँ तर मेरो ध्यान मेरै पाखुरामा जान थाल्यो । मैले आफ्नो कमेजको बाहुलामाथि सारेर भए पनि रक्षा बन्धनलाई बाहिर देखाइरहें । अरु यात्रीको ध्यान मेरै पाखुरामा खिचिरहेँ । आफ्नो परिचय म आफैँले दिएँ किनकि मलाई शान्तिको प्रतीक हुनु थियो । नरम स्वभावको देखाउनु थियो । मोहनजीसँग म बिदा भएर त आएँ तर मेरो दिमागबाट रक्षा बन्धन र रोहिन्गाको फन्को अझै बिदा हुन सकेन । म त्यसैमा लागिरहेँ । मेरो मानसिकता रक्षा बन्धन र रोहिन्गाको भित्री रहस्य बुझ्नतिर गयो । बर्मामा रक्षा बन्धनको चर्चा गर्दा रोहिन्गा मुसलमानको पनि कुरो आउनु अनौठो होइन । अझ त्यो बेला (२०१९) तिर बर्मामा मात्र होइन विश्वमा नै रोहिन्गाको चर्चा–परिचय विश्वव्यापि नै थियो । रोहिन्गा “सुन्नी” समूहका मुलसमान हुन् – जो बर्माको पश्चिमी राज्य “रखाई” मा यिनीहरूको बाहुल्य छ । रखाई राज्यको अर्को नाम “आराकान” पनि हो । रखाई राज्य बंगलादेशसँग जोडिएको हुनाले उनीहरूको पूर्वजहरू बंगलादेशबाट आएका हुन् भन्ने मान्यता छ । तर उनीहरूका पूर्वजहरू कहिले, कसरी र किन आए, त्यसको खोजीनीति नै नगरी बर्मा सरकारले उनीहरूलाई पूर्णकालीन नागरिकता नदिनु नै आजको संकट हुन गयो । हुन त बर्माको नागरिकता ऐन १९८२ अनुसार धेरै जसो गोरखालीहरू पनि कहाँ पूर्णकालीन नागरिकताबाट वञ्चित नभएका हुन् र ? उनीहरू बर्माको १३५ आदिवासी समूहमा पनि परेनन् । जे जस्तो विभेद भए पनि शान्तिप्रिय गोरखालीहरू नरम तरिकाले बर्मामा बस्दै आए । उनीहरू बर्मेलीसँग हातेमालो गर्दै बर्मामा नै रमाए । तर त्यो धैर्यता रोहिन्गामा आउन सकेन । उनीहरू लडाकु र आक्रमण शैलीमा उत्रिए । उनीहरू आफ्नो अधिक खोज्नतिर लागे । रोहिन्गामा निहीत हिंसात्मक स्वरूप नै बर्मेली सरकारको टाउको दुखाई हुन थाल्यो । अझ सन् २०१२ मा एकजना रोहिन्गा मुसलमान युवाले बर्मेली युवतीलाई एसिड खन्याएर अनुहार विक्षिप्त बनाएपछि रोहिन्गाको उठिबास शुरु हुन गयो । बर्मेली जनताले खेद्न थाले । बर्मेली जनताले खेद्न थाले पनि सरकारले चाहिं सुरक्षा दिइरह्यो । सकभर रोहिन्गाको संरक्षण गर्यो । तर जब सन् २०१७ मा रोहिन्गा आतंककारीले बर्मेली सैनिक ब्यारेक नै कब्जा गरेर धेरै सैनिक नै मारेपछि सरकार पनि रोहिन्गातिर खनिन बाध्य भयो । हुन त उनीहरू पहिल्यैदेखि दोस्रो दर्जाका नागरिक थिए, अर्को अर्थमा उनीहरू सक्कली बर्मेली थिएनन्, सरकारले अन्याय गरेको थियो, तर जब एसिड काण्डदेखि ब्यारेक काण्डसम्म आउँदा उनीहरू पूरै देशको दुश्मन हुनपुगे । रोहिन्गालाई बर्मा बसिसक्नु भएन । घर–घरबाट रोहिन्गा युवाहरू निकालिँदै काटिन थाले । गाउँमा आगो लाग्यो । हाहाकार भयो । सक्नेहरू भाग्दै–लुक्दै भारत पसे, कोही बंगलादेश भित्रिए । बाल–बालिका, बूढा–बूढीको विचल्ली भयो । रोहिन्गालाई परेका आतंकको छिटो गोरखालीलाई नपर्ने कुरै भएन । त्यहाँ गोरखाली होस् वा भारतीय, हिन्दु होस् वा मुसलमान बर्मेलीको आँखामा सबै कल्ला (विदेशबाट आएका) नै भए । अझ, रूप, रङ, बोली, अनुहार, छाला नाक एउटै देखिएपछि बर्मेलीको नजरमा सबै विदेशीहरू मुसलमान नै हुन् भन्ने भान पर्यो । उनीहरूले छुट्याउन सकेनन् । अब समस्या पर्यो रैथाने हिन्दुलाई, जो सदियौँदेखि त्यहीँको हावा खाएका छन्, त्यही माटोमा आफ्नो श्रम बगाएका छन्, बर्मा देशप्रति समर्पित छन् अनि नरम स्वभावका छन् । उनीहरूको एउटै उपाय थियो– मुसलमानबाट पृथक् स्वरूप देखिनु । उनीहरूले आफ्नो पाखुरामा रक्षा बन्धन कस्न थाले भने निधारमा टीको । उनीहरूको निधार र पाखुरामा कहिल्यै खाली नहुने भयो । अझ रोचकता के देखियो भने जब देशमा आन्दोलन शुरु हुन्छ, सडकमा नाराबाजी सुनिन्छ तब हिन्दु मन्दिरमा भिड बढ्न थाल्छ । रक्षा बन्धनको डोरी बाँध्नका लागि हानथाप चल्न थाल्छ । अर्को रोचकता के भयो भने पाखुरामा रक्षा बन्धनको डोरो लगाउने भिडमा हिन्दुहरूभन्दा मुसलमान नै बढी देखिन थाले । उनीहरू कोचिई–कोचिई लाइनमा उभिन पुगे । आखिर विचार, भावना, धर्म जे–जे भए पनि अकालमा मर्न कसलाई पो मन छ र ? अपाङ्ग हुन रहर कसलाई छ र ? यतिसम्म कि हिन्दु अनुहारसँग मिल्ने बर्मेलीसमेत हिन्दु मन्दिरमा थुप्रिन थाले । रक्षा बन्धनका लागि हानथाप हुन थाल्यो । उनीहरूलाई डर थियो भिडभाड र आन्दोलनमा जसलाई जे पनि हुनसक्छ । अन्धविश्वास सम्झेर बसेको म, जब बर्मामा पुगेँ, मैले रक्षा बन्धनलाई मोंटो पार्न थालेँ । रक्षा बन्धनप्रति मेरो कमजोर मनोवृत्तिमा शक्ति भरिन थाल्यो । गौरव बढ्दै गयो । अनुमान र ठोस प्रमाणबिना नै मैले रक्षा बन्धन बाँधेको रहेछु । पहिचान जीवन्त राख्न मात्र होइन, सैतान, पिचास जस्ता सामान्य तत्त्वबाट जोगिन मात्र पनि होइन । यसले त ठूला–ठूला आक्रमण र नरसंहारबाट पनि बचाउँदो रहेछ । द्वन्द्व, दुःख र क्रूरताबाट जोगिने हतियार पनि रहेछ । यो त सहनशील र भद्रताको परिचय पो रहेछ ! बर्मा बसुञ्जेल मैले कहिल्यै पनि पाखुरामा रक्षा बन्धन र निधारमा टीको खाली गरिनँ । #नगेन्द्र न्यौपाने #बर्मा कोरोनाको मलामी: एकाबिहानै लालबहादुरको घरमा केटाकेटीको भीड लाग्यो । गाउँभरिका सबै केटाकेटीलाई साथी बनाएर हिँड्ने लालबहादुरको बानी थियो । बच्चाको बाउ बन्ने बेलामा केटाकेटीसँग खेलेर हिँड्छ भनेर ठुलाबडाले गाली गर्थे । यही बानी देखेर उसकी नवविवाहिता श्रीमती पनि आजित भइसकेकी थिई । विवाह गरिदिइसकेपछि पनि केही बानी सुध्रिएन भन्ने उसकी आमा फूलमायाको पनि आरोप थियो । कहिले त उनी बुहारीले छोरोलाई सुधार्न नसकेको आरोप लगाउन पछि पर्दिनथिन् । बुहारी भने “नानीदेखिको बानीलाई यति छिटै कसरी मैले सुधार्न सक्छु त ?” भनेर सासूलाई जवाफ दिन्थिन् । ससुरा पनि “बुहारीले छोरो सधैँ हल्लिएर हिँडोस् भन्ने त कहाँ चाहन्छे र ?” भन्दै सासूलाई हपार्थे । जेहोस् अरुले जसो भने पनि केटाकेटीहरू भने लालबहादुर दाइसँग खेल्न नपाएको दिन झरीले रुझेका मुसाझैँ देखिन्थे । रामु, साने, विकास, भरत, जिते आदि लालबहादुरका मिल्ने साथी थिए । उनीहरूलाई स्कुलले वर्षे बिदा दिएकाले पढ्न जानुपरेको थिएन । लालबहादुर त आठ कक्षा फेल भएपछि पढ्नै छाडेको थियो । किसानहरूलाई असारे मेलो भ्याइनभ्याइ हुने समयमा विद्यालयले बिदा दिँदा रमाइलो मान्थे । तर काम गर्न सक्ने उमेरका बच्चाको बिदा भए पो रमाउनु ? मसिना भुराहरू त विद्यालय गएकै वेश भन्ने अभिभावकको धारणा हुन्थ्यो । लालबहादुरका साथीहरू काम गर्न नसक्ने र खेलेर दिन बिताउने समूहका थिए । मुखले जे भने पनि कामको चपेटा भएका बेला लालबहादुरले बालबच्चालाई भुलाइदिँदा मनमनै खुसी हुने पनि थिए । तर प्रशंसा गर्न भने सक्दैनथे । “साथी हुन उमेरले नछेक्ने रहेछ” भन्दै गाउँले कोही राम्रै टिप्पणी गर्थे । उमेर बढे पनि चरित्र केटाकेटीको भएकाले लालबहादुरलाई मान्छे नै नगन्ने छिमेकी पनि थिए । “विवाहपछि लालबहादुरलाई थप जिम्मेवारी थपिनुपर्ने हो । ऊ परिवर्तन हुनुपर्ने हो । श्रीमतीलाई आफैँले लाउन खान दिन नसक्ने पनि के मर्द ? स्वास्नीले मेलापात गरेर पाल्नुपर्ने, आफू चाहिँ खेलेर हिँड्ने, दिदी तिम्रो छोरो कहिले सुध्रिएला खै ? मेरो छोरा विकास पनि त्यसैको सङ्गतमा लागेर बिग्रने भयो” भन्दै उपल्लो घरकी गोमाले घाँस काट्न जाँदा लालबहादुरकी आमालाई भनेकी थिइन् । त्यो कुरा सुनेपछि लालबहादुरकी आमाको मनमा भयानक आँधी चल्न थाल्यो । उनले घरमा गएर लालबहादुरलाई केही न केही सजाय नदिइनछाड्ने निधो गरिन् । घर पुगेपछि लालबहादुरकी आमाले छोरालाई चर्को स्वरमा बोलाइन् । गोठमा गाईवस्तुलाई कुँडो खुवाउँदै गरेकी बुहारी मनकुमारीको प्रतिक्रिया सुनिन्, “तपाईँको छोरा घरमा भए पो बोल्थे त ! कहाँ पुगिसके खेल्न ? के सुन्थे ?” लालबहादुरकी आमाले जङ्गिदै भनिन्, “अरुले रोपाईँ थालिसके । हाम्रो खेत बाँझै छ । घाँस काट्न गइदिएको भए पनि म घरको काम गर्थेँ । बुहारी मेलापात जान्थी । यही बाउको बेवास्ताले छोरो बिग्रियो । न आफू काम गर्न सक्नुछ, न छोरालाई अह्राउन सक्नुछ ? आफू त बुढो भएर काम गर्न नसक्ने भयौ तर छोरो त लक्का जवान छ नि ! ऊसँग त बाघसँग जुध्न सक्ने बल छ । किन केही भन्न सक्दैनौ ?” श्रीमतीको गनगन सुनेपछि लालबहादुरको बुबाले भने, “म के गरौँ त ? म कमजोर भएकै कारणले त त्यसले नटेरेको नि ? मुखले भनेको मान्ने भए पो ? पछिपछि लागेर खेद्न सकिनँ ? बुढेसकालमा कति जपेर जन्मेको एउटै सन्तान छ । कुट्न सकिनँ । तैँले नै तहमा ल्याएकी भए पनि त हुन्थ्यो नि ? मलाई के देखिनसकेको ? बिग्रियो मैले गरेर । सप्रियो तैँले गरेर, हैन त ?” एकछिनपछि खुट्टाभरि हिलो बोकेर लालबहादुर घर आइपुग्यो । विवाह गरिसकेको छोरो भएर पनि आज फूलमायाले आफ्नो छोरोलाई सानो देखिन् । उफ्रिँदै साथीसँग खेलेर आएको उसको स्वभावले पनि उनलाई त्यही महसुस भएको थियो क्यारे । कहिल्यै हात नछाडेकी फूलमायाले आज गोरु जोत्दा गोरुलाई धपाउने लठ्ठी बोकेर लालबहादुरको पिँडौलामा जोडले तीनपटक हानिन् । ऊ दुवै खुट्टा समातेर पिँढीमा थचक्कै बस्यो । आँखाबाट आँसुका धारा बगाउन थाल्यो । आमालाई एक शब्द पनि दोहोरो जवाफ नलगाई ओछ्यानमा गएर रोइरह्यो । त्यस दृश्यलाई हेर्न नसकेर उसका बाबुले आँखा चिम्ले । फूलमाया पनि आफ्ना हातलाई हेर्दै निकैबेर नाजवाफ रहिन् । एकछिनपछि “भनेको केही नटेर्ने स्वाँठ ! कहिलेसम्म बच्चा पल्टेर पुग्छ, आफू कमाएर हामीलाई पाल्ने बेलामा ? न पढ्यो ? न कमाउन हिँड्यो ? दुनियाँका छोराले कमाएर बाबुआमालाई सुखमा राखेका छन् । यो भने ? आजबाट त बुद्धि आउला नि ?” भन्दै फतफताउँदै पँधेरातिर लागिन् । लालबहादुरको दिमागमा पनि झुल्के घामझैँ एउटा योजना फुर्\u200dयो । उसले गाउँकै दाइ हेमकुमारलाई सम्झियो । “ऊ विदेशमा गएपछि परिवार कति सुखले बाँचेका छन् । खेतीपाती पनि अधियाँ लगाएर बसीबसी खान्छन् । उसले अर्को गहिरी खेत पनि किनिसक्यो । घर पनि नयाँ बनायो । उसकी श्रीमतीलाई अप्सरा बनाएर राखेको छ । आफ्नी भने सधैँ मेलापातमा हिँडेर भएको रूप पनि गुमाइसकी । मैले पनि न त पढ्न सकेँ, न आमाबुबा र श्रीमतीको प्यारो नै बन्न सकेँ ! छिमेकी पनि मेरै खोइरो खन्छन्,” भन्ने सोच्न थाल्यो । त्यसपछि कपडा फेरेर श्रीमती र बुबालाई कतै जान्छु पनि नभनी घरबाट निस्कियो । लालबहादुर हेमकुमारको घरमा गएर उसको फोन नम्बर मागी सहरतिर हानियो । सहरमा गएर पाँच छ महिना नै हरायो । होटलमा सानोतिनो जागिर खाएरै भए पनि केही रकम जम्मा गरेपछि हेमकुमारकै सहयोगमा विदेश जाने पक्का गरी मात्र गाउँ फर्कियो । गाउँमा आमा भने पश्चात्तापमा परेकी थिइन् । मैले गोमाको लहलहैमा परेर छोरालाई त्यस्तो व्यवहार गर्न नहुने भन्ने चोट मनमा गहिरो रूपमा परेको थियो । छोरो हराएपछि बाबुको पनि मन डराएको थियो । “कतै छोराले पहिलोपटक आमाको थप्पड खाएको पीडामा आत्महत्या त गरेन ?” भन्ने भयले आक्रान्त भएका थिए । आफ्नी श्रीमतीको पश्चात्तापमा पनि कुनै सहानुभूति जनाइरहेका थिएनन् । उता नवदुलहीमा आफ्नो लोग्ने हराएपछि सिर्जित चिन्तालाई कसले नाप्न सक्थ्यो र ? लालबहादुर घर फर्केको दिन त्यो घर स्वर्गसमान भएको थियो । सबैका अनुहारमा नाचेका खुसीका लहरहरूले अब लालबहादुर दुधे बालक बने पनि सबैले सहजै स्वीकार्ने छन् भन्ने निश्चित गरेको थियो । तर लालबहादुर विल्कुल भिन्न भइसकेको थियो । उसले कसैसँग गुनासो पनि गरेन । ऊ पहिलेको लालबहादुर छँदै थिएन । सबैसँग औपचारिक रूपमा मात्र विदाइ हुन आएको रहेछ । आफू भोलि नै विदेश जाने र सबैलाई सुखी राखेर पाल्ने सपना भने साट्यो । त्यसपछि एउटा झोला बोकेर ऊ विदेशतिर हानियो । लालबहादुरले विदेश पुगेपछि घरमा महिनैपिच्छे पैसा पठाउन थाल्यो । सबैलाई मोबाइल पनि पठायो । त्यतिमात्र होइन कोही साथी फर्कने भेट्यो भने गाउँका बालसाथीहरूलाई समेत चकलेट तथा खेलौना पठाउन पनि भुल्दैनथ्यो । आफ्नी श्रीमतीसँग फोनमा मिठामिठा कुरा गर्न रात पर्खन थाल्यो । बाबुआमाको आशीर्वाद पनि पाइरह्यो । यसरी ऊ विदेसिएपछि उसको जीवनको रूप मात्र होइन घरपरिवारको रूपै फेरिएको थियो । समाजमा भने अब छोराछोरी सानोमा बिग्रे पनि पीर लिन नपर्ने र लालबहादुर जस्तै ठूलो भएपछि आफैँ सुध्रिने प्रभाव परेको थियो । कसैले आफ्ना बालबालिकालाई गाली गर्न नै छाडेका थिए । गाउँका उसका केटाकेटी साथीहरू भने लालबहादुरसँग खेल्न नपाएर ज्यादै नियास्रिएका थिए । फूलमायाको भाग्यलाई पनि सबैले तारिफ गर्न थालेका थिए । अब सानो दुःख परे पनि फूलमायाको शरणमा पर्ने गोमा, निता, कमलीलगायतका अन्य छिमेकी महिलाहरूको जमात नै बढ्न थालेको थियो । छोरो हुनु त यस्तो पो त, भन्दै लालबहादुरको तारिफमा खुलेरै लाग्न थालेका थिए । जताततै कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि विदेशमा गएका युवाहरूमा पनि त्रास बढ्न थालेको थियो । चीनको हुवान प्रान्तबाट फैलिएको यो रोगका कारण बिस्तारै कतारमा समेत मान्छे मर्न थालेको समाचारबाट लालबहादुर निकै भयभीत भयो । तर नेपालमा भने हालसम्म कुनै सङ्क्रमण नपुगेको समाचार पनि थाहा पायो । घरपरिवारबाट उसलाई विदेशमा जताततै रोग फैलिसकेकाले तुरुन्त घर फर्कन आदेश आइरह्यो । परिवारको आग्रहले मात्र होइन दुःखमा परिवारसँगै बसे मात्र पनि पीडा कम हुने अनुभूति उसमा पलाउन थाल्यो । पहिले आफूसँगै काम गर्ने साथी अर्को कम्पनीमा खटिएको थियो । उसले आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि हस्पिटलको क्वारेन्टाइनमा बस्दा विदेशमा आफन्तविहीन हुँदा भएको नमिठो पीडालाई साटेको थियो । घरपरिवारको यादले सताएको र कोरोनाले कसैलाई भेट्नै नदिई लैजाने त होइन भन्ने त्रास बढेको पनि सुनायो । यसले लालबहादुरमा झनै स्वदेशप्रतिको मोह बढेको थियो । साथीलाई सहयोग गर्ने इच्छा भएर पनि ऊ त्यहाँ गएर सहयोग गर्न सक्ने अवस्था पनि थिएन । हस्पिटलमा कोरोना सङक्रमितका आफन्तलाई भेट्न दिने अवस्था पनि कहाँ थियो र ? कम्तीमा स्वदेश र घरपरिवारकै नजिक रहेको अनुभूति पनि आनन्ददायक हुने उसको साथीको तर्क साँच्चै मार्मिक थियो । त्यसैले लालबहादुर आफूलाई त्यो स्थिति नआउँदै परदेशबाट भगाउन चाहन्थ्यो । भर्खरै मात्र कोरोनाको सङ्क्रमण देखिँदै गरेको हुनाले कम्पनीहरू बन्द भइसकेका भने थिएनन् । अनि घर नगएको वर्षौँ भइसकेको भन्दै कम्पनीमा छुट्टी माग्यो । छुट्टी मिलेपछि ऊ घर आयो । हिजो राति लालबहादुर घर आइपुगेको खबर थाहा पाएपछि बिहानै घरमा केटाकेटीको घुईँचो लागेको थियो । उसले सबैलाई विभिन्न खेलौना तथा चकलेट ल्याउन भुलेको रहेनछ । सबैका हातहातमा राखिदियो । सबैले लालबहादुरप्रति आभार जनाए । त्यतिमात्र होइन, गाउँका छिमेकीहरू पनि लालबहादुरलाई भेट्न आएपछि आज दिनभर उसको घरमा कुनै मेला लागेझैँ देखियो । सबैलाई केही न केही थमाउँदै खुसी बाँडिरह्यो । कसैले पनि पुरानो लालबहादुर सम्झेनन् । गाली गरेनन् । यो पैसा भन्ने जात पनि कस्तो रहेछ ? भन्ने प्रश्न उसका मनमा नआएको होइन । तर समयअनुसार चल्न नजान्दा पहिले अरूले आफूलाई खेदो गर्ने गरेको उसले राम्ररी बुझिसकेको थियो । अब विगतलाई भुलेर अगाडि बढ्ने योजना थियो उसको । अब त हेमकुमारकी श्रीमतीभन्दा आफ्नै श्रीमती सौन्दर्यले धपधप बलेकी पनि देख्न थाल्यो । एकपटक ठाँटिएर ससुराली पनि पुग्यो । त्यहाँ त झन् सबैभन्दा बढी सम्मान पाएको महसुस गर्\u200dयो । यसरी विदेशबाट फर्किएको पन्ध्र दिनसम्म त जताततै हाइहाइ पाएर रमाइलोका साथ जीवन बितायो । ऊ आइसकेको एघार दिनदेखि नै नेपालमा पनि लकडाउन सुरु भइसकेको थियो । एकदुई जना कोरोना सङ्क्रमित देखिनेबित्तिकै सरकारले गरेको लकडाउनलाई राम्रो कामका रूपमा प्रसंशा गर्दै रेडियो र टेलिभिजनबाट प्रसारित भइरहेको समाचार पनि उसले सुनेको थियो । ऊ विदेश गएपछि नै घरमा टिभी पनि भित्रिसकेको थियो । घरको छानो पनि खरबाट जस्तामा रूपान्तरित भइसकेको थियो । अब उसले आफ्नो घर कुनै सहरको महलभन्दा कम ठानेको थिएनँ । तर त्यही टेलिभिजनबाट आएको एउटा समाचारले भने ऊ त्रसित भयो । ऊ आएकै हवाइजहाजमा कोरोना सङ्क्रमित महिला भेटिएकी हुनाले त्यस जहाजमा फर्किएका सबैले होम क्वारेन्टाइनमा बस्नुपर्ने र तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्ने खबरले यत्रतत्र फैलिएको थियो । त्यसपछि लालबहादुर पनि तुरुन्त स्वास्थ्य परीक्षण गर्न गयो । नगरपालिकाले सञ्चालन गरेको कोरोनाको स्वास्थ्यजाँचले उसमा पनि सङ्क्रमण भएको देखायो । त्यसपछि ऊ घर फर्किन पाएन । अस्पतालमै उपचार गर्नका लागि त्यहाँबाट उसलाई एम्बुलेन्समा हालेर कुदाइयो । यो खबर घरमा मात्र पुगेन गाउँमा समेत आँधी बनेर फैलियो । अब उसलाई भेट्न जाने र सान्त्वना दिने सोच कसैमा पलाएन । उल्टो उसको घरमा गएको पश्चात्तापमा गाउँलेहरू पिरोलिन थाले । उसका परिवारलाई पानी पँधेरोमा भेटिने हो कि भनेर सतर्कता पनि अपनाए । कसैले उसको घरतिर फर्केर हेरेन । उल्टो लालबहादुरको घरबाट गाउँतिर जाने बाटोमा काँडा हालेर बारिदिए । एक हिसाबले लालबहादुरका परिवार गाउँमा बन्दी बने । गाउँका सबैले लालबहादुर विदेशबाट फर्किनु नै उसले गरेको ठूलो अपराधका रूपमा निष्कर्ष निकाले । जसको घरमा भेटघाटका लागि लालबहादुर गएको थियो ती छिमेकीले त झन् उसले आफू सङ्क्रमित भएको थाहा पाएरै गाउँलेलाई सार्न आएको भन्ने आरोप लगाउन पनि भ्याए । हस्पिटलबाट लालबहादुरको अवस्था गम्भीर हुँदै गएको खबर आयो । कहिल्यै नगएको सहरमा कसरी जाने अनि श्रीमान्लाई कसरी बचाएर घर ल्याउने भन्ने छटपटीमा श्रीमतीको आधाज्यान भयो । समाजमा कोही पढेलेखेको र जान्नेसुन्ने मान्छेलाई सम्झिएर आग्रह गर्न पनि गइन् । तर उनलाई “परैबाट यता नआउनू, हामी यस्तो अवस्थामा केही सहयोग गर्न सक्दैनौँ” भन्ने उपेक्षा मात्र गरे । कसैमा सहयोग गर्ने सोच नै देखिएन । सासू र ससुरा समेत छोराको गल्तीले आफू पनि मरिने हो कि ? भन्ने त्रासमा देखिए । विदेश जानलाई बुहारीले नै नरोकेको र घर फर्किन पनि उसले नै जोड गरेको आरोप लगाउन थाले । यसरी सबैबाट आरोप र असहयोग मात्र मिलेपछि निराश भएर आफैँ एक्लै श्रीमान्लाई भेट्न जान्छु भन्दै लालबहादुरकी श्रीमती बाटो लागिन् । मनकुमारी अनेक समस्या झेल्दै हस्पिटल पुग्न सफल भइन् । आफ्नो श्रीमान्लाई भेट्न जानका लागि पनि अनेक सतर्कता अपनाउनुपर्ने डाक्टरहरूको निर्देशनले अलमलमा परिन् । अब कुनै काललाई भेट्न जाँदै गरेझैँ उनी सचेत बन्नु परिरहेको थियो । आइसियुमा थुनिएर उकुसमुकुस भएका श्रीमान्लाई देखेर उसैलाई सास फेर्न गाह्रो भयो । अस्तिसम्म हाँसेर हिँडेको मान्छे आज कुनै मुर्दाझैँ थुनिएको देखेर मनै भक्कानिएर आयो । आफूलाई आँखाबाट बगाएर हस्पिटलभित्रै डाँको छाडेर रोइन् । श्रीमान्को शरीरलाई एकोहोरो हेरिरहिन् । न त कुनै संवाद गर्न पाइयो न त कुनै पीडालाई साटेर हल्ला बनाउन पाइयो । मनकुमारीका मानसिक चोट मनभित्रै थुनिए । घरका, छिमेकका नजर अनि आफ्नो प्यारलाई श्रीमान्सँग साट्ने धोको मनभित्रै कुहिए । उनका घाउलाई मायाले सुमसुमाएर छिटै निको तुल्याएपछि सँगै रमाउँदै घर फर्कने उनको धोको सपना बन्यो । यसरी आहात बनेर केवल हस्पिटलको आइसियुमा रहेको श्रीमान्लाई एकोहोरो हेरिरहेकी मनकुमारीलाई कसले बाहिर निकालिदियो थाहा भएन । भोलिपल्ट गाउँमा लालबहादुरको निधनको खबर फिँजियो तर लालबहादुरसँग होइन, कोरोनारूपी कालसँग मलामी जान न त बाबुआमा आए न छिमेकी नै । श्रीमतीले एक्लै लासलाई दाहसंस्कार गरेको खबरले मिडिया ततायो । त्यसको याद समेत रहेन मनकुमारीलाई । #अम्बिका अर्याल कारण हुनुपर्छ: मन्दिरमा भगवान नहुनुको कारण हुनु पर्छ बाबु मर्दा सन्तान नरूनुको कारण हुनु पर्छ यति ठूलो नेता आभिनेता बस्ने यो सहरमा यौटा पनि दोकान नहुनुको कारण हुनु पर्छ डाक्टरले रोग हरेर ओखती थमाई पठायो खादा रोग निदान नहुनुको कारण हुनु पर्छ रामायणमा घाँसीको बखान बारबार गरेर गजाधरको बयान नहुनुको कारण हुनु पर्छ आफैले जन्माएका, बचेराहरू बाट त्यसरी मातृत्वको सम्मान नहुनुको कारण हुनु पर्छ जननी जन्मभूमी, स्वर्गादपी गरियसी भनेर ठाउँमा कुरा उठान नहुनुको कारण हुनु पर्छ यो धर्तीमा जसले ल्याएको थियो उसलाई उसै संग चिनजान नहुनुको कारण हुनु पर्छ ।। खोटाङ, हाल: जापान #महेन्द्र दिखुक्पा #रवीन्द्र दिखुक्पा बाहरू: अटल पहाडजस्तै संयमित र स्थिर शान्त समुद्रजस्तै निश्चल र गम्भीर पीर तापले पनि नपग्ले जस्तो दुःख रापले पनि नगले जस्तो अक्सर कठोर लाग्छ सबलाई बाहरू । निरन्तर श्रम पसिनामा रम्छन् भन्दैनन् मुखले मनमनै गम्छन् घाउ चोटले पनि नदुखेको जस्तो काम गर्न कहिल्यै नपुगेको जस्तो अक्सर बलिया लाग्छन् हाम्लाई बाहरू । घोटिएर दिनरात घरपरिवार थाम्छन् आफूलााई केही चाहिए सधैँ खल्ती छाम्छन् न चाहिन्छ नयाँ न चाहिन्छ मिठो नबोलेरै काम सकाउँछन् छिटो सबै पुगीसरि सन्तोष भएजस्तो उतारचढावमा पनि शान्त लय जस्तो अक्सर नीरस लाग्छ सबलाई बाहरू । सोचौँ बाहरु टुटे कस्तो होला ? धैर्यको बाँध फुटे कस्तो होला ? पहाड पुरै पहिरो गए जस्तो होला सुनामीको छाल आए जस्तो होला भूकम्पले घर ढले जस्तो होला प्रलयको आगो बले जस्तो होला । च्यातिएको टाली टाली सिउँछन् बाहरू आँसु पीडा भित्रभित्रै पिउँछन् बाहरू केही नभको जस्तो गरी जिउँछन् बाहरू । कठोर, गम्भीर, नीरस,उजाड जस्तो लागे पनि बाभन्दा जिम्मेवार छैनन् सायद अरु गम्भीर नै हुन्छन् सायद सच्चा बाहरू । बुझौँ त्यसो भए के हुन् बाहरू ? आमा धर्ती भए आकाश बाहरू आमा जून भए प्रकाश बाहरू आमा फूल भए सुवास बाहरू आमा ममता भए कर्तव्य बाहरू आमा खुसी भए गन्तव्य बाहरू आमा कोमल भए समझदार बाहरू आमा जीवन भए उपहार बाहरु…… । फर्पिङ #रीता बलामी पर्खी हेरौँ केही साता: के देश के विदेश देखेकै छौ संसार सारा कोरोनाकै छ विशेष तपाईं-हाम्रो के कुरा कोरोनाको हानिबारे जानकार छौं हामी हात धुने, मास्क लाउने बसालौं है बानी कति मरी मेट्नु मरिलानु के नै छ र कति हतारिनु साँची राख्नु के नै छ र डराउनु हुन्न हामी सजग भए हुन्छ बाहिर जान छाडिदिई घरै बसे पुग्छ भोकैले त्यसै मरिदैन बाँडीचुँडी खानुपर्छ लोभको भाँडो भरिँदैन महामारी टार्नुपर्छ भौतिक दुरी बढे भावनाको दुरी घटाऔं अल्छी गरी सुत्नु भन्दा सिर्जना गर्न लागौं विदेशबाट आए क्वारेन्टाइनमा बस देशभित्र भए आ-आफ्नै घरभित्र पस तिमीलाई त लाग्दो हो मर्न चाहिं मरिन्न पशुपतिनाथ साथमा छ संकटमा परिन्न हाम्रो यो अन्धो सोचाई नमिलेमा के हुन्छ धेरै ख्यालठट्टा गर्दा ज्यानै पो जान सक्छ थोरै पाउने लोभमा सबै गुमाए के हुन्छ तिम्रो हाम्रो टोलमा मसान घुमे के हुन्छ बिन्ति छ सबैलाई नबनौं है पटमूर्ख केही साता पर्खी हेरे हुन्न अब दुःख । #प्रेम लामिछाने प्रकृति आमा: आमाले माया गरेर दिने अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला आकासको पूर्व धारमा प्रत्येक बिहान । कहाँबाट आउँछ होला यो सिरसिरे चिसो बतास नाच्दै बारी बारी मेरो शरीरसम्म र कहाँ पुग्छ होला गोधुलीसम्म कामको बीचबीचमा फर्किएर मलाई बेस्सरी अँगालो हालेर अनगिन्ती म्वाई खाने मेरी आमाजस्तै । वसन्तसँगै मेला भर्न आएका यी अनेकौँ रंगीबिरंगी चराहरु, कहिले आइपुगे होलान् चिरपरिचित झैँ लाग्ने टुप्लुक्क जङ्गलभरि र बिना प्रतिवाद किन र कसरी स्वागत गर्छ होला यो घनाघोर जंगल जति पटक पछ्याउँदै जहाँ गए पनि मलाई बोकेर हिन्ने मेरी आमाजस्तै। धर्तिमा मुस्कान फलाउन, आँत भिजाउँदै आफ्नै लयमा सुसाउँदै निरन्तर हिँडिरहने नदीलाई कसले सिकाउँछ होला समुद्रमा मिसिन जति दुःख भए कलेँटी ओठहरुमा मेरै निम्ति निरन्तर मुस्कान फुलाइरहने मेरी आमाजस्तै । हरेक रात कसले उदाउँछ चन्द्रमालाई चकमन्न हुने गरी र फेरि कसले बनाउँछ गोलो रोटीजस्तो उज्यालो बिस्तारै समयको यो स्वअन्तराल, कसले नियन्त्रण गर्छ होला मेरी आमाले झैँ आफैँ थाहा पाएर मलाई पिलाउने दुधजस्तै । मेरी आमा जस्तै विशाल प्रकृति आमा बोल न मेरी आमा जस्तै मसँग मलाई तिमीलाई पनि हँसाउन मन छ किनकि तिमी पनि पक्कै रुन्छ्यौ होला लुकी लुकी मेरी आमा जस्तै । आमाले माया गरेर दिने अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला आकासको पूर्व धारमा प्रत्येक बिहान । #रूपसिंह भण्डारी प्रेम-प्रकृति: हिउँदमा प्रीत फुलाउने आलुबखडाका हाँगाहरू गृष्ममा बटुवा भुलाउने पाखा-पखेरा-छाँगाहरू वर्षामा माया घुलाउने नदी-नाला-भंगालाहरू निशृत शृजीत छन् संकल्पित कृत-कृत छन् । जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। प्राचिका प्राचीन पदचापहरू अमिट डोब र छापहरू प्राप्ति भन्दा पर समाप्ति भन्दा वर चल्छन् कुरा र छुराहरू बज्छन् बैंशालु चुराहरू। भावको स्वभाव अस्थीर छ फेरि किन स्थीर छ? चाँदको मन मोर छ चकोरको मन विभोर छ सारा तारालाई साक्षी राखेर समयको पाबन्दीलाई भाखा राखेर हरेक रातको घना केशराशीमा प्रत्येक भोरले सिन्दुर भर्छ अनि खिलखिलाएर जाग्छ जीवन धरामा यो प्रेमको चक्र यसैगरी चलिरहेछ। बुझक्की सौदागरहरू भन्छन् दिन र रातको खै कहिल्यै भेट हुँदैन के थाह तिनलाई भेट हुनु नै प्रीत त हैन। दिन र रात प्रेमिल भावमा खेलिरहेछन् लुकामारी आफ्नै अभिव्यञ्जनामा अव्यक्त भै रहेछन् अर्थात अभिव्यक्त भै रहेछन् । दिनभरि घाम मायाको बिस्कुन सुकाउँछ रातभरि जून अँगालोमा सुकसुकाउँछ अनि त प्रीत फुल्छन् आलुबखडाका हाँगाहरूमा पाखा-पखेरा-छाँगाहरूमा मस्त-माया थोपाथोपामा एकाकार भै घुल्छ अनि बौलाहा नदी पनि पर्वतबाट फालहान्दै महासागरमा मिल्छ। धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा #मदनकुमार अधिकारी हिरण्यकुमारी पाठकलाई अनेसास विशिष्ट महिला पुरस्कार: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको अनेसास केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साहित्यकार पाठकका मोहचक्र, शून्यवत, अग्निदह र दुश्वप्न कथा प्रकाशित छन् । त्यस्तै अव्यक्त कविता संग्रहका अतिरिक्त श्रीकृषण्ण लीला, मेहनती मौरी, दश महामुर्ख, रामकथा, चतुरे बन्यो नेता, चमत्कारी औँठी र धूर्त स्याल र घमण्डी बाघ बालकथा कृतिहरू प्रकाशित छन् । पाठकले नारीश्वर साहित्यिक त्रैमासिक पत्रिका सम्पादन गर्दै आएकी छन् । उनी नेपाली महिला साहित्यकारहरूको संस्था गुञ्जनको अध्यक्ष तथा अनेसास नेपाल च्याप्टरको सल्लाहकारसमेत हुन् । यसअघि यो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो । अनेसासका ट्रस्टी सदस्य भवन भट्टद्वारा प्रायोजित यस पुरस्कारमा प्रमाणपत्र सहित एक हजार अमेरिकी डलर राशि प्रदान गर्ने गरिन्छ । पुरस्कार प्रदान गरिने समय भने संस्थाले खुलाएको छैन । #हिरण्यकुमारी पाठक बेहाल भो: जोगाएर हिँड नारी, खतरामा तिम्रो जिउडाल भो। हुर्किन पनि दिएनन् यहाँ , बच्चीकै हाँसो माल भो। दिउँसै लुटिन्छन् छोरी अचेल, रात त्यसै भयंकर विश्वास कसको गर्नु र, पापीहरुको सन्जाल भो। भागेर जाऊँ कहाँ खै, मानवता नै हराए’सि बाँच्न गारो यो धर्तीमा, आफ्नै शरीर काल भो। हत्या गर्छन् चिरफार हुन्छ, निर्मलाहरुको लास तर नांगिएर पनि भेटिन्न न्याय, मृत्यु जब बेहाल भो। #ईश्वरा सिवा कार्की डम्फु: म पानी लिन जाँदा मसँगै कुवासम्म गएर फर्केको थियो । अचानक के भएछ ? बेलुका खाना नखाइकन लल्याकलुलुक्क परेको डम्फु देखेर मनमा कुरा खेल्यो । दूधसम्म पनि खान सकेन । डम्फु बिरामी भएको कुरा घरभरि फैलियो । रातिहुँदो जँचाउन लग्ने कुरा पनि भएन । हामी डम्फुलाई घेरेर बस्यौँ । “पक्कै यसले विष खाएको हुनुपर्छ, नत्र एकाएक यस्तो के हुन्थ्यो ?” सासूको कुरा । “प्लाष्टिक खायो कि ?” वहाँको कुरा । “जुका पर्\u200dयो कि !” हजुरआमाको कुरा । “हेर.. पानी लिन जाँदा संगसगै कुवासम्म जान्थ्यो के भको होला हगि भाउजू ..!” नन्दको कुरा । “इत्रो… सानोमा ल्याएर भाउजूले कति माया गरेर हुर्काउनु भएको… !” देवरको कुरा । “माइतीको कुकुर पनि प्यारो भन्थे हो रैछ… लौ यिनी त रुन पो लागिन् नरौ !” जेठानीका कुरा । कुरैकुरा सुनेर भक्कानिदै म एकोहोरो डम्फुलाई नै हेरिरहेको थिएँ । हे भगवान केही नहोस् डम्फुलाई । मनमनै भगवान सम्झिरहेथेँ । हेर्दाहेर्दै उसले एकचोट जीउ तनक्क तन्कायो र प्राणविहीन भयो । “ए लौ मर्\u200dयो..! मर्\u200dयो..! तुलसीमठमा लगेर सुताइदेओ । भोलि बिहानै धोबी खोलामा लगेर गाड्नु !” सासूले भन्नु भयो । त्यै अनुसार गरियो पनि । सबै आ-आफ्ना कोठातिर लागे । “हिँड भित्र जौँ!” वहाँले मलाई अंकमाल गरेर भित्र लग्नुभयो । “पीर नगर भोलि म यो भन्दा राम्रो मोती कुकुर ल्याइदिन्छु ।” वहाँले आँशु पुछिदिँदै भन्नु भयो । मेरो डम्फुको रिक्तता कुनै अरु कुकुरले भर्न सक्ने थिएन । मैले त आफ्नो सन्तान जस्तै सम्झेर पालेकी थिएँ । चम्चाले दूध खुवाएर हुर्काएकी थिएँ । एउटा सन्तान गुम्नुको पीडा कस्तो हुन्छ ? मैले मन फुकाएर रुन पनि सकिनँ । भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । रात धेरै छिप्पियो । निद्रा लागेन । एउटा बोरा लगेर डम्फुलाई ओडाइदिएँ । र फेरि भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । कति खेर निदाएछु । सपनामा देखेँ, तुलसीको मठबाट डम्फु उठेर आएछ । म सुतेको पलङनजिकै आएर जिब्रो निकालेर स्याँ स्याँ स्याँ गरेर तातो स्वास फालिरहेको थियो । म खुशीले चिच्याउँदै उँठे । “के भयो ?” वहाँले भन्नुभयो । “डम्फु जिउँदै छ !” मैले भनेँ । “सुत भर्खर ४ बज्यो !” वहाँले मेरो अनुहार मायाले मुसार्नु भयो र ब्ल्याङकेट ओडाइदिनु भयो, फेरि निदाएछु । “नाना .. ! नाना..!” वहाँले मलाई घचघच्याइरहनु भएको थियो । केही नबोली आधी आँखा खोलेर हेरेँ । “हेर त यो को हो ?” मैले पुरै आँखा खोलेँ । पलङ छेउमा डम्फु सपनामा जस्तै पुच्छर हल्लाएर मलाई मायालाग्दो अनुहारले हेरिरहेको थियो । #निशा केसी मौसमी राष्ट्रवाद: वनमासाले ढाकिएको मेरो गैरीखेत आजकल हरियो हुँदै आको छ । भूमण्डलीकृत संसार चिहाएर मेरा काकाले भर्खर आँगन टेकेका छन् । काकी दंग परेकी छन् भाइ मख्ख परेको छ । सरकार हर्ष र विस्मातले रूग्णिएको छ । अनागरिक नागरिक ठान्छ नागरिक अनागरिक गन्छ । सकिन्छ र सकिन्नक\u200dो दाउपेचमा भक्भकाएको छ । एउटा मुर्दा सरकार बनेर । अमेरिका, युरोप न अष्ट्रेलिया चाहिएको छ मालतीलाई । न सिङ्गापुर, न स्विजरल्याण्डको सपना सजाउनु छ व्यासी भाइलाई । केवल, उनीहरूलाई एउटा सिङ्गो देश चाहिएको छ । अखण्ड नेपाल । दशक बित्दा नबित्दै कालीले फेरेको धार, पत्तो नपाउने सरकार मौसमी राष्ट्रवादको विगुल फुक्दै चुनावदेखि चुनावसम्मको यात्रा तय गरेदेखि अचेल उसको राष्ट्रवाद तुहिएको छ । सडक लम्पसार परेको छ । जैविक इञ्जिनमा लक लागेको छ । नियति नियम बन्लाजस्तो छ। रातदिन जागा बस्नु पर्ने, व्रत-व्रता बन्दै जाँदा दाह्रा, सिङ र नङ्ग्रा भाँचिएका छन् । भुत्ते बनेका हतियार चलाएर सीमारेखा खोजेजस्तै गर्दैछ । मौसमी राष्ट्रवादको अविछिन्न नारा कहिले माथि बसेर कहिले तल झरेर । एउटै भीरका हनुमानहरू । वर्षातले साथ छोड्दा समृद्धिसूचक ग्राफ ओरालिन्छ । कटु सत्यलाई पोथ्राले छोप्ने कोसिस कति गर्छौ ? काका, मालती र व्यासी भाइको पसिनाले सिञ्चित यो माटोमा मौसमी राष्ट्रवाद उरालेर भर्याङ चढ्छौ समृद्धिको कागज बोकेर । वालिङ् नगरपालिका -१४ , गाएडाँडा स्याङ्जा #वसन्त खनाल बिन्ती: वियोग, दुःख कालान्तारमा कति हो कति सुख, समृद्धि भविष्यमा आउँछ भनी फ्याल्यौँ हामीले राणाकाल, आयो प्रजातन्त्र भन्दै नाराहरु यही नै हो खुसीको मन्त्र आशाका बिगुल फुक्दै अर्को जनसागर उर्लियो दुःखको पहाड पञ्चायत हो भनी विरोधमा कुर्लियो दशा नेपाली जनतामाझबाट भागेन अझै पनि सुरु भयो जनयुद्ध हाम्रै लागि उठाऔँ बन्दुक भनी रगतमा पौडी खेल्दै, सहिदको लाम लाग्यो अन्त्य युद्धको यसैसँग राजव्यवस्था भाग्यो । आयो लोकतन्त्र, आयो गणतन्त्र रह्यो निकै लामो यात्रा जनताकै खुसी हो भनी गर्\u200dयौँ अबिरजात्रा टुकी, दियो बल्दै थियो आँगनीमा जनताको उज्यालो हो भनी मक्ख परेको बल्न थाल्यो राँको पोल्न थाल्यो यसैले सहिदका आत्मालाई उही आँशुका आहाल उपहार सारालाई । क्रान्ति जनताका लागि भन्नेहरु आलिसान महलमा बसे सुन्न छाडे जनतालाई अब स्वार्थ नामक दलदलमा फँसे परिवर्तित भयो अनेक व्यवस्था फरक आएन आचरणमा फरक आएन व्यवहारमा फरक आएन प्रवृत्तिमा गर्वले भर्खरै राजतन्त्र फ्याल्यौँ, राजगद्दी छोडेर राजा गए केही क्षण भएको छैन जनताका बोली हामी भन्नेहरु आज देशका राजा भए । निरीह लाचार हामी, हामीलाई नै भेडा भन्छन् विश्वास हाम्रो हत्केलामा राख्छन् विश्वासघात उनै गर्छन् शक्तिशाली छिमेकी हाम्रा प्रहरीका बर्दी तान्छन् अर्कोतिर धावा बोल्दै हाम्रै भूमि उनै ताक्छन् । बोल्ने अब कहिले हो ? बोल्ने अब कहिले हो ? नक्सा आउँदा चुकिसक्यौँ भन्दै भरे भरे भूमि हाम्रो, देश हाम्रो बाटो खन्ने छिमेक अरे कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो सान मौका यही भो तिमीलाई बिन्ती नेताज्यू बचाइदेऊ नेपाल आमाको स्वाभिमान । टोखा – ०८ , काठमाडौ #किरण "किरण " प्रवासी प्रवाह अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै: गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले मे १७ आइतबारदेखि साप्ताहिक अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह” सञ्चालन गर्ने भएको छ । कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार १७ मे, नेपाल समय बेलुकी ८ बजेदेखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तव्यबाट हुने बताइएको छ । यस कार्यक्रममा साहित्यकार जीवा लामिछाने (जर्मनी ), गोपाल रेग्मी (अमेरिका ) र उषा शेरचन (नेपाल ) सँग विशेष कुराकानी मात्र हुने छैन, साथमा उहाँहरुका रचना पाठसमेत हुनेछन् । समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशील बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको प्रकाशन तयारी गर्दैछ । #प्रवासी प्रवाह वाराणसीमा बिरानो बनेको प्रेमचन्दको घर: भारतीय साहित्यमा आधुनिक कथाकहानीको शैली भित्र्याउने श्रेय प्रेमचन्दलाई दिइन्छ । प्रेमचन्द अहिले पनि उत्तिकै प्रासंगिक छन् है भन्ने जनाउन वा सम्झाउन बेलाबेलामा उनको जन्मजयन्ती मनाइन्छ । तर उनी जन्मिएको र हुर्किएको वाराणसीस्थित उनको घर भने उपेक्षित छ । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको सरकारी रेडियो आकाशवाणीमा ‘मन की बात’ कार्यक्रमको सिलसिलामा प्रेमचन्दलाई सम्झिएका थिए । उनले आफू जवान छँदा प्रेमचन्दका कथाले द्रवित हुने गरेको र दुई वटा कथा त उनलाई कण्ठस्थ नै रहेको भनी बताएका थिए । बनारसको लमहीमा जन्मिएका प्रेमचन्दलाई मोदीले किन सम्झिए त ? किनभने लमही उनकै संसदीय निर्वाचन क्षेत्रको एउटा गाउँ हो । केही वर्षअघि उत्तर प्रदेश पावर कर्पोरेसनले प्रेमचन्दको पुरानो घरको बिजुली काटिदिएपछि यो घर अचानक चर्चामा आएको थियो । बिजुली एक सातासम्म काटिएको थियो । कथाकार प्रेमचन्दको १३९ औँ जन्मजयन्ती वरपरका केही साहित्यप्रेमी तथा गाउँका मानिसहरू भेला भएर मनाउँदा यहाँको बिजुली काटिएको थियो र मैनबत्ती बालेर कार्यक्रम सम्पन्न गरिएको थियो । जब लालटिन र मैनबत्ती बालेर प्रेमचन्दको जन्मजयन्ती मनाइएको खबर छापियो, त्यसपछि भने बल्ल काटिएको बिजुली बल्न थालेको थियो । यहाँ प्रेमचन्दका दुई वटा घर छन् । उनका दुई घरमध्ये एउटा पैतृक घर छ र अर्को संग्रहालय बनाइएको छ । तस्बिरमा उनका कथासिर्जना देखिएको तस्बिर उनको संग्रहालय बनाइएको घर हो भने अर्को उनको अर्को घर हो । संग्रहालयको व्यवस्थापन उत्तर प्रदेश राज्यको संस्कृति विभागले गर्ने गरेको छ । अर्को घर भने खालीखाली नै छ । प्रेमचन्दका आफन्त र नातेदार यहाँ कोही पनि नबस्ने हुनाले यो यत्तिकै रहेको स्थानीयको भनाइ छ । जब रेडियोमा प्रधानमन्त्री मोदीले कथावाचन गरे, त्यसपछि वाराणसी प्रशासनले ती महान् लेखकका परिवारका कुनै न कुनै सदस्यबारे जानकारी जुटाउने प्रयास गरिरहेको छ तर असफल भएको छ । मोदीले रेडियो कार्यक्रम ‘मन की बात’मा उनका कथाकहानीले आफूलाई निकै प्रभावित तुल्याएको बताएका थिए । उनले भनेका थिए, ‘मुन्सी प्रेमचन्दका कथाहरू आज पनि उत्तिकै प्रासंगिक छन् । उनका कथाले समाजको वास्तविक चित्रण गर्ने गर्छ । सरल मानवीय भावनालाई प्रकट गरिरहेको हुन्छ ।’ उनले सो कार्यक्रममा ‘नशा’ कथाको प्रसंग गढ्दै भने, ‘यसलाई पढ्दा म आफूलाई पुराना दिनका घटनालाई सम्झन्छु । के सम्झन्छु भने त्यो बेला ज्यादै गरिबी थियो । यसले हामीलाई खराब संगतिबाट जोगिन पाठ पढाउँछ । अर्को ‘ईदगाह’ कथाले पनि मलाई भित्रैसम्म छोएको थियो ।’ प्रेमचन्दका तीन सन्तान थिए, अमृत राय र श्रीपत राय र छोरी कमला । उनीहरू इलाहावादमा बस्थे । सूत्रका अनुसार दुवै छोराले कहिले पनि आफ्ना बुबा जन्मिएको ठाउँमा पाइला टेकेनन् । प्रेमचन्दको वास्तविक नाउँ धनपत राय श्रीवास्तव हो । हुन त श्रीवास्तवहरू व्यापारीमध्येमा गनिन्छन् तर उनलाई सधैँ पैसाको समस्याले गाँजिरह्यो । उनको जीवनभर पारिवारिक झैँझगडा भइरह्यो । यही कारण उनको पैतृक सम्पत्तितर्फ कसैले पनि चासो दिएनन् । प्रेमचन्दको जन्म ३१ जुलाई १८८० मा लमहीमा भएको थियो । उनको निधन भने ८ अक्टोबर १९३६ मा वाराणसीमा भयो । उनको पैतृक घरमै निधनपछि यो घरलाई रेखदेख गर्ने कोही भएनन् । सूत्रका अनुसार प्रेमचन्दको पैतृक घरलाई अहिले हेर्दा चिटिक्कको बनाइएको छ । सन् २०१५ मा उत्तर प्रदेशको संस्कृति मन्त्रालयले यसलाई रंगरोगन गराएको हो । यसको पछाडि पनि एउटा कारण थियो । त्यो बेला दक्षिण भारतस्थित बेंगलुरूमा हिन्दी भाषा पढाउने शिक्षक विनय कुमार यादवले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवसँग भेटी प्रेमचन्दको चिनोलाई सुरक्षित राख्न गरेको अनुरोधपछि यो घरलाई संरक्षण गर्ने र संग्रहालय बनाउने अभियान शुरू भएको थियो । प्रेमचन्दका प्रशंसकहरूले लमहीमा प्रेमचन्दको एउटा ठूलो मूर्ति बनाउनुपर्ने माग राखिरहेका छन् । चर्चित हिन्दी लेखिका बन्दना मिश्राले भनिन्, ‘मुन्सी प्रेमचन्दको घरलाई संग्रहालय त बनाइयो नै साथै अर्को एउटा घरमा पनि उनका सम्पूर्ण सिर्जनाको पुस्तकालय निर्माण गरिनुपर्छ । हिन्दी साहित्य र विद्वानहरूका लागि एउटा शोध केन्द्र पनि यहाँ खोलिनुपर्छ । किनभने प्रेमचन्दका सिर्जना आज पनि उत्ति नै प्रासंगिक छन् । डिडब्ल्युको आलेख #अमिता वर्मा वैदेशिक रोजगारीः एक पीडा: नमस्ते म भीम सुब्बा तामाङ । मलाई कसैकसैले बाबु साइँला पनि भनेर बोलाउँछन् । चित्रकला मेरो रूचिको विषय हो। मैले यसैलाई पेशाको रूपमा अँगालेको छु। यसका अतिरिक्त फुर्सदिला क्षणमा म गीत, गजल, कथा र कविताहरू पनि लेखिरहेको हुन्छु । भन्नु नै पर्दा म आफूलाई कला र साहित्यानुरागी भन्न रूचाउँछु। चित्रकला बनाउने विभिन्न माध्यमहरू हुन्छन्, जस्तै जलरङ माध्यम, तैलरङ माध्यम, एक्रेलिक रङ माध्यम। म यी सबै माध्यमहरूमा मागअनुसार काम गरिरहेको छु । पछिल्लो समय वैदेशिक रोजगारीको विषयवस्तुलाई लिएर यो कला सिर्जना गरेको छु । देशको प्रतिकूल अवस्थाका कारण लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशीभूमिमा पसिना चुहाउन बाध्य छन्। यही पीडालाई यसपालि मैले चित्रमा एक्रेलिक रङ माध्यममा क्यानभासमा उतारेर साहित्य पोस्टमार्फत यहाँहरूमाझ पनि पुर्\u200dयाउने जमर्को गरेको छु। रचनात्मक सुझाव र आलोचनालाई मैले सदैव स्वागत गरेको छु । #भीम सुब्बा तामाङ म र मेरो अस्तित्व: नदीका असंख्य लहरहरु वारि-पारि दुई किनाराबीच आफ्नाे मर्यादा नाग्न खाेज्दैछ। म टाढैबाट हेरिरहेँ…. के फरक ती लहर र ममा? म पनि त आफ्ना किनाराबीच मर्यादा नाग्न खाेज्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई॥१।। वृक्षका असंख्या पातहरु वृक्षकाे साथ छुटेनन् कहिले हुरी-बतासकाे ऋतुमा पनि म टाढैबाट हेरिरहेँ… हावासित हाँसिरहेछ झरीसित नाचिरहेछ त्याे पात भन्दा हल्का त भइनँ म किन आफ्नै वृक्षसित छुट्दैछु म? आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई।।२।। एउटै वृक्षमा असङ्ख्या मौरीका घारहरु एउटा घारको मौरी अर्को घारमा कहिले सरेन यो तेरो र यो मेरो भन्दै कहिले लडेन म मुन्टो ठाडो पारेर हेरिरहेँ… कसैको सानो घर त कसैको ठूलो घर सबैले मेहनत मजदूरी गरेका छन् नराम्रोलाई छाडेर राम्रो रस सँगालेका छन् त्यो मौरी भन्दा नीच त भइनँ म किन राम्राे छाडेर नराम्राे सँगाल्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई॥३।। वृक्षमुनि असङ्ख्या कमिलाका ताँतीहरु श्रम र मेहनत गर्न छाडेनन् कहिले आफ्नाले आफ्नालाई मारेनन् कहिले म तलतिर निहारेर हेरिरहेँ… काेही पूर्व जाँदैछ त काेही पश्चिम कोही रित्ताे छ त काेही छ भरि कसैले कसैलाई रोक्दैनन् कसैले कसैलाई भुक्दैनन् त्याे कमिला भन्दा नीच त भइनँ म किन अरुकाे बाटाे छेक्दैछु अरुकाे देखी भुक्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नुलाई।।४।। मिचीना, म्यान्मा #भीम पाण्डे काखी: “निकालियो तपाईंलाई काखी च्यापियो उसलाई केही आधार देख्दिन म न गल्ती छ तपाईंको न बढी योग्यता छ उसको” सुनाए एकजनाले। चिन्ताले भने या उक्साउन भने दोधारमा परे म। “किन चुप तपाईं ?” फेरि सोझियो प्रश्न। “नाकको एलर्जी छ त्यसैले” झटपट उत्तर आयो मेरो। छक्कै परे उनी “त्यसको के सम्बन्ध ?” बोल्दै थिए उनका आँखाहरु। “अनि वान्ता हुन्छ मलाई उसलाई हुँदैन” उनी अवाक् माहोल ठन्डा। “हैन सर! यसको के सम्बन्ध ?” कठिन गरि सोधे केहीबेरमा। टिठ लाग्यो मलाई झोला खोलेर निकालेँ अत्तर बोलेँ उनीतिर सोझ्याउँदै “आफ्नै काखी त सहन सक्दिन अर्काकोमा च्यापिएर बाचौँला कसरी?” मुसुक्क हाँसे उनी। बाजुङ, पर्वत #मदन सुवेदी ढोका: आफ्नै काया खनेर गहिरो बनाए जग छाला उधारेर सम्याए भित्ता पैताला ताछेर लिपे मझेरी मगज खिपेर चढाए धुरी र एउटा सिङ्गो घर बनाए उड्दै–उड्दै आए नीला चराहरू र दलिनमा आकाश बस्यो हिँड्दै–हिँड्दै आएर मूलढोका बाटै भित्र छिर्\u200dयो घाम र उज्यालो मगमगायो रूखका हाँगा–हाँगामा झुण्डिँदै आयो हावा जस्केलाबाट छिर्\u200dयो र पक्षघातहरू उडाएर लग्यो समयको बूढो साइरन बजाउँदै थर् थर् थर् थर् पटरी थर्काउँदै आकाश फुटाउँदै कति रेलहरू आए–गए कति पतलूनका रङहरू पखालेर बग्यो वर्षा शून्यतालाई थिचेर कति आवाजहरू फलाम ठोक्किए कति मस्तिष्कमा उध्याइए छुरा र ठुन्काइए समयका मुनाहरू अफशोच कागजका ईश्वरहरू नै छुटिगए इतिहासको डिकोबाट ती जसले आफ्नै काया खनेर गहिरो बनाए जग छाला उधारेर सम्याए भित्ता पैताला ताछेर लिपे मझेरी मगज खिपेर चढाए धुरी र एउटा सिङ्गो घर बनाए तिनीहरू नै घर बाहिर परे अब कसले खोल्छ होला मूलढोका ? कसले खोल्छ हँ ?? चितवन #शरद ऋतु अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ', "हप्ताभरिको उल्लासपूर्ण पर्खाइ, रमणीय त्यो ‘गुड फ्राईडे’ आउँछ भन्दै, एउटा मीठो रङ्गीन सपनामा डुबेर, मनमा लाखौं भावनाहरु खेलाइरहन्थेँ, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।१।। अव्यक्त रहेका कैयौं भावनाहरु, त्यसैभित्र हुन्थ्यो छट्पटाहट र उत्सुकता, गुम्सिएका हुन्थे मनमा सयौं प्रश्नहरु, तैपनि शुक्रबारे बिहानीमा फुरुङ्ग हुन्थे, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।२।। जुनकिरी झैं चम्किदिन्थ्यो मुहार, शुक्रबारको त्यो सूर्योदयको लालीमासँगै, आशाको किरणको अनवरत श्रृंखला, अनि कता कता म निस्फिक्री भइदिन्थे, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।३।। जीवन आज मूकदर्शक भएछ, पीडाहरु मनभित्रै कुण्ठित भइसकेछन्, अतीतको त्यो मिठासले घोचिरहँदा, अन्यौलतामा निराश मन छट्पटाइरहन्छ, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।४।। अधुरा सपनाहरुले कचोटिरहँदा, हरपल कठिन सजाय सरह भएकोछ, सपनाहरुको अनायासै मृत्यु हुँदा, केही प्रश्नले मायालाई नै लक्ष्य गरिरहन्छन्, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।५।। #प्रदिप 'पि.जे.' राहत: “खायो,सुत्यो अनि यही फेसबुकमा नै झुण्ड्यो । दुई महिना हुन लागिसक्यो लकडाउन भएको । खाने र सुत्नेबाहेक अरु उपलब्धि छैन,” छोराको हातको मोबाईल खोस्दै आमाले भन्छिन् । “लौ ! संसार भरिका सबैजनाको काम नै त यही सुत्ने, खाने र फेरि सुत्ने यही त छ आमा,” हाँस्दै भन्छ छोरो । “हेर , पल्लो घरको राकेशलाई रातदिन राहतको सामान लिएर दौडिरहेको छ । एकछिन घरमा छैन । यही बेला त हो नि समाजमा गर्ने भनेको । हरेक पत्रपत्रिकादेखि अनलाइनमा उसकै प्रशंसाको खबरले भरिएको छ । अझ ठूलो कुरा गर्छस् तँ ? सिक् केही भए पनि ऊसँग,” जङ्गिदै आमा तरकारी किन्न ढोकातिर लाग्छिन् । त्यहीबेला उनकै घरको बाटो भएर पुलिसको गाडी अगाडि दौडिन्छ । “अब फेरि कुन विचरालाई दुई घण्टा बाटोमा उभ्याउने भए मोराहरुले,” कौतुहल स्वरमा घरको छेउमा उभिएकी छिमेकीलाई सुनाउँछिन् । “केको हुनु दिदी ! पल्लो घरको छोरा छ नि राकेश, उसैलाई समातेर चौकी लगेका होलान् नि ! राहतको सामानको टेण्डर मिलाइदिए बापत पसलेसित कमिसन लिँदालिँदै समातेको रहेछ नि ! के नपुग्दो थियो र यस्तो बेला पनि….!” लामो सुस्केरा हाल्दै छिमेकी बोल्छिन् । रातो अनुहार पारेर माथि झ्यालबाट तल हेर्दै गरेको छोरालाई हेर्छिन् उनी । धुम्बाराही, काठमाडौँ #अर्जुन थापा अस्पताल: म अस्पतालमा थिएँ । अस्पतालमा हुने गतिविधि, कुराकानी नियाल्दै थिएँ । कोही उपचारमा भएका गल्तीका कुरा सुनाउँदै थिए । कोही अस्पतालमा बस्नुको दिग्दारी । कहिलेकाहीँ यहाँ झगडा पर्छ, कहिले चाँडै कुरा मिल्छ, कहिले लम्बिन्छ । फेरि कुरा सल्टाइन्छ र पूर्ववत् कामकुरा चलिरहन्छ । ‘महँगो उपचार रहेछ । म त आत्तिएँ जेठा । उपचार नगरी पनि भएन । के गर्नु ?’ म बसेको छेउमा पुरानो लवेदा, सुरवाल, टोपी र मैलो इस्टकोट लगाएका वृद्ध गुनासो गर्दै थिए । ‘डाक्टर अनुभवी छैनन् पिजी र विद्यार्थीले उपचार गरिदिन्छन् अनि कहाँ राम्रो उपचार हुन्छ ? लापरवाही भैहाल्छ नि!’ अर्काले थपे ।ुुु यी कुरा सुन्दै गर्दा कोही भने सन्चो भएर फर्किरहेका थिए । तिनको अनुहार निकै हँसिलो देखिन्थ्यो । मनमा लागेको हुँदो हो अब कहिल्यै अस्पताल बस्न नपरोस् । प्रसूति कक्षको बाहिर भित्र ओहोरदोहोर गरिरहेकी थिएँ । मुनालाई भर्ना गरेकी थिएँ । मुना र मेरो माइती गुल्मी थियो । उनको घर दैलेखमा छ । मेरो भने कोहलपुर । गर्भवती भएपछि उनले दैलेखको सरकारी अस्पतालमा चेक जाँच गराएकी थिइन् । ‘नानी तिम्रो बच्चा उल्टो छ, गाह्रै हुन्छ होला !’ अन्तिम समयमा डाक्टर स्वेताको बोली सँगसँगै मुना निकै डराएकी थिइन् । ‘दिदी मलाई अपरेसन गर्नुपर्छ भन्छन् डाक्टरहरु,’ केही दिनअघि मुनाले मलाई फोन गरेकी थिइन् । ‘किन के भयो र ?’ ‘बच्चाको हेड हाई छ रे!’ ‘नडराऊ, केही हुँदैन । अपरेसन चाहिँ गर्नुपर्ने भयो ।’ ‘अपरेसन ?’ ‘बच्चा निकाल्ने अपरेसन कहाँ गाह्रो हुन्छ र ?’ मैले ढाडस दिँदै भनेकी थिएँ । ‘मलाई त निकै डर लागिरहेको छ,’ उनको काँतर स्वर मैले फोनमा स्पष्ट अनुभव गरेकी थिएँ । ‘बजारका महिलाहरु आजकल डेट आउनुअघि नै अपरेसन गरिहाल्छन् । व्यथा सहन त झनै गाहृो हुन्छ नि !’ मैले सम्झाउने प्रयास गरेँ । ‘अपरेसन कहाँ गर्ने होला दिदी ? यतै गरुँ कि ?’ उनले सोधेकी थिइन् । ‘अस्पताल र डाक्टर राम्रो हुनुपर्छ नि !’ ‘खै दिदी, जिल्ला अस्पताल हो, के राम्रा डाक्टर होलान् र ?’ ‘त्यसो भए यतै आऊ न त,’ उनको कुरा बुझेर मैले कोहलपुरतिरै बोलाएकी थिएँ । पहाडमा सुविधा सम्पन्न अस्पताल थिएनन् । उनका नजिकका अरु आफन्तहरु कोहलपुरमा थिएनन् । माइतीको कुकुर त प्यारो हुन्छ भनिन्छ, उनी त झन् मेरी छिमेकी बहिनी । त्यसैले उनलाई यतै बोलाएकी थिएँ । उनी एक्लै आइन् । लिएर आउने जस्तो घरमा आफन्त पनि कोही नभएरै होला सायद । अस्पतालमा एकल अभिभावक बन्दै थिएँ म । डाक्टर लीलाको सल्लाहबमोजिम आज उनको अपरेसन हुँदै थियो । म जस्ता सयौं बिरामीका आफन्तहरु ओहोर दोहोर गरिरहेका थिए, सायद सबैलाई हतार हुँदो हो । बेचैनी हुँदो हो मलाई जस्तै । नर्सले कागजी प्रक्रिया पूरा गर्दै थिइन् । लेबर रुममा रहेका लगभग सबै बेडमा लस्करै गर्भवती महिलाहरु थिए । कोही उमेरले पचास नाघेजस्ता र कोही कलिला पनि । ‘मरे आमा….ऐया…।’ ‘हे भगवान….उस्..।’ ‘लौन डाक्टर मेरो अपरेसन गरिदिनु …..।’ ‘मेरो बच्चा भ्याकुम लगाएर निकालिदिनुस् न सिस्टर ….।’ ‘ऐया बा…, मरें आमा…, उस्…, अँ…अँ…।’ क्रमैसँग यस्ता आवाज सुनिरहनु पर्थ्यो । बच्चाहरु जन्मदै गरेका आवाजहरु पनि सुनिदै थिए । मैले सबैको दुःख नियालिरहेकी थिएँ । पृथ्वीभित्रको सिंगो सृष्टि सायद त्यही कोठाभित्र थियो । आमा बन्नुको पीडा नियाल्ने पुरुषहरु ढोका वरिपरि थिए । सानो छटपटीमा मलाई प्रशव पीडा भयो भन्ने पुरुषहरुले वास्तविक प्रशव पीडालाई नियालिरहेका थिए । उनीहरुको मन पनि भरिलो थियो । आँखा रसिला थिए । आफ्ना मान्छेको पीडा सुन्न उनीहरुलाई पनि गाहृो भएको हुँदो हो । म भित्र बाहिर गरिरहेकी थिएँ । कुनै कुनै बेडमा त रगतको भेल बगिरहेको देखिन्थ्यो । सबै आमाको अनुहारमा अथाह पीडा देखिन्थ्यो । आफू मरेर नयाँ सृष्टि जन्माउन खोज्दै थिए । ‘तपाई मुनाको मान्छे हो ?’ नर्सले मलाई कोट्याउँदै बोलाइन् । ‘हजुर हो,’ म अलि अघि सरेँ । ‘उनको श्रीमान् कहाँ हुनुहुन्छ ?’ ‘विदेश जानुभएको छ ।’ ‘तपाईं ?’ ‘म उनको दिदी ।’ ‘त्यसो भए यो कागजमा सही गरीदिनुस् ।’ मेरा हात काँपिरहेका थिए । ‘बिरामीलाई अपरेसन गर्दा तलमाथि भएमा म आफैँ जिम्मेवार हुनेछु,’ लेखिएको तलपट्टि हस्ताक्षर गर्नुपर्ने थियो । मुनाको अनुहारमा पुलुक्क हेरें । ल्याप्चे लगाएका दुबै बुढी औँलाको मसी सुकेको थिएन । भावुक भइन् उनी । आँखा रसिला थिए । खासमा बेडमा चिच्याएका महिलाहरु देखेर उनको होस उडिसकेको थियो । त्यसैले मानसिक रुपमा अपरेसनका लागि तयार भएकी थिइन् । अब मनको डर मैले पन्छाउनु पर्ने थियो । पछि हटेर हुनेवाला थिएन । आज म उनको एकल अभिभावक थिएँ । यस प्रक्रियामा मलाई सहयोग गर्ने कोही थिएन । एकपटक भगवान सम्झिएँ । सायद अप्ठेरोमा पर्दा सबैले सम्झन्छन् मैले जस्तै । नर्सले मुखमा हेरिरहेकी थिइन् । मेरो अनुहार पढेर होला मलाई सम्झाउँदै भनिन् । ‘केही हुँदैन, डराउनु पर्दैन ।’ सहीछाप गरिदिएँ । मनमा हुटहुटी चल्दै थियो । मुनाको बेड नजिकै एक महिला थिइन् जानकी । जानकीको अवस्थाले मेरो ध्यानाकृष्ट गरिरहेको थियो । उनी बिस्तारामा लडिरहेकी थिइन् । बेलाबेलामा बटारिन्थिन् । अनुहारमा चिटचिट पसिना थियो । अनुहार रातो रातो थियो । नर्सहरुले स्टेथेस्कोप लगाउँदै थिए । ज्वरो नाप्दै थिए । डाक्टर जाने आउने क्रम चलिरहेको थियो । जानकीको अवस्था देखेर मैले मुनाका सबै कुरा बिर्सिएँ । यसो भनूँ, मुनालाई भन्दा म बढी जानकीलाई ध्यान दिइरहेकी थिएँ । ‘अहिले कस्तो छ दिदी ?’ नर्स र डाक्टरले सोध्थे । ‘ठिकै छ’ जानकीको जवाफ हुन्थ्यो । तर केही समयपछि अवस्था परिवर्तन भइहाल्यो । ‘तपाईंको ज्वरो नै घट्दैन । प्रेसर पनि २०० नाघिसकेको छ । खै के गर्ने होला ? दिदी …’ नर्सले काउन्टरतिर फर्केर चिच्याइन् । अलि पाकी जस्तो लाग्ने नर्स उनको अगाडि आइन् । ‘तपाईंको अन्तिम महिनावारी कहिले हो दिदी ? डाक्टरले अन्तिम डेट कहिले दिनुभएको थियो ?’ ‘एक हप्ता नाघिसक्यो ।’ ‘उमेर कति नि ? चालीस वर्ष ।’ ‘कतिवटा बच्चा छन् ? तीनवटा ?’ ‘के के छन् ? ‘छोरीहरु’ ‘बरु बहिनी मलाई जे सुकै होस्, मेरो अपरेसन गरिदिनुस् । कर्ममा भए म पनि बाँचुली, मेरो पेटको सन्तान बाँच्नुपर्छ,’ उनले बोली दबाउँदै बोलिन् । अन्तिम बोली बल्ल बल्ल सुनिएको थियो । ‘त्यसो भनेर कहाँ हुन्छ ? तपाईंको यस्तो अवस्थामा डाक्टर अपरेसन गर्नुहुन्न । आमाको शरीरलाई खतरा हुन्छ,’छेउकी नर्सले सम्झाउने प्रयास गरिरेकी थिइन् । यसैबीच डाक्टर लीला पनि आइपुगिन् । नर्ससित जानकीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ गर्दै थिइन् । ‘पेटको बच्चाले दिशा खायो भने मर्छ भन्छन्, लौन छिटो गरम् नानीहरु,’ बाहिरबाट अन्दाजी ६५ वर्षकी वृद्धा भित्र पसिन् । उनलाई निकै हतार थियो । बच्चा समाउने नयाँ कपडा उनको हातमा थियो । ओल्टाइपल्टाइ हेर्दै थिइन् । उनीहरुका धेरैजसो आफन्तहरु जम्मा भैसकेका थिए । डाक्टर लीलाले श्रीमान्लाई बोलाइन् । उनको शरीर मोटो र छोटो कदको थियो । झुस्स दाह्री पालेका थिए । टाउकोको आधा कपाल झरिसकेको थियो भने बचेको कपाल तिलचामले भैसकेको थियो । सेतो हाफ पाइन्ट र रातो टिर्सट लगाएका थिए । अनुहार गम्भीर थियो । डाक्टरसित केहीबेर कुराकानी गरे । ‘अवस्था निकै जटिल छ के गर्ने ?’ डाक्टरले श्रीमान्को अनुहारतिर हेरेर भनिन् । उनले जवाफ फर्काएनन् । ‘छिटो बच्चा जन्माउनका लागि व्यथा बढाउने औषधि चढाउन सकिन्छ तर बच्चालाई अप्ठेरो पनि पर्न सक्छ । कि अपरेसन गर्नुपर्छ तर आमालाई गाह्रै हुनसक्छ ।’ उनी फेरि पनि बोलेनन्, ‘खै ???’ भन्ने इसारामा टाउको मात्र हल्लाए । वृद्धा अगाडि सरिन् र डाक्टरतिर फर्केर भनिन्, ‘बच्चालाई खतरा हुन्छ । अपरेसन गर्ने निर्णय त तपाईंले लिने होला नि ? हामी डाक्टर कि तपाईं हँ ?’ ‘होइन आमा बिरामीको अवस्था एकदमै जटिल छ । सजिलो भए त बच्चा आफैँ जन्मिहाल्थ्यो नि ? नर्मल अपरेसन भए पनि म गरिहाल्थेँ । तपाईंहरुसँग कहाँ छलफल गर्नु पर्थ्यो र ?’ ‘हामीलाई सोधेर, छलफल गरेर समय मात्र किन बर्बाद गर्छौ हँ डाक्टर ? सक्दैनौ भने अन्तै लैजान्छौं,’ वृद्धा च्याँठ्ठिइन् । ‘जानकीलाई हाई फिवर छ । प्रेसर ओभर छ । नाडी पनि कडा चलिरहेका छन् । हात खुट्टा पूरै सुन्निएर खम्बा बनेका छन् । बच्चाको धड्कन कम सुनिएको छ । ब्लिडिङ पनि भैरहेको छ । अवस्था सबै जटिल छ, के गर्ने के गर्ने ?’ डाक्टरले जानकीतिर फर्केर आफैँसँग बोलेझैँ गरिन् । यस्तो बिरामीलाई नर्मल सुत्केरी गराउन सम्भव थिएन । अपरेसन गर्नु पनि सजिलो थिएन । डाक्टर लीलालाई वृद्धाको बोली सुन्दा जानकीलाई निकालिदिऊँ जस्तो पनि नलागेको होइन । डाक्टर लीलाले फोन गरेर डाक्टर क्षितिजलाई बोलाइन् । उनीहरु दुवैले एकछिन सल्लाह गरे । ‘डाक्टर क्षितिज म यो बिरामीको अपरेसन गर्न पनि सकिरहेको छैन । के गर्ने ? आफन्तको बोली सुन्दा राख्न मन पनि छैन । केही भैहाल्यो भने पनि अस्पताललाई मात्र होइन हामीलाई पनि खतरा छ । यही शहरमा बस्नुपर्छ ।’ ‘तर अस्पतालबाट निकाल्न पनि त सम्भव छैन । हाम्रो धर्म नै यस्तै अप्ठेरोमा परेकाको सेवा गर्ने नै हो,’ क्षितिजको आवाज सुनियो । ‘खै आज मलाई कता कता डर लागिरहेको छ । आफ्नो हातले गरेका अनगिन्ती अपरेसनको सम्झना आइरहेको छ । गर्भवती महिलामा केही समस्या देखिनु स्वभाविक हो तर यहाँ त धेरै समस्या छन् । फेरि अहिले नै आफन्तहरु थर्काउन खोज्दैछन् । पछि के होला के ? कि रिफर गरिदिऊँ भेरी अस्पतालमा ?’ ‘डाक्टर लीला, हाम्रो धर्म बिरामी बचाउनु हो । उनीहरुलाई जीवनदान दिनु हो । यही हातले छुरी चलाएर अनगिन्ती सपनाहरु जन्माएका छौं हामीले । धेरै बच्चालाई आमा बचाएर दिएका छौं । हाम्रो अगाडि शरण लिन आएकालाई यसो भन्नु हाम्रो धर्मले दिँदैन,’ डाक्टर क्षितिज दार्शनिकझैँ सुनियो यतिबेला । ‘बूढी आमा धम्कीको भाषा बोल्दैछिन् । मलाई त पठाउँ कि जस्तो लागिरहेको छ अझै पनि,’ डाक्टर लीला चिन्तित सुनिइन् । ‘होइन डाक्टर, त्यसो गर्नु हुँदैन । हामीलाई पढाउने प्रोफेसरले के भन्नु हुन्थ्यो ? तपाईंलाई अझै सम्झना होला नि ? हातमा अपरेसनको केश आइसकेपछि बिरामी जस्तोसुकै आउन् । भगवान् सम्झेर अपरेसनका लागि जुट्नुपर्छ । शरण गर्नेको मरण गर्नु हुँदैन । पछि जे हुन्छ, हुन्छ । बिरामीलाई नेपालगंज पठाउँदा बीचमा ओभर ब्लिडिङ भएर ज्यान पनि जान सक्छ । हाम्रो आक्रोशको सजाय बिरामीलाई दिनुहुँदैन ।’ वृद्धाले फेरि चर्को स्वरमा बोलिन्, ‘अपरेसनको तयारी गर्नुस् डाक्टर । मेरो नातिलाई केही भैहाल्यो भने …. ?’ छोरालाई कुमले घुच्याइन्, ‘कति हिम्मत नभएको तेरो हँ ? तेरी जोइलाई केही हुँदैन । लामो आयु लिएर आएकी छ । बाँच्छे । बरु बच्चा………….। कागतमा छिटो गर् सिक्नेचर, लेखिदे तेरो नाउँ । छिटो । मेरो नाति चाहियो मलाई ।’ नर्सले कागज अगाडि सारिदिइन्, उनले चुपचाप हस्ताक्षर गरिदिए । डाक्टर लीलाले क्षितिजलाई अपरेसन थिएटरमा सँगसँगै जान अनुरोध गरिन् । बिरामीलाई तयार गरी थिएटरमा ल्याउन आदेश दिइन् र आफू अगाडि बढिन् । कपडा र गहना खोलिए । लगाएको स्लाइन मुनाको हातमा थियो । म पनि के गर्ने के नगर्नेमा थिएँ । कसैको बच्चा बेडमै जन्मिएको सूचना बच्चाको रुवाइले दियो ‘तपाईंहरु सबै बाहिर जानुस् । अपरेसन थिएटरतिर संकेत गर्दै नर्स कराइन् । हामी सबै बाहिर निस्कियौं । मुना र जानकी दुवै जनालाई पालैपालो ह्वील चेयरमा राखियो । उनीहरु निशब्द थिए । ढोकासम्म सँगसँगै निस्किएँ म । ‘बेस्ट अफ लक मुना,’ म उनको अनुहारमा हेरेर खिसिक्क हाँसिदिएँ । उनी पनि बाध्यात्मक हाँसो हाँसिन् र भित्र पसिन् । सँगसँगै जानकीलाई पनि भित्र लगियो । अपरेसनको बाहिरपट्टि बसेर पर्खनु सिवाय अरु विकल्प थिएन । दोस्रो तलामा रहेको अपरेसन कक्ष भर्याङनजिकै थियो । जानकीका आफन्तहरु थियटरबाहिर भरिँदै थिए । भुइँमा पिफर्म ओछ्याएर बसिरहेका थिए । ठूलो-ठूलो स्वरमा कुरा गरिरहेका थिए । उनीहरुलाई अस्पतालका अन्य बिरामीसँग कुनै सरोकार थिएन । चिच्याएर गफिदै थिए । ओहोरदोहोर गर्नेहरु जो कोही पनि उनीहरुतिर हेरेर फर्किन्थे । ती वृद्धा हातमा बच्चा समाउने नयाँ कपडा समातेर मेरो नजिकै आएर बेन्चमा टुसुक्क बसिन् । ‘तपाईं ?’ मेरो वाक्य पूरा हुन नपाउँदै उनी बोलिहालिन् । ‘जानकी मेरी बुहारी,’ उनको नजर ढोकातिर थियो । उतै फर्केर जवाफ फर्काइन् । ढोकामा नर्स देखिइन् । ‘जानकी रावतको मान्छे ?’ उनी अगाडि सरिन् । ‘ल कपडा ल्याउनुस् त ।’ उनले हातको नयाँ कपडा नर्सलाई थमाइन् र भनिन्, ‘बच्चा के भयो नानी ? नर्सले सुनिनन् कि सुनेर पनि उत्तर दिइनन् । उनले ढोका बन्द गरिसकेकी थिइन् । आमा फेरि बेन्चमा फर्किन् र मतिर हेरेर भनिन् । ‘अहिले त डाक्टरले छोरा छ भनेका छन् । लखनऊ जँचाएर आएका ।’ मैले ए मात्र भनेँ । मेरो उनीप्रति चासो कम देखेर होला उनी उठेर आफ्नै भिडमा मिसिइन् । एकैछिन उनै नर्स ढोकामा देखिइन् । वृद्धा नसकेर पनि दौडिन् । बच्चा च्याप्प समातिन् । ‘के जन्मियो नर्स नानी ? नाति त होला ! ’ नर्सले टाउको मात्र हल्लाइन् । जानकीकी सासू आफन्तहरुको बीचमा छिटोछिटो पुगिन् । ढोकाबाट नर्सले केही भन्न खोज्दै थिइन् तर उनीहरु कसैले ध्यानै दिएनन् । सबै नवजात शिशु वरिपरि गोलो लगाए । ‘ल बधाइ छ जेठी आमा ! नातिको हजुरआमा भयौ,’ बूढी खुशी देखिइन् । ‘मैले त भनेको थिएँ नि, कान्छी छोरीको अनुहार छोरा जस्तै छ, अबको पालि नाति नै हुन्छ भनेर !’ ‘हात हेर्नेले पनि यसपालि छोरा नै हुन्छ भनेको थियो रे त !’ ‘लखनऊ जचाउँदा डाक्टरले पनि छोरै छ भनेको थियो ।’ सबैले पालैपालो नवजातको पुरानो भविष्यवाणी सुनाइरहेका थिए । एकअर्कालाई बधाइ दिँदै अंकमाल गर्दै थिए । हाँसोको फोहरा छुटिरहेको थियो । म घरिघरि ढोकातिर हेर्दै थिएँ भने उनीहरुको खुशीलाई समेत नियालिरहेकी थिएँ । एक हातमा मिठाइको प्याकेट र अर्को हातमा प्लाष्टिकको पोको समातेर नानी देखिइन् । अन्दाजी पन्ध्र वर्षकी हुँदिहुन् उनी । बच्चाको मुखमा पुर्लुक्क हेरिन् । ‘बधाइ छ बाबा,’ उनले अंकमाल गरिन्, ‘तपाईंको सपना पूरा भयो ।’ लड्डु निकालेर बाबुको मुखमा राखिदिइन् । बाबाले छोरीको पछाडि हात राखेर धाप लगाए । जेठी छोरी होलिन्, मैले अनुमान लगाएँ । उनको अनुहार गम्भीर थियो । ढोका अगाडि आइन् । ‘आन्टी कति बेला भेट्न पाइन्छ मम्मीलाई’ म तिर फर्किन् । मलाई पनि कुनै अनुमान थिएन । ‘अझै एक छिन लाग्ला,’ उनको बेचैनी अनुहारलाई केही ढाडस दिन खोजें । उनी आमाको प्रतीक्षामा उभिइन् । हजुरआमा नातिको अनुहार हेर्दै थिइन् । नातिनीतिर हेरेर फतफताइन्, ‘घरमा फोन गरिदे नानी ! खसीको मासु फ्रिजमा छ । बनाउन लगा । ज्वानोको झोल पकाएर ल्याउन पठा । घिउ पनि र्याकमा छ झिक्न पठा । फेरि बच्चालाई दुध आउँदैन ।’ उनको बोलीतिर भन्दा नानीको ध्यान ढोकातिर थियो । अरु कसैले उनको कुरामा वास्ता गरेनन् । केही छिनमा उनै नर्स ढोकामा देखिइन् । ‘मुनाको मान्छे को हुनुहुन्छ ?’ ‘म म,’ हातको कपडा नर्सको हातमा थमाइदिएँ । नानी केही सोध्न खोज्दै थिई तर नर्सले उत्तर नदिई गइन् । एकैछिनमा नर्सले बच्चा च्यापेर आइन् र मलाई दिइन् । बच्चा समाएँ । ‘मुनालाई कस्तो छ ? अपरेसन सकियो ? रगत चढाउनु त परेन ? होशमा त छिन् नि ?’ उनले टाउको हल्लाएर मेरा प्रश्नको उत्तर दिइरहेकी थिइन् तर उनका आँखा वृद्ध महिलाको काखतिर थिए । नर्सको अनुहार पनि हँसिलो थिएन । उनको मलिनतामा म डराउँदै थिएँ । मुनाका लागि प्रार्थना गरिरहेकी थिएँ । काखे बच्चालाई स्वागत गर्न पनि बिर्सिएछु । अनुहार हेरेँ । अबोध परीले टुलुटुलु हेरिरहेकी थिइन् । मेरो त मिठाइ पार्टी गर्ने पनि कोही थिएनन् । बच्चालाई स्वागत गर्न पनि एक्लै थिएँ म । मुनाको मोबाइल बज्यो । ज्वाइँसाबको फोन थियो । मैले उठाएँ । ‘लक्ष्मी भित्रिइन् बधाइ छ ज्वाइसाब्,’ मैले नसोधिकनै उत्तर दिएँ । ‘मुना नि ?’ ‘अपरेसन चलिरहेको छ । बेडमा पठाएको छैन ।’ ‘ए ए । छोरी कस्ती छिन् ?’ ‘ठ्याक्कै तपाइँजस्तै,’ त्यसो भन्दै गर्दा म पनि मुस्कुराएँ । भर्खरै जन्मिएकी सानीको अनुहार खै कसरी तुलना गरिदिएँ ! फोन राखेँ र मुनाको प्रतीक्षा गरिरहेँ । जानकीका आफन्त बढ्दै थिए । उपाहार बोक्नेहरुको पनि कमी थिएन । खुसियाली थपिंदै थियो । नर्सहरु पालैपालो बाहिर निस्किदै थिए । ‘मुनाको अपरेसन सकियो ?’ नर्सको नजिकै पुगेर सोधेँ । उनी नबोली अगाडि बढ्न खोजिन् । मैले उनको हात च्याप्पै समाएँ । ‘सकियो । पोष्टअपमा सिफ्ट भैसक्यो । एकछिन पछि भेट्न पाउनुहुन्छ,’ नचाहेरै उत्तर दिइन् । मेरो सास फुलेर आयो । जानकीकी छोरीले पनि मेरो प्रश्न दोहोर्याइन् तर नर्स निरुत्तर भइन् तर बल्लतल्ल आवाज निस्कियो, ‘पर्खनुस्, डाक्टर आउँदै हुनुहुन्छ ।’ एकाएक ढोकामा हल्ली खल्ली सुनियो । डाक्टर लीला देखिइन् । उनका वरिपरि सबै झुम्मिए । ‘सरी तपाईंकी जानकीलाई बचाउन सकिएन् ।’ ‘के भयो डाक्टर नानी ?’ नाति समातेकी हजुरआमाले बच्चा नातिनीको हातमा थमाएर अगाडि पुगिन्। ‘तपाईंहरुले भनेको मान्नुभएन । मैले भनेकै थिएँ, यस्तो अवस्थामा आमालाई बढी खतरा हुन्छ भनेर । उनको चौथो सन्तान भएकोले पाठेघरको अवस्था पनि राम्रो थिएन । त्यसैमाथि हाई प्रेसर र उच्च ज्वरो थियो । अपरेसन गर्न नमिल्ने थियो । औषधि चढाउँदा बच्चा बिग्रिने सम्भावना बढी भए पनि आमालाई बचाउन सकिन्थ्यो । बच्चाले दिशा पिसाब खान सक्छ भनेर तपाईंहरुले मान्नु भएन । जस्तो अवस्था आए पनि अपरेसनका लागि तयार हुनुभयो,’ डाक्टर गम्भीर भइन् । ‘बच्चा र आमामध्ये एकलाई मात्र बचाउन सकिने अवस्था आयो । जानकीले बच्चा बचाइदिन आग्रह गरिन् । अपरेसन गरियो तर रक्तस्राव रोक्न सकिएन । आमा बेहोस भइन् । अक्सिजनले पनि काम गरेन । जानकीले हामी सबैलाई उछिनिन् । हाम्रो कुनै पनि उपकरण र औषधिले काम गरेन । प्रयास विफल भयो । सरी । डेड बडी केही प्रक्रिया पूरा गरेपछि पाउनुहुनेछ ।’ काखमा बच्चा लिएकी सानी नानीका आँखा छताछुल्ल भए । आँशुको भेल गाला हुँदै अबोध बालकको अनुहारमा पोखिए । बच्चा चिच्याउन थाल्यो । नानीले आफूलाई थाम्न सकिनन् । बेहोश भइन् । बच्चा हजुरआमाले लड्दालड्दै समातिन् र मुखमा पुलुक्क हेरिन् । चारैतिर सन्नाटा छायो । कोही डाक्टरलाई गाली गर्दै थिए । कोही अस्पताल फुटाल्नुपर्छ भन्दै थिए । जानकीका श्रीमान् भूइँमा थुचुक्क बसे । म भने अबोध बच्चा समातेर मुनालाई भेट्न निस्किएँ । कोहलपुर–१२, बाँके #सुमित्रा न्यौपाने कुरा: झूटो माया गर्नेको ठूलो हुन्छ रे कुरा बाहिर मीठो बोल्नेको मनमा हुन्छ रे छुरा बेइमानीले तबमात्र सत्य बोल्न थाल्छ जब उसले पिएको हुन्छ रे सुरा पापी पेट बचाउन जीवनमा कसैको शत्रु बनी दिएको हुन्छ रे चुरा केही पाउने अाशामा पुर्पुरो ठोकेर हुँदैन भावीले नै निश्चित गरेको हुन्छ रे खुरा हिजोआज पवित्र प्रेम खोज्दै हिड्दा केवल हात मात्र लागेको हुन्छ रे पुरा #मधु जिटिसी बेस्ट सेलर वा पुरस्कार विजेता पुस्तकका रहस्य: किन केही पुस्तकहरुमा समेटीएका कथाहरुले हाम्रो मन-मस्तिस्कलाई धेरै समयसम्म हल्लाइदिन्छन? किन केही लेखकहरुलाई हामी (पाठकहरुले) शब्दको जादुगरको दर्जा दिन्छौँ ? एउटा पाठकको हैसियतले मैले थाहा पाएका र बुझेका कुरा यहाँ पस्केको छु । पाठकलाई पहिलो वाक्यदेखि नै ‘हूक’ गर्न सक्ने क्षमता हुनु बेस्ट सेलर वा पुरस्कार विजेता पुस्तकको रहस्य हो । ‘हुक’ भनेको केहो? हुकको शाब्दिक अर्थ ‘बल्छी’ हो । जसरी बल्छीले सुन्दर तलाउमा रमाइरेहेको माछालाई एक्कासि आफ्नो तिखो टुप्पोले घायल बनाएर आफूतिर खिच्दछ, पुस्तकमा भएको हुकले पनि त्यस्तै काम गर्छ। यसले पाठकहरुलाई आफ्नो वशमा पार्छ, मन्त्रमुग्ध बनाइदिन्छ। प्रायजसो हुकहरुमा मानवीय भावनासँग खेल्न सक्ने क्षमता हुन्छ। भनिन्छ, मानवजाति भावनात्मक प्राणी हो। तसर्थ, हामी बेलाबेलामा आफ्ना भावनाको दास बनिरहन्छौँ। तसर्थ, जब कुनै पुस्तक भावनात्मक हुकबाट सुरु हुन्छ, हामी त्यसको लहरहरुसँगै अनायासै बग्न थाल्छौँ । धेरै पश्चिमेली बेस्टसेलरहरुमा पाठकलाई सुरुमै ‘हुक’ गर्ने खालका वाक्यहरु प्रयोग भएका हुन्छन् । नेपाली बेस्टसेलर तथा मदन पुरस्कार विजेता पुस्तकहरुको हकमा पनि यो कुरा लागू हुन्छ। उदाहरणका लागि अमर न्यौपानेको ‘करोडौँ कस्तुरी’ भन्ने पुस्तकको विषय प्रवेशलाई नियालौँ। यस पुस्तकमा प्रयोग गरिएको ‘हुक’ बडो गजबको लाग्छ मलाई। ‘भोकले रुनु, शोकले रुनु, दु:खले रुनु, बाआमाको गाली अनि पिटाइले रुनु, शिक्षकले दिएको सजायले रुनु र कथाकविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदोरहेछ, जुन मैले पहिलोपटक महसुस गर्दै थिएँ। ती फरक-फरक आँशुलाई पनि रगतलाई झैँ परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के-के देखिन्थ्यो होला ?’ कति सुन्दर, कति आसाधारण उठान ! सुरुमै प्रिय लेखकले शब्दको जादु चलाएका छन् अनि पाठकहरुलाई प्रश्नहरुको भुमरीमा होमिदिएका छन्। यी लाइनहरु पढ्नेबित्तिकै मैले सोच्न थालेँ, ‘ओहो, रोदनका पनि यतिविधि तहहरु हुँदारहेछन्। केही रोदनभित्र खुशी पनि मिस्रित हुँदारहेछन्।’ अफगानी लेखक खालिद हुसेनीद्वारा लेखिएको एउटा अर्को विदेशी पुस्तक ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ लाई हेरौँ। यस पुस्तकमा पनि लेखकले सशक्त हुक प्रयोग गरेका छन्। ‘मरियम पाँच वर्षकी थिइन्, जब तिनले पहिलो पल्ट ‘हरामी’ भन्ने शब्द सुनिन्।’ यो वाक्यले पनि पाठकको मनमा एउटा प्रश्न खडा गरिदिन्छ। किन यति सानी नानीलाई ‘हरामी’ भनिएको होला ? यही प्रश्नबाट आन्दोलित पाठक खुरुखुरु पुस्तक पढ्न सुरु गर्छ। मैले पनि त्यसै गरेँ। लेखक बुद्धिसागरले पनि आफ्नो पुस्तक कर्नाली ब्लुजमा राम्रो ‘हुक’ प्रयोग गरेका छन्। ‘कोहलपुर टिचिङ हस्पिटलको ठूलो गेटमुन्तिर म ठिङ्ग उभिए। मेरो सास फुलिरहेको थियो । नीलो जिन्स पाइन्टको घुँडानेर धब्बा बसेको थियो । सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो । पिठ्यूँको झोलाको हाल के होला, मैले हेर्ने जाँगर चलाइनँ।’ यी माथिका लाइनहरु पढ्नासाथ कथामा रहेको पात्रको मानसिक हलचलसँग मेरो साक्षात्कार भयो । हस्याङफस्याङ गर्दै जसोतसो हस्पिटलको प्राङ्गणमा कसैले आफूलाई पुर्याएको थियो । त्यो पात्रको मानसिक र शारीरिक पीडाको बाछिटाले मेरो मनलाई पनि सिञ्चित गर्\u200dयो । ‘मिरर इफेक्ट’ भएजस्तो लाग्यो । ‘यो मान्छे किन र कसरी यहाँ पुग्यो ? टिचिङ हस्पिटलमा कोही आफन्त सिकिस्त बिरामी पो छन् कि ?’ भनेर सोच्न थालेँ। त्यसपछि हतार-हतार पुस्तक पढ्नुबाहेक मसँग अरु कुनै विकल्प थिएन। पुरस्कार विजेता उपन्यासको अर्को साझा विशेषता भनेको त्यसभित्रको सशक्त थिम पनि एक हो । थिम भनेको के हो त ? थिमलाई सामान्यतः विषयवस्तु भनेर बुझ्दा हुन्छ तर थिमलाई यहाँ यसरी बुझ्दा झन् राम्रो- कथाको विषयवस्तु जसलाई एक वा दुई वाक्यमा प्रकट गर्न सकिने कुरा। भनिन्छ, राम्रा लेखकहरु थिमका बारेमा पहिले नै क्रिस्टल क्लियर हुन्छन् । ‘मैले मेरो पुस्तकबाट के सन्देश दिने’ भन्ने कुरालाई राम्ररी पहिले नै निर्क्योल गर्छन् राम्रा लेखकले । फेरि एकपल्ट ‘करोडौँ कस्तुरी’तिरै लागौँ । यो पुस्तकको थिम असाधारण छ । ‘प्रत्येक मान्छेभित्र एउटा कस्तुरी हुन्छ, अद्भूत चिज हुन्छ। त्यसैले उसलाई सफल बनाउँछ। हामीले हामीभित्र भएको कस्तुरी पत्तो लगाउन सक्नु पर्छ।’ माथि उल्लेखित खालिद हुसेनीद्वारा लेखिएको पुस्तक ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ भन्ने पुस्तकमा भने ‘अफगानी समाजमा नारीलाई हेर्ने दृष्\u200dटिकोण प्रस्तुत गरिएको छ। त्यहाँ नारी भनेको फगत एउटा खेलौना मात्र हुन्’ भन्ने थिम बडो जोरदार तरिकाले प्रस्तुत भएको छ। ‘कर्नाली ब्लुज’मा भने ‘एउटा पुत्र र पिताको सम्बन्ध, पिताको संघर्ष’ देखाइएको छ। यसले ‘छोराको आँखाबाट पिताको संघर्ष’ भन्ने थिम बोकेको छ। अझै केही पुस्तकलाई हेरौँ। जस्तो कि ‘जीवन काँडा कि फूल’ । मलाई लाग्छ, झमक घिमिरेले जीवन काँडा कि फूल लेख्नुअगाडि ‘मेरो जीवनमा मैले भोगेको अनुभव अनुसार’ जीवन के होला? काँडा कि फूल ? त्यो रहस्योद्घाटन यो पुस्तकमार्फत गर्नेछु भनेर सोच्नु भयो होला। पुस्तकभित्र समेटिएका घटनाक्रमहरुले पनि बारम्बार यसै थिमलाई सम्बोधन गर्छ। राधा पौडेलद्वारा लिखित ‘खलङ्गामा हमला’मा भने विविध थिमहरु छन्। द्वन्द्वले के दिन्छ ? नर्सिङ पेसा के हो ? मान्छेले मेहनत र हिम्मत कसरी र कस्तो गर्नुपर्छ? त्यसपछि मात्र बाटाहरु खुल्छन् भनेर प्रस्ट्याउन खोजिएको छ। हामी गरीब हैनौँ । हामी भन्दा पनि धेरै गरीब छन् – यो संसारमा । हामीले तिनीहरुका लागि केही गर्नुपर्छ । यिनै थिमहरुको सेरोफेरोमा कथा घुम्दछ । शिरीषको फूल भनिन्छ, पहिलो र दोस्रो विश्वयुद्ध पश्चात निरसता, निराशता र विसंगतिले भयावह रूप लियो । युद्ध लडेर घर फर्केका सैनिकहरुलाई युद्धको धङधङीले धेरै हदसम्म सतायो अनि भावनात्मक रूपमा एक किसिमले विक्षिप्त बनायो । त्यो विश्वयुद्धले उपहार स्वरूप दिएको खालीपनलाई इंगित गर्दै, दोस्रो विश्वयुद्धको सेरोफेरोमा धेरै समय बिताएका एउटा भूतपूर्व सैनिकको मनसिकतामा टेकेर कोरिएको उपन्यास हो, शिरीषको फूल। सुयोगवीरले विश्वयुद्ध कालमा धेरै नारीहरुसँग रंगीन रातहरु बिताइसकेको भए पनि साँचो प्रेमको अदभूत स्वाद चाखेको हुँदैन । ऊ साँचो प्रेमको खोजीमा हुन्छ र भाग्यवश उसले सकम्बरीलाई भेट्छ तर गुमाउन पुग्छ । अधुरो मान्छे थियो, अधुरै रहन्छ। मानिस जहिले पनि साँचो प्रेमको खोजीमा हुन्छ। शायद प्रेम भन्ने चिज दुई आत्माको मिलन हो, दुई शरीरको मिलन मात्र हैन। पारिजातले भन्न खोजेको कुरा यही हुनुपर्छ। पुस्तकको थिम यही होला। खलिन जिब्रानले पनि ब्रोकन विङ्स पुस्तकमा प्रेम के हो ? प्रेम कस्तो हुनुपर्छ? भन्ने थिमहरु प्रस्तुत गरेका छन्। यसमा चरित्रहरू भावनात्मक रूपमा निकै छन् । मानव भावनात्मक प्राणी भएकाले हामी कुनै न कुनै तरिकाले ती पात्रहरुसँग भावनात्मक रूपमा जोडिन्छौँ । राम्रा कथाकारहरुले यो कुरा बुझेका हुन्छन् । संकटको घडी हरेक राम्रा सिर्जनामा एउटा महत्त्वपूर्ण कडीका रूपमा संकटको घडी आइपुग्छ । कथाका मुख्य पात्र अचानक कुनै विषम परिस्थितिमा फँस्न पुग्छन्। पुस्तक पढ्दै गर्दा हामी कहिलेकाहीँ एक्कासि झस्किन्छौँ। अब यो पात्र कसरी यो परिस्थितिबाट बाहिर निस्किन्छ होला? अब शायद पात्रले हार मान्छ होला? यस्तै यस्तै कुराहरु हाम्रो मनमा खेल्न थाल्छ। जब सुयोगवीरले प्रेमको लहरमा डुबेर एक्कासि सकमबरीको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा चुम्बन गर्छ, त्यहाँ एक्कासि संकटको घडी सुरु हुन्छ । सुयोगवीरलाई ‘के गरुँ, के भनुँ’ जस्तो भयो। त्यो दोधारको अवस्थालाई उसले यसरी व्यक्त गर्छ, ‘डरलाग्दो सपनाबाट बिउँझे जस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ, मुटु कामिरहेको थियो । के गर्ने? स्थितीलाई साट्न सकिँदैन, त्यो धृष्टतालाई अब फिर्ता लिन सकिँदैन ।’ यो एउटा राम्रो ‘क्राइसिस’को उदाहरण हो। यसले एक्कासि सुयोगवीरको बारेमा पाठकहरुको मनमा साहनुभूति (सफ्ट कर्नर) उत्पन्न गरिदिन्छ । पाठकहरुले आफ्ना प्रिय पात्रले जसरी पनि त्यो विषम परिस्थितिमाथि विजय प्राप्त गरोस् भन्ने चाहना राख्छन् । त्यसैले पाठकहरुले पढ्ने कार्य जारी राख्छन् । द्वन्द्व राम्रा उपन्यासमा द्वन्द्व हुन्छ । द्वन्द्व भनेको कथाका मुख्य पात्रहरुले सामना गर्नैपर्ने दोधारे स्थिति हो । प्रेम वा परिवार, आत्मसमर्पण वा आत्मदाह दुईमध्ये एक चुन्नुपर्ने बाध्यता द्वन्द्वका उदाहरण हुन्। यसले पुस्तकमा भएको कथावस्तुलाई प्रभावित गर्दै विभिन्न अपत्यारिलो मोडहरु दिने गर्छ। यसले मुख्य पात्रलाई दुबै ‘ताप र चाप’ दिने कार्य गर्दछ । त्यही ताप र चापको फलस्वरूप, पात्रले निर्णय लिन्छ। कथाहरुमा प्रयोग हुने द्वन्द्वलाई निम्न प्रकारले वर्गीकरण गर्न सकिन्छ। १) पात्र-पात्र बीचको शारीरिक तथा मानसिक द्वन्द्व । २) कथाका पात्रहरु र प्रकृति बीचको द्वन्द्व । ३) कथाका पात्र र तिनहरुले भोग्नुपर्ने परिस्थिति (समाज वा अन्य) बीचको द्वन्द्व । ४) पात्रहरु र तिनीहरुकै आफ्नो भावनाहरुसँगको द्वन्द्व। माथि उल्लेखित तीन प्रकारका द्वन्द्वलाई बाह्य द्वन्द्व भनी नामकरण गरिएको छ । यद्यपि, पात्रले आफ्नै भावनासँग गर्नुपर्ने द्वन्द्वलाई भने आन्तरिक द्वन्द्व भनिदोरहेछ। द्वन्द्व जे जस्तो भए पनि यसले कथामा मसलाको काम गर्छ। राम्रा पुस्तकहरुमा द्वन्द्वको प्रयोग सटिक रूपमा गरिएको हुन्छ। यसले पाठकमा ‘अब के हुन्छ होला?’ भन्ने उत्सुकता जगाइदिन्छ। त्यही प्रश्नको उत्तर खोज्न हामी पुस्तक पढाइलाई निरन्तरता दिन्छौँ । चेन्ज (मोमेन्ट अफ एपिफेनी) पात्रहरुले कसरी विषम परिस्थितिबाट आफूलाई बाहिर निकाल्छन्? तिनीहरुले अन्ततः के सिक्छन्? जीवनका कस्ता मूलमन्त्र प्राप्त गर्छन् ? यसमा झल्किन्छ । जब कथा अन्त्यतिर पुग्छ, पात्रहरुले धेरै प्रश्नको उत्तर खोजिसकेका हुन्छन् । साथसाथै, पाठकहरुले पनि धेरै कुराहरु थाहा पाउँछन् । पाठकभित्र रहेको चेतनाको आयतन बढेर आउँछ। मलाई लाग्छ, माथि उल्लेखित यिनै कुराहरुलाई सशक्त ढंगबाट प्रस्तुत गर्नसक्ने क्षमताले गर्दा नै केही लेखकहरु ” शब्दहरुको जादुगर” बन्छन् र तिनीहरुले लेखेका कथा, उपन्यास र अन्य सिर्जना पुरस्कार विजेताका हकदार तथा बेस्टसेलर हुन्छन्। (सजीवन प्रधान एक विचारक, सेल्स तथा लिडरसिप कोच हुन् । उनले विगत लामो समयदेखि यस क्षेत्रमा संलग्न भई नेपालका तथा विदेशी विभिन्न संघसंस्थाहरुलाई व्यापार अभिवृद्धि, नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरिरहेका छन् । उनी नेपाली साहित्यका प्रेमी पनि हुन् ।) #सजीवन प्रधान परिचय: म छर्न सक्दिन कहिल्यै, अविश्वासका बिउहरू, स्वयंभुका दुईवटा आँखाहरूमा । हेर्न चाहन्नँ म, टुक्रिएकाेे परिचय र भावना, प्रत्येक नेपालीका मनहरूमा । हार र जितकाे खेलमा, एउटा नेपालीले हारे पनि, मेरै अस्तित्व घटिरहेछ । रंग र वर्ण फरक हाेला । ईच्छा र आकांक्षा फरक हाेला । म जे भए पनि, जहाँ रहे पनि, मेराे रगतमा काेशी र गण्डकी बगिरहेछ । म हेर्न सक्दिन आज, टुक्रिएर सपना छरिएका दृश्यहरू । म धान्न सक्दिनँ हरेक हृदयका, वेदना र चित्कारका तुफानहरू । सम्पूर्णता चाहिन्छ मलाई आज, नेपाली मनहरूमा । अविश्वास र वेदना हाेइन, उत्साह र उमंगकाे सगरमाथा चाहिन्छ , प्रत्येक नेपालीका ढुकढुकीमा । बर्दघाट, नवलपरासी । #शक्ति पाैडेल छिमेकी: छिमेकीले घाँस काट्यो मैले घाँसै त हो भनेँ छिमेकीले कान्लो ताछ्यो मैले माटै त हो भनेँ छिमेकीले रूख काट्यो लग्यो मैले पाजी दाउरै त हो भनेँ अब त छिमेकीले त्यो बारी मेरो हो भन्छ त्यो सल्लाघारी मेरो हो भन्छ रूख, रूखमा बस्ने चरा चराको गीत रुखले नकाल्ने सुसेली सब मेरा हुन् भन्छ भन्देऊ न हो अमरसिंह भोक ठूलो कि स्वतन्त्रता? पराधीन नभए पनि स्वाधीन हुन नसकेपछि स्वचालित हुन नसकेपछि भोलि यो बाटो मेरो हो भन्ला तैँले खाको आटो मेरो हो भन्ला तँ बसेको बास, तैँले फेरेको श्वास मेरो हो भन्ला तैँले छोप्ने लाज, तेरो शीरको ताज मेरो हो भन्ला तेरो पेन्सन पट्टा मेरो हो भन्ला तँ त जिउदो पुत्ला होस् तँ बसेको सत्ता मेरो हो भन्ला भन्देऊ न हो भीमसेन सत्ता ठूलो कि देश? #टिएन भट्ट `विश्वामित्र´ ‘ज्ञ’ आख्यानकारलाई चिठ्ठी: प्रिय आख्यानकार नगरकोटीज्यू, मैले हजूरको प्रकाशित कृतिहरुको अक्षर पनि नछुटाई पढेको छु। अघिल्ला दिनहरुका हजूरको कृतिहरुको प्रारुपले म निकै मुग्ध भएको थिएँ तर ‘ज्ञ’ले हजूर पनि कतै बजार र प्रकाशकको शिकार हुनु भयो कि जस्तो लाग्यो। यो कुरा जरुरी थिएन कि हरेक ८|९ महिनामा नयाँ पुस्तक प्रकाशन गर्नै पर्छ। जरुरत त हजूरले आफ्नो अघिल्ला कृतिहरुले प्राप्त गरेको श्रद्धा र पाठकको तपाईं प्रतिको आकर्षणलाई स्थिर र स्थायी राख्नु थियो। प्रिय लेखकज्यू, तपाईं त नेपालीहरुको बहुमूल्य रत्न हुनुहुन्छ। अचानक बदलिने काठमाडौँको मौसमले तन बिथोल्छ, तपाईंका शब्दहरुले दिमाग खल्बलाउँछ तर म चिन्तित छु नगरकोटीज्यू, कतै हजूरले आफ्नो पकड गुमाउनु भएको त छैन ? हजूर आख्यानमा आफ्नो पृथक् र उत्कृष्ट छवि बनाइसक्नु भएको लेखक हुनुहुन्छ। अरुको लहैलहै र बहाकाउबाट आफूलाई जोगाएर सधैँ पृथक् भइरहनुस्। साथीहरुले त कुरुपलाई पनि सुन्दर बनाइदिन्छन्, हजूरको कमी-कमजोरीलाई पनि ताकत साबित गरिदिन्छन्, त्यसैले वास्तविकता आफ्नो शत्रुमार्फत पहिचान गर्नुहोस्। श्रद्धेय आख्यानकारज्यू, अरुको वास्ता नगरी लेख्नुको के अर्थ? लेखकले त पाठकको चाहना बुझ्नुपर्छ, मर्ममा प्रहार गर्नुपर्छ, हैन र ? तपाईंले पाठकको वास्ता नगरी आख्यान रचना गर्दा कहीँकतै पाठकले पनि हजूरको वास्ता गरेनन् भने के होला ? कम्\u200dतिमा ‘ज्ञ’ मेरो लागि मीठो भूल भयो। मैले मेरो प्यारो लेखक, अरुभन्दा पृथक् आख्यानकारको कमजोरी औँल्याउने मौका पाएँ । तर आशा गर्छु, अर्को पटकमा भने मैले मेरो प्यारो आख्यानकारका शब्दहरुमा पहिले जसरी नै रमाउन पाउनेछु। उही तपाईंको, ‘द स्ट्रेन्जर’ #क्षितिज चउरेल कठै बालापनका ती खेल: कोभिड-१९ को कारणले मार्च १६ देखि घरबाटै काम हुन थाल्यो । कान्छी छोरीको स्कूल पनि बन्द । झन्डै २ हप्तापछि जेठी र माइली छोरीहरू जो टोरन्टोमा बस्दै काम गर्थे, उनीहरू पनि हामी भएको ठाउँ टिमिन्समै आए । धेरै बेफाइदाहरू भए पनि, यो कोभिडले गर्दा एउटा राम्रो कुरा भने लामो समयपछि परिवारका सबै जना सँगै बस्न पाइएको छ । साबिकझैं बिहान उठ्यो, चिया नास्तापछि अफिसको काममा लाग्यो, दिउँसो लन्च, स्नयाक्स ब्रेक लिँदै बेलुकी ४-५ सम्म काम गर्\u200dयो, एकछिन एक्सरसाइज गर्\u200dयो, कहिलेकाहीँ टेबुलटेनिस खेल्यो अनि साँझको खाना, छोरीहरू, श्रीमानसँग कुराकानी गर्\u200dयो, कहिले साथीभाइ, नातेदारहरूसँग कुराकानी गर्\u200dयो, यस्तै गर्दै धेरैजसो दिनहरू बितिरहेका छन् । हिजो दिउँसो, कान्छी छोरी श्रेयाले दिक्क लाग्यो भन्दै गनगन गरेपछि, उनीलाई र माहिली छोरी मेधावीलाई लिएर श्रीमानजी बाहिरतिर जान्छौँ भन्दै निस्कनुभयो । करिब २-३ घण्टापछि श्रेया र मेधावी दङ्ग पर्दै आएर भन्न थाले, “बाबाले आज हामीलाई वहाँहरूले सानोमा खेल्ने “लारी भिङ्गेटी” भन्ने खेल सिकाउनु भयो, कस्तो रमाइलो भयो । लारी भिङ्गेटी भनेको काठमाण्डुतिर खेलिने डन्डीबियो जस्तै रहेछ जुन मध्य-पश्चिम पहाडतिर खेलिन्थ्यो रे पहिले । छोरीहरुको “लारी भिङ्गेटी” मोह देखेपछि मलाई आफ्नो बाल्यकाल र सानोमा हामीले खेल्ने खेलहरुको सम्झना आयो । मेरो बाल्यकाल काठमाण्डुको गौशालामा बित्यो । घरकी सबभन्दा जेठी छोरी, हजुरबुबाकी पुल्पुलिएकी नातिनी, काका, फुपूहरूकी प्यारी भदैनी ! वरिपरि छरछिमेकमा कसैलाई नटेर्ने आफ्नै तालकी मस्तराम ! मेरो सम्झनामा आएसम्म मैले पहिले खेलेको “ताराबाजी लै लै, मामा आए घोडा” भनेर गीत गाउँदै ताली बजाउने नै होला । अलि ठूली २-३ वर्षकी भएपछि भने पुतली खेल्ने होला झैँ लाग्छ । प्लास्टिकले बनेको साना-साना पुतली, पेटतिर थिच्यो भने प्वाँ प्वाँ गरेर बज्ने पुतली, कहिलेकाहीँ आमा वा फुपू दिदीले बनाइदिनु भएको कपडाले बनाएको टालाटुलीको पुतलीहरू खेल्ने गर्थें । कसले हो कुन्नी ती टालाटुलीबाट बनेका पुतली सुत्ने कोठामा राख्यो भने राती बोक्सी भई आउँछन् रे भनेकोले त्यो डरले दिनभरि दुःख गरेर बनाएको पुतली राति बाहिर फालिदिन्थेँ । भोलिपल्ट त्यो कहिले पाइन्थ्यो, कहिले पाइन्नथ्यो । निकै पछिसम्म त्यो डर मनमा गढेर बसेको थियो । अलि ठूली भएपछि गट्टी खेल्ने, डोरी खेल्ने, तेलकासा, लुकामारी, घ्वाइँकासा, काने काने पिच्चा, रुमाल लुकाई आदि खेलियो । कहिलेकाहीँ गुच्चा र एक दुई पल्ट डन्डीबियो पनि खेलेको सम्झना छ । गुच्चा खेल्नमा त म एकताका च्याम्पियन नै भएकी थिएँ । कहिलेकाहीँ चुरोटको बट्टाको तास बनाएर खेल्ने, ५ पैसा, १० पैसाको खोपी खेल्ने पनि गरेँ । एक दुई पटक गुलेली पनि चलाएँ तर केही मारेको भने सम्झना छैन । गौशाला भित्रको कृष्ण मन्दिर वरिपरि पानीको पोखरीमा साना ढुंगाका टुक्राहरू फालेर पानीको तरङ्ग गन्थ्यौँ । त्यही मन्दिरको भित्तामा साना साना पोर्सेलिन वा मार्बल जस्तो टुक्राहरू टाँसेको हुन्थ्यो । ती टुक्राहरूमा अक्षर भेटियो भने विद्या आउँछ रे भनेर दिनभरि त्यस्तो अक्षर भएका मार्बलका टुक्रा खोज्ने खेल पनि हुन्थ्यो । गर्मी महिनामा वनकाली मन्दिर छेउको पोखरीमा बाँदर रुखबाट हामफालेको हेर्दै रमाउने र वाग्मतीको छेउमा बालुवाको घर बनाएर दिनभर पनि बिताइयो । रिंगरोडको अग्लो ठाउँबाट वनकालीतर्फ तलसम्म चिप्लेटी खेल्दै पुग्ने गर्दा फ्रक वा सुरुवालको पछाडी धुलैधुलो, २-४ दिनमै प्वाल पनि परिहाल्थ्यो । चौरमा लडीबुडी गर्ने, पुल्टुङ् बाजी खेल्ने, एक खुट्टी टेकेर भाले जुधाई खेल्न पनि रमाइलो हुन्थ्यो । माटोको भाँडाकुटी बनाउने, माटोकै पैसा बनाएर पसल गरी खेल्ने, गोल्टिनको बट्टामा प्वाल पारेर वा सलाईको बट्टामा धागोले जोडेर फोन बनाएको भन्दै परपर बसेर हेलो हेलो भन्दै खेलेको हिजैझैँ लाग्छ । सानो माटोको डल्लो जस्तोमा लामो रबरको धागोजस्तो जोडी एक छेउमा समाएर हातमा ठोक्काउदै खेल्ने खोटो सिक्का भन्ने खेल पनि थियो । तेस्तै कागजको डुङ्गा बनाएर पानीमा हाल्ने, कागजकै प्लेन बनाएर उडाउने खेल पनि रमाइलो थियो । गुहे किरालाई सलाइको बट्टाभित्र राखेर रेडियो बजाए जस्तो गरी खेल्ने र झ्यालिन्चा (dragon fly)लाई समातेर त्यसको पुच्छरमा कागजको फुर्को बाँधेर भगवानलाई चिठी पठाएको भन्दै खेलेको सम्झिँदा, ती निरीह कीरा-फट्याङ्ग्रालाई दुःख दिएर के खेलेको होला झैँ लाग्छ अहिले । कुनै खेलहरू चाडबाडसँगै पनि आउथे। जनै पूर्णिमा आउन थालेपछि तराईतिरबाट हो या भारततिरबाट हो डमरु बेच्ने र बेलुन बेच्नेहरू आउँथे । ती डमरु बजाउँदै केही दिन खेल्न पनि रमाइलो हुन्थ्यो । कागजको फिरफिरे बनाएर दौडिनु, सिट्ठी फुकेर अरूको कानमा कुर्र कुर्र गर्नु पनि खेल नै हुन्थ्यो । वर्षात् सकिन लागेपछि चङ्गा उडाउन सुरु हुन्थ्यो । मैले चङ्गा त्यति धेरै त उडाइनँ तर काकाहरूलाई चङ्गाको धागोमा माजा लगाउन भने सहयोग गरे जस्तो लाग्छ । अरूले उडाएका चङ्गाहरु हेर्दै चङ्गा चेट भएको हेर्दै रमाउनुको मज्जा अर्कै ! दसैँ आएपछि पिङ खेल्ने र तिहारमा भैली खेल्ने त अझै पनि पाएसम्म छोड्न मन लाग्दैन । दसैँ तिहारपछि हरेक वर्ष जस्तो विशेष गरी मङ्सिर महिनामा वनभात खान जाने गरिन्थ्यो । घरबाट चामल, दाल, आलु आदि सबैले अलि अलि लाने, भाँडाहरू पनि लाने र रुखमुनि, अझ पाएसम्म अमलाको रुखको छेउमा बनभात पकाएर खाने, खाइसकेपछि नाचगान गर्ने गरिन्थ्यो र धेरै रमाइलो हुन्थ्यो । काठमाडौँमा हुँदा भण्डारखालको वनमा वनभात खाने गरेको सम्झना छ । तर हेटौँडा गएपछि भने धेरै जसो मुजुरधापको वनमा वा आफ्नै बारीको पुछारमा वनभात खाने गरिन्थ्यो । फागुन लागेपछि फागू खेल्ने अर्को रमाइलो हुन्थ्यो । म सानै छँदा, शायद ३-४ वर्षकी थिए हुँला, फुपू दिदीको मुखभरि कालो, रातो रङहरू देखेर दिदीलाई के भयो भनी रोएकी थिएँ । पछि हेटौँडामा गएपछि आफ्नै भाइबहिनीहरूसहित साथीहरू रीता, मीरा, राधा कार्की दिदीहरुसँग धेरै पटक रङ खेलियो । गर्मी महिना लागेपछि कहिले खोला त कहिले आफ्नै बारीमा रहेको पोखरीमा पौडी खेलियो । सानै हुँदा पाइपको दुई टुप्पा जोडेर पाङ्ग्रा बनाएर खेल्ने पनि गरेँ एकदुई पटक । अलि ठूली भएपछि मोजाभित्र कपडा कोचेर बनाएको बल खेल्ने, सेवन स्टोन भन्ने खेल जसमा दुई पार्टी हुन्थे र सातवटा साना साना एकअर्कामा खप्ट्याएर राखेका ढुङ्गाहरूलाई सानो बलले हानेर ढलाउने र पछि तिनीहरूलाई फेरि मिलाइराख्ने खेल हुन्थ्यो । त्यस्तै रुमाल लुकाई, तातो आलु, म्युजिकल चेयर, सियोमा धागो छिराउने, चुँगी, एक खुट्टे, कबड्डी, भुरुङ घुमाउने आदि खेलिन्थ्यो । घरभित्र खेल्दा दुई वा दुईजना भन्दा बढी हुँदा “ चीँ मुसी चीँ घर घर मुसा”, “ओक्कल दोक्कल कौने मरु”, “उडकुसी मुडकुसी लावा चुन, चूनकै धारा पुतली“ आदि खेलहरू त निकै पछिसम्म पनि खेलिन्थ्यो । बाहिर आँगन वा सानो चौर भए पनि हुने खेलहरूमा “इन्टु मिन्टु लन्डनमा, हाम्रो भाइ पल्टनमा”, “ यति यती पानी, घे घे रानी ”,“ओ लहरे, है पहरे“, “लाटा दाइ, लाटा दाइ, केरा पाक्यो ?” जस्ता गीत गाउँदै खेलिने खेलहरू त लाग्छ सबै हराइसके अहिले । शुक्रबारको साँझ बुबाले हामीलाई सधैँझैं पढ्नुपर्ने काम बाट छुट्टी दिनु हुन्थ्यो । त्यो साँझ म लगायत बहिनी र भाइहरू गीत गाउने, नाच्ने, अन्ताक्षरी खेल्ने, वर्डमिनिङ्ग र हाजिरी जवाफ खेल्ने गर्थ्यौँ । अरू दिन सधैँ पढ्नु पर्ने, गृहकार्य गर्नुपर्ने तर शुक्रबार साँझ भने नपर्ने भएकोले कहिले शुक्रबार आउला भन्ने लाग्थ्यो । लुँडो, बाघचाल, चेस, र क्यारमबोर्ड खेलमा पनि हामी निकै समय रमाउँथ्यौँ । ०३५-३६ सालतिरदेखि क्रिकेट, फुटबल, भलिबल र एकदुईपटक लन हकी स्थानीय टिमहरूले खेलेको हेरेँ पनि, आफैँले भने खेलिएन । पछि वन विज्ञान अध्ययन संस्थानमा पढ्दा अलिअलि टेबिलटेनिस, भलिबल, ब्याड्मिन्टन, टेनिस छोएझैँ गरियो तर खेललाई महत्त्व दिएर खेल भनेको शारीरिक साथै मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ भनेर कहिल्यै सोचिएन । महङ्गो खेलकुद गर्न नसके पनि दौडिने, उफ्रिने, लङ जम्प, जस्ता खेललाई त केही कुरोले रोक्दैनथ्यो होला, तर खेल्नु भनेको बिग्रनु हो भन्ने खालको त्यस बेलाको सोचले खेललाई महत्त्वहीन बनाइदिएको थियो । आजकल साना केटाकेटीहरूलाई हेर्दा उनीहरूको खेल र हाम्रा खेलमा धेरै अन्तर देख्छु । सबभन्दा त मोबाइल फोन र भिडियो गेमले धेरै समय लिएको छ । धेरै खेलहरू स्क्रिनमै खेल्न सक्छन्, चाहे त्यो दिमागलाई जोर दिनु पर्ने चेस, सुडोकु, क्रसवर्ड, बोर्ड गेम हुन् वा लुडो या शारीरिक रूपले खेल्ने “वि” होस्, सबै हातमा रिमोट लिएर खेल्न सकिन्छ । फुटबल, स्केटिङ, बास्केटबल, स्कि जस्ता खेलहरु पनि सानो भन्दा साना बच्चाहरूले पनि खेलेको देख्दा रमाइलो लागेर आउँछ । एकातिर भिडियो गेमहरुको विकास द्रुत गतिमा भइरहेको छ भने अर्कोतिर खेललाई नै पेशा बनाएर लाग्ने समूह पनि धेरै बढेका छन् । केही वर्षअघिसम्म हाम्रो समाजमा खेल्नु भनेको बिग्रिनु भन्ने बुझिन्थ्यो, अझ छोरीहरूले त खेल्न नै हुन्न भन्ने थियो तर आजकल यो सोचमा पनि परिवर्तन आएको छ । खेललाई पेसा, सोख मात्र नभै स्वस्थ रहन पनि अति आवश्यक छ भनी सबै उमेर र लिङ्गका मानिसहरू खेलतर्फ आकर्षित भएको देखिन्छ । नयाँ नयाँ खेलहरूको विकास तथा पुराना खेलहरू परिमार्जन भएका छन् । अहिले पनि खेलिन्छ केही खेलहरु । विभिन्न समय र उमेरमा भिन्नभिन्न खालका खेलहरु खेले पनि बाल्यकालको कुरा भने अर्कै हुने ! प्रसिद्ध भारतीय गजलकार जगजीत सिंहले गाएको कालजयी गीत यहाँ सम्झिन मन लाग्योः ए दौलत भी ले लो, ए सोहरत भी ले लो भले छिन लो मुझ से मेरी जवानी मगर मुझको लौटा दो बचपनका सावन वो कागज की कस्ती वो वारिस का पानी यो मन पनि अचम्मको चीज रहेछ। कहिलेकाहीँ आँखै अघिका सुन्दर दृश्यहरूले पनि रमाउन सक्दैन यो मन, कहिले भने पर पर, उहिले, उहिलेका घटना र यादहरूले पनि उडुँउडुँझैँ लाग्छ । मलाई यी बाल्यकालमा खेलेका खेलहरूसँगै गौशाला, वनकाली हुँदै श्लेष्मान्तक वनसम्मको रोचक यात्रा गरायो मनले आज । बाल्यकालमा मन मिल्ने साथीहरूसँग फेरि खेलेँ तीनै रमाइला खेलहरू । दौडिएँ, लडेँ, चिप्लिएँ, उठेँ, उफ्रेँ र सबैभन्दा बढी रमाएँ म आज । काठमाडौँको गौशालादेखि हेटौँडाको आफूले पढेको स्कूलको कक्षा कोठासम्म पुगेँ । माटोसँगको स्पर्श, पानीको भिजाई, पहाडतिरबाट आउने शितल हावाका झोँक्काहरू महसुस गरेँ उसैगरी । आज मलाई महसुस भयो, स्मरणहरू नहुने हो भने त मानव जीवनको ठूलो खुसीको भाग नै अधुरो हुन्थ्यो होला ! केही क्षण भए पनि बन्दाबन्दीको यस घडीमा बाल्यकालका खेलका सम्झनाहरुले कोरोनाबाट टाढा पुर्याए मलाई । सम्झनाको शक्ति ! टिमिन्स, क्यानडा #कमला रुपाखेती भूपिन र सुप्लाको हवाइजहाज: कमल ढकालजीले प्रखर कवि भूपिन पनि आउँदैछन् भन्ने जानकारी गराएपछि मात्र म ‘भूपिन’ नामसँग परिचित भएको थिएँ । २०७५ को मंसिर पहिलो साता युवराज नयाँघरे, नयनराज पाण्डे, अश्विनी कोइराला, कमलजी तथा भूपिन सहितको टोली रुकुम भ्रमणमा निस्कँदै थियो । अरुका कृतिहरुसँग पूर्व परिचित भैसके पनि भूपिनका कृतिसँग परिचित हुने मौका नजुरेकोले भूपिनप्रतिको शंका र कौतुहलता-मिश्रित काउछोले मेरो मानसपटल चिलाइरहेको थियो । टोली भैरहवा आइपुगेपछि परिचय आदानप्रदान भयो र सोही क्रममा भूपिनको जन्मस्थल बाग्लुङ भएको थाहा हुँदा उनीसँग निकटताको साइनो गाँसियो । नयनराज पाण्डे सल्यानी हुनुको नाताले जमाएको हार्दिक आसन नजिकै छिमेकी साहित्यकारको नाताले भूपिन पनि अटेसमटेस भैसकेका थिए । उसो त युवराज, अश्विनी र कमलका कृतिहरु यसअघि नै उधिनिरहेको थिएँ र सो क्रममा उनीहरु मेरो दिलको बेग्लै सिँहासनमा बिराजमान भैसकेका थिए । दाङ पुगेपश्चात् चिया खाने क्रममा जब भूपिनको पर्स नै गायब भइदियो, त्यहाँ एउटा मनोरञ्जक खैलाबैला मच्चियो । सर्वस्व गुमेजसरी भूपिन आफै असिनपसिन थिए र सो आद्रताले मित्रहरुलाई पनि लछप्पै भिँजाइदिएका थिए । पछि पर्ससँगै उनको कविशील मन पनि उनकै खल्तीमा सुरक्षित फेला परेपछि यिनी ठूलै कवि हुनुपर्छ भनी अनुमान गर्न पुगेको थिएँ । रुकुम यात्राको क्रममा भूपिन लगायत अरु साहित्यकारहरुले आफ्नो सर्जकताको थप प्रमाणहरु पनि ठाउँठाउँ पेश गरेका थिए, तर जाँच्ने समय र प्रविधिको पावण्यताले गर्दा सबै मामलाहरु दिलभित्रै पेन्डिङ थिए । त्यो भ्रमण योजना कमल र मेरो नितान्त व्यक्तिगत लहडले बुनिएको थियो । संस्थागत छाता ओढाउन खोज्दा पनि विभिन्न कोणबाट च्यातिन पुगेको हुँदा परिस्थितिजन्य घामपानी त्यही प्वालबाट छिरी श्रष्टाहरुको साहित्यिक शिर पोलिरहेको छनक पनि बेलाबखत पाइन्थ्यो । जसोतसो भ्रमण कार्यक्रम समापन हुँदा पाहुनाहरुले यो भ्रमण निकै फलोत्पादक रहेको टिप्पणी गरिदिएपछि मेरो मुटुमा सन्तोषको कोपिला टुसाएको थियो । ००० विदाइको क्रममा भूपिनले मलाई सुप्लाको हवाइजहाज उपहार दिँदै पाइलटको सिटमा बसाइदिए । परेन फसाद ? अब कसरी उडाउनू ? कहाँ कहाँ पुग्नु ? अन्यौलतको भूमरीमा घुम्दै गर्दा भाग्यवश् समयको हुरी मच्चिँदै आयो र हवाइजहाज भनिएको सुप्लालाई मसँगै आकाशमा भुर्र उडाइदियो । हावाको बेजोड तोडले भयले निस्सास्सिइरहेको बखत आकाशको परपरसम्म हेर्न खोजेँ । बेसारे धुलोधुँवाले स्पष्ट देख्नै गाह्रो भैदियोः ‘नेताहरुको अनुहार हेर्छु बेसारे देख्छु न्यायालयको गजुर हेर्छु बेसारे देख्छु यो देशमा डुबिरहेको घाम बेसारे उदाइरहेको जून बेसारे जहाँ स्वस्थता बहिष्कृत र बेसार स्वीकृत छ ।‘ (सुप्लाको हवाइजहाज/बेसार । पृष्ठ सं. ३०) जता हेर्\u200dयो बेसारे देखिन थालेपछि मैले आँखा मिचिरहेँ । अलिकति आँखा खुल्दै गएपछि देखेँ कि ‘ट्रक ड्राइभर’ पनि ट्रकसँगै उडाइएर अतल गहिराइको आकाशमै आइपुगेको ! गतिलै आडभरोसा पाइएकोले फुरुङ्ग परेँ म । हेर्दै गएँ वरिपरि ‘पागल’ पनि छन्, ‘बुद्ध’ पनि छन् । लाटाबुङ्गा पनि छन् र ‘बुद्धिबङ्गारा’ पनि छन् । अनिकाल छ, ‘खडेरी’ छ र सयौँ हातहरुले फोहर तुल्याइएका ‘नोटहरु’ पनि उडिरहेका छन् । स्वदेशी छन् र परदेशी पनि छन् । सम्मान पनि छ, ‘लज्जा’ पनि छ । ‘स्वर्ग’ पनि छ र नर्क पनि छ । ‘नानीहरु’ छन्, ‘आमाहरु’ पनि छन् । सर्वसम्पन्न ‘गाउँ’हरु पनि छन् र गाउँलाई घेरेर बसेको नाङ्गो ‘देश’ पनि छ । मेरो देशमा जे जे छन्, यो चमत्कारिक उडानको आकाशमा सबथोक छन् । यति देखेपछि कालो आकाशमा बतासिनुको भय मबाट तत्कालै गायब भैहाल्यो । म जता मन लाग्यो उतै स्वच्छन्द तैरिन के आँटेको थिएँ, ट्राफिक दाइ नै त्यहीँ आइपुग्यो सिटी फुक्दै । म असमन्जसमा परेको थिएँ, सुप्लाले हावामा अनौठो स्वार्स्वार आवाज निकाल्योः ‘यसरी पुगिन्न कैलेइ हाम्रो सपनाको द्यौरालीमा आ, अब त चिट त तिनीहर्लाई दिम् जो बेहोस देशलाई डिक्कीमा राखेर सवारी चलाइरहेछन् । देशसँग उनीहर्ले चर्को भाडा असुलेका छन् !’ (सुप्लाको हवाइजहाज/ट्राफिक दाइ । पृष्ठ सं. २५) मैले ट्राफिकको रेड लाइटको अर्थ खोज्दै थिएँ । लज्जाको पराकाष्टा नाघेको म.नोदी झुलुक्क झुल्कियो र यो सुप्ला पनि मेरै हो भनेजसरी मलाई लखेट्न थाल्यो । सुप्लाले फरक्क फर्केर धारे हात लगाइहाल्योः ‘ए मेरो हिमालको पानीले प्यास मेट्ने भरते ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते ए मेरो बुद्धको नाम बेचर रोटी खाने भरते भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग कुमारी देशको बैँस हरण गर्न किन यसरी निस्कियौ इण्डिया गेटबाट ?’ (सुप्लाको हवाइजहाज/लज्जा । पृष्ठ सं. २१) आफ्नो अन्नदाता मनोदीको तुच्छ सुप्लोले गरेको तिक्ष्ण अवहेलना सहन नसकी राष्ट्रप्रेमी ‘पुजारीहरु’ सुप्लाको हवाइजहाज घेर्न आइपुगे । उनीहरुलाई पनि बाँकि राखेन सुप्लोलेः ‘एउटा युद्ध त अझै लड्न बाँकी रहेछ पुजारीहरु विरुद्ध जबसम्म रहिरहनेछन् यिनै पुजारीहरु सामन्तको स्तुति यसरी नै रहनेछ चीरहरणको धम्की यसरी नै आइरहनेछ मन्दिरको भेटी यसरी नै गायब भैरहनेछ ।‘(सुप्लाको हवाइजहाज/पुजारी । पृष्ठ सं. २०) ती पुजारीहरुले भौतिक युद्ध जित्न सम्भव नठानी सुप्लालाई भुइँमा गिराउन मन्त्र जप्दै टुनामुना र शब्दवाण प्रहार गर्न के थालेका थिए सुप्लो जङ्गियोः ‘हान जथाभावी कोर्रा शब्दको हाडमा शब्दलाई अपराध स्वीकार्न बाध्य पार तर शब्दले असत्य बक्न इन्कार गर्नेछ ए जल्लाद, तिमी मरेर जानेछौ एक अर्थहिन जीवन तर शब्द जिवित रहनेछ ।‘(सुप्लाको हवाइजहाज/कोर्रा । पृष्ठ सं. ३५) हार खाएर बेसारे पुजारीहरु फर्कँदै के थिए सुप्लोले पछाडिबाट धारे हात लगाइहाल्यो : ‘बुद्धिबङ्गारो आएकै वर्ष उसले पड्कायो मुख्यमन्त्री त्यसपछि चपाउन थाल्यो उसले जहाजका पङ्खा नदीका गिट्टीबालुवा र जङ्गलका काठ ।‘(सुप्लाको हवाइजहाज/बुद्धि बङ्गारा । पृष्ठ सं. ३९) म कल्पनातित हावामा कावा खाँदै गएँ । सुप्लाको हवाइजहाजभित्र यस्ता जादुमय अर्थलेपन गरिएका वस्तु, देश, काल र परिस्थितिहरुको रोमाञ्चक शब्दचित्रण त कति कति ! जहाँ विरोध मात्रै होइन, सम्मान पनि छ । घृणा मात्र होइन, मायाको अथाह सागर पनि छ । दुःख छ र सुख पनि छ । जीवन र जगतको दर्शन छ । चेतावनी छ र कामलाग्दो सुझाव पनि छ जस्तो किः ‘साह्रै कठीन हुन्छ भुल्न तर कतिपय सम्झनाहरु भुलिदिँदा नै ठीक हुन्छ ।‘(सुप्लाको हवाइजहाज/विस्मरण । पृष्ठ सं. ७१) जब सुप्लोको नभयात्राको आनन्द लुट्दै भुइँमा ल्याण्ड हुन खोज्छु, बीउ कविताहरुको वर्षा हुन्छ । सामाजिक बेथितिको कटु तथा मार्मिक प्रहार गर्दै सुप्लाको हवाइजहाज त चरा पो बन्न खोज्छः ‘अब चरा बन्ने रहर छ एउटा पिँजडा बनाऊ त्यसभित्र राख र तिम्रो कोठामा झुण्डाऊ मानिस भएर म त्यहाँ प्रवेश गर्न सकिनँ !’ (सुप्लाको हवाइजहाज/बीउ कविताहरु । पृष्ठ सं. ११५) म बल्लतल्ल गाउँमा ल्याण्ड गर्छु । ममताकी खानी आमा, सम्पन्नताको खानी गाउँ र सबथोक सम्पन्न हुँदाहुँदै पनि विपन्न हुन पुगेको देश मलाई स्वागत गर्न आइपुग्छन् । उनीहरु यसरी दुःख पोख्छन् ‘संसद भवन र सत्ता बिरामी छ अविश्वासको सलहले खाएर । हो म तिमीजस्तै बिरामी छु कसले निको पार्छ मलाई ? जबकि स्वयम् औषधिहरु बिरामी छन् ।‘(सुप्लाको हवाइजहाज/देश । पृष्ठ सं. १५) मर्माहत हुन्छु म । के जवाफ दिऊँ यिनीहरुलाई म ? ‘यो दुनियाँमा रगत र मृगौलाझैँ आफ्नै आयुको हाँगो काटेर आयु दिनसक्ने कुनै विधि भएन’ (सुप्लाको हवाइजहाज/आमाः दुई । पृष्ठ सं. ४५) दिनलाई कुनै जवाफ बाँकी थिएन मसँग ! उफ् ! ००० सुप्लाको हवाइजहाजको कलात्मक बनावटले नै राम्रैसँग पत्यार लगाइदियो कि भूपि शेरचन नै यो युगमा भूपिन खडकाको कवि हृदय लिएर अवतरित भएका रहेछन् । भूपिका सबै गुण बोकेर पनि आफ्ना स्वतन्त्र गुणहरुको आधिक्यता पनि उति नै छ यिनमा । कविता समय चेतमा सतर्क छ, समाजका सबै अवयव र जीवन जगतको व्याख्या, विश्लेषण एवम् व्यङ्ग्य गर्नमा माहिर छ । पथविचलित हुनेलाई खबर्दारी गर्न सक्षम छ । आगत कालमा पनि समाज र संस्कृतिलाई परिभाषित गर्नसक्ने कविताहरु ताजा र पूर्ण लागिरहने छन् । विविध विम्व, रस, अलङ्कारलेपित शब्दहरुमा जति डुबुल्की मार्\u200dयो, त्यति त्यति नै रहस्यमय बन्दै जान्छन् । कतै अपूर्ण रहेको महसुस हुँदा क्षतिपूर्ति दिलाउने हजार वर्षको निद्रा, चौबीस रिल, शब्दहरुको नेपथ्य, मैदारो पनि बजारमा ल्याएका छन् उनले । तर मलाई लाग्छ ‘सुप्लाको हवाइजहाज’ एक्लै भूपिनलाई चिनाउन पर्याप्त छ । पाठकलाई प्रभावित तुल्याउन एकसे एक कविताहरु अब्बल छन् । एउटै कविताको समीक्षाले पुस्तक भरिन सक्छ । अपितु कतै उनी अलि बढी नै बहकिएका छन् । कतै आस्तिक बन्छन्, कतै नास्तिक बन्छन् । कल्पनाको आकाशमा तैरनको लागि सुप्लो हुँदाहुँदै पनि जमिनमा टिठलाग्दो गरी घिस्रिएका पनि छन् । कतै शब्दसँग नराम्रैसँग जिस्किएका छन् । तर सुप्लाको हवाइजहाजलाई सुझबुझपूर्ण हिसाबले गरिएको सजावटमा यी कुराहरु ओझेलमा पर्दछन् । म अहिले बन्दाबन्दीमा कोठाभित्र थुनिएको छु । बाहिर निस्किएर मित्रजन, माता, बालसखा र देशको मुहार चियाउन छट्पटी पैदा भएको छ । पैदल यात्रा पनि निषेध भएको यस घडीमा गाडीमोटर र प्लेन कहाँ पाउनु । उपाय सोच्छुः भूपिनको सुप्लाको हवाइजहाज चढेर देशदेशावर घुम्ने । म फेरि सुप्लामा चढ्छु र लिपुलेक पुग्छु, भोकले छटपटिइरहेको पहाड सुन्दरीका जाँघ र वक्षस्थलसम्म पुग्छु, कोरोना लगायतका प्राणघातक रोगब्याधीको मुखमा पस्नै आँटेका पहाड र तराइका मलिला फाँट एवम् घना वस्तीहरुमा पुग्छु । मन्दिरबाट अस्पत्तालमा र चौकीहरुबाट घरआँगनमा सुरक्षार्थ बसाइ सरेका भगवानहरुसम्म पनि पुग्छु । भूपिनको हवाइजहाजका मनचिन्ते प्रविधिहरु देखेर म चकित छु जहाँ पनि सहजै र तत्काल पुग्न सकिने ! यो कोरोनाको भयावह अवस्थामा पनि ७२ सालपूर्व लेखिएको यो पङ्ति उत्तिकै सान्दर्भिक छ । ‘र यो चिसो हिमालय पर्वतमा सुतौँ सम्पूर्ण वस्त्र उतारेर आऊ अब एउटा नग्न युद्धको तयारी गरौँ यो सुनौलो भूगोलमा जुनसुकै बेला छिर्नसक्छ दुस्मन समय निर्माणको ढोकामा गजबार लगाऔँ सिर्जनाको मधुसमा ताल्चा मारौँ होसियार बनौँ र त्यसमा मिसाइल दागौँ ।‘ (सुप्लाको हवाइजहाज/हल्ट । पृष्ठ सं. ६४) #पूर्ण ओली विचारप्रधान निबन्ध: विशेषगरी कवितामा राम्रो दखल भएका कवि एवं निबन्धकार भीष्म उप्रेतीका कविता, निबन्ध र नियात्राका डेढ दर्जन पुस्तक प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित उप्रेतीको पछिल्लो कृतिको रूपमा निबन्धसङ्ग्रह ‘तपाईंको पहाड कहाँ हो’ आएको छ । पुस्तकमा आत्मपरक र व्यक्तिपरक गरी जम्माजम्मी सत्र वटा निबन्ध सङ्गृहीत् छन् । आत्मपरक निबन्ध आफ्ना भावना, अनुभव र अनुभूतिहरूलाई कलात्मक आवरण लगाएर खुलेर लेख्न पाइन्छ । तर व्यक्तिपरक निबन्धमा त्यो छुट हुँदैन । अझ व्यक्तिपरक निबन्धमा चाकडीको आरोप लाग्ने जोखिम पनि हुन्छ । यसमा जति बढी कलात्मक आवरण लगायो, उति बढी चाकडीको आरोप लाग्छ । तैपनि उप्रेतीले त्यो जोखिम उठाएरै कवि मोहन कोइराला, समाचोलक तारानाथ शर्मा, कवि मञ्जुल, कवि शशी भण्डारी, निबन्धकार रुद्र खरेल र कवि कृष्णभूषण वलका बारेमा निबन्ध लेखेका छन् । कसैका बारेमा लेख्नु र विशेषगरी आफूभन्दा ठूला अथवा प्रतिष्ठित व्यक्तित्वका बारेमा लेख्नु ती व्यक्तित्वप्रति सम्मान जनाउनु हो र श्रद्धा अनि आदर प्रकट गर्नु हो । तर हाम्रो दोषी आँखाले त्यसलाई पनि चाकडी नै देख्छ । कसैलाई खुसी पार्न मात्रै उसका बारेमा बोल्ने वा लेख्ने हो भनेर सोचिन्छ । सङ्ग्रहको पहिलो निबन्ध ‘सपनाको कुरा’ कला र विचारपक्षका दृष्टिकोणले निकै सशक्त निबन्ध हो । यसमा कलात्मक अभिव्यक्ति त छँदैछ, विचारपक्ष पनि निकै सशक्त छ । कलात्मक अभिव्यक्तिका कारण यो निबन्धमा कविताको रसास्वादन समेत गर्न सकिन्छ । ‘सपना सिर्जनाको स्रोत हो, जीवनको आधार हो । सपना आविस्कारको जननी हो, भावनाहरूको खेल्ने संसार हो । सपना अठोट हो, मान्छेहरूको विश्वास हो । सपना प्रेरणा हो, प्रेम र गन्तव्यसम्म पनि हो ।’ कति गम्भीर र मननीय विचार छ, जसले जीवनको शाश्वततालाई बोलेको छ । ‘सपनाले भाँचिएको लयलाई जोड्छ, अल्मलिएको बाटोलाई निश्चित दिशा दिन्छ । सपनाले सपना देख्न सिकाउँछ अनि अरू पनि सपनाहरूलाई बोलाउँछ… ।’ ‘…आफ्नो सपनाको आलोकमा आफ्नो गन्तव्य देख्नु र जीवनमा भाँचिएको लयलाई जोडेर उपलब्धिहरूको सिँढी हाल्दै माथिमाथि पुग्नुमा जस्तो आनन्द अरू केमा छ ?’ कलात्मकता र विचारपक्षको दृष्टिकोणले सङ्ग्रहकै उत्कृष्ट निबन्ध हो ‘सपनाको कुरा’ । सङ्ग्रहको दोस्रो निबन्ध ‘मौनताको भाषा’ विशेषतः राजनीतिलाई इङ्गित गरिएको र राजनीतिलाई व्यङ्ग्य गरिएको अर्को सशक्त निबन्ध हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा जनता नै महान् हुन् र हुनुपर्छ भन्ने लेखकको मान्यता हो । जनता भएर जनतालाई आदरणीय ठानेका छन् लेखकले । किनभने जनता भएर नै देश छ । जनता भएर नै हरियाली, प्रकृति र प्रेमको अर्थ छ । जनता भएर नै राजा, महाराजा तथा शासक छन्, शासन र शासनका पद्धति छन् । तर जनता भएकै कारण छल, बल र स्वार्थको महल भएकोमा लेखकलाई पीडा छ । जसले जसरी पनि अथ्र्याउन सक्ने, जसले जसरी पनि प्रयोग गर्न सक्ने, जसले जसरी पनि छाम्न, छुन र भेट्न सक्ने हुन थालेपछि जनता वास्तवमा अनौठो विषयवस्तु बनेकोमा चिन्ता छ लेखकलाई । यो स्वाभाविक पीडा हो, चिन्ता हो । एउटा गम्भीर लेखक हुनुको गुण हो यो पीडा र यो चिन्ता । ‘प्रजातन्त्र र मूल्यमान्यता भएको ठाउँमा सबैभन्दा आदरणीय र प्रिय शब्द हो जनता । तर त्यही नभएपछि यो शब्द ज्यादै सस्तो र बेवारिसे बन्दो रहेछ ।’ लेखकको सार्वजनिक चिन्ता हो यो । ‘जनता दुई दिन बढी बाँच्ने आशाको त्यान्द्रो समातेर तुइनमा झुण्डिएर नदीमा खसिरहेका छन्, तर जनताको नाममा एउटा पुल बन्दैन । जनताको नाममा एउटा बाटो सम्याइँदैन, एउटा उद्योग स्थापना हुँदैन । टुसुक्क बसेर एकछिन मुस्कुराउने कुनै पार्क बन्दैन ।’ प्रजातन्त्र, लोकतन्त्र हुँदै आएको गणतन्त्रप्रतिको व्यङ्ग्य र वितृष्णा हो यो लेखकको । यस्तो व्यङ्ग्य र वितृष्णा आमजनतामा बढ्दै गएको सार्वजनिक अभिव्यक्ति पनि हो यो । ‘…जनताले सिन्दुर लगाएर पठाइदिएका ठूला मान्छेहरू यिनै निर्धाहरूलाई सपना बेचेर आफू बलियो सुरक्षा र न्यानो ओछ्यानमा सपना देख्न बानी परेका छन् ।’ ‘…स्वर्ग स्वयं आएर छपक्क बसिदिएको यो देशमा नर्क भनिएको ठाउँमा गरिने व्यवहार र दैनन्दिनीहरू भइरहेका छन् ।’ लोकतान्त्रिक गणतन्त्रमा आमजनताले भोगेको तीतो यथार्थका अभिव्यक्ति हुन् यी । ‘अहिले जनताहरू आफूमाथि गिर खेल्नेहरूको विरुद्धमा एक जुट हुन मौन छन् । जनताहरू अनुष्ठानपूर्वको मौनतामा छन्, ब्रतमा छन् । सबै कुराको सीमा भएजस्तै मौनताको पनि सीमा हुन्छ । त्यो भत्कियो भने के हुन्छ ? अब देशका नेताहरूले बुझून् र मनन गरून् । लेखकको आग्रह यही हो । सङ्ग्रहको अर्को सशक्त निबन्ध हो ‘तपाईंको पहाडा कहाँ हो ?’ पुस्तकको नामाकरण पनि यही निबन्धबाट भएकाले लेखकका लागि यो निबन्ध विशेष भएको बुझ्न सकिन्छ । ढुङ्गा र माटोको ढिस्कोमात्रै पहाड होइन । पहाडमा बनीबुतो गरी बस्ने मानिसहरूको समुच्च पनि पहाड नै हो । तर देशमा बढ्दो राजीतिक, आर्थिक र सामाजिक बेथितिले पहाडमा पहाड टिक्नसक्ने अवस्था छैन । त्यसैले पहाडबाट धेरै पहाडले बसाइँ सरिसके सहर र सदरमुकाम हुँदै राजधानी सहरसम्म र कतार, कुवेत, मलेसिया, साउदी अरब र बहराइन आदि खाडी मुलुकसम्म पनि । सुनिँदैछ खाडी मुलुकहरूमा बर्सेनि नेपालको पहाड नै खडा हुँदैछन् । यसै गरीगरी पहाड रित्तियो भने नेपालको परिचय कसरी दिने हामीले ? चिन्ता बढेको छ । तपाईंको पहाड कहाँ हो भनेर सोध्नेलाई कहिले ताप्लेजुङको फूलबारी, कहिले झापाको शनिश्चरे–३ कालीस्थान त कहिले झापाको अर्जुनधारा–७, कालीस्थान हो भनेर आफ्नो वतन बताउने र आफ्ना ती वतनहरूप्रति गर्व गर्छन् लेखक । आफ्नो पहाडको वतनप्रति निकै गर्व पनि गर्छन् । तर आफ्नो जन्मस्थानमा भन्दा दर्जनौं बढी वर्ष बिताएको ठाउँ, जहाँ बसेर आफूलाई योग्य र सक्षम मान्छे बनाएको र जुन ठाउँले शान र मान दिलायो, जसले शान र मानका साथ बाँच्नलायक बनायो, जसको काखमा वर्षौंदेखि निश्चिन्त लुटुपुटु गरिरह्यो, उसको चाहिँ पटक्कै गुणगान नगाउनु र पटक्कै माया नलाग्नु अलिकति कृतघ्नता भएन र ? लेखकलाई यो निबन्ध पढ्ने पाठकको प्रश्न हुनसक्छ यो । बरालिँदाबरालिँदै सात समुद्रपारिसम्म पुगेका र बरालिने बानी नै लागेका लेखक अन्ततः सधैं भौतिक रूपले बरालिन सम्भव हुँदैन र कहीं न कहीं त जरा गाड्नैपर्छ भनेर राजधानी सहरमै जरो गाडेका लेखकले त्यो सहरको अलिकति पनि गुणगान नगाउनुलाई यो त हजम भएन नि भन्न सक्दैनन् र पाठकले ? पहाडबाट आएर काठमाडौंमा बस्ने, काठमाडौंकै खाने, पिउने र सबथोक काठमाडौंमै बसेर प्राप्त गर्ने, अनि अन्त्यमा त्यही काठमाडौंलाई गाली गर्नेहरूकै भीडमा लेखक मिसिनु राम्रो भएन है ! ‘बरालिनलाई के नै चाहिन्छ र ?’ मा लेखक विचारमा बरालिएका छन्, गम्भीरतामा बरालिएका छन् । देशचिन्तामा बरालिएका छन् । अनि बरालिंदाबरालिँदै भन्छन्, ‘पटकपटकको आन्दोलन गरेर नाम जेसुकै दिए पनि हामी नेपालीले ल्याएको त प्रजातन्त्र नै हो । प्रजातन्त्रको केन्द्रमा कानुनको शासन सँगसँगै मानव अधिकार हुनुपर्दछ, मान्छेको स्वतन्त्रता र आकांक्षाले निर्विघ्न हुर्कन र फैलन पाउने वातावरण हुनुपर्दछ… । हाम्रा प्रतिभाहरूले फैलन पाउनेछन्, विभिन्न क्षेत्रहरूमा सिर्जनात्मकताको वृद्धि हुनेछ । मानिसहरूले अझ बढी सपना देख्नेछन् र तिनलाई प्राप्त गर्न अझ बढी प्रयत्न गर्नेछन् । एउटा अपूर्व हलचल र गतिले यो जमेको समयलाई भत्काइदिनेछ र समयले फेरि आफ्नो गति भेट्नेछ र सबैतिर गत्मियता देखिनेछ । यसले सुतेकाहरूलाई पनि उठाउनेछ, उठेकाहरूलाई हिँडाउनेछ, हिँडेकाहरूलाई कहीं न कहीं अवश्य पु¥याउनेछ । आन्दोलन गर्दै छातीमा गोली, ढाडमा पुलिसको लात्ती र डण्डा थापेकाहरूको सपना पनि यत्ति नै हो । तर समय त फेरि पनि एकै ठाउँमा फन्फनी मात्रै पो घुम्न थाल्यो त । फेरि राजाहरूकै जयजयकार मात्र ।’ यहाँ पनि लेखकको मन बरालिएको छ देशपीडामा । नेपाली हुन चाहँदा घोर अपमानित, लज्जित हुन वा एक्लो नितान्त एक्लो हुन तयार हुनुपर्ने स्थिति बनेकोमा झन् चिन्तित छन् लेखक । तब उनी स्वाभिमानी व्यक्तिलाई कुनै कुनामा मिल्काएर नाथाथरि कुराहरू दिमागमा बोलाएर बरालिन थाल्छन् । स्वाभाविक लाग्छ उनी बरालिएको पनि । ‘अनुवादको अनुभव’ मा एक भारी तीतामीठा र मननीय अनुभवहरू छन् अनुवाद गर्दा र आफ्नो कृति अनुवाद हुँदाका । कृतिले अनुवादको पखेटा हाल्न थालेपछि टाढाटाढा अर्कै भाषा, अर्कै संस्कृति, भूगोल एवं सभ्यता माझमा अनुभूति एवं भावनाहरूले सुरक्षित उड्न पाउने अनुभव पनि यसमा छ । ‘एक रात घोरेपानीमा बसेर’ निबन्ध मात्रै होइन, यात्रानिबन्ध हो यो । घोरेपानी यात्राको रमाइलो वर्णन छ यसमा । राजनीतिले बिगारेको देशमा युवा जति देशलाई सराप्दै कामको खोजीमा विदेसिएपछि पाखापखेराहरू र गाउँहरू रित्तिँदै गएको दुखेसो पनि छ यसमा । सधैं देखिरहनेलाई केही न केही । तर पहिलो पटक देख्नेलाई त्यही चिज विशेष लाग्छ । हो, त्यस्तै हो हाम्रो वसन्तपुर पनि । हाम्रा लेखकलाई केही नलागेको वसन्तपुर स्लोभेनियाली कवि ग्रेगोर प्रेकलाई विशेष लाग्यो । हाम्रो सम्पदाको विशेषता पनि हामीलाई अरूले बुझाइदिनुपर्ने, अरूले नै सिकाइदिनुपर्ने । कस्तो विडम्बना । हो, यस्तै विडम्बनाका भावना छन् ‘कविताको खोजी’ मा । अब कोठामा बसेर कविता लेख्नुको काम छैन । दृश्यहरू, घटनाहरू, मानिसको जीवनका उतारचढाव र मनोवेगहरूको अध्ययन एवं अवलोकन गरेर मात्र कविता लेख्नुपर्छ भन्ने मान्यतालाई उजागर गरिएको छ यो निबन्धमा । हो, कुनै पनि कुरालाई भित्री आँखाले गहिरिएर हेरेको दिन त्यो सिर्जना बन्दछ । ‘केवल सम्झना मात्र’ मा २०७२ वैशाख १२ गतेको भूकम्पका बेला देशबाहिर बसेर गरिएको सम्झना, अनुभूति र ऐतिहासिक सम्पदाको धरोहर धरहरा भूकम्पले भत्किँदाको पीडाको अभिव्यक्ति छ । लोमान्थाङ यात्राको वर्णन र गणतन्त्र आउनुअघिका श्री ५ बाहेकका नेपालका अरू चार राजाहरूमध्ये मुस्ताङी राजालाई भेटेको वर्णन छ ‘बूढो राजा, जीर्ण दरबार र नयाँ सपना’ मा । यद्यपि यो यात्रानिबन्ध भएकाले यसमा अघिल्लो निबन्धहरूमा जस्तो विचारपक्ष र कलात्मकताको सघनता छैन । विवरणको विस्तृति छ । अघिल्ला निबन्धजस्तो त्यति सशक्त पनि लाग्दैन । तर लोमान्थाङ नपुगेकाहरूलाई त्यहाँको वस्तुस्थितिको जानकारी उपयोगी नै लाग्छ । बालापनको नोस्टाल्जिया छ ‘सम्झना’ मा । ‘तपाईंको पहाड कहाँ हो’ मा काठमाडौंको अलिकति पनि गुणगान नगाउने लेखकले ‘टेको’ मा चाहिँ मज्जैले काठमाडौंको गुणगान गाएका छन् । ‘गा¥हो र निराश भएको क्षणमा समेत मलाई आमाले जस्तो बाँच्न ढाडस र प्रेरणा दिएको छ यस सहरले । त्यसैले यस सहरको अग्घोरै माया लाग्छ ।’ यसरी काठमाडौं सहरको माया व्यक्त गरेका छन् । २०७२ साल वैशाख १२ र त्यसपछिका भूकम्पका परकम्पहरूले क्षतविक्षत भएको काठमाडौं सहरका टेकोमा अडेका घरहरूले लेखकलाई निकै संवेदनशील बनाएको वर्णन छ यो निबन्धमा । काठमाडौं सहर पुरानो सभ्यताको नमूना पनि हो । त्यसैले एउटा सभ्यता नै टेकोमा अड्नुपर्ने अवस्था पीडादायी छ । हाम्रो विचारमा समेत टेको लागेको अनुभूति छ लेखकमा । आत्मपरक निबन्ध जस्तै अरू व्यक्तिपरक निबन्ध पनि विचार र कलापक्षको दृष्टिकोणले पनि सबल छन् । लेखकको सबल र गहन विचार, कलात्मकता र सुन्दर अभिव्यक्तिले गर्दा पुस्तक निकै पठनीय बनेको छ । यो पुस्तकको अध्ययनबाट पाठकले निबन्धसाहित्यको भरपुर आनन्द लिन सक्नेछन् । यति गहकिलो पुस्तकमा भएका केही मुद्राराक्षसले गर्दा अर्थको अनर्थ हुनसक्ने सम्भावना पनि छन् । ‘सय वर्षअघि’ हुनुपर्नेमा ‘यस वर्षअघि’ भएको छ (पृष्ठ २४), ‘पातलिएजस्तै’ हुनुपर्नेमा ‘तापलिएजस्तै’ भएको छ (पृष्ठ ५९), ‘केही पनि बाँकी थिएन’ हुनुपर्नेमा ‘केही पनि बाँकी थिए’ भएको छ (पृष्ठ ८४), ‘दिमागले भेट्यो भने’ हुनुपर्नेमा ‘दिमागले भेट्यो भने भने’ भएको छ (पृष्ठ १०६), ‘कहिले त्यही पनि छानिन्नथेँ’ हुनुपर्नेमा ‘कहिले त्यही पनि छानिन्थेँ’ भएको छ (पृष्ठ ११५) । पुस्तक: तपाईंको पहाड कहाँ हो ? विधा: निबन्ध लेखक: भीष्म उप्रेती प्रकाशक: शिखा बुक्स संस्करण: पहिलो, २०७५ चैत्र पृष्ठ: १७५ मूल्य: रु. २५०/– #भीष्म उप्रेती #रत्न प्रजापति काखी: ‘निकालियो तपाईंलाई काखी च्यापियो उसलाई केही आधार देख्दिनँ म न गल्ती छ तपाईंको न बढी योग्यता छ उसको,’ सुनाए एकजनाले। चिन्ताले भने या उक्साउन भने दोधारमा परेँ म। “किन चुप तपाईं ?” फेरि सोझियो प्रश्न। “नाकको एलर्जी छ त्यसैले,” झटपट उत्तर आयो मेरो। छक्कै परे उनी “त्यसको के सम्बन्ध ?” बोल्दै थिए उनका आँखाहरु। “अनि बान्ता हुन्छ मलाई उसलाई हुँदैन,” उनी अवाक् माहोल ठन्डा। “हैन सर ! यसको के सम्बन्ध ?” कठिन गरी सोधे केहीबेरमा। टीठ लाग्यो मलाई झोला खोलेर निकालेँ अत्तर बोलेँ उनीतिर सोझ्याउँदै “आफ्नै काखी त सहन सक्दिनँ अर्काकोमा च्यापिएर बाचौँला कसरी?” मुसुक्क हाँसे उनी। #मदन सुवेदी धुँवा: कति उढ्यो होला त्यो धुवाँमा निष्ठुरीका यादहरु? उसलाइ सम्झिदै त तान्दै थियौ एक सर्को चुरोट . कति पोल्यो होला त्यो चप्पलको छालाहरु? त्यसैमा त घिसार्दै थियौ एक मुठ्ठी सास . कति निकाल्यौ होला आँसुका चर्का बिजुली? त्यही त बगाउँदैथियौ आँखाका खहरेहरु . कसरी थाम्यो होला पालतो डोरीले त्यत्रो दबाब त्यंही त झुन्ड्याउँदै थियौ पूरा नभएका सपनाहरु ? झापा #मदन प्रसाईं भगवान स्वयं मरेको दिन !: दिनको १२ बजेको हुँदो हो, मोबाइल फोनको घण्टी बज्यो । प्राचार्यले गर्नुभएको रहेछ । फोन उठाएर “हजुर सर” भन्न नपाउँदै मलिन आवाजमा भन्नुभयो, “सर, एउटा दुःखद् खबर छ ।” मैले हतारिएर सोधेँ, “हँ, कसलाई के भयो ?” प्रतिउत्तर साह्रै अप्रिय आयो । दिपेशको असामयिक निधनको खबर थियो त्यो । मेरा हातखुट्टा लगलगाउन थाले । ती बाबु विद्यालयकै एक शिक्षिकाको छोरा थिए । सहायक प्राचार्यलाई टेलिफोन गर्दै भनेँ, “मैले एउटा अप्रिय खबर सुनेँ, के यो सत्य हो ?” “हजुर, हो सर ! बाबुको शव सिभिल हस्पिटलमा छ । म स्कूल जाँदै छु ।” कम्पनसहितको आवाजमा घटनाको पुष्ट्याँइ थियो यो । म अवाक् भएँ । फागुपूर्णिमाको दिन थियो । सबैजना हाँसीखुसी रङ्गहरुको पर्व “होली” मनाइरहेका थिए । म पनि परिवारसँग रमाउँदै थिएँ । हतारिएर बाथरुम गई नुहाउन थालेँ । अकस्मात् मेरो रवैया परिवर्तन भएकोले श्रीमती आत्तिइन् । यो स्वभाविक पनि थियो । “कसलाई के भयो र ?” मसँग उत्तरको अपेक्षा गरी ढोका ढक्ढक्याउन लागिन् । अकल्पनीय त्यो खबरले मर्माहत मैले आफूसँगै होलीमा रमाइरहेकी श्रीमतीलाई समेत जानकारी दिन भुलेछु । वास्तवमा म हतारिएको थिएँ । म छिटो हस्पिटल पुग्न चाहन्थेँ । म दिपेशसँग बोल्न चाहन्थेँ । त्यो टेलिफोन संवादसँगै आएको खबर झूट भएको प्रमाणित गर्न चाहन्थेँ । तर सत्यलाई असत्य बनाउने हिम्मत मसँग पो कहाँ थियो र ! मनमा अनेकन् कुराहरु खेल्न थाले । आज, दुनियाँ रङ्गीन छ तर आज एक परिवार, जो यसअघि पनि अकल्पनीय दु:खको सागरमा डुबेको थियो, उसैमाथि फेरि पनि वज्रपात परेको छ । एउटा घाउमा लगाएको मल्हम सुक्न नपाउँदै फेरि अर्को घाउ बनेको छ । कहिल्यै पुरिन नसक्ने गरी, मुटुमा किला गढे झैं । सहनेले पनि कसरी सक्नु, चोट माथिको त्यो चोट । दैव पनि कति निष्ठुरी हुन सकेको ! दुई वर्षको अन्तरालमा एकै परिवारका दुवै जना सन्तान चुँडी लग्यौ है ? कति धेरै आरिस त तिम्रो त्यो परिवारको खुसीमाथि ! संयोग पनि कस्तो अचम्मको ! दुवै दिदीभाइको मृत्यु १४ वर्षकै उमेरमा ! मरण पनि उति नै समयको अन्तरालमा ! अनि व्यथा पनि एकै किसिमको ! सामान्य हिसाबले पेट दुख्छ । बिस्तारै स्वास फेर्न गाह्रो हुँदै जान्छ । छटपटिन थाल्छन् अनि अचेत हुँदै ३/४ घण्टामा प्राण जान्छ । हस्पिटल पुर्याइन्छ तर चिकित्सकबाट हस्पिटल ल्याउन ढिला भइसकेको जानकारी आउँछ । रोग पनि पत्ता लाग्दैन । के गरेको भए बचाउन सकिन्थ्यो भन्ने पनि थाहा लाग्दैन । आफ्ना दुवै सन्तान २ वर्षभित्र गुमाउनुको पीडा कसले अनुमान गर्न सक्छ र ? सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ, भक्कानो फुट्छ अनि मुटुको चाल रोकिन खोज्छ । कठै ती अबोध लालाबाला ! लाउँलाउँ र खाउँखाउँको बेला थियो । स्कूलका विद्यार्थी थिए । अध्ययनमा अब्बल थिए । क्षमता र प्रतिभाले भरिपूर्ण थिए । अनुशासित थिए । सरल अनि शालिन थिए । के थियो र तिनीहरुको दोष ? कसको के बिगारेका थिए र यति छिट्टै लग्यौ भगवान् ? सबैको यो प्रश्न थियो, ईश्वरलाई । उनीहरुप्रति बाबुआमाले निकै ठूलो सपना सजाएका थिए । अनि त्यही सपना साकार पार्न अहोरात्र मेहनत गर्दै थिए । सुन्दर भविष्यको कल्पनामा रमाउँदै थिए । तर आज ती सबै सपना चितामा जल्दै थिए । सबै यादहरु हरक्षण घोच्ने काँडा बनेर मुटुमा बिझ्दै थिए । परिवारमा बाँकी भए केवल दुई दम्पति ! तिनै अभागी बाबु र काख रित्तिएकी आमा ! अनि साथमा छन्, तिनका दर्दनाक पीडा र हृदयविदारक यादहरु ! साह्रै सज्जन थिइन्, ती शिक्षिका । सरलता र शालीनता सायद तिनकै पेवा हुन् जस्तो लाग्थ्यो । किनकि त्यो उनलाई जति अरु कसैलाई सुहाउँदैनथ्यो । दशकौँदेखि सँगै अध्यापन गर्ने दर्जनौँ शिक्षिकाहरु समेत मभन्दा दृढ पाएको थिएँ यस विषयमा । एकातर्फ मेरो मनमा भएको भगवानको आस्था र विश्वास, अर्कोतर्फ आजको यस घटना ! भगवान छन् कि छैनन् ? मेरो मनमा अनेकन् प्रश्नहरुको बाढी आउन थाल्यो । म सानै हुँदादेखि नै बुबाले बारम्बार पाप र धर्मको भिन्नता खुट्याई रहनुहुन्थ्यो । सदा धर्मकर्ममा लाग्न प्रेरित गर्नुहुन्थ्यो । असल बन्न र भलाइका काम गर्न उपदेश दिनुहुन्थ्यो । भलो गरे फल पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो । बुबाका ती उपदेशजन्य वाणीहरु मेरा कानमा गुञ्जिन थाले । यादहरु तछाडमछाड गरी ओइरिन थाले, वर्षाको भेल झैँ । एक हिन्दी गीतको स्मरण भयो, “तूने जो किया होगा, भला कर भला होगा, बुरा कर बुरा होगा ।” स्कुले जीवनमा पढेको हिरण्यकश्यपु र प्रल्हादको बारेमा लेखिएको पौराणिक कथा सम्झन पुगेँ । हामीले मान्दै आएका सबै भगवानका तस्बिरहरु मेरा आँखा अगाडि देखापर्न थाले । ती सबैलाई एकैठाउँमा भेला पारी एक-एक गर्दै सोध्न मन लाग्यो । म कठोर हुँदै गएँ । तिनीहरुमाथि घृणा लाग्न थाल्यो । तस्बिर र कहानीमा सुनेका भगवानको अस्तित्व माथि शङ्का लाग्न थाल्यो । ती कहानीहरुमाथिको सत्यता केलाउन मन लाग्यो । अझै भनूँ, भगवानको अस्तित्व खोज्न मन लाग्यो हिरण्यकश्यपुले झैँ । छाती पिटीपिटी चित्कार र रोदन मिसिएको आवाजमा भगवानलाई आफ्नो कुनचाहिँ गल्तीको सजाय हो, यो ? भनी सोध्ने आमालाई सम्झाउने बुझाउने हिम्मत कसैको भएन । सबै निःशब्द थियौं । आखिर बोल्नलाई के नै पो बाँकी थियो र त्यहाँ । हरेक शब्द औचित्यहीन बनेका थिए त्यस क्षण । बुबाको क्रन्दन र आवेगले हस्पिटलको आकस्मिक कक्ष नै स्तब्ध थियो । निकै बेरसम्म सम्हालिन नसकेको त्यो दम्पतिलाई जसरी पनि सम्हाल्नुको विकल्प थिएन । निकै बेरको अथक प्रयासपछि केही आफन्तहरु र सहकर्मी शिक्षक शिक्षिकाहरुले सम्हाल्ने कोसिस गरे । जसोतसो शवलाई पशुपति आर्यघाटमा लगियो । हिन्दु संस्कार अनुसार काजकिरिया त गर्नु नै थियो । शवको सदगद गर्नु अनिवार्य थियो । तर कसरी सक्थे र आफ्नो मुटुको टुक्रालाई जलाई खरानी बनाउन ? आफ्नै हातले हुर्काएका प्राणभन्दा प्यारालाई आफ्नै हातले जलाउन कसले पो सक्थ्यो र ! तर ती विवश थिए । घरीघरी लडिबुडी गर्दै छोराको मृत शरीरलाई अँगालो मार्दै बरबराएको दृश्य निकै कारुणिक थियो । छाती पिट्दै आफ्नो प्राण पनि यहीँ लिन गरेको अनुरोध र छोरासँग चितामा सँगै जल्ने ती दम्पतिको चाहनाले सबैलाई निःशब्द गरायो । अन्तिम संस्कारमा जाने सबै भक्कानिएका थिए । आँखाको डिलबाट आँसु झार्दै थिए । सपना जस्तो त्यो वास्तविकतामा एकोहोरो भई निकैबेर टोलाएछु म पनि । यसअघि धेरैजनाको अन्तिम संस्कारमा सहभागी भइसकेको थिएँ । नाता, सम्बन्ध, उमेर, रोग या मृत्युका कारण जे भए पनि हरकोहीलाई मानव मरणको पीडा एकै किसिमको हुन्छ भन्ने सोच्दथेँ तर होइन रहेछ । यो भिन्न थियो । अतुलनीय थियो । अत्यन्तै पीडादायक थियो । अरु कसैको पीडा अनि वियोगसँग पटक्कै मेल खाँदैनथ्यो । आजसम्म पनि मेरो मानसपटलमा यो दु:खद् घटनाको याद ताजै छ । मेरो स्मरणमा घरीघरी आइरहन्छ । त्यस यताका हरेक होलीमा मानिसहरु रङ्गहरुमा डुब्दा म टोलाउने गर्छु । किनकि मलाई रङ्गसँगै त्यस दिनको याद आउँछ । एउटा शवसँग दुई मुटु खरानी भएको पलको स्मरण हुन्छ । हो, त्यस दिनदेखि ईश्वर आफैं निःसन्तान भएझैँ लाग्छ । भगवान स्वयं मरेझैँ लाग्छ । #जयश्\u200dवर रिमाल आफ्नो पहाड: आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ, सधैँ हेरिएका कुरा, वर परका कुरा देखिएका हुँदा रहेनछन् | आधि बाटोमा आँखा खुल्दा पो चेत आयो बाटो पूरै गलत हिँडिएछ, हिँडिसकेको बाटो फेरि हिंड्न नमिल्ने | बिना अर्थ उचाईको पछि लागिएछ जीवन त गहिराइमा हुदो रहेछ, पहाडहरुले झुक्काउने रहेछन् हो, भ्रमका पहाडहरुले आफ्नो पहाड त आफैँभित्र पो हुँदोरहेछ | बिरौटा १७, पोखरा #कमल राज रेग्मी राष्ट्र वन्दना: मलाई मेरो मनले सधैँ, यही भन्ने गर्छ – ‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। देश भन्नु भूगोल मात्रै, हैन भावना हाे, हिमाल, पहाड, तराई सबै, हाम्रै आँगन हाे । मेची-काली हाम्राे नशा, भित्र बग्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। जातजाति, भाषाभेष, संस्कृति र धर्म, पहिचान हाे हाम्रो देशको, एकताको मर्म । परिआए देशका लागि, प्राणै त्याग्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। मठ-मन्दिर, गुम्वा-चैत्य, मस्जिद, गुरुद्वारा, द्वेष नराख, कर्म गर, भन्छन् धर्म सारा । पहिला हामी नेपाली हाैं, यति बुझ्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। मलाई मेरो मनले संधै, यही भन्ने गर्छ – ‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा- ७ #मुरारीराज मिश्र संसारकै विवादास्पद १७ प्रश्न: तलका १७ प्रश्न तमिल राजनीतिज्ञ तथा समाजसुधारक ई.वी. रामासामी नायकरले भगवानलाई गरेका प्रश्न हुन् । उनको जन्म १७ सेप्टेम्बर १८७९ मा भारतको तामिलनाडूमा भएको हो । ९३ वर्षको उमेरमा २४ सेप्टेम्बर १९७३ मा उनको मृत्यु भएको थियो । उनकाे मूर्तिको तल अहिले पनि लेखिएको छ\u200dः ईश्वर छैनन् र वास्तवमा ईश्वर बिल्कुलै छैनन् । जस्ले ईश्वरलाई रचे ती बेवकुफ हुन् । जस्ले ईश्वरको प्रचारप्रसार गर्छ, त्यो दुष्ट हो । जस्ले ईश्वरको पूजा गर्छ, त्यो मूर्ख हो । प्रस्तुत छ, उनकै बहुचर्चित र विवादास्पद प्रश्नहरु: १. भगवान के तिमी डरछेरुवा हौ ? तिमी कहिल्यै कसैको अगाडि आउँदैनौ ? २. भगवान के तिमी जयजयकारमा रमाउने हौ ? जहिले पनि पूजा, अर्चना गराएर खुसी हुन्छौ ? ३. भगवान के तिमी भोको छौ? जहिले पनि सर्वसाधारणबाट दुध, दही, मिठाई आदि लिइरहन्छौं ? ४. भगवान के तिमी मांशाहारी हौ ? जहिले पनि जनावरहरुको बलि चाहन्छौ? ५. भगवान के तिमी सुनचाँदी व्यापारी हौ ? जहिले पनि सुनचाँदी दबाएर बसेका छौ ? ६. भगवान के तिमी व्यभिचारी हौ ? मन्दिरमा कुमारी, दासी र झुमाहरुलाई राख्छौ? ७. भगवान के तिमी कमजोर छौ ? सधैँ हुने बलात्कारहरु रोक्न सक्दैनौ ? ८. भगवान के तिमी मूर्ख हौ? विश्वमा भएको गरिबी, भोकमरी देख्दादेख्दै पनि अर्बौ रुपियाँको अन्न, दुध, तेल बिनाकारण जलाउने र नदीमा बगाउन लगाउँछौ ? ९.भगवान के तिमी बहिरो छौ ? महिलाहरु बलात्कृत हुँदाको चित्कार पनि सुन्दैनौ ? १०. भगवान के तिमी अन्धो छौ ? सधैँ भइरहने अपराधहरु पनि देख्दैनौ ? ११. भगवान के तिमी आतंकवादी हौ ? धर्मको नाममा लाखौैं मानिसहरुलाई लडाउने र मार्ने गर्छौं ? १२. भगवान के तिमी डन हौ ? मानिसहरु तिमीसँग किन डराउँछन् ? १३. भगवान के तिमी लाटो हौ ? हजारौँ मानिसहरुले प्रश्न गर्दा पनि तिमी एकको जवाफ दिदैनौ ? १४. भगवान के तिमी भ्रष्टचारी हौ ? गरिबलाई केही पनि दिदैनौ तर त्यही गरिबले दिनरात मिहिनेत गरेर, पसिना बगाएर कमाएको दान–पैसा लिन्छौ ? १५. यदि पूजापाठ गरेर “बुद्धि र शिक्षा” प्राप्त हुने हो भने किन पण्डित र पुजारीका छोराछोरीहरु मात्र डाक्टर, इन्जिनियर, वैज्ञानिक आदि भएनन् ? १६. कथित अछूतले बनाएको मूर्ति, मन्दिर, घण्ट, छालाको ढोल आदि अपवित्र हुँदैन भने कथित अछूत मन्दिरमा प्रवेश गर्दा त्यो मन्दिर कसरी अपवित्र हुन्छ ? १७. भगवान के तिमी मुर्ख हौ? हामीजस्तो नास्तिकलाई जन्माएर सधैँ आफ्नाविरुद्ध टिकाटिप्पणीहरु सुन्छौ ? संकलक तथा अनुवादक गिरी बहादुर सुनार #गिरी बहादुर सुनार हाइकु: अखण्ड राज्य, ज्यादती व्यवहार मौन् सरकार ! लकडाउन, नाकमुखमा मास्क पेटमा मुसा ! गुरुयोजना , नेताको त्यो भाषण जनता उहिँ! नेपाल २०, कोरोना पृष्ठभूमी तहसनहस्! लामो छ यात्रा , केही छिन् विश्राम स्वपान चुम्न ! #उमेश थापा हावासँगै बग्ने बाध्यता: कस्ले भन्छ टुक्रिएका बादलहरुमा दुखाइ छैन भनेर! उसको पनि आफ्नै दुखाइ हुन्छ आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर बग्नु परेको छ हावासंगै बादलको कथा र कविको व्यथामा कुनै अन्तर छैन यहाँ आमा भन्नु हुन्छ “भो…बन्द गर्दे तेरा कलमहरु कस्ले पढ्छ तेरा थोत्रा कविता” इतिहास इतिहासमै सीमित भइगयो वर्तमान आडम्वरमा हिँडि रहेको छ आफ्नै इच्छा र आकाङ्क्षाहरुकै विशेषतामा “त्ससैले बन्द गर्दे तेरा कलमहरु” रगत पसिनाका छिटाहरुले संचिएको हाम्रो वीरता भिक्टोरिया क्रसद्वारा सम्मानित पूर्खाहरुका वीरता पुस्तकबाट च्यातिएका पाना मात्र भइसके आजकल अधिकार खोज्नेहरुकै भिड छ कस्ले गराउँछ कर्तव्य र दायित्त्वका बोध वर्षौँदेखि मगजहरु कुहिरोभित्र गुम्सिएका छन् अस्पष्ट क्षितिजको घेराभित्र “त्यसैले बन्द गर्दे तेरा कलमहरु” यहाँ कविको भन्दा गफिको भाउ छ यहाँ साहित्य भन्दा सत्ताको खाँचो छ बादल झैँ बाध्य छ कवि यहाँको परिभेष र परिस्थितिमा बाँच्न त्यसैले यहाँ बादलको कथा अनि कविको व्यथामा कुनै अन्तर छैन ।। म्यान्मा #कुसुम गौतम राति: मलाई यादमा मस्तै पिलाएको थियो राति उनैको सम्झना ताजा दिलाएको थियो राति भकानेरै दुखेँ धेरै कुराकानी भयो गाढा मनै फाट्दा उसैले पो सिलाएको थियो राति सबैलाई फकाएरै दिलै जित्ने छ रे बानी नमिल्ने त्यो कुरा जम्मै मिलाएको थियो राति लुकीचोरी लुकामारी भयो के के जुनेलीमा लजाएरै कयौं तारा बिलाएको थियो राति भनौं आफ्नो कथाकुन्थो मलाई के नशा लाग्यो खरो पारी मुखै कस्तो चिलाएको थियो राति (बहरे हजज मुसम्मन सालिम) लिस्बन, पोर्चुगल #सुनील संगम किताबदेखि किताबसम्म: म आमा-बाको तेश्रो सन्तान । आमाबा तराईमा कटेरो बनाउन संघर्षरत थिए । पाटीमा खरी घोटेर विश्वविद्यालयको प्राध्यापन सम्मको यात्रा तय गरेका पिताका लागि तीन सन्तानको निजी विद्यालयको चर्को शिक्षा धान्न गाह्रो भएको हुनुपर्छ । त्यसैले म ढिलासम्म विद्यालय गइनँ । ढिला यो अर्थमा कि सहरमा त्यसबेला शिशुकक्षाहरु पनि सञ्चालन हुन थालिसकेका थिए । म पहिला दुई शिशु कक्षामा गइनँ । घरमै आमाले अक्षर चिनाउनु भएको थियो । दाइदिदी विद्यालय जाँदा उनीहरुसँग विद्यालय जाने खुब रहर हुन्थ्यो । त्यस्तैमा एक दिन उनीहरुकै पछि लागेर विद्यालय पुगेको थिएँ । आमाले देखाएको साहसले बालाई पनि सहयोग गर्\u200dयो । म विद्यालय जाने भएँ । सोझै माथिल्लो शिशुकक्षामा भर्ना भएँ । त्यसरी तुलनात्मक रुपमा अबेर गरेर मेरो विद्यालय यात्रा सुरु भयो । सायद त्यसैले पठनपाठनको महत्त्व पनि अलि बढी भयो कि ! सात आठ कक्षातिर पढ्दाको कुरा हो । विद्यालय पढ्दा मेरो नाम नै ‘लाइबेरी’ र ‘पुस्तकालय’ राखिएको थियो । किशोरावस्थामा बिपी र समका किताबहरु साथी बनेका थिए । निःशुल्क रुपमा पुस्तक पढ्न पाइने कैलाली जनपुस्तकालय समय काट्ने थलो बनेको थियो । त्यसबेलाका नयाँ किताब त्यहाँ उपलब्ध हुँदैनथिए । तर पुराना किताबहरु तमाम भेटिन्थे । तिनै किताबका पानाहरुमा म हराउन पुग्दथेँ । कहिले तर्कशास्त्रका किताबहरु त कहिले हस्तरेखाका किताबहरु । के चाहिँ पढिएन होला र ! अनि पुस्तकालय प्रचार प्रसारको लागि एकपटक स्टिकरहरु निकालिएको थियो । मैले ती स्टिकर लगेर विद्यालयमा पुस्तकालयको सकेसम्म प्रचार गरेको थिएँ । त्यसैले मेरो न्वारन गरिएको थियो । १० कक्षा सकेर कैलाली बहुमुखी क्याम्पसमा नेपाली साहित्यसमेत लिएर प्रवीणता प्रमाणपत्रतह पढ्ने अन्तिम पुस्ता पनि बनियो । त्यसपछि दशजोड दुईले प्रवीणता प्रमाणपत्र तहलाई विस्थापित गर्\u200dयो । ०६१ सालतिर हो । त्यतिबेला आक्कल झुक्कल कोरे पनि प्रकाशितै हुने गरी केही कोरिएको थिएन । प्रवीणता प्रमाणपत्रतह भन्नुस् या एघार कक्षा भन्नुस्, त्यसैबेला भेट भएका दीपसागर पन्त प्यासीले गजल लेख्न सिकाए । तुलनात्मक रुपमा कम मिहिनेत पर्ने भएको र काफिया मिलाए मात्र हुने (अहिले त बहर र अनेकन थप कुराहरु पनि आउँछन्) गजल लेख्न सजिलै पनि थियो । त्यसैले त्यसै वर्षको अन्त्यमा मैले पहिलो रचना प्रकाशित पनि गरेको थिएँ । त्यो सुदूर सन्देश नामक स्थानीय पत्रिकामा प्रकाशित भएको थियो । बिस्तारै पत्रिकामा नाम देख्ने लत नै पो लाग्यो कि सायद ! त्यसैले सकेसम्म लेखनलाई निरन्तरता दिएँ । पछि गजल छोटा लागे र विचार लेख्ने रहर जाग्यो । त्यो रहर पूरा नहुँदै स्नातक तहमा गणित र अर्थशास्त्र पढ्दै गर्दा पत्रिकाको अपरेटरको काम पनि गरेँ । बिहान क्याम्पस, दिउँसो निजी विद्यालयमा पढाउने गर्थेँ । त्यसपछि पनि ट्युसन कक्षाहरु पढाउने गर्थेँ र अँध्यारोपछि पत्रिकाका सेटिङ्गहरु मिलाउँथे । आर्थिक कारणले भन्दा पनि सृजनामा रमाउने भएकाले त्यो काम थालेको थिएँ । भोलिपल्टको पत्रिका देख्दा दंगदास भइन्थ्यो । सोही क्रममा एकआध रिपोर्टिङ्ग पनि गरियो । सम्पादक नभएका बेला र पत्रिकामा समाचार अभाव भएका बेलामा समाचारका शब्द बढाउनेदेखि सम्पादकीय नै लेख्ने काम पनि भयो । प्रतिक्रिया राम्रै आयो । त्यसैमा पत्रिकाकै सहकर्मीहरुले लेख्न उत्साहित गरे । पत्रिकाको काम त्यस्तै तीन चार महिना चल्यो । गणित र अर्थशास्त्रको पढाइ दिनभरि विद्यालय पढाएर अनि रातभरि पत्रिकाको सेटिङ्ग मिलाएर हुने कुरै थिएन । त्यसैले सबै छोडेँ । तर लेख्ने लत लाग्यो । त्यसैले पत्रिकामा स्तम्भ लेखनको सुरुवात गरेँ । पढेका पुस्तकको चर्चा लेखेँ । सामसामयिक विषयमा लेखेँ । राजनीतिका विषयमा लेखेँ । संस्कृतिका विषयमा लेखेँ । पाठकहरु पनि कमाएँ । केहीले पढेको लेखको प्रसङ्ग झिक्थे अनि खुशी पनि लाग्यो । केहीले पत्रिकामा देखेको फोटोको प्रसंग झिक्थे तर उनीहरुलाई शीर्षकसम्म पनि थाहा हुँदैन थियो र पनि खुशी लाग्थ्यो । घरमा पत्रिकामा लेखेर लेखकस्व ल्याउने पहिलो व्यक्ति थिएँ । पिता प्राध्यापनमा हुनाले लेख त उहाँको पनि छापिन्थ्यो तर लेखकस्व दिने चलन थिएन । मैले लेख बापत त्यो बेला रु. ५० पाउँथे । हुन त त्यसले केही हुन्थेन र पनि लेखेर कमाएको पैसाको बेग्लै मज्जा आउँथ्यो । त्यसपछि हप्तामा ४ पत्रिकामा फरक फरक स्तम्भ पनि थालेको थिएँ । लेखकस्वका रुपमा कुनैले २ सय त कुनैले सय दिने वाचा गरेका थिए । एकले धोका दियो । दोश्रोले गरेको अनावश्यक काँटछाँट मनपरेन । अर्कोको पनि नियमित पैसा आउन सकेन । पत्रिकाहरुको हालत पनि उही त हो । कर्मचारीहरुलाई निम्नतम सुविधा दिन सक्ने अवस्थामा थिएनन् । त्यसैले बिस्तारै हप्तामा ४ स्तम्भ लेखिरहन जाँगर मरेर गयो । सपनामा पनि नचिताएको कुरा त्यसै बेला भयो । माया बस्यो । अखबारमा छापिएका गजल र लेखले प्रेमिका फकाउन त सजिलो भयो तर प्रेमिकाका बाले निजी विद्यालयमा मास्टरी गर्ने र गजल लेख्नेलाई छोरी देलान् भन्नेमा हामी दुवैलाई विश्वास भएन । स्नातक तहको पढाइ नै पनि दया लाग्ने खालको भइसकेको थियो । त्यस्तैमा हाम्रा बाटो अलग-अलग भयो । सायद परिस्थितिसँग जुध्न नसकेर होला म प्रवास उछिट्टिएँ । नयाँ सुरुवातको आशा पनि थियो । नेपालमा अर्थशास्त्र र गणितको त्रिविको स्नातक जेनतेन सकिएको भएपनि फेरि व्यवस्थापनमा स्नातक सुरु गरेँ । खासमा पाँचौँ अर्धवार्षिक सत्रमा अमेरिका, बेलायत वा अष्ट्रेलियाका विश्वविद्यालयहरु छानी-छानी जान पाइने कुराले लोभ्याएको थियो । जर्मन कम्पनीमा विद्यार्थीको रुपमा काम गर्न पाइने अवसरले लोभ्याएको थियो । फेरि पढाइ सकेर पनि काम गर्नु नै हो पढ्दा पनि गरी त हाल्छु भन्ने भयो । साढे सात वर्ष निजी विद्यालयमा मास्टर भएको मान्छे जर्मनीमा आएर रेष्टुरेन्टका टेबलहरु पुछियो । कारखानामा कामदार भएर काम गरियो । पछि भाषा सिकेपछि म्याकडोनल्डको काउण्टरमा काम गर्न थालियो । बोनसमा टेबल पुछ्नेदेखि हरेक आधा घण्टामा शौचालय जाँच गर्ने काम त छँदै थियो । यस्तै दुःख गरेर स्नातक सकियो । अमेरिकाको क्लालिफोर्निया स्टेट युनिभर्सिटीमा एक सत्र पढ्ने अवसर पनि मिल्यो । जर्मन कम्पनी बोसमा पनि कामको अनुभव बटुलियो । त्यसपछि नेपालमा पढेको अर्थशास्त्रको लोभ लाग्यो । स्वर्णिम वाग्ले र विश्व पौडेल जस्ता अर्थविद्हरुको प्रगति देखेर लोभ लाग्यो र अर्थशास्त्रमा स्नातकोत्तर सुरु गरेँ । पढाइ प्रति चित्त नबुझे पनि सोही पढाइका क्रममा मर्सिडिज कार उत्पादक डाइमलर कम्पनीमा १० महिने काम गर्ने अवसर मिल्यो । केही महिनाअघि त्यो पनि छोडेर एक आइटी कम्पनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा काम सुरु गरेको छु । मोटामोटी यही नै हो । त्यसबाहेक २०२० को लागि चार मुख्य काम साँचेको थिएँ । प्रेम सम्बन्धलाई औपचारिकता दिने काम भयो । जागिर खोज्ने काम भयो । अब थप दुई काम बाँकी छन् । ती पूरा भएपछि कुनै दिन लेखौँला । लेखन र पठनमा बीचमा केही अवरोध अवश्यै भयो । विद्यालयको जस्तो स्वछन्द भएर पछिका दिनमा पढ्न सकिएन । झन् प्रवास बसाइका क्रममा त नेपाली किताब पाउन साह्रै गाह्रो । सन् २०१६ देखि पुस्तक पठनको वार्षिक संख्या तोक्ने होड चल्यो । त्यसपछि पठनले गति लिएको हो । यसै क्रममा विद्यालय छँदैको १०० पुस्तक पढिसक्ने रहर पनि पूरा भयो । १०० पुस्तक पढ्न ३० वर्ष लाए पनि गएको दुई वर्षमै डेढ सय पुस्तक पढिभ्याएको छु । कम से कम वर्षको २४ र महिनाको दुई पुस्तक चाहिँ जीवनभर पढिरहने प्रयासमा छु । तर यो उद्देश्य प्राप्त गर्नका लागि थुप्रै बाधाहरु पनि छन् । विशेषगरी नेपाली साहित्यका पुस्तकका हकमा साह्रै गाह्रो छ । सबैभन्दा पहिले त ल्यादिने मान्छे पाउन गाह्रो । हुलाकबाट मगाउँदा मगाएका किताब नभेटिने र पैसा पनि थुप्रै खर्च हुने समस्या त्यस्तै । नेपाली साहित्य जान्न वा लेखकलाई समेत प्रोत्साहन होस् भनेर किन्न खोज्दा लेखकले भन्दा हुलाकले बढी पाउने र त्यो खर्च धान्न गाह्रै पनि हुने अवस्थाहरु थियो । फेरि किनेका किताब पढ्न लैजाने साथीहरुसँग माग्न जस्तो गाह्रो केही भएन । आफूसँगै पनि केही अरुका किताबहरु छन् । फर्काउन खोज्दा पढ्छु कि जस्तो लाग्छ तर पढेर सकिएको हुँदैन । त्यसैले इ-पुस्तकतिर रुचि बढेको छ । भ्याएसम्म चिनेका प्रकाशकहरुलाई घच्घच्याउने क्रममै साहित्य पोष्टसम्म पुगेको हुँ । इ-पुस्तकसँग जोडिएको अर्को स्वार्थ पनि छ । पठनसँग लेखन पनि सुरु गरेकाले प्रकाशनका लागि बाटो कुरिरहेका केही थान किताब छन् । २०६१ देखि लेखेका गजलहरु त संग्रहित गरेर अमेजनमा प्रकाशन पनि गरेँ । त्यो पुस्तकबाट उति आशा थिएन । खाली प्रविधि जान्ने लोभले त्यतिसम्म गरेँ । अब प्रकाशनमा समस्या छैन भन्ने थाहा भयो तर कमसल लेखेको आरोप नलागोस् भनेर पहिले नै १५ कथा समेटिएको संग्रह सम्पादनमा छु । त्यसका कथाहरुलाई बलियो बनाउन अध्ययन र सम्पादन जारी छ । संस्मरणात्मक लेखहरुको संगालो पनि पालो कुरेर बसेको छ । धनगढी छँदा लेखिएका र खुब मन पराइएको ‘तिमी नारी किन यति हठी?’ शीर्षकका लेखहरुलाई पनि पुस्तकाकार दिने लोभ छ । हो यिनै कुराहरुले पनि इ-पुस्तकप्रति रुचि बढेको छ । इ-पुस्तक यो वर्ष पत्ता लागेको प्रविधि होइन । आजभन्दा करिव १३ वर्षअघि नै अमेजनले इ-रिडर निकालेको हो । अंग्रेजीका इ-पुस्तकहरु अन्य तरिकाले अझै अघि पनि पढिन्थे होला । नेपाली पुस्तककै हकमा पनि पाण्डुलिपिले निकै अघि इ-पुस्तक प्रकाशित गरेको थियो । नयनराज पाण्डेयको ‘निदाएँ जगदम्बा’ त्यसैबाट किनेर पढेको थिएँ । गुगल बुक्समा सरुभक्तको ‘पागल बस्ती’ पनि निकैअघिदेखि प्रकाशित थियो । अमेजनमै पनि नेपाली भाषाको पुस्तक अलि अघिदेखि नै प्रकाशित थियो । खालि यसपालि नेपालीहरु अलि फुर्सदिला भएकोले यसको चर्चा केही चुलिएकोसम्म हो । यदि सावधानी अपनाइएन र पाठकको सुविधालाई ध्यान दिइएन अनि क्रमिक सुधारहरु आएनन् भने यो त्यसै सेलाएर जानेछ जसरी पहिले सेलाएर गएको थियो । प्रविधिसँगसँगै एउटा आचारको सवाल पनि छ । लेखकहरुको लेखकस्वको के हुने ? बौद्धिक सम्पत्तिको फाइदाको कुरा के हुने ? यस्ता सवालमा पनि साहित्यपोष्टको योजना बढी लेखकमैत्री लागे । इ-पुस्तक प्रकाशनका नाममा लेखन क्षेत्रमा पनि म्युजिक नेपालले संगीतका क्षेत्रमा गरेको मनमानी नदोहोरियोस् भन्नेमा अहिले अरु त्यति चनाखो भएको जस्तो लाग्दैन । अस्वस्थ प्रतिस्पर्धा सुरु हुने हो कि भन्ने चिन्ता पनि छ । त्यसैले हालसम्म अलि कमै स्थान पाएको साहित्यलाई नै मूल विषय बनाएर अनलाइनसमेत सञ्चालन गर्ने गरी एक शब्दसाधककै पहलमा हुन लागेको काममा हातेमालो गर्ने प्रयास गरेको छु । आशा छ, यसले साहित्यका क्षेत्रमा सहयोग पुर्\u200dयाउने छ । लेखक र पाठक दुवैलाई नजिक ल्याउने छ । अस्तु ! (लेखक हाल जर्मनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन् ) #रमण पनेरु भाव: जलाई नसोध मुटुमा, मेरो घाउ कहाँ छ ? आँसुमा सधै मेरो, तिम्रो माया कहाँ छ ? तिमी थियौ जीवनमा, नसोध, अरु साथी कहाँ छ ? एक्लो छु यो घरमा, तिम्रो तस्बीर कहाँ छ ? कति कुरा गुम्सिए होलान मुटु मेरो कहाँ छ ? पर्खेर तिमीलाइ, भुलेर मायालाई बाच्दैछु आज यहाँ लेख्दै छु यो गीत तर नसोध यहाँ ”भाव” कहाँ छ ? #सुशान्त थापा प्रेमालय: जहाँ प्रेम गर्न सिकाइन्छ: प्रेम के हो? के प्रेममा यौन जरुरी छ? सायद यिनै सामान्य प्रश्नहरुको जटिल उत्तर हो अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ । प्रेमालय एउटा उपन्यास मात्र नभएर यो विद्यमान समाजको यथार्थता हो । यो हरेक मानिसको जीवनमा कोही न कोही व्यक्तिप्रति जागरुक हुने शारीरिक तथा मानसिक अनुभूतिको सँगालो हो । प्रेमालय उपन्यासको मुख्य तात्पर्य—प्रेम केवल भावनाहरुको छाल हो, जुन न त कसैलाई पाउनुमा छ न त कसैलाई गुमाउनुमा नै । प्रेमालय उपन्यासको प्रतिद्वन्द्वि पात्र रिसभ सरले शुरुवात गर्नु भएको भिन्न खालको शैक्षिक संस्था हो जहाँ प्रेमको भाषा र विषय पढाइन्छ । प्रेमालयमा विद्यालयमा जस्तो विज्ञान, मानविकी र व्यवस्थापन संकायमा पठनपाठन गराइँदैन बरु मानिसको अनुभूति र अभिव्यक्ति, धोका र विश्वास र आकर्षण र प्रभावकारिताको विषयलाई प्राथमिकता दिइन्छ । कथाको प्रमुख पात्र सहजले गुराँसलाई कलेज पढ्दादेखि नै प्रेम गर्न शुरु गरेको हुन्छ । असहजता र शीतयुद्धबाट शुरु भएको सहज र गुराँसको सम्बन्ध अन्तत: प्रेममा परिणत हुन्छ । तर धेरै अघिदेखि गुराँस रिसभ सरसँग आत्मियता गाँसेर शारीरिक सम्बन्ध पनि राखिसकेकी हुन्छिन् । गुराँसको सहजसँगको प्रेम सान्दर्भिक र समकक्षी बीचको आकर्षण हो भने रिसभ सरसँगको प्रेम स्वतन्तत्राको पराकाष्टा । उपन्यासको अन्य पात्रहरु निराजन र राधा, रावण र सीता, वात्य सर र जानुका, गजमेर र वसन्त पनि उत्तिकै प्रेरक र रोचक छन् । हरेक पात्रहरुको कथा मनमा गढ्ने खालको छ । रिसभ सरले प्रेमको विषयमा तुलना गरेको विज्ञान र परमाणु र प्रेम र सम्बन्धको कुराहरु निकै रोचक र चाखलाग्दो छ । अन्तमा सहजले रिसभ सरको हत्या गरेर आफू पनि आत्महत्या गर्दछ । गुराँस जसले रिसभ सर र सहज दुवै सँगको प्रेमको रसास्वादन गरेकी हुन्छिन्, अन्त्यमा दुवै प्रेमीको मृत्युसँगै एक्लिन्छिन । उपन्यासको अन्त्यसँगै यसले पाठकलाई अन्य जटिल प्रश्नहरुसँग अवगत गराउँछ: मृत्यु प्रेमको अन्त्य गर्छ कि सम्बन्धमा मात्र पूर्णविराम लगाउँछ? के विवाह पश्चात प्रेम सम्बन्ध टुङ्गिएर शारीरिक सम्बन्धमा मात्र सीमित हुन्छ? #सुजन दाहाल लक डाउनमा नवपुस्ताः कोही हिप्पीको अनुवाद गर्दै, कोही प्यालेस्टिनी लेखकसँग बात मार्दै: देश विगत ५२ दिनदेखि लक डाउनमा छ । लक डाउनका कारण सबै आफ्नै घरमा, कोठामा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् बिकराल बन्दै गइरहेकै छ । तर यो विशम परिस्तितिमा पनि नेपाली साहित्य निदाइहालेको भने छैन । देशका चलेका लेखक तथा साहित्यकारहरूका लक डाउनसँग जोडिएको अनुभव, दृष्टिकोण तथा उनीहरूले गरिरहेका काम र पढिरहका पुस्तकको बारेमा सर्वत्र चर्चा भइरहेको छ । विभिन्न अनलाइन प्याटफममार्फत् उनीहरू पाठक तथा अन्य लेखकहरूसँग जोडिइरहेका पनि छन् । समग्रमा भन्नुपर्दा, अधिकांश देशका चलेका लेखकहरूले यस विश्व कोरोनाले आक्रान्त बनिरहेको समयमा त्यस्तो कुनै विशेष लेखनमा काम गरिरहन नसकेको बताउँदै आएका छन् । तर तिनै चलेका लेखकहरूलाई सुनेर, हेरेर अघि बढिरहेको नेपाली साहित्यको काँध, नवपुस्ताचाहिँ लक डाउन के गरेर बिताइरहेको छ त ? देश लक डाउनले आक्रान्त बनिरहेका बेला नवपुस्ताका उदयमान साहित्यकारहरू के गर्दै छन् ? उनीहरू लक डाउनलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा नवपुस्ताका प्रतिनिधि पात्रहरूका कुरा सुन्छौँ । सुरेस बादलः “ पाउलो कोएल्होको उपन्यास हिप्पीको नेपाली अनुवाद गर्दैछु” लकडाउन बसाई काठमाडौँमै भयो । लकडाउनमा एकान्तवास मिल्नेछ, र धेरै सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने लोभले नै नुवाकोटमा भएका परिवारले आइज भन्दाभन्दै पनि घर गइनँ । डेरामै धुम्धुम्ती बसेको छु भन्दा हुन्छ । कोरोना संसारकै लागि शुभसमाचार रहेन । म पहिलो पुस्तकको विमोचन चैतमा गर्ने तयारीमा थिएँ । तर कोरोना महामारी र लक डाउनका कारण विमोचन अनिश्चित बनिदियो । फाइनप्रिन्ट बुक्सले प्रकाशनको जिम्मा लिएको मेरो आत्मपरक आख्यानको पुस्ताकाकार अब लकडाउन खुलेपछि नै आउँछ होला । एउटा काम प्रतिकुल समयका कारण अल्झियो भन्दैमा केही नगरी बस्नु भएन । फाइनप्रिन्टबाटै प्रकाशित हुने पाउलो कोएल्होको उपन्या ‘हिप्पी’को नेपाली अनुवाद गर्दैछु । अन्तिम चरणमा छु । जुन लक डाउनको उपलब्धिमध्ये सबैभन्दा महत्वपूर्ण रह्यो । लेखनको कुरा गर्दा पहिलो किताब बजारयात्रा अनिश्चित भए तापनि दोस्रो किताबको पनि लकडाउनको सदुपयोग गर्दै आफैँले सम्पादन सकाएको छु । यो पुस्तक उपन्यास रहने छ । साथै फुटकर लेखहरू पनि लेखेँ, जुन आफ्नै ब्लगहरूमा प्रकाशित गरेँ । सामाजिक सञ्जालमा जल्दाबल्दा विषयहरूउपर आफ्ना विचारहरू पनि निरन्तर लेखिरहेको छु । सञ्जालमा लेख्दा सक्दो चोटिलो र रमाइलो शैलीको प्रयोग र विकास गरिरहेको छु । नयाँ नयाँ पाठक, साथीहरू र फलोअर्सहरूसम्म पुग्न यो लकडाउन र सामाजिक सञ्जाल सहायकसिद्ध भएका छन् । यीबाहेक धेरै चलचित्र र सिरिजहरू पनि हेर्न भ्याएँ, जसले लेखन र अनुवादको बीचमा आउने पट्यार र आलस्यता चिर्न मद्दत गरे । पठनको कुरा गर्ने हो भने तुलनात्मक रूपमा कम पढियो । केवल भारतीय लेखक अमितभा बागचीको “हाफ द नाइट इज गन” भन्ने उपन्यास र नेपालीमा शिवानीसिंह थारूको “काठमाडौँमा एकदिन” गरेर दुई पुस्तकमात्र पढ्न सकेँ । अँ, आफ्ना केही कविताहरूको भिडियो बनाउनुलाई पनि यही लक डाउनको उपलब्धि मान्नु पर्ला ! साहित्यपछिको मेरो रूचि खाने कुरामा छ । त्यसैले लकडाउनमा युट्युब हेरेर केही नयाँ परिकार बनाउन सिकेँ । अब यति गरेपछि लकडाउन पछि घुम्न, डुल्न पाइन्छ भन्ने छ । सुदर्शन पौडेलः “हामीले बाँचेको समय लकडाउनबाट छिट्टै बाहिर निस्किनेछ, म आशावादी छु ।” म कोरोनाको विशमतामा आफ्नो लक डाउन अनुभव र यस बिल्कुल खालि समयको उपलब्धि लेख्दै छु । यसर्थ ममा खुसी र दुःख मिश्रित संवेगहरू चलायमान छन् । २२ वर्षीय प्यालेस्टिनी लेखक मोन्नद युनस, जसले २ वर्षअघि आत्महत्या गरे, उनको कथा जान्ने रहरमा मैले उनको बारेमा खोजी गरिरहेको थिएँ । केही दिनअघि प्यालेस्टिनी लेखक तथा अनुवादक नाइम अल खातिबसँगको सम्पर्कमा पुगेँ । गाजा क्षेत्रमा बसिरहेका उनी र अन्य प्यालेस्टिनीहरू इजरायल र इजिप्टबीच वर्षैँदेखि लक डाउनमा बस्न बाध्य छन् । “यसरी बाँच्नुपर्दा कस्तो महसुस हुन्छ ?” भन्ने मेरो प्रश्नमा उनले उत्तर थियो– “एउटै अवस्थामा बाँचिरहँदा वर्तमान कहिल्यै असामान्य लाग्दैन । मानिस परिस्थितिसँग अभ्यस्त हुनपुग्छ, र वर्तमानको सही मुल्याङ्कन भविष्यमा मात्र गर्न सकिन्छ ।” अहिले उनै खातिबलाई सम्झिरहेको छु । ५० दिनसम्म आइपुग्दा घर नै सडक, घर नै खेलमैदान, घर नै कलेज, घर नै क्याफे र घर नै पुस्तकालय बनेको सत्यसँग अभ्यस्त भैसकेको छु । र लकडाउनले घर शब्दको वास्तविक महत्व बुझाएको छ । अस्ति औषधि किन्न एक महिनापछि बाहिर निस्किएँ । सडकको दुवै साइडमा उम्रिएको दुवो, हरिया पातहरूले सजिएका रुख, कतैकतै घाम ताप्दै बसिरहेका गाइहरू; आँखा यी सब दृश्य कैद गर्दै डुलिरहेका थिए । सडकमा हिँड्न पाउनु पनि कुनै विशेषाधिकार भएको देखेर आश्चर्य र रमाइलो एकैपटक लाग्यो । अतिआवश्यक कामबाहेक बाहिर निक्लिने कुरो छैन । घरै बसेर म केही पुस्तकहरू पढिरहेको छु, र सिनेमाहरू हेरिरहेको छु । पुस्तकका पात्रहरू निष्फिर्की डुलिरहेका छन्, म उनीहरूकै काल्पनिक संसारको अवलोकनमा चित्त बुझाउन बाध्य छु । दिमागमा लेख्नको लागि विभिन्न परिवेश र पात्रहरू घुमिरहेका छन्, तर औँलाहरूले लेख्न भने नसकिरहेको अवस्था छ । म आफूलाई यो समयमा विचलित हुन नदिन जीवनशैलीमा केही परिवर्तनहरू गरिरहेको छु । पहिले भेटेर कुराकानी हुने साथीभाइसँग फेसबुक–ट्विटरबाट सम्पर्क कायम गरिरहेको छु । समाचारबाट सक्दो भागिरहेको छु । दैनिक व्यायाम र ध्यानमा आफूलाई खर्चिरहेको छु । भेटेर हुने पुस्तक छलफल जुमबाट गरिरहेको छु । माध्यम र प्रकृया परिवर्तन गरेर सकेसम्म लकडाउन अघिकै जिन्दगी बाँच्ने प्रयास गरिरहेको छु । हामीमाझ कोरोनाको सन्त्रास जतिसक्दो छिटो सकियोस् । लकडाउनले मारमा परेका गरिब र असाहयलाई सरकारी र अन्य संयन्त्रबाट उचित सहयोग पुगोस् । स्वास्थ्यकर्मीहरूले यो समयमा गरिहेको मेहनतले सोचेजस्तो प्रतिफल लिएर आवोस् । अन्य उपाय ननिस्किदाँसम्म हामीसबै घरघरमै बसौँ, र यहाँबाट बाहिर निस्कदाँ मानवजातिले भोगेको यो समयको मुल्याङ्कन गरोस् । हामीले बाँचेको समय लकडाउनबाट छिट्टै बाहिर निस्किनेछ । म आशावादी छु । संस्कृति रिजालः “अध्ययन आफैँमा एक धारिलो बौद्धिक हतियार रहेछ” ग्रिष्म ऋृतुको समय छ । तर मौसम छिनछिनमा बदलिरहन्छ । घाम, कालो बादल, वर्षाबीच प्रतिस्पर्धा भइरहन्छ । ममा पनि दिल र दिमागको प्रतिस्पर्धा भइरहन्छ । प्रकृतिले मेरो दिल र दिमागलाई एउटै लयमा कब्जा गरिरहन्छ । प्रकृतिलाई मौसमले बदलिदिन्छ, मलाई पात्रले । लकडाउन घरमै थुनेको पनि लामो समय बितिसक्यो । योबेला बद्लिरहने प्रकृति र मलाई बदल्दिने पुस्तक मेरो निकटका साथी भएका छन् । साहित्य अध्ययनमा रुचि राख्ने भएकाले यो फुर्सदको समय कला तथा साहित्यका पुस्तकहरू र राजनैतिक परिवेशका पुस्तकहरू अध्ययन गरिरहेकी छु । कलेज बन्द छ, कलेजका पुस्तक पनि । भर्खरै पढिसकेको पुस्तक कर्नाली ब्लुजको कथा, परिवेश र पात्रलाई बारम्बार स्मरण गर्छु । कर्नाली ब्लुजलाई सन्तानको आँखाबाट अभिभावकको संघर्ष प्रष्टाउने पुस्तकको रुपमा पाएँ । सुदूर तराईको कथादेखि सुदुर पहाडको कथा पढ्दा कथाको परिवेश र भावले सँगै हिँडाइरह्यो । मैले अहिले अध्ययन गरिरहेको अर्काे पुस्तक लोकतन्त्र र आजको माक्र्सवाद पनि हो । समाजशास्त्री चैतन्य मिश्रको राजनितिक चिन्तनमा लेखिएको उक्त पुस्तक पढिरहँदा मलाई देशको वर्तमान परिस्थितिले झक्झक्याएको छ । लक डाउनको फुर्सदिलो समयमा घरको सामान्य कामपछिको समय अध्ययन र लेखनमै बितिरहेको छ । कहिलेकहीँ लेख तथा बुक रिभ्यु लेख्ने गरेकी थिएँ, अहिले भने लेख्न प्रयास नै नगरेका डायरी, कथा, कविता लेखनमा पहिलोपटक प्रयास गरिरहेकी छु । यसर्थ कोरोनाले विश्वसामु अनेकन चुनौति राखिदिएको यो समय मेरो लागि भने लेखन र पठनमा अवसर बनिरहेको छ । मैले लकडाउनको सुरुमै पढेको पुस्तक विमान विद्रोह पनि हो । विमान विद्रोह एउटा राजनीतिक अपहरणको बयान हो । जसले नेपालको राजनैतिक दलको र लोकतन्त्रको उदयलाई जोडेको छ । लेखक दुर्गा सुवेदीको व्यक्तिगत भोगाइ समेटिएको यस पुस्तक नेपालको राजनितिक इतिहाससँग जोडिएको छ । लकडाउनकै समयमा मैले न्याय, बेलायततिर बरालिँदा, अनुहारको भीडलगायतका पुस्तक पनि अध्ययन गरँे । प्रायः पुस्तकका घटना, कथा, परिवेशले उही परिवेश, कथा, घटनामा बाँधिरहेझैं लाग्यो । लेखक तानासर्माले लेखेको पुस्तक बेलायततिर बरालिँदामा लेखकका बेलायत यात्राका तितामिठा अनुभुतीहरू छन् । प्रकृति र पुस्तकसँग निकट भएर समय बिताइरहन मलाई कति पनि झन्झट लागेको छैन । अध्ययनले अझै नयाँ नयाँ साहित्यिक पुस्तक पढ्ने उत्सुकता जगाएको छ । मैले शब्दका भावमा डुबेर विश्व अवलोकन गरिरहेझैं लाग्छ । लक डाउनमा घरभित्रै बसे पनि परिवारबीच रमाइलोसँग समय बिताइरहेको छु । परिवारसँग धेरै नजिक भएको महसुस गरिरहेकी छु । सँगै पढिरहेका साथी यतिबेला मागको नियम पढ्छन, म पात्रको जीवनको नियम पढ्छु । पढ्न मन लागेका अन्य पुस्तक ल्याएर पढ्न नपाए पनि आफूसँग भएका पुस्तकका शब्द–शब्दलाई महसुस गरेर पढिरहेकी छु । यतिबेला प्राकृतिक वातावरणले परिवर्तन नगरेको मेरो मष्तिकलाई पुस्तकका पात्रको भूमिकाले छिनछिनमा परिवर्तन गरिरहन्छन् । त्यसैले, अध्ययन आफैंमा एक धारिलो बौद्धिक हतियार रहेछ । नवीन प्यासीः आख्यानमा रहर जागेको छ, केही लामा छोटा कथाहरू लेखिरहेको छु लक डाउन सामान्य नै बितिरहेछ । घरभित्रै बन्दी भएर बसिएको छ । पढ्ने काम पुरानै तरिकाले चलिरहेको छ । केही कथा संग्रह, उपन्यास पढेँ । तर विशेष गरेरचाहिँ सिनेमा हेरिरहेको छु । विभिन्न विधाका सिनेमाहरू खुब इन्जोय गरिरहेको छु । संसार र जीवनलाई चिह्याउने अनेक आँखिझ्यालहरू सिनेमामा भेट्दा मलाई मजा आउँछ । आफूभन्दा फरक भूगोल, फरक समय, फरक परिवेश र फरक भाषासँग बाँचिरहेका मानिसहरूको जीवनप्रतिको दृष्टिकोण र बुझाइले हैरान बनाइरहेछ । भर्खरै कुर्दिश सिनेमा ’टर्टल्स क्यान फ्लाइ’ हेरेँ । पछिल्लो समय युद्धसँग सम्बन्धित सिनेमा अलि बढी हेरिरहेको छु । युद्ध आफैँमा भयनक दर्शन लाग्छ मलाई । युद्ध जीवनको समाप्ति पनि हो, र सुरुवात पनि हो । युद्धले जीवनको भीख पनि माग्छ, र बदलामा जीवन पनि माग्छ । आफैँमा विरोधाभाष लाग्छ मलाई युद्ध । “टर्टल्स क्यान फ्लाई’ कुर्दिश वार सिनेमा हो, बेहमान घोबदीको । यो सद्दाम हुसेनको शोषणको समयको कथा हो (इराक अमेरोका युद्ध) । साना तीन जना पात्र छन् । एक १३–१४ वर्षीय बालक, जसको दुवै हात गुमेको छ । अर्की उसकी बहिनी छे, ११ वर्ष जतिको । उनीहरूको परिवार बिस्फोटमा परेर मरेका हुन्छन् । र यी दाजु बहिनी भाग्दै जाँदा बाटोमा अर्को ६ वर्ष जतिको नाबालक फेला पर्छ । शरणार्थी शिविरमा रहेका यिनीहरूमध्ये बहिनी ६ वर्षीय बच्चालाई छाडेर जानुपर्ने अडानमा हुन्छ । तर दाजु मान्दैन । यो बीचमा भोक, अभाव र सानी बच्चीले बारबार छाड्न खोजिरहेको सानो बच्चाको निर्दोषपनले साह्रै नमज्जाले किचिरह्यो । यी केटाकेटीहरूले बाँच्नका लागि गरेको संघर्ष र त्यसबीचमा छचल्किने मानवताले बेस्सरी किच्यो । तीनचार दिनसम्म रनथनिएँ । युद्धको बीचमा केटाकेटीले भोगेको दुःख र त्यही दुःखबीचबाट चिहाउने संसार र जीवनले नराम्रोसँग बिथोल्छ । यस्तै अरू सिनेमाले पनि खुब बिथोल्यो । हामी मानवीयता देखाउन मात्र चाहन्छाँै कि साँच्चिकै देखाउँछौ भन्ने कुरा युद्ध सिनेमाले देखाउँछ कि झैँ लाग्छ । लेखनको कुरा गर्दा, मैले लेख्ने कविता हो । त्यो लेखिरहेछु । केही छोटा र केही लामा कविताहरू लेखिसकाएँ । आख्यानमा पनि रहर जागेको छ पछिल्लो समय । केही छोटा लामा कथाहरू लेखिरहेको छु । सरकार: जनता र राष्ट्रको अभिभावक हो सरकार समृद्धि र विकासको आधार बन्नु पर्छ भ्रष्टाचार र बेथितिमा होइन चहराइरहेको कोरोनामा मलम बन्नुपर्छ । स्वास्थ्य सामग्री खरिदको नाममा घोटाला गर्दै विरोधीपति आक्रोश पोख्ने होइन विरोधबाट गल्तीको पाठ सिक्दै जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ । कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई कानुनअनुसार कार्बाही गर्नुपर्छ बिरामीहरूलाई घर फर्काउने होइन, उनीहरूको बिमारलाई निको पार्नुपर्छ । कोरोनाले विश्व हल्लाइरहेको अवस्थामा कोरोनाका रोगीहरू ट्रेस गर्नुपर्छ रोगीहरूको अपहेलना होइन नेपाल सरकार उनीहरूको बाँच्ने आधार बन्नुपर्छ । (क्याम्पस प्रमुख, बिएसटी कलेज, काठमाडौँ) #नारायण पन्त घात: नशाले ढलेँ म भट्टी रित्तिएन, सितनमा उनको याद थियो । पूर्णिमाको दिन चन्द्रमा हरायो, उनको साथको त्यो अन्तिम रात थियो । शब्दको शव भयो अर्थको अन्त्य, तिनै शब्दबाट शुरु भै तिनै अन्तिम बात थियो । मायाको अर्थ गजबले बुझेँ मैले, माया नै माया लटरम्म फलेको बोटको चुरो घात थियो। झापा #दिपेश उप्रेती कस्तो समय यो: हिमाल हाँसेको छ, पहाड ढकमक्क पशुपंक्षी मख्ख छन् मान्छे अकमक्क । जताततै हरियाली, हावा छ स्वच्छन्द अरु सबै भयमुक्त, मान्छे आफैँ बन्द । देखिँदैन आकार त्यसको, साह्रै नै छ सूक्ष्म भयाक्रान्त बनाइदियो, बाण यसको तीक्ष्ण । शत्रु यसका मान्छे मात्रै, ताकीताकी शिकार पार पाउन गाह्रो छ कि, मान्छेको छ चित्कार । धन ठूलो कि जीवन हो, अझै द्विविधामा अर्कमण्य मान्छे हुँदा यो झन् सुविधामा । आइसक्यो नजिक धेरै समय पो कम छ पृथ्वीको असल सन्तान हुन सबलाई मन छ । #दीपक राज सापकोटा नेपाल जानु थियो: घाम झुल्किएको छैन औँशीको रात; उष्णताको प्रकोपबीच एक बहादुर कालो भादगाउँले टोपीमा आफ्नो इमान बचाउँदै हिँडिरहेछ, सोध्दै “साबजी, नेपाल जाने बाटो किदर है?” र, आफ्नै अगाडि उभिएको बहादुरलाई एकटक हेरिरहन्छ्न्- उसैले टल्काएका सेठ्का बुटहरु जस्ले गरिरहेछन् क्षितिज पारिसम्मको इशारा मानौँ बहादुरले बाटो होइन, विद्रोह खोजेको हो तर पनि हिँडिरहेछ बहादुर इसारालाई अनुवाद गरेर ऊ हिँडिरहेछ कालान्तर; स्वैच्छिक अनुवाद गरेर सायद त्यसैले आजसम्म उस्ले भेटेको छ केवल इसाराहरु जो कहिल्यै सहारा बन्न सकेनन् लामो दुरी तरेपछि बहादुर कालो पहाड पुगेको छ जहाँदेखि पर-परसम्म कोही बहादुरले माजो लामो गरी चङ्गा उडाएका छैनन् अनि कोही बहादुरले डाँडोबाट चिच्याएको पनि सुनिएको छैन सुनिएको छ त केवल बहादुरको टोपी लिलाम गर्ने भुस्तिग्रेको “गोली मार्दुङा” वाला जवानी अनि मनमानी जस्ले बर्सेनि बहादुरको टोपीसँगै बहादुरलाई लिलामीमा सुताइरहेको छ र बढाइरहेछ आफ्नो अजङ्गको शरीर विडम्बना आजसम्म अबोधगम्य बहादुरले बुझ्न सकेन दुष्टचरित्र ऊ नतमस्तक चेतनामा कम्पन ल्याउन सकेन बैरी खेलिरह्यो डन्डी बियो; एरी दोरी गर्दै हजारौं हडपी लियो बहादुर गाइरह्यो विरह गीत “नेपाल जानु थियो” ! (विद्यार्थीः १२-(एसओएस हर्मन माइनर विद्यालय, सानोठिमी) स्थायी ठेगाना: वीरेन्द्रनगर सुर्खेत हाल: सानोठिमी, भक्तपुर #साकार शर्मा अहोभाव: कतै टाढा टाढा धिप् धिप् धिप् धिप् झुल्किन्छ बत्ती देखाउँछ बाटो झल्काउँछ, सुन्दरता धमिलो धमिलो कहिलेकाहीँ जुनकिरी भै वरिपरि घुम्छ भन्छ म तिम्रै यात्राको सहाय हुँ म तिम्रै एक अवयव हुँ बिहानीको नव-नव खबर हुँ तिम्रै मनको गहिराई हुँ भरिदिन्छ भाव रसिलो रसिलो । कहिले छायाँ भै साथसाथ डुल्छ म तिम्रा सही गलत कर्मका साक्षी हुँ भन्छ अहो ! यो प्रेम के हो ? यस्को मैदान कति विशाल यस्को स्वतन्त्रता कति अपार स्वयं नै स्वयंसङ्ग अलग हुन पनि पाएको छु अब म आफ्नै स्वरुपमा फर्कन्छु भन्दा हृदयमा जीवनप्रति अटल श्रद्धा अनि उस्कै बलियो आभाष पाएको छु यसमा मैले फोहोरमा डुब्न पनि पाएको छु अब उत्रन्छु भन्दा स्वागतको डुङ्गा पाएको छु । मैले बिना संघर्ष जीवन पाएँ यो विराटसभामा सहभागिता पाएँ यस सभाको गरिमा बन्न सकुँ म तिमी भै तिमीमै रहन सकुँ अहो ! यो प्रणय सौगात तिम्रो हो यो जीवन मेरो अघि बढुँ, अघि बढुँ । सुबास बजगाईं पटना विश्वविद्यालयकी लिम्सी: डेरा मंदिरीमा थियो । महद्दिपुरको छोटो बाटो हिँड्दै ब्यांकरोड, बिस्कोमान पुगी चाक्लो गान्धी मैदानको बीचको गोरेटो बाटो हिँडेर एलिफिस्टन सिनेमा पुग्थें । त्यहाँबाट टेम्पो गरेर अशोक राजपथको बाटो राजेश्वरी पुस्तक पसलअघि पुग्दा आठ आना तिर्नु पर्थ्यो । देब्रेतर्फ मोडिएर पटना विश्वविद्यालयको सुप्रसिद्ध दरभंगा हाउस, अंग्रेजी विभाग पुग्थें । कहिलेकाहीँ त्यो आठ आना बचाउन अशोक राजपथको बाटो हिँडेरै कलेज न पुगेको पनि होइन । भन्नु पर्छ, ती सकसका दिनहरू थिए नै । बिहान साढे सातदेखि कक्षा सुरु हुन्थ्यो । सधैं जसो केहीबेर अघि नै पुग्थें । म क्लासमा ढिलो हुँदैनथें । कारण अरु पनि थिए । म पुग्दा ऊ आइसकेकी हुन्थी । दस बजेतिर कक्षा समाप्त भएपछि हामी दुवै सँगसँगै निस्कन्थ्यौँ । राजेश्वरी पुस्तक पसलको आड़मा होटेल पायल थियो । हामी दुवै पस्थ्यौं र अन्तिम तिरको टेबलमा आफूलाई सुरक्षित महसुस गर्दै एक प्लेट भेज पकोडा, एक एक गिलास पानी र दुई कप चियाको रोहबरमा कम्तीमा डेड घण्टा त बस्थ्यौं नै । कहिले कहिले मैले, अन्यथा धेरैजसो बिल उसैले तिर्थी । उसकी आमा अरबमा थिई । धेरै जसो त्यही नै हुन्थ्यो । हाम्रो नास्ता र एक डेड घण्टा लगाएर भ्याइएको पानी, पकोडा, चिया र कुराको स्वादसँगै निस्कन्थ्यौं उसको होस्टेलतिर । त्यो ताका अशोक राजपथको पछिल्तिरको कुनै गल्लीमा उसको प्राइभेट गर्ल्स होस्टेल थियो । उसलाई होस्टेलको गेटसम्म पुर्\u200dयाएर म फर्किन्थेँ । राजेश्वरी पुस्तक पसलबाट उही आठ आनाको टेम्पो गरेर, एलिफिस्टन अनि त्यहाँबाट गान्धी मैदानलाई बीचको बाटो चिर्दै हिँडेर बीस तले बिस्कोमान भवनअगाडि पुग्थेँ । त्यहाँबाट प्रारम्भ हुन्थ्यो ब्याङ्क रोड र अन्तिममा पर्थ्यो, ब्रिटिश काउन्सिल पुस्तकालय । बिस्कोमानअघि लिटिका पसल हुन्थे । एक रुपियाँको पाँच वटा लिटी र बैगुनको चोखा (अचार) । दाउराको कोइला चुल्हो भुइँमा राखेर ससाना गहुँ पीठोका गोलाहरु आगोमा सेक्दै लहरै बसेका ती लिटी पसललाई म राम्ररी हेर्दै हिड्थें, कुन पसलका लिटी अलिक ठूला छन् भनेर । अघिल्तिर वरको बुटोलाई घेरेर बनाइएको चबुतरामा बसी ती पाँच वटा लिटी र भुर्ता खाएर पेटमा तीन चौथाई रित्तो रहेको ठाउँलाई पानीले भर्दथेँ । पानी धेरै पिउने बानी त्यहीँबाट बसे जस्तो पनि लाग्छ तर यो पानी धेरै पिउने बानीले निकै फाइदा पुर्\u200dयाएको छ हालसम्म । कहिलेकाहीँ भात खान मन लाग्दा बिस्कोमानको क्यान्टिनभित्र छिर्थें । एक पिलेटको एक रुपियाँ पचीस पैसा लिन्थ्यो । एउटा थालको आधा भागमा फरर फैलिएका भातका सीता, एक कचोरा दाल, तरकारी, भुजिया र आलुको चोखा । थप्न केही पनि पाइँदैनथ्यो । कस्सिएको गाँस बनाउँदा बढीमा चार हुन्थे होलान् तर म ससाना गाँस बनाएर पुर्\u200dयाई-पुर्\u200dयाई मीठो गरेर खान्थेँ । खाली ठाउँ भर्न पानीको सदुपयोग खूब हुन्थ्यो । म अघाउँथेँ पनि । बिसकोमानको भोजनपछि पाँच मिनेट हिँडेर ब्रिटिस पुस्तकालयमा छिर्थें । दिनको एक पटक त्यहाँ नपुग्दा असहज महसुस हुन्थ्यो । पहिला पुस्तकालयका प्रत्येक कोठा चहार्थें अनि अध्ययन कक्षमा पुगी एउटा कुर्चीमा बस्थेँ । त्यहाँ बोल्न मनाही थियो । केही भन्नु छ भने कागतमा लेखेर दिनुपर्थ्यो । आफूले रोजेको पुस्तकमा आँखा गाडेर कहिले विलियम ब्लेक, कहिले लरेन्स, अस्टिन, मर्डक कहिले इब्सेन, शा, शेक्सपियर, कहिले शेली, कोलेरिज, इलियटहरूको संसारमा हराउने बानी परिसकेको थियो । त्यहाँ अनगिन्ती पुस्तक थिए, सबै पढ्न चाहन्थेँ तर असम्भव थियो । फेरि पनि पुस्तकै पुस्तकहरुबीच आफूलाई पाउँदा लाग्थ्यो, पुस्तकका प्रत्येक शब्द, वाक्य र अनुच्छेदहरु मेरो मस्तिष्कमा स्वतः प्रवेश गर्दैछन् । आज त्यो अर्कै संसार थियो जस्तो लाग्छ र थियो पनि । पुस्तकालयको काउन्टरमा बस्ने चन्द्रजी नेपाली हुनुहुन्थ्यो । निकै दोस्ती थियो हाम्रो । अंग्रेजी बोल्नमा आफूलाई निकै सिपालु ठान्नु हुन्थ्यो । सुरुसुरुमा उहाँको अहम् पारामिटर निकै माथि पुगेजस्तो अनुमान गरेको थिएँ र कारण पत्ता लगाउन खासै गाह्रो भएन । एक त उहाँको अंग्रेजी भाषाको शुद्धताभन्दा फ्लुएन्सी निकै राम्रो, अर्को कुनै बखत ब्रिटिश काउन्सिल पुस्तकालयको वार्षिकोत्सवमा पुस्तकालय प्रमुखले ‘मिस्टर चन्द्र पौडेल इज अ लोयल यन्ड ओनेस्ट स्टाफ’ भनिदिएछ । पहिला पहिला सधैं, पछिपछि हप्तामा एक पटक त सुनाउँथे नै मलाई त्यो वृतान्त । पुस्तकालय सदस्यहरुले एक पटकमा चार वटा पुस्तक आफ्नो नाममा लिन सक्थे । म प्रत्येक पटक चार वटा लान्थेँ र दस पन्द्रह दिनमा पढेर वा सर्सर्ती हेरेर फिर्ता गर्थें । एक पटक म घर आएको थिएँ र फर्कंदा मेरा चारैवटा पुस्तक हराए । चन्द्रजीलाई पीडा भनेँ । पहिला त उहाँको फास्ट ट्रयाकको अंग्रेजी निकै चर्को आयो, पछि भन्नुभयो– म मूल्य हेरेर कतिसम्म हुन्छ कन्सेसन गराउने प्रयास गर्नेछु । त्यसै दिन साँझ उहाँ मेरो डेरामा आउनु भयो । केहीबेर कुरा गरियो र भन्नु भयो– निकै महँगो पर्ने भयो त एल. बि.जी । सबै पाउन्ड र डलरका पुस्तक हुन् । मैले ५० प्रतिशत कम गराउँदा पनि निकै धेरै तिर्नु पर्छ ।’ म केही बोलिरहेको थिइनँ । उहाँ नै एकतर्फी बोलिरहनु भयेको थियो । मैले आफूलाई ‘हुन्छ’ ‘हस’मा मात्र सीमित राखेको थिएँ । जानुअघि उहाँले सोध्नु भयो, ‘ए साँची, तपाईं त आर्मीको मान्छे । बिहार रेजिमेन्टबाट एक बोतल रम पाउन सकिन्छ होला ?’ मेरो मस्तिष्कमा सरर धेरै कुरा पसे । “चन्द्रजी भोलि साँझ यतिबेला नै आउनु होला न । म तपाईंलाई भोलि दुई बोतल टक्राउने छु ।” यो सुन्दा उहाँको अनुहारमा आएको चमक र ओंठको मुस्कान कुनै प्रतियोगिता विजेताको भन्दा कम थिएन । बाहिर निस्केर त्रिवेणीको पसलबाट टेलिफोन गरेँ, ‘लिम्सी, तुम कल सुबह ८ बजे महद्दीपुर गोलघर आ जाना । वी आर गोइङ दानापुर ।’ अर्को दिन साँझ चन्द्रजी आइपुग्नु भयो । मैले एउटा झोलामा उहाँको नासो टक्राएँ र उहाँले ब्रिटिश काउन्सिल लाइब्रेरीका पुस्तक इस्सु गराउने मेरा चार वटा कार्ड फिर्ता दिनु भयो । उहाँ जानु भयो र केहीबेरपछि म र लिम्सी गर्ल्स होस्टलतर्फ लाग्यौं । बाटोमा म चन्द्रजीले बारम्बार दोहोर्\u200dयाउने वाक्यहरु सम्झिरहेको थिएँ, ‘यु नो एलबिजी, आई एम कन्सिडर्ड द मोस्ट लोयल एन्ड अनेस्ट स्टाफ अफ माई लाइब्रेरी’ । यसो भन्दै गर्दा उहाँ धेरैजसो ‘माई लाईब्रेरी’माथि जोर दिनु हुन्थ्यो । लिम्सीलाई पुर्\u200dयाएर फर्कंदा पनि तिनै तिनै कुराको सम्झना भइरह्यो । मेरो दुई वर्षको पटना बसाइमा चार-चारवटा गरी पाँच पटक पुस्तक हराए । दानापुर बिहार रेजिमेन्टमा मेरो ठूली आमाको छोरा गोरे दाइ थिए । रमको समस्या थिएन । हो त्यो ताका म रक्सी वा कुनै नशा गर्दिनथेँ । एउटा नयाँ अनुभव संकलन भयो- रम, खानका लागि मात्र हुँदोरहेनछ । एम.ए. पढ्ने ताका लिम्सी र मेरो गहिरो मित्रता स्थापित भएको थियो । मित्रभन्दा अलिक माथि तर प्रेमभन्दा धेरै तल । हामी सधैँ भेट्थ्यौं र पढाइ नभएको दिन कहिले विश्व विद्यालयको त कहिले ब्रिटिस काउन्सिलको पुस्तकालयमा पुगेर पढ्थ्यौं । तर पढ्थ्यौं, नोट बनाउँथ्यौं, एकले अर्कालाई बुझ्ने र बुझाउने प्रयास गर्थ्यौं । लिम्सी पढ़नमा तेज थिई । मेरो बि.ए. पास कोर्स मात्र थियो, उसको र उसका साथीहरुको बि.ए. ओनर्स । मैले आर्मीमा छँदा प्राइभेट बि.ए. पास गरेको थिएँ । उनीहरु रेगुलर विद्यार्थी थिए । हामीबीच धेरै कुरामा फरक थियो तर कुनै कुराले नजिक्यायो हामी दुवैलाई । थाहा छैन कसरी तर हामी नजिकियौं । म स्वार्थी थिएँ । जसरी पनि मैले एम.ए. पास गर्नु थियो । मलाई लिम्सीसँग सिक्नमा आनन्द आउँथ्यो, उसलाई सिकाउनमा । पायल होटेलमा चिया पकोडा त बहाना थियो । म कक्षामा ए.के. सिन्हा, आर. सी. प्रसाद, गुरुदास मुखर्जीका लेक्चर बुझ्न असमर्थ हुँदा उसले विस्तारमा पुस्तकहरुको थिम र समालोचानाबारे बुझाउँथी । हामी कहिले टेनिसनको ‘इन मेमोरिअम’बारे त कहिले मिल्टनको ‘पाराडाइज लस्ट’बारे कहिले ब्लेकको ‘मिस्टीसिजम’बारे छलफल गर्थ्यौं । चन्द्रजीको लागि दानापुर रम लिन जाँदा थ्री सिटर ( तीन जना बस्ने) टेम्पोमा हामी दुई जना मात्र बस्थ्यौं र टेम्पो हिँड्नासाथ म भन्थें– लिम, नाउ टेल मि अल अबाउट शेक्सपियरियन कन्सेप्ट अफ ट्रेजेडी । मैले भन्नु मात्र पर्\u200dथ्यो, लगभग १२ दुना २४ किलोमिटरको बाटोभरि ऊ किङ लियर, म्याक्बेथ, हेमलेट र ओथेलोका पात्रहरुसँग परिचय गराउँथी । कोरडेलिया र डेस्डामोनाका दुखद् मृत्युबारे भन्थी । कहिलेकाहीँ पायलमा उसले मेरो क्लास लिँदै गर्दा म उसलाई एक टक हेरिरहन्थेँ । रिसाएझैँ गरेर हेर्थी र भन्थी – क्या देख रहे हो ? मारुंगी । अनि म हाँस्थे र भन्थेँ– मैँ देख रहा हुँ, तुम कितनी खूबसुरत हो, डेस्डामोना की तरह और मैं कितना बद्सुरत ओथेलो की तरह ! ‘तुम कितने बहादुर हो ओथेलो की तरह और मैँ कितनी कम्जोर डेस्डामोनाकि तरह !’ ऊ पनि जवाफ दिन्थी र हामी दुवै हाँस्थ्यौँ खित्का छोडेर । ‘लाल तुम बहोत बदमास हो,’ ऊ मलाई जिस्क्याउँथी । म मख्ख पर्थें । नढाँटी भन्दा उसको अनुहार त्यति आकर्षक थिएन । उसको हृदय धेरै राम्रो थियो । र, मैले अर्को अनुभव गरेँ– वास्तविक सौन्दर्य अनुहारमा भन्दा हृदयमा हुन्छ । सन् १९६५ मा एस.एल.सी. उत्तीर्ण गरेपछि आई.एस्सी. भर्ना भएको थिएँ तर विविध कारणले १९६६ को फरवरीपछि मेरो कलेज पढ्ने र उच्च शिक्षा हासिल गर्ने सपना ‘उड़ायो सपना सबै हुरी ले’जस्तै धराशायी भएको थियो । १८ वर्षसम्म उकुसमुकुसमा बाँचिरहेका मेरा ती अधुरा रहरहरु, अनगिन्ती चाहनाहरु, कल्पनामा बुनिएका आकांक्षा र महत्त्वाकांक्षाहरु, ती युवा सपनाहरु सन् १९८४ पछि पूर्णतातर्फ लम्कदै थिए । छिप्पिएर थन्किएका बैंसे आँकुरा फेरि पलाउँदै थिए । लिम्सी र म चाँडै आएर दरभंगा हाउसको पहिलो तलाबाट उत्तरतर्फ हेर्थ्यों । सामुन्ने बग्दै गरेको गङ्गा नदीको अनवरत यात्रा हेर्दा रमाउँथेँ म । अनेकौं मोड़ लिँदै बगिरहन्छिन गङ्गा । जीवन पनि अविरल यात्रा नै त हो ! सोच्थेँ, ३५ वर्षको उमेरमा मोडका अनेकौं हन्टर भोगेको मेरो जीवन एउटा नयाँ मोडतर्फ मोडिने तरखरमा थियो । म, मेरा सपना र महत्त्वाकांक्षाहरुसँगै कल्पनामा हराइरहँदा कहिलेकाहीँ अचानक विनिता आइपुग्थी र भन्थी, ‘लाल हमसे भी शेयर कर लिया करो कुछ कुछ ! इतने बुरे हम भी नहीं हैं ।’ अनि हाँस्थे म, मेरो आफ्नै शैलीको हाँसो हा हा हा हा हा । कहिलेकाहीं अचानक राज किशोर कताबाट आइपुग्थ्यो र भन्थ्यो, ‘पायल में आज हम और अमृता भी आ रहे हैँ लाल।’ कहिलेकाहीं अत्रेयी बोस, शायद पटना विश्वविद्यालय की हाम्रो पालाकी सबैभन्दा सुन्दरी, आएर आदेश दिन्थी, ‘लाल, यु ह्याभ टु गिभ अस ट्रीट टूडे एट समीर चाट हाउस ।’ म भन्थेँ, ‘स्योर व्हाई नट । लेट्स रिच देयर अफ्टर क्लास आफ्टर टेन थर्टी ।’ उनीहरु आउँथे पनि र हामी सबै जम्मा भएर चाट, पानीपुरी खाँदै प्रोफेसर ए.के.सिन्हा, प्रोफेसर के.पी. पाण्डे, प्रोफेसर रामचन्द्र प्रसादका कुरा काट्दै रमाइलो गर्थ्यौं । हामी सबैका प्रिय प्रोफेसर थिए, गुरुदास मुखर्जी । उनको कसैले कुरा काट्दैनथ्यौँ । दरभंगा हाउसमा अंग्रेजीमय वातावरण हुन्थ्यो । कहिलेकाहीँ म लगायत केही जय पाण्डे, राजकिशोर, अमृता, विनिता, लिम्सी, सुमन, शशी, शम्भु कक्षामै बसिराख्थ्यौं, जोक र अनुभव सुन्थ्यौं, सुनाउँथ्यौं, गीत गाउँथ्यौं, रमाइला कुरा गर्थ्यौं । सुमनले जहिले पनि मबाट एउटै गीतको फर्माइस गर्थी– दूर रहकर न करो बात करीब आ जाओ याद रह जाएगी यह रात करीब आ जाओ पटना विश्वविद्यालयका ती दुई वर्ष किशोर किशोरी छात्र छात्रहरुसँगको संगतमा रहँदा मेरो उमेरलाई कुनै गुनासो थिएन । एम.ए. पढ्दै गर्दाका ती दुई वर्षे सहयात्रा कसरी बित्यो थाहै लागेन । पटना विश्वविद्यालयका ती दुई वर्ष मेरा लागि स्वर्णिम वर्ष बनेका थिए । मेरो जीवन यात्राले कोल्टे फेर्दै थियो । मेरो जीवनको एउटा नयाँ आयाम लेखिन तत्पर थियो । समाजमा मेरो एउटा नयाँ परिचय प्रतीक्षारत थियो । #एल.बि. क्षेत्री #पटना विश्वविद्यालय नगर शोक यसरी: किन गर्छौ शोक यसरी तिमी ? हेर त गगनमा टुटेका छन् तारा ती कति कहाँ गर्छन् र शोक तिनले एकैरत्ति रहन्छ खामोश ओजस्वी सूर्य पनि आफ्नो तापलाई शीतल पार्दा, त्यो सूर्य ग्रहण लाग्दा गर्छिन् पनि त कहाँ गुनासो र ती जूनले छोपिहिँडे तापनि अलौकिक चंद्रमुखीलाई ती काला बादलले नदीले पनि कहाँ गर्छिन् र गुनासो बर्खाको मैलो भेलको बग्छिन् निरन्तर सम्झी त्यसलाई नै आफ्नो नासो डढेलो लागेको वन, सुसेली हाली गाउँछ त्यो गीत, सम्झी चैतकै रीत सुखी झर्छन् ती सबै पात पारी सर्वस्व नाङ्गो ती रुखका हात कुरी बस्छ, आउँदैछ फेरि भनी, मधुमास गर्दैन पछुतो त्यो पारिजातको बोट हुँदै जाँदा बिहानको किरणसँग मत्थर बसेतापनि रातभरि छरी आफ्नो अत्तर सहजै टिप्न दिन्छ लटरम्म लागेका ती फल आँपको रुखले नगरी कुनै हलचल समुद्रले कहाँ गर्छ र गुनासो त्यो विनाशकारी आएको आँधिको माझी पनि फर्किन्छ कहिले खाली हात भोलिको आशामा सुती आधि पेट त्यो रात नपाउँदा पेटभरि खान पस्छन् पक्षी पनि घरआँगन टिपी खान छरिएका ती कनिकाका दाना पशुपक्षी पनि होमिन्छन् लुत्रुक्क परी नवरात्रीको बलि भनी प्रेमी पनि त प्रियसीको प्यासमा रात दिन अलमस्त भई फगत हिंडिदिन्छ, बेहोसीमा आमा कहिले थाकेकी छिन् र आफ्ना सन्तानलाई स्तनपान गराएर गाई आ-आफ्ना दु:खका गीत यी सबै भन्छन् “परेकै छ हामीलाई पनि चोट तिमी मात्र किन कोट्याउँछौ, साना ती खोट म भन्छु तिमीलाई सिकी केही यीबाट, सधैँ मुस्कुराइराख छोडी त्यो हठ सहनै परे पनि दुःखैदुःख जीवनका रङ अनेक बग्छन् निरन्तर बनी कहिले दुःख त कहिले सुख । #भावना उपाध्याय कविजी, खै त नैतिकता ?: जुनबेला तपाईं खोलाको पानीले जस्तै समुद्र खोज्दै हुनुहुन्थ्यो हामीले तपाईंलाई बीचैबाट बाफलाई जस्तै उडाउँदै बादलभित्र लुकाउँदै लुकाउँदै हिउँजस्तै कञ्चन बनाउँदै बनाउँदै हिमालका टाकुराहरुमा राख्दै गयौं बिहानी सूर्यको किरणको स्पर्शसँगै चम्कनु पर्ने तपाईंको छवि दिनको घामको तापले तपाईंलाई आकर्षण गरिरह्यो र तपाईं पग्लिरहनु भएकै हो फेरि पनि आफ्नै देशको अग्लो हिमाल सगरमाथाको टाकुरामा नै लगेर बिसायौं, र सोच्यौँ तपाईं सगरमाथाको शीरबाट हिमालदेखि मधेससम्मका भू-भाग हेर्दै हल्काफुल्का क्रान्तिकारी हिउँका डल्लाहरु पग्लेका र चिप्लिएका हेरिरहनु हुनेछ रातो गुराँसझैँ तपाईंको शीरको नैतिक ताज अन्धकार रातमा पनि उत्तिकै चम्किरहेको हुनेछ, र हामी आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरु तपाईंलाई माथि माथि अझै माथि सगरमाथाको शीरमा रातो चम्किरहेको गुराँसको रुपमा हेरिरहने छौं, र संभवत शताब्दीकै यौटा इतिहास शीरमा बोकेर सगरमाथा गर्वले छाति फुलाइरहेको हुनेछ, र नैतिक बल जगेर्ना गर्न सकेका विश्वका आरोहीहरु अनन्तकालसम्म लामबद्ध भएर सगरमाथाको उचाईंसम्म पुगेर नैतिक साहसको परिचय दिनेछन्, तपाईंको रातो र गर्विलो चम्काईलाई न्यायो चुम्बन गर्नेछन्, र धर्तिको फूलबारीमा तपाईंको शालिन समाजवाद तपाईंको अटल विचार, र उद्देश्यप्रतिको तपाईंको प्रतिवद्धताको अमर गीत किसान र श्रमिकहरु दिनभरिको कामपछि आफ्नो थकाई बिर्सन गाइरहने छन् निरन्तर गाइरहने छन्… तर कविजी के भयो तपाईंलाई त्यत्ति घामको तातोमा फेरि तपाईं पग्लिसक्नु भएछ फेरि तपाईं गलिसक्नु भएछ मैले त तपाईंलाई फोहोर पानीको सानो कुण्डमा जमिरहेको पो देखेँ खोलाको पानी वाफ जस्तै उड्दै उड्दै बादलसँगको यात्रा हिमालका टाकुराहरुको हिउँ बारम्बारको स्खलन र सगरमाथाको शीरको ताज हुँदै पुनः स्खलन, र सानो कुण्डमा जमेको पानी कविजी तपाईंलाई बोक्दाबोक्दा अब हामी थाकिसकेका छौँ हामीले प्रत्येक पटक तपाईंलाई सुम्पिएको नैतिकताको यौटा सानो पोको थियो कविजी खै! त त्यो विश्वास ? कविजी खै! त त्यो नैतिकता ?? *** काठमाडौँ #राजेन्द्रप्रसाद अधिकारी लुछियाे लिम्पियाधुरा: शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।। एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्द\u200cैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि । त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा । पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु । उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा ! काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।। (उमामहेश्वर मार्ग, का.म.पा.- ७, कुमारीगाल) #मुरारीराज मिश्र पहाडी कहानी: हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी। चोइटाएर खसाउँछ, बादलको आँशुले पहाडको आङ त्यही आँशुको खोलाले तराईको डुबाउँछ कोमल जाङ्ग उडाउन खोज्छ, हिमालको हावाले तराईका ती सुन के हेरी टोलाएको, क्षितिजमा बसेर डाँडाको ए जून। लोभिन सक्छ तन्नेरी घाम तराईको सुन्दरतामा भेट हाम्रो हुनसक्छ, पर्खी बस पहाडको टुप्पोमा मै माया लाउँला, तिम्रै आँगनमा ए तराई झुकेर उकालो चढी आउनुपर्दैन, तिमी मलाई सम्झेर। हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी। #ऐश्वर्य श्रेष्ठ हरिवंश आचार्यका एक दर्जन रुपहरु: हरिवंश आचार्य अर्थात महको ‘ह’ । उनका बारेमा खासै धेरै लेखिरहनु पर्दैन । उनको नाम मात्रै पनि काफी हुन्छ उनको परिचयका लागि । नेपाली हास्यव्यंग्यमा नाटकबाट उदाएका कलाकार आचार्यको कला क्षेत्रको सिमा केवल नाटकले मात्रै निर्धारण गर्न सकेन । उनले जे जे गरे, सबैमा जमे । उनी फिल्ममा जमे । उनी व्यंग्य वा गाइजात्रामा जमे । उनी आवाज मार्फत गरिने व्यंग्यमा जमे । उनी टेलिभिजनका सिरियलमा जमे । उनी रंगमञ्चका सबै क्षेत्रमा जमे । व्यवसायिकताका लागि नभए पनि उनी गायनमा पनि खुब जमेका छन् । उनले स्वर दिएका गीतहरु नेपाली दर्शक स्रोताले असाध्यै रुचाएका छन् । हरिवंशद्वारा सिर्जना गरिएका ‘चिना हराएको मान्छे’ आत्मकथा र उपन्यास ‘हरिबहादुर’ प्रकाशित छन् । यी दुवै पुस्तक निकै रुचाइएका छन् । यसैले भन्न सकिन्छ, हरिवंश आचार्य जे गर्छन्, दर्शक र पाठक त्यो कुरा रुचाउँछन् । लामो कलाकारिताको यात्रामा उनले अभिनयका क्रममा धारण गरेका रुपहरुको सूची निकै लामो छ तर यहाँ हामीले तिनै हरिवंशका अभिनयका क्रमका एक दर्जन रुपहरु समेटेका छौँ । जीवनको मझधारका कवि भीष्म उप्रेती: – महेश पौड्याल यतिका वर्षसम्म निरन्तर हिँडिरहँदा पनि कहिल्यै आफ्नो हुन सकेन आफू हिँडिरहेको बाटो । जहिले पनि आफ्नो भन्नु त केवल यात्रा मात्रै रहेछ । जिन्दगीको पचासौँ वसन्तमा टेकेपछि कवि भीष्म उप्रेतीले निकालेको निचोड हो यो । खूब घुमक्कड कविको छवि पनि बनाएका उनले देशविदेशका धेरै स्थानको यात्रा गरेको दृष्टान्त उनका अनेकौँ नियात्राले दिइरहेका हुन्छन् । जिन्दगीमै पनि अनेकन सजिलाअप्ठेराका बीच उनले “धारा उज्यालो” बाँचिसके, र आधा बाँकी छ । यी अविधात्मक र प्रतीकात्मक दुवै थरिका यात्राहरूमा बाटो भन्नु छुट्नुको पयार्य गरेछ । आफ्नो प्राप्ति भन्नु गर्न बाँकी कामको फेहरिस्त, भन्न बाँकी कुराको लामो सूची, फुलाउन बाँकी सपनाका कोपिलाहरू…यस्तै यस्तै । “देयर इजन्ट टाइम” शीर्षकको एउटा कवितामा कवि इलिन्योर फार्जियन भन्छिन्, वास्तवमा हामीसँग कामको सूची बनाउने मात्रै समय हुन्छ, पूरा गर्ने समय हुँदैन । यसरी हेर्दा, जीवन भन्नु सूची तन्काउँदै जानु पनि रहेछ । प्रसङ्ग हो कवि भीष्म उप्रेतीको पछिल्लो कविताकृति “आधा उज्यालो” को । यसै पनि, जीवनको मध्यविन्दुमा उभिएर लेखिएको यस कृतिको शीर्षकले जीवनको मध्यरेखालाई सङ्केत गरेको छ । शीर्षकमा “उज्यालो” शब्द रहनुले कवि अहिलेसम्म बाँचिल्याएको जीवनप्रति सन्तुष्ट छन् र त्यसलाई उज्यालो ठान्छन् भन्ने कुरा बुझिन्छ । अथवा, अब भोग्न बाँकी जीवनमा पनि उनले उज्यालोको कल्पना गरेका छन् भन्न सकिन्छ । यद्यपि पनि, सङ्ग्रहभित्र भने यदाकदा निराशाका तथा अँध्यारा पक्षका कुरा पनि विद्यमान नरहेको भने होइन । सारांश नेपालद्वारा २०७४ मा प्रकाशित यस पुस्तकमा जम्मा ५४ वटा कविता समाविष्ट छन्, जसलाई देश, प्रकृति, र मान्छे गरी तीन भागमा वर्गीकरण गरिएको छ । वर्गीकरणका यी शीर्षक नै कवि भीष्मका कविताका विषयवस्तु चिहाउने आँखिझ्याल हुन् । यसअघि आएका सङ्ग्रह हेर्ने हो भने पनि कवि भीष्म यिनै विषयवस्तुकै वरिपरि आफूलाई खोजिरहेका भेटिन्छन् । ‘देश’ खण्डमा समाविष्ट कवितामा प्रकृतिको अन्वरत प्रवाहसँगै जीवनको कर्म चलिरहोस्, र देश निरत्तर उन्नत भइरहोस् भन्ने आकांक्षा प्रस्तुत गरिएको छ । ग्रामीण बिम्बहरूको आधिक्य रहेको यस खण्डका कवितामा खस्कँदो मानवीय मूल्यका कारण देश “राष्ट्रिय गीतमा मात्र बाँचेको छ” भन्ने उनको खेदपूर्ण निचोड छ (६) । देशलाई थुप्रै कवितामा मानवीकरण गरिएको छ, र देश भनिरहेको छ, “म तिम्रो देश÷जल्दाजल्दै पनि बाँकी रहेको ठाउँबाट÷तिम्रो लागि÷भोलिको उज्यालो दिन जन्माउन चाहन्छु” । “दृश्यचित्र” र “म तिम्रो देश” शीर्षकका कविताको निचोडलाई तुलना गर्ने हो भने देश भूगोल वा प्रकृतिका कारणले होइन, मान्छेको अकर्मण्यताका कारण फगत गीतमा सीमित हुँदै गरेका छ भन्ने पक्षमा कवि भीष्म उभिएको प्रतीत हुन्छ । उन्नतिमात्रै होइन, शान्तिको सम्बन्धमा पनि कविको ठहर यस्तै यस्तै छ । मान्छेले बनाएका मन्दिर, चैत्य र गुम्बामात्रै सक्षम छैनन् शान्ति स्थापनाका लागि । यसका लागि मान्छेभित्रको जङ्गबहादुर प्रवृत्तिको अवसान जरुरी छ । “स्वयंभूनाथ” शीर्षकको कवितामा स्वयंभू भन्छन्, “लामाहरूद्वारा उच्चारित मन्त्रहरू \\र तिनैले बजाएका बाजाका धूनहरूलेमात्र\\कहाँ दिन सकेका छन् शान्ति ?” (१०) । यसको अर्थ हो, यसरी चित्रित देशमा अझै पनि पूर्ण शान्ति र स्वतन्त्रता छैन । देशको भौतिकपक्ष अर्थात् जमिन र भूगोल छ, तर स्वतन्त्रता सोचेजस्तो छैन । त्यसैले, “स्वतन्त्रता” शीर्षकको कवितामा देश भन्छ, “म भने छु\\तर तिमी छैनौ (११) । देशको गुनासो यो पनि छ, कि उसको राम्रो पक्ष सबै कागजमा सीमित गरियो र कैद गरियो बाक्साहरूमा । कल्पनाका दस्तावेजहरूमा अड्किएको छ देश । यी दस्तावेज अथवा कल्पनाको बाहिरपट्टि अलिकति बचेको छ वास्तविक देश, साना सहरको रूपमा । तर तिनै सहरहरू पनि असरल्ल तारहरूको जालोले कुरूप देखिन्छन् । ती तार, सहरी जीवनमा अनिवार्य अभिषाप हुन् — हुँदा पनि बेठीक, नहुँदा पनि बेठीक । “प्रकृति” खण्डभित्रका कवितामा कवि भीष्म उप्रेति प्रकृतिवादी कविलेजस्तो प्रकृतिको चित्रणमा सीमित छैनन् । उनी प्रकृतिभित्र मानवीय स्वभावका साम्यहरू खोज्छन्, अथवा प्रकृतिले मान्छेका लागि बोकिल्याएको सन्देश बटुल्छन् । उदाहरणका लागि “नदी” सृङखलाका कवितालाई हेर्न सकिन्छ । “नदी” मा उनी नदीलाई आनन्द र आह्लादको श्रोत मान्छन्, तर त्यतिमा अडिदैँनन् । थप्छन्, “नदीको कोमलता हृदयमा गएर बस्छ\\र गतिशीलता मेरो गोडातिर सर्छ” (२०)। “नदीः दुई” एउटा वास्तविक घटनामा आधारित कविता हो, जसमा बाआमा नदीमा बगेपछि आफू एक्लै बँचेका एक बालकको दृष्टिविन्दु प्रस्तुत गरिएको छ । बाआमाको प्रतिबिम्बजस्तो लाग्ने नदी हेर्दा उसलाई “रिस पनि उठ्छ\\माया पनि लाग्छ” (२२) । र यो स्वाभाविक पनि हो । “नदीः तीन” मा लक्ष्यमार्गमा दौडिरहेको नदीको दृष्टिबाट मान्छेकै कुरा बुनिएको छ, जसले बाटोका अवरोधहरूका बाजदूद शिखरको बाटोमा कतै रोकिनुहुन्न भन्ने सन्देश प्रवाह गरिएको छ भने “नदी:चार” मा नदीजस्तै गतिमान हुनु नै जीवित हुनु हो भन्ने निष्कर्ष अगाडि सारिएको छ । यसैबीच, कविले प्रकृति कहिलेकाहिँ कसरी मानव जीवन र सभ्यतामाथि जाइलाग्छ भन्ने कुराको पनि उल्लेख गर्न भुलेका छैनन् । तरै पनि, मान्छेले प्रकृतिसँगको आफ्नो सम्बन्ध र दूरीलाई सम्यक र सन्तुलित बनाइराख्यो भने प्रकृति जीवन र ज्ञानकै श्रोत हो भन्ने ठहर यस खण्डका कविताहरूमा गरिएको छ । नदीका अतिरिक्त यस खण्डमा प्रकृतिका अन्य अवयवको पनि चित्रण छ, जसमा पनि कविले मान्छेबाट प्रकृतिलाई निरपेक्ष छोडेका छैनन् । “पानी” शीर्षकको कवितामा हेर्दा पानीमात्रै देखिने पानीका विविध रूप, तथा मान्छेका स्वाभावसँग त्यसको तादम्य प्रस्तुत गरिएको छ । क्षणभङ्गुर नै भए पनि हिउँ र बादलजस्ता प्राकृतिक अवयवहरू मान्छेका लागि असीम हर्षका श्रोत हुन् भन्ने कुरा पनि यसै खण्डका कवितामा छ । “रुखहरू” शीर्षकको कवितामा कवि लेख्छन्, जड भनिएका रुखहरूले आफू अचल भएर पनि मान्छेलाई जीवन दिइरहेका हुन्छन् । अहम प्रश्न यो छ रुखकोः “हामी उठ्यौँ र हिँड्यौँ भने\\को हुनेछ जड?” (३१) । अर्को ठाउँ रूखहरू भन्छन्, उनीहरूलाई काटिन्छौँ भन्ने कुराको पटक्कै डर छैन । बरु डर यस कुराको छः“यत्तिका वर्ष लागेर बन्दै गरेको सभ्यता\\एकाएक भत्कनबाट कसले बचाउला?” (३३) मान्छे र प्रकृतिको अन्तरसम्बन्धका सवालमा यो एउटा अहम प्रश्न हो । गाउँ कवि भीष्मको रुचिको विषय हो, सधैँभरि । उनले आफ्नो आख्यानमा लेखेका छन्, गाउँ र पहाड उनले आफ्नो कल्पनामा हजुरबाको विरासतको रूपमा पाए, र आफूभित्रको निर्मिति गाउँ र पाखापर्वतबाटै बढी निर्देशित छ भन्ने उनको ठहर छ । उनको कविताकारितालाई नियालेर हेर्ने हो भने, त्यहाँ अधिकांश स्थानमा गाउँ नै पोखिएको पाइन्छ । यो सङ्ग्रह पनि उनको गाउँमोहबाट मुक्त रहन सकेन । यहाँ उनको “गाउँ” शीर्षकको एउटा कविता छ, जसको निचोडमा कविसँगै गाउँको यात्रा गरिरहेकी उनकी छोरी भन्छिन्, “झोलाभरि किताब बोकेर स्कुल जानुभन्दा छ गाउँ जानु धेरै रमाइलो” (३५) । कतै कतै, प्रकृतिको चक्र मान्छेको दुःखप्रति बेखबर रहेकोमा गुनासो पनि पोखेका छन् उनले, र कतै प्रकृतिसँगको पूर्ण स्पर्शको सुख चाहेको पनि अभिव्यक्ति दिएका छन् । यो चाहना प्रकृतिवादी सिद्धान्तकार टेरी टेम्पेस्ट विलियम्सले भन्ने गरेको “इको इरोटिसिज्म” को निकट छ । सङ्ग्रहको तेस्रो र अन्तिम खण्ड “मान्छे” हो । माझिमाथि लेखिएका दुई कविताले माझी र ताल अथवा नदीबीचको अनुन्याश्रित सम्बन्ध, र त्यस सम्बन्धमा यदाकदा आइपर्ने अप्ठेको पनि स्वाभाविक आनन्द पस्केका छन् । “सपना” शीर्षकको कवितामा मान्छेको आयुको अन्मित बिन्दुसम्म सपनाको साथ रहिरहने तर्क गरिएको छ । मौनताको सौन्दर्य, खस्कँदो मानवीय मूल्य र बढ्दो वस्तुकरण, बृद्ध हुनुको बोध, पूर्वदीप्ति, परिवर्तित समयमा अवरुद्ध दिनचर्या, मातृप्रेम, श्रमको महत्ता आदि विषयमा कविता लेखिएका छन् । उच्च हिमाली जीवनका सुखदुःख यस खण्डको एउटा सुन्दर पक्ष हो । यस भूगोलका विविध पक्षलाई कवि भीष्मले अपरम्परित ढङ्गबाट हेरेको छन् । “प्रणाम” शीर्षकको कवितामा कविले हिमालका अक्करे भीरहरूमा निर्वाद भारी बोकिरहने खच्चडलाई देवतातुल्य मान्दै प्रणाम गर्ने निर्णय गरेका छन् । “समानता” शीर्षकको कवितामा खच्चड र भरियाहरूबीचको साम्य दर्शाइएको छ । उनकै शब्दमा उकालो, ओरालो, अलिअलि सम्म, झल्याकझुलुक समथर, फेरि उकालो र फेरि ओरालो रहेको यस भूभागमा मान्छेको जीवन पनि खच्चडकै जस्तो छ । यस खण्डका कतिपय कविताहरू दृश्य र यथाथबीचको भेद र जीवन र जगतबारेका केही दार्शनिक सत्यको उत्खनमा कविले खर्चेका छन् । “छाया” शीर्षकको कवितामा भन्छन्, “हुन त यो छाया पनि मेरै हो\\तर म भने छायाको होइन” (७४) । श्रमिकसँग मूलभूत कुरा आर्जन गर्ने जागिर भए पनि शक्षिाजस्तो भविष्यको प्रत्याभूति किन्ने सामथ्र्य हुँदैन भन्ने कुरा “चिया पसलको केटो” मा वर्णित छ । तर पनि, श्रमिकहरू काम गर्दागर्दै सुन्दर सपना पनि बुनिरहेका हुन्छन् भन्ने उनको तर्क छ । विश्वासको हकमा उनी भगवान्भन्दा मन र आस्थालाई सर्वोपरि ठान्छन् । “इच्छा” भन्ने कवितामा भन्छन्, “यही एउटा कुरा छ सग्लो उभिएकोः मन र आस्था” (७९)। यसै खण्डमा छन् “ढोका” शीर्षकमा लेखिएका पाँच सुन्दर कविता । कतै ढोकालाई अन्त्यहीन यात्राका नयाँ नयाँ फाटक मानिएको छ भने कतै सिर्जनाको पर्याय । कतै ढोका सहस्र संभावनाको रूपक अलङ्कार बनेर उभिएको पाइन्छ । “ढोका चार” मा ढोका बनाउने मान्छे आफैँ ढोका बनेको प्रसङ्ग छ, जुन आफैँमा निर्माता र निर्मितिको ऐक्याको एक उच्च सिद्धान्त हो । अर्को अर्थमा, अरुका लागि ढोका निर्माण गर्ने मान्छे आफू सधैँ ढोकैमा रहन्छ, ढोकै बनिरहन्छ भन्ने पनि हो । यसरी हेर्दा, यो ‘माध्यम’ अथवा ‘साधन’ मा केन्द्रित कविता हो, जो आफू प्रक्रियामा सामेल त हुन्छ, तर परिणाममा अनुपस्थित रहन्छ । “ढोका पाँच” ठूला दरबार, अड्डा र कार्यलयको ढोका हो, जससम्म आम मान्छेको पहुँच छैन । सङ्ग्रहको अन्त्यतिर दार्शनिक गहिराइका तीन कविता छन् जसले हिमाल आरोहणका विविध पक्षलाई भावभूमि बनाएका छन् । “महानिद्रा” मा हिमाल आरोहण गर्दा दिवङ्गत भएकाहरूको दृष्टिविन्दु प्रस्तुत गरिएको छ, जसमा उनीहरूमध्यको एउटा प्रतिनिधि आवाज भन्छ, “मलाई निदाउनु छ शताब्दी लामो निद्रा” (८८)। हिउँसँग एकाकार हुनुको यथार्थमा ऊ गौरवबोध गरिरहेछ । भनिरहेछ, “हिमालको प्रेमपूर्वक बिच्छ्याइदिएको काखमा\\पल्टेको मात्र छु ।” (८९) । “चोमोलुङ्मा” शीर्षकको कविता जीवनका आवश्यकताहरूलाई सम्बोधन गर्न हिमाल आरोहण गर्न बाध्य एक स्थानीयको मनोदशा चित्रण गरिएको छ, जसमा ऊ भन्छ, “म तिमीभन्दा अग्लो भएको होइन \\ म विजेता हुन शिखरमा उभिएको होइन” (९१), जसले विनम्रताको पाठ सिकाएको छ, र आफ्नो आस्था र जीवनको श्रोतप्रति नतमस्तक हुने संस्कार बाँडेको छ । सङ्ग्रहको अन्तिम कविता हो “मृगतृष्णा”, जुन हिमालमा प्राण गुमाएका कुनै आरोधीकी गृहिणीको दृष्टिविन्दुबाट लेखिएको छ । विधवा गृहिणीसँग न कतै जाने सामथ्र्य छ, न बसिरहने आँट छ । हिमालबारे रुमानी कल्पनामा सबै अल्झिरेको बेला हिमालको यो कालो र कारुणिक पक्ष यस कविताले खोतलेको छ । यसरी एउटा बिसौनीमा पुगेको छ कवि भीष्म उप्रेंतीको आधा उज्यालो । यी तमाम कविताको सूक्ष्म अध्ययनबाट यो स्पष्ट हुन्छ, कि भीष्म उप्रेती एक ललित कवि हुन्, जो कोमलभन्दा कोमल, र कठोर भन्दा कठोर विषयलाई पनि लालित्यपूर्ण ढङ्गले समाउँछन् । प्रेम, आह्लाद, असन्तुष्टि, दुःख वा आक्रोशः सबै भावहरूमा उनको कवि संयमित छ, र कविताले माग्ने कलाको बुनियादमा आत्मविश्वासपूर्ण ढङ्गले उभिएको छ । कवितामा प्रकृति बलियो बिम्ब हो, तर त्यो मान्छेसँग सम्बद्ध कुनै यथार्थको उद्घाटन गर्नका लागि हो, निरपेक्ष रूपमा कुनै प्रतिकृवादी कविको कविताको निरन्तर्यकै लागि मात्रै होइन । उनको कवितामा बालक, बृद्धवृद्धा, किशोर किशोरी, नव–यौवना, नव–विवाहित जोडी वा अधबैँसे सबै प्रकारका पात्र छन्, र सबै लय, मनोदशा र भावका कविता छन् । यस अर्थमा, उनको “आधा उज्याले” पढिरहँदा पाठक आफ्नै जीवनका विभिन्न पढाउ हुँदै अगाडि बढिरहेको अनुभूति गर्न सक्छ । छोटा, छरिता हरफ, सरल भाषा, गाम्बेसीका बिम्ब, र जीवनसँग सन्निकट अनुभूतिहरूमा कुँदिएको यी कविता आमभाष्यमा अप्रतीम काव्यिक अभिव्यक्ति हुन् । पढेपछि लामो समयसम्म मस्तिष्कमा यिनले एउटा मधुर झन्झाहट छोडिरहन्छन् । यी कवितालाई अद्योपान्त पढसक्दा पाठकको मनमा उठ्ने केही सम्भावित प्रश्नहरू भने होलान् नै । उनीहरू भन्लान्, किताब छोडेर प्रकृति वा गाउँ पढ्दा बढी कुरा बुझिन्छ भन्ने त रुसो, वर्डस्वर्थ, वा देवकोटाले पनि भनेकै हुन् । यो कुराको पुनरावृत्ति हुने कविता किन लेखे कवि भीष्मले? दोस्रो, “हिमालहरू यसरी नै उठिरहून्” भनिसकेपछि “शिर ठाडो पारेर” भन्नु जरुरी थिएन । शब्दको थप मितव्यतिताको एउता सुन्दर मौका यहाँ गुम्यो कि? भावको झट्का र घनत्वसँग उठेको “देश” शीर्षकको कविता “अखण्ड भइरहोस् मेरो देश, अनन्तसमम्म” भन्ने एउटा आदर्श तर कर्ममाण्डी पटाक्षेपमा किन अवतरित भएको होला? “दृश्यचित्र” शीर्षकको कविताको बीचमा कवि लेख्छन्, “सबभन्दा सस्तो आज मान्छे भएको छ\\र त्यो भन्दा सस्तो भएको छ देश । सगरमाथा र बुद्धको नाममा\\गर्व गर्नुले कत्ति पनि अर्थ राख्दैन आज ।” यी अविधात्मक, सपाट र क्लिसेजस्ता लाग्ने हरफ लेखिरहँदा भीष्मउप्रेतीभित्रको ललित कवि कता अल्मलिएको हुँदो हो? “स्वतन्त्रा” शीर्षकको कविताभित्र “मेरो लक्ष्य” र “मेरो गन्तव्य” भन्ने दुई हरफ छन् । एउटैले चल्ने थियो काम । “रङ्गहरूसँगै आउँछ खुशी” शीर्षकको कविताभित्र “बालकको निर्दोषिताजस्तै नीलो रङ” भनिएको छ, तर बालकको निर्दोषिता र नीलो रङमा तादम्य खुल्दैन । आखिर, नीलो निर्दोषिताको प्रतीकको रूपमा सर्वस्वीकृत रङ पनि त होइन । यसै कविताको अन्तिम दुई हरफ यस्ता छन्ः “रङहरू आउँदा केवल रङ मात्रै आउँदैनन्\\रङहरूसँगै आउँछ खुसी ।” यो अन्तिम हरफले कविताको बहुअर्थी सम्भावनालाई बन्द गरिदिएको छ, र सीमित बनाइदिएको छ । अघिल्लो हरफ पढेपछि पाठकले बुझिहाल्छ, कि रङ्हरू थप केही लिएर आउँदा रहेछन् । र सार्विक सत्य त यो पनि हो, रङहरू खुसीमात्रै लिएर आउँदैनन् । यदाकता रङहरू दुःखका बाहक पनि हुन् । एउटा कवितको शीर्षक छ “नयाँ वर्ष २०६६” जसमा यो २०६६ कै कविता हुनुपर्ने कुनै प्रसङ्ग छैन । यसलाई “नयाँ वर्ष” मात्रै नाम दिइएको भए यसको सार्वकालिकता बढी हुने थियो । यी सामात्य र नगण्य टिप्पणी हुन्, जसमा तर्क गर्न सकिन्छ । यिनलाई कतैतिर थाति राखिदिने हो भने, आफ्नै आन्तिरिक शक्ति र सौन्दर्यको जगमा यो कवितासङ्ग्रह बुलन्दीका साथ उभिन सक्छ । कवि भीष्म उप्रेतीको दशकौँ लामो काव्यकारिताको यो पछिल्लो पडाउ हो । उनी विषयहरूमा प्रयोगशील छन्, र क्रमशः मान्छे र जीवनको अन्तर्यतिरै उन्मुख छन् भन्ने कुराको प्रमाण पनि हो । साना साना, तर गहिरा जीवनभेदी विषयहरूको बाटो हुँदै उनी जीवनकै रहस्यको नजिक पुग्ने कोशिस गरिरहेका देखिन्छन् । कविताको एउटा छुट्टै निनाद, स्निग्ध लाग्ने प्रकृतिबाट टिपिएका बिम्ब र प्रतीक, र मान्छेका आवाजहरूको अभिव्यञ्जना उनका काविताको पहिचान हो । आफू पनि घुमिरहने, र पाठकलाई पनि घुम्ती–भञ्ज्याङ, हिमाल, तराई, पहाड, कुना, कन्दरा, वन–उपवन र नदी किनारतिर हिडाउन सफल उनका कविताको प्रवाह अनुभूतिबाट जीवनबोधतिर लक्षित भएको देखिन्छ । अस्तु । #भीष्म उप्रेती #महेश पौड्याल म हार्न दिन्नँ देश यो: पिपाषु रक्त उम्लियो नहेर स्यालझैँ गरी छु शान्त बुद्धझैँ कतै छ भाव वीरताभरि सहन्छु काट टाउको सहन्न नीच चित्त त्यो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। म घाइते हुँ सिंह लौ नजिस्कनू ममाथि है म राष्ट्रका निमित्त त्यो भो त्याग्न सक्छु स्वर्ग नै छिमेक होस् कि दूरको म घात ए सहन्न त्यो म हार्न दिन्नँ देश यो म मर्न दिन्न देश यो। समस्त लोकमा दह्रो छ देश आज जान्दछौ भुलेर सौर्य वीरकोे लुटेँ म भूमि भन्दछौ हुँदैन पूर्ण सम्झ ए खराब तुच्छ प्यास त्यो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। म दास बन्न सक्छु तै उदास बन्न सक्दिनँ छ चाह देश उच्च होस् खटिन्छ सर्वदा मन अनेक वेदना सही तयार एक राज्य पो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। छ ताप सक्छु ज्ञानले म मेट्न क्षुद्र दासता अशान्तमा छ देश यो म के सहन्छु ? तैँ बता मिचेर भूमि पापको नखेल खेल अत्ति भो म हार्न दिन्नँ देश यो म मर्न दिन्नँ देश यो। #उषा आचार्य ढकाल हाइकु कसरी लेख्ने ? पढ्नुहोस् ११ बुँदामा: लेखक १) सत्र अक्षरीय हाइकु कविताको उद्गम थलो जापान हो । साढे तीन सय वर्ष पुरानो जापानी हाइकु कविता अहिले संसारभरका विभिन्न भाषामा लेख्ने गरिन्छ । छोटो मीठो मात्र होइन, तीखो भएका कारण पनि बौद्धिक व्यक्तिलाई हाइकुको शैली मनपर्छ । जापानमा हाइकुका अतिरिक्त अन्य धेरै शास्त्रीय लेखन शैलीका कविताहरु छन । जस्तै – तान्का, चोका, सेदोका आदि ! २) नेपालको हाइकु इतिहासबाट पनि यसको अनुमान गर्न सकिन्छ । नेपालका बौद्धिक लेखक मध्येका एक मानिने शंकर लामिछानेले २०१९ सालमा यसलाई नेपाल भित्र्याए । त्यसयता यो विधा जापानसँग साहित्यिक साइनो गाँसिएको अथवा कुनै न कुनै रुपमा जापानसँग सम्बन्ध जोडिएका बौद्धिक अभ्यास गर्न रुचाउनेहरु व्यक्तिहरुले अघि बढाएको देखिन्छ । ३) हाइकु कविताले के भन्न खोजेको हो भन्ने बुझ्न केही घोत्लिनु पर्ने हुन्छ । केही लेखकहरुको अनुभवमा हाइकुको अभ्यास गर्दा अन्य विधालाई गहिरो बनाउन मद्यत गर्दछ । कम शब्दमा धेरै भाव व्यक्त गर्नु पर्दा हाइकु प्रभावकारी र बलियो ठहर्छ । ४) आधुनिक हाइकु तीन लाइन र १७ अक्षरमा विभक्त भएको हुन्छ । पहिलो लाइनमा ५ अक्षर हुन्छन् । दोस्रो लाइनमा ७ अक्षर र अन्तिम लाइनमा पुनः ५ अक्षर हुन्छ । तीन लाइन र १७ अक्षरभित्र जति धेरै कुरा भन्न सक्यो, हाइकु त्यति नै राम्रो मानिन्छ । अक्षर गणना गर्दा सग्लो अक्षरको मात्र गणना गरिन्छ । आधा वा हलन्त काटिएको अक्षरलाई गणना गरिँदैन । ५) जापानीहरु आफ्ना हाइकुमा प्रकृतिको वर्णन गर्न रुचाउँछन् । प्राकृतिक बिम्बको मिठासपूर्ण र सांकेतिक प्रयोगले हाइकु प्रभावकारी हुन्छ भन्ने मान्यता छ । जापानमा प्राकृतिक किगो सुचीकृत गरिएका पुस्तकहरु नै किन्न पाइन्छ । ६) लिखित जापानी साहित्यको शुरुआत सातौँ शताब्दीबाट भएको हो । आज पनि सन् ७७० तिर लेखिएको पुरानो मान योशु ग्रन्थ जापानीहरुले सुरक्षित राखेका छन् । यस्मा थुप्रै एकतीस अक्षरीय ( ५-७-५-७-७ ) तान्का कबिता समेटिएको थियो । तान्का कबिताको आधुनिक रुप नै हाइकु हो । ७) नेपाली कवितामा जसरी छन्द कविता र मुक्त भनेर लेखनका शैलीहरु छुट्याइन्छ, हाइकुमा पनि विभिन्न शैलीहरु हुन्छन् । हाइकुको गहिरो अध्ययन गर्नेहरुले यस्ता भिन्नता मज्जा मानेर पढ्ने गर्दछन् । ८) संसारभरि हाइकु लेख्ने चलन व्यापक भएको छ । अङ्ग्रेजी, नेपाली, हिन्दी, बङ्गाली, डच्, फ्रेन्च, पोर्चुगल, स्पेनिस भिभिन्न भाषामा हाइकु लोक प्रिय छन् । नेपाली साहित्यमा त हाइकु कृतिहरु सयौँको संख्यामा प्रकाशित भएको पाइन्छ । ९) हिजोआज नेपालमा ३ लाइन र १७ अक्षर बनाउनेबित्तिकै हाइकु बन्छ भन्ने भ्रम यदाकदा भेटिन्छ । सिकारु अवस्थामा १७ अक्षरमा कविता सिर्जना गर्न आफैँमा चुनौतीपूर्ण भएका कारण सुरुवातमा त्यो ठीकै लाग्न सक्छ । तर यसमा गहिरिँदै जाँदा भने विम्बहरु शक्तिशाली बनाउँदै लैजानु पर्छ । जसले कुशलतापूर्वक विम्बलाई हाइकुमा उतार्न सक्यो, हाइकुमा त्यित नै मिठास र गहनता भेटिन्छ । १०) हाइकु रचना गर्ने कविलाई जापानमा हाइजिन भनिन्छ । जापानमा हाइजिनको ठूलो इज्जत हुने गरेको छ । विद्यालय र कलेजको पाठ्य पुस्तकमा पुराना हाइजिनको जीवनी, हाइकु इतिहास र लेखन शैलीबारे पढाइ हुन्छ । ११) कुनै पनि विधामा पारङ्गत हुन त्यही विधा नियमित पढ्नुपर्ने हुन्छ । त्यसको सैद्धान्तिक पक्ष र विगत पनि अध्ययन गर्नुपर्ने हुन्छ । हाइकुबारे निस्केका किताब, लेख तथा सामग्रीहरु खोजेर पढ्न सकिन्छ । थप कुराका लागि साहित्यपोस्टको सिर्जनमा सेक्सनमा गएर हाइकुहरु नियमित पढ्ने बानी बसाउन अनुरोध पनि गर्दछु । (प्रकाश पौडेल ‘माइला’ १५ वर्षदेखि जापानमा बसोबास गर्छन् । उनी वर्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य हुन् । उकत पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।) छन्दका बारेका सोच अब बदलिए: वास्तवमा यहाँ नेपालमा देवकोटा र लेखनाथको अवसान पछि कवितालाई गद्यमा लेख्नेहरू निकै बाक्लो गरी उपस्थित हुनु भएको थियो । अझ जति नबुझिने लेखियो त्यति गतिलो भन्नेहरूको ताँती लागेको थियो । पुरस्कृत समेत भएका थिए । गद्य र पद्य नै नबुझ्नेहरूले पद्यमा कविता लेख्नेहरूलाई घृणाको भावले हेर्ने गरेको पनि पाइन्थ्यो । त्यो कुराले निकै वर्ष नेपाली कवितामा राज्य गरेको थियो । तर गजलको पुनः विकास वा उत्थान भएपछि यसका बारेमा वा लयात्मकताको बारेमा केही बुझ्ने र कवितामा लय नै खास हो भन्नेहरूको उपस्थिति पनि देखिन थालेको हो । लय विहीन कविता र गजल नै नहुने कुराको जानकारी हुँदै गएको हो । केही वर्ष पहिलेसम्म छन्दमा कविता र लेखक कविहरूलाई सारै निन्दाको भावले हेर्ने प्रवृत्तिको भुइँफुट्टे विकास भएको थियो भन्ने कुरा भुल्ने विषय होइन । यता नेपालमा भन्दा पनि उता प्रवासमा यो कुराले बडो उच्च स्थान पाएको थियो । उत्तर बङ्ग विश्वविद्यालको एक वृहत् कार्यक्रमको ठुलो भेलामा म र स्व डा\u200d द्रोणकुमार उपाध्याले एकपटक छन्द भनेको कविताको लय हो जो अपरिहार्य छ । त्यो लय बद्ध र मुक्त किसिमको हुन्छ । बद्ध रहेछ भने त्यो पद्य भयो मुक्त रहेछ भने त्यो गद्य भयो भनेर गर्जन गरेपछि उता पनि छन्दका बारेमा केही सोच बदलिएको छ नत्र पद्यमा कविता लेख्नेलाई बाजे र बाहुनको उपाधी दिने चलन थियो केही दस पन्ध्र वर्ष अघिसम्म उता प्रवासमा र यता पनि । यो कुराको विकास गर्नेहरुको नाम नलिनु नै श्रेयष्कर होला । अब कवितामा जुन लय हुन्छ त्यही नै छन्द हो भन्ने यथार्थ कुरा बुझ्नेको कमी नरहेकोमा गर्व लाग्छ र छन्दका बारेका सोच बदलिएकोमा अझ बढी गर्व लाग्छ । #झापा #होम सुवेदी बन्दाबन्दीले दिक्क भएपछि पृथ्वीकाे आधा फन्को: बन्दाबन्दीले दिक्क भएका न्युजिल्यान्डका लोकप्रिय लेखक नील गेइम्यान त्यहाँबाट बाँकटे हान्दै जब अमेरिका पुगे र त्यहाँबाट पनि छड्किँदै लन्डन र लन्डनबाट स्कटल्यान्डको स्काईस्थित दोस्रो घरमा पुगे, स्थानीय जनताले उनलाई सरापेर हैरान छ । यति लामो यात्रा भने लगभग पृथ्वीको आधा भागको भ्रमण गरेजस्तै भएको उनले बताएका छन् । कोरोनाभाइरसले सारा जगत् त्राहिमाम् भइरहेका बेला उनी भने घरमा पत्नी र एक सन्तानलाई न्युजिल्यान्डमा छाडेर किन स्काईमा आइपुग्नु परेको हो भन्दै स्थानीय जाइलाग्न खोजेपछि उनले आफ्नो निजी वेबसाइटमा लामो ब्लग लेख्दै त्यसको कारण खोतलेका छन् । सो लामो ब्लगमा भने पत्नी र छोराका कारण लामो समय घरमा बस्नु आफ्ना लागि असम्भव भएको भन्दै स्थानीयले यसमा आपत्ति जनाउनु पर्ने कुनै कारण नदेखेको बताएका छन् । ‘म न्युजिल्यान्डको नागरिक हुँ,’ उनले लेखेका छन्, ‘मेरो घर स्कटल्यान्डमा पनि छ र म स्कटल्यान्डलाई कर तिरिरहेको छु । यस्तो नागरिकलाई तँ किन दोस्रो घर आइस् भनी प्रश्न सोध्नु मूर्खता होइन भनेर कसरी भनूँ ?’ गायिका अमान्डा पाल्मरसँग एक दशकअघि बिहे गरेका नीलका चार वर्षे छोरा एस छन् । यो जोडीबीच निकै लामो समयदेखि भनाभन चलिरहेको र यिनको सम्बन्ध लामो समय नटिक्नै भन्दै केही मिडियाले छोडपत्रको समय पनि तोकिसकेका थिए । तर अहिलेसम्म यिनको मिल्ती भने छँदैथियो । उनी हतारिएर स्काईस्थित घर आउनुमा यिनको वैवाहिक सम्बन्ध अन्तिम चरणमा पो पुगिसकेको हो कि भन्ने अनुमान गर्नेहरूको मुखमा बुजो लगाउँदै उनले भनेका छन्, ‘लोग्नेस्वास्नीबीच झगडा पर्नु ठूलो कुरा हुँदै होइन । त्यसमाथि मैले उसलाई जीवनभर साथ दिन्छु भनेको पनि छैन । हामी खुला सम्बन्धमा विश्वास गर्ने व्यक्ति हौँ । फेरि म नारिएर र बाँधिएर बस्नुपर्छ भन्ने मान्यताको मान्छे पनि होइन । यस्तोमा अनेकन् कथा आउँछन् भने यसमा मेरो कुनै दोष हुने छैन ।’ उमेरले ५९ वर्षका नील निकै रंगीन मिजासका साहित्यकार मानिन्छन् । फेन्टासी विधाको उपन्यास लेखक नीलको पछिल्लो उपन्यास स्टारडस्ट केही समयअघि रिलिज भएको थियो । फिल्ममा रबर्ट डि निरो र मिसेल फेफरले अभिनय गरेका छन् । मूल घर न्युजिल्यान्डको अकल्यान्डमा रहेको भए पनि घरमा बस्दाबस्दा दिक्क लागेको भन्दै गएको साता उनले घर छाडेका थिए । एक साता लगाएर त्यहाँबाट उनी अमेरिकाको लस एन्जल्स पुगेका थिए । लन्डन पुगेपछि एक जना साथीको गाडी सापट लिएर उनी स्काईस्थित घर पुगेका थिए । उनी त्यहाँ पुग्नेबित्तिकै स्थानीय प्रहरीले उनको यात्रा गतिविधिबारे चासो राखेको थियो । आफू लामो यात्राबाट आएपछि क्वारेन्टिनमा बस्ने भनेपछि प्रहरीले उनलाई कडिकडाउका साथ घरभित्रै बस्न आग्रह गरेको थियो । यसअघि प्रहरीलाई स्थानीयले गुनासो गरेका थिए । ‘यति लामो यात्रामा जब म एक्लै कारमा थिएँ, संसारको अवस्था देखेर म आफैँ हैरान भएँ,’ उनले ब्लगमा लेखेका छन् । अमेरिकाबाट लन्डन आइपुग्दा पनि यात्राभर मेरो सिटको लहरमा म एक्लो व्यक्ति थिएँ । त्यसपछि जब लन्डनमा साथीको कार सापट लिएर स्काईसम्मको यात्रा गरेँ, त्यहाँ पनि सुनसान थियो । स्थिति निकै भयावह प्रतीत भइरहेको थियो ।’ ‘एक वाक्यमा यो यात्राबारे टिप्पणी गर्ने हो भने यो ज्यादै अवास्तविक र भावनात्मक रूपमा निकै कठिन किसिमको यात्रा थियो,’ उनले लेखेका छन् । #अमान्डा पाल्मर #नील गेइम्यान #न्युजिल्यानड #लन्डन #विदेशी लेखक प्रियतमा प्रति: यो मन मनोमानी गर्छ सबैथोक जानीजानी गर्छ थाह छैन, लाभ कि हानी गर्छ के कहानी यो जिन्दगानी भर्छ। भावको अभाव छैन अभावको भाव निष्प्रभाव छैन स्वभाव, स्व-भावमा छ कि कसैको प्रभावमा छ? थाह छ/थाह छैनको भावमा छ। दबाब छैन तर दबदबा छ तिम्रा यादहरूको, यो मन मस्तिष्कमा। न देखेको, न भेटेको तर किन तिम्रै स्वैर कल्पनाले यो मन रेटेको? स्निग्ध सगरमाथा झैं तिमी खडा छ्यौ म कुनै तेन्जिङ हैन,चढ्न र उत्रनलाई म त आजीवन आरोही तिम्रो उचाईको अन्त्य नहोस् यो चढाई, बरू निभोस् दियो ‘जीवन बचाई’को चढिसकेपछि चढाई बाँकी रहन्न पढिसकेपछि पढाइ बाँकी रहन्न। शिखर टेक्न ‘एक इन्च मात्र बाँकी’ को प्यासमा त्यो बिन्दु चुम्ने अविराम-अथक प्रयासमा यो जीवन बरू बितिजाओस् सारा तर, बगिरहोस् अनन्त प्रीतको धारा। म आजीवन आरोही तिम्रो ‘अग्लाई’को तिमी स्निग्ध, कञ्चन, सुकुमारी मेरी प्यारी ‘चोमोलङ्गमा’ म तिमीसँगै अग्लीरहन पाऊँ तिमीसँगै पग्लिरहन पाऊँ निरन्तर निरन्तर… ! धनुषाधाम नगरपालिका -४, सर्सा, धनुषा #धनुषा #मदनकुमार अधिकारी नग्नता: सेतो नम्बर प्लेटको रातो अङ्कको घर त्यस भित्र गुम्सिएर बसेको दुर्गन्धित त्यो कालो मन अचेल टाढासम्म बसाउँछ, प्लेटका नम्बरहरू जति चाँडो फेरिन्छन् लुटको साम्राज्य छाउँछ विवेकहीन विवेक शून्य काला मन र मष्तिस्कहरू चाँडोचाँडो समयलाई समात्न दौडन्छन्, क्रूर समय परिवर्तन चाहँदैनन् लामो र कालो साम्राज्यमा नै रमाउँछन् यो नियति या समयको अनजानपन राता अक्षरहरू निदाएका छन् घनघोर अन्धकारभित्र पारपाचुके अघिको अभिनय उनीहरूको विवशता भएको छ, यो अनमेल विवाहको अन्त्यको संघारमा सेता प्लेटहरू आज राता परेवाका बथानमा नाटक रच्दैछन् स्वाङ् बाँडदैछन् इतिहासको भष्मिभूत खण्डहर कथा बोकेर नीलो, राता र काला अनुहारहरूका प्लेटहरू निर्लज्ज, पारदर्शी वस्त्रले ढाकिएर बादशाहका अभिनय गर्दैैछन् विचरा आफ्नो धरातल थाहा छ तर बोल्न सक्दैनन् नग्नतामाथि हत्केला राखे पनि न त कालो मन छोपिन्छ न त छ्याङ्ग देखिएको नग्नता आफ्नै आत्मालाई ढाँटेर लुगा लाएको छु भन्नैपर्छ, सत्य सबैलाई छोपेर अभिनय त गर्नैपर्छ । #डा.सुमन कर्माचार्य हुन सक्छ: कालो कोइलाहरु सँगै, हिरा हुन सक्छ छुच्ची केटीको नाम पनि मीरा हुन सक्छ के हुन सक्दैन र, यहाँ जे पनि छ सम्भव बिहान उठ्दा खेत चिराचिरा हुन सक्छ राजनीति हो मित्र, तिमी बुझ्दैनौ कच्चै छौ छिर्दा हात्ति, निस्किदा त जिरा हुन सक्छ पण्डितजी थोरै सुँघेर मात्र पिउनु होला है कतै कतै पानीकै रङको मदिरा हुन सक्छ प्रसाद हो भन्दैमा देउतैले कहाँ जोगाउँछन् म भन्दै थिएँ त हेरेर खाऊ, कीरा हुन सक्छ बेसिशहर न.पा. २, भकुण्डे, लमजुङ #किरण बराल #लमजुङ समय हो बितिहाल्छ: कति राम्रा समय आए रोक्न सकिएन नयनभित्र थुन्न खोज्दा थुन्नै सकिएन । याद बनी मस्तिष्कमा रहनु सिवाय बिन्तिभाउ गर्दा पनि थाम्नै सकिएन त्यस्तै पीडाका समय आए वेदनाका समय आए भोग्नै पर्\u200dयो झेल्नै पर्\u200dयो जति नरुचाए पनि पठाउनै सकिएन हटाउनै सकिएन नभोगी बिताउनै सकिएन कुनै समय सुखको समय यौवनको समय बाल्यकालको समय समय न हो कहाँ रोकिन्छ र चाहँदैमा बितिहाल्छ ओझेल परिहाल्छ दौडिहाल्छ त्यस्तै दुःखको समय वृद्धावस्थाको समय रोगाएको समय भोकाएको समय दुखेको समय नचाहँदैमा किन आउँदैनथ्यो आउँछ भोग्नै पर्छ झेल्नै पर्छ बिताउनै पर्छ किनभने समय न हो बितिहाल्छ गइहाल्छ बस्दैन टाँसिएर कसैसँग फगत गइदिन्छ नरोकिई एकनास यो पनि यस्तै समय हो अहिलेको प्रकृतिले बदला लिएको या ईश्वरले लिएको परीक्षा मानव जातिसँग आविष्कारसँग विज्ञानसँग अहमसँग त्यसैले आज मान्छेबाहेक सबै ठीक छ वातावरण प्रदूषण मुक्त छ फूलहरु मस्त छन् चराचुरुङ्गी फुरुङ्ग उन्मुक्त छन् फगत मान्छे मात्र विवश छ थुनिएर बाँच्न निसास्सिएर बाँच्न खुम्चेर बाँच्न किन ? समय हो सिकाउन आएको छ बुझाउन आएको छ झकझकाउन आएको छ तर बितिहाल्छ गइहाल्छ रोकिँदैन भोलि नयाँ समय उदाउनेछ नयाँ बिहानी लिएर नयाँ विश्वास लिएर बल्खु, काठमाडौँ #काठमाडौँ #सुधा बासकोटा ढकाल अचम्म छ!: अचम्म छ! खै किन हो किन? मन बेसरी भड्किन थालेको छ हिजो जे थियो, आज त्यो रहेन हिजो जस्तो आज हुँदै भएन चारैतिर सन्नाटा छाएको छ क्रूरता जकडिएको छ, मानसपटलमा भावना दबाइएको छ, रिक्त हाँसोले प्रश्रय पाएको छ जीवनको रौनकता त्यसै त्यसै हराएको छ गलत तत्त्वको बिगबिगीले दुर्वलताको गन्ध आइरहेछ सर्वत्र अन्धकार छाइरहेछ त्यसैले त, अचम्म छ! बिना कमिसन ढलेको सिन्को ठाडो हुँदैन सुकर्मको नामोनिसान कतै भेटिदैन चारैतिर झुसिलकिराहरु मडारिइरहेछन् कोमल मनमुटुहरु छियाछिया पारिरहेछन् सबल मस्तिष्कहरु त्राहित्राहि छन् अनुकूल वायु बिना छट्पटाइरहेछन् टाढा-टाढाबाट चिहाइरहेछन् यति हुदाहुँदै पनि, अचम्म छ! आँसु र पसिनाको मूल्य नबुझ्नेहरु भावना मरिसकेका, चेतना गुमाइसकेका अस्तित्वहीन मपाईंहरु अस्तित्वरक्षाको लडाइँ लडिरहेछ्न् समानताको राग अलापिरहेछन्।। #ज्ञानेन्द्र शर्मा तिमी: समयको निहुँ खोजी दुरी बढाएकै हौ तिमी, भित्रभित्रै रेट्ने गरी छुरी बढाएकै हौ तिमी मेरा दिनहरुको हाल सोध्छौ तिमी कठै, चिसै मेरो चुल्हो रहँदा मुरी बढाएकै हौ तिमी। अन्तर राखेर बीचमा धुरी बढाएकै हौ तिमी, मेरो नाडी खाली कसैको चुरी बढाएकै हौ तिमी यो भयानक महामारी त के हो र मेरा लागि ? व्यथा निभ्नै नदिने हुरी बढाएकै हौ तिमी। #अमेरिका #प्युठान #विकास सिंह बिस्ट रगत माग्ने देशको नाममा...: ए देश! तिमीले थमाएको महेन्द्रमाला छिचोलेपछि नै हो म, चम्किलो रातो ताराप्रति आशक्त भएको! मन्त्रजस्तै कण्ठ भए तिम्रो महेन्द्रमालाका वीरगाथाहरु, राजा, महाराजाका शाहसका कथाहरु! तिनले देश बनाए तिनले सिमाना बिस्तार गरे तिनले वैरीलाई लखेटे तिनले गर्दा दुनियाँको सामु देशको शीर उँचो भयो यस्तै यस्तै…. तर तिम्रो महेन्द्रमाला झुटा निस्क्यो जब बाजेले सत्य सुनाए, ती राजाहरु थिएनन् जसले सतलज र टिस्टासम्म खुकुरी नचाए, आफ्नै रगतले सिमाना कोरे, देशको धर्तिमा खस्ने बम आफ्नो छातिमा थापिदिए, देशको स्वाभिमानका लागि शीर कटाउन राजी भए, ए देश! तिनीहरु राजा थिएनन् उनीहरु त रैति थिए, तिनैका दरसन्तान म आज तिम्रो अघिल्तिर उभिएर तिमीलाई सोधिरहेकोछु तिमीले किन ढाँट्यौ? खै तिनको इतिहास? खै तिनको विरासत? खै तिनको वीरगाथा? रैतिले जोगाएको देशमा रैतिले निर्माण गरेको देशमा उसकै नाम मेटिएपछि “तुङ् च” हरु जन्मिरहने छन् ए देश! थाहा छ तिमीलाई? मेरो माने र तीन चुलाहरु सुम्पिएर तिम्रो संस्कृति जोगाएकै हो, मेरो ढोल, झ्याम्टा, च्याब्रुङ्ग, डम्फु, धिमेहरु तिमीलाई जिम्मा दिएर तिम्रै तालमा नाचेकै हो, मेरो साकेन्वा, सेलो, पालाम, हाक्पारेहरु तिम्रै कोतमा थुपारेर तिम्रो जय जयकार गरेकै हो, तर, तर मेरो सारा परिचय खोसेर तिमी अट्टाहस गर्दैछौ, मलाई नाङ्गेझार पारेर तिमी मलाई नै खिज्याइरहेछौ, अझ बढी त मेरै आँगनमा बसेर मलाई बलेँसीमा नटेक्न भन्दैछौ, मेरै आमाको ढुंग्री, बुलाकी खोसेर सौन्दर्यको प्रश्न बनाउँदैछौ, त्यसैले मलाई मन पर्छ “रातो चम्किलो तारा” नत्र भने, च्यातिदेऊ तिम्रो झुटो महेन्द्रमाला, लेखिदेऊ इतिहासमा छुटेको नाम, थपिदेऊ इतिहासमा छुटेको मेरो अध्याय, भत्काइदेऊ मेरा निम्ति बनाएका सारा पर्खालहरु, अनि यदि देश, देश जस्तै लाग्यो भने यदि इतिहास, इतिहास जस्तै लाग्यो भने यदि जीवन, जीवन जस्तै लाग्यो भने र म, म पनि नागरिक हुँ भन्ने आभास भयो भने मैले नि भन्नेछु यो देशको नागरिक भएको दिन देशले रगत मागे, मलाई बलि चढाऊ…. हतुवागढी – २ लुङ्गिन, भोजपुर हाल: दक्षिण कोरिया #दक्षिण कोरिया #दिलिप बान्तावा #भोजपुर म सास समातेर\xa0\xa0: म सास समातेर नित्यार्धना गरिरहेको छु श्रद्धा पूर्ण शीर निहुराएर । केही थान सेता तुल छन् केही थान पहेँला वस्त्र छन् । नगन्य नीलरंगी धर्साहरु फर्फराइरहेका छन । हतार छ कोही कसैको मतलब नराखी दौडिरहेका छन । आफ्नाको हकदाबी चलिरहेको छ । शीरदेखि पाउसम्म निहुरिएको लाचारपना रातो अबिरले सपनामा रङ भरिरहेको छ । अपमानित आश्रय मीठो हाँसोले खिल्ली उडाउँदै प्रशंसा गरिरहेको छ । मेरो हिम्मत हो जो म अझै जिउँदो छु । वा, भागवान तिम्रो विभाजनको सीमा निर्धारण गर्ने महामानवलाई के भनूँ ? र तिमीलाई के भनूँ ? एक युगको अन्त्यसँगै एक युगको सुरुवात, खै ? कुन नामले गर्नु हो तिम्रो पुकार ? तिम्रो र तिम्राको उल्झनले उत्पन्न यो प्राण सङ्घारक विनाशकारी बखत अन्त्यको आस गरिरहेको छु । #भीम जोशी वाक्यमा बुद्ध होस्: कर्ममा धर्ममा सर्वदा एकता त्यो भए मात्र नै हुन्छ है सभ्यता सर्व व्यापी सबै चीज ती भैदिए शान्तिका मार्गमा सुस्तरी गैदिए ।।१।। विश्वमा शान्तिको हुन्छ आभाष नै गर्नु रे सत्यको आत्मको साथ नै बुद्धका ज्ञानको मार्गमा शान्तिको गुन्जियून् विश्वमा माधुर्य कान्तिको ।।२।। मित्रता हुन्छ है शत्रुता नाशक योग्य त्यो तन्त्र हो शान्तिको आसक शब्दमा बुद्धका मन्त्र हुन् ज्ञानका मान हुन् विश्वका शान्तिका सानका ।।३।। प्यार होस् सर्वदा त्याग होस् दम्भको दुष्टको नष्ट होस् वाक्य होस् नम्रको भावना एक होस् त्याग होस् स्वार्थको दीप होस् शान्तिको उच्च त्यो सत्रको ।।४।। सिर्जना प्राण हो सिर्जना त्याग हो सिर्जना विश्वको एक यो माग हो धृष्टता साथ होस् मित्रता शुद्ध होस् शान्तिको बास होस् वाक्यमा बुद्ध होस् ।।५।। छन्द : स्रग्विणी चितवन (हाल: स्पेन) #वाक्यमा बुद्ध होस् मान्छे र मौरी: तिम्रो लालीले सजिएको ओठलाई फूल जस्तै देखेर मौरीले रस लिनलाई खिल गाड्यो भने तिमीलाई दुख्दैन? मौरीले त फूलको रसबाट मह बनाउँछ आफ्नै श्रमबाट बनाएको आफ्नै चाकामा आफ्नै कला सजाउँछ तिम्रो ओठमा रसाउँदै गरेका थोपालाई बटुलेर लग्यो भने साँच्ची मौरीले के बनाउँछ? फूलको रस भन्दा पनि ओठका रसिला थोपाहरू झन मीठो लाग्यो भने मौरीले लुकाउँछ कि सजाउँछ? मान्छे त राम्रो चिज लुकाएरै राख्छ बाँड्दैन पाएसम्म केही नै छाड्दैन त्यसैले त मान्छे मौरी हुँदैन मौरी मान्छे बन्दैन। तर दिप्ति ओठ पनि फूल बनेर फूल्छ र? मौरीले त मन पराएर चुस्छ नि फूललाई चुस्ने क्रममा खिल गाड्छ डाम छाड्छ तर भन्देऊ न- मायाले डामेर छाडेको ठाउँमा दुख्छ कि दुख्दैन? एकपटक माया गरेपछि बाँकी माया सुक्छ कि सुक्दैन? मौरीलाई पो सोधूँ कि – ऊ एकपटक बसेको फूलमा फेरि बस्छ कि बस्दैन होला? एकपटक चुसेपछि मायाको रस सधैंलाई सुक्छ कि सुक्दैन होला? माया त सुक्नु हुन्न माया नै सुकेपछि के नै पो रसाउँछ र? माया त दुख्नु हुन्न माया नै दुखेपछि केले पो हँसाउँछ र? बरू तिमी पनि कानका झुम्कालाई बिस्तारै हल्लाऊ टल्किएको केशलाई आफैँले चलाऊ आफैँले चलाउँदा पनि त आनन्द आउँछ त्यही आनन्दमा रोमान्चित बन र आफैँसँग उड आफैँ नउडी कतै देखिन्न आफैँ नहिँडी कतै पुगिन्न । म पनि हिडूँ कि भनेको! तिम्रो निधारतिर झरेको कपालले बोलाएको हो र? हो भने भन है, ल! म पासपोर्ट बनाउँछु भिसा लाग्न पनि त समय लाग्छ तिम्रो इमिग्रेसनमा छाप पनि त लगाउनु पर्ला भिसाबिना सबैतिर त कहाँ पस्न सकिन्छ र? पिँढीमै भए पनि बास दिन्छ्यौ नि हैन? दिइनौ भने त त्यहाँ आएर कहाँ बस्न सकिन्छ र? मौरीलाई पो केही चाहिन्न त मान्छे त मौरी हैन नि त ! #बालकृष्ण कट्टेल कोरोना कहर: याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् । बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् । यस्ताे पीडा किन थपिदियाै जिन्दगी हुन्छ गार्हो । काेराेनाले अतिशय गर्यो सृष्टि पार्\u200dयाे अँध्याराे । ……………………..१……………………… बूढा बाबा सकस मुटुमा प्राण राेक्दै सहन्छन् । आफ्ना सारा मधुर सपना दर्द भित्रै कहन्छन् । कस्ताे आयाे कहर नभमा काललाई हताराे । आसा मर्छन् रहर जिउँदाे सृष्टि खाली अँध्याराे । ……………………..२……………………… काे तन्नेरी युवक युवती बालबच्चा भनेन । कैयौं ठूला शहर गतिला देशलाई गनेन । फाल्याे कालाे विष हृदयमा पस्नलाई चटाराे । लाखौं मान्छे टपटप टिप्याे सृष्टि रित्ताे अँध्याराे । ……………………..३……………………… काेराेनाले जनधन सबै नष्ट मात्रै बनायाे । ताताे ज्वाला शितल दिलमा झ्याप्प मुस्लो खनायाे । आँखा चिम्ले सकस सहँदै प्राणले श्वास फेर्याे । धर्तीलाई अतिशय भयाे सृष्टि सारा अँध्याराे । ……………………..४……………………… सारा प्राणी भयमय हुँदा सभ्यता हुन्छ त्रास । कैले हाेला भुवन भरमा दूरगामी निकास । हामी आफैं बिचलित भए लाग्दछन् तुच्छ जालो । काेराेनाकाे अब मिति पुग्यो सृष्टि झन् झन् उज्यालो । ………………………..५…………………… छन्द: मन्दाक्रान्ता #छन्द #नमराज लामिछाने #मन्दाक्रान्ता नेतृत्व र देशको सीमा: थियो सानो बस्ती नगर बिचमा ताज पहिरी थियो ठूलो स्वप्ना सगरभरमा शैलज सरी । लिई यौटा राम्रो कर कमलमा त्यो घरि घरी भयो के हो यस्तो निकट जलमा वामन सरी ।। थिए होचा होचा कदम कदमै खेद नलिने थिए सारा मान्छे जनम जनमै राष्ट्र नदिने । थिए पुर्खा हाम्रा जिउँ त कसरी राष्ट्र नभई भनी लड्थे सारा तब मुलुक यो हुन्छ त भनी ।। चुँडेरै लग्लान् यी कि त सडकमा बार नभई म नाचौँ या हाँसौँ मनुज हुनुको भाव नभई । छिमेकी देलान् खै करबल गरी जीव जिउने लिएँ सोचेँ यौटा मकन कसरी देह जिउने ।। कता जाऔँ हामी कठमहल छोडी कन उता दिई मीठो बाचा पददलितको ढाडस यता । विदेशीका दासी नबन अब भो कत्ति नडगी भनी देलान् भन्ने कति नियति भोग्छौ अब तिमी ।। भयो कुर्सी प्यारो दश नगरभन्दा पनि ठुलो दिई आफ्नो सीमा कुल वृषल बन्दै सब भुलो । थियो सीमा हाम्रो त सतलज टिष्टा वरिपरि पराई मिच्दैछन् दशगज जिमाहा घरिघरी ।। नहेरी को बस्लान् टुलुटुलु म हेरी कति बसौँ म हेरी के सोचौँ तर भुटभुटी भै कति बसौँ । मिली आफ्नी आमा रक्षण गर्ने तिर सबै गरौँ आलो पालो अब भक्षण त्यागीकन सबै ।। शिखरिणी छन्द #गंगाकुमारी घिमिरे #छन्द #शिखरिणी होश हराएको बेला: मनोज रेग्मी त्यो साझँ साथीहरुको करमा परेर भुइँमा खुट्टै नअडिनेगरि पिएको थिएँ । कसले मलाई कोठा छोडेर गयो भन्नेसम्म पनि होश थिएन् । भोलिपल्ट निरजले भनेपछि बल्ल थाहा पाएँ, रविले छोडेको थियो । जुत्तै नखोली, असरल्ल छरिएका कपडाहरुको प्रवाह नगरी ड्याम्म ओछ्यानमा ढलेको चाहिँ याद छ मलाई । मेरो एउटा अचम्मको स्वभाव छ । रक्सी पिएपछि नारायण गोपालका गीत सुन्नु पर्ने । अन्य सयम मेरो स्वर म आफैँलाई झर्काे लाग्छ, तर रक्सी पिएपछि नारायण गोपालसँगै गुन्गुनाउँछु । त्यो रात बिस्तारामा ढलेपछि खल्तीबाट मोबाइल झिकेँ । म्यूजिक प्लेयरमा गएर मस्टली प्लेडमा किल्क गरेँ । म मातेपछि गर्ने भनेको पनि यही नै हो । सबैभन्दा सिरानमा नारायण गोपालको “गल्ती हजार हुन्छन् यहाँ होश हराको बेला …………” बोलको गीत थियो । त्यही बजाएँ । मोबाइल सिरानीतिर फालेँ । उत्तानो परेर पल्टेको थिएँ । सधैं स्थिर रहने कोठाको दलीन त्यो दिन भने फनफनी घुमिरहेको थियो । म कतै शून्यतामा उडिरहेको थिएँ । त्यो अनुभूति साँच्चै नै अलौकिक हुन्छ । सबै पीरमर्का र सेम वोल्ड रूटिन भुलेर “म” मात्र “म” भएको थिएँ, त्यो क्षण । गीतमा भनेझैं म मात्तिएको थिएँ । आखाँ रिङ्गीरहेकै थिए । गल्ती गर्नलाई भने साथमा कोही थिएन् । एक्कासी मेरो अगाडी एउटा आकृति धुमिल भएर उभियो । आखाँ मिचेर क्यामेराको फोकस मिलाएझैं गरी, त्यो आकृतिमा फोकस गर्न खोजेँ । तर अहँ ! रक्सीको नशाले मरिगए दिएन् । “आज पनि पिएर आयौ है?” आकृति बोल्यो । मैले चिनिहालेँ । त्यो आवाज मेरा लागि कुनै नौलो थिएन । ऊ सधैं यसरी नै मेरो कोठामा आउँछे । मेरो हाल देखेर दिक्क मान्छे । तर केही बोल्दिनँ । मलाई एककिसिमले उसको बानी नै परेको थियो । ऊ अर्थात् शर्मिला । शर्मिला म बसेकै घरको माथिल्लो तल्लामा बस्थी । घरचाहिँ सिन्धुपाल्चोक । उसको नाम र घरबाहेक मलाई उसको बारे केही पनि थाहा थिएन । नजानिँदो पारामा उसले मलाई हरेक कुरामा साथ दिन थालेकी थिई । मैले उसलाई चिनेदेखि कोठामा भात पकाउनै परेन । उसैले पकाइदिन्थी । मैले कहिलेकाहीं तरकारी किनेर ल्याइदिन्थे, बस् ! उसले पकाएको खाना खाने बानी परेपछि म साह्रै अल्छी भएको थिएँ । खाना पकाउने, कोठा सफा गर्दिनेलगायतका काम उसले नै गरिदिन्थी । कपडाचाहिँ आफैँ धुन्थेँ । उसले सधैं विभिन्न तरिकाले साह्रै आत्मीय व्यवहार दर्शाउँथी । मैले पनि उसलाई असल साथीको रुपमा हेर्न थालेको थिएँ । र, उसलाई जस्तै मलाई पनि उसको साथ रमाइलो लाग्थ्यो । मेरो एउटा नराम्रो बानी के छ भने, म सम्बन्धको अर्थ या भनौँ महत्व ढिलो बुझ्छु । म जुनसुकै सम्बन्धलाई पनि हल्का रुपमा लिन्छु, र कुनै पनि सम्बन्धलाई नाम दिन सक्दिनँ । ऊसँगको सम्बन्ध पनि यस्तै बेनाम थियो । उसको र मेरो सम्बन्ध बिशेष थियो, त्यसैले बेनाम थियो । बेनाम भएकाले बिशेष भएको भने होइन । ऊ आएर मेरो अगाडि उभिएको थाहा लागेसी, मैले बजिरहेको गीतको शब्द सापट लिँदै लरबरिएको लवजमा भनेँ- “मेरा यी हातहरुले कहीँ घात गर्न सक्छ, अनि प्यार गर्दागर्दै पाप पनि गर्न सक्छ ।” उसले केही प्रतिक्रिया जनाइन्, बरु मेरो गोडानेर आएर बसी । म गीत सुनेर आन्नद लिएझैं गरिरहेको थिएँ । जबरजस्ती उठेर बस्न खोजेँ । एक्कासी मेरो आखाँ बत्तिमा झुम्मिरहेको पुतलीमा पर्यो । पुतली यताउता गर्दै छटपटाइरहेको थियो । हेर्दाहेर्दै माउसुलीले आफ्नो जिब्रो फ्याँकेर उसलाई आफ्नो मुखभित्र लियो । आन्नदले निल्यो । मैले आफूलाई धान्नै सकिनँ । फेरि पल्टिएँ । ऊ अझै मौन थिई । अरुबेला जस्तो उत्साह उसमा थिएन । म उसैले कुरा सुरु गर्ली भन्दै पल्टिरहेँ । अन्ततः ऊ नै बोली- “आफूलाई कति दुःख दिन्छौ, विवेक ? तिमी शिक्षित र बुझ्ने भएर पनि किन यस्तो कुलतमा फसेर आफ्नो जीवनलाई अन्धकारतर्फ धकेल्दै छौ ? तिम्रो अगाडी सिङ्गो जिन्दगी लम्तन्न पसारिएको छ । यसरी मूल्यवान तिम्रो जीवनलाई घिसार्ने काम बन्द गर । यसलाई चल्न देऊ, जबरजस्ती चलाउन नखोज । जति तिमी मदिरामा डुब्छौ, त्यति तिम्रो जीवन कठिन बन्छ । मदिराले सधैंसाथ दिन्छ भन्ने भ्रममा नपर । हेर विवेक, म सधैँ तिम्लाई यसरी नै साथ दिन नसकूँला, त्यसैले आफूलाई सम्हाल । अझै केही भएको छैन । सम्हाल आफूलाई ।” उसका कुराहरु बच्चा बेला सुत्नुअघि आमाले भन्ने गरेका परिकथाजस्तो लागे मलाई सायद, भुसुक्कै निदाए छु । ऊ कतिबेला मेरो कोठाबाट गई ? मैले पत्तो पाइनँ । मेरो कोठा पूवतिर फर्किएको थियो । पूर्वतिरको झ्यालबाट मेरो कोठामा घामको किरणहरु छिर्न सधँै लालायित देखिन्थे । म भने तिनै घामका किरणलाई गिज्याउँदै अबेरसम्म सुत्थें । शर्मिला म सुतिरहेको बेला मलाई घच्घच्याउनुको साटो सिधै आएर पर्दा खोलिदिन्थी । पर्दा खोलेपछि घामका चम्किला किरणहरु मेरो आखाँमा आएर ठोकिन्थे, र मलाई उठ्न बाध्य पार्थे । तर, त्यो बिहान ऊ आइन् । म आफैँ उठ्नुपर्यो । उठेर मोबाइलमा हेरेँ, दश बजिसकेको थियो । दश बजे पनि मेरो काम केही थिएन, त्यसैले आत्तिनुपर्ने केही थिएन । तर, “आज उसले मलाई किन उठाउन आइन् ?” भन्ने प्रश्नले भने मलाई नराम्ररी पिरोल्न थाल्यो । टाउको असाध्यै दुखिरहेको थियो, ह्याङ्वोभरले । उसले सधैँ रक्सी पिएर आएको अर्को बिहान बनाएर दिने कागती पानी खुब मिस गरेँ । टेबलमा राखेको बोतलमा रहेको पानी पिएँ । ज्यानमा आलस्यता थियो, केही गर्ने जाँगर नै थिएन । पानी पिएर बोतल टेबलमा राख्दै गर्दा एउटा कागजको चिर्कटोमा गएर मेरा बासी आखाँ रोकिए । त्यसमा केही लेखिएको थियो । अक्षर चिनीहालेँ । प्रिय विवेक , हिजो राती तिमीसँग धेरै कुरा गर्छु भनि तिम्रो कोठामा छिरेकी थिएँ । तर , तिमी पुरै अचेत थियौ । मेरो कुरा सुरु पनि हुन नपाउँदै तिमी भुसुक्क निदायौ । त्यसैले म बत्ती निभाएर तिम्रो कोठाबाट भारी मन र शरीर लिएर निस्केँ । रातभर अनेकौँ तर्कनाले मलाई गिज्याइरहे । कोल्टो फेर्दाफेर्दै रात बितेको पत्तै पाइनँ । मेरो एम.एको ट्रान्सकिप्ट निकालेको हप्ता दिन भइसकेछ । मेरो काठमाण्डौ बस्नुको उद्देश्य पनि पूरा भैसकेको थियो । मलाई यहाँ बस्नभन्दा आफ्नै गाउँघरमा फर्केर कुनै काममा लाग्नु नै उचित हुन्छ जस्तो लाग्न थालेको थियो । म सधैँ मेरो परिवारलाई आर्थिक रुपमा सघाउन चहान्थे र चहान्छु पनि । तिमीलाई यी सब कुरा भन्न मन थियो , त्यसैले प्रत्येक रात तिमी कोठामा आउँछौ कि भनेर यतिका दिन कुरेर बसेँ । हिजो तिमी एकहप्तापछि आफ्नो कोठामा आएका थियौ । तिमीलाई फोनमै यी सब कुरा भनेर जान मनले दिएन । सोचें , भेटेरै सब कुरा गर्छु । तर, आज यो सब चिठ्ठीमार्फत् भन्न बाध्य भएकी छु । म आज बिहानै गाँउ फर्कदै छु । सायद यो सब मलाई तिमीसामु प्रत्यक्ष उभिएर भन्न निकै सकस हुने थियो । चिठ्ठीले केही हदसम्म सहज तुल्याइदिएको छ । हाम्रो सम्बन्धको नाम तिमीले के दिएका छौ , त्यो त मलाई थाहा छैन । मैले पनि नाम दिने कोशिश त नगरेकी होइन, तर कुनै नामले न्याय गरेजस्तो लागेन । तिमीसँग हुदाँ मलाई एकदम सुरक्षित र न्यानो अनुभव हुन्थ्यो । तिमी अन्तरमुखी छौ, त्यसैले मैले तिम्रा मनका भावनाहरु आखाँबाट अड्कल काट्ने प्रयास गर्थेँ । थाहा छैन, कति मेरा अनुमानहरु सहि भए, कति गलत । मैले तिम्रो संगतले छोरा मान्छेका सबल र दुर्वल दुवै पक्षहरु केहीहदसम्म नजिकबाट नियाल्ने मौका पाएँ । तिमीले मलाई नजिकैबाट चिन्ने मौका दियौ । तर पनि तिमीलाई मैले कति पनि नबुझेझैँ सधैँ लागिरह्यो । यो सब माया हो कि के हो मैले बुझ्नै सकिनँ ! मायामा तड्पन र पीडा हुन्छ भने , सायद म तिमीलाई माया गर्न थालेकी थिएँ । तिमी पुरै बेखबर र बेपरवाह थियौ । तिम्रो खुल्ला र बेपरवाह बानीले गर्दा मैले मेरा मनका कुरा तिमीसामु राख्नै सकिनँ । यद्यपि प्रयत्न भने नगरेकी होइन । मलाई थाहा छैन यो चिठ्ठी पढिसकेपछि तिमीले मेरो बारेमा के सोच्नेछौ । यत्तिका दिनसम्मको तिम्रो साथ र तिमीसँग बिताएका अविस्मरणीय पलहरु मनमस्तिष्कमा सजाएर जाँदैंछु । आफ्नो ख्याल राख्नू , र सक्छौ भने रक्सी खान छाडिदिनू ! बाँचे फेरि भेट होला ! सप्रेम , शर्मिला चिठ्ठी पढिसक्दा मेरा हातहरु लगलगी काँपिरहेका थिए । आफ्नो बेहोस हुनेगरी रक्सी पिउने बानीदेखि साह्रै रिस उठेर आयो । उसको सुन्दर मुस्कान, मैले केही भन्छु कि भनेर कुरिरहेका उसका निर्दोष र उत्सुक कानका लोतीहरु, र मलाई देख्नसाथ अनयासै चम्किने आखाँहरु मेरो आखाँमा झलझली नाच्न थाले । म रन्थनिएँ । आफ्नो बेपरवाह र अपरिपक्व आचरणप्रति घृणा जागेर आयो । के गरुँ, कसो गरुँ हुन थाल्यो । म अत्तालिएँ । कताकताबाट “फोन गर्न” भनेको सुनेँ । मभित्रबाटै आएको थियो होला त्यो आवाज, तर मैले मेसो पाइनँ । हतारहतार फोन गरेँ, तर फोन अफ थियो । अब के गर्ने ? केही सोच्न सकिरहेको थिइनँ । उसको घर सिन्धुपाल्चोक हो भन्नेसिवाय उसको बारेमा मसँग अरु केही जानकारी थिएन । सोचेँ ऊ त गई, तर मलाई धेरै कुरा सिकाएर गई । मलाई “म” हुन आग्रह गरेर गई । एउटा शिक्षकले झैँ जीवनको र मायाको पाठ एकैपटक पढाएर गई । मलाई झकझक्याएर गई । म सुतेको रहेछु, उठाएर गई । जीवनको कुनै मोडमा फेरि भेटेँ उसलाई भनें, अंगालोमा बेरेर सोध्ने छु- “एक दिन अझै किन कुरिनौ, शर्मिला ? तिमीलाई थाहा छ त गल्ती हजार हुन्छन् यहाँ, होश हराको बेला ! मेरो पो होश हराएको थियो, तिमी त होशमै थियौ । किन छोडेर गयौ मलाई ?” तर, त्यो मौका आज दश वर्ष भैसक्यो, मिलेको छैन । अब त यो सबको लागि साह्रै ढिला पनि भैसक्यो होला, सायद ! मैले मेरो जीवन नयाँ ढंगले सुरु गरिसकेको छु र खुशी पनि छु । उसको जीवनले पनि आकार लिइसक्यो होला, उसको जीवनको बोट पनि छोराछोरीहरुले झ्याङ्गिसक्यो होला ! आज मैले राम्रोसँग बुझेको छु, जीवनमा कत्ति प्रश्नहरु अनुत्तरित हुन्छन्, रहन्छन् । कतिका उत्तर ढिलोचाँडो पाइन्छन् । कति प्रश्न जीवनभर अनुत्तरित रहन्छन्, र मान्छेको मृत्युसँगै गर्भमै दबिन्छन् । सदासदाको लागी । #होश हराएको बेला निश्चेत: तिम्रो मर्म बुझ्न नसकी जीवनमा कति गल्ती गरे हुँ पाउन नसकी आभास पथमा हिँड्दा कति डरे हुँ असहाय निरुपाय भै तृण समान बाटोमुनि झरे हुँ बुझ्न नसकी धर्म आफ्नो जाल-जन्जालमा परे हुँ । मृत्युको पर्खाइ मात्र जीवन भए बाँचेर के गर्नु खै आँशुको भेलले बगी जाने सपना साँचेर के गर्नु खै न होश छ मनमा न जोश तनमा, नजरमा दोष छ छ टेकेको रातले छातिमा जानू धेरै कोश छ । खोजूँ भन्छु रहस्य जीवनको डटि, कसि कम्मर काँचै छु कि ? पाकेन अनुभव हार्दछु म समर सतही भै डुल्ने, बग्ने हावामा जीवन लक्ष्य भुलेर छु, डुब्न डराउने गहिराइमा स्वभाव सारा भुलेर । मुक्ति भनी खोजेको छैन प्रीति पाउँ भन्दछु शक्ति भनी खोजेको छैन, भक्ति पाउँ भन्दछु विरक्ति उठाउँदिन भगौडा भै जङ्गल चहार्दिन अनुरक्ति जगाउँछु सर्वमा विभेद म स्वीकार्दिन । #सुबास बजागाईं कुरोको चुरो: बुद्धको जन्मभूमिमा शान्ति छैन सर्वोच्च शिखरमा पर्यटक छैनन् मन्दिरै मन्दिरको देशमा असल भक्तजन छैनन् लडाकुको देश छ तर सिमा छैन जलस्रोतको धनी, स्वच्छ पानी छैन कृषिप्रधान देश तर अभाव छ अन्न प्रत्येक घरमा नेता भएको देश तर केही छैन । सबै छ अनि सबै छैन गर्ने के र भन्ने कस्लाई ? हामी भेडाको मगज छैन कुरा गरेरै अघाउँछौँ हामी त, काम गर्ने बानी नै छैन त्यस्ले दिन्छ कि उस्ले दिन्छ, दिन त एउटाले पक्कै दिन्छ नलिई पनि भएन त्यसको बदलामा नदिई पनि भएन । दिने के भन्दा त्यही पानी हो, त्यही युवाको जवानी हो, अनि नदेखिने भूमि हो। उनीहरुले दिएपछि आफूले नि दिनै परो, वास्तवमा भन्नुपर्दा कुरोको चुरो यही पर्यो । मोरङ #माेरङ #शंकर नेपाल फेसबुकः ५ लघुत्तम कथा: एक उसले आफ्नो प्रेमिकाको सुन्दरतम् सेक्सी फोटो फेसबुकमा राखेर जन्मदिनको शुभकामना दियो ! त्यसपछि प्रेमिकाको फोन उठ्न छाड्यो । भोलिपल्ट त ऊ अनफ्रेण्ड भैसकेको रहेछ ! दुई सूर्यप्रसाद प्रशन्न मुद्रामा भन्दै थिए, “भन्दिएँ मैले ! गज्जबले भन्दिएँ । क्यै बाँकी नराखी भन्दिएँ । यसरी देश कहाँ चल्छ ? ’’ मैले सोधेँ, “कस्लाई भन्नु भो काका ?’’ “लौ त्यही प्रधानमन्त्रीलाई नि, अरू कस्लाई भन्नू !’’ काकाले जवाफ दिए ! “कहिले भेट्नु भो प्रधानमन्त्रीलाई र भन्नु भो काका ?’’ मैले थप जिज्ञासा राखेँ ! काकाले भने, “कहाँ भेट हुनु नि ! त्यही फेसबुकमा भन्दिया नि मज्जाले !’’ तीन रत्नाकरले हँसिलो मुहार बनाएर भने, “झारपात सारा उखेलेर फाल्दिएँ लौ जा !’’ उनी दङ्ग थिए ! श्रीमती पनि दङ्ग परिन् र बगैंचातिर लागिन् ! बगैंचा जस्ताको तस्तै थियो । बूढीले सोधिन्, “बूढा, कहाँको झारपात उखेल्यौ ?” रत्नाकरले जवाफ दिए, “लौ, फेसबुकका झारपातहरू क्या !” चार कुमार बिहान उठेदेखि मोबाइलमा काम गरेका गर्यै थियो । श्रीमतीले ल्याएको चिया पनि सेलायो । डेड घण्टापछि ढाड मर्काउँदै कुमार उठ्यो ! श्रीमतीले भनी, “बिहानैदेखि कति व्यस्त हजुर ! चिया पनि सेलाइसक्यो ! सकिएन काम ?’’ “अब एक घण्टामा सकिन्छ !’’ “लौ, अझै एक घण्टा !’’ “बल्ल त लाइक र शेयर गरेँ, अझ कमेन्ट गर्नै बाँकी छ क्या !’’ श्रीमती ट्वाल्ल परिन् ! पाँच मुना छट्पटाइरहेकी थिेई ! सुमन छटपटाइरहेको थियो ! दुवै छटपटाइरहेका थिए ! “बल्ल एकाउन्न र आठ पुग्यो !’’ मुना फुसफुसाई ! “मेरो त अठहत्तर र पन्ध्र पुग्यो ।’’ सुमनले भन्यो । वाहियातहरू ! पाँच-पाँच हजार वाहियातहरू ! मुना दाह्रा किट्दै थिई । सुमन नबोले पनि उस्तै तनावमा थियो ! लोग्ने स्वास्नीले एकसाथ नयाँ फोटो पोष्ट गरेका थिए र लाइक र कमेन्ट गनिरहेका थिए ! ००० फल्स चर्च, भर्जिनिया, अमेरिका । #अमेरिका #गोविन्द गिरी प्रेरणा बिहान: कति सुन्दर छ बिहान! म टिप्न खाेज्छु बिहानको लालिमा प्रेमकाे कविता लजाएजस्तै लजाउँछ बिहान अाङ्गमा एकसरो छाेएर ऊ कहिले तल सर्छ कहिले माथि पुग्छ प्रेयसीकाे न्याना पलहरुकाे कल्पनाशीलताजस्तै छ बिहान म त्यही बिहानकाे घामफूल टिपेर पहिरिन खाेज्छु पाेशाक दिउँसाेभरि अघाउन टिप्न खाेज्छु एक अँजुली घामकाे बिस्कुन उभाएर एक सुर्काे घाम अचाउन खाेज्छु बिहानकाे पञ्चामृत मलाई उस्तै लाग्छ बिहान र प्रेयसी म टिप्न खाेज्छु बिहानीकाे दीप्तिमय साैन्दर्य मनभरि सजाउन खाेज्छु पारिजातकाे जस्तै बिहानीकाे लावण्य बिहान छाया भएर पाेखिन्छ बिहान सबैकाे ढाेकाकाे सँघारमा रङ्ग भएर छरिन्छ प्रियतमकाे हाँसाेजस्तै लाग्छ,बिहानकाे गुराँसे बैँस हरेक दिन उदाउँछन् फेरि फेरि उदाउने सङ्कल्प बाेक्छ बिहान मलाई प्रिय लाग्छ बिहानकाे अाभा र प्रियतमकाे मुहार। ललितपुर, गाेदावरी #ऋषभदेव घिमिरे #गाेदावरी #ललितपुर छिमेकी औधि मनपर्छ: म मेरो छिमेकीलाई औधि माया गर्थें ऊ पनि म भनेसि हुरुक्कै हुन्थ्यो छोरीको गोडा धुवाइमा होस् या नारायणको पूजामा मसँगै कुम मिलाएर हिँड्थ्यो खै म बद्लिएँ या उस्को स्वभाव फेरियो हरेक सालको मझधारमा केही वर्ष यता हामीबीच केही कुरा भएको छैन कुरा सुनिन्छ केवल रामे श्यामे वा हरिका मुखहरुबाट केही समय पहिले कमलरी प्रथाको एउटा लामो युग काटेर आस्ताइसकेको सूर्यझैँ निरीह मेरो आडैमा आएको छिमेकी मेरै कुवामा नुहाउँदै कति चाँडै शीतलाई चमक दिने भएछ अचम्ममा छु आज भोलि त उस्को ख्याउटे शरीर खाइलाग्दो भएको छ कति ठाउँमा मैलाई नै पेल्छु भन्दै हिँड्छ रे खास्सै दुश्मनी नै हैन अझै पनि रोटीबेटी चलेकै छ तर पनि बर्खा धान लगाउँदा उस्ले एक हात आलि तासेको थियो म चुप रहेँ अर्को मसान्त मकै लगाउँदा हलोको सियोले आलीमाथि नै छेड पार्यो अँहँ, केही बोलिनँ आज केही लामो समयपछि उठेँ म शरीर आफ्नै थियो आड लाग्ने खामो हराएछ यस विषयमा कुरा गर्न हजारौं पटक हामी भेटिरह्यौँ ऊ मेरा परिवारलाई भेटी थमाई हिडिरह्यो आज पनि ऊ मेरो कुरा सुनिरहन्छ निरन्तर सुनिरहन्छ कथं कदाचित बोलिहाल्यो भने ऊ मेरो बारीको इतिहास कोट्याउँछ मैले उसलाई भोक मेटाउन दिएका केही मुरी धानको कुरा गर्छ उस्को बारीमा सापटी लागेको खेतालाको कुरा गर्छ अनि खिसिक्क हाँसी सत्यतामा झूट बिकाउँछ त्यसैलै मलाई मेरो छिमेको औधि मन पर्छ। #भरत गौतम सीमा भए साँघुरा: कोइली कुहु गरेर दिनहुँ गाउँछे उसैका कुरा। मन्द भो किन स्वर तिनको यहाँ सीमा भए साँघुरा। एकेे पाइलाा टेकी उठ्थ्याे शीर याे, उच्च थियाे टाकुरा, सुन्ने भन्ने थलाे नि:शब्द छ यहाँ एक्लिएछन् पँधेरा। दैलो कुचो सकी हतास मनमा बज्थे ती छिन्छिन् चुरा दूषित भाे तलाउ, पाेखरी पनि हुन्नन् नि भाे अब पूरा। गलेे भष्म भए जगतजनका कलिला ती आँकुरा, बेकामे भएछन् वयहरुसङ्ग वलिष्ठ ती पाखुरा। हलाे, कुटाे अझ काेदालीहरुले बिर्से आलीले गरा, बिर्से भाकाहरु राेपारेहरुले नाच्दैनन् लौ मजूर। #विमला पौडेल तृष्णा समय र शून्य खेती: उमेरको तस्वीर खिच्दै बसेका मान्छेहरूलाई एकाएक पछ्यायो मृत्युको भयले यो कुनै थ्रिलर मुभिको छोटो कहानी जस्तो मात्र पनि भएन बस्तितिर उड्दै आइरहेको काँचो बतासमा त्रासको गन्ध यसभन्दा अघि उत्ति थिएन मानिसहरू सम्मोहनको पर्दा्भित्र उत्तेजित बाँचिरहेथे उक्लिएर नसकिने अहम् को पहाड उडेर नपुगिने महत्वाकांक्षाको क्षितिज बनाइरहेथे क्रमश ः क्रमश ः एकाएक रोकियो समयको गति तर उता उहिले उहिले झैँ नै सन्नाटामा झ्याउँकिरीहरू कराइरहेछन् लाटोकोसेराहरू आफ्नै नियमिततामा छन् बिच्छी खजुराहरूका दैनिकी बदलिएको छैन लामखुट्टेहरू उस्तै गतिमा छन् सर्पहरूको सल्याङमल्याङ कायम छ बरु यस युगमा मान्छेहरू पो थिए कि ? सबैभन्दा विषालु र समय प्रतिशोध लिइरहेछ । सत्तामा चिप्लेकीराहरू टाँसिएकै छन् तिनका फिँजलाई अमृतको थोपा सम्झिने समयका अनुवादक बताइरहेछन् –उल्टो कथा युग गँड्यौलाझैँ मुस्किलले घिस्रिरहेछ जो थिए अर्को क्षितिज टेक्न हिँडेकाहरू रोकिए बिचतिरै तर बाटाहरू उसैगरी तेर्सिएका छन् जो लान चाहन्छन् मानिसहरूलाई टाढा टाढा आकाश जताततै खुला छ जो भन्न चाहन्छ मानिसलाई –नाघ्दै जानू परिधि बगिरहेछ बतास बहिरहेछ नदी जो सिकाइरहेछन् मानिसलाई गतिको परिभाषा तर मानिस सम्झेर आफ्ना पुराना दिनहरू च्यापेर कच्याककुचुक अनुहार बसेको छ नियतिको कुनामा र गरिरहेछ –शून्य खेती ‘मान्छे’ जातिको परिचय टाँसेर म अर्थात् –एउटा मानिस निरिहताको अर्को अध्याय पढिरहेछु । तर सपना देख्न भने छाडेको छैन । #सुवास खनाल उज्यालो सपना: रात अन्धकार चिरेर चम्केका ताराहरू अनि तिनै ताराहरूको बीचमा बलेको जूनको गर्विलो अनुहार बोकेर अचेल आउन थालेको छ सपनामा मेरो सपना नदेखि निदाउने चाहनाको विरोधमा उभिएर हरेक राति यसरी रात उज्यालो बोकेर सपनामा उदाउँदा मेरा अरू सपनाहरूमा जस्तै म खै किन हो झस्किएर बिउँझेकी छैन आजसम्म त्यसो त मैले राति कौसीमा निस्किएर आकाशतिर नहेरेको पनि धेरै भयो यद्यपि सन्ध्या आरतिलाई छोड्न म असमर्थ छु न त जून मात्र मलाई उज्यालो दिन उदाउँछ न ताराहरू मलाई लिन आउँछन् तर पनि मैले कहिले जून कहिले तारा भएर हरेक राति रातमा सम्भावनाहरू देख्न थालेकी छु देखेर उज्यालो सपना। #आश्मा अर्याल हाम्रो बस्ती: इतिहासको कालखण्डमा २१ औं शताब्दीको पूर्वार्द्धमा शान्ति र समानताको बीचबाट समृद्धिको दिशामा अग्रसर, हाम्रो बस्ती गौरवपूर्ण अतीत, आशातित वर्तमान सूर्यका प्रकाशहरुमा लालीमय किरण रात दिन उज्यालै उज्यालो वातावरण प्रज्ज्वलित थियो चारैतिर रौनकता छाएको थियो केटाकेटी, युवा युवती उफ्री रहेथे बूढाबूढी त्यसै त्यसै टोलाएका थिए सब रमाएका थिए तर एक्कासि चिच्चाहाट र कोलाहल सुनिन्छ चारैतिर सन्नाटा पो छाएछ दिउसै रात परेछ हाम्रो बस्तिको शान्ति त्यसै त्यसै हराएछ त्यसैले त होला टाढा टाढाबाट चिहाइरहेछन् कुना कन्दराबाट चिच्याइरहेछन् उम्मिद छ, आशा छ, भरोसा छ आग्रह पूर्वाग्रहबाट माथि उठेर फेरि अघि बढ्नु छ शान्तिलाई पनि त खोज्नु छ भर्खरै सुनेको कुरा हो पारिपट्टिको बस्तिमा घाम लाग्यो रे हाम्रो बस्तिमा पनि घाम लाग्नै पर्ने हो सूर्यको प्रकाशले अन्धकारलाई चिर्नै पर्ने हो जब ग्रहण फाट्ने छ -घाम लाग्ने छ, तब शान्ति भेटिनेछ अनि रात दिन उज्यालै उज्यालो चारैतिर रौनकता छाउनेछ सब रमाउने छन्, हाम्रै बस्तीको गीत गाउने छन् । वीरेन्द्रनगर, सुर्खेत #ज्ञानेन्द्र शर्मा #वीरेन्द्रनगर #सुर्खेत कोरोना र प्रकृति: भारी संकट देखियो मनुश्यजनमा अत्याशको प्रहर । सारा मानव थुनिए भित्र घरमा चकमन्न छन् सहर ।। सभ्यतानै बिलाउने हो कि भनी चिन्ता बढेको झन् । खुल्दैछ प्रकृति भने निर्भय बनी ल्याउँदै पुरानैपन ।१। घुम्दैछन स्वतन्त्र भै कोइली वनका पाखा पखेरा सब । पानी निर्मल भई पबित्र नदी छन् चारै तिरका सब ।। नाच्दैछ्न् च्याँखुरा मयुर वनका खुसी उमङ्गै भरी । प्रफुल्ल छन् झनै हिमाल चुचुरा हषौँउल्लासै गरी ।२। खुसी छन् गण्डकी पवित्र जलकी काली र सेती भेरी । नाच्दैछन् पुतली स्वच्छ्न्द मन लिई शान्ती मिलेझैँ गरी ।। झुल्दैछ्न लहरा पबित्र बनका मान्दै ठूलो रहर । फोहोरका डङ्गुरमा निसास्सी बसेका मुक्तै भए सहर ।३। धूलो धूवाँ र बिषाद ग्यासले आक्रान्त थियो धरा । रोकिँदा सब बिशाक्त गतिविधी भएछ हराभरा ।। बड्दो प्रदुषण चुनौती विश्वमा थप्दै थियो दिन दिन । आफ्नै कारणले बिनास रोजेको बुझ्दैन मान्छे किन ।४। श्वासै बन्द हुने भएछ मनमा कोरनाको कहर । निस्प्राण भई सुते सरह छन् व्यस्तै हुने सहर ।। कस्तो अनुुभूति गर्न मिलेछ अहिले कोरोनाका खातिर । जित्ने प्रकृति हो जहिले जसरी बुझ्दैछु म आखिर ।५। के गर्ला फेरि मानव अलि पछि पनि सिद्धिएमा कहर । साँच्चै प्रकृति सिंङ्गार्न उद्धत हुने जन्मिन्छ कि रहर ।। कि फेरि मानव तयार हुने पो होकी लुकी बस्न कंदर । कि बुझ्ला धरणी मन्दिर हो भनी पार्नु छ झन् सुन्दर ।६। #कोरोना र प्रकृति #सुरेश जोशी को हो त्यो ?: को हो त्यो जो युगौँदेखि बनाइरहेछ तिमीलाई बन्धक को हो त्यो जो बाँधिरहेछ युगौँदेखि तिम्रा पाउहरूमा जन्जीर को हो त्यो जो कैँची बोकेर युगौँदेखि चुपचाप काटिरहेछ तिम्रा पंखहरू र, रोकिरहेछ तिम्रा उडानहरू । को हो त्यो जो युगौँदेखि पछयाइरहेछ चुपचाप तिम्रा पदचापहरुलाई शान्त शान्त त्यो तलाउमा आएका तरङ्गहरूसँग शून्यताले छाएको त्यो गोरेटोमा सूचनाबिना नै चलेका आँधीहरूसँग सुसाएका सल्लाघारीका सालहरू झैँ को हो त्यो जो तिम्रो धैर्यताका बाँधहरुलाई युगौँदेखि रोकिरहेछ सुनामी बनेर बग्नलाई को हो त्यो जो चिहाइरहकोेछ युगौँदेखि चुपचाप त्यो आँखीझ्यालबाट तिम्रा ती पाइलाहरूको डोबलाई घेराबन्दीमा पारेर । को हो त्यो जो तिम्रा मनले चाहेका तस्बिरहरूमा तिमीलाई मन पर्ने रङहरू भर्दा तिमीसँग चित्त दुखाउँछ । को हो त्यो जो तिमीले गाउने विद्रोहका गीतहरूसँग धोत्रिएको तिम्रो स्वरमा केवल कोमलतामात्र खोज्छ । को हो त्यो जो युगौँदेखि दवाउन चाहन्छ तिम्रा विद्रोहका आवाजहरूलाई को हो त्यो जो युगौँदेखि देख्न चाहन्छ केवल लज्जावति झारझँै लजाएका तिम्रा मुहारहरू । को हो त्यो जो युगौँदेखि प्रश्न गरिरहेछ तिम्रो अस्तित्वमाथि को हो त्यो जो युगौँदेखि उपहास गर्दै हाँसिरहेछ चाणक्यको झैँ एउटा कुटिल हाँसो । को हो त्यो जो युगौँदेखि तिम्रै रगतका धाराहरू पिएर बनाइरहेछ तिम्रै रगतका धाराहरूलाई अशुद्ध । को हो त्यो जो युगौँदेखि खिच्दैछ मर्यादाको एउटा लक्षमण रेखा र रोकिरहेछ तिम्रा पाइलाहरूलाई । #को हो त्यो #रूपा थापा फ्यान फिक्सनमा छिर्\u200dयो कोरोनाभाइरस: यतिबेला पिटर पार्कर (स्पाइडर म्यान) आफ्नी काकी मे लाई घरैमा बस्न र बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । बाहिर निस्क्यो भने कोरोनाभाइरसको संक्रमण हुने डरका बारेमा सम्झाउँदैछ । ठीक यही बेला ह्यारी पोटर उसको होगवार्ट विद्यालयमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न र यसबाट संवेदनशील स्वास्थ्य भएका बालबालिकालाई जोगाउन प्रयत्नशील छ । तपाईंलाई यी कुरा रोचक लागेनन् त ? हजुर, यतिबेला फ्यान फिक्सनमा रमाउनेका लागि गज्जबकै खाजा तयार भइरहेका छन् । फ्यान फिक्सन भनेको कुनै पात्र वा कथाप्रति तपाईं हुरूक्क हुनुहुन्छ भने ती पात्र र कथालाई नयाँ परिवेशअनुसार ढालेर लेख्ने नयाँ शैलीलाई फ्यान फिक्सन भनिन्छ । नेपाल र भारतमा चाहिँ यसलाई लीलालेखन भनेर चलाएको पनि पाइन्छ । स्पिडीगल नामबाट फ्यान फिक्सन लेखिरहेकी एक युवती भन्छिन्, ‘जब दैनिक जीवनमा ठूलो समस्या आउँछ, त्यो बेला मैले महान् ठानेका कमिकका पात्रहरू के गर्दै होलान् भनेर सोच्न थाल्छु । र, त्यसैलाई आधार बनाएर ब्लगमा लेख्न थाल्छु ।’ अमेरिकाको इलिनोइसको नक्स काउन्टीमा बसोबास गर्ने स्पिडीगल भन्छिन्, ‘त्यसैले मैले पनि ह्यारी पोटरलाई कोरोनाभाइरस संक्रमणका बेला गर्नु पर्ने काम लेखनीमार्फत अह्राइरहेकी हुन्छु ।’ कोविद १९ रोगका कारण अमेरिकामा मात्र लगभग ९६ हजार बढीको ज्यान गइसकेको छ । १५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै संसारभर ४८ लाखभन्दा बढी संक्रमित भएका छन् भने तीन लाखभन्दा बढीको ज्यान गइसकेको छ । यस्तो संकटको घडीमा साहित्यका चर्चित हिरो र पात्रहरू ज्यूँदै भएका भए वा त्यस्तो समस्यामा फँसिरहेका भए कस्तो व्यवहार गर्थे होलान् भनेर नयाँ पुस्ताका लेखकले सोचिरहेका छन् । के उनीहरू उपचार खोज्न लागिपर्थे ? बन्दाबन्दी (लकडाउन)मा यत्तिकै अल्छी गरेर समय बिताइरहेका हुन्थे या मानवजातिलाई जोगाउन केही उधुम गरिरहेका हुन्थे ? २१ वर्षीया न्युजर्सीकी विद्यार्थी अमान्दा सोरेन्टोले स्पाइडर म्यानको कथा लेखेर फ्यानिक्सन डट नेटमा पोस्ट गरिन् । गर्नुको कारण के थियो भने उनी नजिकै बस्ने हजुरबा-हजुरआमालाई भेट्न पाइरहेकी थिइनन् । यस्तो बेलामा तिनको स्वास्थ्यको चिन्ता अमान्दालाई चुलिएर आयो । उनलाई झट्ट स्पाइडरम्यान याद आयो, त्यसपछि उसकी बूढी हुँदै गरेकी काकी मे पनि याद आयो । स्पाइडर म्यान भएको भए उसले काकीलाई के के भन्थ्यो र भाइरसको गम्भीरता बुझाउँथ्यो भनेर कल्पदै गर्दा एउटा गज्जबकै सिर्जना तयार भयो । त्यसलाई उनले फ्यानफिक्सनकै वेबसाइटमा पोस्ट गरिन् र त्यसले राम्रै चर्चा बटुल्यो । कतिसम्म भने फ्यान फिक्सनका प्रेमीहरूले त एउटा बहस नै चलाए । यस्तो संकटपूर्ण घडीमा कुन सुपरहिरोले कोविद १९ रोगसँग राम्रोसँग भिड्न सक्छ ? कुन पात्रले कोविद १९ को खोप पत्ता लगाउन सक्छ ? जस्तो यसका लागि कमिक्सका चर्चित पात्रहरू छन्, डा. ब्रुस बेनर (द हल्क), टोनी स्टार्क (आइरन म्यान) । द हल्कभन्दा आइरन म्यान धेरै हिसाबले उम्दा भएकाले उसैले खोप पत्ता लगाउने केहीको दाबी चल्यो भने केहीले खर्बपति आइरनम्यानभन्दा बुद्धिमान चिकित्सक डा. ब्रुस बेनर (द हल्क) नै उपचार पत्ता लगाउने उत्तम पात्र भएको दाबी केही समय चलिरह्यो । स्टार्कले समययात्रा (टाइम ट्राभल) समाधान गर्ने खुबी पाएको हुँदा उसले पनि भ्याक्सिन पत्ता लगाउँछ, स्रेकोरसले लेखेलगत्तै अर्काले भने डा. ब्रुस जीवविज्ञानको विशेषज्ञ भएकाले उसले नै खोप ल्याउन सक्ने तर्क खान्फखानले गरे । केही कथामा भने एभेन्जरका सदस्यहरू बन्दाबन्दीका कारण दिक्क भएर कसरी ब्ल्याक विडो, हकी र अन्य एकअर्कालाई प्राङ्क गर्दै बस्छन् भनेर प्यारोडी लेख्न पनि भ्याए । एक जनाले भने एउटा रोचक छोटो कथा लेखेका छन्, बन्दाबन्दी लम्बिदै जाँदा आफ्नो घनमा खिया नलागोस् भनेर थोरले कसरी रबरब्यान्डले बेरेर राखेको छ । केहीले भने बन्दाबन्दीका बेला स्वास्थ्यमा ध्यान दिनुपर्छ भनेर कसरी क्याप्टेन अमेरिकाले सर्वसाधारणालाई हात धुने कला सिकाइरहेको छ र एउटा प्रतिभाशाली सुपरहिरोको क्षमता ह्रास भइरहेको छ भनी कथा लेखेका छन् । यसरी फ्यान फिक्सन लेख्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको वेबसाइटका सञ्चालकले जनाएका छन् । गएको मार्चमा मात्र यो वेबसाइटको भिजिटर ३०० मिलियन पुग्यो । जसका कारण वेबसाइटको सर्भर नै डाउन हुन पुग्यो । २९ वर्षीया उपन्यासकार हाना मोस्कोवित्ज भन्छिन्, ‘म एउटा चलेको उपन्यासकार भए पनि गर्न लायक काम केही भेटिनँ भने फ्यानफिक्सन लेख्न दौडिहाल्छु भने झन् कुनै उपन्यासको डाइहार्ड फ्यानले त केसम्म गर्दो हो ?’ हिजोआज इन्टरनेटका कारण आफूलाई मन परेका पात्र र पुस्तकमाथि लेख्ने र त्यसलाई पढाउने काम सजिलो बन्न पुगेको छ। त्यसैले पनि अहिलेको विश्वव्याधिमाथि लेख्नेको संख्या ह्वात्त बढेको केहीको धारणा छ । म्युटन्ट निन्जा टर्टलका सदस्यहरू भने यतिबेला न्युयोर्क नै संक्रमित भएका कारण अन्यत्र शरण लिन गएको कथा एक जनाले जोडेका छन् । सामान्यतः उनीहरू जस्तोसुकै अवस्थामा पनि न्युयोर्क नछोड्ने र त्यहाँका खराब पात्रलाई तह लगाउने भए पनि यस पटक हार मानेको कथालाई धेरैले रूचाएका थिए । केहीले जेन अस्टिनको प्राइड एन्ड प्रेजुडिसमा एलिजाबेथ बेनेट र मि. डार्सीको प्रेममा कोरोनाभाइरस बाधा बनेर आएको र विछोडको अवस्थामा पुर्याएको कथा लेखेका छन् । एलिजाबेथले उसकी दिदीको बिहेका लागि राम्रो तयारी गर्दागर्दै अचानक कोविद १९ रोगका कारण बिहे नै बिथोलिएको कथा जोडेर पाठकलाई मनोरञ्जन दिलाइरहेको छ । फ्यान फिक्सनमा सधैँ नम्बर एक रहन्छ, ‘स्टार ट्रेक’ । यसमाथि बेलायतको बिर्मिङघमकी बर्नी डानाहारले लेखेकी छन्, ‘पृथ्वीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि यहाँ आँखा लगाइरहेका मानव जातिभन्दा बुद्धिमान एलियनहरूले मान्छे बन्दाबन्दी गरेर जब एकान्तबास बढाएको देखेर कति मूर्ख रहेछन् भनी टिप्पणी गर्छन् । तर जसै मान्छेको मृत्युसंख्या डरलाग्दो तरिकाले बढ्दै जान्छ, उनीहरू पृथ्वीमा तत्काल आक्रमण नगर्ने निष्कर्षमा त पुग्छन् नै बन्दाबन्दी, सामाजिक दुरी र एकान्तबासको महत्त्व कति ठूलो रहेछ भन्ने पनि बुझ्छन् ।’ तपाईंले यी सबै कुरा पढेपछि कर्नाली ब्लुजको केटो, जब आफ्नो बाबुको मृत्युका बखत सहभागी हुन नपाएको र यसको मूल कारण कोरोनाका कारण भएको बन्दाबन्दीले उता बा अस्पतालमा र यता छोरो काठमाडौँमा कसरी छटपटाइरहेका छन् भनेर लेख्न मन लागेन ? अथवा, पागलबस्तीका मानिसहरू पागल हुनुमा कुनै खास किसिमको संक्रमणले भूमिका खेलेको भनेर बस्तिइतरका मानिसहरूले कुरा काटेनन् होला ? तपाईंलाई के लाग्छ ? कल्पनाशीलता प्रयोग गर्दै तलको कमेन्ट बक्समा केही लेख्नुस् न है ? #फ्यान फिक्सन #लीलालेखन सोदाहरण: “पिताश्री,सापेक्षवाद भनेको के हो ?” हुर्किएको छोरोले आफ्नो जन्मदाता लेखक एवं प्रोफ़ेसर “भाष्करराज़ विनोदी”सित यस्तो प्रश्न गर्\u200dयो। लघुकथा लेख्न व्यस्त विनोदी मौन रह्यो। एक घन्टापछि विनोदीको घरमा एक ‘जय नेपाल मित्र’ आयो। आधा घन्टा गफ भयो। पुत्रले पनि ध्यान दिएर सुन्यो। विनोदीले २००७ सालदेखि २०७७ सालसम्मको ‘जय नेपालपुरम’को उज्यालो पक्ष मात्र हाइलाइट गर्\u200dयो। मित्र ख़ुशी भएर गयो। पहिलो मित्र गएको आधा घन्टापछि “लालबहादुर भोलाराम” आयो। “एक दिन यो संसार कोरोनामय भएजस्तै मार्क्समय हुन्छ- साम्यवाद अपरिहार्य” यो निचोड़को गफ भयो | भोलाराम पनि अति प्रफुल्ल भएर गयो। फेरि दुई घन्टापछि “महेंद्र गिरी कोपिला” आयो। विष्णुको भजन गायो। “यो देशको भलो गर्ने शक्ति पृथ्वीनारायण शाहको ‘जीन’मा मात्र छ- यी कुनै पनि…..सक्ने कुरा असम्भव…राजा…आजा…” भनी मीठो खाजा खाएर कोपिला पनि लाग्यो पूर्व | – बाउको पारा देखेर छोरो मुर्मुरियो। बाउ कड़ा हो। सानोमा खाएको थप्पड़ सम्झियो। “कड़ा मास्टर” नाम कमाएको– विद्यार्थी पिटेर। मसिनो स्वरमा आफ्नो विमति प्रकट गर्\u200dयो, “हजूर जस्तो मान्छेले के गरेको पिताश्री ? यस्तो दहीचिउरे ? पीपलपाते ? किन बा ? हामीलाई के पुगेको छैन र यस्तो दोगला चरित्र ?” मुसुक्क मुस्कुरायो विनोदी। “छोरा, मैले तेरो प्रश्नको उत्तर ‘सोदाहरण’ दिएको हूँ– यही हो सापेक्षवाद– कुराले मान्छेको मन किन दुखाउने ? किन बढ़ी जान्ने हुने ? कला हो कला –जिन्दगी एक कला हो –हामी कलाकार !!” “उसो भए ‘पाखण्ड’ के हो त ?” छोराले अर्को प्रश्न सोध्यो। “भोलि मसित एउटा प्रवचन सुन्न जाने ….साँझ क्लियर !” “नारीको उत्थान –समयको माग” शीर्षकमा एक नेता भाषण –धारा प्रवाह ….सुने बाउछोराले। “अब्बल” नेताको प्रवचन। नेताजी विनोदीको साथी। साँझ बाउछोरा नेताको घर पुगे। नेताजी पत्नीलाई जथाभावी गाली गरिरहेको थियो। पत्नी निरीह- आँखा फेवा रारा। घर फर्किए, बाउछोरा। “पिताश्री, क्लियर। हजूर किन सर्वप्रिय गुरु हुनु भो भनेको त आज पो थाहा पाएँ।” #चितवन #धनराज गिरी भर्चुअल दुनियाँमा रमाइरहेको नेपाली साहित्य: दर्जन बढी कृतिका सर्जक कृष्ण धरावासीलाई कोरोनाको कहरबीच भएको बन्दाबन्दीले खासै असर पारेको छैन । बन्दाबन्दी अघिका दिनझैँ अहिले पनि केही न केही साहित्यकर्ममै बिताइरहेछन् उनी । ‘यी फुर्सदिला दिनमा मैले केही कथा तथा निबन्धहरु लेखेँ, जुन विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित भइरहेका छन्,’ उनले पट्यारलाग्दो दिनहरुलाई ऊर्जाशील बनाइरहेको बताउँदै भने, ‘आफ्नै केही पुराना किताबहरुको सम्पादन पनि गरिरहेको छु । ‘लीला लेखन’, ‘आधा बाटो’ लगायत थुप्रै किताबहरु दोहो¥याएर छाप्नु पर्ने हुनाले ती किताबहरु पनि हेर्दैछु ।’ एउटा लेखक प्रायः सिर्जनाका लागि एकान्तबास नै खोज्छ । तर अहिलेको जस्तो एकान्त भने कुनै पनि लेखकले प्रायः नखोज्ने ‘योगमाया’का लागि मदन पुरस्कार विजेता नीलम कार्की निहारिका बताउँछिन् । अमेरिकालाई कर्मथलो बनाएर नेपाली साहित्यकर्ममा तल्लिन उनी अहिलेको अवस्थामा गर्दै गरेका लेखन कार्य पनि छोडेर बसेको बताउँछिन् । लेखनकै सिलसिलामा उनको नेपाल आउने कार्यक्रम तय भइसके पनि बन्दाबन्दीले रोकिएको उनले बताइन् । उनी भन्छिन्, “मेरो अहिलेका दिनहरु कति जना कोरोना संक्रमित थपिए र कतिको मृत्यु भयो भन्ने हेर्दैमा बितिरहेको छ । पछिल्ला दिनहरुमा भने त्यो पनि हेर्न छाडेकी छु । समय हुँदैमा लेख्न सकिन्छ भन्ने होइन रहेछ । मानसिक रुपमा स्वस्थ नभई एउटा लेखक लेखनमा लाग्न सक्दैन रहेछ । मेरो आफ्नो हिसाबमा चाहिँ यी दिनहरुमा मैले केही पनि लेख्न सकेकी छैन ।” लेखेरै जीवन धान्ने साहित्यकार निकै कम छन् । साहित्यसँगै अन्य प्रमुख पेशा अपनाउनेहरु बढी भएकाले थाँति रहेका कयौँ काम सक्न यो बन्दाबन्दीले कतिपयलाई सहयोग गरेको पौड्याल बताउँछन् । कोरोना कहरको बीचमा नयाँ सृजन शून्य प्रायः बनिरहे पनि अनुवादका कामहरु भने आफूले गरिरहेका बताउँछन् उनी । हालै पौड्यालले नीलम कार्की निहारिकाको मदन पुरस्कार विजेता उपन्यास ‘योगमाया’को अंग्रेजी अनुवाद सिध्याएका छन् । त्यस्तै अन्य फुटकर कथा र कविताहरुको पनि अनुवाद गरिरहेका छन् । नवपुस्ताको सुरेश बादलको पहिलो पुस्तकाकारका रुपमा आत्मपरक आख्यान गएको चैतमा नै फाइनप्रिन्टबाट आउने निश्चित थियो तर रोकियो । कोरोनाकै कारणले भने उनले आफ्नो काममा रोकिएनन् । यस कोरोना कहरको समयमा उनले पाउलो कोएलोको अंग्रेजी भाषाको उपन्यास ‘हिप्पी’को नेपाली अनुावाद गरिभ्याए । यस्तै अर्काे उपन्यासको अन्तिम सम्पादन पनि सिध्याएको बताउँछन् । ‘रक्तकुण्ड’जस्तो ऐतिहासिक उपन्यासका श्रष्टा कृष्ण अविरललाई पनि कोरोनाको कहरले त्रसित बनाएको छ । तर पनि उनी चुपचाप भने बसेका छैनन् । उनले यही कोरोना कहरको बीचमा एउटा ऐतिहासिक उपन्यास तयार पार्न भ्याएका छन् । यस्तै उनको प्रकाशन संस्था मञ्जरी प्रकाशनमा प्रकाशनका लागि आइपुगेका नयाँ तथा पुराना पुस्तकहरुको सम्पादन समेत गरिरहेका छन् । उनी भन्छन्, ‘कामै ठप्प पार्ने कुरा भएन । अनुकूल मिलाएर प्रकाशन गर्ने पुस्तकहरुको तयारी त गर्नै प¥यो नि !’ बन्दाबन्दी बढ्दै जाँदा भने साहित्यकारहरुलाई पनि घर चलाउने समस्या चुलिँदै जान थालेपछि सिर्जनाकर्म पनि उल्टो गियरमा जाने समीक्षक महेश पौड्याल बताउँछन् । उनी भन्छन्, ‘भोककै कुरा आएपछि चिन्तन प्रायः शून्य हुन्छ । यो समय कोरोनाकै चिन्तनमा लाग्न हरकोही बाध्य छन् ।’ के भइरहेछ भर्चुअल दुनियाँमा ? कर्णाली बुक रिडर्स, बुकाहोलिक्स, किताब यात्रा, एभरेस्ट टक मात्र होइन, फेसबुकका कयौँ ग्रुपहरुले साहित्य विधामा काम गरिरहेका छन् । कसैले कथा सुनाइरहेका छन्, कसैले कविता, कसैले गजल वाचन गरिरहेका छन् त कसैले पुस्तक वाचन कार्यक्रम । यसरी हेर्दा साहित्यमा रुचि हुनेहरुले बन्दाबन्दीलाई मज्जैले उपयोग गरिरहेका छन् । यस्ता बहस र वाचनले नेपाली साहित्यलाई नोक्सान भने पु¥याएको छैन । हिजोका दिनमा व्यस्त भएका साहित्यकारहरु पनि अहिले साहित्य बहसमा उत्रिएका छन् । यस किसिमका बहसले साहित्यमा नयाँ आयाम त थप्ने नै छ, साथमा लेखकलाई आफैँतिर फर्किन र पाठक नजिक पुग्न पनि मद्दत गर्ने छ । मझेरी, विकास न्यूजलगायत विभिन्न संस्थाहरुले यो समयमा ठूलो राशिका विभिन्न कविता, कथा तथा निबन्ध प्रतियोगितासमेत आयोजना गरिरहेका छन् । कतिपयले युट्युबलाई माध्यम बनाएर कविता वाचन कार्यक्रमसमेत चलाइरहेका छन् । यसले पछिल्लो पुस्ताका लेखकलाई प्रोत्साहन समेत गरिरहेको छ । बुकहोलिक्सले बन्दाबन्दीपछि आयोजन गरेका साहित्यकारसँगको साक्षात्कारले पाठकसँग सिधा जोड्न सहज भएको सहभागी साहित्यकारहरु बताउँछन् । तर सिर्जना औसत र भर्चुअल दुनियाँमा बढी रमाउने कार्यले भने लेखकहरु पाठकका लागि चाहिनेभन्दा सस्तो बन्ने पो हुन् कि भन्ने चिन्ता पनि बढिरहेको आलोचकहरुको धारणा छ । साहित्यको साख भर्चुअल दुनियाँमै नेपाली साहित्य घुमिरको अवस्थामा साहित्यको साखमा कस्तो प्रभाव पर्छ ? यसबारे अरुले भन्दा पनि लेख आफैँ ध्यान दिन आवश्यक छ । हामी कोरोनाको बाध्यात्मक परिस्थितिमा छौँ । र, केही लेखकहरु यस समयमा पनि वैचारिक बहसमै छन् । तर बाँकी केही लेखकहरु भने भर्चुअल दुनियाँमा भुलेर यस्तो असहज परिस्थितिमा आफ्नो भूमिकाबाटै टाढा गइरहेका पनि छन् । “प्रायजसो नेपाली लेखकको कोही न कोही विदेशमा छन् । कोरोनाको कहर डरलाग्दो छ । फोन आइरहन्छ । खबर आइरहन्छ । देशभित्रै पनि त्यस्तै ।”– अहिलेको विश्व महामारी कोरोनालाई नजिकबाट नियालिरहेका पौड्याल भन्छन्– “म आफैँ पनि केही गर्न खोजिरहेको छु । तर मेरो कार्यक्षता दसमा एक बनेर झरेको छ । केही पोस्ट हुँदैछन् भने ती सबै पुराना सिर्जना हुन् । नयाँ एउटा पनि छैन ।” कोरोनाले मानव संवेदनालाई गिजोलिरहेको समयमा साहित्य सिर्जन हुन गाह्रो छ । साहित्यकारहरु डाक्टर होइनन्, सरकार होइनन्, त्यसैले भूमिका गौण होला । तर मनोवैज्ञानिक रुपमा पाठक तथा जनाताका लागि उनीहरुको भूमिका विशेष रहन्छ । अरु केही गर्न नसके पनि भर्चुअल दुनियाँबाट केही बाहिर निस्किएर आफ्नो चिन्तन दृष्टिबाट आमजनता तथा पाठकलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लेखक तथा साहित्यकारहरुको ठूलो भूमिका रहने पौड्याल बताउँछन् । #कृष्ण ढुङ्गेल मूल्याङ्कन: पाउदेखि शिरसम्म हेरेर सानाे छाेरालाई हप्काए उनले, – ‘कति चकचके हाे ।’ – ‘मेराे भात खाने टेबलमा राखेकाे नयाँ चस्मा खसाएर प्याट्टै पारिदियाे ।’ – ‘बिगार्ने कुरामात्र सिक्छन् कि क्या हाे स्कुलमा यिनीहरू?’ श्रीमतीतर्फ कर्के नजर लगाए, – ‘यिनीहरू कसरी गरेर खान्छन् कुन्नि?’ – ‘एउटा चियामा चिनी अड्कल्ने ढङ्ग छैन ।’ – ‘कैले चिनी पकाएजस्ताे ।’ – ‘कैले पानी उमालेजस्ताे ।’ सानी छाेरीमाथि बाङ्गा आँखा खसाले उनले, – ‘हाेइन एउटा पेन्सिल पनि खाेजेर नभेटाउने?’ – ‘के पढ्छाै, के सिक्छाै तिमीहरू ?’ – ‘कैले किताब भेटिएन, कैले कापी भेटिएन ।’ अर्काे दिन सानी छाेरीले आमालाई साेधिन्, – ‘आमुआमु बुबा करेसाबारी जानलाग्नुभएकाे हाे ?’ उत्तरमा आइन् आमा, – ‘हाेइन छाेरी, बुबा त अफिस जानलाग्नुभएकाे ।’ – ‘ए… हाे र अनि बाबाकाे जुत्ता त छैन त खुट्टामा ।’ सानी छाेरी बाेलिन् । जुत्ताबिना अफिस हिंडेका बा सन्के, – ‘कति नै जान्ने ।’ छाेरी मुसुमुसु हाँसिन् । तर लाजले पाइन्टकाे चेन बन्द गर्नुस् भन्न सकिनन् बुबा पुरानै चस्माले आँखा छाेपेर अफिसतिर हानिए । छाेरी आँखामा सूर्यमुखी फूल फुलाएर बुबालाई परसम्म हेरिरहिन् । भर्जिनिया, अमेरिका #अमेरिका #जगन्नाथ पाैडेल #भर्जिनिया भातृद्वन्द्वको कहरमा महारानी: – रमा अधिकारी मिथकहरूको एउटा आर्किटाइप अर्थात अद्यरूप भाइवीचको द्वन्द्व धेरै मिथक र इतिहासको प्रसङ्गहरूमा पाइने एउटा विषय हो । मिलानका राजा एन्टोनियो र प्रोस्पोरोको कथा, डेन्मार्कका राजा हेम्लेट र क्लाउडिउसको प्रसङ्ग, निसदका राजा नल र पुस्करको कुरा होस् वा महाभारत र रामायणका प्रसङ्ग हुन् — भाइभाइबीचको द्वन्द्व, र त्यसको चपेटमा परेका आम जनता, महिला तथा बालबालिकाको जीवन कथा कारूणित बन्दै आएका प्रसङ्गले इतिहास र मिथकहरू भरिएका छन् । ती इतिहास र मिथकहरूको नवइतिहासवादी विपठनले उक्त द्वन्द्वहरू आफ्ना कतिपय सङ्कथनको गर्तमा लुकाएको सत्यहरूलाई अगाडि ल्याइदिन्छ र नयाँ सत्यहरू स्थापित गरिदिन्छ । यस्तै भातृद्वन्द्वको जगमा उभिएको ऐतिहासिक कथा बोकोको छ पोखराका स्रस्टा चन्द्रप्रकाश बानिय को उपन्यास महारानी । २०७६ सालमा शिखा प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको कार्यपीठिका तत्कालीन बाइसे–चौबिसे अन्तर्गतको पर्वत राज्य हो । इतिहास, मिथक र काल्पनिकताका गतिलो सम्मिश्रण यस उपन्यासको माध्यमबाट लेखकले तीन शताब्दिअघिको इतिहासलाई उजागर गर्दै तत्कालीन बाइसेचौबिसे राज्यमध्येको एक, देउपुर राजकुमारी विश्वप्रभा कसरी आजपर्यन्त महारानी का रूपमा पूजित र सम्मानित छिन् भन्ने कुरा विभिन्न श्रोत तथा माध्यमबाट सूचना सङ्कलन गरी सत्यतथ्य पत्ता लगाई आख्यानीकृत गरेर निकै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । यस उपन्यासमा उनले तीन शताब्दिअघिको बोलीचालीको भाषा प्रयोग गरेका छन् भने त्यस युगको राजनीति, रीतिरिवाज, धर्मसंस्कृति, परम्परा, चालचलन, कानुन, स्त्री–पुरुष सम्बन्ध, प्रेम, राजा–रैति सम्बन्ध अर्थतन्त्र, कूटनीति आदिका बारेमा निकै कुशलतापूर्वक प्रस्तुत गरेका छन् । कथावस्तु, मूलरूपमा भाइहरूबीच राज्य विभाजनको कलह, र यसैसँग जोडिएर आएको खण्डित प्रेम र विवाहको जगमा टेकेको छ । सत्ताको यस चक्रमा, र पुरुष अहमको जाँतोमा पिसिएर महिला र उनीहरू प्रेम कसरी बली चढाइन्छ, त्यो कथाका सार तत्व हो । कथाअनुसार प्रतापी नारायण मल्लले २०००० घरधुरी भएको पर्वत राज्यलाई आफ्ना तीन भाइ छोरा र दुई भतिजाममा अंशवण्डा गरेपछि पर्वत राज्य १६०० घरधुरीमा सीमित भएको थियो । सो पर्वत राज्य प्रतापी नारायणले आफ्ना सर्वप्रिय माहिला सुपुत्रलाई दिएका थिए । यसै वंशमा अन्य राजा राज्य गर्दै गए । भाइभतिजा मिलेर वरिपरि चारै किल्ला बाँधी पर्वत राज्य शक्तिशाली र सुरक्षित बनाउन खोजे, र लामो समय सुरक्षित पनि रह्यो । पछि उनै प्रतापी मल्लका दरसन्तान राजा घनश्याम पर्वतका राजा भए । उनका दुई रानीमध्ये जेठी रानी लम्जुङकी राजकुमारी गुलबदन तथा कान्छी जुम्लाकी जयन्ती भए । गुलवदनका छोरा मलेवम जन्मले जेठा र कान्छी रानी जयन्तीका छोरा भद्रिवम गर्भले जेठा थिए । कान्छी रानीले जेठी रानी गुल्वदनका अगाडि त्यति मानमनितो नपाएको महसुस गरी गर्भिणी अवस्थामै जुम्ला गई बसिन् । मद्रिवम मावली घर यानि जुम्ला दरबारमै हुर्किए । जन्मले जेठा भएका कारण मलेवम युवारज घोषित भएपछि भद्रिवम पनि जुम्लाबाटा झिकाइयो । मलेवम युवराज घोषणा भएपछि छिमेकी राज्यहरू आफ्नी राजकुमारी पर्वतको हुनेवाला महाराजलाई दिन लालायित भए । यसै क्रममा छिमेकी राज्य देउपुरकी राजकुमारी विश्वप्रभा र खाँचीकी राजकुमारी महलवसन्ताको डोली भित्र्याइयो । विवाहको राम्रो साइत नजुरेकाले दुई वर्षपछि मात्र विवाह सम्पन्न हुने र त्यस अवधिमा राजकुमारीहरूको शिक्षादीक्षाको प्रवन्ध पनि दरबारमै हुने प्रचलन थियो । पहिला पहिला जन्ती लिएर अन्य राज्यमा जाँदा बाटैमा राजकुमारको हत्या र लुटपाट हुने गरेकोले बेहुली पक्षबाट डोला भित्र्याई राम्रो साइत जुरेपछि राजदरबारमै बिहे गर्ने चलन सुरु भयो । यिनै दुई वर्ष अवधिमा राजकुमारी विश्वप्रभा र मलेवमको गहिरो प्रेम सम्बन्ध स्थापित भयो । मलेवम युवराज घोषणा भएपछि, जुम्लाको राजा र अन्यको उक्साहटमा भद्रिवम आफू राजा हुन पाउनुपर्ने नत्र भाईअंश मात्रै भए पनि पाउनुपर्ने कुरामा अड्डी लिए । उता महाराज घनश्यामले महाभारत र पुराणका उदाहरण दिएर भद्रिवमलाई सम्झाउने कोशिस गर्छन् । भने, “गर्भले जेठो तिमी नै हौ । जन्म पनि पहिल्यै भैदिएको भए र मैले मलेवमलाई राज्य दिन खोज्याको भए पो अन्याय हुन्थ्यो । सातै महिनामा जन्मेर पनि बाँच्याका हुनाले गादीको पहिलो हकदार बन्ने अवसर मलेवमले पाए । त्यसमा मेरो के दोष छ र?” तर सानैदेखि जुम्ला दरबारको संस्कार पाएका भद्रिवम आफूले पनि राजपाठ पाउने कुरामा अड्डी लिइरहे । यसैबीच अरू पनि जयजन्म भएकोले महाराज घनश्यामका छ भाइ छोरा भए । राज्यलाई छ भागमा अंशबन्डा गर्दा ६ टुक्रा हुने भएकाले उनी त्यसो गर्न राजी भएनन् । भद्रिवम भने आफूले राज्य नपाए विश्वप्रभासँग आफ्नो विवाह गरिदिनुपर्ने र त्यसो भयो भने आफूलाई राज्यको अंश नचाहिने नयाँ मागका साथ आइपुगे । विश्वप्रभा भने उनका दाइ मालेवमसँग प्रेममा थिइन् र विवाह पनि तय भएको थियो । भद्रिवमले यस्तो माग राख्नुको कारणचाहिँ मलेवमले राजकुमारी त्यग्न सक्दैन् र राजपाठ नै त्यागी भद्रिवमलाई सुम्पिदिन्छन् भन्ने हो । मलेवम र विश्वप्रभाले बरू राजपाठ नै त्याग गर्ने तर आफूहरू छुट्टिन नसक्ने कुरा व्यक्त गरे । महाराज घनश्यामले भने विश्वप्रभालाई भद्रिसँग बिहे नगर्दा पर्वत राज्यले धेरै हानी–नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ भनी उनलाई भद्रिसँग बिहे गरिदिन राजी गराउन कोशिस गरे । विश्वप्रभाले बरू आफू आत्मदाह गर्ने वा देउपुरै फर्किने तर भद्रिवमसँग बिहे गर्न नसक्ने कुरा बताइन् । भनिन्, “दुई प्रेमीहरू सगोलमा साझा मृत्युवरण गर्न सक्छन् तर छुट्टिने सल्लाह गर्न सक्दैनन् ।” तर राज्य र प्रजाका हितका लागि बाध्य भएर अन्त्यमा उनले यो प्रस्ताव स्वीकार गर्छिन् । उनी राज्यको अखण्डता र सुरक्षाका लागि आफ्नो प्रेमको बलिदानी दिन तयार हुन्छिन् । यद्यपि, यसलाई उनी सजया ठान्छिन् । भनिन्, “ धिक्कार छ छोरीको जुनिकन ! जन्म दिन्या मातापिताले छोरीको इच्छा चाहना क्या छ भनी एक वचन नसोधिकन बिरानो ठाउँमा पठाइदिस्यो । पर्वतले डोला स्वीका¥यापछि आफ्नो कर्तव्य पूरा भएको ठानिस्यो । माथिबाटै दैवले जोडी बनइकन पठाउँदा सकभर राम्रो होला, नभया जस्तो पनि सहुँला ब्यहोरुँला, आफ्नो कर्म उस्तो भनिकन चित्त बुझाउँला भनियो । दैवसंयोगले राजकुमार मलेवमसँग दिल बस्यो, मन मिल्यो । हिजो आमा बुवाबाट भयाको उपेक्षा बिर्सियो । पर्वतलाई आफ्नो सर्वस्व ठानियो । तर पर्वतले म निर्दोसकन सजाया दिन्या भयो । मन मिल्याका जोडी टुटाइकन सजाय नै त हो ।” भद्रिवमको विवाह विश्वप्रभा र मलेवमको विवाह महलवसन्तासँग भयो । महाराज घनश्याम राजपाठ मलेवमलाई सुम्पेर काशीतिर हिँडे । भद्रि सर्तअनुसार बेनी नजिकै रहेको ज्यामरुक डाँडामा महल बनाई विश्वप्रभासँग बस्न थादले । भद्रिको अर्को विवाह पहिले नै नलिनीसँग पनि भएको थियो र दुवैको प्रेमिल सम्बन्ध पनि भयो । विश्वप्रभासँग उनको कुनै लगाव थिएन न त विश्वप्रभावको उनीप्रति कुनै प्रेम र समर्पण भाव थियो । भद्रिवम ज्यामरुक डाँडामा बसी आफ्ना समर्थकहरूसँग साँठगाँठ गरी पर्वत राज्यका विरुद्ध षडयन्त्र रच्न थाले । पर्वतका राजाले गर्मीमा ढोलढाना र जाडोमा बेनी गरी दरबार सारिरहन्थे । बेनी सरेका बेला आक्रमण गर्न सजिलो होस् भन्नका लागि पनि भद्रिवम ज्याम्रुक बस्दैआएका थिए । शरीरले आफू भद्रिकी भए पनि मन, वचन र कर्मल सधैँ मलेवम र पर्वत राज्यका हितमा काम गर्ने वचन दिएकी राजकुमारी विश्वप्रभा भद्रिलई त्यसो नगर्न सम्झाउँछिन् । भद्रि भने “आफू राजकुमार भइकन राजा बन्ने सोच राख्नु जायज हो” भनी षडयन्त्र रचिरहन्थे । यो सूचना विश्वप्रभाले मलेवमलाई दिए । भद्रिले दाजु मलेवमको हत्या गरी राजपाठ आफ्नो हातमा लिने षडयन्त्र पूरा नहुँदै मलेवमले भद्रिवममाथि आक्रमण गर्न लगाई उनका सहयोगीसहित उनको हत्या गरिदिए । यसरी राजकुमारी विश्वप्रभाले पर्वत राज्यको रक्षा गरेकी र आफ्नो प्रेम, खुसी, परिवारलगायत सर्वस्व आहुति दिएकी हुनाले राजा मलेवमले सम्मानस्वरूप उनलाई “महारानी” घोणा गरी “राजमाता” का रूपमा सम्मान दिई नवनिर्मत महलमा बस्न अनुरोध गरे । आफ्नै परिवारको हत्या गराएकोमा विश्वप्रभालाई अपराधबोध पनि हुन्छ र उनी सुटुक्क दरबारबाट निस्किन्छिन् र सन्यासिनी बनिन् । उनैको बलिदानीको सम्मानस्वरूप मलेवमले उनलाई राजमाताको सम्मान दिन्छन् र महारानीको पदवी दिए । पछि गोडधुप गर्दा, महारानीलाई समेत धूपध्वजा, अक्षता दिन सुरु गरेको र त्यही चलनले “देउती” बाट देवी भगवती हुँदै पर्वत राज्यको अखण्डताको निम्ति आफ्नो सर्वस्व बलिदान दिने महान धिरोदत्त वीराङ्गना राजकुमारी विश्वप्रेभाले देवीको सम्मान पाइन् र आजपर्यन्त “महारनी”को नामले पूजित छन् । यस उपन्यासका महŒवपूर्ण पात्रमा राजा घनश्याम, रानी गुलवदन, युवराज मलेवम, राजकुमार भद्रिवम, राजकुमारी विश्वप्रभा र अर्का एकजना काजी सुमन्त बानियाँ हुन् । महाराज घनश्याम न्यायप्रेमी, राज्यका हरेक निर्णयरू सबैको सल्लाह लिएर मात्रै गर्ने स्वभावका छन् । उनलाई नीतिनियम, परम्परा, संस्कार, कानुन सबैका बारेमा विज्ञहरूसँग सल्लाह लिएरमात्रै कमद चाल्ने, दयालु स्वभावका भनेर देखाइएको छ । महारानी गुलवदन पनि सहनशील, दयालु, सबैलाई समान व्यवहार गर्ने, पचासको उमेरमा पनि पैँतीसकी जस्ती देखिने सुन्दर छिन् । अर्का पात्र सुमन्त बानियाँ गोरो वदन, उन्नत ललाट, चिम्कला आँखा, बलिष्ठ शरीर, हेर्दा खाइलाग्द भर्खरकै तन्नेरी तर ज्ञानगुन, इतिहास, पुराण, कूटनीति सबैमा पोख्त छन् । उनी मानिसमा रहेका अन्धविश्वास र भ्रमहरूको निवारण सत्यतथ्य र ज्ञानगुनका कुरामार्फत् गर्छन् । उनले समाजमा व्याप्त कतिपय झुटा मनगडन्ते किम्बदन्ती र लोकोक्तिहरूको चिरफार गरेका छन् । तर सुमन्त काजी भएपछि चैँ उनको उपस्थिति कम देखाइएको छ । नत्र, भद्रिवम हत्याको पनि अन्य कुनै सरल उपाय सुझाउन सक्थे कि? मलेवम र भद्रिवमको चाहिँ लेखकले चरित्र चित्रण गर्न छुटाएका छन् । उनीहरूलाई एकैचोटि अठार–उन्नाइस वर्षका भएर प्रस्तुत गरिएको छ । मुख्य पात्र र खलपात्र भएपनि त्यस्तो विवरण कहीँ छैन दुवै राजकुमारहरूको । राजकुमारी विश्वप्रभा भर्खर फक्रन लागेको कमलको फूलजस्तो यौवना, सुन्दर, कलात्मक शारीरिक ढाँचा भएकी, व्यवहारमा छरिती, बोलीमा कोकिलकण्ठे, मधर, निडर, जिज्ञासु र स्पष्ट वक्ता हुन् । भाषिक दृष्टिले हेर्दा मध्ययुगीन, मल्लवंशीय भाषा यस उपन्यासमा प्रगोग गरिएको छ । “उसैकन, भन्याका, अह्रायाको, ग¥याका, गादी, पाइन्या, भन्यादेखिन् पन्र्या जस्ता भानुभक्तीय साहित्यमा पनि पाइने शब्दहरूको प्रयोग छ । विभिन्न तहतप्काका तथा विभिन्न उमेर–समूह र पेसाका पात्रहरू खडा गरी लेखकले यस उपन्यासमा तीन शताब्दिअघिको बोलीचालीको भाषा प्रयोग गर्ने कोशिस गरेका छन् र पनि कतिपय ठाउँमा कृयापदहरू फरक परेका छन् । फेरि बाइसे राज्यका मानिस भद्रि, कमल जैशी आदिको भाषा र चौबिसे राज्यका मानिसका भाषा तथा आम रैतीदेखि राजासम्मको भाषा उस्तै छ । खासै फरक देखिँदैन । सर्वदर्शी समाख्याताले प्रयोग गरेका एकाध अङ्ग्रेजी शब्द पनि भेटिन्छन्, जो त्यस समयको परिवेशमा सटिक बस्दैनन् । हिज्जमेमा पनि केही त्रुटि छन् । लखेकले कतिपय अन्धविश्वास, झुटा भ्रम र किंवदन्तीको चिरफार गरी सही र साँचो पत्ता लगाई भ्रम चिर्ने प्रयास गरेका छन् । राजामहाराज र ठूलाबडाहरूले कसरी आफ्नो फाइदाका लागि झुटा मिथक निर्माण गर्दारहेछन् र अनपढ सोझा सादा जनताले त्यसलाई साँचो मान्दा रहेछन् त्यो यस उपन्यासले बताउँछ । उदाहरणका लागि बागलुङको देवता पुला जान नमानेको प्रसङ्ग, महाराजले अन्द्राभुँडी बाहिर निकालेर धुने गरेको प्रसङ्ग आदि कालान्तरमा ती सबै किंवदन्तीका रूपमा स्थापित भए । राजाहरूले आफ्नो स्वार्थ या राज्यको हितका लागि थर गोत्र फेरेको, जनै लगाउन थालेको आदि प्रसङ्ग त इतिहासमा सर्वविदितै छ । यहाँ पनि त्यस विषयमा चर्चा गरिएको छ । प्राचीन शब्दावलीहरू पनि प्रसस्त ठाउँमा प्रयुक्त भएकाले त्यस समयमा प्रयोग हुने शब्दावलीको प्रसस्त जानकारी यस उपन्यासबाट प्राप्त हुन्छ । इतिहासका कतिपय बाझिएका कुरा, तिथिमिति नमिलेका कुरा तलसिलका कुरा भए । अन्यथा, लेखकले यस उपन्यासलाई अत्यन्तै सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । शिल्पपक्षमा खोट लगाउने ठाउँ छैन । उपन्यास सरु गरेदेखि अन्त्य नहुन्जेलसम्म एकपछि अर्को घटनाक्रमले पाठकलाई तानिरहन्छ । कौतुहलता कायम राख्दछ । पट्टेरलाग्दो नेपालको मध्ययुगीन इतिहास पनि लेखकले विभिन्न पात्र र परिवेश सिर्जना गरी अत्यन्तै रोचक बनाएका छन् । #चन्द्रप्रकाश बानिया #महारानी अधुरो सुहाग: विवेक अदालतको फैसला सुनेर घर फर्केका छन् । यस फैसलामा सीमाको हार हुन गएको छ । सीमालाई फैसला चित्त बुझेको छैन । उनले मुद्दा हारेकी छन्। उनी घर आएर सोच्न थाल्छिन्, ‘विवेकले मसँग साँच्चिकै खेलवाड गर्दैछ । म एक सिधासाधा केटीलाई प्याररुपी नक्कली जालमा फँसाएर मेरो जीवनको सारा खुशीमा नै डढेलो लगायो तर म त्यति कमजोर र विवश नारी छुइनँ। ममा जुन आगो विवेकले लाएको छ । त्यही आगोमा उसलाई सल्काएर भस्म पार्छु ।’ यही कुरा सोच्दासोच्दै पूर्व दिशाबाट उषाले आफ्नो लालीले सीमाको कोठालाई नै रंगाइसकिछन् । सीमाले फेरि अपिल गरिन् तर उनको केश सुनेर कुनै पनि वकिलले बहस गर्न मानेनन् । यस कुराले गर्दा उनी निकै निराश भएर भइन् । उनले कुनै बेला त हरेस पनि खाइन्, किनभने यत्रो संसारमा हजारौँ वकिल भएर पनि किन कसैले पनि उनको मुद्दा लड्न चाहिरहेको छैन ? धिक्कार छ विधाताको विडम्वना ! पाप दुई मिली गर्छन् तर दोष भने नारीलाई नै… किन ? …………… यसैबीच सीमाको आँखामा एउटा वकिलको साइनबोर्ड देखापर्छ । साइनबोर्ड देखेर उनी वकिलको अफिसमा पस्छिन् । उनको अनुरोधबाट वकिलको मन रसाएर बहस गर्ने निणर्य गर्\u200dयो । सीमाले उसलाई आफ्नो अधुरो सुहागको कहानी भन्न थालिन्ः म र विवेक एक-अर्कालाई असाध्यै चाहन्थ्यौँ । म विवेकलाई आफ्नो मुटु मान्दथेँ । हामी दुईबीच विवाह नभए पनि उनी मेरा लागि पति नै थिए । हामी दुईमा गहिरो प्रेम थियो। दुई ज्यान एक मुटुको सिलसिला दुई वर्षसम्म चल्यो । एक दिन विवेकले विवाह गर्छु भनेर मसँग अवैध सम्बन्ध राख्यो । मैले उसको कुरामा विश्वास गरेँ । यहीँ मबाट ठूलो भूल हुनगयो । त्यस दिनदेखि विवेक मबाट टाढा हुँदै गयो । म भने उसलाई कति भेट्न चाहन्थेँ, जब भेट हुन्थ्यो ऊ विवाहको कुरै गर्दैनथ्यो तर कहिलेकाहीँ पख म विवाह गर्छु भनेर फुल्याउँथ्यो। उसको यही आशामा परेर मैले विवाहका लागि सबैथोक ठिक्क पारेँ । जुन दिन विवाह थियो, त्यो दिन विवेक आएन । यो घटनाले गर्दा म सारा समाजको अगाडि कलंकित नारी भएर उभिएँ । यसरी मेरो जीवनमा भरिन लागेको सुहाग अधुरो रह्यो । यसको केही दिनपछि नै एउटी नारीले मेरा अघिल्तिर उभिइन् र विवेकको कुरा गर्न थालिन् । उनले आफ्नो नाम नीमा बताइन् । मैले तिनलाई सोधेँ, ‘तपाईं विवेकको को हो ?’ उनले आफूलाई विवेकको प्रेमिकाका रूपमा चिनाइन् । जसले झूटो प्यारमा मलाई फँसाएर मेरो जीवनको र कुमारीपनको हत्या गरेर छोड्यो, फेरि उसैले नयाँ साथी बनाइसकेछ । त्यस दिनदेखि मलाई पुरुषदेखि नै घृणा लाग्न थाल्यो । मैले आफ्नो बाबुलाई पनि पुरुषमा तुलना गरेर हिँडे । विवेक समाजको यस्तो बिउ हो, जसले नारीसँग खेल्न र वासना लिन मात्र जानेको रहेछ । त्यसको कदर र मूल्य चिनेको रहेनछ । मैले विवेकलाई एक दिन भनेँ, ‘विवेक तिमी त राक्षस रहेछौ। राक्षसमा पनि दया र सानको अंकुर फुटेको हुन्छ तर तिमीमा त केही रैनछ । के धाकले आफूलाई समाजको अगाडि पुरुष देखाएर हिँडछौ ? तिमी साँच्चै पुरुष हौ भने मलाई र नीमालाई अँगालेर आफ्नो पौरुषसत्यको पुरुषार्थ देखाऊ। पुरुषलाई नारीले घृणा गर्ने बाटो अपनाऊ । कहीँ यस्तो नहोस्, सारा नारीहरु मिलेर पुरुषलाई जन्म दिन छाडून् र जन्मना साथ सारा आमाहरूले आफ्नै सन्तानको हत्या नगरून् । सारा आमाहरू हत्याराका रूपमा नउभिऊन् यो समाजमा र समाजलाई नै श्मसानघाट नबनाऊन् । जे भो भयो, त्यसलाई हामी भुल्छौँ । विवेक अलिकति त सोच । किन तिमीले हाम्रो जीवनसँग खेलवाड गर्\u200dयौ ? किन प्यारको आडमा हाम्रो जवानी लुट्यौ ? नारीको जीवनसँग खेल्नुको परिणाम के हुन्छ सोचेनौं ? आफ्नो नामको सदुपयोग त गरेको भए हुन्थ्यो ! नारीको शरीरसँग खेल्ने सोख थियो भने धेरै नारीहरु भेटथ्यौ । कहीँ यो तिम्रो पेशा त होइन ?’ यसपछि उसले उल्टै ममाथि नचाहिँदा लाञ्छना लगाउँदै भन्यो, ‘तेरो अब के इज्जत छ ? जा अब कुनै कोठीमा बसेर आफ्नो शरीरको व्यापार गर ।’ जब मैले यो कुरा सुनेँ, उसलाई भनेँ, ‘ठीक छ, कोठी नारीहरुकै लागि बनाइको हुन्छ तर कोही यस्ता नारी त्यस कोठीमा हुँदैनन् जो पुरुषलाई पैसा दिएर किन्छन् । उनीहरू पैसा उठाउँदैनन्, लुटाउँदैनन् । लुटाउने त पुरुष नै हुन्छ । तिमीहरु जस्ता समाजका विषालु नाग नै आफ्नो इच्छापूर्तिका लागि कोठीमा आउँछौ । याद राख आज सारा पुरुषहरुले नै कोठीलाई प्रोत्साहन दिएर आफ्ना दिदीबहिनीको लुगा फुकाल्छन् । किन उनीहरूलाई त्यहाँबाट निकालेर इज्जत दिन सक्दैनन् । तिमी त ती कोठीमा बस्ने नारीहरु भन्दा पनि नीच रहेछौं । जो एक फूलबाट अर्को फूल घुम्ने भँवरा रहेछौं । कति कलिला निर्दोष फूलको रस चुसेर छाडेका छौं तर यो नसोच म ती फूलझैँ मुर्झाउने छु । म त त्यो फूल हुँ, जसले भँवरालाई रस चुस्ने मौका दिएर त्यो रसमै विष घोलेर त्यही रसमा डुबाएर सदाका लागि उसको जीवनको दियो निभाउने । तिमीले मेरो जीवनसँग खेलेर काललाई बोलायौ ।’ वकिललाई सारा कहानी सुनाइसकेपछि सीमा एक छिन चूप रहिन् । केहीबेरको मौनतापछि उनले थपिन्, ‘यसपछि मैले अदालतको सहारा लिन पुगेँ । त्यहाँ पैसाको भरले मलाई विवेकले हरायो र म फेरि यो केशलाई दोहोर्\u200dयाउन चाहन्छु । यही नै हो मेरो अधुरो सुहागको कहानी । ००० यसपछि सीमाको केस अदालतमा दोहोरियो । यस पटक पनि विवेकले पैसाको आडमा एक निर्दोष केटीलाई खराब नारीको उपमा दिएर फैसला गर्\u200dयो । जित विवेकको नै हुन गयो । यो सुनेपछि सीमालाई खपिसक्नु भएन । सीमाले अदालतमै विवेकको हत्या गरिन् । त्यसबेला सीमाको आँखामा विवेकको राक्षसी रुप देखापरेको थियो । आफूमाथि लगाइएको झूटो आरोपले उसलाई यति भड्कायो कि आक्रोशमा आएर उनी खुनी बन्न बाध्य भइन् । अचानकको यस्तो कार्यले सारा अदालतमा सन्न भयो । यसपछि सीमा खुनी साबित भइन् । अब बाँचेर पनि के गर्नु थियो र ? एक कलंकित नारी भएर बाँच्नु भन्दा मर्नु राम्रो ठानेर सजाय स्वीकार गरिन् । सजाय सुनेपछि सीमाले न्यायाधीसलाई एउटै प्रश्न गरिन्, ‘मेरो हातबाट विवेकको हत्या भयो । यो सही हो, म एक खुनी हुँ, यसको साक्षी त अदालत छ तर यही खुन मैले चुपचाप लुकेर गरेकी भए के सबुत हुन्थ्यो ? सबुत नभएर गरिएका हत्यालाई तपाईंको कानुनमा के सजाय छ ? त्यस्तै यस विवेकले मेरो र नीमाको कुमारीपन, सुनौलो भविष्यका साथै आफ्नो बच्चाको हत्या गरेको थियो । जसको सबुत यो गर्भपात गराएको डाक्टरको सर्टिफिकेट छ, हेर्नुस् । कानुनलाई सबुत चाहिन्छ भने विवेकलाई सजाय दिनुहोस् अनि मात्र म यो तपाईंको सजाय स्वीकार गर्छु । विवेक समाजको यस्तो एउटा कीरा हो, जसले कतिपय कोपिलाहरुको हत्या गरेर पैसाको भरमा बचेर हिँड्दै थियो । उसले लुकेर गरेको खुन, खुन होइन के ? के ती अजन्मा बच्चाको भविष्य थिएन ? यी सबै कुराहरुको हक हुँदाहुँदै पनि समाजको त्रास, झूटो लाञ्छनाले गर्दा अन्याय सहेर हामी सजाय पाउने तर एक खुनी भने पैसाको आड्मा आफूलाई बचाउने ? बस्, मेरो यही कुराको जवाफ सोध्नु छ कि तपाईंको कानुनमा सिधासाधा केटीलाई आफ्नो प्यारमा भुलाएर उसको कुमारीपनको खुन गरेर विवाह गर्छु भनेर धोका दियो, हामीले भने उसको प्यारलाई साँचो मानेर उसको पापलाई चार महिनासम्म पेटमा राखेर मजबुरीका साथ त्यस बच्चाको हत्या गर्नु पर्\u200dयो। यो बच्चाको हत्यारा म कि विवेक न्यायाधीशज्यू ? विवेकको हत्यारा मलाई मान्नुहुन्छ भने त्यस बच्चाको हत्यारा को त ? विवेक या तपाईंको कानुन, या समाज ? किन यो कानुनले विवेकलाई सबुत हुँदाहुँदै सजाए दिएन त ? किन यो समाजले विवेकसँग मेरो विवाह गराएन त ? कसरी म खुनी ? अगर म खुनी हुँ भने विवेक र यो कानुन खुनी हो किनभने एक खुनीलाई फेरि खुन गर्न आजाद गर्दै थियो । मैले के अपराध गरे जो एक खुनीको खुन गरिदिएँ ?’ यसपछि सीमा चुप लागिन् । न्यायाधीशले उनको प्रश्नको कुनै जवाफ नदिई राजीनामा दियो र अदालतबाट बाहिर निस्कियो । यस घटनाले गर्दा सीमा एक यस्ती नारी भइन्, जो पुरुषलाई हेर्न पनि चाहन्न थिइन् । उनी अब एक्लै भएर बाँच्न चाहन्थिन् । यसैबीच सीमालाई पुलिस अफिसबाट बोलावट आयो । उनी गइन् । सीमा प्रहरी अधिकारी सामुन्ने थिइन् । उनले कड्किँदै भनिन्, ‘मलाई यो झूटो कानुनको मन्दिरमा एकक्षण बस्नु छैन । के कामले बोलाउनु भएको हो, चाँडो भन्नुस् ।’ यत्तिकैमा एकजना प्रहरी अधिकारीले सीमाको हात पकड्दै भन्यो, ‘म तपाईसँग विवाह गर्न चाहन्छु । के तपाईं मलाई यो सौभाग्य दिनुहुन्छ ?’ जब सीमाले यो प्रस्ताव सुनिन्, अफिसरलाई भनिन्, ‘कहिलेदेखि यो पुलिस अफिस विवाहको मण्डप भएछ ? तपाईंले यही जान्नु भएछ । तपाईंको प्रश्नको जवाफ भोलिको पत्रिकामा पढ्नुहोला ।’ भोलिपल्ट अखबारमा त्यस अफिसरका बारेमा पत्रिकामा अनेक फतुर छापिएका थिए । ऊ त्यस शहरमा बस्न नसक्ने अवस्था गरिदिइन् सीमाले । सीमाको यो रौद्र रूप देखेपछि उनका बाबु उनलाई सम्झाउन आइपुगे । तर सीमा आफ्नो बाबुलाई पनि हेर्न चाहन्न थिइन् । सीमाले भनिन्, ‘तपाईं यहाँ किन आउनु भएको ? तपाईं मेरो बाबु त हो तर साथसाथै एक पुरुष पनि हो । तपाईंलाई थाहा छैन, म आफ्नो घरमा र जीवनमा कुनै पुरुषलाई स्थान दिन्न भनेर ?’ सीमालाई शान्त बनाउने प्रयास गर्दै उनका बाबुले भने, ‘सबै पुरुष एउटै हुँदैनन् छोरी । एउटा पुरुष थियो, तँलाई बिगार्\u200dयो । अर्को पुरुष छ, तेरा सारा कुरा थाहा पाएर पनि तँसँग विवाह गर्न तयार छ । तँ आफैँ छुट्याएर भन्, के सबै राक्षस मात्र हुन्छन् ? या कोही जीवन दिने ईश्वर पनि हुन्छन् ? त्यसैले छोरी त्यो पुलिस अफिसरलाई गएर रोक्, जसले तेरो अधुरो सुहाग पुनः भरिदिन्छ ।’ ‘बुबा यो पुरुषको दया हो, जुन दया नारीलाई दबाउनु र गुलाम बनाउनु बाहेक केही होइन । चाहिएन बुबा मलाई कुनै पुरुषको दयाको भिख,’ सीमा त्यसपछि एयरपोर्टतर्फ लाग्छे । एयरपोर्टमा सीमाका आँखाले त्यही पुलिस अफिसरलाई देख्छिन् । नजिकै गएर भन्छिन्, ‘बढुवा भएर सरूवा हुनुभएकोमा बधाई दिन्छु । जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँमा गएर कुनै नारीको हात पक्डन हात नबढाउनु होला । पुलिस अफिसलाई विवाह मण्डप नबनाउनु होला । जुन दया तपाईंले ममाथि देखाउनु भएको थियो, त्यो दया अरु कसैलाई देखाउनु होला किनभने म पुरुषलाई सधैं टाढा राख्छु र घृणा गर्छु । तपाईंको यात्रा सफल होस् भन्दै सीमा त्यहाँबाट निस्कन्छिन् । प्रहरी अधिकारी वाल्ल परेर हेरेको हेर्\u200dयै हुन्छ । यसरी दोहोरिएर भरिन लागेको सीमाको सुहाग अधुरो नै रहन्छ । विराटनगर #भरती पोखरेल #विराटनगर मुक्तक कसरी लेख्ने ? पढ्नुहोस् उदाहरणसहित: मुक्तक मूलतः चार हरफको आफैँमा पूर्ण रचना हो । एउटा सिंगो कवितामा जस्तै चार लाइनभित्र सबै भाव व्यक्त हुन्छ । हुन त चार हरफ मात्र होइन, दुई, तीन, पाँच, छ मात्र होइन, कहिलकाहीँ सात हरफसम्मका रचनालाई पनि मुक्तक भनिएको पाइन्छ । तर खासमा मुक्तक चार हरफमै सुन्दर देखिन्छ । यसैलाई नेपाल मुक्तक प्रतिष्ठानले केही समयअघि गरेको तीन दिने मुक्तक कार्यशाला गोष्ठीले पास गरेको थियो । चार हरफमध्ये पहिलो पंक्तिले विषयको उठान गर्छ । दोस्रो पंक्तिले त्यसको विकास गर्छ । तेस्रो हरफ पहिलो र दोस्रो भन्दा पृथक् हुनुका साथै अनुप्रासमुक्त हुन्छ । तेस्रो हरफ भनिसक्दा पाठक श्रोतामा कुतूहल जगाउँछ । त्यसपछि चौथोले भन्न खोजेको कुरा मज्जाले भन्छ । अझ सजिलो रुपमा बुझाउनका लागि मुक्तककारहरुले भनेका छन्— पहिलो हरफमा धनुमा ताँदो चढाइन्छ । दोस्रो हरफमा निशाना ताकिन्छ । तेस्रो हरफमा प्रहार गरिन्छ र चौथो हरफमा चरो खसालिन्छ । चौथो हरफमा चोटिलो समापन हुनुका साथै यसले पाठकलाई तीव्रतम रूपमा कुनै भावदशामा पुर्\u200dयाइदिन्छ । कसरी लेख्ने मुक्तक? सिर्जना भनेको प्रतिभा व्युत्पत्ति र अभ्यासको योगले नै पल्लवित हुन्छ । प्रतिभा बिज हो । व्युत्पत्ति जमिन हो र अभ्यास भनेको मल,जल गोडमेल र हावा पानी हुन् । यी सबैको योगबाट नै सुन्दर सिर्जना हुन्छ । सिर्जनाका केही स्थापित नियम हुन्छन् । यसको पहिलो नियम भनेको पहिलो, दोस्रो र चौथोको अनुप्रास मिल्नु हो । तेस्रा चाहीँ अनुप्रास मुक्त हुनु हो । अनुप्रासलाई मुक्त गराउनुको कारण के हो भने यसैले चरा मार्नतिर छाड्ने काम गर्छ । मष्तिष्कभन्दा मन र भावना हावि भएर लेखिएको रचना सफल र कालजयी भएको पाइन्छ । लेखनको अभ्यासी चरणमा मष्तिष्क हावि हुनु स्वाभाविक हो । कुनै विषयलाई लिएर संरचनामा ढाल्नु नै पहिलो प्रयास हो । पहिलो, दोस्रो र चौथो हरफका लागि तीन वटा राम्रा अनुप्रासहरू पनि चाहिन्छ । रोजिएका तीनवटा अनुप्रासहरूमध्ये पनि पहिलोमा कुनलाई प्रयोग गर्ने, दोस्रोमा कुनलाई प्रयोग गर्ने र चौथोमा कुनलाई प्रयोग गर्ने भन्ने कुरा कविको क्षमता र रचनाकौशलमा भर पर्दछ । मुक्तक आफैँमा छोटो आयामको सिर्जना भएको हुँदा कुनै पनि हरफलाई लामो बनाउनु राम्रो मानिदैन । यद्यपि लम्बाइको एकरूपता भने हुनुपर्दछ । शब्दको फारो नै मुक्तकको आत्मा हो । मुक्तकमा एकप्रकारको मध्यमस्तरको बहाब हुनुपर्दछ । झरनाजस्तो एकैपल्ट तल आइपुग्ने तीव्र वेग पनि होइन र सागरमा विलिन हुन लागेको नदीको जस्तो सुस्त गति पनि होइन । बरु पहाडबाट हुत्तिँदै बगेको कुनै वेगवान नदीको जस्तो बहाव हुनुपर्दछ मुक्तकमा । अथवा, खेत वा बारीको माथ्लो कान्लाबाट तल्लो कान्लामा, तल्लो कान्लाबाट झन् तल्लोमा फाल हानेजस्तो गरी पहिलो, दोस्रो हुँदै चौथो हरफसम्म भावहरू उफ्रदै जानु श्रेयष्कर हुन्छ । पढ्ने पाठक वा सुन्ने श्रोता हरेक हरफमा कौतुकमय र रोमाञ्चित भयो भने नै मुक्तक सामर्थ्यवान् मानिन्छ । अनुप्रास मिल्दैमा मुक्तक बन्छ भन्ने होइन । अनुप्रास मुक्तकको लागि साधन मात्रै हो, साध्य होइन । नेपालका चर्चित मुक्तकहरूका उदाहरण हेरौँ – रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल एउटा मेरै भर बाँकी छ । (भीमदर्शन रोका) प्रेमिल रसमा डुबेको भीमदर्शन रोकाको यो मुक्तकको पहिलो दोस्रो र चौथो हरफमा प्रहर, असर, भर मध्यानुप्रास र पहिलो दोस्रो र चौथो पंक्तिमा ‘बाँकी छ’ अन्तयानुप्रास रहेको छ । पहिलो हरफमा उठान गरिएको एक प्रहर रातलाई दोस्रो हरफको तीन प्रहरले विस्तार गरेको छ । तेस्रो हरफले पहिलो र दोस्रो हरफसँगको तादात्म्यता राख्दै चौथो हरफको लागि कुतुहलता जगाएको छ । चौथो हरफले एउटा मीठो प्रेमिल भावको अति सशक्त ढंगले प्रक्षेपण गरेको छ । मुक्तक पढिसकेपछि मन र मस्तिष्क दुवै तृप्त भएको पाठकलाई अनुभूति हुन्छ । रात र चाँदनीलाई विम्ब बनाएर लेखिएको यो मुक्तकले रातको वर्णन गरेको हो कि जस्तो लाग्दालाग्दै आफ्नी प्रेमिकाप्रति गहिरो आशक्ति व्यक्त गरेको देखिन्छ । अब अर्को उदाहरण हेरौँ- पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक रंगीन चरालाई वनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा–गर्दा यस्तो बानी परिसक्यो कि अब त बाटामा कुनै गधा देखे पनि हजूर भन्न मन लाग्छ । (भूपि शेरचन) भूपि शेरचनको बहुचर्चित प्रस्तुत मुक्तकमा गजुर, मजुर र हजूरजस्ता तीनवटा मध्यवर्ती सशक्त अनुप्रासहरू रहेका छन् भने पहिलो, दोस्रो र तेस्रो हरफमा ‘मन लाग्छ’ अन्त्यानुप्रासका रूपमा रहेको छ । मुक्तकमा मध्यानुप्रास अनिवार्य होइन तर यसले मुक्तकको शक्ति र मिठासलाई सदैव प्रवर्द्धन गर्दछ । यस मुक्तकमा पहिलो पंक्तिले पहेँलो धातुको रङ र पहेँलो रङको गजुरको तथ्यगत विम्बलाई अगाडि सारेर विषयको उठान गरेको छ । दोस्रो हरफमा पनि रङकै धागो समातिएको छ र वनको मजुरको बहुरंगी आकर्षक विम्बलाई सजिलै पाठकको आँखामा उपस्थित गराइएको छ । तेस्रो हरफ भनेको मुक्तककारको आग्रह, विचार, भावना, जिकिर, भनाइ र मनोदशा प्रकट हुने पंक्ति हो । मुक्तककारले यहाँ चौथो हरफको निष्कर्षलाई पुष्टि हुने गरी आफ्नो मनोदशा देखाएका छन् । चौथो हरफमा पाठक कविको संकथन पढेर वा सुनेर सम्मतिसूचक टाउको नहल्लाई धरै पाउँदैनन् । मुक्तकले समग्रमा एउटै अर्थ उद्बोधन गरेको छ र त्यो हो चाकडीप्रधान शासन व्यवस्थामा एउटा आम नागरिकको नियति । यस मुक्तकमा संरचनागत अर्को सौन्दर्य के पनि छ भने प्रत्येक हरफमा आठ शब्दहरू रहेका छन् र पूरै चार हरफहरूको संयुक्ततामा एउटा पूर्ण आयात निर्माण भएको छ । अब अर्को मुक्तक हेरौँ- तिमी छैनौँ जिन्दगीमा, उल्लास छँदै छैन अरू सब ऋतुहरू छन्, मधुमास छँदै छैन अमृत नै भए पनि, मागेर पिउँदिन म यसको यो अर्थ हैन, मलाई प्यास छँदै छैन । (चेतन कार्की) यस मुक्तकमा पनि मध्यानुप्रास र अन्त्यानुप्रासको कुशल संयोजन गरिएको छ । मध्यानुप्रासका रूपमा उल्लास, मधुमास र प्यास रहेका छन् भने अन्त्यानुप्रासमा छैन रहेको छ । एउटी प्रेमिकाको रिक्ततालाई पहिलो हरफले उठान गरेको छ । त्यसै रिक्ततलाई दोस्रो हरफले थप बल दिएको छ । सब ऋतुहरू भएर पनि प्रेमिका छैन भने मधुमासको निस्सारतलाई प्रष्ट्याउन खोजिएको छ । तेस्रो हरफमा अरू कुनै कुराले म सन्तुष्ट हुन्न जुन आफ्नी प्रेमिकाको उपस्थितिले हुन सकिन्थ्यो भन्ने भावदशाले मुक्तककार आफ्नी प्रेमिकाको विकल्पमा कुनै पनि सुन्दरी हुन नसक्ने उद्घोष गर्छन् भलै उनीभित्र प्रेमप्राप्तिको प्यास पर्याप्त किन नहोस् । यस मुक्तकमा पहिलो हरफदेखि चौथो हरफसम्मै एउटा भावको सूत्रलाई समातिएको छ । प्रेमिकाको अनुपस्थितिले सिर्जना हुने उल्लासशून्यता नै समग्र मुक्तकको सार रहेको छ । मुक्तकमा शब्द र भावहरू सलल बगेका छन् । थप एउटा मुक्तक हेरौँ- रोग त बदल्न सक्दिन म, जरुर अर्को जडी बदल्नु छ बदल्न सक्दिन समस्या नि, कुनै सही कडी बदल्नु छ प्रज्ञा, यति जटिल संसारलाई कहाँ बदल्न सकिन्छ र ? घाम त बदल्न सक्दिन म, मैले मेरै घडी बदल्नु छ । (राजन सिलवाल) अग्रवर्ती तीन मुक्तकहरूमा जस्तै यस मुक्तकमा पनि जडी, कडी र घडी जस्ता मध्यानुप्रास रहेका छन् भने ‘बदल्नु छ’ लाई अन्त्यानुप्रासका रूपमा प्रयोग गरिएको छ । मुक्तकको प्रथम हरफमा मानिसहरूको निरूपाय सामर्थ्यलाई संकेत गर्दै त्यसको विकल्प प्रस्तुत गरिएको छ । दोस्रो हरफमा पनि अर्को उपायहीनता देखाइएको छ र त्यसको विकल्प इंगित गरिएको छ । तेस्रो हरफमा आफ्नै अन्तस्करणलाई सम्बोधन गरेर संसार बदल्नेजस्तो दुरुह कार्यलाई सटीक चित्रण गर्दै समय र प्रकृतिको श्रेष्ठताको अगाडि मानिसहरूको नगण्य सामर्थ्यको स्वीकारोक्ति छ अनि समयसँग तादात्म्य हुने विकल्पतर्फ इंगित गरिएको छ । मुक्तकमा सोझो उपदेश छैन र आफैँलाई पात्र बनाएर भाव अभिव्यक्त गरिएको छ । शब्द र अक्षरहरूमा किञ्चित असमानता भए पनि चारै हरफहरू उस्तै लम्बाइका भएर एउटा सुन्दर आयात यस मुक्तकमा पनि निर्माण भएको छ । पहिलो, दोस्रो र चौथो हरफमा ‘बदल्न सक्दिन’को पुनरावृत्ति भएको छ र त्यसले मुक्तकलाई थप सौन्दर्य दिएको छ । हरेक मुक्तककारमा आ–आफ्नै शैली र विशिष्ट अभिव्यक्तिगत मौलिकताहरू हुने गर्दछन् । पौडीको जतिसुकै सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि पानीमा हाम नफाली पौडीने कला सिकिँदैन । मुक्तक लेखनमा पनि सैद्धान्तिक ज्ञान आवश्यक छ र त्यसले आत्मविश्वास जगाउँछ । निरन्तरको अभ्यास र लगावले नै सिकाइ माझिँदै जाने हो । आज जो-जो राम्रो मुक्तक लेखिरहेका छन् उनका सुरुवाती मुक्तकहरू पनि सामान्य नै हुने गर्थे भनेर बुझियो भने एकदिन आफू पनि सशक्त मुक्तककारहरूको पंक्तिमा रहनेछु भनेर आत्मविश्वास राख्न हिच्किचाउनु पर्दैन । (मुक्तककार केसी साहित्यपोस्टकी मुक्तक सम्पादक हुन् ।) #निशा केसी एकै घरमा साहित्यका चार पुस्ता: साहित्यमा लाग्नु अनुत्पादक मानिने नेपाली समाजमा एउटा यस्तो परिवार पनि छ, जसका चार पुस्ता नै साहित्यमा सक्रिय छन् । रमेश विकलदेखि सुरु भएको यो यात्रा उनकी पनातिनी आयुषा चालिसेसम्म जारी छ । विक्रम सम्बत् १९८५ मा आरुबारी काठमाडौँमा जन्मिएका रमेश विकल, २००८ सालमा जन्मिएका उनका छोरा विजय चालिसे, २०३१ सालमा जन्मिएका विजयका छोरा आलोक चालिसे र २०६६ सालमा जन्मिएकी आलोककी छोरी आयुषा गरी चार पुस्ता साहित्यमा सक्रिय छन् । ‘हामीलाई कसैले साहित्यमा लाग भनेको होइन, हामी जन्मजात नै साहित्यका पारखी भएका हौँ,’ हाल टोकियोमा बसोबास गरिरहेका रमेश विकलका नाति आलोक चालिसेले साहित्यपोस्टसँग भने, ‘म पनि बुबा र हजुरबुबाको संगतमा साहित्यकार भएँ । मेरी छोरी पनि अाजभाेलि स्वतः कथा–कविता लेख्न थालेकी हुन् ।’ रमेश विकलले राणाकालमै हस्तलिखित पत्रिकामार्फत साहित्य साधना गर्न थालेको देखिन्छ । उनले २०१८ सालमा पाण्डुलिपि अवस्थामै ‘नयाँ सडकको गीत’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कथा, उपन्यास, यात्रा साहित्य, संस्मरण, व्यङ्ग्य र आख्यान गरी ५५ कृति प्रकाशित छन् । विकल साहित्यका अतिरिक्त संगीत, वाद्यवादन र चित्रकलामा समेत पोख्त थिए । प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका उनका मृत्युपर्यन्त साहित्यिक कृतिहरु प्रकाशन भइरहेका छन् । विकलका छोरा विजय चालिसेले बुबाकै पथमा लागेर पहिलो कथा ‘आँशुमा रुझेको जीवन’ २०३० सालमा प्रकाशित गराए । त्यसयता आज पर्यन्त उनका कृतिहरु प्रकाशन भइरहेका छन् । बुबाको सामीप्यमा रहेका सबै साहित्कारको संगतको प्रतिफल विजयले प्राप्त गरे । उनको जासुसी उपन्यास ‘होटल राँकीमा हत्या’ पहिलो तर फरक उपन्यास थियो । उनले आख्यानका अतिरिक्त संस्कृतिसम्बन्धी गैरआख्यानका पुस्तक पनि लेखेका छन् । चालिसेका अहिलेसम्म ४९ वटा कृति प्रकाशित भैसकेका छन् । २०३७ सालमा गोरखापत्र संस्थानमा सहायक सम्पादकबाट सुरु भएको जागिरे जीवनमा उनले मधुपर्क, युवामञ्च, मुना जस्ता पत्रिकाको सम्पादन गरेका थिए । उनी सेवा निवृत्त हुनुअघि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षसमेत भएका थिए । अहिले उनी रमेश विकल साहित्य प्रतिष्ठानमार्फत साहित्यको संस्थागत विकासमा लागेका छन् । विजयका छोरा आलोक चालिसे रमेश विकलको काखमा हुर्केका कारण नेपालका सबै पाका साहित्यकर्मीको माया पाउँदै हुर्किए । रमेश विकलका बालकथाहरुमा यिनै आलोकका धेरै बाल्यकालीन कार्यहरु वर्णन गरिएको छ । आलोकको साहित्यको सुरुवात बालक, मुना, किशोर र कोपिला पत्रिकाहरुबाट सुरु भएको हो । उनमा हजुरबुबाका चित्रकारिताको पनि प्रभाव परेको छ । उनले धेरै बालपत्रिकाहरुमा चित्राङ्कन पनि गरेका छन् । यही चित्रकारिताको प्रभावमा एनिमेसनसम्बन्धी अध्ययन गर्न जापान पुगेका आलोक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरका सबैजसो पदमा रहेर काम गरे । उनले सन् २००७ मा टोकियोमा पानी रङको एकल चित्रकला प्रदर्शनी गरे । बाल्यकालदेखि नै उनका कृतिहरु सबैजसो पत्रिकाहरुमा छापिएका छन् । हाल उनी आफ्नो बुबा, आफू र छोरी गरी तीन पुस्ताले लेखेका कथाहरुको संग्रह प्रकाशनको तयारी गरिरहेका छन् । ‘हुन त चार पुस्ताकै रचना एक ठाउँमा राखेर पुस्तक प्रकाशन गरौँ कि भन्ने पनि सोच आएको छ,’ उनले भने । यता आलोककी छोरी आयुषा चालिसेको जन्मका बारेमा पनि रोचक तथ्य छ । उनी सात महिनाकी गर्भे रहँदा उनका बाबुआमाले उनको जन्म नेपालमा नै होस् भनी ल्याएका थिए । त्यसैले उनी नेपालमा नै जन्मिइन् । यसको केही समयपछि उनले जापानको टोक्योमा नै शिशुकाल बिताइन् भने अक्षर आरम्भ पनि गरिन् । जापानी शिशु स्याहार केन्द्रमा उनको पढाइ सुरु भए पनि घरको साहित्यिक वातावरणले नेपाली वर्णमालाका अक्षर चिनेकी हुन् । केही वर्षयता भने उनी नेपालमा नै रहेर अध्ययन गरिरहेकी छन् । ‘राति सुत्ने बेलामा लोरी सुनाउँदासुनाउँदै उनमा साहित्यको रस पसेको थाहै भएन,’ चौथो पुस्तामा साहित्यिक रस पलाएकोमा अनौठो मान्दै आलोक भन्छन्, ‘जापानमै भए पनि हामी फुर्सद हुँदा साहित्यकै कुरा गर्थ्यौँ । सानैदेखि यही कुरा सुन्दासुन्दै उनमा पनि लेखन कला विकसित भएको रहेछ ।’ छोरीको लेखन मोह र नेपाली भाषालेखनको वातावरण दिलाउन आलोकले उनलाई नेपालकै विद्यालयमा पढाइ सुचारु गराएका हुन् । नेपाल आएपछि आयुषाको लेखनकला अझ विकसित भएको उनका बुबा आलोक बताउँछन् । पछिल्लो समय उनी गोरखापत्र संस्थानको मुनामा नियमित लेखिरहन्छिन् । लुछियो लिम्पियाधुरा: शुभचिन्तक हुँ भन्थ्यो, गथ्र्यो ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दुःखको साथी हो भनि ।। एकाएक उसैले नै, धस्यो छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्यो, कहिलेकाहीँ अलिअलि । त्यसकै बदला गथ्र्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान यो देश नै पूरा । पैले सुस्ता निल्यो क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दोष छ हाम्रै, देश काट्यौं कुटुकुटु । उसैका पाउमा चाट्यौं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्यौं सिमा हाम्ले, उस्को के गर्नु खै कुरा ! कोशी काली लुछ्यो पैले, लुछियो लिम्पियाधुरा ।। पहिले जे जति घात, राष्ट्रको हामीले र्गयौं । स्वीकारी देशका सामु, सच्याउन अघि सरौं ।। सकेनौं यदि यो गर्न, एकताबद्ध भै पूरा । बाँकी हुन्न पूरै देश, के खोज्नु लिम्पियाधुरा ।। #मुरारीराज मिश्र #लिम्पियाधुरा आमा र अक्षर: प्रिय अश्विनीजी, अक्षर नै नचिनेका हाम्रा पुर्खाहरु कम्ता ज्ञानी थिएनन् । त्यतिखेर ज्ञान र सीप सिक्ने विधि नै फरक थियो । अक्षर नै नजानेका, कुनै अंक गणित, ज्यामितिको औपचारिक शिक्षा नलिएका, अझ कुनै औपचारिक विश्वविद्यालयबाट प्रमाणपत्र नभएकाहरुले शिक्षा, स्वास्थ्य, जीविका, संस्कृति, सम्पदा, निर्माणमा ठूलो परिवर्तन नल्याएका भए हाम्रो समाज यहाँसम्म आइपुग्ने नै थिएन । म जब-जब काठमाडौंको आँगनभरि मन्दिरहरु देख्छु, त्यतिखेरको समृध्द बस्तीको भग्नावशेष हेर्छु, मलाई लागिरहन्छ- कुनै अक्षर नै नचिनेको कुन इन्जिनियर र आर्किटेक्टले डिजाइन गर्\u200dर्\u200dयो होला यो शहर, यो मन्दिर, स्तुपा, चिःभाहरु ? कुन अनपढ कर्मीहरुले ती अज्ञात आर्किटेक्टको मनमा कोरेको नक्साअनुसार बनायो होला ? यस्ता धेरै अनुत्तरित प्रश्नहरुले मेरो मनको कुनै कुनामा ठाउँ लिइरहन्छ । मलाइ थाहा छैन, मेरो जीवनकालमा यी प्रश्नहरुको उत्तर खोज्न सक्छु कि सक्दिनँ । अझ हामी अक्षर चिनेका मूर्ख र अक्षर नचिनेका ज्ञानीका विषयमा पनि एक दिन चर्चा गरौंला नै । आज भने म अक्षर कसरी चिनेँ भन्ने कुरा स्मरण गर्न चाहन्छु । सबैको जीवनमा अक्षर चिन्न र लेख्न सिक्नु भनेको एउटा ठूलो घटना हो । संसारमा रहेका ज्ञानको भण्डार प्रवेश गर्न सर्वप्रथम भएका भाषा र लिपिमध्ये कुनै एकको नियम अनुसारको अक्षर त सिक्नै पर्\u200dयो । औपचारिक शिक्षामा सरकार र समाज सचेत नभएको काल र देशमा जन्मेकाहरु धेरैले अक्षर चिन्न र लेख्न अवसर पाउनु भनेको ठूलै अवसर हो । म पनि त्यस्तै देश, काल, परिस्थिति, परिवारमा जन्मेको हुनाले मलाई पनि अक्षर चिन्ने एउटा काकताली पर्\u200dयो । अक्षरसँग धेरै कुरा जोडिन्छ अश्विनीजी, अक्षर सिक्ने भन्नासाथ जन्मेको परिवार, त्यो परिवारको जात, थर, शिक्षा प्रतिको चेतना, पारिवारिक दाउपेच, छिमेक, समाज, त्यो समाजमा रहेको कुनै समाजसेवी शिक्षक आदिइत्यादिले धेरै भूमिका खेलेको हुन्छ तर मैले पनि काकतालीमै अर्थात् संयोगवश मात्र अक्षर चिनेको हुँ । त्यो संयोगको सिर्जनाकार र मेरो जन्मको सिर्जनाकार एकै हुनुभयो, मेरी आमा । म काठमाडौंको हाल चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकाप बल्खुमा जन्मेको हुँ । मेरा पुर्खा कीर्तिपुरबाट बसाईं सराइ गरेर आएका रहेछन् । कीर्तिपुरमै जमीन, कीर्तिपुरमै बाजेका दाजुभाइहरु हुनुहुन्थ्यो । त्यसैले नैकापको बसाईपश्चात् पनि कीर्तिपुरसँग गहिरो नाता छँदैथियो,अहिले पनि छ । छिमेकमा कुरा गर्दा कीपुमी अर्थात कीर्तिपुरे नै भनिन्थ्यो । नैकाप भौगोलिक रुपमा दुई भागमा विभाजित थियो, पुरानो नैकाप र नयाँ नैकाप । पुरानो र नयाँ नैकापको बीच कुनै फरक थिएन । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा पहिलेको राजमार्ग पुरानो नैकापमा पर्थ्यो भने त्रिभुवन राजपथसँग जोडिएकै कारणले नैकापको दक्षिणभागलाई नयाँ नैकाप भनियो । त्यतिखेर पञ्चायती व्यवस्था, नयाँ नैकाप गाउँ पञ्चायत र पुरानो नैकाप गाउँ पञ्चायतमा विभाजित थियो । अहिलेको गाउँपालिका भनेजस्तै । नयाँ नैकापको राजमार्गमा जोडिएको घर थियो, घरसँगै एउटा ढुंगेधारा थियो जहाँ चौबीसै घण्टा पानी आउँथ्यो । सँगै एउटा सार्वजनिक पाटी पनि थियो, त्यो पाटीमा पैदल आउने बटुवाहरु बस्थे । कीर्तिपुरका नेवा परिवारले पृथ्वी राजमार्गमा जोडिएको जमीन किनेर घर बनाएर बसेका मेरा पुर्खा रहेछन् । हाम्रो बस्तीको एकातिर थापाहरु अर्कोतिर कार्कीहरु थिए । कार्कीहरु सत्तासँग नजिक र जमीनदार थिए । त्यसैले नयाँ नैकापमा कार्कीहरुको धाक रवाफ चल्थ्यो । हुन त नयाँ नैकापमै महर्जनहरुको बाक्लो बस्ती थियो, बन्थोक । उनीहरुको पनि प्रशस्त जमीन थियो तर किन हो कुन्नी उनीहरु कार्कीहरुसँग आफसेआफ डराउँथे । कार्की खलकलाई हजूर हजूर भन्थे । जातीय हिसाबले चर्को दमन थियो । नयाँ नैकापकै उत्तरतिर सार्कीहरु बस्थे । उनीहरुको पनि जमीन थियो । उनीहरु जुत्ता सिउँथे । हाम्रो घरमा हजूरबा हजूरआमा, आमा, बा, दुई जना काकाहरु हुनुहुन्थ्यो । मेरा काका हजूरबाहरु बसेको घरभन्दा हामी बसेको घर सानो थियो । बिजुली बत्ती थिएन । टुकी, लालटीन, मेन्टोल बाल्ने चलन थियो । आमाले मलाई ओछ्यानमै सुत्नुअघि अँध्यारोमा वर्णमाला मौखिक रुपमा कण्ठ गराउनु हुन्थ्यो । आमाले भन्नु भएपछि आमाले जस्तै मैले दोहोर्\u200dयाउनु पर्ने । आमाको भनाइअनुसार म आज्ञाकारी थिएँ रे ! आमाले सानो स्वरमा भन्नु हुन्थ्यो, मैले त्यही दोहोर्\u200dयाउँथे । यसरी न म बा गी स्व रा यः कण्ठ गरियो । ऊबेला शुरुवाती वर्णमालाको अक्षर यही थियो, मैले पहिलो अक्षर बोलेको लेखेको ‘न’ थियो । यसरी कण्ठ पारिसकेपछि आमाले एउटा काठको फल्याक खोजेर ल्याउनु भयो । त्यसमा आमाले गोल पिंधेर पानी मिसाएर काठको फल्याकमा कालो रङ दल्नु हुन्थ्यो र घाममा सुकाउनु हुन्थ्यो । त्यो काठको फल्याकको माथिल्लो लाइनमा आमाले अक्षर कोर्नु हुन्थ्यो र ठीक त्यस्कोमुनि मैले आमाले लेखेकै नक्कल गरी लेख्न पर्\u200dथ्यो । त्यो कालो सानो फल्याकलाई नेपालभाषामा ग्वरः भनिन्थ्यो । आमाले हरेक दिन गोलको धुलो र पानी मिसाएर कालो लगाएर मलाई खरीले कति महिनासम्म सिकाउनु भयो होला मलाई याद छैन । मलाई मेरो आमाको फुटेका खस्रा औंला र हत्केलाहरु भने याद छ । यसरी आमाले नसिकाउनु भएको भए अश्विनीजी, आज म कहाँ यो ल्यापटपमा टाइप गर्न सक्थेँ र ? आमाले राति सुत्ने बेलामा अँध्यारोमै वर्णमालाको अक्षर कण्ठाग्र नगराउनु भएको भए, मैले आज कसरी कविता लेख्न सक्ने हुन्थेँ होला ? आमाले पहिलो पल्ट सिकाउनु भएको अक्षर न बाट आमालाई नमन ! आमाले अक्षर सिकाउनु भयो अक्षर पनि आमा नै हुनुहन्छ ज्ञानको भनेर त वास्तै गरिएन, जसरी हामी सन्तानहरुले आमालाई वास्ता गर्दैनौं । अहिले त्यही अक्षरले देखाइरहेको छ जीवनको बाटो । #आत्मालाप #काठमाडौँ #स्नेह सायमि ईश्वरविम्ब: पार नपाइसक्नुको विषय हो ईश्वर । पूर्वीय दर्शन र चिन्तनले भनेझैँ अगम्य अगोचर छ ईश्वर । कृति अमूर्त र व्यापक शब्द छ यो । ईश्वरको अस्तित्व र अनस्तित्वका बारेमा धेरै बहस भए । धेरैको टाउको खायो ईश्वरको अस्तित्व र अनस्तित्वले, अनि ईश्वरसम्बन्धी चिन्तनले । आज ईश्वरको अनुभूतिलाई भित्रैदेखि गम्न मन लाग्यो – के हो ईश्वरत्व ? अहिले मलाई ईश्वरका बारेमा कलम चलाउन पनि अरिङ्गालको गोलामा ढुङ्गा हान्नुजस्तो भइरहेको छ । मलाई ईश्वरले सधैँ लखेटिरह्यो । ईश्वरले अरिङ्गाल बनेर मेरो टाउको खाएको धेरै भयो । नित्सेले त ईश्वररूपी अरिङ्गालले टोकेको सहन नसकेर भनिदियो– ईश्वर मर्\u200dयो । मलाई लाग्छ– ईश्वर मरिसक्यो भन्ने नित्से सबैभन्दा आस्तिक र ईश्वरवादी हो, किनकि ईश्वरको अस्तित्व भएकाले नै मर्\u200dयो । ईश्वर नभएको भए त मर्ने कुरै हुँदैनथ्यो । प्रिय मित्रहरू ! म ईश्वरको मृत्युमा मलामी जान सक्दिनँ । ईश्वरको मृत्युमा कात्रो किन्न सक्दिनँ र ईश्वरका मुखमा दागबत्ती दिन सक्दिनँ । यो अदृश्य सत्ताको अस्तित्व र अनस्तित्वप्रति मान्छे किन दिमाग खियाइरहेछ ? म भन्न सक्दिनँ । मसँग ईश्वर छैन भन्ने प्रमाण पनि छैन र छ भन्ने प्रमाण पनि छैन । छैन भनूँ नभएको तत्त्वले किन खान्छ टाउको ? छ भनूँ, देख्न देखाउन सकिँदैन । तथापि छैटौँ इन्द्रिय ईश्वरीय अस्तित्वमा हस्ताक्षर गर्छ । ईश्वर ! अर्थात् गड ! संसारका हरेक मानिसले उच्चारण गर्ने नाम ! एउटा महान् नास्तिक पनि जब कुनै धर्मसङ्कटमा आइपर्छ वा ठूलो प्राप्तिमा उन्मुक्त हुन्छ अनि भन्छ– ओ माइ गड ! माइ गड अर्थात् मेरो ईश्वर ! आपतविपत वा अन्य कुनै प्राप्ति र अप्राप्तिका स्थितिमा मान्छेले पुकार्ने पहिलो नाम हो ईश्वर ! अनि ईश्वरप्रतिको मान्छेका तर्कवितर्क किन ? म चिन्तनको गर्तमा पौडिरहेको छु र खोजिरहेको छु– ईश्वरको अस्तित्व । ईश्वर मलाई साथै हिँडेजस्तो लाग्छ आफूसित । यति बेला म देवकोटाको कविता सम्झिरहेछु– ईश्वर हिँड्दछ साथ । माथिबाट ओइरो हालेझैँ मस्तिष्कमा प्रश्नहरूको ओइरो छ । – मसँग हिँडिरहने ईश्वर किन प्रत्यक्षीकरण छैन ? – ईश्वर किन देखिँदैन ? – ईश्वर किन केही बोल्दैन ? – उसकै स्तुति, ध्यान र चिन्तनमा पनि किन दर्शन दिँदैन ऊ ? – ईश्वरसँग किन डर लाग्छ ? – मन्दिरभित्र पसेर दिसापिसाब गर्ने आँट किन गर्न सक्दैन मान्छे ? यस्ता अनगिन्ती प्रश्नहरूका पहाड छन् र ती दुर्भेद्य पहाडजस्तै लाग्छ मलाई ईश्वर पनि ! मेरा एकजना मित्र छन् । उनले एक दिन मलाई भने–साथी ! तपाईंको घरको छतको ठूलो मन्दिरभित्र पस्दा के तपाईं त्यहाँ ईश्वर पाउनु हुन्छ ? मनको आस्थालाई मूर्तीकरण नगरे हुँदैनथ्यो ? मैले तत्काल उनको प्रश्नको उत्तर टार्न भनिदिएँ– होइन, मेरी आमा आस्तिक प्रकृतिकी हुनुहुन्छ र श्रीमती पनि आस्तिक प्रकृतिकी छे, त्यही भएर बनाएको ! भन्न त भनिदिएँ एक छिनलाई, तर मभित्र उनको प्रश्न आँधी बनेर नै रह्यो । उनी भन्दै थिए– ईश्वर त आस्थाको एउटा प्रतीक मात्र हो । कलाकारले कुँदेको एउटा शिवलिङ्ग अगाडि राख्नुहोस् । त्यो शिवलिङ्ग आखिर लिङ्ग नै त हो । तपाईं त्यसमा लिङ्गत्वको आभास र अश्लीलताको कल्पनासम्म गर्न सक्नु हुन्न र त्यहाँ तपाईंको आस्था पूर्ण सात्विक वृत्तिका रूपमा देखिन्छ । मलाई उनका कुराले रन्थन्यायो । म पनि शतप्रतिशत आस्तिक र शतप्रतिशत नास्तिक त कहाँ थिएँ र ? मलाई ईश्वरको अदृश्य अगोचर सत्ताप्रतिको अनौठो नादान आस्थाको अतीतको एउटा पूर्वस्मृतिले चिमोट्यो । एकपटकको एउटा घटना स्मृतिबिम्बमा ताजै छ अझै पनि । म एघार बार वर्षको थिएँ । घरबाट तेरचौध किलोमिटर टाढाको एउटा संस्कृत पाठशालामा पढ्थेँ म । त्यतिबेलाको मजस्तो बचरोका लागि चारघण्टाभन्दा बढी नै हिँड्नु पर्थ्यो । त्यसमध्ये डेढघण्टाभन्दा बढी त पूरै जङ्गलको बाटो छिचोल्नु पर्थ्यो । एक दिन घरबाट अबेला हिँडेछु । सानो फुच्चे मजस्ताले घडी बाँध्ने जमाना थिएन त्यो । जङ्गल सुरु भएपछि गोधूलीमा पुगेको सूर्य किन रोकिन्थ्यो र मेरा लागि ! रोकिएन । सूर्य अस्ताचलतिर लम्कँदै थियो र म लम्किँदै थिएँ घनघोर जङ्गलका बीचमा एक्लो बालक ! अहिले पनि मलाई सम्झना ताजै छ– मैले हजार पटक आफूलाई डरहरूबाट प्रतिरक्षा गरेको थिएँ ईश्वरको नामले । झ्याउँकिरीको झ्याउँझ्याउँसमेत छिप्पिन लाग्दा पार गरेको थिएँ जङ्गल र बसेको थिएँ बास ! त्यति बेला एउटा मिठो र आदर्श संस्कृति रहेको बेला थियो बास बस्नु । आजभोलिजस्तो ‘लज’ संस्कृतिले प्रवेश नपाएको बेला थियो त्यो । बास बस्नु र बास दिनु पनि एउटा गौरवजस्तै हुन्थ्यो त्यतिबेला । कुनै सानो हीनताको अंश पनि हुँदैनथ्यो र बास दिने र बास माग्नेले पनि सहजताको अनुभूति गर्थे । बास दिनेले भन्थ्यो– ‘साँझका पाहुना देउता हुन् ।’ हो, त्यस दिन म बास बसेको थिएँ देउताका रूपमा र त्यस घरका अधबैँसेजस्ता लाग्ने व्यक्तिले भनेको स्मृतिबिम्ब नोस्टाल्जिक बनेर आउँछ–‘बाबु आऊ बस । तिमी त हाम्रा लागि ईश्वर हौ ।’ त्यति बेला ‘तिमी हाम्रा लागि ईश्वर हौ’ भन्ने वाक्यको अर्थ बुझ्ने ह्याउ थिएन मसँग । म पनि स्वयम् एघार बार वर्षको बालक न थिएँ । त्यो बालक पनि आजको जस्तो उत्तरआधुनिक बालक कहाँ हो र ? आजभन्दा चालीस वर्ष अगाडिको सीधासादा, राजसी–तामसी कुनै गुण नभएको सत्वगुणी साँच्चै ईश्वरजस्तै । बास बसेको त्यस प्रसङ्गसँगै अहिले सम्झन्छु– हिजो र आजको संस्कृतिमा देखिएको कायापलट । हिजोआजजस्तो अनुदार संस्कृति थिएन त्यतिबेला । आज बास माग्न जाने हो भने सग्लो फर्कन मुस्किल छ र बास दिने हो भने पनि सग्लो रहन मुस्किल छ । म ईश्वको अस्तित्व–अनस्त्विबारे आत्मालापीय विमर्शमा थिएँ र ईश्वरले डोर्\u200dयाएछ– आफ्नै अतीततिर ! मैले आडम्बरी आस्तिकभन्दा आडम्बर नभएको नास्तिकलाई बढी आस्तिक देख्न थालेको छु । अमूर्त तर मूर्त, अगोचर तर गोचर, अदृश्य तर सर्वशक्तिमान् ! कस्तो अनौठो छ ईश्वर ! म ईश्वरलाई गहिरो रूपमा सोच्न पुग्छु । यस ब्रह्माण्डमा दार्शनिकहरूको टाउको खाएको छ ईश्वरले, तर ईश्वरलाई मैले देखेँ, मैले साक्षात्कार गरेँ, मैले भेटेँ, ईश्वरको रूपाकृति यस्तो रहेछ भनेर कोही आएको छैन अहिलेसम्म तर पनि ईश्वरको डर छ मान्छेलाई । म यतिबेला नित्सेका अगाडि छु । ऊ भन्छ– ईश्वर मरिसक्यो अर्थात् द डेथ अफ द गड । नित्से साँचो बोल्दै छ कि झुठो, मलाई थाहा छैन तर स्वयम् नित्से पनि ईश्वरको मृत्युमा मलामी गएको मैले थाहा पाएको छैन । वेद, त्रिपिटक, कुरान र बाइबलहरूको पनि एउटै स्वर भेटेँ– ईश्वरको अगम्यता र अगोचरता । हाम्रो पूर्वीय दर्शनकै ‘नेतिनेति’ सँग जोडिन आउँदा रहेछन् ती पनि । मभित्र एउटा कल्पना आउँछ– म आफू विपश्यनाको ध्यानमुद्रामा बसेको । बाहिर निर्विकार ध्यानमग्न त्यहाँ बसेका मानिसहरूसँग र मैभित्र पनि कति विकारहरू रहेछन् भन्ने कुरा थाहा पाउँछु ध्यान शिविरमा बस्दा । अरू सोच्ने फुर्सद नहुने त्यतिबेला अनेकौँ विकारका पहाडहरू खनिँदा रहेछन्, त्यस क्षणमा र विकार मात्र सोच्दोरहेछ खोली दिमागले । सुनेथेँ कतै– ‘खाली दिमाग सैतानका घर ।’ मस्तिष्कमा सैतानलाई बास दिन कसलाई मन लाग्छ र ! म निर्विकार हुन रुचाउँछु र ईश्वरको अनस्तित्वभित्र अस्तित्वका लागि मान्छेहरूको ताँती देख्छु । ईश्वरका अनेकौँ आस्तित्विक विम्बहरू आउँछन् मेरा अगाडि । मलाई कसैले सबैभन्दा बढी प्रेम, माया, स्नेह आदि कोबाट पाइस् भनेर सोध्यो भने ‘ईश्वरबाट’ भन्ने साहस बोकेर हिँड्न मन लागिरहेछ, यतिखेर । ईश्वर र धर्मका कुरा गर्दै जाँदा एक दिन एकजना साथीले ठट्टैठट्टामा भने – ‘ए यार ! तिमी मद्यमांसका पारखी; कुनै आस्तिकी धर्मकर्म पनि पालना गर्दैनौ, अनि कसरी तिमी आस्तिक ? त्यतिबेला मैले यत्ति मात्र भनेँ – सतहीमा पौडी खेलेर आनन्द लिन सकिँदैन; त्यसका लागि गहिराइमा पुग्नुपर्छ । ईश्वर एउटा मिठो अनुभूति हो । प्रेम, स्नेह र करुणाको अजस्र स्रोत पनि ! ईश्वरको प्रेममा म निस्वार्थताको सुगन्ध पाउँछु । आमाबाबु, लोग्नेस्वास्नी, छोराछोरी, दाजुभाइ आदि सबैसबैको प्रेमको अन्तस्तलमा लुकेको हुन्छ– कुनै दृश्यअदृश्य स्वार्थ तर ईश्वरमा न नदेखिने स्वार्थ, न देखिने परार्थ; त्यसैले ईश्वरको प्रेममा अमूर्त र घनीभूत निस्वार्थता । एउटा बेग्लै विश्वासको दियो बल्छ यहाँनेर । आस्थाको फूल उम्रन्छ यहीँनेर । मन कल्पनालोकमा विचरण गर्छ कहिलेकाहीँ र आकशपाताल चहार्छ । एकछिन भौतिक संसारबाट निरपेक्ष हुन्छ मन । झल्याँस्स हुन्छ मन, सपना देखेर ब्युँझेजस्तो । मानौँ ईश्वरको प्रार्थनामा लीन थियो मन । ईश्वर त साथी बनेर हिँडिरहेको रहेछ आफैँसित । आत्मीय अनुभूतिमा पाइँदोरहेछ ईश्वर । प्रेमको आत्मीय गहिराइजस्तो रहेछ ईश्वर । त्यही भएर साँचो प्रेमलाई ईश्वरसँग तुलना गरेका होलान् प्रेमका पारखीहरूले । मलाई लाग्छ– ईश्वर त एउटा मीठो अनुभूति रहेछ । मलाई ईश्वरको मूर्तताभन्दा अमूर्तता मीठो लाग्छ । दुःखमा, सुखमा, वेदनामा, चिन्तामा, चिन्तनमा र सबैसबै संवेदित क्षणहरूमा पुकारिने अमूर्त नाम रहेछ ईश्वर । पूरै ऐकान्तिक क्षणहरूको अन्तरङ्ग साथी र आत्मीय मित्र रहेछ ईश्वर । ईश्वरको सम्झनामा आफूलाई एकैछिन हराउन सके मन विरेचित हुँदोरहेछ, मन हल्का हुँदोरहेछ । विरेचित भएको मन केही हल्का त भयो तर मस्तिष्कमा रिँगिरहेको थियो, अमूर्त ईश्वरबिम्ब । – ईश्वर भन्नेबित्तिकै आउने मानसबिम्ब एउटा पूर्ण सात्विक वृत्ति । – सत्व, रज र तम त्रिगुणमध्ये सत्वगुणको मात्र विद्यमानता देवकोटाको उही दृष्टिकोण अगाडि आउँछ – आफैँभित्र छ ईश्वर ! कहिलेकाहीँ विरोधाभास देख्छु म । मान्छेभित्र ईश्वर भए किन मान्छेले आसुरीवृत्ति र पाशविक वृत्ति प्रदर्शन गरेर नीचता देखाउँछ ? आफैँभित्रको कल्पना बोल्छ । आफैँभित्रको अनुभूतिले भन्छ– निर्विकार बालकमा देखिँदोरहेछ ईश्वर । भर्खरका शिशुको मुस्कानमा हाँस्दोरहेछ ईश्वर ! उसका निर्दोष आँखाहरूमा देखिँदोरहेछ ईश्वर । शिशुका तोतेबोलीमा गुनगुनाउँदो रहेछ ईश्वरीय गीत । शिशुका हाउभाउ र दिव्य चमत्कारहरूमा देखिँदा रहेछन् ईश्वरीय चमत्कारहरू ! मीठो लाग्छ ईश्वरले छोएको शिशुको मृदुता । रमाइलो लाग्छ– ईश्वरको स्पर्श पाएको निष्कपट बालहृदयको गहिराइ । लोकजीवनमा उखानजस्तै बनिसकेको एउटा भनाइ आउँछ मनमा– बालकको मुखमा ईश्वर बसेको हुन्छ, त्यसैले बालकले भनेको पुग्छ । कैयौँ वर्षको अनुभवले खारिएको अनुभूति बोलेको हुनुपर्छ यो । सत्र अठार वर्ष अगाडि कतै पढेको सम्झना छ – कुनचाहिँ हो देशमा अदालतमा साक्षी राख्न सकेसम्म बालबालिका खोजिन्छ रे ! कति गहिरो कुरा ! विकाररहितता नै ईश्वर हो भन्ने प्रमाण ! निष्कपटता र निष्कलङ्कता नै ईश्वर हो भन्ने एउटा दसी ! षड्यन्त्रका जाल बुन्दैनन् शिशुहरू । कुनै रागद्वेष र छलकपटका पर्खाल लगाउँदैनन् शिशुहरू ! सङ्लो मन, पवित्र हृदय, कल्मष नभएको मस्तिष्क । एउटा सिङ्गो ब्रह्माण्डका यावत् सद्वृत्ति देखिन्छन् बालकमा । सत्यताको अनुपम विम्ब बालक ! अनि कहाँ जानु अर्को ईश्वर खोज्न ? \uf02a म ईश्वर हुन सक्दिनँ, अर्थात् शिशु हुन सक्दिनँ । समयले नेटो कटाएर शिशुत्वबाट पर हुत्याएको मलाई आफ्नो शिशुत्व लाग्छ एउटा नोस्टाल्जिया मात्र । शिशुत्वको बिदाइसँगै गुमाइँदोरहेछ आफूभित्रको ईश्वरत्व अर्थात् देवत्व पनि । शिशुत्वका लक्षणहरू विस्थापित हुँदैहुँदै गएर किशोरत्वमा प्रवेश गरेपछि धूमिलधूमिल देखिन थाल्दोरहेछ आकाश । इन्द्रियहरूमा उम्रन थाल्दारहेछन् स्वार्थका बिउ । ईर्ष्या, शत्रुता र अहंका नग्न प्रदूषणहरूले पूरै प्रदूषित बनाउँदा रहेछन् मनलाई । दृष्टिदोष र दोषदृष्टि आफ्नै अगाडि नाच्न थाल्दारहेछन् निर्धक्क । यौवनको सङ्घारमै टेक्न आइपुग्दो रहेछ दानवीवृत्ति । विलोप हुँदोरहेछ देवत्व । प्रौढत्वमा पुग्दा त हाँगा हाल्दोरहेछ, विस्तार हुँदो रहेछ, फैलिँदोरहेछ र झ्याङ्गिँदोरहेछ आसुरीवृत्ति । शिशुत्वसँगै बिलाएको देवत्व/ईश्वरत्व अब त शिशुलाई बेवारिस छाडेर पोइल गएकी आमाजस्तै हुँदोरहेछ । \uf02a म ब्युँझिएँ झल्याँस्स । पलाउन थाले कल्पनाका हाँगाहरू । म बालक हुन सकिनँ अर्थात् ईश्वर हुन सकिनँ । \uf02a एउटा यथार्थ – त्यसपछि आसुरी वृत्तिका पिङहरूमा मच्चिइँदोरहेछ मजाले । आहा ! त्यो चचहुई ! कति प्रिय लागिरहँदोरहेछ नब्युँझँदासम्म । अर्को यथार्थ – पूर्वले हामीलाई सतर्क गराएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य सबैसबै जागृत हुँदारहेछन् । अझ अर्को यथार्थ – यौवनले सिकाइरहँदोरहेछ, यौवनले भनाइरहँदोरहेछ – उन्मादको सारेगम, अहङ्कारको पधनिसा, लोभको सुरताल, क्रोधको सङ्गीत र भ्रमका बाँसुरीहरूको विपर्यास ध्वनि अर्थात् प्याराडक्स धून ! मदमत्त भइँदोरहेछ नशा लाग्दोरहेछ मस्त र अरूलाई मान्छे देख्ने र गन्ने स्थितिमा भइँदोरहेनछ । दशओटै इन्द्रिय र तिनको नियन्ता मन पनि सक्रियताको तीव्र घोडादौडमा हुँदा रहेछन् यतिबेला । आहा ! यो जत्तिको चरम आनन्द के नै होला र ? \uf02a मभित्रको छैठौँ इन्द्रियले यौवन र प्रौढत्वका उन्मादहरूलाई पछ्याइरह्यो, पढिरह्यो, पढिरह्यो । अहिले मेरो छैठौँ इन्द्रिय यौवन र प्रौढत्वका उन्मादहरूको पाठ पढिरहेछ, शून्य र ऐकान्तिक स्थितिमा छ ऊ । \uf02a अलिकति नेटो काट्न लागेछ सूर्यले । पश्चिमतिर अलिकति रक्तिम हुनथालेछ जिन्दगीको आकाश । प्रचण्ड ताप सेलाएछ सूर्यको । वाष्पीकरण भएर जानथालेछ ऊष्णता । इन्द्रियहरू शिथिलताको फेटा गुथेर बाँचिरहेछन् रङ्गहीन र गन्धहीन अस्तित्व । टेलिभिजनका पर्दातिर धूमिल आँखाहरू तानिँदा रहेछन् । यस्तै दिनहरूमा चियाउँदो रहेछ, वृद्धत्वको एउटा लाइसेन्स । धमिला दृश्यहरूभित्र कष्टको अनुभूति गर्दा रहेछन् आँखाहरूले । आदि शङ्कराचार्य प्रत्येक दिनबिहानै आएर भट्याउँछन् – अङ्गम् गलितम् पलितम् मुण्डम् । शरीर गलित भएको र कपाल फुल्न थालेको सूचना दिने शङ्कराचार्यभित्रको देवत्व उनको एकतीस वर्षको जवानीमा पनि बसाइँ सरेको थिएन । एकतीस वर्षको जवानीमै देवत्वका साथ परमधाम भएका थिए उनी । \uf02a अचेतनमै झल्याँस्स हुन्छु म । आगतको यस सम्झनाले पनि ल्याइदिँदो रहेछ सानो सुनामी । कति कमजोर हुँदो रहेछ मन । वृद्धत्वको सम्झनामा पनि एउटा अरुचिकर सत्य । यही सत्यभित्र लुकेर बस्दोरहेछ ईश्वर ! नदीले जतिजति धेरैधेरै पानी बगाउँछ, त्यतित्यति पानीसँगै बग्दा रहेछन् कल्मषहरू र मान्छे हुँदो रहेछ विकाररहित । विकाररहित भएपछि आशीर्वादका लागि उठाइँदा रहेछन् वरद हातहरू । त्यसैले त आशीर्वचन दिने देवत्वको श्रेणीमा पुगेका हुँदा रहेछन् सहस्र पूर्णचन्द्र दर्शन गरेर युग भोगेकाहरू । उनीहरूमा नै हुँदोरहेछ ईश्वरको बास । \uf02a म देख्छु, विकारहरू पखालेर पवित्र हृदय बाँचेका वृद्धवृद्धाहरू ! यौवन र प्रौढावस्थाका विकारहरू सेलाएर मनको नदीमा, ती त हुँदारहेछन् शुद्धबुद्ध । तिनै वृद्धवृद्धाका चाउरएिका गालामा फुल्दोरहेछ ईश्वरको गुलाफ । तिनका धूमिल आँखाहरूले देख्दारहेछन् ईश्वरीय रूप । तिनका धमिला कानहरूले सुन्द रहेछन् ईश्वरीय सङ्गीत । तिनका थोतेबोलीमा बोल्दो रहेछ ईश्वरीय वाणी । तिनका कलेटी परेका ओठहरूमा हाँस्दो रहेछ ईश्वरको हाँसो । तिनका लगलग कामेका हातखुट्टाहरूमा हुँदो रहेछ ईश्वरीय साक्षात्कार । तिनका गहिरा र लामा अनुभूतिहरूमा अनुभूत हुँदोरहेछ ईश्वरीय संवेदना । वृद्धवृद्धाका अन्तष्करणमा ईश्वरीय उपस्थिति पाउन अन्य प्रमाणहरू खोजिरहनु पर्दैन रहेछ । तिनीहरूका अन्तष्करणमा, अन्तश्चेतनामा, ढुकढुकीमा, दृष्टिमा, बोलीमा, हाँसोमा, आँसुमा, वेदनामा, पीडामा, भोगाइमा, अनुभूतिमा आफू बनेर प्रवेश गरे पुग्दोरहेछ । त्यहाँ आफूलाई खोजे र आफूलाई पाए पुग्दो रहेछ; बस्, ईश्वरप्राप्ति ! \uf02a अबोध शिशुका मुस्कानमा उदाएको ईश्वर उन्मादी यौवन र अहङ्कारी प्रौढत्वमा प्रायः कता बास बस्छ थाहा पाउँदिनँ म । पुनः वृद्धवृद्धाका कलेटी परेका ओठ र उदास अनुहारहरूमा गुलाफ भएर खुल्दो रहेछ ईश्वर; गुराँस भएर मुस्कुराउँदो रहेछ ईश्वर । निमिलित लोचन बुद्धबिम्ब आउँछ अगाडि ध्यानमुद्रामा । हातहरू आफैँ जोडिन्छन् प्रार्थना मुद्रामा । मनले पढ्छन् वेदका ऋचाहरू । ऋचाहरूका मन्दनिनादमा ओठहरू चलेझैँ लाग्छ आफैँलाई सुस्तसुस्तः ‘हे ईश्वर ! आजसम्म कसैले नदिएको निस्वार्थ प्रेम, स्नेह, प्रेरणा र विश्वास पाएँ तिमीबाटै । पवित्र सम्बन्धको मीठो अनुभूति दिलायौ तिमीले नै । मेरा प्रत्येक असफलतामा आत्मबल बनेर उभियौ तिमी नै । यति कुरा जान्दाजान्दै पनि हे ईश्वर ! तिमीप्रति बाह्य आडम्बरका रङ्गीचङ्गी आवरण भिर्न सकिनँ मैले । हृदयमा विद्यमान छ तिमीप्रतिको अदृश्य आस्था र श्रद्धा । जब म भीडहरूका बीचमा पनि एक्लो हुन्छु, अनि आउँछु तिम्रै शरणमा र तिम्रा अगाडि कमजोर हुन्छु । तिम्रा अगाडि घुँडा टेक्छु, प्रार्थना गर्छु अनि पोखिन्छु तिमीसितै । हे ईश्वर ! मनभित्रका सारा पीडा र वेदना बिसाउन मन लागिरहेछ तिमीसँग । सारा जगत्का नियन्ता तिमीबाहेक कहाँ बिसाऊँ यो मन ? कहाँ पोखूँ यो हृदय ? यो विकराल संसारमा कहाँ छ हृदय खोलेर हाँस्ने ठाउँ ? कहाँ छ रित्तिएर रुने ठाउँ ? तिमी मेरो आस्थाबिम्ब ! सायद जो कोही पनि आफ्नो आत्मीय र आस्थाविम्बका अगाडि कमजोर बन्छन् र रोइदिन्छन् । यस्ता क्षणहरूमा हे ईश्वर ! तिम्रै सामीप्यमा रोइदिएँ, पखालेँ मनलाई पनि तिम्रै अगाडि । कति एक्लै रोइरहूँ ईश्वर ? ! कहिलेकाहीँ त मेरा मनमन्दिरमा आस्था बनेर बसेका तिमीसँगै रुन मन लाग्दोरहेछ । त्यसैले, तिम्रा अगाडि रोइदिएँ ईश्वर म पनि ! जसरी बाबुआमाका अगाडि सन्ततिहरू रोएर पोखिन्छन् र आफूलाई पखाल्छन् । हे ईश्वर ! म पनि तिम्रा अगाडि पोखिएँ भने, तिम्रा सामू मैले आफूलाई पखालेँ भने कहिल्यै पनि तिमीले मेरा शिरबाट वरदानको हात नझिक्नू ! तिमीमा समर्पित छ यो प्रार्थना । \uf02a मेरो यो प्रार्थना ईश्वरले सुन्यो वा सुनेन । यस प्रार्थनाबाट ईश्वर खुसी भयो वा भएन; त्यो पनि थाहा छैन मलाई ! तर मन विरेचित भएर हल्का बनेको छु म । ईश्वर छ छैनको बहसको कठघरमा उभिएर जति बहस गरे पनि ईश्वर एउटा विम्ब हो, अमूर्तविम्ब । प्रिय पाठक ! ईश्वरीय अस्तित्वको बहसको बाँकी मुद्दा तपाईंहरूका अगाडि, बाँकी फैसला तपाईंहरूबाट ! #लक्ष्मणप्रसाद गौतम आफ्नो पहाड: आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ| सधैं हेरिएका कुरा, वर पर का कुरा देखिएका हुँदा रहेनछन| आधी बाटो मा आँखा खुल्दा पो चेत आयो बाटो पुरै गलत हिडिएछ, हिडिसकेको बाटो फेरी हिंड्न नमिल्ने || बिना अर्थ उचाइ को पछि लागिएछ जीवन त गहिराइमा हुदो रहेछ, पहाड हरु ले झुक्काउने रहेछन हो भ्रमका पहाड हरुले आफ्नो पहाड त आँफै भित्र पो हुदो रहेछ|| —- बिरौटा १७ पोखरा अनामिका: कसरी सम्बोधन गरौँ खै तिमी अपरिभाषित छौ शब्दहरूको अर्थ भन्दा टाढा अनमोल रत्न भन्दा बहुमूल्य तिमीलाई वर्णन गर्नु मेरो असफल प्रयास मात्र हुनेछ । तिमीलाई सम्झिरहँदा म त्यो निःस्वार्थ बग्ने पानीको मूल सम्झिन्छु जसले अर्बौं प्यासहरू नि:शुल्क मेटाउँछ घामका किरणहरू सम्झिन्छु जसले कठ्याङ्ग्रिएका आङ्हरूलाई न्यानोपन बेहिसाब प्रवाह गर्छ पवनका झोंकाहरू सम्झिन्छु जसले अविरल निस्प्राणहरूमा प्राण भरिरहन्छ । तिमीलाई सम्झिरहँदा म स्पर्शहीन स्पर्शहरूलाई सम्झिरहन्छु जसरी एक झलक कल्पनाले मुटुको ढोका ढक्ढक्याउछ अनि मेरा बन्द ओठहरू खुलिदिन्छन् जसरी तिम्रो काल्पनिक श्रव्यदृश्य मानसपटलमा नाचिरहँदा मेरा परेलाहरू झिम्किन बिर्सन्छन् तिमीसँगको वार्तालापमा पुलकित हुन्छन् ओइलाउन लागेका रहरहरू हृदयका स्पन्दनले मिठो रिदम बजाउँछ उफ्री-उफ्री हलचल गर्छन् रक्तनलीमा रगतका नर्तकीहरू कालो अँध्यारो अदृश्य रातहरूमा तिमी जुनकिरी जस्तै चम्किदै आउँछौं प्रज्वलित गर्छौ मेरो गुफा बसिरहेको चाहनालाई म तिमीलाई अमूर्तमा भेट्छु फूलमा होइन सुगन्धमा जूनमा होइन शीतलतामा आकाशमा होइन अनन्ततामा रङ्गमा होइन बेरङ्गमा म तिमीलाई बिछोड भित्रको मिलनमा भेटछु जस्तो कि घाम र जून अँध्यारो र उज्यालो मृत्यु र जीवन त्यसैले अनामिका तिमी अपरिचित परिचित नै रहनु मेरो लागि रहस्यभित्रको ब्रह्माण्ड नै रहनु मेरो सोलमेट आत्माले अङ्कमाल गरोस् आत्माले चुम्बन गरोस् आत्माले हातेमालो गरोस् तर यसलाई आवरणमा कहिल्यै प्रदर्शित हुन नदेऊ किनभने आवरणको जीवन निश्चित हुन्छ आत्मा अजम्वरी हुन्छ न जन्मिन्छ न मर्छ । ऐ ! अनामिका तिमी र मलाई आत्मादेखि आत्मासम्म जोड्ने एउटा औँठी चिनो लिएर जाऊँ जसलाई तिम्रो अनामिका औँलामा लगाउनु सुनेको छु अनामिका औलाको स्न्यायुको तार मुटुसम्म जोडिएको हुन्छ रे ! ———————- तानसेन, पाल्पा #जनक कार्की #तानसेन #पाल्पा पीडा आफैँ मासिन्छन्: हिउँदको शान्त र भद्र कालो रातमा आकाशको उचाइबाट झर्ने हिउँका बुंदहरू आफू झर्नुको पीडा पोखिरहेका हुन्छन् । मजस्तै अबुझ ति हिउँका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । लाग्छ एक आवाजको खोजी गरिरहेका छन् अनुभूत हुन्छ कि मसँग कुरा गर्न खोजिरहेका छन् सायद सहानुभूती साट्न चाहान्छन् मजस्तै अन्जान ति हिउँका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । हिउँका बुंदहरू जो घामको मसिनो किरणले तहस नहस हुन्छन् पक्कै तिनीहरूसँग असङ्ख्य शब्द छन् अबोदध्य भाव छन् र कयौँ अस्वीकृत चित्कार छन् म जस्तै विरक्त ति हिँउका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । हिउँ जसले प्रकृतिलाई सेतो च्यादर ओढाइदिन्छ आफूसँग बोकेर ल्याएको विशाल आकासको त्यो गाडा निलो रङ्गले यो धरती रङ्गाइदिन्छ । जब जूनले शीत पोखिदिन्छ हरेक रात तब सूर्य धूप बोकेर उदाउँछ हरेक बिहान । र त जिउने वहाना मिल्छन् अनि सहर्ष हाम्रा पीडा आफै मासिन्छन् । #पीडा आफैँ मासिन्छन् #भीम जोशी चर्चित व्यङ्ग्यः विकलाङ्ग श्रद्धाको समय: प्रसिद्ध लेखक तथा व्यङ्ग्यकार हरिशंकर परसाई (२२ अगस्त, १९२४ – १० अगस्त १९९५) को जन्म जमानी, होशंगाबाद , मध्य प्रदेशमा भएको थियो । उनको व्यंग्यात्मक रचनाले हाम्रो दिमाग मात्रै हल्लाउँदैन, सामाजिक यथार्थतासँग पनि आमनेसामने गराउँछ । उनको भाषाशैलीमा एक किसिमकोको आकर्षण छ जसले पाठकलाई लेखक आफ्नै अगाडी छ भन्ने महशुस गराउँछ । प्रस्तुत छ, साहित्य अकादमी पुरस्कारबाट सम्मानित परसाईको कृति ‘विकलांग श्रद्धाका दौर’बाट साभार गरिएको शीर्ष व्यङ्ग्य निबन्ध – ‘विकालांग श्रद्धाका समय’ भर्खरै एक सज्जनले मेरो चरण स्पर्श गरेर गए । म निकै तीव्रताको साथ श्रद्धेय बन्दै छु, जस्तैः कुनै चालू आइमाई विवाहपश्चात निकै फुर्तीको साथ पतिव्रता देखिन्छन् । यस किसिमको हरकत मेरो जीवनमा केही महिना देखि हुँदैछ। पहिला यस्तो हुन्थेन । अँ, एक चोटि भएको थियो, तर त्यो मामला त्यहीँ रफादफा भयो । धेरै वर्ष पहिले एउटा साहित्यिक समारोहमा मेरै उमेरको एक सज्जनले सबैको सामुन्ने मेरो चरण स्पर्श गरे । चरण स्पर्श अश्लील कृत्य जस्तै एकान्तमै गरिन्छ । तर त्यो सज्जनले सार्वजनिक स्थलमै चरण स्पर्श गर्\u200dयो । आसपास उभिएका मान्छेको अगाडि गर्वले हेरेँ -” हेर म श्रद्धेय भएँ ।” त्यतिबेलै त्यो श्रद्धालुले मेरो पसिना छुटायो । उसले भन्यो- ” मेरो त यही नियम छ, ब्राह्मण र कन्याको चरण अनिवार्य स्पर्श गर्छु ।” यसको मतलब उसले मलाई ठुलो लेखक ठानेको थिएन । ब्राह्मण भनेर ढोगेको थियो । श्रद्धेय बन्ने मेरो इच्छा उतिबेलै मरिसकेको थियो । त्यसपछि मैले श्रद्धेयहरूको दुर्गति पनि देखेँ । मेरो एउटा साथीले विद्यावारिधिको लागि रिसर्च गरिरहेको थियो । विद्यावारिधि अध्ययन र ज्ञानले नभई आचार्यको कृपाले प्राप्त हुन्छ । आचार्यको कृपाले यति धेरै डाक्टर भइसकेका छन् कि बच्चाबच्चीले खेल खेल्दा ढुङ्गा फाले भने कुनै न कुनै डाक्टरलाई गएर लाग्छ । एक चोटि चोकमा पत्थर हानाहानले पाँच जना हिन्दीको डाक्टर घाइते भए । पाँचै जना अस्पताल भर्ती भए । नर्सले आफ्नो अस्पतालको डाक्टरलाई बोलाइन- “डाक्टर साहेब ” पाँचै जना हिन्दीका डाक्टरले ‘हजुर’ भनेका थिए । म आफैले केही मान्छेको चरण स्पर्श गर्ने बहानामा खुट्टा तानेको छु । लँगोटी धुने बहानामा लँगोटी चोरेको छु । श्रद्धेय बन्ने भयावहता बुझिसकेको थिएँ । नत्र भने म पनि समर्थ छु । मेरै सहरको कलेजमा एउटा अध्यापक थिएँ । उनले आफ्नो नेम-प्लेटमा ‘आचार्य’ आफैले लेखाउन लगाएका थिए । मैले त्यति बेला नै बुझिसकेको थिएँ; यो मपाईँत्व पनि महानताको लक्षण हो । आचार्य बम्बईवासी भए र उनले आफूलाई’ भगवान् रजनीश´ बनाए । आजभोलि उनी मान्यता प्राप्त भगवान् हुन् । मैले पनि आफ्नो नाम अगाडि पण्डित लेखाएको भए उहिले पण्डित बनिसक्थेँ । सोच्छु , मान्छेहरू अहिले आएर मेरो चरण स्पर्श किन गर्छन् ? यो श्रद्धा एकाएक कसरी पलायो ? पछिल्लो महिना मैले त्यस्तो के गरेँ ? केही खास लेखेको छैन । कुनै साधना गरेको छैन । समाजको कुनै कल्याण पनि गरेको छैन । दारी पालेको पनि छैन । भगवान् पनि ओढेको छैन । खासै वृद्ध पनि होइन । मान्छेहरू भन्छन् – यो वयोवृद्ध हो । अनि चरण स्पर्श गर्छन् । उनीहरू फटाह हो भने, फट्याइँको उमेर पनि ६०-७० वर्ष भयो । मान्छेहरू वयोवृद्ध फट्याइँको पनि चरण स्पर्श गर्छन् । मेरो फट्याइँ अझै श्रद्धाको लायक भएको छैन । यो एक वर्षमा मेरो एउटै तपस्या छ; खुट्टा भाँचिएर अस्पतालमा असरल्ल छु । हड्डी जोडिए पछि पनि पीडाको कारण टाङ फुर्तीको साथ जोडिदैन् । मान्छेहरू मेरो यो मजबुरीको फाइदा उठाएर अचानक खुट्टा ढोग्छन् । म आरामको लागि राजसिंहासनमै पल्टिएको हुन्छु । राज सिंहासन एउटा यस्तो आसन हो कि ऊ सँगै पल्टिएको दुरात्माको पनि खुट्टा ढोग्ने प्रेरणा मिल्छ । के मेरो टाङबाट पीडा जस्तै श्रद्धा सिर्जना भएको हो ? यसो हो भने यो विकलांग श्रद्धा हो । मलाई थाहा छ; देशमा जुन मौसम चलिरहेको छ; त्यसमा श्रद्धाको टाङ भाँचिसकेको छ । मान्छेहरू सोच्दा हुन् – यसको टाङ भाँचिएको छ । यो असमर्थ भयो । आऊ यसलाई हामी श्रद्धा गरौँ । हो, बिरामीबाट कहिलेकाहीँ श्रद्धा बाहिरिन्छ । साहित्य र समाजको सेवकलाई भेट्न एउटा साथीसँग गएको थिएँ । जब त्यो उठ्यो , तब त्यो साथीले उसको चरण स्पर्श गरे । बाहिर आएर साथीलाई सोधेँ -” यार तिमीले उसको खुट्टा किन ढोगेको ?” साथीले भन्यो -” तिमीलाई थाहा छैन, उनलाई मधुमेह भएको छ ।” अब मधुमेहले श्रद्धा सिर्जना गर्न सक्छ भने भाँचिएको टाङले पनि सक्छ । यसमा खासै विवादास्पद रहेन । मान्छेहरू बिरामीपनको कस्तो कस्तो फाइदा उठाउँछन् । मेरो एउटा साथी बिरामी थिए – हस्पिटलमा एडमिट । जसै कुनै स्त्री उनलाई भेट्न आउँथे, टाउको समातेर रुन थाल्थ्यो । स्त्रीले सोध्थिन -” टाउको दुखेको छ हो ?” उसले भन्थ्यो – “हो, टाउको फुट्ला जस्तो भएको छ ।” स्त्रीले सहजताको साथ उनको टाउको दबाइदिन्थिन् । साथीको श्रीमतीले घुरेर हेर्थिन – ” के हो हजुर, कुनै स्त्री देखेपछि टाउको दुखिहाल्छ है ?” उसको जवाफ पनि बनावटी हुन्थ्यो -” प्रिय तिमीमा मेरो यति धेरै निष्ठा छ कि, परस्त्री देख्ने बित्तिकै मेरो टाउको दुख्छ । प्रीत-रस तिमी मात्रै हो प्रेयसी ।” श्रद्धा ग्रहण गर्ने पनि विधि हुन्छ । मबाट सहज ढङ्गमा श्रद्धा ग्रहण हुँदैन । अहिले पार्ट टाइम श्रद्धेय हुँ । हिजो दुई जना मान्छे आए । उनीहरू कुराकानी सकेर जब उठे, एउटाले मेरो चरण स्पर्श गर्न हात बढायो । हामी दुवै सिकारु । उसलाई चरण स्पर्श गर्ने बानी थिएन; मेरो चरण स्पर्श गराउने बानी थिएन । जस्तो भयो उस्तै गरी उसले चरण स्पर्श गर्\u200dयो । ऊ थोरै झुक्यो । मेरो आशा जाग्यो । तर दोस्रो व्यक्ति दुबिधामा थियो । चरण स्पर्श गरु कि नगरु ! म भिखारी जस्तै हेरिरहेको थिएँ । ऊ अलिकति झुक्यो । मेरो मनमा आशा पलायो । तर ऊ फेरि सिधा भयो । मैलै बुझेँ ।उसले फेरि शरीर अरक्क पारेर कोसिस गर्\u200dयो । मेरो चरण हल्लिन थाल्यो । पुनः असफल भयो । अन्त्यमा नमस्कार गरेर गयो । उसले आफ्नो साथीसँग भन्यो होला – अरे ! यार तँ पनि कस्तो लम्फुको चरण स्पर्श गर्छस् । मेरो श्रद्धालुले जवाफ दियो होला – आफ्नो काम निकाल्न उल्लुहरूसँग यस्तै गर्न पर्छ । मलाई हीनताबोध भयो । उसले मलाई श्रद्धाको लायक सम्झेन । त्यो ग्लानि बेलुका तिर शान्त भयो जब एउटा कविले चरण स्पर्श गर्\u200dयो । त्यति बेला मेरो एउटा साथी बस्दै थियो। चरण स्पर्श गरेपछि मेरो साथीलाई उसले भन्यो – ” मैले साहित्यमा जे सिके प्ररसाईजी सँग सिकेको हुँ ।” मलाई थाहा थियो, ऊ कवि सम्मेलनमा होहल्ला मच्चाउने समूहमा पर्दछ । के मेरो सिकाइको यही नतिजा हो ? म लज्जित भएर आफैले आफैलाई जुत्ताले बजाउनुपर्ने हो । तर म खुसी थिएँ । उसले मेरो चरण स्पर्श गरेको थियो । अहिले काँचै छु । खोइरो खन्नेहरूले त पतिव्रतालाई पनि चरित्रहीन बनाइदिन्छन् । मेरा श्रद्धालुहरूले मलाई श्रद्धालु बनाउने पक्का छ । पक्का सिद्ध – श्रद्धेय मैले देखेको छु । सिद्ध मकर ध्वज हुन्छन् । उनीहरूको बनावट नै अलग हुन्छ । मुहार- आँखै खिच्ने जस्तो । पाउ यस्तो कि बारम्बार मान्छेहरू झुक्ने जस्तो । पुरै व्यक्तित्वमा श्रद्धेय लेखेको हुन्छ । मलाई यिनीहरू निकै ठुला लाग्छन् । तर पक्का श्रद्धेय हुन्छन् । यस्तै एकजनासँग भेट्न म र मेरो साथी गएका थियौ । मित्रले चरण स्पर्श गर्दा; त्यति उग्र जाडोमा पनि पछ्यौराबाट खुट्टा निकालेर चरण स्पर्श गर्न सुविधा बनाइदिएका थिए । मैले चरण स्पर्श गरिनँ । नमस्ते गरेर बसेँ । एउटा चमत्कार भयो । हुन यो पर्थ्यो कि मैले उनको चरण स्पर्श नगरेर हीनताबोध महसुस गरे । तर भयो उल्टा । उनले मलाई हेरे । हीनताबोध मलाई भयो – हाय म यति अधम निक्लिए कि उनको चरण स्पर्श गर्ने लायक भइन । सोच्छु, यस्तो बाध्य बनाउने धाक ममा तुच्छ श्रद्धेय कहिले आउला ! श्रद्धेय बन्ने यो हलुका इच्छाको साथमा डर पनि अवस्थित छ । श्रद्धेय बन्नुको मतलब हो ` नोन पर्सन´ -“अव्यक्ती ” बन्नु । श्रद्धेय त्यो बन्छ जसले हरकुरालाई हुन दिन्छन् । कुनै कुराको विरोध नगर्ने । जबकि व्यक्तिको, चरित्रको, पहिचान नै यही हो कि कुन कुराको विरोध गर्छ । मलाई लाग्दै छ, मान्छेहरू मलाई आभास दिउलाउँदै छन्; अब त कुना समातेर बस् । तँ दयनीय भइस् । तेरो लागि सबै कुरा हुनेछ । तँ कारण नबन् । माखा पनि हामी नै उडाउँछौँ । देशमा श्रद्धाको एक किसिमको समय छ । जस्तो वातावरण छ, त्यसमा कसैलाई पनि श्रद्धा गर्न सङ्कोच हुनेछ । श्रद्धा पुरानो अखबार जस्तै कवाडीमा बिकिरहेको छ । विश्वासको खेतीलाई तुसारोले खाइसक्यो । इतिहासमा सायदै कुनै पनि जातिलाई यसरी श्रद्धा र विश्वासले हीन महसुस बनाइएको थिएन । जुन नेतृत्वमा श्रद्धा थियो । त्यसलाई नाङ्गो बनाइँदै छ । नयाँ नेतृत्वहरू उत्ताउलो भएर आफ्नो कपडा आफै फुकाल्दै छन् । केही नेताहरू त अण्डरवेयरमा छन् । कानुन माथि विश्वास छैन । अदालतबाट विश्वास खोसिएको छ । बुद्धिजीवीको नसलमा नै शङ्का उत्पन्न छ । डाक्टरहरू बिरामी उत्पादन गर्ने कारखाना भएका छन् । कहिकतै श्रद्धा छैन, विश्वास छैन । मेरा श्रद्धालुहरूलाई भन्न चाहन्छु, “यो चरण स्पर्श गर्ने मौसम होइन, लात्ता हान्ने मौसम हो । एक लात हान अनि क्रान्तिकारी बन ।” (भावानुवाद: कवि जनक कार्की) #अनुवाद #भारत #हरिशंकर परसाइ बादशाहको कोरोना डायरी: भाग दुई बिहानै घरको कौशीबाट कफिको कडा चुस्की सँगै उपरखुट्टी लगाएर परको समुद्रमा युद्धपोतहरू गनिरहने त्यो हाम्रो पक्षको जहाज भनिरहने अलग्गै चम्किलो चेहेराको बादशाह आज ह्वेल उफ्रेको छप्ल्याङ्ग-छुप्लुङ्कको आकृति दुरबिनबाट हेरिरहेछ माथि आकाशमा युद्द विमानका आवाज सुनेर आनन्दित हुने ऊ चराका निस्फिक्री तुफानी बेग नियालिरहेछ आज जहाजको रफ्तारले बन्ने आकृतिमा विश्वको नक्शा देख्ने ऊ आज इन्द्रेणीका रङ्गहरूले लठ्ठिएको छ जिन्दगीको रङ्ग रातो र कालो मात्र देख्ने ऊ आज एक्कासि सप्तरङ्गी देख्दैछ अनि निशब्द केही लेख्दैछ —-। उसलाई आज निकै गाह्रो छ तरल परिवेश उसलाई सारो छ किनकि निस्फिक्री श्वास फेर्न पाँउदैन हाच्छिउँ गर्न पाँउदैन उसलाई थाहा थिएन यहाँ कति मान्छेहरू श्वास नफेरी बाँचेका छन् जिन्दगीमा केही नपाए पनि मृत्युपछि आर्यघाट पुर्याइयोस् भन्ने अन्तिम इच्छा साँचेका छन् —। सिलिण्डरका सिलिण्डर अश्रुग्यासका च्याम्बर चलाउने ठेकेदार बादशाह उसले कहिल्यै अक्सिजनका सिलिण्डर बनाएन किनकि उसलाई जीवनमा भन्दा मृत्युमा बढी नाफा छ जीवनको आँसु र हाँसो भन्दा निकै टाढा छ उसले कहिल्यै कसैलाई एकमुठी श्वास पैंचो दिएन तर आज अश्वत्थामा बनेर एकमुठी श्वाशको भिक्षा माग्दैछ —। मानवताका महाभाष्य लेख्ने महामानव उसकै कब्जामा थिए विश्ववसुधैबकुटुम्बकम् देख्ने आँखाहरू उसकै चस्मा भित्र कैद थिए बल्ल आज उसले चस्मा फुकालेर पुछ्दैछ चस्मा जस्तै धूमिल मन पखाल्न खोज्दैछ तर आज उसको दृष्टि निकै कमजोर भैसकेको छ दूर र दूरि ठम्याउन नसक्ने भैसकेको छ ! #दीपेन्द्र अधिकारी आई लभ यू: प्रिय मित्र अश्विनीजी, साहित्यपोस्ट शुरुवात गर्नु भएकोमा हार्दिक बधाई छ । साहित्यलाई बजारमा अनुत्पादक वस्तुको रुपमा ग्रहण गरिरहेको र बामे सर्न थालेको केही पुस्तकहरुको व्यवसायिक प्रकाशन पनि सुस्त भइरहेकै बेला तपाईंले साहित्यपोस्ट शुरु गर्नुभयो, त्यो पनि बुध्द जयन्तीको अवसर पारेर । सबै मानिसहरु घरबन्दीमा छन् । घरबन्दीको बेला केही पनि हुन सक्दैन भन्ने हाम्रो मानसिक बन्दी पनि छ । यो सबैलाई छिचोलेर साहित्यपोस्टको शुरुवात साँच्चिकै प्रशंसनीय छ । शुरुवात आफैँमा एक नयाँ घटना त हो नै तर शुरुवात भन्दा त्यसपछिको यात्रा महत्त्वपूर्ण हो । तपाईंको यो यात्रा सबै हिसाबले सफल होस् भन्ने शुभकामना छ । शुभकामना नभन्नु भन्दा त भन्नु राम्रै हुन्छ । त्यसैले मैले शुभकामना त भनें । तर शुभकामना भन्ने शब्द एक औपचारिकता पनि हो । अहिले समय औपचारिकता र ढोंगमै रमाउने समय पनि हो । मुखैले दिनको चार पटक आइ लभ यु नभन्दा प्रेम गर्\u200dयो कि गरेन भनेर शंका गर्ने समय । वास्तवमा प्रेम गर्नेले त पटक पटक आइ लभ यु भनिरहन नपर्ने हो । तर आइ लभ यु नभनीकनै सच्चा प्रेमीप्रेमिकालाई पनि अप्ठेरो पर्ने बेलामा मैले पनि शुभकामनाको औपचारिकता निभाएको हुँ । तर मैले यो औपचारिकताकोे समयका मित्रहरुलाई के जानकारी दिन चाहन्छु भने म औपचारिकता निभाउन सक्ने र चाहने मान्छे होइन । अहिले समय औपचारिकता र ढोंगमै रमाउने समय पनि हो । मुखैले दिनको चार पटक आइ लभ यु नभन्दा प्रेम गर्\u200dयो कि गरेन भनेर शंका गर्ने समय । वास्तवमा प्रेम गर्नेले त पटक पटक आइ लभ यु भनिरहन नपर्ने हो । प्रेमकै कुरा गर्ने हो भने हाम्रो बेलामा त चुपचाप प्रेम गर्ने हो प्रकट नै नगरीकन । मान्छे देखेरै मात्र प्रेम गर्ने कति थिए । उनीहरुको प्रेमको गन्तव्य के हो र त्यहाँसम्म पुग्यो कि पुगेन त्यो अर्कै कुरा तर मानिसहरु जो प्रेम गर्थे, चुपचाप गर्थे । दुईचार पटक आँखाले वा भनौं हेराइले, व्यवहारले प्रेम प्रकट र साटासाट गर्थे । त्यो प्रेममय हेराई, व्यवहारले दिने सन्देश कस्तो होला ? त्यो अहिले हतारहतार आई लभ यू भन्ने, भन्न बाध्य बनाउने समयले महसूस गर्न सक्छ कि सक्दैन म भन्न सक्दिनँ । तर एउटा कुरा म के भन्न सक्छु भने त्यो मौन प्रेमको शुरुवातमा नै सम्मान र समर्पणको अंश धेरै हुन्थ्यो र उनीहरु कमसेकम आफैँलाई भन्थे, अझ भनौँ कल्पना गर्थे कि यिनीलाई म जीवनसाथी बनाउन पाए ! जीवनसाथी बनाउन पाए भनेर सोच्नु भनेको सानो र सजिलो कुरा अवश्य होइन तर दोहोरो समर्पण र सम्मानमा मात्र जीवनसाथी बन्न सक्छन् । पहिले त अझ विवाह गरेपछि प्रेम गरिन्थ्यो । हाम्रा आमा–बा, हजूरबा–हजूरआमाहरुले अहिलेको भन्दा अलग अनुभूति, समस्या भोग्नुभयो होला तर उहाँहरु कतिपयले विवाहका लागि आफैँले विवाह गर्ने उम्मेदवारलाई आफैँले हेर्न पाउनु हुने थिएन । विवाहको उम्मेदवार छनोटदेखि विवाहको सबै व्यवस्था अभिभावकले नै गर्नुहुन्थ्यो तर विवाहपश्चात उहाँहरुलाई हाम्रा केही परम्पराले जीवनभर सँगै रहने बाचा गराउँथ्यो । त्यसमा समस्या छैन म भन्दिनँ तर उहाँहरुको एक अपरिचित जीवनसाथीप्रति दोहोरो प्रेम नभएको भए आज हामी यहाँ यस स्थितिमा हुने थिएनौँ । अर्को कुरा, त्यतिखेर प्रेम गरिन्थ्यो तर प्रकट गर्न सकिंदैनथ्यो । मानिसहरुलाई प्रेम प्रकट गर्न महिनौं मात्र होइन वर्षौँ पनि लाग्थ्यो त कतिपय प्रेम बेलैमा प्रकट नभएका कारण बीचैमा बिलाउँथ्यो पनि । हेर्थे, भेट्थे, कुराकानी पनि गर्थे, अलि आँट हुनेले अर्कै भाषामा, शब्दमा प्रेम प्रकट गर्थे तर हाकाहाकी आई लभ यू अर्थात् म तपाईंलाई प्रेम गर्छु भनेर स्पष्ट खुल्न भने बडो कठिन हुन्थ्यो । जुन दिन प्रेम प्रकट हुन्थ्यो र खुल्थ्यो त्यो दिन । अश्विनीजी, म तपार्ईंको असल कामको प्रशंसक हुँ । मैले औपचारिक रुपमा शुभकामना नभनिहालेता पनि म शुभचिन्तक नै हुँ । तपाईंको असल कामले निरन्तरता पाओस् । हरेक मानिस भिन्न छन् र समान पनि । साहित्यप्रतिको प्रेम हाम्रो समानता हो । बाँकी तपाईंले र मैले आ–आफ्नै ढंगले साहित्यमा लागेकै छौँ । पटक–पटक आई लभ यू भन्न नसकिने हुन सक्छ तर म यो पटक खुलेरै भन्न चाहन्छु, आई लभ यू एण्ड आई एम विथ यू । – स्नेह #आत्मालाप #स्नेह सायमि कठै पत्रकार ! कठै चार 'स' !!: जब-जब विपत्ति आउँछ, संकट आउँछ, आउनु पर्ने जत्ति पनि विपत्ति संकटमा देशमा चार ‘स’ सक्रिय हुन्छन् । उनीहरु अग्रपंक्तिमा देखिन्छन् । विपत्तिसँग लडिरहेका हुन्छन् । चाहे भूकम्प आउँदा होस् या बाढी पहिरो । कतिपय अवस्थामा त आफ्नोसमेत पर्वाह नगरी समाज र देशका लागि खटिरहेका भेटिन्छन् । यी चार ‘स’ हरेक विपत्तिमा सारथिजस्तै बनेका हुन्छन् । भोक–तिर्खा, रातदिन नभनी आ–आफ्नो काममा खटिरहन्छन् । आफू हुनुको कर्तव्य निभाउँछन् । घर परिवार भन्दा महत्त्व समाज र देशलाई दिन्छन् । अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका विरुद्धमा पनि यी चार स अग्रपंक्तिमा नै छन् । तर अरु बेलाको भन्दा यस पटक उनीहरुको अवस्था फरक छ । उनीहरुलाई हेर्ने दृष्टिकोण यस पटक फरक भएको छ । ती चार स अर्थात स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र समाजसेवी । कोरोना कहरमा यिनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । हिजोसम्म भगवान लाग्ने स्वास्थ्यकर्मी आज आफ्नै मृत्यु बोकेर आए जस्तो भएको छ। सुरक्षाकर्मी, समाजसेवी र सञ्चारकर्मीले पनि यतिबेला यस्तै सकस भोग्नु परिरहेको छ । सुरक्षाकर्मीहरुले भनिरहेका छन्– ‘हामी तपाईंहरुको सुरक्षाका लागि छौं, कृपया तपाईंहरु घरभित्रै बसिदिनुस् ।’ अरुबेला सुरक्षा कवच लाग्ने सुरक्षाकर्मी अहिले परिवार समाजबाट अपहेलित छन् । मानौं उनीहरु मृत्यु बोकेर हिँडिरहेका छन् । स्वास्थ्यकर्मीलाई घरबेटीले कि अस्पतालमै बस्नु, कि डेराबाट बाहिर नजानु भन्ने उर्दी जारी गरेका छन् । जसको काम नै बिरामीको सेवा गर्नु हो । अस्पतालमा कयौं रोगीहरु उनीहरु नै एक मात्र केन्द्र भनेर बाँचेका छन् । उनीहरुकै बाटो हेरिरहेका छन् तर तिनै स्वास्थ्यकर्मी पिटिएका छन् । डेराबाट निकालिएका छन् । होटलमा बसेर काम गर्न बाध्य भएका छन् । स्वास्थ्यकर्मी, जसलाई हिजोसम्म भगवान भन्थे, आज काल बनेर आएजस्तै गरिरहेका छन् । उनीहरु घर आउँदा काल आउँछ र घरका सबै सदस्यलाई कालले टिपेर लान्छ जस्तो गरिरहेका छन्। आज यिनै-यिनै गन्थन लेख्न मन लाग्यो, लकडाउन डायरीमा । आफू पनि सञ्चारकर्मी भएको र त्यही चार स भित्रको एउटा पात्र भएकाले । हामीले सकेसम्म सुरक्षा सर्तकता अपनाएका नै हुन्छौं । तर गर्दै जाँदा कहिलेकाहीँ नसोचेको नतिजा आउँछ र त्यसको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । लकडाउन भएदेखि रेडियोमै बसेर काम गरिरहेकी छु । लकडाउनका अनुभूतिमा लेखिरहेकी छु । आफ्नै र आफ्नाहरु जस्तैका बारेमा लेख्न मन लाग्यो अहिले । यस विषयमा लकडाउन डायरीमा लेखिने थिएन होला । यदि नेपाल पत्रकार महासंघ पर्सा शाखाको भर्चुअल बैठक नबसेको भए । लकडाउन गरेको झण्डै १९ दिनपछि वीरगन्ज २ मा कोरोना संक्रमित फेला पर्\u200dयो । मुस्लिम धर्मप्रचारकहरुमा कोरोना संक्रमण फेला पर्\u200dयो । त्यसपछि वीरगन्जमा एकखालको त्रास सृजना भयो । अहिले झापा भए पनि मैले लामो समय वीरगन्ज कार्यक्षेत्र बनाएर काम गरेँ । अहिले पनि पत्रकार महासंघ पर्साको उपाध्यक्ष हुँ । भलै आफ्नै कारणले अहिले झापा छु । वीरगन्जमा संक्रमित भएपछि चासो झन् बढ्यो । वीरगन्जकै धेरै साथीहरुले पनि खबर सोधिरहनु भयो । सुरक्षित रहनु भनेर म्यासेज गरिरहनु भयो । अन्य ठाउँका साथीहरुको आइरह्यो । यतिन्जेलसम्म पनि सञ्चारकर्मी र नागरिक समाजले सम्बन्धित निकायलाई घच्घच्याइरहे । तर सम्बन्धित निकायले कानमा तेल हालेर बसिरहेको भन्ने खालका समाचार पनि आइरहे । पत्रकारिता पेशा व्यावसायिक रुपमा सधैं प्रतिपक्षको भूमिकामा हुन्छ । चित्त नबुझेका समाचारहरु प्रकाशन र प्रसारण गर्छ । यस्तो बेला पत्रकारितालाई संकुचित बनाउने प्रयासमा पनि हुन्छन् । यसमा हामी कतिको पानीमा छौँ भन्ने पनि थाहा हुन्छ । यो बेला त अग्रपंक्तिमै रहेर पत्रकारिता गर्नलाई पनि चुनौति थियो, छ पनि । अझ सबैतिर मुस्लिमहरुबाटै कोरोना संक्रमण भित्रियो भनेर विभिन्न टीकाटिप्पणी आइरहेको थियो । नेपालमा मुस्लिम धर्मप्रचारकले कोरोना भित्र्याए भन्ने खाले पनि समाचार नआएका होइनन् । यस्तो बेला संयमित भएर समाचार संकलन र सम्प्रेषण गर्न पनि कठिनाई थियो । हामीले हाम्रो दायित्व पूरा गरिरहेकै थियौं । समाचार संकलन र प्रसारण सम्भव भएसम्म गर्\u200dयौं । यदि अहिले सञ्चारकर्मी नभए भए अहिले यो लकडाउनमा यससम्बन्धी थप जानकारी लिन गाह्रो हुने थियो । लकडाउनमा घरभित्र भएकाहरुलाई सूचनाको एउटा माध्यम टिभी, एफएम रेडियो र अनलाइन पत्रपत्रिका नै थिए । यस महामारीबाट बच्न, सुरक्षित हुन, थप संक्रमण फैलिन नदिन गरिएका पहलहरु घरमा बसेर जानकारी लिन सजिलो भएको छ- सञ्चारकर्मका कारण । पछिल्लो समय एकै पटक ३९ जनामा संक्रमण देखिएपछि वीरगन्ज त इपिसेन्टर जस्तै बन्यो । थपिने क्रममा दुईजना सञ्चारकर्मीमा पनि संक्रमण पुष्टि भयो । आधारभूत सुरक्षाका उपायहरु नअपनाएको त होइन । अपनाउँदा अपनाउँदै पनि संक्रमित भए । यसले झन् तनाव बढ्यो । यस सँगैसँगै अहिले अन्य क्षेत्रका सञ्चारकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसले सञ्चारकर्मी पनि उच्च जोखिममा रहेको पुष्टि गर्छ । यतिबेला सञ्चारकर्मी पनि धेरै जनाको सम्पर्कमा हुन्छन् । उनीहरु जोखिममा पर्नु अस्वभाविक होइन । यही समाचार संकलनकै क्रममा वीरगन्जका एक पत्रकारलाई दुर्व्यवहार मात्रै होइन प्रहरीले पक्राउ नै गर्\u200dयो । पत्रकार पक्राउ परेको विरोधमा लकडाउनकै बीचमा पर्साका सञ्चारकर्मी आन्दोलित भए । घण्टाघरमा धर्ना बसे । धर्नामा पनि सुरक्षात्मक उपाय त अपनाएकै थिए । भोतिक दुरी कायम राखेकै थिए । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए । यसैबीच धेरै ठाउँ पुगिएकाले गर्दा आफैँ पनि परीक्षण गरी हेरौँ भनेर चार सञ्चारकर्मी स्वाब परीक्षणका लागि नारायणी अस्पताल पुगे । जसै उनीहरुमध्ये दुईको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि झन् त्रासको वातावरण छायो । अनेक टीकाटिप्पणी भयो । निकै ठूलो अपराध गरेजस्तो । सञ्चारकर्मीलाई हेर्ने नजरिया नै एकाएक परिवर्तन भयो । यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाको भर्चुअल माध्यमबाट बैठक बस्यो । सञ्चाकर्मीले नै सबैलाई सारेसम्म भने । आम नागरिक त भए भए तर सरकारी कार्यालयका जिम्मेवार व्यक्तिले समेत पत्रकारकै कारण वीरगंजमा कोरोना फैलियोसम्म भन्न भ्याए । हो, पत्रकारलाई संक्रमण भयो । सावधानी अपनाउँदा अपनाउँदै भयो । संक्रमण हुने बित्तिकै उनीहरुले आफ्नो सम्पर्कमा आएका सबैलाई तत्काल खबर पनि गरे । समाचार संकलन गर्ने क्रममा सावधानी अपनाएर गर्दागर्दै पनि संक्रमण भएर अहिले अस्पतालमा छन् । उनीहरुको परिवार र सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । एक किसिमले ढुक्क त भयो तर हेर्ने दृष्टिकोण भने उस्तै । विश्वकै नामुद अपराधीलाई जस्तो । त्यस्ता कुरा संक्रमित पत्रकारले बैठकमा सुनाउँदा कस्तो कस्तो भयो । तिनै समाजका अगुवा हुन्, जसले हिजोसम्म यही भाइरसका बारेमा विभिन्न जानकारी सञ्चाकर्मीबाट लिन्थे । तर अहिले समाजमा नै बहिष्कृत भए । यहाँ सञ्चारकर्मी सबै सही छन् भन्न पनि सकिन्न । अहिलेको महामारी सबैले बुझेकै छन् । सकेसम्म घरमै बस्नु पर्ने । धेरै पत्रपत्रिका बन्द छन् । अनलाइन संस्करण चलिरहेको छ । घरमै बसेर भएको सुविधा प्रयोग गर्न सकिन्छ । सकेसम्म घरबाटै समाचार लिएर लेख्न सकिन्छ । सकिनेसम्म त्यसो गर्नुपर्छ । टेलिभिजनका सञ्चारकर्मीले भने विशेष सावधानी अपनाएर काम गर्न सकिन्छ । पास छ, प्रेस कार्ड छ भनेर लखरलखर हिँड्ने समय होइन भन्ने बुझ्न जरुरी छ । संक्रमित एक सञ्चारकर्मीकी श्रीमतिले भावुक हुँदै फेसबुकमा लेखिन्, ‘हाम्राविरुद्ध मेला लगाएर ढोल पिट्दै हिँडे । सत्यनाश बनायो हाम्रो टोल पनि भने । धेरै जान्ने भएर खुब मै हुँ भन्दै पैसा कमाउन हिँडेको थियो नि खाइस् पनि भने । घरका अरू सदस्यलाई पनि फोन गरी–गरी तेरो घर बर्बाद भयो भनेर उचाले । कतिले त यस्तोलाई राख्न हुन्न भन्दै हिँडे ।’ उनको यो पोस्ट पढेपछि लाग्यो– संक्रमित हुने त भइहाले, तिनको परिवारले भोगेको मानसिक पीडाको पहाड झन् कस्तो भयङ्कर ! समस्या त अहिले पनि छ । संक्रमित थपिएकै छन् । मृत्यु समेत भइसकेको छ । लकडाउन बढेको बढ्यै छ । विस्तारै आधारभूत आवश्यकताका सामाग्रीहरुको अभाव हुन थालेको छ । जनजीवन थप कष्टकर बन्दै गइरहेको छ । राहत वितरण भइरहे पनि पाउनु पर्नेले नपाइरहेको गुनासो पनि आइरहेको छ । यस्तो बेला सञ्चारकर्मीलाई समस्या हुँदैन भन्ने पक्कै होइन । झन् समाचारकै आधारमा पारिश्रमिक पाउने सञ्चारकर्मीको अवस्था हामी अन्दाज गर्न सक्छौँ । समयमा पारिश्रमिक नपाउनेहरुको अवस्था पनि उस्तै छ । काममा महामारी भन्न पाएका छैनन् । विपत्ति भनेका छैनन् । उनीहरुका पनि समस्यामा हुन सक्छन्, छन् , प्रभावित हुँदै गएका छन् । जिम्मेवार पत्रकारिता गर्नु चुनौती छँदैछ । पेशालाई मर्यादित पनि बनाउनु छ । यही लकडाउनका बीचमा मे ३ तारिकमा विश्व प्रेस स्वतन्त्रता दिवस थियो । नारा थियो “भय र पक्षधरतामुक्त पत्रकारिता” तय गरेको थियो । तर झन् भय थपिएको छ । यतिबेला ज्योकट लगाएर हिँड्दैमा, क्यामेरा भिर्दैमा पत्रकार हुने भ्रम नपालौं । जिम्मेवार भएर काम गरौं । आफू सुरक्षित रहेर संक्रमण फैलन नदिने वातावरण सिर्जना गर्ने कर्तव्य पनि तपाईं-हाम्रै हो । समाजप्रति जिम्मेवार भएर काम गर्नु आजको आवश्यकता हो । यस्तै सुरक्षाकर्मीमा पनि संक्रमित भएका छन् । नर्स संक्रमित भएका छन् । यसले कसैलाई चिन्दैन । उनीहरु पनि सेवामा खटिएका छन्, चाउचाउ र पानीको भरमा । घरपरिवारबाट टाढा छन् । घरकालाई उस्तै चिन्ता छ । स्वभाविक हो । उनीहरु हाम्रै लागि खटिएका छन् भन्ने बुझौं । यस्तै समाजसेवी पनि उसरी नै खटिएका छन् । लामो यात्रा तय गरेर भोकभोकै पैदल हिँडेका यात्रीहरुको कतै गाँस त कतै बास बनेर । बीचमा अलपत्र परेकाहरुलाई सकेको सहयोग गरिरहेका छन् । सकेको सहयोग सबैले आआफ्नो ठाउँबाट गरिरहेका छन् । यस्तो बेला यी सबै हाम्रै लागि गरिएको हो भन्ने बुझौं । सुरक्षित रहौं । समाजलाई पनि सुरक्षित रहन सहयोग गरौं र जिम्मेवार भएर काम गरौं । #पत्रकार #पत्रकारिता #माया मितु ललितकला थेरापी प्याकेजको माग: पोखरा / पोखरामा रहेका कलाकारहरूले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ललितकला थेरापीको नीति थप्न तथा प्याकेजका रूपमा ल्याउन आग्रह गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो प्याकेज ल्याउन कलाकारहरूले आग्रह गरेका हुन् । आग्रह गर्ने कलाकारहरूमा विश्व कला यात्री प्राज्ञ नगेन सिंह, प्रताप बानिया, प्रकाश पुन, सुवास भण्डारी लगायत छन् । ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङ्गद बरालले कलाकारहरूको आवाज प्रधानमन्त्री कार्यालयसम्म पुर्\u200dयाउने प्रतिवद्धता व्यक्त गरे । ज्ञापनपत्रमा हरेक सरकारी विद्यालयमा ललितकलाको कला गुरू राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य रूपमा एक कलाकृति राखिनुपर्ने, नेपालका कलाकारहरूको कलाकृतिलाई बैंकमा धितो राखी ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागहरू रहेका छन् । उमेश अकिञ्चनका तीन कविता: कोरोना भाइरस कैंयन वर्षसम्म लुकेर हिँडिरहेको ऊ अचानक उत्रियो सांघातिक हमलामा मान्छेलाई सिकाउँदैंछ आफ्नो हैसियत पातभन्दा कमजोर छ आजसम्मको प्रगति । बिहान ताराहरू टिप्दैं टिप्दैं ओर्लिएको हुँ धर्तीको आँगनसम्म सपनाहरू पछ्याउँदै हिँड्दा विपनाको पहिलो पाइला पो बनेछु । सम्झना बोलाएर मलाई मीठो कुट्यौं यसरी अब हिँड्नु छ अविरल यात्रा तिम्रो नाम जप्दैं । #उमेश अकिञ्चन #तीन कविता छोटा कवितामा नवपुस्ताः आयतनमा मात्र छन् साना: चर्चित युवाकवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईमा संग्रहित एउटा छोटो आयतनको ‘औँला’ र्शीषकको कविताबाट सुरु गरौँ– तिमीले मेरो हात समाएको दिनदेखि मेरो यो मुटु औँलामा धड्किन थालेको छ । नवराज पराजुली लामा आयतनका कविता र वाचनकला मार्फत् परिचित छन् । तर उनको यो जम्मा बाह्र शब्दको कविता पढिरहँदा लाग्छ– प्रेमको योभन्दा सुन्दर अभिव्यक्ति अर्काे के हुन सक्छ ! अर्का चर्चित युवा कवि महेश पौड्यालको २०७५ को अन्त्यमा प्रकाशित कविता संग्रह शून्य प्रहरको साक्षीमा संग्रहित सबै कविताहरु छोटा आयतनका छन् । पौड्यालकै पीडा र्शीषकको एउटा कविता हेरौँ– भोक हुनु अन्न पनि हुनु तर भोक र अन्नको दूरी धरती र आकाशको जस्तै हुनु पीडाको एक महाकाव्य हो । लेख्नकै लागि त भोक र अन्नको संघर्षका र्सिजनाहरु अनगिन्ती लेखिए । लाखौँ शब्दमा उपन्यास र महाकाव्य पनि लेखिए । तर पौड्यालको प्रस्तुत कविताले ती सारा विशाल रचनाहरुको सार केही शब्दमै भनिदिएका छन् । महेश पौड्याललाई लामा आयतनका कवितासँग कुनै गुनासो छैन । तर छोटा आयतनका कविता अहिलेको व्यस्त समयमा पाठकमैत्रि भएको उनको तर्क छ । भन्छन्– “अहिले मान्छेलाई फुर्सद कम छ । लामा विषयमा अल्झिनु, घोत्लिनु समय छैन । एक झलकमै झड्का दिनसक्ने छोटा कविता पाठकको जिब्रोमा रहन्छन् भन्ने मलाई लाग्छ । मैले बस छोटा कविताको माध्यमबाट समयलाई पक्डिन खोजेको हुँ ।” पछिल्लो समयलाई हेर्ने हो भने नवपुस्ताको कविता मोह लोभलाग्दो छ । नवपुस्तामा केही कवि छन्, जो माथि उल्लेख गरिएका दुई कविका कविताझैँ थोरै शब्दमै महाकाव्य भनेर जान्छन् । जसका कविताका संरचना आयतनका हिसाबले साना छन् । तर कविताको उचाइ भने के कति लामा कविताहरुले समेट्न नसक्ने गरिका छन् । कवि महेश पौड्यालले अहिले छोटा आयतनका कविताको नेतृत्व गरेका छन् भन्दा अनुचित पक्कै हुँदैनन् । उनकै नेतृत्वमा शक्तिशाली तर शालीन कविता लेख्ने नव पुस्ताका कविहरु धेरै छन् । तर यसलाई पौड्याल भने नेतृत्व भन्दा पनि सहयात्रा भन्न रुचाउछन् । कवि महेश पौड्यालकै सम्पादनमा गत वर्ष प्रकाशित ११ नवपुस्ताका कविहरु संग्रहित छोटा आयतनकै कविता संग्रह उज्यालाका मालीहरुमा अदीप अधिकारीको ‘रङ’ शीर्षकको कविता पनि हेरौँ– रहरजस्ता छोराहरु आए साथमा अनेकन खाने कुरा आए खुसीजस्ता नातिनातिना पनि आए र पनि दशैँ रातो रङ नबोकी आउन सकेन उनको साथ छुटेदेखि आजसम्म मेरो मुस्कान देखेको छैन दशैँले । यस कविताको भाव पक्ष कति सशक्त छ । एउटा भर्खरैमात्र कविताको बाटोमा हिँड्दै गरेको नवकविले यति सशक्त रुपमा शिल्पकैशलद्वारा अभिव्यक्ति दिनसक्नु भनेको चानचुने कुरा होइन । आज मेरी अनपढ आमा पनि ईश्वर भएकी छिन् कसैको भाग्य लेखिरहेकी छिन् मतपेटिकामा । देशको पछिल्लो चुनावताका कवि नवीन प्यासीले चुनाव शीर्षकमा लेखेको कविता हो यो । २०७५ मा प्रकाशित १७ कविका कविता संग्रहित कविता संग्रह अनुहारको भीडमा पनि यो कविता संग्रहित रहेको छ । चुनावको महत्व तथा हामीले चुनेका मान्छेहरुका बारेमा अनेकन लेख तथा आलेख लिखिएको समय थियो त्यो । तर मुख्य पत्रिकाहरुका मुख्य पेजमा छापिने लेखले भन्दा विसाल कुरा प्यासीले एउटा छोटो कविताको माध्यमबाट भनिदिए । नवपुस्ताको कवि निरज दाहाल छोटा र लामा, दुवै आयतनमा कविता लेख्छन् । उनको ‘देश’ शीर्षकको एउटा छोटो कविता हेरौँ– वर्षाैँ तिमी एउटा मैनालाई कैदमा राखेर माटो पढाऊ अन्त्यमा, ऊ स्वतन्त्र भएको दिन रुखमा नै फर्कने छ । यस कविताकै आधारमा एक विसाल महाकाव्य तयार हुन सक्छ । यस कविताले देश बोलेको छ । तमाम विदेशमा आफूलाई कैद बनाइरहेका नेपालीहरुको अन्तरहृदयको कथा भनेको छ । यस्ता कविता पढेपछि छोटा कविताको उपमा दिनुमा आफैँलाई हिनताबोध हुनु स्वभाविक हो । शब्दमा थोरै भएर पनि कविताको विसालता व्यापक छ । ‘फेरि अर्काे दुर्घटना’ शीर्षको कविता छ, दीपिका खतिवडाले सिर्जना गरेको । फेरि अर्काे बस दुर्घटना भयो रे ! सुन् त कान्छा कतै दाजुको नाम त लिँदैन रेडियोले ? भोलि सदरमुकाम पुगेर अखबार पनि लिएर आएस् है ! बगेर जाने बोलीको प्रमाण हुन् सक्दैन । खतिवडाले केही शब्दमै दुर्घटना र दुर्गमताको कथालाई कविता बनाइदिइन । त्यो पनि यतिका सशक्त । अर्काे युवाकवि रसिक राज पनि लामा र छोटा, दुवै संरचनाका कवितामा सशक्त छन् । उनको ‘अभाव’ शीर्षकको एक कविता छ । बेश्यालयको भित्तामा एउटा कामुक पोष्टर झुण्याइएको छ । निक्कैबेर भो एउटा दूधे बालक नियालिरहेछ उसैका स्तन । एउटा सामान्य व्यक्तिले रसिककै अभिव्यक्ति बोल्दा त्यो भद्दा सुनिन सक्थ्यो । अस्लिल लाग्न सक्थ्यो । तर रसिकले आफ्नो शिल्पको प्रयोगद्वारा केही शब्दमै आफ्नो अभिव्यक्तिलाई यतिको सशक्त तुल्याइदिए । कविताको माध्यमबाट । र बताइदिए अभावको सत्य कस्तो हुन्छ भन्ने कुरा । एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ अनायसै मुखबाट आवाज निस्कियो– “हे ईश्वर ! किन यस्तो ?” त्यही माटोबाट आदिम आवाज आयो– “म पनि उत्तर पर्खिरहेछु ।” यो अनिल खतिवडाको ‘अहिल्या’ शीर्षकाको कविता हो । निर्मला पन्तको न्यायका लागि कति आन्दोलन भए । कति प्रदर्शन भए । निर्मलालाई बिम्ब बनाएर कथा, कविता तथा विभिन्न भिडियोहरु पनि बनाए । अनिलले मिथकमा टेकेर कविता लेखे, जसले निर्मलाहरुको आवाज युग युगसम्म बोलिरहने छ । नवपुस्ताका चर्चित कवि मोहन संग्रामले ‘बरदान’ शीर्षकमा कविता लेखे, र हामीले मानिरहेको मिथकमाथि जम्मा चार लाइन कवितामार्फत् गम्भीर प्रश्न खडा गरिदिए– कुनै दिन भगवान्ले मलाई खुसी बनाए भने म उनलाई मान्छे बन्ने बरदान दिनेछु । नव पुस्ताकै अर्का कवि शरद ऋतुले ‘दृष्टि’ शीर्षकमा कविता कोरे । उनले कवितामात्र कोरेनन् आफ्नो दर्शन दिए– हिँड्नुभन्दा अघि यात्राको नक्सा आफ्नै हत्केलामा कोर्नू अक्षरहरु त पैतालाहरुले लेख्दै जानेछन् क्रमशः देखिएको एक झलक दृश्य मात्रै बोकेर हिँड्यौ भने अलिपरको घुम्ती कटेपछि दोबाटो पनि भेटिन सक्छ अक्सर मानिसहरु दोबाटो पुगेपछि गलत बाटो रोज्छन् । माथि उल्लेख गरिएका कवि तथा कविताहरु नवपुस्ताका सशक्त आवाजहरुका प्रतिनिधिमात्र हुन् । छोटा आयतनका कविताहरुमा नवपुस्ता यतिका सशक्त आवाज बोकेर आउनुले अब नेपाली कविताको संरचनामा बलियो हस्तक्षेप राख्ने भने पक्का छ । #कवितामा नवपुस्ता कविताको शक्ति : उज्यालोका मालीहरू: शब्द र पङ्क्ति गनेर वा आकार नापेर कवितालाई लामो वा छोटो भन्नु उपयुक्त हुँदैन । कविले समातेको आयाम तथा कवितागत विषयवस्तुले ओगटेको परिधिलाई हेर्नुपर्दछ । नेपाली कविताको फाँटमा आयामगत दृष्टिले लामा छोटा कविताहरू लेखिँदै आएका छन् । पछिल्लो समयमा मान्छेका रहर, रुचि र लेखनमा पनि परिवर्तनका आयामहरू देखापर्न थालेको अनुभूत भइरहेको छ । परिवर्तित परिवेशका कारण मान्छेले चिन्तनको तहलाई पनि फराकिलो बनाउँदै लैजानुपर्ने महसुस गर्\u200dयो । साहित्यका क्षेत्रमा पनि नौलानौला विषय र शैलीको प्रयोग हुनुपर्ने बुझेर लेखकहरूले त्यही अनुसार कलम चलाउँदै गए । नेपाली साहित्यमा सबभन्दा लामो इतिहास बोकेको साहित्यिक विधा कविताले व्यापक परिवेश र क्षेत्रफल पनि ओगटेको छ । केही वर्षअगाडि कवि महेश पौड्यालले आफ्नो कविताकृति शून्य प्रहरको साक्षी प्रकाशन गरे । उक्त कविताकृतिमा उनले आयामका हिसाबले छोटा कविताहरू समावेश गरे र त्यो कृतिले नेपाली कविता साहित्यमा फरक शैलीको मूल्य स्थापना गर्न सक्यो । उनै कवि महेश पौड्यालले सम्पादन गरेको नयाँ कविताकृति उज्यालोका मालीहरू यतिखेर चर्चामा रहेको छ । उज्यालोका मालीहरू कृतिभित्र एघार जना कविका एकसय दश वटा कविताहरू समावेश गरिएका छन् । यी एघार जना युवा कविका एकसय दश वटा कविताले पनि कवि महेश पौड्यालको शून्य प्रहरको साक्षीभित्रका कविताले ओगटेकै आयामलाई पछ्याएको अनुभूत हुन्छ । यस कृतिका सम्पादक पौड्यालले आफ्नो सम्पादकीयमा लेखेका छन्— यी कविता हुन् । अगाडि वा पछाडि कुनै उपसर्ग वा प्रत्यय यी कवितालाई स्वीकार्य नभएको प्रस्टै बुझिन्छ । म विश्वस्त छु, पाठक, समीक्षक वा समालोचकबाट पनि यस्तो काम हुने छैन। दोस्रो उत्तराधुनिकताको उदयसँगै मानक परिभाषाको हैकम सकिएको हो । विचारको तीक्ष्णता र कलाको प्राचूर्य यी कवितामा छ । त्यसैले यिनले कविता हुनु वा नहुनुको सनातनी वा संरचनावादी मान्यतामा नअल्झिने निर्णय गरेरै कविताको भूमिमा प्रवेश गरेका हुन् भन्न सकिन्छ ( सम्पादकीय )। सम्पादक पौड्यालको यो विचारले पनि कविता कविता नै हो, कविताको अघिल्तिर छोटो वा लामो विशेषण जोड्नु उपयुक्त छैन भन्ने कुरालाई प्रस्तुत गरेको देखिन्छ । हिजोका कविले कवितामा कस्तो शैली प्रयोग गरेका थिए र आजका युवापुस्ताका कविले लेखिरहेका कवितामा कस्तो शैली प्रयोग भइरहेको छ ? यो प्रश्नले हरेक सर्जकलाई सोच्न बाध्य गराएको छ । उज्यालोका मालीहरू सङ्ग्रहमा अटाइएका कविहरू क्रमशः अदिप अधिकारी, अनिल खतिवडा, अर्जुन आचार्य, ऋजन मायालु, दिपिका खतिवडा, निरज दाहाल, प्रदीप योङहाङ, मोहन सङ्ग्राम, रेहान खान, शरद ऋतु र सुदर्शन पौडेल रहेका छन् । यी एघार जना कविका कविताको आयामगत पाटो एकै खालको रहे पनि यी कविले देखेको कवितात्मक विश्वदृष्टि भने फरकफरक छ । यस सङ्ग्रहमा अटाइएका कविहरूको चेतनाको तह उनीहरूको उमेरभन्दा माथि रहेको दखिन्छ । देश, समाज, प्रेम अनि मानिसका पीडा र सुखलाई कविताका माध्यमबाट कसरी पाठक समक्ष सम्प्रेषण गर्ने भन्ने सूत्र यी कविहरूलाई थाहा छ । विश्लेषणात्मक ढाँचाको कवितालेखनको शैलीलाई संश्लेषणात्मक शैलीबाट लेखौँ न त भन्ने एउटा प्रयोग पनि हो यो सङ्ग्रह, त्यसैले यो कवितासङ्ग्रहका कविताहरूलाई उत्तरआधुनिकताको मान्यताका साक्ष्यका रूपमा राख्न सकिन्छ । कविहरूले कविताको शक्तिलाई यसरी देखाउन खोजेका छन्— १. गुरुत्वाकर्षणको प्रभाव या किसानको चीत्कार पृथ्वी छोडेर वायुमडण्ल पुग्यो कुहिरो र खुसीमा बदल्यो भोकको आँसुलाई हामी पो उग्राउँदै मुस्कुराउँछौँ ढुङ्गामाथि बसेर भोकका कथाहरू सुनिरहेका छौँ । एकदिन प्रकृतिले पनि हामीले जस्तै धर्म छोड्यो भने भ्यागुताको बिहेभोजले मेटाउला भोक ? (भविष्य, पृ.१७अदिप अधिकारी) २. तिमीले धेरै पहिले पैसा भनेर दिएको पीपलको पात बालापनको खेल भनेर सजिलै भुलिदियौ म मूर्ख अझै त्यही पात लिएर सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु । (सँगालिएको अतीत,पृ.३० अनिल खतिवडा) ३. भाव र अभावको तालमा डुबेको मेरो जिन्दगीका कयौँ प्रहरहरूलाई कविताले सहजै उतारेको छ समयको छातीमा तर भन्नेले भनिदिन्छ— कविताले जिन्दगी उतार्दैन । (प्रतिलिपि,पृ.४६ अर्जुन आचार्य ) ४. समय जित्न पैतालाभन्दा अक्सर जुत्ताहरू उत्साही छन् एक समय थियो जुत्ताभन्दा भरपर्दा थिए पैतालाका छालाहरू समय बद्लिँदो छ कुनै क्षण जुत्ताहरूले आन्दोलन गरे भने ? (समय,पृ.५२ ऋजन मायालु ) ५. आगोले पानीलाई सिध्याउँछ बफ बनाएर उडाउँछ तर त्यही आगोले मलाई सिध्याउँदा किन खरानी बनाउँछ, आमा ? पानीमा फोहोर मिसाई हेरौँ एकचोटि बनि पो हाल्छ कि खरानी ? ( खरानी, पृ. ७२ दिपिका खतिवडा) ६. सोध्नू— बुद्ध देश कुन हो ? तर नसोध्नू— बुद्धत्वको सीमा कहाँसम्म छ ? यहाँ धेरै जवाफहरूलाई आवाज होइन आँखा चाहिन्छ । (प्रश्न—उत्तर,पृ. ७६ निरज दाहाल ) ७. प्रेम गर्दै नगर्नु गरेपछि त आगोले चित्रालाई गरे जस्तो गर्नू नखोजी उसको जात नखोजी उसको औकात । (आगो र प्रेम, पृ. ८८ प्रदीप योङहाङ ) ८. कुनै दिन भगवान्ले मलाई खुसी बनाए भने म उनलाई मान्छे बन्ने बरदान दिनेछु । (बरदान,पृ. १०३ मोहन सङ्ग्राम) ९. उसले श्रीमतीको लागि एउटा सानो सिन्दूरको बट्टा किनेको थियो हुन त श्रीमतीले भन्ने गर्थी ‘मेरो सिन्दूर त तिमी नै हो ।’ सायद यो कुरा त्यो ठूलो बाकसले सुनेछ जे स्वयम् बट्टा बनेर आइपुग्यो विमानस्थलमा कुनै दिन (बट्टा,पृ. ११७रेहान खान) १०. चराको आयु त बूढो क्षितिजसँग सोध्नू या सकल सगरसित सोध्नू या उल्लु आँधीलाई सोध्नू मृत्युका अस्थिरपञ्जर जस्ता बिजुलीका तार र खम्बामा झण्डिएका मांसपिण्डहरू त केवल माटो न हुन् । (चराको आयु, पृ. १३० शरद ऋतु ) ११. मानौँ कुनै कैदीले सजाएको हो कारागारको भित्ता कुनै किशारीले बनाए जस्तो बुर्कामा बुट्टा कुनै भिखारीलाई दिए जस्तो च्यातिएको नोट समयले मलाई मर्ने सान्त्वना दिएर धरतीमा पठाएको छ । ( सान्त्वना, पृ. १४२सुदर्शन पौडेल ) माथिका कवितामा कविको कवितात्मक चिन्तनको गहिराइलाई देख्न सकिन्छ । थोरैमा धेरै भन्ने क्षमता यी कविहरूसँग रहेको देखिन्छ । अदिप अधिकारीको ध्वन्यात्मक कविचेतनाभित्र समाज एवम् मान्छेका अनुभूतिलाई भेट्न सकिन्छ । अनिल खतिवडाका मिथकीय एवम् सामाजिक, सांस्कृतिक कविताले वर्तमानसँग समानधर्मिता कायम गरेको देखिन्छ । अर्जुन आचार्यले कवितामा मानवप्रेम, देशप्रेम र समाजको परिघटनालाई केन्द्रीय विषय बनाएका छन् । ऋजन मायालुको कविताको क्षेत्रफल अभाव, माया, भोक र जिन्दगीका पाटाहरू रहेका छन् । दिपिका खतिवडाको कविताको आयामले स्वतन्त्रताको खोजी, छोरीको अर्थ, समाज र सारा मान्छेको जीवनको सङ्गीतलाई समेटेको देखिन्छ । निरज दाहालका कवितामा समाजिक, सांस्कृतिक मानसिकतामा मान्छे केन्द्रमा रहेको देखिन्छ । प्रदीप योङहाङका कविताले देश, मानव जीवन, प्रेम र समयको वेगलाई विज्ञानसँग समानधर्मिता राखेको देखिन्छ । मोहन सङ्ग्रामका कविताले मानवीय धर्मको बाटो, मान्छेभित्रको देवत्व, सामाजिक सङ्गतिको आह्वानलाई समेटेका छन् । रेहान खानको कविताको आयाम पनि प्रेम, मान्छे रसामाजिक परिघटना नै रहेको देखिन्छ । शरद ऋतुको कविताको केन्द्रमा पूर्वीय दर्शन, मिथकीय चेतनासँगै कलात्मक विचारको गहिरो चिन्तनको प्रभाव देखिन्छ । सुदर्शन पौडेलका कवितामा चिन्तनको गहिराइ, मान्छेको मनोविज्ञान र सामाजिक परिघटनाहरू ध्वन्यात्मक तरिकामा प्रस्तुत भएको देखिन्छ । उज्यालोका मालीहरू कृति प्रकाशनसँगै आधुनिक नेपाली कविता लेखनमा कति धेरै परिवर्तन आइसक्यो भन्ने कुराको सङ्केत देख्न सकिन्छ । पाठक के चाहन्छन् ?कविले थोरै शब्दमा कसरी सम्पूर्ण कुरा समेट्न सक्छ भन्ने एउटा परीक्षणकै रूपमा पनि यो कृतिलाई मान्न सकिन्छ । लामा कविता पढिरहेका नेपाली कविताका पाठकका लागि यो कृतिले सोच्न बाध्य गराएको छ ।यस सङ्ग्रहभित्र कुनै कविले यसो भएन उसो भएन भनेर न त असन्तुष्टि प्रकट गरेका छन् न त नेता कार्यकर्तालाई देश बिगा¥यौ भनेर गाली नै गरेका छन् । यसबाट पनि यी कविरूले कविता भनेको असन्तुष्टि पोख्ने चौतारी होइन भन्ने प्रमाणित गरेका छन् । के अब नेपाली कवितालेखन प्रवृतिमा नयाँपन नै आएको हो त ? लामा कविताको शक्ति र छोटा कविताको शक्तिमा के फरक छ त ? यो प्रश्नले कविता साहित्यलाई एकचोटि फेरि झकझकाएको देखिन्छ । आयामका हिसाबले छोटा कविता लेख्दा कविले पाठकसँग सम्प्रेषण हुन सक्ने गुण राख्न सक्नुपर्ने हुन्छ । पाठकको दिमागको तलाउमा झन्झनाहट पैदा गर्ने क्षमता भएन भने अर्थात् कविता पढिसकेपछि पाठकलाई सोच्ने वातावरण बनाउन सकिएन भने कवितालाई शक्तिका रूपमा भन्दा सीमाका रूपबाट हेर्नुपर्ने हुन्छ । यहाँका केही कवितामा त्यो झन्झनाहट पार्ने कला पूरा हुन बाकी रहेको देखिए पनि यो उज्यालाका मालीहरूकविता सङ्ग्रहभित्रका सम्पूर्ण कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने यी एघार जना कविहरूको यो सङ्ग्रह पठनीय रहेको छ । विधा : कविता प्रकाशक : शिखा बुक्स पृष्ठ : १४४ सम्पादक : महेश पौड्याल कवि : एघार जना कविहरू मूल्य : २५० #उज्यालोका मालीहरू मेरो इतिहास: पुरानो इतिहास छ मेरो घरको हामी आफैंले मेहेनत गरेर बनाएको मेरो पुर्ख्यौली घर यो घरमा देखिन्छ रगत लतपतिएका पटाङ्गिनीहरू खिया लागेर भित्तामा झुण्ड्याइएका तरवारहरू दराजका किताबहरूमा पढ्न पाइन्छ काटिएका शीरहरूका कथा गुमेका स्वजनहरूका गाथा हरेक दलिनमा हरेक खाँबा र धुरीमा छ मेरै पुर्खाको पसिनाको गन्ध मेरै पुर्खाको घाउको दाग जुन घर बनाउन कुनै भूमिका नहुनेहरू त्यही घरको शान्ति खल्बल्याउन उद्यत छन् ओट पसिरहन्छन् मेरो घरझगडामा विभीषण जन्माएर रावण मराइरहेछन् शिखण्डी उभ्याएर हस्तिनापुर हराइरहेछन् आगो लागेको बेला एकपटक पानी खन्याएको बदलामा किन हरदम मेरै इनारमा विष खन्याइरहेछन् भोक लागेको बेला एक छाक खुवाएको बदला किन हरदम मेरै बालीमा डढेलो सल्काइरहेछन् मेरो घरको एउटा खाँबा ढल्दा घर नलड्न हात दिएको बदलामा भत्केको दलिन टाल्न एकपटक साथ दिएको बदलामा पटकपटक पानीको कुलो बन्द गरिरहेछन् घरको चुलो बन्द गरिरहेछन् कुन मुर्खले परिभाषित गर्\u200dयो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा । साभारः चराको गीत #कृसु क्षेत्री एक सय एक पुग्नुअघि माधवप्रसाद घिमिरेको ताजा अन्तरवार्ता: – भगवती बस्नेत केही महिनापछि माधव घिमिरे १ सय १ वर्ष पुग्दैछन् । उमेर जस्तै उनको योगदान पनि लामो छ । १४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ नामको कविता गोर्खापत्रमा छपाएका घिमिरे अहिले ‘ऋतम्भरा’ नामक महाकाब्य पूरा गर्ने तरखरमा छन् । नेपाली खण्डकाब्यमा गौरी, नाटकमा मालती मंगले, गीतमा फूलको थुँगा बगेर गयो जस्ता कृतिहरू नै अमर छन् । तर यस्ता सयौं कृति उनले दिएका छन् । नेपाल सरकारबाट राष्ट्रकविको उपाधि पाएका घिमिरेसँग हामीले यसरी कुरा सुरु ग¥यौँ । स्वस्थ हुनुहुन्छ ? पहिले अलि गाह्राे थियो, अहिले अलि ठीक छु । तर पूरा स्वस्थ भएको छैन । तपाईँको कविता लेखनमा लेखनाथ पौडेलको र देवकोटाको शैली भेटिन्छ । यसबारेमा के भन्नुहुन्छ ? पूर्ववर्ती स्रष्टाहरूको प्रभाव उत्तरवर्तीहरूमा परिहाल्छ । मलाई देवकोटा र लेखनाथज्यूको प्रभाव पर्नु स्वभाविक हो । जस्तोः लेखनाथको शैली परिस्कारवादी शैली हो । उहाँको शैलीको एक कविता; म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरूँ म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरू भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी । तरुण तपसीकाको यो श्लोक अत्यन्त रोचक र पदलालित्य एवं भावचयनका दृष्टिले पनि मनोहारी छ । यस्तोमा प्रभाव पर्नु स्वभाविक नै हो । अर्को तर्फ लक्ष्मीप्रसाद देवकोटा बहु प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको एकै किसिमको शैली छैन । जस्तोः नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलार्ई, मनको वनमा ननिभ्ने गरी विरह जलार्ई ! ननिभ्ने गरी विरह जलार्ई ! लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए ! के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा विष नै पिलाए । मुना मदनको यी हरफहरू लोकलयमा लेखिएको छ । अब मेरो शैली के हो भने, मेरो शैली लोक गीत मिसिएको शैली छ । गीत हो कि कविता पाठकलाई बुझ्न् गार्हो पर्छ । म प्रकृति प्रेमी हुँँ । त्यसैले पनि देवकोटाको प्रभाव पर्यो । साहित्यको क्षेत्रका विविध क्षेत्रमा कलम चलाउनुभएको छ । गीत, संगीत र साहित्यबीच कति फरक पाउनु हुन्छ ? यसो विचार गर्दा नभै नहुने कुरा होइन । यो त लक्जरीजस्तो कुरा हो । तर मानिसलाई यो लग्जरी आवश्यक जस्तो बनेको छ, मोबाइल र टेलिभिजनजस्तो । हाम्रो देशमा गीत नगुन्जिएको कहाँ छ भन्नूस् त ! अहिले हाम्रो सात प्रदेशमा नै लोकगीत गुन्जिरहेको छ । देश विकासको लागि पनि साहित्य र गीत–संगीतले सहयोग पुर्याएको छ । हाम्रो गीत संगीतको क्षेत्र मौलाउँदो छ । भनौँ न पैसामा बिक्ने भएको छ । यो भनेको दीगो कुरा हो । अहिले पश्चिमी जगतले पूर्वको उपलब्धिमा सबैभन्दा ठूला कवि कालिदास र उसको कृति शकुन्तलाको नाटक चर्चा सुने, र हिन्दूस्तानमा खोज्दा ब्रिटिश इन्डियाले पाएनन् । खोज्दै आउँदा कवि कालिदास र उसको कृति शकुन्तला नाटक नेपालको वीर लाइब्रेरीमा भेटियो । नेपालको पुरानो संस्कृति भाषा, नेवारी भाषा र अन्य भाषाहरूको संरक्षण यहाँ पहिलेदेखि नै भइआएको छ । मानिस किन साहित्य पढ्छन् ? भगवानलार्ई साक्षात्कार गरेपछि समाधिमा जुन चिज अनुुभूत हुन्छ, त्यसलार्ई ब्रम्हाणान्द आनन्द भनिन्छ । साहित्यको रस त्यस्तै हो । प्रेमको आनन्द प्रेममा परेकालार्ई थाहा हुन्छ । त्यस्तै साहित्यको रस साहित्य पढेकोलार्ई थाहा हुन्छ । झरी परेर भिज्नु र रुझ्नुमा फरक छ । रुझ्नु भनेको पानीको छिटा परेर बाहिरी रूपमा भिझ्नु हो, जुन भिजेपछि टक्टकाउँछन् । तर भिज्नु भनेको भित्रसम्म पुग्नु हो । साहित्यको रस भनेको अति सुकुमार रस हो । राणा कालमा पनि देवकोटाजस्ता, लेखनाथजस्ता कवि जन्मिए । अहिले पनि कविहरूले अन्तर्राष्ट्रिय क्षेत्रसम्म आवाज पुर्याउने काम गर्दै आइरहेका छन् । (मुस्कुराउँदै) आइरहेका छौँ । किन भन्दा यसमा आनन्द छ । स्रष्टाहरूलार्ई आफ्ना हरेक कृतिहरू उत्तिकै माया लाग्छ । तैपनि यहाँलार्ई सबैभन्दा मन परेको कृति कुन हो ? झ्वाट्ट भन्न असजिलो हुन्छ । छोराछोरीहरू अरुले हेर्दाखेरि तपाईँका पाँचवटा सन्तानमा एकदम यो चलाक पो छ । यो यति राम्रो छ भनेर सुस्पष्ट किसिमले छुट्याउँछ । तर बाबुआमाले छुट्याउँदा खेरिमा बरु अलिकति लठेप्रोलार्ई पो राम्रो भन्ला, यसै भन्न सकिंदैन । मलार्ई चाहिं जनताले, अझ भनौँ पाठकले जेलार्ई बढी मन पराएका छन्, त्यही मन पर्छ । त्यो के भन्दाखेरि मेरो पहिलो पत्नीको अवसानको पीडामा लेखेको गौरी मन पर्छ । र त्यो मन पर्नाको कारण म बताउँछु । अरुलार्ई त मन पर्यो भइहाल्यो, म त स्रष्टा हुँ । किन मलार्ई मन पर्यो त ? किसिम किसिमको सिर्जना त मैले गरेँ भन्दाखेरिमा ‘गौरी’चाहिँ, “आँसुमा छाया आज प¥यो छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो आँसुमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर्यो ।” मेरो हृदय हल्लिएको अनुभव गर्नुभयो कि भएन ? गौरी शोककाव्य पढेर नरुने त कोही पनि छैन । तपाईँ छन्दमा लेख्नु हुन्छ । त्यही भएर गद्यमा लेख्नेहरूलार्ई उति मन पराउनुहुन्न भन्ने सुनिन्छ, खासमा के हो ? म कविताको लागि लय चाहिन्छ भन्ने मान्छे हुँ । नेपालमा जहाँ जानुहोस्, गाउँमा, पहाडमा मधेसमा जताततै जानुहोस्, लोकगीत सुन्नु हुन्छ । मैलै कविता लेख्दा सबभन्दा पहिलाचाहिं कविता भनेको भाका हो भनेर बुझेँ । हाम्रो परम्परा पनि हो, छन्दको कविता । गद्य भनेको हिजोअस्ति आएको हो । नयाँ कुरा यहाँको जनस्तरसम्म भिज्छ कि भिज्दैन त्यसलार्ई पर्खनुपर्छ । मेरो संस्कारैमा आएको हुनाले मैले छन्द बढी लिएको छु । एकजना चर्चित भएका समालोचक कृष्णचन्द्र (सिंह प्रधान)ले भनेका थिए– “घिमिरेको कविता पढ्दा लोकगीत जस्तो लाग्छ, गीत सुन्दा कविता जस्तो लाग्छ ।” महाकवि देवकोटासँगै तपाईँ पनि रुस जानुभएको थियो । तासकन्दमा देवकोटाले गरेको भाषण त चर्चित भयो, तर नेपालले तपाईँहरूलार्ई देशको इज्जत बिगारेको भन्दै जरिवाना गरेको थियो । खासमा कुरा के थियो ? देशका कविहरू अर्को देशमा गएर इज्जत कमाएर फर्केको बेलामा दण्डित हुनुपरेको सत्य हो । नहुनुपर्दथ्यो, भइयो । दुःखको कुरा हो । भएको के थियो भने, सम्मेलनको दोस्रो दिन देवकोटाजीले अंग्रेजीमा भाषण र कविता पढ्न थालेपछि सबै निःस्तब्ध भए । बीचबीचमा तालिको गडगडाहट आइरह्यो । भाषणपछि पनि धेरैबेर ताली बजिरह्यो । मैले लोकगीत सुनाए । भाषा नबुझे पनि उनीहरूको रमाएको अनुभव गरेँ । गीत गाएर मञ्चमा फर्केपछि धेरैले हाम्रो पनि यस्ता लोकगीत भएको तर आफूहरू विदेशमा आएर यसरी निर्धक्क प्रचार गर्न चुकेको बताए । देवकोटाको त वाहवाही नै भयो । तर त्योबेलाको समाज, सम्मेलनमा जान नपाएकाहरूले चुक्ली लगाइदिए । के भनेर चुक्ली लगाए र शासकले किन ती कुरा पत्याए थाहा भएन । तर हामीले जरिवाना तिरेका हौँ । कति तिर्यौ, अहिले चाहीँ ठ्याक्कै बिर्सिएँ । अब त एकसय एक वर्षतिर जाँदै हुनुहुन्छ, नयाँ पुस्ताहरूलार्ई के सन्देश दिन चाहनुहुन्छ ? अब सबै चीजको भारचाहिँ नवयुवकहरूको काँधमा पर्छ । देशमा लोकतन्त्र छ । लोकतन्त्रले के संकेत गरेको छ, कविताले पनि त्यही किसिमको युग खोजिराखेको छ । आफ्नो युगको प्रतिनिधित्व आफैँले गर्नुपर्दछ । अर्काले गर्छ भनेर जिम्मा दिन हुँदैन । कालिदास, शेक्स्पियर जन्मेको कैयौं बर्ष भइसक्यो, तर आज पनि तिनीहरू ताजै छन् । यदि तपाईँले वास्तविक कवितालार्ई पक्डनुभयो भनेदेखि तपाईँ आज लेखेर पनि भविष्यमा बाँचिरहनु हुन्छ । कुनैबेला ती पनि नयाँ थिए । तपाईँ पनि त्यस्तै बन्न सक्नुहुन्छ । त्यसो हुनाले नयाँ बन्नूस् । #माधवप्रसाद घिमिरे चार्ल्स रिभर टक्क रोकिएको छ: चार्ल्स रिभर टक्क रोकिएको छ मानौॅ कसैलाई पर्खिरहेको छ यताउता नजर दौडाएर सायद कसैलाई खोजिरहेछ उसको वरिपरि घुम्ने ती कुइनेटाहरू आज खालीखाली उदाङ्ग देखिएका छन् उसलाई ढाडस् दिन चारैकाल कुदिरहने भरिभराऊ स्टोरो ड्राइभ नाङ्गो देखिएको छ मानौॅ लम्पसार नग्न शरीरजस्तै ऊ दङ्ग पर्छ भन्न सक्दैन यहाॅ के भइरहेछ ऊ आजकल खालीखाली महसुस् गर्छ कस्तो कस्तो खल्लो खल्लो ! ऊ टक्क रोकिएको छ र सम्झिरहेको छ ती सुन्दर स्वर्ण षोडशीहरू ती अर्धनग्न सुन्दरीहरू जो ऊसङ्गै जलक्रिडा गर्थे ऊ विलक्षण काउकुतीले अत्तालिन्थ्याे अनि उत्तेजित हुन्थ्यो सम्झने प्रयास गर्छ त्यो रोमाञ्चक क्षण आहा! कति सुन्दर हुन्थे ती पलहरू हिजोका कैले आउलान् फिर्ता? ऊ निसासिन्छ, अत्तालिन्छ माथि आकाशमा सूर्य छ जुनेलीमा जून पनि छ तर व्यर्थ कस्का लागि? कोही त छैन यहाॅ निरास देखिन्छन् ती पनि आजभोलि खै कता गए ती ऊमाथि खेल्ने रमाउने मान्छे ऊमाथि धुइरिने ती मानवहरू? मानौँ कतै बलियो हुरीबतासले लग्यो तिनलाई कहिलै नफर्कने गरी पारि क्याम्ब्रिज \u200dसहर सहरको छातीमाथि उभिएका ती गगनचुम्बी भवनहरू पनि थकित, निरास र भयभित देखिएका छन् खै त्यो चहलपहल ऊ छक्क पर्छ हार्भर्ड वरिपरि मुसुक्क हाॅसेर सबैलाई स्वागत गर्ने क्याफेहरू खै ? कता गए ती उच्च शिक्षाको खोजीमा हिँड्ने यात्रीहरू ? एमआइटीमा बसेर गणितका सूत्र कोर्ने ओहोर दोहोरगर्नेहरू कता गए? चाल्स सम्झिने प्रयास गर्छ ती आफ्नो वरिपरि कथाको खोजीमा हिॅड्ने यसएलआर क्यामराहरू खै? के तिनीहरूले खोजेको कथा भेटियो त ? कता गए ती सेल्फी किङ्गहरू जो ऊसङ्ग सेल्फी खिचेर थाक्दैनथे बस्टन सहरभरि कुद्ने त्यो कमनवेल्थ एभेन्यु पनि टक्क रोकिएको छ यात्रा टक्क छ उस्को । एक्ले घाइते ह्येला झैँ लडेर मात्र बिलौना गरिरहेछ मानौॅ कसैलाई डाकिरहेछ त्यो चहल पहल बोकेर लहरे पिङ्झैँ मच्चिइरहने बलियो यात्री आज डङ्ग रित्तै लम्पसार छ चार्ल्स रिभर आशाको र प्रश्नहरूको नजर एटलान्टिक एभन्युतिर फ्याल्छ एटलान्टिक आफैँ जिल्ल छ कुनै भयभित शून्यताको रहस्य केलाइरहेछ आफ्नो छेउमा चमचमाई रहने बस्टन हारबरलाई हेर्छ निस्तब्ध छ। मानौँ उस्ले एटलान्टिक समुन्द्रमा आत्मदाह गरिसक्यो फर्केर नआउने गरि ! चार्ल्स एक्लो महसुस गर्छ उस्ले कतै देख्दैन ती गोधुली साॅझमा आफूमा तैरिन आउने प्रूडेन्सियल र जोन हेन्ककहरू आफ्नो छेवैमा बसेर लाजै नमानी ओठमा ओठ जोडेर तातो यौन भावना बाँड्ने जोडीहरू ऊ चलबलाउने मन गर्दैन मानौॅ कसैलाई पर्खिरहेछ ऊ उतिनै खेर एक हुल मान्छेहरू लखेटिएका हुन्छन् कुनै ठूलो अदृश्य त्रासले उनीहरूको पछिपछि दौडिरहेको छ एउटा अदृश्य किरो “कोरोना”। बस्टन, अमेरिका #अमेरिका #काेराेनाभाइरस #बस्टन #महेश्वर पन्त मङ्गलीको मन: सूर्यको लालीले बिहानीलाई रङ्गीन बनाएको छ । चराको चीरबीर गुञ्जनको मिठास जो कोहीलाई मोहनी लगाउने खालको छ । कोइलीको कुहुकुहु…ले त निःसन्देह उराठ मनमा पनि रङ भरिदिन्छ । वनपाखा मुस्कुराइरहेका छन् । गाउँ छेउको अग्लो झरनाको कलकल आवाजले मनै आनन्दित बनाउँदैछ । अनेकथरीका पुष्प सुवासले त्यसै उसै लठ्ठ बनाउँछ । वातावरण नै आखिर छ प्रेमिल । “ङा नाङकाई झकालाङ ।” गोरेले आज साहस जुटायो । सास रोकेर मातृभाषामा मनको कुरा खोल्दै मङ्गलीलाई रातो गुराँसको फूल दियो । मौका पारेर जम्माजम्मी तीन शव्दमा मनका कुरा राख्दा पनि उसको मुटु ढक्क फुलेजस्तो भयो । केही दिनदेखि उसले यो मौकाको खोजी गरिरहेथ्यो । मङ्गलीको चढ्दो बैंशले गोरे मोहित बनेको थियो । पानी पँधेरो जाँदा बाटोमा एकान्त पारेर मङ्गलीसँग मनको कुरा राख्न पाएकोमा ऊ मनमनै बिछट्टै खुसी छ । गाउँकै माइला चेपाङको छोरो हो, गोरे । मङ्गली पनि असमञ्जसमा परी, के सोची खै ! लजाउँदै फूल समाती । एक पटक गोरेलाई छड्के नजर लगाई । केटोले चाल पाएन । लाग्थ्यो, पाखा पखेरामा यो जोडीलाई आज ‘भगवान्’ले समय जुराइदिएका छन् । मङ्गली पनि गोरेले मन पराएर माया गरेकोमा मनमनै मख्ख थिई । बोलीचालीमा प्रायः नेपाली भाषाकै प्रयोग गर्ने गोरेले आज आफ्नी मनकी रानी मङ्गलीलाई आफ्नो मातृभाषा (चेपाङ भाषा)मै प्रेम प्रस्ताव राख्यो । यसको पनि आफ्नै अर्थ छ । उसका ‘बाउ’ले आमालाई र काकाले काकीलाई मातृभाषा (चेपाङ भाषा)मै प्रेम प्रस्ताव राख्दा सफल भएको भन्ने उसले सुनेको थियो । त्यसैले उसको मनमा आफ्नै भाषामा प्रेम प्रस्ताव राख्दा सफल हुन्छु भन्ने एक प्रकारको विश्वास नै बसिसकेको थियो । उमेरले मात्र चौधमा टेकेको गोरेले हातमा ढकमक्क फक्रेको रातो गुराँस त दिएको थियो तर उमेरमा प्रेम गर्नका लागि ऊ फक्रिसकेको भने अवश्य थिएन । उमेर नफक्रँदै विवाह गर्नु उसको वंश परम्परा जस्तै बनिसकेको थियो । उसका ‘बाउ’ बिहे हुँदा तेह्र वर्षका मात्र थिए रे ! अनि काकाले पनि त चौध वर्षमै काकी भित्र्याएको उसले सुनेको थियो । चौध वर्षको गोरे कानुनका लागि नाबालिग थियो होला तर उसको समुदायका लागि लक्का जवान । मङ्गलीले गोरेलाई आफूप्रति आकर्षित गर्न त सकी तर उमेरले तेह्र मात्र लागेकी मङ्गलीलाई यो प्रेम गर्ने बेला हो वा होइन के थाहा ! उसको लजालु मुस्कान नै जवाफ थियो । सल्बलाएका ओठ र आँखाको भाव नै काफी थियो । ऊ केही बोल्नै सकिन । लजालु मुस्कान र आँखाको भावभित्र गोरेप्रतिको अव्यक्त प्रेम छचल्किएको थियो । केही क्षणसम्म वतावरण मौन रह्यो । बोले त केवल आँखाआँखा, मनमन । गोरेले मौनतालाई भङ्ग गर्यो । “नाङ ङकाइ झन् कतेना ?” (तिमी मलाई मन पराउँदिनौ ?) मङ्गली झनै लजाई । ऊ केही बोल्नै सकिन । गोरेले दिएको गुराँसको फूल हातमा चरप्प समातेर घरतिर दौडी । गोरे पनि मङ्गलीको पछि लाग्यो । मङ्गली पर पुगिसकेकी थिई । उसले भेटेन । अनि ऊ आफ्नै घरतिर हिँड्यो । गोरे पर पुगेपछि मात्रै मङ्गली फेरि पँधेरोतिर लम्किई । यो मौसम पनि प्रेमिल जोडीहरुको पक्षमा छ । गोरेको घरभन्दा माथि डाँडामा ढकमक्क फुलेको गुराँसले पनि यसलाई सङ्केत गरिरहेको आभास गराउँछ । त्यहीमध्येको एउटा थुँगा उसले मनकी रानी मङ्गलीलाई दिएर प्रेम प्रस्ताव राखेको थियो । जसै मङ्गलीसँग छुटेर ऊ घरतर्फ लाग्यो आफैँमा हराउन थाल्यो । खुला आकाश । रातै फुलेका गुराँसको अलिक माथि जस्तो टलक्क टल्केका देखिने हिमालले आफूलाई गिज्याइरहेको महसुस गर्\u200dयो उसले । मङ्गली र गोरे चेपाङ सहपाठी हुन् । गाउँकै विद्यालयमा पाँच कक्षाका विद्यार्थी हुन् उनीहरु । यो कक्षा उनीहरुले दोस्रो वर्ष पढ्दै छन् । कक्षा उत्तीर्ण भएर पनि ६ कक्षा पढ्न झण्डै चार घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यताले उनीहरुले आफ्नै घर नजिकको विद्यालयमा कक्षा दोहो¥याएका हुन् । मङ्गलीलाई पछिल्लो समय विद्यालयभन्दा पनि दिनभरिजसो आफ्नै घरमा भाइबहिनीको धरालो बस्नुपर्ने बाध्यता छ । गरिबीका कारण परिवार पाल्नकै लागि बाबुआमा दैनिक ज्यालादारीमा काम गर्न निस्किएपछि मङ्गलीलाई आफूभन्दा साना चारजना भाइबहिनीको धरालो बन्नुपर्ने बाध्यता भएको हो । ––– ––– ––– ––– मङ्गली र गोरे एउटै गाउँका हुन् । एउटै गाउँ अनि सँगै स्कुल जाने आउने गरेकै कारण उनीहरुबीच हिमचिम बढ्यो । गोरेको प्रेम प्रस्तावले मङ्गलीको मन बेचैन छ । मनको अग्नि तापमा होमिएकी छे । के उत्तर देओस् बिचरी उसले पनि ! ‘के भन्ने ?’ ऊ दोधारमा परी । बालमस्तिस्क न हो, के के सोची सोची । जुरुक्क उठी अनि गोरेको घरतिर लागि । गोरेले मङ्गली आउँदै गरेको देख्यो । घरमा ऊ पनि एक्लै थियो । ‘मङ्गली किन आई ?’ गोरेको मन छटपटिन थाल्यो । ऊ आँगन छेउ उभिइरह्यो । गोरेको घर पुग्ने बेला मङ्गलीले अलि सुस्त सुस्त पाइला चाल्दै गई । गोरेको नजिकै पुग्न लाग्दा च्यात्तिएको मजेत्रोले शीर र मुख छोपी । मङ्गलीले पनि साहस जुटाएरै भनि, “गोरे, ङा नाङकाई झकालाङ ।” गोरे खुसीले बुरुक्क उफ्रियो, भन्यो, “म तिम्रो बुबासँग छिट्टै तिम्रो हात माग्न आउँछु ।” मङ्गलीले टाउको हल्लाएर सहमतिको सङ्केत दिई । गोरेको मुखमा पुलुक्क हेरी अनि फर्किएर आफ्नो घरतिर दौडिई । मङ्गलीले आफ्नो प्रेम प्रस्ताव स्वीकार गरेकीले गोरेलाई संसारै जितेजस्तो भयो आज । ––– ––– ––– ––– भेट हुँदा अक्सर गोरे जिस्काउँथ्यो, मङ्गली लजाउँथी । आज अर्को परीक्षाको घडी छ । साँझ बढ्दै छ, गोरे आफ्नो बुबालाई लिएर मङ्गलीको घर आएको छ । नङ पनि नफाली सफा गरेर सिङ्गै पकाएको भोर्ले कुखुराको भाले र १२ बोतल हुने गरी एक घैँटो कोदाको तीन पाने रक्सी लगिएको छ, मङ्गलीको हात माग्न । गोरेका बाबु छोरालाई मङ्गलीका परिवारले स्वागत गरे । चेपाङ समुदायमा सगुन लग्दा कुखुराको नङ नफाल्नुको पनि आफ्नै सांस्कृतिक महत्त्व छ । नङ फालेको कुखुरा लगे केटी थोते छ भनेर जिस्काएको भनेर केटी पक्षले दोष लगाउँछन् । केटा पक्षले यसरी केटी पक्षलाई मासु र रक्सी उपहार दिएर छोरी माग्ने परम्परालाई पुङ् खुवाउने भनिन्छ । चेपाङ समुदायमा पनि यो परम्परा छ । केटी पक्षले केटाको घरबाट लगेको पुङ्ग स्वीकार गरे भने विवाह पक्का हुन्छ, नत्र भत्कन सक्छ । मङ्गली बुबाले पुङ् स्वीकार गरे हुन्थ्यो भन्ने पक्षमा छे । उसले विवाह गरेर गोरेसँग संसार सजाउने सपना बुनिसकेकी छ । घरमा सबै जम्मा भएका छन् तर कोही बोलेका छैनन् । सन्नाटाकै बीचमा गोरेलाई बाबुले इशारा गरे । हिम्मत जुटाएर मङ्गलीका बुबातिर फर्किएर टाउको अलिकति झुकाएर गोरे बोल्यो, “नाङको चोङ्याङ ङाकाई बइची” (तपाईंकी छोरी मलाई दिनुहोस्) । मङ्गलीका बुबा केही बोलेनन्, हाँसे मात्रै । घरकै दलिनमा आड लागेर बसेकी छोरीतिर पुलुक्क हेरे अनि मुन्टो हल्लाएरै ‘हुन्छ’ भन्ने सङ्केत दिए । कुरा मिल्यो, सबै मिलेर रक्सी, मासु खान थाले । मङ्गलीले रक्सी भाग लगाइदिई । विवाहको कुरा टुङ्गो लगाएर छुट्टिने बेला सबै रक्सीले मातिसकेका थिए । गोरेका बा छोरालाई मङ्गलीका बाले आँगनको डिलसम्म पुगेर बिदा गरे । ––– ––– ––– ––– मङ्गलीका परिवारले पुङ् स्वीकार गरेसँगै दुईको विवाहले परिवारबाटै स्वीकृति पायो । चेपाङ परम्पराअनुसार पहिलो पुङ् कार्यक्रमपछि उनीहरुले फेरि विवाह गर्ने दिन टुङ्ग्याउनका लागि ‘ठेगान पुङ्ग खाने कार्यक्रम’ राख्नुपर्ने हो । तर दुवै परिवारकै सहमतिमा यो कार्यक्रमलाई छोट्याएर विवाहकै दिन सबै गर्ने योजना बन्यो । निर्धारित मितिभित्र आफ्नो परम्पराअनुसार विवाह सम्पन्न भयो । विवाहको दिन पनि आफ्नो परम्पराअनुसार गोरेले जन्ती लिएर आउँदा आफ्नै आमाले कानमा लगाएको पुरानो ढुङ्ग्रीसहित पाँचभारी रक्सी र मासुका लागि कुखुरा, बाख्रो उपहारमा आयो मङ्गलीका घरमा । मङ्गलीका बाबुले पनि आफ्नो परम्पराअनुसार छोरीलाई आफ्नो घरभन्दा तल रहेको चिउरीको बोट उपहार दिए । चेपाङ समुदायमा छोरीलाई दाइँजोमा चिउरीको बोट दिने चलन छ । चिउरीको बोटको पनि आफ्नै महत्त्व छ । यो बहुउपयोगी रुख हो भन्ने थाहा छ मङ्गलीलाई । उसका घरमा चिउरीको बियाँको घ्यू बनाएको देखेकी छे मङ्गलीले । फलले रक्सी बनाउने, तेल तथा घ्यू हातगोडा फुटेको र हिलोले खाएको औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । चिउरीको फूल त झनै उपयोगी मानिन्छ । फलको तेल निकालिएको पिना खेतवारीमा मल र औषधिका रुपमा पनि प्रयोगमा ल्याइन्छ । यस्तो बहुउपयोगी चिउरीको बोट दाइजो पाएकोमा गोरे पनि मख्ख छ । सानै उमेरमा मङ्गलीले विवाह गरेको कुरा उसकै साथी आइतीलाई भने कत्ति मन परेको छैन । आइती मङ्गलीको बालसखा हो । सँगै खेल्ने, स्कुल जाने सबैभन्दा नजिकका मिल्ने साथी हुन्, मङ्गली र आइती । पाँच कक्षा उत्तीर्ण गरेपछि आइतीले चार घण्टा हिँडेरै भए पनि पढाई रोकिन । आइतीका बाबुआमा ऊ स्कुल नजाओस् भन्ने चाहन्थे । त्यति टाढाको स्कुल ! सधैँका दिन कहाँ उस्तै हुन्छन् र ! बरु घरकै काममा सहयोग गरोस् भन्ने चाहना उनीहरुको थियो तर उसले मानिन । दुःखै गरेर भए पनि स्कूल पढ्न छाडिन । सँगैकी साथी मङ्गली भने विवाह बन्धनमा बाँधिई । बेहुली भएर पराइ घर गई । त्यो दिन आइतीलाई साह्रै नरमाइलो लाग्यो । मङ्गलीलाई बिदाई गरेपछि आइती मजेत्रोले आँशु पुछ्दै घरतिर लागि । मन थाम्न सकिन । बाटोमा सुँक्कसुँक्क गर्दै गई । पधेँरोमा मुख धोएर घरतिर लागी, मन गह्रौँ भयो । ––– ––– ––– ––– बिहेपछि गोरे र मङ्गली दुवैले पढाइ छाडे । ज्याला मजदुरी, साँझ बिहान घरको काम उनीहरुको दैनिकी हुन पुग्यो । हुन पनि जीवन धान्न मजदुरीको कुनै विकल्प पनि त छैन उनीहरुका लागि । आफ्नो बारीमा उब्जाएको अनाजले चार महिना पुग्न पनि गाह्रो छ । भीरपहरामा भेटिएका गिठ्ठा भ्याकुर उनीहरुको आहारा थियो । ज्याला मजदुरी गरेरै रुखोसुखो जीविकोपार्जन गर्नुपर्ने बाध्यता उनीहरुको पुस्ता परम्परा बनिसकेको छ । बिहे गरेको तीन वर्ष पनि नबित्दै दुई सन्तानकी आमा भई मङ्गली । वर्षौँटे सन्तान अनि त्यसमा पनि कम उमेरमै जन्माउनु पर्दा कम्ती पीडा भोग्नु परेन उसले । पहिलो सन्तान जन्माउँदा ऊ १४ वर्षकी मात्रै थिई । बच्चा त बस्यो, सुत्केरी हुने बेलामा बढी रक्तश्राप भएर झण्डै ज्यान गएको ! कम उमेरमै विवाह गरी छिट्टै गर्भवती हुँदा आफ्नै भाउजू अनि पल्लो घरकी ठूल्दिदीले ज्यान गुमाउनु परेको अवस्था सम्झँदा त मङ्गली खुब डराएकी थिई । परिस्थिति यस्तै भयो । अरु केही नभए भगवानले हात थाप्छन् भनेर उसले आफूलाई सान्त्वना दिनुको अर्को उपाय थिएन । सानै उमेरमा बच्चा जन्माउँदा आमाले बच्चालाई स्याहार गर्ने कि आफ्नै स्याहार गर्ने ? मङ्गलीको अवस्था पनि यस्तै छ । आफूसँगैकी साथी आइती सधैँ किताब बोकेर आफ्नै घर अगाडिबाट विद्यालय गएको देख्दा मङ्गलीको मन एकतमासको बन्छ । आइतीको ठाउँमा आफूलाई उभ्याएर हेर्छे । झस्किन्छे, अनि आफूले विगतमा लिएको निर्णयमा पश्चाताप गर्छे । सोह्र वर्षमै दुई सन्तान र काँधमा घर सम्हाल्ने जिम्मेवारी छ । कल्पना गर्छे, ‘म पनि आइतीसँगै पढ्न पाएको भए…।’ ––– ––– ––– ––– दिन बित्दै जान्छ । घर मेलापात गर्दै दुई सन्तानकी आमा मङ्गली १६ वर्षमै उमेर ढल्किएजस्तो देखिन्छे । न त सुत्केरी हुँदा पोषणयुक्त खाना, न त आङ ढाक्ने राम्रो कपडा नै छ । गोरे पनि त बल्ल १६–१७ वर्षको लोर्के ठिटो हो । झिल्के, सर्लक्क परेको छ । उसलाई अब आफ्नै श्रीमती नराम्री लाग्न थाली । अनि बिस्तारै ऊ अरु केटीहरुप्रति आकर्षित हुन थाल्यो । यो कुरा मङ्गलीलाई पाच्य हुने कुरै भएन । यसै कुराले उनीहरुको घरमा कलह हुन थाल्यो । “अहिले अरु केटीसँग यस्तो गर्ने भए मलाई किन बिहे गरेको त ?” मङ्गली झर्कन्छे । गोरे नाजवाफ हुन्छ । सुरुमा त गोरेले आफू कसैसँग नजिक पनि नपरेको बताउँछ । झूट लामो समय छिप्दैन भनेझैँ गोरेका नाजायज सम्बन्धहरु बाहिर आउँछन् । श्रीमतीले आफ्ना दुई सन्तानलाई हेरेर यस्तो व्यवहार त्याग्न आग्रह गर्छे तर गोरेले सुन्दैन । यही कुराले गोरे र मङ्गली बीचको सम्बन्ध बिग्रन थाल्छ । गोरे कयौँ दिन घर नै नआई बाहिरै बस्न थाल्छ । यही क्रमले एक दिन दुई दिन हुँदै वर्ष बित्छ । गोरेले घरमा अर्की श्रीमती भित्र्याउँछ । अर्की श्रीमती भित्र्याएसँगै गोरेको मङ्गलीप्रतिको व्यवहार पनि रुखो बन्दै जान्छ । एक दिन रक्सी खाएर आएको गोरेले मङ्गलीमाथि हात उठाउँछ । दिनदिनैको आफूमाथिको कुटपिट र अन्याय मङ्गलीले कति सहोस् ! मङ्गलीले गाउँलेहरुसँग गुहार माग्छे । उसले यति अन्याय सहेर गोरेसँग बस्न नसक्ने भनाई राख्छे । गाउँलेहरुको भेलामा रुँदै उसले भन्छे, “अब म योसँग बस्न सक्दिन ।” गोरे समाजकै अगाडि रिसाउँछ र भन्छ, “नाङ ड्याह् ल्याउको ल्याम कानु ङा लैको ल्याम कन्नाङ” (त्यसो हो भने तँ आफ्नो बाटो लाग,् म पनि आफ्नो बाटो लाग्छु) । गोरेले चाहेकै यही थियो । उसलाई भन्न सजिलो पनि छ । उसले दोस्रो विवाह पनि गरिसकेको छ । तर महिलालाई छोराछोरी छोडेर बाटो लाग्न के सजिलो छ र ? मनले यो कुरा सजिलै मान्ला ? मङ्गली के सोच्दै थिई । त्यसै बेला समाजका भद्र भलाद्मीले उनीहरुलाई मिलेर बस्न गरेको आग्रहले झस्किई । समाजको कुरामा दुवै टसका मस भएनन् । एउटै भान्छामा सधैँ झगडा गरेर बस्न त्यो पनि सम्भव ठानेनन् । भद्रभलाद्मीले भनेझैँ त्यही घरको पाली बारेर मङ्गली एक्लै बस्न राजी भई । छुट्टिएपछि मङ्गलीलाई आफ्ना दुई सन्तान पाल्न सजिलो थिएन । उमेरकै थिई । हरेक दिन ज्याला मजदुरी गर्थी । दुःख गरेरै आफ्नो र बालबच्चाको जीविका चलाउँदै आएकी थिई । यसरी नै जीवन निर्वाह गर्दै गर्दा मङ्गली पनि बीस वर्षकी भई । उसका सन्तान पनि अब स्कुल जाने उमेरका भए । अहिले त उसकी साथी आइती त्यही विद्यालयको शिक्षक बनेकी छ । आफ्नो बालसखा शिक्षिका भएकै कारण पनि विद्यालयमा छोराछोरी भर्ना गर्न उसलाई गाह्रो भएन । “हेर तिमी पढ्यौ र त गाउँमै शिक्षक भएर आयौ, म पढिन । अहिले दुःख पाइरहेकी छु”, मङ्गलीले आइतीलाई भनी । आइती पनि मुसुक्क हाँस्दै भन्छे, “मोरी तँलाई पनि त मैले बिहे नगर्, पढम् भनेकै हो नि ! मानिनस् ।” उनीहरु बीचको भलाकुसारी चल्दै थियो । दुईवटा गिलासमा चिया लिएर कोही आयो । दुवै जनाले मीठो मानेर चिया खाए । मङ्गली आफ्ना दुवै छोराछोरीलाई स्कुलमा भर्ना गरेर फर्की । ––– ––– ––– ––– छोराछोरी स्कुल जान थालेपछि मङ्गली दिउँसोमा अलि बढी फुर्सदिली भई । काम गर्न टाढाटाढा जान पनि भ्याउने भई । यसरी नै काम गर्ने क्रममा उसको पनि आफ्नै गाउँको ठूलेसँग मायाप्रेम बस्यो । एक वर्षअघि सुत्केरी हुन नसकेर ठूलेकी श्रीमतीको १४ वर्षमै ज्यान गएको थियो । ठूलेको प्रेममा मङ्गलीले अलिकति भए पनि आड भरोसा गरेकी छे । तर उसलाई आफ्ना दुई सन्तान छाडेर ठूलेसँग कसरी जाने भन्ने चिन्ता छ । ‘उल्ले मछँदै कान्छी ल्यायो । ममाथि मात्र अन्याय गरेन आफ्ना यी सन्तानमाथि पनि ठूलो अन्याय गरेको छ । अब मैले पनि छाडेर गए यी लालाबालाको के हालत होला ?’ मङ्गली ठूलो चिन्तामा परी । उता, मङ्गलीको मन ठूलेले तानिसकेको छ । फेरि मनमनै भुटभुटिन्छे, ‘जसको बीउ हो उसैले त मतलब गर्दैन भने मैलेमात्रै उनीहरुको रेखदेख गर्न केको कर ?” मङ्गली पछिल्लो समय यस्तैयस्तै कुराले विचलित छे । छोराछोरी छाडेर जाऊँ, उनीहरुको बिचल्ली हुन्छ । नजाऊँ, अहिले ठूलेले पनि बिहे गर्न दबाब दिइरहेको छ । श्रीमती नभएपछि ठूलेलाई पनि घर धान्ने श्रीमती चाहिएको छ । उसले आफ्ना दुई सन्तान लिएरै विवाह गर्ने प्रस्ताव गर्छे तर ठूले त्यो कुरा मान्न तयार हुँदैन । अनि मातृत्वको ममतालाई बिर्सिएर जे त होला भन्दै उसले पनि ठूलेसँगै जीवन बिताउने निर्णय गर्छे । उनीहरु भागेरै विवाह गर्छन् । मङ्गलीले दोस्रो विवाह गरेको कुरा गाउँमा ठूलै चर्चाको विषय बन्यो । पुरुषले दोस्रो विवाह गर्दा सजिलै पचाउने हाम्रो समाज महिलाले दोस्रो विवाह गर्दा किन सजिलै पचाउन सक्दैन ? उमेरकै हिसाबले त भरखरै विवाह गर्ने उमेरकी छे मङ्गली पनि । आफ्ना इच्छा, चाहनाहरु पनि किन नबुझेर कुरा काटेका होलान् भन्ने लाग्छ मङ्गलीलाई । आमाले पनि छाडेर गएपछि गोरे र मङ्गलीका छोराछोरी अहिले झनै बिचल्लीमा परेका छन् । सौतेनी आमासँग बसेको बाबुले पनि उनीहरुलाई वास्ता गर्दैन । ती दुई बालबालिकाको बिचल्ली भएको छरछिमेकीले हेरेर बस्न सकेनन् । गाउँलेले उनीहरुलाई अनाथालय पठाउने सल्लाह गरे । यो कुरा कता कता मङ्गलीको कानमा पनि पर्\u200dयो । बाबु आमा छँदाछँदैका अनाथ भए उनीहरु । आज छिमेकीको सहयोगमा ती दुई बालबालिकालाई विदेशी लगानीमा स्थापित अनाथालयमा पठाइँदैछ । मङ्गलीलाई आज बिहानैदेखि संसारै अँध्यारो लागिरहेको छ । खाना पकाइवरी ठूलेलाई खुवाई । आज अलि सञ्चो छैन भनेर काममा पनि गइन । ठूले काममा निस्कियो । मङ्गलीले खाना खान सकिन । वनको बाटोको अलि माथिपट्टि छेलिएर बसी । मैलो मजेत्रोले मुख छोपेर बाटोतिर टोलाइरही । ‘अब भेट होला नहोला, देख्न पाइएला नपाइएला’, उसलाई आफूले दश महिना कोखमा राखेर जन्माएका, आफूले खाइनखाई बडो प्यारले हुर्काएका सन्तानको एकपटक मुख हेर्ने उत्कट इच्छा जाग्यो । एकैछिनपछि गाउँकै केही छिमेकी र दुई जना नयाँ मान्छेले आफ्ना कलिला लालाबालालाई डो¥याएर जाँदै गरेको देखी, मङ्गलीले । मन भक्कानिएर आयो, आँखाबाट बलिन्द्र आँशु बग्न थाल्यो । आँशु पुछ्दै एक तमासले हेर्दै छे ऊ । दौडदै गएर छोराछोरीलाई च्याप्प अँगालो हालेर छातीमा टासिरहुँ जस्तो लाग्यो, फर्काएर ल्याउँ जस्तो पनि लाग्यो । तर त्यसपछि के ? बाध्यताको भूमरीमा छ मङ्गली । हेर्दाहेर्दै उनीहरु टाढा हुँदै गए, अलप भए । वन जलेको भए सबैले देख्थे, मङ्गलीको मन जलेको कसले देख्नु ? ऊ घण्टौँसम्म बसेको ठाउँबाट उठ्न सकिन । आँशु पनि सहारा बन्दोरहेछ जीवनमा कहिलेकाहीँ, मङ्गलीको जीवनमा पनि यस्तै भयो आज । टाउको फुट्ला जस्तो भएको छ, रुँदारुँदा ऊ निकै थकित र कमजोर बनेकी छ । साँझ पर्न लाग्यो, ठूलेलाई सम्झिई अनि आड लागेको रुखको सहारामा बिस्तारै उठी । आखिर आमाको मन न हो । शरीर घरतिर घिस्रिदै छ, मन उतै लालाबाला गएतिर दौडिरहेको छ । #चेपाङ #वसन्त पराजुली नारायणी-गण्डकीका स्वरहरूको अनलाइन गोष्ठी: लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचना पाठसमेत गर्ने हेतुले गत बुधबार २०७७ जेठ ७ साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो । साँझ ८ बजेदेखि कम्प्युटरर मोबाइलबाट अनलाइन (भिडियो कन्फ़ेरेन्सिङ्ग) विधिमा सञ्चालित कार्यक्रममा चितवन नवलपुर क्षेत्रका साहित्यकारहरू ऋषिप्रसाद लामिछाने, किसान प्रेमी, खुमनारायण पौड्याल, गिरिराज डल्लाकोटी, जीवा लामिछाने, धनराज गिरी, बालकृष्ण थपलिया, रचना शर्मा, रमेश प्रभात, लक्ष्मणप्रसाद गौतम, लीला दहाल, सुमन घिमिरे, सुरेन्द्र अस्तफल, हरिहर खनाल, तथा समाजका पुष्पा खनाल, नवराज पुडासैनी ज्योत्स्ना र पत्रकार राजेश खनाल आदिको सहभागिता रहेको थियो । कार्यक्रममा कविता, गजल, गीत, लघुकथाहरू वाचन, गायनका साथै चितवनले नेपाली साहित्यिक र लोकतान्त्रिक आन्दोलनमा खेलेका भूमिकाको चर्चा गरिएको थियो । सो कार्यक्रमका आरम्भमा समाजका अध्यक्ष विधान आचार्यले रामायणका दुई श्लोक वाचन गरे । सञ्चालन अनौपचारिक तरिकाले गरियो । सबै सर्जकहरूले सङ्क्षिप्त परिचयसहित रचना वाचन गरे । अन्त्यमा वाचित रचनामाथि समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमबाट समीक्षा गरियो भने समाजका महासचिव पुष्पा खनालले सहभागीलाई धन्यवाद प्रदान गरिन् । कार्यक्रम लगभग दुईघण्टा चलेको थियो । जूनको सपना: मनका भाकाहरू अनि बिपनाको धून नबिर्सिने सपनाको त्यो जून म उडिरहेको आकाशमा पनि छ तिम्रो बगिरहने सागरको मीठो सम्झना मायाको मीठो कल्पना, बिपना अनि पुनः त्यहीं जूनको सपना । #जूनको सपना नक्सा बनाउने हात: चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छ मेरो देशको नक्सा बिस्तारै कोर– सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ ! माथिमाथि– धारिला पिरामिडजस्ता हिमश्रृङ्खला छन् माझमा– ढाका टोपीझैं अग्लिएका पहाड, देउराली छन् अलि तल– आमाको काखजस्ता न्याना फाँटहरू छन् जतनले कोर सीमानाका रेखा तीखो कलमको एकै घोचाइले पनि दुख्छ देशको छाती पश्चिमतिर गर्विलो छातिझैं फुकेको माझमा बैंशालु कम्मरझैं छिनेको पूर्वमा ’जोडिएका दुई पाउझैं’ टपक्क मिलेको भर्भराउँदो यौवनाजस्तो छ मेरो देशको नक्सा र त लाउँछ आँखा छली दुनियाँ ! कृपया ! बिस्तारै कोर साँध, सीमानाका एकएक बिन्दु ख्याल राख र याद राख– ए नक्सा बनाउने हात ! नौनीजस्तो कोमल मन छ एउटा देशको मानचित्र भित्र । #नक्सा बनाउने हात #निर्भीकजंग रायमाझी समाजको बाटो: हामीलाई जसरी एक ठाउँबाट अर्को ठाउँमा सुलभ बाटोको आवश्यकता पर्छ, त्यसैगरी जिन्दगीको लक्ष्यमा अघि बढ्न पनि सुन्दर मार्ग आवश्यक पर्छ । यही विचारमा सहमत भएर धर्म सापकोटा राजुले ‘बाटो’ शीर्षकको कथासङ्ग्रह बजारमा ल्याएका छन् । बाटोको बारेमा उनको भनाइ एकदम मीठो छ, ‘कुनै बाटोमा पैतालाले टेक्छन्, कुनै बाटोमा आँखाले त कुनै बाटोमा मनले टेक्छन् ।’ यो पुस्तकलाई युरेका पब्लिकेशनले बजारमा ल्याएको छ । यसमा पन्ध्र कथाहरु समावेश छन् । यस अघि ‘बुद्धिमानीको परीक्षा’ बालकथा संग्रह र ‘बहिर्गमन’ लघुकथा संग्रह प्रकाशित गरिसकेका लेखकको यो तेस्रो कथा कृति हो । समयसामयिक विषयवस्तुलाई लेखकले कथाको रुप दिएका छन् । विकसित देशमा गएर सुख पाउने सपना देखेका मानिसले भोगेको तीतो यथार्थलाई सापकोटाले यस पुस्तकमार्फत प्रस्तुत गरेका छन् । लेखक स्वयं पनि विदेशी जीवन बिताइरहेका छन् । नारी उत्पीडनका कथा मात्र पढिरहेका पाठकले पुरुष उत्पीडनका कथाको स्वाद पनि पाउनेछन् । विवाहेत्तर सम्बन्धको कारण वैवाहिक जीवनमा ल्याउने खटपटीलाई ‘प्रेम सन्देश’ शीर्षकको कथामा उल्लेख गरेका छन् । श्रीमतीको जन्मदिनमा श्रीमानले किनिदिएको मोबाइल श्रीमतीले जतन गरेको देख्दा श्रीमान अत्यन्त खुसी देखिन्छन् तर रहस्य अर्कै हुन्छ । अरु कसैसँग प्रेम सम्बन्ध चलिरहेकाले श्रीमानले थाहा पाउने डरले उनले मोबाइल ओगटेकी हुन्छिन् तर सत्य सधैँ लुक्दैन । जसका कारण श्रीमान र श्रीमतीबीचको भावनात्मक सम्बन्धमा दरार पैदा हुन्छ । साधारण भाषाशैलीमा लेखिएका धर्मका कथाहरु मर्मस्पर्शी छन् । ‘चार्ली द ग्रेट’ शीर्षकको कथाले बाल्यकालमा आमाबुबाको माया नपाएको पात्रको संवेदनशीलताको चित्रण गरेको छ । बाबुआमाले डिभोर्स गरेपछि छोराछोरीले भोग्ने पीडालाई ओकलेको छ । यो कथाको मुख्य पात्रले सोही कारण आफ्नी श्रीमतीसँग मन नमिले पनि सन्तानले दुःख पाउँछन् भनेर डिभोर्स दिन चाहँदैन । लेखक सापकोटाका सबै कथाहरुले समाजको यथार्थको उत्खनन गर्ने प्रयास गरेका छन् । ‘सानिमा’ शीर्षकको कथा पनि एकदम मार्मिक छ । आफ्नी आमाको मृत्यु भएपछि निराश बनेकी बालिकाको मनोदशालाई कथामा चित्रण गरिएको छ । सानिमाले दिएको मायालाई उनी आमाको जस्तै महसुस गर्छिन् । दिदीकी छोरीको लागि सानिमाले पनि आफ्नो प्रेमी छोडेर भिनाजुसँग बिहे गर्छिन् तर उनले कहिल्यै पनि सानिमालाई आमाको जस्तो स्थान दिन सक्दिनन् । धर्म राजुका कथाहरु पढ्दा वर्तमान समाज जीवन्त रुपमा उभिइरहेको आभास हुन्छ । पेपर म्यारिज गर्दाको बेफाइदालाई ‘मुस्कान नेपाल’ शीर्षकको कथामा देखाइएको छ । लण्डन जाने लोभमा साथीलाई आफ्नी श्रीमतीसँग कागजी बिहे गर्ने अनुमति दिँदा श्रीमानलाई धोका हुन्छ । ख्याल ख्यालको बिहे वास्तविकतामा परिणत हुन्छ । बच्चा पनि जन्मिन्छ । नारी पात्रले दुइटा श्रीमानको थर राख्न अप्ठयारो लागेर छोरीलाई आफ्नै थर दिएर जन्मदर्ता बनाइदिन्छे । विदेश जाने लोभमा मानिसले गरेको गल्तीलाई कथाको प्रमुख विषयवस्तु बनाइएको छ र त्यसले निम्त्याउने समस्यालाई पनि दर्शाइएको छ । यो पुस्तकमा समावेश भएका कथाहरुले पुस्तकको शीर्षकलाई सार्थकता प्रदान गरेका छन् । कथाका पात्रले वर्तमान समाजको वास्तविकताको प्रतिनिधित्व गरेका छन् । लेखकले पाठकलाई सामाजिक कुरीति फैलाउने गलत बाटोमा नहिँड्न प्रेरित गरेका छन् । समग्रमा कृति पठनयोग्य छ । #इलाम #बालिका थपलिया सुवासका तीन हाइकु: १. उच्च उडान धर्तिमै छ है दृष्टि गिद्दे नजर । २. अल्झियो जोगी आफ्नै जटादाह्रीमा धर्म भो स्वाहा । ३. खुकुरी धार घर फर्कने बाटो हिम्मत गर्छौ ? #सुवास #हाइकु अठोट: आर्यघाटमा चिरेका सपनाहरू आज बुन्दै थिई त्यो महिला समाजको आकारबाट विस्मृत थिई ती कोपिला ! सेतो पहिरनले छोपेको तन तर रातोले रक्ताम्य मन सोचहरुको साम्राज्यबाट पर भाग्दै थियो उस्को वचन ! हारेको कङ्काल र माटोझैँ शरीर त्यसै झुक्दैनन् उस्को अठोटिलो रहर चाहे वसन्त होस् या कुनै मीठो शिरीष उस्को सपनाहरूको हुनेछ, इति श्री!! #सुनयना कायस्थ टीएनका तीन कविता: सपना म चाहान्छु उसले ठूलो सपना देखेर विपनाको हत्या नगरोस् बस् ! एक पेट कमाओस् मेरै आँखा नजिक बसेर बेलुकाको खाना मसँग खाओस् र मेरै नजिक घुप्लुक्क निदाओस् टोपी जत्रै सपना देखेर बस् ! टाउकोमै सजिन्छ देश । फरक झन फरक किनकि फरक गोलार्धमा एकै पटक एकै समय जून एउटै हुन सक्दैन घाम एउटै हुन सक्दैन आँखाहरू कसरी एउटै हुन सक्छन ? सपनाहरू कसरी एउटै हुन सक्छन् ? झन् मृत्यु त एउटै हुन सक्दैन त्यसैले पर्ख कुर प्रत्येक मृत सपनाबाट एउटा सच्चा विपनाको जन्म हुन्छ र विपना जन्मिएपछि सपनाहरूले गर्नु पर्दैन फूलहरूले आत्महत्या गर्नु पर्दैन । निन्द्रा कि धन ? तिमी मालिक भयौ म मजदुरै छु । फरक यत्ति हो तिमी पैसा भएर पनि निद्रा किन्न सक्दैनौ र तड्पिन्छौ म सडकको पेटिमा पनि आनन्द निदाइदिन्छु । निद्रा बाँडेर बाँडिने भए तिमीलाई म एक प्रहर निद्रा सित्तै दिन्थे र तिम्रो आँखामा हेर्न चाहान्थे श्रमको मूल्य । #टीएन भट्ट #धन #मालिक नेपालको क्षेत्रफल बढ्यो रे !: नपत्याउँ कसरी, पत्याउनु कसरी ? आधारै छैन मान्ने बालसखा खेलेझैं देश पनि बढ़छ र ? इच्छा भो साह्रै जान्ने विदेशमा रहँदा झन् धेरै माया, देशको छ हामीलाई गदगद छौँ आज विदेशी भूमिमा रहेका साथीभाई यो भन्दा ठूलो के हुन सक्छ गर्वको अनुभूत साहसी कामको कदर गरौ मिलेर सब सपूत ।। नक्सामा मात्र बढेको हो कि ? वास्तविकता मै बढेको हो ? यकिन पाउन सरकार ! सही सूचना पाउने हाम्रो पनि हो दरकार ! पूर्वमा मेची पश्चिम महाकाली इतिहास बन्ने भयो ! गुमेको भूमि सम्झदै बस्ने जमाना अब गयो घमण्डसाथ गाउनु पर्छ जय जय नेपाल आजका दिनमा झन् ठूलो भयो हाम्रो देश विशाल ।। नेपाल आमा तिमी हौ सच्चा गुम्दैन तिम्रो भूमि सहेर बस्यौ यतिका वर्ष, गुमाएर मातृभूमि थिचो र मिचो सहँदै बस्दा, यो गति हुन गो गोर्खाली शानले ढिलै भएनी जमिन फिर्ता भो ।। नक्सामा मात्र सीमित नहोस्, स्वामित्व ग्रहण होस् कुटनीतिक पहल तुरुन्त थाली, सिमाना कायम होस् इतिहास साक्षी बन्नेछ यसको सोचेर काम गरौँ यही नक्सा सधैं कायम राख्न विवेक प्रयोग गरौँ ।। तगाराहरू थुप्रै छन् अघि, सामना गरौँ मिली तारवार हैन पर्खालै लगाऊ, देशवासी सबै मिली सीमाको रक्षा सेनालाई दिउँ, चेकपोस्ट खडा गरी सुन्न नपरोस् सिमा मिचिएको समाचार घरी घरी ।। #नेपालको क्षेत्रफल बढ्यो रे ! #रुद्र दाहाल छिमेकी: खेतबारीलाइ चाहिन्छ किसान सबै नेपालीमा हुनुपर्छ देश जोगाउने भिजन । हिजो मेरो दुई हात जग्गा मिँचिदा म चुप रहेँ चित्त बुझाएर कि मर्दा पर्दा चाहिने त ऊ नै हो सोचेँ आखिर छिमेकी त पर्यो । अनि फेरि मेरो चार हात जग्गा मिँचिदा पनि म चुप नै रहेँ चित्त बुझाएर कि ऐँचो पँैचो गर्दा चाहिने त ऊ नै हो नि सोचेँ आखिर छिमेकी न पर्यो । तर आज मेरो जन्मभूमिको जमिन मिँचिदा नि म चुप नै रहेँ मेरो आवाज कसैले नसुन्ने मनासायले तर अब त अत्ति भयो मेरो सहनसिलताले सीमा नाघ्यो अब म चुप लाग्नेवाला छैन अँहँ चुप लाग्नेवाला छैन । मेरो सुन्दररूपी जन्मभूमिलाई हड्प्ने ति दुष्ट छिमेकीलाई म छोड्दिनँ हो म अब चुप लागेर बस्दिनँ म अब हाम्रो पुर्खाको रातो रगत र परिश्रमको पसिनाले अर्जेको हाम्रो भूमि बचाएरै छाड्छु परिआए ज्यानको बाजी नै पनि लगाएरै छाड्छु हो लगाएरै छाड्छु । #आयुष बडाल #छिमेकी माटोको माया: खिया लागेको छैन, खुँडा तरबार तीरमा वीरता डगेको छैन, नेपाली छाती र शीरमा । कोरस बरू ज्यान अर्पण गर्छौँ, सहन्नौ लुटेको माटो मेटेर मेटिन्न कहिल्यै, विशाल नेपालको बाटो । सहन्छौ चिरिदेऊ छाती, छुट्याउ यो शीर नै मेरो देश नचलाऊ कहिल्यै, काफी छ एउटा तिर नै । माटोको निम्ती सधैँ, सबै हौ सिपाही देशका एकमोर्चा हौं देशको लागि, सयौं भाषा र भेषका । कोरस पुर्खाले रचेको इतिहास, कदापी कुल्चन दिन्नौ नेपाली माटो छोडिदेऊ, कसैको एकै इन्च लिन्नौ । काङ्गडा टिष्टा हाम्रै हो, सुगौली सन्धी त्यही भन्छ अङ्ग्रेजले छोडेर गएसी, स्वतः हाम्रै त्यो बन्छ । अजिङ्गर चलाए एकैछाक, गोर्खाली चलाए एकैछिन स्वाधीनता खोस्न नखोज, रहन्नौ केही गरी एकैदिन । #महेश आचार्य #माटोको माया विद्रोही: विद्रोही हुनु मेरो रोजाई होइन हुन्छु म त्यहाँ त्यहाँ जहाँ न्याय छैन लामघारे मूर्कटहरु जब जब अलकत्रा पोतिएका अनुहार छोपेर चाप्लुसीका वैसाखी टेकेर, टिकिर टिकिर स्वार्थ र पदलिप्साका लडाईंमा अच्यूत हुँदै तुच्छताका सगरमाथाहरु चढ्छन् हावाका महलहरु कोर्छन् तब छियाछिया स्वच्छ, पवित्र मन भन्छ हारजीत कसैको होइन मरी लाने यो चोला अजम्बरी कोही छैन धौ पला भोलि हम्मेहम्मे त्यो पापको भारी त्यसैले ज्ञानी शिवलाई हेर्छन्, सत्यलाई हेर्छन् बेलैमा बुझी त्यो कालो मन अनि अनुहार फेर्छन् सगरमाथा, चन्द्र, पृथ्वी र सूर्य निष्कपट निश्चल हर्लक्क हुर्कने पालुवा दिन्छन् जब प्रस्ट तिम्रो आकृति सोसी गुन सबै नओकल निचता नबनाऊ फेरी फेरी त्यही अमृत पिई विषाक्त निकाल्ने सर्प तिम्रो परिचय सक्छौ गर मानव उपर सेवा कदापि शासन होइन आत्मसम्मान बाँड, सहअस्तित्व जगाऊ किनकि म अज्ञानी छैन। #भावना पोखरेल नयाँ युगको संघारमा उभिएर: अनुभूति १ ५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेपछि मानिस आजसम्म फेरि यस संसारमा फर्केर आएको छैन । यति सानो जीवले यस्तो सर्वशक्तिमान् मानव जातिलाई धम्की दिने ? मलाई घरीघरी त झोँक पनि चल्छ । उसको धम्कीदेखि तर फेरि आफैँलाई सम्झाउँछु- पख्, कतै उसको धम्की सत्य भइदियो भने ? म यो रमाइलो संसारमा छाडिहाल्न चाहन्न अहिल्यै । त्यसैले म घरभित्रै बन्दी बन्न राजी भएको छु, मृत्युको भय मनमा लिएर । कति निरीह रहेछ मानव जाति ! घरीघरी त मानव जातिकै सामर्थ्यप्रति अविश्वास हुन्छ मलाई, आखिर मानिसको शक्ति कहाँ छ त ? सायद मृत्युको भय नभएको भए ऊ यति निरीह भएर कोठाभित्र यति लामो समयसम्म कैद हुने थिएन । म बन्दी बनेर घरभित्र बस्न राजी भएपछि सडकमा तँछाडमछाड गरेर गुड्ने गाडीहरु पनि ग्यारेजभित्रै लुकेका छन् । मानिस सडकमा निस्कनु पर्दा मात्र पनि सोचिरहेको छ, कतै म त्यो कालरुपि कीटाणुको मुखमा त पर्दिनँ ? त्यसैले होला सडकमा मानव पाइला पातलिएका छन् । सडक लमतन्न परेर अट्टहास गरिरहेको छ र मानिसलाई भन्दै छ, हिजो त मलाई कुल्चेर बहादुरी देखाउँदै थियौ त, आज किन ममाथि पाइला राख्न पनि डराइरहेका छौ ? ऊ अट्टाहास यसरी गर्दैछ मानौँ, मानिस उसको अगाडि दुई कौडीको भएको छ अहिले । मेरो घरअगाडिका पुस्तौँसम्म पुग्ने धन कमाउन दिनरात नभनी खटिरहने व्यापारीहरु पनि चाउरिएर बिहान १० बज्दानबज्दै पसल बन्द गरेर गायब हुन्छन् । के धनप्रतिको मोह सकिएको हो उसमा ? सायद उसले पनि सोचेको होला जीवन नै रहेन भने धन केका लागि ? मलाई थाहा छैन मेरो यो बन्दी अवस्था कहिलेदेखि फुक्का हुने हो । मानिसलाई मृत्यु र बन्दी जीवनमा कुन प्यारो छ भनेर सोध्यो भने अहिले उसले बन्दी जीवन नै रोज्छ होला । म पनि त बन्दी बन्न पनि तयार भएको छु अहिले, जीवन पाउन । के मानिसको स्वतन्त्रताको प्यास मृत्युभयलाई जितेपछि सुरु भएको हो ? यदि होइन भने किन स्वतन्त्रताको खोजी गरिरहेको छैन मान्छे ? मानिसभित्र कि मृत्युको भय रहन्छ कि स्वतन्त्रताको प्यास, दुवै एकै ठाउँमा एकैसमयमा बस्न सम्भव छैन । ……. सुरुका दिनमा फुर्सत भएकोमा मानिसहरु उत्साहित पनि थिए । सामाजिक सञ्जाल क्रियाप्रतिकृयाको भीडले घेरिएका थिए । यसलाई उपयोग गर्न केहीले यस कीटाणुबाट कसरी बच्ने भनेर भिडियो बनाए । केहीले गीत गाएको, नाचेको, खाना पकाएको सबै भिडियो र फोटाहरु पोष्ट गर्ने होड चलाए । म पनि त्यसमा बगिरहेँ, अछुतो रहिनँ । केही दिन त हो नि केही अलमलिएका, नभ्याइएका, मन लागेका काम गर्छु, भ्याउँछु, केही नयाँ सिर्जना गर्छु यस्तो सोचेको थिएँ मैले । मलाई लागेको थियो अब मसँग प्रशस्त समय छ सिर्जनात्मक काम गर्न, टिप्पणी गर्न र जान्ने भइटोपल्न । किनकि म आफूलाई कलमजीवि पनि ठान्थेँ, सर्जक पनि मान्थेँ । दिन बित्दै गयो, बन्दाबन्दी लम्बिँदै गयो । मेरो सक्रियताको कल्पना छटपटीमा परिणत हुन थाल्यो । अवचेतनामा मृत्युको त्रास बोकेर सिर्जनात्मक हुन सक्तैन मान्छे । सिर्जनाका लागि आशा आवश्यक छ । समय प्रशस्त हुँदा सर्जक बनिन्छ भन्ने पनि भ्रम रहेछ । सिर्जनाको लागि त मन स्वतन्त्र हुनुपर्छ, भविष्यको उज्यालो हुनुपर्छ मनमा । ज्वार उठ्नुपर्छ मस्तिष्कमा, कल्पनाका छाल उर्लिनुपर्छ हृदयमा । पोखिने स्वतन्त्रताको अवसर हुनुपर्छ ऊभित्र । जब मृत्युको डरले सताउँछ त्यसपछि मानिस न सिर्जनात्मक हुनसक्तो रहेछ न कल्पनाशील । यो भ्रम नराम्ररी च्यातिएको छ अहिले मभित्र । अहँ मानिस फुर्सत भएर कल्पनामा रमाउने होइन रहेछ । समय पाउँदैमा कुनै गतिलो काम गरिहाल्ने पनि होइन रहेछ । समय पाउँदैमा र अरु कामले चापमा नपार्दा ठूलो लेखक, अध्येता बन्ने पनि होइन रहेछ । यस्ता निकैवटा भ्रम सखाप पारिदिएको छ यो बन्दाबन्दीको कहरले । आँखाले नदेखिने एउटा सूक्ष्म कणले मानव जातिलाई नै बन्दी बनाएर कोठाभित्र खुम्च्याइदेला भनेर कसले पो सोच्या थियो होला र ? परमाणु बम बनाएर संसारलाई त्रसित बनाएर आफ्नो मुठीमा राख्न सकिन्छ भनेर सोच्नेहरु पनि आज हायलकायल भएर यस कीटाणुसँग जुधिरहेका छन् । संसारकै शक्तिशाली हतियार र सैन्य संरचना लिएर संसार जित्छु भन्नेहरुलाई असली सामर्थ्यबोध गराइदिएको छ यो सूक्ष्म जीवले । मानिसले सिर्जना गरेका भौतिक सम्पदा र आविष्कार गरेका कुरा कति निरिह छन्, तिनले प्रकृतिमा सिर्जित एउटा सानो कणलाई पनि परास्त गर्ने सामर्थ्य राख्तैनन् भन्ने कुराको बोध पनि सायद यसले गराएको छ संसारलाई । हुनतः यस्ता महामारी मानव जातिले इतिहासमा कैयौँ पटक भोगेको थियो र त्यसलाई परास्त गर्दै अगाडि बढेको हो तर यस पटकको जस्तो संसारभर एकैपटक सबैले एउटै समस्या भोगेको चाहिँ सायद पहिलो पटक हो । भूखण्डको एकातिर महामारी, अर्कोतिर सामान्य अवस्था त बेलाबेला भोगिएकै हो तर एकैपटक सारा पृथ्वीलाई नै कँपाउने मृत्युको त्रास बेहोरोको भने पहिलो पटक नै हो । यसले मानिसलाई अवश्य बदल्नेछ । युगलाई कोरोमाअघि र पछिको युगमा विभाजित गरेर छुट्याउने छ । म अहिले यही युगीन सँघारमा उभिएको छु । म यसबाट अगि बढेँ भने अर्कै युगमा हुनेछु, नितान्त भिन्न सोच, भिन्न व्यवहार र भिन्न चिन्तनको युगमा । हो, यस्तै महामारी र त्रासले नै मानिसलाई शक्तिका साथ बदलेको छ आजसम्म । अब पनि त्यही हुनेछ, म बदलिनेछु, तपाईं बदलिनुहुनेछ । अनुभूति २ म आज कोठमा पल्टिएर आराम गरिरहेको छु । शरीर कोठाभित्र बन्दी भए पनि मन ब्रह्माण्डको भ्रमणमा फन्को लगाइरहेको छ । म कहिले भूभागमा घुमिरहेको छु त कहिले आकासतिर । कहिले भूतमा उडिरहेको छु त कहिले भविष्यतिर । म अर्धनिद्रित अवस्थामा पुगेको छु, न निद्रा न जागाको दोसाँधमा छु । मेरो मस्तिष्कमा एउटा दृश्य लबालब भरिएको छ । एक अनौठो खालको दृश्य देख्तै छु म । म यसलाई सपना पनि भन्न सक्तिनँ अनि पूर्ण रुपमा स्वप्नरहित हो भन्न पनि सक्तिनँ । बरु यो नयाँ युगको परिकल्पना पनि हुनसक्ला । ……. मेरो आँखाअगाडि एउटा ठूलो त्रिपाल टाँगिएको छ । त्यहाँ एक हुल मानिसजस्ता आकृति भेला भएका छन् । मानिसजस्ता यस अर्थमा कि उनीहरुले लगाउने पोसाकदेखि बस्ने र गर्ने व्यवहार पनि बदलिएको छ । त्यहाँको दृश्य सधैँको जस्तो छैन नितान्त भिन्न छ । त्यहाँ भेला भएका सबैको अनुहार शरीर पूरै ढाकिएको छ । कसैको पनि अनुहार देखिँदैन । स्त्री र पुरुष छुट्याउन उसको बोली नै सुन्नुपर्ने हुन्छ । बोलीले नछुट्टिए छुट्याउन सकिन्न । एकअर्कालाई अनुहार देखाएर हेराहेर गर्ने काम बन्द भएको छ । दूरी पनि अलि टाढै छ कम्तीमा एक मिटरको फरकमा बसेका छन्, सबै । सबैजना अनौठो खालको सुरक्षित पोसाकले बेरिएका छन् । यतिबेला तिनलाई न कुनै फेसनदार लुगाको आवश्यकता परेको छ, न कुनै साजशृंगार । छन् त सबै कपडा लपेटिएका मानव आकृति । सबैको आकृति उस्तै छ । व्यक्तिगत पहिचान हराएको छ । छ त केवल मानव आकृतिको पहिचान । सबै जम्मा भएर कुराकानी गर्न राखिने राउन्ड टेबल पनि त्यहाँ छैन । सबैको अनुहार ठूलो चश्मा, प्लाष्टिकको बार र घम्ल्याङ्ग तलदेखि माथिसम्म ढाक्ने गाउनले ढाकिएको छ । जुत्ता लगाउने खुट्टामा सबैले प्लाष्टिकको खोल बेरेजस्तो देखिन्छ । मुखमा पट्टि बाँधेजस्तो देखिन्छ । ती रंगीचंगी छन्, कसैको सेतो, कसैको कालो, कसैको खैरो थरीथरीका । एउटा नयाँ शब्द आविष्कार भएको छ त्यस पोसाकलाई चिनाउन, पिपिई । उनीहरु त्यहाँ केही जरुरी कुराको छलफल गर्न भेला भएका छन् । छलफल गर्ने विषय छ, नयाँ युगमा सिर्जनाको विषय, भाषा र शैली । अबको युगमा के बारेमा लेख्ने, कसरी लेख्ने, मानिसको र स्रष्टाको रुचि र चासोका विषय के हुनुपर्छ यस्तैयस्तै विषय उठेका छन्, उनीहरुका कुरा सुन्दा । त्यहाँ भेला भएका आकृतिहरु सबै एकैनाशे छैनन्, अग्लाहोचा छन्, थोरैथोरै मोटापातला जस्ता पनि छन्, छुट्याउन चाहिँ मुस्किल छ । तिनको अनुहार देख्न र ठम्याउन नसकिएकाले फोटो खिच्नेहरु त्यति उत्साहित छैनन् । फोटो खिच्नमा कसैको पनि रुचि देखिँदैन । यसअगि यस्ता कार्यक्रममा फोटो खिच्न सबैका मोबाइल तँछाडमछाड गर्थे । आज कसैका पनि मोबाइल बाहिर देखिएका छैनन् । पूरै परिपाटी फेरिएको छ । पत्रकारहरु पनि तँछाडमछाड गरिरहेका छैनन् । उनीहरु अलि परै टाढटाढा उभिएर दृश्यांकन गरिरहेका छन् । शायद उनीहरु त्यो दृश्यांकनमा पनि त्यति सन्तुष्ट र खुसी छैनन् । किनकि त्यहाँ उपस्थित सबै मानव आकृति फोटोमा उस्तैउस्तै देखिन्छन् । सेतो कपडाले बेरिएको एउटा आकृति एक्कासि उभिन्छ र भन्न थाल्छ, “आज हामी एउटा नयाँ युगमा प्रवेश गर्दैछौँ । न भित्र न बाहिर, सँघारमा उभिएका छौँ । यसबाट भित्र पसेपछि हाम्रो समय असाधारण रुपमा बदलिनेछ, हिजोकै जस्तो रहने छैन । रहिहाल्यो भने पनि त्यसको ढाँचा पूरै परिवर्तित हुनेछ । त्यसैले अब हाम्रो लेखनको ढाँचा पनि बदलिनुपर्छ, विषय पनि बदलिनुपर्छ । शैली पनि बदलिनुपर्छ । किनकि हामी बदलिनैपर्ने अवस्थामा पुगेका छौँ ।” उसले सबैलाई सम्बोधन गर्दै थप्यो, “नयाँ युगको सँघारका प्रिय नवलेखकहरु, नवपत्रकारहरु, नवस्रोताहरु, अब हामी आजबाट नयाँ युगमा नयाँ लेखनीका विषय, शैली र भाषा खोजी गर्न भेला भएका छौँ । हिजोसम्म हामीले सरकारलाई गाली गर्ने, समाजका विकृति उतार्ने, प्रशासनका बेइमानीहरु देखाउने, मानिसबीच भएका उचनिचका प्रवृत्तिका बारेमा कलम चलायौँ । तिनलाई यो भएन, ऊ भएन भनेर सुधारको आश्वासन बाँड्यौँ । मानिसलाई सुचित गर्यौँ । अहिले त हामी तिनले गर्ने, गराउने, हामीले देखाउने कुनै पनि कुराले काम गर्ने रहेनछ भन्ने देखिरहेका छौँ, अनुभव गरिरहेका छौँ । हाम्रोअगाडि ठूलो खाडल खडा भएको छ । अब के विषयमा लेख्ने, कसरी लेख्ने छलफल चलोस् ।” यति भनेर त्यो आकृति बस्यो आफ्नो कुर्सीमा । अर्को आकृति उठ्यो अर्कोतिरबाट । नीलो टल्कने कपडाले लपेटिएको त्यो आकृतिको बोली स्त्रीको जस्तो सुनिन्थ्यो । त्यस आकृतिले भन्यो, “अब हामी नयाँ युगमा प्रवेश गरिरहेका छौँ, केहीबेरमा । त्यसैले अब हाम्रो लेखनका विषय बदलिनुपर्छ, भाषा र शैली पनि बदलिनुपर्छ, हिजोका संरचना पनि गलिसकेका थोत्रा रहेछन् भन्ने हामीले देखिसक्यौँ । राज्य, सरकार, समाज, पद, संस्था सबका सब सजिलो हुँदा मात्र काम गर्दारहेछन् । साँच्चिकै संकट पर्दा ती सबै निकम्मा हुँदा रहेछन् । यस्तो बेला न तिनका हतियारले, न सुरक्षा प्रणालीले, न संस्कारले, न धर्मले, न रीतिरिवाजले, न कानुनले थाम्दोरहेछ । यी सबै निकम्मा हुँदा रहेछन् । त्यसैले महोदय, अब हामीले ती निकम्मा विषयमा लेखेर समय खेर फाल्नुहुँदैन । नयाँ विषय खोज्नुपर्छ । यो खोजी आजै हुनुपर्छ, किनकि भोलिदेखि त हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । त्यो युगमा प्रवेश गरिसकेपछि त हाम्रो लेखन ढाँचा बदलिनुपर्छ । त्यसैले अब चिन्तन होस्, नयाँ विषयको जहाँ अहिलेकाजस्ता निकम्मा राजनीतिक व्यवस्था नहोउन्, निकम्मा संस्था नहोउन्, निकम्मा संरचना नहोउन्, हिजोकैजस्ता भाषा र शैली पनि नहोउन् । अब हामीले नितान्त नयाँ कुराको खोजी गर्नुपर्छ ।” त्यो स्त्रीको आकृति यति भनेर थुचुक्क बस्यो, कुर्सीमा । अर्को आकृति उभियो खैरो रंगको । ऊ पनि अगिल्ला आकृति जस्तै थियो तर उसमा फरक के थियो भने त्यो निकै अग्लो थियो अगिल्ला दुईभन्दा । उसले उभिएर सबैलाई सम्बोधन गर्दै भन्यो, “हामी सबै लेखकहरु अबका दिनको लेखनका विषय, शैली र भाषा अनि विषय र संरचना बदल्न, नयाँ युगमा प्रवेश गर्दाको यस संक्रमणको घडीमा नयाँ व्यवस्था खोजी गर्न यहाँ भेला भएका छौँ तर यो मानव जातिले करिब ७० हजार वर्षको इतिहासमा यस्ता कैयौँ नयाँ कुरा जन्मायो, हुर्कायो अनि फेरि मास्यो पनि । कति कुरा एकअर्कामा मिसिएर वर्णशंकर भए, कति कुरा हराए, लोप भए । कति कुरा चैँ हामीले सधैँ उही राख्यौँ । त्यसमध्ये एक हो हामीभित्रको सोच । हामीले जतिसुकै नयाँनयाँ साधन, सुख र सुविधाका वस्तु, प्रविधि र परिपाटी विकास गरे पनि हामी सबैले आफूलाई अर्कोभन्दा माथि पुग्न, अर्कोलाई दबाउन, अर्कोलाई उछिन्न, अर्कोलाईभन्दा आफूले बढी सुख र सुविधा लिनमै सबै शक्ति लगायौँ । त्यसो गर्दा हामी धेरै सुखी त भयौँ तर स्वार्थी भयौँ, झगडालु र युद्धपिपासु भयौँ । के हामीले यत्रो मिहिनेत गरेर खोजेको कुरा यही थियो ? म यो नयाँ युगमा अबको मानिसका बारेमा लेख्नुपर्छ भन्छु । हिजोको मानिसको मस्तिष्क बदल्ने कुरा लेख्नुपर्छ र नयाँ ढंगबाट मानिसको मस्तिष्कमा बीऊ छर्नुपर्छ भन्ने अनुरोध गर्छु । त्यसैले अब हाम्रो लेखन मानिसबारे हुनुपर्छ, मानिसले गरेका काम बारे हामीले आजसम्म जे लेख्यौँ, त्यसले कुनै काम गरेन । यो कामै नगर्ने विषयमा लेखेर किन समय खेर फाल्ने ? यसमा सबैले सोचौँ र भोलिदेखि हाम्रो लेखनी मानिसतिर केन्द्रित गरौँ । उसले सोच्ने, उसले गर्ने, उसले जान्न सक्ने क्षमता बारे कुरा गरौँ । उसलाई आफैँभित्रको संसार चियाउन सक्ने कसरी बनाउने भन्ने बारेमा कलम चलाऔँ ।” त्यसपछि त्यहाँ अलि भिन्न घटना भयो । एउटा अनौठो आकृति अप्रत्यासित रुपमा त्यस समूहको अगाडि देखाप-यो । ऊ न होचो थियो न अग्लो तर त्यो अरुजस्तो कुनै कपडा र अनेकथरी सुरक्षा कवचले ढाकिएको थिएन । अर्कै ग्रहको एलियनझैँ लाग्ने त्यो आकृति अनायास देखापरेपछि सबै आतंकितझैँ भए र जर्याकजुरुक उठे । सबैको अग्रभाग त्यस नयाँ आकृतितिर फर्केकाले त्यो नवआगन्तुक आकृतिले ठम्याइहाल्यो । उसले सबैलाई सम्बोधन गर्दै भन्यो, “लेखकवृन्द, नआत्तिनुस् म तपाईंजस्तो मानव जाति होइन । म यस ग्रहबाट तपाईंहरुले जन्माएको प्राणी पनि होइन । म तपाईंहरुलाई नयाँ युगमा लैजान आएको एक सन्देशवाहक हुँ । तर मेरो भाषा तपाईंहरुले आजसम्म बोलेको भाषासँग मिल्दैन । म तपाईंहरुलाई काम चलाउ सम्बोधन गर्न मात्र यो भाषा बोल्दैछु । म अब तपाईंहरुलाई एउटा नयाँ सन्देश सुनाउन चाहन्छु । त्यो सन्देश केही महिनाअगि नै तपाईंहरुसमक्ष पठाएको थिएँ । त्यो पठाइसकेपछि तपाईंहरु अहिलेको काम गर्ने तरिका, अहिलेका संरचना, अहिलेको भाषा र शैली फेर्नुहोला भन्ने मेरो अनुमान थियो तर तपाईंहरु किन मान्नुहुन्थ्यो र ! मान्नुभएन । खोई तपार्इंभित्रको मानिसमानिस एक हुन् भन्ने भावना ? खोई रोकेको तपाईंको जीवन बनाउने र बचाउने प्रकृतिलाई बचाउने प्रयास ? खोई संसारभरका मानिसलाई आपसमा सहयोग गर्ने सहयोगी भावना ? अब तपाईंले लेखेका हिजोका विषयले काम गर्ने छैनन् । हिजोका विषय अब पुराना भए । नयाँ विषयमा सोच्नुस् । मान्छेका बारेमा सोच्नुस् । तपाईं स्वयम्का बारेमा सोच्नुस् । तपाईंले गरेका काममा भएका गल्तीका बारेमा सोच्नुस् । तपाईंभित्र र बाहिर दुवै हेरेर सोच्नुस् । तपाईंनजिकै बगिरहेको यो खोलाको पानी खोई ? यो तपाईंको वरिपरिको हिजोको जंगल खोई ? हिजोका खोलानाला खोई ? हिजो तपाईंले धान फलाउने, कोदो लगाउने, मकै फलाउने खेतबारी खोई ? संसारमा सृष्टि भएका जंगली जनावरहरु खोई ? कीराफट्यांग्रा खोई ? हिजोको वर्षात्को पानी बढेर बग्ने कुलो, खोला, खोल्सा र खहरेहरु खोई ? तपाईंले देखेकै कुरा हैनन् ती ? अनि के नयाँ विषय खोज्दै हुनुहुन्छ तपाईंहरु ? त्यही विषयमा लेख्नुस् अब, त्यही फर्काउनुस् अब । त्यसै बारे कुरा गर्नुस् अब । अब पनि तपाईंहरुले यसबारे लेख्नुभएन भने म फेरि अर्को रुपमा आउनेछु, त्यतिबेला न तपाईं हुनुहुनेछ न तपाईं बसेको यो ठाउँ रहनेछ ।” त्यो आकृति यति भनेर टक्क अडियो र सबैतिर नीला डल्लाजस्ता लाग्ने स्वयंप्रकाशित प्रकाशपुञ्ज घुमायो । केहीबेरमा ती दुवै प्रकाशपुञ्ज बन्द भए । आकृति झन्झन् सूक्ष्म हुँदै गयो । अत्यन्त सानो हुँदै, खिइँदै गएको त्यो आकृतिनजिकै उभिएको मानव आकृतिले हतारिँदै उसको परिचय माग्यो । “तपाईंले आफ्नो परिचय नै नदिई यति लामो कुरा गर्नुभयो कृपया परिचय दिएर मात्र यहाँबाट बिदा हुनुहोस् ।” उसको अनुरोधपछि फेरि त्यो आकृति पहिलेको स्वरुपमा आयो र भन्यो, “म यस पृथ्वीका मानव जातिलाई नयाँ जीवन दिन आएको कोरोना भाइरस हुँ । अब मेरो सन्देश तपाईंहरुको कलममा मसी बनेर लेखिनुपर्छ लेखक महोदय ! म अब तपाईंहरुलाई हिजोको युगमा फर्केर लेख्न दिनेछैन । अब यो युग भोलिको सँघारमा खडा भएको छ । त्यसमा तपाईं बदलिएर जानुहोला नत्र म तपाईंहरुलाई बदल्न अर्को रुपमा आउनेछु ।” त्यो आकृति यति भन्दै विलीन भयो । सबैका घाँटी खसखसाउन थाले । सबै आकृति अतालिएझैँ देखिए । कोही खोक्न थाले, कोही छाति थिच्न थाले । सबैले नबुझिने भाषामा केके भनेझैँ सुनियो । फोटो पत्रकार, रिपोर्टर, दर्शक सबै हडबडाए । अलि निकै सारो भएको अग्लो आकृति एकाछेउमा ढल्यो । अर्को भाग्दै अलि पर पुगेर लड्यो । एम्बुलेन्सको साइरन बज्यो अलि पर । मानव चित्कारको ध्वनि मधुरो सुनियो पर क्षितिजतिर । मैले आँखा लगाएँ, घाम अस्ताउनै लागेको थियो । म ती लाशमय हुन लागेका एकएक आकृति हेर्दै ठिड्ग उभिएर त्यो लुप्त भइसकेको आकृतिले भनेको कुरा सम्झिँदै थिएँ, मेरो पनि घाँटी खसखसाउन थाल्यो, छाति पोल्न थाल्यो, ज्वरो बढ्यो, मुख सुक्न थाल्यो, छातिभित्र हजारौँ डिग्रीको तापमानको आगो बलेझैँ भयो । उफ् अब म पनि ढ…..ल्… न…. लागेँ ………..। ……. म झल्याँस्स हुन्छु एक्कासि । म होस र बेहोसको दोसाँधमा बेडमा पल्टिएर पाइपबाट श्वास तान्दै थिएँ । छाति अलिअलि भारी थियो । मेरा अगाडि तिनै एलियनहरु हाजिर थिए उपचारमा । मैले हिजो देखेका ती अनौठा मानव आकृति मलाई घेरेर उभिएका थिए कागज र कलम लिएर । एउटा महान् विषय मिलेको थियो ती कलमजीविहरुलाई । एउटा महाभ्यासको सँघारमा उभिएका थिए उनीहरु । उनीहरु धमाधम मानिसबारे लेख्न थालेका थिए । उनीहरु अब वाग्मतीमा बग्ने फोहोर पानीको कुरा लेख्न छाडेर पौडी खेल्ने बालबालिकाहरुका बारेमा लेख्न थालेका थिए । वन विनाशको कुरा नभएर हरियालीको कुरा लेख्न थालेका थिए । बाँझिएका जग्गाको कुरा लेख्न छाडेर उत्पादन र बालीनालीका कुरा लेखिरहेका थिए । मानिसमानिसबीचको द्वन्द्वको होइन, प्रेमको कुरा लेखिरहेका थिए । प्रदूषणका कुरा होइन स्वच्छताका कुरा लेखिरहेका थिए । मानिसभित्र भएका असीमित क्षमताको बारेमा लेखिरहेका थिए । हात काँपिरहेको थियो, कलम थाम्न नसकेर भुइँमा खस्ला कि झैँ भएको थियो तर पनि सुरु गरेँ लेख्न । म आफ्नो लेखनी अब सँघारमा उभिएर होइन ढोकाभित्रको कोठामा बसेर सुरु गर्न चाहन्थेँ । जुन कोठाभित्र नयाँ युग होस् । पुरानो प्रकाश त्यसभित्र नपरोस् । हो म नयाँ युगमा रमाएको स्रष्टा बन्न चाहन्थेँ । तर, त्यसको लागि ढोका उघ्रेको मात्र थियो, पूरै खुलिसकेको थिएन । क्षितिजबाट उज्यालो झर्दैथियो पृथ्वीमा । सूर्यरश्मिले पृथ्वीलाई अँगालो मारिसकेको थिएन । म मनमनै सोच्तै थिएँ, आजको सूर्य नयाँ युगमा उदाउनेछ, पुरानो युग बिदा भइसकेको छ । म सूर्य किरणको मसीले सिर्जनाको नयाँ गीत लेख्न चाहन्थेँ । म केहीबेर प्रतीक्षा गरौँ अनि सुरु गरौँला भन्दै थिएँ, झल्याँस्स निद्रा खुल्यो । मलाई लाग्यो, म त्यही सँघारमा छु नयाँ युगको जहाँ उभिएर म त्यो युगको भुकभुके बिहानी नियालिरहेको छु । कोभिड–१९ बाट आक्रान्त युग र यसको विजयपछिको युगको दोसाँधमा उभिएर । मलाई लाग्दै थियो, अब मेरो यो सपना विपना हुनेछ । मानिस बदलिनेछ । लेखन बदलिनेछ । स्रष्टा उही हुनेछन् तर तिनले गर्ने सृष्टि र सिर्जना फेरिनेछ । अब नयाँ युगमा नयाँ मानिस उत्पन्न हुनेछन् । युगको नाम हुनेछ, कोभिड– १९ पछिको युग । तर, म अझैँ दोसाँधमै छु । पर क्षितिजबाट सूर्य अझै निस्किसकेको छैन । सूर्यका ती युगीन किरण धरतीमा परिसकेका छैनन् । मैले लेख्न सुरु गरेँ, नयाँ युगको स्वागतद्वारमै उभिएर र जन्म्यो मेरो यो सिर्जना । #कोरोना #कोविद १९ #धीर भण्डारी निबन्ध लेखेर पुरस्कार जित्नुहोस्: लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध topfnepal77@gmail.com मार्फत जेठ २० गतेभित्र पठाउनु पर्नेछ । ‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनु पर्नेछ’, खड्का भन्छन्, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं ।’ मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ । ‘पर्यटकीय संभावना भएर पनि ओझेलमा परेका गाउँ/ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं,’ उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं ।’ पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था हो, पर्यटन प्रवर्ध्दन मञ्च । यसले प्रतियोगिताबाट उजागर हुने गाउँहरूको पर्यटन विकासमा पनि सहयोग पुर्\u200dयाउने जनाएको छ । #निबन्ध प्रतियोगिता बन्द कोठाभित्र: एउटा बन्द कोठाभित्र पल्टाइरहेको छु जिन्दगीका पूराना च्यातिएका मक्किएका र थोत्रा भएका पानाहरू खोजिरहेको छु जीवनमा कतै छुटेका चुकेका पछि परेका गर्न बाँकी रहेका जिन्दगीका रङ्गहरू आफँैले आफँैसँग मूल्याङ्कन गर्न निर्णायक भएर बन्द कोठाभित्र अनिश्चित र विरोधाभावपूर्ण समयसँग सङ्घर्ष गर्दै म विज्ञानलाई सोधिरहेको छु नीतिशास्त्र राजनीतिशास्त्र धर्मशास्त्र ग्रन्थहरूबीच खोजिरहेको छु प्रकृतिलाई उसैगरी प्रश्न सोधिरहेको छु कतैतिर कसैगरे पनि भेटाउन सकिनँ वर्तमान लेखिएको एउटा अक्षर पनि । बाहिर विज्ञान लडिरहेछ छ छट्पटाइरहेछ युद्ध मैदानमा म भित्रभित्रै आफँैले आफँैसँग युद्ध गरिरहेको छु मृत्यूसँग मेरा विचार अध्ययन, कल्पना दर्शन चिन्तन मनन मेरा युद्धका हतियार लिएर पिञ्जडामा थुनिएको चरीझँै बसिरहेको छु बन्द कोठाभित्र रहर बिनाको समयलाई धिक्कार्दै सराप्दै छु नालायक मनुष्यलाई चिन्ता गर्दछु विश्वको प्रार्थना गर्दछु ईश्वरसँग हेरिरहेको छु विश्वको मानचित्र बन्द कोठाभित्रबाट म कसरी संवाद गराँै म कसरी सम्झौता गराँै म कसरी हातेमालो गरौँ मेरो समयसँग दुश्मनी भएर । यो निष्ठुर समयसँग खै त मेरा भन्नेहरू खै त यी मानव समुदायहरू आफ्नै मृत्युको मलामी आफैँ हुनुपर्ने श्रद्धासुमनका फुलपातीसहित एउटा कात्रोभित्र पनि सजिन नपाउने प्लास्टिकको पोकोमा गुटमुटाउँदै न शंखको एकोहोरो धून न त राम राम सत्य हो एकपटक अन्तिम अनुहार पनि रहर लागेर हेर्न नपाइने कति कठोर भइदिइस् हे समय म हार्ने छैन आत्मबल गिराउने छैन मृत्युलाई जितेर बाँधिएको र निस्सासिएको बन्द कोठालाई छोडेर खुला आकाशमा, उदाउने छ नयाँ घामका झुल्काहरू सयौं सपनाहरू र लक्ष्यहरू लिएर हुनेछ पुर्नजन्म र पाउनेछ नयाँ जीवन बस् सङ्घर्ष गरीरहेको यो समयसँग बन्द कोठाभित्रबाट । #के.बी. पारखी #बन्द कोठाभित्र आमा फर्केर आइदेऊ: आमा तिम्रो अभावमा बाँचु कसो गरी तिम्रै चर्चा परिचर्चा चल्यो देशै भरी नौनौ महिना कोखमा राखी धर्ती टेकाएर छोडी गयौ आमा किन एक्लै बनाएर खुसी थिएँ आमा म त तिम्रै कोखमा छँदा बाँच्ने थियौ होला तिमी मेरो जन्म नभा प्रसव पीडा खटाएर मलाई जन्म दियौ मैले संसार देख्न नपाई एक्लै बनाई गयौ । तिमी बिना मैले संसार देख्ने कसो गरी पापी दैव लगिस् बरै मेरै खुसी खोसी बस्थे बरू आमा म त सधैँ तिम्रै कोखमा कसले खान देला अब अमृत मलाई भोकमा मलाई जन्म दिई आमा किन बिदा भयौ ?ं तिमी जाँदा मेरो खुसी आफैसँग लग्यौ मेरो पीडा बुझिदिने यहाँ ईश्वर पनि हैन तिम्रै साथमा लैजाउ आमा बाँच्न मन छैन रुन्छु आमा तिम्लाई सम्झी किन आउँदिनौ र मेरो ओठ सुक्न लागे अमृत पिलाउँदिनौ र तिम्रै छाती चुस्न मन छ तिम्रै काखमा रम्न अब मेरो पीडा बुझने को हुन्छ यहाँ भन निन्द्राबाट ब्युझि हेर्दा भेटाउँदिन कतै नि खोजिराछु आमा तिम्लाई छौ कि कतै भनी कता गयौ मेरी आमा मलाई एक्लै छोडी संसार नै रित्तो भयो अब मेरो लागि छटपटाउँदै आमा खोज्दा तिम्रो मन रोला मर्छु आमा क्वारेन्टाइनमा कसले छुन्छ होला मेरो बिन्ती आमा तिमी फर्की आइदेउन एकै पटक भए पनि अमृत पिलाइदेउन तिम्रो छाती चर्किएर झर्ने दूध रोकियो जुन सपना देख्यौ आमा त्यो नै सकियो । तिम्लाई लाको रोग मलाई किन देखिएन त्यै कारणले आमा तिम्लाई भेट्न सकिएन । तिम्रो रगत यो शरिरमा तातो बनी बग्छ आमा तिम्ले दिने माया कसले दिन सक्छ । न त आमा नाम राखेर धागो बाँध्न पायौ जन्मिदा नै अभागीलाई टुहुरो बनाई गयौ। मेरो पीडा बुझिदिने आमा तिमी नै हौ एक मलाई छोडी कुन संसारमा बिलाएकी छौ त । आमा भन्दा ठूलो यहाँ कोही हुँदैन भन्थे जाम हिँडसँगै भनेको भा तिमीसँगै जान्थे खोज्दा खोज्दै थाकिसके छैनौ कही पनि लैजाऊ आमा तिम्रैसाथमा तिमी जहाँ भए नि । #आमा #आमा फर्केर आइदेऊ साताका कविता: साहित्यपोस्टले हरेक साता आफ्नो वेबसाइटमा प्रकाशित कविताहरूमध्ये सर्वोत्कृष्ट कविता छनोट गर्ने गरेको छ । कविताका पारखी र सम्पादनसमूहको रूचिका आधारमा यी कविता छनोट गरिएका हुन् । पाठकले छुटाएको हुनसक्छ पनि पुनः पोस्ट गरिएको हो । कविताको कथाः हर्कबहादुर: “राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!! स्वाधिनता ! स्वाधिनता !! स्वाधिनता !!! नागरिकता ! नागरिकता !! नागरकिता !!! ” विश्व यतिबेला महामारीको खाडलमा फँसेको छ । सङ्कटको यस घडीमा सबैले आफ्नो घरलाई सम्झेका छन् । कति फर्किसके, कति अझै अलपत्र परेको अवस्था छ । कवि दिनेश अधिकारीको ‘हर्कबहादुर’ कविताको पात्रझैँ कति हर्कबहादुरहरू परदेशमा आफ्नो राष्ट्रियतामाथि प्रश्न गर्दैछन् । स्वाधीनताको आडमा परदेसिएकाहरू नागरिकतामा लेखिएको जन्मस्थानले बोलाउला भन्ने झिनो आसमा बाँचेका छन् । कयौँ हर्कबहादुरहरू भारतमा अल्झेका छन्, कयौँ खाडीमा र अन्य देशमा । यो अवस्थामा उनीहरूको राष्ट्रियताले के भूमिका खेल्छ ? स्वाधीनताको अर्थ के सबै हर्कबहादुरजस्ता पात्रले बुझेका छन् ? देशले आफ्नो नागरिकलाई नागरिकता राहदानी बनाउन मात्र दिएको हो कि आफ्नो नागरिकको जिम्मेवारी बहन गर्न पनि दिएको हो ? प्रश्न उठ्छ तर जवाफ कसले दिने ? हालको अवस्था हेर्ने हो भने देश र देशको राजनीति नै थङ्थिलो भएको अवस्था छ । देशले सबै हर्कबहादुरहरूलाई चिनोस् । आउनुहोस् ! आज हामी ‘हर्कबहादुर’लाई चिन्ने प्रयास गरौँ । टेबलमा कापी र कलम बोकेर “अब कविता लेख्न बस्छु, अब मलाई एक घण्टा नबोलाउनू ” भनेर कविहरू सायदै कविता लेख्छन् । कविले कविता कुन मोडमा, कुन दृश्यमा ठोक्किएपछि लेख्छन् थाहा हुँदैन । कविताको भ्रूण उत्पादनको लागि कुनै समय हुँदैन । जसरी एक बच्चा जन्मन उसलाई यति बजे जन्मनू भन्दै निश्चित समयअवधि तोकिएको हुँदैन, त्यसरी नै श्रष्टालाई सृजना रचनाको निमित्त समय तोक्न सकिन्न । त्यसैले त आफ्नो सृजनालाई स्रस्टा आफ्नो सन्तान मान्ने गर्दछन् । विश्वविद्यालयमा नेपाली साहित्य पढ्नेहरूले यो कवि दिनेश अधिकारीकाे याे कविता अनिवार्य रूपमा पढ्नुपर्छ । त्यसैले आज हामी यति महत्त्व पाएको यो कविताको पछाडि के कथा थियो होला भनी बुझ्ने प्रयास गर्छाैं । यो कविता कहिले जन्मियो ? किन जन्मियो ? यस्ता प्रश्न पाठकको दिमागमा आइरहने प्रश्नहरू हुन् । त्यही प्रश्नलाई मध्यनजर गर्दै आज कवि दिनेश अधिकारीको हर्कबहादुर, “हर्कबहादुर” कविता र हर्कबहादुर कविताको कथासहित उपस्थित भएका छौँ । अधिकांश नेपालीले कवि दिनेश अधिकारीभन्दा सुपरहिट गीतका स्रष्टा दिनेश अधिकारीलाई बढी चिनेकाे हुनसक्छ । “सोचे जस्तो हुन्न जीवन ”, “तिमी जुन रहरले ममा फुल्न आयौ ”, “यो सम्झने मन छ, म बिर्सूँ कसरी ” जस्ता कालजयी गीतका रचनाकार अधिकारीकाे यो कविता भने हरकोहीले नपढेका वा नसुनेका हुनसक्छन् । यो कविताले एउटा भूइँमान्छेको वास्तविकता छताछुल्ल पारेको हुनाले आलोचक, समालोचकहरूमाझ यसको एउटा बेग्लै कद छ । त्यसैले पनि कोरोना कहरका बीच जब सीमापारि क्वारेन्टिनमा बसेका नेपालीको ध्यान सत्ताले पुर्याउन सक्दैन, त्यो बेला यस्ता कविताको महत्त्व अग्लिएर आउँछ । अब कुरा गरौँ ‘हर्कबहादुर’ कविताको । यो कसरी जन्मियो, किन जन्मियो, कहिले जन्मियो ? करिब एक दशकभन्दा अगाडिबाट उच्च शिक्षाको पाठ्यक्रममा समावेश भएको यस कविताको जवाफ नदिइकन कुनै पनि विद्यार्थी आफ्नो भविष्यको रेखा कोर्न सक्दैन । पहिले हामी कवि दिनेश अधिकारीको हर्कबहादुर कविता पढ्ने छौँ र यस कविताको कथा पढ्ने छौँ । प्रस्तुत छ, कविता “हर्क बहादुर:” हर्कबहादुर उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अरूहरूबाट आफ्नो सक्कली नाम सुन्न जसले बाबुको सराद्धे पर्खनु पर्छ ऊ हर्कबहादुर हो हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन बिहान झिसमिसे मै गोरू नारेर ऊ कहिले बाँझो मार्न जान्छ कहिले कोदाली बोकेर आली ताछ्न र बाउसे गर्न भ्याउँछ ऊ सफल दूरदर्शी पनि हो । उसलाई थाहा छ– लुगा फाट्छ छाला फाट्दैन छाला, साहू काढेर किन्न पनि पाइँदैन ऊ नाङ्गो आङले भारी बोक्छ ऊ नाङ्गो आङले धरती जोत्छ हो, गाउँको सभा समारोहमा जाँदा हर्कबहादुर टीठलाग्दो आँखाले घरी झण्डा र घरी आफ्नो आङ् हेर्छ घरी आफ्नो आङ र झण्डा हेर्छ सायद हर्कबहादुर छातीभित्र अट्टाहस पनि हाँस्छ सायद हर्कबहादुर मनहरूमा कोलम्बस पनि बाँच्छ कि मान्छेको प्रयोगमा आउनुभन्दा पर वस्तुको अर्को ठूलो उपयोगिता छैन भने बटुलेर संसारभरिका झण्डाहरू लुगा सिउँदा हरेक नाङ्गोलाई भाग पुग्छ – हरेकलाई कछाड पुग्छ – हरेकलाई मजेत्रो पुग्छ झण्डा मान्छेको परिचय होइन मान्छे स्वयंमा परिचित इतिहास हुन्छ मान्छे स्वयंमा परिलक्षित आकाश हुन्छ हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन गते बार महिना ऋतु वर्ष तिथि पनि थाहा छैन समय सायद आफ्नो पुच्छर आफैँले निल्ने पुच्छरले भोग्छ समय सायद हातहतियार छाड्ने कलकारखानाले भोग्छ योजनाले भोग्छ साइरनले बोक्छ हर्कबहादुरले आजसम्म समय भोगेको छैन हर्कबहादुरले आजसम्म समय मागेको छैन समयको नाममा भोग्दा– उसले महिषासुर झापडहरु भोगेको छ माग्दा– उसले अन्नका दानाहरू मागेको छ कपासका गाँठ र बारीका पाटाहरू मागेको छ एउटा एउटा बन्दुक बोक्ने हातलाई एउटा एउटा कोदाली दिनुपर्छ हर्कबहादुरले सधैँ कोदाली मागेको छ हर्कबहादुर भोक हो भोकको देश र भेष पनि हुँदैन भोकको आफ्न्त र पराई पनि हुँदैन हर्कबहादुर ठेस हो पीडा आकारमा आबद्ध हुँदैन पीडाको साँध सिमाना र घरबार पनि हुँदैन म साँच्चै भन्छु भोक यदि देश हो भने हर्कबहादुर भन्दा अर्को सुकिलो देश हुनै सक्दैन शोक यदि देश हो भने हर्कबहादुर भन्दा ठूलो अर्को देश हुनै सक्दैन राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!! स्वाधीनता ! स्वाधीनता !! स्वाधीनता !!! नगरिकता ! नागरिकता !! नागरकिता !!! परार उसकी सात वर्षीया छोरी सर्पले टोकेर अकाल मर्दा खै राष्ट्रियता, औषधिमा अनुवाद हुन सकेको ? पोहोर अनिकालबाट बच्न छोरो मुग्लान भाँसिदा खै स्वाधीनताले नजा भन्न सकेको ? यसैपालि बाढीले घर बगाउँदा खै ! नागरिकता घर भएर ठडिन सकेको लैजाऊ सट्टामा केही दिनु पर्दैन राष्ट्रियता विज्ञप्त छ स्वाधीनता विज्ञप्त छ नगरिकता विज्ञप्त छ हर्कबहादुरको सन्दर्भमा यी सबैको प्रयोजन सिउनीमा अल्झेको सूर्तीको धूलोभन्दा बढी छैन सिरानी टकटक्याएर त हर्कबहादुर एक सर्को फुक्न बिँडी पनि बेर्न सक्दैन भनेँ नि ! हर्कबहादुरको देश छैन हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन ऊ तपाईंको गाउँमा, सहरमा, देशमा पनि भेटिन सक्छ जितबहादुर पनि हर्कबहादुर हो भीमप्रसाद पनि हर्कबहादुर हो हर्कबहादुर एकलव्यको नयाँ संस्करण हो सलाम ! खर्च नपाएर आफैँमा तरुनी छोरीको बैँस बूढी स्वास्नीको भोक काँपिरहेको हर्कबहादुरलाई मेरी स्वास्नीको सिन्दुर पोतेको सलाम ! सलाम ! दिमागमा छोराछोरीको लुगाफाटो र छातीमा आफ्नै सहिद तस्बिर टाँसिरहेको हर्कबहादुरलाई मेरी आमाको कोखको सलाम ! सलाम ! मान्छेको करङको दतिउन र हाडको चन्दन लेप नलगाएर मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको हर्कबहादुरलाई मेरो कविताको सलाम !!! प्रस्तुत कविता २०३८ साल असोज १६ गते कविले आफ्नै निवासमा लेखेका हुन् । नेपाल ल क्याम्पसको विद्यार्थी रहँदा दशैँ मनाउन कवि २०३८ सालमा आफ्नो घर गएका थिए । त्यो समयभन्दा अगाडिबाट नै साहित्यमा सक्रिय रहेका कविले दशैँ मनाउन जाँदा मलाई कुनै दृश्यले हिर्काउला वा मलाई कुनै व्यक्तिले कविताको पात्र देला भन्ने सोचेका थिएनन् । घर पुगेको केही समयपश्चात आफ्नै घर अगाडिको छिमेकमा एक पात्र भेटिए । जुन पात्र २०३८ सालबाट नेपाली साहित्य वा नेपालीको कविताको एक पात्र बनेर बसेका छन् । कविको छिमेकमा भेटिएको हर्कबहादुर पात्र उनको असली नाम नै हर्कबहादुर भने होइन । पात्रको नाम जुराउने क्रममा हर्कबहादुर नाम जन्मेको हो । तर हर्कबहादुरले धेरै नेपाली हर्कबहादुरको प्रतिनिधित्व गर्दछ । एक घरमा काम गर्ने उक्त व्यक्ति भेट्दा कविले गरिबीले नाम पनि मेट्दो रहेछ भन्ने बुझेका थिए । कविले यस कवितामा सडककै भाषा, चिया पसलकै भाषा प्रयोग गरेको बताउँछन् । यस पात्रमा भएको हर्कबहादुरले आफ्नोपनको खोजी गरेको छ । आफ्नो नामलाई उसले यदाकदा मात्र सुन्ने गरेको बताउँछ । जुन कुरा वास्तविक नै हो । मान्छेको दुःख वा मान्छेले भागेको कुरा तस्बिरमा मात्र कैद गर्न सकिन्न । यसलाई शब्दमा पनि कैद गर्न सकिन्छ । र, कैद सँगसँगै यस्तो अवस्थामा रहेका हर्कबहादुरजस्ता पात्रको पनि मूल्य मान्यता छ भनेर देखाउनकै लागि हर्कबहादुर कविता लेखिएको थियो । प्रस्तुत ‘हर्कबहादुर’ कविता प्रथम पटक २०३८ साल चैत्रको रूपरेखा अङ्कमा प्रकाशित भएको थियो । साथै यस कविता कवि दिनेश अधिकारीको धरतीको गीत कविता सङ्ग्रहमा पनि समेटिएको छ । #कविताको कथा #दिनेश अधिकारी #निरज दाहाल अनिताको गजल: खुबै पोल्दो रहेछ यार यो प्रीतले पनि केही सिकाएर गएको छ अतीतले पनि ।। जहाँ घाउ लाग्छ,त्यही पहिले ठेस लाग्छ यही मन दुखाउँछ,विरहका गीतले पनि ।। दुःखको तुफानले सम्बन्ध उडाउने रहेछ अचेल नचिने झैं गर्छन्,परिचितले पनि ।। सबै आफ्नाहरु जति विपक्षमा उत्रिएपछि हारले जस्तो खुसी,दिन्न रहेछ जीतले पनि ।। न आँसु भाग लाग्छ,न खुसीको गुणन हुन्छ उल्झन मात्रै थप्छ,जिन्दगीको गणितले पनि ।। #अनिता धिताल #गजल साताका उत्कृष्ट तीन कविता: साहित्यपोस्टले सुरु गरेको लामो दुरीको यात्राले आज दोस्रो साता पूरा गर्\u200dयो । यहाँ त्यसकाे कथा सुनाउन लागेका छैनौँ, केवल यो स्तम्भको आवश्यकता किन पर्\u200dयो त्यसको थोरै स्पष्टीकरण दिने प्रयास गर्दैछौँ । साहित्यपोस्ट सुरु हुनेबित्तिकै हामीलाई दैनिक सयौं रचनाहरु प्राप्त हुन थाले । तीमध्ये कविता र तिनका उपविधा धेरै थिए । पाठकको कविता मोह देखेपछि हामीले यसको छुट्टै डेस्क स्थापना गर्नुपर्\u200dयो । हामीलाई लाग्यो, सयौँ रचनाहरु मध्येबाट प्रत्येक साता उत्कृष्ट तीन किन नछान्ने ? यसो गर्दा समय कम भएका पाठकहरु सिधैँ यो सेक्सनमा प्रवेश गरेर उत्कृष्टतम रचनाको स्वाद लिन सक्नुहुनेछ । धेरै कविहरुले आफ्ना राम्रा कविताहरु फेसबुकमा राख्ने गरेको पाइन्छ । त्यस्ता रचना साहित्यपोस्टका फराकिलो साहित्यप्रेमी पाठकसम्म नपुगेरै हराउने देखेपछि पनि हामीलाई यो स्तम्भ सुरु गर्न प्रेरित गरेको हो । सयौँ कवितामध्ये तीनवटा मात्र छान्दा धेरै राम्रा कविता छुट्दा रहेछन् तर यी कविता पढेपछि हाम्रा प्रिय पाठकहरुलाई थप कविता पढ्न प्रेरित गर्ने रहेछ । गएको साता उत्कृष्ट तीन प्रकाशन भएपछि ती पाठकहरु पुनः कविता सेक्सनमा गएको हाम्रो इन्टरनेट ट्राफिकले बताइरहेको थियो । यससम्बन्धी तपाईँहरुको विचार पनि हामी सुन्न लालायित छौँ । तल कमेन्ट बक्समा आफ्ना अमूल्य सुझाव, सल्लाह, गुनासो र मार्गनिर्देशन दिनु भए सबै यसलाई सबै साहित्यप्रेमीहरुको साझा मञ्च बनाउने हाम्रो अभियानलाई ठूलो टेवा पुग्ने थियो । अब पढौँ, हाम्रो काव्य विभागले सिफारिस गरेका साताका तीन उत्कृष्ट कविताहरु… #सर्वोत्कृष्ट संघर्षको साहित्य संघर्षः हजुरआमाका कथादेखि आफ्नै साकुरासम्म: प्रत्येक साँझ हजुरआमाको मुखबाट कथा नसुनी निद्रै पर्दैनथ्यो । उहाँले सुनाउने कथाहरू कि त राजकुमारीका कथा\\परिकथाहरू हुन्थे कि त भूत, प्रेत र किच्कन्याका । तीन सन्तानकी आमा पच्चीस वर्षे उमेरमै विधुवा भएकी हजुरआमाको पनि आफ्नै कथा छ । ढिलोचाँडो उहाँको कथा पनि लेखौँला । ०६९ तिर हुनुपर्छ, स्नातकको परीक्षा दिएर केही फुर्सदमा थिएँ । बिएस्सीको पढाइ सँगसँगै मेडिकल इन्ट्रान्स तयारी र प्लस टुको समयमा केन्द्रित हुनुपर्दा झण्डै–झण्डै लेखनबाट विमुखजस्तै थिएँ । पाँच कक्षामा पढ्दा, ‘प्राथमिक शिक्षा आजको आवश्यकता’ शीर्षकमा निबन्ध लेखेपछि नै हुनुपर्छ सायद, मैले पनि लेख्नुपर्छ है भन्ने थियो मनमा । तर आजजस्तो लेखाइलाई नै पेशा बनाउनुपर्छ भन्ने थिएन । कक्षा ६ मा पढ्दा एकजना नाताले मामा पर्नेको प्रभावमा इन्जिनियर बन्नुपर्छ भन्ने लाग्यो । त्यो कुरालाई बाको पेशाले पनि बल पु¥याएको हुनुपर्छ । बा पेशाले एक डकर्मी हुनुहुन्थ्यो । गाउँमा उहाँले बनाएका थुप्रै घर यथावत छन्, तर अहिले बा हुनुहुन्न । छोरो पढेर इन्जिनियर बनोस् भन्ने मेरा बा अहिले रहनुभएको भए, “ए लेखेर पनि त थोरै भए पनि कमाइ गर्न सकिने रहेछ” भनेर थोरै सन्तुष्ट त पक्कै बन्नुहुन्थ्यो होला ! ०६१ सालमा माओवादीको सशस्त्र संघर्षताका सदरमुकाम बसेर पढ्नुपर्ने बाध्यता आइलाग्यो । त्यतिबेला जिल्ला स्तरीय कविता प्रतियोगितामा भाग लिन पाउनु मेरो लागि आफूलाई चिन्ने एउटा अवसर बन्न पुग्यो । मैले कविता लेख्छु भन्ने नेपाली विषय शिक्षिकालाई थाहा थियो । स्कूलमा मलाई कहिले निबन्ध प्रतियोगिता त कहिले कविता प्रतियोगितामा पठाउने कुरा थियो । अन्त्यमा कविता प्रतियोगितामा जान पाएको थिएँ । त्यतिबेला सहिद दिवसको दिन प्रतियोगिता आयोजना भएर एक महिनापछि पुरस्कार वितरण हुन्थ्यो । त्यस कवितामा म जिल्लाभरमा प्रथम भएको रहेछु । साथीहरूले मैले भन्दा पहिल्यै थाहा पाएछन्, ‘ओए कवि, ए कवि !’, भनेर जिस्काउँदै थिए । मैले रिसाएर गाली गरेँ । त्यसपछि हेड सर तीलबहादुर थापाले नै भनेपछि मात्रै आफू प्रथम भएको पत्याएँ । बाल्यकालमा परदेशमा हुने काका\\ठूलाबाको चिठी पढ्नु, परिवारका तर्फबाट उहाँहरूका लागि चिठ्ठी लेखिदिनुपर्थ्यो । त्यस चिठ्ठीहरूमा पनि पक्कै साहित्य लुकेको हुँदो हो । सायद ती कुराहरूले पनि मलाई लेखनमा धकेलेको हुनुपर्छ । त्यसो त जिन्दगीमा आफ्नो लागि प्रेम पत्र त लेखिएन । लेखिएन पनि नभनौँ क्यारे ! लेखे पनि धेरै समय सिरानीमुनि राखियो । धेरैपछि नगरपालिकाको फोहर फाल्ने गाडीमा मिल्काइयो । एक समय थियो, एफएम सुन्ने अनि पत्रमित्रताबाट साथी बनाउने । पत्रमित्रताको लागि कलेजको ठेगाना दिइन्थ्यो । मेरै पनि चिठ्ठी आएछ । फिजिक्स पढाउने मास्टरले कक्षामा पर्दाफास गर्दिए । त्यो चिठ्ठी पत्रमित्रभन्दा पनि आफूसँगै स्कूल पढेकी साथीले पठाएकी रहिछे । मलाई कम्ति लज्जित बन्नु परेन ! त्यसपछि भने हातमा मोबाइल बोक्ने जमाना आयो । अहिले मलाई चिठ्ठी पठाउने साथी कता छे, के गर्दै छे ? केही पनि थाहा छैन । चिठ्ठी आफ्नो लागिभन्दा पनि साथीहरूको लागि लेखिदिइयो । उनीहरूले पक्कै पनि मैले नै लेखिदिएको लख काट्थे । किनभने सबै चिठ्ठीहरूको भाषा एउटै किसिमको हुन्थ्यो । स्कूल पढ्दा आफूले नबनाए पनि अरु साथीहरूको अटो भरियो । अटो बनाउने अधिकांश केटी साथीहरू हुन्थे । अँ साँच्ची, ती अटोहरू के संग्रह गरेर राखेका होलान् त ? भनेर मेरो मनमा एककिसिमको जिज्ञासा उत्पन्न हुन्छ अहिले पनि । अब साकुराको कुरा गरौँ । मैले ‘साकुरा’ नलेखेको भए के हुन्थ्यो, त्यो त म यसै भन्न सक्दिनँ । तर मलाई लेख्नै पर्थ्यो । साकुराभित्रका केही कथा मेरा आफ्नै हुन् । केही काल्पनिकता त केही मैले देखेको समाजका उपजहरू पनि हुन् । मलाई लाग्छ, कुनै पनि लेखकले जब कापी या त कम्प्युटरका फाइलहरूमा उतार्दैन, उसले आफ्ना कथाको गर्भ बोकेर हिँड्छ । त्यतिमात्रै होइन, गर्भ बोकेर हिँड्न त्यति सजिलो छैन । लेखकीय प्रसवपछिको आनन्द त त्यतिबेला मिल्छ, जब आफ्ना कथाहरूको मुद्रण भएर प्रत्येक पाठकहरूका कोमल हातहरूमा पर्छ । मलाई लेखन गर्भको हिसाबले अहिले भर्खर लेख्दै गरेको उपन्यास लेख्नु थियो तर सकिनँ । त्यसका प्राविधिक पाटोमा धेरै काम गर्नु थियो । गहिरो अनुसन्धान गर्नु थियो । त्यतिबेला मेरो बर्कतले नभ्याएकै हो । अहिले लेख्दै गरेको उपन्यासभन्दा साकुरा लेखन केही सहज भएको ठान्छु । हुन त हरेक लेखकलाई एकपछि अर्काे किताब उत्कृष्ट हुनुपर्छ भन्ने मनोवैज्ञानिक रुपमा दवाब त हुन्छ नै । तर मलाई भने साकुरा प्रयुक्त भूगोलमा पूर्ववतः यात्रा गरिसकेको हुनाले पनि मलाई केही सहज भयो । साकुरामा प्रयोग भएका प्रायः ठाउँमा पुगेको छु । कतिपय आफ्नै अनुभव त केही साथीभाइका कुराहरूलाई ग्रहण गरेर लेखेको थिएँ । साकुराको एक जना पाठकले मलाई प्रश्न गरेका थिए, “सर, तपाईँको आफ्नै कथा हो ?” यस्ता प्रश्न धेरै लेखकहरूले फेस गरिसक्नुभएको हुनुपर्छ । एक ठाउँमा लेखक एकदिन जेल बस्नुपर्ने सिन छ । त्यो घटनामात्रै नभएर लेखकले हरेक घटनालाई पाठकको दिमागमा चित्र तयार गरिदिनसक्नु लेखकीय कला हो । साकुरा पढेर मेरो एकजना साथीको ममीले, “नानी तिम्रो साथी जेल पनि परेको थियो ?”, भनेर प्रश्न गर्नु भएछ । साथीहरूको त्यस्तो कुरा सुन्दा कथालाई केही न्याय दिन सकेँ कि भन्ने ठान्छु । साकुरा लेख्नुपूर्व दर्जनौँ कथा लेखिसकेको भए पनि प्रकाशनमा लागिएन । तिनै कथालाई कहिलेकाहीँ पुर्नःलेखन गरौँ जस्तो लागे पनि सबैभन्दा गाह्रो काम भनेकै पुनर्लेखन र सम्पादन हो । फेरि पुनर्लेखन जरुरी पनि हो । साकुरा लेखनको लागि लगभग एक वर्ष खर्चिएँ । तर पुर्नःलेखनको लागि थुप्रै समय लाग्यो । कतिपय प्लट हटाएँ । कतिपय प्लट थपेँ, जो जरुरी थिए । कतिपय सिन लेख्न तीन महिनासम्म लगाएँ । कुनै समय नेपाली सिनेमाको स्कृप्ट लेख्न भन्दै केही निर्देशकको पछि लागियो पनि । त्यस कुराले पनि फाइदा मिल्यो । पेशाले एक संस्थाको प्रशिक्षक हुनुको नाताले पनि धेरै पात्र र प्रवृतिलाई नजिकबाट हेर्न पाएँ । ‘साकुरा’, झट्ट सुन्दा कुनै एक केटीको कथा मात्रै भन्ने लाग्न सक्छ । तर त्यतिमात्रै होइन । साकुरा एक लेखककी प्रेमिका र उनीहरूबीचको कथा हो । यसलाई एउटा छुट्टै फ्रेममा राखिएको छ । यसभित्रको कथाको ‘लेखक’ सिर्जना गर्नमा केही सिनियर लेखकलाई मनमा डुलाइहिँड्नु पर्ने थियो । लगभग यस कथा लेखेर सक्ने दिन काठमाण्डौमा घटेको एउटा घटनाले मलाई तीन चार दिन कोठाबाट बाहिर निस्कन सकिनँ । सायद कथाको ह्याङओभरले पनि हुनसक्छ । लेखेर सकेको तीन महिनासम्म एकपल्ट पल्टाएर पनि हेरिनँ । किनभने मलाई कथाको ह्याङओभरबाट उम्कनु थियो । सुरुमा साकुरा साकुरा थिएन । बरु साकुरा पात्रको उपनाम ‘डल्ली’ बोकेर हिडेँ । महिनौँसम्म । कता–कता ‘डल्ली’ले पूरै कथा बोक्दैन कि भन्ने लाग्यो । त्यसैले भौँतारिएँ, नामको खोजीमा । पात्र मात्रै नभएर किताबको पुरै कथा बोकोस् नामले भनेर धेरै घोत्लिएँ । धेरै नाम आए मनमा । तर चित्त बुझेन । खोज्दै जाँदा भेटियो ‘साकुरा’ । हाम्रो राष्ट्रिय फूल लालीगुराँस भएझैँ, जापानको राष्ट्रिय फूल हो ‘साकुरा’ । यो अप्रिल महिनाको सुरुमा फूल्छ । मैले सुनेअनुसार यो एकहप्ता मज्जाले फूल्छ । यो फूल्ने बेला लगभग पात देखिन्न भनेर जापानमा बस्ने साथीहरूले भनेको सुनेँ । नेपालमा भने भक्तपुरमा देखेको छु, साकुरा । साकुरा फूल र यसको कथाको तादाम्यता भेटेर नै यो नाम राखेको हुँ । साकुरा प्रेम कथामा आधारित कथा हो । नेपालमा धेरै लेखिएका छन्, प्रेम कथामा आधारित उपन्यास । त्यसमा साकुराको पनि आफ्नै स्थान होला । त्यो कुरा पाठकहरूको जिम्मामा । तर प्रायः लेखिने शुत्रबद्ध कथाभन्दा फरक छ भन्ने मेरो लेखकीय दावा हो । प्रेमकथा लेखिने आफ्नै तौरतरिका हुन्छन् । मेरो आगामी किताबमा केही फरक पक्कै पाउनुहुने छ । अहिले आएर बुझ्दैछु, लेखकले आफू र आफ्नो क्षमता कुन विधामा छ भनेर चिन्नु जरुरी छ । लेखनको सुरुवात कविता र निबन्धबाट गरे पनि उपन्यासको ठूलो क्यानभासमा खेल्नुमा मजा लाग्दैछ । र यो जरुरी छैन कि सबैले उपन्यास लेख्नुपर्छ । सबैले कथा लेख्न सक्दैनन्, सबैले कविता लेख्न सक्दैनन् । एकाध लेखकहरू होलान्, साहित्यका हरेक विधालाई न्याय गर्न सक्ने । जे होस् कम नै छन् । कुनै समय निबन्ध, कविता, र मुक्तकमा लागियो । कुनै बेला लघुकथा, हाइकुतिर पनि । तर आफूलाई एउटा कित्तामा उभ्याउँदा अलिक बढी न्याय गर्न सकिन्छ कि भन्ने ठान्छु । अहिले फर्केर हेर्दा मैले एउटै बाटो हिँडेको भए एउटा छुट्टै मार्ग तय गरिसकेको हुन्थेँ कि ? तर पछि फर्केर अल्मलिने होइन । अघि बढ्ने हो । जसरी धावकले एउटा गन्तव्य तय गरेर निरन्तर दौडिरहन्छ । उपन्यास ‘साकुरा’ लेख्न त लेखियो । अब छाप्नु थियो । बजारमा प्रकाशकहरू त थुप्रै छन् । तिनीहरूका आ–आफ्नै स्ट्राटेजीहरू छन् । केही प्रकाशकहरू छन्, जसले आफ्नो धर्म निवार्ह गरिरहेका । त्यसमध्ये एक प्रकाशकलाई भेटेँ । उनीबाट प्रष्ट भनाइ नपाएपछि लागेँ, आफ्नै सोचमा । साहित्यको मेरो पहिलो किताब ‘साकुरा’ भए पनि त्योभन्दा पहिले मेरो आफ्नै प्रशिक्षणको व्यवसायिक किताब छापेको अनुभव छँदै थियो । त्यसपछि आफैँ हिम्मत किन नगर्ने त ? भनेर कस्सिएँ किताब छाप्न । एउटा दुस्साहस् नि ! अनि आफ्नै कम्पनि जिन्दावाद ! चर्चाको हिसाबले कमै भए पनि व्यवसायिक रुपले सफल नै मान्छु । यसैको जगमा अर्काे किताबलाई अगाडि बढाउँदैछु । भर्खरै आफ्नै यत्नले यहाँसम्म आउनुमा सबैभन्दा पहिले मेरा सम्पूर्ण पाठकहरू धन्यावादको पात्र हुनुहुन्छ । यसबाट निकै हौसला मिलेको छ । र अन्त्यमा, साहित्य पोस्टको लागि स्मृतिको एउटा कुनामा सुरक्षित बसेकी साकुराबारे लेख्दै गर्दा धन्यवाद भन्नैपर्छ । साकुराका तमाम पाठकहरू सबैभन्दा धन्यवादका पात्रहरू हुनुहुन्छ । अग्रजहरू, जसका किताबहरू पढेर म पनि नेपाली साहित्यको एउटा गोरेटोमा हिड्ने कोशिश गरेँ । भोलिका दिनमा पनि हिजोको जस्तै मलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिएर नेपाली साहित्यको राजमार्ग फराकिलो पार्न तपाईँहरूले सहयोग गर्नुहुने नै छ । #संघर्ष क्षेत्री #साकुरा #साहित्य संघर्षः योगमाया : धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता: उपन्यासको सारांश माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिइँदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा आसाम पुग्छिन् । साथ लागेर गएको कँडेलको मृत्युपछि उतै विवाह नै नगरी छोरी जन्माउँछिन् । त्यै छोरी लिएर माइत फर्किएकी माया त्यहीँ बस्दाबस्दै घरगृहस्थी त्यागेर संन्यास ग्रहण गर्छिन् । काशीनाथ बाजेकी बुहारी मायापछि तुलसीका बाँकी दिदी, तुलसी र गिरीका फूपू, आमा (गंगा )की आमाजु हुँदै संन्यासी बनेसँगै ठूली हजुर र अन्तमा योगमाया नामले चिनिन्छिन् । संन्यासी बनेसँगै सामाजिक विकृति, विसङ्गति, सति प्रथा, कमराकमारी प्रथा, बाल विवाह, जातीय विभेद, धर्म भित्रको विकृतिको अन्त्यका लागि लगातार लागेको उपन्यासमा देखाइएको छ । तत्कालीन श्री ३ महाराजसम्म आफ्ना दूत तथा योगमाया आफैँले पटक पटक धर्म भिक्षापत्र बुझाउँदा पनि धर्म भित्रका विकृतिको अन्त्य हुन नसकेपछि अन्त्यमा सामाजिक विद्रोहको सन्देश दिन आफ्ना अनुयायीहरुसहित ६६ जनाले सामूहिक जल समाधि लिएर उपन्यास सकाइएको छ । ५०३ पेज मध्ये ४८२ पेजमा उपन्यास लेखनी गर्दैगर्दा उपन्यासकारले तत्कालीन राजनैतिक घटनाक्रम, प्रजातन्त्र प्राप्तिका लागि भएको एतिहासकि आन्दोलन, पूर्वी नेपालको सामाजिक अवस्थाका बारेमा राम्रो वर्णन गरेकी छन् । समाज सुधारको अभियानमा लाग्दा योगमाया सहितका उनका अभियन्ताहरुले खेप्नु परेको विभिन्न खाले आरोप प्रत्यारोप र जेल जीवन समेत उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासको यो हरफले तत्कालीन सामाजिक जिवनको यथार्थ चित्रण गर्दछ : …..“ गरिब ऋण तिर्न नसकेर मरेका छन् । बेसहारा खरीद गर्न नसकेर भोकभोकै मरेका छन् । किसान अत्याचारको जाँतोमा घुन झैँ पिसिएर मरेका छन् । एक धरो न्यानो नपाएको कठ्याङ्ग्रिएरै मरेका छन् । सामन्तको अत्याचार सहन नसकेरै मरेका छन् । भाको खेत खलियाना सामन्तले एैँठेर मरेका छन् । छोरी चेली लुटिएको पिरमा मरेका छन् । तिनको रक्षा को गर्ने ? पहिला गर तिनका ज्यू ज्यानको रक्षा, हैन भने हटाउ यो ऐनको झुटा कुरा ।”………. उपन्यासमा महामारीको प्रसङ्गमा गाउँभरी फैलिएको ठेउलाका कारण गाउँका बालबालिकाको मृत्यु भएको प्रसङ्ग र १९९० सालको भूइँचालो र त्यसबाट भएको क्षतिको प्रसङ्ग पनि उपन्यासमा छ । सबल पक्ष हरेक वर्ष मदन पुरस्कार घोषणा हुँदै गर्दा यसकोआलोचना भने नहुने हैन । २०७४ सालको मदन पुरस्कार बिजेता कृति ‘योगमाया’ भने विषयवस्तुको छनोट र लेखनी दुवै दृष्टिकोणबाट अब्बल मान्नुपर्छ । वि.सं १९५० भन्दा पछि झण्डै वि.स.२००० शुरु हुनु पूर्वको नेपालको यथार्थ चित्रण गरिएको ऐतिहासिक उपन्यास हो ‘योगमाया’ । भोजपुरको अरुण नदी किनारलाई मुख्य केन्द्र बनाएर यो उपन्यासमा तत्कालीन अवस्थाको देशकै चित्रण गरिएको छ । एक संन्यासी महिला योगमायालाई मुख्य पात्र बनाएर तयार पारिएको यो उपन्यासमा उनले सफल गर्न नसकेकोे धर्म युद्धलाई देखाउन खोजिएको छ । अधर्मको नाश होस् धर्मराज्य स्थापना होस् अधर्मको अन्त हुने छ धर्मको उदय हुने छ । सामूहिक जल समाधि गर्दै गर्दा वाचन गरिएको यो धार्मिक गीतले समग्र उपन्यासलाई वर्णन गरेको छ । बीच बीचमा भेटिने यस्ता अन्य धार्मिकगीत तथा कविताहरुले उपन्यासलाई बुझ्न सहज बनाएको छ । तत्कालीन अवस्थाको चित्रण गर्दै उपन्यासमा अगाडि भनिएको छ, ……..“हाम्रै दाज्यूभाई दिदीबहिनीलाई कसरी फरक गर्न सक्छौ । जन्माउने बाआमा हाम्रा फरक हुन् तर हौँ त एकै सृष्टिका सन्तान, काटे रगत उस्तै आउँछ । चिमोटे दुख्छ उसैगरी । हाम्रा दुखमा बग्ने आँशु उस्तै हुन् । हाम्रा अनुभूति एकै छन् । नगर फरक नगर । जातपातको नाममा कोही कसैलाई हेला नगर, यो घोर अपराध हो । अधर्म हो ।”…….. ……..“पापी सति ढुङ्गा बिलाएर जाओस्”…….. ……..“बाहुनी मर्दा बाहुन जलाउँछन् त ?”…….. योगमाया उपन्यासभित्रका यी हरफहरुले तत्कालीन अवस्थाको सामाजिक चित्रण गर्छन् । यसमा विद्रोह गर्दै उपन्यासमा यसो भनिएको छ, जसलाई उपन्यासको सबल पक्ष मान्न सकिन्छः ……..“मान्छेको बेचबिखन घोर अत्याचार हो । पाप हो र यस्तो अत्याचार तथा पापी कर्मको बिरोध गर्नु हाम्रो कर्तव्य हो ।”…….. ……..“जोई मरेको विधुरलाई अर्को विहे गर्न रोकतोक नभए पोई मरेको विधवाले विहे गर्न समाजबाट छुट पाउनुपर्छ ”…….. ……..“ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण भैदैन । जसले ब्रम्ह जान्दछ उहि ब्राम्हण हो”…….. “ब्राम्हणको कुलमा जन्मिएर ब्रम्हत्वबारे ज्ञान नभए त्यो सुद हुन्छ ”…….. ……..“तपस्या शरीर सुकाउने मात्रै हैन । भित्रका माया क्रोध मोह सुकाउन हो । मनवाट ती सारा निकाल्ने हो । बन्धनबाट मुक्त हुन वैराग्य बढ्नु मुक्ति होइन । सत्य अहिंसाको बाटो मात्रै रोज्नुपर्छ । सांसारिक मोह आफ्ना दुर्गुण चिनेर त्याग्नु पर्छ ।”…….. समाजमा घर्ति, नेवार, ब्राम्हण, जैसी, क्षेत्री, कामी, दमाई विभिन्न जातीहरु मिश्रित भएर बसेको तथ्य उपन्यासमा चित्रण गरिएको छ । यो उपन्यासको निकै राम्रो पक्ष हो । कमजोर पक्ष उपन्यासमा योगमाया जैसिनी भएको र उनीसँग सङ्गत गरेको भन्दै महानन्दलाई आफ्नै दाज्यूले जात काड्दै बाबुको किरिया गर्नबाट रोके तर उनै योगमायाका चेला भएर बसेका अर्का भाइ पण्डित प्रेमनारायणका बारेमा मौन देखाइएको छ । उपन्यासमा मनकामना, स्वर्गद्वारीका प्रसङ्ग छ । हिमालको प्रसङ्ग छ । यसरी ठाउँको प्रसङ्ग गर्दै गर्दा जसरी काठमाडौँका स्थान प्रसङ्ग गरिएको छ ती ठाउँको पनि स्थान प्रसङ्ग थोरै मात्रै वर्णन गरिएको भएपनि सो स्थानका बारेमा पाठकले जानकारी पाउन सक्ने थिए । अझै हिमालमा तपस्या गर्न गएको प्रसङ्ग उठाउँदा कुन हिमाल र त्यो वरपरका बासिन्दाको थोरै वर्णन गर्न सक्नुपर्थ्यो । यसमा उपन्यास कमजोर देखिएको छ । उपन्यासमा सामाजिक सुधार जति सबै संन्यास ग्रहणबाट मात्रै सम्भव छ भन्ने देखाउन खोजिएको छ । संन्यास ग्रहण गर्नेहरु भित्रका केही विकृतिहरु पनि देखाउन सक्नुपर्नेमा उपन्यास मौन छ । स्थानीय र ठाडा भाषाहरु प्रयोग गरिदा उपन्यास मौलिक त बन्ला तर यसमा अन्य ठाउँका पाठकहरुलाई भाषा बुझ्न कठिन भएको छ । कुनै पनि सवाल उठान गरेर बिना निष्कर्ष टुङ्गाउनु उपन्यासको कमजोरी हो । सामूहिक जल समाधिको बाटो अपनाउनु भन्दा उपन्यासलाई त्यो आन्दोलनको सफलतामा लगेर टुङ्गाउन सकिनेतर्फ उपन्यासकारको ध्यान नपुगेको देखियो । निष्कर्ष पाल्पामा जन्मिएकी, काठमाडौँमा हुर्किएकी र हाल अमेरिकामा बसेकी लेखिकाले एउटा पूर्वेली झर्रो भाषामा गहन अध्ययन गरेर उपन्यास लेख्नु आफैँमा चुनौती थियो । त्यो चुनौती सहजै पूरा गर्न उपन्यासकार सफल भएकी छन् । स्थानीय भाषा, संस्कृति र मौलिकताले उपन्यासलाई गहन र जीवन्त बनाएको छ । कृति : योगमाया लेखक : नीलम कार्की निहारिका विधा : उपन्यास प्रकाशक : साङ्ग्रीला बुक्स पेज : ५०३ मूल्य : रु. ५९५।– #नीलम कार्की निहारिका #योगमाया #वसन्त पराजुली तिम्रो नाम: स्कूलका दिनहरू याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरूमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम । अचम्मको बेला थियो त्यो, जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरूमा । किताबका अन्तिम पानाहरूमा । नोटबुकका जिल्दाहरूमा । कार्डबोर्डका चेप्नेमुन्तिर । हातको नाडीमा । सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम । तर तिमीलाई थाहा छ ? मान्छे जब आफ्नो नाम भुलेर अरुकै नाम लेख्न थाल्छ नि तब ऊ मायामा डुबेको हुन्छ रे ! हो, म पनि त तिम्रो मायामा डुबेको थिएँ । त्यसैले त स्कूलपछाडिको भित्तामा चकले लेखेको थिएँ पहिलोचोटि तिम्रो नाम । हिउँदयामको कुनैदिन बस चढेर मामाघर जाँदैगर्दा झ्यालको सिसामा सासले हाsss गर्दै चोरऔंलाले लेखेको थिएँ, तिम्रै नाम । एक अक्षर पनि नपढ़नु भएकी आमा छेउमा हुनुहुन्थ्यो, तैपनि तिम्रो नाम पढ्नुहोला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदोरहेछ ! कुनै दिन बा’ले एउटा नयाँ ज्यामिति बाकस किनेर ल्याइदिनुभएको थियो । लगेको थिएँ स्कूल । नाम लेख्न मेरा औंलाहरू सलबलाएका थिए । हातमा लिएर बाकसभित्रको दुइटा सियो भएको कम्पास, के लेखौं के लेखौं भएर टोलाएको थिएँ । केही लामो सोचपछि, निकैबेर घोत्लिएपछि, मुस्कुराएको थिएँ म एक्लै-एक्लै । मलाई त त्यो दुईचुच्चे कम्पास देखेपछि मसिना खुट्टा भएकी तिम्रो अनुहार बत्ती जाँदा निभाउन बिर्सेको बत्ती आधारातमा फ्याट्ट बलेझैं मगजमा झिलिक्क बलेको थियो । अनि कम्पासको चुच्चोले कोतरेर लेखेको थिएँ, ज्यामिति बाकसमा तिम्रो नाम । संगालेर राख्ने गर्थें त्यो बाकस, झोलाको छातीनेर, मुटुजस्तै सानो गोजीमा । मेरो एउटा बानी तिमीलाई खुसुक्क भन्छु ल ! तिम्रो नामको छेउछाउमै पनि मलाई नराम्रा कुराहरू मन पर्थेन । यो त्यतिबेलाको कुरा हो, जतिबेला तिमी धेरै दिन स्कूल आइनौ । सायद बिरामी परेकी थियौ । मिसले सोध्दामात्र लाजले राती भएर, केही खुशीजस्तो बनेर, पेट दुखेर नआएको भनेकी थियौ । पेट दुखेर आउन नसक्दा पनि तिम्रो अनुहारको तेज र हर्ष देखेर आश्चर्यचकित भएको थिएँ म । पहिलोचोटि केटीमान्छेलाई मात्र दुख्छ रे यसरी पेट भनेर कसैले भनेको सुन्दा मलाई अचम्मले मर्नु बनाएको थियो । तर तिमी नआएको जनाउन हाजिरी कापीमा लेखिएको गयलको इन्टु चिन्हलाई डटपेनले घोटी-घोटी राइट चिन्हमा बदलेको थिएँ । सरले त थाहा पाए, कसले गरेको थाहा पाएनन् । कस्सम ! मलाई तिम्रो नाम लेखिएको कहीँकतै केही पनि नराम्रा चिन्हहरू मन पर्थेनन् । मलाई तिम्रो नाम तिम्रो लागि पोस्टकार्डमा नयाँ वर्षका शुभकामनाहरू लेख्दै गर्दा प्यारो लाग्थ्यो । मलाई याद छ, पहिलोचोटि तिमीलाई पोस्टकार्ड दिएको दिन । तिमीलाई हिरोका फोटाहरू मन पर्थेन । तिमीलाई हिरोइनका फोटाहरू पनि मन पर्थेन । रित्तिक रोशनको फोटोपछाडि तिमीलाई नयाँ वर्षको शुभकामना लेखेको पोस्टकार्ड पठाउँदा तिमीले च्यापुको छाला एकै ठाउँमा चुमुर्किने गरेर माथिल्लो ओठलाई तल्लो ओठभित्र घुसारेर ओठ लेब्र्याएकी थियौ । “हिरो भएर के भो र ! यो पनि हामीजस्तै मान्छे त हो नि !”, तिमीले यस्तै भनेकी थियौ । र निकैपछि तिमीलाई महादेव र पार्वती आधा-आधा जोडिएको फोटो भएको पोस्टकार्डमा विजयादशमीको शुभकामना दिएको दिन मेरो जीवनको आसाध्यै खुशी भएको दिनको रुपमा अहिलेसम्म पनि दर्ता रहेको छ । तिमीले “पछाडि त्यही जाबो शुभकामना त हो नि” भन्दै “अगाडि धन्न देउता हुनुहुँदो रहेछ” भनेर पोस्टकार्ड निधारमा छुवाएर किताबको कापमा राखेकी थियौ । तिम्रो एउटा गोप्य कुरा भनूँ ? तिमीले त्यो देउताको पोस्टकार्ड झुक्किएर स्वास्थ्य, जनसंख्या तथा वातावरण किताबमा राखेकी रहेछौ । पछि झल्याँस्स भएर “आच्या ! मलाई पाप नलागोस् पर्भु”, भन्दै निकालेर हत्तपत्त नेपाली किताबको कापमा राखेकी थियौ रे ! कति बुद्धु थियौ तिमी, प्रजनन अंगका फोटा हुँदैमा किताब कहाँ अशुद्ध हुन्छ र ! देउताले नै बनाएका अंगका फोटा हुँदैमा देउता कहाँ रिसाउँथे र लाटी ? तर तिमीले देउतालाई ढोग्दा ‘इत्ति इत्ति’ मैले लेखेका अक्षरहरूलाई पनि ढोगेकी थियौ । मेरा अक्षरहरूले लेखेका तिम्रा नामहरूलाई पनि ढोगेकी थियौ । पठाउनेको नाममा मैले मेरो नाम पनि लेखेको हुन्थेँ । कहिले गणेश, कहिले दुर्गामाता, कहिले शिवपार्वतीसँगै दशैँ र नयाँवर्षका शुभकामनाका पोस्टकार्डहरू पुग्दा मेरो नामले कहिल्यै तिम्रो निधार छुन पाएन होला है ? पाएको भए त सपक्क टाँसिन्थ्यो होला तिम्रा निधारमा मेरो नाम । छापिन्थ्यो होला तिम्रो भाग्यमा मेरो उपस्थिति । तर बालापनका खुशीहरू, किशोरवयका रहरहरू कहाँ पुरा हुन्छन् र ! ती त धोद्रो भएर स्वर फेरिएझैं बदलिंदा रै’छन् । जुँगाका रेखी बसेर छिप्पिएझैं छिप्पिंदा रै’छन्, टर्रा बनेर खुशीहरू । बालापनमै माया गर्छु भनेको भए त्यो मायाको रुप अर्कै बुझिने थियो । हुर्किएर माया गर्छु भनौँ भन्दा ओठहरू डराए । समय कति चाँडो बितिजाँदो रै’छ ! आँखा झिमिक्क गर्दा नगर्दै फेरिए कैयौँ हिउँदहरू । आएर बलेसीमा रोएर गए कैयौँ बर्खाहरू । आजकल पनि दराजको कुनामा हेर्छु, उसैगरी बसिरहेछ तिम्रो नाम लेखिएको बाकस । धुमिल भएको सम्झनाजस्तै खियाले छोपेको छ तिम्रो नाम । सायद तिम्रा नाम खोपिएका स्कूलका बेन्चीहरू पनि सकुसल छैनन् होला आजकल । बर्खाका लेउ र ढुसीहरूले छोपेका होलान् भित्ताहरूमा लेखिएका तिम्रा नामहरूलाई । अडिएनन् कहिल्यै पनि सिसाको बाफलाई औँलाले कोतरेर लेखेको तिम्रो नाम । सायद जलिसके या हराइसके होलान् तिम्रा नामहरू लेखेका पठाएका पोस्टकार्डहरू । केवल अस्ति भर्खर आइपुगेको बिहेको कार्डमा चम्किलो बनेर बसिरहेको छ तिम्रो नाम । “स्कूलका सब साथी भेट हुन्छन्, तँ नि आइज है !” भन्ने आवाज तिमीले बच्चाबेलामा बोल्नेजस्तो लजालु थिएन । न त निम्तोको कार्डमा गोल्डेन कलरमा छापिएको अगाडि सुश्री लेखिएकी तिम्रो बाको आयुष्मति सुपुत्रीको नाम त्यति आत्मीय लाग्यो । किन थाहा छ ? मेरो बानी अझै पनि उस्तै छ । मलाई तिम्रो नामको छेउमा कहिल्यै केही नराम्रा कुराहरू भएको मन पर्दैन । मलाई तिम्रो नामको छेउमा भएको फलानाको आयुष्मान सुपुत्रको नाम पनि राम्रो लागेन । आजकल सबैतिरबाट मेटाएको छु तिम्रो नाम । निधारमा नलेखिएको नाम अन्त जता लेखे पनि केही अर्थ नहुँदोरहेछ । छातीमै ट्याटु खोपाएर लेखे पनि मन परेको मान्छेको नाम, त्यही मान्छे मुटुमा नबसेपछि केही महत्त्व नहुँदोरहेछ । #तिम्रो नाम यात्राको स्मृति: पञ्चासे डाँडोबाट फर्केर पोखराको होटल रोमान्टिका आइपुग्नेबित्तिकै ह्वाट्सएपमा मित्र कमल पन्थीको मेसेज देखेँ । “तीन दिनको ट्रेकिङ गर्ने इच्छा सवार भइरहेको छ मेरो दिमागमा । कुन होला सजिलो र छोटो ?” बेल्जियममा बस्ने उनी यो पालिको दशैँ र तिहारको बीचमा नेपाल आउँदै थिए । “पञ्चासे ट्रेक गर्ने कि ? तपाईंले खोजेजस्तै छ । भर्खरै मात्र मैले मलेसियन ग्रुपलाई यही ट्रेक गराएर फर्केको ।” प्रत्युत्तर छाडेँ मैले । “हो र ! यात्रातालिका पठाइदिनुस् न त । र, तपाईंको ताजा यात्रानुभूति पनि सुन्न पाए त झनै राम्रो !” पन्ध्र मिनेटपछि उनको जवाफ आयो । यात्राका स्मृतिहरूले घेरिन थालेँ म । मैले भनेँ– इमेल हेर्नु ! ०००० उकालिँदै अस्ट्रेलियन क्याम्प गत साल वैशाखमा मात्र धम्पुस हुँदै फेदी झरेथेँ । आज फेरि यहीँबाटै उकालो लाग्दैछु । कहिलेको यात्रा यही ठाउँमा अन्त्य हुन्छ, कहिले यही ठाउँबाट सुरु हुन्छ । दस बजिसकेको थियो उकालोमा पहिलो पाइला राख्दा । ०००० ‘यात्रा कहाँ रोकिन्छ र ! एकछिन पाइला रोकिँदैमा आँसु कहाँ सकिन्छ र कहिलेकाहिँ पोखिँदैमा………’ थकाइले पो रोकिएका थियौँ । यात्रा त कहाँ नै रोकिन्थ्यो र ! लखनेको बिसौनीबाट उँभो लागेपछि मैले आफैँलाई सुनाएथेँ यो कर्णप्रिय गीत । पञ्चासे डाँडालाई अन्तिम गन्तव्य बनाएर हिँडेका हामी । आँसु होइन, बरु पसिना चाहिँ काढेका थियौँ मज्जैले । साउन महिनाको उष्मा । त्यसमा पनि पहिलो पाइलादेखिकै उकालो । हावा चलेको थिएन फिटिक्कै । उष्णताले आलसतालस भएका थियौँ हामी । वातानुकूलतामा बस्ने बानी परेपछि उष्ण प्रदेशकै भएपनि मान्छे सागजस्तै ओइलाउन बेरै लाग्दो रहेनछ । अनुहारमा बगेको पसिनाको धारालाई फेदीकै छेउ भएर बग्ने घट्टेखोलाको पानीले पखालेको कल्पना गरेथेँ मैले । बाईस जना सदस्य थिए– मलेसियन कम्पनी नोम्याड एडभेञ्चर परिवारका सञ्चालक र कर्माचारी गरी । वर्षको एक पटक अफिस बन्द गरेरै विदेश यात्रा गर्ने÷गराउने कस्तो राम्रो कायदा ! उनीहरू आएका थिए र त हामीले पनि काम पाएका थियौँ । दुई पैसा कमाइने र त्यही बहानामा घुम्न पनि पाइने । नत्र बिनासित्ति यो वर्षामासमा उकालोओरालो गर्न कसलाई बहुला कुकुरले टोकेको थियो र ! बाटोमा भेटिए अस्टे«लियन क्याम्पतिरबाट झरेका एक हुल विदेशी पदयात्री । छोटो र सजिलो गन्तव्य भएकोले पदयात्रीहरू आइरहन्छन् यहाँ । आजको हाम्रो गन्तव्य हो– अस्ट्रेलियन क्याम्प । धम्पुसको तल्लो भागलाई छोडेर उकालो लागिरहेका छौँ हामी २,१०० मिटरको उचाइ चुम्न । बीचमा ढसमस्स गरी बसेको छ धम्पुस । धम्पुसको ढाड टेकेर नाक नभाँची सुखै छैन । खेतका आलीआलीमा पाइला टेक्दै छौँ हामी । बर्षाको मलिलो पानी कलकल बगिरहेछ कुलोमा । कतै भर्खरै रोपाइँ भएर पनि रोपो सरिसकेको छ । कतै रोपोको पात फर्किसकेका छन् । कतै धमाधम रोपाइँ हुँदैछ । मानो खाएर मुरी उब्जाउने बेला पो हो यो त । आँखालाई खेतका गह्राहरूले तानिरहेका छन् । ठिङ्ग उभिन पुग्छु म । हली, लाठे, रोपाहार र हलगोरु चल्मलाएको दृश्यले व्यूँझाइरहेको छ मेरो स्मृतिको भावगङ्गा । आम्मै ! छबीसेको फाँटमा रोपाइँ हुँदाको रमाइलो ! म आली लाउथेँ, कान्ला ताछ्थेँ । कहिले हिल्याउँथेँ र साउँथेँ । कहिले कोदाली लिएर बाउसे गर्थें । बिउ पाँज्ने निहुँमा हिलाम्मे बनाइदिन्थेँ, रोपाहारहरूलाई । उधुमै गाली गर्थे मलाई मोरी साहिँली र माइलीहरूले । उरन्ठेउलो न थिएँ म ! के गर्नु ! खोइ अहिले त ? हिलो खेल्नुको त्यो मज्जा कहाँ लिनु ! कम्ता असारे गीत गाउँदैनथिन् हाम्री पुरेत्नी बज्यैले । काँठेभाका पो चल्छ त हाम्रोतिर ! बज्यैले लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अन्तराहरू मिलाई मिलाई गाउँथे बाँकीले । अझै सम्झना छ धिताल दाइले गाएको गीत– ‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो……..’ रोपाहारहरूले गाएको पनि कहाँ बिर्सेको छु र– ‘न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार, पूरबै ढोका खोलेर हेर्दा लागेछ असार………..‘ कोही गाउँथे– ‘असारलाई भनी कुटेको च्यूरा म कति साँचूला सौताका हात दुई कुड्की भात म कति बाँचूला………’ थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्थ्यो गीतले । रसरङ मात्र होइन, प्रेम, वियोग र वेदनाका तरङ्ग पनि ब्यक्त हुन्छ असारे भाकामा । रोपाइँले बेस्सरी तान्दा विगततिर पुगेछु । रोपाइँको हिलो छुन नपाए पनि मन चोबले मैले । टोली भने अगाडि बढिसकेको थियो । भेट्न हतारिएथेँ म । तल्लो गह्रामा बयली खैल्दै छन् धानको रोपो । माथिल्लो गह्रामा हावा खाइरहेका छन् घोघा लागेका मकैका बोटहरू । मकै भाँच्नेबित्तिकै रोपो गोड्न हतार भइसकेको हुन्छ । कहिले पाउँनु त फुर्सद किसानहरूले ! मकैबारीभित्र तुन्द्रङ्ङ परेका छन् मकैबोडी । घरका करेसाबारीमा तेर्सिएका छन् पर्सीका झाल । थाँक्रामा झुन्डिरहेका छन् काँक्राका एकनासे कैँडाहरू । त्यो पनि अर्ग्यानिक ! सम्झँदै थिएँ– यस्ता काँक्रा त गाउँमा हुँदा चौथीमा चोरेर कति खाइयो कति ! सम्झेर मुखै रसायो मेरो । सोचेँ– काँक्राको चिरामा नुन खुर्सानी दलेर सुकेको आँतलाई भिजाउन पाए यो चर्को घाममा कति आनन्द आउला ! यतिका मान्छे छन् । एक्लै त के खानु । “उड यु लाइक टु टेस्ट यान अग्र्यानिक क्युकम्बर ?” टोली नेता युइन लीलाई सोधेँ मैले । “ह्वाई नट !” उनको जवाफ । “काँक्रोको कति हो ?” आँगनमा उभिएर हाम्रो लर्कन हेरिरहेकी आमैलाई सोधेँ । “गोटाको बीस ।” “दिनुस् न त पाँचवटा ।” आमैले काँक्रा टिपेर पखालिन् र नुन खुसार्नी पिँधिन् । एकएक चिरा भाग पुग्यो । काँक्रो टोक्दै उकालो लागेका थियौँ हामी । ढुङ्गाले बनेका परम्परागत घरहरू छन् । गुरुङ सँस्कृति झल्कने ढुङ्गाकै गाह्रो, ढुङ्गाकै छाना । आँगनभरि ढुङ्गा बिछ्याइएका । कति सुन्दर ग्रामीण परिवेश ! घान्दु्रक, लान्द्रुक र टोल्कातिर हिँड्दाको याद आइरहेथ्यो मलाई । सुनसान देखिन्थे कतिपय घरहरु । मानिस नबसेकाले घरका भित्तामा सिस्नो र अन्य झारले ढाकिएको छन् । प्रायः बृद्धाहरु मात्रै छन् गाउँमा । कोही विदेसिएका र शहर झरेकाले पहिलेको चहलपहल छैन धम्पुसमा । धम्पुसको जीवन पढ्दै हिँडिरहेका थियौँ हामी । आइपुग्यो धम्पुसको धार्मे चौतारो । बटुवाहरू सुस्ताउने अर्को बिसौनी । एउटा आकर्षक भ्यू प्वइन्ट पनि । पीपलको वृक्षमुनि बिछ्याइएका छन् चाक्ला छपनी, बटुवालाई बस्न भनेर । पूरै चौतारा ढाकेथ्यो हाम्रै टोलीले । छब्बीसजना थियौँ हामी मलेसियाली र नेपाली गरी । एक दर्जन त महिलामात्र थिए । धेरैजसो मुस्लिम । मुख देखाए पनि टाउका चाहिँ छोपेका हुन्थे विवाहितहरूले । ‘किन यतिबिध्न कट्टर हुनु परेका होलान यी मुसलमानहरू ! यो उखुममा त झिक्नु नि घुम्टो !’ क्रिडा गर्दै थियो प्रश्नले मेरो मस्तिष्कमा । खेतीयोग्य जमिनले घेरा हालेको छ बस्तीलाई । तल फेदीका फाँटदेखि पोखरासम्मकै अनुपम दृश्य देखिन्छ । माथि देखिन्छन् माछापुछ«े र चम्किला अन्नपूर्णाका स्वेत वदन । अन्नपूर्णाको अर्थ अधिष्ठात्री देवी, दुर्गाको एक रूप । यो क्षेत्रकै संरक्षिका पनि हुन् भन्ने लोकोक्ति पनि छ । हिन्दू मान्यता अनुसार अन्नपूर्णालाई पर्वत राजा हिमवतकी छोरी भनेर पनि विश्वास गरिन्छ । म भन्छु– ‘अन्नपूर्णा त पर्याय हो, चिनारी हो नेपालको ।’ हिमाल हेर्नका लागि उत्तम ठाउँ हो धम्पुस । त्यसैले त कतिपय चलचित्रहरूमा यहीकै दृश्य देखिन्छ । फेरि बस्तीसम्मै सडक आइपुगेको छ । पहाड भएर पनि सुगम छ– धम्पुस । डट्नु थियो उकालोसित । डट्यौँ मज्जैले । शिरमा माछापुछ्रे सिउरिएर उकालोसित डटेको थिएँ म । नौनाडी खिचिइसकेको थियो धम्पुसको अनु गेस्टहाउस पुग्दा । लन्चको अर्डर गरिसकेका थिए सहयात्री जयनाथले । ब्रोइलर कुखुराको मासुसहितको दाल–भात र साथमा थियो पुदिनाको अचार । भोको पेटलाई के चाहियो र ! पुदिनाको महकले नै जगेडा चार गाँस भात फाल हालेको पत्तै भएन । अनु गेस्टहाउस छोड्नुअघि आकाश छेकेर ठडिएको अस्ट्रेलियन क्याम्प देखाएँ मैले मलेसियनलाई । “आर वि टचिङ द स्काई ?” ठट्टा गर्दै हाँसिन् टामी वेबर । उनी पनि त्यो कम्पनीको कार्यकारी । ०००० ‘घट्टे खोला पुल, धम्पुस आउने मायालाई सम्झना लालीगुराँस फूल……….’ धम्पुस छोड्नुअघि गुन्गुनाएथेँ म । यही गीतको भावनामा डुबुल्की मार्दै थिएँ धम्पुसको बस्ती नछेलिउन्जेल । अघिल्लो पटक धम्पुसमा बासबस्दा यहाँका आमा समूहले लालीगुराँस फूलले स्वागत गर्दै यही गीतमानाच देखाएका थिए उनीहरूले । ०००० लौ, एकाएक बद्लियो मौसम ! आकाश त घ्वाप्पै छोप्यो बादलले । पिर्पिराउन थाले पानीका कण । बादल धर्तीमा लत्रिन थालेपछि आकाशमै अल्पियो अघि भर्खरसम्म देखिएको अस्ट्रेलियन क्याम्प । मलेसियनका लागि छिनमै घाम लाग्नु र पानी पर्नु नौलो कुरा होइन । बरु शीतल भएकामा राहत पाएको अनुभव गरेका थिए । धम्पुसको बस्ती सकिएलगत्तै स्वागत गर्छ अर्को उकालोले । घामको उपस्थितिमा बाटोभरि छाया पार्ने गुराँसे डालीहरू छेकिएका छन् बाक्लो कुहिरोले । हरियाली हडपिरहेको छ हुस्सुले । मौन छ गोरेटो । देखिँदैनन् कोइली, ढुकुर, तित्रा, सुगा, मैना र मुनालहरू, न सुनिन्छ तिनका कोकिल कलरव । खुला आकाशमा उडिरहने स्वतन्त्र पन्छीहरू कुहिराको बन्धनमा परेका छन् बिचरा ! निःशब्द छ चराचर । निःशब्द छ प्रकृति । निःशब्द छन् सहयात्रीका ओठ । निःशब्द छौँ हामी सबैसबै । लगभग निःशब्द भएरै उकालिइरहेका छौँ हामी । पुगियो एमानको चउरमा । एउटा नौलो नागी । सुरम्य छ घना जङ्गलबीचको घाँसेचउर । गृष्मकालिन सौन्दर्यको सुगन्ध फैलिरहेको थियो धर्तीभरी । चउरमा चरिरहेका छन् गाइवस्तु, बाख्रा र तिनलाई रखवारी गरिरहेका छन् तिनका निःशब्द गोठालाहरू । बाख्राका पाठाहरू चउरमा बुर्कसी मारेझैँ बुर्कुसिएथ्यो मेरा आखाँ हरिया गुराँसका हाँगाहरूमा । पोथाना र अस्ट्रेलियन क्याम्प जाने बाटो छुट्टिएको छ यहाँ । यहाँ पनि बनाइएको छ बटुवाका लागि एउटा बिसौनी । शरीरको थकानलाई बिसौनीको मल्हम लगाएपछि बोली फुट्दै थियो हाम्रो । प्रकृतिको चर्तिकला कस्ले बुझ्न सक्नु ! हठात् कुहिरोले धर्ती छोड्यो । उजेलियो चउर । उजेलिए सारा वनपाखा । निलो आकाश नदेखिए पनि देखियो गुराँसे हरियाली । निस्कन थाले चराहरू गुँडबाट र निकाल्न थाले नवीन नाद । आकाशको रङ, कुहिरोको रङ र वर्षे हरियालीको तादत्म्य । सुवाश छ मौसमको । सुवाश छ जरोबुटोको । आहा, क्या कञ्चन सौन्दर्य प्रकृतिको ! एउटै लुङ्दरको धराले रङ थपेको छ । अनि त के चाहियो र ! लाग्दै थियो मलाई– प्रकृतिको वदन चुमँुजस्तो, हरियालीमा केहीबेर लुकुँजस्तो र प्रकृतिकै भेषमा नाचुँजस्तो । थारै मात्र बाँकी थियो गन्तव्य छिचोल्न । हावा चिसिँदै आयो पहाड उक्लेपछि । स्पर्श हुँदै थियो लेकाली ठण्डीसित । शरीरका दुई सय छवटै जोर्नीहरू रगडिएका थिए सायद । थालिन थालेको थियो शरीर । फेरि पनि अस्ट्रेलियन क्याम्पमाथि बिजय हासिल गरेको खुसियाली त मनाउनै पर्यो । घुम्न आएको बेला नपिए कहिले पिउने ? फेरि एउटा बहाना पनि त चाहियो ! बगेको पसिना पूर्ति गर्ने तरिका न हो । थकाइको बदलामा आफ्नै ज्यानलाई ट्रिट गर्ने उपाय न हो । सबैले पिउँछन् तर पिउनुको अद्भुत आनन्द त शायद दुनियाँमा पदयात्रा गर्नेले मात्र पाउँछ । के छ त बिचार भरेको लागि जयनाथ ? उनको अभिप्राय बुझ्ने प्रयत्न गरेँ मैले । बिचार त उही हो । तैतै एउटा लोकल भाले पनि व्यवस्था गर्न सके त गज्जबै हुन्थ्यो । मेरो आशय बुझेरै भनेका थिए सायद उनले । जयनाथसँग बेलुकीको योजना बनाउँदा बनाउँदै चुम्यौँ अस्ट्रेलियन क्याम्प । चार बजिसबकेको थियो । खासमा खर्क हो– अस्ट्रेलियन क्याम्प । उहिलेउहिले यहाँ होटलको व्यवस्था थिएन । सबैभन्दा पहिले अष्ट्रेलियनले क्याम्पिङ गरेर बास बसेका थिए रे ! फराकिलो ठाउँ क्याम्पिङ गर्न सजिलो भएकोले पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै गयो । त्यसपछि यहाँ विदेशी पर्यटक ल्याउनेले अष्ट्रेलियन क्याम्प भन्न थालेपछि खर्क भन्न छाडिएछ । जेजे भएपनि माछापुछ्रे र अन्नपूर्णाको अमित आँगन हो– अष्ट्रेलियन क्याम्प । हिउँको बिस्कुन सुकाइरहेका हिउँचुलीहरू नजिकै देखिन्छन् यहाँबाट । हृदयहारी ठाउँ हो यो । ख्याल आनन्द आउँदैन हिमाल, पहाड र वेँसीका दृश्यहरूमा आँखा ओछ्याउँदा । यतिबेला कुहिरोको पर्दा टाँगिदै थियो डाँडामाथि । आँखाले कुहिरो पन्छाएर हिमशैलका सग्ला तस्बीर कोर्न खोज्दा खोज्दै खसिकेको थियो गोधुली । जङ्गलको बाटो, जुकाको चुसाइ ‘वर्षामासको पदयात्रा त्यति रोमाञ्चक चाहिँ होइन । हिमालको मुखै देख्न नपाउँदा मनै खिन्न हुने । यति कष्ट गरेर यहाँसम्म आइपुगेपछि त पदयात्रीहरूलाई हिमाल चिनाउँन पाए पो ।’ मनोलाप गर्दै थिएँ म । पौने छ बजे सूर्योदय हुन्छ भन्ने जानकारी गराएको थिएँ टोलीलाई । त्यही मुताबिक क्यामरा हातहातमा लिएर होटलको छतमा उक्लेका थिए उनीहरू । अघिल्लो साँझदेखि नै गुफा बसेका हिमालहरूले बादलको ढोका खोल्न सकेका थिएनन् । सात बज्दा पनि उघ्रेन आकाश । अन्ततः ‘हिस्स बुढी खिस्स दाँत‘ भन्ने उखान चरितार्थ भएरै छाड्यो । तीन महिनाअघि यहाँ आउँदा बिहान छ नबज्दै रातिइसकेको थियो पूर्वि क्षितिज । झलमल भइसकेको थियो धर्ती । हाम्रो नेवारी संस्कारमा बाह्रा बसेका किशोरीहरूलाई सूर्यदर्शनका लागि निकाल्दा सिँगारेझैँ सिँगारिएका थिए हिमचुलीहरू, सुनौला गुन्युचोलीमा । कति सुन्दर थियो त्यो दिनको सूर्योदय ! सम्झँदै थिएँ म अघिल्लो पटक आउँदाका पल । “वी स्टिल ह्याव चान्स टू सी द माउन्टेन्स फ्रम पञ्चासे हिल ।” थम्थम्याएथेँ मैले टोलीलाई । ०००० अस्ट्रेलियन क्याम्प गेस्ट हाउसमा बिल भुक्तानी गरेपछिको हाम्रो पाइला पञ्चासेतर्फ सोझियो । एउटा सानो सेल रोटी पाक्दै छ हामी भोलि पोखरा पुग्दा । आन्तरिक पर्यटकका समेत रोजाइमा पर्ने अस्ट्रेलियन क्याम्प एउटा रमणीय गन्तव्य हो । ‘यहाँको मूल्यको मनोमानीलाई एकैछिन बिर्सने हो भने हत्तपत्ति छोडिहाल्न मनलाग्ने ठाउँ कहाँ रहेछ र अस्ट्रेलियन क्याम्प !’ काँडे झर्दै गर्दा सहयात्री माधव घिमिरेले भनेका थिए । होटलको मेनु दखेर झस्केका थिए उनी । किन नझस्कियुन त एक कपको चियाको मूल्य असी रुपैयाँ भएपछि ! काँडेबाट हिँडेरै एकघण्टामा पुगिने ठाउँमा पनि कुनैपनि चिजको मूल्य उचित नराखिनु चाहिँ विडम्बना नै हो । ०००० बिहानको शीतल समय । अस्ट्रेलियन क्याम्प काँडे झरुन्जेल त सजिलै भयो । अबको बाटो उकालो । काँडेदेखि पञ्चासेसम्मको बाटो जयनाथ र सीतारामलाई मात्र थाहा छ । उनैले नेतृङ्खव गरिरहेका छन् बाटोको । न घाम लागेको थियो । न त फुटेको थियो बादलको घल्चा । दिन त रोज्जा परेको हो ! हिमाल नदेखे पनि बेखुसी थिएन टोली । हरिया पहाडमाथि डुलिरहेको थियो कुहिरो । त्यही कुहिरो छुन लम्किरह्यौँ हामी । हामी जतिजति उकालिथ्यौँ त्यतित्यति माथि भागिजान्थ्यो कुहिरो । लुकामारी खेलझैँ भइरहेको थियो । ०००० भदौरेमा लन्च गरेपछि मौसमले साउनको सङ्केत गरेथ्यो । खुसी भएर बादलले र वर्षाउन थाल्यो पानीका कण । मौसमको नित्यकर्म थियो त्यो । बाटो थियो जङ्लको । झाडी पन्छाउँदै हिँड्नु पर्ने । ‘अब त जुकाको साम्राज्य चल्छ ।’ जयनाथ बोले । हो रहेछ । घारी नै रहेछ जुकाको । कुन सड्को आन चेको नाडीमा टाँस्सिन भ्याइसकेछ एउटा जुका । बाफ रे ! त्यसपछि त जुकाको चुसाइबाट अछुतो कोही भएनौँ । मेरो पनि जुत्ताभित्र मोजा छेडेर पनि छेपारीतिर पुगिसकेका थिए गोडा दुइएक जुका । मलमल कपडाको सानोसाना टालोमा अलिकति नुन पोको पारेर टोलीलाई बाँडेको थिएँ मैले जुकाको आत्रमणबाट बच्न । क्या सजिलो ! नुनको पोकाले छ्वास्स छुवाउनेबित्तिकै जुका त गुडुल्को परिहाल्ने । यसै गरीगरी जुकालाई ठेगान लागाएथ्यौँ हामीले । आकाशको रोदनमा सशक्त हुदोँरहेछ जुकाको आक्रमण । हम्मेहम्मे पर्दोरहेछ जुकासित जागिन । थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने । कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदो रहेछ । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नुनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधैँ खोक्रो हुँदोरहेछ देश । ०००० टोलीका सदश्यहरू घरिघरि सोध्छन्– ‘पञ्चासे कति टाढा छ’ भनेर । ‘उः परपट्टिको डाँडो पछाडि छ पञ्चासे । अब दुई घण्टा लाग्ला ।’ जानकारी दिन्छन् जयनाथ । काई र लेउले भरिएको बाटोमा लड्दै र पड्दै हिँडेको डेढ घण्टा भइसक्यो । अझै दुई घण्टा हिँड्नु छ । के गर्नु ! हिँड्नु त परिगो । जयनाथको विश्वासको फेर समातेर चिप्लेटी खेलिरहेका छौँ हामी । जङ्गलले पनि गुञ्जाउँथ्यो अट्टहास प्रत्येक पटकको हाम्रो लडाइमा । साँच्चै उपहासका पात्र भएका थियौँ हामी । कैयौँ पदयात्रा गरेँ हुँला आजसम्म । यात्राको सिलसिलामा कैयौँ चोटी लडेँ पनि । फरक यतिमात्र हो– अघिल्ला पटक हिउँमा पछारिएको ज्यान आज वर्षे हिलोमा पछारिइरहेको छ । यद्यपि म खुसीले लड्डै छु आज । अग्नि परीक्षाझैँ भइरहेछ मलेसियन टोलीलाई आजको पदयात्रा । येनकेन पुग्नुछ पञ्चासे । प्राकृतिक छटाले भरिपूर्ण छ पञ्चासेको यो सेरोफेरो । ठाउँठाउँमा आइरहे खर्र्कहरू । ठाउँठाउँमा कञ्चन पानीका पोखरीहरू छन् गमक्क परेर बसेका । कति जिवजन्तुहरूका प्राण जोडिएको होला यी तलाउहरूमा ! अथाह कृपा छ पञ्चासेको । सयौँथरी फूल, सयौँथरी पन्छी र पुतली, सयौँथरी औषधीजन्य जडिबुटी, थरीथरीका च्याउ पाइन्छ यहाँ । वन्य सम्पदामा योभन्दा धनी ठाउँ कमै छन् नेपालमा । बाटो छेकेका छन् छत्रे उन्यू, चुत्रो, गुहेँली, लोठसल्ला र ऐसेलुका बोटहरूले । थरीथरीका जङ्गली लहराहरूले बेरिएका छन् खस्रु र गुराँसका रूखहरू । झ्याउ र सुनाखरीले ढपक्कै ढाकेका छन् । निख्खरा हरियो र पहेँलो रङ छरेका छन् दुरेका लहराहरूले । बेमौसम भएर मात्र हो, नत्र पुष्प अनुरागीहरू त सुनाखारीका रङ र वासनामा लठ्ठै पर्ने रहेछन् यहाँ । वर्षाको मलिलो पानीले मौलाईरहेका यी सुनाखरीहरूले केही समय कुर्नु छ फेरि मुस्कुराउँन । ठाउँठाउँमा छन् सानातिना तलाउ, भँैसी आहाल बसिरहेका । बुढो गोरुहरू चरिरहेका छन् नाकमा ढाडिएका जुका लिएर । अचम्म लाग्दै थियो– बस्ती त निकै पर छ; कहाँबाट आए यी घरपालुवा जनावरहरू ? सोध्दै थिएँ म आफैँलाई । यसैबीच अचानक भेटिए, एक अधबैँसे र उनको साथमा आएका एक किशोर । सोचेको थिएँ– तिनै होलान् यी गोरुहरूका धनी । सोधेँ– “तपाईंकै हो यी गोरुहरू ?” “हो । यिनलाई मैले ल्याएको ।” “घर कहाँ हो तपाईंको ?” “बाँके बाङ्सिङ, स्याङ्जा ।” “उति टाढादेखि ल्याउनु हुन्छ चराउन ?” “चराउँन होइन । यिनललाई यहाँ छोड्न ल्याएको ।” “बाघले खाँदैन त यिनलाई ? “खाँदैन । ‘बलिया बाङ्गा बाघलाई, बुढा खाडा माघलाई’ भन्ने त उखानै छ नि । बाघले पनि तन्नेरीकै शिकार गर्छ नि !” गोरुलाई जङ्गलमै छाडेर फर्कंदै थिए ती मानिस । असङ्गत लाग्यो मलाई उनको तर्क । सम्झेँ– हाम्रोतिर बुढो भएका गोरुहरू बाँचुन्जेल किलामै पालिन्छन् । कति निर्दयी मान्छेहरू ! बल छउन्जेल जोत्नुसम्म जोतेर, खानुसम्म बाली खाएर बुढो भएपछि तिनको रक्षा गर्नु त कता हो कता उल्टै वनमा छोडिदिने ? पशु अधिकारको सवालमा मानवीय संवेदनहिनता कहिलेसम्म होला ? यी गोरुहरूको वास्तविकतमा टोलीले थाहा पाए के भन्लान् ? खिन्न भएर पाइला सार्दै थिएँ म । ०००० पुगियो पञ्चासे । निकै टाढा होला भन्ठानेको थिएँ । पोखराबाट अठ्ठाईस किलमिटर मात्र रहेछ दूरी । पोखरा पल्तिर पो रहेछ पञ्चासे त । तगारो उघारेर सन सेट भ्यू होटल छिरेका थियौँ हामी । नेपालमा अझै छ तगारोको प्रयोग । ग्रामिण जीवनका यस्ता भावगाम्भिर्यतालाई समेटेर स्रष्टा स्व. विनोद गौचनले गरेको रचना सम्झेँ मैले– ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले………’ ०००० रगतपच्छे भएका थियौँ हामी जुकाको चुसाइले । सन सेट भ्यू होटलको कोठा छिर्नुअघि मोजा खोलेर हेर्दा सबैको गरी जम्माजम्मी साठी थान जुका निस्क्यो होला । सामुहिक अन्त्यष्टि गरेका थियौँ हामीले जुकाहरूको । कास्की पर्वत र स्याङ्जाको संगमस्थल हो– २,५०० मिटर उचाइमा अवस्थित पञ्चासे । पञ्चासेको अर्थ बुझ्न खोजेँ तर स्थानीयवासीको मतैक्य पाएन यो ज्यानले । कोही भन्छन्– ‘पाँचवटा डाँडाको शिर भएकाले ‘पञ्चशिर’ भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ ‘पाँचवटा हरियाली पहाडहरूको मिलनविन्दु अर्थात् ‘पञ्च’ र ‘आसन’ को संयुक्त शब्द पञ्चआसन भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ सन सेट भ्यु होटलमा सञ्चालक राम गुरुङ भन्छन् । तर सही लाग्छ दुवै कथन । स्थानीयले भनेका कुरा पत्याउने त हो हामी परदेशीले ! ०००० ‘आँधीखोला कहाँ होला त्यसको शिर, कसो गरी मेटाउँ त मनको पीर ?’ जीवनाथ राम्जालीको यो मिठो सिर्जना ताजा थियो ममा । “साँच्चै कहाँ हो त यसको शिर ?” राम गुरुङसँग जिज्ञासा राखेँ । स्कुल पढ्दा गुरुले रामायणमा उल्लेखित एक पात्र श्रवणकुमारको कथा सुनाउनु भएको थियो । धूमिल याद थियो मलाई त्यो वियोगान्त कथाको । उही कथा सुनाए उनले– ‘अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । खर्पनमा राखेर आफ्ना आमाबुवालाई तिर्थस्थलहरूको भ्रमण गराउन लगेका श्रवणकुमारले बाटोमा आमाबुवालाई प्यास लाग्दा उनीहरूलाई ओढारमा राखेर पानी लिन तलाउमा गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवणकुमारले कुवामा कमाण्डलु डुबाएर पानी भर्दाको आवाज सुन्दा राजा दशरथलाई मृगले पानी खाएको आवाज भन्ने लागेछ र बाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको थियो । अन्धाअन्धीका पीडा र वेदनाका अश्रुधाराले नै अन्धाअन्धी दह बनेको र त्यहीँबाट सुरु भएर बग्ने खोलालाई आँधीखोलाको नामले पुकार्न थालियो ।’ पञ्चासे नजिकै (स्याङ्जाको चिलाउनेबासमा) पो रहेछ कथामा भनिएको त्यो ठाउँ । जुकासित लडाईं गदैँ पञ्चासे पुग्दाको खुसीले रमाए पनि श्रवणकुमारको कथाले उदास भएथेँ म । ०००० कताबाट जाने हो पञ्चासे ताल ? माधवजीको प्रश्न जयनाथलाई । “उः त्यो सिरानमा । चारैतिर जङ्गलले घेरिएको भए पनि पात–पतिङ्गरहरू तालमा तैरेका हुँदैनन् । रूखबाट पात झर्नेबित्तिकै चराले टिपेर किनारमा ल्याइहाल्छ रे !” पञ्चासे तालको विशेषता बताए जयनाथले । कस्तो प्रकृतिप्रेमी चरा ! यस्तो चरा पनि हुन्छ र ? कुन होला त्यो तालप्रेमी चरा ! देख्न पाए हुन्थ्योजस्तै लागेथ्यो मलाई । “जाऔँ न त ताल हेर्न !” चराले रूखबाट झरेको पातलाई टिपेको हेर्ने इच्छा जाहेर गरेँ मैले । “हुन्थ्यो नि । ताल पनि हेरिन्थ्यो । श्रवणकुमारको समाधी देखिन्थ्यो र शिव मन्दिरको पनि दर्शन गर्न हुन्थ्यो । तर चार घण्टा लाग्छ जान आउन ।” जयनाथको जवाफ । चार घण्टा ! ल, टाढैबाट नमस्कार ! यो हिलोमा को गइदियोस् फेरि जुकासित जोरी खोज्न । त्यहीँबाट नमन गरेथेँ मैले शिवजीलाई । “तालबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर एवम् तराई फाँट देखिन्छ । पोखरा, स्याङ्जा, कुश्मा, बाग्लुङका साथै राम्जाजस्ता सुन्दर बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।” बेलिबिस्तार लाए जयनाथले । पञ्चासे तालमै पुगेझैँ भएथ्यो उनको कुरा सुन्दा । मेरा आँखाअगाडि आए– माछापुछ्रे, धौलागिरि र अन्नपूर्णाका आकृतिहरू । ०००० गाउँ घुम्दै भन्ज्याङतिर टहल्लिन पुगेका थियौँ हामी बेलुकीपख । मौसमले जिल्याइरहेका थियो हामीलाई । हिमाल देख्न नपाएको दुखेसो पहिलो पटक पोख्दै थिइन् युइन लिले । पञ्चासेबाट हिमाल देख्न सकिएला कि भन्ने मेरो अनुमानले पनि फेल खालाजस्तै लागेको थियो । ‘भोलिको सुर्योदय पनि देख्न नपाइने भयो,’ चिन्ताको ग्रहण लागेको थियो माधवजीको मुहारमा । पञ्चासेमा वेगिएको मन्सुनी वायुको क्लेद अनुभूत भइरहेको थियो त्यतिबेला मलाई । आँधीखोलासित स्पर्श गर्न नपाए पनि त्यसको अस्तित्वबोधले शीतल भएको थियो मेरो हृदय । ०००० भोलिपल्ट । नभन्दै जिल्याइदियो मौसमले । अन्ततः तुषारपात भयो मलेसियनहरूको हिमाल हेर्ने सपनामा । राम गुरुङको मुहारको उज्यालो पनि गुमनाम थियो पञ्चासेमा घामको उज्यालो नपरेपछि । उनले भने– “सधैँ देखिरहेको हिमाल नदेख्दा हामीलाई पनि खल्लो लाग्छ । दुःख पर्दा यही हेरेर चित्त बुझाउँछौँ हामी ।” हिमाल देख्न नपाउँदाको पीडा ब्यक्त गर्न सकिरहेका थिएनन् टोलीले । मलाई भने अघिल्लो पटक आउँदा सराङकोटबाट देखिएको सूर्योदय र घामको लाली हिमालमा पर्दाको सुन्दर चित्रहरूको झझल्को आइरहेको थियो । मेरो मनले भनिरहेको थियो– ‘कम्तीमा एकछिन मात्र हिमाल देख्न पाएको भए पदयात्राको सार्थकता त हुन्थ्यो नि !’ “यु आर याट यान अल्टिच्युड अफ २,५०० मिटर्स । पञ्चासे इज इट्सेल्फ अ माउन्टेन ।” हिमाल नदेखिए पनि हिमाल टेकिरहेको आभास गराए मैले टोलीलाई । पञ्चासे छोड्नुअघि जयनाथ भन्दै थिए– “मात्र ओरालो हो आजकोे बाटो । सोह्र सय पचास मिटर ओर्लनु पर्छ घाँटीछिना पुग्न । ढुङ्गाको खुट्किलामा लेउ जमेर के हिँडिसाध्य होला र ! घाम लागे त लेउ पनि अख्रिन्थ्यो र जुकाको ज्यादती पनि सहनु पर्ने थिएन ।” तर घाम लागेन । ०००० नौ बजिसकेथ्यो सूचना पाटीले सङ्केत गरेको घाँटीछिनातर्फको गोरेटो समातेर आोरालो लाग्दा । सलबलाई सकेका थिए जुकाहरू हाम्रै गन्धले । पाइला टेक्नेबित्तिकै हुरुरु आउँथे जुत्तामा टाँसिन । खुब काम आयो नुनको पोकोको । सायद त्यो हतियार नभएको भए हामी कसरी पन्छाउँथ्यौँ होला जुकालाई ! एकालाप गर्दै थिएँ म । तल दमदमे र सिधाने गाउँबाट उठेका कुहिराका मुस्लाहरू लम्कँदै थिए हाम्रै बाटोतर्फ । हिजो हामी कुहिरो भेट्न लम्किएका थियौँ । आज कुहिरोनै हामीलाई भेट्न लम्कँदै छ । बीच बाटोमै जम्काभेट भयो कुहिरोसित । एकछिन त कुहिरोका कागझैँ भएका थियौँ हामी । कुहिरो पञ्चासेतर्फ वेगियो; हामी घाँटीछिनातर्फ वेगिँयौँ । “खोइ त कता पट्टि हो पोखरा ?” माधवजीले सोधे । “उः त्यो डाँडा ले छेकेको छ,” सीतारामको जवाफ । धूमिल थियो दृश्य । अग्लो पञ्चासे भञ्ज्याङले देख्न नसकेको घाम होचो पोखराले कसरी देखोस् ! अन्नपूर्णा, माछापुच्छ्रे र धौलागिरिहरू बादलभित्र हराएपछि सुन्य लाग्थ्यो संसार । घामको उज्यालो नपर्दा उदासिलो बन्दारहेछन् धर्तीका पत्रहरू । आँखामा आइरहेथ्यो, पुम्दी–भुम्दीको हरियाली खसेको सुन्दर फेवाताल र पोखरा नगरको । पञ्चासेसितै जोडिएको छ पोखराको अस्तिङ्खव । पञ्चासेले सेती र हर्पनखोला नपठाउने हो कसरी हाँस्थ्यो होला पोखरा ? तर तलैया र सिमसारमाथिको अतिक्रमण सम्झँदा कुडिन्छ मेरो मन । फुटिगयो बादलको घैला सिधाने पुग्दा । सिधानेबाट तल्तिर झर्ने क्रममा छोटो बाटो भन्ठानेर जाँदा झण्डै पुगिएन अर्कै गाउँ । एकछिन त रनभूल्लमा परेका थियौँ हामी । खेतका आलीआली हिँडका थिर्याँ माधवजी, म मेगान होली र डेभिड चाल्स र अरू तीनजना । लड्ने क्रम रोकिएको थिएन । हुन त मज्जा थियो लड्नुमा पनि । हत्तपति मिलिहाल्दैन यसरी लड्ने मेलोमेसो । रोकियौँ हामी दमदमे पुगेर । जङ्गलको बीचमा छ दमदमेको बस्ती । इतरिइरहेका छन् छहराहरू पाखापखेरा हल्लाउँदै । चारैदिशा छहराहरूले घन्किएको छ दमदमे गाउँको । पोखरा पल्तिर भए पनि पोखराको आधुनिकताले भेटेको छैन सिधाने र दमदमेलाई । धम्पुसकै जस्तो बान्कीका घरहरू छन् यहाँ । आफ्नै भाषा, भेष, रितिस्थिति र परम्परा छ यहाँ । सिधाने र दमदमेको दपर्णमा आफ्नै अनुहार देखेथेँ मैले । घाम नलाग्दा नरमाइलो चाहिँ हुने । मनमा लागिरहेको छ– ‘घामको चमकमा दमदमे साँच्चै कस्तो देखिन्थ्यो होला !’ त्यसैले पो भनिएको रहेछ– ‘पोले पनि घामै जाती, कुटे पनि आमै जाती ।’ निरन्तर वर्षंदै थियो बादल । पखाल्दै थियो कुद्बी र हर्पन डाँडालाई । चराहरूले पखेटा फिँजाउन पाएका थिएनन् । छत्री र घुम चल्मलाइरहेका थिए खेतका गह्राहरूमा । दमदमे र घाँटीछिनाबीच बिन्दुसरि उभिएको थियौँ हामी छब्बीस जना । हामी हतारहतार कोर्दै थियौँ एउटा सीधा रेखा घाँटीछिनासम्म । र, फेरि अर्को रेखा कोर्नु थियो पोखरासम्मको । २४ जुलाई २०१९ #राजमान डंगोल #राजेन्द्रमान डंगोल नवपुस्ता: कसैलाई स्टुडियोको चिन्ता, कसैलाई अद्भूत कविताको प्रतीक्षा: देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ । यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँः प्रज्वल अधिकारी: “ एउटा अद्भूत कविताका लागि तपस्या गरिरहेको छु” विश्वभरिका मानवलाई र मानव अस्तित्वलाई नै संकटमा पार्ने गरी फैलिरहेको कोरोना भाइरससँग जुध्न सरकारले बिगत दुई महिनादेखि लकडाउन गरेको छ । र, त्यही बन्दाबन्दीको नियमलाई पालना गर्दै म घरमै बसिरहेछु । सपनामा देख्दा पनि विपनामा मुटु कपाँउने माहामारीको यो चपेटामा पर्दा सुरुसुरुमा त मन एकदमै आत्तियो, केही गर्न मन लागेन । तर, जब दिनहरू बित्दै जान थाले, अलि बानी परेजस्तो भयो । र, सुरुसुरुका दिनमा कोरोनासम्बन्धी केही कविता पनि लेखेँ । यो दुई महिनाको बन्दाबन्दीमा कविता पढिरहे छु, कविता लेखिरहे छु । अरूले भनेका र बताएका सिद्धान्तका आधारमा भन्दा पनि आफ्नै मन र दिमागले कस्तो लेख भन्छ त्यसैलाई आत्मसाथ गर्दै कविताहरू लेखिरहेछु । बिहान उठेदेखि राति सपनामा पनि कविता कर्ममै रमाउने बानी परेकोले हो कि, के हो ? कवितासँग प्रेम परेको छ । र, यो समयमा म ऊसँगको डेटिङमा छु । भन्नेहरूले भन्छन्, दिनदिनै कविता लेख्नुहुन्छ, यस्तो पनि हुन्छ ? मलाई यो प्रश्न, कुनै किसानलाई दिनदिनै खेतमा जानुहुन्छ या कुनै सैनिकलाई सधैँ तयार रहनुहुन्छ ? भनेर सोध्नु जस्तो हो त्यस्तै लाग्छ । बन्दाबन्दी नहुँदा त हरेक दिनजसो एउटा कविता लेख्ने गर्दथेँ भने अहिले त दिनको दुई, तीन या पाँच वटासम्म लेख्छु । कहिले कहिले भने नलेखेको दिन पनि छ । एकैदिनमा एक दर्जन कविता लेखेको अनुभव पनि छ । अन्तिम समय…. मेरो जिन्दगीको ढोका बाहिर कोहि आइरहेछ र जोडजोडले ढोका ढक्ढक्याउदै छिट्टो बाहिर आउन धम्क्याईरहेछ छक्क छु म यो समय( कोहि कसैको घरमा पाहुना जान नहुने बेला उ किन मेरो जिन्दगीको दैलोमा छ ? किन उ मलाई बिना सुरक्षा लिन आएको छ र कहिल्लै नछुट्ने साथी बनाउछु भन्दै जबर्जस्ती अंगाल्न खोजिरहेछ ? आमा ! यो घडीमा मेरो अन्तिम ढुकढुकी छाम्न हस्याङ्फस्याङ गर्दै नआउनु अस्ति भर्खर मेरो बिहेमा आउदा त त्यस्तो गलेकी थियौ मेरो मुख हेर्न उति टाढाबाट आउँदा तिम्रा शरीर फतक्कै गल्छ गलेको शरीरले ढलेको छोरो कसरी हेर्नू ! तिम्रो चोलीमा हुकुम जमाएर बसेका- प्वालहरू तिम्रो धोतीमा अटेरी बनेर बसेको- गरिबी तिम्रो जिन्दगीसँग मजाक गरेर बसेको- अभाव यी सबैसँग लड्छु र यसपालीको तीजमा राम्रो ढाकाको चोलो, भरेको सारी र तिलहरी किनिदिन्छु सोचेथेँ सोचेथेँ( यसपालीको दशैंमा बा’को खुईलिएको तालुमा राम्रो ढाकाको टोपी पहिर्याईदिन्छु बा’को कोट लगाउने रहर पूरा गरिदिन्छु र कन्सिरीका फुलेका रौँहरूमा कालो लगाईदिन्छु सोचेको थिएँ ( हिँउदको पारिलो घाममा बाआमालाई आँगनमा सुताउछु र पालैपालो ढाडमा तेल घसिदिन्छु आमालाई काखमा सुताउछु र कपाल मुसारिदिन्छु बा’को दुखेको काँध मालिस गरिदिन्छु यी सबै कुरा सोचेको थिएँ भनेको भए – बाँचुन्जेल याद बनेर दुखाउथ्यो बाआमाको हृदय र पगाल्थ्यो आँखा सोच्दासोच्दै जिन्दगीको डीलमा उभिएर सोचिरहेछु- म उसँग गएको खबर लिएर को जान्छ होला गाउँ ? उसले गएर कसरि सुनाउला ? पहिला बालाई सुनाउला कि आमालाई ? यस्तो खवर सुनेर ढलेका बाआमाले कसरी काट्लान् बँचेको जिन्दगी ? जिद्दी गरेर मलाई हेर्न भनी नआउनु आमा… उसले मलाई कसैले छुन नहुने र, कसैले हेर्न नसक्ने बनाएर लगेको छ बरू पल्टाएर हेर्नू एल्बमहरू… छुनु धित मरुन्जेल त्यहीँ मलाई हेर त ! तिम्रो छोरो तिमीलाई हेरेर मुस्कुराईरहेको छ जो नवजात शिशु बनेर तिम्रो काखमा उफ्रिरहने छ, सधैं सधैं…. भन्नेहरूले अर्को के पनि भन्छन् भने, कति फेसबुकमा कविता पोस्ट गर्नुहुन्छ ? यो कुरालाई चैँ मानौँ र फेसबुकमा कविता कम्ती राखौँ पनि भन्छु तर लाग्छ जसको सहारा, जसमा आएका प्रशंसा र प्रेरणाले प्रेरित भएर यहाँसम्म आइपुगेँ, उसलाई हेला गर्नुहुँदैन । यो समयमा म कहिले फेसबुक लाइभ आएर विभिन्न कविहरूका कविता वाचन गरिरहेछु, कहिले विभिन्न प्रयोग गरेर कविता लेखेर फेसबुकमा राखिरहेछु, कहिले कुनै फेसबुक पेजमार्फत कविता वाचनमा जोडिएको छु, कहिले टिभी, एफएम र जूम मार्फत् कविता भनिरहेछु । कविता प्रतियोगिताहरूमा भाग लिइरहेछु । यसमा पनि अब के भाग लिनु भन्ने शुभचिन्तकहरू पनि हुनुहुन्छ । तर अचम्म चैं वहाँहरू नै कविता प्रतियोगिताहरूमा जज बसेको देख्दा मनमनै लाग्छ, कविता लेखेर कविता प्रतियोगितामा भाग लिनु अन्याय हो र ? कार बनाउने प्रतियोगितामा भाग लिएको भए पो अचम्म हुनु ! फेरि लाग्छ, कविता प्रतियोगितामा भाग लिने चैं कस्ले हो ? तर, बिस्तारै प्रतियोगितामा भाग नलिने मनसाय बनाउँदै छु । कविता लेख्नु र कविता सोच्नुभन्दा पर न अरूबेला सोच्थें न अहिले नै सोचेको छु । कति बेला झसङ्ग हुन्छु, दुनियाँ कोरोनाको त्रासमा छ ! मुटु चिसो हुन्छ । अनि यो समस्यासँग जुध्न आफ्ना, अन्य कविका कविताहरू पढ्छु, मन भुलाउछु । फेसबुकमा भने अलि बढी नै समय बिताइरहेछु । मेरो आठ महिनाको बच्चा भएको हुँदा म ऊसँग पनि निकै समय बिताइरहेकाे छु । उसलाई हेरेर पनि कविता कोरिरहेछु । घरको करेसामा तरकारीहरू लगाएको छु, तिनको हेरचाह गर्छु । हरेक दिन उठेर घरको सरसफाई गर्छु । गीत सुन्छु । फेसबुकमा आएका सबैजसो कविता पढ्छु । गुगलमा गएर अन्य कविका कविता पढ्छु । तर जे जे गरे पनि कविताकै बाटोमा यात्रा गरिरहेछु, र यो समयमा पनि अन्य अवस्थामा जस्तै कविता लेखिरहेछु, लेखिरहेछु, लेखिरहेछु…….. ……….. तर यौटा अद्भुत कविता भने लेख्न सकिरहेको छैन । र त्यसको लागि तपस्या गरिरहेछु । रोशन भण्डारी: “लक डाउनले फोटोग्राफीप्रतिको भोकलाई धेरै जगाएको र थोरै पूरा गराएको छ” लक डाउनका सुरुवाती दिनहरूमा मनमा बेचैनी थियो । अब के होला, कस्तो होला ? के गर्ने, कसो गर्ने ? मन स्थिर नभएपछि दिमागले पनि काम नगर्दाेरहेछ । त्यसैले पनि सुरुका दिनहरू आरामका बिताएँ । हेर्न चाहेका तर व्यस्तताले हेर्न नपाएका चलचित्र तथा सिरिजहरू हेरेँ । छिनछिनमै समाचार हेर्नुपर्ने, देश तथा अवस्थाका घटनाहरू हेर्दैमा पनि धेरै समय बितिगयो । आउट-ल किङ, महिला केन्द्रित भारतीय चलचित्र पिंक, सिरिजहरूमा गडलेस, फुटबलर कालोस टेभेजसँग सम्बन्धित आपाचीजस्ता राम्रा फिल्म र सिरिज पनि लक डाउनकै मौका छोपेर हेरेँ । त्यसका अलावा केही राम्रा डकुमेन्ट्रीहरू पनि हेरेँ । कलासँग सम्बन्धित मान्छे भएर पनि होला, मलाई पुस्तकसँग पनि प्रेम छ । यो समयमा द आर्ट अफ वार, द टर्मिनलजस्ता केही विदेशी पुस्तकहरू पनि पढेँ । तर लामो समयसम्म ल्यापटप हेर्न र किताब पढ्न पनि सकिदैन रहेछ । बाबा आफ्नो काममा, म आफ्नै, परिवारसँग लामो बात नमारेको र समय नबिताएको पनि लामो समय भइसके छ । अहिले त्यसको लागि समय मिलेको छ । अहिले अधिकांश समय बाबा, आमा र बहिनीसँग बिताउन पाइरहेको छु । छतमा केही साना बिरुवा र सागसब्जीहरू छन् । बाबा, ममीले गोडमेल गर्नुहुन्छ, म पानी हाल्छु । र, पानी हाल्नेभन्दा पनि त्यो माहोलमा रमाइरहेको छु । बोटबिरुवा भएको ठाउँमा पुतली, माहुरी आउँछन् । तिनीहरूसँग पनि बात मार्छु । फकाएर फोटो लिन्छु । यो समयले मेरो फोटोग्राफी प्रतिको भोकलाई धेरै जगाएको छ, थोरै पूरा गराएको छ । सामान्य अवस्थामा पनि म सामाजिक सञ्जालको पारखी नै हुँ । यो समयमा अझ धेरै समय बिताएँ । मलाई रमाइला खालका मिम तथा जानकारीमूलक सामग्री सेयर गर्न मन पर्छ, गरेँ । देशमा तथा विदेशमा भइरहेका कोरोनाबाहेक घटनाहरूलाई पनि गहिराइमा पुगेर अध्ययन गर्ने प्रयास पनि गरिरहेको छु । अब थोरै कामको कुरा गर्छु । यो समयमा मैले धेरै अग्रज तथा सहकर्मी आर्टिस्टहरूको काम गहिरेर अध्ययन गर्ने समय पनि पाएँ । नयाँ तथा पुराना आर्टिस्टहरूको काम गर्ने तरिकालाई अध्ययन गरेँ । गर्दैछु । लकडाउनका कारण घरबाट आफ्नो आर्ट स्टुडियोसम्म पनि जान पाएको छैन । तर पनि पछिल्लो समय कोरोनाभन्दा बाहिर आएर आफैँभित्र हराउने कोसिसचाहिँ गरिरहेको छु । सञ्जालमै सही, कहिले मनोभावना लेख्छु । चित्रकारिताका सामानहरू प्रायः स्टुडियोमै थुनियो । तर मलाई कलाबाट अलग भएर, चार दिवारमा थुनिएर बस्नु गाह्रो काम हो । त्यसैले कोठामै भएका सामग्रीको प्रयोगमा केही कोर्ने काम पनि गरिरहेको छु । कोरोना महामारीले मानिसलाई मनोवैज्ञानिक रूपमा कमजोर र कायल बनाएको छ । मैले चित्रमा उतार्ने भनेको पनि त्यही नै हो । यसका अलवा, जुम तथा अन्य प्रविधिको प्रयोगबाट कलाकारहरूको मिटिङ पनि भइरहेको छ । त्यहाँ आफ्नो अनुभव सेयर गर्ने र अरूको सुन्ने काम भइरहेको छ । कलाको क्षेत्रबाट समाजलाई कसरी सबल बनाउन सकिन्छ भन्ने कुरामा हामी बहसमा पनि छौँ । त्यसमा म पनि अग्रसरताका साथ लागेको छु । कविता पौडेलः “मानिसले गाउँको र स्थानीय उत्पादनको महत्व बुझिरहेका छन्” महिना जेठ भए पनि पानी भदौमा झैँ गरेर परिरहेको छ । त्यसो त वैशाखदेखि नै मौसमले यो साल फरक रूप देखाइरहेको छ । एकातिर कोरोना भाइरसको महामारी, अर्कातिर छिनमै परिवर्तन हुने मौसम, मन उसै उसै भयवित हुन्छ । तर पनि आशाका किरणहरू भने बलिरहँदा रहेछन् मनभित्र । काठमाडौँ बस्न थालेपछि घर आएर यतिका लामो समय बसिएको थिएन । लक डाउने सन्त्रासका साथमा परिवारसँग बस्ने एउटा अवसर पनि दियो । म मात्र होइन, अहिले धेरै मान्छेहरू गाउँ फर्किएका छन् । आजकल गाउँ युवा अनुहारले भरिभराउ छ । कोरोना त्रासले गाउँ पनि आक्रान्त छ । धेरैका काम तथा कार्य योजना ठप्प भएका छन् । स्कूल कलेज बन्द, बालबच्चाहरू घरमै छन् । बजार व्यवसाय पनि ओरालो लागेपछि मानिसले गाउँको र स्थानीय उत्पानदनको महत्व बुझिरहेका छन् । म भने यो लक डाउनमा नजिकबाट मेरो समाज र समाजको मानसिकतालाई नियालिरहेको छु । पहिले मलाई आख्यान पढ्न खुबै मन पर्थ्यो । ब्याच्लर्स पढ्दाको तीन चार वर्ष मैले थुप्रै आख्यान पढेँ । पाउलो कोएल्होको द अल्केमिस्टदेखि लिएर पल एस. वर्कको द गुड अर्थ, कुमार नगरकोटीको मिस्टिकादेखि लिएर नीलक कार्की निहरिकाको योगमायासम्म । तर पनि मैले लेख्ने हिम्मत भने कहिल्यै गर्न सकिनँ । मेरो लेखन भनेको कवितामा सीमित थियो । आजकलका मेरा दिनहरू तिनै पुराना किताबलाई प्रेम गर्दैमा बितिरहेका छन् । सरकारले अचनाक गरेको लक डाउनले नयाँ किताब लिने अवसर मिलेन । अस्ति मात्र किताबहरूको बीचमा एउटा डायरी भेटाएँ । आफ्नै । जहाँ पहिलो लेखेका कविताहरू रहेछन् । माया पलाएर आयो । बीचको समयमा खै किन हो, यिनीहरूलाई मैले चटक्कै बिर्सिएकी रहेछु । समाजको नजिक रहेर समाजलाई नै नियाल्दा कथा तथा उपन्यासका जस्ता पात्रहरू भेटाइरहेकी छु । लाग्दैछ, अनगिन्ती कथाहरू लेखिन बाँकी नै रहेछन् । थुप्रै कविताहरू कोरिन बाँकी नै रहेछन् । साँच्चै भन्दा, आजभोति मभित्रको लेखक जुर्मुराएको अनुभूति गर्छु । जसले मलाई घच्घचाइरहेको छ । केहीदिन यता तिनै समाजका पात्रहरूका दशा तथा मनोदशालाई संगालेर लामा छोटा कथाहरू लेख्ने प्रयास गर्दैछु । #नवपुस्ता माफ गरिदेऊ बुद्ध: मलाई माफ गरिदेऊ बुद्ध आज पनि म तिमीलाई नै सम्झिरहेछु मैले सकिनँ कोही अर्को बुद्ध जन्माउन जो तिमीलाइ बिर्सन सकुँ एक लामो शताब्दीदेखि तिम्रै रटान लगाएर बसेको छु । सायद तिमीले भनेका कुरा मैले बुझेको भए आज यो पृथ्वीको आँगनमा करोडौं बुद्धहरू नाचिरहेका हुन्थे होला प्रेमले , आनन्दले, शून्यतामा मग्न भएर शान्तिले बसिरहेका हुन्थे होला । तिमीले विवेक , स्वतन्त्रता, शब्दको शक्ति बतायौ आत्मा, चेतना र जन्मको कारण खुलायौ दुःख र दुःखको कारण सम्झायौ प्रेमको, शान्ति र आनन्दको अभ्यास सिकायौ तिमीले आफूलाई छोडेर कसै मूर्ति पुजाको व्यर्थथा बोध गरायौ । त्यसको बदलामा मैले के गरेँ प्रेमको दमन गरेको छु अहंकारको बृद्धि गरेको छु आफ्नै छिमेकीको डरले हतियार बनाए सम्प्रदाय बनाएको छु । त कि लड्न सकुँ अर्कोसँग मैले ठूला गगनचुम्बी महल बनाएर आफूलाई बन्धक बनाएँ मैले सबै भन्दा ठूला तिम्रै मूर्ति बनाएको छु त्यसैमा व्यापार गरेको छु मर्म नबुझी केवल सिद्धान्त र वादमा जकडिएको छु । म आज रुग्ण भएको छु , आज पागल भएको छु । हजारौ हजार बर्स सम्म मा पनि म केवल एक राम सम्झिरहेछु एक कृष्ण सम्झिरहेछु एक बुद्ध सम्झिरहेछु एक येशु सम्झिरहेछु एक अल्लाह सम्झिरहेछु । सायद सबैले भन्न खोजेको कुरो मैले आफैमा विचार अनुभव गरेको भए आज मात्र दुई चार जनालाई सम्झिरहनु पर्ने कुनै आवश्यक थिएन अहिले सम्म यो धर्ती प्रेमले, आनन्दले, शान्तिले बुद्ध मनहरूले भरिएको हुने थियो । मैले तिमिलाई बिर्सन सकिनँ मलाई माफ गरिदेऊ बुद्ध । #बुद्ध #माफ गरिदेऊ बुद्ध कमलको गजल: कि सरकार मा हुनुपर्यो, कि सरकारी जगिरे नत्र जीवन अभावमा हुन्छ नेपालमा ।। लुट्न पनि नजान्ने, ढाट्न पनि नजान्ने सोझा साझालाई कसले सुन्छ नेपालमा ।। धन भन्दा विद्या ठूलो, यो त भन्ने कुरा न हो भ्रष्ट लुटेरा छाडी अरूलाई,कस्ले चुन्छ नेपालमा ।। धमिलो पानीमा माछा मार्ने, बानी परेका धेरै छन् जसरी पनि कमाउने धून छ नेपालमा ।। विदेशिनु कसको रहर हुन्छ र बाध्यताले मार्छ सदियाँै देखि पितापुर्खाको खुन छ नेपालमा ।। #कमलको गजल मूर्ख तिमी: उसले तिमीलाई किनेर शक्तिमा पुगेको छ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। तिमीले कहिले पनि आत्मनिर्भर हुने प्रयास नै गरेनौ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। प्रक्रिया विपरीत तिमी आफ्नो या आफन्तको सरुवा या बढुवा गर्न निर्लज्ज उसको पछि लागिरह्यौ लाज पचाएर तिमी छोटो बाटोबाट धनी हुने उपायको लागि तल्लिन रह्यौ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। कैले मजदुर दिवसको नाममा कैले भूकम्प राहत, कैले कोरोना राहत विविध निहुँमा डसी रहन्छ यद्यपि, तिमी निसन्देह उसकै अघिपछि घुमिरहन्छौ त्यसैले त उसले तिमीलाई प्रयोग गरिरहन्छ। देशभित्र भए पनि बाहिर भए पनि खान पाए पनि नपाए पनि सकी-नसकी तिमीले उसलाई चन्दा या विविध रुपले, सहयोग गरिरहन्छौ अनि ऊ तिम्रै पसिनाको कमाइमा मोजमस्ती गरिरहन्छ तर पनि तिमी केही बोल्दैनौ, जसले उसलाई तिम्रो मौन समर्थन मिलिरहन्छ त्यसैले त उसले तिमीलाई प्रयोग गरिरहन्छ। एउटा छिमेकीले पालैपालो राष्ट्रको अस्मिता लुटिरहन्छ, अर्को छिमेकीका नागरिक सुरक्षाको संवेदनशील ठाउँमा खुलेआम सुरक्षाकर्मीमाथि निर्भिक जाइलाग्छन् तर पनि तिमी केही बोल्दैनौ, त्यसैले त सांसारिक महामारीमा पनि उसले तिम्रो जीवनसँग खेलबाड गरिरहन्छ अब यस्तै हो भने ऊ अघिल्लो दिन सुतेर भोलिपल्ट उठ्दा उसको भूमि नै परिवर्तन नहोला भन्न सकिन्न, त्यै पनि उसलाई केही फरक पर्ने छैन, किनकि उसको प्राथमिकतामा राष्ट्रियता जनताको मर्म, राष्ट्रिय हित भन्दा सत्ताको स्वार्थ विशेषतः छ। तिम्रो मौनता र स्वार्थमाथि बुई चढेर उसले विस्तारै देश बेच्दै छ भयो ! अब त अति भयो!! तिमी अब निर्भिक बन आत्मविश्वासी बन र उसको हरेक गलत गतिविधिमा डटेर उसलाई परास्त गरी आफ्नो राष्ट्र र राष्ट्रियता जोगाउन अघि सर। तिमी नेपाली हौ भनेर एक मन मुटु भएर सोच अनि तिमी पर निर्भर हैन, आत्मनिर्भर बन, आत्म निर्भर बन । #नरेन्द्र बस्नेत कोरोनाको पराजय: लक डाउन — लकडाउन — लक डाउन सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी ! धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू वा अस्थायी जागिर हुनेहरू आफ्नो घर फर्कन सडकमा लामबद्ध भएर भोकै र प्यासै हिँडिरहेका छन् । कोरोना कहर जताततै छ । गाउँदेखि शहरसम्म, देशदेखि महादेशसम्म यसले आफ्नो विध्वसकारी चरित्र देखाइरहेको छ । लक डाउन भएको झण्डै डेढ महिना नाघिसकेको छ । अब केही हल्का होला भन्दाभन्दै नेपालमा कोरोनाबाट सुत्केरीको मृत्यु भएपछि अझ त्रास बढ्दै गएको छ । मन अशान्त छ, छटपटी छ, बेचैन छ । किन हो मास्तिष्कले के सोचिरहेछ थाहा नै पाउँदिनँ । कहिल्यै त्यसै रिसाउन मन लाग्छ । कहिले कहाँ जाउँ, कहाँ जाउँ हुन्छ । आजकल त बिहान तीन बजे निद्रा टुट्छ । बिहान केही समय योग गरेर चिया नास्ता खाएर फेरि खाना पकाउन सुरु गरिहाल्छु । जेठो छोरा आइपुग्छ किचनमा ल्यापटप बोकेर । ऊ भन्छ, ‘मम्मी चिया खाऊँ न ।’ मलाई झनक्क रिस उठ्छ । म भन्छु, ‘म अब सक्दिनँ आफैँ पकाएर खा । त्यही एउटा ठाँडोमा झुन्डिएको छ झुन्डिएको छ । बुहारी लिएर आइज । घरधन्दा हेर्छे भनेको नि सुन्नु छैन ।’ छोरा नम्र भएर भन्छ, ‘उसलाई अहिले बिहे गर्नु छैन रे मम्मी ! उसको करिअर बिग्रन्छ रे ! जागिर छ फेरि पढदै छे ।’ ‘हो उसको करिअर बिग्रन्छ । म बूढो हड्डी खियाइरहुँ ? यो घरधन्दा भन्ने कुरा सानो हो ? दिनभरि यही भान्सामा बित्छ मेरो । अझ लकडाउन भएदेखि त यो घरको भान्से बज्यैजस्ती भा छु म । त्यत्रो फेसन डिजाइनर मान्छे, यो घरको सुसेधन्दाले समय खान्छ । फेरि यो कोराना असत्तीले त्यत्रो व्यापार डामाडोल हुने भो । पसलको भाडा कसरी तिर्ने होला ? ती बुटिकका फेसनदार लुगा किन्न को आउला ? बिहेको सिजन थियो, कति कमाइ हुन्थ्यो, सब हावामा उडेर गयो । अब कसले किन्छ त्यत्रा महँगा लुगा ? मान्छेलाई खानु र बाँच्न नै धौधौ हुने भयो,’ भनेर छोरालाई भन्न मन थियो तर भन्न सकिनँ । यी वाक्य भित्रभित्रै दबिए तर मुखबाट चाहिँ अर्कै वाक्य निस्कियो । ‘तिमीहरू बाउछोरा दिनभर तास खेलेर, लुँडो खेलेर, टिभी हेरेर बस्छौ, मलाई काम सघाए पनि हुने नि !’ प्राय शान्त रहने म अलिक रिसाएर बोलेको सुनेर छोरो नम्र हुँदै भन्न थाल्छ, ‘मम्मी, हजुर किन रिसाउनु भएको ? काम गर्ने फूलमाया छँदैछे नि । ऊ सबै काम गर्छे त ।’ किन हो मलाई निकै रिस उठिरहेको थियो । म अलिक चर्को स्वरमा बोल्छु, ‘हो तिमेरु काम गर्ने छ भनेर सोच्छौ हैन ? उसलाई पनि त अह्राउन पर्यो । फेरि उसको घरमा केटाकेटी स्कुल जाँदैनन् । घर छिट्टै पुग्न परो । अनि यो घरमा कति काम हुन्छ तिमीहरूले हिसाब गरेका छौ ? बरु नितालाई खुरुक्क बुहारी बनाएर लिएर आइहाल । मलाई कामको बोझ कम हुन्छ । कति रिलेशनसिपमा बस्छौ ?’ ‘मम्मी रिल्याक्स । अरू दुई वर्ष हेरौँ न, उसको प्रमोसन हुन्छ अनि बिहे गरुँला । प्राइभेट बैंकमा काममा कति खटाउँछ । म त अहिले घरव्यवहार हेर्न सक्दिनँ भन्छे ।’ ‘अहिलेका केटीहरू हामी जस्ता हुन् र ? मारे पाप, पाले पुण्य भनेर तील जौ समाएर क्रिया सारेर दिएका हुन् । काँचो माटोजस्तो थियो दिमाग, जे सिकाए नि सिक्ने । विरोध कहिल्यै गर्न नहुने । जे भने पनि ज्यू, हजुर, हवस् बाहेक केही बोल्यो कि घरका सबैका आँखा पोल्ने, मन पोल्ने । कताबाट आफूले अनेकौँ दुःख हण्डर खाएर फेसन डिजाइन सिकियो । नत्र त उही हो उनीहरूको सम्पत्ति खान परेको भए आज कुन हालत भइसक्थ्यो । अहिलेका केटीहरू हामीजस्ता हुन् र ? कति धेरै कुरा सोच्ने भइसके । कति परपक्व भइसके । रोमान्स गर्ने केटो पाएकै छ । घरमा बाउआमाले सबै कुरा ठीक्क पारदिएकै छन् । आफैँ स्वावलम्बी बनेका छन् । आफैँ निर्णय गर्न सक्ने भएका छन् । यस्तो पो जिन्दगी त ! हाम्रो जस्तो अभागी जिन्दगी हो र ? हामी माथिका पुस्ता बाउआमाका सारा आदर्श र संस्कार बोकेर हिँडिदिनु पर्ने अनि व्यवहारमा पनि उतार्नु पर्ने । कतै दायाँबायाँ गर्न नहुने । यति गर्दा पनि कहिल्यै सासूससुरा बाउआमालाई खुसी पार्न सकिएन । हामी मुनिका पुस्ता आफ्ना छोराछोरीको पनि कुरा सुनिदिनुपर्ने । उनीहरूको साइकोलोजी बुझेर व्यवहार गर्नुपर्ने । उनीहरू भने खाली आधुनिकतामा रमाउन चाहने । हाम्रा भावना, विचार र आर्दशका कुरा पटक्कै नसुन्ने । यी दुई पुस्ताका बीचका हामी कति धेरै चेपुवामा परेर निसास्सिएका हुन्छौँ । हामी माथिका पुस्तालाई पनि सधैँ खुसी बनाउनमा नै हाम्रो जिन्दगी बित्यो अनि मुनिका सन्तानका मनोभावना विचार र धारणमा आफूलाई ढाल्दै बित्यो । कति अभागी हाम्रो पुस्ता त ?’ मनमा यिनै कुरा खेलिरह्यो । छोरालाई भन्छु भन्छु भनेर सोच्दा सोच्दै मुखबाट त अर्कै कुरा पो निस्कियो । आजकल किन हो मलाई यस्तै हुन्छ । चित्त नबुझेको एउटा कुरा भन्छु भन्यो मुखबाट अर्कै कुरा निस्किन्छ । यो बुढेसकालको लक्षण हो कि कतै कोरोनाको असर पो हो कि ! एउटा कुरा भन्छु भनेर सोच्छु दिमाग अन्तै मोडिएको हुन्छ । ‘खै भाइ के गर्दैछ ? उठेको छैन ? खाजा पकायो त्यसै हुन्छ । खाना पकायो त्यसै हुन्छ । खाने होइन । के भा छ त्यसलाई हिजो आज ?’ ‘मम्मी खै त्यसलाई लभ ट्रेजडी पर्यो रे ! सलिनासँग ब्रेकअप भयो रे ! सिरियस छ । खान मन लाग्दैन भन्छ । बेलुका पनि म एक्लै खाएर सुत्न गएँ । हजुर सम्झाउनु है, त्यसलाई ।’ ‘यत्रो तन्नेरी छोरालाई कसरी सम्झाउनु ? यस्ता लुगा फेरेजस्तो केटाले केटी फेर्ने केटीले केटा फेर्नेलाई पनि केको लभ ट्रेजडी पर्छ । किन सिरियस हुनु ? अहिले बेला ने यस्तै छ । सबैलाई टेन्सन छ । बुझनु पर्दैन ?’ म अलिक झर्कोफर्को गरेको मेरो श्रीमानले सुनिराख्नु भएको थियो । उहाँ हामी भएठाउँमा आएर भन्नुभयो, ‘आज अलिक घाम लाग्ला जस्तो छ । काठमाडौँमा पानी नपरेको धेरै भयो । गर्मी बढ्ला जस्तो छ ।’ बाउछोरा आँखा आँखाले इशारा गर्दै हाँस्न थाले । छोराले भन्यो, ‘हो बुवा, आज त आठतीस डिग्री होला जस्तै छ । चौतीस त पक्कै हुन्छ होला ।’ उनीहरूको कुरामा मेरो ध्यान मोडिएको बहाना गर्दै बाहिर हेर्छु । मेरो ध्यान मोडिन्छ । प्रायः घरमा यस्तो डिस्कस हुँदा मेरो ध्यान अन्तै मोड्न मेरो श्रीमान यस्तै चलाखी गर्नु हुन्छ । म पनि बुझेर पनि नबुझेझैँ गर्छु । बुझलाई राम्रोसँग चबाएर निलिदिन्छु अनि अबुझ उग्राइदिन्छु । मेरो अबुझार्ई उग्राइ देखेर आफ्नो मिसन सफल भएकोमा उहाँ खुसी मान्नुहुन्छ । यो बुझाइ र अबुझाइको भ्रममा हाम्रो जीवनको घामछाँया वर्षौंदेखि चलिआएको छ । यही घामछाँयाले मेरो जीवनमा लागेको इन्द्रेणी रङलाई खुसी सम्झेर बाँच्नु नै म सिमोन द वुभरको दोस्रो दर्जाको नागरिकको नियति बनेको छ । मलाई दिक्क लाग्छ । हेर्छु बाहिर घाम मजाले लागेको छ । ओहो ! भिटामिन डि कम भएको मान्छेले बिहानको घाममा बस्दा राम्रो हुन्छ भनेको सम्झन्छु । फेरि भिटामिन डि कम हुनेलाई कोरानाले अलिक सिरियस पारेको छ रे भन्ने विदेशको समाचार सम्झन्छु । बरु घाममा बसेर बोडी केलाउनु पर्यो, बिनासित्तिको छोरासँगको विवादलाई बिट मार्दै म घाममा बस्छु । त्यही बेला श्रीमान् आउनुहुन्छ अनि भन्नुहुन्छ, ‘आमाको कल थियो मेसेन्जरमा ।’ ‘ए ऽ अनि काटिदिनु भयो ?’ ‘काटिदिएको होइन आउँदा आउँदा यहाँ नेट ने टिपेन आफैँ काटियो ।’ ‘भैगो म खाना पकाएपछि कल गरुँला ।’ म विगतमा आमासँग भएको यात्राको घामपानीमा रुझ्न पुग्छु । आमा भन्ने गर्नुहुन्थ्यो, ‘जेठीबाठी छोरी होस् छोरी । तैँले नगरे कसले गर्छ ? तेरा भाइबहिनी सानै छन्, बाउ पनि काम गर्न नसक्ने भए । जोरीपारीको अघि के गर्छस् ? यसो औषधि उपचार गरेर पठाइदे छोरी । काठमाडौँमा राम्रा डाक्टर छन् भन्छन् । हस्पिटल पनि पनि राम्रो छ रे ।’ यो मेरो जीवनको बर्खे झरी थियो, मैले कमाउन थालेपछिको । आर्थिक अभाव र अन्य समस्याले जति चुटे पनि मैले यो बर्खेझरी खेप्तै बाउलाई उपचार गरेर पठाइदिएँ । केही समयपछि आमाको फेरि फोन आयो यसरी, ‘छोरी के गर्छस्, भाइलाई क्याम्पस पढाउन सकिएन । आम्दानी केही छैन । यता बिग्रन्छ कि भन्ने डर उस्तै छ । उसका साथीसंगत राम्रो छैन । उतै लगेर पढाइदिइस् भने तलाई ठूलो धर्म हुन्छ । तँ छोरी हैन, छोरो भएर जन्मेकी रहिछस् । सकेसम्म जुवाइँसँग सल्लाह गरेर यति गरिदे छोरी । बाउआमाको भारबाट मुक्त हुन्छेस् ।’ यो मेरो लागि हिउँदे झरी थियो । काठमाडौँको महँगी र अभावमा मेरो जीवन हिउँदको चिसो सिरेटोलेझैँ कठयाङ्याग्रिए पनि सहनै पर्ने थियो । त्यसमाथि भाइको सम्पूर्ण लालनपालन र पढाइ खर्च व्यहोर्नुपर्दा हिउँदको चिसोमा झरी परेर इन्तु न चिन्तु बनेको थियो मेरो जीवन । यो झरीमा रुझ्दै मैले भाइलाई डिप्लोसम्मको सिँढी उक्लाइदिएँ । पढाइ सकेपछि भाइले अमेरिका जाने इच्छा गर्यो । उसको इच्छालाई मार्ने वा बदल्ने कुनै अस्त्र नै हामीले पाउन सकेनौँ । अन्तमा काठमाडौँमा साह्रै दुःख गरेर जोडेको सानो घडेरी बेचेर भए पनि मैले भाइलाई अमेरिका पठाउने विचार गरेँ । नभन्दै योजना सफल भयो । आमा-बुवा, भाइहरू साह्रै खुसी भए । म भने मेरो मुटुको टुक्राझैँ कति दुःख गरेर जोडेको जमिन बेच्नु परेकोमो दुःखी थिएँ । मेरा दुई छोरा पनि हुर्कंदै थिए । म काठमाडौँमा चिटिक्क परेको सानो सुन्दर घरको सपना देख्न थालेकी थिएँ । मेरा सपना दिनमा देखिने सपना नभई रातमा मात्र देखिने सपनामा सीमित हुन थाल्यो । भाइले अमेरिका गएर पैसा पठाउला अनि घर बनाउँला भनेर रातमा पनि नसुती नसुती देखेको सपना दिनपर दिन टुक्रिदै र छरिदै जान थाल्यो । म तिनलाई समेटन र बटुल्न नसक्ने अवस्थामा थिए । त्यो सपना साकार हुने सपना नभएर सुत्न नदिने सपना भएर निस्कियो । मेरो भावना र चाहना बुझेर मेरी आमा मेरो आत्मालाई मर्म हुने गरी लक्ष्यभेदी वाण हान्दै भन्नुहुन्थ्यो, ‘भाइ अमेरिका गएको छ । पैसा पठाइहाल्छ नि, अनि एउटा घर बनाउनु । तिमीहरूले धेरै गर्यौ माइतीका लागि । तँ छोरी हैन छोरा भएर जन्मेको रहिछस् । बाउआमाको जन्म दिएको भार तिरिस् छोरी तैँले । तेरा दाजुहरू मरेजस्ता भए । उनीहरू खेती किसानी गर्ने मान्छे, खासै पैसा हुँदैन । भए गर्थे होलान् । भाइलाइ पढाइबढाइ गरेर विदेश पठाइस् । तिमीहरू नै बाउआमा हौ । मैले भाइलाई पनि भनेको छु, हामीलाई केही गर्न पदैन । खानलाउन छँदैछ । दिदी भेनाजूलाई गर्नु । उनीहरूले कति दुःख गरेर हुर्काएका छन् । आमाको यो लक्ष्यभेदी वाँण अर्जुनको कहिल्यै हुन सकेन । त्यो वाणले कहिल्यै लक्ष्य पूरा गर्न सकेन । म मनमनै भन्थेँ ‘भोलि छोरीले दुःख पाउँछे अनि नातिनातिनासहित स्याहार गर्नुपर्छ भनेर मारे पाप पाले पुण्य भनेर क्रिया सारेर दिने हाम्रो हिन्दु संस्कृतिमा छोरीको कमाइ खाने बेलामा चाहिँ तँ नै छोरा होस् भन्दै छोरीको आश गर्छन् बाउआमा । कस्तो संस्कार हो ? पैसाको लागि त संस्कारको अर्थ जता लाँदा नि हुने रहेछ नि ! छोरीलाई नि छोरासरह हुर्काए भैहाल्यो नि, किन क्रिया सार्नु पर्यो र ? छोरा र छोरी एउटै हो भनेर संस्कारमा रहेको कुरीति सच्याउन मिल्दैन र ? हिन्दुधर्ममा भएका यस्ता कति कुप्रथा कुरीतिहरू समयअुनसार सच्चिदै गएका नै हुन् त ? त्यसो छोरीलाई नै छोरासरह अश दिने र क्रिया गर्ने अधिकार किन दिँदैन हाम्रो संस्कारले ? म यस्तै कुराले विचलित हुने गर्दथेँ । एक वर्ष दुई वर्ष गर्दै भाइ अमेरिका गएको पाँच वर्ष भयो तर उसले पैसा पठाउन सकेन । म नराम्ररी विचलित बनेँ । भाइ अमेरिका जाँदा बेचेको जमिनको भाउ दस गुनाले वृद्धि भएको थियो । अब त मैले किन्न सक्ने अवस्था नै थिएन । एक दिन त भाइले पैसा पठाउला भन्ने झिनो आशा लिएर बाँचेकी थिएँ र बाँचिरहेकी छु । एकछिन पछि जेठो छोरा ‘मम्मी मम्मी’ भन्दै चिच्याउँदै आयो । ‘किन के भयो ?’ मेरो प्रश्न थियो । ‘आमाले फोन गर्नुभएको छ मेरो मोबाइलमा । अघि मेसेन्जरमा लागेन भनेर भन्दै हुनुहुन्थ्यो ।’ (ऊ मेरो आमालाई आमा नै भन्दथ्यो ) ‘ये खै ले बोल्छु म अघि पनि गर्नुभएको थियो रे ।’ ‘हैलो … आमा दर्शन.. हजुर ऽ अँ ऽ हजुर ऽ’ ‘के रे ? फोन लागेन रे ? ये ल..ल म गर्छु । अनि तपाईंलाई गरुँला । पीर नमान्नुस् ।’ यति भनेर मैले फोन राखिदिएँ । मेरो आँखाभरि आँसु भरियो । श्रीमानले सोध्नुभयो, ‘के भयो ?’ ‘विपिनको फोन लागेन रे, आमाले भन्नुभएको अब के गर्ने होला ?’ ‘अनि तिमी किन रोएकी त ?’ ‘न रोएर के गर्नु ? हेर यो कस्तो आपत आइपर्यो । मेरो बूढीआमालाई कत्रो चिन्ता पर्यो । विपिनलाई ज्वरो आएको छ भन्थ्यो रे ! अमेरिकामा मान्छे मरेको मरै छन् । यो ट्रम्पपनि कस्तो मान्छे रहेछ ? उसको अर्थव्यवस्था बिग्रन्छ भनेर जति मान्छे मरे नि मरोस् भन्छ । उसका लागि त मान्छेको जीवनको कुनै मूल्य रहेनछ । सुरुमा उसैलाई कोरोना लागे पनि हुने अनि थाहा पाउँथ्यो, मान्छे ज्यानको महत्त्व कति हुन्छ भनेर । विपिनलाई केही भइहाल्यो भने के गर्ने होला ? लौन तपाईंका एनआरएनका कोही चिनेका मानिस छन् भने हारगुहार गर्न पर्यो ।’ मेरो कुराले मेरो श्रीमानलाई अलिकति पनि छोएको थिएन । ‘हैन तपाईलाई केही हुँदैन ? जस्तै भा नि आफूले बाउआमासरह हुर्काएर पढाएर बढाएको साला हो । साला हरामी नै त होइन नि ! अलिकति माया त हुनुपर्ने हो । कुनै चिन्ता पीर देख्दिनँ ।’ ‘मलाई त तिमीलाई देख्दा पो ताज्जुव लाग्छ । हिजोसम्म मैले यति गरेँ उति गरेँ उसले मलाई केही गरेन । केही हेरेन । मेरो गुण सम्झेन भन्थ्यौ । अहिले फेरि यो चिन्ता कहाँबाट आयो त ?’ मैले भनेँ, ‘हो, हामी महिला र तपाईंहरू पुरुषमा यही कुराको फरक छ । तपाईंहरू जे कुरा पनि मनमा राख्ने अनि गुन्ने । केही नभन्ने अनि जे कुरालाई पनि जहिले पनि पैसामा तौलने । यस्ता दुःखले हामीलाई मात्र पिरोल्ने । सारा दुःखको ठेक्का लिइदिने त हामी त हौँ नि ? तीजमा भोकभोकै बसेर तपाईंहरूको आयु लामो पारिदिने हामी । भाइटीकामा दाजुभाइको पूजा गरेर आयु र सुस्वास्थ्यको कामना गरिदिने हामी नै त हौँ नि ! अनि तपाईंहरूलाई किन पीर लिन पर्यो र हैन ? जे भए नि भाइ हो ! मैले छोराजस्तै गरी हुर्काएकी हुँ । पैसा पठाएन त के भो ? मेरो मायालाई पैसासँग त तौलन सक्दिनँ नि म । पैसाले उसको मायालाई विस्थापित गर्न त सक्दिन नि ! त्यो माया राख्ने मेरो हृदयमा अर्कै कुना छ । जहाँ समवेदनाको पर्खाल लगाइएको छ, अनि मीठामीठा भावनाले लिपपोत गरिएको छ । तपाईंहरू व्यापारिक लेनदेन मात्र सोच्नुहुन्छ । त्यसलाई पगारेर माया, प्रेम, संवेदनामा कहिले बदल्न सक्नु हुन्न ।’ मेरो कुरा सुनेर मेरो श्रीमान चुप लाग्नुभयो । किनकि म मेरो भाइको मायामा निस्सासिने गरी डुबेकी थिएँ । यो कुरा उहाँले थाहा पाइसक्नुभएको थियो । भाइको मायाले मलाई भित्रसम्म दुखाउँछ । खान मन लाग्दैन । अमेरिकामा कोरोनाले मान्छेहरू कोठामा सुतेको ठाउँमा नै मरिराखेका छन् । कतिपय कागजपत्र नभएको अवस्थामा लुकेर बस्नेलाई झन् गाह्रो छ रे ! टिभीमा मानिसको लाससम्म गाड्न नभ्याएको दृश्यले मेरो मनमा दश रेक्टरको भुकम्प जान्छ । के गरौँ ? कसो गरौँ हुन्छ । हे भगवान् ! यो कस्तो अवस्था आयो ? संसारलाई नै आफ्नो शक्तिले थरथर कमाउने अमेरिका अहिले सानो जीवाणुसँग आफैँ कामिरहेको छ । विज्ञानमा यस्तो गरियो उस्तो गरियो भन्छन् विकसित देशहरू खै यसको औषधि पत्ता लगाउन सकेको ? हामी त नाथे मान्छे नै रहेछौँ, खै को एकजना कविले ‘हामी त नाथे मान्छे’ भन्दै कविता लेखेको देखेकी थिएँ त्यस्तै भइसक्यो । कत्रा कत्रा विज्ञानको चमत्कारले अचम्म पार्ने कुराहरू गरेको थियो मान्छेले । कति घमण्ड गरेको थियो मान्छेले तर अहिले खै के गर्न सक्यो र ? अहिले त एउटा जाबो आँखाले नदेख्ने जीवाणुसँग डराएर घरमा लुकी बस्नुपरेको छ । भाइलाई सम्पर्क गरेँ, हुन सकेन । आमाले भन्नुभएको थियो, ‘उसलाई ज्वरो आइराखेको छ रे ! हस्पिटलमा पनि भर्ना लिन मानेन रे ! साधारण ज्वरोको औषधि दिएर पठाएछ छोरी, के हुने हो ? खाली यति मानिस मरे उति मरे भनेको मात्र सुन्छु । के कसरी हुन्छ त्यहाँ कोही नेपाली छन् कि खोजखबर गर्नु पर्यो छोरी ।’ हो त साँच्ची, आमाले भनेजस्तै त्यता कोही नेपाली पो छन् कि चिनेका ! मेरी एकजना साथी टेक्सासमा नै बस्छु भन्छे । त्यसलाई सोधीखोजी गर्न पर्यो। आखिर विदेशमा नेपालीको सहयोगी अरू को हुन्छ र ? आफ्नै नेपाली दाजुभाइ त हो नि ! गरिराखेका पनि छन् । तर खै आफूलाई त उसको सम्पर्क ठेगाना पनि थाहा छैन । अब त पशुपतिनाथको भरोसा पर्नुसिवाय केही रहेन । म रातदिन भाइको सम्झनामा डुब्न थालेँ । मेरो घर बनाउने सपनालाई त भाइको मायाको सम्झनाले धुलीपिठी पारिदियो । मलाई मेरो भाइ बाँचेर आए अरू केही चाहिँदैन भनेजस्तै भयो । कति पटक भाइसँग सम्पर्क गरेँ, सम्पर्क हुन सकेन । हप्तापछि भाइको मेल आयो । भाइको यो समाचारको पर्खाइ मलाई वर्षौंझैँ लागेको थियो । मेल यस प्रकारको थियोः आदरणीय दिदी भेनाजु नमस्कार म भाइ विपिनको ढोग छ । दिदी धेरै दिनपछि सम्पर्क गरिरा’छु । मलाई माफ गरिदिनु होला । मैले तपाईंहरूको मन दुखाएको छु । मलाई यति धेरै दुःख गरेर बुबाआमाले भन्दा नि धेरै माया गरेर हुर्काउन भयो । पढाइलेखाइ गरेर अमेरिका पठाउन मनग्गे खर्च गर्नुभयो । मैले तपाईंहरूको गुणको बदला केही गर्न सकिनँ । म आउँदा लागेका खर्चसम्म तिर्न सकिनँ । मलाई माफ गर्नु होला । म सोच्थेँ, अमेरिकामा डलर फल्छ होला तर त्यति सजिलो हुँदैन रहेछ । यहाँ आएर यहाँको नियमकानुन बुझ्नुपर्ने हुन्छ । केलजको फि बुझाउन, बस्नखानको लागि अपार्टमेन्टको खर्च जुटाउँदा जुटाउँदै जीवनदेखि नै हरेश लागेर आउँदो रहेछ । मेरा कतिपय साथीहरूले यो टेन्सन खप्न नसकेर सुसाइड गरे । मैले जसोतसो आफूलाई सम्हाल्दै लगेँ । एकदिन त सफल हुन्छु र तपाईंको सपनालाई साकार पार्छु भन्ने सोचेको थिएँ र सोचिराखेको छु । म पढाइमा राम्रो हुन सकिनँ, मैले राम्रो जागिर पनि पाउन सकिनँ । मैले भिसा थप्नको लागि पुनः कलेज एडमिसन गरेँ । खर्च बढ्दै गयो । काम पाउन पनि पहिलाको जस्तो सजिलो थिएन । म नेपाल फर्कन पनि सक्दिनथेँ । अब मैले अमेरिकामा नै बस्ने उपाय निकाल्न पर्यो । यसका लागि के गर्ने भनेर साथीभाइसँग सरसल्लाह लिएँ । उनीहरूले डिभी परेको केटीसँग विवाह गर्ने सल्लाह दिए । नभन्दै डिभी परेकी निशासँग मैले विवाह गरेँ तर यो कुरा गोप्य नै राखेँ । विवाह गर्नअघि हामीबीच एउटा सम्झौता भएको थियो । त्यो के भने, मेरो कमाइमा उसको अधिकार हुने । नभन्दै मैले कमाएको जति सबै उसलाई बुझाउनुपर्दथ्यो । पहिला कलेजलाई खानबस्नलाई ठीक्क हुन्थ्यो भने अब मैले सबै रकम निशाको हातमा दिनुपर्दथ्यो । मैले यो शर्त स्वीकार गरेको थिएँ । केही समयपछि आफैँ सबै ठीक हुनेछ भन्ने सोचेर यो गरेको थिएँ । तपाईंहरूलाई खुसी दिन नसकेको पीडाले म भित्रभित्रै जल्दथेँ । यो कुरा म निशालाई सुनाउन धेरै चोटि प्रयास गरेँ तर सकिनँ । बिस्तारै सबै ठीक होला भन्ने लागेको थियो । अन्तिममा मैले एकदिन उसलाई यो कुरा सुनाएँ । उसले यसलाई सहज रुपमा लिन सकिन । पहिला किन नभनेको भनेर उल्टै झगडा गरी । त्यसपछि मलाई तनावमा हुन थाल्यो। म मनोरोगी बन्दै गएँ । त्यसपछि बिस्तारै पबतिर रक्सी खाने लत बस्दै गयो । ममा अझै आशा थियो, एक दिन तपाईंको भारबाट म मुक्त हुन्छु भन्ने तर यो कोरोना महामारीले सबै तहसनहस पारिदियो । मलाई ज्वरो आएको सात दिन भइसकेको छ । डाक्टरहरूले घरमा नै बस् भनेका छन् । अनलाइनबाट सोधीखोजी गर्छन् । अस्पतालमा बेड छैन भन्छ । जीउ दुखेर खप्नुभएको छैन । श्रीमतीले ल्याएर राखिदिएको खाना अनि यहाँसम्म कि पानी पनि उठाएर खाने शक्ति ममा छैन । यो मेल पनि मैले मुश्किलले लेखिराछु । मन सधैँ नेपालमा हुन्छ । तपाईंले बिमारी हुँदा स्याहार गरेको सम्झना आउँछ । तपाईंले भाइटीकामा पकाएको सेलरोटीको बासना हरहर आइरहन्छ । उडेर आफ्नै देश पुगुँजस्तो हुन्छ । तर खै ? कसरी होला र ? अमेरिकाको वैभव, चमकधमकमा हामी धेरै युवा अन्धो भएर आयौँ, आफ्नो मातृभूमिको मायालाई बिर्सेर । तर अहिले हामीलाई भगवानले प्रायश्चित गर्ने मौका पनि नदेलान् कि भन्ने लागेको छ । म भगवानसँग यही कामना गरिराछु कि मलाई नेपाल गएर प्रायश्चित गर्ने मौका देऊ भनेर अनि मर्न परे पनि मेरै देशमा मरुँ भनेर कामना गरिराछु । भगवानले मेरो कामना सुने भने म नेपाल आउनेछु दिदी अनि तपाईंको सेवामा जुटनेछु । म आउन सकिनँ भने मलाई माफ गरिदिनु दिदी । आइ एम भेरी सरी । उही तपाईंको अभागी भाइ विपिन भाइको यो मेलले मेरो हृदय भारी भएर आयो अनि आँखाले हृदयको बोझ थाम्न नसकी तरल बनाई पोख्न थाल्यो । मैले भेललाई थाम्न सकिनँ । ‘उफ्, मेरो भाइ तिमीलाई केही हुनुहुँदैन र हुँदैन पनि । तिमीले कोरोनालाई जितेर आउनुपर्छ । भाइ तिमी आउनुपर्छ । कोरोनाको पराजय हुनैपर्छ ।’ म मेलका शब्दशब्दमा भक्कानिन्छु । हृदयले भाइको मायालाई वेदनामा पोख्दै उच्छवास लिन थाल्यो । मैले भगवानलाई मेरो भाइको चिरिन्जीवी आयुका लागि प्रार्थना गरेँ । भाइटीकामा भाइको लामो आयुको लागि यमराजबाट जोगाउन गरेको संस्कार मनमनै कल्पना गरेँ अनि प्रार्थाना गरेँ, ‘हे यमराज, तिमी कोरोनारूपी मृत्यु बोकेर आयौ भने मेरो भाइलाई केही गर्न सक्नेछैनौ किनकि यो एउटी दिदीको भाइप्रतिको असीम प्रेमको शक्ति हो । त्यो शक्तिले तिमी कहिल्यै विजयी हुन दिने छैन।’ #अमेरिका #कोरोनाभाइरस #कोविद १९ #शर्मिला खड्का (दाहाल) डायरीको पानाबाट: (म डायरीको पानाबाट- रोचक प्रसंग सहितको लघु संस्मरण प्रकाशित गर्ने तर्खरमा छु । अहिलेसम्म यस्ता लघु संस्मरण १३० वटा जति भइसके। अझ थपिदैछन्। एउटा आज यहाँ प्रस्तुत गरेको छु ।) विक्रम संवत २०५२-५३ सालको कुरा हो। वीरेन्द्र महुमुखी क्याम्पसमा प्रतेक वर्ष हामी अंग्रेजीको कुनै न कुनै नाटक मन्चन गर्थ्यौं । केन्द्रीय विभागबाट कुनै वरिष्ठ प्राध्यापकलाई प्रमुख अतिथि भनेर बोलाउँथ्यौँ। आदरणीय दुर्गा भण्डारी, श्रीधर लोहनी, पदमप्रसाद देवकोटा आइराख्नु हुन्थ्यो। उहाँहरूको उपस्थितिमा वीरेन्द्र क्याम्पसमा चहलपहल निकै बढ्थ्यो। त्यस वर्ष शेक्सपियरको ‘ओथेलो’ गर्ने योजना बन्यो। बिए प्रथम र दोस्रो वर्षबाट पात्रहरुको छनौट गरेपछि मलाई निर्देशनमा सहयोग गर्ने एक जना सहयोगी ट्यालेन्टको खाँचो थियो। मैले स्नातक प्रथम वर्षका विद्यार्थी दीपक पाठकलाई प्रस्ताव राखेँ। उनले सहर्ष स्वीकारे। त्यसबखत प्राध्यापक अभि सुबेदी प्रमुख अतिथिका रूपमा निम्त्याइनु भएको थियो। हाम्रो प्रयास धेरै सफल भयो। अभि सुबेदी धेरै प्रभावित हुनुभएको बुझेँ। त्यसपछि दीपक पाठकसँग केही वर्ष मेरो भेट भएन। एकदिन हेटौँडामा कुनै कार्यक्रमको सिलसिलामा दीपकलाई भेट्दा त उनी ‘उर्गेंनको घोडा’का लेखक युग पाठक भइसकेका रहेछन्। त्यसको केही समयपछि युगसँग मण्डला थिएटरमा पुनः भेट भयो। खुशी लाग्यो, युग एउटा सफल नाटककार पनि भएछन्- ‘युमा’मार्फत्। कुनै संस्मरणको एक ठाउँमा युग लेख्छन्, “बिए दोस्रो वर्षको विद्यार्थी छँदा शेक्सपियरको ‘ओथेलो’ नाटकको पहिलो अङ्क मञ्चन गरेका थियौं। डा. अभि सुबेदी वीरेन्द्र क्याम्पसमा मञ्चित त्यो नाटकको दर्शक र प्रमुख अतिथि हुनुहुन्थ्यो। सहायक निर्देशकको हैसियतले पाएको प्रशंसाबाट हौसिएको त्यो दिनपछि शेक्सपियरका सबैजसो नाटकहरुको सङ्कलन र अध्यन गर्न थालेको थिएँ।” यसै प्रसंगमा फेसबुकको एउटा टिप्पणीमा धनराज गिरीले लेखेका थिए, “बेलैमा द्रोणाचार्य पाएको हरेक अर्जुनले जीवन-कुरुक्षेत्र आरामसित जित्दछ !” मैले भनेँ, ”छोटे, म द्रोणाचार्य होइन। तथापि हामी आफ्नो कर्तव्य गर्छौं नै। केहीपछि उदय अधिकारीले एउटा पत्रिका उपलब्ध गराए, जसमा एउटा अन्तर्वार्तामा युग लेख्छन्, “त्यसैगरी बिए पढ्दा मेजर इङ्लिसका गुरु एलबी क्षेत्री अर्का यस्ता प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो, जो आफूभित्रको ऊर्जालाई कसरी जीवन्त बनाइराख्ने भन्ने कलाका पारखी हुनुहुन्थ्यो। वहाँकै प्रेरणा र नेतृत्वमा हामीले क्याम्पसमा शेक्सपियरको नाटक ‘ओथेलो’ मञ्चन पनि गरेका थियौं। कविता र निबन्ध लेखन प्रतियोगिता पनि गराउनुहुन्थ्यो। आफ्नै घरमा लगेर फिल्म पनि देखाउनुहुन्थ्यो। मैले टाइटानिक फिल्म वहाँकै घरमा हेरेको हुँ।” मेरा विद्यार्थीहरूको माया र उनीहरूबाट अर्पित यी शब्दहरू नै मेरो असल कमाई बनेको छ। आभार ! #एलबि क्षेत्री #चितवन भाइरस चलेको छ: जस्तो दुनियाँमा कोरोना भाइरस चलेको छ। त्यस्तै कयौं को जिन्दगिमा सकस चलेको छ। भोको मजदुर हिँडेरै नारायणी तरिसक्यो रे, सदनमा राहत सम्बन्धमा बहस चलेको छ। गाउँबाट आमा बितेको खबर आयो सरकार, क्यारी घर जाऊँ न रिक्सा न त बस चलेको छ। कैदी झैँ हप्तौँ महिनौँ भित्रै थुनिदा भन्नुहोस्, साथी त्यता के हुँदैछ यता खुन्नस चलेको छ।। शिक्षा सत्र सुरु हुँदासम्म अन्योलमा छ्न् सबै, न त स्कुल नै चल्यो न त क्याम्पस चलेको छ।। #कान्ति अवस्थी #कोरोनाभाइरस जिन्दगी: जिन्दगी ! तँ मेरै होस्, मैले जिउनु छ तँलाई आँसु ! तँ मेरै होस्, मैले पिउनु छ तँलाई के छ र दुख्ख सिवाए यहाँ भोग्ने कुरा अरु देखिन दर्द सिवाय यहाँ लेखिने कुरा अरु दुःख ! तँ मेरै होस् मैले भोग्नु नै छ तँलाई आँसु ! त मेरै होस मैले पिउनु छ तँलाई छ उज्यालो भन्नु यो एक सपना मात्र हो सम्पूर्ण मेरो भन्छौ जिन्दगी भ्रम मात्र हो पीर ! म तेरै त हुँ, मैले झेल्नु छ तँलाई आँसु ! तँ मेरै होस्, मैले पिउनु छ तँलाई #लक्ष्मण सिटाैला पुस्तक प्रकाशन कसरी गर्ने ?: यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो । धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो । म लेखक भएकाले पुस्तक प्रकाशनबारे लेख्दा प्राविधिक रुपमा अलि नमिल्दो होला । तर, आफ्नै पुस्तक प्रकाशन गर्दाका थुप्रै अनुभवहरु मसँग छन् । त्यस्तै साथीभाइ र प्रकाशकहरुसँगको संगतले पनि धेरै कुरा बुझ्न पाएको छु । त्यसकै आधारमा यहाँ केही कुराहरु राख्दै छु । – यदि तपाईंले लेखक बन्नका लागि आवश्यक आधारहरु पार गर्नुभयो भने पुस्तक प्रकाशनका लागि निकै सहज हुन्छ । पुस्तक प्रकाशनअघि नै तपाईंका लेख–रचनाले मिडियामा स्थान पाइसकेका छन् । यसको मतलब तपाईं धेरैको नजरमा परिसक्नु भएको छ । प्रकाशन गृहले तपाईंमाथि नजर घुमाइसकेको छ । – तपाईंले आफ्नो पाण्डुलिपि आफूभन्दा सिनियरलाई दिइसक्नु भएको छ । यदि तपाईंले राम्रो लेख्नुभएको छ भने उहाँहरुमार्फत नै प्रकाशककहाँ कुरा पुग्छ । चिया गफ गर्दा तपाईंको लेखाई र सम्भावबारे चर्चा गरिन्छ । यसरी पनि कुरा प्रकाशककहाँ पुग्छ र तपाईंको आफै खोजी हुन सक्छ । – अब तपाईंले सुरुमा केही राम्रा (नाम चलेका) प्रकाशन गृहलाई फोन गर्नुपर्ने हुन्छ । फोनमा आफ्नो परिचय दिनुहोस् । तपाईंका रचना मिडियामा आइसकेकाले सायद तपाईंलाई उहाँले चिनिसक्नुभयो । यदि छैन भने पनि जानकारी दिनुहोस् अनि पुस्तकबारे बताउनुहोस् । सकेसम्म पुस्तकबारे फोनमा भन्दा पनि भेटेर कुरा गर्दा अझ राम्रो । – यदि तपाईंले चिनेको वा नजिकको ब्यक्ति छ र उसको सम्बन्ध प्रकाशन गृहसँग छ भने उमार्फत जाँदा पनि राम्रो हुन्छ । त्यसो गर्दा रेस्पोन्स राम्रो आउँछ । नचिनेपछि कृति राम्रो छ भने पनि त्यसको वास्ता नहुन वा महत्त्व नपाउन पनि सक्छ तर, चिनेपछि राम्रो कृति सकेसम्म मर्न पाउँदैन । – सम्पर्क गरेपछि प्रकाशन गृहले कि तपाईंलाई कुनै अंश मेल गरिदिन भन्छ वा भेट्न बोलाउँछ या म पछि फोन गर्छु भन्ने जवाफ आउँछ । यस्तोमा तपाईं चुक्नुहुन्न । सकेसम्म भेटेरै पाण्डुलिपि दिने वातावरण बनाउनुपर्छ । यदि पछि फोन गर्छु भनेर फोन आएन भने पनि तपाईंले आफैँ सम्झाउनुहोस् । तर, त्यति गर्दा पनि कुनै रेस्पोन्स आएन भने बुझ्नुहोस्, गृहले तपाईंप्रति चासो देखाएन । अब बारम्बार फोन गरिरहनुको कुनै तुक छैन । – यदि तपाईंलाई मेल पठाउन भनिएको छ वा पाण्डुलिपि लगिएको छ भने फलो गर्नुहोस् । धेरै लामो समय झुलाउने सम्भावना रहन्छ । उत्तर हुन्छ वा हुँदैनमा खोज्नुहोस् । यहाँ हेर्दै छु भनेर ६ महिना, १ वर्ष झुलाउने प्रकाशन गृह पनि छन् । त्यस्ता पीडित लेखकहरु मैले पनि थुप्रै भेटेको छु । – तपाईंको पाण्डुलिपि रिजेक्ट भयो भने तपाईं अन्य विकल्पमा जानुहोस् । एउटा प्रकाशन गृहलाई मन नपरेको कृति अर्कोलाई मनपर्न सक्छ । त्यसैले अन्य २–३ वटा गृहसँग पहिल्यकै जसरी डिल गर्नुहोस् । – तपाईंको रचना मन पर्यो भने प्रकाशन गृह कृति प्रकाशन गर्न सहमत हुन्छ । त्यसपछि एउटा सहमति पत्रमा हस्ताक्षर हुन्छ । त्यसमा मुख्यगरी २ वटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । एउटा रोयल्टी र अर्को समयावधि । सुरुवाती चरणमा १० वा १५ प्रतिशत रोयल्टी दिइन्छ । वा आपसी समझदारीमा अन्य सहमति पनि गर्न सकिन्छ । त्यस्तै, कति समयसम्म तपाईंको कृतिको हकदार प्रकाशन गृह रहने भन्नेमा ५ वर्षसम्म सहमति गर्दा राम्रो । यसमा पनि आपसी सहमतिमा कुरा मिलाउन सकिन्छ तर, धेरै लामो समय नराख्नु होला । – कुनै प्रकाशन गृहले तपाईंको कृति प्रकाशन गरेवापत उल्टै तपाईंसँग पैसा माग्न सक्छन् । यति पैसा लाग्छ भनिदिन्छन् । त्यसको मतलब तपाईंको कृतिप्रति उनीहरु आशावादी छैनन् । त्यसैले त्यस कुरालाई मनन गरेर तपाईंले आफ्नो कृतिलाई अझ अब्बल बनाउनतर्फ लाग्नुपर्छ । यदि लेखक नै बन्ने हो भने आफ्नो कृति रोयल्टी नै लिनेगरी सहमति गरेर प्रकाशन गर्ने वातावरण बनाउन सक्नुपर्छ । लामो समयको मेहनत र परिश्रमलाई त्यत्तिकै मर्न दिनु हुँदैन । – प्रकाशन गृहसँग सहमति गर्दा कति समयमा कृति प्रकाशन गर्ने हो पहिल्यै स्पष्ट हुनुपर्छ । साथै रोयल्टी, पहिलो संस्करणमा कति प्रति प्रकाशन गर्ने, अधिकार समयावधि, स्वामित्व आदिबारे लिखित सहमति गर्नुपर्छ । यसो गर्दा भोलि तपाईं कानुनी रुपमा बलियो हुनहुन्छ । – प्रकाशन गर्ने सहमति भएपछि सम्पादनका क्रममा धेरै काँटछाँट वा थपघट हुनसक्छ । तपाईं आफ्नो कृतिको थिम मर्न नदिन सचेत हुनुपर्छ । साथै, कभर डिजाइन, कृतिको शीर्षकको विषयमा पनि विशेष ध्यान दिनुपर्छ । कन्टेन्टसँगै आकर्षक शीर्षक र कभर पनि आवश्यक छ । – लेखक र प्रकाशन गृहबीच सबैभन्दा महत्वपूर्ण भनेको आपसी विश्वास हो । प्रकाशन गृहले १ हजार पुस्तक छाप्ने सहमति गरेर २ हजार छापे, पहिलो संस्करण सकिएर थप प्रिन्ट गरेर छापे तर लेखकलाई भनेनन् भन्नेजस्ता कुराहरु बजारमा सुनिन्छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वास हो । तपाईं आफैँ पनि आफ्नो पुस्तक कति बिक्यो भन्ने बजारको मागअनुसार अनुमान लगाउन सक्नुहुन्छ । तर, यस्ता कुरामा तेस्रो व्यक्तिलाई सुनेर आवेगमा आउनु उचित हुँदैन । – तपाईंले आफ्नो किताब र प्रकाशन गृहबाट धेरै अपेक्षा गर्नु गलत हुन्छ । मेरो किताब ५ हजार वा यति बिक्छ भनेर पहिल्यै परिकल्पना गर्नु गलत हो । साथै, प्रकाशन गृहले प्रमोशन गरिदिएन, जिल्ला–जिल्लामा कार्यक्रम गरिदिएन भनेर होहल्ला गर्ने कुरा पनि फगत हुन् । सकेसम्म यस्ता कार्यक्रम आफैँ मिलाउनुपर्छ । वा पहिल्यै प्रकाशन गृहसँग सहमति गर्नुपर्छ । यदि तपाईंको पुस्तक राम्रो छ भने पाठकले माग गरिहाल्छन् । – पुस्तक छाप्ने सहमति भएपछि भाषा, सम्पादन, कभर डिजाइन, प्रिन्ट गर्दा कम्तिमा ६ महिनाको समय लाग्न सक्छ । केही प्रकाशन गृहले त २–३ वर्षसम्म पनि झुलाएका उदाहरण छन् । यसतर्फ पहिल्यै सचेत हुनुपर्छ । – तपाईंले आफैँ पुस्तक प्रकाशन गर्ने गल्ती कदापि गर्नुहुँदैन । अर्थात, त्रिविमा एउटा फर्म भरेर आइएसबिएन नम्बर लिएर आफ्नै नाममा पुस्तक प्रकाशन गर्न सकिन्छ । धेरैले सोच्ने गर्छन्, मै किताब निकाल्छु र बेचेर आएको फाइदा पनि मै लिन्छु । तर, त्यो सोच गलत हो । प्रकाशन गृहको देशव्यापीरुपमा आफ्नो संजाल हुन्छ । देशभर पुस्तक पठाउने काम गर्छन् । त्यै पनि त्यत्रो कारोबार गर्नेलाई पैसा उठाउन गाह्रो हुन्छ । तपाईं आफैँ हिँड्नुभयो भने पुस्तक पसलले किताब राख्ने सम्भावना कम हुन्छ, राखिदिए पनि पैसा पाउनुहुन्न ढुक्क हुनुस् । डिस्ट्रिब्युटरमार्फत जान्छु भने पनि उसले ४० प्रतिशत मुनाफा लान्छ, किताब बिकेको छैन, आएको छैन भनेर झुलाइदिन्छ र तपाईंको फस्नुहुन्छ । प्रिन्टदेखि विमोचन र सेटिङ गर्दासम्म तपाईंको तनाव त छँदैछ । मै हुँ भन्नेहरु पनि यसरी किताब निकाल्दा फँसेका छन् । ख्याल गर्नुहोला । – पुस्तक प्रकाशन गर्न कोही पनि तयार भएन भने निराश हुनु हुँदैन । यदि तपाईं लेखक नै बन्ने हो भने अझ धेरै पुस्तकहरु पढेर अझ राम्रो लेख्ने दुस्साहस कस्नुपर्छ । तपाईंलाई शुभकामना छ । (कृष्ण आचार्य ‘अप्रिल फुल’ उपन्यासका लेखक हुन्।) #कसरी #कृष्ण आचार्य #प्रकाशक #प्रकाशन उछिट्टिएको आगो: अज्ञात ती भावनाहरु वर्षौँ लुकाएँ, पर्खाइ र लुकाइको दौडमा, ती सबै भावनालाई जमाएर चट्टान बनाए अनि, तिमी.. तिमी अहिले आएकी छ्यौ, उछिट्टिएको आगो जसरी, तर सेलाएकी म त सम्हालिउँला, तर, अँगालोमा बाँधेर तिमीलाई सम्हाल्न त म कतै सक्दिनँ, थमथमाउँला एक हातले तिम्रो कुममा, र एक हातले आफ्नै देब्रे छातीमा भनेकी थियौ, म तिम्रो नाम मेरो कथाको पात्रमा प्रयोग गर्छु ल, कथाको पात्र नभई, पात्रको नाममा धकलिएको म, कसरी तिमीलाई आफ्नो काहानी सुनाउन सक्थेँ ? थाहा छैन तिमी कति बेला फुल्लिइन्छ्यौ, कतै तिमीलाई थमथमाइरहँदा मैले बनाएको चट्टान पग्लिने त हैन, मेरो चट्टान पग्लिनु र तिमी फुल्लिइनु सँगै भयो भने, म फेरि तिम्रो कथाको पात्रको नाम हुनेछु । अनि तिमी.. ? #रिया हुमागाईं म एक चिकित्सक: लखतरान शरीर र थकित मन अनिश्चित भोलिको सूर्योदय कल्पना मनभरी बोकेर महिनौंदेखि राप र ताप ले बोकाएका भारीहरू सडक नापी नापी पाइलापाइलामा डुब्दै गरेको झंम्के साँझ काखी च्याप्दै डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । चकमन्न सहरमा हराएको मानवता कसले भेट्ला र हिजोआज ! खोज्दा खोज्दा थकित शून्य सडकले पाइरहेछ ऊ जस्तै एउटा रित्तो जीवन दिनभरको थकाइको परिमाण पदचापसँग साटेर डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । तगाराहरू बग्रेल्ती छन् बाटैभरी हेपाइका पीडा अनगिन्ती छन् मनैभरी तापनि सेवा भावको कुम्लो बोकेर दिनभरको थकान भुल्न डेरा फर्कीरहेको एक मनुवा म एक चिकित्सक । जनलाई जीवाणुबाट जोगाउने प्रण मनले गरेर सहकर्मीसंग हातेमालो गर्दै कठोर ड्युटी पश्चात् केही घण्टाको विश्रामको अपेक्षामा डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । अतितका नमस्कारहरू दुनियाँका सम्मानहरू हुने खानेहरू समेतका कमाइहरू मन र धनका सम्झँदै, कल्पदै महामारीको बिषमतामा त्राहिमा म अस्पतालको ड्युटिपश्चात् लख्रक लख्रक डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । गल्लीगल्लीमा परिचय माग्दै स्वनीर्णयको अधिकार प्रयोग गर्दैछ अपरिचित समाजसेवी खल्तीमा कोचेर मेरो मानवअधिकार खानतलासी लिइरहेछ छ मेरो ओल्टाइपल्टाइ मेरा जीविका काटुलहरू स्टेथोस्कोपर म्यनोमीटरको जाँच गर्दैछ हैरानीको पहाड बोकेर अरूको जीवन बँचाउने इच्छाशक्ति पुनर्जीवित गर्न भोलिका लागि थकित शरीर घिसार्नुमा आफ्नो जीवन खोज्दैखोज्दै डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । एक मिटर टाढा बस्ने मेरा आग्रह सुन्नु अघावै दश मिटर टाढा भाग्नुमा आफूलाई सुरक्षित ठान्दैछ छिमेकी त्यसैले निर्दोष सावित गर्न आफैँ आगोमा होमिएकी जानकीझैँ केमिकल नुहाइ पश्चात् प्रवेश गर्न आतुर घरबेटीको ढोकाबाट बिना निम्तोको पाहुनाझैं डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । प्रिया र लालावालालाई अँगालो हाल्दै उम्लेको भाव पोख्ने इच्छाहरू थांँती राखेर मेरै आगमनको प्रतिक्षामा सुक्सुकाएका बुढा आमा बा सम्झेर भारी मनले सम्पुर्ण मानवजातीको कहरसंगको भोलिको लडाइँ खातिर शक्ति बटुल्न डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । #चिकित्सक टुहुरो: आमालाई गुमाएपछि खोरमा थुनिएका स–साना चल्लाहरू चिच्याएपछि नै ब्युँझन्छ बृद्धसाँझ र गर्भधारण गर्छ साँझले रातो घाम । जब सुत्केरी बिहान आँसु खसाउँदै गरेको आँखाले हेर्छ आँगनमा चिर्बिराउँदै गरेका मसिना चल्लाहरू तब जिन्दगी पढ्दै गरेकी मेरी आमा भन्छिन् बाबू ! म नभएको दिन तँ यस्तै चल्ला भएर बाँच्लास् है ! आमालाई प्रतिउत्तर दिनु अगावै मैले आमा गुमाएँ आज म माउपोथी नभएको चल्लाजस्तै भएको छु । #आमा #विक्रम पवन परियार दुःखी झोला: हरेक साझँ दुःख बिर्सने प्रयासमा खुसीको व्यापार गर्न पस्ने गर्छ भट्टीमा एउटा बूढो मान्छे ! सधैँ ऊ सुनाउँछ आफ्नै कथा, आफ्नै व्यथा कुरा गर्छ नदेखिएको सपनाको चुरोटको धूवाँसँग दुःख सुख, सकस पीर पोको बनाएर एउटै झोलामा नापिरहेको हुन्छ सधैँ त्यो चिसो सडक खोजिरहेको हुन्छ चिरा परेको पैतालाले गन्तव्य ! अनुहारसँगै चाउरिसके उसका सबै चाहना अनि रहरहरू तर किन देखिँदैनन् त्यो ऐनामा चम्किला ताराहरू ? सधैँ सुनाउँछ ऊ, आफ्नै कथा, आफ्नै व्यथा मात्र न छोराछोरी आउँछन् न नातिनातिना नै न आउँछन् कुनै बसन्तमा झैँ स्वास्नीमान्छेहरू अचेल कोहीपनि आउँदैनन् एउटा चाउरिएको बूढोको दुःखको झोला बोक्न बस् ! एक्लै एक्लै कहिलेकाहीँ त ऊ गुनगुनाउँछ पनि “कति बोक्नु यो दुःखको झोला ?“ बरू मिल्काइदिऊँ ! जस्तो पनि गर्छ एक अगाँलो यादलाई सुमसुम्याउँछ पनि एक तमासले रुन्छ पनि त्यो बूढो मान्छे पागल झैँ बरबराउँछ कहिले कल्पिन्छ खोलेर दुःखको पोको छटपटी स्वास्नी मान्छेहरूलाई दिन्छ पिडा छोरा छोरीलाई दिन्छ खुसी लुकाएर दिन्छ नातिनातिनालाई र बग्छ आफू नदी भएर कहिल्यै किनारमा नअल्झिने गरेर । प्रचण्ड गौतम #झोला #दुःखी सरकार: जनता र राष्ट्रको अभिभावक हो सरकार समृद्धि र विकासको आधार बन्नुपर्छ भ्रष्ट्रचारमा होइन चर्याइरहेको कोरोनामा मलम बन्नुपर्छ । स्वास्थ्य सामाग्रीको खरिदमा घोटला गर्दै बिरोधीप्रति आक्रोश पोख्ने होइन बिरोधबाट गल्तीको पाठ सिक्दै जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ । कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई कानुन अनुसार कारवाही गर्नुपर्छ बिरामीहरूलाई घर फर्काउने होइन उनीहरूको बिरामलाई निको पार्नुपर्छ । कोरोनाले विश्व हल्लाइ रहेको बेला कोरोनाको रोगीहरू ट्रेस गर्नुपर्छ रोगीहरूको अपहेलना होइन नेपाल सरकार उनीहरूको बाँच्ने आधार बन्नुपर्छ । #सरकार नेपाली साहित्यमा संस्कृत साहित्यको प्रभाव: नेपाली साहित्यमा संस्कृत साहित्यको सर्वत्र प्रभाव पाइन्छ। वास्तवमा नेपाली साहित्यले आदिबीज नै संस्कृत वाङ्\u200cमयबाट प्राप्त गरेको हो। नेपाली भाषाको स्रोत नै संस्कृत भाषा भएको वा लौकिक संस्कृतबाट हाँगा फाटेर नेपाली भाषा भएको र आधुनिक नेपाली भाषाको शब्द भण्डारमा संस्कृत मूलको तत्सम र तदभव शब्दहरूको प्रचुरता रहेबाट यी दुई भाषा- साहित्यमाझको अन्तर सम्बन्ध र निकटता प्रस्ट हुन्छ। नेपाली साहित्यको सुरूवात संस्कृत वाङमयका विभिन्न पद्य-गद्यमूलक रचना वा कृतिको अनुवादबाट भएको हो। नेपाली साहित्यको सबै विधामा, यसको दर्शन-सिद्धान्तमा, लोकसाहित्यमा, कोश-व्याकरणमा, भक्ति साहित्यमा, अनुवाद साहित्यमा र यसको तीनवटै साहित्य कालमा संस्कृत साहित्यको व्यापक प्रभाव पाइन्छ। हाम्रो धार्मिक आस्था र मान्यता सबै वेद-वेदादि, पुराण, श्रीमदभागवतगीता, रामायण, महाभारत जस्ता प्राचीन संस्कृत वाङमयका ग्रन्थहरू सम्बन्धित रहेको छ। त्यसैले नेपाली साहित्यको जुन निकटता संस्कृत साहित्यसित छ, त्यतिको निकटता अन्य भाषा साहित्यसित अवश्य छैन। नेपाली साहित्यको पृष्ठभूमि पूर्णतः संस्कृत साहित्यबाट प्रभाव-प्रेरित छ। नेपाली साहित्यको पृष्ठभूमि पूर्णतः संस्कृत वाङमयका विभिन्न ग्रन्थहरूको पूर्ण वा सारानुवादमा केन्द्रित रहेको देखिन्छ। प्राथमिक र माध्यमिककालीन नेपाली साहित्य पर्याप्त मात्रामा र आधुनिक नेपाली साहित्य आङ्शिक रूपमा संस्कृत साहित्यबाट प्रभाव -प्रेरित देखिन्छ। आधुनिक कालमा नेपाली साहित्यमा संस्कृत साहित्यको प्रत्यक्ष प्रभाव नपाइए तापनि संस्कृत वाङमयका जीवन्त पात्र- पात्राहरूलाई मिथक र प्रतीकका रूपमा भने प्रशस्त मात्रामा प्रस्तुत गरिएको पाइन्छ। नेपाली भाषामा यथाप्राप्त प्राचीनतम ग्रन्थ भास्वती-को नेपाली अनुवादलाई मानिन्छ, त्यसलाई कुनै अज्ञात व्यक्तिले सन् 1343 मा संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेको अन्वेषक जग्दीशचन्द्र रेग्मीले बताएका छन्। यसरी नै बेनामीको स्वास्थानी व्रतकथा सन् 1610 र बेनामीकै खण्डखाद्य (सन् 1601) संस्कृतबाट नेपाली भाषामा अनूदित प्राचीन नेपाली वाङमय मानिन्छ, जसले नेपाली साहित्यको पृष्ठभूमि निर्माण गर्न महत्त्वपूर्ण सहयोग गरेको छ। नेपाली साहित्यको विभिन्न विधामा संस्कृत साहित्यको प्रभाव प्रशस्तै पाइन्छ। जस्तै- 1. नेपाली पद्य साहित्य वा कवितामा संस्कृत साहित्यको प्रभाव नेपाली पद्य वा कविता साहित्यमा संस्कृत साहित्यको प्रत्यक्ष वा परोक्ष प्रभाव पाइन्छ। नेपाली भक्तिसाहित्यअन्तर्गत कृष्ण भक्ति धारामा वसन्त शर्माको कृण्णचरित्र होस् वा विद्यारण्य केशरीको गोपिकास्तुति वा वीरशाली पन्तको सरस प्रेमावती होस् सबै कृति संस्कृतको बृहत् काव्य श्रीमद्भागवतगीताका विभिन्न स्कन्धबाट नेपालीमा अनुवाद भएको हो। यसरी नै सुब्बा होमनाथ केदारनाथको महाभारत विराट पर्व, कृष्णप्रसाद रेग्मीको देवी भागवत, मोतीराम भट्टको गजेन्द्रमोक्ष र प्रह्लाद भक्ति कथा, शम्भुप्रसाद ढुंगेलको महाभारत केही पर्वको अनुवाद, शिखरनाथको बृहत् कृष्ण चरित्र, चिरञ्जीवी पौडेलको श्रीमद्भागवत अनुवाद संस्कृतबाट नेपालीमा अनुवाद भएका कृष्णभक्ति धाराका उल्लेखनीय कृतिहरू हुन्। यसरी नै रामभक्ति धाराअन्तर्गत भानुभक्त आचार्यको आध्यात्म रामायण, रघुनाथ भट्टको सुन्दरकाण्ड रामायण र परवर्तीकालीन होमनाथ खतिवडाको नृसिंहचरित्र, कृष्णप्रसाद रेग्मीको सत्यहरिश्चन्द्र लगायत रमाकान्त बरालको अनुदित रामायण, भोजराज भट्टराईको आनन्द रामायण, हेम वल्लभको आग्नेधुर रामायण, होमनाथ, केदारनाथ र शिखरनाथको रामाश्वमेध रामायण पनि राम भक्तिधाराका महत्त्वपूर्ण कृति मानिन्छन् भने आधुनिककालमा आएर लक्ष्मीप्रसाद देवकोटाका शाकुन्तल महाकाव्य होस् वा रावण जटायु युद्ध खण्डकाव्य वा तुलसीबहादुर छेत्रीको कर्णकुन्ती वा जगदीश शमशेर ऱाणाको नरसिंह अवतार सबै कृतिको आदिस्रोत संस्कृत साहित्य नै हो। 2.नेपाली गद्याख्यानमा संस्कृत साहित्यको प्रभाव नेपाली गद्याख्यान लेखन परम्परा पनि पूर्ण रूपले संस्कृत साहित्यबाट प्रभावित छ। संस्कृतका रामायण, महाभारत पुराण लगायतका ग्रन्थहरूको अनूदित वा रूपान्तरित रूप नै नेपाली गद्याख्यानको आधारभूमि हो। भानुदत्तका हितोपदेशको मित्रलाभ (सन् 1776) र दशकुमार चरित(सन् 1818), विजयानन्दका महाभारत आदिपर्व र शल्यपर्व (सन् 1829), सिंहवीर नायकको लङ्काकाण्ड (सन् 1831), राजा दैवज्ञ उपेन्द्रध्वजको रामायण लङ्काकाण्ड (सन् 1855), पदमदास भक्तको वायुपुराण केदारकल्प (सन् 1878) जस्ता कृतिहरू संस्कृतबाट सोझै नेपालीमा अनुवाद भएका गद्याख्यानहरू हुन् भने आधुनिककालमा आएर कृष्ण धरावासीको ‘राधा’ जस्तो उपन्यास पनि संस्कृत साहित्यकै मिथकीकरण हो। 3.नेपाली नाटकमा संस्कृत साहित्यको प्रभाव नेपाली साहित्यमा नाटक लेखनको प्रारम्भ संस्कृत नाटकहरूको अनुवादबाट भएको हो। शक्तिबल्भव अर्यालले आफैँले संस्कृतमा लेखेर नेपालीमा अनुवाद गरेको हास्यकदम्ब (सन् 1798) नाटक नेपाली साहित्यको प्रथम लेख्य नाटक मानिन्छ । यसरी नै भवानीदत्त पाण्डेद्वारा अनूदित विशाखादत्तको मुद्राराक्षस (सन् 1835), मोतीराम भट्टले संस्कृतबाट नेपालीमा अनुवाद गरेका शाकुन्तल (सन् 1886), प्रियदर्शिका (सन् 1890), पद्मावती, रत्नावली साथै कालिदासको अभिज्ञान शाकुन्तललाई पहलमान स्वाँर, लेखनाथ पौड्याल, शम्भुप्रसाद ढुङ्गेल, चक्रपाणि चालिसे, भवभूतिको उत्तरराम चरितमलाई कालिदास पराजुलीले, भासको स्वप्नवासवदत्तलाई अर्जुन शम्शेरले विभिन्न समयमा संस्कृतबाट नेपालीमा अनुवाद गरेका छन् भने आधुनिक कालमा आएर लेखिएको बालकृण्ण समका प्रह्लाद, ध्रुवजस्ता नाटकहरूको आधारभूमि पनि संस्कृत साहित्य नै हो। 4.नेपाली समालोचना साहित्यमा संस्कृत साहित्यको प्रभाव नेपाली साहित्यका अन्य विधामा जस्तै नेपाली समालोचनाको क्षेत्रमा पनि संस्कृत साहित्यको प्रशस्त प्रभाव पाइन्छ। संस्कृत साहित्यशास्त्रका रीतिवाद,अलङ्कारवाद, ध्वनिवाद, रस सिद्धान्तजस्ता सिद्धान्त र महाकाव्य खण्डकाव्य चप्पुकाव्य लगायतका सिद्धान्त प्रशस्त मात्रामा नेपाली समालोचनामा प्रयोग भएको पाइन्छ। नेपाली समालोचक डिल्लीराम तिम्सिनाले राजशेखरको काव्यमीमांसा (सन् 1973), कोमलप्रसाद अधिकारीले कविराज विश्वनाथको साहित्यदर्पणलाई गोविन्दराज भट्टराईले भरतमुनिको नाट्यशास्त्रलाई नेपालीमा अनुवाद गरेको पाइन्छ भने केशवप्रसाद उपाध्यायको साहित्यप्रकाश घटराज भट्टराईको संस्कृतका अमर साहित्यकार चुडामणि खनालको संस्कृत साहित्यको परम्परा जस्ता कृतिहरू नेपाली समालोचना साहित्यका अमूल्य ग्रन्थहरू हुन्, जो संस्कृत साहित्यशास्त्रसित सम्बन्धित छन्। 5.नेपाली साहित्यमा संस्कृत दर्शनको प्रभाव नेपाली साहित्यका विभिन्न विधामा प्राचीन कालदेखि नै संस्कृतको दर्शनको प्रभाव पाइन्छ । पूर्वीय अर्थात् संस्कृतका दर्शनिकहरूहरूले प्रशस्त मात्रामा आस्तिक दर्शनहरू मूलतः सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनले ईश्वर, आत्मा, जगत्, मन, जीवन, इहलोक, परलोक, कर्म, सृष्टि, स्थिति, लयजस्ता अनेक विषयमा सूक्ष्म चिन्तन गरेका छन् । यी दर्शनले चिन्तन गरेका विषयलाई नेपाली साहित्यका प्राथमिककालीन स्रष्टादेखि हालसम्मका धेरै सर्जकले कुनै न कुनै रूपमा आफ्ना रचनामा समेटेको पाइन्छ। नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्धजस्ता सबैजसो विधामा पूर्वीय अर्थात् संस्कृतको दर्शनको प्रभाव र छाप परेको देखिन्छ ।आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत अनेक स्रष्टाका कृतिहरूमा पूर्वीय अर्थात् संस्कृतको दार्शनिक चिन्तन पाइन्छ। यसरी नेपाली साहित्यका प्रायशः विधामा संस्कृत साहित्यको प्रभाव पाइन्छ भने नेपाली साहित्यका त्रिरत्न लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण समको लेखनमा संस्कृत साहित्यको प्रशस्त प्रभाव पाइन्छ। यसरी नै शक्तिबल्लभ अर्याल, सुन्दरानन्द बाँडा, रामभद्र पाध्य, कुलचन्द्र कोइराला, कोमलप्रसाद अधिकारी, चक्रपाणि चालिसे, खेमराज केशवशरण, कालिदास पराजुली, हरिनाथ ढुङ्गेल, वासुदेव शर्मा लुइँटेल जस्ता साहित्यकारहरूले संस्कृत र नेपाली साहित्यमा समानन्तर रूपमा कलम चलाएर संस्कृत र नेपाली साहित्यको निकटता र घनिष्टतालाई पुस्टि गरेका छन्। (डा. पुष्पा शर्मा सिक्किम विश्व विद्यालयको नेपाली विभाग प्रमुख हुनुहुन्छ ।) #डा. पुष्पा शर्मा #सिक्किम युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा: माता पिता चरणमा शीर यो झुकाई विद्वान्हरू जति सबैसँग माझ आई। पाऊँ भनेर कविता सहजै रचाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।१ घोटी सदा कलम ती कविता कसीमा बित्दै गए समय सिद्धि लिई असीम नेपाल-कानन-विहङ्गम-ऋद्धिलाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।२ बा सिद्धिका स्मरणमा कलमै चलाई मा सिद्धिका चरणमा कविता चढाई शब्दानली सुमन आज सबै फुलाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।३ #दिनेश पाण्डेय #नुवाकोट #सिद्धिचरण श्रेष्ठ यादहरूले: कहिलेकाहीँ सताउँछन् अतित भित्रका यादहरूले पिउन नपाउँदै मताउँछन् अतित भित्रका यादहरूले जब भरिन लाग्छन् मनमा लागेका घाउहरू तब मुटुका व्यथा तताउँछन् अतित भित्रका यादहरूले समयसँगै तिमीले दिएको चोट निको भए तापनि मनको दाग बताउँछन् अतित भित्रका यादहरूले मनको कोठा बन्द गरी सोचिहेर्दा कहिलेकाहीँ विश्वासघात जताउँछन् अतित भित्रका यादहरूले (रीत थाइल्याण्डमा स्थापना भएको साहित्यिक पत्रिका ‘कलिला कलम’की सम्पादक हुन्।) #थाइल्याण्ड #थाइल्यान्ड #रीत निराैला स्वाभिमान: तिमीसँग हात पसारेर मागेको भात न त मेरा पुर्खाले खाए न त म खान्छु तिम्रो जस्तो गुलाम भएर पाउने जात न मेरो राज्यले पायो न म स्वीकार्छु ! मैले मेरै श्रमका पसिना पोख्दै पसिनासँग भात साटेकी हुँ मेरो नागरिकता र स्वाभिमान साटेकी हैन म न चिनियाँ हुँ , न भारतीय म स्वतन्त्र देश नेपाल कि छोरी आफ्नो अस्मिताको प्रश्न उठिरहँदा अग्निमा हामफालेर परिचय दिलाउन सक्ने माता सीताकी भदैनी हुँ ! केवल तिम्रा बजारमा खड्किएको अभावमा नेपाली सीप, क्षमता, निडर र निस्फिक्री पस्किएकी हुँ छातीमा चन्द्र सूर्यको सान अनि शिरमा सगरमाथा र गौतम बुद्द बोकेर भारतीय श्रम बजारमा उदाए आफ्नो कलाकारिताद्दारा तिम्रा मन जितेँ ! यो नठान मैले राष्ट्रभक्ति बेचेकी हुँ मेरो करियर रहोस् या नरहोस् मलाई भारतीयले पत्याउन् नपत्याउन् मेरो नेपाललाई मेरो खाँचो पर्यो भने सम्झ पहिलो पंक्तिमा म र मजस्तै राष्ट्र प्रेम उभिनेछौँ र तिम्रा गोलीका खोका मेरै मुटुनेर छरिने छन् अनि मेरो मुहार हेर किन्तु विचलित हैन हाँसेर सुनकोशीको पानी पिउँदै हराउनेछु तिम्रा सिनेमाको पर्दामा मैले आफ्नो अस्तित्व बेचेकी छैन धन सम्पती लोभ लालचमा निर्लज्ज स्वार्थहरू बिक्लान् गर्भमै नेपालको पानी पिउनेहरू बिक्दैनन् बरू मर्न अघिल्लो मोर्चामा गोलबन्द हुन्छन् । मलाई राम्ररी थाहा छ मेरा हजुरबुवाले तिम्रा कुरा मानेका भए आठ वर्ष जेल जाने थिएनन् न त सत्ताबाट अपदस्थ नै हुने थिए तिम्रो नेपाली क्याबिनेटको बैठकमा उपस्तिथिती पाउने माग मेरा बाजेले ठाडै अस्वीकार गरेका थिए म त्यही बाजेको नातिनी हुँ जसलाई तिमीले काखमा लिएर गलामा सेथ्र्याै ! त्यसैले मेरो इतिहास खोज खुलेआम बोलिरहेको छ मेरो पृष्ठभूमि कदापि हिम्मत नगर म सजिलै किनिने र बेचिने बजारको तरकारी हैन स्वाभिमानी नेपाली हुँं नेपाल आमाकी छोरी हुँ म मेरो देशको निम्ती बिना वर्दीको सिपाही हुँ आवश्यक परे मेरो रगत त्यहीँ बग्नेछ जहाँ मेरा अग्रजले बगाए । #स्वाभिमान रातो कथा: कथा एकादेशबाट सुरु हुन्छ कि कथाकारको मस्तिष्कबाट, मनबाट कि कलमको नीवबाट ? छेउको भत्केको जिन्दगीबाट कि ‘ऊ’माथिको घरबाट ? जहाँबाट सुरु भएको होस्, कथा त कथा नै हुन्छ । कथालाई व्यथा मान्नु हजुरको भूल । कथालाई व्यथा देख्नु झनै ठूलो भूल । कथा त कथा नै हुन्छ । मलाई कथा मन पर्छ नकि व्यथा । उसो त व्यथा भन्दा दुखाइ बुझ्नुहोला, आँसु बुझ्नुहोला ! हजुरको बुझाइलाई गलत भनिहाल्न पनि सक्दिनँ । र, मेरो बुझाइलाई पनि हजुर गलत नबुझिदिनुहोला । मेरो मस्तिष्कमा हजारौं कथा छन् । प्रेमका, बिछोडका, हाँसोका, आँसुका । संघर्षका, सजिलोका, मुस्किलका । यद्यपि, सबै कथा भनिन्न/लेखिन्न रहेछ । हजुरलाई रातो कथा सुनाउँछु । रातो क्रान्तिको प्रतीक, खतराको चिन्ह, रातो प्रेमको चिन्ह (?) । भर्खर लेखिएको प्रेमको चिन्हनेर प्रश्नवाचक चिन्ह राखिदिऊँ । म रातोबाट सुरु भएँ । त्यहीँबाट सुरु भयो यो कथा पनि । त्यसो त यो कथा म सुरु हुनुअघिबाट सुरु भएको हुनुपर्छ । जस्तो कि मेरा आमाबाको प्रेम । बाले रातो फूल दिएर आमालाई प्रेमको लागि मनाउनुभयो । यहाँ पनि प्रश्नवाचक चिन्ह (?) राखिदिऊँ । जे भए पनि मेरी आमा-बाको जिन्दगीमा आउनुभयो । र म आएँ आमाको गर्भाशय हुँदै रातो दुनियाँमा । म आउँदा आमाको योनिबाट ह्वाल्ल रगत बग्यो । त्यो रातो । आमाको रगत जति त होइन, तर रातो थिएँ म पनि । व्यथा खप्दा खप्दा नीलो भएकी आमाको अनुहार पनि त म जन्मिएपछि रातो देखिएको थियो ! बाको कथा पनि रातो नै छ । आमाको गर्भाशयमा मलाई छोडेर गएका मेरा बाको जिन्दगी रातोसँगै सकियो । उहाँले मलाई रातो रूपमा देख्न पाउनुभएन । आमाको रातो लागेको लुङ्गी–पेटीकोट धुन पाउनु भएन । अनि लाज र खुसीले रात्तिएको आमाको अनुहार हेरेर मुस्कुराउन पाउनुभएन । आमाले पनि रातो मलाई बाको हातमा राखिदिन पाउनुभएन । क्रान्तिको रातो टीका निधारमा लगाएर गएका मेरा बा म जन्मिएकै बेला विजयको रातो झण्डा ओढेर फर्किनुभएको भए आमाले उहाँको काखमा मलाई राखिदिनुहुन्थ्यो । बाको काखमा पनि आमाको सुत्केरी रगत रातो भएर टाँसिने थियो । मलाई च्वाँक्क म्वाइ खाँदा बाको ओठमा पनि रातो लाग्ने थियो । कसले भन्छ योनिबाट बग्ने रातो अपवित्र हुन्छ भनेर ? अपवित्र भए मेरा बाले आमाको रगत लागेको मलाई चुम्नु हुने थिएन । रातोका यस्तै थुप्रै संयोगबीच जन्मिएँ/हुर्किएँ तर रातो बुझ्न थालेको दिनदेखि नै किन आमालाई रातो रूपमा देख्न पाइनँ । बैंशका कल्कलाउँदा रहर मारेर सेतो–नीलो लुगामा किन छोपिनु पर्\u200dयो उहाँ ? गालाको रातोपन किन खुइलिदै गयो ? भकुल्ले केटोको जिन्दगीले रातो गुलाबी रङ ग्रहण गर्दैगर्दा आमाको जिन्दगी किन कालो हुँदै गयो ? आमाले रहरका राता सपना देख्नुभएन ? या देखेर पनि बताउनुभएन ? रङसित आमाको प्रेम किन भएन ? प्रश्नको अग्ला पहाडहरू ठड्याएर किन हुर्कनु पर्\u200dयो मैले ? रङ्गहीन आमाको जिन्दगीमा रङ्गीन मान्छेले किन कुल्चिइरहे ? कुन रातो किताब पढेका मान्छेले पढायो, सेता वस्त्रधारी आमाहरू कमजोर हुन्छन् भनेर ? कुन कमजोर तन्तुले आमालाई सिकायो, सिउँदोमा, शरीरमा, हातमा रातो नहुने मान्छेको जिन्दगी अपूर्ण हुन्छ भनेर ? अनुत्तरित प्रश्नसँगै बाँच्न सजिलो थिएन । प्रश्नमा यति गहिरिएँ कि प्रश्न नै उत्तर हो भन्ने न कसैले बुझाए, न मैले नै बुझेँ । गाँजेमाँजे प्रश्नका गुजुल्टाहरू फुकाउन सजिलो नहुँदो रहेछ । यता फुकायो उता जेलिन्छ, उता फुकायो यता जेलिन्छ । कतै फुकाउन नसकिने गाँठो पर्छ । यस्ता प्रश्नहरूको हल खोजूँ त कोसित ? आमासित ? जो आफैँ कमजोर देखिनुहुन्थ्यो । या नफर्किने बाटो गएका बासित ? या राता मान्छेहरूसित ? आमा भन्नुहुन्थ्यो, मलाई रातो सुहाउँछ । रातो टोपी, रातो सर्ट, रातै जुत्ता अनि रातै पाइन्ट किनिदिनुहुन्थ्यो । सायद रातो रङ आमाको पनि मन पर्ने रङ थियो । उसो त मन परेका चिजहरू आफैँसित राख्न नपाइँदो रहेछ । आमालाई बा साह्रै मनपर्\u200dथ्यो रे ! आफूसित सधैँका लागि राख्न पाउनुभएन । आफूसित भएको रातो लुङ्गी, रातै ब्लाउज अनि रातो चुरा पनि घरमुन्तिरको खोल्सामा लगेर जलाउनुपर्\u200dयो रे ! तर बाको रातो–सेतो मिसिएको कोठे पाइन्ट भने आमाले आफूसितै राख्नुभयो । सन्जयले तेरी आमा नराम्री छ भन्थ्यो । मलाई पनि सन्जयको आमा राम्री लाग्दैनथ्यो । सन्जयकी आमा चुरा लगाउँथिन् । सिउँदोमा रातो सिन्दुर, रातै लिपिस्टिक, रातै लुङ्गी–ब्लाउज लगाउँथिन् । गाउँलेले पनि सन्जयकी आमालाई राम्री भन्थे । मलाई विद्रोह गरेर भन्न मन लाग्थ्यो– “गाउँभरिमा मेरी आमा जत्तिको राम्रो कोही पनि छैन । तिमीहरू जस–जसलाई राम्रो भनिरहेछौ, तिनीहरू यसकारण राम्रो देखिन्छन् कि, क्रिम पाउडर र राम्रा लुगा लगाउँछन् । तिनीहरूले काम गर्नुपर्दैन । लोग्नेले ल्याइदिएको नयाँ लुगा, राम्रो पोषिलो खानेकुरा खाएर दिनभरि सुत्छन् । मेरी आमाजस्तो घामपानी नभनी मेहनत गर्न परेको भए तिनको अनुहारमा कालो दाग बस्ने थियो । तिनको लोग्नेले चिन्न इन्कार गर्ने थिए । लुगा पनि धुलोमैलो हुने थियो । छिमेकीले छिःछिः भनेर घृणा गर्ने थिए । आफन्तले फोहरी गरीब भनेर हेला गर्ने थिए । तिनीहरूले पनि काम र पैसा माग्न भनेर धनी मान्छेहरूको घरघरमा पुग्नुपर्\u200dथ्यो । छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता गर्दागर्दै अनुहारको छाला चाउरिने थिए । मान्छेहरूले राम्रो देख्ने भनेको भरिलो यौवन, मेकअपले चिल्लो भएको अनुहार त रहेछ ! यौवन त मेरी आमासित पनि थियो । तर उहाँले सम्हाल्न सक्नुभएन या सम्हाल्न चाहनुभएन ? विशेषगरि महिलाहरू आमालाई आँखा फुट्न रुचाउदैनथे । मेरो बुझाइमा पुरुष साथमा नहुनु आमालाई गर्ने हेलाको कारण थियो । आमाको कमजोरी पनि पुरुषसाथ नहुनु नै थियो । उहाँलाई मेरो पीर लाग्थ्यो । कमाएर खुवाउने बा छैनन् । यसो गर्नुपर्\u200dयो र उसो गर्नुपर्\u200dयो भनेर सिकाउने बा छैन । घरको नेतृत्व गर्न सक्ने पुरुष छैन । पुरुषबिना आइमाईहरू कमजोर हुन्छन् रे ! आमा मलाई कमजोर लाग्दैनथ्यो । मान्छेका वचन हाँसीहाँसी पचाउने, भोक र अभावसित मुस्कानका साथ जुध्न सक्ने मान्छे कसरी कमजोर हुनसक्छ ? कमजोर त ती हुन् जो साहाराबिना बाँच्न सक्दैनन् । आफैँ अन्नका दाना फलाउन सक्दैनन्, न त कमाउन नै सक्छन् । तर के आमालाई आफू बलियो छु जस्तो लाग्थ्यो ? अहँ, लाग्दैनथ्यो । आममान्छेसित आमाको सोच पनि मिल्थ्यो । उहाँलाई बाबिना अपुरो छु भन्ने लाग्थ्यो । घँचेढ्दै र चिप्लिदै हुर्किएको फुच्चेसित ‘पुरुषबिना’ शब्दको अर्थ बुझ्न सक्ने विस्तृत दिमाग थिएन । मेरो बुझाइमा त बा नहुनुको अर्थ घरमा पैसा नहुनु, भने जस्तो लुगाफाटो र खानेकुरा नहुनु थियो । आमा पनि, “तेरो बा भाको भा मिठो खान्थिस्, राम्रो लाउथिस्” भनिरहनुहुन्थ्यो । मानौं, लुगाकपडा र खानेकुरा त बाले मात्रै ल्याउनुहुन्छ । आमाले पनि त काममा जाँदा अरूले दिएको खाने कुरा च्यापेर ल्याइदिनुहुन्थ्यो । दालचामल किनेर उब्रिएको पैसाले दोकानका खाने कुरा ल्याइदिनुहुन्थ्यो । आफूले फाटेको लुगा लगाए पनि मलाई नयाँ लुगा ल्याइदिनुहुन्थ्यो । सन्जयको बाले ल्याइदिएको लुगा पनि मेरै जस्तो हुन्थ्यो । उसले खाने कुरा पनि मेरै जस्तो हुन्थ्यो । त उसको बा र मेरी आमाबीच कस्तो फरक ? यस्ता तमाम प्रश्नको उत्तर खोज्ने क्रममा म बुझ्थेँ, सन्जयको लुगा मेराभन्दा महङ्गा हुन्छन् । खाने कुरा पनि हरेक छाकमा फरक फरक स्वादका हुन्छन् । मेरो बा हुनुभएको भए म पनि सन्जय जस्तै हुन्थेँ । अल्लारे उमेर छँदै गाउँलेले मलाई घरको जिम्मेवारी उठाउने सल्लाह दिए । जस्तो कि, गाउँको पूजामा घरको नेतृत्व गरेर जानू, घरको व्यवहार सम्हाल्नू, आमालाई भान्छामा राखेर कमाउन जानू, बिहेभतेरमा म आफैँ जानू । तर आमा त आमा हुनुहुन्थ्यो । पढाइ छुटाएर यी सबै काममा भुलिबस्न दिनुभएन । उहाँ सम्झाउँदै भन्नुहुन्थ्यो– “तँ खुरुखुरु स्कूल जा । पढिनस् भने तँ पनि तेरो बा र म जस्तै हुन्छस् ।” सन्जयको बा त सन्जयलाई आफूजस्तै बनाउन चाहन्थे तर मेरी आमालाई भने छोरालाई आफूजस्तै बनाउने रहर किन नलागेको होला ? या बाजस्तै बनाउन किन नचाहनुभएको होला ? मलाई पढ्न भन्दा अरूको मेलापात गर्न, आफूले सकेको काम गर्न सजिलो लाग्थ्यो । काम गरेपछि पैसा पाइन्छ, पैसा आएपछि घरमा खाने कुरा आउँछ । पेटभरि खाने कुरा खाएपछि साह्रै राम्रो नीद पर्छ । बिहान उठ्दा पनि जिउमा थकान हुँदैन । फेरि उठेर खुरुखुरु काममा जान सकिन्छ । यति सामान्य कुरा खै आमाले बुझेको ? मेरो सोचको बाटो एकदमै सोझो थियो । जिन्दगीको उद्देश्य भनेको कमाउनु, खानु र निदाउनुबाहेक अरू केही हुनै सक्दैन । अनि आमा मेरा लागि बाँच्नुपर्छ, म आमाका लागि बाँच्नुपर्छ । एकदम सामान्य । वल्लाघरे काका, पल्लाघरे झ्याबै बाँचून् वा मरून्, पेटभरि खाऊन् या भोकै निदाऊन, यी सबै मेरो सोचको विषयभित्र पर्दैनन् । किन ? किनको जवाफ पनि सामान्य नै थियो । जसको जवाफ जो कोही जान्दथे । जिद्दी आमाले स्कूल छुटाउन कहिल्यै दिनुभएन । अतः गाउँलेको मलाई घरमुलीको रुपमा देख्ने रहर पूरा हुन पाएन । त्यतिन्जेल सन्जय र मबीचको फरक पनि बुझिसकेको थिएँ । ऊबेला आमाले बुझाइदिनु भएको थियो, बा नभएर मैले प्रशस्त खान र महङ्गा लुगा लगाउन पाइन । तर आमाले बुझाइदिनु भएको सत्य पूरै सत्य होइन रहेछ । हामी गरीब भएको बा नभएर हैन रहेछ । सन्जयहरू धनी भएका सन्जयको बा ज्यूँदो भएर होइन रहेछ । ती धनी कहलिएका बाजेबराज्यूको अचल सम्पत्ति भएकोले रहेछ । नत्र सन्जयको बाले कमाउने जति त मेरी आमाले पनि कमाउनु हुन्थ्यो । ठीक छ, सन्जयको बाको जति सजिलो, इज्जतिलो काम थिएन होला । तर कमाइ त कमाइ हो नि ! बुझेँ, हात पाखुरा बजाउनु र कमाउनुबाहेक जिन्दगीको अर्को लक्ष्य नहुँदो रहेछ । मेरो जिन्दगीको लक्ष्य पनि कमाउनु, कमाउनु र कमाउनु मात्रै थियो । मान्छेले काम दिऊन् र पैसा दिऊन्, यति भए सकिइहाल्यो । थाक्न मनाही छ । थाक्यो भने भरे कसौंडीमा चामल कसले हालिदिने ? अल्छी बन्यो भने पेट कसले भरिदिने ? मान्छे रक्सी पो सित्तैमा खुवाउछन्, भात त खुवाउन्नन् । मैले कमाउन सुरु गरे ताकै हो, आमालाई भनेँ– अब हजुर घरमा बस्नूस् । अमिलो भएर आमाले भन्नुभयो– त्यसो भए घर पनि सम्हाल्न सक्छस् होला । जवाफमा भनेँ– सक्छु नि, किन सक्दिनँ ? आमाले मुस्कुराउदै भन्नुभयो– घर सम्हाल्ने भनेको भाततिहुन जुटाउन मात्रै हैन । त्यसो भनेको तीन महिनापछि आमा पोइला जानुभयो । गाउँले अचम्म परे । म भने अचम्म पर्न भ्याइनँ । कस्तो प्रतिक्रिया जनाउने भन्ने सोच्न पनि भ्याइनँ । हप्तादिनसम्म ढोका थुनेर रोइरहेँ । आमा मेरा लागि, म आमाका लागि बाहेक तेस्रो व्यक्तिका लागि हाम्रो जिन्दगीमा अनुमति थिएन । त आमाबाट के भयो ? गाउँलेले कानेखुसी गरे । छिमेकीले औंला भाँचेर आमा र आमाको नयाँ दुलाहाको उमेर हिसाब पनि गरे । मेरी आमाको नयाँ दुलाहाको मरेकी श्रीमतीको उमेर पनि निकाले । मेरा बाको त झन् भन्नै परेन । मैले पनि पहिलोपटक मेरी आमाको उमेर थाहा पाएँ । चालीस वर्ष, हो चालीस वर्ष । आमाको उमेर थाहा पाएपछि छिमेकका आइमाइहरूलाई हेरेँ, जसको उमेर पनि चालीसकै सेरोफेरोमा थियो । ती चिल्ला थिए, राम्रा पनि थिए । मैले पहिलोपटक ती आइमाइहरूलाई आमाभन्दा राम्री देखेँ । ती आफू जत्रै छोराछोरीलाई पकाउँथे, खुवाउँथे । लुगा पनि धोइदिन्थे । लोग्नेलाई पनि पकाएर खुवाइवरी काममा पठाउँथे । आठौं दिनको दिन सन्जयले भन्यो– बुढेसकालमा तेरो आमालाई बैंश आएछ । त्यो उमेरमा पनि किन पोइ चाहिएको होला ? सन्जयको बाले थपे– छोराछोरीले ब्याहा गर्ने बेलामा कोहीकोही मान्छेलाई किन पोइला जान परेको होला ? थुप्रै महिनासम्म मान्छेका यस्तै प्रश्न सुनिरहेँ । तिनले जवाफ मसित मागेका थिएनन् त किन प्रश्न मसित गर्थे ? झण्डै छ महिनापछि आमा भेट्न आउनुभयो । पहिलेभन्दा उज्यालो देखिनुभएको थियो । आमाको दुलाहाले भने– तातो पानी तताउने मान्छे चाहियो भनेर ब्याहा गरेको बाबु । तँ आमासित नरिसा है ! गज्जब बूढा ! चौवालीस वर्षको उमेरमा तिनलाई पानी तताउने मान्छे चाहियो । भावानात्मक साहराका लागि तिनले आमालाई बिहे गरेका होइनन् । तातोपानी तताउन र मैलो लुगा धुनमात्रै बिहे गरेका हुन् । मेरी आमाको मूल्य भनेको त्यति नै रहेछ । तर आमालाई ती बूढाका लुगा धुन, तातोपानी तताउन आपत्ति छैन । कुन मोहले आमा ती बूढातिर तानिनुभयो ? शारीरिक आकर्षण मात्रै बूढातिर तानिनुको कारण पक्कै होइन । उहाँहरूबीच प्रेम पनि त थिएन ! त त्यस्तो कुनचाहिँ कारण थियो, आमा त्यो बूढासित बिहे गर्न राजी हुनुभयो ? हामीबीच कहाँनेर कस्तो दरार थियो, र त्यो राँडो बूढाले प्रवेश गर्ने मौका पाए ? या आमा आफैँले बाटो बनाएर राँडो बूढासम्म पुग्नुभयो ? आमाले मेरो टाउको मुसार्नुभयो । अनि बिस्तारै छातीमा टाँस्नुभयो । मलाई आमाको काखमा टाउको राखेर खुब रुन मन लागेको थियो । तर मन लाग्नु र आँखाबाट आँसु आउनु अलग कुरा रहेछ । आँसु आएन । आमाको आँखामा पनि आँसु आएन । आमासँग भनेँ– यो बूढोको लागि हजुरले मलाई छोड्नुभयो । आमाले बिस्तारै ढाडमा हान्नुभयो । उहाँलाई आफ्नो लोग्नेको बारेमा कुरा गरेको मन परेन । त्यो बूढो पनि आमाकै छेउमा बसेर खाउँलाझैँ मलाई हेरिरहेको थियो । आमा पटाहाबाट उठेर आँगनको छेउमा जानुभयो । उहाँले आँगन छेउमा रोपी छोड्नुभएको पतेना, फूलका बोट जम्मै पानी, मल र गोडमेल नपाएर सुकिसकेको थियो । उहाँले ती सुकिसकेका बोटहरूलाई हेरिरहनुभयो तर मलाई भने फर्केर हेर्नुभएन । म पनि त आमाको माया र साथ नपाएर कस्तरी सुकिसकेको थिएँ । साँझबिहान “खा खा” भनी करकर गरिरहने आमा नभएपछि आफैँलाई घुर्\u200dक्याउँदै भोकै हिँडेको महिनौँ भैसकेको थियो । भरिलो ज्यान खिस्रिक्क भएको आमाले किन याद गर्नुभएन ? आमाले उदास आँखाले मतिर हेर्नुभयो तर उहाँको सिउँदोको सिन्दुर, शरीरको रातो चोलो अनि रातै लुङ्गी भने उदास थिएनन् । ती सिरसिर बताससँगै हल्लिइरहेका थिए । आँखाको थोरै उदासिनतालाई नकार्ने हो भने उहाँको अनुहार पनि त पहिलेभन्दा चिल्लो भएछ । सुकिसकेका बोट हेर्दै आमाभित्र जानुभयो । आमाको पछि लागेँ म । उहाँ सिधै आँटीमा जानुभयो । अनि ध्वाँसो लागेको मधुस निकालेर बाको रातो–सेतो मिसिएको पाइन्ट निकालेर मुसार्नुभयो । त्यो पनि त आमाको निधारजस्तै मुजैमुजा परिसकेको थियो । बाको त्यो पुरानो पाइन्ट दिँदै आमाले भन्नुभयो– खोल्सातिर लगेर फाल्दे केटा । मान्छेको हाड त गलिसक्यो । यो थोत्रो पाइन्ट आफूसित राखेर घाउ बल्झाउँदै बसेर के हुन्छ ? बाको पाइन्ट मेरै हातमा छोडेर उहाँ ओर्लनुभयो, अनि जान्छु पनि नभनी आफ्नो लोग्नेको अघि लागेर जानुभयो । मलाई साह्रै नमज्जा लाग्यो । आँगनमा उभिएर हुरुर्र.. चलेको बतासले उडाइल्याएको पातपतिङ्गगर र धुलो खाँदै बसिरहेँ । एक मन त लाग्यो बतासकै तालमा आमालाई उछिन्न जाऊँ, अनि आमा र आमाको लोग्नेलाई बाटो रोकेर भनूँ– जाम्, मसितै बसम् । हजुर दुईजनाको लागि तातोपानी पनि मै तताउँछु । चामल र नूनतेलको जोहो पनि मैँ गर्छु । ढाड दुखेको बेला तातो तेल पनि मैँ लगाइदिन्छु तर हजुरहरू मसित बस्नुपर्छ । मलाई आमाको नराम्रो आदत छ । यत्रो जिन्दगी कसरी आमाबिना गुजारूँला ? तर मनले भन्यो– यत्रो महिना आमाको खबर लिईबिना बाँचिस् । अब केको आमाबिना कसरी बाँचुँला भन्दैछस् ! बतास चलिरह्यो । बतासले पातपतिङ्गर र धुलोमात्र उडाएन, गोठको छानो पनि उडाए छ । आमा पोइला हिँडेपछि रित्तिएको गोठको छानो बतासले उडाउँदा साह्रै नरमाइलो लाग्यो । त्यो रित्तो गोठ र ममा के फरक छ ? त्यसको पनि छानो उडाएको छ, मेरो पनि जिन्दगीको छानो सधैँका लागि हावाले उडाएर लगेको छ । छानोबिनाका गोठ, घर र जिन्दगीको अस्तित्व नहुँदो रहेछ हगि ? रामपुर, पाल्पा #पाल्पा #स्वप्निल नीरव माया: आजकाल माया भुवाजस्तै उडी जाने भो झूटो आँसु नौटंकी नै जिती लाने भो नजिक हुने धोकेबाज उसलाई प्यारो भो टाडा बहने अमृत पनि सराप हुने भो ।। आजकाल माया भुवाजस्तै उडी जाने भो साँचो आँसु मूल्य खोज्दै सुकी जाने भो झूटो आँसु जिती सबै प्राण लाने भो आजकाल माया भुवा जस्तै उडी जाने भो झूटो आँसु नौटंकी नै जिती लाने भो ।। खरानी भै खोला बगर माया जल्ने भो माया माया भन्दा भन्दै सास जाने भो धोकेबाज नौटंकी ले खुसि लाने भो आजकाल माया खरानी भै उडी जाने भो सत्य सदै आँसुले पखाली लाने भो झूटो आँसु नौटंकी नै जिती जाने भो आजकाल माया भुवा जस्तै उडी जाने भो ।। #दिलीप अधिकारी #माया कन्फ्यूज हुनुपर्छ कोरोना: केही दिन यता मेरो चाल चलन देखेर कन्फ्यूज भएको हुनुपर्छ कोरोना भाइरस पनि ! बूढी माउँ पकाउँछिन् जोत्ने दाइले झैँ म स्याम्म बजाउँछु एक थाल भात महँगो तरकारी आलु जत्तिको पनि अडिलो नहुने भन्नका लागि मासु भनिने बोइलर कुखुराका झाम्टाहरू ! सिन्की सकियो मस्यौरा सकियो झान झुन पार्दा सबै सकियो । म भात बहादुर कोरोना बहादुरसँग तर्सिएँ काम धाम छोडेर थन्किएका बेला घर पहिले पहिले मोहीसँग लफन्नाएको आटो मकैको रोटी सम्झिँदै कोदो, फापर जस्तै देखिने पिठोको रोटी बुढी माउँ जे जे दिन्छिन् घैँटे पेटमा सिन्की खाँदे जस्तै खाँदी रहेको छु म आजकल काम नगरी खान कहाँ पाइन्छ भन्थे मान्छेहरू ! इस् गर्छु काम ! बुढी माउँ किचनमा पकाउँछिन् म स्याम्म खान्छु जब भरिन्छ घैँटे पेट बिस्तारामा जान्छु किनकि बसेर टिभी हेर्न मिल्दैन अनि, बिस्तारामा कहिले उत्तानो परेर कहिले घोप्टी परेर कहिले कोखे परेर फोन बाटै हेर्छु टेलिभिजनहरू बिना पैसा सित्तैमा कजिन्छु जुकेरबर्गको फेसबुकमा गुगलको युट्युब रोला जस्तो गर्छ मलाई आइजन भनेर अनि म त्यता पनि जान्छु समाजसेवी भावना छ मेरो म कसैसँग ज्याला मजदुरी लिन्न उनीहरूका लागि काम गर्छु बूढी माउँ फेरि चिया नास्ता लिएर आउंछिन म मीठा मुखले बजाउँछु बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ उठ खाऊ बस सुत मेरो दिन चर्या यस्तै भएको छ आजकल ! बरू यस पटकको अनुभवले लाग्यो काम गर्न नखोज्ने काम चोरहरू बसी बसी खान खोज्ने ठगहरू काममा जान भन्दा मरे झैँ गर्नेहरू बिचरा तिनीहरूलाई कति गाह्रो हुँदो हो सधै घरमै बस्न फिल्म र सिरियलहरू हेर्दै समय कटाउन ! मलाई ति बिचराहरू देखी दया लाग्न थालेको छ अहिले तिनको बन्दी जीवन सम्झेर रुन मन लागेको छ अहिले ! केही दिन यता मेरो चाल चलन देखेर कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि ! यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ? शायद यसै भन्दै होला कोरोना यमराज ! धूलो धुँवा फोहोर उकालो ओरालो घाँस दाउरा पानी पँधेरो खेत बारी सबै सबै पचाइसकेको म मनुवा उसले चिनेछ क्यारे लिन आउने हिम्मत गरेको छैन म कति ज्याद्रो छु उसले बुझे जस्तो छ त्यसैले हिम्मत गरेको छैन मलाई लिन आउने ! आयो भने मैले पनि जानेको छु त्यसलाई पचाउन ! आइजन न मात्रै निसास्सिएर मर्छस् बाबु तँ म सँग तँ भन्दा पनि म खतरा छु ! ज्याद्रो छु गाई गोठमा जन्मिएको हुँ सक्दैनस् बाबु सक्दैनस् तैँले फुर्ती गर्दै नगर ! मेरो भर पर्दै नपर ! ढाँट्या भए मरिजाम ! #कन्फ्यूज हुनुपर्छ कोरोना पनि ! #रामप्रसाद खनाल आँसु झर्छ कि आगो: म र मेरो छिमेकीे एक अभिन्न मित्र जस्तो नहुनु पनि कसरी ? गाह्रोमा सम्झिन्छौं नजिककै छिमेकी पर्दामर्दामा गुहार्छौं नजिककै छिमेकी । सँगसँगै बसेपछि कहिले भूलबस सिमाना यताउत ाभएको विषयलाई लिएर कहिले अन्जानमा नानीहरू बीच भएको झगडाको विषयलाई लिएर कहिले गाईबस्तुहरू फुत्केर साँधको बाली खाएको विषयलाई लिएर छिमेकीहरू बीच ठाकठुक पर्नु सामान्य हो । तर यतिबेला नियत खराब राखेर मेरा तल्लाघरे छिमेकीले किन छाड्दैछ छाडा साँडेहरू मेरो बँगैचामा र निमोट्दैछ कलिला फूलहरू किन लाउँदैछ वक्रदृष्टि ममाथि र चिर्थोदैछ मेरा सुस्ता र महेशपुर । हो एक असल छिमेकीको नाताले मैले कयौं पटक उसका सुख्खा खेतकागह्राहरू सिंचाइ दिएकै हँु मेरा हिमनदीहरूले कयौं पटक उसका घरका चूलो नबले पछि प्रोमिथसले झैं चोरेर दिएकै हँु आगो कयौं पटक उसका घरमा अशान्तीे मडारिँदा उडाइदिएकै हो एक जोडी सेतो परेवा र बालिदिएकै हुँ शान्तिदीप । तर कस्तो बैगुनी ! मेरा गुनहरू जति बिर्सेर मेरो इमान्दारितालाई कमजोरी ठानेर नङग्रयाउँदैछ रे मेरो आँगन कालापानीलाई । थाहा हुनुपर्ने हो उसलाई अथवा थाहा नहुनपनि सक्छ जतिबेला ऊ बबुरो थियो वा जन्मिएकै थिएन १८१६मा नै मेरा हजुरबाले यो घरको चारसुर उसका शासक ब्राडसालाई साक्षी राखेर बाँधेको हो र त उभिएका छन् मेरा घरका सिमानाहरूमा जङ्गे पिलरहरू म सोध्न चाहान्छु तिमीलाई तिम्रो काश्मिर दुख्दा, तिमी दुख्छौ कि दुख्दैनौ ? तिम्रो घर लुटिँदा, तिम्रो हातमा फूल हुन्छ कि तरबार ? तिम्री आमा बलात्कृत हुँदा, तिम्रो आँखाबाट आँसु झर्छ कि आगो ? खबरदार ! मलाई पनि उत्तिकै प्यारो छ मेरो माटो मेरो स्वाधिनता र मेरो मातृभूमि । #आँसु झर्छ कि आगो #विक्रमकाङ्भा 'नथिया' फेम सरस्वतीको आज जन्मदिन: चर्चित उपन्यास ‘नथिया’की लेखक सरस्वती प्रतीक्षाको आज जन्मदिन हो । कविता लेखनबाट लेखन कार्य शुरूवात गरेकी प्रतीक्षाका तीन कविता संग्रह प्रकाशित छन् । यद्यपि प्रश्नहरू, विम्बहरूको कथाग्रह र बागी सारंगी उनका प्रकाशित कविता संग्रह हुन् । नथिया उनको पहिलो उपन्यास हो । दुई वर्षअघि प्रकाशित उनको यो उपन्यास प्रकाशित भएलगत्तै विवादमा परेको थियो । वादी समूहमाथि लेखिएको यो उपन्यासमा उनीहरूको इतिहास बंग्याइएको आरोप लगाउँदै प्रतिबन्ध लगाउन माग गरेका थिए । सर्वोच्च अदालतले भने उपन्यासका केही शब्दहरूलाई सच्याउन आदेश दिएको थियो । उनको सो उपन्यासले पहिचान पुरस्कार प्राप्त गरेको थियो । केही समयअघि उनका पूर्व पतिसँग पारपाचुके उत्सव मनाएको भन्दै मिडियामा आलोचना भए पनि उनको यस कार्यलाई धेरैले सराहनासमेत गरेका थिए । पत्रपत्रिकामा बेवाक् स्तम्भकारको परिचय बनाएकी उनी एक छोराकी आमा पनि हुन् । साहित्यकार प्रतीक्षालाई साहित्यपोस्ट जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछ । तल उनको प्रख्यात कविताः कविता : किरिया बसेकी स्वास्नीमान्छे सरस्वती प्रतीक्षा लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत साबित हुन सक्छन् ! तपाईं पत्याउनुस्, नपत्याउनुस् ! भर्खरै भेटेर आएकी हुँ मैले उनलाई उनको नयाँ अवतारसँग ठोक्किनु संसारको आठौँ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरुमा हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखे ! वर्षौंदेखि लेउ लागेर बसेको मौनता छायाँ र प्रतिछायाँका पूर्जाहरुमा मात्र उल्लेखित आफ्नो अस्तित्व किरिया बसेकी स्वास्नीमान्छेको अनुहारले भन्दै थियो– फुल्नु नफुलेछु, यत्तिका वर्ष केवल काँस भएर फुलेछु त्यही काँस पनि अन्त फुले त हुन्थ्यो केवल अचानो र अचानोका निःस्वासहरुमा फुलेछु ! बाचुन्जेल सँगसँगै हिँड्थे उनीहरु र हामी सोच्थ्यौं– आहा, कति मिलेको चखेवा–चखेवीको जोडी ! त्यतिबेला सोचेनौँ– लोग्ने किन सधैं दाहिने, स्वास्नी देब्रे हिँड्थी ? लोग्नेले हाँसोको स्टक नै रित्याएपछि स्वास्नी किन रहलपहल कच्याककुचुक परेको हाँसो हाँस्थी ? सोचेनौं त्यो छत थियो वा थियो कुनै वधशालाको अर्केस्टा? फालेर ओढ्दै गरेको बकम्फुसे छाता किन मन फुकाएर रुझिन ऊ कुनै झरीमा र भन्न सकिन– ‘ओ, झरी ! तँलाई जस्तै मलाई पनि अराजक हुन मन लाग्छ !’ सोचेनौँ शयन कक्षका भित्ताहरुलाई छेडेर किन उनका गीतहरुले मितेरी गाँस्नै पाएनन्– उड्दै गरेका चरा र बग्दै गरेका नदीहरुसँग ! सिमोन द बुआलाई सपनामा देख्नु केट मिलेट र नोरालाई पनि सपनामा मात्र भेट्नु योगमाया पनि टुप्लुक्क कहिल्यै आइपुगिनन् उनको आँगनमा ‘घोचिरहने दुम्सीका काँडाहरुलाई दुम्सीका काँडाहरु होइन शिवलिंग भन्दै पुज्नु पर्छ’ भनेर सिकाइन् उनकी आमाले अलिकति त्यही सिकाइले रोक्यो चिमोटिरहने जिन्दगीलाई ‘साला जिन्दगी’ भन्दै मनपरी गाली गर्न पनि संस्कारले रोक्यो कहिलेकाहीँ सेतो लुगा लगाउनु पनि रंगीन सपना देख्नलाई दिइएको अनुमति–पत्र जस्तै हुँदो रहेछ समयले उनलाई प्रथमपटक आफ्नो जिन्दगीको चेकबुक आफ्नै हातमा थमाएको थियो बिर्सेर यतिञ्जेरको सकस र सहिद जिन्दगी ५१ वर्षको उमेरमा उनी १५ वर्षे किशोरी जस्तै लागिन् मलाई अधिकांश सेतै फुलेको कपाल चाउरिएको छाला/बाथरोग/सुगर र ब्लड प्रेसर यी सबका बाबजुद काफ्काकी ग्रेगरी किराबाट भर्खरै मान्छेमा रुपान्तरण भएकी थिई पहिलोपटक ऊ आँफैले ज्वालामुखीमा डरलाग्दो हरफ लेखी– ‘मन्दिर मन्दिर नभएर पाइखाना हुन सक्छ सिंदुरको धर्का सिंदुरको धर्का नभएर स्वास्नीमान्छेको रगताम्य छादको लर्कन हुन सक्छ !’ के तपाईं पनि किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जादै हुनुहुन्छ ? पर्खनु होस्, अनुमानको अलि फरक ग्राफ बोकेर जानुस् ! लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत साबित हुन सक्छन् ! #जन्मदिन #सरस्वती प्रतीक्षा ‘झरेको पात’: एउटा शान्त आँधी: लक्ष्मीपूजाको दिन छ । दैलेखी भूगोलको एउटा भिरमा घाँस काट्न जाँदा एक महिला सुत्केरी हुन्छिन् । आफू र आफ्नो वंश प्रतिनिधि ठानिएको पुरुष बच्चालाई सर्वशक्तिमान शासकको रूपमा स्थापित गराई आफ्नै विपरीत लिङ्गी सन्तानलाई नोकरसरह व्यवहार गर्ने पुरुषवादी एकात्मक चिन्तनको कुरूप सामाजिक परिवेशबिच ती महिलाले वनमै छोरी जन्माउँछिन् । शिकारीहरूले भेटेर उद्धार गरी घर पुर्\u200dयाइदिन्छन् । घर खान्दानी छ । सुत्केरीको राम्रै स्याहारसहित बच्चाको न्वारान गरिन्छ । नाम राखिन्छ– पार्वती । थर त मल्ल हुँदै हो । यिनै पार्वती मल्ल म पात्र भई कथा वाचन गर्दछिन् । उनै हुन् यस उपन्यासकी मुख्य पात्र । उपन्यास खण्ड खण्डमा विभाजित छ । प्रत्येक खण्ड शीर्षकयुक्त छन् । पहिलो खण्डको शीर्षक छ– ‘शीतको थोपा’ । यस खण्डमा पार्वती मल्लको जन्म खान्दानी परिवारमा भए पनि पितृसत्ताको विभेदमा आफ्नै घरका छोरीहरूसमेत पर्ने दृष्टान्त देखाइएको छ । समयको मागअनुसार पार्वतीलाई विद्यालय जानबाट रोकिँदैन । उनी विद्यालय जान्छिन् । जाँच आउँछ, दिन्छिन् । अर्काको दैलो पोत्ने जात हो, जेसुकै गरोस् भन्ने मनोविज्ञानमा बाँचेको परिवार छ । नतिजा आउने दिन पार्वतीको कोही अभिभावक विद्यालय जाँदैनन् । एक्लै नतिजा पर्खिरहेकी पार्वती प्रथम भएर पुरस्कार ग्रहण गर्छिन् । घर फर्कंदा साथीहरू अभिभावकसहित देखेर पार्वती रुन्छिन् । उपन्यासकार यो आँसुलाई शीतको थोपासँग तुलना गर्छन् । ‘बालवीर काकाको आँसु’ शीर्षकको दोश्रो खण्डमा धेरै मृत्युका घटनाहरू छन् । मानवीय त्रुटिका कारण हुने मृत्युहरू । शिकार खेल्न जाँदा शिकारीको बन्दुकले आफ्नै साथी ढल्छ । बिषालु जङ्गली च्याउ खाँदा परिवारै मर्छन् । छाउगोठमा महिलाको मृत्यु हुन्छ । यी सब मृत्युहरूले पाठकलाई दुखाउँछन् नै । तर त्योभन्दा बढी दुखाउँछ, रिन तिर्न नसकेपछि भएभरको जायजेथा सामन्तलाई जिम्मा लगाई गाउँ छोडेर हिँड्ने कथित दलित पात्र बालवीरको बहिर्गमनले । मृतकको शोकमा हैन, जीवितको उद्धारमा जीवनको ऊर्जा लगाउनु मानवको धर्म हो भन्ने सन्देश यहाँ छ । अर्को खण्ड हो– ‘अनौठो संसार’ । यस खण्डमा आइपुग्दा पार्वती ठुली भैसक्छिन् । एसएलसी दिइसकेपछि नतिजा नआउँदाको समय यहाँ छ । गाई चराउँदै जङ्गल र खोलातिर बित्दछन् दिनहरू । एकदिन, पार्वतीहरू खोलामा पौडी खेल्दै हुन्छन् । त्यसै बेला सबैका गाईवस्तु असाधारण तरिकाले दौडेर मान्छेनजिक आउँछन् । तर पार्वतीको लैनो गाई आउँदैन । त्यसलाई बाघले आक्रमण गरेर मारेको भेटिन्छ । मृत गाईको थुन गानिएर दुध झर्ला जस्तो देखिन्छ । पार्वती घर गएर बाच्छासित रुन्छिन् । यसबाट लेखकको भावुकता र प्राणीप्रतिको समदृष्टि अनुमान गर्न सकिन्छ । स्वाभाविक हो, यो उमेरमा प्रेम हुन्छ । यहाँ पार्वती सुवास भन्ने केटाको प्रेममा पर्छिन् । उनको साथी चन्द्रा दिपकसँगको प्रेममा पर्छिन् । कसैलाई बिनाकाम भेटिरहन मन लाग्छ भने त्यो प्रेम हो र प्रेममा परेको बेला अनेक बहानामा प्रेमी–प्रेमिका भेटिरहन्छन् । यहाँ पनि पार्वती, सुवास, चन्द्रा र दिपकहरू भेट्दैनन् मात्रै, रातै पनि बिताउँछन् । यो त भयो उमेरदारीले गर्ने स्वाभाविक प्रेमको चित्रण । यसभन्दा फरक प्रेम पनि छ यहाँ । गाउँमा एक जना कोढी छन् । उनको घर छैन, कटेरामा बस्छन् । एकदिन बिहान सबेरै, पार्वतीहरू पानी लिन जाँदा कोढीको कटेरामा अनौठो दृश्य देख्छन् । ‘माथि बज्यै’ भनिएकी (सायद माथि घर भएकी) बृद्धा कोढीलाई अँगालोमा बेरेर रुँदै हुन्छिन् । नातिनातिनासमेत भएकी बज्यैले कोढीलाई त्यसरी अँगालो हालेर रोएको देखाउनु प्रेमको अनन्ततामाथि लेखकको न्याय हो भन्न सकिन्छ । एकदिन कोढीको मृत्यु हुन्छ । कटेरानजिकै चिहान खनेर शव गाडिन्छ । केही समयपछि चिहानमा पीपलको बिरुवा देखिन्छ । पीपल तिनै बज्यैले रोपेको अनुमान गर्न घोत्लिनै पर्दैन । नवप्रेमीहरूलाई हामी पनि बुढा हुन्छौँ र त्यति बेला अहिले गरेको प्रेम बिर्सिंदैन (नदेखाउनु अलग कुरा) भन्ने सन्देश दिन प्रेमको यो सन्दर्भ सफल त छ नै, एक लेखकका हैसियतमा (मलाई) सकारात्मक ईष्र्यासमेत पैदा गर्दछ । अर्को खण्डको शीर्षक छ ‘जलमै हराए जलराशिका फोकाहरू’ । पार्वतीका हजुरबा गाउँका एक सामन्त हुन् । विभेदजन्य व्यबहारको असली कार्यान्वयन उनैले गराउँथे । गरिब निमुखाको बास उठाउन अप्ठेरो मान्दैनथे । घरमा छोराको जातलाई बेहद स्वतन्त्रता दिने र छोरीमाथि विभेद गर्ने काम पनि उनकै थियो । यसबाट पुल्पुलिएको पार्वतीको दाइ साइँदुवा भएर निस्केको थियो । एकदिन गाउँको मेलामा एक जनाको हात छिनाएपछि बेपत्ता भयो । चिना, जोखना अनेक हेराउँदा पनि कहीँ पत्ता लागेन । यसबिच हजुरबा बिते । व्यबहार बाको काँधमा आयो । बाको स्वभाव हजुरबाको झैँ सामन्ती थिएन । पार्वतीलाई माग्न कुटुम्ब आउँदा बेपत्ता छोरो फर्केर आउला, त्यतिन्जेलसम्म पठाउन मन छैन भनिदिए । जुन कुरा पार्वतीको इच्छाअनुकूल मात्र थिएन, प्रेममाथिको न्याय पनि थियो । एसएलसीको नतिजा आयो । पार्वती फेल भइन् । सुवास पास मात्र भएन, थप उच्च शिक्षा लिन गाउँ छोडेर सुर्खेत हिँड्यो । ऊसँगको बिछोडमा तड्पिरहेकी पार्वतीको मनमा त्यति बेला खुसी छायो, जति बेला बर्षौं बेपत्ता भएको दाइ फर्केर आइपुग्यो । पार्वती मात्र हैन बाआमा र गाउँघर नै खुसी बनाउँदै आइपुगेको पार्वतीको दाइले खुसीलाई धेरै दिन टिक्न भने दिएन । जाँडरक्सी, जुवातास र रन्डीबाजीको कुलतमा फसेर फर्केको उसले गाउँमा पनि त्यही व्यवहार गर्दा परिवारको खुसी पानीको फोका झैँ पानीमै बिलाएको प्रसङ्गसँगै बच्चालाई पुल्पुल्याउँदाको भयङ्कर नतिजा एकदमै स्वाभाविक ढङ्गले प्रस्तुत छ यहाँ । अर्को शीर्षक छ– ‘मृगतृष्णा’ । यस खण्डमा पार्वतीको दाइले जुवा खेलेर आमाको सुनधरी सिध्याउँछ । सम्झाउँदा बालाई पिट्छ । बाआमाको मन हो, सुधार्नै प्रयास गर्छन् । सुध्रिने आसमा बिहे गरिदिन्छन् । सुध्रिनु त परै, बुहारीकै बेहाल बनाइदिन्छ । उनी दुब्लाएर दयालाग्दो बन्छिन् । दशा त्यत्तिमै सकिँदैन । अर्काको स्वास्नी भगाएर ल्याउँछ । बाआमाले जारी तिरिदिनुपर्छ । जारी ल्याएको श्रीमतीको हालत पनि जेठीकै जस्तो बनाइदिन्छ । ‘अँधेरी रात र विरही धुन’ शीर्षकको खण्डमा पार्वतीकी साथी चन्द्रा (दिपकसँग प्रेम गर्थी) लाई अभिभावकको गोप्य स्वीकृतिमा कुटुम्बले लतार्छन् । अनिच्छित नै भए पनि उनको बिहे हुन्छ । जसको परिणाम दिपकको हृदयघात भई मृत्यु हुन्छ । यता पार्वतीलाई बाबुसरहको फुपाजु माग्न आउँछन् । पार्वती बुवासमानको मान्छेलाई बाबुकै आदर गर्छु, अब एक शब्द पनि कुरा अघि बढ्यो भने मर्छु भन्छिन् । दुुष्ट दाइले पैसा लिएर वचन दिएको हुन्छ । बहिनीको व्यवहारले रिसाउँछ । ऊ पार्वतीलाई पिट्न थाल्छ । छुट्याउन जाँदा बुवाको हातै भाँचिदिन्छ । काम्रो बाँधेकै अवस्थामा पार्वती, बुवा र आमाले घर छोड्छन् । ‘गाउँको सम्झना’ शीर्षकमा अर्को खण्ड छ । यसमा घर (दैलेख) बाट हिँडेका पार्वतीहरू सुर्खेत पुगेर मीतबाको घरमा बस्न थाल्छन् । क्याम्पस पढ्न सुर्खेत नै गएको सुवाससँग अनेक असजिलोबिच पार्वतीको भेट हुन्छ । त्यतिन्जेल देशमा जनयुद्धले बृहत् रूप लिइसकेको हुन्छ । पार्वतीका आफ्नाहरू भटाभट युद्धमा होमिन्छन् । प्रेमी सुवास र साथी चन्द्रा छापामार बनेर भूमिगत बन्छन् । चन्द्रा त नाबालक छोरा नै छोडेर हिँड्छे । ‘कथित जनयुद्ध, चन्द्रा र मेरो जीवन’ शीर्षकको अर्को खण्डमा पार्वतीलाई भेट्न चन्द्रा आउँछे । उनीहरूको भेटमा पाठक पनि भावुक बन्न बाध्य भइन्छ । यहाँ पार्वतीले बोलेको एउटा संवाद छ– ‘चन्द्रा ! म अघि मरेँ भने मेरा बाआमा तेरा जिम्मा । बाँचेँ भने तेरो सन्तान मेरो जिम्मा ।’ शालीन शैलीमा साथीलाई मरे पनि छोराको पिर नगर् भन्ने आशयको संवाद हो यो । तर मृत्यु कसैको सापेक्षतामा हुँदैन । अनपेक्षित रूपमा पार्वतीको बुवाको मृत्यु हुन्छ । चन्द्रा भने राज्य पक्षबाट पक्राउ पर्छे । ‘रुन जन्मिएकी म’ शीर्षकको अर्को खण्डमा पार्वतीको दाइको असामयिक मृत्यु हुन्छ । आमा र पार्वती घर फर्किन्छन् । घरमा आमाको पनि मृत्यु हुन्छ । पार्वती भदैनीसँग बस्न थाल्छिन् । त्यो पनि एकदिन पोइला जान्छे । जताततैबाट एक्लिएकी पार्वती फेरि गाउँ छोड्छिन् । ‘फूलमती, आशाको दियो र दुःखको उत्खनन्’ शीर्षकको अर्को खण्डमा राजापुरको परिवेश छ । त्यहाँ दिदीभिनाजुको घरमा बस्ने क्रममा फुलमती नामकी थरुनीसँग पार्वतीको मित्रता हुन्छ । फुलमती औपचारिक शिक्षा नलिएकी तर बौद्धिक कुरा गर्छे । पाठकलाई यो अस्वाभाविक लाग्न सक्छ । संयोग त के भैदिन्छ भने जनयुद्धमा हिँडेको सुवास यही गाउँमा आएर बसेको हुन्छ । फुलमतीकै घरबाट बेपत्ता भएको हुन्छ । फुलमतीसँगै सम्बन्ध बनाएको आरोपमा पार्टीले कारबाही गर्दा ऊ भागेको सन्दर्भ उल्लेख छ । थारु जातिको सामाजिक र मनोवैज्ञानिक स्थितिको चित्रण गर्दै जनयुद्ध, मधेस आन्दोलन र कैलाली घटनाको सन्दर्भलाई ऐतिहासिक दस्ताबेजका रूपमा रहने गरी आख्यानको भाषामा लोभलाग्दो गरी प्रस्तुत गरिएको यस खण्डमा सुर्खेतबाट छुटेपछिको चन्द्राको कथा पुरा गर्न लेखकले फरक प्रयोग गरेको देखिन्छ । धामीलाई हेराएर चन्द्राको आत्मा बोलाइन्छ । आत्माले आफू मरिसकेको र बच्चाको ख्याल गरिदिन आग्रह गर्छ । जुन प्रयोग आकर्षक देखिए पनि अदृश्य शक्तिमाथिको विश्वास स्वाभाविक लाग्दैन । ‘दुःख र पापको भरिया’ शीर्षकको अर्को खण्डमा भिनाजुका भाइहरू भट्टीमा बसेर पार्वतीको कुरा काट्छन् । ‘माल’ भन्दै अपमान बोल्छन् । पार्वतीले सुन्छिन् । असह्य पीडा हुन्छ । त्यहाँ बस्न मनै लाग्दैन । पार्वती गाउँ फर्किन्छिन् । गाउँमा पनि स्वास्नीले छोडेकाहरूले आँखा लाउँछन् । विकल्प नभएपछि अपमानित भएर पनि बाँच्नै पर्ने नियतिबिच एकदिन अचानक दार्जिलिङ भ्रमणको संयोग जुर्छ । पार्वती दार्जिलिङ जान्छिन् । संयोगवश सुवास त्यहाँ भेटिन्छ । तर बोलाउँदा बोल्दैन, तर्केर हिँड्छ । वेदनाले खग्रास भएर गाउँ फर्केकी पार्वती सांसारिक मायामोहबाट निवृत्त भई सन्यास ग्रहण गर्छे । तर, ध्यानमा लीन हुँदा भगवानको दर्शन हैन, सुवासको चित्र प्रकट हुन्छ । ‘मुक्ति’ शीर्षकमा उपन्यासको अन्तिम खण्ड छ । यसमा सन्यासी अवस्थामै पार्वतीले बगरमा बेवारिसे नवजात शिशु भेट्छिन् । आमा बन्ने सपनासँगै शिशुको उद्धार गर्दै गृहस्थीमा फर्किन्छिन् । टुहुराले भोग्ने गरिबीको चरम दुःख भोग्दै चन्द्राको छोरा पनि आइपुग्छ । पार्वती उसको पनि आमा बनिदिन्छिन् । छोरामा छोरा, छोरीमा छोरी भएर पनि मनभरिको तृष्णाले पार्वती आफूलाई पूर्ण ठान्न सक्दिनन् । सायद यो तृष्णा सुवासको उपस्थितिले मात्र मेटिने छ । जुन यो जुनीमा असम्भव भैसकेको छ । यहाँ कथामा ट्वीस्ट आउँछ । यो जुनीमा भेट्ने आशा मारिएको सुवास अकस्मात् गाउँ आइपुग्छ । तर रोगले ग्रस्त भएर आएको ऊ पार्वतीसँग भेट्न नपाउँदै मृत्युवरण गर्छ । पार्वती सुवासको लागि अन्तिम उपहार फूलको माला उन्छिन् । माला बोकेर रुँदै रुँदै सुवासको मृत शरीर भेट्न हिँड्दा उपन्यास सकिन्छ । यो उपन्यास प्रेमकथा मात्र हैन, प्रेमकथा पनि हो । लामै समयको कथा हो तर सानो आकारमा भन्न सक्नु प्रेमप्रकाशको क्षमता हो । सिलसिलेवार बग्ने सबै घटनाहरू घटेकै झैँ लाग्ने उपन्यासमा बिम्बहरू प्रयोग मात्र भएका छैनन्, चित्ताकर्षक पनि छन् । ‘जलमै हराए जलराशिका फोकाहरू’ शीर्षकको सन्दर्भलाई उदाहरणको रूपमा लिन सकिन्छ । यसमा उखानहरूको सान्दर्भिक प्रयोगसँगै स्थानीय जनबोलीको उच्चारण संवादहरूमा जस्ताको तस्तै आउँछन् । सम्बन्धित भूगोलका लोकलयहरू पनि पुस्तकमा समेटिएका छन् । उपन्यासको अर्को आकर्षण भाषाशैली हो । छोटा र छरिता वाक्यहरूले उपन्यासलाई झर्कोलाग्दो हुनबाट पुरै बचाएको छ । उपन्यास पढिसक्दा प्रेमप्रकाश मल्लभित्र अथाह कथाको भण्डार मात्र हैन, बेजोड लेखन शिल्प पनि देखिन्छ । यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी हुनु सबै लेखकहरूको साझा विशेषता हो भन्न हिच्किचाइरहनु पर्दैन । ‘झरेको पात’मा पनि केही कमजोरीहरू छन् । माथि नै भनियो कि उपन्यासले लामो समयको कथा भन्छ । लामो समयमा थुप्रै पात्रहरूको जन्म र मृत्यु हुनु अस्वाभाविक हैन । यहाँ केही पात्रहरूको मृत्युलाई सामान्यीकरण गरे झैँ लाग्छ । गहन भूमिकामा स्थापित गरिएका पात्रको मृत्युलाई घटनाका रूपमा नभई समाचारका रूपमा प्रस्तुत गरिएको छ । त्यसै गरी एक पात्रको अपुरो कथा पुरा गर्नको लागि धामीको कैरन ल्याउनुलाई रूढिवादमाथिको समर्थन बुझ्दा रिसाउन मिल्दैन । पुस्तकमा केही श्लोक र कविता पनि साभार छन् । जसले पुस्तकलाई आकर्षक देखाउन मद्दत गरे पनि लेखकको जाँँगरमाथि प्रश्न उठाउँदैन भन्न सकिन्न । तर यस्ता अलिअलि कमजोरी सबै लेखकका किताबमा भेटिन्छन् । अहिले डिजिटल जमाना हो । सामान्य लेख, रचना र फुटकर कवितासमेत फेसबुक, ट्वीटर र युट्युबतिर राखेर विज्ञापन गरिन्छ । यस्तो बेला प्रेमप्रकाश मल्ल ‘झरेको पात’ लिएर आएका छन् । जसले वर्तमान कर्णाली (प्रदेश) को एउटा चित्र मात्र बोकेको छैन, बिहानले दिनको संकेत गर्छ भन्ने स्थापित मानकमाथि प्रश्नसमेत उठाएको छ । आख्यान विधामा प्रेमप्रकाशको यो पहिलो कृति भएर पनि पहिलो हुनुको आलोकाँचोपन कतै भेटिँदैन । यस्तो सशक्त पुस्तक डिजिटल हल्लाहरूभन्दा पर देखिन्छ । तर जसले पढ्छ, ऊ हल्लिन्छ । तसर्थ बिनाहल्ला शान्तपूर्वक आउने आँधी जस्तै लाग्छ ‘झरेको पात’ । #प्रेमपकाश मल्ल #वियस राई #सामाजिक उपन्यास मातृभूमिकाे माया: संसारकै सबै भन्दा सुन्दर मेराे देश । आज म, सगरमाथा जस्तै अकासिएकी छु । हिमाल, पहाड र तराईमा रमाउँदै, लिम्पियाधुरा संगै, लिपुलेक र कालापानी लाई मन भित्र सजाएकी छु । मेरा हरेक नशा नशामा, महाकाली र गण्डकी बगाएकी छु । डाँफे र मुनाल संग मैले, गाढा प्रीत लगाएकी छु । म त आफ्नै पाखा पखेरिकाे, काफल र ऐसेलु खाँदै, दाेहोरी र असारे गीत गुन्गुनाउँदै, नाचिरहेकी छु । भेल बगाएर पसिनाकाे, तराईमा धानका बाला झुलाएकी छु । प्राण भन्दा प्याराे छ, मलाई मेराे देश । यहाँ मैले, मनभरि गुँरास फुलाएकी छु । हरेक दु:ख सुखलाई , त्यसै सँग भुलाएकी छु । #कालापानी #नयाँ नक्सा #लिम्पियाधुरा #सरिता पाैडेल "सरू" जीवनवादी छोक (छोटा कविता) हरू: १. शैली अक्षरहरूले यसपटक फेरि आख्यानका गह्रा र कविताका चउरहरूमा कौमार्य छरे ! २. यात्रा ताराहरूलाई सीमान्त पीडाको गर्तमा भित्र्याएर निष्ठुरी त्यो जून हिँड्यो परदेश । ३. आशा हामी वर्षौंदेखि भोकलाई मीठो व्यञ्जन मानेर आश्वासनमा हाली निरन्तर निरन्तर चपाइरहेछौं । ४. केन्द्रविन्दु काठमाडौँको नाभी धरहरा मनमा विराजमान भो अब हामी घुम्दैछौं फनफनी । ५. कवि शब्दका पाँजाबाट अक्षरका दाना झारेर फेसबुके आत्मरतिमा आजकाल अघोरै रमाउँछ – ऊ । ६. मार्ग ध्यानको राजमार्गमा वर्षौंवर्ष हराएको म स्वज्ञान पिउनका लागि । ७. यौन जति जोते पनि कहिल्यै बाँझो नमारिने अटेरी ! पर्ती खेत !! ८. प्रेम मोरीले झन्नै गाल पारी होटलको बिल तिर्ने बेलाँ धन्न पर्स रित्तो रहेनछ । ९. सन्तान आउँछन् खान्छन् रून्छन् हाँस्छन् र बाआमालाई ओल्चेर जान्छन् एकएक ओटा छुद्र वचन । १०. उत्तेजना पर्दा उघारेपछि अनायाश बिजुली चम्कियो देखेँ, ऊ सर्वाङ्ग नाङ्गै रहिछे । #छोटा कविता #पेशल आचार्य पोखरा: एक शब्दचित्र: स्याप्पै सेत्तै फुलेको बूढो माछापुच्छ्रेलाई आफ्नो मनको मझेरीमा उतारेर बसेकी, ए फेवा ! सिंगै पोखरा, के तिम्रै पेवा? …के, पोखरा भन्नु फगत् फेवा मात्र हो र? किन्चित पनि हैन म मान्ने छैन। पोखरा ! तिमी, स्वयं एक अप्सरा हौ तिमी सेतीमा स्याप्पै सुकेकी, मानौं तिम्रो छिनेको कम्मर फेवामा ह्वात्तै फुकेकी, मानौं तिम्रो विकसित नितम्ब, सारङ्गकोटमा जुरुक्क उठेकी, मानौं तिम्रा उन्नत वक्षस्थल अनि, अर्मलामा धसेकी, मानौँ तिम्रो गहिरो नाभि सुन्दरताको मानक, आकर्षक, सौम्य अनि शान्ति प्रदायक। ………….. बूढो ‘माछापुच्छ्रे’लाई देखाएर पोखरा आफ्नो ‘पतिव्रता’को राग अलाप्छे अनि, भोका भीड जवानको डुङ्गामा चढाएर, आफ्नो तरल-तन फेवामा अर्कै लीला रच्छे नखरमाउली पोखरा, उत्ताउली पोखरा । ……………… पोखरा भन्नु नै पानी अर्थात् पानीको कहानी अर्थात् जवानी-पानी-पानी। ………. म दूरदेखि आएँ- तिमीमा,आफूलाई मिलाएँ तिमी स्निग्ध वर्षा बनेर वर्षिरह्यौ, दोष सारा ‘साउन’लाई दियौ ! म बुझ्छु म राम्ररी बुझ्न सक्छु तिमी सेती बनेर जत्ति लुके पनि म,फेवामा भेट्छु तिमीलाई थाह छ मलाई, तिम्रो फेवाको पानीमा लाखौं लाहुरेका यौवना वालाहरूका बैंशालु भोक पनि बेस्कन घोलिएका छन् अनि, म समेट्न थाल्छु तिम्रा तृष्णा जीजिविषा अनि सारा जिज्ञासाहरूलाई आफ्नो बाहुपाशमा ! ………………. आऊ फेवा! आऊ बेगनास! आऊ सेती! आऊ प्यारी अप्सरा ! अर्थात् पोखरा आफ्ना छरपष्ट पोखिएका प्यास मैमा समेटेर । धनुषाधाम नगरपालिका -४,सर्सा,धनुषा #धनुषा #पोखरा #मदनकुमार अधिकारी अरबमा पनि उदाउँदै नेपाली साहित्य: सन् १९७८ देखि कूटनीतिक नियोगको स्थापना र नब्बेको दशकदेखि नै साउदी अरबमा नेपालीहरु आउने क्रम सुरु भएयता अहिले यहाँ छ लाख भन्दा बढी नेपाली रोजगारीमा रहेकामा पछिल्लो समय भने उक्त संख्या घटेर चार लाखको हाराहारीमा रहेको देखिन्छ । अन्य देशहरुमा जस्तै यहाँ रहेका नेपाली पनि साहित्यिक गतिविधिबाट अछुतो रहन सकेका छैनन् । आफ्नो कामपछिको समयमा कहीँ न कहीँ, कतै न कतै सांगठनिक रुपमा वा स्वस्फूर्त रुपमा कलम चलाएको पाइन्छ । साउदी अरबमा साहित्यको विजारोपण गर्ने सबैभन्दा पहिलो संस्था विश्व साहित्य महासंघ रहेको थियो । खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा २०१० को १४५ औं मोति जयन्तीको अवसरमा गठन भएको यस महासघंले “आँसुले जलेका मनहरु”, “क्वीज स्मारिका २०११”, “सृजनाका लहरहरु” एवं अनलाइन रेडियो कार्यक्रम र “कोसेली” पुस्तक प्रकाशन गरेको थियो । यसैगरी यस महासंघको दोस्रो कार्यकाल कमल शाही निर्मलको अध्यक्षतामा २०१३ मा गठन गरियो । उनको कार्यकालमा “मुग्लानी सौगात” त्रैमासिक पत्रिका तीन अंकसम्म प्रकाशन गरिएको थियो । त्यस्तै संस्थाका पछिल्ला कार्यकालहरुमा कृष्ण सतुर्जे, केपी पौडेल, बालकृष्ण पौडेल, विमल बजगाईं, लालबहादु थापा बगाले लगायतले केही उल्लेखनीय काम तथा कार्यक्रमहरु गरेका थिए । विश्व साहित्य महासंघले “साहित्य यात्रा” भन्ने साहित्यक रचना तथा लेखहरुले भरिएको पुस्तक तीन अंकसम्म निकालेका थिए । यसैगरी यस महासंघका उपाध्यक्ष तथा गजलकार, कथाकार लाल बहादुर बुढा ढाङ्ढुगेका “सीमापारि सीमावारि” संयुक्त गजल संग्रह, समाकालीन “रोल्पाली मुक्तकहरु”, “अमर साइनो”, “विदेशिदाको पीडाहरु” गजल संग्रह लगायतका एकल तथा संयुक्त कृतिहरु प्रकाशनमा ल्याएका थिए । यसै संस्थाका पूर्वअध्यक्ष तथा साहित्यकार बालकृष्ण पौडेलको “आकाश गंगा” उपन्यास, लालबहादुर थापा बगालेको “बगालेका गजलहरु” प्रकाशनमा आएका थिए । वैदेशिक रोजगारीमा आउने नेपालीहरुको मध्यपूर्वको बसाई कम्पनीको कामको आधारमा तय हुने हुँदा कतिपय साहित्यकार नेपाल फर्किसकेको अवस्था भएकाले यो संस्था पछिल्लो समयमा निष्कृय जस्तो देखिएको केहीको गुनासो छ । यद्यपि साउदी अरबको पूर्वीय क्षेत्र दम्माममा आफ्नो क्षेत्रीय शाखा भने खोलेको छ । यसैगरी साहित्यिक चौतारी नेपाल शाखा साउदी नेपाली भाषा र नेपाली साहित्यको संरक्षण, सम्बद्धर्न, प्रवर्द्धन गर्न सामाजिक संजालको माध्यमबाट संस्था गठन भई २०७१ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त संस्था साहित्यिक चौतारी नेपालले पनि दोस्रो शाखाको रुपमा साउदी अरबमा आफ्नो उपस्थिति जनाउँदै विभिन्न कार्यक्रम र साहित्यिक प्रकाशनहरु गर्दै आएको छ । कल्पनाको खेती गर्छौ, ज्ञानको ज्योति छछौं, साहित्यको ढुकढुकीमा शाब्दिक अन्न भछौं, साउदीका श्रष्टाहरु संगठित गरी कलमबाटै हामी आमूल परिवर्तन गर्छौं भन्ने मूल नाराका साथ यस संस्था साउदी अरबमा निक्कै सक्रिय रुपमा अगाडि बढिरहेको छ । साहित्य क्षेत्रलाई मात्र नभएर सामाजिक कार्यहरुमा उत्तिकै चासो र सहभागिता जनाउँदै आएको चौतारीमा संलग्न साहित्यकारहरु गजल लेखनमा अगाडि रहेको पाइन्छ । यस शाखाले तीन वर्षको अन्तरालमा संयुक्त गजल संग्रह “बगर” पाठकसामु दिइसकेको छ भने विश्यव्यापि खुल्ला अनलाइन गजल प्रतियोगिता, गजल महफिलजस्ता उत्कृष्ट कार्यक्रहरु गरेर स्रष्टाहरुलाई एकै ठाँउमा उभ्याउने कार्य गरेको छ । अध्यक्ष कविराज शंकर कन्चान र महासचिव घायल तिवारी घनश्यामको नेतृत्वमा शाखा साहित्यिक चौतारी साउदी अरबले विशेषतः गजल लेखनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थालाई उचाइमा पुर्याउने कार्य गर्दै आएका छन् । यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ । १९ जनवरी २०१९ का दिन नेपाली राजदूतावासको प्राङ्गणमा तत्कालीन नियोग उपप्रमुख आनन्दप्रसाद शर्माको प्रमुख अतिथ्यमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधि र साहित्यप्रेमीहरुको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको थियो । साउदी अरबमा रहेका सर्जकहरुको पहिचान, सम्मान र साहित्यको उत्थानको लागि अनेसास साउदी च्याप्टरले विभिन्न समयमा साहित्य कार्यक्रमहरु गर्दै आएको छ । साउदी अरबस्तरीय अन्तर नेपाली खुला गजल प्रतियोगिता, भानुजयन्ती, रचना वाचन “पँलेटी” शृङ्खलाजस्ता कार्यक्रमहरु गर्दै साहित्यक संरक्षण तथा श्रमिक जनचेतना अभिवृद्धि गर्दै अगाडि बढ्नु नै संस्थाको उद्देश्य रहेको संस्थाका महासचिव अरुण बेल्बासे रोज बताउँछन् । आगामी दिनहरुमा अन्य रचनात्मक कामहरु गर्ने र पुस्तकहरु प्रकाशन गर्ने कार्ययोजना भएता पनि अहिलेको परिस्थितिले सबै योजनाहरु रद्द गर्नु परेको बेल्बासे बताउँछन् । अनेसास साउदी च्यप्टरले विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै एकल र संयुक्त रुपमा सामाजिक कार्यहरुमा सक्रियरुपमा अगाडि बढिरहेका छन् । समस्यामा परेका पीडितहरुको उद्धारदेखि स्रष्टा तथा समाजका विशिष्ट व्यक्तिहरुको सम्मान गर्दै समाजमा उदाहरणीय कार्यहरु गर्न यहाँका सबै साहित्य संघसस्थाहरु अग्रपङ्तिमा रहेका छन् । #नमराज लामिछाने #साउदी अरब #साहित्य गतिविधि भीमको गजल: तिम्रो झूटो प्रेमको कहानीमा रोएँ चोट खाएँ धेरै हर बिहानीमा रोएँ ।। धिक्कारे सबैले जिन्दगी सहजै तिरष्कृत मेरो यो जवानीमा रोए ।। आँसुमा दुबेको दरौती यो मन मेरो मुटु र धड्कनको सिरानीमा रोएँ ।। ढुङ्गाको मन सँग दयाको भीख मागेँ जलाई भाव सारा शेष खरानीमा रोए ।। #खरानी मिसकल: – हेलो ! – हेलो ! – हेलो, सीता सन्चै छौ ? – अँ, सन्चै । – बाबु सन्चै छ ? बाबाको याद गर्छ ? – अँ सन्चै छ । – बाबा बाबा भन्छ ? अनि आँगनको नास्पाती फुलेको छ ? – हो, पोहोर तिमी जाँदाको सालभन्दा त ढकमक्कै छ । – मैले साडी पठाको थिएँ नि कस्तो लाग्यो ? – म यहाँ बाबुलाई दूध तताउँदै छु | सीताले प्रसङ्ग बदली । – ए…… – दूध राम्रो ल्याइदिन्छन् त । अँ राम्रो । अगेनोमा दूध तात्दै थियो । – अनि मेरा त यहाँ पोखरा, चितवन, बागलुङ, भक्तपुर, कर्णाली सबैतिरका साथी छन् । तिम्रो मात्र कमी छ । तिमी पनि एक्लै हुन्छ्यौ होला हैन? – होइन, मेरा पनि साथी छन् नि । अनि पैसा किन कम पठाको यसपालि ? – साहूले कामबाट निकालिदियो त्यही भएर अर्काे काम खोज्दाखोज्दै दुईतीन महिना यसै गयो । अब पठाउँला नि है ? बाबुलाई दूध खुवायौ ? उत्तर नदिई फोन टेबलमा राखिदिई सीताले । उता अगेनामा दूध उम्लिरहेको थियो । सानो दुई वर्षको छोरा उठेको थिएन । फोन हेलो हेलो गर्दागर्दै काटियो । फेरि आएको कल मिस भयो । उता पर्खिरहेको बिरालोलाई खुवाउन भरी गिलाँस लिएर ऊ कोठाभित्र पसी । अँध्यारो कोठाले बिरालो र मान्छे चिनेन । – जगन्नाथ पौडेल, हाल अमेरिका #मिस कल पहाडका दु:ख र सौन्दर्य: जे पर्ला भन्ने पनि मनमा आएनछ, युवराजले आज बिहान हिंडौ है एकछिन बाहिर भन्दा । अरुबेला म नै हो उसलाई रोक्ने। समय खराब चलिरहेको छ । नियमअनुसार आँगन कटेर ननिस्किनु पर्ने हो। फुत्त घरबाहिर निस्किनासाथ दोकान छन्, चिया पनि पाइने। हरेक बिहान ५:३० तिर म त्यही चिया दोकानको हल्लाले ब्युन्झिन्छु । हरेक दिन कम्तिमा १० जना छिमेकीहरु जम्मा हुन्छन् त्यहाँ । स्थानीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समाचार, गसिप हुन्छ र टोल थर्काएर हाँस्छन् । चिया पसल यस्तो ठाउँ हो जहाँ बहसका लागि कुनै विषयको पाबन्दी छैन । टोलभरिको मात्रै हैन, संसारकै घटनाको सूचना शायद यहाँबाटै प्राप्त हुन्छ । तर यहाँ महिलाहरू कहिल्यै देखिदैनन् । किनभने उनीहरूलाई घरधन्दाबाट फुर्सदै हुँदैन । आम नेपाली महिलाहरू चिया पसलको संस्कारबाट पनि हुर्किएनन् । पुरुषहरूको लागि चिया पसल संस्कार कति बलियो छ होला, अनुमान गर्नुस् । लकडाउनमा पनि उनीहरू नभेटिरहन सक्दैनन् । बाटोमा आफ्नो अगाडिबाट हिँड्ने सबैलाई घुरेर हेर्छन्, तलदेखि माथिसम्म। यो मेरालागि नौलो होइन। कोही महिलालाई पनि नौलो होइन। पहिलेपहिले स्कुलकलेजको समयमा गीत गाउने, जिब्रो पड्काउने, प्याच्च केही बोलिहाल्ने गर्थे केटाहरू । आजकल शायद त्यस्तो हुन्न । घुरेर अरुलाई अफ्ठ्यारो लागुन्जेल हेर्ने बानी चाहिँ धेरै देख्छु । बाटोमा हामी बूढाबूढी हिंडिरहेका बेला पनि घुरेर हेर्छन् मलाई मात्रै । युवराजलाई हेर्दैनन् । बाइकमा म युवराजको पछाडि बसेको बेला पनि मलाई नै हेर्छन् । जो मलाई हेर्छन्, उनीहरुको बाइकको पछडि पनि महिला बसिरहेका हुन्छन्। म युवराजलाई हेर्दै रिसाउँछु, ‘कमसेकम तिमीसँग हिंड्दा त नघुरुन् ! तिमी पनि त्यसरी नै अरुलाई अफ्ठ्यारो लागुन्जेल हेर्न त हेर्दैनौ नि ?’ हरेक मोडमा, बाटोको कुनामा, चियादोकान, रक्सी दोकान, पानपसल, बसस्टप, आलीका डिल, चौतारो, दोकानको क्यारमबोर्ड वरिपरि, साँझ, बिहान, राति, दिउँसो किन चार जना पुरुष भेला भएर बस्नु पर्छ, म बुझ्दिनँ। के हुन्छ त्यसरी बस्दा ? के आनन्द मिल्छ होला छोरा मान्छेलाई, कुनै काम बेगर नै झुरुप्प जम्मा भएर घण्टौं बस्दा ! बाटोमा हिंड्ने मानिसहरूलाई एकोहोरो घुरेर हेरिरहँदा ? मेरा लागि त्यो डर हो । उनीहरुको सामान्य दैनिकी होला, म बुझ्दिनँ तर म र मजस्ता कयौं बाटोमा हिँड्नु पर्नेका लागि भयको झुन्ड हो त्यो । कौशलटारदेखि बिरुवासम्मको ६ किलोमिटर सडकमा हिंड्नुस्, तपाईंले यस्ता दर्जनौं झुन्ड देख्नुहुन्छ । यो त एउटा उदाहरण हो । सिधा सडकबाट भित्री बाटाहरूमा छिर्नुस् । त्यस्तै देख्नुहुन्छ, देशभरि नै । आज पनि चियागफ चलिरहेको थियो, उसरी नै । एक जना बोले,‘ओलीले भनिसके भारतीय भाइरस कडा छ भनेर, डरमर्दो भो अब चैँ !’ अर्का बोले,‘हामीलाई केही हुन्न, के डराउनु भएको?’ हामी सिरुटारबाट लुभुतिर लाग्दैछौं । गहुँ भित्राउने चटारो छ त्यता। थ्रेसरबाट निस्किएको धुलो छल्न हामी मास्कलाई तानतुन गरेर मिलाउँछौँ र बाटोबाट तेर्सिन्छौँ । खेतमा, बारीमा, जताततै काम धमाधम छ। तरकारी रोप्ने, खेती उठाउने, गाईका हुल, धारामा पानी भर्नेको हुल । यस्तो लाग्छ, यो संसार तहसनहस पारिरहेको यो रोग, सरकारको लकडाउन वा बडाबडाले गरेको बन्दाबन्दी यो ठाउँका लागि होइन किनभने किसानका आफ्नै दु:ख र चटारा छन् । गाग्रीमा पानी नबोके, घाँस नकाटे, गोबर नसोरे, खेतमा काम नगरे, खाने मेलो छैन । यी सबै गतिविधि कतै दुरदराजको हैन । यही ऐतिहासिक शहर भक्तपुर र ललितपुरका किनारमा बस्ने दुखियारीहरूको हो । दुखियारी किन भने- ती किसानहरूको घर हेर्नुस्, तीनका दु:ख हेर्नुस्, तर तिनले पाउने श्रमको मूल्य भने न्यून छ । यी सबै काम गर्नेहरू प्रायः महिला छन् वा उमेर खाएका पुरुषहरू छन् । अधबैंसे र युवाहरू कि चिया पसल, कि क्यारामबोर्ड कि ब्याडमिन्टनमा छन् वा बाटमा हिंड्ने मानिसहरूलाई घुरेर बसेका छन् । युवराज पहिले नै धेरै पटक हिंडिसकेको बाटो हो यो, सिरुटारबाट पारि ललितपुरको लुभु हुँदै बिरुवा निस्किने । उसलाई सारै मन परेको रे, म पनि उसैको लहलहैमा हिंड्दैछु। हरेक टोलमा ब्याडमिन्टन कोर्ट छन् । जस्तो एउटा मेरो घरको छेउमा छ। लकडाउनको कारणले यो चलन बढेको छ । जहाँ हरेक उमेर समुहका पुरुषहरु ज्यान बनाउन लागिपरेका छन्। लाग्छ, यो पल्टको ओलम्पिकमा स्वर्णको तयारीमा छन् वा लिपुलेक पाउन भारतसँग युद्धको तयारी हो यो? हरेक कोर्टमा १०।१५ जनाको झुण्ड छ। म युवराजलाई बारबार भन्छु, ‘यो संसार केटाहरुको लागि हो, मात्र केटाहरुको लागि । घर भित्र होस् वा बाहिर।’ हरेक दिन खाना पकाउने पानीको जोहो गर्नेदेखि लुगा सफा गरिदिने, घर चिटिक्क राखिदिने छँदैछन्, आमा, दिदी, बहिनी, श्रीमती । नगरिदिए घुर्की छँदैछ । बिहान वा दिनभरि गाउँ डुलेर घर फर्कंदा घरमा सबै ठीकठाक भएकै हुन्छ । छिमेकी भाउजूले आफ्नु ‘टिनएजर’ छोरालाई घरको काम लगाएको देखेर अर्की छिमेकी दिदीले भनेको सम्झन्छु, ‘अर्काको घर जाने छोरीलाई घरको काम नसिकाएर छोरोलाई किन काम लगाउनु?’ र, ती दिदीले आफ्नो घरमा अनेकौं कामसँग लडेको युध्द सम्झन्छु । यस उपत्यकाका आम महिलाहरूको दु:ख म अनुमान लाउन सक्दिनँ । यिनै अनेकौं दृश्यहरू नियाल्दै हामीले आज बिहान १५ किलोमिटर पैदाल यात्रा तय गर्यौं । हामीले हिंडेका गाउँ र डाँडाकाँडामा बस्ने मानिसका अनेक दु:ख त छँदैछन् तर प्राकृतिक रुपमा यो क्षेत्र अझै सुन्दर छ । पुराना घरहरू, पोखरी, आधुनिक तरकारी खेती, रुख हरियाली । यो सुन्दरता शायद हामी केही क्षण घुम्न हिंडेकाहरूको लागि मात्रै हो कि ती गाउँलेहरूले पनि महसुस गर्छन् ? म बुझ्न सक्दिनँ । तस्बिरहरूः लुना भट्टराई #लुना भट्टराई #शब्द तस्बिर नगरकोटीका नौ स्टाइल: शनिबार विशेषमा आज साहित्यपोस्टले आख्यानमा फरकपन ल्याउने साहित्यकार नगरकोटीलाई प्रस्तुत गरेको छ । नगरकोटीका यी नौ तस्बिर उनको फरक खालको नौ जीवनशैलीका प्रतीक पनि हुन् । १) कुमार नगरकोटीको लवाई आम लेखकभन्दा फरक छ । उनी जिन्सको पेन्ट वा सिलाएका कपडा लगाउन रुचाउँदैनन् । कुनै बेला बोर्डिङ् स्कुलका शिक्षक कुमारले आफ्नो शिक्षण पेसा छाड्नुका विभिन्न कारणमध्ये आफूलाई मनपरेको पहिरन लगाउन नपाउनु पनि थियो । पूर्ण लेखक भएयता उनले कहिल्यै पनि औपचारिक पहिरन लगाएका छैनन् । २) उनी आफूलाई फिक्सन डिजाइनर भन्न रुचाउँछन् । उनका पुस्तकका कभरदेखि भित्री डिजाइनसम्म पनि आफ्नै निर्देशनमा बनाउन रुचाउँछन् । कथा तत्त्व मात्र होइन बाहिरी लुक पनि आफूजस्तै फरक हुनुपर्छ भन्ने उनको मान्यता छ । यही कारण उनका पुस्तकका कभरका तस्बिर पनि उनी आफैँ खोज्छन् । ३) उनी कालो रङका प्रेमी हुन् । उनका कपडा मात्र होइन, उपन्यासका कभर पनि कालै हुने गरेका छन् । त्यति मात्र होइन, उनको घरमा वा कोठामा सजिने फर्निचरका सामग्री वा उपभोग्य वस्तु पनि सकेसम्म कालै रङका हुने गरेका छन् । ४) नगरकोटीलाई उज्यालो भन्दा अँध्यारो मनपर्छ । चमकधमक शहरभन्दा भन्दा एकान्त गल्ली मनपर्छ । उनी उज्यालो हुन्जेल प्रायः धुम्धुम्ती घरमै लेखपढ गरेर बस्न मनपराउँछन् तर अँध्यारो भएपछि उनी गल्लीतिर निस्कन्छन् । ५) नगरकोटीको लेखन पनि अरु लेखकको भन्दा फरक हुन्छ । अंग्रेजीमा सर्रियल राइटिङ् शैलीमा लेखिएका उनका जति पनि कृति निस्केका छन्, ‘अक्षरगञ्ज’बाहेक सबै यही शैलीमा लेखिएको छ । ६) नेपाली नाटक लेखनमा पनि उनले फरक शैली भित्राएका छन् । उनका नाट्यकृति ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘बाथ टब’ दुवैको शैली फरक छ । उनका अन्य नाटकहरुमा पनि फरकपना देख्न सकिन्छ । कतिपय कलाकारहरुले नगरकोटीको नाटकमाथि अभिनय गर्नु ‘चुनौतीपूर्ण काम’ मान्ने गरेका छन् । ७) नगरकोटी अभिनेता पनि हुन् । उनले आफ्नै नाटक र केही चलचित्रहरुमा पनि काम गरेका छन् । ८) धेरैले उनले कुनै धार्मिक सम्प्रदायसँग नजिक भएको विश्वास गर्छन् । उनी कुनै धर्म मान्दैनन्, न त उनका पहिरन, माला र जीवनशैली कुनै धर्म सम्प्रादायसँग नै नजिक छ । ९) रमाइलो कुरा, उनी देख्दा जति अनौठा देखिन्छन्, त्यति नै सरल छन् । नगरकोटीसँग संगत गर्नेहरु भन्छन्, ‘नगरकोटी ओखर जस्ता हुन् । उनलाई पर्गेल्न सक्ने हो भने उनी जत्तिको सरल साहित्यकार विरलै होलान् ।’ #कुमार नगरकोटी #जीवनशैली गोसाइकुण्डः यात्रा एक, अनुभूति अनेक: म यात्रा रुचाउँछु किनकि यात्राका अनुभूतिले मलाई तङ्ग्र्याउँछ, उठ्न सिकाउँछ, अझ भनौं बाँच्न सिकाउँछ । असरल्ल व्यावहारिक जीवनमा एउटा लय भरिदिन्छ यात्राले । हुन त जीवन नै एउटा सुखद् यात्रा हो । जीवन यात्राले मानिसलाई धेरै कुरा सिकाएको हुन्छ । जीवनमा उकाली र ओरालीहरू आइरहन्छन् र गइरहन्छन् । एक मानिसका जीवनमा उकाली मात्र पनि आइरहँदैन र ओराली मात्र पनि कसैका जीवनमा स्थायी रहन्न । जीवन यात्राका उकालीमा मात्तिने र ओरालीदेखि आत्तिनेहरूले गन्तव्य नाप्न सक्दैनन् । यसैले जीवन यात्राको एउटा नियम छ — सुख र दुःखमा समभावको उपयोग । जीवन यात्राको जटिल दर्शनमा पस्नु मेरो उद्देश्य होइन । म त्यतातिर जान्नँ पनि । मेरो उद्देश्य यात्राको अनुभूतिको साझेदारी गर्नु हो । एउटा धार्मिक स्थलको यात्रा, जहाँ म एक वर्ष अगाडि गएको थिएँ, त्यसैको संक्षिप्त वृत्तान्त पस्कँदै छु यहाँ । यात्रा धार्मिक स्थलको हो तर उद्देश्यमा त्यो धार्मिक यात्रा थिएन । हुन त यात्रामा धार्मिक कृत्य पनि गरियो, जो धर्मका अनुयायीले गर्छन् । यात्रा पाँच दिनको थियो र यात्रीहरू थियौं — म र सहकर्मी मित्र अम्बिकाप्रसाद दुलाल । यात्रा हो — गोसाइँकुण्डको । अम्बिकाप्रसाद दुलाल एक व्यावहारिक मान्छे हुनुहुन्छ मेरा विचारमा । उमेरका हिसाबले दाइ, स्वभावका हिसाबले एकदम स्पष्टवक्ता, पेशागत हिसाबले प्राध्यायक र बसाइका हिसाबले मेरा छिमेकी हुनुहुन्छ उहाँ । हामी प्राध्यापन गर्छौ एकसाथ । विगत २४ वर्षदेखि शहीद स्मृति बहुमुखी क्याम्पसमा । शहीद स्मृति बहुमुखी क्याम्पस पूर्वी चितवनको रत्ननगर नगरपालिकामा अवस्थित छ । यो नेपालकै पुरानो सामुदायिक क्याम्पस हो । एक दिन अम्बिका दाइले प्रस्ताव ल्याउनु भो यात्राको । यात्री दुई जना मात्र । गन्तव्य कति दुरुह छ, त्यो कुरामा न उहाँ जानकार हुनुहुन्थ्यो, न म नै विज्ञता राख्थें तर योजना बन्यो । हामी दुई निस्कियौं । हाम्रो पहिलो दिनको यात्रा चितवनदेखि धुन्चेसम्मको रह्यो । बाटामा तीन बस फेरिए । चितवनबाट गल्छी, गल्छीबाट ढुङ्गे र ढुङ्गेबाट धुन्चे । जिल्लाका हिसाबले हामीले चितवन, धादिङ, नुवाकोट र रसुवा छोयौं । रसुवाको सदरमुकाम धुन्चे । म यस अघि त्रिशूलीसम्म पनि पुगेको थिइनँ, रसुवाको त कुरै छोडौं । रसुवा तामाङ बाहुल्य जिल्ला रहेछ । रसुवादेखि बाहेक तामाङहरू मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, रामेछाप, दोलखा र सिन्धुलीमा उल्लेख्य मात्रामा छन् । भोटबर्मेली परिवारभित्र पर्ने तामाङ भाषा नै तामाङ जातिको भाषा हो । जाति र भाषाभाषीको संख्यालाई हेर्दा नेपालमा तामाङहरू जति छन्, त्यो भन्दा कम जनसंख्या तामाङ भाषाभाषीको रहेको छ । तामाङहरूले आफ्नो मातृभाषा बोल्न छाडेर नेपाली भाषातिर आकर्षित भएकाले जातिको जनसंख्याभन्दा भाषाभाषीको जनसंख्या कम भएको हुनुपर्छ । यस्तै तामाङहरू बौद्ध धर्मावलम्बी हुन् । तामाङहरूले बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआजा गर्छन् । उनीहरूको आफ्नै किसिमको संस्कार छ । जस्तै नामकरण, नाककान छेड्ने, भातख्वाई, छेवार, गुन्युचोलो दिने, विवाह, मृत्यु संस्कार आदि । तामाङ समाजमा कुनै पनि कार्य सम्पन्न गर्न ताम्बा, बोन्बो र लामाको आवश्यकता पर्छ । नामकरणदेखि मृत्युसंस्कारसम्म लामाको भूमिका महत्वपूर्ण हुन्छ तामाङ जातिमा । म रसुवा र तामाङ जातिको कुरा अलि बढी गर्दैछु किनकि हाम्रो गन्तव्यस्थल गोसाइँकुण्ड रसुवामै पर्छ । १५४४ वर्ग किमी क्षेत्रफल रहेको एक विकट पहाडी जिल्ला रसुवालाई हावापानीका हिसाबले मोटामोटी रूपमा टुन्ट्राप्रदेशीय, शीतप्रदेशीय र समशीतोष्ण प्रदेशीय गरी विभाजन गर्न सकिन्छ । यस जिल्लाको उच्च हिमाली भेगमा हिउँ जमिरहन्छ, मध्यपहाडी भेगमा चिसो हावापानी छ । मध्यपहाडी भेगमा हिउँदमा हिमपात पनि हुने गर्छ भने यस जिल्लाको तल्लो भेगमा समशीतोष्ण हावापानी भेटिन्छ । जलसम्पदाका हिसाबले यो सम्पन्न छ । त्रिशूली, चिलिमे, मैलुङ, भोटेकोशी, लाङटाङ, फलाँखु जस्ता नदी तथा खोलाहरू र गोसाइँकुण्ड, पार्वतीकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, जोगेश्वरकुण्ड, तातोपानी आदि जलाधार क्षेत्र हुन्, रसुवाका । भैरव कुण्ड (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) यात्राको पहिलो बिसौंनी धुन्चे पुगेपछि माथि जाने यात्रीहरू कोही छन् कि भनी खोज्न थाल्यौं । दशहरा कटिसकेको थियो हामी पुग्दा । तर जनैपूर्णिमा आउन निकै दिन बाँकी थियो । यो यात्री हिंड्ने सिजन होइन रहेछ । तीन जना भेट्यौं नुवाकोटतिरका । बूढाबूढी थिए । ती पनि एकादशीको सन्दर्भ पारेर आएका रहेछन् । हामीलाई केही राहत भयो । एकै होटलमा बस्यौं हामी सबैजना । धुन्चेको राम्रो होटलमा गनिंदो रहेछ त्यो होटल । होटेल मालिक घिमिरे थरका रहेछन् । उनले त्यो होटल भाडामा लगाएका रहेछन् । संयोगवश त्यसै दिन होटल मालिक पनि भेटिए । चितवनमा उनका दाजुभाइ पनि रहेछन् । अम्बिका दाइले चिन्नु हुँदोरहेछ उनका चितवनका आफन्तलाई । २०७२ को भूकम्प अधिसम्म आफैं चलाउँथे रे तर भूकम्प पछि त्यहाँ बस्न छाडेछन् । भोलिपल्ट सखारैमा हिंड्ने तय भयो । बिहानै पसल नखुल्ला भनेर हामीले अघिल्लै दिन एक एक वटा हरिया बर्सादी किन्यौं । हावा तेज चल्ने भएकाले छाताको काम आउँदो रहेनछ त्यहाँ । सुन्यौं — माथि लेक लाग्छ, लेक लाग्दा वाकवाक लागेजस्तो हुन्छ, लसुन र अदुवाले लेक लाग्नबाट केही हदसम्म बचाउँछ । लेक लागिहाल्यो भने त्यसको कुनै औषधी छैन । औषधी भनेकै जतिसक्दो छिटो तल ओराल्नु हो । हामीले केही टुक्रा अदुवा र लसुनका पोटी खल्तीमा हाल्यौं । अहिले नाम बिर्सिएँ मैले, हामीले लेक लाग्नबाट जोगिनका लागि एक एक चक्की औषधी पनि खाएका थियौं । भोलिपल्ट सखारै यात्रा सुरु भयो हाम्रो । तेर्सो बाटो करीब दुई किलोमिटर जति हिंडेपछि घट्टे खोला पुग्यौं । घट्टे खोलाको मुहान भनेको त्रिशूलधारा र गोसाइँकुण्ड नै हो । घट्टे खोलामा अजङ्गको उकालो उक्लिएर गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि एउटा सानो मानवनिर्मित कुण्ड रहेछ । त्यहींबाट चढाइ सुरु भयो । यात्रापथको अनभिज्ञता पनि यात्राको साथी हुँदो रहेछ । हामीले अडकल लगायौं — ठाडै उकालो माथिसम्म त छैन होला, तेर्सो र तर्पायाँ बाटो पक्कै फेला पर्नेछ । हामी तेर्सो र सजिलो बाटो फेला पारिने कल्पनामा नाकठोक्ने उकालो उक्लिरह्यौं । हामी तराईमा बस्छौं । उकालाको अभ्यस्तता टुटेको छ । सायद नाकठोक्ने उकालाको सिलसिला निकै लामो छ भन्ने ज्ञान हुँदो हो त यो यात्राको योजना बन्थ्यो या बन्दैनथ्यो म प्रष्ट छैन । देउरालीमा पुग्दा एउटा बन्द होटल देखियो । चिसो पानीसँग बिस्कुट टोक्दै पेटको सामान्य पूजा गरेपछि हामी दिम्सा पुग्यौं । दिम्सामा पहिले आर्मी पोस्ट रहेछ । २०७२ को भूकम्पपछि त्यो दिम्सा पोस्ट त्यहाँबाट माथि चन्दनबारी सरेको थाहा पाइयो । दिम्साको पुरानो आर्मी पोस्ट रहेको स्थानमा एउटा शिलापत्र भेटियो जहाँ रसुवा जिल्लाका मुख्य स्थानहरूका उचाइ मीटर र फिट दुबैमा लेखिएको पाइयो । मैले यो जानकारीलाई फोटोमा बन्दी बनाएँ । शिलापत्रको जानकारी यस्तो थियो — वेत्रावती — ६२० मिटर (२०३४ फीट), कालिकास्थान — १४०० मिटर (४५९२ फीट), धुन्चे — १९६५ मिटर (६४४५ फिट), घट्टे खोला — १९७७ मिटर (६४६१ फिट), देउराली — २६२५ मिटर (८६१० फिट), दिम्सा पोस्ट — ३०३८ मिटर (९९६५ फिट), चन्दनबारी — ३२५० मिटर (१०२३४ फिट), चोलाङपाटी — ३१०० मिटर (१०१६० फिट), लौरी विनायक — ३२७७ मिटर (११४६३ फिट), गोसाइँकुण्ड — ४३८० मिटर (१४३६६ फिट), स्याप्रुबेसी — १४६० मिटर (४७८८ फिट), रसुवागढी — १८१४ मिटर (५९४९ फिट), सामडाँडा — ३६०० मिटर (११८०८ फिट) । दिम्साबाट देखिने गणेश हिमाल (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) दिम्साको पुरानो आर्मी पोस्टबाट अलिकति उक्लिएपछि एउटा होटल देखियो । त्यो होटलको नाम दिम्सा रहेछ । हामीले लख काट्यौं कि दिम्सा ठाउँको नामबाट दिम्सा पोस्ट र त्यसैका आधारमा होटलको नाम दिम्सा रहेको हुनुपर्छ तर यसबारे हामीले कसैसँग सोधेनौं । ११ बजिसकेछ । स्थानीय यात्रुका लागि २ घण्टा जतिमा पुगिने दिम्सा पुग्न हामीलाई पाँच घण्टा लाग्यो । बिहानी खाना त्यहीं खायौं । दुई घण्टा जति आराम गरेर फेरि सुरु गर्\u200dयौं उकालाको यात्रा । यात्रामा सहरबजारका कोलाहल थिएन । सुनसान थियो । मूल बाटोसँग जोडिएका उपबाटाहरू थिएनन् त्यहाँ । खच्चर र चौंरीका घाँटीमा झुण्ड्याइएका घण्टीका आवाजले नीरवता चिर्थ्यो । यात्रीहरू खासै भेटिएनन् भन्दा हुन्छ । एकाध जोडीहरू भने बाटामा भेटिए । हामीले उकालामा एकजना भारतीय साधु भेट्यौं, खाली खुट्टामा । चिसो छेक्ने कपडा थिएन । एउटा झोली बोकेका थिए । मलाई लाग्यो — यी ज्यान पाल्नका पीरले मागी खान पल्किएका जोगी पक्कै होइनन् । दिम्सामा खाना खाए पछि हामी तातेताते गर्दै चन्दनबारी पुग्यौं । त्यहाँ चिज उत्पादन केन्द्र रहेछ । त्यस्ता चिज उत्पादन केन्द्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ तथा पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङमा रहेछन् । सुनिएअनुसार रसुवामा वार्षिक करीब ३६ हजार किलो चिज उत्पादन हुन्छ र यसको खपत स्थानीय बजारमा केही भए पनि बाँकी संस्थानमा लगिंदो रहेछ । वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने कुरा पनि थाहा पायौं हामीले । अत्यासलाग्दो तराइको गर्मीबाट पहाडी जिल्लामा पुगेका हामीलाई त्यहाँ चन्दनबारीले चिसो ए.सी. चलायो । कति विविधता छ नेपालको प्रकृतिमा । १०/२० किलोमिटरकै फरकमा हावापानी पूरै बदलिन्छ त्यहाँ । मेरा विचारमा नेपाल भूस्वर्ग हो । हामीलाई प्रकृतिले त दिएको छ तर हामीले प्रकृतिप्रदत्त स्वर्गीय आनन्दको उपभोग गर्न जानेनौं । हाम्रो भूस्वर्गलाई आम्दानीको मूल स्रोत बनाउन जानेनौं । नभएका कुराहरूको प्राप्तिका खातिर अन्यत्रै दौडिरह्यौं हामी । हुन नसकेका कुराहरूको दोष अर्काप्रति पन्छाएर हिलोमाथिको ओभानो बनिरह्यौं । हामीले हीरा चिनेनौं र पित्तललाई सुन ठानेर मृगतृष्णामा भौंतारिरह्यौं । चन्दनबारीबाट चोलाङपाटीसम्म तेर्सो बाटो छ भन्ने जानकारीले नाकठोक्ने उकालो उक्लिएका हामीलाई ठूलो राहत भयो । समय थियो । चोलाङपाटी पुग्न दुई घण्टा लाग्ने जानकारीले हामी हौसियौं । घना जंगल छ । घना जंगल छिचोलेर उज्यालो पस्न पनि डराउँदो रहेछ त्यहाँ । हामी दुई जना मात्र छौं । बाटो चिप्लो छ । सिमसिम सिमसिम पानी बर्संदो छ । एकदम उराठलाग्दो वातावरण । मोबाइलले टावर नपाएको निकै तलबाट हो । यो एकान्तमा मोबाइलले टावर पाएको भए केही राहत हुन्थ्यो होला । जंगली जनावरको त्रास त छँदै छ । मलाई लाग्यो — यो एक्लैदुक्लै हिड्ने यात्रा नभई कम्तीमा ५/६ जनाको समूह बनाएर हिंड्नुपर्ने यात्रा रहेछ । घट्टे खोलाबाट हिंड्न थालेको ११ घण्टापछि हामी चोलाङपाटी पुग्यौं । उकालो चढ्ने अभ्यस्तता टुटेका हामी कसरी ११ घण्टा लगातार उक्लिरह्यौं होला, कुन शक्तिले हामीलाई हिंडायो होला । म त्यो यात्राको विकटता आज पनि सम्झिरहेछु । हो, हामी विकल्परहित विकल्पमा थियौं । चोलाङपाटी पुग्दा हामी निकै थाकेका थियौं । हामीले एक एक बटुको गार्लिकको तातो झोल पियौं — एक बटुकोको १५० तिरेर । त्यो ठाउँमा एक बटुको तातो झोल पिउन पाउनुलाई हामीले पैसासँग तुलना गर्न सकेनौं । होटल मालिकले सुनाए — हिउँदमा त्यहाँ एक मिटरसम्म हिउँ थुप्रिन्छ । जब चिसो सुरु हुन्छ, उनीहरू तल फाँट झर्दा रहेछन् । हिउँ पग्लिएर सकिएपछि मात्र फेरि उक्लिंदा रहेछन् उनीहरू त्यहाँ । मैले कल्पना गरें — कष्टदायी जिन्दगीको तर उनीहरूमा कुनै कष्टको आभाषसम्म पनि थिएन । एउटा मीठो जीवन पद्धति ठान्थे उनीहरू त्यसलाई । एउटा लय, एउटा निरन्तरता, एउटा बगाइ र एउटा अनवरत क्रमिकता । भोलिपल्ट बिहानैदेखि पानी परिरह्यो । एकछिन आकाश चियाएर बस्यौं । रोकिने कुनै छाँट देखिएन । होटेल मालिकले सुनाए — अब यहाँबाट मुख्य चढाइ सुरु हुन्छ । हामी दुवैले प्रत्यक्षमा आत्तिएको देखाएनौं तर मलाई लाग्छ — हामी भित्रभित्रै आत्तिएका थियौं किनकि हिजो हिंडिएको बाटो मुख्य चढाइ थिएन । पानी बर्सिने क्रम सिमसिममा परिणतमा भएपछि हरिया बर्सादी ओढेर चोलाङपाटीलाई फेरि भेट्ने वाचाका साथ हामी उक्लियौं । हिजोको बाटो र आजको बाटामा नितान्त फरक छ । जिन्दगीका बाटाहरू पनि यस्तै हुन्छन् । हरेक दिन नयाँ नयाँ बाटाहरू आइपर्छन् जिन्दगीको यात्रामा । सोचिएकै डोरेटोमा जिन्दगीको यात्रा कहाँ तन्किन्छ र ? लेक लाग्ने सम्भावना लौरी विनायकको उकालामा धेरै हुनसक्छ भन्ने सुनिएको थियो । माथि नै भनिहालेँ, हामी दुई मात्र छौं यात्रामा । फाट्टफुट्ट एकाध मानिसहरू भेटिन्छन् । विकटता झन् झन् चर्किंदो छ । मोबाइलले टावर प्रायः भेट्दैन । हिंड्दै जाँदा एउटा कुइनेटामा टावर भेटियो । हामी दुवैले घरमा खबर गर्\u200dयौं । त्यसका अतिरिक्त कतै टावर भेटिएन । मैले सोचें — हामी दुईमध्ये कुनैलाई लेक लागिहाल्यो भने …… तर हामी भाग्यमानी थियौं त्यस्तो अवस्था आएन । लौरी विनायकको उकालो चढ्दै जाँदा ठूला रुखहरू भेटिएनन् । होचा बुट्यानहरू थिए । त्यहाँ पाखैभरि बिखालु फूल फुल्छन् रे तर हामी पुग्दा फूलहरू फुल्ने मौसम थिएन सायद । यसैले फूलका बिखालु गन्धले हामीलाई लठ्याएन । लौरी विनायकको उकालाबाट थाप्लामा पुग्न त्यति धेरै दूरी थिएन । नजिकै देखिन्थ्यो डाँडा तर त्यहाँसम्मको दूरी तय गर्न निकै सकस खेप्यौं हामीले । क्रमशः बुट्यानहरू पनि होचिंदै गए । अन्ततः काला ढुङ्गाहरूका डाँडामा हामी पुग्यौं । हामी बुद्ध डाँडाको थाप्लामा थियौं । त्यहाँ यत्रतत्र ढुङ्गाहरूका थुप्राहरू देख्यौं — ती तामाङहरूका चिहान थिए । बुद्ध डाँडाको थाप्लोमा पुगेर तल नियाल्यौं । हुस्सुको गुब्बारा माथि माथि उक्लिदै थियो । एकै छिनमा घाम, एकै छिनमा पानी र एकै छिनमा हुस्सुको गुब्बारा स्पर्श । अलौकिक र अवर्णनीय थियो । हिमालले सेता दन्तलहर देखाएर मुस्काएको दृश्यले हामी मुग्ध भयौं, यात्राका थकाइ हामीबाट गायब भइसकेको थियो । (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) अब उकालाको यात्रा टुङ्गिएको थियो । बाटामा भेटिएका एकाध यात्रीबाट थाहा भयो — कुण्डको दूरी बढीमा आधाघण्टा मात्रै छ । बाटो तेर्सो छ तर तेर्सो बाटामा पनि पाइला सर्न गाह्रो मानिरहेछ । झरनाले सुसेली हालेर म यहीं छु को सङ्केत गरिरहेछ । हिउँले चाटेका ठूला ठूला काला ढुङ्गाका पहाड देखिएका छन् । बाटो साँघुरो छ । तल निकै डरलाग्दो छ । केहीबेरको हिंडाइपछि बाटा तल हामीले दुई ससाना कुण्ड देख्यौं । पर थुम्कामा एउटा कटेरो पनि देखियो तर हाम्रो गन्तव्यविन्दु देखिएन । जब हामी कटोरोसम्म पुग्यौं तब एउटा मनमोहक तालले हामीलाई फैलिएर स्वागत गरिसकेको थियो । हामी निर्मल गोसाइँकुण्डको किनारमा थियौं । घाम, पानी र हुस्सुको गुब्बाराले लुकामारी खेलिरह्यो । हामीले नुहायौं । पानी निकै चिसो थियो । धर्मात्माले शिवजी देख्छ रे कुण्डमा तर मैले देखिनँ । दुलाल दाइले पनि देख्नुभएन । हुनसक्छ, कसैले शिवजी देख्दैनन् त्यहाँ तर अधर्मी भइन्छ भन्ने त्रासमा कुण्डका बीचबाट निकाकार शिवजीको स्वरूप प्रकट हुन्छ एकाएक मानिसहरूका मनोविम्बमा । गोसाइँकुण्डको उत्पत्ति कथा हिन्दु धर्मशास्त्रमा शिवजीसँग जोडिएको छ । यो हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । नेपालमा हिन्दु र बौद्धका यस्ता साझा तीर्थहरू मनग्गे छन् । हिन्दु र बौद्ध बीचको धार्मिक सहिष्णुता शताब्दीयौंदेखिको हो नेपालमा । हिन्दु धर्मावलम्बीहरूले यस कुण्डलाई शिवकुण्ड पनि भन्दा रहेछन् । हिन्दुहरू गङ्गा दशहरा र जनैपूर्णिमाका दिन कुण्डमा स्नानका लागि यात्रा गर्दा रहेछन् भने तामाङहरू जनैपूर्णिमाका दिन । गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम रहेछ । तामाङ भाषीहरूले यसलाई कार्पु छोकर भन्दा रहेछन् । कुण्डको नजिक रहेको सूचनास्तम्भमा लेखिएअनुसार गोसाइँकुण्डको सतहको क्षेत्रफल १३.८० हेक्टर, लम्बाइ ६२५.५५ मिटर, चौडाइ ३०२ मिटर र पानीको आयतन १४,७२,००० घनमिटर रहेको जानकारी दिइएको छ । १०० प्रजातिभन्दा बढी फूल फुल्ने वनस्पति, विष, पदमचाल, जटामसी आदि पाइने यस भेगमा चखेवा, चखेवी, खोयाहाँस, कालीजुरे जस्ता पन्छीहरू पाइने रहेछ । यो क्षेत्रलाई २०६४ असोज ६ गते रामसारमा सूचीकृत गरिएको जानकारी पनि पायौं । रामसार क्षेत्र भन्नाले सिमसार तथा पक्षीको संरक्षित सम्पदा क्षेत्र मानिन्छ । नेपालमा गोसाइँकुण्ड क्षेत्रसहित ९ वटा स्थानलाई रामसार क्षेत्रका रूपमा घोषणा गरिएको छ । रामसारमा यस क्षेत्रलाई सूचीकृत गर्नुको उद्देश्य दुर्लभ, संकटाभिमुख र संकटापन्न जीवजन्तुको संरक्षण र सम्बर्द्धन गर्नु नै हो । (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) पाइएसम्मका जानकारी मानसपटलमा पोको पारेर र वरपरका दृश्यावलोकनमा रमाउँदै हामी फर्कियौं । तेस्रो दिनको बसाइ चन्दनबारी रह्यो भने चौथो दिन हामी त्रिशुली झर्\u200dयौ । पाँचौं दिन पृथ्वीनारायण शाहको नुवाकोट दरबार हेर्ने तीव्र इच्छा हुँदाहुँदै परिस्थितिले हामीलाई साथ दिएन र एउटा आकाङ्क्षा मनभित्रै थाँति राखेर हामी पुनः चितवन फर्कियौँ त्यसैदिन । [यात्रा समय : २०७५ जेठ] #गोसाइँकुण्ड #चितवन #रूसुवा #लक्ष्मण अर्याल अँध्यारोभित्र: यसै पनि उकालीहरू बढ्ता भएको थकाइले सुस्केरा हाल्ने मेरो यात्रामा अचानक घोप्टिएको अँध्यारोले दुख्ने गरि चिमोटिरहेको छ । औंशीको रातमा पनि नाच्थें किनकि निश्चिन्त थिएँ म अबको पालो दिनको हुनेछस् कालो बादलसङ्गै खित्किन्थेँ म किनकि आशा थियो त्यहाँ छिट्टै अब हरियालीले कुम छुनेछ । तर आज कता कता बद्लिएको मेरो झंकार सुनेर नसोध्नू शंका मिसिएको लवजमा किनकि अँध्यरोको पर्दा पछाडि व्यक्त पीडाहरूका स्वरभन्दा ठूला नदेखिने घाउहरू हुन्छन् शत्रुले छुनसम्म नसकेको छातीमुनी आफ्नाले बनाएका सयौं घाउका माम्री हुन्छन् । #अँध्यारोभित्र सानातिना कुरा: रङ बदल्न छेपाराहरूले अर्को मौसम पर्खिन्छन् । एक र दुई काँचुली फेरेर सर्पहरू पूरै बर्ष बिताइदिन्छन् । चिर निन्द्रामा भ्यागुताहरू पुरै हिउँद कटाइदिन्छन् । तर भैगो ! यस्ता सानातिना कुराहरू छाडौ । हामीलाई के को मतलब र ! हामी छेपारा होइनौं । सर्प होइनौं । भ्यागुता पनि त होइनौँ । हामी त मान्छे पो हौं । #प्रकाश भुषाल #सानातिना कुरा लघुकथा –\xa0 समस्या: भेट्न आएका गंगारामसँग मन्त्री, “समस्या के छ गाउँमा ?” “बाटो | समस्या बाटोको छ हजुर !” तपाईं धेरैपटक आइसक्नुभयो | म अर्को महिना आउँछु | पात्ले स्कूलमा २/४ सय मान्छे भेला पार्नू | “हवस्, म लागौं त हजुर !” “हुन्छ | सुन्नूस् त ! गुरुआमा त्यतै कि ? “बिदामा हुनुहुन्छ |” “ए, ल जानूस् | तर मान्छेलाई खबर कुनै पनि हालतमा गर्नूस् नि !” “ढुक्क हुनूस् हजुर ! मान्छे ओइरिन्छन् |” पचास दिन पछि , स्कुलको चौरमा हेलिकप्टर बस्यो , मन्त्री निस्किए- “मान्छे त भने जति देखिदैनन् त ! खबर राम्रो भएन कि के हो ?” “गरेको हजुर ! तर समस्या !” “के समस्या ?” “बाटो हजुर ! झ्याम्टार,फतुवा, केरौटे, लसुनेतिरबाट आउने सकेनन् बाटो राम्रो नभएर | अब हेर्नूस्, अर्को भेलामा हजार नाघ्छन, हजार…. |” “हो त्यो त !” मन्त्री सुरु हुन्छन्- आदरणीय बुवा, आमा, काका, ठूल्दाइ, जेठा …………… नमस्कार !! मैले सुनें यहाँ बाटोको ठूलो समस्या रहेछ | अब यी पाँच गाउँमा दुई-दुईवटाको दरले दश बाटाहरू बन्ने छन् ! तपाईंहरू सबैको आँगन-आँगनमा गाडी आउने छन् | त्यसको लागि मैले पुरै तयारी गरिसकेको छु | मेरा दुई, वडा अध्यक्षज्यूको एउटा र ज्यामिरे मीतज्यूको एउटा गरेर पाँचवटा डोजर भटाभट चल्ने छन् | अब यहाँ विकासको बाढी नै आउछ | ड्राइभरलाई यसो तागतिलो खाना खुवाउने जिम्मा यहाँहरूको | म आज जस्तो माथिबाट होइन, त्यही बाटोबाटै आउने छु उद्घाटन गर्न | आजै मैले अर्को उद्घाटन गर्नु, छ म लागेँ | नमस्कार |” एक वर्ष पछि आठ दश जना मानिसहरू मन्त्री क्वाटरबाहिर भेला भएका छन्- “ल भन्नूस, कहिले उद्घाटन ?” “समस्या पर्यो हजुर |” “के समस्या ?” “बाटो !” “इन्जेनरबिनाको बाटो”- अर्कोले भन्यो | “खेत रोपाईं पनि भएन | पानीको मूल सबै सुक्यो |”- अर्को | “केटाकेटीहरू स्कुल जान पाएनन् पहिरोले गर्दा |”- अर्को | “फतुवा, केरौटेका सबै मान्छेहरू सलुने र झ्याम्टारतिर लागे |”- पहिलो | “जमिन भासिन थाले, वनजंगल मासीए”- दोस्रो | “बाटो यता चाहिन्छ र उता चाहिन्छ भनेर बेनी सर र मुरलीधरका मान्छेले चार महिनादेखि अवरोध नै गरेका छन् | यो बाटो नै समस्या भयो हजुर |”- भीडको सबैभन्दा भलाद्मी व्यक्ति बोल्यो | सुत्केरी युवतीको मृत्यु: सोच्दैछन् घर गाउँका पसलले, बेच्यौ कहाँ औषधि सोध्दैछन् डिलका चरा र टहरा, व्यर्थै गयो जिन्दगी डोकोका किन घाँस पात चुप छन्, बोल्ने छ को को यता भन्दैछन् सरकारका नजरले, ल्यायो गरिबी व्यथा ।।१।। सुत्केरी पनि सगसंगै छन् रे, विश्वास निभ्दै गयो कोरोना अब अस्पताल भरका, ज्यूँदा नछोड्ने भयो यस्तोमा पनि छाउगोठ लगिए, नारी हुँनाको व्यथा मर्नेको गहमा अथाह टकको, बन्छन् हजारौ कथा ।।२।। छुट्टै ठाउँ अभाव देशभरमा, रोगी निरोगी जुधे यस्ताको उपचार खप्न नसकी, जाँच्दै नजाची कुदे निष्ठावान जवान फस्छ अहिले, झोलेहरू जोगिए साँच्चै राष्ट्र सपूत छन् भुवनमा, भन्ने भ्रमैमा थिए ।।३।। यस्तै कारणले मर्याे ह्रृदय नै, बिह्वल सारा भए दोसी आँगन हेर्छ के प्रलय यो, कैदी भयो संजय हाँसो साथ मजाक बन्छ जनता, बन्दैछ यो देश रे त्यै खाल्डो भर मात्र देश छ भने, हेप्ने छिमेकी छ रे ।।४।। पोल्दै छन् मुटुमाझ ज्ञान महिमा, विज्ञान खोस्टो भयो कालाका धन काल नै बनी गए, मर्ने न दोषी थियो हे ! नालायक झुण्ड देश जनता, सक्छौ बचाऊ अब काँडे तार लगाउदै जमिनमा, लौ रोक रोगी सब ।।५।। #मृत्यु #सुत्केरी भाइरसको सन्त्रास: भाइरस झन् दिन-दिनै हुँदै छ है खतरा निरुपाय भो मानिस नहुँदा केही सहारा । के हो ? यो, के हो ? डस्छ नाग फँणा झैँ भित्रभित्रै जल्ने पुतपुताउँदो ज्वाला झैँ । रोक्न सकेन कसैले कुनै दिव्य अभिशाप झैँ मूकदर्शक भो विज्ञान मान्छे जल्यो परिताप मै । सर्वत्र भो भाइरस फैल्यो जता तता उपाय खोज्न विश्व वन्धुत्व भयो एकता । आपत विपतमा मात्रै देखिन्छ सहृदयता सधैँ नै मिलाप भए आउन्न यस्तो अवस्था । सधैँ नै मान्छे मार्न मान्छे नै थियो उदिग्न प्रकृति ले डस्यो आज मान्छे भो छिन्नभिन्न । मान्छे मान्छेमा छैन दया करुणा किन ? चेतना आकासमा सधैँ लाग्दछ ग्रहण किन ? देखिन्न मान्छेमा मान्छे हुनुमा कहिलै परितोष दुर्भावनाले निम्ताउँछ विपत्ति किन आपसमा असन्तोष । पृथिवीको गरिमा हो मान्छे सचेतन दिव्य फूल जरुरी छ यस्लाई जान्न के हो यस्को मूल ? जीव जीवमा एकत्व प्रेमले नै हो बाँध्छ जो जान्दछ प्रेम उसैले यमलोक नाघ्छ । सुभावना फैलाऊ सके पृथिवीमा हुनेथ्यो शान्ति जीवन रहोस् पृथ्वीमा अरु केही चहिन्न क्रान्ति । विनाशको आगोमा जल्न अग्रसर मानस चेतना सिकौँ है पाठ, चेतौँ ज्ञान बनोस् वेदना । #कोविद १९ #सुबास बजगाईं केन्द्र र परिधि: यतिबेला म केन्द्र र परिधिको बारेमा सोच्दै छु । सोच्ने क्रममा मेरो मनमा चक्रको स्वरूप अवतरित भएको छ । चक्रको स्वरूप चिन्तनले विचार निर्माणमा सहज हुन्छ, होला । चक्रको बारेमा सोच्नासाथ सुदर्शन चक्रको स्मरण भयो । हाम्रा देवीदेवता प्रायः सबै अश्त्रधारी छन् । मेरो जीवनचक्र पनि जेनतेन चलिरहेछ । म सानो छँदा हाम्रो घरमा गोरुगाडा थियो । अझै पनि कतै–कतै गोरुगाडाको चलन छ । गोरुगाडा पनि ढिकी जाँतो जस्तै पुरातन वस्तु बन्दैछ । गाडाको चक्राकार पाङ्ग्रोको केन्द्रमा फलामको धुर राखिएको हुन्छ र त्यसैलाई केन्द्र बनाई परिधिको रूपमा रहेको काठको पाङ्ग्रो घुम्छ र गाडा गुड्छ । त्यस्तो पाङ्ग्रोको विस्थापन विकसित पाङ्ग्रोबाट नै हुँदै आएको छ । यातायात मात्र होइन हरेक क्षेत्रमा चक्रको अनिवार्यता भैसकेको छ । चक्रको यति महत्त्व छ कि चक्रको अभावमा हाम्रो गति र प्रगति अवरुद्ध हुनेछ । चक्रको आविष्कारबाट नै गति र प्रगतिको प्रारम्भ भयो । यति कुरा गरे पछि अब मेरो मनमा केन्द्र र परिधिका सम्बन्धमा सामान्य अवधारणा निर्मित भएको छ । चक्र निर्माणका अवयव केन्द्र र परिधि हुन् । केन्द्र र परिधि परिपूरक हुन् तर यी दुई एकापसमा समायोजित हुन सक्दैनन् । चक्रनिर्माण र गतिशीलतामा केन्द्रको अहम् भूमिका भए पनि परिधि बिनाको केन्द्र हुँदैन । केन्द्रले परिधिलाई विचलन हुन नदिई आफ्नो वृत्तमा घुमाउँछ तर घुम्ने चाहिं परिधि नै हो तसर्थ परिधिको विशेषता भनेको नै गतिशीलता हो र केन्द्रको विशेषता स्थिरता । अब म अलि फरक रूपमा प्रस्तुत हुँदै छु । त्यो के भने केन्द्र र परिधि भौतिक मात्र नभई अभौतिक पनि हुन्छ । अभौतिक केन्द्रको परिधि चक्राकार हुँदैन । म अब आफूलाई अभौतिक केन्द्र र परिधि विषयक चिन्तनमा केन्द्रित गर्दैछु । दुनियाँमा यस्तो कुनै व्यक्ति विचार वा वस्तु हुँदैन जसको केन्द्र र परिधि नभएको होस् । आकारमा सूक्ष्म नै भए पनि दुनियाँमा अस्तित्वमा रहेका कुनै पनि व्यक्ति, विचार वा वस्तुको केन्द्र र परिधि हुन्छ । मेरो शरीरको केन्द्र मेरो मस्तिष्क हो । मस्तिष्क कै हालहुकुममा मेरो शरीर क्रियाशील हुन्छ । मैले जीवनमा सुख भोग वा दुःख भोग गर्नुमा मस्तिष्क नै कारण बन्दै आएको छ । मस्तिष्कको संरचना र कार्यप्रणालीका बारेमा म अनभिज्ञ छु । विज्ञानलाई पनि मस्तिष्कका बारेमा अलिअलि मात्र जानकारी छ । विज्ञानको सीमा के हो भने आफूले थाहा नपाएका कुरामा विश्वास गर्दैन तसर्थ विज्ञान भन्नु नै ज्ञात कुरा हुन् तर राम्रो पक्ष के हो भने विज्ञान निरन्तर अज्ञातको यात्रामा अग्रसर छ । प्रकृतिको अनन्त रहस्यका सामु विज्ञान अल्लारे नै छ । मलाई अफसोस यस विषयमा छ कि मैले आफ्नो मस्तिष्कको क्षमताको एक चौथाइ पनि प्रयोग गर्न सकेको छैन । त्यसो हुनुको कारण के हो भने मैले मेरो विगत चिन्तनमा नभई चिन्तामा बिताएँ । यतिबेला पनि मेरो मनमा पिरहरू सलवलाइरहेका छन् । संघीयतामा पनि केन्द्र र परिधिका कुरा बारम्बार उठिरहन्छ । वास्तवमा संघीयता भनेको केन्द्रियता विरोधी विचार हो । राजतन्त्रमा राजा राजनीतिको केन्द्रमा थिए र जनता परिधिमा । जनआन्दोलनले राजालाई पनि परिधिमा पुर्\u200dयायो । राजनीतिको कुरा गर्दा पार्टी, नेता र कार्यकर्ताको पनि आ-आफ्नै केन्द्र र परिधि हुन्छ । राजनीतिमा परिधि केन्द्र हुन चाहन्छ र केन्द्र परिधिलाई यथासंभव रोक्न खोज्छ । प्रतिरोध ज्यादा भए पछि परिधि विद्रोहमा उत्रन्छ । हरेक ठूला वा साना विद्रोहको प्रारम्भ परिधिबाट नै हुन्छ । भौतिक परिधि कहिल्यै पनि केन्द्र बन्दैन तर राजनीतिमा आन्दोलनले, क्रान्तिले वा आवधिक निर्वाचनले केन्द्रलाई परिधि र परिधिलाई केन्द्र बनाउँछ । प्रजातन्त्र सबैभन्दा उत्तम राजनीतिक प्रणाली हुनुको मुख्य कारण नै परिधि केन्द्र हुनसक्ने सम्भावना हो । यस अर्थमा नै राजनीतिलाई संभावनाको खेल मानिएको हुनुपर्छ । संघीयता केन्द्रियता विरोधी प्रणाली हो । आरक्षण, समावेशिकता तथा प्रदेश विभाजन परिधिलाई प्रश्रय दिनकै लागि गरिएका व्यवस्था हुन् । संघीयतामा मूल केन्द्र मातहत प्रदेशको रूपमा सानासाना केन्द्रहरू बनाइन्छ तर जतिसुकै सानो केन्द्र बनाए पनि परिधि बिनाको केन्द्र हुँदैन । त्यसैले प्रदेश भित्रको परिधि पनि केन्द्र बन्न चाहन्छ र संघीय मुलुकमा प्रदेशको संख्या बढी रहन्छ । वास्तवमा म आफ्नै सन्दर्भमा केन्द्र र परिधिको कुरा गर्न खोज्दै थिएँ । मैले धेरै समय भूमिकामा खर्च गरें । म केन्द्र हुँ वा परिधि अलमलमा परेको छु । म अलमलमा पर्नुको कारण के हो भने केन्द्र र परिधि दुवैका धेरथोर लक्षण ममा छ । कहिले लाग्छ म केन्द्र हुँ अनि कहिले लाग्छ म फगत परिधि मात्र हुँ । केन्द्र निकटता सूचक हो भने परिधि दुरत्व सूचक । मेरा लागि म आफूभन्दा निकट अरु कोही छैन । म नै मेरो सबैभन्दा ठूलो शुभचिन्तक हुँ । म रामबाबु घिमिरेको फ्यान हुँ । केन्द्रको विशेषता स्थिरता हो । स्थिरताको अभिप्राय गतिशून्यता हो । मेरो वर्तमानतामा पनि कुनै चहलपहल छैन । मेरो जीवन यात्रु हिंड्न छाडेको उकालोको बुढो बटवृक्षझैं भएको छ । दिनहरू एकनास बितिरहेछन् । गते, बार र महिना बित्नुसँग मलाई कुनै मतलव छैन । गते र महिनाको चासो कर्मचारीलाई हुन्छ । समयक्रमबाहेक मेरा लागि सबै कुरा स्थिर छन् । समयक्रमको प्रभाव मेरो आकृतिमा मात्र होइन, शरीरका सबै अवयवमा परेको छ । करीव १५ वर्ष पूर्व मेरो आँखा परीक्षण पश्चात् नेत्र विशेषज्ञले भनेका थिए – तपाईंको आँखाको उमेर तपाईंभन्दा १० वर्ष जेठो छ । त्यतिबेला उनको भनाइबाट म अचम्मित भएको थिएँ । तर बुझ्दै जाँदा थाहा पाएँ कुनै पनि मान्छेको कालक्रमिक उमेर भन्दा उसका शरीरका अवयवका उमेर जेठो कान्छो हुँदो रहेछ । केही वर्षपूर्व समाचार सुनेथेँ भारतका एक प्रदेशका राज्यपाल ८६ वर्षको उमेरमा यौन स्क्यान्डलमा परेका थिए र उनले राज्यपालबाट राजिनामा गर्नु परेको थियो । मेरो आँखा मात्र होइन शरीरका प्रायः सबै अवयव म भन्दा जेठा छन् । त्यसैले मेरो मन रुण र शरीर बुढो भएको छ । यस्तो हुनु भयावह अवस्था हो । तपाईंले थाहा पाउनु नै भयो मेरो जीवन संकटग्रस्त छ । त्यसैले दिक्क लाग्छ र जीवनमा संकटकालको घोषणा गरुँ गरुँ झैं लाग्छ । आशा छ, संकटकाल घोषणा गरेपछि मेरा शरीरका सबै अवयव मेरो मनको कब्जामा हुनेछन् । मेरो स्मृति पनि कमजोर भएको छ । मानौं मलाई पनि हनुमानलाई जस्तै विस्मरणको श्राप परेको छ । अरुले बोध नगराएसम्म मलाई आफ्नो हैसियत बोध हुन्न । विरोधीले हैसियत बोध गराउनु सामान्य प्रचलन हो तर मलाई त मित्रहरूले नै पटक पटक हैसियत बोध गराएका छन् र ती उत्प्रेरक कम र अवशादमूलक बढी छन् । म प्रायः आफ्नै बारेमा सोच्छु । मेरो दुनिया म बाट सुरु हुन्छ । अरुका बारेमा सोच्दा पनि म आफैँ केन्द्रमा हुन्छु । म तिनै मान्छेका बारेमा सोच्छु जो-जससँग मेरो सरोकार छ । तपाईंले मलाई आत्मकेन्द्रित ठान्नु भयो होला । म स्वीकार्छु म आत्मकेन्द्रित छु अथवा स्वकेन्द्रित । यसो सोच्दा लाग्छ– कमसेकम म आफ्नै लागि भए पनि केन्द्र हुँ । अस्तित्ववादले व्यक्तिसत्तालाई सर्वोपरि ठानेको छ । हुन पनि म मेरा लागि सर्वश्व हुँ । मेरो महाप्रस्थान पश्चात् दुनियाँका सबै कुरा मेरा लागि निष्प्रयोजन हुनेछन् । मान्छे आफ्नो अस्तित्वप्रति यति सचेत छ कि मृत्यु पछिको अस्तित्वका लागि धर्मोन्मुख हुन्छ । धर्मको परिधि आफूबाट सुरु भई स्वर्गसम्म पुग्छ । हरेक धर्मको आआफ्नै केन्द्र र परिधि हुन्छ अनि हरेक धर्मालम्वी आफ्नो धर्मको परिधि बढाउन प्रयत्नरत हुन्छ । नेपाल धर्मनिरपेक्ष देश हुनुमा क्रिश्चिनिटीको परिधि विस्तारको प्रतिफल भन्ने सुनिन्छ । यो देशलाई धर्मनिरपेक्ष बनाइएकामा धरोधर्म मेरो भागमा सुको दाम पनि परेन । शिरडीका साइबाबा ‘सबका मालिक एक है’ भन्थे । हिन्दू धर्ममा एकेश्वरवादी संप्रदाय पनि छ । म आफ्नो व्यक्ति सत्ताप्रति अति नै संवेदनशील छु । हुनत मेरो व्यक्ति सत्ता सामुहिकता सापेक्ष छ । जहाँसम्म सामुहिकता र व्यक्तिवादिताको कुरा छ सामुहिकताबाट सुरक्षण अनुभूत नभएपछि मान्छे झन् बढी व्यक्तिवादी बन्छ । सामुहिकता भित्र व्यक्तिगत सत्ता सुरक्षित हुनुपर्छ किनकि व्यक्ति विशेष भनेको कुनै यन्त्रको पार्टपुर्जा होइन । साम्यवादको कमजोरी के हो भने व्यक्तिसत्तालाई गौंण ठान्छ । उत्तरआधुनिक चिन्तनले व्यक्तिगत स्वतन्त्रतालाई पूर्व सर्त भनेको छ । केन्द्रियताको विरोध, समावेशिकता र परिधिको प्रश्रय संघीयता र उत्तरआधुनिकताका मिल्दाजुल्दा अभिलक्षण हुन् । व्यक्ति सत्ताको अभिप्राय रविन्सन क्रुसो वा अज्ञात हिमाली क्षेत्रमा तपस्यारत ऋषि होइन परन्तु सामुहिकता भित्र व्यक्ति विशेषको अस्तित्व । अब तपाईंलाई भन्नु परोइन म आफैँमा केन्द्र हुँ । जब म केन्द्र हुँ भने सानो वा ठूलो मेरो पनि परिधि छ । मान्छे जति लोकप्रिय बन्दै जान्छ उसको परिधि पनि बिस्तार हुँदै जान्छ । पद प्राप्तिबाट बनेको परिधि पदमुक्त भएपछि स्वतः सङ्कुचित हुन्छ । एकताका मेरो परिधि पनि अलि ठूलै थियो तर विस्तारै संकुचित हुँदै गएको छ । म केन्द्र हुँ तर मेरो परिधि संकुचन तीव्र गतिमा भैरहेको छ । यही अनुपातमा मेरो परिधि संकुचन भैरहने हो भने त्यो दिन टाढा छैन जब म केन्द्र नभई फगत परिधि हुने छु । तपाईंलाई थाहा नै छ केन्द्र हुन विशेष आकर्षण, क्षमता वा उपादेयता हुनुपर्छ । मसंग त्यस्तो कुनै क्षमता वा उपयोगिता छैन जसका कारण मान्छेहरु मप्रति आकर्षित होउन् । चक्राकार वस्तुको परिधिले केन्द्रलाई परिक्रमा गरेजस्तो मेरो परिक्रमा गरुन् । पात्र उपयुक्त भए परिक्रमा फलदायी हुन्छ । परिक्रमाबाट सुमेरु पर्वत घुम्नेहरुलाई सजिलै पाखा लगाउन सकिन्छ । वर्तमानमा प्रचलित समानुपातिकको व्यवस्था व्यवहारिक अर्थमा परिक्रमा प्रणाली बनेको छ । एक बूढा नेताले त सारै राम्रो युवतीलाई समानुपातिकमा पारेका छन् । सौन्दर्य आफैँमा केन्द्र हो र दर्शकहरु परिधि हुन् । मेरो वर्तमान अवस्था त यति दर्दनाक छ कि परिवारको पनि म केन्द्रमा होइन परिधिमा पुगेको छु । उपादेयताको समाप्ति पश्चात मान्छे स्वतः परिधि बन्दोरहेछ । हुन त परिधि हुनु भनेको गतिशील हुनु हो । म पनि गतिशील छु तर मेरो गतिको म कारक म नभई अरु कोही बनेको छ । म हालखबरबाट प्रभावित त हुन्छु तर आफैँ हालखबर बन्ने सामर्थ्य ममा छैन वा समाप्त भयो । कारण राम्रो वा नराम्रो जे भए पनि एकताका म पनि हालखबरमा थिएँ । केन्द्र हुनुको अर्थका गतिशून्य र परिधि हुनुको अर्थमा प्रतिक्रियाशून्य भएपछि अस्तित्वहीन होइँदो रहेछ । अँ, म परिक्रमाको कुरा गर्दै थिएँ परिक्रमा मान्छेलाई मात्र होइन देवतालाई पनि मन पर्दो हो । तसर्थ नै मान्छेहरु देवमन्दिरको परिक्रमा गर्छन् । मेरो कुनै निर्धारित गन्तव्य छैन र थिएन । गन्तव्य मात्र होइन प्रत्याशा पनि केही छैन । जीवनमा एकोहोरो हिँड्दाहिँड्दै यहाँसम्म आइपुगेँ म । मलाई थाहा नभएको होइन गन्तव्य बिनाको यात्राबाट कहीँकतै पुगिन्न । यति बेला मनमा एउटा मार्मिक कथन स्मृत भैरहेछ– एउटा मान्छे बाटोमा जाँदाजाँदै दोबाटोमा पुगेछ । कुन बाटो जाउँ भनी दोमन भएछ । एउटा स्थानीय मानिस देखेपछि उसले सोधे छ– कुन बाटो जानु ठीक होला ? स्थानीयले प्रतिप्रश्न गरेछ– तपाईंलाई कहाँ पुग्नु छ ? उसले भने छ– त्यसो त म कहीँकतै पुग्न हिँडेको होइन । स्थानीयले सल्लाह दिँदै भनेछ– तपाईं जुन बाटो जानु भए पनि ठीकै हुन्छ । हो, म धेरै लामो यात्रा पछि यहाँसम्म आइपुगेको छु तर म जहाँ आइपुगेको छु यो मेरो गन्तव्य होइन । पुग्नुपर्ने अन्तै थियो तर यहाँ यो पाइपुगेँ । यहाँ अर्थात् मेरो वर्तमान । मलाई यस्तो लाग्न थालेको छ – गन्तव्य निर्धारण नहुनाले नै म आफ्नो लागि केन्द्र भए पनि अरुका लागि फगत परिधि बनेको छु । #चितवन #राजनीति #रामबाबु घिमिरे बहुरुपी छिमेकी: ब्रिटिस तलुवा चाट्नेले स्वाभिमानको कुरा नगरुँ नाकाबन्दी, लाद्नेले भाइचाराको कुरा नगरुँ सिरुपाते खुकुरीमा धार लगाउन सुरु गरुँ कि नगरुँ अखण्ड स्वतन्त्र नेपाल आमाको सपना पूरा नगरी नमरुँ मेरा जंगे पिल्लर अंग्रेजका दास मुलुकतिर नसारुँ बेटी और रोटीको सम्बन्ध भन्दै ढाडमा छुरा रोपी नमारुँ ग्यास, इन्धन, बिजुलीको लागि घाती छिमेकीको भर नपरुँ हेपाहा छिमेकीको दादागिरी अन्त्य नगरी ब्रह्मनाल म नसरुँ #पेरिस #प्रशान्त उप्रेती #फ्रान्स उड्ने चरा: आरुको बोटमा बसेर चराहरू गाइरहेछन् नयाँ घामको गीत घाम उदाइरहेछ चराका चन्चल आँखाहरूमा पहेंलो घामले पातहरू दङ्ग छन् फूल उमार्ने सपनाहरूमा चरालाई उड्न दिनुपर्छ आकाशमा भँमरालाई उड्न दिनुपर्छ फूलबारीमा र पो प्राकृतिक हुन्छ आँखाको रङ तर हुचीलहरूलाई सह्य हुँदैन चराको उन्मुक्ति र ठुँगिरहन्छ आरुबोटका फूलहरू त्यसैले ऊ चराजस्तो भएर पनि चराजस्तो छैन चालामा त्यागेर हुचीलका झम्टाहरू बिर्सेर उसका सिकारी नजरहरू चरा चिर्बिराउँछ सुन्दर गीतहरूमा चरा गुनगुनाउँछ सुन्दर धूनहरूमा उसलाई उसकै सानो घरको लय काफी छ उसलाई उसकै पङ्खहरूको आकार विशाल छ यसैले त ऊ कसैको सिमानामा गाउँदैन कुरूप लाग्ने भाकाहरू कहिल्यै भत्काउन आउँदैन उसलाई आफ्नै चराहरूको आँगन हो यसैले उसका गीतहरू सुन्दर लाग्छन् जूनहरूलाई हो यसैले उसका चिरबिरहरू प्रिय लाग्छन् कानहरूलाई त्यसैले छेकेर हुचीलका राता आँखाहरू आऊ उन्मुक्त चरा उडौं आकाशमा जहाँ कसैले छुन नसकोस् हाम्रो उन्मुक्तिको सिमाना । #उड्ने चरा #जगन्नाथ पौडेल मूर्ति सेवा होइन, जीव सेवा: “ढुङ्गाको जस्तो कस्तो कठोर मन!” भन्ने चलनचल्तीको यो उखानटुक्काले शीला-ढुङ्गाको कठोरतालाई देखाउँछ र हाम्रो उसप्रतिको धारणा पनि व्यक्त गरिरहेको हुन्छ। ढुङ्गालाई हामी भगवानको रुप मान्दै हुर्केका छौँ । “ढुङ्गगा खोज्दा देवता मिल्यो” भन्ने उखान पनि उत्ति नै प्रयोगमा आउने गर्छ । यसले कहिलेकाही ढुङ्गामा भगवान रहेको अर्थात् ढुङ्गाहरुको बीचमा भगवानको भावको गलत अर्थ पनि लाग्ने गरेको छ । आज पनि प्रत्येक अग्ला डाँडाहरुमा हुने कोट तथा मन्दिरहरुमा ढुङ्गाको मूर्ति नै हुने गर्छ र त्यसैलाई पुजिन्छ । भलै अहिले आधुनिक प्रविधि प्रयोग गरेर माटो, सिमेन्ट, रङरोगन गरेर ढुङ्गाजस्तै निर्जीव भगवान बनाइन्छ र हामी घण्टौँसम्म त्यही मूर्तिको दर्शन गर्न व्यस्ततम समय खर्चेर लाइनमा बस्छौँ । त्यही लाइनमा बस्दा कतिका घाँटीका सिक्री, औँलाका औँठीदेखि लिएर लगाएको चप्पल, जुत्तासम्म चोरिने गरेको समाचार त सामान्य नै बनेका छन् । अचेल प्रायः मन्दिरअगाडि बैँकमा पैसा सुरक्षित गर्न राखिने लकरजस्ता बाकस राखिन थालेको छ । लाग्छ, पुज्न जाँदै गरेको ढुङ्गामा भगवानको रुप हुन्थ्यो भने आफ्नै दर्शनको लागि लामो समय खर्चेको भक्तजनलाई ढुङ्गारुपि ती भगवानको अन्तरमनले अवस्य देख्ने थिए र भक्तजनको सामान हराउन उनले दिने थिएनन् । साँच्ची त्यसमा भगवान हुन्थे भने सूर्यले दिने ताप, प्रकाश जस्तै भगवानले भक्तजनको सामान लकरमै नराखी सामान आफैँ सुरक्षित हुने शक्ति दिन्थे । खै किन मलाई ढुङ्गासँग र ढुङ्गालाई भगवान मानेर ढुङ्गाको पूजा गर्ने प्रवृत्तिप्रति एक किसिमको वितृष्णा भाव पलाएको छ । ढुङ्गाप्रतिको यो वितृष्णा भाव जगाउन मेरो जीवनमा घटेका पाँच,छ वटा घटनाहरुले पनि सघाएको छ । जस्तो कि, सात कक्षासम्म गाउँको पढाइपछि अध्ययनका लागि सहर झरेसँगै म, दिदी, दाइसँगै सहरमा बस्ने गर्थे । आमा एक्लै गाउँमा बस्नुहुन्थ्यो । लगभग तीन घण्टा हिँडेर हामी प्रायः गाउँ शुक्रबार सधैँ जाने गर्थ्यौं । राक्से र रत्ने भन्ने ठाउँको बीचमा भएको ठूलो ढुङ्गामा सबैले निधार पुर्याएकै हुन्थे, भएको सानो रकम चढाएकै हुन्थे । म पनि त्यही ढुङ्गालाई ढोग्दै आमाको सुस्वास्थ्य र दीर्घ जीवनको कल्पना पोख्थेँ । यो ढुङ्गाप्रति मेरो चासो एकदमै बढदै गएको थियो । उक्त ढुङ्गगाको बारेमा गाउँका हितैषी अमृत दाइसँग सोधेँ । दाइले मैले कल्पना नै नगरेको अनौठो जवाफ दिए । त्यो ढुङ्गाको छेल पारेर एक दिन कुनै महिलाले पिसाब गर्दै गरेको, अर्को दिशाबाट पुरुष उक्त महिलातिरै आउँदै गरेको, पुरुषसँग लाज छोप्न उक्त ढुङ्गामा ती महिलाले ढोगेको र फूलपाती चढाएको नाटक गरेको र ती पुरुषले पनि सोही कार्यको अनुसरण गरेको, त्यो बाटो हिँड्ने सबेले पछि त्यसैलाई भगवानको मूर्ति मानेर पुज्न थालेको भन्ने दाइको सारसँग मन एक तमासले तरंगित बन्यो । केही वर्षपछि त्यसैको तलबाट मोटरबाटो बन्यो । मान्छेह्ररु त्यो पुरानो बाटोसँगै त्यो ढुङ्गा पुज्ने स्थानसम्म जान छाडे । यो देखेपछि अमृत दाइको ढुङ्गा प्रतिको कथन ठीक रहेछ भन्ने लाग्यो । मेरो ढुङ्गा मूर्ति प्रतिको लगाव यो घटनाले धेरै कम गरायो । मानिस स्वभावैले स्वार्थी यो मानेमा पनि भएको देखेँ कि भगवानरुपि त्यो ढुङ्गालाई पनि मान्छेहरु सहज तरिकाले पाउँदासम्म दर्शनरुपि त्यो भावना जगाइरहे तर माथि भनिएजस्तै बाटो फरक पर्नासाथ त्यो ढुङ्गाको बीचमा रहेको भगवान् पनि ओझेल परेको देख्दा लाग्थो, ढुङ्गाहरुमा अथवा मूर्तिहरुमा भगवान् हुन्छन् भन्ने भाव मनमा एक किसिमले हराउँदै गएको थियो । गाउँ गएको समय थियो । मध्यान्हको चार बजेको थियो । खाजा खाएर आमासँगै गफिँदै थिए । घर पल्तिरको गोविन भाइ हस्याङ्गफस्याङ्ग गर्दै आएर अमृत दाइको गोरु नजिकैको भिरमा लडेको बेलिबिस्तारसँगै हामी त्यतै कुदयौँ । घटना स्थलमा पुग्दा ठूलो ढुङ्गाभरि लतपतिएको रगतसँगै दाइको माले गोरुको मृत रुप देखेँ । त्यही ठाउँमा त्यो दुष्ट ढुङ्गा भन्दा झाडी, वा अन्य कुनै रुखहरु भएको भए गोरु बाँच्न सक्ने थियो । अमृत दाइको बुबाको मुखबाट यो कुरा सुनेपछि पापी ढुंगामा भगवानको कुनै स्वभाव देखिनँ । इतिहासमा अग्रेजहरुसँगको लडाईंमा माथिबाट ढुंगा वर्षाएर तिनीहरुलाई मारेको कहानी सम्झेँ । यी यस्ता धेरै कहानीले मलाई ढुंगाहरुमा कुनै किसिमको भगवानको रुप, भाव हुन्छ भन्ने लाग्दैन । हुन त म नास्तिक पनि होइन । भगवान नै मान्दिनँ भन्न खोजेको होइन । म हिन्दुधर्म अनुशरण गर्छु । धर्मभित्र भएका सम्पूर्ण संस्कार पूर्ण रुपले पालना गर्ने कोसिस गर्छु । प्रत्येक सजीव तत्त्वमा आत्मा हुन्छ । भौतिक शरीरसँगै आध्यात्मिक तत्त्व पनि शरीरमा हुन्छ भन्ने कुरामा म सहमत छु । हिन्दुजस्तै अन्य धर्ममा भएका संस्कारहरुको पनि म उच्च सम्मान गर्छु । सबै धर्मको सारतत्त्व आत्माशुद्धि नै हो जस्तो लाग्छ । जब सबै मनुष्यको आत्मशुद्धिले एक तमासले स्थान पाउँछ । क्रमशः माया मोह, लोभ, क्रोध, रिस, बासना, रागजस्ता तत्त्व आफैँ हराएर समाज शान्ति मार्गतर्फ हिँड्न सफल हुन्छ भन्ने मलाई लाग्छ । हाम्रा संस्कारमा रहँदै आएका सामान्य कुराहरु जस्तै चौतारा चिनेर वरपिपल लगाउने, सकेसम्म झूटो नबोल्ने, सकेसम्म सबैलाई सेवा भाव ले हेर्न, शाकाहारी भोजनामा बढी ध्यान दिने, चर्पीहरु सकेसम्म घरबाट टाढा राख्ने, चर्पी जाँदा एउटा मात्र कपडा प्रयोग गर्ने, साँझमा सकेसम्म घरपरिवारका सदस्यहरु जम्मा भएर भजनकीर्तन गर्ने, खाना खाँदा सकेसम्म गोडासम्म धुने र कपडा फेरेर खाने जस्ता अति महत्त्वपूर्ण कुराहरु गरे मात्र पनि हाम्रो समाजमा धेरै परिवर्तन आउनेछ । यी सारा कुराले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थामा सन्तुलन राख्ने कुरामा म कत्ति पनि विमति राख्दिनँ । यी सबै कुराहरुले हाम्रो आचारणमा शुद्धता अवश्य ल्याउनेछ । भगवान त यस्तो अवस्थामा भेटिएको हुन्छ, जसले बिना स्वार्थ, लोभ, कामवासना, रिस, द्वेष बिना अरुलाई निस्वार्थ सहयोग गरेको हुन्छ । आफैँले हिँड्दा वा कुनै काम गर्दा पनि एक सानो जीवाणुको पनि नास नहोस्, आफ्नो कारणले अरुलाई दुःख नहोस् भन्ने स्वहोसमा जो हिँडेको छ, ऊ आफैँभित्र भगवान पाउँछ जस्तो मलाई लाग्छ । मात्र यो कि, कुनै मूर्तिमा भगवान् छन् भनेर मूर्ति पुज्नु र भगवान खुसी हुन्छन् भनेर अरुको बलि मूर्तिलाई चढाउनु केवल मुर्खता मात्र हो । सकेसम्म भगवान मूर्तिमा खोज्न भन्दा आफूले गरेको सेवाभावमा छ, यसैमा तल्लिन भए निश्वार्थरुपमा सेवा भावमा लाग्दै गरिने प्रत्येक कार्यमा भगवानको रुप पाउन सकिन्छ जस्तो मलाई लाग्छ । भगवानको कल्पना मूर्तिमा होइन, मानव तथा जीव सेवामा खोजौँ। अबको कोरोना पछिको अतासिएको समाजमा मूर्तिपूजाले भन्दा मानवसेवाले अवस्य हामीहरुलाई भगवानसमक्ष पुर्याउनेछ । अवस्य समाज मूर्तिपूजाबाट भन्दा मानव सेवा गरेर भगवानलाई भेटिन्छ भन्नेतर्फ लाग्नेछ । भगवानको कल्पना मूर्तिमा होइन, मानव तथा जीवसेवामा अवश्य खोज्नेछन् भन्ने मलाई लाग्छ । #अर्पण तिवारी #भगवान #मन्दिर #मूर्ति युएई-नेपाली साहित्यका अद्भूत समर: गीत लेख्नेले गीत लेख्छ । लय सिर्जना गर्नेले लय बनाउँछ । त्यही लयमा गीत गाउनेले गीत गाउँछ । र, बन्छ एउटा “डमी” रेकर्ड । जसलाई प्रविधिले माझ्छ । टल्काउँछ-चम्काउँछ । ठीकठीक ठाउँमा ठीक ढंगले बाजाहरूको धुन हाल्छ । जम्मै काम गर्छ- एउटा एरेन्जरले । जब गीत हिट हुन्छ, गायक हुन्छ हिट । संगीतकार, गीतकार हिट हुन्छन् । तर ऊ सधैँ ओझेलमा परिरहन्छ । ठीक यही कुरा समर चेम्जोङको नाम साहित्यमा एरेन्जरको कथा जस्तै लाग्छ । को हुन् समर चेम्जोङ ? समर चेम्जोङ खोज्नेहरूलाई साहित्यको सामान्य विद्यार्थी लाग्न सक्छ । किनभने, अहिलेसम्म उनका कुनै कृति प्रकाशित छैनन् । यद्यपि, उनले कवितामा कलम चलाउँछन् । गीतमा कलम चलाउँछन् । गजलमा कलम चलाउँछन् । मुक्तकमा कलम चलाउँछन् । आख्यानमा उनले दुईवटा पाण्डुलिपि नै तैयार गरिसकेका छन् । बहुविधामा कलम चलाउने यी स्रस्टा एकदम सामान्य छन् । खासमा उनी सामान्य भैदिएको यसकारण हो कि प्रायः सामान्य मानिसहरूले आफूलाई असामान्य सम्झिँदा उनलाई लाज लाग्छ । र, अरूले उनको लाज नदेखुन भनेर आफूले आफैँलाई सामान्य सम्झिन्छन् । यहाँ मैले लेख्न खोजेको यिनै सामान्य मानिसको युएई साहित्यमा असामान्य भूमिका माथिको चर्चा हो । तेह्र वर्षअघि समर युएई आउँछन् । सँगसँगै उनीसँगै आउँछ उनको भाषा-साहित्य प्रेम । त्यसो त, समर आउनुअघि पनि युएई साहित्यमा चहलपहल नभएको होइन तर उनी यहाँ आइसक्दा निभेको टुकीमा तेल नभएको देख्छन् । समरले ती दिनहरू सम्झदै भने, “युएईमा आएपछि दीपराज नेयोङहाङ र दीपकराज अधिकारीलाई भेटेँ । साहित्यमा रुचि भएका ब्यक्तिहरूसँग भएको यो नै मेरो पहिलो भेट थियो । समय क्रममा दलवीर सिंह बराइली, किरण कौशल मेयोङ्बा, सेल्कर तामाङहरूसँग भेट भएपछि भेटको दायरा फराकिलो हुँदै गयो । त्यसपछि हामीले एकअर्कामा सिर्जना सुन्ने-सुनाउने गर्न थाल्यौँ । रेसिडेन्सियल सिटी, आइकार्डको खुल्ला चौरमा महफिल जमे तर मभित्र भने साहित्यिक भेटघाट र सिर्जना वाचनलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने हुटहुटी थियो । एकदिन यस्तै भेटघाटमा प्रस्ताव राखेँ, त्यहीँबाट ‘सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल’ को गर्भाधान भयो ।’ युएई साहित्यको इतिहास लामो छैन । सन् २००० मा दलवीर सिंह बराइलीको नेतृत्वमा गठन भएको संस्था “नेपाल साहित्य परिषद, युएई” नै युएईमा पहिलो साहित्य संस्था भएको यसै संस्थाद्वारा प्रकाशित “अरब र प्रतिध्वनि” पत्रिकाले पुष्टि गरेको छ । त्यसको नौ वर्षपछि सन् २००९ मा लक्ष्मण सापकोटाको नेतृत्वमा “सर्वदा बाङ्मय प्रतिष्ठान, युएई” र, यसपछि सन् २०१३ मा विवेक दुलाल क्षेत्रीको नेतृत्वमा “सगरमाथा साहित्य मञ्च, युएई”, त्यही वर्ष महादेव अधिकारीको नेतृत्वमा “नेपाली साहित्य फूलबारी, दुबई”, मोहराज शर्माको नेतृत्वमा इएनएएस गठन हुन्छन् । यसैगरी सन् २०१६ मा टक गुरुङको नेतृत्वमा “सिर्जना वाचन डबली, युएई”को शुरूवात हुन्छ । यद्यपि, डबली कुनै साहित्य संस्था नभएको र यसले सिर्फ साहित्यकारहरूलाई “प्लेटफार्म” दिने काम गर्दै आइरहेको छ । भनिन्छ, एउटा जिउँदो मानिस जहाँ-जहाँ जान्छ, उसले आफूलाई जिउँदो मानिस भएको प्रमाणित गर्छ । समरको हकमा यो शब्द गज्जबले सुहाउँदिलो लाग्छ । उनको योजना थियो, ‘यहाँ त्यस्तो एउटा संस्था होस्, जसले साहित्य फाँटमा हलचल ल्याइदिओस् ।’ त्यसैले युएईमा रहेका प्रायः लेखकहरूसित उनले छलफल गरे। म्यासेजमा/भेटमा/फोनमा सबैलाई कम्भिन्स गर्ने प्रयास गरे। बर्खामा उम्रेका च्याउजस्ता जताततै नाम मात्रको संस्था बनाएर कमिटी गठनको तुक नरहने बरू युएईभरि एउटै मात्र संस्थालाई बृहत्तर बनाउने र साहित्यिक क्रियाकलापहरूलाई ब्यापक बनाउने हो भने त्यसले दूरगामी प्रभाव राख्ने उनको बुझाइ थियो । विडम्बना, उनको प्रस्तावलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । बरू टक गुरुङ, जे. सागरहरूले “सिर्जना वाचन डबली”को शुरूवात गरे । आज डबलीले आफ्नो उन्नाइसौं शृङ्खला सफलतापूर्वक पूरा गरिसकेको छ । स्मरण रहोस्, सिर्जना वाचन डबलीको अवधारणा पनि समर चेम्जोङकै थियो । यो समय युएई साहित्यमा कुनै संस्था अन्तर्राष्ट्रियस्तरमा परिचित छ भने, त्यो “सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल” नै हो । बाँकी कति हराए, कति नाममा सीमित छन् । त्यसो त एकबखत सगरमाथा साहित्य प्रतिष्ठानको अस्तित्व शून्य भैसकेको थियो । आफ्नै प्रयासले स्थापना भएको संस्था धर्मराउन थालेपछि समरलाई चिन्ता लाग्न थाल्यो । फेरि उनले सबैलाई झक्झकाउन थाले । छुट्टीमा गएर नफर्केका साथीहरूको रिक्त पद पूर्तिका लागि ‘योग्य’ व्यक्तिहरू खोज्न थाले । यसै क्रममा भेट्टाए गहकिलो छवि भएका शालिन कवि कृष्ण विश्वकर्मालाई । उनलाई नेतृत्व दिएपछि एकाएक संस्थाले गति लिन थाल्यो । आज उनकै नेतृत्वमा संस्थाको गतिविधि तीव्र बनाउनुको साथै वार्षिक रूपमा अन्तर्राष्ट्रिय गजल/कविता प्रतियोगिताहरूको सफलतापूर्वक आयोजना गर्दै आइरहेको छ । त्यसो त, स्थापनाको केही समयमा नै “प्रवासका फूलहरू” र “हाम्रो प्रतिविम्ब” कृति प्रकाशित गरेर दरिलो उपस्थिति बनाएको संस्थाले पछिल्लो समय प्रकाशित गरेको कृति हो- “अक्षरहरूको सगरमाथा” । समर ढुक्कसँग भन्छन्, ‘अहिले “अब संस्था सही ट्र्याकमा आएको छ, रिपेयरिङ भएर हाइवेमा दगुरिरहेको बसजस्तो । यसले कति लामो दूरीको यात्रा गर्छ, अहिल्यै भन्न सकिन्न, तर अब म सुस्ताए पनि चिन्ता छैन ।” सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माको मूल्यांकन यस्तो छ, “उनी त्यस्तो साहित्यकार हुन्, जसले पर्दा पछाडि रहेर पनि पर्दा अगाडिकाले भन्दा बेशी साहित्य-कर्म गर्दै आइरहेका छन् । मूलत: युएई साहित्यमा उनको योगदान अतुलनीय रहेको जीउँदो साक्षी म स्वयं हुँ । सिर्जना वाचन डबलीको मूल कन्सेप्ट वहाँकै हो । आज सिर्जना वाचन डबली युएईकै चर्चित साहित्यिक थलो हुनुको प्रथम श्रेय वहाँलाई नै दिँदा अतिशयोक्ति हुँदैन । मृत प्राय: रहेको सगरमाथा साहित्य प्रतिष्ठानलाई बौराएर खाडीमा एउटा दर्विलो अस्तित्वको मुकाममा पुर्याउन उहाँले गरेको अनवरत योगदान र क्रियाशीलता वस्तुत: अनुकरणीय छ । समग्रमा समर चेम्जोङ युएई साहित्यमा एउटा अलिखित/ अवर्णित भुइँफूल हुन् भन्ने लाग्छ ।” अन्तरमुखी स्वभावका समर अहिले सगरमाथा साहित्य प्रतिष्ठानका संरक्षक छन् । उनले अरुले नसोचेको भिजन बनाउँछन् र संस्थाको मिटिङमा प्रस्ताव राख्छन् । अब समरको दुइटा सपना छ । एउटा, यो संस्थालाई अन्तर्राष्ट्रियकरण गर्ने र अर्का यही संस्थाको नामबाट कालान्तरमा प्रकाशन गृह खोल्ने । उनको प्रस्तावलाई संस्थाले पारित पनि गरिसकेको छ । त्यसको लागि उनले नेपाल, साउदी, मलेसिया, कतार, पोर्चुगल, इजरायल लगायतका देशमा रहेका लेखकहरूसँग छलफल पनि चलाइरहेका छन् । उनी भन्छन्, “पहिला मेरो योजना सफल भएन, किनभने त्यहाँ हामी थिएनौँ । अब मेरो योजना सफल हुनेछ किनभने यहाँ हामी छौँ ।” #जीवित खड्का #जीवित खड्का मगर #युएई #समर चेम्जोङ क्यानाडामा नेपाली चिनाउने किरणका तीन कृति: क्यानाडामा नेपाली भाषा–साहित्य र संस्कृतिका बारेमा कुरा गर्नुपर्दा सर्वप्रथम यहाँका समाजसेवी किरण ढुंगानाको नाम अग्रपंक्तिमा आउँछ । सन् १९५३ (२०१० साल) मा काठमाडौंको चाबहिलमा जन्मिएका किरण ढुङ्गानाले त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दाको समयदेखि नै साहित्यक लेखनप्रति रुचि राख्दै र लेख्दै आएका थिए । सन् १९९८ (वि.सं. २०३६ साल) को विद्यार्थी आन्दोलनमा समेत सहभागी भएर अहिलेका प्रतिष्ठित राजनीतिज्ञ सुभाष नेम्वाङ, प्रदीप नेपालहरुसँगै भद्रगोल जेलमा ५७ दिन बिताए । अध्ययनपछि केही वर्ष वाणिज्य बैंकमा काम गरेका थिए । त्यपछि आफ्नै व्यवसाय गर्न थालेको र केही वर्ष व्यवसाय गरेपछि २६ वर्षे युवा ढुङ्गाना नयाँ जोश र जाँगर बोकेर पातालवासको रङ्गीन सपना बोकेर क्यानाडा प्रवेश गरे । प्रारम्भमा मोन्ट्रियलबाट आफ्नो प्रवासी जीवन शुरु गरेका ढुङ्गानाले तुरून्तै विशाल टोरोन्टोको ब्राह्म्टन शहरलाई आफ्नो कर्म थलो बनाउँछन् । दुई छोरा र दुई छोरीका पिता ढुङ्गानाले क्यानडामा आफ्नो आगमन भएकै बेलादेखि नेपाली भाषी खोज्दै सम्पर्क बढाउँदै गए । सन् १९७८ मा पहिलो पटक क्यानडाको मोन्ट्रियल शहरमा आउँदा अनेपाली मित्रका माध्यमबाट भारतीयहरुको एउटा रेष्टुरेन्टमा पुगे र त्यहीँबाट एकजना नेपालीको सम्पर्कमा आए । सत्तरीको दशकमा कुनै एक्पोमा भाग लिन आएका शर्माजी मोन्ट्रियलमा परिवारसहित बस्दै आएका शर्मा र ढुङ्गानाको दोस्तीपछि अटवाकी राधा बस्नेत, टोरोन्टोका रमाकान्त अधिकारी, भ्यानकुभरका माधव कोँजु हुँदै ब्राह्म्टनसम्म आइपुग्दा नेपालीहरूसँगको सम्पर्क संख्यात्मक रूपमा बढ्दै गयो । प्रारम्भमा विशाल टोरन्टोमा (टोरन्टो, मिसीसाँगा, ब्राह्म्टन, स्कारबोरो) बसोबास गर्ने नेपालीहरुका बीच भेटघाटको कार्यक्रम हुने गर्थ्यो । यसरी भेटघाटको क्रममा ढुङ्गानाले लादान, राजजित सिंह कटोज, सुरा हल (जङ्ग थापा), कुमुद शर्मा, कुञ्जर शर्मा, राधा बस्नेत, वेदजङ्ग थापा, भद्रिका शर्मा, डा. जपनारायण श्रेष्ठ, ग्वेल्फमा बाबुराम (क्रिस) भट्टराई आदिसँग भेट्ने मौका पाएपछि नेपालीहरुलाई समेट्ने काम गर्न थाल्नु भयो । ढुङ्गानाले क्यानाडामा बसोबास गर्ने नेपालीहरुका बीच समन्वय बनाई राख्न र सबैलाई एउटै मञ्चमा उभ्याउने उद्देश्यका साथ काम गर्दै अघि बढे । सन् १९८३ मा उत्तर अमेरिकालाई समेत समेट्ने उद्देश्यका साथ डिसीमा ‘एशोसिएसन अफ नेपालिज् इन अमेरिकाज्’ (ए.एन.ए.) को स्थापना भएपछि डा. कुञ्जर शर्मा क्यानडाको प्रतिनिधि बने । सन् १९८९ मा एएनएको क्यानडा शाखा बनाएपछि वीरेन्द्र थापा ए.एन.ए. क्यानडाको अध्याक्ष बन्नु भयो । त्यसको एक वर्षपछि किरण ढुङ्गानालाई एएनए क्यानडाको अध्यक्ष बनाइयो । अमेरिकामा रहेको संस्थाको अध्यक्ष बनेपछि उनलाई क्यानडामा नै नेपालीहरूको सहभागितामा बेग्लै संस्था खोल्ने जमर्को चल्यो । यसैको नतिजा हो, सन् १९९१ मा “नेपाली एशोसिएसन इन क्यानाडा” – नेक (एन.ए.सी.) को स्थापना हुनु । यसै संस्थाका माध्यमबाट नेपालीहरूले आफ्नो परम्परागत चाडपर्वहरू मनाउन थाले । यसरी ढुङ्गानाले संस्थाका माध्यमबाट चाडपर्वका अवसरमा भेटघाट कार्यक्रमको आयोजना गराएर एउटै मञ्चमा सबैलाई समेट्दै क्यानडामा नेपालीको संस्थागत बिस्तार गराउन थाले । यहीँ संस्थाका माध्यमबाट नेपाली समाजको गतिविधिलाई लिपिमा उतार्न तथा सबैमा समुदायको सूचना प्रवाह गर्न ढुङ्गानाले सन् १९९२ मा अंग्रेजी भाषामा “न्यूज लेटर” को प्रकाशन आरम्भ गरे । पत्रिकाका माध्यमबाट संस्थागत गतिविधिलाई सबैसामु पुर्याउन प्रकाशन आरम्भ भएको ‘न्यूज लेटर’को पहिलो अङ्कमा नै प्रा. कुमुद देवकोटाको नेपाली भाषामा लेखिएको लेख ‘बाहिर बस्नेहरुलाई शंका छ’ नेपाली भाषामा प्रकाशित हुन्छ । यही लेखलाई क्यानाडामा नेपाली भाषामा लेखिएर प्रकाशित भएको पहिलो रचनाका रुपमा लिन सकिन्छ । अंग्रेजी भाषामा निस्कने ‘न्यूज लेटर’ सन् १९९३ मा नेपाली भाषामा ‘लाली गुँरास’को नामबाट प्रकाशित हुन थाल्छ । “नेपाली एशोसिएसन इन क्यानाडा” (एन.ए.सी.) बाट प्रकाशित हुँदै आएको ‘लाली गुँरास’ पत्रिका दुई अङ्क प्रकाशित भएपछि बन्द हुन्छ । त्यसपछि एन.ए.सी. को ठाउँमा ‘नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा’ (एन.सी.एन.सी.) को नामबाट नयाँ संस्था स्थापना भएपछि यहीँ संस्थाको मुखपत्रका रूपमा ‘दियालो’ को नामबाट नेपाली भाषाको पत्रिकाको प्रकाशन शुरु हुन्छ । ‘दियालो’लाई उत्तर अमेरिकाबाट प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका मानिन्छ । आजको मितिसम्म पनि ‘दियालो’ समय अन्तरालमा प्रकाशित हुँदै आएको छ । यही ‘दियालो’ को दोस्रो अङ्क (१ः २ समर १९९४ (वि.सं. २०५१) ) मा पहिलो पटक क्यानाडामा बस्ने क्यानाडियाली नेपाली कविको कविताका प्रकाशित हुन्छ । क्युबेक प्रान्तको मोन्ट्रियलका उही शसु (शरद सुब्बा) को “टुक्राहरु विवशताको” दुईवटा साना कविताहरु प्रकाशित हुन्छन् । यसैलाई क्यानाडामा लेखिएको पहिलो नेपाली कविता मान्न सकिन्छ । २० वर्षसम्म ‘दियालो’को प्रकाशनलाई निरन्तरता दिँदै थियो । सन् १९९५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाट वर्षको प्रसिद्ध लेखक उपाधिबाट विभूषित ढुङ्गानालाई सन् २००१ मा नेपाल–अमेरिका काउन्सिल पुरस्कारबाट सम्मानित भएका थिए । सन् २००६ मा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घबाट पुरस्कृत ढुङ्गानालाई २०१२ मा अनेसास र नेपाली साहित्य समाजले संयुक्त रूपमा अभिनन्दन गरेको थियो । उनले आफ्नो पत्रकारितासँगै लेखन कार्यलाई पनि निरन्तरता दिँदै थिए । साहित्य प्रतिको रुचिले गर्दा उनले अनेसासको अध्यक्ष (सन् १९९६–९७) भएर पनि भाषा साहित्यको सेवा गरेको देखिन्छ । किरण ढुङ्गानाको साहित्यिक यात्रा आफ्नो विद्यार्थी कालदेखि नै शुरु भएको थियो । उनको रुचि र लेखनले बिस्तारै निरन्तरता पाउँदै गएपछि उनका रचानहरु सन् १९७३–७४ देखि फाटफुट प्रकाशित हुन थालेको पाइन्छ । क्यानाडा प्रवेशपछि पनि उनको लेख्ने बानीले निरन्तरता पाउँदै गएको थियो । उनका केही रचनाहरु बेलायत र भारतको सिक्किमका पत्रिकाहरुमा समेत प्रकाशित भएका छन् । विगत २५ वर्षदेखि कथा, कविता, निबन्ध आदि विधामा निरन्तर कलम चलाउने ढुङ्गानाको आजको मितिसम्ममा तीनवटा पुस्तकहरु प्रकाशित भएको देखिन्छ । उनको पहिलो कृति आत्मसंस्मरणका रुपमा ‘मोन्ट्रियल क्याफे’ सन् २०१५ (माघ २०७१) मा प्रकाशित भएको थियो । यसलाई अनेसासले सन् २०१७ मा उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरेको थियो । त्यसपछि उनको दोस्रो कृति ‘कमली’ उपन्यास सन् २०१६ (मंसिर २०७३) प्रकाशित भएको पाइन्छ भने सन् २०१९ (बैशाख २०७६) मा उनको तेस्रो कृति ‘झरेको पात’ उपन्यास प्रकाशित भएको देखिन्छ । “मन्ट्रियल क्याफे” “मन्ट्रियल क्याफे” किरण ढुंगानाको पहिलो कृति हो । २०७१ माघ (सन् २०१५) मा नेपाली साहित्य समाज, क्यानडा र बाबाज्ञानी प्रकाशन, नेपालबाट प्रकाशित “मन्ट्रियल क्याफे” मा मैले पनि उनका बारेमा लेख्ने अवसर पाएको थिएँ । २७२ पृष्ठको “मन्ट्रियल क्याफे” क्यानडामा नेपालीहरूको आगमनको इतिहास पाइन्छ । उच्चशिक्षा अध्ययनका लागि ढुङ्गानाले नेपालबाट क्यानडाको यात्रा शुरु गरेपछि क्यानडालाई नै आफ्नो कर्मथलो बनाउने निर्णय र त्यसबेलाका क्यानडामा बसोबास गर्ने नेपालीहरुको अवस्था र संख्याका बारेमा जानकारी गराएका छन् । नेपाली साहित्यमा आयामेली आन्दोलनका एक प्रवर्तक ईन्द्रबहादुर राईको २०२१ (सन् १९६४) सालमा प्रकाशित “आज रमिता छ” उपन्यास नेपाली साहित्यमा संरचना र रूपविन्यास दुवै दृष्टिकोणबाट परम्परागत लेखनभन्दा एकदम भिन्न शैली अपनाएर लेखिएको कृतिका रूपमा देखा पर्छ । आयामेली भाषामा लेखिएको यो नयाँ औपन्यासिक प्रवृत्तिलाई पछिका लेखकहरूले पनि पछ्याउँदै आएका छन् । नेपाली उपन्यासको इतिहासमा यथार्थवादको आत्मगत पक्षलाई समेटेर लेखिएको उपन्यास “आज रमिता छ” लाई राईले कुनै अध्याय, परिच्छेद, शीर्षकमा नबाँडिकन प्रारम्भ गरेर कथाको अन्त्य गरिएको छ । किरण ढुङ्गानले पनि यही शैलीको अनुशरण गरेर आफ्नो पहिलो कृति “मन्ट्रियल क्याफे” लेखेका छन् । आत्मसंस्मरणका रुपमा लेखिएको “मन्ट्रियल क्याफे” कृति पृष्ठ १७ बाट शुरु हुन्छ र बिना कुनै अध्याय, परिच्छेद वा शीर्षकअगाडि बढ्दै पृष्ठ २७२ मा आएर क्यानडाको कन्जर्भेटिभ दलका नेता स्व. जेक लेटनको भनाइमा गएर टुङ्गिन्छ । मेरा प्यारा मित्रहरू क्रोधभन्दा प्रेम राम्रो त्रासभन्दा आशा राम्रो निराशाभन्दा आशावादी हुनु राम्रो त्यसैले आऊ हामी प्रेम गरौं आफ्नो ईच्छापूर्तिका लागि आशावादी भएर यसरी हामी विश्व परिवर्तन गर्न सक्ने छौं साहित्यको विधागत नियमका आधारमा किरण ढुंगानाको पहिलो कृति “मन्ट्रियल क्याफे” लाई आत्मसंस्मरणका रूपमा लिन सकिन्छ । सन् १९८० देखि २००० अर्थात २० वर्षको समयावधि समेटेको यस कृतिमा उनको निजी अनुभूतिहरू मुखारित भएका छन् । ४० वर्षअगाडि अध्ययनका सिलसिलामा उत्तरी गोलार्धको क्यानडामा आएर उनले देखेका, सुनेका, भोगेका र अनुभव गरेका संघर्षमयका दिनहरुको अनुभव यस कृतिमा टिपिएका छन् । आफ्नो भूमिकामा उनले यस कृतिलाई आफ्नै जीवन दर्पण भनेर उल्लेख गरेका छन् । कृतिको थालनी काठमाडौंको एयरपोर्टबाट शुरु हुन्छ र अन्त्य टोरन्टोको एयरपोर्टमा गएर टुङ्गिन्छ । काठमाडौंबाट उडेको हवाईजहाजले एकजना नेपालीलाई क्यानडासम्म पुर्याउँछ भने टोरन्टोमा अवतरण भएको हवाईजहाजले क्यानडामा नयाँ नेपाली जन्माउने आमालाई भित्र्याउँछ । किरण ढुङ्गानाले नेपाल छोडेको मितिदेखि यो कृति लेखुन्जेलसम्मको उनको जीवनमा देखापरेका उतारचढावको विवरण यस कृतिमा पाइन्छ । यस कृतिमा एकातिर नेपालको प्राकृतिक सौन्दर्यताको मुक्तकण्ठबाट बयान भएको छ भने अर्कोतिर क्यानडाको प्राकृतिक सौन्दर्यता र नीति नियमका बारेमा पनि राम्ररी चर्चा भएको पाइन्छ । उनले यसलाई आत्मसंस्मरणका रूपमा लिए पनि यसको लेखन कार्य मनभित्रका आत्मअभिव्यक्तिबाट मात्र पूरा भएको छैन । यसको लेखन कार्यभन्दाअघि उनले क्यानडाको इतिहासलाई राम्ररी नियालेर अध्ययन गरेको देखिन्छ । उनले क्यानडाका बारेमा पनि राम्ररी अध्ययन गरेको देखिन्छ । लेखनको क्रममा उनले आफू क्यानडा आएको दस वर्षअगाडि मोन्ट्रियलको रेस्टुरेन्टमा काम गर्ने शर्माजी क्यानडा भित्रिसकेको प्रसङ्गसँगै त्यसपछि नेपालीहरूका बारेमा जानकारी लिने र राख्ने उत्सुकता उनमा बढ्दै गयो । त्यसपछि शुरु हुन्छ उनको नेपालीहरुको विवरण टिप्ने काम । क्यानडा आएपछि उनले भेटेकाहरु माधव कोजुँ, धनबहादुरकी छोरी चन्द्रा फिल्ड, विजय श्रेष्ठ, मारिया, दिनेश श्रेष्ठ, एनी, रवि त्रिपाठी, राजसिंह कटोज, बेदजङ्ग थापा, सन्ध्या थापा, कुमुद शर्मा, भद्रा शर्मा, श्याम योकलेन, शोभा भट्टराई, अधीर राणा, शैलेन्द्री राणा, हनी, मृगेन्द्र गुरुङ्ग, सरोजनी, राजेन्द्र श्रेष्ठ, मीना, वीरेन्द्र थापा, नीमा शेर्पा, बेन म्याकलहनी, बाबुराम (कृष) भट्टराई, आशीष गिरी, शरद सुब्बा, राधा बस्नेत, जयनारायण श्रेष्ठ, लक्ष्मण खड्का, अम्बिका अधिकारी, हेमलाल अर्याल, रमाकान्त अधिकारी आदि धेरै नामहरु छन्, जसलाई हाम्रा पूर्खाका रूपमा लिन सकिन्छ । क्यानडामा नेपालीहरुको आगमनको इतिहासलाई समेटेर लेखिएको यस कृतिमा उनले क्यानडामा केशवराप पिँडालीले भ्रमण गरेपछि फूलैफूलको शहर भनेर लेख नै प्रकाशित गरेको कुरा पनि आउँछ । २०४६ सालको आन्दोलनपछि नेपालको पहिलो मन्त्रीका रुपमा योगप्रसाद उपाध्यायको भ्रमणका बारेमा, सन् १९८७ मा एसोसिएसन फर नेपालिज् इन अमेरिकाज (ए.एन.ए.) को सम्मेलन भएकोबारे जानकारी पनि दिएका छन् । उनले हेमलाल अर्याल पहिलो नेपाली सेफले हिन्दुस्तानी दावत रेस्टुरेन्ट खोलेको कुरा । एक्लो नेपाली भए पनि आफूसँग भएका नेपाल झल्काउने सामानका आधारमा अनेपाली मित्रहरुको सहयोगमा कन्कडिया विश्वविद्यालयमा नेपाल–डे मनाएर क्यानडामा नेपाललाई चिनाउने प्रयास आदि विभिन्न कुराको जानकारी संग्रहित छ । यस कृतिमा क्यानडामा नेपालीहरुको आगमनको कथा मात्र नभएर क्यानडामा आप्रवासीहरुको आगमनको इतिहास पनि पढ्न पाइन्छ । सन् १८९० मा प्यासिफिक रेल्वेको लिक राख्न चिनियाँसँगै भारतीय मजदुरहरुको आगमन । सन् १९२० मा मुम्बई (बम्बई) बाट सिखहरुको आगमनको कथासँगै जर्मन, नाजी, हिटलर, इटाली, मुसालिनो आदिलाई पनि प्रसङ्गानुसार समेटेका छन् । कृतिले क्यानडाका चाडपर्वहरुहरुका बारेमा जानकारी दिन सक्षम भएको छ । यस्तै विदेशमा बसेर विदेशीहरुको चाडपर्वमा रमाइरहेको अवस्थामा किरणलाई पनि आफ्नै परम्परागत चाडपर्वमा आफ्नो दाजुभाइ–दिदीबहिनीसँग मनाउने अभिलाषा पलाउन थालेपछि उनकै प्रयासबाट क्यानडामा पहिलो नेपाली संस्थाको स्थापना हुन्छ । यही संस्थाबाट क्यानडामा पहिलो दशैं कार्यक्रमको आयोजना हुन्छ र यही संस्थाले क्यानडामा पहिलो पत्रिका प्रकाशित गर्छ । ‘कमली’ सन् २०१६ (मंसिर २०७३) मा शारदा मैनाली ढुङ्गानाद्वारा प्रकाशित भएको ‘कमली’ ऐतिहासिक उपन्यासका रुपमा देखा परेको छ । बाह्र परिच्छेदमा बाँडिएको २१२ पृष्ठको ‘कमली’ उपन्यासले ५८ वर्षको कथालाई तीन पुस्तामा देखाएको छ । कथाको शुभारम्भ सन् १९०१ देखि नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर ज.ब.राणाको समयबाट शुरु भएर सन् १९५९ मा विश्वेश्वरप्रसाद कोइराला नेपालको बाइसौं प्रधानमन्त्रीको समयमा आएर टुङ्गिन्छ । ऐसिहासिक विषयवस्तु समेटेर लेखिएको यस उपन्यासमा ३७ जना पात्रहरु विभिन्न अवस्थामा देखा पर्छन् । यज्ञप्रसाद शर्मा, हरिहर शर्मा र मधुसुधन शर्मा तीन पुस्ताका माध्यमबाट राणकालीन नेपालको अवस्था र व्यवस्थाको वर्णन भएको यस उपन्यासमा मुख्य पात्रका रूपमा ‘कमली’ देखाइएको छ । उनका जीवनको आरोहअवरोहलाई ऐतिहासिक कथाको तानाबाना बुनेर यस उपन्यासमा मधुसुधनसँग कमलीको प्रेमगाथा देखाइएको छ । यही प्रेमकथाको सेरोफेरोमा राणकालीन नेपालको इतिहास र प्रजातन्त्रिक नेपालको उदयका कथाहरूका बारेमा जानकारी पाइन्छ । किरण ढुङ्गानाले ऐतिहासिक घटनाक्रमलाई उपन्यासका माध्यमबाट एउटा प्रेमकथाको सूत्रमा बाँधेर यहाँ प्रस्तुत गरेका छन् । यसमा उनी सफल पनि भएका छन् । इतिहास सबैका लागि रोचक बन्न सक्दैन त्यसैले उनले नेपालको एक खण्डको इतिहासलाई प्रेमको जलप लगाएर यसमा पस्केका छन् । यही कथाभित्र उनले तत्कालीन नेपालको शोषण, संघर्ष र चाकरीका विभिन्न उतारचढावलाई देखाएका छन् । राणाकालीन नेपालमा देखापरेको दरबारीया चाकरीको झलक र शोषणका राजनीति उपन्यासले समेटेको पाइन्छ । राणाकालको इतिहाससँगै त्यसबेलाको वास्तविकतालाई समेटेर लेखिएको यस उपन्यासले धरहराबाट बिगुल बजाएर जनतालाई सूचना दिने चलन, नब्बे सालको भुइँचालोको बयान, नेपालमा राणा विरुद्धका स्वरहरु गुञ्जिन थालेको अवस्था, बनारसमा कांग्रेसको चहलपहल, विराटनगर जुट मिलको मजदुर आन्दोलन, २००५ वैशाखमा नेपालको संविधान जारी भएको जानकारी, राणाहरुका बीचमा सत्ताका लागि शुरु भएको षडयन्त्र, राजाका छोरी–चेलीलाई राणाहरुले बिहे गर्ने परम्परा जस्ता इतिहासलाई समेटेको छ । राम्रो अध्ययन र अनुसन्धानपछि जन्मेको कमली उपन्यासमा उपन्यासकारको मिहिनेत देख्न पाइन्छ । उनले चन्द्र शमशेरको बेलायत यात्राका क्रममा फ्रान्स, रोम, भारतका विभिन्न शहरहरुको भ्रमणका कुराहरुलाई पनि समेटेर त्यहाँको इतिहास पस्केका छन् । आफूले क्यानडालाई कर्मभूमि बनाएकाले उपन्यासमा क्यानडाको शरणार्थी प्रसङ्गलाई समेत स्थान दिएर सन् १९१४ मा कामागातामारो पानीजहाजबाट क्यानडा आएको ३४९ जना सिखहरूलाई क्यानडा सरकारले प्रवेश निषेध गरेर फर्काइदिएको इतिहासलाई पनि स्थान दिएका छन् । बुद्धभूमिमा जन्मेका ढुङ्गानाले बुद्धको महिमासँगै सम्राट अशोकलाई पनि उपन्यासमा स्थान दिएर सम्राट अशोकले अपनाएको बुद्धत्वको चर्चा समेत गर्न भ्याएका छन् । यसका अतिरिक्त उपन्यासमा विश्वयुद्ध र नेपोलियन युद्धको चर्चासँगै कालिदासदेखि शेक्सपियरको साहित्यिक योगदानबारे चर्चा गर्दै लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको विश्वप्रसिद्ध चित्रदेखि जुद्ध शमशेरको कलकत्ता यात्राको बेला रवीन्द्रनाथ टैगोरसँग भेटेको कुरा पनि लेखेका छन् । उपन्यासको थालनी चन्द्र शमशेरको राज्यकालबाट हुन्छ र चन्द्रपछि जुद्ध शमशेर, पद्ध शमशेर हुँदै देव शमशेर र मोहन शमशेरको समय देखाउँदै बिपी कोइरालाको समयमा आएर बिट मार्छ । जङ्गबहादुर राणाको बेलायत यात्रापछि चन्द्र शमशेरले बेलायतको यात्रा गरेका थिए । कथाको तानाबाना त्यहीँबाट शुरु हुन्छ । राणाकालीन नेपालको प्रशासकीय अवस्थाको चर्चा गर्दै त्यस बेलाको काठमाडौंका गल्ली, चोकहरुबाट लिएर मठमन्दिर, शहर बजारका बारेमा राम्रो बयान गरेका छन् । राणकालीन नेपालको अवस्थाको चर्चा गर्दै त्यसबेला भारतको बनारसमा प्रजातन्त्रको फिलिङ्गो बल्न थालेको अवस्था र नेपाल प्रजा परिषदले शुरु गरेको सन् १९४० को आन्दोलनको प्रसङ्गसँगै त्यसमा पक्राउ परेका शुक्रराज, धर्मभक्त, दशरथ चन्द, गङ्गालाललाई फाँसीको सजाय सुनाएको कुरालाई पनि उपन्यासले समेटेको छ । यस उपन्यासबाट राणकालीन नेपालको धेरै कुराहरुका बारेमा जानकारी थाहा पाउन सकिन्छ जस्तै अहिलेको बनेपा-सिन्धुली मार्ग राणाकालमा पनि चर्चा भएको बारे । राणाकालमा युवाहरु राजनैतिक कारणले देशबाट पलायन हुन बाध्य भएको अवस्थाका बारे । तत्कालीन नेपालको प्रशासनिक व्यवस्थाका बारे आदि । सरल भाषा शैलीमा लेखिएको यस उपन्यासबाट ढुङ्गानाको आख्यान लेखनमा केही कमी कमजोरीहरु देखा परे तापनि उनको पहिलो प्रयास प्रशंसनीय रहेको छ । ‘झरेको पात’ किरण ढुङ्गानाको तेस्रो कृति ‘झरेको पात’ सन् २०१९ मा प्रकाशित भएको देखिन्छ । नेपाली साहित्य समाज, क्यानडा र बाबाज्ञानी प्रकाशन, काठमाडौंबाट प्रकाशित ‘झरेको पात’ उनको दोस्रो उपन्यास कृति हो । अघिल्लो उपन्यासले राणाकालीन नेपालीलाई विषयवस्तु बनाएको थियो भने ‘झरेको पात’ले दोस्रो युद्धपछिको क्यानडाको जनजीवनलाई विषयवस्तु बनाएको छ । क्यानडामा जाडो शुरु हुनभन्दाअघि हुरीबतासले वातावरणलाई नै नरमाइलो बनाउँदै गएको हुन्छ । अनि त्यसपछि शुरु हुन्छ हिमपात । मानिसको जीवनमा सुख र दुख समानान्तर रूपमा आउने गर्छ । प्रकृतिले पनि एवम् तरिकाले मौसम परिवर्तन गर्दै जान्छ । क्यानडामा पनि मौसमको कहरले मानवीय जीवनमा नराम्ररी प्रभाव पारेको हुन्छ । यस उपन्यासमा टोरन्टोको पश्चिममा पर्ने सानो तर प्राकृतिक सौन्दर्यले भरिएको बेलउड (गाँउ) शहरमा आजभन्दा ५०–६० वर्षअगाडिको अवस्था र यसका मुख्य पात्र लोराको जीवनका आइपरेका कष्टमय अवस्थाको बयान पाइन्छ । ७३ पृष्ठको यस लघु उपन्यासले बेलउडको सेरोफेरोमा कथा बुनेको छ । कथामा हिउँदकै मौसममा प्राकृतिक प्रकोपमा परेर आमा गुमाउनु परेकी लोरालाई उनकी सौतेली आमाले दिएको दुःख र अमानवीय व्यवहारको वर्णन र लोराले देखाएको मानवीय व्यवहारको व्याख्या पाइन्छ । वेलउड, किच्नर र टोरोन्टोको वरिपरि रुमल्लिएको कथाले क्यानडामा आप्रवासीहरुको आगमनको इतिहास देखाउने प्रयास गरेको छ । उपन्यासले क्यानडाको इतिहासमाथि प्रकाश पार्दै यस प्रकृति भूमिका आप्रवासीहरुको मानव इतिहासको उत्खनन् गरेको छ । दोस्रो युद्धपछि मानवीय जीवनमा देखापरेको सामाजिक परिवर्तनको कथाव्यथालाई उपन्यासले समेट्न प्रयास गरेको छ । क्यानडालाई दोस्रो घर बनाएर एसियाका कामदारहरुमात्र नभएर जर्मन, इटाली, पोर्चुगलबाट पनि मानिसहरुको आगमन हुँदै जान थालेको र हिउँदको पीडादायी जीवन शैली बिताउँदै नयाँ क्यानडा बनाउनमा आप्रवासीहरुको भूमिकामाथि प्रकाश पारिएको छ । यहाँका आदिवासीहरुको पीडामा मलहम लगाउँदै आप्रवासीहरुले यो भूमिमा मानवबस्ती बसालेको तथ्य यस उपन्यासमा पाइन्छ । लोराको पीडादायी जीवनका माध्यमबाट ढुङ्गानाले क्यानडामा मनाउने प्रायः सबै चाडपर्वहरुको राम्ररी चर्चा गरेका छन् । यहाँको प्राकृतिक सौन्दर्य, यहाँको सामाजिक, धार्मिकसँगै राजनीति कार्यप्रणालीका बारेमा पनि व्याख्या गरेका छन् । समष्ठीमा यस उपन्यासले आजभन्दा आधादशकअघिको क्यानडामा आप्रवासीहरुको कष्टमय जीवनको व्याख्या गर्दै यस मुलुकको प्राकृतिक विशेषताका सकारात्मक र नकारात्मक पक्षमाथि सरल र सहज भाषा शैलीमा बयान गरेको छ । बोलीचालीको सरल भाषा शैलीको प्रयोगसँगै देशानुरूपको प्रसङ्गमा अंग्रेजी शब्दहरुलाई पनि प्राथमिकताका साथ राखेका छन् । यस उपन्यासलाई पनि ढुङ्गानाले बिना कुनै परिच्छेद, अध्याय, शीर्षक पृष्ठ १ मा शुरु गरेर पृष्ठ ७३ मा टुङ्गाइदिएका छन् । यसको छपाइपछिको कटाईमा भने केही त्रुटि देखिएकाले त्यसतर्फ ध्यान जानु जरुरी ठान्दछु । समाज सेवा र भाषा साहित्य प्रतिको लगाव राख्दै आएका किरण ढुङ्गानालाई आजको क्यानेडियन नेपालीले चिन्न सकेका छैनन् तर क्यानडामा नेपालीलाई चिनाउने, क्यानडामा नेपाली भाषा र साहित्यको विस्तार गराउने अनि ‘मोन्ट्रियल क्याफे’, ‘कमली’ र ‘झरेको पात’ कृतिका स्रष्टाका रुपमा भने उनको नाम सदैव अमर रहने छ । टोरन्टो, क्यानडा #किरण ढुंगाना #क्यानडा #टोरन्टो #डा. गोबिन्दसिंह रावत सहरको छिमेकी: हाम्रा घरहरुले कुम जोडेर उभिएको वर्षौं भयो अझै म उनलाई चिन्दिनँ र उनी मलाई चिन्दिनन् । मेरो छानो छोएर झर्ने बलेँसी उनको आँगनमा खस्छ उनको करेसाबारीबाट सिमीको बोट मेरो पर्खाललाई अँगालो हालेर उभिरहेको हुन्छ उनको र मेरो दूरी एउटै अनुहारका दुई आँखाको जस्तो छ तर सम्बन्धमा भोक र गरिबी नाक बनेको छ । बरू मेक्सिकन हाइजम्प गरेर सिमानाको पर्खाल नाघ्दै अमेरिका छिर्ला छिमेकी गमलामा मुस्कुराइरहेको फूल गमलामै ओइलाई झर्छ मेरो पूजा कोठामा सजिन पाउँदैन । छिमेकी नदुखोस् सम्झिएर यस्तो लाग्छ मैले पालेको कुकुर आवाजविहीन भुकोस् आफ्नै बेडरूममा मेरा नानीहरू मन खोलेर बाल गीत नगाऊन् कतै आँट गरिहाले भने अन्तिम चेतावनीको धम्की लेटर बक्समा आएर मलाई नकुरोस् । असामाजिक हुनु पहिल्यै म बिन्तीपत्र लेख्छु— प्रिय छिमेकी, हामी खुसी साट्दै छौँ दशौँ वर्षगाँठमा आफन्तहरू रमाइलो गर्न सक्छन् थोरै हल्ला तिम्रो घर पनि आइपुग्ला माफी चाहन्छु । मेरी छिमेकी गुलाबी गाडीमा ग्यारेज भित्रैबाट यात्रा सुरु गर्छे र ग्यारेज छिरेर यात्रा टुङ्याउँछे कतै गुलाबको बोटमा पानी हाल्दै गर्दा आँखा जुध्यो भने लाग्छ ऊ एउटा जलपरी हो ऊ आफैँ सुन्दर गुलाब हो दुवै थोरै मुस्कुराउँछौँ र निशब्द बोल्छौँ हामी बस दुई बारका छिमेकी न हौँ । छिमेकी मेरा गल्तीबाहेक सबथोकमा आँखा चिम्लिन्छे रुटिनभन्दा फरक दिन घाँसमा पानी पटाएँ भने सरकारलाई पोल लगाउँछे सोच्दी हो उसको गोजीलाई दिन लागोस् बच्चाले उडाएको रकेट उसको ब्याकयार्डमा खसेको उनलाई मन पर्दैन टुरिष्ट बाआमाले उनकै तिर फर्किएर टोलाइबसेको उनलाई मन पर्दैन । यो फिक्का हुँदै गएको सम्बन्धमाथि थोरै कमेरोको रङ पोत्न बोलाऊँ लाग्छ छिमेकीलाई माघे संक्रान्तिमा र चखाऊँ लाग्छ चाकु र घर तरुल च्यातिओस् अछिमेकी सम्बन्ध तर डर लाग्छ घरबाटै आफ्नो डिनर प्लेट बोकेर आउली फेरि पखाल्ली रहरको रङ । छिमेकी बारीको सुन्तलाका जराहरू निःसंकोच मेरो जुठेल्नासम्म चरेर जान्छन् म केही बोल्दिनँ तर आजसम्म मैले उसको ढोका पनि ढक्ढकाएको छैन आगोको बीउ अन्तैबाट ल्याउँछु हतारमा केटाकेटीहरू हेरिदिए हुन्थ्यो भनेर यो मन सोच्न पनि खोज्दैन मेरो आँगनमा एम्बुलेन्स देख्दा तँलाई कस्तो छ भनेर हाल खबर सोध्दिन प्यारामेडिक्सको सिक्स प्याक शरीर र पाखुराको ट्याटुमा आँखा कुदाउँछे । यो अदृश्य छिमेकी पर्खाल सम्झँदै म यतिबेला महलको माथिल्लो तलामा उभिएर पिउँदै स्कटिस स्कच रिवाइन्ड गरिरहेछु दिमागको रिल जहाँ रेकर्डेड छ सुदूरको गाउँ जहाँ छिमेकीहरु मेरो अँगेनुमा फलेको आगो खान्थे र हामी दुवै अगाउँथ्यौँ । अस्ट्रेलिया #अस्ट्रेलिया #गणेश घिमिरे साना मान्छेहरु: मलाई साना मान्छेहरु मन पर्छ साना मान्छे, जसका लामा हात हुदैनन् जसका फिजारिएका पाइताला हुदैनन् जसका गरुङ्गा आवाज हुदैनन् जसका भारी छाती हुदैनन् साना मान्छे, जो बडेमानका सपना देख्दैनन् बरु जिउने गर्छन् अलि अलि रहरमा जो उड्ने महत्वाकांक्षा राख्दैनन् सगरमा बरु छोटा छोटा पाइला चाल्छन् आफ्नै आँगन अनि डगरमा मलाई साना मान्छेहरु मन पर्छ, जो अग्ला पर्खाल हैन पुड्का तगारो उभ्याउछन् घरमा र पनि जो अध्याँरा रातमा होचो छतमुनि, साँघुरो कोठामा निर्धक्क निदाउन सक्छन् हामीलाई सधै ठुलो मान्छे बन्न भनिन्छ, सिकाईन्छ, बताईन्छ मलाई साना मान्छेहरु मन पर्छ जो आफ्नो लघुताको आभासमा बिना कुनै लघुताभास दुइटा पैताला मुनि एउटा जिन्दगी बाँचेका हुन्छन् साना मान्छे, जो बडेमानका सपना देख्दैनन् बरु जिउने गर्छन् अलि अलि रहरमा जंजीर: अथक अथक दौडिरहे, जीवनरुपी यो बाटोमा, आदि-अन्त छैन केहि, धस्सिदै छु यो माटोमा । बिशाल छ यो द्वन्द हे, बिरोध यहाँ आफ्नै छ आकाश स्वच्छ छ तर, यो मन मेरो दरिद्र छ ।। फेरियो दिन-फेरियो रंग, आयो हे नयाँ ऋतु, उडौ हे दैव कसरी, आफैमा जो म कैद छु । अमृतको यो वर्षाले, मन मेरो पखालेन पखेटा यी बेकामका, हावालई चिर्न जानेन ।। स्राप मेरो यो आफैलाई, दोष कसैको छैन, स्राप मेरो यो आफैलाई, दोष कसैको छैन । क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन ।। लेखक र पाठकको दूरी: पुस्तक चाहे साहित्यिक होस् वा गैर साहित्यिक, एक पटक पढिसकेपछि म लेखकलाई भेट्न चाहन्छु । आफ्नो पठन अनुभूतिहरू सुनाउन चाहन्छु । लेखकलाई नजिकबाट बुझ्न चाहन्छु । म जस्तै अरू धेरै पाठकहरू लेखकहरूसँग साक्षात्कार हुन मन पराउँछन्, हिमचिम गर्न रुचि देखाउँछन् । मैले भेटेको छु धेरै लेखकहरू । प्रायः लेखकहरू आफूलाई सेलिब्रेटीको रूपमा चिनाउन अग्रसर हुन्छन् । आफ्ना सिर्जनाहरूको रचना गर्भ सुनाउन हतारो मान्छन् । अझ कति लेखकहरू त पाठकसँगको साक्षात्कारमा लठ्ठ पर्दै सारा व्यक्तिगत कुराहरू समेत बताउँछन् एक किसिमको डर पालेरै भए पनि । मैले लेखकको मुहारमा डर मिश्रित हाँसो देखेको छु । लेखकसँगको भेटपछि ममा भने कुनै किसिमको डरको अनुभूति बाँकी रहँदैन । म त रोमाञ्चित हुन्छु । मेरो निम्ति त प्रख्यात लेखकसँगको हिमचिम मेरा चिनारूमाझ आफ्नो प्रतिष्ठा बढाउने दरिलो खुराक बन्छ । तर मलाई यस्तो लाग्छ, लेखक र पाठकमा देखिने यस्ता मनस्थितिहरूले सधैं एउटा खतरा निम्त्याउने डर हुन्छ । पाठक र लेखकबीच कायम हुनुपर्ने लक्ष्मण रेखा मेटाउँछ भन्ने डर लाग्छ । वर्षौंको मिहिनेतले बनाएको आफ्नो स्थान लेखकले गुमाउँदै जान्छ भन्ने डर बढिरहन्छ । समग्र साहित्य जगतले आफ्नो साख गुमाउने हो कि भन्ने डर उत्पन्न गराउँछ पलपल । पहिले पहिले लेखक र पाठकबीच एक किसिमको दुरी रहेको हुन्थ्यो तर भावनात्मक रूपले भने उनीहरू नजिक हुन्थे । लेखक आफ्ना पुस्तकमा चित्रण गरेका घटना, परिवेश तथा पात्रहरूका साथै आफूमा भएको काव्यिक क्षमतामार्फत पाठकमाझ अमिट छाप छोड्न निरन्तर प्रयास गर्थे । लेखकको धर्मलाई कायम राख्न लागिपर्थे । पाठकबाट पाइने न्यानो माया र निरन्तर साथलाई पूजा गर्थे । पाठकहरू प्रतिकृयास्वरूप आफ्नो पठन अनुभूतिसहित राम्रा-नराम्रा पक्षहरू उजागर गर्दै पत्र लेख्थे र आफ्ना प्रिय लेखकसँग नजिक हुन्थे । धेरै पटक मैले पनि पाठक पत्र लेखेको छु आफ्नो प्रिय लेखकलाई । तर मेरा प्रिय लेखकले भने पत्रको जवाफ कहिल्यै फर्काएनन् । सायद लेखकलाई पाठकको पत्रको जवाफ नलेख्नका लागि पनि छूट थियो । किनकि कसैले गुनासो गर्ने गुञ्जायस नै रहँदैनथ्यो । यसरी बिनासंकोच साहित्यक्षेत्र सही बाटो पहिल्याउँदै अगाडि बढ्दै थियो । समय बित्दै जाँदा प्रविधिको विकास भयो । पुस्तकहरू टाढाटाढासम्म सजिलै पुग्न सके । लेखकहरू थपिएसँगै पुस्तकहरूको सङ्ख्या बढेर गयो र पाठकहरू पनि बढ्दै गए । नयाँ नयाँ प्रविधिमा आधारित सञ्चार माध्यमहरू सुरू भए, जसले गर्दा लेखकहरूले थप मञ्चहरू पाउँदै गए । यसले लेखक र पाठक बीचको दुरी घटाउँदै लग्यो । म धेरै पुस्तक लोकार्पण कार्यक्रमहरूमा सहभागी भएको सम्झन्छु । पहिलो पटक आफ्नो प्रिय लेखकहरूलाई नजिकैबाट नियाल्न पाएको क्षण धेरै छन् । त्यस्ता क्षणहरूमा लेखकले थप हौसला र ऊर्जा मिलिरहेको कुरा गर्दा आफ्नो उपस्थितिले महत्त्व पाएकोमा खुशीले दंग पर्थें । त्यो अवसरले लेखक र पाठक दुवैलाई थप लेख्ने र थप पढ्ने ऊर्जा दिइरहेको महसुस हुन्थ्यो । तर लेखक र पाठकबीच भने एक किसिमको खाडल रहिरहेको अनुभूत गर्थें । पाठकहरू खुलेर बोल्न सक्दैनथे अनि लेखक पनि आफ्नो मर्यादामा आँच आउला कि भन्दै अलि बढी सचेत हुन्थे । मलाई भने त्यस्तो अवस्थाले एउटा सुन्दर तथा रोमाञ्चक वातावरण तयार गरिरहेको प्रतीत हुन्थ्यो । पछिल्लो डेढ दशक यता भने दिन दुगुना रात चौगुनाको दरले माहोल पूरै परिवर्तन हुँदै गइरहेको छ । स्मार्ट डिभाइसमा इन्टरनेटको सहायताले चल्ने अनेक मञ्चहरू विकास भएसँगै लेखक र पाठकबीच झनै नजिक हुने वातावरण बन्दै गएको छ । एकआपसमा लेखेर कुराकानी गर्न पाइने मात्र होइन, प्रत्यक्ष बोलेर सुनाउन सकिने र प्रत्यक्ष हेर्न समेत पाइने माध्यमहरूको विकास भइसकेको छ । त्यति मात्र होइन, जुनसुकै बेला आफूले चाहेअनुसार जोसुकैसँग पनि सम्पर्क स्थापित गर्न सकिने समय हामीले भोग्न पाइरहेका छौं । प्रत्यक्ष रूपमा सबैसामु सहजै पुग्न सक्ने सुविधा पाएका छौं । यस्तो परिवेशमा लेखक पाठकहरू बरोबर सामेल भएका देखिन्छन् । यसरी नवीनतम् प्रविधिमा आधारित सामाजिक सञ्जालहरू विकास भएसँगै लेखक-पाठक बीचको दुरी बढ्ने डरको आयातन झन् बढ्दै गइरहेको आभाष हुन्छ । सामाजिक सञ्जालमा आबद्ध हुनु समयानुकूल हुनु हो तर यी मञ्चहरू जथाभावी प्रयोग भइरहेका छन् । अनेक व्यक्तिहरू आफ्नो अनुकूलका सामाग्रीहरू मात्र प्रस्तुत गरेर यस्ता मञ्चलाई फोहोर मिल्काउने रद्दी टोकरीमा परिणत गर्न उद्धत देखिन्छन् । सामान्यदेखि अति विशिष्ट व्यक्तिहरू समेतको उपस्थिति देख्न पाइन्छ सामाजिक सञ्जालहरूमा । लेखकहरूको हकमा कुरा गर्नुपर्दा उनीहरू पनि आफ्ना आफन्त, साथीभाइ र पाठकहरूबीच झिनामसिना कुराहरूमाथि टिप्पणी गरेर महत्त्वपूर्ण मुद्दाहरूलाई ओझेलमा पारिरहेका भेटिन्छन् । साहित्यका महत्त्वपूर्ण रचनाहरूलाई हल्का रूपमा प्रस्तुत गरेर साहित्यकै मानमर्दन गरिरहेझैँ लाग्ने दृष्यहरूले फेसबुकका भित्ताहरूसमेत बेरङ्गी बनाइरहेको प्रतीत हुन्छ । अझ क्रियाप्रतिकृयामा उत्रेर पाठकहरूसँग पौंठेजोरी खेल्ने हदसम्म पुगेका दृष्टान्तहरू व्याप्त छन् । म आफैँ पनि धेरै लेखकहरूसँग कुरा गर्ने क्रममा लज्जित हुन पुगेको छु । कहिले आफ्नो विचारले कहिले लेखकहरूकै हर्कतले । वर्तमान समयमा नेपाली लेखकहरूमाझ देखिएको सजिलै पाठक कमाउने लोभले लेखक र पाठकबीच कायम हुनुपर्ने नङमासुको सम्बन्ध गुमाउने डरसमेत सँगसँगै हिंडाइरहेको भेटिन्छन् । लेखकहरूमा सामान्य पाठकहरूले बुझ्ने आर्थिक, सामाजिक र राजनैतिक मात्र होइन व्यक्तिगत अनुभूतिहरूलाई समेत फरक दृष्टिकोणले पर्गेल्न सक्ने खुबी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ लेखकले सार्वजनिक गर्नुपूर्व आफ्ना निजी धारणा मात्र होइन, आफूले लेखिरहेका साहित्यिक विषयवस्तुसमेत वर्गीकरण गर्न सक्नुपर्छ । हरेक सिर्जनाहरू सामाजिक सञ्जालमा खपत गर्ने हिसाबले मात्र प्रस्तुत गर्नु हुन्न । यसो गर्दा सिर्जनाको मूल्य घट्ने डर हुन्छ । लेखकले नयाँ पुस्तकको लागि पनि केही रचनाहरू सुरक्षित राख्नुपर्छ । लेखक आफ्ना सिर्जनाहरू प्रकाशन गर्नुपूर्व के कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा समेत सचेत हुनुपर्छ । मञ्च पाउँदैमा ताण्डव नृत्यमा भुलेर आफ्नो बहुलठ्ठीपन देखाउन अग्रसर हुनु भनेको एउटा लेखकले आफैँले आफ्नो स्थान गुमाएको प्रमाणित गर्नु हो । मेरो विचारमा लेखकले बौद्धिक र व्यावसायिक सम्पादकहरूको ढोका ढक्ढक्याउनु पर्छ । अनि मात्र लेखकले सही प्रस्थान विन्दु भेट्नेछ । यो कुरामा कसैको दुईमत नहोला । पुस्तक प्रकाशन पूर्वका अनेक चरणहरू भएजस्तै प्रकाशनपश्चात् पनि संयमित भएर पाठकमाझ पुस्तक पुर्याउने कार्यमा लाग्नु लेखकको धर्म हो । साहित्य लेखन र प्रकाशनमा चलिआएका अन्तर्राष्ट्रिय मान्यताअनुसार सबै पक्षले अघि बढ्नुपर्छ भन्ने आजको आवश्यकता हो । पुस्तकको सर्वाधिकार प्रकाशकमा, सम्पादकमा वा लेखकको पक्षमा हुनसक्छ । तर पुस्तकसँगै पाठकसम्म पुगेर विषयवस्तुको जिम्मेवारी लिने दायित्व सधैं लेखकको हुन्छ । त्यो जिम्मेवारीबाट लेखक कहिल्यै भाग्न पाउँदैन । यसो भन्दैमा प्रकाशनपछि पुस्तकका बारेमा समीक्षा र समालोचना अघि ल्याउने कार्य पनि लेखककै जिम्मामा पर्छ भन्ने कदापि होइन । पुस्तक हातमा परेपछि हरेक पाठकले आफ्नो स्तरमा पुस्तकको बारेमा एक तहको समीक्षा समालोचना गरिरहेकै हुन्छन् । तर यदि पुस्तकले बोकेको महत्त्वपूर्ण विश्वदृष्टि यथोचित रूपमा पाठकमाझ पुग्नुपर्छ भन्ने मान्यता राख्ने हो भने सही समीक्षक र समालोचकको हातमा पुस्तक पुर्याएर समीक्षा र समालोचना लेखाउने काम प्रकाशक र सम्पादकले गर्नुपर्छ । तर विडम्बनाको कुरा यति धेरै महत्त्वपूर्ण कामका निम्ति हाम्रा लेखकहरू आफैँ लागिपर्छन् । आफैँ समीक्षक र समालोचक टिप्छन् । आफ्नो उठ्दै गरेको साख आफैँ गिराउनतिर लाग्छन् । यस्तो प्रवृत्ति लेखक र पाठक बीचको दुरी बढाउन भूमिका खेल्ने अर्को भयङ्कर डर हो । वास्तवमै हामीलाई डर छ । नेपाली साहित्य क्षेत्रले आफ्नो अस्तित्त्व गुमाउला कि भन्ने डर छ । यही परिप्रेक्ष्यमा समस्त साहित्यानुरागीहरूले त्यो डरलाई निमिट्यान्न पार्ने चुनौती स्वीकार्नु पर्दछ । हिजोआज नयाँ पुस्तामाझ न राम्रा र असल लेखक आउन सकेका छन्, न गम्भीर पाठक नै जन्मिनसकेका छन् । यस्तो परिस्थितिले साहित्य क्षेत्रमा खडेरी निम्त्याउन सक्ने खतरा छ । डर हटाउनको निम्ति सबै पक्षले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता हो । पुस्तक पढ्नु एउटा कुरा हो, लेखक बुझ्नु अर्कै कुरा हो । पाठकले कथा, काव्य अनि निबन्ध पढ्छन्, बुझ्छन् ।लेखकले गरेको प्रयोगको आफैँ अर्थ पहिल्याउन स्वतन्त्र छन् पाठक । लेखकले अर्थ्याइरहनु पर्दैन । आफैँले खेताला खोजेर अर्थसिद्धको निम्ति मेलो बनाउने काम रोक्नुपर्छ । आफू को हो र के हो भन्ने जतिसुकै धेरै तथ्यहरू भेला गरेर लेखकले जति वटा पुस्तक लेखे पनि ती सबै पुस्तकमा समेट्न सकिने कुरा पनि होइनन् । त्यसैगरी एउटा पाठकले लेखकका सम्पूर्ण पुस्तक पढे पनि लेखकलाई बुझें भनेर कहिल्यै दाबी गर्नु हुन्न । दम्भ पालेर बस्नु हुन्न । यो यथार्थलाई आत्मसाथ गर्दै एउटा लेखकले पाठकसँग एउटा सम्मानित दुरी कायम गर्दै सुमधुर सम्बन्ध स्थापित गरेर लेख्नुपर्छ । तब मात्र साहित्य जगत समृद्ध हुन्छ । लेखकले इमान्दार भएर लेख्ने र पाठकले पनि लेखकको मिहिनेतको उचित कदर गर्दै पुस्तकको पठन गर्ने कार्य एकसाथ अघि बढाएर समग्र साहित्य क्षेत्र महासागरझैं गहिरो अनि आकाशझैं फराकिलो बनाउँदै जानुपर्छ भन्ने मान्यतामा सबै साहित्य जगत प्रतिबद्ध हुनुपर्छ । साहित्य आकाशलाई सफा र चम्किलो बनाउन सबै मिलेर डरको कालो बादल हटाउँदै सप्तरङ्गले साहित्याकाश रङ्गाउन तत्पर हुनुपर्छ । साहित्य साधनाले दीक्षित हामी सबैले आआफ्नो स्थान सुरक्षित बनाइराख्न अब ढिला गर्नुहुन्न । तत्पश्चात साहित्य क्षेत्रले महासागर र आकाशको रूप धारण गर्न धेरै समय लिने छैन । नखिपोट, ललितपुर #दीपक श्रेष्ठ #नखिपोट #ललितपुर #लेखक पाठक सम्बन्ध बालकथा- हारजित: रेणुका जिसी खतिवडा “आज साँपसिढी खेल न त !”– निष्ठाको बाबाले भन्नुभयो । निष्ठा र निलभ खुशी भए । निलभ भर्याङ् चढ्दै अगाडि बढ्छन् । निष्ठा भने बेलाबेला सर्पको मुखमा पर्छिन् र तल झर्दै अगाडि बढ्छिन् । हिजो उनले लुडोमा भाइलाई जितेकी थिइन् । त्यसैले खेलमा हारजित भइरहन्छ भन्ने उनलाई थाहा छ । आफू भाइभन्दा पछाडि परेको भनेर उनी दुःखी भएकी थिइनन् । खेल रमाइलो भइरहेको थियो । हेर्दाहेर्दै निलभ त ९६ मा पो पुगिसक्छन् । “वाउ, अब ४ आएपछि त मेरो गेम हुन्छ ।”– निलभ डाइसलाई बट्टामा राखेर हल्लाउँदै ४—४ भन्न थाल्छन् । भाइ खुसी भएको निष्ठालाई असाध्यै मन पर्छ । त्यसैले उनी पनि भाइसँगै खुसी हुँदै ४—४ भन्न थाल्छिन् । निलभले डाइस भुइँमा फ्याँकेपछि भने ३ अंक पो पर्छ ! भाइ ९६ बाट ९९ मा पुगे पनि त्यहाँ त बडेमानको सर्प पो थियो । निलभको गोटी ९९ बाट एकैचोटि सर्पको पुच्छरमा झर्यो । जीतको यति नजिक पुगेर तल झर्नुपरेकोमा निलभलाई धेरै रिस उठ्यो । निलभले त बोर्ड, डाइस सबै फ्याँकिदिन्छन् र बाहिर निस्किएर, “अब म नखेल्ने” भन्दै रुन पो थाल्छन् । भाइको व्यवहारले निष्ठालाई निराश बनाउँछ, रिस पनि उठ्छ । निष्ठाले पनि निलभलाई, “लुजर, लुजर”, भनेर जिस्काउँछिन् । निलभ झन् जोडले रुन थाल्छन् । यो सबै घटना बाबाले देखिरहनुभएको थियो । बाबाले निष्ठालाई नबोल्ने इशारा गर्दै भाइलाई बोकेर बाहिर निस्कनु भयो । निलभलाई काखमा राखेर मुख पनि धोइदिनु भयो । भुइँमा कमिलाका ताँती हिँडिरहेका थिए । “निलभ, निष्ठा ! यता हेर त”, भन्दै बाबाले सिन्काको सहायताले एउटा कमिलालाई ताँतीबाट अलग गरिदिनु भयो । त्यो कमिलालाई भुइँमा लडाई पनि दिनु भयो । तर कमिला फेरि उठेर हिँड्न थाल्यो । उहाँले पटकपटक कमिलालाई लडाइदिनुभयो । तर कमिला फेरि पनि उठेर हिँडिरह्यो । यो देखेर निलभ र निष्ठा छक्क परे । बाबाले निलभको चिउँडोमा समाएर अनुहार हेर्दै भन्नुभयो, “हेर त निलभ ! यो त कमिला हो । यसले पटकपटक लड्दा पनि हिँड्ने प्रयास गरिरहेको छ । हामी त मानिस हौँ । हामीले त जीवनमा धेरै खेल खेल्नुपर्छ । खेलमा कहिले छिटो जीत पनि हुन सक्छ । कहिले जीतको नजिक पुगेर पनि जीत हुँदैन । नडराएर खेलिरहनुपर्छ । पछाडि परे पनि अगाडि बढ्ने प्रयास गरिरहनुपर्छ । लडेपछि पनि उठ्नु पर्छ । खेलमा कि जितिन्छ कि सिकिन्छ । पछाडि परेँ भनेर भाग्नु भनेको खेलमा हार मान्नु हो । त्यसैले कहिल्यै खेलदेखि भाग्न हुँदैन । बुझ्यौ त !” “बुझ्यौँ बाबा ।”– निलभ र निष्ठा दुबैले सँगै भने । निलभले आफ्नो कान समाउदैँ भन्यो, “सरी दिदी ! अब फेरि खेल्ने ल ?” दुवैजना खुसी भएर फेरि खेल्न थाले । पूर्ण जीवन: जीवन एउटा गीत बन्छ गाउन जानेदेखि जीवन एउटा संगीत बन्छ तरङ्ग भर्न जानेदेखि तर के गर्नु साथी मलाई पनि मीठो धूनसँगै गीत गाउने रहर कहाँ नभएको हो र नियतिले दिएको चोटहरूलाइ अमृत मानी नपिएको कहाँ हो र तैपनि एउटा अदृश्य गन्तव्य छ जीवन र्डोयाउन को लागि अनि त्यस्को सामुन्नेमा छ अजङ्गको पहाड हर साँझ उशाको किरणले बिदा मागेपछि मेरो सपनीमा आउछन् ती गन्तव्यमा पुगेपछिका सुन्दरदृश्यहरू जसलाइ पाउने आशामा म मेरो पूरै जीवनको पाइलाहरूलाई चालिरहेछु इतिहासका पुर्खाहरूको पद्चापलाई पछ्याउँदै अगाडि बढी रहेछु अनि झसङ हुन्छु पहाडमा ठोक्किँदा फेरि पनि प्रयास गरिरहेछु लाग्छ एकदिन म अवस्य पुग्नेछु त्यहाँ अनि सारा विश्व नियाल्नेछु आफूलाई त्यहाँ पाउनेछु शान्त सौम्य पूर्ण मानव तर ब्राह्मण देखि बाहिर ! #पूर्ण जीवन #शुशिला सापकोटा मदनको गजल: उत्साहित छु आज उनी आउँदै छिन मिलनका सपना बुनी आउँदै छिन ।। पीड़ा त होला घर आँगन छोड्नुको पक्कै मेरो चित्कार सुनी आउँदै छिन ।। लोटपोट भुइँमा नजानु भन्दा छोरीले बगेका ती अश्रुभेल थुनी आउँदै छिन ।। सजिलो पक्कै पनि छैन परिदृश्य त्यो हजार भावना मनमा गुनी आउँदै छिन ।। छुटेका ती पलहरूलाइ बिर्सिएर फेरि बाध्न अंगालोमा जुनी जुनी आउँदै छिन ।। #मदन ओडारी #मदनको गजल बिपिनको गजल: हेर्नुभयो ! देख्नुभयो ! अब बिचार के गर्नु ? कुरूप छु ! यति बुझेर पनि श्रिङ्गार के गर्नु ? न बेच्न नै मिल्छ न त ब्याज नै पाक्छ आफैसगँ राखेर यो सस्तो प्यार के गर्नु ? सुख छ, सजिलो छ ! ठूलो निधार पनि छ तिमी नलेखिएको भाग्यको आकार के गर्नु ? गाली गर्छन, लात मार्छ्न, हेप्छन क्या खुब बा हुन यार बा ! उठाएर हतियार के गर्नु ? आयु हुन्जेल न काल आउँछ न अनिकाल म मर्छु मर्छु भनेर मात्र बारम्बार के गर्नु ? #बिपिन भारद्वाज #बिपिनको गजल हरियो सिउँदो: ए परदेशी तिमीलाई किन मन परेको मेरो आँखामा छचल्किएको आँसुको आख्यान किन लोभलाग्दो देखेको मेरो लत्पतिएको गाजलको गाउँले गीत । किन आइपुगेको आँगनमा अगुल्टो बोकेर झस्काउँन मेरो आदिम जन्मरेखामा घोत्लिइ बसेको सुदूर भविष्य । जुन दिन खस्यो लालीगुराँस मेरो सिउँदोबाट मस्र्याङ्दीको बगर छेउ र ओडाइदियो समयले मसान जस्तो सेतो बर्को । जुन दिन उडिगयो पिरतीको पुतली र तुषारो ओढेर झोक्राइरह्यो सुनाखरी खडेरीको खास्टो ओढेर सुक्दै गरेका उजाड मेरा हाँगाहरूमा किन बर्षियो तिम्रो मोहनी मनसुन र आँख्ला आँख्लामा पलाउन थाल्यो विप्लवी प्रेम । त्यति नै बेला फेरि बजाउँदै बजाउँदै पिपिरी किन सुनाइरह्यौ अन्यौलको आलेख । नमर्दै हाम्रो अस्तित्वको आकार कसरी मर्दै गयो हामीले मुटु निचोरेर लेखेका विस्वासका रक्तिम पालुवाहरू । थोरै सपना जस्तो थोरै विपना जस्तो खोज्दा खोज्दै पनि नभेटिने नखोज्दा नखोज्दै पनि देखिने दियौ यो कस्तो कस्तुरी कहर । भन ए ! परदेशी यो अग्लो पहाडबाट दरारमा खसिसकेपछि तिमी गाइरहेछौ कस्तो गीत ? आफ्नै हातले चुन पहरा खोपेर तिमी हिँड्ने बाटो खोलेपछि मेरा बा घरी घरी कोल्टे फेर्नुहुन्थ्यो जसरी बन्दुक पड्काएपछि जन्मन्छ बारुदको गन्ध र चल्मलाउन थाल्छ पछुतो । जसरी आफ्नै नशाले खिपेर सिलाइदिएपछि सन्तानका पखेटा उड्दै गएका भरोसाका बचेराहरू हेरेर सुनिन्छ आमाको गहिरो सुस्केरा । भन ए परदेशी ! कहिलेसम्म लिइजान्छौ यसरी प्रमेको कुरुस र छोडीजान्छौ सम्झनाका जाली रुमाल ? कहिले आइपुग्छ लिगलिगे उकालो चढेर मेरो हरियो सिउँदोमा तिम्रो दस्तखत ? सुरेन्द्र देवकोटा #सिउँदो #हरियो मान्छे र इतिहास: समयको ऐनामा आ–आफ्नो अनुहार हेरेपछि आफ्नै अनुहारलाई सर्वश्रेष्ठ घोषणा गरेर एउटै बाटोमा हिँड्न नसकेर जमिन छाडेर आकाशसम्म भाग लगाउँदै आफूलाई प्रमाणित गर्न छरिएर हिँडेको मान्छे आज एकै समय मृत्युु भोगिरहेछौँ । ऊ दुःखको मरुभूमिमा अभावको तिर्खाले मरिरहँदा आँसुको महासागरमा डुबेर मरिरहेको तिम्रो मृत्युु सहज देखिरहेछ । म भोकको काँडाले उनिएर मर्दैगर्दा सुखको बगैँचामा उन्मादकै फूलले किचिएर मरिरहेको तिम्रो मृत्यु सुन्दर देखिरहेछु । मृत्यु आफैँमा कति सहज हो थाहा छैन । तर हामी एकअर्काको मृत्युलाई सहज देखिरहेका छौँ । मान्छे सर्वश्रेष्ठ प्राणी कसरी भयो ? जसले मृत्युु पनि अरूको सहज देख्छ । बाँचेकाहरू अझै सर्वशक्तिमान बन्ने लोभमा आफूजस्तै मान्छेलाई दुश्मन घोषणा गरेर जीवनको आयतन नापेर निरन्तर बनाइरहेछ मृत्युको क्षेप्यास्त्र । मान्छे खुब माया गर्छ आफ्नो अस्तित्वको र चाहान्छ आफ्नो इतिहास लेखाउन । कुनैदिन क्षेप्यास्त्रलाई नै आफ्नो अस्तित्वको लोभ लागेर आयो भने मान्छेको अस्तित्व के होला ? कसले लेखिदेला शक्तिशाली मान्छेको पराक्रम ? कसले पढिदेला गौरवशाली इतिहास ? त्यसबेला हावाहरूलाई चलिरहन नदीहरूलाई बगिरहन चराहरूलाई उडिरहन फूलहरूलाई फुलिरहन पृथ्वीलाई घुमिरहन प्रकृतिलाई बाँच्न मान्छेको इतिहास आवश्यक होला कि नहोला ? #मान्छे र इतिहास #शुभचन्द्र राई जोगी सपना\xa0\xa0\xa0\xa0: जोगी तरकारी हुँदो रहेछ | सांसारिक बन्धन चुँडाली शरीरमा खरानी घसेर जोगी बनेर हिँडे पनि पेटको आगोसँगको बन्धन चुँडिदो रहेनछ ? त्यसैले जोगी भएपछि बिहान दस घरमा भिक्षाटन गरी जे – जस्तो – जति आउँछ त्यही खाने , भरेभोलिलाई जगेर्ना गर्न नपाउने , गृहस्थले पनि बिहान दैलोमा भिक्षा माग्न आएको जोगीलाई केही न केही दिएर पठाउनुपर्ने सिद्धान्तमा आश्रम व्यवस्था चलेको हो । यसरी दसतिरबाट बटुलेर ल्याएको खाद्यान्न , तरकारी बेग्लाबेग्लै जात र प्रकारका हुने नै भए । यही तथ्यमा आधारित भएर धेरै थोक मिलाएर पकाएको तरकारीलाई जोगी तरकारी भन्ने गरिन्छ । तरकारी त तरकारी जोगी सपना पनि हुँदो रहेछ । यसै पनि सपनामा कुनै तुक हुँदैन । राष्ट्रपति भएर सोह्र करोडको गाडीमा गुडेको , एक अर्वको हेलिकप्टरमा उडेको , पढ्दै नपढी झुम्कावाल टोपी हल्लाउँदै प्राध्यापक , डाक्टर भएको , विद्यावारिधि गरेको , इतिहासको विद्यार्थीले जहाज उडाएको जे पनि देख्न सकिन्छ । मनोविश्लेषक सिग्मण्ड फ्रायड , एडलर , युङ आदिले सपनालाई मानिसको अवचेतन मनमा गुम्सिएर रहेका अतृप्त चाहनाहरूको प्रकटीकरण भनेका छन् । भनेपछि अहिले दिनरात घरमा थन्केर बस्नुपर्दा घुम्ने , फिर्ने , मान्छे भेट्ने , सिनेमा हेर्ने , किनमेल गर्ने , जहाजमा उड्ने , लामो यात्रामा जाने अतृप्त चाहनाहरूको कत्रो चाङ भैसक्यो होला त मान्छेको मनमा ? अहिले शतप्रतिशत पूरा हुनसक्ने चाहना भनेको टेलिभिजन हेर्ने र मोबाइल चलाउने मात्र हो । त्यो पनि कति हेनू , कति चलाउनू ? फेरि त्यसमा आउँछ नै पो के र ? बासी कार्यक्रम हेर्दा हेर्दा पेटै हुँडएर आइसक्यो । अर्कोमा राम्रो केही आउँछ कि भन्यो च्यानल फे ¥ यो । फेरेको फे ¥ यै , फेरिको फे ¥ यैँ गर्दा गर्दै दिनभरिमा के के हेरिँदो रहेछ के के । कोरोनामा आरम्भ भएर कोरोनामै अन्त्य हुने समाचार , अन्तर्वार्ता , नेपाली सिनेमा , हिन्दी सिनेमा , रामायण , महाभारत , पुराना टेलिफिल्म , बासी खेलका रेकर्डहरू , क्राइम प्रेट्रोल , सिआइडी , योग गुरुका प्रवचन , नयाँ नयाँ परिकार बनाउने तरिका आदि इत्यादि । यी सबका सब संश्लेषण भएर केन्द्रलाई ध्वस्त बनाउने उत्तरआधुनिक डिजाइनको जोगीवाल खान्गी दृश्य मनभरि बसेपछि मान्छेको गत के होला ? एउटा च्यानलबाट रामानन्द सागरकृत रामायणको अरण्यकाण्ड आइरहेछ । वनबासको १३ औँ वर्ष राम , सीता र लक्ष्मण चित्रकुटको कुटीमा बसिरहेको बेला सुनको सुन्दर मृग देखा प ¥ यो । सीतालाई मृगले लोभ्यायो कि सुनले उनै जानून् ? स्वामीसँग मृग चाहियो भनेर हठ गर्न थालिन् । अब राम न परे , कहिले कसले के गर भन्छन् र गरौँ भनेर बसेका । पिताजीले ‘वन जा’ भने उनी हिँडिहाले , पत्नीले ‘मृग चाहियो’ भनिन् , उनी कुदिहाले । त्यसको केही बेरमै ‘म मरेँ’ भन्ने उनको आवाज सुनियो । सीता अत्तालिएर देवरलाई खोज्दा उनी एउटा रुखमुनि बसेर मस्तसँग बाँसुरी बजाइरहेका रहेछन् । सीतालाई झनक्क रीस उठ्यो । कम्मरमा हात राख्दै कड्केर भनिन् , ‘ रोम जलिरहँदा , निरो बाँसुरी बजाइरहेथ्यो रे । दाजुले मरेँ भनेर चिच्याएको सुन्दा पनि रागै अलापेर बस है ? ’ शिरमा मयूरको प्वाँख सिउरेका झिल्के कृष्णले मुस्कुराउँदै भने , ‘ ह्या भाउजू पनि । केही हुँदैन के दाइलाई ।’ त्यो वचनले सीताको रीसमा घ्यू थप्ने काम ग ¥ यो । कर्कस स्वरमा आँखा तर्दै भनिन् ‘दाजुको इहलीला समाप्त भयो भने मलाई पट्याउँला भन्ने सोच छ कि क्या हो । त्यस्तो सपना नपाले हुन्छ है मिष्टर ! भन्द्याछु ।’ कृष्णको राशी कन्या भए पनि भाउजूलाई नै आँखा लगाउने खालका थिएनन् । चित्त दुखाएर भने , ‘ ल ल म खोजेर ल्याउँछु दाइलाई । भोक लागिरा बेला दाइलाई पनि कहाँ जान परेको होला । खाजा बनाएर राख्नू है भाउजू । अनि यो चक्रबाहिर कदम राख्ने भुल चाहिँ नगर्नू नि ,’ भनेर बाँसुरीले कुटीवरपर कृष्णचक्र बनाइदिए र दाजु खोज्न निस्के । सीता एकछिन टोलाइन् अनि दाजुभाइ भोकाएर आउलान् भनेर खाजा बनाउन थालिन् । डोसा खाने विचारले बिहानै पीठो र मसला ठीक पारेकी थिइन् । तातो तावामा ¥ यालेको पीठो सल्ल हालेर फैलाउँदै थिइन् बाहिर भिक्षाम् देही भनेको सुनियो । ‘बेला न कुबेला बजी नयला’ जतिखेर मन लाग्यो उतिखेर आउने जोगीलाई कसले दिन्छ भिक्षा ? भन्दै डाडु लिएर बाहिर निस्किन् । तर त्यहाँ कोही थिएन । भित्र पस्दा डोसा बनाउने दिव्यदृष्टि सकिएर समोसा बनाउने आइसकेको थाहै पाइनन् । तावामै माम्री भैसकेको रोटीलाई हातमा सोलीजस्तो बनाएर आलु हालेर टमार्न खोज्दा मरिगए भएन । बाहिर फेरि भिक्षाम् देही भनेको सुनियो । हात पोलेर आत्थुआत्थु भैरहेको बेलामा भिक्षा मागेको सुनेर झोकले आलुरोटी हु ¥ याइदिइन् । बाहिर भीमाह एकादशीको ब्रत बसेका भीमसेन थिए, जसले बिहान खाना खान बोलाउँदा ‘नौ मुरी चामलको रुगरुगे जाउलो के जानु भान्छैमा ? ’ भनेर विरक्ति पोखेका थिए । कोखा चर्कञ्जी खाना खान नपाएको दिन त्यस्तो मीठो खाजा हात परेको , उनी पकापक खान थाले । कृष्णले रामलाई भेटेर कुटीमा फर्केर आउँदा सीता थिइनन् । वरपर खोजे भेटेनन् । उसै पनि कुटीमा खोज्ने ठाउँ नै कति हुन्छ र ? वनतिर पो गइन् कि भनेर सीते , भावज भन्दै बोलाए । अँह सीताको पत्तो लागेन । हार खाएर मिसिङ्ग कम्प्लेन दर्ता गर्न दुई भाइ रुञ्चेरुञ्चे अनुहार लाएर पुलिस चौकी पुगे । याँमानको भुँडी पल्टाएर मेचमै उङिरहने त्यहाँको हाकिम देखिएन । मुख रातो पारेर पान चपाइरहेको कान्छो हाकिमले बडाहाकिम कोरोनाको शङ्का लागेर टेष्ट गर्न गएको बताउँदै मेचको पछाडि पानको पिक पिच्च थुक्यो । कोरोना थुकबाट पनि सर्छ , यसरी जथाभावी थुक्ने हो भनेर कान्छा हाकिम र रामकृष्ण दाजुभाइको भनाभन नै भयो । कान्छा हाकिमले मिसिङ्ग कम्प्लेन दर्ता गर्न फोटो र मोबाइल नम्बर माग्यो । रामले सीताको भनेर सुपर्णखाको फोटो देखाएछन् । फोटो देख्नेबित्तिकै कान्छा हाकिम झण्डै बेहोस् भएथे । कोरोनाको कारण मृत्युवरण गर्न पुगेकी संसारकी पहिली महिलालाई कसले चिन्दैनथ्यो र ? कृष्णलाई त्यही बेलामा हस्तिनापुर दरबारबाट अर्जेन्ट कल आयो । द्रौपदीको वस्त्र हरण हुन लागेकोले उनलाई पुकार्दै रहिछन् । कृष्ण परे धर्म सङ्कटमा । सीतालाई खोज्ने कि द्रौपदीको इज्जत बचाउने ? सीताको खोजी क्राइम ब्राञ्चले गरिहाल्छ नि भनेर उनी हस्तिनापुरतिर लागे । त्यहाँ पुग्दासम्म राते काइँला द्रौपदीको वस्त्र हर्दै थियो भने गुच्चाटोलको होलसेल सारी पसले नत्थुराम धमाधम द्रौपदीलाई सारी सप्लाइ गर्दै थियो । हतारिएर आएका कृष्णको त्यहाँ कामै भएन , चुपचाप तमासा हेर्न थाले । कर्ण र सकुनीलाई झर्को लागेर कुनामा बसेर क्यापिचिनो पिउँदै थिए । अचानक सभामा नारी अधिकारकर्मी क्लारा जेट्किनी आइपुगिन्, र लैङ्गिक हिंसाको मुद्दा लगाएर सबलाई जेलको हावा खुवाइदिन्छु भनेर सातो खाइन् । कोही चुँ बोल्न सकेन । दुमुक्क परेर बसे । घातप्रतिघात चल्दै थियो । शकुनी , कर्ण , दुशासन त भैहाले दृश्यमा नआइकनै दुर्योधनलाई भित्रभित्रबाट मेघनादले पनि उचालिरहेको रहेछ । महाभारतको युद्ध टार्न सकिन्छ कि भन्ने प्रयास पनि चल्दै थियो । सुशीला थापा , रवीन्द्र मिश्रप्रवृत्ति माइतिघर मण्डलामा पाण्डवको “राज्य फिर्ता गर् , इन्द्रप्रस्त फिर्ता गर् , राज्य हड्प्न पाइँदैन” भन्ने नारावाजी गर्दै धर्ना दिइरहेका थिए । सरकारवादी मुद्दाका वादीतर्फबाट शम्भु थापा , रमण श्रेष्ठहरू र प्रतिवादीतर्फका सपना मल्ल , चोलेन्द्रशमशेरबाट सर्वोच्चमा वहस पैरवी पनि चल्दै थियो । नाफामा चलिरहेका पाँच बैंकको स्वामित्वमात्र दिए पनि हस्तिनापुरमाथि अधिकार दावी नगर्ने प्रतिवादी पाण्डवहरूको प्रस्तावलाई कुम्भकर्ण पुत्र दुर्योधनले बैंक त के किराना पसलसमेत दिन्न भन्ने जवाफ फर्काएपछि शान्तिका सबै प्रयास निरर्थक भए , महाभारतको युद्ध अनिवार्य भयो । पछि गएर अचार बनाएर चाटे पनि युद्धको आचारसंहिता बन्यो । दुवैका सेना कुरुक्षेत्रमा भेला भए । अर्जुनले शत्रुतिर गुरु , दाजु , भाइ , मामा देखे, तर पितामह भीष्म देखेनन् । भीष्म कौरव सेनाका सेनापति रे भन्ने सुनिएको थियो । बिना सेनापति युद्धको थालनी नहुने भएकोले पितामहको खोजी भयो । उहाँलाई राती ज्वरो आएकोले एम्बुलेन्समा अस्पताल पठाएर स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोले आइसोलेसनमा राखिएको जानकारी युयुत्सुले गराएपछि अर्जुन गाण्डिवसाण्डिव फालेर पितामहलाई हेर्न जान्छु भनेर जिद्दी गर्न थाले । कोरोना सङ्क्रमितसँग अस्पतालले कसैलाई भेट्न दिँदैन भनेर उनलाई विभीषणले ज्यान फालेर सम्झाउँदा पनि मानेनन् , जान्छु कि जान्छु भनेर हठ गर्न थाले । अनि मर्यादापुरुष रामले उनलाई कुमल्याएर रथमा बसाले र १८ अध्याय गीता सुनाउन थाले । बाँकी योद्धाको हालत सरकारको नीति तथा कार्यक्रम सुन्न संघीय संसद भवनमा भेला भएका सांसदको जस्तो भयो । उङ्न थाले । विशेष गरी लडाइँमा खासै रुचि नभएका , बाध्य भएर आउनेमा परेका युवापुस्तालाई गीतासीतामा के ध्यान जान्थ्यो र ? ‘ ह्या लडाइँ नै खेल्न आइसकेपछि बङ्का बङ् हान्न छाडेर के सेन्टी भैरा होला ? युद्धस्युद्ध थाल्नु छैन खाली गनथन गनथन गरेको छ । झ्याउ लागेर आइसक्यो |’, भनेर यताउति हेर्न थाले । सबै दौँतरीको हालत त्यही थियो । आँखले इसारा गरी गरी सबै एकपछि अर्को गर्दै रथबाट ओर्लेर अर्को मैदानतिर लागे । मुख्य ध्यान अग्र पङ्क्तितिर भएकोले पछाडिबाट भाग्नेलाई कसैले याद गरेन । अर्को मैदानमा जम्मा भएका पाण्डवपौत्र र कौरवपुत्र एक गेम २०\\२० मैत्रीपूर्ण क्रिकेट म्याच खेलौँ भन्दै फटाफट नियम बनाएर बलिङ्ग थालिहाले । रेफ्री हुन कताबाट हनुमान आइपुगेछन् । खेल आधाउधी हुँदासम्म हनुमानको गाला पुक्क बनाउन गरेको मेकअप झरेछ , दारा सिङकै अवतारमा रेफ्रीगिरी गर्न थाले । रगतको प्रभाव न हो ? कसोकसो गरेर कौरवपौत्रले पहिले ब्याटिङ्गको जालझेल मिलाएर पूरै २० ओभर खेल्न भ्याए । पाण्डवपुत्र ब्याटिङ्ग गर्दै थिए कुरुक्षेत्रमा युद्धको सङ्खनाद भयो । मार्छन् बुढाहरूले भन्दै ब्याटस्याट छाडेर सबै युद्धभूमितिर कुदे । हैन हौ ? लडाइँ हुन थालिसक्यो , यो सङ्खनाद किन रोकिन्न ? भन्ठानेको त मोबाइलमा अर्लाम पो बजेको रहेछ । अब एक रातमा योभन्दा बढी सपना देख्न पनि कहाँ सकिन्छ र ! हैन ? #जोगी सपना तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरें: मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब, मनमा बस्यो शालिन अनि लजालु स्वभाव । मन मिल्यो विचार मिल्यो, चाहेँ जीवन साथै जिउन, माया दिई माया लिई लागेँ प्रेम निभाउन ।। थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार, माया प्रेम र विश्वासले ल्यायो खुशीको बहार । रोजेँ मैले खुशी जीवन, साथ तिमीले दिँदै गयौ, हाम्रो प्रेमको फूलबारीमा ढकमक्क फूल फुल्यो ।। तिम्रो साथ पाएदेखि मेरो जीवन अर्कै भयो, अल्मलिएको जिन्दगीले गन्तव्यको दिशा लियो । मैले तिम्रो साथ लिई जिन्दगीमा अघि बढ्दा, गति लियो जीवनले हामी दुईको मन मिल्दा ।। जिन्दगीको रथ तान्दा हाँसो रोदन दुवै पाएँ, सुखदुःख, खुशी, पीडा तिमीसँगै भोग्दै गएँ । भविष्यको सुख खोज्दै छोटो विदेश बसाई रोजेँ, तिमीबाट टाढा हुँदा निकै धेरै पीडा भोगेँ ।। साँचै प्रिय ! आज तिम्रो निकै अभाव महसुस गरेँ, भेटेदेखि हालसम्मका हरेक पलको याद गरेँ । मेसेन्जर र ह्वाट्सएपमा तिम्रा सबै टेक्स्ट पढेँ, तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरेँ ।। #जयश्\u200dवर रिमाल #डार्फर #प्रेम #सुडान एकान्तमा: हरपल हरक्षण तिमीलाई पाउँछु एकान्तमा बोलाऊ मात्र मलाई आउँछु एकान्तमा आँखामा आँखा जुधाउँदै कुरा गर्ने रहर छ तिमीलाई सम्झीसम्झी टोलाउँछु एकान्तमा कहिले रिसाउँछौ त कहिले घुर्काउँछौ मलाई अन्जानमा गल्ती गर्छु अनि पछुताउँछु एकान्तमा तिमीसँग कुरा नगरी निद्रा लाग्दैन रातमा तिम्रो बोली नसुन्दा म छटपटाउँछु एकान्तमा #ऋतु काफ्ले देश माटो हो कि जनता हो ?: मैले पढेका गैह्र आख्यान पुस्तकहरुमध्ये मोहन मैनालीका किताबहरु बारम्बार सम्झनामा आइरहन्छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ पढेदेखि नै उनको लेखन मन पर्न थालेको हो । सरल लेखन शैली सँगसँगै लेखनको विषय वस्तुले मैनालीको लेखन बेलाबेला सम्झनामा आइ रहने हो । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएका थिए जो धेरै मान्छेले थाहा नै पाएका छैनन् । यस बेला देशमा सिमानाको विषयमा खुब चर्चा-परिचर्चा हुने गरेको छ । राज्यले ‘बिर्सेको’ लिम्पियाधुरा समेत सामेल गरेर नयाँ नक्सा जारी गरेको छ । त्यसैले हौस्याएकाहरु बेलाबेला ‘विशाल नेपाल’को कुराहरु पनि गर्ने गर्छन् । यी कुराहरु भइरहँदा कता-कता मानिसहरुले माटोको मात्रै कुरा गरेका हुन् कि जस्तो लाग्छ । त्यहाँ भएका जनताको कुरा खासै हुँदेन । ‘विशाल नेपाल’ सुगौली सन्धिले मात्रै खुम्च्याएको हो या नेपाली शासकको शोषक प्रवृत्तिका कारण पनि खुम्चिएको हो भन्ने हेक्का कसैले राख्दैन । त्यसैको चर्चा यहाँ गर्न मन लागेको छ । ‘उपल्लो थलो’को शाब्दिक अर्थ माथिल्लो भेग भन्ने हुन्छ । नेपालको माथिल्लो भूमिका विभिन्न आयामहरुका बारेमा मैनालीले उपल्लो थलोमा लेखेका छन् । विशेषगरी गोरखा जिल्लाको माथिल्लो भूभाग र मानसरोबरको विभिन्न कालखण्डमा गरिएको यात्रासँग सम्बन्धित संस्मरणात्मक लेखहरु यस पुस्तकमा समावेश छन् । कालीगण्डकी तिरैतिर २०५१ मंसिर, २०५२ भदौ–असोज र २०५९ साउन–भदौमा गरिएका यात्राहरु पहिलो तीन खण्डमा समावेश छन् भने २०५६ साउन–भदौमा मानसरोबरसम्म गरिएको यात्रालाई चौथो खण्डमा समावेश गरिएको छ । बुढीगण्डकी तिरको यात्राका क्रममा मैनालीले त्यहाँको कष्टकर जीवन, बिजुलीलाई चमत्कार मान्ने जनताको कुरा, वन पैदावार माथिको निर्भरता, सरकारी उपस्थितिको अभाव, भौगोलिक विकटतामाझ फुलेको प्राकृतिक सुन्दरता, स्थानीय जनताको तिब्बती जनतासँगको साइनो, बदलिँदो राजनीतिक परिस्थितिबीच फेरिएको साँध लगायतका कुरा समावेश गरेका छन् । नेपालको उत्तरी सिमाना सन् १९६१ अक्टोबर ५ मा तात्कालिन राजा महेन्द्रले हस्ताक्षर गरेको सन्धिका आधारमा फेरिएको छ । यस क्रममा केही उत्तरी भूमि नेपालमा परे भने केही नेपाली भूमि उत्तरतिर गए । अथवा एकअर्काले दाबी गरेका भूमिहरुको आदानप्रदान गरेर एक स्थायी सिमाना त्यसमा कोरियो । त्यसै क्रममा हो सगरमाथाको चुचुरो चीनको भाग लागेको । त्यसका विषयमा कुनै अरु दिन चर्चा गरौँला । यी राजनीतिक पृष्ठभूमिको चर्चा नभए पनि मैनालीले साँध फेरिँदा फेरिएको राष्ट्रियताका बारेमा चर्चा गरेका छन् । साथै चर्चा गरेका छन् भोट र नेपालको जीवन स्तरमा समयसँग आएका परिवर्तनहरुको चर्चा गरेका छन् । यी चर्चाहरु पढ्दै गर्दा नेपाली शासकले भूमिमा बढी जोड दिएको र त्यहाँका मान्छे बिर्सँदै गरेको भन्ने भान हुन्छ । पहिलो खण्डको यात्राताका देशमा मनमोहन अधिकारी प्रधानमन्त्री थिए । कम्युनिष्ट सरकार हुँदा दलितहरु प्रतिको छुवाछुत हट्ने आशा देखिएको थियो । जनसामान्यको मानसिकतामा परिवर्तन नआउँदा सो आशामा पानी फेरिएको अंश एकदमै घत लाग्ने छ । स्थानीय अन्धविश्वासका कारण सेराङ गुम्बा, सोराङ हिमाल लगायतका पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनसक्ने स्थानहरुबाट पनि त्यस क्षेत्रले मनग्गे लाभ लिन नसकेको पढ्दा अलि नरमाइलो लाग्छ । ०५१ देखि ०५९ को लगभग एक दशकको अन्तरालमा नेपाली भूमिका बासिन्दाको वनपैदावार माथिको निर्भरता जस्ताको त्यस्तै भए पनि छिमेकी तिब्बतका बासीको जीवनस्तरमा निकै फेरबदल भएको देखिन्छ । जडिबुटी संरक्षणका लागि तिनको संकलनमा रोक लगाइएको, गैह्र सरकारी संस्थाको सहयोगमा भएका विकासका, मादकपदार्थ दुर्व्यसनी कम गर्न रक्सीको कम मूल्य निर्धारण गरेर रक्सी उत्पादन निरुत्साहित गरेको, लगायतका केही सकारात्मक परिवर्तन दर्साउने कुराहरु समेत उल्लेख छन् । पछिल्लो पटकको यात्राका क्रममा माओवादी द्वन्द्वका कारण पहिलेको जस्तो विश्वासको वातावरण नभएको र मानिसहरुले नयाँ मान्छे देख्नेबित्तिकै शंकाको दृष्टिले हेर्ने कुराहरुले उपल्लो थलोमा परेको जनयुद्धको असरको धेरथोर कुराहरु आएका छन् । हो, यसरी मैनालीले ‘थलो’ मात्रै नलेखेर त्यहाँका मान्छेको कथासमेत लेखेका छन् । राज्यले उपेक्षा गरेकाहरुका व्यथा लेखेका छन् । पुस्तकको चौथो अर्थात अन्तिम खण्डमा मैनाली फेरि सुदूरपश्चिम हुँदै मानसरोबर पुगेका छन् । यो खण्डमा हालको नयाँ नक्सा प्रकरणले चर्चामा ल्याएको भूगोलको बारेमा समेत लेखिएको छ । साथै, यसै खण्डमा ‘विशाल नेपाल’सँग जोडिएको भ्रमको कुराहरु पनि लेखिएको छ । यो अंशमा उनले देशको सडकमार्ग राम्रो नहुँदा सुदूरपश्चिमका उत्तरी जिल्ला जानका निम्ति भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यताका बारेमा लेखेका छन् । सिमानामा हुने सीमा सुरक्षा दलका अधिकारीहरुको खुल्लमखुल्ला लुटमा उनी बचेको प्रसंग पढिरहँदा पाठकका मनमा दिनहुँ किनमेलका लागि जाने वा रोजीरोटी कमाउन भारत पसेका नेपालीहरुको हालत के हुन्छ होला भनेर प्रश्नहरुको खात लाग्छ । महाकाली वारि र पारिका दारचुला र धारचुलामा विकासका दृष्टिले निकै फरक भएको कुरा पढ्न पाइन्छ । भारतले सिमाबासीलाई दिएको सुविधाका तुलनामा नेपालले दिएको सुविधा दयनीय लाग्छ । त्यसबाहेक त्यहाँ हुने वन्यजन्तुको हाड तथा छाला लगायतको तस्करीको जालो र मूकदर्शक बनेर रहेको निरीह प्रशासनको चित्र पढ्दा जो कोही पाठक पनि आवेशमा आउँछ । राज्यको अनुपस्थितिको चरम उदाहरण त्यहाँ देखिन्छ । चार वर्षअघि उपल्लो थलो पढ्दै गर्दा मानसरोवरको यात्राको लागि नेपालकै उत्तरी नाकाबाट ताक्लाकोट पुग्ने सडक सञ्जालको विस्तार सुरु शीर्षकमा वसन्तप्रताप सिंहले लेखेको समाचार पढ्नु जुरेको थियो । चार वर्षपछि पनि त्यो बनिसकेको समाचार छैन । बरु भारतले २००६ (एसडि मुनीका अनुसार) देखि सुरु गरेको सडकको उद्घाटन भएको छ । त्यसैले नै हो अहिलेको नक्सा विवाद चुल्याएको । कोभिड १९ संक्रमणमा खासै सफलता पाउन नसकेको दुवै देशका शासकका लागि ध्यान मोड्ने बहाना झैँ बनेको छ त्यही सडक उद्घाटन र लिम्पियाधुरा । सारमा भन्नुपर्दा नेपाली सिमानामा रहेकाहरुको स्तर नेपाली सीमाबाहिर रहेकाको तुलनामा दयनीय छ । दूरदराजका क्षेत्रमा त राज्यको उपस्थिति नै पनि छैन । त्यसैले त अस्ति रवि लामिछानेको कार्यक्रममा एसडि मुनीले ‘माटो मात्रै आधार हो ? जनतासँग त भारतीय रासन कार्ड छ’ भनेका थिए । त्यति मात्रै होइन ‘उपल्लो थलो’मा किताबमै पनि लेखकले गोरखाली ‘विस्तारको’ प्रसंग लेख्ने क्रममा गोरखाली राजको अत्याचारको विषय समेटिएको लोकगीतका बारेमा उल्लेख गरेका थिए । त्यो पढिरहँदा मेरो एउटा भ्रम टुटेको थियो । जुन गौरवको इतिहास हामीलाई पढाइएको छ, त्यसमा हारेकाहरुको इतिहास छैन । उनीहरुको आवाज छैन । त्यसैले हामी ‘विशाल नेपाल’का कुराहरु गरिरहन्छौँ । हामी यो सोच्दैनौँ कि भारत छोडेर जाने बेलामा अंग्रेजहरुले नेपालका गुमेका भूभागका नेपालीलाई नेपालमा जोडिने वा भारतमै रहने विकल्प दिँदा उनीहरुले भारत नै रोजेका थिए । सायद माटो मात्रै आफ्नो ठान्ने र त्यहाँका जनतालाई नमान्ने परम्पराले त्यसो भएको हो कि ! माटो मात्रै त देश हुँदैन । जनता सार्वभौमसत्ता सम्पन्न मानिन्छ, माटो होइन । हो यही कुरालाई नेपाली शासक पक्षले बारम्बार भुलेको देखिन्छ । चाहे त्यो विशाल नेपालको कुरा गर्ने बेलामा होस्, चाहे त्यो हालको लिम्पिया धुरा क्षेत्रमा बसोबास गर्नेका सन्दर्भमा होस् । नेपाल सरकारले विवादित क्षेत्रमा बस्ने नेपालीहरुका लागि राज्यको उपस्थिति जनाउने केही काम गरेको देखिँदैन । विवादित क्षेत्रको कुरा छोडौँ । विवादै नभएका क्षेत्रका जनताहरु पनि देश आउन नपाएको स्थिति छ । भारतमा श्रमका लागि गएका नेपालीहरु भारतीय सुरक्षाकर्मीबाट सिमानातिर खेदिएका छन् भने नेपाली शासकले तिनलाई अझै भारततिरै खेद्दै छ । यो सब भइरहँदा प्रश्न गर्न मन लाग्छ, देश माटो हो कि जनता हो ? अनि देशका ‘उपल्लो थलो’का भू–भाग मात्रै हैन त्यहाँका जनता पनि देश हुने कहिले हो ? #उपल्लो थलो #नयाँ नक्सा #मान्ठा डराएको जुग #मोहन मैनाली #रमण पेनरू #लिम्पियाधुरा पल्लो देशको साथीलाई: साथी … तिम्रो देश दुख्दा मेरो मन दुखेको हुन्छ मेरो देश दुख्दा म आफैँ दुखेको हुन्छु । एउटै मानव आमाका सन्तान भए पनि सिमाना फरक हुँदा देश अलग हुँदो होला देशसँग जोडिएकाे हाम्रो भाग्य पनि फरक हुँदो होला हाम्रो भाग्यले दिएको हाम्रो आस्था फरक होला हाम्रो आस्थाले दिएको हाम्रो संस्कृति फरक होला तर साथी हामीले टेकेको धर्ती त एउटै हो हामीले ओडेको आकास एउटै हो हामीले फेरेको सास पनि एउटै हो हामी बाँचिरहेको युग एउटै हो एक पटक तिमी …. तिम्रो इतिहाससँग भलाकुसारी गरी हेर त …. कतै तिम्रो वर्तमान मेरो अतितसँग जोडिएको पाउन सक्छौ तिम्रो भविष्य मेरो वर्तमानसँग गाँसिएको पाउन सक्छौ जे होस् … अन्तमा तिमीले तिमी र ममा कुनै अन्तर पाउने छैनौ । त्यसैले साथी … तिम्ले तिम्रो देश बनाउँदा मेरो भाग्य नफुटाई बनाउनु मैले मेरो देश बनाउँदा तिम्रो मन नदुखाई बनाउने छु #बर्मा #म्यन्मा #लक्ष्मण न्यौपाने #सिमाना प्रेतकल्प : यस्तो झ्याल जसबाट चारै दिशा देखिन्छ: पुस्तकको पुर्वाद्धमा कथा पुरै राजनीतिक जालो हो कि जस्तो लाग्छ तर पढ्दै गर्दा कथाका पत्रहरु खुल्दै जान्छन् । अनि थाहा हुन्छ, उपन्यासको कथा राणाकालिन समयका आममानिसहरुको भोगाइ हो । पढेर गाउँ फर्किएको एक युवाले फेरिएको समयसँगै आफ्नो ज्ञानलाई प्रयोग गर्न खोज्दा आइपर्ने पारिवारिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अफ्ठ्यारो र द्वन्दको कथा हो यो । पुस्तकले उ बेलाको कथा भनेर इतिहास मात्रै बोल्दैन, बरु तपाईलाई त्यो समयमा बाँधेर अहिलेको समयका पनि कुरीति र विकृति हेराउँछ । हिन्दु दर्शनका ‘पुराणवादी’ र ‘वेदवादी’हरुको वैचारिक लडाइ र त्यसले पारेको समाजिक असरका बारेमा पनि ज्ञान दिन्छ । समग्रमा, नेपाली समाजका चारै दिशा नेपाली इतिहास, परम्परा, हिन्दु धर्म, नेपाली राजनीतिका बारेमा जानकारी पाउँन उपयोगी हुनेछ । किताब – प्रेतकल्प (उपन्यास) लेखक- नारायण ढकाल विधा- आख्यान मूल्य- ४२५/ ‘कुमाता’भित्रको नारी संवेदना: कथाकार वसन्त पराजुलीको नवीनतम् कथासङ्ग्रह ‘कुमाता’भर्खरै बजारमा आएको छ । उक्त कथासङ्ग्रहले पाठकको मन तरङ्गित पारेको छ । शीर्षकले एकातिर नारीवादी दृष्टिकोणमाथि पटाक्षेप गरेको देखिन्छ भने अर्कोतिर पाठकमा उत्सुकता पैदा गराएको छ । संस्कृतमा एउटा उक्ति छ, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । यो कथनलाई भत्काएर हाल समाजमा विद्यमान विकृति ,विसङ्गति एवम् अवैधानिक रूपमा गर्भधारण गर्नुको कारण कयौँ नवजात शिशुहरूको हत्या गर्न विवश छन् माताहरू भन्ने तथ्यलाई कथामा प्रस्तुत गरिएको छ । फक्रन नपाउँदै कोपिलामै निमोठिन्छ । थाहा छैन, सायद देशका कयौँ भविष्यका होनहार नागरिक यसरी मृत्युवरण गर्न विवश हुन्छन् । आफू र आफ्नो अस्तित्वलाई समाजमा कायम राख्न गरिने यस्ता कर्तुतहरू दिनप्रतिदिन बढ्दै छन् । जुन कुरा सभ्य र समुन्नत समाजका लागि तगारो बन्ने गर्छन् । यद्यपि यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरू भिन्नभिन्न स्वाद र विषयका छन् तथापि पङ्तिकारको ध्येय कथाभित्र प्रस्तुत नारी संवेदनालाई उजिल्याउनु रहेको छ । ‘कुमाता’भित्रको नारी संवेदना नारी संवेदनाका दृष्टिले ‘कुमाता’ सशक्त देखिन्छ । यसमा सङ्ग्रहित प्रायः कथाहरूमा नारीका संवेदना कुनै न कुनै रूपमा प्रस्तुत भएका छन् । सहमतिमै भए पनि कथाका पात्रहरू बीको अवैध यौन सम्पर्कका कारण झेल्नु परेको दुर्दशाले नारी संवेदनालाई उत्कर्षमा पुर्\u200dयाएको छ । यसरी सर्सर्ती हेर्दा कथाका नारी पात्र सजिलै पुरुषसँग प्रेममा फँस्ने अनि सम्बन्ध बसिसकेपछि शरीर सुम्पन पनि पछि नपर्ने भएका कारण उनीहरूले विभिन्न परिस्थितिसँग सिँगौरी खेल्नु परेको देखिन्छ । यसकै ज्वलन्त उदाहरण हो, कुमाता कथा । कुमाताकी कान्छीले साहिँलो भन्ने चिरपरिचित ट्रक ड्राइभरको विश्वास गरी प्रेममा फँसेर गर्भवती भएकी तर गर्भवती भएपछि साहिँलो फरार भएका कारण बच्चा जन्मेपछि आफैँले घाँटी थिचेर मार्न र स्वघोषित कुमाता बन्न विवश भएकी छ । पुरुषले जेजसो गरे पनि हुने सामाजिक संरचनाका कारण पुरुषहरू कहिल्यै कुपिता नबन्ने तर नारीहरू कुमाता बन्नुपर्ने अवस्थाको सृजना भएको छ । ‘एउटी आमाले शिशु जन्माउने र हुर्काउने चाहना हुँदाहुँदै पनि समाजले त्यसलाई नाजायज ठान्छ, पतित भन्छ र कलङ्कको टीका लगाउँछ भने एक नारी निर्दयी बन्न विवश अवश्य बन्छे । मैले केही सोच्नै सकिनँ आमाको ममतालाई नै चुनौती दिँदै आँखा चिम्लिएँ । कुमाता बनेर त्यो शिशु च्याँ गर्न नपाउँदै कठोर हातले घाँटी थिचेर मारिदिएँ । अनि भनिदिएँ मरेको बच्चा जन्मिएछ ।’(पृ ..३३) त्यसैगरी परिबन्द कथामा नाटकीय प्रेममा फँसेकी मङ्गलीको उस्तै दुर्दान्त अवस्थाको चित्रण छ । आफ्नो औँला चिरेर निस्केको रगतले मङ्गलीको सिउँदो भरेर तथा कथित लोग्ने बन्ने नाटक गरेको सन्तेको विश्वासका भरमा शरीर सुम्पेकी मङ्गलीले गर्भवती भएपछि उसको झूटो आश्वासन बुझ्छे तर नेपाली उखान ‘ ……….दैलो पनि देख्यो’भनेझैँ पश्चातापको अग्निमा जल्न पुग्छे । ‘एक मन त आत्महत्या गरूँ जस्तो पनि हुन्छ । केटी मान्छे । समाजले जान्ने र बुझ्ने गरी विवाह भएको छैन । उसले माइतमै बसेर बच्चा जन्माउनु पनि त्यति सजिलो कहाँ हुन्छ र यो समाजमा ? तर पनि त्यै अप्ठ्यारो बाटो जाने निष्कर्षमा पुगी मङ्गली ।’(पृ .६७ ) अस्मिता कथाकी पात्र अस्मिता अमितसँगको अन्तर्जातीय प्रेममा फँस्छे तर अवैधानिक रूपमा गर्भवती भइसकेपछि भ्रूण हत्या गराउन बाध्य पार्ने अमितले हत्यापछि अस्मितालाई छाड्छ । अमितले छाडेपछि रविनसँग वैवाहिक जीवनमा बाँधिएकी अस्मिता रविन विदेश गएपछि परस्त्रीसँग यौनसम्पर्क गरेकै कारण उतै जेल पर्छ । श्रीमान् जेल परेपछि खर्च धान्न धौधौ परेकाले यौनधन्दामा लाग्न विवश हुन्छे । सामूहिक बलात्कारमा परेर दुर्दान्त अवस्थामा पुगेकी अस्मिता आफूले अत्यन्तै विश्वास गरेको यौन पार्टनरले ‘मलाई पनि दिन्छ्यौ कि ?’ भनी माग गरेपछि अत्यन्त आक्रोशित भएर भन्छे, “हो, म वेश्या हो ! वेश्या ! वेश्या भन्दैमा जहाँ पायो त्यहीँ जति जना पायो उति जनासँग सम्बन्ध राख्न सक्छे ?” (पृ .८०) “हामीलाई वेश्या यही समाजले बनायो । यिनै पुरुषहरूले बाध्यपारे । पुरुष कतिसम्म निर्दयी र स्वार्थी हुन्छ । के पुरुषले मानवता गुमाइसक्यो ? ” (पृ ८१) ‘नियति’कथामा तेह्र वर्षे बालिकालाई गर्भवती बनाएर वैभव भागेको छ ।आफ्नो गर्भपतन गराउन अस्पताल पुगेकी ती बालिकाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको घटना प्रस्तुत गरिएको छ । ‘दोषीको ?’ अर्को नारी संवेदनाले भिजेको कथा हो । नारीको यौनमनोविज्ञानलाई कथामा देखाइएको छ । विवाह गरेपछि, श्रीमान् श्रीमतीले वैधानिक रूपमा यौन सम्पर्क गर्न सक्छन् तर यस कथाकी सरितालाई बिहेपछि पनि लोग्नेले यौन प्रति कुनै चासो नदेखाएका हुनाले उसलाई अचम्म लाग्नु स्वभाविकै हो । एकातिर साथीहरूले सुहागरातको वर्णन गरेका अर्कोतिर लोग्नेले सुहागरातमा पनि आफूलाई वास्ता नगरेका कारण उसमा लोग्ने प्रतिको वितृष्णा बढ्दै जान्छ । आखिर किन…? भन्ने प्रश्नले उसलाई कोपरिरहन्छ । ‘घरमा सासूससुराले त अझै आफ्नो वंशवृद्धि छिटो भएहुन्थ्यो भन्ने चाहना राख्छन् । तर आफूलाई आफ्नै श्रीमान् ले अहिलेसम्म छोएका छैनन् ।” (पृ .१०६) बिहे गरेको तीन वर्षसम्म पनि श्रीमान् ले सम्पर्क गर्न नखोजेपछि ऊ परपुरुष (आकाश)सँग लहसिन्छे । आखिर प्राकृतिक रूपमा नारीका पनि त इच्छा चाहनाहरू हुन्छन् नि तर भन्ने कसलाई ? केही सीप नलागेपछि उसले आकाशकै गर्भधारण गर्छे र त्यसबाट जन्मेको बच्चा जबरजस्ती श्रीमानलाई स्वीकार गर्न लगाउँछे । “यो मेरो सम्बन्धको निसानी हो । सक्छौ मेरो पेटको बच्चा तिमीले मेरो हो भनेर स्वीकार्ने, हैन भने यसलाई कसरी जन्माउनुपर्छ मलाई थाहा छ ।” (पृ.११० ) यहाँनेर सरिताको माध्यमबाट नारीलाई सक्षम र सबल देखाउन कथाकार सफल भएको देखिन्छ । नारीका इच्छा, चाहनालाई प्रस्फुटित हुन नदिने पुरुष प्रधान समाजलाई चुनौती दिँदै आफ्नो आमा बन्न पाउने नैसर्गिक अधिकार प्राप्त गर्न सफल भएकी छ, यस कथाकी पात्र सरिता । आफू तेस्रो लिङ्गी भएकै कारण पनि समाजमा आफ्नो अस्तित्व कायम गर्नको लागि बच्चा स्वीकार्न उसको लोग्ने मञ्जुर भएको छ । यहाँनेर नारीको मनसायको स्वीकार गरेर होइन कि समाजमा आफ्नो पुरुषत्व कायम राख्न उसले स्वीकृति दिएको मान्न सकिन्छ । यसरी ‘कुमाता’ कथासङ्ग्रहमा सङ्ग्रहित प्रायः कथाहरूमा नारी संवेदना प्रचुर मात्रामा पाउन सकिन्छ । पितृसत्तात्मक सामाजिक संरचनामा जकडिएको नेपाली समाजमा घटिरहेका थुप्रै यस्ता घटनाहरूलाई टपक्क टिपेर काल्पनिकताको जलप लगाउन सक्नु कथाकारको प्राप्ति देखिन्छ । पाठकलाई आन्दोलित बनाउने खुबी कथाकारमा प्रशस्त देखिन्छ । कथा पढ्दै जाँदा पाठक आफ्नो सम्पूर्ण कुरा बिर्सेर कथामा डुब्न सक्छ । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रूप लिन सक्छ । कुमाता बन्न विवश बनाउने सामाजलाई पुनः एकपटक गम्भीर रूपमा सोच्न बाध्य बनाएका छन्, सङ्ग्रह भित्रका कथाहरूले । नारीहरूले सजिलै पुरुषको विश्वास गर्न पुग्दा कसरी दुःख सागरमा डुब्नु पर्ने अवस्थामा पुग्नुपर्छ भन्ने कुराको सचेतता कथामा प्रशस्त पाइन्छ । समग्रमा नदीझैँ सलल बगेको कथावस्तु , भाषामा सरलता र बोधगम्यताका कारण कथासङ्ग्रह उत्कृष्ट बन्न पुगेको छ । कृतिः कुमाता कथासंग्रह लेखकः वसन्त पराजुली पृष्ठः ११२ कथा संख्याः १० मूल्यः २०० प्रकाशकः भुँडीपुराण प्रकाशन प्रालि #कुमाता #नारी #वसन्त पराजुली #शान्ति शर्मा यो त अति भो: घरबन्दी भएको दुई महिना भयो फैलन रोक्न केही त गरेकै हो चलाउन जीवन अब चै गाह्रो नै भयो बन्दको विकल्प अब सोच्ने बेला आएको हो । नेपालीको घरफिर्ता रोक्ने कसरी ? क्वारेन्टाइन, आइशोलेशन बनेनन् अझै पुग्नेगरी समय त दिएकै हो फैलिएर सुस्त गरी किन हुन्छ ढिला संधै काम सरकारी यसरी ? स्थानीय सरकारको देखियो चाल प्रदेशको गुनासो छ सधैं भएन रे उसको अब्बल कार्यकाल संघमाथि नै शका भयो उड्ने पो हो कि रङ्ग सब मिलि कहिले हो पार्ने जनतालार्ई दङ्ग पीसीआर, टेस्ट किन नबढाको मेसिन चलेन, किट पुगेन विपद्मा यस्तो के गरेको ? दिन खोज्छु सधैं धन्यवाद मन भित्रैबाट ‘यो त अति भो’ निस्किहाल्छ फुत्त मुखबाट । #तारक धिताल लिलाको गजल: जस्तो भोग्यो उस्तै हुन्छ जिन्दगी छिनमै हाँस्छ छिनमै रुन्छ जिन्दगी ।। माया हो के तिमी बोलिन भन्छ्यौ बोल्नै खोज्छु मुख थुन्छ जिन्दगी ।। जब प्रमाणपत्र आउँछ डिग्रीको युरोप उड्ने सपना बुन्छ जिन्दगी ।। म दुश्मनलाई प्रेम गर्छु आखिर जलेर खरानी नहुने कुन छ जिन्दगी ।। #लिलाको गजल अप्रत्याशित घटना: आज मेरो कानमा कतैबाट माइकको स्वर गुन्जिरहेको छ । कतै कसैको बिहे रहेछ । तर म, अन्जान मान्छेलाई यो बिहेसित के लिनु न दिनु ? यो गाउँमा बसेको हप्ता पनि भएको छैन । धन्य हो कि मलाई अन्धो बाजेले बास बस्न दिनुभयो । “बाबु, जति दिन चाह्यो त्यति दिन बस्न सक्नुहुन्छ,” बाजेको यो कुराले मलाई यसरी प्रभावित पार्\u200dयो कि मानौँ म कुनै पराइको घरमा होइन आफ्नै घरमा बस्न आएको हुँ । सायद दस दिनभित्र मेरो कामकाज सकिनेछ र म राजधानी फर्किनेछु । “बाबु! लु यो कार्ड हेरिदिहाल्नुस् त,” बाजेले कार्ड हेर्न बोलाउनुहुन्छ । विवाहको निमन्त्रणा कार्ड रहेछ । घरको सदस्यमध्ये एक जनाको अनिवार्य उपस्थिति तोकिएको रहेछ । “बाबु मेरो घरमा अरू कोही छैनन्, मलाई बुढेसकालले पनि छोइसक्यो अनि अन्धोलाई यसमा शोभा पनि दिँदैन । अब उनको कार्डको मान्यता राख्न तपाईं नै गैदिनुस्,” बाजेको यो अनुरोधलाई म नकार्न सक्दिनँ । आफ्नै सहरिया सुट–बुट लगाएर विवाहतर्फ लम्कन्छु । “छोरी त यस्ती छे रे ,” आइमाईहरू एकअर्कामा कुरा काट्दै गरेको सुन्छु । “हो नि ! दाइजो पनि कम दिएको छ रे !” “साँच्चिकै ! ससुरालमा दुर्दशा हुनेछ ।” “बिचरी !” तिनीहरूका कुराले मलाई आश्चर्यचकित बनाउँछ । ‘कस्तो दुर्दशा ? बिचरी केको ? कसरी ? बिहे भइसकेपछि खुसीसँग एक नयाँ परिवार सृजना पो गर्छे !” मनमनै मेरो मनमा यस्ता भावना खेलिरहेका छन् । यसैबीच विवाहको रङ्गीन माहौलमा म सामेल हुन्छु । सबले मलाई एकोहोरो हेर्न थाल्छन् । आखिर यो जन्ती हो कि केटी तर्फको या अन्तै कतैको हो कि ? सब मेरा लागि अन्जान अथवा म सबैका लागि अन्जान… भोजन सुरु हुँदा म असहज महसुस गर्छु । अलमलिन्छु । दोधारमा पर्छु । किनकि एकातर्फ केटीतर्फबाट भोजन भने अर्कोतर्फ जन्तीहरूका भोजन । मलाई थाहा छैन, म कुन तर्फबाट आएको हुँ । तसर्थ चुपचाप म शीर निहुराएर कुनामा बस्छु । “बाबु, खाना खाइयो ?” बेहुलीको बाबाले सोधेर जानुहुन्छ । केही क्षणपछि “बाबु, खानुभयो ? ” बेहुलाको बाबाले सोधेर जानुहुन्छ । हल्का मुस्कान ल्याउँदै “हजुर” भन्दै जान्छु म वहाँहरूलाई । विवाह सम्पन्न हुन्छ । बेहुलीलाई रुँदा–रुँदै बिदा गरिन्छ । सबका गहभरि आँसु देखेर म पनि नाटकीय भावुक हुँदै घर फर्कन्छु । “बाबु, विवाह कस्तो रह्यो ?” बाजे लठ्ठी छाम्दै मलाई सोध्नुहुन्छ । “विवाह… अँ विवाह एकदम राम्रो थियो बाजे । रमाइलो भयो,” यति भन्दै कोठाभित्र छिर्छु । दुई दिनपछि मेरो काम सकिन्छ । राजधानी फर्किने निधोमा झोलाभित्र कपडा, सरसामान राख्छु । बाजेलाई धन्यवाद दिन्छु । साथमा, केही रकमसमेत उहाँलाई दिन खोज्दा उहाँ अस्वीकार्दै भन्नुहुन्छ, “बाबु, अतिथि देवो भवः तिमीसँग पैसा लिनु हुन्न । तिमी हाम्रो भगमान हो । ल… राम्ररी जानू ।” म हिँड्न थाल्छु । बाटोमा अचानक मेरा आँखाले मलाई परको भीडतर्फ तान्छन् । भीडबाट रोएको, चिच्याएको स्वर सुन्छु । भित्र छिर्नासाथ तर्सिन्छु । झस्याङ्ग हुन्छु । अस्ति बेहुलीको पोशाकमा सजिएर गएकी केटीलाई कात्रोमा पल्टिएको देख्छु । निधारको चोट हातको फोका र चिन्नै नसकिने आगोले डढेको अनुहार हेर्नासाथ झन् मेरो आङ सिरिङ्ग हुन्छ । अप्रत्याशित घटना ! मेरो लागि बिल्कुल अप्रत्यासित घटना । महिलाविरुद्ध आखिर किन ? भित्रभित्रै आक्रोशित हुन्छु । राजधानीमा पत्रिकामा पढेको समाचार सम्झिन थाल्छु । केहीबेरमा एक महिलाले भन्छिन्, “कठै! विचरीलाई दाइजोको निहुँमा मट्टीतेल खन्याएर आगो लगाइयो ।” अनायास मलाई सम्झना आउँछ बिहेको दिनको कुरा, जुन दिन यस्तै एक महिलाले भनेकी थिइन्, “साँच्चिकै! ससुरालमा दुर्दशा हुनेछ ।” तर दुर्दशाले मृत्युको शिकार हुन्छे भनेर सोचेकै थिइनँ । बिचरी! ‘यिनको आत्माले शान्ति पाओस्,’ खेद प्रकट गर्दै म आफ्नो गन्तव्यतर्फ लम्कन्छु । #दहेज #दाइजो #रेहान खान ह्यारी पोटर जन्मस्थान विवादमा तानिइन् जेके रोलिङ: लन्डन/ संसार प्रसिद्ध उपन्यास शृंखला ह्यारी पोटरको सोच जन्मिएको ठाउँ एउटा क्याफे थियो र त्यो क्याफे तस्बिरमा देखिएको एडिनबर्गस्थित इलिफेन्ट हाउस नै थियो भनेर दाबी आएपछि लेखिका जेके रोलिङले उसको दाबीमा कुनै सत्यता नभएको ट्विट गरेकी छन् । ह्यारी पोटर शृंखला यति लोकप्रिय भयो कि हरकोही त्यो उपन्याससँग जोडिएर व्यापार चम्काउन चाहन्छन् । यस्तो अवस्थामा १४ औँ शताब्दीको बेलायती शहर योर्कलाई ह्यारी पोटरको सोच जन्माउने शहर भनेर कतिपयले दाबी गरे । त्यहाँको डाइगन अलाई पसलमा होगार्ट विद्यालयका आवश्यक सबै सामग्री पाइने दाबी केहीले गरिरहेका थिए । यति मात्र होइन, यस्तो दाबी गर्नेमा बेलायत परका मुलुक पनि छन् । जस्तो कि पोर्चुगलको पोर्टोले होगार्टको सोच रोलिङको दिमागमा छिराएको भन्ने दाबी केहीको छ । हावा कुराको हुण्डरी नै सिर्जना भएपछि ह्यारी पोटरका सुपर फ्यानका रूपमा चिनिएका करोडपति व्यवसायी मिगल रोड्रिजले हालै एलिफेन्ट हाउस क्याफेको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा जेके रोलिङलाई उपन्यास सिर्जना गर्ने ठाउँ यही हो कि भनी प्रश्न सोधेका थिए । त्यसको जवाफमा चर्चामा आएका कुनै पनि स्थान आफ्नो उपन्यास लेखिएका कुनै पनि स्थान नभएको प्रस्ट पारेकी हुन् । एउटा भनाइ नै छ, उनी एडिनबर्गबाट लन्डन आउने क्रममा एउटा रेस्टुराँमा बस्दै गर्दा उनलाई यो उपन्यासको विषयवस्तु फुरेको मात्र होइन, त्यसको केही खेस्रासमेत कोरेकी थिइन् । ह्यारी पोटरको जन्मथलो कुन हो भनेर जान्न चाहनेहरूका लागि उनले भनिन्, ‘यो उपन्यासको खाका बस्न कयौँ समय लागेको थियो र त्यसको सम्पूर्ण श्रेय कुनै एउटा रेस्टुराँलाई दिन मिल्दैन । कतिसम्म भने अहिले जति चर्चामा आएका नाम छन्, तिनको भूमिका रत्ति पनि छैन ।’ पहिलो पुस्तक त्यहाँ लेखेको नभई पछिल्ला कृतिहरू भने त्यहाँ सिर्जना भएको उनले बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बरू म म्यानचेस्टरबाट लन्डन जाँदै गर्दा यो उपन्यासको खेस्रा तयार भएको हो । एक किसिमले भन्ने हो भने रेल नै ह्यारी पोटर जन्मिएको स्थल हो ।’ जेके रोलिङले आफू संघर्षरत रहेका बेला ह्यारी पोटर जन्मिएको थलो एउटा सानो डेरा रहेको भन्दै डेराको तस्बिरसमेत उनले सार्वजनिक गरेकी थिइन् । ह्यारी पोटर शृंखलाका फिल्महरू योर्क शहरमा फिल्माङ्कन गरिएकाले पनि जेके रोलिङले त्यहीँ सो उपन्यास सिर्जना गरेको हुनसक्ने धेरैको अनुमानका कारण त्यहाँका व्यापारीले फाइदा लिइरहेको केहीले रोलिङको टिप्पणीमुन्तिर लेखेका छन् । पहिलो संस्करण बेचियो ३६ हजार पाउन्डमा सन् १९९७ मा पहिलो पटक निस्किएको ह्यारी पोटरको उपन्यासको एउटा हार्डकभर उपन्यासलाई गएको सातामा भएको लिलामीमा ३६ हजार पाउन्डभन्दा बढीमा तिरिएको छ । पहिलो उपन्यास ‘ह्यारी पोटर एन्ड द फिलोसफर्स स्टोन’ को पहिलो संस्करण पाँच सय वटा हार्ड कभर निकालिएको थियो । सन् २००८ मा स्थानीय बकिंगमसायर स्कुलबाट यो पुस्तक बालबालिकाले पढ्न अनुपयुक्त रहेको ठहर गर्दै स्कुलले फ्याँकिदिएको थियो । स्कुलले फ्याँकेको दस वटा प्रतिमध्ये एउटा किताब एक जना शिक्षिकाले आफ्नो घरमा लगेर राखेकी थिइन् । सोही पुस्तकमध्ये एउटा यतिबेला लिलामीमा ३६ हजार ३ सय पाउन्डमा बिक्री भएको द टाइम्स पत्रिकाले जनाएको छ । स्कुलमा शिक्षिका रहेकी ६५ वर्षीया ती शिक्षिकाले किताब आफ्ना नातिनातिनाले पढून् भनेर घर लगेकी थिइन् । नाम नखुलाइएकी उनले पत्रिकासँग भनिन्, ‘त्यो बेला यो किताबको मूल्य न त स्कुललाई थियो न त मलाई नै । यो किताब फ्याँक्न माया लागेर घर लगेकी थिएँ, समयक्रममा सुनमा परिणत भयो ।’ १० मध्ये एउटा उनले ल्याएकी र बाँकी नौ वटा पुस्तक कहाँ पुग्यो आफूलाई थाहा नभएको उनले जनाएकी छन् । चार वर्षअघि उनका छोराले बिबिसीबाट दिइने एउटा टिभी कार्यक्रम ‘बार्गेन हन्ट’मा ह्यारी पोटर किताबको पहिलो संस्करणको महत्त्वबारे प्रकाश पारेपछि धुइँधुइँती खोजेका थिए । सोही कार्यक्रममा ह्यारी पोटरका केही किताब ८ देखि १२ हजार पाउन्डसम्म लिलामीमा राखेको पाएपछि उनले आफूसँग भएको किताब खोजी गरेका थिए । सन् १९९७ मा यो पुस्तक प्रकाशन हुनेबित्तिकै पहिलो तीन सय प्रति बेलायतका विद्यालय र पुस्तकालयहरूमा बेचिएको थियो । रोलिङको कुर्सी किताब मात्र किन, ह्यारी पोटरसँग जोडिएको कुर्सीको पनि उत्तिकै महत्त्व छ । ‘ह्यारी पोर्टर’ लेख्न रोलिङले जुन कुर्सी प्रयोग गरेकी थिइन्, न्युयोर्कमा केही वर्षअघि सो कुर्सी लिलामी गरिएको थियो । लिलामी गर्दा ३ लाख ९४ हजार पाउन्ड तोकिएको थियो। सन् १९३० को दशकमा बनाइएको सिमलको रुखको त्यो कुर्सीमा बस्न स्कटल्यान्डको एडिनबर्गस्थित कफी हाउसले उनलाई कुनै शुल्क लिँदैनथ्यो। दिनभरि उनी त्यही कुर्सी र टेबुलमा बसेर ‘ह्यारी पोर्टर’को पहिलो र दोस्रो शृंखला लेखेकी थिइन् भन्ने भनाइ थियो तर लेखिका रोलिङले भने सोही कुर्सीमा बसेर लेखेको बताएकी छन् । हेरिटेज अक्सनले सो कुर्सी सबै करसमेत गरेर ३ लाख ९४ हजार पाउन्ड (५ करोड ९१ लाख रुपैयाँ)मा बेचिएको बताएको छ। गएको २००९ मा पनि यसरी नै लिलामीमा बेचिएभन्दा यो १४ गुणा बढी रकम भएको अक्सन कम्पनीले जनाएको छ। ५० वर्षे लेखिका रोलिङले ‘ह्यारी पोर्टर एन्ड फिलोसोफर्स स्टोन’ र ‘ह्यारी पोर्टर एन्ड द च्याम्बर अफ सेक्रेट्स’ पुस्तक लेखेकी थिइन्। यी पुस्तक १९९७ र १९९८ मा प्रकाशन भएका थिए। ‘त्यो कुर्सी ज्यादै आरामदायक थियो,’ लेखिका रोलिङले कुर्सी मालिकलाई लेखेको पत्रसमेत प्रदर्शनमा राखिएको थियो, जसमा लेखिएको थियो, ‘त्यस्तो नहुँदो हो त मैले टाइपराइटरमा घन्टौं लेख्न सक्तिन थिएँ होला!’ ‘यो कुर्सी अब मभन्दा निकै टाढा हुन लागेको छ र अब त्यसमा म कहिल्यै बसेर केही लेख्न पाउने छैन,’ उनले लेखेकी छन्। रोलिङले कफी हाउससँग त्यो कुर्सी मोटो रकममा किनेकी थिइन्। सन् २००२ मा नेसनल सोसाइटी अफ द प्रिभेन्सन अफ क्रुएल्टी टु चिल्ड्रेन नामक संस्थालाई सो कुर्सी दानमा दिएकी थिइन्। ‘मैले यसैमा बसेर ह्यारी पोर्टर लेखेकी थिएँ,’ भनेर रोलिङ आफैँले लेखेर हस्ताक्षर गरेको यो कुर्सी २००९ मा बेचिँदा २९,११७ पाउन्ड (४३ लाख ६७ हजार ८ सय ५० रुपैयाँ) तिरिएको थियो। सात शृंखलाको ह्यारी पोर्टर संसारभर ६७ भाषामा अनूदित भएको छ। नेपाली भाषामा समेत अनूदित यो पुस्तकको अंग्रेजी संस्करण मात्रै ४ करोड ५० लाख प्रति बिक्री भएको थियो। यस पुस्तकको प्रकाशनपछि संसारभर बाल पुस्तक पढ्नेको संख्या ह्वात्तै बढेको बताइन्छ। ह्यारी पोर्टरको फिल्मसमेत अति सफल भएपछि लेखिका रोलिङ अर्बपति बनेकी थिइन्। २०१२ मा भने उनी अर्बपतिको सूचीबाट निकालिएकी थिइन्। उनले आफ्नो रकममध्ये अधिकांश दान दिएकाले उनको सम्पत्ति अर्बबाट घटेर करोडमा झरेको सम्पत्तिको गणना गर्ने पत्रिका फोर्ब्सले जनाएको छ। #जे.के. रोलिङ #जेके रोलिङ #ह्यारी पोटर डर: लघुकथा सुधा बासकोटा ढकाल “हेलो !” “को ? ए अनुपमा….” “हेर न आकाश ! त्यो उपन्यास हरायो ।” “हँ ..कुन ?” “त्यही के, तिमीले पढ भनेर दिएथ्यौ नि !” उ भन्छे । “कहाँ हरायो ?”– आकाश बल गरेर थुक निल्दै सोध्छ । “तिमीसँग छुट्टिएर आएपछि कहाँ छोडेछु, यादै भएन ।” चुपचाप । आकाश र अनुपमा मिल्ने साथी हुन् । एघार पढ्दा देखिको चिनजान डिग्री सकिदासम्ममा झनै झाङ्गिएको थियो । अनुपमालाई थाहा थिएन, तर आकाश उसलार्इृ धेरै मन पराउथ्यो । यति धेरै कि जिवन साथी बनेर जिन्दगी साथै बिताउन चाहन्थ्यो । तर……डर….. ऊ डराउथ्यो । नाइ भन्ली कि भनेर । भएको मित्रता पनि टुट्ला कि भनेर । एकदिन कुरैकुरामा उसले आकाशसँग भनेकी थिई, “ सुन न आकाश, आफूलाइ कत्रो टेन्सन छ । आफ्नो भविष्य बनाउनु छ । घरमा भने बिहेको कुरो गरेर हैरान भएँ म त ।” झस्केको थियो आकाश । अनि हिम्मत बटुलेर आफ्ना सम्र्पूण भावनाहरू प्रेम पत्र बनाएर लेखेथ्यो, र त्यही उपन्यासभित्र राखेर दिएथ्यो । कहिले जवाफ आउला ? के जवाफ आउला ? ऊ अत्यन्त व्यग्र थियो । करिब पन्ध्र दिनपछि भेट हँुदा अनुपमाले अँध्यारो मुख पार्दै भनेकी थिई– “मेरो बिहेनिश्चित भयो नि !” निःशब्द भएथ्यो आकाश । त्यसबखत उसलाई अनुपमासँग कुरा गर्ने शब्दै नभए जस्तो भएको थियो । “बधाई छ ।” बल्लबल्ल थुक निल्दै उसले भनेको थियो । “आफूलाई कस्तो तनाव छ । नचिनेको मान्छेसँग बिहे गरेर उसैको घरमा गएर बस्नुपर्ने । तिमी केटाहरुलाई जस्तो आनन्द हो र ?”– ऊ फनक्क फन्केकी थिई । फेरि तत्कालै, “सरी ल मलाई कस्तो कस्तो भा छ के ?” भन्थी । बिचरा आकाश अलमल्ल परेथ्यो, र मुस्कुराउने प्रयासमा फगत आफ्ना ओठहरुलाई तन्काउने प्रयास गरेथ्यो । र मनमनै भनेथ्यो– “राम्ररी चिनेको, बुझेको लाई त वास्तै गरिनौ नि ? अब मलाई किन सुनाउछ्यौ र ?” त्यसपछि उसले कार्ड दिएर गएकी थिई । आज ठीक ७ दिन पछि उसले फोन गरी । उसले त पत्र पाएकै रहिन छे । उफ ……. । दुई हातले टाउको समाएर ऊ थचक्क बस्छ । घायलको गजल: जो गरिरहन्छ बिग्रिरहन्छ दिकदार हुनुपर्छ त्यो मान्छे अथवा त्यो कामनै करार हुनुपर्छ ।। अनपेक्षित हमला हुन्छ छानबिन हुँदैन भने त्यो हमला गराउने देशको सरकार हुनुपर्छ ।। गरिब भएको सजायमा छोरा कुमार बस्यो अचम्म छ कन्या भित्र्याउन दरबार हुनुपर्छ ।। गरिब माथि झुटो आश्वासन बाढेको छ भने ऊ राजनीतिक पार्टीको उम्मेदवार हुनुपर्छ ।। भनिरहे बारम्बार घायललाई पाउनु छ भने दुबैजनाको दिल भित्र दोहोरो प्यार हुनुपर्छ ।। #घायल तिम्रा शब्दबाट मैले प्रेम भरें: मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब मनमा बस्यो शालीन अनि लजालु स्वभाव । मन मिल्यो विचार मिल्यो,चाहे जीवन साथै जिउन माया दिई माया लिई लागेँ प्रेम निभाउन ।। थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार माया प्रेम र विश्वासले ल्यायो खुसीको बहार । रोजेँ मैले खुसी जीवन, साथ तिमीले दिंदै गयौ हाम्रो प्रेमको फूलबारीमा ढकमक्क फूल फुल्यो ।। तिम्रो साथ पाएदेखि मेरो जीवन अर्कै भयो अल्मलिएको जिन्दगीले गन्तव्यको दिशा लियो । मैले तिम्रो साथ लिई जिन्दगीमा अगाडि बढ्दा गति लियो जीवनले हामी दुईको मन मिल्दा ।। जिन्दगीको रथ तान्दा हाँसो रोदन दुबै पाएँ सुख दुःख, खुसी, पीडा तिमी सँगै भोग्दै गएँ । भविष्यको सुख खोज्दै छोटो विदेश बसाई रोजेँ तिमीबाट टाढा हुँदा निकै धेरै पीडा भोगेँ ।। साँचै प्रिय ! आज तिम्रो निकै अभाव महसुस गरें भेटेदेखि हालसम्मका हरेकपलको याद गरेँ । मेसेन्जर र ह्वाट्सएपमा तिम्रा सबै टेक्स्ट पढेँ तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरें ।। #तिम्रा शब्दबाट मैले प्रेम छद्मभेषी गरिब: तिमी छद्मभेषी रहेछौ सारा संसारलाई ससम्मान घरघरमा राखिएको बेला तिमी कसरी फुत्त सडकमा आयौ ! टाढाको सूर्य हेर्यौ, तारा हेर्यौ, जून हेर्यौ तर आफ्नै अगाडिको सरकार हेरेनौ ! तिमी विद्रोही रहेछौ सारालाई राहत बाँडेका बेला तिमी कसरी भोकै रह्यौ ! तिमी बहिरो रहेछौ कोही कतै भोकले मर्दैन भनेर पटकपटक फर्मान जारी गरेका बेला तिमी किन यसो गर्यौ ! अब भन्नेछन् बुझक्कडहरूले तिमी अन्धा रहेछौ छिनछिनका ट्वीटर अपडेट नहेरेर तामझाम सहितका खर्बौंका नीति-कार्यक्रम नपढेर आउँदै गरेको बजेटको मुखमा बजेटको एक चुस्की स्वाद नपाई खुला सडकमा किन लड्यौ ? यत्रो कोलाहालपूर्ण दुनियाँलाई छक्याएर तीन-तीन थरिका घाम सरकार र एउटा छाया सरकारलाई समेत लत्याएर तिमी किन विद्रोही बन्यौ ! समाजवादको भर्याङ नचढेर किन पुँजीवादको नाम्लो समात्यौ संसारले लाज र लोभले नाकमुख छोपेका बेला तिमीले किन संसारलाई ङिच्याउँदै सारा देह देखाइदियौ ! किन आत्मबलिदान गर्यौ हो ! वर्तमान व्यस्त भए पनि भविष्यले इतिहासलाई सोध्नेछ आज देश गम्भीर छ सरकार गम्भीर छ त्यसैले अब कोही कसैले यसरी मर्न पाउने छैन अब तिम्रो देहान्तमाथि राजनीति हुनेछ नाम, थर, वतन सब खोजिने छ तिम्रो मृत शरीर अब जाँचपड्ताल गरिनेछ ! नापिन्छ, जोखिन्छ र चिरिनेछ तिम्रा आफन्तलाई बोलाइनेछ र कुनै पूर्जा थमाइनेछ किनकि अब राज्यले सम्पूर्ण जिम्मेवारी वहन गर्छ जो तिमीलाई थाहा भएन र पो नत्र तिमी जिउँदो हुँदा पनि सरकार गम्भीर थियो मन्त्रीहरू नयाँ नक्शा कोर्दै थिए नयाँ नक्शा घरघरमा पुर्याउँदै थिए भोक, रोग र शोक अन्त्यका लागि अर्बौंको हिसाब किताब हुँदै थियो शायद तिम्रो बारेमा पनि छलफल हुँदै थियो एक थान नक्शा तिमीलाई पनि थमाइँदै थियो तर तिमीले धैर्य गर्न सकेनौ ! हतार गर्यौ तर जे गर्यौ आफैँले आफ्नो निम्ति गर्यौ तर अब तिम्रो मृत शरीरमाथि राजनीति गर्नेहरूले के के गर्छन् शोक वक्तव्य, समवेदना, दुःख केके गर्छन् तर ती सब अर्कैका निम्ति गर्ने छन् किनकि तथ्य बङ्ग्याउन अनेक भ्रम छर्नेछन् ! तिम्रो निशब्द मृत्युमाथि शब्दका पहाड थुपरिनेछन् । त्यही शब्दका थिचाइले तिम्रो निद्राहराम हुनेछ सम्भवतः तिमीलाई मृत्युपछि पनि शान्ति मिल्नेछैन किनकि यो राज्यको नजरमा तिमी एक विद्रोही दर्ज हुनेछौ ! #दीपेन्द्र अधिकारी #भोक #मृत्यु #राजनीति हिँड्ने बाटोहरू: थाहा छैन कता बग्छन यादहरू ? यादहरू ताता हुन्छन् । तिनले पोल्दैनन । शितल वायुसँगै उडिरहन्छन् । घरि दायाँ त घरि बायाँ चलिरहन्छन कुर्दैनन झुक्दैनन बरू रङ फेरिरहन्छन छेपारोसरि बगिरहन्छन रमाइरहन्छन ’चङ्गा’ जसरी धागोमा बाँधिएर लट्टाईँको इशारामा नाचिरहन्छन । कुर्दैनन भोलिलाई उचाई नाप्न । बढिरहन्छन हिँडिरहन्छन थाक्दैनन् किनकि तिनमा मांसपेशी हुँदैन । मात्र हुन्छन् सपना र, तिनलाई बोक्ने चेष्टा । सोँच्दैनन् हिजोका बारे । सोँच्दैनन् भोलिका बारे । बस् मनलाई फुरुङ्ग पार्दै हावासँग तरेली खेल्दै एकै रूखका हाँगामा चहार्ने राता पहेँला हरिया नीला चराझैँ भुर्रभुर्र उफ्रिरहन्छन् । नाँचिरहन्छन् । र त बाँचिरहन्छन् । सायद तिनलाई थाहा छ । आकाशमा, धरतीमाझैँ नाँच्न बन्देज छैन । आकाशमा, धरतीमाझैँ बाँच्न बन्देज छैन । अनि, सपना साँच्न बन्देज छैन । हिँड्ने बाटोहरूलाई अवरोध छैन । #हिँड्ने बाटोहरू निष्ठुरी कोरोना: प्रकृतिको ताप बढ्दै जाँदा तिम्रो ताप पनि बढायौ सुटुक्क आएर विश्वलाई नै आफ्नो शक्ति देखायौ आफ्नो आगमनले संसारको सातो उडायौ अनि विश्वलाई नै आतङ्कित बनायौ आजसम्मको प्रविधिलाई असफल तुल्यायौ वैज्ञानिकहरुलाई अझ खोजमा डुब्ने बनायौ कुनै कुनो पनि बाँकी राखेनौ शहरको त के कुरा गाउँगाउँ अनि घर आँगनसम्मै पनि पुगी गयौ निर्दयी बनी वात्सल्यता पनि चुडी लग्यौ गरी खाने बाटाहरुमा काँडा उमारिदियौ परिश्रमी हातहरुमा खियाको बास गराइदियौ गरिबको चुल्हो निभाई भोकमरीको भुमरीमा लखेटी दियौ सर्वश्रेष्ठ मानव जातिलाई पनि जीवन र मरणको संघारमा पुर्याइदियौ भर्खर पालुवा लागेको मेरो देशमा पनि तुषारापात गराइदियौ बुद्धभूमि मेरो देशमा आतंकको बिज रोपिदियौ किन किन हामीलाई डरैडरमा बाँच्न बाध्य गरायौ कोरोना तिमी भयौ किन यति निष्ठुरी भक्तपुर #कोरोना महामारी #बसुन्धरा शर्मा #भक्तपुर #महाव्याधि कोरोना कहर: आफ्नै नाक कान घककाँटी पनि छुन हुन्न कठैबरा कोरोनाको कहरभित्र क्वारेन्टाइनले वार्यो कोरा । के आयो कसरी आयो कहाँ कहाँ जान्छ कसलाई खान्छ कस्को होला यस्तो खेल थाहै छैन यतीवबेला । औषधी नै घरमा बस्ने नुन तातो पानी पानी खाने रम्ने रहर भए पनि भिँडभाडतिर जक्कादै नजाने । जानै कतै परे पनि छ फिट पर वस्न माने कोलाहल छ विश्व भरी कहिले होला हराइ जाने । पुतली जस्तो नाक कच्नु पर्ने थुनियो कोठामा कठैवरी विश्वमा बलियो जात मान्छे के विजोगमा पर्यो हरे । सवै कुरा हचुवा छन् न डाक्टर न वैज्ञानिक बडे बडे नेता पनि आज यस्कै फेला परे । गर्जने बाघ झैँ कठै तिनका नजर पनि झरे यो कोरोना कहरले भने सबै चीज थला परे । रहने हो कहिले सम्म कहिले पाइएला रम्न चिन्तै चिन्ता सबैतिर पाइदैन कतै घुम्न । ग्लोब मास्क सेनिटाइजर ल्यायो कोरोनाले कहर स्वस्थ सास फेर्न पनि हुने भयो हामीलाइ रहर। #ईश्वरी भट्ट मेरो देश: केही मान्छेहरू छन् र त देश छ जो आफ्नो अर्काको नभनि मरिमेटेर काममा लागेका छन । केही मनहरू छन र त देश छ जो देश र जनता भनेको माटो र यसको सुगन्ध हो भनेर सम्झाइ रहन्छन् । केही विचारहरू छन् र त देश छ जो मागे नमागे निस्वार्थ रायहरू पस्किरहेका हुन्छन् । केही कर्मयोगीहरू छन् र त देश छ जहाँ योग्य सन्तान खातिर जय पराजय नभनि घाँस र दाउरा गरिहन्छन् । केही सर्जकहरू छन् र त देश छ जो बेलाकुबेला मातृ पुकार उतारेर जन मन झक्झकाइरहन्छन् । केही धरती पुत्रहरू छन् र त देश छ जो नबिर्सून सन्ततीले भनेर अबिरल पुर्खा गौरव गाथा बाँचिरहेछन । केही थान हिमाल छन् र त देश छ । जो खवरदारी गरिरहेछन यो पूण्यमूमी अकन्टक रहोस भनेर । केही थाननदी छन् र यो देश छ जो सिंचित गर्छन धरती र मन मुहार सधैं खुलोस भनेर धन्न पशुपति छन् र त यो देश छ छुरा लुकाएर आन्द्रा भुडी लुछ्न तयार कुलगाँरहरू भष्मिभूतगर्न भनेर । #मेरो देश निशब्द छन् मान्छेहरु: निस्पट्ट अँध्यारो साउने औँसीको रात फैलिएजस्तो । पूर्वी दिशामा देखिँदैन सूर्यको किरण हिमाल प्रफुल्ल भैकन पनि मुस्कुराउन नसक्दा हरियाली छाएका पहाड नखुल्दा निशब्द छ्न् मान्छेहरु कालो बादलमा चाँदीको घेरा पनि देखिदैन निशाको बिस्तार पनि रोकिएको छैन ती व्यस्त शहरहरु ती ताँत लागी हिँड्ने गाडीहरु लाम लागेर हिँडने मान्छे नदेखेर सडक गजधम्म भै सुतिदिँदा निशब्द छ्न् मान्छेहरु शान्त र निर्जन देखिने शहरी उद्यान हेर्दा शान्त र अधिर विद्यालय क्षेत्रहरु निर्जन भएका सिनेमाघरहरु निन्याउरो मुख लगाउँदै विपत्तिको साक्षी बस्दा संसार जितेको छु प्रकृति जितेको छु सृष्टि जितेको छु छैन केही जित्नलाई भनी ठान्ने मान्छेलाई किंकर्तव्यविमूढताले पछ्याइरहँदा निशब्द छ्न् मान्छेहरु साँच्चै सोच्न बाध्य छ ऊ जीवन जिउन जे पनि गर्न सक्ने तिमी बसुदैव कुटुम्बकम् किन भन्न सक्दैनौ सर्वे भवन्तु सुखिनको माला किन जप्न सक्दैनौ जुन अत्याचार आफूलाई पनि दुख्छ त्यो अरुलाई पनि दुख्छ भनेर महसुस कहिले गर्छौ जुन स्वतन्त्रता आफूलाई प्रिय हुन्छ त्यो अरुलाई पनि प्रिय हुने कुरा कहिले सोच्छौ । बाउ बाजेले बनाएका सनातनी परम्पराहरु जुन ॠषिहरुका हजारौँ वर्षका तपस्याका परिणाम थिए। अनुभवका पोकाहरु गुणले भरिएका तर आधुनिकताका नाममा तिमीले मच्चाएको विध्वंस कहिले रोक्छौ निर्णय तिम्रो हातमा निर्णय पनि तिम्रो परिणाम पनि तिम्रो नोक्सान पनि तिम्रो लाभ पनि तिम्रो संकट रोज्ने कि शान्ति प्रेम रोज्नेकी आडम्बर निशब्द छ्न् मान्छेहरु #अपेक्षा #उज्यालो #सुरेश जोशी हुनुपर्छ: जो गरिरहन्छ बिग्रिरहन्छ दिकदार हुनुपर्छ त्यो मान्छे अथवा त्यो काम नै करार हुनुपर्छ अनपेक्षित हमला हुन्छ छानबिन हुँदैन भने त्यो हमला गराउने देशको सरकार हुनुपर्छ गरिब भएको सजायमा छोरा कुमार बस्यो अचम्म छ कन्या भित्र्याउन दरबार हुनुपर्छ गरिब माथि झुट् आश्वासन बाँढेको छ भने ऊ राजनीतिक पार्टीको उम्मेदवार हुनुपर्छ भनिरहे बारम्बार घायललाई पाउनु छ भने दुवै जनाको दिलभित्र दोहोरो प्यार हुनुपर्छ । हलेसी तुवाचुङ दुर्छिम ५, खोटाङ #खोटाङ #घनश्याम खत्री लुटिएको काठमाडौँ: आफ्ना महत्वाकाङ्क्षा र सपनाको लागि मेरो सौन्दर्य फाँडेर मलाई टुक्राटुक्रामा बाँडेर मेरो उर्वरतालाई बाँझो बनाई गगनचुम्बी महल ठड्याएर आफ्नो सपनाको खेती गर्ने तिमी अनि कसरी भन्छौ मलाई कङ्क्रिट सहर भनेर ? तिमीलाई आधुनिक भनाउन चाहिन्छ म सम्पन्न र सुखी बनाउन चाहिन्छ म तिमीलाई सफलताको रबाफ जमाउन चाहिन्छ म साँच्चै नढाँटी भन्नुपर्दा तिमीलाई जिन्दगीमा विलासिताकासाथ रमाउन र पैसाा र इज्जत कमाउन चाहिन्छ म । हो, म तिम्रो सपनाको सहर यहीँ फुल्छन् तिम्रा अनेकौँ रहर र मौलाउँदै जान्छन् तिम्रा योजनाहरू गाँसिदै जान्छन् तिम्रा नयाँ सम्बन्धहरू अनि बलिया जरा गाड्छौ तिमी फैलाउँदै आफ्ना हाँगाहरू र फेरि तिमी नै कसरी भन्छौ मलाई मरुभूमि भनेर ? वर्षौँ पहिले म पनि तिमीभन्दा धेरै सुकुमार र सुन्दर कलात्मक र उर्वर स्वच्छ र हराभरा थिएँ । आफू सुन्दर बनेर मलाई कुरुप पार्ने तिमी आफू सम्पन्न र सुखी बनेर मलाई उजाड पार्ने तिमी आफू सफलताका उन्मादमा रमेर मलाई उदास पार्ने तिमी इमानदार भएर सोच त स्वार्थी र मतलबी को रहेछ ? अनि फेरि कसरी भन्न सक्छौ तिमी मलाई ? प्रदूषित, कङ्क्रिट, मरुभूमि भनेर । हो, मेरो अस्तित्वमा धावा बोलेर मलाई कुरुप, फोहोर, दुर्गन्धित अशान्त र असुरक्षित बनाउने तिमी हौ केवल तिमी । वर्षौँ पहिले म पनि तिमीभन्दा धेरै सुकुमार र सुन्दर कलात्मक र उर्वर शान्त, स्वच्छ र हराभरा थिएँ । यी सबै तिमीले लुट्यौ , तिमीले …. । #रीता बलामी #लुटिएको काठमाडौँ तिमीले पानी नसिँचे: वर्षौंवर्षको अन्तरालमा पनि ठिङ्ग्रिएर बसेको छु ठुटिएको छु जल्लादले टाउको तासे झैँ तासिएको छु मानौं मेरो फेरि दोस्रो चोटी न्वारन भएको छ ससाना पालुवाहरू मौलाएका छन्। मुडो माथिबाट लाग्दैन रुख जस्तो बूढो मुडो रुख हुँ जरा दुख्छ तिमीले पानी नसिँचे मनुष्यका मानस पटलका रुख पथका गगनचुम्बी रुख आँगनका थोरै घमण्डी अनि कौशीका सर चढेका रुख विदेशी मोलमा लडिबुडी उम्रिएका अनि लोकल रुख स्वदेशका मनोमेन्ट दायाँबायाँ र तलमाथिका आफूले आफैँलाई अग्ला कहिले होचा बाहुन्न वीरसरह सोच्ने जति नै शिखर छोए पनि गन्तव्य त आखिर जमिनमै छ पापीले आएर छ्याप्प पारेपछि रुख हुँ, जरा दुख्छ तिमीले पानी नसिँचे लत्र्याङ्ग भुइँमा मुर्दासरी लड्दा मेरो अस्तित्वको खोजी खोई भएको बरु मेरो अविचलित अंगहरु टुक्राटुक्रा पारेर बाँडिन्छन् नअगाएका भोका मानवलाई जो पेटमा मात्र ज्वाला नराखी नजरमा लुब्ध लोभी भोक राख्छ रुख हुँ जरा दुख्छ तिमीले पानी नसिँचे लाग्छ मानौँ म मुक्त भइनँ लाग्छ म मरेर पनि नरकैमा छु देख्छु प्रत्येक अनुहार म भन्दा बढी पापी छन् सगोत्री भएर के भयो सगरमाथा चढेर के भयो टापुबाट रुख नदेखेपछि उद्गम बिन्दुबाट दृश्य धमिलो देखेपछि कसरी उमार्छौ पालुवा मुना रुख हुँ जरा दुख्छ तिमीले पानी नसिँचे #कल्पना सुवेदी जीवन: लियोनोभ – ओहो, म यो कहाँ आइपुगें, कस्तो अन्धकार, यहाँ त काल पनि भयभीत होला जस्तो छ । थोमस – विचलित नहुनुस् महाशय , यहाँ तपाईं एक्लै हुनुहुन्न । लियोनोभ – तपाईं, .. तपाईं को ? थोमस – मलाई पनि अब तपाईंजस्तै सम्झिनुहोस् , हामी अब एउटै भैसक्यौं; यो पक्कै पनि मृत्\u200dयुलोक हुनुपर्छ । लियोनोभ – मृत्\u200dयुलोक, यसको मतलब के म मरें ? ओहो म त भर्खर ३२ वर्षको हुँदैछु , म यति चाँडै मर्ने, अनि मेरी जोसेफा, उफ् ! थोमस – जीवन र मृत्\u200dयु मानिसको हातमा हुँदो हो त संसार यति विचित्रको हुनेथिएन । आउनुहोस् हामी एक-अर्कासँग परिचय गरौं । म थोमस, म लियोनोभ, म टोमेट , म अली , म विमिरो, अनि म फ्रेडरिक । टोमेट – अनि हामी सबैजना यहाँ एकैचोटि कसरी ? थोमस – सम्भवत: हामी एउटै समयमा मरेको हुनुपर्छ , म मर्दा त्यस्तै मध्यरात भएको हुँदो हो । टोमेट – हो, मैले अन्तिमपटक घडी हेर्दा रातको ११:३० बजेको थियो । फ्रेडरिक – हो, मलाई सब याद छ । उफ् ! म सम्झिन पनि चाहन्न, मलाई ती दुष्टहरुले रातको ठीक बार्ह बजे … (रुँदै) थोमस – छाडिदिनुहोस्, अब त्यसको कुनै अर्थ छैन । ईश्वरले मानिसलाई सबैथोक दिएपनि सुर्ताउनका लागि सानो भाग राखिदिएकै हुन्छ । म पनि उमेर छँदा आफुलाई धेरै गुणले सम्पन्न सम्झन्थें । जे काम पनि म खुबै फूर्तिसाथ गर्थें । बालबच्चा र श्रीमती गाउँमा बस्थे, र म टाढा शहरमा काम गर्थें । वर्षको दुइचोटि छुट्टी मिलाएर आउँदा उनीहरुको अनुहार देख्दा मलाई यति खुशी लाग्थ्यो कि, म वर्णनै गर्न सक्दिन । पछि मेरो हाकिमले मेरो काम देखेर मेरो बढुवा गरिदियो, र मैले मेरो परिवारलाई शहरमै बोलाएँ । सबै कुरा ठीकै भइरहेको थियो , तर अचानक अनौठो रोग लागेर मेरी श्रीमती अकालमै मरी । त्यतिबेला म ४३ वर्षको हुँदो हुँ । त्यसपछि त मेरो जिन्दगीलाई बादलले ढाकेजस्तो भयो । छोरा – छोरीको बिहे गरिदिएर म जेठो छोरासँग बस्नथालें । जेठो छोरो एउटा रात्री बजारमा काम गर्थ्यो । जेठी बुहारी अलि उच्च कुल-घरानियाँकी थिई । म जति-जति बूढो हुँदै गएँ, उति-उति मेरा दुर्दिन अाइरहेजस्तो भयो । मेरो स्वास्थ्य पनि धेरै बिग्रन लाग्यो । डाक्टरले दिनमा तिनचोटि आठ-आठ घण्टाको फरकमा नखाइ नहुने भनेर अौषधी दिएको थियो । केही दिन त छोराले नै समय मिलाएर मलाई अौषधी दिन्थ्यो, तर पछि त ऊ पनि बेफुर्सदी हुँदै गयो । घरमा एउटा काम गर्ने केटो राखेका थिए, उसले पनि मलाई नजानेर कतिचोटि अर्कै अौषधी खुवाएको थियो । कहिलेकाहीँ बुहारीको व्यवहार देख्दा बिरक्तिएर म आँफै अौषधी नखाइ बसिदिन्थें । त्यस्तै एक रात पीर मान्दै म ओछ्यानभित्र पसेको थिएँ । सपनामा मेरी श्रीमतीसँग कुरा गर्दा-गर्दै म यहाँं अाइपुगें । बुझ्नुभो’, एक प्रकारले त मैले मुक्तिको अनुभव गरिरहेको छु । लियोनोभ – तपाईं मुक्तिको कुरा गर्नुहुन्छ, तपाईंलाई मेरो छट्पटी थाहा भै’दिए । म यहाँं आएको कुरा जोसेफालाई थाहा भएपछि विचरीलाई कस्तो हुन्छ होला ! फेरि त्यो औंठी, उफ् ! टोमेट – को जोसेफा ? लियोनोभ – उनी मेरी प्रेमिका, ओहो, बरु सक्नेभए म फेरि एकचोटि फर्केर जान्थें, र सबै कुरा स्पष्टसँग भन्दिन्थें । ठट्टै-ठट्टामा मैले कस्तो काम गरेछु , फेरि मलाई यस्तो हुन्छ भन्ने पनि के थाहा ? थोमस – कुरा के हो खुलस्त भन्नुहोस् लियो । लियोनोभ – वास्तवमा जोसेफालाई म असाध्यै माया गर्थें, र ऊ यति राम्री थिई कि, तपाईंहरुले देखेको भए थाहा पाउनुहुन्थ्यो । ऊ फ्रेन्च बाउ र रसियन आमाकी छोरी थिई, यसैकारणले होला ऊ त्यति बिघ्न राम्री भएकी । म ऊ’लाई औधी मन परापराउँथें, र आफ्ना प्रेमले भरिएका कविता सुनाउँथें: म धुलो धरतीतलको, तिमी पवनकुन्जकी परी बालिदेऊ न प्रेमदीप, कहिल्यै ननिभ्ने गरी .. हामी एउटै क्याम्पसमा पढ्थ्यौं । हाम्रो उच्च शिक्षा भर्खरै सकिएको थियो, र पढाइ सकाएर ऊ आफ्नो शहर फर्किएकी थिई । हामी दुइको झण्डै – झण्डै बिहे नै गर्ने कुरा मिलिसकेको थियो, र अन्तिम निर्णयको मात्र आवश्यकता थियो । म पढाइसँगै आँशिक समय काम पनि गर्ने गर्थें , र केही पैसा जम्मा पनि गरेको थिएँ, त्यसैबाट मैले मेरी जोसेफाको लागि, उनका सुन्दर औंलामा मिल्ने १,००० रुबल पर्ने हीराको औंठी बनाइदिएको थिएँ , तर उनलाई औंलाको नापको लागि लैजाँदा सुनको औंठी भनेर झुक्याएको थिएँ । आज त उनको जन्मोत्सव थियो, र मैले फोनमा आउन भ्याउँदिन भनेर ढाँट्न खोजेको थिएँ, र ऊ नराम्ररी रिसाएकी थिई । म वास्तवमा उनलाई सुखद् आश्चर्य दिन चाहन्थें; म नआउने भनेर रिसाएकी उनलाई म सुटुक्क गएर उनको घाँटीमा पछाडिबाट उनले थाहा नपाउनेगरी म्वाइँ खाइ हात समातेर हीराको औंठी लगाइदिंदा उनी कति खुशी हुन्थिन् होला ? हामी दुबैलाई कति रमाइलो लाग्थ्यो होला, सम्भवत: त्यो हामी दुबैको जीवनको अविस्मरणीय क्षण बन्थ्यो होला, तर कत्रो अफसोच! त्यो दिन अब कहिल्यै आउनेछैन, र जोसेफालाई यो सब कुरा अब कहिल्यै थाहा हुनेछैन । म त घरबाट हिंडिसकेको थिएँ, रेल्वे स्टेशनसम्म पुग्न भनेर ट्यक्सीमा जाँदा दायाँपट्टीबाट एउटा ठुलो ट्रकले यति जोडले ठोक्यो कि म त बेहोसै भएँ । मैले त सोचेको थिएँ म घाइतेसम्म हुन्छु होला, तर … टोमेट – भइगो’ लियो, चिन्ता नगर्नुहोस्, जुना कुरामा तपाईंले चाहेर पनि केही गर्न सक्नुहुन्न, त्यसको लागि किन पीर गर्नुहुन्छ ? हुन त तपाईंलाई जस्तो चिन्ता मलाई छैन, त्यसैले पनि मलाई यस्तो लागेको होला । मेरा त न प्रेमिका छन् न जहान परिवार । कलेज पढ्दा एउटीलाई मैले पनि मन पराएको थिएँ, तर मैले यो कुरा उसलाई कहिल्यै भनिन, भनेको भए उसलाई कस्तो लाग्थ्यो कुन्नि । पछि ऊ पनि आफ्नो बाटो लागी, म यता फौजतिर आएँ । अहिले त ऊ घरजम गरेर बसेकी होली । तर मेरो जिन्दगीमा मैले अलि बढी ध्यान दिएकी केटीचाहिं साँच्चै उही एउटी मात्रै हो । अनि म फौजमा आएको ३-४ वर्षमा त लडाइँ सुरु भइहाल्यो । हाम्रो पल्टन लडाइँमा जाने दोश्रो पल्टन थियो । लडाइँमा जाने थाहा पाउँदा मेरा साथीहरु डराएका थिए, तर म भने कत्ति पनि डराएको थिइन । आफ्नो देशको लागि मर्ने मान्छे सिधै स्वर्ग पुग्छ भन्ने मैले सानो छँदा पढेको थिएँ, फेरि डराएर मृत्\u200dयु पर भाग्ने होइन, जन्मेपछि एकचोटि मर्न त परिहाल्छ, आफ्नो भाग्य जस्तो छ त्यस्तै हुन्छ भन्ने सोचेर मलाई वास्तवमै डर लागेको थिएन । तर हाम्रो कप्तानले गल्ती नगरेको भए मलाई त्यसरी मर्नुपर्ने थिएन । हाम्रो टोलीलाई ब्रिज पर्वतमा बसेको पल्टनलाई मद्दत गर्न जाने जिम्मेवारी दिइएको थियो । पर्वतमा पुग्ने छोटो र सजिलो बाटोमा शत्रुहरु हुनसक्ने खबर हामीले पाएका थियौं । तर कप्तानले अरु बाटोमा पनि शत्रु बसेको हुनसक्ने र फौजी भएपछि खतराको सामना गर्न डराउनहुन्न भन्दै ठूला-ठूला कुरा गरेर हामीलाई त्यहीं बाटो हिंडायो । पछि घाटिनिर पुग्दा शत्रुहरुले घेर्न लागेको सुइँको पाएर कप्तान र अरु सैनिक पछी हटिसकेका रहेछन्, म चाहिं पन्क्तिको सबैभन्दा अगाडि थिएँ । मैले सुनेको अन्तिम शब्द थियो, “टोमेट, फर्क”, र मलाई थाहा छ, मलाई बोलाउने मेरो सबैभन्दा मिल्ने साथी थियो । त्यसपछि गोली चलेको आवाज आयो, र सबैकुरा सुनसान भयो । अली – तपाईंको कुरा सुनेर दु:ख लाग्यो, तर मेरो मरण पनि कम पीडादायी भएन । मैले जस्तो नियती भोगें, त्यसपछि मलाई लाग्छ, संसार केवल स्वार्थै – स्वार्थको खेल हो । वास्तवमा कसैले कसैलाई तबमात्र माया गर्छ, जब उसको त्यसबाट भलाइ भइरहेको हुन्छ । कोहीलाई श्रीमतीले खुब माया गर्छे, किनकि लोग्नेले उसको सबै चाहना पूरा गरिदिएको हुन्छ । विदामा घर आउँदा बुवाले मिठाइ, नयाँ- नयाँँ लुगा नल्याइदिनेभए कसैका छोरा- छोरी त्यति साह्रो रमाउँदैनथे होलान् । र संसारको यो सत्यलाई मैले समयमै बुझेको भए मैले यस्तो भोग्न पर्दैनथ्यो । टोमेट – कस्तो नियती अली ? अली – म सम्भ्रान्त परिवारको केटो, मेरा बुबा दरबारको नोकरी गर्नुहुन्छ । मलाई बुबा- आमाले असाध्यै माया गर्नुहुन्थ्यो, र त्यहीं मायाको मैले गलत फाइदा उठाएँ । म अरु भाइहरूभन्दा जेठो भएपनि शारीरिक रुपमा केही कमजोर थिएँ , र बुबाको बिंडो थाम्ने हिम्मत पनि ममा थिएन । त्यसै हुनाले मेरो माइलो भाइलाई बुबाले दरबारमा काम लगाउनुभएको थियो, आफ्नो भविष्यको ऊत्तराधिकारीको रुपमा । मेरो त्यहीं सोझो चरित्र र हाम्रो अकुत सम्पत्ति देखेर एउटी दुष्ट केटीले मलाई फसाई, जुन कुरा मैले भर्खर थाहापाउँदैछु, तर यतिबेला धेरै ढीलो भइसक्यो । त्यसबेला त मैले आफुलाई महान प्रेमीको रुपमा प्रस्तुत गरिरहेको थिएँ । त्यो दुष्टले पहिले बिहे गरेको केटोलाई छोडेर आएको कुरा जान्दा-जान्दै पनि अरु कुरा बुझ्ने प्रयासै नगरी मैले त्यसको सच्चरित्रताको बारेमा वकालत गर्दै हिड्थें । मलाई कहिल्यै रुखो व्यवहार नगर्ने मेरा आमा-बुबासँग समेत मैले त्यस पापिनीको बचाऊ, र आफ्नो अन्धो प्रेमको रक्षाका लागि ठुल्ठूलो स्वरमा कुरा गरें, धिक्कार छ मलाई । हाम्रो सम्बन्धको बारेमा थाहा पाएर बुबाले एकदिन मलाई बेस्सरी झपार्नुभयो, र त्यस अलच्छिनीलाई मेरो बाटोबाट हटाउन जेसुकै गर्नसक्ने भन्दै जानुभयो । तर मेरो दिमागले ठाउँ छोडेको त्यो बेला मैले त्यस राक्षसीलाई सुटुक्क भेटी त्यसकै बहकाऊमा घरै छोडेर हिंड्ने सल्लाह गर्नपुगें । साँच्ची मलाई त्यसले के टुना लगाएकी थिई, म त्यो नभइ बाँच्नै नसक्ने निस्कर्षमा पुगेको थिएँ । आखिर मध्ररातमा सबै सुतेपछि त्यसकै सल्लाहमुताबिक म सम्पत्ति लिएर घर छोड्न तयार भएँ । हाम्रो ढुकुटीमा जम्मा चौध करोड बराबरको सम्पत्ति भएको मलाई थाहा थियो । हामी तीन भाइ, दुई दिदी-बहिनी र आमा-बुबालाई बराबर भाग लाउँदा मेरो भागमा जम्मा दुई करोड बराबरको सम्पत्ति पर्न आउँथ्यो । आखिर मैले अँशै लिएपनि त्यत्ति सम्पत्ति त मेरो हो, तसर्थ मैले आफैंले झिकेपनि त्यो चोरी ठहर्दैन भन्ने विचारले मैले पुग-नपुग त्यति बराबरको हीरा-जवाहरात लिएँ र आफ्नो लुगासित पोको पारी घरबाट निस्किएँ । त्यो डँकिनी दिउँसो भनेकै ठाउँमा हातमा पोको बोकेर पर्खिरहेकी रहिछ, म अाउनासाथ खुशी भइ, “ए आयौ, ल गै’हालौं” भन्दै कुन्नि कसको झुप्रोमा लिएर गई । कोठामा पस्नासाथ अरुले थाहा पाउँछन् भन्दै सबै झ्याल-ढोका थुनी र मलाई जवाहरात देखाऊ भन्दै बडो व्यग्रताकासाथ सोधी; मलाई उसको व्यवहार एकदमै अनौठो लाग्यो । मैले ल्याएको पोको देखाएपछि ऊ यति खुशी भई कि मलाई लाग्यो उसले जिन्दगी बिताउने मसँग होइन त्यही सम्पत्तिसित हो । त्यसपछि ऊ मलाई हेरेर त्यहीं कपटपूर्ण हाँसो हाँसी, उसलाई देखेर मलाई डर लाग्न थाल्यो; मेरो ढुकढुकी बढ्दै गइरहेको थियो कि अचानक पछाडिबाट केही धारिलो चीजले मेरो घाँटीमा बलियोसित हिर्कायो ….., र म यहाँँ अाइपुगें । बिमिरो – ओहो, अली, तपाईंको घटना साँच्चै दु:खलाग्दो रहेछ । म पनि तपाईंसित सहमत छु, सँसारमा सबै प्राणीले आफ्नै स्वार्थपूर्तिको उध्योग मात्रै गर्दछन् । लियो – तर बिमिरो महोदय, यो दुनियाँमा प्रेम र विश्वासको अस्तित्व पनि त छ? आखिर सँसार नै विश्वासमा अडेको छ । विमिरो – तपाईंको कुरालाई म ठाडै अस्वीकार गर्दिन लियोनोभ, तर मान्छेले आफ्नो चाहनासित प्रेम गरेको हुन्छ, र आफ्नो स्वार्थलाई विश्वास गर्दछ । सँसार त्यति आदर्शमय भएको भए मैले पनि रोगले थलिएर भोक-भोकै मर्नुपर्ने थिएन । फ्रेडरिक – आश्चर्य, तपाईं साँच्चै भोक-भोकै मर्नुभयो विमिरो ? विमिरो – तपाईं ठूलै घरानियाँको, साँच्चै भनुँ भने राजा-महाराजाहरुजस्तै देखिनुहुन्छ, तपाईंलाई रोग र भोकको बारेमा त्यति थाहा छैन होला । फ्रेडरिक (गुनगुनाउँदै – हो, राजाजस्तो होइन, म सम्राटै थिएँ, तर अहिले होइन, पहिले, अफसोच, ती दिनहरु …) विमिरो – तर दैवले हामीलाई भोक नै आहारा र रोग नै उपचार दिएर पठाएको छ, हामीले यस्तो जिन्दगी नचाहेरै पनि जिउनुपर्छ, दु:खलाई नै सुख मान्नुपर्छ । मैले पनि जीवन र मृत्\u200dयुको लडाइँ हेर्दै र खेल्दै आएँ । सम्पत्ति भनुँ भने हाम्रो ओत लाग्ने झुपडी, र खेतबारी जे भने पनि त्यहीं एक टुक्रा जमीन थियो, त्यहीं पनि बा सानैमा मरेकाले मैले रातदिन गरेर, अर्काकोमा काम गरेर जोडेको । तर त्यो घरै अभागी रहेछ, त्यहाँ आएको सालै मेरी आमा बितिन् । तै पनि जेनतेन गरेर भाइ र बहिनीको बिहा गराइदिएँ, दिदी त पहिल्यै बिहा गरेर गइसकेकी थिइन् । पछि मैले पनि बिहे गरें, एक छोरा र चार छोरी भए, कान्छी छोरी पाउँदा मेरी जहान पनि मरी, विचरीले न भनेजस्तो खान पाई न स्याहार नै, त्यहीं हुँदा सुत्केरी व्यथाले उसलाई लग्यो । आखिर छोराछोरी हुर्कँदै गए, चारै छोरीका धेरै टाढाका घर परे, कान्छी छोरीको त बिहा गरेर गएपछि एकैचोटि मात्र मुख देख्न पाइयो । छोराले पनि बुहारी भित्रायो, उसका पनि दुई छोरा र एक छोरी भए । मलाई भने बुढेसकालले च्याप्न थाल्यो । उमेर छँदा खिएको जीऊले बूढो हुँदा पिराउन थाल्यो । शुरु-शुरुमा त खुट्टा मात्र थर्थराउँथे, हुँदा-हुँदा मेरा दुबै हात-गोडा नचल्ने भए । रोगी शरीर आफूलाई पनि भारी, अर्कालाई पनि भारी हुँदो रै’छ । अभागीलाई दैवले दु:खै भोग्न पठाउँदा रैछन् भनेर सहेर बसेको थिएँ, ठूलो खडेरी पर्\u200dयो । त्यस्तैमा बुहारीकी कान्छी छोरी खेर गई । अन्नको गेडो भएन, बारीमा लगाएका जैतुन कक्रक्कै सुकेको झ्यालबाट देखिन्थ्यो । छर-छिमेक पहिल्यै अन्त बसाइँ सरिसकेका थिए, जानेबेलामा छिमेकीले “जाने होइन र बा” भन्थे, मैले “जाँ’ गए ‘नि लैजालान् नि छोरा-बुहारीले” भन्थें । एकदिन रातभर छोरा-बुहारीले गनगन गरिरहेथे’, भोलिपल्ट खन्द्र्याङ-खुन्द्रुङ भाँडा बजाएको सुनिथ्यो, त्यसपछि त चकमन्न भयो । एकछिन त घाँटी सुक्ने गरी कराएँ, कसैले उत्तर दिएन, आखिर सबै बसाइँ सरेर गइसकेका रहेछन्, मलाई एक्लै मर्न छोडेर । एकछिन त खुब दु:ख लाग्यो, बा-आमा, जहानको धेरै याद आयो । रुँदा-रुँदै आँखा पनि थाकेछन्; अनि घिस्रिँदै भान्छामा गएर हेरें, कतै केही रहेनछ, फेरि फर्केर वोछ्यानमै आएर पल्टिएँ । तीन दिनसम्म त राम्रै सम्झना छ, त्यसपछि त आँखा धमिला जस्ता भए, मुख सुकेर निल्न पनि गार्हो हुन लाग्यो, शरीर गल्दै गयो र कतिबेला सास गयो पत्तै भएन । टोमेट – अहो, सम्झँदा पनि कहालीलाग्ने जिन्दगी रहेछ तपाईंको । अनि फ्रेडरिक महाशय ज्यादै शान्त हुनुहुन्छ, तपाईं पक्कै कुनै ठूलै शासक हुनुपर्छ, तपाईंजस्तै थुप्रैलाई मैले सलाम ठोकेको थिएँ, र तिनैका लागि जीवन पनि गुमाएँ । फ्रेडरिक – ठीक भन्नुभो’, मेरो जीवन एकदम शान्त छ, ठूलो भुइँचालो या आँधीबेहरी पछिको शान्ति जस्तो, सबैकुरा ध्वस्त भइसकेको, केही बाँकी नराखिएको … । हो, म विशाल साम्राज्यको सम्राट थिएँ । यो साम्राज्यमा मेरा पूर्खाहरुले थुप्रै पुस्ता बिताइसकेको थिएँ, तर मेरै पालीमा यस्तो हुनुपर्ने, पापी ईश्वर । पहिले सम्पूर्ण राज्य मेरै मुठ्ठीमा थियो, मेरै ईशारामा राज्य सँयन्त्र चल्थे । मेरो सुरक्षाका लागि लाखौंंको फौज थियो, तर आखिरमा ती केही काम लागेनन् । मेरा पिता-पूर्खाले छोडेको गद्दीमा बस्नु मेरो के दोष ? फेरि मेरो राज्य व्यवस्थामा भएका तमाम गल्ती कमजोरीहरुलाई म एक्लैले कसरी ठीक पार्न सक्छु, मेरो ईच्छा त थियो केही सुधार गर्नुपर्छ, तर कसैले मेरो कुरा सुनेन, न मित्रले न शत्रुले, सबै मानिस बौलाएका थिए । आखिर मेरो सबैभन्दा विश्वासपात्र सेनापति नै पो षड्यन्त्रकारीहरुसँग मिलेको रहेछ, पछि मात्र थाहा भयो । थाहा पाएर के गर्नु, सबै कुरा आफ्नो पन्जाबाट फुत्किसकेको थियो । फेरि मैले पनि अन्तसमयमा गल्ती गरें , सिपाहीले पक्रेर ल्याएका सयजना द्रोहीहरुलाई झ्यालखानामा राख्नुपर्ने रहेछ, सबैजनालाई झुन्ड्याइदिने आदेश दिएँ, त्यसपछि त दुष्टहरुको आँधी नै दरबारतिर खनियो । मेरा केही विश्वासिला भारदार र अङरक्षकलाई मारिहालेछन्, म पनि मेरा परिवार र गरगहना लिएर उम्किसकेको थिएँ , जङल कटेर सीमा पार गर्ने बेलामा बाटामा मोतीको माला खस्नपुग्यो । नटिपे झन् के-कसो हो भनेर हो-हल्ला हुन्छ भनेर टिप्न निहुरेको, झुत्रो भेषमा घाँटीको हार देखेर सबैले शँका गरिहाले, अनि भाग्न खोज्दा सम्राट भाग्नलाग्यो भनेको सुनेपछि द्रोहीहरु लखेट्न अाइहाले । अन्तिम समयसम्म पनि कसैले लुकाएर ज्यानको रक्षा गरिदेला कि भनि ढोका ढक्ढक्याउँदा पहिले दर्शन पाउन लालायित हुनेहरुले समेत कुनै वास्ता राखेनन् । आखिर सबै हुँदा नै मान्छे आफ्ना हुँदारहेछन् । सबैले बलेको आगो नै ताप्नेरहेछन् । अनि त हामी सबैलाई घिच्याउँदै मध्यरातमा राजधानी पुर्याए, र शहरबासीलाई भेला गराएर मेरै अगाडी मेरा जहान छोराछोरी काट्न लगाए, मैले हेर्न नसकी आँखा बन्द गरें, केवल त्यो भयानक, मुटु नै चुँडिने चिच्याहट सुनिरहें । सानो छोराले त मलाई बचाउन गुहार समेत मागेको थियो । तर मैले केही गर्न सकिन, र अाफैंलाई धिक्कारें । एउटा लामो दाह्री पालेको दुष्टले मलाई रातको ठीक बाह्र बजे काटिने फैसला सुनायो । आँखाअगाडि आफ्ना परिवारको दर्दनाक द्रिश्य हेरिसकेको र राजपाठ पनि गुमिसकेको हुनाले मलाई जीवनको मोह नै भँग भइसकेको थियो । आकाशमा जून-तारा टिल्पिलाइरहेका थिए । बत्तिको प्रकाशले रातमा पनि छर्लङै देखिन्थ्यो । मैले वरीपरी हेरें, मेरा आफन्त, आसेपासे, जो सबै अनेक प्रकारले मेरा रिणी थिए, र अन्य जनसाधारण, अहिले छाती ढक्क फुलाएर मलाई हेरिरहेका थिए, कोही दया-भाव देखाइरहेका थिए, मानौं उनीहरुलाई कहिल्यै मर्नैपर्दैन, अथवा यो सँसारमा मर्न लागेको पहिलो व्यक्ति म नै हुँ, र ती द्रोहीहरु, जो ठान्थे, सबै समस्याको कारक र समाधान मै मात्र हुँ । आखिर चर्चको घण्टाघरले बार्ह हान्यो, त्यो नयाँ घण्टाघर आफ्नो राज्यकालमा मैले नै बनाउन लगाएको थिएँ, विदेशबाट सामान र कालीगढ ल्याएर पूरा बनिसक्न पाँच वर्ष लागेको थियो । त्यसपछि मेरो हत्याराले आफ्नो दुबै हात उठाएको छायाँमा प्रस्ट देखिन्थ्यो । मैले अन्तिमपटक अगाडिको भीडलाई हेर्नमात्रै के भ्याएको थिएँ …. ठ्वाक्क …. त्यो भीडको तस्वीर धमिलो हुँदै एकैछिनमा बिलायो, र म यहाँ …. । थोमस – चिन्ता नगर्नुहोस् फ्रेडरिक महोदय । सँसार यस्तै नै छ …. त्यो सम्पूर्ण साम्राज्य, जुन अहिले तपाईंको छैन, पहिले पनि तपाईंको थिएन; जे थियो, एकैछिनका लागि थियो, त्यहीं पनि सम्पूर्णरुपले आफ्नो थिएन । त्यसैले दु:ख मान्नु व्यर्थ छ । तपाईंलाई आफ्नो दु:ख सबैभन्दा ठूलो लाग्ला तर सँसारमा सबैलाई आफ्नै व्यथा ठूलो हुन्छ, आफ्नै कथा लामो हुन्छ । तर मानिसहरु सतही रुपले बाँच्न खोज्छन्, जीवनको गहिराइलाई उनीहरु महसुस गर्नै चाहँदैनन्। वास्तवमा सबै प्राणी भौतिकरुपले मात्र भिन्न हुन्, उनीहरुको जीवनतत्व एउटै छ, त्यसैकारणले त मायाले सबैको मन पगाल्छ, घ्रिणाले सबैलाई दु:ख्छ । आफूलाई रुवाउने दु:ख हामी अरुलाई किन दिन्छौं ? अरुको खुशी खोसेर हामी आफूलाई सुखी किन सम्झिन्छौं ? तिमीलाई रुवाउँछ भने, दु:ख अरुलाई किन दिन्छौ? अरुको खुशी खोसेर, सुखी आफूलाई किन सम्झिन्छौ? अरुलाई नाशी आफु हाँस्ने, मानिसको ठूलो भूल प्रेम गरे प्रेम नै मिल्छ, यहीं नै सुखको मूल मरेरै गए ‘नि तिमी तर, तिम्रो माया त मर्दैन मित्र बाँचिरहनेछौ सधैंभरी, सुकोमल त्यो हृदय भित्र जति बाँचे पनि आखिर, लाग्छन् जीवन अधुरा यो जन्ममा केही बाँकी भए, गर्नु अर्को जीवनमा पूरा जिउँदै मरेझैं हुन् ती जो, आफ्नै स्वर्थसिद्धि मात्र गर्दछन् मरेरै पनि अमर भए ती जो, देशका लागि मर्दछन् जान आखिर सबलाई पर्छ, कालनागलाई डसाइ धन्य बन्यौ तिमी जो गयौ, मातृभूमी हँसाइ वैरी-वान्धव शत्रु-मित्रु, भेद पाउँदैन जसले सर्वनाशै हुन्छ उसको, सक्छ बचाउन कसले चित्त दु:खाइ जो काम गर्दछ, इष्टमित्र मातापिताको जान लौ सल्कायौ आफैं, आगो आफ्नो चिताको दैव तिम्रो सँसार किन, कहीं वरदान कहीं श्राप कसैलाई सधैं चैन, किन कहीं घोर सन्ताप बाँच्ने आधार केही नभए, दिन बिताउने हो के गरी सकिंदोरै’न्छ विरहमा, बाँचिरहन सधैंभरी सबै ताप्छन् आगो बलेको, निभेको आगो को फुक्दछ समयलाई चिन समयमै, नत्र त्यो अघि धेरै पुग्दछ को जान्दछ आज यहाँ, भोलिको बास कहाँ पर्दछ क्रोध, मोह, अहँकार, नाश त्यो आफ्नै गर्दछ । (लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नी, अस्ट्रेलियाका सचिव हुन् ।) #प्रवीण टण्डन #वसन्त प्रवीण मलामी बनेर हिँडिरहेको समय: आफैसँगको युद्धमा हारेपछि समय निस्तब्ध छ मान्छे । आदिमकालदेखि मान्छेले पहिरिँदै आएको अहंकारको ताज एकाएक खोसिएपछि भ्याइ नभ्याइ दर्गुने रक्त संचारमा मिसिएको छैन लोभ र लालच । भाँसिएर गएपछि मान्छेका मनभित्र अग्लिँदै गरेको मोहको चुचुरो गल्र्यामर्गुलुम ढल्दोरहेछ । आकाश छोइएलाझैं गर्दै ठडिएको ईश्र्याको भव्य महल झाँगिदै गरेको क्रोधको घना जंगल त झन मृत्युको भयकै तापले खरानी हुँदोरहेछ । टाउको माथि यसरी आगोको मुस्लो मडारिएझैँ मडारिएपछि ‘मृत्युको त्रास’ डराएर मनमनै भन्दैहोला मान्छे – “च्यातिदिऊँ बर्सौंदेखि धमिरा लागेका तमसुकका बिटाहरू र,काटिदिऊँ आफन्तकै खुट्टा तान्न जुर्मुराएका हातहरू कसलाई के थाहा भोलिको घाम क–कसको भागमा पर्ने हो ? ” समय सकिएपछि पत्ता थुतेझैँ फूलबाट थुत्नेरहेछ जिन्दगी दिनेले नै मान्छेको एक सर्को प्राण पनि बाँकी त केवल अधुरा सपनाका चाङहरू र जिन्दगीले दिन बाँकी अनगिन्ती प्रश्नका उत्तरहरू हुँदारहेछन् जान्दा जान्दै पनि उत्तर दिन नभ्याएर परिक्षाहलबाट निस्केका विद्यार्थीहरूजस्तै फुत्त निस्किँदो रहेछ मान्छेको प्राण पनि फुटेका हरेक चीजहरूले फुटेकै बखत मात्र त रहेछ एकदिन फुट्नुपर्छ भनेर सम्झाउने । आगो झोसेर खरानी बनोस् या माटोमा समाधी लियो ‘क्षणभंगुर जिन्दगी’ को यथार्थ बोधमा मलामी मन लिएर फर्केको मान्छेले घर पुगेर खल्को हालेपछि सायद बिर्सिन्छ घाटबाट फर्किँदाको ‘जीवन बोध’ र, मिसिन्छ उही पुरानै नूनिलो भवसागरमा । #नीरा शर्मा #समय खुल्नुपर्छ मति: जस्तै भएनि आफ्नै देशको माया हुँदोरहेछ परचक्रीले आँखा लाऊदा यो मन रुँदोरहेछ लुटनेले सँधै लुट्नै पाए हुन्थियो भन्दोरहेछ हक आफ्नो खोज्दा मुटु उसको काम्दोरहेछ ।। नजर लाउँछ सधै उसले यही देशमाथि मुखले मात्र भन्ने गर्छ हामी छिमेकी साथी उसको भूमि जति भएनि खै पुगेको उस्लाई यस्ता छिमेकी हुनुभन्दा नभए हुन्थियो जाती ।। कहिले गर्छ नाकाबन्दी कहिले बनाउँछ बाटो दुःख दिन्छ पटक पटक सहयोगको साटो बिस्तारै बिस्तारै चलाखी गरी लादै छ उसले यो देशको भूमि अनि पवित्र यहाँको माटो ।। दार्जेलिङ र सिक्किम नि पहिले हाम्रै थियो कठै हाम्रै यो बिडम्बना अहिले उसको भयो यत्रो भूमि उसले आफ्नो बनाई रहदा पनि अझै पनि पापी नजर कति लाउने हो नि ।। खारेज गर्नुपर्छ अब नचाहिने सन्धिहरू जति बढ्दै गयो उसको अन्याय र अत्याचार अति गरे पहिले नचाहिने सन्धि सबै नसोचेरै रति अब त अति भो खुल्नुपर्छ नेताहरुको मति ।। यता बढाको बढाई छ कोरोनाले गति यस्तो बेला नि गर्दैछ उसले यस्तो ज्यादति जताबाट पनि हुदैछ मेरै देशको मात्र खति अब त अति भो खुल्नुपर्छ नेताहरूको मति अब त अति भो खुल्नुपर्छ नेताहरूको मति ।। #खुल्नुपर्छ मति स्वाधीनता र अखण्डताको लडाईंमा नझुक: बाबुलाल बूढा दुई ढुंगाबीच चेपिएको तरुल विशाल साम्राज्य शक्तिको बीचमा अडिग देश स्वाभिमान र ठाडो शीरले बाँचेको मेरो देश नेपाल हो । साम्राज्य शक्तिको लागि सानो करेसाबारी जत्रै त्यसैले त बेलाबेलामा चिथोर्न खोजिरहन्छन् कहिले डलरको आश्वासनले त कहिले डर त्रासको धम्कीले कहिले शीरमा सुम्सुम्याएर त कहिले हात खुट्टाको औँला काटेर तर्साइरहन्छन् बेला बेलामा खबरदार ! तिमी काट यी हात खुट्टाका औँलाहरु र घोच तिम्रा तिखा संगीनले यातना देऊ, बेस्सरी दुखाऊ तर मेरी आमाको छातीमा कुल्चिन दिने छैनौँ रत्तिभर झुक्ने छैन निडर शीर बेचिने छैन स्वाभिमान किन कि हामीसँग अंग्रेजलाई धुलो चटाएर पुर्खाले जितेको इतिहास जीवित छ । रगतको थोपाले बनेको सर्वोच्च सगरमाथाको विशाल स्वाभिमान छ । तिम्रो विशाल साम्राज्य भन्दा हाम्रो सानो सार्वभौम र अखण्डता कयौं गुना बलियो छ । त्यसैले ए विस्तारवादी हो ए साम्राज्यवादी हो नलागाऊ तिम्रा गिद्दे नजर न कुल्च आमाको छातीमा छोड नांगो हस्तक्षेप फर्काऊ तिम्रा बर्दिधारी बुटहरु जब तिम्रा विशाल छाती नाङ्गिएका बेला नीलो वस्त्रले छोपिदिने गोर्खाली हुन् भोको पेटमा आहारा जुटाइदिने गोर्खाली हुन् त्यसैले याद राख कि मेरो देश तिम्रा परेड खेल्ने आँगन होइन तिमीले बम बर्साउने रणभूमि होइन दुई ठूला ढुंगाको बीचमा चेपिएको तरुल बिस्फोट हुने ग्रिनेड बन्न सक्छ यो हाम्रो अखण्डताको लडाईं हो हाम्रो स्वाधीनताको लडाईं हो हाम्रो सार्वभौमता र स्वाधीनताको लडाईं हो । ए विस्तारवादी ? न तेर्साऊ तिम्रा आधुनिक तोपहरु फर्काऊ तिम्रा बर्दिधारी बुटहरु छोड कालापानी, छोड लिम्पियाधुरा झुक्दैन हाम्रो स्वाभिमानी शीर खबरदार शासक हो ? हरियो डलरसँग पटक्कै राष्ट्रियता नबेच्नू आत्मीयतामा फेरि कालो राष्ट्रघात नगर्नू पुर्खाको विशाल छाती ठाडो शीर विस्तारवादीको पाउमा लम्पसार परी फेरि भेटी नचढाउनू । राष्ट्रवादीको नाममा भित्रभित्रै देशको अस्मिता नसाट्नू ए शासक हो छोड अब विस्तारवाद र साम्राज्यवादको जुठो खान कुर्सी होइन जोगाउनु छ, आमाको छाती बचाउनु छ, देश सिरिया र अफगान हुनबाट नेपाली जनताले तिम्रा असली राष्ट्रवादीको परीक्षा लिइरहेका छन् । त्यसैले नझुकाऊ स्वाभिमानी शीर विस्तारवादी र साम्राज्यवादी गिद्दहरुको झम्टाइमा राष्ट्रियता सार्वभौमता स्वाधीनता र अखण्डताको लडाइमा नझुक । #कालापानी #नयाँ नक्सा #बाबुलाल बुढा #लिम्पियाधुरा #स्वाभिमान पीडाहरूको पिरामिड: मात्र झझल्को तिम्रो आउँछ आँखाभरी आँसु बनेर तिमीसँग बिताएका ती पलहरू लाग्छ फेरी फर्केर आए हुन्थ्यो तर रोकिएन पृथ्वी समय किन रोकिन्थो र ? सम्झन्छु विगत र फेरि बनाउँछु आलो घाऊ दुखाइको अनुभूति हुन्छ अनि बन्छ पीडाको पिरामिड अहँ बिर्सन सक्दिनँ आफ्नै आँखा अगाडि तिमी ढलेको त्यो दृश्य आज भित्तामा सीमित छ तिम्रो तस्बिर बोलाउन खोज्छु तिमी बोल्दिनौ छुन्छु यी हातहरूले मुटु नै फुट्ला जस्तो गाँठो परेर आउँछ तिम्रा ती निर्दोष आँखाहरूले एक टक मलाई नै हेरिरहे झैँ लाग्छ यतिका बर्ष तिमी मसँग छैनौ र पनि मैसँग भए जस्तो लाग्छ आखिर किन मेरी प्यारी हजुरआमा ? #पीडाहरूको पिरामिड स्खलित खुसी: चेतन गलत भूगोलको यो दुनियाँ देखेर एक भूगोल घुम्न मन छ स्वार्थीहरुको जमात यहीँ छ, फेरि एकान्तमा रुन मन लाग्छ आँखाबाट यी दृश्यलाई कानबाट यी चिरबिर शान्त आवाजहरुलाई कहिल्यै नमेटिने गरी रात बिताउने खोँचहरुमा सजिसजाउ राख्न मन छ तर, मन मस्तिष्कमा हाँसो र खुसीका यादहरु कमसल अनि पीडा र वेदनाका यादहरु मझबुत हुँदा केही क्षणमा खुसी स्खलित हुँदा मनले सधैँ पीडाको चौकीदारी गरिरहेको छ बाग्लुङ, ढोरपाटन नगरपालिका ५, चौर #चेतन गलत इन्दु दिदी: मन्दिरा मधुश्री टेबलमा राखेको मोबाइल फोनले कसैको उपस्थितिको संकेत दिइरह्यो । निकैबेरसम्म आइरहेपछि उठाएर कानमा लगाएँ । “निशा ! सुनिस् नि नयाँ कुरा । इन्दु दिदी त भागिछन् नि बुढेसकालमा,” रमाले गरेकी रहिछ फोन । “अमेरिका कि क्यानडा ..? पत्तै नदिई पो भागछिन् त !” मैले सोधेँ । “केको अमेरिका र क्यानडा ? अर्कैसँग चाहिँ भागिछन् नि ! पोइला गइछन् रे क्या ..पोइला ! त्यो पनि कोसँग भन् न, आफ्नै ड्राइभरसँग,” रमाले उपेक्षित भावमा भनी । “धत् मोरी ! जे पायो त्यही भन्छे,” हपारेँ मैले । “जे पायो त्यही होइन यार ! कुरा साँचो हो के ! यहाँ टोलभरि कत्रो हल्ला छ । उसले त ठट्टा पो सोचिछे,” स्पष्टीकरण दिई उसले । “हँ ! हो र ..?” म स्तब्ध भएँ सुनेर । के के कुरा सुनाउँदै थिई अरु पनि, मेरा कानले मात्र सुने होलान् तर मन अन्तै उडिसकेकोले केही बुझिनँ । आफैँले उसको फोन काटेँ । मलाई पो झट्का लागेजस्तै भयो । हात खुट्टा फतक्क भए । कुनै अकल्पनीय घटना अप्रत्याशित रुपमा देख्दा मात्र हैन, सुन्दा पनि पो यस्तो हुँदोरहेछ । पहिलोपटक नौलो अनुभव गरेँ । एकाएक गाउँबाट उनी र उनको ड्राइभर हराए । साँच्चै नै उनले आफ्नै ड्राइभरसँग बिहे गरेकी नै रहिछन् सभ्य भाषामा भन्दा । नत्र गाउँले भाषामा पोइला गएकी नै रहिछन् । सबैको चर्चाको विषय नै बनिन् उनी । नेपाली समाज न हो, सानो कुरा पनि महाभारत हुने ठाउँमा यो त झन् अकल्पनीय र सोच्दै नसोचिने घटना थियो । सबैले उनलाई नै गाली गरे । उनको कुबुद्धिलाई थुके । “सम्पत्तिको अमत्याइँ लागेको” भने कसैले र कसैले “कुकुरलाई घिउ नपचेको” भने । “कुन दुःख थियो र कुन सुख पाउँला भनेर गाकि होली,” भने धेरैले । “विनासकाले विपरीत बुद्धि” पनि भन्न बाँकी राखेनन् उनलाई । “राजेन्द्रले टुप्याएर राखेको थियो, जे भनो त्यही पुर्\u200dयाइदिएर देखाइदिई…,” कसैको मुखमा यस्तो पनि सुनियो । “आइमाईको बुद्धि र कुकुरको चिहान हुँदैन” भनेर सरापे पनि कतिले त । जे होस्, उनको विपक्षमा नै टिप्पणी गरे धेरैले । एक हप्तासम्म एकदम नै राँकिएको उनको बारेको कुराको डढेलो बिस्तारै सेलाउँदै गयो । सबैले आ–आफ्नै खालका तर्क र अनुमान गरे पनि किन होला त्यो उमेरमा पनि त्यति राम्रो लोग्ने, त्यस्तो वैभव र सुख छोडेर अर्कै बिहे गरिन्, त्यो पनि आफ्नै ड्राइभरसँग ..? त्यो जिज्ञाशाले सताइरह्यो मलाई पछिसम्म पनि । गाउँ शान्त भएपछि राजेन्द्र दाइको बिहे गराउने तँछाडमछाड भयो धेरैको । त्यस्तो वैभवमा आफ्नै मान्छे पार्न खोज्थे सबैजना । दुवै छोराछोरी अमेरिकामा थिए । बिग्रिएको घर सम्हालिदिने निहुँले इन्दु दिदीको शेख मार्न भए पनि धुमधामले बिहे गरे राजेन्द्र दाइले पनि । हाम्रो समाज, संस्कार, परम्परा र रीतिरिवाज वा सामाजिक संरचना अनि नागरिक समुदाय प्रति नै वितृष्णा जाग्यो त्यतिबेला मलाई, जतिबेला राजेन्द्र दाइले आफ्नो घर सम्हाल्ने निहुँमा एउटी कन्ये केटी नै बिहे गरेर भित्र्यााए असमान उमेर बोकेकी । “किन हाम्रो समाज एकल पुरुषको चाहिँ पीडा देख्नै सक्दैन तर एकल महिलाको पीडालाई चाहिँ भाग्य वा कर्मको दोष दिँदै जुनीजुनीसम्म पनि पचाएर बस्न सक्छ ? किन पुरुषलाई महिला बिनाको संसार सम्भव नै हुँदैन भनेर सोच्छ तर महिलालाई पुरुष बिनाकै संसार भोग्नै पर्नै बाध्यता देखाउँछ ?” यस्तै प्रश्न बारम्बार आइरह्यो मेरो मनमा त्यो बिहे देखेर । “औसत नेपालीको आयु बाँचिसकेका एकल पुरुष राजेन्द्र दाइको बिहे गराउनपर्ने आवश्यकताबोध गरेको समाजले गाउँकै तीस वर्षीया एकल महिला तारा भाउजूको बिहेको आवश्यकता किन कहिल्यै देखेन ? दश वर्षदेखि एकल जीवन बिताउँदै आएकी उनलाई कति कठिन छ समाजमा निर्धक्कसँग बाँच्न । एकल महिला, उमेर अनि सुन्दरता..। त्यसमाथि गरिबी पनि । सबैको आँखाको तारो छिन् उनी । आफ्नै घर परिवार र समाजबाटै असुरक्षित छिन् । तर अहँ ! उनको सामाजिक सुरक्षा र आर्थिक टेवाप्रति कसैले सोचेनन् । न त उनको आवश्यकता प्रति कसैको ध्यान गयो । कति राम्रो हुन्थ्यो, यदि राजेन्द्र दाइ र तारा भाउजूको नै बिहे गराइदिन पाएको भए ? दुवैको सामाजिक तथा शारीरिक आवश्यकता पनि पूरा हुन्थ्यो । तारा भाउजूले पनि मान–सम्मान र सुरक्षा सबै पाउँथिन् । ” यो प्रस्ताव मैले दाइका आफन्तलाई राखेँ पनि । तर सबैले मेरो प्रस्तावलाई खिल्ली उडाए । कसैले विधवा विवाह गर्न स्वीकार गरेनन् । मलाई लाग्यो- नागरिक समाजमा बौद्धिक चेतना जति छ, त्यो भन्दा पनि बढी परम्पराको धङधङी रहेछ अझै । इन्दु दिदी रुपदेखि लिएर सबै सीप र कलामा पोख्त र दक्ष थिइन् । बिहे गर्दा सामान्य नै भएका दाइको अवस्था पछि उनको मिहिनेत र दिदीको व्यवहार कुशलता मिलेपछि निकै वैभवशाली भएको थियो रे ! कुनै कुराको पनि कमी थिएन उनलाई । सबै उनको ईर्ष्या गर्थे । तर एकदिन यो सबै वैभव चटक्क छोडेर उनी कता हराइन् । केही दिनपछि उनीसँगै हराए उनका चर्चा पनि । कहीँ देखे, भेटेको कुरासम्म पनि उप्काएन कसैले कसैसँग । यस पटकको दशैँमा आमाको हातबाट टीका लगाउन म काठमाडौँ गएकी थिएँ । बानेश्वरमा अप्रत्यासित रुपमा इन्दु दिदीसँग मेरो जम्काभेट भयो । मलाई उनका बारेमा सबै कुरा जान्ने इच्छा थियो । सायद उनलाई पनि गाउँको हालखबर सोध्ने मन थियो होला । दाइको बारेमा जान्ने उत्सुकता थियो होला । त्यसैले नै त होला चियाको प्रस्ताव राखिन् उनले नै । त्यो पनि उनकै कोठामा । म पनि उत्सुक थिएँ, उनीसँग कुरा गर्न । सहर्ष स्वीकारेँ उनको अनुरोधलाई । तर उनले भोलिपल्टको समय मगिन् । त्यतिखेर उनी पूर्वनिर्धारित कार्यक्रममा कतै घुम्न जाने बताइन् तर मैले आफ्नै अनुमान लगाएँ । उनी आत्मग्लानि वा हीनताबोधले गर्दा भागेकी होलिन् हतार-हतार मदेखि । उनी वचनकी पक्का छन् मलाई थाहा छ । अघिल्लो दिनको निर्धारित समय र तोकिएको ठाउँमा मलाई लिन आइन्, देखेँ मैले उनीहरु दुवै जनालाई । ट्याक्सी उनकै श्रीमानले चलाएका थिए । उनको कोठामा पुगेपछि मनमनै मैले पनि पहिलोपटक उनको कुबुद्धिलाई धिक्कारेँ । धिक्कार छ दिदी ! साँच्चिकै तिम्रो बुद्धि घाँस चर्न नै गएको रैछ । मान्छेले त्यसै भनेका त हैन रैछन् नि ! त्यस्तो दरबारजस्तो घर र वैभवमा लडिबुडी गरेकी उनी अहिले एउटा कोठामा कुँजिएकी रहिछन् । त्यहीँ एउटा कुनामा भान्सा । एउटा खाटमा ओछ्यान् । एउटा प्लाष्टिकको बाल्टिन । प्लास्टिककै ठूलो बाटा । सानो किचेन र्\u200dयाक र एउटा बाँसको र्\u200dयाकमा केही किताबहरु । दुईवटा मुडा । एउटा टिनको ठिक्कको बाकस । बस ! यत्ति थियो देखिएको उनको वैभव वा सम्पन्नता..। मैलै यति नियालुन्जेल उनले चिया बनाइसकेकी थिइन् । हामीलाई कोठामा पुर्\u200dयाएपछि उनका श्रीमान् हिँडिसकेका थिए ट्याक्सी लिएर । दुवैजना मुडामा बसेर चियाको चुस्की लिन थाल्यौँ । दुवै मौन । सायद उनलाई पनि मलाई जस्तै अप्ठ्यारो लागरहेको पो थियो कि कुराको गेडो उप्काउन । एकक्षण पछि मौनता भंग गरिन् उनैले, भनिन्, “निशा बैनी ! मलाई त सबैले नराम्रो नै भने होलान् हगी…?” “हो त दिदी, तपार्इँलाई बुद्धि बिगारेको पो भन्छन् सबैले । त्यस्तो वैभव र सुखलाई छोड्नुपर्ने कस्तोचाहिँ बाध्यता थियो र दिदी ?” भित्र डराउँदै बिस्तारै सोधेँ । “के गर्नु त बैनी, मलाई मेरो बौद्धिक चोतनाले विद्रोह गर्न अह्रायो त ..।” एकछिन चुप लागेर भनिन् । “किन दिदी..?” मैले कोट्याउन चाहेँ । “हो, बैनी मेरो ठाउँमा अरु भएका भए त्यो वैभव छोडेर यस्तो साधारण जीवनमा आहुति दिँदैनथे होलान् आफूलाई । तर मैले त यही नै रोजेँ ..।” मैले उनको अनुहारमा हेरेँ । उनी गम्भीर भएर कता टोल्हाइरहेकी थिइन् । “साँच्चै बैनी उनको खबर के छ ?” मौनता भङ्ग गर्दै सोधिन् बिस्तारै मतिर फर्केर । कैयौँ वर्ष एउटै घरमा अझ भनौँ एउटै ओछ्यानमा सँगै बिताएको मान्छेको माया यति चाँढै के मर्\u200dथ्यो होला र ? यस्तै लाग्यो मलाई । शुरुवात नै राजेन्द्र दाइको हालखबरबाट गरिन् उनले । बुझ पचाएझैँ गरी सोधेँ मैले, “कस्को ? राजेन्द्र दाइको ..??” “अँ…उनैको,” उनले भनिन् गम्भीर भएर । “राम्रो छ दिदी ..।” एकक्षण रोकिएर बिस्तारै भनेँ, “अर्को बिहे गरे, त्यो सुन्नु भाको छ कि छैन ?” “सुनेथेँ त्यो त ..। उनी त निकै खुसी होलिन् हगि..?” उनको लक्ष्य उनको ठाउँ लिएकी राजेन्द्र दाइकी पत्नीप्रति थियो । “त्यस्तो वैभव र सुखमा पनि को पो खुसी नहोला र ?” मैले भनेँ । “म थिइनँ नि..,” उनले अँध्यारो मुख लाइन् । मैले आश्चर्य मान्दै प्रश्न झुण्ड्याएँ आँखामा तर मुखले केही सोध्न सकिनँ । दुवैका आँखामात्र जुधिरहे धेरैबेरसम्म । उनले ‘हो त’ भनेर विस्वास दिलाइरहेकी थिइन् । मैले ‘कसरी ?’ भनेर उत्तर खोजिरहेकी थिएँ । आँखै आँखामा । उनले निःस्वास छोड्दै भनिन्, “यहीँनेर त म बाझिएँ नि बहिनी सबैसँग । किनभने सबै मानीसहरु सुखलाई नै सम्पूर्ण खुसी हो भन्ठान्छन् जबर्जस्ती । तर सुख र खुसी कहिल्यै पनि एउटै हुँदै होइन । सुख त खुसी प्राप्त गर्ने एउटा सानो माध्यम मात्र त हो !” म झन् बढी विस्फारित नेत्रले हेर्छु उनलाई । उनको दार्शनिक कुरा सुनेर । “हो बैनी ! त्यस घरमा अझ भनौँ राजेन्द्रसँग म कहिल्यै पनि खुसी हुनै सकिनँ । उनले सबै प्रकारका सुख, सुविधा र सम्पन्नता दिए । उनले पनि मानिसको खुसी त्यही सुखलाई नै हो भन्ठान्थे । तर मैले मागेको र चाहेको खुसी कहिल्यै पनि दिएनन् मलाई । “अनि छोराछोरीहरु…?” मैले संकेत मात्र गरेँ । किनकि राजेन्द्र दाइमा नै पो केही दुर्बलता रहेछ र त्यसैलाई लक्ष्य गरेकी हुन् कि दिदीले जस्तो लाग्यो मलाई । “हैन शंका गर्नै पर्दैन, उनैका हुन सबै छोराछोरीहरु । मैले शंका गरेको ठानेर विश्वास दिलाइन् उनले, “उनी पूर्ण रुपमा पुरुष नै हुन् ..।” उनले भनिन्, “मेरो बिहे गरेर आउँदा उनको अवस्था ठिकै नै थियो । उनले मिहिनेत गरे । मैले उनको मिहिनेतलाई सही सदुपयोग गरिदिएँ । अलिअलि गर्दै सबै वैभव र सम्पन्नता हुँदै गयो । त्यहीअनुसार भौतिक सुखका सामग्री जोडिए । ऐश आरामको जिन्दगी बन्यो । सबैले देख्दा हामी ‘सुखी’ देखियौँ । मैले सबैथोक पाउँदै गएँ । तर मैले सोचे, खोजे र भनेनुसारको ‘लोग्ने’चाहिँ पाइनँ कहिल्यै ।” म उनको अनुहारमा हेरेको हेरैँ भएँ । उदासीको भावमा भनिन् उनले, “हामी दुईको अनुहार उस्तै, बानी व्यवहोरा, बौद्धिक स्तर उस्तै थियो । अहँ ! तर भावना र विचार भने भिन्दै। म उनीसँग भावनात्मक सम्बन्धको अपेक्षा राख्थेँ । भन्थेँ र सम्झाउथेँ पनि । तर उनी भौतिक सम्बन्ध मात्र राख्थे वा खोज्थे मबाट । म भावनात्मक खुसी माग्थेँ तर उनी भौतिक सुखको पछि दौडन्थे । हो, यही नै ठूलो अन्तर थियो हामीमा । ” “भौतिक सम्पन्नता भएपछि त खुसी आफैँ आइहाल्छ नि हैन र दिदी ?” मैले बीचैमा पुष्टि गर्न खोजेँ । “वैभवतामा मात्र खुसी हुन्छ र ? वैभवता सुख हो, भोग हो । अपितु खुसी अनुभूति । सुख निर्जीव हो तर खुसी सजीव,” उनले मेरो आँखामा आँखा गाडेर भनिन् । उनले जोडिन् पुनः आफ्ना कथा । “उनी एउटा मेसिन वा रोबोट जस्तो थिए, जस्को सम्बन्ध केवल कामसँग मात्र हुन्छ । बिहान उठेर काममा जाने रात परेपछि फर्कने । म एक्लै । नत दोहोरो बोल्ने कुनै कुरा न त व्यक्ति नै । मनलाग्दा खान्थेँ नत्र एक्लै छटपटिन्थेँ पिरोलिन्थेँ । उनी नौलो खुसी लिएर घरमा आउन् भन्ने लाग्थ्यो । अत्यन्तै उमंग र उत्साहका साथ उनको आगमनको तीव्र प्रतीक्षामा बित्थ्यो दिन । बेलुका उनलाई खुसी पार्न विभिन्न सरप्राइज दिन्थेँ । कहिले नौलो खाना पकाएर बस्थेँ ताकि उनले मीठो मानेर खाऊन । मेरो सीपको वर्णन गरुन् । मलाई माया गरुन् । तर कहिले उनले पार्टी त कहिले साथीसँग बाहिर नै खाएर आएका हुन्थे । मेरो खुसी र त्यो खाना एकैसाथ उसैगरी सेलाएर जान्थे र बासी हुन्थे । कहिले म आफूलाई श्रृंगार गरेर चिटिक्क परेर बस्थेँ । घर पस्दा उनी मेरो रुप वा श्रृंगारप्रति आकर्षित होऊन् । फूलमा भमरा जस्तै । मलाई अँगालोमा च्यापेर म्वाइ खाऊन् । मेरो सुन्दरताको वर्णन् गरुन् । यस्तै खुसीको अपेक्षा गरेर फक्रिएको फूल भएर बस्थेँ म । कतिबेला दिन बित्ला भनेर । तर मेरो खुसीको काल्पनिक महल त्यतिबेला धराशायी हुन्थ्यो, जतिबेला उनी काममा व्यस्त भएको वा फिल्डमा जानु परेको बहानामा राति अबेर आउँथे । कहिले आउँदैनथे । त्यतिबेला म भित्रको खुसी ओइलाएर त्यही फूलजस्तै खुम्चिसकेको हुन्थ्यो । श्रृंगार बासी भएर जान्थ्यो रात जस्तै । मेरो सजावटले उनमा कुनै प्रभाव पर्दैनथ्यो । परे पनि कुनै शब्द निस्किदैनथ्यो । यदाकदा मात्र हामी सँगै खाना खान्थ्यौँ । तर मैले भान्साको काम सक्दा नसक्दै उनी कोठामा पसेर निदाइसकेका हुन्थे । उनको उपस्थितिमा पनि म सधैँ एक्लै नै हुन्थेँ । केटाकेटी जन्मेर हुर्केर बाहिर नजाउन्जेलबाहेक बाँकी दिनहरु मेरा यसैगरि नै कटे बैनी ।” मनभित्रको गाँठोलाई उनले आँखा चिम्लेर घुटुक्क पारिन् । आँखा चिम्लँदा उनका आँखाबाट बरर आँसु झरे र गालातिर बगे । गालाको आँसु पुछिन् र रुन्चे हाँसे मुस्कुराइन् मतिर हेरेर एकफेरा । अनि बोल्न थालिन्, “कहिलेकाहीँ कोठामा म उनको पुरुष उपस्थितिले नै पनि पग्लन्थेँ छताछुल्ल भएर । उन्मुक्त खुसी लिएर म नै उनीछेऊ पुग्थेँ । तर उनी कहिले दिनभरीको कामले थाकेको छु टेन्सन नदेऊ न भन्थे । कहिले मेरो धेरै काम छ भनेर कम्प्युटरमा बस्थे । म जसरी पग्लन्थेँ, त्यसैगरी जम्थेँ बरफ भएर । अधिकांशतः उनी नै लोग्नेको अधिकार जमाउँथे मसँग । म स्वास्नी हुनुको नाताले चुपचाप स्वीकार गरेर समर्पण गर्थेँ आफूलाई । मलाई इच्छा होस् या नहोस् । अहँ हामीबीच कहिल्यै पनि सहवास भएन । मात्र बलात्कार गर्थे उनले मसँग । त्यही बलात्कारको पीडामा नै म उनको स्पर्श सुख वा मायाको सूक्ष्म अंश खोज्ने प्रयास गर्थेँ सधैँ । महिलाहरु थोरै सहानुभूतिका आशे हुन्छन् । थोरै तारिफका लोभी हुन्छन् । अनि थोरै मायाका भोका हुने रैछन् । थोरै माया वा आत्मीयतामा पनि झुसी… खुसी बटुल्ने । म पनि त्यस्तै त थिएँ । र त्यस्तै खुसी बटुल्न खोज्थेँ । तर उनीसँग त कुनै कुराको लागि पनि कुनै शब्द नै थिएन । न त तारिफका, न नै सहानुभूतिका । न त कुनै कुरामा माया झल्कने मायालु व्यवहार नै । न त हाँसी मजाक र माया प्रेमका कुरा । सधैँ म त उनकी पूर्णतः स्वास्नी वा मायालु श्रीमती हुन चाहन्थेँ । यसको विपरीत एउटी महिला मात्रै थिएँ म । अझ भनौँ मनचिन्ते भाँडो मात्र थिएँ उनका लागि जो उसका सबै आवश्यकता र इच्छा पूरा गरिदिन्छ सजिलैसँग । म उनकी श्रीमती थिएँ । सधैँ घरमा उनीसँगै बसेकी थिएँ । तर अफिसको कर्मचारीजस्तै मात्र लाग्थ्यो उनको र मेरो सम्बन्ध । उनको मुड र इच्छानुसार जीवन चलाउनु पर्थ्यो मैले । त्यसैगरी चलाइदिन्थेँ म पनि लाचार भएर । कामपछि उनको प्यारो वस्तु मदिरा थियो । दिनभर काम । साँझको समय साथीभाइ, खानपिन अनि मात्र घर । लाग्थ्यो उनी घर परिवारको वा मेरो माया लागेर भन्दा पनि दायित्वबोधले मात्र घरमा आउँथे । पेइङ गेष्टजस्तो मात्र थिए उनी आफ्नै घरमा पनि । म मदिराविरोधी थिएँ । मलाई मदिरा प्रेमी पुरुषहरुको घर बिग्रिएको थाहा थियो । त्यसैले म मेरो घर व्यवहार कहिल्यै पनि नबिग्रियोस् भन्थेँ । दुई जनामा कहिल्यै पनि झगडा र किचलो नहोस् । एउटा मायालु, अनुशासित, आदर्श परिवार होस् भन्ने चाहना थियो मेरो तर ठीक विपरीत थियो यथार्थमा आफ्नैचाहिँ । म उनलाई आग्रह गर्थेँ मदिरा नपिउन । परिवार, स्वास्थ्य अनि आफ्नो मानसम्मान सबैमा पर्नसक्ने संभावित परिणामबारे बताएर सतर्क गराउन खोज्थेँ पटकपटक । उनका लागि पिउने बहाना वा विषयवस्तु सधैँ नयाँ नयाँ हुन्थ्यो तर मेरा लागि भने सधैँ एउटै पीडा । उनी सधैँ मदिरासँग आफ्नो खुसी साट्थेँ तर म आँशुसँग आफ्नो पीडा । दिनभर उनी नभए पनि घरमा आएपछि रमाइलो वातावरण होस् । माया प्रेमको मीठामीठा कुरा हुन् । एकअर्काको भावना सेयर होस् । यस्तै मेरो चाहना हुन्थ्यो तर उनी मेरो भावना वा चाहना पटक्कै नबुझ्ने । चाडपर्व, जन्मदिन, एनिभर्सरी कुनैमा पनि कुनै प्रकारको उपहार वा शुभकामना लिनुदिनु पनि अनावश्यक ठान्थे उनी । छोराछोरी भएपछि म अलिक व्यस्त नै रहन थालेँ । काम नै यस्तै महिलाहरुको । कहिल्यै नदेखिने पनि, नसकिने पनि । उनी घरमा आउँदा म कुनै घर धन्दामा नै व्यस्त । दैनिकी सकेर कोठामा पुग्दा उनी निदाइसकेका हुन्थे भने म बिहान उठेर दैनिकीमा लाग्दा उनी सुतिरहेका नै । निदाएर अचेत भएको मान्छेलाई के थाहा कि रातभर टाँसिएर स्वास्नी सुती कि कुकुर बिरालो ? म उनको स्पर्श सुखको लोभले उनीसँग टाँसिएर सुत्न खोज्थेँ तर उनले पिएको मदिराको नमिठो गन्धलेँ नजिकै झन सुत्नै सक्तिनथेँ । मलाई उनीसँग बिताउने चार प्रहर रात पनि “नखाउँ भने दिन भरिको शिकार खाउँ भने कान्छा बाको अनुहार” हुन्थ्यो । केटाकेटी सानो हुन्जेल त तिनैलाई अंगालोमा च्यापेर सुत्थेँ । आत्मीयताको मीठो स्पर्शको अनुभूत गर्दथेँ । यसैमा तृप्त हुन्थेँ । मेरा छोराछोरीले राम्ररी बाबु पनि चिन्न सकेनन् किनभने बाबु आउँदा उनीहरु सुतिसकेका हुन्थे । बिहान उनीहरु उठ्दा बाबु हिँडिसकेका । के खान्छन् ? के कस्तो पढ्छन् ? के गर्छन् ? मेरो नभए पनि उनीहरुको समेत चासो गर्ने फुर्सद वा मतलब केही पनि थिएन उनको । उनी पनि अरु आम मानिस जस्तै सोच्थे । र भन्थे पनि, “जीवनमा पैसा नै सबैभन्दा ठूलो सुख र खुसी हो । जीवनमा पैसाबाहेक अरु केही पनि चाहिन्न र पैसाले नै सबैथोक किन्न पाइन्छ ।” खुसीको नाउँमा पैसा ल्याएर मलाई थमाइदिन्थे । कहिले गरगहना कहिले साडी । भन्थे, “पहिला जस्तो होइन नि इन्दु ! अहिले त आफ्नो स्तर र वैभव अनुसारको हुनुपर्छ लवाई खवाई पनि । साथीभाइले देख्दा फलानोकी स्वास्नी भनेर चिनाउँदा मलाई लाज नलागोस् ।” म कठपुतली बनिँदै गएँ । सायद उनी ठान्थे, “मैले स्वास्नीलाई सबैलेभन्दा बढी सुख दिएको छु ।” तर मलाई कस्तो सुख चाहिएको छ ? म केमा खुसी हुन्छु ? त्यो कहिल्यै पनि बुझ्दैनथे । उनको भौतिक सम्पन्नताको आडमा पछि काम गर्ने सहयोगी राखिदिए घरमा । प्रत्यक्ष त मलाई सुख दिन राखे तापनि अप्रत्यक्ष झन् कुन्ठित भएँ म त त्यसबाट । किनभने अब झन् दूरी बढ्यो उनको र मबीच । उनले एक ग्लास पानी र एक कप चियाको लागि मात्र नभएर कट्टु गन्जी र मोजाका लागि पनि उसलाई नै गुहार्न थाले । यसबाट त झन् उनको नजिक पर्ने बहाना पनि खोसियो मेरो । साँच्चै ! हामी झन् टाढा पो हुँदै गयौँ । कस्तो बिडम्बना ! म जीवनभर उनको नजिक हुन चाहन्थेँ उनको सामीप्य चाहन्थेँ । आत्मियता र स्पर्ष चाहन्थेँ तर उल्टो झन् टाढा हुँदै पो गइरहेकी थिएँ । अब त मेरो आवश्यकता उनले र उनको शरीरले चाहेको बेलाबाहेक अरुबेला हुन नै छोड्यो उनका लागि । पछि त उनले गाडी किने । ड्राइभर राखे । बिहे, भोज, पार्टी, किनमेल, मन्दिर जहाँ जान परे पनि उनी आफू अघि सरेर साथ दिँदैनथे । गाडी लिएर जाऊ न भन्थे । मेरो लोग्नेसँग भन्दा पनि बढी समय (यिनी) ड्राइभरसँग बित्न थाल्यो । यिनीबाहेक मुख बोल्ने तेश्रो व्यक्ति पनि त थिएन घरमा । ड्राइभर भए पनि यिनी इमान्दार, परिपक्व र व्यवहारिक थिए । केही दिनको सहयात्रामा उनी मेरो अभिन्न मित्र बने । उनमा मैले मेरा जीवनको सधैँ खोजेको तर नपाएको कुरा पाउँछु भन्ने आभाष भयो । आधा जीवन त आशै आशमा बित्यो । बाँकी जीवनको पनि के भर छ र ? मैले केही क्षण भए पनि खुसी हुन चाहेँ । त्यसैले मैले उनको निरसिलो भौतिक सुख छोडेर मानसिक सुखको लागि यिनीपछि लागेँ ।” यी सबै बोल्दा उनमा निर्धक्क र दृढता देखिन्थ्यो । म ट्वाँ परेर उनको आँखाको भाव पढिरहेकी थिएँ । “के हामी महिलालाई जीवनमा खुसी हुने अधिकार छैन र ? आफ्नो जीवनको निर्णय गर्ने अधिकार छैन र ? भन्नुस् त बैनी ? मैले अलिकति खुसी बाँच्न चाहेँ, मैले यो गल्ती गरेँ कि ठीक ?” उनले त मलाई नै प्रश्न पो तेर्\u200dस्याइन् । उत्तर दिन सकिनँ मैले । कोठाभिर आँखा डुलाउँदै हतार हतार उनैपट्टि फर्काएँ । “अनि दिदी, अहिले खुसी हुनुहुन्छ त तपाईं ?” “अँ बैनी ! जीवनमा नै म अहिले जति खुसी त कहिल्यै पनि थिइनँ । मैले उनको घर छोड्दा उनको एक रुपैञाँ पनि लगिनँ । अहिले हामी दुवैजना काम गर्छौँ, कमाउँछौँ । म एउटा स्कूलमा काम गर्छु । केटाकेटीसँग खेल्छु रमाउँछु । उनी एउटा ट्याक्सी चलाउँछन् । दुवै कमाउँछौँ । बेलुका दुवैजना मिलेर पकाउँछौँ । दिनभरिका कुरा सेयर गर्छौँ । बेलाबेला घुम्न जान्छौँ । कहिले बाहिरै खान्छौँ । रमाइलो छ । छोराछोरीले पनि बेलाबेलामा फोन गर्छन् । “अनि तपाईंका छोराछोरीले तपाईंलाई घृणा गरेनन् र दिदी ?” शंकाले सोधेँ । “किन गर्ने ? उनीहरु थोडै बीसौँ शताब्दीका हुन् र ? उनीहरु पनि एक्काइसौँ शताब्दीका र आधुनिक समाज र शिक्षा पढेका व्यक्ति हुन् । उनीहरुले पनि जिन्दगीलाई तपाईं हामीले भन्दा पनि छर्लङ्ग बुझेका छन् । पुरानै जमानाको भए पनि मैले त जसरी बुझेँ जिन्दगीलाई र यसरी विद्रोह गरेँ । उनीहरुले के सहन्थे त यस्तो कुरा ? त्यसैले मेरो निर्णय प्रति कुनै आपत्ति र गुनासो छैन उनीहरुको ।” खुसी देखिइन् दिदी । उनको आँखाभरि ममता छचल्केको प्रष्टै देखिन्थ्यो । कोसौँ टाढा भएका छोराछोरीको याद मात्रले पनि आमा छताछुल्ल हुन्छिन् ममतामा । र, सन्तुष्टिको पोखरीमा चुर्लुम्म हुन्छिन् । यसको अनुभूति त मलाई पनि राम्रोसँग थाहा थियो । “अनि कि दिदी ! तपाईंले आफ्नो खुसीका लागि अर्काको परिवारको खुसी खोसेजस्तो लाग्दैन ?” डराउँदै मैले उनलाई सोधेँ । मेरो संकेत उनको हालको पतिको श्रीमती र घरपरिवार प्रति थियो । निकैबेर मेरो मुखमा हेरेर टोल्हाइरहहिन् दिदी । अनि बिस्तारै हातको चियाको कप खेलाउँदै भावुक भएर भनिन्, “सत्य कुरा भनौँ बहिनी ! उनको त कोही पनि छैनन् परिवारमा । न त आमाबाबु । न त दाजुभाइ । न त श्रीमती । न त छोराछोरी नै । आमाबाबु बितेपछि उनी एक्लै नै थिए उनको परिवारमा ।” “अनि बिहे गरेर किन घरजम नगरेका रैछन् त दिदी यत्रो उमेरसम्म पनि ?” मैले कौतुहल पस्केँ । “सानैमा कुनै दुर्घटनामा परेर उनले आफ्नो गोप्य अंग नै गुमाएका रहेछन्, त्यसैले उनले बिहे नै गरेका थिएनन् अहिलेसम्म ।” उदास मुद्रामा कारुणिक सत्य कथा बताइन्, उनले आफ्ना पतिको । घटना सुनेर मेरो पनि जिउमा काँडा उम्रिए । “आम्मै नि ! कस्तो नराम्रो घटना भएछ है दिदी विचराको जिन्दगीमा ! अनि यी सबै कुरा त तपार्इँलाई पहिला नै थाहा थिएन होला है दिदी ?” अत्तालिँदै सोधेँ मैले । “अँ ! थाहा थियो त पहिले नै ! मलाई उनको बारेमा सबैकुरा थाहा थियो,” सहजै भनिन् उनले । मलाई आश्चर्य लाग्यो दिदीको कुरा सुनेर । “दिदी एउटा कुरा सोधौँ हजुरलाई ?” अनुमति मागेँ मैले । “सोध्नु न बहिनी ! जे जे सोध्न मन छ निर्धक्क सोधे हुन्छ,” मुसुक्क मुस्कुराइन् उनी । “बिहे गर्नु भनेको लोग्ने स्वास्नी बन्नु हो । अनि लोग्ने स्वास्नी भनेको ‘त्यही’ काम गर्नु हो । दाइलाई छोडेर अर्को बिहे गरेर पनि यस्तो मान्छे जुन काम गर्ने कुनै माध्यम नै छैन भने कसरी खुसी हुनुहुन्छ त ?” मैले संकेतमा मात्रै बताएँ । दिदीले हातको खाली कप भुइँमा राखिन् । पुलुक्क मलाई हेरिन् र गम्भीर भएर भनिन्, “हो बहिनी । बिहे भनेकै लोग्नेस्वास्नी बीचको यौन वा सहवास हो । र, हरेक प्राणीको लागि सहवास आवश्यक तत्त्व नै हो । तर हामी दुवै जना अलिक फरक प्रकारले जीवन भोगेका प्राणी थियौँ । हामी दुवैलाई यौनको आवश्यकता नै थिएन । भोक थियो त केवल माया, प्रेम र स्नेहको । एक अर्काको साथको । आत्मीयताको । आफ्नोपनको । यौनको लागि यिनीसँग अंग थिएन भने मसँग तृष्णा थिएन । तीसौँ वर्ष राजेन्द्रले जसरी मलाई एउटा उनको सन्तुष्टि प्राप्त गर्ने भाँडोको रुपमा मात्र भोग गरे, त्यसबाट मलाई यौन शब्दमा नै वितृष्णा थियो । यिनले केही र कोही नभएर माया पाएका थिएनन् । सबै भएर पनि मायाको अभाव थियो ममा । त्यसैले हामीले सँगै बस्ने निर्णय गर्\u200dयौँ । हामीले सहवास होइन सहसाथ रोज्यौँ । “सहवास बिना पनि लोग्नेस्वास्नीको सम्बन्ध सम्भव होला त दिदी ?” अविश्वासिलो प्रश्न राखेँ मैले । “सहवास भनेको आनन्दको पराकाष्ठाको बोध गर्नु हो । तनावबाट मुक्ति पाउनु हो । तर जीवनमा आनन्दको पराकाष्ठामा पुग्न सहवास नै हुनुपर्छ भन्ने पनि छैन । ध्यानबाट र हृदयको आत्मिक प्रेमबाट पनि चरम आनन्दको बोध गर्न सकिन्छ । तनावमुक्त हुन सकिन्छ ।” एकाएक उनी त ज्ञानी ध्यानी दार्शनिक योगी जस्ती पो बनिन् ! उनका कुराले जीवनबोध भयो मलाई पनि । साँच्चिकै सलाम गर्\u200dयो मनले उनलाई । “यत्रोबेर तपाईंले मलाई मेरा धेरै कुरा सोध्नुभयो । बहिनी म तपाईंलाई एउटा कुरा सोधौँ है ?” उनले पनि अनुमति मागिन् । सहमतिमा टाउको हल्लाएँ मैले । “तपार्इंले त मैलेजस्तो जीवन भोग्नुपरेको छैन नि ? तपाईं त सुखी हुनुहुन्छ है वैवाहिक जीवनमा ?” एक्कासि मेरो हात समाएर सोधिन् दिदीले । “सबै तिमीजस्ता बहादुर कहाँ हुन्छन् र दिदी आफ्नो खुसीका लागि बाँच्न बिद्रोह गर्नसक्ने ! अझैसम्म पनि हामीलाई त लोग्ने रोज्ने आँखामा पाड्को र सुख सुँघ्ने नाकमा फेसो ठोकिएकै छ नि (पुष्कर समशेरले भनेजस्तो) । धेरै नारीहरुले केवल भाँडोकै रुपमा मात्रै आफूलाई खियाइरहेकै छन् नि मैलेजस्तै ।” आँखा भुइँमा गाडेर मनमनै मात्रै भनेँ यति कुरा । “अँ दिदी खुसी नै छु, एकदम असल हुनुहुन्छ उहाँ त !” कृत्रिम मुस्कान ल्याउँदै भनेँ । एक्कासि चरक्क चर्किेएको स्तनको घाउमा पुग्यो देब्रे हात जुन यता आउने अघिल्लो दिनमा मेरो पति परमेश्वरले रक्सीले मातेर झगडा गर्दा चुरोटले पोलिदिएको थियो । #खुसी #पोइला #मन्दिरा मधुश्री #वैवाहिक बलात्कार #सुखी अन्तिम मूल्य: हिजो उनले नै हो सामन्ती व्यवहारमाथि औंला उठाएको समानता र समावेशीताका नाराले सडक तताएको त्यही बुलन्द आवाजले हो निरंकुशताको कुर्सी ढालेको त्यही हूलभित्रको एउटा आवाज हो सूर्यबहादुर त्यही जनलहर भित्रको एउटा पाइला हो नवराज आज त्यही नाराको आशाको त्यान्द्रोमै अल्झिएर राज्यको गैर जिम्मेवारीसँग लड्दा लड्दै सडक मै नाम्लो कै साथमा मरिरहेछन् सूर्यबहादुर नारा मै सीमित सामानताको विश्वासमा परि प्रेममा परेकै भरमा गैर दलितको शिकार भइरहेछन् नवराज । र मृत्युपश्चात् पनि मृत आत्मामा एउटा प्रश्न उब्जिरहेछ समानता र न्यायका लागि हाम्रो बुलन्द आवाज र पाइलाको बलिदानी अन्तिम मूल्य के मृत्यु नै हो त ? #अन्तिम मूल्य उपन्यास एक, विरेचन तीन: यतिबेला अमेरिकामा निस्किएको उपन्यास ‘टेलिफोन’ले समीक्षकहरूको दिमाग खराब गराइरहेको छ । यो उपन्यास निस्कनेबित्तिकै धेरै समीक्षकले यसलाई उति साह्रो बुझ्न सकेनन् र त्यति धेरै मन पराएको पाइएन तर जसैजसै उपन्यासको मूल सोचका बारेमा खुल्दै जान थाल्यो, स्वयं समीक्षकहरूले पनि उपन्यास दोहोर्\u200dयाएर पढ्न थालेका छन् । हजूर, यो हल्ला हो- ‘टेलिफोन’को । पर्सिभल एभरेटको तीसौँ पुस्तकका रूपमा आएको यो उपन्यासको चर्चा हुनुको मूल कारण चाहिँ यसको अन्त्य अर्थात् ‘क्लाइमेक्स’ हो । पर्सिभलले आफ्नो पछिल्लो उपन्यासलाई तीन किसिमले अन्त्य गरेका छन् । हरेक पुस्तकमा एउटा अन्त्य छ । यसरी तीन ठाउँका बेग्लाबेग्लै पाठक भेला भएर टेलिफोन उपन्यासको कुरा गर्न थाले भने अवश्य पनि यसको विरेचन अर्थात् ‘क्लाइमेक्स’को चर्चा नगरी धरै पाउँदैनन् । यस्तो बेलामा जब दुई वा तीन पाठकहरूले बेग्ला बेग्लै अन्त्यको कुरा निकाल्न थाल्छन्, आफैँ दिग्भ्रमित हुन पुग्छन्- यहाँ के को कुरा भइरहेको छ, हँ ? तर जब कुराको चुरोमा पुगिन्छ, थाहा हुन्छ- यो त ‘टेलिफोन’कै कुरा हो र तीन बेग्लाबेग्लै अन्त्यका साथ उपन्यास बजारमा ल्याइएको छ भनेपछि साराका सारा चासो उपन्यासतर्फ मोडिन्छ । ठीक यही कुरा लागू भइरहेको छ अहिले र त्यसैको चर्चा भइरहेको छ । प्रकाशक ग्रेवल्फ प्रेसकी सम्पादक तथा लेखक पर्सिभल एभरेटको लामो समयदेखिकी सम्पादक फियोना म्याक्रे भन्छिन्, ‘जब उनले तीन बेग्लाबेग्लै अन्त्य बोकेर हामीकहाँ आए, सुरूमा त यस्तो पनि कहीँ हुन्छ भन्ने लाग्यो तर उनलाई बुझ्ने प्रयास गर्नेबित्तिकै यो गज्जबको सोच हो भन्नेमा म विश्वस्त भएँ ।’ तीन बेग्लाबेग्लै अन्त्य राखिएका यी तीन वटै संस्करणका आवरण हेर्दा खास फरक नदेखिए पनि घोरिएर हेर्\u200dयो भने फरक खुट्याउन सकिने सम्पादक फियोना बताउँछिन् । ‘पाठकको धैर्यको परीक्षा यसअघि कुनै लेखकले लिएजस्तो मलाई लाग्दैन,’ पुस्तक सम्पादक फियोना भन्छिन्, ‘उपन्यास पढ्दा पाठकलाई महसुस हुन्छ कि खासमा पठनको अगुवाई कसले गरिरहेको छ ? पाठकले कि उपन्यासकारले !’ उपन्यासले तिम्रो सत्य र मेरो सत्य अनि अरूको सत्यमध्ये कुन ठीक भन्ने बहस चलाउन खोजेको लेखक एभरेट बताउँछन् । उनी भन्छन्, ‘मलाई लेखक र पाठक दुवैको प्राधिकार (अथोरिटी)मा रूचि छ। एउटै उपन्यासलाई दुई फरक प्राणीले फरक दृष्टिले हेर्छन् । लेखकले लेखेको कुरालाई म भए पूरै पुनर्लेखन गरिदिन्थेँ भन्ने पाठक पनि छन् । म चाहिँ यो उपन्यासमा विषयवस्तुका कारणले तीन भिन्दाभिन्दै अन्त्यको निष्कर्षमा किन पुगेँ भने पाठकहरूको भावना पनि शमन होस् ।’ उपन्यासकार एभरेट भन्छन्, ‘कयौँ मानिसहरू ठीक त्यही कुरा देख्दैनन् जुन म देखिरहेको हुन्छु र उनीहरूले बुझिरहेको कुरा म ठ्याक्कै बुझ्न सकिरहेको हुन्नँ । आखिर किन यस्तो हुन्छ भन्ने कुरा पर्गेल्नु पनि यो उपन्यासको उद्देश्य हो ।’ सन् १९९८ देखि युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियामा सिर्जनात्मक लेखन तथा साहित्य सिद्धान्त पढाइरहेका एभरेट त्यसअघि ज्याज म्युजिकमा गितारवादनको काम समेत गर्थे । उनको गितार मर्मत गर्ने एउटा वर्कसप (पसल) पनि छ । उपन्यास नलेखेको र पढाउने कामबाट फुर्सदका बेला उनी गितार बजाउने र मर्मत गर्ने गर्छन् । यसअघिसम्म उनलाई कम चिनिएको, राम्रो उपन्यासलाई पनि अन्डररेट गरिएको तथा राम्रा लेखकहरूका गुरूको पगरी गुथाउनेहरू यतिबेला पछिल्लो कृतिबाट भने उनी सेलिब्रिटी नै बनेको स्वीकार गर्छन् । यसको प्रमाण हो, कोरोनाभाइरसको आतंकका बीच पनि उनको लोकप्रियता र पुस्तकको बिक्री । उनकी लेखिका पत्नी डेन्जी सेन्ना भन्छिन्, ‘अमेरिकामा उनको कामलाई प्रायः महत्त्व दिइएन तर फ्रान्सेलीले भने उनलाई साँच्चिकै उदारताका साथ रूचाएका छन् । यसअघिका उनका कृतिहरूलाई फ्रान्सेलीले रूचिका साथ पढेका छन् ।’ #टेलिफोन #द न्युयोर्क टाइम्स #पर्सिभल एभरेट #प्रयोगधर्मिता कस्तो दिन आयो आज ?: भाइ भाइ फुटाइदियो संसार यत्रतत्र बनाइदियो । मै हुँ भन्ने राजा, कस्तो दिन आयो आज ? तन मन धन महत्व थियो धन त अब भौतारिएर हिँड्यो । मै हुँ भन्ने राजा कस्तो दिन आयो आज ? प्रत्येक दिन समाचार भनेको छ त्यसले एक जालो नै फिँजाएको छ यसले । मै हुँ भन्ने राजा कस्तो दिन आयो आज ? संसार दोस्त पार्न हिँडेका सामातियो अनि चार भित्ता अहिले थुनाइदियो मै हु भन्ने राजा कस्तो दिन आयो आज ? #संसार म अपराधी: मिम बहादुर परियार मेरा हजारौं दाजुभाइ मारिए हजारौं हजार चेलीबेटीकाे अस्मिता लुटियाे बूढा आमा-बा अपहेलित भए दिनहुँ पीडा पिएर, अपमान सहेर, गालीगलाेज पचाएर मेरा मान्छे दिउँसै अन्धकारमा बस्न विवश भए म अपराधी निर्लज्ज हेरिरहेँ । मेरा दाजुभाइकाे हिँड्ने बाटाे छेकियाे पिउने पानी राेकियाे खाने राेटी लुटियाे, बस्ने बाँस खाेसियाे लास जलाउने चिहान सारियाे म अपराधी टाेलाएर हेरिरहेँ । सामाजिक स्वतन्त्रता हनन भयो म बाेलिनँ, अचलायमान छु आत्मसम्मान के हाे त्यो नसाेध समानता के हाे, साेध्ने काम बन्द गर माया प्रेम के हाे त्यो पनि नसाेध यी प्रश्नका उत्तर खाेज्दा मेरा मान्छे मारिए कुटिए, दमन गरियो, दबाइयाे र जलाइयाे म अपराधी देखेर पनि बसिरहेँ । कतिकाे अवस्था अज्ञात छ कतिकाे मृत्यु सूची तयार हुँदैछ कतिमाथि जालझेल बुनिँदैछन् कति चिहान जाँदैछन् कति अस्पतालका शय्यामा छन् कति झूटा मुद्दामा जेलमा सडेका छन् म अपराधी थाहा पाएर पनि सुतिरहेँ । नवराज बिक मैले जेहाद छेडिनँ फतवा जारी गरिनँ आफ्नै ठानेर, पीर मान्लान् भनेर तर मलाई उनीहरूले कहिल्यै आफ्नाे ठानेनन् बरु कमजोर ठानेछन् निरीह सम्झेछन् म अपराधी आफ्नै सम्झेर हात बढाइरहेँ । म अबुझले कहिल्यै बुझिनँ सत्तामा पुगेका मेरा आफ्नाले पनि सम्झिएनन् समाजिक भाइचारा भाँडिएला भनेर बुझ पचाइ बसेँ समस्या पर्ला भनेर पीर पिएँ तर बाेलिनँ तर उनीहरूले गनीगनी, छानीछानी मेरा मान्छे मार्दै छन् मजस्ता लाखौँलाख अपराधी मूकदर्शक बनेका छाैँ । मजस्ताकाे के काम ! रमिता हर्ने धेरै छन् श्रद्धाञ्जली अर्पण गर्ने थुप्रै छन् बरु जा सरकारसँग मृत्युु माग कठपुतलीकाे अस्तित्व हुँदैन म जस्ता अपराधी झुन्डकाे जीवित सासकाे केही काम छैन । सरकार ! मेरो नागरिकता जलाइदे मेरो कागजपत्र च्यातिदे त्यसको के काम? मलाई जिउँदै मृत्युदर्ता दे । #दलित #मिम बहादुर परियार #विभेद #हत्या आफैँ बोल्छ: सोच सुन्य भाव शून्य शून्यतामै बिलाएको मान्छे पुन स्वचालित भएर फर्कनुमा गौरब छैन जे छ जस्तो छ कसैले नखोजी दिनु सम्झनाको बादलमा उडेर पुन नजगाउनु झूठो आडम्बरी ओडेर यो दुनियाँमा जाग्नु छैन धेरै जागिसकें आफन्तको खोजीमा दिनरात बिताएँ आफन्तको माझमा नाम्लोमा जोगो थाप्दै कर्तव्यको भारी २,४,६ गर्दै संख्या जोड्दै गएँ आफन्तको संजाल भावनाका महलहरू सकाम सोचले तान्दै लग्यो हराभरा वृक्षहरू हो बाँचेको थिएँ सपनाको नगरीमा हेर्दै रमाएको थिएँ तेरो मेरोमा जोड़ घटाउमा जीवन नाप्दै बसेँ सपनाको परिवेशले लख्ट्दै लग्यो कठपुतली जीवन चक्रहरू समयको अन्तरालमा पुराना अनुहार बिलाउँदै गयो एक पछि अर्को नयाँ थपिदै गयो आखिरी बिलाउनु र पलाउनु नै त रहेछ जीवनका परिवेशहरू क्षितिजको घाम जस्तै #आफैँ बोल्छ #रजनी श्रेष्ठ युद्ध: म बादल बनेर उड्दै आकाश सुम्सुम्याइरहन्छु समयसँग थुनिएर उडिरहेछु एक धरातलबाट अर्को धरातल अनियन्त्रित द्वन्दबीच चलिरहन्छ युद्ध एक आपसमा कुरुक्षत्र बनेर कहिले आफैसँग कहिले मसँग प्रेम वार्तालापमा बगिरहन्छु आकाश माथि माथि अनि धरातलसम्म सलल् नदी बनेर दुबै किनार अंगाली बगिरहन्छु कहिले खहरे बन्दै उर्लिरहन्छु दुबै किनार बगाएर स्वत्तर बगर बगरबीच बादल बादलबीच ठोक्किरहन्छु आकाश आकाशबीच चम्किरहन्छु म र मबीच दुन्दुभि चलिरहन्छ विरोधाभासको सम्बन्धबीच दिन र रातबीच सत्य र असत्यबीच घात प्रतिघातबीच म र मप्रति कटाक्ष युद्ध रातभर छट्पटिरहन्छु निर्दो लाई सम्हाल्ने प्रतिबद्धतामा सूदर्शन चक्र हेरिरहन्छु आफैँबीच मनको कुरुक्षेत्रमा चलिरहन्छ युद्ध कौरब पाण्डव भनेर मात्र साक्षि स्वरुप कहिले म मर्छु कहिले मैले मार्छु स्वत्तर ढालेर कुरुक्षेत्र तर, कयौं युग बिते हरेक युगमा न म मरे न मैले मारे हरेक पल छाया स्वरुप कृष्णको चक्र चलिरहन्छ नपत्याए सोध घाम र जुनलाई सोध बर्बरिकलाई साक्षी बनेर हेरिरहेछ अजर अमर बनेर । #युद्ध #रबिन्द्र फ्यानफिकको कालो पाटो: सन् २०१२ ताकाको कुरा हो । एडिसन केन जापानी सिन्तो धर्म अध्ययन गरिरहँदा अचानक ब्याटम्यान शृंखलाअन्तर्गत अश्लील साहित्य लेख्न थालिन् । खासमा त्यहाँ फुर्सदिला दिनमा जापानमा रहेका महँगा अंग्रेजी किताब पढ्नु भन्दा इन्टरनेटमा सित्तैमा पाइने फ्यान फिक्सन उनले पढ्न थालिन् । यसपछि उनलाई लाग्यो, यत्तिको फ्यानफिक्सन त उनी पनि लेख्न सक्छिन् । आधुनिक पप कल्चरले दिएका कयौँ कमिक चरित्रमाथि मनपर्दी ढंगले नयाँ नयाँ प्लट थप्दै कथा, उपन्यासहरू गढ्न पाइने हुनाले पाठकहरूमा यसप्रति निकै रूचि छ । यसबीच एडिसन केनले क्रिस्टोफर नोलनको डार्क नाइट फिल्ममा आधारित फ्यान फिक्सन लेख्न थालिन् र इन्टरनेटमा हाल्न थालिन् । उनको लेखनीका कारण बिस्तारै प्रशंसक आकर्षित हुन थाले । उपउप विधामा उनी एक किसिमले स्टार नै भइन् । यसको केही वर्षपछि अमेरिका फर्किएर उनले रेस्टुराँमा काम गर्दै रहँदा आफ्नो लेखनीलाई व्यवसायिक मोड दिन चाहिन् तर कुनै पनि प्रकाशकले उनको प्रतिभालाई ठाउँ दिएनन् । फ्यानफिक्सन नै लेख्ने अर्का एक लेखकले उनलाई ब्लसिङ बुक्स नामक एउटा सानो प्रकाशन संस्था जान सुझाए । सन् २०१६ मा उनको ‘बर्न टु बि बोउन्ड’ नामक फ्यान फिक निस्कियो । रोचक के भइदियो भने अमेजनमा यसले राम्रै रिभ्यु मात्र पाएन, उपन्यासले ३ लाख ७० हजार आम्दानी पनि गर्यो । यसपछिका दुई वर्ष उनले यही उपन्यासको अन्य शृंखला लेख्न थालिन् । ‘मलाई नाम कमाउनुसँग मतलब छैन,’ उनले एउटा रेडियो कार्यक्रममा भनेकी छन्, ‘त्यो वर्गका पाठकलाई खुसी बनाउनु छ र मलाई घर खर्च धान्नु छ । र, त्यो काम राम्रैसँग भइरहेको छ ।’ काम ठिकठाक भइरहेका बेला केनले उनकै कथासँग मिल्दोजुल्दो उपन्यासले तहल्का मच्चाइरहेको थाहा पाइन् । जोइ एलिस नामक लेखकले बजारमा ल्याएको मिथ अफ ओमेगाको शृंखला पहिलो पुस्तक क्रेभ टु कन्क्वेरमा त उनको उपन्याससँग सबै कुरा मिल्दोजुल्दो पाइन् । उसरी नै अल्फा मेनले ओमेगा हिरोइनलाई बन्धक बनाउँछ । अश्लीलता पनि उसरी नै घुसेको छ, घुसाइएको छ । यसपछि केनले प्रकाशकलाई यी नयाँ लेखिकामाथि कार्बाही गर्न पत्र काटिन् । नभन्दै प्रकाशकको पत्रपछि बर्न्स एन्ड नोबल, आइट्युन्स, एप्पलल र गुगल प्ले स्टोरबाट उपन्यास हट्यो । केनका फ्यानले त जोइ एलिसलाई तथानाम गालीसमेत गरे । अमेरिकामा सन् १९९८ मा बनेको डिजिटल मिलेनियम कपिराइट एक्टका कारण प्लट मिल्नेबित्तिकै कयौँ उपन्यासले आफ्नो अस्तित्व गुमाएका छन् र जोइको उपन्यासले पनि सोही अवस्था भोग्यो । फ्यान फिक उद्योगमा प्रायः यस्तो भइरहन्छ । रमाइलो त के छ भने फ्यानफिकको एउटा बेग्लै संसार छ । जहाँ ह्यारी पोटर होगर्ट स्कुल जाँदैन, ऊ त एउटा सामान्य स्कुल जान्छ र एउटा सामान्य विद्यार्थीजस्तो सामान्य समस्यासँग जुझ्छ। ह्यारी पोटरको अश्लील उपन्यास शृंखलामा उसले कसरी आफ्नौ यौन जिज्ञासासँग जुझ्दै अघि बढ्छ भन्ने कथा र उपन्यास पनि बजारमा देखापरेका छन् । त्यसैले पनि यसका प्रशंसकहरू यसलाई फ्यानफिक युनिभर्स भन्ने गर्छन् । यसको संसारै अलग छ । फ्यानफिकका लेखकलाई पारम्परिक लेखकहरूले परजीवी भन्छन् । उनीहरूले सिर्जना गरेर हिट बनाएका पात्र र उपन्यासलाई फ्यानफिक लेखकले चरम दोहन गरिरहेको आरोप लगाउँछन् । यस्ता कुरामा प्रतिलिपि अधिकार पनि लाग्दैन, जबसम्म मूल लेखकले आपत्ति जनाउँदैनन् । खासगरी फ्यानफिक सित्तैमा पढ्न पाइने हुनाले र त्यसबाट आर्थिक उपार्जन नहुने हुनाले पनि त्यस्ता लेखकमाथि कार्बाही नहुने गरेको केहीको धारणा छ । जब फ्यानफिकबाट कसैले नाम कमाउँछ, उसले नयाँ सिर्जना गर्ने अवसर पाउँछ । त्यसपछि उसको भाग्य बलियो छ भने इएल जेम्सको फिफ्टी सेड्स अफ ग्रे शृंखलाले जस्तै नाम र दाम मात्र कमाउँदैन, एकै झमटमा करोडपति हुने अवसर पनि पाउँछ । इएल जेम्स मात्र होइन, फ्यानफिकबाट जम्प मार्नेमा क्रिस्टिना लरेन र तारा सु मे पनि उत्तिकै चर्चित छन् । त्यही लोभमा लेखनमा रहर हुनेहरूले सित्तैमा लेखन अभ्यासका लागि फ्यानफिकमा काम गरिरहेका हुन्छन् तर जब फ्यानफिकको व्यवसायिक लेखन शुरू हुन्छ, त्यहाँ विवाद, मुद्दा र अनेकन् झन्झट पनि शुरू हुन्छ । फ्यानफिकको लोकप्रियता कति छ भन्ने कुरा इएल जेम्सहरूको उत्थान मात्र होइन, त्यो विधा अन्तर्गतको उपविधा, जसलाई ओमेगाभर्स (अर्थात्, ओमेगा युनिभर्स)मा मात्र विगत एक दशक यता लेखिएका कथाको संख्या ७० हजार भन्दा बढी भएबाट पुष्टि हुन्छ । (यो भेम्पायर, वेयरवुल्फ र खासगरी स्टेफनी मेयरको लोकप्रिय उपन्यास न्यु मून हिट भएपछि बनेको उपविधा हो ।) जोइ एलिस लन्डनबासी हुन् । उनले भर्खरै टिन एज पार गरिन् । उनको अमेजन बुक्स पेजमा २००६ देखि लेखन यात्रा शुरू गरेको देखिन्छ । न्युयोर्क टाइम्सले उनीसँग गरेको कुराकानीअनुसार, शुरूमा उनी ह्यारी पोटर शृंखलामा आधारित फ्यानफिक पढेपछि प्रभावित भइन् र उनले पनि फ्यानफिक लेख्न थालिन् । पछि बिबिसीले बनाएको सरलक्स होम्स शृंखला हेरेपछि भने उनले त्यसमा आधारित फ्यानफिक लेख्न थालिन् । यही उपन्यासले उनलाई ओमेगाभर्समा आकर्षित गरेको थियो । २०१७ मा उनले मिथ अफ ओमेगा शृंखला शुरू गरिन् । उनको पहिलो उपन्यास क्रेभ टु कन्क्वेयर निकालिन् । यो ठीकठीकै चलेपछि दोस्रो पुस्तक क्रेभ टु क्याप्चर प्रकाशित गरिन् । उनको यो उपन्यासलाई किताबका रूपमा लन्डनस्थित कम्पनी क्विल इन्क बुक्सले २०१८ मा बजारमा ल्यायो । यसको केही महिनापछि उनका एक पाठकले बर्न्स एन्ड नोबलमा उनको उपन्यास पढ्न नपाएको गुनासो गर्दै इमेल गरेपछि मात्र उनले थाहा पाइन्, उनकी प्रतिस्पर्धी लेखिकाले उनलाई कपिराइट क्लेम अन्तर्गत मुद्दा हालेकी रहिछन् र बर्न्स एन्ड नोबलले उपन्यास आफ्नो स्टोरबाट हटाएछ । यसपछि भने उनले पनि कथा जुध्नु फ्यानफिकको समस्या भएको र यसैलाई आधार मानेर किताब बेच्न प्रतिबन्ध नै लगाउनु उचित नभएको भन्दै अदालतमा आफ्नो धारणा राख्ने बताएकी छन् । कतिपय वेबसाइटसँग त उनले आफ्ना धारणा राखेपछि पुनः बेच्न थालिएको छ । तर उनीमाथि सिर्जना चोरीको आरोप लाग्नु आफूमाथिको ठूलो धब्बा ठानेकी छन् । त्यो धब्बा मेट्न आफू जुनसुकै तहमा पुग्नुपरे पनि जाने धारणा राखेकी छन् । उनले भनिन्, ‘मैले जे काम जानेकी छु, त्यही काममा कसैले औँला ठड्यायो जबकि फ्यानफिकको यो ठूलो समस्या नै होइन ।’ आफ्नो इज्जतमा धब्बा लगाएको र गलत आरोप लगाएको भन्दै एलिसले साढे १२ लाख डलरको हर्जाना दाबी गरेकी छन् । उनको दाबी छ, ‘ओमेगाभर्स कसैको बपौती होइन । यसमा प्लट मिल्छ, कथा मिल्छ तर त्यसैका आधारमा कसैको इज्जतमाथि धावा बोल्न पाइँदैन । भर्खरै उपविधाका रूपमा उदाएको यस्तो साहित्यविधामाथि यो हमला नै हो भन्ने मेरो राय छ ।’ यो मुद्दाको किनारा कसरी लाग्ने हो भन्नेबारे थुप्रैको चासो छ । ००० एलिस र केनबीच विषय चोरीको आरोपप्रत्यारोप पहिलो भने होइन । सन् २०१६ को मार्चमा केनले उनको फेसबुक पोस्टमा ड्रयागन्स मेइडेन उपनामबाट लेख्ने लेखिकाले आफ्नो उपन्यास बर्न टु बि ब्रेड को १५ वटा प्लट चोरी गरेको आरोप लगाएकी थिइन् । ड्रयागन्स मेइडेनले भने यसमा कुनै सत्यता नभएको भन्दै अस्वीकार गरेकी थिइन् । यस अस्वीकारको बाबजुद एलिसका फ्यानले ड्रयागन्स मेइडेनलाई खेदो खनेर हैरान नै बनाए । यसको दुई वर्षपछि मिथ अफ ओेमेगा पुस्तकलाई वेबसाइटबाट हटाउन प्रकाशकलाई आग्रह गरेका थिए । यसबाट लेखिका एलिस छक्क परेकी थिइन् । प्रकाशक पनि छक्क किन थिए भने ओमेगाभर्समा जसले जसरी पनि लेख्न सक्छ र कथाकहानी लगभग सबैजसो मिल्छ । तर केन भने एलिसलाई ओमेगाभर्समाथि लेख्न नै प्रतिबन्ध लगाउनु भन्दै चिठ्ठी लेखिरहेकी थिइन् । प्रकाशकले लेखक केनलाई त्यो तिम्रो बपौती होइन भन्दै जवाफ लेखी पठाएका थिए । यस मामिलामा एलिस ठीक कि केन ? यसका बारेमा आउँदो जुन महिनामा अदालतले निर्क्यौल गर्ने पक्का भएको छ । तर यो विधाको लोकप्रियता कति छ भने यो वर्ष २०२० मा मात्र दुई सय वटा उपन्यास यही विधामा छापिदैछ । #फ्यान फिक्सन #फ्यानफिक कथाः बोध: मनोज रेग्मी सधैँको एकनासको जीवनशैली सबैको हुन्छ तर सबै विरक्तिएर म जस्तो कहिले कता, कहिले कता भौतारिएर हिँड्दैनन्। मलाई भने के हुन्छ कुन्नी? विरक्त लाग्न थालेपछि डुल्नुपर्ने, बिना उद्देश्य भौतारिनु पर्ने। अरु नशा जस्तै यो घुमन्ते बानीको पनि नशा लाग्ने रहेछ। त्यो नशा मलाई पनि लाग्न थालिसकेको थियो— यायावरलाई जस्तै। घुमफिरको मेरो उद्देश्य भनेको नयाँ ठाउँ घुम्नु र त्यो ठाउँको बारेमा कथा खोज्नु पनि हुन्थ्यो। त्यसैले घुमफिर पछिको मलाई मनपर्ने काम भनेको कथा लेख्नु थियो। मलाई लेख्ने काम, काम नभएर साधना जस्तो लाग्छ। केही दिन लगातार अफिस गयो कि मलाई ज्वरो आउला जस्तो हुन्छ। प्रायजसो काम र घरबाट कतै फुत्किनु नै मेरो एकमात्र उद्देश्य हुन्थ्यो। हुन पनि घरबाट निस्क्यो कि म अर्कै महसुस गर्थेँ, हलुका, हाइड्रोजन भरेको बेलुन जस्तो। घरमा त्यस्तो रोकटोक त केही कुरामा थिएन तर पनि एकै ठाउँमा बसिरहने मेरो स्वभाव थिएन। मैले राम्रोसँग बुझेको थिएँ, मेरो मनमौजी स्वभावदेखि आमा र मेरी श्रीमती सुभद्रा दुवै आजित छन्। आमा प्रायः अब त छोरो जिम्मेवार भैदिए हुन्थ्यो भन्ने भावमा मेरो अनुहार हेर्नुहुन्थ्यो। सुभद्रा पनि सकभर म उनीसँगै बसिदिए हुन्थ्यो, बेला मौकामा दुःखसुखका गफ गरिदिए हुन्थ्यो झैँ गर्थिन्। तर, दुवैले मेरो घमण्डी र झोँक्की स्वभावका कारण केही भनिहाल्न भने सकिरहेका थिएनन्। बुबालाई भने खासै चासो थिएन। टेबलमा चिया र हातमा रिमोट परेपछि बुबाको संसार त्यही टिभीमै हुन्थ्यो- बाहिर जेसुकै होस्, मतलब नै हुँदैन्थ्यो। पहिले-पहिलेझैँ त्यो दिन पनि कसैलाई केही नभनी घरबाट निस्किएँ। रुक्स्याक मेरो सधैँ तयार नै हुन्थ्यो। केही वर्षअघि ट्रेकिङ जाँदा बाटोमा एउटा विदेशीले ट्रेकिङ स्टिक उपहार दिएको थियो, त्यो पनि मेरो सधैँको सारथि भएको थियो। वैशाखको महिना थियो। मध्याह्न भएकाले टन्टलापुर घाम थाप्लोमाथि नै आइपुगेको थियो। हातको लौरी, मेरो बामपुड्के छायाँ र वनमा एकोहोरो कराउने झ्याउँकिरी मेरा सारथि थिए। बसबाट झरेर लगभग डेढ घण्टाको ठाडो उकालो उक्लिएपछि एउटा चौतारी आयो। पसिनाले जिउ निथ्रुक्क भिजेको थियो। सोचेँ, यही चौतारीमा एक छिन बिसाउनु पर्यो, पानी पनि पिउनु पर्यो। चौतारीमा थकाई मार्न के उक्लेको थिएँ, कतैबाट आवाज आयो, “थाक्नु भयो है, बाबू? घाम पनि चर्किचन्! बस्नुस्, यहाँ शिऽऽतल छ। कति भागदौड गर्नुहुन्छ? जति भागदौड गरे पनि तपाईंको गन्तव्य कहीँ जाँदैन क्यारे! एकछिन बसेर गए पनि पुग्नुहुन्च, बस्नुस्।” “ए, मैले त हजुरलाई नदेखेको,” मैले छक्क हुँदै भनेँ । “म त सधैँ यहीँ हुन्छु, मान्छेहरु मलाई यादै अर्दैनन् र पो! मलाई याद नगर्ने तपाईं पहिलो व्यक्ति पनि त होइन। ढुक्क हुनुस्,” उनले भनिन्। “हजुरको घर यही गाउँमा हो?” “अँ बाबु, यो बाटो देख्नुभा’छ नि, यस्कै सिरानमा छ मेरो घर।” “ए, अनि यो गाउँमा होमस्टेको व्यवस्था छ कि छैन नि, आमा?” मैले बास बस्ने व्यवस्थाको बारेमा सोधेँ। मसँग झोलामा भाडामा ल्याएको टेन्ट त छँदै थियो तर पनि बास पाए खानाको पनि व्यवस्था हुन्थ्यो, त्यही भएर होमस्टेको बारेमा सोधेको थिएँ। तर उनले मेरो कुरा सुनेको नसुन्यै गरिन्। मसँग बोल्दै गर्दा बुढी बारम्बार बाटोतिर नजर पुर्याउँथिन्। हत्केलाको छानो बनाएर परपरसम्म आँखा तन्काउँथिन् अनि मतिर फर्किन्थिन्। “आमा कस्को बाटो हेर्दै हुनुहुन्छ, कुन्नी?” धेरैबेर बाटो हेरेको देखेपछि मैले सोधेँ। “कस्को हुनु नि, मेरा खसमको!” “कहाँ जानु भ’को छ र बुबा?” “उनी इन्यामा जागिर अर्चन। छिट्टै आउँचु भन्थे, खै कैले आँउने र’चन! बाटो हेर्दै बसिचु। कुनै दिन त आउलान् नि भनेर!” उनले कुरा खुलाइन्। “ए, अनि सधैँ यहीँ आएर बाटो हेर्दै बस्नुहुन्छ?” “अँ बाबु, जसरी नि वर्षको एकपटक आउँचु भन्याथे। यो वैशाखमा त आउलान् नि भन्ने आश लिएर बसेकी छु।” “एऽऽ, अनि घरमा को को हुनुहुन्छ त?” “अहिले त म मात्रै छु, बाबु!” “अनि हजुरका छोराछोरीहरु नि?” एकछिन गम्भीर भएर उनले भनिन्, “एउटा लायकको छोरो थ्यो। मास्टरी अर्थ्यो। जनयुद्धताका बेपत्ता भएको, न लाश भेटियो, न सास ! मैले त अब आशै मारिसकेँ, बाबु। अब त मलाई केवल बुधेका बाको आश छ।” “अनि?” “अनि त म सधैँ एक्लै। सधैँ यसरी नै बाटो कुरिरहन्चु, बुधेका बाको!” “अनि खाना खानुभयो त?” “अँ खाएँ, बाबु! बुढ्यौली लागेर होला खासै रुच्दैन। चराले चारो टिपे जति खाएँ।” “यो चौतारी निकै उपयोगी रहेछ हगि? बटुवालाई सुस्ताउनलाई !” मैले विषय परिवर्तन गरेँ। उनले टाउको उचालेर पीपलको हाँगातिर हेर्दै भनिन्, “अँ, निक्कै उपयोगी छन् यो रुख अनि यसका हाँगाहरु!” “अनि किन त बाले हजुरलाई एक्लै छोडेर जानु भएको?” “हाम्रो एक्लो छोरो बुधे लापत्ता भएदेखि उनी पनि एकोहोरो भाका थे। धुँइपात्ताल लगाएर खोज्दा पनि बुधेको नामोनिशान भेटिएन। त्यसको केही महिनापछि एकदिन बुधेका बा एक्कासि झोला बोकेर निस्किए। मैले उनलाई रोक्ने लाख कोसिस अरेकी थेँ, माने पो! यो पालि जान्चु र हिसाबकिताब मिलाएर फेरि नजाने गरी आउँचु, नआत्ती घर हेरेर बस भनेर हिँडेका थे। मलाई विश्वास छ उनी जसै आउँचन्। तर कहिले आउँचन्, त्यो चैँ थाहा भएन।” “कस्तो नराम्रो घट्ना घटेको रहेछ हजुरको परिवारमा। सुनेर साह्रै दु:ख लाग्यो,” मैले सहानुभूति व्यक्त गरेँ। “एक्लो छोरो भएकाले पनि दु:खसुख पढाएका थ्यौँ। सुरुमा हामीले पढायौँ, पछि हामीलाई नै पढाउन थालेको थ्यो। पहिलोपटक खाली पानामा आफ्नो नाम लेख्न सक्ने भएकोमा मेरो आँखाबाट आँशु नै आएको थ्यो। मेरो आँखाको आँशु देखेर ऊ पनि रोएको थ्यो। बुधेका बा चाडबाड पारेर वर्षमा एकपटक आउँते। हामी सबै खुशी नै थियौँ। तर, खै कस्को आँखा लाग्यो कुन्नी..” आमै अड्किइन्। “अनि बुबा जानुभ’को कति भयो त, आमा?” “खै कति भयो, भयो, थाहै छैन। ए साँच्ची, बरु हजुरले बाटातिर कोइ बूडोमान्छे भेट्नु भएन?” एक्कासि भावुक मुद्रा फेरेर चम्किलो अनुहारमा बदलिँदै सोधिन्। “अहँ आमा, मैले बाटोमा त्यस्तो कोही पनि भेटिनँ!” मेरो उत्तरले उनी नाजवाफ भइन्। “तपाईंलाई थाहा छ उनी कति ठूल्-ठूला कुरा गर्चन्? एकपटक उनी छुट्टीमा इन्याबाट आएका थे। मैले घरभित्र पस्नुअघि ढोग्न खोज्दै थेँ, उनले मलाई रोक्दै भनेका थे- लाटी, यो के अरेकी? यस्तो अर्न पर्दैन। तिम्रो स्थान पाउमा होइन, मुटुमा छ। त्यसपछि अँगालोमा बेर्दै थपेका थिए- तिमीले जसरी मलाई श्रद्धा देखाउँचौ, त्यसको लागि म निकै आभारी छु। तर म भगवान होइन। म त ढुंगा हुँ, बगरको बेबारिसे ढुंगा। तिमी बरु मन्दिर हौ, जसको साथ पाएर म मूर्ति भएँ। तिमीबिना त म केही पनि हुन सक्दिनँ। वास्तवमा भगवान् र मन्दिर दुवै तिमी हौ, कमसेकम मेरा लागि। त्यसैले तिम्रो स्थान यहाँ हो, पाउमा होइन। अनि सम्बन्ध भनेको सधैँ बराबरको हुनुपर्च। जुन सम्बन्धमा बराबरीको भावना हुन्च, त्यो सम्बन्ध दिगो र सुमधुर हुन्च। अब तपाईं नै भन्नुहोस्, यति माया गर्ने मान्छे नआउलान् त?” “हुजरको कुरा सुन्दा त बुवा पक्कै आउनुहुन्छ जस्तो लाग्च।” मेरो प्रतिक्रियाले उनको अनुहारमा खुशीको आभा भरिएर आयो। शरीरको पसिना ओभाए जस्तो लागेपछि म त्यहाँबाट हिँड्ने निधो गरेँ। साँझसम्म गतिलो ठाउँ पाए बास बस्ने, नत्र अँध्यारो नपर्दै राम्रो ठाउँ खोजेर टेन्ट गाड्नुपर्ने थियो। “आमा, अब म लाग्छु पनि। हजुर त एकछिन बस्नुहुन्छ होला नि है? म त रात पर्नुअघि कतै बास बस्न मिल्ने ठाउँ खोजेर टेन्ट गाड्नु छ। फर्किदा फेरि भेट होला, अहिलेलाई लागेँ है! आफ्नो ख्याल राख्नु!” यति भनेर आफ्नो रुकस्याक भिरेँ र आमैलाई नमस्ते गर्दै त्यहाँबाट हिडेँ। आमै अझै बूढा आउने बाटोतिर हेर्दै थिइन्। हिँड्दाहिँड्दै आधा घण्टाको उकालो उक्लिएपछि एउटा गाउँ आयो। गाउँ पुग्दा तीन बजेको थियो। सोचेँ, अब तीन-चार घण्टा हिँडे भने त बाटो छोटिन्छ, भोलिलाई सजिलो हुन्छ। बरु अब आउने गाउँ कति टाढा छ, त्यो बुझ्नु पर्यो। एकजना हातमा लामो बेतको लौरी लिएर भेडाको बथान खेद्दै मनेर आइपुगे। “दाइ, यो कुन गाउँ हो?” मैले सोधिहालेँ। “यो बिर्लेट गाउँ हो, भाइ! हजुर कहाँसम्म?” उनले उत्तरसँगै प्रश्न पनि सोधे। “ए, म त यसै विरक्तिएर कथा खोज्न गाउँ डुल्दै हिँडेको!” “कथा त रच्ने होइन र? यसरी गाउँ-गाउँ डुलेर नि कथा भेटिन्छ त?” उनले अर्को प्रश्न गरे। “कहिलेकाहीँ मान्छेको कथा रच्ने शक्ति नै रित्तिन्छ। जब उसको क्षमता रित्तिन्छ, ऊ कथा बाहिर दुनियाँमा छ कि भनेर खोज्न निस्कन्छ। अनि कतै भेटेका तिनै टुक्राटाक्री गाँसेर शब्दको सहारामा माला उनेझैं कथा उन्छ। जस्तै, अघि भर्खर मैले बाटोमा एउटी बूढी आमै भेटेँ। उहाँसँग पनि निकै मार्मिक कथा थियो। मैले उहाँबाट कथाको लागि आवश्यक खुराक लिइसकेँ। अब ती टुक्राटाक्रीलाई जोड्न मात्र बाँकी छ,” मैले बताइदिएँ। “को बूढी आमै? कहाँ भेट्नु भो?” उनलाई मेरो कथा लेख्ने प्रक्रिया भन्दा पनि मैले कसको कथा लिएँ भन्ने कुरामा बढी चासो भएको मैले लख काटेँ। “त्यही तल चौतारीमा हुनुहुन्थ्यो, बाजे आउने बाटो कुर्दै हुनुहुन्थ्यो,” मैले भनेँ। “हजुरले नाकमा बुलाँकी र टाउकोमा मझेत्रो बाँधेकी आमैको कुरा त गर्नु भएको होइन नि?” उनले अलि काँपेको स्वरमा भने। “हो त, तिनै आमैको कुरा त गरेको मैले। के तपाईं चिन्नुहुन्छ?” “किन नचिन्नु! सात गाउँले चिन्छ तिनलाई तर तपाईंले उहाँलाई कसरी देख्न सक्नुहुन्छ?” उनले निधार खुम्च्याउँदै सोधे। “किन र? म त्यही बाटो त आएको, चौतारीमा सुस्ताउन उक्लेको के थिएँ, उहाँसँग भेट भयो र केही कुराकानी पनि!” “तर…!” उनि अड्किए। “तर के? के भन्न खोज्दै हुनुहुन्थ्यो, भन्नुस् न?” मैले कर गरेँ। “तपाईं पढेलेखेको देखिनुहुन्छ। मलाई थाहा छ, तपाईं मेरो कुरामा विश्वास गर्नुहुने छैन। त्यसैले म दुवै जनाको समय बर्बाद गर्न चाहन्नँ। मेरा भेँडा लाखापाखा लागे, म पनि लागेँ।” उनले सिधै कुरा टुंग्याइदिए र भेडाको बगाल ततेर्नतिर लागे। मेरो मनमा उत्सुकताको बिउ छरेर उनी मदेखि पन्छिन् चाहे तर मैले उनलाई पछ्याएँ। “के भन्न खोज्नु भएको थियो, कृपया खुलस्त भनिदिनु भए आभारी हुने थिएँ,” मैले भेडाको बगाल एकै ठाउँमा जम्मा पार्न सहयोग गरेझैँ गरेर भनेँ। “भूतप्रेत, आत्मामा विश्वास राख्नुहुन्छ?” उनले सोधे। म अल्मलिएँ। म अल्मलिएको भेउ पाएपछि उनी गलल्ल हाँसे। उनको अट्टहासले पाखै थर्कियो। “कता जान लाग्नुभएको थियो यसरी नअल्झिनुस्, मलाई पनि यिनीहरुलाई चराउन लान ढिला भैसक्यो।” उनी मदेखि पिछा छुटाउनतिर लागे। “मलाई विश्वास त लाग्दैन, तर यसमा किन यो प्रश्न सोध्नुभएको मैले भेउ पाउन सकिनँ?” “हत्तेरी, तपाईं त साह्रै ज्याद्रो हुनुहुँदोरहेछ । जुन कुरामा विश्वास नै गर्नुहुन्न, त्यो कुरामा यति साह्रो दिलचस्पी किन?” मलाई औडाहा भैसकेको थियो। म एउटा ढिस्कोमा थचक्क बसेँ। उनी भेडाहरु एकै ठाउँमा जम्मा पार्नतिर लागे। म उनीतिर याचना मिसिएको अनुहारले टुलुटुलु हेरिरहेँ। केहीबेरमा भेडाहरु चरनमा मस्तसँग चर्न थालेपछि उनी म भएतिर आए। नजिकै आएर उनले भने, “तपाईंजस्तो हठी मान्छे मैले आजसम्म देखेको छैन ल !” अनि थपे, “अब मसँग मैले सुनेको कुरा भन्नेबाहेक अरु केही उपाय बाँकी रहेन। कुरा त म सबिस्तार भन्छु नै तर मेरो एउटा शर्त छ।’” “कस्तो शर्त?” मैले सोधिहालेँ। “त्यो के भने, तपाईं मेरो कुरा सुन्नु मात्र हुनेछ, बीचमा रोक्न पाउनु हुनेछैन। अनि केही प्रश्न पनि सोध्न पाउनु हुने छैन। मन्जुर छ?” मसँग अरु कुनै उपाय थिएन, त्यसैले यन्त्रवत् मुस्कानसहित मुन्टो हल्लाएर आफ्नो सहमति जनाएँ। उनी सुरु भए- ती आमै, जसलाई हजुरले बाटोमा भेट्नुभयो, यही गाउँकी हुन्। उनको परिवारमा उनी, उनका श्रीमान् र एउटा छोरा गरी जम्मा तीन जना थिए। सबै भन्थे, बूढा भारतको बम्बैमा चौकीदारी गर्छन्। उनी हरेक साल घर आउँथे। छोरो पनि लायकको थियो। गाउँकै स्कुलमा पढाउँथ्यो। सबै राम्रै चलिरहेको थियो। कुरा लगभग सातआठ वर्ष अघिको हो। जनयुद्धताका एकदिन कक्षामा पढाइरहेको बेला सुराकी गर्यो भनेर माओवादीले गायब नै गरिदिएछन्। त्यसको केही वर्षसम्म पनि बूढा, बूढी एक्लै छे भनेर हरेक साल आउँथे। प्रत्येक पल्ट बूढी अब केका लागि दुःख गर्ने, नगए हुँदैन भनेर बूढालाई रोक्ने भरमग्दुर प्रयास गरिरहन्थिन्। त्यो साल बूढा यो अन्तिम पटक हो, हिसाबकिताब मिलाएर कहिल्यै नजाने गरी आउँछु भनेर हिँडेको थिए। त्यसपछि बूढी जहिल्यै त्यही चौतारीमा बूढाको बाटो हेरेर बसिरहन्थिन्। उनी एकदिन गाउँभरि बुधेका बाले इन्डियामा अर्कै घरजम गरेर बसे भन्ने हल्ला फिँजियो। त्यसको केही दिनमै बूढीले त्यही पीपलको बोटको हाँगामा झुडिएर देह त्याग गरिन्। त्यसपछि जो नयाँ मान्छे यो गाउँमा आउँछ, उनको आत्मा बूढाको बारेमा सोधिबस्छ। हजुरले देखेको पनि उनैको आत्मा थियो, जो आजसम्म पनि त्यहीँ कुरिरहेछ।” यति भनिसकेर मलाई प्रश्नैप्रश्नको सागरमा डुबाएर उनी भेडा चरिरहेको ठाउँमा गए। हेर्दाहेर्दै भेडाहरुको बगाल लिएर उनी सरासर घरतिर लागे। यता म भने, बूढीले घरीघरी बाटो हेरेको, पीपलको रुखको तारिफ नगरेर हाँगाको तारिफ गरेको र उनको मुहारमा रहलपहल बाँकी रहेको आशाका त्यान्द्राहरु झलझली सम्झिरहेँ। उनले भनेका हरेक वाक्यहरुलाई कथासँग जोडेर बुझ्न खोजेँ। सबैभन्दा घत परेको कुरा के थियो भने, उनले भनेकी थिइन्, “बाबु, हामी जीवनमा आफूलाई यति व्यस्त राख्न खोज्छौँ नि, हामी आफ्नो वरपरका अत्यन्तै प्रिय मान्छेहरुको साथ र चाहनालाई नजरअन्दाज गर्दै भाका सारिरहेका हुन्छौँ। भित्तेपात्रोमा कहिल्यै नआउने दिनलाई पनि हामी चिनो लगाएर राखेको हुन्छौँ। भित्तेपात्रोमा ३३ गते कहिल्यै नआएझैँ, हामीले चिनो लगाएर राखेको त्यो दिन पनि हाम्रो जीवनमा कहिल्यै आउँदैन। तर पनि हामी कुरिरहेका हुन्छौँ, एउटा चमत्कारको झिनो आश लिएर। म पनि बुधेका बा आउलान् र उनीसँगै चारधाम दर्शन अर्न जाउँला भनी कुरिबस्याछु। उनले वाचा गरेका थिए। भित्तेपात्रोमा यो दिन जाने भनेर चिनो लगाएका थिए।” यी सब सम्झिरहँदा मलाई एक्कासि मेरो परिवारको याद आयो। खल्तीबाट मोबाइल झिकेर आमालाई फोन लगाएँ। आमाले मेरो फोन भन्ने चिन्नेबित्तिकै भन्नुभयो, “म तँलाई नै सम्झिरहेकी थिएँ। तेरो आयु लामो छ। आजै सपनामा पनि देखेकी थिएँ। सन्चै छ नि तँलाई? घर कहिले आउँछस्?” “सन्चै छु। म छिट्टै आउँछु,” मैले यति मात्र भनेँ र फोन राखिदिएँ। गला नै अवरुद्ध भएको थियो। लगत्तै श्रीमतीलाई पनि फोन गरेँ। उनले फोन उठाएर मेरो आवाजको प्रतीक्षा गरिरहिन्। “के छ, सुबु?” मैले बोलेँ। “म ठीक छु, हजुर सन्चै हुनुहुन्छ? घर कहिले आउनुहुन्छ? हजुर नहुँदा निकै अत्यास लाग्छ। छिट्टै घर आउनु न है?” “म छिट्टै आउँछु।” यति भनेर फेरि फोन काटिदिएँ। यी घट्नाहरुले मलाई आफ्नो परिवार प्रतिको जिम्मेवारीबोध गराइदिएको थियो। आजसम्म म यी सब कुराहरुबाट भागिरहेको थिएँ। भाग्न खोजिरहेको थिएँ। अन्ततः म घर फर्कने निर्णयमा पुगेँ। जुन बाटो आएको थिएँ, त्यही बाटो भएर फर्किएँ। तर यस पटक ती बूढीआमैलाई त्यो चौतारीको वरपर कतै देखिनँ। #जनयुद्ध #बेपत्ता #मनोज रेग्मी जिन्दगीको बिसौनी: भञ्ज्याङको चौतारीमा आ–आफ्ना भारी बिसाउँदै गर्दा भएको हाम्रो पहिलो भेट एक खिल्ली चुरोट आधा आधा खाएको एक अम्खोरा पानी आधा आधा पिएको अनि एक अर्काको गह्रौं भारी उठाउन सघाएको विपरीत दिशाबाट आएका हामी संयोगले भेट भएका थियौँ । पसिना ओभाएपछि बढेको धम्की रोकिएपछि चुरोटको ठूटो सकिएपछि थिएन कुनै बहाना हामीसँग धेरैबेर त्यहाँ रोकिनुको । छुट्टिनु त थियो नै आखिर तिमी लाग्यौ उँधोतिरको घोप्टे ओरालो म लागेँ उँभोतिरको फुस्रे उकालो उत्तरी ध्रूवको चिसो सिरेटो उक्लदै गर्दा किन किन तिम्रो दक्षिणी ध्रूवको न्यानो खोज्दै थिएँ दक्षिणी सूर्यको उष्ण तापमा तिमीले पनि उत्तरी वायुको शितलता खोज्दै थियौ कि कुन्नि ? अचेल पनि त्यही चौतारीमा पुग्दा चुरोट सल्काएर तिमीलाई नै पर्खी बस्न मन लाग्छ आधा खिल्ली तानेर आधा तिम्रैलागि छोडिराख्न मन लाग्छ आम्खोराको पानी आधा पिएर आधा तिम्रैलागि साँचिराख्न मन लाग्छ भारी हलुङ्गै हुँदा पनि खै किन हो तिम्रै हातले घचेडी माग्ने आस लाग्छ । सम्झिरहेको हुन्छु तिमीले पिएपछिको त्यो पानीको मिठास तिमीले तानेपछिको त्यो चुरोटको सुवास निकोटिनमा तिम्रा ओठको माधुर्यता मिसिएपछि कि बनेको हुनुपर्छ अफिमको जस्तो नशालु धूवाँ र त उक्लेथेँ ढेड घन्टे उकालो एकचोटि नबिसाइ निर्मल पानीमा तिम्रो सासको घटघट आवाज घोलिएपछि कि बनेको हुनुपर्छ कुनै मीठो सर्बत या बनेको हुनुपर्छ पञ्चामृत र त पुगेथेँ घरको पिँढीसम्म अर्कोचोटि पानी नखाई । आहा ! त्यो स्फुर्ती फलाम बिसाएर फूल बोकि हिँडे जस्तो ! वायुको बुइ चढेर आकासगङ्गा उक्ले जस्तो ! गाली गर्छु बारम्बार यो ढाक्रेको मुर्खतालाई हतारमा न नाम सोधेछु न गाम सोधेछु ! न पुग्ने ठाम सोधेछु ! क्षणभरको त्यो बसाई एक धर्को बोलाई एक निमेष हेराई मानौ जनम जनमको चिनारी जस्तो ! कतै सुने सुनेको आवाज जस्तो ! कतै चिने चिनेको आभास जस्तो ! कतै छोए छोएको निस्वास जस्तो ! कहिलेकाहीँ गाली गर्न मन लाग्छ यो संयोगलाई भेट नगराओस् समयले कसैसँग जिन्दगीको बिसौनीमा निमेषमै मन साटिने गरी आवेगमै मुटु काटिने गरी बेहोसीमै मान्छे लाटिने गरी अन्ततः बाँकी जीवन नै उदेक लाग्ने गरी #जिन्दगीको बिसौनी #राधिका कल्पित भोकै मर्न नपाइने देशमा: राज्यले बनाएको देशमा भोकै मर्न नपाइने नयाँ कानुन थाहा नपाएर किस्मत बहादुर भोकै मर्यो । मर्न त उसलाई पनि मनै थिएन गाउँका भोका परिवारका लागि जोहो गर्न शहर पसेको ऊ भोको छु नभनिकनै भोकै मर्यो । लक डाउनमा थिए शहरका कामहरु लक डाउनमा थिए शहरका मान्छेहरु लक डाउनमा थिए दोकानहरु तर लक डाउनमा थिएन भोक त्यही भोकले मर्यो किस्मत बहादुर । रेडियोमा उद्घोषण भइरहेको थियो टेलिभिजनमा उद्घोषण भइरहेको थियो राजनेताहरुको भाषणमा उद्घोषण भएरहेको थियो देशमा भोकै मर्न पाइँदैन तर किस्मत बहादुरलाई थाहै भएन र मर्यो भोकै । भोकै मर्न नपाइने देशमा भोकै मरेको किस्मत बहादुरको सनाखत हुन बाँकी छ मुचुल्का उठाउन बाँकी छ यो लक डाउनमा कसरी गर्नु सरजमिन कानुन विलखबन्दमा छ । हिँड्दा हिँड्दै बाँच्नेआशाको दीयो निभेको पत्तै भएन किस्मत बहादुरलाई हातमा नाम्लो साबुत थियो पेटमा कति दिनको भोक यथावत् थियो आँखामा झुण्डिएको सपना पनि ज्यूँ का त्यूँ थियो । राज्यले बनाएको देशमा भोकै मर्न नपाइने नयाँ कानुन थाहा नपाएर किस्मत बहादुर भोकै मर्यो । #गोविन्द गिरी प्रेरणा #बन्दाबन्दी #भोक #मृत्यु #लकडाउन आफ्नै बोली बोलौं: डिलाराम अधिकारी नेपाली हौं वीर जाति विश्वको विभूति भनेका थिए अघि विश्वले विश्वास पात्र जाति देशभक्ति देवभक्ति थियो कत्रो शान दिन प्रतिदिन हीन हुँदै छ आजकाल हाम्रो मान यसै निम्ति भन्छु भाइ आफ्नै बोली बोल सांस्कृति र भाषा बोली व्यर्थैमा नपोल चार वेदका मालिक हामी केमा कम्ति छौं र ? हाम्रै वेदको सार आज विश्वभरि हेर यत्रतत्र सबै कुरा वेदबाट बन्ने संसारमा हुने कुरा बसी–बसी जान्ने राजनीति धर्म नीति मुक्ति हात लाग्ने औषधिको भक्ति थियो मरी फेरि जाग्ने यस्तो वेदको मालिक आफैं भई अन्य बोली बोल्नु किन ! विचार गरी लिउँ भित्री आँखा खोली देखासिकी मात्र गर्ने बानीलाई छोडौं वेदरुपि जमिन फोडी विश्वको सेखी तोडौं छक्क परी हेरिबस्ने बेला हैन भाइ वेदको रसले सिचौँ अब मातृभूमिलाई हामी उठे देश उठ्छ होला सुख भोलि सबै भाइ मिलिजुली बोलौं आफ्नै बोली । #डिलाराम अधिकारी #बर्मा मेरो कथायात्रा: चारपाते क्लबदेखि नै कविता कथा लेख्ने सुनाउने अभ्यासले बिस्तारै लेखनप्रतिको लगाव बढाउँदै गयो र २०२४–२०२५ साल चावहिलमा आफू पढेको मित्र सहशिक्षालय हाइस्कुलको वार्षिक प्रकाशनमा लगातार दुईवटा कविता छापिए । छापिएको त्यो पहिलो कविताले मभित्र छापामा आफ्नो नाउँ पढ्ने मोहलाई झनै हुर्काउँदै गयो । त्यो मोह मेरो आफ्नै घरको वातावरणले पनि हुर्काउँदै गयो । पिताजी स्वयम् आख्यान साहित्यमा चर्चित नाम । घरमा धेरै प्रकारका पुस्तक–पत्रपत्रिकाहरू आउने । माधव घिमिरे, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, दानियल खालिङ, भैरव अर्याल, श्यामप्रसाद आदि ठूला ठूला साहित्यकारलाई घरैमा देखेर अभिभूत हुन पाइने । यसरी जानी नजानी कतिखेर लेखक बनिसकेछु, पत्तै भएन । मेरो लेखन यात्रा कवितालाई छाडेर गद्यमा आख्यान र बालसाहित्यको दिशामा बिस्तारै अघि बढ्यो । बालसाहित्यको दोश्रो रचनाका रूपमा बालक मासिकमा “हातिम” शीर्षक कथा थियो । त्यसपछि मधुपर्कको २०२७ असोज अङ्कमा अमेरिकी कथाकार एच.एन मुन्रोको “दुईशत्रु” शीर्षक अनुवाद कथा तेस्रो प्रकाशित रचना बन्न पुग्यो । यसरी छापिएको काथाबाट पैंतीस रूपियाँ पारिश्रमिक समेत पाउँदा लेखनप्रति आकर्षित झनै बढ्नु स्वाभाविक थियो सायद । त्यतिबेला पाएको त्यो पारिश्रमिक मेरालागि ठूलै पारितोषिक थियो, ठूलै आकर्षण ! लेखेर–अनुवाद गरेर पैसासमेत पाइने, त्यो पनि मुलुक कै ठूलो सरकारी पत्रिकाबाट ! मेरो सिकारु लेखकका लागि त्यो रोमाञ्चक अनुभव थियो । त्यसपछि त कहिले कथा, कहिले बाल साहित्य, कहिले निबन्ध र कहिले अखबारी लेख–रचना लेख्ने–छााप्ने, छापिने क्रम निरन्तर चलिरह्यो चलिरहेकै छ । हो, सुरुमा आफ्नो छापिएको नाउँ हेर्दा हुने खुसी र रोमाञ्च भने अहिले हुँदैन र त्यतिबेलाको त्यो रोमाञ्चकता र खुसी सम्झँदा पनि अहिले अनौठो लाग्छ । यसरी अङ्ग्रेजी कथाको अनुवादबाट सुरु भएको मेरो कथायात्रामा लेखनका दृष्टिले पहिलो मैलिक कथा थियो “आँसुमा रुझेको जीवन !” । हाम्रै सक्रियतामा खोलिएको ग्राम निर्माण बन्धुमण्डलले विक्रम सम्बत् २०२८ को अन्त्य वा त्यसको पछिल्लो वर्षको सुरुतिर साहित्य प्रतियोगिताको आयोजना गरेको थियो । त्यो प्रतियोगिता चाबहिल यताको क्षेत्रीय प्रतियोगिता थियो । यो क्लब २०४३–४४ साल सम्मै सक्रिय थियो । क्लबबाट बर्सेनि नाटक खेलाइन्थ्यो । नाटक हेर्न भनी मानिसहरू टाढाटाढादेखि आउने गर्थे । बाबाको सक्रियता र लेखन–निर्देशनमा हुने नाटक प्रदर्शनी निकै चर्चित थियो । विभिन्न नृत्य गायनका कार्यक्रम हुन्थे । पछि नाटक प्रदर्शनीको त्यो चरण बिस्तारै सेलायो र केही समयपछि बन्द नै हुन पुग्यो । २०३९–२०४०, दुई वर्ष क्लबले राष्ट्रिय स्तरकै कविता सम्मेलन गरेको थियो । त्यतिबेला निकै चर्चित यो वार्षिक आरुबारी कविता गोष्ठीमा वाचित कविताहरूका दुईवटा सङ्ग्रहको सम्पादन मैले नै गरेको थिएँ । त्यही क्लबद्वारा आयोजना गरेको कथा प्रतियोगितामा सुनाएर प्रथम पुरष्कृत हुन पुगेको “आँसुमा रुझेको जीवन” शीर्षक कथा मेरो पहिलो कथा थियो, जुन २०३० साल असोज महिनाको वार्षिक साहित्यिक मुखपत्र जमरामा छापियो । त्यो पत्रिका नेपाल नेसनल कलेज (जुन पछि शङ्करदेव क्याम्पसको नाउँमा रूपान्तरण भयो) को मुखपत्र थियो । लेखनक्रममा यो कथा पहिलो भएर पनि छापिनेमा भने तेस्रो बन्यो । यसअगाडि लेखिएका दुईवटा कथा “कुहिरोमा रुमल्लिएको जिन्दगी” र “विद्रोह पग्लिंदै जान्छ” क्रमशः २०३० वैशाख १९ र असोज १३ गतेका शनिवासरीय परिशिटाङ्कमा प्रकाशित भएका थिए । मधुपर्कमा छापिएको पहिलो मौलिक कथा चाहिं “सालिक भित्रको खोक्रो मान्छे” हो, जुन २०३१ साल फागुन अङ्कमा प्रकाशित छ । समालोचना र साहित्यका इतिहासहरुमध्ये केहीमा मेरो प्रथम प्रकाशित कथाका रूपमा आँसुमा रुझेको जीवनको उल्लेख भएछ, यो मेरै कमजोरीले गर्दा भएको हुनसक्छ । प्रकाशनको दृष्टिले मेरो पहिलो कथा “कुहिरोमा रुमल्लिएको जिन्दगी” पनि मेरा अधिकांश कथाजस्तै यथार्थको भावभूमिमा आधारित छ । यसको अनाम पात्र एउटा सडकबालक थियो जुन आज अनेकौं संख्यामा समाजसँग आफ्नो अस्तित्वको माग गरिरहेका छन् । नागरिक भएर पनि नागरिकता गुमाउन बाध्य छन् र आफ्नो बाँच्ने अधिकारको खोजीमा भौंतारिइरहेका छन् । आज यिनैका नाउँमा अन्तर्राष्ट्रिय स्तरमा सहयोगको खोलो बग्छ भनिन्छ । भनिन्छ, अनेकौं गैरसरकारी संस्थाहरू डलरको खेती गरिरहेका छन् । हुन पनि यस्ता संस्थाका सञ्चालकहरूको पजेरो र विलासी जीवशैली अनि पानीपधेँरो झैं विदेश यात्रा देख्दा भने ती आरोपहरू निराधार छन् जस्तो लाग्दैन । उता सडक बालक र खातेहरूको जीवनमा भने खासै परिवर्तन आएको छैन । यो कथा लेखिँदा परोपकारजस्तो वास्तवमै समाजसेवी संस्थाबाहेक अरु गैरसरकारी संस्था आइसकेका थिएनन् । वि.सं. २०२८–२०२९ तिर कीर्तिपुरमा आधाभूत शिक्षण तालिम लिँदाको समय चलेको एउटा शैक्षिक आन्दोलनको सम्बन्धमा अगाडि नै उल्लेख भइसकेको छ । त्यो बेला कीर्तिपुरबाट फर्कंदा कलेजको कक्षा सुरु नहुन्जेल पुस्तकालय, चमेना घर र रत्नपार्कको बगैंचातिरै बित्थ्यो । रत्नपार्कको त्यही सेरोफेरोमा प्रायः याचनाको हात फैलाइरहेको देखिने एउटा बालकको कलिलो अनुहार मेरा आँखामा ठोक्किइरहन्थ्यो । बिस्तारै ऊसँग केही कुराहरू हुन थाले, कहिले एकदुई रूपियाँ उसको हातमा राखिदिन्थेँ । कहिले रत्नपार्कको चौरमा उसलाई पनि सँगै राखेर भुटेको बदाम खान्थें, ख्वाउँथें । मेरो सहानुभूतिपूर्ण व्यवहारले हुनसक्छ ऊ बिस्तारै खुल्दै गएको थियो । त्यसरी मैले उसको बारेमा टुक्राटुक्रामा धेरथोर जानकारी पाएँ । उसका बाबुआमा बितिसकेका थिए । गाउँमा काका–काकीको उपेक्षा र अपमान सहन नसकेर गाउँबाट भागेको थियो । काठमाडौं पसेर निकै दिन सडकमा बिताएपछि सबैले काका भन्ने गरेका एकजना मान्छेले उसलाई फेला पारेछ । त्यो काका भन्ने मानिस पनि पहिले ऊजस्तै सडकलाई नै आश्रय मानेर दुईचार पैसा माग्दै जीवन बिताउँथ्यो रे । अहिले ऊ यस्तै केटाहरूलाई जम्मा गरेर माग्न लगाउँदो रहेछ । त्यही उनीहरूले मागेर जम्मा गरेका पैसा लिएर ऊ उनीहरूको खाने–बस्ने र लाउने लुगाफाटोको व्यवस्था गरिदिंदो रहेछ । त्यो केटोको कुरा कतिसम्म सत्य थियो मँ भन्न सक्दिन, तर उसले त्यतिबेला सुनाएका कुरा तिनै थिए । त्यही बालकको बिम्ब मेरो पहिलो कथाको आधारभूमि बन्यो र यसैबाट कोरियो मेरो पाँच दशकीय कथालेखनको गोरेटो । भौगोलिक हिसाबले भैरव दाइ (स्वर्गीय भैरवप्रसाद अर्याल) र हामी नजिकै बस्थ्यौं । उहाँको घर जोरपाटी बजारमा थियोे, मेरो जोरपाटीकै अलि माथि आरुबारीमा । कहिलेकाहीं हाम्रो घरमा पनि आउनु हने हुँदा भैरव दाइले मलाई पनि चिन्नुहुन्थ्यो । उहाँले मेरो “दुई शत्रु” नामको एउटा अनुवाद कथा मधुपर्कमा छापिदिनु भएको थियो । त्यसैले त्यो पहिलो कथा लगेर भैरवदाइलाई गोरखापत्रमै भटेर “हुने भए छापिदिन” अनुरोध गरेको थिएँ । मेरो मन भन्दै थियो –के छापिएला र मँजस्तो सिकारु लेखकको यो पहिलो कथा, त्यो पनि गोरखापत्रजस्तो मुलुककै ठूलो अखबारमा ! “छाडेर जाऊ, म हेरौंला । हुनेभए छापौंला” भैरव दाइको जवाफ सुनेर म गह्रुङ्गो मन लिएर फर्केको थिएँ । “हुनेभए छापौंला” भन्ने उहाँकोे भनाइ सुनेपछि मेरो आशा झनै क्षीण हुन पुगेको थियो । जे होस्, त्यो कथा दिएर आएपछि मैले व्यग्रपूर्वक प्रतीक्षा गरेँ । हरेक शनिवारको गोरखापत्र किनेर ल्याउँथे । अनि त्यसमा आफ्नो नाउँ र कथा नदेख्दा निराश हुन्थेँ । आखिर त्यो प्रतीक्षा २०३० साउन ६ गतेको झरीले भिजेको दिन सकियो । त्यही दिनको गोरखापत्रमा आफ्नो नाम र त्यही पहिलो कथा छापिएको रहेछ । त्यो देखेपछि मैले आफूलाई अर्कै संसारमा पुगेको अनुभव गरेँ । अहिले त्यसरी छापिँदा कुनै रोमाञ्च, कुनै हर्ष अनुभव नगर्ने मेरो मन त्यतिबेला कति खुसी भएको थियो, सम्झँदा पनि आश्चर्य लाग्छ । त्यो कथा छापिनुमा सिकारु लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको उदार र भावनाको के कति भूमिका छ र मेरो कथाको स्तरीयताको के कति भूमिका, म यकिनका साथ भन्न सक्दिनँ । तर पनि अहिले हेर्दा विषयबस्तु राम्रो भएर पनि सिकारु लेखकको त्यो पहिलो कथा छापिनुमा कथाको प्रभावभन्दा पनि नयाँ पुस्ताका लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको दृष्टिकोण कै बढी भूमिका रहेको थियो होला जस्तो लाग्छ । भैरव दाइबाट पछिसम्म नै प्रेरणा पाइरहेँ । बाबा कहिलेकाहीँ साहित्यको क्षेत्रमा आवश्यक वातावरण र यो उत्पादक क्षेत्र बन्न नसकेको देखेर निराशामा भन्नुहुन्थ्यो – म साहित्यमा लागेर दुःख पाएँँ, यो पनि त्यतै लाग्दै छ । त्यो सुनेपछि भैरव दाइको प्रतिक्रिया हुन्थ्यो– यस्तो कुरा नसुन्नु है, लेख्न छाड्न हुन्न, लेख्दै जाऊ ! उहाँको त्यो भनाइले मलाई सधैं अघि बढ्न प्रेरित गरिरह्यो । पछि विसं २०३७ जेठको सुरुदेखि त गोरखापत्रमा उपसम्पादकको रूपमा प्रवेश गरेपछि नारायण बहादुर सिंहको सहयोगी भएर काम गर्ने अवसर पाएँ । प्रेरणाको कुरा गर्दा सकारात्मक प्रोत्साहन मात्र नभएर हतोत्साह बनाउने प्रतिक्रियाबाट पनि आफूलाई सुधार्ने प्रेरणा पाएको छु मैले । २०३० सालमा मैले एउटा जासुसी उपन्यास लेखें र पछिल्लो वर्ष त्यसलाई रत्नपुस्तक भण्डारले प्रकाशित गर्यो । त्यसपछि अर्को एउटा सामाजिक उपन्यास लेखेको थिएँ । त्यो उपन्यास लेखेपछि बाबाको सल्लाहअनुसार नै मैले केही सुझावका साथै मन्तव्यको आशा गरेर विद्वान् कुमारबहादुर जोशीलाई विनम्र अनुरोधसहित दिएँ । पहिले राम्रै आश्वासन पाए पनि लामो समयसम्म कुनै जवाफ पाइनँ, अन्तमा उहाँले “भाषा अशुद्ध भयो लैजानोस् । भाषै नजानी के लेख्नुहुन्छ !” भनेर फिर्ता गर्नुभयो । एक ठाउँमा मेरो असावधानीले हो वा अज्ञानका कारणले “निर्निमेष” शब्द “निर्मिमेष” कि “निर्मिशेष” के हो, हुन पुगेको रहेछ । अरू पनि अशुद्धिहरू थिए होलान् । अहिले त कम्प्युटरमै लेखेर पठाउँदा स्क्रिनमा शुद्ध पढेका शब्द प्रिन्ट गर्दा अशुद्ध भएको थाहा पाउँछु र लज्जित हुनुपर्छ भने त्यतिबेला त सिकारु नै थिएँ । जे होस्, त्यो प्रतिक्रिया मेरो सिकारु लेखकमाथि निकै ठूलो प्रहार थियो र त्यसले मभित्र हुर्कँदै गरेको सिकारु लेखकको भ्रूणहत्या पनि गर्न सक्थ्यो । त्यतिबेला हतोत्साही बनाउने खालको त्यो अभिव्यक्तिको चोट झेल्न मलाई निकै कठिन परेको थियो । उहाँको भाषिक चेतना स्वाभाविक थियो होला, उपयुक्त ढङ्गमा प्राप्त सुझाव मेरा लागि लाभप्रद नै हुनपुग्थ्यो । मैले सुझावको अपेक्षा पनि राखेकै हुँ । जुन तरिकाले प्रतिक्रिया पाएँ, त्यो भने मजस्ता साहित्यमा भर्खरै लाग्ने प्रयासमा रहेको एउटा सिकारु लेखकलाई प्रेरित गर्ने र सही बाटो देखाउने खालको मैले अनुभव गर्न सकिनँ । त्यतिबेला त झन् पहिलो औपन्यासिक प्रयासमा नै पाएको त्यो कठोर प्रतिक्रियाबाट मलाई ठूलै चोट पुगेको थियो । त्यसबाट मलाई एउटा फाइदा भने भयो, त्यो पाण्डुलिपिलाई फेरि दोहोर्याएर सकेसम्म भाषिक रूपमा शुद्ध बनाउने मैले अवसर पाएँ । तत्कालीन उपकुलपति कविवर माधवप्रसाद घिमिरे, साहित्य विभागका सदस्य मोहन कोइराला आदि अग्रजहरूको स्नेहपूर्ण सद्भाव र सदासयताका कारण त्यो उपन्यास २०३६ सालमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भयो । त्यस बेलादेखि मैले उपन्यामा हात खाल्न सकेको छैन । जनमत सङ्ग्रहको पृष्ठभूमिमा लगभग तीन खण्ड जति काम सकिसकेको एउटा उपन्यास पनि त्यसै थन्किइरहेको छ, अपूर्ण रूपमा । फुर्सद निकालेर त्यसलाई पूरा गर्नेछु भन्ने प्रतिबद्धताका साथै अर्को एउटा उपन्यासको खाका भने कोरेको छु । फुटकर सबै कथासम्बन्धी कथागर्भको उल्लेख सम्भव नहोला । तसर्थ मेरा प्रकाशित सङ्ग्रहमा रहेका केही कथाहरूका बारेमा मात्र संक्षिप्त चर्चा गर्दछु । मेरो पहिलो कथासङ्ग्रह (संयुक्त) त्रिविध भित्रका छवटा मध्येको “अखबारका पन्नामा टाँसिएको अनुहारहरू” शीर्षक कथाको घटना, पृष्ठभूमि, र पात्रहरू सुदूर पश्चिमको डोटीसँग गाँसिएको छ । त्यति बेला म राष्ट्रिय विकास सेवाअन्तर्गत डोटीको देहीमाणौंमा थिएँ । मेरो डेराको छेवैमा एउटा चिया पसल थियो । त्यहाँ चिया मात्र नभएर रक्सीको पनि व्यापार हुन्थ्यो । त्यो पसल गाउँकै बुज्रुक मानिने एकजना बाहुनकी ल्याइते श्रीमती र झड्केली छोरीले चलाउँथे । तल्लो जातकी मतवाली परिवारबाट आएकी ती महिलाको अगिल्लो लोग्नेबाट जन्मेकी झडकेली छोरी जवान थिइन् । तिनै आमा छोरीको भरमा त्यो पसल चलिरहेको थियो । पसलमा अझ रक्सीसँगै त्यो तरुनी छोरीको मादक जवानी पिउने लोभमा ग्राहकहरू बढी झुम्मिने गर्थे । आफूलाई लोग्ने र बाबु भनाउने त्यो धूर्त मान्छे उनीहरूकै कमाइमा मोजमस्ती गर्ने गर्थ्यो । आफ्नो उमेरको उत्तरार्धमा पाइला टेकेकी ती विचरी ल्याइते भनिने श्रीमती उसलाई त्यागेर हिंड्न पनि सक्दिनथिन् । म आफ्नै डेराबाट पनि त्यो पसलको चहलपहल देख्न सक्थेँ । नजिकै अर्को चिया पसल नभएकोले कहिलेकाहीँ मेरा लागि पनि चिया खाने ठाउँ त्यही पसल हुनेगर्थ्यो । त्यही क्रममा म उसको निर्दोष व्यवहार र उसमाथि स्वयं उसको बाबु भनिने व्यक्तिबाट भएको शोषण देखेर उसको बारेमा जान्न केही उत्सुक थिएँ । राजधानीबाट आएको सहरिया सभ्य कहलाइएको मप्रति ऊ आकर्षित हुनु त स्वाभाविक नै थियो । त्यो भट्टीमा प्रायः मद्यपान गर्न आउने ग्राहकहरूको अश्लील हेराइ, हाउभाउ र ठट्टा मात्र होइन मौका परेमा शरीर स्पर्शको आनन्द लिन आतुर चेष्टा घरिघरिको दोरिहरन्थ्यो । त्यस्ता कुत्सित शरीरस्पर्शबाट ऊ तर्सिएकी देखिन्थी । यसमाथि त्यस्तो अवसरमा मेरो उपस्थिति रहँदा ऊ झनै असजिलो अनुभव गर्थी । मैले बिस्तारै उनीहरूको बारेमा धेरै कुरा थाहा पाउँदै गएको थिएँ – आमाले कत्ति कर गर्दा समेत व्यापार सुक्ने डरले गर्दा त्यो कथित बाबु भनिने व्यक्ति छोरीको बिहेको कुरै सुन्न चाहँदैन । विवाह गर्ने उमेर पुगेकी त्यो केटीमा उमेरजन्य सुखी दाम्पत्यको चाहना स्वाभाविक हो । त्यसैले सहरको केटोसँग बिहे गरेर वा पोइल गएर जीवन बिताउने चाहनाले गर्दा ऊ म मात्र होइन, काठमाडौं वा अन्य सहरबाट आउने जोकोहीसँग पनि आकर्षित हुनु स्वभाविक थियो । त्यसैले मौका पारेर त्यो केटी अलि खुलेर कुरा गर्ने गर्थी । त्यस्तैमा एकदिन उसले मसँग आफूलाई पनि सँगै सहर लैजाने आग्रह गरेकी थिई । सहरसम्म लगरे छाडिदिए पनि ठूलो उपकार हुने उसको आर्त पुकार र आग्रहले मलाई अति नै कठिनाइमा समेत पारिदिएको थियो । त्यति मात्रै हुन सके पनि आफू त्यो नर्कबाट मुक्ति पाउन सक्ने उसको विश्वासलाई दरिलो आड दिन ममा साहस थिएन । मलाई धर्मको लोभ समेत देखाएकी थिई उसले त्यतिबेला । बदलामा म उसलाई सम्झाउँथें –जोसुकैसँग त्यरी हिंड्नु हुदैन, उस्तै मान्छेले विदेशमा लगेर बेचिदिन पनि बेर लाउँदैन । मेरो त्यो भनाइलाई उसले मेरो आफू पन्छने बहानाभन्दा बढी ठानेकी थिइन । त्यसको एक महिना जति पनि भएको थिएन, मैले सुनें त्यो केटी बिदामा गाउँ आएको भारततिर काम गर्ने कुनै एउटा जवान केटोसँग साथ लागेर भागी रे ! म काठमाडौं आएँ । बिस्तारै डोटी र डोटीका कुराहरू मेरो मनबाट छुट्दै गए । त्यो केटीको सम्झना पनि त्यसरी नै हरायो । त्यत्तिकैमा लगभग एक–डेढ वर्षपछि हुनुपर्छ, मेरो आँखामा एउटा समाचार पर्यो । समाचार प्रेमजालमा फँसेकी एउटी केटीलाई यसको कथित प्रेमीले भारत लगेर बेचेको विषयमा थियो । त्यो समाचारको शीर्षक पढ्नासाथ मेरो मनको चित्रफलकमा त्यही निर्दोष डोटेली केटीको अनुहार झल्झली आइरह्यो –कतै त्यो केटी पनि यसरी नै…. ! त्यसैको भावभूमिमा लेखियो “अखबारका पन्नामा टाँसिएको अनुहारहरू” ! यही सङ्ग्रहको “देवकन्या” कथाको पृष्ष्ठभूमि र घटना पनि धेरै हदसम्म माथिको यही कथासँग मिल्दोजुल्दो छ । हिजो कतिपय ठाउँमा धनी मानिसको कथित देवभक्तिको भाकल पूरा गर्ने साधन बन्नुपर्ने बाध्यतास्वरूप केटीहरूको किनबेच हुनथ्यो । यसरी केटाकेटीमै देवकन्या बनेर कृतदासीका रूपमा मन्दिर भित्रिनुपर्ने यो परम्परा डोटीजस्ता ठाउँमा त झनै बाक्लो थियो । अहिले त्यो प्रचलन हटे पनि म छउन्जेलसम्म पनि पूर्वदेवदासी वा देवकन्याको अवशेष भने बाँकी नै थियो । यस्तै अवशेषको रूपमा देवकन्या भएपछि वैवाहिक अधिकारबाट समेत स्वतः वञ्चित भएकी एउटी नारीको कथा हो यो, जो युवावस्थाको यौनजन्य चाहना र कथित ठूलाबडाको प्रलोभनजालमा परेर कुमारी आमाको नियति भोग्न बाध्य बनेकी थिई । अँध्यारोमा र लुकिछिपी देवदासीको यौवनको न्यानो अँगालोमा लुटपुटिन चाहने समाजका सफेदपोस अनुहारहरूले नै उज्यालोमा तिनैलाई समाजको कलङ्क भन्दै तिरस्कार गर्थे । त्यही यथार्थबाट पीडित र समाजबाट तिरस्किृत एउटी जीवन्त पात्र नै यो कथाको पात्र हो । यस्तै एउटा अर्को कथाको सम्झना हुन्छ, म अनवरत पिटर खोजिरहन्छु ! यो कथा अनेपाली परिवेश र पृष्ठभूमिको भए पनि आजको हाम्रो कथित सहरी सभ्य समाजमा क्रमशः देखा पर्न थालेको यथार्थ हो । यो वात्सल्य प्रेमको भोकमा छट्पटाइरहेका अबोध शिशुहरूको साझा कथा हो । अबोध बालकले अनुभव गर्ने यही अभावले उसभित्र उज्जण्डता र विद्रोही स्वभावको जन्म गराइदिएर असामाजिक गतिविधिको कारक समेत बन्ने गरेको छ । बेलाइतमा एउटा परिवारकहाँ पाहुना लागेर बस्दा देखेको यो यथार्थ हाम्रो समाजमा पनि दोहोरिने आशंका देखिंदै छ । म पाहुना लागेको घरमा दुई तीन वर्षअघि मात्रै बिहे भएका लोग्नेस्वास्नी मात्र थिए । राम्रो बचत गरेर मात्रै सन्तान जन्माउने उनीहरूको योजना, आफ्ना छोराछोरी थिएनन् । लोग्ने धारा बाथरुमको मर्मत गर्ने प्लम्बर, स्वास्नी तीन चारजान पेइङ्गेष्टको खानपिन व्यवस्थाका अतिरिक्त बिदाको दिनमा बेबी सिटिङ गर्ने । उनीकहाँ हरेक बिदाका दुई दिन तीनजना साना केटाकेटी तिनका आमाबाबुले ल्याएर छाड्थे र बेलुका आएर लैजान्थे । अर्काका छोराछोरीको रहेरचाह गर्ने जिम्मा बोकेकी सुजी फ्रेयर भने न केटाकेटी स्याहार्न जान्दथिन्, न उनमा मातृसुलभ स्वभाव नै देखिन्थ्यो । उनी केटाकेटीलाई खेलौना भरिएको कोठामा राखेर आफू यता उता अरु काममा व्यस्त रहन्थिन्, ती केटाकेटीलाई ध्यान दिने उनीसँग फुर्सदै हुँदैनथ्यो । बिदाको दिन घुम्न ननिस्किएको बेला म ती केटाकेटीसँग घुलमिल गर्ने गर्थें । मेरो व्यवहारले उनीहरू पनि बिस्तारै मसँग केहीबेर खेल्ने गर्न थालेका थिए, केही खुलेर कुरा गर्न थालेका थिए । त्यही क्रममा मैले थाहा पाएको थिएँ –ती केटाकेटी वास्तवमा आमा बाबुको सान्निध्य र वात्सल्यप्रेमको भोका रहेछन् । दुवैजना जागिरे बाबाुआमाका ती तीन–चार वर्षका अबोध शिशुहरू हप्ताको पाँच दिन केटाकेटीको हेरचाह गर्ने व्यवसायिक संस्था दिवा शिशु केन्द्र (डे केयर सेण्टर )को जिम्ममा छाडिंदा रहेछन् । सम्भवतः केटाकेटीहरू हप्ताको दुई दिन नै भए पनि आमाबाबुसँग बस्न पाउनुपर्छ भनेर होला बिदाको दुई दिन भने दिवा शिशु केन्द्रमा राख्न पाइँदैनथ्यो । तर ती दुई दिन फेरि अर्कैको जिम्मा लगाइँदो रहेछ । अगिपछि त अफिस नै भयो, बिदाका दिनसमेत ती बाबुआमालाई घुमफिर तथा राति अबेरसम्मको पार्टी जीवनबाटै फुर्सद हुँदोरहेन छ । यसरी बाबुआमाको माया र सान्निध्यको भोकमा छटपटाइरहेका ती अबोध शिशुहरूमा नकारात्मक प्रवृत्ति र ढीठ विद्रोही स्वभावको विकास हुँदै गएको रहेछ भन्ने मेरो अनुमान थियो । उनीहरूलाई देखेदेखि लागूपदार्थका दुर्व्यसनी, हुल्याहा गुण्डगर्दी गर्ने युवा अनुहारहरू तिनै केटाकेटीहरूको अनुहारमा अनुवाद भएको अनुभव गर्ने गर्थें म ! त्यही घटना र तिनै अबोध शिशुहरूको अनुहारबाट लखेटिएर मैले “म अनवरत पिटर खोजिरहेकोछु” लेखेको थिएँ ! पौराणिक युगकी नारीलाई मात्र होइन आजकी नारीलाई पनि भोग्याको दृष्टिले उपभोग्य वस्तु मात्र ठान्ने पुरुष मानसिकता विद्यमान नै छ । कथित सभ्य र सचेत भनिने नारीहरू समेत विज्ञापनमा सजिनु र सभ्यताका नाउँमा आफूलाई सम्पूर्णमा नङ्ग्याउनुलाई नै नारी स्वतन्त्रता र नारी मुक्ति ठान्ने भ्रमित मानसिकताबाट ग्रसित देखिएका छन् । यी दुवै खाले प्रवृत्ति नारी अस्मिता र गौरव तथा नारी समानताको अवधारणसँग मेल खाँदैनन् । यही पौराणिक पृष्ठभूमिमा लेखिएका थिए, युगयुगकी जानकी, द्रौपदी नियति र आफ्नै छायामा शीर्षकका कथा । स्वयम्बरको वास्तविक अर्थअनुसार कन्यालाई वर चयन गर्न दिने अधिकार खोसेर स्वयम्वरको नाउँमा जबर्जस्ती बाबुआमाद्वारा गरिदिइने परम्परागत विवाहको परम्पराले मेरो समाज ग्रस्त छ । त्यही नियति भोगेका थिए सीतालगायत रामायणकालीन कन्याहरूले । यही नियति भोगिरहेका छन् आजको एक्काइसौं शताब्दीका आधुनिक कन्याहरू पनि ! त्यसमाथि युवा अवस्थामैं आश्रय गुमाएका एकल युवतीले त सधैं सधैं अपहरणको दाउ हेरेर बसेका आँखाबाट पछ्याइने पीडानुभूति गर्नुपर्छ । यस्तै यस्तै घटनाको साक्षत्कारले “युग युगकी जानकी” र “आफ्नै छायामा” शीर्षक कथा लेख्न प्रेरित गरेका हुन् । यसरी नै महाभारतकालीन बहुपति प्रथाको अवशेष हाम्रै समाजका कुनै पक्षमा अझै पाइनुको यथार्थले “द्रौपदी नियति” लेख्न प्रेरित गर्यो । त्यो बेलादेखि आजसम्मको नारी अनुभूति र अवस्थामा पूर्ण परिवर्तन नआएको स्पष्ट हुन्छ । बहुपति प्रथाको बाध्यतामा परेर तीन–चारजना लोग्नेकी एउटै साझा स्वास्नी बन्नु पर्ने बाध्यता मनाङ–मुस्ताङ जहाँकी भए पनि एउटी स्वास्नी मान्छेमा हुर्कने मानसिकतामा बुनिएको कथा हो यो । यी मात्र होइनन्, मेरा प्रायः कथाहरू चरित्र, घटना र परिवेशजन्य अनुभूतिबाट प्रेरित भएर नै लेखिएका छन् । सुदूर पश्चिमकी पारुको कथा होस् वा फेरी लाउने जोगी र सारङ्गी रेट्ने काले गाइने हुन्, ती सबै मेरो समाजका जीवन्त पात्र हुन् । यी भुइँमान्छेले सधैं नै समाजप्रति औँला ठड्याइरहेका छन्, सांस्कृतिक विरासत बचाएका छन् । केही नबुझ्ने कार्यालयको पाले हर्के होस् कि आफ्नो दुखः–पीडालाई कथित ठूलाबडाको बैठक कोठासम्म पहुँच भएको भ्रममा आफैँलाई भुलाउन खोज्ने अतीतका व्यथाहरूको एउटा वृद्ध चरित्र, ती सबै मैले साक्षात्कार गरेका पात्रहरूको अनुभूतिजन्य कथावस्तु हुन् । तसर्थ, मेरा कथाका पात्रहरू मेरै समाजका यथार्थ पात्रहरू हुन् । मेरो अर्थात् मेरै समाजका मानिसहरूको चरित्र हुन् । मेरा प्रायः सबै कथा समाजबाटै टिपिएका पात्र, घटना र परिवेशबाट प्रेरित रहेका छन्, ती पात्र मेरै समाजका पात्र हुन् । म यही समाजको स्वभाव, चरित्र र चापबाट निर्मित एउटा सदस्य हुँ र समाजका हरकुराले मलाई प्रभावित गर्नु पनि स्वाभाविक हो । म साहित्य साहित्यको लागि हो भन्ने स्वान्त सुखायको दर्शनलाई सम्पूर्णमा स्वीकार गर्न सक्दिनँ । हो, कथा होस् वा साहित्यका अन्य विधा, लेखनबाट मलाई आनन्दबोध हुन्छ । लेखकमा अरूले पढिदेऊन् र मेरो पनि नाम होस्, प्रतिष्ठा होस् भन्ने भित्री चाहना पनि अस्वभाविक होइन । यो जोसुकै मानिसमा हुन्छ र ममा पनि निश्चय नै छ । यस अर्थमा लेखन स्वान्तसुखाय वा आफ्नै आनन्दका लागि हुने गर्छ भन्ने धारण सर्वांशमा असत्य नहोला, तर त्यो अप्रकाशित रहुञ्जेलको अवस्थासम्म मात्र हो । जब त्यो प्रकाशित हुन्छ, व्यक्तिगत सोख, सुखानुभूति र लहडको मात्र विषय बन्न सक्तैन । त्यो पाठक र समाजप्रति समर्पित हुन्छ । यस अर्थमा लेखन स्वान्तसुखाय भनेर जिम्मेवारीविहीन हुन पाउँदैन । जब त्यो समाजको लागि समर्पित हुन्छ, पाठकको लागि हुन्छ, स्वभाविक रूपमै त्यो जिम्मेवार हुनु आवश्यक पर्छ । यसर्थ मेरो स्पष्ट धारणा छ –मेरो कथा मेरै कथा हुन् । म भनेको जीवन हुँ । जीवन समाज र परिवेशभन्दा बाहिर हुनसक्दैन । त्यसैले मैले लेखेका कथा हुन् वा साहित्यका अन्य विधा । ती समाजनिरपेक्ष हुनसक्दैनन् । त्यसैले यो म अर्थात् जीवनको लागि हुनुपर्छ, म बाँचेको समाज, राष्ट्र र अझ व्यापक परिवेश समेट्ने हो भने मेरो युगको सुन्दर भविष्यको चाहनाबाट प्रेरित र सिर्जित हुनुपर्छ । त्यसैले यो निरुद्देश्य होइन उद्देश्यमूलक हुन्छ । यो मेरो धारणा हो, यसमा अरूको सहमति रहनै पर्छ भन्ने मेरो आग्रह होइन । यो स्वान्तसुखायकै लागि हो भने पनि यो मेरो अर्थात् सर्जकको लागि हुनासाथ स्वतः मान्छेको लागि हुनुपर्छ । कथा अर्थात् साहित्य मानिस स्वयम् केन्द्रविन्दुमा नरही सिर्जना हुनसक्तैन । मानवीय सम्वेग–आवेग,आर्थिक–सामाजिक, सांस्कृतिक आदि विविध विसङ्गतिबाट जन्मने सम्वेदना र सहअनुभूतिको सहजसम्वेद्य अभिव्यक्ति मेरो धारणामा कथा हो । यसर्थ यसमा कथात्मक, कलात्मक र अनुभूतिजन्य सामान्यीकरणको पूर्वशर्त त रहन्छ नै । तसर्थ जीवनको कुनै विशेष कालखण्डमा मानवीय आवेग–संवेग, आफू बाँचेको परिवेश र आर्थिक–सामाजिक विसङ्गति तथा उत्पीडनबाट जन्मिने अनुभूतिको सहजसम्बेद्य कलापूर्ण प्रकटीकरण नै मेरो धारणामा कथा हो । त्यसैले कथा मेरा लागि हुनुपर्छ । र, म भनेको जीवन हो; म बाँचेको समाजको यथार्थ हो । यसर्थ मेरो कथा पनि म अर्थात् मानिसकै लागि हुनुपर्छ । सम्पूर्ण बहुसंख्यक र समाजका उत्पीडित हाम्रो अन्तस्चेतना र आत्मबोधको उद्बोधनका साथै प्रतिकारमा दृढ रहनसक्ने आत्मबलको निर्माण मेरो कथाको उद्देश्य हो । सिर्जनात्मक लेखन दोश्रो प्राथमिकतामा परिदिंदा मनमा कैयौं दिनदेखि परिपाक भएका पतिपय कथाबस्तु समयक्रममा बिर्सिइएर मूर्तता पाउन नसकी बिस्मृतिका गर्भमै लोप हुन पुगेका पनि छन् । कतिपय समयमा सुरुमा एकप्रकारले सोचिइएका कथानकले धेरै समयपछि लेखनको रूप लिंदा अर्कै स्वरू र पुनर्संरचित पनि भएका छन् । ती घटनाहरू लेखनमा आउन माग र आग्रहको दबाबले पनि भूमिका खेल्ने गरेको छ । दिइएका कथाहरू नछापिई फिर्ता भएका छैनन्, दिंदा छापिन्छन् पनि । तर आग्रहबेगर रचना नपठाउने मेरो कमजोरी (घमण्ड नठानियोस्, त्यो चाहिँ होइन) का कारणले पनि प्राय आग्रह–अनुरोध आएपछि मात्रै लेख्ने अल्छी बानीले प्रोत्साहन पायो । यसर्थ मैले धेरै संख्यामा कथा लेख्न सकेको छैन । पुरस्कार, मानसम्मान र कदरपत्रका लागि आत्मनिवेदन र व्यक्तिगत विवरण पेश गर्दै हिंड्न पनि मेरो यही सङ्कोची स्वभाव र आत्मसमानले छेक्ने गरेको छ । सरकारी पदक र पुरस्कारका लागि त झन् सिफारिस गराउन जिन्दगीभर दौडधुप गरिनँ, त्यसैले एक पल्ट क्षेत्रप्रताप अधिकारी शिक्षा राज्यमन्त्री हुँदा पाएको साहित्यिक पत्रकारिता पुरस्कारबाहेक आजसम्म कुनै यस्ता पुरस्कारको बोझमा दबिनु परेको छैन । जनस्तरमा स्थापना भएका यस्ता मान, सम्मान र पुरस्कार भने मैले धेरै पाएको छु र यही नै मेरो वास्तविक मूल्याङ्कन पनि हो । आफ्नो कथायात्राको विगत पाँच दशकीय आरोह–अवरोहमा छ वटा कथासङ्ग्रहका अरिक्त उपन्यास, संस्कृति, नियात्रा, आमसञ्चार/पत्रकारिता र बालसाहित्यका गरी पचास वटाभन्दा बढी कृति र हज्जारौं फुटकर रचना, शोधपत्र आदि प्रकाशित भएका छन् । जे जति लेखेको छु, निश्चय नै यी सबैबाट म आफैं पनि सन्तुष्ट छैन । जहाँसम्म आफूलाई चित्त बुझ्नु–नबुझ्नु अर्थात् मन पर्नु र नपर्नुको प्रश्न छ, सम्पूर्णमा सन्तुष्ट हुने त कुरै भएन । यसो भयो भने त अरू लेख्नै परेन । त्यसैले म आफ्ना कथा र अन्य कृतिहरूबाट पूर्ण सन्तुष्ट छैन र राम्रा लेख्ने चाहना छँदै छ । मेरा पुस्तकको कृति समीक्षा/समालोचना गरिदिनुहुने दर्जनौं समालोचकहरूप्रति कृतज्ञ छु । #विजय चालिसे हाटबजार: मैले सुनेकी थिएँ कलियुगमा मायाको बजार लाग्छ रे मोल, तोल, तौल, त्याग किनबेच लिलाम सबै हुन्छ रे अनायास एकदिन थाहै नपाई म पनि पस्न पुगेछु यही नगरीमा साटासाट गरेछु मुटु डुबुल्की मारेछु त्यही सागरमा पूर्व, पश्चिम, उत्तर, दक्षिण रात, दिन, बिहान, धर्ति, आकास जहाँ पनि, जति बेला पनि उसकै मात्र देख्न थालेछु प्यारो प्यारो प्रतिविम्ब तर, अर्को दिन बल्ल थाहा पाए ऊ पनि कलियुगको एक भलादमी व्यापारी रहेछ, मायाको बजारको मोल मलाइ गर्न थाल्यो ऊ निकै सभ्य पारामा लेन र देन नबुझिने भाषामा मेरो अमूल्य, असाट्य माया मूल्यहीन भयो आधुनिक मायाको बजारमा फर्काउनै नमिल्ने नासो त्यो सदा सदाका लागि कलियुगको कृष्णलाई चढाउँदै लुरुक्क लुसुक्क निस्केँ म मुर्दाशान्त भावनाको चित्कार अनि नारकीय कोलाहलयुक्त हाटबजारबाट फुत्त पसे नजिक अनि टाढा टाढाका दोकानहरुमा सोधे… के यहाँ नबेचिने नकिनिने मायासित मात्र साटन मिल्ने माया पाइन्छ? दोकानेहरु एक कान पनि नभएका जस्ता मूकर्दशक भएर हेरिरहे, मात्र हेरिरहे लाटो रिसाएजस्तै… #भावना पाेखरेल जेके रोलिङको नयाँ उपन्यास इन्टरनेटमा सित्तैमा: जेके रोलिङ ह्यारी पोटरको पहिलो भाग लेखिसिध्याएपछि दोस्रो उपन्यासका रूपमा लेखिसिध्याएकी जेके रोलिङले त्यसलाई प्रकाशन गर्ने अवसर नै पाएकी थिइनन् । उनले सो उपन्यासलाई भने अब इन्टरनेटमा सित्तैमा उपलब्ध गराउने भएकी छन् । ‘द इकाबग’ नामक सो उपन्यासलाई उनले वेबसाइटमार्फत् सित्तैमा उपलब्ध गराउने भएकी हुन् । यो उपन्यासले कोरोना कहरका बीचमा बालबालिकाहरूलाई मनोरञ्जन दिलाउन भरपूर सफल हुने अपेक्षा उनले लिएकी छन् । उनको यो उपन्यास धेरै पहिले प्रकाशन गर्ने तयारी गरिरहेको भए पनि ह्यारी पोटरको सफलताले उनलाई यसतर्फ काम गर्न दिक्क लागेको थियो । बाल उपन्यास नै निकाल्दा उनलाई बालबालिकाकी लेखिकाका रूपमा ठप्पा लाग्ने हो कि भन्ने चिन्ताका कारण उनले ह्यारी पोटरपछि दुई वटा जासुसी उपन्यास लेखेकी थिइन् । ती उपन्यासपछि भने उनले थप नयाँ कुनै कृति निकालेकी छैनन् । यस्तो अवस्थामा उनले बाल उपन्यासलाई इन्टरनेटमार्फत सार्वजनिक गर्ने निधो गरेकी हुन् । यसबारेमा उनले ट्विटरमार्फत घोषणा गरेकी हुन् । द इकाबग उपन्यासका बारेमा उनका दुई सन्तानलाई भने धेरै पहिलेदेखि नै थाहा छ किनभने उनले यो उपन्यास लेखिसिध्याएपछि पहिलो पाठकका रूपमा उनीहरू थिए । द इकाबग उपन्यासको आवरण केही साताअघि उनले यो उपन्यासको पाण्डुलिपिलाई घोरिएर हेरेपछि यसलाई बजारमा ल्याउने उपयुक्त समय यही भएको निर्क्योलमा पुगेकी थिइन् । त्यसपछि यसलाई थोरबहुत सम्पादन गरेर प्रकाशनको तयारी गरेकी हुन् । हरेक सोमबार दुई वा तीन अध्यायलाई उनले रिलिज गर्ने भएकी छन् । यसको चित्र बनाउनका लागि केही चित्रकारसँग सल्लाह गरेको भए पनि चित्त बुझ्दो नपाएपछि उनले आफ्ना पाठकहरूलाई नै यसको चित्र कल्पना गर्न आग्रह गरेकी छन् । कल्पनामा जत्तिको सशक्त चित्रकला सायदै कतै तयार हुन्छ भन्दै उनले यसको चित्राङ्कनका लागि ठाउँ छाडिदिएकी बताएकी हुन् । त्यसो त यो उपन्यासको पुस्तक आकार नआउने भने होइन । आउँदो नोभेम्बर महिनामा यसलाई चित्राङ्कनसहित बजारमा ल्याउने तयारी भने भइरहेको छ । यस पुस्तकको बिक्रीबाट आउने आम्दानीलाई उनले कोरोनाभाइरसमा काम गरिरहेका सामाजि संस्था र प्रोजेक्टहरूलाई दिने घोषणासमेत गरेकी छन् । त्यतिञ्जेल कुर्न नसक्नेहरूका लागि नयाँ वेबसाइट बनाएर त्यसमार्फत पढ्न सहज बनाउने उनले बताएकी छन् । #जे.के. रोलिङ #जेके रोलिङ #द इन्डिपेन्डेन्ट #बाल उपन्यास स्वतन्त्रता: आज म स्वतन्त्रतापूर्वक विचरण गर्दैछु । अहँ मलाइ कहीँ कतै अवरोध छैन । साना तिना झोँकाहरू अवरोध बनेर आउन खोज्छन । तर तिनको केही लाग्ने देख्दिनँ । ति अवरोधहरू अर्काको बलमा चम्केका हुन् । थाहा छैन तिनको अस्तित्व कतिञ्जेल सम्म हो । आज विश्व मानव जाति बन्दाबन्दीमा बन्धक भएको देख्दैछु । कति ठीट लाग्छ मलाई हिजोका दिन सम्झन्छु मानवले कति श्रेष्ठ ठान्थ्यो आफूलाई जहाज बनाएर आकाश छुने प्रयास गरेथ्यो चन्द्रमामा पुगेर सूर्यमा पुग्ने कल्पना बुनेथ्यो । आज अदृश्य कणले बन्धक बनाएर मानवलाई चाबी बोकेर विश्व ब्रम्हाण्ड घुमेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयन्न सबैतिरबाट भएको देख्छु । तर फेरि त्यही बिरालोदेखि सबैलाई डर बढदै गएको छ । भुतलमा बसेर स्वतन्त्रताका संग्राममा होमिनेहरू हार माने झैँ मुद्रामा झोक्राएको देख्छु । अहिले यिनको अगाडि केवल प्रकृति मात्र जीवन्त छ । कृत्रिक सहरहरू ठप्प छन् । मानव विचरण बन्द छ । कति बेचैनीका सास फेरिरहेछन । कोही विरह गीतमा स्वर भरिरहेछन् । बन्धक भएको मानव जातिले अहँ देख्न सकेको छैन विश्व क्यामराका लेन्सहरूमा चित्रित केही आकृतिमा चित्त बुझाउँदैछन । म भने विश्व बन्धक भएको बेला पनि स्वतन्त्रतापूर्वक विचरण गरिरहेछु । मलाई कतिले बन्धक हुनुपरेको कारण मान्लान तर अहँ म त केवल नित्य निरन्तरको यात्रामा छु । कतिमा पदिय घमण्ड देख्छु र कतिमा अहंकार थाहा छैन तिनको गतिमा कहिले अवरोध आउने हो । कतिबेला तिनको घमण्ड चकनाचुर हुन हो । केही निश्चित छैन तर पनि तिनको अल्पज्ञान देख्दा दया लागेर आउँछ । तर पनि खुसीको कुरा छ अब सबै मिलेर अघी बढे मानव जीवन सरल बन्ने दिन छिट्टै आउनेछ । दुई चार दिन स्वतन्त्रता गुमाएरै पनि गुमेको स्वतन्त्रता फिर्ता ल्याउन सबैजना लाग्नुपर्छ । मानव जाति हो अब आध्यात्मिक चेतनामा जाग्नुपर्छ । सिर्जनशीलतामा लाग्नुपर्छ । प्रकृति प्रेममा रमाउंदै उत्पादनशिलताको अनुशरण गरी अरूले भरेको हावामा होइन आफ्नै खुट्टामा टेक्ने साहस गर्नुपर्छ । किनकि अब छिट्टै स्वतन्त्रताको पुनर्वहाली हुने दिन आउँदैछ । विश्वभर खुसी छाउँदैछ । दुई चार दिन स्वतन्त्रता गुमाएर सही स्वतन्त्रताको पाबन्दी हट्ने दिन आउनेछ । स्वतन्त्रताको महत्व बोध गर्दै यसको पुनप्राप्तिमा सबजन होमिनुछ । आशा गरौं यथाशीघ्र स्वतन्त्रताको पुनर्बहाली हुनेछ । अनि फेरि साथ भइ मानव जातिसँग विश्वभ्रमण गर्ने दिन आउनेछ । सबै मानव जातिमा स्वतन्त्रताको उमंग छाउनेछ । #स्वतन्त्रता थिएटर ठूलो राजनीति हो: घिमिरे युवराज: शिल्पी थिएटर, काठमाड़ौं, नेपालका निर्देशक घिमिरे युवराज -सँग सिलगढ़ी, भारतका कवि राजा पुनियानी -ले गरेको थिएटर संवादको मुख्यांशः नेपाली थिएटरको अवस्थान के हो अहिले नेपालमा ? काठमाड़ौँमा गत १५ वर्षदेखि नियमित नाटक मञ्चन भइरहेको छ । विगत ५ वर्षदेखि थिएटरको संख्या पनि बढेर गयो । काठमाड़ौं त थिएटर हब जस्तो भएको छ अचेल । तर काठमाडौंबाहिर त्यस्तो छैन । केही औँलामा गन्न सकिने समूहहरूले वर्षमा एक दुई पटक नाटक मञ्चन गर्छन् । प्रायः नाटक नेपाली भाषामै हुने गरेका छन् । काठमाडौंमा कहिलेकाहीँ अंग्रेजी भाषामा पनि हुने गर्छ । तर अरु भाषाको रंगमञ्चको स्थिति राम्रो छैन । जनकपुरमा मैथिली, काभ्रेमा तामाङ र बर्दियामा थारु भाषाको नाटक गर्ने समूह छ । तर, नियमित नाट्यकर्ममा उनीहरुलाई संकट छ । यहाँ नेपाली रंगमञ्च भन्ने बित्तिकै काठमाडौको मात्रै रंगमञ्च र नेपाली भाषाको मात्रै रंगमञ्च भन्ने भ्रमलाई छोड्नु पर्छ । दार्जीलिङे नेपाली थिएटरको अतीत र वर्तमानबारे के भन्नुहुन्छ ? इतिहास पढेर मैले दार्जेलिङको नेपाली रंगमञ्चको बारेमा थाहा पाएको हुँ । त्यहाँको रंगमञ्चले नेपाली रंगमञ्चलाई निक्कै सम्पन्न बनायो । मन बहादुर मुखियाका नाटकहरुले नेपालको रंगमञ्चलाई पनि निक्कै ठूलो गुन लगायो । काठमाडौँले त्यो गुन सम्झियो । यहाँ उताका नाटक मञ्चन भए । राम्रो भयो । यतिखेर काठमाडौँको रंगमञ्च निक्कै सम्पन्न छ । उता पनि काम भएको होला तर हामीबीच आदानप्रदान शून्य भयो । नेपाली थिएटरका समस्या र चुनौतीहरू के के हुन् ? रंगमञ्चको स्कुलिङ र नाट्य संस्थाहरुको प्रवर्धन बाहिर देखिने समस्या हुन् । युवाहरुमा इच्छा शक्तिको अभाव अर्को ठूलो समस्या हो । रंगचमञ्चको आधुनिक शिक्षा बेगर नै कलाका अरु विधाहरुसँग रंगमञ्चले गर्नुपर्ने प्रतिस्पर्धा र आर्थिक विपन्नता नेपाली रंगमञ्चका मूल चुनौती हुन् । थिएटर र राजनीतिको अन्तर्सम्बन्ध र अन्तर्विरोध कस्ता हुन्छन् ? थिएटर ठूलो राजनीति हो । थिएटरभित्र गरिने सबै काम राजनीतिक हुन् । अलिक मूर्त रुपमा भन्दा गैर सरकारी थिएटरहरु सधैँ सत्ता र शक्तिको बागी हुन्छन् । आम मानिसको पक्षमा हुन्छन् । खासमा राजनीतिले रंगमञ्चलाई सुन्दर बनाउँछ । नेपाली थिएटरले के समयलाई एड्रेस गरिहेको छ त ? अहिले भनिहाल्न गाह्रो छ । अहिले भइरहेको कामको एउटा कालखण्ड हेर्नु पर्छ । तर, हाम्रो जस्तो समूहगत र निजी नाट्यसंस्थाहरु आफूले भोगेको समयलाई आधार बनाएर प्रायः नाटक मञ्चन गर्छन् । नेपाली थिएटरको मूलधारा-कन्टेन्ट के हो अहिलेलाई ? मान्छेको सोचलाई रूपरान्तरण (कहिलेकाहीँ परिवर्तन) गराउन के थिएटरले प्रेरक भूमिका वहन गर्ने हो त ? अहिलेको नेपाली रंगमञ्चको मूल र वैकल्पिक धार म देख्दिनँ । अहिले हामीले बाँचिरहेको समाजको प्रत्यक्ष प्रभाव छ काठमाडौँ र काठमाडौँ बाहिर गरिने रंगमञ्चमा । यो लामो प्रक्रिया हो तर रंगमञ्चले समाजलाई वा समाजमा अभ्यास भैरहेका अन्य कलालाई कहीँ न कहीँ तरंगित गर्छ भन्ने विश्वास मेरो छ । अन्तरवार्ताकार राजा पुनियानीसँग नाटक निर्देशक घिमिरे युवराज नेपालको नेपाली थिएटरमा चलिरहेका प्रयोगहरू के कस्ता छन् ? थिएटरका कुन कुन नयाँ मोडल नेपालमा भित्रिएका हो ? तपाईं कुन मोडलमा काम गरिरहनुभएको छ ? २० र ३० को दशकको कुरा गरौँ । अलिक अघिको कुरा गरौँ । सत्ताको विरुद्धमा गाउँघरमा, सडकमा, विभिन्न पार्टीका कार्यक्रममा एकखाले नाटक मञ्चन हुन्थे । रंगमञ्चमा लाहुरेका कथा वा गाउँले मायाप्रेमका कथा पनि धेरै आए । ४०को दशकमा जनकपुरमा मिनाप, काठमाडौँमा सर्वनाम र आरोहण, धरानमा अनाम जस्तै अरु धेरै समूहहरुलाई हेर्न हो भने नाटकमा राजनीति प्रत्यक्ष रुपमा आयो । प्रायः साहित्यिक मूल्य भएका प्रसिद्ध नाटकहरु पनि राजनीतिक अर्थ बोकेका नै हुन्थे । मञ्चनको शैली भन्न गाह्रो छ । नेपाली रंगमञ्चमा शैलीको कुरा गर्नु वर्जित प्रायः भयो । शैलीको कुरा गर्ने बित्तिक्कै यहाँ प्रायः रंगकर्मी तर्सिने चलन छ । सबै रंगकर्मीलाई लाग्छ, म संसारका सबै शैलीमा पोख्त छु । तर अहिले यो अलिक बृहत भएर आएको छ । युरोप वा अमेरिकामा जस्तो स्टोरी टेलिङ, क्लाउन, मास्क वा पूर्ण प्रयोगात्मक रंगमञ्च जस्तो स्पस्ट शैली छुट्याएर हामी कहाँ काम हुन्न । हाम्रो रंगमञ्च अचेल समग्रतामा चल्छ । यथार्थपरक नाटकमा पनि एक दुई पात्र मास्क लाएर आइदिन सक्छन् । त्यो मास्कको चरित्र पनि यहाँ लोप छ । परिचयविहीन मास्क आउँछ । त्यो पनि अर्थपूर्ण नै छ । अहिले काठमाडौको रंगमञ्चमा विविधता छ । शैली र प्रयोगको बहस नभए पनि करिब १० वटा समूह नियिमित नाटक मञ्चनमा छन् । यिनको काम र शैलीमा फरक छ । यसैले काठमाडौँका रंगमञ्चलाई सम्पन्न बनाएको छ । मेरो स्कुलिङ कमेडिया देलार्ते र शारीरिक रंगमञ्चको हो । यसैको आधारमा म पनि अन्य धेरै अनुभव र शैली मिसाएर काम गर्छु । नाटकको शैली सधैँ योजनाले आउँदैन । अचेतन मनले पनि आउँछ । तर, मैले गरिरहेको रंगमञ्च मनोरञ्जन चाहिँ हैन । हिन्दी र अङग्रेजी सिनेमा के थिएटरको दुश्मन हो त ? थिएटरको दर्शक पाउनु र बढ़ाउनु के सजिलो छ ? हैन । कुनै पनि कला एकअर्काको दुस्मन हैनन् । परिपुरक हुन् । दर्शकले मन पराएका नाटक मारामार चलेका छन् काठमाडौँमा । थिएटरको मूल उद्देश्य के हो र? थिएटरको ‘पावर’ भनेको के हो ? विचारको मन्थन । नाट्यकला रूपले के सत्ताको वा सिस्टमको सांस्कृतिक हस्तक्षेपमाथि प्रति हस्तक्षेप गर्न जरूरी छ ? छ । तर यसो गर्दा रंगमञ्चको एस्थेटिक भ्याल्लु मर्नु हुन्न जस्ले गर्दा रंगमञ्च कला नभएर नारा नहोस् । त्यस्तो खत्रा हुन लाग्यो भने बरु कहिलेकाहीँ कलाकर्मीहरु सिधै सडकमा ओर्लनु बेस् । #घिमिरे युवराज #नाटक #नाट्यशैली #राजा पुनियानी मृत्यु र प्रेम: संसार पूरै बन्द छ, मृत्युको डरले । के यस्तो दिनको कहिल्यै कल्पनासम्म गरेका थियौं र ? खुला सीमा, खुला जीवन, खुला अर्थतन्त्र, खुल्मखुल्लाका समर्थकहरु सबै आफैँ सीमारेखा कोरेर आफैँलाई कैदी बनाइरहेका छौँ । संसारकै सर्वश्रेष्ठ प्राणी भनेर आफैँले आफैँलाई घोषणा गरेका हामी मृत्युको डरका कारण पुराना बिर्सिसकेका सीमाहरुलाई सम्झाइरहेछौँ, नयाँ सीमाहरु कोरिरहेछौँ । मानिसहरुलाई टुक्राटुक्रामा विभाजित गरिरहेछौँ । एकअर्कालाई जोड्ने सबै आधारहरुलाई अल्पकालीन मात्र हो भनेर तोडिरहेछौँ । जस्तै महादेशको सीमा, देशको सीमा, राज्यको सीमा, प्रदेशको सीमा, जिल्लाको सीमा, टोलको, हुँदाहुँदा परिवारकै सदस्यहरुबीच पनि सीमा कोरेर जिन्दगी बाँचिरहेछौँ। सबै सम्बन्धहरुलाई थाँति राखेर बसेका छौँ । मित्रता, दाजुभाइ, दिदीबहिनी, छोराछोरी , बाबुआमा जेजस्तोसुकै नातालाई पनि दूरीमा राखिरहेका छौँ। संसारका सर्वश्रेष्ठ तर दुःखी प्राणी हे मानव, यो किन तिमीलाई मात्रै भइरहेको छ ? हिजो एक हुल बाँदरहरु सँगै आए । टोलभरिका घरआँगन चहारे । भेटेका खानेकुरा टिपे । एउटाले फलेको फलहरुको निरीक्षण गर्यो, खाएर हेर्यो, केराको पात पनि तीन पटक चपाएर हेर्यो । मीठो लाग्यो कि कुन्नी अर्कोलाई पनि दियो । उसको जीवनमा कुनै बन्देज छैन । परेवा पनि एक एक गरी आए । बिस्तारै एक दर्जन परेवा माटोमा ठुंग्दै खाँदै थिए । एउटा भाले परेवा सबै पोथी परेवाहरुलाई गर्दन फुलाएर घुर्रघुर्र गर्दै थियो । काग, ढुकुर, भंगेरा आदि भएभरका चराहरु ठूलो-ठूलो स्वरमा रमाइलो गर्दै थिए । म भने घरको झ्यालमा बसेर नजिकको छिमेकीसँग पनि नभेटीकन बसेको छु । एउटा सानो जमीनमा हजारौं बीउहरुले पालुवा हालेका छन्, बिरुवा बनेका छन् । फूल फुलेका छन्, फल फलेका छन्। मान्छेले नै काम गरेका छन्। उनीहरुको सामूहिक जीवनमा त केही पनि फरक परेको छैन । अहिले देखिरहेको छु, सडक सुनसान छ तर बैजनीमा सिंगारिएर सिरिषहरु बैंशले मात्तिएर बसेका छन् तर मान्छे, ऊ भने आफैँसँग आतंकित छ । अलिकति रुघा लाग्यो भने, अलि खोकी मात्र लाग्यो भने, पनि आत्तिरहेछ, कतै मेरो मृत्युको संकेत त होइन ? त्यति मात्र कहाँ हो र ? मलाई यो किन भयो ? कसरी सर्यो ? कसले सार्यो ? हेर्छ शंकाको दृष्टिले आफैँलाई र आफ्नै नजिककाहरुलाई । मानिसले अहिलेसम्म आर्जन गरेको सम्पत्ति, निर्माण गरेको भौतिक पूर्वाधार, जानेको ज्ञान, व्यवस्था, संस्कृति, विकास, सबैलाई चुनौती दिएको छ, एक अज्ञात मृत्युको डरले । न धनी न गरीब, न निर्धा न शक्तिशाली, न सानो न ठूलो कसैलाई पनि यसले बाँकी राखेन । त्यसो गर्दा पनि मानिसले आफ्नो शक्ति विभेदमै खर्चेको छ । यो विपतमा पनि आफूले गर्न सक्ने विभेद भने रोकेन । दुःख पाउनेमा गरिब नै भए, अपहेलित त निर्धा नै भए । अर्को देशमा दशौंलाख मानिस मार्न तयार हुने पनि त्रसित छ । पुरै शहरमा आगो लगाउने पनि थर्कमान छ । खरबपतिहरु डराइरहेछन् । निर्धा र गरिब त जहिले पनि जोखिममै थिए । उसलाई एउटा अर्को जोखिम थपियो । म सुन्छु कतिपय मानिसहरु स्वैच्छिक मृत्युको साधना गर्थे रे ! मृत्युको पूर्व संकेत हुन्थ्यो रे ! मृत्युपूर्व आफ्ना कुराहरु भन्न पनि भ्याउँथे रे ! खै यो कस्तो साधना हो ? कस्तो शक्ति, कसरी प्राप्त गर्ने हो ? आम रुपमा यसरी सोच्न कहाँ फुर्सद छ र ? मानिसहरुलाई त पैसा जम्मा गर्ने हतार जो छ ! सबै पैसामै आएर त अड्किरहेको छ । अझै पैसा कमाउँदा कमाउँदै उसले आफ्नै हत्या गरेको पत्तो पाइरहेको छैन । अहिले संसार बन्द छ । खरबपतिहरु टाट उल्टिने क्रममा छन् । सबैले पैसा होइन, ज्यान बचाउन लागेका छन् । उनीहरु जो अरुको मृत्युमा आफ्नो व्यापारको भविष्य देखिरहेछन्, यस्तो बेलामा प्रेमको स्थान कहाँ ? #कोविद १९ #जीवनको रङ #धारावाहिक #स्नेह सायमि सिसै कटाई बरु मर्नु राम्रो: लिम्पिया र लिपु हुन् हाम्रा छाती धाबा बोलेको सम्प्रभुता माथि सिसै कटाई बरु मर्नु राम्रो छोडनै हुँदैन इन्च माटो हाम्रो हेर्ने भए छ्न् सब प्रमाण लेखा सन्धि पुराना तिम्रो काँ छ देखा पल्टाऊ पौराणिक पुराण पाना भए देखिनका अंग्रेज रवाना शान्ति छ प्यारो बर्बर युद्ध भन्दा बन्द गर त्यो मिचाहाको धन्दा छोडिदेऊ त्यो अमूल्य रत्न हाम्रो असल छिमेक भएर बस्नु राम्रो भक्ति अमरसिंह नखाई लडेका अंग्रेज त उनका शरणै परेका ब्युँताउनु राम्रो इतिहास बरु त्यो झुक्दै नझुक्ने मरे पो मरिन्थ्यो कुमाउ गडवाल जित्दै बढेका नालापानीमा अचम्मै लडेका भोकोथ्यो पेट तिर्खा अति नै लडने बेलामा डर थिएन कति नै गोर्खालीको खुकुरी फेरि चम्किने छ उस्तै परे रगतमा फेरि लतपतिन्छ झुक्दै नझुक्ने वीर वंश हाम्रो सही अडानमा अडिनुनै राम्रो। #नयाँ नक्सा #लिपुलेक #लिम्पियाधुरा #सुरेश जोशी धरापमा चन्द्रसूर्य: सोनाम एम. तामाङ एउटा दास स्वतन्त्र भएपछि उसले मालिकको नक्कल गर्न थाल्छ भन्ने प्रचलित भनाइ छ । भारत सन् १९४७ मा स्वतन्त्र भयो । त्यसअघि १९० वर्षसम्म त भारत बेलायतको गुलाम भएर बाँचे । नेपाल कहिले अरुको दास भएर बाँच्नु परेन । औपचारिक रुपमा नेपाल कसैको उपनिवेशिक राष्ट्र भएन तर अनौपचारिक रुपमा अरुबाट अर्धऔपनिवेशिक रुपमा शासित छ भन्ने कुरा त भारत स्वतन्त्र भएपछि सन् १९५० मा नेपालमा प्रजातन्त्र स्थापना भयो, त्यसपछि लगतार भोग्दै आएको छौँ । नेपाल त भारत तर्फबाट २००७ सालमा हस्तक्षेप भएको सुन्यौँ, २०४७ सालमा हस्तक्षेप भएको सुन्यौँ, २०६३ सालमा पनि हस्तक्षेप भएको सुन्यौँ । त्यस यता त महत्वपूर्ण परिवर्तनमा मात्र हाईन कि हरेक स—साना विषयमा पनि भारतीय हस्तक्षेप भईरहेको छ । चाहे त्यो कटुवाल प्रकरणमा होस वा सरकार परिर्तनमा होस् यस्तो घटना क्रमले नेपालको प्रत्येक मामिलामा भारतीय भुमिका निर्णायक बन्दै गईरहेको छ । स्व. शुसिल कोईरालाले अन्तरवार्तमा भनेका सुनेको थिए, ‘संविधानसभाको विघटनमा विदेशी शक्तिको हस्तक्षेप भएको थियो । दृश्यमा माओवादी र मधेशी मोर्चा देखिए पनि यसका पछाडी विदेशी शक्तिको हात छ । नेपालका शक्तिहरुलाई जुधाएर अफ्गानिस्तान बनाउन खोजिएको छ ।’ तर नेपाल कहिले दास नभएको कारण स्वतन्त्रताको महत्व पनि बुझिएन । छिमेकी राष्ट्र भारतले त सिक्किमलाई आफ्नो २२आँ राज्य बनाउन सफल भए पछि सोही कदम नेपाल तिर पनि बढाएको थियो । २००७ सालमा राजा त्रिभुवनले भारतमा शरण लिदै आफ्नो पद जोगाई दिने भए नेपाललाई भारतमा भाभ्न तयार रहेको भनि अभिव्यक्ति दिँदा भारत अंग्रेजको पञ्जाबाट भर्खर — भर्खर स्वतन्त्र भएको थियो त्यसैले भारतले अहिले यो कार्य अलि गरिहाल्न मिल्दैन भनेर दिएको अभिव्यक्ति विभिन्न पत्रपत्रिका, पुस्तकहरु मार्फत थाहा पाईन्छ । त्रिभुवनको त्यही अभिव्यक्तिबाट नेपालको सार्वभौम सत्तालाई ठाडो चुनौति दिने काम गरेको छ । चक्रव्यूहमा चन्द्रसूर्य पुस्तकमा लेखक सरोज अधिकारीले पनि सुचनात्मक ढंगमा नेपालको आन्तरिक मामिलामा आन्तरिक हस्तक्षेप र बाह्य चलखेल उल्लेख गरेका छन् । राजनीतिक घटनाक्रम, मुलुकको राजनीतिक पद्धति, नीतिनिर्माणले समाजमा परेको प्रभाव, राष्ट्र र राष्ट्रियता बारेमा चासो राख्ने जो कोही लाई पनि यो पुस्तकले धेरै कुराहरुको जानकारी दिएको छ । किनभने नेपाल औपचारिक रुपमा कहिले कसैको दास नभए पनि व्यवहारिक रुपमा सधैँ दासत्व स्वीकारेर बस्नुपर्ने स्थितीमा रहेको मुलुकको कथा पनि पाईन्छ । विश्वका महाशक्तिशाली मानिएको अमेरिकाले अविस्वासनीय रुपमा नेपाल मामिलामा चासो देखाएर काम गरेको छ । नेपालमा अमेरिकी चासो भनेको तिब्बतको स्वतन्त्रसँग जोडिएको छ । अमेरिका महाशक्तिको रुपमा लामो समय देखी आफुले ओगटीरहेको स्थानलाई चुनौति दिने गरि अघि बढिरहेको चीनलाई तिब्बत मामलामा अल्झाउन चाहान्छ । खाम्पा विद्रोहको काँध थमाउने बलियो केन्द्र नेपाल रह्यो । त्यो बेलामा खाम्पा विद्रोहलाई हतियार सहितका सामाग्री उपलब्ध गराएका अमेरिकी गुप्तचर समुह सीआईए नै हुन् । त्यो किसिमबाट विद्रोह सम्भव नभए तिब्बत मामिालालाई मानवअधिकारसँग जोडेरै भए पनि अन्तराष्ट्रिय रुपमा चीनलाई तल गिराउनु अमेरिका प्रयास त जारी नै थियो । अर्को शक्तिशाली राष्ट्र बेलायत, युरोपियन युनियन यिनीहरु नेपालको जातीय, लैंगिक लगायतका मुद्दाहरु उठाउने र क्रिश्चियन धर्म प्रचार अभियानमा बढि सक्रिय छन् । नेपालको जातीय, लैंगिक मुद्दाले सामाजिक विचलन बढाई दिएर नेपालको आन्तरिक सुरक्षामा चलखेल गर्ने उनिहरुको चाहाना देखिन्छ र सुरक्षा दृष्टिले हामी नेपाली खतरनाक मोडमा छौँ । चीनका ईन्स्टिच्युट अफ एसिया प्यासिफिक स्टडिजका प्रध्यापकले एउटा अन्तरवार्ताका क्रममा भनेका थिए कि, ‘चीनलाई राम्रो संग थाहा छ भारतले नेपाललाई दोस्रो भुटान या सिक्किम बनाउन चाहान्छ । त्यसमा पनि नेपाल सिक्किमीकरणको प्रक्रियामा जान सक्छ । नेपाललाई सार्वभौम, एकिकृत र र स्वतन्त्र राख्न चीनले सदैव सहयोग गर्छ । त्यसका लागी हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने बेला आईसकेको छैन । किनभने नेपालमा देशभक्तिको भावना मरिसकेको छैन ।’ अब हामीले बुझ्नु पर्छ कि भारत नेपाललाई जसरी पनि लेन्डुप दार्जी बनाउन चाहान्छ । चाहे त्यो सीमाको विषयलाई प्रोपोगाण्ड मच्चाएर होस् वा आर्थिक नाका बन्दि लगाएर होस् । जवाहरलाल नेहरुले नेपाल, सिक्किम र भुटान भारतमा गाभ्न नसकेकोमा दुखेसो पोखेको थियो । उनकी छोरी ईन्दिरा गान्धिले नेहरुको योजना पुरा गर्न सिक्किम विलयको योजना बनायो र जे भारतले सोचेको थियो त्यही भयो । यस्तो अफर पटक — पटक नेपाललाई पनि ग¥यो । भारतले त यति सम्म खेल खेल्न भ्यायो कि पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व राजकुमार पारश शाह लाई अवकाश दिएर नवयुवराज हृदयेन्द्र लाई बेबी किङ बनाउन सम्म सुझाब दिए । तत्कालिन राजा ज्ञानेन्द्र शाह स्वयंले प्रस्ताव अस्विकार गरे पछि भारतले गणतन्त्रमा जान सुझाब दिए । किनकि गणतन्त्रमा कुनै पनि शक्ति सामथ्र्य र सत्ता विरासतको रुपमा प्राप्त हुदैन । सिधा भन्नु पर्दा राजाको छोरा राजा हुनु बाट हट्नु भनेको प्रजातन्त्र÷गणतन्त्रको एउटा पक्ष हो । गणतन्त्र भनेको त कानुनको सर्बोच्चता हो । नेपालमा २०७२ सालमा जारी भएको नयाँ संविधान भारत अनुकुल नभए पछि अघोषित नाकाबन्दि समेत भयो । सन् १८१६ मा भएको सुगौली सन्धिको स्पष्ट दस्तावेजहरु हुँदाहुदै पनि सीमाको विषयमा बारम्बार हस्तक्षेप किन गर्नु परेको ? विवादमा रहेको एमसिसिको विषयमा भारतको किन अनुमति चाहिएको ? भन्ने यी यावत विषयहरुको भित्री मर्म भनेको ती देशहरुले आफू दास हुँदा मालिकबाट सिकेर अहिले त्यही नक्कल गर्न खोज्नु हो । यस भित्रको अर्को कुरा भनेको चीनलाई चारैतिरबाट घेर्ने अमेरिकी रणनीति पनि हुन सक्छ जस्को नजिकको फोकस बिन्दु नेपाललाई बनाएको पनि हुन सक्छ । जे होस् नेपालको अस्थिर राजनीतिक झमेलामा र आपत बेलामा सीमाको विषयमा नेपाललाई बारम्बार दुख दिने भारतीय परम्परागत हेपाह प्रवृत्ति नै हो । यसरी पनि बुझौँ कि व्यक्तिगत अथवा पार्टिगत रुपमा बाबुराम भट्टराईलाई एक हिसाबले बाह्य चलखेल लेन्डुब दोर्जी बनाएको नै हो भन्ने कुरा उहाँको सरकार रहेको बेलाको केही गतिविधीहरु राम्ररी हेर्दा पनि बुझ्न सकिन्छ । अब यो चन्द्रसूर्यलाई बचाउने एउटै उपाय भनेको नेपाल भित्रको आन्तरिक झमेलाहरु निर्मूल पारी स्थायी सरकार र लम्पसारवाद त्यागेर राष्ट्रिय सुरक्षाको मेरुदण्ड मानिने गुप्तचर संयन्त्र मजबुत बनाउनु पर्छ । विकसित मुलुकमा राष्ट्र र राज्यसंयन्त्रमाथिको सम्भावित खतरा न्यूनीकारण र नियन्त्रणका लागि गुप्तचर सेवालाई अत्यन्त महत्व दिनु पर्छ । भूराजनीतिक हिसाबले उच्च वैदेशिक चासो रहेको र सैन्य हिसाबले नेपाल जस्तो कमजोर मुलुकका लागि राष्ट्रिय अखण्डता जोगाईराख्न चाल्नु पर्ने उपयुक्त कदमका लागि गुप्तचर समुहले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेछ । (लेखक समाजशास्त्रको विध्यार्थी हुन् ।) #नयाँ नक्सा #मिचाहा प्रवृत्ति #सोनाम एम. तामाङ आशय: • छि: छि: ! यत्रो सुन्दर परिवार भताभुङ्ग पारेर किन पारपाचुके सोच्नु हुन्छ ? [ वकिलको प्रश्न ] • ….. भो छाड्नुस यी सम्पूर्ण प्रश्नहरु । किन मलाई जबरजस्ती रोक्न खोज्नु हुन्छ ? [ ऊ प्रतिप्रश्न गर्छे ] • म तपाईंकै हितका लागि भनिरहेको छु – म्याडम । तपाईंको यो सोच । -“समस्याको समाधान होइन, बरु समस्याको सुरुवात हो ।” – हैन, तपाईंसँग के छैन ? – घर …! – गाडी…! – सम्पत्ति..! – तामाका मुनाजस्ता छोराछोरी …! अरु के चाहियो ? बस् सबैथोक हुँदाहुँदै पनि………? [वकिल लामो सुस्केरा तानेर भन्छ ।] तपाईंले पारपाचुके नै गर्नुपर्ने त्यस्तो कुनै कारण छ र ? • यो सम्पूर्ण पुरुष समाजको अभिव्यक्ति हो । -“वकिल’साव ! यो सम्पूर्ण सोचाइ पुरुषप्रधान समाजले प्रतिबिम्बित गरेको प्रतिबिम्ब मात्रै हो ।महाशय ! एकफेर तपाईं नारी भएर सोच्नुस त ……!” • नारी धन,दौलत, घर, गाडी …..! भन्दामाथि प्रकृतिको अनुपम सौन्दर्य हो भन्ने तपाईलाई थाहा छैन ?” • वकिल निरुत्तरित भयो । निक्कैबेर अवाक् रह्यो । -…… सन्नाटा ! – ….. सन्नाटा ! -…… सन्नाटा ! • निकैबेरपछि [वकिलको फुस्रो ओठ पुनः फुसफुसायो ] – “म्याडम तपाईंको आशय त बुझिएन नि ! म आफ्नो पेशागत मर्यादाभन्दामाथि उठेर तपाईंहरुको सम्बन्ध भत्किनबाट रोक्न खोजिरहेको छु ” • उसका श्रीमानले खुइय गर्दै गहिरो सुस्केरा छोडे । • श्रीमतीले पनि स्वरमा गहन उछ्वास काड्दै भनिन् – “प्रकृतिका अनेकानेक आयामहरु हुन्छन् । जो पुरुष चेतनाबाट हत्तपत्त बुझिदैन वकिल’साव । कागज अगाडि बढाउनुस् ।” *** • निक्कै लामो सन्नाटापछि ……..! वकिलले पारपाचुकेको कागज आगाडि बढाए । • पुनः सन्नाटा जारी रह्यो । सन्नाटा ….! सन्नाटा ……..! भीषण सन्नाटा …….! #पारपाचुके #वैवाहिक सम्बन्ध #श्रीबाबु कार्की उदास जिन्दगी: बृहस्पति लम्साल चाहेको पल्टिदैन, नचाहेको आइरहन्छ, लुँडो भाछ जिन्दगी पाइलैपिच्छे ठोकिंदा-बज्जारिँदा, डुँडो भाछ जिन्दगी । काट्छन, चोइटाउँछन्, पोल्छन् सबै, आ-आफ्नो जरुरतअनुसार; चुपचाप सहनु परेको छ, निशब्द बनेर मूँडो भाछ जिन्दगी । चेउरे मायाको पर्दाफास भो, जब पैसोले पेल्न छोडियो; मौन बस्नु परेको छ, न निल्नु न ओकल्नु, कूँडो भाछ जिन्दगी । चड्नेहरु माथि-माथि चढे, मेरै शीरलाई भर्याङ्ग बनाई, बाथले गलित, हरदम दुख्ने, घुँडो भाछ जिन्दगी । चाहेको पल्टिदैन, नचाहेको आइरहन्छ, लुँडो भाछ जिन्दगी पाइलैपिच्छे ठोकिदा-बज्जारिँदा, डुँडो भाछ जिन्दगी । #बृहस्पति लम्साल फुपूको शृंगार: उनलाई थाहा थिएन, कहाँ जादैछु। अरु बेलामा भन्दा त्यो दिन फुपू निकै राम्री देखिएकी थिइन् । उनले नयाँ गुन्यूचोलो लगाएकी थिइन् । रातो मुंगाको माला गलामा सजिएकी निकै सुन्दर देखिन्थिन् । मुंगासँगै उनको गलामा रातो तिलहरी पनि झुण्डिरहेको थियो । “फुपूको गलामा तिलहरी ?’ यसभन्दा पहिले मैले फुपूले कहिल्यै तिलहरी लगाएको देखेको थिइनँ । फुपू पनि तिलहरी लगाउन पाएर निकै फुरुंग देखिएकी थिइन् । ‘फुपूको सिउँदोमा सिन्दुर ?’ मेरो आँखा उनको सिउँदोमा पर्यो । मेरो मन चसक्क भयो । ## ‘ढिलो भै’सक्यो, अब हिँड्नु पर्छ,’ भन्दै मेरी आमा बाहिर निस्कनु भयो । ‘कहाँ जान लाग्नु भएको ?’ मलाई यतिबेलासम्म उनीहरु कहाँ जान लागेको भन्ने थाहा थिएन । ‘फुपूको घर,’ मेरी आमाले मेरो कपाल सुम्सुमाउँदै भन्नु भयो । ‘फुपूको घर?’ मलाई अच्चम्म लाग्यो । ‘फुपूको घर यही होइन र ?’ जन्मेदेखि नै मैले फ़ूपूलाई यही घरमा देखेको थिएँ । ‘होइन, बिहे गरिसकेपछि पनि जन्मघर छोरीचेलीको कहाँ रहिरहन्छ र ?’ आमाले खास्टो ओड्दै भन्नु भयो । अलि पर हजुरआमा मलिन अनुहार लगाएर बसिरहनु भएको थियो । ‘बिहे ?’ ‘कसको ?’ ‘फूपुको ?’ मैले पहिलो पल्ट फुपूको बिहेको कुरा सुन्दै थिएँ । जिज्ञासामाथि जिज्ञासाका खात लागे मेरो मनमा । ### ‘ल हिँड्नुस् अब, ढिलो भयो भने बस छुट्छ ।’ आमाले फुपूलाई हतार लगाउँदै हुनुहुन्थ्यो । फुपू पनि फुरुंग हुँदै आमाको पछि-पछि लागिन् । उनको अनुहारमा कुनै निराशा थिएन । मैले हजुरआमातिर हेरेँ उहाँको आखाँबाट आँसु बगिरहेका थिए । ‘फुपू किन यतिका वर्षपछि आफ्नो घर जानु भएको ?’ मैले हजुरआमाको नजिक गएर सोधेँ । हजुरआमा केही बोल्नु भएन, मात्र उनका आँखाबाट आँसुका बलिन्द्र धारा बगिरहेका थिए । ‘फुपू अब उतै बस्ने हो आमै ?’ मैले फेरि सोधेँ । ‘आउँछे…तर …।’ हजुरआमाको गला अवरुद्ध भए । ‘सानैमा बिहे गरिदिए, त्यो घरमा एक दिन पनि बसिनँ तर त्यो एक धरो सिन्दूरले आज यो दिन देख्नु पर्ला भन्ने मैले सोचेकी पनि थिइनँ नानी, ऊ विधवा भै रे अब,’ भन्दै हजुरआमा भुईंमा ढल्नु भयो । #रन्जु मार्ग #विधवा #सिउँदो अयुद्ध उपलब्ध ?: अनन्त भूमि जल पूर्ण देख्दैन अन्त यसको सूर्य देव दर्शन रिसले हो कि फेक्नु वो अस्त्र कालो समीप आउँछ तब देख्छ यसको पंख, दृश्य अनमोल छालहरुको बह कह अवाज ठोक्किदा बन्छ समय निश्चित यस्तो लय पकडन सक्छ कसले ? बाहेक प्रकृति यो संगीतको ज्ञान छालहरुमै छ सरस्वतीको आकृति यो यो समय नबितोस् कैले मन भन्दै चित्र गृहिणी संगीत यो छाल, समुद्र प्रकृति हो हैन जस्तो इन्द्रेणी रहन्छ युगौँ समय बित्छ, हुन्न होला यहाँ भोलि कर्म रहन्छ हो, एउटा प्रकृति दिन पछि सत्य हो राति बुझ्दैनन् मनुश्य लोभ राखीकन पद्चर बढछन् सदैव के कर्म गर्यौ ? धर्म के राख्यौ ? फल आशामा मच्चियो ताण्डव बरु रमाओ वायुमा, यहि हो इश्वर, यही हो धर्म यही हो प्रनन्द मृत्यु जस्तो हो निश्चित, प्राण न गई विश्वास गर्दैनन् यी मनुश्य लोभ राखिकन बढ्छन् अगि लाग्छ बिक्रीमा राख्या छ स्वर्ग द्वार । #अमेरिका #दिलिप अधिकारी #मेरिल्यान्ड रोटीको आत्मकथाः वृहत् अन्तरदृष्टिका सूक्ष्म कविता: — महेश पौड्याल कविताको भाषालाई लिएर धेरै बहस भएको छ विश्वभरि । “काव्यिक भाषा” अर्थात् पोयटिक डिक्सन भन्ने छुट्टै स्तर हुन्छ कविताको भन्ने विश्वास लामो समयसम्म हावी रह्यो कविताकर्मको र समालोचनाको फाँटमा । त्यस विश्वासअनुसार कविताको भाषा बढी लाक्षणिक, उन्नत, श्रुतिमधुर र गेयात्मक हुनुपर्छ भन्ने मान्यताहरू स्थापित भए । फलतः कविताले आफ्नो आयतनभित्र आमभाष्यलाई अटाउन सकेन । र कविता, पठनका दृष्टिले केही मान्छेहरूको ज्ञानव्योममा सीमित भयो । पश्चिमा साहित्यमा पोएटिक डिक्सनको प्रभाव उन्नाइसौँ शताब्दीसम्म पनि कायम रह्यो । यस प्रकारको उन्नत, प्राञ्जल र लाक्षणिक भाषाको प्रभाव अक्षुण्ण रहनुमा काव्यको ध्येय र अभीष्ट पनि जिम्मेवार थियो । त्यस बेलासम्म काव्य आम मान्छेका कथाव्यथाको संवाहक पनि हो भन्ने चिन्तन खासै लोकप्रिय थिएन । हुन त बेलायतमा, चौधौँ शताब्दीमा जेफ्री चौसरले आफ्नो केन्टरबरी टेल्समा आम मान्छेका जनभावनालाई आम मान्छेकै भाषामा लेख्ने प्रयास नगरेका होइनन्, तर उनका उत्तराधिकारीहरू पुनः शास्त्रीयताकै भासतिर फर्किए । फलतः कविता पुनः एकपल्ट पुरानै भाषाको लयमा फर्कियो । साहित्यको भाषा उन्नाइसौँ शताब्दीमा अएर तब फेरियो, जब साहित्यको वृहत् उद्देश्यमाथि नै बहस हुन थाल्यो । आर्थर मिलरजस्ता नाटककारहरूले नाटकलाई अरस्तुकै पालादेखि सम्भ्रान्त र शासक वर्गको चरित्रको चित्रणका लागि प्रयोग गर्दै आइएको परम्पराको व्यतिरेकमा आमा मान्छेको कथाव्यथाको चित्रणमा रूपान्तरित गर्नुपर्ने वकालत गरे । कवितातर्फ पनि बर्तोल्ट ब्रेख्टजस्ता लेखकले जनसाधारणकै हितका लागि कविता लेखिनुपर्छ भन्ने मत प्रकट गरे । अगष्टो बाउलजस्ता चिन्तकले त अरस्तुजस्ता लेखकलाई सीमान्तवर्गका लागि हानिकारक नै हुन् भन्ने सोचे । विलियम कोर्लोस विलियमका कवितामा आम मान्छेको मनोदशा परिलक्षित हुन थाल्यो । अमेरिकामा अलेन गिल्सबर्गहरूले त सडककै भाषालाई काव्यमा उतारे, र आम जनमानसको मनोकांक्षा लेखे । फतलः आम मान्छेको भाषा नै साहित्यको भाषा बन्न पुग्यो । कविताको लम्बाइ र आयतनका बारेमा प्राज्ञिक जगतमा, र समालोचनाको वृत्तमा त्यति बहस भएको पाइँदैन । त्यसको अर्थ, कविताको भौतिक आयतन गौण विषय हो । कविता शब्दको मितव्ययिता, भाव वा विचारको गाम्भीर्य तथा शब्द र तिनको संयोजनको कलात्मकतामा उभिनुपर्छ भन्ने बारेमा धेरै मतान्तर छैन । त्यसैले, कविताको लम्बाइ कति हुनुपर्छ भन्ने बारेमा प्राज्ञिक जगत मौन छ । लामा कविता लेख्नेहरूले निकै छोटा कविता पनि लेखे, गहिरो प्रभाव छोड्न सफल भए । अङ्ग्रेजी कविताको हकमा एज्रा पाउण्ड, विलियम कार्लोस विलियम्स्, बर्तोल्ड ब्रेख्ट र सिन्थिया जेरिनहरूका धेरै कविता केही हरफमात्रमा सीमित छन् । रूपी कौरले यस्तै कविताको जगमा आफूलाई स्थापित गरिन् । नेपाली भाषामा पनि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, राजेन्द्र भण्डारी, तुलसी थापा, कृष्ण प्रसाईं आदि कविहरूका धेरै र लोकप्रिय कविताहरू केही हरफमा सीमित छन् । यसको अर्थ, कवितामा आयतन गौण हो । कविताले बोकेको भाव र विचारको गाम्भीर्य र त्यसमा पोखिएको कलाको उच्चता नै कविताको उचाइ नाप्ने आधारहरू हुन् । पछिल्लो समय, मानिसहरूको जीवनमा देखिएको भागदौड र व्यस्ततालाई हेर्ने हो भने, कविताको भौतिक आयतन घट्नु र भावायतन बढ्नु झनै वाञ्छनीय छ । यसैले सायद ठूला आकारका महाकाव्यहरूको प्रकाशनमा क्रमशः देखिएको सिथिलतालाई पनि व्याख्यातित गर्दछ । आकारमा साना तर भावगत घनत्वका दृष्टिले शक्तिशाली कविता लेख्ने प्रचलन नेपाली कविताको फाँटमा निकै बढेको अनुभव गरिएको छ पछिल्लो समय । यसै क्रममा, एउटा सिङ्गो सङ्ग्रह लिएर पाठकसामु आएका छन् कवि लालगोपाल सुवेदी । हुन त लालगोपाल सुवेदीको नाम नेपाली कविताको फाँटमा नयाँ नाम होइन, तर छोटा र प्रयोगशील कवितासहितको उनको यो अवतरण नयाँ हो । नयाँ र प्रयोगशील हुनुको रोमाञ्च पनि यी कविताले बोकेका छन्, र जोखिम पनि उठाएका छन् । २०५७ मा फूलको देशमा छन्दोबद्ध कवितासङ्ग्रह तथा, पानी, इन्द्रेणी र यागमाया (२०७१) तथा सबाल्टर्न पात (२०७२) जस्ता कवितकृतिले कवि लालगोपाल सुवेदीको कवित्व स्थापित छ, यद्यपि निबन्ध, गीत, मुक्तक र बालसाहित्यमा पनि उनको विशिष्ट पहिचान छँदै छ । यसअघिको उनको कविताकारितामा पूर्व र पश्चिमका मिथकीय सन्दर्भ, दार्शनिक दृष्टिहरू तथा नारीका सूक्ष्म मनोविज्ञानका अनेक पक्षहरू परिलक्षित भएका भेटिन्थे । यस सङ्ग्रहमा उनी आजको समयको शल्यक्रिया गर्न तथा जीवनका मिहिन तर दर्शनिक पक्षको उत्खननमा केन्द्रित भएका देखिन्छन् । सङ्ग्रहमा ५१ कविता छन्, जसले जीवन, मानवीय सम्बन्ध, परिवार र संस्कार, मान्छे र प्रकृति, कविता र कलाको महत्ता, जीवन र मृत्युचिन्तन् आदि विविध दार्शनिक विषयलाई स्पर्श गरेका छन् । खस्कँदो मानवीय मूल्य, विचलित काव्यकारिता, बढ्दो क्रितिमता, मक्किँदा सम्बधहरू आदि विषयलाई पनि उनले प्रवेश गरेका छन् । साहित्यकै एक मेधावी विद्यार्थी हुनु, एक कवि पनि हुनु, र साहित्य कर्ममा निरन्तरा लागिरहनुले उनको काव्यचेत परिपक्व भएको प्रतीत हुन्छ, र साहित्यिक अभ्यासलाई नै पनि कविताको विषय बनाएर आलोचनात्मक कविता लेख्ने आत्मविश्वास राख्दछन् । उनीभित्रको एउटा तीव्र समालोचना चेत यसका कारक हुन सक्छ । एउटा चाखलाग्दो प्रसङ्गमा उनी स्पष्टतः भन्छन्, “प्रहार नहोस् भनिरहेको सधैँ÷भाषामाथि, साहित्यमाथि, संस्कृतिमाथि ।” उनलाई साहित्यकार आफैँले पनि आडम्बर र राजनीतिको आड लिएर माथि जाने उपक्रम गरिरहेको कुरामा आपत्ति छ । सीधै लेख्छन्, “आगामी चुनावमा पिँडुलामा तेल घसेर आउनुहोस्\\साहित्यकार भइन्छ ।” यसको अर्थ हो, लालगोपाल सुवेदीका कवितामा, कथ्यका हिसावले एउटा भँगालो अधिकवितात्मक र समालोचकीय कविताहरूको हो, जसमा उनको कविताचेत र कवितादृष्टि छरिएको छ । पछिल्लो समय कविताको सङ्ख्यामा देखिएको बाढी, र भाषाको प्रयोगमा देखिएका संवेदनहीनताप्रति उनी असन्तुष्ट देखिन्छन् । लेख्छन्, “बाठा कविहरू\\कवितालाई खोलैमा छोडेर÷पारि पुगिहाल्छन् ।” साहित्य सिर्जनामा दिनदिन गुम्दैगरेको मौलिकताप्रति पनि उनी क्षुब्ध छन् । बनिबनाउ फ्रेममा ढालेर आफ्ना रचना पस्कने छद्म सर्जकलाई लक्षित गर्दै उनी भन्छन्, “साँचोमा हाल्नुमात्रै पर्छ, जुत्ता जन्मन्छ\\साँचोमा हाल्नुमात्रै पर्छ, इँटा जन्मन्छ ।” घट्दो मानवीय मूल्य, र मर्यादाहरूको क्रमिक क्षयीकरण कवि लालगोपाल सुवेदीले उठाएको अर्को गम्भीर विषय हो । उनका कविताभरि यत्रतत्र छरिएको छ विसङ्गतिप्रतिको व्यग्ङ्ग । व्यवस्थामा देखिएको अराजकता, र जिम्मेवारहरूमा देखिएको लापर्वाही उनको काव्यिक झटारोका लक्ष्य हुन् । नेपालभित्र कार्यालय व्यवस्थामा देखिएको अस्तव्यस्तताबारे व्यङ्ग्य गर्दै उनी लेख्छन्, “अदृश्यमा पैसाको बोट छ ।” अगाडि भन्छन्, “अनुभवी पिउन भन्छ÷हाकिम साहेब आएपछि काम हुन्छ ।” कुशासन र विक्रृत राजनीति उनले चुनेको प्रमुख विषयमध्येका हुन् । “सस्तो भयो जनतानको खुन÷खुनमा कर लाग्दैन” जस्ता प्रभावशाली अभिव्यक्तिमार्फत् उनले कुशासनप्रतिको आफ्नो आक्रोश पोखेका छन् । व्यथितिको पराकाष्ठा अनुभव गरेपछि उनी सोध्छन्, “त्यो कस्तो देश होला जहाँ पुच्छरले हात्ती हल्लाउँछ?” देश यस्तो पनि छ, जहाँ भ्रष्टाचारको व्याप्ति शब्दातीत । घाँस खाँदैन भनिएको बाघले पनि खान्छ घाँस । यहाँ काम “टेबलमुनिबाटै फत्ते हुन्छ ।” भ्रष्ट आचरण र दुई नम्बरीबाटोबाट सम्पत्ति कमाएर पनि कहिल्यै नअघाउनेप्रति उनको प्रश्न छः “भन्नुस् तपाईं\\सुनको माला लाउने कि \\फूलको माला लाउने?” अनगिन्ती महत्वाकांक्षा र सपनाको पछिपछि दुगुर्दै, स्वदेशको प्राङ्गारिक सुख छोडेर प्रवासको मायावी सुखको छाया पछ्यउनेहरू—जसमा कवि आफैँ पनि पर्छन्—उनको काव्यिक व्यङ्ग्यका लक्ष्य हुन् । प्रथमतः उनी यस्तो पलायनवादी मनोविज्ञानकै वर्खिलाफ देखिन्छन् । सोध्छन्, “किन मेरै देशबाट करोडौँ करोड जवानी खेर जान्छ?” यो देशबाट उडेको जवानी अमेरिकालगायतका मुलुकहरूमा दिनरात एक गरेर पसिना बगाउन अभीशप्त छ, तर हृदयमा आह्लाद छैन । उनको टिप्पणी छ, अमेरिमा जिन्दगी सधैँ उधारोमै चल्छ, र मानिसहरूका देब्रे छातीमा “भुङ्ग्रोमा परेका माछा झैँ मुटु चल्छ ।” अर्को एउटा प्रसङ्गमा भन्छन्, “अम्रिकामा पटक पटक चुँड्छ प्रेम धागो ।” मरिहत्ते गरेर त्यसै अमेरिकामा पुगेका, र सधैँ कामको बोझले थाकेका मान्छेहरूको मनस्थितिको प्रनिनिधित्व गर्दै भन्छन्, “जहाजमा चढेर मान्छे होइन \\ गधा पो अमेरिका आएछ ।” भूमण्डलीकरणका कारणले बढ्दैगरेको वस्तुकरण र मूल्यको क्षय उनका कविताको अर्को विषय हो । यसको चक्रमा मानवीय सम्बन्ध र प्रेम पनि बजारको बिकाउ माल बन्न पुगेको छ । लेख्छन्, “आजको एक रातको लागि\\डलर वा पाउण्डमा किन्न सकिन्छ प्रेम ।” प्रेमका ग्राहकहरू पनि छली छन्, विक्रेता पनि छली । लण्डनको एउटा घटनालाई आधार बनाएर लेखिएको एउटा कवितामा उनी एउटी कालीको चित्रण, जो आफ्नो सम्मोहशक्तिले कुनै पहलमानलाई आकर्षित गर्छे, चेकबुक र क्रेडिटकार्डहरू थुत्छे, र उलाई नेप्किनलाई जस्तो डस्टविनमा फाल्छे । मान्छेले आफ्नो वास्तवित महत्ता गुमाएको छ । यो बेला, कविकै शब्दमा, “मान्छेहरूभन्दा त\\फोटोहरू नै बढी बाँचेको देख्छु ।” यसै गरी मूल्यको क्षयीकरणकै क्रममा प्रकृतिक फूलको भन्दा कृतिम फूलको चलन चलेको, र त्यसमा अत्तर छर्केपछि प्रकृतिकका भ्रम छर्ने चलन चलेको पनि उनको ठहर छ । भन्छन्, “अत्तर छर्किदिए पुग्छ फूलमा ÷फूल होइन तपाईं मग्मगाउनुहुन्छ ।” अस्थिर व्यवहार र ढुल्मुले व्यक्तित्व भएकाहरूका बारेमा उनी लेख्छन्, “हाउभाउ र बोली बदल्दा ÷जीवन महानाटक बन्छ ।” उनलाई टट्कारो रूपमा लाग्छ, यस्तै विपरीत समयसँग जुझ्नका लागि आज हामीलाई चाहिएको “प्रतिभा काट्ने मुसो होइन, फाटेको मन सिउने सियो” हो । सन्दिग्ध समयप्रतिको विमत्ति उनको कविताको पेटेन्ट कथ्य हुँदै हो । मान्छेको सोचमा देखिने लीलामय तर अवाञ्छनीय परिवर्तनका कारण पर्न जाने समस्या उनको चिन्तनको अर्को पाटो हो । पोखरीको पानी सङ्लो वा धमिलो देखिनु समयको कुरा हो, तर त्यस सङ्लोपन वा धमिलोपनबाट स्वार्थपूर्ति गर्न खोज्नेको कुनै कमी छैन मानव समाजमा । उनको चिन्ता, त्यसैले, यसरी अभिव्यक्त भएर आएको देखिन्छः “अरे माझी दाइ÷आज सङ्लो पानी पनि धमिलो देखिन्छ ।” यो हुनु र देखिनुबीचको फरक दृष्टिदोषका कारण हो, र दृष्टिदोष प्रकृतिमा होइन मान्छेको विचारमा विद्यमान छ भन्ने सङ्केत यी हरफहरूले गरेका छन् । अरुको खिसिट्युरीमा समय व्यतीत गर्नेहरूलाई ऐनाको विम्बले आफैँलाई जिस्क्याइरहेको पनि हुन सक्छ भन्दै कवि एकपल्ट आत्मदर्शन पनि गर्न सल्लाह दिन्छन् । रुखहरूको विनाश तथा प्राकृतिक सम्पदाहरूमाथिको अतिक्रमणका कारण वातावरणमा परेको असर, र त्यसँग सम्बन्ध सांस्कृतिक पक्षहरूको ह«ास पनि उनको चिन्ताको एउटा प्रमुख विषय हो । मानवीय सम्बन्धहरू कवि लालगोपाल सुवेदीको कविताले उठाउने अनेक विषयमा एक हुन् । सम्बन्धहरूमा उनी प्रेमी, परिवारजन र साथीभाइहरूबीचको सम्बन्ध उठाउँछन् । बद्लँदो समयसँग सम्बन्धहरू कृत्रिम र क्षणिक हुँदै गएको पनि बोध छ उनलाई । प्रेम अथवा वैवाहिक सम्बन्धहरू पनि प्राविधिक हुँदै गएको उनको ठकर छ । ऐनाअगाडि उभिएर सिँउदोमा सिन्दूर हालिरहेको युवतीको नियममाथि पनि विश्वास गर्ने आधार भेट्दैनन् । लेख्छन, “जब युवती गइन्ऐ\\नाको छातीकी युवती पनि गइन्शि\\रिषको फूल भएछ माया ।” प्रकृतिको नियमबद्धताभित्र मानव जीवनको लय निहित हुन्छ भन्ने उनको ठहर छ । “हिउँद र वसन्त एकैपल्ट आउँछ त?” भनेर उनले, ऋतुचक्रको क्यालेण्डर पछ्याउनुको विकल्प नरहेको कुरा उल्लेख गरेका छन् । निरन्तर पलायनको बाटो लागेको युवाशक्ति पुनः स्वदेश फर्कंदा स्वदेशको स्वभावसहित फर्कन्छ वा फर्कन्न भन्ने कुरामा पनि उनलाई शङ्का छ । दर्शनहरूको पुराना मान्यता सन्शोधित हुनुपर्छ भन्ने मत राख्छन् कवि लालपोगाल । परिवर्तित समयमा पुरानै मान्यता मानक नहुन पनि सक्छन् भन्ने उनको सोच हुन सक्छ, जो मनासिप पनि छ । त्यसैले, आफ्नो एक कवितामा उनी कार्ल माक्र्सको चस्माले “फेरि” हिमाल, पहाड र तराईले हेर्नुपर्ने आवश्यकता औँल्याउँछन् । अर्थ हो, आजसम्म हेरिएका मापदण्डहरूमा कहीँ न कहीँ खोट छ । जीवनबारे उनको मत छ, यसको अवसान अवश्यम्भावी छ, फूलको जस्तो । तर कसले कति वास्ना छर्ने हो, त्यो महङ्खवपूर्ण हो । यस्तो, आफूलाई विशिष्टता प्रदान गर्न सक्ने मान्छे अन्धारको जुनकिरी होज, जो एकमात्र किन नहोस्, उसलाई तर “महङ्खवका साथ हेरिन्छ ।” यी ममाम विषय र परिस्थितिका बावजूद पनि कवि लालगोपालभित्र जीवनप्रेम अगाध छ । सकारात्मकता प्रचूर छ । सुख होस् वा दुःख, जीवनलाई उज्यालोले स्पर्श गर्नुपर्छ भन्ने उनको अभिमत छ । स्पष्टै लेख्छन्— पीरमा बाँच्नै पर्दैन पनि नभन्नुस् भीरमा हिँड्नै पर्दैन पनि नभन्नुस् जस्तो हुनुहुन्छ सबका सामु त्यस्तै बन्नुस् खिच्नुस् तस्बिर फूलसित मुस्कुराएको र त्यसलाई ठूलो बनाएर आफ्नै आँखाहरूको चौरस्तामा टाँङ्नुस् । उनलाई आमाहरूमाथि भरोसा छ । “तिमी नभए मुटु र ढुङ्गामा कुनै अन्तर हुँदैन ।” मान्छेहरूको भीडमा कोही असल मान्छे हुन्छ अथवा जन्मन्छ भन्ने कुरामा पनि उनलाई कुनै द्विविधा छैन । उनको विश्वास छ, “अरबौँमा एउटा कृष्ण सुदामाका साथी हुन्छन् ।” यस्ता कृष्णजस्ता साथीको उपादेयतामा उनको चित्त टिकोको देखिन्छ । भन्छन्, “अँध्यारोमा बत्तीजस्तै बलिदिन्छन् सच्चा साथी ।” भौतिक रूपमा मान्छे भिन्नभिन्न भए पनि कुनै चित्रकारले आफ्नो अमूर्त चित्रकलामा कोरेको उनीहरूको छाया समान हुन्छ भन्दै आवरणमा देखिने विविधता, सारमा, एक निस्सार सत्य हो भन्ने सङ्केत कविले गरेका छन् । “पानीको कविता पानीमै छोडेर घर फर्किएँ” जस्ता प्रभावशाली विम्बात्मक अभिव्यक्तिमार्फत् उनी छुटेको वाल्यकाल, र त्यसैसँग छुटेको निर्दोषिता र मनको निश्छलतालाई पनि खेदका साथ सम्झन्छन् । कारण, उमेर घर्कँदै गएपछि वाल्यकालमा पानीभित्र हेरेको त्यो सग्लो कविताको ठाउँमा, कविकै शब्दमा ज्वारघाटाहरूले भाँचेका कविताबाहेक अरु केही भेटिँदैन । उमेरसँग कसरी फेरिँदै जान्छ कल्पनाको क्षितिज ! “रोटीको दन्त्यकथा” यस सङ्ग्रहको शीर्ष कविता हो, र एक उत्कृष्ट कविता पनि हो । विम्बैका आधारमा यसले एउटा संस्कारगत तर्क पनि अघि सारेको छ । मान्छेको इच्छा अथवा कार्यशक्तिको उसनको मनोविज्ञान र उसको विश्वाससँग गहिरो सम्बन्ध छ । नानीहरूलाई माछाले चाँदीको रोटी खाए भन्ने दन्त्यकथामा विश्वास जगाउन सकियो भने, उनीहरू चामलको रोटी पनि खान्छन्, त्यसै रोमाञ्चकारी कल्पनामा । यो एउटा दार्शनिक तर्क हो । यिनै भावभूमिहरूमा केन्द्रित कवि लालगोपाल सुवेदीका कविता स्वरूपमा प्रयोगशील छन् । छोटा छन्, तर प्रभावशाली पटाक्षेपसहित अवतरण गर्छन, चेतनाको तहमा । ताँदो नक्काएर छोडेका बाणजसता बेगवान् छन्, र तीव्र छन् । उनको सबैभन्दा इमान्दार पक्ष के छ भने, आफैँलाईसमेत प्रश्नको घेरामा राखेर उनले पलायनको र विदेशमा देखिने व्यस्त र कृक्रिम जीवनशैलीको पूरजोर विरोध गरेका छन् । आधुनिक, डिजिटल संसारका विम्बहरूलाई समेत कविताको फ्रेममा अटाएर उनले बद्लँदो समयका कविताको भाषा पनि आमभाष्यतिरै उन्मुख छ भन्ने तर्कलाई अनुमोदित गरेका छन् । विदेशमा रहेर पनि स्वदेशको चिन्ता, कल्पनमा सिर्जन घरदेशको चिन्तन, र घरदेश र परदेशबीचको अदृश्य खोँचबाट हेर्दा देखिने खण्डित पहिचानको पीडा पनि उनको कविताका परिलक्षित हुन्छ, जसरी संसारैभरिका आप्रवासी र डायस्पोरा लेखकहरूमा परिलक्षित हुन्छ । यस अर्थमा, उनी एउटा वैश्विक रेन्ज भएका कवि हुन् । ( “रोटीको दन्त्यकथा” पुस्तकको भूमिकाबाट) #रोटीको दन्त्यकथा रक्षा कसको हो ?: आज सोध्न मन छ ती मानिसहरूसँग जो आफ्ना क्षणिक प्यासहरू बुझाउन प्रथम स्वप्नदोषको अनुभूति नगरेकी मेरी छोरीको जवानी पिउन आउँछन् तिनलाई मैले छोएको किन पानी अछुतो हुन्छ ? ती जो सधैँ मेरो भट्टीको सोमरसको घैँटो रित्याएर जान्छन् मेरी स्वास्नीले छोएको कुवाको पानी किन बिटुलो मान्छन ? व्रत बस्दा नयाँ वस्त्र फेर्न मेरै घर आउने बिष्टेनी उनकी भर्खर जन्मेकी नातिनीलाई चाहिने भोटो लिएर दौडिँदै उनको घरपुग्ने मेरी स्वास्नी तिनै बिष्टको आँगनमा आफ्नै चुँडेको चप्पल ओछ्याएर बस्छे टुसुक्क । बर्खामा झमझम पानी पर्दा पिँढीमा ओत लाउन किन पाउँदिन ? मन्दिरको गजुर हालेका ती कामी दाइले त्यही मन्दिरको देउता जागेपछि आज तिनै मन्दिर छिर्न किन पाउँदैनन् ? खोलामा बग्दै गरेकी बिष्टेनीलाई बचाएको साँइलो कामीको छोराले उसकी छोरीलाई दुई तर्फी प्रेम गर्न किन पाउँदैन ? अरूलाइ खोलाको आँधीबाट बचाएर जीवनदान दिनेले त्यस्तै मान्छेसँग जीवन काट्न के हुन्छ ? तिम्रो धर्मले के भन्छ ? भर्खर मीठो स्वप्न देख्न सुरु गरेकी हल्का लाली चढेको गुलाफ जस्ती तर नफुलेकी किशोरीलाई लछारपछार पारेर लुछुने गिद्दहरूसँग जिन्दगी नै टाँसो लाइदिनुलाई धर्म ? कसैसँग प्रेम गरेकै भरमा भेरीको भेलमा जवर्जस्ती हेलिइदिनुलाई धर्म? प्रेम निष्ठा सिकाउँछ भन्थौँ धर्मले के यो तिम्रो धर्मले सिकाएको प्रेम हो ? सोध्न मन छ ति पण्डितसँग ती नीति निर्मातासँग अनि ति समाजकै रक्षक बनेका भक्षकहरूसँग रक्षा कसको हो ? बलात्कारीको ? या प्रेमीको ? रक्षा कसको हो ? हत्याराको ? या प्रेम गरेकै भरमा ज्यान गुमाउन पर्नेको ? या परिवारको भरणपोषण गर्न भर्खर लायक बन्दै गरेको ठिटाको ? प्रेमको पाठ पढ्दै गरेको युवकको? या भर्खर विद्यालय जाने उमेरकी किशोरीको ? सुनौला सपना गाँस्नेहरूको ? स्वप्न देख्ने अधिकार नराख ए ! चुने रैती हो भन्ने श्री ३ हरुको ? #रक्षा कसको हो ? तपाइको राष्ट्रियता के हो मित्र ?: तपाईँको राष्ट्रियता के हो मित्र ? म बुझ्दिनँ राष्ट्रियता तपाइँको मनैबाट आउनु पर्छ । राष्ट्रियता तपाईंको, नसा नसामा बग्नुपर्छ । अनि राष्ट्रियता तपाइँको हरेक काम गराईमा देखिनु पर्छ । त्यसैले म बुझ्दिनँ तपाईँको राष्ट्रियता के हो मित्र ? अमेरिकाको दाजुले ल्यापटप नपठाइदिए तपाईंको कार्य चल्दैन । अष्ट्रेलियाकी बहिनीले मोबाइल नकिनिदिए तपाईंको दिमाग चल्दैन । अनि अरबका भाइले घर नहेर्दि, तपाईंको पेट चल्दैन । र खाडीका चेलीले राडी नबिछ्याइदिए तपाईँको जिन्दगी चल्दैन । त्यसैले बुझिनँ मित्र ! तपाईंको राष्ट्रियता के हो ? युग धेरै परिवर्तन भैसक्यो ।. अबको लडाईँमा रगत हैन मसिको प्रयोग हुनुपर्छ । बारुद हैन वाक्य प्रयोग गर्नुपर्छ । र तपाईँको हातले बन्दुक समाउने हैन ! अब कलम समातेर अघि बढ्नु पर्छ । त्यसैले त म बुझ्दिनँ तपाईँको राष्ट्रियता के हो मित्र ? अझै पनि बाहुबलको धाक दिँदै हुनुहुन्छ ? तपाईंको दिमाग प्रबल हुनुपर्छ । खाली बल वीर बहादुर मात्र बन्न नखोज्नोस्न अब त बुद्धि वीर बहादुर पो बन्न जान्नु पर्छ । त्यसैले मित्र ! उग्र आवाज र रातो पाटीमा हैन बुद्धि, विवेक अनि, वार्तामा विश्वास गर्नुपर्छ । त्यसैले म बुझ्दिनँ मित्र तपाईँको राष्ट्रियता के हो ? #राजु थापामगर #राष्ट्रियता भेटघाटमा: पहिलो भेटघाटमा वाक्य फुटेन अन्तिम भेट घाटमा वाक्य जुटेन उबेला पियारी बोलिनौ खै किन योबेला पियारी म बोल्नै सक्दिनँ ।। तिम्रै प्यारले घायल घायल बनी भयो आज यो चिताको सिरानी मृत्युनै रहेछ सत्य जन्मको रित यो के बोल्छौ अब खै खरानी सित यो ।। पहिलो भेटघाटमा जलायौ यो मन अन्तिम भेट घाटमा जलाऊ जीवन रुँदै व्यर्थ ती परेली भिजाउँछौ किन म सुन्न सक्दिनँ म देख्न सक्दिनँ तिम्लै फेरेको त्यो हावा म छोवौँला आकाशबाट तिमीलाइ हेरौँला हरेक सपनीमा म भेट्न आउँला पहिले जसरी नै फेरि रमाउला ।। प्रिया अब त हाँसेर देऊ न बिदाई धेर दूर छ जानू ढिला भो मलाई पहिलो भेटघाटमा हाँसेको चेहरा अन्तिम भेट घाटमा बिन्ती नफेर ।। #भेटघाटमा लघुकथा: नमस्कार: – अरुण नदी खत्री कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि स्कुलमा पढ्दै गरेको माधवले भगवानको मूर्तिमा पनि ढोग्न छाड्यो । घर नजिकैको भगवानको दर्शन गर्न जाँदा सधैँ ढोग्ने माधवले एक मिटर परैबाट नमस्कार गरेको देखेपछि उसको छिमेकी घरको मेनुकाकी आमाले, ‘माधव आज तिमीले भगवानको मूर्तिलाई किन नढोगेर नमस्कार ग¥यौ नि ?’ भनिन् । उसले ‘थाहा छैन आमा हजुरलाई ? कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि हामी सबैले नमस्कार गरौं, हात मिलाउन छाडौँ भनेर रेडियोबाट सन्देश सूचना बजिरहन्छ नि’, भन्यो । ‘ए हो त नि, मैले त भुसुक्क बिर्सेको । अबदेखि हामी सबै एक मिटरको दूरीमा बसौँ, एकले अर्कोसँग हात मिलाउने नगरौं, नमस्कार गरौँ, भनिरहेको छ नि माधव ।’, मेनुकाकी आमाले भनिन् । ‘थाहा छ आमा ? अबदेखि दशैँमा मलाई मेरो बुबा, आमा, दाजु र दिदीहरुले निधारमा टिका र जमरा लगाइदिनु हुँदा म नमस्कार गर्छु, ढोग्दिनँ’, माधवले भन्यो । ‘त्यसो भए माधव, जमरा र टिका पनि तिम्रो निधारमा लगाइदिनु भएन नि ? एक मिटर परै राखिदिनुपर्ने भयो नि, हैन ?’ मेनुकाकी आमाको कुराले माधव ट्वाँ खायो । मदन पुरस्कार विजेता कृष्ण धरावासी टिकटकमा: कृष्ण धरावासी सामाजिक सञ्जाल टिकटक ले सर्वसाधारणलाई पनि सेलिब्रिटी बन्ने अवसर दिइरहेको छ भने सेलिब्रिटी पनि के कम ? त्यसैले त अहिले हरकोही सेलिब्रिटी टिकटकमा रमाउन थालेका छन् । सिनेमाका कलाकारहरू मात्र टिकटकमा छाउने होइन, पछिल्लो पटक मदन पुरस्कार विजेता कृष्ण धरावासी पनि थपिएका छन् । अहिले टिकटकमा साहित्यकार कृष्ण धरावासी पनि व्यस्त हुन थालेका छन् । धरावासीकी बुहारीले टिकटक चलाएको देखेपछि धरावासीले पनि नयाँ सञ्जालमा जोडिने रूचि देखाएका हुन् । धरावासीले टिकटकमा जोडिएसँगै युवासँग सामीप्य बढाउन सजिलो भएको बताएका छन् । उनी भन्छन्, “ यो टिकटक भन्ने जिनिस चाहिँ सामाजिक सञ्जालको हाइकु, मुक्तक रहेछ । पन्ध्र सेकेण्डमा त हाइकु र मुक्तक नै वाचन गर्न सकिन्छ ।” धरावासीले आफ्नो टिकटकमा विभिन्न लाइभ कार्यक्रम, कथाका अंशहरूको भिडियो पोस्ट गर्दै आएका छन् । यस टिकटकलाई उनी साहित्यिक टिकटकको उपनाम दिने गरेको बताउँछन् । विगत तीन हप्ताबाट टिकटक चलाइरहेका धरावासीको लगभग ४५ सय फलोर्अस पुगिसकेका छन् । टिकटक चलाउनेहरूका लागि यति छोटो समयमा यत्तिका धेरै फलोअर हुनु खुसीको कुरा भएको धरावासी बताउँछन् । आउँदा दिनमा यस प्लेटफर्मलाई अझ बढी सदुपयोग गर्ने धरावासीले बताए । #कृष्ण धरावासी #टिकटक नेपाल प्रज्ञा प्रतिष्ठानको सूचनाः साहित्यकार र कलाकलारलाई: नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार र कलाकारलाई परिचय कोश परिमार्जन तथा प्रकाशनसम्बन्धी सूचना निकालेको छ । साहित्यकार कलाकार परिचय कोशमा छुटेका वाङ्मयका भाषा, साहित्य, संस्कृति दर्शन शास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, अर्थशास्त्र, विज्ञान, कला, नृत्य, सङ्गीत र अभिनय लगायत विभिन्न विधाका प्रतिभाहरूको विवरण समावेश गरी अद्यावधिक गर्ने र सोको डिजिटल एवम् मुद्रत प्रति तयार गर्ने उद्येश्यका साथ परिमार्जन र प्रकाशन प्रक्रिया अगाडि बढाइएकाले प्रस्तुत सूचना निकालिएको हो । साथै, प्रतिष्ठानले २०७७ असार १५ को अन्तिम मिति तय गर्दै सबै लेखक, कलाकार र संस्थालाई आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ । आवश्यक सूचनाकोे लागि तल रहेको फारम हेर्न सकिनेछ । #साहित्यकार कलाकलार जसका आवाज सुनिन्छन्, कथा भनिँदैनन्: साहित्य पोस्टले अन्य प्रकाशनका साहित्य वा लेखक विशेष प्रकाशित सामग्रीहरुलाई स्थान दिनका लागि यो ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । यो स्तम्भमा साहित्य पोस्टले आफ्ना पाठकहरुलाई अन्य प्रकाशनका छुटाउँनै नहुने वा संग्रह गर्नु पर्ने विशेष सामग्रीहरु पढ्नका लागि सिफारिस गर्छ । यो सामग्री हामीले सेतोपाटीबाट लिएका हौँ । यसलाई सेतोपाटीका लागि गिरीश गिरी ले लेख्नुभएको हो । यस लेखलाई तपाईँ सेतोपाटीकै साइटबाट पनि हेर्न सक्नुहुने छ । ==================================================================== टोलका छिमेकीहरूको जमघट थियो। जमघटमा गितार समातेका तन्नेरीहरूले नारायण गोपालको ‘पोखिएर घामको झुल्का’ गाउन सुरू गरे। ‘ए बा! तिमीहरूले त्यो गितार थ्री-फोर टाइमिङमा बजाइरहेका छौ,’ टोलकै पाका सिबी क्षत्रीले बीचैमा सुझाए, ‘पछाडिको एउटा बारलाई छाडेरै बजाई हेर त! अझ राम्रो सुनिन्छ।’ हामी सबैका टोल-छिमेकमा अवकाशप्राप्त जीवन बिताइरहेकाहरू प्रायः ‘लो प्रोफाइल’ मा भेटिन्छन्। जस्तो, ७४ वर्षीय सिबी दाइलाई पनि हाम्रो टोलका अधिकांश वासिन्दाले ‘बिहान बिहान पूजाका निम्ति फूल टिप्दै हिँड्ने मानिस’ का रूपमा मात्रै चिन्छन्। त्यही जमघटमा पनि धेरैलाई क्षत्री नेपालका पुराना गितारवादक हुन् भन्ने थाहै थिएन। उनको सुझावले कोही-कोही अचम्म परे। ‘रेडियोमा यो गीत बज्दा विचार गर त, बजाउनेले पछाडिको बारलाई छोडेकै सुनिन्छ,’ सिबी दाइले अझ अगाडि थपे, ‘अनि, त्यो बजाउने मानिस मै हुँ।’ यो पछिल्लो जानकारीबारे चाहिँ त्यहाँ अरू कसैलाई थाहा थिएन। सबै ट्वाँ परे। हाम्रो कुराकानी अब हरिभक्त कटुवालले लेखेको त्यो कालजयी गीततर्फै मोडियो। गीतमा दुईपटकको ‘इन्टरल्यूड’ मा एउटा मिठो गितारको लिड पिस सुनिन्छ। घुम्दै आएर खसेजस्तो आवाज। ‘रिदम मात्र होइन,’ सिबी दाइले थपे, ‘त्यो लिड पनि मैले नै बजाएको हुँ।’ चार दशकअघि रेडियो नेपालको स्टुडियोमा संगीतकार अम्बर गुरुङले यो गीतको कम्पोजिसनबारे निर्देशन दिँदा ‘यसलाई डी मा बजाऊ’ मात्रै भनेका रहेछन्। ‘तर सुन्नेबित्तिकै यो मिक्सो लिडेन स्केलमा बनेको धुन हो भन्ने मैले पत्तो पाइसकेको थिएँ,’ सिबी दाइले थपे, ‘त्यसपछि म आफैंले पछाडिको एउटा बार छाडेरै बजाउन सुरू गरेँ।’ आफूले तय गरेभन्दा बेग्लै यो आवाजले झनै सशक्त प्रभाव पारेको अम्बर गुरुङलाई तत्कालै महशुस भएछ। उनले पुलुक्क गितारवादकतिर हेरे। क्षत्रीका अनुसार काम गर्दागर्दै संगीतकर्मीबीच यसरी जुध्ने आँखा बडो स्वादलाग्दो हुन्छ। ‘त्यस्तो हेराइलाई नेपालीमा के भन्छन्?’ दाइले हाँस्दै सोधे र अगाडि थपे, ‘अंग्रेजीमा त ‘ग्लिम्स’ भन्छन् क्यारे!’ वाद्यवादकको खास भूमिका संगीतकारले तोकेअनुसार एकोहोरो बजाउने मात्र भए पनि यदि कलाकार हो भने ऊभित्रको सर्जक थामिएर बस्न नसक्ने क्षत्रीको ठहर छ। ‘कम्पोजरले सेतो गुलाफ रचना गरेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा हल्का रंगीन देखिने टोनहरू वाद्यवादकको सिर्जनाशक्तिले तयार पार्छ।’ त्यस्ता टोन कसैले निकाल्छु भनेर निस्कने नभई बजाउँदा बजाउँदैको छटपटीले प्रस्फुटन हुने उनको अनुभव छ। पश्चिमाहरू र आफूहरूको संगीत अभ्यासमा आकाश-पाताल फरक हुने सिबी दाइको अनुभव रह्यो। ‘उनीहरूकहाँ कम्पोजरले सबथोक कागजमै उतारेर दिएका हुन्छन् जसमा कसैले थोरै पनि तलमाथि गर्न पाउँदैन,’ उनले भने, ‘हामीकहाँ कम्पोजरहरूमा त्यो स्तरको तयारी नपुग्ने भएकाले वाद्यवादकको सहकार्यबाटै कतिपय कुरा विकास हुन्छ।’ जमघट सकिएलगत्तैको बिहान म सिबी दाइको घरमै पुगेँ र प्रश्न सुरू गरेँ। ‘ए बा! यसरी प्रश्न किन सोधेको भन त?’ दाइले पन्छिने पारा ल्याए, ‘नाइँ नाइँ। मलाई अखबारतिर तान्ने काम नगर।’ सिबी क्षत्री मात्र होइन, संगीतका दुनियाँमा यस्ता हजारौं, अझ लाखौं मानिस छन्। हामी उनीहरूले सिर्जेका धुन सुनेरै हुर्किन्छौं। तर, कहिल्यै उनीहरूबारे चासो राख्दैनौं। केवल गायक अनि बढीमा संगीतकार र गीतकारको चर्चा हुन्छ। धुन भर्नेका कथा पनि कसैले लेख्दैनन्। ओझेलका पात्र भएरै बाँच्छन्। म भने सिबी दाइको कथा लेख्न तयार थिएँ। यति भएपछि संकोच मानिरहेका दाइलाई सम्झाउन मुश्किल परेन। काभ्रेको पुर्ख्यौली घरमा जन्मेका सिबी क्षत्रीको हुर्काई बर्माको टोंगजी सहरमा भएको थियो। उनको परिवार उतै बसेर बीचमा फर्केको थियो। उनी जन्मेपछि फेरि उतै पुगेको थियो। ‘बर्मामा धेरैथरि जातिको मिश्रित बसोबास थियो,’ उनले सम्झना गरे, ‘बंगालीदेखि दक्षिण भारतीयसम्म, रैथाने बर्मेलीदेखि चिनियाँसम्म। हामी नेपाली त हुने नै भयौं।’ त्यस्तो जमघटमा कुनै-कुनै बेला नेपालीहरू धर्मराज थापाका गीत गाउँथे। नत्र प्रायः सबैले मिलेर गाउने भनेकै हिन्दी गीत हुन्थ्यो। ‘त्यसै जमघटमा कुमाउँतिरबाट आएका कल्याण नामका गुरूले मेरा दाइको समूहलाई मेण्डोलिन बजाउन सिकाएका थिए,’ सिबी दाइले सुनाए, ‘तर, नसिकाइएकै म चाहिँ समूहमै पोख्त भएर निस्केँ।’ बर्मा बसाइँका रमाइला क्षण लामो समय चलेनन्। सैनिक शासक ने विनले सन् १९६४ मा आप्रवासीलाई दुःख दिने नीति अपनाएपछि क्षत्री परिवार नेपाल फर्कियो। सिबी दाइ भने भारतको सिलोङमा बसेर पढाइलाई निरन्तरता दिन थाले। ‘सिलोङको होस्टलमा आदिवासी खसियाहरू अंग्रेजी गीत गाउन असाध्यै माहिर थिए,’ उनले सुनाए, ‘त्यतिबेलै असाध्यै मनपरेको क्लिफ रिचर्डको ‘एभरग्रीन ट्री’ गाउँदा गाउँदै म गितारमा पनि पोख्त भएँ।’ सिलोङबाट एसएलसी सिध्याएपछि अगाडिको पढाइका निम्ति उनी नेपाल आए। दाइको परिवार पोखरामा थियो। ‘पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायको दोश्रो समूह हाम्रै थियो,’ उनी भन्छन्, ‘२०२५–२६ सालको कुरा हो।’ पोखराको बसोबास झुप्री पाराको घरमा थियो। ‘तर, हाम्रो त्यही डेरा छेवैमा भूपि शेरचनको दरबारजस्तै घर थियो,’ उनले सुनाए, ‘त्यही घरमा बस्ने अशोक भट्टचन मेरा असाध्यै मिल्ने साथी।’ त्यो दरबारमा निरन्तर आवतजावत चल्थ्यो। अनि त्यसैमा कहिले पारिजात आएर भूपिको पाहुना बन्थिन्, कहिले भर्खर बिहे गरेर ल्याएकी श्रीमतीका साथ नारायण गोपाल डेरा लिएर बस्थे। यसरी भूपिको घर जमघट थलो बनेको थियो। त्यस्ता जमघटमा क्षत्री उनका असाध्यै मिल्ने पोखरेली साथी सरोज गोपाल र कृष्णबहादुर श्रेष्ठका साथमा सरिक भइरहन्थे। सरोज गोपालको लोकप्रिय ‘देउराली उकाली चढेर’ आफैंले गितारमा संगीतबद्ध गरिदिएको उनी दाबी गर्छन्। साथीसंगतमै गरिएको त्यो कामको जस उनलाई दिइएन। तै पनि कुनै दुःखेसो नरहेको उनी सुनाउँछन्। र, भन्छन्, ‘आइ एम ह्याप्पी’। रेडियोमा रेकर्ड हुनुअगावै आफूहरूले धेरैपटक त्यो गीत पोखरामा सुनाएको उनले सम्झे। त्यसैमध्ये भूपिको घरको जमघट पनि थियो। त्यहाँ हार्मोनियम समातेर बसेका नारायण गोपाल आफू पनि गीत सुनाउँथे र अरूका पनि सुन्थे। ‘नारायण गोपाल र भूपि दुवै पिउने मामिलामा माहिर थिए,’ सिबी दाइ सम्झन्छन्, ‘टकिलाको जस्तै सिसाको सानो गिलासमा रक्सी हालेपछि ओेठमा पनि नछुवाई परैबाट घाँटीभित्रै हुत्याउने प्रतिस्पर्धै गर्थे।’ ठीक त्यतिबेलै पृथ्वीनारायण क्याम्पसमा परीक्षासम्बन्धी विवादलाई लिएर विद्यार्थी आन्दोलन चर्कियो। त्यसले पनि कलेज बाहिरका गतिविधिमा सरिक हुन झनै फुर्सद मिल्यो। ‘त्यो फुर्सदमै मैले कन्या स्कुलमा हिसाब पढाउन सुरू गरेँ,’ सिबी दाइ भन्छन्, ‘पेमला दिदी (नारायण गोपाल पत्नी) चाहिँ अंग्रेजी शिक्षिका।’ यसरी सम्पर्क अझ बढ्दै गयो। एकदिन पेमलाले ‘नारायण गोपाल संगीत साँझ’ को इच्छा राख्दै ‘भाइ, तपाईंले सघाइदिनुपर्छ’ भनिन्। त्यसको केही समयमै पृथ्वीनारायण क्याम्पसस्थित साइन्स ल्याबसँगै सानो अडिटोरियममा ‘नारायण गोपाल साँझ’ आयोजना गरियो। गाउनुका साथै हार्मोनियम बजाउने काम नारायण गोपालले नै सम्हालेका थिए भने गितारमा क्षत्री अनि तबला सरोज गोपालकै आफन्त प्रज्ञाले सम्हालेका थिए। ‘प्रज्ञा र म दुवैले त्यत्तिकै बजाइदिएका थियौं,’ क्षत्रीले भने, ‘त्यो समय पोखरामा कसैले पनि पैसालाई महत्त्व दिँदैन थियौं।’ त्यो नारायण गोपाल साँझको एउटा दृश्य उनलाई अझै सम्झना आउँछ। ‘नारायण दाइ हल्का ट्वाँट लगाएरै गाउन उभिएका थिए,’ उनले भने, ‘गाउँदा-गाउँदै एउटा गीतमा त बीचैमा खोक्न थाले।’ उनका अनुसार त्यो सायद भूपिकै ‘अल्झेछ क्यारे पछ्यौरी’ गीत थियो। ‘गीतको बीचमै स्वर तान्दातान्दै खोक्न थालेका उनी एकछिनसम्मै थामिएनन्,’ क्षत्रीले सुनाए, ‘उनले गाउन पनि छाडेनन्।’ क्षत्रीका अनुसार त्यो क्षण सबैले मञ्चतिर हेरिरहेका थिए भने मञ्चमा नारायण गोपालबाहेक आफूहरू दुई जनाको नजर दर्शकदीर्घाको पहिलो लहरमै बसेकी पेमलातर्फ थियो। ‘हत्केलाले मुख छोपेकी पेमला दिदीको अनुहार यति आतंकित थियो,’ उनले भने, ‘असाध्यै असहज र हृदयविदारक।’ त्यो दृश्यले नै उनी नारायण गोपाललाई कति धेरै मनपराउँथिन् भन्ने देखिन्थ्यो। ‘त्यो दृश्य मेरो स्मृतिमा यसरी बसेको छ,’ उनी थप्छन्, ‘अहिले पनि झल्झली सम्झिरहन्छु।’ एकैछिनको त्यो असजिलोपछि फेरि स्थिति सामान्य बन्दै गयो। र, पोखराको ‘नारायण गोपाल साँझ’ सफलतासाथ सम्पन्न भयो। त्यसलगत्तै नारायण गोपाल दम्पत्ति मात्र होइन, सिबी क्षत्री पनि काठमाडौं आइपुगे। यता आएपछि नारायण गोपालको सुरूमा पुर्ख्यौली घर किलागलमै बसोबास थियो। पछिपछि रानीपोखरी अनि ठमेलतिर डेरा सर्दै गयो। नारायण गोपालको वासस्थान जता पुगे पनि भेट्न गइरहने, पेमलाले पकाएका खाना खाने, शिवरात्रिका बेला सँगसँगै पशुपति जाने, मनोज कुमारको सिनेमा हेर्न विश्वज्योती गइरहने कामले निरन्तरता पाइरहे। ‘त्योताका नारायण दाइको असाध्यै पिउने बानी थियो,’ क्षत्री भन्छन्, ‘कति रात त आफूले रातभर ढोकै नखोलिदिएको प्रसंग पेमला दिदीबाट सुन्थेँ।’ काठमाडौं आएपछि क्षत्रीलाई जागिर चाहिँ रेडियो नेपालमा मिल्यो। सुरूमा ‘बी क्लास’ र लगत्तै ‘ए क्लास’ संगीतकारको। त्यहाँ दिनदिनै रेकर्डिङ चल्थ्यो। शुक्रबारको दिन लोकगीतका लागि छुट्याइएको हुन्थ्यो भने बाँकीका दिन आधुनिक, राष्ट्रिय गीतदेखि भजनसम्म रेकर्ड हुन्थे। ‘म रेडियोमा रहँदै राजा वीरेन्द्रको राज्याभिषेक भएको थियो,’ उनी सुनाउँछन्, ‘त्यति बेला त रेडियो नेपालमा पर्वजस्तै चलेको थियो।’ बिहान उज्यालो नहुँदैदेखि मध्यरातसम्म एकोहोरो रेकर्डिङ चल्थ्यो। त्यो बेला रेडियो नेपालमा आएर नगाउने कुनै कलाकार थिएनन्। ‘तर, एउटै गायकलाई मैले त्यो बेला एकपटक पनि आएको देखिनँ,’ क्षत्री सम्झन्छन्, ‘उनी थिए नारायण गोपाल।’ सुरूमा रेडियोमा भित्रिँदा एउटा गीतको रेकर्ड सिध्याएपछि सात रूपैयाँ पारिश्रमिक पाइन्थ्यो। पछि ‘ए क्लास’ भएपछि नौ रूपैयाँ पुग्यो। ‘त्योताका तीस रूपैयाँले घरभाडा टर्थ्यो,’ उनी सम्झन्छन्, ‘रेडियोबाट आएको पैसाले नै छेलोखेलो पुग्थ्यो।’ दिनहुँ एकोहोरो जाने, काम गर्ने र फर्किने, रेडियोमा उनको खासै संगत भने कसैसँग थिएन। ‘एकपटक एउटा तन्नेरी देखेँ, पिटर जे कार्थक,’ उनी भन्छन्, ‘बेस गितार बजाउने पिटर र मेराबीच प्रायः अंग्रेजीमै कुराकानी हुन्थ्यो।’ क्षत्रीका अनुसार त्यो बेला पिटर रातभर क्यासिनोमा जागिर खान्थे भने बिहान सबेरै त्रिभुवन विश्वविद्यालयमा एमएको कक्षा लिन्थे। अनि दिउँसोपख रेडियोमा गितार बजाउन आइपुग्थे। ‘उसको क्षमता देखेर म जिल्ल पर्थें,’ क्षत्री भन्छन्, ‘हाम्रो अर्को रूचिको विषय अंग्रेजीका किताब थिए। फ्रेडरिक फोर्सिथका ‘बेस्ट सेलर थ्रिलर’ हरू हामी बाँडेर पढ्थ्यौं।’ दार्जिलिङबाटै आएका पिटरसँगको सम्पर्कले आफूलाई गोपाल योञ्जनसँग नजिकिन मद्दत मिलेको क्षत्री सम्झना गर्छन्। ‘गोपाल दाइका थुप्रै गीतमा मैले गितार बजाएको छु,’ उनी भन्छन्, ‘मलाई उनको असाध्यै मनपर्ने ‘देशले रगत मागे’ र ‘धेरै छ गर्नु स्वदेशको सेवा’ मा पनि मेरै गितार बजेका छन्।’ क्षत्रीका नजरमा गोपाल योञ्जन नेपालले पाएको सर्वोत्कृष्ट संगीतकार हुन्। त्यो बेलाका संगीतकारहरू सबै कोभन्दा को कम थिए। अम्बर गुरुङदेखि नातिकाजीसम्म। ‘जस्तो भनौं न, नाति दाइ त राम्रो संगीतकार हो नि!’ उनले थपे, ‘उनको सम्पूर्ण ध्यान कसरी मिठो कम्पोजिसन तयार पार्ने भन्नेमा हुन्थ्यो। कसरी हुन्छ त्यो म्युजिक फ्लप नहोस् भनेर असाध्यै कोशिस गर्थे।’ क्षत्रीका अनुसार त्यसरी मेहनत गरेपछि नातिकाजीका गीत नभन्दै सुपर-हिट हुन्थे। ‘तर, गोपाल दाइ यस्ता कुरा मतलबै नराखी कविले जस्तो काम गर्थे,’ क्षत्री भन्छन्, ‘शब्द तौलनेदेखि लिएर संगीत बुझ्नेसम्ममा उनको विशिष्ट क्षमता थियो।’ क्षत्रीको अनुभवमा गोपाल योञ्जनलाई काम गर्दागर्दै कुन बेला के कुराको सुर चल्थ्यो भन्ने ठेगान थिएन। एकदिन सुशीला कंसाकारको स्वरमा गीत रेकर्डिङ चलिरहेको थियो। अचानक योञ्जनलाई त्यसमा ‘माउथ अर्गन’ को आवाज मिसाउन मन लाग्यो। तर, रेडियोमा न त्यो बाजा थियो, न बजाउने मानिस। ‘स्टुडियोबाट कुद्दै आफ्नो डेरा पुगेर मैले नै माउथ अर्गन ल्याइदिएँ,’ क्षत्री सम्झन्छन्, ‘आफैंले बजाएर रेकर्ड गरिदिएपछि गोपाल दाइको अनुहार बल्ल सन्तुष्ट देखिएको थियो।’ क्षत्रीलाई असाध्यै मनपर्ने अर्का संगीतकार गोविन्दलाल श्रेष्ठ हुन्। ‘छुटाउनै नमिल्ने,’ उनी भन्छन्, ‘एकताका रेडियोमा एकाबिहानै बज्ने उनको कम्पोजिसनको शंख ध्वनी त मास्टरपिसै हो।’ त्यो ध्वनी निकाल्न प्रयोग गरिएको असाध्यै विशाल शंख रेडियो नेपालमा सजाएरै राखिएको क्षत्री सम्झन्छन्। गायनमा भने क्षत्रीलाई सबभन्दा प्रभाव नारायण गोपालकै परेको थियो। ‘नारायण दाइले पनि हाइ रेन्जमा पुग्दा त दबाएरै गाउँथे,’ उनले कमजोरी पनि औंल्याए, ‘सोप्रानोको माथिल्लो पिचमा पुग्दा आवाज खोलेर गाउन उनी पनि सक्थेनन्।’ नारायण गोपालका निम्ति बजाएका गीतमध्ये क्षत्रीलाई सबभन्दा मनपर्ने ईश्वरवल्लभको ‘मेरो बेहोसी आज मेरै लागि पर्दा भो’ हो। त्यसबाहेक ‘मेरो आँखालाई राख्ने फूलबारी छैन’, ‘ईश्वर तैंले रचेर फेरि’, ‘दुइटा फूल देउरालीमा’, ‘मेरो यो गीतमा जुन मुर्च्छना छ’ जस्ता उनले गितार बजाएका गीतको लामै सूची छ, जुन अहिले सम्झिन पनि गाह्रो हुँदै गएको छ। नारायण गोपालको गीतलाई कतिपयले ‘ब्लूज’ भनिदिँदा क्षत्रीलाई अचम्म लाग्छ। ‘ मलाई नसोध गीत पनि ब्लूज होइन,’ उनी भन्छन्, ‘फ्ल्याटेड नोटलाई नबुझेर मानिसले ब्लूज भनिदिए कि जस्तो लाग्छ। बरु एक्सिडेन्टल भन्न सकिएला।’ उति बेलाजस्ता गायक वा संगीतकार हिजोआज देखिनै छाडेको गुनासो क्षत्रीको छ। ‘अलिकता कर्ण दासमा त्यो ‘टिम्बर क्वालिटी’ छ कि जस्तो लाग्छ,’ उनी फेरि पनि यो प्रश्नमा पन्छिन चाहे, ‘अहिलेका गायक तथा संगीतकारको बारेमा केही बोल्नुभन्दा पनि सबलाई राम्रो गर्ने शुभकामना दिन्छु।’ बरू उनले पुरानै समय सम्झिन चाहे। ‘रामराज पौड्याल निर्देशक भएकै बेला रेडियोमा माथि टुप्पी र तल हाफपाइन्ट भएका एक जना नपत्याउँदो सानो केटा आइपुगेका थिए,’ उनले थपे, ‘उदितनारायण झा।’ झा त्यति बेला आधुनिक गीत प्रतियोगितामा मैथिली गीत गाउन आएका थिए। त्यो प्रतियोगितामा ओमविक्रम विष्ट लगायत थिए। ‘उदितले त्यो बेला हाइ पिचमा यस्तो राम्ररी गाइदिए,’ क्षत्री सम्झन्छन्, ‘त्यो नपत्याउँदो बच्चोले गाएको देखेर सबै जना हेरेको हेर्\u200dयै भए।’ रेडियोले उनलाई उतिबेलै लियो। त्यसरी रेडियो नेपाल छिरेको बच्चाको आवाज दुई-तीन वर्षमै झनै लोभलाग्दो तवरले खुलेको थियो। ‘उदित असाध्यै भलादमी थिए,’ क्षत्रीले भने, ‘पछि उनको प्रगति देखेर निकै खुसी लाग्यो।’ त्योताकै दरबारबाट पनि गीतहरू आउँथे। त्यस्ता गीत नातिकाजीकहाँ सोझै पुग्थ्यो। ‘तारादेवीको ‘शुभकामनाभरि’ गीत रेकर्ड गर्दाको पनि मिठो याद छ,’ क्षत्रीले भने, ‘सुरूमा रेडियोका लागि इन्द्रलाल, म र किबोर्डमा स्वयं नातिकाजी गरेर जम्मा पाँच जनाले बजाएका थियौं।’ त्यही गीत पछि रत्न रेकर्डिङमा डिस्कको निम्ति ठूलै टिमका साथ रेकर्ड गरियो। रत्न रेकर्डिङमा जाने बेला क्षत्री रेडियो नेपालभित्रै आन्दोलनरत थिए। उनी जान मानेनन्। पछि तारादेवीले नै अनुरोध गरेपछि गएर बजाइदिए। रेडियोमा त्यो बेला ‘ए क्लास म्युजिसियन’ मा क्षत्रीसहित पाँच जना इन्द्रलाल, सिके रसाइली, रोज कपुर र शुभबहादुर थिए। रेकर्डिङका मामिलामा वाद्यवादकलाई ‘४२ टेक’ को नाममा कस्दै लगेपछि आन्दोलन चर्किएको थियो। ‘आन्दोलन सकिएपछि सबै फेरि रेडियोमा फिर्ता गए,’ क्षत्री भन्छन्, ‘म र इन्द्रलाल भने फर्केनौं।’ यसरी उनले रेडियो नेपालमा मोटामोटी चार वर्ष काम गरे। ‘त्यो बेलाका शब्द, ती स्वर र तिनै आवाज आज पनि धेरैले मिस गरिरहेको पाउँछु,’ यसो भनिरहँदा उनको अनुहारमा गौरववोध देखिन्थ्यो, ‘एउटा संगीतकर्मीलाई खुसी हुन योभन्दा बढी अरू के चाहिन्छ?’ उनका अनुसार उनी कार्यरत क्षण नै रेडियो नेपालको स्वर्णिम समय थियो। ‘रेडियो नेपालसँग मेरा तिता-मिठा दुवै सम्झना छन्,’ उनी भन्छन्, ‘तर, म कहिल्यै गुनासो गर्दिनँ। आइ एम ह्याप्पी।’ क्षत्रीले अरू पनि धेरै गायकका चर्चित गीतमा गितार बजाएका थिए। अघिल्लो साँझको जमघटमा तन्नेरीहरूले दीप श्रेष्ठको ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ गाइरहँदा उनी ‘यसको पनि डिस्क रेकर्डमा मैले नै बजाएको हुँ’ भनिरहेका थिए। ‘दीपको अरू पनि धेरै गीतमा बजाएको छु,’ उनले थपे, ‘प्रेमध्वजका त झनै थुप्रै गीत छन्।’ प्रेमध्वजसँगै उनले ‘अमेरिकन लाइब्रेरी’ पनि सम्झे। ‘प्रेमध्वजसँग त मेरो एउटै अड्डाका सहकर्मीको सम्बन्ध पनि छ,’ उनले थपे, ‘रेडियो छाडेपछि मैले दुई वर्ष उनीसँगै अमेरिकन लाइब्रेरीमा काम गरेको थिएँ।’ त्यसको केही समयमै सन् १९८५ मा क्षत्रीले लिंकन स्कुलमा संगीत प्रशिक्षकको काम पाए। ‘लिंकन स्कुलको कमाइले नै आजसम्मै मेरोनिम्ति आर्थिक मेरुदण्डको काम गर्दै आएको छ,’ उनी भन्छन्, ‘काठमाडौंमा रहेका महत्त्वपूर्ण विदेशीसँगको सम्पर्क विकासमा पनि त्यसले सहयोग गरिदियो।’ त्यस्ता विदेशीको सम्पर्ककै आधारमा ज्याजमा सोख राख्नेहरूको एउटा गतिलै टोली बनाएर सँगै काम गर्न पाएको उनी सुनाउँछन्। त्यो टोलीसँग काम गर्दा अझ फराकिलो दायरामा संगीत बुझ्ने मौका पाए। ‘त्यो संगत मेरोनिम्ति धेरै महत्त्वपूर्ण रह्यो,’ उनी भन्छन्, ‘मैले संगीतका किताबमा खोजेर नपाएका धेरै प्रश्नको उत्तर त्यहाँ गरिएका अभ्यासमा भेटेको थिएँ।’ क्षत्रीको व्यस्तताका अन्य पाटा पनि छन्। रेडियो छाडेपछि उनका होटल व्यवसायी साथी श्याम कक्षपतिले लगानी गरिदिएर त्यति बेलै क्षत्रीका निम्ति ‘म्युजिक क्लास’ खोलिदिए। सन् १९७६ मा सुरू भएर २०१० सम्मै चलेको त्यो म्युजिक क्लासबाट हजारौंलाई गितार सिकाएको क्षत्री सुनाउँछन्। अहिलेको चर्चित ब्यान्ड ‘नेपथ्य’ का सदस्यले आफ्नो स्थापनाकालमै क्षत्रीको त्यही कक्षामा संगीत सिकेका थिए। उक्त ब्यान्डका अहिलेका गितारवादक निरज गुरुङ पनि क्षत्रीकै शिष्य हुन्। ‘नेपथ्य मात्रै होइन, कब-वेबका गितार पनि मेरै शिष्यले बजाउँछन्,’ क्षत्री भन्छन्, ‘गितारका निम्ति प्रख्यात अनिल शाहीदेखि सुगम पोखरेल, मोहन भुषालजस्ता असंख्य नाम छन्।’ क्षत्रीका अनुसार संगीतकर्ममा लाग्नु भनेको हातको पञ्जाले भित्तामा हिर्काउनुजस्तै हो। ‘त्यसरी हिर्काउँदा जुन आवाज निस्कन्छ त्यो दुनियाँको हुन्छ,’ उनी भन्छन्, ‘जुन धूलो टाँसिन्छ त्यो आफ्नो।’ वर्षौं निरन्तर हिर्काउँदै गएपछि सतहमा जब एउटा आकृति खोपिँदै जान्छ, त्यो नै संगीतकारको पहिचान हुने उनको ठहर छ। संगीतमै डुब्नेहरू बीच पनि अलग-अलग बाटा हुन्छन्। ‘मलाई कम्पोजर बन्ने इच्छा कहिल्यै पलाएन,’ उनले भने, ‘बरू विदेश भइदिएको भए अर्केष्ट्राको कन्डक्टर बन्ने चाहना राख्थेँ होला।’ त्यो चाहना नेपालमा पूरा हुने अवस्थै थिएन। उनले एउटा घटना नै सुनाए। अम्बर गुरुङले एकपटक काठमाडौंमा कतै ‘क्यान्टेटा’ आयोजना गरेका थिए। त्यति बेला ‘कन्डक्टर’ बनेका गुरुङ छडी समातेर यस्तो ‘पोजिसन’ मा बसेका थिए, गाउन भनेर उभिएका फत्तेमानले उनलाई देख्दै देखेनन्। ‘अलमलिएका फत्तेमान घरिघरि पछाडि फर्केर वाद्यवादकतर्फ हेर्थे,’ क्षत्रीले हाँसो थाम्न सकेनन्, ‘उता हलका अधिकांश विदेशी दर्शकका निम्ति त्यो गाईजात्रा बनिरहेको थियो।’ यस्तो वस्तुस्थितिमा आफ्नो ‘कन्डक्टर’ बन्ने सपना व्यर्थ छ भन्ने क्षत्रीले बुझेका थिए। ‘नेपालमा मेरोनिम्ति जे जति सम्भव थियो, मैले त्यही नै गरेँ,’ उनले फेरि दोहोर्\u200dयाए, ‘आइ एम ह्याप्पी।’ प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७, ०६:०७:०० चौरजहारी हत्याकाण्डको वास्तविकता: चन्द्रशेखर केसी चौरजहारी घटनापछि ठूल्ठूला विश्लेषकहरुबाट समेत केही भ्रामक तर्कहरु आएपछि यति कुरा प्रष्ट पार्नुपर्ने कर्तव्य ठानेँ। अहंकारको बलमा कुतर्क गरिरहेका साथीहरू एकपटक विचार गरौँः १. दलितभित्रै पनि विभिन्न उपजाति खडा गरेर छुवाछूत गरिन्छ। बाहुन क्षेत्रीले गरेको छुवाछूत मात्र देख्ने ? यो आंशिक सत्य हो। पूर्ण सत्य बुझ्न अलि जरोमा पुग्नुपर्ने हुन्छ। कुनै पनि कार्यपछाडि कारण हुन्छ। उक्त कारणलाई लामो ऐतिहासिक प्रक्रियाले भरथेग गरेको हुन्छ। त्यो बुझ्नुपर्ने हुन्छ। इतिहास हेर्ने हो भने नेपालमा जातीय विभेदलाई कानूनी रुपमै संस्थागत गर्ने र सामाजिक रूपमा थप कसिलो पार्ने काम जयस्थिति मल्लको पालामा मानव न्याय शास्त्र लेखेर भयो। त्यतिबेलाका प्रबुद्ध भनिएका पाँच/छ जना ब्राह्मणहरु लगाएर लेखेको उक्त कानून कतिसम्म अमानवीय छ, कतिसम्म अन्यायी छ भने पढ्दै गर्दा जिउ सिरिङ्ग हुन्छ। ब्राह्मणले गल्ती गरेमा सामान्य केश मुण्डन हुन्थ्यो तर शुद्रले सोही गल्ती गरेमा टाउको गिँडिन्थ्यो। उच्च जातीयविरुद्ध थोरै अपशब्द बोल्दा पनि उनीहरूको जिब्रो काटिदिने, फलामको सुइरो गाडिदिने, कानमा उम्लिएको तेल हालिदिने, हातमा फलामको तातो रातो डल्लो राखिदिने जस्ता अमानवीय काम गरिन्थ्यो। कतिसम्म भने बाहुनसँग छोइए मात्र पनि दलितलाई काटिन्थ्यो। धेरै लामो समय यही कुरा चलिरह्यो। कृपया, एकपटक नेपालको इतिहास, हाम्रा सामाजिक संरचना कसरी बने आफैँ पढ्नुस्। कम्तीमा मानव न्याय शास्त्र त पढ्नुस् पढ्नुस्। सबै कुरा यहाँ लेखिसाध्य छैन। नेपालीको एउटा हरामी बानी छ- नबुझेर प्वाक्क प्वाक्क बोलिदिने। अब यसो नगरौँ। इतिहासमा हामीले कति ठूलो अन्याय गरेका रैछौं, पढ्दै गर्दा आफैंप्रति घृणा जाग्नेछ। इतिहासदेखि समतामूलक समाज निर्माण गरेर सबैलाई पढ्न लेख्न दिएको भए, सबैलाई चेतनाको ज्ञान-गंगामा डुबुल्की मार्न दिएको भए, सायद आज नवराज अर्कै चेतनाको स्वाभिमानी जगमा उभिइरहेका हुन्थे। उमेर नपुगी केटी भगाउन जाँदैनथे। हुलहुज्जत गर्ने गल्ती गर्दैनथे। अर्कै तरिकाले यो अग्नि परीक्षामा खरो उत्रिन्थे। त्यतिले मात्र नपुगेर पछि जंगबहादुर राणाको पालामा मुलुकी ऐन ल्याएर जातीय छुवाछूत थप कस्ने काम भयो। दलितभित्र पनि विभिन्न उपजाति खडा गरियो। उनीहरूभित्रै छुवाछूत राखिदिएर उनीहरूलाई नै भाँड्ने काम भयो। यहाँसम्म कि कसको जुठो कसले खानुपर्ने सम्म लेखियो। नखाएमा कारबाही गरिने भयो। उक्त अमानवीय र अन्यायी कानून कुनै दलितको हातले लेखेको थिएन। उक्त व्यवस्था कुनै दलितले सिर्जेको थिएन। कुनै दलितले मागेको पनि थिएन। उच्च जातीयहरुले नै यो व्यवस्था दलितमाथि जबर्जस्ती थोपरिदिएका थिए। त्यसैले तिमीहरूभित्र पनि छुवाछूत छ नि भन्नु ठूलो अपराध हो। देखिहाल्यौँ, आजको स्थितिमा त दलितको हालत यस्तो छ भने उतिबेला कस्तो थियो होला ? अहिले त हाम्रा तर्क यस्ता छन्, दुई सयदेखि छ सय वर्ष अगाडि कस्ता थिए होला ? त्यसैले जबर्जस्ती थोपरिएको उक्त व्यवस्था दलितहरुले चुपचाप स्वीकार्नबाहेक के नै गर्न सक्थे र ? जबरजस्ती थोपरिएको उक्त व्यवस्था शनैशनै जब्बर तरिकाले संस्थागत भयो र आज अहंकारी धूर्तहरु यही कमजोरी देखाएर दलितविरुद्ध विष वमन गर्दै आफूलाई फेरि पनि चोख्याउन पाउने भए। ओहो, इतिहास कतिसम्म क्रूर र अन्यायी ? २. आरक्षण पनि माग्ने दलित भनेकोमा दुःख मनाउ पनि गर्ने ? समाजशास्त्र र आरक्षणका आधारभुत सिद्धान्त बुझेको मान्छेले यस्तो कुतर्क गर्दैन। बुझेको छैन भने यति गम्भीर कुरामा कम्तीमा हचुवा तालमा बोल्दैन। सीमान्तकृत र उत्पीडित समुदाय, जो विविध कारणले आफैँ पूर्ण प्रतिस्पर्धामा उत्रिन सक्दैन, उसका उपर राज्यको आधारभूत दायित्व हुन्छ। अतिरिक्त सहुलियत दिनुपर्ने जिम्मेवारी हुन्छ। लोक कल्याणकारी अझ समाजवाद उन्मुख भनिएको हाम्रो जस्तो देशमा त यो पहिलो सर्त हुन्छ। दलितले पढेनन् होइन, पढ्नै दिइएन तर बाहुनलाई घर-घरमा धुलेपाटी राखेर अक्षर सिकाइन्थ्यो। बाहुनको काम नै पढ्ने लेख्ने थियो। दलितले वेद छोएमा टाउको काटिन्थ्यो। आज पनि पनि वेद छुन निक्कै कर्मकाण्ड पूरा गर्नुपर्छ भने ऊ बेला त्यो पनि दलितले वेद, किताब छुन पायो होला ? सहजै अनुमान लगाउन सकिन्छ। हलो जोते बाहुनको जात जाने भयो तर झुक्किएर पनि किताब छोए दलितको माथ जाने भयो। यसरी हेर्ने हो भने श्रमजीवी, शिल्पी समुदाय दलितलाई आरन, हलो, फाली, खेती, किसानी र निर्माणका क्षेत्रमा लगाएर गर्नुसम्म दोहन गरियो। दलितको श्रम, सीप र पराक्रमको चरम दोहन गरेर तथाकथित उच्च जातिका मान्छेहरुले इतिहासदेखि लिनुसम्म आरक्षण लिए। जबकि हामी अहिले दलितले लिएका २/४ वटा आरक्षण सिट देख्छौँ तर इतिहासदेखि पुरै सिट कसको नाममा आरक्षित भए कहिल्यै बुझ्दैनौँ। बुझ्नै चाहन्नौँ। एकाधिकारवादी, उच्च जातमुखी संरचना निर्माण गरेर, पढ्न लेख्न नदिएर, चेतनाको बिर्को लगाइदिएर इतिहासदेखि आरक्षण लिएको बाहुन क्षेत्रीले हो, दलितले होइन। तथाकथित मानव न्याय शास्त्र र मुलुकी ऐनहरुले दलितलाई पढ्न लेख्न पाउने अधिकारबाट बन्देज नगरेको भए आज उनीहरू लिने र कोही दिने स्थितिमा हुनै पर्थेन। ठूल्ठूला गफ ठोक्ने हाम्रो चेतना सामाजिक सञ्जाल दुरुपयोगमार्फत अझै पनि यस्ता कुतर्क गर्न उद्यत छ भने दुःख साथ भन्नुपर्छ, हामी आदिम गुफामा लाप्पा खेलिरहेका कबिला हौँ। एक्काइसौं शताब्दीको मान्छे होइनौँ। होइन भने “आरक्षण पनि माग्ने दलित भनेकोमा दुख मनाउ पनि गर्ने” कसरी भन्न सक्यौँ ? इतिहासदेखि अछुत बनाएर मानव सभ्यतादेखि पर लखेटेर अमानवीय जिन्दगी जिउन विवश पारिएका दलितहरुले इतिहासदेखि भएको अन्यायको सावाँ ब्याज एकएक भुक्तान लिन खोजे भने हाम्रो ‘चौरासी लाख जुनी’ले पनि थेग्न सक्नेछैन। सीमान्तकृत, उत्पीडित र शोषित समुदायलाई सानोतिनो चित्त बुझाउन राज्यले दिएका दुई चार आरक्षणको यति निर्लज्ज र यति सस्तो हिसाब ? हे तथाकथित महात्मा, एकपटक सोचौँ- जन्ममा हाम्रो कुनै नियन्त्रण हुँदैन । फलानो घरमा जन्म लिने भनेर पूर्व योजनाअनुसार हामी कोही पनि जन्मिएका होइनौँ। ती दलित भनिएका घरमा तपाईं हामी पनि त जन्मिन सक्थ्यौँ ! आरक्षणका आफ्ना सिद्धान्त हुन्छन् । कम्तिमा ती कुरा बुझ्ने प्रयास गरौँ। सामाजिक विभेदको चिरफार गर्ने कुरा घिनलाग्दो नेपाली राजनीतिको भुइँफुट्टा विश्लेषक बनेजस्तो सजिलो कुरा होइन । आजको चौरजहारी घटना सदियौँदेखिको विभेदले संस्थागत गरेको उच्च जातीय अहंकारले निम्त्याएको परिणाम हो। सो कुरा बुझ्न इतिहास र हाम्रा सामाजिक संरचनाको गहिरो अध्ययन चाहिन्छ। ढिला भैसक्यो, रातारात समाज परिवर्तन गर्न नसकिएला तर उक्त दिशातिर थोरै भए पनि वाञ्छनीय र सकारात्मक कदम चालौँ। विभेदको जगमा टिकेको यो रुढ समाज रुपान्तरण कसरी गर्न सकिन्छ, त्यतातिर सोचौं। थोरै भए पनि सहिष्णु बन्दै जाने हो भने, आजको भोलि नहोला तर एकदिन अवस्य पनि समतामूलक समाज निर्माण हुनेछ। ३. लकडाउन उल्लंघन गर्ने ? हुलहुज्जत गर्दै १८ जना आउने ? उमेर नपुगेकी केटी जबर्जस्ती भगाउन खोज्ने ? लकडाउन बाजेका गुप्त मालमत्ता छोप्ने लगौँटी हो। सिधा हेरे छोपेजस्तो, दायाँबायाँ बाट हेर्दा ह्वाँग्गै ! लकडाउन कहाँ पालना भएको छ ? यसो भनौँ, कहाँ उल्लंघन भएको छैन ? मेरै ठाउँको कुरा गरौँ। स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, दुई गाउँका बासिन्दाले अस्ति भर्खरै धुइरी, पुत्तेल मेला लगाए। ठाउँठाउँमा यस्तो भइरहेकै छ। सिंहदरबारअगाडि, काठमाडौँका गल्लीगल्लीमा अस्तिसम्म भैलो खेलिँदै थियो। खासमा लकडाउन बाजेको गुप्तांग छोप्ने लगौँटो हो। रूपमा परिपालन गरेजस्तो तर सारमा नगरेको स्थिति छ। यसलाई देखाएर मानव हत्याको घिनलाग्दो दृश्य छोप्न सकिँदैन। जहाँसम्म १८ जनाको हुलहुज्जत को कुरा छ, यो साह्रै सस्तो तर्क भयो। यहाँ हामीले कार्य देख्यौँ, कारण देखेनौँ। कुनै पनि घटनालाई कम्तिमा कार्य र कारणको युगल दृष्टिबाट हेरिनुपर्छ। नवराज दुलही ल्याउन गएको यो दोस्रो पटक हो भन्ने कुरा बुझियो। यदि उनी दलित नहुँदा हुन् त पहिलो पटक नै काम फत्ते भैसक्थ्यो। उनी दोस्रो पटक साथीहरू लिएर जानै पर्थेन। उहिल्यै उनीहरू घरजम गरेर आरामदायी जिन्दगी जिइरहेका हुन्थे। उमेर नपुगेको कुरा कानूनी रूपमा उपयुक्त तर्क हो तर जात मिलेको भए उहिल्यै सत्र वर्षीयालाई रातारात बीस बर्ष पुर्\u200dयाइसकिन्थ्यो। दुःखका साथ भन्नुपर्छ, हाम्रो कानून पनि त बाजेका मालमत्ता छोप्ने लगौँटिको टालो हो! नयाँ कानूनी व्यवस्था आइसकेपछि पनि मै हुँ भन्नेहरुकै घरमा पन्ध्र वर्ष नपुग्दै सानदार बाल विवाह भएका एकसे एक रेकर्ड छन्। यो मामिलामा कसै कसैले त पूर्णांक पनि प्राप्त गर्लान् । पछिल्लो समय सरकार, विभिन्न क्लब, सामाजिक संस्थाको पहलमा यस्ता घटनामा केही कमी आएको छ तर अझै व्याप्त छन् । रुकुम-जाजरकोटलाई काठमाडौँबाट पर्फेक्सनको चस्माले हेरियो भने, अपुरो हुनेछ। रुकुम, जाजरकोट मात्र होइन, हाम्रो जस्तो कागजी साक्षरता भएको मुलुकमा बाल विवाह ठूलो समस्याको रूपमा रहेको छ। खासमा अहिले जजसले बाल विवाहको कुरा उठाइरहेछन्, खोज्दै जाने हो भने उनीहरूकै घरमा पन्ध्र सोह्रमै घरजम गरेका जोडी भेटिने छन्। यतातिर सोह्र सत्रमै विवाह गर्नु सामान्य चलन मानिन्छ। खासमा समाजमा जे चलेको छ, नवराजले त्यही गर्न खोजे । यद्यपि बाल विवाह हुनुपर्छ भन्ने मेरो मान्यता होइन तर व्यावहारिक रुपमा हेर्ने हो भने बिहेबारी बीसपारि कसको लागि बनाएको होला भन्नुपर्ने स्थिति छ। कानुनी दृष्टिले नवराजको कदम गलत देखियो। यसमा पनि हाम्रै दोष छ। इतिहासदेखि समतामूलक समाज निर्माण गरेर सबैलाई पढ्न लेख्न दिएको भए, सबैलाई चेतनाको ज्ञान-गंगामा डुबुल्की मार्न दिएको भए, सायद आज नवराज अर्कै चेतनाको स्वाभिमानी जगमा उभिइरहेका हुन्थे। उमेर नपुगी केटी भगाउन जाँदैनथे। हुलहुज्जत गर्ने गल्ती गर्दैनथे। अर्कै तरिकाले यो अग्नि परीक्षामा खरो उत्रिन्थे। तर, हे छुत मानव ! इतिहासमा न्याय, तर्क र तथ्यको भाष्य यति सम्म पेण्डुलम हुन्छ ? कि जसले जता मन लाग्यो उतै हल्लाउन मिलोस् ! अझ, आफ्नो साइडमा पुरा खिँचेर, पुरै शक्ति भरेर ताकेर उतै प्रहार गर्न सकियोस् ! कुतर्कहरु भेला पारेर इतिहासकै नृशंस हत्याकाण्ड तोडमरोड पार्न खोज्दैछौँ हामी। जातीय छुवाछूत गर्न नपाउँदा निम्त्याइएको नृशंस हत्याकाण्डलाई हामी जातीय रुप नदिऊँ भन्दैछौं ! हे छूत मानव, कसैको झूटो अहंकारमा लागेको चोटको बदला कसैको ज्यान हुन सक्दैन। यो कुरा बुझ्ने कसले ? यो कुरा बुझ्ने कहिले ? कमजोरलाई हिर्काउन क्या मज्जा आउँछ हामीलाई ?!? कवि विनोद विक्रम केसी ठीकै भन्छन् – सत्ते, धरोधर्म ओलम्पिकमा हामी पनि जित्थ्यौँ यस्ता नाथे गोल्ड मेडल तर, दलितलाई ताकेर तारो हान्ने खेल राख्दै राखेनन् बैरीहरुले जेमा थियौँ हामी पारंगत ! #कानुन #चन्द्रशेखर केसी #दलित #हत्याकाण्ड अश्वत्थामा हतोहतः मिथकीय पुनर्सिर्जन: युग बोल्ने संवाद उर्वशी – हेर पुरूरवा ! तिमीले नारीहृदयलाई चिनेकै रहेनछौ । नारी जोडेर जति रमाउँछे तोडेर पनि ऊ त्यत्ति नै प्रफुल्लित हुन सक्छे । संयोग र वियोग शब्दमा लोकले विपरीत अर्थ देख्ला, तर मेरो निम्ति यी दुवै विपरीत स्थिति मात्र हुन् (पृ\u200c २४) । +++ उर्वशी – …पुरुषलाई जायाको स्वार्थले जाया प्यारी लागेकी हुँदिन । यो त आआफ्नो स्वार्थ हो जसलाई हामी प्रेमको संज्ञा दिएर आफैँलाई भ्रममा पारिरहेका हुन्छौँ (पृ\u200c \u200c.२५) । +++ सनातन पुरुष – म जन्मिरहेँ, म मरिरहेँ । म मरिरहेँ, फेरि जन्मिरहेँ । प्रत्येकपल्ट मेरै शक्तिशाली रूपहरूले मेरै कमजोर रूपहरूमाथि प्रभुता जमाए, शासन गरे, हुकुम चलाए ! समय ! तैंले पनि मान्छेहरूका तिनै कठोर र शक्तिशाली प्रतिनिधिहरूलाई साथ दिँदै आएको छस् (पृ. ३६) । +++ दलाल – हजुर, सानो मुख ठूलो कुरा ! अङ्ग्रेजी भाषामा अति मीठो गरी, सभ्य लबजमा मलाई ‘कमिसन एजेन्ट’ नभए ‘ब्रोकर’ भन्ने गरिन्छ । तर नेपालीमा मेरो नाम र काम बुझाउने शब्द अलि खस्रो लाग्छ म आफैँलाई-‘दलाल ।’ जति मिठास घोलेर उच्चारण गरे पनि ‘दलाल’ शब्दभित्र दलालीको अनुगुञ्ज रहन्छ-रहन्छ । हजुर ! सानो मुख ठूलो कुरा … (पृ. ७७) ! } +++ (अश्वत्थामा हतोहतः २०५० माघमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नाटक हो र लेखक हुन्- अविनाश श्रेष्ठ । यसमा दुई शक्तिशाली नाटक छन्- (क) समय, समय अनि समय र (ख) अश्वत्थामा हतोहतः । ) पाठकीय प्रक्षेपण {असङ्ख्य अर्धसत्य झेल्दै विसङ्गतिहरूसित जुझ्न प्रत्येक युगमा अश्वत्थामा देखा पर्छन् । तर ती अश्वत्थामाहरूलाई हामी चिन्दैनौँ पाठकवृन्द (दर्शकवृन्द-लेखक) ! ती स्वयम् सताइएका हुन्छन्, तर समयले प्रत्येक अभाव, शोषणका घाउहरू तिनैलाई बोकाएर अभिशप्त तुल्याउँछ । तिनीहरूमाथि नै अन्यायको बज्र खस्छ र तिनीहरू नै दण्डित बन्छन् । आउनुहोस्, पाठकवृन्द (दर्शकवृन्द-लेखक) ! हामी आजको संसारका गल्ली-गल्ली, टोल-टोलमा यस्ता उपेक्षित अश्वत्थामाहरूलाई खोजौँ \u200c…} +++ १. कृतिभित्रका दुवै नाटक, (क) ‘समय, समय अनि समय’ र (ख) ‘अश्वत्थामा हतोहतः’ प्रयोगवादी नाटक हुन् । नाटककारले आजको मान्छेको नियति देखाउन प्राचीन र अर्वाचीन (इतिहास प्रदत्त) पात्रसँग सम्बन्धिक कथा (जसलाई हामी मिथकसँग जोडौँ) लिएका छन् । २. हामी मिथक बाँचिरहेका छौँ । यद्यपि ‘हट केक’का रूपमा नआएसम्म त्यसमाथि ‘वहश’ गर्दैनौँ अथवा हाम्रो ‘समझमा’ त्यो पर्दैन । हामी हुनुको मिथकीय यात्रामा होइन नहुनुको मिथकीय जात्रामा छौँ । ३. प्रसिद्ध मनोविज्ञानी सिग्मण्ड फ्रायडले भनेजस्तो अचेतनमा पुग्ने राजमार्ग नै मिथक हो । जब सर्जक कुनै सिर्जनाका माध्यमबाट बाहिर निस्कन्छ सँगै अचेतन मन पनि बाहिरिन्छ अर्थात् उसको लेखनीका माध्यमबाट हामी अचेतनतर्फको यात्रा गर्न पुग्छौँ । ४. अझ मिथकबारे अर्का अग्रणी मिथकाचार्य कार्ल गुस्ताभ युङ्ग।जुङ्गको धारणा गजब छ । उनी भन्छन्, ‘मिथकले सामूहिक अचेतनलाई प्रस्तुत गर्दछ । मिथमा मानिसका आशा, मूल्य, दुर्बलता तथा आकाङ्क्षाको सामूहिक प्रक्षेपण हुन्छ ।’ ५. मिथकमाथिको केही पङ्ति यस पङ्तिकारले कान्तिपुरमा ‘भष्मासुरको नलीहाड’ शीर्षक (हेर्नू, २०७७, वैशाख २२) मा कोरेको छ र अरूले पनि कोरेका छन् । अब फेर पक्रौँ-अश्वत्थामा हतोहतःको । नाट्यसर्जक श्रेष्ठको ‘अविनाश’ नाट्ययात्रा युङ्गको विचारसँग सहमत छ (यो मेरो दाबी हो ।) । तथापि उनले कुन दृष्टिकोण लिएर नाटक जन्माए, त्यो लेखक स्वयम्\u200cलाई ज्ञात होला । हामी त पाठको आधारमा बोल्ने न हो । ६. कृतिभित्रको कथाको तागत नै पूर्वस्थापित मिथकको पुनर्सिर्जनद्वारा आधुनिकताको तथ्य पुष्टि गर्नु हो । उनले पूर्वीय तथा पाश्चात्य जगत्\u200cका स्थापित चरित्र र तिनले बाँचेको युगलाई वर्तमान समयसँग बाँच्दै गरेका पात्रहरूसँग अन्तर्सम्बन्धित तुल्याएका छन् । अर्थात् एउटा युगको कथा र चरित्रलाई अर्को युगका कथा र चरित्रसँग आरोपित गराइएको छ । यसो गर्दा यहाँ प्रयोग गरिएको ‘टेक्निक’ (प्रविधि) फरक छ । मूल कथा अर्धसत्य र सत्यको नजिक छ भने परिवर्तित कथा (नाटक) सत्यसँग निकट छ । ७. यहीँनेर एउटा कुरा प्रस्ट पारौँ, जति पनि सर्जकले मिथकको सहारा लिन्छ, उसले स्थापित (जुन प्रथम सत्यका रूपमा रहेका हुन्छन्, जस्तो कि अश्वत्थामाको वास्तविकता वा हिटलरको वास्तविकता) सत्यबाट हुबहु नलिएर त्यसलाई आफ्नो लेखनीको सहायक मान्दछ अथवा यसो भनौँ मूल विषयलाई आजको समयसँग सापेक्षित गर्छ र प्रतीकात्मक रूपमा त्यसको प्रयोग गर्छ । अश्वत्थामा हतोहतःका दुवै नाटकमा यही भएको छ । विद्वान् साक्ष्य ८. मोहनराज शर्मा भन्छन् – अश्वत्थामा हतोहतः नाटकमा पौराणिक अश्वत्थामालाई अगाडि ल्याएर अभिशप्त मानव र मानवीयताको खोजी गरिएको छ । शर्मा मान्दछन्, नाटकले जीवनका नानारङ्गी विद्रूपहरूको सक्कली अनुहार देखाएको छ (नाटककै परिशिष्ट ‘क’) । ९. मूल नाटक अश्वत्थामा हतोहतःमाथि दृष्टिगोचर गर्दै मोराश भन्छन् – कृष्ण आदि पौराणिक पात्रहरू दलाल आदि सामान्य जीवनका पात्रहरूमा रूपान्तरित हुन्छन् र तिनले वर्तमान विसङ्गतिको कटु उद्घाटन गर्छन् । यो नाटक मूलतः ‘किसान/अश्वत्थामा/अभिशप्त मानव’को कथा हो । १०. मोराशको कथनले आजको दलाल वृत्ति बाँचेका मान्छेको ‘सलह’ प्रवृत्तिलाई छर्लङ्ग पार्दछ । जोसँग हामी दिनहुँ जुधिरहेका छौँ । जुन तथ्यलाई बुझ्न तपाईँ नाटकको मूल पाठमा पुग्नुपर्छ (पुग्नोस्, जिज्ञासा शमन हुनेछ ) । ११. डा. केशवप्रसाद उपाध्यायले अश्वत्थामा हतोहतःमाथि गरेको टिप्पणी यस्तो छ, उनले (श्रेष्ठले) आफ्ना नाटकमा हिटलर र मुसोलिनीजस्ता मानवताका शत्रु र दुर्योधनजस्ता जाली र झेलीको मात्र नभएर मानवता, सत्य र धर्मका पालक र रक्षक मानिएका युधिष्ठिर र कृष्णका दोष र दुर्बलतालाई समेत देखाएर आफ्नो निष्पक्ष आलोचनात्मकता प्रदर्शित गरेका छन् तापनि उनले श्रद्धेय दैवी व्यक्तित्वका रूपमा आराध्य रहिआएका कृष्णका चरित्रको जेजस्तो विरूपण गरेका छन्, त्यो आस्थाशील दर्शक-पाठकका लागि सुपाच्य नहुने देखिन्छ (नेपाली नाटक र नाटककार, पृ २७८) । १२. उपाध्यायको भनाइबाट यो बुझिन्छ कि नाटककारको विनिर्माण विगत र आगतको बीचमा वर्तमानको संशयलाई मुक्त गर्नुमा भएको छ । हामी आज जे भोग्दै छौँ अभिशप्त रूपमा भोग्दै छौँ । हाम्रो नियति अश्वत्थामाको भन्दा कम छैन । विनाकारण श्रापित भएर भौतारिरहेका छौँ । बाँच्नु र भौतारिनु हाम्रो नियति बनेको छ । हामी बाँचिरहेका छौँ, ‘मिथ अफ सिसिफस’को मूल चरित्र सिसिफस भएर या त बाँचिरहेका छौँ अश्वत्थामा भएर । दुवै मिथकीय चरित्र हुन् र तिनको जीवन नियति फरक भूगोलमा झण्डै समान छ । १३. मार्क सोरर नामका विद्वान् भन्छन्- मिथक ठूलो नियन्त्रक बिम्ब हो \u200c…जसले सामान्य जीवनका तथ्यलाई दार्शनिक अर्थ दिन्छ (उद्धृत-कृष्ण गौतम, आधुनिक आलोचनाः अनेक रूप अनेक पठन, पृ. १२१) । नाटककारले पनि त्यही गरेका छन् । मिथकीय बिम्बले सामान्य जीवनको तथ्योद्\u200dघाटन गरेका छन् । जुन तथ्य गौतमले रिचर्ड चेजले नोट्स अन दि स्टडी अफ मिथबाट लिएका छन् । १४. ‘समय, समय अनि समय’ मा मानिस र समयबीचको द्वन्द्व प्रस्तुत गरिएको छ । आज मान्छे समयसँग जुधिरहेको छ । सदैव समय, समय अनि समयसँग मान्छे उसैगरी जुधिरहन्छ । यो लीला अनन्तः यात्रा हो । तथापि समयभन्दा बाहिर मान्छे जान सक्दैन । समय प्राकृतिक चक्र हो । जब मान्छे प्रकृतिको उल्लङ्घन गर्न थाल्छ तब ब्रह्माण्डमा अनेकौँ सङ्कटहरू जन्मन्छन् (जस्तो कि आज हामी भोगिरहेका छौँ – कोभिड १९ उर्फ कोरोना भाइरस) । सङ्कटबाट मोचन हुनु भनेको प्रकृति वा सृष्टिचक्रबाट भाग्नु होइन ती तत्त्वसँग आत्मीय सम्बन्ध स्थापित गर्नु हो । समाहित हुनु हो । अझ भनौँ डार्बिनको जीववादी सिद्धान्तसँग परिचित हुनु हो । १५. ‘समय, समय अनि समय’ नाटकमा मानव जगत्\u200cले विभिन्न कालखण्डमा भोग्नु परेका दुःखद्, त्राटक (त्रासद), अमानवीय घटनाहरूको वर्णन छ । ती घटनाको चित्रण गर्नका लागि सोही अनुरूप पात्रको रूपान्तरण भएको छ । समान प्रवृत्ति बोकेका पात्रहरूलाई विभिन्न कालखण्डको प्रतिनिधि बनाएर रङ्गमञ्चमा उतारिएको छ । १६. ‘समय, समय अनि समय’ नाटक पढ्दा यस्तो लाग्छ, बी.आर. चोप्राकृत भारतीय टेलिशृङ्खला ‘महाभारत’का समयद्रष्ट्रा स्वयम् उपस्थित छ र बोलिरहेको छ-‘मे समय हूँ’ । र उसैको निर्देशनमा सबै कुरा अगाडि बढ्दै छ । यहाँ समय नाटकको मुख पात्र हो अर्थात लेखकीय दृष्टिकोण प्रक्षेपण गर्ने पात्र हो अर्थात ऊ द्रष्टा हो । पात्रहरूको रूपान्तरण नाटकको खास शक्ति हो । कृष्णलाई हिटलर र विक्कीमा, युधिष्ठिरलाई गान्धी र विनयमा, भीमसेनलाई मुसोलिन र राजेशमा, यमलाई पुरूरवा, शेखर र अमरमा, यमीलाई उर्वशी, नीरा र भावनामा रूपान्तरण गरिएको छ र समयको नियति संवाद गर्न लगाइएको छ । कालक्रमलाई हेर्दा यहाँ पौराणिक, ऐतिहासिक र आधुनिक (समसामयिक) युगजीवनका संवाद शृङ्खला तत्\u200cतत् समयको युगबोध गर्नका लागि उपस्थित भएको छ । निचोड भनौँ क्यार ! १७. नाटक रचना गर्नु मात्र ठूलो कुरा होइन । नाटकको पूर्णता मञ्चमा पुगेपछि र प्रेक्षकले ग्रहण गरेपछि हुन्छ । यस मानेमा श्रेष्ठकृत दुवै नाटक बारम्बार मञ्चन भएको देखिन्छ । उनले रङ्गकलामा विशेष ध्यान दिएका छन् । जसले गर्दा नाटक थियटर।रङ्गमञ्चमा प्रस्तुत गर्न सहज भएको छ । अर्थात् भाव साधारणीकरण {भाव ग्रहण गर्ने सन्दर्भ- (क) पूर्वमा रसानन्द।रसको आनन्द।पाठ पढेपछि वा दृश्य हेरेपछि प्राप्त हुने आनन्द र (ख) पश्चिममा अरस्तुको विरेचन सिद्धान्त (जसलाई तपाईँ केही समयपछि युट्युबमा सुन्न तथा पढ्न सक्\u200dनुहुनेछ)।मनमा रहेको विकार रेचन हुनु वा बाहिर निस्कनु अथवा आनन्द प्राप्ति वा शुद्धीकरणको अवस्था} प्रकृयामा आएको छ । पाठ पढेपछि त्यसले पाठकमा एक न एक प्रकारको छाप छाड्नुपर्छ र सरकारले गर्ने सम्पत्ति शुद्धीकरणजस्तै भावक वा पाठकको मनको पनि शुद्धीकरण कृति वा पाठको रचनापछि आवश्यक हुन्छ । नत्र भने त्यस्तो रचनालाई लेखकीय आत्मरतिबाहेक केही भन्न सकिँदैन । १८. नाटकले नाटक उभिएको पृष्ठभूमि र समयलाई राम्रोसँग स्पर्श गरेको छ । फलतः नाटकको रचनागर्भ ४० को दशकको उत्तरार्ध भए पनि आज पनि यसको कथावस्तु उत्तिकै दमदार छ । यही हो लेखकीय अस्तित्व दाबी गर्ने एक मात्र संयन्त्र । कुनै समय ‘वाह ! वाह !’ भए पनि समाजपरक समालोचक हिडोल्फ एप्पोलाइट टेनले भनेजस्तो युग, जाति र परिवेशलाई स्पर्श गर्न सकेन भने ‘वाह’ पछि ‘स्वाह’ निश्चित छ । १९. यो एउटा दृष्टिकोण हो । कर्मकाण्डीय पद्धतिबाट मुक्ति हो । मैले कथानक, चरित्र, परिवेश, संवाद आदि शैलीविज्ञानी कृति समीक्षा पद्धति यहाँ प्रयोग गरिनँ । त्यसरी गरेको समीक्षा मेरो पुस्तकमा उल्लेख छ । आवश्यक भए प्रदान गर्नेछु । २०. समीक्षा।समालोचना पद्धतिलाई फरक-फरक कोणबाट विमर्श गर्ने एउटा असली समीक्षक।समालोचकको नाउँ सुटुक्क भनूँ-कृष्ण गौतम । उनी निवृत्त नेपाली विषयका प्राध्यापक हुन्, तर उनको भाषिक ज्ञान र समालोचना पद्धति देखेर तीनछक पर्छु । हामी केही विषयमा केही बोल्यौँ भने लङ्का पुग्ने गरी डङ्का पिट्छौँ – क्या दियो यार ! हामीमा राम्रोसँग विषयलाई केलाएर र तुलना गरेर समालोचना गर्ने परिपाटी ज्यादै न्यून छ तथापि गौतम गृहमा चुपचाप बस्छन् र काम गरिरहन्छन् । उनका ११ थान समालोचनाका जडी किताब प्रकाशित छन् । यो कुरा किन गरेको विषयान्तर गरेर ? उत्तर दिऊँ – यो जरुरी छ । हामी नदेखेका कुरा खोज्न सिक्नुपर्छ । तब नि सिकाइ । पढ्नोस् गौतमकृत समालोचना खोजेर । सिद्धान्त र व्यावहारको गजबको फ्युजन छ ताकि धेरै कन्फ्युजन दूर हुनेछन् । २१. एउटै कृतिलाई फरक-फरक कोणबाट अध्ययन गर्ने कुरामा हामी सबै ज्ञानी छौँ । मेरो धारणा र तपाईँको धारणा विल्कुलै फरक पाटोमा दौडन सक्छ । गौतमले यो कुरा २०५० सालमै पुष्टि गरे- ‘आधुनिक आलोचनाःअनेक रूप अनेक पठन’ नामक कृति प्रकाशन गरेर । यसमा उनले बालकृष्ण समकृत नाटक ‘प्रह्लाद’को अनेक (बहु) पठन गरेका छन् । २२. यस्तै पठन अश्वत्थामा हतोहतःमा गर्न सकिन्छ । यो सम्भावना तपाईँहरूलाई । यसका लागि उपयुक्त पठन हुनेछ – अन्तरअनुशासनात्मक पठन (एउटै कृतिमा धेरै विधा।अनुशासनको मिश्रण हुनु) । अन्तिममा अश्वत्थामाको एउटा संवाद – “दुःखहरूलाई घाउहरूलाई, विभीषिकाहरूलाई सङ्ग्रालयमा सजाएर रमाउने ए पङ्गु मानिसहरू हो ! मलाई घरिघरि लाग्छ, अभिशप्त म होइन यो सारा युग नै अभिशप्त छ, अभिशप्त तिमीहरू छौ ।” उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय #अविनाश श्रेष्ठ #अश्वत्थामा हतोहतः #उपप्राध्यापक #त्रिभुवन विश्वविद्यालय #राजिन पनेरू कृपया, आफूलाई मान्छे बनाऊ !: तिमीलाई ठट्टा गर्न मन छ ? आऊ मसँग जिस्क तिम्रो सन्तुष्टिका लागि तिम्रो पाखण्डमतिका अगाडि म केही अपमान सहन सक्छु आऊ मलाई अपमानित गरेर अट्टहास गर्ने तिम्रो रहरलाई म पुरा गरिदिन्छु सम्झ म एउटा मानिस भएका कारण एउटा मनोरोगी प्रतिका दयाले यी सब गर्न तयार छु विनीत बनेर सम्झाउँदै छु भुलेर पनि मेरो देशको एक डल्लो माटोसँग ख्यालठट्टा नगर मेरो देशलाई ख्याल नसम्झ देशका लागि लड्नु परे मलाई कुनै हतियार चाहिँदैन म आफैँ बारुद हुँ म आफैँ तरवार हुँ मान्छे धारिलो बनेर बज्रिएको मान्छे बम बनेर पड्किएको कहिल्यै देखेका छौँ ? अञ्जानमै किन नहोस् मेरो देशसँग जिस्कियौँ भने तिमीले मानिस पड्किएको पहिलो र अन्तिम दृश्य देख्नु पर्नेछ कसैका विरुद्ध बारुद बन्नु नपरोस् कसैको प्रतिकारमा तरवार बन्नु नपरोस् सधैँ कामना गर्दै बसेको मैले आग्रह गरिरहेको छु कृपया आफूलाई मान्छे बनाऊँ #ठाकुर बेलवासे #विद्रोह शिरिषको फूल: भीडभाड सहरको कुना काप्चामा धूलो धूवाँ घाम पसिना भुँलाउँदै लम्कँदै ढल्कँदै गर्दा पाइला पाइलामा झर्छ शिरिषको फूल । अतितको कथा, वर्तमानको नयाँ रुप ठूलो आकारमा सहरभरि घुम्ने सबैको साझा बसको छतमा बस्छ शिरिषको फूल । कुचिकारको सानो कूचीमा होस् वा साहित्यको ठूलो भूमिमा हरेक कलाकारको कलामा अमर अट्छ शिरिषको फूल । थकाउने दैनिकीमा पलभरको आभार जस्तो बादलमा चम्किने चाँदीको घेराजस्तो काठमाडौँको धुँलिदो सुन्दरतालाई सघाउन फुल्छ शिरिषको फूल । #शिरिषको फूल जेठ पन्ध्र: रगतले लेखिएको छ जेठ पन्ध्र सिन्दुरले लेखिएको छ आँशुका नदीहरुमा प्रतिविम्वित सूर्यका किरणहरुले लेखिएकोछ बृहद् सपनाको एउटा चहकिलो फूल प्रत्येक वर्ष आफ्नो रापिलो र रातो अनुहार लिएर उदाउनेछ क्यालेण्डरमा आयातित अत्याधुनिक गिद्धे छापाखानामा बनमाराको मसीले छापिएर अनुहार धुमिल त हुने हैन? समयको प्रत्येक जीवित पुस्ता अघिल्तिर बयान दिन पेश हुन्छ जेठ पन्ध्र ? जीवन्त इतिहासको प्रवाहमा अन्तिम अदालत हुँदैन गतिशील समयको जीवनमा अन्तिम पुस्ता हुँदैन #गणतन्त्र दिवस #जेठ १५ #टंक उप्रेती अचेल मलाई अचम्म लाग्छ: अमित गाैतम अचेल, मलाई अचम्म लाग्छ यो सोचेर होइन कि म किन यति साह्रो अन्तर्मुखी छु; ऊ कसरी लुकाउछे, आफ्नो चोलीभित्र, कठ्याङ्ग्रिने जाडोमा पैताला घोच्ने दुबोजस्ता चित्कारहरु । अचेल, मलाई अचम्म लाग्छ; कसैलाई सुइँकोसम्म नदिई, नङपालिसले रंगिएका हातबीच, कसरी ऊ व्यग्रताका साथ सिगरेट समाउँछे; कसरी उसले ऐस्ट्रेमा झार्नुपर्ने धुवाँ, निरन्तर घाँटी, छाती हुँदै नितम्बसम्म पुर्याउँछे । अचेल मलाई अचम्म लाग्छ, उसका हाइड्रोलिक ब्रेकरूपी खुट्टाहरु, कसरी समयअघि नै रोकिन्छन् कसरी थाम्छे ऊ आफूलाई, घामकीरीका पुच्छरमा बाँधिएको धागोजस्ता, आकांक्षाका बादलहरुको ओजलाई । अचेल, मलाई अचम्म लाग्छ, कसरी ऊ एक अजम्बरी रुखझैँ बन्चरोको चोट सहने कसम खाएजसरी प्रेमिल ताजमहलझैँ छाती खोलेर उभिएकी छ । अचेल, मलाई अचम्म लाग्छ, उसको बारेमा सोचेर ऊ रुने बिछ्यौना कुन रङको होला, कहाँ सङ्गालेकी होली ती आँशु र सपनाका आहालहरू । कस्ता हुँदा हुन् त्यहाँ बग्ने भेलहरू– कर्नालीझैँ सफेद र शान्त वा बागमतीको पट्यारलाग्दो लेदोसँग साइनो लाउन पुग्छे । अचेल,मलाई अचम्म लाग्छ; उकालो चढ्दै गर्दा देखिने ती गौँथलीहरू, कहाँबाट ओसार्छन् तिनले ती आशाका त्यान्द्राहरु, कुन पखेटाहरुमा बेर्दा हुन्, कुन कुरुसले बुट्टा भर्दा हुन् । अचेल, मलाई अचम्म लाग्छ; ती पर्खालभित्र उसका बचेरा मात्र अटाएका छैनन् अचेल, मलाई अचम्म लाग्छ; उसका कलात्मक औँला र सुमधुर गलाबीच के सामञ्जस्यता छ, ऊ आफ्नी आमाको लागि मात्र गाउँदिन कोइलीभन्दा भिन्न उसलाई कसले बनायो ? अचेल, मलाई अचम्म लाग्छ; ऊ घर कसरी पुग्छे, ती हावाभन्दा हलुका तर, अप्ठ्यारा पानाहरू चढेर । #अमित गाैतम 'भोकको लय'भित्र नवराजहरूको प्रतिविम्ब: भोकको लय कविता संग्रह फेरि एउटा समाचार मिडिया/संजालहरूमा भाइरल भएर आएको छ- “एक उच्च जातकी युवतीसँग प्रेम गरेको निहुँमा प्रेमी दलित युवकको हत्या !” उफ् ! बारम्बार हृदय हल्लाउने गरी समाचार आइरहन्छन् मात्र आइरहन्छन् । शताब्दी लज्जाबोध गरिरहेछ । ठीक यही समय पढिरहेको छु मैले, कवि कृष्ण विश्वकर्माको कविताकृति “भोकको लय” । कृष्णहरूले भोकको लय कहिलेसम्म लेखिरहने ? जातीय छुवाछूतले निम्त्याएको सिलसिलेवार हत्या कहिले रोकिने ? यी झन्झन् दोहोरिरहँदै आइरहेका घटनाहरूले यो प्रष्ट हुन्छ कि, हाम्रो समाज अझै यथास्थितिवादबाट बाहिर निस्किरहेको छैन । इतिहासले खनेको गहिरो एउटा वर्ग विभेदको खाडल छ यहाँ- अझै पुरिएको छैन । रूढिवादी परम्परा यथावत् उस्तै छन् गाउँ-समाजमा । र त भोकको लयभित्र कवि लेख्छन्- मलाई एउटै कारणले सहर मन पर्छ । भर्खरै एकजोडी चखेवाचखेवी गाउँबाट लखेटिएको छ बाहिरी परतमै सही सहरले शरण दिएको छ । …….! ( गाउँ र रूढिहावाको विरासत ) कहिलेसम्म चखेवाका जोडीहरू लखेटिरहनुपर्ने ? कहिलेसम्म नवराजहरूको दुखान्त कथा भोगिरहनुपर्ने ? यस्ता अनगिन्ती घटनाहरूका बाबजुद अगर कोही अन्तरजातीय दम्पतीहरू छन् त समाजमा अपहेलित भएर बाँच्न विवश छन् । यसरी जब मानसिक यातना र दर्दले बिछिप्त बनाउँछ मान्छेलाई, हामी भगवान खोज्दै मन्दिरको ढोका ढकढक्याउन पुग्छौँ । हेक्का होस् — मन्दिर तिनैहरूको हो, “देउता ” तिनैहरूको हो, जसले धर्मको आवरणमा व्यापार गरिरहेका छन् । धार्मिक ग्रन्थहरूको आडमा अन्धविश्वासको बीउ रोपेर परम्पराको खेती गरिरहेका छन् । अन्ततः हामीले के पायौँ देउताको दैलोमा पुगेर ? जान्दछन् कवि छद्मभेषीहरूको अनुहार र खबरदारीको भाषामा सतर्क गराउँछन्- ढोका — विभेदको फलामे चिउरा हो निषेधको सूचक हो पर्दा पछाडिको पर्दा हो जञ्जीर हो अनि बन्दीको पासो पनि हो । ( ढोका ) यहाँ जातीय दम्भमा जघन्य अपराध हुँदै आइरहेको छ । कथित उपल्लो जात भनिनेहरूबाट अन्तरजातीय प्रेमको खिल्ली उडाइन्छ । छुवाछूत, विभेद-दलन, अत्याचार शब्दमा मात्रै गैह्रकानुनी भएको छ । केवल संविधानको पन्नामा शब्द संशोधन गर्दैमा जातीय अहंकार संशोधित नहुँदोरहेछ । र त हरेकपटक राज्यबाटै कमजोर बनाइन्छ दलितहरूलाई विभाजित गरेर दलितहरूको मुद्दा । मिठाई रहेछ नारा — लोभ्याइरहन्छ अफिम रहेछ नारा — मत्याइरहन्छ हतियार रहेछ नारा — टुक्राइरहन्छ ( नाराभित्रको नारा ) जसले बनाए खुकुरी-खुँडा । जसले बनाए भरुवा बन्दुक । उनैले बनाएका हतियार समातेर नालापानीको युद्धमा वीर गोर्खालीहरू अंग्रेजसित युद्ध गरे । इतिहासमा नाम लेखियो । तर हतियार बनाउने विश्वकर्माहरूको कथा गर्भभन्दा बाहिर नआएकोमा, अपहेलित हुनुको पीडाबोध छ कविलाई — गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उसको आरनको कथा अझै अज्ञात गर्भमै कैद छ । ( फलाम पिट्ने मान्छे ) ई.पू. ३००० देखि १५०० सम्मको अवधि अघिको मानव समाजको अध्ययनले भन्छ — उतिबेला धर्म र जाति प्रथाको विकास भएको थिएन । देवीदेउताको पूजा अराधना गर्ने परिपाटी थिएन । त्यतिबेलाका मानिसहरूको दिनचर्या जीवनका आवश्यकताहरूको परिपूर्ति गर्नुमै बित्दथ्यो । समयक्रममा, मानव सभ्यताको विकास हुँदै गयो । छट्टुहरूले वर्ग विभाजन गर्न थाले । अलौकिक शक्तिको पूजा गर्ने प्रचलन बनाइयो । ईश्वरीय चिन्तनको अवधारणा बनाउँदै जान थालियो । मानिसहरूलाई जातजातिमा विभक्त गरेर शोषण गर्न थालियो । विभिन्न कुरीति, कुसंस्कार, अन्धविश्वासलाई परम्परागत मान्यता दिन थालियो । यसरी शक्तिशाली वर्गहरूले कमजोर वर्गहरूलाई शोषण दमन गर्ने सिलसिला आज पनि यथावत् छ । यही अन्धविश्वास, अन्धपरम्परा र नकारात्मक चिन्तनको हावीपनले आज पनि यहाँ नवराजहरू विभत्स किसिमले मारिन बाध्य भएका छन् । जातीय छुवाछूतजस्तो घिनलाग्दो प्रथा हराइसकेको छैन । जसलाई तोड्न दलितहरूले अब मुठ्ठी उठाउन जरुरी छ भनेर कविले यहाँ वर्ग संघर्षका लागि कवितामार्फत् आवाज बोल्छन्- चट्याङ लेखूँ , हावाहुरी लेखूँ जब उस्तै देख्छु बाटो मुनिका फूलहरूको सासना हुन्डरी लेखूँ, बारूद लेखूँ लाग्छ । ( एक टुक्रा रित्तो कागज ) कविले उठाएका मुद्दालाई विषयान्तर गर्न कतिले उनलाई जातीयताको ट्याग भिराउन पनि सक्छन् । विखण्डनकारीको बात लाग्न सक्छ । तर कवि फराकिलो विचार बोक्छन् । जहाँ कुनै भेदभाव नहोस् । उचनीच नहोस् । यही उच्चचेत र सहअस्तित्व उनको एक मात्र ध्येय देखिन्छ- उनीहरूको आँगनमा म खेल्न पाऊँ मेरो आँगनमा उनीहरू गर्वले खेलून् नहोस् बीचमा कुनै विभेदका पर्खालहरू । ( मेरो आर्तनाद र आग्रह ) ••• ‘भोकको लय’भित्र समावेश एकाउन्न वटा कविताहरूमा सिलसिलाबद्ध किसिमबाट सीमान्तकृत वर्गहरूको, किनारीकृत वर्गहरूको, उत्पीडित वर्गहरूको दबिएको-दबाइएको आवाज उठाइएको छ । कविले उठाएको मुद्दा उत्तिकै सान्दर्भिक र जायज छन् । कविता लेखनमा कविको अनुभव, अनुभूति र बौद्धिक मिश्रणले कविको सामाजिक चिन्तन र वैचारिक चेत उच्चकोटीको देखिन्छ भने कवितापछि कविताहरूमा शब्दहरू दोहोरिनु, चलनचल्तीमा आइसकेका विम्व/उपमाहरू प्रयोग हुनु, भाषिक शिल्प-सौन्दर्य र कवित्वमा खाँदिलोपनको अभाव देखिनु कृतिको कमजोर पक्ष देखिन्छ । यद्यपि, दुविधा छैन, समकालीन कविहरूमा जातीयताको मुद्दालाई सिर्जनात्मक बनाएर बुलन्द आवाज उठाउने कृष्ण विश्वकर्मा यो समयका प्रखर र सशक्त कवि हुन् । #कृष्ण विश्वकर्मा #जीवित खड्का मगर #दलित साहित्य #दलित हत्या रहरहरु: बसुन्धरा शर्मा मेरा कल्पनाका रहरहरु जन्मिदै अनि समयको गतिसँगै लहराउँदै गए तिनै रहरले मलाई कहिले क्षितिज पारि त कहिले गन्तव्यविहीन बनाइदिए र पनि म हारिनँ समय बित्तै जाँदा म भित्रका ती रहरहरु अझै थपिंदै र झाँगिदै गए तिनै रहर मेटाउन रहरले कहिले गहिरो सागरभित्र डुबेँ कहिले गगन चुम्न पुगेँ त कहिले हराउँदै रहेँ पुग्नु त थियो कहाँ कहाँ लक्ष्य बिनाका तिनै रहरमा वर्षौं अल्मलिइरहेँ झल्याँस्स ब्युँझदा थाहा पाएँ ती रहर त मलाई सताउने अनि भुलाउने मात्र मृगतृष्णा रहेछन् मात्र मृगतृष्णा भक्तपुर #बसुन्धरा शर्मा #भक्तपुर अंशबण्डा: नानी थापा तिमी मेरो म तिम्रो, म भन्नु नै तिमी, तिमी भन्नु नै म, मेरो सम्पत्ति तिमी, मेरो संसार तिमी, मेरो सर्वस्व तिमी, मेरो प्राण तिमी, मेरो जिन्दगी नै तिमी मेरो भन्नु सबै तिम्रो तिम्रो भन्नु सबै मेरो भन्नेहरुले एक दिन पारपाचुके गरे । अनि अंशबण्डा गरे थाल, कचौरा, गिलासहरु डाडु, पन्यु र चम्चाहरुसमेत दराज, खाट, सोफाहरु, डसना, सिरक र तन्नाहरु, घर, जग्गा र खेतबारीहरु, नगद, जिन्सी र बैंक ब्यालेन्सहरु, तिलहरी, नौगेडी र मङ्गलसूत्र समेत सबै बराबर भाग लगाए ऋणहरु पनि गाई, भैंसी र बाछाबाछीहरु, पाडापाडीहरु र पाठापाठीहरु, कुखुरा, हाँस र चल्लाहरु, सबै कुरामा सहमति भो । एउटै कुरामा मिलेन मन, दुवैले ‘यो मेरो’ अनि ‘यो मेरो’ भन्दै हारालुछ गरिरहे र तानिरहे आ-आफूतर्फ सर्लक्क दुई फ्याक पारी, भाग लगाउन सकेनन् सन्तानलाई । कठै त्यो बबुरोले ‘बा’ वा ‘आमा’लाई ‘आमा मात्र मेरो’ र ‘बा मात्र मेरो’ भनेर आफ्नो अंशमा दाबी गर्न सकेन ती दुवैको खास अंशहरु मिलेर, अस्तित्व पाएको त्यो अर्को अंशको अंशभागमा बा र आमा नै बण्डा भए अंशबापत ‘आमा’ र वंशबापत ‘बा’ अनि आमा-बाको काख एकैसाथ आखिर उसले “अंश”मा पाएन । नानी थापा #अंशबण्डा #नानी थापा कोरोना भाइरस रोग हो कि जैविक हतियार ?: रूद्र दाहाल आयो नौलो माहामारी बिश्वसामु, फैलियो एकै चोटी संसारलाई यसले सखापै पार्ने भो, रोकिएन यसको गति, कति दुष्ट रहेछ यो कोरोना, ज्यान लियो निर्दोषको यसलाई नियन्त्रण गर्न नसकेर, हार भयो विज्ञानको ।।१ ।। लालाबाला अनि जवान र वृद्धवृद्धा, सबलाई निशाना लायो आजसम्म मानवले गरेको विकासको, क्षणमै सखाप बनायो मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरुमा, पस्यो हुङ्कार लिई, गयो बनाई स्वाहा मानवलाई, वेदना र चित्कार दिई ।। २ ।। यो नै पहिलो भाइरस थिएन, विगतमा धेरै आए, यसले जति विनाश अरुले गरेनन्, यसमा रहस्य छ के? इतिहास साक्षी छ विनाशको, हाम्रै पालामा पनि, खोजी गर्नु पर्यो अब मिली सब, यो हतियार पो हो कि? ।। ३ ।। चाइना र अमेरिका प्रतिस्पर्धी छन्, यिनको कर्तुत पो हो कि? जमाना बदलियो, समय बदलियो, युद्ध नै पो यो हो कि? चाहिन्न अहिले सेना र हतियार, पुर्खाको पालामा जस्तो, जीव अस्त्र लिएर संसारै मास्ने, यो चाला हो कि तिनको? ।।४ ।। यो तथ्य एकदिन उजागर होला, ती दिन कुरी बसौं आफ्नो ज्यान जोगाउन जरुरी छ अहिले, घरभित्रै कुना पसौं, सचेत भएर जति बसे पनि, एकदिन त पार्छ पासो खोप या औषधीमध्ये एक नभई, फर्कन्न मानव हाँसो ।। ५ ।। जाबो एउटा जीवाणुले यहाँ, संसार हल्लाई दियो, यति उदण्ड हुनु भन्दा पहिले, कहाँ बसेको थियो? बाँच्ने इच्छा त सबैलाई हुन्छ, यो धर्तिको रहर जसरी नि यहाँ सहनै पर्या छ, यो कोरोना कहर ।। ६ ।। लाग्दछ शंका मनमा घरिघरि, रोग या हतियार भनी, यथेष्ठ प्रमाण अझै भेटिएन, टुंगो गर्नलाई पनि एक दिन त यसको पक्कै नि टुंगो त, अवश्य नै लाग्नेछ ती पापीहरुको विरुद्धमा सारा, संसार जाग्नेछ ।। ७।। #कोरोनाभाइरस #कोविद १९ #क्यानडा #रुद्र दाहाल मलाई मन छ: विप्लव प्रतीक मलाई मन छ, म भएको कसैलाई थाहै नहोस् मलाई मन छ, म गएको पनि कसैलाई थाहै नहोस् । म चाहन्छु हुन निर्मल पानीको थोपा जुन थोपाको मात्रै केही महत्त्व छैन म चाहन्छु बन्न शीतल हावाको झोँक्का जुन झोँक्काको मात्रै कुनै मूल्य छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् । म चाहन्छु हुन जंगलमै वैलिने फूल जुन फूल कसैको अभिलेखमा छैन म चाहन्छु बन्न त्यस्तो प्राचीन कला जुन आज कसैले सम्झेको छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् । #विप्लव प्रतीक क्यानाडाबाट नेपालीलाई पत्र- लकडाउनमा छौँ र सुरक्षित छौँ: आदरणीय मेरा प्रियजनहरू, आजको दिनसम्म यहाँ हामीहरू सबै सकुशल छौँ, र हजुरहरूमा पनि कुशलमंगलको कामना गर्दछौँ । कोरोना भाइरस हामी बसेको शहरमा पनि छ्यापछयाप्ती फैलिसकेको छ, तर पनि हालसम्म हामीहरू सुरक्षित छौँ | किनभने हामी विगत दुई महिनादेखि घरभित्रै बसी छौँ । यहाँ सरकारले भनेको सबैले मान्छन्, र सबै मानिसहरू चेतनशील छन् । हाम्रो बारेमा यहाँहरूले चिन्ता लिनु पर्दैन । यहाँको स्वास्थ्य सेवा धेरै राम्रो छ | सरकार र व्यक्ति दुवैले बराबर जिम्मेवारी लिएकाले स्थिति नियन्त्रणमा छ । आशा छ, त्यहाँ पनि हजुरहरूले सरकारले दिएको घरमै बस्ने आदेश पालना गरिरहनुभएकै छ होला ? यो भाइरस नियन्त्रण गर्ने मुख्य जिम्मा हात हाम्रै हातमा छ । तपाईँहरूलाई पनि थाहा नै होला ! सामान्य उपायहरूबाट नै कोरोनाबाट बच्न सकिन्छ । अहिलेको अवस्थामामा यो महामारी नेपाल चरम गतिमा फैलिरहेको र मौजुदा स्वास्थ्य अवस्थामाले धान्न सक्ने अवस्था देखिदैन् । यस्तो अवस्थामामा यसबाट बच्नु नै उत्तम उपाय हो | जुन सम्भव पनि छ । यसैले रोग लागि सकेपछि यसको उपचार गर्नुभन्दा यसको बाटो छेक्नु नै राम्रो हो | यो पत्र लेख्दासम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ५४८ र यसबाट ज्यान गुमाउनेहरू ३ जना रहेको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले जनाएको छ । हालसम्म यो भाइरस ४० जिल्लाहरूमा फैलिइसकेको र मुख्य रूपमा भारतसँग सिमाना जोडिएका जिल्लाहरू बढी प्रभावित छन् | त्यसैगरि अन्य विविध कारणले गर्दा भाइरस सक्रमण तीव्र गतिमा बढी रहेकोले यसलाई मत्थर पार्न यी कुराहरूमा हजुरहरूले विशेष ध्यान दिनुहुन् म क्यानाडाबाट अनुरोध गर्दछु | १) यदि परिवारमा कसैलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षणहरू देखिएमा तुरुन्त आइसोलेशनमा बस्नुहोला। आइसोलेसनमा बस्दा सकेसम्म छुटै शौचालयको प्रयोग, डिस्पोजेबल सामानहरूको प्रयोग गर्नु राम्रो मानिन्छ। २) माथि उल्लेखित लक्षणहरू मनिटर गर्ने र बढ्दै गएमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई स्वाब टेस्ट गराइहाल्नु पर्छ। ३) घरिघरि साबुन-पानीले हात धुने, यदि साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजरको प्रयोग गर्ने, सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्छ । ४) घरिघरि नाक, आँखा र मुख हातले छुनु हुँदैन, छोएमा फेरि हात साबुन-पानीले धुने गर्नु पर्छ । ५) लकडाउनको पूर्ण पालना गरी भिडभाडमा नजाने, सामाजिक दूरी कायम राख्ने र घरमै बस्नु होला | संसारका धेरै देशहरूले लकडाउनकै कारण धेरै मानिसहरूको ज्यान जोगाउन सफल भैसकेकाले, र सरकारले पूर्ण रूपमा लक्डाउन घोषणा गरेकाले ढुक्कले घरमै बस्नु उचित छ । हामी पनि यहाँ त्यही गरिरहेका छौं, र आफूलाई सुरक्षित राख्न सकेका छौं । ६) यदि संक्रमण भैहालेमा नडराई अन्य संक्रमणमा जस्तै यसमा पनि प्रसस्त झोलिलो पदार्थ पिउने, पोषिला खानेकुराहरू खाने र पूर्ण रूपमा आराम गर्नु होला। ७) संक्रमणको समयमा मानिसहरूमा मनोवैज्ञानिक असर पर्ने हुनाले नकारात्मक समाचारहरू सम्प्रेषण नगर्ने, संयमितता अपनाउने, फिल्म हेर्ने, गीत, भजन, किर्तन सुन्ने, परिवारलाई समय दिने, आफन्त र साथिभाइहरूसँग विद्युतीय माध्यमबाट कुराकानी गरेर समय बिताउनुहोला। ८) समयको सही सदुपयोगका लागि व्यायाम गर्ने, पुस्तक पढ्ने, आफ्ना अधुरा रहेका परियोजनाहरूमा समय लगाई पूरा गर्नु बुद्धिमानी हो। ९) धुम्रपानका अम्मलिहरूको स्वासप्रस्वासमा समस्या हुने र यो भाइरसले पनि मुख्य रूपमा स्वासप्रस्वास प्रणालीमा आक्रमण गर्ने हुँदा धुम्रपान र मद्यपानबाट टाढा रहनु बुद्धिमानी मानिन्छ। १0) विपदका बेला एक अर्काको सहयोग अति आवश्यक हुन्छ | तसर्थ आवश्यकता अनुसार इष्टमित्र, साथीभाइ र छिमेकी सबैलाई सकेको सहयोग गर्नु होला । माथि उल्लेखित उपायहरू सबैले मनन गरी अपनाएको खण्डमा यो विश्वव्यापी महामारीलाई केही हदसम्म नियन्त्रणमा लिन सहयोग पुग्ने देखिन्छ । लौ त आजलाई यतिमै बिदा। बाँकि अर्को पत्रमा लेखौँला। उही परदेशी कान्छो खै गणतन्त्र ?: कहाँ छ गणतन्त्र ? के हो गणतन्त्र ? मैले बुझिनँ या बुझ्न सकिनँ कस्तो हुन्छ, के हुन्छ गणतन्त्रमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र रे तन्त्रै तन्त्रको मन्त्र छ यहाँ कुन तन्त्रमा के हुन्छ कुन्नि ? कुन तन्त्रमा गाँस, बास, कपास पाइन्छ ? कुन तन्त्रमा खुसी साथ बाँच्न पाइन्छ ? थाहा छैन मलाई । कुर्सी फेरिनु, सत्ता फेरिनु या शासन फेरिनु के हो गणतन्त्र ? म मेरो बोली बोलेको छैन बोल्दैछु म नदी किनारको माझी बोल्दैछु म विकट गाउँको एक नेपाली पहाड, कन्दराका बस्ती, बाटो उस्तै छ माझीका दिनचर्या अनि घरमा लिपिएको माटो उस्तै छ गाउँघरका पछौटेपन, गरिबीपन उस्तै छ जमिनदारका जमिन अनि धन उस्तै छ गाउँघरमा दिइने पढाइ अनि शिक्षा उस्तै छ गरिबले बाँच्न पाउने खुसी अनि इच्छा उस्तै छ खै के भयो परिवर्तन ? गरिबका झन् गरिब, धनीका झन् धनी शासनमा केही छैन फरक राजतन्त्र गए पनि हजारौंको बलिदान हजारौं शहिदको सपना लाग्दैन त्यही थियो । केवल राष्ट्रपति, प्रधानमन्त्री अनि मन्त्री र उनका आसेपासेलाई आयो होला गणतन्त्र तर हिजो गणतन्त्र जन्माउन हिँडेका हजारौं युवाहरू लाखौं जिजिविषाका सपना सहित मर्न र मार्न तयार भएका योद्धाहरू घर, परिवार अनि आफ्नो मुटु छोडेर आफ्नो छातीमा सङ्गीन रोपिदा पनि नडग्बगाई, नहड्बडाई नेपाल आमाका निम्ति प्राण आहुती गर्न तयार भए । तर ती योद्धाका सपनामाथि तुषारापात भयो सपना अधुरै रह्यो । आज त्यही योद्धाहरू खाडी मूलकमा सपना बुनि रहेका छन् के यही हो गणतन्त्र ?? जो हिजो गणतन्त्र विरोधी थिए आज तिनै हिमायती छन् हात्तीका देखाउने दाँत गणतन्त्र भित्र त अर्कै दाँतले काम गर्दाेरहेछ । एउटा चोर फेरिएर के भो ? सयौं चोर थपिएका छन् । बढ्दैछ भ्रष्टचार, दलाल अनि महँगी बढ्दैछ गरिब र धनीका खाडलहरू बढ्दैछ झन् उत्पीडन र भेदभाव पनि अनि भनूँ कसरी गणतन्त्र छ यहाँ ? त्यसैले म भन्दैछु खै गणतन्त्र ?? कहाँ छ गणतन्त्र ?? #खै गणतन्त्र ? अस्पतालको शैय्याबाट प्रधानमन्त्रीले कस्तो गीत लेखे ? हेर्नुस् भिडियोमा: काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत गरेका छन् । देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वर रहेको छ । स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका थिए । शब्द, सङ्गीत, गायन र दृश्यको बेजोड संयोजन रहेको उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्र लगायतका अनेकौँ विषयमा गहिरो अभिरूचि र ज्ञान राख्ने ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशीलभावका कविता लेख्ने गर्थे । उनका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेसिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ । #केपी ओली #प्रधानमन्त्री एउटा अनमोल प्रेम कथा: राजन अधिकारी माथि माथि उडिरहेको धुवाँलाई टोलाएर नारायण काका भाव विह्वल हुँदै एकतमासले हेरिरहेका थिए। बिस्तारै-बिस्तारै धुवाँ बादलको घुम्टोभित्र पसी अदृश्य हुँदै थियो तर उनका आँखाले त्यसलाई पछ्\u200cयाउन छाडेका थिएनन्\u200c। धुवाँसँगै उड्\u200cन चाहन्थ्यो उसको मन। काकाको लागि खास थियो त्यो धुँवारुपी विम्ब, नकि कुनै चिम्नीको भट्टीबाट निस्किएर पर्यावरणलाई प्रदूषित बनाउँदै आकाशमा उडिरहेको फगत सेतो सर्को । यात्रारुपि अनमोल जीवनको उकाली ओरालीमा नारायण काकासँग पाइलामा पाइला मिलाउँदै सहयात्री बनेर हिँडेकी उनको अर्धाङ्गिनी लक्ष्मीको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार भैरहेको थियो। लक्ष्मी काकी चितामा जल्दै धुवाँ बनी बिदा लिइरहेकी थिइन्, यस धर्तीबाट । केही बेरमै लक्ष्मी काकीको देह जलेर खरानी भैसकेको थियो तर चिताको केही पर बसेर आकासमा धुँवा पछ्\u200dयाइरहेका नारायण काकाको जलेको मन निभ्ने कुनै सम्भावना थिएन। सधैँ स्वस्थ र हँसिलो मुद्रामा देखिने लक्ष्मी काकीलाई छ महिनाअघि मात्र क्यान्सर भएको पत्ता लागेको थियो । नारायण काकाले लक्ष्मीलाई बचाउन हरसम्भव प्रयास गरेका थिए; जडिबुटी, औषधोपचार, धामीझाँक्री, भाकल, पूजापाठ आदि इत्यादि। तर अफसोस! लक्ष्मी काकीको आयुलाई उनको कुनै प्रयत्नले पनि लम्ब्याउन सकेन। जुन दिन लक्ष्मी काकीलाई दुलही बनाएर नारायण काकाले भित्र्याएका थिए, ५० वर्षपछि त्यही दिन उनले देहत्याग गरिन् । कत्रो अनर्थ! आधा शताब्दीसम्म विशेष रहँदै आएको वैवाहिक वर्षगाँठको दिन उसका लागि एकाएक कालो दिनमा परिवर्तन भएको थियो। यसपालि वैवाहिक वर्षगाँठको दिन उल्लास होइन, आँधीबेरी बनेर आयो नारायण काकाको जीवनमा। लक्ष्मी काकी पत्नी बनेर घर भित्रिए यता विवाहको दिनमा नारायण काका र लक्ष्मी काकी पशुपतिनाथ मन्दिर जान्थे, चारै ढोका खुल्ने समयसम्म पर्खेर बस्थे, सबै ढोकाहरुबाट एकसाथ भगवानको दर्शन गर्थे। हुन त, अरु बेला पनि समय समयमा पशुपतिनाथको मन्दिर गइरहन्थ्यो यो त्यो जोडी तर विवाह गरेको दिन अनिवार्य नै गरेका थिए पशुपतिनाथको दर्शन। भक्ति संगीतसहित सन्ध्या आरतिको चलन शुरु गरेपछि पति-पत्नीको नामबाट पशुपतिमा आरति गराउन थालेका थिए दुवैजनाले। वृद्धाआश्रममा गएर गच्छे अनुसारको दान पनि गर्थे त्यस दिन। तर नियतिले यस वर्ष त्यो सुखद् अध्यायको दुखःद् अन्त्य गरिदिएको थियो। नारायण काका र लक्ष्मी काकीको प्रेमिल परम्पराको क्रमभंग भयो काकीको देहवसानसँगै। यति चाँडै उनले परलोक रोज्छिन् भन्ने काकाले कल्पनासम्म गरेका थिएनन्\u200c। मृत्यु अवश्यंभावी हुन्छ, यो परम सत्य हो भन्ने जान्दाजान्दै पनि नारायण काकालाई आफ्नो पत्नीको मृत्यु सहन गर्न साह्रै कठिन भइरहेको थियो। दाह संस्कार सकिएसँगै घाटबाट फर्किनुअघि नारायण काकाले मन्दिरतिर फर्किएर भगवान पशुपतिनाथलाई प्रश्न गरेका थिए, ‘हे भगवान! मभन्दा झण्डै १० वर्ष कम उमेरकी लक्ष्मीको मृत्यु म भन्दा किन अघि? मैले के त्यस्तो अपराध गरेको थिएँ र मलाई यो सजाय?’ त्यसपछि काकाले आँसु पुछ्\u200cदै मनमनै अनेकथरि फतफताए । नारायण काका र लक्ष्मी काकीको प्रेम सबैको मनमा बस्ने खालकै थियो। लक्ष्मी काकी माइत जाँदा पनि धेरै दिन बस्नै सक्दिन थिइन् । उनलाई काकाको अत्यास लागि रहन्थ्यो। यता नारायण काकालाई पनि दिनभरि बाडुली लागिरहन्थ्यो, काकीले सम्झिएर होला, शायद। लक्ष्मी काकी माइतबाट फर्किने दिन नारायण काकाको फुर्तीफार्ती नै बढेको छलङ्गै देखिन्थ्यो। बिहानै सैलुनमा गएर दाह्री काट्\u200cने र सेतै फुलेका केशहरुमा कालो रङ चढाउँथे उनी। अनि १/२ घण्टाअघि नै बस बिसौनी पुगेका हुन्थे । बस बिसौनीमा कोही चिनेको देखे भने नसोधे पनि पत्नीलाई लिन बसेको भनेर हँसिलो मुद्रामा सुनाउने गर्थे उनी। ढुकुरको जोडीजस्तै थियो, नारायण काका र लक्ष्मीकाकीको जोडी। उनीहरुको झगडा कहिल्यै गाउँलेले देखेनन्। दोस्रो विवाहको प्रसंग कोट्\u200cयाउँदा लक्ष्मी काकीसँग झर्किएका थिए, नारायण काका, जिन्दगीभरमा जम्माजम्मी एक पल्ट। करिब ८/१० वर्षअघि वैशाखको घाममा घरबारीमा मकै गोड्\u200cने क्रममा उनीहरुबीच आपसमा कुराकानी हुँदा को अघि मरिन्छ होला भन्ने विषय प्रसंगवश चलेको थियो। ‘मै पहिला मर्छु,’ काकीले हत्त न पत्त भनेकी थिइन्। ‘केको आधारमा तिमी मभन्दा पहिला मर्छ्यो र? म त तिमी भन्दा एक दशक नै जेठो छु। उमेरका हिसाबले म अघि मर्ने निश्चित छ,’ काकाले पत्नीको कुरा खारेज गर्दै जेष्ठताको प्रमाण पेश गरेका थिए। काकीले त्यसलाई हाँस्दै अस्वीकार गर्दै भनेकी थिइन्, ‘भाग्य र उमेरमा भाग्य नै बलियो हुन्छ बूढा, म उमेरले हजुरभन्दा सानो भए पनि भाग्यमानी छु। भाग्यमानी पत्नी सौभाग्यवती हुन्छिन्\u200c, उनको सिउँदोको सिन्दुर कहिल्यै पुछिदैन भन्छन्।’ ‘यस हिसाबले त तिम्रो कुरो ठीकै हो तर त्यस्तो अवस्था केही गरी आइलागे म चैँ कसरी एकाङ्की जिन्दगी बाँच्न सकूँला र बुढेसकालमा ?’ काकाले अनुहार मलिनो बनाउँदै लक्ष्मी काकीलाई प्रश्न गरेका थिए। ‘अर्को विवाह…!’ मात्र भन्न के भ्याएकी थिइन् लक्ष्मी काकीले ठट्टाको शैलीमा, काका त उधुम रिसाए । उनले भने, ‘भो, अब एक शब्द पनि नबोल ! चुप् लाग तिमी!’ लक्ष्मीलाई काकाले बोल्नै दिएनन्, भने, ‘हँसीमजाकमा पनि यस्तो कुरा मसँग नगर, म कदापि यो सुन्न चाहन्नँ । सात जुनीसँगै बिताउँला भनेर वाचा गर्दै अग्नि देवतालाई तिमीसँग सातै फेरो लगाएको कुरालाई मैले जीवनको आदर्श बनाएको छु। जीवनपर्यन्त यसलाई शिरोपर गर्नेछु।’ केही क्षणपछि अलि नरम स्वरमा नारायण काकाले पशुपतिनाथलाई पुकार्दै याचना गरेका थिए, ‘हे देवादिदेव! बरुसँगै मर्न पाइयोस् । त्यस्तो दिन चैँ आउँदै नआओस्\u200c!’ तर काकाले जे नहोस्\u200c भन्ने चाहेका थिए, त्यही बज्रपात पर्\u200dयो यतिबेला । प्रारब्धमा उनले पत्नी वियोग भोग्नु पर्ने नै रहेछ! स्वर्गीय पत्नीकै यादमा दिनहरु काट्\u200cने गर्दथे, काका। काकी बितेयता उनलाई एक दिन पनि एक वर्षझैँ लामो लाग्थ्यो। त्यस्तैमा एक दिन मध्याह्नतिर नारायण काका गाउँको चौतारीमा टोलाएर बसिरहेको बेला स्पन्दन आइपुग्यो । गाउँले भतिज स्पन्दनले काकालाई निकै आदर गर्थ्यो अनि काका पनि उसलाई औधि माया गर्थे। दुईबीच भलाकुसारी हुँदै गर्दा काकाले पत्नी वियोगको प्रसंग कोट्\u200cयाउन थालिहाले। हुन पनि लक्ष्मी काकीको मृत्युपछि नारायण काकाको मुखमा पत्नीको कुरा मात्र झुण्डिएको थियो। कुराकानीअघि बढ्\u200cदै जाँदा काकाको आँखाबाट आँशुका बलिन्द्र धारा बग्न थाले । ‘पति-पत्नी एकअर्काका लागि नै जन्मेका हुँदा रहेछन्\u200c, झन पतिका लागि पत्नीभन्दा असल साथी यस धरामा कोही हुनै सक्दैन बाबु,’ काकाले आफ्नौ बिलौना कहन थाले, ‘लक्ष्मी बितेर गएपछि मेरो मन स्थिर नै छैन बाबु। जतिखेर पनि उसलाई नै झलझल्ती सम्झिरहेको हुन्छु। यस्तो चाहना हुन्छ कि छिट्टै आफू पनि परलोक पुगूँ।’ यति भनेपछि उनले आँसु पुछे। स्पन्दनले टोलाएर नारायण काकालाई हेरिमात्र रह्यो। नारायण काकाको आँशु मिश्रित शब्दहरुबाट स्पन्दनले यस्तो महसुस गरिरहेको थियो कि छोराबुहारी, छोरीज्वाईं, नातीनातिना सबैले विशेष हेरचाह, आदर र प्रेम दर्शाए पनि ती सबै कुराहरुले नारायण काकाको लागि पत्नीको रिक्ततालाई पूरा गर्न सकेको थिएन। स्पन्दनको मुखबाट कुनै शब्द निस्किन सकिरहेका थिएनन् तर अनुहारको भावभंगीले ‘जिन्दगानी, कर्कलाको पानी’ भन्दै काकाका दुवै हत्केला प्रेमपूर्वक मुसारिरह्यो । अलिबेरसम्मै नारायण काकाले लक्ष्मी काकीका कयौँ प्रसंग कहिरहे। कुराकानी गर्दै जाँदा अबेला भइसकेको थियो तर समयले नेटो काटेको दुवैले पत्तो पाएनन्। साँझ पर्न लाग्दा रुखहरुमा बास बस्ने चराको चिरबिर आवाजले उनीहरुलाई झस्कायो। अबेला भैसकेकोले फेरि भेट्ने भन्दै छुट्टिएर आ-आफ्नो घरतर्फ लागे। स्पन्दन चौतारीबाट भौतिक रुपमा नारायण काकासंग छुट्टिएको त थियो तर भावनात्मक रुपमा ऊ नारायण काकासँग छुट्टिन सकिरहेको थिएन। नारायण काकाको प्रेम र विछोडको पीडाले भरिएको जीवनगाथाले उसलाई रातभर नै बेचैन बनाइरह्यो। काकाको व्यथाभित्र उसले प्रेमको गहिरो महासागर देख्यो, अनि त्यो महासागरलाई नै रित्याउने गरी आएको भयङ्कर तुफानरुपी पीडा पनि महसुस गर्यो। कुनै प्रख्यात साहित्यकारले भनेझैं प्रेम शरीर होइन आत्माको अभिव्यक्ति हो, दुई आत्माको मिलन हो भन्ने चरितार्थ वयोवृद्ध नारायण काकाको जीवनकथामा हुबहु पाएको थियो उसले। उसलाई त्यति नै बेला एउटा प्रश्नले मनमा डेरा जमाउन थाल्यो, ‘नारायण काकाको उमेरका जोडीको शिक्षाप्रद प्रेमकथा हाम्रो समाजमा गुमनाम किन छ होला?’ हुन पनि उसले आजसम्म जति पनि दुनियाँभरका चर्चित प्रेम र विछोडका कथा व्यथा पढेको थियो, सुनेको थियो, त्यो यौवनावस्था र वयस्क उमेरको सेरोफेरोमा घुमेको पाएको थियो, चाहे त्यो मुना मदनको होस्\u200c या लैला मजनुको, सलिम अनारकलीको होस्\u200c या रोमियो जुलिएटको अमर कथा। प्रेममा आधारित संयोगान्त, वियोगान्त सबै प्रकृतिका प्रायजसो उपन्यास, नाटक, चलचित्रहरु पनि त्यही उमेरको सेरोफेरोमा लेखिएको, बनाइएको उसले पाएको थियो। उसलाई पनि प्रेम वयस्क उमेर सापेक्षित भावनात्मक अभिव्यक्ति हो जस्तो भान भएको थियो। तर नारायण काका र लक्ष्मी काकी बीचको प्रेमकथाले उसलाई प्रेमको फराकिलो क्षितिजबारे उजागर गरायो। तत्कालै स्पन्दनले निर्क्योल गर्\u200dयो; विवाहमा लगाएको मेहन्दीको रङ नसुक्दै सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हाम्रो समाजमा एउटा गहकिलो सन्देश दिने वयोवृद्ध नारायण काकाको अनमोल प्रेम कथा लेख्ने। जसैजसै उसले अक्षर कोर्दै जान्थ्यो, अक्षरहरु प्रेमपूर्वक एकआपस आफैँ गाँसिदै बुनिदै शब्द शब्द बनेर नारायण काका र लक्ष्मी काकीको प्रेमकथा पस्किरहेका थिए। एउटै बसाइमा उसले कथा लेखी टुङ्ग्यायो । अन्त्यमा आदर्श प्रेमका प्रतीक नारायण काका र उनकी स्वर्गीय जीवन संगिनी लक्ष्मीप्रति समर्पित गर्दै कथाको बिट मार्\u200cयो । कौशलटार, भक्तपुर #प्रेम #भक्तपुर #राजन अधिकारी हो, मैले प्रेम गर्न जानिनँ: हे ! धर्ती हे ! आकाश हे ! मानव हे ! महामानव मलाई सुन बिस्तारै सुन या जोडसँग सुन तर सुन ! म एउटा हृदयको भाषा बोल्दै छु व्याकरण नमिल्न सक्छ अर्थको अनर्थ हुनसक्छ तर यी केवल शब्दका अर्थ होइनन् हृदयका झङ्कार हुन् यी झुसिला डकार होइनन् र यी कसैका अहङ्कार होइनन् कसैका कविता पनि होइनन् रमिता पनि होइनन् यी त केवल प्रेमयुद्धका वार्ता र नजीर हुन् जुन युगदेखि युगसम्म सङ्घर्ष गरिरहेछन् अस्तित्वका निम्ति ! हो ! मैले प्रेम गर्न जानिनँ ! घर, परिवार, आफन्त शत्रु-मित्र कसैले भनेको मानिनँ ! हे ! अधिकारकर्मी हो हे ! धर्मी हो ! विधर्मी हो ! फगत मलाई क्रान्तिकारी बनाइयो चट्टानै चट्टानले बनाइएको अभेद्य पर्खाल निम्छरो प्रेमवायुले ढाल्न लगाइयो हो ! मलाई आदर्शका चस्मा लगाइयो स्वतन्त्रता र समानताका मीठा स्वरहरू सुनाइयो मान्छे-मान्छेका रगत-पसिना उस्तै-उस्तै हुन्छ भन्ने जबर्जस्त सिकाइयो तर ती फगत रहेछन् मान्छेका जात हुँदा रहेछन् भात हुँदा रहेछन् दिनभन्दा ठूला रात हुँदारहेछन् दिनमा सबैले सबैलाई उस्तै-उस्तै देखे पनि कानून र कविले सबै समान हुन्छ भनेर लेखे पनि रातले मान्दो रहेनछ जातले मान्दो रहेनछ अनि त भयङ्कर घटना घट्दारहेछन् ! हो ! मैले प्रेम गर्न जानिनँ अरूले भनेको मानिनँ केही सर्कसेहरूले साँप नचाएको देखेर गोमन साँप छोप्न गएँ तर सर्कसको साँप र बाहिरको साँप फरक हुँदोरहेछ सर्कसको साँप नाचिरहन्थ्यो बाहिरको थपक्क बस्दोरहेछ नदेखिकन एक्कासि डस्दोरहेछ आफ्नै अस्तित्वको लागि एकान्तमा बस्दोरहेछ ! फगत मैले सङ्गत बढाउन खोजेँ अनि समाजलाई नागराजको नयाँ भाष्य पढाउन खोजेँ तर मेरो बिटुलो बोली बन्द भयो म बोल्न नसक्ने भएँ महाभाष्यको जटिल सूत्र र अर्थ खोल्न नसक्ने भएँ मलाई व्यर्थै इन्द्रजालका टुनामुना सिकाइएको रहेछ तर म रनक्क तातेँ, चरक्क चर्किएँ, सनक्क सन्किएँ मलाई बेजोडको शक्ति मिल्यो मानौँ म वाघमाथि चढ्न सक्ने भएँ एक्लै अरण्यभेदन गर्न सक्ने भएँ एक्लै बघिनीसित जिस्किन सक्ने भएँ अनि म तरङ्गिएँ सिरिङ्गिएँ झाँक्रीले एकमुठी अक्षता र एक अम्खोरा पानीले भूत, प्रेत र पिशाच मन्साएर खेदेजस्तै मैले पनि विभेद, अहङ्कार र उँचनीच खेद्छु भने तर म अपरिपक्क रहेछु मलाई तन्त्रविद्याको सिद्धि रहेनछ म आफैँ तन्त्रले समातिएँ अपरिपक्क तन्त्रले अशुद्ध मन्त्रले मलाई थर्थर कमायो, म मुर्छा परें म भुईंफुट्टा थिएँ मेरा गुरु थिएनन् तन्त्र- मन्त्र फर्काइदिनलाई त्यसैले मलाई र मजस्तैलाई लडायो र लडाउँदै छ अनि मजस्तै विधर्मी कच्चा प्रेमीहरूलाई एउटा पाठ पढायो र पढाउँदै छ ! त्यो के भने—– अबदेखि प्रेम गर्दा जात हेर्नू – भात हेर्नू दिन हेर्नू – रात हेर्नू काँडाघारीमा हामफाल्दा हातखुट्टा बलियो बनाउनू फगत उत्तेजनामा नआउनू किनकि काँडा तीखा हुन्छन् सङ्गीनभन्दा छालामात्र होइन मुटु कलेजो घोच्छन् जुनजुन अङ्ग कोमल छ त्यही त्यही खोज्छन् सकेसम्म एकमुठी प्राण रोज्छन् किनकि कसैको प्राण निमोठ्दा उनीहरु आफ्नो विजय ठान्छन् ! हो ! मैले प्रेम गर्न जानिनँ अरूले भनेको मानिनँ तैपनि लुकिछिपी धूमिल प्रेम धानेकै थिएँ तर बिहे गर्न हतारिएँ किनकि मैले बिर्सेँ बिहेको आफ्नै नियम छ घडि छ पला छ आफ्नै सङ्गीत छ कला छ त्यसका निम्ति सिङ्गै समाजको एउटै गला छ त्यो के भने—– जात मिल्नुपर्छ भात मिल्नुपर्छ साथ मिल्नुपर्छ दिन र रात मिल्नुपर्छ त्योभन्दा पनि माथि औकात मिलनुपर्छ समाज भन्ने गर्थ्यो बिहेमा जाँदा हामीले मात्र बाजा बझाउनुपर्छ आफू रोएर पनि अरूलाई हसाँउनुपर्छ-नचाउँनुपर्छ तर मैले यसलाई ठाडो चुनौती दिएँ बिहेमा जान जानिनँ अरूले भनेको मानिनँ आफैँ बेहुलो बन्न तम्सिएँ आफैँ हाँस्न थाले उन्मत्त नाच्न थाले उड्न थाले आफ्नै प्रेमको वायुयान लिएर तुफानी गतिमा जमिन छोडेर आकाश चुम्नलाई तर मेरो वायुयान गन्तव्यमा नपुग्दै कालो बादल मडारियो बाक्लो हुस्सु लाग्यो यान अगाडि बढ्न सकेन चट्याङ चड्कियो गोलाबारुद पड्कियो कम्पासले दिशा छुट्याउन सकेन मेरा अरू पाइलट र यात्रु मजस्तै कच्चा रहेछन् केही गर्न सकेनन् मैले पनि कसैसित सम्पर्क गर्न सकिनँ मेरो कुनै टावरसित सम्पर्क थिएन किनकि म विद्रोही क्याप्टेन थिएँ अब मलाई जहाज र मान्छे अपहरणको मुद्दा लाग्न सक्छ म मरे पनि मारिए पनि यस्ता मुद्दा पटक-पटक जाग्न सक्छ ! तपाईँहरूले घटना मुचुल्का पढ्नुहोला सके अगाडि बढ्नुहोला नसके तारिख बोक्नुहोला त्यो पनि नसके समानताको ढ्याङ्ग्रो ठोकिरहनु होला छूत-अछुतको मुद्दा बोकिरहनुहोला ! किनकि एक मुक्काले चट्टान फुट्दोरहेनछ एक पाइलाले गन्तव्य पुगिदो रहेनछ एउटै घाउ सबैलाई उस्तै दुख्दोरहेनछ एउटा बलिदानले विजयका निम्ति पुग्दो रहेनछ । #दीपेन्द्र अधिकारी मेरा भावना: आँखाका ती अनगिन्ती स्वप्नहरुका रहर छम्छम् नाच्दै अनि मुस्कुराउँदै व्यक्त गर्न कठिन ती भावहरूको प्रहर नसोध तिमी ती सपनामा के के सजिएका छन् भनी हराउँदै आज यी मानिसहरुका भीडमा विलिन मेरा गन्तव्य पनि मलम लगाउँदै छु दुखेका घाउहरूमा नसम्झाउन हो साथी, कठै ! असीमित सपनामा छताछुल्ल भएका मेरा भविष्यका पानाहरुमा हाँसोको पात्र नबनाऊ मलाई जसोतसो आफ्नो हृदयलाई काबुमा राख्दै हाँसी खुशी बाँच्ने जमर्को कस्दै जिन्दगीलाई बगैंचाको फूल सम्झी कटाउँदै छु आज भोलि कुनै भूल नसम्झी यी दिन देख्दिनँ भो सपना आज भोलि आकाश छुने रहर कैयौँ लक्ष्यलाई पर सारी, सामान्य जीवन गुजारी रहेको मनुष्य हुँ एक कुनाको शहर विपत्तिको अवस्थामा अनि संकष्टको त्यो ओझेलमा पनि निर्दयी हृदय अनि असहयोगी हातहरुका छैन कुनै कमी त्यसैले, गन्तव्यबाट टाढा हुँदै जिन्दगीलाई आत्मसाथ ग्रहण गर्दै सिक्दैछु भविष्यका चुनौतीलाई सामना गर्न सहज रुपमा आफ्नो जीवन निर्वाह गर्न । शंकर देव क्याम्पस ऐनाको देश: सबै सबै छन् अखबारमा ! कपालमा साङ्लीले बाँधिएको विधवा शब्द छातीमा त्रिशूल गाडिएकी देवीका भिजेका आँखा सिमानामा बध गरिएको सपनाको शिरफूल एयरपोर्टमा चुँडिएको चप्पलको नागरिकता नाइट बसको झ्यालमा बसेर राजधानी छिरिरहेको सुनौलो सर्प सबै सबै छन् अखबारमा ! तर अखबार चाहिँ यति अबेला बालुवाको ओछ्यानबाट आँखा मिच्दै उठेको छ र हाई काढ्दै हेरिरहेको छ फुटेको ऐना ! ए ! चिसो भुइँमा अझै पनि किन चुहिरहेको छ रगतको अक्षर र किन काँडेतारले बाँधिएको छ घामको आँखा ? किन आमाको सपनामा पहिरो झरेको छ र त्यही पहिरोको फोटो खिचिरहेका छन् उनीहरू ? बहिनीको वस्त्रभित्र किन हात घुसारिरहेको छ बहुराष्ट्रिय कम्पनी ? र छेउमै कङ्गनको बल्छी थापेर किन उभिएका छन् माइती राजा ? भरखर त उघ्रेको छ आस्थाको आकाश भरखर त खसेको छ सपनाको उज्यालो भरखर त उठेको छ ऐनाको देश ! फेरि अदृश्य पर्खालमा लुकेर कसले हानिरहेको छ यसरी ढुङ्गा ? ए रोक ! रोक !! अनाथ नानीहरू निदाएका छन् कोक्रोमा ! सिन्दूर गुमाएका विधवा दिदीहरू हात गुमाएका बाबुहरू र दृष्टि गुमाएका इतिहासहरू सँगैसँगै निदाएका छन् समयको स्ट्रेचरमा ! आफ्नै आँसुको नदीमा निर्वस्त्र नुहाइरहेकी छिन् आमा ! गणतन्त्रको रूखमा चढेर बाँसुरी फुकिरहेको छ कृष्ण र त्यही रूखको हाँगामा फरफराइरहेको छ आमाको फरिया ! ए रोक ! रोक !! यो ऐनाको देशमा को हान्दै छ यसरी ढुङ्गा ? #ऐनाको देश #सुनिता खनाल उफ्, कोरोना !: सारा मानव मस्तिष्कलाई पारी खलबली सानो त्यो जीव उडी पुग्छ छुन हजारौँ श्वासका नली नदेखिने आँखाले, न त छुनै सकिने, बग्दछ हावासरी संसारलाई त्रासमा पारी नछोडी बालक, वृद्ध न त तन्नेरी सबैलाई संक्रमित पारी, छक्क छन् सबै देखेर यसको तुजुक र गर्मी कसैलाई भने आच्छु आच्छु पार्ने १०५ डिग्री ज्वरो आई, आइसियूमा राख्नुपर्ने कोहीलाई भने लक्षण नै देखा नपर्ने, सलहझैँ फैलिएर, पश्चिमा मुलुकलाई हम्मेहम्मे पारी तीन लाख भन्दा बढीको ज्यान लिई, अझै उडी हिँड्दै यो हावा सरी लाखौँलाई भोकमरीको घेरामा पारी आयो वुहान सहरबाट उडी बतास सरी पस्न मानव शरीरभित्र जोखाना हेरी न त यसलाई प्रवेशाज्ञा नै चाहिने न कुनै अवागमन पत्र कैयौँ वैज्ञानिक, स्वास्थ्यकर्मी लागिपरेका छन् बनाउन यसलाई सदाको लागि खतम पार्ने अस्त्र अचूक प्रभावकारी शस्त्र। विराटनगर #भारती पोखरेल #विराटनगर गणतन्त्रमा मेरी कामरेड: प्रद्युम्न भट्टराई कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ, हिजो भर्खर कैयोँ निर्मलाहरुको विभत्स हत्या भएको छ, हिजो भर्खर सुत्केरीहरुको मृत्यु भएको छ, हिजो भर्खर नन्द प्रसादहरुको अनसन सुरु भएको छ, हिजो भर्खर मुस्कानहरु माथि एसिड फालिएको छ, हिजो भर्खर छुवाछुतका नाममा दमन भएको छ, कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ ! कामरेड ! तिमी कताकता एक्लै हिंड्दा डर लाग्छ, आउँछन् मानसपटलमा ती निर्मलाहरु, मुस्कानहरु, बन्द गर्देऊ तिमी तिम्रा भविष्यका सपना मलाई सुनाउन, आउँछन् मानसपटलमा ती सुत्केरीहरुका तुहिएका सपनाहरु, आत्तिन्छु तिमीले कल्पिदै गरेका सुन्दर सपना कतै तुहिने हो कि भनेर, र आफैँलाई ऐनामा हेर्छु अनि देख्छु नन्द प्रसादहरुको रुप, कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ ? #कामरेड #प्रद्युम्न भट्टराई एउटा कविको उल्टो ईच्छा: मलाई आफ्नै हातले सुम्सुम्याउनु छ यो युगले मेरो सभ्यतामाथि हानेका निलडामहरूलाई । मलाई जान्नुछ कसरी बाँच्छ मान्छे अर्कोले निरन्तर अठ्याइरहँदा पनि आफ्नो घाँटीमा कुन जाँगरले पनि मुस्कुराइरहन्छ होला अपमानका हजार असिना आफ्नै थाप्लोमा थापेर कुन यात्रामा निस्किएको हो ऊ? हात खुट्टा भाँचेर बाटो खोसेर, आँखा झिकेर कता धकेलिँदै छ ? किन मौन छ यति डरलाग्दो ? मलाई सिक्नु छ । कसरी प्यास मेट्नुपर्छ ज्वालामुखी पिएर कसरी निदाउनुपर्छ निदरी बेचेर कसरी थाप्नुपर्छ शिरको टोपी खोलेर थपक्क यो शताब्दीको उपहास मलाई महसुस गर्नु छ । कुन मुटुले रहेछ यति धेरै सहनशील बनाउने कुन शिरा र धमनीले वितरण गर्दा रहेछन् बेरङ्गी रगत कुन हड्डीले थामेको छ यो अत्याचारको पहाड कुन पैतालाले छोडेको छ आफू हिलाम्मे हुँदाहुँदै यति सुन्दर पदचाप कुन हातले लेखेको छ यो समयले गाउन नसकेको उज्यालोको गीत ? कुन प्रेमीको पर्खाइमा फुल्दो हो बाटोमुनिको फूल कुन भक्तलाई पर्खिदो हो मन्दिरपछाडिको बुकी कुन प्यासी भेट्न झर्दो हो कन्दराको छहरा ? ओ समय ! म तेरो अभिजातको घण्ट घाँटीमा झुण्डाएर मुर्दाहरूको सन्नाटा चिर्न सक्दिनँ बरू मलाई उल्टो पारेर झुण्डाइदे तेरो मैना होइन चमेरो नै सही म कवि होइन विक हुन चाहन्छु । शरद पोख्रेल एउटा कविको उल्टो इच्छा मलाई आफ्नै हातले सुम्सुम्याउनु छ यो युगले मेरो सभ्यतामाथि हानेका निलडामहरूलाई । मलाई जान्नुछ कसरी बाँच्छ मान्छे अर्कोले निरन्तर अठ्याइरहँदा पनि आफ्नो घाँटीमा कुन जाँगरले पनि मुस्कुराइरहन्छ होला अपमानका हजार असिना आफ्नै थाप्लोमा थापेर कुन यात्रामा निस्किएको हो ऊ? हात खुट्टा भाँचेर बाटो खोसेर, आँखा झिकेर कता धकेलिँदै छ ? किन मौन छ यति डरलाग्दो ? मलाई सिक्नु छ । कसरी प्यास मेट्नुपर्छ ज्वालामुखी पिएर कसरी निदाउनुपर्छ निदरी बेचेर कसरी थाप्नुपर्छ शिरको टोपी खोलेर थपक्क यो शताब्दीको उपहास मलाई महसुस गर्नु छ । कुन मुटुले रहेछ यति धेरै सहनशील बनाउने कुन शिरा र धमनीले वितरण गर्दा रहेछन् बेरङ्गी रगत कुन हड्डीले थामेको छ यो अत्याचारको पहाड कुन पैतालाले छोडेको छ आफू हिलाम्मे हुँदाहुँदै यति सुन्दर पदचाप कुन हातले लेखेको छ यो समयले गाउन नसकेको उज्यालोको गीत ? कुन प्रेमीको पर्खाइमा फुल्दो हो बाटोमुनिको फूल कुन भक्तलाई पर्खिदो हो मन्दिरपछाडिको बुकी कुन प्यासी भेट्न झर्दो हो कन्दराको छहरा ? ओ समय ! म तेरो अभिजातको घण्ट घाँटीमा झुण्डाएर मुर्दाहरूको सन्नाटा चिर्न सक्दिनँ बरू मलाई उल्टो पारेर झुण्डाइदे तेरो मैना होइन चमेरो नै सही म कवि होइन विक हुन चाहन्छु । #इच्छा #कवि विधाता: सृष्टि गरी तिमीले धरतीमा पठायौ किन ? मान्छेमा मानवता छैन भन्ने लागेपछि जात छुट्यायौ किन ? पृथ्वीमा, हर प्राणी स्वतन्त्र छन् हर जीव स्वतन्त्र छन् हर वनस्पति स्वतन्त्र छन् प्राकृतिक श्रोत,साधनमा हर प्राणी—वनस्पतिको समान अधिकार छ । मान्छेमात्र किन ? मानवता मासिएर दानव बन्दैछन दिनदिन । मतभेद त ठूलो जातमा मात्र हैन सानोसानो भन्ने जातमा नि विभेद रहेको छ । जातको हिसाबले “म ठूलो“ भन्नेको दिमाखमा छेद परेको छ । नत्र मूर्ति चल्छ,त्रिशुल चल्छ । काम चल्छ,चल्दैन पानी ! सीप चल्छ,पसिना चल्छ । चोखो हुने अछुत नारीको जवानी ! ठूलो भन्ने,मै हुँ भन्ने समाजका किरा हुन् साथै अज्ञानी ! जुत्ता चल्ने,पैसा चल्ने सनाई चल्ने,सिलाई चल्ने नचल्ने प्रेमको फूल खुडा,खुकुरी औजार चल्ने नबुझ्नु बिबेकी मानवको भूल ! विधाताको छैन दोष उसले बनायो महिला,पुरुष दुइ कोष । समाजका ठेकदारले गरिदिए रगतमा विभेद ! सबका शरीर,सबै अंग छन् बराबरी लागे चोट,काटे हात आउछ रगत धरधरी ! सृष्टि गरि तिमीले धरतीमा पठायौ किन ? मान्छेमा मानवता छैन भन्ने लागेपछि जात छुट्याएयौ किन ? चर्चित गीतकार थापाको निधन: चर्चित गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ । ८३ वर्षे गीतकार थापालाई बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । उपचार गराउँदा गराउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापाका ताराका काँचा रङ (कविता संग्रह) र रूझेका परेला (गीत संग्रह) प्रकाशित छ । स्कुल पढ्दादेखि नै उनले साहित्य लेखनी थालेका थिए । उनले आफ्ना मामा रेमन्तबहादुर कार्कीलाई लेखनीको प्रमुख प्रेरणा दिने व्यक्तिका रूपमा सम्झने गरेका थिए । घरमा हुने सांगीतिक कार्यक्रममा उनी तबला बजाउने र गाउने गर्थे । उनको पहिलो प्रकाशित रचना मन पर्छ त्यो रात हो । यो रचना पटना विश्वविद्यालय अध्ययन गर्दाताका त्यहाँको स्मारिकामा प्रकाशन भएको थियो । उनको शुरूवाती साहित्य नाम आरएस मधुर थियो । पछि रूपरेखा पत्रिकाका सम्पादकले जनकनाथ प्याकुरेलले कविता प्रकाशन गर्दा वास्तविक नाम नै प्रकाशन गरिदिन थालेपछि भने आफ्नो साहित्यिक नाम त्याग गरेका थिए । गोरेटो त्यो गाउँको, जाग लम्क चम्क हे नौजवान हो, हे कान्छा ठट्टैमा वैंश जान लाग्यो, घुम्तीमा नआऊ है, त्यो खोलाको सङ्लो पानी, स्वर्गकी रानी लगायतका कयौँ हिट गीतका लेखक रत्नशमशेर थापा विक्रम संवत् २०१० को दशकमै मुक्तकलाई चर्चित बनाउने पुस्तामध्येका हुन् । थापाले २०६९ सालमा मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गरेका छन् । देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, भूपी काव्य पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्य पुरस्कार, म्युजिक नेपाल सम्मान, ग्राम सेवा पुस्तकालय सम्मान, श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष सम्मान, गोरखा दक्षिण बाहु लगायत प्राप्त गरेका छन् भने विभिन्न रेडियोले लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरेका छन् । #रत्न शम्शेर थापा देश दुखेको बेला: जलस्रोतको यो स्वर्णीम आँगनमा म किन उज्यालो हुन सकिनँ हिमालको संगत गरेर पनि म किन अग्लो हुन सकिनँ संसारले नै मान्यो बुद्धलाई र, देउता बनायो तर तिनै बुद्धको सन्तान म आफैँ ज्ञानी हुन किन सकिनँ । प्रश्नहरूले घेरेका छन् चारैतिरबाट प्रश्नहरूले घोचेका छन् चारैतिरबाट प्रश्नै प्रश्नको बीचमा उभिएर आफैँ एउटा अनुत्तरित प्रश्न बनेको छु आफैँले आफैँलाई चिन्न नसक्दा म भिल्लको देशमा मणि भएको छु । माटोले सबै कुरा दिएको छ तर बाटोले हामीलाई कतै पुर्याएन धर्मले हामीलाई महान् बनायो तर कर्मले कतै फुक्नै दिएन गौरवले बनायो विश्व प्रसिद्ध तर पौरखले कतै पुग्नै दिएन । आमाकै छाती चुसेर हुर्केपछि त अलिकति माया त हुनुपर्ने हो धर्तीकै अन्न खाएपछि त अलिकति इमान पनि हुनुपर्ने हो दुई खुट्टेको हुल त जुलुसमा पनि देखेकै हो अब त अलिकति मान्छे पनि हुनुपर्ने हो यो देशलाई रुवाएर अट्टहास गर्नेहरूलाई के अब पनि नमस्कार नै भन्नुपर्ने हो ? एक रात बास बसेको पाटीको पनि माया हुन्छ एक छिन सियाँल तापेको अपरिचित रूखको पनि त माया हुन्छ पुर्खाको रगत पोखिएको यो भूमिमा के तिमी तिनकै सन्तानजस्तै छौ ? जसलाई खोस्रेर अडेको छ तिम्रो जीवन के तिमी साँच्चै नै मान्छे जस्तै छौ ? अत्यास लाग्दैछ आफैँलाई म किन यति होचो भएँ ? आमाको काखमा खेल्दा खेल्दै म किन टुहुरो जस्तै भएँ ? र, आफैंँ बसेको घरभित्रै म कता विस्थापित भएँ ? म सुस्त भएँ कि सुस्ता भएँ ? हिजोको म नालापानी आज कसरी कालापानी भएँ ? यो स्वर्गमा जन्मेर पनि म कसरी विचलित भएँ ? संसारकै सबैभन्दा अग्लोको संगत गरेर पनि म आज कसरी यति होँचो भएँ ? #देश दुखेको शरीर पहिला कि भाषा ?: भूपिन दर्शनशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, पदार्थ पहिला कि चेतना ? यहीँबाट मोटामोटी दर्शन प्रतिको हाम्रो बुझाइ र पक्षधरता छुट्टिन्छ । ब्रम्हाण्डमा पहिला पदार्थको अस्तित्व स्वीकार गर्नेहरू भौतिकवादी भए । उनीहरूले विज्ञानलाई माने । चेतनालाई प्राथमिक मान्नेहरू अध्यात्मवादी भए । उनीहरूले ईश्वरलाई माने । यति मात्र त काफी छैन दर्शन बुझ्न, यसका अरु अनेक आयाम र तन्तुहरू छन् । दर्शनजस्तो गहन र जटिल विषयलाई सापेक्षित सरल र वस्तुगत रुपमा बुझ्न सजिलो हुने अर्थमा यस्तो व्याख्या हुने गर्छ । यसरी नै मानवशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, शरीर पहिला कि भाषा ? अर्थात पहिला मानिस जन्म्यो कि भाषा ? तपाईंहरूलाई के लाग्छ ? यदि तपाईं विज्ञानमा विश्वास गर्नुहुन्छ भने तपाईंको उत्तर हुनेछ, पहिला त शरीर नै हो जन्मेको । मानव उद्विकासलाई बु्झ्दै जाँदा हामी लामो यात्रा तय गरी पुच्छर नभएको बाँदरबाट विकसित भएर अहिलेको विकसित मानव बनेका हौँ । जीवविज्ञानले स्वीकारेको अझसम्मको सर्वाधिक बलियो तथ्य यही हो । तर प्रारम्भमा मानिससँग संवादका लागि भाषा थिएन । सञ्चारको आवश्यकताले गर्दा मानिसले भाषाको आविष्कार गर्यो । भाषाले कथा रच्यो, जुन सबैभन्दा बलियो बनिदियो । फ्याक्टभन्दा पनि फिक्सन बलियो हुन्छ भन्ने कथनले कथाको शक्तिलाई अभिव्यक्त गर्छ । यही भाषा हो जसले मानिसको जीवनलाई साह्रै सहज बनाइदियो, मानिसलाई अन्य प्राणी भन्दा अलग क्षमता सम्पन्न पनि । तर यही भाषा हो, जसले असमानता र विभेदका भाष्यहरू पनि जन्मायो । जस्तै: गोरो सुन्दर, कालो असुन्दर । पुरुष मालिक, महिला दासी । नाजी महान, यहुदी खराब र दक्षिण एसियाको सन्दर्भमा कथित छूत महान्, कथित अछूत तुच्छ । ब्रम्हाको पैतलाबाट सुद्र जन्मे आदि । भाषाले एकै उद्विकासबाट आएका मानिसमध्ये एकथरिलाई छूत र अर्कोथरिलाई अछूत बनाइदियो । जुम्ली धाराजस्तो जहाँ आएर ट्याङ्कीको उही पानी एकातिर पवित्र, अर्कोतिर अपवित्र । शरीरमा समान मानिसहरूलाई, भाषाले अलग बनाइदिने ठूलो षडयन्त्रको रचना गरियो । विश्व एक परिवार हो र हामी एउटै आमाका सन्तान हौँ भन्ने दर्शन मान्नेहरू बीचबाटै एकथरिलाई जन्मकै आधारमा समाजबाट अलग थलग पार्ने घिनलाग्दो षडयन्त्र मौलायो । कतिसम्म भने कम्मरमा मयुरको प्वाँख राखेर आफ्ना पदचिन्हहरू समेत मेट्दै हिँड्नु पर्ने अवस्थामा दलितहरूलाई फँसाइयो । कानुनले समेत समान अपराधमा छूतलाई कम र अछूतलाई बढी सजाय तोक्यो । कानुनले नै छूट दिएपछि मानिसहरूले झन् बढी अश्पृष्यताको अभ्यास गरे र एक सांस्कृतिक कलंकको रुपमा छुवाछुत हाम्रो सभ्यतामा रहिरह्यो । जुन सर्वाधिक धृणास्पद छ । भाषाले कोरिदिएको यही विभेद हो, जसको कारण हाम्रो समृद्ध पूर्वीय चिन्तन प्रणालीमा ग्रहण लगाइदिएको छ । बुद्ध, गान्धी, अम्बेडकरदेखि सर्वजित विश्वकर्माहरू यस ग्रहण पन्छाउनतिर लागे । बुद्ध दर्शनले यस अमानवीय भाष्यलाई सम्पूर्णत: खारेज गरिदियो । तर कतिपयले उनलाई अनुसरण गर्यौँ, कतिपयले खिसिट्युरी गर्यौँ । यहीँबाट प्रष्ट हुन्छ, तपाईं समतावादी कि विभेदकारी ? आफैँले आफैँलाई सोध्नुस्, तपाईं केलाई पहिला मान्नु हुन्छ ? शरीरलाई कि भाषालाई ? शरीरलाई पहिला मान्नुहुन्छ भने भाषाले बनाएको अछुतपन वा अश्पृष्यतालाई आजैदेखि त्यागिदिनुस् । यो दलनबाट मुक्तिका लागि हामी कथित छुतहरूले बोल्नु अत्यन्त जरुरी भैसक्यो । पूर्वीय चिन्तन प्रणाली अत्यन्त महत्त्वपूर्ण छ, तर त्यसमा ग्रहण लागेको छ । अश्पृष्यताको यो खग्रास ग्रहण नहटेसम्म तपाईं हामीले जति गफ दिए पनि हाम्रो संस्कार र सभ्यता गर्व गर्न लायक बन्दैन । नवराज बिकहरू मारिइरहन्छन् । रुपन्देहीमा जस्तै नानीहरूको बलात्कारपछि हत्या भइरहन्छ । सोच परिवर्तन गरौँ । #म_छुवाछुतको_बिरुद्धमा_छु अनि तपाईं ? (कवि र निबन्धकारसमेत रहेका भुपिनले दलितका विषयमा लेखिएकाे उपन्यास ‘मैदाराे’ प्रकाशन गरेका छन् ) ##म_छुवाछुतको_बिरुद्धमा_छु #दलित #दलित हत्या सूत्रधारको सपना: नाटकका लागि चियाघर, नाटक नाटकघरका लागि: “कामचैं के गर्छौ नि ?”- सूत्रधारका लागि यो प्रश्न नौलो होइन, तर फेरि पनि गाउँले काकाले उही प्रश्न तेर्स्याए। “म नाटक गर्छु”- सूत्रधारसँग अर्को उत्तर छैन। “त्यो त ठीक छ, कामचैं के गर्छौ ?”- काकाले फेरि सोधे। “मेरो काम नै नाटक गर्ने हो, म नाटक गर्छु।” झोँक्किउँ कि भनेर उनले नसोचेका होइनन् तर त्यसअघि नै अर्को धारणा प्रकट भइजान्छ । जस्तो किः “अनि नाटकले जीवन चल्छ त ?” सूत्रधार ट्वाँ पर्छ । ऊसँग जवाफ छैन, नाजवाफ भएर हिंड्छ । ‘नाटकले जीवन चल्छ त ?’, भन्ने प्रश्नसँगै सूत्रधार आफैँतिर फर्कन्छ; बिमारले थला परेकी आमा, शुल्क तिर्न नसकेर कलेज जान नपाएकी बहिनी, नाटक निर्माण गर्दाको थोरै ऋणले धेरै खुम्चिएको आफ्नै निधार, र यो हविगतबाट आजित भएर घर छोडेर हिंडेका पिता । सँगै सम्झन्छ; बाले पैसा कमाउन ‘बिदेस’ जा भनेको दिन । सोच्छ, “बेलैमा बाले भनेको मानेको भए जीवन यसरी अट्कने त थिएन होला !” सूत्रधारका बुबालाई साथीहरूले प्रश्न गर्थे, “के गर्छ तेरो छोरो ? काँ छ ? मेरोले त फेरि पोइसो पठायो ।” सूत्रधारको बुबा निरास हुँदै जवाफ फर्काउनु हुन्थ्यो, “उसैलाई सोध न !” सूत्रधारले नाटक गरेको बुबालाई फिट्टो मन परेको थिएन । ‘नाटकबाट कमाइ हुँदैन, रङ्गमञ्च सूत्रधारको संघर्ष हैन रमाइलो गरिरहेको छ’, भन्ने बुझ्नुभएको थियो उहाँले । मन्डला नाटकघर, तेस्रो ब्याचको विद्यार्थी हो, सूत्रधार । उसले रङ्गकर्मी सुनील पोख्रेलबाट नाटकको औपचारिक शिक्षा लिएको हो । सूत्रधारसँग एउटा सपना छ, नाटकघर बनाउने । राजधानीको पाँच वर्षे रङ्गमञ्च यात्रापछि आफ्नै ठाउँमा नाटकघर बनाउने सपना लिएर ऊ गाउँ फर्कन्छ । सूत्रधारले गाउँ फर्केर झापाको बिर्तामोडमा रङमञ्चसम्बन्धी गतिविधि सुरु गरेको पनि तीन वर्ष पुग्न लागेछ । यस बीचमा झापाका ३२ देखि ७२ वर्षसम्मका सात जना आमाहरूलाई तिनकै कथामा अभिनय गराउनु चाखलाग्दो कुरा थियो । आमाहरूको नाटक “रुवा” बिर्तामोडमा र काकरभिट्टाको ‘परिवर्तन’ थिएटरमा मन्चन पनि भयो । नयाँसँग काम गर्न चुनौती नै हुन्छ; फिल्ममा होस् या नाटक । आमाहरूसँग काम गर्दा सूत्रधारलाई गाह्रो-सजिलो जे भयो होला ! तर जिन्दगीभर अरूको लागि बाँचेका आमाहरूलाई केले नाटकमा आकर्षित गर्यो होला ? अहिले उहाँहरू पनि नाटकघर बनाउने अभियानमा हुनुहुन्छ । ‘कम पैसा लगानीमा चाँडो आम्दानी दिने व्यवसाय के गर्न सकिन्छ ?’, अभिनेता भएर रङमञ्च तथा चलचित्रमा फरक पात्रको चरित्र निभाउने सूत्रधारले एक नयाँ पात्र भएर सोच्यो । आफ्नो गुजारा चलाउनै मुस्किल भइरहेको बेला उसले वैकल्पिक व्यवसाय शुरु गर्ने योजना बनाउँछ । र, केही फरक तरिकाले बेच्ने ‘वन लाइन’ आइडिया आफ्नो सर्कलका साथीहरूलाई सुनाउँछ । कोही, ‘अब तैँले चिया बेच्ने ?’ भन्दै हाँसे । कोही रिसाए, कसैले त गाली नै गरे । तर सूत्रधार विचलित भएन, निरन्तर लागिरह्यो । सूत्रधारको विद्यार्थी विराज, ‘एउटा रङमञ्च तथा चलचित्र अभिनय कार्यशाला आयोजना गरौँ’, भन्दै सूत्रधारसामु आइपुग्छन् । कार्यशाला गर्ने निर्णय हुन्छ । कार्यशालाको दौरान एक रात होटलको छतमा गफिएर बसिरहेको बेला बिराजले फ्याट्ट सोध्छ, “यही क्षेत्रमा टिकिरहन के गर्नुपर्छ ?” “नाटकबाटै कमाएर आफ्नो गुजुरा चलाउछु भन्नु असम्भव त होइन, तर एकदमै कठिन साधना हो । वैकल्पिक कुनै व्यवसाय गर्दा नाटक गर्न सजिलो हुन्छ,” सूत्रधारले अनुभव साट्छ । “मेरो केही साथीहरू पनि छन्, मिलेर मोड्लिङ एजेन्सी खोलौं त्यसो भए । त्यसको कमाइबाट नाटक पनि बनाउँला,” बिराज आइडिया सुनाउँछ । “तिम्रो कुरा ठीक हो, तर हामीसँग त्यति धेरै पैसा पनि छैन । खेर गइरहेका सामानहरूलाई पुन: प्रयोगमा ल्याएर केही फरक तरिकाले चिया मात्र बेच्यौं भने पनि हुन्छ । लगानीबिना कसरी व्यवसाय गर्ने ? उदाहरण पनि बन्न सक्छ । आफ्नो जीवनको गुजारा चलाउने ठाउँ पनि,” सूत्रधारले विराजलाई सम्झाउँछ । उनीहरूबीच अभिनय कार्यशालामा आएका इच्छुक विद्यार्थीलाई पनि प्रोजेक्टमा सहभागी गराउने कुरा हुन्छ । सूत्रधारसँगै चार जना विद्यार्थी विराज, बिमल, रुपेश र अजयले चिया पसलको दायित्व ग्रहण गर्छन् । अन्य आठ जना विद्यार्थी भ्याएको बेलामा आएर काम सघाउन तत्पर देखिन्छन् । चिया पसलको लागि ठाउँ खोज्ने काम सुरु हुन्छ । केही ठाउँको खोजीपछि सूत्रधारले पाथीभरा सिनेप्लाजा अगाडिको खाली जग्गा युवराज प्रसाईंको हो भन्ने पत्ता लगाउँछ । विद्यार्थी र सूत्रधार युवराजलाई भेट्न जान्छन् । फ्यालिएको टायरबाट टेबल, कुर्सी बनाएर चिया बेच्न शुरु गर्ने सूत्रधारको आइडिया युवराजलाई एकदमै मन पर्छ । उदार मनले उनी भन्छन्, “यदि कटेरो बनाएर चिया बेच्छौ भने अगाडिको जग्गा खाली छ। मैले प्रयोगमा नल्याउन्जेल गरिखाऊ। मलाई भाडा तिर्नु पर्दैन । योभन्दा बढी के भन्नू ?” पन्ध्र हजारबाट शुरु गर्ने योजनाको चिया पसलको लगानी बढ्ने निश्चित भयो। सूत्रधारले अभिनय कार्यशालाबाट आफूलाई आएको सम्पूर्ण रकम लगानी गर्यो । बिस्तारै केही विद्यार्थीले पनि लगानी गर्दै आफ्नो सहभागिता जनाउन थाले । एक दिन सदस्य बिमलले सूत्रधारलाई भने, “गुरु चिया पसलभन्दा पनि चियाघरचैं राख्दा राम्रो सुनिएला ।” “कसरी ?” सूत्रधारले प्रतिप्रश्न गर्यो । बिमलले भन्यो, “पसलमा आउने ग्राहक हुन्छन्, घरमा आउने पाहुना । घरमा आउने सबैले पाहुनालाई आदर तथा सम्मान गर्ने गर्छन् । चियाघरमा आउने पाहुनालाई पनि हामी ग्राहकलाई गर्ने व्यवहार होइन, पाहुनालाई गर्ने स्वागत गर्छौँ।” बिमलको कुरा सूत्रधारलाई मनपर्यो । त्यही दिन नाम जुर्यो, ‘दारी भाइको चियाघर’ । फ्यालिएका टायर, गाउँगाउँबाट बाँस, माटो र ढुंगाको प्रयोगले चियाघर बन्यो। चियाको स्वादमा जडीबुटीलाई साथ लिएर नयाँ स्वाद दिँदादिँदै दुई महिना बित्यो । गत वर्ष, प्रेम दिवसको दिन ‘दारी भाइको चियाघर’को अनौपचारिक उद्घाटन भयो । साथीभाइबाटै पाहुनाहरू ‘चियाघर’मा चिया पिउन आउनेको जमात बढ्न थाल्यो । ‘दारी भाइको चियाघर’मा २१ थरिका चिया पाइन्छन् भन्ने कुराले बजार ततायो । जडिबुटी मिश्रित विभिन्न स्वादका चिया, चियासँगै सूत्रधारको कविता वाचनले बिस्तारै मानिसलाई मोहनी लगायो । फ्यालिएको टायरबाट बनाइएका टेबल, कुर्सी र माटोले बनेका गाउँतिरका आफ्नै पुरानो घरको झल्को दिने संरचनाले मानिसलाई ‘दारी भाइको चियाघर’मा तानिरह्यो । युवाहरूले गरेको काममा हौसला दिन झापा पुगेको मौकामा सन्चारकर्मी रवि लामिछाने सहितको टिमले पनि आएर चिया पिए । कलाकार बिपिन कार्की त ‘दारी भाइको चियाघर’ निर्माण गर्ने १२ जना नाटकका विद्यार्थीलाई एकदिने अभिनय कार्यशाला गराउन र चिया पिउनै भनेर बिर्तामोड आए । विपिनको प्रतिक्रियाले सूत्रधार र टिमलाई थप ऊर्जा पायो। पाहुनाहरूले सूत्रधारलाई ‘दारी भाइ’ नामले बोलाउन थाले । पाहुनाहरूको मायाले पहिलो महिनामै लाख बराबरको व्यापार गर्यो चियाघरले । आजकाल सूत्रधारको बुबा-आमाको अनुहारमा खुसी छाएको छ । सूत्रधारको बुबालाई, ‘तेरो छोरो के गर्दै छ ?’, भनेर कसैले प्रश्न गरे उहाँसँग उत्तर छ । सूत्रधारको विद्यार्थीहरूका आमा-बुबा पनि घरमा सिन्को नभाँच्ने आफ्ना छोराछोरीले गरेको मिहिनेत देखेर खुसी छन् । तर सञ्चालन भएको एक महिना नपुग्दै कोरोनाको माहामारीले ‘दारी भाइको चियाघर’को तातो आतिथ्यता सेलाएको छ । तर चियाको सम्बन्धले नाटकघर बनाउने सपना लिएर दुई ऊर्जाशील युवाहरू युदिन र रोहित पनि सूत्रधारसँग जोडिएका छन् । अझ रोहित त बिर्तामोडमा भएको आफ्नै जग्गामा नाटकघर बनाऊँ भन्दै सूत्रधारलाई ऊर्जा थपिरहेका छन् । “नाटकघर बनाउने सपनाले चियाघर जन्मायो। अब चियाघरको पसिनाले नाटक बनाउँछ। र, नाटकले नाटकघर पनि बनाउँछ,” रोहित भन्छन् । अहिले लकडाउनले गर्दा सबै मानिस साँघुरो कोठामा थुनिएका छन् । ‘दारी भाइको चियाघर’मा दिनहुँ चिया पिउन आउने पाहुनाहरू यतिखेर के गर्दै होलान् ? सबैलाई, ‘सुरक्षित रहनुस् है !’ भनेर सूत्रधारले पत्र छोडेको छ- ”लकडाउन खुलेपछि ‘दारी भाइको चियाघर’मा चिया पिउन भेट्नु पर्छ है ! तपाईँको कपले तपाईँलाई पर्खिरहेको छ ।” #सूत्रधारको सपना म शोक मनाउँदिन: हे ! मुर्धन्य श्रष्टा म तिम्रो शोक मनाउँदिन म तिमीलाई श्रद्धाञ्जली पनि दिन्न किन ? किनकी तिमी मरेका छौँ जस्तो मलाइ लाग्दैन । तिमी बाँचिरहेछौ शब्दहरूमा तिमी बाँचिरहेछौ हृदयमा तिमी बाँचिरहेछौ पवनमा तिमी बाँच्नै रहने छौ कण कणमा । तिमीले सुतिरहेका मान्छेहरूलाई “जाग, लम्क, चम्क हे नौजवान हो ।” भनेको पनि धेरै समय भएको छैन । म भर्खरै जाग्दै थिएँ म भर्खरै सिक्दै थिएँ तर जागेको थिइनँ सिकिसकेको थिइनँ त्यसैले नयाँ केही भएको छैन यहाँ न कुनै परिवर्तन भएको छ । त्यसैकारण हे ! सर्जक म तिम्रो शोक मनाउन चाहन्न अझै तिम्रो खाँचो थियो तिमीले हेर्नू थियो यो देश सिङ्गारिएको छैन सीमा जोगिएको छैन हिंसा बलात्कार रोकिएको छैन जात, धर्म, वर्ग मेटिएको छैन कोही युवाहरू जन्मिएकै छैनन् जसले कायापलट गर्न सकुन यो धरतीको । माटोले बनेको शरीर माटोमा मिलेको मात्र हो । बरू म उत्सव मनाउँछु नयाँ जीवन प्रवेशका लागि फूल चढाउँछु शुभकामना व्यक्त गर्दछु । तिमी यात्रा गरिरहनेछौ अनन्तदेखि अनन्तसम्म जसरी जन्म एक सुरुवात थियो मृत्यु अर्को सुरुवात हो । तिम्रो शोक मनाउँदिन तिमी बाँचिरहेका छौ शब्दहरूमा । #म शोक मनाउँदिन फलानो बिक: फोटोग्राफरले ‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म पत्रकारले गतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ कथाकारले गज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म कविले लजावाब बिम्ब भेट्ने प्रतिमा पनि मै हुँ तपाईंलाई लाग्ला म कलात्मक मूर्ति हुँ कुनै मूर्तिकारको म अलौकिक कृति हुँ कुनै कलाकरको म सबसे सुन्दर सृजना हुँ प्रकृतिको म अनन्त तिर्सना हुँ पारखीको म आकाश हुँ, इन्द्रेणी हुँ चरा हुँ, नदी हुँ समय हुँ, पर्व हुँ साथी हुँ, खुसी हुँ फूल हुँ, प्रेम हुँ आस्था हुँ, ईश्वर हुँ तर पर्खिनुस् म केही हैन म कैलै केही हुनै सक्दिनँ तपाईंको सभ्य समाजमा म मान्छे पनि हैन ! मेरो परिचय नामः फलानो बिक उमेरः आजन्म ठेगानाः समाज बाहिर कसुरः प्रेम र अधिकार नियतिः लाश #फलानो बिक दिनेशराजको गजल: लेख्नेले तिमीलाई जिन्दगी, मलाई याद लेखिदियो कि ! तिमीले झैं खुसीको बीच पाना नै च्यातिदियो कि ! सबथोक बिक्दा नि कहिल्यै नबिकेको तिम्रो मन पीर लाग्छ केही पनि नबिक्दा बिकिदियो कि ! हावा वेगले चल्दा पनि तीन ठाउँ भाँचिन्छु म पराइले तिम्रो खुसीको चिउला पो लुछिदियो कि ! जब जब नदी धमिलो बग्छ, जिउ नै सिरिङ्ग हुन्छ कसैले तिम्रो दाहिने आँखामा घोचिदियो कि ! हुलाकीको रङको झोला देख्दा नि आश लाग्छ कतै बिर्सी जानेले पो बिर्सेर सम्झिदियो कि ! #दिनेशराजको गजल उत्थान: अवस्थित छ समाज अतितको भूमिमा संस्कृतिको नाममा, बोझ छ काँधमा । जाति धर्म वर्गमा विभाजित जन छैन सहृदयता, छ परस्पर संघर्षण । व्यक्तित्वको अन्तरस्थिति अन्तर्द्वन्द्व भयावह, त्यसैको प्रतिविम्ब परिवार समाजमा कलह । समाजको रुपान्तरणमा बढ्दछ जन प्रवाह अन्तरस्थिति रुपान्तरणको कस्लाई छ थाहा ? पुर्खाका खोज सबै जड आज, रसविहीन बोझ हाम्रो छातिमा भो सधैँका हामी दीन-हीन । व्यथा-व्यथा जीवन कथा उधारो सब समाज प्रथा सुख्खा-सुख्खा आँखा सुख्खा तन भोका, मन भोका । भोग-सम्भोगलाई भोको तन कला विज्ञानलाई भोको मन मुक्तिको भोको आत्मा छ सोपान-सोपान चड्नु छ । जिन्दगीका रङ्ग-ढङ्ग सब होस् आफ्नै हातको आर्जन, संस्कृतिका विकृतिहरु होस् नव चेतनामा परिमार्जन । व्यर्थ नजाऊन् श्रम-परिश्रम हटून् सबै भ्रम विभ्रम बढौँ हे, अघि बढौँ सबै-सबै सोपान चढौँ । ईश्वरलाल: सडिरहेछ मन्दिरको प्राङ्गणमा ईश्वरलालको लास ऊ गुनासो गर्थ्यो मन्दिरभित्रको ईश्वर यो धरतीमा राजा भएर आए सेनापति भएर आए न्यायाधीश भएर आए । आएनन् कहिले एउटा मजदुर भएर ऊ बनाउँथ्यो साँचोमा ढालेर फरक फरकका ईश्वर उसलाई थाहा थियो ईश्वर बन्नु भन्दा कयौं गुणा कठिन छ मजदुर बन्न उसलाई थाहा थियोे उसको पसिनाले मात्र जलाउन सक्छ उसको चुल्हो मेटाउन सक्छ भोक उसको हातपाउ नै हो उसको इश्वर एक दिन उसले बचायो गाडीले ठक्कर दिएर घाइते भएको मानिसलाई एकदिन उसले जोगायो एउटी अबलाको लुटिन लागेको अस्मिता जब आज उसको मृत्यु भयो न अखबारको ब्रेकिङ्ग न्युज बन्यो न भड्कियो दङ्गाफसाद न बज्यो शोकधून न गुञ्जियो जयकारको नारा आखिर मृत्यु भएको थियोे साधारण मजदुर ईश्वरलालको थिएन तथाकथित इश्वरको । राममणि सिटौला #ईश्वरलाल सूर्यबहादुर: बिहान सूर्य उदाउनु अघि नै हातमा नाम्लो बोकेर हिँडेको सूर्यबहादुर तामाङ्ग सूर्य अस्ताउनु अघिनै कीर्तिपुरको बीच सडकमा हातमै नाम्लो च्यापेर अस्तायो । अस्ताए पछि सूर्यबहादुर एकाएक अखबारहरूमा छायो मध्यान्हमै बीच सडकमा नाम्लो च्यापेर अस्ताएको सूर्य बहादुर अखबारका पानाभर तस्बिर बनेर आयो अनि मात्रै सूर्य अस्ताएको खबर लोकले चाल पायो । शरीरमा अलिकति तागत हुञ्जेल नशामा दुइ थोपा रगत रहुञ्जेल सूर्यबहादुर कहिले नाम्लो च्यापेर कहिलेभारी बोकेर बाघभैरव पाँगा नयाँबजार कालीमाटी गरिरह्यो । पसिनाको धारा चुहाउँदै कहिले बल्खुको तरकारी बोक्यो उसले कहिले साहुको सिमन्टी घिसार्यो उसले धेरैलाई खुवायो सूर्यबहादुरले धेरैका घर बनायो सूर्यबहादुरले आफुभने सधैको बेघर सूर्यबहादुर बन्दाबन्दीमा सायद भोकभोकै पर्यो र त आकाशमा सूर्य नअस्ताउँदै बीच सडकमै गर्लम्मै ढल्यो । जिउँदो रहुञ्जेल बगेको सूर्यबहादुरको स्वाभिमानी पसिना न उसको सरकारले देख्यो हुनेखानेको सहरमा हुँदाखाने सूर्यबहादुरको बेदना न त कुनै अखबारले लेख्यो मरेपछि भने सूर्यबहादुर एकाएक शीर्ष समाचार बन्यो र सूर्यझैं चम्कियो । खै कसलाई थाहा छ ? धादिङको सूर्यबहादुर बाबुआमाका सपना बोकेर झार्लांगबाट झरेको थियो कि प्रियसीको दुःखका दिन फेर्नका लागि सर्पु या तोप्लांगबाट याम्बुरी छिरेको थियो। अब ऊ फर्केर आउने छैन र भन्ने छैन ऊ धादिङबाट यो शहर किन पसेको थियो । सहरले उसलाई डस्यो ठूलाहरूको सहरमा सानाहरूका मसिना सपनाको कुनै हिसाब हुँदैन तैपनि केही होला भनेर सूर्यबहादुरले ठूलाहरूको आशामा ठूलाहरूकै आदेशमा कहिले “हलो“ समायो कहिले “रूख“ को सहारामा रमायो । सूर्यबहादुरले गरिखानेहरूको सुदिन फिर्ला कि भनेर “सूर्य“ लाई आफ्नो ठम्याएर सूर्यकै सरकार बनायो तर अफसोच् भोकको भुमरीमा परेर राजधानी कै मुटुमा सूर्यबहादुर ढल्यो । #सूर्यबहादुर मेरो कलमको यात्रा: कविता बाँच्ने तरिका हो, निरन्तर साधना हो: बुबा: गरिबी र अस्तव्यस्तताको सिरेटोले लखेटिरहने बुबाका जवानीका दिनहरूमा स्थायी साधन र सम्पति भनेका किताबहरू नै हुन्थे । ती उहाँ जहाँ गए पनि छुट्दैनथे । कम्युनिस्ट आन्दोलनको रूझानले भिज्नुभएको उहाँसँग आफ्ना अस्थायी निवासभन्दा अग्ला किताबका चाङहरू हुन्थे । ती किताबहरूमा एउटा राजनीतिक मियोको वरिपरि रहेर बुनिएका मान्छेका सपना, विश्वास र भविष्यका रूमानी कथाहरू हुन्थे । टुट्दै, खिइँदै ती किताबहरू मसम्म पनि आइपुगे र किशोर मस्तिष्कको स्वप्निल पटाङ्गिनीमा लामो समयसम्म सियाँल हालेर बसिरहे । हामी हेटौँडा बस्थ्यौँ । बुबा तल बजारमा पसल चलाउनु हुन्थ्यो । कहिलेकाहीँ कुनै साहित्यिक या बालपत्रिका लिएर फर्कनुहुन्थ्यो । बुबा आफैँ पनि लेख्ने गर्नुहुन्थ्यो । उहाँसँग मोटामोटा बुक कापीहरू हुनेगर्थे जो मुक्तक या कविताहरूले भरिएका हुन्थे । किताबप्रतिको आकर्षण हामी दिदीभाइलाई सानै उमेरदेखि नै थियो । दिदीभाइ हानथाप गरेर तान्दा–तान्दै किताब च्यातिन्थ्यो । अक्षर पढ्न सक्ने सामान्य उमेर हुनु अगावै मेरो कलिलो मस्तिष्कले हजारौँ अक्षरहरू छामिसकेको थियो । त्योबेला पढिएका पुस्तक–पत्रिकाका कथा, कविता या चित्रहरू अद्यापि मानसपटलमा छँदै छन् । बुबाले प्राय ‘मुना’ बालपत्रिका ल्याइरहनु हुन्थ्यो । कक्षा एकमा भर्ना भएको सानो बालकले चित्रकथामा रूपान्तरित भएर प्रकाशित भएको ‘बसाइँ’ उपन्यासका ‘झुमा’, ‘रिकुटे’जस्ता पात्रहरूलाई ऊ बेलादेखि नै कल्पिन थालेको थियो । एकदिन त्यो बालकले एउटै आसनमा बसेर ‘गौरी’ खण्डकाव्य आद्योपान्त पढिसिध्याएको थियो । पारिवारिक बेमेल र फकिरगिरीको सुसेधन्दामा हेलिँदा–हेलिँदै हामी चितवन आइपुग्यौँ । राजमार्गको छेवैमा हामी डेरा गरेर पसल चलाएर बस्थ्यौँ । उहीँ डेरामा बस्दाताका एकदिन कुनै सानो किताब मेरो हातमा पर्\u200dयो । युद्धका बाछिटाले भिजेका बालबालिकाका पीडा, व्यथा उध्रिएको त्यो किताबको नाम या त्यसका लेखक मलाई सम्झना छैन तर त्यही किताबले ममा जगाइदिएको ‘लेखक’ बन्ने हुटहुटीले मेरो यहाँसम्मको गन्तव्य तय गरेको हो । मिशा र पाभेल: बुबाको कम्युनिस्ट साहित्य प्रतिको रूझानका कारण घरमा त्यही मार्काका किताबहरू प्रशस्त थिए । कमलो मस्तिष्कले गह्रौँ सिद्धान्तका कुरा छाँट्न नसके पनि उपन्यास र कथाका भाव र चरित्रहरूसँग लहडिन्थ्यो । ‘प्रगति प्रकाशन, मस्को’ नामक अचम्मको ठेगाना लेखिएका ती किताबहरू मेरो लेखनयात्रामा कोशेढुङ्गा बनेर रहे । शोलोखोभको बालपात्र ‘मिशा’, गोर्कीको ‘पाभेल भ्लासोभ’ या आस्त्रोभस्कीको ‘पाभेल कर्चागिन’ सबैले मेरो बालमस्तिष्कमा गहिरो प्रभाव पारेका थिए । म जन्मेकै दशक देशमा यसै कम्युनिस्ट विचारधाराकै प्रभावमा गृहयुद्ध सुरु भयो । अहिले कविता लेखेर ढल्की–ढल्की हिँड्ने केटोको मनमा त्यो बेला युद्धप्रति अनौठो आकर्षण थियो र कुनै दिन आफू पनि बन्दुक बोकेर मोर्चामा सामेल हुने बेढङ्गको सपना थियो । गाउँमा बाल समूह गठन भएको थियो । महिनैपिच्छे विभिन्न स्रोतहरूबाट मासिक पत्रिकाहरू बाल समूहका लागि आइपुग्थे । महिनाभर लगाएर बाँडिचुँडी ती पत्रिकाहरू पढिन्थे । मूल्याङ्कन प्रकाशन गृहले प्रकाशन गर्ने मासिक पत्रिका ‘नवयुवा’ पनि त्यहाँ आइपुग्थ्यो । जीवनको एउटा काँचो कालखण्डमा जीवनदृष्टि, चेतना र साहित्यिक मूल्य उकास्न ती पत्रिकाहरूको भूमिका महत्त्वपूर्ण छ । आफूले पढेका विभिन्न किताबहरूको प्रभावमा म पनि अन्टसन्ट लेखिबस्थेँ । आफू ठूलै लेखक बन्दैछु भन्ने कल्पना गर्दै ठेलीका ठेली किताबका योजना र आवरणहरू बनाएर बस्थेँ । लेखक बन्ने हुटहुटी कतिसम्म थियो भने म तिनै लेखकहरूको सिको गरेर दश/एघार वर्षकै उमेरमा चुरोट खानेसम्म पनि भएँ । भूपिन र कविता: २०६६ सालको अन्तिम याम थियो । एस.एल.सी. सकिसकेको थिएँ । एक मध्याह्न खाटमा पल्टिएर रेडियो सुनिरहेको थिएँ । चर्चित कवि भूपिनको ‘हजार वर्षको निद्रा’ विमोचन हुँदै थियो । विमोचनको प्रत्यक्ष प्रसारण रेडियोबाट बजिरहेको थियो । रेडियो सुनिरहँदा मलाई कविता लेख्ने हुटहुटीले यसरी समात्यो कि, मानौँ कविता मेरी पूर्वजन्मकी प्रेमिका हो, र अचानक मलाई मेरो पछिल्लो जन्मको प्रेम–याचना र उसको सुन्दर मुखाकृति याद आइदिएको छ । कुन दिन, के बार ? ठ्याक्कै सम्झन्नँ । तर त्यही दिन मैले पहिलोपटक कविता लेखेँ । त्यो कुन कविता थियो, त्यो पनि सम्झना छैन । कविताको कागज उहिल्यै कतै गुम भइसक्यो । त्यसपछि निरन्तर लेखिरहेँ । अनेक कल्पना र सपनाका घोडेटोहरूमा उफ्रिँदै, ठेस खाँदै मैले कविता लेखिरहेँ । अन्तरमुखी स्वभावको केटो, साथी–सङ्गाती गन्दै जाँदा एक हातका औँला पनि बढी हुन्थे । धुम्धुम्ती एक्लै बसिरहन्थेँ या एक्लै हिँडिरहन्थेँ । प्रायः आज पनि एक्लै हिँडिरहन्छु । ती दिनहरूमा म दिनभर जङ्गल, चिहान, बाटाहरू या खोला–नदी चहार्दै हिँड्थेँ । यिनीहरू मलाई अपरिचित या निर्जन पटक्कै लाग्दैनथे, यी त मेरो लागि ‘म’जत्तिकै नजिकका मित्रहरू पो थिए । जङ्गल, चिहान या नदीछेउ पढेर या लेखेर दिन सक्काएपछि म राति आफू कत्ति अग्लो भएको सपना देख्थेँ । लेखनयात्राको सुरुमा आफूले जे लेखेपनि अप्राप्य, अति दुर्लभनै लेखेछु जस्तो लाग्दो रहेछ । धेरैपछि आएर बुझेँ, सम्यक् अध्ययन र चिन्तन नभइकन रूमानी भावना र कोरा कल्पनाको कुचीले मात्रै कोरिएका अक्षरहरू कविता नबन्दा रहेछन् । लेखनमा आउनका लागि ‘पढ्नैपर्ने’ पहिलो शर्त हुँदोरहेछ, व्यक्तिको अध्ययनले नै उसको चेतना र चिन्तनको स्तर निर्धारण गर्दो रहेछ । संख्यात्मक तुलोमा तौलने हो भने लेखिएका कविताहरू हजारौँको संख्यामा होलान् । मन परेका, हृदय छोएका कविताहरू सयौँको संख्यामा आउलान् । गुणवत्ता र स्तरीयताको कसीमा च्याप्दै ल्याउने हो भने एउटा किताबको आकार लिन सक्ने जति होलान् कविताहरू । यसबीचमा २०७५ सालको अन्त्यमा सत्र समवयी साथीहरूको सहकार्यमा ‘अनुहारको भीड’ बजारमा आयो । ०७६ को अन्तिमतिर फेरि अर्को संयुक्त कविता संग्रह ‘उज्यालोका मालीहरू’ प्रकाशित भयो । यसमा मसहित एघार कविका ११० छोटा कविताहरू संग्रहित छन् । प्रेम र प्रार्थना: सिनेम्याटिक अन्दाजमा मैले एकदिन उसलाई सोधेको थिएँ, मेरो लागि भगवानसित के माग्यौ ? उसले भनेकी थिई, हजुर राष्ट्रिय स्तरको, ठूलो कवि बन्नुहोस्, कहिल्यै दुःख नहोस् भनेर मागेँ । खैर यो बेग्लै कुरा हो कि ऊ गएपछि नै मैले जीवनमा सबैभन्दा भयङ्कर रिक्तता र आघातको आँधी खप्नुपर्\u200dयो । त्यो मान्छे, जसलाई भेटेपिच्छे मेरो मगजमा सबैभन्दा सुन्दर विम्ब र उपमाहरू झुल्थे, जसले मलाई सम्बोधन गरेका प्रत्येक शब्दहरू मेरो हृदय च्याप्प समातेर कहाँ–कहाँसम्म तन्किन्थे र कविता बन्थे । जीवनको एउटा कालखण्डमा एउटी आत्मीय साथी, मेरो कल्पनाकी सुन्दर प्रेमिका र एउटी स्त्रीको मातृवत् प्रेम मैले उसैबाट पाएको थिएँ । एउटा विरहको साँझ म आफ्नै कपाल लुछिलुछी रोएको थिएँ, त्यसपछिका केही दिन मैले निरन्तर मृत्युको याचना गरेँ । आज दिन, महिना र केही वर्ष बितिसकेका छन् । मेरा यावत् गुनासा र पीडाका पोकाहरू कुनै हिमाली चरोले आफ्नै प्वाँखमा सिउरिएर कतै दूर उडिसकेको छ । त्यसपछि पनि सबैले भन्ने गरेको जस्तो ‘प्रेम’ र त्यसबाट आहत हुने श्रृङ्खला यथावतै छ । आज पनि उसैगरी रून्छु, उसैगरी दुःखी हुन्छु तर फेरि झ्याल खोल्छु र अगाडिको उज्यालो हेरेर आँखा पुस्छु । आज बिस्तारै बुझ्दैछु, एउटा मान्छे आफूजस्तै कुनै अर्को मान्छेको प्रभाव या अभावले आहत नहुने रहेछ । आफ्नै मनलाई अलि फराकिलो कसीमा राख्न नसक्दा पो मन अस्तव्यस्त हुनेरैछ, र यही मनको भाँडभैलोमा तमाम दुःख, आक्रोश र व्यथाहरू फस्टाउँदा रहेछन् । उमेरजन्य स्वभाव, भावना, वृत्ति र कर्महरू सबैका जीवनमा आइपर्ने साधारण घटना न रहेछन् ! कविहरूको संवेदनाको तह अतिशय कमलो हुँदोरहेछ । तर त्यो कोमलतालाई आक्रोशित किसानले झैँ नौनी सडकमा नपोखी सिर्जना–उद्यममा फुलाउनु पर्ने रहेछ । चेतनाको साँघुरो क्षितिज अलि पर सार्न सके जस्तै वियोग र विरहका चट्याङहरू खेप्नु परे पनि प्रेमलाई र जीवनलाई पनि प्रार्थना बनाउन सकिने रहेछ । अनि मात्रै पो परम्पराको रथलाई अलि पर हुत्याउन सकिने अक्षरहरू लेखिने रहेछन् । एउटा सुनौलो संयोग के छ भने मेरो जीवनमा अध्यात्म र प्रेमको बीउ लगभग सँगैजसो प्रकटित भएका रहेछन् । अहिले बुझ्दैछु अध्यात्म र प्रेमको मार्ग र गन्तव्य नितान्त एउटै रहेछन् । अध्यात्ममा चाख बढ्दै गएपछि उग्र क्रान्तिकारी कम्युनिस्ट रूझान मैले आफैँ पत्तो नपाउने गरी हराउँदै गयो । यससँगै मेरो विचारधारा, दृष्टिकोण र चेतनाको तहमा आमूल परिवर्तन आयो र यसले मेरो लेखन यात्रालाई पनि अर्कै मोडमा लानु थियो । मेरो कविताको आराधना: जीवनमा सबै मान्छे उति नै भाग्यमानी हुन्छन् भन्ने हुँदैन । भाग्य कर्मले तय गर्दो हो । एउटा क्षेत्रमा सफल मान्छे अर्को क्षेत्रमा असफल भइरहेको पनि हुन्छ । जीवनमा को, कतिखेर कुन उद्देश्य या प्रयोजनका लागि भेटिन्छन् थाहै हुँदैन । यस्तै नजानिँदो तरिकाले एक समय मेरो जीवनमा महेश पौड्याल सर भेटिनुभयो । अक्षरको निरन्तर यात्रामा मैले केही उज्यालो भेटेको छु भने (पक्कै भेटेको छु), या चेतनाको विस्तीर्ण मैदानबाट उच्च शिखरहरू निहारेको छु भने (पक्कै निहारेको छु), या सफलता जस्तो केही भेटेको छु भने(संसारले अर्थ्याएजस्तो होइन), उहाँ नै यी सबैको अजस्र स्रोत हुनुहुन्छ । बाँकी अवशाद, अँध्यारा र निराशाहरू मेरै अल्छ्याइँ, अर्कमण्यता या मानसिक दुर्बलताका परिणतिहरू हुन् । उहाँकै विशद् अनुभव र ज्ञानको आलोकमा मैले मेरो कलम तिखारेको हुँ । उहाँ नभेटिनु भएको भए सम्भवतः म सिर्फ एक उरन्ठ्यौलो अ(कवि) बनेर जीवनका पुराना गल्लीहरूमा भट्किरहेको हुने थिएँ । कसैले भनेका छन्, कविको संसार र वैज्ञानिकको संसार मिल्दोजुल्दो हुन्छ । वैज्ञानिकले अथक प्रयोग गरिहन्छ जीवनभरि र उन्नत र परिष्कृत आविष्कार गर्दै रहन्छ । उसैगरी कविले पनि निरन्तर प्रयोग र आविष्कारहरू गर्ने रहेछ । म पनि निरन्तर प्रयोग गरिरहेकै हुन्छु । कविहरू प्रयोग गर्दागर्दै चेतनाको माथिल्लो स्तरलाई छुन्छन् । त्यो ‘छुवाइ’ कथंकदाचित हुने दुर्घटनाको तहमा भयो भने कविताको व्यसन कविको साधनाको तहमा उक्लँदैन कि जस्तो मलाई लाग्छ । साधनाको तहमा उक्लिनका लागि शरीरको भौतिक र मानसिक वृत्तिहरूलाई सम्यक् व्यवस्थापन गर्दै ऊर्जाको तलमा एउटा उज्यालो भेट्नुपर्ने रहेछ । हुन त हामी योगी वा सिद्ध पुरूष होइनौँ, आफ्ना उमेरजन्य स्वभाव, शारीरिक, मानसिक वृत्ति, वासना या दुर्बलताहरूका बाबजुद कहिलेकाहीँ त्यो ऊर्जाको तलमा आफू स्थिर भएको क्षण मैले मेरा सबैभन्दा सुन्दर कविताहरू लेखेको छु र पटक–पटक आफ्नै कविता पढेर अचम्मित पनि भएको छु । कविता मेरो लागि खाली समय व्यतित गर्ने दुर्व्यसन होइन । यो मेरो लागि बाँच्ने तरिका हो, निरन्तर साधना हो । यही नै मेरो पाठ, पूजा र ध्यान हो । म क्याम्पसमा साहित्य नै पढ्छु, घरमा साहित्य नै पढ्छु, लेख्छु । भान्छामा काम गर्दा, बाटो नबिझाउने गरी बाटोमा हिँड्दा, विद्यालयमा केटाकेटीहरूसित हुँदा या सार्वजनिक बसमा यात्रा गर्दा म कविताकै विषयवस्तु सोच्छु, कविताकै पंक्तिहरूमा खेलिरहेको हुन्छु, कविता बुनिरहेको हुन्छु । यसरी सोचिहेर्छु, म पनि पूर्णकालीक कवि नै पो रहेछु ! आख्यान मेरो पुरानो रहर हो । निबन्ध लेख्दा म समयभन्दा बढी बाँच्छु । अनुवादमा काम गर्दैछु । कुनै बेला गीत पनि लेखुँला भनेर सोचेको छु । पुस्तक प्रकाशित गरिहाल्ने कुनै हतारो छैन । बिस्तारै बाँच्छु, बिस्तारै लेख्छु, के छ र समय छँदैछ र म अझै सानै छु । #कलमको यात्रा हेरौँ: मौसम आफ्नै स्वरुपमा दौडिरहेछ बतास चलिरहेछ निरन्तर हाँगा भाँचिएकै छन् पात पतिङगर उडिरहेछन् खै के हुने हो ? एक हुल मान्छेहरू गन्तव्यहीन यात्री बनेर लक्ष्यविहीन यात्रामा भौतारिए रहेछन् स्तब्ध, निःशब्द छन् खै कुन मोड लिने हो ? अर्को हुल मान्छेहरू उठाइ रहेछन् मुट्ठी,बढाइ रहेछन् ढुकढुकी चालिरहेछन् पाइलाहरू खोजिरहेछन् गन्तव्य खै कुन उत्कर्समा पुग्ने हुन् हो ! त्यसैले त भन्या हेरौ ! ध्यान दृष्टिले हेरौँ ठूला ठूला महलमा बस्नेहरूलाई मात्र हैन तारा झुपडीमा बस्नेहरूलाई पनि हेरौं हुने खानेहरूलाई मात्र होइन हुँदा खानेहरूलाई पनि हेरौँ चिल्ला गाडीमा घुम्नेहरूलाई मात्र होइन भीर पखेरामा लड्नेहरूलाई पनि हेरौँ विदेशीको चालमात्र होइन स्वदेशको माटोलाइ पनि हेरौं हो अब त दिव्य दृष्टिले हेराँै प्रतिशोधले होइन न्याय र समानताकै बीचबाटै हेरौँ । #हेरौँ सिमाना: युगौ अजर अमर हुने चन्द्र सूर्य रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । आफ्नो भन्नु आफ्नै हुन्छ पाखो होस् या भीर साग सिस्नु जे खाए नि झुक्दैन यो शीर । अभिमान गर्दिनँ म स्वाभिमान रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । पोहोर साल सिमानाको जंगे पिलर ढाल्यो यसपाली त घरबारीको टहरो नै फाल्यो । आफ्नै बाटो, आफ्नै माटो, आफ्नै पाटो रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । छिमेकीलाई मान गर्दा शान बढी गरेँ आफ्नो हक छोड्दिनँ म मर्छु मर्नु परे । लिम्पियाधूराबाट बग्ने काली रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । युगौ अजर अमर हुने चन्द्र सूर्य रोजेँ नेपाली हुँ नेपालको आफनै माटो खोजेँ । #रेशम #सिमाना ठूलो खसीको मासु: कमलाको घर वरिपरि जेजति थिए सबै मत्वालीका घरहरू थिए । वरिपरि भने पनि एउटा घरबाट अर्को घरसम्म पुग्न दसपन्ध्र मिनट वा त्योभन्दा बढी पनि लाग्थ्यो । त्यति हुँदाहुँदै पनि आइजाइ प्रसस्तै थियो । दुरी निकै भए पनि एक घरले अर्कोलाई गरेको सरसहयोगले नै जीवनस्तर चलिरहेको थियो । उनीहरूका बीचमा अन्न, पैसा र श्रम चले पनि भान्सा नचल्ने भएकोले भुराहरू पनि त्यति जाँदैनथे । कमलाहरू कहिलेकाहीँ आमाबाबुका आँखा छलेर छिमेकमा रहेका साथीहरूसँग खेल्न पुग्थे । पुग्न त पुग्थे तर आमाबाबुका डरले फर्कन हतार हुन्थ्यो । फर्किन हतारिएपछि साथीका आमाहरूले उनीहरूले खाइरहेको खाजा जामाका फेरमा पनि हाली दिन्थे । एक दिन कमला एक्लै तारासँग खेल्न पुगेको बेला उसकी आमाले एक कटौरो मासु दिइन्,‘लौ खाऊ ठूलो खसीको मासु’भन्दै । मासु चाम्रो तर स्वादिलो थियो । फारु गर्दै खाई । खाँदाखाँदै यति मीठो लाग्यो कि चाँडै नसकियोस् झैँ लाग्यो । नभन्दै त्यहीँ बसेर खाइरहँदा पनि सकिएन । घर जाने बेला भइसकेको थियो, मासु सकिएको थिएन । फ्याँक्न पनि लोभ लाग्यो । फुर्किदै बुरुक बुरुक उफ्रिदै, खुट्टा ठटाउँदै, भुटेका मासुका टुक्रा जामाका फेरमै च्यापेर चपाउँदै लागी घरतिर । घरमा उसकी ठूली दिदी आँगनमा बसेर टोपी बुनिरहेकी थिइन् । बहिनीले समातिरहेको जामाका फेरमा आँखा पुगे उनका । सोधिन्,‘के छ त्यहाँ ?’ उसले पनि लाडिएको स्वरमा भनी,‘यी थुलो खचीको माचु अरे, पल्ला घल भाउजूले देको ।’ दिदीले यसो आफूतिर तानेर नजर लगाइन् । अनि मासु खोसेर तल बारीको पाटामा पुग्ने गरी हुत्याई दिइन् । बेस्सरी झपारिन्, ‘तँलाई त्यो मासु खानु भनेर कसले भन्यो ?’ छुलुक्क मुत्ने गरी तीनचार चोटी बाँसका सिर्कनाले सोड्क्याइन् पिँडौलामा । कमला पिँडौला सुम्सुम्याँउदै थुचुक्क बस्तै, भाग्दै गरी । मासुको सट्टा किन सिर्कनो खानु पर्\u200dयो भन्ने कुरा उसले बुझ्न सकिन । फेरि अर्को एक दिन पनि उनका छोरीहरूसँगै उसै गरी जामाका फेरमा मासु हालिदिँदै ठूल्ठूला सिता भएको आभानो भात पनि दिइन् उनै भाउजूले । मासुको चाहिँ लोभ गरी । भात चाहिँ खान्न भनी । जामाको फेरको मासु देख्ना साथ दिदी र उनको हातको सिर्कनो झलझली आयो आँखामा । आँत्तिदै भनी, ‘म त लान्न यो माचु, दिदीले माल्छिन् । अत्ति पनि कत्तो सोल्क्याई ।’ भाउज्यूले भनिन्, ‘उसो भए यहीं बसेर खाइसकेर जोऊ न त । भुँडी भित्राको कस्ले देख्छा र ? डाल्ली गाईको यो मुइ चाहिँ नाखाऊ । गान्हाउँछ र था पाउँछा फेरि । मात्छ पनि । ’ यस्सो तन्किएर तलको गोठमा हेरिन् डल्ली गाईलाई । घाँस चपाउँदै थियो । हाँसिन् बिस्तारै । कमलाले भाउजू हाँसेको कारण बुझिन । उसले गम्भीर भएर सोची, ‘यो डल्ली गाईको मोइ भनेको के होला ? यिनर्की डल्ली गाई त थाकेको छ । दूध दिँदैन ।’ अर्को आश्चर्य थपिएको थियो उसको मनमा । जिज्ञासा भरिएको थियो मनमा । कस्तो हुन्छ होला यो मोइ ? सोधेकी थिई, ‘किन ल भाउजु यो माचु हामीले खानु हुँदैन ल ? के को माचु हो ल ? ’ हाँस्दै तिनका लोग्नेले थपे, ‘त्यो त ठूलो खसीको मासु हो ।’ कमलाले निधारमा गाँठो पार्दै चिउँडोमा चोर औलोले थिच्दै भनी, ‘हाम्मोमा पनि त खची थुलो छ नि, सबैले त्यही त खान्चन् दशैँमा । कात्ने बेलामा हामीलाई नहेर है भन्दै भित्ल लुक्न पथाउँछन् । मैले त कौछीको बाहामा लुकेल हेलेँ । कत्तो लोएको थियो खची ।’ ‘हाम्रा बुबाआमा पनि खानु हुन्त । बुबा त झन् पोलेका, पकाएका फलमासुका चोक्टा चुलेसीले काट्तै कुटुकुटु खाइरहनु हुन्त । जिब्रो, गिदी, राजकाने पनि छुट्टै भुटेर खानु हुन्त । त्यो चाहिँ भुराले खानु हुँदैन अले । रक्ती, भित्र्याँस त्यही दिन पकाउनु हुन्च । दिदीले धोएर थिक्क पारेको आन्द्रा र खस्रो रुमाल जस्तै भूँडी पर्परी भुटेर सबै चिउरासँग खान्चन् मीतो मानेल । मलाई त मन पल्दैन, गनाउँत । आमा पक्कु लाउनु हुन्त, ठूलो ड्याक्चीमा माचुको । पाहुना आउँदा दिनु हुन्त । त्यस्तो माचु त कत्तो मीठो हुन्त । आमाको बाकसमा राखेको हुन्त । सख्खरको धार्नी पनि त्यहीँ हुन्त, म त चोर्दै खान्छु दुइटै । दशैँभरि तलामाथि निदालमा खसीका साँप्रा झुण्डिरहेका हुन्तन् । बोसो पगालेर हर्पेमा राख्नु हुन्छ । आमाले सेल रोती पकाउनु हुन्छ त्यारमा ।’ रमिला बोली रहन्थी । सुनिरहन्थे उनीहरू । मासु खाँदाखाँदै हातमा तौलियाको सानो टुक्राजस्तो के हो आयो उसले भाउजूलाई देखाउँदै भनी, ‘हाम्मो खचीको पनि त यत्तै तौलिया जत्तै हुन्छ नि । अत्ति त दिदीले त्यो भूँदी धुँदै गल्दा देखेकी मैले ।’ –‘तिम्रो र हाम्रो खसी फरक छ । हाम्रो त व्वाँइँ व्वाँईँ गर्ने अनि चुँईचुँई गर्ने खसी पो हो त ! हामी बाख्राको छोरा त कहाँ खान्छुङ्ग र आन्द्रा नि भरिन्दैन । बाहुनले त ठूलो खसी खान्दैन होला भनो उत्ता कुनातिर पसेर बजाइहाल्छ । केको ठूलो जात नि ? हाम्रै भागको नि खाएर हामीलाई नि नपुग्ने पो बनाई जान्छ त । ’ सुर्ती माड्नै छाडेर मज्जाले हाँसे । ‘त्यही भ’र त तिम्रो दिदीले फेकि देओ नि । किन बोकेर गाको त ?’ हाँसी रहे । एकछिन पछि फेरि भने–‘यी हेर न तिम्रो त्यति लामो सुलुक्क परेको नाक छ हाम्रो यस्तो थ्याप्चो । आँखा पनि बल्ढ्यांग्रे ।’ साँच्चै उसले आफ्नो नाक छामी । अनि उनीहरूको नाक हेरी । एकछिन् अलमल्ल पर्दै सोची–‘मेरो नाक चाहिँ किन यति चुच्चो भको होला ? अनि फेरि उसले हेरी उनीहरूको अनुहार । आँखा पनि कापीमा पत्तिले काटेर दुलो पारेजस्ता चिम्सा ।’ निधार खुम्च्याउदै सोचिरही कमला । उसले त्यो फरक पटक्क बुझ्न सकिन । अनि फेरि सोची,‘के उनीहरू यो ठूलो खचीको माछु खाने भएल नै यत्ता भएका हुन त ! कि छाना आँखा भएल यत्तो माछु खाका हुन् ?’ झन मनमा खैलाबैला भयो–‘ला ! यो माचु खायो भने मेला पनि आँखा, नाक यत्तै पो हुने हुन् कि !’ डरले चिसो भयो जिउ । उसले विचार गरी –हाम्ला गाईबत्तु कत्ति धेलै थन् । उनेलले कुखुला, सुंदुर पालेका थन् । घल भित्ल अद्लो चुलो पनि थैन हाम्लो जत्तो । हामीले पानी लाख्ने जत्ता दाग्लीमा उनीहरूले भात हालेका हुदा लैछन् ।’ अनि फेरि सोची–‘किन हामीलाइइ बाउन भनेतो होला त ।’ त्यहाँदेखि कमलालाई जहाँसुकै होस्, मासु देख्नेबित्तिकै दिदीले सुम्ल्याएको याद आई हाल्दथ्यो । त्यो सबै ठूलो खसीको मासु हो झैँ लाग्थ्यो । धेरैपछि कुखुराको मासु पनि दिदीकै अनुमतिले मात्र खाएकी थिई । ०००००० उसलाई अर्को दिनको कुरा पनि याद आउँछ । ऊ केही दिन दिदीको घरमा बस्न पुगेकी थिई । ऊ चुलाकै छेउमा रहेको भाँडा माझ्ने ठाउँमा बसेर भाँडा पखाल्दै थिई । भिनाजूले चलाइरहेको कराईबाट उच्छिट्टिएको मासुको झोलको तातो थोप्पो उसको हातमा पर्\u200dयो । भेनाका आँखा छलेर हत्तपत्त जिब्रोले चाटी । तातो भए पनि निक्कै स्वादिलो थियो । उसलाई त्यो खाँदैमा नमरिने पक्का भो । मन भने लोभिइरहेको थियो । कहिल्यै नखाएको कुरा आफैँले म पनि खान्छु भन्न अफ्ठेरो लागिरहेको थियो । अर्को दिन–‘खान्छेस् कुखुराको मासु ?’ दिदीले सोधिन् । उनीहरूले सधैँ खाइरहेको देखेकी र अस्ति आफ्नो जिब्रामा परेको छिट्टाको स्वाद सम्झदै चुपचाप लजाई मात्र । उसको मनले मागे पनि मुखले खान्छु भन्न त सकेन । –‘ला, ला, खा । हामी भन्दैनौ कसैलाई पनि ।’ दिदीभिनाजू दुवैले उक्साए । कराईमा उब्रेको रहलपहल सोरसार पारेर भागमा हालिदिए । दिदी भेनाको अनुमति पाएर मीठो मान्दै ढुक्कले खाई उसले त्यो नयाँ कुरा । खाइसकेर हात सेकाउँदै थिई । उसको मुखमा हेर्दै– –‘हेर ! बाहुनकी छोरी भएर कुखुरो खाकी ! अब बुबाआमालाई भन्दिन्छौँ । हामीलाई त केही फरक पर्दैन ।’ फेरि थपे–‘बुबाले पूजापाठ गरेको बेला छेउमा बसेर घण्टी बजाउने छोरीको चाला यस्तो छ ।’ कमलाको सात्तो गयो । त्यसरी कुखुरो खाएको बाआमाले अघि नै देखिसकेझैँ लाग्यो । खङ्रङ्ग भई ऊ, ‘आमौँ ! कस्ता बाठा त ! पहिलाचाहिँ मख्ख पार्दै खा खा भन्ने अनि अहिले उल्याउने ! ऊ छाँगाबाट खसे झैँ भो । साँच्चै उनीहरूले भनिदिए भने बुबाआमाले मार्नुहुन्छ । मुटु नै काम्यो । –‘उनीहरूले नै खा भनेर खाको त हो नि !’ डरलाई लुकाउन खोजी । अनि फेरि सोची–‘दिदी पनि त उनै बुबाकै छोरी हुन् त । उनले चाहिँ किन खाइन् त ?’ तर मुख लाग्न भने सकिन । अघि खाँदा भएको मिठो स्वादले अहिले सियोले झैँ घोच्न थालेको थियो शरीरभरी । दिगमिग लागेर मुखमा पानी भरिन थाल्यो । पेट पनि गडबडाए जस्तो गर्न लाग्यो । निदाउन खोजी निद्रै लागेन । आफूलाई रोक्दा रोक्दै पनि अनायासै आँखाबाट आँसु र नाकबाट पानी बग्न थालेको थियो । उसलाई कुखुराको मासु खाएकोमा भन्दा दिदी भिनाजुले दिएको धोखाले बढी चित्त दुखेको थियो । नाक बजेको सुक्क सुक्क आवाजलाई रोक्न पनि गाह्रो परिरहेको थियो । दिदीले बत्ती बाल्दै के भो भन्दा पो उसलाई भक्कानिएर रुन मन लाग्यो । अनि रुन्चे स्वरमै भनी– –‘अघि चाहिँ खा कि खा भन्ने ! अहिलेचाहिँ बाको डर देखाउने?’ –‘ए ! यो त सुतेकै पो रहिनछे त ! सुत् अब । भन्दैनौँ हामी कसैलाई पनि । ढुक्क हुनु । अब सधैँ खानु ।’ हाँसे दुबैजना । आज पनि कुखुराको मासु भागमा आएको बेला उही दृश्य आँखाअघि नाचिरहन्छ । अलिक ठूल्ठूला चोक्टा भागमा देखी भने ठूलो खसीको मासु भनेको वाक्यको याद आउँछ । मानिसलाई मात्र जातहरूमा छुट्याइएको छैन । मानिसले खाने कुरा पनि जातसँग जोडेको देख्दा आज पनि ऊ अचम्मित हुन्छे । जातकै नाममा मानिसको हत्या भइरहेको सुन्दा ऊ कहिल्यै कुरा बुझ्दिन–‘किन मानिस, मानिसकै नजरमा विभेदित छ ? जस्तो कि पशु पनि पशुकै बीचमा विभेदित बनाइएको छ ।’ एउटा पुरानो अन्तर्वार्ताको सम्झना: (नेपाली साहित्यमा कविता, गीत र मुक्तक तीनवटै हाँगामा अब्बल आधुनिक कवि प्रतिभाको आज १५ जेठ २०७७ का दिन काठमाडौंमा देहावसान भएको छ । आधुनिक कालका यी श्रष्टासँग मेरो बसउठ खासै भएन । त्यस्तो संयोग वा सुयोग जुरेन भनौं । तर साहित्यकारको घरघर चहार्ने र साहित्यकारसँग अन्तर्वार्ता लिने शौखले मलाई २०४४ साल कार्तिक १० गते उनको निवास कमलपोखरीमा पुर्याएको थियो । मैले यौटा अन्तर्वार्ता लिएको थिएँ र नेपाल राष्ट्र बैङ्कको प्रकाशन “मिर्मिरे” मा प्रकाशित भएको थियो र उनी भेट भएको बेलामा त्यो अन्तर्वार्ताको प्रसङ्ग निकाल्थे । उनीसँग एउटा अर्को अन्तर्वार्ता लिने मेरो मनसुवा थियो, अब त्यो सदाको लागि अधूरो नै भयो । यो ३३ वर्ष अघिको अन्तरवार्ता पुन: प्रकाशन गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु ।) तपाईंले पहिलो रचना कस्तो किसिमले गर्नु भएको थियो ? स्कूलको साहित्यिक कार्यक्रममा कविता पाठ गर्ने रहर जाग्दा र बाल्यकालदेखि नै साहित्य र संगीतमा अभिरुचि भएकोले कवितामा लाग्न पुगेको हुँ । यसरी स्कूल जीवनमा मैले पहिलो कविता लेखेको हुँ । त्यो कहिले तिरको कुरा हो ? त्यो २००७।८ तिरको कुरा हो । शुरुशुरुमा तपाईंले लेख्दा तपाईंका लेखनका साथीहरु को थिए ? मैले लेख्न शुरु गर्दा प्रायः मेरा लेखनका साथीहरुमा एक दुईजना मात्र थिए । जस्तो सोमध्वज विष्ट । डोरबहादुर कार्की आदि । तपाईंहरुको कुनै ग्रुप वा संगठन थियो कि ? लेखनको शुरुवातमा ग्रुप थियो तर संगठन भने थिएन । त्यसबेला लेख्ने शुरुमा ग्रुपको वा संगठनको आवश्यकता नै लागेन । लेखकहरुले संघ संगठनमा संलग्न हुनु कत्तिको फाइदाजनक होला ? शुद्ध साहित्यिक तथा सांस्कृतिक संगठन भए त्यस्तो फाइदाजनक होला । साहित्यबारे आपसी विचार विमर्श, छलफल भएमा साहित्यको अँकुर फस्टाउन सक्छ भन्ने मेरो धारणा छ । लेखनको क्षेत्रमा तपाईंका गुरु पनि कोही थिए कि ? लेखन क्षेत्रमा मैले प्रवेश गर्दा मेरा कोही गुरु थिएनन् प्रेरणा दिने केही व्यक्तिहरु अवश्य थिए । कविता र गीत लेखनमा कत्तिको भिन्नता लाग्छ ? कविता र गीतमा अवश्य भिन्नता छ । त्यो के भने कवितामा आफूले भन्न खोजेको कुरा सीमित पंक्तिमा पोख्न बाँधिनु पर्दैन तर गीतमा भने सीमित पंक्तिमा भन्न बाँधिनुपर्छ नत्र गीत पनि कविताकै एक अंग भएकोले खास फरक हुँदैन । खाली गीतमा कवितामा भन्दा लय तथा छन्दको बढी आवश्यकता पर्छ । कस्तो भावलाई गीत र कस्तो भावलाई कविताको रुप दिनुहुन्छ ? कविता र गीतमा भावको कुनै फरक हुँदैन किनभने दुवै विधालाई भावको उत्तिकै आवश्यकता हुन्छ । कविता वा गीत एकपल्ट लेखिसकेपछि सच्याउने गर्नुहुन्छ कि हुँदैन ? म कविता वा गीत लेखिसकेपछि सच्याउने गर्छु किनभने पहिलो लेखाइमा त्रुटि हुन जाने सम्भावना भएकोले अक्सर म लेखिसकेपछि कृतिलाई गहिरिएर हेरी सच्याउने गर्छु । कुनै संगीतकार वा गायकले तपाईंका गीतका हरफ वा शब्द परिवर्तन गर्न चाह्यो भने तपाईं के गर्नुहुन्छ ? त्यस्ता घटना छन् कुनै ? कुनै संगीतकार वा गायकले मेरा गीतका शब्द परिवर्तन गर्न चाहेमा म पहिले त्यसको कारण जान्न उनीहरुसँगै सोध्छु । उनीहरुको सुझाव उचित लागेमा शब्द परिवर्तन गर्न मञ्जुरी दिन्छु वा धेरैजसो आफैँ गरिदिन्छु । फेरिने शब्द पनि गीत सुहाउँदो साथै वजनदार हुनुपर्छ । यस्ता घटनाहरु समय समयमा घटेका छन् । समयमा मिलाउन आवश्यक पर्ने हुँदा दुवैथरि साथ बसी शब्द परिवर्तन गर्छौं । गीतकारको नाताले तपाईं गायक संगीतकारसँग बढी नजिक हुनु स्वाभाविक हो । गायक संगीतकार लेखकभन्दा बढी घमण्डी हुन्छ भन्छन्, हो ? मैले संगत गरेका गायक संगीतकारले मसँग खास घमण्ड नदेखाएकोले ती घमण्डी हुन्छन् भन्न सक्तिन । इगो, अहँ हो भने त्यो हुनुपर्छ भन्नेमा म विश्वास राख्छु । क्रिएटिभ आर्टिष्टहरु इगोइष्ट नै हुन्छन् । तपाईंभन्दा राम्रा गीत लेख्ने अरु को छन् भन्ने लाग्छ ? कि त्यस्तो लाग्दैन ? मभन्दा पनि राम्रो गीत लेख्ने अवश्य होलान् तर यस्को लेखाजोखा मैले गर्ने गरेको छैन । जस्तोसुकै ठाउँ, जस्तोसुकै समय र जस्तोसुकै वातावरणमा पनि तपाईं लेख्न सक्नुहुन्छ ? कि विशेष ठाउँ, समय र वातावरणको आवश्यकता पर्छ ? हो, म जस्तोसुकै ठाउँ, जस्तोसुकै समय र जस्तोसुकै वातावरणमा पनि लेख्न सक्छु । मलाई लेख्ने बेला केवल एकान्त भए पुग्छ । मलाई खास ठाउँ समय र वातावरणको आवश्यकता पर्दैन । तपाईं आफ्नो गीत फलानाकै संगीतमा होस् र फलानाकै गलाबाट गाइयोस् भन्ने चाहनुहुन्छ ? त्यस्ता संगीतकार र गायक को को हुन् ? म आफ्नो गीत तोकिएको गायकको गलाबाट गाइयोस् भन्ने चाहन्नँ । खाली के भने, गायकले गीतको मर्म बुझी गाइदिनुपर्छ । गीतको मर्म बुझ्ने संगीतकार र गायक हुनुपर्छ । यी बुझ्ने संगीतकार र गायक कोको हुन्, यो कुरा श्रोताहरुले गीतको सफलताबाट छुट्ट्याउने कुरा हो । आजकाल तपाईं कविता लेखनमा प्राय निस्कृय देखिनुहुन्छ, त्यसको खास कारण केही छ कि ? कविता लेख्न म निस्कृय भएको छैन तर आजकाल मेरा कविता त्यति प्रकाशित नभएकोले त्यस्तो लागेको होला । त्यो हुनुको कारण शुरुदेखि नै कविता छपाउन ठाउँ ठाउँ चहारी हिँड्ने बानी छैन र म खुशामद गर्न पनि ठ्याम्मै रुचाउन्न । फेरि अचेल नियमित प्रकाशित हुने पत्रिका नै कति छन् र ? स्वतन्त्र रुपले गीत लेख्नु र फिल्मको लागि गीत लेख्नुमा भिन्नता त अवश्य नै होला । के फिल्मका सबै शर्त र बाधा ग्राह्य हुन्छन् ? स्वतन्त्र रुपले गीत लेख्नु वा फिल्मको लाग लेख्नुमा भिन्नता त हुन्छ । जति स्वतन्त्र रुपले गीत लेख्न आनन्द आउँछ त्यति फिल्ममा लेख्न आउँदैन तर साहित्य र संगीतमा ज्ञान भएका निर्माता फेला परे फिल्ममा राम्रो र स्तरीय गीतको सिर्जना हुनसक्छ । फिल्मका अधिकांश शर्त र बाधाहरु बिल्कुलै ग्राह्य हुँदैनन् र यिनले गर्दा गीतको स्तरमा पनि प्रतिकूल प्रभाव पर्नसक्छ । जस्तो कुनै बेला तपाईंले भन्नुभएको थियो, संगीतको आधारमा पनि गीत लेख्नुहुन्छ । त्यस्तो अवस्थामा गीतको स्तर कायम रहन सक्छ ? मलाई संगीतको आधारमा पनि गीत रचना गरेर पनि स्तर कायम गर्न सकिन्छ भन्ने पूरा विश्वास छ । प्रायजसो मेरा धेरै गीत संगीतकै आधारमा रचिएका हुन् । गीत बाहेक संगीत, गायनमा पनि कहिल्यै रुचि जागृत भएको थियो वा त्यतापट्टि आकृष्ट नै हुनुभएन ? गीत बाहेक संगीत र गायनमा मैले रुचि राख्ने गरेको थिएँ । म तबला बजाउँथे र गाउँथेँ पनि । आफ्नो गीतमा आफैँ संगीत भरी विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थें । गाउनबाहेक बजाउने रुचि अझै छ । गीत र संगीत बाहेक तपाईंको शौख के छ ? भन्न मिल्छ ? गीत, संगीत र साहित्यबाहेक मेरो शौख खेलकूदमा, घुम्ने फिर्ने साथीहरुसँग हँसीठट्टा गर्ने छ । एउटा दुई वटा निजी वा व्यक्तिगत प्रश्न पनि गरुँ है दाइ….तपाईं लामो समयसम्म अविवाहित रहनु भयो, के कुनै घटना वा कारण थिए कि ? म आफ्नै शौखले लामो समयसम्म अविवाहित रहेको हुँ । कुनै घटना घटेर खास कारणले होइन । लेखन वा तपाईंका साहित्यिक साधनाप्रति पारिवारिक दृष्टिकोण रहेको छ ? मेरो सिर्जनाप्रति शुरुदेखि नै मेरो पारिवारिक सन्तोषजनक रहेको छ । मलाई कुनै अप्ठेरोको सामना गर्नुपर्ने अवस्था आइपरेको छैन । मेरो साहित्य साधना सुचारु रुपले चलिरहेकै छ । तपाईंले आफ्ना सन्तानलाई साहित्यकार बनाउने उद्देश्य राख्नु भएको छ कि ? आफ्ना सन्तानलाई साहित्यकार बनाउने उद्देश्य राखेको छैन । त्यो तिनले नै निर्णय गर्ने कुरा हो । राम्रा राम्रा गीतकार वा साहित्यकारका गीत नगाई आफ्नै रद्दी गीतमा संगीत राख्ने संगीतकार वा गाउने गीतकार पनि पनि छन्, यस्तो भएपछि गीतको स्तर कसरी कायम होला ? राम्रा गीतलाई उपेक्षा गरी सस्तो गीतमा संगीत भर्ने संगीतकार र सस्तो गीत लेखी गाउने गायकबाट स्तरीय गीत कायम हुने प्रश्नै उठ्दैन । संगीतकार, गीत र गायकको स्तर यसरी नै सबैको सामु छर्लंग हुन्छ । छिन्नलता गीत पुरस्कार पाउँदा कस्तो लाग्यो ? छिन्नलता गीत पुरस्कार पाउँदा खुशी लाग्यो । मेरा गीतहरुले औपचारिक कदर पाएजस्तो लाग्यो । हुन त सबै सन्तान उस्तै प्यारा हुन्छन् भन्ने रेडिमेड जवाफ धेरैले दिन्छन् तर म यसमा विश्वास गर्दिंनँ । तपाईंलाई प्रिय लाग्ने, सुनुँसुनुँ लाग्ने आफ्नै गीतका बारेमा पनि बताइदिनु हुन्थ्यो कि ? यस्ता गीतहरु त थुप्रै छन्, त्यसैले कुनै एकलाई खुट्याउन नसक्ने भएकोले केही नभनौं । अब अन्त्यमा यौटा कुरा सोधुँ, तपाईंले लेख्न चाहनु भएको गीत वा कविताको भावलाई तपाईंले लेख्नै सक्नु भएन, अभिव्यक्त गर्न सक्नु भएन अथवा त्यस्तो सिर्जनाको अन्त्य भयो भने तपाईं के गर्नुहुन्छ ? आजसम्म त मैले लेख्न चाहेको गीत, कविता, नाटक लेख्न नसक्ने वातावरण मैले भोग्नु परेको छैन । यदि पछि कुनै बेला यस्तो परिस्थति आइपरे त्यसै बेला सोचेर निर्णय गरुँला । गीतकार थापाको स्वरमा केही मुक्तकः अर्को एउटा रोचक अन्तर्वार्ताः https://www.youtube.com/watch?v=B3PNHjX_7Sw #गोविन्द गिरी प्रेरणा #रत्न शमशेर थापा रामलालहरू: प्रदीप योङहाङ को हुन् रामलालहरू ? मेरो देशले चिन्दैन । कस्ता छन् रामलालहरू ? मेरो देशलाई थाहा छैन् । देशबाट रामलालहरू बेखबर भए जस्तै देशपनि रामलालहरूबाट बेखबर छ भन्ने आरोप छ । उनीहरू लगाउँछन् सेतो धोती र कमिज र राष्ट्रिय पोशाक अस्वीकार गरेको आरोप छ । उनीहरू बोल्छन् आफ्नै भाषा “मैथिली“ र राष्ट्र भाषा अस्वीकार गरेको आरोप छ । उफ्रदैनन् सडकमा र बाल्दैनन् टायर लगाउँदैनन् जिन्दवाद र मुर्दवादको नारा सायद थाहा छैन् रामलालहरूलाई, हाम्रो राष्ट्रवाद । उनीहरू देश जन्मिए देखि, चुपचाप चुपचाप जङ्गेपिलर रुँगेर बसिरहेका छन् बदलामा मेरो देशले अराष्ट्रिय,अनागरिक उपाधिहरू वषौँ देखि दिइरहेछ । उनीहरू रामलालहरू हुन् जसलाई न देश ले चिन्छ जसलाई न देशवासीहरूले चिन्छन् । उनीहरूलाई चिन्छन् भने सिमाना मिच्ने दुश्मनका पाइलाहरूले चिन्छन् । उनीहरूलाई चिन्छन् भने दुश्मनहरूले देश तिर फर्काएर पड्काएको बन्दुकबाट निस्किने गोलीहरूले चिन्छन् । जबजब देशभित्रको सडकमा उर्लिन्छ ढोङ्गी राष्ट्रवाद र ढोङ्गी राष्ट्रियताको भेल त्यतिबेला रामलालहरू कोणसभाहरूमा शब्दहरूले चुटिन्छन व्यवहारहरूले जिउँदै जलाइन्छन् । तर पनि यो कुरा रामलालहरूलाई थाहै छैन् किनकी जङ्गेपिलर छोडि सडकमा उत्रिएर राष्ट्रवादी बन्ने उनीहरूलाई फुर्सदै छैन् । को हुन् रामलालहरू ? मेरो देशले चिन्दैन । फेरि रामलालहरू पनि उस्तै छन् जो सिमानाको जङ्गेपिलर बाहेक अरूलाई चिन्दैनन् । सायद रामलालहरूले बुझेका छन् जङ्गेपिलर छ त देश छ नत्र सडकमा मात्रैको राष्ट्रवाद केलाई ? को हुन् रामलालहरू ? मेरो देशले अझै चिन्दैन । #रामलालहरू लेक्की पुल: अहिले जसरी जोड्छ यसले, समुन्द्र वारि पारिको माटोलाई आफ्नै मान्छेका सुवासलाई । यो नहुँदा उहिले उहिले त्यसरी तोडिन्थ्यो, समुन्द्रका स-साना लगुनहरुलाई अझ, गोरा साबका शासनका कुर्सीहरुलाई दास रैतीहरुसङ्ग, उनीहरुका डरलाग्दा अजङ्गका सबका सब सपना विपनाहरुलाई। जसरी, हिजो त्यै समुद्रका लगुन हुँदै आउने भीमकाय रोयल नेभीका जहाजहरुमा, उनीहरु बेचिन्थे उनीहरुकै मान्छेबाट माचिसको बट्टासँग वाइनको बोत्तलसँग वा भनौँ थोरै कम्पनी सिक्कासँग। र, पुग्थे पर पर जञ्जीरले बाँधिएर आफ्नो माटोबाट गोरा साबका श्रम शिविरमा धेरै पशु भएर अलिकति मान्छे भएर। आज, स्वाधीनताको गौरवमा, टापुहरुलाई जोडदै रहेको यो लेक्की पुल पर पर जङ्गल छेउका मरुभूमि छेउका आफ्नै अभाव र भोकले रन्थिएकाहरुलाई । यो शहरको वैभव देखाउँदै रातभरि अनिदो भएर पुराना मालिकहरुसँग कुममा कुम जोडदै, नाच्ने सम्भ्रान्तहरुलाई ओहरदोहर गराउँछ । आफ्नो झलमल भइरहने, अजङ्गको छातीबाट जसरी तराउँछ, दिनभर पसिना बोक्ने र शरीरमै सुक्ने श्रमिकका ताँतीहरुलाई । महादेशकै ठूलो अर्थतन्त्र बोकिरहेको गर्वमा ! जोडदै समुद्र र माटोलाई जमिन र जीजिविषालाई यो लेक्की पुल । —————— लेक्की पुल: लेगोस सहरका दुई टापुलाई जोडने पुल । लगुन : समुद्रका साना-साना हाँगाहरु । #नाइजेरिया #लेगोस #हिक्मत थापा सुष्माको गजल: नरहला बाँकी बिन्ती देश बचाऊ लुटिरहन्छ छिमेकी, बिन्ती देश बचाऊ ।। धिक्कार्छन् पुर्खाले अनि सहिदले धिक्कार्छन् के भन्ला इतिहासले देखि, बिन्ती देश बचाऊ ।। हेर त आमाको शीर कसरी झुकेको छ रुँदैछिन् घुँडा टेकी, बिन्ती देश बचाऊ ।। खै त वीर नेपालीले आफ्नो वीरता देखाएको दुश्मनको प्रहार छेकी, बिन्ती देश बचाऊ ।। जाउ सिमानामा गई देश फिर्ता लिइ आऊ जाउ बन्दुक बोकी, बिन्ती देश बचाऊ ।। #सुष्मा #सुष्मा पौडेल रोस्ट्रम: किन बजिरहन्छ यो रोस्ट्रममा ? गाईको शोकगीत चुच्चे नक्साको विज्ञापन मान्छेका लासहरूमाथिको पाश्र्व संगीत बहुराष्ट्रिय कम्पनीको दस्तावेज आँसुहरूको निषेधाज्ञा । रोस्ट्रमको हरेक वक्तव्यको अन्त्यमा ताली बजाउँछन कुर्सीहरू । यी कुर्सीहरूको किनारामा एउटा कुर्सी मेरो पनि छ । कुर्सीहरूको नेता रोस्ट्रम किन कहिल्यै मेरो कथा भन्दैन ? मसँग पनि छन सडकको छातीमा मेरो काँचो रगतले कोरेका सपनाका दस्ता । त्यही रोस्ट्रममा पाइतालाबाट घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा । थाकेका पाठेघर सुम्सुम्याउँदै हिमपहिरो थामेको काँध । त्यही रोस्ट्रमले कापीकलम खोसेर कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बूढी औंलो । सधैँ रोस्ट्रमको एकोहोरो कर्कश आवाजले तर्सिरहेको यो सदनको एउटा किनाराकृत कुर्सी पहिलोपटक आफैं रोस्ट्रम उभिएको छु । थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्ट्रम यहि थरथराहटले बिउँझिएका छन् हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरू । #रोस्ट्रम छानिए साताका उत्कृष्ट कविता: साताका उत्कृष्ट कविताहरूलाई साहित्यपोस्ट डटकमले घोषणा गरेको छ । साहित्यपोस्टमा बढीजसो कविताहरू नै प्राप्त हुने गरेको र बढी पढिनेमध्येमा कविता नै हुने गरेकाले पनि प्राप्त कविताहरूमध्ये साताका राम्रा कवितालाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ यसरी उत्कृष्ट घोषणा गरिएको हो । यसरी सर्वोत्कृष्ट कविताहरू चयन गर्दा नयाँ पुस्ताका रचनाकारलाई प्राथमिकता दिइएको छ । पुराना पुस्ताका अधिकांशले अति सुन्दर कविता लेख्ने र ती मूल्याङ्कनको विधामा ससम्मान नराख्ने निर्णय गरिएको हो । पुराना पुस्ताका कविता त्यसै पनि सर्वोत्कृष्ट नै हामीकहाँ आउने गरेकाले नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिस्पर्धा गराउनु हामीले अनुचित ठानेका छौँ । छापिएको अंश यहाँ पढ्नुहोस्ः https://sahityapost.com/2020/05/6635/ छापिएकाे अंश यहाँ पढ्नुहोस्ः https://sahityapost.com/2020/05/6308/ छापिएकाे अंश यहाँ पढ्नुहोस्ः https://sahityapost.com/2020/05/6229/ फोटो कथाः चित्रकार रोशनको लक डाउन फोटोग्राफी: – रोशन भण्डारी म पेशा र प्यासन दुवैले चित्रकार, क्यानभास नै मेरो संसार । तर होइन रहेछ । एउटा कलाकारलाई, अझ चित्रकारलाई भन्छु, एउटा विधाले मात्र बाधेर राख्न सक्दैन रहेछ । क्यानभास भनेको केवल चार कुने चित्र कोर्न आकृतिमात्र पनि होइन रहेछ । मलाई लाग्छ, जहाँ जहाँ चित्रहरु बन्छन् ती साराका सारा क्यानभास हुन् । सबैभन्दा ठूलो क्यानभास त हाम्रो मन र मस्तिष्क पो हो । लक डाउनले एकाएक दैनिकी बदलिदियो । सुन्दर, कुरुप चित्रका लागि मेरो पर्खाईमा रहेका क्यानभासहरु आर्ट स्टुडियोमै कैद बने । म घरमा कैद बनेँ । तर जहाँ जे कैद बनिरहँदा पनि एउटा कलाकार भने कहिल्यै कैद नबन्दो रहेछ । म आर्ट स्टुडियोमा क्यानभासहरुमा कुची चलाउँथे, अब घर, छतको करेसाबारी र खुल्ला आकाशरुपी क्यानभासहरुमा क्यामेरा चलाउन थालेँ । र तस्बिरमा उतार्न थालेँ चराचुरुङ्गी, पुतली–माहुुरी र त्यही पुतली माहुरी रहदम घुमिरहने फूलहरुका सुन्दर चित्रहरु क्यामेराको क्यानभासमा । मलाई फगत चरालाई चित्र उतार्नु छैन । सधैँको भँगेरा पनि अहिले किन यतिका महत्वको लागेको ? तिनीहरुका हर्कत र एकआपसको प्रेम किन यतिका अद्भूत ? फूल तथा बोटविरुवाहरु कसरी हरदम मुस्कुराइरहन सक्या ? हामीलाई लक डाउन लाग्दा यिनीहरुलाई किन नलाग्या ? यी बस् प्रश्न हुन् । तर मैले क्यामेरामा कोरेका तस्बिरहरुमा यी सारा प्रश्न उत्तर चित्रित पाउँछु । बस्, बताउन वा लेख्न सक्दिनँ । फर्सीका मुन्टाहरु छतमै घुङ्ग्रिएका छन् । पहेँला फूलहरु फूलेका छन् । लेडी यामकुमारी अर्थात् मेरी ममीले मलाई जस्तै तिनीहरुलाई माया गरेको अजीव लाग्छ । जेन्टलमेन जयराज अर्थात् बुवाले मलाईझैँ टमाटरलाई गोडमेल गरेको देख्दा सबै दाजुभाइ र दिदी बहिनी लाग्छन । अहिले म आफैँलाई बिर्सेर हरेक एक चीजलाई प्रेम गर्न थालेको छु । प्रकृतिको बारेमा बहुत सुनेको थिएँ । पढेको थिएँ । अहिले काठमाडौँमा एउटा घर छ, घरको एउटा छत छ, छतमा एउटा करेसाबारी छ, करेसाबारी मेरो प्रकृति छ । मेरो खुसी छ । बुवा र ममी पनि करेसाबारीमा टहलिरहनु हुन्छ । त्यही छतमा मेरो संसार छ । मेरो त्यही संसारका तस्बिरहरु तपाईँका लागि । आउनुहोस्, एकपटक मेरो संसारमा तपाईँ पनि डुलिहेर्नुहोस्; #फोटो कथा कोरोना र राजेशको व्यङ्ग्यचित्र: विश्वभर कोरोना भाइरस, कोभिड १९ को संक्रमण, प्रकोप फैलिएको छ । यस प्रकोपबाट विश्वका लाखौं मान्छेहरु संक्रमित भइसकेका छन् र धेरैले ज्यान गुमाइसकेका छन् । विश्व अहिले सन्त्रासपूर्ण अवस्थामा गुज्रिरहेको छ । धेरै देशहरु अहिले लकडाउन (बन्दाबन्दी)को अवस्थामा छन् भने कतिपय देशहरु आंशिक बन्दाबन्दीमा छन् । चीनको वुहान शहरबाट शुरु भएर फैलिएको भनिएको यो भाइरस नियन्त्रणका लागि संसारका विभिन्न देशहरुले आ-आफ्नो किसिमले नियन्त्रणको उपाय र अभियानहरुलाई आत्मसात गरिरहेका छन् । नेपालमा पनि भाइरसको प्रकोप बढ्दो देखिएकाले नेपाल सरकार र जनताको संयुक्त प्रयासमा बन्दाबन्दीको उपायलाई अंगीकार गरिएको देखिन्छ । र, आआफ्ना माध्यमहरुबाट विविध क्षेत्र र विधाले जनचेतना जगाउने कार्य गरेको पाइन्छ । यसै सन्दर्भमा कसैले साहित्यलाई माध्यम बनाएका छन् त कसैले संगीतलाई त कसैले चित्रकारिताका माध्यमबाट कोरोनालाई विषयवस्तु बनाएर जनतामा चेत फैलाउने कार्य गरिरहेका छन् । स्थापित कलाकार एवं कार्टुनिस्ट राजेश मानन्धर अचेल कार्टुनका माध्यमबाट जनतालाई कोरोनाको विषयमा सुसूचित गर्ने कार्यमा जुटेका देखिन्छन् । उनले प्रत्येक दिन कोरोना विषयमुखी कार्टुनचित्र बनाएर सोसल मिडियामार्फत् जनजनमा पुर्\u200dयाउने काम गरेको देखिन्छ । राजेश मानन्धर सञ्चार माध्यमहरुमा नाम चलेका कार्टुन चित्रकारको नाम हो । उनले आधुनिक चित्रकला लगायत व्यंगचित्र विधालाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आठौं एकल र दर्जनौँ सामूहिक कला प्रदर्शनी र वर्कसप गरिसकेका छन् । अहिलेको कार्य सन्दर्भमा राजेश भन्छन्, ‘‘कोभिड १९ ले गर्दा २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दीमा परेकाहरुमा कार्टुनचित्र मार्फत् जनचेतना जगाउने र मानसिक रुपमा परेको पीडालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालबाट जनजनसम्म पुर्\u200dयाउने लक्ष्यलाई आत्मासात गर्दै मैले कार्टुन बनाउने गरेको छु ।’’ सञ्चार जगत्मा प्राथमिकता पाएको व्यङ्ग्य चित्रकलाको लक्ष्य पाठक र दर्शकलाई हसाउँदै—हसाउँदै सुसूचित गराउनु मात्र होइन, सामाजिक र राजनीतिक विकृति उधिन्नु पनि हो र सामाजिक सचेतता कायम गराउँदै सम्पूर्ण पक्षलाई सुमार्गमा लाग्ने उत्प्रेरणा जगाउनु पनि हो । हजार शब्दले अभिव्यक्त गर्न नसकेको भावलाई एउटै व्यङ्ग्यचित्रले उजागर गर्न सक्छ । पत्रकारितालाई हतारोको साहित्य भने जस्तै व्यङ्ग्यकला हतारोको एक सूचनामूलक कलात्मक अभिव्यक्ति हो । व्यङ्ग्यकलाले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जीवन र जगत्का विविध पाटाहरूलाई विषयवस्तुका रूपमा ग्रहण गर्ने गर्छ । अहिले राजेशका कार्टुनले सामाजमा देखिएको भाइरसको महामारीलाई दर्शाउँदै सचेत रहन आग्रह गरेका छन् । आरम्भमा सञ्चार माध्यमको विकासक्रम सँगसँगै सञ्चार माध्यमकै गहनाको रूपमा विकास भएको, यो कार्टुनकलाको इतिहास युरोपबाटै सुरु भएको देखिन्छ । पहिले—पहिले युरोपेली दरबारका ठूल्ठूला भित्ताहरूमा भित्ते चित्रहरू बनाइने चलन थियो । त्यतिबेला सजावटको प्रयोजनको निम्ति बनाइने भित्ते चित्रहरूको प्रारम्भिक ‘मोडेल’ वा रेखाङ्कनलाई नै व्यङ्ग्यचित्र भनिन्थ्यो । ‘व्यङ्ग्यचित्र’ शब्दको प्रयोग र प्रचलनको सुरुआत त्यतिबेलै र त्यहींबाट भएको भन्ने कुरामा दुई मत छैन । अठारौँ शताब्दीदेखि नै व्यङ्ग्यचित्रले सञ्चार जगत्मा आफ्नो स्थान सुरक्षित पार्दै जरो गाडिसकेको थियो । नेपालको सन्दर्भमा, पहिलो व्यङ्ग्यचित्र कुन कलाकारले कहिले र कुन विषयमा बनाए भन्ने कुराको निश्चित किटान वा प्रामाणिक इतिहास हामीसँग छैन । तथापि यस सन्दर्भमा नेपालका प्रथम कलासमीक्षक स्व. नारायणबहादुर सिंहको एक कलाआलेखले भने यस विषयमा थप जानकारीका लागि अनुसन्धान तथा खोजी गर्नसकिने वा उनकै लेखलाई मान्न सकिने मार्ग भने प्रशस्त निर्माण गरिदिएको छ । त्यस लेखमा नारायणबहादुर सिंहले चन्द्रमानसिंह मास्केलाई प्रथम व्यङ्ग्य चित्रकारको अर्थ लाग्ने भावमा उद्धृत गर्दै भनेका छन्, ‘मास्केले श्री ३ जुद्ध शमशेरको ‘कार्टुन’ बनाएबापत नै जेल पर्नु परेको थियो।’ उनको यो लेखनीमा चन्द्रमान नै प्रथम व्यङ्ग्यकलाकार हुन् भन्ने अप्रत्यक्ष अर्थ लुकेको अनुभूत हुन्छ । राणाकालमा जोखिमपूर्ण र पञ्चायत कालमा मौन रहनुपरेको यो विधाले वि.स. २००७ पछि मौलाएको देशको राजनैतिक परिवर्तनसँगै सुस्तरी सार्वजनिक हुने, झ्याङ्गिने र फल्ने अवसर पाएको हो । विगतमा ‘कार्टुन’ चित्रकलाको संस्थागत विकास गर्न वात्सायनको अध्यक्षतामा व्यङ्ग्यचित्रकार क्लब नेपाल, सिस्नुपानी नेपाल, हास्यव्यङ्ग्य समाज लगायतका सङ्घसंस्थाहरू जुर्मुराएका देखिएका थिए । यसपछि नवपुस्ता व्यंग्य कलाकारहरु मिलेर अन्य व्यंग्यचित्र संघसंस्थाहरु स्थापना भएको देखिन्छ। तिनीहरुले बेलामौकामा गोष्ठी वर्कसप जस्ता कार्यक्रमहरु गर्दै आएका छन् । वर्तमान अवस्थामा व्यङ्ग्य चित्रकलाका महारथि वरिष्ठ चित्रकार दुर्गा बराल उर्फ वात्सायनदेखि पछिल्लो पुस्ताका वर्तमान व्यङ्ग्य कलाकारहरू राजेश के.सी, रविन पिया, वासु क्षितिज, अविन, राजेश मानन्धर, सुमन मानन्धर, रमेश विष्ट, मिलन शाक्य, राजु जोशी, एकाराम महर्जन, उत्तम नेपाल, दीपक गौतम, हिमालय गौतम, कृष्णगोपाल, देवेन्द्र थुम्केली र नाम हेक्का हुन नसकेका अन्य नवपुस्ता कलाकारहरू रहेका छन् । (लेखक कलाकार एवं कला समीक्षक हुन्।) #कला समीक्षा #तीर्थ निरौला गाउँमा छन् गीतहरू: सूक्तिबनाएर संस्कृतिलाई गाउँभरि गीत रोपेर गीतभरि गाउँगाइरहेका छन्— गाउँका मान्छेहरू । श्रुतिपरम्पराको धारमा हस्तान्तरित भइरहने गाउँमै त छ —पुस्तापुस्ताजीवित रहने गीतैगीतको प्रज्ञा —विश्वासैविश्वासको दन्त्यकथाभन्ने हजुरामाको घर —दुहुनो गाईजस्तै सङ्गीतखसाइरहने छाँगाको विरासत । नानीहरू गाउदैछन् तोतेबोलीमाशिशुगीत— “ऐयाबाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न नेपालबाट बेउलो आयो बेउलीलुकाइदेऊ न ।“ सिमलबोटे खेतको खलेगरामा दाइँगर्दै गरेकादयेरेहरू गोरु घुमाउँदै गाउदैछन् दाइँगीत— “मियोको टुप्पोमा बसेछ कोइली आजकादयेरेलाई घिउको चोइली ।“ मान्छेकाओठओठमा भएपछि गीतको पाठशाला —गाउँको माटोभरि फलेको हो गीतकै फल —गाउँको आकाशमालागेको हो गीतकै घाम —तल, माथि गरेर चलेको हो गीताङ्गे हावा । भेटिइरहन्छ परिचयगाउँको —सम्झनैसम्झनाको अलिखितप्रतिबिम्बमा —ऐँचोपैँचोको अर्थशास्त्रीय परम्परामा । न त आउँछ —सम्बन्धमाह्रासको नियम न त घट्छ —साझेदारीको पर्म तिर्ने सिलसिला न त हराउँछ —रत्यौलीमाआमाहरू बुवाबन्ने मौलिकता न त सकिन्छ —मारुनीमा नरहरू नारी बन्ने लोकनाच । बारी खन्दै गरेकायीआमाहरू —फागको लयमा मस्त छन् कोही कोहीकोदालाको नचाइमा स्वतस्फुर्त —रोपिरहेका छन् श्रमगीतका मुरीमुरी पहाडहरू कोही —लोग्नेले गरेको अपहेलनालाई —माइतीहरूले देखाएको बेवास्तालाई आह्वानगर्दै देवीदेउताको मागल र सगुनको भाकामाभन्दैछन्— “सिमे र भुमे तेत्तीसकोटी देउता साथैमा कुन र धर्म देउरालीदेवी बसेको माथैमा ।“ संस्कारलाई राखेर शिरमा चढेर गीतैगीतको सगरमाथा छातीभरि कुँदेर आफ्नै देश गीतभरि उज्यालो गाइरहेका छन्— गाउँका मान्छेहरू । #गाउँमा छन् गीतहरू #महेश क्षितिज अनिताको गजल: न नजिक भइन्थ्यो,न पीडा हुन्थ्यो घात भएर अहिले जस्तै हामी बसेको भए अज्ञात भएर ।। म अस्ताउन नपाउँदा नै,रात पर्न नपाउँदा नै अरू उदाए हजुरको जिन्दगीमा प्रभात भएर ।। जसको बेहुली भएको सपना हररात देखिन्थ्यो म कसरी जाउँ ? उसैको बिहेमा बरियाँत भएर ।। कुण्ठा बग्छ आँसुसंगै,रुदाँ खुसी मिल्छ र पो आकाशले फाल्छ कालो बादल बर्सात भएर ।। हजुर फुल्नु,मुस्कुराउनु,हजुरको पो औकात छ सबैले कहाँ पाउँछन् र फुल्न पारिजात भएर ।। #अनिता #धिताल अन्तर्मनकाे आनन्दका लागि पराेपकार: अर्काको हित गर्नु, भलाई गर्नु, असक्त असहाय, वृद्ध, राेगीकाे हेरचाह र समाजको सेवा गर्नु पराेपकार हाे। हरेक काम आनन्दकाे लागि गरिन्छ । पराेपकार हृदयको आनन्द हाे । अन्तहृदय पुलकित हुन्छ । याे समुद्री छालजस्तो हृदयमै लहराउँछ, खिलखिलाउँछ । चङ्गाजस्तो हलुङ्गाे हुन्छ जाे मनुष्यभित्रकाे ईश्वर हाे । धरति, जल, आकाश र अन्तरिक्षमा उडिदिन्छ । कुराैटे कुरा उसकाे कानले सुन्दैन जसरी दृश्यचक्षु पनि पट्टी लगाइदिइन् गान्धारीले । बरू आफैँ पीडा खपिरहन्छ अर्नेस्ट हेमिङ्गवेजस्ताे । द ओल्ड म्यान एण्ड सी । आखिर धर्तीलाई परिवार मान्छ । छुद्र र संकीर्ण हृदयबाट दूर रहन्छ र उदार मस्तिष्क मात्र सफल रहन्छ । याे बिन लादेन र हिटलर साम्राज्यलाई छि ! छि ! र दुर्दुर गर्छ । मदर टेरेसा र नेल्सन मण्डेलाकाे समीप रहन्छ । अन्तर्मनकाे आनन्दका लागि पराेपकार अन्तर्मनकाे बुद्ध बनिराख । के मनुष्य हित मात्र पराेपकार हाे ? यसकाे शब्दकोष कत्राे हुन्छ ? लागिरहेकाे छ, याे मनुष्य मात्रमा संकीर्ण रहँदैन । खगोलका सम्पूर्ण जीवात्माकाे भलाइमा रमाउँदै घातप्रतिघात, छलकपट, यातना, धाेखाधडी, रमिता उसकाे शब्दकोषमा हुँदैन । जगत एक हाे । जीवनकाे एकीकरणमा मान्छेलाई पशु हुनबाट बचाउने मूलमन्त्र तिमी सधैँ जपिराख । हृदय द्रवित भई नै रहन्छ कन्दराकाे तप्केनीजस्तो । लाेभलालचकाे क्षितिज तिमी जति दगुर्छु उति टाढा भागिदिन्छाै । म कहिल्यै भेट्टाउन नसकूँ तिमीलाई । कदापि कठाेर हुन सक्दैनाै तिमी। हृदयकाे मैन तिमी सेवा नै कर्म मान्छाै । सेवा नै धर्म मान्छाै । ममतालाई आफ्नाे मर्म मान्छाै । ह्रास हुँदै गएको सद्भाव, दया, मायाममता तिम्राे जस्तै मन र मस्तिष्कले अलिकति भए पनि टिकिराखेकाे छ । ”मै खाउँ मै लाउँ सुखसयल या माेज म गरूँ”काे कटु आलाेचक बन्छ अन्तर्मनकाे आनन्दका लागि पराेपकार । सहयोग र सद्भावनाकाे गरूङ्गाे भारी बाेक्दै हतारमा कुँद्छ याे । स्वयं भलाे भन्दा स्वस्फूर्त अरूकाे भलाइकाे नाङ्लाे बाेक्दै अन्तरर्मनमा दाैडिरहन्छाै तिमी । त्यही तिम्राे विजय हाे । के गरुङ्गाेपना मात्र भारी हाे ? अन्तर्मनकाे हलुङ्गाेे आनन्द । यमनकाे पहाड बाेक्दै सिमल भुवाजस्तो काेमल र हलुङ्गाे मन लिएर सेवामा तलिन छ त ! मात्र काँध थाप। गरूङ्गाे भारीमा हातमात्र कति हलुङ्गाे हुन्छ थाहा छ तिमीलाई ? वर्तमानमा रातदिन रूपैयाँले टाेक्ने माैलाउँदै गएका उपियाँभक्तहरूकाे पनि अन्तर्मनले सेवा गराेस् । पराेपकार उसको केन्द्र हाे । धड्कन उसको मुटु हाे । संचार उसकाे रगत हाे । स्वयंभलाे र आर्जनमा मात्र जीवन देख्ने विश्वजन्य जटिल परिस्थितिबाट टाढा रहन्छ । महात्मा गान्धीकाे यथार्थ तस्विर । तिमी भित्तामा सधैँ मूर्त बनिराख । फ्लोरेन्स नाइटिङ्गेल तिमी बत्ती लिई नै राख । मजदुरले जस्ताे पसिना बगाई नै राख । ढाबिलाे ढाबमा आफू भासिन सकाैला तर भासिएकाहरूकाे उद्दारकर्ता जिन्दगी भरिकाे एउटा पूर्णपाठ । तिमी पढिइरहने छाै । लेखिइरहने नै छाै । मायाप्रणय र प्रेमकाे स्नेहले मनकाे रिक्तता भर्छ । सद्भावले अघाउँछ । भाेकाे बनिदिन्छ सेवाकाे खातिर । सेवा नै उसकाे भाेक हाे । सेवा नै उसकाे भाेजन । भगवान उसकाे खाेज हाे। आयाम उसकाे ब्रह्माण्ड हाे । प्रमाणित उसकाे ज्ञान। सेवा उसकाे श्वासप्रश्वास हाे । सेवा नै उसकाे धड्कन र ज्ञान । पराेपकारमै मन आनन्द बन्छ । दीर्घायुकाे दीर्घब्याम निरन्तर लागिरहनु । कपट, रिस, द्वेष, छक्कापञ्जाबाट टाढा भागिदिन्छ । सेवालाई अमृत मान्छ । धाेका र लाेभकाे धज्जी उडाउँदै पराेपकारले माझ्दै मनलाई हिउँजस्तै कञ्चन बनाउँछ। विचारलाई आकासजस्तै विशाल बनाउँछ । कदलाई सगरमाथाजस्तै उँचो बनाउँछ। पराेपकार मेराे जात, तेराे जात, मेराे धर्म, तेराे धर्म, मेराे घर तेराे घर, तेराे देश मेराे देशजस्तो विभाजनकाे रेखा कहिल्यै काेर्दैन। ऊ आनन्द रहन्छ सम्पूर्ण जीवात्माकाे सेवाका खातिर । वृहत् र अर्थ र परिभाषा खाेज्दा सजीवमा मात्र हाेइन निर्जीव वस्तुमा समेत उसले प्रेमभाव राख्छ । प्रकृति प्रेममा समेत यसले अन्तर्दृष्टि राख्छ । प्रकृति विकासमा यसले दख्खल राख्छ प्रेममा अन्तर्दृष्टि । प्रदूषणमा दुःखी हुन्छ । प्राकृतिक स्वच्छ विकासमा ऊ खिलखिलाउँछ । विनाशमा उसकाे चित्त दुख्छ त्यसैले त आमा बेलाबखतमा तिमीले आफ्नाे तराजुकाे सन्तुलन आफैँ गरिराख्छ्याै । जसरी हरेक वस्तुमा सुन्दरता हुन्छ, त्यसरी नै प्राकृतिक सुन्दरता अनुपम हुन्छ। असुन्दर कुनै पदार्थ हुदैन । त्याे त केवल हेर्ने दृष्टिकाे भेद हाे । नजरकाे अन्तर हाे । हरेक वस्तु सुन्दर हुन्छ । पदार्थ धरतिकै उपज हाे । पदार्थको उच्च कलात्मकता नै सबैभन्दा सुन्दर वस्तु हाे । सुन्दर-कुरूप सजिीवमा छन् । निर्जीवमा छन् । मनुष्यमा छ । जीवात्मा र प्रकृतिमा छ । तसर्थ याे कलाकाे उच्चतम साधनामा विश्वास राख्छ । मनुष्यमा याे दया, माया, प्रेम, सद्भाव र सहकार्य हाे । प्रकृतिमा याे संरक्षण र उच्च कलात्मक विकास हाे । जीवात्मामा ऊ प्रेमिल रहन्छ । किञ्चित कसाई बन्न सक्दैन । काेमलता उसकाे पर्यवाची हाे र यसैमा सगाैरव विजय घाेषणा गर्छ । हृदयकाे द्विप तिमी आफू जल्छाै । अरुलाई प्रकाश छरिदिन्छाै । कति गाह्रो हुन्छ हँ आँखाे देख्न ? अन्तर्मनकाे आनन्दकाे लागि पराेपकार । गहन छ । गम्भीर छ । मनभित्र रहेकाे मन नै अन्तर्मन हाे । मन सबैको हुन्छ । पराेपकारी मन तिमी निष्ठुर हुनै सक्दैनौ । क्रुर हुन सक्दैनौ। सेवा तिम्रो आनन्द हाे । कलुषित मन अर्काकाे यातना, दुःख, टस, ठेस, ईर्ष्या र औडाहामा प्रेरित हुन्छ परोपकारी धोका को सट्टा सहयोगकाे । परत्वको सट्टा अपनत्व, बेइमानको सट्टा इमान, उसको सूत्र हुन्छ । सम्पूर्ण जगतकाे सेवा पराेपकारमै परमआनन्द मान्छ । मन आनन्द पार्न मनुष्यहरु अनेक तरिकाको अनुशरण गर्छन् । मान्छे हरेक गतिविधिहरू मनले गर्छ र आनन्दकै लागि गरिन्छ । होला अन्तर्मनको आनन्दका लागि कोही मर्निङ वाक गर्लान् । कोही साहित्य सृजना गर्दै होलान् । बढाउँदै होलान् गुरुहरू, पढ्दै हाेलान् विद्यार्थीहरू, खेल्दै होलान् केटाकेटीहरू, कमाउँदै होलान् व्यापारीहरू । चीन कृत्रिम चन्द्रमा बनाउँदैछ। युएई आईसबर्ग प्रोजेक्टमा काम गर्दैछ । सृष्टिका गतिविधिहरु सुविधाका लागि गरिए पनि सुविधा आनन्द प्राप्तिका लागि हो । के अर्थोपार्जन मात्र आनन्द हो ? के घुम्नु मात्र आनन्द हो ? के घुम्नु मात्रले हृदय पुलकित हुनसक्छ ? स्वयं भलो र व्यक्तिगत लाभमा मात्र आनन्द देख्ने हृदय प्रशस्तै देखिन्छन् । तर फरक अन्तर्मनको आनन्दका लागि गरिने परोपकार सामाजिक यथार्थमा समाहित छ। ऊ आनन्दले गदगद त हुन्छ नै तर ऊ केवल परिवारमा मात्र सीमित रहँदैन ।बनिदिन्छ समाजको स्तम्भ सिङ्गो देशको उचाइलाई आरोहण गर्दै संसारमै फैलिइदिन्छ । बगिदिन्छ जसरी बग्छ खोला, जसरी बहन्छ हावा, फैलिन्छ बादल । उसको शरीर लोप होला जगतबाट उसको नाम कालजयी रहिरहने निश्चित छ। उसको मुहार नचिन्ला दुनियाँले उसको नाम कण्ठस्थ रहन्छ । दुनियाँको होष्टे हैंसेमा ऊ छायाँ होला । होलान् प्रतिस्पर्धामा खलनायकहरू तर निर्णयमा ऊ सधैँ नायक बनिदिन्छ र बसिदिन्छ दीनदुःखीहरूको मनमुटुमा। परोपकारी मन ब्रह्माण्डको तारो बनिदिन्छ, आयतन अरुले नै नापिदिन्छन्। सूक्ष्म बनिदिन्छ अरूका खातीर अरू नै उसको आँखो बनिदिन्छन्। होला वर्तमानमा संकीर्ण रहला, भविष्यमा उसको आयतन विशाल रहन्छ। विद्यार्थीका लागि ऊ खोज हो त विज्ञका लागि ज्ञान। मृत्युपर्यन्त पनि ऊ चिर रहिरहन्छ। यो सृष्टिको अनन्तसम्म कालजयी रहिरहनेछ। आम मान्छेहरू एक जीवन बाँच्छन् त परोपकारी अजम्मरी जीवन बाँच्छ। के सन्तति जन्माउनु मात्र उर्वर हो ? वर्तमानमा उसको कदर नहोला तर पक्का पक्का दिवंगतपश्चात् पूर्वीय दर्शनको कृष्ण हो त पश्चिमी दर्शनको सुकरात जो स्वयंमा अर्जुनदृष्टि रहन्छ। वर्तमानमा उसलाई हेमलक नै पिउन परोस्, भविष्यमा ऊ शाश्वत सत्य हो। वर्तमानमा उनी बोक्रा होला भविष्यमा अग्राख हो। यसो प्रकृति नियाल्छु। फूलहरु फुलिरहेका छन् । मूल फुटिरहेको छ। खोला बगिरहेको छ। अनाज पाकी रहेको छ। घाम उदाउँछ अस्ताउँछ। समुद्रहरु लहरइरहेका छन्।हिमाल चम्किरहेको छ। दिन हुन्छ। रात हुन्छ सृष्टि माटोमै हुन्छ। विसर्जन माटोमै हुन्छ। लाग्छ, यी प्रकृतिका क्रियाकलापहरू परोपकारकै लागि चलिरहेका छन्। सोच्छु, यस प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मान्छे पनि प्रकृतिकै देन हो। यसै प्रकृतिका गुणहरु मान्छेमा निहित छन्। अमृत माटोमै छ।\u200c विष माटोमै छ। एकै ठाउँमा उम्रिएको अम्बा टर्रो छ। अमिलो अमिलो छ। मेवा गुलियो छ। करेला तीतो छ। यहीँ श्रीखण्ड छ । यहीँ छ काउछो पनि । यस्तैयस्तै गुण समाहित छन् प्रकृतिकै सन्तति मान्छेमा पनि। परोपकारी मन श्रीखण्ड हो त निष्ठुर निर्दयी मन काउछो हो। परोपकारी मन अमृत हो त निष्ठुर मन विष हो । मान्छेहरु सुखः खोज्दाखोज्दै विलासितामा विलिन हुन पुग्छन्। अझ आजको विकासको चरम युगमा चिन्तन गर्दा -गर्दा मान्छे मान्छे बीचको सौहार्दता ह्रास हुँदै गइरहेको त छैन ? कैयौं मान्छेले गर्नुपर्ने काम रोबोटले गर्छ। सोफिया भाषण गर्छे। सोफिया मान्छे चिन्छे । सोफिया प्रतिउत्तर दिन्छे। भोलिका दिनमा हिँड्ने बाटाहरूमा रोबोट र मान्छेहरु आआफ्नो काममा सँगसगै हिंड्लान्। अनुसन्धानको लागि मान्छेले सोच्नै नपर्ने होला। कुनै सिस्टमले नै अनुसन्धान गर्ला, गर्नुपर्ने कामहरु रोबोटले गर्ला। भेट्नुपर्ने मान्छे फेसबुकले भेटाइदिन्छ। मान्छेले गर्नुपर्ने कामहरू मसिनले गरिरहेको बेला हामी विकासको रफ्तारमा दौडिरहँदा उद्देश्य के लिनु परोपकार । मान्छेको चाहना एउटा पुरा हुन नपाउँदै अर्को जन्मिहाल्छ। यसरी नै चाहनाको पछाडि भाग्दाभाग्दै मान्छेको ईहलीला समाप्त हुन्छ ।यस धर्तीमा मनुष्यको रूपमा जन्मिएपछि मनुष्यको सार्थकता र मृत्युपर्यन्त पनि उसको केही न केही कीर्ति रहिरहोस्। जसले सोच्छ, उसको सदा रहोस् साधना अन्तर्मनको आनन्दका लागि परोपकार परोपकारी मनुष्यको उद्देश्य परोपकार, लक्ष्य परोपकार, दैनिकी परोपकार, मनमुटु सोच परोपकार, ऊ परोपकारमै रमाउँछ, परोपकारमै आनन्द रहन्छ, सुख परोपकारमै खोज्छ। सम्झिन्छु, लक्ष्मीप्रसाद देवकोटाको प्रस्नोत्तर कविताको उद्धरण । खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? आफू मिटाइ अरुलाई दिनू छ। स्याङ्जा, वालिङ-६, मिर्दी #परोपकार #शम्भु अर्याल #स्याङ्जा माटोको माया: आफू हराउँछु कि भनेर मन चिमोटिरहने देशको समाचार सुनिरहन्छु । कहिले पछ्यौरी तान्छ शीरको हातले कहिले समान बनेर डब्बामा प्याक हुन्छ प्राणले मानवता खरानीको नाम हो कि धुवाँको ईँट्टाभट्टामा घाट गनाउँछ अहंम र दम्म उकालै चढेको छ भोको कोलम्बस् पाइला सीमा नाघ्दै छ । सीमापारि उभिएर कोलाज भीड़बाट म, यतिखेर भ्रान्त मनस्थिति बोकेर शङ्कल्परत छु चिनारी खोज्न जाऊ उतै घरदेश जहाँ जरजर शासकले गिजोलेको सत्ता छ अनि घाइते माटो र मन पिँढी दरपिँढीको पत्रपत्र संघर्ष विरुद्ध अन्तिम विजय को शंखनाद गर्नु छ । त्यतिबेलै सुन्छु देशका कर्मठ युवाहरू सपनाहरूको ठेली बोकेर सड़क, गल्ली र सहरमा लाम लागेर भिसा लिइरहेछन् कुनै मुलुकमा अर्को सपना खोज्नु छ रे हरियो जीवन खडेरी परेर सस्तो लिलाममा छ रे सुन्दा मन चिसो भएर अलमल हुन्छ । धेरै पटक घोत्लिएर खोज्दै जीवनको जरो मेरो पुर्खाले आफ्नो अस्तित्व हराउने गरी भस्मे फाडेको किपट छाडेर मुग्लान किन गए ? गाउँबाट सहर सहरबाट परदेश बसाइँ सरेर अभावको खाड़ल भर्न सक्यौ ? भिसा जीवन अझै घस्रिरहेछ जीवनदेखि जीवन भागिरहेछ सदियौँदेखिको स्वभिमानी नेपालीभाव किन कमजोर बन्दैछ किन निरुत्साही बन्दैछन् युवा किन दुख्दैछ मेची–काली किन सर्दैछन् जङ्गेपिलर ! शासक महाशय म तिमीलाई सोधिरहेछु । हामी कर्म भोग्न जहाँ पुगे पनि थात्थलोको यादले चिमोटिइरहन्छौँ आफ्नै धर्तीको माटो भिजाउन हंसलाई परदेशी हुन दिएकै छैनौ आज आफूलाई पैलाएर भेटनु छ पुर्खाको मूल थलोबाट परिचयलाई दस्तावेज गरेर संस्कार संस्कृतिको जीवन–दर्शनलाई पर पर पर सम्म फैलाउँनु छ । माटोको मायाले बोलाएको आभास हुन्छ पाइलाहरू फर्कन सधैँ हतास हुन्छ पाखा भित्ताहरू उर्वर बनाउँछौ जिन्दगीको परिभाषा हातको ठेलाले लेख्छौँ विश्वबजारलाई आँगनमा आएर घुंडा टेकाउँछौँ । #माटोको माया बाहुनी केटी: आज फेरि एउटा सिङ्गो अनिँदो रात कट्यो । कति मात्र ओल्टे, कोल्टे फेर्नु, कति मात्र उठेर झोक्राएर बस्नु, ट्वाइलेट जानु, आउनु । भित्र बस्दाबस्दा मन त्यसै उकुसमुकुस भयो । अरुलाई डिस्टर्ब होला भनेर बरण्डामा निस्किइन् प्रेक्षा। अँध्यारो औंसीको रात चुक अमिलो जसरी घोप्टियो उनको आँखाभरि र मनभरि । ढोका खोलेर विस्तारै छतमा पुगिन् । वरिपरि सुनसान छ । यो शहरका गल्लीहरुमा पनि टाढाटाढा बत्ती बलेका देखिन्छन् । कुकुरहरु एकतमासले भुकिरहेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीले नेपालका मानिसहरु पनि घरभित्र थन्किएको दुइ महिना भन्दा बढी भै सक्यो । साथी, सहपाठी, इष्टमित्रहरुलाई भेट्न नपाउँदा र आफ्ना कामहरु सुचारु गर्न नपाउँदा मानिसहरु आत्तिएर मनोरोगी जस्ता भैसके । मानिसहरुको जीवन र अस्तित्व नै संकटमा परेकाले मनस्थितिमा नै परिवर्तन ल्याइदियो । चलायमान समयका चलायमान मानिसहरुलाई कोरोना भाइरसले टक्क रोकिदियो जहाँको तहीँ । आखिर यो जिन्दगी अनित्य न छ । “जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन फक्रिने र ओइलाउने टुङ्गो हुँदैन” यो गीत जस्तै भएको छ मानिसको जीवन आज । यति ठूलो शहरमा पनि मान्छेका अनुहार पढ्दा, उनीहरुको मनभित्र मुर्दाशान्ति छाएको जस्तो अनुभूति हुँदै छ उनलाई । अहो ! कोरोनाले लाखौं मानिसहरु मरिरहेको यस्तो अवस्थामा पनि प्रेम, मात्र प्रेम गरेको निहुँमा ज्यान गुमाउनु परेको छ । जात धर्म, रङ, वर्ग, उँचनीचभन्दा माथि किन उठ्न सकेनन् यो देशका मान्छेहरु ? आजको एक्काइसौं शताब्दीमा पनि किन घडी उल्टो घुमेर ११औं शताब्दीमा पुग्यो ? लैला मजनु र रोमियो जुलियटको जस्तै गरेर अन्ततः वियोगगान्त भयो, यो जमानाको प्रेम पनि । कहिले प्रेमी मारिए र भेरीमा फालिए सामाजिक आक्रमणमा परेर त कहिले प्रेमिका मारिए र जलाइए आफ्नैें प्रेमीको एसिड आक्रमणमा परेर । कहिले अपहरण त कहिले सामूहिक बलात्कारमा परेर हत्या गरिए कंयौँ निर्मलाहरु । आखिर हत्या त साँचो प्रेमको न भयो । किन प्रेमको नाममा यस्ता अपराध हुन थालेका होलान् आजको समाजमा ? कस्लाई ठान्ने यस्ता घटनाको दोषी ? विगत केही वर्षदेखि भएका कंयौं घटनाहरु सम्झँदै आज उनको मनमा केके कुराहरु खेलिरहेछन् । विभिन्न नियम कानुनहरु बने, शासक फेरिए तर शासकको मनोभाव र शासन फेरिएन । न त मानिसको चेतानमा परिवर्तन आयो, न त विभिन्न क्रान्तिले आमूल परिवर्तन ल्यायो । उफ्, खुइय सास तान्दै माथि हेर्छिन् । यो अँध्यारो आकासले उनको मानव हुनुको चेतनालाई गिज्याइरहेको जस्तो लागिरहेको छ उनलाई । हिजो कयौँ युवाहरुले आजको उज्यालोको निम्ति ज्यान गुमाए । खोई के पाए त आजका मान्छेले ? बस् कसैलाई मात्र प्रेम गरेकै नाममा घृणा, तिरस्कार, अपमान, बदनाम र बदलामा ज्यानै लिनु ? आज यो पवित्र प्रेम शब्दमाथि नै यति मजाक भयो कि यो घटना देखेर जीउ सिरिङ्ग भएर आयो उनको । प्रेम ईश्वर हो, प्रेम पूजा हो, पाप होइन पुण्य हो प्रेम, उनले आँखा चिम्म गरेर हृदयको गहिराइमा हेरिन् र मनैमन सम्झिइन्– सत्यम् शिवम् सुन्दरम् । चाँदनी पनि लुकेको रात, गमलामा रोपेका फलफूल, तरकारी सबै कालो छायाजस्तो लाग्छ उनलाई । छतको रेलिङमा अडेस लाग्दै लामो स्वास फेर्छिन् । चक्कर आएजस्तो भएर भाउन्न हुन्छ, रेलिङ समाउँदै भित्तामा आड लाएर थचक्क भूइँमा बस्छिन् । किनकिन आज उनलाई एकान्तमा बस्न मन लागेको छ । यो देश सतिले सरापेको देश हो । सोझो मान्छे र सोझो रुखलाई जसरी गिडिन्छ यहाँ, चोखो प्रेम गर्नेलाई त्यसैगरी गिडिँदो रहेछ । साँचो प्रेमको कुनै कदर छैन यहाँ । आज आफ्नै शीर झुकेको छ, मन मुटु दुखेको छ । कोही कसैले यो जातमा जन्मन्छु भनेर जन्मिने त होइन । तर कुनै एकदुईको गल्तीले, अपराध र अमानवीय व्यवहारले गर्दा कुनै निश्चित जातमा, समुदायमा जन्मिएको कारणले लज्जाबोध र अपराधबोध गरिरहनु परेको छ । किन यस्तो समाजलाई मानव समाज भनेर सभ्य देखिनु परेको छ हँ? मनभरि प्रश्नैप्रश्नका खात जमेका छन् । तर ती प्रश्नको उत्तर दिने कस्ले ? कस्ले फुस्काइदिनें उनको मनको उफानलाई ? छतमा बस्दाबस्तै बौरिएजस्तो हुन्छिन् अनि एक्कासि पैंतीस वर्ष अघिको आफ्नो बाल्यकालको, अतितमा गाउँमा डोहोरिएर पुग्छिन् उनी । “ओइ सानी, सानी, सानी हो, आऊ हाम्रा घराँ”– उनकी साथी धनीले उनको बारीबाट पर बाटोमुनि भएको उनको घरबाट लगातार चिच्याई चिच्याई बोलाउँदैछिन् सानीलाई, दुई गाउँका मान्छेले सुन्ने गरेर । सानीले भन्छिन्, “कसरी आउनी तनि, म त एक्लै आउन सक्दिनँ, बाटामा कुकुरले टोक्चन्, तैं लिन आइज न मलाई ।” आऊ न सानी आऊ, गरैगरा हाम्फालेर आऊ न तनि, ह्याँ भाइलाई थाङ्ने जोरो आएको छ, छोडेर आउन मिल्दैन के । दुइटैको आवाज बारीको वारपार भएर एकअर्काको कानमा गुन्जियो । आमाले घर छोडेर कतै नजाऊ है सानु, गाईबस्तुलाई घाँस हालिदेऊ, जोगी आयो भने घरभित्र लुक भनेर सिकाएर, अह्राएर पात्ल जानु भएको थियो । बच्चा मन न हो के मान्थ्यो र ? अग्ला गराबाट ओर्लंदा लड्छु कि भनेर बाटबाटै धनीको घरमा जानलाई पायल चप्पल छिटोछिटो पड्काउँदै हिँडिन् । घमाइलो दिन थियो, सानी तगारोबाट बाहिर निस्केर तगारो लगाएर कुकुरले देखेर लखेट्छ कि भनेर बाटोमा यताउता हेर्दै डराई डराई हिँड्दै धनीको घरको तगारोमा पुगेर – धनी, ए धनी म आएँ भन्दै धनीको आँगनभित्र छिरिन् सानी । घर छेउको गाह्राभित्र भएका सुँगुर सानीलाई देखेर च्वाँ,च्वाँ गर्दै कराएका थिए । यस्तो देखेर डराउँदै छिटो छिटो नाक थुनेर धनी, धनी भन्दै धनीको घर भित्र स्वाट्टै छिरिन् सानी । अहो ! किन भित्र आकी सानी, अब तिम्रो जात जान्छ । तिमीले नि हामीलाई तिम्रो घराँ छिर्न दिन्नौं, हामी पनि हाम्रो घराँ छिर्न दिदैनौं तिमीलाई, देउता रिसाउँचन् अनि पाप लाग्छ बाबै बाहिर हिँड भनेर धनीले एउटा थोत्रो, बिट च्यातिएको गुन्द्री पिँढीमा ओछ्याएर सानीलाई बस्न लगाइन् । बस है, म भाइलाई खोले बनाउन लाछु, हामी चैं गोरुको मासु पोलेर नून र जाँडसँग खाम्ला है सानी । हाम्रो घरभित्र छिरेको कुरा अरुलाई नभन है, सानीले टाउकोको इसाराले हुन्छ भनिन् र पिढीमा बसिन् । धनीको भाइ सुके पिढीको एउटा कुनामा बाक्लो थाङ्नो ओडेर इन्तु न चिन्तु भएर सुतिरहेको थियो, वरिपरि झिँगा भन्केका थिए । सानी सुके भएको ठाउँमा गएर टाउको र हात छामिन्, आफ्नै हात आगोले पोले जसरी पोल्यो ।” सानी झसंग भइन् र आमाले भनेको सम्झिइन् थाङ्ने जोरो आयो भने मान्छे बाँच्दैन रे, कति बिरामी हुन्छ, त्यो बच्चो । सुकेलाइ थाङ्ने जोरो आ छ अरे, धनीलाई लिन नबोलाऊ है सानु । सर्न पनि सक्च थाङ्ने जोरो त ।” एकैछिनमा धनीले सिलोटको एउटा बटुकामा खोले ल्याएर भाइलाई बिस्तारै सानीको आड लगाएर पियाई दिइन् । “दिदी पानी ले न, कस्तो तिर्खा लागेको छ,” सुकेले पहेँला आँखा पर्लक्क पल्टाउँदै दिदीतिर हेरेर भन्यो । धनीले गाग्रीबाट चिसै पानी बोट्कामा सारेर ल्याएर पियाई दिई । सानीको काखमा अडेसा लागेको सुकेलाई बिस्तारै दुवै मिलेर ओच्छ्यानमा पल्टाए । धनी खुसुक्क भित्र गएर एउटा बटुकामा मासु र अर्कोमा जाँड लिएर आई । सानी खान्च्यौ र ? नखाऊ भो, कसैले देखे भने । सानीले जिद्दी गरी– दे न धनी म नी चाख्चु नी अलीकती । दुवै जनाले पालैपालो रक्सी र पोलेको मासु मुख मिठ्याउँदै छिटोछिटो खाए । यताउता पल्यापुलु हेरे, धन्न कोही आएनन् । धनी भाँडा माझ्न जुठेल्नामा गई । सानी सुकेको नजिकै गई । सुकेले रुन्चे आँखा लगाएर सानीलाई टोलाएर हेर्दै भन्यो –उठेर हिँड्न, खेल्न पनि सक्दिनँ, मर्चु कि क्या हो सानी म त ।” सानीले आँखा टिलपिल गर्दै सुकेलाई हेर्दै त्यो दिन सम्झिदै भनिन्– अघिल्लो शनिबार त हो नि धनीले सानी र सुकेको ख्यालख्यालको बिहे गराइ दिएकी । सुकेले रातो माटोको सिन्दुरले सानीको सिउँदो भरी दिएको, अनि बेलुका आमासँगै सुत्दा टाउको भरी माटो देखेर आमाले सानीलाइ बेस्सरी गाली गर्नु भएको । कस्ले यसरी माटो हाल्दियो, भोलि स्कूल जान पर्नी मान्छे भनेर । यो कुरा सम्झेर सुके पनि सकिनसकी हाँस्यो । सानी र सुके एक कक्षामा पढ्थे, सँगै स्कूल जान्थे, आउँथे, दुवै जना एउटै उमेरका थिए । धनी उनीहरु भन्दा चार वर्षले जेठी थिइन् तर सुके र सानीलाई सँगै खेलाउँथिन् । तर सानीको मिल्ने साथी भएकी थिइन् अलि ठूलो हुँदासम्म, नङमासुजस्ता, दुवै जनालाई दुवै जना नभई हुन्थेन, कहिलेकाहीँ धनी पनि स्कूल जान्थिन् सुके र सानीसँगै । नबुझेको सिक्थन् सानी र सुकेसँग । पढ्न पाको भए कति माथि पुग्थिन् होला है, धनी ? आज सानीले सम्झदै छिन् । धनी र धनीकी आमाले पनि फूर्सदमा सानीको घरमा काम सघाउँथे । त्यसको सट्टा उनीहरुलाई चामल, धान, मकै, कोदो र ज्याला दिनुहुन्थ्यो सानीकी आमाले । धनीलाई त बेलाबेलाका घिउभात खान दिनुहुन्थ्यो । सानीकी आमाले, सानीलाई जस्तै माया गर्नुहुन्थ्यो धनीलाई पनि । आजकल फोन गर्दा ती दिन सम्झन्छन् धनी र सानी, आमालाई पनि सुनाउँछन् यी पुराना कुराहरु र विगतका दिन सम्झेर कैले खुसी त कैले दु:खी हुन्छन् । अब त दुवैको बिहे भै सक्यो, छोराछोरी पनि जन्मिए । धनी विकट गाउँमा बस्छिन्, सानी शहरमा बस्छिन् । धनीका बाबु सानीको घरमा हली लागेको धेरै वर्ष भएको थियो । आज पनि नौ वर्षकी बालख छोरी धनीको भरमा पाँच वर्षे बालख बिरामी छोरो छोडेर मेलामा गएका थिए, उनीहरुका बाबुआमा । नगरी काम पुग्दैन खान साँझ र बिहान भनेझैं थियो उनीहरुको दैनिकी । आफ्नो खेतबारी थोरै थियो, अर्काकोमा पाखुरा नखियाई र निमेक नगरी खान नपुग्ने अति दुःखी जीवन थियो साँहिला साँहिलीको । त्यो दिन सानीलाई गरैगरा उक्लँदै छोटो बाटोबाट घर पुर्याएर धनी आफ्नो घर फर्किइन् । सानीले लामो सास फेरेर ढोकामा हेरिन्– धन्न ढोका ढप्क्याइराको रैछ, आमा पात्लबाट आउनु भएको रैनछ । भोलिपल्ट बिहानै बाटामुनि एकोहोरो शंख बज्यो । आमा आत्तिदै आँगनबाट निवारोको बोट भएको गराको डिलमा पुग्नु भो, उनी पनि आमाको पछिपछि गइन् । “लौन नि रामराम, सुके पनि भगवानको पियारो भएछ नि ।” “तिमीले नहेर छोरी, बच्चाले हेर्न हुँदैन,” आमाले सारीको सप्कोले सानीलाई लुकाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो । ठूलो गरा मुनिबाट कोलमा पँहेलो कपडाले बरिएको मान्छेको आकृति मानिसहरुले काँधमाथि बोकेर छिटोछिटो हिडेको देखेँ ,कोलबाट तल झारेको पनि देखिन् सानीले। आमा रुन लाग्नु भो हे ! भगवान्, के देख्नु पर्यो नि यस्तो, यति कलिलो बालखलाई किन चुँडिस् नि ! गाउँलेहरुले माथि गराबाट हेरिरहेका थिए । माथेड सानिमा र भाउजूले पनि गराको डिलबाट हेर्नु भएको थियो । अहो ! सोच्दा सोच्दै ,सम्झँदा सम्झँदै झल्याँस चराको चिरबिरले ब्यूँझाइदियो र ल्याइदियो वर्तमानमा । उनको शरीरभरि पसिना छुटेको थियो, आँखाभरि आँशु भरिएर पोखिँदै थिए । तर त्यो मीठो आवाज, जुन आवाजको उनलाई बचपनमा बानी परेको थियो-गुन्जिइरह्यो उनका दुवै कानमा । सुकेले कोलको छेउमा उभिएर उनैलाई पर्खंदै बोलाएको एउटा मीठो आवाज उनको कानमा आएर सुस्तरी ठोक्किइरह्यो– “ओई बाहुनी केटी – आऊ स्कूल जाम् ।” #अनुश्रुति #प्रेम #भेदभाव साबिती कविता : मेरी आमाले आत्महत्या गरेको देश: १. ईश्वर बल्लभ (११.०७.१९३७-२२.०३.२००८) आधुनिक नेपाली साहित्यका प्रातः स्मरणीय प्रतिभा हुन्। उनको विधागत क्षेत्र कविता, कथा, निबन्ध र समालोचना हो। साहित्यिक स्तरीयता र योगदानका दृष्टिले उनका सबै क्षेत्रका रचनाहरू महत्त्वपूर्ण मानिन्छ। उनले टुकी, प्रज्ञा, फूल-पात-पत्कर र तेस्रो आयाम पत्रिकाको सफल सम्पादन गरेर नेपाली साहित्यिक पत्र–पत्रिकाको विकासमा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। बल्लभ बहुमुखी प्रतिभा भए तापनि नेपाली साहित्य संसारमा उनी कवि प्रतिभाकै रूपमा धेरै चर्चित र लोकप्रिय छन्। सङ्ख्यात्मक रूपमा पनि उनले कविता सिर्जनामा नै धेरै ऊर्जा र समय खर्चेका छन्। मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार र प्रेस काउन्सिल पुरस्कारले उनका कविताहरू वा काव्यिक योगदानको मूल्याङ्कन भएबाट पनि उनको खास विधा क्षेत्र कविता नै रहेको पुष्टि हुँदछ। उनका चारवटा कविता सङ्ग्रहहरू क्रमैले आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् (सन् १९७२), एउटा सहरको किनारामा (सन् १९७७), समानन्तर (सन् १९८१ ) र कस्मै देवाय: (सन् १९८५) प्रकाशित छन्। ईश्वर बल्लभ मूलत: प्रयोगवादी कवि हुन्। आफ्ना कविता यात्राको आदिदेखि अन्त्यसम्म उनले यस प्रवृत्तिलाई कायम राखेको देखिन्छ। नवीनता प्रतिको मोह र आफ्नोपन प्रतिको सजगता उनका सबै कविताहरूमा प्रतिविम्बित हुन पुगेका छन्। कविताको भाव, भाषा, शिल्प, शैली, प्रस्तुति, संरचना आदि सबै अवयवहरूले उनको प्रयोगधर्मितालाई सशक्त ढङ्गमा आत्मसात गरेका छन्। वस्तुत: उनका आयामिक मान्यता र कविताहरू उनमा अन्तर्निहित प्रयोगवादी प्रवृत्तिकै विशिष्ट अभिप्राप्तिहरू हुन्। वस्तुतालाई आयामिक लेखनको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मान्ने बल्लभका कविताहरूमा वस्तुको स्वतन्त्र अस्तित्व जे-जस्तो छ त्यसलाई त्यसमै रहन दिने उद्यमले अनुप्रेरित छन्, मैले हाँगा, पात नभएर रुख जिउँछु। -नितान्त बल्लभका कविताहरू वस्तुको आन्तरिक, सूक्ष्म, अमूर्त र अगोचर पाटाको अन्वेषणमा प्रतिबद्ध छन्। उनका कविताहरूमा वस्तुको घनत्त्व वा गहिराई पक्षको उत्खनन पाइन्छ, एउटी बूडी आइमाईले ऐना हेरेर आङ्गमा बैँस कन्याएको जस्तै म अभिशप्त छु। -हिज मेरो घर आद्यताको माध्यमद्वारा सम्पूर्णताको प्रकटीकरण बल्लभका कविताहरूको अर्को आयामिक विशेषता हो, मभित्र एउटा मानिस नाङ्गो सुतिरहेको छ मबाहिर एउटा मानिस नाङ्गो सुतिरहेको छ ऊ चलमलाउँदैन कहिल्यै ऊ जहिल्यै अल्झिन्छ ऊ घाउजस्तै बल्झिन्छ। -अग्निद्वीप आद्यताले नै वस्तुको वस्तुता र सम्पूर्णतालाई मूर्त रुप दिन्छ भन्ने आयामिक आस्थाको दह्रिलो प्रयोग बल्लभका कविताहरूमा पाइन्छ, उसका सबै ठाउँहरूलाई सुमसुम्याउन थालेको उहिलेको युगदेखि तिमीले र मैले सहीद भैदिएको आस्थाको क्षण एउटा पुराण हो एउटा बहुला कार्निवलको चिहान हो आदिम सत्य यस्तै हुन्। -एउटा सहरको किनारामा बल्लभका कविताहरूमा चित्रकलाको सोझो-साम्य भाषाको कलात्मक प्रयोग पाइन्छ। तत्क्षण अनुभवले चित्रकलामा जुन अनुभूति पाइन्छ त्यसलाई झ्वाम्म भाषामा टिप्न बल्लभका कविताहरू कटिबद्ध देखिन्छन्, धुपीका रुखहरू बिउँझेर उक्लिएर पहाडका शिखरहरू निहारिका चिहाउँछ हातमा आँखा लिएर। -त्यो बगेको पानी दजला र फरातको कवि बल्लभ जीवनवादी कवि हुन्। अर्को अर्थमा मानवतावादी कवि। उनका कविताहरूमा हताशा, कुण्ठा, नैराश्य आदिको भाव निकै बाक्लो देखिए तापनि जीवनप्रति उनको गहिरो आस्था र अनुराग छ। मानवीय मूल्यहरूको स्फूरणमा पनि उनका कविताहरू आग्रही छन्, आकाश मात्रै नहेर धरती पनि हेर्नु पर्छ। -मानिसको पयर बल्लभ विम्बवादी कवि हुन्। विम्बहरूको बाक्लो घारी पाइन्छ उनका कविताहरूमा। उनका कविताहरू आद्योपान्त विम्बात्मक हुने गर्छन्। शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन सिङ्गो पङ्क्तिपुञ्ज वा कविता नै विम्बमा प्रस्तुत गर्नसक्ने कला उनमा निहित छ। यसैर समालोचक इन्द्रबहादुर राई भन्छन्– कवि बल्लभ विम्बमा कविता लेख्नुहुन्छ। नमूनांश हेरौँ, गहिरो निलो सरीरको देव गहिरो निलो पानी गहिरो गगन निलो। – अग्निद्वीप यसै गरी सार्वभौमिकता, विद्रोह चेतना, व्याकरणिक विचलन, गद्यात्मकता, अनुप्रासीय सङ्गीतात्मकता, लामा आयाम, आख्यानात्मक संरचना आदि उनका अन्य कविता प्रवृत्ति एवम् विशेषता हुन्। २. अङ्ग्रेजीमा प्रचलित कन्फेसनल पोएट्रीको निम्ति नेपालीमा ‘साबिती’ कविता उपयुक्त नाम देखिन्छ। नेपालीमा यसलाई कायलनामा कविता वा मञ्जूरीनामा कविता भन्दा पनि कुनै अनर्थ नहोला। साहित्यिक परम्परामा पारिवारिक दुर्मृत्यु वा अस्वाभाविक मृत्युको स्वप्रयत्नको स्वीकारण लगभग वर्जित विषय हो। वास्तवमा व्यक्ति जीवनका दुर्घटना, चारित्रिक दुर्गुण, मानसिक विकार, गुप्तरोग, यौनकुण्ठा, प्रेम निराशा, वैवाहिक जीवनको असफलता, आत्महत्या प्रवृत्ति, पारिवारिक कलह, अनुवांशिक रोग, पारिवारिक दुर्मृत्यु आदि जस्ता जीवनका अँध्यारा र सार्वजनिक गर्न असजिला पाटाहरूलाई इमान्दारपूर्वक स्वीकार गर्दै कवितामा साझा गर्नु साबिती कविता हो। व्यक्ति जीवन वा पारिवारिक जीवनका अँध्यारा पाटाहरूदेखि भागेर वा ढाकछोप गरेर होइन तर तिनलाई निर्भय र इमान्दारीसँग कवितामा अभिव्यक्ति दिनु साबिती कविहरूको अभीष्ट हो। कविताको एउटा नयाँ जनरको रूपमा साबिती कविता अमेरिकी चिन्तन परम्पराको अवदान हो। पश्चिममा (खास गरेर अमेरिकामा) कविताको नयाँ जनरका रुपमा कन्फेसन कविताको सुदीर्घ परम्परा बसिसकेको छ। कविता लेखनका यस अनौठो र विवादस्पद धाराको सर्वाधिक चर्चित प्रतिभा हुन्– सिल्भिया प्लाथ (सन् १९३२-१९६३)। सिल्भिया प्लाथले आठ वर्षको कलिलो उमेरमा बाबुको आत्महत्या आफ्नै आँखाले प्रत्यक्ष देखिन्। जन्म र मृत्युको अभेद्ता कलकलाउँदो उमेरमै बुझिन्। बाबुको अस्वाभाविक मृत्युले जीवनभरी ऐंठन पारिरह्यो प्लाथलाई। सामान्य मनोदशामा जीवन भोग्न पाइनन् उनले। आफैँले पनि पटक पटक आत्महत्याको कोसिस गरिन्। तिनलाई निर्भीकतासहित कवितामा साबिती गरिन्। बाबुको आत्महत्या, असामान्य बालखपन, तनावग्रस्त मनोस्थिति, जीवनप्रतिको अनास्था र आत्महत्याको असफल कोसिस प्लाथको कवितालाई प्रेरणा बन्यो। कालजयी कनफेशनल कविताहरू सिर्जन गरिन्, प्रतिष्ठित पुलित्जर पुरस्कार पाइन्। अन्तत: प्लाथले एकतीस वर्षका अल्पायुमा आत्महत्या नै गरिन्। जोन बेरीमेनका पिताले आफ्नै आँखासाक्षी गोली ठोकेर आत्महत्या गरे, आमा पोइल गइन्। ती घटनाहरूले बेरीमेनको कलिलो मनोकाशमा सधैँका निम्ति अँध्यारो छरिदिने काम गऱ्यो। अन्तत: आफैँले पनि वासिङ्गटन ब्रिजबाट मिसिसिप्पी नदीमा हाम्फालेर आत्महत्या गरे तर पारिवारिक कलह, दुर्मृत्यु, जीवनगत अनास्था आदिलाई आफ्ना कविताहरूमा निर्भीकतासहित अभिव्यक्ति दिए। कमला दासले आत्महत्या गरिनन्। पचहत्तर वर्षको आयु बाँचिन् तर पटक पटक आत्महत्याको कोसिस गरिन्। आफ्नो असामान्य मनोस्थिति तथा गृह कलह, यौन असन्तुष्टिजस्ता नितान्त व्यक्तिगत समस्याहरूलाई आफ्ना रचनाहरूमा इमान्दारपूर्वक नाङ्गोझार पारिन्। पश्चिममा कविताको साबिती जनर दोस्रो विश्व युद्धकालतिर नै स्थापित र रूढ भइसकेको हो। नेपालीमा भने यस प्रकारको रचना आमाको आत्महत्याइतर पाउनु गाह्रो छ। ३. रूपरेखा पत्रिकाको दुई अङ्कमा (वर्ष १२, अङ्क ४, वि.स. २०२८ र वर्ष १२, अङ्क ५, वि,स, २०२८) क्रमश: छापिएको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवि ईश्वर बल्लभको सर्वाधिक चर्चित कविता हो। चित्रभाषाको कलात्मक प्रयोग, विद्रोह चेतना र अनुभूतिको सम्पूर्णता यस कविताको महत्त्वपूर्ण उपलब्धि हो। कति कविता यस्ता पनि हुन्छन् जसको अन्तर्वस्तुलाई पर्गेल्न पाठेतर सामग्रीमा धेरै निर्भर पर्नुपर्ने हुन्छ। प्रसङ्गत: बल्लभको मेरी आमाले आत्महत्या गरेको देश कविताको सारवस्तुलाई राम्ररी छिचोल्न बल्लभको जिन्दगानी तथा उनका पारिवारिक, सामाजिक र राजनीतिक पृष्ठभूमि नचिहाई सम्भव बन्दैन। ईश्वर बल्लभका पिता पण्डित मुरलीधर भट्टराई नाम चलेका पण्डित र विद्वान् थिए । राजनीतिमा उनको चासो थियो तर सक्रिय राजनीतिमा उनी थिएनन् । चन्द्रशमशेर जङ्गबहादुर राणाको राजसत्ताले नेपाली काङ्ग्रेसमा राजनीति गरेको अभियोगमा पण्डित मुरलीधर भट्टराईलाई छ-सात वर्ष जेलमा थुने । उनकी आमा राममाया भट्टराईले त्यस कालखण्डमा ठूलो कष्ट सहिन् । गिट्टी कुटेर दुईजना छोरालाई लालनपालन गरिन् र पढाइन् । एक्लो अभिभावकको कर्तव्य सकुशलतापूर्वक निर्वाह गरिन् । तर पिताजी जेलबाट निस्केपछि त्यसभन्दा ठूलो कष्ट पाइन् । चन्द्रशमशेरले मुरलीधरलाई दिएको सजायभन्दा ठूलो सजाय मुरलीधरले राममायालाई दिए । एउटी नारीका लागि सौता हाल्नुभन्दा ठूलो सजाय के हुन सक्छ । पण्डित मुरलीधरले राममायामाथि त्यही अन्याय गरे र उनले नगरेको अपराधको सजाय दिए । अनि, एकदिन यही असह्य अपमान र पीडाबाट मुक्ति खोज्न एउटी स्वाभिमानी नारीले खुकुरीले सेरिएर आत्महत्या गरिन् । त्यस समय विश्ववल्लभ बालक नै थिए तर ईश्वर बल्लभ सोच्ने-विचार्ने तेह्र वर्षको उमेरमा हिँडिरहेका थिए । मर्दै गरेकी आमाको छटपटी र त्यस असह्य पीडाको द्रष्टासाक्षी छोरा ईश्वर बल्लभले त्यस पूर्वदृश्यलाई कति वर्षसम्म मुटुमा गाँठो पारेर मन्थन गरेर हिँडे भनेर साध्य छैन । जीवनकालभरि बल्लभलाई आमाको आत्महत्याले पिरोलिरह्यो । अन्तत: लामो समयको पीडामय छटपटीपछि बाफिएर कागजका पन्नामा तपतपी चुह्यो – मेरी आमाले आत्महत्या गरेको देश (यस परिच्छेदको निर्माण गुगल सर्चबाट लिइएको सामग्रीबाट भएको छ, अहिले खोज्दा स्रोत विवरण अनुपलब्ध रहेछ, क्षमा चाहन्छु)। इन्द्रबहादुर राई लेख्छन् – प्रासङ्गिक हुन्छ यहाँ भारतीय एक आध्यात्मिकले सोधेकोमा पवित्र दलाई लामाको उत्तर। प्रश्न गरिएको थियो: किन तिब्बती गुम्बाहरूमा नवशिष्यहरूलाई पात्र मृतकको (पाइँदो मृत कुनै गुरुको) खोपडी दिइएको, बजाउनलाई नलीहाड र हड्डीको माला दिइएको। दलाई लामाले बुझाइदिनुभएको छ: जीवन र मृत्युको अभेदता, अरू पनि अभेदता, आत्मासात् गराउनलाई छ त्यो प्रशिक्षण। मृतकीय वस्तुहरूसितको सदा सामीप्यले, छुँदाको अभ्यस्तताले र तिनीहरूको सधैँ उपयोगले अभेदता बुद्धिले सँगै मनले पनि गृहीत बन्छ। कविले योगीय अभेगतामा पुग्नलाई, त्यो अभेदता अनुभूत गर्नलाई मृत्यु र मृत्युका पार्यायिक समवेत क्लेशदहरूसित अभय खेल्न सक्नुपर्ने रहेछ। आत्महत्या कवितामा कवि ईश्वर बल्लभलाई यस फाँटमा पुगेका पाउँछौँ। छोरो बल्लभ आमाको आत्महत्यासित खेलिबस्छन्। यसरी सधैँ उठबसको निरन्तरताले छोरो बल्लभमा आत्माहत्या विषयक सामाजिक–नैतिक धारणाप्रदत्त लाज, ग्लानि, भयजस्ता भावहरू टकटकिँदै जान्छ र तिनलाई प्राज्ञिक अवस्थाबाट अवलोकन गर्न सक्ने सामार्थ्यको विकास हुन्छ। छोरो बल्लभको त्यस प्राज्ञवस्थालाई कवि बल्लभले प्रेरकतत्त्वको रूपमा आत्मसात गर्दछन्। आमाको आत्महत्या छोरो बल्लभका निम्ति जिन्दगीभरलाई गाडेघाउ भयो। त्यस घाउले बल्लभलाई नदुखाएको कुनै पल थिएन। कविको दिनचर्या नै आमाको सम्झनाबाट सुरू हुन्छ, काकाकुलीले चारैतिर रगतै रगत देखेजस्तो बल्लभ पनि जहीँतहीँ र जहिलेतहिले आमाको क्षत-विक्षत लास मात्र देख्छन्, म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु, त्यसको वरिपरि रातो दाग लागेका हुन्छन् ; थुप्रै सूर्यहरू अस्ताउन आँटेका हुन्, मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन् उम्किदै गइरहेका आभास भएर उम्किदै गइरहेका क्यानभास भएर आफ्ना सत्यहरू भएर, तिमीले कहिलेकाहीँ देखेका छौ परको आकाशलाई अझै परको क्षितिजलाई अझै परको रातो रङ्गलाई भने – त्यो मेरो आमा हो बिहान आँखा उघारेर पहिलो पटक जब कवि आकाश हेर्छन्, आकाश रातो दागले रगताम्मे हुन्छ। त्यस्तो देख्दा कविलाई मानवीय सभ्यता असामयिक मृत्यु पर्खिरहेको, आफ्नो चेतनाले सभ्यताको उद्धार खोजिरहेको तर केही गर्न नसकेको लाचार अवास्थामा आफूलाई पाउँछन्। कवि रगताम्मे आकाशमा आमाको प्रतिबिम्ब पाउँछन्। आमाको आत्महत्या आफ्नै आँखासाक्षी घटेको तर आमालाई आत्महत्यादेखि रोक्न नसकेको आफ्नो लाचारीपन वा विवशतालाई आकाशको गाडा रातो चित्रबिम्बद्वारा अघि सार्छन्। कविलाई लाग्छ, आत्महत्या गहिरो घाउ हो, जीवनभर ननिको हुने गाडे घाउ हो। आत्महत्या फूलजस्तो फक्रन सक्छ, क्रान्तिको प्रेरक बन्नसक्छ, प्रगतिको आधार बन्नसक्छ। घाउले मानिसलाई जिउन पनि सिकाउँछन्। कविलाई के अनुभूति हुन्छ भने आजसम्म कसैले नपाएको निर्मम पुरस्कार आमाको आत्महत्याको रूपमा मैले पाएको छु र त्यो पुरस्कार मलाई देशको व्यवस्थाले दिएको हो। बल्लभले आमाका दुर्मृत्युलाई भुल्न कति कोसिस गरे होलान्, भनेर साध्य छैन। आमाको त्यस दुर्मृत्युलाई जतिसक्दो भुल्नु कविको लक्ष्य छ, र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु। अथवा किनभने मैले यसलाई मेरी आमाको रगतदेखि मुक्त गर्नु छ मात्र फलाम बाँकी रहोस भनेर अथवा त्यो आश्चर्यको रुखलाई माटोले प्रशस्त बाँध्छ माथि उम्रन सक्दैन त्यसैले धरतीदेखि उम्किन नसक्ने वाध्यता उसको तिम्रो पनि होइन, मेरो पनि त्यसैले किन चिन्तित हुने। बरु केही तितेपातीका स्याउला र मंत्रले भजाएका अक्षता चौतारीका धुलो लिएर मन्छिन चाहन्छु यस स्वप्नलाई। तर सक्दैनन् कवि। भुलेर भुल्न सकिने त्यति सहज विषय पनि त होइन आमाको आत्महत्या। कविलाई राम्ररी थाहा छ, आफ्नो जरा, त्यो मेरो आमाको रगत मेरो रुख हो। आफूले भोगेका असह्नीय पीडा अरूले भोग्न नपरोस् भन्ने कामना गर्दछन् कवि। कुनै पनि छोरोले आमाको आत्महत्याको द्रष्टासाक्षी हुन नपरोस् भन्ने अभीष्ट पाल्दछन् कवि। कवि आफ्नो अनुभवको होसियारी र सचेतता साझा गर्छन्, यसरी, भन्ने छु तिम्री आमा पल्लो कोठामा गइन अब एउटा आवाज आउने छ। यौटा ठूलो ढिलो भैसकेपछि तिमी भन्ने छौ यो मेरो आमाले आत्महत्या गरेको देश अथवा गएर हेर – कसैले खुकुरी लुकाएको त छैन (सायद तिम्री आमाले लुकाएको होला) पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे उसले आत्महत्या गरिसकेकी हुन्छे कहिलेकाहीँ कविलाई आत्महत्या मानवीय कायरता लाग्छ, सङ्घर्षदेखि पलायन लाग्छ, जब यौटाले आत्महत्या गर्छ उसले नै गर्छ – उसले भोग्छ ऊ कायर पनि हो – त्यो कायर मेरो आमा हो। फेरि कविलाई आमाको आत्महत्या बलिदानजस्तो पनि लाग्छ, तर, ती छर्किएका पवित्र पानीहरू थिएनन्, ढोका, दलिन र भित्ताहरूमा रातो लागेका व्यक्तिगत बलिदानजस्ता। सहादतजस्तो। उसको अनुहार। यसर्थ कविलाई बलिदानको उत्सव मनाउन मन लाग्छ, यस बेला ठूलो उत्सव मनाएर, ठूलै नृत्य गरे पनि हुन्छ, अनि, गीत गाएर राता फूलहरूका, अग्लोजस्ता, उफ्रिएको खुट्टाहरू पनि होउन्, गालाहरू चम्केका आमाको आत्महत्यालाई सामाजिकतासित जोडेर हेर्छन् कवि। आमाको आत्महत्या त्यसबेला परकीय चापको परिणति लाग्छ कविलाई। आमाको आत्महत्या बल्लभको परिवारमा घटित पारिवारिक दुर्मृत्यु भए तापनि कवि वैयक्तिक तहबाट अलि मास्तिर उठेर पारिवारिक दुर्मृत्युलाई समष्टीकृत तुल्याउँदै सम्पूर्ण नेपाली आमाहरूको प्रत्यक्ष-परोक्ष आत्महत्यालाई समेत मूर्त्याउन पुग्छन्। कवि मानसमा आमाको आत्महत्या गाडेघाउ भएर बसेको छ। कवि घाउबाट मुक्ति चाहन्छन्, सक्तैनन्। उसको चेतनालाई आमाको दुर्मृत्युले सधैँ ठुङ्गी बस्छ। आत्महत्यासित प्रत्यक्ष-परोक्ष कारणहरू तथा तिनका प्रभावहरू खेलाइबस्छन् कवि। आमाको आत्महत्या फगत् बल्लभको आमाको आत्महत्या भए तापनि आमाको बँचाइ, आमा बाँचेको देश–काल–वातावरण, आमाको सङ्घर्ष-स्वाभिमान, समाजव्यवस्था, राजनीति, पितृसत्ता, घार्मिक आडम्बर, लैङ्गिक असमानता आदि पक्ष वा तरङ्गहरू केलाइबस्छन् कवि। यसरी आमाको आत्महत्या र तिनका सम्भाव्य कारणहरू केलाइबस्दा पितृसत्तात्मक देशमा नेपाली आमाहरू प्रत्यक्ष-परोक्ष आत्महत्या गर्न विवश बनेको तथा आफ्नो चेतना र सम्वेदनाले आमापीडालाई पक्रेर पनि केही गर्न नसकेको विकल्पहीनतालाई अभिव्यक्ति दिन्छन् कवि, मेरो बाउ जेनेरेसनले मर्न बाध्य गरिएकी मेरी आमा। ईश्वर बल्लभ घरको एउटा कोठामा पस्दा कविलाई आमाको सम्झना आलो भएर आउँछ। मानिसहरू मेरो आमाले आफ्नै देशमा आत्महत्या गर्नुपऱ्यो भनेर व्यङ्ग्यमिश्रित टिप्पणी गरिरहेका हुन्छन्। अरूका आमाहरूले यो देशमा आत्महत्या गर्न नपरोस् भनेर कवि खुकुरी धुन्छन्, रगतमुक्त तुल्याउने कोसिस गर्छन्। आफूसँग पैतृक सम्पत्तिको रूपमा यही अभिशप्त खुकुरी मात्र रहेको र आफ्नो सबेभन्दा ठूलो कर्तव्य यो खुकुरीलाई अभिशाप्तमुक्त तुल्याउनु रहेको आत्मबोध गर्छन्। कविलाई के लाग्छ भने जबसम्म देशमा पितृसत्तात्मक र अमानवीय व्यवस्था कायम रहन्छ तबसम्म आमाको आत्महत्याको घटना दोहोरिरहनेछ, छोराहरूले खुकुरी धोइरहनुपर्नेछ। त्यसेले यो सबैको आमाले आत्महत्या गरेको देश हो। अकर्मण्य व्यवस्थाले एकमुठी बिरालोरूपी शोषकहरूको पक्षपोषण गर्छ, उनीहरू आमाको आत्महत्यामा राजनीति गरेर आफ्नो दुनो सोझ्याउँछन्। निमुखा–शोषितहरू देशबाट पलायन हुन बाध्य छन्। विस्वासहरू खण्डित छन्, रगताम्मे छन्। कवि भन्छन्- तिमी र म विश्वासका त्यही भग्नावशेषहरू बोकेर अन्योलमा बसिरहयौँ। उसको अनुहार बलिदानीको झैं थियो। हामी निष्ठुर र सङ्कटमय समय भोगिरहेका थियौँ तर हामीलाई थाहा थिएन। चोकभरि वेदना गन्हाइरहेथ्यो, बलिदानको रगत बगिरहेथ्यो तर हामीले बलिदानी चिनेनौँ। अहिले डढेलो नसल्केको भए तापनि यो भोको छ। आमाको गलाबाट ओर्लिएका रगतका सर्पहरूले मलाई बेर्न थालेको छ, तिमी भने दरबारमा मौज गरिबस्यौँ। सुखद् भोलिको कामना गर्दै म त्यही सर्पसित खेलिरहेछु। आमाको लाससँग बसिरहुञ्जेल तिमीहरूलाई सन्तोष लाग्दोरहेछ, मलाई भने विषालु सर्पहरूसँग डर लाग्छ, कतै रगत कुल्चिन्छु कि भनेर डर लाग्छ। वास्तवमा मलाई मेरो देशमा डर लाग्छ, मलाई अनेकौं सर्पहरुको रातो र विषालु डर लाग्छ, मलाई हिँड्न डर लाग्छ, मलाई,ओर्लिन उक्लन डर लाग्छ, मलाई, रगत कुल्चिन्छु कि भन्ने डर लाग्छ, मलाई, मेरो देशमा डर लाग्छ सबैलाई रातो रगत चाहिन्छ। रातो रगत नभइ कुनै शुभकार्य चल्दैन। कवि भन्छन् – रातो रगतले नै मलाई अक्षर लेख्न सिकाएका हुन्। त्यसैले अब उत्सव मनाउँदा हुन्छ। कान्ति आफ्नै चालढालमा आइरहेछ तर हामीले देखिरहेका छैनौ। मलाई लाग्छ, यो बग्दै गरेको रातो खोला मेरी आमा हो, यो मेरो आमाले आत्महत्या गरेको देश हो। मैले क्रान्तिको पूर्वाभास पाइसकेको छु। अब क्रान्तिको महान् उत्सव हुनेछ। सुतेका सबै स्वर र अनुहारहरू उठनेछन्। चलमलाउने छन् बिउँझनलाई, चलमलाउने छन् जिउनलाई यी सबै सङ्घर्षहरुसित एउटा ठूलो ब्यङ्ग गर्दै ती परका एक जमात भोज खाने मानिसहरुलाई – देश छोडेर चराचुरुङ्गीहरु अज्ञात दिशातिर भाग्न थाल्छन् बासस्थान छोडेर सबै आकारहरु बरालिन थाल्छन्, जङ्गलका बतासहरु जस्तै रुखहरूमा हराउन थाल्छन्। अथवा आत्महत्या, कहिले फूलको कोपिलाजस्तो फूल भएर फक्रिन चाहन्छ आत्महत्या, कहिले विशाल गगनचुम्बी भवनहरु भएर उभिन चाहन्छ आत्महत्या, कहिले ठूलो पैरो भएर जान चाहन्छ आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ, आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ, आत्महत्या, महान् लहर भएर सागरमा बहकिन चाहन्छ आत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छ। आत्महत्या, तिम्रो बुँइगलको सिलिङ्मा कहीँ सिउरिएको छ, लाग्ने हतियार भएर ब्युँझने छ | गएर हेर, – कसैले खुकुरी लुकाएको त छैन, [सायद तिम्रो आमाले लुकाएको होली,] पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे, उसले आत्महत्या गरिसकेकी हुन्छे, कवितामा आद्योपान्त राता-रगताम्मे बिम्ब, प्रतीक र मिथकहरूको खोलो बग्छ, जसबाट जीवनको आद्यस्वरूपलाई प्रकट गर्ने प्रयास भएको छ, सेतो भैरवलाई रातो रगत कालो भैरवलाई रातो रगत सेतो कालीलाई रातो गरग रातो कालीलाई रातो रगत त्यो नीलो नदीलाई रातो रगत जेउसलाई रातो रगत मिनर्भालाई रातो रगत डाइनोसिसलाई रातो रगत कवि बल्लभ बिम्बले कविता लेख्छन्। उनको यस कवितामा पनि बाक्लो बिम्बघारी पाइन्छ। कवि स्वयम् चित्रभाषाको पक्षपाती भएको हुँदा यस कविताको शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन सिङ्गो पङ्क्तिपूञ्जनै बिम्बमा प्रस्तुत गर्ने कलात्मक उद्योग छ। आमाको आत्महत्या र त्यसबाट निसृत अनुभूतिको सम्पूर्णतालाई तत्क्षण बिम्बको सघन प्रयोगबाट अभिव्यक्ति दिने कलाले यो कविता निकै सूक्ष्म र अमूर्त बनेको छ। अनुभूतिको सम्पूर्णता र तात्क्षणिकतालाई जस्ताको तस्तै उतार्ने अभिप्रायले चित्र भाषाको तकनीकलाई यस कवितामा प्रयोग गरिएको छ, जाऊ, नजन्म, धन र ऐश्वर्य भए पनि त्यो पापी छ त्यहाँ नपस्नू | उत्तरीय महाद्वीपमा नजानू, धेरै दिन बाँच्न सके तापनि त्यहाँ पाप छ दामिनयान नपस्नू, लुपाको पूर्वी महाद्वीप नजानू भाले र पोथी पौडी खेलिरहेका हाँसका छन् त्यहाँ पाप छ नपस्नू, नाकमा दुखका गीतहरु सुन्नुपर्ने छ | काला घरहरुका ठाउँ पीडाहरुका ठाउँ सेता घरहरुका ठाउँ पृथ्वीका अँध्यारा प्वालहरुका ठाउँ काला बाटोहरुको ठाउँ, नपस्नू, आफुलाई सबै पर्खाल र बारहरुले छेकेर बाँधुन् जाडो प्रशस्त हुने छ, तातो पनि हुने छ, नपस्नू, प्रेमहरुले लखेट्ने छन्, नपस्नू, नपस्नू त्यस्ता पुलहरूमा जहाँ आत्महत्या गर्न बाहेक केही गर्न सकिन्न , नपस्नू, ती ढोकाहरुमा बलिया साँग्लीहरुले बाँध्लान् नपस्नू, रुखका महान् टोड्काहरुमा नपस्नू, ती जाल लगाएका माकुराका हातहरुमा नपस्नू, अक्टोपसले आहाल बसिरहेको कालो खोलामा तिमीलाई निल्ने छन् राता घाउहरुले जम्मै पानी रातो भएर रङ्गिउन्जेल, तिम्रा रगतहरु बगिसकेका हुने छन्। वास्तवमा ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवि ईश्वर बल्लभको नितान्त व्यक्तिगत जीवनमा घटेको दुर्घटनामा आधारित छ। त्यसर्थ कविको व्यक्तिगत जीवनका पृष्ठभूमि नचिहाई यस कविताको आस्वादन–अध्ययन सम्भव छैन। कविले त्यस पारिवारिक दुर्मृत्युलाई आयामेली दृष्टिभङ्गीबाट पर्गेलेर सोही दृष्टिभङ्गीअनुकूल रूपायन दिएका छन्। अर्थात् आमाको त्यस आत्महत्यामा झ्वाम्म विचरण गर्दा देखिएका नानाथरिका विकिरणात्मक अनुभूतिहरूको तत्क्षण र चित्रात्मक अनुभूतिको सारसङ्क्षेप नै मेरी आमाले आत्महत्या गरेको देश हो। यसमा आमाको आत्महत्या, आत्महत्याको पछाडि अन्तर्निहित प्रत्यक्ष–परोक्ष कारणहरू तथा ती कारणहरूसित सम्बन्धित विभिन्न सामाजिक, नैतिक, राजनैतिक आदि पक्षहरूको इतिवृत्तात्मक संश्लेषण गरिएको छ। अत: यो कविता नेपाली साहित्यकै एउटा दुर्लभ साबिती कविता हो। #आत्महत्या #ईश्वर बल्लभ #मेरी आमाले आत्महत्या गरेको देश #साबिती कविता देशका उम्दा २५ कला सेलिब्रेटी: पोखराका स्थायी बासिन्दा कृष्ण मर्सानीले हालै निजामती सेवाबाट अवकाश लिए । ३५ वर्ष लामो जागीरे जीवनमा उनी कलाकारका रुपमा खासै चिनिएका थिएनन् । सन् २०१६ को मे २८ देखि २०२० को मे २८ सम्मका चार वर्षमा उनले १ हजार ४ सय ५० वटा चित्र बनाए । तीमध्ये अधिकांश नेपाली साहित्य र कलाका हस्तीहरु छन् । साहित्यकारको चित्र बनाउन थालेयता उनी चर्तित कलाकारका रुपमा स्थापित भएका छन् । उनको हातबाट चित्र नबनेका साहित्यकारहरु अब पाउन मुस्किल हुन थालेको छ । जागीरे जीवनअघि उनी रंगमञ्चका कलाकार थिए । त्यसबाहेक उनी टेबल टेनिसका स्थानीय च्याम्पियन पनि भैसकेका व्यक्ति हुन् । सामाजिक कार्यमा पनि उनको क्रियाशीलता लोभलाग्दो छ । चित्रकलाका प्रख्यात कलाकार यादवचन्द भूर्तेलबाट प्रभावित भएका मर्सानीले विद्यालयदेखि नै कलाकारितामा रुचि राख्न थालेका थिए । जागीरे जीवनमा भने उनको कलाकारिता छुट्यो तर जागीरे जीवनको अन्त्यदेखि अवकासका फुर्सद समयमा उनी लगातार कला र साहित्यकारहरुको मुहारचित्र कोरिरहेका छन् । आखिर किन त ? ‘साहित्य र कलामा लाग्नेहरु देश र समाजप्रति बढी चिन्तित देखेँ । बाँकीलाई त व्यक्तिगत स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र चिन्ता देखिन्छ,’ जागीरे जीवनमा मानिसको चरित्रलाई राम्रोसँग अध्ययन गरेका मर्सानी भन्छन्, ‘मान्छेमा स्वार्थ त हुन्छ नै तर देश र समाजप्रति पनि ऊ उत्तिकै जिम्मेवार हुनुपर्छ । जुन साहित्य कलाका मानिसमा बढी छ ।’ उनी साहित्यका धेरै जसो पुस्तक पढ्छन् र साहित्यकारहरुका विचार पढ्न सुन्न रुचाउँछन् । यद्यपि विश्वेश्वरप्रसाद कोइराला, जगदीश घिमिरे र सरुभक्तका कृतिबाट उनी बढी नै प्रभावित देखिन्छन् । भन्छन्, ‘यी तीन स्रष्टाका कृतिहरुले मलाई साहित्यकारको चिन्तन कति माथि हुन्छ भन्ने बुझ्न सहयोग गर्यो ।’ प्रस्तुत छः हजारभन्दा बढी कलाकार तथा साहित्यकारको मुहारचित्र बनाएका मर्सानीका नजरमा सर्वोत्कृष्ट २५ मुहारचित्रहरुः अभि सुवेदी अलि मियाँ अमर गुरूङ अरूणा लामा वानीरा गिरी बैरागी काइँला विश्वेश्वर प्रसाद कोइराला धर्मराज थापा हरिहर शर्मा इन्द्रबहादुर राई जगदीश घिमिरे झमक घिमिरे मदनमणि दीक्षित माधवप्रसाद घिमिरे मञ्जुल माया ठकुरी नगेन्द्र शर्मा नारायण गोपाल गुरूवाचार्य पारिजात रत्न शमशेर थापा शिद्धिचरण श्रेष्ठ तुलसी दिवस यादव खरेल भैरव अर्याल चित्तधर हृदय #कलाकृति #कृष्ण मर्सानी #चित्राकृति #पोखरा #मुहारकृति अज्ञात जीवनको गजल: ढलेर मरिन्छ कि लाग्छ घरमा बस्दिनँ ।। विश्वास नै छैन कसैको भरमा बस्दिनँ ।। – – – – दुक्छ छाती निसास्सिएझैँ लाग्छ घरिघरि, म भिडमा हराउँछु शहरमा बस्दिनँ।। – – – – तर कायर त्यति लाछी म बन्नु मूर्ख हो, असल योद्धाले सोच्दछ डरमा बस्दिनँ।। #अज्ञात जीवन #गजल महामारीलाई जित्नु छ: त्याे लकडाउनकाे पन्ध्र दिन मेराे आँगन परदेश हाेला भनेर मैले कदापि साेचेकाे थिइनँ परदेश भनेकाे त झाेला बाेकेर ठूलाे जहाजमा बादल माथिमाथि उड्दै सात समुन्द्र पारि ठूला ठूला भवनहरूकाे शहर हाेला भन्ठान्थेँ । तर मलाई के थाहा मेरै आँगन परदेश भयाे आज घरकाे काेठा परदेश लागेपछि छिमेकीका घरहरू परदेशका ठूला भवन हुने नै भए । तर मैले जहाज चढेकाे थिइनँ, झाेला बाेकेकाे पनि थिइनँ, समुद्र तरेकाे पनि थिएन, हुन पनि हाे, समुन्द्र भेटियाेस् पनि कसरी ? मेराे घरमा पिउने पानी आउन त पहिला खानेपानी आउनु पर्छ । मेराे शहरमा मेलम्चीकाे पानीले तप्प चुहिन तीस वर्ष कुर्नु पर्छ । समुद्र…? कता खाेजाैं ..?? म झसङ्ग झस्किए, काेठा अँध्यारो थियाे । मलाई लाग्याे यहाँ सबै उज्यालोहरू छाेपिएका छन् । याे सानाे घर कैदीहरू राख्ने बन्दीगृह झैँ बनेकाे छ । आमाले खाना पस्किएर भाइबर कल गर्नु हुन्छ, बाबाले ह्वाट्सएपमा हालखबर साेध्नु हुन्छ । भाइबहिनीहरू म्यासेज गर्छन् । साथीभाइहरू जुममा भेट्छन् आफ्नै श्रीमतीले इमाेमा गुडनाइट भन्दा कस्काे मन चसक्क न चस्किएला र ! फ्याक्ट्री बन्द भएकाे पनि महिनौँ भयाे । अब त टेलिभिजनमा देखिने च्यानलहरू पनि बन्द हुन्छ हाेला । चिया गुलियाे बनाए बिस्कुट चाेप्दै चाेप्दै खाँदै हेर्ने समाचार पनि बन्द भए भने म थरथरी काँप्दै साेच्दै मन डुलाउनकाे मन रमाउनकाे लागि टिकटक हेर्छु । कहिलेकाहीँ बनाउछु पनि । तर अरूलाई अभियान गरेकाे जस्ताे लाग्दाेरहेछ । कसैले राम्रो भनिदिँदा प्रशंसा गर्दा पनि लाज लाग्छ । आजभाेलि वास्तविकता नै अभियान जस्ताे भएकाे छ । पत्याउनै गर्हो तर पत्याउनै पर्ने । आफ्नै घरका काेटाहरू पनि संघकी प्रेदश भएर भान्साकाेठामा जान, पास चाहिन्छ । बाथरुममा जान अनुमति चाहिन्छ । म झ्यालकाे सानाे पुवालबाट बाहिर चिहाउँछु, काेलाहालमा हुर्किएकाे, धुलाे धुँवाले मैलिएकाे मेराे शहर! आज चकमन्न, सुन्सान, शान्त छ । सायद मानिसहरूकाे थिचोमिचो दब्दबाबाट मुक्त भएर हाेला लामाे सास लिदैनिदाएकाे जस्ताे, बिल्कुलै शान्त र निःशब्द ! यी यस्ता दृश्यले मलाई पनि निःशब्द बनायाे । मेरा शब्दहरू सकिएर म राेकिएकाे हैन । बाटाहरू भत्किएर राेकिएकाे हैन । भेल, बाढी आएकाे छैन, पहिराे गएकाे छैन । तर सबै कुरा राेकिएकाे छ, यहाँ आएकाे छ त केवल महामारी । एउटा सन्त्रास, छाएकाे छ । सुक्ष्म भाइरस आएकाे छ । यसैले गर्दा आज मेरै आँगन परदेश भएकाे छ । लाग्छ कहिलेकाहीँ म पनि याे शहर जस्तै शान्त बनूँ निःशब्द रहुँ । तर हैन । मैले परदेशलाई आँगन बनाउनु छ । बन्दीगृहलाई घर बनाउनु छ । शहरलाई सुन्सान हैन झिलिमिली गराउनु छ । आमाले पस्किएकाे भात खाएर बाबालाई ढाेग्दै बच्चाहरूलाई अंगालाेमा बेर्दै श्रीमतीकाे अाँखामा हेर्दै मायाका दुईशब्दमा बाइ भन्दै फ्याक्ट्री जानु छ । मैले जित्नु छ याे महामारीलाई । देशलाई जिताउनु छ । विज्ञानलाई जिताउनु छ । काेराेनालाई हराउनु छ भगाउनु छ । #कोविद १९ #नमराज लामिछाने #महामारी उनको जन्मदिवस ', "उनको जन्मदिवसमा उनकै नाम अंकित बर्थडे केकसँगै उनी आउने तीव्र आशमा पर्खिरहेको म पर्खाइको त्यो छट्पटीमा, अप्रतिम सुन्दर उनको तस्बिर हेर्दै रोमाञ्चक स्मृतिले अन्तःमिठास पैदा गरिरह्यो मधुमय उनका शब्दहरू मन्त्रमुग्ध पार्ने उनका नयनहरू उनको मधुर सामिप्यताको आकांक्षा गर्दै रहें म उनको अनुपस्थितिले गर्दा बोझिल बनिरहेको त्यो कठिन पलमा कल्पनारुपी अनुपम संसारमा एक्लै डुलिरहेँ म त्यो निस्तब्ध वातावरणमा निभौँला झैँ गरिरहेको मैनबत्तीले समेत शुभेच्छा दिन नपाउँदाको अधैर्यता देखाइरह्यो मत्थर भएको प्रकाशसँगै क्षितिजतिर विलीनन भइरहेका रवी पनि मलाई एक्लो छोडी गन्तव्यतर्फ दौडिरहेका थिए सम्झाइरहेको थियो मलाई एकतमासले पग्लिरहेको त्यो मैनबत्तीले अब यही उत्सबलाई बर्षदिन पर्खिनुपर्ने तितो सत्य अनायास मेरा कपोलहरूमा चिसो अनुभूति हुँदा पो थाहा पाएछु मैले मेरा दुवै नयनहरू अकस्मात अश्रुपूर्ण हुँदै गएछन् रुझेका ती नयनहरू लिएर सोचें, सायद कतै मनाउँदै होलिन उनी आफ्ना अनन्य प्रियजनहरूसँग, अद्वितीय जन्मदिवस जसै त्यो मैनबत्ती निभ्यो जीवनकै अविस्मरणीय पल बनाउने चाहनालाई तिलाञ्जली दिंदै म फर्किन बाध्य भएँ । #उनको जन्मदिवस #प्रदिप 'पि.जे.' अज्ञात जीवनको गजल: छानो चुहियो मेरो सरकार बेखबर छ । छोरी जवान हुँदैछे मलाई उस्को डर छ । *** *** पोहोर आमा मरिन् छटपटाउँदै काखमा, झाँक्री छिमेकी घन्टौँको पैदलमा शहर छ। *** *** प्रिय पुत्र! छिमेकी हेरी तिमी जिद्दी नगर, कसरी पढाऊँ आम्दानीको दोब्बर कर छ। *** *** कहिलेकाहीँ यस्तो लाग्छ मरिदिन्छु भो बरु, अर्को मनले भन्छ परिवार तेरै भर छ । #अज्ञात जीवन #गजल मरेको मान्छेको चिठी: नचढाउनू फूल मेरो चिहानमा त्यहाँ केवल एउटा ढुङ्गा छ जसमा मेरो जन्म मिति र मृत्युको समय कुँदिएको छ । तिमीले त्यहाँ, मेरो अतितलाई भेट्न पाउने छैनौ । गहिरो श्वास लिँदै रोक्नै नसकेर झरेका आँशुले मलाई स्पर्श गर्न पाउने छैनौ । नबाल्नू जोर बत्ती नमनाउनू मेरो वार्षिकी नओडाउनू मेरो तस्बिरमा माला नसिकाउनू कसैलाई मेरो चीर शान्तिको कामना गर्न । घामलाई समेत पोल्ने तप्त वैशाखमा शीतल बनेर बहिरहेको छु । काललाई समेत तर्साउने कालो रातमा जून बनेर चम्किरहेको छु । भिजाउन बाँकी सपनाहरूमा वर्षा बनेर झरिरहेको छु । आधा गाएर बिर्सिएको गीतमा शब्द बनेर घन्किरहेको छु । त्यो चिहानमा केवल एउटा ढुङ्गा छ जसमा मेरो जन्म मिति र मृत्युको समय कुँदिएको छ । तर म मेरो जन्म मितिभन्दा अघि नै जन्मिएको थिएँ मेरो मृत्युको समयपछि पनि बाँचिरहेको छु । #मरेको मान्छेको चिठी शब्द: खोज्दै जाँदा बाँचेका हुन्छन् कुनै कुनै शब्दहरू हातमा स्पर्श बनेर छातीमा धड्कन बनेर ओंठको एक कुनामा मुस्कान बनेर । हिँड्दै जाँदा बाटाहरूमा यात्रा बनेर पनि बाँचेका हुन्छन् शब्दहरू । पदचापहरूमा अल्झेका हुन्छन् शब्दहरू बल्झेका हुन्छन् शब्दहरू घुर्कीहरूमा पार्कमा थचक्क बसेर कोही आउने बाटो हेरिरहेका पनि हुन्छन् शब्दहरू । खोज्दै जाँदा केही शब्दहरू यस्ता भेटिन्छन् जो हरेक पटक छुटिनुअघि गहिरो मौनतामा अलमलिइरहेका हुन्छन् सीधा नजरले हेर्न नसकेर अतालिइरहेका हुन्छन् हल्लिरहेका हुन्छन् शब्दहरू बतासको एक झोंका पातमा ठोक्किँदा चलमालइरहेका हुन्छन् शब्दहरू क्यानभासमा कुचीसँगै दगुरिरहेका हुन्छन् शब्दहरू भ्वायलिनको तारहरूमा गीत खोज्दै केही शब्दहरू यस्ता भेटिन्छन् मध्यराति कोही निद्रा फकाइरहेको बेला तीन फिट अग्लो र्याकबाट पुरानो पुस्तकसँगै भूइँमा खस्दछन् भर्खरै हाँगामा सरेका बचेरा हेरिरहेको गुँडमा भेटिन्छन् निःशब्द बनिरहेका शब्दहरू कतै कतै यस्ता शब्दहरू भेटिन्छन् जो ऊनसँगै कुरुसमा आकार खोज्दै आफैंलाई बिर्सिरहेका हुन्छन् अथवा, आकार खोजिहिँड्दै छिनोसँगै पत्थरमा ठोक्किरहेका हुन्छन् कुनै कुनै शब्दहरू वर्षौंपछि आँगनमा हाँसिरहेको मानिसको कल्पनामा झ्यालबाट सुस्तरी चिहाइरहेका हुन्छन् यसरी शब्दहरू खोज्दै जाँदा यसरी शब्दहरू भेटिँदै जाँदा दुःखसँग कहिल्यै हार नमानेको एउटा शब्द भेटाएँ बाटोमा मैले जसलाई अब जिन्दगीका बाँकी पानाहरूमा लेखिबस्नु छ जुन शब्द ’तिमी’ हौ । #शब्द समीपको गजल: विज्ञापन नगरी कोही सामान नलिने भयो खेतका आलु गोलभेडा खेतमै कुहिने भयो ।। न मल बीउ छ समयमा न बजारै सहज यसरी किसान बिचरो ऋणमै थुनिने भयो ।। फलाउनेलाई छलेर त्यहाँ नाफा खान धेरै दलालहरू पसे गाउँमा किसान ठगिने भयो ।। भाउ नपाएर भने जस्तो बाली लाउनै छाडे लगानी नै नउठे पछि जमिन बाँझिने भयो ।। जाल झेल कति हो कति सबैले अघाए पछि भविष्य खोज्न किसान मुग्लान भासिने भयो ।। #गजल #समीप रवीन्द्रको पेन्टिङ चुनाैती: रवीन्द्र मानन्धर बन्दाबन्दीका बेला अरूलाई झैँ कार्टुनिस्ट रवीन्द्र मानन्धरलाई पनि झ्याउलाग्दो दैनिकी बन्न पुगेको थियो तर उनले समय खेर फाल्न चाहेनन् । यसपछि एकादुई चित्रकला उनले फेसबुकमा पोस्ट गर्न थाले । तर उनले यत्तिकै मन भुलाउन गरेकाे चित्रकलालाई धेरैले रूचाएपछि नियमित रूपमा पोस्ट गर्न थालेका छन् । ‘अहिले त केही साथीले दैनिक पेन्टिङ बनाउने चुनाैती पनि थपिदिएका छन्,’ उनले भने, ‘दिनदिनै चित्रकला त बनाउन सकिँदैन हाेला तर सकेसम्म यस्ता चुनाैतीलाइ स्वीकार्ने पक्षमा छु ।’ व्यंग्य चित्रकारका रूपमा स्थापित रवीन्द्र मानन्धरलाई चित्त नबुझेका कुरामा सातामा कोरेका व्यंग्यचित्र प्रकाशन भएपछि मन हलुँगो हुन्छ । बन्दाबन्दीपछि चाहिँ व्यंग्यचित्रबाहेक अरू नै केही गराैँ भनेर उनले गएको फागुन महिनादेखि नै एकादुई चित्रकला राख्ने गरेका थिए । तर उनका साथीभाइबाट गज्जबको प्रशंसा पाउन थालेपछि भने उनले नियमित रूपमा चित्रांकन गर्ने र पोस्ट गर्ने गरेका छन् । ‘दिनदिनै त बनाउन सकिँदैन तर सातामा एक दुई वटा बनाएर हाल्दा र राम्रो प्रतिक्रिया पाउँदा बन्दाबन्दीको राम्रो सदुपयोग भइरहेको छ भन्ने लागिरहेको छ,’ उनले भने । कलाकार रवीन्द्रले बन्दाबन्दी शुरू भएपछि बनाएका एक्रेलिक र वाटरकलरको स्वाद तपाईं पनि लिनुहोस् न त, हुन्न ? रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर #दैनिकी #बन्दाबन्दी #लकडाउन प्यास, नारी र प्रकृति: तिलकराम पोखरेल प्यास घाँटीको मरूभूमिमा सपनाका कर्णहरू थोपा थोपा फुटेका छन् र थुप्रेका छन् रणभुमिका लास हरू जस्तै कुन नामको जलले बचाऊँ ती विरुवाहरू कुन नामको जलले हत्या गरूँ मरूभूमिको खडेरीलाई —————— नारी हजारौँ नदी र सडक बोकेका हुन्छन् छातीमा सहनशीलताको गन्तव्य संवेदनाको लक्ष्य र निःस्वार्थताको घुम्टोमा लज्जावती हुँदै बहादुरको भूमिका खेल्छन् युगौँयुगदेखि युगौँयुगसम्म —————- प्रकृति सन्नाटा र अँध्यारोको सहवासमा झुल्किन्छ आशाको किरण अस्ताउने रहर नभएपनि उदाउँदा विदाइको गीत गुनगुनाउँदै आउँछ तर सप्तरंगीलाई छरिदिन्छ र इतिहास बनाएर जान्छ एक युगको म्यान्मा, हाल थाइल्याण्ड #तिलकराम पोखरेल #नारी #प्यास #प्रकृति वर-पिपल: पूर्ण ओली “तिमी पनि आइपुग्यौ ?” हातखुट्टा लोलिएर नियास्रो अनुहार पारेको थकित वरलाई आफू नजिकै ठिङ्ग उभिएको देखेपछि पिपलले सोधी । उसो त वरलाई पिपलले दिउँसै देखिसकेकी थिई, मान्छेहरु चौतारीबाट फर्कने मौका कुरेर मात्र बसेकी मात्र हो । “तिमी त झन् पहिल्यै आइपुगिछौ नि !” पसिना पुछ्दै वरले खुइय सास फेर्\u200dयो । “अँss, म आएको त त्यस्तै एक वर्षजति भयो होला ।” “कस्तो छ यो ठाउँ ?”, वरले जीउ तनक्क तन्कायो र लत्रिरहेका पातहरुबाट छारो टकटक्यायो । वरको दयनीय अवस्था देखेर उसको मनोबल उकास्ने हेतुले पिपलले भनी, “ठीकै छ । सबैभन्दा अग्लो डाँडाको नेटामा रल्लिन पाउनु, सधैँ शितल बताससँगै हल्लिन पाउनु, टाढाटाढाका डाँडापाखा हेरेर मस्किन पाउनु, अग्लो ठाउँका अग्ला वृक्षको रुपमा सानमानसहित जीवन बिताउन पाउनु जोसुकैको भाग्यमा कहाँ लेखिएको हुन्छ र ? मान्छेको जात त हाम्रो लागि भगवान् साबित भएको छ ।” पिपल आभूषणमा ठाँटिएर गमक्क बसेकी जस्ती देखिन्थी । जिउ चिल्लो र सुलुत्त परेको थियो । पिपलको नारी सुगन्ध हर्हरी वरसम्म पुगिरहेको थियो । कलकलाउँदी सुन्दरी पिपललाई वरले निज्याएर हेर्\u200dयो । प्रकटमा भने ओठ लेब्य्राउँदै भन्योः “हुन्छ भगवान ! आफूलाई भाग्यमानी महसुस गरेकी छ्यौ ? ठीकै होला तिम्रो हिसाबले त । तर हेर्नैपर्ने कुराहरुबाट विमुख तुल्याइएर फोकट कुराहरु हेर्नु मात्र त कहाँ हो र जीवन ? भोग्नु पो असली जीवन हो त ! आफ्नै परिवार र आफ्नै समाजको नजिकै बसेर हेर्नु र जीवन भोग्नुको मज्जा अर्कै हुन्छ । मलाई त एक्लिएर यो ठाउँमा बस्न पटक्कै मन छैन । फर्केर उतै जान पाए हुन्थ्यो ।” “हुन्थ्यो नि ! चराजस्तै भुरुरु उड्न पाए ! जीवजन्तुजस्तै टुकुटुकु हिँड्न पाए ! खोलाजस्तै कलकल बग्न पाए ! तर हामी पर्\u200dयौँ वनस्पति, एकै ठाउँमा ठडिएर घामपानी झेल्नु नै हाम्रो जिन्दगी हो । जङ्गलका अरु रुखहरु हेर न, उनीहरु त्यहीँ जन्मन्छन्, जङ्गलभित्रको अँध्यारोमा पूरै जीवन बिताउँछन् र त्यहीँ कुहिन्छन् । हामी त कम्तीमा त्यो ठाउँ छोडेर अर्कै संसार त आइपुग्यौँ । यति खुल्ला ठाउँमा । परपरसम्मका अनेक कुरा देख्न पाइएको छ । यसैमा रमाउन सिक्नुपर्छ ।” “जन्मभूमिबाट उखेलेर ल्याइएपछि अन्य विकल्प बाँकी नरहे के गर्छ्यौ त अरु ?” पिलपिलाउन खोजेका आफ्ना ओठलाई बलजफ्ती टोक्दै वरले पिपललाई नै गिज्याउन खोज्यो । “किन त्यसरी ओइलाएको अनुहार लगाएको ? हुन त टेकी सकिएका जरा समेत उखेलिएर यहाँसम्म आइपुग्दा तिम्रा जरा दुखिरहेका होलान्, पात दुखिरहेका होलान्, पूरै जीउ दुखिरहेको होला । ठाउँठाउँमा छाला खुइलिएको छ, त्यहाँ असाध्यै चहराइरहेको होला । उखेलिँदा कोमल जराहरु चुँडिएर कति असह्य भयो होला ! धेरै दिनसम्म पानीको घुट्कोसम्म नपाएर आँत सुकिरहेको होला ! उखेलिएपछि दुईचारदिन मान्छेको आँगनमा थन्किँदा भोकले इन्तु न चिन्तु भयौ होला । अब यहाँ ल्याएर तिमीलाई रोपिसकेका छन् । शुरुमा सहज हुन निकै कठिन हुन्छ । बिस्तारै बानी पर्दै जान्छ । नहड्बडाऊ । मनसँगै जराहरु कठोर तुल्याऊ । पातसँगै छातीलाई हल्का तुल्याऊ । यो बन्जर जमिनबाट खानपिन सोस्न सक्षम हुनु छ । त्यो सुख्खा आकाशबाट हावा र घाम खिच्न जान्नु छ ।” “आहा नभन्दै शितल हावा त चल्यो नि !” सर्र हावा चलेपछि अलिकति दुखाई कम भएझैँ वर उज्यालियो, हावा बन्द हुनेबित्तिकै अँध्यारिँदै सोध्यो, “मैले त केही पनि बुझ्न सकेको छैन मलाई ल्याए आखिर किन यहाँ ?” वरको कुरा सुनेर पिपल बेसरी खिलखिलाई । “किन त्यसरी गिज्याउने पाराले हाँसेको नि ?” वाल्ल परेर हेर्\u200dयो वरले । “तिम्रो र मेरो बिहे गरिदिनको लागि रे क्या !” शरमले लजाएजस्तै गरी सानी पिपल, “तिमीलाई मान्छेले धुइँधुइँती खोज्न थालेको महिनौँ भयो । कता भेटाएछन् र बल्ल यहाँ ल्याइपुर्\u200dयाए । मलाई पनि असल साथी पाएकोमा कम्ता खुशी भएकी छु !” “छ्याः म त तिमीजस्ती रुप न रङकी कालीसँग गर्दिनँ बिहे सिहे !” नाकमुख खुम्च्याउँदै वरले मुन्टो भाँच्यो । “बिहेकै लागि ल्याइएपछि नमानी सुख्ख ? मसँग नगर्ने भए कससँग गर्छौ त बिहे ?” हातले परपर औँल्याउँदै जिस्क्याउने पारामा बोली, “यी झारपातसँग गर्छौ ? ऊ त्यो ऐसेलुको बोटसित गर्छौ ? कि यी सल्लाका रुखसँग गर्छौ ? यो डाँडोका दर्जनौँ जातका वनस्पतिहरुमध्ये एकलाई छान न त उसोभए । म कुरा मिलाइदिन्छु ।” पिपल आफ्नो पूरै जीउ हल्लाउँदै जोडतोडले हाँस्न थाली । “छियाछिया भएको मुटुमा व्यङ्ग्यवाण प्रहार गरेर अझै नदुखाऊ है तिमी ! अहिले झड्याम्म गाला पड्काइदिन्छु अनि ।” आँखा तर्दै चेतावनी दियो वरले । “छोएर हेर त ? आउनसक्छौ यहाँसम्म ? आएर देखाइदेऊ न त ! एकैठाउँमा गाडिन अभिशप्तको हेर न खरो बोलीचाली ! हेर न बेफ्वाँकको चुरीफुरी ! नियास्रो मानेका होउला भनी टिठाएको त अझ उस्सै…! अनि आफ्नो थुतुनो हेरेका छौ कहिल्यै ? तिमीजस्तो भद्दा जीउ र खस्रो पात हुनेसँग कसैले बिहे गर्न मरिहत्ते गर्दैन के ! खुच्चिङ !” पिपलले प्याच्च थुक्दै अर्कोतिर मुन्टो भाँची । आफैँ थकानले चुर भैरहेको वरको पिपलसँग जवाफसवाल गर्ने धैर्य हराउँदै थियो । ऊ पनि अर्कोतिर फर्कियो र दुवै हातले चिउँडी अड्याएर घोसेमुन्टो लगायो । जरा र जीउका करङहरु दुखेर होला, घरीघरी बरक्कबरक्क गरिरहेको दुखित वरलाई पिपलले फर्किएर हेर्न छाडिन । सोची, ‘उसले यो अपरिचित भूमिमा खानपिन पकाउन समर्थ छैन । केही दिनसम्म हावा र घामको मद्दतको सहायताले स्वास फेर्न पनि सक्नेछैन । बिचरोले आफ्नै ओइलाएको जरा, पात र जीउमा बाँकी रहेको हावापानी चुसेर प्राण अल्झाइरहेको होला । तन र मनको त्यो चरम दुखाइ कसरी सहिरहेको होला ? दुःखको गहिराइ बेहोर्नेलाई मात्र थाहा हुन्छ । ‘उसले केही वर्ष पहिले यस्तै पीडा भोगिसकेकी थिई । पिपलले वरको लागि आफूले गर्नसक्ने पनि केही थिएन । वर पन्ध्रबीस हात परै थियो, तसर्थ वरको कपाल मुसारिदिन न त उसका हाँगा वरसम्म पुग्थे, न त जरा नै । पिपल त्यस्तै सातआठ वर्षकी हुँदी हो, छसात हात अग्ली मात्र भएकी थिई । उसले गर्नसक्ने भनेको मीठो वचन र पातको सहायताले वरको जीउसम्म हावा चलाउनु थियो । अतः जन्मेदेखिको बल लगाएर आफ्नै श्वास तान्न थाली, त्यही श्वासलाई पात हल्लाएर वरसम्म पुर्\u200dयाउँदै शितलता दिने काममा जुटिरही । वरले अलिकति शान्तिको सास फेरेको चाल पाएपछि सक्दो कोमल र मीठो वचन बनाउँदै वरलाई बोलाई, “ए वर कान्छा, सुन त ?” वरले कानै फटफटाएन । “नरिसाऊ न त्यसरी । भेट भएकै दिन किन झगडा गर्न खोज्छौ ? ल ल यता फर्केऊ । मर्द त्यसरी रोएको सुहाउँदैन । आँशु पुछेर यता फर्क ।” “फर्किन्नँ म । अर्काको मुटु दुख्ने गरी तिमी जे पायो त्यही बोल्छ्यौ,” आँशु त बर्बर्ती झरेर थाम्ने मुश्किल भैरहेको बेला पिपलले मायालु स्वरले फकाउन थालेपछि आफूलाई थाम्नै सकेन । स्वर निकालेरै घुँक्कघुँक्क गर्न बाध्य भयो । “मैले के बोलेँ र त्यस्तो तिम्रो मुटु घोचिने गरी ? तिमीले नै यस्ती कालीसित बिहे गर्दिनँ भनी वचन लगायौ, अनि पो जवाफ फर्काएकी हुँ मैले ।” “अनि, थोरै मेरो बिहे गर्ने उमेर भाको छ त मोरी ? जम्मा सात वर्षको त भएँ नि म !” “अनि, मेरो भएको छ त बिहे गर्ने उमेर ? म पनि त यही वसन्तमा भर्खर सात पुगी आठ लाग्दै छु नि ।” “अनि, उस्सै किन जिस्क्याको त ?” रुन्चे हाँसो हाँस्यो वर । “मैले जिस्क्याको हो त ? मान्छेले कुरा गरेको सुनेर पो भनेकी मैले त !” “उसोभए अहिले यो उमेरमा हाम्रो बिहे हुँदैन त पिपलु कान्छी ? पक्का हो ?” “तिमीलाई म बच्चो भनौँ कि मुर्ख भनौँ ?” पेट मिचिमिची हाँस्न थाली पिपल। “ऊss ऊss हेर न फेरि होच्याउन थालेकी । आफू त कत्ति न वयस्क भएझैँ ! तिमीले यस्तैगरी गिज्याउन छोडिनौ भने म तिमीसँग मरिगए बोल्नेछैन ।” “नरिसाऊ न त्यसरी । तिमीलाई यति सामान्य कुरा पनि थाहा रहेनछ कि अहिले मात्र होइन तिम्रो र मेरो बिहे यो पृथ्वीलोकमा कहिल्यै पनि सम्भव छैन ।” “किन र ?” अचम्म मान्यो वरले । “तिम्रो जात वर हो । मेरो जात पिपल हो । प्राकृतिक नियम नै यस्तो छ कि वरको वरसँग मात्र बिहे सम्भव छ र पिपलको पिपलसँग मात्र सम्भव छ ।” पिपलको कुरा बल्ल बुझ्यो वरले । ऊ पनि गडगड हाँस्न थाल्यो । पिपल अरु हाँसी, खिरिलो खिलखिल हाँसो । कलिली सुन्दरीको यति मीठो हाँसोले मन्त्रमुग्ध हुँदै झन् गडगडाहट हाँस्यो वर । तिरिरिरिरी मुरली बजेसरि हाँसी पिपल । त्यो देखेर जन्मेदेखिको जोर चलाएर वर यसरी हाँस्न थाल्यो कि आफू उखेलिएको र नयाँ ठाउँमा गाडिएको दुखाइ सप्पै बिर्सियो, उखेलिएदेखिको भोकप्यास बिर्सियो । आफ्नो जन्मभूमि बिर्सियो । आफू कहाँ आइपुगेको छु भन्ने पनि बिर्सियो । आफूलाई समेत स्वाट्टै बिर्सियो । वरले उसको सप्पै दुखाइ बिर्सेको देखेर पिपलले पनि आफूलाई सर्लक्कै बिर्सिदिई । डाँडोको नेटोमा दुवैजना हल्लीहल्ली मस्कीमस्की हाँसिरहे । ००० करिब तीन महिनापछि । वरले बन्जर जमिनमा खुट्टा टेक्न सक्षम भैसकेको थियो । जमिनबाट खानपिन सोस्न सिक्दै थियो । पातबाट हावा र घामबाट स्वास फेर्न थालेको थियो । काप कापमा कलिला पात र काण्डका नयाँ मुना देखाउन थालेको थियो । उसले अब आफ्नो पहिलेको घाउ करिबकरिब बिर्सिसकेको थियो । कहिलेकाहीँ जराहरु ढुङ्गामा ठेस लाग्दा मात्र चसक्कचसक्क दुख्थ्यो । पिपलले पनि उसलाई सहज अवस्थामा ल्याउन जे गर्न सक्थी त्यो सबै गरी । शितल हावा हम्किएर । मीठो गीत सुसेलेर । वरकै अगाडि छमछम नाचिदिएर । वरले खुट्टा टेक्न र नयाँ वातावरणमा अभ्यस्त हुन सफल भैरहेको देखेर ऊ औधि खुशी भैरहेकी थिई । यस बीचमा दुवैले आआफ्नो जन्मघरको कुराहरु गरे । आफ्ना आमाबाको छेउमै जन्मिएर उनीहरुको छत्रछायाँमा हुर्किँदाबखतका अविस्मरणीय आनन्दका कुराहरु गरे । छरछिमेकहरुका बानीबेहोराका कुराहरु गरे । पिपल बेँसीको चौतारीबाट आइपुगेकी थिई । वर भने तराईतिरको जङ्गलबाट आइपुगेको रहेछ । वरपिपलका जन्मघरतिरका कुराहरु सुनेर वरिपरिका झारपात, बुटा, पोथ्रापोथ्री र रुखहरुले अच्चम्म मानिरहेका थिए । मान्छेहरु वर र पिपललाई पूजा गर्न बिहानबिहान झुम्मिन थालेका थिए । उसो त बढी पुजिनेमा पिपल नै थिई । उसको शरीरभरि मान्छेहरुले पानी, दूध, अक्षता र अबिर लतपत पार्थे । पानी पिउन पाउँदा त तिर्खाइरहेको पिपलको प्यास थोरै भए पनि मेटिन्थ्यो । चढाइएका फूल तथा अक्षताहरु केही कमिला चरा र अरु किटपतङ्गले बोकेर लैजान्थे, जीउभरि किटपतङ्ग रगरग घुमिरहँदा पिपललाई सिकसिक लाग्थ्यो । छोडिएका फलफूलहरु केही कुहिएर जमिनमा सोसिन्थ्यो । यसले भने खानपिन बनाउन पिपललाई फाइदै भैरहेको थियो । पिपलको तुलनामा वरले यस प्रकारको सजाय कमै खेपेको थियो । उसको जिउ पिपलको भन्दा बढी नै सफासुग्घर रहन गएकोले गहुँगोरो र खाइलाग्दो देखिन्थ्यो । पिपलको पालो पछाडि मान्छेको हातमा अबिर र मगजमा विवेक बच्यो भने वरले पनि अबिर घसाइमाग्थ्यो । जीउभरि अबिर पोतेको भने वर र पिपललाई पटक्कै मन पर्दैनथ्यो । अबिरले जीउ पोल्थ्यो । छाला खुइलिन्थ्यो । यस्तो नगर भनेर बुझाउन उनीहरुसँग मान्छेको भाषा र स्वर उपलब्ध थिएन । मान्छेहरुबाट आफूलाई जे प्राप्त हुन्थ्यो, त्यो उनीहरुले अक्सिजनमा परिवर्तन गरिदिन्थे र वर लगायत वरिपरिका वनस्पतिहरुलाई बाँडिदिन्थे । बचेखुचेको अक्सिजन कीटपतङ्ग र जीवजन्तुहरु झुम्मिएर लुटपात मच्चाउँथे । ००० वर र पिपल लगाइएका जमिन वरपर खनीखोस्री मान्छेले फराकिलो चौतारी बनाइसकेका थिए । एकदिनको बिहानैदेखि चौतारीमा मान्छेहरुको भिडभाड बढ्न थाल्यो । विभिन्न थालीहरुमा रङ्गीन जाले रुमालले छोपेर फलफूलहरु ल्याइएका थिए । शंखघण्टका चर्का ध्वनिहरु बजिरहेका थिए । बच्चादेखि वृद्धसम्मका मान्छेहरुको कोलाहल थियो । पञ्चेबाजा घन्किरहेका थिए । वर र पिपलको जरामाथि विभिन्न खानेकुरा पाक्न थालेकोले आगोको धुवाँले कुइरीमण्डल थियो । पण्डितहरुले मन्त्र पाठ गर्न थाले । वर र पिपल जोडिने गरी दर्जनौँ तोरणहरु बाँधिए । तोरणमा दुबोपाती र फूलहरु उइनिए । वातावरण झकिझकाउ हुँदै गएको थियो । “के भैरहेछ आज ? मान्छेले त उत्पातै मच्चाउन थालेको जस्तो पो छ त !” वरले पिपलसँग संशय पोख्यो । “मैले पहिलो दिन नै भनेकी थिइनँ ? बिर्सियौ तिमीले ? आज यिनीहरुले तिम्रो र मेरो बिहे गरिदिँदै छन् !” “हाम्रो बिहे ?” लामो लेब्रो तान्यो वरले । “बिहे भन्नेबित्तिकै किन त्यसरी तर्सिएको ? यो त मान्छेको नजर र विश्वासमा मात्र बिहे हो । थोरै हामीले चाहेको बिहे हो र ?” “तर, संस्कार र विधि पूरा गरेर गरिदिँदैछन् यो बिहे त !” “हामी वनस्पतिको संस्कार र विधिअनुसारको थोरै हो र यो ? हाम्रो विधि र संस्कार के हो भन्ने बुझेको छ र मानव जगतले ?” पिपलको तार्किक कुराले वरको चित्त बुझ्यो र मरीमरी हाँस्न थाल्यो । वर हाँसेको देखेर पिपलले पनि हाँसो थाम्न सकिन । उता मान्छेले आफ्नो विधि पूरा गरी वर र पिपलको बिहे सम्पन्न गरिदिए । वरका हाँगा भाँचेर पिपलमा जोडिदिए । पिपलका पातहरु निमोठेर वरका पातमा खुन्टिदिए । वरको हाँगाले पिपलको जीउमा सिन्दुर दलिदिए । शंख फुकियो । दमाहाहरु बजाइयो । सो उपलक्ष्यमा भव्य भोजको आयोजना गरियो । मान्छेको अद्भूत क्रियाकलाप देखेर चौतारी वरपरका अरु वनस्पतिहरु ट्वाल्ल परेर हेरिरहे । भोजको गन्धले कीटपतङ्ग र चराचुरीहरु पनि वरिपरि झुम्मिइरहेका थिए । सिन्दुरले पूरै जिउ भतभती पोलिरहेकोले पिपल दुखित हुँदै जीउ कन्याइरहेको हृदयविदारक अवस्था सजल नेत्रले टुलुटुलु हेर्दै वरले भन्योः “माफ गर, तिम्रो यति सारो दुःखमा पनि मैले कुनै सहयोग गर्न सकिनँ ।” ००० वरपिपलको बिहेपछि बिहानबिहान पूजा गर्न आउने मान्छेहरु उल्लेख्य बढ्न थाले । जल र फलफूलको साथै अबिरको धुलो घसाउने कार्यमा उल्लेख्य वृद्धि हुँदै गयो । पिपलको जरा समेत खुन्टिएर धुपबत्ती जल्न थाले । हाँगाबिँगा र पातहरुमा डोरीहरुले टनक्कै कसिन थाले । यसले पिपललाई असह्य त हुन्थ्यो तर वरको अगाडि दुखेको प्रकट गर्न सक्दैनथी । पिपलको पूजा गर्न आउनेमध्येका कसै कसैले वरको पनि पूजा गर्दथ्यो । वरले पनि अबिर घसाइमाग्थ्यो र धुप चढाइमाग्थ्यो । यसबेला दुखाइ सहन नसकी बरक्क बर्कन्थ्यो तर ऐया स्वर भने निकाल्न सक्दैनथ्यो । किनकि उसलाई पिपलले गिज्याउली भन्ने डर थियो । हुन पनि धेरै दुःखहरु त पिपलले नै सहिरहेकी थिई, पिपलको लेखा त आफ्नो दुखाइ केही थिएन । “त्यसरी मान्छेको मुर्ख बन्धनमा परेकी छ्यौ ! बन्धनमुक्त हुन छटपटाइरहेकी हौली ! तिम्रो त्यो अवस्थाले मेरो मन दुखाएको छ ।” “त्यसरी मन दुखेको भए आएर बन्धन खोल्दिए भैहाल्यो त !” पिपलले ओठ लेप्राउँदै वरलाई छेड हानी । “म चलमल गर्न अभिशप्त छु । के गरुँ टुलुटुलु हेर्न विवश छु । हात पुग्दैन, लौरी छैन पहरामा दुःख छ ।” “ज्यानलाई आफ्नो अवस्थाको जानकारी राम्रै रहेछ त ! किन चेपारे पार्नुपरेको त ?” पिपलले आँखा तरी । “के गर्नु त, तिमीले मलाई यो बन्जर जमिनमा जरा टेकाउन कम्ति ज्यान अर्पिएकी छ्यौ ? त्यो त यही ज्यानलाई मात्र थाहा छ ।” “दुःखमा दुखेको कुरा गरिरहँदा झनै घाउ दुख्न जान्छ । केही गर्न नसकेपछि नदेखेझैँ हुनुपर्छ ।” “चित्तले मान्दैन, के गरुँ ?” “जबर्जस्ती मनाउँदै जानुपर्छऽ” बन्धनयुक्त पिपलले नै वरलाई सन्त्याउन कोसिस गरी । ००० यसरी नै वर र पिपलको भेट भएको दुई वर्ष नाघिसकेको थियो । उनीहरु बढ्न प्रतिष्पर्धा गरिरहेका थिए । वरले त आफूलाई मजबुत तुल्याउन हाँगाबिँगाहरुबाट समेत कैयौँ जराहरु निकालेर भुइँमा टेकाउँदै थियो । “मैले त आज अर्को अग्लो पहाड देखेँ,” एक हात बढेपछि पिपलले भन्थी । वरलाई पनि त्यो पहाड हेर्न मन लाग्थ्यो र भोलिपल्ट दुईहात बढ्दै वर भन्थ्यो, “मैले पनि तिमीले हिजै देखेको त्यो पहाड आज देखेँ । बरु तिमीले नदेखेको उपत्यका पनि देखेँ मैले त ।” यसै तरहले पिपल अरु बढ्थी र आफूले देखेको नदीको गहिराइ र लम्बाइको बयान गर्थी । वर अरु बढ्थ्यो र आकाशको रङ र चौडाइको बखान गर्थ्यो । यसरी नै उनीहरुले नेटोको घामपानी, सिरेठो र हुरीले बल्झाइदिएका दुःखहरु भुल्दै गएका थिए । अब वर र पिपलका हाँगाहरुमा चराहरु आएर गीत गाउन र नाच्न थालिसकेका थिए । उनीहरुको छायाँ चौतारीको परपरसम्म फैलँदै गइरहेको थियो । थकित बटुवाहरु उकालो चढिसकेपछि उनीहरुको काखमा आएर थपक्क बसिदिन्थे र पसिना ओभाउँथे । कहिलेकाहीँ मायालु जोडी आइपुग्थे र पिरतीका सुनूँसुनूँ लाग्ने मीठा बातचित गर्थे । बच्चाहरु आउँथे र वरपिपलको वरिपरि लुकामारी खेल्थे । आफ्नो काखको आश्रय लिएर मान्छेले आफ्ना सबै दुःख बिर्सँदै सन्तोषको सास फेरेको देखी वरपिपल औधि खुशी हुन्थे । वरपिपल मान्छेको क्रियाकलाप हेरिरहन्थे र गफगाफ चुपचाप सुनिरहन्थे । उनीहरुलाई त मान्छेहरुलाई छहारी दिनसकेकोमा घोर सन्तुष्टि पैदा हुन जान्थ्यो । बदलामा जन्मेदेखिको बल लगाएर शितलता छरिदिन्थे । वरपिपललाई लाग्थ्यो कि यी मान्छेहरु बेलुकापख आफ्नो घरमा फर्कनुभन्दा एकरात यतै बास बसे पनि कति हुँदो हो ! अर्को दिन वर अझै अग्लो भयो । फलस्वरुप मन्टो तानीतानी परपरसम्म हेर्\u200dयो । जब कुनै कुरामा उसका आँखा ठोक्कियो । ऊ झस्कियो । झस्कनु के थियो । बलिन्द्रधारा आँशु बगाउन थाल्यो । “किन रोएको त्यसरी ? के देख्यौ र ?” पिपल आशंकित हुँदै सोधी । “मेरी आमालाई देखेँ,” वरले आफूलाई थाम्न सकेन । क्वाँ क्वाँ रुन थाल्यो । “हँ ? धत् लाटा, जन्म दिने आमालाई देख्नु त भाग्य पो हो त रुन्चे कहीँको ? हाँस बरु ।” “कसरी हाँसूँ म ? कुरै नबुझी त्यत्तिकै बहकिन्छ्यौ तिमी पनि !” हिक्क हिक्क गर्दै बोल्यो वर । “किन र ?” “मेरी आमाको हातखुट्टा सबै काटिदिएछन् मान्छेहरुले । उनी वेदनाले छटपटाइरहेकी थिइन् । मेरी आमाको त्यो अवस्था देखेर कसरी सहूँ म ? म त्यहाँ पुगेर मलहम पनि लगाउन सक्दिनँ ! मूर्ख मान्छेसँग प्रतिशोध पनि लिन सक्दिनँ ! हरे कस्तो भाग्य मेरो ?” वर छाति पिटिपिटी आलापविलाप गर्न थाल्यो । “छोड्देऊ तिम्रो यो नाटक ! मैले नभनेर मात्र हो, मसँग झन् दुःखको भारी कति छ ! मलाई हेर यता !” वरले पिपलले औँल्याएको दिशातिर हेर्\u200dयो । पिपल भन्दै गई, “ऊss तलको त्यो चौतारीमा मेरी आमालाई मैले दिनहुँ देखिरहेकी हुन्छु । तर कस्तो अवस्थामा ? थाहा छ ? उनका पातहरु टिपेर पूजाको स्वार्थ पूरा गर्ने उद्देश्यले मान्छे हाँगाबिँगा लुछिरहेका हुन्छन् । परपर फैलिएका उनका हातखुट्टाहरु अग्गअग्ग पारेर काटिरहेका हुन्छन् । एकदिन होइन, दुईदिन होइन, दिनहुँ । मैले कहिले गुनासो गरेँ तिमीसित ? मलाई पनि कति असह्य हुँदो हो त्यो हृयदविदारक दृश्य देख्दा !” पिपलले आँखाको कोष-कोषमा आँशु उमारी । “हरे कस्तो ढुङ्गाको रैछ तिम्रो मन पनि ! आखिर किन सहन्छ्यौ तिमी ? केही गर्न नसके पनि हामी उनीहरुका सुखदुःखका कुरा गर्न त सक्छौँ, कुरा गरेर हाँसो वा रोदनको संवेदना पोख्न त सक्छौँ । दुःखको भारी घोप्ट्याएर आफूलाई हल्का पार्न त सक्छौँ ।” पिपल गम्भीर बन्दै भनी, “किनकि त्यो पीडा हामी स्वयंले पनि बेहोर्नुछ । ढुङ्गाको मन नपारे आफूलाई पर्दा कसरी सहुँला हामीहरुले ?” पिपलको जवाफले वर विलखबन्द परेर पिपललाई क्वार्क्वार्ती हेरिरह्यो । ००० त्यसको भोलिपल्ट नै केही मान्छेहरु डोरी र खुकुरीहरु बोकेर चौतारीमा झुल्किए । उनीहरुको कुराबाट वरले बुझ्यो कि एउटा ठूलै पूजाको लागि पिपलको पात नभई नहुने रहेछ । पिपलको सुलुत्त परेको शरीरलाई एकपटक नियालेपछि तिनीहरु खुकुरी कम्मरमा स्यूरेर पिपलको रुखमा चढे । उनीहरुको चालामाला देखेर वर बेसरी झस्कियो । उनीहरुले पिपलको मोटो हाँगामा अडेस लागेर सानासाना हाँगाबिँगाहरु लुछ्न थाले । वर चिच्यायो, “छोड्देऊ मेरी पिपलुलाई ! नकाट ! नमार त्यसलाई त्यसरी ! बरु मलाई मार तिमीहरु ! बिन्ति छ, तिमीहरु त्यसो नगर !” वरको विलाप बुझे पो मान्छेले ! उनीहरु एकध्यान भएर आफ्नो स्वार्थ पूरा नहोउन्जेल पिपलको जोवनउपर लुटपाट मच्चाइ नै रहे । वरले हारगुहार गर्यो, वरिपरिका झारपातलाई, पोथ्रापोथ्रीसँग, रुखहरुसँग, चराचुरुङ्गीसँग । सबैले अमूक भएर हेरिरहे । सङ्गै हुर्किएको वर स्वयंले नै पिपलुका लागि केही गर्न नसकेको अवस्थामा अरु झिनामसिना रुखपातले के सहयोग गर्थे ? चिच्याउँदा चिच्याउँदा वरको घाँटी नै सुकिसकेको थियो । मान्छेले पिपलको आधा वस्त्र उतारेपछि बल्ल छोडिदिए । जीउको दुखाई असह्य छँदै थियो, वरिपरिका वनस्पतिको अगाडि नाङ्गिनुपर्दा लज्जाबोधले पिपल मुर्झाएर बसी । “सुन त ?” वरले फकाउन खोज्यो । “किन ? ” नाङ्गा हातहरुले वक्षस्थल ढाक्दै कर्के चिहाई पिपलले । “तिम्रो त्यस्तो अवस्थामा पनि म टुलुटुलु हेरेर बस्नुपर्\u200dयो । मलाई माफ गरिदेऊ है ?” “हुन्देऊ । तिमीलाई मान्छेहरुले यसरी नै लुछे भने म पनि के नै गर्नसक्नेछु र ? हेर न ऊ त्यताको घाँसपात, तिनीहरु महिनौँ लुटिइरहेका छन् । ऊ तिनी सल्लाका पोथ्राहरु हेर, कलिलै उमेरदेखि दाउराको लोभले काटिइरहेका छन्, जन्मँदै मारिइरहेका छन् । कुनै वनस्पति मान्छेको लागि नचाहिने भन्दै उखेलिएका छन्, कुनै वनस्पति चाहिने भन्दै उखेलिएका छन् । केही गर्न सक्यौँ हामीले ? मेरो यो पीडा त्यसैको बदला सम्झ । हुन्देऊ ।” त्यस दिनपछि पिपलको हाँगा र पात लुछ्नेको संख्या झनै बढेर गयो । गोर्\u200dयानमा पिपलको पूजा हुन्थ्यो भने शिरानमा लुटपाट । पिपल दिनहुँ पलाइरही, मान्छेले उसका पात र हाँगा भाँची नै रहे । मान्छेले नबुझ्ने भाषाको माध्यमले वरले गरेको प्रतिरोधका बाबजुद पनि शीरबाहेक अरु सबै लुछेर मान्छेले पिपललाई नाङ्गै तुल्याइदिए । त्यही वर्ष उन्मत्त बैँस भरिएपछि वर लटरम्म फल्यो । पिपल भने थोरै मात्र फली । जवानीमा फुल्ने फल्ने खालका मुनाहरु नै कहाँ बाँकी थिए र पिपलसँग ? “असत्ती मान्छेको जातले गर्दा, कठै, तिमी त यो बैँसमा राम्रोसँग फल्न पनि सकिनौ,” वरले आँशु झार्\u200dयो । “हामी फलेर पनि के काम ? हामी आफ्नै फल आफैँ उपभोग गर्नसम्म पाउँदैनौँ भने ? हाम्रा फलहरु त मान्छेले त्यति मन पराउँदैनन् र हाम्रो छातिभरि नै रहन्छन् । हेर त केराका बोटहरु, सुन्तला र स्याउका बोटहरु । ती बोटले आफ्नो जीउमा फलाएका लटरम्म मीठा फलहरु कहिल्यै आफैँले चाख्न पाएका छन् ?” पिपलले पेश गरेका उदाहरणहरु वरले बुझ्यो र मन हल्का तुल्यायो । अनुहार थोरै उज्यालो तुल्यायो । ००० समय बग्दै गयो । चराहरुले विभिन्न ठाउँमा रहेका पिपल र वरको पराग यताको उता उताको यता पारिदिए । फलस्वरुप वर र पिपलको आआफ्नै जातिको बीउमा परागसेचन सम्पन्न भयो । केही महिनापछि वर र पिपल दुवैले आफ्नो काखमै आफ्ना एकएक सन्तान जन्मिएको पाए । जसले गर्दा उनीहरुको हर्षको सीमा नै रहेन । सन्तान आआफ्नै भए पनि जुम्ल्याहा जस्तै थिए । आआफ्ना बच्चाहरुलाई सकभर आफ्नो छायाँभन्दा बाहिर नपर्ने गरी बडो जतनसाथ हुर्काउन थाले । एक वर्षको के पुगेका थिए मान्छेको नजर पिपलको सन्तानमा परिहाल्यो । मान्छेले कुटोकोदालो ल्याएर पिपलको बेर्नोलाई बलजफ्ती उखेल्न थाले । पिपलको सन्तान उखेलिन थालेपछि वर अत्तालिन थाल्यो । हारगुहार गर्न थाल्यो । पिपललाई नै गाली गर्न थाल्यो, “आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई किन देखी देखी उखेल्न दिइस् ?” पिपल भने मुटुबाट उर्लिएको आँशुको भेललाई आँखासम्म उत्रन नदिएर नीच मारेर बसी । वेदना भित्रभित्रै पिएर बसी । बरू प्रार्थना गरी, “मेरो सन्तानले अर्को डाँडा ढाकोस् । त्यहाँ वरपरका जीवजन्तुलाई शितलता प्रदान गरोस् !” अर्को हप्ता वरको सन्तानमा पनि मान्छेको नजर परिहाल्यो र पिपलको सन्तान उखेले जसरी नै उनीहरुले कुटोकोदालो प्रयोग गर्दै वरको दूधे बेर्नो उखेल्न थाले । त्यो देखेर वर अत्तालियो । पिपलसँग सहयोग माग्यो, अरु भएभरका वनस्पति र जीवजन्तुसँग पनि हार गुहार गर्\u200dयो । सबैले टुलुटुलु हेरिरहे । सबै आआफ्नै ठाउँमा उभिन अभिशप्त थिए । कोही पनि डेग चल्ने सकनेनन् । वर आफैँलाई धिक्कार्दै आलापविलाप गर्न थाल्यो । पिपलले वरलाई सम्झाई, “हुन्देऊ । प्रकृतिको रीत नै यस्तै छ हामी रोईकराई केही हुने वाला छैन । बरु उखेलिएको सन्तानलाई आशिष देऊ कि उसले संघर्ष गर्न सिकेस् । जस्तै दुःखमा पनि हरेस नखाएस् । डाँडाकाँडा ढाकेस् ।” वरले पिपलका पाल्सी कुरा सुन्नै चाहेन । ऊ आलापविलाप गर्दागर्दा इन्तु न चिन्तु भइरहेको थियो । ००० महिना दिनसम्म सन्तान गुमाउनुको वेदनाले वर छटपटाइरह्यो । पिपलसँग मनको बह पोख्न पनि छोडिदियो । पिपलले वरलाई फकाउन सम्झाउन अनेक प्रयत्न गर्दा पनि विफल भैरहेकी थिई । पिपलले वरलाई बोलाई, “ए वर कान्छु, सुन त !” वर झोक्राइ नै रह्यो । पिपलको कुरा सुनेको नसुन्यै गरिरह्यो । “मतिर हेर भनेको होइन के ! उता हेर त, उता !” पिपलले कर गरिरही । के रहेछ भन्दै पिपलले औँल्याएतिर वरले हेर्\u200dयो । कुनै मान्छे त्यहाँ हलचल नगरी ठिङ्ग उभिइरहेको थियो । “राक्षस कहीँको ! तिमीले भगवान् ठानेको त यो त हाम्रो काल रहेछ । सन्तानलाई त लुछलाछ पारेर लगिदियो, अब उसले मारोस् मलाई पनि के फरक पर्छ र ?” वर जिद्दीवाल थियो । “उसको हातमा कुनै हतियार बाँकी भए पो तिमीजस्तो अजङ्गको रुखलाई मास्न सक्छ ! ऊ त अब अस्त्रविहीन भैसक्यो ।” पिपलले वरसामू रहस्य पेश गरी । “यो मान्छे अस्त्रविहीन कहिल्यै हुँदैन । उसोभए बेला न कुबेला के खान उभिएको त त्यो त्यसरी ?” मानव आकृतिलाई नै खाउँला जसरी लाललाल नेत्र बनाउँदै वरले हेर्\u200dयो । पिपलले खितखित हाँस्दै भनी, “ऊ त अब हावा, घामपानी र माटोको आधारमा मात्र बाँच्ने हामीजस्तै स्थिर रुख भइसक्यो ।” “कसरी ?” कुरा बुझेन वरले र पिपलसँग जिज्ञासासूचक आँखाले सोध्यो । “ऊ अब कतै पनि हलचल गर्न सक्तैन । एउटा महामारीले गर्दा ऊ हरेक भोज्य चिजसँग डराउँदै भोकै हिँडिरहेको छ । ऊ समाज त के आफ्नै परिवार र आफ्नै सन्तानदेखि पनि डराउँदै हिँडिरहेको छ । देखेकै छौ नि, त्यो पूजा गर्न समेत चौतारीमा नआएको पनि कति दिन भैसक्यो । देशदेशावर उत्पात मच्चाउँदै हिड्ने उसका चञ्चल खुट्टाहरु नचल्ने भैसके । उसका निर्बाध उड्ने पखेटाहरु काटिइसके । उसले ठड्याएका भवनहरु रुखसरह जर्जर भैसके । आफूलाई अझै सुविधा र शक्तिसम्पन्न तुल्याउन उसले गरेका सबै नवीनतम् आविष्कारहरु बिस्तारै स्थिरोन्मुख छन् । उसले ठड्याएका विभेदका पर्खालहरु पनि ऊ स्वयंको लागि पर्खाल भैसके । उसले सिर्जना गरेका पिछलग्गू र सहयोगीहरु उसकै मद्दतको लागि अघि बढ्न सक्दैनन् । उसका देखावटी संस्कारहरु सबै स्थिर भैसके । अरु त अरु आफ्नो अन्त्य हुँदा पनि उसका निकटतम् आफन्तहरु पनि संवेदना प्रकट गर्न उसको अगाडि उपस्थित हुन सक्दैनन् । ऊ नितान्त एक्लो भैसक्यो । दुरुस्तै घनाजङ्गलको अन्धकार बीचको एउटा वनस्पतिजस्तै । हामी वनस्पति जगतको लागि अविवेकी पहिल्यै थियो, अब विवेकशून्य भैसक्यो । मानवीयता मरेर संवेदनाहीन स्थिर वनस्पतितुल्य बाँचिरहेको छ । दुरुस्त तिमी र म जस्तै । जसरी हामी नजिक हुँदाहुँदै पनि नभएसरि छौँ, त्यस्तै त्यो मान्छे नामको प्राणी पनि हाम्रो अगाडि हुँदाहुँदै पनि नभएतुल्य भैसक्यो । उसलाई गाली गर्नु वा माया गर्नुको कुनै अर्थ छैन । तर अझै उसको छातिभित्र संवेदना सुषुप्त अवस्थामा छ । हाम्रो संवेदना भनेको पानी मनतातो पारे झैँ हो, जो एकैछिनमा चिसो भैहाल्छ, उसको संवेदना तेल उमालेसरि हाम्रोभन्दा हजारौँ गुणा तप्त छ । त्यही भकभकी उम्लिरहेको संवेदनाको कराइमा चुर्लुम्म डुबेर असह्य पोलाइमा छटपटिँदै ऊ अद्यापि बाँचिरहेको छ । पिपलले छाँटेको दर्शनले वरलाई पीरको गहिराईबाट माथि उतार्न सहयोग गर्\u200dयो । तैपनि संदिग्ध हुँदै वरले सोध्योः “त्यसरी पनि बाँच्न सकिन्छ र ?” “सकिँदोरहेछ त ! त्यसरी मान्छेलाई बचाउन उसको छातिभित्र आशा नामको अजम्मरी त्यान्द्रो छ । अजम्मरी भन्नाले मान्छेले अन्तिम श्वास फेर्दासम्म पनि उसभित्रको आशाको दियो जसोतसो धिपधिप बलिरहन्छ, जसले मान्छेलाई ऊर्जा दिएर बचाइरहेको हुन्छ ।” पिपलले अरु दर्शन थपी । उसलाई यी कुरामा विश्वास पटक्कै थिएन तथापि वरलाई फकाउन, सम्झाउन र यथाअवस्थामा ल्याइपुर्\u200dयाउनको लागि कथा बुन्नु नै थियो । वरले यस्तो ठान्यो कि आफूले लिन नसकेको प्रतिशोध प्रकृतिले नै मान्छेसँग असूलउपर गर्दैछ । वर अब पिपलको कुराले पूर्ण सन्तुष्ट देखियो । वरमा पलाएको सन्तोष देखेर पिपल पनि सन्तोषले पल्लवित भई । ००० अँध्यारो हुँदै थियो । वरपिपलले घाम छँदै बेलुकाको खानपिनको काम सकिसकेका थिए । ती सहयात्रीबीच राम्रोसँग कुराकानी हुन नपाएको महिनादिन भैसकेको थियो । उनीहरु अब साविककै जस्तै हल्लिँदै, रल्लिँदै र मस्किँदै मनोभावना साट्नमा डुब्दै गए । वरपिपल कुरामै मस्त थिए । स्थिर मान्छेको पछिल्तिरबाट हातमा एकएकवटा खुकुरी भिरेका अस्थिर मान्छेहरुको एउटा जुलुस नै निस्कियो । त्यो समूह चौतारीतिर लम्कियो । उनीहरुको रात परेपछिको चालामाला देखेर वर र पिपल सतर्क भए । ती मान्छेहरु चौतारीमा नअडिएर वर र पिपलका रुखमा धमाधम चढ्न थाले । वर र पिपलले तर्सिँदै एकअर्कालाई हेरे मात्र । मान्छेहरुले वर र पिपलको जीउबाट एकएक पातरुपी वस्त्रहरु उतार्न थाले । पातहरु टिपिसकेपछि भुइँमा ओर्लिए र चौतारीमाथि ती पातहरु बिछ्याएर ओछ्यान बनाए । केही पातहरु जीउ ढाक्ने स्याउलो बनाए । किंकर्तव्यविमूढ वरपिपलले आँखाको भाषाले नै आआफ्नो वेदना साटासाट गरे । मान्छेहरु वर र पिपलको रुखमा फेरि चढे । मोटामोटा हाङ्गाबिङ्गाहरु छानी छानी खुकुरीले रेट्न थाले । वर र पिपललाई ऐया आत्थु गरेर एकअर्कालाई गुहार्नु बेकार थियो । दुवैको घाउ बराबर थियो । दुवैको दुखाइ उस्तै थियो । दुवैको भोगाइ एउटै थियो । मान्छेहरुले ती हाँगाबिँगाको एकएकवटा कटेराको खाँबो बनाए, डाँडाभाटाहरु बनाए । घसेटा र पातपतिङ्गरले छानो छाए । वर र पिपलको गिँड मात्र बाँकी रहेको थियो । उनीहरु फेरि ती गिँडतिर लम्किएर अन्धाधुन्ध बोक्रा ताछ्न थाले । धेरै दिनसम्म भोका रहेका मान्छेहरुले वरपिपलका बोक्राहरु अघाउन्जेल बुत्याउन थाले । अघाइसकेपछि बाँकी रहेको वरपिपलका कङ्काल र जरा समेत गिँडेर आफ्नो न्यानोको लागि आगो सल्काएर ताप्न थाले । जीउको केही भाग बिनसित्ती पोलिइरहेको र बाँकी भागले मान्छेको ओतको लागि डाँडाभाटा बन्न पुगेको आफ्नो जीवनलीलाप्रति धिक्कार्दै वरले अन्तिम स्वास फेर्न थाल्यो । पिपलले वरलाई सम्झाउन छोडिन, “केही छैन । अब हामी अझै नजिक भएका छौँ । एकअर्कालाई छुने अवसर पाएका छौँ । खरानी भएर भए पनि एकअर्कामा मिसिन पाएका छौँ । यही नै हाम्रो प्रेमको उपलब्धि भयो । हामी एकाकार भएर यिनीहरुलाई अन्तिमसम्म बचाउन योगदान गर्\u200dयौँ । यो कुरा यिनीहरुका बचेका सन्ततिले बुझून् ।” यति भनेर पिपल पनि वरसँगै बेरिएर चीर निद्रामा निदाउन पुगी । #पूर्ण ओली #प्रकृति बजेटको भारी: बजेटको भारी बोकेर उकालो चढ्दाचढ्दै खुट्टामा कैँडा लागेपछि खुट्टा तन्काएको हुँ कहिल्यै नखुम्चने गरी अगेनोमा ढुंगा पोलिरहेकी श्रीमती ढुंगा पाक्ला र खाउँला भनेर कुरिरहेका छोराछोरी अनि छिमेकीको लागि बोकेको आफूभन्दा बढी तौलको बजेटको भारी सम्झिएपछि सुस्केरा हाल्दै आँखा चिम्लिएको हुँ कहिल्यै नखुल्ने गरी हावाजस्तै बगेको जिन्दगी एक मिटरको दुरीमा बाँधिएपछि सुकेको पेट पनि फुकेको हो त्यही हावा भरिएर कहिल्यै नहट्ने गरी ओथारो बसेको गरिबीलाई बजेटको भारी बोकेर धकेल्दाधकेल्दै थकित बनेको अनिदो जिन्दगीमा अलिकति विश्राम खोज्दै पसारिएको हुँ कहिल्यै नउठ्ने गरी। #उषा आचार्य #बजेट गतिहीन: कर्तव्यको तरवारले रेटिदा रेटिदै धुजा धुजा भएको तिम्रो कलेजोमा । अभाव र पीडाले जीर्ण भएको तिम्रो छातीमा बर्षातको भेलले पाँगो छोडेपछि गाँजिएको धानझैँ तिम्रो पोल्टाभरी खुसीको पाँगो छोड्ने अनि स्नेहको मलम लगाउने कत्रो सपना मेरो । तर म आज आफैँ गतिहीन भएको छु हो गतिहीन भएको छु म आज आफैँ । पुषको चिसोले चिरिएका तिम्रा कुर्कुच्चा अनि वनमाराको झिक्राले कोइचो परेको तिम्रो चोलोको प्वालमा प्रेमले चिउरी दल्ने अनि ममताको टालो टाल्ने कति प्रयत्न मेरो तर आज आफँै गतिहीन भएको छु । हर यात्रा जीवनको हरेक मोडमा दुःखको झरीले तिमीलाई नरुझाओस् भनी तिम्रो टाउकोमाथि हत्केलाले कयौँ झरी ओत्ने प्रयास पनि नगरेको कहाँ हुँ र मैले तर म आज आफैँ गतिहीन भएको छु । सारका सारा चाहना सपना, यत्न, प्रयत्नलाई थाँती राखी कैदी बस्नु परेको छ आज मैले अपराध बिनाको कैदी आज एक धस्रो प्राणको लागि मेरो बगानमा मौलाउँदा आँकुरा जसको सुरक्षाको कैदी । आज आफैँमा फाट्नु अनि आफैँमा सिइनु जिन्दगी भएको छ तिमीलाई थाहा छ है ? हाम्रो बैठक कोठाको भित्ते घडी हिँडिरहन्छ सधैँ नरोकिएर टक टक टक टक टक आफ्नै गतिबाट गतिहीन भएको म यदि निष्प्राण भएँ भने ? तिमी जीवनको बाटोमा नरोकिएर हिँडिरहनू, हिँडिरहनू, हिँडिरहनू है ? #गतिहीन मार्गशदर्शक म आफैँ: आफैँ गुरु, आफैँ चेला अझ अन्यौलताको बेला यस्तै हुन्छ यहाँ सिकन्दरको जिन्दगी हो जितको भेला ।। उठेको, बसेको, रोएको, हाँसेको सुनेको, बोलेको, गाएको, नाचेको एक्लै–बेग्लै बन्दैछ जिन्दगी अर्थ हो यो नमरी बाँचेको पिएको, खाएको सबैसंग प्रेम लाएको हरको, जितको, सारको जिन्दगी जबरजस्ती बनाउनुछ यसलाई उपहारको प्रितको खोलाको, पहाडको जैविक अवयवको समस्टिभरि लैजानुछ जीवनरथ यात्रामा अनौठो, परिपक्व, शिथिल आफैँ चलेको, आफैँ फलेको गलेको, टहलिएको अचम्मको मुठी भएको जिन्दगी आशा लिएको भरोसा भाँचिएको प्वाँखविहीन चरोजस्तो सबलाङ्ग जिन्दगी सङ्ग्रहालयमा कैद गर्न सुहाउने,अचम्मित मार्गदशर्क म आफ्नै, स्वयं मपाईंको #सुशान्त कुमार बिके अँध्यारो बस्तीको संगीत\xa0: त्यो दुर्गमको अँध्यारो बस्तीमा एक मुठ्ठी घाम पसोस् जहाँ, जूनले सधैँ गिज्याइरहन्छ अगुल्टोको झिल्कोले घामको झल्को मेटिन्छ छानोको पारदर्शितामा उनीहरुको नग्नता हाँसिरहेछ। मैले महसुस गर्ने यी सुस्केराहरु परको सल्लाहले सधैँ सुसाउँछ बर्कोले नछोपिएका उनीहरुका शरीर पानी र हावाले सिधै स्पर्श गरेर जान्छ तर घाम !! उसले कहिल्यै चिहाएन। नदीलाई त त्यो बस्तीमा अनाधिकृत पसेर ताण्डव मच्चाउन छुट छ बाँकी केही अवशेषहरुलाई पनि आँधिले लछारपछार पार्ने छुट छ ए साथी! हेर त! यहाँ लाग्ने घाम कतै बादलतिर लुक्यो कि हेर्नेहरुका आँखालाई घामैले पो छेक्यो कि हरेकलाई थाहा छ हिउँमा पनि आगो पोखिन सक्छ हुरीको थप्पडले ढलमलाउँदै बढेका पाइलाहरुले सिङ्गो घाम अँगालेर बसेकाहरुलाई घृणाको आगोले सल्काउन सक्छ खाली पेटको सुसेलीलाई सुन बहिरोको नाटक नगर केही घाम केही जून ती बस्तीमा आउन देऊ। उनीहरुका बस्ती कोलाहलले नभासियोस् सपना र आकांक्षाहरुको पहाड फोडेर बगेको आँसुले नूनको प्यास मेट्न पर्यो भने नुनिलो पसिनाको भेलले झलमल तिम्रो सहरलाई एकैपटक बगाउन पनि सक्छ घामले पोलेर आँखा चिम्लनु अगाडि, अलिकति घाम यो अँध्यारो बस्तीमा छिर्न देऊ । हैन भने यसै बस्तीभित्र उब्जिएका जोसिला रगतले जीवन्त अक्षरहरु जन्माई अँध्यारोलाई फाल्न सबैलाई एकैचोटी बिउँझाउन सक्छन् र तिम्रो सिंगो सूर्येलाई हत्केलाले छेकिदिन सक्छन् त्यसैले त्यो अँध्यारो बस्तीको सुसेलीलाई पनि मीठो राष्ट्रिय गीतमा सुर मिलाई देऊ ताकि सबैलाई बिउँझाउने संगीत बनिदियोस् सबैलाई बराबर उज्यालो दिने सूर्य भैदियोस्। #अँध्यारो बस्ती #गंगा खड्का उत्कृष्ट फोटो कविता प्रतियोगिता-२ छानियो: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । यस पटक पनि नियमविपरीत कयौँ काव्य सिर्जना प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश गरिएको थिएन । नियम र रीत पुर्याई प्राप्त भएका रचनामध्येबाट तीन कविताहरू छनोट गरिएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । ‘नियमअनुसार हामीले तीन वटा मात्र छान्न सक्थ्यौँ । यहाँ छानिएका सबै कविता सर्वोत्कृष्ट हुन् ।’ कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलले जनाएकाे छ । याे साता राजती शर्मा काफ्लेको ‘आँशु’, शितल उपाध्यायको ‘अपाङ्गता र जीवन’ र प्रवासी सुमनको ‘रङ्गीन सहरका श्यामश्वेत दुःखहरू’का कवितालाई उत्कृष्ट घोषित गरिएको हो । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आज आइतबार पुनः हुनेछ । पुरस्कृत कविता तल पढ्नुहोस्ः आँशु राजती शर्मा काफ्ले आएँ नै नभनी लुकी नयनमा बस्ती बसायौ तिमी काँप्दै छैन भनेँ जगा नजरमा हाँस्दै अटायौ तिमी । खुल्दा ढक्कन यी लुकेर कसरी हैरान गर्थ्यौ तिमी पोल्दा धड्कनमा गुलाबजल झैं चुर्लुम्म पार्थ्यौ तिमी ।। (१) मेरा चाह बटुल्न टिप्न सपना मैदान माथि तिमी पीडा कष्ट उमंग रङ्ग सबको एक् मात्र साथी तिमी । वर्षा कञ्चन झैं समुद्र तट झैं आँखा सजायौ तिमी आफैँ भासिन गै गलातिर कतै फुट्दै हरायौ तिमी ।। (२) डिल् को साँध थियो कठै नयनमा तोडेर जाने तिमी दिल् को बाँध थियो अटुट बलियो फोडेर जाने तिमी । वाचा बन्धनको सँघार बलियो तोडेर जाने तिमी तिम्रै खातिरको रुमाल हरियो छोडेर जाने तिमी । । (३) कस्ले जित्छ यहाँ लुटेर मन यो हारेर जाँदा तिमी फक्रेका सपना निमेष भरमा मारेर जाँदा तिमी । तिम्रै सँग गए उमंग रसिला छाडेर जाँदा तिमी ठ्याक्कै बन्द भए खुशी अधरमा भागेर जाँदा तिमी । । (४) पीडा यो मनमा कथा नयनमा हर् सास सम्झाउने प्रश्नै प्रश्न यहाँ समाज भरका घोच्ने र तड्पाउने । कस्तो के कसरी कहाँ किन कता कस्ले त बुझ्दिन्छ र आँशुकै कविता भनेर कसरी होला मीठो उत्तर । । (५) अपाङ्गता र जीवन शितल उपाध्याय *********************** दुई विपरीत ध्रुवहरु बोकेको कुनै चुम्बकलाई जति नै जोडले हिर्क्याइयोस्, टुक्राइयोस् हरेक सानो टुक्रामा पुन: भेटिनेछन् दुई विपरीत ध्रुवहरु र, हरेक टुक्रा सत प्रतिश्त चुम्बक नै हुनेछन् । त्यस्तै, काटियोस् हातगोडा वा फुटोस् कानको जाली मान्छेलाई मान्छे बनाउने तत्त्वहरु यथावत् नै रहनेछ । तब पनि मान्छे,अपाङ्ग बन्ने छैन मान्छे नै रहनेछ । ‘अपाङ्ग’ शब्दको अस्तित्व हुनु, शब्दकोषकै ठूलो हार हो । खुट्टा नभएकाले तपाईं मलाई अपाङ्ग भन्नुहुन्छ ! गुलाफका भिन्दै हुन्छ गुणहरु आदिकालदेखि हिँडेका छैनन् गुलाफका बोट र पनि सुन्दर नै छ गुलाफ । आदिकालदेखि त्यहीँका त्यहीँ छन् अजङ्गका पहाड र पनि चौडा नै छ, पहाडको छाति। जीवन औँलाजस्तो छैन, नङजस्तो छ जति नै उसलाई काटियोस् त्यो फेरि पलाउँछ बिना सिकायत् जति नै प्रतिकूल अवस्थामा पनि म विचलित हुन्नँ पिपल हुँ म जमिन खोज्दिनँ म, भित्ताका कापमै पनि उम्रिदिन सक्छु नियति मलाई आगोमाथि नै किन नबसाइदियोस् म खलखली बगाइदिनेछु पसिना र निभाइदिनेछु राँको क्यारम बोर्डको गोटी हुँ म सयौँ पल्ट ठोकिए पनि प्वालसम्मको यात्रा तय गरेरै छोड्छु । वास्तवमा सयौँ पल्ट ठोकिन्छु र पो त पुग्छु । म ब्रायोफाइलम (Bryophyllum ) हुँ म पलाउनका निम्ति जराको माग गर्दिनँ डाँठको पनि माग गर्दिनँ एउटै पातबाट म सशरीर पलाइदिन सक्छु। नचल्दैमा हातगोडा वा धुमिल हुँदैमा दृष्टि रोकिँदैन जीवन गति नै जीवन हो म जिम्मेवारीको नदी तरेर पुग्छु पारि जीवन, भरिसभामा टिल्पिलाएको आँशु होइन जसलाई रोक्न सकियोस जीवन, खुला आकाशमुनि छुटेको उन्मुक्त हाँसो हो जीवन, जुनसुकै चाबीले पनि खुल्ने अचम्मको ताल्चा हो । तपाईं दयाभाव बर्साउनुहुन्छ ममाथि र भन्नुहुन्छ ”’विचरा! हिँडडुल गर्न मुस्किल छ” सोध्नुस्, अर्कोतिर मुन्टो फर्काएका तपाईंका सीमा स्तम्भलाई एकै ठाउँमा रहिरहन कुन परिमाणको साहस चाहिन्छ ? रिले रेस हो जीवन जहाँनेर प्रस्टै देखिन्छ अन्त्य त्यहीँबाट सुरु हुन्छ अर्को अध्याय हेक्का राख्नुस्, व्हिल चेयरमा बस्दैमा धिमा हुँदैन जीवनको गति । वास्तवमा, कथित अपाङ्ग नै सबैभन्दा सबल हुन कान सुन्न छाडेको हो तिम्रो सरकारले र पो त, सरकार रहिरहेको हो सरकार चल्नै छोडेर नै जनमतको स्वाद थाहा पाउने जिब्रो लम्बिएको हो सबै तानाशाहको आयु। मैले जन्मजात आँखा गुमाएर के भो ? आखिर, पीपलको रुखमुनि चिम्लेका हुन बुद्धले आँखा अनि मात्र सदियौँको निन्द्राबाट ब्युँझिएको हो मान्छे। रंगीन सहरका श्यामस्वेत दु:खहरु प्रवासी सुमन इन्द्रेणी कोलाजका भर्भराउॅंदा रङहरु ढकमक्क सजाएर ग्रेटवाल जस्ता पर्खाल र गगनचुम्बी महलका भित्ताहरुमा सहर खित्खिताइरहेछ मात्र औपचारिकताका निमित्त। सहरमा सबैथोक त औपचारिक छ मानवीय सम्बन्ध मान्छेको हाँसो प्रेमको नाममा देखाइने चटक वा चातुर्य सबै-सबै एक कुशल अभिनयजस्तो। मात्र आँसु छ प्राकृतिक जसलाई छोपी राख्ने भगिरथ प्रयत्न गर्छ सहर तैपनि थाहै नपाई कथित सभ्यता र लज्जाका बाँधहरु भत्काएर रसाइहाल्छन् आँखाहरु । फराकिला सडकपेटी या साँघुरा गल्लीहरु अलिसान महलका चोटाकोठा या झुपडपट्टीका चिसा बस्तीहरु कहाँ छैन र आँशुले नकोरेको ओसिलो चित्र?? हो, थाहा छ; सहरलाई आँसु र रोदन मन पर्दैन सहरलाई गरिबी र अभाव मन पर्दैन तर पनि आफ्नो छद्म रूप देखाएर किन लोभ्याइरहन्छ सहरले गरिबलाई रातमा चहकिलो बत्तीले मसिना पुतलीहरूलाई लोभ्याएजस्तो। #उत्कृष्ट #प्रतियोगिता बिरामी पर्नुअघि रत्नशमशेर थापाको अन्तिम अन्तरवार्ता: रत्न शमशेर थापा दुई दिनअघि हामीले वरिष्ठ गीतकार रत्नशमशेर थापालाई गुमायौँ । गायक प्रेमध्वज प्रधान र नारायण गोपालका प्रिय मित्र भएका कारण रत्नशमशेरका धेरै गित ती हस्तीहरुले गाए । नेपाली चलचित्रमा उनका गीत अनिवार्य जस्तै मानिन्थे । गीत, गजल, मुक्तक, हाइकुहरुमा बढी रमाउने रत्नशमशेर थापासँग साहित्यपोस्ट प्रतिनिधि भगवती बस्नेत ले एभेन्युज टेलिभिजनका लागि एउटा पूर्ण अन्तरवार्ता गरेकी थिइन् । संयोगले यो नै स्वास्थ्य अवस्थाको अन्तिम अन्तरवार्ता हुन पुग्यो । उक्त अन्तरवार्ताको मुख्य अंश साहित्यपोस्ट ले प्रस्तुत गरेको छः आजभोलि केही लेख्दै हुनुहुन्छ कि सुस्ताउन मन लागेको छ ? होइन, लेख्दैछु । नलेखी मन मान्दैन । कहिले कविता लेख्छु अनि कहिले गीत । तपाइका केही कृतिहरु प्रकाशनमा छन् तर धेरै प्रकाशन हुन बाँकी छन् । तिनीहरुलाई प्रकाशन गर्ने योजना छ कि ? हाइकुको संकलन गर्दैछु । मलाई कविताको विविध रुपमा कलम चलाउन मनलाग्छ । हाइकु कविताको सबैभन्दा छोटो रुप हो । त्यसमा पनि म तान्का लेखनतिर लागेको छु । यो जापानबाट शुरु भएको हो क्यारे । नेपालमा पनि निकै लोकप्रिय भयो, किन होला ? हाइकुको जम्मा तीन लाइन हुन्छ । पहिलो लाइन पाँच, दोस्रो लाइन सात र अन्तिम लाइन पाँच अक्षरको हुन्छ । तान्काको चाहिं पाँच सात पाँच हुन्छ र थप दुई लाइनमा सात–सात गेरर एकतीस अक्षर हुन्छ । यो किन लोकप्रिय भयो भने यसमा सानो कुराले पनि ठूलो र गहिरो अर्थ बोकेको हुन्छ । त्यसैले यसैमा नयाँ नयाँ प्रयोग गर्न खोजिरहेकोछु । नयाँ प्रयोग कसरी ? क देखि त्र सम्मकोमा अक्षर राखेर । उदाहरणका लागिः कक्क्रिन्छन् कठै कुहिरोको कैदमा किरणहरू तपाईँले नेपाली र अंग्रेजी दुबै भाषाका साहित्य राम्रोसँग अध्ययन गर्नु भएको छ । अहिले जति नेपाली साहित्य लेखिएको छ ती कसरी आइरहेका छन् जस्तो लाग्छ ? पछिल्ला कृतिहरु कसरी आइरहेका छन्, त्यसको अध्ययन गर्न सकेको छैन । यसमा अलिकति सुस्तता आएको छ । तर कुरा के भने समयले साहित्यलाई परिवर्तन गरिरहेको हुन्छ । अहिले नयाँ पुस्तामा मैले केही राम्रा साहित्यकारहरु देखिरहेको छु र उनीहरुका कृतिहरुले समयलाई पछ्याइरहेका छन् । यो चाहीँ भन्न सक्छु । रत्न शमशेर थापा र भगवती बस्नेत तपाईंले गीतमा एउटा उचाइ बनाउनु भयो । तर मुक्तक, कविता, नाटक, कथा, लघुकथा सम्पूर्ण विधाहरूमा पनि कलम चलाउन छाड्नु भएन । यसो गर्दा तपाईलाई सबै विधामा कलम चलाउने लोभ जागेको हो ? अथवा तपाईंको रुचिको विधाहरु कुन कुन हुन् ? मलाई विशेष रुचिको विषय भनेको कविता र गीत नै हुन् । गीतभन्दा अगाडि मैले कविता लेखें । गीत किन लेख्न थालेँ भने मैले थाहा पाउँदा हाम्रो लागि प्रतिभा देखाउने एउटा मात्रै थलो रेडियो नेपाल थियो । त्यो बेला हाम्रा कलाकारहरुले गाउने गीतको अलि अभाव देख्थें । कहिले काहीं रेडियोका कलाकारहरुले हिन्दी गीत पनि गाउँथे रेडियो नेपालबाट । त्यो बेला आजको जस्तो रेकर्ड गर्ने चलन थिएन । लाइभ नै गाउनु पर्दथ्यो । यो देखेपछि मलाई के लाग्यो भने हामीले पनि केही मिहिनेत गर्यौं भने हाम्रा गीतहरु पनि राम्रा हुन सक्छन् । यलाई पनि रुचाउन सकिन्छ । अनि चान्सले कस्तो पनि पर्न गयो भन्दादेखि मेरो सेकेण्ड फेजको पढाई मैले त्रिचन्द्र कलेजमा गरेँ । त्यहाँ मानविकी पढ्दा नातिकाजी र नारायणगोपालहरु मेरा क्लास मेट भए । नारायणगोपालको स्वर मीठो, उसले क्लासमा प्रोफेसरहरू नआउँदासम्म बेञ्चमा तबेला जस्ताे बजाएर हिन्दी गीत गाउँथ्यो । त्यो हुँदाहुँदै उसले रेडियो नेपालबाट छ वटा गीत रेकर्ड गर्ने कोटा पायो । नारायणगोपालले एउटा यो फोक कलरको गीत लेख्देऊ भनेर मैले लेखेको थिएँ । ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार‘ भन्ने । त्यो गीत निकै चल्यो । त्यसपछि उसले मसँग गीतहरु मागेर कलकत्तामा गएर रेकर्डिङ गर्यो । त्यो बेला उसले मेरा छ वटा गीत रेकर्ड गरेको थियो । त्यसमा ‘ए कान्छा‘, ‘कुञ्जनमा गुञ्जियो‘, ‘बिछोडको पीडा‘ र ‘स्वर्गकी रानी‘…. लगायतका गीतहरु रेकर्ड भए । तपाईंले जुन विधामा हात हाल्नु भयो, त्यसमा धेरै पुरस्कृत हुनु भयो । गौरव अनुभव हुन्छ कि ठिकै हो भन्ने लाग्छ ? गौरव छँदैछ, त्यसको प्लस मानसिक सन्तुष्टि पनि मिलेको छ । मैले सुनेअनुसार तपाईं गीत पनि गाउनुहुन्थ्यो रे, हो ? हो । २०१४ सालमा केही गाएको थिएँ । अभै पनि दुई वटा गीत लाइब्रेरीमा होलान् । यसमा एउटा ग्राम सेवा पुस्तकालय भन्ने झम्सी खेलमा त्यो लाइब्रेरी थियो अर्काे राष्ट्रिय पुस्तकालय भन्ने थियो । गायनमा रुचि हुँदा हुँदै अचानक लेखनतर्फ ढल्किनु पर्ने कारण चाहिँ के थियो ? म अलिअलि गाउँथे । रुचि पनि थियो तर प्राक्टिस गर्ने टाइम भएन । घरमा पढाइलाइ जोड दिनुहुन्थ्यो । यस्तो बेलामा प्राक्टिसको अनुकूलता थिएन । बरु पढ्ने बहानामा गीत लेख्न सजिलो भयो । तपाईंलाई आफ्नो समयको प्रयोगवादी कवि र फरक गीतकारको रुपमा चिन्ने गरिन्छ । तपाईं आफैँ पनि नयाँ–नयाँ प्रयोग खोजिराखेको छु भन्नु हुन्छ । मैले गरेको जस्तो अरुले नगरुन भन्ने हो ? वास्तवमा म छुट्टै हुन चाहेको होइन । हिस्ट्री अफ नेपालिज् लिटेचरको किताबमा डा. अभि सुवेदीले हि इज ब युनिक पोइट (उनी विशेष खालका कवि हुन्) भनेर लेखेका रहेछन् । उनले मलाई एक दिन के भने भने तपाई समकालीनहरू अग्रजहरूमा सबैको उस्तै उस्तै भए पनि तपाईको चाहीँ भिडमा छुट्टै हुन्छ । नाम नराखेर पनि यो रत्न दाइको रचना हो भनेर चिन्दछु भने । मलाई खुसी लाग्यो । तर फरक हुन खोजेर होइन, भएको हो । तपाईंले कालजयी गीतहरू रच्नु भएको छ । अहिलेका गीतहरू र यहाँले रच्नु भएका गीतहरूमा कतिको भिन्नता पाउनु हुन्छ ? पहिलेका गीतहरूमा जति गहिराईहरू हुन्थ्यो त्यो अहिलेका गीतहरूमा म पाउँदिन । अहिले हल्काफुल्का जस्तो नि, क्षणिक आनन्दको लागि लेखेकाे देखिन्छ । मैले अहिलेकालाई नराम्रो भन्दिन किनभने कलाकारले जस्तो स्क्रिप्ट पायाे, त्यस्तै चरित्रमा अभिनय गर्छन् । अहिलेका गीतकारहरुको अवस्था पनि त्यस्तै हो । तर पनि जुन गीतहरू लेखिन्छ त्यो अलि गुण भएको वा खँदिलो हुनुपर्छ भन्ने मलाई लाग्छ । ए कान्छा भन्ने मेरो गीतमा अरुले लेखेको भए रित्तो सिउँदो भन्थे होला अथवा खालि सिउँदोमा सिन्दूर भन्थे होला तर मैले ओभानो सिउँदो प्रयोग गरें त्यसमा नि । त्यै ओभानो लाई मैले पछि लगेर अमरजीसँग एउटा गीत लेखें मैले एउटा ट्यूनमा गोरेटो त्यसरी लेखिदिएको मैले । म ट्यूनमा लेख्छु । त्यो हमिङ सुनेपछि पुग्छ मलाई । तपाईं प्रायः धुनमा गीत लेख्नु हुन्छ । यो निकै गाह्रो काम हो भनिन्छ । के भन्नुहुन्छ ? बानी हो । मलाई गीत मात्रै लेख्न पनि सजिलो लाग्छ । कसैले ट्युन दियोे भने पनि खासै गाह्रो लाग्दैन । तपाईंको एउटा गीत एम ए को कोर्समा पनि राखिएको छ, थाहा छ ? हो थाहा छ । आँखैमा रात गली शितमा तारा डुबे बाटैमा आँधी चली आशाका मुना उडे धुपी पिपल अनि लहरा पात झुके जुही सिमल पनि छहरासाथ सुके बारी बँगैचा भरी मुजुर वएली गए बाटैमा आधि चली आशाका मुना उडे आँखेमा रात गली… यो गीतमा कति धेरै विम्व छन् । कति सिमल छ, धुपी छ, हरेक किसिमका विम्वहरु खेलाउनु भएको । यसरी गीतहरु रच्नका लागि कुन समयमा बढी फुर्छ यहाँलाई ? ज्यादा जसो राति। भनेपछि सबैजना सुतिसकेपछि ? हो । लेट नाइटसम्म लेख्छु । गीतमा प्रसिद्धि त कमाउनु भएकै छ । कविता र मुक्तकमा पनि यहाँले प्रसिद्धि कमाउनु भएको छ । कस्तो लाग्छ ? त्यो मेरो सौभाग्य हो । एउटा मुक्तक त राजेश पायल राईले गाए पनि । कुल्ची हिंड हाँसीहाँसी, यो छाति तिम्रै बाटो हो, मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरि सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी… यो मैले धेरैअघि लेखेको हुँ । २०१७/०१८ सालतिर सम्मेलनहरूमा मैले पाठ गर्दा समजीले दुई चोटि तीन चोटि दोहोर्याउन लगाउनु हुन्थ्यो । तपाईंले मुक्तक लेख्नु भएको मात्र छैन कि मुक्तकमा विशिष्टता नै हाँसिल गर्नु भएको छ । मुक्तक कसरी लेखिन्छ र मुक्तकको परिभाषा के हो भन्दा खेरि कसरी दिनु हुन्छ जवाफ ? मुक्तकलाई माने, जस्तो इंग्लिसमा Quatrain भनिन्छ । यो चार लाइनमा आफूले भन्न खोजेको समस्त कुरा अटाउन सक्नुपर्छ । मेरो आफ्नो विचारमा आखिरी लाइन सारै नै पावरफुल हुनुपर्छ । यो उमेरमा पनि साहित्यिकका कार्यक्रमहरूमा गइरहेको देखिन्छ । नयाँ पुस्ताहरूलाई पनि एउटा प्रेरणा मिलिरहेको छ ।यो सक्रियताको रहस्य के होला ? मलाई के लाग्छ भने आफूसित भएको प्रतिभाले समाजलाई केही दिन सक्छ भने त्यसलाई आफूभित्र लुकाएर राख्नु हुँदैन भन्ने विचार राख्छु म नि । त्यसले गर्दा एउटा समाजलाई पनि राम्रो होस् भन्ने हो । जस्तो मैले कुनै चीज कन्सिभ गरेर आफूभित्र राखिछोडेँ भने त्यसको कुनै अर्थ रहँदैन । र, अर्को कुरा के भने म प्रत्येक साहित्यकारहरू भनौं यी कलाकारहरू यिनीहरूमा के हुन्छ भने आफूले गर्ने काममा सम्पूर्ण रुपमा इमान्दारिता हुन्छ…। #भगवती बस्नेत #रत्न शमशेर थापा अग्रज र नयाँ स्रष्टाका सिर्जना एकैसाथ: गएको ३० मे, शनिबार साँझ ७:३० बजे (सिड्नी समय) एउटा रमाइलो माहौल बन्यो । अष्ट्रेलिया र विश्वका विभिन्न देशमा रहेका सर्जकले फेसबुक लाइभ हेरिरहनुभएका दर्शक/श्रोतामाझ जीवन, जगत र समसामयिक विषय समेटिएका आफ्ना मीठा रचना सुनाउँदा साहित्यिक रसास्वादनको संयोग जुर्न पुग्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा जुममार्फत भएको सो कार्यक्रमको सहजीकरण अनेसास न्यू साउथ वेल्स सचिव प्रवीण टण्डनले गरेका थिए । आयोजक संस्था अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्माले छोटो मन्तव्यसँगै शुरू भएको सो कार्यक्रममा अनेसास केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा “आचार्य राजन शर्मा” को अगुवाइमा सम्पूर्ण सहभागीहरूबाट ऊँकार उच्चारणसँगै रचनावाचनको क्रम आरम्भ गरिएको थियो । जापानबाट अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल “माइला”ले आफ्ना मीठा गजल र हाइकु प्रस्तुत गरेका थिए भने अमेरिकाबाट जोडिएका अनेसास केन्द्रीय पूर्व महासचिव गोवर्द्धन पूजाले आफ्नो सुन्दर कविता प्रस्तुत गरेका थिए। रचनावाचनको क्रमलाई निरन्तरता दिँदै अनेसास केन्द्रीय महासचिव गणेश घिमिरे, अनेसास केन्द्रीय सदस्यद्वय सानु घिमिरे र अग्नि राजनाथ शर्मा, अनेसास न्यू साउथ वेल्स पूर्व अध्यक्ष महेन्द्र पौडेल, अनेसास ब्रिस्बेन अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ अध्यक्ष निरज क्षेत्री, अनेसास क्यानबेरा महासचिव विनायक अधिकारी, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज महासचिव विदुर सापकोटा, नेपाली भाषा विद्यालय शब्दमालाका पूर्व अध्यक्ष डा. प्रकाश पौडेलले आफ्ना सिर्जना पस्किएका थिए । त्यसैगरी आयोजक अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्मा, उपाध्यक्ष ममता तिवारी, सचिव प्रवीण टण्डन, कोषाध्यक्ष विष्णु घिमिरे, सदस्य सीता रसाइली, यसैगरी साहित्यअनुरागीहरु आशीष पौडेल, तुल्सा पाण्डे र महता चापागाईंले पनि आफ्ना साहित्यिक रचनासहित आ-आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा वरिष्ठ कवि तथा निबन्धकार उदय निरौलाले जुम सम्मेलनमा प्रस्तुत रचनाहरूको समीक्षा गर्दै आफ्नै एउटा चर्चित सिर्जना समेत वाचन गरेका थिए । यससँगै अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्माले सहभागी स्रष्टा र दर्शकमा धन्यवाद र आभार प्रकट गर्दै कार्यक्रम समापन गरिएको थियो । #अस्ट्रेलिया युगले जन्माएको म: अचेल युगले जन्माएका जीवनहरु काँपिरहेका छन् मस्तिष्क हावि भएर हो कि? हृदयहरु चल्नै छोडेका छन् क्षितिज पारिबाट कसैले यमराजको पल्टन रिलिज गरेजस्तो यान र रकेटहरु जीवन मेटाउने ग्यास बोकेजस्तो सूर्यको प्रकाश पनि हानिकारक भएजस्तो झरीले विष पोखेजस्तो चाँदनीले सुटुक्क यमराजसँग कानेखुशी गरेजस्तो यस्तै छ मेरो युग ऊ निधाएको छ, मस्त निद्रामा छ थाहा छैन कहिले बिउँझिन्छ? हरेक युगको भ्रूँणबाट उदाएको बिहानले हृदय गाँसिएको एउटा सिङ्गो मानवता खोजिरहेछ अचेल मेरा छोराछोरीहरु आधुनिक युग लेख्न मन पराउँछन् प्रविधि लेख्न खोज्छन् हवाई यान लेख्न खोज्छन् समुद्रमाथि एयरपोर्ट लेख्न मन पराउँछन् मंगल ग्रहको यात्रा लेख्छन् मंगल ग्रहमा बस्ती बसाउन लेख्न मन पराउँछन् भन म के गरुँ ? मेरो युगले यही सिकाएको छ। मेरो छोराछोरीको पाठ्यक्रममा आधुनिक युग बाँच्ने जीवनको सूत्र पाइन्छ मस्तिष्कले सिकाएको जीवनका सूत्रहरु पानीका फोका जस्तै छन् कतिखेर फुट्छ थाहा छैन युगले सिकाएको जीवनका सूत्रहरुमा म सपनाको भर्याङ्ग जोडेर हृदय खोजिरहेछु ए युग, तिमीले दिएको सम्पन्नताको सर्टिफिकेट भित्तामा टाँसेर म कसरी मानवताको गफ हाँकु? मेरो युगले सम्पन्नताको सर्टिफिकेटमा तोक लगाएपछि मलाई आधुनिक युगको मान्छे भनिएको हो भन म के गरुँ? मलाई यो युगले यस्तै बनाएको छ। तर म चाहन्थेँ मेरा छोराछोरीहरुको पाठ्यक्रममा पृथ्वीको पनि हृदय हुन्छ भनेर लेखिदिएको भए पृथ्वीमा रहेका सबै प्राणीहरुको पनि बाँच्ने अधिकार हुन्छ भनेर लेखिदिएको भए सबैभन्दा ठूलो धर्म मानवता हो भनेर लेखिदिएको भए मेरा छोराछोरीहरु जीवनको परीक्षामा पास हुन्थे होला तर यो युगको परीक्षामा उनीहरुले प्रथम स्थान हासिल गरेका छन् भन म के गरुँ यस युगलाई? अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलिया #अस्ट्रेलिया #न्यु साउथ वेल्स #महेश्वर शर्मा #युग अज्ञातको गजल: आधा भरी यो जिन्दगीमा भरौँ भने पनि सकस दियौ अलिकति सरौँ भने पनि ।। पछाडि तिमी अघि तिम्रा यादहरू छन् सुरूबाटै जीवन यात्रा गरौँ भने पनि ।। अस्तित्व रहन्छ अस्मिता बाँकी नै रहन्छ आधा तिमी नि छौ म आधा मरौ भने पनि ।। #अज्ञात जीवन अंश: कहिलेकाहीँ सपनामा कति राम्रा कविता देख्ने गर्छु बिहान उठेपछि प्रायः सबै हराएर जान्छ सधैँ पछि लाग्छु भेटाउन खोज्छु सधैँ झैँ केही अंश हात लाग्छ र फेरि, तड्पिन बाध्य हुन्छु हिजाे राति देखेको कविताका केही अंश यस्ताे भेटियाे ठूलो बतासमा म चारैतिर रूमल्लिरहेको हुन्छु मेरी बूढी आमाको स्वर ममा ठोकिन्छ म तिम्राे आमा हुँ अधिकारले बाेलेकी छु तिम्राे महल बढिरहेकाे छ छोरा तर बिस्तारै सानाे तिमी, भैरहेका छौ.. अर्को अंशमा तिम्रा अनगिन्ति अघोषित आमाहरु तिमीलाई सम्झदै गर्दा वास्तविक आमाकाे आशीर्वाद भने लिन नभुल ल… क्रमशः अर्को अंश हुन्छ तिमीले संसार नापी रहँदा देशको पुरानो जमिन नाप्नु पर्नेछ एकदिन नभुल्नु ल.. कति मेरा यस्तै अरु अंशहरु आँखा मिच्दै गर्दा मिचिएर जान्छन् बिहान, सधैँजसो मेरो प्रयास आफैँलाई भेट्ने कोसिसमा रहन्छ तर पनि कविताकाे पुरै अंश जस्तै आफूलाई भेट्न असफल रहन्छु कहिलेकाहीँ त कहिल्यै भेट्न सक्नेछु .. लाग्दैन् ! साँच्चै, मेरा कति कविताहरु सपनामै मर्ने गर्छन् कति मानिसका “सपनाहरु जस्तै” तर फेरि पनि सधैँ कतै देखिरहेकाे हुन्छु मेराे देशकाे नक्शा र मेरी आमालाई उस्तै मन लिएर मेराे कवितामा सधैँ उभिरहेका हुन्छन् ती सबै कविताका हरफहरु बिर्सिए पनी कविताका मुख्य यी दुई पात्र मेरा हर सपनापछि पनि भेटिरहन्छन् पुरै अंशमा !! #अंश #आमा #निरज क्षेत्री समर्पण टेगोरलाई: टेगोर भन्छन्– “एक्लै हिँड !” म पनि भन्छु – “एक्लै हिँड !” एक्लै हिँड जहिलेसम्म थाक्दैनौ । हिँड एक्लै एक्लै र निदाउँदा पनि– एक्लै निदाऊ हिँड एक्लै एक्लै र ब्युँझदा पनि– एक्लै ब्यूँझ कोही भएनन् भनेर नडराऊ – बस् ! एक्लै हिँड हिँड्दा हिँड्दै कहिले बायाँ हात फिँजाऊ र एक्लै हिँडिरहेको आफैँलाई अंगाल कहिले दायाँ हात फिँजाऊ र एक्लै हिँडिरहेको आफँैलाई जिन्दगीको कान्लो उक्लिन सहारा देऊ कहिले ओरालोहरूमा बुई थाप– एक्लो आफूलाई अघि अघि हिँडिरहेको आफूलाई भेट्टाउन अलि छिटो हिँड पछि पछि आइरहेको आफूलाई अलि छिटो हिँड भन चौतारोमा बस र प्रत्येक छपनीहरूमा बसिरहेको आफैँसँग बात मार । एक्लै हिँड तर गीत गाउँदै हिँड एक्लै हिँड तर बात मार्दै हिँड एक्लै हिँड तर मुस्कुराएर हिँड एक्लै हिँड तर आनन्दले हिँड एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड हिँड एक्लै, एक्लै, एक्लै, एक्लै, एक्लै एक्लै हिँडेर गन्तव्यमा पुगेपछि आफू वरिपरि हेर कति धेरै एक्लैहरू तिम्रो साहरा भइसकेका हुनेछन् र, तिम्रो जीत या हारको हिस्सा बनिसकेका हुनेछन् अब यी एक्लाहरूले तिमीसँग केही माग्दैनन् नत यी एक्लाहरूलाई तिमीले केही दिनुपर्छ मुसुक्क मुस्कुराउँदै आराम गर र एकपटक सबैले सुन्नेगरी भन– एक्लै हिँड ! #समर्पण टेगोर रूकुम हत्या प्रकरण र नेपालमाथि प्रश्न–तिम्रो पहिचान के हो?: गिरिबहादुर सुनार रुकुम जिल्ला चौरजहारी नगरपालिका–८ सोतिमा भएको जातीय विभेद जोडिएको पाशविक हत्या काण्डले यतिबेला सिंगो देश तरंगित बनेको छ। सामाजिक संजाल देखि सडक र सदनसम्म यतिबेला यो घट्ना चर्चा र बहसमा छ। यही घट्नासँग जोडेर एक पटक दलित शब्द ट्रेंडिङमा छ। दलित शब्दलाई लिएर तर्क वितर्क चलिरहेका छन्। दलित शब्द रहेसम्म विभेद यथावत रहने तर्क गर्नेहरु पनि छन्। दलित शब्दप्रति नै उनीहरुको आपत्ति छ । वास्तवमा दलितका नाममा हेपिएर, पिल्सिएर बाँच्ने रहर कस्लाई होला र? दलित जन्मजात कसैले रोजेर वा इन्कार गरेर आउने विषय पनि होइन। हाम्रो समाजमा जन्मका आधारमा तोकिने श्रेष्ठता र नीचताको जुन जातीय प्रथा र वर्ण व्यवस्था छ त्यसले माथिल्लो र तल्लो जातको विभेदलाई पुस्तान्तरण गरिरहेको छ। अहिले पनि पुस्तौली विरासतमा दलितलाई हेप्ने चलन, सोच र व्यवहार खासगरी ग्रामीण भेगमा व्याप्त छ। त्यही उचनीचको व्यवहारले दलित शब्दलाई नमीठो गरी अस्तित्वमा स्थापित गरिरहेको छ। दलित शब्द भारतबाट आयातित शब्द हो। यो शब्दको जन्मदाता वा पहिलो प्रयोगकर्ता महात्मा ज्योतिवा फुले (सन् १८९१–१९५६) हुन्। पछिल्लो समयमा यस शब्दलाई चर्चामा ल्याउने काम भारतीय संविधान निर्माता एवं दलित अभियान्ता डा. भीम राव अम्बेडकर (सन् १८९१–१९५६) ले गरेका हुन् । नेपालमा बि.सं. २०२० मा नेपाल राष्ट्रिय दलित जनविकास परिषद् भन्ने संस्थाको गठनका क्रममा दलिल शब्दको संस्थागत प्रयोग भएको देखिन्छ । नेपाली समाजमा जसरी अन्य अनेक विषयमा मतभेद र असमान बुझाइ छ, दलित शब्द र यसले बोकेको भाव एवं अर्थमा पनि अनेकता छ। समुदायकको विभिदता जस्तै दलित प्रति पनि मिश्रित धारणाहरु छन्। कसैले यो शब्दप्रति नै विमति राख्छन्, कसैले प्रिय मान्छन् त कसैले घृणाको प्रतीक मान्छन्। शब्द आफैँमा राम्रो वा नराम्रो हुँदैन। त्यो शब्दलाई कुन भावले प्रयोग गरिन्छ त्यसले त्यो शब्दको अर्थ दिन्छ। त्यसैले यो शब्दका प्रयोगकर्ता र उसको भोगाइ, बुझाइ वा मनोदशाले यसको अर्थ प्रस्तुत गर्छ। त्यसैले यो शब्दमाथिको समान अर्थ वा अपेक्षा राख्नु व्यर्थ छ। दलित शब्द संस्कृत भाषाको “दल” धातुबाट बनेको हो, जसको अर्थ थिचिएको, पिल्सिएको, हेपिएको भन्ने हुन्छ। यो शब्दको उपस्थिति दब्रिड भाषा लगायत अन्य भारतीय भाषामा समेत पाइन्छ। यो शब्दको शुरुवात उत्तर औपनिवेश कालमा भारतीय संबिधानका मस्यौदाकार डा. अम्बेडकर र उनका समर्थकहरुले गरेको देखिन्छ। महात्मा गान्धीले हिन्दू वर्ण व्यवस्था भित्रका अछुतहरुलाई बुझाउन प्रयोग गरेको हरिजन शब्दप्रति विमति राख्ने अम्बेडकरबादीहरुले प्रयोगमा ल्याएको दलित शब्द नेपालमा पनि शोषित पीडित वर्गलाई बुझाउने सामान्य जनजिब्रोको शब्द बनेर अहिले प्रयोग र स्थिापित छ। हाल दलित शब्द राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित भइसकेको छ। नेपालको सन्दर्भमा यो शब्द सन् १९६७ मा राष्ट्रिय दलित जनविकास परिषद् नामको संगठनले प्रयोग गरेको पाइन्छ। दलित शब्दप्रति कथित उपल्लो जातका मात्र नभएर केही शिक्षित दलित समुदायका मानिसहरु पनि हीनताबोध गर्ने गर्दछन्। केही शिक्षित दलितहरु यदि यो शब्दको प्रयोग आमरुपमा गर्दै जाने हो भने आगामी पुस्ताका दलित समुदायका मानिसहरुलाई समेत हीनताबोधले ग्रसित गराउने कुरामा चिन्तित देखिन्छन्। सायद उनीहरुलाई लागेको छ यो शब्द नै हटायो भने समाजिक विवद्यमान सोच र व्यवस्था पनि हट्ने छ। तर शब्द हट्दैमा सामाजिक चेतना र गढेर रहेको संस्कार हट्छ भन्ने ठान्नु गलत हुनेछ। नेपालका “अछुत” हरुले आफ्नो समुदायको प्रतिनिधित्व गर्ने शब्द पाउन भरमग्दुर प्रयास गरेका हुन्। उपयुक्त शब्दको अभावमा उनीहरु आयातित शब्द नै प्रयोग गर्न बाध्य छन्। हिन्दु वर्ण व्यवस्था भित्रका अछुतहरुको प्रतिनिधित्व गर्ने उपयुक्त नेपाली शब्द निर्माण गर्न नसक्नु दलित समुदायको दुर्भाग्य हो। यसप्रति तथाकथित आफूहरुलाई उपल्लो जातका भन्ने विद्धानहरुले पनि कुनै चासो देखाएका छैनन्। कुनै शब्दावली प्रति विमति राख्नु भन्दा लक्षित समुदायको प्रतिनिधित्व गर्न सक्ने खालको शब्द निर्माण गर्नु आजको आवश्यकता हो। केही दशक यता उचित विद्यालय शिक्षाको अवसर प्राप्त गरेका कतिपय दलित समुदायका व्यक्तिहरु पनि ठिक र बेठिक छुट्याउन सक्ने सार्मथ्य राख्छन्। दलित भन्ने शब्द अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ ले समेत अंगिकार गरेको शब्द भएकोले उक्त शब्द आफैमा एक सुन्दर शब्द हो जसले कथित अछुतहरुको प्रतिनिधित्व गर्छ। दलित शब्द कुनै जात नभएर समाजमा व्याप्त पर्था, व्यवस्था र दलितहरुको अवस्थालाई बुझाउने शब्दको रुपमा स्थापित भैसकेको छ। प्रष्टरुपमा भन्दा नेपालका कथित अछुतहरु दलित शब्दबाट संबोधित हुन चाहँदैनन्। यथाशिघ्र दलितबाट मुक्ति पाउनु उनीहरुको इच्छा छ। त्यसैले यो शब्द माथि नै उनीहरुको जलन छ। शब्दले पैदा गरेको व्यवस्था जस्तो उनीहरु ठान्दैछन्। तर जातीय व्यवस्थाको निर्माता दलित शब्द वा यसको परिभाषाले छुने कथित तल्लो जातिका मानिस स्वयं हुँदै होइनन्। यो कुरा स्वयं दलित र गैर दलित सबैले बुझ्न जरुरी छ । सामाजिक व्यवस्थाका पीडित अर्थात दलितहरुलाई न्याय दिनु कथित उच्च जातको पनि कर्तव्य हो, जसले यो फोहोरी संरचनाको निर्माण गरेका हुन् र आजसम्म पनि यो व्यवस्थाबाट दलितहरु शिकार हुनु परेको उनीहरुलाई राम्रो थाहा छ। नेपालको संविधान २०७२ ले जातीय आधारमा गरिने भेदभावलाई पूर्णरुपमा बन्देज लगाएको छ। अन्ततः यसले कथित अछुतहरु प्रतिको सामाजिक अपहेलनालाई आत्मसात गर्दै राज्यको संरचना लगायत शैक्षिक, व्यावसायिक, राजनैतिक र कानुनी सुरक्षाका क्षेत्रमा दलितहरुलाई समान अवसर प्रदान गरेको छ। व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा समानुपातिक प्रतिनिधित्व प्रदान गर्न भने राज्य अझै पनि कन्जुुस देखिएको छ। उच्च जातका सदस्यहरुको बहुमत भएको संविधान सभाले राज्यका सबै संयन्त्रमा जनसंख्याको अनुपातमा १३% दलित प्रतिनिधित्व सहित थप अधिकार (क्षतिपूर्ति सहित) प्रदेशमा ३%, केन्द्र सरकारमा ५% र स्थानीय निकायमा १०% हुनु पर्ने मागमा सहमति जुटाउन सकेन। भूमिहीन दलितहरुलाई जमिनको व्यवस्था गरिनु नयाँ संविधानमा सकारात्मक भएता पनि कानुन बमोजिम भन्ने शब्दले कार्यान्वयनमा भने चुनौतीपूर्ण नै देखिन्छ। १९९० साल देखिकै संविधानहरुले छुवाछुत प्रथालाई बन्देज गरेका हुन् तर पनि नेपालका दलितहरुले हिंसा र विभेदबाट मुक्ति पाउन सकेका छैनन्। राज्यबाट प्रदान गरिने आधारभूत मानव अधिकार र सम्मानबाट उनीहरु वञ्चित छन्। अझै पनि सामाजिक भेला र समारोहहरुमा उनीहरुको उपस्थिति सर्वस्वीकार्य हुन सकेको छैन। ग्रामीण क्षेत्रमा उच्च जातले संचालन गरेका होटल रेष्टुरेन्टहरुमा दलितहरुलाई सहजरुपमा प्रवेश बन्देज नै छ। उनीहरु छुट्टै कुनामा बस्नुपर्छ, खाना खाएका भाँडाहरु आफैँ सफा गर्नुपर्छ। उच्च जातका घरमा प्रवेश गर्न दिइँदैन र इनार, पोखरी र मन्दिर जस्ता सार्वजनिक सम्पत्तिको प्रयोगमा उनीहरुको पहुँच छैन। कतिपय यथास्थितिवादी गैरदलित व्यक्तिहरु दलितहरुको उन्नति चाहँदैनन्। दलित र दलित शब्दप्रति नै उनीहरु घृणादृष्टि राख्छन्। अछुतहरुको उत्थानले राज्यका सम्पत्तिहरुको उपयोगमा प्राप्त भएको एकाधिकार गुम्न सक्ने भयबाट उनीहरु त्रसित छन्। कतिपय उच्च जातका मानिसहरुलाई महिला, जनजाति र मधेशी शब्द प्रति कुनै आपत्ति छैन तर उनीहरुलाई दलित शब्द समस्या बनेको छ। दलित शब्द जाति प्रथाको जरो उखाल्न चाहने अछुतहरुको भावनासँग जोडिएको शब्द हो। यो कुनै पहिचान होइन। सर्वजित विश्वकर्माको अगुवाइमा बाग्लुङ्ग जिल्लाबाट शुरु भएको दलित आन्दोलनले कठोर राणा शासन विरुद्ध औंला ठडाउनु आफैँमा महत्त्वपूर्ण कार्य थियो तर हाल आएर कतिपय दलित आन्दोलनका अगुवाहरुमा वैचारिक तथा राजनैतिक प्रष्टताको अभाव देखिन्छ। एकातर्फ दलित आन्दोलनको पहिलो उद्देश्य भौतिक समृद्धि प्राप्त गर्नु हो वा छुवाछु्त प्रथाको उन्मूलुन हो भन्ने कुराको दिशाबोध गराउन नसक्नुले दलित आन्दोलनले गति लिन सकेको छैन भने अर्कोतर्फ दलीय स्वार्थसँग गाँसिएको भोटको राजनितीले दलित आन्दोलनलाई कमजोर बनाएको छ। राजनीतिक आस्थाका आधारमा दलितहरु आपसमै विभाजित बनेका छन्। राजनीतिले पारेका कतिपय सकारात्मक प्रभाव पनि छन् तर उत्तिकै नकारात्मक असर बारे पनि दलितको परिभाषाले समेट्नेहरु प्रष्ट हुन जरुरी छ। छुवाछुत प्रथाको उन्मुलन नै यो आन्दोलनको प्रमुख उद्देश्य हुनुपर्दछ। यो उद्देश्य प्राप्त भैसकेपछि अछुतहरुको नाममा दिइएका विशेष सुविधाहरुमा हेरफेर गर्न सकिन्छ। अन्यथा यो समाजिक अव्यवस्थाको पुनरावृत्तिको कारक बन्न सक्छ। त्यसले अहिले प्राप्त उपलब्धिको रक्षा र त्यसको उपयोग गर्दै आफूलाई सक्षम र अब्बल बनाउने र अन्ततः समाजमा समान हैसियत स्थापित गर्दै विशेषाधिकारको व्यवस्थालाई आफैले इन्कार गर्ने तहको आत्मनिर्भरतामा दलित आन्दोलनलाई उभ्याउन आवश्यक छ। आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, राजनैतिक हरेक हिसाबले सशक्त हुँदै जाँदा ढिलो चाँडो दलित शब्दले आफै भावार्थ परिवर्तन गर्नेछ। यो शब्दको अर्थ इतिहासमा यस्तो थियो भन्ने अवस्था सृजना हुने गरि सोच र व्यवस्था अनि व्यवहारमै सुधारको पहल गरौं। २१ औं शताब्दीमा आईपुग्दा पनि पुरानो, अमानवीय र हैकमवादी व्यवस्था, सोच र व्यवहारलाई हामीले गलगाँड जस्तो पालेर बस्ने हो भने जति नै अयोडिनको प्रचार गरेपनि देशको घाँटी कुरुप भएर विश्वभर देखिनेछ। यो कुनै निश्चित समुदायको सवाल होइन, सिंगो देश र मानव जातिकै विवेक र चेतना दर्शाउने सवाल हो। अहिले रुकुम घट्नाले विश्वभर नेपाली समाजको कुरुप गलगाँडलाई सतहमा ल्याएर देखाइदिएको छ। नेपालको जातीय विभेद र अमानवीय वर्ण व्यवस्थाको अवशेष यतिबेला अन्तरार्ष्ट्रिय समाचार बनेका छन्। नेपालमा आजका दिनमा पनि यस्तो अमानवीय सोच र व्यवहार व्याप्त छ भनेर सिंगो देश र यहाँका नागरिकको विवेक माथि खिसिटिउरी भैरहेको छ। नेपाल जसरी अहिंसाका अग्रदूत गौतम बुद्ध र धर्तीकै उच्च शिखर सगरमाथाको देशका रुपमा गौरवले चिनिएको छ। त्यही गौरवलाई धुलिसत पार्दै नेपाललाई जातीय विभेदको गलगाँडले कुरुप पारिरहेको छ। छुवाछुत र दलितका नाममा मान्छेले मान्छेलाई मार्ने देशका रुपमा नेपाल यतिबेला प्रचारित भैरहेको छ। यो नकारात्मक पहिचानले क्षति कसलाई गर्छ? लाज कसको उडाइरहेछ? धिक्कार कसलाई आइरहेको छ? हाम्रो देश नेपाल र यहाँ बस्ने हरेक विवेकशील नागरिकका लागि गम्भीर प्रश्न छाडेर यो लेखबाट बिदा हुन चाहन्छु। र, अन्त्यमा सुझाव छ– देशलाई गौरवले चिनाउँ, जातीय विभेदको गलगाँडले होइन। (लेखक समाजशास्त्री हुन् ।) #गिरिबहादुर सुनार #दलित #हत्याकाण्ड श्रवण मुकारुङका कवितामा वस्तुगत सादृष्यको बाहुल्य: सुरेश हाचेकाली लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) को ऐकिक पद्दतिको परियोजना अन्तर्गत यो समालोचकीय लेखमा कवि तथा गीतकार श्रवण मुकारुङका जीवनको लय (२०६१) तथा बिसे नगर्चीको बयान (२०६७) कवितासङ्ग्रहभित्र समेटिएका कविताहरूलाई अङ्ग्रेजी कवि तथा समालोचक टि.एस. एलियटको ‘वस्तुगत सादृष्य’ (Objective Correlative) को दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयत्न गरिनेछ । साथमा ‘इमेजिष्ट’ आन्दोलनको प्रसङ्ग पनि प्रयोग गरिने छ । बीसौं शताब्दीको सुरुवातसँगै अङ्ग्रेजी कवितामा प्रारम्भ भएको ‘इमेजिष्ट मुभमेण्ट’ (Imagist Movement) ले कवितालाई ठोस र विम्बमय बनाउन ठूलो भूमिका खेल्यो । विलियम कार्लोस विलियम्स, एज्रा पाउण्डहरूका कविता जापानी हाइकुबाट प्रभावित थिए । हाइकुमा हुने ठोस विम्बहरूको प्राधान्यले ती अङ्ग्रेजी कविहरूलाई पनि ठोस विम्बहरूको खोजी कार्यमा अभिप्रेरित गर्\u200dयो । कविताको ‘इमेजिष्ट स्कूल’ समयक्रममा विकसित हुदै वस्तुगत समीकरण (Objective Correlative) को आवश्यक्तालाई बोध गर्ने चरणमा पुग्यो । स्वच्छन्दतावादी कविहरूको धाराप्रवाह भावावेशको प्रतिवादमा इमेजिष्ट कविताले जन्म लियो । भावुकता र अतार्किक उडानलाई कविताको आधारभूत तत्वका रुपमा ग्रहण गरिएको अवस्थाबाट कविता मुक्त हुनुपर्थ्यो किनकि यो अवस्था आफैँमा एक अतिवाद हो । इमेजिष्ट मुभमेण्टले एक अतिवादका ठाउँमा अर्को अतिवादको प्रतिस्थापन गरेको कुरा सजिलै प्रमाणित हुन्छ । एकातिर भावुकतै भावुकताको उच्छलनलाई कविता मान्नु र अर्कोतिर कठोर स्थुल पदार्थको ‘ग्यादरिङ’ लाई कविता मान्नुको बीचमा समन्वयको अभाव छँदै थियो शुरुको चरणमा इमेजिष्ट आन्दोलनबाटै साहित्यिक करियर प्रारम्भ गरेका कवि टि.एस. इलियटले आफ्नो लेखन र चिन्तनको परिपक्वतासँगै भावुकता र स्थुलतालाई संयोजन गरेर त्यसको प्रयोग दुवै सृजनात्मक र समालोचनात्मक लेखनमा गरे । वस्तुगत सादृष्यको आशय बुझ्न प्रारम्भिक अवस्थामा बुझ्नुपर्छ कि भावना भावात्मक (Abstract) हुन्छ । यो वस्तुगत (Objective) वा स्थुल हुँदैन । कवितामा भावनाको बाहुल्य हुन्छ । तर त्यो भावनालाई आकारसहित प्रस्तुत गर्नका लागि स्थुल वस्तु (Object) चाहिन्छ । भावनालाई प्रतिनिधित्व गर्न प्रयोग हुने स्थुल बस्तु नै वस्तुगत सादृष्य हो । अमेरिकी कवि एज्रा पाउण्डले सन् २०१३ मा लेखेको ‘मेट्रो स्टेशनमा’ कविता एक उत्कृष्ट ‘इमेजिष्ट’ कविता हो । यो कविताले स्थूल र कङ्क्रिट विम्बद्वारा भावनाको आयाम स्पर्श गरेको छ । तर त्यो भावात्मक पक्षको अन्वेषण अलि जटिल छ । वस्तुगत सादृष्यको अवधारणालाई अलि बढी प्रष्ट पार्नका लागि हामी शक्तिशाली गद्यकवि भूपि शेरचनको ‘मैनबत्तीको शिखा’लाई अब्बल दर्जाको उदाहरणका रुपमा लिन सक्छौँ । नारी जीवनका तीन महत्त्वपूर्ण चरणहरू (प्रथम रजस्वला, मातृत्व सफलीभूत भएको क्षण र बैधव्य) लाई व्यक्त गर्न उनले मैनबत्तीलाई वस्तुगत सादृष्यको रुपमा उभ्याएका छन् । यो उनको अनुपम कौशल हो । विराट काव्यिक प्रतिभाले मात्र यसो गर्न सक्छ । अझ विचित्रको कुरो त एउटै वस्तुगत प्रतिरुपभित्र तीन भिन्न र परस्पर विरोधी अवस्थाहरू पहिल्याउन सक्ने सामर्थ्य राख्नु हो । नेपाली कविताको परम्परालाई अन्वेषण गर्दा वस्तुगत सादृष्यसहित भावनालाई प्रतिनिधित्व गरेका कविताहरू त्यति धेरै पाइँदैनन् । वि.सं. २०४६ सालको वरिपरि हुँदै नेपाली कविता र गहन भावका काव्यिक गीत लेखनको फाँटमा एउटा ‘प्रोमिसिङ’ युवा जिनियसको प्रवेश हुन्छ । समयक्रममा त्यो प्रतिभा श्रवण मुकारुङको रुपमा स्थापित हुन्छ । कविता र गीत दुवै विधामा सफल श्रवणका कतिपय गीत उच्च कोटीका छन्, जसमा उनले वस्तुगत सादृष्यको प्रयोग गरेका छन् । उदाहरणका लागि कवि मुकारुङका देहाय बमोजिमका पङ्क्तिहरू हेरौंः कुमारीको वैंशजस्तो कुन फूल हाँसेको छ तिमी तारेभीर म त लहरा तिमीमै म लहराउँछु तिमी सहारा यी दुई उद्यृतांशहरू दुई फरक गीतबाट लिइएका हुन् । यी हरफभित्र एकातिर स्थूल विम्ब छन् भने अर्कोतिर ती विम्बहरूले शक्तिशाली भावना सञ्चार गरेका छन् । सरलताभित्र सत्यको संरचना यी दुवै गीतले बोकेका छन् । बुँदागत रुपमा भन्नुपर्दा श्रवणको काव्यिक तागत तलका तीन कुरामा अडिएको भेटिन्छ । प्रथमतः उनी वस्तुगत सादृष्य पहिल्याउन खप्पिस छन् । वस्तुगत प्रतिरुपको तारेभीरमा उनका भावनाका लहराहरू लहरिन्छन् । क्रङ्किट विम्बको आडमा उनी भावना सजाउँछन् । द्वित्तीयतः उनको सरलीकृत अभिव्यक्तिमा मर्मस्पर्शी काव्यिकता तैरिएको पाइन्छ । र तृत्तीयतः उनी आम जनता र समाजका ‘अर्जेन्ट’ समकालीन मुद्दाहरूको उजागर गर्दछन् । नेपाली कविताको इतिहासमा मोहन कोइराला र आयामेलीहरूले अभिव्यक्तिको भरमग्दुर जटिलीकरण गरेपछि त्यसको प्रतिकृया स्वरुप सरलीकरणको एउटा धार भएर अगाडि बढ्यो । तर यो सरलीकरण सदैव काव्यमय (Poetic) रहन सकेन । यता कवि मुकारुङको हकमा उनको पहिलो सङ्ग्रह देश खोज्दै जाँदादेखि नै सरलताको बहाव उद्भव भएको पाइन्छ । भूपि शेरचन, बासु शशी, दिनेश अधिकारी, जसराज किराती, विमल निभा, मीनबहादुर विष्ट, विष्णुविभु घिमिरे लगायतका कविहरूले निर्माण गर्दै ल्याएको सरलताको मार्गलाई कवि मुकारुङले अगाडि बढाएको पाइन्छ । उनको सरलता कवितात्मक गुणले भरिपूर्ण छ । ‘ह्याम्लेट र उसका समस्याहरू’ निबन्धमा इलियटले वस्तुगत सादृष्य सिद्धान्तको व्याख्या र उपादेयता प्रस्तुत गरेका छन् । पुनर्जागरणकालीन नाटककार विलियम शेक्सपियरको नाटक ह्याम्लेटलाई साहित्यिक हिसाबले असफल (Artistic Failure) भन्दै त्यसमा वस्तुगत सादृष्यको अभाव रहेको कुरो इलियटले बताएका छन् । उनका अनुसार “कलाको स्वरुपमा भावनालाई अभिव्यक्त गर्ने एक मात्र तरिका भनेको वस्तुगत सादृष्यको प्रयोग हो । अर्को शब्दमा वस्तुगत सादृष्यलाई वस्तुहरूको सेट, विशिष्ट अवस्था तथा घटनाहरूको श्रृङ्खलाको रुपमा बुझ्न सकिन्छ । जसले निश्चित भावनालाई अभिव्यक्त गर्न सूत्रको रुपमा काम गर्दछन् । जब यी बाह्य तथ्यहरू (External Facts) प्रयोग गरिन्छ, तिनले भावनालाई उजागर गरिदिन्छन्” (१०९०ः लेइच) । वि.सं. २०६२/०६३ को ऐतिहासिक वसन्त विप्लव पूर्व लेखिएको कविता ‘बिसे नगर्चीको बयान’ मा कविले निरङ्कुश राजतन्त्रप्रतिको रोष, आक्रोष र वितृष्णालाई व्यक्त गर्न वस्तुगत सादृष्यको सिद्धान्तले भने जस्तै विशिष्ट अवस्था तथा घटनाहरूको श्रृङ्खलालाई प्रस्तुत गरेका छन् । मौलिक रुपमा रोष, आक्रोष र वितृष्णा मानवीय भावना (Emotion) हुन् । भावुकतापूर्वक यी भावनाको बिना वस्तुगत सादृष्य अभिव्यक्ति हुनु कमजोर कविताको लक्षण हो । तर कवि मुकारुङ लहरा (Creeper)जस्ता भावनालाई वस्तुगत सादृष्यको थाँक्रोमा अडेस लगाएर कविताको संरचना तयार गर्दछन् । इतिहासको गर्तबाट लिइएको पात्र बिसे नगर्चीको रोष, आक्रोष, हत्तोत्साह वितृष्णाको एकोहोरो आलाप नभएर त्यसका कारणहरूको सूची पनि कविताभित्र छरिएको पाइन्छ । अनाहकमा उसकी स्वास्नी मारिनु, छोरी बलात्कृत हुनु, झुप्रो जालइनु केही वस्तुगत सादृष्य हुन् जसले उसको भावनालाई उद्वेलित बनाएको छ । यसैगरी राजाका भारदारहरूको लबेदा सिउन नसक्नु, नरसिंगा फुक्न र सहनाइ बजाउन नसक्नु, कुनै मङ्गलगान वा ऋतुगान गाउन नसक्नु, राज्यको पहरा गर्न नसक्नु जस्ता केही अवज्ञावादी तथ्यहरूको प्रस्तुतिले कवितालाई वस्तुगत सादृष्य सहित शक्तिको नयाँ उचाइमा पुर्\u200dयाएका छन् । तत्कालीन निरङ्कुस राजतन्त्रको उपादेयता कसरी समाप्त हुँदैछ भन्ने कुरोलाई स्थापित गर्न उनको यो कवितामा केही शक्तिशाली तर्कहरू कलात्मक तरिकाले प्रष्फुटित भएका छन् । राज्यका अघिल्तिर उभिएका अग्ला पहाडहरू होचिदै जानु, दरौंदी नदी उल्टो बग्नु, दरबार आफ्नो गौरव गुमाउँदै खण्डहरजस्तो देखिनु केही यस्ता वस्तुगत सादृष्यहरू हुन् जसले कविको वितृष्णामय भावनालाई तर्कसँग सन्धी गराएका छन् । यो कवितामा पागलपनको जुन ‘अपियरेन्स’ छ, त्यो विशुद्ध आयोजित बहाना हो । विद्रोहका स्वरुपहरूको तथ्यगत प्रस्तुति पनि कवितामा भेट्टाइन्छ । जस्तै अन्याय र विस्मृतिको गर्तमा पुरिएको बिसे नगर्ची देश आर्जिनुमा आफ्नो भूमिका रहेको दाबी गर्छ । उसले प्रयोग गरेको सियो श्रमको औजार हो । भानुभक्तले सुरु गरेको भाषिक एकीकरणको अभियानसँग बिसे आफ्नो सीपलाई कमकक्षमा राख्छ । हुनेखानेलाई आफ्नो नाङ्गो आङ देखाएको स्वीकार्छ । विभेदकारी राज्यप्रति आक्रोश व्यक्त गर्न ऊसँग पर्याप्त तर्क र तथ्यहरू छन् । तत्कालीन राजाको तुलना कविले राक्षससँग गरेका छन् । तर यो तुलना अत्यन्तै परोक्ष छ । रामायणेली दृष्टिविन्दुबाट हेर्ने हो भने लङ्काको राजा रावणका दशवटा शीर थिए, ऊ एक अराजक र अधर्मी दैत्य थियो । मिथकीय रुपमा ऊ दशटाउके थियो । कविले पनि यो कवितामा राजाको शीर दशवटा देख्छन् । यसरी पनि अर्थ लगाउन सकिन्छ— अढाई सय वर्षपछि राजामा दैत्यत्व सवार भएर उसको व्यवस्था जीर्ण भएको हो । मुकारुङको ‘यौटा योद्धाको सम्बोधन छोरीलाई’ कवितामा एक भूतपूर्व योद्धाको विसङ्गतपूर्ण वर्तमान र उसकी छोरीको अनिश्चित भविष्यलाई शक्तिशाली वस्तुगत प्रतिरुपद्वारा देखाइएको छ । उसको सङ्घर्षपूर्ण जीवनको उत्तरार्ध अपमानित छ । उसकी छोरीका निम्ति सम्मानजनक जीवनको त कुरै छोडौं, नागरिकता पनि उपलब्ध हुने छैन । ऊ एक इमान्दार योद्धाकी छोरी भए पनि संसारका सत्ताहरूले उसको परिचय खोज्नेछन् । उसको बाबुले युद्ध लड्न प्रयोग गरेको बन्दुकलाई न कसैले सम्मानपूर्वक सङ्ग्रहालयमा राख्नेछ, न त उसको युद्धकौशलकै व्याख्या कसैले गर्नेछ । यो अचिनारु र अलपत्र अवस्थालाई कविले केवल आवेगमा व्यक्त गरेका छैनन् । उनले त युद्ध लड्दा लड्दा थकित बन्दुक, त्यसमाथि लागेको युएनओको छाप, भोका कमिला र हरिया झिँगाहरूको एकीकृत समीकरणद्वारा वस्तुगत प्रतिरुपको निर्माण गरी कवितालाई तर्क र भावनाको सङ्गम बनाएका छन् । यी हरफहरू हेरौं — तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरी छेउ युएनओको आलो छाप लागेको छ जसको वरिपरि— भोका कमिला र हरिया झिंगाहरू घुमिरहेका छन् (१६, बिसे… ) श्रवण मुकारुङका कविताको दर्बिलो पक्ष भन्नु नै सूक्ष्म तर बलियो महत्त्व राख्ने घटना, परिघटना र सन्दर्भहरूलाई भावनासँग जोड्नु हो । उनको यस्तो काव्यमय जोडाइमा दमित र सीमान्त सत्यहरू मन छुने गरी पाठकको चेतनामा झङ्कृत हुन्छन् । भावनालाई दरिलो आधार दिने वस्तु र तथ्यको प्रवेशले नै कवितालाई शक्तिशाली र लोकप्रिय बनाउँछ भन्ने कुराको प्रमाण स्वयं श्रवणका कविताहरू हुन् । इतिहासको निर्माता भनेर परम्परागत इतिहासले एक वा केही नायकहरूलाई मान्दछ र तिनीहरूको गुणगान शदीयौं मात्र हैन युगौंयुगसम्म गरिन्छ, गराइन्छ । इतिहासका हजारौं लिखित पानाहरू अन्धभक्तिको भजनले भरिएका हुन्छन् । यो कुरा धेरैले अनुभूत गरेको र आ–आफ्नै शैलीमा व्यक्त गरिसकेको कुरा हो । तर कवि मुकारुङले यही अनुभूत सत्यलाई केही सूक्ष्म वस्तुगत तथ्यहरूको काव्यमय चित्रणद्वारा पाठकलाई उद्वेलित गराउन सक्ने यी हरफहरूको निर्माण ‘उत्खनन’ कवितामा गरेका छन्ः यो माटोभित्र उम्लिरहेको रगतको आवेग — कस्को हो ? यो महलको चोटाचोटाबाट आइरहेको पसिनाको गन्ध — कस्को हो ? यी दरबारका भव्य झ्याल–ढोकाहरूमा — कस–कसका हातका रेखाहरू छन् ? यी मन्दीरका मूर्ति र गुम्बाका गजुरहरूमा — कस–कसका औंठाका शङ्ख–चक्रहरू छन् ? (१८/१९, जीवनको …) भाषिक सरलीकरणको माध्यमद्वारा आम जनता र उनीहरूको स्वार्थप्रति हलचल नहुने प्रतिवद्धता देखाएको पाइन्छ श्रवणका कविताले । स्वच्छन्दतावादी अङ्ग्रेजी कवि शेलीले कविलाई अस्वीकृत विधायक (Unacknowledged Legislator) भनेको पनि तीन सय वर्षभन्दा बढी समय गइसक्यो । तर यो भनाइलाई नेपाली सन्दर्भमा जोडेर हेर्दा वर्तमान वर्षहरूमा ध्रुवसत्य जस्तो लाग्दछ । कवि मानव समुदायका अरु व्यक्तिहरूभन्दा फरक के अर्थमा हुन्छ भने ऊसँग ‘भिजन’ हुन्छ । अरुको मर्मबोध गर्न सक्ने अद्वित्तीय प्रतिभा हुन्छ । त्यसैले ऊ कवि हो । कवित्व एउटा दुर्लभ बरदान हो । तर उसको कवित्व र भिजनलाई समाजले सजिलै ग्रहण गर्दैन यसको कारण प्रष्ट छ— समाज रुढ कार्यतालिकामा चल्न चाहन्छ । अधिकांश सामाजिक कार्यव्यापार संवेदनहीनताले चलेका हुन्छन् । कवि यसको उल्टो हुन्छ । उसले आसन्न विपत्तिलाई पहिले नै देखिसकेको हुन्छ । ऊ यी सबै क्षमताका बाबजुद पनि अस्वीकृत हुन्छ किनकि उसले बोल्ने भाषामा मान्छेको चेतनालाई उद्वेलित गराउन सक्ने सामर्थ्य हुन्छ । त्यो सामर्थ्यसँग सामाजिक संस्थापन सदैव त्रसित हुन्छ । त्यसैले कवि सत्ताका लागि ‘अरुचिकर’ र ‘अस्वीकृत’ हुन्छ । माघी पर्व मनाउन पाउने आफ्नो सांस्कृतिक अधिकार, खसी खान पाउने सम्प्रदायगत अधिकार, घुँघी टिप्न पाउने जातीय अधिकार र माछा मार्न पाउने प्राकृतिक अधिकार संकुचित भएको एक आदिवासी थारुको अन्तर्पीडालाई कविले केही वस्तुगत प्रतिरुपहरूको सहयोगद्वारा ‘मुक्तिगीत’कवितामा तलका हरफहरूमा यसरी व्यक्त गरेका छन् — जसरी उनीहरूले यो रुखका कलिला हाँगाहरू लुछे त्यसरी नै— मेरो हात, खुट्टा, गिदी र आँखाहरू लुछे मेरा छातीका आदिम करङहरू भाँचेर आफ्ना लागि सुरक्षित घर बनाए मेरो आवाज लुछेर उनीहरूले आफ्नो भाषा बनाए मेरो रुवाइ लुछेर उनीहरूले आफ्नो गीत बनाए मेरो आक्रोस लुछेर उनीहरूले आफ्नो हतियार बनाए मेरो आँसु लुछेर उनीहरूले आफ्नो प्यास मेटाए (२१, बिसे…) वस्तुगत सादृष्यको प्रचुरता मात्र हैन श्रवणका कवितामा तिनीहरू मौलिक, मर्मस्पर्शी र ग्राम्यवासनायुक्त छन् । यी वस्तुगत सादृष्यहरू कतिपय अवस्थामा समपुस्ता र उत्तरपुस्ताका कविहरूका निम्ति अनुकरणीय भएका छन् । कतिपयका निम्ति यो अनुकरण अपरिमार्जित छ भने अरु कतिका निम्ति परिमार्जित र प्रेरणादायी छ । यो अनुकरणको विषय अध्ययनका लागि एउटा छुट्टै पाटो हुनसक्छ । ‘आफ्नै देशसँग’ कवितामा कवि श्रवणले आफ्नो असन्तुष्टीलाई व्यक्त गर्दा माथि भनिए झैं सूक्ष्म र बिशेष घटनासन्दर्भ भित्र्याएका छन् । यहींनिर कवि श्रवण आफ्ना कवितामा अरु कविहरूको सापेक्षमा भिन्न भेटिन्छन् । देशप्रतिको आक्रोस नग्न, प्रत्यक्ष र नाराबाजी प्रकृतिको नभएर कलात्मक, परोक्ष र लक्षणात्मक बनाउन सकेका कारण नै श्रवणका कविता प्रियकर छन् । आजभन्दा ३२ बर्षअघि ‘सुश्री काली खवासले लिपेको हरियो भुइँ’ भन्ने पदावलीले एउटा सामाजिक र आर्थिक पृष्ठभूमिलाई बोकी ल्याएको छ । गाईको गोबरले लिपेको भुइँ हरियो हुन्छ । एउटी सीमान्त समुदायकी अविवाहित केटी र उसको कृषिप्रधान समाजलाई पनि चित्रित गरेको छ यो पदावलीले । यसरी नै तल उद्धृत हरफहरूले आक्रोस, विद्रोह र असन्तुष्टीको वेगवान भावनालाई विशेष वस्तुगत प्रतिरुपको सहयोगमा प्रकट गरेका छन् — मैले तिम्रो एक ढिको नून सित्तै खाएको छैन एक खिली सुर्ती बेहिसाब पिएको छैन एक हरक श्वास त्यसै फेरेको छैन (२३/२४, जीवनको …) एक ढिको नून, एक खिली सुर्ती र एक हरक श्वास सूक्ष्म र मिहिन वस्तुगत प्रतिरुपहरू हुन् जुन मूलतः विम्ब प्रसाधनका मूलधारबाट वञ्चित छन् । मोहन कोइराला, बैरागी काइँलाजस्ता आधुनिकतावादी कविको सम्भ्रान्त छविलाई समातेर उनीहरूको छविको विनिर्माण गरी कङ्क्रिट वस्तुगत समीकरणको सहारामा कवि श्रवणले श्रमिक नेपालीको कथा सुनाएका छन् । ‘मोहन कोइराला’ कवितामा भारी बोकेर पहाडको उकालो ओरालो र धुलाम्य बाटोमा हिड्ने भरिया मोहन कोइरालाको चित्र कवि मुकारुङले निधारका निमुखा पसिनाहरू निमोठ्दै, नुन, पानीका नाला र कर्कटपाता ओसार्ने श्रमिकको रुपमा उभ्याएका छन् । यसैगरी ‘बैरागी काँइलाको लास’ कवितामा आधुनिकतावदी घरानियाँ कवि बैरागी काइँलाको छविको विनिर्माण गर्दै कवि मुकारुङले बाबुआमाको टुङ्गो नभएको र बाल्यकालमा रत्नपार्कमा भिक्स बेचेर जीवन गुजारेको तथा धरान–काठमाडौं रात्रीबसको खलाँसी हुँदै जादा कविता लेख्न र रक्सी खान सुरु गरेको एवं पुनमायालाई बिहे गरेर परिवार नियोजन नगरी थुप्रै सन्तानको बाबु भएको बैरागी काइँला अन्तमा शिवरात्री मेलाबाट फर्किदै गर्दा मारिएको कथानकभित्र स्मरणमा रहिरहने विम्बहरूको प्रयोगद्वारा एक सीमान्त नेपालीको शाब्दिक चित्र खिचेका छन् । पुरानो पुस्ताका स्थापित कविहरूको छवि विनिर्माणको मोह कवि श्रवणका मनमा अलि बलियो गरी बसेको प्रतित हुन्छ । ‘भानुभक्त’ शीर्षकको कवितामा वैदेशिक रोजगारीको खोजी गर्दै सस्तो मूल्यमा मलेसियामा आफ्नो श्रम बेच्न जान लागेको एक कवि (जसले धेरै कविहरूको प्रतिनिधित्व गर्छ) को चित्र छ । सौन्दर्यशास्त्रमा रुचि भएको त्यो श्रमिक कविलाई आदिकवि भानुभक्तको पछिल्लो संस्करणको रुपमा कवि श्रवणले देहाय बमोजिमको वस्तुगत बिम्बको सहारामा उभ्याएका छन्— बाहुला सुर्केको कमिज खासाको जिन्स पेन्टमुनी गोल्डस्टार सुज झोलामा टावेल, गञ्जी, कट्टु एसएलसीको सर्टिफिकेट र श्री प्रकाश कोविदको उपन्यास खल्तीमा नागरिकता, पासपोर्ट र रु. सातसय पचास र आमाको सादा तस्वीर (४८, बिसे … )। श्रवण मुकारुङको यो संस्कारित आदिकवि भानुभक्त रामायण लेख्न मलेसिया उड्दैछ । मलेसिया पुगेर रामायण लेख्नुछ भन्ने कथनमा तीक्ष्ण व्यङ्ग्य र ‘डिजेनेरेसन’ को उपस्थिति छ । प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscince) को सैद्धान्तिक प्रारुपअन्तर्गत वस्तुगत सादृष्यको ऐकिक दृष्टिविन्दुबाट हामी कवि श्रवण मुकारुङका कविताको विश्लेषण गरिरहेका छौं । उनका कवितामा प्रचुर मात्रामा वस्तुगत प्रतिरुप छन् जो मूलतः ग्राम्य जीवनका हिउँदबर्खाहरूबाट आयातित छन् । कुनै भौगोलिक क्षेत्रमा जो मानिसहरू आदिम कालदेखि बसोबास गर्दै आएका छन्, तिनीहरू त्यो क्षेत्रका पुराना मानिस हुन् । अर्को शब्दमा आदिवासी हुन् । तिनीहरू एउटा सनातन परम्परा बोकेर आएका छन् र अदम्य छन् । कवि मुकारुङले तिनीहरूलाई खेतमा धानको गन्ध, पहाडमा बतासको गन्ध र समुद्रमा पानीको गन्धको वस्तुगत प्रतिरुपसँग जोडेका छन् । ‘पुरानो मानिस’ शीर्षकको कवितामा कविको आक्रोशको काँचो अनुभूति विम्बको सहारामा झाँगिएको छ । प्रोफेसर शर्माको चित्र पाठकका आँखामा झल्झली नचाउन सक्ने गरी यो कवितामा केही वस्तुगत बिम्बहरूको प्रयोग भएको छ । चप्पलभित्र छिप्पेको इस्कुसजस्तो खुट्टा र डेरा सर्दै गर्दा प्रोफेसर शर्माले खुद्रा पसलेलाई पटक पटक गरेको नमस्कार कविता पढिसकेपछि चीरकालसम्म पाठकका दिमागमा अमिट बिम्ब भएर बस्छन् । बिसे नगर्चीको बयान सङ्ग्रहको अन्तमा पुग नपुग ४०० हरफको ‘९८ को आत्मकथा’ नामको लामो कविता पनि समेटिएको छ । नामुद शिकारी राजवीरको नाति, विश्वयुद्धको सिपाही भगिवीरको छ वटी श्रीमतीबाट जन्मिएका बाह्र भाइ छोरामध्येको सबैभन्दा कान्छो छोरो जाँचवीर राई यो कविताको मुखपात्र हो । सन् १९५९ मा ऊ ब्रिटिस गोर्खा सेनामा भर्ना भएर अरु योद्धा सैनिकहरूसँगै मलेसिया र ब्रुनाइका घनाजङ्गलमा कथित आतङ्ककारी, डाकु, लुटेरा र कम्युनिष्ट खोज्दै युद्धमा सामेल हुन्छ । फेरि युद्ध सोच्नै नसक्ने भएर तथा फेरि हतियार उठाउनै नसक्ने भएर सन् १९७१ मा पूर्वी पहाडको आफ्नै किराती गाउँ फर्कन्छ । पुनः १९९१ मा ऊ आफ्ना अधुरा आर्थिक सपनाहरूको इमान्दार कार्यकर्ता भएर हङकङ जान्छ । पछि फर्केर नेपालको लोकतान्त्रिक आन्दोलनमा भाग लिन्छ । वि.सं. २०६७ सालमा ७२ वर्ष उमेर पुगिसकेको जाँचवीर नेपालको धोखेबाज राजीति मात्र हैन, सुगौली सन्धी, जङ्गबहादुरको खसी बजार, अवसरविहीन छोराछोरी, भोलिको दर्केपानी वा चर्को घाम, दूताबासको साँघुरो झ्याल लगायतका वस्तुगत बिम्बहरू सम्झिरहेको छ । यो कवितामा नेपाली युवा विशेष गरी जनजाती युवाको पीडा र चर्केको सपनालाई किराती विम्ब मिथक भित्रका वस्तुगत समीकरणलाई समातेर एउटा मार्मिक कथानक प्रस्तुत गरिएको छ । सिस्नुको फेटा, लहराको जुत्ता, दगुरिरहेको हुरी, हिमाली गाईका बहर, बाटो छेक्ने पुर्खाको सेहें, शरीरभित्र गर्जिरहेको घाइते बाघ जस्ता विम्बहरू कवितामा मर्मस्पर्शी भएर आएका छन् । यो कविताले एउटा भूगोल, एउटा लामो इतिहास, एउटा आदिवासी संस्कृति र नेपाली राष्ट्रियताको खण्डित र अपुरो सङ्कथनलाई विष्फोटक रुपमा प्रस्तुत गर्न सकेको छ । नेपाली लामा कविताहरूको विधाभित्र राखेर अध्ययन गर्न सकिने यो कवितामा काव्यमय शैलीको किनारैकिनार वस्तुगत सादृष्यको छहारीकै कथानकको खोलो दगुरेको छ । नेपाली कविताको ५० र ६० को दशकमा अत्यन्तै प्रखर र एउटा शक्तिशाली धारको नेतृत्व गरेका कवि श्रवण मुकारुङ धेरै कविहरूका निम्ति अनुकरणीय थिए र छन् । उनका विचार र बिम्ब कवितामा एकल जातीय नभएर बहुजातीय नेपालको आत्मसम्मानमा चोट नपुग्ने गरी बहुआयामिक छन् । उनले हिन्दू ब्राह्मण संस्कृति, जनजाति संस्कृति, मधेसी संस्कृति र दलित समुदायप्रति सहानुभूति राख्ने थुप्रै प्रसङ्गहरूको कवितात्मक अभिव्यञ्जना तयार गरेका छन् । वर्तमान समयमा काव्यसाधना गरिरहेका कतिपय कविहरूको जातीय र सांस्कृतिक सङ्कीर्णताले श्रवण मुकारुङका बहुलावादी सोच र अन्तरसांस्कृतिक उदारता बोकेका कविताबाट बिस्तारै प्रेरणा ग्रहण गर्नेछन् भनेर आशा गर्न सकिन्छ किनकि बहुसांस्कृतिक नेपाली समाजमा घृणा संस्कृति (Hatred Culture)ले न त काव्यमा न त राजनीतिमा भलो गर्नेछ । श्रद्धेय पाठक ! श्रवण मुकारुङका कवितामाथि यो लेखमा गरिएको पठन एउटा दृष्टिकोण हो अरु दर्जनौं दृष्टिकोणबाट पठन गर्न सकिने आत्मशक्ति बोकेका यी कविताहरू बिम्बप्रशाधन र समसामयिक मुद्दा उद्वोधनको दृष्टिले अत्यन्तै सफल छन् । कवि मुकारुङका कविताभित्र अर्थका अरु कैयौँ प्रक्षेपहरु अवश्य छन् । यो सानो लेखमा ती सबैको निरुपण सम्भव छैन । दोहोर्\u200dयाएर भन्नु पर्दा “काव्यकृति र अर्थको सम्बन्धलाई हनुमान–सुरसाको रामायणेली मिथकका आधारमा पनि बुझ्न सकिन्छ” (१७५, ऐकिक…) । सौन्दर्यशास्त्र बुझ्ने भावकलाई उनका हरफ र पदावलीले आजीवन हल्लाइरहन्छन् । अर्थ महोत्सव – जिन्दावाद ! Semantic Carnival – Jindabad ! सन्दर्भसूचीः मुकारुङ, श्रवण, जीवनको लय, ललितपुरः साझा प्रकाशन, २०६१ । …., बिसे नगर्चीको बयान, काठमाडौंः साङ्ग्रिला बुक्स, २०६७ । लेइच, भिन्सेन्ट, बि., सम्पा., “टि.एस. इलियट”, द नर्टोन एन्थोलोजी अफ थियरी एन्ड क्रिटिसिज्म, लण्डनः डब्ल्यू. डब्ल्यू. नर्टन एण्ड कम्पनी लिमिटेड, २००१ इ.सं. । हाचेकाली, सुरेश, ऐकिक चक्रव्यूह समालोचना, ललितपुरः साझा प्रकाशन, २०७४ । #बिसे नगर्चीको बयान #श्रवण मुकारूङ #सुरेश हाचेकाली कोरोना सँगै बाँच्न सिकौं: पत्रु खाना न खाएर, ताजा स्वस्थ खान सिकौं, कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं। केही हिँडौं, अल्ली उफ्रौं, कसरतको रोपौं बिउ, प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ। फूल बिरूवा, पशु पंछी सबलाई हामी माया गरौं, मान्छे झ्वाट्ट नजिक आए, हामी अल्लि पर सरौँ। अंगालेर आधुनिकता, हातै मिलाउन कोही आउलान् , प्रेमपूर्वक किटाणुलाई, फुत्त हामी तिर सार्लान्। स्नेह सहित नमस्कारमा आफ्ना दुबै हात जोडौं, थन्क्याइएको संस्कारलाई, अब पुनः बाहिर झिकौं। चीनमा खोक्दा, इटलीमा, पर्न गयो प्राण घात, एकै रैछ विश्व सारा, एउटै रैछ हाम्रो जात। घर, तराई, पहाड, हिमाल, स्वच्छ हामी राख्न जुटौं, हुने खाने सबै मिलि, हुँदा खानेको मर्का बुझौं। किटाणुका मित्रलाई, शत्रु हामी बनाऊँ आज, उस्का शत्रु, हाम्रा मित्र, यो हो जितको अर्को राज। नआत्तिई, नडराई, होशियार बन्न सिकौं, बाढी आऊॅदा खोला तर्न, छाल संगै बग्न सिकौं। कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं, कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं। #कोरोनाभाइरस #रचना सिंह मुरारीराजका हाइकु: १. लुट्छ उमेर हरेक सूर्याेदय उज्यालो दिई । २. एकै शब्दमा महाकाव्य लेखियो ’आमा’ भनेर । ३. चन्द्र उदायो सम्झिएँ तिमीलाई दुरुस्तै थियोे । ४. पूरानो घाउ खाटा बस्नै सकेन बल्झिन्छ सधँै । ५. नक्सामा आफ्नो रजगज अर्कैको मेरो जमिन । ६. कहिले सुस्ता कहिले कालापानी देश दुख्दैछ । ७. मिलेर बाँचौ माटोको भर ईंटा ईंटाको माटा । ८. दुखेको मन परेली बाँध खोल्दै तप्प चुहियो । ९. मायाको फूल फुलाउन खोजेको बोटै सरेन । १०. आफैं देखेर लठ्ठिए ऋतुराज मुस्कायो फूल । #उमामहेश्वर #हाइकु सूर्य बहादुर तामाङ: बिहान सूर्य उदाउनुअघि नै हातमा नाम्लो बोकेर हिँडेको सूर्य बहादुर तामाङ सूर्य अस्ताउनुअघि नै कीर्तिपुरको बीच सडकमा हातमै नाम्लो च्यापेर अस्तायो । अस्ताएपछि सूर्य बहादुर एकाएक अखबारहरूमा छायो, मध्याह्नमै बीच सडकमा नाम्लो च्यापेर अस्ताएको सूर्य बहादुर अखबारका पाना भरिभरि तस्बिर बनेर आयो अनि मात्रै सूर्य अस्ताएको खबर लोकले चाल पायो । शरीरमा अलिकति तागत छउन्जेल नशामा दुईथोपा रगत बगुन्जेल सूर्य बहादुर कहिले नाम्लो च्यापेर कहिले भारी बोकेर बाघभैरव- पाँगा- नयाँबजार-कालीमाटी गरिरह्यो, पसिनाको धारा चुहाउँदै कहिले बल्खुको तरकारी बोक्यो उसले कहिले साहुको सिमन्टी घिसार्यो उसले धेरैलाई खुवायो सूर्य बहादुरले धेरैका घर बनायो सूर्य बहादुरले आफूभने सधैँको बेघर सूर्य बहादुर बन्दाबन्दीमा शायद भोकभोकै पर्यो र त आकाशमा सूर्य नअस्ताउँदै बीच सडकमै गर्लम्मै ढल्यो । जिउँदो छउन्जेल बगेको सूर्य बहादुरको स्वाभिमानी पसिना न उसको सरकारले देख्यो, हुनेखानेको सहरमा हुँदा खाने सूर्य बहादुरको वेदना न त कुनै अखबारले लेख्यो मरेपछि भने सूर्य बहादुर एकाएक शीर्ष समाचार बन्यो र सूर्य झैं चम्कियो: “धादिङको सूर्य बहादुर तामाङ कीर्तिपुरको बीच सडकमै मर्यो” खै कसलाई थाहा छ – धादिङको सूर्य बहादुर बाबुआमाका सपना बोकेर झार्लांगबाट झरेको थियो कि प्रेयसीको दुःखका दिन फेर्नका लागि तसर्पु या तोप्लांगबाट याम्बुरी छिरेको थियो । अब ऊ फर्केर आउने छैन र भन्ने छैन- ऊ धादिङबाट यो शहर किन पसेको थियो । शहरले उसलाई डस्यो ठूलाहरूको शहरमा सानाहरूका मसिना सपनाको कुनै हिसाब हुँदैन तैपनि केही होला भनेर सूर्य बहादुरले ठूलाहरूको आशामा ठूलाहरूकै आदेशमा कहिले “हलो” समायो कहिले “रुख” को सहारामा रमायो यसपालि सूर्य बहादुरले गरिखानेहरूको सुदिन फिर्ला कि भनेर “सूर्य” लाई आफ्नो ठम्यायो र सूर्यकै सरकार बनायो तर अपशोच सूर्यकै सरकार भएको बेला भ्रमको अँध्यारोले थिचेर भोकको भुमरीमा परेर राजधानीकै मुटुमा सूर्य बहादुर तामाङ डङरंगै ढल्यो । (पेशाले वातावरण विज्ञ डा. ऋषि बस्ताकोटी कविता, गजल, मुक्तक लेखनमा सक्रिय छन् । उनका “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” सांगीतिक गजल एल्बम प्रकाशित छन्। विभिन्न साहित्यिक पत्रपित्रकाहरूमा उनका कविता, गजल, गीत, मुक्तक, कथा, निबन्ध र समीक्षा नियमित रुपमा प्रकाशित छन् । उनी राष्ट्रिय कविता महोत्सव (२०५२), गजल प्रतिभा सम्मान (२०६३), खुल्ला विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता (२०७३) लगायत साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित छन् ।) #कोरोना #डा. ऋषि बस्ताकोटी #बन्दाबन्दी #सूर्य बहादुर तामाङ प्रश्नहरू: भन्ते, आज सोध्न मन छ ती मानिसहरु सित, जो आफ्ना क्षणिक प्यासहरु बुझाउन प्रथम स्वप्नदोषको अनुभूति नगरेकी मेरी छोरीको जवानी पिउन आउँछ्न्, तिनलाई मैले छोएको किन पानी अछुतो हुन्छ? ती जो सधैँ मेरो भट्टीको सोमरसको घैँटो रित्त्याएर जान्छन् मेरी स्वास्नीले छोएको कुवाको पानी किन बिटुलो मान्छन्? व्रत बस्दा नयाँ वस्त्र फेर्न मेरै घर आउने बिष्टिनी उनकी भर्खर जन्मेकी नातिनीलाई चाहिने भोटो लिएर दौडिदै उनको घर पुग्ने मेरी स्वास्नी तिनै बिष्टको आँगनमा आफ्नै चुँडेको चप्पल ओछ्याएर बस्छे टुसुक्क। बर्खामा झमझम पानी पर्दा पिँढीमा ओत लाउन किन पाउँदिन? मन्दिरको गजूर हालेका ती कामी दाइले त्यही मन्दिरको देउता जागेपछि आज तिनै मन्दिर छिर्न किन पाउँदैनन् ? खोलामा बग्दै गरेकी बिष्टिनीलाई बचाएको साइँलो कामीको छोराले उसकी छोरीलाई दुई तर्फी प्रेम गर्न किन पाउँदैन? अरुलाई खोलाको आँधीबाट बचाएर जीवनदान दिनेले त्यस्तै मान्छेसँग जीवन काट्न के हुन्छ भन्ते? तिम्रो धर्मले के भन्छ भन्ते? भर्खर मीठो स्वप्न देख्न सुरु गरेकी हल्का लाली चढेको गुलाफ जस्ती तर नफुलेकी किशोरीलाई लछारपछार पारेर लुछ्ने गिद्दहरुसँग जिन्दगी नै टाँसो लाइदिनुलाई धर्म ? कसैसँग प्रेम गरेकै भरमा भेरीको भेलमा जबर्जस्ती हेलिइदिनुलाई धर्म? प्रेम-निष्ठा सिकाउँछ भन्थ्यौ धर्मले के यही हो, तिम्रो धर्मले सिकाएको प्रेम? सोध्न मन छ भन्ते ती पण्डित पादरीसँग ती नीति निर्मातासँग अनि ती समाजकै रक्षक बनेका भक्षकहरुसित रक्षा कसको हो? बलात्कारीको ? या प्रेमीको? रक्षा कसको हो? हत्याराको ? या प्रेम गरेकै भरमा ज्यान गुमाउन पर्नेको ? या परिवारको भरणपोषण गर्न भर्खर लायक बन्दै गरेको ठिटाको प्रेमको पाठ पढ्दै गरेको युवकको? या भर्खर विद्दालय जाने उमेरकी किशोरीको? सुनौला सपना गाँस्नेहरुको ? या स्वप्न देख्ने अधिकार नराख ए चुने रैती हो भन्ने श्री ३ हरुको? #दलित #श्रीजु पन्त जून प्रेम: मेरी जून मलाई धेरै माया गर्छे तर ऊ म भन्दा टाढा छे जून मेरो लागि प्यारी छे म एक्लो हुँदा मलाई सहारा दिन्छे अनि मेरो अन्धकार रातहरू उज्यालो पार्छे हरेक रात जून मलाई भेट्न आउँछे किनकि ऊ मलाई प्रेम गर्छे मेरी जून स्थिर छे म उस्को माया कहिल्यै बुझ्न सक्दिनँ न त उसले कहिल्यै बुझाउने प्रयास गर्छे मेरी जून कहिल्यै बोल्दिन ऊ टाढा बसेरै मलाई धेरै माया गर्छे मेरा दुईवटा दुस्मन छन् औँशी र बादल जस्ले मेरी जूनलाई मबाट टाढा लान खोज्छन् तर हाम्रो प्रेम कसैले छेक्नै सक्दैनन् किनकि जूनदेखि टाढा अरू ठाउँ नै छैन अनि जून नभाको ठाउँमा म जाने हैन त्यसैले त म हरेक औँशीको रातमा उसलाई कुरेर बस्छु #जून #प्रेम #बद्री विक्रम खुला कविता प्रतियोगितामा भाग लिन आह्वान: कोविद १९ रोगको सन्त्रासबाट उत्पन्न प्रतिकूल परिस्थितिमा सिर्जनशील तरिकाले मानवीय सहयोगमा टेवा पुर्\u200dयाउने उद्देश्यले फोरम फर नेसन बिल्डिङ नेपालले खुला कविता प्रतियोगिता आयोजना गरिरहेको छ । सातौँ हप्तासम्म आइपुग्दा प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजक फोरम फर नेसन बिल्डिङले जनाएको छ । सातौँ हप्ताको प्रतियोगितामा भाग लिएका मध्येबाट संस्थाले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका लाप्का निवासी सन्तोष पौडेलको ‘विद्रोहको स्वर’ प्रथम घोषित भएको छ । यस्तै इलामका विपिन रेग्मीको ‘किसान’ तथा अर्घाखाँचीकी सुष्मा गौतमको ‘सपना’ तेस्रो भएको छ । यसैगरी मोरङका केशव भण्डारीको ‘रोकिएको शहर’ तथा स्याङ्जाकी प्रतीक्षा पौडेलको ‘अन्तर्जातीय प्रेम’ पाँचौँ बन्न पुगेको छ । प्रथम कविताले पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ भने दोस्रो र तेस्रोले क्रमशः तीन हजार र दुई हजार रूपैयाँ प्राप्त गरेको फोरम फर नेसन बिल्डिङले जनाएको छ । अर्को साताका लागि पनि प्रतियोगिताका लागि कविताहरू पठाउन संस्थाले आह्वान गरेको छ । कविताको मूल विषय मानवीय सेवा हुनुपर्ने पनि संस्थाले जनाएको छ । #प्रतियोगिता मृत्युको चेहेरा: चिथोरेर गयो हल्लाहरूको कोसेली बोकेर आएको हावाको झोक्का हल्ला त वास्तविक नै थियो तर हल्लै हल्लामा हल्ला मात्रै आएको बुझिएन बित्थामा मनलाई साँच्चै रेटेर आयो – गयो । भन्नेले भन्दिए पृथ्वीको कोखमा भूकम्प आयो–गयो यत्तीकै भत्किए कमजोर मनहरू कसले पोखिदिएछ चन्द्रमा चहकमा तेजाबी षड्यन्त्र पर्दा ओडेर हिँड्न बाध्य भए सुन्दरताहरू दरिद्र सोचको डढेलो झोसेर आफ्नै मस्तिष्कमा गाँउ जलेको खबर फैलिएर आयो फोहोरी बिचारको पहिरो खसालेर आफ्नै मस्तिष्कमा घर बगेको खबर फैलियो र त थुप्रै बस्तीहरूमा निस्कियो अभावको मुहान थुप्रै शताब्दीदेखि जलिरहेको अग्निलाई पवित्र मानेर जल्दै आएको छ समाजको एउटा वर्ग बगिरहेको पानीलाई पवित्र मानेर सदियौंदेखि बग्न बाध्य छ अर्को वर्ग आफ्नै कर्मको नाँउमा आफ्नै पेसाले पिल्सिँदै कहिले आगोको रागमा पोलिएर कहिले विभेदको हथौडाले ठोकेर कहिले तिखो सुइरोले आफ्नै पेटमा घोच्दै कहिले आफ्नै संगीतको आर्तनादले रेटिँदै एउटा वर्ग पर्खिरहेछ परिवर्तनको छाँया परिवर्तनको छाँया पछ्याउन लगाएर पुग्न बाध्य बनाए आफ्नै मृत्युको अघि, आवाजको बाटो हुँदै शान्तिको गेट सम्म धकेले तर हुँदोरहेछ शान्तिको मुलगेट अघि मृत्युको उत्सव बाँकी कोही परिवर्तनको छाँयामा उभिएर पानी पिउन नपाँउदै रोकिए कोही परिवर्तनको मूलढोकासम्म छुन नपाएर आए कोही सामन्ती पैतालामा कुल्चिन बिवश भए कोही आरोपको अग्निकुण्डमा धकेलिए र यो साँचो हो कि आजसम्म पनि मान्छे प्रेम गर्दै–गर्दै मारिन्छ ! #नविन शर्मा #मृत्युको चेहेरा दाम्पत्य जीवन: रहोस् सदा शान्त दाम्पत्य जीवन दीर्घायू पनि बनोस् सुन्दर सधैँ ऐश्वर्य वैभवको सुन्दरमणि चखेवा जोडी भई निरन्तर तानुन् जीवन रथ कोरुन सदा साथ भई सुन्दर जीवनका स्वप्न पथ नआऊन् है कहिलै दुःख दरिद्रका दुष्कर क्षण नत कुनै रिस विक्षिप्त मनका विवादित कण प्रेमै हो निस्वार्थी विमुक्त मनको सुन्दर पथ प्रेम नै हो डोर्\u200dयाउने जागृत जनको जीवनरथ प्रेम नै हो पूजा पवित्र मन्दिर यो धरणीको प्रकृति पुरुषको मिलन गराउने यौवनको कुनै दिन भाग्यो त्यो प्रेम मनको सुन्दर चरो रहने छ मानव फगत खोस्टो बनी बिचरो प्रेमै हो निस्वार्थी छैन रतिभर खोट मनमा सदा दृष्टि डाल्नु सुन्दर भावनामा नकी तनमा कुरो यति बुझुन् प्रणय मनका युगल जोडी चल्ने छैन सृष्टि प्रेम पथको गन्तव्य छोडी सैंबु, ललितपुर #दाम्पत्य #सुरेश जोशी मञ्जरीले सुरु गर्याे घरघरमा पुस्तकको यात्रा: मञ्जरी प्रकाशनले घरघरमा किताब पुर्याउने अभियान सुरु गरेको छ । लक डाउनको विषम परिस्थितिमा आवश्यक सुरक्षा तथा सावधानीलाई अपनाएर पाठकहरुसम्म पुर्याइने जानकारी लेखक तथा मञ्जरी प्रकाशनका संचालक कृष्ण अविरलले साहित्यपोस्टसँगको कुराकानीमा जानकारी दिए । अविरलका अनुसार मञ्जरीले आफूसम्म उपलब्ध भएका सम्पूर्ण प्रकाशनका पुस्तकहरु पाठकसम्म पुर्याउने छ । यो सेवा काठमाडौँ उपत्यकाभरिका लागि सञ्जालन गरिएको, र एक हजारभन्दा धेरैको पुस्तक लिनेका लागि कुनै पनि किसिमको सेवा शूल्क नलिइने पनि उनले सहित्यपोस्टलाई जानकारी दिए । “यो विषम परिस्थितिको अवस्थामा पनि मान्छेहरु छुटको विषयमा बार्गेनिङ् गर्छन्”, अविरलले भने– “हामी विदेशी प्रकाशनका पुस्तकमा छुट दिनसक्ने अवस्थामा छैनौँ । नेपाली, त्यसमा पनि मञ्जरीको प्रकाशनमा भने २० प्रतिशतसम्मको छुटको व्यवस्था पनि मिलाएका छौँ ।” काठमाडौँबाहिर मञ्जरीलगायत अन्य सम्पूर्ण प्रकाशनका पुस्तकहरुलाई पाठकहरुसम्म पुर्याउने काम नारायणगढस्थित सम्पूर्ण किताबले पनि गर्दै आएको छ । यसअघि घरघरमा किताबको यात्रा बुक हिल बुक्सले पनि सुरु गरिसकेको छ । #घरघरमा पुस्तक कालापानीको व्यथा: ए कालापानी तिमी साह्रै सस्तो भयौ किनकि मैले हिजो साँझ बालेको आगो अझै निभेको छैन तर तिम्रो वेदनाको कथा निभिसक्यो किनकि यहाँ तिम्रो व्यथा बुझ्ने अनि त्यो गहिरो कथा पढ्ने समय छैन । तिम्रो त्यो अतिक्रमण कथा भुलाउन, अनेकन खेलहरु रचिँदैछ्न् तिम्रो कोख अतिक्रमण भन्दा ठूलो, कलाकारको गाली भयो अनि हरेक क्षेत्रमा राजनीति, हालिमुहाली भयो ।। ए कालापानी तिमी कसैको, भोट बैंक भयौ म लगाएत सबैसबैको, संजालमा कहलिने माध्यम भयौ पत्रकारहरुको हेड्लाइन बन्यौ कमेडियनहरुको कमेडीको पात्र बन्यौ राजनीतिज्ञहरुको प्रख्यात एजेन्डा बन्यौ जान्ने बुझ्ने नागरिकको अभियान बन्यौ लेख्न सक्ने मान्छेको साहित्य बन्यौ बोल्न सक्नेको चियागफ बन्यौ ।।। तर केवल क्षणिक बन्यौ मैले हिजो साँझ बालेको आगो अझै निभेको छैन तिम्रो वेदनाको कथा निभिसक्यो तर तिमी धन्दा नमान तिम्रा केही सन्तान मौन छन् कोही सन्तान गौण छ्न् ।।।। त्यो मौनता टुटेको दिन आगोको झिल्का दन्केर मुस्लो बनेको दिन खुकुरी र तरबारहरु जुर्मुराउँदै वीर गोर्खालीको त्यो इतिहास दोहोरिने छ। ती शत्रुका घातहरु झेल्न हामीलाई, कुनै ढाल आवश्यक पर्ने छैन ।।।।। किनकि तिम्रा व्यथाका, आँसुहरु पर्याप्त हुनेछ्न् ती आघातबाट लागेका घाउहरु निको पार्न पनि हामीलाई कुनै औषधि चाहिने छैन किनकि विजयी पछिको त्यो तिम्रो मुस्कान नै काफी हुनेछ। त्रि विक्रम सिंह #कालापानी #साहस #सीमारेखा पहिलो माया: मायामा तिम्रो त्यसै डुबेछु सधैं सधैं माया पाउने आसैमा भुलेछु टाढिएको घाम जस्तै आकाशमा त्यही जून जुनकीरीहरुको उज्यालोमा आज मायामा संसार भुलेछु घामको किरणसँगै उदाएको दिन त्यही आकाशबाट मौलाएको जूनको छाया मायामा बगेको आँसु अनि पहिलो यो माया । विराटनगर, नेपाल #नेपाल #विराटनगर #सुशान्त थापा मृत्युको चेहेरा: चिथोरेर गयो हल्लाहरूको कोसेली बोकेर आएको हावाको झोक्का हल्ला त वास्तविक नै थियो तर हल्लै हल्लामा हल्ला मात्रै आएको बुझिएन बित्थामा मनलाई साँच्चै रेटेर आयो~ गयो भन्नेले भन्दिए पृथ्वीको कोखमा भूकम्प आयो~गयो यत्तिकै भत्किए कमजोर मनहरू कसले पोखिदिएछ चन्द्रमा चहकमा तेजाबी षड्यन्त्र पर्दा ओडेर हिँड्न बाध्य भए सुन्दरताहरू दरिद्र सोचको डढेलो झोसेर आफ्नै मस्तिष्कमा गाँउ जलेको खबर फैलिएर आयो फोहोरी विचारको पहिरो खसालेर आफ्नै मस्तिष्कमा घर बगेको खबर फैलियो र त थुप्रै बस्तीहरूमा निस्कियो अभावको मुहान थुप्रै शताब्दीदेखि जलिरहेको अग्निलाई पवित्र मानेर जल्दै आएको छ समाजको एउटा वर्ग बगिरहेको पानीलाई पवित्र मानेर सदियौंदेखि बग्न बाध्य छ अर्को वर्ग आफ्नै कर्मको नाउँमा आफ्नै पेसाले पिल्सिँदै कहिले आगोको रागमा पोलिएर कहिले विभेदको हथौडाले ठोकेर कहिले तिखो सुइरोले आफ्नै पेटमा घोच्दै कहिले आफ्नै संगीतको आर्तनादले रेटिँदै एउटा वर्ग पर्खिरहेछ परिवर्तनको छायाँ परिवर्तनको छायाँ पछ्याउन लगाएर पुग्न बाध्य बनाए आफ्नै मृत्युको अघि, आवाजको बाटो हुँदै शान्तिको गेटसम्म धकेले तर हुँदोरहेछ शान्तिको मूलगेटअघि मृत्युको उत्सव बाँकी कोही परिवर्तनको छायाँमा उभिएर पानी पिउन नपाउँदै रोकिए कोही परिवर्तनको मूलढोकासम्म छुन नपाएर आए कोही सामन्ती पैतालामा कुल्चिन विवश भए कोही आरोपको अग्निकुण्डमा धकेलिए र यो साँचो हो कि आजसम्म पनि मान्छे प्रेम गर्दै~गर्दै मारिन्छ! #दलित #नवीन शर्मा पाँच मुक्तकहरु: हजुर बा हिसाब गर्दै नबाँच बाबु, आहा ! क्या हल दिनुभयो। आफू बसी मरु-भूमिमा, वर्षा बादल दिनुभयो।। जिन्दगीभर गाओस् नाचोस्, बाँचोस् मेरो नाति भन्दै हजुर बाले अंश लाउँदा, मलाई मादल दिनुभयो।। आमा मुटुभित्र छिर्नु तिमी, रगत जस्तै चल्ने गर्नु । रातको कालो चिर्नु तिमी, जुनकिरीझैं बल्ने गर्नु।। दोबाटोझैं दोधारे मन, भयो भने याद राखेँ आमाको गुन तिर्नु तिमी, बरु दैव छल्ने गर्नु।। चन्दन कसलाई कति चाहिन्छ ?, मञ्चबाट भन्छ। खल्तीमा छ छिट्टै पाइन्छ, मञ्चबाट भन्छ।। राजनीति फोहर हाम्रो , देश गनाएमा नाकैमुनि चन्दन लाइन्छ, मञ्चबाट भन्छ।। कोइली खुशीमा हो या पीडामा उस्को, आएको मीठो सुर। कोइली आज रोएको हो या, गाएको मीठो सुर।। विरह मात्र जगाउने भए, वनमा बसेर मलाई अब जान्नु छ किन ? पाएको मीठो सुर।। युद्ध युद्ध गर्ने नेता भने , बाटो भड्किदै छन्। युद्ध गर्दा छाडेका बम, अझै पड्किदै छन्।। सपनामा समृद्ध देश, देख्ने मुटुहरु। सीमावारि करोड पारि, लाखौँ धड्किदै छन्।। #भुवन अर्याल प्रमिशको गजल: प्रमिश दाहाल आम जनता हुँ, एक्लै न देश बचाउन सक्छु पोल्छ मन, जल्छ मुटु, न रातमा निदाउन सक्छु रोग छ देशमा, भोक छ देशमा, अनेक शोक छ देशमा निदाएजस्ता राष्ट्रवादी, न उठाउन सक्छु उम्लिन्छ रगत, वार कि पार गरिदिऊँ जस्तो लाग्छ आफ्ना को घाटी रेट्ने, न हिम्मत जुटाउन सक्छु आँखै अगाडि लुटिदा देश, चुपचाप सहनु परेको छ शीर ठाडो पार्नै गाह्रो भो, न झुकाउन सक्छु। #प्रमिश दाहाल सुरसको जुम कविता गोष्ठी: काठमाडौं / जेठ १७ गते शनिबार “सुरस” कविताको संयोजनमा पाँचौँ सुरस जूम कविता गोष्ठीको आयोजना गरियो । हरेक शनिबार गरिने अनलाइन कविता वाचनमा यसपटक लक्ष्मी माली, मंगलनारायण जोशी, मन्जुश्री प्रधान, प्रकाश अदिप्त र प्रतिभा शर्माले आफ्ना दुई-दुईओटा कविताहरु वाचन गरेका थिए । उक्त कार्यक्रममा कवि मुरारी सिग्देलले प्रस्तुत कविताहरूमाथि आफ्नो मन्तव्य व्यक्त गरे। उक्त कार्यक्रमको सञ्चालन कवि समा श्रीले गरेका थिए । लकडाउनको विषम परिस्थितिलाई विचार गरेर गत वैशाख २६ गते पहिलो गोष्ठी शुरु भएको हो भने अहिलेसम्ममा सुधीर ख्वबि, स्नेह सायमि, रमि श्रेष्ठ, राजुराम मुनकर्मी, नरेश अमात्य, असिम सागर, प्रतिसरा सायमी, संगी अधिकारी, कवीन्द्रलाल प्रधान, लक्ष्मी थापा, बादल देवी चाम्लिङ, विक्रम सुब्बा, सरस्वती श्रेष्ठ सरु, अमृत मान ज:, गणेश खड्का, केशव सिलवाल,अमर गिरी, नर्मदेश्वर प्रधान, मुरारी सिग्देल, दिलकुमारी डंगोल लगायतका २५ जना श्रष्टाहरुले कविता वाचन गरिसकेका छन् । “सुरस” कविताको छैठौं बसाई आउँदो जेठ २६ गते हुने संस्थाका संस्थापकद्वय सुधीर ख्वबि र समा श्रीले जानकारी दिए । #zoom #अनलाइन #जुम कोरोनाबीच चलायमान जापान: साहित्य पोस्टले अन्य प्रकाशनका साहित्य वा लेखक विशेष प्रकाशित सामग्रीहरुलाई स्थान दिनका लागि यो ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । यो स्तम्भमा साहित्य पोस्टले आफ्ना पाठकहरुलाई अन्य प्रकाशनका छुटाउँनै नहुने वा संग्रह गर्नु पर्ने विशेष सामग्रीहरु पढ्नका लागि सिफारिस गर्छ । प्रस्तुत सामग्री हामीले गोरखापत्र बाट साभार गरेका हौँ । गोरखापत्र का लागि यो लेख प्रकाश पौडेल ‘माइला’ ले लेखेका हुन् । तपाईँले यो समाग्री यहाँ क्लिक गरेर गोरखापत्र मै पनि पढ्न सक्नुहुनेछ | ===================================================== पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन् । यो प्रसङ्ग केही दिनअघि स्याटालाइटबाट आएको चित्र हेरेपछि अनुभूति भयो । कुनै सौखिन व्यक्तिले आफ्नो व्यक्तिगत वेबसाइटमा राखेको उक्त चित्रलाई मैले ध्यान दिएर हेरेँ । कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त विश्वका ती पछिल्ला चित्र थिए, जहाँ संसार पूर्णरूपमा ठप्प थियो । सडकमा गाडी थिएनन्, आकाशमा जहाज थिएनन् । समुद्रमा चलिरहने जहाज बन्दरगाहमा लामबद्ध थन्किएका थिए । उद्योग, कलकारखाना चलेका थिएनन् । मानिसको ठूलो भीड हुने पर्यटकीय केन्द्रहरू सुनसान थिए । पृथ्वी पूर्ण शान्त र स्थिर थियो । यस्तो अवस्थामा पृथ्वीको पूर्वी गोलाद्र्धको ससाना दुई देश जापान–कोरिया तथा छिमेकी देश चीनका चित्र भने थोरै चलायमान देखिन्थे । त्यहाँ गाडी गुडेका, उद्योग चलेका र फाट्टफुट्ट आन्तरिक जहाजसमेत उडेका देखिन्थे । ती चित्र हेर्दै जाँदा लाग्यो, पक्षघात भएको पृथ्वी क्रमशः हातगोडा चलाएर आफू स्वस्थ भएको जनाउ दिन खोज्दैछ । कोरोना भाइरसको उद्गम थलो चीनका धेरै राज्य तीन महिनापछि बिस्तारै चलायमान हुन थालेका छन् । कोरियाले पनि बन्दाबन्दी खुकुलो पार्दै भर्खर–भर्खर आफ्नो गतिविधि सुचारु गर्न थालेको छ तर सूर्योदयको देश जापान कहिल्यै पनि पूर्ण बन्दाबन्दीमा गएन । चीनको वुहानमा कोरोना सङ्क्रमण तीव्र भएलगत्तै जापानको योकोहामा टर्मिनलमा आएर रोकिएको डायमन्ड क्रुजसिप पूर्णरूपमा त्यसको चपेटामा प¥यो । त्यसयता लगातार जापान कोरोनाको ‘हट स्पट’ हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनबाट चेतावनी आइरह्यो । धेरैतिरबाट र जनस्तरबाट समेत पूर्णरूपमा बन्दाबन्दी गर्न अनुरोध तथा दबाब आए पनि जापान सरकारले त्यसो गरेन अथवा आवश्यक नै ठानेन । कोभिड–१९ बाट हजारौँ व्यक्ति सङ्क्रमित भइसक्दा सरकारले सुरुमा सात प्रान्तमा र पछि जापानभरि लागू हुनेगरी सङ्कटकालीन अवस्था लागू गरे पनि धेरैजसो पसल खुला रहे । सबैभन्दा भीड हुने बस र रेल सेवा पनि नियमित तालिकाअनुसार चलिरहे । अत्यावश्यक सेवा साविककै अवस्थामा सक्रिय भए । केवल जापानी नागरिकले सरकारको अनुरोध मानेर हिँड्डुललाई पातलो बनाएका मात्र हुन् । त्यहाँ कुनै पनि किसिमको जबर्जस्ती आजसम्म भएको छैन । सायद यही कारण संसार ठप्प हुँदा पनि स्याटालाइटबाट जापानी क्षेत्र थोरै भए पनि चलायमान देखिन्छ । द्वन्द्वकालमा नेपालमा एक किसिमको सङ्कटकाल भोगेका हामी नेपालीलाई जापान सरकारले घोषणा गरेको सङ्कटकालीन अवस्था देख्दा र भोग्दै गर्दा अनौठोचाहिँ लाग्ने रहेछ । जापान किन यस्तो ? भनिन्छ, अप्ठ्यारो अवस्थामा व्यक्ति र समुदायले आफ्नो चरित्र देखाउँछ । जापान पूर्णतः प्रजातान्त्रिक मुलुक हो । सरकारले कुनै पनि नागरिकलाई कुनै पनि कुरामा जबर्जस्ती नियम थोपर्न सक्तैन भन्ने यहाँको घोषित मान्यता हो । यसपटक यो व्यवहारमै देखियो । विश्वव्यापी आपत्कालीन अवस्थामा पनि जापानले यसलाई पूर्णरूपमा पालन ग¥यो । सरकारको यो नियत बुझेकै कारण हुनसक्छ, विश्व स्वास्थ्य सङ्गठन, विभिन्न कूटनीतिक नियोग र कतिपय छिमेकी मुलुकले पनि जापानलाई पटक–पटक बन्दाबन्दी गर्न अनुरोध गरे । स्वयं जापानी नागरिकले समेत सरकारले लिएको फितलो नियमको विरोध र असन्तुष्टि व्यक्त गरे तर सरकारले संविधानले निर्दिष्ट गरेका कुनै पनि कुरालाई एक इन्च पनि मिच्न दिएन । बरु काम गर्न सहजताका लागि ऐन–कानुनमा सामान्य संशोधन गरियो । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै जनतालाई सामाजिक दूरी कायम राख्न अनुरोध भने निरन्तर गरिरह्यो । जनताले सामाजिक दूरी कायम राखुञ्जेल देशका सबैजसो प्रान्तमा कोरोना फैलिसकेको थियो । यसले साना–ठूला व्यवसायमा ठूलो धक्का पुग्न थालिसकेको थियो । लाखौँको रोजगारी खोसिनु स्वाभाविक नै थियो तर तुरुन्तै सरकारले आर्थिक राहतको घोषणा ग¥यो । आपत्कालीन अवस्थामा कुनै पनि नागरिकलाई बाँच्न गाह्रो नहोस् भनेर व्यक्तिगत खातामा पैसा आउने र साना व्यवसायीहरूलाई निब्र्याजी ऋण सुविधाको व्यवस्था गरिदियो । विभिन्न किसिमका अनुदान र सुविधा घोषणा गर्दा स्वदेशी र विदेशीमा कुनै भेदभाव गरिएन । सरकारले कसो गर्दा नागरिकले घर बाहिर निस्कनुपर्दैन, त्यसको पहिचान गरी त्यसैअनुसारको व्यवस्था ग¥यो । यसका साथै कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको खोजी, परीक्षण र स्वास्थ्य सुविधाको तयारीमा पनि जुटिरह्यो । सायद यही कारण जनता आज पनि ढुक्कसँग सामाजिक दूरी कायम राख्दै आ–आफ्नो काममा कुदिरहेकै देखिन्छन् । जापानीहरूले सिकेको पाठ एउटा प्रसिद्ध भनाइ छ, ‘मानिसले जीवनभर सिक्छ तर लागू गर्दैन’ तर जापानीहरूमा यो नियम लागू हुँदैन । उनीहरू इतिहासबाट सिक्छन् र त्यसलाई पूर्णरूपमा लागू गर्छन् । यही कारण उनीहरूको बुझाइलाई चुनौती दिन सकिँदैन । कुनै बेला जापानीहरूलाई युद्ध नै सबैथोक हो भन्ने लाग्थ्यो । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी ध्वस्त हुनुअघिसम्म उनीहरू सङ्घर्षशीलका अतिरिक्त कति क्रूर र अराजक थिए भन्ने कुरा दक्षिण कोरिया र चीनमा गरिएको गतिविधिबाट थाहा हुन्छ । उनीहरूले कोरियालाई ३५ वर्षसम्म उपनिवेश बनाए । त्यो बेला जापानी सेनाका यौनदासीहरूबाट जन्मिएका मानिस आज पनि कोरियामा प्रशस्त छन् । चीन, कोरिया हुँदै बर्मासम्म कब्जा गरेका जापानीहरूले दोस्रो विश्वयुद्धमा नराम्ररी हार खाए । यो उनीहरूका लागि ठूलो सबक थियो । त्यसयता जापानले पूर्णरूपमा युद्धनीति र अराजकता त्याग्यो । सुरक्षा र सेनाका लागि छुट्याउने बजेट पूर्णरूपमा विकासमा लगायो । जापानीहरूको विशेषता नै मान्नुपर्छ, जुन शक्ति उनीहरूले पहिले युद्ध र सैन्य क्षमतामा लगाएका थिए, पछि विकासमा लगाए । संसारको सुपर हिरो अमेरिकालाई पछ्याउँदै लामो समयसम्म जापान विश्वको दोस्रो आर्थिक शक्तिराष्ट्र थियो । अहिले जापानलाई चीनले आर्थिक क्षमतामा पछि पारे पनि के बिर्सनुहुन्न भने जापान चीनभन्दा भूगोल र जनसङ्ख्याको हिसाबले निकै सानो मुलुक हो । सानो जनसङ्ख्या र सानो भूगोलका आफ्नै सीमा भए पनि जापानले जसरी आफूलाई आर्थिक रूपमा शक्तिशाली मुलुकका रूपमा उभ्याएको छ, त्यो हेर्दा कोरोना कहरबीच पनि उनीहरू काममा जुटिरहनुलाई सामान्य मान्न सकिन्छ । दोस्रो विश्वयुद्ध सन् १९४५ मा सकिए पनि उनीहरूलाई आर्थिक लयमा फर्कन र भद्रगोल व्यवस्थापन गर्न झण्डै डेढ दशक लागेको थियो । जब उनीहरूले १९६४ को ओलम्पिक खेलकुदको आयोजना गर्ने अवसर पाए, त्यसलाई उनीहरूले आर्थिक शक्ति हासिल गर्ने महत्वपूर्ण औजार बनाए । नभन्दै उक्त ओलम्पिकपछि जापानले पछाडि फर्केर हेर्नुपरेको छैन । सन् २०२० मा हुने ओलम्पिक खेललाई पनि जापानीहरूले यस्तै अवसरका रूपमा लिँदै थिए तर कोरोनाका कारण हाललाई सन् २०२१ को जुलाइका लागि सारिएको छ । वर्तमान विषम परिस्थितिका कारण जसरी यसले आर्थिक अवस्थालाई अप्ठ्यारो पारेको छ, त्यसबाट यो खेल पनि अनिश्चित देखिएको छ । यद्यपि जापानीहरू निराश देखिएका छैनन् भन्ने कुरा ओलम्पिक कमिटीका संयोजक यासुहिरो यामासिताको पटक–पटकको अभिव्यक्तिबाट चाल पाउन सकिन्छ । कला–संस्कृतिमा पनि अब्बल अमेरिकासँग जापानको विशेष किसिमको सम्बन्ध छ । युरोपमा जापानी उत्पादन र सामग्रीहरू लोकप्रिय छन् । पश्चिमासँग निर्भरता बढ्ने क्रममा धेरै देशले उताको डलर, युरोसँगै संस्कृति पनि आयात गरेको उदाहरण विश्वभरि देखिन्छ तर जापानले आफूलाई पश्चिमा संस्कृतिबाट पृथक् राखेको छ । अनुसरणयोग्य केहीे प्रभाव देखिए पनि जापानीहरू संस्कृतिलाई पूर्णरूपमा रक्षा गर्छन् । सन् ६४५ मा बनेको आसाकुसा टेम्पल मात्र हैन, सन् १३९७ मा बनेको गोल्डेन टेम्पल पनि पटक–पटक मर्मत सम्भार गर्दै जस्ताको तस्तै सुरक्षित राखेका छन् । यस्ता उदाहरण जापानमा अनगन्ती भेटिन्छन् । आफ्नो संस्कृतिप्रति अन्धभक्त भएकै कारण कतिपय अवस्थामा उनीहरूमा रुढिवादी सोच पनि झल्कन्छ । यहाँका बालबालिका पनि आफ्नो भाषा र संस्कृतिप्रति यति भक्त बन्छन् कि ठूलो भएपछि सिकेको अङ्ग्रेजीलगायतका भाषा पनि सकेसम्म बोल्न चाहँदैनन् । धर्म र संस्कृतिप्रतिको यही मोहकै कारण जापानमा अहिले पनि एक सय २६औँ पुस्ताको आलङ्कारिक राजतन्त्र चलिरहेको छ । केही दिनअघिको कुरा हो, योकोहामास्थित मेरो रेस्टुराँमा एकजना जापानीले फोन गरेर खाना अर्डर गरे । हामीले उनको अर्डरअनुसारको तयारी गर्न लाग्यौँ । झण्डै १५ मिनेटपछि उनको पुनः फोन आयो । उनले भने, ‘आकस्मिक रूपमा म खाना लिन आउन असमर्थ भएँ । मलाई रेस्टुराँको बैङ्क एकाउन्ट पठाइदिनु होला, म पैसा हालिदिन्छु ।’ प्राविधिक कारणले उनले खाना लैजान नसकेपछि पैसा लिनु हाम्रो धर्मको कुरा भएन । हामीले पैसा लिन प्रेमपूर्वक अस्वीकार ग¥यौँ तर तीन दिनपछि हुलाकबाट एउटा पत्र आयो । पत्रसँगै उनले अर्डर गरेको खानाको पैसा र एउटा पत्र थियो । पत्रमा लेखिएको थियो, ‘मेरो कारणले तपाईंको खाना खेर जाने भयो । ग्राहक धर्म निर्वाह गर्न पाएकोमा खुसी छु ।’ पत्रमा उनले आफ्नो ठेगाना उल्लेख गरेका थिएनन् । कारण, स्पष्ट थियो, उनी आफूले अर्डर गरेको खानाको पैसा तिर्न प्रतिबद्ध थिए । व्यवसाय गर्ने क्रममा उनीहरूको इमानदारीको यस्ता दर्जनौँ उदाहरण मैले भेटेको छु । हरेक नेपालीसँग यस्ता कैयौँ किस्सा सुरक्षित छन् । यसको एउटै कारण के हो भने उनीहरू सानो छँदा जे कुरा सिक्छन्, जीवनभर पालन गर्छन् । मिलनसार, इमानदारी र सहिष्णुता यिनीहरूको जीनमै घुलमिल भएको अनुभूति हुन्छ । अधिकांश जापानीमा छलकपटको नामोनिसान भेटिँदैन । साना–साना गल्तीमा पनि सहज रूपमा माफी माग्ने र जति सानो हुन सक्यो, उति आफ्नो उचाइ बढ्छ भन्ने उनीहरूको बुझ(ाइ छ । यो गुण हाम्रा लागि चाहिँ विशेष अचम्मको लाग्दोरहेछ । यति हुँदाहुँदै पनि उनीहरूमा सानैदेखि एक्लै बस्ने बानीको विकास भएको देखिन्छ । एक्लो हुनु भनेको एकोहोरो हुनु पनि हो र आत्मकेन्द्रित पनि । यसले उनीहरूमा सामाजिक भावनाको विकास भएको पाइँदैन । एक्लोपना र कामप्रति लगावपूर्ण खटाइ कहिलेकाहीँ घातक पनि बन्न सक्छ । सायद यही कारण हुनसक्छ, विश्वमा धेरै आत्महत्या गर्ने मुलुकका नागरिकमा जापानीहरू पर्दछन् । माउन्ट फुजीको छेवैमा रहेको एउटा जङ्गल नै आत्महत्याको जङ्गलको रूपमा चिनिएको छ । यो लेख लेख्दालेख्दै पनि एकजना जापानी युवाले आत्महत्या गरेको खबर जापानी अनलाइनमा आइरहेको छ । काम गर्न नपाएका कारण उनले आत्महत्या गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ । हामीमा बढी काम गर्नुप¥यो भनेर चिन्तित हुने प्रवृत्ति छ । यता जापानीहरू कोरोनाका कारण काम गर्न पाइएन भनेर आत्महत्या गरेको खबर सुनिन्छ । सायद यही काम गर्ने बानीले नै जापानीहरू अरूभन्दा फरक छन् । अरूभन्दा विशेष लाग्छन् । (लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।) सेक्सपियरका पितालाई विवादमा ल्याएकोमा माफी: विलियम सेक्सपियरका पितालाई तानाशाही, रिसाहा र घरेलु हिंसा मच्चाउने एक व्यक्तिका रूपमा चित्रण गरेको भन्दै उपन्यासकार म्यागी ओफरेलको आलोचना हुन थालेपछि उनले पाठकहरूसँग माफी मागेकी छन् । हालै चर्चामा रहेको र पुरस्कारसमेत प्राप्त गरेको उपन्यास ‘ह्यामनेट’मा उनले सेक्सपियरको पारिवारिक जीवनभित्र चिहाउने प्रयास गरेकी थिइन् । जसमा सेक्सपियरका पिता जोन अति निरंकुश र हिंसा मनोवृत्ति भएको व्यक्तिका रूपमा चित्रण गरिएको थियो । उनले देशकै चर्चित व्यक्तित्वका पितामाथि गलत चित्रण गरेपछि चित्त दुखाउनेहरूसँग माफी मागेकी भए पनि उनले भनेकी छन्, ‘मैले बिना प्रमाण भने लेखेकी होइन र जसरी लेखेँ, त्यसका लागि मसँग पर्याप्त प्रमाण भएको पनि होइन । मात्र ‘कोरियोलानस’ र ‘म्याकबेथ’मा सेक्सपियरले पिताको चरित्रलाई जसरी चित्रण गरेका छन्, त्यस हिसाबले उनले घरमा भोगेका भोगाईलाई नै मूर्त रूप दिएका हुन् कि भन्ने मेरो कल्पनाशीलतालाई उपयोग गरेकी हुँ ।’ उनले यो माफी हालै सम्पन्न डिजिटल हे फेस्टिभलमा बोल्ने क्रममा मागेकी हुन् । सेक्सपियर संसारकै सबैभन्दा परिचित व्यक्तिमध्येमा मानिइन्छन् । यस्तोमा उनको जीवनका बारेमा धेरैलाई चासो हुने गरेको तर सेक्सपियरको बालापनदेखि लन्डनमा अभिनेता हुञ्जेलसम्मका घटनाक्रमहरूका बारेमा जान्न जीवनीकार र उपन्यासकारहरूलाई निकै रूचि छ । १७ औँ शताब्दीमा आएर मात्र सेक्सपियरका बारेमा अलि बढी चासो राखिएको थियो तर त्यो बेलाको चासोको वृत्तमा उनको बालापन र युवावस्था पर्न नसक्दा अहिले पनि निकै कम जानकारी उपलब्ध छ । सेक्सपियरकी पत्नी एन हाथवेका तीन सन्तान थिए । छोरा हामनेटको ११ वर्षकै उमेरमा देहान्त भएको थियो भने जुडिथ र सुसाना दुई छोरी थिए । यता जुडिथ र हामनेट जुम्ल्याहा थिए। हामनेट उपन्यास जन्मिनुको कारण खोतल्दै उनले भनेकी छन्, ‘मलाई सधैँ सेक्सपियरका छोरीहरूप्रति रूचि थियो । तिनलाई मैले भेटेकी भए सेक्सपियरसँग केके प्रश्न सोध्थेँ होला भनेर अनेकन् कुरा मनमा खेल्थे । सेक्सपियरका रूचि, अरूचि, पिताका रूपमा सेक्सपियर, जब लन्डनबाट घर फर्कन्थे, त्यो बेला उनको फुर्तिफार्ती र अनेकन् कुरा मनमा खेलिरहन्थे । तर दुःखको कुरा त्यस्ता महान् व्यक्तिका मूल्यवान सूचना र जानकारी दिनसक्ने कोही पनि छैन ।’ तर सेक्सपियरका बारेमा उनले लामो शोधपछि मात्र उपन्यास लेख्न सकेको बताएकी छन् । उनले यसका लागि सेक्सपियर युग चिहाउन त्यस बेलाका ठाउँहरू मात्र घुमिनन्, एलिजाबेथको निजी बगैँचाबारेको जानकारी बटुलेर घरैमा ती बोटबिरूवा उमारेकी थिइन् । त्यो बेलाका जडिबुटी बारेका जानकारी बटुलेर आफैँ घरमा प्रयोग गर्ने गर्थिन् । उपन्यास लेख्दै गर्दा आफूले एलिजाबेथन डाइलगलाई नै प्राथमिकता दिएको र यसका लागि त्यो बेला प्रयोग गरिने शब्दभण्डार नै उपयोग गरेको उनले बताइन् । ‘अक्सफोर्डले निकालेको एलाजबेथन् पिरियडका शब्दार्थयुक्त डिक्सनरी हरबखत मसँगै हुन्थ्यो ताकि त्यो बेला प्रयोग नगरिने शब्दहरू उपन्यासमा नघुसोस्,’ म्यागीले लेखन क्रमका बारेमा बताइन् । #उपन्यास #विलियम सेक्सपियर #विवाद #हामनेट अरूणका मुक्तक: १ कोरोनाको डर छ धेरै नभेटम् भो प्रिय संक्रमितको घर छ धेरै नभेटम् भो प्रिय बाँकी जीवन सँगसंगै बिताउँनुछ हामीले बाँच्नु पर्ने कर छ धेरै नभेटम् भो प्रिय ।। २. लुकी लुकी मलाई हेर्ने नानी भित्र के छ आँखा जधाइ हाँसिदिने बानी भित्र के छ त्यो दिलको फूलबारीमा राजा छ की छैन राजा भन्दै बोलाउने बानी भित्र के छ ? ३. विदेशीले बाटो खोल्छन सरकारलाई थाह हुन्न कुन नेताले के के बोल्छन् सरकारलाई थाह हुन्न एनजीओ र आइएनजीओ विदेशीका एजेन्टहरू लगानीमा बिष घोल्छ्न सरकारलाई थाह हुन्न ।। #अरूण कविता प्रतियोगिता 2020: टप टेन कविको घोषणा!: कालेबुङ, भारत/ संवाद कालेबुङद्वारा आयोजना भइरहेको ‘सुकुमाया प्रधान स्मृति कविता प्रतियोगिता 2020’ अन्तर्गत छानिएका ‘टप टेन कविको नाम’ घोषणा गरिएको छ । कोरोना संक्रमणका बीच सर्वसाधारण घरभित्र थुनिएको अवस्थामा युवाहरूलाई सिर्जनात्मक बाटोमा ल्याउने उद्देश्यले शुरू गरिएको यस प्रतियोगितामा सहभागिता जनाउन भारतका हरेक प्रान्तबाट आएका कवितालाई समावेश गरिएको थियो । छोटो समयमा नै सोचेभन्दा धेरै कविताहरू प्राप्त भएको आयोजक संवाद कालेबुङले जनाएको छ । आएका कवितामध्ये अन्य कविको कविता वाचन गरिएका र ब्याक भोइस मात्र राखिएका कविताहरूलाई प्रतियोगितामा समावेश नगरिएको र छानिएका कविताहरूमध्येलाई पहिलो चरणका निर्णायकहरू कवि रवि रोदन सिक्किम, कवि छेवाङ योञ्जन पेशोक, कवि सुरज रोसुरी सिलिगुड़ी र कवि राकेश क्रान्तिकारी कालेबुङले दिएको अङ्कलाई आधार मानी उत्कृष्ट दस कविता छनोट गरिएको थियो । छानिएका दस कविले पुनः नयाँ कविता वाचन गरी आउँदो बुधबारभित्र संवाद कालेबुङलाई पठाउनु पर्ने संस्थाले जनाएको छ। पठाइएका नयाँ कवितामार्फत पहिलो, दोस्रो र तेस्रो कवि घोषणा गरिने बताइएको छ। संवाद कालेबुङले छानेका उत्कृष्ट १० कवि यस प्रकार रहेका छन्ः 1) नारायण काफ्ले, बाग्राकोट डुवर्स। 2) मुकेश गिरी, दार्जीलिङ। 3) ज्योत्सना घतानी, चाल्सा डुवर्स। 4) प्रणय दहाल, इच्छे कालेबुङ। 5) निगम बास्ताकोटी, पत्थरझोड़ा डुवर्स 6) पवित्र शर्मा, लिङ्से कालेबुङ। 7) रिया तामाङ, सिक्किम। 8) सूरज चापागाईं, मणिपुर। 9) सुप्रिया राई, साङ्से कालेबुङ। 10) सूर्य राई, राखली डुवर्स। #कविता प्रतियोगिता #प्रतियोगिता अल्बर्ट आइन्स्टाइन र रवीन्द्रनाथ टैगोर बीचकाे बहस (पहिलो पटक नेपालीमा): ‘ अन द नेचर अफ रियालिटी’को बहस भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरले सन् १९१३ मा गीताञ्जली गीतिकाव्यमार्फत नोबेल साहित्य पुरस्कार पाएका थिए । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम भारतीय लेखक बन्न पुगे । त्यसपछि युरोपमा उनको लोकप्रियता ह्वात्तै बढ्यो । धेरै युरोपेलीहरू उनीसँग भेट्न चाहन्थे, संवाद गर्न चाहन्थे । उता अल्बर्ट आइन्स्टाइन पनि सामान्य सापेक्षताको सिद्धान्त र सापेक्षताको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिकका रूपमा त्यो बेला निकै चर्चित थिए । उनले फोटोइलेक्ट्रिक इफेक्टको सिद्धान्त प्रतिपादन गरेको भन्दै सन् १९२१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए। त्यस बेलाका नाेबेल पुरस्कार प्राप्त गर्ने अति चर्चित यी दुई हस्तीको भेट हुन पुग्यो । सन् १९३० को जुलाई १४ मा टैगोरले आइन्स्टाइनको निमन्त्रणामा उनको घर क्यापुथ (जर्मनी) मा भ्रमण गरेका थिए । त्यहीँ यी दुई महान् व्यक्तिबीच भएको संवाद त्यस बेला कसैले रेकर्ड गरेर राखेको थियो, जसलाई सन् १९३१ को जनवरीमा मोडर्न रिभ्यु पत्रिकामा प्रकाशन गरिएको थियो। सोही सम्वाद ती महान् दुई हस्तीको सम्झनामाः टैगोर: हजुर गणितको दुई प्राचीन अस्तित्व: समय र असीमित ठाउँ (टाइम एण्ड स्पेस)मा लीन भइरहनु भयो जबकि म चाहिँ यो देशमा मानिसको अनन्त संसार, ब्रह्माण्डको सत्यको बारेमा प्रवचन गरिरहेको छु। आइन्स्टाइन: के तपाईं संसारभन्दा पृथक् पवित्रतामा विश्वास गर्नु हुन्छ? टैगोर: पृथकतामा होइन। मानिसको असीमित व्यक्तित्वले ब्रह्माण्डको बयान गर्दछ। मानव व्यक्तित्वको बदलामा संसारमा केही कुरा पनि हुन सक्दैन र यसले यो प्रमाणित गर्दछ कि मानव सत्यता नै ब्रह्माण्डको सत्य हो। आइन्स्टाइन: ब्रह्मण्डको रचनाको बरेमा दुई फरक अवधारणाहरु विद्यमान छन्—मानवतामा निर्भर संसारको एक स्वरुप र मानव तत्त्वबाट स्वतन्त्र संसारको वास्तविकता। टैगोर: हामीलाई थाहा छ, यो हाम्रो संसारको मानिस—अनन्त—सँगको मेल नै सत्य हो। हामीले यसको सुन्दरता तब मात्र महसुस गर्न सक्छौँ। आइन्स्टाइन: त्यो ब्रह्माण्डको बारेमा शुद्ध मानव अवधारणा मात्रै हो। टैगोर: यो संसार मानवको संसार हो—संसारको वैज्ञानिक धारणा पनि मानवकै धारणा हो। त्यसैले हामी भन्दा बाहेकको संसारको अस्तित्व छैन; यो संसार सापेक्ष छ। यसको सत्य मानिसको चैतन्यमा निर्भर छ। तर्क र प्रसन्नताले केही हदसम्म सत्य दर्शाउँछ। अनन्त मानव जातिको अनुभवको स्तर हाम्रो अनुभवहरुले सम्भव छ। आइन्स्टाइन: संसारको सत्यमा मानव अस्तित्वको पनि अवस्था बुझिन्छ। टैगोर: हो, मानव एक अनन्त अस्तित्व हो। हामीले यसलाई हाम्रो भावना र क्रियाकलापमार्फत बुझ्न पर्दछ। हामीले हाम्रो कमी कमजोरीबाट परमात्मा जसको कुनै वैयक्तिक कमीकमजोरी छैन, उसलाई बुझ्नु पर्दछ। विज्ञानले व्यक्तिभन्दा बाहिर सम्बन्ध राख्दछ। यो अवैयक्तिक मानव संसारको सत्य हो। धर्मले यिनै सत्यहरुको स्थिति बुझाउने चेष्टा गर्दछ र त्यसलाई हाम्रो परम आवश्यकतासँग जोड्दछ। हाम्रो वैयक्तिक सत्यको चेतनाले सर्वमान्य महत्त्व प्राप्त गर्दछ। धर्मले सत्यलाई महत्त्व दिन्छ। संसारसँगको मेलले हामीलाई थाहा छ कि सत्य सुन्दर छ। आइन्स्टाइन: के त्यसो हो भने सत्य अथवा सौन्दर्य मानिसबाट स्वतन्त्र छैन त? टैगोर: हैन, मैले त्यसो भन्न खोजेको होइन। आइन्स्टाइन: संसारमा मानिसहरु हुदैनन् थिए भने के एपोलो बेलभेडर सुन्दर हुने थिएन? टैगोर: अहँ। आइन्स्टाइन: म यो सौन्दर्यको अवधारणासँग सहमत छु तर सत्यको अवधारणासँग छैन। टैगोर: किन हुनुहुन्न? मानिसहरुमार्फत नै त सत्य बुझिन्छ। आइन्स्टाइन: म मेरो अवधारणालाई सही साबित गर्न सक्दिनँ तर मेरो त्यही अवधारणा नै मेरो धर्म हो। टैगोर: सौन्दर्य नै मानिस र संसारको पूर्ण मेलको नमुना हो, जुन सर्वमान्य छ।सत्य सर्वमान्य बुद्धिको पूर्ण बोध हो। हामी व्यक्तिहरु यसलाई आफ्नो गल्ती र महाभुलद्वारा बुझ्दछौ। हाम्रो समग्र अनुभव, भ्रामिक चेतनाद्वारा बुझ्दछौ। नत्र कुन अरु तरिकाबाट हामीले सत्य बुझ्न सक्छौ र? आइन्स्टाइन: म मेरो कुराहरु प्रमाणित गर्न सक्दिनँ तर म पाइथागोरियन तर्कमा विश्वास राख्दछु जसले यो भन्दछ: सत्य मानवजातीसँग अनिर्भर छ। यो समस्या अविरल तर्कशास्त्रको हो। टैगोर: सर्वमान्य अस्तित्वको एउटै सत्य आवश्यक रुपमा मानिस हुन पर्छ। नत्र हो भने जेसुकै पनि हामी व्यक्तिहरु विश्वास गर्छौ त्यसलाई कदापि सत्य भन्न मिल्दैन। कम्तीमा, सत्य जुन वैज्ञानिक भनी वर्णन गरिन्छ, जसलाई तर्कशास्त्रको विचार विज्ञान (अर्को शब्दमा, जसलाई विचारको अङ्ग जुन मानिस हो) ले भेट्टाउन सक्छ। भारतीय दर्शन अनुसार ब्रह्म मात्र एउटा पूर्ण सत्य हो, जसलाई एउटा मात्र पृथक् बुद्धिले मनन गर्न सक्दैन वा शब्दमा बयान गर्न सकिदैन तर असंख्य व्यक्तिहरुको बुद्धि गाभेर वास्तविकता पहिचान गर्न सकिन्छ। तर त्यस्तो सत्यले विज्ञानसँग सम्बन्ध राख्दैन।जुन सत्यको हामी बहस गरिरहेको छौँ, त्यो एउटा ज्ञात हो। भन्नुपर्दा त्यो सत्य हाम्रो मानव बुद्धिमा ज्ञात छ, त्यसैले त्यो मानविय हो र त्यसलाई माया अथवा भ्रम पनि भनिन्छ। आइन्स्टाइन: यो भ्रम केवल एउटा व्यक्तिको नभएर पुरा प्रजातिको हो। टैगोर: त्यो सत्य पनि एकता वा मानवतामै पर्दछ। त्यसकारण सम्पूर्ण मानव बुद्धिले मात्र सत्य पहिचान गर्छ। भारतीय र यूरोपेली बुद्धि एउटै वास्तविकतामा मेल खान्छ। आइन्स्टाइन: प्रजाति शब्द जर्मन भाषामा पुरै मानव जातिलाई दर्शाउन प्रयोग गरिन्छ। वास्तवमा यसले ढेडु, बाँदर र भ्यागुतोको प्रजातिलाई पनि दर्शाउँछ। सत्य हाम्रो चेतनासँग अनिर्भर वा स्वतन्त्र छ कि छैन भन्ने एउटा समस्या हो। टैगोर: जे कुरालाई हामी सत्य भनिरहेका छौँ, त्यो वास्तविताको आत्मपरक वा विषयगत र वस्तुगत पक्षको बुद्धि विवेकको मेल हो जुन परमवयैक्तिक मानिसको हुन्छ। आइन्स्टाइन: हामीले हाम्रो बुद्धिले दैनिक जीवनमा थुप्रै कार्यहरु गर्छौ, जसको लागि हामी जिम्मेवार हुँदैनौ। हाम्रो बुद्धिले यो भन्दा बाहिरको र यसबाट स्वतन्त्र वास्तविकताको पहिचान गर्दछ। एउटा उदाहरण, यस घरमा कोही पनि नहुँदा पनि त्यो टेबल जहाँ छ, त्यहीँ रहन्छ। टैगोर: हो, यो वयैक्तिक बुद्धिको बाहिर रहन्छ तर सर्वमान्य बुद्धिको बाहिर होइन। त्\u200dयो टेबल हामीसँग भएको कुनै प्रकारको चेतनाको ज्ञात हो। आइन्स्टाइन: यदि त्यहाँ कोही पनि थिएनन् भने पनि त्यो टेबल त्यहीँ रहन्थ्यो तर त्यो कुरा तपाईंको विचारमा पहिले नै अनुचित छ किनभने हामी यसलाई यो के हो भनेर बयान नै गर्न सक्दैनौँ। हामीबाट स्वतन्त्र र अनिर्भर त्यो टेबल त्यही नै छ। सत्यको अस्तित्वमा हाम्रो प्रकृतिक नजरविन्दु मानवताबाट टाढा छ र यो बयान वा प्रमाणित गर्न सकिँदैन तर यो एउटा विश्वास कोही कसैमा पनि कमी छैन। यो विश्वास हाम्रो पूर्खाहरुमा पनि कमी थिएन। हामी सत्यलाई परमानवीय वस्तुगतको श्रेय दिन्छौँ। सत्य के हो भनेर हामीले बयान गर्न नसके पनि यो हाम्रो अस्तित्व, अनुभव, र बुद्धिसँग अनिर्भर वा स्वतन्त्र छ र यो हामीलाई नभई नहुने तत्त्व हो। टैगोर: कुनै अवस्थामा पनि यदि त्यहाँ कुनै मानवतासँग असम्बन्धित पूर्ण सत्य छ भने पनि त्यो हाम्रो लागि पूर्ण अस्तित्वविहीन छ। आइन्स्टाइन: त्यसो हो भने म तपाईंभन्दा धेरै धार्मिक छु। टैगोर: मेरो धर्म परमवयैक्तिक मानिस, सर्वमान्य आत्मा, लाई मेरो आफ्नो वयैक्तिक अस्तित्वसँग पुनर्मिलन गर्नु हो। #अल्बर्ट आइन्स्टाइन #रवीन्द्रनाथ टैगोर #सम्वाद #संवाद झटारो: बढ्यो घरबन्दी अझ बढ्यो घट्यो धैर्य जनका झन् घट्यो हरायो उपाय अरु विकल्पको भएन व्यवस्था अझै क्वारिन्टीनको रोकिन्न लर्को हेर घर फिर्तीको पुगेन उपचार बेलैमा बरा तिनको अस्पतल भर्ना हुन भो कठीन कस्तो मरेपछि, शव उठ्न त झनै गाह्रो किन यस्तो दिन हामीले देख्न परेको ? ‘एक थुकी सुकी, हजार थुकी नदी’ खोई सबले सम्झेको काम हैन, मुखैमा गाली किन हो झुण्डेको ? एक एक सब जान्ने जो कोही विशेषज्ञ हुन थालेको थामी नसक्नु लर्को कति हो अर्ति उपदेशको नदेख्ने रहेछन् क्या तिनले आफ्नै धोती खुस्केको । आफ्नैलाई नलागी नखुल्दो रहेछ ढोका चेतको बेवास्ता गर्छौ अहिले भरे देखिन्छ ताईं मैहुँ भन्नेको खति रोकिन्न अझै दुःख देख्नु छ दुनियाँको लौ अब स्वीकारौं यथार्थ आजको हटाऔं सब डर मन भित्रको । यत्रतत्र देखिन्छ सबलाई हतारो ठाउँ कुठाउँ हान्नै पर्ने रे झटारो सके फैलाउ हात सहयोगको नसके रोक्ने होकी ट्याउँ ट्याउँ चोथाले मुखको । #तारक धिताल #व्यंग्य कविता प्रिय कविलाई पत्र: प्रेमको स्निग्ध पानामा तिमीले लेख्न सुरू गरेको म एउटा कविता तिम्रो मस्तिष्कबाट प्रस्फुटित हृदयमा पल्लवित सुन्दर अक्षर, भाव, विचार र अनुभूति यथार्थ र कल्पनाको साकार रूप लेख्नु , कसरी लेख्छौ मलाई मन मुटुले लेख्नू अगाध विश्वासले लेख्नू कसरी सिँगार्छाै मलाई ? रूप र अलङ्कारले सिंगार्नू । म तिम्रो हृदयको जीवन्त आवाज भावनाको सुन्दर प्रतिबिम्ब ओ कवि ! लेख्नू, तिमी मलाई नितान्त फरक शैलीले लेख्नू मेरो आँसु लेख्नू मुस्कान लेख्नू बसन्त र शिशिर लेख्नू तिम्रो हृदयको प्रेमले सजाउनू मलाई निश्छ्ल सोच र चिन्तनको थोपाथोपाले सिञ्चनू तिमीलाई थाहा छ नि कवि ! म तिम्रो हृदयको सुन्दर फूल तिमी मेरो प्रिय माली हृदयको आवाजलाई कहिल्यै शब्द चाहिँदैन र पनि मेरो शब्द तिमी म तिम्रो कविता तिम्रो सृष्टि सिर्जनाको अनुपम स्वरूप । म हरदम तिमीभित्रै तरङ्गीत भएर तिमीलाई स्पर्श गरिरहन्छु कविताको मीठो परिभाषा तिमी मेरो जीवनको आशा तिमी ओ कवि ! शीतल बतास बनेर सुस्तरी स्पर्श गर्नू र पगार्नू मलाई जसरी पगार्छन् शिशुहरूले आमाको स्तन जसरी पगार्छन् बाछीहरूले गाईको थुन उसरी नै पगार्नू मलाई म तिम्रो प्रेम तिम्रो प्रेमिल स्पर्श पाएर बन्नेछु कविता तिम्रो भाव अनुभूतिको कोमल सिरानी लाएर एक निन्द्रा मस्त निदाउनु छ मलाई देख्नु छ, मीठो सपना पढ्नु छ प्रेमको मीठो अध्याय ओ कवि ! कसरी लेख्छौ मलाई भनन कसरी लेख्छौ ? मलाई तिम्रा अधरका मुस्कान भएर आँखामा आँसु भएर तर्नु छ जीवनको गहिरो नदी र धेरै अप्ठ्यारो छिचोलेर पुग्नु छ कविताको सुन्दर गाउँ । #प्रिय कविलाई पत्र अर्धनग्न विज्ञापन: अचेल म ! यो सोचिरहेको छु किन कविता लेखिरहेको छु ? के का लागि लेखिरहेको छु ? कसका लागि लेखिरहेको छु ? नबुझी लेखिरहेको छु कि ? बुझेर लेखिरहेको छु तर पनि लेखिरहेको छु बाह्रखरीसंँग काँचो दुश्मनी मोलेर आकार ईकार मिलाई नमिलाई डाडा भाटा भेल्सी ठडाइरहन्छु पुतली पाखामा बतासे बन्धन बाँधेर शिरमा शिरबिन्दु, चन्द्रबिन्दु राखेर पाउमा पाउपोष उकार लागाइदिन्छु अनि बोलाउँछु, सक्दो बोलाउँछु तर पनि बोल्दैन मेरो कविता सायद मस्तिष्क नभएर होला चेतना शून्य भइरहन्छ केही बोल्दै नबोले पनि लेखिरहन्छु कर्कर्ती बोलाइरहन्छु स्वर व्यञ्जनको साँघुरो गल्लीमा ह्रस्व दीर्घहरूको घाटी निमोठेर कति अर्थ, अनेकार्थ पारिदिन्छु बोल्न खोज्नेहरू पनि अर्कै बोल्छन् नबोल्नेहरू झन् चिच्याउदै बोल्छन् बिना अर्थका प्रत्येक पंक्तिहरू हरफ हरफ भएर पाना मैलो पार्छन् शब्दको चाङ मात्रै थुपारिरहन्छु डोकोबाट मल भारी थुपारे जस्तै न कुनै अर्थ दिन्छ त्यसले जसले जस्तो अर्थ दिनु पर्ने हो गाई लेख्दा गोरू ड्वाँ गर्छ कोइली लेख्दा काग काग काग गर्छ सायद म यस्तै यस्तै कविता लेखिरहेछु हिज्जेहरूको घुँडा भाँचेर शब्द शब्दमा काम्रो बाँधिरहेको छु शल्यक्रिया कक्षमा बेहोसीको सुइ हालेर झन बेहोस बनाइरहेको छु म आज किन अराजक भइरहेको छु कविता भन्दै भाषण लेखिरहेको छु साँढेहरू आपसमा सिंगौरी खेले जस्तै कतै सिङ भाँचेर, कतै आँखा फोडेर रक्तामे पारिरहेको छु, मुटु कलेजो कवि हुने वहानामा अहंकार ओकलेर म ! अ कवि कविको ट्याग झुण्ड्याउन हतारमा छु सेण्डिगेट साहित्यमा छेपाराहरू बटुलेर सस्तो लोकप्रियताको खातिर होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन जस्तै कवि हुने लहडमा झुण्डिन आतुर छु कपि पेस्टको, यो जमानामा सबै देवकोटा, भूपी बन्न खोज्छन् जर्ज बनार्डशा, ह्यामलेट बन्न खोज्छन् म पनि सायद त्यस्तै उस्तै हुँला होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन ।। #अर्धनग्न भ्यागुतो र राष्ट्रवाद: तराजुमा जोख्न राखिएको भ्यागुतो जस्तो कहिले पुग्दैन हाम्रो राष्ट्रवादको धार्नी । बगाउन त बगाउँछौ नसा नसामा रगतसँगै बारुद पनि तर मरिकाटे बल्दै बल्दैन कसैले नझोसी छातीमा तातो फलामे तिरहरू जब च्वास्स दुख्छ अलि पोले जस्तो हुन्छ बल्ल उर्लिन्छ राष्ट्रवाद र इन्द्रेणी भएर पोखिन्छाँै सडकमा यस्तो लाग्छ अब फेरि एउटा प्रलयकारी परिवर्तन नजिक छ तर फगत यो समुन्द्रमा आएका उत्ताउला कच्चा छालहरू जस्तै एकैछिन आएर उही समुद्रमा फर्केर हराउँछ उम्लिएकै हो रगत पटक पटक मेची, सुस्ता, कालापानी र लिम्पियाधुरामा महाकालीमा पनि हो उम्लिएकै हो १९५० को सन्धि लिएर पनि बेला बेला उम्लिरहन्छ रगत नाकाबन्दीमा उधुमै उम्लिएको हो उम्लिरहेकै हुन्छ रगत बारबार सिमाना सर्दा र पुर्खाहरूको स्मरण गर्दै खुकुरी देखाएर धम्काउदै वीर भएको प्रमाणित गर्छौँ मानौ अब यो धर्तीमा एउटा ज्वालामुखी निर्माण हुँदैछ र विष्फोटन भएर त्यसका लाभाहरू कुईरीमण्डल वातारण बनाउँदै बग्नेछ तर त्यो प्रचण्ड ताप नांगा डाँडाको टुप्पोमा फुस्फुसाएको पातला हिउँ जस्तै भोलिपल्टको घामसंगै हराउँछ त्यसपछि सबथोक जहाँ छ त्यही अडिन्छ महाकाली जहीको तही हुन्छ कालापानी त्यही उभिन्छ १९५० को सन्धि फेरि बिर्सिन्छ सिमाना सरेर मूलढोका आइपुग्छ । त्यसपछि रातदिन फत्पताउँछौ मात्र देश लुटे ! गद्दार निस्किए ! शासक भए ! आत्मसमर्पण गरे ! देश बेचे ! र फेरि चुनाव आउँछ उसैलाई छाप लगाउँछौ र एउटा युद्ध जितेसरी ढक्क छाती फुलाउँछौ दोस्रो दिनदेखि फेरी सराप्न थाल्छौ उल्टै आफ्नै हातहरूलाई दोषी देखेर हाम्रो अजिव बानी र रगत देखेपछी उस्तै लाग्छ तुलोमा कहिले धार्नी नपुग्ने भ्यागुतो र हाम्रो राष्ट्रवाद । #भ्यागुतो #राष्ट्रवाद पुस्तकमाथि बढ्दो चिनियाँ लगानीमा अमेरिकी चिन्ता: फाङ फाङ र उनको चर्चित पुस्तक वुहान डायरी लस एन्जल्स, अमेरिका/ अमेरिकामा किताबमाथि विदेशी लगानी केही समयअघिसम्म कुनै चिन्ताको विषय थिएन। अमेरिकाका ठूला पुस्तक प्रकाशकहरू प्रायः विदेशी नै छन्। पेइन्गुइन रेन्डम हाउस र म्याकमिलन जर्मन लगानीमा छन्। हटाची बुक ग्रुपमा फ्रान्सेली समूहको लगानी छ । हार्पर कोलिन्समा अस्ट्रेलियाली कम्पनी न्युज कर्पको लगानी छ। सिमोन एन्ड सुस्टर मात्र एउटा यस्तो कम्पनी हो, जसमा पूर्ण रूपमा अमेरिकी लगानी छ भन्न मिल्छ। पछिल्लो समय चिनियाँ कम्पनी थिङकिङडमले पुस्तक प्रकाशन थालेपछि केहीको चासो ह्वात्तै बढेको छ भने केहीले त चिनियाँको काम गर्ने शैलीमाथि नै आलोचना गर्न थालेका छन् । थिङकिङडमको काम भनेको किताब प्रकाशन गर्नु मात्र नभई हलिउडसँग नजिकको सम्बन्ध बनाउनु रहेको र जोजसँग सम्झौता गरेको छ। सम्झौतामा चिनियाँ सरकारका बारेमा न त सार्वजनिक न त निजी वार्तालापमा नै चीनबारे आलोचना वा कुरा काट्न नपाइने भन्दै सम्झौता गर्न थालेको भन्दै थिङकिङडमको आलोचना भएको हो। २०१४ मा बेइजिङमा मुख्य कार्यालय भएको मेडियाटाइम बुक्सले अमेरिकामा सिएनटाइम्स बुक्सको नाममा कम्पनी खोलेको छ र यसले चीनका धारणाहरू उजिल्याउने पुस्तकहरू प्रकाशन गर्ने गरेको छ, जस्तो कि चाइनिज लिबरेसन आर्मी र द चाइना ड्रिम ग्रेट पावर थिङकिङ इन द पोस्ट अमेरिकन एरा। यस्ता कम्पनीको स्थापना चीनमाथिको आलोचना कम गराउने उद्देश्यका साथ स्थापना भएको भन्दै केहीको आपत्ति भए पनि चिनिया लगानीको अर्को कम्पनी अस्ट्र बुक्सले भने आफ्नो लगानी स्वतन्त्र भएको र सरकारसँग कुनै लेनदेन नभएको स्पष्ट पार्न थालेको छ । ‘किताबका लागि अमेरिका सबैभन्दा राम्रो व्यापारथलो हो,’ कम्पनीले लस एन्जल्स टाइम्स पत्रिकासँग भनेको छ, ‘व्यापार गर्ने कम्पनीले ठूलो बजार भएको जुनसुकै ठाउँमा आफ्नो सम्भाव्यता खोज्छ।’ चीनका राम्रा कुरा छाप्न रूचाउने तर चीनको थोरै आलोचना भएका किताब लेख्ने र प्रकाशन गर्ने कम्पनीलाई भने चीनले रत्ति ठाउँ नदिएकामा भने धेरैको चिन्ता छ । जस्तो कि पछिल्लो समय फाङ फाङको बहुचर्चित पुस्तक वुहान डायरी चीनमै प्रकाशन गर्नबाट रोकियो। सो पुस्तकलाई अमेरिकामा हार्पर कोलिन्सले प्रकाशन गरेपछि र पुस्तकको लोकप्रियता बढेपछि भने डायरीलाई चिनिया सरकारी अधिकारीहरूले फेक डायरीको उपमा दिन थालेका छन्। चीनमा मनको भँडास पोख्ने कुनै ठाउँ छैन । त्यसैले अनलाइन डायरी एउटा राम्रो माध्यम बन्दै जान थालेको छ । यसको लोकप्रियता मनन गर्दै ठूला व्यापारीहरूले अनलाइन लिटरेचर राइटिङमाथि ठूलो लगानी गरेका छन् । जसमध्ये प्रविधि कम्पनी टान्सेन्ट पनि एक हो । यसले लगानी गरेको चाइना लिटरेचरको अनलाइन संस्करण निकै लोकप्रिय छ । त्यहाँ हिट भएका कन्टेन्टलाई अंग्रेजीमा अनुवाद गर्दै बजारमा ल्याउने क्रम बढेको छ। फाङ फाङको वुहान डायरी त्यसमध्येको एउटा उदाहरण हो। सन् २०१९ मा मात्र चिनियाँ भाषाबाट अंग्रेजीमा अनुवाद भएका पुस्तकको संख्या २५ थियो। यस वर्ष भने २० भन्दा उकालो नलाग्ने सम्भावना भएको पब्लिसर्स विक्लीले जनाएको छ। तर अनुवादित पुस्तकले अमेरिकामा बेस्ट सेलर हुने मौका भने पाएका छैनन् । चीनमा भने क्लासिक र राम्रा साहित्यको निकै ठूलो माग छ । पछिल्लो समय जब मार्खेजको हन्ड्रेड इयर्स अफ सोलिच्युड पुस्तकको अधिकार लिइयो, त्यसको मोल १० लाख डलर तिरिएको थियो । थिङकडम कम्पनीले लगानी गरेको अस्ट्र बुक्सले मार्खेज मात्र होइन, पाउलो कोएलो, एलिस मुनरो, हारूकी मुराकामी, जेडी स्मिथजस्ता लेखकलाई मज्जैको रकम दिएर आफ्ना लागि लेख्न लगाइरहेको छ। यति मात्र होइन, चिनियाँ मूलका लेखकहरू यु हुआ र मिया जियाजस्ता लेखक पनि उसको पोल्टामा परिसकेका छन्। अहिले अस्त्र बुक्सको शस्त्र बढाउनका लागि पब्लिसिङ उद्योगका सशक्त हस्तीको भिड बढाइएको छ। किताब व्यवस्थापनको व्यापारलाई उचाई दिने बेन स्राङ्क कम्पनीको पब्लिसरमा नियुक्त भएका छन् भने एलेसान्द्रा वास्ताग्ली, सम्पादकीय निर्देशक मारिया रूसोजस्ता साहित्यप्रेमी त्यहाँ भेला भएका छन् । यी सबै भिडको अर्थ धेरैले अमेरिकी पठन संस्कृतिमा आफ्नो पकड क्रमशः बढाउँदै लैजाने अमेरिकी नीतिको एउटा पाटोका रूपमा हेरिरहेका छन् । यसको परिणाम हेर्न भने कुर्नु नै पर्ने केहीको धारणा छ। #अमेरिका #चिनियाँ लगानी #चिनियाँ साहित्य #चीन बम्मनलाल माझी: लक्ष्मी पौडेल सधैंजसो कुखुराको डाकोभन्दा पहिले उठेर घरायसी कामकाज भ्याइसक्ने बम्मनलाल माझी आज अबेर गरेर उठ्यो । सञ्चो भएन होला भन्दै रामधुनीले पनि लोग्नेलाई उठाइन् । “के भो ? सञ्चो भएन ?”, उसले सोधी । “ठिकै छ । यस्तै हो, शरीर अलि भारी भएको छ ।”, उसले भन्यो । “काममा जाने होइन ?”, भन्ने स्वास्नीको प्रश्नमा उसले केवल, “जान्छु” मात्र भन्यो । रामधुनीले खाजा पोको पारिदिई । ऊ जाली बोकेर माछा मार्न हिँड्यो । भर्खरै उठेकी छोरीले, “बाई बाबा..” भन्दै हात हल्लाई । उसले खोलामा जाल फाल्यो । जतिपटक फाले पनि जालमा माछा परेनन् । पर्दै परेनन् । “बिहानैदेखि मन मानिरहेको थिएन । आज खाली हात फर्कनु पर्ने भो !”, उसले अन्तिम पटक जाल हाल्यो । एउटा सुनको औँठी जालमा अड्किएर आयो । ओर्काइफर्काई हेर्यो । “सुन नै हो” भन्ने यकिन भएपछि पाइजामाको गोजीमा सुरक्षितसँग राख्यो । ऊ घर नगइकन सिधै त्यसलाई बेच्न बजारतिर लाग्यो । सुनारले राम्रो मूल्य दिएर त्यो औंठी किन्यो । पैसा लिएर उसले चाहिए जति सरसमान, लुगाफाटो किन्यो । बाटोमा सोच्दै फर्क्यो, “बिहानीले दिनको झल्को दिन्छ भन्थे, मिथ्या रहेछ ।” रामधुनीले एक एक गरेर सबै सरसामान, लुगाफाटो खोली । रातो धोती, रातै पेटिकोट । एक जोर चप्पल । छोरीलाई पहेंलो फुलबुट्टे जामा ! लोग्नेको मुखमा पुलुक्क हेरी । मायाले भित्रैदेखी च्वाप्प म्वाई खाई, मनमनै । झोलाको पोका सबै खोलिसकेपछि एकाएक रामधुनी खिन्न भई । छोरीले पनि कालो अनुहार लाएर आमाको मुखमा हेरिरही । उसले स्वास्नी र छोरीको भावभङ्गीमा अचानक परिवर्तन आएको देख्यो, र प्रश्नवाचक दृष्टिले आमाछोरीलाई हेर्यो। “खै त माछा ?”, आमाछोरी दुबैको मुखबाट एकैचोटि निस्केको यो प्रश्नले बम्मनलाल माझी झल्याँस्स भयो । कवि सुदेश सत्याललाई पितृशोक: नयाँ पुस्तामा छन्दमा कविता लेखेर चर्चामा आएका कवि सुदेश सत्याललाई पितृशोक परेको छ । उनका बुबा लामो समयदेखि बिरामी थिए । आज दिउँसो तीन बजे उनको निधन भएको हो । यसअघि पनि करिब आठ महिना अगाडिमा उनकी आमाको निधन भएको थियो । आमाको आशौच बारिरहेका बेला सुदेशलाई अर्को गम्भीर आघात परेको हो । उनले यसबारे फेसबुकमा स्टाटस लेखी जानकारी गराएका हुन् । राष्ट्रिय युवा पुरस्कार र प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता प्रतियोगितामा कास्य पदक जितेका कवि सदेश सत्यालको ‘अन्तरिक्षकाे धर्ति’ छन्द कविता प्रकाशित छ । #अन्तरिक्षको धर्ति #निधन #सुदेश सत्याल चीनतर्फ औँलो ठड्याउँदै तिब्बती कवि: अनुवाद – राजा पुनियानी तेन्जिङ सुन्डु कविता मेरा लागि सास फेराइ हो । भारतमा जन्मिएँ । तिब्बतमा मर्ने सपना देख्छु । तेञ्जिङ सुण्डु भन्छन् । सुण्डु शरणार्थी कवि, लेखक, एक्टिभिस्ट हुन् । आगो ओकल्ने यिनका कविताले तिब्बती शरणार्थीहरूको पीड़ा र आक्रोश बोल्छ । इस्ट तुर्किस्तान र इनर मङ्गोलियालाई कब्जा गरी उपनिवेश बनाउने चीनले तिब्बतलाई पनि कब्जा गरेको छ । तिब्बती उत्पीड़ितहरूलाई भारतले धरमशालामा आश्रय दिएको छ । तिनै तिब्बती शरणार्थीहरूको पक्षमा आन्दोलनरत सुण्डु साना मुलुकमाथि हैकम जमाउने दादा देशहरूको निम्ति विचारका चुनौती हुन् । सुण्डु निर्भीक प्रदर्शनहरूका लागि चिनिन्छन् । सन् २००१-मा पहिलो आउटलुक पिकाडोर अवार्ड पाएका सुण्डुले चारवटा किताब लेखे – क्रसिङ द बोर्डर (१९९९), कोरा (२००२), सेमशूक (२००२) र शेन-गोल (२०१२)। फ्रेण्ड्स अफ टिबेट (भारत) –मा संलग्न रही उनी तिब्बती स्वाधीनताका लागि सक्रिय छन् । मेरो तिब्बतीपना निर्वासनको एकतीस साल भइसक्यो अझै कुनै देशले हाम्रो समर्थन गरेन नाथे एउटा देशले धरि गरेन ! हामी यहाँ रेफ्युजी हौँ देश हराएको मान्छे कुनै देशको पनि नागरिकता नभएकोहरू । तिब्बती : संसारको सहानुभूतिका पात्रहरू शान्त भिक्षु र उत्साही परम्परावादीहरू एक लाख र केही हजार । चिटिक्क मिसिएका विभिन्न सांस्कृतिक दमनमा सोसिएका । प्रत्येक चेक-पोस्ट र अफिसमा म एक ‘भारतीय-तिब्बती’ । सलाम ठोकेर मेरो रेजिस्ट्रेसन सर्टिफिकेट प्रत्येक साल रिनिउ गराउने गर्छु । भारतमा जन्मिएको एक विदेशी म । म भारतीयभन्दा पनि बढ़ेर कोही हुँ मेरो चिङ्की तिब्बती अनुहार बाहेक । “नेपाली ?” “थाई ?” “जापानी ?” “चीनियाँ ?” “नागा ?” “मणिपुरी ?” सोध्छन् सबै तर कसैले सोध्दैन – “तिमी के तिब्बती हौ ?” म खाँट्टी तिब्बती तर म तिब्बतबाट आएको होइन कहिल्यै त्यहाँ पुगेको पनि छैन तरै पनि म त्यहीँ मर्ने सपना देख्छु । रेफ्युजी जब म जन्मेँ मेरो आमाले भन्यो – तँ रेफ्युजी होस् ! हिउँ परिरहेको बेला धुँवा निस्कन्थ्यो सड़क किनारको हाम्रो तम्बूबाट । तेरा दुइ आँखीभौँबीच तेरो निधारमा खोपिएको छ – R मास्टरले भन्यो । मैले खोजेँ र मेट्टाएँ मेरो निधारमा मैले जे भेट्टाएँ त्यो रातो पीड़ाको थोप्ला थियो । म जन्मँदै रेफ्युजी । मसँग तीनवटा जिब्रो छन् । जुन जिब्रोले म गाउँछु त्यो मेरो आमाको जिब्रो हो । इङ्लिस र हिन्दीको बीचबाट मेरो निधारको R –लाई तिब्बती जिब्रोले पढ़्छ : रङ्जेन रङ्जेन माने स्वाधीनता । क्षितिज घरबाटै तिमी यो क्षितिजसम्म आइपुगेका हौ । तिमी जानेछौ यहाँबाट फेरि अर्को क्षितिज । त्यहाँबाट अर्को अर्कोबाट अर्को क्षितिजदेखि क्षितिजतिर जानेछौ – मानौँ प्रत्येक पाइला नै एक क्षितिज । पाइलाहरू गन्ती गर्नू सङ्ख्या याद गर्नू । दलसिंह ढुङ्गा र अजबगजब पातहरू टिप्नू । चट्टानमा रेखाचिनो कोर्नू किनभने तिमी फेरि घर फर्कनु पर्ला । गद्दारी हाम्रो घर हाम्रो गाँउ हाम्रो देश रक्षा गर्दा गर्दै बिते मेरा बाबा । खासमा लड़्नै चाहन्थेँ म पनि । उनीहरू भन्छन् – हामी बौद्धमार्गी हौँ हामी शान्त र अहिंस्रक हुनुपर्छ र मैले माफी गरिदिएँ मेरो दुश्मनलाई । आज आएर मलाई लाग्छ मैलै मेरो बाबालाई गद्दारी गरेँ । टेररिस्ट म एक टेररिस्ट हुँ मलाई मार्न मन पर्छ । मसँग सिङ छ मेरो दुइवटा तिखो दाँत छ र घामकिरीको पुच्छर छ । आफ्नै घरबाट लखेटिएको आफ्नो जिन्दगी जोगाएर डरले लुकिरहेको अनुहारमै दैलो ढप्काइएको निरन्तर न्याय खोसिएको टेलिभिजनमा धैर्यको जाँच लिइएको मौन बहुमतअघि हिर्काइएको भित्तामा थिचिएको । म फर्किएको हुँ त्यो अन्धा गल्लीबाट । च्याप्टो नाकसँगै तिमीले निलेको अपमान हुँ । तिमीले अन्धकारमा गाड़ेको लाज हुँ । म टेररिस्ट लु शूट गर मलाई । म्याँउ गरिरहेका बिरालो र चाटिरहेका कुकुरहरूमाझ उपत्यकामा छाड़िराखेर आएको हुँ मेरो डरलाई । म मुख्लिस मसँग केही छैन गुमाइ पठाउन अब । म बुलेट हुँ म सोच्दिनँ । मात्र २ सेकेण्डको रोमाञ्चक जीवनका लागि बुलेट शेलबाट उफ्रन्छु म र मारिनेसँग मर्छु । तिमीले छाड़ेर आएको जीवन हुँ म । निर्वासनको घर चुहिरहेको थियो हाम्रो टालीको छाना र भित्ता ढल्ने जोखिम थियो तर हामीलाई त चाँड़ो फर्कनु थियो घर । हामीले आफ्नो घरबाहिर मेवा फलायौँ । बगैंचामा खुर्सानी र बार लाउनलाई बेत रोप्यौँ । गोठको परालको छानाबाट कुलुलु लड़्दै आएको छ फर्सी टाट्नोबाट लड़खड़ाउँदै निस्कन्छ बाछा । छाना ढाकेको छ घाँसले सिमीको टुसा पलाएको छ र चढ़्न थालेको छ देवालमा बेलको लहरा । खिड़कीबाट घस्रिँदै आउन थालेको छ मनीप्लाण्ट । अनुवादकः राजा पुनियानी यस्तो लाग्छ मानौँ हाम्रो घरको जरा पलाएको छ । घरबार जङ्गलमा फेरिएको छ अब म कसरी बताउँ आफ्ना नानीहरूलाई – कहाँबाट आएका थियौँ हामी ? #अनुवाद कविता #तिब्बत #तेञ्जिङ सुण्डु #शरणार्थी तिम्रो प्रश्न गाह्रो लाग्छ: अक्सर सोध्ने गथ्र्यौ तिमी ससांर यो कस्तो लाग्छ ? हाँसी हाँसी भनिदिन्थेँ साह्रै राम्रो जस्तो लाग्छ । आज मेरा सोचाई सबै गलत सिद्ध भए मेरा आफ्ना लक्ष्य अनि इच्छाहरू रद्द भए । सोचे जति गर्न पनि नसकिने रै छ यहाँ खोजे जति कुरा पनि नपाइने रै छ यहाँ । त्यसैले त आजभोलि जिन्दगानी साह्रो लाग्छ हाँस्न खेल्न परै जाओस सासै फेर्न गाह्रो लाग्छ । देख्नुपर्ने जति कुरा सकिएन देख्न पनि लेख्नुपर्ने जति कुरा सकिएन लेख्न पनि । त्यसैले त आजभोलि तिम्रो प्रश्न गाह्रो लाग्छ के उत्तर दिनु मैले साह्रै अप्ठेरो लाग्छ । #तिम्रो प्रश्न गाह्रो लाग्छ हार्दिक श्रद्धाञ्जली: सुमन वर्षा कुनै ठूलो सपना थिएन उसको कुनै विशाल आकांक्षा थिएन अलिकति तातो घाम ताप्न अलिकति शितल छहारीमा बस्न बोकेको थियो नाइलभन्दा लामो नाम्लो… ठेला उठेका हातहरूले पटक-पटक हालेको थियो भोट पैंतालाले टेकेर तातो-घाम छानेको थियो समृध्दि फुलाउने शासकहरू तर यतिबेला समय ! चूपचाप साक्षी बनिरहेको छ एउटा कुरूप युगको टाढ़ासम्म हेरिरहेछ खिल्ली उडिरहेको देश सुशासनको र सुनिरहेको छ सूर्यबहादुर तामाङको लाशलाई रूङ्गिरहेको एक जोडी परेवाले भाषणका आदिम श्रृङ्खलामा फगत भेटिइरहने व्यवहारतः कहिल्यै नमेटिने भोकसँगै भाषणमा जहिल्यै नथाक्ने पूर्णता व्यवहारत: सधैं छालामा टाँसिने अभाव यतिबेला ऊ गरिबीको भव्य-रथमा चढेर मजदुर दिवसको नारालाई चुपचाप सम्झिरहेको होला र आर्यघाटसम्मको यात्रा तय गर्न एउटा महाजुलुसको पर्खाईमा होला बन्द गरेर दुवै आँखाहरू बन्द भएका उसका आँखाहरूमा बन्द भएका छन् सबै सपनाहरू भाँच्चिएका छन् समृद्धिका शाब्दिक आश्वासन भाँच्चिएका उसका आकांक्षा जस्तै… मानवतालाई गिज्याउँदै ढलेको एउटा सिङ्गो सभ्यताले चिच्याई चिच्याई भनिरहेको छ बन्द गर यी मृत्युका कारखानाहरू बन्द गर खोक्रा भाषणहरू नबाँढ झूठा सपनाहरू र बन्द गर राज-नीति गर्नका लागि गरिएको राजनीति उत्पीडनको भारले कुप्रिएका ढाडहरूमा चडेर ठेला उठेका उसका हातहरुले आफ्नो भाग्य कोरेर राजनीति गर्ने तिनै शासकहरू यतिबेला थकान मेट्न रोस्ट र ह्विस्कीसँगै आफैंले विवश पारिएका ती थुप्रै थुप्रै सूर्यबहादुर तामाङहरुलाई टिभीको स्क्रिनमा देखेर मुस्कुराई रहेका होलान् – तर, उसको ठेलाम्य हत्केलाले बताइरहेछ अझै बाँच्ने सम्भावना जिउँदो राख्नलाई ऊ थाकेको थिएन गन्तव्यको खोजीमा चलायमान् पाइला अविराम हिँड़िरहेका थिए भोकको साम्राज्यविरुद्द युध्द जित्न राज्यलाई गरिबीको रेखाबाट माथि उठाउन समृध्द नेपालको सपनालाई साकार पार्न! विवशता ! विकृति ओढ्दै गरेको बेतुकको राष्ट्रियतालाई श्रध्दाञ्जली दिँदै स्वतन्त्र भएका छन् उसका ठेला उठेका हातहरू र वज्र बनाइएका मुटुहरू!! हार्दिक श्रध्दाञ्जली सूर्यबहादुर तामाङ !!! #सुमन वर्षा #सूर्यबहादुर तामाङ उत्कृष्ट फिल्म स्क्रिप्टलाई पाँच लाख: नेपाली फिल्म क्षेत्रमा केही नयाँ गर्न र नयाँ ट्यालेन्टलाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि एच.पी. इन्टरटेनमेन्ट ले ‘ स्क्रिप्ट राइटिङ कम्पेटिसन’ गराउने भएको छ । उक्त स्क्रिप्ट फिल्मको स्क्रिप्ट हुनेछ, र विजेतालाई ५ लाख नगदद्वारा पुरस्कृत गरी विजेताको नाम फिल्ममा पनि उल्लेख गरिने जानकारी । यस प्रतियोगितामा सबै उमेर समूहले सहभागिता जनाउन सक्नेछन् भने भाग लिन कुनै प्रकारको शुल्क लाग्ने छैन । स्क्रिप्ट जुलाई अन्तिमसम्म पठाइसक्नुपर्नेछ | त्यो नितान्त आफ्नो रचना हुनु पर्नेछ। फिल्म क्षेत्रकै निर्णायक राखिने भएकाले विजेता छनौटको सम्पूर्ण अधिकार निर्णायकको हातमा रहने छ भने विजेता छनौट निस्पक्ष हुने कुरा पनि एच.पी. इन्टरटेनमेन्टले जनाएको छ । प्रतियोगितासम्बन्धि थप जानकारी वेवसाइट ( http://ppfilmy.com/ ) तथा फेसबुक पेज ( https://www.facebook.com/ppfilmy/posts/120732806313271 ) मा हेर्न सकिने छ। #फिल्म स्क्रिप्ट राजुको गजल: गाउँमा गोरेटो हुन्छ सहरमा सडक हुन्छ जनताले पाउने सुखसुविधा फरक हुन्छ ।। कृत्रिमताले बलेको तिम्रो रुपले बताउँछ दुईचार दिनमात्र अनुहारमा चमक हुन्छ ।। बाँच्न र बचाउन भने पनि नचाही नचाही विचरा गरिबले ढाँटेको हजारौँ पटक हुन्छ ।। चलन यस्तै छ छोरी पठाउँदा रुवाबासी नयाँ बुहारी ल्याउँदा घरैभरि रौनक हुन्छ ।। उसैको निम्ती हातहरू उठाइन्छ मनैबाट जसको संगठनमा प्रयासहरू अथक हुन्छ ।। #राजुको गजल प्रकाशको गजल: जसो तसो यो ढुकढुकी चलेको छ आमा मुर्छिँदै भुइँमा शरीर यहाँ ढलेको छ आमा ।। खबर सुने मेरै पीरले दुब्लाउँदै गाकी छौ रे खै किन हररात सपनीमा छलेको छ आमा ।। टुहुराको दुःखमा साथ दिने कोनै हुन्छन यहाँ तिम्रो यादले सताउँदा मन जलेको छ आमा ।। सपनीमा देखे आज बिरामी भयौ कि तिमी नसार्दै यी पाइलाहरू सार्है गलेको छ आमा #प्रकाशको गजल सुजनको गजल: उसले पीडा मात्रै खेप्नुपर्यो साथ दिएर पनि धिकार्न छोडेन यो समाजले आज मारिएर पनि ।। मैले सम्झिएर पनि बिर्सिन सकिन जानेहरूलाई जानेहरू सम्झिएरै गएका हुन् बिर्सिएर पनि ।। ऐना र दिल उस्तै लाग्छ टुट्यो भने सकिन्छन् बरू भित्तेपात्रोले साथ दिन्छ आफू झुण्डिएर पनि ।। कसैको सिन्दुर पनि एक पलको सौभाग्य रहेछ कसैको दुर्भाग्य भर्खर सकियो भर्खर रङ्गिएर पनि ।। तिमी सानो नदी भएर पनि सागर कहलियौ म बगरको बगर नै रहेँ नदीको स्वरुप बद्लिएर पनि ।। भुवनको गजल: नसोध भयो ! जीवन कसरी चल्दैछ ज्यान बन्दी छ मुटु घरीघरी चल्दैछ ।। मेरो पनि देश छ भेटौला कुनैदिन सोध्नेछु देशमा किन लैबरी चल्दैछ ।। शान्त छन् महलहरू सहर भित्रका झुपडीमा मात्रै ठूलो हुण्डरी चल्दैछ ।। पल्ला घरेले सीमाना वर सारेपछी बिना आँगन यो घर सुस्तरी चल्दैछ ।। हाम्रो दोष छँदै छैन हामी छुट्टिनुमा देशमा अझै जातको पगरी चल्दैछ ।। #भुवनको गजल बिमनको गजल: बेला कुबेला राजधानी कर्णालीको कुरा गरेर बाँकी चुपचाप सुत्छ राष्ट्रवादको रहर पुरा गरेर ।। दिन खोज्दैन एकै पटक समृद्धिको सौगात सरकार भोटको लागि किस्ताबन्दी माया औँठी चुरा गरेर ।। एउटै देशमा दुईटा निती आखिर कहिले सम्म भेग हरी बाचा गर्छन् मत लान्छन् नेता विकास सधैँ अधुरा गरेर ।। कर्णालीलाई सधैँ हेला कर लगी तर खान्छ सिंहदरबार कर हैन कर्णाली,राजधानीलाई पठाऊ कोसेली चक्कु छुरा गरेर ।। #बिमनको गजल विश्व वातावरण दिवसः फूलको वेदना: इच्छाको आवाजलाई लुकाउन सकिनँ अनिश्चितताको विषाक्ततालाई थुक्न पनि सकिनँ म त भर्खर फक्रेकी पालुवा न हुँ हृदयको चन्चले मुस्कान ओठमा ल्याउने चाहनालाई फाल्न पनि सकिनँ सांसारिकताभित्रै म पनि तिमीहरू झैं अल्मलिएकी छु आशा र आकांक्षाको चक्रब्यूहमा फँसेकी छु मेरो शरीरलाई मल, जल र ममता देऊ बदलामा म तिमीलाई अघाउने गरी सुवास दिनेछु नदीहरू सुक्दैछन्, न त वर्षा नै भइदिन्छ परिस्थितिको हुरीले मेरो धैर्य र साहस लुटिदिन्छ गृष्मको गर्मी र हिउँदको तुषारापातले मेरो रुप लग्यो एकचोटी नियाल त मेरो रुप सँगसँगै प्रकृति पनि उजाडिने भयो माटोहरू मलाई छोडी नदीको लहलह सँगै लाग्यो अचानकै आएको पहिरो र भूक्षयले मेरो त बासै उजाडिने भयो तर पनि थोरै ठाउँमा अटाएर बसेकी छु, हे मानव स्वार्थी प्रवृत्ति त्यागेर प्रकृतिलाई नै तुल्याऊ सजीव मनमा तिमीहरू प्रति आक्रोशित भावना भए पनि म त समुद्र झैं गम्भीर भएर बसेकी छु तिमीहरू भन्दा सानी एक तुच्छ फूल भए पनि मेरो भावनाहरू हिमालझैं अटल बनाएकी छु हेर न, धर्ति माता उदास छिन् तिम्रो बढ्दो कृत्रिमताको मादतकताले म त आफ्नै सुगन्धले वाक्क भइसकेँ तिमीहरू मबाट प्रतिदिन टाढिंदै गएकाले प्रभातका किरणहरू सँगसँगै उदाउने चेष्टा गरेँ बादलले हामी बीचको मित्रता टुटाइदियो स्वस्थ हावामा हराउने प्रयास गरेँ तिमीबाट आएको प्रदूषित हावाले मलाई रोगी बनाइदियो ब्रम्हाले हामीलाई एकअर्काको लागि सृष्टि गरे तर तिमीलाई त मेरो आवश्यता नै परेन अर्थहीन अहंकारको आडम्बरमा रमाइरहेका छौ हाम्रो लोप भएपछि बल्ल खुल्नेछ तिम्रो नयन तिमीहरूमध्ये कयौंले मेरो छिमेकी रुखलाई रुवाउनु रुवायौ प्रतिदिन बन्चरोले हिर्काएर ठुटै पारिदियौ थियो मेरो भाग्य त्यसबखत, सानी म थिएँ किशोरावस्थालाई क्षतविक्षत बनाइदियौ, आँसु मैले बगाउनु बगाएँ चौबाटोमा अहिले आसन कसेर मैले सहानुभूति प्राप्तिको झिनो आशामा तिमीलाई पुकार्दैछु मेरो मुस्कानलाई थोरै मूल्य दिन्छौ कि भनेर तिमीहरूसँग दयाको भीख माग्दैछु नयनहरू स्थिर हुन थालिसके दूरदूरसम्म तिमीलाई देख्दिनँ निर्ममताको भीषण ज्वालामा त डढेनौ? नत्र, तिमीहरुको ममता किन पग्लेन? मनको इच्छामा पखेटा हालेर क्षितिज पारि म पुगेँ ठूलो बाढीले अचानकै मलाई बगाइसकेछ मैले आफूलाई त्याग्ने स्थितिमा बल्ल तिमीलाई मेरो याद आएछ मलाई सम्झ्यौ मानव एक लास भइसकेपछि खोज्न हिँड्यौ मानव, म प्रकृतिबाट लुप्त भइसकेपछि तिम्रो थोरै माया पाएकी भए रहने थिएँ जिवन्त मानवताको छायाँ पहिल्यै तिमीमा परेको भए रहने थिए म युग पर्यन्त । #5th June #world envirnment day #डा. संगीता स्वेच्छा #विश्व प्रकृति दिवस #विश्व वातावरण दिवस वैदेशिक रोजगारीको कथाः मुटुलाई ताल्चा: यतिबेला रिमा सउल टावरको अब्जरभेसन डेकमा राखिएको साढे चार फिट अग्लो दुरबिनबाट हान नदीको पुलमा ओहोरदोहोर गरिरहेका सवारीहरूका गति नियालिरहेकी छन् । पाँच सय वनको सिक्का छिराएर आँखा टाँसेकी उनले पुरै समयभर आँखा झिमिक्कै नगरी सउल शहर वरिपरि केही चिज हराएजस्तै गरी खोजिरहिन् । उनको सिक्काको अवधि सकिएपछि दुरबिनको दृष्य बन्द भयो । बिस्तारै अगाडि बढिन् र थुचुक्कै बसिन्; बस्नका लागि छुट्याइएको सिंडीमा। लगभग तीन वर्षपछि पुगेकी हुन् उनी । तर उनको दोस्रोपटकको यो पुगाई धेरै अर्थमा फरक छ । कति धेरै हर्ष र उमंग थियो त्यो बेला, जो आज टावरमुनिको जंगलमा पातविहीन भएर खङ्ग्रङ्ग देखिने रेड लिफको रूखहरूजस्तै छ मन । आँखामा धेरै टाढासम्मका सपनाहरू थिए, तर आज भर्खरै दृष्य बन्द भएको दुर्बिनको दुइटा प्वालजस्तै अन्धकार छ । तर पनि रिसिभरको खोजीमा टावरबाट निरन्तर फ्याँकिने रेडियो तरंगहरूजस्तै जिन्दगीका सुदूर सम्भावनाहरूको खोजी त गर्नै छ । तिनै सम्भावनाहरूको सूत्रमा बाँधिएकी छन रिमा। हिजो शनिबार । ड्युटी सकेर होस्टलमा आउनासाथ बाथरुम छिरिन् । नुहाएर निस्कनेबित्तिकै म्यासेन्जरमा म्यासेज आएको संकेत बज्यो । टावेलले जिऊ र कपाल पुछिसकेर म्यासेज हेरिन् । नेपालबाट साथीले सोधेकी रहिछन्, “फुर्सद भएपछि कल गर ल ! एउटा खबर छ।” हतार हतार कपडा लगाइन र म्यासेन्जरमा कल लगाइन्। दुई रिङ्पछि उताबाट जयाको आवाज आयो, “छुट्टी भइसक्यो तिम्रो ?” “भर्खर आएर फ्रेश भैसकेँ । सुनाऊ न त के खबर हो खै ?” रिमा विषय प्रवेश गरिहालिन्। “अँ, सुन न ! पर्वत इज नो मोर यार !” जयाको उत्तरले रिमाको दिमागमा हिउँदे चट्याङ्ग खसाल्यो । अलि सम्हालिदै सोधिन्, “हँ, कहिले हो नि ?” “हस्पिटलाइज्ड भएको हप्ता दिन बढी भएको रै’छ । हिजो बिहान डेथ भयो रे ! म पनि गाउँमा छु यतिबेला त।” जयाको आवाज स्पस्टै थियो, तर रिमालाई मधुरो र नबुझिएझैँ लाग्यो । तर पनि आफूलाई केही नभए जस्तै बनेर भनिन्, “हुन्देऊ यार ! आई डन्ट केयर !! अलि हतारमा छु, पछि कुरा गरौँला है !” प्रतिक्रिया सुन्ने धैर्यता थिएन, रिमाले कल डिस्कनेक्ट गरिन् । जाडो समयको मध्यभाग, तापक्रम निरन्तर ओर्लंदो छ । माइनस पाँच, छ, सात हुँदै दैनिक चिसोको साम्राज्य बढ्दो छ तर रिमालाई भतभती गर्मी भयो । उम्लिरहेको पानीमा पुरै जिऊ डुबेजस्तै आफ्नै रगत तातिएर उम्लिएर आयो । ========================= मध्यम परिवारकी रिमा डिप्लोमा पढ्नका लागि काठमाडौं आएकी थिइन् । भूतपूर्व भारतीय सेना, पेन्सनरकी छोरी भए पनि सधैँभरि परिवारमै आश्रित भएर बस्न मन लागेन । केही समय घरबाटै खर्च चलाए पनि अलि पछिबाट काठमाडौंमा केही कामको खोजी गर्न थालिन्। त्रि-चन्द्र कलेजको पढाइ, दैनिक विद्यार्थी संगठनहरूको आन्दोलनले नियमित पढाइ नहुने । सबै तह र तप्कालाई तात्कालीन व्यवस्था मान्य थिएन । तर रिमालाई व्यवस्थासँग त्यति ठूलो लेनदेनको जरुरी थिएन । आफ्नै जिल्लाबासी एक जना विद्यार्थी नेताको चिनजानको आधारमा पुतलीसडकतिर एउटा पुस्तक पसलमा दिउँसो बाह्र बजेदेखि बेलुकी आठ बजेसम्मको काम पाइन् उनले । कोठा भाडा र सामान्य दुई छाकका लागि एक जनालाई पुर्\u200dयाउन सकिने तलब पाउँथिन् । बार्\u200dह बजेभन्दा अगाडि उनी कलेज जान्थिन्, दैनिक । उनको डेरा घन्टाघर र पुतलीसडकको ठीक बीचतिर पर्थ्यो, काम र कलेज जान गाडी चढ्नु परेन । तैपनि घरबाट पनि आठापाँचा खर्च पाउँथिन् तर पहिला जस्तो परिवारकै मुख ताकिरहन भने परेन । कलेजको पहिलो वर्षको पढाइ लगभग सकिन लागेको थियो । परीक्षा आउन तीन महिना जति बाँकी थियो । रिमा केही साथीहरूसँग क्यान्टिनमा खाजा खाएर गफिँदै थिइन् । एक जना केटा हातमा चिया कप बोकेर कपाल मिलाउँदै केटीहरूभन्दा माथिल्लो टेबलमा बस्यो । उसको पाइन्टको पछाडिपट्टि गोजीमा बेरिएको निक्कै मोटो फोटोकपी पेपर देखिन्थ्यो । केटीहरूको गफगाफमा ऊ पनि मिसिन चाह्यो, “कलेज त सार्\u200dहै रमाइलो रहेछ, यस्तो गज्जब हुने भए त म पहिल्यै आउने थिएँ,” केटीहरूको हुलतिर लक्ष्य गर्दै बोल्यो र फिस्स हाँस्यो। “ए, तिमी अर्कै ग्रहबाट टुप्लुकिएको एलियन हौ कि कसो ?” केटीहरूबाट सामूहिक हाँसोसहित उत्तर आयो। “त्यसो होइन, काठमाडौंले फाप्दै फाप्दैन मलाई । कलेज पुग्न नपाउँदै लखेटिहाल्छ । एनि वे, म पर्वत । घर झापा ।” “एए, तीर त यसो पो ?”, केटीहरूले खेदो लगाए अझै । “अब अहिले आएर केटाहरूलाई साथी बनाउन थालौँ भने झुर मान्छन् । एक्जाम आउन लाग्यो । कमसेकम केटीहरूसँगको दोस्ती अलि चाँडै स्प्रेड होला नि त ! चुम्बकको विपरीत ध्रुव जस्तै,” पर्वतले आँखा झिम्क्याउँदै आफ्नो स्पष्टीकरण सिध्यायो । सबै उठ्न लागे । “साँच्ची, मेरो पहिलो दिन हो आज । केही नोट कलेक्ट गर्दैछु । किताब किन्नुभन्दा बरू केही सोल्युसन मेटेरियल भेट्न पाए सही हुन्छ होला है ! तर कहाँ कहाँ खोज्ने ? बडो फसाद छ हौ !” आफ्नो निरीहता सुनायो । “तिमी बूक लिने हो भने म हेल्प गर्छु,” रिमा बोलिन् । “ए अँ त, उसको पुस्तक पसल छ नि !” कसैले थप्यो। “मेरो होइन, मेरो साहुको,” रिमाको कुराले एक चरन हाँसो गुञ्जियो, र क्यान्टिन सुनसान भयो । महिना जेठ । कलेज परिसरका रूखहरू बैँशालु थिए । हरियो र झ्याम्म परेका रूखहरूले रानीपोखरीलाई ओझेल पारिरहेका थिए । अघिसम्म गर्मीले उकुसमुकुस भएको काठमाडौं, अस्ताउँदो घामसँगै फुसफुस पानीको छिटाले अलि शीतल बनेको थियो । कलेजबाहिर निस्किएपछि सबै रत्नपार्कतिर लागे। रिमा र पर्वत भने कलेजभन्दा अलिकति अगाडि आएर ओरालो लागे, पुतलीसडकतिर । “थ्याङ्क्यू ! तर तिम्रो त नाम नै थाहा छैन मलाई,” जेब्राक्रस कटेर सडकपेटीमा हिँड्दै गर्दा पर्वत बोल्यो। “नाम नै चाहिहालेको र ?” रिमाले भाउ खोजिन् । “अब यत्रो बिरानो ठाउँमा यस्तो सहयोग गर्ने मान्छेको नाम जान्न पाउने अधिकार नि हुन्न र ?” पर्वतले आफ्नो अडान राख्यो । “रिमा। घर मोरङ्ग ।” “ए, घर जाने बाटो त एउटै रहेछ । छिमेकी पनि । खुसी लाग्यो ।” “यतिमै खुसी हुन जरुरत छैन । कति धेरै छन् त उताको मान्छे, सबैसँग खुसी हुँदै हिँड्ने ?” हातमा समाइराखेको रुमालले मुख आधा छोप्दै बोलेको देखेर पर्वतले बुझ्यो, रिमा कुरा गरिरहन चाहन्छिन् । तर उनीहरू पुस्तक पसल पुगिसकेका थिए । रिमालाई थाहा भएसम्मका सोल्युसन बूकहरू पर्वतलाई देखाइन् । केही थान किन्यो पनि र अन्तिममा आफ्नो नोटबूक पनि फोटोकपी गरेर दिइन् । ===================== “साँच्ची हिजो त हतारमा तिमी हिँडिहाल्यौ । कता छ बसाइ ?” भोलिपल्ट बिहान क्लास जाँदै गर्दा करिडोरमा भेटिएकी रिमाले पर्वतलाई सोधिन् । “कलंकीमाथि ढुंगाअड्डामा बस्छु, एउटा साथीसँगफ” पर्वतले छोटो उत्तर दिइनसक्दै क्लास पुगिसकेका थिए । पर्वत तीन वर्षअघि झापाबाट काठमाडौं आएको थियो । पढ्दै संगीत सिक्ने धोको लिएर आएको ऊ यही भीडहरूभित्र आफ्नो सपना उधिन्दाउधिन्दै लखतरान भइसकेको थियो । न त पढ्न सकेको थियो, संगीत सिक्ने त टाढाकै कुरा। सामान्य किसानको छोरा ऊ, घरबाट पैसा लिएर काठमाडौंमा नियमित पढ्ने सामर्थ्य थिएन । पढ्नुभन्दा पहिले हातमुख जोड्ने आधार बनाउनुपर्\u200dयो उसले । कलंकीनिरको एउटा ग्यारेजमा काम गर्न थाल्यो । केही महिना काम गरेपछि तलब माग्दा साहुसँग झगडा पर्\u200dयो । महिनौँ काम गरेको तलबसमेत माया मारेर काम छोड्नुपर्\u200dयो । केही समयपछि फेरि त्यही नजिकैको ग्रिल फ्याक्ट्रीमा काम पायो, र अहिलेसम्म अल्झिएको छ । काम राम्रै सिकेपछि तलब पनि चित्त बुझ्दो पाउन थाल्यो, सँगै उसको एउटा सुषुप्त सपना फेरि बौरियो र कलेज भर्ना भएको थियो । आन्दोलन र हड्ताल बाहेकको दिनमा रिमा प्रायः बार्\u200dह बजेसम्म कलेजमा हुन्थिन् । उनका निश्चित साथीहरूको समूह थियो । त्यो समूहमा पर्वत पनि थपियो । प्रायः सबै जना छुटेको क्लासको नोट साथीहरूबाट सारेर काम चलाउने गर्थे । क्लास नभएको समय, रानीपोखरी पट्टिको झ्यालछेउको सिटमा सबै जना भेला भएर बाहिर हेर्दै गफ गर्ने, कहिले बाहिर चउरमा झुम्मिएर बस्ने त कहिले क्यान्टिनमा चिया गफ गर्दै बस्ने यो समूहले यसैगरी उस्तै समय बिताइरहन्थ्यो सायद, यदि एकदिन क्यान्टिनमा अचानक पर्वत बेहोस भएर नढलेको भए । पहिलो वर्षको परीक्षा सकिएर दोस्रो वर्षको पढाइ हुन थालेको निक्कै भइसकेको थियो । उम्कँदो माघ महिना, लाग्थ्यो काठमाडौं वरिपरि उभिएका डाँडाहरू होइनन्, चिसो हावा फ्याँकिरहने बडेमानका ढ्वाङ्गहरू हुन् । तर त्यहाँबाट ओर्लने हावा काठमाडौं छुन नपाउँदै बिस्तारै उकुसमुकुसिन्थ्यो मान्छेहरूको चाप थेग्न नसकेर । तैपनि बिहानीपख मुटु काँप्ने चिसोले काठमाडौंलाई छाडिसकेको भने थिएन । रिमाहरूको समूह क्यान्टिनमा त्यो दिनको अन्तिम बसाईमा थिए । बार्\u200dह बज्न लागेकोले रिमा पसल पुग्न हतारिँदै थिइन् । अचानक पर्वत आफू बसेको कुर्सीसँगै भुइँमा पछारियो । सबै भयभित देखिए । ‘के भयो, किन भयो ?’ भन्ने खुल्दुली शुरु भयो । केही साथीहरू उसलाई उठाउन गए । हातको पल्स र मुटुको धड्कन जाँच गरे, सुस्तरी चल्दैथियो । कसैले क्यान्टिन सञ्चालकलाई खाजामा केही मिसाएको थियो कि भन्दै र्\u200dयाखर्\u200dयाख पार्दैथिए । “अस्पताल लैजानुपर्छ,” भीडबाट कोहीले बोल्यो । अरूले “हो हो” को शैलीमा पर्वतलाई काँधमा चढाएर बाहिर ल्याउन्जेलमा एम्बुलेन्स बोलाउनुभन्दा ट्याक्सीमा लैजानु चाँडो हुन्छ भन्ने निष्कर्ष आइसकेको थियो । वीर अस्पतालको आकस्मिक कक्षमा पर्वतलाई भर्ना गराइयो । बेडमा सुताइएको केहीबेरपछि चेकजाँच गर्ने मान्छे आए । हात-खुट्टा छामे, जिउ छामे, छाती छामे, स्टेथेस्कोप डुलाए अनि कागजमा ख्यार्रख्यार्र केही लेखे, नर्सलाई काम अह्राए । केही समयपछि मुटु जाँच्ने मेसिन लिएर एक महिला आइन् । रिमाले पर्वतको सर्टको टाँक खोलिन् र भित्रको स्यान्डो घाँटीसम्म सोहोरेर पुर्\u200dयाइदिइन् । दिउँसोको दुई बज्नै लागेको थियो, पर्वतलाई होस आयो । उसको होस आएसँगै अनेकौं प्रश्न जन्मिए। ‘एक्कासि चक्कर चलेको मात्रै थाहा छ, त्यसपछि केही थाहै पाइनँ,’ पर्वतको उत्तर यही थियो। सबै अस्पतालमै बसेर पनि काम थिएन, आफ्नो बाटो लाग्ने सुर कस्दै थिए। “रिमा, मिल्छ भन तिमी बस न है,” पर्वतले अनुरोध गर्\u200dयो । “तिम्रो त यहाँ नजिकै छ रिमा, तिमी बस ल ! हामी जान्छौँ,” नयाँ बानेश्वर बस्ने जयाले कुरा थपिन्, “बरू म तिम्रो पसलमा खबर पुर्\u200dयाईदिउँला नि !” रिमा रनभुल्लमा परिन् । के गर्ने, के नगर्ने ? साथीहरूले आफूसँग भएको पैसा रिमाको हातमा राखिदिंदै बाहिरिए । रिमा पर्वतको बेडनिर एउटा टूल लिएर बसिन्, र सोधिन्, “तिमीलाई यो पहिलोचोटि हो पर्वत ? कि पहिला पनि यस्तै हुन्थ्यो ?” पर्वतले सिलिङ्गतिर हेरिरह्यो । केही बोलेन । बरू आँखा चिम्म गर्\u200dयो । रिमालाई लाग्यो, सायद निद्रा लागेको होला ! तर एकैछिनमा उसका आँखाका चेपबाट बिस्तारै आँसु बग्न थाले । निधार, घाँटी, कन्चट सबैतिर मूल फुटेजस्तै पसिना चुहिन थाल्यो । रिमालाई डर लागेर आयो, एक्कासि के भएको होला यस्तो ? सम्हालिदै पर्वतलाई बोलाइन्, “पर्वत, तिमी सुन्दैछौ ? के भएर हो तिम्रो त आँसु र पसिना पुरै आयो त ?” पर्वतले हत्केलाले आँसु पुछ्यो र बोल्यो, “म विगत दुई वर्षदेखि निरन्तर आफैँसँग लडिरहेको छु रिमा । तीन दिनदेखि लगभग अनिंदो थिएँ, कामले गर्दा । खाने-सुत्ने टुंगो पनि भएन । एउटा इन्जेक्सनले बाँचिरहेको छु । तर त्यो पनि एक हप्ताअगाडि नै लिनुपर्थ्यो । सायद त्यसैको परिणाम आज म यहाँ आइपुगेँ।” “भएको चाहिँ के हो त ? भन न !” रिमाले कर गरिन् । “मेरो मुटुको समस्या छ । एउटा भल्ब ड्यामेज । जसको स्थायी उपचार गर्ने औकात छैन मसँग, त्यसैले पेनिसिलिनको सहायताले अस्थायी आयू बाँचिरहेको छु ।” “मुटुको भल्ब ?” रिमा चकित भइन्, “अनि कहिले थाहा पाएको तिमीले ? घरमा भन्यौ कि भनेको छैनौ त ?” एकै श्वासमा सोधिन् | “म काठमाडौं आएको एक वर्षपछि काम गर्दागर्दै एक्कासि प्रेसर डाउन भएजस्तो भयो । पसिनैपसिना मात्रै आइरहन्थ्यो । पुरै शरीर त्यसै कमजोर भएर आयो । त्यही भएर चेक अप गराएँ । त्यस्तो रिपोर्ट आयो । घरमा त कसलाई भन्नू र मैले ! म सानै हुँदा आमा गुमाएँ । बाबाले कान्छी आमा बिहा गरे । बाबाले त केही हदसम्म माया गर्नुहुन्छ तर बाबाको मात्रै कुरा नहुने,” पर्वतले लामो श्वास तान्यो, रिमाले सुनिरहिन् । “छोडिदेऊ यस्तो कुरा, घरमा भन्नू र नभन्नूको कुनै अर्थ छैन ।” रिमालाई पर्वतको पीडाले मर्माहत बनायो । उनलाई असहज महसुस भयो । `एकछिन है’ भनेर बाथरुमतिर लागिन् । दुर्गन्ध खपिसक्नु थिएन, तैपनि आँखालाई रोक्न सकिनन्, मनलाई बाँधिराख्न सकिनन् । निक्कैबेर मनलाग्दोगरी बगिरहे दुई आँखा । धित मरुञ्जेल निचोरियो मन । अनि अलि शान्त भएर धारानेर पुगिन् । तपतप चुहिने धाराहरू मात्रै । बल्ल एउटामा अलिकति पानी आयो, र अनुहार पखालिन्। रिमा पर्वतको बेडनेर पुग्दा एक नर्सले मुटुको ईसीजी रिपोर्ट देखाउँदै थिइन्, “यो लिएर डाक्टर सा’बलाई भेट्नूस् ।” “डिस्चार्ज आजै हुन्छ नि ?” पर्वतले सोध्यो । “डाक्टर सा’ब ले नै भन्नुहुन्छ,” हिँडिसकेकी नर्सले नहेरी उत्तर दिइन्। “रिमा मसँग पैसा छ । यो तिमी राख ल ! के कस्तो खर्च भयो, यसबाट मिलाऊ,” पर्वतले आफूसँग भएको पैसा रिमालाई दियो । “मसँग पैसा छ अहिलेलाई । सबै साथीहरूले आफूसँग भएको पैसा छोडेर गएका छन् । पुगेन भने थपौँला बरू,” रिमाको कुरा मानेन पर्वतले । करै गर्\u200dयो । अन्तमा उसले जसरी दियो त्यसैगरि पैसालाई च्यापेर ब्यागमा राखिन् रिमाले । डाक्टरको क्याबिनभित्र पुगेर ईसीजी रिपोर्ट देखाए, “यसअगाडिको तपाईँको स्वास्थ्य अवस्थाको जानकारी छ तपाईँलाई ?” डाक्टरले सोधे । “थाहा छ डाक्टर,” पर्वतले छोटो जवाफ दियो । “आफ्नो ज्यानको माया नभएर हो कि किन यस्तो हेलचेक्र्याइँ गरेको त ? तुरुन्त गंगालाल हृदयरोग केन्द्र जानूस् । यहाँबाट केही गर्न सकिन्न।” डाक्टरको कुरा सुनेपछि रिमाले सोधिन्, “डाक्टर सा’ब ! अहिलेको अवस्थामा छ ? के गर्दा ठीक हुन्छ ?” अवस्था त बिरामी आफैँलाई थाहा हुनुपर्ने हो । बाँकी कुरा हामीलाई भन्दा पनि यस सम्बन्धित विशेषज्ञहरूबाटै बुझ्नुभएको राम्रो । मेरो विचारमा ढिला नगर्नू नै उत्तम हुन्छ,” डाक्टरको सल्लाहपछि उनीहरू बाहिरिए । “भोलि एकपटक गंगालाल जाऊँ,” रत्नपार्क, जमल, घण्टाघरतिरबाट पुरानो बसपार्क भित्रिने गाडीहरूको रफ्तारमा आँखा दौडाइरहेको पर्वत झस्कियो, रमाको आवाजले । “गएर के गर्नु रिमा ? म निर्विकल्पको बाटोमा छु,” आँखा नहटाई उत्तर दियो पर्वतले । “पहिला जाने कुरा त गर ! त्यसपछि अरू विकल्प सोच्न सकिन्छ,” रिमाले अड्डी कसिन्, ” साथीहरूले छाडेको पैसा छ । त्यसमा तिम्रो पनि छ । त्यति गर्दा त भोलिलाई पुग्छ होला नि ! खासै के खर्च होला र चेक अपकै लागि त ?” रिमाको आँट देखेर पर्वतमा अलिकति आशाको किरण जाग्यो । दुई वर्षअगाडि नै उसलाई पुरै निको हुन निक्कै महंँगो खर्च गर्नुपर्ने भनिएको थियो । त्यतिबेला ऊ आफ्नै गाउँको साथीसँग बस्थ्यो । पर्वत रोगी भएको थाहा पाएपछि एकदिन पर्वत काममै भएको बेला डेराबाट गायब भएको थियो साथी । पर्वत कन्भिन्स भयो, भोलिपल्टको लागि। भोलि कलेज नजाने भए दुवै । तर बार्\u200dह बजेभन्दा अगाडि फर्केर आइपुग्नुपर्छ भन्ने कुरामा सहमत भएर जना आआफ्नो डेरा फर्किए । ====================== भोलिपल्ट बिहान सबेरै दुवै जना भेट भएर गंगालाल हृदयरोग केन्द्र बाँसबारी पुगे । काउन्टर खुल्नै बाँकी थियो । क्यान्टिनमा चिया खाए । अस्पताल खुलेपछि डाक्टरकोमा पुगे । पुरानो रिपोर्टहरूसँगै सामान्य चेकजाँच भयो । ल्याब टेस्ट गर्नुपर्ने बताइयो । वीर अस्पतालकै कुरा दोहोर्\u200dयाए डाक्टरले । ल्याब टेस्ट्को नतिजाका लागि तीन दिनपछि बोलाइयो । तीन दिनपछिको बिहान फेरि दुवै जना पुगे । ल्याब रिपोर्ट लिए, अनि डाक्टरलाई भेटे । सबै रिपोर्ट हेरेपछि उनले मुटुको भल्ब फेर्नैपर्ने अवस्था भएको बताए । तर यति ठूलो अप्रेसनको लागि पैसाको अभाव हुने अवस्था रिमाले बताइन् । “आर्थिक रूपले विपन्नहरूको मुटुको अप्रेसनका लागि सीमित संख्यामा सरकारले डोनेसनको व्यवस्था गरेको छ । तर त्यसका लागि वेटिङमा बस्नुपर्छ । निक्कै समय लाग्नसक्छ । र अर्को कुरा, विपन्न हो भन्ने कुरा गा.वि.स.ले सिफारिस गरिदिएको हुनुपर्छ । अवस्था जति जटिल हुनुपर्थ्यो, त्यति भइसकेको छ, अब समयले त्यति फरक पर्दैन । एक वर्षभित्रमा अप्रेसन गर्दा राम्रै नतिजा आउन सक्छ,” डाक्टरले निक्कै आशा जगाउने कुरा गरे । “कम्प्लिट्ली ठीक हुने चान्स कति छ डाक्टर सा’ब?” रिमाले नै सोधिन् । “नाइन्टी फाइभ पर्सेन्ट चान्स छ,” डाक्टरको उत्तरले दुवै जनालाई थप उत्साहित बनायो । ==================== रिमा दशैँपछि घर गएकी थिइनन् | लामो समय घर नगएको कारण पसलमा पनि साहुले समय मिलाएर घर जाने छुट्टी दिए । एक महिनापछि दुवै जना घर आए । पर्वत गाडीले मात्ने रहेछ । रातभरिको यात्रामा लगभग रिमा जागै भएर पर्वतको स्याहार गरिरहिन् । बिहान उत्रने बेलासम्ममा पर्वत हात समाएर डोर्\u200dयाउनैपर्ने भएको थियो । उनीहरू पहिला रिमाको घर गए । रिमाले सबै कुराको जानकारी घरमा गराइन् । परिवारमा उनको प्रयासको तारिफ भयो । बिहानको खाना खाएर पर्वतको घर झापा लागे । बाबाले पर्वतको कुरामा विश्वास गरे पनि आमाले शंका गरिन्, “अंश खोज्न आएको” भन्नसमेत भ्याइन्। “अब गा.वि.स.मा गएर दुन्याँको मुखेञ्जी हाम्रो बिजेत गर्ने भइस् हैन ! ‘म गरिब छु, मसँग केई छैन’ भन्दै भिख मागिदिनुपर्ने हामीले ?”, उनको कुरा सुनेपछि रिमाले बेलिबिस्तार लगाएर सम्झाइन् । “ल ल नानी, ठिकै छ उसो भने । तर मचाहिँ एक पैसा खर्च गर्न सक्दिनँ । आफ्नै छोराछोरीको कुन हालत छ यहाँ । कहाँ कहाँ गएर के के रोग ल्याउँछ, घरमा आएर लाजको पसारो लाउँछ,” कान्छी आमाको भजन जारी नै थियो। बाबाले कुरा बुझे सायद, सिफारिस बनाइदिने वचन दिए । पर्वतलाई घरमा छोडेर रिमा फर्किइन् । हप्ता दिनपछि सँगै काठमाडौं फर्किने गरी । ===================== फागुनको अन्तिम साता बित्दै थियो । डाक्टरले भनेको सिफारिस बोकेर सोही डाक्टर खोज्दै एक बिहान फेरि पर्वत र रिमा गंगालाल हृदयरोग केन्द्र पुगे । आवश्यक प्रकृया बमोजिम ‘डोनेसन कोटा’को लागि आवेदन गरे । लगभग पाँच महिनापछि पर्वतको पालो आउने भयो । यी दुईको जोडी प्रायः छुट्न छाडेको निक्कै समय भएथ्यो । बेलाबेलामा परामर्श र थप सोधपुछको लागि दुवै जना अस्पताल पुगिरहन्थे । दुईमध्ये कसैले पनि भनेनन्, “तिमीलाई म मन पराउँछु, माया गर्छु।” तर दुवैमा माया र समर्पण अतुलनीय थियो, एकअर्काका लागि । आफसेआफ जिन्दगीको लामो यात्रासम्मका सपनाहरू बुन्थे दुवैले । दुवैलाई आशा र भरोसाको बलियो डोरीले बाँधेको थियो । मुटुको भल्ब डोनेसनमा पाउने भए पनि बाँकी एक लाख जति खर्चको जोहो गर्नुपर्ने थियो । जुन कुरा दुवैको लागि पहरा फोर्नु जत्तिकै ठूलो चुनौती बन्यो । रिमाले हिम्मत हारिनन् । आफूले गलामा लगाएको सुनको सिक्री बेचिन्, घरमा गएर बुवा आमासँग समस्या राखिन् । काठमाडौंमा भएका परोपकारको नाममा खुलेका प्रत्येक संघ संस्थाको ढोका चहारिन् । कोहीसँग व्यक्तिगत सहयोग नै मागिन् । पर्वतको घर जाने कुरै थिएन, तर पनि अपरेशन गर्दैछौँ भन्ने जानकारी चाहिँ दिए । पैसामा सबथोक बिक्ने रहेछ । समय बित्यो । पर्वतको अपरेशनको समय आयो । रिमाले कामबाट छुट्टी लिइन् । बर्खायामको समय, पर्वत अपरेशन थिएटरभित्र थियो । पर्वतभन्दा पछि शुरु गरिएकाहरू धमाधम होस् आएर कुराकानी गर्न थालिसके । तर तीन दिन भइसक्दा पनि पर्वतको होस आएको थिएन । रिमा आत्तिन थालिन् । डाक्टरलाई सोध्दा, “नर्मल नै भएको हो, तर होस अलि ढिलो आउने भयो । कहिलेकाही यस्तो हुन्छ’ भन्ने सहानुभूति जनाउने जवाफ दिन्थे । बल्ल तेस्रो दिनको साँझ लगभग पर्वतको होस आयो । पुरै रगत निचोरिएझैँ देखिने, आँखाको टुटुल्को मात्रै भएझैँ । रिमालाई त्यहीँ डाँको छोडेर रुन मन लाग्यो । पर्वतलाई तङ्ग्रिन समय लाग्यो । रीमाले अस्पतालको चिसो भुइँमा फालिएका थोत्रा कार्टुनका टुक्राहरू ओच्छ्याएर रात दिन कटाइन् । कतिबेला बिरामीलाई दिशा पिसाब आउँछ, भोक लाग्छ सबै कुराको ख्याल गरिदिनुपर्ने । भर्खरै जन्मिएको बच्चालाई स्याहार गर्न सहज होला बरू, त्यति धेरै स्याहार गर्नुपर्\u200dयो । तर रिमा यति कुरामा ढुक्क थिइन् कि पर्वत अब ठीक हुनेछ । लगभग डेढ महिनाको अस्पताल बसाइमा साथीभाइ, रिमाको परिवारलगायत अरू मान्छेहरू भेट्न आए, तर पर्वतको परिवारबाट कोही आएनन्। दोस्रो वर्षको परीक्षा सकेपछि दशैँ बिदा हुँदै थियो । रिमाले पर्वतलाई आफ्नै कोठामा राखेर स्याहारिन् केही समय । त्यहींबाट परीक्षा दिए । पर्वतको अलि सुधार भएको थियो । दशैँमा घर गए, तर पर्वत आफ्नो घर गएन । रिमाकै घरमा दशैँ मनायो उसले पनि । रिमाले काठमाडौंमा आफैँ सामान्य व्यवसाय गर्ने मनसाय राखिन् । आमा बुवालाई मनाइन् । त्यसको मुख्य उद्देश्य पर्वतलाई गह्रुङ्गो काम गर्नबाट जोगाउनु थियो । केही पैसा लिएर काठमाडौं फर्किए । काठमाडौंमा एउटा कस्ट्मेटिक एन्ड गिफ्ट सेन्टर शुरु गरे । पर्वत त्यहीँ व्यस्त भयो । फुर्सदमा कलेजको किताब हेर्थ्यो । रिमा भने फेरि अर्को पुस्तक पसलमा काम गर्न थालिन् । दुवै जनाको कलेज छुट्यो । “परीक्षाचाहिँ दिनुपर्छ” दुवैको योजना थियो । केही समयपछि कोरियाको रोजगारिका लागि सरकारले सम्झौता गर्\u200dयो । काठमाडौंमा कोरियन भाषाको पढाइ धमाधम शुरु भयो । रिमालाई लाग्यो, दुई जनाको जीवनरथ अब उनकै बलले अघि बढ्नेछ । रिमाले पसलको कामबाहेकको समय कोरियन भाषा पढिन्। निक्कै मेहनत गरिन्। अन्ततः पास भइन् । तर दुई वर्षसम्म जाने अवसर मिलेन । भाषा परीक्षा पास गरेको दुई वर्षपछि बल्ल पहिलोचोटि नेपाली कामदारलाई वैधानिक माध्यमबाट कोरिया लैजान थालियो । रिमा शुरुमै कोरिया जाने लिस्टमा परिन् । कोरिया जानुअघि पर्वत एक्लैलाई गार्\u200dहो हुन्छ भनेर कस्ट्मेटिक पसल बिक्री गरे । काम कठिन भए पनि नेपालको तुलनामा निक्कै राम्रो आम्दानी हुने भएकोले रिमा र पर्वत दुवै खुसी थिए । हप्ताको एक दिन हुने छुट्टीमा फोनबाट कुराकानी हुन्थ्यो । आम्दानीको पैसा सबै पर्वतलाई पठाउन थालिन् । पर्वतको पुरानै रुचि, संगीत सिक्न लगाइन् । स्वास्थ्यको नियमित जाँच र त्यसको जानकारी लिन सम्झाइरहन्थिन् । पर्वतलाई हिँडडुल गर्न असहज भएको कुरा भयो, बाइक किन्न लगाइन् । गीत रेकर्ड गरेर एल्बम निकाल्ने कुरा भयो । त्यसमा पनि रिमाले नाइँनास्ती गरिनन् । रिमाले कोरियामा पनि फुर्सदको समयमा भाषा सिक्न छाडिनन् । लेबल टेस्ट परीक्षा दिइरइन् । चार वर्ष दस महिनापछि नेपाल पुगिन् । सबै राम्रै भइरहेको थियो । पर्वत तन्दुरुस्त थियो, उसले संगीत सिकेकै ठाउँमा उसले पनि प्रशिक्षकको काम पाएको थियो । रिमा एउटै कम्पनीमा निरन्तर काम गरेको कारण सोही कम्पनीले पुन: सम्झौता गरेर बोलाएकोले चार महिनापछि कोरिया फर्किइन् । केही पैसा बचत थियो, अब थपेर जग्गा किन्नुपर्छ भन्ने सल्लाह थियो दुवैको । कोरिया आएपछि लेबल टेस्ट पार गरेसँगै रिमाले भिसा परिवर्तनको आवेदन गरेकी थिईन् । E-9 लाई E-7 मा परिवर्तन गरे कोरिया बसाईको सिमा तोकिन्न र आफ्नो परिवारसमेत ल्याउन सकिने प्रावधान थियो । तर भिसा परिवर्तनभन्दा अघि नै एकपटक पर्वतलाई कोरिया ल्याएर घुमाउन मन लाग्यो रिमालाई । कम्पनीको साहुसँग अनुरोध गरिन् । आवश्यक प्रक्रिया पुरा गरी पर्वतलाई दुई हप्ताको लागि कोरिया बोलाइन् । निक्कै खुसी थिए दुवै जना। कोरियाका मुख्य पर्यटकीय स्थलहरू डुले । कोरियाको टापु छेजु, ६३ तले बिल्डिङ्ग, सउल टावर, विभिन्न समुद्री किनार आदि आदि । एउटा साइड ब्याग भिरेर आएको पर्वतलाई रिमाले २५ केजी तौलको लगेज, इलेक्ट्रीक गिटार, एउटा ब्राण्डेड ल्यापटप किनमेल गरेर घर पठाइन् । ========== “अब त पैसा पुग्छ होला, यसो राम्रो ठाउँमा जग्गा हेरिराख न,” पर्वत फर्किएको चार पाँच महिनामा रिमाले भनिन् । “हुन्छ,” पर्वतले स्वीकार गरेथ्यो । तर निक्कै समय आल्टाल गर्\u200dयो उसले । कतै आकार नमिल्ने, कतै ठाउँ नै अप्ठ्यारो । केही न केही बहाना बनाइरह्यो । “जम्मा कति रहेछ त हामीसँग पैसा ? बैँकमा गएर स्टेट्मेन्ट मागेर ल्याऊ त भोलि,” रिमाले यति मात्र भनेकी थिइन्, “तिम्रो पैसा मैले खाइदिएको छैन । एक एक पैसाको हिसाब छ । सबै बैँकमा जम्मा गरिदिन्छु ।” एक्कासि आएको पर्वतको जवाफले रिमा अवाक् भइन् । यो जवाफ उनको कल्पनामा पनि थिएन । यही बिन्दुबाट दुई बीचको खट्पट अघि बढ्यो । दैनिक कुराकानीमा झगडा सुरु भई । यो सिलसिला लामो समय चल्यो । मनमा पीर भएर पनि आफ्नो ड्युटी भ्याउनैपर्छ । रिमा एक साँझ पर्वतसँग बोल्न खोज्दैथिइन् । पर्वतले नै फोन गर्\u200dयो, “तिम्रो दया र भिक्षा अब मलाई चाहिएन । जतिबेला मलाई तिम्रो आवश्यकता थियो, त्यतिबेला तिमी पैसाको पछि लाग्यौ । अब तिमीलाई सबै कुरा पैसाले दिइहाल्छ नि !” आफूले गरेको केयरिङ्गलाई त्यो रूपमा अर्थ्याइदिएको कुराले चित्त त दुख्यो, तर मन दर्\u200dहिलो बनाइन्, “अरु कुरा बिर्सिए पनि हस्पिटलको चिसो भुइँमा डेढ महिना बसेर तिमीलाई स्याहारेँ, त्यो सम्झ !” “त्यो त परेको बेला जसले पनि गर्छ नि ! म भएको भए पनि गर्थेँ ।” यति सहज उत्तर सुनेर रिमा फेरि भक्कानिइन्। “त्यतिबेलैको कुरा गर्छ्यौ भने तिमीले लगाइदिएको यही मेटलको भल्ब हो, झिकेर लैजाऊ । तर के तिमीसँग वेस्ट भएको मेरो दस वर्ष समय फिर्ता गर्न सक्छौ ?”, अबचाहिँ रिमालाई असह्य भयो । मोबाईलको स्क्रिनमा म्यूट बटन दबाइन्, र हिक्का छोडिन् । आँशुले आँखा पुरियो । सम्हालिएर बोलिन्, “अनि अहिलेसम्मको मेरो पैसा नि ?” “ए, त्यसको लागि त प्रमाण देखाऊ अनि तिरौँला,” कति सटिक जवाफ थियो । त्यही दिन अर्थात् आजभन्दा दुई वर्षअघि सम्बन्धलाई पूर्णविराम लगाएर छोडेका थिए । त्यसपछिको समयमा साथीहरू कसैले पर्वतलाई केटीसँग बाइकमा देखेँ भने कसैले केटीसँग होटलमा खाजा खाँदैगरेको देखेँ त कसैले केटीसँग बाइकमा पेट्रोलको लाइनमा । केटीबिना देखेको कसैले सुनाएनन् । पर्वत रिमाको मनबाट लगभग फर्म्याट भइसकेको नाम थियो । तर हिजो एक्कासि आएको एउटा फोन कलले आज उनलाई पुनः सउल टावरमा हुत्याएर पुर्\u200dयायो । तीन वर्षअघि पर्वतसँगै ट्रेन चढेर यहाँ मुनिसम्म आएर कोरियन परम्परागत बस्ती हेर्दै घुमाउरो बाटो कटेर टावर पुगेथे । अब्जरभेसन डेकमा निक्कैबेर भुलिएथे । थुप्रै भावभंगिमा फोटो खिचेथे । तल ओर्लिएर “हार्ट लक” स्पटमा दुवै जनाले नाम लेखेर चाबी झुन्ड्याएथे । यतिबेला रिमाले सोही चाबी खोज्दैछिन् । तर ठ्याक्कै यहीँ ठाउँमा भन्ने सम्झिन सकिनन् । झल्याँस्स सम्झिइन्, गूगल ड्राइभ । त्यहाँ दुई जनाको युगल फोटोहरू सबै रिसाइकल बिनबाट समेत हटिसकेका थिए, तर उनको एउटा फोटो थियो । भेटिन, जो चाबी झुन्डाउँदै गर्दा पर्वतले खिचेथ्यो । फोटो हेरेपछि ठाउँ पता लगाइन् । तर निक्कै भित्र पुरिएको थियो । सामान्य खिया लागिसकेको भए पनि एक दुईपटकमा खुल्यो । सरक्क निकालेर ब्यागमा राखिन् । अघि आएको केबुलकार स्टेशनमा पुगिन् । उनीसँग एकतर्फी टिकट मात्र थियो । पर्वतसँग केवलकारबाट फिरेका थिए, जुन उनीहरूको भ्रमणको अन्तिम दिन थियो । दुवैले मन गर्\u200dहुङ्गो बनाउँदै शुरुदेखि अन्तिमसम्म अंगालोमा बाँधिएर पार गरेथे । आज उनी पैदल नै ढुङ्गा कुँदिएको सिँढीहरूले बनाइएको बाटो पैदलै झर्नेछिन् । तीन वर्षअघि जताततै राताम्मे देखिने रेड लिफका बोटहरू आज हिऊँले खाएर डाँठा मात्रै उराठलाग्दो भुइँकुहिरोसँग लुकामारी खेल्दैछन् । चिसो बतासको सर्सराहटमा पनि रिमा भने दुवै हातमा एक एक वटा चिसो क्यान बियर बोकेर ओरालो झर्दैछिन्, सुस्तरी सुस्तरी…। #प्रेम #वैदेशिक रोजगारी बिमलाका हाइकु: १. मायाको मन पग्लन नै नसक्ने पत्थर देव । २. प्रिय बनायौ आँखामा नि सजायौ मनमा शंका । ३. बाँच्ने आधार सुम्पिएँ त्यो सर्वस्व प्रेम वासना । ४. सुम्पे जवानी फूलको अनादार प्यासी भमरा । ५. फूलको आस्था सजिलै भत्काएछौ मन मन्दिर । ६. स्वार्थी नयन मायालु अभिनय नौनीको पल । #बिमलाका हाइकु मलर सदाको भोक: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो सामग्री हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ । यो सामग्रीलाई यहाँ क्लिक गरेर कान्तिपुरकै साइटमा पढ्नसक्नुहुन्छ । ======================================================= सप्तरीका मलर सदा चार दिन भोकै बसे । पाँचौं दिन थेग्न नसकिने बुझेर खाना-खोजीमा निस्के, कोदालो उठाए, केही बेर हिँडे र ढले । भोकले उनलाई फेरि कहिल्यै उठ्न नदिने गरी ढाल्यो । मलर सदासँगै ‘भोकले अब कोही मर्नुपर्दैन’ भन्ने सरकारी आह्वान ढल्यो । सत्ताका नाराहरू प्रत्येक मलर सदाको मृत्युमा ढल्छन् र सत्ताधारीको हरेक नयाँ भाषणमा बौरिएर आउँछन् । ढल्नु र बौरिनुमा भेद नहुनु भनेको मूलतः अर्थहीन हुनु हो । नारालाई अर्थपूर्ण मान्नेहरू सत्ताको अन्नले ‘पूर्ण’ भइरहनेहरू मात्र हुन् । सरकारप्रतिको भरोसा फरक सवाल हो । सरकारको भरमा हिजो पनि थिएनन् सदाहरू, आज पनि छैनन् । कारण, मलर सदा मुसहर हुन्, मधेसी दलित हुन्, निमुखा हुन् र त्यसैकारण सत्ताले सधैं र सजिलै बेवास्ता गर्न सक्ने एक अति सीमान्त सत्य हुन् । पहुँचविहीनले सरकारको आडभरोसा पाउनु सुखद संयोग मात्र हो, केवल कहिलेकाहीँ घट्ने अनौठो घटना हो । त्यसैले उनीहरू कहिल्यै सरकारको भर पर्दैनन् । पहुँच हुनेहरूले सत्ताको खल्तीमा सोझै हात हालेर नगद, जिन्सी, तागत सबै निकाल्न सक्छन् । यसबारे थप भनिरहनु आवश्यक छैन किनभने उज्यालो सडकमा नाङ्गा तथ्यहरू नृत्यमग्न छन् । यी तथ्यहरूले भोकै मरेका (अ)नागरिकका लासछेउ पनि उस्तै नृत्य जारी राखेका छन् । अहिले मलर सदा बिते, तीन वर्षअघि कोशीमा आएको बाढीमा कमलु सदा बगे । कमलुका काकाले कोशी बगरमा उभिएर भतिजोको लास हेर्दै पत्रकारसँग भनेका थिए, ‘निमुखालाई सरकारले त हेर्दै हेर्दैन, भगवान्ले समेत नहेर्दा रहेछन् ।’ कमलुले आफूलाई पुर्ने ओभानो जमिनसम्म भेटेनन् । उनीहरूका नाममा एक फिट जमिन पनि थिएन । न धरतीको भर, न आकाशको । न सवर्ण समुदायको भर, न सवर्ण सत्ताको । कमलु र मलरहरू ‘सदा’ भएर जन्मनुलाई हाम्रो शक्ति संरचना र सामाजिक परिवेशले अभिशाप सिद्ध गरेको छ । कोरोना विषाणुले सधैं महामारी निम्त्याउँदैन, उनीहरूका लागि नबदलिएको समाज स्वयं जोखिमयुक्त धराप हो । थिति बदल्न नदिने राजनीतिले त्यस्तो धराप घरीघरी थापिरहन्छ, जुन विषाणुभन्दा बढ्ता भयकारी छ । सरकारी तथ्यांकले नै बताउँछ- १३ प्रतिशतभन्दा बढी दलितमध्ये जम्मा १ प्रतिशतको स्वामित्वमा मात्रै जमिन छ । मधेसका ४४ प्रतिशत दलित भूमिहीन छन् भने, करिब ९० प्रतिशतलाई आफ्नो जमिनको फसलले वर्षभरि खान पुग्दैन । यो कुनै नयाँ तथ्यांक होइन । करिब दस वर्षपहिलेको तथ्यांकमा फेरबदल नआएको मात्रै हो । तथ्यांक अद्यावधिक गरेर हेरे अवस्था अझ बिग्रेको हुन सक्छ । सकारात्मक बदलावको गति तीव्र होला भन्ने कुनै संकेत छैन । नेपालमा बाँझै राखिएका सयौं हेक्टर जमिनमा माटोसँग गाढा साइनो गाँसेका मुसहरकै स्वामित्व हुन्थ्यो भने कुनै मलर वा कमलु सदाले अकालमा मर्नुपर्ने थिएन । कोरोना महामारीले निम्त्याउने भोकमरीको सिकार भइएला भनेर उनीहरूले मात्र होइन, मुसहरइतर समुदायले पनि भयभीत हुनुपर्ने थिएन । बाँझा जमिनमा श्रम गरेर उनीहरूले उब्जाउने फसलले धेरै नेपालीको पेट भर्ने थियो । राणा, शाह र पछिका सवर्ण हाकिमले अनेक प्रपञ्चमार्फत जमिन कब्जा गरेर आफ्नो बनाउँदा, समुदायगत कृषि प्रणाली पनि सँगै विलुप्त भएको थियो । निजी स्वामित्वले आखिर जमिनसँग अत्यन्त गाढा सम्बन्ध भएको समुदायलाई जमिनबाटै बेदखल गरेको इतिहासले आधुनिक वर्तमानलाई गिज्याउन थालेको छ । खोस्रेर खाने आफ्नो जमिन नभएपछि, मलर सदाका सबै छोरा भारतको गुजरातमा श्रम गर्न गए । जमिनबाट खेदिएका सर्वहारालाई पुँजीले सस्ता श्रमिक बनाएर शोषण गर्ने हो । तन्नेरी सदाहरू कुनै गुजराती मालिकले जे चाह्यो त्यही गराउन सक्ने मजदुर भए । साबिक अवस्थामा मर्ने गरी काम गरे, जेनतेन पेट भरे । महामारी सुरु हुन नपाउँदै काम खोसियो, अलपत्र परे । बाबु बितेको उदास आँगनमा आइपुग्न खोज्दा कोरोना संक्रमित हुन सक्छन्, सिमानामै अर्को अलपत्रको सिकार हुन सक्छन् वा कथम् आइपुगिहाले भने फेरि नंग्रा तिखारेर बसेको गरिबीसँग जुध्न कति पनि साहस बाँकी नरहेको हुन सक्छ । ती क्लान्त शरीरमा जीवन सञ्चार गर्ने र मस्तिष्कमा हौसला भरिदिने यता कोही हुँदैन । सरकारसँग भए डन्डा हुन्छ, नत्र ऊ रमिते मात्र बन्छ । राजनीतिक परिवर्तनको फेहरिस्त लामो बनाउन सकिन्छ, गन्ती गरेर थुप्रै बुँदा तयार पार्न सकिन्छ । ती सबै बेकार भए भन्न खोजेको होइन । तर ती सफलतालाई स्थिर रहेको वा झन् बिग्रेको दलितको अवस्थाले गौण बनाएको छ । कोरोनाकालमै पटकपटक घटाइएका दलितद्वेषी घटना सम्झनु नै काफी छ । कमलु र मलर सदाले भोकै मर्नुपर्ने र मरेर पनि विभेद भोग्नुपर्ने थितिले परिवर्तनको यात्रा सुरु हुँदै विचलित भएछ भन्ने संकेत गर्छ । क्रान्ति सम्पन्न भएको ठान्नेहरूलाई यो यथार्थले के भन्छ ? दलितबारे अब विमर्शसम्म नचाहिने दाबी गरिरहेका दलका नेतालाई के भन्छ ? दलित शब्दकै ‘अब्युचरी’ लेख्न तम्सेका भारदारी विद्वान्लाई के भन्छ ? दशकौंपछि सुदूर भविष्यमा प्राप्त हुने सुन्दर समाजको परिकल्पनाका आधारमा राजनीति गर्नेहरूलाई के भन्दो हो ? पहाड र सहरमा बस्ने दलितका अनेक दुःख आजभोलि मात्रै अखबारका विषय बन्न थालेका हुन् । अखबारका पानामा इज्जतिलो स्थान पाउन थालेदेखि मात्रै दलितका विविध समस्याबारे नेपाली बौद्धिक क्षेत्रमा विमर्श सुरु भएको हो । दलित समुदायका बौद्धिकहरू हस्तक्षेप गर्न सक्ने भएपछि सहरमा केही तरंग देखिएको हो । त्यति पनि नहुँदो हो त कमलु र मलर सदाहरू खबरसम्म बन्ने थिएनन् । गाउँ, देहात र खास गरी मधेसका दलित मरेपछि मात्रै खबर बन्ने गर्छन् । भोला पासवान र सोना खटिकजस्ता अपवादहरू आफैं तम्सेर खस भाषामा कलम घोट्न थालेपछि मात्रै हाम्रा ‘गफ’ मा मुसहरका सुखदुःख बेलाबेला सुनिन थालेका हुन् । यही गफ पनि सहन नसक्ने बुझक्कडहरूको सहरमा कुनै कमी छैन । उनीहरू उचालिएर भन्ने गर्छन्, ‘रक्सी खाने बानीले बिगारेको हो उनीहरूलाई । काम गरेर खानेले भोकै मर्नुपर्दैन अचेल ।’ प्रत्येक हिउँदमा निमुखा मधेसी मर्छन्, अखबारमा एक पंक्ति यस्तो दोहोरिन्छ- जाडोले कोही मर्दैन, सत्ताले मार्छ । प्रत्येक बाढी र पहिरोमा निमुखा भरिया वा गरिब किसानको ज्यान जान्छ, टीभीमा कोही आउँछ र भन्छ- प्रकृतिले होइन, मान्छे र उसले बनाएका संरचनाले विपत्ति निम्त्याउने हुन् । भूकम्प आओस् वा महामारी फैलियोस्, सञ्चारमा सुनिने कुनै स्वरले प्वाक्क भन्छ- विपत्ले आखिर जात र वर्ग भन्दैन । भन्ने ‘कुरा’ को कुनै खाँचो छैन, अभिव्यक्तिका बान्की पनि परीपरीका छन् । जमिनी जर्जर यथार्थ भने जस्ताको तस्तै रहन्छ । कोरोना महाव्याधि सुरु भएपछि अरुन्धती रोयले लेखिन्- यो संकट आफैंमा नयाँ दुनियाँमा प्रवेश गर्ने ‘पोर्टल’ अर्थात् द्वार बन्न सक्छ । उनले यो पनि लेखिन्- पुरानै ‘नर्मल’ मा फर्कनु त्रासदीपूर्ण हुनेछ । हालसम्म सतहमा आएका संकेतहरू हेर्दा लाग्छ, संकटले दक्षिणपन्थ, राष्ट्रवाद र फासीवादलाई थप मजबुत बनाउनेछ । बरु प्रगति र परिवर्तनका आन्दोलनहरू महाव्याधिको ढोकाबाटै क्षतिग्रस्त भएर नयाँ दुनियाँमा पुग्नेछन् । सग्लो फर्किनेमा तिनै हुनेछन् जो अहिले समाजको मूलधारमा, सत्तामा, शासनमा र हैकममा छन् । जमिनबाट बेदखल भएका मलर सदाहरूलाई भोकै मर्न नदिने हो भने वा गुजराती मालिकले कज्याउने सस्ता श्रमिक बन्न नदिने हो भने, संकटको यो ढोकाबाट परिवर्तनको आकांक्षालाई सग्लै पार लगाउन जरुरी छ । सत्तालाई होइन, समुदायलाई समतामूलक, सबल, स्वतन्त्र, प्रकृतिमैत्री र दिगो बनाउने सपना कोरल्न आवश्यक छ । #उज्ज्वल प्रसाईं प्रियतावादी सत्ताको संवेदनहीनता: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो सामग्री हामीले कान्तिपुर दैनिक बाट लिएका हौँ । यसलाई राजनैतिक विश्लेषक तथा विचारक सीके लाल ले लेख्नुभएको हो । ====================================================== चिनियाँहरूले महाव्याधिको प्रारम्भिक चरणमा सूचना लुकाउन खोजेका भए पनि डिसेम्बर महिनादेखि नै कोरोना विषाणुबारे विश्वव्यापी रूपमा चर्चा हुन थालिसकेको थियो । विश्व स्वास्थ्य संगठनको उदासीनताले गर्दा कतिपय देशले आसन्न संकटको विकरालतालाई समयमै ठम्याउन नसकेको भने हो । भारतको पहिलो कोभिड-१९ ग्रस्त व्यक्तिको पहिचान जनवरी महिनामै भएको थियो । त्यसका बावजुद प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण राज्यशक्तिलाई अहमदाबादमा आयोजना गरिने अमेरिकी राष्ट्रपतिको भव्य स्वागत कार्यक्रम ‘नमस्ते ट्रम्प’ व्यवस्थापनमा अल्झाएका थिए । विषाणु सल्किसक्दासम्म पनि सत्ताधारी भारतीय जनता पार्टी मध्यप्रदेशमा राजनीतिक जोडघटाउद्वारा आफ्नो सरकार बनाउनमै व्यस्त थियो । त्यसैले फेब्रुअरीको अन्तिम सातातिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कोरोनामुक्त क्षेत्र रहेको श्रव्यदृश्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा तयार गरेर व्यापक प्रचारप्रसार गर्न दिएको निर्देशनलाई अन्यथा लिन मिल्दैन । जस्तोसुकै जिम्मेवार व्यक्तिमा देखिए पनि अनभिज्ञतालाई अनैतिक मान्नु अनुपयुक्त हुनेछ । नेपाल सरकारले त्यसपछि प्रदर्शन गरेको नीतिगत अन्योल, प्राथमिकता व्युत्क्रमण (प्राइआरिटी इन्भर्सन), कार्यान्वयनका कमजोरी, प्रतिपुष्टि प्रणालीको बेवास्ता एवं सुधार गर्ने क्षमताको अभावलाई भने आपराधिक विश्वासभंग (क्रिमिनल ब्रिच अफ ट्रस्ट) ठहर्\u200dयाउन धक मान्नुपर्दैन । राजनीतिक दल फुटाउने गरी अध्यादेश जारी गराउने एवं त्यसको उपादेयता शंकास्पद हुने देखेपछि तत्काल खारेज गर्न लगाउने कर्मलाई शासन व्यवस्थाको कुनै पनि मापदण्डअनुसार स्वीकार्य ठहर्\u200dयाउन सकिँदैन । प्राथमिकता व्युत्क्रमणको अनुभव गोरखा भुइँचालोको बिच्चमा हतारहतार संविधान जारी गर्दा पनि भएको थियो । त्यसैले पनि होला, संविधानको अनुसूचीमा राखिएको आधिकारिक नक्सा एवं निशानछापले नेपालको सिमानासम्बन्धी औपचारिक दाबीलाई प्रतिविम्बित गर्दैन । तर, कमजोर वैधानिकता एवं क्षयोन्मुख स्वीकार्यता भएको सत्ताका लागि शब्दाडम्बरपूर्ण राष्ट्रवादजत्तिको भरपर्दो जनोत्तेजक सिंहनाद अर्को कुनै हुँदैन । राजनीतिक वृत्तको वर्तमान प्राथमिकता विद्यमान कोभिड-१९ चुनौती, तात्कालिक आर्थिक संकट, आसन्न भूराजनीतिक जटिलता, जनजीविका सुरक्षणका दीर्घकालीन मुद्दा वा राष्ट्रिय ऐक्यबद्धता निर्माण गर्ने रचनात्मक उपायको खोजी नभएर अन्तर्राष्ट्रिय मञ्चमा अप्रासंगिक ठहरिन सक्ने नक्साको एकपक्षीय संशोधन हुन पुगेको छ । एक थरी नेपालका ‘ट्रम्पार्डहरू’ त विवाद निरूपणअगावै सिमानामा तारबार नै लगाउनुपर्ने माग गरिरहेका छन् ! एउटा पुरानो हिन्दी फिल्मको गीत छ, ‘आग लगी हमरी झोपडिया में हम गाँवै मल्हार ।’ बेवकुफको बहाना के हुन्छ भने, मेघ मल्हार गाएपछि पानी परिहाल्छ, आगो आफैं निभ्छ । नेपालको राज्य व्यवस्था अहिले त्यस्तै दिवास्वप्न बेच्न बाँसुरी बजाउने एवं कविता कोर्ने काम गरिरहेको छ । यो सबै यति विघ्न पीडादायक नभइदिएको भए विस्मित हुँदै सुदिनको प्रतीक्षा मात्र गरेर बसे पनि हुन्थ्यो । सार्वजनिक क्लेश घट्नुको साटो बढ्दै गएकाले सम्भाव्य आक्रोश अब भाग्यवादी विवशतामा परिवर्तित हुने हो कि भन्ने डर बढ्दै छ । त्यसैले सत्ता निश्चिन्त छ । कपटपूर्ण बहकाउ प्रसंग नेपालको आर्थिक राजधानी मानिने वीरगन्जको हो । एउटी मध्यवयी महिलालाई अचानक असहज महसुस भयो । स्थिति उत्ति साह्रो गम्भीर नदेखिएकाले उनका घरका सदस्यले मोटरसाइकलमा राखेर सबभन्दा नजिकको स्वास्थ्यकेन्द्रतिर दौडाए । त्यहाँ चिकित्सक रहेनछन् । नारायणी अस्पतालको ढोका सामान्य बिरामीका लागि बन्द छ । अर्को नाफा क्षेत्रको अस्पतालतिर जाँदा बाटामा बन्दाबन्दीको नियमित सोधपुछमा समय खेर जाने नै भयो । सघन उपचार कक्ष नभएको अस्पतालले मुटुको रोगी नहेर्ने रहेछ । बिरामीका आफन्तलाई सुझाइएको ठूलो अस्पतालसम्म पुर्\u200dयाउँदा दुई घण्टा बितिसकेको थियो । ढिलो भइसकेको थियो । घटना शोकजनक भए पनि अपवादात्मक भने होइन । उपयुक्त सुरक्षावस्त्रबेगर स्वास्थ्यकर्मी वा एम्बुलेन्सचालक सामान्य बिरामी बोक्न पनि हच्किन्छन् । अप्ठ्यारो परिस्थितिमा नाफा क्षेत्रका अस्पताल सञ्चालकले अनावश्यक जोखिम उठाउन चाहँदैनन् । पर्याप्त तयारी परको कुरा भयो, सामान्य सम्भाव्य परिदृश्य चित्रण गर्ने मामिलामा पनि सत्तासीनहरू अक्षम ठहरिएका छन् । स्वास्थ्यसेवा नाफा क्षेत्रको जिम्मा लगाइएको देशमा विपन्न व्यक्ति बिरामी पर्नु भनेको काल कुर्नुसरह हुन गएको छ । अर्को प्रकरण तात्कालिक रूपमा ज्यानै जाने प्रकृतिको नभए पनि त्यसको असर पनि कम हतोत्साहित गर्ने किसिमको छैन । कुनै बेला साहेबज्यूको दरबारले गर्दा चिनिने छपकैंया टोलको परिचय आजभोलि मुसलमानबहुल क्षेत्र हुन पुगेको छ । प्रारम्भिक चरणमा कोरोना विषाणु संक्रमितको पहिचान छपकैंयामै भएको थियो । बजार क्षेत्रतिर बन्दाबन्दी अपेक्षाकृत खुकुलो देखिए पनि मुसलमानबहुल बस्ती भएकाले छपकैंयाका बासिन्दाले प्रहरी वा प्रशासनबाट कुनै छुट पाउँदैनन् । सबैजसो अनिवार्य घरबन्दीमा छन् । नातिनीका लागि दूध किन्न निस्केकालाई प्रहरीले लाठोले वीरगन्जमा अरूतिर पनि हिर्काउँछन् । छपकैंयाका बासिन्दासँग राज्य संरचनाको व्यवहार त्यसभन्दा पनि क्रूर हुन्छ । कोरोना विषाणुभन्दा राज्यको त्रास बढी भएकाले ढोकाबाहिर चियाउन पनि गाह्रो छ । मान्छेसँगै झुपडीहरूमा बाख्राबाख्री पनि बन्द छन् । गाई त कमैले पालेका होलान्, भैंसीको भने दूधसँगै पछि राँगाको मासुसमेत बेच्न पाइने भएकाले ती जन्तुहरू घरैपिच्छै देखिन्थे । बाटामा बाँधिएका घरपालुवा जनावर घाँस र पराल चपाइरहेका हुन्थे । राहतमा पशु आहार बाँडिँदैन । तिनको अवस्था सोध्न कोही पुग्दैन, किनभने पशुपालन गरेर गुजारा गर्ने अनुभव भएको कोही पनि जिम्मेवार व्यक्ति शासन वा प्रशासनमा छैन । राहत बाँड्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ, स्रोत व्यवस्थापनको एकाधिकार भने संघीय सरकारसँग छ । जनस्वास्थ्य प्रदेश सरकारको कार्यक्षेत्र हो, संगरोधन (क्वारेन्टिन) बाट उम्किन खोज्नेलाई ‘गोली हान्ने’ दमनकारी आदेश भने संघीय सरकारको संयन्त्रले जारी गर्छ । प्रतिनिधिसभामा विद्वान् सांसद प्रदीप गिरिले आसन्न भोकमरीबारे पूर्वसूचना दिएका छन् ।खेती एवं पशुपालनबाट गुजारा चलाउने, ज्याला मजदुरी गरेर ज्यान पाल्ने वा परिवारको भरणपोषणका लागि गुजरातको सुरत सहरदेखि लद्दाखको कालापहाडसम्म दाससरह पसिना बगाउने श्रमिकहरू राष्ट्रवादी सत्ताको प्रमुख चिन्ता कहिल्यै बन्न सकेनन् । दलीय अनुशासनको कोर्रा (पार्टी ह्वीप) देखेपछि हात उठाएर विवादित संविधान पारित गर्न हतारिने संसदीय परम्पराका संवाहकहरूलाई अब निःसन्देह नक्सा एवं निशानछाप सच्याउनका लागि गरिने प्रस्तावित संविधान संशोधनलाई उच्च प्राथमिकतामा राख्ने गरी सर्वेसर्वाको उर्दी जारी हुनेछ । विवादित संविधानमा औंठाछाप लगाउन अस्वीकार गरेर सभासद् गिरीले उच्चतम राजनीतिक नैतिकता प्रदर्शित गरेका थिए । आफ्ना मतदाता एवं देशको उल्लेख्य जनसंख्यालाई निषेधाज्ञामा थुनेर तीव्र पथबाट जारी गरिने मूल कानुन स्वीकार गर्ने बाध्यता विवेकशील जनप्रतिनिधिलाई हुँदैन । अहिले भने उनीजस्ता अन्तर्विवेकशील (कान्सिएन्सस) राजनीतिकर्मीलाई नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीले ‘नैतिक द्विविधा’ भनिने कर्तव्यपरायणताको पासोमा नराम्रोसँग फसाइदिएका छन् । निशानछापका लागि गरिने संविधान संशोधनका पक्षमा उभिन राजनीतिक नैतिकताले दिँदैन । पहिलो कुरा त, त्यो निरर्थक अभ्यास हो । एकपक्षीय नक्सांकनले कूटनीतिक मान्यता पाउँदैन । दोस्रो कुरा, भेनेजुएला, पाकिस्तान एवं उत्तर कोरियाजस्ता देशहरूले नेपालको दाबीलाई समर्थन गरी नै हाले पनि सामान्यजनले त्यस्तो अन्तर्राष्ट्रिय मान्यताबाट कुनै लाभ लिन सक्नेछैनन् । राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावले संसारका सबैजसो शक्तिराष्ट्रको कूटनीतिक अभिपोषण पाएको थियो । कालान्तरमा त्यो सबै निरर्थक मात्र नभएर सरासर प्रत्युत्पादक ठहरिएको हो । त्यसैले प्रस्तावित संशोधनको व्यावहारिक उपयोगिता पनि देखावटीभन्दा बढी पटक्कै छैन । तर, कागजै भए पनि क्षेत्रफल बढाउन गरिएको प्रयत्नलाई खारेज गर्न राष्ट्रवादको मान्यताले गर्दा मन मान्दैन । नहुने कुरा गरेर मन बहलाउने कर्मका लागि उर्दूमा ‘खुशफहमी’ शब्द प्रयोग हुन्छ । दक्षिणबाट पानीजहाज, उत्तरबाट रेल, पाइपबाट ग्यासपछि सर्वेसर्वा शर्मा ओलीले नक्सा संशोधन गरेर क्षेत्रफल बढाउने नयाँ ‘खयालीपुलाव’ पस्केका छन् । यो कागजी पुलाउ न मिल्काउन मिल्छ न त खान नै सकिन्छ । कोरोना विषाणुभन्दा पनि जोखिमपूर्ण बहकाउ मुद्दा (डिभर्टिस्मन्ट) उक्याएर सर्वेसर्वा शर्मा ओलीले प्रदर्शन गरेको संवेदनहीनताले नेकपा दोहोरोको सत्तालाई सुरक्षित बनाएको भए पनि सामान्यजनलाई त्यस अनुपयुक्त निर्णयको ठूलो मूल्य बेहोर्नुपर्ने हुन सक्छ । अपचलित नैतिकता बोलीचालीको भाषामा अपचलित कर्म स्वतः अनैतिक ठहरिन्छ । राजनीतिका ज्ञाताहरूले भने वर्णनात्मक एवं आदर्शात्मक गरी सत्ताका कम्तीमा दुई थरी नैतिकताबारे व्याख्या गर्ने गर्छन् । वर्णनात्मक नैतिकताले समाजमा व्याप्त मूल्य एवं मान्यताहरूको अवस्थालाई जनाउँछ । जर्मन समाजले मुखर वा मूक तवरले चाहेकाले नै हिटलरको उदय भएको थियो । आदर्शात्मक नैतिकताले भने उच्चतम मानवीय मूल्यहरूका लागि निरन्तर गरिनुपर्ने संघर्षको आचारसंहितालाई दर्साउँछ । जातीय पृष्ठभूमि, नृजातीय प्रतिबद्धता एवं राजनीतिक प्रशिक्षणले गर्दा सर्वेसर्वा शर्मा ओली वर्णनात्मक नैतिकताका अभ्यासकर्ता छन् । त्यसैले उनमा आलोचक त के, समर्थकहरूको कुरा सुन्ने सहनशीलता पनि सायद छैन । सत्ताको विरुदावली गायनमा रमाउने जमात जुनसुकै समाजमा अपेक्षाकृत वाचाल नै हुन्छ । नृजातीय ऐक्यबद्धताको आकर्षणले गर्दा सर्वेसर्वा शर्मा ओलीका पक्षधरहरू सार्वजनिक वृत्तमा समेत अत्यधिक सक्रिय रहन्छन् । त्यसैले उनी जे छन्, कठोर यथार्थ त्यही हो । वर्तमान सत्ताले आफ्नो कार्यशैली सुधार गर्ने, प्राथमिकता सच्याउने वा सकारात्मक प्रभावकारिता बढाउने सम्भावना न्यून होइन, शून्य छ भन्दा हुन्छ । शताब्दीको सम्भवतः सबभन्दा विकराल विपत्तिका बेला आत्ममुग्ध एवं अकर्मण्य सरकार भोग्नुपर्ने अवस्थालाई नियतिको खेल भनेर मात्र नजरअन्दाज गर्न सकिँदैन । हरेक देशले आफ्नो युक्तिअनुसारको सरकार पाउँछ भन्ने उक्तिलाई पत्याउने हो भने नेपालको राज्यसत्ता मात्र नभएर समग्र समाजमा व्याप्त रहेको आदर्शविहीनताबारे पनि बहस चलाउनुपर्ने हुन्छ । गोर्खाली राजाले तथाकथित दिव्योपदेशमार्फत जग बसालेको ‘आफ्नो मान्छे’ एवं ‘चाकरी प्रथा’ सम्म पुग्नुपर्दैन । जंगबहादुरको ‘जसको तरबार, उसको दरबार’ मान्यतालाई पनि त्यस कालखण्डको आवश्यकता भनेर अर्थ्याइदिए हुन्छ । राजा महेन्द्रले आफ्नो शासकीय महत्त्वाकांक्षा पूरा गर्न रोपेको देशाहंकारको विषवृक्षलाई निर्मूल नगरेसम्म भने निरंकुशता एवं संवेदनहीनता सबैजसो सरकारको अन्तर्निहित चरित्र हुने त्रासदीबाट मुक्त हुन सकिनेछैन । इतिहासनिर्माताको एउटा गल्तीको सजाय पुस्तौंपुस्ताले भोग्नुपर्ने बाध्यता ‘सत्ताको नैतिकता’ बाट सिर्जित सामाजिक मूल्यको व्यापकताले गर्दा उत्पन्न हुन गएको हो । राज्य एवं समाजलाई वर्णनात्मकबाट आदर्शात्मक नैतिकतातिर उन्मुख गराउन सजिलो भने हुँदैन । कानुनतः छुवाछूत निर्मूल भएको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि हिन्दु समाजमा ‘जनै जाति’ भनिने समूहको वर्गविहीन हालीमुहाली नेपालमा मात्र नभएर भारतमा पनि यथावत् छ । धर्मनिरपेक्ष भारतमा मुसलमान एवं बहुसांस्कृतिक नेपालमा मधेसीको सामाजिक सम्मान निरन्तर संघर्षका बावजुद सुरक्षित हुन सकेको छैन । जटिल मुद्दाका पछाडि ऐतिहासिकदेखि लिएर वर्तमानका कैयन् कारक तत्त्व रहेका हुन्छन् । प्रियतावादको आकर्षणले गर्दा एउटा तथ्य भने प्रायशः ओझेलमा पर्छ- मानवीय मूल्य एवं मान्यताको निर्धारण बहुमत मात्रले गर्न थाल्ने हो भने अवश्यम्भावी त्रासदीका लागि तयार भएर बस्नुपर्छ । सत्तालाई सत्य सुनाउनु सचेत नागरिकको प्राथमिक कर्तव्य हो । र, बहुमतको पक्ष यदि सही छैन भने सामान्यजनलाई तिनको गल्ती औंल्याउने जिम्मेवारी पनि न्यायप्रेमी व्यक्तिहरूकै हुन आउँछ । वर्तमान राज्यसत्ता नेपाली मतदाताको विवेकको साटो आवेगबाट गठन भएको हो । यो जतिसम्म रहन्छ, सामान्यजनको कठिनाइ बढिरहने पूर्वनिश्चित छ । #प्रियतावादी सत्ताको संवेदनहीनता बाहुनले बाहुनसँगै लुकाएको भाषा: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो लेख हामीले शिलापत्र बाट लिएका हौँ । शिलापत्रका लागि यो लेख चेवन राई ले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई शिलापत्रमै पढ्न पनि सक्नुहुने छ । ==================================================== म स्वविवेक र जिज्ञासाले संस्कृत अध्ययन गर्दै गरेको मान्छे हुँ । मेरो निजी अध्ययन र बुझाइमा धेरै मानिसहरूले भनेको जस्तो संस्कृत बाहुनको भाषा होइन बरु अतिवादी पण्डित बाहुनले लुकाएको भाषा हो । यो भाषा लोप हुनुमा अन्य भाषी समुदायको कुनै भूमिका छैन, जति बाहुनको छ । निश्चय नै, अतिउपयोगी गुढ रहस्यहरू यस भाषामा अङ्कित छन्, जो अन्यले थाहा नपाऊन् भनेर लुकाइएको हो । बाहुनले बाहुनसँगै पनि लुकाएको हो । पण्डितले पण्डितसँग पनि लुकाएको हो । वास्तवमा मानवीय स्वार्थमा अल्झिएर आफूले मात्र जानूँ र अरूले नजानोस् भनेर लुकाइएको हो । बाहुनले किन लुकाए संस्कृत ? संस्कृतलाई दैवीय भाषा पनि भनिन्थ्यो । यस भाषाबाट देवआदिसँग सम्पर्क गर्न सजिलो थियो । त्यसबेला हरकोही विज्ञ र ज्ञाता थिए । को कति ज्ञाता थिए ? कसका कति शिष्य थिए ? कसका शिष्य कति प्रखर थिए ? सो हेरिन्थ्यो । कसैले यज्ञ कर्मलाई उत्तम भन्थे, कसैले भक्ति नै भगवान् पाउने सहज र सजिलो बाटो भन्थे । यसैगरी कसैले योगभन्दा उत्तम अरू नरहेको सिकाउँथे । यसरी उनीहरूबीच एकआपसमा मतभेद रहन्थ्यो । को कति जान्दथे भनेर थाहा पाउन उनीहरु झुण्डझुण्ड बनाएर बेलाबेला शास्त्रार्थ गर्थे । जसले विजय पाउँथे, उसलाई अन्यले पुज्नुपर्ने हुन्थ्यो । यसरी कोभन्दा को कम ? भन्ने मनसायले उनीहरूले आफूले परम्पराबाट जानी आएका ज्ञानहरूलाई आफ्नो मत सम्प्रदायभित्र मात्र लुकाएर राख्न थाले । यसरी विभिन्न मत सम्प्रदाय बढ्दै जाँदा, उनीहरूले लुकाउँदै जाँदा एकआपसमा ज्ञानको आदानप्रदान भएन र यो लुप्त हुँदै गयो । यस संस्कृत भाषालाई लुकाउन र क्लिष्ट बनाउन वा आफ्नो विज्ञता देखाउन शब्दहरूलाई निकै छोटो, साङ्केतिक बिम्बमा र वाक्यहरूलाई जोडेर निकै लामोलामो बनाइयो, जसले अन्य समुदायलाई दिग्भ्रमित बनायो । जुन साधारण मानिसले नबुझ्ने भए र नबुझेपछि उपेक्षा गर्ने नै भए । उपेक्षा यस भाषाको मृत्युको कारण पनि हो । यसरी जनमानसमा यो भाषामोह मर्\u200dयो । आफूले नजानेको वा जान्न कठिन र दुरुह भएपछि, सिकाउने गुरुको पनि अभाव भएपछि यस विषयप्रति नै उपेक्षा हुँदै गयो र समूहगत रूपमै शब्दका अर्थहरूले अरूअरू रूप धारण गर्न थाल्यो र यसको मूल मर्म मर्न थाल्यो । विस्तारै नयाँ पुस्ताका पण्डितहरूले पनि यसलाई पूरा नबुझ्ने र गलत बुझ्ने भयो । गलत अर्थ्याउने भयो । गलत अर्थले अभिप्रेरित भएर आचरणहरू पनि गलत भए । त्यसपछि यज्ञकर्मको फल पाउन छाडेर बरु हानि हुन थाल्यो । भक्ति पनि स्वार्थमा मात्र हुन थाल्यो । योगको पनि भाँति पुगेन । मन्त्र पनि दुरूपयोग भएर श्रापित हुन पुग्यो । नित्य गर्नुपर्ने क्रियाकलापहरू औँशी पूर्णेमा हुन थाले । दान, दया, धर्म, शान्ति, सत्य र अहिंसा जस्ता धर्मका खुट्टाहरू भाँचिए । मानिसहरू काम, क्रोध, लोभ, मोहबाट ग्रस्त हुन थाले । संस्कृत शब्दले समेटेको मिठास, भाव, अर्थ र मर्म नै मरेर गयो । त्यसैले यो लुप्त भयो । मानिसहरूले यसलाई सामान्य शब्दको रूपमा मात्र बुझ्न थाले । जस्तो कि संस्कृतमा ‘नर’ शब्दको अर्थ हामी वर्तमानमा के बुझ्छौँ ? ‘नर’को अर्थ अहिले कुनै पुलिङ्ग वा केटा वा पुरुष वा मान्छे, हामी यति नै बुझ्छौँ । तर ‘नर’ भनेको विष्णु र त्यही विष्णुको तपबाट ‘नार’ (पानी) उत्पन्न भई जीवहरूको सृष्टि व्यापक भएको, नारमै बस्ने भएकाले ‘नारायण’ भनिएको, पुरुषहरूमै उत्तम भएकाले पुरुषोत्तम भनिएको भावार्थ र मर्म नै मरेर गयो । तर, पण्डित्य परम्पराले थेगेका कारण यो कुरा ग्रन्थमा भने सुरक्षित नै रह्यो । संस्कृत किन पनि महत्त्वपूर्ण छ भने, प्राचीन ज्ञानका कुराहरू यसै भाषामा लेखिएका छन् । शरीर विज्ञानका दुर्लभ र महत्त्वपूर्ण कुराहरू यसै भाषामा छन् । संस्कृत मूलतः मन्त्रहरूका लागि चर्चित छ । ‘अहं ब्रह्मास्मि’ वा म नै ब्रह्माण्ड हो भन्ने, यो शरीर नै ब्रह्माण्ड हो भन्ने र यो मन्त्रमय छ भन्ने संस्कृत श्लोकमै छ । मन्त्र योगमा पूरा शरीर नै कुनकुन मन्त्रको संयोगले बनेको छ, त्यो सिकाइन्छ । शरीरको कुनकुन भागमा कुनकुन देवी, देवताको वास छ, ती देवी, देवता कुनकुन मन्त्र स्वरूपमा छन् ? त्यो सिकाइन्छ, सिकाइन्छ मात्र होइन, उनीहरूको बीज मन्त्र ज्ञान नै दिएर अनुभूत गराइन्छ । तर, बाहिरी ब्रह्माण्डमा खोज पड्ताल गरिदैँन । शरीर नै ब्रह्माण्डको प्रतिरूप हो र पञ्चतत्त्वको सहअस्तित्वले यो अाविर्भूत छ भनेर गुरुदीक्षा नै दिइन्छ । यस्ता ज्ञानका कुरालाई आजकल अन्धविश्वास वा धर्म सम्प्रदायसँग जोडेर साँघुरो बनाइएको छ वा वितृष्णा जगाइएको छ । अध्यात्म भनेर अलिकति सहज त पारिएको छ तर जो यो सबै मान्दैन, त्यसलाई भौतिकवादी पनि भनिएको छ । भौतिकवादी हुनु भनेको सारा छुट र स्वतन्त्र हुनु हो भन्ने बुझिएको छ । उता, अध्यात्मवादी भन्नेचाहिँ धर्म, सम्प्रदाय र गुटबन्दीमा खुम्चिएर रम्नुपरेको छ । धर्मको नाममा यो पनि गर्नुहुँदैन, त्यो पनि गर्नुहुँदैन भनेर बस्नुपरेको छ । मानौँ, धार्मिक हुनु भनेको किरिया-पुत्र बसेको जस्तो हो । खैर, मैले अध्यात्म नमान्नेलाई चाहिँ ‘भूआत्म’ भनेको छु । भौतिक अलिक गलत शव्द चयन हो । अध्यात्मको उल्टो भौतिकता अलिक नमिलेजस्तो पनि भयो र अध्यात्मसँग मिल्ने शव्द ‘भूआत्म’ भनेँ । ‘भू’ भनेको जमिन र जमिन भनेकै पृथ्वी भएकाले अनि हाम्रो शरीर पनि पृथ्वी तत्त्वले नै बनेकाले र जिउँदो शरीर शव नभएर त्यसमा आत्मा हुने भएकाले ‘भूआत्मा’ भनिएको हो । अलिकति आत्मकेन्द्रित पनि होस् भन्ने मनसायले भनेको हो किनकि शब्दले पूरा जीवन अर्थलाई नै परिवर्तन गर्न सक्छ । साधरणतया भौतिकको अर्थ हुन्छ निर्जीव, जो जीव होइन, जसमा आत्मा छैन । तर, एउटा संवेदना बोकेको मानिस कसरी निर्जीव हुन सक्छ ? कसरी भौतिकवादी हुन सक्छ ? हुनै सक्दैन । यो गलत शब्द चयन हो भन्ने लागेर नै मैले भूआत्म भनेँ । हुनत यो पनि मलाई त्यस्तो नयाँ शब्द जस्तो लाग्दैन किनकि यो प्रकृतिमा नयाँ केही छैन, सबै दोहोरिइरहन्छन् भनिन्छ । अध्यात्म, जो आत्म अध्ययनमा तत्पर छ । भूआत्म एउटा आत्म बोकेको शरीर मात्र हो, जो नाशवान् छ । कुरा शब्द र भाषाको हो । हरेक जिउँदो आत्माको भाषा हुन्छ । हरेक भाषामा मन्त्र हुन्छ । यो संस्कृतमै मात्र हुन्छ भन्ने छैन । नवनाथ परम्पराको अन्तिम नाथ गुरु गोरखनाथले साधारण बोलीचालीको भाषालाई नै मन्त्र बनाए । उनले बनाएको मन्त्रलाई ‘शाबर मन्त्र’ भनिन्छ । भाषा, शब्द र त्यसको मर्म बुझे शब्द नै ईश्वर हो पनि भनिन्छ । हामीले धेरै भाषा सिक्नु आफ्नै क्षमता बढाउनु हो । रुचि हुनेले सिक्नु नराम्रो होइन । मरिसकेपछि त आत्माले जुनसुकै भाषा पनि बुझ्छ । आत्माले हाम्रो सोच र विचार बुझ्न सक्ने, बदल्न सक्ने क्षमता राख्छन् । नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत वा जुनसुकै भाषा नि बुझ्छन् । अब यहाँ भूआत्मावादीले अन्धविश्वास ठान्लान् । त्यो उनीहरूको अज्ञानताको कुरो हो । खासमा भाषा एउटा मनसाय मात्र हो, जुन एकअर्काको मनको आसय बुझ्न शब्दमा व्यक्त गरिन्छ । कैयौँ भाषाहरू त एकअर्काले नबुझून् भनेर कोड भाषामा पनि प्रयोग गरिन्छ । साङ्केतिक भाषाको पनि प्रयोग गरिन्छ । यी सङ्केतहरू नै भाषा हुन् । अक्षरहरू सङ्केत हुन् । इशाराहरू सङ्केत हुन् । इश बाटै इशारा बनेको त हो । तर, यो केवल स्थुल शरीर हुँदा मात्र हो । शरीरै नरहेपछि सूक्ष्ममा त आसयहरू मात्र रहन्छन् । विगत र आगतका सयौँ आसयहरू रहिरहन्छन् । आत्माको सयौँ जन्म नै आसयमा रहने हो । मरिसकेपछि आसयको आपूर्ति र खुदको कर्मले नै छट्पटी बढाइरहन्छन् । भनौँ, आत्मा नै आसय हो । ती आत्माहरू आसय स्वरूपमै रहन्छन् । यिनीहरूले जुनसुकै भाषामा प्रकट गरिएको आसय पनि बुझ्छन् । मनसाय पनि बुझ्छन् । वास्तवमा अध्यात्म र भूआत्म, आस्तिक र नास्तिक भन्ने नै हुँदैन । सारा जगत चैतन्य स्वरूपमा छ तर खण्डखण्डको अज्ञानतामा, व्यष्टि र समष्टिको स्वरूपमा, जीवन र जगतको यो मायामा, यसको परिभाषामा । यो आवश्यक भएर नै लेख्दै छु । तर, मैले बुझेको छु- यदि अत्यन्त नास्तिक जो छ वा हुन सक्छ, त्यो यही भूआत्म शरीर रहस्य बुझ्ने, सारा ईश्वरलाई आफैँमा समेट्ने नै महाईश्वर हो । हरेक जागेको शरीर, चैतन्यसँग एकाकार भएको शरीर नै ईश्वर हो । महाईश्वरको इशारा नै ईश्वर हो । ईश्वर, जुन स्वर रूपमा छ, जुन ध्वनि रूपमा छ, जुन ॐको स्वरूपमा छ । यस्ता लुकाइएका ॐ का कुरा संस्कृत साहित्यमा मात्र पाइन्छ, जुन अलिक विस्तृत रूपमा छ । हुनत अन्य भाषामा पनि छ । अहिले आफ्नो अज्ञानताले विरोध गर्ने जनजातिको भाषामा पनि छ । हाम्रै किरातीहरूको मुन्धुममा पनि छ तर विस्तृत छैन । लुप्त भइसकेको छ । यद्यपि, उत्पत्तिका कथाहरूमा भने एकरूपता आउँछ । तर, भाषाहरूको पनि स्वरूप र आयु हुने हुनाले यो पनि प्रकृतिकै खेल हो । हामीले जुनसुकै उपलब्ध भाषाबाट भए पनि सिक्नुपर्छ । सिक्नुपर्छ कि जन्म कसरी भयो ? किन भयो ? केका लागि भयो ? मृत्युु केका लागि हुन्छ ? मृत्युपछि के हुन्छ ? त्यो संस्कृतबाट मात्र नभएर हरेक भाषाबाट सिक्नुपर्छ । त्यसैले हरेक भाषा, हरेक सचेत नागरिकले जोगाउनै पर्छ । भाषाहरू अव्यक्तलाई व्यक्तमा प्रकट गरिने माध्यम हुन् । हाम्रो आत्मसत्यलाई प्रकट गर्ने ज्ञानको माध्यम नै भाषा हो । भाषामा नअटाएको, भाषाले देख्न नसकेको उत्पत्ति र अन्त्यको बृहत् स्वरूपको कथा नै अव्यक्त हो । भाषामा व्यक्त ती कथाहरू आनन्द स्वरूप हुन् । भनिन्छ- बुद्धले बुद्धत्व पाएपछि पनि एक हप्ता मौन बस्नुपरेको थियो । किनकि जुन ज्ञान, जुन बोध, जुन आनन्द बुद्धले पाउनुभएको थियो, त्यो अव्यक्त थियो । भाषामा प्रकट गर्न सम्भव थिएन । हामीभित्र पनि बुद्धको जस्तो ज्ञानबोध हुन्छ । यति हो, हाम्रो यो भूआत्म शरीरका भाषाहरू, अक्षरहरू केही समय मात्र नित्य छन् । वास्तवमा सबै अनित्य छन् । खैर, यो संस्कृत भाषालाई एेच्छिक नै भए पनि कक्षा १ देखि पढाउने भन्ने सोचचाहिँ अतिवादी सोच हो । कसले कक्षा १ देखि पढाउने भन्ने सोच ल्याएको हो ? किन भने होलान् ? के स्वार्थले भने होलान् ? त्यो म जान्दिनँ । संस्कृत शास्त्रमा हरेक बालबालिकालाई ७ वर्षदेखि मात्र पढाइ र अध्ययनमा लगाउन उपयुक्त उमेर भनिएको छ, जुन मानवीय पनि छ । बालबच्चाहरूले ठूलो हुने क्रममा घरमै धेरै सिक्छन् आफ्ना आमाबाबाबारे, बाजेबोजुबारे, घर परिवारबारे । उनीहरूको स्नेह, उनीहरूको प्रेम र सामीप्यबारे, आदर, सत्कारबारे, नैतिक-अनैतिकबारे, भुतप्रेत , देवी, देउता र ऋषिमुनिहरूबारे , जन्म-मृत्युबारे प्रारम्भिक ज्ञान त घरमै सिक्छन् । यही नै हाम्रो सनातन शिक्षा पद्धति हो । यसलाई भुलेर आफ्ना छोराछोरीलाई दुई, अढाई वर्षदेखि नै स्कुल घुसार्नेहरूले अलिकति सोच्नुहोस् । आफ्नो सन्तानमा मानवीय चेतना प्रवृत्त हुन दिनुहोस् । यो म वर्तमानको शिक्षक, अभिभावक, नियामक र सचेतकहरूलाई भन्दै छु। १ कक्षामै संस्कृतको भारी नलदाउनुहोस् । हरेक भूआत्मलाई न्याय दिनुहोस् । उसै पनि हामी नेपालीहरूले आफ्नो मातृभाषा, नेपाली भाषा, छिमेकीको भाषा र विदेशीको भाषा त सिकी नै रहेका हुन्छौँ । प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७, १९:१४:०० संस्कृत भाषाको राजनीति: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको समाग्रीलाई हामीले कान्तिपुर दैनिक बाट साभार गरेका हौँ । कान्तिपुरका लागि यो लेख आहुति ले लेखेका हुन् । तपाईँले यो समाग्री यहाँ क्लिक गरेर कान्तिपुरमै पनि पढ्न सक्नुहुनेछ । =============================== नपालमा फेरि एक पटक संस्कृत भाषाको अध्यापनसम्बन्धी बहस उत्पन्न भएको छ । सरोकारवाला जनताको जीवनमा गम्भीर प्रभाव पार्ने विषयहरूमा गुपचुप निर्णय गर्ने र बलात् लागू हुने बेला मात्र थाहा दिने नेपाली राज्यको परम्परागत घातक शैली कक्षा एकदेखि नै संस्कृत भाषा पढाउने निर्णयका सन्दर्भमा पनि पुन: प्रकट भएको छ । नयाँ संविधान बन्ने प्रक्रियासँगै परिकल्पना गरिएको भाषा आयोग यथार्थमा लामो समयदेखि उत्पीडनमा परेका खस नेपाली भाषाबाहेकका विभिन्न भाषिक समुदायको दैनन्दिन जीवनमै जीवन्त रहेका भाषाहरूको रक्षा र विकास गरी ती समुदायलाई न्याय गर्नका लागि थियो । तर भाषा आयोगले त सबैभन्दा हतारोका साथ संस्कृत भाषालाई कक्षा एकदेखि नै पढाउने सिफारिस गर्न पो तीव्रता देखाएछ, यो आफैंमा उदेकलाग्दो प्रसंग हो । समाजमा दशकौं विवाद रहेको विषयलाई सार्वजनिक बहसमा नल्याई एक्कासि लागू गर्ने स्तरमा पुग्नुले सरकारको नियत शतप्रतिशत सही होला भनी पत्याउन सकिने अवस्था अवश्य छैन । सरकारले आजसम्म विभिन्न भाषालाई पाठ्यक्रममार्फत कुन ढाँचामा उन्नयन गर्ने नीति लिँदै छ भन्ने विस्तृत खाका सार्वजनिक गरेको छैन । माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको हुने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै कक्षा एकदेखिकै पाठ्यक्रम तोक्न केन्द्र सरकार लागेको भाँडभैलो त एकातिर छँदै छ, अर्कातिर संस्कृत भाषालाई विद्यालयले ऐच्छिक विषयका रूपमा सय पूर्णांकमा पढाउन सक्ने व्यवस्था कुन तर्कका आधारमा लागू गर्न चाहेको भन्ने पनि स्पष्ट छैन । यस स्थितिमा यो विषय झन्पछि झन् गम्भीर बन्दै गइरहेको छ । संस्कृत भाषालाई विद्यालयस्तरमा पढाउने विषयमा चल्दै आएका विवादहरू केही हदसम्म समुदायगत पूर्वाग्रह वा अहंकारमा आधारित हुँदै आएका छन्, जुन बिलकुल अनावश्यक कुरा हो । किनभने संस्कृत भाषा आज नेपालमा रहेको कुनै पनि समुदायको जीवन व्यवहारको मातृभाषा होइन । नेपाली समाजको जीवनमा संस्कृत भाषा मूलत: कथित हिन्दु उच्च जातको सांस्कृतिक अनुष्ठानमा प्रयोग हुँदै आएको छ । त्यो आम बुझाइका लागि होइन, केवल मन्त्रोच्चारणका निम्ति र ती जातको पनि जीवन व्यवहारको मातृभाषा त होइन । जुनै धार्मिक सम्प्रदायको धार्मिक अनुष्ठानमा सुरुमा जुन भाषामा मन्त्रहरू कथिए, पछिसम्म त्यही भाषामा पुरेतहरूले भट्टयाउने चलन छ, इस्लामहरू अरबीमा वा क्याथोलिकहरू ल्याटिनमा आदि । जनजीवनबाहेक नेपालसहित विभिन्न देशमा संस्कृत भाषा प्राज्ञिक अध्ययन–अनुसन्धानका निम्ति मात्र पढिन्छ । यसरी नेपालमा संस्कृत भाषा कसैको पनि जीवन व्यवहारको मातृभाषा नभएकाले चाहे जनजाति, चाहे मुस्लिम, चाहे दलित, चाहे विभिन्न मातृभाषी हिन्दु उच्च जातका व्यक्तिले संस्कृत भाषालाई आफ्नो वा पराई ठानेर बहस तन्काउनु निरर्थक कुरा हो । त्यसकारण संस्कृत भाषाप्रति नेपाली समाजले कस्तो व्यवहार गर्दा फाइदा हुन्छ भनी चिन्तन गर्नु नै यस सवालको मुख्य सरोकार बन्नु सही हुन्छ । संसारका विभिन्न सभ्यतामा विकसित भई लेख्य परम्परामा ढालिएका विभिन्न भाषाजस्तै संस्कृत पनि आफ्नो समयको एक समृद्ध भाषा हो । यसको व्यापक शब्दभण्डार, द्विअर्थी शब्दहरूको न्यूनता अनि उच्चारणको विधिका कारण यसलाई उन्नत कोटिको भाषा मानिँदै आएको छ । प्रत्येक समृद्ध भाषा या त कालान्तरमा आफ्नै स्वरूप बदलिएर अर्को भाषा बन्ने या आफ्नो शब्दकोश क्रमश: दान दिँदै अर्को भाषालाई समृद्ध बनाउँदै जाने नियमअनुसार नै संस्कृत भाषाले पनि संसारमा थुप्रै नवीन भाषा जन्माउन वा समृद्ध पार्न योगदान दिएको छ । यस सिलसिलामा दुई हजारदेखि पच्चीस सय वर्षअगाडि आएर पाणिनिले व्यवस्थित गरेको व्याकरण त्यहीँ स्थिर हुन पुग्यो, पतञ्जलीले गरेको व्याख्या पनि त्यही अवधिमै अड्कियो । दुई हजार वर्षदेखि अमरकोशमा कुनै पनि नयाँ संस्कृत शब्द थपिएन । संस्कृत भाषा ठूलो दमनका कारण स्थिर हुन पुगेको ऐतिहासिक तथ्य फेला परेको छैन । त्यस्तो सम्भव पनि थिएन किनभने त्यस भाषाका हर्ताकर्ता सधैंजसो हिन्दुस्तानमा शासक नै रहँदै आए । मूलत: भाषिक दमनको चक्र नबेहोरी शासकीय भाषा स्थिर हुन पुग्ने ऐतिहासिक सामाजिक प्रक्रियाअन्तर्गत नै संस्कृत भाषा स्थिर हुन पुगेको थियो । यस प्रक्रियाको तुलना करिबकरिब ल्याटिन भाषाको नियतिसँग मिल्दोजुल्दो पाइन्छ । इटालीमा पोपहरू सधैं शासक र आदरणीय रहे तर उनीहरूको ल्याटिन भाषा भने जीवन्त हुन सम्भव भएन । यस प्रकार संस्कृत भाषा मृत भाषा बन्न पुग्यो । मृतको अर्थ भाषाविज्ञानमा स्थिर भएको वा गति र परिवर्तनशीलता नभएको वा सामाजिक जीवनको दैनन्दिन आवश्यकताबाट अलग्गिन पुगेको भन्ने हो । व्यक्ति होस् या सभ्यता या भाषा, त्यसको मृत्युपछि त्यसका बारेमा अध्ययन–अनुसन्धान गरिन्छ; त्यसमा भएका वर्तमानलाई काम लाग्ने चीज ग्रहण गरिन्छ तर कदापि त्यही व्यक्ति वा सभ्यता वा भाषा पुनर्जीवित गर्न लाग्ने मूर्खता गरिँदैन । संस्कृत मृत भाषा भएकाले त्यसभित्र भएका सबै किसिमका सम्पदाको अध्ययन–अनुसन्धान गरिनुपर्छ । अध्ययन–अनुसन्धान एक स्तरको उमेर, शिक्षा र रुचि भएका प्राज्ञिक कार्य रुचाउने प्रौढको आवश्यकता हो । त्यसैले संस्कृत भाषा उच्च शिक्षामा इच्छाधीन विषय बनाउनु सर्वथा जरुरी कुरा हो । आफ्नै मातृभाषामा पनि पूरा बोली नफुटेका कक्षा एकका शिशुहरूको दैनन्दिन जीवनसँग सम्बन्धै नभएको संस्कृतको पढाइ बालबालिकाका निम्ति बलात् बोझयुक्त अत्याचारबाहेक केही हुन सक्दैन । नेपालमा दशकौंदेखि संस्कृत भाषामा पढाइने विद्यापीठहरूमा पढ्ने हिन्दु उच्च जातका विद्यार्थीहरूले राज्यको ढुकुटीबाट विशेष सुविधा र विशेषाधिकार पाउँदै आए । यो ऐतिहासिक प्रकरणले त्यस सुविधाबाट वञ्चितहरूको पीडा र आक्रोश एक ठाउँमा जीवित नै छ, अर्कातिर त्यस्ता पीठहरूमा पढेकाहरूले आफ्नो जीवन के त्यही भाषामा चलाउन सम्भव भयो ? जनजीवनचाहिँ त्यो भाषामा चल्दैन भने अबोध शिशुहरूमाथि के आवश्यकता छ त्यो लाद्नु ? विज्ञानमन्त्रीले संस्कृत भाषालाई आयुर्वेद र प्राकृतिक चिकित्सा अध्ययनसँग जोड्नुपर्ने बताए । कतिपयले भन्दै छन्— व्यक्तिलाई नैतिकतावान् बनाउन संस्कृत भाषाको पढाइ ठीक हुन्छ । गौरवमय इतिहासबोध गर्न र त्यस भाषामा भएका अपार ज्ञानलाई ग्रहण गर्न संस्कृत भाषामा पढाइ चाहियो भनेर त विगतदेखि एक प्रकारले रट नै लगाइएको पाइन्छ । आज भारतदेखि इरानसम्म आयुर्वेदमा कार्य भैरहेको छ; के त्यो संस्कृतमा भएको छ ? भारतको आयुर्वेदको सबैभन्दा बढी जनस्तरमा अभ्यास गर्ने मानिएको केरला राज्यमा मलयालम भाषामा समाज चल्छ हैन ? प्राकृतिक चिकित्सा त संस्कृत भाषासँग सम्बन्धित सभ्यताको मात्र विषय नै हैन । अझ संसार र नेपालका सबै सभ्यतासँग रहेका परम्परागत औषधिशास्त्रको अपार ज्ञान जुन राज्यबाट मान्यताप्राप्त आयुर्वेद वा प्राकृतिक चिकित्साभित्र समेटिँदैनन्, के तिनको जानकारीका लागि पनि शिशु कक्षादेखि नै ती भाषामा पढाउने सोच बन्न सक्ला ? सम्भव हुन्छ ? भाषासँग नैतिकतालाई जोड्ने व्याख्यान त झन् चर्चायोग्य पनि होइन । जुन बेला अर्थात् दुई हजार वर्षभन्दा अघि भारतवर्षमा दास युग वा सामन्तवादी समाज थियो, त्यो कठोर जातव्यवस्था र पितृसत्तात्मक थियो । त्यसैले त्यति बेलाको नैतिकताको मूल सार जातवादी, पितृसत्तावादी, राजावादी अनि महिला, शूद्र र श्रमिकविरोधी थियो । अब त्यही नैतिकता सिकाएर आजको आवश्यकताको नैतिकतावान् नागरिक तयार हुन्छ ? यो कुरा सत्य हो, दक्षिण एसियामा विकसित हिन्दु सभ्यता विशिष्ट ज्ञानहरूसहित थियो । त्यसभित्र शंकराचार्यको ब्रह्मवाद पनि थियो र त्यसको खिलाफमा चार्वाकहरू पनि थिए । त्यसभित्रको सिंगै दर्शनको विकल्पमा बुद्ध र महावीरहरू पनि जन्मिएका थिए । दर्शन मात्र होइन, सबै क्षेत्रमा ठीक र बेठीक विकसित थिए । ती धेरैजसो संस्कृत भाषामा लिपिबद्ध भए । त्यसैले त्यसबारे अध्ययन जरुरी छ, तर त्यो त प्राज्ञिक प्रौढ कार्य हो । यहाँ याद राख्नु जरुरी छ, संस्कृत भाषाको महिमागानका सन्दर्भमा विवेकानन्दले यसलाई ईश्वरको भाषासम्म भन्न भ्याए, तर त्यसको प्रतिरोधमा अन्य विद्वान्ले तथ्यसहित जवाफ दिँदै भनेका थिए, ‘संस्कृत भाषामा भएका ज्ञान लिन संस्कृत भाषा सिक्नु जरुरी छैन, बरु संस्कृतका पण्डित ब्राह्मणहरूले तिनलाई हिन्दी र अन्य भाषामा उल्था गरिसकेका छन् ।’ जहाँसम्म गौरवमय इतिहासको बोध भन्ने सवाल छ, योचाहिँ सामन्तवादले निर्माण गरेको अवधारणा मात्रै हो । संसारको कुनै पनि सभ्यतामाथि सम्बन्धित समुदायलाई गौरव नै हुन्छ तर त्यहाँभित्र पिल्सिएकाहरूमा आक्रोश पनि हुन्छ । हिन्दु समाजमा शूद्रहरूमा गौरव हैन, विगतप्रति आक्रोश र घृणा नै बढी छ र त्यो स्वाभाविक छ । संस्कृत भाषालाई एक कक्षादेखि नै पढाउने खबरपश्चात् अनर्गल प्रकारका लेखहरूसमेत सञ्चारमाध्यमहरूमार्फत गनिएका व्यक्तिहरूले प्रचारमा ल्याउन थालिनु अर्को विडम्बना देखिन्छ । भारतका एक थरी हिन्दु अतिवादीहरूले विभिन्न वेबसाइटमा प्रचार गरेका छन्- अमेरिकी संस्था नासाले संस्कृतलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र अन्तरिक्ष विज्ञानका निम्ति सबैभन्दा उपयुक्त भाषा मानेको छ, नासाका वैज्ञानिक संस्कृत पढ्दै छन् आदि । त्यस्ता प्रचारबाट प्रभावित भएर नेपालमा लेख र मन्तव्यहरू बाँडिनु दु:खद कुरा हो । यथार्थमा नासाले आधिकारिक रूपमा त्यस्तो घोषणा कहिल्यै गरेको छैन । अर्को कुरा, अन्तरिक्ष विज्ञान वा कम्प्युटर प्रणालीका निम्ति वैज्ञानिकहरू उपयुक्त संकेत भाषा (साइन ल्याङ्ग्वेज) लाई विकसित गर्न क्रियाशील छन्, कुनै ‘नेचुरल ल्याङ्ग्वेज’ वा ‘लिङ्गुस्टिक ल्याङ्ग्वेज’ को खोजीमा होइन भन्ने कुरा त चल्तीका विज्ञान पत्रिका पढ्ने बानी बसाल्दा पनि ज्ञान हुन्छ । संसारका विभिन्न विश्वविद्यालयमा संस्कृत भाषा पढाइन्छ भन्ने विषयलाई यति ठूलो रूपमा प्रचार सुरु गरिएको छ, मानौं त्यसबाट संस्कृत भाषा ‘ईश्वर’ कै भाषा प्रमाणित हुनेछ । विश्वविद्यालयमा पढाउनुको अर्थ कक्षा एकदेखि पढाउनु त पक्कै हैन । संस्कृत मात्र होइन, संसारका धेरै भाषा क्षमताले भ्याएसम्म विश्वविद्यालयमा पढाइन्छन्, तब त विश्वविद्यालय हुन्छ । के नेपाल सम्पन्न हुने हो भने ल्याटिन वा ग्रीक भाषा नेपालका विश्वविद्यालयमा पढाएर उनीहरूको तत्कालीन समाज जान्ने रहर हुन्न र ! शासकहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न वा समाजको अन्तरविरोधको सही समाधान दिन नसक्दा उदेकलाग्दा प्रकरणहरू जन्माउँछन् । नेपालमा संस्कृत विश्वविद्यालय खोलिनु त्यस्तै एउटा अनावश्यक विषय थियो । नाम संस्कृत राखे पनि यो यथार्थमा हिन्दु धर्ममा आधारित विश्वविद्यालय हो । अनि अहिले त बौद्ध विश्वविद्यालय पनि पो ! संस्कृत भाषा हो, बौद्ध दर्शन हो; यी दुवैलाई कुनै पनि विश्वविद्यालयले एउटा विभाग बनाएर पढाए काफी किन छैन ? संस्कृत भाषा र बौद्ध धर्मका विश्वविद्यालय हुन्छन् भने नेवार भाषा विश्वविद्यालय र मुन्धुम वा इस्लाम विश्वविद्यालयको माग गरियो भने कुन तर्कले हुन्न भनिएला ? नेपालमा जति व्यवस्था फेरिए पनि शासनमा ढलीमली गर्ने प्रशासक र शासकहरू मूलत: कथित हिन्दु उच्च जातबाट रहँदै आए । उनीहरूमा सुदूर विगतको त्यान्द्रोमय इतिहासको गर्वको विभ्रम बाँकी रहेको देखिन्छ । त्यही विभ्रम अन्धराष्ट्रवादका रूपमा पटकपटक प्रकट भइरहेछ । शिशुहरूमाथि संस्कृत शिक्षाको बोझमय अत्याचार त्यही राष्ट्रवादको नयाँ अध्यायसिवाय केही होइन । यो प्रकरण मातृभाषामा कम्तीमा प्रारम्भिक शिक्षाको अवधारणामा प्रतिगमनको ठोस संकेत हो । मातृभाषामा शिक्षा त्यस भाषाको रक्षाका निम्ति मुख्य होइन, बरु त्यस भाषामा हुर्केको शिशुलाई समग्र वर्तमानसँग जोड्न सजिलोका लागि हो, अनि सहोदर अन्य भाषीमा पनि अरूको भाषालाई सम्मान गर्ने संस्कृति विकासका लागि हो । संस्कृत सबैले बच्चैदेखि सिक्नुको वैज्ञानिकता पुष्टि हुन्छ भने ऐच्छिक किन, अनिवार्य गर्नुपर्छ । होइन भने, एउटा मृत भाषा र अर्को जीवन्त मातृभाषामध्ये एउटा रोज्न मिल्ने ऐच्छिकता कुन सिद्धान्तले पुष्टि हुन्छ ? यो त ठाडै असैद्धान्तिक बलमिचाइँबाहेक केही हुनै सक्दैन । अहिलेको यो प्रकरण विभिन्न मातृभाषा पाठ्यक्रमबद्ध र सुविधासम्पन्न हुन सक्दैनन् र लामो कालदेखि संस्कृतसँग भ्रमपूर्ण अनुराग भएकाहरू नै धेरै हेडमास्टर वा सञ्चालक समितिका हर्ताकर्ता भएको अवस्था बुझेर ऐच्छिकका नाममा अन्तत: संस्कृतलाई अनिवार्य रूपमा लागू गर्न सकिन्छ भन्ने दुष्प्रयत्नसिवाय केही होइन । साथै संस्कृत विश्वविद्यालय र शिक्षापीठहरूले उत्पादन गरेका खास समुदायका केही हजार व्यक्तिलाई प्रतिस्पर्धाहीन सुविधाको रोजगारी निरन्तर उपलब्ध गराइरहने चालबाजी पनि यससँग टाँसिएको सजिलै देखिन्छ । यो फेरि पनि हिन्दुकरण प्रक्रियाको नयाँ बोतल फेर्ने तर रक्सी पुरानै पस्किने राजनीति मात्र हो, जसको दृढतापूर्वक प्रतिरोध अनिवार्य छ । यस प्रकारको अनावश्यक लफडामा समयलाई अड्काइरहन चाहने शासकहरूका हर्कतका विरुद्ध सबैभन्दा बढी शिक्षित हुन पुगेका कथित हिन्दु उच्च जातबाट आएका प्रगतिशील चेतनाका बौद्धिकहरू अगाडि आउनु जरुरी छ, ताकि यो मुद्दालाई साम्प्रदायिक अनुरागबाट अलग गरेर ठीक र बेठीकको मुद्दाका रूपमा अघि बढाउन सहज होस् । प्रकाशित : जेष्ठ ४, २०७७ ०८:५९ #आहुति सोलिच्युड बाँचिरहेको एउटा मान्छे: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । दीपक सापकोटा ले कवि विप्लव प्रतीक माथि तयार गरेको प्रस्तुत फिचर २०७४, जेठ ६ गते अन्नपूर्ण पोस्ट मा प्रकाशित भएको थियो । यहाँ क्लिक गरेर यस सामग्रीलाई अन्नपूर्ण पोस्टमै पनि पढ्न सक्नुहुनेछ । …………………………………………… व्यक्ति पोयट्रीका साधु कहिलेसम्म वेश्यालयमा किशोरीहरू बेचिएको सहिरहनेछ ईश्वरले ? गरिबहरू कहिलेसम्म गरिबै हुनेछन् उसको साम्राज्यमा ? -मेरो खुलदुली/विप्लव प्रतीक कविताका यी चार लाइनमा गहिरो उदासी र तीव्र बेचैनी छ । संसारका सारा दृश्य देखेपछि कवि हैरान छन् र प्रश्न गरिरहेछन् ईश्वरलाई । सायद शंका छ उनलाई ईश्वरको तथाकथित साम्राज्यमाथि । यो दिक्दारीभित्र भुत्भुताइरहेको आक्रोश भेटिन्छ । त्यसो त उनी आक्रोशभन्दा पनि प्रेमका कवि हुन् । प्रेम उनको ब्रान्ड हो । प्रेम उनको कविता ब्रान्ड हो जसरी ‘ब्ल्याक लेबल’ उनको मदिरा ब्रान्ड । जसरी मदिराको लस्करमा बेग्लै उभिन्छ- ब्ल्याक लेबल, कविताको लस्करमा उसैगरी बेग्लै उभिन्छन् उनका कविता । अरूभन्दा प्रेमिल, रोमान्टिक, अलि बढी भावुक र सबैभन्दा कोमल । त्यसैले त उनलाई ‘कमलो कवि’ भन्न रुचाउँछन् पत्रकार किशोर नेपाल । ‘यिनको शब्द चयन विलक्षण हुन्छ । साना कुरा समातेर पनि कविता लेख्छन्’, किशोर टिप्पणी उठाउँछन्, ‘जबर्जस्ती कविता लेख्ने धेरै छन् यहाँ । तर उनी मनमा, दिमागमा आएपछि मात्रै कविता लेख्छन् ।’ लामो श्वेत कपाल बोकेको शिरमा टोपी अड्याएर हातमा कुनै कागज नलिई लीन भएर बडो भावुक मुद्रामा कविता सुनाइरहेका कुनै आकृति सहरमा देखिए भने ढुक्क भए हुन्छ- ती विप्लव प्रतीक हुन् । असीम पीडाबोध र गहिरो अनुभूतिको खँदिलो प्रस्तुति उनका कविता र गीतका खास विशेषता हुन्। कवितामा विशेष सिग्नेचर भएका विप्लवलाई सम्झनुमा वा उनीमाथि मिमांसा गर्नुमा के घाटा छ ? विप्लव भनेको क्रान्ति । तर, कवि विप्लवको आकृति मस्तिष्कमा आउनासाथ प्रेम विम्ब आइहाल्छ । कवितामा उनले नयाँ परिभाषा निर्माण गरेका छन् । जीवनभर ‘कमलो’ कविता लेखे यिनले । गालामा मुजा परेपछि कवि झन् ‘कमलो’ होलान् । अब यी कविसँग सहरका विप्लवी कविहरूले जस्तो ‘क्रान्तिकारी कविता’को आशा पनि के गर्नु ? मैदानमा असंख्य रुखबीच पनि एक्लै फुलिरहेको गुलमोहर टाढैबाट प्रस्ट चिनिन्छ । विप्लव प्रतीक त्यही गुलमोहर हुन् । आफ्ना कविताका शक्ति, सामथ्र्य, लाइफस्टाइल, गेटअप र ‘कमलो’ ब्रान्डले उनी भीडमा पनि चिनिने ‘गुलमोहर’ कवि हुन् । मेरो समयका आम कविभन्दा उनी भिन्न छन् – लेखाइमा, वाचनमा र लाइफस्टाइलमा । केवल एउटै समानता छ, उनी पनि ‘कविता’ लेख्छन् । तर, अरूभन्दा भिन्न कविता जो बिना दुविधा उभिएका छन् सहरमाझ- पशुपतिको विरूपाक्षझैं । तिनका कविता र भावभंगीको विश्लेषण क्याम्पसे समीक्षकको जिम्मा । मेरो निम्ति उनको कविता अपरेसन थिएटरमा पल्टिएको बिरामी शरीर होइन । विप्लवका कविता त अनुभूतिका लागि हो । महसुसका लागि हो । के अनुभूतिको पनि अपरेसन हुन्छ र ? लेखक कुमार नगरकोटीको नजरमा त उनी ‘साधु’ हुन् । एक भेटमा नगरकोटीले आफ्नै अन्दाजमा भनेका थिए, ‘विप्लव प्रतीक मलाई साधुजस्ता लाग्छन् । पोयट्रीका साधु, यु सी ! यिनका कविता मन्त्रजस्ता हुन्छन्, जसलाई प्रार्थना भन्न सकिन्छ । प्रार्थना अफ लभ, लाइफ, कम्प्यासन एन्ड डेथ । हिज पोयट्री इज अ साइलेन्स कम्पोज्ड इन मेडिटेसन । आत्माको प्रार्थनालाई शब्दमा कुँद्ने कवि आत्मीय हुन्छ । र, विप्लव प्रतीक आत्मीय कविको नाम हो ।’ नगरकोटीले भनेजस्तै उनका कविता भीड वा जुलुसमा होइन एकान्तमा सेलिब्रेट गर्नका लागि हो । ‘त्यस्तो एकान्त जहाँ प्रेम, अनुभूति, संवेदना र आनन्दको सत्संग चलिरहन्छ । विप्लवका कविता एकान्तमा गुञ्जने तानपुराको उच्छवास हो । डेथ बेडमा मर्दै गरेको मृत्युको अन्तिम स्वास हो,’ नगरकोटीले त्यो साँझ विप्लव-कविता फिलिङ्सको मिस्ट्री सेयर गरेका थिए, ‘मलाई लाग्छ, एकान्तमा मास्टरवेसन गर्नुभन्दा काव्य-सेलिब्रेसन गर्नु अग्र्याजनिक उपलब्धि हो । आनन्द हो । प्लेजर अफ पोयट्री इज अ प्लेजर अफ कस्मिक मिस्ट्री । शब्दहरूको भीडमा होइन, अपितु शब्दहरूबीच-इन बिटविन वर्डस-जुन लामो एकान्त हुन्छ त्यही एकान्तमा विप्लव प्रतीकको आत्माले गुँड बनाएको छ । र, त्यो गुँड मलाई मनपर्छ । साधनाले मनुष्यलाई साधु बनाउँछ, साधवी बनाउँछ । र, यो देशमा यस्तो भागदौडबीच कविताका साधुज् एन्ड साधुविज् विरलै पाइन्छन् । विप्लव प्रतीक मलाई लाग्छ, एक अपवाद हुन् । एन्ड एक्सेप्सनल पोयट । यू सी ! कवि अपवाद भएकै राम्रो ।’ नगरकोटीले निचोड निकालेका थिए, ‘यिनलाई पढ्दा, कहीँ-कतै भेट्दा, काव्य-झरनामा नुहाएझैं लाग्छ । मन चोखो, निर्मल हुन्छ । यिनको पोयट्रीमा, गीतमा म एक किसिमको अरोमा एन्ड फ्रेगरेन्स पाउँछु । त्यस्तो फ्रेगरेन्स जुन तपाईं बाथरुमको ओडोनिल या कुनै नारी देहको अत्तरमा होइन अपितु मन्दिरको प्रांगणमा बल्ने अगरबत्तीको सुगन्धमा भेट्न सक्नुहुन्छ । तर, दैवको लीला हेर्नुस् ! यस्तो सुगन्धित, कोमल मनुवाको नाम छ- विप्लव ! कस्तो खुँखार नाम ! लाग्छ, कविज्यूको जिन्दगीको शीर्षक नै गलत भयो । लाग्छ, यो साधुको निम्ति कुनै सुन्दर नाम खोजुँ । तर, नयाँ नाम र जिन्दगीको शीर्षक फेला नपारुन्जेल यी कविलाई साधु नै भनिरहुँ । पोयट्रीका साधु, यु सि !’ तपाईंलाई लाग्न सक्छ, म बढी नै विप्लव भक्त भइरहेछु । यो सिन्डिकेटग्रस्त समय र समाजमा कुनै साधु वा शासक जसको पनि प्रशंसा गर्नु संशयपूर्ण हुन्छ । तपाईंको मनमा उठेको संशय नाजायज होइन, जायज नै हो । तर, यो धोकाधडी समयमा एकजना इमानदार, समर्पित र कमलो कविको प्रशंसा गर्नुमा के घाटा ? द्वन्द्व र द्वेषको साटो प्रेमको कविता अवश्य पनि सबैभन्दा सुन्दर र सबल हुन्छ ।अब यी ‘पोयट्रीका साधु’को निजी जीवनभित्र पस्नुअघि केही ‘इन्ट्रेस्टिङ’ इभेन्ट्सको चर्चा गर्नु लाभदायक होला । यथार्थको भ्रम यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ कसको हो यो कविता ? यो कविताको रहस्य र दासढुंगाको रहस्य उस्तै छ । र, दुवै चर्चित छन् । नेपाली कम्युनिस्ट नेता मदन भण्डारीको हरेक स्मृति दिवस (जेठ ३) वा जन्मजयन्तीमा उनलाई श्रद्धा गर्नेहरूले यी दुई लाइनलाई उनै भण्डारीको रचनाको रूपमा प्रस्तुत गर्छन् । कतिपय एमाले नेताहरू यो रचना मदनकै भएको दाबी नै गर्छन् । पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई पटकपटक सुने पनि यो कविताको रचनाकार थाहा रहेनछ । खनालले यसबारे जानकारी लिन ‘सञ्जय थापा (प्रदीप नेपाल) लाई सम्पर्क गर्न’ सुझाए । नेता प्रदीप नेपालले भने यो कविता मदन भण्डारीकै भएको दाबी गरे, ‘यो कविता मदन भण्डारीकै हो ।’ तर, मदनले यो कहिले लेखे भन्ने चाहिँ नेपाललाई थाहा छैन । प्रदीप नेपालजस्तै अर्का एमाले नेता प्रदीप ज्ञवालीका निम्ति पनि यो ‘मदन भण्डारीकै उक्ति’ हो । दासढुंगाको घटना रहस्यमय छ । कविताको रहस्य भने अब रहनु हुँदैन । रहस्यमयी कविता पछाडिको कथा भने बेग्लै छ ।२०५० जेठ ३ गते । कवि विप्लव प्रतीक आफ्नै निवास घट्टेकुलोमा थिए, केही गरिरहेका । अचानक रेडियोले सुनायो- एमाले नेताद्वय मदन भण्डारी र जीवराज आ िश्रत चढेको जिप चितवनको दासढुंगाबाट त्रिशूलीमा खस्यो, नेताद्वय बेपत्ता छन् । विप्लवको मस्तिष्कभरि मदनको सम्झना घुम्न थाल्यो । उनले मदनको भाषण सुनेका थिए- ‘राजा श्रीपेच फुकालेर आऊ’ । जापानी पत्रकारले लिएको मदनको अन्तरवार्ता विप्लवले अनुवाद गरी दृष्टि साप्ताहिकमा प्रकाशन पनि गरेका थिए । र, नेपाल टेलिभिजनमा मदनको शालीन अन्तरवार्ता हेरेका थिए । पछि मदनको शव भेटियो । उनकोे मृत्युको घोषणा भएको दिन बिहान ३ बजे उठेर विप्लवले कविता लेखे, मदन भण्डारी सम्झनामा- ‘योद्धा र मान्छे’ । माथिका दुई पंक्ति त्यही कविताको अन्तिम दुई लाइन हुन् । किन ती दुई लाइनलाई आजसम्म मदन भण्डारीको रचनाको रूपमा लिइन्छ ? त्यसको पनि कथा छ । ‘योद्धा र मान्छे’ लेखेको बिहान नै विप्लवले कार्यालयमै पुगेर दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई कविता बुझाए । त्यतिबेला ‘दृष्टि’ बुधबार बजारमा आउँथ्यो । तर, ९ गते शनिबार ‘दृष्टि’को मदन भण्डारी विशेषांक प्रकाशित भयो । त्यही विशेषांकमा विप्लवले पठाएको कविता त छापियो तर माथि उल्लेखित दुई लाइन मात्र- शोकमग्न सर्वसाधारणको तस्बिरहरूले भरिएको पृष्ठ ३ को सिरानमा, रचनाकारको नाम नलिई । विप्लव सम्झिन्छन्, ‘मैले दिएको कविता त शोक जनाउन छापिएको रहेछ, दुई लाइन ।’ त्यही विशेषांकबाट यी दुई लाइन स्थापित भए । तर, मदन भण्डारीको रचनाको रूपमा । ‘दृष्टि’सँग आबद्ध लेखक अग्निशिखाले ती दुई पंक्ति विप्लवको भएको उजागर गर्ने प्रयास पनि गरे । विशेषांकलगत्तै प्रकाशित ‘दृष्टि’को नियमित अंक – वर्ष १०, अंक २९, २०५० जेठ १३ गते बुधबारको पृष्ठ ६ मा विप्लव प्रतीककै नाममा ‘योद्धा र मानिस’ सिंगो कविता छापियो । कविताको पुछारमा अग्निशिखाले नोट लेखेका छन, ‘दृष्टिले गतांकमा उल्लेख गरेको ‘एउटा मान्छे मर्दा इतिहासले बरखी बार्छ’ भन्ने वाक्यांश यही कविताबाट लिइएको हो।’ दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ पनि यो कविता विप्लवले उतिबेलै लेखेको बताउँछन् । ‘यो कविता विप्लवले मदन भण्डारी बित्नेबित्तिकै लेखेर मलाई बुझाएका हुन् र दृष्टिमा प्रकाशित पनि भएको थियो,’ शम्भु भन्छन् । विडम्बना ! अग्निशिखाको नोट ख्याल नगर्नेहरू धेरै भइदिए । अहिलेसम्म हजारौंपटक यी दुई पंक्ति कोट भएका छन्, तर मदन भण्डारीको नाममा । कतिसम्म भने, मदन भण्डारीको दुर्घटनामा आधारित फिल्म ‘दासढुंगा’मा पनि यी दुई लाइन मदन भण्डारीकै भनेर उल्लेख गरियो । ‘हिमाल’ खबर पत्रिकामा विज्ञापन छापियो ‘दासढुंगा’को । विज्ञापनमा यी दुई पंक्तिमुनि ‘क. मदन भण्डारी’ लेखिएको थियो । विज्ञापन देखेपछि विप्लवले नाटक निर्देशक सुनील पोखरेललाई कविताको यथार्थ बताएका थिए । सुनीलले ‘यो कविता विप्लव दाइको हो’ भनेर निर्देशक मनोज पण्डितलाई फोन पनि गरे । पछि फिल्मको रिसर्च गर्ने मानिसले विप्लवलाई नै फोन गरेर झपारे- ‘यस्तो कालजयी सिर्जनालई आफ्नो भनेर चर्चामा आउन खोजेको ? ‘ विप्लवले भनिदिए- ‘चर्चामा आउन त्यो कविता मेरो भनेको भए म तिम्रो लागि जन्मेको पनि छैन ।’ पछि पत्रकार यज्ञशले विप्लवलाई फिल्म प्रोड्युसर अपिल विष्टसँग भेट गराएपछि उनले सच्याउने वचन दिए । तर, अहिले पनि ‘दासढुंगा’को कास्टिङमै यी दुई पंक्ति मदन भण्डारीकै नाममा देख्न पाइन्छ । मनोज पण्डितले कुनै किताबमा मदन भण्डारीकै नाममा यी पंक्ति देखेपछि फिल्ममा राखिएको बताए । कविताको यथार्थ सुनाउँदा निर्देशक पण्डित छक्क परे । एउटा कविताका दुई लाइन रहस्यमयी बनिरहेका छन् । ती दुई लाइनसँग दुई व्यक्ति जोडिन्छन्- मदन भण्डारी र विप्लव प्रतीक । भण्डारीको मृत्यु रहस्यमय छ । कविताको रहस्य अब रहनु हुँदैन । कवि देवी नेपाललाई पनि धेरै समयसम्म कविताको यो यथार्थ थाहा थिएन । उनले यस कवितालाई मदन भण्डारीकै हो भनेर लेखे २०५८ सालको नेपाल समाचारपत्रमा प्रकाशित एक लेखमा । पछि तथ्य खोजी गर्दा विप्लव प्रतीकको भन्ने थाहा पाए । त्यसपछि भण्डारीका रचनामाथि अनुसन्धानपछि तयार गरिएको किताब ‘मदन भण्डारीका कविता र गीत’मा यस कविता समावेश गरेनन् । यथार्थ र इल्युजन जे भए पनि यी दुई लाइन शक्तिशाली बनेर उभिइरहे । मानिसको हृदयमा टाँसिए । किनभने यी पंक्ति हृदयको ज्वारले लेखिएका थिए । ‘बंगलादेशको वाणिज्यदूत बन्ने, इन्डियाको सांस्कृतिक सहचारी बन्ने, युरोप-अमेरिकाको कल्चरल एट्याची बन्ने लोभमा यो कविता मैले लेखेको थिइनँ’, कविताको गर्भ सुनाउँदै विप्लव भन्छन्, ‘म साउथ अफ्रिकामा जन्मेको भए नेल्सन मण्डेलाको लागि, अमेरिकामा जन्मेको भए मार्टिन लुथर किङको लागि लेखिएको कविता हुन्थ्यो यो । सौभाग्यवश, म नेपालमा जन्मिएँ र मदन भण्डारीको निधनले नै मेरो काव्यको ज्वार फुट्यो ।’ सोलिच्युड जिन्दगी त्यो कुन गल्ली थियो जहाँ विप्लव कविताका कच्चापदार्थ खोज्दै दिनैभरि भट्किइरहन्थे ? त्यो कुन सडक थियो जहाँ विप्लवले मदिराको रमरममा पनि कविता सोच्दै हिँडे ? र, उमेरका पाँच दशक ६ वर्ष बोकेर उनी हिँडिरहेको यो कुन समयको गल्ली हो ? के हो यसको रंग ? जीवनका फरक-फरक कम्प्लेक्स रंगका साक्षी बसेका विप्लव प्रतीक अचेल अनेक कुरा खेलाइबस्छन् । काठमाडौं उनको निम्ति केही खास हो । जीवनभर यही सहरको मादकताले उनलाई पछ्याइरह्यो । कहिलेकाहीँ त उनलाई लाग्छ, यो सहर एउटा उत्तेजक सिम्फोनी हो । चर्का लाइटहरूले घेरिएको, समयको चेतनामा डुबिबसेको बासी सपना देख्ने सहर । यही सिम्फोनी-सहरको मुटुमा हुर्किए विप्लव । भजनले भरिएका मन्दिरहरू छेउ । साँझदेखि रातिसम्मै तबला र हार्मोनियमको सुरमा मस्त हुने चोकहरूमा । यिनैले त हो उनलाई दिवाना र कवि बनाएको । कहिलेकाहीँ उनी यो सहर र ती समयको चित्र कोर्न खोज्छन् । चाहेजस्तो बन्दैन सायद, बीचैमा छोड्छन् । ‘यो सहरमाथि लेख्ने त्यस्तो फोटोग्राफिक पिक्चर मसँग छैन,’ नोस्टाल्जिक ट्युनमा भन्छन् । काठमाडौं भीमसेनस्थानको बहाल (वसन्तपुरबाट ताहाचलतिर) – उनको जन्मस्थान । धोबीधारा- पुख्र्यौली घर । कृष्णप्रसाद सर्वहारा- उनका बुवा – लेफ्ट मुभमेन्टमा लागेका लेखक । बुवा कस्ता भने, घर बन्धकी राखेर किताब प्रकाशन गर्ने किसिमका । ‘प्रेमको हत्या’, ‘विद्रोही आँसु’, ‘दुई छेस्का सलाई’, ‘दरबारकी केटी’, ‘मान्छे बेचिँदैन’ (कथासंग्रह), अचेल पुस्तक पसलका र्\u200dयाकमा नदेखिने यी किताबमा उनकै बुवाको नाम टाँसिएको छ । किताब छाप्न बन्धकी राखेको घर पाँच सय रुपैयाँमा गएपछि उनीहरूको बसाइँ सर्ने क्रम सुरु भएको थियो- भीमसेनस्थानबाट प्याफल, प्याफलबाट प्युखा, प्युखाबाट सिफल । बुवा कृष्णप्रसादले आफ्नो नाममा ‘सर्वहारा’ जोडेका थिए । राजा महेन्द्रले भनेका थिए- ‘सर्वहारा’ उपनाम नराख्नू ! बुवा मान्ने किसिमका मानिस कदापि थिएनन्, लेखक जो थिए । परिणामः ‘फलानालाई सरकारी जागिर नदिनू’ भन्ने मौखिक फरमान जारी भयो । त्यसैले बुवा कामको सिलसिलामा टाढाटाढा पुग्थे । त्यही कारण आफ्नो बुवालाई उनले सातवर्षको भएपछि मात्रै चिने । विप्लवको कवि जीवन उनै ‘सर्वहारा’बाटै सुरु हुन्छ । उनकै करले विप्लवले पहिलो कविता लेखेका थिए लेनिनको शतवार्षिकीमा भ्लादिमिर इलिच लेनिनबारे । ‘रेडियो नेपाल’मा कविता सुनाउने मौका पनि पाए । तर, रच्न आउँदैनथ्यो । विदेशी पत्रिकाबाट कुनै २२ पंक्तिको कविता ट्याकटुक मिलाएर आफ्नोजस्तो बनाई सुनाइदिए । रेडियो प्रस्तोता निरोधराज पाण्डे, धन लामाले धाप मारे । तर, रेडियोबाहिर निस्केपछि घर जान आफैंलाई धक लाग्यो । ग्लानिबोधले मुर्झाएर भद्रकाली-सिंहदरबारतिर दिनभर ओहोरदोहोर गरिरहेको ब्ल्याक एन्ड ह्वाइट अनुहार विप्लव प्रतीककै थियो । त्यसपछि उनी रेडियो नेपालको बाल-कार्यक्रममा जानै छोडे । विप्लवसँग जोडिने अर्को कथा उनको नाम हो । प्रतीक उनको टाइटल होइन, जात, थर सबैथोक हो । विप्लव पछाडि झुन्डिनुपर्ने पहिचान के हो ? धेरैलाई थाहा छैन । उनी तागाधारी हुन् कि मतवाली ? त्यो पनि धेरैलाई थाहा छैन । सोधे उनी भन्छन्- ‘माई नेम इज विप्लव प्रतीक’ । उनको नाम पटकपटक फेरिइरह्यो- कहिले विप्लव तामाङ, कहिले विप्लव खाँ र कहिले विप्लव भारती । उनका मनपसन्द मित्र थिए- वीरबहादुर तामाङ, मकबुल खाँ र राजु भारती । साथीजस्तै तिनका थर पनि प्रिय थिए । त्यसैले डायरीमा पेन्सिलको सानो टुप्पोले उनले पटकपटक आफ्नो नाम पछाडि तिनै थर लेखे/मेटे । त्यसो त उनले धेरै नाम र ‘प्रिय’ थर छोडेर विप्लव कुमार अञ्जाना, विप्लव कुमार अकेलाजस्ता नामहरूमा पनि मोह नदेखाएका होइनन् । डायरीमा पटक-पटक लेखिएका/मेटिएका अनेकन् थर देखेर एकदिन बाले सोधे- ‘पछाडिको नाम किन यसरी फरकफरक लेखेको ? ‘ ‘सबै मेरै साथी हुन्, केही भन्दैनन् ।’ ‘जहिले पनि यसरी फरक फरकै लेख्छस् ? ‘ ‘अँ’ । त्यो क्षण सम्झिन्छन् विप्लव, ‘बाले भन्नुभयो- तँलाई जे लेख्न मन लाग्छ लेख्, तर एउटै लेख् बुझिस् ? नत्र पछि झन्झट हुन्छ ।’ र, अन्ततः उनले आफ्नो नयाँ नामको घोषणा गरे- ‘माई नेम इज विप्लव कुमार प्रतीक।’ अहिले ‘विप्लव कुमार प्रतीक’बाट ‘कुमार’ हटिसकेको छ ।आखिर किन पारिवारिक कुल-नाम लेखेनन् उनले ? एउटा निबन्धमा विप्लव लेख्छन्, ‘मेरो आदर्श र नायक हुनुहुन्थ्यो, मेरा लागि बा । सायद सिको गर्न पुगेको थिएँ म उहाँको । मलाई पनि त्यस्तै कुनै नाम, उपनाम वा विशेषणको प्रबल मोह हुन पुग्यो ।’ इन्ट्रेस्टिङ ! सबै सरकारी कागजात, राहदानी, नागरिकतामा उनी ‘विप्लव प्रतीक’ नै छन् । अन्य कतिपय यस्तै नामधारीहरूले जस्तो ‘फलानो नामधारी ‘क’ फलानो ‘ख’ नै हो’ भन्ने टाइपको सफाइ दिइरहनुपर्दैन उनले । एक्लोपन विप्लवको जीवन-छाया हो । एउटा गहिरो एक्लोपन बोकेर हिँडिरहेका छन् उनी । त्यही एक्लोपनमै कविताका बुट्टाहरू कोर्छन्, त्यसलाई शब्दले सिँगार्छन्, लयको धुन दिन्छन् । तैपनि एक्लोपन उनीसँगै रहिरहन्छ । सायद, त्यही एक्लोपन हटाउन भट्किरहेका हुन्छन् उनी । कुनैबेला काठमाडौंका गल्ली, थिएटर, वा अन्तै कतै भट्किइरहन्थे । अहिले पनि भट्किरहेका हुन्छन्- जहाँतहाँ, जताततै । काँकडभिट्टामा केही महिनाअघिको कला-साहित्य उत्सवमा भेटिएका थिए । उत्सव सकिएपछि अरू सहभागी आ-आफ्नै थलो फर्किए । उनी भने महिनादिनपछि मात्रै काठमाडौं आइपुगे । विप्लवको यो एक्लोपन र यो फिरन्तापनमा जोडिएर आउँछ उनको विखण्डनको दुःख । किशोरवयमा उनले परिवार विखण्डनको दुःख व्यहोर्नुपर्\u200dयो । बुवा आमा सँगै बस्न सकेनन्, छुट्टिए । ‘आमाबाले आ-आफ्नो बाटो समात्नुभयो र हाम्रो परिवार भताभुंग भयो’ उनी सुनाउँछन् । त्यसपछि उनले बुवाआमा छुट्टिएको पीडामा हरेक दिन दुई÷तीनका दरले कविता लेखे । ६ महिनासम्म बुवासँग बसे । भाइबहिनी आमासँग बस्थे । बुवासँग पनि बस्ने वातावरण रहेन । अनि एक्लै बस्न थाले । अहिलेसम्मै एक्लै छन् । उनले कतै लेखेका छन्, ‘बाआमाको बात्सल्यमा लाडिएर बाँचिरहेको मैले अचानक जीवनको नौका एक्लै चलाउनुपर्ने अवस्था आइलाग्दा त्यतिखेर पहाडै खसेजस्तो लागेकोे थियो ।’ आमा गइसकेपछि उनमा छिमेकीहरूको सहानुभूति पोखियो । उनी भने जवाफ दिन्थे, ‘यो आमाको च्वाइस हो । आफ्नो जीवनको छनोट गर्ने अधिकार सबैलाई हुन्छ ।’ त्यसबेला उनमा यस्तो हिम्मत जगाइदिने र जीवनप्रतिको विचार निर्माण गर्न सहयोग गर्ने कोहीकेही थिए भने ती किताब थिए- निकोलाई अस्त्रोभस्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’, दोस्तोवस्कीको ‘इडियट’, ‘कारमाजोभ ब्रदर्स ।’ आमाले छोडेको, बुवालाई छोडेका उनले अन्नतः टोल नै छोडे । बत्तीसपुतली बस्न थाले । वनकाली, पुतलीसडक, मञ्जु श्री टोलतिर पनि लामै समय बसे । विप्लव हेर्दाहेर्दै नितान्त एक्लो भए यो सहरमा । त्यही एक्लोपनको उपहार हो उनको कविता । नौ वर्षको नियमित अभ्यासपछि आफूलाई सुनाउनयोग्य कवि ठाने । जे लेख्यो त्यही कविता हुन्छ भन्ठान्दैनन् उनी । साधना उनको स्वभाव हो । भन्छन्, ‘कविता रि-राइट, सम्पादन निकै गर्छु । कवितासँग वर्षौं खेलिरहनुपर्छ भन्ने लाग्छ ।’ बाँच्नुपर्ने एउटा जिन्दगीले धेरै थोक बनायो उनलाई । रुसी भाषा सिके । १६ वर्षकै उमेरमा ‘रसियन कल्चर सेन्टर’मा जागिरे भए । १९७८ मा सुरु गर्दा मासिक आठ सय पाउँथे । १९८१ मा छोड्दा २२ सय तलब बुझे । पत्रकारिता उनीसँग जोडिएको अर्को पाटो हो । दुई दशक पत्रकारिता गरे । स्क्रिप्ट लेखे, फिल्म निर्देशन गरे । निर्देशनकै लागि पाकिस्तानसम्म पुगे । तर, नाम कतै लेखाएनन् । उनी चाहन्थे, नाम कवितामै होस् । एक्लोपनको फरक मोड, २९ वर्षमा बिहे गरे । १४ वर्षसम्म सँगै बसे । र, छुट्टिए । किन ? ‘इगो ट्रिपको हालतमा मानिसले एकअर्कोलाई सम्मान गर्न सक्दैन । बिहे गर्नु भनेको प्रेमजस्तै एउटा साधना हो । कसरी आफ्नो सहधर्मिनीलाई सधैं फक्रिएको फूलजस्तै राख्नका लागि निपुर्ण माली बन्न सक्छु भन्ने थाहा नहुनेले विवाह नगरेकै राम्रो । म जतिसुकै मान्छेको सम्मान गर्ने र माया गर्ने व्यक्ति भए पनि सम्बन्धविच्छेद पछि मलाई त्यस्तो माली बन्ने आँट आएन । जाँगर चलेन । सायद छुट्टिनुको कथा त्यही इगो ट्रिपले बुनेको होला ।’ बिहेपछि पनि ‘प्रेम’ नामका सम्बन्धमा नगाँसिएका कहाँ हुन् र ? तर, बिहेको विधानसम्म पुगेनन् । ‘आफूलाई ओल्टाएर, पल्टाएर, संग्लाएर, सम्झाएर हेरेँ । दोहोर्\u200dयाएर बिहेको सिस्टममा एडजस्ट हुन सकिनँ’, कारण खोतल्छन् विप्लव, ‘मेरो मनले बिहे गर्ने अनुमति दिएन । मलाई सिमोन द बुआजस्तो वा अमृता प्रितमजस्तो युवती पाउने आशा पनि यो जुनीमा छैन ।’विप्लवले यसो भनेर अरूलाई एक्लै बस्न प्रेरित गरेका होइनन् । ‘यस्तो प्रेरणा अरूलाई दिन्नँ । एक्लोपन, लन्लिनेसलाई म सोलिच्युडमा रूपान्तर गर्छु । म जुन अवस्थामा छु, गुनासो पटक्कै छैन,’ विप्लव भन्छन् । गीतको कथा गहिरो भावुकता विप्लवको नामसँगै जोडिएर आउने विशेषता हो । यो भावुकता उनको गीतले गाउँछ । साउन-भदौको झरीमा रेडियोले बजाउँछ- ‘हर रात सपनीमा…।’ सुनिरहँदा एकतमासको उदासीले छोप्छ । गीतका हरेक शब्दहरू सजीव भएर प्रस्तुत हुन्छन् । कहिल्यै घर नछोेडेको मानिसले पनि घरबाट टाढा हुनुको दुःख महसुस गर्छ । गीतको अन्तर्यमा एउटा मानिस छ- घरको मायाबाट धेरै टाढा, घर सम्झिरहेको मानौं कतै भट्किरहेको । त्यो मानिस विप्लव नै हुन् । यो गीतले हामीलाई ०४४ सालमा लैजान्छ । त्यतिबेला उनका बुवा पशुपतिनाथ छेउको देउपाटनमा माटोले जोडेको घरमा बस्थे । विप्लव चाहिँ भाडामै सही सिमेन्टको घरमा बस्थे । त्यो माटोको घरमा उनका बुवा सुत्ने सिरानपट्टिको गाह्रो चिरिएको थियो । त्यही चिरिएको गाह्रो सम्झेर हरेक मनसुनमा विप्लव आफैं चिरिन्थे । मनसुन आउँदा उनलाई टेन्सन हुन्थ्यो । जब चट्याङ बज्रन्थ्यो, बुवाको साह्रै याद आउँथ्यो । कसरी बसिरहेका होलान् ? न घर भत्कियो कि ? घर भत्केर उनलाई कतै पुर्\u200dयो कि ? दुःस्वप्नले ऐँठन गथ्र्यो । भोलिपल्ट बुवाले पढाउने स्कुलमा फोन गरेर उनको आवाज सुनेपछि ढुक्क हुन्थे । १० वर्षसम्म यो अनुभूतिमा गुम्सिइरहे । १० वर्षपछि उनी चितवनमा थिए । नारायणी उर्लेर घरघर छोएको थियो । नारायणीको त्यो उर्लंदो भेलले एक दशकदेखिको गुम्फनलाई निकास दियो । चार लाइन चितवनमै लेखे, काठमाडौं आएपछि थपे ‘आगो र आँधी सोचिरहेछु÷भुँइचालोलाई थाम्छु भनी÷हर साँझ सहरमा हुरी चल्छ÷गाउँमा सायद छानै उड्यो कि ? ‘ २०५६ मा दीप श्रेष्ठले गाएपछि गीतले विशेष उचाइ लियो । उनका अरू पनि गीत छन् । बज्छन् । सुन्दा राम्रै छन् । तर, विप्लवलाई जीवित राख्न यही एउटा गीत काफी छ । उनको चर्चित कवितासंग्रह छ- नहारेको मान्छे । अमेरिकाबाट प्रकाशित अर्को कवितासंग्रह छ- अ पर्सन किस्ड बाई द मुन । उनका कविता स्पेनी र फ्रान्सेलीमा पनि अनुदित छन् । ‘नहारेको मान्छे’ कविता कृतिबाट पाँच कविता जोडेर २०६५ सालमा घिमिरे युवराजले नाटक मञ्चन गरेका थिए । घिमिरे भन्छन्- ‘विप्लव दाइका कविता सधैं म जतनले पढ्छु । उनका कविताका हरेक अक्षर र शब्दहरू पवित्र लाग्छन् । खासमा विप्लव दाइ आफैंमा कविता हुन् ।’ घिमिरेले निर्देशन गरेको पछिल्लो नाटक ‘दीक्षान्त’मा पनि विप्लवले दुई गीत लेखेका थिए । सहरका ताता वा चिसा चिया अड्डाहरूमा विप्लवको कुरा नकाटिने होइन । प्रेमदेखि प्रेमसम्मका कविका रूपमा परिभाषित छन् उनी । तर, उनी डिफेन्स गर्छन्, ‘जीवनमा प्रेममात्रै होइन । आँसु, विरह, दर्द, अन्याय सबै हुन्छ । मैले प्रेमबाहेक अरू कविता पनि लेखेको छु- राजनीति, नारी, मोक्षजस्ता विषयमा ।’ भनिहालियो सोलिच्युड उनको जीवन हो । कहिलेकाहीँ कविताहरू साथ लाग्छन् । कविता अर्थात् कविता । उनी कवितालाई प्रेम गर्छन् । घट्टेकुलोमा घर छ । जागिर छैन । बेलाबेला अनुवाद गर्छन् । स्कच खान पुगेकै छ । पिउनुलाई नसासँग होइन शालिनतासँग जोड्छन् । पिएर हल्ला गर्ने र ठूला कुरा गर्ने विप्लव प्रवृत्ति होइन । अचेल उनी रक्सी, सम्बन्ध र शब्दलाई बढो जतनले चलाउँछन् । विप्लव प्रतीकसँग संगत गरेपछि लाग्छ, यो सहरमा यस्तो पनि मान्छे छ जो अरुको लागि समस्या बन्दैन । विप्लव प्रतीक इज अ हार्मलेस म्यान । #दीपक सापकोटा #विप्लव प्रतीक चियाको बुटासँग गोर्खालीले हारेको अर्को युद्ध: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको सामग्री हामीले अन्नपुर्ण पोस्ट बाट साभार गरेका हौँ । संस्मरण विधाको प्रस्तुत लेख घिमिरे युवराज ले लेख्नुभएको हो । तपाईँले प्रस्तुत संस्मरण अन्नपूर्णकै फुर्सदमा पनि पढ्न सक्नुहुनेछ । …………………………………………………………….. संस्मरण म मिरिकको फुगुडी चिया कमानमा छु। शान्तिला तामाङलाई बुबाआमाको मातृभाषा आउँदैन। उनको मातृभाषा नेपाली भयो। उनले बोल्दा खस भाषा फरक सुनिन्छ। अर्कै मिठास सुनिन्छ, लवजका कारणले। ‘मेरो आमाले बोलेको नेपाली कस्तो अप्ठेरो सुनिन्छ !’ लाज मान्दै शान्तिलाले भनेकी थिइन्। ‘कस्तो अप्ठेरो ?’ म उत्सुक थिएँ सुन्नलाई। तर, उनकी आमाको उच्चारण पनि फरक र मिठासपूर्ण लाग्यो मलाई। शान्तिलाको बुबाआमाको सहयात्राको सुन्दर कथा रहेछ। शान्तिलाकी आमा नागाल्यान्डकी नागामिज। बुबा मिरिक, दार्जिलिङको तामाङ। रतन तामाङ भारतीय सेनामा भर्ती भएर नागाल्यान्ड पुगेछन्, सन् १९६८ मा। सेनाको जागिर छोडेर शिक्षक बनेका रतनको प्रेम बसेछ, १७ वर्षीया सोसेली संताङसँग। सन् १९८६ मा भागी विवाह गरेछन्, यी दुईले। रतनले सोसेलीलाई मिरिकको फुगुडी चिया कमानभित्रको पुख्र्यौली घरमा लिएर आए। रतन र सोसेली त्यसबीचमा कहिल्यै नागाल्यान्ड गएनन्। यहीँ जन्मिए, यिनका दुई छोरी र एक छोरा। गत फेब्रुअरीमा कान्छी छोरी शान्तिलाले आमालाई लिएर नागाल्यान्ड पुगिन्। ३४ वर्षपछि सोसेलीले आफ्नो माइतीघर टेकिन्। आमाबुबा बितिसकेछन्। दाइभाउजू र तिनका छोराछोरी रहेछन्। ‘मलाई त मर्\u200dयो भनेर माया मारेको जिउँदै देखेर अचम्ममा परे। मलाई र शान्तिलालाई भेटेर सबैजना खुसी भए।’ तर, सोसेलीले नागामिज भाषा नै बिर्सिछन्। खिन्न अनुहार लाएर उनले भनिन्, ‘आफ्नो आमाबुबाको भाषा बोल्छु भनेको त नेपाली पो फुत्कियो। मलाई एकदमै नराम्रो लाग्यो। उनीहरूको अपमान गरेजस्तो भयो। र, मैले हात जोडेर भनेँ, ‘मलाई माफ गर्नुस् नागामिज भाषा बिर्सेंछु।’ सुरुमा त दाजुभाउजू अचम्ममा परे तर पछि उनीहरूले मलाई माफी दिए।’ मूलघरसँगै जोडिएको सानो भान्साघरमा बसेर म शान्तिलाकी आमासँग बात मार्दै छु। म चिया कमानभित्रको गोर्खाली बस्तीमा छु। यस्तो लागिरहेको छ, मानौँ म अध्ययनका लागि कुनै विश्वविद्यालयमा छु। शान्तिलाको टोलको नाम हो, २ नम्बर। शान्तिला मेरी विद्यार्थी हुन्, रंगमञ्चको। तालिमको क्रममा गत वर्ष यिनी पाँच महिना बसिन्, काठमाडौँ। एउटा नाटकमा अभिनय गरिन्। ‘निर्मलाका निम्ति न्याय’ अभियानमा सरिक भइन्। त्यसपछि फर्किइन् आफ्नै जन्मथलो। काठमाडौमा हुँदा उनले शिल्पी र अरू थिएटरमा पनि भ्याएजति नाटक हेरिन्। यसले उनीभित्र रंगमञ्चको रहर र तिर्खा झन् जगायो। यतै हुँदा भन्ने गर्थिन्, ‘सर चिया कमानको जिन्दगीमाथि नाटक बनाउने इच्छा छ।’ सिलिगुडीका कवि राजा पुनियानीले मोनोलग लेखेर पठाए चियाकमानकी एक मजदुरको। निलो खुन। मालिकैलाई चियाबारी रातो सुन हामीलाई त चियाबारी हरियो खुन धर्ती छाडी ताक्नु हुन्छ हजुर जून हामीलाई त निस्तो गाँसमा ढिका नुन बग्यो बालासन लैलै सुक्यो बालासन मैले फिटिक्कै नबुझेको विषय हो, यो। नाटकलाई कसरी बलियो बनाउन सकिन्छ भनेर केही लिटरेचर पढ्दै थिएँ। राजाले केही अनलाइन पुस्तक पठाउँदै थिए। शान्तिला मिरिकमै थिइन्। मिरिकमै नाटक कार्यशाला गरेर नाटक बनाउने योजना बन्यो। शान्तिला र राजाको निम्तोमा मिरिक लागेँ, खाली दिमाग बोकेर। फेब्रुअरी २८ को दिउँसो म झरेँ, भद्रपुर विमानस्थलमा। काठमाडौँ चिसो थियो। पानी परेर हिलाम्मे पनि। झापा तातो भइसकेको रहेछ। मैले लगाएको बाक्लो ज्याकेट र मफलर मलाई धेर भइसकेको थियो। त्यसमाथि लामो बसाइका लागि बोकेको ठूलो झोलाको बोझ थियो। चारआलीमा पत्रकार पर्वत पोर्तेलसँग भेट भयो। पर्वतसँगै परिवर्तन थिएटर काँकडभिट्टा पुगेँ। त्यहीँ आइपुगेकी थिइन्, मलाई लिन शान्तिला तामाङ। गोर्खालीहरूले लडेको युद्धका कैयौँ वीरताका कथा हामी आज पनि पढ्छौँ। दार्जीलिङको आफ्नै भूमिमा आफ्नै सरकारसँग गोर्खालीहरू किन हारिरहेका छन् ? मेची पुल तरेर भारतको पश्चिम बंगाल टेकिन्छ। पानीट्यांकी हुँदै हामी पब्लिक बसमा लाग्यौँ, सिलिगुडीतर्फ। सिलिगुडीमा कवि पुनियानी भेटिए। म उनकै साथ लागेँ। पब्लिक भ्यानमा मिरिक लागिन्, शान्तिला। सिलिगुडीसँग मेरा केही सम्झना छन्, २०४८ सालबाट। सुबुकमोड, प्रधाननगर, भानुनगर थोरै ठाउँ याद थियो, मलाई। प्रधाननगरका प्रधानले मेरो गाउँ कर्जुनामा २०औँ बिघा जग्गामा पोखरी खनेका थिए। अझै छ। भानुनगरमा मेरी काइँली फुपू फुपाजुको घर छ। विशाल हलमा केहीपटक फिल्म हेरेको छु। अन्तर्राष्ट्रिय नाटक महोत्सवमा जाँदा सिलिगुडी हुँदै जान्थ्यौँ हामी बहरामपुर। अस्तव्यस्त सडक र बंगाली अक्षर मेरो सम्झनामा गडेर बसेका थिए। तर, सिलिगुडी सम्झँदा सुनचरी पत्रिका र यसका सम्पादक कुमार प्रधान झन् गाढा भएर बसेका छन्। फुपूको घरमा हरेक बिहान सुनचरी आउँथ्यो। मलाई त्यहाँ नेपाली पत्रिका पढ्न पाउँदा निकै खुसी लाग्थ्यो। त्यसभन्दा बढी यसको भाषा शैली र समाचारको किसिमले तान्थ्यो मलाई। आदरणीय कुमार प्रधान रहेनन्। अचेल सुनचरी पनि आउँदैन। हिमालय दर्पण आउँछ। पुनियानीले हिमालय दर्पणको कार्यालयमै लगे। यसका सम्पादक र अरू पत्रकार साथीहरूसँग पनि भेट भयो। सम्पादक शिवु क्षेत्रीले आफ्नो बालकथा संग्रह मलाई उपहार दिए। कला र रंगमञ्चको कारणले बंगालीहरूसँग सामीप्य रह्यो। बंगाली फिल्म र थिएटरप्रति विशेष रुचि रह्यो। बादल सरकार बंगाली भाषाका बेजोड नाटककार लाग्छ मलाई। उनले नाटक लेखन छोडेर शारीरिक रंगमञ्चको अभ्यास थाले र नाम दिए, आँगन रंगमञ्च। सन् २००४ मा कलकत्ता आयोजित नाटक महोत्सवमा उनीसँग भेट भएको थियो। उनीसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यही मञ्चमा साहित्यकार महाश्वेतादेवीसँग पनि भेट्ने सौभाग्य मिलेको थियो। दुवै बितिगए। अचेल प्रोविर गुहा, ब्रत्य बसु, सञ्जय गांगुली, पार्थ गुप्ता आदिसँग कुरा हुन्छ। टेगोर, सत्यजित रे, हृत्विक घटक, उत्पल दत्त, शरदचन्द्र चटोपाध्याय, विमल मित्रो, शम्भु मित्रोजस्ता दर्जनौँ सर्जकले बंगाली कलाको समृद्धिलाई सम्झाइरहन्छन्। हामीले मानेका बंगाली साहित्य, कला र त्यसका सर्जकहरूको महत्व एकातिर छ, अर्कोतिर सामाजिक संरचना र राजनीतिक कठोरताको डरलाग्दो पाटो छ। पश्चिम बंगालमा नेपाली भाषी र त्यहाँका आदिवासीमाथिको थिचोमिचो नबुझुन्जेल बंगालीहरू प्रिय नै लाग्ने रहेछ। तर, यो कुरा आममानिसको भन्दा पनि शासकहरूको रणनीतिको कुरा भयो। त्यस साँझ राजा पुनियानीले सालबारीको एउटा गजबको चिया पसलमा लगे। दर्जनौँ किसिमका चिया किन्न पाइने र चिया पिउन पनि पाइने त्यहाँ। पसलको नाम रहेछ ‘गार्डेन्स् टी’। अनन्त गोम्देन रहेछन्, यसको सञ्चालक। साह्रै मिजासिला गोर्खाली। गोम्देनको पाँच पुस्ता चिया व्यापारमा रहेछ। संसारभरका धेरै चर्चित मिडियाले यो परिवारबारे लेखेका रहेछन्। पसलको टेबलमा एउटा अंग्रेजी पुस्तिका भेटेँ। गोम्देनका बुबा अरुण गोम्देन संसारमै प्रसिद्ध थोरै टि टेस्टरमध्ये पर्दा रहेछन्। त्यहीँ थाहा पाएँ, अफिसियल टि टेस्टरलाई धूमपान, मद्यपान वा पानसमेत खान बर्जित रहेछ। टि टेस्टरको जिब्रो निकै चनाखो हुनुपर्ने र स्वादको पारख गर्नसक्ने हुनुपर्ने हुनाले निश्चित अनुशासनमा बस्नुपर्ने रहेछ। अनन्तकी आमा सविता गोम्देन कुशल चित्रकार र कवि रहिछन्। सविताका सुन्दर चित्र चिया पसलको फराकिलो र सफा भित्तामा सजिएका छन्। उपलब्ध पुस्तिकामा लेखिएको थियो, ‘सन् १८७५ मा नेपालको पहाडबाट कामको खोजीमा तत्कालीन ब्रिटिस शासित भारतमा छिरेका गञ्जवीर लामा गोम्देनले लिबोङ टि कम्पनीको लागि कामदार ठेकेदारका रूपमा वह तुकवर चिया कमानमा काम गर्न थाले।’ कतिपय नेपाली भाषीहरू यसरी नै ब्रिटिसकालीन समयदेखि चिया कमानमा बस्दै आएको इतिहास छ। गोपालसिंह विश्वले (पुस्तक: सन्दर्भ: डुवर्स र गोर्खाहरू) लेखेका छन्, ‘दार्जीलिङ पहाडमा चिया बगानको स्थापना गर्न डा. क्याम्पबेलको ठूलो भूमिका छ। उनले सन् १८४१ तिर चीनबाट चिया खेतीका प्रशिक्षक झिकाएर दार्जीलिङका नेपालीलाई चिया खेती र चिया तयार गर्ने प्रशिक्षण दिएका थिए। सन् १९५६ मा दार्जीलिङ टि कम्पनीद्वारा प्रथम आलुबारी चिया कमान खोलिएको थियो।’ अहिलेसम्मै दार्जीलिङका चिया कमानका मजदुर नेपाली भाषीहरू हुन्। त्यसभन्दाअघिदेखि नै नेपाली भाषीहरू टिस्टासम्म फैलिएको इतिहास छ। राजा पृथ्वीनारायण शाहको राज्य विस्तारमा नेपाल देश टिस्टा नदीसम्म फैलँदा युद्धको क्रममा गएका कति नेपाली उतै बसे भन्ने पनि इतिहास छ। (सुवास घिसिङको लेखरचना संकलनबाट) ‘गार्डेन्स् टि‘मै भेट भए साहित्यकार ज्ञानेन्द्र खतिवडा, अनुवादक इन्द्र गिरी। त्यसैगरी मनबहादुर मुखियाको नाटक अनि देउराली रुन्छको पहिलो प्रदर्शनदेखि नै अभिनय गरेका कलाकार कालु सिंह रणपहेँली। केही क्षण हामीले मुखियाका नाटकबारे कुरा गर्\u200dयौँ। क्रसमा टाँगिएको जिन्दगी, अँध्यारोमा बाँच्नेहरू, असत्यम् अशिवम् असुन्दरम्, फेरि इतिहास दोहोरिन्छ आदि। ज्ञानेन्द्र दाइले अभि सुवेदीका नाटक र समीक्षा पढेका रहेछन्। निकै प्रशंसा गरे। निर्देशक प्रताप सुब्बाको पनि चर्चा भयो। उनको घर त्यहीँ सालबारीमै रहेछ। ज्ञानेन्द्र दाइले दुई महिनाअघि मञ्चन भएको पर्वत पोर्तेलको लेखन र मेरो निर्देशनको नाटक दसगजा हेर्न ठूलो समूह बटुलेर परिवर्तन थिएटर काँकडभिट्टा पुगेका रहेछन्। एकछिन त्यही नाटकको चर्चा भयो। साँझ झमक्क परिसकेको थियो। राजाले स्कुटरमा राखेर मलाई मिरिक पुर्\u200dयाउने भए। ठ्याक्कै मिरिक त हैन रहेछ। पुगेर थाहा पाएँ। मिरिकभन्दा सात किलोमिटर यतै। ‘फुगुडी चिया कमान’मा पुग्नु थियो हामीलाई। साँझको स्कुटर राइड गजबको भयो। बाटोमा रोकिँदै चिया पिउँदै। पान चपाउँदै। राति अबेर मोबाइल फोनको लाइटको साहरामा राजाले डोहोर्\u200dयाएर चिया बगानको बाटो डाँडा कान्ला हुँदै एउटा सुन्दर घरमा पुर्\u200dयाए। त्यहीँ घर रहेछ, शान्तिलाको। मनभरि अनेकौँ कौतूहल जगायो रातले। पर्यटकका रूपमा घुमेको भन्दा भिन्न छ, यसपटकको चिया बगान मेरा लागि। म छु फुगुडी चिया कमानको लगभग केन्द्रमा। वरिपरि टिनको छाना भएका घर छन्। शान्तिलाको घर एक तलाको छ, सिमेन्ट छत भएको। छतबाट चारैतिर आँखाले देखुन्जेल चिया कमान छ। दोस्रो दिन बिहान म घरको छतमा छु चिया कमानको रमिता हेर्दै। शान्तिलाका बुबा रतन मलाई चिया कमानबारे भन्दैछन्, ‘फोगडी चिया कमानको पश्चिममा सौरेनी चिया कमान छ। पूर्वमा छन् अम्बटे, सिंगेल र मकैबारी। उत्तरमा छ नोल, घैयाबारी, टिङलिङ मञ्जु चिया कमान। टिङलिङ चिया कमान त्यही नामले मेचीपारि पनि छ, नेपालमा। दक्षिणमा छन्, बालासन टर्जङ, गोपालतारा, सियोक, थर्जु, ओकाइटी, कम्बल, मिम, चुङथुङ, सम्रिक, मगरजुङ चामुङ।’ शान्तिला थप्छिन्, ‘चामुङ चिया कमानमा हाम्रा बडा काम गर्छन्।’ रतनले सम्झिए, ‘सुवास घिसिङको घर मञ्जु चिया कमानभित्र थियो। उनी त्यहीँ जन्मिएका।’ जता हेर्छु, आँखाले भ्याएसम्म चियाबारी। फोगडी चिया कमान ६९.१४ एकर क्षेत्रफलमा फैलिएको रहेछ। ब्रिटिसकालीन समयमा दार्जिलिङ जिल्लामा मात्रै १८९ वटा चिया कमान थिए। अचेल धेरैजसो बन्द भएर ८८ कमान सञ्चालनमा छन् (सन्दर्भ : डुवर्स र गोर्खाहरू)। चिया बगानभित्र चिया पिएर शान्तिला, राजा र म चिया कमानका गाउँ घुम्न हिँड्यौँ। यहाँका घर असाध्यै सुन्दर रहेछन्। चिया कमानले दिएको एक चोक्टो जमिनमा छरिता दुई कोठे घर छन्। चिया कमान कोतरेर सानो सागबारी र फूलबारी बनेको छ। यस्तोमा पनि चिटिक्क घरहरू, चिटिक्क कोठा, थरीथरीका फूल फुलेका चिटिक्कको फूलबारी। प्राय: घर यस्तै देखेँ, मैले। सफा। अपनत्वको चेतना, शृंगारको भावना। तर, चिटिक्कका यी घरभित्रका डरलाग्दा कथाव्यथा छन्। तिनकै मुखबाट ती कथाहरू सुन्न मैले केही समय पर्खनु पर्नेछ। उहिल्यै पढेको आईबी राईको ‘आज रमिता छ’ दोहोर्\u200dयाएको छु। तिनका पात्रहरू जनक, सीता, रवि, भुदेव, विनाकसुर जेल परेका चिया कमानका मजदुरहरू झल्झल्ती सम्झँदो छु। फोगडी चिया कमानको चिया फ्याक्ट्री पनि नजिकै रहेछ। वर्षमा तीन महिना फ्याक्ट्री बन्द हुने रहेछ डिसेम्बर, जनवरी र फेब्रुअरी। मार्चबाट नोभेम्बरसम्म चिया कमान सञ्चालनको समय रहेछ। संयोग गजबको परेछ। हिन्दु पुजारीको साइत सल्लाहअनुसार फेब्रुअरी २९ मा विशेष पूजासहित फ्याक्ट्रीको मेसिन चलाइयो। जो कोहीलाई फ्याक्ट्रीभित्र छिर्ने अनुमति छैन। शान्तिलाको आमा चिया कमानमा काम गर्ने हुनाले उनले त्यहाँ मिलाइन् कुरा। (चिया कमानभित्र घर भएकाको हरेक परिवारबाट कम्तीमा एक जना कमानमा काम गर्न जानुपर्छ। तर, अहिले त्यो अनिवार्य छैन।) फ्याक्ट्रीका मेनेजरलाई नेपाली भाषी कामदारले सोर्स लगाएपछि भेटिए फ्याक्ट्री इन्चार्ज शुभम श्रेष्ठ। उनैले घुमाए ब्रिटिसकालीन त्यो चिया फ्याक्ट्री। डेढ सय वर्ष पुराना मेसिनहरू थिए त्यहाँ। उनले भने, ‘फुगुडी चिया फ्याक्ट्रीले उत्पादन मात्रै गर्छ। यसको मालिक हो बगेरिया कम्पनी जसको कार्यालय कलकत्तामा छ। फुगुडी चियाको बजार मूलत: जर्मनी हो। कामदार, पारिश्रमिक वा बगानको कुनै पनि निर्णय कलकत्ताबाट हुन्छ। धेरै कामदारले आजसम्म मालिकको अनुहार देखेका छैनन्।’ नाटकका लागि यो एउटा रिसर्चजस्तो थियो। तर, त्यहाँ पुगेपछि त्यसै पनि यो नौलो संसारप्रति रुचि जागेर आयो। शान्तिला र म चिया बगानभित्र छिर्\u200dयौँ, कामदारहरूलाई पछ्याउँदै। सामान्यतया कामदारहरूको रुटिन रहेछ : घरबाट बिहान ६:३० बजे बगान निस्कियो। ७:०० देखि ११:३० बजेसम्म चिया टिप्यो। ११:३ देखि आफूले टिपेको चिया तौलिने समय हुन्छ। १२:०० देखि १:०० बजेसम्म खानाको समय। १:०० देखि ३:३० बजेसम्म फेरि चिया टिप्यो। ३:३० बजेपछि आफूले टिपेको चिया तौलिएर फ्याक्ट्रीलाई बुझायो। दर्जनौँ महिला चियाबारीमा छन्। घुँडासम्म आउने प्लास्टिकको जुत्ता (गम्बुट), हातमा पन्जा, छाता र ढाडमा डोको भएपछि चिया बगान छिर्न मिल्यो। मार्च १ देखि काम सुरु भएको छ बगानमा। अझै केही हप्ता चिया टिप्ने बेला भएको छैन। अहिले चियाको बोट सफा गर्ने समय रहेछ। खुट्टामा प्लास्टिकको जुत्ता र हातमा पन्जा लगाएका महिलाहरूको हातमा फलामको अंकुशे छ। त्यही अंकुशेले चियाको बोटमा लागेको झ्याउ, लहरा र अन्य फोहर निकाल्न मद्दत गर्छ। चियाको बोटलाई यसरी स्याहारिरहेका छन् महिलाहरू मानौँ आमाबाले कलिलो सन्तानलाई स्याहार्दै छन्। गाईले आफ्नो भर्खरै जन्मिएको बाछी÷बाछोलाई चाट्दै छ। ६० वर्षीया शान्ति घले भन्छिन्, ‘चियामा लाग्ने झार सैतानजस्तो हो। यसलाई हटाएन भने चियाको बोट मर्छ। जो काम नलाग्ने त्यही बढी फैलन्छ। चियालाई चाहिने भिटामिनजति काम नलाग्ने झारले खाइदिन्छ। घरमा पनि काम नलाग्ने झार छ।’ मैले सोधेँ, ‘हो र ? कस्तो झार ?’ उनले हाँस्दै भनिन्, ‘श्रीमान्।’ ५० वर्षीय विप्साङ तामाङले भनिन्, ‘चियाको पात पो जोखेर थाहा लाग्छ काम गरेको। यो झार टिपेको कसले देख्छ ? खोल्सामा हाल्यो भने साहेबहरूले देख्दैन। त्यसैले टिपेको झारमाथि रोडमा लगेर राख्छौँ काम देखाउन। ढाड दुखिसक्यो, कम्मर दुखिसक्यो। आधा घण्टामै डल्लै बोरा भरिन्छ झारले।’ यहाँका अधिकांश महिला खासमा यहाँका हैनन्। बिहे गरेर अर्कै गाउँ वा अर्कै देशबाट आएका। ४० वर्षकी मञ्जु लोहनीको माइती मोरङ नेपालको पथरी हो। ३५ वर्षीया गीता राईको माइती झापाको भद्रपुर हो। मञ्जुले भनिन्, बिहे गरेर देश नै फेरियो। अचेल चियाबारीमा काम गर्नेहरू महिला मात्रै हुन्छन्। चियाको बोट सफा गर्ने, चियाको पत्ता टिप्ने काममा पुरुषहरूको मन जाँदैन। चिया टिप्नेहरूको निरीक्षण गर्नेहरूलाई ‘कामदारी’ भन्छन्। उनीहरू चाहिँ पुरुष हुन्छन्। कामदारीले गर्ने गाली काँचो चियाको पत्ता चपाउँदाभन्दा तीतो हुन्छ। फ्याक्ट्रीभित्र काम गर्नेहरू भने पुरुष हुन्छन्। यहाँ कामको पनि लिंग हुन्छ। आज पनि चिया कमानका मजदुरहरूको दु:ख उही छ। ज्यालाको। हरेक चिया कमान मजदुरहरूले आज पनि पाउने ज्यादा भनेको प्रतिदिनको १७४ भारतीय रुपैयाँ हो। यो अत्यन्तै न्यून हो। सामाजिक सुरक्षाको, जग्गामाथिको अधिकारको, श्रमको मूल्यको ठूलो समस्या छ। नेपालको तराईमा उखु किसानहरूको जस्तै पीडा। वा कोलम्बियामा चिकिता बनानाको खेतीमा काम गर्ने मजदुरहरूको जस्तै पीडा। त्यसैले मजदुर दिवसको नारा बनेको होला, ‘संसारभरिका मजदुर एक हौँ।’ यो पुँजीवादी अर्थ व्यवस्थामा संसारभरिका मजदुरहरूको पीडा एउटै भएको छ। तुलनात्मक रूपमा चिया कमानका मजदुरहरूको पीडा केही भिन्न छ। आज पीडा खेपिरहेका चिया कमानभित्रका मजदुरहरू आजको व्यवस्थासँग वाक्क भएर भन्ने गर्छन् बरु ब्रिटिसकालमै राम्रो थियो। आजको नेपालमा भ्रष्ट राजनीतिक दल र नेताबाट वाक्क भएर नेपालीहरूले बरु राजै ठीक थिए भनेजस्तो। यो वितृष्णा जातीय पहिचानसँग जोडिएको छ। भाषासँग जोडिएको छ। माटोमाथिको अधिकारसँग जोडिएको छ। ज्यालासँग जोडिएको छ। हाम्रो मधेस र उताको गोर्खाल्यान्डका कतिपय पीडा समान लाग्छन्। नेपाल भन्ने देश विचित्रको संघीय प्रणालीमा छ, एउटा मैथिली वा नेवारी विद्यार्थीलाई अझै नेपालीमा राष्ट्र गान घोकाइन्छ। उनीहरूले आफ्नै देशको राष्ट्र गान आफ्नो मातृभाषामा गाउन पाउँदैनन्। उता गोर्खाल्यान्ड आन्दोलन झन् चर्कियो (सन् २०१७) जब पश्चिम बंगाल सरकारले सबै नेपाली भाषी विद्यार्थीहरूका लागि बंगाली भाषा अनिवार्य गर्ने घोषणा गर्\u200dयो। सन् १९९२ मा नेपाली भाषाले भारतका २२ वटा सरकारी मान्यता प्राप्त भाषामध्ये आठ सूचीमा स्थान पाएको थियो। शिक्षक तथा इतिहासका अध्येता मनोज गिरीसँग एक साँझ सघन छलफल भयो, फुगुडी चिया कमानभित्रै। मसँग उनका लागि प्रश्न मात्रै थिए। उनले भने, ‘मूलत: मालिकको जमिनमाथिको आधिपत्य अन्त्य गर भन्ने हो।’ चिया कमानभित्र सयौँ वर्षदेखि गोर्खालीहरू बसेका छन्। जग्गा सरकारी हो। सरकारसँग कम्पनीले चियाका लागि जमिन लिजमा लिन्छ। यो ठूलो असुरक्षा र भय हो नागरिकलाई। ‘कम्पनीमा काम गर्ने मजदुरहरूका लागि न फ्याक्ट्री एक्ट लागू हुन्छ न त प्लान्टेसन एक्ट। कागजमा छ तर व्यवहारमा छैन।’ उनको विचारमा नेपाली भाषी भारतीयहरूको आत्मसम्मान र पहिचानको कुरा मात्रै हैन, बंगाली समुदायको अगाडि पश्चिम बंगालका आदिवासीहरूको स्थिति पनि दयनीय छ। उनी नेपाली भाषीहरूमा राजनीतिक, सांस्कृतिक चेतनाको आवश्यकता ठान्छन्। र केही वर्षदेखि ‘आह्वान’ अभियान चलाइरहेका छन्। उनीबाट प्रशिक्षित विद्यार्थीहरू मरिना राई, लावा शेर्पा, विनिता राईहरू जेएनयू देल्लीबाट पनि अध्ययन सकेर यही अभियानमा फर्किएका छन्। उनी गाउँगाउँ जान्छन् र युवाहरूलाई चिन्तनको प्रशिक्षण दिन्छन्। फुगुडी चिया कमानमै घर भएका दिलप्रसाद शेर्पा किशोरवयदेखि नै गोर्खाल्यान्ड आन्दोलनमा हिँडेका रहेछन्। सुवास घिसिङको नेतृत्वमा सन् १९८६ मा सुरु भएको गोर्खाल्यान्ड आन्दोलनमा लाग्दाका कथा उनले सुनाए। सन् १९८६ मा गोर्खाल्यान्डको विषयमा तत्कालीन राजा वीरेन्द्रलाई बुझाएको मेमोरेन्डमबारे पनि उनले सुनाए। ‘कि त गोर्खालीहरू हाम्रा हुन् भनिबक्स्योस्, हैन भने भारत सरकारलाई दार्जिलिङका गोर्खाली नेपालका नागरिक हैनन् भनिबक्स्योस्।’ यही कुरा सुवास घिसिङका भाषणहरूको संकलनभित्र पनि उल्लेख छ। यो पुस्तक पढ्दा वा सुवास घिसिङको भाषण भिडियोमा हेर्दा मजस्तो सामान्य मानिसका लागि अचम्म लाग्नु स्वाभाविक छ। सुवास घिसिङले सीधै भारत सरकार र बंगाल सरकारलाई चुनौती दिएका छन्। सार्वजनिक भाषणमा गोर्खाल्यान्डको माग गर्दै खुलेआम सत्तालाई लल्कार्ने घिसिङलाई सत्ताले छुन पनि नसकेर अन्य १२ सय गोर्खाली कसरी मारिए ? गोर्खाल्यान्ड आन्दोलनको सुरुवाती समयका घिसिङ भोको र आक्रामक सिंहजस्तो लाग्छन्। भारतीय नेपाली भाषीहरूको स्वतन्त्रताको कथा झन्झन् चाखपूर्ण भएर गयो जब मैले चिया बगान भित्रै बसेर डा. खेमराज शर्माको पुस्तक दार्जीलिङका गोर्खा पढेँ। घिसिङका किताब पनि मैले उतै पढेँ। घिसिङकै ‘मने‘ र प्रकाश कोविदको ‘तर कहिले’ उपन्यासले झन् बलियोसँग ब्रिटिसकालीन समयदेखि चिया कमानका मजदुर गोर्खालीहरूको संघर्षको कथा बोलेको छ। त्यसो त युवा लेखक छुदेन काविमोको उपन्यास फातसुङले सन् १९८६ पछिको एकखाले स्थिति बोलेको छ। गोर्खालीहरूको स्वतन्त्रताको सपना, विपन्न जीवनचर्या, गोर्खाल्यान्ड आन्दोलनको असफलता र फुटको पीडादायी कथा कहेको छ। असीकै दशकमा लेखिएका भागिरथ रावतको ‘बास सल्किरहेछ’ र असित राईको ‘नयाँ क्षितिजको खोज’ पढ्न पाएको छैन। गोर्खाल्यान्ड आन्दोलनको उपलब्धिहीन अवसानसँगै भारत सरकारको नयाँ नागरिकता विधेयकले भारतीय नेपालीको अस्तित्वको घाउमा अझै नुनचुक छरेको छ। मिरिक बजारमा विमल गुरुङले सम्झौता गरेर ल्याएको अधिकारको बोर्ड देख्छु, गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन र मधेसलाई सम्मानित स्थानमा पुर्\u200dयाउँछु भनेर आन्दोलनमा ओर्लिएका तर सत्ताको गुलियोमा भुलेका उपेन्द्र महतोहरूलाई सम्झन्छु। म भारतीय नेपालीहरूमाथि लेखिएको फिक्सन र इतिहासको भावनात्मक बन्दीजस्तै भएँ। अनि बिहान उठेर साँच्चै तिनै चिया कमानका गोर्खालीहरूलाई भेट्दा निसास्सिएको जस्तो महसुस हुन्थ्यो। काठमाडौँ फर्किएर पनि तिनै चिया कमानका मिहिनेती, निर्दोष मजदुरहरू, भारतीय सीमा रक्षाका लागि लडिरहेका हजारौँ गोर्खाली सैनिकहरू, मैले चिनेका प्रिय सर्जकहरू, मेरी फुपू, फुपाजुहरूलाई सम्झिरहेछु। थाहा छैन यसको राजनीतिक निकास कस्तो हुनुपर्छ ? तर, आजको भारत, आजको बर्मा वा आजको भुटानलाई हेर्दा एकल धर्म, एकल, भाषा, एकल जाति वा एकल राजनीतिक पार्टीको आधिपत्यले अल्पसंख्यक धर्म, जाति, भाषाका समुदायलाई अनाचक गैरनागरिक बनाइरहेछ। भुटानका नेपाली भाषी वा बर्माका रोहिंग्या समुदाय एकल जाति र धर्मको सिकार भएर अचानक आफ्नै देशमा अनागरिक भएर लखेटिए। एक वर्षको बर्माको बसाइ अनुभवबाट भन्नसक्छु, ‘बर्माका नेपाली भाषी वा अन्य अल्पसंख्यकसँग नागरिकका रूपमा चाहिने कानुनी डकुमेन्ट हुँदाहुँदै पनि सधैँ सत्तालाई म यही देशको सुधो नागरिक हुँ भनेर प्रमाणित गराइरहनुपर्ने बाध्यता छ। पहिचान र अधिकारको कुरा नगरी बन्धक मजदुरझैँ बस्नुपर्ने अवस्था छ।’ सत्ताको राजनीति विचित्र छ, भारतको नयाँ नागरिकता विधेयकको विषयमा राजनीतिक विश्लेषक अरुन्धती रोयले भनेजस्तो, ‘नागरिकहरूको भोट र सहयोगले नेताहरू सत्तामा पुग्छन्। र सत्ताको उन्मादमा तिनै नागरिकलाई अनागरिक बनाउने कानुन ल्याउँछन्।’ सन् २०१७ मा गोर्खाल्यान्ड आन्दोलन चलिरहँदा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा गृहमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो धारणा राखिन्, ‘गोर्खालीहरूको दार्जीलिङको विचलनको अरू कोही जिम्मेवार छ भने त्यो पश्चिम बंगाल सरकार र केन्द्रीय सरकार हो। दार्जीलिङमा गोर्खाल्यान्डको माग धेरै दिनदेखि चलिरहेको छ। गोर्खाल्यान्ड बन्नुपर्छ वा बन्नुहुन्न भन्ने दुई मत हुनसक्छ। हरेक राज्यबारे यस्तै दुई मत हुनसक्छ तर यो कुरा पक्का छ, यो आन्दोलन पृथकतावादी आन्दोलन हैन। बरु यो आन्दोलन गोर्खालीलाई भारतसँग जोड्ने आन्दोलन हो। हिन्दुस्तानमा पृथक् राज्यको धेरै आन्दोलन भए। उत्तरप्रदेशबाट उत्तराखण्ड, बिहारबाट झारखण्ड, मध्यप्रदेशबाट छत्तीसगढ अलग हुने आन्दोलन चल्यो। आन्ध्रप्रदेशबाट तिलंगना अलग हुने, महाराष्ट्रबाट मध्यप्रदेश अलग हुने आन्दोलन चलिरहेको छ। अरू पनि धेरै सानासाना राज्यहरूको कुरा भइरहेको छ। यी सबैलाई त हामीले पृथकतावादी आन्दोलन भनेनौँ। मैले आन्दोलनकारीहरूसँग कुरा गरेँ। उनीहरूले भने, म्याडम हाम्रो तन भारतीय छ, मन भारतीय छ। खालि हामी निधारमा हिन्दुस्तान लेखाउन चाहन्छौँ।’ उनले अरू धेरै कुरा भनिन्। तर, पश्चिम बंगालले उनको कुरा सुनेन। सन् १९७७ देखि सन् २००० सम्म पश्चिम बंगालको मुख्यमन्त्री रहेका ज्योति बसु होऊन् या सन् २०११ देखिकी मुख्यमन्त्री ममता बेनर्जी सबैले सैनिक शक्ति प्रयोग गरेर र फुटको राजनीति गरेर आन्दोलनलाई दबाई छोडे। गोर्खालीहरू भन्ने गर्छन्, ज्योति बसुले सुवास घिसिङलाई लोभ्याए। ममता बेनर्जीले विमल गुरुङलाई लोभ्याइन्। सत्तामा बसेकाहरूको राजनीतिक चक्र विचित्रको छ। एकातिर तिब्बती शरणार्थीहरू भारतमा शरण लिएर बसेका छन्। अर्कोतिर काश्मीरमा भारतको डरलाग्दो हत्तक्षेप छ। करोडौँ नागरिक भएका देशहरू चीन, अमेरिका, भारत र बर्मा अल्पसंख्यकहरूमाथि झन्झन् क्रर हुँदै जाँदै छन्। संसारकै लागि मानवताको यो ठूलो घाउ हो। यी ठूला देशका शक्तिशाली शासक भनाउँदाहरू सँगै बसेर समाधान खोज्दैनन्। त्यसो त पाउलो फेरेको पेडागोजी अफ द अप्रेस्ट वा अगस्टो बोअलको थिएटर अफ द अप्रेस्टले भन्छ, पीडकहरूले समाधान दिँदैनन्। समाधानका लागि पीडितहरूले संघर्ष गरिरहनुपर्छ। चिया कमानमा १० दिनको बसाइपछि म फेरि सिलिगुडी झरेँ। ‘गार्डेन्स् टि’मा सिर्जना वृत्तले मसँग अन्तक्र्रिया कार्यक्रम राखेको थियो। आदरणीय कवि मोहन ठकुरीदेखि नाटककार मुक्ति उपाध्याय त्यहीँ भेटिए। छुदेन काविमो त्यहीँ थिए। सम्बोधन प्रकाशनका सुरज गुरुङ ऊर्जावान रहेछन्। स्वागतका लागि उनले लामै भाषण गरे। र आफ्ना साहित्यिक सपना बोले। मलाई त्यहाँ मेरो रंगमञ्चीय यात्रा र अनुभव बोल्न उभ्याइएको थियो। तर, अन्तक्र्रिया खण्डमा संवेदनशील प्रश्नहरू मतिर आए। धेरै प्रश्नहरूमध्ये एउटा प्रश्न थियो, ‘दुईवटा ठूला आन्दोलन विफल भए। पहिचानको लडाइँमा अब युवाहरूको भूमिका के हुनुपर्छजस्तो लाग्छ ?’ सिलिगुडीको सिरानमा सिंगै नेपालको सैनिक क्याम्पभन्दा धेरै ठूलो सैनिक क्याम्प देखेको मैले भनेँ, ‘यस्तै लडाइँ नेपालमा धेरै अल्पसंख्यकको अस्तित्वको लडाइँ हो। अब खुकुरी र युद्धको बहादुरीले काम गर्दैन। सांस्कृतिक जागरण र चेतनाबाट नै यो लडाइँ लड्न सकिएला।’ साहित्य, संगीत, चित्रकला र रंगमञ्चमा एक से एक प्रतिभा जन्माएको दार्जीलिङ भूमिले आफ्नो श्रम र पसिनाले भारतको भूमिलाई सिञ्चित गरेको छ। सन् २०१८ मा देहरादुन घुम्दा भेटिएका नेपाली भाषी भारतीयहरूको पनि सम्झना हुन्छ। आफ्नो भाषा, संस्कृति र पहिचानप्रतिको मोह अधिक देख्छु तर केन्द्रीय सत्ताको छायाँमा ओइलाउँदै गएको देख्छु। तत्कालीन नेपाल सरकार र इस्ट इन्डिया कम्पनीबीच भएको सन् १८१५ को सुगौली सन्धिपछि मेचीपारि र महाकालीपारि भूमि मात्रै गाभिएन। त्यो भूमिसँगै नागरिक पनि उतै छुटे। ती नागरिकको दु:ख र संघर्षका धेरै कथा लेखिएका छन्। डा. कुमार प्रधानको द गोर्खा कङ्क्वेस्ट होस् वा लुडविङ एफ स्टिलरको द साइलेन्ट क्राइ यिनले सुगौली सन्धिपछि राजनीतिक सट्टापट्टामा परेका लाखौँ नागरिकको दर्दनाक कथा भन्छ। भूगोलको एकीकरण र आममानिसको भावनाको एकीकरण बिल्कुलै फरक कुरा रहेछन्। पृथ्वीनारायण शाहको नेपाल एकीकरणको सन्दर्भमा पनि इतिहासको विवेचना चलिरहेको छ। तर, यस आधुनिक युगमा आफ्नै नागरिकहरूको आत्मसम्मान दिन नसक्ने भारत नेपाल, बंगलादेश, पाकिस्तानजस्ता छिमेकी देशहरूका लागि सधैँ पीडक छिमेकी साबित भएको छ। आफ्नै देशभित्र अल्पमत र किनारमा परेकाहरूलाई बेवास्ता गर्दै धार्मिक अतिवाद लादिरहेको मोदी सरकारले राजनीतिक हस्तक्षेपसँगै आज पनि भूमि अतिक्रमण गरिरहेको छ। यस्तो नेतृत्वले बंगालमा नेपालीभाषा र आदिवासी (गराँउ, रावा, मुण्डा, लेप्चा आदि) वा पूरै भारतका दलित, आदिवासी वा गैरहिन्दुको पहिचान र आत्मसम्मान कसरी रक्षा गर्नसक्छ ? ठूलो सन्देह छ। यस्तो लाग्छ, हिमाञ्चल प्रदेशको धर्मशालामा बसेका तिब्बती शरणार्थीहरू भारतीय नेपालीभन्दा सम्मानित जीवन बिताइरहेका छन्। मिरिकलाई सम्झिरहेको छु। सय वर्षभन्दा बढी उमेर भएका चियाका बोट गोर्खाल्यान्डको आन्दोलनको इतिहास बोकेर मौन छन्। तिनले दिने चियापत्ती संसारमा फैलिएका छन्। बरु तिनको मूल्य गहकिलो छ तर तिनलाई हुर्काउने किसान र मजदुरहरूको मूल्य निकै सस्तो छ। गोर्खाल्यान्डको चियाको ब्रान्ड संसारमा प्रसिद्ध छ तर तिनलाई हुर्काउने नागरिक अझै अस्तित्वको लडाइँ लडिरहेका छन्। शान्तिला र राजाहरूको सांस्कृतिक लडाइँमा भावनात्मक रूपमा म सँगै छु। तर, यो पीडाको इपिकमाथि कसरी नाटक बनाउने होला म अन्योलमा छु। सिलिगुडीमा नाटककार मुक्ति उपाध्यायको घर पुगेँ। उतिबेलै मलाई मनपर्ने कवि मनप्रसाद सुब्बा दाइको फोन पाएँ। लामो कुरा भयो। लामो आन्दोलन र त्यसको असफलताबाट भर्खरै तंग्रिदै आएको दार्जीलिङ जिल्लामा म बबुरोले नाटक बनाउनु फलामको चिउरा चपाउनुजस्तो महसुस भयो। मनप्रसाद दाइको अचुक सल्लाह मनमै छ। अहिले यहाँ लेख्नु सामाजिक स्वास्थ्यका लागि हानिकारक छ। पत्रकार मित्र पर्वत र कलाकार गणेश पनि काँकडभिट्टाबाट सिलिगुडीसम्म आएका थिए। अघिल्लो साँझको कार्यक्रम अनेकौँ रंगका सोमरस मिसिएर तिरमिराएछ। साथीहरूको आँखा बिहान १०:० बजेसम्म खुलेकै थिएन। मेरा फुपूका छोरा पुष्पराज निरौलाले मलाई कवि मोहन ठकुरीसम्म पुर्\u200dयाइदिए। कवि अविनाश श्रेष्ठका लागि उहाँबाट एउटा पुस्तक कोसेली (आईबी राई विशेषांक) थापेर हामी काँकडभिट्टातिर हानियौँ। उहाँसँग लामै भलाकुसारी गर्ने मन भएर पनि सकिएन। बक्यौतामा फर्किएँ। धेरै दिनसम्म मेरो मगजमा तिनै मिरिकका चिया मजदुरहरू आइरहे। शान्तिलाका बाआमा। उसको भाइ सिलासले गितार बजाउँदै गीत गाएको। दार्जीलिङे लवजमा खस भाषा बोलेको। त्यो चिया कमान। चिया कमानभित्रका गोरेटो बाटो। कमानमा काम गर्ने आमाहरू, दिदीबहिनीहरू। हृदयभरि स्मृतिका पत्रैपत्र बोकेर फर्किएँ। गोर्खालीहरूले लडेको युद्धका कैयौँ वीरताका कथा हामी आज पनि पढ्छौँ। दार्जीलिङको आफ्नै भूमिमा आफ्नै सरकारसँग गोर्खालीहरू किन हारिरहेका छन् ? कि मैले गलत सोचेँ ? अनि शान्तिका लागि मोहन ठकुरीलाई पढेँ, ‘फेरि दार्जीलिङ’मा। कतै सुप्त-ज्वालामुखी फुट्छ कि भनेर चियाउनु आएको म। निद्राले बोझिल छन्÷आँखाहरू। सपना पर्खनुछ बिहान पर्खनुछ एउटा रातो घाम पर्खनुछ। @Ghiyub नाट्यनिर्देशक, कलाकार तथा लेखक हुन्। उनको पछिल्लो कृति ‘आँधीको मनोरम नृत्य’ हो। #गोर्खाली आत्महत्या गर्नु अघिको मानिस: कृष्ण कुसुम ऊ लेख्थेन राजेश्वर रेग्मीले झैं– “मेरो मृत्युको खबर सुनेपछि सारा शहर खुशीमा रमाइरहेछ र, एक्लो म आफ्नै मृत्युको शोकमा डुबिरहेछु” जस्ता कविताहरु न त पढ्ने नै गर्थ्यौ– सिल्भिया प्लाथका “द वेल जार” वा सारा टिज्डेका सुसाइड नोट। ऊ एउटा शिक्षक जो हजारौं चेलाहरुलाई सिकाउँथ्यो– सफलताको सूत्र र, सुनाउँथ्यो जीवन संघर्षका कथाहरु आत्महत्याको केही क्षण मात्र अघि उसको गतिले बताउँथ्यो– उसको हतारोपन मुहारले देखाउँथ्यो– छटपटी र, आँखाले जनाउँथ्यो– नयाँ कुराको खोज यिनै विशेषताको साथ लम्किरहेको उसको यात्रा रोकियो एउटा डोरीको पासोमा आफ्नै पनि माया नगर्ने ऊ अलिकति मायालु बन्न खोज्दै “मेरी श्रीमती, आमा र बहिनीलाई दुःख नदिनू” लेख्छ र हस्ताक्षर गर्छ आफ्नै मृत्युपत्रमा । म सोचिरहेछु ऐले– सिंगो संसार जित्ने यौटा उत्साही यात्रामा निस्केको मानिस किन जित्न सक्दैन आफैँलाई र रोकिदिन्छ जिन्दगीको यात्रा ? #आत्महत्या #कृष्ण कुसुम माझकिरातका दुर्लभ कागजात: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो लेख हामीले कान्तिपुर कोसेलीबाट साभार गरेका हौँ । कान्तिपुरका लागि यो लेख भोगिराज चाम्लिङले तयार पार्नु भएको हो । तपाईले यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् । भोगीराज चाम्लिङ डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’ विनोद राईले भरोसा गरेर पठाउनुभएको (१२ फेब्रुअरी) यो ‘सन्देश’ पढ्नासाथै मैले त्यो ऐतिहासक कागजात पठाइदिन आग्रह गरेँ । त्यो कागज पढेपछि त झन् मेरा रौंसमेत ठाडा भए । त्यो यति दुर्लभ ऐतिहासिक कागजात थियो कि धेरै–धेरै धेरै नै दुर्लभ थियो । तीन थानमध्ये दुईवटा अटल रायले ‘राजाभारासामर्थ’ का रूपमा जारी गरेको बिर्ता खेत र खेतसँग सम्बन्धित कागज थियो । अर्को एक थानचाहिँ किरात राईहरूले गोरुको मासु खाएबापत सरकारलाई कर (मेगजिन) तिरेको कागज थियो । यी कागजात दिङ्लागढी गाउँपालिका, वडा नम्बर ७ साल्मा निवासी पदमबहादुर राई (दुमी) को घरमा उहाँकै छोरा ध्रुव राईको सहयोगमा फेला पारिएको हो । किरात संस्कार र इतिहासबारे गहिरो चासो मात्रै होइन, दखलसमेत राख्नुहुने अवकाशप्राप्त शिक्षक पदमबहादुर राईलाई मैले विनोद राईमार्फत प्रश्न सोधेको थिएँ, ‘यति दुर्लभ ऐतिहासिक कागजात कसरी सुरक्षित रह्यो ?!’ उहाँको सूत्रात्मक जवाफ आयो, ‘मेरा बराजु, च्याप्जु बाजेहरूको अवज्ञाका कारण ।’ यो ‘अवज्ञा’ का पछाडि रोचक कथा लुकेको रहेछ । पदमबहादुर राईका अनुसार, किरात राई समाजमा बाबुको मृत्युपछि छोराले बाबुसँग सम्बन्धित कुनै पनि प्रकारका कागजात राख्नुहुँदैन, खोला, नदी, धारा इत्यादिमा सेलाउनुपर्छ, अन्यथा ‘स्वर्गको बाटो’ मा बाधा आइलाग्छ भन्ने मान्यता स्थापित गरिएको छ । यसकारणले गर्दा पनि किरात राई समाजमा पुराना कागजपत्रहरू नष्ट भएछन् । उहाँले बताउनुभएको अर्को एउटा कारण पनि रोचक छ । धनकुटा भ्रमणका बखत राजा महेन्द्रले ‘ताम्रपत्र बुझाउनू, हामी हेरी तिमीहरूको हक अधिकार सुनिश्चित गर्छौं’ भनेर लिम्बूहरूलाई उर्दी लगाएका रहेछन् । त्यही क्रममा ताम्कुका राईहरूले पनि राजा महेन्द्रलाई ताम्रपत्र बुझाएछन् । तर, पदमबहादुर राईका पितापुर्खाहरूले चाहिँ स्वर्ग जाने प्रलोभन पनि अवज्ञा गरेछन्, राजा महेन्द्रको हुकुम पनि अवज्ञा गरेछन् । 0000 प्राप्त तीनमध्ये अटल रायको नामबाट जारी दुई कागजातमा लेखिएको छ – कागजात १ स्वस्ति श्रीराजाभारासामर्थ श्रीअटलजीत राये जीव आगे श्री कदुमाफुफुकै हरिबोद्या षेत तीस् मुरी बीर्ताकै दीहल है आपना बीर्ता जानी जोतहु जोतावहु परम सुष भोग्या करहु इती स्मवत् १८२६ साल माहा ७ रोज मोकाम डी(ङ्)लाकोट सुभम् कागजात २ स्वस्ति श्रीराजाभाराकसामर्थः श्रीअटलजित राये जीव स्वस्ति श्रीसाके १६९० श्रीसंवत् १८२५ मास फाल्गुन तद्दिने १० रोजः रयाल्या षेत बाधा असि मुरिको षेत सषा रुपया असि ८० नगदका जमान लाग्याका हः तस् वातका साछि श्री जित राया श्री प्रमानन्द राय श्री अमर्सिंह थापाका मार्फत् शुभं मुकाम लेगुवा (बायाँ छेउमा) सही श्रीवाद रायेले लिया 00000 यी दुई कागजातलाई थुप्रै सन्दर्भबाट केलाउन सकिन्छ । तर, यसपटक तीन कोणबाट मात्र हेर्ने प्रयास गरिएको छ– एक, अटलजित राय र चतमे राय : इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय । पश्चिम नेपालका मुकुन्द सेनका छोरा लोहाङसेनले १६ औं शातब्दीमा कोचे राजा विजयनारायणलाई हराएर मोरङ राज्य, समग्र पूर्वी पहाड र तराई विजय गरेका थिए । तर, उनको निधनपछि छोराहरूले अंशवण्डा गरी तीन राज्य खडा गरे (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०४० : पृ. २७८) । पल्लो किरात अर्थात् लिम्बुवान विजयपुर राज्यअन्तरगत पर्दथ्यो भने ओल्लो र माझकिरात भनिने भूभाग मकवानपुर राज्यअन्तर्गत थियो । राजा हेमकर्ण सेनले माझकिरातको प्रशासन सञ्चालनका लागि भाइ जगत् सेनलाई नियुक्त गरे । तर, माझकिरातका खम्बू (राई) हरूले जगत सेनलाई नै राजा बनाएर विसं १७९२ मा छुट्टै राज्य खडा गरे जसलाई चौदण्डी राज्य भनेर भनिन्छ । त्यो चौदण्डी राज्यको राजधानी उदयपुरको उत्तरी पहाडमा पर्ने चौदण्डी डाँडामा थियो । सेन राजाहरू चौदण्डीगढीमा बसेर मगरात (उदयपुरको मगर बस्ती), भावर र अम्बपुरका तलहट्टीमा शासन गर्थे भने खम्बू (राई) दीवान तथा चौतरियाहरू माझकिरातमा बसेर प्रशासन सञ्चालन गर्थे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षीप्त जीवनी, २०६१, पृष्ठ ४१५) । उनै दिवान तथा चौतरियाहरूमध्ये हालको भोजपुर जिल्लाका थिए अटल राय, हालको खोटाङ जिल्लाका थिए चतमे राय । पृथ्वीनारायण शाहको सैनिक आक्रमणविरुद्ध उनै चतमे र अटल रायको नेतृत्वमा लडाइँ भएको थियो, जसले गर्दा माझकिरातमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहका सैनिकहरूलाई ५ महिना (विसं १८२९ भदौ–पुस) लागेको थियो (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८) । खोटाङका सबै गढीहरूमा पराजित भएपछि खम्बूहरू हतुवागढीमा केन्द्रित हुन पुगे । उनीहरूबीच सरसल्लाह हुँदा अटल रायले भनेछन्, ‘आत्मसमर्पण गर्नुभन्दा म युद्धमा मर्नु बेस ठान्दछु ।’ उनलाई दह्रो साथ दिनेहरूमा खोटाङ हलेसीका चतमे चाम्लिङ (राय), खोटाङ चिसापानीका माने पुमा, नरवीर साम्पाङ र ओखलढुंगाका जगवीर कोयू थिए । तर, गोरखाली सेनाका बन्दुकका अगाडि धनुकाँडको केही नचलेपछि अटल र चतमे रायहरूले हतुवागढी छाडेर हिँडे । त्यसैले चतमे राय र अटल राय दुवैका शाखासन्तान अहिले भोजपुर र खोटाङ क्षेत्रमा पाइँदैन । युद्धमा पराजित भएपछि उनीहरू कोशी तरेर भारतको विहार पुगे । उनीहरूसँगै हिँडेका खम्बूहरू अहिले पनि ठूलो संख्यामा उत्तरी विहारको मधेपुरा र सुपौल जिल्लाको पनि उत्तरी भेगमा बसोबास गरिरहेका छन् । अटल रायका सन्तानहरू चाहिँ अहिले हाङपाछाका रूपमा चिनिन्छन् (विष्णु एस राई, खम्बुवानबाट हराएका सन्तानहरू, २०६७, पृष्ठ १६) । चतमे रायका बारेमा खासै लोकोक्तिहरू प्रकाशमा आएका छैनन् तर अटल रायबारे चाहिँ फुटकर सवाईहरू भोजपुर र धनकुटातिर प्रचलित छ – भोजपुर क्षेत्रमा बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ : नेपालायाङका ङेनची मबानाङा नाम बाखा टुङ्सा मो एनुकी अटलकाजीओ अलावा लोङ्सा अकमाआ सिरुखाया लोराखारालो कुमाङा ता तोखोक तोखोक छुङ्सा ।। प्वालोन्टाकि लोरा त अघुराङ धुङ्सा अयावाचिआ लेगुवा घाटाया अखाट्टा हुङ्साहुङ्सा ।। (नेपालबाट सेनाहरू आए आकाश धर्ती हल्लाउँदै त्यो सुनेर अटलकाजीको सातो गयो डरले दौडेर गई सिरुबारीमा लुक्दा त ख्वाक् ख्वाक् खोक्यो उठेर दौड्दा त घुँडा ठोक्कियो साथीहरूले लेगुवाघाटमा पर्खैंदैपर्खंदै लगे ।।) (चन्द्रकुमार राई ‘हतुवाली’, भोजपुर जिल्लामा रहेको ऐतिहासिक हतुवागढीको वस्तुपरक तथ्य अध्ययन प्रतिवेदन, २०६८, पृष्ठ ११५) । त्यस्तै धनकुटा छिन्ताङतिर बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ – अटले नु बडले लेगुवा नु फुङ्सा। पृथ्वीनारान बाना उक्टा धरती लुङ्सा।। (अटले र बडले लेगुवाबाट आयो। पृथ्वीनारान आउँदा धर्ती काम्यो।।) (अर्जुन माबुहाङ/भरत तुङघङ, हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध, २०७०, पृष्ठ ६६) अटल राय र चतमे रायबारेमा नारायणहिटी राजदरबारनजिकै रहेको नारायण मन्दिरको पटाङ्गिनीको संवत् १८५० को कप्तान धोकलसिंह बस्न्यातको शिलालेखमा चर्चा गरिएको छ,, जसमा माझकिरात रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वमा खम्बूहरूले पृथ्वीनारायण शाहका सेनाविरुद्ध लडाइँ लडेको उल्लेख छ (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८, ४२८) । त्यसो भए के माझकिरातमा दुईवटा मात्र गढी थिए, जसको नेतृत्व चतमे र अटल रायले गर्थे ? त्यस्तो पनि होइन । उनीहरू त कुनै पनि गढीका शासक थिएनन् । त्यसो भए किन चतमे र अटल रायको नेतृत्वमा माझकिरातका खम्बूहरूले युद्ध लडे त ? योचाहिँ आजसम्म पनि नसुल्झिएको प्रश्न थियो, यी दुई कागजबाट खुलस्त हुन पुगेको छ । पहिलो कुरा, चौदण्डी राज्यको पहाडी प्रदेशको शासन सञ्चालन गर्न हतुवागढीमा शासनकेन्द्र कायम गरिएको थियो (ज्ञानमणि नेपाल, ऐजन, पृष्ठ २९२) । र, हालको भोजपुर जिल्लाको प्रशासन हेर्ने दीवान या चौतरिया थिए अटल राय । त्यही भएकाले अटल रायले जारी गरेका यी दुई कागजमा आफूलाई ‘राजाभारासामर्थ’ अर्थात् राजाको भार बोक्न समर्थका रूपमा उल्लेख गरेका हुन् । त्यो राजा भनेको चौदण्डीगढीका कर्ण सेन थिए । त्यस्तै अटल रायका कागजात दुई ठाउँबाट जारी भएका छन्– लेगुवा र दिङ्लाकोटबाट । लेगुवाचाहिँ हतुवागढीमा पर्छ तर दिङ्ला (डिंलाकोट) चाहिँ अर्कै गढी भएको स्थान हो । अटल राय हतुवागढीका मात्र राजा हुन्थे भने दिङ्लाबाट उनले कागज जारी गर्न सक्ने कुरै हुँदैनथ्यो । उनले समग्र भोजपुर क्षेत्रको प्रशासन हेर्ने भएकैले दिङ्लाबाट जारी गरिएका कागज फेला परेको हो । दोस्रो कुरा, चतमे रायबारे पनि यी दुई ऐतिहासिक कागजले अझ बढी खुलस्त हुन पुगेको छ । चतमे राय पनि हालको खोटाङ जिल्लाअन्तर्गत राजा कर्ण सेनको प्रशासन हेर्ने ‘राजाभारासामर्थ’ नै थिए । त्यही कारणले धोकलसिंह बस्न्यातले राखेको शिलालेखमा चतमे र अटल रायलाई समान हैसियतमा प्रस्तुत गरिएको हो । शिलालेखमा चतमे रायलाई रावाखोलाको भनिएको छ । यसको अर्थ उनी रावाखोलाका हुन् भन्ने होइन, बरु रावाखोला क्षेत्रमा सेन राजाहरूको प्रशासनको केन्द्र थियो, त्यसका प्रमुख चतमे राय थिए भन्ने हो । यसो भन्न सकिने दुईवटा आधार छन्— रावाखोला क्षेत्रमा धान उत्पादन हुने भएकाले सेन राजाहरूले ब्राह्मण, संन्यासी, क्षत्रीहरूलाई ठूलो परिमाणमा खेत कुशविर्ता दिएका थिए । आफ्ना विश्वासपात्रहरूको विशेष बस्ती रहेको त्यत्तिको उपयुक्त स्थानमा प्रशासनिक केन्द्र हुनु स्वाभाविकै हो । अझ बलियो आधारचाहिँ अटल रायसँगै भाग्ने क्रममा भारतको विहार पुगेका खम्बू राईहरूले बताइरहेको मौखिक इतिहास हो । बिहार पुगेका त्यतिबेला १४ वर्षका अटल रायका नाति गुमानसिंह राईले आफ्ना सन्तानहरूलाई बताएअनुसार चतमे चाम्लिङ हलेसीका थिए जसले पृथ्वीनारायण शाहविरुद्ध अन्तिम लडाइँ लड्ने अटल रायको प्रस्तावमा सबैभन्दा पहिला समर्थन गरेका थिए (विष्णु एस राई, ऐजन, पृष्ठ १६) । एउटा प्रवल सम्भावना के छ भने चतमे राय हलेसी गढीका प्रथम शासक होलैसुङका शाखासन्तान हुन् । दुई, स्थानीय स्वशासन: सेन राजाहरू आलंकारिक राजा मात्र हुन्थे, खास प्रशासन चाहिँ खम्बू दिवान र चौतरियाहरूले सञ्चालन गर्थे (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१५) । उनीहरूले प्रशासन हेर्ने थुम र गढीहरू त्यसबखत खोटाङ र भोजपुर क्षेत्रमा मात्रै पनि दुई दर्जनभन्दा बढी थिए । हालका ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, संखुवासभा, धनकुटा जिल्लामा गरेर त सयको हाराहारीमा थुम तथा गढीहरू थिए । ती गढीका स्थानीय ‘राजा’ खम्बूहरू हुन्थे (भोगीराज चाम्लिङ र तारामणि राई, किरात क्षेत्रका गढीहरू, २०७४) । यसबाट किरात क्षेत्रमा सेन शासनकालमा स्थानीय स्वशासनको अभ्यास थियो भन्ने देखिन्छ । अझ त्यस्तो स्वशासनको अभ्यास किरातहरूले लिच्छविकालदेखि नै गरिरहेका थिए भन्ने संकेत राजा मानदेवको विसं ५२२ को चाँगुनारायण अभिलेखलले गरेको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, पृष्ठ १६, ज्ञानमणि नेपाल, नेपालनिरुपण, पृष्ठ २८९) । तीन, धान खेतीः अटल रायका यी दुवै ऐतिहासिक कागज खेत (षेत) सँग सम्बन्धित छन् । एउटाचाहिँ कदुमाफुफुलाई विर्ता दिइएको कागज हो, अर्कोचाहिँ असी मुरी धान उत्पादन हुने खेत असी रुपैयाँ (?) मा जमान (बन्धकी ?) गरिएको कागज हो । यसभन्दा अझ धेरै अगाडि राजा शुभ सेनले रावाखोला क्षेत्रमा विसं १७३१ मै ब्राह्मण, संन्यासी, क्षत्रीलाई खेत कुशविर्ता दिएको कागज फेला परेका कारण (पोखरेलको इतिहास, २०५७, पृष्ठ १३७) लिखित प्रमाणले माझकिरात क्षेत्रमा धान खेतीको इतिहास ३४५ वर्ष पुरानो बताउँछ । यसले अर्को के कुरा पनि संकेत गर्छ भने भोगचलन गरिरहेकै जग्गा विर्ता या कुशविर्ता दिइने भएकाले सेन राजाबाट विर्ता पाएर आर्य र खस समुदाय माझकिरातमा प्रवेश गर्नुभन्दा पहिले नै खम्बू (राई) हरूले धान खेती गर्थे । कोरोनापछि किताबको भविष्य के ? फुटपाथका किताब व्यापारीका कुरा: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको लेख हामीले नागरिकन्युजबाट साभार गरेका हौँ । नागरिकका लागि यो लेख ऋतु काफ्लेले तयार पार्नु भएको हो । तपाईले यो सामग्री नागरिकन्युजमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । ———————— केही महिनादेखि किताबमा कर लगाइएयता पुस्तकको व्यापार सुस्त भइरहेका बेला कोरोनाको त्रासले अझ ठूलो समस्या थपिएको छ । पुस्तक व्यापारको लाइफलाइन मानिने फुटपाथको व्यापार यतिबेला यति सुस्ताएको छ कि पुस्तक व्यापारीहरु नै पलायन हुने अवस्था आएको छ । ‘पहिले किताब किन्नेको सानोतिनो भिड नै हुन्थ्यो,’ सुन्धारा आकाशेपुलकी फुटपाथे व्यापारी लक्ष्मी थापाले गुनासोको स्वरमा भनिन्, ‘किताब पढ्ने, हेर्ने र किन्नेको सानोतिनो भिडभाड र ठेलमठेल नै हुन्थ्यो । त्यो भिड अहिले सपनाजस्तै भएको छ ।’ उपन्यास र आध्यात्मिक पुस्तक किन्नेहरुको राम्रो संख्या देखेकी उनले पछिल्लो समय सर्वसाधारणको पुस्तक प्रतिको मोह नै रित्तिएजस्तो महसुस गरेकी छन् । उनले लामो श्वास तान्दै भनिन्, ‘व्यापार शून्य !’ काभ्रेकी लक्ष्मी थापाले यहाँ पुस्तक व्यापार गर्न थालेको १४ वर्ष भयो । एक समयमा फुटपाथमै पुस्तक बिक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएकी उनले पछिल्लो समय पुस्तकको बिक्री उदेकलाग्दो गरी घटेकामा छक्क परेकी छन् । थापाले भनिन्, ‘सरकारले किताबमा कर लगाइसकेपछि अहिले किताबको व्यापार शून्यजस्तै भएको छ । कर लागेपछि व्यापार नै छैन । सरकारी करका कारण किताब महँगो पर्छ । त्यसमाथि पनि कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ । यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ ।’ त्यसै पनि घट्दो बिक्री र त्रासका कारण मानिसको चहलपहलमा कमीले व्यापारमा सिधासिधा असर परेको उनको भनाइ छ । ‘सरकारले कर नलगाउँदा र महामारीको डर नहुँदा दिनमा कम्तीमा फाइदा मात्र दुई हजार पच्चीस सय हुन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘अहिले त महिनामै दुई हजार पच्चीस सय कमाउनै गाह्रो होलाजस्तो भएको छ ।’ लक्ष्मीले धेरैजसो उपन्यास नै बेच्ने गरेकी छन् । पहिलेको तुलनामा अहिले निकै कम पुस्तक बिक्री भएका छन् । दिनमा अहिले जम्मा पाँच सात सयको किताब बिक्री भएको उनको भनाइ छ । उनले किताबमा सरकारले कर लगाएको विषयमा आपत्ति जनाउँदै भनिन्, ‘पुस्तक भनेको धनीले मात्र होइन, गरिबले पनि पढ्छन् । किताबमा कर लागेपछि किताब महँगो हुने भयो र जो कोहीले किनेर पढ्न नसक्ने भए । त्यसैले किताबमा लागेको कर हट्नु जरुरी छ । त्यसमाथि कोरानाको महामारी हल्लाले पनि किताब किन्ने मानिस स्वात्तै घटिसक्यो । व्यापार त अहिले शून्यमा झरिसक्यो भन्दा पनि हुन्छ ।’ कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ । यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ । अहिले लक्ष्मीलाई स्टोर भाडा कसरी बुझाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । उनले भनिन्, ‘स्टोरको भाडा नै दश हजार बुझाउनुपर्ने हुन्छ । महिनामा त्यत्ति पनि व्यापार नहोलाजस्तो भएपछि कसरी स्टोर भाडा बुझाउने ?’ उनको १४ वर्षे किताब व्यापारको अनुभवमा कहिले यस्तो भोग्नु परेको थिएन । पाटनका स्थानीय बासिन्दा ४० वर्षीय दिनेश चित्रकार न्युरोड पिपलबोटमा बसेर पुस्तक व्यापार गर्न थालेको २५ वर्ष भयो । पहिले किताब बेचेर नै दिनमा १५ देखि २० हजार व्यापार गर्ने गरेका उनलाई अहिले दिनमा अहिले ५ देखि ७ सयकै किताब बेच्न मुस्किल भएको छ । पुस्तकमा कर या कोरोना भाइरसको आतंकले भन्दा पनि बेलाबेलामा भृकुटीमण्डपमा लाग्ने पुस्तक मेलाले फुटपाथमा बेच्ने पुस्तक व्यापारमा व्यापक कटौती गरेको चित्रकारको अनुभव छ । ‘मानिसहरु मेलामा नै आफूलाई चाहिने पुस्तक किन्छन्, किताबका लागि फुटपाथ को धाओस् ?’ उनले भने । अहिले मानिसहरु किताब किनेर पढ्नभन्दा पनि अनलाइनमा हेर्न बढी रुचाउने गरेको र धेरैजस्तो किताब अनलाइनमै उपलब्ध गराइने हुनाले पनि किताबको माग घटेको चित्रकारको भनाइ छ । नुवाकोट घर भएका राम पौडेलले न्युरोड भूगोलपार्कमा २७ वर्षदेखि पुस्तक बेच्दै आएका छन् । उनका अनुसार पुस्तकको व्यापार व्यापक रुपमा कमी भइरहेको छ । त्यसमाथि सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो । सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो । उनले भने, ‘भएका किताबहरु सबै पुराना छन् । ती किताबहरु पाठकले दोहार्याएर कति पढून् ? पहिले मैले नै दिनमा ५० देखि ६० वटासम्म किताब बेचेको रेकर्ड छ । अहिले त त्यो सपना भइसक्यो !’ पौडेलको भनाइअनुसार अहिले पनि दिनमा चार पाँच हजारको किताब त बिक्री भई नै रहेको छ तर यो पहिलेको भन्दा निकै कम हो । अहिले युवावर्गले अनलाइनमै बुकहरु पढ्छन् । अहिले अनलाइनमै किताब बेचिने हुनाले फुटपाथको व्यापार कम भएको उनको भनाइ छ । ‘मानिसहरुले किताब किन्न छोड्नुको कारण किताबमा कर लाग्नु या कोरोनाको महामारी फैलिनु होइन,’ उनको बुझाइ छ, ‘यसले केही मात्रामा प्रभाव त पारेको छ तर बजारमा नयाँ किताबहरु नै आएका छैनन् । त्यसैले पनि व्यापारमा कमी भएको हो । राम्रा र रोचक किताबको अभावका कारण पाठक दौडिएर किताब पसल पुग्ने वातावरण नबनेको हो ।’ यसैगरी नुवाकोटका राजेश गजुरेलले पनि भूगोलपार्कमै २०६२/६३ को आन्दोलपछि पुस्तक र पत्रपत्रिका बेच्दै आएका छन् । उनको १७ वर्षे अनुभवमा पुस्तक कम बिक्री हुनुमा अलि फरक मत छ । ‘अहिले पनि पुस्तक बिक्री भइनै रहेका छन् तर पुस्तक बिक्री हुनु र नहुनुमा पनि पाठकले कस्ता पुस्तक पढ्न चाहन्छन् भन्ने कुराले महŒवपूर्ण भूमिका खेल्छ,’ गजुरेलले भने, ‘अहिलेको सन्दर्भमा सरकारले किताबमा कर लगाएको कारणले किताब बिक्री कम भएको कुरा साँचो होइन । सरकारले त गैरकानुनी रुपमा विदेशबाट भित्रिने विदेशी किताबमा कर लगाएको हो र यसलाई व्यवस्थित गर्न पनि जरुरी नै छ ।’ कुनै रोग वा महामारीका कारण पाठकलाई पुस्तक किन्न समस्या नहुने उनको भनाइ छ । ‘मेरो अनुभवमा पाठकले कस्ता किताब पढ्न मन पराउँछन् भन्ने कुरा महत्वपूर्ण विषय हो,’ गजुरेल भन्छन्, ‘अहिलेका किताबमा पाठकले नयाँ स्वाद पाउन सकेनन् । नयाँ स्वादको अभावमा किताबप्रतिको पाठक रुचि घट्दै गएको देखिन्छ ।’ लेखकहरुलाई गजुरेलले सल्लाह छ, ‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस् । अलिकति टाइम लिनुस् । रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस् । त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि ।’ ‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस् । अलिकति टाइम लिनुस् । रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस् । त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि ।’ साहित्यमा मिथक: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको अन्तर्वाता हामीले नागरिकन्युज साभार गरेका हौँ । नागरिकका लागि यो लेख ध्रुवसत्य परियारले तयार पार्नु भएको हो । तपाईले यो सामग्री नागरिकन्युजमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । —————- ‘प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु । मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ । पुनर्जन्म, स्वर्ग र नर्क, देवदूत र दानव, प्रारब्ध र मुक्त इच्छा, पाप, सैतान र मोक्ष धार्मिक मिथक हुन् । सम्प्रभुता, राष्ट्र राज्य, मानवाधिकार, महिला अधिकार, पशु अधिकार र समलिंगीका अधिकार धर्मनिरपेक्ष मिथक हुन् । धार्मिक होस् या धर्मनिरपेक्ष, सबै मिथकले व्यक्तिहरूको एक समूहभित्र एक मजबुत बोधको निर्माण गर्छ ।’ डा. देवदत्त पटनायकको पुस्तक ‘मिथक : हिन्दू आख्यानों का सम्झने का प्रयास’मा मिथक र विभिन्न हिन्दू ग्रन्थमा वर्णित केही कथालाई व्याख्या गरिएको छ । एकपटक एक विख्यात वैज्ञानिक (कसैको भनाइमा बरट्रेन्ड रसेल)ले खगोलविज्ञानबारे सार्वजनिक व्याख्यान दिए । पृथ्वी गोलो छ र कसरी पृथ्वीले सूर्यलाई घुम्छ भन्नेबारे नै उनको व्याख्यान केन्द्रित थियो । यसैबीच, एक महिलाले भनिन्, ‘तिमी बकबास बोल्दै छौ । यो पृथ्वी चेप्टो छ, जो कछुवाको ढाडमाथि अडिएको छ ।’ ती वैज्ञानिकले सोधे, ‘त्यसो भए कछुवा केमा अडिएको छ त ?’ महिलाले भनिन्, ‘तिमी धेरै चलाख छौ, युवक । त्यहाँ तलैसम्म कछुवा नै कछुवा छन् ।’स्टिफेन हकिङको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’मा यो प्रसंग उल्लेख छ । हकिङले ती महिलाले त्यस्तो भन्नुमा के कुराले भूमिका खेलेको थियो भन्ने बताएका छैनन् । तर, यो स्पष्ट छ– ती महिलाले आफूले सुन्दै आएका पौराणिक कथामाथि पूर्ण विश्वास गरेकी थिइन्, जसमा उनी तर्क र चिन्तन गर्न चाहन्नथिन्, वा तत्कालीन समाज र चेतनाका दृष्टिले असमर्थ थिइन् । पौराणिक कथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना छन्, जसमाथि लोकविश्वास छ, त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको छ । प्राचीन साहित्यको कथातत्वमा किन अलौकिक पात्र, घटना र परिवेश आउँछ ? यो गम्भीर खोज र चिन्तनको विषय हो । यद्यपि सामान्यतः यो अर्थ लगाउन सकिन्छ, जब मानिससँग विज्ञान थिएन, तीव्र कल्पनाशक्ति थियो । प्राकृतिक घटना वा विपत्पछाडिको कारण, ब्रह्माण्डको उत्पत्ति वा अन्त्य आदिबारे चिन्तन गर्दा मानिसले कल्पनाशक्तिको सहारा लिन्थ्यो । ‘मैले एक २२ वर्षीय युवतीसँग कुरा गरेको थिएँ । पुरुषसँग नाच्नु, तास खेल्नु, पौडी खेल्नु, घुम्न जानु पाप हो भनेर उनलाई आमाद्वारा सिकाइएको थियो । आफ्नो आज्ञा र धार्मिक मान्यताविपरीत काम गरे नर्कमा जल्नुपर्ने डर उनलाई उनकी आमाले देखाएकी थिइन् । ती युवतीले शृंगार पनि त्यति गर्दिनथिन् । सबै पुरुष खराब हुन्छन्, यौन–सम्पर्क दानवका लागि हो, यो मानिसलाई बहकाउने दुष्ट तत्व हो भनेर पनि उनलाई आमाले बताएकी थिइन् । जब उनी कार्यालयका पुरुष सहकर्मीहरूसँग घुम्न निस्कन्थिन्, उनलाई ग्लानि हुन्थ्यो, भगवान्ले दण्डित गर्ने भयले आक्रान्त हुन्थिन् । उनलाई धेरै योग्य पुरुषले विवाहको प्रस्ताव गरेका पनि थिए ।उनले मलाई भनिन्, ‘विवाह गर्नु गलत कुरा हो, यौन पाप हो र म पापी हुँ ।’ उनको यस्तै बुझाइ थियो, या उनलाई यस्तै बुझाइएको थियो । उनी दश हप्ताजति दिनहुँ मकहाँ आइन् । मैले उनलाई चेतन र अवचेतन मनको कार्यविधि बुझाएँ । उनलाई ज्ञात भयो, आफूलाई आमाले गलत कुरा बुझाएकोबारे । मेरो सल्लाहमा उनले पहिरन र कपाल कोर्ने शैली बदलिन । पुरुष प्रशिक्षकबाट नृत्य र ड्राइभिङ सिकिन् । पौडिन, तास खेल्न पनि सिकिन् । उनले जीवनलाई माया गर्न थालिन् । आफ्ना लागि योग्य जीवनसाथी पाउन उनले गहिरो विश्वाससाथ आफ्नै अपार अवचेतन मनसँग प्रार्थना गर्न थालिन् ।एक साँझ, उनी मेरो कक्षाबाट निस्कँदै थिइन् । बाहिर मलाई भेट्न कोही पुरुष आएको थियो । मैले उनीहरूको चिनजान गराइदिएँ । अहिले उनीहरूले विवाह गरे, एकअर्कासँग खुसी छन् ।डा. जोसेफ मर्फीको पुस्तक ‘दी पावर अफ योर सबकन्सियस माइन्ड’मा यो प्रसंग उल्लेख छ । एकपटक अलिगढ (उत्तरप्रदेश भारत)का एकजना मलाई भेट्न आए । आफ्नी छोरीले प्रेम गर्ने र मनपराउने केटो उनलाई मनपरेको थिएन ।उनले मलाई भने, ‘त्यो केटो तल्लो जातको हो । उनीहरूबीचको सम्बन्ध विच्देछ भएन भने हामी समाजमा बदनाम हुनेछौँ ।’ उनले छोरीलाई पनि सँगै ल्याएका थिए । मैले उनकी छोरीसँग कुरा गरेँ । उनी आफ्नो विचारमा दृढ थिइन्, कुनै पनि हालतमा आफ्नो प्रेमीलाई नछाड्ने पक्षमा उनी थिइन्। उनका बाबुले आफ्नी छोरी निकै जिद्धी भएको, आफू सम्झाएर थाकेको पनि मलाई बताएका थिए । मैले उनकै अगाडि उनकी छोरीलाई पोस्ट–हिप्नोटिजम्द्वारा उसको प्रेमी निकै कमजोर चरित्रको भएको, आफ्नो स्वार्थ पूरा गर्न मात्रै प्रेमको नाटक गरेको भावना सम्प्रेषण गरेँ । मैले उनलाई भनेँ, ‘उसले आफ्नो स्वार्थ पूरा गरेपछि तिमीलाई छाड्नेछ, अनि तिम्रो जीवन दुःखले भरिनेछ । त्यसैले बेलैमा तिमीले उसलाई त्याग्नु नै उचित हुनेछ । अब तिमी सम्मोहनबाट जागेपछि तिम्रो मनमा त्यस केटाप्रति घृणा जाग्नेछ । तिमीलाई उसको अनुहार पनि हेर्न मन लाग्नेछैन । सदाका लागि तिमीहरूको प्रेम समाप्त हुनेछ ।’ प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु । मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ । यसपछि सम्मोहन निद्राबाट उनलाई उठाएँ, अहिले के भयो भन्नेबारे उनलाई बताइनँ । त्यही दिन नै उनीहरू अलिगढ फर्किए । त्यसको १५–२० दिनपछि मलाई ती केटीका बाबुको चिठी आयो, जसमा उनकी छोरीले प्रेमीसँग झगडा गरेको र प्रेमीको अनुहार पनि हेर्न नचाहेको उल्लेख थियो ।डा. नारायणदत्त श्रीमालीको पुस्तक ‘प्राक्टिकल हिप्नोटिजम्’मा यो प्रसंग उल्लेख छ ।यी चार प्रसंगले निश्चय नै तपाईंलाई केही सोच्न बाध्य बनाएको हुनुपर्छ । पछिल्लो प्रसंगमै जाउँ, जसमा एक युवतीलाई सम्मोहन विद्याका गुरुले सम्मोहित पारेका छन् । सोच्नुस् त, आफ्नैबारे वा आफ्नो समाजका ती मानिसहरूबारे, जो पुस्तौँ पुस्तादेखि सम्मोहित छौँ । र, भनिरहेछौँ, मानिरहेछौँ– यो गर्न हुन्छ, त्यो गर्न हुँदैन । यसलाई यो विधिबाट मान्नुपर्छ । त्यसलाई त्यो विधिबाट दुत्कार्नुपर्छ । त्यसो गरे पाप लाग्छ, देवता रिसाउँछन्, त्यसैले यसो गर्नुपर्छ । यसो गर्दा विभेद, अन्याय भए पनि वास्ता गर्नुहुँदैन । हामी हिन्दू संस्कारमा हुर्किएकाहरू दसैँ मनाउँछौँ वा मान्छौँ । दसैँ दुई प्रकारले मनाउन सकिन्छ । यसबारे केही नबुझी बच्चाले जस्तै खुसियाली पनि मनाउन सकिन्छ । अथवा, यसमा तर्कविनै केही मान्न सक्छौँ । जस्तो : दसैँ भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिन । राम देउता, रावण राक्षस । देउता असल, राक्षस खराब । त्यसैले यो दिन हाम्रा लागि महत्वपूर्ण छ ।संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा लेख्छन्, ‘विजयादशमीको दिन भगवान् रामचन्द्रले शक्तिस्वरूपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गर्नुभएको हो भन्ने अनुश्रुतिहरूको कथन छ । यसबाट यो दसैँ कति पुरानो समयदेखि चलेर आइरहेको छ भन्ने थाहा हुन्छ ।’ रामलाई भगवान् र रावणलाई राक्षस मान्नुको पछाडि पौराणिक ग्रन्थको पूर्ण भूमिका छ । पौराणिक ग्रन्थ वाल्मीकिको रामायणमा राम असल, मर्यादापुरुष र रावणलाई खराब–राक्षस भनी वर्णन गरिएको छ । हामी तर्क नगरी मान्छौँ– राम असल, रावण खराब ।रावण खराब नै भएको हामीले देखेका होइनौँ, कुनै ठोस इतिहास वा प्रमाण पाएका पनि होइनौँ । हामीले केवल पौराणिक कथालाई विश्वास गरेका हौँ । पौराणिक कथाहरूले हामीलाई विश्वस्त पारेका छन्— राम असल, रावण खराब । सीता देवी, शुपर्णखा राक्षेसनी । कृष्ण सही, कंस गलत । पाण्डवहरू वीर, दयावान्, धर्मात्मा र कौरवहरू दुष्टात्मा । हामी जुन धर्म वा समुदायका हौँ, हामीले आफ्ना पौराणिक कथा, अनुश्रुतिहरूलाई कतिपय अवस्थामा अभिधा बुझ्यौँ, कतिपय अवस्थामा लक्षणा र व्यञ्जना बुझ्यौँ । कतिपय अवस्थामा अलौकिक शक्ति माथिको विश्वास वा अन्धविश्वासमा बुझ्यौँ । जेहोस्, हामीले त्यसलाई आत्मसात् गर्दै आयौँ । त्यस्तै, हामीले आ–आफ्नो परम्पराअनुसार इद मनाउन सक्छौँ, क्रिसमस वा उभौली–उधौली, ल्होसार, जात्रा–पर्व आदि मनाउँछौँ । यी सबैको पछाडि पौराणिक कथा, किंवदन्ती वा अनुश्रुति छन् । हामीसँग लिखित र एउटा समुदायले मानेको, स्विकारेको पौराणिक कथा मात्रै छैनन्, योसँगै लोककथा, दन्त्यकथा, अनुश्रुति पनि छन् । जसले हाम्रो जीवनको लयमा अवचेतन रूपमा तालमा ताल मिलाइरहेका छन्, जसबारे हामीले त्यति धेरै चेतन चिन्तन वा खोज नगरेका हुन सक्छौँ । गरे पनि पौराणिक वा अनुश्रुतिमय अवचेतनमै अभ्यस्त हुन सक्छौँ । पछिल्लो समय समाजको अध्ययनका लागि लोककथा, किंवदन्तीहरूको पनि संकलन सुरु गरिएको छ । लोककथाहरूको व्यवस्थित संकलन प्रारम्भ जर्मनीमा ग्रिम दाजुभाइले गरेका हुन् । ज्याकोब ग्रिम र विलहेल्म ग्रिम नामका दाजुभाइले जर्मन लोककथाहरूको संकलन गरी सन् १८१२ मा पहिलो भाग र सन् १८१५ मा दोस्रो भाग प्रकाशित गरे । हामीकहाँ अंग्रेजी शब्द ‘फोकलोर’ लाई लोकवार्ता वा लोकसाहित्यका रूपमा बुझिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक ‘नेपाली लोकवार्ता’मा समाविष्ट प्रा.डा. चूडामणि बन्धुको आलेखअनुसार विलियम जोन थम्सले सन् १८४६ मा फोकलोर अर्थात् लोकवार्ता शब्दको पहिलोपल्ट प्रयोग गरेका हुन् । उनले ‘फोकलोर’ शब्दलाई स्पष्ट परिभाषित त गरेनन्, तर रीतिथिति, धमिलिएका जनश्रुति र छरिएका गाथाहरू आदि शब्दबाट उनको अभिप्रायः बुझ्न सकिन्छ। देउता असल, राक्षस खराब । त्यसैले यो दिन हाम्रा लागि महत्वपूर्ण छ ।संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा लेख्छन्, ‘विजयादशमीको दिन भगवान् रामचन्द्रले शक्तिस्वरूपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गर्नुभएको हो भन्ने अनुश्रुतिहरूको कथन छ । यसबाट यो दसैँ कति पुरानो समयदेखि चलेर आइरहेको छ भन्ने थाहा हुन्छ ।’ रामलाई भगवान् र रावणलाई राक्षस मान्नुको पछाडि पौराणिक ग्रन्थको पूर्ण भूमिका छ । पौराणिक ग्रन्थ वाल्मीकिको रामायणमा राम असल, मर्यादापुरुष र रावणलाई खराब–राक्षस भनी वर्णन गरिएको छ । हामी तर्क नगरी मान्छौँ– राम असल, रावण खराब ।रावण खराब नै भएको हामीले देखेका होइनौँ, कुनै ठोस इतिहास वा प्रमाण पाएका पनि होइनौँ । ‘लोक साहित्य र संस्कृतिका केही पाटाहरू’ पुस्तकमा मनोहर लामिछानेले डा. रामनाथ ओझा र मधुसूदन गिरीलाई उद्धृत गरेका छन्, ‘मानवसभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेको जेठो साहित्य लोकसाहित्य नै हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य लोकसाहित्य हो ।’ हाम्रा पौराणिक कथा, लोककथा वा अनुश्रुतिमा केही मिथक वा असत्य अर्थात् विज्ञानले प्रमाणित गर्न नसक्ने घटना पनि छन् । जस्तो : भगवान् कृष्णले पहाडै उठाएर गोकुलवासीलाई वर्षाबाट बचाए, काल वा मृत्यु सबैले देखिने गरी मानिसलाई लिन आए । अंग्रेजी शब्द मिथ, माइथोलोजीलाई नेपाली र हिन्दी भाषामा मिथक वा मिथकशास्त्रका रूपमा बुझिन्छ । यसको मूल ग्रिक शब्द मुथोस हो, जसको सारभूत अर्थ आख्यान भन्ने नै लाग्छ । मिथकको अर्थबोध भारतीय दर्शनमा भने नयाँ होइन, हिन्दू ऋषिले मिथकलाई मिथ्याका रूपमा बुझ्दथे । पौराणिक कथा, साहित्य हाम्रा प्राचीन धरोहर हुन्, जसले हामीलाई आफ्नो प्राचीन इतिहासको खोज गर्न आधार दिएका छन् । पौराणिक कथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना आउँछन्, जसमाथि लोकविश्वास छ, त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको छ । प्राचीन साहित्यको कथातत्वमा किन अलौकिक पात्र, घटना र परिवेश आउँछ ? यो गम्भीर खोज र चिन्तनको विषय हो । यद्यपि सामान्यतः यो अर्थ लगाउन सकिन्छ, जब मानिससँग विज्ञान थिएन, तीव्र कल्पनाशक्ति थियो । प्राकृतिक घटना वा विपत्पछाडिको कारण, ब्रह्माण्डको उत्पत्ति वा अन्त्य आदिबारे चिन्तन गर्दा मानिसले कल्पनाशक्तिको सहारा लिन्थ्यो । जस्तो : भूकम्प वा ज्वालामुखी, आँधीबेरी आदिको कारण कुनै अलौकिक वा दैवीशक्ति हुनुपर्छ । पानी भगवान्ले पार्दै छन् । आगो सूर्यदेवको उपज हो । प्राचीन युनानी दार्शनिकले आगो र जललाई मूल तत्व मान्थे । स्पष्ट छ– सृष्टिका लागि आगो (सूर्य) र जल (मौसम, वर्षा) को भूमिका अनिवार्य छ। भारतीय विद्वान् राहुल सांकृत्यायन आफ्नो पुस्तक ‘दर्शनदिग्दर्शन’मा युनानी दार्शनिक पायथागोरसबारे लेख्छन्, ‘उपनिषद्का ऋषिहरूझैँ उनी पनि ठोस विश्वलाई छाडेर कल्पनाजगत्मा उड्न चाहन्थेँ भन्ने उनको दर्शनबाट स्पष्ट हुन्छ ।’ यहाँ राहुलले भारतीय प्राचीन ऋषिहरूको तीव्र कल्पनाशक्तिप्रति संकेत गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो अज्ञान, भयका कारण र सहारा खोज्न थालेपछि प्राकृतिक मानव देउताहरूसम्म पुग्यो । जब धर्म–देउतासम्बन्धी विश्वासले उसको बुद्धिलाई सन्तुष्ट पार्न छाड्यो, उसका दार्शनिक पखेटा उम्रिए । प्राकृतिक मानवलाई यात्राको प्रारम्भदेखि धर्मसम्म पुग्न पनि लाखौँ वर्ष लागेको थियो ।’ पौराणिक ग्रन्थ, गाथा वा कथामा कल्पनाशक्ति हाबी भएको त हामी बुझ्न सक्छौँ । तर, उनीहरूमा कल्पनाशक्तिसँगै चिन्तन, खोज र अभ्यास पनि थियो । जसले ज्योतिषशास्त्र, सिद्धि–साधना, मनोविज्ञान वा तान्त्रिकशक्तिको जन्म दियो । यसले मानिसको मानसिक विकास मात्रै गरेन, यो तत्कालीन समाजका सोझा मानिसमाथि शासन गर्ने हतियार पनि बन्यो । अद्भुत मानसिक आभास, पूर्वाभासमा आधारित कथा–काव्य रच्न सघायो । पौराणिक कथा वा लोककथामा अद्भुत मानसिक घटना, आभास, पूर्वाभास वा मानवीय शक्तिका उदाहरण पाइन्छन् । यस्ता मानसिक घटनाको संस्थागत अध्ययन भने पश्चिममा धेरै पछि भएको हो । ‘पारासाइकोलोजी’ अर्थात् परामनोविज्ञानबारे अध्ययन गर्न लन्डनमा सोसाइटी फर साइकिकल रिसर्च (एसपिआर) को स्थापना भयो, हेनरी सिजविकको अध्यक्षतामा, सन् १८८२ मा । जो पूर्वीय दर्शन वा साहित्यमा भने निकै पुरानो हो ।हिन्दू प्राचीन साहित्यमा शासक र समाजको उच्च वर्गले आफ्नो कुल, वंश वा गोत्रलाई स्थापित गर्न पनि बढाइँचढाइका पात्र र घटना ल्याएको बुझ्न सकिन्छ । रामायणलाई लिउँ, जो राजा दशरथ र उनका छोराहरुको जीवनी हो । हावर्ड फास्ट आफ्नो पुस्तक ‘लिटरेचर एन्ड रियालिटी’मा लेख्छन्, ‘हामी तीन हजार वर्षअघि रचिएको साहित्यसँग तादात्म्य राख्न, त्यसको सराहना गर्न र त्यसप्रति श्रद्धाञ्जलि दिन सक्छौँ । तर, तीन हजार वर्षअघि पृथ्वीको जुन भागमा उक्त साहित्य रचिएको थियो, त्यस भागमा यस्तो वर्ग–समाज रहेको थियो, जो आफ्नो कामका लागि अल्पसंख्यकद्वारा बहुसंख्यक मानिसहरूको शोषणमा निर्भर हुन्थ्यो ।’ मिथक बन्न वा मिथकले मान्यता पाउन लोकविश्वास अनिवार्य हुन्छ । मिथक कुनै जाति वा समुदायको मानसिकता पनि हो, जो मानिसको मन–मस्तिष्कमा अवचेतन रूपमा गढेर रहेको हुन्छ ।आजको समाजको मनोविज्ञान, मानसिकता, चेतना, अवचेतनामा धार्मिक ग्रन्थ वा मिथकको भूमिका देखिन्छ । आममानिसको मनोविज्ञान बदल्न पनि आधुनिककालको साहित्यमा मिथकको प्रयोग हुन थालेको पाइन्छ । ‘ऐतिहासिक दृष्टिले मिथ शब्द धार्मिक अनुष्ठानबाट पैदा भएको र त्यसैसँग जोडिएको हुन्छ । यो धार्मिक अनुष्ठानबाट उच्चरित अंश हो,’ रेने वेलेक र अस्टिन वारेनको पुस्तक ‘थ्यौरी अफ लिटरेचर’मा उल्लेख छ, ‘हामी सुन्छौँ कि विश्व साहित्यमा मिथलाई पुनः स्थान दिन लागिएको छ । सँगै यो पनि सुन्छौँ, न मिथको रचना गर्न सकिन्छ, न मिथमाथि विश्वास गर्न सकिन्छ, न त कसैलाई विश्वस्त पार्न नै सक्छौँ । …धर्म एक ठूलो रहस्य हो, कविता छोटो रहस्य हो । धार्मिक मिथ (पुराणकथा) कविकृत रूपकको व्यापक स्वीकृति हो।’ यद्यपि, आजको समाजलाई आख्यानले प्रभाव पारिरहेकै छ । यो पंक्तिकारलाई एक युवतीले भनिन्, ‘भूकम्पका बेला सबै भूकम्पकै डरमा थिए, तर मैले भारतीय कलाकार सलमान खानबारे सोचिरहेकी थिएँ । उसलाई अदालतले कस्तो फैसला गर्ने होला भन्ने मनमा आइरहन्थ्यो । उसले खेलेको ‘बडिगार्ड’ फिल्म मलाई खुब मनपरेको हो । उसले फिल्ममा गरेजस्तै उड्ने, उफ्रने, हान्ने त होइन, कम्तीमा मेरो प्रेमी बलियो, आकर्षक जिउडालको र साहसी होस् । अनि, करिनाको बडिगार्डजस्तै निर्दोष ।’ मैले उनलाई भनेँ, ‘बडिगार्ड अर्थात् लभ्ली सिंह त आख्यानको पात्र हो । तिमीलाई सलमान मनपरेको हो कि लभ्ली सिंहको चरित्र ? सलमानले त कसैले लेखेको स्क्रिप्टमाथि अभिनय गरेका हुन् । अनि, त्यही भूमिका इरफान खानले निभाएको भए तिमी उसलाई सलमानलाई जत्तिकै मनपराउँथ्यौ ? तिमीले प्रेमीको रूपमा चाहेको सलमान नै होइन होला, कोही होला, जसको स्वभाव वा चरित्र लभ्ली सिङको जस्तै होस् ?’ उनको जवाफ थियो, ‘खोइ, थाह छैन ।’ जेहोस्, यहाँ ती युवतीले सलमान खानलाई मनपराउनुमा बडिगार्ड फिल्मको कथातत्वको पनि भूमिका छ । अझ कतिपय फिल्ममा हिरोलाई पौराणिक कथाको वीर चरित्रलाई जस्तै प्रस्तुत गरिन्छ । पौराणिक कथामा आधारित फिल्मलाई छाडौँ, आधुनिक मानिसको कथामा आधारित कतिपय फिल्ममा आममानिसले कल्पना गरेभन्दा बढी हिरो उफ्रन, उड्न र प्रतिद्वन्द्वीसँग भिड्न सक्छ । यसमाथि ती युवतीले मिडियामा सलमानलाई हेर्दै र पढ्दै पनि आएकी छन् । अर्कोतिर, आजका मिडिया नै आख्यान वा मिथकजस्ता लाग्छन् । सामान वा उत्पादनको हुँदोनहुँदो विज्ञापन गर्नु, सेलेब्रिटी खेलाडी, गायक, संगीतकर्मी, रंग वा चलचित्रकर्मी, लेखकलाई आख्यानका पात्रलाई जस्तै बढाइचढाइ गरी प्रस्तुत गर्नु आजको मिडियाको प्रवृत्ति नै बनेको देखिन्छ । आज एउटा टेलिभिजन सोमा नृत्य वा गायन जितेको कलाकारले मिडियामा यति स्थान पाउँछ, मानौँ उसले आफ्नो देशका सारा मानिसलाई रोग, भोक, गरिबीबाट मुक्त गरेको छ । एउटा अन्तर्राष्ट्रिय खेल जितेको खेलाडीलाई संसारको सारा अन्याय, विभेद र साम्राज्यवादलाई जितेजस्तो गरी प्रस्तुत गरिन्छ । यी पनि डरलाग्दा नवमिथक हुन् । जसले मानिसमा राष्ट्रवादी र कलाप्रेमी भाव त जगाएका छन्, सँगसँगै मानिसले आधारभूत रूपमा बुझ्नैपर्ने समन्यायको ज्ञान वा मुद्दालाई ओझेल पारिरहेछन् । साहित्य र मिथकमा तात्विक भेद छ । मिथक सामूहिक अवचेतनको अभिव्यक्ति हो भने साहित्यमा वैयक्तिक अनुभव र बुझाइ पनि आउँछ । विज्ञानको आँखाबाट हेर्दा साहित्यमा समाज र प्रकृतिको वास्तविकतासँगै कल्पना र मिथ्या पनि पाइन्छ । सबै कल्पना कोरा हुन्छन् भन्ने होइन, कतिपय कल्पना विज्ञानको नजिक हुन सक्छ । विज्ञान पनि कल्पनाकै उपज हो ।यद्यपि साहित्यमा समाहित कल्पना समाज र प्रकृतिभन्दा पर हुँदैन, भलै साहित्यकारको चेत अनुभवजन्य वा आत्मिक होस्, उसले देश र समाजका विविध समुदाय, वर्ग र लिंगलाई बेवास्ता गरेको होस् । आजको समाजमै आधारित साहित्यमा पनि मिथक वा असत्य हुन्छ, भलै त्यो अलौकिक नहोस् । साहित्यकारले जति बुझेको, जानेको, देखेको, भोगेको, अध्ययन गरेको छ, त्यसकै कसीमा साहित्य सिर्जना हुने हो । एउटी महिला वा एउटा उत्पीडित वर्गको व्यक्तिको दुःख–पीडा मात्रै देख्ने साहित्यकारले उसको अगाडिको बाटो वा विद्रोह नदेख्न सक्छ । कुनै पौराणिक कथा वा धर्मग्रन्थ अनुसारको शासकीय सोचका कारण कुनै वर्ग, समुदायको व्यक्ति अन्यायमा परेको हुन सक्नेसम्म त्यस लेखकको चिन्तन नपुग्न सक्छ । डा. देवदत्त पटनायकले भनेझैँ सम्प्रभुता, राष्ट्र राज्य, मानवाधिकार, महिला अधिकार, पशु अधिकार र समलिंगीका अधिकारलाई पनि मिथक वा असत्य मान्नु गलत होला । न्याय र अन्यायलाई त मानिसले महसुस, बोध र भोग गर्न सक्छ । जहाँ अन्याय वा विभेद छ, त्यहीँ नै अधिकारको कुरा आउने हो । त्यसैले आजका चेतनशील लेखक, कलाकार, नेताले कहाँ, कस्तो मिथकले कस्तो प्रभाव पारिरहेको छ, ख्याल गर्न आवश्यक छ । नयाँ मिथकको सहारामा मानिसलाई न्याय र अन्यायको बोध गराउन आवश्यक छ । ‘अस्थिरतासँग मेरो प्रेम छ’: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको अन्तर्वाता हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । तपाईले यो सामग्री अन्नपुर्ण पोस्टमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । —————- नेपाली आख्यानमा नारायण ढकाल यशस्वी नाम हो । उनका कथा, उपन्यास र निबन्ध विधाका डेढ दर्जन किताब प्रकाशित छन् । उनको सद्यः कथासंग्रह ‘तमस’ चाँडै नै बजारमा आउँदै छ । ‘शहरयन्त्र’, ‘आत्महन्ता’, ‘बहिर्गमन’, ‘इन्द्रजाल’ उनका चर्चित कथासंग्रह हुन् । ‘प्रेतकल्प’, ‘हजार माइलको यात्रा’ उपन्यासका सर्जक ढकालको ‘नरकको ढोका’ कवितासंग्रह पनि प्रकाशित छ । नेपाली कथा साहित्यमा केन्द्रित रहेर ‘सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझी ले आख्यानकार ढकालसँग संवाद गरेका छन् । कथा तपाईंका निम्ति प्रतिरोधको माध्यम हो कि साहित्यकै अर्को लालित्य ? कथा कलाकै एक विधा भएकाले यो लालित्य नै हो । तर, लालित्य मात्रै वा प्रतिरोध मात्रै कथा होइन । त्यो दुवैको सम्मिश्रणले मात्रै स्पष्ट कथा बन्दछ । तपाईंका कथा विचारप्रधान र मुद्दाकेन्द्रित बढी देखिन्छन् । यसको पछाडि विशेष कारण केही होला ? मेरा कथा मुद्दामा केन्द्रित हुनु स्वाभाविक छ । किनभने, मेरो समाजसँगको जो सम्बन्ध छ, त्यसको कोष–कोषमा मुद्दाहरू छन् । पछाडि फर्केर हेर्ने हो भने मेरो जीवनको यात्रा त्यति सहज भएन । जीवनभरि म विभिन्न राजनीतिक तथा सामाजिक मुद्दासँग जोडिँदै–जोडिँदै यहाँसम्म आइपुगेको छु । अर्थात्, मेरो जीवनको इतिहासमा मुद्दा जोडिएको छ । तर, यसलाई साहित्यमा व्यक्त गर्ने मेरो भिन्नै शैली छ । त्यो शैली समाजशास्त्री, मानवशास्त्रीहरूको जस्तो सीधा भने छैन । यस्ता मुद्दालाई म आफ्ना कथामा लालित्य र साहित्य मिसाएर प्रस्तुत गर्ने गर्दछु । त्यसमा विचार पनि त्यत्तिकै सघन ढंगले मिसिएको हुन्छ । मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ । खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ । अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ । तपाईंका कथामा शृंखलाबद्ध घटना हुँदैनन् र एउटै घटनाको सेरोफेरोमा ती कथा घुमिरहेको देखिन्छ, भनिन्छ नि ? परम्परागत साहित्यमा एड्गर एलेन पो, ओ हेनरी, मोपाँसाका हरेक कथामा केही न केही नौला घटना भएका हुन्थे । त्यस्तै, विलियम सेक्सपियरले लेखेका नाटक र कथा घटनाप्रधान नै भेटिन्छन् । ती कथामा बाटोमा हिँडहिँड्दै कोही राजा भएको त कोहीलाई दैवी चमत्कार मिलेको पाइन्छ । तर, पछिल्लो समयमा परिस्थितिप्रधान कथा लेख्ने चलन बढिरहेको छ । घटनाप्रधान कथामा लगाव भएका पाठकलाई सुरुमा यस्ता कथा अरुचिपूर्ण लागे पनि अहिले यस्तो कथाले आफ्नो विशेष स्थान बनाइसकेको छ । यही परम्परामा म जोडिएको हुँ । यसलाई मैले गरेको नयाँ प्रयास भन्न नमिल्ला । फेरि आज कथा लेख्ने शैली एउटै मात्र छैन । तपाईं आफ्नै शैली पनि बनाउन सक्नुहुन्छ । त्यसैले घटनाप्रधान कथा पढ्नेलाई मेरा कथा स्वादिलो नलाग्न पनि सक्छ । तपाईं स्वयं र अन्य कथाकारहरू कथाको स्तर घट्दै गएको, कथा झुर भएको, कथा सक्किएको, कथा शिथिल भएको कुरा बारम्बार भनिरहनुहुन्छ । कथाको स्थिति साँच्चै ‘ब्लिक’ छ, हो ? हाम्रो कथा आज मात्र यस्तो भएको होइन । हाम्रो कथाको परम्परा नै कमजोर छ । यति मात्र होइन कथाको ग्रहणशीलता नै कमजोर छ हामीसँग । तर, यसको परम्परामा जोडिइसकेपछि यसलाई माथि पुर्\u200dयाउने हाम्रो संघर्ष भने जारी छ । आफ्नो कथाको स्तर कमजोर रहेको जुन हाम्रो टिप्पणी छ, त्यो हाम्रै उत्थानका लागि गरेका हौँ । आत्मसमीक्षा हो हो । यसर्थ म आत्मभत्र्सना गर्न डराउँदिनँ । किनभने, ‘जम्मै लेखिसक्यौँ, राम्रो लेखिसक्यौँ’ भन्ने सोच पलायो भने हामीसँग अगाडि बढ्ने बाटो नै हुँदैन । फेरि आत्ममुग्ध भएर अहिलेको अवस्थाकै पक्षमा वकालत गर्न थाल्यौँ भने हामीले हाम्रा कथा उत्थान गर्ने कुनै ऊर्जा प्राप्त गर्न सक्दैनौँ । आफ्नो स्थितिको उत्थानका लागी पनि हाम्रा कथाको यथार्थ स्थितिमाथि गम्भीर समीक्षा जरुरी छ । अघिल्ला कथासंग्रहभन्दा ‘तमस’ मा के नयाँ कुरा छ ? ‘तमस’ नयाँ समयको कथा हो । यसबेलासम्म आइपुग्दा मेरो कथालाई हेर्ने दृष्टिकोण, जीवनलाई हेर्ने दृष्टिकोण र पात्रलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ । यो नयाँ समय र नयाँ बुझाइबाट लेखिएकाले यसमा पक्कै नयाँ कुरा पाउन सकिन्छ । यसो त पञ्चायतजस्तो छ, आज पनि राजनीतिको प्रवृत्ति उस्तै छ । बाहिरी आवरणमा मात्रै राजनीति फरक देखिएको हो । राजनीतिक संस्कार भने पहिलाकै जस्तो छ । यही तीतो यथार्थ ‘तमस’भित्र भएका कथामा मैले उजागर गर्न खोजेको छु । सँगै, मेरो आफ्नै अनुभव पनि बदलिएको छ । जीवनप्रतिको दृष्टि बदलिएको छ । यो बदलाव मेरा कथामा स्वतः देखिन्छ । अर्को कुरा, तमसमा लामा कथाको बाहुल्य छ । पहिलेभन्दा कथालाई चित्रण गर्न, पात्रहरूको अन्तस्करण छाम्न विशेष प्रयत्न गरेको छु । त्यस्तै, परिवेशमा पनि विविधता छ । मेरो कान्छो छोरा अमेरिकामा भएकाले मैले त्यता पनि लामो समय बिताएँ । त्यही सिलसिलामा अमेरिकाको नेपाली जनजीवन र त्यहीँको मौलिक जनजीवनको कथा लेखेको थिएँ । यसर्थ पञ्चायतकालदेखि लिएर आजको अमेरिकी–नेपाली जनजीवनको कथा ‘तमस’मा समेटेको छु । तपाईंले बारम्बार ‘अस्थिर भएर नै म लेखक भएको हुँ’ भन्नुभएको छ । सँगसँगै, लेखनमा अस्थिरता चाहिन्छ भन्ने पक्षमा वकालत गर्नुहुन्छ । के अस्थिर स्वभावको लेखकसँग बलियो कथा बुन्ने क्षमता बढी हुन्छ ? मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ । खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ । किनभने, अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ । मेरो भाषामा अस्थिरता भनेको नयाँ प्रयोग, नयाँ ज्ञान, नयाँ मानसिकताको खोजी हो । जसले यो खोजी गर्न पढिरहन्छ, लेखिरहन्छ, भ्रमण गर्छ र मानिसहरूसँग निरन्तर संवाद गर्छ । यसले कथा लेखन र पठनमा प्रभाव पार्नु स्वाभविक नै हो । अस्थिरतासँग मेरो प्रेम छ । पछिल्लो समय तपाईंका किताब छिटो–छिटो बजारमा आइरहेको देखिन्छ । पाँच दशकदेखि साहित्यमा सक्रिय लेखकलाई यस्तो हतार किन ? छिटो भन्नाले त्यस्तो छिटो पनि प्रकाशन गरेको छैन । दुई वर्षको अन्तरालमा यो कथासंग्रह प्रकाशन गर्न लागेको हँ । अब अर्को पुस्तक आउन भने दुई वर्षभन्दा बढी नै समय लाग्ला । यसलाई के छिटो भन्नुु ? अहिले पनि एउटा उपन्यास लेख्न खोजेको छु, त्यसलाई पाँच वर्ष नै लाग्ला । साना–साना कविता पनि लेख्छु । तर, मलाई एउटा कविता पूरा गर्न धेरै समय लाग्छ । हजार चोटि घोत्लिनु पर्छ मैले कवितामा । काँठकै सेरोफेरोमा केन्द्रित कथा आउँदा तपाईंका पुराना पाठकलाई मोनोटोनस नलाग्ला र ? मैले धेरै पटक एकै विषयलाई साहित्यमा दोहोर्\u200dयाउनु हुँदैन भनेको छु । ‘विषय दोहोरिनु भनेको आत्महत्या हो’ भन्दै आएको छु । परिवेश दोहोरिए पनि प्रतीक र ध्वनि नदोहोरियोस् भन्ने कोसिस गरेको छु । पात्रहरू, समय र परिवेश फरक छन्, जसका कारण मेरा पुराना पाठकलाई ‘तमस’ पढ्दा बोर लाग्दैन । यसपटक स्वैरकल्पना पनि लेखेको छु । समकालीन कथाकार कुमार नगरकोटीहरूले पनि यस प्रकारका कथा लेखिरहेकै छन् । नयाँपन दिने मेरो प्रयास सदैव रहन्छ । एउटा लेखक कति वर्षसम्म सिर्जनशील हुने ? अन्य क्षेत्रमा जस्तै लेखकले पनि उमेर कटेपछि रिटायर्ड हुन मिल्दैन ? मुख्य कुरा त लेखकको मस्तिष्क कति बलियो छ भन्नेमा यो कुरा भर पर्छ । उसको शारीरिक सबलता छ भने जुन उमेरसम्म लेख्दा पनि हुन्छ । सबल भएको अवस्थामा उमेरले लेखकलाई छेक्दैन भन्ने धारणा म राख्छु । अर्को कुरा के छ भने, कुनै पनि लेखकले जीवनभर लेख्ने कुरा त आउँदैन । कसैले किन लेखिनस् भन्न पाउँदैन । यो लेखकको व्यक्तिगत कुरा हो । लेख्ने र नलेख्ने आफैँ निर्धारण गर्नुपर्छ । तर, आफ्नो सिर्जनशीलता र स्वास्थ्य ठीक छ भने एउठा लेखकले लेखिरहनुपर्छ । आखिर सिर्जनशीलता बूढो हुने कुरा त होइन । च्याप्टो कविको शक्ति: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको अन्तरर्वाता हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । अन्नपुर्ण पोस्ट फुर्सदका लागि यो लेख मनोज बोगटीले तयार पार्नु भएको हो । तपाईले यो सामग्री अन्नपुर्ण पोस्टमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । —————- सम्झना टेलिभिजनको दृश्यमा जे छ त्यो घरमा छैन घरमा टेलिभिजन छ टेलिभिजनमा घर कहाँ छ ? बजारले आँसु, क्रान्ति, प्रेम, सौन्दर्य वा मूल्यका हरेक क्षेत्रलाई बजारीकरण गरिरहेको बेला चर्चित कवि कालिकाप्रसाद सिंहले आफ्नो कवितामा यस्तो प्रश्न गरिरहेका थिए । ‘यो घर खोज्ने काम हाम्रो ड्युटी हो ।’ सांग्रिला बुक्स सिलगढीमा एकदिन गप्फिन आइपुगे सिंह । मैले भने, ‘यही घर खोज्ने चेतना विकासको लागि अगमसिंह गिरीले हाम्रो समाजलाई विचार दिए । तर, त्यो विचारलाई छोप्न बजारले अर्को विचार ल्यायो ।’ कालिकाप्रसाद सिंहले मेरो कुराले ताकेको ठाउँको छनक पाए । ‘तर गिरीको विचार छोपिएन । तपाईंहरूको राजनैतिक समाजले बोकेको पहिचानको सवाल गिरीले दिन खोजेको विचार थियो, गिरी अहिले पनि जिउँदै छन् । बरु उनको विचार छोप्न आउने विचारकहरू छोपिइसके ।’ सिंहको निचोड थियो । त्यो हंग्री पुस्ताले परम्परालाई उल्ट्याएर मानिस– अनुकूल समाजको सपना देखिरहेको बेला थियो । गजानन मुक्तिबोधहरूले ‘तिमी कहाँ छौ ?’ भनेर समाजलाई सोधिरहेको बेला थियो । अंग्रेजहरूले भारत छोडेपछि देशभरि चिन्हारीका आन्दोलनहरू चले । संघीय देशको संविधानमार्फत सम्बोधित भइमाग्ने यस्ता आन्दोलनहरूको आन्तरिक प्रभाव सबैतिर थियो । मुक्तिबोधहरू त्यसैलाई सिर्जनामार्फत सम्प्रेषण गरिरहेका थिए । समाजका जटिलताहरूलाई सम्बोधन गर्न सक्ने भाषाको निर्माणमा लेखकहरू जुटिरहेको बेला यता दार्जिलिङ के गरिरहेको थियो त ? खोज्नेहरूले भेट्नेछन्, मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म । बितेको गौरवगाथा कहन आएको होइन म । तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म । सजिलै खोसिएको गाँस र हलुकै लुटिएको बास दिलाउन आएको होइन म । छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म । निर्धा आँसुका धारा हेर्न आएको होइन म । केवल तिमी तिमी नै हो कि चिन्न आएको म । तर, तिमी त यहाँ नचिनिने भएछौ ! मूलधारको साहित्यिक प्रवाहसित लय मिलाउँदै कोही अघि बढिरहेका थिए भने, उनी गिरी नै थिए । गिरीलाई यहाँसम्म आइपुग्न अनेकौं दुःखवादको भर्\u200dयाङ चढ्नु पर्\u200dयो । गिरीमा द्विविधा थियो, तिनको काव्यमा निरन्तर दुखिरहने, रोइरहने समाज नेपालको नेपाली हो कि भारतको गोर्खाली समाज हो ? धेरै समालोचकहरूले गिरीको यही दुःखवाद चिन्ने निश्चित केन्द्रीय बिन्दु नभेटिने बताएका छन् । मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म । बितेको गौरवगाथा कहन आएको होइन म । केवल तिमी तिमी नै हो कि चिन्न आएको म । तर, तिमी त यहाँ नचिनिने भएछौ ! गिरीलाई मात्र होइन, उसबेला दार्जिलिङमा बस्नेहरूलाई आफ्नो ‘देश’ नेपाल नै हो भन्ने भ्रम थियो । अहिलेसम्म पनि सन्धि, चुक्तिको इतिहास एकातिर छ, भ्रम अर्कोतिर छ । दुवैको प्रतिबिम्ब भने साहित्यमा पनि झल्कियो । त्यो भ्रम फैलाउनमा धरणीधर, सूर्यविक्रम, बैरागी काइँला, ईश्वर वल्लभहरूको साहित्यिक उपस्थिति र उनीहरूको गतिविधि, राजाहरूको दार्जिलिङ भ्रमण र कलाकारहरूको पलायनले पनि सहयोग गरेको छ । युद्ध र योद्धासम्म आइपुग्दा गिरीमा नेपाल नोस्टालिजा हट्दै थियो । मुक्तिबोधहरूसितै स्वर मिलाएर उनी नचिनिने भएकाहरूको पहिचानको मुद्दा बोकेर अघि बढिसकेका थिए । गिरीको ‘तिमी’ भारतको राजनैतिक गोर्खा हुन् । हामीले यसरी बुझेका हौं । यदि यसलाई लोकल अर्थमा लिइयो भने ग्लोबल अर्थमा ‘तिमी’ संसारभरका किनारीकृत त हुँदै हुन् । ‘युद्ध र योद्धा’सम्म आइपुग्दा, चियामा सुन टिप्न आएका पुर्खा, राजाले दिने विविध आपराधिक दण्डबाट लुक्न आएका नेपाली नागरिक, नेपालका राजा र धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, काइँला, वल्लभहरू र भानुभक्तीय मिथकले रोपेको नेपालमोहमा ग्रहण लागिसकेको थियो । एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे । आफ्नै आमा ठान्थे । इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे । र, नेपाल सम्झेर भावुक बन्थे । जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन् । ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि…’ भन्दै रोएका छन् । इन्द्रबहादुर राईले पशुहरू त्यही ‘माटो’ भएर फर्काएका छन् । (हस्तक्षेपीहरूले आलोचना गर्न थालेदेखि अंग्रेजी संस्करण ‘आज रमिता छ’बाट त्यो अंशबाट हटाएको छ भन्ने सुनेको छु, पढेको चाहिँ छैन) । मनबहादुर मुखियाहरूले मुठ्ठीमा त्यही ‘माटो’ मुठ्याएका थिए । अम्बर गुरुङ त्यही ‘माटो’मै फर्किएका थिए । अथवा राजाले खनेको बाटैबाटै उनी नेपाल छिरेका थिए । (त्यही बाटो धेरै कलाकारहरू नेपाल छिरे । नेपालमा उनीहरूको प्रतिभाले ठाउँ बनायो । तर, यससरी नै छिरेका आम मानिसको कथाबारै अहिलेसम्म कसै अनभिज्ञ नै छन्) । नेपाल छिर्ने ‘धन्दा’ दुई हिसाबले परिभाषित हुन थालिसकेको थियो । १९५० को धाराले खनेको बाटो भएर दार्जिलिङका नेपालीहरू नेपाल (र नेपालका नेपालीहरू भारत) छिर्दैछन् ? कि अम्बर गुरुङहरूलाई छिराउन राजाले खनेको बाटोबाट छिर्दैछन् ? यताबाट छिरेकाहरूको नागरिकता र सम्मानको सवाल अलग । छिर्नु र नछुर्नुबीचको संकटको सवाल अलग । एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे । आफ्नै आमा ठान्थे । इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे । र, नेपाल सम्झेर भावुक बन्थे । जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन् । ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि…’ भन्दै रोएका छन् अगम सिंह गिरीले खण्डकाव्य ‘युद्ध र योद्धा’मा यही ‘कन्फ्युजन’लाई डिस्कोर्समा ल्याएका छन् । फोर्समा ‘गोर्खा’ नेपालका धेर र भारतका कम । अंग्रेज भगाउन दुवै गोर्खाको उस्तै योगदान । तर, देश सेता मानिसबाट मुक्त भइसकेपछि काला मानिसहरू त्यही सेता चरित्रमा उदाए । युद्ध र योद्धाबीच खाडल बनियो । गोर्खाहरूलाई संघीय देशमा स्थान दिइएन । उनीहरूको चिनारी निश्चित गरिएन । ‘युद्ध र योद्धा’बाट नै गिरीले नेपाल र भारतलाई एक गोर्खाले हेर्ने पारम्परिक दृष्टिकोणको सवालमा आफूलाई सच्याए । तर, भूमिकामा इन्द्रबहादुर राईले गिरीको दृष्टिकोणलाई गलत व्याख्या गरिदिए । गिरीय चेतलाई ‘रोमान्टिसिज्म’ भनेर लिमिटेड गरिदिए । भने, ‘कुनै दार्शनिक विचारको व्याप्ति पक्रेर गिरी दुःखवादी भएका छैनन् । गिरीको पैतृक, पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै अपघात छैन । ’ चिनारीको निम्ति फेरि युद्ध गर्नुपर्ने हो त ? गिरीय चेतनाले खनेको प्रश्निक बाटो यस्तो हो । तर, इबरा गिरीको परिवारमा युद्धको अपघात छैन भन्दै गिरीय काव्यलाई अव्यावहारिक तुल्याउन खोजिबसे । इबराले त गिरीले जाति–दुःखलाई नाम्लो लगाउनुको कुनै तुकसमेत नरहेको बताएका छन् । गिरीय जातिवादी चेतना दार्जिलिङे साहित्यले प्रसार गरेको मूल चेतना हो । त्यही चेतनाको जगमा अहिलेको दार्जिलिङे राजनीतिसमेत टिकेको छ । गिरी रातारात हरेक गोर्खाले नाम लिने शीर्ष कवि बने । अहिले पनि इबराहरूभन्दा धेरै लिइने नाम हुन् उनी । अहिले पनि धेरैलाई गिरीका कविता मुखस्त छन् । हरेक आन्दोलनमा बाटो देखाउने काव्यिक पंक्ति उनी नै हुन् । जातिलाई संकट पर्दा लिइने नाम उनी नै हुन् । साठीको दशक, साहित्य र राजनीतिले दार्जिलिङे वैचारिकीमा युटर्न लिएको बेला पनि हो । किनभने दार्जिलिङका सबैभन्दा प्रभुत्वशाली राजनैतिक दल अखिल भारतीय गोर्खा लिगले गोर्खा नामलाई मिथ बनाएर त्यसको छातामुनि सबै जातगोष्ठीलाई एकीकृत गर्ने विचार समाजलाई दिइरहेको थियो । गिरीका कविताले त्यही समयलाई सम्बोधन गरेको थियो । चिनारीको सवाल, जाति मुक्तिको सवाल, केवल गोर्खाहरूको सवाल मात्र त थिएन, संघीय लोकतान्त्रिक देशले सम्बोधनमा ल्याउन नसकेकाहरूको लडाइँ पनि थियो । विश्वभरि नै पहिचानसम्बद्ध साहित्यले अनुहार उठाइरहेको क्रिम समय पनि थियो । यतिखेर नै इबराहरूले गिरीय साहित्यलाई भनिदिए, ‘च्याप्टो साहित्य’ । अर्थात् गिरीय साहित्य भनेको रोनाधोना, सस्तो भावुकता, रोमान्टिक र एक आयामी वा समाजलाई काम नलाग्ने थोत्रा । वास्ताविकता के हो भने दार्जिलिङमा त्यही च्याप्टो साहित्यले समाजलाई दिएको प्रभाव नै ज्युँदो छ । समाज त्यो रामान्टिसिज्मबाट मुक्त छैन । जाति मुक्त छैन । इन्द्रबहादुरीय बौद्धिक लेखनले भने मुक्त समाजको गफ गर्छन्, जो दार्जिलिङे समाजको लागि ‘हावागफ’ हो । जाति मुक्त नबनी न भाषाले बंगाली हुँदै अरू भाषामा छिर्ने मौका पाउने हो न केन्द्रमा गोर्खाहरूको समस्याले फ्लोर पाउने हो । इन्द्रबहादुर राईहरूको बौद्धिक डिस्कोर्स दार्जिलिङे समाजमा पुल्ठो बालेर दिउँसै खोज्दा पनि भेटिन्न । मलाई कवि कालिकाजीले भने, ‘गिरीको आयाम, तीनवटा आयामले छोप्न सक्दैन । गिरी आफ्नै माटोमा जन्मिएका हुन् । जो आफ्नो माटोमा जन्मिएका हन्, उनी जिउँदा हुन्छन् । हेर्नुहोस्, अहिले तपाईंको राजनैतिक समाजले बोकेको मुद्दा गिरीले थमाएका हुन् ।’ ००० बैरागी काइँलालाई अगमसिंह गिरीले सोधेछने, ‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ? ’ तर काइँला बोलेनन् । उनले नबोलेरै जिते । काइँलालाई लाग्छ, उनलाई गिरीले ‘रिसाएजस्तो व्यंग्य गरे ।’ ‘मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला,’ काइँला भन्छन्, ‘एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ ।’ वास्तवमा गिरी रिसाएकै चाँही होइनन् तर उनका केही आग्रहहरू थिए । केही भन्नु थियो उनलाई । उतिखेर साहित्यमा नयाँ प्रयोगको प्रोपोगान्डादेखि बाहिर बसेर अघिल्ला साहित्यिक मान्यताहरूलाई अथवा यसका इतिहासलाई सम्मान गरियोस्, ठान्थे गिरी । तर, ‘नयाँ’हरू चाहिँ अघिल्ला लेखनलाई नै भन्थे, ‘च्याप्टो ।’ अरूलाई ‘च्याप्टो’ भनेर आफूहरूलाई अग्लो, लामो र चौडा भन्नेहरू हुन्, इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभ । दुईजना नेपालका, एकजना भारतका । नेपालमा पहिलो साहित्य संस्था कसले खोले ? पहिलो मूर्ति कसको बनाइयो ? किन र कसले बनाए ? यसबारेका बहस त भएकै छैन । ‘च्याप्टो’ र ‘तेस्रो आयाम’ले कुन समाजलाई के दियो, त्यसबारे पनि बहसै छैन । च्याप्टो अर्थात् रुन्चे । नयाँहरू (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभहरू)लाई लाग्थ्यो, गिरीहरू स्वच्छन्दवादी पखेटामा बसेर जसरी उडिरहेका थिए, त्यसले त कतै पुर्\u200dयाउँदैन । त्यो उडान च्याप्टो उडान भयो । जीवन र जगत्लाई त अरू आयामले पनि हेर्नुपर्छ । त्यसपछि आयो, तेस्रो आयाम । गिरी भन्थे, ‘नयाँको आडमा अरूबाट सम्पूर्णतया अनुकरण गरेर आफ्नो निजी व्यक्तित्वलाई गुमाउन खोज्नेहरूसँग भने हामीलाई खेद छ । ’ इन्द्रबहादुर राईहरूको बौद्धिक लेखन च्याप्टो साहित्यको जगबाट उठ्यो । च्याप्टो भत्काएर त्यसको ठाउँमा राखियो– त्रय आयाम । तर, त्रय आयाममा इन्द्रबहादुर राई बसेको समाज रिफ्लेक्ट भयो न विश्व समाज नै । तेस्रो आयाम न नेपाली घेरा नाघेर बाहिर नै गयो न नेपाली घेराभित्र नै पस्यो । तेस्रो आयाम न विश्व समाजमा काम लाग्यो, न आफू उभिएको समाजलाई काम लाग्यो । पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ । तर, विश्व समाजलाई अत्तोपत्तो छैन । डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ? भयो । पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ । तर, विश्व समाजलाई अत्तोपत्तो छैन । डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ? भयो । तर यता ? च्याप्टा कवि अगमसिंह गिरीको चेतना भने संकटमा परेका भारतीय (गोर्खा)हरूको चिनारीको खोजतिर लहसिँदै थियो । गिरीय चेतना लोकल भएर पनि ग्लोबल थियो । उनले १९५९ मा प्रकाशित गरेको ‘आत्मव्यथा’ चर्चामा यसै कारण थियो । त्यही संग्रहमा उनले ‘नचिनिने भएछौ’ लेखेका हुन् । पहिले–पहिले गिरी नेपाल र भारतलाई एउटै देख्थे । उनी भाषाबाट छिरुन् वा संस्कृतिबाट छिरुन्, पुग्दा नेपाली व्यथामा नै पुग्ने । त्यो व्यथाको जनक देश त पक्कै थियो, तर त्यो भारत हो कि नेपाल ? यो दुविधाको पेन्डुलम गिरीको चेतनामा हल्लिबस्थ्यो । त्यसै कारण उनको दुःखवादको जिलो केलाउन निक्कै गाह्रो कुरा हो भनेका हुन्– आलोचकहरू । तर, गिरी त्यही दुःखवादमा अल्झिएनन् । पछिपछि उनी त्यहाँबाट उक्लिए । र, जातिप्रति आशक्त बन्दै गए । ६० को दशकबाट हुर्किएको जातीय चेतनाले ७० को दशकमा ‘युद्ध र योद्धा’ जस्तो जातिमुक्तिको दस्तावेज निर्माण गरिसकेको थियो । अथवा भारतीय नेपालीहरूले दार्जिलिङबाट आफ्नो ऐना हेर्न थालिसकेका थिए । राजनीतिले गिरीय चेतनालाई सतहमा ल्याउँदै थियो । गोर्खालिगजस्तो राजनैतिक दलले जातीयताको विचारलाई जीवन र समाजसित जोडेर रूपान्तरणको सपना देख्न थालिसकेको थियो । अँ, बल्ल राजनीति र साहित्यले समानन्तर विचारलाई परिवर्तन र रूपान्तरणको नारा बनाउँदै थियो । तर, त्यही दशकमा तेस्रो आयामले साहित्यलाई अझ अग्लो विचारले उठाउने भए । बैरागी काइँलाले सम्पादकीयमा नै गिरीय लेखनलाई इंगीत गर्दै भने, ‘च्याप्टो लेखन ।’ नेपालका बैरागी काइँलाले नेपाली साहित्यलाई बुझ्दा भारतको नेपाली र नेपालको नेपालीको रूपमा लिए–लिएनन्, थाहा छैन । तर, ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’को अन्तर्य नेपाली संकटबाटै आएका विचार हुन् । तर, त्यसको अन्तर्य केवल नेपाली आवाज र संकटमा सीमित रहेन । त्यो आवाज विश्वका कुनै पनि ठाउँको आवाज बन्यो । नेपालमा काइँलाको ‘मातेको मान्छे’ र भारतमा गिरीको ‘नचिनिने भएछौ’ले एउटै काम गरेका छन् । यद्यपि, कविताको निश्चित भूगोल नहोला, तर त्यसले सम्प्रेषण गर्ने अर्थको भुइँले कवि बाँचेको इतिहास, भूगोल, संस्कृति र सत्ता टेकेकै हुन्छ । गिरीय च्याप्टो साहित्यले जातीय चेतना सम्प्रेषण गर्दैथियो । त्यो जातीयता भारतीय गोर्खाहरूको जातीयता हो । अंग्रेजको उपनिवेश खप्ने दार्जिलिङे समाजले अंग्रेजबाट आफ्नो चरित्र निर्माणको लागि पाएको कुनै ठूलो कुरा थियो भने त्यो हो– हिप्पोक्रेसी । अंग्रेजीलोे रवाफ । संस्कार । सभ्यता । बोलीचाली । हाउभाउ । बोलिबचन । दृष्टिकोण, विचार निर्माणमा अंग्रेजीलो मनोविज्ञानले साहित्यकार, पढेलेखेका मानिस र ठूलाबढालाई गोर्खेपनबाट पर धकेल्दैथ्यो । यस्तोमा साहित्यले पनि पश्चिमी सैद्धान्तिकी, भौतिकशास्त्र, समाजशास्त्र, आइडियोलजी, दर्शन, मिथहरू भाटभट टिप्दै केन्द्रमा विश्व राखेर ‘वैचारिक आन्दोलन’ गर्ने भएपछि अगमसिंह गिरीहरूको च्याप्टो साहित्य संकटमा परेको हो । च्याप्टो साहित्य अर्थात् स्थानीय मूल्य, स्थानीय आवाज वा आफ्नै माटोले निर्माण गरिरहेको सैद्धान्तिकीहरू संकटमा परेको हो । मसिना कुराहरूलाई ठूला कुराहरूले छोप्नु भनेको अल्पसंख्यकलाई बहुसंख्यकले छोप्नै त हो । गिरीलाई काइँलाहरूका ठूला कुराले दार्जिलिङे साना कुरा छोपिने हो कि भन्ने पीर थियो । बैरागी काइँलाहरूलाई उनले त्यही पीर व्यक्त गरेका हुन् । रिस होइन । वास्तवमा, बैरागीहरू गिरीय पीडाको (भारतीय गोर्खाहरूका राजनैतिक संकट) जरा भेट्न नसक्ने चेतनाका सर्जकहरू हुन् । उनीहरूका नयाँ प्रयोगले पुरानाहरूलाई चोट परेकोसम्म त बुझ्थे तर गिरीय चेतनाले समाजलाई दिन खोजेको दीर्घकालीन बाटोको न टुप्पो भेट्न सक्थे, न फेद । काइँलाहरूलाई त कहलिएका सर्जकको अहम्मा उनीहरूको गतिविधिले चोट पुगेको लाग्थ्यो तर गिरीलाई भने नेपाली कविको नेपाली व्यक्तिको छाप नेपाली कवितामा नपर्दा विस्मात लाग्थ्यो । अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ । तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन । साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन । अहिलेसम्म भारतीय नेपाली साहित्य गिरीय च्याप्टो साहित्यकै जगबाट उठ्न खोजिरहेको छ । च्याप्टो साहित्य नै समाजमा कामलाग्दो भएको छ । आजको समाज गिरीय च्याप्टो साहित्यको जगमा नै उठ्दै गर्दा तेस्रो आयाम विश्वभरि छरिसकेको हुनुपर्ने हो कि ? अब बहस गर्ने बेला भइसक्यो । उतिखेर तेस्रो आयाम र च्याप्टो साहित्यबीचको द्वन्द्वलाई साह्रै खोतलियो÷खोतलिएन तर अब खोतल्ने बेला भइसक्यो । कालिकाप्रसाद सिंह भन्छन्, ‘मुझे लगता है, गिरीको मार दिया गया । क्यो कि उनका कविता सत्ता के लिए खतरा पैदा करते थे । गिरी बहुत शक्तिशाली थे, ये सबको मालुन नही थे ।’ हो त, च्याप्टो कविको शक्तिबारे सबैलाई त थाहा थिएन।तर, केहीलाई थाहा थियो।र, नै त आयो तेस्रो आयाम र भनियो– च्याप्टो साहित्य । अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ । तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन । साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन । तारमा हल्लिरहेको छ आमाको फरिया: राजेन्द्र भण्डारी आँगनदेखि दलानसम्म तनक्क तन्किएको छ तार। तारमा सुकिरहेको छ आमको फरिया। सुकिरहेको छ हल्लिँदै आमाको जीवन। हल्लिरहेकी छन् आमा तारमा। हतारमा। दिइसकेकी छन् आमाले मलाई उनको आँखाको चमक। अनुहारको महक। पहाडभन्दा हेमानको माया। उनका अनुहारका चाउरीहरुमा कहीँ कतै अवश्य छु म। उनका रोगका असङ्ख्य कीटाणुहरुमध्ये एउट न एउटा अवश्य हुँ म। लडिन् उनी जीवनभर तर जितेँ मैले। उनको औँला समातेर मैले हिँड्न सिकेँ र उडेँ बादक बादल। तर धरती छोडिनन् उनले। झरीभरि ओत दिएर अहिले तारमा हल्लिरहेको छ आमाको फरिया। पूजाकोठामा अझै पनि कहिल्यै खुसी नहुने देवताहरुलाई हात जोर्नमा खुसी हुन्छिन् आमा। आमाको सङ्गीत डाडुपन्युको ठाङ्ठाङ ठुङ्ठुङ। तामाको टल्केको थाल आमाको अनुहार। म हाँस्छु, उनी घाम झुल्किन्छिन्। म बादल लाग्छु, उनी साँझ पर्छिन्। छड्किन्छिन् गृहस्थीको ओदानमा। कुन खानेकुरालाई कति आँचमा पकाउनु कुन नानी रुँदा कसरी फकाउनु जान्दछिन् आमा। बाबुका कर्कश पारा छोराछोरीका आधुनिक इसारा जुठा थालबटुका र रित्ता टिनमाझ कसरी मिलाउनुपर्छ सङ्गति, लय, ताल जान्दछिन् आमा। केही लज्जाको, केही ताप-उत्तापको केही वात्सल्य, केही आत्मसम्मानको कथा बन्दै, एउटा मीठो धुन बन्दै तारमा हल्लिरहेको छ आमाको फरिया। राजेन्द्र भण्डारी कालेबुङ, भारत #आमा #राजेन्द्र भण्डारी राहतको रोइलो: ऋषव देव घिमिरे “आहतबाट उन्मुक्ति नै त हुन् हरेक प्रकारका राहतहरू” सेवाभावबाट मानवीयता जागृत भै मानव कलयाणमा समर्पित हुन्छन् राहतहरू जसले घाउमा मलमको काम गर्छन् । तिथि, मिति, बेला, गोचर र समय यकिन गरेर लेख्न नसकिने विषय हुन् मानिसका जीवनमा आइपर्ने दुःखहरू । कतिबेला के र कुन विषयले आहत पुर्\u200dयाउँछ र धरमराउँछ मानवीय सभ्यता भनेर किटानीका साथ भविष्यवाणी गर्न सकिन्न न त जीवनमा आइपर्ने भवितव्य नै । अनेक प्राकृतिक विपत्ति, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि लगायत ठूला महामारीलाई हाम्रा पुस्ता, हामी र हाम्रो समाज तथा विश्व समुदायले व्यतीत गरिसकेका छौँ र गरिरहेका छौँ । पहिरोले बस्ती बगाएका कुराहरू, विनाशकारी भूकम्पले गाउँ नै उजाडिएको प्रसंग, औलो, हैजा, आँधी, सुनामी अन्य महामारीका कारण खेप्नु परेको पीडा त्यस्तै गहिरा गहिरा अनेकौँ घटना र त्यसपछिका दुःखहरू । यस्ता प्रकृति प्रकोपजन्य घटनाहरूले मानवीय जीवन र जीवनयापनलाई तहसनहस पार्छ । त्यही तहसनहस अवस्थाको कठिनाइलाई, अफ्ठ्यारोलाई, पीडालाई थोरै भए पनि सहयोगले सान्त्वना दिनु नै राहत हो । भौतिक होस् अथवा भावनात्मक यस्ता सहानभूतिले मानवीय उच्चताको पाठ सिकाउँछ भने पीडितलाई केही सहयोग मिलेको हुन्छ । पीडाको यही आहतपूर्ण अवस्थामा मानिसले खोज्ने राहत स्वरुपको वस्तु भनेको भावनात्मक र भौतिक सहानुभूति हो, जो भोकसँग लड्न चाहिने राहतजन्य वस्तुको अपेक्षा हरेक आहत पुगेकाहरूले गरिरहेका हुन्छन् । बोलीको, वस्तुको र विवेकको राहत नै दुःखीहरूका निमित्त आवश्यकीय सेवा बनेर आओस् भन्दै पर्खिरहेका हुन्छन् मानिसहरू राहतको रिमझिमे उज्यालो जुन रहर नभई बाध्यता हो । विश्वलाई आक्रान्त पार्दै रमाइरहेको कोरोनाले संसारमा महिनौँ राज गरिसकेको छ । २०२० जनवरी ३१ का दिन चीनको वुहानबाट संक्रमणीय चक्रको रुप धारण गरेर कोभिड १९ वैज्ञानिक नाम पाएको रोगले यतिबेला पूरै विश्व त्रसित र आतङ्कित बनेको छ । रोग र संक्रमणको फैलावट गतिवान वायुयानले बोकेर लगेको द्रुत “पार्सल” जत्तिकै बनेर घरघर भित्रिन पु्गेको अदृश्य रुग्णताका कारण संक्रमितहरुको संख्या दिन दुई गुणा रात चौगुणा बनेर फैलिरहेछ र विश्वले विहङ्गम विपत्ति बेहोरिरहेको छ । ठूलो संख्यामा मानिसहरू आहत भएका छन् र दिनानुदिन संक्रमितहरूको संख्या उच्च सूचाङ्कमा छ । विश्वका प्राय सम्पूर्ण राष्ट्रहरू कम तथा बढी कुनै न कुनै रुपमा प्रभावित छन् । अल्पविकसित र गरिव राष्ट्र र त्यसका जनता नै यसको मारमा बढी परेका छन् । हामी अन्योलमा छौँ । गृहबन्दीमा जीवनलाई सुरक्षित राख्ने उपायमा सारा संसार लकडाउनमा प्रयासरत छ । विश्व नै यतिबेला त्राहिमामको स्थितिबाट गुज्रिरहेको छ । सान, सौकात, धन, दौलत, व्यापार, व्यवसाय, उद्यमशीलता आदि सबै थाँति राखेर मानिसहरू आफ्नो जीवन रक्षा मै केन्द्रित रहन बाध्य यो समयले जीवनभन्दा ठूलो अरु केही हुँदो रहेनछ भन्ने पाठ सिकाउँदैछ । तर सबैभन्दा बढी पीडा मजदुर, गरिब, ज्यामी र दिनकै ज्यालादारी गरेर खाने भुइँमान्छेलाई पाइरहेका छन्, जोसँग परिश्रम र मजदुरी नै जिउने माध्यम थियो । सामान्यतया आम मानिसलाई पिरोल्ने भनेको आफ्नै मनोविज्ञान र भयले पनि रहेछ । अनुशासनका नियमहरू अवलम्बन नगर्दा, प्रकृतिलाई दुरुपयोग गर्दा, जीवनलाई अति कृत्रिम बनाउँदा मानव जीवनले दुःख पाइरहेका छन् । कोरोनाको उद्गम र फैलावटका अनेकौँ टिप्पणीहरू मानव निर्मित जीवाणु, मानव सभ्यतामाथि खेलबाड गर्ने कुचेष्टाले जीवाणुको निर्माण गर्\u200dयो अथवा मांसहार चिजबाट यसको उत्पत्ति भयो भन्ने जस्ता अपुष्ट र अडकलहरु । कारण जे भए पनि यसले मानिसलाई दुःखको घनघोर सागरमा डुबाइरहेछ र प्रतिपल मृत्युको आभाष गर्न बाध्य पारिरहेको यथार्थ छ । मानिसलाई आफ्नो औकात चिन्न बाध्य पारिरहेको यो समयले घमण्डीलाई शालिन, क्रुर मान्छेलाई दयालु र स्वार्थीलाई दिनहीनप्रति सेवा भावना र बलवानलाई मृत्युचेत जागृत गराएर पीडाप्रति करुणा उत्पन्न गराइरहेको छ । जस्तो कि देवकोटाले आफ्नो पहिलो कविता “घनघोर दुखः सागर संसार जान भाइ, नगरे घमण्ड कहिले मर्नु छ हामीलाई” भने झैँ कोरोना कोभिड उन्नाइसले बीसमा उत्पात मच्चाइरहेछ र जीवन र मृत्युको मध्यमा कतिदिन अन्योल बहोर्नु पर्छ अझैसम्म यकिन छैन । राहत वितरणका लागि तयार राखिएका खाद्य सामग्रीहरू हुनेखानेलाई विपतले थोरै अत्याउला तर हुँदा खाने, कमाएर खानेलाई विपदले पीडा दिन्छ । विपदको घडीमा सुखानभूति को सानो झिल्को नै राहत हो, जो चिसो अथवा सर्दीबाट उन्मुक्तिको लागि गर्मी अर्थात न्यानो, प्रचण्ड गर्मीमा शीतलता, त्रासको अपेक्षा अनुराग, अभावमा मिल्ने सम्पत्ति हो भने भोकको लागि भोजन । हरेक जीवले आफ्नो अवस्था अनुरुपको जीवन यापन गरी नै रहेका हुन्छन् कतिलाई गराइरहेको हुन्छ । हाम्रो इतिहास परोपकारमय छ । हाम्रा शास्त्रीय मान्यताहरुलाई हेर्ने हो भने पनि मानिसले आफू भोजन गर्नुपूर्व भूमि, देवता, गाई, काग, कुकुर आदिलाई खुवाउने र छुट्याउने प्रचलन अझै छँदैछ । साधु, गरिब र दीनदुःखीलाई भोजन गराउनु, सतपात्रलाई दान दिनु आदि कर्म हाम्रा सनातनीय कर्म मात्र होइनन् अपितु यो सेवा हो र प्राणी मात्रको पूजा हो भन्ने कुरा चेतनशील प्राणी मानिसले बुझेका छन्। यिनै मान्यता र चेतनाका कारण मानिसहरू सेवा, परोपकार र पुण्यका कर्ममा कुनै न कुनै रुपमा जोडिएर खटिएका भेटिन्छन् र मानवीय उच्च संवेदनालाई प्रमाणित गरिरहेका छन् । सबैभन्दा ठूलो परोपकारमयी त प्रकृति छ, प्रकोप अपवाद छोडेर । जस्तो कि नित्य निरन्तर उदाएर सूर्यले परोपकार गरिरहेको हुन्छ । अविरल, अविराम नदिले आफ्नो प्रवाहमार्फत सेवा पुर्\u200dयाइरहेको छ । गाई सधैं साधु बनेर मानवीय रक्षा र हितका निमित्त अमृत बगाएर सेवारत छ । प्रकृतिका हरेक कणबाट नै जीवनको अस्तित्व छ त्यो मानवीय जीवनका लागि प्रकृतिको निश्वार्थ परोपकार हो । सेवा र परोपकारका थुप्रै शाश्वत चिन्तनद्वारा नै मानिसको शरीर पनि परोपकार र सेवाको निमित्त हो भन्ने भावना कुनै न कुनै प्रकारले मानिस भित्र कहीं जागृत त कहीं सुषुप्त भएर रहेकै हुन्छ । उल्लेखित दृष्टान्त भन्नुको तात्पर्यसँग वर्तमान समय र प्रकृतिले निम्त्याएको नियति र कोरोना कहर त्यसको जहरले दिएको पीडासँग जोडिएको छ जो मृत्युसँग भन्दा भोकसँग त्रसित छन् । गुडान, उडान र जलायान सबै सबैले विश्राम लिन बाध्य यो समयमा अस्पताल र स्वास्थ्यकर्मीलाई चर्को व्यस्तता छ जीवनलाई दाउमा राखेर मानवीय सेवाको नाउँमा खटिइरहेका छन् त्यो सेवा नै हो । सम्पन्न मुलुकले गरिब मुलुकलाई औषधि, परीक्षण सामग्री उपलब्ध गराएको छ त्यो पनि सेवा अथवा राहत हो । बन्दाबन्दीमा टाढाटाढासम्म हिँडेर गैरहेकालाई खाना, पानी जुत्ता थोरै भए पनि गाडीको सेवा त्यो पनि राहत हो । एक किसिमले भन्दा अफ्ठयारोमा परेकालाई सुगम पार्न सहयोग गर्न नै त राहत हो यो नितान्त सेवा भावसँग जोडिएको छ । आज कोरोनालाई मानव विनासको प्रादुर्भाव नै भन्दा पनि फरक नपर्ने यो पट्यारलाग्दो समय गृहबन्दीमा छ । मानिसले उपभोग गर्ने वस्तु या नगदको संचय वा मौज्दात निश्चित समयका लागि गरेका हुन्छन् । दैनिक या मासिक आयका भरमा जीवनयापन गर्ने परिपाटीका मान्छेहरू थुप्रै छन् यो विश्वमा । दैनिक ज्याला मजदुरी गर्नेको अवस्थालाई चित्रित गरेर लेख्ने हो भने यही विषयको मात्र थुप्रै अध्यायहरू बन्छन् । कोरोनाले अस्तव्यस्त यस समयमा, गृहबन्दीको विवशतामा आम मानिसले भोगिरहेको अभावलाई हरेक देशले आफ्नो हैसियतअनुसार राहत वितरण गर्दैछन्, त्यो पनि सेवा हो । राहत दिनसक्ने धनी मनहरुले आफूले सक्ने सेवा गरिरहेका छन्, दिन नसक्ने ले सान्त्वना र श्रमले सेवा पुर्\u200dयाइरहको यस्तो पुनित कार्यको प्रसंशा जति गरे पनि कम हुन्छ । समय धमिलो छ । अन्योल समयको मध्यमा म स्वयं कोरोनाका विविध समाचार श्रव्य र दृश्यका खैरा, फुस्रा, काला, ध्वाँसे र मलिन रङहरूमा रङ्गिएको छु । कतै समाचारमा, कहिले सामाजिक सञ्जालमा, कहिले मानवीय सेवा र सद्भावमा त कहिले आफ्ना र आफन्तका दूरभाष सम्वादमा मेरो उपस्थिति र सहभागिता हुने गरेको छ । यतिबेला कोरोनासँग हारिरहेको वैज्ञानिक युगको सामना गर्दैछ संसार । जीवन ठप्प छ र रोग मात्र समयकै हाराहारी भएर दौडिरहेको छ । मानिसहरू भुसुनासरह मरिरहेको यो दुःखद घडीमा पुर्\u200dयाएको सेवा, सुविधा, सम्वेदनशीलता, तदारुकता र राहत सम्झन्छु, सम्झदा सम्झदै नाटकको एउटा पात्रका रुपमा धिक्कार्नुको भूमिकामा आफू उभिएको अनुभूति गर्छु र केही गरौँ न भन्ने अभिप्रायले प्रेरित हुन्छु । सबैभन्दा ठूलो दुःख गरिब हुनु त्यसमाथि विपत्ति आइलाग्नु । गरिबका विवशताले सधैँ चिमोटिरहने समय । दिनकै कमाएर खानपर्ने मानिसले बन्दाबन्दीमा कसरी सास राख्ने होला, बालक, वृद्ध, रोगी, असक्त, असक्षमहरुले त झन कसरी ! यस्तो विषाक्त समयमा मानिसको जीवन जोगाउनु र दुःखबाट छुटकारा दिलाउनु नै त मानवीयता हो । थुप्रै राष्ट्राध्यक्षहरू, राष्ट्र प्रमुख, शासक, प्रशासक यतिबेला भोकसँग लडिरहेका मानिसहरूलाई राहत दिने कार्यक्रम र अभियानमा संलग्न र सरिक छन् । मेरो सम्वेदनशीलताले केही सेवाको काम गरौं भन्ने सोचिरहेको थियो । मानिसको शरीर भोजन बिना चल्न सक्दैन । भोजनको अभावमा रोगसँग लडने क्षमता पनि हुँदैन । भोक र भित्ताको चिन्ता दैनिक ज्यालामजदुरी गर्ने र विपन्न वर्गलाई नै बढी हुन्छ । केही जुझारु युवा तथा समाजसेवीहरू संलग्न भएर दैनिक गुजारा चलाउन मुस्किल भएका मानिसहरूलाई भोजन व्यवस्थापन गर्ने कुरा अगाडि बढायौँ । मानवअधिकारकर्मी गुनराज प्याकुरेल भाइको क्रियाशीलता र समन्वयमा स्थानीय युवा क्लब तथा केही सामाजिक संघसंस्था पुण्य कर्ममा जुट्यौँ । प्रारम्भमा बयानब्बे जनाबाट सुरुवात भएको राहत स्वरुपको भोजन खानेहरु सङ्ख्या बढदै गएर चार सय सैंतीससम्म पुग्यो र अहिले निरन्तरतामा छ । उदारमना केही व्यक्ति र स्वामी चैतन्य कृष्ण प्रणामी ट्रष्टले खाद्य सामाग्री र थुप्रैले गरेको तन, मन, धन र श्रमको मूल्य नै भोजन राहतको सौन्दर्य थियो । खाना खुवाउने सबैको सन्तुष्टि नै भोजन राहतको सुन्दर पक्ष बन्यो । यस्तो बेलामा यति उपकारी कर्ममा सहभागी हुनसक्दा आफूले खान पाइरहेको अवसरप्रति धन्य लाग्छ । युगगुगान्तदेखि हाम्रा शास्त्रले भनिरहेछन् ‘सेवा हि परमो धर्म ’ आज धन्य लाग्छ र अझै बढी केही गर्न पाए हुन्थ्यो भन्ने भावनासँग जहाँ हरेक दिन साथीहरु खना बनाउँछन् उत्साह भरेर । हावा, हुरी, पानी केहीले छेक्न सकेको छैन, रोक्न सकेको छैन र पुर्\u200dयाउनलाई बाँध हाल्न सकेको छैन । ती अन्नका दानाभरी अभावमा भोकै रहन बाध्य मानिहरुका लागि जीवनदान देख्छु म । अनि जब थरीथरी मानिसहरु मात्र बाँच्नका लागि खानाको लाइनमा बस्छन्, बूढाबूढी केटाकेटी, रोगी, असक्त अनि मन भरभराएर आउँछ, मन मनसँगै संवाद गर्छ परोपकारको इतिहास मानवीय सभ्यताको सन्चालन हो । परोपकार भन्दा ठूलो धर्म केही छैन । अनि जब मुस्कुराउँछ खाना समाएर पीडित त्यहाँभन्दा आनन्द लाग्ने मुस्कानको सौन्दर्य अर्को भेटदिनँ म । सेवा त संसारको सर्वोत्कृष्ट सौन्दर्य रहेछ मलाई त्यस्तै प्रतित हुन्छ । राहतले दिने भनेको खुसी नै हो जो निस्वार्थ हुन्छ । अन्योल समयमा कसरी बाँच्ने भन्ने अवस्थामा एकछाक खान पाउनु शरीरमा प्राण हाल्नु नै हो भन्ने लाग्छ जस्तो कि रोइरहेकालाई फकाउनु, दुखिरहेकालाई सुम्सुम्याउनु लडेकालाई उठन प्रेरित गर्नु । तथापि स्थानीय, प्रदेश तथा अन्य ठाउँमा प्रचारे समाजसेवीहरुले राहत वितरण गरेको दृश्य यो लेखकका लागि आहत नै बन्न पुगेको छ । एउटा सानो राहतको थैलो दिनेको भिड मानौ वैतर्णी तर्न गौ दानको दुनु समाते होस् । यस्तो देख्दा मानवताको खिल्ली उडाएरहेको प्रतीत हुन्छ । किनकि मानव सेवा त मानवीय संवेदनशीलताको समीप पुगेर जीवनयापनमा सहयोग गर्नु हो मानवीय विवशताको खिल्ली उडाउनु होइन । यस्ता दृश्यहरुले मानवीयता हराउँदै गएको चिन्ता उत्पन्न हुन स्वभाविक हो । बेसहाराहरुको सहारा राज्य हुनपर्ने हो । व्यवस्था त राज्यले नै गर्नुपर्ने हो तथापि कति अवस्थामा राज्य कर्तव्यविहीन र जनता अधिकारविहीन भएको आभास नभएको होइन । तर कुनै पनि राहत वितरणको चरणले राहत आवश्यकता कि राजनीति भन्ने अनुभूति पनि गराइरहन्छ । सामाजिक सञ्जालमा मुस्कुराइरहेका यस्ता सामग्री हेरेर आफैँलाई चिमोटन सिवाय केही छैन । २०७२ साल को विनाशकारी भूकम्प पश्चातका राहतले कतिपयको जागिर गुम्यो । कति अझै अख्तियारमा तारिख धाइरहेका छन् । राहत सामग्रीको गुणस्तरीयता सम्बन्धी मापन र गुणस्तरहीन वस्तुको खिल्ली उडाउने काम अझै जारी छ । त्रिपाल, जस्तापाताका अतिरिक्त खाद्यान्न राहतको रोइलो अझै सुनिदै छ । भूकम्पमा आफैँ संलग्न भएर जस्तापाते “टनेलघर” निर्माण गरियो, कतिले साँच्चै राहतको अनुभूति गरे कतिले गाईगोठ बनाए । अनावश्यक रुपमा पनि निःशुल्क पाएको राहतलाई चुकै भए पनि खानु पर्छ भनेर ग्रहण गरे । एक ठाउँमा राहत वितरण गर्न जाँदा त चिउरा त खाँदैनौँ चाउचाउ भए दिनोस् भनेको सम्झना कानमै छ । राहत चाहिनेलाई तात्कालीन जीवनयापनको सामान आवश्यक कि वस्तुको रोजाई भन्ने कुरा यतिबेलासम्म बुझ्न सकिएको छैन । यो भनाइको उद्देश्य विगतको विकृति नदोहोरियोस, राहत कसका लागि आवश्यकता छ, त्यही आवश्यकतासम्म पुगोस् भन्ने हो, जसलाई रोजाई होइन, पाउनु ठूलो कुरा बनोस् । खोला, खोल्सी, खोच र खमारे वनको सेपिलो भागतिर हिउँदे याममा कुहिरोले नछोडे जस्तै यतिबेला कोरोनाको कुहिरोले विश्व सङ्कटकालमा छ । लाखौँ मानिसलाई आफ्नो शिकार बनाइसकेको कोरोनाले अझै पनि त्रास र सन्त्रासका बीचमा मानवीय जगतलाई रुमल्याउँदै छ । संक्रमणको भयावहतासँगै खान नपाउनेहरुको पेट भोकले कोतरिरहेको छ । राहतको पर्खाइमा छन् साँच्चै चुल्हो नबल्नेहरू । कति मान्छे आवश्यकता बिना पनि राहत सामग्री संकलनका निमित्त लामबद्ध छन्, निःशुल्क अनुदाने राहतको लाइनमा । साँच्चै राहत आवश्यक पर्ने मान्छे र परिवार राहतविहीन छ, पहुँचविहीन छ । बाँच्नलाई अफ्ठयारो परेको यो अवस्थामा मानव सेवा नै ठूलो धर्म हो । आवश्यकताले रन्थनिएको मान्छेलाई थोरैतिनै आवश्यकता पूर्ति गर्नु नै त हो मानव सेवा, त्यो बिरामीलाई होस्, खान नपाउनेलाई होस्, लाउन नपाउनेलाई होस् अथवा गाँस, बास, कपासको होस् । मन्दिर, मस्जिद, चैत्य, गुम्बा सबका सब ईश्वर बन्दी रहेको यो अवस्थामा मानव नै ईश्वर हो भन्ने कुरा सेवाभाव तथा परोपकारले प्रमाणित गर्दैछ । एक मानवलाई अर्को मानवप्रति पैदा हुने संवेदनशीलता नै वा करुणा नै मानवता हो । मानवता नै ईश्वरको रुप हो र राहत पनि मानवता अर्थात् ईश्वरीय कार्य हो । गाउँ, टोल, बस्ती, शहर, देवालय, शिवालय, चर्च, मन्दिर, मस्जिद लगायत सामाजिक संघसंस्था र व्यक्तिहरू जो मानवताको ज्ञान भएका छन्, उनीहरु मानवीय सेवा र भोजनका लागि खटिएका छन् । खान नपाउनेहरू कहीं न कहीं पुगेर जो मिलेको खाएर कोरोना जित्ने आत्मबल सङ्गालिरहेका छन् । नराम्रो त त्यतिबेला लाग्छ, जब कोरोना कहरका यावत वस्तुको खरिद, औषधी, उपकरण, सुरक्षा सामाग्री आदिको कमिसनको राहत थुपार्न व्यग्र मान्छे नै हुन्छ र धिक्कार स्वतः निस्कन्छ यो नश्वर जीवनको उपहास गरेको देख्दा । संसार यस्तै छ । कोही मरिरहेका छन् । कोही मरेकाहरूलाई अझै मार्न उद्यत छन् भने कोही दिनरात कसरी जुटाउने र पीडित समक्ष पुर्\u200dयाउने भन्ने चिन्तामा ग्रस्त पनि । राज्यको मुख ताकेर बस्दाबस्दै गरिबको बेहाल भैसक्छ । हाम्रा राहत योजनाहरू कति प्रभावकारी, कति लक्षित वर्ग केन्द्रित र कति उपलब्धिपूर्ण छ र छन् भन्ने कुनै आंकलन र लेखाजोखा छैन। माथि उल्लेख गरेका राहतसम्बन्धी प्रतिनिधि घटनाजस्ता भोगाइहरू थुप्रैसँग हुन सक्छन् । सबैतिरबाट वर्तमान समयमा वितरित राहत र सरकारले पु्र्\u200dयाएका राहतजन्य सेवाको विवेचना गर्नै पर्दछ । सधैं हामी विपत्ति कोष निर्माण गर्छौं, रकम जम्मा गर्छौं, आखिर पाउनु पर्नेले राहतमा के पायो भन्दा केवल आश्वासन भन्ने जस्तो भएको छ । कोरोना कोष के का लागि र कसले के कस्तो राहत, सेवा, सहयोग र सुविधा पायो भन्ने प्रश्न कालान्तरमा पनि ज्यूँका त्यूँ नरहला भन्न सकिन्न । कोरोनाको विपत्ति टरेर जाओस् । राहतको रोइलो भोलिका दिनमा देख्न, सुन्न र भोग्न नपरोस्। राहत वितरण र प्राप्तिका लागि अदालतको ढोका पुग्न नपरोस् । सरकारका नाममा अन्तरिम आदेश जारी गराउन नपरोस् । यो हामी सबैको सदिच्छा हो । एकान्तबास, गृहबन्दी वा बन्दाबन्दी जे भनौं, हामीले चाहेर स्वीकारेका होइनौँ । यो बाध्यताको उपज हो । राहत रहर होइन, बाध्यता हो । रहरले राहत संकलन गर्ने र लिनेहरुलाई लायकका नायक भन्न मिल्दैन । विशुद्ध सेवाभाव जागृत गर्ने र गराउने सोच, शैली र संस्कृतिको विकासमा स्वयंले आत्मानुसाशनको नियम पालना गर्नु पर्दछ यस्तो दुखद् घडीमा । राहतमा राजनीति नहोस् । राहतको रोइलो विपत्ति, महामारी र अनिकालहरूमा रीति र रिवाज बनेर नआओस् । पटक पटक भोगेका राहतसँग सम्बन्धित घटनाक्रमले सिकाओस् कि राहत आवश्यकता हो, रहर होइन । अन्योलको यस घडीमा जसले जहाँबाट जे गरेर सहयोग गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यस विपदको घडीमा भोकले कोही मर्न नपरोस् । राज्य त छँदैछ, व्यक्तिगत, समूहगत रुपमा मानवीय सेवा तथा उद्धारको परिणामले आँखाका आँसुहरु पुछिऊन्, भोकका ज्वालाहरु शमन हुन्, दुःखेकाहरुले सान्त्वना पाऊन् र लर्बराउँदै भए पनि जीवन उठोस् । जसले जे गर्न सक्छौँ त्यही गरौँ, जहाँबाट सकिन्छ त्यहीँबाट गरौँ । सेवा नै परमधर्म हो, मानव धर्म नै सबभन्दा ठूलो धर्म हो । यो संसारको सर्वोत्कृष्ट जीवनको सम्मान वा रक्षा साना साना सहयोग वा सेवाभावबाट सम्भव छ भने हामी सक्नेले अगाडि सर्नै पर्छ । संसारको सौन्दर्य मानवलाई मानवताका हरेक कार्यबाट अझै सुन्दर बनाउन सकिन्छ । सेवाभावले, सेवाकार्यले यो अफ्ठयारो समय सहज बनोस् । अभाव र आवश्यकताका पूरक बनेर आउने राहत मुस्कान बनोस्, रोइलो होइन । #ऋषव देव घिमिरे #कोविद १९ #राहत दृष्टिविहीन साथीको मनोहर कथाः तेस्रो आँखा: यसपालि होइन, योभन्दा अघिल्लो छुट्टी जानु अघि नै एक दृष्टिविहीन भाइसँग परिचित भएँ म। त्यो पनि सामाजिक सञ्जालमार्फत। भएको के थियो भने, तिनताका म दसैँमा घर जाने सुरमा थिएँ। हरेक परदेशी घर जाने दिन नजिकिदै गर्दा उसलाई दिनहरू लामा लाग्न थाल्छन् । घडीको सुई कति ढिलो घुमेको जस्तो लाग्न थाल्छ। अरू सामान्य बेला भन्दा क्यालेन्डर पनि अलि बाक्ले हेरिन्छ। केहीले त क्यालेन्डरमा दैनिक गोलो घेरो लाउने गर्छन् ताकि बिस्ताराबाटै थाहा होस्, आज कति गते हो। त्यस्ता घेरा देख्दा मार्नु जस्तो हुन्छ मलाई चाहिँ। मनोरोगीहरू नै हुन् कि जस्तो पनि पनि लाग्छ। त्यो बेला म भने फेसबुक बाक्लै हेर्छु। कतै अफर लागिरहेको हेर्न र कुन-कुन साथीहरू छुट्टी मनाउन कहाँ जाँदैछन् भनेर जान्न। यही उपक्रममा मैले फेसबुकमा एउटा पोस्ट देखेको थिएँ। जुन काठमाडौँ बसाइमा भेट भएको मेरो साथी उत्तमको थियो। उसको पोस्टको आशय थियो… गाडी भाडा नभएर दसैँमा घर जान वञ्चित एक अपाङ्ग । त्यस्तो कारुणिक पोस्टले मेरो मन कति छिटो पग्लियो पग्लियो ! कमेन्टमा मैले ‘मबाट हजार रुपियाँ’ लेखिदिएँ। र, म घर आउँदै गरेको र भेटेर पैसा दिने वचन पनि दिएँ । लाग्यो, मेरो हजार रुपियाँले कसैले आफ्ना बा-आमा अनि परिवारको साथमा बसेर दसैँ जस्तो पर्व मनाउन पाउनु मेरा लागि दस गाई दान गरेको बराबरको धर्म हो। यस्तैमा एउटा रेडियो प्रोग्राममा मैले अर्को मनकारी चन्दादाताको नाम सुनेँ, अन्तर्वार्ता सुनेँ। सहयोगकर्ता नै दृष्टिविहीन, त्यो पनि विद्यार्थी! आफैँ जागिर गर्ने र पढ्ने । भलै उसका दाइहरूको काठमाडौँमै घर रहेछ तर ऊ भाउजू र परिवारका अन्य सदस्यको करूणा-पात्र नबनी आत्मनिर्भर जिन्दगी रोजिरहेको रहेछ । ऊ थियो नेपालको पूर्वी पहाडी जिल्लाको र मेरो फेसबुके साथी या भनौँ भाइजस्तै साथी… जीतबहादुर राई । अन्तरवार्ता सुनेपछि मलाई जीतबहादुरलाई भेटौँ भेटौँ लाग्यो। यसपछि मैले जीतबहादुरको फेसबुक खोजेँ । नभन्दै भेटियो। मैले त्यहाँ उनको कोमल मन र सहयोगी भावनाको फेसबुकमा मुक्तकण्ठले प्रशंसा गरेँ । सायद मेरो शब्दले ऊ झन् पग्लेछ क्यार! साथी भैहाल्यो। यसरी मेरो जीवनमै पहिलो दृष्टिविहीन साथी बन्न पुग्यो । सितिमिति सबलाङ्गहरू आँखा हुनेहरू दृष्टिविहीन तथा निकलाङ्गलाई साथी बनाउन हच्किन्छन् । के तपाईं आँखा हुनेहरूका त्यस्ता दृष्टिविहीन साथीहरू छन्? छन-छैनन् वा छन् पनि छैनन् पनि। यसअघि पनि मेरो अवस्था त्यस्तै थियो। ऊ आफैँ दृष्टिविहीन, भाडामा बसेर आफैँ जागिर गर्ने र जिन्दगी गुजारा गर्ने उसको उच्च मनोबल देखेर म भावविभोर भएको थिएँ । ऊ गीतसङ्गीतको सौकिन रहेछ। वाद्यवादनको पनि राम्रो ज्ञान भएको र ब्रेललिपिमा एमएसम्म गरेको तथा बौद्धिक पनि रहेछ। मेरो नयाँ साथी सेतो लौरोको सहायताले जीवनका हर गन्तव्यको पाइलो नाप्छ। ऊ यस्तो मनकारी कसरी भयो होला? ऊ कसरी दानवीर भयो होला? मेरो त्यही कौतुहलले ऊ मेरो मनको नजिक भएको थियो। मैले देखेका प्रायः दृष्टिविहीन कि त बाटोमा माग्न बसेका हुन्थे कि मन्दिरमा पछ्यौरा बिछ्याएर भोकको उपचार खोज्न बसेका हुन्थे। ऊ भने त्यस्तालाई दिने खालको मानिस रहेछ। बसहरू, बसपार्कहरू या फेरि आफैँ जीवनबाट हीनताबोध गर्दै गाउँमा नारकीय जीवन जिएका कति छन्, अरूको कृपामा बाँचेकाहरू। मैले देखे-भोगेभन्दा भन्दा बाहिरको मान्छे लाग्यो मलाई। यसपछि त के थियो र, हाम्रो वार्तालाप बाक्लिदै गयो । ऊ मलाई आफ्नै सहोदर दाइ जस्तो गर्थ्यो, गर्छ र म उसलाई पनि कुनै भाइ भन्दा कम देख्दिनँ। त्यसरी मसँग चिनजान भएको साथी मलाई पनि भेट्ने रहर थियो । ऊ पनि भेट्नु पर्छ दाइ भन्थ्यो। ऊसँग भेट्न र गफिएर जान्न मलाई कस्तो उत्सुकता थपिएको थियो, अचम्मको! सायद तपाईंहरू भए त्यो हदको मित्रता कुनै दृष्टिविहीनसँग गर्नुहुन्थ्यो हुन्नथ्यो वा गरे पनि एउटा औपचारिक सम्बन्धबाहेक बढी हुँदैनथ्यो कि ? अपवाद त जहाँ पनि हुन्छ । अब कुरा ममा मात्र सीमित रहेन । उसले मेरी पत्नीसँग पनि सम्बन्ध बढायो फोनमार्फत्। जीतसँग पहिलो पटक गफ गरेको दिन पत्नीले भनेकी थिइन्, ‘कति मीठो बोली यिनको त! को हो नि बूढा ?’ मैले जीतको पूरा परिचय दिइनँ, भनेँ, ‘काठमाडौँको साथी।’ ‘कस्तो मीठो बोल्ने ! देवरै जस्तो,’ पत्नीको प्रतिक्रिया थियो। एउटी भाउजूले देवर पनि होस् भन्ने चाहन्छे। मेरी पत्नीको मनोविज्ञानले मेरा आफ्नै नजिकका भाइहरू नहुँदा उसको मनमा देवरको कति ठूलो अभाव रहेछ भन्ने महसुस गराएको थियो । भाइ अभावको पूर्तिसमेत जीतले गरिदियो । त्यसैले एक दिन कामको सिलसिलामा काठमाडौँमा रहँदा म जीतलाई भेट्न चाहन्थेँ । त्यसैले उसलाई फोन गरेँ । उसले लोकेसन बतायो । सोही लोकेसन पछ्याउँदै म ट्याक्सीमा उसले बताएको ठाउँमा पुगेँ । अचम्म, ट्याक्सीबाट झर्न नपाउँदै उसले मेरो नामले बोलायो। अरू ट्याक्सी पनि त्यहाँ आउने जाने रोक्किने भैरहेका थिए। ऊ दृष्टिविहीन भएर पनि उसले मेरै र मै चढेको ट्याक्सी चिन्नु र म कता पट्टिको कुन ढोकाबाट झर्छ भन्ने अन्दाज लगाउनु दैवीशक्ति जस्तो लाग्यो। मैले ऊसँग अंकमाल गरेँ र भनेँ, ‘यस्तो राति किन कुरेर बस्नु परेको जीत भाइ? म पत्ता लगाइहाल्थेँ नि!’ उसको प्रतिउत्तरले मलाई झन्झनाहट भयो, उसले भनेको थियो, ‘दाइ, मलाई के दिन? के रात? सबै एकै त हो!’ जिन्दगीमा म आँसु नखसाई रोएको त्यही रात मैले घडी हेर्दा रातिको साढे दस बजिसकेको थियो । त्यो दिन मैले अचम्म देखेँ, उसैले खाना बनायो। मेरा लागि भनेर भक्तपुरबाट हिँडेरै कोटेश्वर पुगी धराने बंगुर ल्याएको सुनायो । खाना खाएर गफिदै उसको गायकीको रसाश्वादन गर्दै सुत्दा दुई बजिसकेको थियो । लामो समयदेखि फोनमा गफिएको जीत भाइसँग भेट्ने रहर पूरा भएको थियो र भोलिपल्ट बिदा हुने बेला निकै असहज महसुस भइरहेको थियो। मेरो मनको भाइलाई केही उपहार दिऊँझैँ लाग्यो तर के दिनु ? मसँग भएका कपडा उसलाई ठीक हुँदैनथ्यो । कपडा किन्न जान पनि त्यो डेराबाट अलि टाढै थियो। आफैँसँग के छ भनी टटोल्दा एउटा घडी देखेँ, जुन मेरो नाडीमा टाँस्सिइरहेको थियो। अनि मैले घडी फुकालेर उसलाई सम्झनास्वरुप दिएँ। उसले भन्यो, ‘दाइ मसँग एउटा राम्रो टि-सर्ट छ, तपाईंलाई ठीक हुन्छ होला ।’ चाहिँदैन भन्न खोज्दै थिएँ, उसले यसरी हात समायो कि तीजमा युगौँपछि माइत आएकी छोरीलाई कुनै आमाले कुराउनी पोको पारेर दिएजस्तै गरी टि-सर्ट थमायो। छोरीले आमालाई हे आमा पनि….के को टन्टो होला.. पर्दैन भनेको जस्तो कस्तो कस्तो मेरो घाँटीबाट निस्कियो तर मुखबाट निस्कन सकेन । शायद शब्द नै भेटिएन, भन्न। यसपछि बिदा त भएँ तर मनले भनिरह्यो, वाह जीत भाइ, तिम्रो स्वाभिमानी जीवन! वाह, तिम्रो आत्मियता! वाह, तिम्रो संसार हेर्ने तेस्रो आँखा! #दृष्टिविहीन #मित्रता #सामाजिक कथा दम्भको उचाई: पुस्तौंदेखि चलिरहेछ अस्तित्वको एक भयानक युद्ध ! न यता न उता जस्ता नाता गोताहरू जाताततै छन् र, जिस्क्याइरहन्छन् बेला बेला । तिनीहरूलाई लाग्छ हामीसँग तिनीहरूको दम्भ भङ्ग गर्ने कुनै भेद छैन । उनी बिर्सिन्छन् हामी त आमाको गर्भबाटै गर्व बोकेर आएका मान्छे । हामी नजन्मिदै यहाँ जन्मिसकेको थियो स्वाभिमान । हाम्रो आँखा नखुल्दै बुद्धले खोलिसकेका थिए सत्यको आँखा हामीले नकराउँदै बन्द गरिसकेका थिए अशान्तिको मुख । ति नातेदार जस्ता देखिने नाट्यदारले सधैँ सबै मेरै हो भनिरहे । बुद्ध आफ्नै भने सीता आफ्नै भने मधेश आफ्नै लिपु आफ्नै धुरा आफ्नै टिष्टा देखि कांगडासम्म माटोदेखि पानीसम्म जवानदेखि जवानीसम्म सबै सँधै आफ्नै हो भनिरहे । उसलाई यो पनि आभास छैन कि जुन सागरको नुन उसले खाइरहेछ त्यसमा पनि हाम्रै पुर्खाको पसिना मिसिएको छ । उसलाई त आफ्नो सिमाना बचाउन समेत हामी नै चाहिन्छौं अनि, किन उसले हाम्रो सिमानामा नानाथरी गरिरहन्छ ? होलान केही उसले बजाएको बाँसुरीमा नाच्नेहरू तर, अब धेरै बेर छैन उनीहरूलाई रिङ्गटा लाग्न उसले सत्तामा खुवाएको भत्ताको पत्तासाफ हुने बेला हुँदैछ स्मरण रहोस उसलाई नियालिरहेछ सागरमाथाले संसारका सबै अग्ला मनमानीहरू र, पर्खिरहेछ उग्रताको चरम सीमा ताकि भत्काउन सकोस ति दम्भहरूको उचाई । #दम्भको उचाई #प्रचण्ड भाष्कर लघुकथा:\xa0फूलको\xa0गमला: म एक दिन गिजुभाइको पात्र रिन्छेनको घर पुगेपछि: उसले फूलको बिरुवालाई पानी दियो । पातहरू पुछ्तै हेर्यो । हरिया चिल्ला देखेर खुसी फुरायो । ढोकानेर पुगेर फेरि फर्क्यो । मिसले स्कुलमा ‘फूल सार्नु’पर्छ भनेको सम्झिरह्यो । फेरि घरभित्र छिर्यो । झ्यालबाट फेरि फूललाई हेर्यो । ‘मैले हालिदिएको पानी कति छिटो खाइसकेछ फूलले’, भनेर सोच्यो । उसले खोजेको पात्र ढोकामा अझै आएन, जसलाई उसले देखाउनु थियो आफूले सारेको फूल । फेरि फूलसामु गयो । फूल निकै खुसी भएको महसुस गर्यो । मुसार्यो । हाँस्यो । गमलानेर पोखिएको थोरै मल गमलामै राख्यो । उसलाई लाग्यो, अब फूल हाँस्यो । साँझपरिसक्यो, तर ढोकाले उसको मान्छेभित्र छिराएन । ऊ कुर्दाकुर्दै रात परेपछि यसै निदायो । भोलिपल्ट बिहानै उठ्यो । उसले फूल देखाउन भनेर उनलाई बोलाउन गयो । उनी जग्गाको बैठक भनेर बिहानै उठेका रहेछन् । उसले बलजफ्ती गरेर उनलाई फूल सारेको ठाउँनेर पुर्यायो । उसलाई अचानक रिंगटा लागेजस्तो भयो । आफूले सारेको फूल देखाउन चारै बजे बिहान ब्युँझिएको रिन्छेनले बिहानिबहानै सुनेको भ्रमजस्तो आवाज सम्झ्यो, ‘यस्तो झारपात कसले सारेको, लगेर फालिहाल ।’ ‘होइन, होइन ! बाबुले सारेको, नफाल्नूस् ।’, फूलको गमला फुटाउने उसकै बुवा रहेछन् । उनले त्यही रात जग्गाको ठगीधन्दामा पुलिसले पक्राउ गरेको सपना देखेका रहेछन् । रिन्छेन फुटेको गमलानेर बसेर ‘सरी बाबा अब फूल सार्दिनँ’ भन्दै बरबराइरहेको थियो । म सोच मग्न हुँदै घर फर्कें, र गमलामा फूल सार्नथालें । (मैले फूल सार्न लागेको ठाउँमा एक पाठक आएर सुझाउँदै थिए, ‘म भएको भए सानासाना नानीबाबुहरूलाई उत्साहित गर्न पक्का पनि ‘कति राम्रो फूल, कति राम्रो काम’ भन्थें, अनि आफ्नो तनाव बच्चामा खन्याउँदिनथें’।) जगन्नाथ पौडेल , भर्जिनिया नछुने रगत: म नछुने नभएको भए कसरी जन्मिन्थ्यौ पितृसत्ताका अहङ्कार हो ? जन्मजात प्रकृतिले दिएको वरदान हो मेरो नछुनेहुँदा बग्ने रगत मेरा नछुनेमा बग्ने रगतका कारण तिम्रो उन्मत्त यौवन पुरुषोत्व जात र धर्मभन्दा माथि छ तिमीलाई सृष्टि चलाउन चाहिने शरीर हजारौँपल्ट ठडिएका छन्न निषेधका पिरामिड थान, धाम र मन्दिरमा जान तर मूर्ति कुँद्दा कुँद्दै नछुने भएका भएका कलाहरूका पवित्र भए मूर्ति र सजियो मन्दिर । सोच्यौ तिमीले अपवित्र तिनेरलाई ? आज एउटा प्रश्न छ मेरो पितृसत्ताका अतिवादी दासहरूलाई कि देउता र मन्दिर बनाउनेहरूको मुटुमा बहेको रगत र मेरो नछुनेमा बगेको रगतमा के फरक छ ? तिम्रा अतिवादी धर्मका पूजारीलाई कहिले गर सोधेका छौ ? कि बध गरी घाँटी छिनालेर पाषाण मूर्तिमा अर्पण गरेको रगत र नछुने रगतमा जात धर्म रङ के भिन्नता छ पूजारी ? तर यति चाहिँ ख्याल गर्नु तिमीले बर्जित गरेका मन्दिर र तिमीले पूजेका मूर्तिका भगवान् मेरा लागि निषेध भएपनि निषेध छैनन् मेरा ह्रदयका भगवान् जब कि म नछुने हुँदा मात्र आउँछन् मेरो दर्शन गर्न । कुसंस्कारका निषेधित पर्खालले यही रातो रङको नछुनेमा बर्जित भएका छन् मेरा चाडपर्वहरू लखेटिएको छ घरबाट डरलाग्दा निर्जन ठाउँमा । पशुका घाँटी रेटेर रगत चढाउनेहरूले निषेध गर्या छन् नछुनेहरूलाई यही दुई थोपा रगत चुहेका भरमा के भन्न सक्छौ ? किन उस्तैउस्तै भयो ? तिमीले देउता सिँगार्ने राता अक्षता र मेरो नछुने रगतको रङ ? रगतकै डल्लाको समागमबाट जन्माउने बाआमाको थाप्न पाइन आशीर्वाद मैले उत्सव र पर्वहरूमा । दश वर्षपछि भेट भएको भाइसँग तिहारमा सप्तरङ्गी टीका लाएर । पाइन हेर्न अन्तिम सास छाड्दै गरेकी हजुरआमालाई र बिदा गर्न पाइन नछुने हुन्छे भन्दै बिहे गरेर पठाएकी बहिनीलाई । ताता रगतका फाल्साहरूमा पाइन कहिल्यै हाँस्न आमाको नैसर्गिक वरदान ठानेर । भन ए ! धर्मका चिन्तक हो ! के तिमीले सोध्यौ कहिल्यै आमालाई नछुने हुँदा र म जन्मिँदाको रगत उस्तै थ्यो आमा ? अनि यो पनि सोध बा ! आमा नछुने नभकी भए जन्मिने थियौँ हामी ? भन ए ! आवरणमा समता ओढेर रगतको जात र धर्म छुट्याउने नरपशु हो । राता रगतमा मुछिएकी नछुने माथि रातभर कति पटक थिचेर स्खलित वीर्य लतपतिएर कट्कटिएको दाग लिङ्गले अर्को दिन बिहानै किन रोकेनन् मन्दिरका देउताले दर्शन ? किन छेकिएनन् उसका रहर र उत्सव ? किन पल्टाइरहेको हुन्छ गीता पाठ ? कि दुही रहेको हुन्छ गाई ? किन बनाइरहेको हुन्छ पञ्चामृत ? किन बाँचिरहेको हुन्छ ऋचा ? किन पवित्र हुन्छ उसको शरीर ? अनि किन बर्जित हुन्छ म नछुनेलाई रगतका कारण निषेध हुन्छ उत्सव जुठो हुन्छ गीता अपशकुन हुन्छ पञ्चामृत अपवित्र हुन्छ ऋचा निषेध हुन्छन् सङ्गीनी साकेला रोदी कति पटक सोध्या छौ तिमीले मृत्युशैयामा छटपटिँदा तिम्रा शरीरमा पस्दै गरेको रगतको पोको डा.साब यो कुन जात, धर्म छुत र अछुतको रगत हो ? अनि सोध्या छौ कि छैनौ ? बा ! तिमीले नछुने अपवित्र आमालाई समागम गर्दा तिमी चाहिँ पवित्र थियौ कि अपवित्र ? अन्तिम प्रश्न अब आज मात्र चार दिन भो म नछुने भएको हिजो राति झरेको छ मेरो पाठेघरमा पितृसत्ताको दुई थोपा वीर्य भन ! मेरो योनी पवित्र थियो कि अपवित्र ? अनि पाठेघरको भ्रूण नि ? #नछुने रगत जन्मदिनमा बुद्धिसागरको तेस्रो उपन्यासको ड्राफ्ट सकियो: बुद्धिसागर कर्नाली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरले आफ्नो जन्मदिन आज जेठ २० गते तेस्रो उपन्यास लेखी सिध्याएको घोषणा गरेका छन् । सामाजिक सञ्जालहरूमा आफ्नो सुन्दर सेल्फी हान्दै शुभकामना व्यक्त गर्नेहरू सबैलाई धन्यवाद दिँदै उनले नयाँ उपन्यासको ड्राफ्ट सकिएको बताएका हुन्। उनले उपन्यासको नाम र विषय भने खुलाएका छैनन्। साहित्यपोस्टको तर्फबाट पनि बुद्धिसागरलाई धेरैधेरै शुभकामना । #जन्मदिवस #बुद्धिसागर हिमालका तीन कविता: १. जिन्दगीको छन्द एक अति असरल्ल छन्दमा समय बितिरहेछ, सहर बितिरहेछ जुवाको दाउमा कोही एक नसिबवाला जितिरहेछ कोही बेनसिब सिद्धिरहेछ खुट्टा नभिज्ने पानीमा पौडन खोज्छन् मान्छे कहिले घुँडा ठोक्किरहेछ कहिले हात घिस्रिरहेछ मान्छे जिन्दगीभन्दा जिन्सीमा माया खोज्छ ज्यानको भन्दा घरको रङ रोज्छ कुटुम्बभन्दा धेरै धेरै कपडा साँच्छ उज्यालोभित्र अँधेरो प्रेमभित्र तुषारो धनभित्र कपट मान्छे चरित्रभन्दा चित्र खोज्छ एकान्तमा म जिन्दगी खोतल्छु र पाउँछु श्वास दिनदिनै रित्तिरहेछ बेछन्द जिन्दगी बितिरहेछ । २ सँघारको उज्यालो फेरि एकपटक भाले बास्यो ताराको हूल आफ्नो बाटो लाग्यो ल्यामपोस्टको बत्तीझैँ पूर्वबाट पहेँलो घाम उदायो चिरबिरहरू ब्यूँझियो निन्द्रामै दुईपटक अलार्मे ब्यूँझियो घाम पुतली आँखाको आँगनीमा उड्यो पातहरूले मोतीझैँ एकछिने नानी पाए फूल माहुरीको बस्ती भेटियो ऋषि अवस्थीझैँ एक ध्यान एक मगन एक चित्त एक लगन । ३. एक बिहान कलिको एक प्रहर समयको एक लहर रात मुर्दा सहर बिहानको पर्खाइमा ब्यग्र बिहान चियाको कित्ली बोकेर मुखमै आउँछ भाँडाकुँडा बोकेर गल्ली गल्ली सिक्का बटुल्छ दिनभरि जवान जवानी खोज्दै हिँड्छ जीवन कहानी खोज्दै हिँड्छ चराहरूझैँ साँझमा गुँडमा फर्किन्छ सारा सहर कोही तातेर कोही मातेर आ–आफ्नो किस्मत समातेर । #हिमाञ्चल तिम्सिना कर सूचनाका कारण बढ्यो प्रकाशकको तनाव: अर्थ मन्त्रालयले कर विवरण तथा कर बुझाउन सूचना जारी गरेपछि पुस्तक विक्रेताहरूमाझ तनाव थपिएको छ । गएको चैत ११ गतेदेखि कोविद १९ रोगका कारण सरकारले बन्दाबन्दी घोषणा गरेको थियो । त्यसयता सम्पूर्ण व्यापार बन्द छ । किताब व्यापार पहिल्यै थला परिसकेको अवस्थामा अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले कर तिर्नका लागि फागुन र चैत महिनाको कर दाखिलाका लागि जेठ २५ भित्र भुक्तानी गर्न सूचना जारी गरेपछि पुस्तक प्रकाशक तथा व्यापारीमाझ तनाव थपिएको हो । बजेट भाषणलगत्तै फाइन प्रिन्टका अजित बरालले आफ्नो निराशा पोख्दै फेसबुकमा लेखेका थिए, ‘३७ करोड राजस्व घाटा हुने गरी चकलेटमा कर घटाउने, १२ करोड जति उठ्ने तर करका मारले ३७% ले घटेको पुस्तक आयातमा लाग्ने करमा भने केही फेरबदल नगर्ने ? हाय पिएजडी अर्थमंत्रीज्यूको कर बढाउने कालिदासीय उपाय !’ बजेट भाषणमा त केही भएन तर बन्दाबन्दीले पूरै व्यवसाय चौपट भएको अवस्थामा पनि सरकारको संवेदनाहीन सूचनालाइ लिएर पुस्तक प्रकाशकमा निराशा प्रकट हुन थालेकाे छ। फिनिक्स बुक्सका सञ्चालक कुमार ढकालले पनि मन्त्रालयको कर तिर्नुपर्ने सूचनाको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हे सरकार दिमाग ठेगानमै त छ !’ यसैगरी मञ्जरी प्रकाशना कृष्ण अविरलले सोही सूचना फेसबुकमा टाँस्दै लेखेका छन्, ‘यी डाम्नाले सबै जनता आफूजस्तै (सम्पन्न) ठान्या हुन् कि के हो?’ बन्दाबन्दी ३२ गतेसम्म राखेर कर बुझाउने मिति भने जेठ २५ सम्म राखेको भन्दै उनले सामाजिक सञ्जालमा विरोध गरेका छन् । ‘छलियुग’का लेखक अविरलले लेखेका छन्, ‘बैंकको ऋणको ब्याज, पुस्तक व्यवसाय माथिको सरकारको वक्र व्यवहार, रित्तिएको खल्ती र छ जनाको खान्की खर्च सम्झँदा छिमेकमा बनिरहेको घरमा गएर इँटा, बालुवा बोक्ने काम मागूँ कि जस्तो लाग्न थालिसक्यो।’ यति मात्र होइन, यस पटकको बजेट भाषणमा चकलेटलाई कर छूट र पुस्तकमा लागेको कर घटाउने बारेको मौनतामाथि पुस्तकप्रेमीहरूले सामाजिक सञ्जालमा व्यंग्यविरोध गरेका छन् । केही ट्रोल निर्माताहरूले नयनराज पाण्डेको पछिल्लो कथाकृति ‘चकलेट’को आवरण हाल्दै देशमा चक्लेट सस्तिएकोमा खुसी प्रकट गरेका छन् । #अजित बराल #कर #कुमार ढकाल #कृष्ण अविरल #पुस्तकमा कर #प्रकाशक #फाइन प्रिन्ट #फिनिक्स बुक्स #मञ्जरी प्रकाशन बन्दाबन्दीमा चिटिक्क पर्नुको खुसी: बद्री भिखारी सामाजिक सञ्जालमा अब खुसी हुनुपर्ने अनेक बहाना खोज्नुपर्ने बेला आएको छ । केही साहित्यकारले भने बन्दाबन्दीका बेला बढेको दाह्रीजुँगा सफाचट पार्न सफल भएको खुसी सामाजिक सञ्जालमा प्रकट गर्न थालेका छन्। विराटनगरका साहित्यकार बद्री भिखारीले लामो समयपछि दाह्रीजुँगा सफाचट पारेपछि आफूलाई ६० वर्षे तन्नेरी महसुस गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कोविद १९ रोगका कारण जनजीविकाका बाटाहरू ठप्प हुँदै गर्दा र कोरोनाभाइरसका संक्रमण संख्या बढ्दै जाँदा केही साहित्यकारहरूको दाह्रीजुँगा बढिरहेको थियो । बढीभन्दा बढी मानिसहरू आउजाउ हुने ठाउँका रूपमा परिचित सैलुनमा पुगेर बन्दाबन्दीका यत्तिका दिनपछि दाह्री जुँगा सफाचट पार्न सफल भएकोमा साहित्यकार नयनराज पाण्डे र किशोर पहाडीले खुसी बाँडेका छन् । साहित्यकार पहाडीले लेखेका छन्, ‘ठूलै जोखिम मोलेर आइयो । तीन महिनादेखि काट्न नपाएकाे कपाल, टोलमा हजाम खोजखाज गरी कटाएर आइयो। जे त पर्लापर्ला।’ पहाडीले बाहिर कपाल काटेपछि सेल्फ क्वारेन्टिनमा बस्ने र केही दिनपछि मात्र भेटघाट गर्ने जनाउ पनि दिएका छन् । उनको तस्बिरमा उनको खुलेको मुस्कानको तारिफ गर्नेहरू बढी देखिए । नयनराज पाण्डे यता ‘लू’ फेमका पाण्डेले त सफाचट देखिन सैलुन सञ्चालक राकेशलाई आफैँले नयाँ मास्क र पञ्जा दिए । घरैबाट लगेको स्यानिटाइजरले औजार सफा गर्न लगाए । झरेका कपाल र दाह्री व्यवस्थापन गर्न पनि उनले आफ्नै रूमाल उपयोग गरे र कपाल काटुञ्जेल मास्क लगाए। यति गरेपछि उनले साढे दुई महिनापछि कपाल काटेर हल्का भए । यति सबै गर्दा उनको जम्माजम्मी १८० रूपैयाँ खर्च भएको पनि लेखेका छन् । उनले लेखेका छन्, ‘यस्तो अप्ठेरो परिस्थितिमा त्यति रकम तिरे पनि घाटा लागेको महसुस भएन ।’ साहित्यकार पाण्डेको बयानपछि अर्का साहित्यकार रवीन्द्र समीरले आफूले घरैलाई शैलुन बनाएकामा तनाव नभएको टिप्पणी गरेका छन् भने अर्का साहित्यकार नारायण तिवारीले आफ्नो दाह्री काट्ने मेसिनको तस्बिर पठाएर ठट्टामा साथ दिएका छन् । #दैनिकी #बन्दाबन्दी घाेषणाकाे दियाे: शिखर दुलाल दीप प्रज्ज्वलनकाे घाेषणा रगरगाएकाे बेला संत्रासले मडारिएकाे कालाे बादलसँगै महामारीको मेघ गर्जनले निम्त्याएकाे भाेकाे पेटकाे दुर्भाग्य त्याे नियतिकाे एउटा खेल आकास पग्लिएर झरेकाे असिना झैँ लकडाउनकाे वर्षातले लडेकाे पहराे निशब्द ! छातीमाथि कर्म युद्धको “नाम्लाे” साँची राखेर झ्याप्प निभेकाे दियाे गणतन्त्रको पहरेदार सूर्य बहादुर तामाङ। कथैकथा भित्रका कथा र व्यथाहरु एउटै समानताकाे विगुल धाेद्रिरहँदा भाेगाई र यथार्थ झस्काउने काउछाहरुले समाजिक दम्भकाे पराकाष्ठा इङ्गित गर्दै धिप धिप धिप धिप घाेषणा सदर गर्न बलेका दियाहरु श्रद्धाञ्जली व्यक्त गर्दै सम्झाउँदैछन् नवराज बिककाे विभत्स अध्याय पनि। साँच्चिकै भन्ने हाे भने लिपुलेकमा ब्याएकाे कालाे बिरालाे ङ्याउरा हराएर बाटाे काटेकाे रडाकाेले सिहदरबारमा काेरेका नक्सा हेर्दै आउरेहरु, चाउरेहरु चम्चाहरु, डाडु पन्युहरु सबै ट्याङट्याङ! टुङ टुङ ! ट्याङट्याङ! टुङटुङ, हलुङ्गे थर्केकाे आवाज बजाउँदै भान्सामा कुडे काेरेर गणतन्त्रको कुराउनी तछाड मछाड गरेर औँला चाट्दै हाेलान् र भट्याउदै हाेलान् सामन्तवादकाे हुटिट्याउकाे हुटहुट ! हुटहुट ! र बाल्दै घाेषणाका दियाहरु जिन्दावाद ओकलेर गिज्याउँदै हाेलान् धिप धिप धिप धिप बल्दै गरेकाे सलेदाेलाई। हाे मधेस डुक्रन सक्दैन यसबेला बिम्बहरु प्रतिबन्ध छन् उस्का दम्भहरुका कुण्ठित साम्राज्यले ताल्चा मारेर उसका स्वाभिमानहरु हराएका छन् ऊ मात्रै सुन्ने गर्छ, मौन बस्छ ऊ छक्का दाउकाे सुनचरीलाई पर्खेर बसेकाे छ सुनका अण्डा काेरल्ने सपनामा, डुबिरहेछ मनमनै र जिस्क्याउँदैछ गणतन्त्रको धिप धिप धिप धिप बल्दै गरेकाे घाेषणाकाे दियाेलाई। आकास धुम्मिएकै छ ! मेघ गर्जिरहेकै छ । तेल सक्किएका दियाेहरु धिप धिप धिप धिप जलिरहेछन् शीर्ष घाेषणालाई सिराेपर मानेर सलेदाे नसकिउन्जेलसम्मलाई धिप धिप धिप धिप बलिरहनेछन् धिप धिप धिप धिप बलिरहनेछन् दियाहरु। शिखर दुलाल नर्थ क्याराेलाइना नेपाली साहित्य समाज, अमेरिका #सूर्यबहादुर तामाङ जात: नम्रता गुरागाईं जात यता पनि दुख्यो जात उता पनि दुख्यो यता काला र गोरा भएर दुख्यो उता ठूला र साना भएर दुख्यो उहिल्यैदेखि दुखेको जात न पाक्न सक्यो, न थाक्न सक्यो पटक पटक बल्झिरहेछ देशमा बल्झिरहेछ परदेशमा बल्झिरहेछ । यता घाँटी थिचेर सजाय दिइरहेछन् मान्छेहरु उता नदीमा फालेर सजाय दिइरहेछन् मान्छेहरु परिणाम, टुप्पोमा बसेर फेद काटिहरेछन् मान्छेहरु अक्षम्य अपराधसँग मानवता साटिरहेछन् मान्छेहरु । ओ कानूनको रेसिपी बोकेर भान्सा छिरेका महाशयहरु किन अझै सबैलाई बराबर हुने गतिलो कानून पाक्न सकेन तिम्रो भान्सामा? भन, तिम्रो पकाउने ढंग बद्लियो कि, हेर्ने रंग बदलियो ? हामीले न कुनै नयाँ रीति लाएर अनुभव गर्न पायौं न कुनै नयाँ नीति पाएर अनुभव गर्न पायौँ फेरि पनि पुरानै संस्कार पालिस लाएर बाँडने अधिकार छैन तिमीलाई खोल तिम्रो जातभातको चश्मा र बेस्सरी पकाउ काँचो पल्टेको कुरीतलाई वर्षौंदेखि उही असमान अधिकारले घोचेर चसकचसक दुखिरहेका हामी युगयुगसम्म बाँच्ने अधिकारको खोजीमा छौं ताकि फेरि नवराज विकहरुले जातका नामबाट धर्ती छाडन नपरोस् फेरि जर्ज फ्लोयडहरुले जातका नामबाट धर्ती छाडन नपरोस् ओ वाद र विवादमा नमुछिएका कानुनी भान्सेहरु तिम्रा डाडुपुन्यूले अब लेनदेनको जालबाट उम्किएर समान अधिकार पस्कनै पर्छ सबै रित्ता थालहरुमा । अमेरिका #अमेरिका #जर्ज फ्लोइड #नम्रता गुरागाईं #नवराज बिक आऊ एउटा प्रमाण जुटाउन हिँडौँ: उमा शर्मा जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भनेर सिमाना आफ्नै हो भनेर धरोहर आफ्नै हुन् भनेर एउटा तथ्य जुटाउनु परेको छ रगत बोकी हिँड्ने नसालाई सोधेर पानी बोकी हिँड्ने नदीलाई खोजेर आऊ एउटा प्रमाण जुटाउन हिँडौँ यो सिमाना, आमाको पेटमा नौ महिना बसेर प्रशव पीडापछि जन्मिएको सन्तान उसले आमाको माया पाउनुपर्ने उसले बाबुको संरक्षण पाउनुपर्ने उसको आफ्नै घर र थर हुनुपर्ने त्यसैले,आऊ एउटा प्रमाण जुटाउन हिँडौँ उध्रिएको भोटोजस्तो सिमाना लाजै बचाउन साह्रो भो भन्छ अनाथ बालक जस्ता यी धरोहरहरु आफन्ती भेट्टाउन गाह्रो भो भन्छन् “नास्ति सत्यसमो धर्मो” सत्य जस्तो अर्को कुनै धर्म नै छैन त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ कहिले काटिन्छ सिमाना कहिले छाँटिन्छ सिमाना यतै दुख्यो भन्छ सिमाना उतै चस्क्यो भन्छ सिमाना “सत्येन रक्ष्यते धर्मो” धर्मको रक्षा सत्यले गर्छ त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ साँधको कालापानी आफ्नै हो भनेर लालपूर्जा जुटाउन हिँडौँ छोरो गौतम आफ्नै हो भनेर नागरिकता भेट्टाउन हिँडौँ टोपी सगरमाथा आफ्नै हो भनेर शीर उठाएर हिँडौँ त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ घर भित्रकाहरु डराएर बोल्दैनन् घर बाहिरकाहरु हराएर बोल्दैनन् जिब्रो काटिएकाहरु आवाज नभएर बोल्दैनन् आवाज हुनेहरु रिवाज नभएर बोल्दैनन् कोही किचिएर बोल्दैनन्, कोही बेचिएर बोल्दैनन् नक्शामा मात्र होइन, भावनामा पनि गाभ्नु पर्छ सिमाना त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ। विन्टरभिल, नर्थ क्यारोलिना #अमेरिका #कालापानी #नर्थ क्यारोलिना #विन्टरभिल #सिमाना कालापानी हाम्रो नासो: रामराज न्याैपाने जागौँ जागौँ नेपाली देश बचाउनलाई। तराई पहाड हिमालको मुहार हँसाउनलाई।। कहिले आउँछ कालापानी कहिले महेशपुर। कहिले आउँछ सुस्तातिर कहिले सन्दकपुर।। सिमानामा बाँध बाध्छ आफूखुशी आई। तराईका बस्ती हाम्रा डुबान पार्नलाई।। बलभद्र अमरसिंह सम्झौँ पुर्खालाई। भक्ति थापा पनि भए देश रक्षालाई।। काँगडा र टिस्टासम्म सीमा हाम्रो थियो। सुगौली र खुम्चाएर मेचीकाली भयो।। कालापानी लिपुलेक सुस्ता भन्दै जागे। स्वाभिमानी नेपाली भै बचाऊ भन्न लागे।। गोर्खालीको बहादुरी देखाउन थालौँ पुर्खाको त्यो शान मान गौरव नफालौँ।। सरकारद्वारा दीर्घकालीन समाधान गरौँ। वार्तावार्ता भन्दै सधैँ छलमा नपरौँ।। नेपालीले सधैँ यस्तो दुःख पाउनु हुन्न। लिपुलेक सुस्ता कहीँ गुम्न दिनु हुन्न।। वीर पुर्खाहरुको शीर झुक्न दिन हुन्न। अदम्य त्यो साहस सम्झौँ देश गुम्न दिनु हुन्न।। राष्ट्रवादी नेपाली हो अब जागौँ जागौँ। दिदीबहिनी दाजुभाइ सरकार सबै लागौँ।। स्वतन्त्र यो देश हाम्रो स्वतन्त्र भै बाचौँ। यो समस्या सुल्झाएर खुशीसाथ नाचौँ।। चन्द्रगढी, झापा #चन्द्रगढी #झापा #नयाँ नक्सा #रामराज न्याैपाने हामी युवा जुटौं: टीकाराम बिक हामी युवा जागौ, देश विकासमा लागौँ विपत्तिको घडिमा, हामी युवा जुटौँ। दुखकष्टमा सेवा गर्न, हामी युवा लागि परौँ देशको मुहार फेर्न आजैबाट मुठ्ठी कसौँ । एकतामै बल हुन्छ, मिलाइ हात सब निदाइ बस्नु हुन्न युवा, उठौँ बिउँझिउँ अब। देशका कर्णाधार हामी युवाको काँधमा जिम्मेवार स्वाभिमानी भएर सगरमाथा जस्तो अटल बनौँ। विदेशी भूमिमा कहिलेसम्म पसिना बगाउने हामी युवा पौराखी हातले पसिना बगाइ सुन फलाऊँ आफ्नै माटोमा, सीप सिकी आत्मा निर्भर उद्यमशीलताको बाटोमा । रोजगार र अवसरको पर्खाइमा छन् युवा शक्ति सरकारले युवा विकासमा ध्यान दिन जरुरी। युवा हामी इँटा हौँ बनाउँछौ बलियो राष्ट्र नेपाली वीर गोर्खाली हामी युवा, उठौ लागौँ युवा। सोलु दुधकुण्ड नगरपालिका 4 सोलुखुम्बु प्रदेश न 1 #टीकाराम बि.क. #सोलुखुम्बु प्रवासमा बन्दाबन्दीको उपयोग: बन्दाबन्दी (लकडाउन)काे समयलाई सिर्जनात्मक बनाउन एवं साहित्यको प्रवर्द्धन गर्न नेपाली साहित्य समाज न्युजिल्यान्ड तथा स्रष्टा साँझ अमेरिकाले संयुक्त रुपमा सर्जकहरूको सामूहिक साक्षात्कार कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रम जुम एप्लिकेसन तथा फेसबुकमा आयोजना गरिएको थियो। “साहित्यिक साक्षात्कार एवं रचना वाचन” भनिएको उक्त कार्यक्रममा अमेरिका र न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली साहित्यानुरागीहरूले साहित्यको आदानप्रदान गरेका थिए । यसका लागि न्युजिल्यान्डबाट १२ जना तथा अमेरिकाबाट १२ जना स्रष्टाहरुले एक-एक रचना वाचन गरेका थिए । नेपालबाट अतिथि सर्जक दामाेदर बटुवा आचार्य एवं काैशिला रीशालले पनि साहित्य वाचन गरेका थिए। अमेरिकाका स्रष्टाहरुमा प्रा. डा. शिलु घिमिरे, भगवती पाैडेल, बिटु केसी, छवि चापागाई, शशी भट्टराई, डा. कृष्ण पन्थी, दिनेश शर्मा, राधाकृष्ण काफ्ले, देवराज न्यौपाने, विजयराज भट्टराई, विश्वराज अधाकारी र सकुल काेइराला तथा न्युजिल्याण्डबाट राजेन्द्र पाण्डे, पशुपति कर्मचार्य, माेहन आचार्य, डा. वीरेन्द्र केसी, नमिता दवाडी, राजन बस्नेत, अरुण कार्की, सुरेन्द्र पौडेल, नारद कुँवर, विष्णु श्रेष्ठ, श्रीधर बस्न्यात र डा. जया तिवारीकाे उपस्थित थियो । पौने २ घण्टासम्म चलेको साक्षात्कार कार्यक्रममा कविता गजल र गीतहरू प्रस्तुत गरिएको थियो । “केही समय अगाडि न्युजिल्याण्डमा विश्व भुटानी साहित्यिक संगठनले आयाेजना गरेकाे अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन गर्ने सन्दर्भमा न्युजिल्यान्डका सक्रिय साहित्यिक व्यक्तिहरुसँग छलफल गरेदेखि नै हामीले केही न केही गर्ने अठोट लिएका थियौँ,” स्रष्टा साँझ अमेरिकाका संस्थापक तथा कार्यक्रमका एक सूत्रधार प्रा. प्रभात दीक्षितले भने, “अमेरिका भित्रका शहरहरुबीच पनि यस्ता कार्यक्रमहरु गर्ने योजना छ।” कार्यक्रमका अर्का सूत्रधार तथा नेपाली साहित्य समाज न्युजिल्यान्ड अध्यक्ष सञ्जय शान्ति सुवेदीले साहित्यको कुनै सीमा नभए जस्तै भूगोलले पाठक/स्रष्टाकाे सीमा निर्धारण गर्न नसक्ने धारणा राखे । संसारभर छरिएका नेपाली पाठकले हर स्रष्टाहरूको सिर्जना पढ्न पाउने अवस्थाको वातावरण सृजना गर्नुपर्नेमा पनि उनको जोड थियो। सहजकर्ता द्वय प्रा. प्रभात दीक्षित (अमेरिका) र सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड)ले कार्यक्रम संचालन गरेका थिए । सहभागी स्रष्टा, दर्शक, पाठक तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको भिडियोः #जूम #फेसबुक #रचना वाचन म र तिमी: डोर्याएर लैजाऊ मलाई त्यहाँ जहाँं घामका किरणहरू निर्लज्ज बनी पर्नेछन तिम्रा कलेटी परेका ओठहरूमा र प्रष्ट देखिनेछन तिम्रा ति कालजयी दुई खोबिल्डे गालाहरू डोर्यायी लग त्यस निर्जन जंगलभित्र जहाँ एकतमासले हामीलाई गिज्याउन् मृत्युका आकार र प्रकारले एकै बिनोद रागमा अलप हुन् तिम्रो र मेरो मृत्यु घडीको टिक टिक लैजाऊ हजार बर्ष पूराना खोपडीहरूको पहाडमा जसको टाकुरामा तिम्रो र मेरो सामिप्यताको गोलाई मेघरूपी बादल बनी सिञ्चित गर्नेछ, क्षितिज पारीको त्यो समयलाई जसलाई युगौं देखी चियाउँदै छौं,म अनी तिमी लैजाऊ त्यहाँ जहाँ बत्तिस मुजाले कुरुप तिम्रो र मेरो मुखाक्रिती बेफिक्री सल्बलाइरहून पट्पट् फुटेका यी हत्केला र हिलोको गन्धमाझ जहाँं फुल्दा हुन् सयपत्री, कमल झुल्दा हुन् केही जोर धानबाला #म र तिमी मनोविज्ञानमा आधारित कथाः दोष कसको ?: बाहिरपट्टि बेमौसमी पानी दर्केर परिरहेको थियो । झ्यालबाट पानीको बाछिटा अलिअलि भित्र पनि छिरिरहेको थियो । पानीसँग मिसिएर आएको हावाको झोंक्काले चिसो-चिसो महसुस भइरहेको थियो । खाटमा पल्टेर दिप्तीले नागरिक दैनिक पत्रिकाको शनिवारीय अंक मा कथा पढिरहेकी थिइन् । यस्तो मौसममा बिछ्यौनामा पल्टेर कथा पढ्नुको बेग्लै मज्जा लिन चाहन्थी दिप्ति, तर झ्यालबाट आएको पानीको बाछिटालाई रोक्न उठेर झ्याल बन्द गरिन् र पुन: ओछ्यानमा आएर पल्टिन् । उनी फेरि अघि पढ्दै गरेको कथाकै गहिराईमा एकाग्रह भइन् | कोठबाहिरबाट आएको कसैको पदचापको आवजले उनको एकाग्रता भंग भयो । हातको चुराको आवजबाट अनुराधा हुन् भनेर अनुमान लगाइन् । अनुराधा कोठा सफा गरिरहेकी थिइन् । त्यो कोठा अनुराधाको हो । ठूलो हल भएकोले दुईवटा खाट छ । दुई खाटको बीचमा टिभी हेर्न मिल्ने गरी सोफा राखिएको छ । “ल्याऊ, त्यो कपडा ! तिमीले भन्दा राम्रोसँग टेबल सफा गरिदिन्छु म । बरु यो गुलाबको फूल आफ्नो कपालमा सिउरेर मलाई देखाऊ त !” ‘यो त हिक्मतको स्वर हो !’ दिप्तिले मनमनै विचार गरी । लोग्ने-स्वास्नीको गफलाई भाँजो नहाली चुपचाप सुनिरहन मन लाग्यो उसलाई । “तपाईँ चुप लागेर बस्नू त ! म गरिहाल्छु नि !” “पीर नगर ! मलाई आफ्नो कामको खर्च उठाउन पनि आउँछ ।” “तपाईँ यहाँबाट जानू त ! फेरि दिनमै शुरु होला नि !” “भनेको मान न ! हेर त, कस्तो रोमान्टिक छ मौसम ।” उनीहरूको वार्तालाप सुनेर दिप्तिको कान बन्द होलाजस्तो भयो । आँखाबाट आँसु टल्पलाएर बग्न थाल्यो । ‘हिक्मत कहिलेदेखि यस्तो रोमान्टिक हुन थालेछ !’ हातको चुराको आवज र उन्मुक्त जोडीको स्वासको आवाजले मानौ दिप्तिले कानको वरिपरि भंमरा घुमेजस्तै महसुस गरिन् । एक किसिमले दिप्ति शिथिल भइसकेकी थिइन् । बाहिर हावा र पानी रोक्किएको थियो, तर उसको मनलाई (खै केले हो ?) नराम्री हल्लाइदिएको थियो । आफूलाई सम्हाल्दै दिप्ती कोठबाट बाहिर निस्किन् । जाँदाजाँदै तिनको नजर अर्को कोठाको बिछ्यौनामा प-यो, जहाँ हिक्मत र अनुराधा सिरकभित्र एकआपसका अंगालोमा लुटपुटिएका थिए । आफ्नो कोठामा आएर दिप्तिले कोठाको चारैतिर एकनजर दौडाई, के अन्तर छ यो कोठा र अनुराधाको कोठामा ? हिक्मत यस कोठामा आउँदा गम्भीर र शान्त हुन्छ, तर त्यो कोठामा जाँदा कसरी रोमाञ्चित हुन्छ ? उनीहरूको वैवाहिक जीवनले पनि १५ वसन्त पार गरिसकेछ । यसबीच दिप्तिले हिक्मतको यस्तो रूप कहिल्यै देखेको थिएन । ऐनाको अगाडि उभिएर दिप्तिले आफ्नो अनुहारलाई नियाल्न थालिन् । …………………………………………. हिक्मत र दिप्तिको विवाह भएको १० वर्षसम्म पनि सन्तान नभएपछि दिप्ति आफैँले दोश्रो विवाहको लागि नमान्दा नमान्दै हिक्मतलाई सहमत गराएकी थिइन् । आफ्नो ठूलो बुबाको छोरी अनुराधा, जो ३५ वर्षको उमेरसम्म पनि अविवाहित नै थिइन् । अनुराधा दिप्तिभन्दा उमेरमा ठूली भए पनि विवाहको हकमा पछि परेकी । शुरुशुरुमा राम्रो केटा रोज्दारोज्दै अनुराधाको विवाह हुन सकेन । विवाहको प्रस्ताव आउँदा पनि अनेक बहाना बनाएर असहमति जनाउँथिन् । उमेर ढल्कदै जान थालेपछि विवाहको प्रस्ताव नै आउन छाडेको थियो । तर दिप्तिले राखेको प्रस्ताव अनुराधाले एकैपटकमा स्वीकार गरिन् । विवाह भएको वर्ष दिनमा अनुराधाको कोखबाट दिनेशको जन्म पनि भयो । अब त दिनेश पनि ४ वर्षको भइसकेको छ । आज दिप्तिले (किन हो कुन्नि ?) आफ्नै खुट्टामा आफैँले बञ्चरो हानेजस्तो महसुस गरिरहेकी छिन् । आजसम्म आफू र अनुराधाबीच हिक्मतले दिने समयको बारेमा उनलेले कहिल्यै पनि गुनासो गरिनन्, न त उनीहरूबीच हुने शारीरिक सम्बन्धलाई महत्त्व दिइन् । तर आज देखिएको हिक्मतको उन्मुक्त व्यवहारले उनलाई चिथोर्न पुगेको छ । उनले आज आफ्नै कारणले आफू ठगिएको महसुस गरिन् । कहिलेकाहीं दिप्तिले सोध्थी; “म कस्तो देखिएकी छु…. ?” “खाना कस्तो लाग्यो …. ?” “यो सामान कस्तो लाग्यो…. ?” आदिआदि। जवाफमा हिक्मतले ‘राम्रो’ भन्ने शब्दबाहेक थप केही कहिल्यै पनि भनेनन् । यस्ता छोटा-मसिना सवाल-जवाफमै हिक्मतसँगको वार्तालाप सकिन्थ्यो । आजसम्म हिक्मतले दिप्तिलाई न कहिल्यै कुनै उपहार ल्याएर दियो, न त कुनै सरप्राइज, न त कुनै हाँसो-ठट्टा नै । हिक्मतको गम्भीर रूपसँग मात्र ऊ परिचित थिइन् । “अनुराधा दिदी …. अनुराधा दिदी …..” भनेर दिप्ति कहिल्यै थाक्दिन थिइन् । घरको सम्पूर्ण जिम्मेवारी अनुराधालाई सुम्पेर ऊ छोरो दिनेशसँग खुशी थिइन् । कोही नौलो मान्छे घरमा आउँदा दिप्तिलाई नै कान्छी ठान्थे । उनीहरू बीचको मिलाप देखेर सबैले प्रशंसा पनि गर्दथे । तर आज किन दिप्तिलाई न्यास्रोपन अनुभव भइरहेको छ ? हुन त त्यसबखत दिप्तिलाई कुनै अनाथलयबाट टुहुरो बच्चा पाल्ने इच्छा जागृत नभएको पनि होइन । हिक्मत पनि सहमत हुन सक्थ्यो । पछि पुर्पुरोमा हात राखेर पछुताउनु पर्ला भनेर आमाले पनि पटकपटक सम्झाएकी पनि हुन् । आमाले त भनेकी थिइन्, “सौता भनेको त माटोको मूर्ति पनि राम्रो हुँदैन ।” यस सम्बन्धमा दिप्तिले भनेकी थिइन्, “हैन आमा, हिक्मतले मेरो जे कुरा पनि मान्छ । सन्तान नहुनुमा कमजोरी मेरो हो । किन उसलाई सन्तानविहीन बनाएर राख्ने ?” आज बल्ल दिप्तिले महसुस गरिन्, के फरक हुनथ्यो र ! दिनेशको ठाउँमा अनाथलयबाट कुनै असहाय बच्चालाई पालेको भए । घरमा तीन जना मात्र हुनथ्यो, अनि हिक्मत सधैँ आफैँसँग । आफूलाई अरूले भन्ने गरेको ठिक्कै हो जस्तो लाग्न थाल्यो, “जेठी सेवा गर्नको लागि, कान्छी मेवा खानको लागि ।” हिक्मतले कहिलेकाहीं मीठो शब्दले सम्बोधन गरिदिओस् भन्ने दिप्ति आशा गर्थिन् तर आज दिउँसै यो के हो ? उसको वास्तै नगरी उछृङ्खल व्यवहार, मीठा शव्दहरू, अनि गुलबको फूल…… अनुराधा दिप्तिलाई खुब माया गर्थिन्, तर आज दिप्तिलाई त्यो सब देखावटी लागेको छ । उसका अगाडि उनीहरू त्यति धेरै कुरा गर्दैनथे तर आफ्नो कोठामा नवविवाहित जोडीजस्तो हुन्थे । अनुराधालाई खुब इज्जत गर्थिन् दिप्तिले तर आज एउटा अपराधीको रूपमा हेर्न थालिन् । आज दिप्तिले महसुस गरीरहेकी छे, बढी भावुक भएर निर्णय गर्नु गल्ती थियो । आफ्नो यस अवस्थाका लागि कसलाई दोष दिनु ? हिक्मत, अनुराधा वा स्वयं आफू..? कोरोना: बसुन्धरा शर्मा तिम्रो आगमनको खबरले सारा संसार स्तब्ध बनायौ त्यसैले त यी गतिशील पाइलाहरु यतिका दिन टक्क अडायौ !! तिमी दिनमा दुई गुणा रातमा चौ गुणा बढ्दै गयौ सम्पूर्ण डाँडा पाखा घर आँगन नै ढाक्यौ !! तिम्रो असंख्य वृद्धिसँगै अब हाम्रो डर पनि भाग्दै छ ठप्प यो गतिलाई चलायमान गराउने रहर छ !! अब यो गतिसँगै कर्मठ हातहरु चलाई वर्षौंदेखिका बाँझा बारी खोस्री सुन फलाउने धोको छ !! भोकमारी हुने डरले आधा भरिएको मेरा लाला बालाको पेट भराउने मन छ !! खिया लाग्न लागेको यो श्रम शक्तिमा बदल्ने मन छ गरी खान आतुर यी हातहरुद्वारा संसार बदल्ने मन छ !! पलाउँदै गरेका पालुवालाई हराभरा गराउनु छ मलिन मेरी आमाको अनुहार हँसाउने मन छ !! हाम्रा पुर्खाले सिकाएको मानवीयताको थोरै अंश मात्रै भए पनि मनन गर्दै तिम्रो शक्तिलाई परास्त गर्नु छ !! संचित यो शक्तिले सगरमाथा चढ्ने रहर छ मेरो यो मातृभूमिलाई हिमाल जस्तै हँसाई विश्वमा चिनाउनु छ विश्वमा चिनाउनु छ !! भक्तपुर #कोरोना #कोरोनाभाइरस #बसुन्धरा शर्मा #भक्तपुर लघुकथाः व्यवहार: रीता बलामी विवाहको केही दिन मात्र हुँदैछ । सक्रिय सामाजिक अभियन्तासँग विवाह भएको छ उनको । श्रीमान् युवा पुस्तामाझ लोकप्रिय छन् । नाम चलेको आइएनजिओमा कार्यरत । बेला बेलामा विभिन्न गोष्ठी र सामाजिक अभियानहरूमा लैङ्गिक, जातीय र वर्गीय समानताका पक्षमा सशक्त भाषण गर्छन् उनी । धेरै मानिस प्रभावित छन् उनको भाषण कला र आधुनिक विचारसँग । अस्मिताले पनि एक, दुई पटक त्यस्तै कार्यक्रममा भेटेकी उनलाई । “हाम्रो समाजमा व्याप्त लैङ्गिक असमानताको अन्त्य हुनका लागि हामीले आफू र आफ्नो घरैबाट त्यसको सुरुवात गर्नुपर्छ । अरुलाई दोष दिइरहनुको सट्टा मैले, तपाईंले, सबैले आ–आफ्नो घरमा आमा, श्रीमती, दिदी, भाउजू र बहिनीहरुलाई विभेदरहित र सम्मानित व्यवहार गरौँ । लैङ्गिक समानता स्वतः स्थापित हुनेछ ।” पर्रर ताली बज्यो । अस्मिता पनि त्यहीँ थिई । स्पर्श ग˗यो हृदयलाई र प्रभावित नहुने कुरै भएन । हो, उनै आकाशसँग कताकताबाट बिहेको कुरो चल्यो अस्मिताको । अस्मिताको पनि आफ्नो पहिचान बनिसकेको थियो समाजमा । क्याम्पसमा प्राध्यापन, नाम चलेको टेलिभिजनमा समाचार वाचन र साहित्य लेखनमा सक्रिय अस्मितालाई पाउन लालायित नै देखिन्थ्यो आकाश पनि । इङ्गेजमेन्टको दिन आकाशपट्टिबाट उपस्थित आमा, दिदी, बहिनीहरु, साथीहरु र आफन्त सबैले आकाशको अनेक प्रशंसा गर्दै अस्मितालाई ढाडस दिए “…सुखी राख्नेछ आकाशले तिमीलाई…।” अस्मिताले यति बोलिन्, “सुख, दुःख यस्तै हो जीवनमा । सहयात्रा, सहअस्तित्व र एकअर्काप्रति सम्मान भए त्यही सबभन्दा ठूलो सुख हो ।” “वाउ ! ठ्याक्कै दादाकै जस्तो विचार, जोडीचाहिँ मज्जाले जम्ने भो है !” आकाशको मामाकी छोरीले जिस्क्याई । हो, आज बिहे भएको तीन दिन मात्र भयो । आधा, एक घन्टामात्र भयो, दुल्हन फर्कन माइती गएर आएको । तिनै दिदीबहिनीहरुसँग बैठकमा गफिँदै, हाँस्दै बसिरहेछन् आकाश र अस्मिता पनि । एक्कासि आकाशकी आमाले सँगै रहेको बाथरुमबाट बोलाइन् र भनिन्,“बुहारी, अस्मिता ! लौ हेर त… आकाशले अस्तिदेखि नुहाएर छोडेका यी मोजा, भित्री लुगाहरु त त्यत्तिकै पो रहेछन् त…,हेर.. दुई, तीन दिनका एकै ठाउँमा थुपारेर पो राख्या रहेछ ! धोएर सुकाइदिनुपर्ने । गनाइ पो सकेछ कि क्या हो … हैन यो आकाश पनि के भको हो.. भन्नुपर्छ नि बुहारीलाई आफैँ !” एकाएक गफ, हाँसो टक्क रोकियो कोठामा । अस्मिता त झसङ्ग भइन् । मनमा खै कस्तो, कस्तो हुरी आयो । माइतीमा लैङ्गिक समानताको बहस नगर्ने दाजु र बुबाले समेत त्यस्ता कपडा कहिल्यै आमा र भाउजूलाई धुन दिएनन् । अस्मिताले भाउजूलाई कराएर बुझाएर दाइको १० वर्षको छोरालाई समेत त्यस्तो काममा बानी पार्दिसकेकी छ । उनको मन सारै अमिलो भएर आयो । कोठाका सबैजना घरी अस्मिता र घरी आकाशलाई हेर्न थाले । अस्मिताको कानले पनि तीव्र प्रतीक्षा गरिरह्यो आकाशको केही बोलीको । सब मौन थिए । तर आकाश बोलेन पटक्कै । बरु मोबाइलमा के-के थिच्दै नबोली बाहिर पो निस्क्यो । अस्मिताको कानमा आकाशको त्यो भाषण अहिले कर्कश ध्वनिमा गुन्जिरह्यो, “…अरुलाई दोष दिइरहनुको सट्टा मैले, तपाईंले, सबैले आ–आफ्नो घरमा आमा, श्रीमती, दिदी, भाउजू र बहिनीहरुलाई विभेदरहित र सम्मानित व्यवहार गरौँ । लैङ्गिक समानता स्वतः स्थापित हुनेछ ।” यत्तिकैमा फेरि बाथरुमभित्रबाट आवाज आयो, “बुहारी ! सुनिनौ ?” फर्पिङ #फर्पिङ #रीता बलामी #विरोधाभाष #व्यवहार सम्झनामा सुकल्याण: प्रेमप्रकाश मल्ल मानिसको जीवनलाई कोही भन्छन् दैवको लीला । कोही भन्छन् प्रकृतिको उपज । जतैपट्टि लागे पनि यो रहस्यमयी संसारले मानिसको चित्त बुझाउन सक्दैन । मान्छे अनेक विचार र अनुभव लिएर सधैँ भिन्नतामा रमाएकै छ । दुख्ने ठाउँमा दुखेकै छ । आखिर जति नै फरक परिस्थिति, दर्शन र अनुभवमा उभिए पनि मान्छेले मृत्युलाई भने नस्वीकारी धरै पाउँदैन । यो अनिवार्य सत्यबाट कोही कतै भाग्न सक्दैन । जन्मपछिको सबैभन्दा ठूलो सत्य सायद हाम्रो जीवनमा यही होला । बीचको समयको लम्बाई र परिवेशअनुसार हामी अनेक खाले अनुभवहरू सँगाल्न पाउँछौँ । त्यसैलाई हामी जिन्दगीको सुनाम पनि दिन्छौँ । त्यही सुनामरूपी जिन्दगीको अनेक उकालीओराली अनि घुम्ती र मोडहरूमा हामी बाँच्ने खेल खेलिरहन्छौँ । मृत्युलाई छल्दै यति कठोर जीवनलाई सरल बनाउने यत्न पनि गर्दै रहन्छौँ । तर जति नै छले पनि त्यसले एक दिन हामीलाई नभेटी छोड्दैन । जीवनको यो कटु सत्य थाहा नपाउने मान्छे सायदै होलान् संसारमा । तैपनि मानिसले अनेक विषयगत आशक्तिहरूका बिचमा आफूलाई नहेलिरहन सक्दैन । अर्थात् परिवार, आफन्त, समाज, सम्पत्ति, सत्ता, सम्मान आदि थुप्रै विषयबद्ध छौँ हामी । सायद यी आशक्तिहरू नभएको भए मान्छेले यो संसारलाई यति भव्य र सभ्य पनि बनाउँदैनथ्यो होला । तर पनि यी सांसारिक विषयभित्र मात्र हराउन उदात्त चेतना बोकेका मनहरूले मान्दैनन् । सांसारिकतामा हराउँदाहराउँदै पनि तिनले अरूको भलाइमा आफूलाई उभ्याएर मृत्युको क्षतिपूर्ति र आदर्श जीवनको दृष्टान्त दिन्छन् । त्यसैका लागि आजसम्म संसारमा कैयन् धर्मकर्महरूको प्रादुर्भाव र प्रयोग हुँदै आएको छ । कैयन् साहित्यकार, कलाकार, वैज्ञानिक, चिन्तक, आविष्कारक र तपसीहरूको पसिना बगेको छ । प्रकृतिसँगको सापेक्षतामा बाँचेको हाम्रो जीवन तीबाट पनि निरपेक्षी छैन । तिनकै प्रभावमा चलेको हाम्रो जीवनको प्रभाव पनि तिनमा नपरिरहन सक्दैन । हाम्रो सकारात्मक प्रभाव समाजसँगै हाम्रो उत्तर जीवितता पनि हो । मृत्यपछि पनि हामीले बाँच्न सक्यौँ भने जीवनको त्यो अर्को सत्य हो । त्यसैका लागि हामीले यति मूल्यवान् जीवन पाएका छौँ । ज्ञान विज्ञान, संस्कृति र प्रकृतिले हामीलाई यति धेरै सम्पन्नता दिएको छ । जिन्दगीले यति धेरै सामर्थ्य दिएको छ । यो संसारमा मानिस नै यस्तो प्राणी हो जसले जिन्दगीमा कैयन् कुराहरू देख्नभोग्न, सिक्नसिकाउन, लिनदिन र अनुभूति गर्न पाउँछ । जीवन, प्रकृति, समाज र संस्कृतिले हामीलाई हरेक पल केही न केही सिकाइरहेकै हुन्छ । त्यसैले यो जिन्दगीभन्दा श्रेष्ठ विश्वविद्यालय र समयभन्दा मूल्यवान् वस्तु अरू के नै छ र संसारमा ? तर पनि हामी मानव जीवनको सार्थकता र समयको गति बुझेर पनि बुझ्दैनौँ । धर्म, अर्थ, कर्म र मोक्षको सनातन ज्ञान रट्छौँ तर लागु गर्दैनौँ । सबै धर्मको सार सुन्छौँ तर पनि व्यवहार बदल्दैनौँ । उसो त हामी जस्ता बहुसङ्ख्यक गरिबहरूको जिन्दगी परिवारको भरणपोषणमा लाग्दालाग्दै नसकिएको कहाँ छ र ? त्यो एउटा कुरा भयो । त्यति गर्दागर्दै पनि हामी ससाना व्यवहारले अरूलाई सहयोग गर्न सक्छौँ । केही दिन नसके पनि मीठो वचनसहितको प्रेम दिन सक्छौँ । त्यत्तिका लागि पनि त दैवले हामीलाई सार्थक वाणी र अनन्त प्रेम अटाउने मन दिएको छ । प्रकृतिले बाँच्ने ऊर्जा दिएको छ । यतातिर पुरै आँखा चिम्लिएर आजको मानव समाज किन यति बिघ्न स्वार्थी, भ्रष्ट, आरिसे, ईष्यालु, अपराधी, हिंस्रक, प्रतिशोधी र परपीडक भएको होला ? यस्तो कुत्सित मनोसामाजिक वातावरणबाट हामीले के सिक्ने होला ? अनि सिकेर के सिकाउने होला ? हेर्दा सामान्य लागे पनि हाम्रो युगका लागि यो अत्यन्त जटिल प्रश्न हो । दयामाया, प्रेम, सिर्जना, दायित्वबोध, सद्भाव, सहिष्णुता, परोपकार, समभाव र समदृष्टि आदि विषय मानव जीवनका अमूल्य निधि हुन् । ज्ञानीहरू भन्छन्, यिनैको आर्जन र व्यावहारिक प्रयोगमा नै जीवनको आनन्द छ । भौतिकवादी हुन् या त अध्यात्मवादी ! अन्ततः मानिसले सुखसन्तुष्टि नै चाहन्छ । त्यसैको प्राप्तिमा हामी आफूलाई सिध्याउँछौँ । तर उपर्युक्त विषयबोधी अभ्यास गर्दैनौँ । हामी आफ्नै आँखाअघिका असहाय र दुःखीहरूलाई देख्दैनौँ । यो जीवनको सार्थकताको समस्या यहीँबाट सुरु हुन्छ । स्वयम् मानवले नै यति सुन्दर र सभ्य बनाएको यो संसार फेरि ऊबाटै अनेक समस्याले ग्रसित छ । तिनै सत् चरित्रहरूको विकास र असत् चरित्रहरूको असल रूपान्तरण आजको अहम् प्रश्न हो । केही सज्जनहरू आज पनि यही कार्यमा आफूलाई समर्पित गरिरहेका छन् । कति महामनाहरू आज पनि आफ्नो छाक कटाएर सामाजिक सेवामा लागिरहेका भेटिन्छन् । त्यस्ता सत्कर्महरूको प्रचार त के समर्थनसमेत गर्न नसक्ने मनहरूलाई देख्दा हृदयदेखि नै दुःख लाग्छ । ध्वंस र तोडफोडमा छिनभरमै अनियन्त्रित हुन सक्ने मान्छे सत्कर्म र त्यसको उन्नयनमा सित्ती लाग्न नखोजेको देख्दा आश्चर्य लाग्छ । आजसम्मको मानव सभ्यताले के हामीलाई कुकर्म नै बढी सिकाएको हो त ? के मानव जीवनका मूल्य यिनै हुन् त ? समय निरन्तर बगिरहने नदी हो । नदी उही भए पनि पानी चाहिँ पलप्रतिपल उही बगिरहँदैन । ठीक त्यस्तै हाम्रो जीवन पनि निरन्तर भिन्न भएरै बगिरहेछ । बगिरहने समयलाई किन्न सकिने भए मान्छेले सबैभन्दा पहिले आफ्नो उमेरलाई किन्दो हो । मृत्युलाई किनेर जीवनलाई भोग्दो हो । अनि अतीतलाई किनेर भोगिआइएका जिन्दगीका बाटाहरूलाई सच्याउँदो हो । जहाँबाट बाटो बिराइएको थियो त्यहीँबाट पुनः यात्रा आरम्भ गर्दो हो । तर यी सब हाम्रा पहुँच बाहिरका विषय भइगए । बरु धेरथोर वर्तमान र भविष्य हाम्रै हातमा छ । बाँकी जीवनलाई सार्थक बनाउन मृत्युको आँखा नलाग्दासम्म हामीलाई छुट छ । विगतलाई सच्याउन नसकिने यस संसारमा भविष्यलाई बनाउने अमूल्य समय भने जहिल्यै छ हामीसँग । बरु मुख्य प्रश्न चाहिँ अन्तर्चक्षु कस्तो छ भन्ने हो । निःस्वार्थ सेवाभाव भन्ने कुरा कुनै विश्वविद्यालयबाट दीक्षित भएर मात्र पनि नहुँदो रहेछ । नभएर मात्र पनि नहुँदो रहेछ । त्यो त स्वयंभित्र प्रकट हुनुपर्ने सर्वशक्तिमान् प्रेमभाव रहेछ । अन्तस्करणमा उब्जिने भावनामा शक्ति नहुँदो त बुद्ध कसरी बुद्ध हुन्थे होला ? मानव समाजमा स्थापित सारा मूल्यहरूको पछाडि मलाई लाग्छ, सबैभन्दा बेसी मानिसको भावनाले नै काम गरेको छ । त्यसैका कारण मानव समाज सभ्यताको यो तहसम्म आइपुगेको हो । निःस्वार्थ सेवाभाव भन्ने कुरा कुनै विश्वविद्यालयबाट दीक्षित भएर मात्र पनि नहुँदो रहेछ । नभएर मात्र पनि नहुँदो रहेछ । त्यो त स्वयंभित्र प्रकट हुनुपर्ने सर्वशक्तिमान् प्रेमभाव रहेछ । अन्तस्करणमा उब्जिने भावनामा शक्ति नहुँदो त बुद्ध कसरी बुद्ध हुन्थे होला ? मानव समाजमा स्थापित सारा मूल्यहरूको पछाडि मलाई लाग्छ, सबैभन्दा बेसी मानिसको भावनाले नै काम गरेको छ । तथापि आजको भौतिक उन्नतिका तुलनामा हाम्रो समाजको आत्मिक उन्नतिको अवस्था अत्यन्त नाजुक देखिनु दुःखको कुरा हो । समयको गतिसँगै हाम्रो आत्मोन्नति भएन भने कोरा भौतिकीले मात्र हामीलाई आनन्द दिनु सम्भव छैन । दुःख र त्रासको बढ्दो कारक हुनुबाहेक त्यस्तो उन्नति अन्य केहीमा रूपान्तरण होला भन्ने कल्पना गर्न सकिँदैन । त्यसैले यो संसारलाई आज सबैभन्दा धेरै कुनै कुराको खाँचो परेको छ भने त्यो प्रेम नै हो । जबसम्म हामी आफूमा अरू र अरूमा आफूलाई उभ्याएर हेर्न सक्दैनौँ, वास्तविक प्रेमको उदय असम्भव छ । वास्तविक प्रेमको उदयबिना हामी अरूको भलाइमा समर्पित हुनु पनि असम्भव छ । यही चिन्तनबाट समयरूपी नदीसँगै कहिल्यै नफर्किने दिशातर्फ बढिरहेको यो जीवनलाई यथाशक्ति परोपकारी कार्यमा लगाउन सके साँच्चिकै जिन्दगीमा कति कुरा असम्भव होलान् ! सांसारिक जीवनमा जेलिएका हामी जस्ता साधारण व्यक्तिका लागि मन, वचन र कर्मले समाजसेवामा लाग्नु सजिलो कुरा होइन । कठिन हुनाले नै त्यस्ता व्यक्तिहरू समाजमा सधैँ आरध्य हुन्छन् । मुक्ति र निर्वाणका पर्याय हुन्छन् । समकालीन र पछिल्ला पुस्ताहरूका लागि पनि जीवन्त उदाहरण भइदिन्छन् । सायद त्यस्तै महान् व्यक्तिहरूका कारणले होला आज पनि हामी कैयन् श्रद्धेय कर्म गर्ने मनीषीहरूको नाम सुन्न पाउँछौँ । देख्न पाउँछौँ र कहिलेकाहीँ त साक्षात्कारसमेत गर्न पाउँछौँ । ती निष्काम कर्मयोगीहरू नै हाम्रो युगका महान् सौन्दर्य हुन् । व्यक्तिगत सुखसत्ताको अस्वाभाविक प्रतिस्पर्धामा अहोरात्र निर्लिप्त आजको समाजमा मानवीय आदर्शको पाठ सिकाउने त्यस्ता ज्ञातअज्ञात व्यक्तिहरूको महिमागान गर्न हामी शब्दले सक्दैनौँ । केवल हृदयले अनुभव मात्र गर्न सक्छौँ । सन्दर्भमा आज मेरो मनमा डुङ्गेश्वर–५, दैलेखस्थित मा.वि. पीपल चौतारा आइरहेछ । अतीतको शिक्षण, वर्तमानको अभिभावक र नवोदित लेखकका नाताले गत माघ दसमा सम्पन्न जसको चालिसौँ वार्षिकोत्सवमा सहभागी हुने सुअवसर प्राप्त भयो । सो अवसरमा भेटिनुभएका सुकल्याण पराजुलीसँगको सामीप्यताले मनमा आजसम्म पनि अनेक भावनाहरू तरङ्गित भइरहेका छन् । यद्यपि पोखरा–२ निवासी सुकल्याणको नाम हाम्रो जीवनमा तिन वर्षअघि नै जोडिन आइपुगेको हो । पुर्ख्यौली माटोप्रतिको उहाँको माया केवल मायामा मात्र सीमित छैन; दया, परोपकार र प्रेरणासँग पनि जोडिएको छ । आफ्ना दिवङ्त मातापिताको सम्झनामा विद्यालयमा उहाँले २०७३ मा रू.एक लाखको ‘पुष्पशान्ति गोमादेवी पराजुली छात्रवृत्ति कोष’ खडा गरिदिनुभएको थियो । लगत्तै पछिल्ला दुई वर्षमा पचास पचास हजार थपिदिएर उक्त कोषको रकम दुई लाख पुर्याइदिनुभएका उहाँले यसपालि छिमेकी सीता मा.वि. अवलपराजुल र पीपल चौतारा मा.वि. डाँडापराजुललाई स्थानीय रारा हाइड्रोपावरसँग एक एक लाखको सेयर खरिद गरिदिनुभयो । कहिले विद्यार्थीहरूलाई सुइटर त कहिले छानिएका गरिब विद्यार्थीका अभिभावकलाई कोट ल्याइदिएर उहाँले सधैँ हाम्रो मन छोइरहनुभएको छ । कार्यक्रममा समाजसेवी श्री नरसिंह मल्लले आफूले पनि वार्षिक रूपमा विद्यालयको कोषमा पाँचपाँच हजारका दरले सहयोग गर्ने वचन दिनुभएको थियो । उसो त छिमेकी नेरा आधारभूत विद्यालय पाङ्कोटमा हामी जस्ता केही नगन्य दातालाई छोडी सन्तोष सापकोटाको नाम लिनु सान्दर्भिक ठहर्ला । सुर्खेत निवासी उहाँ हाल अमेरिका बस्नुहुन्छ । उहाँले पनि हालसम्म उक्त विद्यालयमा दुई लाखको सन्तोष प्रेमा सापकोटा अक्षय कोष पुर्याइदिनुभएको छ । यस्ता कुराहरू लेखिरहँदा हामीले हाम्रा सम्पूर्ण अभिभावकहरूलाई कहिल्यै बिर्सन सक्दैनौँ । किनभने तिनैले आआफ्नो क्षमताअनुसारको योगदान दिएर नै हाम्रा सबै विद्यालयहरू कम्तीमा पनि विद्यालय जस्ता भएका हुन् । विद्यालयसँग निरपेक्ष रहेकाहरूको मायाको कुरा गरेको मात्र हुँ । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका उपसचिव गगनबहादुर वि.क.र youme Nepal जापानको समन्वयबाट musashi paint जापानद्वारा गत वर्ष पीपल चौतारालाई पाँच थान ल्यापटप प्राप्त भएको कुरा प्रअ नन्दबहादुर के.सी. सरबाट सुन्न पाउँदा बाल्यकालीन सहपाठीका नाताले मेरो मनसमेत खुसीले फुलेको हो । यस्ता ससाना घटनाहरूले पनि जीवनमा निकै ठुलठुला आनन्द र खुसी दिँदा रहेछन् । ज्ञान र प्रेरणा दिँदा रहेछन् । उसो त पाँचपाँच करोडको व्यक्तिगत लगानीमा अस्पताल बनाइदिने छिमेकी जिल्ला जाजरकोटका पूर्व सांसद राजीवविक्रम शाहले यसपालि पनि कर्णालीका जनताका लागि कोरोना विरुद्ध लड्न एक करोड दिनुभएको सुसमाचार सुन्न पाइयो । अरबौँ रकम सहयोग गर्ने अनि कति त आजीवन मानव सेवामै समर्पित हुनेहरूको नाम हामीले नसुनेका होइनौँ । तर आफ्नै आँखाअघिको दृश्यको मात्र कुरा गरेको हुँ । यसबाट सहयोगी हातहरूको कहिल्यै अपमान हुन जाने छैन । उहाँहरू सधैँ जनताका मुटुमा हुनुहुन्छ । आफूले पढ्दै जिन्दगीका श्रेणीहरूमा उकालो लागिएका शिक्षालयहरू बिर्सनेहरूको कमी छैन । यस्तो अवस्थामा माथि चर्चा गरिएका झिना प्रसङ्गहरू प्रशंसनीय छन् । आफ्नो माटो, समाज, शिक्षालय र प्रकृतिलाई आआफ्ना ठाउँबाट सकेको सहयोग सबैले गरिदिए यो संसारको गति कस्तो हुँदो हो ? सडकमा बस्नेहरूको पीडा आफ्नै ठाउँमा होला । तर पनि आफ्ना आधारभूत आवश्यकता जसोतसो पुरा गरी बाँच्नेहरूदेखि लिएर सत्ताको बागडोर समाल्नेहरूसम्मका बहुसङ्ख्यक मानिसहरू नितान्त व्यक्तिगत उन्नति र स्वार्थमा लिप्त हुँदै गएको आजको परिस्थितिमा पनि कैयन् मानिसहरू समाजसेवामा छन् । गाउँ छोडेर सहरमा बसाइँ सरेकै दिनदेखि त्यही गाउँलाई घृणा गर्नेहरूको कमी छैन । आफूले पढ्दै जिन्दगीका श्रेणीहरूमा उकालो लागिएका शिक्षालयहरू बिर्सनेहरूको कमी छैन । यस्तो अवस्थामा माथि चर्चा गरिएका झिना प्रसङ्गहरू प्रशंसनीय छन् । आफ्नो माटो, समाज, शिक्षालय र प्रकृतिलाई आआफ्ना ठाउँबाट सकेको सहयोग सबैले गरिदिए यो संसारको गति कस्तो हुँदो हो ? त्यसरी बाँच्न सके जीवनका खुसीहरू कति पल्लवित र सुवासित हुँदा हुन् ? हृदयमा यस्तो भावना जगाइदिने पीपल चौताराहरू आँखामा सधैँ आइरहून् । सम्झनामा सुकल्याणहरू सधैँ यसरी नै उदाइरहून् । क्षणभङ्गुर जीवनको त्यो अन्तिम समयसम्म पनि यस्तै प्रेरणादायी घटना र पात्रहरूसँग सधैँ भेट भइरहोस् । यो संसार यस्तै महान् कर्मयोगीहरूको सद्भावमा सधैँ फुलिरहोस् । सुकल्याण पराजुली जस्ता सार्थक नामहरू जस्तै सिङ्गो मानव जीवन पनि सार्थक हुँदै जाओस् । त्यसमा पनि आज त झन् संसारभरि कोरोना आतङ्क छ । यस्तो बेला झन् हामीलाई आपसी प्रेम, सद्भाव र सहयोगको खाँचो छ । हरेक देश, व्यक्ति र समुदायले आआफ्नो बलबुद्घि लगाएर फेरि पनि विश्व मानव समुदायको मुहार हसाउनु छ । अन्तमा लीलाधारी यो जीवनको सार्थकता, परोपकारी मन र मृत्यु जस्तो कठिन सत्यलाई पुनः सम्झिँदै यी भावहरूको आक्षरिक समापन यहीँ गर्दछु; हार्दिक धन्यवाद सुकल्याणजी ! #परोपकार #प्रेमप्रकाश मल्ल एउटा रुमानी सम्झना: मेरो र उसको घर नजिकै थियो । पुस्तौंपुस्तादेखि सँगै, जुम्लादेखि नै । हामी पनि सँगै खेल्थ्यौँ । मभन्दा तीन वर्ष जेठी थिई ऊ । मभन्दा बाठी थिई । हामीलाई कुन जात ठूलो, कुन सानो ? थाहा नै थिएन । उसको घरमा गएर म खाना खान्थेँ । आमाले भन्नुहुन्थ्यो, “कर्म नचलुन्जेल खाँदा केही फरक पर्दैन ।” कसैले त्यो घरमा मासु खायो भनेर कसैले सुनाइदिँदा आमाले “धातुरोग थियो, सेतो पिसाब गर्थ्यो, अब ठीक हुन्छ भनेर जवाफ दिनुहुन्थ्यो । बाल बिन्दासका थिए ती दिनहरू। दिनहरू उकालिँदै थिए । जवानी चढ्दै थियो । हामी छिप्पिदै थियौँ । चन्द्र कटवाल गाउँमा मानिसहरूको आवात-जावत हुन थाल्यो । हल्ला आउन थाल्योः उनीहरू त घर नागिदिन्छन् रे ! बुटमा स्प्रिङ लगाका हुन्छन् रे ! राजनीतिकर्मी हुन् रे ! म यस्ता उम्दा मान्छेसँग भेट्न आतुर थिएँ । एकदिन राति उस्कै घरमा आएछन् । सबै समान हौँ भन्ने कुरा ‘प्राक्टिकल्ली’ देखाएछन्, “म कम्रेड पहाड। हेर्नोस् जनै लगाको ! खाना हाल्नुहोस्, खान्छु !” मजस्ता केटाकेटीबाहेक अरूले खाना त परै जावस्, पानी पनि पिएका थिएनन् उसको घरमा । गाइँगुइँती हल्ला फैलियो, ऊ पनि कम्रेड भै’छ । मनमा अनेकौं कुरा खेले । म पनि कम्रेड हुन्छु । ऊ आओस् मात्र ! म शनिबारको बाटो हेरिरहन्थेँ । छुट्टीमा म ऊसँग बाख्रा चराउन जान्थेँ । तर अब शनिबार नै खल्लो लाग्न थाल्यो । एकदिन एक्कासि एक हुलसँग स्कूलमा आई हेडसरतिर हेरेर भनी, “अब स्कूल बन्द गर्नु पर्छ।” हेड सर थर्थर हुनुभो, “तिमीहरू ठूलो जातकाले हामीलाई दबाएका छौ । तिमीहरू सामन्ती शोषक हौ । अब समानता बन्दुकको नालबाट लिनुपर्छ ।” म अक्कनबक्क भएँ । स्कूल त पढेको थिएँ, तर यस्ता कुरा पर्घेल्न सक्ने भएको थिइनँ । ऊसँग कति कुरा सोध्न मन थियो । सब चकनाचुर भयो । मलाई जातदेखि रिस उठ्यो, म उसको जातको हुनुपर्ने कि ऊ मेरो जातको ? पहिले निकै केयर गर्थी । उसले सानो चक्कु भिरेकी थिई । मलाई पनि चक्कु भिर्न निकै मन थियो । उनीहरू पल्लो गाउँ लागे । हामी घर आयौं । गाउँमा खैलाबैला मच्चियो । बिहान आमाले भर्खर ठेकीमा दहीहालेर मदानी घुमाउदै हुनुहुन्थ्यो, एक्कासि ऊ आई दलबलसहित । आमाले भन्नु’भो, “कान्छी ! त्यहाँ बाहिर बस्, म आउँछु।” “कान्छी हैन, कम्रेड भन्नुहोस्,” ऊ कड्की । आमा चुइँक्क बोल्नु भएन । ऊ सरासर आमा भएको ठाँउमा गई। मदानी समातेर घन्किघन मोही पार्न लागी । मतिर हेरेर थर्काउदै भनी, “म पहिले अरूले कुखुरा काटेको हेर्न डराउने, अहिले मान्छे काट्न डराउँदिन ।” मिसन कम्पिलिट । उनीहरू त्यहाँबाट गए । आमाले गालामा हात राखेर भन्नुभयो, “यस्तो कसले बनाए छ ? यो उही बम्मकली हो त ? कति मायालु थिई, जंगलीमुसा पसेपछि घरमुसाको सत्यानास !” म सानै थिएँ । उसका आमा-बाबु निकै मद्दत गर्थे । उसका बाले बारी जोत्न सघाँउथे । त्यसको पर्म फर्काउन मेरी आमा उनीहरूको मकै गोड्न, धान रोप्न जानुहुन्थ्यो । कहिलेकाहीँ यो वर्षको पर्म अर्को वर्ष तिर्नु पर्थ्यो । असारमा राम्रोसँग रोपाई भएन भने खान पुग्थेन । आमाले माइत गएर पिठो ल्याउनुपर्ने स्थिति थियो । हाम्रो भन्दा उनीहरूकै खेतबारी ज्यादा थियो । तर हामी सामन्ती भयौँ | स्कूल बन्द भयो । म पनि सिपाही भएँ । खेत बारी बाँझै रह्यो । उनीहरूको र हाम्रो परिवारमा आउजाउ बन्द भयो । जातिको तगारो लगाए । धेरै समयपछि म गाउँमा गएँ । पहिलेको सामाजिक सम्बन्ध पातलिँदै गएछन् । हिजोको नाताहरूको सट्टा आज तल्ला जात र उपल्लो जात भनेर झन् गहिरो जातिबाद र घृणा रोपेछन् । जेठाबाले भन्नुहुन्थ्यो, “बाबै ! यो राजनीतिले फुटाउँछ” । हो रहेछ, आजकल हरेक सम्बन्धहरू राजनीतिको आधारमा निर्धारित रहेछन् । मानिसहरू सदरमुकामतिर सरेछन् । एउटा भने निकै आलिसान बंगला बनाएका रहेछ बाटैमा । गेटसहितको । म यो गाउँका सबैलाई चिन्थें । तर त्यो बंगला लोकलको थिएन । रोडबाट मेरो घरभन्दा पहिला उसको घर आउथ्यो । सुनेको थिएँ, ऊ लडाईंबाट घाइते भएकी छे । उसका बाबुको देहान्त भैसक्यो । दाजुभाइहरू सुर्खेत सरिसके । घरैभरि झिङ्गा भन्केका । पहिलेको सफासुगर हुने घर एकछिन पनि बस्न नसकिने हालत । भुइँमा पल्टिरहेकी । बोल्न खोज्ने, बोली नबुझिने । लडाइँमा गोली लागेको प्यारालासिस भाको छ । “यिं भान्ज, नआउदो क्या आयो । हामीकन यस्तै बनाइदियो । भाइभाइ लडाई दियो । हामीकन पहिला भन्ना मस्तै दु:ख छन् । क्या बिष्ट, क्या हामी, सबै मिलेका छियौं, बसेका छियौं । ध्यौको बैरीका आखाँ लाग्या । तिनीहरूको कहिल्यै भलो नहोस् । सिरान महाबै छन्, गोणेन मस्ट छन् ।” आखाभरि आँसु ल्याएर धरधरी रोइन् । मेरा पनि आँखा रसाए । उनले पकाएको कति पटक खाएको थिएँ । मैले त अझै पनि कर्म चलाएको छैन, त्यही हातको खान पाउँछु भनेर । मैले सोधेँ, “माइजू, त्यो बाटोको ठूलो घर कसको हो नि ? भयङ्करको छ |” “कम्रेड पहाडको हो । ह्वाँको काडमाण्डौमा पनि घर छ । छोराछोरी अमरिका पढ्नुहुन्छ । म पनि ह्वाँकै घरमा काम गर्छु । त्यसैले खान-पिउनु गुजारा चलेको छ |” “ए ए, मलाई पनि याद आयो । उहाँको नाम त चर्चित छ । सबैभन्दा पहिले हाम्रो गाउँमा आउने अनि यो बम्मकलीलाई पार्टीमा लैजाने पनि उहाँ नै हो नि है !” “हो -हो भान्जा, हो ।” हो त रहेछ कति समानता भैसकेछ । बम्मकलीले मुख उघारेर हेरेँ । आँखाबाट आँसुको बलिन्द्रधारा बगेको थियो । म भारी मन लिएर त्यहाँबाट घरतिर लागेँ । भोलिपल्ट गाउँमा कार्यक्रम रहेछ । एकहुल बडीगार्डसहित कम्रेड पहाड गाउँमा आए । मानिसहरू जम्मा भए । “हाम्रो बलिदानीले प्राप्त भएको उपलब्धि अझै पनि गुम्ने खतरा छ । अझै पनि सामन्तिहरू सलबलाउन खोज्दैछन् । उपल्लो जात भन्नेहरूका ठाउको काट्नु पर्छ । हामी एकै जात ।” अस्ति गाउँमा एकजनाले मान्छे मार्दा पनि उनको पार्टीको भनेर जोगाएका रहेछन् कम्रेडले । त्यसैले उनको डर सबैले मान्दा रहेछन् । उनले आफ्नो गार्डसँग सोधे, “वई, त्यो पानी ल्याएर आउने कुन जातकी हो ?”, गार्डेले खानेखुसी गर्दै खुस्खुसायो । उनीहरू पानी नपिएर गए । फेरि अर्को टोली आयो | उहाँहरू पनि सिधै त्यही बस्तीमा गए । सुकिलामुकिला कपडा लगाएका भन्न थाले, “आमा, हामी हजुरहरूकै लागि काम गर्न आएको । हजुरहरू हेपिनु भएको छ, चेपिनु भएको छ । हामी समानता एनजीओबाट आएका ।” पहिलेको झल्कोले गर्दा यिनीहरूलाई रेस्पोन्स गरेनन् । कुनै काम गर्न पनि दिएनन् । यिनीहरूले पनि एनजीओ, हाम जिओ, तुम जिओ, भनेर फेरि उचाल्ने र पछार्ने त होलान्, है ? यो सबै दृष्यावलोकन गर्दै म अगाडि बढ्दै थिएँ । मेरा नजर कम्रेड पहाडको कम्पाउन्डमा रहेको एउटा बोर्डमा गएर टक्क रोकिए । त्यसमा लेखिएको थियो, “ अल आर इक्वेल” । तर त्यसको मुनि सानो अक्षरमा लेखेको रहेछ, नजिकै गएर ध्यान दिएर हेरेँ, “ सम आर मोर ईक्वल द्यान अदर। ” जर्ज वरेल #जनयुद्ध #त्यो दिन ठीक थियो #दलित आमाघरका आमाहरू: मेरो घर नजिकै छ आमाघर । आमाघर अर्थात् वृद्धाश्रम । आमाघरमा आमाहरु हुनुहुन्छ । सडकमा फालिएका आमाहरुको एउटा सानो संकलन केन्द्र हो, आमाघर । आमाघरका संचालक आफैँ पनि एक आमा हुनुहुन्छ । जोशिलो, जागरुक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, बेवारिस आमाहरु संकलन गर्दागर्दै आमाघर बन्यो । यो आमाघरमा बेलाबेला म जाने गर्छु । देख्छु, आमाहरु सँगै खानुहुन्छ, पकाउनु हुन्छ, रिसाउनु हुन्छ, गीत गाउनु हुन्छ । कुनै आमालाई गीत गाउन मन लागेको बेला अर्को आमालाई ध्यान गर्न मन लाग्छ, कुनै आमालाई आकाशतिर फर्केर तथानाम गाली गर्न मनलाग्छ र टोल नै थर्किने गरी गाली गर्नु हुन्छ । कसैलाइ जिउ दुखिरहन्छ, ऐयाऐया गरिरहनु हुन्छ । मैले प्रत्येक आमाको पूरा कथा त सुनेको छैन, नसुन्दा नसुन्दै पनि सबै आमाहरुको कथा लगभग उस्तै छ । परित्यक्त आमाहरु । छोराछोरी, बुहारी वा अन्य सन्तानबाट सुनियोजित घर निकालामा परेकाहरु । आफूले जीवनभर दुःख गरेर जोडेको सम्पत्ति आफैँले जन्माएर आफैँले मुटुको टुक्रा जस्तै लालनपालन गरेर उच्च शिक्षासम्म अध्ययन गराएर विवाह गराएर सक्षम गराएपछि भएको सबै सम्पत्ति तिनै मुटुका टुक्राहरुले कानूनी रुपमा हडपेपछि आमाहरुलाई बेतलबी नोकर जत्तिको पनि माया नगरी हरेक दिन कचकच गरेर, पिटेर, एक एक वाक्यमा आक्रमण गरेर एक न एक निहुँ पारी घरमा बस्नै नसक्ने बनाएपछि त्यो भन्दा सडकको जीवन नै शान्त र सुखी होला कि भनेर मुटुका टुक्रालाई नै सर्वस्व सुम्पेर सडकमा रुमाल थापेर मागेर खान र सडक पेटीमै रात गुजारा गरेर बसेका आमाहरु । सडकपेटीमा पनि पानी, घाम, कुकुर, पुलिस, लोकल दादा, सबै तथाकथित मानिसहरुबाट अपहेलित भएर मन र शरीर दुवै बिरामी भएका आमाहरु । त्यहीँ कति मरे होलान् बेवारिस भएर, संयोगवश मर्न नसकेका र कुनै कारणले आमाघर पुगेका आमाहरु । आमाहरुका सन्तान माथि उल्लिखित सन्तानहरु भन्दा असल छन् । उनीहरु जब आमाका सबै सम्पत्ति हात पार्छन्, आमालाई हेला गर्न थाल्छन् । आमा रुन थाल्छिन् । सन्तान हुर्काइका कष्ट सम्झन्छन् । मृत पति सम्झन्छन् तर किन सन्तानको रहर गरेँ भनेर पश्चाताप कमैले गर्छन् । महिलाहरुका लागि सन्तान हुनुअघि पति प्यारो, सन्तान भएसकेपछि पति भन्दा सन्तान प्यारो । कुसमयमा पतिको मृत्यु भयो भने त झन् सन्तान नै सहारा । आशाको त्यान्द्रो । सानो छँदा सन्तानले केही नगरे पनि, गर्न नसके पनि, जे गर्छ यी सन्तानले नै गर्छन् भन्ने बलियो विश्वास, त्यही विश्वासले धेरै एकल आमाले जवानीमै पतिको मृत्यु हुँदा पनि अर्को विवाह गर्दैनन् । यौन तृष्णा, राम्रो लगाउने, मीठो खाने, साथीभाइसँग खुल्लमखुल्ला मज्जाले हाँस्ने सबै इच्छा दबाउँछन् । कतै एक छाक एक्लै मीठो खाने ठाउँमा पुगे भने सन्तान सम्झछन् र एक्लै खाँदा घाँटीमा अड्केको महसुस गर्छन् । कसैले त अलिकति थप मागेर लैजान्छन् भने कसैले एक दुई टुक्रा भएकोमध्ये मीठो कुरा, पोको पार्ने, केही नपाए पछ्यौरी वा सारीकै फेरोमा राखेर घरमा लैजान्छन् र सन्तानलाई खान दिन्छन् । सन्तानले मीठो मानेर खाइसकेपछि मात्र आमाहरु तृप्त हुन्छन् । यी आमाहरु हरेक दिन सन्तानले गाली गरे पनि, अभद्र व्यवहार गरे पनि मनमनै माफी दिन्छन् । चुपचाप एक्लै आँशु झारेर रुन्छन् । ती आमाहरुलाई सुनियोजित ढंगले आमाघरमा ल्याउने एकाथरी सन्तानहरु छन् । पढेलेखेका, विद्वान सन्तानहरुलाई सबै टिकडम र खेल थाहा छ, आमाको कमजारी पनि थाहा छ । जसरी हुन्छ, घरमा बस्नै नसकिने वातावरण सिर्जना गर्छन् । दायाँ बायाँ केही सहारा देखिँदैन । जसको सहारा होला भन्यो उनीहरु चुँसम्म बोल्दैनन् । आफूहरु रेष्टुराँमा खाएर आमालाई भोकै राख्छन् । घरको सरसफाइ, भाँडाकुँडा माझ्ने, बाथरुम सफा गराउने, जे जे गर्दा आमालाई असजिलो बनाउँछ सबै सुनियाजित रुपमा गराउँछन् । ती सन्तानहरु सबैभन्दा पहिले आमाको कोखबाट जन्मेर आमाकै दूध पिएर आमाकै स्याहारमा हुर्केको, आमाबाकै लगानीमा जवान भएको बिर्सन्छन् । आमाहरु बुढी हुन्छन् । अशक्त हुन्छन्, बिरामी हुन्छन् । करकर कराइरहन्छन् भन्ने गुनासो रहन्छ । फेरि आमा नभए पनि आमाको सम्पत्ति भने दिनको बीस पटक गन्छन् । अनि केही समय फकाएर वा झुक्याएर आमाको सबै सम्पत्ति आफ्नो कब्जामा लिन्छन् । त्यसपछि आमालाई गाली गर्ने, दुत्कार्ने, खान नदिने, औषधि नखुवाउने व्यवहार शुरु हुन्छ । बुढेसकालमा अझै धेरै चासो र स्याहार चाहिने बेलामा सन्तानहरुलाई त्यही घरमा बसेर आमालाई सन्चो बिसन्चो सोध्ने, लुगा फेरिदिने, धोइदिने, आमाको रमाइलोका लागि केही समय दिने, एउटै कुरा दोहोर्याए पनि आमाका कुरा सुन्दिने त आमाको अपेक्षा मात्र हो । तर पढेलेखेका, विद्वान सन्तानहरुलाई सबै टिकडम र खेल थाहा छ, आमाको कमजारी पनि थाहा छ । जसरी हुन्छ, घरमा बस्नै नसकिने वातावरण सिर्जना गर्छन् । दायाँ बायाँ केही सहारा देखिँदैन । जसको सहारा होला भन्यो उनीहरु चुँसम्म बोल्दैनन् । आफूहरु रेष्टुराँमा खाएर आमालाई भोकै राख्छन् । घरको सरसफाइ, भाँडाकुँडा माझ्ने, बाथरुम सफा गराउने, जे जे गर्दा आमालाई असजिलो बनाउँछ सबै सुनियाजित रुपमा गराउँछन् । आमाहरु भने नातेदारले के भन्लान्, छिमेकीले थाहा पाए इज्जत जाला कि भनेर निरन्तर सही रहन्छन् । त्यसरी सहँदा पनि आमाप्रतिको दुव्र्यवहार कम हुँदैन । खासमा भन्नु पर्दा आमाको चाँडो असामयिक मृत्यु होस् भन्ने चाहन्छन् । यो सबै खेल खेलिसकेपछि अनि आफ्नै मुटुका टुक्राले एक दिन प्रस्ताव गर्छ, आमा तपार्इंलाई आमाघरमा राख्न लैजान्छु । आमा पनि आफ्नै मुटुका टुक्राहरुबाट असुरक्षित महसूस गर्नु हुन्छ । केही विकल्प नभएपछि आमाघरको बास स्वीकार्नु हुन्छ । एक आमाले भन्नुभयो– धेरैले आमाको बखान गर्नुहुन्छ, कविता लेख्नुहुन्छ, फेसबुकमा फोटो हालेर आमाको प्रशंसा गर्नुहुन्छ । तर आमालाई बुढेसकालमा स्याहार्न तयार हुनुहुन्न । हाम्रो समाजमा विशेषतः विवाहपछि छोरीहरु त घर छोडेर जान्छन् । छोरा बुहारीहरु विवाहपछि आमाबालाई बोझ ठान्छन् । यति धेरै स्वार्थी कसरी हुन सकेको ? #आमा #जीवनको रङ #स्नेह सायमि म ३४ वर्षको हुँदा ?: बुद्धिसागर सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको। अस्ति भर्खरैजस्तो लाग्छ। समय त मिलको पट्टा पो रैछ। फनफनी घुमेको घुम्यै गर्छ। भन्छन् – खुशीमा समय चाडै बितेजस्तो लाग्छ। दुख्खमा समय एकैठाऊँमा अडेको अड्यैजस्तो हुन्छ। सम्झना छ? परिक्षा हलमा एकघन्टा कति छिटो बित्छ? हेरिरहेको टिभीको कार्टुन फिलिम कत्ति चाँडै सकिन्छ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ। मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो। समय र उमेरपनि त्यस्तै त हो। म सोचिरहेको छु- मेरो जीवनको ३२बर्ष मनपर्ने सरको क्लासझैँ कत्ति चाडै सकिएछ। कहिलेकाहीँ म मेरा स्कुले साथी भेट्छु। दुःखी र निरास देखिन्छन्। र, तिन्लाई जीवन मन नपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो लागिरहेको देख्छु। म सोच्छु- समयले मान्छेलाई सुखी र दुःखी बनाउने होइन रैछ, त्यो त हामी आफैँले बनाउँदा रैछौँ। कहिलेकाहीँ लाग्छ- म आफैँले नै जीवन मनपर्ने सरको कक्षाजस्तो बनाएँ। मेरा कति साथीले आफूले नै जीवन मननपर्ने सरको कक्षाजस्तो बनाए। कति साथीका बा, आमा र शिक्षकले नै जीवन मननपर्ने सरको क्लासजस्तो बनाइदिए। साथी र ममा एउटै फरक छ- साथीहरुले बा,आमा र शिक्षकले सिकाएको बाटो हिँडे। म भने आफैँले रोजेको बाटो हिँडे। … सानैदेखि म पढाइमा साह्रै कमजोर थिएँ। स्कुलको अन्तिम बेन्चमा बस्थेँ। सरले पठाएको पनि बुझ्दिनथेँ। तर, नबुझेको कुरा सोध्ने आँटै आउँदैनथ्यो। सोध्यो भने पनि सरले ‘यत्ति पढाएर पनि बुझिनस् स्वाँठ’ भन्दै कान निमोठ्थे। त्यसैले म सरको आँखा अगाडि पर्दिनथेँ। लुकेर बस्थेँ। सायद, असल सर भएको भए, मलाई अघिल्लो बेन्चमा राख्दा हुन्। बुझाउँदा हुँन्। प्रेरणा दिँदा हुन्। म अहिले सोच्छु- मेरा जीवनमा कहिल्यै असल सर आएनन्। जति आए, खराब नै आए। ती कक्षामा चाँडोभन्दा चाँडो बुझ्ने विद्यार्थीलाई मात्र प्रेरणा दिन्थे। हाम्रा अगाडि उसको सधैँ प्रशंसा गर्थे। सोधेको प्रश्नको उत्तर नजान्दा सर, जान्ने विद्यार्थीलाई हाम्रो गालामा थप्पड हान्न लगाउँथे। हामी नजान्नेलाई सरले सधैँ गिल्ला गरिरहे। बच्चा त गिलो माटो हुन्। सर कारिगर। तिनैको हातले नै हाम्लाई विभिन्न थरी मूर्ति बनाउने न हो। सरले भने तीक्ष्ण विद्यार्थीको जहिले पनि राम्रो मूर्ति बनाउँथे। हाम्लाई भने आकार दिन नसकेर त्यत्तिकै छाडिन्थे। म जति क्लास उक्लिदै गएँ, उति ल्वाँदे भएँ। सरले गिल्ला गर्छन्, कक्षाका साथी हाँस्छन् भनेर म कक्षाबाटै भाग्न थालेँ। म दिनभर जंगल घुम्थेँ। चरा उडेको हेर्थें। जंगलमा गएपछि, मसित पढ्न नआउने किताब हुन्थेनन्, न त चड्कन लगाइरहने सर। म एक्लो हुन्थेँ। मलाई त्यस्तै मनपर्थ्यो। म प्रायः जाँचमा फेल हुन्थेँ। कहिलेकाहीँ बाले हेडसरसित कुरा गरेर पास गराइदिनु हुन्थ्यो। गाउँमा पनि फस्ट हुने विद्यार्थीलाई सबैलाई माया गर्थे। फेल हुनेलाई देख्यो कि गाली गर्थे। थुक्थे। तर, कसैले सोधेन- तँलाई किन पढ्न मन लाग्दैन बाबु! घर, गाउँ र स्कुलमा म लम्पट विद्यार्थीको रुपमा चिनिएँ। जहाँ पनि ‘यसले पढेर खाँदैन’ भन्नेहरु भेटिन्थे। पछिपछि त मलाई पनि लाग्नथाल्यो- म पढेर ठूलो मान्छे हुँदिनँ। म बरालिएँ। फिलिम हेर्न घरबाट भाग्न थालेँ। मेरो मन स्कुलमा भन्दा अन्तै रम्न थाल्यो। अनि, जब रिजल्ट आउँथ्यो- म फेल हुन्थे। साथीहरु पास भएर नयाँ-नयाँ बासनादार किताब किन्थे। त्यसबेला मेरो मन साह्रै रुन्थ्यो। ‘अब यसपालि मज्जाले पढेर पास हुन्छु’ भन्ने कसम खान्थेँ, तर फेल भएर उही क्लासमा बस्नुपर्दा झन् पीडा हुन्थ्यो। सरहरु पनि फेल हुनेलाई झनै गाली गर्थे। ‘तँ पढेर खाँदैनस्’ भनेर वचन लाइरहन्थे। ‘यसपालि त पढ्छु पढ्छु’ भनेर खाएको मेरो कसम आँसुसँगै बगेर जान्थ्यो। पछिपछि, मलाई कोर्सका किताबभन्दा अरु नै किताब पढ्न मनलाग्न थाल्यो। कमिक्स र जासुसी उपन्यास खुबै पढ्थेँ। ती रोमाञ्चक हुन्थे। पढिसकेपछि परीक्षा पनि दिन पर्दैनथ्यो। अनि म बिस्तारै पढन्तेमा गनिनँ थालेँ। तर, मेरो पढाइ सबैजसो कोर्सको किताब बाहिरको हुन्थे। आफ्नो रुचिको कुरा भेट्टाएपछि त म पनि पढ्ने नै रैछु भनेर त्यो बेला मलाई थाहा भयो। … जब बसाइँसराइ भएर म कालिकोट पुगेँ, त्यहाँको स्कुल झन् खराब थियो। रामरी पढाइ नै हुन्थेन। एकदुई जना असल सर थिए तर तिन्ले मजस्तो बिग्रिसकेको माटोलाई फेरि मूर्ति बनाउने आँट गरेनन्। मेरो मन बिरक्तियो- मैले कविता लेख्न थालेँ। रेडियोमा पठाउन थालेँ। मेरो कविता रेडियोमा बज्न थाल्यो। गाउँघर, स्कुल जताततै मेरो चर्चा फैलियो। म झन् कवि भएँ। मेरो कविता रेडियोमा सुनेर बा पहिला खुशी भएका बा, पछि गएर आत्तिन थाल्नु भो। ‘छोरो कवि हुने भो’ भन्ने पीर पर्\u200dयो। त्यसबेला कविलाई कसैले राम्रो मान्थेन। कवि जीवनमा सधैँ दुःखी हुन्छन्। भोकै पर्छन् भन्थे मान्छेहरु। सप्पैलाई लाग्थ्यो- डाक्टर र इन्जिनियर पो हुनु, कवि हुने हो? मलाई अहिले पनि लाग्छ- धेरै अभिभावक आफ्ना सन्तान डाक्टर र इन्जिनियर बनोस् भन्ने एउटै कारणले चाहन्छन्- पैसा कमाउँछन् भनेर। कम्तीमा मलाई डाक्टर बन भन्नेले ‘बिरामीको सेवा गर्ला’ भनेर भनेकाथेनन्। एसएलसी नजिक आयो। सरहरु ‘यसपालि एसएलसी पास हुने विद्यार्थी यी यी हुन्’ भनेर दिनकै नाम फलाक्थे, जसमा मेरो नाम कहिल्यै हुन्थेन। मेरै कक्षामा साँच्चिकै प्रतिभाशाली विद्यार्थी पनि थिए। तिनले आफ्नै सीप र साधनाले पढेकाथे। ती प्रतिभाशाली हुनुमा सरको योगदान एकदमै कम थियो। र, एसएलसी नजिकिदै गर्दा सरहरु प्रतिभाशाली विद्यार्थीकै वरिपरि घुम्न थाले। सरहरु सोच्थे- ‘यी केटाहरु ट्यान्लेट त छन् नै। अलिकति चिट चोराउन पाइयो भने त यिनले फस्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन्।’ एसएलसीको परीक्षामा सरले नै प्रतिभाशाली विद्यार्थीलाई चिट चोराए। हामी कमसल विद्यार्थीको हातमा भने कमसल मान्छेले नै लेखिदिएको चिट आउँथ्यो र ती चिटमा सही उत्तर नै लेखिएका छन् भन्ने पनि विश्वास गर्न गाह्रो हुन्थ्यो। जे होस्, म सेकेन्ड डिभिजनमा पास भएँ। दुईचार जना साथी फस्ट डिभिजनमा पास भए। एसएलसी पास गरेपछि, मैले बासित ढिपी गरेँ, ‘म पढ्न काठमान्डू जान्छु ।’ मैले हैरान पारेपछि बाले काठमान्डू पठाउनु भयो। मैले एसएलसी दिँदै गर्दा आफ्नो बाटो रोजिसकेको थिएँ। मैले अठोट गरिसकेको थिएँ- काठमान्डू गएर लेखक बन्छु। … जरा कमजोर थियो, त्यसैले कलेजमा पनि राम्रो विद्यार्थी हुन सकिनँ। तर, आफ्नो सपना पूरा गर्न कविता लेखिरहेँ। पत्रिकामा छापिरहेँ। मेरा रोमाञ्चक दिन सुरु भइसकेका थिए। म सितै एसएलसी दिएका एक मित्र पनि काठमान्डू नै आए पढ्न। उनले कर्नाली अञ्चलमै सबैभन्दा बढी नम्बर ल्याएका थिए। हाम्रो डेरा नजिक थियो। बा, आमा र सरले भनेका रैछन्, ‘तिमी अब डाक्टर हुनुपर्छ।’ उनलाई ठूलो बोझ थियो। त्यतिधेरै नम्बर ल्याएको विद्यार्थीले अरु विषय पढ्ने कुरा पनि थिएन। उनी साइन्सका विद्यार्थी भए। दिनमा अठार-उन्नाइस घन्टासम्म पढ्थे। तर, उनलाई डाक्टर बन्न सुझाव दिनेले उनको मनको कुरा बुझेनन्। उनी के पढ्न चाहन्छन्, उनको रुचि के हो? सोधेनन्। बस्, उनलाई डाक्टर बन्न दबाब दिइरहे। तर, उनले लाख कोसिस गरे पनि आइएस्सी कटाउन सकेनन्। एकपल्ट होइन, चार-चारपल्ट फेल भए। उनका अभिभावक रिसाए। सर रिसाए। र, उनी गाउँ नै जान छाडे। उनीसितैका साथीभाइले घरमा कर गरेरै आफूलाई मनपर्ने विषय लिएर पढेकाथे। आफ्नो बाटो रोजेकाथे। ती पास हुँदै गए। र, आफ्नो क्षेत्रमा अलिअलि स्थापित पनि हुन थाले। उनी त जहाँ को तहीँ रहे। भर्खरै मसित भेट हुँदा उनी दुब्लाएका थिए। अनुहारमा पनि रौनक थिएन। पराग खाएर दाँत पहेँलै बनाएका थिए। उनले भने, ‘बीचमा के के भो। अब फेरि पढ्न थालेको छु।’ ‘साइन्स?’ मैले सोधेँ। ‘होइन,’ उनले भने, ‘आर्टस्। सायद, पहिल्यै आर्टस् पढेको भए, म एमए पास भइसक्थेँ। अहिले आइए दोस्रो वर्षमा पढ्दैछु। त्यो बेला अरुको कुरा बढी सुनेँ।’ जे होस्, उनले ढिलै भए पनि आफ्नो बाटो रोजेछन्। मैले भने लेखनमा अलिअलि प्रगति गरिसकेको थिएँ। कवि गोष्ठीमा कविता सुनाउनु र कविता लिएर पत्रिकाको अफिसमा धाउनु मेरो दिनचर्या थियो। बाले पटकपटक फोन गरेर ‘घर आइज’ भनेर बोलाउनुहुन्थ्यो। ‘रामरी पढ्न सकिनस्। काठमान्डू बसेर के काम?’ उहाँ भनिरहनुहुन्थ्यो। तर, म घर गइनँ। काठमान्डूमा कयौँ रात भोकै सुतेँ। नौ दश महिनासम्म घर भाडा तिर्न नसक्दा घरबेटीले ढोकामा ताल्चा लगाइदिन्थे। झगडा गरेर खोल्न लगाउँथेँ। म यता भोकै थिएँ। उता बा र आमालाई चिन्ता थियो। मलाई त भोकै बस्दा पनि पीडा थिएन। अनुभव न हो, पछि काम लाग्छ- म सोच्थेँ। किनभने, यही नै मैले रोजेको बाटो थियो। एकदिन म झल्यास्स भएँ। लौ, मैले पो आफू हिँड्ने बाटो रोजेको थिएँ। घरमा त रामरी भनेको नै थिइनँ। दशैँमा घर गएको बेला, मैले बा-आमालाई आफ्नो सपना सुनाएँ। मैले भनेँ- म सित कुनै प्रतिभा छैन। म जागिर पनि खान सक्दिनँ। मलाई अरु काम केही पनि आउँदैन। मलाई एउटै कुरा आउँछ, लेख्न। लेखक बन्नलाई गाउँमा सजिलो छैन। काठमान्डू नै बस्नुपर्छ। म अझे दुख्ख गर्छु र लेखक बन्छु। सायद, मैले बा-आमालाई आफ्नो कुरा बुझाउन सकेँ। त्यसपछि पो उहाँहरुले मलाई बेरोजगार भएर काठमान्डूमा बस्दा पनि केही भन्नु भएन। मैले केवल लेखिरहेँ। साहित्यका किताबहरु पढिरहेँ। सायद, परीक्षाकै लागि भनेर यसरी लेख्नु र पढ्नु परेको भए, म बीचमै थाक्थे हुँला। तर, रुचि र सपनाले कहिल्यै थाक्न दिएन। सफलता एक एक गर्दै मतिर तानिदै आए। नेपाल एकेडेमीबाट स्वर्ण पदक पाएँ। नेपाल सरकारबाट प्रतिभा पुरस्कार पाएँ। जागिर खोज्दै कतै भौतारिनु परेन। मैले लेखेकै कारण पत्रिकामा जागिर पाएँ। अनि, ‘कर्नाली ब्लुज’ उपन्यास लेखेँ। हो, त्यसबेला लेखनमा पैसा थिएन। तर, मैले जतिजति लेख्दै गएँ, उतिउति लेखनको महत्त्व बढ्दै गयो। अहिले लेखकले पनि राम्रो पैसा कमाउन थालेका छन्। मैले पत्रिकामा लेख्ने जागिर खाएँ, त्यसबाट तलब आयो। अचेल, घरमा बसेर किताब लेख्छु- त्यसबाट रोयल्टी आउँछ। म दिनभरि आफूलाई रमाइलो लाग्ने काम गर्छु र पैसा कमाउँछु। र, ३४ वर्षको उमेरमा मलाई एक घन्टा पनि ‘काम’ गरेजस्तो लागेको छैन। म त आफ्नो सपना पूरा गरिरहेको छु। लक्ष्मी र सरस्वतीसँगै हुँदैनन् भन्थे तर दुवै मिलेर मलाई माया गरिरहेका छन्। त्यै भएर मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ। स्कुलका सरले म काँचो माटोलाई गिथोलेर छाडेका थिए, म आफैँले त्यसलाई सुन्दर मूर्ति बनाउन खोजिरहेको छु। मैले मूर्ति तयार गरेका दिन संसार आफैँ सुन्दर हुनेछ । (छ वर्षअघिको चर्चित लेखक बुद्धिसागरको आत्मस्वीकृति, जसलाई हामीले सङ्कलन गरेर राखेका थियौँ।) #कर्नाली ब्लुज #कसरी लेख्ने #फिरफिरे #बुद्धिसागर गैरआख्यान किन कम लेखिन्छन् ?: सेन्ट्रल डिपार्टमेन्ट, टियुमामा अध्ययनरत अर्थशास्त्रका विद्यार्थी सुजन भट्टराई गैरआख्यानका पुस्तकहरूको ठूलो प्रशंसक हुन् । सँगैका साथीहरु उपन्यास तथा कथाका पात्रका कुरामा मग्न रहिरहँदा उनलाई भने ती कुराले पट्यार लाग्छ । ‘आख्यान फिटिक्कै नपढ्ने त होइन तर आख्यानकै पात्रहरुमा बहस चलाउन भने मलाई पट्यार लाग्छ,’ बन्दाबन्दीका बेला साहित्यपोस्टसँग कुरा गर्दै सुजनले भने, ‘साथीहरु उपन्यासमा रमाइरहेका बेला म भने गैरआख्यानका पुस्तकहरु पल्टाइरहेकाे हुन्छु । मलाई गैरआख्यानको माध्यमबाट संसार अवलोकन र मनन गर्न मन पर्छ ।’ सुजन अर्थतन्त्रका अतिरिक्त इतिहास, भूगोल, राजनीति लगायतका विषय पढ्न विशेष रुचि राख्छन् । उनी भन्छन्, “आख्यान पनि पढ्न त मजा नै आउँछ । आख्यान सत्य र तथ्यको भन्दा भावना र संवेदनाको नजिक हुन्छन् तर गैरआख्यान तथ्यपरक हुने भएकाले यसले बुझाइ र सोचाइको सीमालाई फराकिलो बनाउँछ ।” सुजन भट्टराई उनलाई सबैजसो गैरआख्यान नेपालीमै पढ्न मज्जा आउने भए पनि नेपाली गैरआख्यान पुस्तकको अभाव खट्कने गरेको छ। नेपाली गैरआख्यानको असुलभताप्रति उनको गुनासो रहेको छ । भन्छन्, “नेपालमा आख्यानको तुलनामा ज्यादै न्यून गैरआख्यान लेखिन्छन् । फेरि लेखिएका पुस्तकहरु पनि सहज रुपमा उपलब्ध हुन्नन् । कति गैरआख्यानको पुनः प्रकाशन नै नगरिएकाले पनि कतिपय पुराना पुस्तक नै पाइँदैनन् । काठमाडौँमा सबैजस्तो पुस्तक पसल चाहारेर पनि कहिलेकाहीँ चाहेको पुस्तक नपाएर रित्तै हात फर्किनु पर्छ ।” गत वर्ष अन्नपूर्णपोस्ट दैनिकले पढ्नैपर्ने १०० पुस्तकको सूची सार्वजनिक गर्\u200dयोे । उक्त सूचीमा केहीको विमति रहनु नौलो कुरा त होइन तर त्यहाँ उल्लेखित अधिकांश पुस्तक ‘आउट अफ स्टक’ रहेको पनि प्रस्ट भयो । सूची प्रकाशन लगत्तै सुजनजस्ता अनेकन् पाठकले ती पुस्तक खोजी गर्दा केही पुस्तक मात्र उपलब्ध भए। गैरआख्यानमा बढ्दो रुचि २०७५ सालमा निस्किएका पुस्तकहरुमध्ये गैरआख्यानका पुस्तकहरुलाई पाठकले बढी रुचाएको साहित्यपोस्टको सानो सर्भेले देखाएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको डा. सन्दुक रुइतको जीवनी, बुकहिलले बजारमा ल्याएको ओशोमाथि स्वामी आनन्द अरूणको पुस्तक ‘यस्तो अचम्म जो देखेँ’ तथा मञ्जरी प्रकाशनबाट प्रकाशित डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’जस्ता गैरआख्यानहरु यस पटक सफल साबित देखिए । यस प्रकारले हेर्दा विभिन्न प्रकाशन गृह तथा लेखक स्वयंले पुस्तक बजार घटेको जिकीर गरिरहँदा पनि गैरआख्यानको बजार भने स्थिर प्रायः रहेको देखिन्छ । पुष्पराज पाैडेल प्रकाशक तथा वितरक पुष्पराज पौडेल आख्यानको तुलनामा गैरआख्यानको बजार स्थिर रहेको बताउँछन् तर बजार स्थिर रहँदा पनि गैरआख्यानप्रति लेखककै आकर्षण भने कम्ती रहेको उनी स्वीकार गर्दछन् । “आख्यानमा भावनात्मक उडान मात्रले पनि काम गर्छ तर गैरआख्यान भनेको तथ्य र अनुसन्धानपरक हुन्छन् । त्यसैले पनि आख्यानका तुलनामा गैरआख्यान कम आएका हुनसक्छन्,” पौडेलको आँकलन छ, “अब प्रकाशककै हैसियतमा बोल्दाचाहिँ कतिपय तथ्यांकपरक गैरआख्यानलाई पुनःमुद्रण गर्न सकिँदैन । त्यसको कारण भनेको एक समयको तथ्यांक अर्काे समयमा गलत बनिदिन्छ । यसै कारणले पनि पाठकले खोजेका गैरआख्यान नपाएका हुन् । तर समयले प्रभाव नपार्ने गैरआख्यानको प्रकाशन तथा पुनः मुद्रणमा म सम्बद्ध शिखा बुक्सले भने प्राथमिकताका साथ प्रकाशन गरिरहेकै छ ।” विधा नै फरक भएकाले आख्यान र गैरआख्यानलाई तुलना गर्न नमिल्ने मत छ पौडेलको । आख्यानमा संवेदनशीलता बढी हुने भएकाले यसले पाठकलाई छिटो छुन्छ तर गैरआख्यानमा त्यस्तो हुँदैन । आख्यानको तुलनामा गैरआख्यान कम्ती लेखिएकै कारणले बजारमा पनि कम्ती पुगेको मत उनै पौडेलको छ । उनी भन्छन्, “योचाहिँ स्वीकार्नु पर्छ, हामीले पनि आख्यानको तुलनामा गैरआख्यान कम्ती नै निकालेका छौँ ।” कृष्ण अविरल लेखक तथा मञ्जरी प्रकाशनका संचालक कृष्ण अविरल गैरआख्यानको बजार पछिल्लो समय बढेको बताउँछन् । आख्यान लेखनको नाममा जस्तो पनि लेख्ने प्रवृत्तिका कारण पाठकहरुको विश्वास आख्यानले गुमाउँदै गएको, र गैरआख्यानमा आकर्षण क्रमशः बढ्दै जान थालेको अविरलको तर्क छ । “तर गैरआख्यानमै पनि पुरानाजस्ता पुस्तक नयाँ निस्किएका छैनन्,” अविरलो भनाइ छ, “आख्यानमै पनि इतिहास भेटिन्छ । जस्तो कि जनकलाल शर्मा, राहुल सांकृत्यनको लेखाइ । तर अहिले गैरआख्यानमा पनि टापटिपे प्रवृत्ति हावि छ । धैर्यताको कमी छ ।” अविरल भन्छन्, “कुनै गैरआख्यानको गहिरो अध्ययन गरेर त्यसको काउण्टर दिने क्षमता पनि कसैमा छैन । जसले गर्दा पनि हाम्रा इतिहासहरु जति हुनुपर्ने थियो, त्यो मात्रामा उत्खनन हुन सकेका छैनन् ।” गैरआख्यान लेख्नेलाई प्रश्नः गैरआख्यान लेख्न गाह्रो छ हो ? अघिल्लो पुस्ताको कुरा गर्दा शंकर लामिछाने, तारानाथ शर्मा, उत्तम कुँवर, जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी लगायत थुप्रै लेखकले गैरआख्यानमा आफ्नो दर्बिलो उपस्थिति जनाए । लक्ष्मीप्रसाद देवकोटा, बैरागी काइलाजस्ता नामहरु पनि छन्, जसले काव्य, आख्यान र गैरआख्यानमा उत्तिकै हस्तक्षेप गरेका थिए । पछिल्लो पुस्ताका नरेन्द्रराज पौडेल, माधव काफ्ले, माधवप्रसाद पोख्रेल, युवराज नयाँघरे, सुजित मैनाली, रोशन सेरचन, रमेश सायन लगायतका लेखकले गैरआख्यान लेखनीमा प्रभावकारी हस्तक्षेप जनाइरहेको समय हो यो । तर के पनि साँचो हो भने, आख्यानको तुलनामा गैरआख्यानका लेखकहरु हिजो पनि कम नै थिए, आज पनि कम नै छन् । संख्याको हिसाबमा हेर्दा गैरआख्यान आख्यानको तुलनमा हिजो पनि थोरै नै छापिन्थे, अहिले पनि । अहिलेका प्रभावशाली गैरआख्यानकार सुजित मैनालीका अनुसार, गैरआख्यान भनेको भावना प्रवाह मात्र होइन । यस विधाको लेख्नका लागि समय, अध्ययन, अनुसन्धानमा आफूलाई हदसम्म खर्चनु पर्छ भने आर्थिक रुपमा पनि ठूलो मात्रामा लगानी गर्नुपर्ने हुन्छ । यसको लागि अध्ययनको भोक तथा धैर्य पनि हुन आवश्यक हुन्छ । सुजीत मैनाली गैरआख्यान लेख्नेहरु कम छन् भन्ने तर्कमा भने सहमत छैनन् मैनाली तर संग्रह र पुस्ताकाकारकै रुपमा बजारमा आएकाहरु चाहिँ आख्यानको तुलनामा कमै रहेको उनी स्वीकार्छन् । लेखक प्रशस्त भएर पनि किताब किन कम छापिन्छन् त ? भन्ने प्रश्नमा उनी भन्छन्, “अध्ययन अनुसन्धानको विषय भनेको काठमाडौँबाट पोखरा गएर बसेर ३० दिनमा सक्छु भनेर गरिने पनि हैन । गैरआख्यान भने वार्षिक रुपमा एउटा प्रकाश गर्छु भनेर लाग्ने विधा पनि होइन । अध्ययन तथा अनुसन्धानको क्रममा कहिलेकाहीँ एउटा लेख पूरा गर्न पनि ६ महिना लागिदिन्छ । अब यसरी हेर्दा पहिलो कुरो त अध्ययनलाई पुस्तकको रुप दिनै गाह्रो छ । दिए पनि समय लामो लाग्छ । अब संख्या त कम हुने नै भयो ।” उत्कृष्ट गैरआख्यानका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको अध्ययन र अनुसन्धानको परिधि नै रहेको मत छ मैनालीको । पश्चिमा मुलुकका लेखकहरुले एउटै गैरआख्यानका लागि पूरा जिन्दगी खर्चिएका पनि छन् । नेपालकै कुरा गर्ने हो भनेचाहिँ, कुनै पनि अध्ययन अनुसन्धानमा उसको समय खर्च भइरहेको हुन्छ, त्यसमाथि खर्च पनि उठाउन उसले सक्दैन । अहिले आएर त्रिविको अध्ययन तथा अनुसन्धान क्षेत्र पनि गैरआख्यानमा खरो उत्रिन सकेको छैन । युग पाठक ्चर्चित पत्रकार तथा लेखक युग पाठक गैरआख्यान कम लेखिन्छन् भन्ने कुरामा विमति राख्छन् । तर पुस्तकाकारकै रुपमा पाठकसामु आइपुग्ने गैरआख्यानचाहिँ न्यून रहेको बताउँछन् । उनी भन्छन्– “पत्रपत्रिका, एनजीओ र आइएनजीओ, विश्वविद्यालय तथा सरकारका विभिन्न तह तथा क्षेत्रले पनि विभिन्न अध्ययन तथा अनुसन्धानको आधारमा रिपोट तयार पारिरहेका हुन्छन् । तर पुस्तकको रुपमा पाठमाझ पुग्ने भनेको न्यून नै छन् । अनुसन्धानका लागि स्थानीयदेखि राष्ट्रिय तहसम्मै बजेट बिनियोजन हुन्छ, तर काम झारो टार्ने मात्र । त्यसले कुनै बहसको रुपमा काम गर्न सक्दैन ।” युग पाठकका अनुसार मान्छेले लेखन क्षेत्रमा कविताबाट यात्रा सुरु गर्छ । पछि रहरमै आख्यानमा हामफाल्छ । तर गैरआख्यानमा हामफाल्ने आँट जोकोहीले गर्न सक्दैन । यसका लागि अध्ययन, अनुसन्धान तथा विचारको परिधि बृहत हुन आवश्यक हुन्छ । उनी भन्छन्– “गैरआख्यान, त्यसमा पनि अनुसन्धानमा आधारित गैरआख्यान रहरले मात्र लेखिन्न । यसका लागि स्रोतसाधन र सहजताको वतावरण पनि आवश्यक हुन्छ । अनुसन्धानको क्षेत्रमा प्रकाशन गृह तथा अन्य क्षेत्रहरुले लगानी बढाउने हो भने उत्कृष्ट पुस्तकहरु पाठकले पाउन सक्छन् ।” साँच्ची, गैरआख्यान किन कम लेखिन्छन् हँ ? पछिल्लो समय नेपाली साहित्यको समिपमा रहेर पत्रकारितामा संलग्न निर्भिक जंग रायामाझी अहिले उत्कृष्ट आख्यान लेखिरहेकै लेखकहरुले निसंकोच मनले सामाजिक सरोकारका विषयमा कलम चलाउने हो भने उत्कृष्ट गैरआख्यान बजारमा आउन सक्ने मत राख्छन् । तर त्यसका लागि हाम्रा लेखकहरुले आफ्नो अध्ययनको परिधिलाई बढाउन जरुरी छ । निर्भीक जंग रायमाझी उनी भन्छन्, “अधिकांश राम्रा साहित्यकारको अध्ययन र ज्ञान छैन । गैरआख्यानका लेख्नका लागि अध्ययन र ज्ञानका अलावा तीक्ष्ण बुद्धि र विश्लेषणात्मक क्षमता पनि आवश्यकता पर्छ । इतिहास, विज्ञान, तथ्यांकशास्त्र र लोजिकल स्टेटमेन्टहरु दिन सक्नुपर्\u200dयो । नेपाली लेखन संस्कृतिमा भावुकता र स्वरकल्पनामै अल्झिरहेको यही अवस्थामा उत्कृष्ट गैरआख्यानहरु आख्यानको तुलनामा आउन सक्दैनन् ।” उत्कृष्ट आख्यानमा लेखिरहँदा गैरआख्यानमा पनि खरो उत्रिएका लेखकहरु पनि छन् । उदाहरणका लागि खगेन्द्र संग्रौला, आहुति, बैरागी काइँला आदिलाई लिन सकिन्छ । आख्यानको तुलनामा गैरआख्यान कम आएका र गैरआख्यानले पाठकको भोक मेट्न नसकेको रायामाझीले पनि अनुभूति गरेका छन् । गैरआख्यानका कलम चलाउनेहरुमध्ये अधिकांश त्रिविसँग सम्बद्ध व्यक्ति तथा अन्य क्षेत्रका खोजकर्ताहरु छन् । जसरी स्वतस्फूर्त रुपमा आख्यानमा कलम चलाउनेहरु आइरहेका छन्, ठीक त्यसैगरी गैरआख्यानमा काम हुन सकिरहेको छैन । यस अर्थमा गैरआख्यानलाई आख्यानभन्दा गाह्रो विधाको रुपमा पनि व्याख्या गर्न सकिन्छ । महेश पाैड्याल त्रिविका सहायक प्रोफेसर तथा समालोचक महेश पौड्याल भन्छन्, “आख्यान बढीमा भावतरंगहरुको कथास्वरुप हो । यो लेख्नमा र पढ्नमा पनि खासै अवरोध हुँदैन । तर गैरआख्यान भनेको पूर्णत बौद्धिक विधा हो । यसले सत्य, तथ्य, विज्ञान, सटिकता, अध्ययन, अनुसन्धान, सबै माग्छ । अँ, कष्टचाहिँ अनुसन्धानात्मक आख्यान लेख्नमा पनि छ ।” पौड्यालको मतमा आख्यान होस् या गैरआख्यान, राम्रो लेख्न दुवै गाह्रो छ । र काम चलाउ लेख्न दुवै सजिलो । नेपालमा कहिल्यै पनि आख्यानको तुलनामा गैरआख्यानको संख्या बढी थिएन । पौड्याल भन्छन्, “यो केको द्योतक हो भने, बौद्धिक क्रियाकलाप, अध्ययन र अनुसन्धान निकै कम हुन्छ नेपालमा ।” #कृष्ण अविरल #कृष्ण ढुङ्गेल #गैरआख्यान #निर्भीक जंग रायमाझी #पुष्पराज पाैडल #महेश पाैड्याल #युग पाठक #सुजन भट्टराई #सुजीत मैनाली भूपिनको गीत: भूपिन उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी पानीको मूल एउटै हो जुम्ल्याहा किन पँधेरी खोलामा बग्ने पानी र नालामा बग्ने पानी उइ कसरी हुन्छ अशुद्ध धारामा खस्ने पानी उइ एउटै पेटमा हुर्केका जुम्ल्याहा सन्तान जन्मिँदा कसरी हुन्छन् छुत र अछुत तिनी आमा उइ तिमीले उड्ने आकाशमा लगन मलाई भँगेरी उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी यौटै हो तिम्रो गाउँमा झैँ मानिस उड्ने आकाश जीवनको गरागरामा फिँजियोस् यौटै प्रकाश मलाई उड्ने पङ्ख देऊ म उड्छु पाखापखेरी फेरिन्न जीवन कसैको यो गाउँको रङ्ग नफेरी गाउँको नाम फेर्नलाई म भएँ अब अटेरी उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी। #छुवाछुत #दलित #भूपिन आँसुको मूल्य: अञ्जुलीमा उठाएको पानीमा तिम्रो आँखाबाट झरेका दुई थोपा आँसुसँग तिमी बग्दैबग्दै म हलचल नगर्ने पत्थरसँग ठोकिएर तिमी पुन बग्दै बग्दै सागरमा पुग्यौ । तिमीले आँखाबाट मोतीका दाना आँसु बनाएर खसाल्यौ र सूर्यको रापले सेक्न नसक्ने गरी पीडामा निर्थुक्क भिजेर तिमी मोतीको खोजीमा छौ ! अब भन सागरमा दुई थोपा आँसुको मूल्य कति रहेछ ? #आँसुको मूल्य #बिनोद आचार्य आगो र म: म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । म बन्छु म भत्किन्छु र भत्किएर म बन्छु म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । म जल्छु म सकिन्छु र सकिएर म बन्छु म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । म भित्र राप छ जलन छ विनास छ निर्माण छ आशा छ उदेश्य छ म जीवन हुँ म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । #आगो र म अविजित: आँखाले देह पिउन पाउनुको मज्जा कानले श्रवणीय सुखद् समाचार ग्रहण गर्नुको आनन्द गोडाहरूले सार्थक यात्रा गन्तव्यमा पुर्\u200dयाएको सन्तुष्टि अवर्णनीय छ, धरणीको काया भन्दा धेरैमाथि कावा खाइरहेका निर्बन्ध पुलकित अहर्निष व्योम पथमा कानेखुसी गर्दै उडिरहेका भालेपोथी आहा ! खेचर देह पिउने आँखाभन्दा आवाज नियाल्ने कानभन्दा सन्तुष्टि चुम्ने गोडाभन्दा धेरै खुसी छन्, चराहरूको राज्यमा न झूट छ न लुट छ न त फुट छ मानिसले दुरूह आविष्कार कोरल्यो अकल्पनीय प्राप्ति भोग्यो मानिसका सबै असम्भव पूरा भयो सबै जित्यो तर मानिसले मानिस जित्ने द्यूत क्रीडामा अन्ततः सबै हार बेहोर्\u200dयो र सोही रन्कामा लखरलखर दौडिरहेछ । #पेशल आचार्य दिनहरू: फेरि नफर्किने गरि तिमी आउँदिनौ भने भो अब कहिल्यै नआऊ म पर्खाइको एउटा उत्कर्षसँग गहिरो प्रेम सम्बन्धमा छु त्यही दिन हो मैले पहिलोपटक बताससँग कुरा गर्न सिकेको जुनदिन हामी सपनाहरूको थैलो कसेर छिट्टै बाँधिने बाचामा एक्लिएका थियौ त्यही समय हो सधैँ सधैँका लागि हाम्रो धड्कन साझा बनेको जुनबेला हाम्रा अधरहरूले दूरी घटाएका थिए जब मेरो स्पर्शमा तिम्रा नयनहरू झुकेका थिए यो पनि हो तिमी आएदेखि नै तिम्ले र मैले आफूलाई बिर्सिने होडमा हातेमालो गरेका पक्कै त्यही कारण होला मेरा स्नायुहरू तिम्रो गीतले भरिए अफसोच तिम्रा रक्तसञ्चारहरू कस्तो धूनमा लठ्ठिए ? #दिनहरू कोरोना कहरले विमोचनको रहर साँघुर्\u200dयाइदियो: राजेश कोइराला संसार रोकिएका बेला यो कुनै विषय हो र ? पक्कै होइन । तर साहित्यको इतिहासमा यो विषय एक वाक्यमा भए पनि पक्कै लेखिनेछ । म के इतिहास लेख्दैछु र ? होइन । यो केही हो, अनि केही होइन । छुसी विषय हुनसक्छ । मलाई त्यो इतिहासका लागि सन्दर्भ-सामग्री तयार पारेको भ्रम भएको हुनसक्छ, विषयः ‘कोरोना कहरले साँघुरिएको विमोचनको रहर’ । विमोचन रहरले यति लामो यात्रा पूरा गरिसकेको छ । यो अ-विमोचनका रूपमा पछाडी फर्कन सक्ने अवस्थामा छैन, भनौं न हाम्रा जीवनका धेरै पक्षहरू जस्तै । कोरोना कहरमा मैले लेखक, साहित्यकारलाई परेको यो मर्का उहाँहरूले थाहै नपाउने गरी हेरेको छु । साहित्यकर्मीलाई आफ्नो विमोचन सार्वजनिक गर्न कम्ती रहर लाग्या हुँदैन । यी रहरका दियाहरू कोरोनाले पालैपालो निभाएको मैले देखेको छु । गत फेब्रुअरी-मार्चको कुरा हो । एउटा दियो, धिपधिप बलेर निभेको थियो, नेपालमा । अरू देशमा चम्किएको कोरोना, अमेरिकामा शुरू हुन थालेकै थिएन । बस्टनका महेश्वर पन्त नेपालमा थिए । नेपाल जाने धेरैजसोले कामको फेहरिस्त लामै बोकेर जान्छ । पन्तको सूचीमा आफ्ना पिता-माताका नामको पुरस्कार ‘कालीभक्त कृष्णा पन्त पुरस्कार’ प्रदान गर्न, धुर्मुस-सुन्तली फाउन्डेशनका सिताराम र कुन्जनालाई भेट्न, ‘गौथली चरी’ को छायाङ्कन तथा तयारी गर्न, लोक-दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउनै मन थियो । उनले गरे पनि । तर एउटा पुस्तक विमोचन कार्यक्रममा आइपग्दा पन्तले सोचेअनुसार हुन सकेन । उनको उपन्यास ‘फुर्लुङ्ग’ आयो । तर विमोचन कोरोनाका कारण भएन । सानो भेटघाट र पुस्तकबारे छलफल गरेर चित्त बुझाउनमा सीमित भयो । दियो बाल्ने रहर पेन्सलभेनियाका जे. एन. दाहालको पनि थियो । अप्रिलको कुरा । उनको कथा-संग्रहको विमोचन-कथा अर्कै छ । तर रमाइलो छ । मायालु छ । सानो, चिटिक्क परेको छ । उनलाई पनि विमोचनको रहर पक्कै थियो । १४ कथाको उक्त संग्रह दाहालको दोस्रो कृति हो । ‘सन्ध्या’ (सन् २०१४) गजल-काव्यपछिको उनी लेखनमै थिए, तर परिपक्वताको लडाइँ जारी थियो । उनको कथा-संग्रह ‘लेखककी छोरी’ लाई अप्रिल १० मा उनकै छोरीले विमोचन गरीन् । घरमै । बाबा-आमाले छोरीलाई सारीमा सिँगारे । हातमा किताब राखिदिए । गज्जब । विमोचन भयो । यस्तो देख्दा लाग्छ, किन पो गर्नुपर्\u200dयो र कार्यक्रम नै । कार्यक्रमका कुरा गर्दा मे-जूनमा अमेरिकामा सकिने स्कूल-कलेजपछि । करिब तीन महिने बिदामा केही साहित्यिक कार्यक्रम हुन्छन्, आफ्ना रचना पढिन्छन्, केही दर्जन नेपाली कृति विमोचन हुन्छन् । यो यसपाली हुने देखिएको छैन । विभिन्न संघ-संस्थाका वार्षिक कार्यक्रम पनि शायदै होलान् । अमेरिकाबाट १२ हजार ७ सय २५ किलोमिटर टाढा नेपालमा के छ त ? नेपालमा भने साहित्य-कृतिको फरक प्रसंग छ । बाहिर बस्ने लेखकका कृतिको गर्भ बाहिरै बस्छ । अनि कृति नेपालमा जन्मन्छन् । मानौं कृतिका प्रसुति-गृहहरू नेपालमा छन् । कति कृतिका अक्षरहरू नेपालमा टाइप हुन्छन् । शुद्धाशुद्धि हेरिन्छन् । कृतिमा बडेमान मानिएका लेखकका दुई शब्दका नाममा लामा गनथन लेखिन्छन् । पेज बनिन्छन् । आवरण डिजाइन हुन्छन् । पुस्तक छापिन्छन् । धेरैले यसैमा जीविकोपार्जन गरेका छन् । लेखकीय रहर पालिएका हुन्छन् । यसरी नै रहर पूरा हुन्छन् । यसबेला धेरैको आम्दानी रोकिएको हुनसक्छ । जे.एन. ‘लेखककी छोरी’ सँगै विमोचनका कुरा भइरहेको, अमेरिकाको केन्टकीमा डा. लक्ष्मीनारायण ढकालको कृतिको विमोचनलाई कोरोनाले गतिलै ‘किक’ हान्यो । उनले लेखेका थिए, ‘वासदेखि पुनर्वाससम्म’ संस्मरणात्मक कृति । मार्च २२ का दिन लोकार्पण गर्न तयार गरिएको डा. ढकालको उक्त कृतिको विमोचन मिति सारियो । मे २२ मा विमोचन भयो । उनीसँग आफ्ना बाबा-आमा थिए । उनका पाठक, साथीभाई, गुरू, शुभेच्छुक आदि संसारका धेरै ठाउँमा थिए । ‘जुम’ मा विमोचन गरियो । साहित्य परिषद्, भूटानको आयोजनामा केन्टकीको लुइभिलमा भएको विमोचन कार्यक्रमलाई सुनकोश टीभीमार्फत फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । ढकालको विमोचनको दियो फरक ढंगले बालियो भनेर चित्त बुझाउन पाइयो । अब विमाचनका यस्ता दियोहरू अझै निभ्ने छन्, केही पहर बित्नेछन् । कोरोना कहरमा, विमोचनका रहर पक्कै हामीसँग परिचित शैली वा ढाँचामा पूरा नहुने देखिँदैछ, केही समय । विमोचनका केही तस्बिरहरूः (कोइराला, अमेरिकामा निस्कने नेपाली न्युजलेटर अक्षरिकाका सम्पादक हुन् । उनका लेखहरू www.koirala.com.np मा पढ्न सकिन्छ ।) #अमेरिका #राजेश कोइराला #विमोचन संयुक्त लेखनको नवीन कृति “विसर्ग” उपन्यास: वसन्त श्रेष्ठ “विसर्ग” उपन्यास संयुक्त लेखनको निरन्तरता हो । नेपाली साहित्यमा संयुक्त लेखनको सुरुवात वरिष्ठ साहित्यकार परशु प्रधानबाट भएर उनैबाट “विसर्ग” सम्म पनि भएकोछ । यस उपन्यासमा अर्का साहित्यकार गोविन्द गिरी प्रेरणाले साथ दिएका छन् । दुई भिन्न महादेशमा रहेर एउटा उपन्यासका माध्यमले लेखनमा एकाकार भएका लेखकद्वय नेपाली भाषा साहित्यमा निरन्तर सिर्जनारत वरिष्ठ साधक हुन्। दश जना लेखकका संयुक्त लेखनबाट “आकास विभाजित छ” ले इतिहास बनाएको संयुक्त लेखन “विसर्ग” ले निरन्तरता मात्र दिएको नभै यसले नेपाली साहित्यको संयुक्त लेखनको विकासमा एक खुड्किलो उक्लेको अनुभव गराएको छ । संयुक्त लेखन एउटा कठिन अनि चुनौतीपूर्ण हुन्छ । कुनै निश्चित विषय वा प्रसंगको आधारमा एक वा धेरै जना लेखकबाट लेखिने यस प्रकारको साहित्य निकै जोखिमपूर्ण पनि मानिन्छ । यो पछिल्लो उपन्यास विसर्गले चुनौती सकारेको छ र निरन्तरता पनि दिएकोछ । यसका लागि लेखकद्वय धन्यवादका पात्र छन् । पहिलो संयुक्त लेखन “आकास विभाजित छ” उपन्यास र यो “विसर्ग” उपन्यास दुवैको प्रकाशन पनि नेपालको निजी क्षेत्रको एक स्थापित प्रकाशन रत्न पुस्तक भण्डारबाट प्रकाशन हुनु पनि एक सुखद् संयोग नै मान्नु पर्छ । वरिष्ठ साहित्यकार परशु प्रधान लेखनमा चुनौती मन पराउॅंछन् । त्यसैले उनले संयुक्त लेखनको शुरुवात मात्र गरेनन्, निरन्तरता पनि दिए । उनी साहित्यमा मात्र होइन, जीवनमा पनि त्यत्तिकै चुनौती अनि संघर्षपूर्ण जीवन मन पराउॅंछन् । जब परशु प्रधानलाई सम्झन्छु, म उनका विगतका संघर्षमय दिनहरु याद गर्न मन पराउॅंछु । वास्तवमा उनी हाम्रा प्रेरणाका स्रोत हुन् । किनकि उनी नयाॅं नयाॅं विचारका प्रतिपादक मात्र होइन कार्यशील कर्मठ व्यक्ति पनि हुन् भने प्रगतिशील विचारका क्रान्तिकारी योद्धा हुन् । त्यसैले बीसको दशकमा उनको अन्तरजातीय वैवाहिक गठबन्धनलाई धेरैले कम्युनिष्ट पनि भन्ने गर्थे । आठ वर्षीया बाल विधवा जानकीदेवी घिमिरेसँग बीस सालमा प्रेम विवाह गरेका परशु प्रधान त्यति बेलाका समाज परिवर्तनका द्योतक हुन् भन्दा अत्युक्ति नहोला । प्रशासनिक क्षेत्रमा र साहित्यमा शिखर चुमेका परशु प्रधानले आफ्नो श्रीमती जानुकादेवीलाई विशिष्ट बाल साहित्यकार कल्पना प्रधानमा परिवर्तन गर्नमा यथेष्ठ सहयोग र प्रेम गरे । बाउन्न वर्षअघि कल्पनाले रचेको बाल गीत “ मेरो सानो खरायो आज कता हरायो …… “ आज पनि सबैलाई याद छ । साहित्यमा परशु प्रधानले नयाॅं नौलो विचारलाई प्रश्रय दिँदै संयुक्त साहित्यको लेखनलाई अघि सारे । त्यसैको फलस्वरूप “आकाश विभाजित छ” देखि यो “विसर्ग” सम्म निरन्तर लागिरहेका छन् । विसर्ग उपन्यास यस उपन्यासका अर्का लेखक हुन्, नेपाली साहित्यका स्थापित साहित्यकार गोविन्द गिरी प्रेरणा । उनी नेपाली साहित्यका सबै विधामा समानरुपमा निरन्तर सिर्जना गर्ने एक कर्मठ तथा कार्यशील साहित्यकार हुन् । तीसको दशकदेखि प्रत्येक साहित्यिक आन्दोलन होस्, साहित्यकार हुन् या कुनै पनि साहित्यिक गतिविधिसँग जोडिन सक्ने र पुग्ने क्षमता राख्ने साहित्यकार गोविन्द गिरी प्रेरणा नेपाली साहित्यका अर्का जाज्वल्यमान साहित्यकार हुन् । उनी अथक सिर्जनाका स्रोत हुन् । उनी निरन्तर अनि अविरल विचारका प्रवाह हुन् ।उनी जागरुकता र क्रियाशीलताको पर्याय पनि हुन् । तसर्थ यस्ता प्रखर र सिद्धहस्त साहित्यकारद्वय द्वारा रचित यो “विसर्ग” उपन्यास कम्जोड छ भनेर भन्न सकिने कुनै आधार देखिदैन । यो संयुक्त लेखनमा कसले कहाँबाट शुरु गरेको र कसले अन्त गरेको, कुनै पनि खुलाएको नभए तापनि नेपाली साहित्यका पाठकले शैली र वाक्य गठ्जोड़का विभिन्न कारणबाट कसको शब्द र शैली कुन हो भनेर खुट्याउन सक्नेछन् भन्ने मेरो नितान्त अभिमत रहेको छ ।उपन्यासको आकार ठीकै भएको कारणले करिब तीन घन्टाको समय अन्तरालमा यो पढी सकिन्छ । पुरुष पात्र भन्दा नारी पात्रको अधिक संख्या रहेको यो उपन्यास वास्तविक रूपमा नारीको त्याग, तपस्या अनि बलिदानको कथा हो । यस उपन्यासमा गाउँको कथा छ । शहरको वास्तविक चरित्र चित्रण छ । अनि काठमाडौँको पुरातन व्यवहारमा संक्षिप्त चित्रणको आयाम पनि कथानकमा समेटिएको छ । अनि छ यसमा देशको प्रशासनिक, राजनैतिक दुरावस्थाको वास्तविक चरित्रको नाङ्गो चित्रण । उपन्यासमा समाजमा विद्यमान भ्रष्टाचारको जताततै जालोको तानावाना छ । यस उपन्यासले विद्यमान नैतिकता, शुद्ध आचरण र महँगीले पीडित अवस्थाको चित्र प्रदर्शन गरेको छ अथवा भनौं त्यो पाटो छताछुल्ल पारेको छ । उपन्यासले पाठकलाई कतै पनि अल्मलिन दिँदैन र सरासर अन्त्यमा पुर्याएर टुंग्याइदिन्छ । कथामा यथार्थता छ । यो आफ्नै गाउँघर अनि हामी बसेकै परिवेशको कथा हो । फरक केही छैन तर प्रस्तुतिको सीप र शैलीको कारणले कथा स्वादिलो बन्न पुगेकोछ । यस उपन्यासभित्र सुब्बा सन्तोष शर्माको सोझोपन, इमान्दारिता र लगनशीलताको व्याख्या जताततै उल्लेख छ । ऊ आफ्नो निष्कलंक व्यवहारका कारणले आफ्नो कार्यक्षेत्रमा टिक्न सक्दैन । रातारात आफ्नो जागिरे अड्डाबाट राजनीति गरेको मिथ्या आरोप लागेर सरुवा हुन्छ काठमाडौँको मन्त्रालयमा । यहाँ मैले नबुझेको कुरा कोही कुनै कर्मचारीलाई मन नपराएर सरुवा गर्दा मालामाल हुने शक्तिको केन्द्र मानिने काठमाडौँमा बिना कुनै नातागोता कुनै आर्थिक चलखेल कसरी सम्भव भयो यो मेरो व्यक्तिगत जिज्ञाशा । यो चैं अलिक अमिल्दो भयो कि भन्ने मलाई लागिरह्यो । रमाको निःस्वार्थ र निष्कलंक प्रेम एउटा प्रमुख शक्तिको रुपमा सबैलाई उदाहरणीय बन्न पुगेकोछ । उपन्यास “विसर्ग” समष्टिमा पठनीय र संग्रहनीय छ । नेपाली भाषा साहित्यमा एउटा विशिष्ट उपन्यासको संख्यामा थप भएकोछ ।विशिष्ट साहित्यकार द्वयलाई शुभकामना र बधाई । #उपन्यास #वसन्त श्रेष्ठ #विसर्ग #संयुक्त लेखन हिउँ पर्दैछ, स्विमिङ चल्दैछ: छविरमण सिलवाल सन् २०१६ को पहिलो बिहानी म युरोपको एउटा सुन्दर देश स्लोभेनियामा छु । आज गर्नुपर्ने र घुम्नुपर्ने लामै लिस्ट छ, वीरमानजी सँग । लन्चको लागि आग्नेया सेन्तोज्निकको आग्रह स्वीकार्नु छ । बिहान मातेयाले आफ्नो मेरिटेसन तथा योगा सेन्टरको उद्घाटनको लागि निम्याएकी थिइन् । चेलियाको मध्य भागमा मातेयाको योगा सेन्टरमा हामी ब्रेकफास्ट गरेर पुग्यौँ । आठ बजेको समय भने पनि क्रमशः ९:३० सम्म आइरहेका थिए मान्छेहरु । समयको पक्का त युरोपेलीहरु पनि रहेनछन् भन्ने लाग्यो । तर सबैले एउटै कुरा गरेका थिए, न्यू इयर इभका कारणले ढिला भयो भन्दै माफी माग्दै थिए । मेरिटेसनमा आउँने प्रायः सबै महिलाहरु मात्र थिए । मैले वीरमानजीलाई सोधेँ– ‘यहाँका पुरुषहरु यस्ता कुरामा विश्वास गर्दैनन् कि क्या हो ?’ उनले भने–‘यहाँका पुरुषहरु अल्छी हुन्छन् र उनीहरु यस्ता रुढिवादीमा विश्वास पनि गर्दैनन् ।’ मैले फ्याट्ट उत्तर दिएँ– ‘त्यही भएर होला नि आन्द्रेयाले जागरिलो श्रीमान् पाएकी ?’ उनले मलाई हेरेर भने– ‘बूढा’ । संसारको भाषा पनि बडो अचम्मको छ, त्यही शब्द हामीले बोल्दा ठीक अर्कोले बोल्दा अर्कै अर्थ । त्यसो त नेपालमै पनि त्यस्तो छ, तर बोलीचालीको भाषा एउटै भएकाले राम्रो त्यस्तो अप्ठ्यारो छैन । अनि अंग्रेजी बोली टोपल्ने हामीले अर्काको धेरै शब्दहरु आफ्नो बनाइसकेको तीतो यथार्थले कहिलेकाहीँ नमिठो अनुभूति पनि हुन्छ । एउटा साथीले भन्दै थिए, युरोपमा जानेर पनि अंग्रेजी बोल्दैनन्, त्यसकारण पनि हामीलाई अलिक कठिन हुन्छ । तर मेरो हकमा त्यस्तो थिएन, किनकि नेपाली फरर बोल्ने नेपालीले अंग्रेजी नबोल्नेको छोरी पट्याइसकेका थिए । यस्तै भाषाको कारणबाट धेरै दुःख पाउनु परेका धेरै कुराहरु छन् । आज मलाई पनि त्यस्तै परेको थियो । योगा सेन्टरको उद्घाटन भैसकेको थियो। सबै केही समय ध्यानमा लीन थिए । वीरमानजी सिङ्गिङ्बल बजाउँदै थिए। म भिडियो र फोटो खिचिरहेको थिएँ । एकछिन बाथरुम जान मन लाग्यो, बाहिर निस्केँ । ढोकाको देब्रैपट्टि दुईओटा ढोकामा लेखिएको थियो MOSKI र ZENSKE। म रनभुल्लमा परेँ किनकि त्यहाँ खाली अक्षर मात्र थियो, कुनै साइन थिएन । मैले अनुमान लगाएँ ZENSKE भनेको जेन्स हो ढोका खोलेर भित्र छिरें, आफ्नो काम सकेर ढोका खोल्दै थिएँ, एकजना महिला आएर मलाई उनकै भाषामा के के भनिन् मैले बुझिनँ । अनि म ट्वाँ परेको देखेपछि उनले इसारा गर्दै भनिन्– ‘त्यो हो जेन्सको बाथरुम ।’ कस्सो पहिला खोलिन छिन्, आफैँलाई हाँसो उठ्यो । उनी पनि त्यहीँ योगा सेन्टरमा आएकी थिइन्, कस्सो गाली गरिनन् । तर त्यो बाथरुममा छेस्किन भने थियो । कार्यक्रम सके पनि वीरमानजीलाई भनेर ती महिलासँग पनि कुरा गरेँ। एक छिन योगा सेन्टरमा हाँसो थेरापी भयो । बाथरुममा छेस्किनको कुरो आएपछि छेस्किनसँग भएको एउटा कुरा याद आइहाल्यो । स्लोभेनिया पुगेकै दिन फ्रेस हुनको लागि बाथरुम छिरेँ, ढोका त लगाएँ तर त्यहाँ छेस्किन रहेनछ । भर्खर सरेका होलान्, यहाँ त्यसैले छेस्किन हाल्न बिर्सेका होलान् भन्ने लाग्यो । मुस्किलले काम सिध्याएँ । भर्खर पुगेको छु । के छेस्किनको कुरा गर्नु जस्तो लाग्यो । कुरा सानो भए पनि ठूलै थियो । सर तपाईं नुहाउनुस्, म दालभातको तयारी गर्छु भन्दै वीरमानजी भान्छाकोठातिर लम्किए । म नुहाउनको लागि छिरेँ, फेरि अर्को तनाव शुरु भयो यहाँ पनि छेस्किन रहेनछ । ढोका लगाएँ मात्र, धेरै बेर त्यतिकै बसेर नुहाएको जस्तो गरे कपाल भिजाएँ हातमुख धोएँ । किन होला यसमा पनि छेस्किन छैन, पक्कै बिर्सेका होलान् जस्तो लाग्यो । भोलिदेखि त त्यही बानी पार्नु छ, एक पटक सोधौँ सोधौँ लागेको थियो। तै पनि के भन्छन् होला जस्तो लाग्यो, सोधिन्, त्यतिकै बानी पारेँ भोलिपल्ट मजाले नुहाए पनि । मनमा कौतुहल भैरह्यो सार्वजनिक ठाउँमा जहाँ पनि बाथरुममा छेस्किन हुन घरमा किन नहुने, पक्कै पैसा बचाएका होलान् जस्तो पनि लाग्यो । तर यो छेस्किन काण्ड यतिमै सीमित भएन । स्लोभेनियाका जुन घरमा गए पनि नो छेस्किन ? त्रियस्ते, इटाली नयाँ वर्षको दिन इटालीको त्रियस्ते पुगेका थियौं । बिदाको दिन भएकोले गाडी पार्किङको त्यति अप्ठ्यारो भएन । तर निकै वरै पार्किङ गरेर हिँड्दा थकित भै सकेका थियौं, तापनि घुम्नै आएको हो, जति सकिन्छ नयाँ नयाँ अनुभवहरु निस्कन्छन् भन्ने मेरो अनुमान हो । त्यसकारण पनि हिँड्न छोडिएन । पहिलो पटक मैले समुद्र नजिकबाट देखें, नीलो समुद्रको नुनिलो पानी चाखेँ, रमाइलो मानेर । वीरमानजी भन्दै थिए, यहाँभन्दा अब हामी कोपरमा गएर समुद्रमा नुहाउने भन्दै मलाई लोभ्याउन थाले । त्रियस्ते म मेरो मायाप्रीति गाँसिएको ठाउँ भएर पो तपाईंलाई देखाउन ल्याएको भन्दै मुसुक्क मुस्काए वीरमान । हुन पनि मायाप्रेमको हाँसो संसारको अरु हाँसो भन्दा प्रिय लाग्छ मलाई । मैले केही क्षण उनको अनुहारमा आएको खुशीका ज्वारभाटा नजिकबाट नियालिरहेँ । उनी भन्दै गए– ‘ऊ त्यहीँ नगरपालिकाको अफिसमा त हो नि हाम्रो लगनगाँठो कसिएको यानी कोट म्यारिज भएको ।’ उनी खुशीले उफ्रौलाझैँ भए । वीरमानजीको खाजा खाने आग्रहसँगै हामी पिज्जाको खोजीमा लाग्यौँ । म पनि भोकले रन्थनिसकेको थिएँ । भेज या चिकेन पिज्जाको लागि धेरै रेष्टुरेन्ट धायौँ, तर हातलाग्यो शून्य भयो । रेष्टुरेन्टमा बिफ या पोर्क मात्र पाइने, यी दुवै आफूलाई नचल्ने । त्यसैले विकल्प रोज्नु पर्यो । पिसाबले पनि च्यापिरहेको छ, धेरै गल्लीहरु चहारेपछि एउटा बेकरी पसलमा छिर्यौं । वीरमानजी त सिधै पसलमा रहेकी नानीको गालामा म्वाई खाए । त्यसपछि भन्छन्– ‘सर ! तपाईं पनि म्वाई खाने ?’यो के पारा होला भनेर म अकमकिएँ । मुसुक्क हाँस्दै बाथरुमतिर लागेँ। म मेनु हेर्दै चिया र बिस्कुट अर्डर गर्न थालेँ । बिस्कुट र चियाको पैसा तिरेर हामी कोपरतिर हानियौँ । बाटोमा मैले सोधे ति नानी तपाईको साली हो कि क्या हो–‘म्वाई त गज्जबले खानु भयो ।’ उनी मसक्क मुस्काए र भने– ‘यो इटलीको चलन नै हो हामीले नमस्कार गरे जस्तै हो ।’ अनि मैले बल्ल कुरो बुझें र भनेँ– ‘तपाईंले पनि आन्द्रेयलाई पहिलो पटक इटलीमै भेटेको होइन त ।’ उनले हो नभन्दै मैले भनेँ– ‘त्यस बेलाको म्वाईंले अहिले मलाई इटली घुमायो होइन त ।’ दाहिने हातले स्टेरिङ घुमाउँदै देब्रे देब्रे हात हामीले मजाले पट्कायौं । सिधा फराकिलो बाटो, यस्तो बाटोमा त एक्सिलेटरमा इँटा राख्देर स्टेरिङमात्र घुमाए पुग्छ होला नि वीरमानजी । उनी मजाले हाँसे र भने– ‘एउटा ईंटा नेपालबाट ल्याइदिनु भएको भए कामलाग्ने रैछ नि!’ अलिकति पहाडको घुमाउरो बाटो, फेरी ओरालो लागे पछि समुन्द्रको किनारमा रमाइलो वातावरण देखियो । तर सुनसान थियो, यो पर्यटकको मौसम थिएन । कार पार्किगमा छिराएर निस्कियौँ । दुई युरो छिराएर एक घण्टाको बिल लियौँ । मैले भने– ‘यहाँ कोही मान्छे छैनन्, पैसा उठाउँनको लागि किन बेकारमा दुई युरो तिर्नु छोडदिनु बेकारमा नेपाली पारा गरौँ ।’ मैले यसो भनिरहदा उनी गम्भिर भए र भने– ‘हुनतः हो सर तर अहिले घर नपुग्दै सय युरोको विल घरमा पुग्छ अनि के गर्नु बरु दुई युरो तिरो खेल खत्तम’ उनले भने । मैले पनि के भन्छन्, भनेर भनेको थिए । नियममा बाँधिएर चल्न कति मजा छ युरोपमा । जनतालाई सरकारको विस्वास, सरकारलाई जनताको विस्वास । जहाँ विस्वास हुन्छ त्यहाँ सम्मान हुन्छ हरेक कुराको चाहे त्यहाँ जुनसुकै देशमा मान्छेको बसोवास होस, अनि यसरी नै त हो नि देश बनेको । समुन्द्रको बालुवासँग धेरैले खेलेको देखेको थिए, आज म आफै त्यहाँ पुगेको छु । वालुवामा एकछिन डङरङग लडिदिए जे पर्ला त भनेर । आँखाले देखेसम्म को निलो समुन्द्रको पानी शिरमा हालेर स्नान गरियो र नुनिलो पानी चाखियो । आहा ! कस्तो लोभलाग्दो दृश्य, मलाई पानीपानी भएर समुन्द्र सँगै लुकामारी खेल्न मन लाग्यो । निकै पर क्रोयसियाको सिमान देखिएको थियो । ‘चार बज्यो सर पिरानमा जानु पर्छ, बाटो तताउँने होकी भन्दा झल्यास्स भएँ ।’ तर मलाई भने समुन्द्रसँग छुट्टि नै मन थिएन । बारम्बार खल्तिमा राखेको चिट हेरिरहन्थे विरमान, कार पार्किगको समय पनि सकिनै लागेको रहेछ । हामीलाई जानु नै छ त किन ढिला गर्ने भन्दै हामी हुइकियौँ । सडक खाली छ, ८०÷९० को स्पिडमा दौडिरहेछ कार । कोपर स्लोभेनियाकै समुन्द्रीतट, केही समय पछि हामी पहाडको भित्तामा रहेको पुरानो गाउँमा पुग्यौं । माथि कार पार्किङ गरेर तल झर्यौ । ठ्याक्कै भत्तपुरको पुरानो वस्ति जस्तै लाग्ने सुन्दर स्थान पिरान रहेछ । सानो वन्दरगाह पनि छ । बेलुकी पसल राख्नेहरु टेन्ट मिलाउँदै थिए । फेरी डाँडामा उक्लियौं, चर्चमा दर्शन गरेर कार पार्किङमा पुग्यौं । डाडाभरि लटरम्म फलेका जैतुनका बोटहरुले मोहनी लगाई रहें पनि आफ्नो गुडमा फर्कने हतारोले जैतुनलाई वाइवाई गर्दै कुलेलम ठोक्यौं । विरमाजी भन्दै थिए– ‘यही जैतुन पनि हो युरोपको आर्थिक समुन्नति ।’ बाटोभरी जताततै देखिएका छन्, जैतुन यसको तेल निकै महङ्गो छ । फेरी हामी अर्को समुन्दी तट पोर्तोरोसमा पुनः पिजाको तलतलले धेरै पसलमा पैताला नाप्यौँ, तर हातलाग्यो शुन्य, भोक त लागेको थियो । विरमानजी पनि पेटमा मुसा दौडिन थाले भन्दै थिए । समुन्द्रीतट पर्यटकहरुको लागि रम्भ्य स्थल हो, यो पोर्तोरोसको समुन्द्रीतट निकै प्रख्यात रहेछ । विरमानजी भन्दै थिए– ‘यहाँ त हामी दुई महिना बस्छौं, सिजनमा बच्चाहरु र बुढि समुद्री तटमा रमाउँछन् म व्यापार गर्छु, रमाइलो हुन्छ यहाँ तर स्टल पाउँन अलि कठिन हुन्छ, त्यसैले अलि चाढै बुक गर्छु । अनि टेन्ट लगायो सुत्यो । अहिले त अफ सिजन भएकोले पीजा नपाएको हो सर । अब केही खाउँला ।’ त्यस पछि हामीले सिफुड सँग केही खाएर बेलुकी छ बजे चेलिया तर्फ लाग्यौं । ‘खै विरमानजी यहाँ त मान्छेहरु नै हुँदैनन् नि क्याहो ? बाटोमा पनि कहीँ जाम देखिएन ।’ उनको सटिक जवाफ थियो– ‘कहाँ सडकमा हुन्छन्, त सबै काम काममा छन् नि बेकामी मान्छे भए भने देश कहाँ यस्तो बन्छ त ?’ ‘कति चाडै ६ बजेछ हेुर्नुस् त,’ मैले भनेँ, ‘घाम त लागेकै छ ।’ ‘यहाँ यस्तै हो सर, कहिलेकाहीँ त राती १२ बजेसम्म पनि घाम लाग्छ,’ भन्दै उनी मुस्कुराए । हो त म आएको बेलादेखि नै कहिल्यै अँध्यारो देखेको छैन भन्दै म जिस्किएँ, लोडसेडिङ पनि भएको छैन, उनले हाँस्दै भने, ‘यो युरोप हो नि, त्यही भएर त नेपालीहरु यता आउनको लागि मरिहत्ते गर्छन्।’ यसपछि उनी अलिक गम्भीर भए। उनको फोन बजिरहेको छ, उठाउँछन्, उनले के के भने मैले बुझिनँ, स्लोभेनियाको भाषामा निकै पोख्त भैसकेका रहेछन् । फोन काटिएपछि उनले मलाई भने, ‘सासू बूढीले डिनरको लागि बोलाइन त ।’ ‘के भो त सुसुरालीको मेजमानीमा जानुस् न त ।’ ‘म मात्र होइन, तपाईंलाई पनि लिएर आउनू भनेर थर्काइन् सासूले ।’ बिहान लन्च पनि उतै गरेका थियौँ । ‘ठिकै छ नि जाऊँ के भो र ?’ मैले भनें । चाँडै पुगेर गाडीको टायर चेन्ज गर्नुपर्ने भएकाले र बेलुकी आठ बजे समयमै निम्ता मान्न जानुपर्ने भएकाले उनले एक्सिलेटर दबाएर हतारो गरे। सडकमा लेखिएको भन्दा ओभर स्पिडमा हाँक्यो भने घरमै चिठ्ठी आउने डरले सबैलाई त्रस्त पार्दोरहेछ । त्यसैले तोकिएकै स्पिडमा गाडी दौडिरहेको छ । यो पनि एउटा राम्रो उपाय हो, त्यसैले राजमार्गमा दुर्घटना देखिएनन्, दुर्घटना भएपछि नराम्रोसँग भएको दृश्यले मन पोल्दोरहेछ । आठ बजे हामी इस्कोफियामास (वीरमानजीको ससुराली) पुग्यौं । आग्नेया सेन्तोज्निक (वीरमानजीको सासु) अंग्रेजी नबुझ्ने, म उनीहरुको भाषा नबुझ्ने, हाम्रो मिडियटर आन्द्रेया र वीरमान छँदैथिए । उनको स्नेहले म निकै भावुक बनेको थिएँ । उनी भन्थिन, ‘उसलाई राम्ररी यी यी ठाउँहरुमा घुमाउँनू।’ वीरमान हस् भन्थे । बेला बेलामा मलाई जिस्काउँथे पनि ‘सर के मोहनी लगाउनु भो मेरी सासूलाई मलाई त राम्ररी घुमा भनेर पो थर्काउँछिन् त !’ मेरो लागि अलग्गै चिकेन बनाएर प्लेटमा ल्याउँथिन्, पोर्कको लसपस नहोस् भनेर । मेरो मर्म उनले कति चाँडै बुझ्न थालिछन्, तर वाइन पिउनमा माहिर रहिछन् । बिहानै चियाको सट्टा पनि केही दिन त वाइनै नजरावें गरियो, जाडोले ठुकठुक कमाएपछि के गर्नु त होइन ? डिनरसँगै नजरावें पनि हुनै थियो, अलिक रमरम भएको छ । एक गिलास थपौँ भन्ने उनको आग्रहलाई नर्कान सकिएन । रातको १०ः३० नै पो भएछ । वीरमानजीको पुल खेल्न जाने आग्रहलाई मैले नर्कान सकिनँ, वाइनको रौनक पनि छ । निस्कनै आटेका थियौँ, वीरमानजीको ससुरा एकछिन है भनेर एउटा जग बोकेर बाहिर लागे । कहाँ गए बूढा भनेर मपछि लागें । तल्लो तलामा एउटा ठूलो ध्याम्पो रहेछ। ध्याम्पो वाइनले भरिएको थियो। बूढाले धप्प उगाए, जसरी हामी पधेँरामा पानी उगाउँछौँ। माथि आए, लौ एक एक गिलास थपौँ पो भन्छन् बा! नखाउँ भने पनि भएन मजाले पिएँ। वीरमानजी त ड्राइभर, धेरै पिउने कुरा भएन । त्यसपछि हामी लाग्यौं पुल हाउसतिर । दुई चार गेम खेलेर घर फर्कियौं । गाडी हाँक्दै वीरमानजी भन्दै थिए– ‘युरोपमा सुत्न आएको होइन नि, रमाइलो र घुमघाम गर्नको लागि त हो नि होइन र ?’ हो नि सुत्न त नेपालमा पाइन्छ मजाले! अनि यसो घडी हेरेँ, रातको १२ः३० मात्र भएको रहेछ । र भनेँ, भर्खर साढे बाह्र त भएको रहेछ नि ! उनले मुसुक्क हाँस्दै एक्सिलेटर बढाए । हामीलाई देख्नासाथ ढोका फुत्त खुल्यो, चेलिया अपार्टमेन्टको नवौँ तलामा हामी चढ्यौँ लिफ्टमार्फत । रातको एक बजिसकेछ। उनी अब सुतौँ भनेर आफ्नो कोठातिर लागे म आफ्नोतिर । बाहिर निकै जाडो छ, भित्र गमक्क छ। शरिर पनि गमक्क छ, भर्खर वाइनले छोला छोला जस्तो भैरहेछ । वीरमानजीले भनेका कुरा मनभरि खेलिरहेको छ । कतिबेला उज्यालो होला भन्ने लागिरहन्छ । यो मन न हो, धेरै नघुमाइकन सुत्ने प्रयत्न गर्छु, निद्रा पर्दैन । सोच्दासोच्दै कति बेला निदाएछु, पत्तै भएन। ब्युँझदा बाहिर सेताम्मे भैसकेका थिए । ओहो, यहाँ त मौसमविदहरुले भनेकै जस्तो हुँदोरहेछ । वीरमानजीले गाडीका चक्का परिवर्तन गर्न हिजो नपाएकोमा आफैँलाई थकथकी लाग्यो । हिजो घरबाट देखिएको पारिको हरियो जंगल सेतै थियो। बगिरहेको खोला सेतै थियो। घरका छत र गाडीहरु सबै सेता भैसकेका रहेछन् । हिमालयको देशको एउटा नागरिक युरोपमा गएर हिँउसँग रमाएको छ । यो भन्दा अनौठो कुरा के हुन्छ र ? नेपालमा हिँउसँग लुकामारी खेल्न पाएकै छैन । नौ तलाको झ्यालबाट निरन्तर म हेरिरहेको छु बाहिर हिँउ पेरेको दृश्य । आहा ! मलाई रमाइलो लागिरहेछ । बिहानको नौ बजिसकेको छ, ब्रेकफास्ट गरेर हामी इस्कोफियामासतिर हानिन्छौं । त्यहाँ हिँउ खेल्न मजा हुन्छ सर भन्दै थिए वीरमानजी । सबेरै सबै बाटोहरु सफा भैसकेका थिए । कस्तो चुस्त सरकार ! इस्कोफियामासमा निकै ठूलो चौर छ, हिँउ बिस्कुन सुकाएजस्तो भएको छ । बाटो र घर अगाडि भएको हिँउ सफा गर्न थाल्यौँ । बूढा उठेर सफा गर्दै रहेछन्, चिया पिउँदै हिँउको रौनकमा म र वीरमानजीको छोरा एनकैलाश रमाएको देख्दा ससुरा दंग । यहाँको उखानै रहेछ– ‘पानी पिउने भए छिमेकीको पल्लो घरमा चिसो पानी पाइन्छ त्यहाँ जाने, ब्रुनो(लोकल वाइन) पिउने भए यहाँ पाइन्छ ।’ त्यसैले उनले मलाई घरिघरि वाइन पिउने हो भनेर भन्दैछन् । म बाहुनको छोरो बिहानबिहानै रक्सी खादैन भन्देऊ भन्छु विरमानजीलाई । उनले के के भने खुब हाँस्दै थियो बूढो । हिँउ सोरेर नातीलाई खेल्ने ठाउँ बनाउन व्यस्त बूढो थाकेपछि गरे गर नगरे नगर भनेर घरभित्र छिरे । तपाईं त बच्चा जस्तो पो लाग्यो त सर कति यो हिउँमा खेलेको ? वीरमानजीले भन्दा पो झस्किएँ ! माथिबाट खानाको लागि खबर आयो बूढोले एक जग वाइन लिएर आए। ‘हिउँमा स्केटिङ खेल्न आज रोग्ला जाने हो सर,’ वीरमानजीले आजको योजना सुनाए। वाइनको गिलास ठोक्काएर नजरावें गर्दै लन्च खायौं । रोग्लाको रमाइलोमा रमाउने आशा लिएर हिउँको शहरबाट उकालो लाग्यौ । रोग्लामा रमाउँदै गर्दा वीरमानजीले भने, ‘सर आज स्विमिङको लागि लास्को जानु पर्छ है !’ हिँउ परिरहेछ, स्विमिङ् जाने कुरा गर्छन्, के भनेको होला भनेर एकछिन त म ट्वाँ परे । छोराले म पनि जान्छु भनेर भन्यो । सासूआमा र आन्द्रेया पनि जान्छन्, यहाँ फोन बजिसक्यो पो भन्छन् त । म पन्छिने कोसिसमा थिएँ र भनेँ मसँग त स्विमिङ कस्टम नै छैन नि कसरी जानु ? मेरो मतलब थियो, यस्तो जाडोमा हिँउ परेर माइनस १४ पुगिसकेको छ, उनी स्विमिङ् जाउँ भन्छन् । यिनले जिस्केका होलान् भनेको त साँच्चै पो रहेछ ! मैले उम्कन खोजे पनि उम्कन सक्ने अवस्था थिएन। अझ उनकी सासू र श्रीमती पनि जाने रे! कसरी महिलाहरुसँग स्विमिङ खेल्ने हो म त छक्क पर्दै थिएँ । उनी त जाने भनेपछि जाने नि भनेर एउटा चाइनिजको स्टोर अगाडि गाडी रोकिहाले । भित्र पसेर आफैँले खोजेर दुईओटा स्विमिङ् कस्टम ल्याए । म त छक्क पर्दैछु। फोनमा कुरा गर्दै थिए, कुराकानी सकिएपछि वीरमानजीले भने, ‘सर अब सिधै जाने हो। सासूआमा र आन्द्रेया नजाने रे स्विमिङ, म ढुक्क भएँ र भनेँ, ‘अब हामी तीन भाइ मात्र खेल्ने भयौं होइन त ?’ ‘हो नि! महिला पाटीलाई सन्चो भएन रे तर बेलुका डिनरको लागि ससुराली नै जानु पर्ने भयो,’ वीरमानजी ठट्टा गर्न खोज्छन्, ‘के हो तपाईंले के गर्नु भयो मेरो सासुलाई सधैँ उतै बोलाउँछिन् त ? खै नजरावें कै कमाल होला नि! मजाले गिलास ठोक्काउँछिन् त ! बूढालाई यो लोकल होइन, अर्को वाइन ल्याऊ भनेर भन्छिन् ।’ मैले भनेँ, ‘राम्रै हो नि होइन र?’ ‘हो त सर,’ उनले भने, ‘मलाई त सासूले खातिर गरेको देखेर खुशी लागेको छ । जो कोहीलाई त मन पराउँदिनन् ।’ वरिपरि हिँउ नै हिँउ छ। गाडीका ताँती छन् लास्कोमा। वीरमानले स्विमिङ पुलको पार्किङमा कार छिराए । काउन्टरमा पुगेपछि एउटीले उनलाई भनिन्– ‘ओहो ! अस्ति टिभीमा तपाईंको अन्तरवार्ता सुनेको थिएँ, मलाई पनि तपाईंको कन्सर्टमा आउन मन छ,’ भन्दै उनको सम्पर्क नम्बर मागिन् । उनी मख्ख परे, उनी भन्दै गइन्, ‘पत्रिकामा पनि तपाईंको अन्तरवार्ता पढेको थिएँ ।’ उनी मुसुक्क मुस्काए मात्र । सिङगिङ बल थेरापीमा उनी निकै सिपालु रहेछन् । सबैले उनलाई चिनेको देखेकोले मैले भनेँ, ‘युरोपयिनहरुको मगज राम्रैसँग भुट्नु भएछ त ?’ उनले मुसुक्क हाँस्दै भने, ‘त्यति नगरे यहाँ कसरी बाँच्नु र सर ?’ उनको सम्पर्क राम्रै रहेछ। सबैले मान्ने मिजासिला, हँसिला । त्यसैले त उनलाई जीवनयापन गर्न सजिलो भएको छ । त्यो उनको एउटा क्यामरा र क्यानभासको कमाल हो । पैसा तिरेर तीन ओटा कुपन र लकरको चाबी लिएर हामी भित्र छिर्यौं । लुगा खोलेर लकरमा राखेर हातका कुपन र लकरको चाबी घडीजस्तै बाँधेर पहिला मजाले तातो पानीले नुहायौं । त्यसपछि चिसो तातो चिसो तातो पानीमा टेक्दै स्विमिङ् पुलतिर लाग्यौँ । ओहो, कति ठूलो रहेछ! मान्छेहरुको भिड त्यस्तै! केटाकेटी सबै एकै ठाउँमा। एकछिन त अलमल परेँ म । तर सबै उस्तै भए पछि के अलमल पर्नु र ? अगाडि बढियो। तीन तलासम्मको रहेछ। पानी तातै रहेछ। त्यही भएर वीरमानजीले मलाई केही नभनेका सरप्राइज दिएको भन्दै थिए । तातोपानीको फोहोरामा बसेर आनन्द लिँदारहेछन्, हामीले पनि त्यही गर्यौँ । करिब एक घण्टासम्म हामीले त्यहाँ बितायौं । निकै रमाइलो र आनन्द भयो तन र मन । उनको छोरो निकै खुशी देखिन्थ्यो । पुनः आएर मजाले नुहायौं र लकरमा गएर लुगा लगाएर घर फर्कियौँ । उनी भन्दै थिए, ‘देख्नु भयो सर, यहाँका मान्छेहरु हिउँ परेपछि मात्र स्विमिङ आउँछन् । यी सबै प्राकृतिक फोहोराहरु नै हुन्। प्राकृतिक रुपमा आएको पानीलाई व्यवस्थित गरेर बनाएका हुन् । यस्ता प्राकृतिक स्विमिङ पुलहरु धेरै छन् यहाँ ।’ मलाई अचम्म लाग्यो, हाम्रो देशमा पनि त यस्ता तातोपानीका मुहानहरु छन् तर व्यवस्थित हुन सकेका छैनन् । जे होस्, स्विमिङपछि ज्यान निकै हल्का भयो । डिनरको लागि इस्कोफियामासमा आग्नेया सेन्तोज्निकको न्यानो माया छँदै थियो । पुनः वाइनका गिलासहरु ठोक्किए, हामी सबैले भन्यो नजरावें । ◊ #छविरमण सिलवाल #यात्रा #स्लोभेनिया हजुरबा ! नर्क साँच्चै हुन्छ र ?: मेरा स्वर्ग भैसकेका हजुरबुवालाई सोध्न मन छ “हजुरबा ! नर्क साँच्चै हुन्छ र ?“ त्योबेला स्याखु बन्दै गर्दा भन्दै थिए उनी – “स्याना ! झूटो बोल्ने नर्क जान्छन ! स्याना ! पाप गर्ने नर्क जान्छन् ! मरेर लानु के छ र, सबैको भलो गरेस् स्याना ! कुभलो गर्ने नर्क जान्छन् ।“ त्यसपछि स्याखु सकियो, हजुरबा सकिए बूढालाई जल चढाँउछु र आजको वृतान्त बताउँछु – “हजुरबा ! झूटो बोल्ने हाकिम भएका छन् हजुरबा ! पाप गर्ने नाइके भएका छन् श्रमजिवीको पसिना चुसी, जुकोजस्तै ढाडिराछन् हजुरबा ! कुभलो गर्ने कुबेर भएका छन् ।“ हजुरबा फिटिक्कै बोल्दैनन् आजकल बुढा बोल्नेभए सोध्ने थिए “हजुरबा ! पापलाई केहिले गुन्छ र ? हजुरबा ! मूर्खलाई दबाइले छुन्छ र ? बाँकी छैन घरमा केही, स्याखुसमेत चोरी सके हजुरबा ! के यी जानलाई नर्क साँच्चि हुन्छ र ?“ #हजुरबा जनता त आगो हो: जन ता त आगो हो आगोसँग कहिल्यै नजिस्कनू र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगो जो तिम्रो प्राण रक्षक हो आगो जो तिम्रो अध्याँरोको मार्गदर्शक हो आगो जो तिम्रो जीवनको अभिन्न अंग हो । जनता त आगो हो आगोसँग कहिल्यै नजिस्कनू र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगो सिर्फ आगो हो आगो आगोबाहेक केही बन्दैन । तिमीले सम्झ्यौ होला आगो खरानी हो आगो अंगार हो आगोले अरूलाई मात्र खरानी बनाउँछ आगोले अरूलाई मात्र अंगार बनाउँछ । जनता त आगो हो आगोसँग कहिल्यै नजिस्किनु र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगो जसको समुन्द्रको जस्तो न क्षेत्र हुन्छ आगो जसको जमिनको जस्तो न आकार हुन्छ । आगो जसको न निषेधित क्षेत्र हुन्छ । जनता त आगो हो आगोसँग कहिल्यै नजिस्कनू र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगोलाई जिस्केको मन पर्दैन आगोलाई ख्यालमजाक गरेको चित्त बुझ्दैन । आगो सबैको साझा हो आगो सबैको शक्ति हो आगोभन्दा अर्को केही छैन जो अरुलाई जलाउँछ र आफू जल्दैन । #आगो #यकिना अगाध नहुनु पर्ने केही: हिँड्नु कति खतरनाक हुन्छ ? चट्याङ छ मनभित्र प्रेम गर्नु, गरिरहनु……. प्रेम गर्नु तर कति खतरनाक हुन्छ ? मुटु छ दहभित्र नगर्नु केही पनि गर्नु पर्ने/नगर्नु पर्ने केही पनि नगर्नु घटिरहनु यस बीचमा पनि तर घट्नै पर्ने थुप्रै घटनाहरू…… कतै जाँदै गरेको कुरा आफूलाई समेत थाहा नहुनु थाहा भए पनि थाहा नदिनु कुवाको सङ्ग्लो पानीमा जिन्दगीलाई भिजाइदिनु आधा र आधालाई सुकिलै छाडिदिनु सुकेका रूखका हाँगाहरूमा सेताम्मे फुलिरहनु आरुका फूलहरू जसरी— चराहरू सुनाखरी ठानेर टिप्नु त्यसलाई र टाँस्नु लपक्क छातीमा हातमा एउटा फूल हुनु पहेंलो/पहेंलो, रातो/रातोजस्तो फूल प्वालहरू हुनु पुष्पदलको बीचमा एउटै आकारका थुप्रै प्वालहरू……. त्यसलाई सम्झिनु बाँसुरी बजाउनु जोडले आवाजै सुक्ने गरी अलिकति पनि नसुन्नु हावाले समेत तर थुप्रै कुराहरू हुनु नि यसरी नै म सोचिरहँदो थिएँ यता भइसकेछ केही नहुनु पर्ने देखेर पनि भनिनौ तिमीले दहका भिजेका कपडाहरू खोलेर एकाबिहानै उडिगएछन् बाफहरू दहबाट खोज्दा दहभित्र थुप्रै मुटुहरू भेटिए श्वास फेर्न बिर्सेका जलकुम्भी, कमल र लेउका मुटुहरू भेटिए ढुङ्गाका नभएका मुटुहरू भेटिए अरु पनि धेरै धेरै मुटुहरू भेटिए थाहै पाइन तर मैले कुन बाफले पोल्टामा च्यापेर उडाइलगेछ आफूसँगै मेरो मुटु पनि……. कतै जाँदै गरेको कुरा आफूलाई समेत थाहा नहुनु twitter: @SeasonShrestha #नहुनु पर्ने केही कैँची: हरिशरण परियार डोबहरूमा दौडिरहन्छ कैँची कहिले दायाँ कहिले बायाँ कहिले माथि कहिले अर्धगोलाकार अनि दिन्छ एउटा मूर्त आकार । संसारको नक्सामा दौडेर बनाउन सक्छ सिंगो देशको आकार कपडाको थानमा नाचेर निकाल्न सक्छ ढाकाटोपी र, कुर्ता पाइजामा राष्ट्रिय झन्डाको आकार । यसैलाई चलाएर मेरा पुर्खाहरूले युगौँदेखि ढाकिरहे सभ्यताको लाज काटिरहे युगौँ युग जिन्दगीको भोक । तर, आफ्नै धारसँग अनभिज्ञ केबल औँलाद्वारा निर्देशित बनिरह्यो अछुत जिन्दगीको सारथि अनि क्रमशः कोरिए कर्मको सिमाना लुटिए हातबाट मखमली पसिना । आज थाहा छ मलाई, अरू जस्तै अमानवीय बन्यो भने कैँची काटिन सक्छ लाजको वस्त्र काटिन सक्छ मानव तस्बिर काटिन सक्छन् औँलाहरू अनि काटिन के बेर राष्ट्रिय झन्डा ? #छुवाछुतविरुद्ध राष्ट्रिय दिवस #दलित लकडाउन डायरी: जहाजको आवाज र बारम्बार खोसिएको खुसी आकाशमा उडेको हवाई जहाजको आवाजले एकाबिहानै निद्रा खलबल बनाइदियो । सिरानी छेउको मोबाइल स्क्रिनले बिहानको ६.२५ भएको संकेत गरिरहेको थियो । एकान्तबास अगाडि हवाई जहाजका आवाजले केही फरक नपर्ने भैसकेको म, आज यो आवाजले निद्रा खल्बलाउँदा मन खल्लो भयो, छटपटी बढ्यो, त्यो भन्दा बढी मनमा खुसी-उमंग पनि भरियो । म हाल स्पेन बार्सिलोना बस्दै आएको छु । म बसेको स्थानबाट एयरपोर्ट जम्मा ४ कि.मि. टाढा छ । यस बार्सिलोना एयरपोर्टको टी वन र टी टु टर्मिलनबाट विश्वका ९४ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका सयौँ जहाजहरुले १४५ विभिन्न डेस्टिनेसनको लागि दैनिक उडान भर्थे । यी हवाइजहाजहरु प्रायः म बसेको ठाउँ माथिको आकाश प्रयोग गरेर उडान भर्थे । “९ दिनमा नौलो, २० दिनमा बिर्स्यो” भन्ने उखान सम्झेँ। आकाशमा जहाजहरुले उडान नभरेको पनि लगभग दुई महिनाभन्दा बेसी भैसकेका थियो, सायद मैले हजाई जहाजको आवाज भुलिसकेको रहेछु, अनि हवाई जहाजको आवाजले मेरो निद्रा खलबलाउँदा आफू दुःखी भएको अनुभव गरिनँ। एकान्तबासपूर्व म एकतमासले व्यस्त थिएँ । दिनमा उपलब्ध २४ घण्टामध्ये १४ घण्टा लगातार काम गर्नु मेरो लागि सामान्य दैनिकी जस्तै भएको थियो । १८७ सदस्य राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रमिक सगंठन (ILO)को ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरन्जन भन्ने नारा केवल मानिसको लागि मात्र हो जस्तो लाग्थ्यो, आफूलाई काम गर्ने मानिस नभै रोबोट मेसिनजस्तै सम्झने गर्थें । आफूलाई रोबट मेसिन सम्झेसँगै जीवन बिस्तारै अब सरल रुपमा बग्न थालेको थियो । दुई वर्षअघि युरोप छिर्दा मनमा गुनेका, मनमा फलेका लड्डुहरुको स्वाद चिनीको चास्नीमा डुबेर गुलियो भएजस्तै मिठास आउन थालेको थियो । भाषा ज्ञानको विकास, कार्यअनुभवले बिस्तारै अर्को महिनामा काम गर्ने समयअवधि र महिनामा बुझ्ने तलब आफू सन्तुष्ट हुने गरी कम र बढी हुनेवाला थियो । एक जना दाइसँग मिलेर एउटा सानो बार रेष्टुरेन्ट खोल्ने दिन यही गर्मी सिजनमा गर्ने भनेर तोकिसकेका थियौँ। यसले मन हाइड्रोजन ग्यास भरेको बलुन उडेजस्तै माथि उड्न थालेको थियो । नसोचेको कोरोना प्रवेशले मेरो सबै खुसी खोसेर एकान्तबासमा धकेलिदियो । आजसम्म मुखैमा आएको खुसी यसरी खोसिनु जीवनको पहिलो खोसिएको खुसी भएको छ । कोरोना पछिको एकान्तबासले सुरुमा मनमा ठूलो बेचैनी निम्त्यायो । शुरुका दिनमा एकदमै हतास हुने खालको भयो । जीवन नै एक तमासले अन्धकारतिर धकेलिएको अनुभव हुन थाल्यो । परदेशमा आफ्ना भाषाका प्रिन्ट बुकहरु त्यति सम्भव नभएसँगै इन्टरनेटमा आफूलाई व्यस्त राख्न थाले । ओशो, विपस्यना र ओमशान्तिका ध्यानविधिको क,ख,रा बुझेको थिएँ। त्यसमा आफ्नो समय धेरै खर्चिन थालेँ, अनलाइन बुकहरु पढ्न थालेँ, बिस्तारै माया, मोह, राग, लोभ, क्रोध, कामवासनाबाट आफूलाई सकेसम्म टाढा राख्नुपर्ने बुझेँ । एकान्तबासका दिनहरु अब प्रिय हुन थाले । आफ्नो जीवनमा यस्तो सु–अवसर अब चिन्ता माथिको विश्रामअघि कहिल्यै आउन नसक्ने कल्पना गरेँ । स्वःअध्ययनलाई जोड दिँदै बिस्तारै सामाजिक सन्जालहरुलाई समय कम दिन थालेँ । “हुने हार दैव नटार” भने भनाइ एक तमासले फेरि सम्झेँ । विश्वका सबै वैज्ञानिकहरु कोरोना रोकथाममा जुटिरहँदा केही उपलब्धि हासिल हुन नसकिरहेको यस अवस्थाले यो उखानलाई अझ न्याय गरेको सम्झे, कोरोना महामारीलाई दैवको नै लीला सम्झेँ । ओशोको प्राय साँझको समय गरिने कुण्डलिनी ध्यानका १५,१५ मिनटका चार चरणहरुले ठोस चट्टानजस्तो शरीरमा थुनिएका र ब्लक भएका इनर्जीहरुलाई बिस्तारै तरलतामा बगाउँदै पैतालाबाट ठाडो दिशामा बग्न मद्दत गरेको बुझ्न थालेँ । सन्ध्याकालीन समयमा नाच्दा आफ्ना शरीरका अंगहरु स्वःस्फूर्त रुपमा नाचिसकेपछि त्यो रात आउने गहिरो निद्राको अनुभव राम्रोसँग गर्न थालेसँगै यसले मानसिक स्वःस्फूर्तता ल्याउने र मेमोरी पावर बढाउने तथ्य गहिरोसँग अध्ययन गरे । ब्रह्मकुमारी विश्वविद्यालयअन्तगर्त ज्योतिको परिकल्पना गर्दै गरिने राजयोगले मस्तिष्कमा एक किसिमको रिल्याक्स तथा पोजिटिभ इनर्जीतिर आफूलाई लगेको महसुस गर्ने कुरामा अझ बढी प्रष्ट भए । त्यस्तै आफ्नो श्वासप्रश्वासलाई महसुस गर्दै गरिने विपस्यना ध्यानले नकारात्मक सोचको प्रभाव कम हुँदै जाने कुरा अझ गहिराईसँग अध्ययन गर्न पाए । समग्रमा एकान्तबासले आर्थिक मनोदशालाई नराम्रोसँग प्रभाव पारे पनि बिस्तारै माया, लोभ, द्वेष, कामवासना, क्रोध यी सब झुटा हुन फजुल हुन् भन्नेतर्फ मन डोहोर्याउँदै लगेको थियो । आध्यात्मिक अध्ययनमा आफूलाई पाउँदा मन चङ्गा हुन थालेको थियो । यो खुसी पनि कोरोनामा आएको फैलावट दरको कमी र मृत्युदर कमसँगै खोसियो । कोरोना प्रभाव घटदै जानु आफैँमा एकदमै राम्रो भए पनि अपवादको रुपमा मलाई अब एकान्तबासमा जस्तै अध्ययनलाई समय दिन नसक्ने अवस्थाले फेरि खुसी खोसिएको महसुस गरे । बिहानीपखको जहाजको आवाजले मनमा एकतमासले उत्सुक्ता थप्दै थियो । अब छिटै अवस्था सामान्यतर्फ फर्किने संकेतसँगै सानाखालका रेष्टुरेन्टहरुलाई सन्चालन गर्न दिने यहाँको सरकारको निर्णयले आफ्ना पहिलाका योजनामा अगाडि सोच्ने अवस्था सिर्जना भएको थियो । छुटेको काम पनि हात लाग्ने र आर्थिक पाटोमा सुधार आउने निश्चित थियो । यसले मनमा फेरि एकान्तबास सँगै गुम्सिएका खुसीहरु सल्बलाउन थालेका थिए । जहाजको आवाजले निद्रा खल्बलाइसकेपछि फेरि निदाउन कोसिस गरे । अहँ, निदाउन सकिनँ । स्याङजा वालिङमा ३ कोरोना बिरामी थपिएसँगै ५ मा कोरोनाको पुष्टि भन्ने हाइलाइट समाचार स्थानीय आँधिखोलाखबरमा हेरेपछि सल्बलाएका खुसीहरु एकै ठाउँमा एक गोलो ढिक्का भई छाति च्यापेको जस्तो हुन थाल्यो । ७० वर्षकी आमा सम्झेँ । श्रीमती, दाइका साना दुई छोरी सम्झेँ । हाल आफू रहेको देशमा २७,१०० भन्दा धेरै मानिसहरुले ज्यान गुमाउँदा जति यहाँ आफूलाई सुरक्षित सम्झेँ, त्यो भन्दा बढी असुरक्षित गाउँमा पाँच जना कोरोना सक्रंमित बिरामी हुँदा भएको महसुस गरेँ । आज क्वारेन्टिनबाट यति कोरोना संक्रमित बिरामीहरु भागे, एम्बुलेन्समा नक्कली कोरोना बिरामी फेला पर्यो, सरकारी हस्पिटलले कोरोना बिरामी लिन अस्वीकार गर्यो, सुनौली बोर्डरमा हजारौँ गाउँलेहरुले आफ्नो गाउँ आउन कुरेर बसेको खबरहरुले एकान्तबासबाट बिस्तारै सरलतातिर बग्न थालेको मेरो दैनिकीमा खुसी एकाएक खोसिदियो । एकाबिहानै जहाजको आवाजले मनमा ल्याएको खुसी एकाएक चुँडिन थाल्यो । म आफू हाल बसेको ठाउँ स्पेनमा अहिले मृत्युदर शून्यमा झरेको छ, सक्रमण दर ४ अंकबाट कहिले २ कहिले ३ अंकमा झरेको छ र पनि फेरि मार्च १४ बाट सुरु भएको लकडाउन जुन २१ सम्म कायम नै गरिएको छ । यहाँ अपवादका एकाध घटनाबाहेक कुनै किसिमको अप्रिय घटनाहरु भएका छैनन्, हाम्रो गाउँमा कोरोना बल्ल समुदायस्तरमा फैलिने क्रममा छ, मृत्युदर बढ्ने दिन आउन बाँकी छ तर हामी सरकारलाई वा व्यवस्थालाई दोष देखाउँदै आफू जति संयम र उत्तरदायी हुनु पर्ने हो त्यो एकरति पनि भएका छैनौँ । यसले हाम्रो अवस्था इटालीमा जस्तै हुने निश्चितप्रायः छ । भारतका नेता महात्मा गान्धी पनि २१ दिन कुनै अन्न बिनाको भोक हड्ताल गरेको इतिहास हामीले बिर्सेका छैनौँ। त्यस्तै सामान्यतयः मानिस २१ दिनदेखि ४० दिनसम्म बिना खाद्यान्न रहन सक्नेतर्क ब्रिटिस मेडिकल जर्नललाई आधार मान्दा पाउन सकिन्छ । तर यसको विपरीत हामी यस्तो विषम परिस्थितिमा पनि फेसबुकका स्टाटसमा आजको खाना भन्दै फोटो देखाउन अनावश्यक रुपमा बजारमा भिड गर्न रोकेका छैनौँ। यसले हामी खानाका लागि भन्दा पनि रोग फैलिन दिनको लागि बढी अग्रसर छौँ जस्तो लाग्छ । यो रोगसँग बच्ने भनेको रोग लाग्न नदिनु नै हो। यो केवल सामाजिक दुरी कायम गरेर मात्र सम्भव छ। खानाका लागि भन्दै हामी तरकारी पसलमा उस्तै भिड गरिरहेका छौँ। हरेक पसलहरुमा सोहीअनुसार भिड गरिरहेका छौँ। यो प्रवृत्ति मृत्युदर वृद्धि भए मात्र एक्कासि रोकिने प्रस्ट छ, जुन सारै दुःखको कुरा हो । आशा छ, हामी सबैमा रोग फैलावट प्रतिको जिम्मेवारीबोध हुन आउँनेछ र अब हामी सरकार वा व्यवस्थाले केही गरेन भन्दै आन्दोलन गर्न भन्दा पनि आफू संयमित रहने छैन। अब हामीले खाना नै नखाई पनि २१ दिन देखि ४० दिनसम्म बाँच्ने कुरा बुझ्न जरुरी छ र खानालाई भन्दा रोगलाई बढी महत्त्व दिन आवश्यक छ। यो गर्दासम्म सामाजिक दुरी कायम हुनेछ र बिस्तारै संक्रमण दर घट्ने छ। यससँगै म लगायत हाम्रा खोसिएका खुसी पुनः सल्बलाउन थाल्ने छन्। #क्वारेन्टिन #बन्दाबन्दी लोकतान्त्रिक पागलखाना\xa0: अजित अधिकारी बन्दाबन्दी सातौं दिन बन्दाबन्दी सत्रौं दिन बन्दाबन्दी सत्ताइसौं दिन ….. बन्दाबन्दी सन्ताउन्नौं दिन …. यसरी लम्बिदै गएका बन्दाबन्दीसFगै तन्किएका छन् अनगिन्ती अभाव र भोकहरु चुड्न सक्छ अब भोकले चिमिर्किएको आन्द्रो सुक्न सक्छन् अभावले फुस्रो भएका ओठहरु अनि ढल्न सक्छन् आस्था र विश्वासहरु वाह लोकतन्त्र! तँलाई ल्याउन काँधको हलो, जुवा फ्यात्तै फालेर निस्किएका थिए काकाहरु आन्दोलनमा, घाँसको भारी कान्लामै छोडेर भीरभीरै आएका थिए दिदी, बैनी अनि भाउजूहरु सडक तताउन, ठोस्दै गरेको अगुल्टो छोडेर आएकी थिइन् आमा मुर्दाबाद र जिन्दाबादका नारा लगाउन, ठेलाभरी सपना बोकेर हिँडेको भाइ होमिएको थियो आन्दोलनमा अघिअघि नारा लाउँदै र, थापेको थियो गोली छातिभरि छिट्टै गरिबका दिन आउँछन् भनेर। गरिबका दिन त आए आमा तर छिट्टै मर्ने दिन पो आए! ए सरकार! जब भोको पेट, नाङ्गा आङ, तिर्खाले सुकेका घाँटी, अभावले थिलिएको शरीर विद्रोहमा उत्रिन्छन् नि, थेगिनसक्नुको हलचल आउन सक्छ, सडकभरी भोकहरु उत्रिनेछन्, सडकभरी नाङ्गा जुलुस निस्किनेछन्, त्यसैले ए सरकार अब क्वारेन्टिन होइन एक वडा एक पागलखाना व्यवस्था गर। अथाह भोक, रोग र अभावले जनता छिट्टै पागल हुनेछन् भोको पागल चिच्याउनेछ व्यवस्थाविरुद्ध, पागलहरुको हुल बढ्नेछ सडक हुँदै उतै आलिशान नयाँ दरबारतिर। ठीक त्यतिबेला थुन्दै घाँटी लामबद्ध पागलहरुको भाँचेर खुट्टा सरकारविरोधी पागलहरुको लगेर कोच्नु पर्छ, लोकतान्त्रिक पागलखानामा र बजाइदिनुपर्छ बाहिरपट्टि चर्को स्वरमा रेकर्डेड कविता “भोकले कोही मर्नु पर्दैन” #. #अव्यवस्था #कोरोना #क्वारेन्टिन #महामारी #राजनीति देशलाई प्रश्न: झोलाहरु बोकेर बिहानै बसुन्धराबाट झर्थिन र साझमा घर फर्किन्थिन मेरि धर्मपत्नी सहरको प्रख्यात अस्पतालमा सरसफाइको काम गर्थिन । हरेक दिन हिडेर जान्थिन अनि हिडेरै आउथिन अनि आएर उनी भात पकाउथिन। अकस्मात !जब एक रात ढोकाहरु ढक्ढकाएर प्रबासको कुनै सरकार झै गरेर घरबेटी आयो अनि दस मिटर परबाट हाम्रो अनुहारलाई हेर्दै यो बातायो कि ृजसरी पनि अबको दुइ दिनमा यो रुम खाली गर अनि आफ्नौ गाउँ घर जाउ किनकी, तिमिले काम गर्ने (टिचिङ्ग) हस्पिटलमा भर्खर कोरोना भाइरस देखिएको छ। “हाम्रो जाने ठाउँ कहि छैन हजुर“ भनेर अनि रोएर हजार बिन्तीहरु बिसायौ तर, अफसोच हाम्रो आसुले कसैको अनुहार भिजेन दरवार साहुको ‘‘‘ मन पग्लिएन । लाचार भएर अनि हतार हतार सारा सम्पतीहरु बजारमा बेचेर अनि घरभाडा तिरेर हामी सडक किनारमा आयौ । र कुनै फुटपाथको बेसाहारा झै गरेर कयौ दिन त्यही खाते भएर बितायौ । सिङ्गो सहरको हित्तको निमित्त काम गरिरहेकाहरुलाइ हतोत्साहित गरियो र लखेटियो हामिहरुलाइ त्यही सहरबाटै। प्रसासन आयो अनि लकडाउन भनेर उठायो र खेदायो हामिहरुलाइ तर सरकार आएन र बोलाएन हामिहरुलाइ र केही पनि दिएन । जुन बखत, सहरमा हामिले चिनेको कोहि पनि थिएन । हामी बेसाहारा थियौ अनि बेसाहारै भयौ र अन्तत एकसाथ हामी आफ्नै गाउँ फर्कियौ । रित्तो पासपोर्ट बोकेर या,मानौ कि भिसाबिहिन भारतको बाटोहरु हुँदै हप्ता महिनौ दिन लगाएर लगातार स्वदेस हिडिरहेको नेपाली कामदारहरु झै गरेर हो हामी फर्कियौ आ(आफ्नु काधमा एकएक ओटा बच्चाहरु चेपेर तर,स्वागत भएन गाउमा हामिहरुलाइ बहिस्कार भयो जहाँ , निधेस लेखिएको प्रेबेसद्वारको दिवारमा टागिएको थियो काढे तारको बार । त्यही दोधारमा बसेर म सोचिरहेथे अब हामी कहाँ जाने के खाने ? र कोरोनाकै बिसयलाइ लिएर गाउँ सहरबिच यति अन्तरद्वन्द छ किन यति धेरै आफैमा आन्दोलित छ बिबादित छ आज बिभाजित छ यो सिङ्गो गाउँ। सहर र आफू आफुमै बिखन्डित छ ? सहरले झोला लिएर गाउँ जा भन्यो यसैले ,म गाउँ गए गाउले फर्किएर फेरि सहर जा भन्यो र म ऐले,अलपत्र भए सरकार आखिर हामी कुन ठाउका नागरिकहरु थियौ बिचलित भएर म सोचिरहेथे। अतीत! त्यहि नगरको बिकासको निमित्त आफनै मुखको गाँसहरु झिकेर अनि चन्दाहरु दिएर बनाएको त्यही बाटोहरुमा हाम्रा आफ्नै आखाका आसुहरु खसिरहे र त्यही आसुहरुलाइ कुल्चिएर अघाडि बढिरहेथ्यो कसैको चिल्लो कार गाढि। एकरात अकस्मात उनी बिरामी भैन आखाहरु उठाएर पनि अन्धो झै गरेर हेरिरहेको सिमाना बारिको गाउ यो मेरो जिम्मेवारि हैन भनिरहेथ्यो र भनिरहेथ्यो मेयर यो तिम्रो नागरिक हो यसैले यस्लाइ पारि लैजाउ । स्थानिय प्रेदेसिय र सङ्गघिय सरकारहरु झै गरेर उनिहरु बाजिरहेथे र आफ्नै देसमा आएर पनि प्रबेस नपाएर कर्णालिको किनारमा न्यास्रीरहेका नेपालीहरु झै निन्याउरो अनुहार लगाएर म दुइ देसको दोधारमा बसिरहेथे । त्यसको ठिक भोलीपल्ट मैले आफुलाइ अस्पतालमा पाए अनि रोए कराए र चिच्याए किनकी,मैले यो समचार थहा पाए कि प्रसब ब्यथाले रन्थनिएर छट्पटाइरहेकी मेरि श्रीमतिलाइ अस्पतालले कोरोना सङ्गक्रमित भनेर इन्कार गरेको थियो अनि तीस बर्सको कलिलै उमेरमा उन्ले अकाल मर्नु परेको थियो। र उनिसङ्गै एकसाथ बाचिरहेको गर्भको बच्चा पनि मरेको थियो । उपचार,आहार अनि बाँसस्थान र कपास यो देसको बिधानले नै प्रत्याभुत गरेको नागरिकहरुको नैसर्गिक अधिकार हो सरकार! भ्रस्टचार गर्नेहरुलाई बारम्बार पुरस्कार दिन्छ यो देसमा तर बर्सौ बर्स लगातार किन इमान्दार भएर काम गर्नेहरुलाइ तिरस्कार गरिन्छ ? सरकार अर्काको ज्यान जोगाइरहेकाहरुको लागि सम्मान खै ? ए!समाज ! तेरो अनुहारको रुप र निधारको तक्दिर फेर्न मैदानमा मौजुद भैरहेका महान सिपाहीहरुलाइ प्रोत्साहान खै ? राम्रो काम गर्ने तमाम मान्छेहरुलाइ सलाम खै ? आफू फलामको तारमा हिडेर अनि तेरो परिवार बचाइरहेकाहरुलाइ उचित ब्यहवहार खै ? अनि कहि पनि (अन्त) आवास नपाएर तलाइ आफ्नु (आफन्त)सम्झिएर स्वदेस आइरहेकाहरुलाइ सुरछित ओछ्यान खै? सायद सतिको अभिसाप परेको यो देसमा सत्कर्म गर्नेहरुको हालत अन्तत त्यही नै हुन्छ। र यो समाज र यो देसको त्यो घटिया आदत अब सात जन्मसम्म यथावत रहन्छ। यहाँ ,अकाल मरिन्छ मुला नेपालमा किन? मरिन मेरि श्रीमती अस्पतालमा आएर पनि उपचार नपाएर सरकार ! हो मरिन मेरि श्रीमती अस्पतालमै मरिन। डाक्टर ! ‘‘ र त्यो त्यही अस्पताल थ्यो जहाँ,उनले बर्सौ वर्ष काम गरेकी थिइन् । #देशलाई प्रश्न निर्णय: सुरेन्द्र अस्तफल हाम्रो खासखुसलाई किन मसला हाल्छन् बुज्रुकहरू फाँटमा हराएको गोरुझैँ बेखबर भएको बेला खोलाको बगरमा गाएको गीत सुनेर किन पछ्याइरहन्छौ हामीलाई हामीसँग त वर्णशङ्करको बेजोड तालमेल छ सक्छौ ताली बजाऊ सक्दैनौ चुपचाप बस हामी खोकौँ कि बर्बराऊँ हामी थुकौँ कि जुर्मुराऊँ नभुल्नू कहिल्यै जनताहरू तिमीहरू पथिक हौ हामी तिमीहरूको गन्तव्य । गरेकै छैनौँ निर्णय किन बकबक गर्छन् मिडियाहरू ? किन फलाकिरहन्छन् पत्रकारहरू ? किन भरिएका छन् सामाजिक सञ्जालका वालहरू ? लाग्छ तिनीहरू एककिसिमका मनोरोगी हुन् कुहिनाले हिर्काएर दुईतिहाइको पहाड जिस्काइरहेछन् ए देशवासीहरू नेपालनामक यो राज्यमा हामी नै आदि र हामी नै अन्त्य हौँ मात्र तिमीहरू हाम्रो चाल हेरीहेरी आफ्नो चाल बनाउनू र लेख्नू भनेपछि मात्र समाचार बनाउनू । #शासक #समाचार #सुरेन्द्र अस्तफल लघुकथा: जीवनमाला\xa0: बार्दलीमा बसेर सान्नानी पर पर …. सेतै फुलेका काँसघारी, भेरीको बगर र भेरीपारिको जङ्गललाई आँखाभरि समेट्छे । जँहा ऊ आफ्ना चन्चलता, खुसी र उमंगका साथ सपनाका थुङ्गाहरू बटुलेर बुन्दै थिई सुन्दर प्रेमिल जीवनमाला । धागोको पैया बनेको अल्लारे उमेर र पबित्र प्रेममा आफ्ना चाहना, खुसी र सुखको कल्पनाका पबित्रता गाँस्दै थिई ऊ । विस्वास अनि समर्पणलाई धागोको गाँठोमा बेस्सरी कसेर सिंगार्दै थिई भविष्यको सम्भावनाहहरू, टलक्कसँग टल्काउने भरोसामा । हो, यही बाटो, चौतारी, वन, झाडी, रूख, बुटा, पाखो र सललल बगेको भेरीको तिर अनि बलौटे बगर नै बन्नपुग्यो सान्नानीको लागी कहिले खुसी त कहिले पीडाले मुटु छेड्ने तीर । सान्नानी अर्धचेतनाबाट केही बोल्न खोज्छे । शब्दले नै गला थिचेझैं वाक्य निस्कदैन । आँखाका पानी सकिएर बगरका बालुवाझैँ ओभानो छ । कयौं दिनहरू बितिसक्यो उसको जीवन छताछुल्ल भएको, नसोरिने गरी पोखिएको, अनि समाजमबाट ठूलो अपराधीको पगरी पाएको र कलंकितको सम्मान भिरेको । ऊ सम्झन पुग्छे, सबैभन्दा प्रिय ठानेको मान्छे, उसका त्याग र बाध्यताहरू । सान्नानी ढल्दै-उठ्दै गर्दा पटकपटक ठोकिन्छे बर्दलीका खम्बासँग र ती रगताम्बे भित्री र बाहिरी चोटहरू बोक्दै, बजारिन्छे बार्दलीका तिखे कुनाहरूमा जीवन बजारिएकै जसरी, र फेरि थचारिन्छे उही जमीनमा डढेल्लो लागेको धरतीझैँ डढेको मन लिएर। हरक्षण नयनभरि घुम्छ, त्यो तितो पल । हृदयले छाम्न पुग्छ, घर परिवार जसले उसका चाहनामात्र हैन, जिन्दगीलाई नै कष्टका साथ रेटीदिएका थियो । सान्नानी आफ्नो समाज र सामाजिक परिवेश सम्झन्छे, र भेट्छे छियाछिया मुटुको घाउमा नुन-चुक-खुर्सानी दलिदिने आडम्बरी मानवता । ऊ ताप्न चाहन्छे कानुन, न्याय र अधिकारको रापिलो घाम । तर सान्नानी आफ्नो निर्दोशितामा पाउँछे, केवल ऊमाथि बर्सिएका प्रश्नका वर्षा, घृणा र दुर्व्यवहारका भेल । सान्नानीलाई लाग्छ, अब आउने सारा समय अन्धकारका रातहरू मात्र हुन्, जँहा सान्नानीलाई नै उसैको भविष्यले मिर्मिरे चिहाउन दिने छैन | सान्नानी अर्धचेतमै निसास्सेझैं भाग्दै भेरीको तिरमा पुग्छे, र फटाफट भेट्टाउँछे आफूले बटुल्न खोजेको र बुन्दै गरेको प्रेमिल जीवनमालाका थुङ्गाहरु, च्यातिएर लुछिएर, कुल्चियर, बाँधिएर भेरीमा बग्दै लास बनेर किनाराभरि लम्पसार परिरहेको सहयोगीसमेतका कयौं सुन्दर सृष्टिहरू । बन्दाबन्दीले पुस्तक संसारमा हिमपहिरो: गएको मार्च महिनामा जब कोरोनाभाइरसको आतंक शुरू मात्र भएको थियो तर अवस्था गम्भीर बनिसकेको थिएन, त्यतिञ्जेल पुस्तक प्रकाशकहरूसँग कार्यक्रमको चाङ थियो। यस्तै चाङमध्येमा उभिएका थिए बालबालिकाको बेस्ट सेलर लेखक जेफ किने। विम्पी किड सिरिजको नयाँ पुस्तक ‘रअली जेफरसन्स असम फ्रेन्डली एड्भेन्चर’ अप्रिल महिनामा निस्कने तयारी भएकाले उनले अमेरिकाका विभिन्न ६ सहरमा एउटा किताबयात्रा तयार गरिरहेका थिए। यसअघिका विम्पी किड शृंखला निकै हिट रहेका कारण उनका लागि यो पुस्तक पनि महत्त्वको थियो। उनलाई बजारले कसरी मूल्याङ्कन गर्ला भन्ने चासो बढेर गएको थियो तर कोविद १९ रोगले सबै कुरा गडबड गरिदियो। चुक्चुकाउँदै जेफ भन्छन्, ‘किताब निस्कन पाएको भए यो बन्दाबन्दीमा केटाकेटीहरू कति रमाइलो मान्थे होलान्!’ तर उनको यो किताबयात्रा अब अगस्त महिनासम्म लम्बिएको छ। यो सूचीमा उनी मात्र होइन, अन्य चल्तीका लेखकहरू एलेना फेरेन्ते, डेभिड मिसेल, हास्यकलाकार माइकल इयान ब्ल्याकदेखि आयान हिर्सी र पंकज मिश्रसम्म परेका छन्। गर्मी महिनामा निकाल्न तयार पारिएका किताब त रोकियो नै आउँदो जाडो यामका लागि ठिक्क पारिएका पुस्तकहरू पनि अड्किए। यस्तो अवस्थालाई केही पुस्तक व्यापारीहरूले पुस्तक बजारमा आएको हिउँपहिरो नामकरण गरेका छन्। यहाँ त कोरोनाभाइरस मात्र होइन, अब हुने राष्ट्रपतीय निर्वाचन, संकटापन्न स्वास्थ्य समस्या, आर्थिक संकटजस्ता कयौँ कुरा एकसाथ किताबको व्यापारमाथि थोपरिने हुनाले व्यापारीहरूले हिउँपहिरो गइरहेको बताएका हुन् । हार्परकोलिन्सका जोनाथन बर्नहाम भन्छन्, ‘यो जाडो यामका लागि पुस्तक निकाल्न र बेच्न पाइएन भन्ने कुरा त एउटा सामान्य समस्या मात्र हो, कोविद १९ ले पारेको समष्टिगत समस्यालाई हेर्नुभयो भने हिउँपहिरोको अर्थ बुझ्नुहुन्छ।’ हार्परले हालै अमेरिकी सेनाका राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टरको आत्मकथा ‘ब्याटलग्राउन्ड’ निकाल्न लागेको थियो तर अड्किन पुग्यो। संकटको घडीमा सबैभन्दा मार पर्ने भनेको साना लेखकलाई हो। साना लेखक भन्नाले जसको प्रशंसक समूह सानो छ, ठीकै बिक्री हुन्छ, त्यस्ता पुस्तक बजारमा सबैभन्दा कम प्राथमिकतामा पर्छन्। किताब कति बिक्री हुन्छ भन्ने कुरा त्यसलाई कसरी डिस्प्ले गरिन्छ भन्नेमा पनि भर पर्छ। यस्तो अवस्थामा किताबको भिडमा नाम कम सुनिएका लेखकको किताब प्राथमिकतामा पर्दैन र त्यस्ता किताब नदेखिई वा नसुनिई ओझेलमा पर्ने गर्छन्। झन्, यस्तो बन्दाबन्दीका बेला एक्कैचोटि धेरै पुस्तक बजारमा निस्किएको खण्डमा राम्रो बिक्री हुने पुस्तकहरू एकअर्कामा प्रतिस्पर्धा गर्ने हुनाले तुलनात्मक रूपमा कम बिक्री हुने आशंका बढेर गएको प्रकाशकहरू बताउँछन्। हिटाची कम्पनीले यस पटक २० प्रतिशत पुस्तक ननिकाल्ने निर्णय गरेको छ। प्रमुख कार्यकारी अधिकारी माइकल पिच भन्छन्, ‘धेरै किताब निकालेर पनि के गर्नु? ती भिडमा थिचिने पक्का छ।’ यसरी कुन निकाल्ने र कुन ननिकाल्ने निर्णय गर्नु चाहिँ अँध्यारोमा ढुंगा हान्नुसरह भएको ग्रोभ एटलान्टिक प्रकाशनका प्रमुख कार्यकारी मोर्गन एन्ट्रेकिन बताउँछन्। उनी भन्छन्, ‘पाठकले के खोजिरहेका छन्, कसैलाई थाहा छैन। अनि, केही चाहिँ यो निकाल्ने र त्यो ननिकाल्ने भनेर गुना गरेर बसिरहेका छन्।’ कयौँ पुस्तक पसल बन्द भएको भन्दै युरोपा बुक्सले एलेना फेरेन्तेको बहुप्रतिक्षित उपन्यास जुन महिनाको रिलिज स्थगन गरेर सेप्टेम्बरमा पुर्यायो। आफ्नो पुस्तकको व्यापार साना पसलेको आडमा धेरै हुने र बन्दाबन्दीमा त्यस्ता पसल बन्द भएका कारण उपन्यासले बजार पाउला भन्नेमा शंका रहेको भन्दै रिलिज मिति सारेको हो। यतिबेला फेरेन्तेको उपन्यास ‘द लाइङ लाइफ अफ एडल्ट्स’ पहिलो संस्करणमा नै एक लाख ५० हजार प्रति छापेर ठिक्क पारिएको छ। यो स्थगनलाई भने केही ठूला बिक्रेताहरूले आफूहरूमाथि धोका भएको बताइरहेका छन्। यस्तो संकटको घडीमा बहुप्रतिक्षित उपन्यास स्थगन गर्दा बिक्रीले दिने राहतबाट वञ्चित तुल्याएको महसुस तिनले गरेका छन्। यति मात्र होइन, पुस्तक कुरेर बसेका प्रशंसकहरूमाथि धोका नै भएको युरोपा बुक्सका प्रमुख सम्पादक माइकल रेनोल्ड्स बताउँछन्। सबैभन्दा खुसीको कुरा चाहिँ बन्दाबन्दीको यो अवस्थामा पनि पाठकहरूले किताब किन्नुलाई भने नियमित नै गरेका छन्। हालै गरिएको एक सर्भेले अघिल्लो वर्षको तुलनामा पुस्तक बिक्री उति घटेको भने छैन। खासगरी हंगर गेम्स शृंखलाकी सुजाने कोलिन्स, थ्रिलर लेखकहरू जोन ग्रिसम, स्टेफन किङजस्ता लेखकका पुस्तक यस्तो संकटको घडीमा बढी पढिएका छन्। सुजाने कोलिन्सको नयाँ उपन्यास द ब्यालेड अफ सङबर्ड्स एन्ड स्नेक्स एक हप्ताअघि रिलिज भए पनि बिक्री संख्या पाँच लाख बढी भइसकेको छ। ग्रिसमको कमिनो विन्ड्स उपन्यास अप्रिल अन्त्यबाट शुरू भए पनि दुई लाख सात हजारभन्दा बढी बिक्री भइसकेको छ। यस्तै स्टेफन किङको नयाँ उपन्यास हार्डकभरमा पनि एक महिनाभित्रै दुई लाख प्रति बिक्री भइसकेको एनपिडी सर्भेले जनाएको छ। तर प्रशंसक बिनाका लेखकहरूले यो दिन भने देख्न नपाउनु स्वाभाविक भएको केहीको धारणा छ। जस्तो कि रेन्डम हाउसले नयाँ उपन्यासकार नमिना फोर्नाको किशोर उपन्यास द गिल्डेड वन्सको रिलिज सारिएको छ। त्यस्तै माइकल सियर्सको थ्रिलर टावर अफ बाबेल २०२१ मा मात्र निस्कनेछ । केही सीमित पुस्तक पसल खुलेका र यस्तो अवस्थामा पाठकले नयाँ लेखकमाथि झट्टै विश्वास गरिनहाल्ने र मिडियाले पनि पर्याप्त ठाउँ नदिने हुनाले सम्भावना भएका उपन्यासलाई सार्नुको विकल्प नभएको प्रकाशकहरूको धारणा छ। #पुस्तक व्यापार #बन्दाबन्दी एउटा भ्रम अनि यथार्थ: इतिहासको कालो रातभित्र निस्सासिरहेछ वर्तमान समय तर हामीलाई गर्व छ हाम्रो इतिहासमा हामीले इतिहासमा नहारेको त कहाँ हो र ? तर कहाँ बुझाइयो र मौलिक इतिहास ? यथार्थलाई भत्काइयो तथ्यहरु बङ्गाइयो र तयार गरियो एउटा ठेली सबैलाई घोकाइयो हामी वीर गोर्खाको सन्तान इतिहासमा हार्नु परेन र त हाम्रो अहंकारको पहाड चुलिएर सगरमाथा भन्दा उच्च भयो छेकिदियो गतिशील पाइलाहरू अनि कसरी चुम्न सकिन्थ्यो र ? प्रगतिको नयाँ आयामहरू । इतिहासले हामीलाई दास नबनाएको कहाँ हो र ? तर पनि भनियो हामीले कसैको गुलाम बन्नु परेन ! अभिभावकहरू अरूको गुलाम बनेकाले सन्तानको भविष्य कोर्न बिर्सिए वर्तमानमा रमाउन आदत भएकाले आउने दिनको सुन्दर रुपरेखा तयार गर्ने योजना नै आएन ’एउटा पुष जाँदैमा जिन्दगीको जाडो सकिदैन’ यो कुरा बुझेको भए अहिले किन हुन्थ्यो र, हाम्रो यो दुर्गति ? के इतिहास एउटा गर्व मात्र थियो, शिक्षा थिएन ? के हामीले लेख्नु पर्दैन र नयाँ इतिहास ? वर्तमान युग प्रति हाम्रो कुनै उत्तर दायित्व छैन ? यस्ता धेरै विषयहरू अन्नुत्तरित सवाल बनेर सैलुङ्ग पहाडझैँ उभिएको छ हाम्रो सामु तर हामी समयले दिएको अभिभारा बिर्सिएर पुर्खाहरूको विरासतको सिरानी हालेर निदाइरहेको छौँ चीर निन्द्रामा र निदाइरहेछ हामीसँगै यो युग ! #एउटा भ्रम अनि यथार्थ छोराको प्रश्नले जन्माएको 'बा' !: नीरा शर्मा भनिन्छ– आमाले नौ महिना पेटमा बच्चा बोक्छिन् र बाबुले नौ महिना मस्तिष्कमा । हुन त हामीले आमाको व्यवहार र बुबाको व्यवहारमा आकाश र पातालको अन्तर भेट्छौँ । “कसको धेरै माया लाग्छ– बाबाको कि मम्मीको ?” अविभावकले बाल मस्तिष्कमै एक किसिमको विभेदको बीज रोपिसकेका हुन्छन्, प्रश्न प्रतिप्रश्न गरेर । त्यो बीज बढ्दै गएपछि त्यो बच्चाले सर्वत्र आमा भेट्छ र बा उसको लागि ओझेल पर्छन् । अपवाद छाडेर हेर्ने हो भने बच्चाको सामीप्य आमासँग धेरै हुन्छ । त्यसैले त हर गल्ती, हर पीडा, हर चोट र दुखाईहरूमा आमाको नाम पहिलो पंक्तिमा आउने गर्छ । मानिस कुनै अकस्मात भयमा पर्दा उसको मुखबाट निस्किने पहिलो शब्द नै ‘आमा’ हो । दुख्दा ‘ऐया नि आमा ! ’ निस्किहाल्छ जो कोहीको मनबाट । उसो भए के बाहरू सन्तानको नजरबाट साँच्चै टाढा छन् ? प्रश्न उठ्छ । तर यस प्रश्नको अडिग जवाफ भएर कविता उभिएला सायदै मानिसले सोचेका थिए होलान् । उसो त बालाई सम्बोधन गरेर कविता, गीत, गजल, कथा नलेखिएकै भने होइन । अन्तर्राष्ट्रिय व्यक्तिहरूले पनि बाको बारे आफ्नै शैलीमा कविता प्रस्तुत गरेका छन् । कवि थियोडोर रोथ्केको ‘माई पापाज्वाल्ज’, रवर्ट हेडनको ‘दोज विन्टर सन्डेज’ र सिल्भिया प्लाथको ‘डयाडी’ कविता टड्कारा उदाहरण हुन् । फरक–फरक भूमिकामा चलचित्रका पात्र पनि नभएका होइनन्, बा । सर्सर्ती हेर्दा आम मानिसको आँखाले आमामा भावुकता र बाभित्र कठोरता देख्छ । यी त दृष्टिका कुरा भए । तर, यही आँखामा अलिकति फरक दृष्टि राखेर हेरियो भने बा पनि आमाजस्तै कोमल छन् । छायामा परेर धमिलो आकृति देखिनु र यथार्थमै धमिलो हुनुमा धेरै फरक छ । त्यस्तै ओझेलमा परेर धमिलो देखिएका बाको अनुहारलाई कोमल, भावुक, मायालु बनाएर देखाएको छ, कवि नीरा शर्माको ‘बा’ कविताले । आम मानिसले वर्षौंदेखि देखिरहेको बाको कठोर अनुहारलाई नै बदल्ने हिम्मत कसरी गरिन् नीरा शर्माले ? के यो उनको साहित्य मात्र हो ? अथवा भोगाई ? कि चर्चाको कुनै एउटा स्कुप मात्र ? हामी सबैको अन्तरात्मामा यी प्रश्नहरू खेलेकै होलान् । हामीले यिनै प्रश्नहरूको जवाफ नीरा शर्माबाटै लिने जमर्को गरेका छौं प्रस्तुत छ ‘बा’ कविता – बा मैले धेरै पढेँ आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिनँ बाका अनुहारमा सलबलाएका दुःखका वक्र रेखाहरू धेरै पटक कविले आमाकै तारिफमा कविता कोरे आमाकै गीत–सङ्गीत भरे आमालाई धरती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे । बारीको डिलमा चुपचाप ठिङ्ग उभिएको बूढो रुखझैं बा कहिल्यै उभिएनन् भन्ज्याङको चौतारीझैं ढसमस्स बसेनन् बा कहिल्यै बा त हाम्रो अँध्यारो मेटाउन मैनझैँ जलिरहे हाम्रा खुसी समेट्न मोनो रेलझैँ चलिरहे जिन्दगीभर कुदिरहे कुदिरहे थाकेर सुइय नगरी सधैँ एक्लै कुदिरहे त्यसैले त अग्लिँदैछ एक्लोपनको हिमाल बाको मनभित्र । यतिखेर लम्पसार छ नीरस जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ घ्वारघ्वार कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी तर बा कर्कलाको पातमा टलपल शीतझैँ आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि खुसीहरूको सिला खोज्दैछन परेलीका डिलहरूमा । बोल्दाबोल्दै भासिन्छ बाको स्वर बोली बन्द हुन्छ एकाएक थाहा पाउँछु म गला अवरुद्ध भएको र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन् म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान जो बाको होइन– हुँदै होइन । फुंग रङ उडेका उदासीका फूलहरू फुलेका छन् बाका मुहारभरि चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा कतै एक धर्को सन्तोष छैन कपाल झरेर खुइलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदाएदेखि अस्ताउँदासम्म ठुंगिरहन्छ । भित्र मनमा कताकता विगत र आगतको उही चिन्ताको पहाड उभिएको छ र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैंचो मागेका उधारा खुसीहरू तर यथार्थमा बा हारिरहन्छन् पलपल मेरो लागि तिम्रो लागि र हाम्रो लागि हो, बा त्यो हरूवा हो जो सधैँ हारिरहन्छन् केवल सन्तानका लागि । प्रस्तुत कविता कवि नीरा शर्माको ‘बा’ शीर्षकको कविता हो । सन् २०१५ डिसेम्बरमा फेसबुकमा पहिलो पटक पोस्ट भएको थियो । यो कविताले सामाजिक सञ्जालमा धेरै दिनसम्म आफ्नो एकाधिकार जमाएको थियो । यही कवितामाथि टेकेर धेरै फेसबुक पेजहरूले आफूलाई सामाजिक सञ्जालमा स्थापित पनि गराएका थिए । बालाई पढिरहेकै समाजले कवि नीरा शर्माको बा कविता पढेपश्चात् मान्छेले मान्छेलाई कविताको माध्यमबाट भन्न बाँकी कुरा धेरै रहेछ भन्ने पनि अनुभव गराएको थियो । सन्तानले आफ्नो अभिभावकको आँखामा हेर्दा भरोसा देख्छ । अभिभावकले आफ्नो सन्तानको आँखामा भविष्य । कवि नीरा शर्माले अब बा कविता लेख्छु भनेर लेखेकी नै होइनन् । हुन त साहित्य नै त्यस्तो अद्भूत रचना हो, जो न चाहेर लेख्न सकिन्छ । न लेख्दिनँ भनेर नलेखी बस्न नै । तर उनको मस्तिष्कमा बा भने घुमिरहेको उनले भेट्थिन् । अमेरिकामा बसोबास गर्दै आएकी कवि त्यो समय नेपाल आएकी थिइन् । उनको छोरा चितवनमा बसेर चिकित्साशास्त्र पढिरहेका थिए । एकदिन कोठामा बसिरहँदा उनको जेठो छोरो सुयशले आफ्ना बाले अमेरिकामा किन र केका लागि यति धेरै दुःख गर्छन् भनेर गुनासो गरे । कुराकानीकै क्रममा उनले सोधे, “संसारमा आमाले जस्तै दुःख बाले पनि गर्छन् तर साहित्यमा पनि सधैँ आमाको कुरा मात्र गरिन्छ बाको खासै लेखिदैन, किन होला मामु ?” छोराको प्रश्नले कविको आँखामा आफ्नो बाको अनुहार आयो । कवि नीरा शर्मा भन्छिन्, “मेरो मस्तिष्कमा बा कविताको विजारोपण मेरो जेठो छोराले गरिदिएको हो । छोराले उसको बाबाले जीवनभर गरेको दुःखको कदर गर्दै प्रश्न नउठाएको भए सायद उनको मनमा घुम्ने थिएन मदानी र निस्किने थिएन नौनी भएर ‘बा’ कविता ।” भोलिपल्ट उनी बा आमालाई भेट्न आफ्नो माइती लमजुङमा पुगिन् । “त्यसपटक बा आमासँगको भलाकुसारीमा मैले बालाई मेरो छोराले उसको बाबालाई बुझे जसरी बुझ्ने कोसिस गरेँ,” उनी भन्छिन् । उनले बाको अनुहारमा जे देखिन्, त्यही भावलाई ‘बा’ कवितामा उतारेकी छन् । उनी भन्छिन्, “बा कवितामा कल्पना कत्ति पनि छैन, मैले मेरा बालाई जस्तो देखेँ त्यस्तै लेखेँ । बा कविताको प्रत्येक शब्दमा म मेरा बालाई देख्छु । कविलाई लाग्छ कि संसारमा बा दुई प्रकारका छन् ।” [bs-quote quote=”कविता यति धेरै चर्चित हुनुमा उनी भन्छिन्, “यही कविता कुनै छोराले लेखेको भए यति मन पराइँदैनथ्यो सायद । म छोरी भएर बाको मर्म बुझेको कारण पनि कविताले धेरैको मन छोयो ।”” style=”style-2″ align=”left” color=”#dd9c39″ author_name=”नीरा शर्मा” author_job=”कवि” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/nira-sharma.jpg”][/bs-quote] एकथरी बा हुन्छन् जसले सन्तान जन्माउनुलाई ‘ठट्टा’ सम्झिन्छन् र उनीहरू प्रतिका सबै जिम्मेवारी आमाको काँधमा जिम्मा लगाएर पन्छिन्छन् । अर्काथरी बा हुन्छन् जसले आफ्ना सन्तानलाई सफलताको चुचुरोमा पुर्\u200dयाउन जम्मै दुःख, पीडा, कष्टको भारी बोकेर आफैँ बेस क्याम्पसम्म पुग्छन् अर्थात् आफ्ना सम्पूर्ण जिम्मेवारी बहन गर्छन् । तर जब सन्तानले सफलताको चुचुरो चुम्छन्, तब बा–आमालाई भुइँको धूलो ठान्छन् । “बुढेसकालमा सन्तानप्रति गुनासो धेरै हुने र तिनै पोकाहरूले थिचिएर हो दुःखी हुने,” कवि थप्छिन् । माइतीबाट चितवन फर्कने क्रममा बाटोभरी कविका आँखामा बाको अनुहार मात्र आइरह्यो । बसमा बसेपछि उनले ‘बा’ लेखिन् । बेलुकी चितवन पुगेपछि आफ्नो कविता फेसबुकमा पोस्ट गरिन् । सामाजिक सञ्जालभर उनको बा कविता हजारौँ पटक सेयर भए । कतिले आफ्नो नाम राख्दै अनलाइनलाई दिए । सामाजिक सञ्जालमा बा कविता भाइरल भइरहेको थियो तर कविलाई थाहा थिएन । त्यसैबेला साहित्यकार किशोर पहाडीले कवि नीरा शर्मालाई फोन गरेर बा कविता कविको नाम बिना नै सेयर भैरहेको सुनाए । कतिलाई त किशोर पहाडीले नै कमेन्ट गर्दै बा कविताकी रचनाकार नीरा शर्मा हुन् भनेका थिए । तारिफ, चर्चा, अन्तर्वार्ताजस्ता कार्यबाट टाढै रहने कवि नीरा शर्मालाई ‘बा’ कविताले बाहिर ल्यायो । यस कवितालाई सङ्गीतकार हरि लम्सालले सन् २०१७ मा आफ्नो सुमधुर स्वर र सङ्गीत दिएर सुगन्ध थपिदिए । बाको मुख हेर्ने दिन पारेर रिलिज गरिएको उक्त भिडियोले कवितालाई अझ उचाइमा पुर्\u200dयायो । कविता यति धेरै चर्चित हुनुमा उनी भन्छिन्, “यही कविता कुनै छोराले लेखेको भए यति मन पराइँदैनथ्यो सायद । म छोरी भएर बाको मर्म बुझेको कारण पनि कविताले धेरैको मन छोयो ।” सन् २०१९ मा कवितालाई गायक रवीन शर्माले वाचन गरेका छन् भने समालोचक महेश पौड्यालले यस कवितालाई अंग्रेजीमा अनुवाद पनि गरेका छन् । बा कविताजस्तै फरक धारमा उभिएर कविता लेख्न रूचाउने कवि नीरा शर्मामा अरू धेरै कविताहरू पत्रपत्रिकामा प्रकाशन भइसकेका छन् । उनै नीराको कविताकृतिको प्रतीक्षामा पनि धेरै पाठकहरु रहेका छन् । यो उनका बारे गरिएका कमेन्टहरूबाट पनि बुझ्न सकिन्छ । हामी कवि शर्मालाई उत्कृष्ट कृति प्रकाशनको लागि अग्रिम शुभकामना बोल्छौं । #नीरा शर्मा #बा प्रेमान्तर: आमाको आशीर्वाद बोकेर चन्द्रमा छुन हिँडेको मान्छे म बाटैमा भेटियौ तिमी मध्यरातमा । कुनै अन्धकार जङ्गलको बीचमा इशारा गरिदियौ छेउकै इनारतर्फ पूर्णिमाको पूर्ण चन्द्रमा टिप्न गल्ती गर्यौ तिमीले, केही त पक्कै नत्र आमाले सानो छँदा थालमा पानी राखेर चन्द्रमा देखाएजति आनन्द किन पाइनँ मैले ? #दीपक कविको नजरमा कविः विकेश कविन र विवश बाबु: कविता के हो ? के होइन ? कविताको निश्चित परिभाषा के हो ? कविता किन लेख्छन् कविहरूले ? कोही कवि हरेक दिनजसो कविता लेखिरहेका हुन्छन् भने कोही कवि महिनौँसम्म पनि लेख्न सकिरहेका हुँदैनन् । आखिर किन ? यी सम्पूर्ण प्रश्नका उत्तर भने नभएका होइनन् । परन्तु यी प्रश्नका उत्तर भने समान हुँदैनन् । कविपिच्छे फरकफरक उत्तर पाइन्छन् । कला र कवितालाई कवि मनु मन्जिल यसरी व्याख्या गर्छन्– ‘प्रकृतिले हामीलाई जीवन दियो । हामी मानिस उसलाई हृदय दिन्छौँ । प्रकृति बोल्छ गहिरो कुनै भाषामा, त्यसैलाई सायद कला भन्छौँ, कविता भन्छौँ ।’ ‘आफूमा भएको ऊर्जा (सीप पनि होइन, ज्ञान पनि होइन) र ब्रह्माण्डमा भएको ऊर्जाबीच सम्पर्क भएर जे आउँछ, त्यो नै कविता हो,’ कवि नवराज पराजुली यसरी कवितालाई दुई ऊर्जाबीच सम्पर्क भएर आएको कुनै अनिश्चत/अज्ञात कुरा भनेर स्वपरिभाषित गर्छन् । कवि महेश पौड्याल भन्छन्, ‘कविता निरन्तर आफ्नै गतिमा चल्ने विधा हो । यो ह्वात्तै चुलीमा पुग्ने र ह्वात्तै रसातलमा खस्कने विधा होइन ।’ ‘सुन्ने, देख्ने, छुनेभन्दा पनि परको कुरा हो कविता । यो पराभौतिक कुरा हो,’ कवि रमेश क्षितिज कवितालाई यसरी पराभौतिक कुराको रूपमा स्वव्याख्या गर्छन् । स्वपरिभाषित गर्छन् । यसरी नेपाली कविताका चार कविहरूः मनु मन्जिल, नवराज पराजुली, महेश पौड्याल र रमेश क्षितिजका कविताका परिभाषा/व्याख्या हेर्ने हो भने पनि कविपिच्छे कविताको व्याख्या असमान रहेको पाइन्छ । वर्तमान नेपाली कविताको क्षेत्रमा विशेषतः युवा कविहरूले कवितामा नयाँ प्रयोगहरू गरिरहेका छन् । तिनीहरूले फरकफरक कोणमा फरकफरक शैलीका फरकफरक स्वादका कविताहरू लेखिरहेका छन् । यसले गर्दा नै कविताका पाठकहरू बढेको पनि बुझ्न सकिन्छ । युवा कविहरूमाझ साथसाथै नेपाली कविताको क्षेत्रमै एकदमै मनपराइएका (कविताहरू) र आफ्ना कविताहरूको माध्यमले आफ्नो छुट्टै पहिचान बनाएका युवा कवि हुन्– विवश बाबु । कुनै पनि विषयलाई सूक्ष्मरूपमा बुझेर त्यही सूक्ष्मताको वृक्षमा कविताको फल फलाउने कवि हुन् बाबु । उनी कविता लेख्छन् । उनी कविताको साधना गर्छन् । उनी कविताको अनन्त पथमा यात्रारत छन् । उनी कवितालाई (अ)कविता भन्छन् । (अ)कवितालाई कविता भन्छन् । सायद (अ)कविताभित्र विशाल कविता लुकेको हुन्छ भन्ने कवि विवश बाबुको बुझाइ छ । उनी कविता, (अ)कविता सबैप्रति सकारात्मक छन् । सायद यही कारणले गर्दा उनी कुनै पनि विषयलाई गहनरूपमा बुझेर कविताका ढाल्न सक्छन् । कवि विवश बाबुको एउटा कविता छ ‘बाटो’ शीर्षकको । यो कवितामा राजनीतिक पदचापहरू कतै पनि आँखाले देखिदैनन् । यो कवितामा क्रूर शासकीय व्यवस्था कतै पनि देखिदैन । परन्तु यो कवितामा ‘कु’राजनीतिक विचरणले कसरी देशका जनताहरू मारमा परिरहेका छन्, शोषित बनिरहेका छन्, भुइँमान्छे बनिरहेका छन्, ती सम्पूर्ण कुराहरूलाई कवि बाबुले विशिष्टरूपमा चित्राङ्कन गरेका छन् । लाग्छ, कविले वर्तमान नेपाली राजनीति लेखेका छन् कवितामा जुन राजनीतिले हरेक नेपाली स्वाभिमानी शीरमा आफ्नो भ्रष्ट र अराष्ट्रिय बुट बजारेको छ । यो ‘बाटो’ शीर्षक कविता पढिसकेपश्चात् हामीलाई बाटो भन्नु नै हामी नेपालीहरूको स्वाभिमानी शीर हो भन्ने लाग्न सक्छ । बाटो भन्नु नै हाम्रो जीवन हो भन्ने लाग्न सक्छ । बाटो भन्नु नै हामी हौँ कि भन्ने पनि लाग्न सक्छ । ‘बाटो’ शीर्षक कविताको अन्तिम हरफमा कवि विवश बाबु लेख्छन् – “युगौँदेखि हामीले बनाएको समयको यो बाटोमा हाम्रै पैतालाहरू नहिँडेर किन कुद्छन् ? सभ्यताका टायलहरू । जसले हाम्रा आँखाहरूमा भ्रमको हिलो छ्यापेर जान्छन् ।” एउटी गृहिणीको दिनचर्या, उसको जीवन, उसको घर र घरका प्रत्येक परिवारजन साथसाथै बस्तुभाउ प्रतिको अपार समर्पण, उसको सपना, उसको विपना आदिइत्यादि कुरालाई कवि विवश बाबुको ‘सुन्तली’ शीर्षक कवितामा प्रस्तुत गरिएको छ । यस कवितामा गाउँले जीवन, परम्परावादी आचरण र विचरण, एउटी महिलाको महान् समर्पण आदि कुरालाई देखाइएको छ । सुन्तली जो सुकै कुनै गाउँले महिला हुन सक्छिन् । परन्तु उनी सहरकी महिला कदापि हुन सक्दिनन् । यो कविताले एकातिर मान्छेले आफ्नो कर्मप्रति वफादार हुनुपर्छ, घरपरिवारको भलो हुने काम गर्नुपर्छ आदि कुरा बताएको छ भने यो कविताले महिलाहरूलाई केवल घरमा घरकै काम मात्र गराएर राख्नु हुँदैन, उनीहरूलाई पनि स्वतन्त्र भएर बाँच्न दिनुपर्छ भन्ने कुरा अप्रत्यक्षरूपमा बताएको छ । यसै ‘सुन्तली’ कविताको एक हरफ यस्तो छः “हुँदाहुँदा कहिलेकाहीँ समयले सुन्तलीको चप्पल लुकाएर आफू पर पुग्छ फुटाएर छर्दै छर्दै बाटाभरि सुन्तलीले अनुहार हेर्ने ऐनाका टुक्राहरू धूवाँले पोतेको अनुहार लिई, खाली खुट्टा किन कुद्छे सुन्तली ? समयको पछिपछि सायद उसलाई कसैले सुनाइदिन्छ समयले लगिगयो उसको छोराको जुत्ता ।” कवि विवश बाबुको कविता यसप्रकार छः १. बाटो हाम्रा नङ्ग्राहरूले भित्तो उधिनेपछि बनेको हो यो बाटोको बनोट । हामीले आफ्नो टाउको ढोक्काएर फुटाएका हौँ चट्यानहरू । र चाक्लो बनाएका हौं यो बाटोलाई । हामी खाली खुट्टा दौडेर हाम्रा पैतालामा कोपाएका हौँ सिसाहरू, खिलहरू । र, बाटोलाइ नबिझाउने बनाएका हौँ । हामीले पसिना पोखाएर यो बाटोमा धूलो उड्न दिएनौँ । हाम्रो निद्राले ननिदाई खनिरह्यो यो बाटोका नालीहरू । हामीले आफ्नो उमेरलाई रगतले मुछेर बिछ्याएका हौँ यो बाटोमा र पो यो बाटो बलियो बनेको हो । हामीले आफ्ना मुटुहरू भित्तामा टाँसेर जोगाएका हौँ यो बाटोलाई पहिरोबाट । बेलाबेलामा हाम्रो थकानलाई छेउतिर बिछ्याएर बनाएका हौँ पार्किङस्थल । हामीले आफ्नो शीर ढड्याएर स्वाभिमान बालेका हौँ यो बाटोलाई उज्यालो बनाएका हौँ । अनि हाम्रा हत्केलामा आफ्नै बैँस फुलाएर राखेका हौँ छेउछाउमा यही बाटोलाई सुन्दर बनाउन । हिजो नालीमा कुहिएको न्यायको साँगुरो सोच सफा गर्न हाम्री भाउजूले आफ्नी दूधे बच्चीलाई सडकमा सुताइन् । तर, यो युग बोकेको घोडाको टाप बजारियो हाम्री छोरीको हृदयमा । आज सडकको छेउमा उम्रिएको झार उखेल्दै गरेकी हाम्री बिरामी आमालाई धकेलेर अघि बढ्यो यो व्यवस्थाको एम्बुलेन्स । र, सायद भोलि हाम्रा छोराहरूले गुर्जेगानोको गाडी कुदाएर बाटो बिगारेको आरोपमा कलिला आङहरूमा यो विधानले र्कोरा बजार्नेछ । युगौँदेखि हामीले बनाएको समयको यो बाटोमा हाम्रै पैतालाहरू नहिँडेर किन कुद्छन् ?? सभ्यताका टायलहरू । जसले हाम्रा आँखाहरूमा भ्रमको हिलो छ्यापेर जान्छन् । २. सुन्तली बिहान ब्युँझनु पूर्व सकिन्छ सुन्तलीको सपनाको शृङ्खला । र त बिहानै अलार्म लगाउन पाउँदैनन् गोठका भोकहरूले आदिम संगीत निकाल्दै मूलको पानी बोलाइरहेको छ, सुन्तलीको गाग्रीलाई अँगेनालाई पनि त जाडो भैसक्यो सबैका बिस्ताराले कुरेका छन् एक कप तातो चिया । ठूलो छोराको ट्युसन क्लास, छिटो पठाउनु पर्ने ! हेर्नुस न, निफनेको आटो सकिएछ। उता खरबारीमा खरले प्रत्येक दिन कुरिबस्छ सुन्तलीको आँसीले दिने मृत्युदण्ड श्रीमान्ले टाईको गाँठो पार्न त सिके हुने, बाटुलीले आजै हुड्डा बोलाएकी छिन्। साँझमा पूजाकोठाले बोलाउँछ फेरि, दिनभरिको गोबर गोठमै छ फेरि भैंसी पनि त एकहाते छ ससुरा बाले बेलुकी सुक्खा रोटी खोज्नुहुन्छ ढिला भए छोराछोरी नखाई सुतिदिन्छन् र, पनि कहिलेकाहीँ निस्किहाले, सुन्तलीको फुर्सदले किन निद नबोलाएर कुरुस बोलाउँछ ? नचुँडाई फुकालेर आफ्नै गुजुल्टिएको जिन्दगी, किन बुन्छन् सुन्तली र सुन्तलीको कुरुसले अरुका लागि मात्र स्विटर अनि सपना? हुँदा हुँदा कहिलेकाहीँ समयले सुन्तलीका चप्पल लुकाएर आफू पर पुग्छ फुटाएर छर्दैछर्दै बाटाभरि सुन्तलीले अनुहार हेर्ने ऐनाका टुक्राहरु धूवाँले पोतेको अनुहार लिई, खाली खुट्टा किन कुद्छे सुन्तली ? समयको पछिपछि सायद उसलाई कसैले सुनाइदिन्छ समयले लगिगयो, उस्को छोराको जुत्ता । यतिखेर, मेरो सिरानीमा एक बोतल ख्याल राखेर मेरो निधारमा एक सागर प्यार राखेर चाँडै निदाइसकी मेरी सुन्तली भोलि बिहानै मलाई बजार जानु छ। #विकेश कविन #विवश बाबु ‘अछुत’को प्रेमगीत: अभय श्रेष्ठ म छु वारि भीरमाथि, डाँडाको बतासजस्तै पारि छ मेरो मुटु । जसरी पुरानो भित्तामा चल्छ खिया लागेको पुरानो घडी ठिक त्यसरी नै चल्छ नयाँ संविधानमा सत्ताको रथ त्यसरी नै तिम्रो नजरमा म अझै पिँढीभन्दा तल करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु । हार्नेहरूको वीरताझैँ मेटिन्छ त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास । म मान्दिनँ– प्रेमको संसारमा वर्णको कुनै भित्ता हुन्छ एक बारको अमूल्य जुनीकै जोखिममा रोजेको हुँ मैले एक ‘सवर्ण युवतीको प्यार तर, हरेक पटक प्रेमको आलिङ्गनमा मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर । मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई जिउँदै जल्न नदिन अब त मसँगै छन् वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा निःसासिएका सहस्र मानिस प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र यो देशको सर्वोच्च विधान रगतले सिँचेको यो भूमि, पसिनाका बुँद, यो घाम, यी जूनतारा बतास र रूखपातले पनि युगमाथि तर्जनी औँला ठड्याइसके । तर, भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको प्रेमको जवाफमा किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ? म प्रेमको अतुल गहिराइमा बोल्छु मौन भाषा त्यसलाई तिमी तरबारले थुन्छौ जवाफमा वाचाल छ मेरो मौन जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरू छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब दिनु छ युगलाई प्रेमको भाषामा एउटा बाफिलो जबाफ यो देश सबैको फूलबारी हो भने मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा । म पनि त चाहन्छु यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी मेरो पवित्र प्यारको आकाङ्क्षामा नखलबलियोस् कुनै रूखको जरा नलागोस् कुनै वनमा डँडेलो तर, दुनियाँमा कैयन् यस्ता कुरा छन् जसलाई नजलाए यहाँ धेरैले जिउँदै जल्नुपर्छ । म छु वारि भीरमाथि डाँडाको बतासजस्तै पारि छ मेरो माया । #दलित अजयका तीन मुक्तक\xa0: १. पूरानो अतित सम्झाई दियो कुनै बेलाको त्यही गुनको बदला लियो कुनै बेलाको जसले मेरो सिसाको घरमा पत्थर हान्यो अहिले उहीँ नै घनिष्ट साथी थियो कुनै बेलाको ।। २. म गरिब तिमी धनी गाह्रो हुनेरहेछ फेरि प्रेम छुट्छ भनी गाह्रो हुनेरहेछ हिरा जस्तो सम्बन्ध पितल हुने डरले मन पराउँछु भन्न पनि गाह्रो हुनेरहेछ ।। ३. छोरा मात्रै चाहिन्छ भन्ने बाआमाको दिल थियो शिक्षित भएर पनि मस्तिष्क भने शिथिल थियो छोरी भएको कारण भ्रूण हत्या भयो जसको आमा महिला अधिकारकर्मी बाबू वकिल थियो ।। #अजय अनमोल मालचरी: भुर्र उडेर गए एक हूल मालचरी सूर्यको अर्को उज्यालो फन्कोसँगै आशाको डिलैडिल जसलाई क्यै गरी बन्द गर्नु छ बचेराको चिँ चिँ नदेखिने बनाउनु छ गुँडभित्र सूर्यको डिस्को लाइट नलाग्ने बनाउनु छ बर्षाको धारे हात सजाउनु छ भित्ताहरू रङ्गिन छेस्काहरूले बच्नुछ शिकारीको निशानाबाट फुत्किनु छ सर्पको आहार हुनुबाट जोगिनु छ ठक्कर दिने सपनाभन्दा अग्ला महत्वकांक्षाको पहाडबाट सामना गर्नु छ चीलबाजहरूसँग चुँडाउनु छ खुट्टामा बाँधिएको धागो हुनु छ निको अलौकिक घाउबाट नपर्नु छ पासोको डोकोमा ठुङ्नु छ जाल थाप्न खोज्ने जालधारीको कानमा मिसिनु छ आफूजस्तै उड्ने अर्को जातसङ्ग उडाउनु छ बोकेर कहिले, उडिनु छ बोकिएर कहिले लुक्नु छ कहिले रुखका हाँगाहरूमा देखिनु छ कहिले खुल्ला आसमानमा हल्लाउनु छ पखेटा नपुगुन्जेल उचाइको आकाश भर्नु छ सानो र ठूलो आन्द्राको लहर हेर्नु छ हिमाल मुन्तिरको सुन्दर दृश्य देख्नु छ उ पारीको चरीको अर्को बस्ती सुन्नु छ आफ्नै नाम खुल्ला आकाशभरी र राख्नुछ नयाँ किर्तिमान तर बत्ती ननिभ्दै फर्कनु छ आफ्नै स्थल बन्द हुनु छ आँखा खोल्ने ढोका सधैँभरिलाई दिनु छ पालो अर्को मालचरीलाई एउटा अर्को नयाँ कथाको लागि । #मालचरी मासुको मण्डी: एउटा दृश्य हाटबजारको जहाँ किनबेच हुन्छ राज्यसत्ताबाट स्थापित विसंगतिका घरेलु कारखानामा उत्पादित बाइप्रडक्टहरू । स्टलमा सजाइएका ननभेज परिकारहरू छन् नितम्बको चौडाई स्तनको गोलाई कम्मरको छिनाई आँखाको गहिराइ ओठको मोटाई र अरू यस्तै यस्तै । बिक्रेताहरू छन् विवशता बेरोजगारी गरिबी परित्यक्ता बेखर्ची महँगी बेथिति आदि र इत्यादि ! ग्राहकहरू छन् फरक स्वादका पारखीहरू चरम विकारका शिकारीहरू असङ्ख्य असफल प्रेमीहरू बिरक्तिएका मनहरू फास्टफुडमा रमाउनेहरू बजारिया फ्लेभर रुचाउनेहरू । हरेक साँझको सघन घुर्मैलोसङ्गै सुरु हुने यो मण्डीमा बार्गेनिङ हुन्छ मासुको मुल्यको मासुको रङको मासुको स्वादको मासुको क्वालिटीको । लिलाम बडाबड हुन्छ क्रेताको क्रय शक्तिको बिक्रेताको कामशक्तिको रुप र सौन्दर्यको उमेर र वयको खर्चिने समयको । सिद्धान्त लागू हुन्छ माग र आपूर्तिको गुणस्तर र मूल्यको अवमुल्यन हुन्छ प्रेमकोर कसमको सिन्दुरको र संस्कारको धर्मको र कर्मको । राष्ट्रबाट बर्जित तर चर्चित बजार सरकारलाई कर छली गर्ने कालोबजार धर्मले निषेध गरेको नियोजित बजार जति मास्न खोज्यो झन फस्टाउँदो बजार खै कस्तो बजार ? साह्रै सस्तो बजार एउटा मान्छेले अर्को मान्छेलाई सबैभन्दा सस्तो मूल्यमा सजिलैसँग किन्न पाइने मान्छेको मासुको हाटबजार । #मासुको मण्डी #राधिका कल्पित अब रंगीन चार्ल्स डिकेन्स: लन्डन/भिक्टोरियन कालमा खिचिएका प्रख्यात लेखक चार्ल्स डिकेन्सका आठ तस्बिरलाई यतिबेला उनकै नाममा खुलेको संग्रहालयले रंगीन बनाउने अभियान शुरू गरेको छ। ‘क्रिसमस क्यारोल’, ‘ओलिभर ट्विस्ट’, ‘अ टेल अफ टु सिटिज’, ‘डेभिड कपरफिल्ड’ तथा ‘ग्रेट एक्सपेक्टेसन्स’जस्ता प्रख्यात उपन्यासका लेखकको तस्बिर रंगीन बनाउने यस अभियानलाई केहीले स्वागत गरेका छन् भने केहीले भने आलोचना गरेका छन्। चार्ल्स डिकेन्स म्युजियमले यस अभियानलाई अघि बढाएपछि डिकेन्स वास्तवमै कस्तो देखिन्थे होला भनेर कल्पना गर्नेहरूका लागि एउटा मसलासमेत दिएको छ । रानी भिक्टोरियाको पालाका यी लेखकको फेसन मोह, रोजाई, छालाको रङ आदि सबै अध्ययन गरी उनको रंगीन तस्बिरमध्ये एक (यहाँ देखिएको) सार्वजनिक गरिएलगत्तै यसको पक्ष र विपक्षमा कुराहरू उठ्न थालेका हुन्। उनको तस्बिरलाई रंगीन बनाउन डिकेन्सका पनातिका पनि पनातिको सहयोग लिइएको म्युजियमले जनाएको छ। डिकेन्सका सन्तानका दुई जना पनातिका पनि पनाति अझै ज्यूँदै छन्। गेराल्ड डिकेन्स र मार्क डिकेन्सको छालाको बनोट अध्ययन गरी चार्ल्स डिकेन्सको अनुहारलाई रंगीन बनाउन सहयोग लिइएको संग्रहालयले जनाएको हो। ‘अनुहारको रङलाई अन्तिम स्वरूप दिँदा मलाई त अचम्मै लाग्यो,’ रंगीन तस्बिर अभियानमा संलग्न ओलिभर क्लाइडले भने, ‘उनको यो तस्बिरलाई अन्तिम रूप दिइसक्दा मलाई के लाग्यो भने उनको यो तस्बिर खिच्ने क्रममा उनको स्वास्थ्य उति राम्रो थिएन होला। उनी अलि पहेँलिएजस्तो वा अनुहारमा कान्तिको अभाव स्पष्ट झल्कन्छ।’ उनको यात्रामोहका कारण बरोबर विभिन्न मुलुकमा गइरहन्थे । जसका कारण उनी एउटा गोराजस्तो नदेखिई अलि छाला डढेको अध्ययनले देखाएको ओलिभर बताउँछन्। उनी भन्छन्, ‘यो तस्बिर हेर्नुभयो भने उनले कयौँ समयदेखि कपाल नकोरेको र दाह्रीलाई नसम्याएको देखिन्छ।’ डिकेन्सका आठ तस्बिरहरूलाई रंगीन बनाउने अभियान चलाइएको हो। तीमध्ये यो पहिलो चरणको तस्बिर हो। यो तस्बिर उनी ४७ वर्षको छँदा लिइएको विज्ञहरू बताउँछन्। अभियानकी क्युरेटर फ्रान्की कुबिकी भन्छिन्, ‘धेरैलाई कुनै साहित्यकारको अनुहारलाई रंगीन बनाउनु सामान्य काम जस्तो लाग्ला तर यसका लागि हामीले लामो शोध गरेका छौँ र धेरैको सहयोगले उनको वास्तविक रङ ल्याउने प्रयास गरेका छौँ। रंगीन बनाइएका यी सबै तस्बिरहरूलाई बन्दाबन्दी खुलेपछि चार्ल्स डिकेन्स संग्रहालयमा प्रदर्शनका लागि राखिने पनि कुबिकीले बताइन्। #चार्ल्स डिकेन्स #संग्रहालय इज्जत: मेरो हजुरबुवाले भन्नुहुन्थ्यो बुवाआमाले पनि भन्नहुन्थ्यो अनि, गाउँ समाजका सबैले भन्नुहुन्थ्यो इज्जत राख्नुपर्छ है कान्छा ! सबैका लागि र सधैँकालागि सबैभन्दा ठूलो र विशाल छ मान्छेको इज्जत । आरोप प्रत्यारोप लाग्ननहुने लागेको कुरा देख्न नहुने देखेको कुरा सुन्न नहुने छाडेर हिँड्न नमिल्ने ढाकेर मात्रै राख्नुपर्ने अनि, कसैलाई देखाउन नमिल्ने कस्तो छ यो इज्जत लागेको इज्जत पखाल्न नमिल्ने च्यातेर पनि नच्यातिने ढाकेर निकहिल्यै नढाकिने छोपेर पनि नछोपिने अनि, लुकाएर पनि नलुक्ने सुकाएर पनि नसुक्ने कस्तो अचम्म छ लागेपछि टाँस्सिइरहने सधैँ बडहरको खोटोजस्तो छ इज्जत . आफ्नो मनलाई थाम्न नसकेसी दृष्टिलाई बक्र बनाएसी अपनत्वलाई त्यागेपछि मान्छे मान्छे भित्रको भावना पशुत्वमा ? पान्तरित भैदिन्छ अनि, मानवबस्तीको जञ्जीरलाई तोड्दै डर, त्रासको भावनाको अन्त्य हुन्छ अनि, लगाम बिनाको घोडा बन्दै मान्छे पशुत्वमा परिणत भई अपराधीबन्न पुग्दछ बर्षौदेखि आर्जन गरेको मान, प्रतिष्ठा एक क्षणमा खरानी बनाउँछ ऋाफू सकिन्छ परिवार सकिन्छ समाज नै दुर्गन्धित बनाउँदै सिङ्गो राष्ट्रलाई समेत डुबाउँछ त्यसैले इज्जत इज्जत नै हो जसले मान प्रतिष्ठालाईं बढाउँछ मान्छेलाई मान्छेजस्तै बाँच्न सिकाउँछ निडर र स्वाभिमान बनाउँछ बलशाली र शक्तिशाली बनाउँछ अनि, मान्छे भित्र मानवता बढाउँदै अजर र अमर बनाउँन सक्छ यही सानो इज्जत । #नारायणप्रसाद न्यौपाने प्रश्न: कुल्चिएर बाटो मुनिको एउटा फूल भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएको छ अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन ? एक चौथाइ साइँली सुनको औठी सँगै बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ अब घाटमा लासहरू जल्छ जल्दैन ? फुटेर मूल्यहीन प्रेमिल मुटुको भाग्य चट्टानमा कालरात्रिमा जस्तै रगत लतपतिएको छ अब चट्टानबाट मूर्ति बन्छ बन्दैन ? कठिन अन्तिम स्वासहरू सँगै अछुत भौतिक शरीर पञ्चतत्वमा बिलिन भएको छ अब मान्छेले स्वास फेर्छ फेर्दैन ? ब्लड ब्याङ्कको एक पाउण्ड बाँकी रगत कस्को हो ? रक्तनलीमा छकबार गर्ने ढोका हुन्छ हुदैन ? #प्रश्न धरती: तिमी स्वास्नी बनाउँछौ र कुल्चिदिन्छौ अनि भन्छौ– नारी धरती हो धरती सहनशीला हो ! बुझ पचाउँछौ कि ? नारी त आकाश पो हो ! आकाश बर्सिएन भने कहाँ बाँच्छ धरती कसरी पुरिन्छन् तिम्रा खडेरीले चिरिदिएका दरारहरू ? #धरती म हराउँदैछु: आजभोलि अनौठा सपना आउँछन मेरो सहरमा मान्छेले कुकुरलाई र, कुकुरले मानिसलाई आलोपालो गरि टोक्छन । दुवै स्वास्थ्यचौकी लगिन्छन् । फर्काइन्छन् पटक पटक त्यसैले त आज सहर शान्त छ । जीवन सम्भ्रान्त छ । धन्य हामीसँग चेष्टा छ । रमाउने रहर छ । बजार छ । पार्कहरू छन् । त्यसैले त अर्काले घुमाउने, रोटेपिङ्गमा बसेर घुम्न पाइन्छ । त्यसैले त चटकेको बाँदर हेर्न पाइन्छ । बाहिर नेमप्लेटमा लेखिएको छ बाँदरका बारेमा बुझ्न मदारीलाई सम्पर्क गर्नुहोस् । #म हराउँदैछु स्वर्ग: मलाई एउटा लामो लौरो चाहिएको छ तिखो, लामो लौरो त्यो लौरोले म सुरुमा हावा छेड्छु त्यसपछि बादल छेड्छु त्यसपछि आकाश छेड्छु हावाको चिसो बादलको सेतो र आकाशको नीलो छेडेर बनेको प्वालबाट नियालेर हेर्दा खराउ लगाएर हिँडिरहेका देवताका पइताला देखिन्छन् होला वर्षौअघि बितेका मेरा पुर्खाहरू देखिन्छन् होला नाच्न नजान्ने इन्द्रको आँगनमा नाचिरहेका अप्सरा देखिन्छन् होला । रिटायर्ड बृद्ध पेन्सनको लाममा बसे जस्तै ८४ लाख जन्म–मृत्युको दस्तुर तिरिसकेर ब्रह्मामा लिन् हुन नाम लेखाएर खुइय गर्दै पालो पर्खिरहेका बृद्ध आत्माहरू देखिन्छन् होला । मोटो सिसाको चश्मामा लामो सेतो दाह्री भएको ५,००० वर्ष बूढो चित्रगुप्तले धूलो लागेको पूरानो ढड्डामा स्वर्ग जाने र नर्क जानेहरूको नाम रेकर्ड जाँच्दै गरेको देखिन्छ होला । उनी बस्ने मेच पछाडिको सानो कालो खोपीबाट स्वर्ग पठाउनुपर्ने अपराधीहरूको गोप्य सूची कसैले दिँदै गरेको देखिन्छ होला । कसैले थाहा नपाउने गरी स्वर्गको एउटा टुक्रा जग्गा नर्कको नाममा पास गर्न इन्द्र र यमराजबीच वार्ता भइरहेको देखिन्छ होला । किराले मक्काएको कल्पवृक्षको हाँगामा फलेका अनौठा अमिला तिता नमीठा फल खाएर बान्ता गरिरहेका देवगणहरू देखिन्छन् होला । मलाई एउटा लामो लौरो चाहिएको छ तिखो, लामो लौरो । #स्वर्ग चर्चित कविताः जुलिया प्रास्टाना: प्रकाश गुरागाइँ म काली छु हो हाँडीको पिँधजस्तै काली मलाई कालो हुनुको पीडा छैन । मेरो कपाल कपाल होइन घोडाको जगर हो त्यो जगरमा छ घोडा हुनाको पहिचान । मेरा आँखा चिम्सा छन् एकदमै चिम्सा र कुना चाउरिएका यो उर्वर बैंसमा पनि बूढी देख्नु तपाईंको दृष्टि हो । मेरो नाक थेप्चो र बाङ्गो छ हो एकदमै बाङ्गो नागबेली नाक माथिल्लो ओठ सुकेको छ तल्लो ओठ ठूलो छ जस्तो निग्रोहरूको हुन्छ छाला बाक्लो र फुस्रो छ जस्तो गोहोरोको सुन्दरता छालामा छ तर, म गोहोरो होइन । निधार झोलुङ्गे पुलजस्तो छ बायाँ कानमा टुसो पलाएको छ दुब्लो भएर गाला सुकेका छन् अनुहारभरि भुत्लाहरू छन् यी तारजस्ता भुत्ला ठडिइरहन्छन् । यति भनिसकेपछि तपाईं मेरो अनुहारको चित्र बनाउन सक्नुहुन्छ मलाई त्यो चित्र सुन्दर लाग्नेछ हो, मलाई थाहा छ मेरो चित्र प्रदर्शनीमा राखिने छैन न त बिक्नेछ र्.याम्पमा म बिक्छु केवल सर्कसमा जहाँ नाचिदिन्छु तपाईं मलाई मन पराउनुहुन्न तर, मेरो नाचमा खूब रमाउनुहुन्छ । म तपाईंजस्तो छैन म, मजस्तै छु साँच्चिकै सुन्दर छु म जुलिया प्रास्टाना हुँ, यो समयको । (‘खुट्टामा श्रीपेच’ कवितासंग्रहबाट) #निग्रो #प्रकाश गुरागाइँ #विभेद संस्मरणको विश्वव्यापी प्रतियोगिता हुँदै: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको तत्वावधानमा विश्वव्यापी रुपमा फैलिएको काेराेना (काेभिड-१९)का कारण सर्जकले भाेग्नु परेकाे लकडाउन र यससँग सम्बन्धित विषयमा खुला “संस्मरण लेखन विश्वव्यापी प्रतियोगिता” को आयोजना गरिने भएको छ। संस्मरण लेखकले “लकडाउन अनुभूति” लेखी पठाउनुपर्ने बताइएको छ। प्रतियोगितामा भाग लिन रचना पठाउने विभिन्न सात नियम तोकिएका छन्। १) आफ्नाे रचना तथा संस्मरण इमेल मार्फत पठाउनुपर्नेछ । २) रचना टाइप गरेको हुनुपर्नेछ । ३) रचना तथा आलेख अप्रकाशित र बढीमा २००० शब्दको हुनुपर्नेछ । ४) कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा लेख/रचना स्वत: अस्वीकृत हुनेछ । ५) एकजना सर्जककाे एउटा मात्र लेख प्रतियोगितामा समावेश गरिने छ । एकभन्दा बढी आएमा स्वतः रचना रद्द हुनेछ । ६) रचना/संस्मरण कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ । ७) रचना विषय केन्द्रित नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । स्रष्टाले आफ्नो संस्मरणका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ । ८) प्रतियोगिताका लागि प्राप्त रचना कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ । ९. प्रतियोगिताका लागि प्राप्त रचनाकाे भाव, भाषा, शैली र घटनाहरु एउटै पृष्ठभूमिकाे पाइएमा वा अरूसँग कसैको संस्मरणकाे अंश मिल्न गएमा या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ । १०. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय आयोजकको रहने छ । ११.संस्मरणात्मक रचना प्राप्त हुनुपर्ने अन्तिम मिति २०७७ साउन मसान्तसम्म हुनेछ । १२. पुरस्कार : प्रथम -रू.३०,०००/- ( रू.तीस हजार) द्वितीय -रू.२०,०००/- (रू.बीस हजार)र तृतीय -रू.१०,०००/- (रू.दस हजार) रहने छ । १३. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ रचनाहरुकाे को सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका रचनाहरु निर्णायक मण्डलले संकेतात्मक (काेडिङ्ग)का आधारमा अध्ययन गरी नतिजा सार्वजनिक गरिने छ । १४. यस प्रतियोगितामा समावेश उत्कृष्ट संस्मरणहरुसहित सङ्ग्रह प्रकाशित गरिनेछ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले जनाएको छ । रचना पठाउने सम्पर्क Email: inlslockdownmemirise@gmail.com रहेको पनि समाजले जानकारी गराएको छ। #कोविद १९ #प्रतियोगिता #बन्दाबन्दी #लकडाउन मेरा बाल मस्तिष्कहरू: मेरा बाल सुलभ मस्तिष्कहरूले के सम्झदी हुन् मेरी आमा उनले दिएको डेरिमिल्क भित्रको अमिलोपन भोकाएका मेरा पेटहरूले जे देख्छन तिनै माथि रसाउन जिब्रोलाई आदेश दिन्छन् मेरो बालसुलभ मस्तिष्कलाई के थाह आमा ? खानेकुरालाई देखेपछि रसाएका मेरो जिब्रो जस्तै मेरो शरीर देखेपछी कसैको जिब्रो रसाउँछ भनेर । पितृ वात्सल्य नपाएकी म मलाइ सबैले नानू तिमी भनेको मायाले सुम्सुमाउँदा पिताको रूप देख्ने म । मलाइ अंकल भन्न सिकाउनेहरूको त्यो सुम्सुमाइमा प्रेम हैन हिंसा लुकेको छ भनेर । मेरो बाल सुुलभ मस्तिष्कले पत्ता लगाएन मेरी आमा मलाइ कठै भनेर मेरा अगाडि आँखा रसिला पारिदिनेहरू राप्तीका घडियाल गोही जस्तै रहेछन् भनेर सिकारको अगाडि गएर पिलिक्क रुने अनि स्वाठ्ठ जिउँदै निल्दिने । न फुल्न सकेकी म नफलाउन जानेकी म न जवानसँग परिचित म नजवानीसँग परिचित म तिनै अपरिचित भावहरूको आँकलन गरेर मेरो कोपिला जस्तो शरीरलाई निमोठ्नेहरूसँग मेरो जिन्दगी सुरक्षित देख्ने तिम्रा अदालतका न्यायाधीशहरूको निर्णय र आदेशको भाव मेरो बाल सुुलभ मस्तिष्कले बुझेन आमा । तिमीले खाना खान आइज भन्दा आउने तिमीले साहूको गोडा मिच्न जा भन्दा जाने तिमीले स्कुल नजा पैसा छैन भने पछि चुपचाप घर बस्ने म फेरि तिमीले मलाई लुच्छ्नेको हात समाएर मेरो भविष्यलाई मध्यनजर गरेर जा भन्यौ म फेरि गए चुपचाप केही नबोली । मेरो बालमस्तिष्कले बुझ्न सकेन मेरी आमा मैले समाएको मनुष्यको हात रूपी सिउँडीको काँडो मेरो काल हो भनेर आफ्नो हक आफ्नो जीवन आफू हुनुको अस्तित्व एक सरो नाइलनको डोरीमा अडेको छ भनेर मेरो बाल सुलभ मस्तिष्कले बुझेन मेरी आमा मेरा योनी चोखो हुनेहरूलाई म कसरी बिटुलो भएँ भनेर । #मेरा बाल मस्तिष्कहरू हेर्ने नजर, देख्ने नजर: सागर अर्याल एउटा मान्छे बन्दै गरेको मन्दिर हेर्नका लागि जान्छ । मन्दिर परिसरमा देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकार भेट्दछ । मूर्ति बनाउँदै गरिरहेको हेरिरहँदा अकस्मात् उसको नजर मूर्तिकारभन्दा केही मिटरमात्र पर रहेको मूर्तिमा पर्दछ, जुन मूर्तिकारले अहिले बनाइरहेको मूर्तिसँग हुबहु मिलेको छ । त्यो देखेर उसले मूर्तिकारलाई सोध्दछ, “के तपाईँलाई एउटै देवताको दुइटा मूर्ति बनाउन भनिएको छ ? किन उस्तै अर्को मूर्ति बनाउँदै हुनुहुन्छ ?” “छैन । बनाउन भनेको त एउटा मात्रै हो । मैले लिने ज्याला पनि एउटैकै हो ।”, मूर्तिकारले भने, “तर त्यो पहिलो मूर्ति लगभग अन्तिम समयमा आएर बिग्रन गयो । त्यसैले अर्को मूर्ति बनाउन थालेको हुँ ।” मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले पहिलो मूर्तिलाई नियालेर हेर्याे । धेरैबेरसम्म नियालपछि पनि उसले उक्त मूर्तिमा बिग्रिएको कुनै संकेत पाएन । र मूर्तिकारलाई सोध्यो, “होइन, यहाँ त केही पनि बिग्रेको देखिदैन नि?” “मूर्तिको नाकतिर केही कोरिएको छ ।”, मुर्तिकारले जवाफ दियो । “तर खै ? मैले त त्यस्तो बिग्रिएको कहीँ पनि देख्दिनँ त । कि यहाँबाट नदेखिएको हो ?” “हैन ।” “यो मूर्ति कहाँनेर राख्न गइरहेको छौँ नि ?” मान्छेले मूर्तिकारलाई सोध्यो । “यो मूर्तिलाई २० फिट उचाइको खम्बा माथि राखिने छ ।” मूर्तिकारले भन्यो । आश्चर्य चकित हुँदै मान्छेले फेरि आफ्नो जिज्ञासा राख्यो, “यो मूर्तिलाई २० फिटको उचाइमा राखिँदै छ भने मूर्तिको नाकमा रहेको त्यस्तो सानो कोरिएकोलाई कोट्याई कस्ले पो देख्नसक्छ र ? यहाँबाट त पटक्कै देखिएको छैन ।” त्यो मान्छेको जिज्ञासा सुनेपछि मूर्तिकारले उसलाई एकचोटि हेरे, र मुस्कुराउँदै भने, “तपाईँहरूले नदेखे पनि मेरो आँखा त्यही बिग्रेको ठाउँमा जान्छ, र त्यही आँखा रोकिन्छ । भगवान्ले पनि त देख्छन् ! त्यो बिग्रेको ठाउँ भगवान्ले र मैले त सधैं देख्छौं । त्यसैले मेरो मनले नमानेर अर्को मूर्ति बनाउँदै छु । यदि अहिले मैले मेरो गल्तीलाई ढाकछोप गरेँ भने मेरो जीवनभरिलाई पश्चाताप हुन्छ । मूर्ति त्यहाँ रहुञ्जेल त्यो कमजोरी रहिरहन्छ । मैले आत्मसन्तुष्टिका लागि पुनःअर्को मूर्ति बनाउँदै छु ।” ………………….. वास्तवमा हामीले हाम्रो सामाजिक जीवन होस् वा व्यवसायिक जीवन, जानी जानी वा अन्जानमा गल्तीहरू भएका हुन्छन् । ती गल्तीहरूलाई ढाकछोप गर्छाैँ, नदेखे जसरी छोड्दछौं । यसरी वेवास्ता गरिएका गल्ती र कमजोरीहरूले कालन्तरमा गम्भीर सजाय दिइरहेको हुन्छ । हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पनि धेरै जसो असावधानी, हेल्चेक्र्याइँ, वेवास्ता र लापरवाही गरेको कारणले बढिरहेको छ । बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र आफन्तजनमा एकप्रकारको बाध्यता होला ! तर अरू सामान्य र सर्वसाधारणमा संक्रमण फैलिनु भनेको अधिकांश असावधानी नै हो । अब यसको अन्त्य कसरी हुन्छ ? अहिले भन्न सकिने अवस्था छैन । अहिलेको विश्व जलवायु परिवर्तनको ठूलो शिकार भएको छ । वातावरण विनास, प्राकृतिक श्रोतको दोहन, दीगो विकासमा नजर अन्दाज, पारिस्थितिक प्रणालीको बिग्रह र क्षणिक स्वार्थ पूर्तिमा मानवजाती रमाइरहेको छ । यसैको परिणामले विभिन्न प्रकारका विनाश, प्राकृतिक विपत्ति र घटनाहरू घटिरहेका छन् । हामी सबैलाई थाह छ, यो गर्नु हुँदैन । यसले वातावरणमा नकारात्मक असर पार्दछ । वातावरण बिग्रेमा हुने परिणाम पनि थाहा छ । तर हामी अझै पनि वेवास्ता गर्दै छौँ । अघि उल्लेख गरिएको मूर्तिकारको जस्तो सोच र विचार हामीले राख्न सकेका छैनौँ । त्यसैले यसको परिणाम पनि हामीले भोग्नु नै पर्दछ । भोग्दैआइरहेका पनि छौँ । मानवजातीले आफूलाई जति विकसित गरे पनि, जति सम्पन्नशाली बनाए पनि, प्रकृतिलाई कहिल्यै पनि जित्न सक्दैन । प्रकृतिको सामू मानवजातीले हार्नै पर्दछ । त्यसैले हामीले यो पृथ्वीमा मानवजातीको अस्तित्व रक्षाको लागि वातावरणलाई अहिलेदेखि नै जोगाऊँ, जलवायु परिवर्तनको दुष्परिणाम रोकौँ । यदि वेवास्ता गरिरह्यौं भने, पछि पश्चाताप गरेर केही गर्न सकिने अवस्था रहँदैन । प्रायः हामीले आफ्ना सहपाठी वा इष्टमित्रहरूसँग आफूलाई दाँज्छौँ । उसले यस्तो प्रगति गर्यो, मैले गर्न सकिनँ । ऊभन्दा म के कुरा मा कमजोर थिए र ?, आफूले आफूलाई सोध्छौँ । हामी अहिले जे छौँ, जुन अवस्थामा छौँ, त्यो हामीले विगतमा गरेको सकारात्मक कार्य, गल्ती र कमजोरीहरूको संयुक्त परिणाम हो । विगतमा गरेका गल्तीहरूलाई पुनःस्मरण गर्दै अहिले पछुताउन थाल्यौँ भने त्यही पछुतोले हामीलाई अघि बढ्न दिँदैन । त्यसैले मूर्तिकारले झैं आफ्नो गल्ती आफैँले पत्ता लगाई सुधार गर्न सक्यौँ भने त्यसको परिणाम पनि राम्रो आउँछ । हामी अरू जस्तै प्रतिष्पर्धी बन्न सक्छौँ । आफूलाई सफल बनाउन सक्छौँ, उदाहरणीय बन्न सक्छौँ । जीवनमा पुनः पश्चाताप गर्नु पर्दैन । अहिले मानिसहरू विज्ञान र प्रविधिको विकाससँगै विद्युतीय सामाजिक सञ्जालमा बाँधिएका छन् । सायद उनीहरूलाई ती सामाजिक सञ्जालको लतबाट छुटाउन, एउटा कुलतमा फसेको व्यक्तिलाई पुर्नस्थापना केन्द्रमा लगेर राखेजस्तै, कुनै दिन सामाजिक सञ्जाल पुर्नस्थापना केन्द्रमा लगेर राख्नु पर्ने दिन आउन सक्छ । आफ्ना मनका हर्ष होस् वा दुःख, त्यही पोखेको देखिन्छ । सञ्जालकै माध्यमबाट एकले अर्कोलाई वाहवाही व्यक्त गरेका हुन्छन् । आफ्नो जीवनको महत्वपूर्ण समयमा विद्युतीय वाहवाहीमा रमाएका वा रोएका छन् मान्छेहरू । वास्तवमा त्यो वाहवाही वा गोहीका आँशुले समय बर्वादबााहेक अरू केही हुँदैन । सञ्चारका विभिन्न माध्यमहरू छन् । ती लत नलाग्ने माध्यमहरूको अधिकतम उपयोग गर्न सकिन्छ । यही सामाजिक सञ्जाललाई पनि आफ्नो वशमा राखेर, लतमा नफँसी सकारात्मकता र नयाँ उर्जाको लागि उपयोग गर्न सकिन्छ । तर, धेरैले दुरुपयोग गरेका छ, लतमा फँसेका छन् । यहाँ पनि हामीले नजाँनिदो गरी गल्ती गरिरहेका छौँ । पछिको परिणाममा वेवास्ता गरिरहेका छौँ । त्यसैले, आफूलाई आफ्नो लक्ष्य र भविष्यप्रति चिन्तनशील बनाउँदै, अहिले गरेका गल्ती र कमजोरीहरू सच्याउन जरुरी छ । अन्त्यमा, आफूलाई हेरौं, आफ्ना कार्यहरूलाई नियालौँ, आफ्नो दिनचर्याको पुनरावलोकन गरौँ, र आफ्ना गल्ती पहिल्याऔँ । समयमै आफूलाई सच्याऔँ । यदि आफूलाई जानीजानी गल्तीतर्फ डोर्याएनौं भने हाम्रो गन्तव्य स्वतः सही ठाउँमा पुग्ने छ । सकिन्छ भने, अरूलाई पनि सकारात्मकता र सही बाटोमा डोर्याउने कोशिस गरौँ, खुसी बाँडौँ । यदि सकिँदैन भने, कमसेकम अरूको खुसीचाहिँ नखोसौँ । “हेर्ने नजर”ले नदेखे पनि “देख्ने नजर”ले देखेको हरेक कमीकमजोरी र गल्तीहरू सच्याउँदै जाऔँ । मेरो विचारमा सहमति वा विमति हजुरको ईच्छा… !! (लेखक हाल मुतिmनाथ विकास बैंक, साना तथा लघुबैकिङ्ग डेस्क प्रमुखको रूपमा कार्यरत छन् ।) #देख्ने नजर #हेर्ने नजर छोराको नजरमा लक डाउनसँग हारेका बाको कथा: "राहत": “बा ! मलाई पनि पल्लोघरको आश्रवको जस्तै चारचक्के साइकल कहिले किन्दिने ? भन्नूस न बा ! दशैँमा किनिदिने हैन त ?” पिंढीमा ढल्किएर रेडियो सुनिरहेका बाले रेडियोको आवाज निभाउनुभयो । मतिर एकनासले हेर्नुभयो, अनि चोरी औंला मैतिर ताकेर भन्नुभयो, “तँ तीन कक्षामा प्रथम भइस् भनेचैं ल्याइदिऊँला ! हुन्छस् हैन त प्रथम ?” मैले बाको प्रस्तावलाई सतहमै राखेर हुन्छको भावमा मुन्टो हल्लाएँ । पछाडि फर्केर दुवै कुम उचालेर ङिच्च देखिएका दाँतलाई हातले छोप्दै म भर्यांङको आडमा जमीनमा उत्रिएँ, अनि खुरुरु एकातिर दौडिएँ । हामी मधेश झरेको करिब त्यही चार पाँच महिना भएको थियो । बा हामीभन्दा अगावै आएर कसैको घर ठेक्कामा लिनुभएको थियो । घर वरिपरि नरिवल र सुपारीका बोटहरू लगाइएका थिए । माथि एकतल्ला भएको, मुनि वस्तु बाँध्न मिल्ने काठको घर अब हाम्रो दिन रात कटाउने थलो भएको थियो । पहाडमा खासै बाली उब्जनी नभएकोले मधेश बसाईं सरेको कुरा बाले नयाँ छिमेकीलाई सुनाउँदै गरेको सुन्न भ्याएको थिएँ मैले । कोहीलाई छोरो पढाउनकै लागि मधेश आएको पनि भन्नुहुन्थ्यो बा । बुच्चे हापिन र गन्जीमा सजिएको म प्राय: घरबाहिरै खेल्न निस्किएको हुन्थेँ । पैनीको किनारमा जान मलाई मनाही गरिएको थियो । टाढाटाढा खोलामा पौडी खेल्न अनि माछा मार्न केटाहरूसँग जान पनि मलाई बन्देज थियो । छेउमा एकापट्टि मनोहर सिक्देलको घर थियो । अर्कोपट्टि ब्रजेश सिटौला, अनि उत्तरमा रामकिसन थारुको घर । रामकिसन पेसाले मिस्त्री थिए । गाउँका मान्छेहरूका घर बनाउने, ग्वाली बनाउने, पैनी अनि कुलोमा पुल र भित्ताहरू मर्मत गर्ने काम गर्थे उनी । ब्रजेश सिटौला चैँ गाउँकै लखपतिको सूचीमा थिए । उनका एक छोरा अमेरिका, छोरी अस्ट्रेलिया अनि जेठो छोरा भने गाउँमै बसेर खेतिबाली समाल्थे । उनको ज्यान देख्दै सायद उनी ठूलै व्यापार गर्दा हुन् झैँ लाग्थ्यो । उनीहरूको घरपछाडिको आँखाले देखेसम्मको सबै खेत उनीहरूकै हो भनेर बाले आएकै भोलिपल्ट आमा र मलाई सुनाउनुभएको थियो । बाको कुरा सुनिसकेपछि मलाई पनि, ‘मधेश झरियो, अब हामी पनि धनी बनेर धेरै खेत किन्ने’ भन्ने रहर नलागेको होइन । सिक्देल बाको घर लगभग सुनसानजस्तै थियो । उनका एक छोरा एक छोरी रहेछन् । छोरीको विवाह भैसकेको थियो। छोरा काठमाडौंतिरै बसेर पढ्दा रहेछन् । श्रीमान् श्रीमती मात्र घर रुग्न बसेका थिए। छोराले कति पटक काठमाडौं बोलाउँदा पनि गाउँ नै प्यारो भनेर बसेका । सिक्देल बाकोमा सुरुदेखि नै बाले हाम्रा लागि (विशेष मेरो लागि ) दूध ठेक्का गरिदिनुभएको थियो । पछि एक माउ भैंसी किनेपछि सिक्देल बाकोमा म बिहान-बिहान दूध लिन जान नपर्ने भयो । बा दिनभर खेतमा काम गर्नुहुन्थ्यो । कोही बेला अरूको मेला पनि जानुहुन्थ्यो । बिहान नरिवल र सुपारी झारिदिने काम गर्नुहुन्थ्यो । रूख चढ्न भनेसी पहिलेदेखि सिपालु मेरा बा । उहाँको लागि त्यो गाह्रो काम थिएन । आमा बिहान भन्साको काम सकाएर दिउँसो सुपारी फ्याक्ट्री जानुहुन्थ्यो । सुपारी काट्ने, सुकाउने, प्याकिङ गर्नेजस्ता काम आमाले गर्नुभएको मैले आमासँगै गएको बेला देखेको हुँ । मेरा प्राय: खेल्ने सबै साथीहरू छिमेकी गाउँका मधेशी केटाकेटीहरू हुन्थे । उनीहरूसँग स्कूल गएदेखि नै चिनजान भएको थियो । त्यसमध्ये मेरो मिल्ने साथी रमेश टुडु थियो । स्कूलदेखि लिएर लुकिछिपी पैनीको डिलैडिल कुद्न पनि ऊ साथमै हुन्थ्यो । बारीमा पाकेका आरुका दानादेखि लिएर आँपका दाना, अरूका करेसाबरीका काँक्रा, भुइँ कटहरजस्ता धेरै चोरी हामीले गर्न भ्याइसकेका थियौँ । कक्षा तीनको आधा वर्ष उतै पहाडको स्कूलमा पढेर अन्तिम जाँच मैले यहीँको शान्ति निकेतन विद्यालयबाट दिएको थिएँ । जाँच दिनुअगाडि नै देशमा कुनै रोग आएको कुरा बा रेडियो सुनेर बताउनुहुन्थ्यो । स्कूलले पनि यही कारणले हाम्रो जाँच छिटै लिएको थियो । गाउँका ठूल्ठूला मान्छे आएर हामीलाई घरबाहिर जानु हुँदैन, साबुन पानीले मिचिमिची हात धुनुपर्छ भनेर बताउँथे । कोहीकोहीले मुखमा लगाउनुपर्ने टालोजस्तो कपडाका टुक्रा पनि दिएर दिन्थे । मैले पनि पहिलो दिन त लगाएँ । भोलिपल्टदेखि त सास फेर्न गाह्रो भएजस्तो हुने, कान तानिएजस्तो हुने, अनुहारै भारी भएजस्तो हुन थालेपछि फालिदिएँ । बा-आमा काममा जान छोडनुभएको पनि हप्तौं भएको थियो । समाचारले लकडाउन हो कि के जाति भनेर बाहिर निस्कन हुँदैन भनेर बारम्बार भनिरहन्थ्यो । बा चनाखो भएर रेडियो सुन्दै, “अझै एक हप्ता बढायो रे ! उता उदयपुरमा नि मस्जिदमा रोगी भेटिए रे !” भन्दै त्रासको भावमा आफूले समाचार सुनिसकेपछि हामीलाई नि सुनाउनुहुन्थ्यो । नजिकैका दोकानहरू पनि प्राय:जसो बन्द नै देखिन्थे । खुले पनि बिहान-बेलुका चुस्स खुल्थे । पुलिसहरू डन्ठा लिएर घुमिरहन्थे । बाहिर निस्किए स्कूलका सरले जस्तो पछाडि तिघ्रामा कुटिहाल्थे । डरले म पनि बाहिर निस्केको थिइनँ । घरको बरन्डाबाट सिटौला बाको कम्पाउडभित्र स्पष्ट देखिन्थ्यो । आश्रब (सिटौला बाको नाति) आफ्नो साइकल कम्पाउन्डभित्रै हाँकिरहन्थ्यो । म साइकललाई एकटकले हेरिरहँदा, बा मलाई हेर्नुहुन्थ्यो । सायद बालाई लाग्थ्यो, धनी मानिसको त नामै महँगो हुँदो हो । धनी परिवारको छोराको नाम आश्रव थियो, म गरिबको विजय ! जिन्दगीमा कहिल्यै नहारोस् भनेर राखिदिएको हुनुपर्छ मेरो नाम । मलाई कहिल्यै नहारोस् भन्ने बा भने केही न केही कुरामा प्राय: हारिरहनुहुन्थ्यो । यसपटक पनि बा हार्नुभएको थियो । लकडाउनमा सरकारले गाउँका गरिब मजदुर परिवारलाई भनेर केही छाक पुग्ने चामल, दाल, चिनी, एक प्याकेट नुन, एक पोको तेल अनि दुइटा साबुन राहत भनेर बाँडेका थिए । यहाँका ठूलाबडा कोही पनि नचिनेकोले हाम्रो परिवारको नाम राहतको सूचीमा अटेको थिएन । र, पनि बा र म राहत बाँड्दै गरेको म पढ्ने विद्यालयमा पुगेका थियौँ । “हामी पनि गरिब हौँ, म पनि एक मजदुर हुँ । मजदुरी नगरी चुल्हो सल्काउन धौधौ पर्छ हजुर ! यो बन्दले ठूलो असर पार्यो हजुर ! मिल्छ भने हामीलाई पनि राहत उपलब्ध गराइदिनुहोस् न,” बाले आफ्नो भन्दा पनि मेरो पेटको लागि अनुनयविनय गर्नुभयो। “तपाईंको नाम सूचीमा छैन। हामीलाई माथिबाट सीमित सामग्री मात्र पठाएको छ,” राहतका अगुवाले भने। बा र म निरास भएर फर्कियौं । फर्किदा मैले बाको मलिन मुहारतिर हेर्दै भनेँ, “बा ! होस्, मलाई आश्रवको जस्तो साइकल चाहिंदैन ! म पढेर ठूलो मान्छे बन्छु र कुनै दिन हामी ठूलो गाडी किनौंला !” बाले मलाई एकटकले हेर्नुभयो र आफूतिर टाँस्नुभयो । शिर उठाएर बालाई हेर्दा उहाँका आँखा रसाएको प्रस्टै देखिन्थे ! #राहत #लक डाउन फाइनल म्याच: हातमा ज्याबल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताब बोकेका मानिसहरू । हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकेँ अँगालोभरि भरि किताबहरू । हातमा कलम या कहिले किताब ठानेर सुरक्षित निश्चिन्त फेरि निदाएँ वर्षौंवर्ष झस्केर उठ्दा ममाथि शासन गरिरहेका थिए हातमा हतियार बोकेका मानिसहरू । कहिले हुन्छ मेरो मुक्ति ? कहिले हुन्छु म स्वतन्त्र ? ज्याबल र हतियार बोक्छु म शोषित नै भइरहेको हुन्छु फेरि कलम र किताब बोक्छु म शासित नै भइरहेको हुन्छु । अबदेखि श्वास अक्षरहरूको लिन्छु प्रश्वासमा फाल्न सिक्नेछु बारुद कलमले संवाद गर्छु प्रतिवादमा तयार राख्नेछु हतियार किताब र हतियार बोकेर एकसाथ म कहिले निश्चिन्त रहने छैन मस्त निदाउने छैन एकपल कलम भिर्दा भुल्ने छैन हतियार हतियार बोक्दा बिर्सने छैन कलम । सम्भवतः अब भने रोचक हुनेछ यो ऐतिहासिक महासंग्रामको फाइनल म्याच । #आहुति #दलित #शासन #शोषण साधनाका मुक्तकहरू: १. मनको मान्छेको जय जय,कहाँ रोकिन्छ र ? गुमाउँछु कि भन्ने भय,कहाँ रोकिन्छ र ? व्यक्त नगर्दैमा प्रेम गर्दिनँ, ठान्छौ मुर्ख तिम्ले घडी नचल्दैमा आखिर समय, कहाँ रोकिन्छ र ? २. गरिने काम र बोलिने बात, फरक हुन्छन् यहाँ हरेकको स्वभाव जन्मजात, फरक हुन्छन् यहाँ चिन्नै सकिन मान्छेहरू भन्दै, गर्छौ कति गुनासो देखिने दाँत र चपाउने दाँत, फरक हुन्छन् यहाँ । ३. सकि नसकी बाले बाटेको, डोको छँदैछ थोत्रिएर पिँधमा फाटेको, डोको छदैछ सुनेको थिएँ तिम्लाई लिन हेलिकप्टर आउँछ रे मलाई लिन त बिट काटेको डोको छँदैछ । #साधना तिवारी सम्झनामा लकडाउन: खोपेर गहिरो डोब हाम्रो मानसपटलमा छुट्नेछ यो कठिन समय पनि हामीबाट र रहनेछ सम्झनामा लकडाउन । सबै तिक्तताहरू बिर्सेर हतार हतारमा साथीभाइहरूबीच गरिएका ग्रुप च्याटहरू अत्यासिलो समय बिताउन बनाइएका टिकटक र ट्रोलहरू लकडाउनको फुर्सदमा कोरिएका गीत र कविताहरू एकआपसमा साटेका मायाहरू । हो रहनेछन् सबैसबै सम्झनामा जीवन र मृत्युको दोसाँधमा झुण्डिएको एक पल प्रियजनको चिन्ता गर्दै लेखिएका स्टे सेफ र कोरोनाले हामीबाट टाढा खोसेर लगिएकाहरूका निम्ती आँसुका सेता अक्षरहरूले लेखिएका रिप शब्दहरू चिन्ता छ भोलि फेरि देख्न पाइने हो कि होइन मलाई हेर्दै मुस्कुराऊ भन्ने यी सेता हिमालहरू भोलि फेरि मेरो आँगनमा ओर्लिने हो कि होइन बोकेर उमंग यो स्नेही घाम भोलि फेरि यो कोठाभित्र छिर्ने हो कि होइन लिएर जीवनको सार योे बैंशालु हावा भोलि फेरि यसरी नै देखिने हुन् कि होइनन निल गगनमा यी चम्किला ताराहरू भोलि फेरि गाउने हुन कि होइनन् चराहरूले प्रभातकालिन धून भोलि त फेरि म कसरी भन्नसकौँ कि फर्किएर त्यही लयमा दौडने छैन यो समय दौडने छैन यो सहर दौडने छैनन मान्छेहरू तर म भन्न सक्छु रहनेछ सम्झनामा लकडाउन । #सम्झनामा लकडाउन प्रश्न: प्रदीप लामा कुल्चिएर बाटो मुनिको एउटा फूल भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएकाे छ अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन? एक चौथाई साँइली सुनको औंठीसँगै बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ अब घाटमा लासहरु जल्छ जल्दैन? फुटेर मूल्यहीन प्रेमिल मुटुको भाग्य चट्टानमा कालरात्रिमा जस्तै रगत लतपतिएको छ अब चट्टानबाट मूर्ति बन्छ बन्दैन? कठिन अन्तिम स्वासहरुसँगै अछूत भौतिक शरीर पञ्चतत्त्वमा विलिन भएको छ अब मान्छेले स्वास फेर्छ फेर्दैन? ब्लड ब्याङ्कको एक पाउण्ड बाँकी रगत कस्को हो? रक्तनलीमा छेकबार गर्ने ढोका हुन्छ हुँदैन? (कवि लामा काठमाडौँस्थित प्रसादी एकेडेमी र लिटल एन्जेल्समा रसायनशास्त्र अध्यापन गर्छन्।) #दलित #प्रदीप लामा आऊ हामी आगो फूल्ने रुख बनौँ: हाम्रा आँखाहरू चिथोरेर उनीहरू आकाशतिर हेर्दै चिच्याउँछन् र भन्छन् आऊ हिर्काऊ यो घाम आऊ फुटाऊ यो घाम हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम ! गिद्धहरू आफ्ना आँखामा हरबखत आगो बोकेर हिँड्छन द्रोर्णाचार्यले निष्कासित गरेपछि नै हो एकलव्य तलतिर घोप्टो मुख लाएर बसेको एकलव्यले औंली चुडायो र देखाइदियो अर्जुन र उसको रगत एउटै हो उनीहरूले पत्याएनन् वास्तवमा एकलव्य निख्खुर कालो छ ऊ कुरुप छ ऊ एकलव्य हो ऊ जर्ज फल्योड हो ऊ नवराज विक हो ऊ दिपिका परियार हो ऊ दीपशीला सुनार हो ऊ जगत राम हो ऊ रामलाल हरिजन हो । जातीय विभेद रङभेदकै कारण घिच्रोमा घुँडाले बेस्सरी थिचेरै सडकबीच निर्दोष जर्ज फ्लयोडहरू मारिन्छन् त्यो अमेरिका यता भारतमा पनि छ नेपालमा पनि छ । घामबिनाको कालो संसारमा हामी सुतेकै ओछ्यानमा उनीहरू लुकेर आउँछन् र बलात्कार गर्छन् हाम्रो शरीर स्वाभिमान र त्यसपछि हाम्रो अनुहारमा तातै नुनिलो पिसाब फेर्छन् । विरोध गर्ने हाम्रा टाउकाहरू कुल्चेर हाम्रो लाशहरूमाथि उभिएर उनीहरू गीतार बजाउँछन् । सास फेर्न गाह्रो भएको छ हामी बाँचिरहेको मुलुकभित्र सास लिन पाउनुपर्छ मर्न अघि बोल्न पाउनुपर्छ सबले जर्ज फल्योडले मर्न अघि बोले । लोकतन्त्रको बाघ गर्जिने यो मुलुकमा मजदुरहरू मारिन्छन् छोरीहरू लुटिन्छन् खोलाका बगरमा दलितहरूको हत्या गरिन्छ न्यायको नाममा अन्याय गरिन्छ सत्ता चुपचाप रमिता हेर्छ । हाम्रो छुटेको अनुहार अब कस्ले खोज्ने ? यो असमानताका साङ्गलाहरू चुडिनुपर्छ लु बनौ न हामी विप्लवी अब बरू उनीहरूले बाघी घोषित गरोस् हामीलाई यो युद्धमा हामी होमीनै पर्छ आऊ हामी आगो फूल्ने रूख बनौं ! #लोकतन्त्र बन्दाबन्दीमा के गर्दैछन् स्याङ्जाली स्रष्टा?: साहित्य सिर्जनाका क्षेत्रमा स्याङ्जा जिल्ला एउटा उर्वर भूमि हो। कोविद १९ रोग र यसले निम्त्याएको असहज परिस्थिति तथा बन्दाबन्दीको अवस्थामा यहाँका स्रष्टा के गर्दैछन्? सिर्जनाका काम के भइरहेका छन्? कोविद १९ पछि के सोच्नु भएको छ? लगायतका प्रश्न स्रष्टाहरूलाई साहित्यपोस्टका प्रतिनिधि मिलन समीर र शम्भु अर्याल ले स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसँग गरिएको कुराकानीः देवीप्रसाद वनवासी, वालिङ, स्याङ्जा यस महामारीको घडीमा म स्याङ्जा, वालिङ नगरपालिका वडा नम्बर-२, अर्मादीखोला, शङ्खरेडाँडास्थित आफ्नै निवासमा एकान्त बासको पूर्ण पालन गरेर बसिरहेको छु । पुराना पत्रपत्रिकामा प्रकाशित भएका विविध आलेखहरूलाई समेटेर एउटा सङ्ग्रहको स्वरूप दिँदै प्रकाशनको लागि पूर्व तयारीको काममा जुटिरहेको छु । कम्प्युटर टाइप गर्ने काम पूरा भैसकेको छ । यस कृतिको नाम “वनवासी वाङ्मयको विविध आयाम” राख्ने सोच बनाएको छु । यो कुनै विधागत विषयवस्तुमा केन्द्रित कृति भन्दा पनि समग्र समाजको बहुआयामिक साहित्यिक सङ्ग्रह हुनेछ । यस पुस्तक सम्पादनको सम्पूर्ण जिम्मेवारी स्याङ्जाली युवा कवि मिलन समीरलाई दिएको छु । लकडाउन खुल्नासाथ महामारीको परिस्थिति सहज बनेपछि छिट्टै नै यो पुस्तक प्रकाशनका लागि अगाडि बढाइने सोचाइमा रहेका छौँ । आजको विज्ञानको चरमोत्कर्षमा पक्कै पनि कोभिड-१९ लाई परास्त गर्ने एन्टिभाइरस कुनै न कुनै आविस्कारकले बनाउने नै छन् । यथाशीघ्र यसको उन्मुलन होस् र समग्र मानव जीवनको रक्षा होस् भन्ने कामना गर्दछु । महेश्वर शर्मा, आँधिखोला, स्याङ्जा हालः काठमाडौँ यतिबेला म काठमाडौँ, महाराजगन्जस्थित आफ्नै निवासमा छु । लकडाउनको पालना गरिरहेको छु । पहिलेदेखि नै लेखपढमै व्यस्त रहने मेरो बानी हो । अहिलेको समयमा पनि पुस्तक पढ्ने र लेख्नमै बढी समय दिइरहेको छु । समाजमा आधुनिकताले ल्याएको विकृति र सरकारबाट भएका कमीकमजोरीहरूलाई समावेश गरेर एउटा निबन्ध सङ्ग्रह तयार गरेको छु । कृतिको नामङ्कन भने अहिलेसम्म गरेको छैन । तपाईं हिँड्दा डुल्दा जहाँकहीँ देख्नुहुन्छ- अव्यवस्थित किसिमबाट डाँडाकाँडा, भीरपाखा, कान्ला, खेतबारी मोटरबाटो खन्ने क्रममा जथाभावी भत्काएर भूक्षयको अवस्था निकै सोचनीय छ। भूक्षयले मान्छेका खेतबारी मात्रै नभएर घरगोठसमेत पहिरोले पुरिएर नष्ट भएका कैयौं कृषकहरूका पीडादायी आवाज जताततै देख्नुहुन्छ। डोजर, ट्रयाक्टर र ट्रिपर अधिकांश हुने खानेहरूकै छन् । कृषक, मजदुरका आवाज सुनिदिने कसले ? फेरि कुनै पनि विदेशी गाडी चढ्न मात्र नेपाल आउँदैनन् । मनकामना र चन्द्रागिरीमा जस्तो केवलकारको संभावना छ। हाइड्रोपावरको सम्भावना त सबैलाई थाहा भएकै विषयवस्तु भयो । नेपालको भूगोलको आफ्नै विशेषता छ। कतै ट्रेकिङको विशेषता छ । कतै रोपवेको त कतै मोटरवेको । आ-आफ्नो विशेषताअनुसार नेपाली भूगोलको संरक्षण गर्नु नेपालको अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो । नेपालको महत्त्वपूर्ण सम्पत्ति भनेको माटो हो । यसको संरक्षण गर्नु सबैभन्दा पहिलो आवश्यकता हो । यसो भन्दै गर्दा बाटो खन्दै नखनौं भनेको होइन । आवश्यकताको पहिचान र प्रक्रिया पूरा गरेर मात्रै काम गरौं । कमसेकम माटोलाई अहिले जस्तै गरी बगेर जाने जस्तो दीर्घकालीन असर हुनेजस्तो दुर्भाग्यपूर्ण अवस्थाबाट रोकौं । महामारी कहिलेसम्म रहिरहने हो, त्यो त थाहा भएन । महामारी सामान्य बनेपछिको अवस्थामा आफ्नै जन्मस्थल स्याङ्जा आउनेछु र सबै स्रष्टाहरूलाई भेट्ने योजना बनाएको छु । विश्वप्रेम अधिकारी, पुतलीबजार, स्याङ्जा सरकारले एकान्तबासको घोषणा गरेको दिनदेखि पुतलीबजार नगरपालिका, वडा नम्बर-१०, राङखोलास्थित घरमा नै बसिरहेको छु । स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशन गरिँदै आएको त्रैमासिक साहित्यिक पत्रिका “रजस्थल” को ८० अंकसम्म आइपुगेको थियो । अधिकांश समय “रजस्थल”को प्रकाशनलाई दिन्थेँ । अहिलेको परिस्थितिले हाललाई प्रकाशन रोकिएको छ । अहिले लकडाउनको समयमा केही नयाँ सिर्जनशील काम गरौं भनेर स्याङ्जामा रहेर वा स्याङ्जामा जन्मेर अन्यत्र कतै रहनुभएका स्रष्टाहरु अर्थात् कम्तीमा पनि एउटा पुस्तक निकालेका लेखकहरूको व्यक्तिवृत्त सङ्कलन गरिरहेको छु । महामारीपश्चात् परिस्थिति सहज बनेपछि यसलाई पुस्तकको आकार दिने सोच बनाएको छु । यसमा कोही पनि नछुटून् भन्ने मेरो इच्छा छ । बढ्दो उमेर र नयाँ प्रविधिसँग अभ्यस्त हुन नसक्दा फेसबुक र म्यासेन्जर मार्फत सबै स्रष्टाहरूसँग सम्पर्क गर्न सकिरहेको छैन । अहिलेसम्म मेरो सम्पर्कमा नआउनु भएका स्याङ्जाली स्रष्टाहरू कोही हुनुहुन्छ भने सम्पर्क गर्न अनुरोध पनि गर्दछु । देवेन्द्र लम्साल, बिरुवा, स्याङ्जा कोभिड १९ को महामारीकै कारण नेपाल सरकारद्वारा गरिएको लकडाउनको बेलामा म यतिबेला मेरो गाउँ बिरुवा गाउँपालिका, वडा नं ६, ज्याग्दीखोलास्थित घरमा बसिरहेको छु । यतिखेर त म गाउँमै एकान्तवासको पालना गरेर केही समय खेतबारीलाई दिएको छु र धेरै समय साहित्य लेखन र अध्ययनमै बिताएको छु । भेटघाट हुन छाडेपछि अत्यार लाग्दोरहेछ । साहित्यिक मित्रहरूसँग फोनमा भए पनि निरन्तर सम्पर्क र कुराकानी गरिरहेको छु । केही अधुरा रचनाहरूलाई पूरा गर्ने काम गरिरहेको छु भने केही नयाँ सृजना सिर्जिएको छु । मेरो प्रधान सम्पादकत्वमा प्रकाशित हुँदै आएको साहित्यिक त्रैमासिक पत्रिका “ज्याग्दीखोलाको तरङ्ग” ले यतिखेर कोभिड १९ कै कारण निरन्तरता प्राप्त गर्न सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको यो महामारी तुरुन्तै साम्य हुने संभावना पनि देख्दिन म । साम्य भैहालेछ र लकडाउन खुलेछ भने सृजित रचनाहरू प्रकाशित गर्ने र पत्रिकालाई निरन्तरता दिने काम गर्नेछु । डा. घनश्याम न्यौपाने परिश्रमी, कालीगण्डकी, स्याङ्जा हालः नवलपरासी यतिबेला म पश्चिम नवलपरासी, बर्दघाटस्थित निवासमा सचेत हुँदै सुरक्षित ढङ्गले परिवारका साथमा बसेको छु । एक प्रकारको बन्दीजस्तो अवस्थामा मैले सुकुम शर्माको हिमालमुनिको गाउँ, माधव काफ्लेको खुसीको पीरो धूवाँ, रञ्जु उपाध्यायको प्रियसँगको यात्रा, कल्पना खरेलको समलिङ्गी प्रेम, रामलाल जोशीको मदनपुरस्कार प्राप्त ऐना लगायतका केही कृति पढेँ । केही समालोचना, छन्दोबद्ध कविता, गजल र लघुकथा लेखेँ । यीबाहेक आमन्त्रण गरिएका केही अनलाइन साहित्यिक कार्यक्रमहरूमा सहभागी पनि भएको छु । कोभिड १९ जीवनमा भोगेको पहिलो महामारीको असर हो । यति लामो अवधि नजरबन्दमा रहेको जस्तो अवस्थाले नौला अनुभव र नयाँ अनुभूतिहरू मनमस्तिष्कमा सुरक्षित रहेका छन् । यस्ता अनुभव र अनुभूतिहरूलाई कलात्मकता र कुशलतापूर्वक सिर्जनामा रूपान्तरण गर्ने योजना छ । अबको जीवनलाई पूर्ववत् ढङ्गले चलाउन सकिनेछैन भन्ने पनि महसुस गरेको छु । अतः चुनौती, समस्या र अभावसँग सङ्घर्ष गर्दै सम्भाव्यताहरूको खोजी गर्ने सोचमा छु । लेखनाथ काफ्ले, वालिङ, स्याङ्जा कोविद १९ का कारण संसारभर लाखौँ मानिसको ज्यान लिनुका साथै कयौँ दैनिक कामकाज मात्र नभएर हजारौं विकासका आयोजनाहरुलाई थिलोथिलो पार्यो । यसले धनी-गरिब, ठूला-साना केही नभनी सबैलाई समान रूपमा व्यवहार गरेको देखिन्छ ।अझै साँच्चै भन्ने हो भन्ने अविकसित देशका मानिसहरूलाई भन्दा विकसित देशका मानिसहरूलाई झन नराम्ररी प्रभावित गरेको छ । सायद लकडाउनको नियम राम्रोसँग पालना नगरेर पनि हुन सक्छ । पृथ्वीका सबै प्राणीमध्ये मान्छेलाई सबैभन्दा चेतनशील र बुद्धिजीवी प्राणीको रूपमा लिइन्छ । मानिसले प्रकृतिको नियमअनुसार चल्न नखोज्दा तथा यसको सही औषधि पत्ता लगाउन नसक्दा यस रोगले यस्तो भयानक रुप लिएको हुनसक्छ । हिजोको जंगली अवस्थाबाट विकसित हुँदै मानिसले पृथ्वीमा अनेकौँ चमत्कारिक काम गरे । जहाज बनाए । रकेट बनाए । कम्प्युटरको आविष्कार गरे। कृत्रिम पानी वर्षाए । रोबोटको आविष्कार गरे । अनेकौँ बम बनाए । तैपनि मानिसले आफूलाई बेलाबेलामा आक्रमण गर्ने रोगको औषधि समयमा पत्ता लगाउन नसक्दा अहिले बन्द कोठामा खुम्चिएर बस्न बाध्य बनायो । यस धरतीका सबै जीव तथा प्राणीहरू वृद्धि हुनका लागि साथै आफूलाई चलायमान हुन मन पराउँछन् । सायद जीवित प्राणीको लक्ष्य पनि यही हुन सक्छ । जीवनमा केही गर्छु भन्ने मानिस यसैगरी महिनौँ दिनसम्म कोठामा बन्द भई बस्नुपर्दा कतिको मन भतभती पोलेको हुनसक्छ । मैले सयौँ महापुरूषहरूको जीवनी पढ्ने मौका पाएको छु । विश्वका कयौँ महापुरूषहरू चाहे स्वतन्त्र रहून् तथा जेलको बन्द कोठामा बसून्, तिनीहरू सबैले केही न केही काम गरेर समय बिताएको मैले पाएको छु । सायद यही कुरालाई मनन गरेर होला भानुभक्तले “ज्युँदै मर्याको भनी नाम कसको ? उद्यमबिना बित्दछ काल जसको !” भनेर लेखेका । समय त्यसै खेर फाल्नुभन्दा आफ्नै हैसियतअनुसार सबैले केही न केही गरेर समय बिताएको राम्रो देखिँदो रहेछ । सायद प्रगतिको बाटो पनि यही होला । महात्मा गान्धीले पनि त्यसै बस्नुभन्दा जुम्रा हेरेर बस्नु भनेका । यही कुरालाई मध्येनजर गरी मैले पनि बन्दाबन्दीको समयलाई भरपूर सदुपयोग गर्न खोजेको छु । स्पष्ट रूपमा रूपमा भन्नुपर्दा- घरायसी काममा दाउरा जम्मा गर्ने, अन्न तथा तरकारी खेती गर्ने, फलफूल (सुन्तला) गोड्ने तथा मलजल गर्ने, बन्दै गरेको घरको मर्मत गर्ने, घर वरपर सफा राख्नुका साथै इच्छा लागेका दर्जनौँ पुस्तक, पत्रपत्रिका पढ्ने र आफूभित्र गुम्सिएर बसेका केही रचनाहरू कापीमा उतार्ने साथै रेडियो र टिभीतिर पनि केही ध्यान दिँदै यतिबेलाको समयलाई बिताइरहेको छु । #मिलन समीर #शम्भु अर्याल #स्याङ्जा लक्ष्मणको गजल: नामीहरू बेखबर भए, हरामीहरू सल्बलाए फूलको हत्या गरी पुण्य, जप्ने धर्मभिरु सल्बलाए ।। मामाको धनमा खूब ती पासा खेल्दै डिङ हाँक्नेहरू निर्धाको बली चढाएर हक, खोज्नेहरू सल्बलाए ।। सडक सदनतिर डुल्दो छ त्यो, अपराधको ख्याक बाँच्ने रहर निमोठेर लास, गन्नेहरू सल्बलाए ।। कचहरीमा न्याय रुँदा आकाश गर्जिन्छ है अचेल कानुन निलेर डकार्ने स्वाँठ, ब्वाँसाहरू सल्बलाए ।। अब यहाँ टाउको खाने, मसानहरूकै राज चल्यो गण्डकी बगाई रगतको, पिउनेहरू सल्बलाए ।। #लक्ष्मण बियोगी नेपाल आमाको चित्कार: कसैले भने मैले पनि सुनेँ अब आँसु खस्दैनन् रे रगत पनि बग्दैनन् रे तर बिडम्बना आज मलाई पल्ला घरका छिमेकीले चिथोरी रहेछ म निःशब्द भई थर थर काम्दै आँखा भर्दैछ ज्यान असिनाले पिटेको गोलभेडाझैँ थिलो थिलो भई पूरै शरीर रगतले भरी रहेछ अझै मलाई बिस्तारै होइन एकैपटक मै खाउँला भनि ठाउँ ठाउँबाट फकाइरहेछ कालो मन भएको मभन्दा ठूलो ज्यान भएकाले हात लकाइरहेछ निरन्तर लगाइरहेछ चिच्याउँदै म कराउँछु अब कसरी लगाउनु पार त लम्पसार परिगयो ममाथि सक्दिनँ थाम्न उसको “भार त“ उसले लगातार मलाई बलत्कार गर्दै यो समाज अघि रखेल बनाइरहेछ मेरा छोरा यही समाजमा बस्दै खै किन सधँै उहीसँग मेल गराइरहेछ था भएर पनि जेठा छोरा था नभए जस्तै आफ्नो नैतिकता, स्वाधीनता अनि आमालाई बेचिरहेछ सस्तै धेरै पहिलेदेखि दुःख सहिरहेछु मलाई ज्यादै सकस भइरहेछ बुझ न ए छोरा यति सन्तानका छोरा हँुदा पनि म आफूलाई अँध्यारोमा घुमाउँछु अब नि नरोके उसलाई तिम्ले मैले मेरो सबै अस्मिता सधैँका लागि गुमाउँछु अब त रोक न उसलाई छोरा म सधैँ सक्दिनँ बाँच्न कोही नभए जस्तो गरी कति बाँचु सधैँ म ऊबाट यसरी नै मरी मरी अब त छोरा केही बोल आफ्नो दुई नयन खोल अब मलाई बचाऊ पुन इतिहास रचाऊ ।। #आँसु #जीवन पाण्डे त्रिभुवनका हाइकु: त्रिभुवन चन्द्र वाग्ले झरीको दिन दुई कप दूधले ज्यान ततायो लामो घिरौंला झोलामा हाल्न भन्दै असन गएँ जेठको झरी रुझेको राजमार्ग चिप्लो स्टेरिङ रुझेको शिर खोलन तिम्रो छाता भित्र राख्नेछु झरीको जुका किन तन्केको होला पर्नेछ डल्लो भरीले तामा ठाडिदै उम्रिएछ मिठो अचार भिजेको शिर खोलिदेऊ सिउँदो रङ हाल्ने छु नागको बच्चा प्वालमा पसेको छ फेरि आउँछ झरीको मुसो बाहिर, भित्र गर्छ तुरन्तै थाक्छ झरीको दिन सागपात केलाऊँ फर्सी खेलाऔं #त्रिभुवन चन्द्र वाग्ले #हाइकु भोगाइ: लघुकथा रीता बलामी उमेरमै विशालकी आमाको मृत्यु भयो । विशाल सहरमा बस्थ्यो । परिवारै आमाको संस्कार गर्न आए र पन्ध्रौँ दिनमा फर्के । “ल पीर नगर्नु,पकाएर खानु । पैँतालिसको कामलाई आउँला । केही परे फोन गर्नु,” विशालले बुबालाई भन्यो । बुहारीले भनी, “के गर्नु बुबा, हजूर एक्लै हुनु भो । पैँतालिसपछि उतै जाऊँ बरु । धेरै पीर नर्गनुस् है ।” उनका आँखा पिलपिलाइरहे । नाति, नातिनाको साथले मन केही भुलेको थियो, फेरि उही पीडा र पत्नी वियोगको घाउ बल्झियो । आमाको एक वर्षको कामलाई आएको बेला पल्ला घरे काकाले बाउ र छोराबुहारीसँगै भएको मौका छोपेर भने, “हेर, विशाल ! तिमीहरू यहाँ बस्न सक्तैनौ, बुबा उता जान मान्नुहुन्न, बिरामी हुँदा एक गिलास पानी तताएर दिने कोही छैन । मेरी बूढीको बहिनी पर्ने एकजना असल आइमाई छिन्, म कुरा अघि बढाउँछु है ?” विशाल पड्किहाल्यो, “के कुरा गर्नुभाको काका ! जोरीपारीले के भन्छन् ? यस्तो घर भाँड्न नआउनुस् है । हेर्नुस् है बुबा, यस्ता वाहियात कुरा सोच्ने हैन । म त यो घरमा पाइला नि टेक्दिनँ नि फेरि ।” त्यसपछि कहिल्यै कसैले यो कुरा दोहो–याएन । समयको लीला! झन्डै दस वर्षपछि विशालकी पत्नीको बस दुर्घटनामा परेर मृत्यु भयो । बुबाचाहिँ गाउँबाट आएर परिवार सम्हाल्ने कोसिस गरे । विशाल दुब्लाउँदै गयो । कोहीसँग पनि राम्ररी बोल्दैनथ्यो । राति लर्बरिँदै आउँथ्यो । ५, ६ महिना यसै बित्यो । एक दिन शनिबार विशालको मिल्ने साथी घर आयो । छोराछोरी र बुबा सबैलाई विशालको निराश हालत बुझाउँदै फेरि बिहे गरिदिन आग्रह ग–यो । बुबा र छोराछोरीले बोल्नु अगाडि विशाल नै बोल्यो, “कहाँ अब छोराको बिहे गर्ने बेला…. ” उसले पुरै नबोल्दै बुबाले भने, “लौन बाबु, तिमीले ठ्याक्कै मेरो मनको कुरा भन्यौ । छोराछोरीलाई म सम्झाउँछु। एक्लै बाँच्न कति गाह्रो हुन्छ! विशाल, तँ चुप लाग्, तेरो बिजोग हेर्न सक्तिन म…. ।” “हजुरबुबा, हजुर त यति सकारात्मक र बुझ्झकी हुनुहुँदो रहेछ… हामी त बुझिहाल्छौँ नि ! हुन्छ, हामी पनि त सधैँ सँगै बसिरहन सक्तैनौँ नि!” छोरोले भन्यो । सबैको यत्रो सहमति पाएर पनि विशाल शीर उठाउन र खुसी हुन सकिरहेको थिएन । उसलाई ठूलो ग्लानि भइरहेको थियो । “हजुरबुबा, हजुर यस्तो बुझ्ने मानिस भएर पनि आफूचाहिँ किन यत्तिका वर्ष एक्लै बस्नुभाको त ? हजुरलाई पनि त झन् कति गाह्रो भो होला !” छोरीको यो भनाइले विशालको मुटुमा तिखो बाण रोपियो । आफू महाअपराधी, पढेलेखेको पाखण्डी र निर्दयी बोध भयो । हजुरबुबाले केही बोलेनन् । विशालले आँसु थाम्न सकेन र बुबाको गोडा समाउँदै “म अपराधी हुँ बुबा, म पाखण्डी, निर्दयी र स्वार्थी रहेछु । मलाई माफ गर्दिनुस्,” भनेर निकैबेर रोइरह्यो । छोराछोरी र साथीले केही बुझेनन् । बाउछोरालाई ट्वाँ परेर हेरिरहे । फर्पिङ #रीता बलामी प्रयत्न: गायत्री जीवनको यो मध्य सङ्घारमा उभिएर नियाल्दा बिराएझैँ त्यो मार्ग, बिर्सिएझैँ, हराएझैँ केही कुरा सधैँ तलासमा यो मन भौँतारिरहँदा भेउ नै पाउन नसकेको त्यो अमूल्य समयको बर्बादीले कति पोलिरहेको छ भनी, गर्ने के कसो हो ? सधैँ एउटा कौतुहलले सृजना गरिरहने भ्रमलाई चिर्दै निकाल्नुछ एउटा गन्तव्यको धुन अनि बजाउनु छ एउटा तालमा । गुन्जियोस् सुरिलो धुन र मुग्ध होस् यो जीवन बलोस् दियो चैतन्यको फैलाई प्रकाश वरिपरि चिरेर पर्दा त्यो कालो ओडारको फैलियोस् दीप जताततै र बसाइ सरुन् त्यो अन्योलताका अन्धमुष्टिहरु शून्यताको खडेरीले रुखाएको यो मनको आँत पुरै चिस्याउनु छ अनि वर्षौंदेखिका बाँझो यो जिन्दगीका सुर्काहरुमा दस नङ्ग्रा नारी मलिनो बनाई बाधाका पत्थरहरुलाई, रोप्नुछ सपना बिउहरु अनि गोड्मेल गरी फाल्नुछ रिस राग कुन्ठाका झारहरु र, गर्नुछ सिँचाइ पसिनाले सप्राउनुछ ती सपनाहरुलाई जुन मूर्तरुप पाउनको निम्ति मनभित्र गुम्सिएर उकुसमुकुसतामा छट्पटाउँदै निस्किएर संसार चिहाउने झिनो आशमा चलाइरहेका छन् ढुकढुकी । हो, तल्लिन छु म अझै साँघुरो मनलाई तन्काउन अनि, प्रश्रय दिई ऊर्जा उमङ्गलाई बढारी सबै धमिला कसिङ्गरहरु सडाई गलाई बनाएको मलले सप्राउनुछ सपनाका बिउहरु र, दिनुछ फक्रन यो खुला आकाशमा हारेको छैन म भित्रको “म” अझै बिउँझिने कसरतमा समर्पित यो जीवन सधैँ तल्लिन छ, अथक निरन्तरताको लागि एकदिन अवश्य झुल्किने दीपको आशामा । #गायत्री सुरिलो धून: विषपानले तीव्र लिए जस्तो मेरा यी हाँगाहरू, फूलहरू बनाइरहेछौ सस्तो प्रदूषणले भरिएका बास्नाहरू भ्रमको सिर्जना छर्दै माग मगाए जस्तो । ऋतु पनि ऋतु लाग्दैन मौसम मलिन छ सन्चो भन्दिन लुटिएको रूप सानो थियौँ ठूलो भयौ हुर्किएर कर्म गर्दै जीवन विलाशिताले भर्दै आज यही ठाउँलाई लत्याएर हिँड्दै आफूलाई महान् सम्झिदै तारिफ आफैँलाई रातको तारा गन्दै गाउँथे आजकाल गन्न मन लाग्दैन । पहिले सुन्दर थिए सुरिलो धूनको संगीत भर्थेँ चराले गाउँथ्यो झरनाको सलल माधुर्य ध्वनी, तरंग जीवजन्तु रमाउँथे चिसो स्वच्छ जलको स्पर्श जहाँ ललायित हुन्थे घामको रश्मीले छोएर जाँदा सुगन्धले भरिन्थे निलो गगन नदीमा प्रतिबिम्ब लोभ्याउने मलिला बिरूवाहरू कलिला पुष्पहरू दुर्लभ हुँदै हराएका छायाँमा परेका । आश राखिरहेको छु अवस्य सन्तुलन बन्ला धेरै विरहको धून बजाउन जान्दिन पहिलेका समधुरतामा मग्न हुने म तिमी पनि बिरामी नै हुने हो बिरामी हुदाँ म । #बालजीत साङपाङ #सुरिलो धून अवाक्: रा सा एउटा सानो कोठा । भित्र बाबु र छोरा छन् / बाबु टि.भी. हेरिरहेका र छोरा चाहिँ गृहकार्य गरिरहेका । बाहिर आमा भाँडा माझिरहेकी छन् । सन्ध्या समय । अचानक बत्ती निभ्यो । टि.भी. बन्द । गृहकार्य पनि स्थगित । तत्क्षण बाबुले छोरालाई सम्झाउँदै भने, ‘हेर राजा, तिमी ज्ञानी बन्नुपर्छ ।’ छोरा मौन । बाबु पुनः वाचाल भए, ‘कुकुरजस्तो इमानदार, कमिलाजस्तो मेहनती र चितुवाजस्तो छरितो हुनुपर्छ । अनि मात्र, तिमी सफल हुन्छौ ।’ ‘त्यसो भए…..बाबा, मानिसजस्तो मानिस हुनुपर्दैन त ? ‘ – छोराको प्रश्नले बाबु अवाक् भए । #रासा महोदय ! तपाईँको कित्ता कुन हो ?: रूकुम हत्याकाण्डमा बेपत्ता भनिएका मध्ये ६ जनाको लास मारेर फ्याकिएको अवस्थामा भेटिइसकेको छ । पोष्टमार्टम रिपोर्टले पनि यस्तै भन्छ । अन्तरजातीय प्रेम सम्बन्धबाट उत्पन्न भएको यो नृशंस हत्या प्रकरणपछि अहिले सामाजिक संजाल स्पष्ट दुई खेमामा बाँडिएको देखिन्छ । एकथरि सामाजिक न्यायका पक्षमा उभिएका छन् भने अर्कोथरि यथार्थलाई ढाकछोप गर्न लागिपरेका छन्। हत्या प्रकरणको घटना विवरण बुझ्दा जातीयता जोडिएको कुरा सामान्य-चेत हुने मानिसले समेत बुझ्न सक्छ । भलै कि यसमा अन्य कारणहरू पनि नभएका हैनन् । हिटलरलाई सरापेर नथाक्ने पनि यसबेला यथार्थलाई ढाकछोप गर्न असली अनुहारसहित उग्रनश्लवादी भएर निस्किएका छन् । यिनीहरू सामुहिक हत्याजस्तो विषयमा यतिसम्म असंवेदनशील र जातिवादी भएर निस्किएका छन् कि, ‘अरू सब भन, तर दलित भएकै कारण मारियो नभन’ भन्दैछन् । दलित भएकै कारण अजित मिजारको हत्या भयो; लास ४ वर्षदेखि अस्पतालमै सडेर बसेको छ । जात नजोड भनेर के समाजमा यस्तो जातीय अपराध भएकै छैन भन्न खोजेको ? आफू बाँचेको समय/समाजप्रति यति बेखबर कसरी हुन सकेको ? आज पनि अखबारको भित्री पृष्ठ मन्दिर/धारा छोएको निहुँमा दलित कुटिएको, देशको नर्स/सांसदले दलित भएकै कारण कोठा भाडामा नपाएको’ समाचार छाप्न अभिशप्त छ । यति घिनलाग्दोसँग जरा गाडेर बसेको छुवाछुत प्रथालाई जातीय अहमकै कारण हैन तपाईँले अझै काँधमा बोकेर हिंडिरहेको ? तपाईँले अनि कुन नैतिक आधारमा जातीयता नजोड्नूस् भन्न सकेको ? सामाजिक संजाल व्यक्तिमार्फत् समाजको असली अनुहार चिहाउने महत्त्वपूर्ण कडी हो । सामाजिक न्याय, समानता र समतापूर्ण समाज चाहने कवि, प्राध्यापक, बुद्धिजीवी पनि यहाँ नाङ्गै घुमिरहेका भेटिन्छन् । जब समाजलाई सकारात्मक मार्गनिर्देश गर्नुपर्ने हुन्छ, यी मनुवाहरू आफ्नो भडास, कुण्ठाको लुतो कनाउन मग्न हुन्छन् । उनीहरूको दमित चेतना यति दुर्गन्धितसँग छरपष्ट भएका हुन्छन् कि पछिल्लो राजनैतिक/सामाजिक परिवर्तनप्रति ‘इगो’ पालिरहेको अनुहार प्रष्ट देखिन्छ । पहिले उनीहरूलाई जी/हजुरी गरिरहेका, झुत्रेझाम्रे देखिने, उनीहरूकै पैतालामा गिडगिडाउनेहरू अहिले सहानुभूति हैन आत्मसम्मान खोजिरहेका छन्, सुकिलोमुकिलो भएका छन्, उनीहरूसँगै तर्कवितर्क गरिरहेका छन् । उनीहरूलाई फिटिक्कै मन परेको छैन । यी सब दृश्यले ती मुकुण्डोधारी मनुवाहरूको आत्मा भतभति पोलिरहेको छ । अनि उनीहरू सामाजिक सद्भाव बिगारेको तुष पोख्छन् । तर एउटा समुदायको ढाडमा लडिबडी गर्ने सामाजिक सद्भाव अब टिक्नेवाला छैन । टिक्नु पनि हुँदैन । जब रूकुम हत्या प्रकरण सामाजिक संजालमा फैलिन थाल्यो । मुकुण्डोधारी कवि, लेखक, प्राध्यापक, बुद्धिजीवीहरूले त्यो हत्या प्रकरणलाई बालविवाहसँग जोड्न खोजे | लकडाउन अवज्ञा, हुलदङ्गा, रातमा केटीको घर गएको कसुरसँग पनि जोड्न भरपुर परिश्रम गरे । त्यसको प्रतिवाद हुन थालेपछि, ‘यो घटनालाई जातीयतासँग नजोड्’, भन्न थाले । उनीहरू थप भन्दै थिए- ‘दलित शब्दले विभाजन कोर्यो’, ‘दलितले आरक्षण लिइराछन् भने विभेद भइहाल्छ नि !’ , ‘दलितभित्रै विभेद छ, त्यो हटाऊ’, जस्ता तर्कहरू झिक्न थाले । हत्या प्रकरणमा एउटा समुदायलाई लक्षित गरेर यस्तो तर्क आउनु अर्थपूर्ण छ । आउनूस्, त्यस्ता तर्कहरूको चिरफार गरौँ; दलित र ब्राह्मणवादको शब्दको साइकोलजी १. दलित दलित शब्दलाई लिएर दुई खालका विचारहरू सतहमा आउछन् । एउटा खाले विचार छ, दलित शब्द हटाउनुपर्छ भन्ने । उनीहरूको मत अनुशार, ‘दलित शब्दले हामीबीच विभाजन कोर्यो । यसैले यो शब्दलाई शब्दकोष र संविधानबाट हटाउनुपर्छ । समानताको यात्रा शुरू गर्न यो शब्द बाधक छ ।”, उनीहरू भन्छन्- “दलित शब्द हटाऔँ र फटाफट समानतातर्फ पाइला चालिहालौँ ।’ उनीहरूको मान्नु यो छ कि दलित शब्द कायम गर्दा विभिन्न राष्ट्रले त्यो शब्दसँग जोडिएका एनजिओ/आईएनजिओलाई गर्ने आर्थिक सहयोगबाट तिनका हर्ताकर्ताले घर-गाडीमात्र जोड्छन् । थप्दै भन्छन्- “यो दलित शब्दले खास बहिष्करणमा परेका तथाकथित दलितलाई केही गरेन । केही गर्दैन । दुईचार टाठाबाठा सम्पन्न दलित भनाउँदालाई टाईसुट लगाउन यो शब्द किन राख्ने ? हटाऔँ ।” यति भनिसकेपछि उनीहरू दलितलाई बहिष्करणमा परेको समुदाय भनेर स्वीकार्छन्, नत्र त्यो स्वीकार्ने मुडमा हुँदैनन् । उनीहरू एकदम स्पष्ट छन्, शब्द हटाउनु मूल अस्त्र हो विभेद हटाउन । जसमाथि सृजना ढकालको प्रतिकृया यस्तो छ- “दलितमात्र किन नेपालकै नाम बदलेर अमेरिका राखिदिऊँ, रातारात नेपाल विश्वकैकै सम्पन्न राष्ट्र हुन्छ ।” शब्द बदल्नुको खास तुक त छैन नि ! जो सामान्य-चेत हुने मानिसले बुझ्छ । र पनि शब्द बदल्नुपर्छ/हटाउनुपर्छ भन्न छाड्दैनन् । यसको मूल कारण भनेको दलितहरू बिस्तारै मूलधारतर्फ अग्रसर भएको पचाउँन नसक्नु हो । दलित शब्द हटाउनुपर्छ भन्नेमा शिव परियार, प्रमोद खरेलजस्ता गायकका अनुहार पनि आउँछ बेलाबेला । देशमा दिनहुँ उलटपुलट हुन्छ, उनीहरू बेखबर रहन्छग । अरू त छाडौँ, दलितमाथिकै अमानवीय घटनाप्रति उनीहरूको मौनता ताजुबलाग्दो छ । जबकी यस्तो बेला आममान्छे यिनको संवेदनशील फ्यान-फलोअर्ससम्म यो घटना पुगोस् भनेर मुख ताकिरहेका हुन्छन् । चासो भएको लाग्न, ‘दलित शब्दले दलिएको भन्ने जस्तो नकारात्मक भाव दिन्छ, त्यसैले हटाउनुपर्छ’, भनेर मात्र त हुने हैन होला ! तर दलित शब्दलाई लिएर यी सेलिब्रेटी भावुक हुन्छन् । यो भावुकताको पछाडि दुइटा मनोविज्ञान छ । एक, उनीहरू त्यस्तै टाइपको विचार बोक्ने वरिष्ठहरूले क्याच गरून । अर्को महत्त्वपूर्ण कुरा भनेको धेरै नबुझ्ने आममान्छेमाथि इमोसनल ब्ल्याकमेल गर्न चाहान्छन् । दलित शब्दलाई हटाउनुपर्छ भन्नेबाहेकको अर्को खाले विचार हो- दलित शब्द बहिष्करणमा परेको समुदाय आफैँले आन्दोलन गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । आन्दोलन मूलत: विद्रोही विचारको अभिव्यक्ति हो । त्यसबाट प्राप्त उपलब्धिलाई स्थापित गराउदा जाने कोही हैन । यस विचारबाट दलित शब्दमाथि भनिएको जस्तो विभाजन कोर्ने , दलिएको जस्तो नकारात्मक बुझाउने शब्द हैन भन्ने चाहिँ स्पष्ट हुन्छ । ‘माङ्गेना’मा युग पाठक भन्छन्- “अछुत, पानी नचल्ने शब्दको साटो मुक्तिको मुठ्ठी उठाउने मराठी शब्द हो दलित ।” शब्द चाहे शुद्र होस्, दलित होस् या शिल्पी समूह होस् । शब्दको प्रत्यक्ष सम्बन्ध भनेको यसले मस्तिष्कमा सृजना गर्ने भिजुअलसँग हुन्छ । यो दृश्य तपाईँको उच्चारण, बोल्नुको पृष्ठभूमि, बोल्नुका कारणजस्ता स-साना कुराबाट निर्देशित हुन्छ । दलित शब्द नकारात्मक हैन, नकारात्मक पारिएको चाहिँ हो । असलमा यी जुनै शब्द सफा नियतले भन्नुस्, ओके छ नि ! मैले अब भन्न खोजेको कुरा हो- शब्द जे होस्, तर तपाईँ सामाजिक न्याय, समातापूर्ण समाज र सामाजिक सद्भाव स्थापित पार्ने कित्तामा उभिनु पर्यो । यसको विपरित हुनुहुन्छ भने शब्द हटाऔँ, समानता ल्याऔँ जस्ता कुरा बेतुकका हुन् । शब्दमै सारा विभेदको जड छ भन्ने तपाईँको बुझाई सच्याउनूस् । २. ब्राह्मणवाद हालै मैले एक जनाको पोष्टमा ब्राह्मणवाद शब्दको प्रयोग गरेर कमेन्ट गरेँ । यस शब्दप्रति चित्त नबुझेर एक कविले यो शब्द गलत छ भनेर लेखे । पछि स्टाटस नि आयो । यो शब्दलाई गलत छ भन्ने कविलाई लाग्दो रहेछ, ब्राह्मणबाट बनेको यो शब्दले समुदायलाई प्रहार गर्छ । यो बुझाईप्रति सिमा आभाषको, ‘पुरूषवाद र पुरूष, ब्राह्मणवाद र ब्राह्मण फरक हुन्’ भन्ने स्टाटसबाट स्पष्ट हुन सकिन्छ । ब्राह्मणवाद शब्दप्रति अर्को एक जनाको टिप्पणी छ- “यो शब्दले आम मान्छेमा जातीय वैरभाव सृजना गर्छ ।” तर यथार्थ के हो भने आममान्छेलाई शब्दले भन्दा बढी अर्थ राख्छ व्यबहारले, शब्दको अभ्यासले । यी दुई तर्क धेरैको प्रतिनिधि भाव हो, ब्राह्मणवाद शब्दप्रति । यसमा मेरो भन्नु, ब्राह्मण कुनै जन्मको आधारमा प्राप्त उपाधि हैन । धर्मग्रन्थमै उल्लेख छ ब्राह्मण भनेको ब्रह्माण्ड जानेको मानसिक अवस्था हो । यो जातिवादी शब्द है , गुणबोधक शब्द हो । यो शब्दलाई जन्मजात प्राप्त उपाधि ठान्ने पाखण्डले उच्चजातीय अहम सृजना गर्छ, उच्चजातीय अहमले समाजमा अपराधिक सोचको जत्था खडा गर्छ । जन्मकै आधारमा म उच्च हुँ, तँ निकम्मा होस् भन्ने सोच वर्ण-व्यवस्थाबाट निर्देशित सामन्तवादी सोच हो । नेपाल लगायत दक्षिणएशियामा यही सामन्तवादी सोचको आधारमा ब्राह्मण/बाहुन ठालू पल्टिए । जन्मको आधारमा पाएको जातकै आधारमा ‘ठालू पल्टिनेको’ लागि, छुवाछुतजस्तो ‘सडेको परम्परा बोक्नुपर्छ’ भन्नेको लागि । यो सोच त्यही सामन्तवादी सोचको अवशेष भएकोले ब्राह्मणवाद शब्द ठीक हुन्छ । यसोभन्दा यो शब्दले बाहुन समुदायलाई प्रहार गरेको ठहर्दैन । किनकि बाहुनवाद शब्दले दलित समुदायभित्रको बिश्वकर्माले परियारलाई सानो देख्ने, परियारले सार्कीलाई सानो देख्न प्रवृतिलाई समेत जनाउँछ । यो शब्द किन पनि ठीक हो भने यसले विभेदकारी मानसिक अवशेषलाई जनाउँछ । बाहुनसँग जोडिएर ब्राह्मणवाद/बाहुनवाद आयो । यसैले यो शब्द गलत छ भन्नु चै शब्द (शरीर) मा केन्द्रित भएर अर्थ (आत्मा) लाई नजरअन्जान गर्नु हो । शरीरमै अल्मलिनु विद्वान अष्टाब्रक राजा जनकको सभामा पुग्दा त्यहाँका कथित विद्वानहरू अष्टाबक्रको आठ ठाउँ बाङ्गिएको शरीरलाई हेरेर हाँस्नुजस्तो हो । शब्दको आवरणमात्र हेरेर अर्थतिर जान नखोज्नुको सिधा साइकोलजी हुन्छ- “आममान्छेलाई अन्धकारमा राख्न खोज्नु । आम बुझाईको गलत फाइदा उठाएर समयलाई अझै पछाडि धकेल्नु, जुन अपराध हो । दलितलाई आरक्षणको कुरा राज्यबाट बहिष्करणमा परेको समुदाय, जात, लिङ्ग, क्षेत्रलाई मूलधारमा ल्याउन आरक्षणको अभ्यास गरिएको हो । आरक्षण एउटा विकल्प हो, जसलाई संविधानले नै पुनरावलोकन गर्न सक्ने व्यवस्था गरेको छ । गणतन्त्र ल्याएको १३ वर्ष पुग्यो । गणतन्त्रसँगै भित्रिएको हो समावेशीता । यो १३ वर्ष अभ्यासका सकारात्मक पाटाहरू धेरै छन् । नकारात्मक असरचाहिँ पछिल्लो ४-५ वर्षमा यसप्रतिको गलत स्कूलिङ्गले सृजना गर्दैछ । अब नेपाली समाजको वस्तुनिष्ठ अध्ययन गरेर यस विकल्पलाई ‘पुनरावलोकन’ गर्नु जरूरी छ । राज्यले दयामा दिएको होइन आरक्षण। आरक्षण ती समुदाय, जात, लिङ्ग, क्षेत्रको लामो सङ्घर्षको उपलब्धि हो । सङ्घर्षको उपलब्धि दया हैन, हक हो । जब राज्य आरक्षणको विकल्प अवलम्बन तयार भयो । योसँगै कोही बुद्धिजीवी मेरिटोक्रेसीको हवाला दिदै विपक्षमा उत्रिए । “हो न हो, देश अब निकम्मा जनशक्तिको हातमा जाने भयो”, भनेर केही बहिष्करणमा पारिएका समुदाय पनि तिनकै पछि लामबद्ध भए । खासमा ती बुद्धिजीवी एउटा भीडको नेतृत्त्व गर्दै थिए । त्यसमा बहिष्करणमा पारिएका समुदाय पनि अलमलिन पुगेका थिए । ती बुद्धिजीवीहरू स्पष्टसँग भन्न चाहिरहेका थिए- ‘खस/आर्य पुरूषवादी पहाडीया अहमकारी समुदाय हो, राज्य सत्ता र प्रशासनमा हुनु पर्ने ।” तर उनीहरू भन्दै थिए- “बहिष्करणमा पारिएका समुदाय निकम्मा छन् ।” यो ‘मेरिटोक्रेसी’ अहिले पनि बेला बेला सतहमा आउँछ । रूकुम हत्याकाण्डमा ‘दलित’ शब्द जोडिएपछि त्यस्तै भयो । वर्षौँदेखि रहेको दलित समुदायप्रतिको कुण्ठा, दमित चेतना आरक्षणको आडमा व्यक्त भए । जब कि आरक्षण दलितको लागि मात्र व्यवस्था गरिएको हैन । (खस-आर्य समुदायको पछिल्लो/बाउ पुस्ता ,जो आफ्नो/सन्तानको भाग खोसियो भनेर उग्र छन् । उनीहरूको लागि पनि यो संविधानले लगभग ५०% आरक्षण सुरक्षित राखिदिएको छ । नत्र हिसाब गरेर हेर्नुस् ! कुल १००% को ५५% खुला र ४५% समावेशीलाई हुन्छ । अनि समावेशीको ४५% लाई १००% मानेर ३३% महिलालाई ५% अपाङ्गलाई ४% पिछाडिएका क्षेत्रलाई छुट्टाएर लचिलो हिसाब गर्नुस् । के खस/आर्यको जनसङ्ख्या र आरक्षणको % ठीक छैन ? छैन लाग्छ भने तपाईँ ‘सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ चाहनुहुन्न। स्पष्ट छ ! ) कुण्ठा व्यक्त गर्ने क्रममै शुरू भएको थियो- दलित शब्दमाथिको उठापटकी, आरक्षणको कुरा, दलितभित्रै रहेको आन्तरिक विभेदको कुरा । हत्या प्रकरणको दोषीलाई सजायको पक्षमा उभिन छाडेर उनीहरू दलित समुदायलाई पाठ सिकाउन खोजिरहेका थिए । यति गरिसक्दा पनि उनीहरू आफू जातिवादी हुँ भनेर स्वीकार्नचाहिँ तयार थिएनन् । बरू यसैगरि खेदो खनेर हो, ‘समाज सेवा’ गर्ने भन्ने ठान्दै थिए । उनीहरू यो किसिमको क्रान्ति गर्न यति अथकसँग परिश्रम गर्दै थिए । उता उनीहरू आफैँले सामाजिक सद्भावका नाममा लेखेको लेख/कविता/गजलको धोती फुक्लिसकेको थियो । कतिपयलाई लाग्छ, आरक्षण जात हैन वर्गको आधारमा गरिनुपर्छ । यो तर्क गर्नेको सोझो बुझाई हुन्छ, आरक्षण जातको आधारमा दिइयो भन्ने । माथि नै उल्लेख गरिसके आरक्षण जातको आधारमा मात्र हैन, तर पनि मान्छे ‘जातको आधारमा’ भन्ने गलत बुझाई फैलाउन अथक परिश्रम गरिरहेका छन् । यस्तै परिश्रमी एकजनाले ट्विट गर्यो – “जबसम्म दलितले कोटा पाउछ, तबसम्म म विभेद गर्छु ।” त्यहाँ पुगेको रि-ट्विटको सङ्ख्या हेर्दा लाग्थ्यो हामी अधिकांशको धारणा छ- दलितहरू समृद्ध जीवन बाँच्छन्, र पनि आरक्षण लिन्छन् । आफ्नै समाजको नाङ्गो दृश्य हेर्दा के हामी दलितले समृद्ध जीवन बाँचेको चित्र देख्न सक्छौँ ? सक्दैनौ ! फेरि यो किसिमको दुषित विचार किन ? हो, गरिब दलित समुदायमा मात्र छैनन् । सामाजिक रूपमा पछाडि परेकाह अन्य समुदायमा पनि छन् । तर दलित समुदायले जातकै आधारमा अमानवीय विभेद झेल्नु परेको इतिहास र वर्तमान बिर्सिन मिल्छ ? जात-व्यवस्थाको जाँतोमा पिसिएर दलित सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक पाटोमा पछाडि पारिएको यथार्थलाई नजरअन्दाज गर्न मिल्छ ? नेपाली समाजको अर्को यथार्थ चरित्र हो, दलित समुदायको जातसँगै प्रतिबिम्बित हुने वर्ग । नेपाली समाजका दलित जुन भू-भागका हुन् ती सामन्त वर्गचाहिँ थिएनन् । तिनीहरू श्रमिक नै हुन् । दलितभित्रको आन्तरिक विभेद “कामीले दमाईले छोएको खाँदैन दमाईले सार्कीले छोएको खाँदैन… ………………… अनि तिमीहरू भन्छौं हामीले विभेद गर्यौ ? पहिला आफैँभित्रको विभेद हटाऊ ।”, एकजना फेसबुके मित्रको स्टाटस थियो यो । हर किसिमको जातीय विभेद अपराध हो । ‘पहिला आफैँभित्रको विभेद हटाउ’ भन्ने मानसिकतामा ‘त्यतिञ्जेल म चै ढुक्कले विभेद गर्छु’ भन्ने स्वार्थ लुकेको हुन्छ । आन्तरिक विभेदको प्रसंग हिन्दु धर्मको वर्ण-व्यवस्थासँग जोडिएर आउछ । वर्ण-व्यवस्था हिन्दु धर्ममा ब्राह्मण/बाहुन , क्षेत्री , बैश्य , शुद्र भनेर निर्धारण गरिएको छ । बाहुनभित्र आन्तरिक जात-व्यवस्था छ जैसी र उपाध्याय भनेर । जैसी र उपाध्याय पनि पुर्बिया र कुमाईमा विभाजित छन् । यहाँभित्रको आन्तरिक विभेदलाई प्रा. बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’मा भनिएको छ-‘श्री ५ सुरेन्द्रले(श्री ३ जङ्ग बहादुर राणा) मुलुकी ऐनमा जैसीलाई कम मर्यादित ब्राह्मणको तहमा राखेकाले नेपालमा जैसी ब्राह्मणलाई नपुज्ने चलन चलेको छ।’ उनी थप भन्छन-‘यो जातीय बिखण्डन सृजना गर्न गरिएको थियो ।’ जातीय बिखण्डन र आन्तरिक विभेद सृजना गर्न गरिएको भएता पनि एउटा कुरा स्पष्ट छ-बाहुनभित्रको विभेद दलितमाथि हुने अमानवीय विभेद जस्तो होईन । यता शुद्र जो दास , अछुत हुँदै दलित भनेर चिनिन्छन भित्र त्यस्तै जातीय पदसोपान (Racial hierarchy) छ । यसैले दलितभित्र पनि आन्तरिक विभेद छ । यो आन्तरिक विभेद दलित आफैँले सृजना गरेको नभई जङ्ग बहादुर राणाले बि.सं. १९१०मा ल्याएको मुलुकी ऐनको उपज थियो । मुलुकी ऐनमा पृथ्वीनारायण शाहले ल्याएको ‘असली हिन्दुराज्य’को अवधारणालाई जात व्यवस्थाको आधारमा थप मजबुत बनाउन ‘कुन जातिले के गर्ने ? के नगर्ने ? कसले छोएको कसले खान हुने? कसले खान नहुने ?’जस्ता साना साना कुरालाई समेटेको छ। यसले समाजमा हुँदै नभएको विभेद अचानक भित्र्याएको थिएन । तत्कालिन समयमा रहेको विभेदलाई कानुनद्धारा थप व्यवस्थित गरेको थियो । यसकै लामो समयको अभ्यासको परिणाम हो दलितभित्रको आन्तरिक विभेद । यसले एकातिर दलितमा पनि बेतुकको जातीय अहम सृजना गरेको छ भने अर्कोतिर उनीहरू आफैँमाथि भएको विभेदबिरूद्ध एकजुट हुन सकिरहेका छैनन । अबको पुस्ता मुलुकी ऐनको यो पोलिटिक्सबाट बाहिर निस्किन जरूरी छ । जातीय पदसोपान र त्यसको आधारमा हुने विभेद मधेसी र नेवारी समुदायमा पनि देख्न सकिन्छ । यि समुदायको जात-व्यवस्थामा के स्पष्ट छ भने जातीय पदसोपानको सबभन्दा तल पर्ने दलितमाथि अपराधीक विभेद हुन्छ । ‘तिमीहरू भित्रै विभेद छ । त्यो हटाउ पहिला’ भनेर अब कसैलाई पनि जातीय विभेदमा संलग्न हुने छुट छैन । कानुनत: छैन नै सामाजिकरूपमा पनि जातीय विभेद गर्नेलाई बहिष्कार गर्न ढिला भईसकेको छ । जातीय विभेदको सारसंक्षेप जातीय विभेदको ईतिहास खोज्ने हो भने वैदिक कालभन्दा अघिसम्म पुग्न सकिन्छ । प्रा. बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’मा उल्लेख भएका वैदिक जातहरूको लिस्ट हेर्दा यस्तै निष्कर्ष निस्कन्छ । जब कानुन थिएन तब समाज संचालनको आधार धर्मग्रन्थ थिए । विभेदपूर्ण समाजको नक्शा कोर्न चै हिन्दुहरूको धार्मिक ग्रन्थ मनुस्मृतिको सबभन्दा बढि योगदान छ दक्षिण एशियामा । मनुस्मृतिमा त कसले कति वटा पत्नि राख्न पाउने भन्ने निर्धारण पनि वर्णको आधारमा छ । मनुस्मृतिको वर्ण-व्यवस्थाले जर्जर भएको समयमा आएको थियो गौतम बुद्धको वर्ण-व्यवस्थाबिहिन क्रान्तिकारी विचार । त्यसले धेरै शुद्र/दास/दलितलाई पुन:जीवन दिएको थियो । तर पनि यो विचारधारा धेरै फैलिन सकेन । वर्ण व्यवस्था हुँदै जात व्यवस्थासम्म आईपुग्दा यो व्यवस्था झनझन कठोर झनझन अपराधिक हुँदै आएको पाईन्छ । नेपालमा जयस्थिति मल्लले छुवाछुत भित्र्याए । त्यसलाई पृथ्वीनारायण शाहको समयमा ‘असली हिन्दुराज्य’भित्र समेटियो । यसलाई बि.सं. १९१० मा जङ्ग बहादुर राणाले मुलुकी ऐनमार्फत थप व्यवस्थित पारे । मानव सभ्यताको यो कलंकमाथि राज्य तह नै पहिलोपल्ट विपक्षमा देखिएको बि.सं. २०२० सालमा हो । तर यो पनि छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने भन्दा खासमाथि चै उठ्न सकेन । त्यसपछि छुवाछुत तथा जातीय विभेद रोक्न नेपालको अन्तरिम संविधान-२०६३ को योगदान महत्त्वपूर्ण छ । हालको संविधान अझ प्रगतिशील भएर ‘दलितको हक’ भनेर मौलिक हकमै व्यवस्था गर्न उभिएको छ । तर देशको मूल कानुन मानिने संविधानमै’कानुन बनाएर लागू गरिनेछ’ वाक्य राख्नुले चै राज्यको अनुदार अनुहारतर्फ संकेत गर्छ । समानुपातिक-समावेशी प्रणालीको अवलम्बन गरेर बहिष्करणमा पारिएको समुदायलाई मुलधारमा ल्याउन खोज्नु अवश्य सुन्दर हो। तर रूकुम हत्याकाण्डको दोषीलाई सजायको माग गर्न भेला भएका मानिसको आवाज बन्द गर्न दमनमा उत्रिएको सरकारको अनुहार र यो संविधान लागू भए सँगै निराश भएका ‘संरचनागत लाभमा’ लिप्त जत्थाको अनुहार ठ्याक्कै उस्तै देखिन्छ । तपाईँको कित्ता कुन हो महोदय ? सामाजिक संजालको एउटा जत्था रूकुम हत्या प्रकरणको दोषीलाई सजायको माग गर्न छाडेर पछिल्लो सामाजिक/राजनैतिक परिवर्तनप्रतिको कुण्ठा र दलित समुदायमाथि हमला गर्न उत्तेजित भइरहेको थियो , छ । यो देखेर सम्पदा रिजालले लेख्नुभयो- “तपाईँको कित्ता कुन हो स्पष्ट पार्नूस् !” म पनि सोध्न चाहन्छु- “तपाईँको कित्ता कुन हो महोदय ? अनुहारभरि कुण्ठाको धब्बा पालेर किन सामाजिक न्याय, सद्भावको कविता/गजल/गीत/लेख लेख्नुहुन्छ ?”, आफ्नो मुकुण्डो उतार्नूस् । सहानुभूति हैन सकारात्मक संवाहकपनको हो, जरूरी । त्यसरी हो प्रगतिशील हुने । त्यसरी हो आफू बाँचेको समयको कलंकको रूपमा रहेको जातीय छुवाछुतको विरूद्ध उभिने । #दलितलाई आरक्षण #ब्राह्मणवाद सरकार र संसद्लाई शिल्पीको खबरदारी: कोभिड १९ र त्यसअघिका अनेक समस्याले जेलिएको देश र नागरिकको अवस्था झनझन बिग्रँदै जाँदा पनि शासकहरुको विलासितामा रत्तिभर परिवर्तन नआउनु ‘गणतान्त्रिक’ मुलुकका नागरिकको दुर्भाग्य भएको बताउँदै शिल्पी थिएटरले एउटा खबरदारी कार्यक्रम आयोजना गर्यो। चुनाब जितेर सत्तामा जानु भनेको जनताले पसिना र रगत बगाएर कमाएको पैसामाथि मोज गर्ने हैन, विधिको शासन सञ्चालन गर्न जनताले दिएको वैधानिकता हो भन्ने बुझाउन यस किसिमको खबरदारी आयोजना गरेको शिल्पीका संयोजक घिमिरे युवराजले जनाएका छन्। घिमिरेले खबरदारी कार्यक्रमका मुख्य चार बुँदा भएको बताएका छन् । चरम संकटको अवस्थामा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुले नैतिकताका आधारमा एक वर्षसम्म आफ्नो तलब र सुविधाको ५० प्रतिशत रकम राज्यकोषलाई फिर्ता गरुन्, रुकुमको चौरजहारीमा भएको दलित नरसंहारमा संलग्न सबैलाई दण्ड होस्, महामारीको बहानामा लापरबाहीपूर्वक गरिएको लकडाउनको कारण जीवन संकटमा परेका मजदुर तथा विपन्न वर्गको जीवन रक्षा गरियोस् तथा महामारी रोकथामका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँ कहाँकहाँ खर्च भयो, हिसाब सार्वजनिक गरियोस् भन्ने आफ्नो माग रहेको उनले बताए । #शिल्पी थिएटर लकडाउनकै बीच चार कृति: काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् । ‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा दुई सय ११ ओटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु स्रष्टा ‘प्रेक्षित’ले २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करिब एक हजार दुई सय हाइकुमध्येबाट उत्कृष्ट दुई सय ११ ओटा छनोट गरी सङ्ग्रहमा समावेश गरिएको छ । स्रष्टा ‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० ओटा कविता समावेश गरिएका छन् । यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचनाहरू समावेश छन् । उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन् । यसै गरी स्रष्टा ‘प्रेक्षित’को चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे ‘प्रेक्षित’ले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् । ‘प्रेक्षितका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएको हो । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन् । स्रष्टा ‘प्रेक्षित’का उक्त कृतिहरू नेपाली साहित्यमा रुचि राख्नेहरूका लागि उपयोगी साबित हुने देखिन्छ । सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशित भएका हुन् । #जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ हिटलरको यातना शिविरको एउटा सन्देश: दोस्रो विश्वयुद्धको अन्त्यपछि हिटलरको यातना शिविरमा अमानवीय तरिकाले हत्या गरिएका सर्वसाधारणका सरसामग्री खोज्ने, हत्या नभएकालाई उद्धार गर्ने क्रममा शिक्षकहरूलाई सम्बोधन गरिएको एउटा पत्र फेला परेको थियो। सो पत्र सार्वजनिक भएपछि पढ्नेहरू गम्भीर बन्न पुगेका थिए। नेपाली भाषामा पहिलो पटक हामीले सो सन्देश यहाँ अनुवाद गरी पस्केका छौँ। यसको अनुवाद साहित्यकार तथा प्राध्यापक एलबी क्षेत्री ले गर्नु भएको होः क्याम्पमा जीवित केही व्यक्ति प्रिय शिक्षक, म यातना शिविरबाट बाँचेको एउटा मान्छे हुँ। यस शिविरमा मेरो आँखाले जे देख्यो, त्यो कसैले देख्न नपरोस्। मैले देखेँः विद्वान इन्जिनियरहरूद्वारा बनाइएका ग्यास च्याम्बरहरू, मैले देखेँः शिक्षित चिकित्सकहरूद्वारा बच्चाहरुलाई गराइएको विषपान, मैले देखेँः प्रशिक्षित नर्सहरूद्वारा गरिएको शिशु हत्या, मैले देखेँः हाईस्कुल र कलेज स्नातकहरूद्वारा महिला र बालबालिकाहरूलाई गोली हानी मारेको र जलाइएको मैले आफ्नै आँखाले यी अविश्वसनीय कृत्य देखेँ। यसर्थ, अहिले शिक्षाका नाममा जेजस्ता पढाइएको छ, त्यस्तो शिक्षाबारे म सशंकित छु कि वास्तवमा हामीले दिइरहेको शिक्षा साँच्चिकै उम्दा छ त? त्यसैले मेरो अनुरोध छ: आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर, नर्स होइन, मानव बन्न मद्दत गर्नुस्। तपाईंको प्रयासले कहिले पनि विद्वान राक्षस, कुशल मनोरोगी, शिक्षित निरक्षरको उत्पादन नहोस्। पढ्नु, लेख्नु, अंक गणित जान्नु त्यो बेला मात्र महत्त्वपूर्ण हुन्छ, जब त्यसले हाम्रा ससाना बालबालिकाहरूलाई बढी भन्दा बढी मानव बन्न मद्दत गर्छन्। घिमिरे वंशावली सार्वजनिक: काठमाडौँ / घिमिरे वन्धुहरूको वंशावली ‘घिमिरे वंशावली’ सार्वजनिक भएको छ । उक्त वंशावली कवि तथा अन्वेषक रञ्जन घिमिरेले खोज–अनुसन्धान गरी तयार पारेका हुन् । यसअगि ‘मूर्च्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याइसकेका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुर्ख्यौली थातथलोको निम्ति केही गरौँ भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताए । घिमिरेका कीर्तिशेष पिता समाजसेवी होमनाथ घिमिरेको दोस्रो स्मृति दिवसका अवसर पारेर प्रकाशनमा ल्याएको उक्त वंशावली लकडाउनका कारण कार्यक्रम र जमघट गर्न सक्ने अवस्था नभएपछि पारिवारिक जमघटका बीच कृतिकी प्रकाशक तथा माता वेदकुमारी घिमिरेबाट सार्वजनिक गरिएको थियो । ‘यो वंशावली आफ्ना पितापुर्खा प्रतिको सम्मान हो, त्यही कर्म मैले गरेँ, त्यसमाथि पनि आफ्नै आमाबाट कृति सार्वजनिक हुनु मेरा लागि ठूलै सौभाग्य हो,’ घिमिरेले बताए । उक्त वंशावलीको अग्रभागमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य रहेको छ भने पछिल्लो भागलाई सैद्धान्तिक खण्ड र वंशावली खण्ड गरी विभक्त गरिएको छ । सैद्धान्तिक खण्डमा वंशावलीको सम्बन्धमा चर्चा गरिएको छ । घिमिरेहरुको गोत्र, प्रवर कुलायन परम्पराका विषयमा उल्लेख गरिएको छ । यसैगरी मस्टो देवताका सम्बन्धमा खोजमूलक आलेखसमेत राखिएको छ । यसमा घिमिरेका थरका सम्बन्धमा गरिएको खोज समावेश गरिएको छ । यसैगरी गोरखाको मकैसिङमा घिमिरेहरु कसरी आए, मकैसिङमा आएका घिमिरेहरुले समाजमा के कस्ता योगदान पुर्याए, उनीहरूको कुलायन पूजा के कसरी हुने गरेको छ ? दगायत मकैसिङबाट छुट्टिएर आरुपोखरी गएका घिमिरेहरुको समेत खोजपूर्ण विश्लेषण गरिएको छ । वंशावली खण्डमा घिमिरेहरुको मूल पुर्खाहरुको वंशको विवरण दिइएको छ भने मकैसिङमा लमजुङबाट आएका घिमिरेहरुको पुस्तौली र पितापुर्खाको उल्लेख गरी त्यसपछिका घिमिरेहरुको पितापुर्खाको विवरण राखिएको छ । उक्त वंशावलीमा अन्वेषक घिमिरेले परम्परागत वंशावली लेखन र प्रकाशनको पद्धतिलाई मात्रै नअँगालिई मातृशक्तिको महत्तालाई बोध गरी उनीहरूलाई समेत सम्मान गर्दै छोरी–बुहारीलाई समेत वंशावलीमा समेटेका छन् । ‘वंशावली भन्नेबित्तिकै हाम्रो समाजले पुरुषको मात्रै आधिपत्य रहेको र उनीहरूकै अर्को पुरुष सन्तानको पुस्तान्तरण ठान्ने गरेको महसुस भइरहेको सन्दर्भमा केही वंशावली लेखन र प्रकाशन गर्ने संस्था तथा अनुसन्धानकर्ताले महिलालाई पनि पुरुषसरहकै स्थान दिन थालेको सन्दर्भमा मैले यस वंशावलीमा बुहारीहरूको पूर्व थर र छोरी विवाहित छोरीचेलीहरूको हकमा पनि यथासम्भव बिहेपछिको थर उल्लेख गरी समावेश गर्ने प्रयास गरेको छु,’ लेखक घिमिरेले बताए। #घिमिरे वंशावली #वंशावली नवपुस्ताको प्रश्न: मान्छेले मान्छेलाई मान्छेकै रूपमा स्वीकार कहिले गर्छ होला ?: देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ । यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँ: सेबिता अधिकारी (अनुजा): सेबिताअधिकारी (अनुजा) “मान्छेले मान्छेलाई मान्छेको रूपमा स्वीकार कहिले गर्छ होला ?” काठमाडौँमै छु । लकडाउन हुनुभन्दा अगाडि सुटिङका लागि कास्की पुगेकी थिएँ । लकडाउन हुने भएपछि सुटिङ क्यान्सिल भयो र फर्कियौँ । अहिले घरमै परिवारका सबै सदस्यसँग बसिरहेकी छु । बुबाआमा हाँसेको देखेर पनि मन हल्का हुन्छ । बुबासँग संस्कृतका श्लोक सिक्छु । कण्ठ गर्छु । खानेकुरा पकाउने खाने, बुबाआमासँग ठट्टा गर्ने, किताब पढ्ने, कफी खाने, यसरी नै बित्दै छ मेरो लकडाउन । समाचारहरुले मलाई गाह्रो बनाउँछ । रुकुमको काहालीलाग्दो नरसंहार, मोरङको घटना, अमेरिकामा घटेको र भड्किएको रंगभेदसम्बन्धी घटना, यी कुराहरु बारम्बार आउँछन् मनमा । त्यसमाथि, “आत्महत्या गर्नेहरुको संख्या बढ्दै”, भन्ने समाचारहरु, अनि सीमामा अलपत्र परेका नागरिक ! यी कुराहरु, “ह्या बिर्सिदिऊँ”, भन्न पनि सक्दिनँ । मतलब नै नगरी, नदेखेजस्तो-नसुनेजस्तो गरी बस्न पनि सक्दिनँ । आफू केही गर्न सक्दिनँ, अनि सरकार र व्यवस्थासँग रिसाउँछु । रुकुमको घटनाले मलाई अत्यन्तै अस्थिर बनाएको छ । “मान्छेले मान्छेलाई मान्छे भनेर कहिले स्वीकार छ होला ?” बारम्बार मनमा यही प्रश्न आइरहन्छ । यो समय सरकार र व्यवस्था प्रतिको मेरो आक्रोश बढेको छ । लामो समयदेखि देश लकडाउनमा छ, हामीले पालना गरिरहेका छौँ । क्वारेन्टिन भनेर सीमामा एकै कोठामा १५ जनासम्म राखिएको छ । रोगको पहिचान नै बिना मान्छे मारिरहेका छन् । शासक गतिलो भएन भने नागरिकले सधैंभरि भोग्नु पर्ने रहेछ । थोरै अध्ययनको कुरा पनि गरिहालौँ, पछिल्लोपटक आहुतिको नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष पढेँ । म, कुनै जात धर्मको मान्छे हुँ है भन्ने कुरालाई साइडमा राखेर म मान्छे हुँ भन्ने सोचेर सुर गर्नेुपर्ने रैछ भन्छु । र, अझै पनि हुर्किन बाँकी छ । समाजमा हरेकले मान्छे भएर बाँच्न पाऊन् । मेरो साथीले भन्थिन्, “ठूलो मान्छे हुन ठूलै मन चाहिन्छ,” मन फराकिलो बनाऊँ प्रेम बाडौँ । यो समयमा मैले श्याम शाहको अब्बा पढेँ । सशस्त्र द्वन्द्वको तराई र वर्ग सङ्घर्ष छर्लंग पाएँ । सरस्वती प्रतीक्षाको नथिया दोहोर्याएँ, वादीप्रथा र वादी महिलाको कथा । उनीहरुले वर्षाैदेखि यौन पेशा गर्नुपर्ने बाध्यता । शासक वर्गको वस्तुको रुपमा प्रयोग भएका वादीको कथा । भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, यो कविता सङ्ग्रह मलाई सधैँ मन पर्ने किताब हो । खगेन्द्र लामिछानेको पानी फोटो, त्यसमा नाटक छन् । पानीफोटोमा बेपत्ता नागरिकको कथा छ । कतिपय बेपत्ता नागरिकका परिवार अझै पनि फर्केर आउलान् भन्ने आशा छ। मन्टोको, मन्टो कि सर्वश्रेष्ठ काहानियाँ, भन्ने किताब पनि पढेँ । मन्टोको किताब जब तनाव सुरु हुन्छ तब पढ्न थाल्छु । पढेपछि झन् तनाव हुन्छ, फेरि बन्द गर्छु । अहिले दुलारी पढ्न शुरु गरेकी छु । अब अहिले थिएटर खुल्ने आशा नै छैन । लकडाउन खुले पनि थिएटर खुल्दैनन् किनभने नाटक हेर्न त दर्शक आउनपर्याे, सबै जनालाई डर छ । तर पनि जुमबाट प्राक्टिसलाई निरन्तरता दिइरहेका छौँ । हरेक बुधबार प्ले ब्याक “चौतारी नाटक” गर्न थालेका छौँ । भर्चुअल माध्यमबाटै भए पनि रंगमञ्चलाई सास फेर्ने माहोल भने बनाइरहेका छौ । यो लकडाउनको मेरो समय यसैगरी बितिरहेको छ । म सबैभन्दा धेरै थिएटरलाई सम्झिरहेको छु । उसले मलाई कति सम्झिन्छ होला । फेरि त्यो समय फर्किने छ, हामी उसैगरी रमाउने छौँ । कृष्ण कञ्चन: कृष्ण कञ्चन “कताकता मनमा नरमाइलो लाग्छ; विवेकशील मान्छे, विवेकहीन भएको देखेर” लकडाउनका कारण घर जान नसकेपछि काठमाडौँको साँघुरो कोठामा बस्नुसिवाय अर्को कुनै विकल्प रहेन मसँग । मेरो साँघुरो कोठाको खासियत, संसारका हरेक कुनामा घटेका घट्ना मेरो साँघुरो कोठाबाट पनि सजिलै सुन्न र हेर्न सकिन्छ । साथीहरूसँग कुराकानी गर्न, हालखबर बुझ्न गाह्रो छैन । साँघुरो कोठालाई सामाजिक सञ्जालले फराकिलो बनाएको छ । विगतमा मैले के के काम गरेको रहेछु ? मेरा रूचिहरू के के रहेछन् ? भन्ने कुराको समीक्षासँगै आँफूले आफैँलाई चिन्ने र बुझ्ने फुर्सद पनि लकडाउनको अवधि दिएको जस्तो लागेको छ । पहिले लाग्थ्यो, फुर्सद भए धेरै कुरा लेख्न सकिन्छ । त्यस्तो नहुँदो रहेछ । लेख्छुभन्दा पनि लेख्न नसकिने रहेछ । यो अवधिमा दुई चार कविताबाहेक केही लेख्न सकेको छैन । साहित्य सर्कलका साथीहरू धेरै भएकाले सामाजिक सञ्जालमा वहाँहरूका सिर्जनाहरू पढ्ने गरेको छु, लेख्नेभन्दा पनि। आजभोलि काठमाडौँको वातावरण शान्त छ । कहिले घाम लाग्छ, कहिले पानी पर्छ । चराहरू निस्फ्रिक्री उडिरहेका छन् । म सोच्ने गर्छु, मान्छेको अनुपस्थितले वातावरण शान्त हुँदोरहेछ, सफा हुँदोरहेछ । लकडाउन कहिलेसम्म लम्बिन्छ ? भन्न सकिने अवस्था छैन । दिनहुँ संक्रमितको संख्या बढिरहेकै छ । यही समयमा सिमानाको विवाद, जातीयताको कुरा, हत्या, हिंसा र बलात्कारसँगै चोरीका घटनाहरू पनि घटिरहेका छन् । कताकता मनमा नरमाइलो लाग्छ; विवेकशील मान्छे, विवेकहीन भएको देखेर । तर यो परिस्थिति अवश्य नै सामान्य हुनेछ र लकडाउन खुल्ने छ एकदिन । अफसोच, हामी सुरक्षित हुन् नसकेनौँ भने, सुरक्षित रहेनौं भने जीवनको गति सदाको लागि बन्द हुनेछ । जीवन नै नरहे लकडाउन खुलेको के अर्थ ? त्यसैले सुरक्षित रहौँ । घरमै बसौँ । सिर्जनात्मक कार्य गरौँ । प्रदीप लिम्बु योङ्हाङ: “आफ्नै समुदायका पुस्तक पढिरहेको छु” हामी स-परिवार मोरङको सिजुवा (हाल रतुवामाई न.पा.) मा बस्छौँ तर म पढाइको सिलसिलामा केही वर्षयता धरानतिर छु । शनिबारको मौका छोपेर महिनामा एकदुईचोटि घर पुगिरहन्थेँ तर यसपटक लकडाउनले धरानतिरै अड्किएको छु । करिबकरिब ७० दिनदेखि कोठाभित्रै कैदी जतिकै भएर बसिरहेको छु । यो समयमा घरको एकदम याद आइरहेको छ । उसो त यहाँ पनि म एक्लो छैन । तुम्बा (ठूलो बुबा) कोमा बस्ने भएकोले तुम्मा हुनुहुन्छ, भाइबहिनी छन् र यहाँ पनि एउटा परिवार छ । कोरोनाले निम्त्याएको यो अप्ठ्यारो परिस्थितिमा कोठाभित्रै बसिरहँदा एक हिसाबले समय कटाउन गाह्रो परिरहेको छ भने अर्कोतर्फ आफूलाई चिन्ने एउटा मौका मिलिरहेको महसुस गरेको छु । दैनिकी परिवर्तन भएको छ, साथीहरूको सम्झनाले सताइरहेको छ, परदेशीहरूको चिन्ताले पिरोलिरहेको छ । यो भयावह अवस्थामा आफूलाई मनपर्ने र कोठाभित्रै रहेर गर्न सकिने कार्यहरू गरेर बढी समय बिताइरहेको छु । पाठ्यक्रमभन्दा बाहिरका केही पुस्तकहरू पढिरहेको छु । घरमा एकदुई वटा आफ्नै समुदायका ऐतिहासिक पुस्तक रहेछन्, त्यो पढिरहेको छु । त्यसबाहेक कवितालाई प्रविधिसँग जोड्नुपर्छ भन्ने महसुस गरेर केही आफ्ना र केही अग्रज कविहरूको कवितालाई आफैँ वाचन गरेर लिरिकल भिडियो बनाएर युट्युबमा हालिरहेको छु । भर्चुअल साहित्यिक कार्यक्रमहरू हेरिरहेको छु । कोठामा कागजका दुई चारवटा सामग्री बनाएर सजाउने मौका र जाँगर यो समयमा चल्यो । केही राम्रा चलचित्रहरू पनि हेरेँ । मेरो लागि चुपचाप बस्नु जतिको ठूलो सजाय सायद केही होइन भन्ने यो समयले महसुस गराइरहेको छ। दैनिकजसो अनलाइन पोर्टलमा आएका आर्टिकल र कविताहरू पढिरहेको छु तर आफू भने केही खास लेख्न सकिरहेको छैन। यो समयमा मस्तिष्कमा एक प्रकारको तनाव छ । हत्या र आत्महत्याका घटनाहरू बढिरहेका छन्। जसले मस्तिष्कमा नकरात्मक असर पुर्याउँछ कि भन्ने डरले आजकाल नियमित समाचार सुन्न छाडेको छु भने, “के मान्छेलाई जीवनप्रतिको मोह घट्दै गएको हो त ?” भन्ने प्रश्नमा बेलाबेला घोत्लिने गर्छु । अपराधिक क्रियाकलाप बढिरहेको खबरले, मान्छेलाई मृत्यु साँच्चै समान्य लाग्न थालेकै हो त ? भन्ने प्रश्नले दिमागमा झटारो हानिरहेको छ, तर पनि सिर्जनात्मक तरिकाले समय बिताउने प्रयास गरिरहेको छु । खैर, जेहोस् यो विपत्तिको समय भए पनि नयाँ अनुभव बटुल्ने र आफूलाई नजिकबाट चिन्ने अवसरको रूपमा लिई चाँडै यो भयावह अवस्था समाप्त होस् भन्ने कामना गरिरहेको छु । #नवपुस्ता बाबू के थरी?: मिम बहादुर परियार म अक्सर जात बिर्सन्छु, मलाई वास्ता हुँदैन, आफ्नै काममा व्यस्त हुन्छु, सबैलाई उस्तै देख्छु । दुई हात, दुई खुट्टा सबैका उस्तै, रगत राताे त्यस्तै, खाने मुख दुरुस्तै, रुपरङ, चालचलन परम्परा उस्ताउस्तै देख्छु । बाबू के थरी साेध्छन् काकाले, म झसङ्ग हुन्छु , एे बाबू त अर्कै थरी, अलि पर है, चल्दैन हाम्रो वरिपरि । मन खिन्न हुन्छ, तिम्रो खुसीमा टाम्काे ठटाएकै थिएँ, तिम्रो शाेकमा मैँ अगाडि थिएँ, तिम्रो शंख र मेरो सहनाई सँगै बजेकै थिए, फेरि किन तिमी एक थरी र म अर्कै थरी? मन्दिरकाे तिम्रो भगवान् बनाउने मै हुँ, भान्साकाे अदान, शरीर ढाक्ने, लाज छाेप्ने, तिम्रो कात्रो बनाउने मै हुँ, यी सब चले, बस् म चलिनँ, अझै तिमी एक थरी म अर्कै थरी कसरी? बेलाबेलामा मेरो रगत चल्यो, साथ, सीप र सास चल्यो चेलीकाे जाेवन चल्यो, मेरा घरभित्रकाे मीठाे, मसिनो चल्यो तर तिम्रो घरमा पानी चलेन खै कस्तो थरी, बाहिर चल्ने भित्र नचल्ने कस्तो मनपरि? मेरो थुक तिम्रो सिरकाे टाेपीमा टाँसिएको छ, मैले सिलाएकाे जुत्ता तिम्रो पाउमा सजिएको छ, तिम्रो खाने थालीमा मेरो पसिना चुहिएको छ, अब के गर्छौ, पखाल्छौ कति? पाइला-पाइलामा, समाजको कुना-कुनामा म चलेको छु, अझै भन्छौ, म अर्कै थरी? तिम्रो पाप, अपराध तिमीले भने जस्तै थरिथरिकाे छ, मैले भाेगेकाे, सहेकाे हिंसा पनि थरिथरिकाे छ, कति ठाउँमा मरारिएकाे छु, कुटिएकाे छु, थरिथरिबाट, अझै भन्छाै हामी एक थरी, तिमी अर्कै थरी। हाे म अर्कै थरी, मानव थरी, सबैलाई सम्मान गर्ने थरी सुखदुःखमा साथ दिने थरी, तिमी पर्यौ अर्कै विचित्रको थरी, आफ्नालाई बिरानाे ठान्ने थरी मनपरि गर्ने थरी, अझै मान्छौ म अर्कै थरी? तिम्रो चेतना कुन थरिकाे हाे, विचार कस्तो थरिकाे हाे, मान्छेलाई नचिन्ने के थरि, अझै घमण्ड गर्छौ म सर्वोच्च थरी? याे कस्तो थरी हाे मान्छे नचिन्ने अहम् गर्ने सधैंभरि ! #दलित #मिम बहादुर परियार ओ अमेरिका, दे आर ब्रिदिङ: सेतो घुँडाले, कालो घिच्रोमा रोमाञ्चक अन्त्यको मसाज कस्तो लाग्यो त ? कालो रङले, सेता घाममा दिउँसै कालो छरिदिँदा कस्तो लाग्यो त ? रातो मटु कसक्क कस्सिएर कालो नाकबाट फोक्सोले फालेको सेतो हावा फाल्न सकिनँ भन्दा कस्तो लाग्यो त ? इतिहासमै थोरै, त्यो पनि निकैपछि बाँधिएका हात–खट्टा च्यापिएका काँध, थिचिएका टाउका ‘ब्लाइण्ड फोल्ड’ फालेर उछिट्टिएका आँखाहरुका निख्खर सेता चमक कस्तो लाग्यो त ? पिपरस्प्रे, टियर ग्याँस रबर गोली, मनलागी धरपकड खट्टाले सडक नाप्नै नपाउने आदेश सेता घरमा बसेर धम्काउँदा पनि कालै बंकरमा लुक्नु पर्दा कस्तो लाग्यो त ? ककेसियन प्रजाति भएकैले सस्तै पाएका सेता बाहिरी रङ बोकेर संसार आफ्नै खट्टामुनि कुल्चिएर राख्ने तिम्रा थिचोमिचोहरु चम्किला, सेता आवाज भरेर तिम्रा घिच्रोमा पोखिँदै छाती ढाक्दा तिमीले ‘आई कान्ट ब्रिद’ भन्ने पूर्ण वाक्य मिनियापोलिसको काले ‘जर्ज फ्लोइड’ लाई सनाउँदा कस्तो लाग्यो त ? सास फेर्न निषेधाज्ञा गरेका सहरमा फोक्सोहरु सडकमा निस्केर सेतो जलप लाएको सहरमा ठूलो ठूलो आवाजमा दे आर ब्रिदिङ, कस्तो लाग्यो त ? (अमेरिकामा प्रहरीद्वारा काला नागरिकको हत्यापछि सडकमा उत्रिएको विरोधपछि प्रवासबाट एउटा कविता ।) कवि प्रवासी नेपाली हुन् #अमेरिका #विभेद #सुशीला अधिकारी प्रकाशका हाइकु: हाइकुहरू प्रकाश खडका १.सम्झने मन खाटो बसेको घाउ दुख्छ रातमा । २.धड्कने मुटु जलनको ओखति आशुको थोपा । ३.धर्म संस्कृति बिधुवा आइमाई सेतो कपडा । ४.चिसो सिरेठो पात झर्ने मौसम नया पालुवा । ५.बाबाको मृत्यु टुहुरा छोराछोरी आमा पोइल । ६.पौडन जाने संघर्सको मैदान जित्छ उसैले । ७.पेटको लागि न्युन पारिश्रमिक बाल शोषण । भक्तपुर / हालः बोस्टन, अमेरिका #अमेरिका #प्रकाश खड्का #बोस्टन #भक्तपुर बुकाहोलिक्सको पचासौँ साक्षात्कार पूरा: नेपालमा पठन संस्कृतिको विकासका लागि गठित फेसबुकको समूह बुकाहोलिक्सले शुरू गरेको लकडाउनमा स्रष्टासँग साक्षात्कार कार्यक्रमको पचासौँ साक्षात्कार पूरा गरेको छ। बन्दाबन्दीका अवस्थामा थुनिएर तनावयुक्त जीवनलाई सिर्जनशील बनाउने, आफ्नो रूचिका विषयलाई समय दिने अवसरका रूपमा पनि प्रयोग गर्न सकिने एउटा उत्तम उदाहरणका रूपमा बुकाहोलिक्सको स्रष्टासँग साक्षात्कार कार्यक्रम बन्न पुगेको छ। यस अवसरमा बुकाहोलिक्सकी संयोजक सगुना शाहले यस समूहको स्थापनाकालदेखिको संघर्षलाई स्मरण गरेकी छन्। उनले भनेकी छन्, ‘ठूलो सपना देख्ने मान्छे म होइन र साना साना कामबाट खुसी बटुल्ने व्यक्ति भएकीले हामीले गरेको पठन संस्कृति निर्माणका लागि सानो पहलले आजका दिनसम्म आइपुग्दा महत्त्वपूर्ण भूमिका खेल्न सकेकामा सन्तोष लागेको छ।’ उनले चकटी बहस शुरू गर्दाका दुःख र यसले लिएको उचाईसँगै पछिल्लो समय स्रष्टासँग साक्षात्कारका लागि शुरूवाती दिनमा लेखक मोहन मैनाली, कवि मनु मञ्जिललाई उनीहरूले दिएको हौसलाका लागि स्मरण गरेकी छन्। यस्तै सरिता भट्टराई, अमृता लम्साल, हरिमाया भेटवाललाई पनि सहयोगका लागि धन्यवाद दिएकी छन्। यसैगरी देशविदेशबाट पाएका प्रतिक्रिया र सद्भावप्रति पनि उनले कृतज्ञता व्यक्त गरेकी छन्। गएको अप्रिल १७ मा लेखक मोहन मैनालीबाट सुरु भएको स्रस्टासँग साक्षात्कार जुन ५ मा आइपुग्दा ५० जना स्रस्टाहरुको साक्षात्कार पूरा भएको छ । साक्षात्कारमा लेखकहरुले आफ्नो सृजनाको अंश वाचन गर्ने तथा लेखनका सिलसिलामा आफूले प्राप्त गरेको अनुभवहरु सुनाउने गर्छन् । अहिलेसम्म साक्षात्कारमा सहभागी लेखकहरू यस प्रकार छन्ः मोहन मैनाली मनु मन्जिल रमेश सायन अमृता लम्साल बिपुल सिजापती अनुपम पोख्रेल सरिता भट्टराई केशव सिग्देल निस्प्रभ सजी हरिमाया भेटवाल कृष्ण धरावासी खिमा रिजाल भीष्म उप्रेती चन्द्र कटुवाल युवराज नयाँघरे राजा पुनियानी ईश्वर कँडेल एलबी क्षेत्री जीवा लामिछाने सरस्वती प्रतिक्षा नवीन विभास नीलम कार्की भूपिन खड्का अमोददेव भट्ट आश्विनी कोइराला नयनराज पान्डे छुदेन काबिमो बिमला तुम्खेवा प्रज्ज्वल पराजुली विप्लव प्रतीक वसन्त पराजुली उषा शेरचन अविनाश श्रेष्ठ रवीन्द्र समीर मोमिला जोशी अनन्त अनुराग रमेश क्षितिज बालिका थपलिया महेश पौडेल दुर्गा कार्की मनोज बोगटी नवीन क्षेत्री स्वप्निल स्मृति नवराज पराजुली सरिता तिवारी तीर्थ श्रेष्ठ भूमिका श्रेष्ठ राधा पौडेल सौरभ कार्की समा श्री साहित्यपोस्ट डट कम बुकाहोलिक्सलाई यो यात्राका लागि बधाई ज्ञापन गर्दछ । साथै, आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछ । #बुकाहोलिक्स #सगुना शाह मनको थोपा: भूपीन मन कहिलेकाहीँ पानीको थोपाजस्तै थर्थर काँप्छ । माटोमा अर्थहिन बिलाईजाने चिन्ताले जसरी थोपा खडेरीसँग काँप्छ पहाड चढ्दा लडिने लघुताभाषले जसरी थोपा उकालोसँग काँप्छ र कतै नअडिने आफ्नै चञ्चलताको कारण जसरी थोपा कर्कलाको पातसँग काँप्छ । मन यसरी कहिलेकाहीँ पानीको थोपाजस्तै थर्थर काँप्छ । र अन्तमा कहीँ खसेपछि मनमनै चित्त बुझाउँछ- ‘थोपा समयको पातबाट चिप्लिएर कतै खसेन भने कसरी बगेर समुद्रसम्म पुग्छ ?’ #भूपिन समीपको गीत: कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी मान्छेको मरण पनि कस्तो कस्तो कसैको महंगो, कसैको छ सस्तो कसैको छ सस्तो कति धन कमायो, कति मन कमायो ( मरे पछि त मूढो सरी भो ) २ कति दान गर्याे, कति मान गर्याे मान्छेको हिसाब थरि थरिको कसैलाई सयौँ छन्, काँध लाउने कसैलाई कोही हुन्न उठाउने कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी कसैको नामले पाटी पौवा बन्छ ( कसैको त यहाँ नामै मेटिन्छ ) २ पुकार्छन कसैलाई हजारौँ हजारले जो ढल्यो एकलै ऊ कहाँ भेटिन्छ फूलैको हारमा, चन्दनको चिता कसैको छ मरण यहाँ रमिता कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी यो हावा यो पानी, घामले भनेन मान्छेलाई फरक फरक गनेन पुगेर मिति रुकेको को छ आयो त काल कसैलाई छोडेन कोही गए स्वर्ग कोही अन्तै गए सबै माटो मै मिली माटो नै भए कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी ।। #सन्तोष समीप परीक्षा घडी: आँधी छ उठिरहेको तुफान नाचिरहेको छ कंपित छ जीवन डुङ्गा जलनिधी गर्जिरहेको छ अहो ! यो विषम घडी यही हो परीक्षा घडी । कति साम्राज्य उठे, ढले इतिहास साक्षी छ हुर्कँदै गरेको भविष्य हामी उठ्नै बाँकी छ ढृढ बन नीज यात्रामा नजाऊ है लडि यहि हो परिक्षा घडी । उत्साह र जाँगर भर यी दुई करमा उत्सुकता र उल्लास भर रहस्यमयी उरमा खोजको यो टुसा कोमल नजाओस् है सडी यही यो परीक्षा घडी । मोती नै यहाँ हात लाग्ला केही छैन निश्चित जान सक्छ व्यर्थ परिश्रम के पो छ नियत द्वार द्वार चहार्नु पर्छ बरू खिइओस् है हड्डी यहि हो परीक्षा घडी । केही दिन्छ सौगातमा केही लिन्छ जिन्दगी लिने दिने क्रम चलिरहन्छ अनाशक्त सौभागी जिन्दगी कुनै सौदा होइन न घटी न बडी यहि हो परीक्षा घडी । न गुमाई सबथोक यहाँ, कसले पायो र जिन्दगी दाउ यहाँ प्राणै लाग्छ श्वास लाग्छ बन्दगी कि त्यसै तिमी मर्छौ सडी ? यही हो परीक्षा घडी । #परीक्षा घडी #सुबास बजगाइँ शब्दमा हुने गल्ती: इकाई ठीक कि एकाइ ?: नेपालमा सङ्घीय व्यवस्थाको कार्यान्वयन गर्दै जाने सन्दर्भमा धेरैजसो जिल्ला कार्यालयहरूको नाम फेरिएको छ । त्यसै सिलसिलामा साबिकका जिल्ला शिक्षा कार्यालयहरू‘शिक्षा विकास तथा समन्वय इकाइ’ मा परिणत भएका छन् । यसरी परिवर्तित कार्यालयहरूको अन्तमा उल्लेख गरिएको ‘इकाइ’ शब्दको प्रयोगमा पनि एकरूपता पाइँदैन । धेरैजसो कार्यालयहरूले ‘इकाइ’ लेखेका छन् भनेकेही कार्यालयले ‘इकाई’ लेखेको पनि भेटिन्छ । लेटर प्याडमा ‘इकाइ’ लेख्ने कार्यालयले पनि हस्ताक्षर गर्ने कार्यालय प्रमुखको स्टाम्पमा ‘इकाई प्रमुख’ उल्लेख गरिएको देखिन्छ भने इकाइ प्रमुखको परिचय राखिएका बेभ साइटहरूमा पनि धेरैजसो कार्यालयले ‘इकाई प्रमुख’ लेख्न रुचाएका छन् । जिल्लाभित्र सञ्चालित विश्वविद्यालयसँग सम्बद्धबाहेकका सबैजसो शैक्षिक संस्थाहरूलाई नियमन र समन्वय गर्ने कार्यालयकै साइनबोर्ड, लेटरप्याड, स्टाम्प र प्रमुखको परिचयात्मक विवरण (प्रोफाइल) मा एउटै लेखिनुपर्ने ‘इकाइ; र ‘इकाई’ शब्दका बीचमा नियमन र समन्वय हुन नसकेको देख्ता नेपाली भाषामा चासो राख्ने सेवाग्राहीहरू अन्योलमा पर्नु अस्वाभाविक होइन । शैक्षिक नेतृत्व सम्हाल्ने जिल्लाकै कार्यालयबाट समान अर्थ दिने एउटै शब्दलाई यसरी दोहोरो तरिकाले प्रयोग गर्दै जाँदा त्यसको असर जिल्लास्थित सम्पूर्ण विद्यालय र तिनमा पठनपाठन गर्ने शिक्षक वर्गमा एवम् विद्यार्थी वर्गमा समेत अन्योल हुँदै जान्छ भन्ने कुरामा हालसम्म नेपालका कुनै पनि जिल्ला शिक्षा तथा समन्वय एकाइको ध्यान जान सकेको देखिँदैन । ‘इकाइ’ वा ‘इकाई’ शब्दले नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’मा हालसम्म प्रविष्टि पाएको देखिँदैन र अन्य नेपाली शब्दकोशहरू पनि यसबारे मौन नै रहेका छन् । नेपाली शब्दकोशहरूलेस्थान नदिए पनि नेपालका विभिन्न संघसंस्था र लेखनमा समेत ‘इकाई’ शब्दको प्रयोग असावधानीपूर्वक हुँदै आएको धेरै वर्ष भइसक्यो । नेपालका विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा गठित प्राध्यापक संघले अभैm पनि ‘इकाई समिति’ लेख्न रुचाउँदै आएका छन् भने त्यसकै सिको गरेर कर्मचारी र विद्यार्थीका संघसङ्गठनले समेत ‘इकाई समिति’ लेख्न छाडेका छैनन् । ‘हिन्दी शब्दसागर’ (शब्दकोश)का अनुसार हिन्दीमा ‘इक’ शब्दले एक भन्ने बुझाउँछ र ‘इकाई’ शब्दले एकको मान वा भावलाई बताउँछ । विशेषतः भारतीय शिक्षण संस्थाहरूमा अध्ययन गरेर नेपालका शैक्षिक तथा प्रशासनिक निकायमा काम गर्ने उच्च पदस्थ व्यक्तिहरूले ‘एकाइ’ शब्दलाई भन्दा ‘इकाई’ शब्दलाई बढ्ता सुने र प्रयोग भएको पनि देखे होलान् । फलस्वरूप ‘एकाइ’ शब्दको सट्टा ‘इकाई’ शब्दको प्रयोगले बढ्ता प्रश्रय पाउँदै गएको हुनुपर्छ । जुन शब्द धेरै सुनियो र प्रयोग भएको देखियो त्यही शब्दलाई शुद्ध ठानेर प्रयोग गर्न अग्रसर हुनु अस्वाभाविक पनि होइन तर ‘इकाई’ शब्दको सट्टाआप्mनै नेपाली भाषामा मौलिक ‘एकाइ’ शब्द छ भनेर ध्यानाकर्षण गराइदिने व्यक्ति पनि नदेखिएकाले नेपालीमा ‘एकाइ’को सट्टा ‘इकाई’ शब्दको प्रयोग हुन गएको हो । ‘नेपाली बृहत् शब्दकोश’ (२०४०, पृ. १६८) ले पहिलो संस्करणदेखि हालसम्म ‘एकाइ’ शब्दलाई प्रविष्टि दिँदै आएको छ । उक्त शब्दकोशले ‘एकाइ’ शब्दका मुख्यतः दुई अर्थ दिएको छ: “१. सङ्ख्या वा गन्तीमा एक हुनाको भाव वा अवस्था र २. कुनै राशिलाई साना–साना अंशमा बाँड्दा बनेको वा समूहभित्र रहेको एउटा सानो तर पूर्ण खण्ड ।” नेपालका शिक्षा विकासतथा समन्वय एकाइ कार्यालयहरू र संघसङ्गठनका एकाइलाई अथ्र्याउन दोस्रो अर्थ सान्दर्भिक देखिन्छ । हिन्दीमा भाववाचक ‘आई’ प्रत्यय दीर्घ हुन्छ तर नेपालीमा भाववाचक ‘आइ’ प्रत्यय ह्रस्व हुन्छ । त्यसैले ‘इकाई’लाई ‘इकाइ’ लेख्न खोजिए पनि ‘इकाई’ वा ‘इकाइ’का तुलनामा ‘एकाइ’ शब्द नै मौलिक रहेको हुँदा ‘इकाई’ वा ‘इकाइ’ शब्दको सट्टा ‘एकाइ’ शब्दको प्रयोग गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी ‘बधाई शब्द पनि हिन्दीकै प्रभावमा अन्तमा दीर्घ लेखिएकाले नेपालीमा ह्रस्व ‘आइ’ प्रत्ययको अस्तित्वलाई स्वीकार गरी ‘बधाइ’ शब्द पनि ह्रस्व प्रयोग गर्नु युक्तिसङ्गत देखिन्छ । (सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय) #कसरी लेख्ने #डा. मतिप्रसाद ढकाल अनलाइन साहित्यिक सम्मेलनकाे तेस्राे भाग सम्पन्न: एनआरएनए एनसिसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको तेस्राे अनलाइन साहित्यिक सम्मेलन मे ३१ तारिक आइतबार सम्पन्न भयाे । कार्यक्रममा प्रा. पीताम्बर दाहाल, डा. दुर्गा दाहाल, प्रा. धर्मराज काइराला, डा. टीका लम्साल, सुदीपभद्र खनाल, गायत्री तिमल्सिना, कृष्ण गिरी, विनाेद पाैडेल, दिनबन्धु पाखरेल, गीता बजगाईं, विष्णुमाया खनाल, रमा खतिवडा, पीपलमणि सिग्देल, छत्रपति दाहाल, रिता प्रधानलगायतका सहभागीले जुममार्र्फत् रचना सुनाउनु भएकाे थियाे । अधिकांश कविता, मुक्तक, गीत तथा गजल समसामयिक विषयमा सुनाइएका थिए । काेराेना भाइरसकाे त्रास, कारण तथा बच्ने उपाय र सुझावका विषयमा पनि रचनाहरु बाेलेका थिए । हरेक महिनाकाे अन्तिम आइतबार अमेरिकाकाे पूर्वीय समयअनुसार बेलुकी ९ बजे अनलाइन साहित्य सम्मेलन गर्ने निर्माण भए बमाेजिम याे तेस्राे कार्यक्रम थियाे । एनआरएन एनसिसी युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले कार्यक्रम संचालन गरेका थिए। यसअघि समितिका संयाेजक वाग्लेकै अध्यक्षतामा केही हप्ता पहिले बसेकाे बैठकले अनलाइन साहित्य सम्मेलन गर्ने निर्णय भएकाे थियाे । बैठकमा समितिका उपसंयाेजकहरु पीपलमणि सिग्देल, डा. ईश्वरी पाण्डे, सतीश त्रिपाठी, सुनिता बस्नेत थापा, शशी भट्टराई, सूर्यमाेहन तिवारी, रमा खतिवडा लगायतका सदस्यहरुकाे सहभागिता रहेको थियो । साे पहिलो बैठकमा उपसंयाेजक तथा सदस्यहरुले पनि भावि याेजनाका विषयमा आ-आफ्नो धारणा राख्दै समितिले नेपाली भाषा कक्षाका लागि पाठ्यक्रम आदि निर्माण गरी समन्वय गर्ने निर्णय समेत गरेकाे छ । त्यसैगरी अमेरिकामा रहेका साहित्यकारहरुकाे डाटाबेस तयार गर्ने विषयमा पनि छलफल भएकाे थियाे । बैठकले स्मारिका प्रकाशन गर्ने, साहित्यिक रचनामाला प्रकाशन गर्ने, साहित्यकारका लागि पुरस्कार स्थापना गर्ने, साहित्यिक प्रतियोगिताहरु संचालन गर्ने आदि विषयमा छलफल भएकाे थियाे । पिपल मनी सिग्देल #अमेरिका #कचहरी जबरजस्त फ्यान: एक समय थियो, साहित्य र साहित्यकारका प्रशंसक हुन्थे तर ती प्रायः मौन रहन्थे। हिजोआज भने प्रशंसकहरू मुखर हुन थालेका छन्। आफूलाई मन परेका पुस्तक हुन् या साहित्यकार, तिनका बारेमा प्रशंसकहरूले खुलेर प्रशंसा वा आलोचना गर्न थालेका छन्। त्यसो त आलोचना त्यति मुखर हुन नसके पनि प्रशंसा भने बडो जोडतोडले हुने गरेको छ। यहाँ नेपाली साहित्यका केही मुखर प्रशंसकका तस्बिरहरू राखिएका छन्। देशका प्रख्यात साहित्यकारका केही प्रख्यात प्रशंसक, केही अपरिचित प्रशंसकः #अप्रिल फुल #खुसी #जुकरबर्ग क्याफे #प्रिय सुफी #फिरफिरे #मिस्टिका #यार #विनोद चौधरी #सगरमाथाको गहिराइ #सर्सर्ती संसार #सेतो धरती गजल मुसायरामा चार कवि: गजल मुशायरा अष्ट्रेलियाले चाैथाे सामूहिक कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा चार कविहरु कल्पना काफ्ले (नेपाल), रमेश शुभेच्छु (नेपाल), डा. प्रकाश पौडेल (अष्ट्रेलिया) र सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड) ले आफ्ना कविता वाचन गरेका थिए। सन् २०१४ मा अष्ट्रेलियाकाे सिड्नीमा गजल मुशायरा कार्यक्रम गरेर गजल क्षेत्रकाे श्रीवृद्धिका लागि सुरु गरिएकाे यस सञ्जालले अन्य स्थानहरु ब्रिस्बेन, एडिलेड, अलबेरी, मलेसिया तथा नेपालकाे नुवाकाेटमा कार्यक्रम गरिसकेकाे छ भने २०१७ यता फेसबुक लाइभ कार्यक्रम गरी अनुमानित २६ वटा मुलुकमा रहेका ११२ भन्दा बढी गजलकारहरुकाे एकल गजल वाचन कार्यक्रम सम्पन्न गराइसकेकाे छ । काेभिड-१९ काे माहामारीका कारणले सृजित बन्दाबन्दीसँगै सामूहिक कवितावाचन कार्यक्रम पनि सुरु गरिएकाे छ । ‘नेपाली गजल सुन्ने संस्कृतिकाे विकास गर्न तथा संसारभरी छरिएका नेपाली गजलकारहरुलाई जाेड्ने अभिप्रयाले औपचारिकताविहीन सम्पूर्ण गजल कार्यक्रम गर्ने मनशायले सुरुवात गरिएकाे सञ्जाल हाे, गजल मुशायरा।’ कार्यक्रमका संस्थापक/परिकल्पनाकार जीतेन्द्र मल्ल भन्नुहुन्छ, ‘हामी गजल मात्र नभएर नेपाली साहित्यका कविता लगायत अन्य विधालाई पनि अगाडि बढाउन क्रियाशील छौँ ।’ बीचमा केही समय निरन्तरता दिन नसकिए पनि नयाँ-पुराना पुस्तालाई जोड्दै बन्दाबन्दीपश्चात पनि आगामी कार्यक्रमहरु नियमित सञ्चालन गर्ने जानकरी दिएका छन्। सामूहिक कविता वाचन कार्यक्रम जुम एप्लिकेसनमार्फत गजल मुशायरा परिवारको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारित गरिएको थियाे । सामूहिक कविता रचनावाचन कार्यक्रमकाे सञ्चालन डा. केशव शर्माले गर्नु भएकाे थियाे । हेर्नुहोस् भिडियोमाः #गजल मुसायरा अमृतको गजल: हामी हामी बीचको प्यार नै नरहला । स्तब्ध छ ! लाग्छ संसार नै नरहला ।। मलाइ दुख्दा तँलाई नि दुख्ने मन । ये जिन्दगी ? कतै तेरो सार नै नरहला ।। कम्पन हुनेछ भयंकर जल्ने छ सारा पृथ्वी । हाम्फाल्नलाई कतै मझधार नै नरहला।। यो तुफान रोकिनेछ, यो ज्वाला निभ्नेछ । रौद्र रुप भगवानको यो बारम्बार नरहला ।। #अमृत लिस्नो: कौसीमा पुग्न कहाँ सजिलो छ र ? धर्खराउँदै गरेका पैताला छाती फुटाल्ने धड्कन धान्दै धान्दै चढ्नु पर्छ चिप्लो लिस्नोका एक एक खुट्किला । मुखिया लिस्नो चढ्न थालेपछि हरेक पटक सजिलो लिफ्ट पैँचो लिएर आउँछ छिमेकी कौसीमा पुगेर तर मार्ने हतारमा हस्ताक्षर धज्काएपछि सोमरसको प्यालासँगै देखिन्छ मुखियानृत्य कौसीमा । कौसीको राहत सकिएपछि चिप्लो लिस्नोबाट डङ्ग्रङ्ग भुइँमा पछारिन्छन् मुखिया । मुखिया पछारिँदा फेरि एक टुक्रा जमिन एक शिखर स्वाधीनता र एक छाक आत्मनिर्भरता उछिट्टिन्छ भूमिबाट । हामी चाहन्छौँ हाम्रो मुखिया आफ्नै लिस्नोबाट कौसीमा चढोस् एक्लै मेजमानी नखाओस् जनताका लागि पकाओस् चौरासी व्यञ्जन र सकुशल ओर्लोस् भुइँतलामा अनि पहरा दिइरहोस् लिपुलेक, लिम्पियाधुरा, सुस्ता र महाकालीमा चन्द्र र सूर्यअङ्कित झण्डामुनि आमाका काखमा निर्धक्क निदाएका नेपालीहरूलाई ब्युँझाएर एक मुठी माटो लिएको हात छातीमा टाँसेर गाओस् स्वाभिमानको गीत गाउँछ गीत नेपाली । #लिस्नो #सञ्जीव पौडेल श्रेयश सन्ध्या भट्टराईका कविताहरु: म को हुँ? के हुँ? सायद कुवा खोज्ने प्यासी हुँ कर्म कर्तव्य त्यागेको सन्यासी हुँ मनको बाघको सिकार; सीनोको भारी हुँ गन्तव्य बिनाको म यात्री हुँ अन्ट सन्ट बक्ने शास्त्री हुँ म को हुँ? के हुँ? सायद अनुत्तरित प्रश्नहरुको म उत्तर हुँ! टाढा टाढा जहाँ मेरो आवाज पनि पुग्दैन त्यहाँ कोही बसेको होला मेरो प्रतिक्षामा जहाँ मेरो याद छैन, न मेरो अस्तित्व त्यहाँ कोही मलाई कुर्दै टोलाउदै होला क्षितिजमा जुन गाउँको बाटो मलाई थाहा पनि छैन त्यहाँ मेरो बाटो ढुकी बस्दो हो कोही मेरो आशमा सायाद त्यो गाउँमा पुग्ने छु म कुनै दिन बसेको हुँदो हो कोही त्यहाँ मेरो फरियाद सुनिदिन मलाई भन्दो हो ऊ, सफर सक्कियो तिम्रो पाप र धर्मको हिसाब किताब हुन्छ यहाँ कर्म अनुसारको फल, स्वागत छ जीवनको अन्त्यमा ५ वर्ष, ५ महिना र केही दिन यो हिसाब म बुझाउँछु आज तिमीलाई, जोड, घटाउ, कसको बढी कसको घटि त्यो तिमी आफै सोँच्नु यति दिन को खुशी को दुखी कसका आँखा रसाए कसका खुशीले चम्किए त्यो त सुन्नेलाई थाहा होला हेर्ने लाई थाहा होला भोग्ने लाई अझ बेसी को कति ओछ्यानमा छटपटियो को मिठो निद्रा निदायो त्यो त सुन्नेलाई थाहा होला हेर्ने लाई थाहा होला भोग्ने लाई अझ बेसी ह्या मर्दिम कि क्या हो आहा कस्तो रमाइलो कसले अड्कल्यो को रमायो त्यो त सुन्नेलाई थाहा होला हेर्ने लाई थाहा होला भोग्ने म अभागीलाई अझ बेसी बाल कविता प्रतियोगिता २०७७ को नतिजा घोषणा: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता, २०७७” को नतिजा प्रकाशित गरेको छ । सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय भएका छन् । सर्वोत्कृष्ट मध्येका प्रथम हुनेले ३००, द्वितीय हुनेले २०० र तृतीय हुनेले १०० अमेरिकी डलर प्राप्त गर्नेछन्। साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो । अनेसास महासचिव गणेश घिमिरेद्वारा जारी विज्ञप्तीअनुसार प्रतियोगिताका लागि प्राप्त भएका सबै कविताहरु उत्कृष्ट थिए । प्रतियाेगिताकाे संयाेजक स्वयं अनेसास बाल समितिका संयोजक डा. केशव शर्मा रहेका थिए । निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्त्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता व्यक्त गरेका छन्। आसन्न भयावह र विपद्को समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्त्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद व्यक्त गरेका गरेका छन्। #प्रतियोगिता फोटो र शब्दसँगै गर्नुहोस्, पाँचपोखरीको दर्शन: सिन्धुपाल्चोक जिल्ला, साविकको भोताङ गा.वि.स, हालको पाँचपोखरी थाङपाल गाउँपालिकामा समुन्द्री सतहबाट करिब ४२०० मिटर उचाईमा अवस्थित धार्मिक स्थल हो, पाँचपोखरी । काठमाडौं उपत्यकाबाट निक्कै नजिक भएता पनि विभिन्न आधारभूत सेवा सुविधाले टाढिएको ठाउँ पनि हो, पाँचपोखरी थाङपाल । शहरले नदेखेको खुशी देख्न सकिने, पीडामा पनि हाँस्न सिक्नु पर्छ भन्ने मुहार देख्न सकिने ठाउँ हो, पाँचपोखरी थाङपाल । काठमाडौंबाट मेलम्ची, तिपिनी, थाङपालधाप, थाङपालकोट, रैथाने पोखरी, मानेदोभान हुँदै करिब ५ घण्टाको बस यात्रा पछि भोताङ गाउँ पुगिन्छ । पहिलो रात त्यहाँ बिताएपछि थुप्रै खोलानाला, भिरपाखा पहिरो छिचोल्दै भोताङ, छिम्दी, नासिम पाटी, लौरीबिना हुँदै १२-१५ घण्टा उकालो यात्रा पछि पुगिन्छ धार्मिक स्थल पाँचपोखरी । उसो त, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट पनि पाँचपोखरीको यात्रा सुरु गर्न सकिन्छ । प्रचलित किम्बदन्तीका अनुसार आज भन्दा अन्दाजी २३२५ वर्ष अगाडि प्रख्यात शिकारी बुम्बा रुवा वाइबा सिकार खेल्दै हाल पाँचपोखरी तीर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडि धान खेती गरिरहेको देखे र यो के अचम्म हो, यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती ? भन्ने सोचेर छेउमा जाँदा धान खेती गर्ने मध्यला लोग्ने मानिस (महादेव) ले उनीलाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थाममा अलप भए । यो दृश्य देख्ने पहिलो व्यक्ति बुम्बा रुवा वाइबालाई यस्तो अचम्मको दृश्य देख्दा यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाइँ गरेको हुनुपर्छ, मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो शिकारी कुकुरलाई लगाएको घण्ट फुकाएर रोपाइ गर्दा गर्दै अलप भएको ठाउँमा झुण्डाएर मन्दिरको स्थपना गरेर फर्किए । यसै रोपाइँ गरेको स्थानमा धानको बाला खोज्ने काम हालसम्म पनि चलिआएको र यो भेट्टाएमा धनवान् भइने भनाइ आजसम्म पनि प्रचलित छ । धार्मिक किंबदन्तीअनुसार यस पाँचपोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसको दृश्य भाग्यमानीले मात्र देख्न सक्दछन् । पाँचपोखरी महादेवको दर्शनपछि लौरीबिना फर्किआउँदा पछाडि फर्केर हेर्नु हुँदैन, नत्र आफूले मागेको वरदान पूरा नहुने भन्ने अर्को किंबदन्ती छ । परापूर्व कालमा एक किसानले आफूसँग केही नभएको र जीविकोपार्जनका लागि गाईवस्तु, बाख्रा इत्यादि वरदान मागेका थिए रे! उसको वरदान पुर्याउने बेला पाँचपोखरी महादेवले तिमी अघिअघि लाग्नु गाईवस्तु, बाख्रा तिम्रा पछिपछि आउने छन्, तर लौरीबिनासम्म कुनै अवस्थामा पनि पछाडि नफर्की जानू भनेका थिए। ती किसानले अलि पर पुगेपछि गाईवस्तु आफ्नो पछाडि कराएको सुनेपछि उत्साहका साथ आज्ञापालना नगरी फर्केर हेर्न खोज्दा सबै गाईवस्तु र बाख्रा ढुंगामा परिवर्तन भएको किंवदन्ती छ। त्यस स्थानमा अहिले पनि पाँचपोखरी र लौरीबिनाको बीचको पदमार्ग देख्न सकिन्छ । भाद्र महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म यस ठाउँमा मेला लाग्ने गर्दछ भने पाँचपोखरीको दर्शन गरिसकेपछि फर्किने बेलामा रैथाने पोखरी ढोग्नु पर्छ र पाँचपोखरीको जल चढाउनु पर्छ भन्ने मान्यता छ । साथै, पाँचपोखरीबाट फर्किदा धुपीका रुखका हाँगा, पात, दाउरा कोसेलीका रुपमा ल्याउने चलन रही आएको छ । विशाल हुमागाईँ ठाउँहरु घुम्न र फोटोग्राफीमा विशेष रुचि राख्छन् । #पाँचपोखरी #विशाल हुमागाईँ उत्तम कुँवरले सिर्जेको रुपरेखा युग: नेपाली आधुनिक साहित्यको इतिहासमा साहित्यिक पत्रिका रुपरेखाले पुर्\u200dयाएको योगदान विशेष छ, विशिष्ट छ र ऐतिहासिक छ । यो बनाउने श्रेय साहित्यकार तथा साहित्यिक पत्रकार उत्तम कुँवरलाई जान्छ । रुपरेखाले यौटा साहित्यिक युग नै निर्माण गरेको थियो । गैर सरकारी क्षेत्रबाट निस्कने यो पत्रिकाले यौटा साहित्यिक युग निर्माण गर्नु चानचुने कुरा होइन । यसरी साहित्यिक युग निर्माण गर्ने रुपरेखा नै अन्तिम साहित्यिक पत्रिका थियो । त्यसपछि युग निर्माण गर्ने कुनै साहित्यिक पत्रिका नेपालमा देखिएको छैन । रुपरेखाका सम्पादक थिए, उत्तम कुँवर । तर उनको एकल सम्पादनमा निस्केको रुपरेखाले रुपरेखा युग निर्माण गरेको भने पक्कै होइन । उत्तम कुँवर र वालमुकुन्ददेव पाण्डेको संयुक्त सम्पादकत्वमा रुपरेखाले साहित्यिक युगको निर्माण गरेको थियो । तर वालमुकुन्ददेव पाण्डे आन्तरिक व्यवस्थापनमा र उत्तम कुँवर वाह्य व्यवस्थापनमा भएकाले बढी चिनिने, बढी हिमचिम हुने हुनाले उत्तम कुँवर नै बढी चिनिए, जानिए, मानिए । अर्को चाखलाग्दो कुरा के पनि छ भने, रुपरेखा पत्रिकाको सम्पादन प्रकाशन उत्तम कुँवर र वाल मुकुन्ददेवले थालेका थिएनन् । चलेकै पत्रिका उनीहरुले अघि बढाएका थिए । पछिपछि त रुपरेखा भन्नेबित्तिकै उत्तम कुँवर र वालमुकुन्ददेवको भन्ने मात्र ठान्न थालियो, कतिले उत्तम कुँवरको मात्र ठान्न थाले । नेपाली साहित्यका बिशिष्ट प्रतिभाहरु मोहन कोइराला, ध्रुवचन्द्र गौतम र पारिजात एक प्रकारले रुपरेखाकै उपज हुन् । रुपरेखाले नै उनीहरुलाई अविछिन्न र निशर्त स्थान दिएर आजका विशिष्ट प्रतिभामा गनिएका हुन् । यी प्रतिभाहरुको लक्षण चिन्ने खुवी उत्तम कुँवरमा थियो । सम्पर्क स्थापित गर्न, सम्बन्ध सुमधुर बनाउन र श्रोत जुटाउन उत्तम माहिर थिए । प्रतिभावान नेपाली लेखकका घरघरमा पुग्दथे उनी । लेख रचना जुटाउँथे । स्तम्भ लेखाउँथे । उनको सम्बन्धको तानाबाना साधारण हैसियतका लेखकदेखि राजदरबारसम्म विस्तारित थियो । शौखिन लेखक शंकर लामिछाने, आर्थिक अवस्था कमजोर भएका मोहन कोइराला र पारिजात, सीमापारिका शिखर पुरुष ईन्द्रबहादुर राई सबैलाई उनले आ-आफ्नै किसिमले व्यवहार मिलाएर नजिक राखेका थिए । केदारमान व्यथितसँग उनको आफ्नै प्रकारको सम्बन्ध थियो भने उदाउँदै गरेका मीनबहादुर विष्टलाई उनले ह्वात्तै रुपरेखाको रङ्गमञ्चमा स्थान दिएर छोटो समयमा चर्चाको शिखरमा पुर्\u200dयाइदिएका थिए । उत्तम कुँवर कम लेख्तथे तर उनको लेखनमा बेग्लै विशेषता थियो, विशिष्ट शैली थियो । उनी रुपरेखामै अनुभव र अनुभूति स्तम्भमा लेख्तथे । उनले अन्तरवार्ताको यौटा यस्तो सङ्ग्रह तयार गरे, जसले नेपाली साहित्यमा कोशेढुङ्गाको काम गर्यो । “स्रष्टा र साहित्य” नामक नेपाली स्रष्टाहरुसँगको अन्तरवार्ताको पुस्तक जब बजारमा आयो, त्यसले व्यापक चर्चा परिचर्चा पायो । त्यति मात्र नभई मदन पुरस्कार पाएपछि साहित्यमा अन्तरवार्ता विधाले पनि मान्यता पाएको अनुभव गरे नेपाली साहित्यकारहरुले । अन्तरवार्ताका सम्वादहरुलाई उत्तम कुँवरीय शैलीमा ढालेर प्रस्तुत गर्दा परम्परागत अन्तरवार्ताको प्रश्नोत्तर शैलीलाई विस्थापन गर्न खोजेको भान पर्दथ्यो । यो पुस्तकको लोकप्रियता र विषयगत विविधता एवम् रोचकताले पाठकहरुलाई मात्र आकर्षण गरेन, विश्वविद्यालयको सहयोगी सामग्रीको रुपमा पनि मान्यता पायो र थप व्याप्ति पायो । यता रुपरेखाको उत्कर्ष भने २०० अङ्कमा देखा पर्\u200dयो । यस अङ्कमा राजा वीरेन्द्रसँग रुपरेखाका लागि नेपाली भाषा साहित्यका विषयमा लिइएको लिखित अन्तरवार्ता प्रकाशित भएको थियो । त्यो आफैँमा यौटा महत्त्वपूर्ण घटना थियो । यस अन्तरवार्तालाई नेपालका त्यतिखेरका सञ्चार माध्यमहरु रेडियो नेपाल र गोरखापत्रले प्रमुख समाचारको रुपमा प्रकाशन एवम् प्रशारण गरेका थिए । यही अङ्कमा रुपरेखा युगको विषद् चर्चा भएको थियो । रुपरेखाले बनाएको युगका कथा, कविता, उपन्यासको चर्चा गरिएको थियो । नेपाली भाषाका सवैजसो प्रमुख विद्वानहरुका विशिष्ट रचनाहरु सो २०० औं अङ्कमा प्रकाशित गरिएको थियो । यो नेपाली वाङ्मयकै यौटा दुर्लभ उपलब्धिका रुपमा चर्चा गरिएको प्रकाशन थियो । यो सबको मुख्य डिजाइनर उत्तम कुँवर नै थिए । यस अङ्कमा देशका प्राय: सबै प्रमुख उद्योग व्यवसायको परिचयात्मक विज्ञापन प्रकाशित भएको थियो र निकै मोटो रकम सङ्कलन भएको भन्ने साहित्यिक जगतमा कोठगफको विषय बनेको थियो । यो अङ्कले एकातिर साहित्यिक विशेषाङ्कको कीर्तिमान राख्न र राष्ट्रिय चर्चा पाउन सफल भयो भने यसै अङ्कको कारण लामो समयदेखि सामूहिक सम्पादनमा रहेको रुपरेखामा आन्तरिक विग्रह देखियो । रुपरेखाबाट वालमुकुन्ददेव पाण्डे अलग भए र रुपरेखा उत्तम कुँवरको एकलौटी सम्पादनमा निस्कन थाल्यो । किशोर कुँवर सहायकको रुपमा देखा परे । उत्तम कुँवर कट्टु लाएर काठमाडौं प्रवेश गरेको आफैँले लेखेका थिए । तिनै व्यक्ति मैजुवहालमा आलिसान महलका मालिक बने र गाडी चढ्ने साहित्यिक पत्रकार भए । यो पनि काठमाडौंको साहित्यिक वृत्तमा तातो तातो विषय बन्यो गफाडीहरुका लागि । उनले पुरानो भक्स वेगन किनेका थिए र आफैं चलाउँथे । एकपल्ट त्रिपुरेश्वरमा तत्कालीन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको अगाडि आफ्नै कम्पाउण्डमा लगाएको मकै कसैलाई कोशेली दिनका लागि आएका थिए र मसँग जम्काभेट भएको थियो, म त्यही केन्द्रीय कार्यालयमा काम गर्थें एकाउण्टेण्टको रुपमा । उनले “पोलेको मकै खान मेरो घर आउनुस् न है” भनेर खुल्ला निम्तो पनि दिएका थिए, तर उनको जीवन कालमा त्यो पूरा हुन सकेन । रुपरेखाले लेखकसँग गर्ने समताको व्यवहार पत्याउनै नसकिने देखिन्थ्यो । यसको सम्पूर्ण श्रेय उत्तम कुँवरलाई जान्छ । हो, केही लेखक भने रुपरेखाले लेखकलाई पारिश्रमिक दिंदैन भनेर पिठ्यूँ पछाडि कुरा नकाट्ने होइनन् । तर पारिश्रमिकको विषयमा उत्तम कुँवरको आफ्नै किसिमको सोच र मान्यता थियो । तर लेखकलाई फकाई-फुल्याई लेखाउन लगाउने, राम्रा र विशिष्ट लेखकहरुलाई निरन्तर सम्पर्कमा रहेर तथा आवश्यकताअनुसार आर्थिक लगायत विभिन्न सहयोग घरमै पुर्\u200dयाएर पनि खुशी र सन्तुष्ट तुल्याउँथे । तर लेखनको मामलामा उनी लेखकीय स्वतन्त्रता हनन नहोस् भनेर सदा सचेत हुन्थे । त्यो रुपरेखा युगमा नाम र पारिश्रमिकका लागि मधुपर्क, नामका लागि र स्वतन्त्र लेखनका लागि रुपरेखा भन्ने आहानै चलेको थियो । लेखकमा दरिन मधुपर्क र रुपरेखामा छापिनु आवश्यक न्यूनतम योग्यता झैं मानिन्थ्यो अघोषित र अनौपचारिक रुपमा । तर राजाको प्रत्यक्ष शासन काल, सरकारी संस्थानबाट प्रकाशित हुने मधुपर्कका आफ्नै प्रकारका सीमाहरु थिए, बन्देजहरु थिए । तर रुपरेखा ती सबबाट मुक्त थियो, यद्यपि अन्चलाधीशको कार्यालयबाट पास नभई बजारमा बिक्री वितरणका लागि लैजान मिल्दैनथ्यो । तर पनि निजी क्षेत्रको रुपरेखा भने अलि खुकुलो नै थियो यस मामलामा । रुपरेखामा प्रकाशित रचनाहरुको बारेमा तिखो आलोचना, चोरीका आरोप आदि आए भने पनि उत्तम कुँवरले तिनलाई सम्मानपूर्वक ठाउँ दिन्थे । आफूले काखी च्यापेको लेखक भनेर छूट दिँदैनथे । तर उनले यस मामलामा मूल लेखकलाई आफ्नो स्पष्टीकरणको मौका भने राम्रोसँग दिन्थे । आरोप छापेर महिनौं हल्लीखल्ली भएपछि बल्ल अर्को महिनामा स्पष्टीकरण प्रकाशन हुँदा मूल लेखकलाई निकै क्षति हुनु स्वाभाविक हो । उनी त्यस्तो अवस्था आउन नदिन सचेत हुन्थे । त्यस्तो चिट्ठी आएपछि मूल लेखकको निवासमै गएर त्यो चिट्ठी दिन्थे र आरोप र स्पष्टीकरण एक साथ प्रकाशित गरिदिन्थे । शंकर लामिछानेलाई कुमुदिनी नामक छद्मनामबाट चोरीको आरोप लाग्यो । शंकरले त्यो आरोप स्वीकारे र साहित्यबाट संन्यास लिने घोषणा नै गरिदिए । पारिजातलाई विकास देवकोटा विराटनगरको छद्मनामबाट आरोप र तीव्र आलोचना आयो, पारिजातले त्यसको खुलस्त स्पष्टीकरण दिइन् । आयामको बारेमा अभि सुबेदी र ईन्द्रबहादुर राईको बौध्दिक बहस अर्को महत्त्वपूर्ण र चाखलाग्दो प्रसङ्ग थियो । २०३४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले देशव्यापि साहित्य सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनका लागि हरेक अञ्चलबाट २।२ प्रतिनिधिले प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको थियो । वागमती अञ्चलबाट प्रतिनिधित्व गर्ने २ प्रतिनिधिमध्ये उनी एक थिए । उत्तम कुँवरको साहित्यकारहरुसँग मात्र होइन, साहित्यिक संघसंस्थाहरु, प्रकाशन संघसंस्थाहरुसँग पनि राम्रो सम्बन्ध र उठबस थियो । उनी राम्रा र मनले खाएका साहित्यकारहरुका कृतिहरु प्रकाशनका लागि साझा प्रकाशनका महाप्रबन्धक कृष्णचन्द्र सिंह प्रधानलाई सिफारिस गर्ने गर्दथे । नेपाली साहित्यकै कीर्तिमानी दुर्बोध्य उपन्यास “बालुवामाथि” (ध्रुवचन्द्र गौतम) उत्तम कुँवरकै सिफारिसमा कृष्णचन्द्र सिंहले साझा प्रकाशनबाट प्रकाशित गराइदिएका थिए । तर त्यो उपन्यासले अपेक्षित पाठकीय माया पाउन सकेन । बिक्री पनि खासै नहुने कृति भयो । त्यसले कृष्णचन्द्रलाई हच्काइदिएको थियो । उनले पिटर जे. कार्थकको उपन्यास पनि प्रकाशनलाई सिफारिस गरे । त्यतिबेला कृष्णचन्द्रले हाँस्दै सोधेका थिए, “बालुवामाथि” जस्तो त होइन ?” उत्तमले “होइन, यो कृति गज्जबको छ” भनेका थिए । हुन पनि पिटर जे. कार्थकको उपन्यास “प्रत्येक ठाउँ प्रत्येक मान्छे” नेपाली उपन्यास जगतमा नौलो शैली, शिल्प र प्रस्तुतिमा दार्जिलिङको कथा बोकेर आएको थियो । अझ यस उपन्यासमा शङ्कर लामिछानेको भूमिकाले सुनमा सुगन्ध थपेको थियो । यो उपन्यासले पाठक, अध्येता सबको माया पायो । चर्चित भयो । राम्रो बिक्री भयो र साझा पुरस्कार समेत पायो । तर यसको जगमा उत्तम कुँवर थिए, जसको सिफारिसमा यो उपन्यास साझा प्रकाशनबाट प्रकाशन हुन सम्भव भएको थियो । उत्तम कुँवर रुपरेखालाई आफ्नो सन्तान भन्ने गर्थे । आफू मरे रुपरेखा टुहुरो होला भनी भावुक हुन्थे र सन्ध्याकालीन रसपानको बेला त भावुक मात्र होइन अति भावुक भएर रोइदिन बेर मान्दैनथे । उनले कमल दीक्षितवाट प्राणायाम गर्न सिकेको बताउने गर्थे र त्यसैले उनलाई बचाएको बताउने गर्थे । उनको प्रमुखताको केन्द्रबिन्दुमा सधैं रुपरेखा हुन्थ्यो । उनी पूर्ण रुपले रुपरेखामै समर्पित थिए । रुपरेखाको आफ्नै प्रेस थियो, रुपायन प्रेस । ढोका टोलको त्यो प्रेस साहित्यकारहरुको मिलनस्थल पनि थियो । पुरानो घरको छिंडीमा भएको प्रेसको होचो भुईंतलामा लेखकहरु पुग्दथे । साँझ कहिलेकाहीं रसपानको कार्यक्रम पनि हुने गर्थ्यो । रुपरेखा सामान्य विज्ञापन र ग्राहकशुल्कबाट चलेको थियो । कुनै विशेषाङ्कमा अलिक विज्ञापन आउनु र वचत हुनु एउटा कुरा थियो, नत्र पत्रिकाको कमाइले पत्रिका धान्न गाह्रो नै हुन्थ्यो । तर औरसपुत्र झैं मानेको रुपरेखालाई स्रोत जुटाउन विभिन्न उपायको खोजीमा उत्तमको दिमाग दौडिरहन्थ्यो । उनले आर्थिक स्रोत जुटाउन “रुपरेखा” संगीतको आयोजना गरे । कलाकारहरुसँग पनि राम्रो सम्पर्क भएकाले “रुपरेखा संगीत” भव्य रुपमा सम्पन्न भयो । म पनि रुपरेखा सङ्गीत हेर्न गएको थिएँ । राष्ट्रिय सभागृहको खचाखच हलमा “रुपरेखा संगीत”को कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । उत्तम कुँवरले नेपाली साहित्यिक पत्रपत्रिकाको ऐतिहासिक परिचयको निबन्धालेखमा शारदा पत्रिकालाई पिता, प्रगतिलाई पुत्र र रुपरेखालाई नातिको रुपमा मान्न सकिने भावना व्यक्त गरेका थिए । साँच्चै नै रुपरेखाले आफ्नो जीवनकालमा यौटा साहित्यिक युगको निर्माण गर्\u200dयो र त्यो उनको मनसायलाई मूर्तरुप पनि दियो । तर दु:खको कुरा रुपरेखा युगपछि साहित्यिक पत्रिकाले युग निर्माण गर्न सक्षम भएनन् । महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिकाको प्रकाशन भए पनि युग निर्माता भने कुनै पनि बन्न सकेनन् । साहित्यिक पत्रिकाको तर्फबाट उत्तम कुँवरले निर्माण गरेको युग नै अन्तिम युग थियो । जब उत्तम कुँवरले बेलाबखत रुपरेखामा लेख्ने गरेको स्तम्भका तथा अन्य आलेखहरुको सङ्ग्रह “अनुभव र अनुभूति” पुस्तक प्रकाशित भयो, पुस्तकको सन्दर्भ बाहिर गएर केही तीता र तीखा टिप्पणी गरिए । एउटा त्यस्तो टिप्पणी डा.तारानाथ शर्माले गरेका थिए गोरखापत्रमा । उनले गरेको टिप्पणीले उत्तम कुँवरलाई मर्माहत पारेको थियो । अनि त्यो टिप्पणीको काउण्टर टिप्पणी ईश्वरवल्लभले गोरखापत्रमै लेखे । तर उनको अमूर्त लेखाई सामान्य पाठकले बुझ्ने खालकै थिएन र प्रतिटिप्पणी जस्तो देखिएन पनि । यही किताबको यस्तै अन्तरद्वन्द्वका बीच २०३९ साल साउन १५ का दिन आफ्नै घरको शौचालयमा अचानक हृदयाघात भएर उनको निधन भयो । नेपाली साहित्य जगतले रुपरेखा युग निर्माण गर्ने साहित्यिक पत्रकार तथा निबन्धकार उत्तम कुँवरलाई असमयमै गुमायो । #उत्तम कुँवर #गोविन्द गिरी प्रेरणा #रूपरेखा #साहित्य निर्माता #साहित्य पत्रकारिता स्वघोषित 'गुफाबासी' मनुजबाबु मिश्र: मनुजबाबु मिश्र २०४६ सालको जन आन्दोलनपछि राजाले दलको प्रतिबन्ध हटाउने घोषणा गरेको र सम्वैधानिक राजा बन्न मञ्जुर भएको कतिपय कट्टर राजावादीहरुलाई मन परेको थिएन जो राजाको सकृय राजतन्त्रमा विश्वास गर्दथे । त्यसरी मन नपराउने अरुहरुले केके गरे कुन्नी तर मनुजवावु मिश्रले भने यौटा अनौठो निर्णय गरे-गुफावासी बन्ने । अर्थात् उनले आफ्नो निवासमा मात्र आफूलाई सीमित राख्ने कठोर निर्णय गरे । यो वास्तवमै आश्चर्यजनक निर्णय थियो र उनले आफ्नो जीवनकालमा यसलाई आफ्नै किसिम र तर्कले कायम नै गरे । मेरो मनुजबाबु मिश्रसँगको परिचय अक्षरबाट भएको हो । उनको चित्रकारिताको विषयमा मलाई खासै ज्ञान थिएन । तर जव उनको कलम निबन्धकारितामा तिब्र रुपमा चल्न थाल्यो, तिनै निबन्धहरुले मलाई तान्यो, मेरो मनलाई तान्यो, मेरो मष्तिष्कलाई तान्यो । उनको निबन्धको घनघोर प्रशंसक थिए नकुल सिलवाल । उनलाई मनुजबाबुको घत लागेको निवन्धका प्रसङ्गहरु सुनाइरहन्थे । र एकदिन नकुल सिलवालले मलाई यी गुफावासीको गुफामा लिएर गए । त्यसअघि उनीसँग मेरो त्यति लामो भेटघाट र भलाकुसारीको संयोग जुरेको थिएन । उनको चित्रै चित्रले भरिएको बेडरुममा पुगेपछि म साँच्चै साँच्चै छक्क परेको थिएँ । त्यसदिन मलाई लागेको थियो, बास्तबमा यी मान्छे यो धरतीमा चित्रकारिताकै लागि जन्मिएका हुन् । परम्परावादी वा अन्ध धार्मिक हिसावले हेर्ने हो भने भगवानले उनलाई यो धरतीमा चित्रकारिताकै लागी पठाएका हुन् भन्ने लाग्यो । त्यो पहिलो भेटमा थाहा भो, राजा वीरेन्द्रको शुभराज्याभिषेकको लागी दसरथ रङ्गशालामा बनाएर प्रदर्शन गरिएको राजा वीरेन्द्रको २५ फिट अग्लो तस्वीर उनले राखेको कीर्तीमान रहेछ । यति ठूलो तस्वीर कहिल्यै बनेको थिएन भन्ने उनको ठोकुवा थियो । त्यो भन्दा पनि त्यो तस्वीरको संरक्षण नगरिएको र नष्ट भएकोमा उनी असन्तुष्ट मात्र होईन, क्षुब्ध पनि देखिन्थे । नकुलजीले अघिल्लो दिन मलाई खवर गर्नु भएको थिएन । म घरमा खाना खाईवरी बसेको थिएँ । तर उनले मनुजबाबुले बोलाउनु भएको छ जाउँ भनेपछि मैले हुन्छ भनेको थिएँ र केहीवेरमा उनको मोटरसाईकलको पछि बसेर हामी मनुजबाबु निवास, गुप्तवासस्थान पुगेका थियौं । त्यहाँ पनि हाम्रो लागि खाना बनेको रहेछ । हामीलाई खाना खाने गरी नै बोलाइएको रहेछ । हामीले साथै शान्त दिवाभोजन गर्यौं । खाना खाईसकेपछि पुन: हामीलाई उनले बेडरुममा लगेर बसाए । उनको ओछ्यानको सिरानीमा सन फ्लावर तेलको ग्यालन थियो पानी भरिएको । अनि त्यसमा पाइप लगाइएको । खाटको मुनि खुट्टा तर्फ पनि पाइप लगाएको रित्तो सन फ्लावरको ग्यालेन । मनुजबाबुले बताए-माथिल्लो ग्यालनबाट सुती सुती पानी पिउने अनि खाटमुनिको ग्यालनमा चाहीं राती सुती सुती पाइप लगाएर मुत्र त्याग गर्ने । उनको कुरा सुनेपछि मलाई लागेको दिगमिग अहिलेसम्म पनि सम्झँदा त्यस्तै लाग्छ । उनले “ हर्मिताज” को परिकल्पना गरेको पनि सुनाएका थिए, एउटा महत्वाकाँक्षी योजना । उनी नेपालमा भन्दा विदेशमा बढी ख्यातिप्राप्त भन्ने हल्ला थियो काठमाडौंमा । उनका कृतिहरु अन्तरराष्ट्रिय बजारमा महँगोमा बिक्छ भन्ने पनि सुनेको थिएँ । उनीसँगको कुराकानीमा त्यो सही भएको पाएको थिएँ । त्यसदिन उनको घरमा गएको विषयलाई लिएर मैले एउटा निबन्ध लेखें-“ तीन छाक भात” । त्यो प्रकाशित पनि भयो । नकुलजी मार्फत उनको आँखामा पनि त्यो निबन्ध पर्यो । खुशी भए रे भनेर नकुलजीकै मुखवाट सुनेको हुँ । त्यसपछि मनुजबाबुको गुफामा तारिणीप्रसाद कोइरालाले नख्खु जेलमा लेखेको र जगदम्बा प्रकाशनबाट छापिएको काव्यकृतिको बिमोचन भयो । मनुजबाबु गुफाबासी भए पनि उनी एकान्तवासी भएनन् । उनी साथी भाईहरुलाई बोलाइरहन्थे । पत्रकार, साहित्यिक पत्रकारहरुलाई बोलाइरहन्थे, कति आफैं पनि सोध्दै खोज्दै जान्थे । उनलाई एकान्तवास वा भनौं गुफावास एक्लो, उच्चाटलाग्दो, निरसिलो थिएन । भनौं निरसिलो हुन दिएनन् उनले । उनी आफू गुफावासी भएको घोषणा गरे पनि समाजमा नगए पनि, समाज उनीकहाँ पुग्थ्यो किंवा उनी आफैं निम्तो गरेर वोलाउँथे । त्यसैले कतिपय उनलाई आलोचना गर्नेहरु उनको त्यो “गुफावास” लाई “ढोंग” पनि भन्थे । उनी अन्तरराष्ट्रिय कला प्रदर्शनीमा विश्वका विभिन्न मुलुकहरु पनि जान्थे । त्यो उनको गुफावास भित्रै पर्दथ्यो । उनी काठमाडौं वाहिरको साहित्यिक कार्यक्रममा सहभागी पनि हुन्थे । त्यो पनि उनको परिभाषामा “गुफावास” नै थियो । कवि द्वारिका श्रेष्ठले आफ्नो “चितवन जङ्गल लज” मा वर्षेनी “ साहित्य बन महोत्सव” को आयोजना गर्थे । त्यस कार्यक्रमका लागि हरेक वर्ष विभिन्न साहित्यकारहरु संयोजक हुने गर्थे । कवि द्वारिका श्रेष्ठको मनोज्ञान बुझेर सकेसम्म पहिला कहिल्यै सहभागी नभएका साहित्यकारलाई निम्त्याईन्थ्यो संयोजक मार्फत । म र ज्ञानुवाकर एकपल्ट अनि म आफू मात्र एक पल्ट गरी २ पल्ट संयोजनकारी भूमिकामा तथा “साहित्य वन महोत्सव” को स्मारिका मैले सम्पादन गरेको हुनाले सम्पादकको हैसियतले एकपल्ट गरी ३ पल्ट म सहभागी हुने मौका पाएको थिएँ साहित्य बन महोत्सवमा र ती मध्ये एकपल्ट मनुजबाबु मिश्र पनि सहभागी थिए । त्यो सहभागिता पछि पनि उनको गुफावासी हैसियतको वारेमा साहित्यिक बृत्तमा रमाइला चर्चाहरु चलेका थिए । मनुजबाबु मिश्रको एउटा सिध्दान्त थियो, “ पोट्रेट” भनेको सग्लो जिवित मानिसको सामुन्ने वसेर बनाइनु पर्छ । फोटो हेरेर बनाउनु त मूर्दा हेरेर बनाउनु हो भन्ने उनको मान्यता थियो । उनी हत्तपत्त कसैको पोट्रेट बनाउँदैनथे पनि । तर बनाउँथे भने सामुन्ने बसेर नै, जीवन्त । उनले एकपल्ट साहित्यकारहरुको पोट्रेट बनाउने अभियान शुरु गरेका थिए । गरिमाका तत्कालीन सम्पादक विष्णुबिभू घिमिरेको साथमा उनी पोट्रेट बनाउन पारिजात लगायत कतिपय साहित्यकारहरुको निवासमा पुगेका थिए र पोट्रेट बनाएका थिए । यात्रा, चित्र अनि चित्रकलालाई छोएर उनले सिर्जना गरेका निबन्धहरुले एकताक उनको निबन्धकार व्यक्तित्व चुल्याएको थियो । उनका अन्तर तरङ्ग, अनुहारका पानाहरु त्यस्तै निवन्धका कृतिहरु हुन् । राजधानीका सबैजसो प्रतिष्ठित पत्रिकाहरुमा उनका निबन्धहरु पढ्न पाइन्थे । उनी कलाकार भन्ने थाहा नपाउनेले पनि उनका निवन्धहरु भने पढेका हुन्थे । उनका निबन्धमा चुम्बकीय आकर्षण थियो । तर २०५६ सालमा यी “गुफावासी” चित्रकार निवन्धकार नयाँ अवतारमा देखा परे । त्यो अवतार थियो-उपन्यासकार अवतार । साझा प्रकाशनबाट उनको ”स्वप्न-सम्मेलन” उपन्यास प्रकाशनमा आयो र छोटो समयको अन्तरालमा यो उपन्यास “ टक अफ त टाउन” भयो साहित्यिक बृत्तमा । अद्भूत कल्पनाले भरिएको यो उपन्यास उनको महत्वाकाँक्षी “हर्मिताज” परियोजनासँग सम्वन्धित थियो । हर्मिताजमा पौराणिक-ऐतिहासिक व्यक्तित्वहरु सम्मिलित यौटा सम्मेलनको आयोजनाको परिकल्पना नै यो उपन्यासको अद्भुत कल्पनाशीलता थियो । पुराना पुस्ताका साहित्यकारहरु पनि यो उपन्यासले प्रभावित भए । कमल दीक्षित पनि यो उपन्यासले अत्यन्तै प्रभावित भए । उनले प्रभावित भएर तारिफ र चर्चा मात्र गरेनन्, यस्तो उपन्यास विश्व बजारमा जानुपर्छ भने । त्यसको लागि अङ्ग्रेजीमा अनुवाद हेतु ५० हजार नगद समेत उनलाई दिए । यो यौटा गजवको सुखद परिवेशको निर्मिति थियो मनुजबाबु मिश्रको लागि । यो उपन्यास डा. तारानाथ शर्माले अङ्ग्रेजी भाषामा अनुवाद गरे । त्यो अनुवाद बगर पत्रिकामा नकुल सिलवालले प्रकाशन गरे सम्पूर्ण पाठ एकै अङ्कमा र त्यसको अफ प्रिण्ट पुस्तक पनि प्रकाशन गरे-“ द ड्रिम एसेम्बली” । अनुवाद र प्रकाशनका लागि शुरुदेखि अन्त्यसम्मै नकुल सिलवालले सहजिकरण गरेका थिए । अङग्रेजीमा पनि प्रकाशन भएपछि स्वप्न सम्मेलनको चर्चा पुन: चुलियो । यसै बीच समय आयो मदन पुरस्कारको घोषणाको । भित्री मनै देखि मदन पुरस्कार लिन्न भन्ने नेपाली साहित्यकार नगन्य छन् नेपालमा बाहिरी रुपमा जतिसुकै मदन पुरस्कार विरोधी भए पनि । वर्षमा एकपल्ट मदन पुरस्कारमय हुन्छ नेपाली साहित्यको वातावरण, यसपाली कसले पाउँछ भनेर । अचानक “स्वप्न सम्मेलन” ले मदन पुरस्कार पाउँछ भनेर अन्दाजवाजहरुले अन्दाज ठोकिदिए । त्यो अन्दाजको डडेलो सल्कियो । थप अन्दाजवाजहरुले क्षेप्यास्त्रै ठोकिदिए, “मदन पुरस्कार भनेको कमल दीक्षित हो, कमल दीक्षित भनेको मदन पुरस्कार हो । अब कमल दीक्षितले पढेर, मन पराएर, किताबलाई अन्तरराष्ट्रिय जगतमा पुर्याउन नगदै पचास हजार दिइसकेपछि यो किताबले मदन पुरस्कार नपाए कुन पुस्तकले पाउने ?” यो कुरा मनुजबाबुको कानमा नपुग्ने कुरै थिएन । उनलाई पनि यसपालीको मदन पुरस्कार पाउँछु भन्ने लाग्न थाल्यो । मनमा जे भए पनि उनलाई मुखले अग्रिम बधाई दिनेहरुको लर्को लाग्न थाल्यो । उनलाई मदन पुरस्कारले पूरै गाँज्यो । उनी आफैंले पनि यसो सूत्र लाएर बुझ्ने प्रयास गरे र सकारात्मक जवाफ पाए । अग्रिम बधाई पाए । तर २०५६ सालको मदन पुरस्कार “ अतिरिक्त अभिलेख” कविता सङ्ग्रहका लागि कवि दिनेश अधिकारीले पाउने घोषणा भयो । यो घोषणाले मनुजबाबु मिश्रलाई साफ तोड पर्यो । अघिल्लो साँझ सम्म अग्रिम बधाई दिनेहरुको फोन आउन छोडेको थियो । उनले पक्कै पाउने विश्वासमा वसेकाले उनलाई चोट परेको अनुभव भयो र यो असन्तुष्टिलाई उनले आफुभित्र सम्हालेर राख्न सकेनन् र यौटा लेख लेखेर त्यो असन्तुष्टि छताछुल्ल पारे । यो लेख प्रकाशित भएपछि कमल दीक्षित पनि दु:खी भए । एक पल्ट मैले यो सन्दर्भ कोट्याउँदा उनको भनाई थियो, “ त्यो उपन्यास मलाई मन परेको हो । मन परेकै भएर तारिफ गरेको हुँ र अनुवादका लागि मैले पैसा पनि दिएको हुँ । त्यसको मतलव मैले मदन पुरस्कार दिन्छु भनेको हो र थोडै । मैले दिएर दिईने हो र ! कस्ताकस्ता दिग्गज जाँचकीहरु हुन्छन् । किन उहाँले लेख्नु भयो मलाई त आश्चर्य लाग्यो ।“ यो प्रसङ्गले मनुजवावु मिश्र र कमल दीक्षित वीचको मीठो सम्बन्धलाई भने निश्चित रुपले तिक्त बनाइदियो । यसै सिलसिलामा सन् १९९९ मा साहित्यतर्फको नोवेल पुरस्कार पाउने गुन्टर ग्रासको उपन्यास “ द मिटिङ एट टेलगेट” पढेपछि भने म झसङ्ग भएँ । यो उपन्यास र स्वप्न सम्मेलनको कथ्याधार समान छ । गुण्टर ग्रासको उपन्यासमा सन् १६४७ मा जर्मनीका विभिन्न भागवाट भाषा साहित्यको छलफलका लागि बैठक गर्दछन् । यो सम्मेलन सिमोन दाखले आयोजना गरेका थिए । स्वप्न सम्मेलनमा पनि हर्मिताजमा दिवङ्गत प्रतिभाहरुको आत्माको बैठक बस्तछ । यो साम्यता किन ? यो संयोग मात्रै थियो कि प्रभाव ? यसले मलाई धेरैदिनसम्म रिंगाइरह्यो । तर पछि मैले सुनें, मनुजबाबुले “स्वप्न सम्मेलन” लेख्नुअघि त्यो उपन्यास पढेका थिएनन् रे ! “स्वप्न सम्मेलन” मनुजवावु मिश्रको एकमात्र उपन्यास हो । त्यो उपन्यासले सानो तिनो हलचल ल्याइदियो नेपाली साहित्यमा, मनुजबाबुको लेखन यात्रामा र मदन पुरस्कारमा पनि । चित्रकलाको क्षेत्रमा उनीद्वारा लिखित “ विश्व चित्रकलाको ईतिहास” महत्वपूर्ण ग्रन्थ हो । यसको महत्व र उँचाई निकै अग्लो र फराकिलो थियो । लेखनमा यता यसरी लागे पनि मनुजबाबुको चित्रकारितामा पूरै निरन्तरता थियो । विदेशी चित्रकारहरु उनलाई खोज्दै हर्मिताज आउँथे । उनले बनाएको त्यो संसारको सम्राट उनै थिए । उनी गुफावासी भएकोमा, बहुदल बिरोधी भएकोमा कतिपय पोलिटिसियनहरु खुशी थिएनन् । बि.सं. २०७३ सालको दशैंको शुभकामना दिनका लागि के.पी. शर्मा ओली मनुजबाबुको गुफावासमा पुगेका थिए । दशैंको शुभकामना दिने क्रममा उनले “ वहुदल बिरोधी मान्याता” मा पुनर्विचार गर्न आग्रह गरेका थिए । तर उनले आफ्नो निवाससम्म आएकोमा धन्यवाद दिएर त्यस आग्रहलाई टारिदिएका थिए । २०७३ साल असोजमा मनुजबाबुको आत्मकथात्मक कृति “ हर्मिताज:अढाई दशक गुफामा” बिमोचन भयो । विमोचन गरे शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले । प्रमूख वक्ता थिए-डा.तारानाथ शर्मा । पुस्तकको प्रकाशनको चाँजोपाँजो थियो घोष्ट राईटिङ्ग नेपालको । त्यो समारोहमा मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्रले पनि पिताको वारेमा बोले । तर जसको आत्मकथा हो उनी चाहीं अनुपस्थित थिए । कारण उनी गुफावासी भएकाले गुफामै वसे । पुस्तक बिमोचन चाहीं सार्वजनिक समारोहका वीच भयो । यी गुफावासी कलाकार तथा साहित्यकारको २०७५ साउन २३ राती हृदयाघातका कारण निधन भयो । #गोविन्द गिरी प्रेरणा #मनुजबाबु मिश्र #साहित्य निर्माता "मर्द कवि" कृष्णभूषण बलको काव्यिक हुङ्कार: ने पालको इतिहासमा २०३६ साल विशेष मानिन्छ । राजा वीरेन्द्रले विद्यार्थी आन्दोलन भड्केपछि सुधारिएको पञ्चायती व्यवस्था वा बहुदल रोज्नका लागि ऐतिहासिक जनमत सङ्ग्रहको घोषणा गरेका थिए यही साल । यो समयमा नेपालका पञ्चायत इतरका सबै विचारधाराका कवि लेखकहरु एकै कित्तामा उभिएका थिए-पञ्चायत विरोधी र बहुदलपक्षीय रुपमा । नेपालको इतिहासमै सर्वाधिक कवि लेखकहरुले एउटै मञ्चबाट विरोधको काव्यिक स्वर उरालेको घटना सडक कविता क्रान्ति थियो । त्यो समयमा अधिकांश कविहरु विद्रोही देखा पर्थे, पुराना पुस्ताकादेखि नयाँ पुस्ताका सम्म । यसै समयमा काठमाडौंको काव्यिक जगतमा तरङ्ग ल्याउने एउटा कविताले डंका पिट्यो- काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन यो कविताका कवि थिए कृष्ण भूषण बल । यो कविताले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो, उनको पर्यायवाची नै बन्यो यो कविता एक प्रकारले । त्यस ताकका उनी उपस्थित कवि गोष्ठीमा तथा जमघटमा उनलाई सबैले यही कविताको फर्मायस गर्ने गर्थे । उनी आफ्नो मौलिक शैलीमा त्यसलाई वाचन गर्थे । इलामको रवि माल्टेनीमा विसं २००४ चैत्र १ गते मा जन्मेका यी कवि राष्ट्र बैंकमा जागिरे थिए र बसाई काठमाडौं थियो त्यतिबेला । उनको नाम शुरुमा स्कूल पढुन्जेल टीकाराम तामाङ थियो, पछि साहित्यिक क्षेत्रमा पाइलो हालेपछि कृष्णभूषण बल भएका हुन् । काठमाडौंमा उनी एक्लै बस्थे । फुक्का फाल थिए । थोरै कविता लेख्थे । साँझलाई उनी दुई प्रकारले उत्सवीकरण गर्थे, मदीरापान गरेर अथवा मखनका गल्लीहरुमा त्यतिखेर भूमिगत रुपमा भिडियोमा देखाइने नीलो चलचित्र हेरेर । क्रान्तिकारी, विद्रोही कविता, मदीरा र नीलो चलचित्र मेलै खाने कुरा थिएन । तर त्यो मेल कृषणभूषण बलमा सम्भव थियो । मनका सफा, स्पष्ट भन्दिने र चित्त नबुझेको कुरामा रनक्क रन्केर पूर्वेली झोंक देखाउने उनको स्वभावलाई मित्रगणले सहज र स्वाभाविक रुपमै लिन्थे । म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण शाखामा लेखापालको रुपमा काम गर्थें । नेपालको मेचीदेखि महाकालीसम्मका त्रिभुवन विश्वविद्यालयको बजेटमा चल्ने क्याम्पसहरुको लेखापरीक्षणका लागि टूर गैरहनु पर्थ्यो । कृष्णभूषण बल नेपाल राष्ट्र बैङ्कको निरीक्षण महाशाखामा काम गर्थे र उनी पनि नेपालका बैङ्कहरुको निरीक्षणका लागि विभिन्न जिल्लाहरु गैरहनु पर्थ्यो । एकपल्ट कुरै कुरामा थाहा भो, उनी धरान र तेह्रथुम जाँदैछन् । मैले सोचें, उनी जाने रुटमा मैले पनि विश्वविद्यालयको आन्तरिक लेखा परीक्षणको काम मिलाउन पाए सँगै यात्राको मजा लिन पाइन्थ्यो । दुनियाँमा मिलाउन चाहे मिलाउन नसक्ने कुरै के हुन्छ र ? मैले एकजना अधिकृत फकाएँ र धरान, धनकुटा अनि तेह्रथुम क्याम्पस आन्तरिक लेखा परीक्षणका लागि जाने काज स्वीकृत गराएँ । धरानमा त्यतिबेला कलाकार मुकेश मल्ल, अशेष मल्लका सहोदर दाजु दिनेशको जुत्ता पसल रुँगेर बस्थे । उनले एक साँझ कृष्णभूषण वल र मलाई सायँकालीन निमन्त्रणा गरे । उनीकहाँ एक बोतल मदीरा कुनै मदीरा कम्पनीले उपहार दिएको रहेछ, सो चखाएर आतिथ्यता गर्न चाहन्थे । तर मुकेशको एक्लो बसाई अनि भात भान्साको व्यवहारिकताबाट टाढा उनले स्न्याक्सको भने व्यवस्था मिलाउन सकेका रहेनछन् । हामी बाहिर निस्केर मूला, गोलभेंडा र भूजा अर्थात मुरई लिएर आयौं र त्यसको साथमा मदीरापानमा रमाउन थाल्यौं, साहित्य कलाका कुरा गर्दै । अशेषको कुरा गर्दै । मुकेश त्यतिबेला दिनेश को. जुत्ता पसलले बन्धनमा बाँधेको अनुभव गर्दै थिए र त्यो बन्धन चुँडाल्ने प्रयत्नमा लागिरहेको बेला थियो । हामीले उनका असन्तुष्टि पनि सुन्यौं । मदीराको शक्तिलाई कमजोर स्न्याक्सले थाम्न हम्मे हम्मे परिरहेको थियो । हामीले बोतल रित्याउँदा बोतलले हामीलाई हल्लिने बनाइसकेको थियो । टाउको चड्काउन शुरु गरिसकेको थियो । काठमाडौंका निख्खर बासिन्दा मेरा अधिकृत गम्भीमान सिं डंगोल पनि हल्लिएका थिए, सामान्यतः हल्लँदै नहल्लिने मान्छे पनि । बोतल रित्तिएपछि धेरै बेर त्यहाँ टिक्न सक्ने अवस्था भएन र हामी माथिल्लो तल्लाबाट ओर्लन थाल्यौं घर पछाडिको भर्याङ्बाट । तर भर्याङ्बाट ओर्लँदा ओर्लँदै हामी तीनै जनाको उदरबाट मदीरा र स्न्याक्स हुँडलिएर मुखबाट हुत्तिन थाल्यो । तीनैजनाले अलिकति पेट खाली गरेपछि म र मेरा अधिकृत विज्ञान क्याम्पसको अतिथिगृह हात्तीसारतिर उकालो लाग्यौं । कृष्णभूषण पनि आफ्नो बासतिर लागे । मात्ने गरी धेरै पिए पनि छाद्ने गरी पिएको देखेको चाहिँ त्यो नै पहिलो र अन्तिम घटना थियो । धरानबाट हामी तेह्रथुम जाने भयौं । धनकुटासम्म गाडी अनि त्यसपछि पूरै पैदल । धनकुटा पुगेपछि हामी पैदल लाग्यौं हाम्रो पहिलो बास हिलेमा पुग्ने लक्षसहित । हिलेमा तोङ्वा र सुकुटीको स्वादमा रमाइयो । अनि भोलिपल्ट बसन्तपुरमा बिहानको खाना खाएर जिरेखिम्तीमा बास बस्यौं । बीचमा अर्को एक बासपछि तेह्रथुमको सङ्क्रान्ति बजारमा पुगेपछि हाम्रो सहयात्राको बिसौनी भयो । तर हरेक साँझको रमझम र बाटोभरि साहित्यिक गफगाफ यो यात्राको रमाइलो पक्ष थियो । राष्ट्र बैंकका कृष्ण भूषणका हाकिम जो आफूलाई कीर्तिनिधि बिष्टको भतिजा भन्थे, तिनको बास व्यवस्थापन कला भने परिपक्व थियो । हामी त अनुभवहीन थियौं नै, कृष्णभूषण साँझ परेपछि खाना अगाडि मदीरा लिन थालेपछि खाना खानुअघि नै यसरी तनक्क तन्किन्थे कि भोलिपल्ट बिहान नभई उनको त्यो तन्काई खुम्चिंदैनथ्यो । उनको पहिलो कृति ” दाजु मलाई तिम्रो हात चाहिन्छ ” काव्य थियो । त्यो चर्चित थियो र त्यसको अंश गीतको रुपमा पनि गाइएको थियो । तर त्यसको व्याप्ति यथेष्ट हुन पाएन । तर २०४१ सालमा प्रकाशित “भोलि बास्ने बिहान” ले भने उनलाई तरुण पुस्ताका शक्तिशाली कविको रुपमा उभ्याइदियो । तर यो सङ्ग्रहमा आउँदा उनको चर्चित कविता “काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन” का शब्द परिवर्तन भएका थिए । उनले चर्चामा रहेको बेला र अनौपचारिक रुपमा सुनाउँदाका हरफ यस्ता थिए: किन थाहा भएन तिनलाई एउटा रौंलाई मात्र भनिन्न केश किन थाहा भएन तिनलाई एउटै मात्र वंशको हुँदैन देश तर किताबमा आउँदा “वंश” शब्दको साटो “इतिहास” शब्द प्रयोग भएको थियो । वंश शब्दले सिधै राजतन्त्रमाथि धावा बोलेको अर्थ लाग्थ्यो, लेखेका पनि त्यही थिए, तर पञ्चायतको जगजगीको बेला, सकृय राजतन्त्रको बोलवाला भएको बेला उनले “वंश” शब्द प्रयोग गर्ने आँट गर्न सकेनन् । यो पुस्तकको विमोचन २०४१ सालमा भएको थियो । पुस्तक विमोचन भव्य नै थियो । हामीहरु सबैको सहयोग र साथ थियो । औपचारिक कार्यक्रम सकिएपछि हामीहरु नजिकका साथीहरुलाई उनले कमलपोखरीको एउटा चिया खाजा पसलमा लगे । उनी त्यो विमोचन समारोहमा वक्ताहरुले बोलेका उनका कविताको विश्लेषण, तारिफ र चर्चा सुन्दै रमाइलो खानपानको मूडमा थिए । पहिलो चरणमा चिया अर्डर भयो । क्यासेट प्लेयर साथमै थियो, जसबाट सो कार्यक्रमको ध्वनि रेकर्ड गरिएको थियो । साहुजीले चिया बनाएर दिन थालेका थिए । केही साथीहरु चियाको चुस्की लाउन थालिसकेका थिए । उनी भने क्यासेट प्लेयर बजाउन टुपिन जोड्ने ठाउँ खोज्न थाले । पाइयो । क्यासेट प्लेयर अन भयो । उज्यालो अनुहार लाएर उनी र हामी सबै क्यासेटबाट आउने आवाजको प्रतीक्षा गर्न लाग्यौं । स्वाईंईं आवाज आयो । शुरुमा यस्तै हुन्छ भन्ने ठान्यौं र वक्ताहरुको भीषण भाषणको प्रतीक्षा गर्न लाग्यौं । तर आवाज त्यही स्वाईंईं भन्दा अरु आएन । कृष्णभूषणको मुड बिग्रन शुरु भयो । फास्ट फरवार्ड गर्दा पनि र पुन: रिवाइण्ड गर्दा पनि स्वाईंईं भन्दा अरु आवाज नआएपछि रेकर्डिङमा गडबड भएको पक्का भयो । उनी अलिअलि कालो वर्णको मान्छे, पूरै कालो भए । नीलो भए । अनि एक्कासि साहुजीलाई भन्न थाले, “खाजा साजाको सबै अर्डर क्यान्सिल ! सबै क्यान्सिल !” जजसले चिया समातेका थिए, पाइहाले, अरुले चिया पनि पाएनन् । बडो बेमज्जा भयो । उनलाई साह्रै दु:ख लाग्यो । म पनि त्यो दुर्दान्त क्षणमा केही नबोली बाटो लागें । “भोलि बास्ने बिहान” काठमाडौंको साहित्यिक वृत्तमा चर्चाको विषय बन्यो । साप्ताहिक विमर्शमा डा. ध्रुवचन्द्र गौतमले आफ्नो स्तम्भमा पूरै यो किताब र कृष्णभूषण वलमाथि लेखिदिए । त्यो धेरै पढिने चर्चित साप्ताहिक अखबार थियो त्यतिबेला । तीसको दशकका कवि लेखकहरु निकै उत्साह र लेखनमा नयाँपनको लेप लिएर आउँदै गर्दा पनि स्थापित समालोचकहरुले वास्ता नगरेको, लेखनको मूल्याङ्कन नगरिएको जस्तो आरोप लाग्ने गरेको थियो । विशेष डा. वासुदेव त्रिपाठी, कृष्णचन्द्र सिंह प्रधान, अभि सुवेदी जस्ता वरिष्ठ समालोचकहरुले नयाँ पुस्ताका कवि लेखकको समीक्षा समालोचना नगरेको गुनासो हुने गर्थ्यो । हुन पनि ठूला समालोचकहरु नामै लिन समेत अन्कनाउँथे । तर कृष्णचन्द्र प्रधानले कृष्णभूषण बलको बारेमा खुलेरै भव्य समालोचना लेखिदिए एकेडेमीको कविता पत्रिकामा । उनले बललाई “मर्द कवि”को उपमा दिंदै गोपालप्रसाद रिमाल, वैरागी काइँलाको लहरमा तिनको उत्तराधिकारी कविको रुपमा चर्चा गरिदिए । उनले लेखे: ” वास्तवमा बल स्वतन्त्रता, प्रजातन्त्र र मानव-अधिकारका गायक हुन्, अनुचित र अव्यवस्थित व्यवहारलाई मोड्ने मनोकाङ्क्षाका आस्थावान्-कवि हुन् ।….कोमलता उनको कविताको प्रकृति होइन, यसकारण पोथी कवि उनी भएनन् । पुंसत्व उनको कविताको स्वभाव हो, त्यसैले उनीलाई मर्द कवि भन्नुपर्छ ….बल दोबाटाका बाटा हुन् । क्यै भन्न परेकोले उनी कविता लेख्छन्, कविता नलेखी बस्नै नसकेकोले क्यै भनिरहेका हुन्छन् । यसरी दुवैले दुवैको समझदारीलाई जुन वातावरणमा स्वीकार गरी सम्झौता गरेका छन् र अस्तित्वको सम्मान राख्न सके, तिनै कविलाई कृष्णभूषण भनेको हूँ-यसभन्दा अघिकालाई वैरागी काइँला र अझ अघिकालाई गोपालप्रसाद रिमाल ।” यो समालोचना प्रकाशित भएपछि कृष्णभूषण बल यति धेरै खुशी भए कि त्यसको सिमाना नै रहेन । उनले कृष्णचन्द्र सिंह प्रधानलाई फोन गरेर, भेटेर पटक पटक, अनेक पटक कृतज्ञता जाहेर गरेपछि कृषणचन्द्र सिंह प्रधानलाई अस्वाभाविक मात्र लागेन वाक्कब्याक्क समेत लागेको उनले प्रशङ्गवस मलाई पनि सुनाएका थिए । नयाँ पुस्ताको बारेमा लेख्दा हुने यौटा जोखिम यो पनि हो । साँच्चै कृष्णचन्द्र सिंह प्रधान आफैंले त्यो समालोचना लेखेर कृष्णभूषण बलको कवित्वको हत्या भएको समेत महसूस गरे । हुन पनि त्यसपछि उनका कविताहरु भोलि बास्ने बिहानका कविता भन्दा उम्दा हुन सकेनन् । त्यो समालोचनाले कृष्णभूषणलाई एकातिर बिगार्यो भने अर्कोतिर कृष्णचन्द्र सिंह प्रधानले नयाँ पुस्ताको समालोचनै गर्न उपयुक्त समय भैनसकेको ठहर गरे । फलत: समालोचना लेख्नका लागि उनले तयार पारेका नयाँ पुस्ताका कवि लेखकहरुको सूची कृष्णभूषण बलबाट शुरु भएर लगभग उनैमा अन्त्य भयो । निकै पछि मात्र उनले पोखराका सरुभक्तलाई समाते । कृष्णभूषणले काठमाडौं बसाइलाई अन्त्य गरेर विराटनगरलाई गृहनगर बनाए । उनी राष्ट्र बैंङ्कको केन्द्रबाट विराटनगरको क्षेत्रीय कार्यालयमा सरुवा भएका थिए । उनी विराटनगर बस्न थालेपछि काठमाडौंको यौटा साप्ताहिक अखबारमा “सुनाखरी लामा, विराटनगर” को नामबाट निकै चोटिला लेखहरु प्रकाशित हुन थाल्यो स्तम्भकै रुपमा । त्यो स्तम्भ छोटो समयमै निकै चर्चित भयो । त्यो स्तम्भ लेख्ने लेखक अरु कोही नभई स्वयम् कृष्णभूषण बल नै थिए । विराटनगर झरेपछि पनि कृष्णभूषण बलले झरिला कविता लेख्न सकेनन् । “अब त बिसाउँ होला थापाजी” जस्ता आत्मस्वीकृतिजन्य घतलाग्दा कविताको फाट्टफुट्ट सिर्जनामा भने उनले आफूलाई लगाई नै रहे । उनी परशु प्रधान अध्यक्ष रहेको वाणी प्रकाशन संस्थाको उपाध्यक्ष थिए । परशु प्रधानले काठमाडौं फर्कने निर्णय गरेपछि वाणी प्रकाशनको अध्यक्षको कार्यभार कृष्णभूषण बलले पाएका थिए । तर संस्था चलाउने संयन्त्रको जानकार नभएका उनले वाणी प्रकाशनलाई पूर्ववर्ती कालखण्डको तुलानामा अघि बढाउन सक्षम भएनन् । सधैं प्रातकालीन भ्रमणमा निस्कने कवि एकदिन नियमित ढङ्गले प्रातकालीन भ्रमणमा निस्किएपछि घर आएर नुहाउँदै गर्दा बेहोस भएर लडे । उनलाई उपचारार्थ अस्पताल पुर्याइयो । तर उनी ढलेको ढल्यै भए र २०६९ साल असार ११ गते दिवङ्गत भए । उनको मृत्युको एक महिनाको अन्तरालमा म क्यालिफोर्नियामा थिएँ र साहित्यकार बासु ढकालको निवासमा क्यालिफोर्नियाकै अर्का साहित्यकार ध्रुव थापासहित केही साहित्यप्रेमीको उपस्थितिमा हामीले यौटा सानो श्रध्दान्जली कार्यक्रम पनि गर्यौं र दिवंगत कविको सम्झना गर्यौं । तर उनले त्यो बेला गरेको ‘काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन, काठमाडौं एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन’ भन्ने उद्घोष समयक्रमले प्रमाणित नै गरेर छाड्यो। #कृष्णभूषण बल #गोविन्द गिरी प्रेरणा #साहित्य निर्माता चिया अड्डा: १. ‘ती चिया अड्डाका चिया फिक्का लाग्छन्, जहाँ साथीहरू भेटिँदैनन् ।’ यस्तै केही लेखेको थिएँ, फेसबुकको स्टाटसमा । कमेन्टहरु बररर बर्सिएका थिए । तर ती कमेन्टहरु केवल “वाह वाह” र “क्या गज्जब लेख्नुभो” भन्ने पाठकहरुका थिए । त्यहाँ “हामीलाई पनि तेरो उपस्थिति खड्किएको छ लम्बु” भन्ने कमेन्ट टाँस्नलाई ती पुराना चियाचुरोटे यारहरु झुल्किएनन् । न त “हामीले चियाका कपहरु साटीसाटी पिएका पलहरु फनफनी आँखामा नाचिरहन्छन् अझै” भन्ने उनको कमेन्ट आयो । किन आउँथ्यो र जिन्दगीको आवेश फेसबुकको आइडीलाई पोखेर ब्लक गरेर जानेको कमेन्ट । कमेन्टहरु दर्जनौं आऊन्, लाइकहरु सयौँ आऊन्, आँखाहरुले त केवल आफ्नो मनको मान्छेको अनुहार पानको पातको छेउमा हाँसिरहेको हेर्न रुचाउँदो रहेछ, फेसबुकमा । चियाको लती म सानैदेखि हो । त्यतिबेला गुलियोले लत लगायो होला । तातो घुट्कोले आँतबाट मीठो स्वाद बगाउँदै लैजाँदा रमाएको मन र मगजले लत लगायो होला । त्यसपछिको लत साथीहरुले लगाए । भन्नेहरु त चुरोटले क्यान्सर लाग्छ भन्छन् । लाग्छ होला पनि । यदि मान्छे मार्ने विष नै हो भने किन बेचिन्छ त चुरोट ? गैरकानुनी बनाएर प्रतिबन्ध लगाउनु पर्ने हैन र ? तर देशले चुरोट बेचेरै अर्बौँको राजश्व कमाउनु छ । मान्छेहरु रोगी बनाएर उठाएको राजश्वले अस्पतालहरु खोल्नु छ, विद्यालयहरु चलाउनु छ । फाइदा त कति हो कति ! तर मलाई भने कलेजका दिनहरुमा ख्यालख्यालैमा सिकेको चुरोटले दमको रोग हैन दमदार साथीहरु भेटाइदिएको थियो । “कहाँ छस् ? क्याफे आइज,” टोलका साथीहरुको एक कल फोनमा भर्खर भात खाएका चिसै हात लिएर कुदेर पुगिन्थ्यो, घरछेवैको चिया पसल । “फोक्सो चिलाएको छैन तेरो ?” कलेजका साथीहरु कलेज बिदा भएकै दिन निम्ता गर्थे । अनि “आज एक्स्ट्रा क्लास छ” भन्दै रित्तो झोला काँधमा भिरेर पुगिन्थ्यो कलेज । गेट बाहिरको चियापसलमा जम्थ्यो अड्डा । हरेक कप चियाका समाधिमा सहिद हुन्थे केही जोडी चुरोटहरु । धुवाँ बनेर उड्थे नैराश्यताहरु । लत चुरोटको थिएन, दोस्ती यारीको थियो । लत चियाको पनि थिएन, जमघटको थियो । आन्द्राको ग्यास्ट्रिकको डरभन्दा कैयौँ ज्यादा मुटुको न्यानोपनको लोभ थियो । तर मिलिक्कै बितिगए क्याम्पस पढ्ने दिनहरु । डेरावालको जिन्दगी न हो, फेरिए टोलहरु । कैयौँ साथीहरु घर व्यवहारका झ्यालखानामा कैद भएर चियाअड्डाहरुमा हाजिर लगाउन असमर्थ भए । ठुटो चुरोटका खिल्लीहरु साटासाट गरेका कैयौँ आत्मीय ओठहरु देश छोडेर परदेशी बने । त्यसपछि बल्ल चुरोटहरु टर्रा लाग्न थाले । फिका लाग्न थाले चियाहरु । कहिलेकाहीँ चियाका कपहरुले पनि एक्लोपन महसुस गर्ने रहेछन् । लाग्छ, मजस्तै एक्लो छ मेरो टेबलमा ठिंग उभिएर सुस्केराको बाफ छोडिरहेको चियाको कप । लाग्छ, सोधिरहेछ उसले, किन मलाई यो टेबलमा ल्याएर एक्लै छाडिदियो पसलेले ? किन अलपत्र पारिदियो मलाई ? खै त मेरो छेउमा अर्को साथी ? आजभोलि चियासँग यादहरु मिस्सिएर आउँछन् । चियाका कपहरुमा कतै कतै उसैका औँलाहरु अल्झिएको देख्छु । कप उचालेर ओठसम्म लैजाँदै गर्दा लाग्छ, म कसैको देब्रे हातको चोरऔंलालाई सुस्तरी आफ्नो दाहिने हातको चोरऔंलाले अंकुशे बनाइरहेछु । चुमिरहेछु ती औंलाहरुलाई । तब त्यतिबेला भन्न मन लाग्छ ती फिका चियाहरु पनि गुलिया लाग्छन्, जहाँ प्रियसीका यादहरु मिस्सिएका हुन्छन् । यादहरु नहुँदा हुन् त जिन्दगी पनि चिस्सिएको चियाझैं हुँदो हो । ओस्सिएको चुरोटझैं हुँदो हो । पहिलो पटकको भेटमा चियापसलको टुलमा सपक्क घुँडा जोडेर सावधानीपूर्वक चियाको कप समाएकी थिइन् उनले । सोचिहोलिन्- यो कस्तो मान्छे होला, जसले मलाई यस्तो निस्सारलाग्दो चिया पसलमा भेट्न बोलायो । उसका कल्पनामा कुनै आलिशान रेस्टुराँको कफी सप थियो होला । सोचेकी थिइन् होला, भेट हुनेछ कुनै बारमा । कुनै लाउन्जमा । तर यो कस्तो दिवानापन होला, यो उम्रिन लागेको लेखकको, जो यति सुन्दरीलाई बस्नै असहज हुने गरेर बोलायो गोंगबुको सानो गल्लीको यो चिया पसलमा । आँखाहरुले बात मारेका थिए, ओठहरु डराएका थिए । मलाई डर थियो, मेरो झुसे दाह्री, खुइलिएका लुगा अनि फाटेको जुत्ताको असर उनको दृष्टिकोणमा पर्ला भनेर । तर उनलाई डर रहेछ, मेरो यही सादगीको मूर्तिले उनको सम्पन्नताको आस्थालाई नकार्यो भने ? मान्छे सधैँ कहाँ पैसाको पछि दगुर्छ र ? मनको भकारी रित्तिएकाहरु प्रेमको पछाडि पनि त दगुर्छन् । जीवनको कुनै कालखण्ड गरिबीको सगरमाथा चढेकाहरु फेरि विपन्नताको ढिस्को मात्र पनि उक्लिन चाहँदैनन् । त्यसैले रोज्दछन् बलियो लिस्नो, जसबाट उक्लिन सकियोस् ऐश्वर्यको माथिल्लो चोटामा । उनी त यसै सम्पन्न थिइन् । उनलाई आफ्नो सम्पन्नताको कारण म टाढा हुँला कि भन्ने भय थियो । प्रेममात्र यस्तो कुरा हो, जहाँ गरिबलाई धनीसँग मात्र हैन, धनीलाई गरिबसँग पनि बिछोडको चिन्ता हुन्छ । ‘तिमीलाई अड लाग्यो हो ?’ मेरो नजर उनले समाउन नसकेको वा भनौँ नजानेको चियाको कपमा थियो । ‘छैन त,’ उनका गुलाबी ओठहरुले कपको बिटमा छाप लगाइदिए । ‘कति अप्ठेरोसँग पिएकी!’ त्यसपछि मात्र उनका सुकिला हत्केलाहरुले त्यो फुच्चे कपलाई पोथीले चल्ला छोपेझैं छोपेका थिए । सुरुप्प पारेर आवाज निकाल्दै तानेकी थिइन्, चियाको सुर्को । ‘अब भयो ? हजूरले जस्तैगरी खाएको मिल्यो ?’ उनी बल्ल सहज भएर मुस्कुराएकी थिइन् । ‘मिल्यो मिल्यो,’ म हाँसेको थिएँ । भोलि फेरि भेटौंला भनेर स्कुटरको हेल्मेट लगाएर उनी उठेकी थिइन् । ‘हजुर पनि जाने कि अलि परसम्म ? कि यतै बरालिएर बस्ने हो ?’ कति बिघ्न हक थियो त्यो बोलीमा । मलाई “हजूर हैन, तिमी भन” भन्न मन थियो । खुरुक्क कठालोमा घिच्याएर “हिँड खुरुक्क” भन्दिए हुनेझैं लागेको थियो । तर फगत एक हप्ताको कुराकानी, अनि लाज मानीमानी भेट्न तयार भएको म । नाथे फेसबुकमा टुक्रे लेख पढेर “फ्यान” भएकी केटी । सोचेको थिएँ, एकदिन भेटेसी टाढिने छे । अनुहार देखेपछि तर्किने छे । चक्रपथमा कम्पाउण्ड लगाएको घरमा बसेकी केटी, कसरी प्रेममा पर्छे र मजस्तो गाउँबाट काठमाण्डू आएर एउटा साँघुरो डेरामा पढ्न बसेको केटोसँग ! तर प्रेम त यस्तै अप्ठेराहरुमा पलाउने बिरुवा रहेछ, जो हुर्कियो, झ्यांगियो, र समयसँगै सुकेर गयो र अन्तत्वगत्वा मर्यो । के थाहा, त्यसदिन उनको स्कुटरको पछाडि बसेर जाँदै गर्दा देखेको सिङ्गो जिन्दगी सँगै यात्रा गर्ने सपना यति छिट्टै तुहिने छ भनेर । कहाँ सोचेँ र, मैले फेसबुकमा एड गरिदिएको दिन, खुशीले संसारै जितेजसरी मेसेजहरुका डङ्गुर नै पठाएर मसँग अनुग्रहित भएकी मान्छेले नै एकदिन मेसेन्जरको ढोका मात्र बन्द नगरेर “तेरो अनुहार नै हेर्दिनँ” भन्दै ब्लक ठोकेर जान्छे भनेर ! आज न त साथीहरु भेटिन्छन् चिया अड्डाहरुमा, न त प्रियसी छिन् साथमा । तर अन्जानैमा जोडेको मित्रताको नातामा चियाले रत्तिभर बैमानी गरेन । यो अझै पनि मुटुको छेउकुना भएर बग्ने गर्छ, हरेकदिन, साँझ, बिहान । लकडाउनमा घरै बसेर सिलाभरे दिउरेमा पानी बसाल्छु, चियापत्ती राख्छु, दुध राख्छु र उम्लिन दिन्छु । तब उम्लिन थाल्छन् पुराना यादहरु । के के गल्ती गरें मैले उनलाई टाढा बनाउन, कसरी टाढिए पोट खेलेर घन्टौं चियाअड्डामा दिन बिताउने साथीहरु । चिया अड्डाहरु फगत अड्डाहरु थिएनन् । ती त जिन्दगीको एउटा समानान्तर पाटोलाई नियाल्ने आँखीझ्याल थिए । अब यो एकान्तवासमा बसेर खोल्नु छ स्मृतिका ती एक-एक पत्रहरु । #चिया अड्डा #सुरेश बादल एक दिने ढिलाइको फाइदा: हामी बस चढ्न लाग्दा ऐरावती नदीझैं माण्डलेलाई आफ्नै खालको हतार थियो । ऊ ऐरावती नदीझैँ अविराम दौडिरहेको थियो । हामीले माण्डले छाड्न लागे जस्तै डाँडा पारिबाट सफल यात्राको शुभकामना दिँदै थियो, अस्ताउँदो घामले पनि । आज जनवरीको २० तारिख । महिना दिनदेखि गरिएको तयारीले बल्ल नेपाल यात्राको जोरजाम पूरा भएको थियो । साँझ परिसक्दा पनि खुसीका कारण सबैको अनुहार पूर्णिमाको जूनझैं उज्यालो देखिन्थ्यो । गीत बजिरहेको सुन्दा यस्तो लाग्यो, देशी ड्रइभरसमेत हाम्रो उमङ्गमा मस्त छ सायद । भारत सरकारको सहयोगमा बनेको माण्डले–टमु सडक निकै फराकिलो थियो । यो सडकलाई एसियाली राजमार्ग पनि भनिन्छ रे ! नेपालको काँकरभिट्टा हुँदै भारतका विभिन्न राज्य र म्यामा हुँदै यो सडकलाई थाइल्याण्डसम्म जोड्ने योजना छ भन्ने सुनेको हुँ । सायद जोडिसकिएको होला कि ? अल्पज्ञानका कारण यसै भन्न सकिनँ । यात्रामा रमाइलो सुरु भयो । हामी सबैका मोबाइलमा नेपाली गीत र बर्मेली गीत छन् । त्यसबाहेक अडियो बुक, अडियो कविता र मनोज गजुरेलका व्यङ्ग्य पनि छन् । सात जना आफ्नै पाराका छौँ, जसले बसमा अरुलाई डिस्टर्ब होला भन्ने पीर नगरी नेपाली गीतमा झुम्न थल्थ्यौं । हाम्रो नबुझिने गीत सुनेर बेला बेलामा बसका यात्रुहरु छक्क परेर हेर्थे । फेरि बर्मेली बोली सुनेर आश्वस्त हुन्थे । ‘ठिकै भयो हामीलाई प्लेनको टिकट नमिलेको ! नेपाल हेर्न अझै तीन दिन पर्खनु भन्दा यस्तै रमाइलो गर्दै भारतलाई नियाल्दै नेपाल पुग्ने भइयो,’ गीतको बीचमा भीम पाण्डेले भन्नुभयो, ‘यात्रा गरेपछि यस्तै अनौठो खालको गर्नुपर्छ ।’ सबैले हो मा हो मिलाउनु भयो । तर मलाई भने भारतीय काउन्सिलरले गरेको अनावश्यक सोधपुछ र केरकार सम्झेर बनाएको थियो । ‘नेपाल जान भारतकै बाटो किन ?’ ‘नेपालका धेरै केटीहरु यसरी नै हिँड्दा बेचिएका छन् भन्ने थाहा छ ?’ ‘तिमीहरु चार जवान केटी छौ, भारतको बाटो केही भयो भने कसले जिम्मा लिन्छ ?’ ‘तिमीहरुसँग जाने तीन जना केटाहरुलाई कहिलेदेखि चिन्छौ ? ‘ज्ञानबहादुर थापा को हो ? उनले नेपालबाट किन बोलाएका ?’ यी यस्ता प्रश्न थिए, जसबाट काउन्सिलरको चिन्ता त देखिन्थ्यो तर त्यो भन्दा पनि यात्रा गर्न हत्तोसाहित गरिरहेको थियो । काउन्सिलर सकेसम्म हामी भारतको बाटो नछिरौँ भन्ने चाहन्थे । भारतको बाटो हुँदै नेपाल जानुपर्ने कारण खर्चमा कटौती पनि हो भन्ने हामीलाई थाहा थियो । माण्डलेबाट थाइल्याण्ड, थाइल्याण्डबाट काठमाडौँ र काठमाडौँबाट धनगढीको यात्रा छिटो त हुन्थ्यो तर पैसा धेरै नै लाग्दथ्यो । जुन हामी युवा पुस्ताका लागि धान्न सकिने थिएन । त्यसमाथि साहित्यमा लागेको मानिसले जति धेरै संसार बुझ्यो, त्यति राम्रो भन्ने हामीलाई लागेको थियो । जिन्दगीमा पहिलो पटक बर्मा छाडेको बेलामा धेरैभन्दा धेरै ठाउँ कम भन्दा कम मोलमा हेर्ने रहर हुनु स्वभाविक नै हो । त्यसमाथि प्लेन तीन दिन ढिला थियो । यो तीन दिनमा त हामी नेपालको बोर्डर पुग्न सक्दथ्यौँ । त्यसले पनि हामीलाई भारतको बाटो हिँड्न प्रेरित गरेको थियो । काउन्सिलरलाई यही कुरा चित्त बुझिरहेको थिएन । बसमा हामी त्यही दुःखद् कुरा सम्झिन थाल्यौँ । ‘अगर कोठीमे गई तो घर लौटने के सपने भी नही देख सकती, सम्झी ?’ भागवत सरले काउन्सिलरको नक्कल गर्दै हामीलाई जिस्क्याउनु भयो । ‘जो हमको बेचने का सोचेगा, उसीको बेच देंगे!’ सरगमले उही शैलीमा जवाफ फर्काउनु भयो । बसमा सातै जनाको हाँसो फैलियो । बसका पेसिन्जर पुनः हामीतिर छक्क परेर हेरे । हुन त नेपालले हामीलाई साहित्यकारको रुपमा स–सम्मान नेपाल बोलाएको छ, भारतीय काउन्सिलर भने बेचिने डर देखाइरहेको छ । एक प्रकारले यो हाम्रा लागि विरोधाभास कुरा थियो । त्यही कुरालाई हामीले बसभरि उडाउन थाल्यौँ । तर काउन्सिलरले आफ्नो ड्युटी गरेका रहेछन् भन्ने कुरा पछि थाहा भयो । सुदुरपश्चिमाञ्चल साहित्य महोत्सव हुन लागेको हो होइन, त्यहाँ आउने युवतीहरुको नाम हाम्रो नामसँग मिल्छ मिल्दैन भनेर पनि सोधपुछ भएको रहेछ । एक प्रकारले यो हाम्रै सुरक्षाका लागि थियो । तर यो बेला त हामी यस्ता कुराबाट अनभिज्ञ थियौँ । केवल काउन्सिलरले गरेको अनवाश्यक सोधपुछ र एक दिन ढिला गरेर दिएको भिसाले परेको अप्ठ्यारोका कारण हामी रिसाइरहेका थियौँ । हामीले भिसा पाएपछि आफूले पाएको दुःखको गुनासो नेपाली धर्मशालालाई पनि सुनायौँ । त्यो दिन मान्डलेस्थिति म्यान्माली नेपालीहरूको साझा घर अर्थात् नेपाली धर्मशाला भवनको निमार्णको शिलान्यास पनि थियो । एक दिन ढिला भिसा पाउँदा यो कार्यक्रममा सरिक हुन पाएको भन्दै अग्रजहरु खुसी हुनुभयो । त्यो बेला लाग्यो, जे भयो राम्रै भयो । म्यान्मामा जहाँ-जहाँ ठूलो नेपाली बस्ती र ठूलो सहर छ, त्यहाँ नेपाली धर्मशाला छन् । प्रत्येक गाउँमा पाठशालाहरु छन् । मिचिना, टमू, नाउछो र याङ्गुनमा ठूला धर्मशालाहरु छन् । यस्ता धर्मशालामा नेपालीहरुलाई अत्यन्तै सस्तो दाममा बस्न खान व्यवस्था गरिन्छ । सन् १९८२ मा ठूलो लागतमा निर्माण गरिएको धर्मशाला दुई वर्षपछि अचानक भएको अग्निकाण्डमा ध्वस्त भयो । त्यो म्यान्माली नेपालीको मुटु निचोरिएको दिन थियो त्यो । तर वीर गोर्खालीको भावना, उद्देश्य र योजनाहरू भने ध्वस्त हुन सकेन । यस्ता धर्मशाला म्यामाली नेपालीहरूको धानको बोट, मकैको बिउ, गााईको बाच्छो, आँपको रुख जस्तै हो । जसले भविष्यमा छाहारी र अन्न दुवै दिन्छ । माण्डलेको यो धर्मशाला म्यान्मा भएका सम्पूर्ण नेपालीहरूले पाइपाइ जोडेर, दान र चन्दा सङ्कलन गरेर निर्माण भएको हो । यसरी दुःख गरेर बनाएको धर्मशाला आगालागीले ध्वस्त हुँदा धेरैका आँखा ओभानो हुन समय लाग्यो । माण्डले यस्तो सहर हो, जहाँ हरेक दिन जसो कतै न कतै आगलागी हुने गर्छ । त्यस्तै आगलागीमा परेपछि यो धर्मशाला चार वर्षसम्म त्यत्तिकै रह्यो । सायद नेपालीहरुलाई त्यसैगरी खर्च जुटाउन समय लाग्यो होला ! मण्डलेको धर्मशाला अहिले पनि कति प्रख्यात छ भने सहरको जुनसुकै कुनाको जुनसुकै अटो वा भाडाका ड्राइभरलाई नेपाली धर्मशाला पुर्याइदेऊ भन्दा पुर्याइदिन्छन् । बर्माभरिबाट आउने नेपाली विद्यार्थी, बिरामी, सरकारी कामले झरेकाहरु सबैलाई यसले आश्रय दिन्छ । त्यति मात्र होइन, नेपाल र विश्वभरबाट आउने नेपालीहरुका लागि पनि यो सुस्ताउने चौतारो बन्ने गरेको छ । आगलागीमा परेको यो धर्मशाला सन् १९८६ मा जीर्णोद्धार भयो रे तर जीर्णाद्धार गरिएको यो धर्मशालाले सायद गोर्खालीको बढ्दो जनसंख्यालाई धान्न सकेन । देशकै दोस्रो ठूलो सहरमा जुन स्तरको धर्मशाला हुनु पर्दथ्यो, त्यो नभएका कारण पनि हुनसक्छ, यो धर्मशालाको शिलान्यास भएको थियो । अहिल यो १० तल्ले भव्य भवन बन्ने तयारीमा छ । यस्तो कार्यमा बर्मामा रहेका हरेक नेपालीले केही न केही दिनुपर्ने सामान्य नियम हो । यो पावन अवसरमा हामी पनि सहभागी हुन पाएका थियौँ । सिलान्यासमा लागि केही सरकारी पदाधिकारी, बर्माका लागि नेपाली राजदूत भीम उदास, केन्द्रीय समिति र म्यान्मा भरिकै नेपाली शाखाहरूका प्रतिनिधिको उपस्थिति थियो । यस्तो लाग्यो, मानौँ हाम्रो यात्राका लागि स्वागत गर्न सबै जम्मा हुनु भएको छ । यसले भारतीय काउन्सिलरले गरेको कडा सोधखोज र प्रश्नले दुखाएको मन पनि शान्त भयो । एकातिर शिलान्यास हुँदै थियो, अर्कोतिर म्यान्माली नेपाली साहित्य धान्ने युवापिँढी भनेर हामीलाई शुभकामना र आशीष पनि मिलिरहेको थियो । यात्राका लागि हामीले केही खर्च पनि पायौँ । अहिले गाडी एकोहोरो पूर्वतिर लागिरहेको छ । अँध्यारोमा हामी कहाँ पुग्यौँ थाहा छैन । ‘एकपल्ट सम्झनु पर्यो हो,’ भागवत सरले फोन निकाल्दै भन्नुभयो । हामी सबै गलल्ल हाँस्यौँ । खासमा भागवत सर नयाँ नयाँ विवाहित हुनुहुन्छ । उहाँ पटक पटक फोनमा म्यामसँग कुरा गर्नुहुन्छ । जब जब उहाँ घरमा फोन लगाउनु हुन्छ, हामी जिस्क्याउँछौ । एक दिनमै चारपल्ट फोन गर्ने मान्छेले लामो नेपाल बसाइमा के गर्नुहुन्छ होला । हामी यस्तै भनेर जिस्क्याउँछौँ । उहाँ भन्नुहुन्छ, ‘विवाह गरेर हेर, अनि थाहा हुन्छ, परिवार भनेको के हो ? माया भनेको के हो ?’ हामी भन्छौँ, ‘हाम्रो परिवार छ नि, बिहे नै गर्नुपर्छ भन्ने के छ र ?’ उहाँ पुनः फोन गर्नुहुन्छ । तर उहाँको फोन झर्नेबित्तिकै हामी पनि आ–आफ्नो घरमा फोन लगाउँछौँ । मैले पनि फोन लगाएँ । घरमा सुत्ने बेला भएछ । आमा सोध्नुहुन्छ, ‘नेपाल पुग्न लाग्यौ ?’ म हाँसेर भन्छु, ‘आमा नेपाल त धेरै दूर छ । हामी अहिले टमु पनि पुगेका छैनौँ ।’ भोलि बिहान टमु पुग्ने लक्ष्यमा साथ गाडी गुडिरहेको छ । #बर्मा #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की गोवर्धन पूजाको गजल: गोबर्धन पूजा एउटै जात एउटै रङ्ग यत्ति मात्र थाहा छ मलाई या त जीउदै गाड मलाई, या त जलाउ कोरी सलाई अझै कति नवराजले मर्नुपर्छ रुकुममा कति रगत पिउँछस् दैव प्रेमीमाथि छुरा चलाई गल्ती भन्नु ! यत्ति थियो, केवल उसले माया गर्यो चोट सह्यो ,खोट सह्यो, समाजको सह्यो जलाई आखिरीमा चाहिने त दाउराको चिता न हो कात्रो भित्र खल्ति हुन्न, सक्दैनौ हो लान छलाई यो पूजाले भन्छ आज जातपात अन्त्य गरौ स्वार्थ भन्दा माथि उठी सोचौ अब सवको भलाई बोस्टन, अमेरिका #अमेरिका #गोवर्धन पूजा #बोस्टन बागी कलम: जब मेरो कलम बागी बन्छ केही हूल मस्तिष्कहरू पर्खाल बन्छन् । म ती पर्खालहरू भत्काउन खोज्छु मस्तिष्ककै कलमले तर पर्खाल भत्किँदा नभत्किँदै तेर्सिन्छन् केही जोर हत्केलाहरू अनि भाँच्न खोज्छन् मेरा वैचारिक कलम । मेरा अस्तित्वका बिर्का, खोल र भिर्नीहरू सहिरहन्छन् विभेदकारी पदचापहरू । तर मेरा चेतनाका सुइराले घोचिरहन्छन् उसका मस्तिष्कीय पाइतलाहरू तबसम्म जबसम्म ढल्दैनन् उसको मनुचेत देह । #बागी कलम #राज प्रणय पूर्वीय दर्शन चेत: फैलाऊ अब चेत विश्वभरिमा पूर्वीय संस्कृतिको कस्तो अमृतपान हुनेछ सजिलै आधार समृद्धिको खोजेथे अति कष्ट सहन गरी पुर्खा तपस्वी थिए कस्तो अमूल्य ज्ञान बटुली हामीलाई उपहारै दिए। भाषा जीवनको प्राणसरी हो संस्कृत नै उत्तम छोड्यौ चटक्क मतिभ्रमित भै बुज्दै नबुझीकन कस्ता उत्तम थे ज्ञान भरिएका ती पञ्चतन्त्रै कथा बिर्सेथ्यौ भन्न सन्ततिहरुमा त्यसले बढाए व्यथा। कस्तो सुसंस्कृत थियो परम्परा थुप्रो गुणको भरी त्याग्यौ कसोरी ओहो अबुझभै चाहिँदै नचाहिने गरी पोतेको गोबरले दहिलो घरको गर्थ्यो निरोगी घर हुन्थ्यो नित्य नै योग घरमा दिन्थ्यौ जीवनलाई भर। पुर्खाका गहकिला अन्वेषण ठूला आयुर्वेदका कुरा पार्थेनि बिसेक रोग सजिलै जस्तै भए नि पुरा गर्थ्यौ पूजन अस्तित्व जसको थियो धरामा पनि राखेथे बडो जतन गरी सब दिव्य खजाना पनि। लिन्थ्यौ प्रकृतिबाट उत्ति नै चल्थ्यो गुजारा जति बिर्सियौ दोहन हानिकारक भनी भोग्नु छ पीडा कति छोड्यौ चटक्क व्यवहार पुराना अस्तित्व सस्तो भयो गर्दा नक्कल अरु संस्कृतिको समाज भ्रस्टै भयो। पूजा पीपलको गरेथे सबले हो रुप विष्णु भनी गर्छन् नाग पूजन अति ठूलो कामका यिनै हुन् भनी विषालु सब चिज जगका सर्पैले हुन पिउने पाउँछु वृक्षबाट अक्सिजन यहाँ आधार हो जिउने। जोडेर हात अति खुसी भै गर्ने नमस्कार पनि कस्तो राम्रो रहेछ नि ओहो हाम्रो संस्कार पनि भान्सा प्रवेश थियो अति कडा फेरेर लुगा अनि बस्ने आसन थे अति मजा राख्थेनी स्वस्थ्यै पनि। सारा विश्वबन्धु सोदर सबका बन्धुत्वको भावना शान्ती निर्बिकल्प अधिकार जनको अहिंशाको कामना। शाहाकारी भोजन अति मिठो निक्कै गुणले भरी बन्नेछ समुच्च बिस्व सुन्दर घर यो धर्म पालन गरी। सैंबु, ललितपुर #सुरेश जोशी गर्दिनँ एकजोर सन्धि: वसन्त खनाल आकाशमा चम्किने र गड्यागुडुङ गर्नेले न शक्ति दिन्छ न सामर्थ्य नै आँक्छ शक्ति त जो निरन्तर बगिरहन्छ त्यो नदीमा हुन्छ । मलाई समुन्द्री छालको मतलब छैन न त वेगले बहने आँधी तुफानको तुजुक लाग्छ केवल मलाई आफ्नै तिरतिरे धाराले प्यास मेटाउनु गज्जब लाग्छ गज्जब लाग्छ, देउरालीमा सुस्तरी बहने चौतारीको शितल पवन । आधा पेट खाएर पटुकी कसेर आफ्नै आमाको न्यानो काखमा लुटपुटिन्छु गर्दिन मद्दत वृद्धाश्रमको छानो छाउन । धाइआमाको काखलाई आफ्नो मानेर, आमालाई वृद्धाश्रम पठाउन दाता बनेर लगाउदिन खादा माला र अबिर। न त मलाई एकसरो आङ ढाक्न एकजोर सन्धि गर्नुछ भए पेटभरि खाइदिन्छु नभए खाली हात धोइदिन्छु पुर्खाको विरासत बचाएर, भावि पिँढीलाई सग्लो एकमुठी माटो दिन्छु मेरो राष्ट्रियता बेचेर किन्दिन अरूको राष्ट्रियता विविध नामधारीका राष्ट्रियताहरू। पत्थरलाई पगालेर हिमनदी बगाइदिन्छु माछापुच्छ्रेमा सुनको जलप लगाइदिन्छु बादललाई गाँसेर माला उनिदिन्छु सगरमाथा शीरमा टोपी पहिराउँछु मलाई कसैको, चाहिँदैन एक चिम्टी माटो दिन्नँ कसैलाई एक कण मेरो माटो कसैसित एकजोर सन्धि, गरेर जानु छैन पोइल पगाल्ने कोसिस गर्दै नगर हिम थुप्रेको मेरो, फराकिलो छाति। वालिङ नगगरपालिका -१४, गाएडाँडा, स्याङ्जा #वसन्त खनाल भट्टिकी साइँली: रहरले हैन बाध्यताले मात्तिएका नशालु आँखाहरू सर्प कुदेझैँ मेरो शरीरभरि दगुर्छन बनावटी हाँसो हाँसेर रित्तो गिलासमा मेरो थोत्रो यौवन निचोरिदिन्छु एकैछिनको लागि तिनको नजरमा मेरो भट्टी स्वर्ग हुन्छ । म समाजलाई खोज्छु तर समाजले मलाई खोज्दैन कसैका दाजु होलान् कसैका भाइ होलान् तर मेरो भट्टीमा छिर्नेजति सबै मेरा लागि ग्राहक हुन ग्राहक रिझाइसके पछि बेस्सरी रुन्छु मेरा प्रत्येक आँसुका थोपामा प्रष्ट देखिन्छन् छोराछोरीको भविष्य आमाको हाँसो अनि बाको सपना । नियतीका कारुणिक नजरमा त म प्यारी छु तर भलाद्मीको नजरमा म समाजको दुर्गन्ध हुँ कसैले बुझिँदिदैनन् मेरो विवशता सयौँ मन रिझाएर पनि एक्लो शून्यतामा बिताइरहेछु दिनचर्या कहाँ देश ! कहाँ मानवता ! #भट्टिकी साइँली 'बाछिटा' को विधागत स्वरूप: बाछिटा पद्य साहित्यको लघुत्तम विधा हो। यो विधा प्रकृतिसँग सम्बन्धित छ। यो तीन पाँच तीन अक्षर संरचनायुक्त तीन पंक्तिको हुन्छ। यसमा जीवन,जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतीकरण गरेर चित्रण गरिन्छ। यस विधाका प्रवर्तक अमर त्यागी हुन्। उनले यस विधाको प्रवर्तन १४ मे २०२० तदनुसार २ जेष्ठ २०७७ मा गरेका हुन्। यस विधाको प्रवर्तनमा अमर त्यागीलाई खगेन्द्र बस्यालको साथसहयोग रहेको छ। पहिलेदेखि नै प्रकृतिपरकतालाई प्रमुखता दिएर तीन पाँच तीन अक्षर संरचनामा सूत्रसर्जक अमर त्यागीले सूत्रहाइकु नाममा र खगेन्द्र बस्यालले तीन पाँच तीन अक्षर संरचनामै लघुहाइकु नाममा यस्ता रचनाहरूको सृजना गरिरहेका थिए र सामाजिक संजालमा आइरहेका थिए। थुप्रै सकारात्मक नकरात्मक प्रतिक्रियाका साथमा केही साहित्यिक विज्ञहरूले यसलाई हाइकु नभनेर काव्योक्ति वा त्यस्तै छुट्टै नाम दिन सुझाव दिएका थिए। यही पृष्टभूमिमा विशेषत: अमर त्यागीले प्रकृतिपरकतालाई प्रमुखता दिएर यसलाई बाछिटा विधाको रूपमा प्रादुर्भाव गरेका हुन् र अमर त्यागीले नै यसको विधागत अवधारणा निर्माण गरेका हुन्। बाछिटा र हाइकुबीच परस्पर निकटतम सम्बन्ध रहेको छ, किनकि हाइकु पाँच सात पाँच अक्षर संरचनायुक्त हुन्छ भने बाछिटा तीन पाँच तीन अक्षर संरचनायुक्त हुन्छ। त्यस्तै हाइकु ऋतुबोधक हुन्छ भने बाछिटा प्रकृतिबोधक हुन्छ। केही विषयगत साम्यता भए पनि हाइकु र बाछिटा दुवै फरक र स्वतन्त्र विधा हुन्। खोजी गर्ने हो भने संसारका कतिपय साहित्यिक विधाका विषय र संरचनाबीच परस्पर सम्बन्ध रहेको हुन्छ। हाइकु र बाछिटाबीच पनि यस्तै सम्बन्ध रहेको हो। हाइकुको जन्म जापानमा भएको हो र जापानी ऋतुमा हुर्किएको हो। बाछिटाको जन्म नेपालको माटोमा भएको हो र यो नेपाली प्रकृतिमा हुर्किँदै छ। यो विधा नेपालको प्राकृतिक सौन्दर्य, हावापानीको उपज हो। यसमा नेपालीपनको सुगन्ध छ। बाछिटा स्वयम् प्रकृतिबोधक शब्द हो। त्यसर्थ यसमा प्रकृतिपरक भावाभिव्यक्ति वा प्राकृतिक बिम्व वा झलकको प्रयोग हुनुपर्ने मान्यता रहेको छ। नेपाल सुन्दर प्रकृतिले भरिपूर्ण देश रहेको हुनाले बाछिटा सृजनाको अनन्त सम्भावना रहेको छ। बाछिटा सृजनाका पाँच आधारभूत मान्यता १. पहिलो पंक्तिको तीन अक्षरले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने, दोस्रो पंक्तिको पाँच अक्षरले विषयवस्तुलाई सहज रूपमा उत्कर्ष पुऱ्याउने र तेस्रो पंक्तिको तीन अक्षरले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि गर्ने, २. तीन पाँच तीन अक्षरको तीन पंक्तिबीच एकापसमा सामन्जस्य हुनुपर्ने, ३. व्याकरणिक अक्षर संरचना बिगार्न नपाइने, ४. अभिव्यक्ति प्रतीकात्मक हुनुपर्ने, ५. प्रकृतिपरक बिम्व वा झलक आउनै पर्ने, बाछिटामा प्राकृतिक बिम्व हाम्रो जीवन भोगाइका विषयसँग सम्बन्धित भएर प्रतीकात्मक रूपमा आउनुपर्छ। यस्ता बिम्व वा बिम्वजस्तो देखिने झलक आए मात्र पनि हुन्छ। जस्तो: हरियो, बहार, शीतल, पहार, उजाड, घाम, छाया, बतास, जून, जुनेली, वनेली, तपक्क,धपक्क, झलल्ल, सलल्ल, कलकल, छलछल, जंगल, छहारी आदि। नेपाली भाषामा यस्ता शब्दहरूको भण्डार नै छ, मात्र शब्द टिप्न सक्नुपर्छ। बाछिटामा सकभर निपात, संयोजकजस्ता शब्दको प्रयोग नगरी पूर्ण, संयुक्त, सरल र प्रचलित ठेट नेपाली शब्दहरू प्रयोग गर्नु उपयुक्त हुन्छ। साथै बाछिटामा शुरू र अन्त्यमा अनुप्रास मिल्नैपर्छ भन्ने छैन, नमिले पनि हुन्छ तर प्रतीकात्मक रूपमा भावको गहनता भने हुनुपर्छ। अर्थपूर्ण रूपमा अनुप्रास मिलाउँदा चाहिँ मिठास आउँछ। अमर त्यागीका केही बाछिटाहरू ममता मातृछहारी समता सहेली मैत्रीको बाली बयेली अधिक इन्द्रेणी हर्ष क्षणिक काँडाले चसक्क मुटु पीडाले बिरह उत्तप्त ग्रीष्म सरह आह्रिस डढेलोबीच मानिस एकान्त चिन्ताले चित्त अशान्त संसारी मायाको छाया औतारी धरामा सुनको झुप्पो गरामा फसल किसानी कर्म सफल #अमर श्रेष्ठ #कसरी लेख्ने #बाछिटा #लेखनकला ६६ दिनपछि बल्ल भूइँ छुन पाएँ: के ही दिनयता मन फुरुङ्ग छ । जसरी लगातार परेको झरीपछि आकाश खुल्छ, जसरी लामो हिउँपछि घाम लाग्छ, जसरी लामो उकालो चढेपछि बिसौनी आउँछ, ठीक त्यस्तै भएको छ मन । तपाईंलाई पनि विश्वास नलाग्न सक्छ, मैले ६६ दिनपछि भूइँ टेक्दैछु । झापास्थित म काम गर्ने रेडियोको स्टुडियोको तेस्रो तल्ला र चौथो तल्लामा काम गर्दै, किताब पढ्दै, सिनेमा हेर्दै र दैनिक क्रियाकलाप गर्दागर्दै कसरी ६६ दिन बिते अविश्वसनीय छ । सुरुका दिनमा माथिल्लो तलामा बस्दा भूइँ टेकिरहेकी छैन भन्ने कुरा याद भएन । लकडाउन र कोरोनाको डरले पनि त्यतातिर ध्यान पुग्न सकेन । समाचारहरु भयावह थिए । त्यसैले पनि आफ्नो दिनचर्यामा सबैले फरक ल्याएकै हुन् । मैले पनि ल्याए । [bs-quote quote=”एकपल्ट होइन, पटक पटक आफ्नो नाम लेख्दै मेट्दै गर्दा गर्दै आँखा भरिएर आयो । लेख्दै गर्दा म माटोसँग कुरा गर्दैछु जस्तो लाग्यो, मेटाउँदै गर्दा ऊसँग छुट्टिदैछु जस्तो लाग्यो । यो माटोसँग मेरो यति गहिरो तादाम्य छ भन्ने मैले सोचेकै रहेनछु ।” style=”style-13″ align=”left” color=”#dd9933″ author_name=”मायामितु” author_job=”लेखिका” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/05/Mayamitu.gif”][/bs-quote] तर एक–डेढ महिना बितेपछि भने मलाई महसुस भयो, मैले त माटो छोएकै छैन । यो एउटा चुनौती जस्तो भयो, मेरा लागि । आखिर कति दिनसम्म भूइँ टेक्न पाइँदैन, त्यो हेर्न मन लाग्यो । आज–आज, भोलि–भोलि, दिनहरु बित्दै गए । जब कुनै कुरा मबाट छुटिरहेको भन्ने लाग्छ, त्यसको प्यास लाग्न थाल्दोरहेछ । जब बाल्कोनीबाट, छतबाट तल फाट्टफुट्ट मानिसहरु हिँडेको देख्थेँ, मन तल झर्न खोज्थ्यो । तर बिना काम म तल झर्न चाहन्नथिएँ र आफैँलाई चुनौती दिन चाहन्थेँ । हेरौँ, कति दिनसम्म भूइँ नटेकी बिताउन सकिँदोरहेछ…। तर जतिसुकै माथि पुगे पनि झर्ने ठाउँ त भूइँ नै होे, त्यही माटो नै हो । चाहे सगरमाथाको चुचुरोमा होस् या रुखको टुप्पोमा । त्यसभन्दा माथि जाने ठाउँ नभएपछि तलै झर्नुपर्छ । जसरी सगरमाथा आरोहीहरु चुचुरोमा पुगेर फेदीमा झर्छन्, रुखको टुप्पोमा पुगेर पनि मानिसहरु फेदमै झर्छन्, झर्नुपर्छ । म पनि आज ६६ दिनपछि रेडियोबाट तल झर्दैछु । भूइँ टेक्दैछु । भूइँ टेक्ने कुरा आउने बित्तिकैदेखि मन म्याराथुन दौडिरहेको छ । कारण नपरी भूइँ टेक्दिनँ भन्ने मेरो प्रण थियो । तर केही दिनयता मलाई माटोले बोलाइरहेको थियो । म बहाना खोजिरहेकी थिएँ । यसै बीचमा घरमा पूजाको कार्यक्रम आयो । घरबाट खबर आएपछि भूइँ छुने मौका पनि आइहाल्यो । तल झरेपछि पहिले के गर्छु होला ? मेरालागि त्यो माटो पहिले जस्तै साधारण होला कि त्यसले केही तरंग ल्याउला ? भूइँमा नटेकुञ्जेल जुन भाव थियो, त्यो केही कम भयो । तल झर्नुको पनि एउटा आनन्द रहेछ भन्ने महसुस भयो । त्यसपछि हतारमा म रेडियोकै एक सहकर्मी साथीलाई लिएर घर गएँ । त्यो बेलासम्म लाग्दै थियो, ६६ दिनपछि पनि कुरा सामान्य नै छ । तर होइन रहेछ, घर पुग्नेबितिकै भाउजूले बस्न आग्रह गर्नुभयो तर मलाई भने बारीतिर जान मन लाग्यो । सहकर्मी साथीलाई त्यहीँ छाडेर म बारीतिर गएँ । बारीमा फर्सीका मुन्टा, करेला, टमाटर, इस्कुस, अकबरे खुसार्नी फलिरहेका थिए । अलि पर कुखुरा फार्ममा कुखुराहरु मस्त संगीतको तालमा खेलिरहेका थिए । तपाईंहरुलाई थाहै होला, कुखुराहरुले मजाले संगीत सुन्छन् । बोइलर, लेयर जातका कुखुराहरु संगीत सुन्दै चारो खान रुचाउँछन् । संगीत नबजाई चारो दिँदा उनीहरु झोक्राएर बस्ने गरेको अनुभव धेरै किसानहरुको छ । हाम्रो कुखुराहरुमा पनि यो बानी छ । यिनै कुखुराका लागि लगाइएको मधुरो संगीत बारीभरि छरिएको थियो । म त्यही संगीत सुन्दै बारीमा टुक्रुक्क बसेँ । अनायासै हातले माटो खेलाउन थाले । बच्चा हुँदा निस्फिक्री माटो खेलाएको सम्झँदै चोर औंलाले आफ्नै नाम लेख्दै मेट्दै गर्न थालेँ । माया, माया, माया । आफ्नै नामको माया लाग्न थाल्यो । एकपल्ट होइन, पटक पटक आफ्नो नाम लेख्दै मेट्दै गर्दा गर्दै आँखा भरिएर आयो । लेख्दै गर्दा म माटोसँग कुरा गर्दैछु जस्तो लाग्यो, मेटाउँदै गर्दा ऊसँग छुट्टिदैछु जस्तो लाग्यो । यो माटोसँग मेरो यति गहिरो तादाम्य छ भन्ने मैले सोचेकै रहेनछु । आँखाबाट तपतप आँशु बग्दैछ, म आफ्ना नाम लेख्दै मेट्दै गर्दैछु । थाहा छैन, यो माटोको माया हो कि आफ्नो माया । आफ्नो माया भनुँ भने मसँग म सधैँ छु तर कहिल्यै यसरी आँशु आएनन् । सायद यो माटोको माया थियो । माटो भन्नु सायद जीवन हो । माटो भन्नु सायद देश हो । म माटोमा आफ्नो नाम लेख्दै के–के सोच्न थालेँ र अनायासै आँशु बगाउन थाले । यो आँशु पक्क पीडाको थिएन । सायद खुसीको थियो कि ! मनोवैज्ञानिकहरुले यसको विश्लेषण गरुन् । चिया पकाएपछि भाउजूले बोलाउनु भएछ । भाउजूको आवाजले झसङ्ग भएँ । यो बेलासम्म मैले घर, घरमा छाडेका सहकर्मी र मेरो अवस्था सबै बिर्सिएकी रहेछु । केही तरकारी टिपेर फर्किएँ । ताकि म बारीमा अल्मलिनुको बहाना देखियोस् । त्यसपछि मलाई धेरै बेरसम्म भिडमा बस्न मन लागेन । म चाँडै नै घरबाट फर्किएँ तर फर्कनुअघि फेरि एकपटक हातमा माटो लिएँ र एक छिन खेलाएँ । सहकर्मीले सायद मेरो मनोभाव याद नै गरेनन् । फर्कंदा म केही अन्तरमुखी भएकी थिएँ । बाटोमा भएका कुराहरु नियाल्दै थिएँ । यो दुई महिनामा पनि धेरै परिवर्तन भएछ । रेडियो अगाडिको सडक बन्दै थियो, त्यो बनिसकेछ । नाली बन्दै छ । बिर्तामोड—भद्रपुरको चार लेन सडक निर्माण कार्य पनि धमाधम भइरहेको रहेछ । काम गर्नेहरु सबैले माटो टेकिरहेका छन् । बाटोमा पर्ने बुट्टाबारी चिया बगानमा चियाका मुना टिप्न व्यस्त थिए चिया मजदुरहरु । उनीहरु पनि भूइँ टेकिरहेका छन् । अलि पर बुट्टाबारी र चारआली बीचमा कसैको मृत्युको अन्तिम संस्कार भइरहेको थियो । त्यो शरीर पनि जलेर खरानी हुँदैथियो र त्यो खरानी पनि माटोमै मिल्दै थियो । यो बेला धेरै मलामी जान नमिल्नु पर्ने हो तर झण्डै दुई सय भन्दा बढी मलामी मैले देखेँ । सायद घरमा बस्दा बस्दा उनीहरुलाई प्रकृतिसँग रमाउन मन लाग्यो र मलामीको बहानामा उनीहरु पनि भूइँ टेक्दैछन् । मानिसहरु पनि खुला रुपमा हिँडिरहेका थिए । मलाई अनुभूति के भयो भने यिनीहरु पनि भूइँ टेकेकै कारण आफूलाई सुरक्षित महसुस गरिरहेका छन् । म जस्ता गाउँलेहरुको नाता भूइँसँग धेरै निकट छ । सहरमा हुर्किएका बच्चा थोरै स्वास्थ्य समस्यामा पनि अस्पताल पु¥याउनु पर्छ । गाउँका बच्चाहरु माटोमा खेल्छन्, हुर्किन्छन् । उनीहरु स्वस्थ हुन्छन् । माटोमा खेल्ने बच्चाहरु बलियो हुन्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । हुन त हाम्रो शरीरको बाहिरी आवरण छाला भएजस्तै माटो पनि पृथ्वीको छाला नै हो । सानामा हामी घाँस काट्दा या कुनै चोटपटक लाग्यो भने माटोको लेप लगाउँथ्यौँ । त्यतिबेला माटोको लेपले नै ठीक हुन्थ्यो । अहिले जस्तो टिटनासको सुई कहाँ पाइन्थ्यो र त्यतिबेला ! त्यसैले माटोमा ब्याक्टेरिया पनि पाइन्छ भन्ने लाग्यो । वास्तवमा सम्पूर्ण प्रकृतिको आधार माटो नै । जसरी प्रकृतिमा पाइने हरेक कुरासँग माटो मिलेको हुन्छ, त्यस्तै मानिसको जीवनसँग पनि लय मिलाएको छ यसले । कोरोनाका कारण देश लकडाउनमा छ तर सबै भूइँ टेक्न हतारिएका छन् । जीवजन्तु खुलारुपमा भूइँ टेकिरहेका छन् र त खुसी छन् ! ६६ दिनपछि भूइँ टेक्दा मलाई महसुस भयो, भूइँ बिनाको जीवन जीवन नै होइन रहेछ । केही समयअघि आप्mनो कार्य क्षेत्रमै रहेर काम गर्दै जाँदा माटो नटेकेको कुरा यही साहित्यपोस्टमा लेखेकी थिएँ । त्यसबेला माथि बस्नुको रमाइलो उल्लेख थियो । माथि पुग्ने रहर कसलाई हुँदैन र ? माथि जानु भनेको प्रगति पनि हुनु हो । यसरी माथि पुग्ने आफ्नो धरातल बिर्सनु हुँदैन भनेर भन्ने गरिन्छ । मैले पनि धेरै पटक यो कुरा सुनेकी हुँ तर आज यसको अर्कै अर्थ लाग्दैन । सायद हामी भूइँ मान्छेहरुलाई माथिको भन्दा बढी भूइँकै याद आउँछ । हामी केही दिन भूइँ छाड्न सक्छौँ तर फर्केर यही भूइँमै आइपुग्नु पर्छ । #बन्दाबन्दी #मायामितु #लकडाउन यो नियात्रा मात्र होइन, ऐतिहासिक नियात्रा हो: नेपाली नारी स्रष्टाको पहिलाे नियात्राकृति `विदेशमा बिताएका केही वर्ष´ पढने हुटहुटी मेराे मनमा धेरै पहिलेदेखि चलेकाे थियाे । कृतिकार रञ्जुश्री पराजुली मेराे प्रिय लेखिका पनि हुन् । उनका कृतिहरू छुटपुट पढिरहन्थेँ । कता-कताबाट मैले खाेजिरहेकाे नियात्राकाे पुस्तक भेटें- ‘विदेशमा बिताएका केही वर्ष’ । पुस्तक सानाे थियो, त्यसैले एक बसाईमै पढेँ । किताब पढिसकेपछि मन मस्तिष्क निकैबेर खलबलियाे । कृतिबारे मनमा लागेकाे कुरा लेख्न मन लाग्याे र त्यही पुस्तकका पन्नाहरू फेरि पल्टाउन थालें । यात्रा कस्ताे हुँदा राम्राे र कस्ताे हुँदा नराम्राे भन्ने कुरामा आफ्नाे प्लेनकाे निरस यात्रामा आफ्नै गाउँठाउँका भरियाकाे रमाइलाे यात्रा र दिनभरि लगाएर दक्षिणकाली गएकाे यात्रा सम्झदै तुलना गर्नु भएकाे कुराको राेचक प्रस्तुतिले मन छाेयाे । लेखिका पराजुलीसँगै म पनि छु जस्ताे लाग्याे । मित्रता जाेसँग पनि गर्न सक्ने लेखिकाले आफ्नाे आनीबानी समेत दर्शाएकाे मन पर्\u200dयो तर मित्रतामा गाँसिएकी मिस राेजमेरी भाइपाेन्ट र उनी मार्फतबाट बनाइएका साथीहरूले `नेपाल इन्डियाकाे कुन भागमा पर्दछ भनेर साेध्दा सहनै नसक्ने उकुसमुकुस भए तापनि गम्भीरतापूर्वक ‘स्वतन्त्र नेपाल छुट्टै देश हाे’ भनेर सम्झाएकाे कुराले वाह देशप्रेम भनेर म लेखिकाकाे भावनाप्रति नतमस्तक भएँ । पैसा र पश्चिमाहरूकाे जीवनशैलीका बारेमा राेजमेरी भाइपाेन्ट र क्याथरिनकी ग्रानीकाे जीवनीबाट प्रष्टाइदिन लेखिका पराजुली सफल देखिन्छिन् । हामी नेपालीहरू विश्वकाे जुनसुकै कुनामा पुगे पनि आफ्नाे संस्कृति र संस्कारबाट पर हुन सक्दैनौँ भन्ने कुरा `नयाँ वर्ष – स्कटिस परिवारसँग´ भन्ने पाठमा प्रष्ट देखिन्छ । उनीहरूकाे नयाँ वर्षसित दशैंलाई दाँज्न पुगेकी छन् लेखिका । स्कटिसहरूकाे संस्कारअनुसार जारलाई र पहिलाे श्रीमान् श्रीमतीबाट जन्मिएका छाेराछाेरीलाई दाेस्राेले सजिलै अपनाउनु, घरमा स्वागत गर्नुलाई सजिलै पचाउन पनि नसकेकाे देखिन्छ । कस्ताे भद्रगाेल परिवार र संस्कार भन्न समेत पछि परेकी छैनन् रञ्जुश्री । `गरम महिनामा एडिनवरा´ शीर्षकको पाठमा लेखकले एडिनवराकाे बारेमा छर्लङ्ग हुने गरी प्रष्टाइदिएकी छन् । बेलायतमा मरेका मानिसलाई भेटन पाइन्छ भन्ने सुनेर लन्डन पुगेकी लेखिका मेडमटुसा पुग्दा कस्ताे अनुभव भयाे भन्ने कुरा राेचक तरिकाले प्रस्तुत गर्न सफल भएकी छन् । स्कटल्याण्डकाे लखनेसमा पनि नेपालकाे यतिकाे कल्पना गरेजस्तै त्यहाँ पनि लखनेस मन्सटरकाे कुरा गर्दा रहेछन् भन्ने प्रसंग पनि राेचक छ। पूर्वीय संस्कारबाट पाश्चात्य संसारमा बसाई सरेर पुगेकाे परिवारमा दुई पुस्ता बीचमा संस्कारका नाममा कतिसम्म हुन्छ भन्ने कुरा `बेलायती संस्कृतिमा भारतीय केटी´ मार्फत देखाउन सफल भएकी छन् । विदेशमा बिताएका केही वर्ष विदेशमा बाेटमा पैसा फल्ने हाेइन, त्यहाँका मानिसमा जाँगर, इमान्दारी, सजाय र काम गर्ने सुविधा हामीभन्दा बढी रहेछ । त्यस्ताे हिउँ पर्ने देशका मानिस त्यस्ता हामी स्वर्गकाे टुक्रामा जन्मिएका अल्छी । हाम्रै अल्छी बानी र साधनहरूकाे कमीले गर्दा मात्र हामी अविकसित मुलुकका नागरिक भएका हौँ भन्न पनि पछि परेकी छैनन् लेखिका । रञ्जुश्रीकाे याे नियात्रा सानु भएकाेले एकै बसाईमा पढन सकिन्छ । पढन सुरु गरेपछि सललल बग्दछ, राेचक छ । तर पनि समय परिवर्तन भएसँगै पुस्तकका कतिपय शब्दहरू अहिलेकाे परिस्थितिमा अलि पाठकलाई अपाच्य पनि हुन सक्छन् । तर स्वास्नीमान्छे भन्ने जस्ता केही शब्दहरू कृति जन्मदा पाच्य थियाे भने अहिलेका विशेष गरी महिलाहरूले नाक खुम्च्याउने सम्भावना देखिन्छ । कतिपय घटना र साेचलाई लिएर दुई देश बीचमा गरिएकाे तुलना पुस्तक लेख्दा पुस्तकाकारले लेखेकाे अवस्थामा हुने गरेकाे भए तापनि अहिले धेरै कुरामा परिवर्तन भई सकेकाे छ । यसरी हेर्दा याे एउटा नियात्रा मात्र नभएर ऐतिहासिक नियात्रा भन्दा पनि अतिशयाेक्ति नहाेला । #रञ्जुश्री पराजुली #विदेशमा बिताएका केही वर्ष #सरिता अर्याल अनेसासको निर्वाचन समिति गठन: काठमाडौँ/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय कार्यसमिति २०२०-२०२२ का लागि निर्वाचन सम्पन्न गर्न डा. चुडामणि खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । दुई वर्षका लागि हुने केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नयाँ विधान बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष (पाँच महादेशीय प्रतिनिधि), महासचिव, सचिव, कोषाध्यक्ष, पाँच जना सदस्यहरु निर्वाचित हुने छन् । अघिल्लो निर्वाचनमा निर्वाचन समिति सदस्य रहिसकेका खनालको नेतृत्वमा तीर्थराज पाण्डे(अमेरिका), विजय भट्टराई (डालस, अमेरिका), कुमार सिम्खडा (बेलायत), पुष्पा खनाल ( नेपाल) सहित पाँच सदस्यीय निर्वाचन समिति रहेको छ । अनेसासको विधानअनुसार जुलाई १० सम्ममा केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने अवस्था रहेकाले निर्वाचनका लागि सदस्यता अपडेट लगायतका आन्तरिक कार्यहरु द्रुतरुपमा भइरहेको जानकारी अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराएका छन्। अबको केही दिनभित्रमै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गरेपछि निर्वाचन प्रक्रियाले गति लिने जानकारी केन्द्रीय महासचिव गणेश घिमिरेले जानकारी गराएका छन्। संसारभरि दर्जनौँ च्याप्टर रहेको प्रवासको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक संस्था अनेसासले लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विभिन्न कार्यहरु गर्दै आएको छ । #निर्वाचन कोरोनासँग बालकको क्रन्दन: डा. अम्बिका अर्याल “मामू, हामी रिजल्ट लिन कहिले जाने ?” छोराको यो प्रश्न बारम्बार दोहोरिरहेको थियो । उसको विद्यालयले यो शैक्षिक सत्रको परीक्षा सकेपछि विदा दियो । लगभग हप्तादिनपछि रिजल्ट लिन जानुपर्ने दिन गनेर बसिरहेको छोराको कुराइको वेग कोरोना लकडाउनले बढाइदिएको थियो । आफू उत्र्तीण भएको औपचारिक जानकारी नपाएसम्म अर्को कक्षामा चढेँ भन्ने सोच कसरी आउँदो रहेछ र ? झन् बच्चालाई कसरी बुझाउनु ? रिजल्ट लिन जान नपाउनुको कारण नै केवल कोरोनाको विगविगी थियो । त्यही कारण बारम्बार दोहो¥याउँदा पनि दिक्क भइसकेकी थिएँ । तर ऊ सोधेर कहिल्यै थाक्दैनथ्यो । त्यसपछि “यो कोरोनालाई लखेट्न पनि नसक्ने हजुर त ?” भन्दै मसँगै झोकिन्थ्यो । मैले सबैथोक काम गर्न सक्थेँ उसका नजरमा । खाना पकाउन, घर सफा बनाउन, उसका बिग्रिएका खेलौनाहरु बनाइदिन, नजानेका सबै गृहकार्य सिकाइदिन, स्कुल पुर्याउन, ड्रेस धोएर आइरन गरिदिन, बिरामी भएको बेला औषधी खुवाएर निको पारिदिन, कुकुरलाई लखेट्न, लामखुट्टेलाई मारिदिन, बजारमा उसले चाहेको कुरा पसलमा मागिदिन आदि थुप्रै काममा मेरो मूल्याङ्न गथ्र्यो ऊ । मभन्दा पनि बाबालाई अझ शक्तिशाली मान्छेका रुपमा चिनेको थियो उसको ज्ञानले । तर बाबाले पनि कोरोनासँग हाकाहाकी लड्न नसक्ने बरु सुरक्षित रुपमा घरभित्रै बस्नुपर्ने आशय बुझाउन खोज्दा उसमा नैराश्यता छाएको थियो । सबै काममा उसले हामीलाई सक्षम देखे पनि कोरोना लखेट्न नसक्ने देखेपछि हामीप्रतिको विश्वास समेत धाँजा फाटेको थियो । झिनो आशा बोकेर उसले कारोना धपाइदिन पुनः आग्रह गरेपछि मैले भनेँ, “बाबु, यो कोरोना भन्ने भाइरस निकै शक्तिशाली रहेछ । आजसम्म कसैले यसलाई मार्ने औषधी पनि बनाउन सकिरहेका छैनन् । मैले कसरी सक्छु र ? फेरि हामीले देख्न पनि त सक्दैनौँ । कसरी मार्ने ? लामखुट्टे झैँ उड्दै आएको देखिने भए त मारिहाल्थेँ नि । गोरुले झैँ हान्न आएको भए पनि लखेटिहाल्थेँ नि । नदेखिने चीजलाई कसरी धपाउनु र ?” ऊ मेरो कुरामा निश्चिन्त बन्दै सक्दैनथ्यो । उसलाई आफ्नो ज्ञानले भ्याएसम्मका उदाहरण दिएर प्रष्ट पार्न खोज्थेँ । एकछिन बुझेझैँ गरेर सुनेपनि क्षणमै त्यही प्रश्न दोहो¥याउन थाल्थ्यो । “नदेखिने कुरासँग नि डराउँछन् त ? त्यसले के गर्न सक्छ र हामीलाई । हामी यति ठूला छौँ । त्यस्ता हावासँग नि किन डराउँछौँ मामू ? हावाले कसलाई के गर्न सक्छ र ?” ऊ मरिमरि हत्केलामा फुक्थ्यो र हावाको निरीहतालाई देखाएर मसँग तर्कवितर्क गर्न थाल्थ्यो । त्यो नदेखिने वस्तु भनेको हावा हो भन्ने उसको अनुमान थियो । कोरोना भनेकै हावा हो भन्दै साथीहरुलाई पनि सिकाउने भइसकेको थियो । साथीहरुसँग खेल्ने मार्ग पनि बन्द भएपछि छिमेकी घरको साथीलाई कौसीमा गएर चिच्याएर बोलाउँथ्यो अनि “कोरोना भनेको त हावा हो, थाहा छ तिमीलाई ?” भन्दै कुनै वैज्ञानिकले तथ्य पत्ता लगाएझैँ प्रमाणित गर्न मसँग समेत समर्थन जुटाउँथ्यो । साथीसँग खेल्न नपाएको गुनासो त्यति गर्दैनथ्यो तर “मसँग को खेल्छ ?” भन्ने प्रश्नले भने आजित तुल्याएको थियो । कोरोनाको लकडाउन भनेको मेरा लागि फुर्सदको समय कहाँ थियो र ? यही समयमा कति धेरै योजना ताँती लागेर उभिएका थिए । तिनैलाई पूर्ण गर्ने प्रयत्नमा जुटिरहेकी थिएँ । पढ्ने लेख्ने कामको योजना कहिल्यै नसकिने हुँदा रहेछन् । कृषकका खेती योजनाजस्ता । जब म ध्यानकेन्द्रित भएर पढ्न बस्थेँ, ऊ मेरा पुस्तक र कलम खोसेर दौडन्थ्यो । कौसीमा गएर सकेसम्म पर फालिदिने उसको दाउ हुन्थ्यो । उसले यसो गर्नुका पछाडि दुईवटा रहस्य थिए । एक त ऊ मसँग दिनभर खेल्न चाहन्थ्यो । उसको साथी नै मै हो भन्ने ठानेको थियो भने अर्को पर फालिएको वस्तु टिप्ने निहुँमा केहीबेर बाहिर निस्किएर डुल्न पाइने उसको योजना हुन्थ्यो । घरबाहिर घुम्न जानु उसको रहरको विषय जहिल्यै पनि थियो । सडकमा पैदल हिँडेर परपरसम्म पुग्न र बाटोमा भेटिएका कुखुरा, कुकुर, चराहरुलाई ढुङ्गो हान्दै जिस्किन उसलाई असाध्यै रमाइलो लाग्थ्यो । यी रहरहरु सबै लकडाउनसँगै थुनिएका थिए । कोरोनाका कारण मृत्यु हुनेका सङख्या बढ्दै गइरहेको समाचार हामी हेरिरहेका हुन्थ्यौँ । हाम्रै छेउमा बसेर ऊ पनि हेरिरहन्थ्यो । अनि प्रश्न गर्थ्योः “कोरोनाले कस्तो मान्छेलाई लैजान्छ ?” म भनिदिन्थेँः “जो बदमास छ उसैलाई ।” “बदमास त चोर पो हुन्छ । पुलिसले चोरलाई समातेर जेलमा लान्छ । कोरोनाले पनि जेलमा लगेर राख्छ हो ?” “कोरोनाका किराले त खान्छ नि बदमासलाई । जसले ठूला मान्छेले भनेको मान्दैन, साबुनले हात धुँदैन, लकडाउनमा बाहिर निस्केर हिँड्छ, उसैलाई खान्छ ।” “अनि मास्क नलाउने पनि बदमास हो । हाम्रो बाबा तरकारी किन्न जाँदा मास्क नलाइ जानुभएको थियो । मैले देखेर कराएपछि लगाएर जानुभयो । झण्डै बाबालाई पनि कोरोनाले लगेको है मामू ?” “हो त । अब बाबु पनि घरबाहिर खेल्न नजाने । घरमै बसेर पढ्ने है ।” “हवस् मामू ।” उसले यस्ता प्रश्न बारम्बार गरिरहन्थ्यो । बालमस्तिष्कमा उब्जेका प्रश्नको उत्तर दिएर कहिल्यै नसकिने । न उनीहरु प्रश्न गरेरै थाक्छन् । उसले आफू ज्ञानी बन्न र कोरोनाले नलैजाओस् भन्ने विषयमा खुब विचार गर्न थालेको थियो । एकदिन उसकै कोठामा ढोका थुनेर एक्लै बसिरह्यो । बोलाउँदा पनि आएन । तर उसको कोठाको झ्यालबाट उसले गरेका कामहरु नियाल्न सकिन्थ्यो । उसलाई थाहा नदिइकन म झ्यालबाट हेरेर बसिरहेँ । उसले कपी र कलम निकालेर लेखिरहेको थियो । आखिर नराम्रो काम गर्दैछैन भन्ने सोचेर बोलाउन चाहिनँ र हेरिरहेँ मात्र । एकछिनपछि ढोका खोलेर आफैँ बाहिर निस्कियो र मलाई त्यो कपी ल्याएर थमाउँदै रुन थाल्यो । यसमा लेखिएको थियो ः “म ज्ञानी छु, माम पनि छिटो खान्छु । होमवर्क पनि छिटो सकाउँछु । धेरै पढ्छु । एक्लै घर बनाउने खेल खेल्छु । लुडो खेल्छु । बिहान छिटै उठ्छु । आफू उठिसकेपछि बाबा र मामूलाई उठाउँछु । बाबामामूलाई माया पनि गर्छु । बाथरुममा ढोका थुनेर मात्र सुसु गर्छु र पानी हाल्छु । बेलुका बेलैमा सुत्छ । लकडाउनमा बाहिर जान्नँ । घरभित्रै बस्छु बरु झ्यालबाट परको दृश्य हेर्छु । टिभीले पनि कोरोना लाग्छ भनेर नियमित हात धोऔँ, आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ भनिरहन्छ । समाचारले रेडियोमा पनि इन्डिया, चाइनामा जस्तै नेपालमा कोरोना फैलिँदैछ भन्छ । कोही बच्चा पनि अहिले विद्यालय जान हुँदैन भन्छ अनि गाडी, साइकल, बाइक, मान्छे कोही पनि बाटोमा हिँड्न दिएको छैन । म पनि घुम्न जान पाएको छैन । मामूबाबा पनि मसँग खेल्न मान्नुहुन्न । म एक्लै के गर्ने ? बदमासलाई कोरोनाले लान्छ रे । रुन पनि नहुने । म बदमास छैन । मलाई नलैजा है कोरोना । मेरो बाबामामू पनि मसँग खेल्नुहुन्न । तर उहाँहरु पढ्न थालेर हो । छिटो सकेर खेल्न आउनुहुन्छ । बाबामामूलाई पनि नलैजा है । मेरी बहिनी छ एउटा । अङ्कलकी छोरी । उसले हाम्रो घरमा आएका बेला मेरो खेलौना चोरेर लान्छे । मेरो बुकहरु पनि च्यातिदिन्छे । तर ऊ बदमास भए पनि उसलाई पनि नलैजा है ? बरु चोरहरु, लायनहरु, गनहरु, हस्पिटलका सुईहरु सबै लैजा ।” छोराका नबुझिने अक्षरलाई जसोतसो बुझेँ । उसका नमिलेका वाक्य सङ्गठन र अस्पष्ट अक्षरबाटै निस्केका स्पष्ट ध्वनिहरुले आफैँ धरमराएँ । साँच्चै ती अक्षरका वह र त्रासले मेरो मन खलबलायो । आँखाभरि आँसु छचल्किए । पाँच वर्षको छोराले कनिकुथी लेखेका प्रत्येक शब्दमा उत्तिकै मर्माहत पार्न सक्ने शक्ति देखेँ । उसका रुचिलाई बुझेर पनि आफ्नो करियरको लोभमा भुलेकी म साँच्चै आमा बन्न नसकेको पीडा पनि मनमा उत्तिकै जागृत भए भने कोरोनाको सन्त्रासले छोराको व्यवहारमा आएको व्यवहारले नमिठो तुल्यायो । ऊ तर्सेर यसरी पुकार गर्न थाल्ने भइसकेको थियो भने आफ्ना संवेग र रहरलाई कसरी दबाउन सकिरहेको होला भन्ने सोचेपछि मन नै गह्रौँ भयो । बिस्तारै विद्यालयहरुले अनलाइन कक्षा सुरु गर्न थाले । मेरो छोराको विद्यालयले पनि अनलाइनबाटै पठनपाठन सुरु ग¥यो तर त्यो भिडियोमार्फत नभएर गृहकार्य पठाउने र अभिभावकले गृहकार्य गराएर शिक्षकलाई पठाइदिनुपर्ने किसिमको थियो । यु.के.जीको परीक्षा दिएर घर बसेको छोरालाई कक्षा एक भन्दै गृहकार्यहरु पठाइएको थियो । उसले ती गृहकार्य आफ्नो लागि हो भन्ने पत्याउनै सकेनँ । न कुनै साथीहरुले उसलाई हामी एक कक्षामा पुग्यौँ भनिदिएको थियो । न त उसलाई हामीले पास भएपछि नयाँ पुस्तक, ड्रेस, व्याग आदि किनिदिने भन्ने आश्वासन नै पूरा गरिदिएका थियौँ । उसले “रिजल्ट लिएर गएपछि मात्र कक्षा एकमा पुग्ने भनी हाम्रो म्यामले भन्नुभएको छ” भन्ने कुरा पनि बारम्बार दोहो¥याइरहन्थ्यो । त्यसकारण आफू पास भएको र एक कक्षाको विद्यार्थी भएको मान्ने कुनै आधार नपाएपछि अनलाइनमा समेत युकेजीका लागि दिइएको गृहकार्य गर्न जोड गरिरह्यो । उसलाई केही गरेर पनि बुझाउन नसकेपछि आफैँले एक कक्षाको गृहकार्यलाई नै कक्षा युकेजी लेखिदिएर गृहकार्य गराइदिन थालेँ । शिक्षकलाई भने सो कुराको जानकारी गराएँ । यसपछि पनि उसले बारम्बार “रिजल्ट लिन जाऔँ न, म कक्षा एकमा जानै पाइनँ” भन्ने जिद्दी छाडेको छैन । कोरोनाले गर्दा नयाँ किताब र ड्रेस लगाएर विद्यालय जान नपाएको अनि साथीहरुलाई देखाउन नपाएको गुनासो उस्तै छ । कोरोनालाई आफू ठूलो भएपछि जसरी पनि नमारी नछाड्ने भन्दै बन्दुक तेर्साएर गरेको अभिनयमा उसको बदलाको भावना सशक्त बनेको बुझ्दछु । साना बालबालिकामा परेको कोरोनाको त्रास र शिक्षाप्रतिको गहिरो बुझाइले मलाई ऊ बालक नभएर जवान युवक लाग्दछ । अनेक कहरका टकरावमा उसका जीवनचक्र कसरी पूरा हुने हो भन्ने सोचले घरीघरी आक्रान्त बनाइरहेको छ । बालकका भविष्य र त्रासका त के कुरा ? उसैका शब्दमा उनिएका त्रासका माला पहिरिएपछि म समेत सन्त्रासका डोलीमा चढेर गन्तव्यको अनिश्चिततामा रुमलिएकी बेहुली बनेकी छु । (डा. अर्याल पद्मकन्या क्याम्पस बागबजारमा अध्यापन गर्छिन्।) #कोरोना #डा. अम्बिका अर्याल फोटो कविता प्रतियोगिता ३ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई ११ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत अझ बढी सिर्जना प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ। याे साता प्रवासी सुमनको ‘प्रेमको सिम्फोनी’, विष्णु ढकालको ‘याद’ र तिलकराज चुँदालीको ‘भ्वाइलिन र तिमी’ सर्वोत्कृष्ट चयन भएका हुन्। छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार साँझदेखि शुरू हुनेछ । पुरस्कृत कविता तल पढ्नुहोस्ः #फोटो कविता प्रतियोगिता ‘घर यस्तो होस्’ सार्वजनिक: डिआर उपाध्याय डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द/स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा परिचित डा. उपाध्यायले यस पटक गायनमा पनि हात हालेका छन्। सबैको घर स्वर्ग जस्तो होस्, जसका लागि आवश्यक कुराहरु के-के हुन्छन् भन्ने विषय डा. उपाध्यायले गीतमार्फत प्रस्तुत गरेका छन् । ‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आफ्नो जिम्मेवारी वहन गरुन्, हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ,’ गीतकार उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस .गीतको यो लिरिकल भिडियो हो। घर यस्तो होस् जहाँ शुख शान्तिले बास गरोस् । एक अर्काको आधार बनोस् परिवार हर ओठमा मुस्कान सधैं कायम रहोस् जहाँ माता पिताको आदर होस् सन्ततिको भावनाको कदर होस् कर्तब्यदेखि टाढा नभागोस् कोही हर सुख दुःखमा सधैं साथ रहोस् घर बनोस् मन्दिर जहाँ ईश्वरको बास रहोस् सधैँ विश्वासको आधार बनोस् परिवार हर ओठमा मुस्कान सधैं कायम रहोस् रिस राग कसैको मनमा नहोस् सद्भाव सबैमा रहिरहोस् हर कठिन घडीमा एक जुट बनोस् माया ममता सधैं बनिरहोस् घर बनोस् मन्दिर जहाँ ईश्वरको बास रहोस् एक अर्काको खुशी बनोस् परिवार हर ओठमा मुस्कान सधैँ कायम रहोस् उपाध्यायका दश वटा उपन्यास प्रकाशित छन् भने सयौं गीत रचना गरेका छन्। उनको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम बजारमा आइसकेका छन्। हेर्नुहोस् लिरिकल भिडियोः #डिआर उपाध्याय #सागर अधिकारी ‘शरद’ सिमानाबाट: रमेश भण्डारी मानिस, सास फेर्छ सजीव ढुङ्गा, सास फेर्दैन निर्जिव! पढ्दा-पढ्दै ऊ रोकियो! सोध्यो प्रश्न एउटा अजीव, “दादा, दादा पूजा कोठाको भगवान् सजीव कि निर्जिव??” ऊ सोधिरह्यो म सोचिरहेँ, ऊ खोजिरह्यो म सम्झिरहे उसको उत्तर थियो मसँग धैर्य गर्ने समय थिएन ऊसँग ! सत्र वर्ष पहिले मैले त्यही पढें रटिरहेछ मेरो भाइ त्यही अहिले! सत्तरी वर्षपछि यही पढ्ने छ्न् मेरा सन्ततीले ! बुबा मलाई सधैं भन्नुहुन्थ्यो, “हामी गोर्खालीका सन्तान हौं रे! खुकुरीकै भरमा कुदृष्टि लगाउनेलाई सातौं कोश पर ढक्लयौं रे!” मैले नेपालमा पढें, भाइ विवादित मानिएको जमीनमा! कतै सन्तति पुग्ने हुन् कि अर्कैको दलिनमा?? गोर्खाली हाम्रा हुन् पुर्खा लगाई हामीलाई कालो बुर्का! छिमेकी सार्छ दशगजाका स्तम्भ सिमानाका हामी हुन्छौं स्तब्ध! हाम्रै करले रमेको काठमाडौंको सरकार हुन्छ नि:शब्द !! मैले सामाजिकको परीक्षामा बनाएँ सधैं नक्सा तर भेटिन आफैंलाई! अहिले नक्सा परिवर्तन भएको छ भाइले पक्कै भेट्ने छ हाम्रो कालापानीलाई!! नयाँ नेपालको परिकल्पना गरेका आँखाले बाँकी छ नयाँ स्वरुप हेर्न! अब भने जरुरी छ, “नेपालको नक्सा बनाई लिपुलेक कहाँ पर्छ देखाउनुहोस्?” भनी सामाजिकको प्रश्न फेर्न!! कसले भन्छ भगवानलाई निर्जिव? कसले भन्छ दिनरात सुरक्षार्थ खटिएका सिमानाका स्तम्भलाई निर्जिव? कसले भन्छ देशप्रेमलाई निर्जिव? कसले भन्छ हाम्रो स्वाभिमानलाई निर्जिव? देशको निम्ति रगत बगाउन कसले मान्ला खै अजीव!! बुद्ध नेपालका थिए कान्ति अनुशरण गर्छौं हामी बुद्धको शान्ति! देशको रक्षाको निम्ति गर्न सक्छौं छिमेकीसँग क्रान्ति! हामी कमजोर छौँ भन्ने नराखे हुन्छ भ्रान्ति!! हिजो पनि हाम्रै थियो आज पनि हाम्रै हो! रहिरहनेछ सधैँ हाम्रै कालापानी, लिपुलेक, लिम्पियाधुरा! हाम्रो जमीनमा आँखा गाड्नेमाथि पछि हटिदैन रोप्नलाई छुरा!! समय फेरियो परिवेश फेरियो समाज फेरियो नक्सा फेरियो अब केही पैसाको लालचमा राष्ट्रियता नफेरियोस्! सत्ता र शक्तिको दुरुपयोग गरी स्वाभिमान नबेचियोस्! गौरीगंगा नगरपालिका, कैलाली #रमेश भण्डारी #सिमाना मुर्दाको व्यापार: लक्ष्मण वियोगी त्यसले भन्यो– आमाको लाश जलाउन पाइनँ उसले भन्यो– बाको लाश जलाउन पाइनँ ऊ, त्यो, उनी, उनीहरू, तिनी, तिनीहरू सबै लामबद्ध छन् वाग्मती किनारमा । हरेकको अनुहारमा दगुरिरहेछ, मुश्लो सन्नाटाको छाँटिएको छ, हृदय वेदनाले मुटु हो कि कलेजो चोइटिएको छ, छेउतिर र गुन्जिरहेछ, विलापको बाँसुरी ऊ, त्यो, तिनीहरू पर्खेकै छन्, अझै पालो चिरनिद्रामा सुतेका बा, आमा, पति, पत्नी दाजुभाइ, दिदीबहिनी अनि, असंख्य आफन्तको लाशमा दागबत्ती दिन अलि पर छ, एउटा मसानघाट जो विद्युतीय ‘शवदाहगृह’ कहलाउँछ त्यसको चिम्नीबाट फुस्फुसाइरहेछ अनौंठो दुर्गन्ध मिश्रित धूवाँ हो, त्यो पनि आफूलाई मालिक ठान्छ धनी र गरिब छुट्ट्याउँछ कस्तो विलक्षण प्रतिभा मुर्दालाई समेत महल र झुपडीको ट्याग लगाइदिन्छ ! महलवाला सजिलै घाट पुग्छ ब्रम्हनालमा सुत्छ र पारि तर्छ विडम्बना ! झुपडीको पिउसो पालो कुरिरहन्छ, सूर्यास्तसम्म घाटको मुन्सी डुक्रिन्छ छाडा साँढे झैं मिति नपुगी किन ल्याको ? यहाँ भोकमरीलाई निषेध छ । छिनमै ऊ जिब्रो लप्लपाउँछ प्रवेश पाउने भए रुपियाँले सुन, चाँदी, हीरा जे–जे छ, छिरा कन्तुरमा ! सलाम नियति ! जिउँदो वा मरेकोसँग पनि कुत असुल्ने अजब तेरो गजब नीति जिउँदोमा फकाएर हसुर्ने मरेपछि लछारेर हसुर्ने लाशमाथि विनिमय कहिलेसम्म ? उपल्लो चोटामा बसेर तामेलीको ढ्वाङ फुक्नेहरू कहिलेसम्म हिटलरे बनिरहने र, मारिरहने निर्धा यहुदीहरू जसले कुतको हिसाब दिएनन् तिनलाई, बाँच्ने हक त दिएनौं मरेपछि जल्ने हकसमेत खोस्यौ ?? विराजमान छ, पल्लो पट्टी आराध्यदेवको फूली भिरेको भीमकाय मुर्ति त्यसकै पैतालामुनि खात हुन्छ, मुर्दाको ती जलाइन्छन्, पोलिन्छन्, डढाइन्छन् कसरी छुट्ट्याउँछस् धनी र गरिबको अस्तु ? के आधारले पठाउँछस् नर्क र स्वर्ग ? तँलाई पनि रुपियाँकै सिरानी प्यारो रैछ, हगी ! तँ भाङ र धतुरोमा होइन हीरा–मोतिमै लठ्ठिदो रहेछस् नत्र, हे पशुपतिनाथ ! कहिलेसम्म हेरिरहन्छस् यसरी मुर्दाको व्यापार ? #लक्ष्मण वियोगी #लास आकाश हो मेरो देशको नक्सा: आज मौसम फरक छ विभाजित छ आकाश छर्लङ्ग छुट्टयाउछ आकाशको सिमा उ त्यो पारि क्षितिज र मडारिँदै गरेको बादलले सीमा छुट्टयाउन नसकेको त हामीले मात्र हो । खै कस्तो छ मेरो देशको कम्मरको आकार खै कस्ता छन इन्द्रेणीको रंग आकाशमा देख्नेहरू भन्छन् सबै आँखाले दैख्दैनन् इन्द्रेणीको रंग सबै देख्नेहरू बुझ्दैनन् इन्द्रणीको भावना जसले देख्न सक्छ इन्द्रेणीको रंग उसैले बुझ्न सक्छ, सीमाको भावना आज मौसम फरक छ कतै घाम छ कतै पानी छ कहिले कता देखिन्छन कहिले कता देखिन्छन् यो इन्द्रेणी र बादलले बनाएको नक्साको स्वरुप हुनत आकाश देख्नेहरू पनि आकाश जस्तै विभाजित छन् पहाडमा बस्नेहरू घामको पक्षमा र तराईमा बस्नेहरू सितलको पक्षमा छन् हेर्दा हेर्दै सर्दै जान्छ बादलले कोरेको आकाशको सीमा मेरो देशको सीमा आकाशमा बनेको जस्तो होइन सूर्यको प्रकाशले मेरो छायाँलाई दायाँ बाँया सारे जस्तो पनि होइन मेरो देशको सीमा त त्यो क्षितिजले बनाएको सीमा जस्तो हो मेरो बुबाले मलाई देखाउँदा जहाँ थियो ् मैले छोरालाई देखाउँदा पनि त्यहि हुनु पर्छ हेर्दा हेर्दै आकाशमा बनेको नक्साको रुप बदलिन सक्छ मेरो देशको नक्सा आकाशमा बनेको जस्तो होइन आकाश जस्तो हो । #आकाश हो मेरो देशको नक्सा अन्तिम सम्बोधन: सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखेर पठाएको मेरो पहिलो प्रेमपत्र । जहाँ लेखिएको थिएन सहरको प्रसिद्धकविको प्रेममय कविताको चर्चित कवितांश सिनेमाको चर्चित नायकको रेडिमेड डाइलग तिम्रो लागि खुर्पे जून टिपेर शीरमा सिउरिदिने कुरा सापटी लिएर– हिमालसँग अलिकति मुस्कान फूलसँग अलिकति सुवास ईन्द्रेणीसँग अलिकति रङ्ग हृदय तप्काएर हृदयकै मसीले पोतेको थिएँ– भावनाको क्यानभास र, त्यसैमा अल्झाई पठाएको थिएँ मन । तिमी आकाशझैँ मौन बसिरह्यौ केबल मौन । सयमसँगै तिमी घाम भयौ र म जून । तिमीसँग छुटेपछिका सयौँ रातहरू सम्झँदै सम्झँदै पत्रका एक–एक अक्षरहरू हुबहु उतार्ने कोसिस नगरेको होइन तर, हराए शब्दहरू जसरी हराएको थियौ तिमी । हरेक पहिलोहरू अक्सर प्रिय हुँदारहेछन् ज्यादै प्रिय, जस्तो पहिलो भेट पहिलो प्रेम पहिलो स्पर्श पहिलो चुम्बन पहिलो विछोड पहिलो प्रेमपत्र सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको मेरो पहिलो प्रेमपत्र । #मनु आभास मेरो नयाँ खबर: सधैँ सधैँ नयाँ खबर सोधिरहने मेरी प्रियालाई के भनौँ एक दिनमा अनि छिनछिनमा कति गर्न सकिन्छ र यो परिवेशमा र तिमीलाई खास प्रगतिको आभास दिऊँ यहाँ जिन्दगी नै लकडाउनमा छ एकान्तबासमा कहिले उता कहिले यता फेरि कहिले यता अनि कहिले त्यता के हुनसक्छ र नयाँ यो यता र त्यतामा ? दिनरात यो सहरको अनकन्टार भाँसमा भाँसिएर भौतारिँदै खोज्दा त नभेटिएको त्यो नयाँ लकडाउनको यो जेलभित्रबाट म तिमीलाई के दिन सक्छु र नयाँ ? यो बन्धनबाट म तिमीलाई के सुनाउन सक्छु र नयाँ ? अनि तिमी नै भनन के पठाउन सक्छु र नयाँ ? केवल मसँग त्यही पूरानो जोदेखि तिमी अपरिचित छैनौ उही रित्तो र शून्य म अनि मेरो खबर प्रिय सपना ! थाहा छ मलाई तिमी के चाहान्छ्यौ र यो पनि थाहा छ कि मेरो विवशताको भूमरीमा तिमी पनि उत्तिकै पिसिएकी छ्यौ उत्तिकै थिचिएकी छ्यौ यी चासोका भारीले मभन्दा अप्ठ्यारोमा तिमी नै छ्यौ जसको कारक त्यही मेरो हुन नसकेको नयाँ खबर रमिता हेर्दाहेर्दै समयको जाँतोले दुवैलाई पिसिसकेछ सपनाका चाङ यति भएछन् कि पल्टाउनै नसक्ने गरी थिचिसकेछन् प्वालै प्वाल परेको डुङ्गा अनि भेल थाहा छैन खै कहाँ हुन्छ हाम्रो अन्तिम बिन्दु जहाँ तिमी र मेरो छितिज होस् मिलनको साँझ अनि मधुमास सायद मेरो वशमा हुन्थ्यो भने सारा यी खबरलाई लकडाउनमा थुनिदिन्थेँ अनि सुनाउथेँ तिमीलाई जिन्दगीका अनगिन्ती रहरमा गुम्सिएर फाट्नै लागेका नयाँ खबर, अनि मुटुमै घोचिरहने तीखा तिम्रो थोत्रिएको उही प्रश्न सुन्न पर्ने थिएन मैले अनि सबका सब नयाँ मात्र केवल तिमीले खोजेजस्ता तिमीले सुन्न चाहेजस्ता बारम्बारका प्रश्नहरूले मागेजस्ता नयाँ मात्र खबरको भण्डारमा तिम्रो आगमनको उत्सव मनाउथेँ नयाँभित्र तिमी झन नयाँ हुनेथियौ तिम्रो ओठ नयाँ, तिम्रो मुस्कान नयाँ सबका सब नयाँ अनि त म पनि नयाँ मेरो खबर नयाँ अनि हुनेछ सबथोक नयाँ मेरो नयाँ खबर #मेरो नयाँ खबर मौन: तटमा ठोक्किएर टुट्छ सागरमा लहरको क्रमित्ता निरिब किनारमा अनि फैलिन्छ निःशब्द ध्वनी जस्तो, बज्दाबज्दै चुँडिएको गितारको तारबाट निस्किने बेसुरता कुनै अपरिचित आदिम पहाड जस्तै हाम्रो सम्बन्धको डोरी धुमधुम्ती मुख फर्काएर चिन्तनको गहिराइमा डुबेको छ उदासीको बादलभित्र उकुसमुकुस एक्ला एक्लै पर क्षितिज हेर्दै फर्केर गएको लहरपछि केही शान्त जस्तो चुपचाप बसेका छौँ । #मौन दलित एक सोच: दलित हुँ म पहुँच बाहिरको न कसैले छुन सक्छ न मैले छोएको पानी चल्छ म त सानो जात सानै मेरो काम दलित हुँ म इज्जतको सिकारी सिकार खेल्न हिँडेको । दलित हुँ म तिरस्कृत समाजको गहिराई बाँजो खेत, आकासे पानीबाट हुने भरपाई टिपेर ल्याउँथे मोती म नि खोल्दिए नालाको पानी, सामन्तको रजाइ जति मिहिनेत गरे नि घृणा, अपहेलितको पात्र दलित हुँ म पहुँच बाहिरको न कसैले छुन सक्छ न मैले छोएको पानी चल्छ म सधैँ दलित नै रहन्छु सूर्योदय हुन्न यावत् एक नासको मेरो शिल्प, मेरो कला, मन्दिर भित्रको सौन्दर्य मेरो कलाको पूजा, मेरो अपहेलना अनेकौँ त्रास बीचको तिर्सना छुवाछुत, जात, दलित कसको हो यो सिर्जना ? दलित हुँ म पहुँच बाहिरको न कसैले छुन सक्छ न मैले छोएको पानी चल्छ सायद अपहेलना तिरस्कार मेरो जन्मसिद्ध अधिकार खस्रो अन्डकोस बनी हुर्केको अपहेलित गुडको छानो न चन्दन को वृक्ष नै हुँ म न कहिले थिएँ कलिका अपहेलित सदैव आभास चिन्तन ओइ, परै बस् दुर्गन्धित छस् भन्छन् । सायद गुरु रविदासको शिक्षा बञ्चित थियो दलित हुँ म पहुँच बाहिरको पीडा दलितको सृजनात्मक रचना कवि कवीरको मेरो पहुँच बाहिरको ? दलित हुँ म साधु तुकाराम महाराज ब्राह्मण गुरु मेरा शिष्य ढोगी पिउँथे पानी पैतालाको मानी सुद्ध दलित हुँ म, सातौँ शताब्दीको नन्दन र शिव मानेर पुज्छन् मलाई मन्दिर तिरुपुन्कुरको पण्डित,ब्रह्मिन सबै जात मेरो पैतालाको भगवान मानी पुज्छन् मलाई म स्वामी हुँ ती सबैको दलित हुँ म अपहेलित छु पहुँच बाहिरको सोच एउटा रोग मेरो कर्म हो विजय भोग सानो ठूलो हुन्न कोही ज्ञान सिद्द प्राप्ति अनुपम सोच जीत इज्जत प्राप्ति कर्म असल फल भोग दलित हुँ म #दलित #दलित एक सोच #दिलिप अधिकारी डुवर्सका नारायण काफ्ले बने पहिलो: कालेबुङ/संवाद कालेबुङद्वारा आयोजना गरिएको ‘सुकुमाया प्रधान स्मृति कविता प्रतियोगिता 2020’ को फाइनल घोषणा आज गरिएको छ। संवाद कालेबुङ कार्यालयबाट कवि टीका भाई, लेखक छुदेन काविमो, राकेश क्रान्तिकारी र संवाद कालेबुङकी व्यावस्थापिका पौलिना लेप्चाको उपस्थितिबीच उक्त प्रतियोगिताको फाइल घोषणा गरिएको छ। प्रतियोगितामा पहिलो डुवर्स बाग्राकोटका नारायण काफ्ले, दोस्रो मणिपुरका सूरज चापागाईँ र तेस्रो सिक्कीमकी रिया तामाङ भएकी छिन्। प्रतियोगिताको टपटेन अघिल्लो हप्ता घोषणा गरिएको थियो भने फेरि लेखिएका नयाँ कविताबाट फाइनल घोषणा गरिएको हो। प्रतियोगिताको निर्णायकका रूपमा पनि रहेका कवि टीका भाईले प्रतियोगिताको फलाफल घोषणा गर्दै भने, हरेकको कविता आफैँमा बलियो छ। त्यसबाट पहिलो, दोस्रो र तेस्रो छुट्याउन निकै गाह्रो थियो। यद्यपि तीनै निर्णायकहरूले दिएको अङ्क तालिकाको आधारमा पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको छ। अधिकांश कवितामा वर्तमान परिस्थिति देखा परेको जनाउँदै उनले कोरा कालको छायाँ धेरै जसो कवितामा देखिएको बताए। अर्कोतिर स्व. सुकुमाया प्रधानकी पविवार पक्षबाट छोरा प्रवीणचन्द्र प्रधानले प्रतियोगितामा भाग लिने हरेक कविप्रति आभार व्यक्त गरेका छन्। कोरोनाको कारण लकडाउनमा थुनिएका युवाहरूलाई सिर्जनात्मक बाटोमा ल्याउने उद्देश्यले शुरू गरिएको उक्त प्रतियोगितामा सिक्किम, दार्जीलिङ, मणिपुर, कालेबुङ, डुवर्स लगायतका कविहरूले भाग लिएका थिए भने जसको फाइनल राउन्डको निर्णायकहरूको समालोचक तथा कवि सुधीर छेत्री, कवि रेमिका थापा र कवि टीका रहेका थिए । पहिलो दोस्रो र तेस्रो बन्नेहरूलाई क्रमैले नगद राशि पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ। #कविता प्रतियोगिता #टीका भाइ #रवि रोदन #रेमिका थापा #सुकुमाया तामाङ स्मृति प्रतिष्ठान #सुधीर छेत्री लिभिङ टुगेदरभित्र नियाल्दा: अरुणबहादुर खत्री “नदी” कथाकार भएर साहित्यिक क्षेत्रमा प्रवेश गरेका गोविन्द गिरी प्रेरणाको ‘लिभिङ टुगेदर’ नामक उपन्यास २०७५ सालमा प्रकाशित भएको छ । उपन्यासकार गोविन्दको ‘सुतेको समुद्र’ नामक कथा सङ्ग्रह २०४० सालमा पहिलो कृतिको रुपमा निस्केको थियो । लिभिङ टुगेदर उपन्यास उनको चौबिसौँ कृतिको रुपमा निस्केको हो । यस उपन्यासलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो भागभित्र लुम्बिनी चिया पसल सँगैको तीनतले घरमा डेरा खोज्न पुगेको कुमार काली काली वर्गकी यौटी केटीसँग मूलगेटमा झण्डै ठोक्किन पुग्दासरी उसले भनी । सरी त मैले भन्नु पर्ने म जो हुत्तिदै आए कुमारले शिष्टता देखायो । केटी हल्का मुस्कुराई र सडकतिर लागी । मूलसडकमा मिसिइसकेपछि कुमारले सोच्यो कोठा राम्रो हो घरबेटी बूढा बूढी पनि राम्रै हुन् । तीभन्दा पनि प्रिया राम्री हो । कुमारकोआँखामा प्रियाको कोठाको गुलाबी तन्ना झलक्क आयो र त्यसले ऐठन पार्न थाल्यो । अहो प्रिया र म त्यो गुलाबी तन्नामाथि लडीबुडीगर्न पाए भनिएको छ । दिदी जिन्दगीमा दिलैदेखि माया गर्ने मान्छे पाएँ । आखिर एक दिन त कसै न कसैको हुनु नै छ भने आफूलाई मायागर्ने मान्छे भेटेपछि छोड्ने कुरा पनि आएन । सरी हैं दिदी सगै बस्यौ अब छुट्टिनुपर्ने भयो सोनुले भनी । काठमाडौं पहिलोपल्ट त आएकीहोइन ऊ । तर कताकता पहिलोपल्ट आएको झैं अनुभव गरी पार्वतीले गोविन्दले लेखेका छन् । अचानक हिजो रातीका कुराहरु कृष्णाकाआँखा अगाडि नाच्न थालेको रहेछ । ऊ रिसाएर कुमारलाई गाली गरेको पनि सम्झिाई भनिएको छ । मैले ठिक गरे कि बेठिक गरे भनेरआफैंलाई कृष्णाले सोध्न थालेकी छिन् । कुमारले मलाई शोषण गर्ने मनशाय नै राखेको हो त । उसले आफैंलाई सोधी । तर हो भन्नेआधार पाइन । उज्यालोमा तिम्रो अनुहार कस्तो राम्रो देखिन्छ नि कुमारले कृष्णालाई भनेको छ । नेपाली साहित्यका लागि नवीन विषयवस्तुलाई अंगालिएको यो उपन्यासलाई मनोविश्लेषणात्मक उपन्यास भने पनि हुन्छ किनभने२१६ पृष्ठको यो सम्पूर्ण उपन्यास आफ्नो नवीन कथावस्तुको कारणले पनि यसले चर्चा पाउने र नेपाली साहित्यमा चर्चित हुने निश्चितप्रायः देखिन्छ । नेपाली साहित्यमा उपन्यासको संरचना र शैली सम्बन्धमा केही विवादहरु उठेका छन् । कसैले भन्छन् यथार्थवादीलेखनशैली पूरानो भइसक्यो अब लेख्ने रचनाहरु प्रयोगवादी हुनुपर्छ तिनले पश्चिमी उत्तर आधुनिकताका पराख्यान तथा जादुमययथार्थवाद जस्ता शैलीहरुको प्रयोग हुनुपर्छ । यस विपरीत अर्को तर्क छ यथार्थवाद लेखनले नै समसामयिक नेपाली जीवनको वास्तविकचित्रण गर्न सक्छ । त्यसैले उत्तर आधुनिक शैलीहरुको अन्धानुकरण नगरेर यथार्थवादलाई आख्यानको माध्यम बनाउनुपर्छ । जीवनकोयथार्थ र भोग्नुपरेका अप्ठ्याराहरु बीच परिभाषित जिन्दगीको मेल नहुनुको चर्को पीडालाई उपन्यासकार गोविन्दले रोचक शैलीमा वर्णनगरेका छन् । जीवनको अर्थ जीवनको सार सदुपयोग हो, दुरुपयोग वा मेटिनुमात्रै होइन भन्दाभन्दै विसङ्गतिपूर्ण नियति भोग्न वाध्यप्रभातको परिणतिले पाठकको हृदयलाई चसक्क नपारी छाड्दैन भने मस्तिष्कमा समेत गहिरो प्रभाव छाड्दछ । कथानक उपन्यासकोमेरुदण्ड हो । यस उपन्यासको कथानक अरु उपन्यासभन्दा पृथक् भएकाले नै नेपाली साहित्यमा यसले अलग स्थान ओगट्न सक्षम हुन्छ। भाग दुईमा सिडीयो जन्मेजय भट्टराई जुन जुन जिल्लामा अलि वर्ष राज गर्थे यौटा यौटा घर त्यही जोड्दथे । यो उनलाई यसअघिका आइजीले सिकाएको मूल मन्त्र थियो । आइजीले त १७ जिल्लामा घर जोडेका रहेछन् । कृष्णा खाना तताएर खान तर्खर गर्नलागी । तर उनलाई एक्लोपना यस्तो अनुभव भयो कि खानै मन लागेन र दुई चार गाँस जबरजस्ती खाएर चुट्न थाली ओछ्यानमापल्टीरहदा पनि उसलाई झन् झन् एक्लोपनाले थिच्न आए जस्तो भयो गोविन्दले लेखेका छन् । जाँड लागेपछि त केही नेतालाई नभई हुन्नदुई खुट्टा टेक्ने जस्ती आइमाई भए पनि पुग्छ । कुवेतमा न नेपालीलाई काममा जान प्रतिबन्ध लागेको सुनेकी हुं यो पार्वती कुवेत जानको लागि तम्तयार छे भनिएको छ । उपन्यास लिभिङ टुगेदर भाग तीनमा कुमार अमेरिका गएको झण्डै पाँच महिना हुन लाग्यो र अब उसले कुमारमा क्रमशः हुर्कदै गएको परिवर्तन महसुस गर्नलागेकी थिई । मान्छे आँखा अगाडि नहुने बित्तिकै उसले संसार अर्कै देख्न थाल्दछ कि क्या हो ? कृष्णा आफैंसंग सोधिरहेकी थिईभनिएको छ । उसलाई कुमार उडेको दिन देखिका यी बितेका प्रत्येक दिनका पलपल आँखामा जुलु्स बनेर लाम लागेझैं लाग्छ । गाउँकोआफ्नो घरमा पुग्दा कृष्णाकी आमा पिँढीमा बसेर तरकारी केलाउदै थिइन् आफ्नी सामु छोरी देखेपछि आमा हाम्फाल्दै अँगालोमा बेर्नआइन् । बिहानी पखको चिसो हावाले राधेश्यामको निद्रा खुल्यो । उसले अँगालोमा बाँधिएकी कृष्णाको निधारमा चुप्प म्वाई खायो रकृष्णा बिउँझिई भनेर यस उपन्यासभित्र गोविन्दले लेखेका छन् । उपन्यासका सकारात्मक पात्रहरु जो उपन्यासमा समेटिएका छन् तीशुरुदेखि अन्तसम्म कौतुहलता जन्माउन सफल मात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरुपस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रोमान्नैपर्छ । उपन्यासभरि राग छ, विराग छ, समलिङ्गी सम्बन्धको झल्को छ, पराजय छ , पीडा छ, धोका छ, तैपनि उपन्यासकार गोविन्दअत्यन्त सयमित भएर आफ्नो अभिव्यक्तिलाई सन्तुलित राख्दछन् । आफ्ना कथाहरुमा झैं यो उपन्यासमा उनको भाषामा उस्तै मिठास रशैलीमा रोचकता अनि वेग भेटिन्छ । गोविन्द गिरी “प्रेरणा” को माझिएको खारिएको लेखनीको सधैं यस्तै नयाँ कथावस्तुको खोजी गरीउपन्यास विधामा नयाँनयाँ आयाम थपी नै रहोस् भन्ने अपेक्षा गरेको छु । संस्करणः पहिलो असार, २०७५ मूल्यः रु.३२५।– प्रकाशकः बिएन पुस्तक संसार प्रा.लि. ,काठमाडौं #अरुणबहादुर खत्री “नदी” #गोविन्द गिरी प्रेरणा #लिभिङ टुगेदर निष्कर्ष: मन थियो बोल्ने,मनका कुरा खोल्ने सम्झेँ नबोल्नु नै ठीक, कुरा नखोल्नु नै ठीक । फेरि गमे नबोलेमा कसले थाहा पाउला ? मनका कुरा नखोलेमा कसले भेउ पाउला ? के थाहा सहृदयी कतै मिल्ने हो कि? हिँड्दा हिँड्दै पाइतालामा पंख खुल्ने हो कि ? अन्तर्यामि मनोवेत्ता जोडिन नि सक्छ मनका गुप्ति एक पलकमा खोलिदिन सक्छ । फेरि सम्झे सात अरबका आफ्ना आफ्ना जपना मनभित्र फुलेका ति मखमली सपना कति मर्छन नजन्मदै,कति कुल्चिइन्छन चुडिन्छन ती कोपिलामा ,बाँकीमात्र फुल्छन मादकता तिनमा कति, कति छ सुवास यसैमा त तोकिन्छ नि तिनको दाम खास । निष्कर्ष यो निकालियो मैले बोल्नै पर्छ अन्तर कुन्तर केही नराखि सबै खोल्न पर्छ तोडन पर्छ भ्रमको त्यो आडम्बरी चाल आफैँ मैले बनाउनुछ अकबरी माल म आफैं बन्नुपर्छ सत्यताको ढाल । #निष्कर्ष नदी र म: रूपसिंह भण्डारी म एक निर्दोष हिमनदीझैँ बगेँ, बिस्तारै पहाडी कन्चन नदी बनेँ अनि दौडिएँ तल तल नाच्दै जंगलहरुमा, जिस्किदै बेसीहरुमा हजारौँ अरुहरुसँगै मिसिदै बनाएँ आफूलाई एक निडर साहसी। हराउँदै कराएँ कति कन्दराहरुमा कतै शान्त गहिरो ताल बनेँ, कतै जादुमायी मायालु झरना बनेँ जीवनको सारा भूगोल पार गर्दै निरन्तर बगिरहेँ कतै भोका पेटको लागि चोरिँदै कतै स्वार्थी दुनियाँको उज्यालोको लागि पक्राउ हुँदै जीवनभर इमान्दारिताको तरलता बाँड्दै बाँड्दै मैले लामो सभ्यताको यात्रा गरेछु अनगिन्ती नामले पुकारिँदै । पापीहरुलाई धुँदै, दुष्टहरूलाई बगाउँदै भगवानहरुलाई नुहाउँदै म सागरमा पुगेँ । र, अन्त्यमा जब मैले मैरो साहसी यात्राका कथाहरु सागरलाइ सुनाएँ सागरले दुई हात जोड्दै उसलाई पनि फेरि हिमाल तर्फको यात्रामा लैजान याचान गर्यो। सुन, त्यही भएर मैले फेरि बादल बन्ने निर्णय गरेँ र, मलाई थाहा छ, यो यात्रा: हिमाल तर्फ़को कम्ता जोखिमपूर्ण हुने छैन पहिलेको भन्दा तर, यात्रा रोकिने छैन, कदापी! #रुपसिंह भण्डारी खै ! त तिम्रो हाँसो: बोझहरू बिसाउ तिमी बोक्छु तिम्रो साटो म मुस्काउँछु तिमी हाँस्दा खै त तिम्रो हाँसो ? फूलैफूलको सौगात लैजाऊ काँडा मेरो बाटो म फक्रिन्छु तिमी फुल्दा खै त तिम्रो हाँसो ! खोली हेर एकचोटी मन बाँध्ने गाँठो म आत्तिन्छु तिमी रूँदा खै त तिम्रो हाँसो ? रोकिए झैँ लागिरह्यो जिन्दगीको पाटो म दौडिन्छु तिमी हिँड्दा खै त तिम्रो हाँसो ? शित जति मेरो भयो बसन्तको साटो कड्यांग्रिन्छु तिमी रूझ्दा खै त तिम्रो हासो ? #खै ! त तिम्रो हाँसो कवि श्रवण मुकारूङको आज जन्मदिन: नेपालका प्रख्यात कवि तथा गीतकार श्रवण मुरूकाङको आज जन्मदिन हो। २०२५ जेठ २६ गते भोजपुर जिल्लाको दिल्पामा जन्मिएका मुकारूङका दुई कविता संग्रह, एउटा गीत संग्रह, एउटा नाटक संग्रह र एउटा गीतिएल्बम प्रकाशित छ। २०६२/६३ को आन्दोलनताका स्वतन्त्र रेडियो बचाऊ आन्दोलनका लागि लेखिएको कविता ‘बिसे नगर्चीको बयान’ त्यो बेला नेपाल म्यागेजिनमा पहिलो पटक प्रकाशित भएपछि तहल्का मच्चिएको थियो। यो कविता आन्दोलनको पर्याय बन्न पुगेको थियो। कविताको लोकप्रियताका कारण उनले कविता कन्सर्टसमेत गर्नु परेको थियो। कविता कन्सर्टका कारण संसारका विभिन्न सात मुलुक भ्रमण गरेका उनले मोती युवा पुरस्कार प्राप्त गरेका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसमेत रहिसकेका छन्। उनको जीवनका दर्जनौँ रोचक प्रसंग छन्, जसमध्ये एउटा प्रसंगले उनको उज्यालो मोह प्रस्ट्याउँछ। बालक छँदा उनी बा-आमासँग अस्थायी बासमा बसिरहेका थिए। टुकी बालेर बसिरहेका बेला उनलाई टुकीको उज्यालो यति मन पर्यो कि यो उज्यालो ठूलो हुँदा कस्तो र कत्रो हुन्छ होला भनेर अस्थायी घरमा आगो नै लगाइदिए। घर ह्वारह्वारी बल्न थालेपछि निकै रमाएका उनलाई यो घटनाप्रति विस्मात पनि लाग्ने गरेको छ। २०६२/६३ को आन्दोलनलाई उचाइमा पुर्याउने उनको प्रख्यात कविता बिसे नगर्चीको बयान पढ्नुस्ः मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझाो हुनुपर्ने अर्ढाई सय वर्षछि आज के भयो मलाई – यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झाुप्रो न हो जलाइएको यत्तिमै यो बिसे उप्रिmनृुपर्ने – थुइक्क बिसे… । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्तिनँ नर्सिङ्गा फुक्न/सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्तिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्तिन मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए – हिजोका सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरुप भए – यो दरौदी किन उल्टो बगेको देख्छु – यो दरबारै किन खण्डहरजस्तो देख्छु – म बौलाएँ मालिक ! म बौलाएँ । मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल – भ्रममा परें म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे – भ्रममा परें म यस राज्यलाई प्रजाले बनायो कि राजाले भ्रममा परें म अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु – म केवल बौलाएँ मालिक ! बौलाएँ । हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको छु भने हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला मालिक ! मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे – मैले खोज्न चाहें हुँला मेरा औंलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्साए तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुनसक्छु – म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – मालिक ! म बौलाएँ । #बिसे नगर्चीको बयान #श्रवण मुकारूङ म मरे कि मारिएँ आमा ?: म जन्मे, मैले चाहेर होइन जहाँ जन्मे, मैले रोजेको थिइनँ । नत देश रोजेँ, नत गाँउ रोजेँ नत जात रोजेँ, नत परिबार रोजेँे । आमाले भन्नुहुन्थ्यो बाबु तिमी जन्मिदा खुसीले सिमा नाघेको थियो तिम्रो त्यो रुवाइले यो घरको सन्नाटा चिरेको थियो । मैले कहिलै देखिन मेरी आमा सुतेको नत कहिलै देखँे, कुनबेला उठ्नु हुन्थ्यो ? कहिलै महसुस भएन तिनी थाकेकी होलिन थाहा नै पाइन मैले उनी भोकै भोकै भुटेको मकैको न्याम खुवाउँदी रहेछिन मलाई । नाङ्गो खुट्टाले, च्यातिएको लुगासँगै टालिएको त्यो एउटै गुन्युचोलोमा देखेको मैले मेरो आमा गरिब, दुखी र सहाराहिन थिइन पत्तो नै पाइन । मैले मेरी आमा सबभन्दा राम्री, धनी, दयावान, शक्तिशाली देख्थेँ यसरी बित्यो मेरो सुन्दर बालापन । झोला बोकेर मेरो साथीहरू १ घण्टापरको रातो घरमा गएको हेर्दथँे । म किन गएको थिएन ? मैले कहिल्यै आमालाई सोधिन पनि नत साथीहरूलाई सोधेँ बरु साथीहरू, हे दुर्गे आइज पढन जाऊँ भन्थेँ मैले जान्न है म त बाख्रा चराउन जानुछ आमा साहूकोमा काम गर्न जानु भएको छ यसरी उत्तर दिएको मानसपटलमा झल्झल्ली छ । एकदिन मैले आमालाई सोधेकी थिएँ आमा मेरो साथीहरूको बुबा छन् मेरो पनि बुबा होलान नि है आमा ? आमाले एकछिन अकमक्किएर भनेकी थिइन थिए, भारतमा काम गर्न गएका तिमी पेटमा आएको ६ महिना भएको थियो खै के भयो, आज सम्म फर्केका छैनन । आज पनि मेरो मानसपटलमा घुमिरहेको छ उहाँले आखाँभरी टलपल्लिएको त्यो आँसु पुछेको । १६ बर्षको जवानीसँगै आमालाई चिने, तिनका दुःख, तिनका दीर्घरोग ति नाङ्गा खुट्टा र आँङ ४० बर्षमै ७० को देखिने चाउरिएको मुहार साहूको कचकच १८ घन्टा भौतारिएको लखतरन मेरी आमाको सुस्केराले मलाई गिजाइ रहेको हुन्थ्यो । आफैँले आफूलाई गाली गरे र सम्झाएँ दुर्गे अब तेरो पालो आमाको काँधको जिम्मेदारी फेर्ने दिन आयो अब तेरो पालो, अब आमाले सक्दिनन् । एकदिन मकैको ढिडो ओरल्दै गरेकी, आमाको कपाल सुम्सुमाउँदै भने आमा म पल्लोघरको दाजुसँगै भारत जान्छु त्यता काम पाउँछरे, उतै काम गर्छु अब मेरो पालो हो आमा । तपाईँले दुःख गर्नु पर्दैन धेरै तपाईँको सुखको दिन आउँदैछ ति अन्तरे आमा जस्तै तपाईँलाई आँगनको डिलमा सुताएर पाल्छु है आमा । यति के भने थे धुरुधुरु मेरो आमाको आँखाबाट बगेको त्यो आँसु रोक्न घन्टौं लागेको आज पनि सम्झनामा ताजै छ । आमाले फूलको माला र टिका लगाएर हेर काइला, छोरो तेरो जिम्मा भयो छिट्टै फकिर्नु है, कमाउछु भन्छ मलाई जमिनदार्नी जसरी पाल्छ रे । बरबरी आँसु झारेर बिदा गरेकी झल्झल्ली आउँछ । खै हामी अभागिको कर्म नै त होला ? ३ महिना भएको थियो काम थालेको कोरोना भाइरस आयो रे, संसार बन्द भयो अलिकती पैसा जम्मा गरेको थिएँ एक्ली आमाको यादले सतायो सबै बन्द थियो । मलाई रोक्ने कसले ? १४ दिनको यात्रासँगै नेपालको सिमानामा पुगे नेपालको माटो समाते, ढोगे, आमाको यादले झन सतायो खै क्वारेन्टाइन रे यतै बस्नु पर्नेरहेछ भोकभोकैको त्यो लामो यात्रा, चिसो भुइँमा लस्करै सुते पानीको प्यास, खाली पेट मत बिरामी परेछु अस्पताल त हाम्रो कर्ममै छैन त्यही भोमिट गर्दा गर्दै प्राण त्यागेछु । मान्छे खोजिरहेको छु आमाको लागि जोगाएर ल्याएको हजार रुपैया पुर्याइ दिने अनि माफी मागिदिने आमासँग आमा मैले तिम्रो दःुख स्याहार्न सकिनँ मलाई माफ गरिदिनुहोला है । अनि आमा मलाई बताइदिनुहोला म मरे कि मारिएँ आमा ? #म मरे कि मारिएँ आमा ? आज चर्चित लेखक किशोर नेपालको जन्मदिन: किशोर नेपाल किशोर झुत्रे नामबाट साहित्ययात्रा शुरू गरेका पत्रकार किशोर नेपालको आज जन्मदिन हो। नुवाकोटको झिल्टुङमा सन् १९५२ जुन ६ मा जन्मिएका उनले कथा र निबन्धमा विशेष दक्षता हासिल गरेका छन्। नेपालमा ट्याब्लोइड पत्रकारिताको स्थापनाको श्रेय पाएका नेपालको पहिलो रचना लुम्बिनी सन्देश साप्ताहिकमा २०२४ सालमा ‘गौतम बुद्ध’ शीर्षकको कविता प्रकाशित भएको थियो। उनका अर्कै प्रस्तर (कथा संग्रह – वि. सं. २०३४), चिन्ताका क्षणहरु (निबन्ध संग्रह १९८२), रङ्ग मण्डल (लघु उपन्यास) चर्चित छन्। ‘शहरको कथा’ र उनको आत्मकथा ‘मेरो समय’ले पछिल्लो पटक निकै चर्चा बटुलेको थियो। #किशोर नेपाल #जन्मदिन मनका रङ्गीन तरङ्गहरू: तरङ्गित छु म, मेरा समयका उत्सवहरूमा हराएकी छु म आफ्नै मनका अनुरागहरूमा कहाँँ खोज्दै छौ मलाई म त घुलेकी छु किरणहरूमा तिम्रै जीवनका रङ्गहरूमा…. कतिकति आँखाहरू छन् जिन्दगीका हेर्याै भने देख्न सक्छौ मलाई म त्यही कतै छु आँसुका दहहरूमा तिमीभित्र नै अविरल मुस्कुराइरहने हृदयका तीव्र धडकनहरूमा जहाँँ जहाँँ हुन्छौ तिमी स्पर्श गरेर रहरका बीजहरू म र मेरा शुभेच्छाहरू बनेर बुकीफूल बटुल्नेछन् असीम सम्भावनाका आकारहरू र रमाउनेछन् प्रफुल्लित भई तिम्रै खुसीका हरेक केस्राहरूमा यस्तो लाग्छ अब त ति तिम्रै रङ्गमा रङ्गिएँ कि म मेरो आफ्नै रङ्ग नै कहाँँ थियो र ! र कहाँँ थिएँ र म विभिन्न रङ्गका रुपहरूमा किनकि घुलेकी छु अहिले त म तिम्रै प्रिय रङ्गहरूमा र त भुलेकी छु दुनियाँका अरू सारा रङ्गहरू ! #नाज सिंह ज्ञानेन्द्र गदालको गजल: ईर्ष्या गरी कसैप्रति, हुन्न कैल्यै जल्नु हुन्न जानी–जानी खाल्डोमाथि खुट्टा पारी ढल्नु हुन्न । चिसोलाई राप दिनू, न्यानो पारी सेक्नु मात्र मनै सखाप पार्ने गरी आगो कैल्यै बल्नु हुन्न । जिन्दगीको रथ हाँक्न हिम्मत लिन सक्नुपर्छ सानातिना ठक्करबाट हरेस खाई गल्नु हुन्न । स्वविवेकले यात्रा गरे सन्तुष्टिको फल मिल्छ अरू सबको इशारामा यन्त्र भई चल्नु हुन्न । सबैलाई उल्लु बनाई ढाँट्न पनि सकिएला असत्यको बाटो रोजी आफैँलाई छल्नु हुन्न । कोलोराडो, अमेरिका #अमेरिका #कोलोराडो #ज्ञानेन्द्र गदाल सीता: सीता हुन् उनी तर तिमीले सोचेको जस्तो राजा जनककी छोरी हैनन् उनी अर्थात् सीता दर्जी सञ्जोग भनौँ या भाग्य उनी रामकी श्रीमती तर तिमीले पुज्ने भगवान् राम हैन राम दर्जीकी श्रीमती घरीघरी उनले नाप्ने कपडाका ती इञ्चिटेपहरुले यदि नाप्न मिल्थ्यो भने विभेदका एक एक इञ्च इञ्चलाई घरीघरी उनले चलाउने कैँचीका धारहरुले काट्न सकिन्थ्यो भने विभेदका ती मसिना फलामका धागाहरुलाई जो युगौँदेखि समाजको मस्तिष्कमा एउटा खिया लागेको फलामे तार बनेर बसेको छ जुठे दाइले आरनमा धार लगाइदिएपछि धारिलो भएको हसियाझैँ यदि किताबका अक्षरहरुले खिया लागेका मस्तिष्कका फलामे तारलाई धारिलो बनाएर उदाइदिने भए सीता दर्जीको कोखबाट जन्मिएको लवकुसलाई किन स्वीकार्न चाहँदैनन् आधुनिक द्रोणाचार्यहरू भरी सभामा मौन बसेका भीष्म पितामहहरुलाई आफ्नो मौनता तोड्न अझै कति समय लाग्छ गान्धारीले झैँ तिम्रो आँखामा बाँधिएका विभेदका ती काला पट्टीहरुलाई खुल्न भन अझै कति समय लाग्छ तिम्रा खुट्टाका एक-एक पाइलाहरू नापेर तिम्रो निम्ति साइँला सार्कीले बनाइदिएको छालाका जुत्ताहरू लगाएर छालाका पेटीहरू लगाएर भन कहिल्येसम्म कुल्चिन्छौ त्यही साइँला दाजुका पैतालाहरुलाई यो सीता दर्जी सीता बनेर धर्तीमा भासिन्न किनकि तिम्रो यो युगमा भेट्न नसकेका कयौँ जवाफहरू खोज्नु छ यो सीता दर्जीले साँवा अक्षर छिचोलेकी यो सीता दर्जी सबै मानिसहरुको शरीरमा केवल हाड र छाला मात्र देख्छे रातो रगत मात्र देख्छे जसले पछि चिताको धुँवाबाट उडेको खरानीको थुप्रो मात्र देख्छे तर तिमीले पढ्ने ती किताबहरुमा साँच्ची के के लेखिएका थिए जस्ले घन बनेर अझ\u200cै पनि फोर्न सकेन तिम्रा मस्तिष्कमा जमेका विभेदका ती चट्टानहरूलाई #रूपा थापा सामाजिक सञ्जालमा लोकगीत: कुरा सुरू गर्नुअघि यो गीत हेर्नुस्ः अनि हामी बात मारूम्लाः “यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्\u200dयो दिमाख…..यो नानीको सुरिलो भाकाले, छाति चिर्\u200dयो गाजलु आखाँले.., करिमैमा नभाको कुरा, बल गरेर हुँदैन हजुर… करिमैले लाएको डोरो, डोरो छिन्यो मन भयो एकोरो,… नरोऊ मायालु” यो कालजायी गीत अहिले सामाजिक सञ्जालभरि छरपष्ट छरिएको छ । सामान्यतः लोकगीत वा लोकसाहित्य कुनै समाजको आत्माको प्रतिबिम्ब हो । कुनै पनि देशको जातीय, सामाजिक, ऐतिहासिक, राजनीतिक, धार्मिक, आर्थिक अवस्थालाई बुझ्न लोकगीतले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कुनै पनि देशका जनस्तरबाट गाइने यस्ता खालका कालजयी गीतहरुले नै सो देशको संस्कृतिको परिचय दिएको हुन्छ । लोकगीत सामान्यतः कल्पनामा आधारित गीत नभै दैनिक जीवनका कर्महरुमा आधारित भोगाइ हुनाले यसले मानव मनमस्तिष्कमा नराम्रोसँग दबाब पारेको पाइन्छ । लोकगीतमा प्रयोग हुने शब्दहरु सामान्यतः ग्रामीण भाषाका शब्दहरु हुने हुनाले पनि यी गीतहरु बढी आनन्ददायी हुने गरेको हो। लोकगीतको इतिहासलाई कोट्याउँदा यसको सुरुवात आदिकालबाट भएको किंवदन्तीहरु पाउन सकिन्छ । आदिकालमा जब मानिसहरु गुफा, ओढार, जगंलहरुमा बस्ने गर्थे, उनीहरुमा सामाजिकता बिस्तारै पलाउने क्रममा थियो । उनीहरुमा बिस्तारै सुख, दुःख, आनन्द, माया, प्रेमका भावहरुको चेतना विकास हुने क्रममा थियो । सोही समयमा उनीहरु आफूले जे भोगे, सो नै लयबद्य रुपमा उच्चारण गर्न थाले । यसले नै पछि लोकगीतको रुप लिएको पाइन्छ । सो समयमा उनीहरु आफ्ना भावना लयको माध्यममा त लयबद्ध रुपमा गाउन सुरु गरे तर यसलाई उनीहरुले लिपिबद्ध भने गर्न सकेनन्, त्यसैले आजसम्म पनि लोकगीत यो समयबाट सुरु भएको हो भनेर यकिन गर्नलाई कुनै मिति नभएको हो। अर्पण तिवारी समयसँगै मानिहरुको जीवनयापनहरु परिवर्तन हुँदै गयो । तिनका दैनिक कार्यहरु बदलिएसँगै बिस्तारै आधुनिकतातिर समाज परिवर्तन हुन थाल्यो र बिस्तारै पुराना लोकगीतहरु लोपोन्मुख अवस्थामा आउन थाले । विकसित संगीतका साधनहरु र विकसित जीवनयापनमा थपिएका आधुनिक शब्द सञ्जालहरुले बिस्तारै लोकगीतहरुको भाव गलत दिशातिर लान थाल्यो । यही अवस्थामा पुराना गीतहरुलाई नयाँ पुस्ताले आफूसँग भएका आधुनिक संगीतका साधनहरुले सजाउँदै आफ्नो स्वरबाट पुनः त्यसमा प्राण भर्न लागे, जुन रुप नै आजको “कभरगीत” हुन पुगेको छ । यसलाई हाम्रो लोकगीत सरंक्षणको एकदमै सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । यसले हाम्रो समाजमा विलय हुनै लागेको संस्कृतिलाई पुनः जागृत गर्ने कुरामा कुनै दुविधा छैन । बढ्दै गएको “कभरगीत” संस्कृतिले पुराना स्थापित कलाकारहरुको भावनामाथि तुषारापात गरेको तर्क लोकसृस्टाहरु राख्छन्। अचेल सर्जकको बिनास्वीकृति “कभरगीत” बनाउने होड पनि ह्वात्तै बढेको छ जुन सरासर गलत हो । “कभरगीत” आफैँमा गलत नभए पनि यस्ता बिना स्वीकृति “कभरगीत” बनाउने प्रवृत्तिले यसको महत्त्वलाई दुविधामा पारेको छ र कयौँ केस पनि अदालतमा दर्ता भैसकेका छन् । सामान्यतः कुनै पनि गीतसंगीत सर्जकको बिना इजाजत गाउन नपाउने कानुनी आधार सृजना भैसकेको छ । सर्जकको इजाजत बिना कभर गीतहरु गाइएको पाइएमा सर्जकले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयअन्तर्गत, नेपाल प्रतिलिपि अधिकार रजिष्टरको कार्यालयमा गएर कानुनी रुपमा उपचार लिन सक्छ । प्रतिलिपि अधिकार व्यवस्थाले सर्जकको मौलिक रचनालाई संरक्षण दिने काम गर्छ । यसले कला, संस्कृति, साहित्य, ज्ञानविज्ञान क्षेत्रमा रचनाहरुको प्रतिलिपि अधिकारसँग सम्बन्धित ध्वनिअकंन, प्रस्तुति तथा प्रसारणको अधिकारको सुनिश्चितता गर्दै यसको संरक्षण र संवर्धन गर्छ । यससम्बन्धी महत्त्वपूर्ण प्रतिलिपि अधिकार ऐन २०५९, र प्रतिलिपि अधिकार नियमावलि २०६१ बनेसँगै पुराना गीतसंगीतको संरक्षणमा “कभरगीत” ले थप महत्त्वपूर्ण भूमिका खेल्ने आधार सृजना भएको छ । यसको उदाहरणमा हालै प्रसारणमा आएको “नरोऊ मायालु” भन्ने कभरगीतलाई लिन सकिन्छ । नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड भन्दा बढी रहेको पाइन्छ । सोही हाराहारीको अनुपातमा टिकटक प्रयोगकर्ताहरु रहेको अनुमान गर्न सकिन्छ । हाल पछिल्लो हप्तामा फेसबुक वालहरुमा र टिकटक एकाउन्टमा नरोऊ मायालु बोलको गीत अपलोड भएको छ, जसले केही मात्रामा भए पनि हामीलाई कोरोना कहरले अत्तालिएको मानसिकताबाट टाढा राख्न सफल भएको छ । यो गीत सुरुमा बीमाकुमारी दुरा र प्रवीण गुरुङले २०४६ सालतिर रेकर्ड गरेका हुन्। अहिले चेतन गोतामे र निरु शिरिस मगरले यो कभरसङ गाएका छन् । यो कभर गीत गत साता मात्रा मात्र युट्युवमा अपलोड भएको छ । एक हप्ताको हाराहारीमा यो गीत युट्युबमा नौ लाख पटक भन्दा बढी हेरिइसकेको छ । यही लोकप्रियता भजाउँदै टिकटक प्रयोगकर्ताहरुले पनि प्रयोग गर्न थालेका छन्। कोरोना कहरमा सामाजिक सन्जाल फेसबुकमा पनि अति क्रियाशील डा. कल्याण सुवेदी, जसको फेसबुकमा मात्र पाँच लाख पचास हजार भन्दा बढी फ्यान फलोइङ छ, उनी चाइल्ड एण्ड एडल्ट साइक्याट्रिक मेन्टल हेल्थ डाक्टर हुन्। यिनले कोरोना कहरमा कोरोना टिप्स मात्र दिइरहेका थिए, हाल आएर उनी पनि यो गीतबाट अछुतो छैनन्। त्यस्तै अहिले पछिल्लो समय नेपाली लोकपारखीहरुमा निकै प्रिय बनेका प्रकाश सपुतले पनि यो गीत टिकटकमा अपलोड गरिसकेका छन् । त्यस्तै आधुनिक लोकपप विधामा आफ्नो नाम अब्बल स्थानमा राखेका नयाँ पुस्ताका सेलिब्रिटी दुर्गेस थापा पनि यो गीतमा आफ्नो टिकटक गराइसकेका छन् । यो गीतबाट अहिले नेपाली समुदाय एकतमासले लयबद्ध भएको छ । यो कालजयी भाका आफैँमा मन बहलाउने खालको छ । यस्ता खालका कभर गीतहरुले समाजमा लोपोन्मुख हुँदै गएका भाकाहरुको त संरक्षण गरेको नै हुन्छ, यसको अवाला हाल यस्तो विपतको बेलाको घाउ मेट्न यो गीत निकै सफल पनि भएको छ । कोरोना कहरले बिस्तारै समाजलाई डिप्रेसनको अवस्थातिर लगेको बेला योग तथा यस्ता कालजायी गीतहरुले महत्त्वपूर्ण स्थान खेल्न सक्छन् । समाजमा बढ्दै गएको असन्तुलित मानसिकतालाई बहलाउन यी र यस्तै खालका लोकभाकाहरु, योग अभ्यासहरु आउन जरुरी छ। यसले समाजमा अवश्य सकारात्मक प्रभाव पार्नेछ । #अर्पण तिवारी #लोकभाका मान्छे बिनाको मान्छे: राजन अधिकारी बादल आफू बिलाएर बरसी रहेको छ यहाँ वृक्ष आफू निहुरिएर फलिरहेको छ यहाँ ! दियो आफू जलेर ज्योति छरिरहेछ यहाँ हिमाल आफू पग्लेर प्यास मेटाइरहेछ यहाँ! पत्थर आफू फाटिएर फूल फुलाइरहेछ यहाँ मरुभूमि आफू रापिएर खरबुजा फलाइरहेछ यहाँ! तर, म मान्छे, कति स्वार्थी? कालो गोरो भनेको छु विभेदको अनगिन्ती रेखा कोरेको छु म मान्छे बिनाको मान्छे भएको छु। हाँसो, भाषा सब उही छ आँसुको रंग सब उही छ नसामा बग्ने रगत सबैको रातो छ फेरि कोही अजम्बरी छैन यहाँ। तर, मैले आफू कहिल्यै नमर्ने ठानेको छु, त्यसैले मानवता चटक्कै बिर्सेर मान्छे मान्छेबीच पर्खाल ठड्\u200cयाउँदै मान्छे बिनाको मान्छे भएको छु। कौशलटार, भक्तपुर #भक्तपुर #राजन अधिकारी यात्राको मौन क्षण: सायद मनको रङ्ग नै हो, जो मुहारमा झल्कन्छ | नत्र त मान्छेको शरीर स्वस्थ हुँदाहुँदै पनि अनुहार किन मलीन देखिन्छ ? एक उदासिनता, परास्त भाव किन प्रतिबिम्वित हुन्छ ? यसलाई यसरी पनि भन्न सकिन्छ कि हाम्रो शरीरको चालक भनेको मन हो । या शरीर शरीर मनद्वारा नियन्त्रित हुन्छ। के मनचाहिँ स्वतन्त्र हुन्छ ? या मन पनि कतैबाट नियन्त्रित या उत्तेजित हुन्छ ? यदि नियन्त्रित नहुँदो हो त हामीले भावावेशमा उत्तेजित भएर कति आत्मघाती र निर्मम निर्णयहरू लिनुपर्ने अनुभव संगाल्नु पर्ने पक्कै थिएन । या उत्तेजनाको कारण अरू केही हो ? के कोही आफ्नो मनको अन्तिम सिमासम्म आफैँ पुग्न सक्ला ? सम्झन्छु, बुद्दका वाणिहरू | के होला त्यो तत्व जो मनको पनि मालिक हो, र त्यो असिम प्रेम र करुणाको सागर पनि हो ? यस्तै चिन्तनमा डुबिरहेको थिएँ, प्रमिला आइपुगिन् । प्रमिला अर्थात् मेरी प्रेमिका, मेरी श्रीमती | उनी सधैँझैं प्रेमपूर्ण रूपमा झर्कियझैं गरी मेरो उदासिनताबाट दिक्क भएझैं निधार खुम्चाउछिन् | उनको ललाटमा मुजा परेको प्रस्ट देखिन्छ | नासिकाले केही गन्हायको जस्तो महशुस गर्छन्- “ सधैँ टोलायर बसेको मात्र देख्छु | हैन ! भ’कोचैं के छ हँ तपाइँलाई ? न केही कुरा सेयर गर्नुहुन्छ, के भ’को तपाईंलाई ? श्रीमान-श्रीमती भन्नूमात्र ! सँगै बसेको भन्या छ, एक्लै एक्लै बसेको जस्तो । म पनि छु भन्ने पनि बिर्सनुहुन्छ ? उफ् !” केही प्रतिक्रिया खोजेझैं एकैछिन छेउमै उभिन्छिन् | यद्यपि उनीले मबाट नजर हटाएर आफ्नो हातका औंलाको पालिस कोट्याएझैं गर्छिन् । म भने मुर्तिवत छु, केही उत्तर नपाएपछि उनी भान्सा पसिन् । यस्तै छु, केही प्रतिक्रिया दिइहाल्दिनं, दिएछु भने पनि हजिर-जवाफी, उल्टो पाल्टो पारेर । केही कुरामा गम्भीर नभए जस्तो, महत्व नदिए जस्तो । सायद मेरो व्यवहर नै यस्तै होला ! जोसँगै बस्ने मान्छेलाई दिक्क बनाउँदो हो ! के भनूँ ? भनेर पनि कसले बुझिदिन्छ, जीवनको सुरुवातदेखि नै चिडिया घरको पिन्जडामा थुनेर राखिएको पखेटा हुँदाहुँदै पनि उड्न नसक्ने एक खगको व्यथा ! अनि खै के भएको छ, अचेल एक पागलपन सवार भएझैं उल्टा-उल्टा छन् मनोभावहरू पनि । कि कसैले चोट पुर्याइदिए पनि हुने, ठेस लागेर लड्न पाए पनि हुने, ता कि एक सचेतनता जागिराख्न पाओस् । दु:खले छोइरहोस्, हृदय तरल भइरहोस्, आँखा आँसुले भिजिरहून, लागिरहन्छ । त्यसैले त यताउता चहारी रहन्छु, व्यथाहरू कोट्याइरहन्छु । म मृत्युको पुजारी पो हुँ कि ! सायद त्यसैकारण जीवनको परमार्थको खोजी हुँ, उपासक पनि हुँ | मैले देखेको मनको श्रीङ्गारका आधारभुत कुराहरू भनेको चोट, घाउहरू नै हुन् | जसले सुखको नशामा डुबेर भिडमा हराउन दिदैनन्, एक अद्भूत जागरणसाथ यात्राबाट विचलित हुन दिदैनन्, र झकझोरी राख्छन् । प्रिय लेखक खलिल जिब्रानले आफ्नो पुस्तक, “द प्रोफेट“ मा भनेका छन्, “दु:खको गहिराइ नै सुखको आधार हो ।” हो, मलाइ पनि यस्तै लाग्न थालेको छ । चोटहरूबाट भाग्नु भनेको आनन्द र खुसीबाट पनि भाग्नु हो । दु:ख र सुख भनेका त जीवनउद्दानका दुई अलग ऋतुहरू हुन, बसन्त र शिशिरजस्तै । सोचौँ त ! यदि शिशिरको उजाड वातावरण नहुँदो हो त बसन्तमा नव्य-नव्य पालुवाहरू पवनका झोकाहरूसँगको दिव्य नृत्यको अनुपम सुन्दरता कहाँ दृष्टिगोचर हुन्थ्यो र ? चोटहरूले अवश्य नै पीडा दिन्छन, यद्यपि रसदार एकदमै कोमल, मीठो पीडाजस्तो, मातृस्नेहले लतपत शिशुले आमाको कोखमा चोट मारेझैँ । यत्तिकैमा प्रमिला खान बोलाउछिन्, “लौ, अझै यहीँ हुनुहुन्छ ? एक घण्टा भइसक्यो | मैले खाना पनि बनाइसकें । कि सोच्न थालेपछि खानु पनि पर्दैन ?” “सधैँ पिन्जडाभित्रै कति खानु, म चाबी खोज्दै थिएँ के !“, मैले भनेँ | “उह् ! अब सरको दर्शन सुरु भो, जति दर्शन छाटे पनि पेट त भर्नु पर्ला नि ?“ उनले भनिन् | मैले व्यङ्ग्यात्मक मुस्कान दिँदै भनेँ, “म मनको भोको छु प्रिय, प्यासी-प्यासी छु | कहिलेकाहीँ मनको भोजन पनि पकाउन मिल्दैन ?“ “धेरै हावा कुरा नगर्नु ! झन् आज एउटा फिल्म हेर्ने भनेको मैले, कहिल्यै मान्नुहुन्न है ?“ “हो, मैले पनि त्यही भनेको के ! पिन्जडा तोडेर खुल्ला आकासमा स्वतन्त्र विचरण गरूँ, पहाडका चुचुरा हिमालका शिखरहरूको दर्शन गरूँ !”, यति भन्दै मैले उनीलाई अङ्गालोमा बाँधेर ललाट चुमेँ, अनि हामी दुवै भान्सा पस्यौँ… #यात्राको मौन क्षण सुजनको गजल: मेरो आँगन सँगै तिम्रो सँघार थियो न अवरोध गर्ने कुनै तारबार थियो ।। र पनि भन्यौ पर्खाल चढेर आउनू आफ्नो त अनुमति लिने संस्कार थियो ।। थाहा छैन के सोच्नु होला तिम्रो आमाले आजसम्म छोरालाई झै व्यवहार थियो ।। पर्खाल चढ्नु र झ्यालबाट प्रवेश गर्नु सबै कुरा तिम्रो निर्देश अनुसार थियो ।। माक्स लगाई टाढै बसी बोल्नु पर्ने रे झुर गर्यो कोरोनाले मेरो अर्कै बिचार थियो ।। #सुजन बैरागी मुरारीराजको पाँच हाइकु: १. मन बिझायो, ओछ्यान भन्ठानेर तन्ना फेरेछु ! २. आफ्नै अगाडि बगिरहेछ नदी तातो बगर ! ३. बंगैचा भरी हाँसीरहेछन् फूल उदास काँडा ! ४. टल्पल आँसु बाध्यताको मुस्कान लाचार मन ! ५. बल्झियो याद चहरा¥यो अतित पीडा थपियो ! #मुरारीराज मिश्र कोरोनासँग बालकको क्रन्दन: डा. अम्बिका अर्याल “मामू, हामी रिजल्ट लिन कहिले जाने ?” छोराको यो प्रश्न बारम्बार दोहोरिरहेको थियो । उसको विद्यालयले यो शैक्षिक सत्रको परीक्षा सकेपछि बिदा थियो । लगभग हप्ता दिनपछि रिजल्ट लिन जानुपर्ने दिन गनेर बसिरहेको छोराको कुराइको वेग लकडाउनले बढाइदिएको थियो । आफू उत्तीर्ण भएको औपचारिक जानकारी नपाएसम्म अर्को कक्षामा चढेँ भन्ने सोच कसरी आउँदो रहेछ र ? झन् बच्चालाई कसरी बुझाउनु ? रिजल्ट लिन जान नपाउनुको कारण नै केवल कोरोनाको बिगबिगी थियो । त्यही कारण बारम्बार दोहोर्\u200dयाउँदा पनि दिक्क भइसकेकी थिएँ । तर ऊ सोधेर कहिल्यै थाक्दैनथ्यो । त्यसपछि “यो कोरोनालाई लखेट्न पनि नसक्ने हजुर त ?” भन्दै मसँगै झोँकिन्थ्यो । मैले सबैथोक काम गर्न सक्थेँ उसका नजरमा । खाना पकाउन, घर सफा बनाउन, उसका बिग्रिएका खेलौनाहरु बनाइदिन, नजानेका सबै गृहकार्य सिकाइदिन, स्कुल पुर्\u200dयाउन, ड्रेस धोएर आइरन गरिदिन, बिरामी भएको बेला औषधी खुवाएर निको पारिदिन, कुकुरलाई लखेट्न, लामखुट्टेलाई मारिदिन, बजारमा उसले चाहेको कुरा पसलमा मागिदिन आदि थुप्रै काममा मेरो मूल्याङ्न गर्\u200dथ्यो ऊ । मभन्दा पनि बाबालाई अझ शक्तिशाली मान्छेका रुपमा चिनेको थियो उसको ज्ञानले । तर बाबाले पनि कोरोनासँग हाकाहाकी लड्न नसक्ने बरु सुरक्षित रुपमा घरभित्रै बस्नुपर्ने आशय बुझाउन खोज्दा उसमा नैराश्यता छाएको थियो । सबै काममा उसले हामीलाई सक्षम देखे पनि कोरोना लखेट्न नसक्ने देखेपछि हामीप्रतिको विश्वाससमेत धाँजा फाटेको थियो । झिनो आशा बोकेर उसले कारोना धपाइदिन पुनः आग्रह गरेपछि मैले भनेँ, “बाबु, यो कोरोना भन्ने भाइरस निकै शक्तिशाली रहेछ । आजसम्म कसैले यसलाई मार्ने औषधी पनि बनाउन सकिरहेका छैनन् । मैले कसरी सक्छु र ? फेरि हामीले देख्न पनि त सक्दैनौँ । कसरी मार्ने ? लामखुट्टेझैँ उड्दै आएको देखिने भए त मारिहाल्थेँ नि ! गोरुले झैँ हान्न आएको भए पनि लखेटिहाल्थेँ नि ! नदेखिने चीजलाई कसरी धपाउनु र ?” ऊ मेरो कुरामा निश्चिन्त बन्दै सक्दैनथ्यो । उसलाई आफ्नो ज्ञानले भ्याएसम्मका उदाहरण दिएर प्रष्ट पार्न खोज्थेँ । एकछिन बुझेझैँ गरेर सुनेपनि क्षणमै त्यही प्रश्न दोहोर्\u200dयाउन थाल्थ्यो । “नदेखिने कुरासँग नि डराउँछन् त ? त्यसले के गर्न सक्छ र हामीलाई ? हामी यति ठूला छौँ । त्यस्ता हावासँग नि किन डराउँछौँ मामू ? हावाले कसलाई के गर्न सक्छ र ?” ऊ मरिमरि हत्केलामा फुक्थ्यो र हावाको निरीहतालाई देखाएर मसँग तर्कवितर्क गर्न थाल्थ्यो । त्यो नदेखिने वस्तु भनेको हावा हो भन्ने उसको अनुमान थियो । कोरोना भनेकै हावा हो भन्दै साथीहरुलाई पनि सिकाउने भइसकेको थियो । साथीहरुसँग खेल्ने मार्ग पनि बन्द भएपछि छिमेकी घरको साथीलाई कौसीमा गएर चिच्याएर बोलाउँथ्यो अनि “कोरोना भनेको त हावा हो, थाहा छ तिमीलाई ?” भन्दै कुनै वैज्ञानिकले तथ्य पत्ता लगाएझैँ प्रमाणित गर्न मसँग समेत समर्थन जुटाउँथ्यो । साथीसँग खेल्न नपाएको गुनासो त्यति गर्दैनथ्यो तर “मसँग को खेल्छ ?” भन्ने प्रश्नले भने आजित तुल्याएको थियो । कोरोनाको लकडाउन भनेको मेरा लागि फुर्सदको समय कहाँ थियो र ? यही समयमा कति धेरै योजना ताँती लागेर उभिएका थिए । तिनैलाई पूर्ण गर्ने प्रयत्नमा जुटिरहेकी थिएँ । पढ्ने लेख्ने कामको योजना कहिल्यै नसकिने हुँदा रहेछन् । कृषकका खेती योजनाजस्ता । जब म ध्यानकेन्द्रित भएर पढ्न बस्थेँ, ऊ मेरा पुस्तक र कलम खोसेर दौडन्थ्यो । कौसीमा गएर सकेसम्म पर फालिदिने उसको दाउ हुन्थ्यो । उसले यसो गर्नुका पछाडि दुईवटा रहस्य थिए । एक त ऊ मसँग दिनभर खेल्न चाहन्थ्यो । उसको साथी नै मै हो भन्ने ठानेको थियो भने अर्को पर फालिएको वस्तु टिप्ने निहुँमा केहीबेर बाहिर निस्किएर डुल्न पाइने उसको योजना हुन्थ्यो । घरबाहिर घुम्न जानु उसको रहरको विषय जहिल्यै पनि थियो । सडकमा पैदल हिँडेर परपरसम्म पुग्न र बाटोमा भेटिएका कुखुरा, कुकुर, चराहरुलाई ढुङ्गो हान्दै जिस्किन उसलाई असाध्यै रमाइलो लाग्थ्यो । यी रहरहरु सबै लकडाउनसँगै थुनिएका थिए । कोरोनाका कारण मृत्यु हुनेका सङख्या बढ्दै गइरहेको समाचार हामी हेरिरहेका हुन्थ्यौँ । हाम्रै छेउमा बसेर ऊ पनि हेरिरहन्थ्यो । अनि प्रश्न गर्\u200dथ्यो, “कोरोनाले कस्तो मान्छेलाई लैजान्छ ?” म भनिदिन्थेँ, “जो बदमास छ उसैलाई ।” “बदमास त चोर पो हुन्छ ! पुलिसले चोरलाई समातेर जेलमा लान्छ । कोरोनाले पनि जेलमा लगेर राख्छ हो ?” “कोरोनाका कीराले त खान्छ नि बदमासलाई । जसले ठूला मान्छेले भनेको मान्दैन, साबुनले हात धुँदैन, लकडाउनमा बाहिर निस्केर हिँड्छ, उसैलाई खान्छ ।” “अनि मास्क नलाउने पनि बदमास हो । हाम्रो बाबा तरकारी किन्न जाँदा मास्क नलाई जानुभएको थियो । मैले देखेर कराएपछि लगाएर जानुभयो । झण्डै बाबालाई पनि कोरोनाले लगेको है मामू ?” “हो त ! अब बाबु पनि घरबाहिर खेल्न नजाने, घरमै बसेर पढ्ने है ?” “हवस् मामू ।” उसले यस्ता प्रश्न बारम्बार गरिरहन्थ्यो । बालमस्तिष्कमा उब्जेका प्रश्नको उत्तर दिएर कहिल्यै नसकिने । न उनीहरु प्रश्न गरेरै थाक्छन् । उसले आफू ज्ञानी बन्न र कोरोनाले नलैजाओस् भन्ने विषयमा खुब विचार गर्न थालेको थियो । एकदिन उसकै कोठामा ढोका थुनेर एक्लै बसिरह्यो । बोलाउँदा पनि आएन । तर उसको कोठाको झ्यालबाट उसले गरेका कामहरु नियाल्न सकिन्थ्यो । उसलाई थाहा नदिइकन म झ्यालबाट हेरेर बसिरहेँ । उसले कपी र कलम निकालेर लेखिरहेको थियो । आखिर नराम्रो काम गर्दैछैन भन्ने सोचेर बोलाउन चाहिनँ र हेरिरहेँ मात्र । एकछिनपछि ढोका खोलेर आफैँ बाहिर निस्कियो र मलाई त्यो कपी ल्याएर थमाउँदै रुन थाल्यो । यसमा लेखिएको थियोः “म ज्ञानी छु, माम पनि छिटो खान्छु । होमवर्क पनि छिटो सकाउँछु । धेरै पढ्छु । एक्लै घर बनाउने खेल खेल्छु । लुडो खेल्छु । बिहान छिटै उठ्छु । आफू उठिसकेपछि बाबा र मामूलाई उठाउँछु । बाबामामूलाई माया पनि गर्छु । बाथरुममा ढोका थुनेर मात्र सुसु गर्छु र पानी हाल्छु । बेलुका बेलैमा सुत्छु । लकडाउनमा बाहिर जान्नँ । घरभित्रै बस्छु बरु झ्यालबाट परको दृश्य हेर्छु । टिभीले पनि कोरोना लाग्छ भनेर नियमित हात धोऔँ, आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ भनिरहन्छ । समाचारले रेडियोमा पनि इन्डिया, चाइनामा जस्तै नेपालमा कोरोना फैलिँदैछ भन्छ । कोही बच्चा पनि अहिले विद्यालय जान हुँदैन भन्छ अनि गाडी, साइकल, बाइक, मान्छे कोही पनि बाटोमा हिँड्न दिएको छैन । म पनि घुम्न जान पाएको छैन । मामूबाबा पनि मसँग खेल्न मान्नुहुन्न । म एक्लै के गर्ने ? बदमासलाई कोरोनाले लान्छ रे! रुन पनि नहुने । म बदमास छैन । मलाई नलैजा है कोरोना ! मेरो बाबामामू पनि मसँग खेल्नुहुन्न । तर उहाँहरु पढ्न थालेर हो । छिटो सकेर खेल्न आउनुहुन्छ । बाबामामूलाई पनि नलैजा है ! मेरी बहिनी छ एउटा । अङ्कलकी छोरी । उसले हाम्रो घरमा आएका बेला मेरो खेलौना चोरेर लान्छे । मेरो बुकहरु पनि च्यातिदिन्छे । तर ऊ बदमास भए पनि उसलाई पनि नलैजा है ? बरु चोरहरु, लायनहरु, गनहरु, हस्पिटलका सुईहरु सबै लैजा ।” छोराका नबुझिने अक्षरलाई जसोतसो बुझेँ । उसका नमिलेका वाक्य सङ्गठन र अस्पष्ट अक्षरबाटै निस्केका स्पष्ट ध्वनिहरुले आफैँ धरमराएँ । साँच्चै ती अक्षरका वह र त्रासले मेरो मन खलबलायो । आँखाभरि आँसु छचल्किए । पाँच वर्षको छोराले कनिकुथी लेखेका प्रत्येक शब्दमा उत्तिकै मर्माहत पार्न सक्ने शक्ति देखेँ । उसका रुचिलाई बुझेर पनि आफ्नो करियरको लोभमा भुलेकी म साँच्चै आमा बन्न नसकेको पीडा पनि मनमा उत्तिकै जागृत भए भने कोरोनाको सन्त्रासले छोराको व्यवहारमा आएको व्यवहारले नमिठो तुल्यायो । ऊ तर्सेर यसरी पुकार गर्न थाल्ने भइसकेको थियो भने आफ्ना संवेग र रहरलाई कसरी दबाउन सकिरहेको होला भन्ने सोचेपछि मन नै गह्रौँ भयो । बिस्तारै विद्यालयहरुले अनलाइन कक्षा सुरु गर्न थाले । मेरो छोराको विद्यालयले पनि अनलाइनबाटै पठनपाठन सुरु गर्\u200dयो तर त्यो भिडियोमार्फत नभएर गृहकार्य पठाउने र अभिभावकले गृहकार्य गराएर शिक्षकलाई पठाइदिनुपर्ने किसिमको थियो । यु.के.जीको परीक्षा दिएर घर बसेको छोरालाई कक्षा एक भन्दै गृहकार्यहरु पठाइएको थियो । उसले ती गृहकार्य आफ्नो लागि हो भन्ने पत्याउनै सकेन। न कुनै साथीहरुले उसलाई हामी एक कक्षामा पुग्यौँ भनिदिएको थियो । न त उसलाई हामीले पास भएपछि नयाँ पुस्तक, ड्रेस, व्याग आदि किनिदिने भन्ने आश्वासन नै पूरा गरिदिएका थियौँ । उसले “रिजल्ट लिएर गएपछि मात्र कक्षा एकमा पुग्ने भनी हाम्रो म्यामले भन्नुभएको छ” भन्ने कुरा पनि बारम्बार दोहोर्\u200dयाइरहन्थ्यो । त्यसकारण आफू पास भएको र एक कक्षाको विद्यार्थी भएको मान्ने कुनै आधार नपाएपछि अनलाइनमा समेत युकेजीका लागि दिइएको गृहकार्य गर्न जोड गरिरह्यो । उसलाई केही गरेर पनि बुझाउन नसकेपछि आफैँले एक कक्षाको गृहकार्यलाई नै कक्षा युकेजी लेखिदिएर गृहकार्य गराइदिन थालेँ । शिक्षकलाई भने सो कुराको जानकारी गराएँ । यसपछि पनि उसले बारम्बार “रिजल्ट लिन जाऔँ न, म कक्षा एकमा जानै पाइनँ” भन्ने जिद्दी छाडेको छैन । कोरोनाले गर्दा नयाँ किताब र ड्रेस लगाएर विद्यालय जान नपाएको अनि साथीहरुलाई देखाउन नपाएको गुनासो उस्तै छ । कोरोनालाई आफू ठूलो भएपछि जसरी पनि नमारी नछाड्ने भन्दै बन्दुक तेर्साएर गरेको अभिनयमा उसको बदलाको भावना सशक्त बनेको बुझ्दछु । साना बालबालिकामा परेको कोरोनाको त्रास र शिक्षाप्रतिको गहिरो बुझाइले मलाई ऊ बालक नभएर जवान युवक लाग्दछ । अनेक कहरका टकरावमा उसका जीवनचक्र कसरी पूरा हुने हो भन्ने सोचले घरीघरी आक्रान्त बनाइरहेको छ । बालकका भविष्य र त्रासका त के कुरा ? उसैका शब्दमा उनिएका त्रासका माला पहिरिएपछि म समेत सन्त्रासका डोलीमा चढेर गन्तव्यको अनिश्चिततामा रुमलिएकी बेहुली बनेकी छु । #अम्बिका अर्याल #कोरोना #मनोविज्ञान भानु: कसैले एउटा पुरानो पारिवारिक फोटो मेसेन्जर ग्रुपमा हालेर पठायो। पारिवारिक भाइटीकाको फोटो रहेछ। उसले मोबाइल फोनको स्क्रिनमा चोर औंला र माझी औंलालाई विपरित दिशामा घिसारेर फोटोलाई ठूलो बनाएर हेर्यो। फोटोमा भएका एक एक सदस्यलाई हेर्दै थियो। फोटोमा भानुलाई पनि देख्यो। धेरै वर्ष पछि उसले भानुलाई देख्यो। भानुलाई देख्ने बित्तिकै उसलाई पुराना कुराको याद आयो। भानुसँग बिताएका हरेक पलहरु याद आयो। भानुको स्मरणले मात्रै पनि आनन्द अनुभूति गर्यो। अहिले भानु आफूसमक्ष नहुँदा मन कुँडिएर आयो। आफू बसेको फलैंचाबाट उठेर घरको पछाडिपट्टि गयो। एकछिन चारैतिर नजर घुमायो। बारीको ढीकमा केराका घारी थिए। अहिले पनि छन्। सँगै एउटा तुथोको रुख थियो। अहिले छैन। आँखा घुमाउँदै गयो। परालको टौवा बनाउन मिल्ने बडेमानको भिमलको रुख हेर्यो। यो रुखले उसका पुर्खादेखि कति पिँढी बेहोर्यो होला? त्यसको देब्रे तिरको बारीको भिरालो फेरमा आरुको रुख देख्यो। अनायास उसका पाइला आरुको रुखतिर बढे। वसन्तको आगमनसँगै नयाँ पालुवा फाट्टफुट्ट देखिन्थे। उसले हात पालुवातिर बढायो तर बीचैमा रोकिए। उसले हात आरुको बोटको हाँगामा अड्यायो। पालुवा छुन मन थियो तर सकेन। कति कोमल हुन्छ पालुवा। उसको मस्तिष्कले फेरि भानुको याद गर्यो। भानु पनि पालुवा जस्तै कति कोमल र मायालु थियो सानोमा। सानो छँदा ऊ सुतिरहेको बेला उसकी आमाले एक दिन भर्खर जन्मिएको भानुलाई ल्याएर उसको बिस्तरामा पल्टाई दिइन्। सानो बच्चालाई कसरी समाउने भन्ने थाहा थिएन। डराई डराई हातमा लियो। कति राम्रो थियो भानु। साना हात खुट्टा। सानो मुख। हँसिलो र सुडौल अनुहार। माया लाग्दो भकुल्ले। भानु आँखा चिम्म गरेर स्वाँ स्वाँ गरी सुतिरहेको थियो। ‘भानुले किन आँखा हेर्दैन?’ उसले आमालाई सोध्यो। ‘बच्चाको कामै खाने, सुत्ने, आची सुसु गर्ने अनि फेरि खाने अनि सुत्ने। अहिले सुतिराखेको छ। त्यसैले अहिले हेर्दैन,’ आमाको जवाफ थियो। उसलाई भानुको अनुहार छुन मन लाग्यो र हात बढायो। उसकी आमाले ‘आँखा न घोच्नु नि’ भनेर सम्झाइन्। ‘आमा यसलाई मसँगै राख्छु है?’ उसले सोध्यो। ‘तैंले राखिस् भने यसलाई दूध कसले खुवाउँछ? भानुले आफ्नी आमा खोज्यो भने के गर्छस्?’ आमाको प्रतिप्रश्न थियो। उसलाई यी प्रश्नहरूको उत्तर के थाहा? उसलाई भानु असाध्यै मन पर्यो त्यसैले सँगै राख्न खोजेको। भर्याङनेर भानुकी आमाले सुनिरहेकी रहेछ। कराई हाली। शायद दूध खुवाउने बेला भएको थियो कि? आमाले भानुलाई लगिन् तर ऊ भानुकी आमाको डरले भर्याङनेर जानै सकेन। हुन पनि भानुकी आमालाई सबैले खराब छे भन्थे। खन्चुवा पनि अति धेरै रे! जति दिए पनि नअघाउने। भर्खर घोगा लागेको मकै पनि उभीउभी भाँचेर खान्छे भन्ने हल्ला थियो गाउँमा। कसैले देखाइदेखाइ खायो भने भानुकी आमालाई खपी नसक्नु हुन्थ्यो। खोस्नै तम्सिन्छे भन्थे। भानु त्यसको ठीक उल्टो थियो। सज्जन अनि गमिलो। भानु र उसको दोस्ती भढ्दै गयो। ऊ कतै हिँड्न लाग्यो भने भानुले पछ्याउँथ्यो। स्कूल जानुअगाडि उसले भानुसँग धित मरुन्जेल खेल्थ्यो। भानुलाई स्कूल लाने विचार पनि गरेको थियो उसले तर उसकी आमाले स्वीकृति दिइनन्। ऊ स्कुलबाट फर्किंदा भानु मूलबाटो नेर कुरेर बसेको हुन्थ्यो। उसलाई देख्नेबित्तिकै भानु औधि खुसी हुन्थ्यो। उसले भानुलाई अँगालेर माया गर्थ्यो। एक पटक औंसीको चकमन्न रातमा घर बाहिर कुकुरहरू जोड जोडले कराएको सुनेर ऊ बिउँझियो। उसकी आमाको रुघाले स्वर बसेको थियो। त्यसैले भुक्ने कुकुरहरूलाई शान्त बनाउन सक्दिनथिन्। कुकुरहरू अझै जोड जोडले भुक्न थाले। उसको बुबा घरमा हुनुहुन्नथ्यो। आमा के रहेछ भनेर बाहिर जाँदा त एउटा चोर पछाडि पट्टीको झ्यालमा झुण्डी रहेको थियो। स्वर बसेको बेला गुहार माग्न पनि सकिनन् उसकी आमाले। दाउराले हिर्काउँछु भन्दा पनि झ्याल अग्लो भएकोले छुँदै छोएन। भानु पनि त्यहीँ पुग्यो। चोर देख्ने बित्तिकै भानुमा अपार शक्ति आयो र चार हात खुट्टाले उफ्रेर चोरको पूठो समाउन भ्यायो। तर खस्न लाग्दा चोरको पुठोमा मुख खोलेर दाह्रा गाडिदियो। चोर ऐया भन्दै भुइँमा पछारियो र खुट्टा खोच्याउँदै अँध्यारोमा अलप भयो। यो कुरा उसले भोलिपल्ट उसकी आमाबाट मात्रै थाहा पायो। त्यस दिनदेखि उसको भानुप्रति माया मात्र हैन श्रद्धा र विश्वास पनि बढ्यो। ऊ ठूलो हुँदै गयो। भानु पनि ठूलो हुँदै गयो। एसएलसीपछि ऊ शहर पढ्न गयो। क्याम्पसको बिदामा घर आउँदा भानुलाई धेरै माया गर्थ्यो। क्याम्पस जान छुट्टिने बेलामा भानुले आँखाभरि आँशु पारेर उसलाई हेरी रहन्थ्यो। साथ लैजान पनि त सक्दैनथ्यो उसले! उसको पढाइ सकिएको थिएन, आमा साह्रै बिरामी भएर थला परिन्। घरमा उसको आमालाई हेरचाह गर्ने बुबा र दिदी हुनुहुन्थ्यो। भानु पनि थियो। अमूक भए पनि नजिकै बसेर भानुले उसकी आमालाई हेरी रहन्थ्यो। त्यसबाहेक भानुले गर्न पनि के सक्थ्यो र? आमाले नै भानुलाई हुर्काइबढाइ गरेकाले आफ्नै आमाजस्तो श्रद्धा र माया गर्थ्यो भानुले। चुपचाप आमालाई मात्र हेरी रहन्थ्यो। आमालाई गाह्रो भै ऐया गर्दा भानु पीडाले छट्पट्टिएर यताउता कुद्थ्यो। फर्केर आएर आमाकै छेउमा बस्थ्यो। [bs-quote quote=”पढाइ सकेर जागिरको जोडजाड गर्यो उसले। आमालाई झन् सारो भयो भन्ने खबर पाएपछि जागिर खाएको ठाउँबाट दुई दिन हिँडेर घर गयो। घरमा ऊ पुग्दा अँध्यारो भै सकेको थियो। भानुले ऊ आउने थाहा पाइसकेछ। त्यही मूलबाटोमा कुरेर बसेको रहेछ। अँध्यारो भए पनि उसको आहटले चिनेर भानु जोडले रुन्चे स्वरमा करायो। उसले पनि भानुलाई अँगालेर रोयो।” style=”style-16″ align=”left” color=”#dd9933″][/bs-quote] पढाइ सकेर जागिरको जोडजाड गर्यो उसले। आमालाई झन् सारो भयो भन्ने खबर पाएपछि जागिर खाएको ठाउँबाट दुई दिन हिँडेर घर गयो। घरमा ऊ पुग्दा अँध्यारो भै सकेको थियो। भानुले ऊ आउने थाहा पाइसकेछ। त्यही मूलबाटोमा कुरेर बसेको रहेछ। अँध्यारो भए पनि उसको आहटले चिनेर भानु जोडले रुन्चे स्वरमा करायो। उसले पनि भानुलाई अँगालेर रोयो। ऊ आमाको छेउमा गएर बस्यो। आमा इन्तु न चिन्तु अवस्थामा पुगी सकेकी रहिछन्। ‘आमा’ भनेर बोलायो। केही उत्तर पाएन। बुबाले ‘छोराे आइपुग्यो’ भनेर आमालाई सुनाउँदा टाउको उसतिर फर्काइन्। तर आमाले न बोल्न, न त आँखा नै खोल्न सकिन्। उसले आमाको हात स्पर्श गर्यो। आमा रोएको अनुभव गर्यो। हिँडेर घरमा पुगेको थियो ऊ, त्यसैले थकाइले चूर थियो। उसको बुबाले ‘हिँडेर आको थाकिस् होला अहिले सुत्न जा। केही भयो भने म उठाउन आउँला’ भन्नु भयो। ऊ सुत्न माथ्लो तलामा गयो। भानुको जोडजोडको आवाजले उसलाई ब्युँझायो। उज्यालो भइसकेको थिएन। सुतेको कोठामा टर्चलाइट खोज्यो तर भेट्टाएन उसले। एक छिनपछि बुबा लिन आउनु भो। ‘अब तेरी आमा छैनन्, भर्खर सास गयो,’ भन्नुभयो। उसलाई भाउन्न भएर आयो। आँखा अगाडि कालोले छोप्यो। कान पनि बन्द भयो। ऊ जोडले ‘आमा’ भन्दै घोप्टो परेर रोयो। उसको बुबाले ‘यही हो संसारको रीत। तेरी आमाले सबै भन्दा रोग र सांस्कारिक दुःख कष्टबाट मुक्ति पाई,’ भनेर सम्झाउनु भयो। बाहिर भानु पनि रुँदै थियो। आमाको क्रिया कर्मका लागि बाह्र दिनसम्म ऊ अलग्गै बस्यो। भानु कति सज्जन थियो भने उसलाई छुनु हुँदैन भनेर ऊ भन्दा टाढा बस्थ्यो। कर्म सकेको एक हप्तामा ऊ जागीरमा फर्कियो। ऊ जागीरमा फर्किने दिन झिसमिसेमै हिँडेको थियो। भानुलाई देखेन, बोलायो। भानु आएन, अँगाल्न पनि पाएन। खिन्न मनले घरबाट हिँड्यो। केही दिनपछि उसका बुबा र दिदी पनि कामको शिलशिलामा परदेश जानु भएछ। जागीरमा फर्केको करिब एक महिनापछि भानु बितेको खबर पायो। उसले भानुका अरू कुरा पनि थाहा पायो। आमा बिरामी भएदेखि भानुले मासु खाँदैनथ्यो। एकादशी, औँसी र पूर्णेमा एक छाक मात्रै शाकाहारी खाना खान्थ्यो। शाकाहारी खाना नपाएपछि घाँस भए पनि खान्थ्यो। ऊ क्रिया बसेको बेला भानुले एक छाक मात्र, त्यो पनि चोखो भेटायो भने खान्थ्यो। तुलसी मठको तल जहाँ उसकी आमालाई प्राण त्याग्ने बेलामा राखेको थियो, त्यहीँ मात्रै बस्थ्यो। त्यहीँ भानुले प्राण त्यागेछ। ठूलो बुबाले ‘यो भानु त पुण्यात्मा रहेछ, कान्छी बुहारीको आत्मासँग जोडिएको रहेछ। युधिष्ठिरसँगै जिउँदै स्वर्ग जाने प्राणीलाई पनि सद्गत गर्नुपर्छ’ भनेर प्राण त्याग्नुअगाडि तुलसीको जल खुवाइदिनु भएछ। अरू सबै कर्म पनि गराइदिनु भएछ। भानुको आत्माको शान्तिको लागि शान्ति स्वस्ती पनि गरिदिनु भएछ। भानुलाई उसकै बारीमा गाड्न लगाउनु भएछ। भानुको पार्थिव शरीर गाडेको ठाउँमा आरुको बोट लगाइदिनु भएछ। उसले आज आफ्नो हात अड्याइएको हाँगा त्यही आरुको बोटको हो। उसलाई भानु समीप भएको अनुभूति भयो। सम्झँदा सम्झँदै आँखाबाट बलिन्द्र धारा आँसु झरेको उसलाई पत्तै भएन। #कुकुर #डा. कुसुमाकर शर्मा बालुवाटार: बालुवाटार पुगेपछि नोकरहरू मालिक हुन्छन् नेताहरू शासक बन्छन् सखाहरू प्रशासक हुन्छन् र मागिरहन्छन् उसलाई परिचय क्रान्तिमा हुँदा एउटै थालमा खाएको खुट्टा बोकाएर संगै सुतेको आफ्नो सट्टामा उसले छातीमा गोली थापेको बिर्सन्छन् र मागि रहन्छन् उसलाई परिचय ऊ आज बालुवाटारको गेटमा उभिएर आफ्नो परिचय प्रष्ट पार्न नसक्दा एक पटक फेरि सोचिरहेको छ उसको नेता यस्तो हुनै सक्दैन उसको सखा कसरी बदलिन सक्छ ? पक्कै यो बालुवाटारको जादु टुना हुनुपर्छ त्यसैले आगामी चुनावमा उसको नेता उसको सखा गाउँ आएको बेला वालुवाटार फेर्ने बाचा गराएर मात्र भोट हाल्ने अठोट लिएर भरि आँखा वालुवाटार हेर्दै आफू हिँडेको बाटो ऊ उल्टो नापिरहेको छ । #भरत फन्टुस फिक्सन: उद्घाटन सु रुमै कथा भन्दिनँ । सुरुमा कविता पनि भन्दिनँ । सुरुमा गजल पनि सुनाउँदिनँ । जबसम्म कथाले माग्दैन, तबसम्म यी काम गर्नुको कुनै मजा छैन । सुरुमै सबैथोक भनिहालेँ भने, निश्चित रूपमा उप्रान्त बाँकी म जे भन्न खोज्दैछु, त्यो सुनाउनु र नसुनाउनुको कुनै अर्थ रहँदैन । त्यसो त सुरुमै म केमा सहमत छु भने, पछि तपाईं पनि सहमत हुनुहोला, एउटा लामो कथावाचकले कम से कम त्यति धैर्य चाहिँ देखाउनै पर्छ । श्रोता पनि त्यहीस्तरको र त्यति नै समयवाला भेटिनु पर्छ । नत्र त लेख्नेले लेख्ने हो, नपढ्नेले नपढिदिइसकेपछि सक्किगो नि ! हेर्ने कोही नभएको ठाउँमा एक्लै सेल्फी खिचेर रमाउनु के रमाउनु ? मजा त तब आउँछ कि देख्नेले किकर लेखोस्, सेल्फीको बिन्दास दिवाना/दिवानी ! तर, यो सबै मैले भन्दै आएको कुरा हो । यसमा नयाँ, नवीन, नूतन केही छैन । त्यति हो कतिले सुन्नु भएको होला, कतिले सुन्न पाउनुभएको छैन होला । यदि आजसम्मको जिन्दगीमा तपाईंले मलाई कुनै दिन कहीं–कतै कुनै मोडमा तपाईंको जिन्दगीको आधा घन्टाभन्दा बढी समय दिनुभएको रहेछ भने तपाईंलाई फन्टुस फिक्सनका बारेमा पक्कै पनि केही न केही थाहा छ । किनकि इमानदारीपूर्वक जतिबेला तपाईंसँग मैले यसको चर्चा गरेको छु, यसको एउटा पात्र तपाईं पनि हो भनेर पक्कै भनेको हुँला । यति भनिसकेपछि यसभन्दा उताका बाँकी कुराहरू पढ्नुस् म भन्दिनँ । मेरो साथी स्वागत नेपालले भने जस्तो प्लिज नपढ्नुस् ! पनि भन्दिनँ । किनकि सुरुमा त्यो आलेखको शीर्षक नपढ्नुस् मात्रै थियो । अगाडि प्लिज थपेर सम्पादन गर्ने र छाप्न लगाउने मान्छे मै हुँ । विचरालाई हजार रुपैयाँ पारिश्रमिक दिउँला भनेर त्यो लेख्न लगाएको थिएँ । पछि पाँच सय रुपैयाँमा आउनुपर्\u200dयो । तैपनि आफ्नो खल्तीबाट हाल्नुपर्ने भो । दिएको छुइनँ । दिन्छु कुनै दिन । फन्टुस फिक्सनको उद्घाटन यसरी गरुँला वा होला भन्ने लागेको थिएन । केदार दाइलाई, महेन्द्र विष्टलाई, अकिञ्चन खतिवडा, साम्ब ढकाल, स्वागत नेपाल, कृष्ण सर्वहारी, धीरज भट्टराई र तपाईंलाई सुनाउँदा अनि मनमनै कल्पना गर्दा अर्कै कुरा भनेको थिएँ मैले । सम्झना छ ? छैन भने पनि केही छैन । तपाईंको सजिलोका लागि अलिकति रिक्याप गरुँ म । खासमा त्यसको स्टार्टिङमा के थियो भने, यो कथानकको मूल नायक म आफैँ हुन्छु । मजस्ता अरू पनि होलान् धेरै । तर, यहाँ चाहिँ मै मात्र हुँ । प्रारम्भकी नायिका हुन्छिन्, सुवानी । वास्तविक जिन्दगीमा म सुवानीलाई तपाईं नै भन्छु । तपाईं मात्र किन, अझ दिदी नै भन्छु । आवश्यक पर्\u200dयो र तपाईंलाई सुन्न इच्छा भयो भने पछि उनको वास्तविक नाम पनि भनुलाँ । तर, यो सिनमा चाहिँ मैले तिमी नै भन्नुपर्छ । अब उपन्यासकै नायिका सोचिसकेपछि त्यसमा अलिअलि फिक्सन त हुनै पर्\u200dयो नि ! नत्र न भन्नेलाई मजा आउँछ, न सुन्नेलाई मजा आउँछ, न जसका बारेमा भनिएको हो उसलाई नै मजा आउँछ । हामी एउटै गाडीमा बसेर चतरा जाँदै हुन्छौं । उनकै गाडीमा । ड्राइभर छ एउटा, त्यसको नाम अहिले बिर्सिएँ । कोही मत्थु थियो जस्तो लाग्छ । तर, त्यतिखेर उसले खाएको थिएन । हामीतिर ध्यान दिएको पनि थिएन । कि दिएको थियो, थाहा छैन । हामी पछाडिको सिटमा बसेका थियौं । अब एउटै सिटमा बसेपछि बेलाबेलामा गाडी हल्लिँदा यसो हल्काफुल्का टच त भइहाल्छ । म बिहे गरेको केटा उनी अहिलेसम्म बिहे नगरेकी केटी । म बिहे गरेको केटा मात्र होइन, खाइखेली गरेको पत्रकार भन्दा पनि हुन्छ तर त्यस्तो केही भल्गर होइन । ड्राइभर आफ्नै सुरमा खड्याङ–खुडुङमा धूलो उडाउँदै गाडी हाँक्दै थियो । गाडीको नम्बर र ब्रान्ड चाहिँ भन्दिनँ । फ्याट्ट तपाईंले उनलाई चिन्नुभयो भने सिचुएसन अर्कै हुन सक्छ । [bs-quote quote=”हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैँ पत्ता लगाउनुहोला ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैँ पत्ता लगाउनुहोला । जाँदाजाँदै बयरवनदेखि अलिकति पूर्व त्यो खहरेले बगाको गेगर थुप्रेको, अलि सुनसान, अलि जङ्गल–जङ्गल परेको ठाउँ छ । त्यहाँ पुगेपछि मैले सोधेँ । ‘सुवानी ! एउटा कुरा सोधुँ ?’ ‘के कुरा ? सोध न ! सोध्नलाई पनि अनुमति लिनु पर्छ र ?’ ‘होइन, तिमी रिसाउँछ्यौ कि भनेर । अप्ठेरो मान्छ्यौ कि भनेर ।’ ‘किन रिसाउने ? तिमी पत्रकार मान्छे, सोध्न मिल्ने नै कुरा सोध्छौ होला नि !’ ‘तिमीले अहिलेसम्म बिहे किन नगरेको ?’ ‘ए, यति जाबो कुरा ! मन लागेन त्यसैले । सिम्पल छ एन्सर ।’ पत्रकारजीलाई यति उत्तरले मात्र चित्त कहाँ बुझ्थो र ! मलाई थाहा छ, उनले आफूले बिहे नगर्नुका कारणहरू केके भनिन् । तर, यतिबेला तपाईंलाई म फन्टुस फिक्सनको उद्घाटनको सिन सम्झाउँदै छु । अलिकति पश्चिम लागेपछि फेरि त्यस्तै अलिकति सुनसान ठाउँ आयो । ‘ल, ठीक छ, त्यसो भा एउटा अर्को कुरा सोधुँ ?’ ‘तिमीले सोध्न खोजेको कुरा, जान्न चाहेको कुरा के हो थाहा छैन । तर, तिम्रो यो प्रश्न सोध्ने स्टायल चाहिँ मन पर्\u200dयो है ।’ ‘धन्यवाद ! सङ्गत कसको छ थाहा छैन ? खरबुजेको देखकर खरबुजा रङ बदलता है ।’ ‘कोइसन भन न कोइसन, सायरी होइन ।’ ‘भन्दै छु त !’ ‘सुन्दै छु नि म पनि !’ ‘साँच्चै सोधुँ होइन त ?’ ‘सोध न बाबा !’ ‘साँच्चै ?’ ‘साँच्चै !’ म कलेजको जमानामै यसो केटीहरूको अनुहार हेरेर आज तिम्रो मिन्स भाको छ हो भनेर सोध्ने मान्छे । सुवानीसँग त के लजाउनु थियो र ? त्यो मिन्सको कुरा चाहिँ कसलाई सोधिस् नि भन्नुहोला फेरि । एउटा ठूलै सेलिब्रिटीकी छोरीलाई सोधेको थिएँ मैले । इनरुवामा भगवती स्कुलको फिल्डमा पिपलको छाहरीमा बसेका बेला सोधेको थिएँ उनलाई । उनको नाम तपाईंलाई थाहा पाउने इच्छा छ भने पछि त्यो पनि भनुँला । अहिले चाहिँ त्यही दिनको प्रश्नमा फर्किऊँ । ‘ल, नरिसाऊ है त !’ ‘हुन्छ ।’ ‘तिम्रो जीउमा अहिलेसम्म कसैले हात हालेको छ कि छैन ?’ ‘…. …. ….!’ ‘…. …. ….!’ ‘तिमी आफैँ बुझ न । यसको उत्तर मैले के भन्नु ? मिलाएर बुझ्दा भैहाल्छ नि !’ अब म के बुझ्नु ? आफ्नै मनले फिक्सन गरेर के बुझ्नु ? त्यसपछि चतरा आयो । फुल्ठेगौंडा पनि आयो । अरू कता–कता कुरा घुमे । मेरो मास्टरी जागीर, सोलुखुम्बूका स्याउ जस्ता राता गाला, उनको क्याम्पस जमाना र कालिम्पोङका हरिया सपनाहरूका कुरा भए । तर, मैले सुवानीको मुखबाट सुन्न चाहेको जवाफ आएको थिएन । पुल्ठेगौंडाका बारेमा अलिकति बयान गरुँ । उहिलेको कुरा सम्झिनू । सम्झिनू कि ऊ बेला त्यहाँ जङ्गलै–जङ्गल थियो । सुम्निमा सम्झिनू, पारुहाङ सम्झिनू । बिपी कोइरालाको उपन्यासका पात्र । केटा बाहुनको छोरा थियो, केटी किराती । ऊ बेला कोसी मुखबाट बाहिर आफूखुसी फैलिएर बग्थ्यो । अनेक भङ्गाला थिए । बाँध बाँधेको थिएन । नहर बनाको थिएन । बस्ती बसेको थिएन । समय अन्तरमा नहर बन्यो, बस्ती बस्यो, जङ्गल मासियो । आवश्यकता अनुसार बाँध बनाइयो, कोसी खुम्चियो । बेलाबेलामा कोसीलाई त्यसरी खुम्चिनुपरेको मन पर्दो रै’नछ । सप्तकोसी न हो आखिर ! नेपालको सबैभन्दा ठूलो नदी । ऊ पनि के कम । काट्दै आउँछ, पूर्वतिर आसामको जङ्गलबाट आएको पाहुना मकुनाजस्तो ढल्किँदै । जति पूर्व ढल्किन्छ उति निद्रा हराउँछ, माझीगाउँको । काट्दा–काट्दैको पानीको धारलाई रोक्न भारतीय इन्जिनियरहरूले बनाको एउटा ढुङ्गे स्पोरमा बसेका थियौं हामी । तीन नम्बर स्पोरमा । पानी बटारिएर, हान्निएर आउँथ्यो चतरातिरबाट र गुन्गुनाउँदै जान्थ्यो कोसीटप्पुतिर । बीच–बीचमा हामी बसेको ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर जालीमा भरिएको स्पोरमा ठोक्न्थ्यिो । त्यहीबेला सररर्र उडेको पानीको वाफलाई घरी एउटा हल्केलामा समातेर, घरी खुट्टा चुम्न लगाएर सुवानी रमाएको म एकोहोरो हेरिरहेको थिएँ । म पश्चिमतिर सुवानी पूर्वतिर लगभग टाँसिएर बसेका छौं । गाडी र ड्राइभर निकै माथि छन् डिलमा । पर एका–दुई गाउँले र जालीमा ढुङ्गा भर्न खटाइएका कामदारहरू देखिँदै थिए । सुवानी मलाई मनपर्ने नाम हो, उनको बाबाले राखेको । अरूतिर सानले देखाउँदै यो छोरी मेरी सुवानी छे भन्नुहुन्थ्यो रे ! सबैले सुवानी सुवानी भन्दाभन्दै उनलाई पनि प्रिय लाग्न थालेछ । तर, उनको अफिसियल नाम अर्कै छ । म चाहिँ सुवानी नै भन्छु । कुरै–कुरामा मैले त्यही कुरा कोट्याएँ । ‘सुवानी ! तिमीले अघि मेरो प्रश्नको उत्तर दिइनौ नि !’ ‘कुन प्रश्न ?’ ‘त्यही हातवाला ।’ ‘भने नि मिलाएर बुझ ।’ ‘त्यसो भए म पनि अलिकति हात मिलाऊँ त ?’ ‘ए ए ए, के गरेको यस्तो, अहिले प्याट्ट एक थप्पड हान्छु अनि !’ कसम भन्छु, मैले हात हाल्नलाई होइन, उनको देब्रे हात छुनलाई हात बढाएको थिएँ । तर, हुने दिन–दशा सुरुमै कसलाई थाहा हुन्छ र ! उनले मलाई हिर्काउन खोजेजस्तो गरेर मोबाइल बोकेको दाहिने हात मेरो गालातिर ल्याइन् । म पनि त्यही न हो । अलिकति जिस्किने मुडमा यसो अलिकति पश्चिम ढल्केको फुत्रुङ्ग पानीमा झरी त हालेँ । यहाँसम्मको कथानक मैले तपाईंलाई भनेको छु । त्यसपछि बाँकी के भयो भन्न बाँकी छ । #फन्टुस फिक्सन #सुविद गुरागाई जून पनि अछुत हुनसक्छ: रातको अन्धकार चिर्दै निर्धक्क आकाशमा एक्लै रमाउने ए ! जून तँ किन पोखिएको यहाँ पनि ? यो त अछुतको गाउँ हो यो त अछुतको ठाउँ हो बर्षाैदेखि दलाइएर बनाइएका दलितहरूको बस्ती हो । तँ त छुतकै गाउँमा मात्र पोखिनु पर्ने छुतकै निदारमा मात्र ठोकिनु पर्ने टालिदिएका छौं लाजहरू जुराइदिएका छौ गाँस, बास आफैँ रित्तिएर छोपिदिएका छौं तिनका सबै कुरूपताहरू कतै सियोले सिएर कतै हलोले जोतेर कतै अर्चापेर हतियाहरू कतै धूरी टालेर कतै इनार खनेर कतै मूर्ती खोपेर बनाइदिएका छौँ मन्दिरहरू आफू अन्धकारमा बसेर त्यसैले सधैं तिनीहरूकै छन् चम्किला आँखा हाम्रो बस्तीमा आउनु अघि तँ त उतै रोकिनु पर्ने ए ! जून सिकाएनन् कि तँलाई विभेदको पाठ घोकाएनन् कि विभेदी नियम अथवा देखाएनन् कि विभेदी बाटो ? तेरो निर्वाध आगमनलाई कोही भएनन् छेकबार हाल्ने ? उन्मुक्त चमक लिएर एकनासले चम्किरहँदा ? हतारमा सधैँ पूर्वबाट पश्चिम लम्किरहँदा तँसङ्गै चम्कने रहर थिए सँङ्गै लम्किरहने रहर थिए गिज्याए झँै हाम्रो कुरूपता हेर्दै तँ चम्किरहँदा बुझेनस् कि हाम्रो बाध्यता तर पनि सधैँ मौन किन ? तेरो उज्यालोले तिरमिराएनन् हाम्रा आँखाहरू बरू जगाए आशाका दीपहरू हाम्रो बस्तीमा समाजले निचोरेर मारेका मान्छेभित्र पलाएर मान्छे बलजवस्ती हाँस्न खोज्छ बलजवस्ती बास्न खोज्छ तर निमोठ्न खोज्छन् आँकुराहरू बाहिर सुन्दर देखिने मान्छे मरेका मान्छेहरू । ए ! जून तँ हाम्रै बस्तीमा जति चम्किए पनि आकाशमा एक्लै जति गम्किए पनि छाएन कहिल्यै हाम्रो बस्तीमा शीतलता छाएन कहिल्यै हाम्रो बस्तीमा शान्ति दलहनमा पेलिएर निस्किएकाहरू नजन्मदै अछुतका कित्तामा मोलिएर निस्किएकाहरूका आँखा फोरिएकाछन् यहाँ ठेडीहरू कोचिएकाछन् नाक, कानमा बाध्यताका अघोषित नियम अदृष्य कानुन थुपरिएका छन् टाउकाभरि जूनको चमकमा रमाउन गरिएको छ अघोषित निषेध निगाहामा सधैं तौलिएर अनि निगरानीमा नापेर साइनु गास्नु पर्छ यहाँ ए ! जून माया प्रीति लगाउन तँसङ्ग पनि थाहा पाए भने विस्ट, काजी र साहेबहरूले बनाउने छन् तँलाई पनि अछुत खेदो खन्नेछन् हाम्रो जस्तै तेरो पनि । सधै मौन बस्ने ए ! जून हाम्रो बस्तीमा आउँदा तँ यसरी नै बल्छन् सन्तोषका दीपहरू जुरमुराउँछन् चेतनाका लहरहरू तर आँट गर्नैपर्छ तैंले पनि क्रमभङ्ग गर्ने निरन्तरको यो मौनता । #अछुत #जून हावासँगै बग्ने बाध्यता: कुसुम गौतम कस्ले भन्छ टुक्रिएका बादलहरुमा दुखाइ छैन भनेर! उसको पनि आफ्नै दुखाइ हुन्छ आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर बग्नु परेको छ हावासँगै बादलको कथा र कविको व्यथामा कुनै अन्तर छैन यहाँ आमा भन्नु हुन्छ “भो…बन्द गर्दे तेरा कलमहरु कस्ले पढ्छ तेरा थोत्रा कविता” इतिहास इतिहासमै सीमित भइगयो वर्तमान आडम्बरमा हिँडिरहेको छ आफ्नै इच्छा र आकाङ्क्षाहरुकै विशेषतामा “त्यसैले बन्द गर्दे तेरा कलमहरु” रगत पसिनाका छिटाहरुले सिँचिएको हाम्रो वीरता विक्टोरिया क्रसद्वारा सम्मानित पूर्खाहरुका वीरता पुस्तकबाट च्यातिएका पाना मात्र भइसके आजकल अधिकार खोज्नेहरुकै भिड छ कस्ले गराउँछ कर्तव्य र दायित्त्वका बोध वर्षौँदेखि मगजहरु कुहिरोभित्र गुम्सिएका छन् अस्पष्ट क्षितिजको घेराभित्र “त्यसैले बन्द गर्दे तेरा कलमहरु” यहाँ कविको भन्दा गफीको भाउ छ यहाँ साहित्य भन्दा सत्ताको खाँचो छ बादलझैँ बाध्य छ कवि यहाँको परिवेश र परिस्थितिमा बाँच्न त्यसैले यहाँ बादलको कथा अनि कविको व्यथामा कुनै अन्तर छैन। म्यान्मा #कुसुम गौतम #बर्मा #मान्मा माताहरि: युरोप हल्लाउने जासूस सुन्दरी: सन् २०१६ मा विश्वविख्यात उपन्यासकार पाउलो कोहेलोको नयाँ उपन्यास देखा पर्यो, “द स्पाई” । यो उपन्यास माताहरिको जीवनमा आधारित थियो । त्यसै साल ब्राजिलमा मूल पोर्तुगाली भाषामा यो उपन्यास प्रकाशित भएको थियो । यो उपन्यासले विश्वका पाठकहरुको ध्यान खिंच्यो । पाउलोले पुस्तकको भूमिकामा लेखेका छन्, “मैले यो उपन्यास माताहरिको जीवनको वास्तविक घटना र तथ्यहरुमा आधारित भएर लेख्न कोसिस गरेको छु ।” को हुन् त माताहरि ? नेदरल्याण्डका सफल टोपी ब्यापारी तथा इन्धन उद्योगका लगानीकर्ता आदम सेले तथा आन्से मौलिनका जेठी छोरी मार्गारिथा जेलेका रुपमा उनको जन्म ७ अगस्त १८७६ मा भएको थियो । उनको बाल्यकाल शौखपूर्वक बित्यो । तर उनका पिताको लगानी डुबेपछि १८८९ मा उनी टाट पल्टिए । त्यसपछि पारिवारिक विघटन भयो । मार्गारिथाका पिता माताको पारपाचुके भयो र उनको लालनपालन धर्म पिता भिस्सरबाट भयो । मार्गारिथाको जीवनमा आकस्मिक र नौलो मोड आयो, स्कूले जीवनमा घटेको यौटा घटनाले । उनको र स्कूले शिक्षक बीचको यौन सम्बन्धको विवादास्पद घटनाले गर्दा धर्मपिता क्रुध्द भए र त्यो स्कूलबाट मार्गारिथालाई निकाले । त्यसपछि उनी भागेर हेगस्थित काकाको घरमा पुगिन् । त्यहीँ बस्दा नै उनले अखबारमा यौटा विज्ञापन देखिन् । हालको इण्डोनेसिया र तत्कालीन इस्ट इण्डिजमा कार्यरत डच सेनाको कर्णेल रुडोल्फ म्याक्लियोडले श्रीमतीको आवश्यकताको विज्ञापन गरेका थिए । आफूभन्दा २१ वर्ष जेठो भए पनि उनले बिहे गर्ने निधो गरिन् । कर्णेलले त देख्नेबित्तिकै मन पराए, राम्री कलिलो उमेरकी सुन्दरी मार्गारिथालाई । अनि सन् १८९५ मा उनीहरुको बिहा भयो र बिहालगत्तै जाभा गए । कर्णेल जँड्याहा थियो र भित्रिनीहरु राखेर मोजमज्जा गर्ने, ऐशआराम र मस्तीको जीवन बिताउने खालको थियो । मार्गारिथाले पनि प्रेमी बनाएपछि उनीहरुको दाम्पत्य जीवनमा खलल पुग्यो । तर यसै बीच मार्गारिथाले इण्डोनेसियाली संस्कृति पनि अध्ययन गरिन् । त्यहाँको संगीत र नृत्यमा उनको चाख बढ्यो । कर्णेल रुडोल्फ र मार्गारिथाबाट दुई वटा सन्तान भए, एक छोरा र एक छोरी । सन् १८९९ मा दुवै छोराछोरी नराम्रोसँग बिरामी परे र छोराको मृत्यु भयो । छोराको मृत्युको कारण यकिन नभए पनि भिरिङ्गीको कारणले भएको भन्नेमा मार्गारिथा ढुक्क थिइन्, यसले पनि पारिवारिक तनाव बढायो । मार्गारिथाले आफ्नो पितालाई लेखिन्, “म यो नालीको किराजस्तो मान्छेसँग जीवन बिताउन सक्दिनँ । म छुट्टै बस्छु र छुट्टै खान्छु र त्यसले फेरि स्पर्श गर्नुअघि बरु म मर्न चाहन्छु । मेरा बाबुनानीलाई त्यसको नराम्रो रोग सर्यो ।” उता सेनाबाट पनि रुडोल्फलाई अनुशासनहीन व्यवहार र चरित्रका कारण बर्खास्त गरियो । अनि रुडोल्फ, मार्गारिथा र छोरी जाँ लुइस नेदरल्याण्ड फर्किए र त्यसको लगत्तै उनीहरुको पारपाचुके भयो । मार्गारिथा छोरीलाई प्राणभन्दा प्यारो गर्थिन् । उनी आफैंसँग राख्न चाहन्थिन् । तर आर्थिक समस्याले त्यसो गर्न सम्भव भइरहेको थिएन । रुडोल्फ यही मौकाको फाइदा उठाउन चाहन्थ्यो र छोरीलाई आफ्नो साथमा राख्न चाहन्थ्यो । अन्तत: भयो पनि त्यस्तै । रुडोल्फले कतिसम्म गर्यो भने स्थानीय अखबारमा विज्ञापन छापेर “मार्गारिथालाई कुनै पनि पसलले उधारो नदिनू, किनभने म त्यो पैसा तिर्ने वाला छैन । मेरो कुनै जिम्मेवारी छैन” हल्ला पिटायो । यसपछि निरुपाए भएर मार्गारिथाले छोरी जानलाई रुडोल्फको जिम्मा लाएर आफ्नो नयाँ भाग्यको परीक्षा गर्न पेरिसको बाटो लागिन् । पेरिसको महानगरीमा सुन्दरी मार्गारिथालाई पहिलो पेट पाल्ने काम वेश्यावृत्तिले दियो । उनले आफ्नो शरीरको पसल थापिन् । तर सर्कसमा घोडचडीको काम पाउनेबित्तिकै उनले वेश्यावृत्ति त्यागिन् । त्यसपछि उनले नृत्य प्रस्तुत गर्न थालिन् । उनको नृत्य जम्न थाल्यो । मानिसहरु आकर्षित हुन थाले । अनि उनले आफूलाई जाभानेली हिन्दु राजकुमारीको नयाँ परिचय दिन थालिन् र आफ्नो नाम माताहरि राखिन् मलाया भाषामा जसको अर्थ हुन्छ “दिनको आँखा” अर्थात् “सूर्योदय”। उनले आफ्नो नामको कहानी रचिन् । आफ्नो परिचयको काल्पनिक कथा बुनिन् । उनी भारतीय मन्दिरकी नृत्यकारकी छोरी हुन् । उनी जन्मपछि नै टुहुरी भइन् र जाभाको जङ्गलमा हुर्किइन् आदि । यी कथा कहानी पनि आकर्षणको पहेली बन्यो । उनले शुरुमा घरघरमा प्राइभेट डान्सबाट आफ्नो नृत्यकारिता शुरू गरेकी थिइन् तर उनका बारेमा शहरमा चर्चा चल्न थालेपछि माग बढ्न थाल्यो । पैसा वर्षिन थाल्यो । सन् २००८ सम्ममा पेरिसमा उनको नृत्य कमसेकम एकपल्ट नहेर्ने शायद कोही भएनन् । माताहरिको मोहक, अनौठो नृत्यले बजार लियो । एक प्रकारको सनसनी फैलायो । उनको पूर्वीय नृत्य पहिरनको सजावट नै आकर्षक, कमनीय र पुरुषहरुलाई आशक्त पार्ने खालको हुन्थ्यो । उनी नाच्दै गएपछि एकएक वस्त्र उतार्दै जान्थिन् र अन्त्यमा उनको शरीरमा धातुको ब्रेसियर मात्र बाँकी रहन्थ्यो जसलाई उनी कहिल्यै फुकाल्दैनथिन् । उनी पेरिसका धनीमानी, रइस, सेनाका माथिल्ला तहका अफिसरहरुको अँगालोमा पालैपालो बेरिन पुग्थिन् । उनको जीवनशैली शून्यबाट आकाशमा पुगेको थियो । उनी भन्ने गर्थिन्, “आजको रातको खाना राजकुमारसँग ! भोलि राजासँग ! यदि मलाई नाच्नु छैन भने म फलानो महोदयसँग शयरमा हुन्छु । म गम्भीर सम्बन्धहरुलाई वास्ता गर्दिनँ । म सबै मनमौजीहरुलाई सन्तुष्ट पार्दछु ।” उनी पेरिसमा मात्र सीमित भइनन् । उनको माग युरोपभरि थियो । उनी अस्थायी प्रियतमहरुलाई कतै उठाउँदै, कतै छाड्दै, कतै साथै हुँदै युरोपको यात्रा गर्ने गर्थिन् । यसबाट उनको आम्दानी भन्दा उनको भड्किलोपनाले खर्च बढी हुन्थ्यो तर उनी उदारतापूर्वक कमाईको सारा पैसा उडाउँथिन्, मनमौजी थिइन् । बेफिक्री थिइन् । एकजना स्टकको दलालले उनलाई यौटा महल नै किनिदिएको थियो । अर्कोले साइन नदीको किनारमा घर किनिदिएको थियो र टाट नपल्टेसम्म उसले उनलाई पैसा वर्षाइरहेको थियो । तर पनि उनले आफ्नो हिसाबले खर्च गर्न छोड्दैनथिइन् । पैसाले अलि गारो परे उच्च स्तरीय शरीर व्यापार समेत गर्न हिच्किचाउँदैनथिइन् । उनको खर्चालु बानीले आर्थिक कठिनाई बढ्न थाल्यो । सन् १९१४ मा उनले जर्मनीको मेट्रोपोलमा ६ महिना नृत्य गर्नका लागि अनुबन्धित भएपछि उनको आर्थिक सङ्कटमा कमी आयो । सम्झौताअनुसार उनले सेप्टेम्बरदेखि नाच्नुपर्ने थियो । तर अगस्तबाटै युरोपमा युध्द छेडियो । उनी जर्मनीको राजधानीमा बेखर्ची भइन् । उनको फरको कोट र पैसा जफत भएको थियो । तर उनले यौटा डच व्यापारीलाई खुशी पारेर आम्स्टरडामसम्मको रेल टिकट किनाइन् । त्यहाँ उनको भेट पूर्वप्रेमीसँग भयो, जो उनीजस्तै मनमौजी थिए । धनाढ्य र रइस पनि । त्यहीं उनलाई जर्मनीका काउन्सिल कार्ल क्रोमर भेट्न आए । उनले जर्मनीका लागि जासूसहरू भर्ती गर्दै गरेको बताए र २० हजार फ्राङ्क र कोड नं एच२१ प्रदान गरे । माताहरिले पैसा खुरुक्क लिइन् । उनलाई पैसाको जरुरत थियो, जासूसीसँग उनको कुनै सरोकार थिएन । फेरि उनको यौटा मनले भनिरहेको थियो, यो जर्मनीमा मेरो जफत भएको फरको कोट र पैसाको क्षतिपूर्ति हो । उच्च तहका अफिसरहरुसँगको सम्पर्क र सम्बन्धले उनी यूरोपमा जताततै निर्वाध यात्रा गर्न सक्थिन् । तर हल्याण्डबाट फ्रान्स जाने क्रममा उनलाई रोकियो । उनका बारेमा रिपोर्ट गरियो, ” फ्रान्सेली, अङ्ग्रेजी, इटालेली, डच र सम्भवतः जर्मन पनि बोल्ने । ह्याण्डसम, बोल्ड प्रकारकी आइमाई” भनेर । “यो भ्रमण जर्मनीलाई फाइदा हुने मिसनका लागि फ्रान्समा खास उद्देश्यका लागि जान लागेको” रुपमा अर्थ्याइयो तर पछि उनलाई यात्रा गर्ने अनुमति मिल्यो । पेरिस पुगेर माताहरिले आफ्नो पुरानो तडकभडकपूर्ण जीवनशैलीलाई पुनर्जीवित गराइन् । उनी ग्राण्ड होटलमा बसेकी थिइन् । उनका वरिपरि उच्चपदस्थ बर्दीवालहरु झुम्मिएका थिए तर उनलाई त्यो भीडमा दुईजना गुप्तचर प्रहरीहरु पनि छन् भन्ने पत्तै भएन । उनलाई यस पटक फ्रान्समा सबभन्दा महत्त्वपूर्ण काम थियो, उनीभन्दा १८ वर्ष कान्छो रसियाली कप्तान भादिरमसँग भेट्न भिट्टल शहर जानु, जोसँग उनी गहिरो प्रेममा परेकी थिइन् । त्यसका लागि फ्रान्सेली गुप्तचर विभागका प्रमुख कप्तान जोर्ज लाडोक्सलाई आवेदन दिनुपर्ने थियो । ऊ माताहरिलाई वेश्याभन्दा अलि माथिल्लो हैसियतकी ठान्दथ्यो र माताहरि उसलाई सानो विचारको मान्थिन् । उनले भिट्टल जाने अनुमतिका लागि अनुरोध गरिन् । उसले फ्रान्सका लागि गुप्तचरी गर्ने शर्तमा अनुमति दियो । अब माताहरि एकैसाथ जर्मनी र फ्रान्सको जासूस भएकी थिइन् । १० फरवरी १९१७ का दिन फ्रान्सेली युध्द मन्त्रीले माताहरिको गिरफ्तारीका लागि वारेण्टमा सही गरे र त्यसको तीन दिनपछि पुलिस अधिकारीहरु उनको होटलको ढोका ढकढकाउन पुगे । त्यतिबेला उनी ब्रेकफास्ट खाइरहेकी थिइन् । उनलाई ५० हजार फ्रान्सेलीहरुको ज्यान जाने गरी जर्मनीका लागि जासूसी गरेको आरोप लाग्यो । फ्रान्सेली विदेश मन्त्री हेनरी द मारगुरी जो माताहरिका प्रेमी पनि थिए, उनले बचाउन सक्दो प्रयास गरे । उनलाई लागेको आरोप झूठो भएको बताए तर उनको क्यै लागेन । उनलाई सेनाको टोलीले सामूहिक गोली हानेर प्राणदण्ड दिने फैसला भयो । उनलाई सोधपुछ गरेर यो निर्णयसम्म पुर्याउन पियरे बुखारडोनको मुख्य हात थियो । उसले आफ्नो डायरीमा माताहरिलाई “मान्छे खाने” भनेर चित्रित गरेको थियो । माताहरिलाई पेरिसको भयावह लाग्ने जेलमा राखियो । लामखुट्टे र झिंगा लाग्ने तथा मुसैमुसा भएको कोठरीमा उनलाई राखिएको थियो । सरसफाईका लागि साबुन पनि थिएन । उनलाई आफ्ना लुगा पनि मगाउन दिइएन । औषधी उपचारको सुविधा पनि दिइएन । खाना र चिट्ठीका लागि हुलाक टिकटसम्म दिइएन । उनका प्रेमी तथा वकिल एडोर्ड क्लुनेटसँग कहिलेकाहीं भेट्नसम्म पाउँथिन् । उनको मृत्युदण्डको लागि क्षमादानको अपिल पनि खारेज भएपछि माताहरिलाई पक्का भइसकेको थियो, उनलाई मृत्युदण्ड हुन्छ भनेर । १५ अक्टोवर १९१७ को बिहानी समयमा माताहरि मस्त निद्रामा थिइन् । जेलको कोठरीमा पादरी आरवाउक्स, समाजसेवी दिदीवहिनी, कप्तान बुखार्डोन र मैत्र्येय क्लनेट, उनका वकिलले प्रवेश गरे । समाजसेवी दुई दिदीबहिनीहरुले माताहरिलाई झक्झकाएर बिउँझाए । उनीहरुले समय भएको बताए । माताहरिले शान्तपूर्वक सोधिन्, ” के म दुईवटा चिट्ठी लेख्न सक्छु ?” कप्तान बुखार्डोनले तत्कालै अनुमति दिए र उनलाई कलम, कागज र खाम उपलब्ध गराए । उनले खाटमा बसेर फटाफट दुईवटा चिट्ठी लेखिन् । अनि वकिललाई हस्तान्तरण गरिन् । अनि उनले आफ्नो पहिरन लगाउन थालिन् । सबै पहिरनले सुसज्जित भएपछि उनले बिस्तारै भनिन्, “म तयार भएँ ।” बाहिर पर्खिराखेको मोटरमा बसेपछि गाडीले गति लियो । घडीले साढे पाँचको समय देखाइरहेको थियो । मृत्युदण्डका लागि तोकिएको स्थान सेजर द भिन्सेन्समा पुगेपछि गाडी रोकियो । सबै गाडीबाट उत्रिए । त्यहाँ १२ जना सिपाही राइफल तयारी अवस्थामा राखेर प्रतीक्षामा थिए । तिनको अफिसर भने तरवार तल घोप्टो पारेर तिनीहरुको पछि उभिएको थियो । यौटा फ्रान्सेली अफिसर सेतो कपडा बोकेर आयो । “आँखामा पट्टी बाँधिदेऊ,” उसले दुई दिदीबहिनीलाई भन्यो । “त्यो बाँध्नै पर्छ र !” माताहरिले आफ्नो वकिलतर्फ हेर्दै भनिन् । मैत्र्येय क्लनेटले प्रश्नसूचक नेत्रले फ्रान्सेली अफिसरतिर हेरे । “यदि म्याडम चाहन्न्न् भने यसले केही फरक पर्दैन,” अफिसरले हतारिंदै जवाफ दियो । माताहरिको हातखुट्टा बाँधिएको थिएन । आँखामा पट्टी पनि बाँधिएको थिएन । तिनी मजासँग सामुन्ने हेरिरहेकी थिइन् । बिस्तारै पादरी, दिदीबहिनीहरु, अनि उनको वकिल उनीबाट टाढा भए । माताहरि अटल, अविचल भएर उभिइरहिन् । तरवार हातमा लिने अफिसरले तरवार हावामा चलायो र जमिनमा रोप्यो । सबै सिपाहीको राइफलबाट माताहरिको छातीको निशाना बनाएर गोली चल्यो । माताहरिले शरीरको कुनै भाग चलाइनन् । हात पनि उठाइनन् । गोली प्रहारपछि उनी ढलिन् तर उनको अनुहार आकाशतर्फ फर्केको थियो । उनी उत्तानो परेकी थिइन् । उनी गतिहीन भएकी थिइन् । लेफ्टिनेण्टको साथमा रहेको यौटा अफिसरले आफ्नो कम्मरबाट पेस्तोल निकाल्यो र माताहरीको कञ्चटमा ताकेर नजिकैबाट गोली चलायो र फुस्फुसायो- “माताहरि पक्कै मरी ।” ४१ वर्षको उमेरमा धरतीबाट साहसिलो मृ्त्यु वरण गरेकी माताहरि के साँच्चै जासूसै थिइन् ? के उनलाई यसरी मृत्युदण्ड दिनै पर्ने थियो ? यो प्रश्न भने अनुत्तरित नै रह्यो । उनी फिल्मको विषयवस्तु बनिन् । उपन्यासको विषयवस्तु बनिन् । उनी मरेर पनि बाँचिरहिन् । #गोविन्द गिरी प्रेरणा #पाउलो कोएलो प्रकाशको गजल: हरेकले आफ्नो औकातमा चल्नुपर्छ नदीले त कहीँ कहीँ बाटो बदल्नुपर्छ ।। ऐले एउटा चाउचाउमा मुस्कुराऊ भन्छौ भरे भान्सामा नुन तेल अड्कल्नुपर्छ ।। आफू त पानी पिएर सास टिकाउँला बालबच्चाका लागि ढिँडो हुडल्नुपर्छ ।। न मजदुरी रहयो, न मजबुरी गयो हजुर ऋण सम्झेर मुखैको गाँस ओकल्नुपर्छ ।। मृत्युले गर्दैन भेदभाव, बुझ्दैन किन मान्छे खेलाँची गरेमा एकदिन पीडाले जल्नुपर्छ ।। #प्रकाश #सापकोटा मार्क्सको चिठी कमरेडहरूलाई: प्रिय कमरेडहरू ! समयले निक्कै फड्को मारिसकेको छ मेरो भौतिकवादी दर्शनमा रम्ने कमरेडहरू ! तपाईंहरूका झण्डा देख्दा म खुशी छु मेरो दाडी देखेर धेरैले दाडी पाल्न सिक्नु भयो त्यसमा झनै खुशी छु । मेरो फोटो टाँसेर घरघरमा चोकचोकमा अझै वार्षिक सराद्धे गरिरहनु भएको छ त्यसकोको पिण्ड पनि पाइरहेको छु त्यसैले आजसम्म टन्न अघाइरहेको छु । आशा छ¬ यस्तो गरिरहनुहुनेछ मेरो मार्क्सवादका नाममा मैले निक्कै चपेटिएर –जकडिएर द्वन्द्ववादको दर्शन बनाएँ त्यसैमा द्वन्द्व गरिरहेको पाएको छु तपाईंहरू त्यसमा झनै खुशी छु । प्रिय कमरेडहरू ! यही हो मेरो दर्शनको सार द्वन्द्व गरिरहनुपर्छ भुँडी भरिरहनुपर्छ… तपाईंहरूलाई मुरीमुरी धन्यवाद ! मैले जीवनभरि श्रमिकहरूका लागि लडेँ तपाईंहरूले श्रमिकहरूलाई लडाइरहनु भएको छ मेरो दर्शनको विकास र विस्तार देखेर खुशी छु मैले इतिहासलाई सङ्घर्ष भनेँ मैले जातिभन्दा जीवन महत्त्वपूर्ण भनेँ सीमाभन्दा भूगोल महत्त्वपूर्ण भनेँ तर तपाईंहरूले उल्टाइदिनु भएछ मैले शोषणरहित विश्व एउटै देश भनेको थिएँ तर तपाईंहरूले एउटै देशमा अनेक देश¬प्रदेश बनाउनु भएछ धन्यवाद ! मेरो दर्शनको विस्तार गर्नु भएछ । तपाईंहरूले इतिहासका निम्ति सङ्घर्ष रच्नु भयो जसरी भए पनि आफूहरू त बँच्नु भयो शोषणै शोषणले मरिरहेका धेरै श्रमिक त मरेछन् एउटाले आएर मेरो दाडी गोड्यो¬ अनि जिङ्गयो¬Éके लछार पाटो लगायो तेरो दर्शनले खाना नपाए पनि रगत र पसिना त खाएका थियौँ तर…… तेरा अनुयायीले हठात् युद्धमा झोसिदिए जिन्दगी खोसिदिए …। अहिले बिल्ला भिरेर अतिथि बनेर हाम्रो बलिदानीको नाटक हेर्दैछन् शहर शहरका रङ्गमञ्चहरूमा…।” म रोएँ मेरा सपनाहरूलाई सम्झेर तपाईंहरूको विपनालाई नियालेर चकित छु म चकित बिल्कुल चकित । प्रिय कमरेडहरू ! तैपनि म खुशी छु भन्दैछु… मैले धर्मलाई अफिम भनेको थिएँ तर तपाईंहरूले त मलाई अफिम बनाउनुभएछ खाएर मत्त हुनुभएको रहेछ मैले यसो चियाएर हेरेँ तपाईंहरू त साँच्चिकै मार्क्सवादी हुनुभएछ घाँसवादी हुनुभएछ– गाँसवादी हुनुभएछ। धन्यवाद ! कमरेडहरू यस्तै वादी बन्दै जानुहोला लालसलाम ! क्रान्तिकारी अभिवादन ! कृपया अब मेरो तिथि सराद्धे नगरिदिनुहोला म आफैँ जोहो गरूँला दानापानीको … । तपाईंहरूको उही कमरेड मार्क्स #दीपेन्द्र अधिकारी #राजनीति कोही भोकै मर्ने छैन !: त्रिभुवन चन्द्र वाग्ले घाटस्थित वैद्यखानाको परिसरमा केही सङ्ख्यामा अशक्त बिरामी सुतेका थिए । कोही बोल्दैनथे । कोही ऐया–आथ्यु, अँ–हँ गर्थे । बडावैद्यको आदेशअनुसार सुसारेले सबै बिरामीको अगाडि एकएक गरी फलफूल, खाना, पानी, दुध राखिदिँदै गए । उनीहरू कसैले पनि हात उठाउन सकेनन् । कसैले खाएनन् । वास्ता पनि गरेनन् । सुसारेले आश्चर्य व्यक्त गरे, ‘तीन-चार दिन भयो यिनीहरूले नखाएको !’ बडावैद्यले गम्भीर हुँदै भने– ‘हेर बाबु, हाम्रो लक्ष्य र उद्देश्य ‘कोही पनि भोकै नमरुन्’ भन्ने हो । यिनीहरू कसैले पनि खान चाहेनन् भने किन चकित हुन् ? स्पष्ट छ यिनीहरू अघाएका छन् । मरे पनि भोकै मरेका हुने छैनन् …!’ #त्रिभुवन चन्द्र वाग्ले मेरो आत्मदाह: न आमा न बाबा न छोरो न छोरी मलाई झझल्को भयो मृत्यु फेरी छु दोधारमा के हुने हो नगर्न म चाहन्न आगो लगाएर मर्न ।।१।। भयो प्यार धोका जमाना अघोरी म मेरा बचेरा ल पालौ कसोरी लगाएर आगो म आफ्नै सरीर डढेको छु प्यारी नमान्नू ल पीर ।।२।। गरी काम यौटा म पाल्थेँ जहान छ जे जे त्यसैले भरेथेँ परान भयो बन्द भन्छन् गरौ के म मात्रै कटे रात भोकै छु बेकामकोझैँ ।।३।। गरेँ यत्न जुध्ने यहाँ दु:ख देखि गरे याचना ए दयावान देवी बलेको छ आगो म भित्रै अनौठो मरेको छु भित्रै ज्युँदो लास नै हो ।।४।। न जागीर केही न पैसा छ केही न खेती छ जोत्ने न आफन्त कोही हिडौँ बन्द सारा छ यो देस मेरो न ढुंगा र माटो मिलेको छ चारो ।।५।। कहाँ जिन्दगानी भनेझैँ भयो र म बन्दी भएको नयाँ साल हो र नयाँ बस्त्र किन्ने र खाना नि खाने भयो स्वप्न मात्रै भने जिन्दगी के ।।६।। छ जाती र पाती यहाँ भेदभाव सबैँ पेट खाली र दानी अभाव भयो कर्म यस्तै छ बेकार बाँच्नु बुझे श्रीमतीले सबैँ माफ गर्नु ।।७।। जलेरै खरानी हुने देह हो यो म चाँडो खरानी भएँ त्यै छ नौलो बिना काम के के गरौँ भोक टार्न म सन्तान रूँदा सकौला स्विकार्न ।।८।। (भुजंगप्रयात छन्द) (गत सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा साँफेबगर नगरपालिका-६ का २५ वर्षीय सिद्धार्थ आउजीले कोरोनाको कहरका कारण कामबाट निकालिए पछि परिवार पाल्न नसकेर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेको सन्दर्भमा) #छन्द #स्पन्दन बिनोद मेरी श्रीमती र ऊ: मेरी श्रीमतीको मुहारमा देखिने खुशीको सानो धर्कोले मलाई अझै तर्साउँछ । कथाको सुरुवात होइन यो र अन्त पनि हैन । कथा सुरु हुन्छ म जन्मेपछि । मेरा बा कुपोषण लागेर पनि उभिइरहेको बच्चाजस्तो देख्न्थिे । ‘काला, कस्ता नराम्रा हुन् !’ भन्ने उपनाम प्रयोग भएर सम्बोधित हुन्थे मेरा बा गाउँमा । आमा पनि खासै राम्री सलक्क परेकी ल्याउन पाएनन् । ‘जोडी त क्या ठ्याक्कै मिलेको ! बुढीका दाँतले त सधैँ बुढालाई मात्रै हेरिरहने । हाँस्ता त झनै काला गिँजा पनि बाहिरै निस्केर हाँस्ता रछन्,’ गाउँको भिडभाड अथवा एकान्त जहाँ पनि मुख र कानको भेट हुँदा असरल्ल त्यसै पसारिने वार्तालाप हुन् यी । मेरो घरको सम्मानमा । अब म पनि फरक जन्मिने त कुरै भएन । घरमा भएका सदस्यभन्दा फरक जन्मिनँ म पनि । पक्षपात गर्न पनि भएन । भगवान्ले पनि कत्ति पक्षपात गरेनन् । बाआमाजस्तै म पनि यो घरको सदस्यजस्तै देखिएँ । ‘ठ्याक्कै बाआमाको दुरुस्त रूप लिएर आको’ भनेर मुसुमुसु हाँस्न पाए गाउँलेहरूले । आमाको मन न हो । कति राम्रो सुन्दर देखिन् मेरी आमाले मलाई । उनको मुटुको टुक्रा भएँ म । एउटा संसारको उत्तम वस्तु भएँ म । त्यसैले मेरो नाम पनि ‘सुन्दर’ राखिदिइन् आमाले । हुन त मेरी फुपुले ओठ लोप्प्राएर भनेकी थिइन् रे ‘मान्छे कस्तो, नाम भने सुन्दर’ बाले न्वारनमा जुरेको नाम ‘मोदनाथ’ नै ठीक पनि भनेका हुन् । आमाको बलका अगाडि बाको केही चलेन । फुपै एक छिन पुत्ताएर जलिन्, पछि शान्त भइन् । यो नामले मलाई स्कूलमा निकै आपत् पारेकै हो । शिक्षक होस् या विद्यार्थी साथी मेरो नाम लिएपछि एक पटक हाँस्थे । म त्यसै पिरिन्थेँ । कक्षा छोडेर भागौँजस्तो लाग्थ्यो । आमालाई एक दिन बिन्ती गरेँ— मेरो नामले स्कुलमा कमाएको हँसीमजाकको बारेमा । मेरो नाम ‘सुन्दर’, जुन शब्द मभन्दा धेरै फरक थियो । नाम र मान्छेमा परस्पर कतै भेट हुने सम्भावना थिएन । तर आमाले छोरालाई सुन्दर देख्न छोडिनन् । भलै अरूले जे देखुन् । आमाले भनेकी थिइन्— ‘मान्छे सुन्दर यो बाहिर पोतिएको रङ, बनोट, छाँट छन्नले हुँदैन । मान्छे राम्रो याँबाट हुन्छ । मेरो छोरो मलाई थाछ । याँबाट राम्रो सुन्दर छ’ भन्दै दाहिने हाँतले छातीको देब्रे कुनामा हानिन् आमाले । यही एउटा कुरो मेरो दिमागमा रेकर्ड भयो र चाहिएको बेलामा प्ले पनि भयो । फेरि डिलिट भएन । यसपछि कुनै क्लासमा पनि दोस्रो भइनँ म । बुटवल राखेर आई.कम. पढाए बाआमाले । विशेष त यो आमाको ‘सुन्दर’ कहिल्यै पछि परेन । आई. ए. सक्नेवित्तिकै खाद्य संस्थानको सुब्बामा पनि नम्बर एकमै नाम निकाल्यो । बुटवल नै कर्मथलो बनाएर अफिस डेरा र बिहानमा वि.कम पढ्न थालेको थियो । आफ्नो ‘सुन्दर’को विवाहको चिन्ता आमालाई हुने नै भयो । पुट्ट भँुडी र सिखुटे हातखुट्टा गरेका फुस्रे कुभिण्डामा खुट्टा हालेर उभ्याएजस्ता मेरा सन्तकी बालाई कराउन थालिन् आमाले । मेरो सुन्दरता, पढाइलेखाई र जागिरको राम्रै बयान भयो होला ! शहरमा एकै पटकमा सुब्बा भएर हाकीम बनेको ज्वाइँ पाएपछि के र ? लमीले गरेको केटीतर्फको बयान सुनेपछि मख्ख परेर मेरी आमा त बाहिर झुण्डिइरहने दाँतमा झन् गिँजा थपेर देखाउँदै हाँसिन् । रूप त हाम्रो घरले किन हेर्नुपर्यो र ? रूपमा हामी जति कमजोर यो एरियामा कोही थिएन । त्यसैले हामीभन्दा नराम्रा पर्लान् भन्ने कुरै भएन । जसले मसँग विवाह गदैछिन् तिनले मलाई नदेखेको कुरा त पक्का थियो । सुहागरातमा लाल्टीनको उजेलो छरिएको थियो । कोठा गच्छेअनुसार सजिएको थियो । त्यसमा पनि मेरो अफिसका साथीहरूको कला अलि अलि पस्किइएको थियो । गाउँमा कसले जान्नु र यत्तिको सजाउन ? मैले उनलाई देख्दा र उनले मलाई देख्दा उत्तिकै आश्चर्यमा पर्यो होला ! दुवैजना वरिपरि पर्याप्त जमिन भए ढल्ने सम्भावना थियो । तर कोठा यति सानो थियो ढल्न पनि ठाउँ पुग्दैनथ्यो । एकअर्काको गन्धसम्म मिसिएर हाम्रा नाकभित्र कोचिएको थियो । सस्तो परफ्यूम र पसिनाको गन्ध । अतः हामी सल्लाह गरेजस्तै गरेर ढलेनौँ । उनको र मेरो रियाक्सन भने अचम्मको उल्टो थियो । उनको सुन्दर उजेलो मुहारमा चट्ट परेको नाक ठुस्स परेर खुम्चिएको थियो । मुखले ङिच्च परेर नमिठो पाराले हाँसेर मेरो पहिलो झलकको स्वागत गरेको थियो । परिस्थितीले उनलाई लोप्पा खुवाएर ‘बल्ल खाइस् !’ भनेको उनले प्रष्ट सुनेकी थिइन् । मैले त्यो बुझेको थिएँ । मेरो रियाक्सन अर्कै थियो । आँखा र मुख दुबै खुलेका खुलै थिएँ । मनमा मङ्गल धुन र मिठो गितारको तार खेलेको थियो । यति राम्री सुन्दरी मैले नजिकबाट कहिल्यै देखेको थिइनँ । अब आफ्नै श्रीमतीको धेरै बयान गर्ने कुरा पनि भएन । यतिवेलासम्म आँखा सामान्य आकारमा फर्के र मुखबाट लामखुट्टे भित्रबाहिर गर्ने क्रम बन्द हुँदा उनी गहना कपडा फेरेर गइसकिछन् । म झस्केँ, उनलाई नदेखेर । उनी सामान्य भएर बाथरुम गएको पत्ता लाग्यो । म ढुक्क भएँ । मलाई यो कुरा भन्न मन थिएन तर कथालाई ढाँट्न सकिनँ । उनले ट्वाइलेटमा बान्ता गर्दै थिइन् । मलाई त्यो बान्तामा मेरो सुन्दरता छादिएको भान भयो । म अलि निराश भएँ । गर्नुपर्ने सबै काम सकिएका थिए । अब रिभर्स गरेर फेरि सुरुमा पुग्नलाई क्यासेट प्लेयर त हैन जिन्दगी! [bs-quote quote=”सुहागरातको भोलिपल्ट एउटा नारीमा हुनुपर्ने चमकता थिएन । भाग्यले नराम्रोसँग पछाडिबाट लात्तो हानेको थियो उनलाई । आफ्नो छेउमा उभिएर फोटो खिच्नुपर्ने लोग्ने हेर्न लायकको थिएन । त्यसै च्यातचुत पारेर डष्टविनमा फाल्नुपर्नेजस्तो मान्छे । यो मैले गरेको कल्पना मात्र हैन । यो त उनको अनुहारमा लेखिएको सूचना मैले पढेर भनेको हुँ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सुहागरातको भोलिपल्ट एउटा नारीमा हुनुपर्ने चमकता थिएन । भाग्यले नराम्रोसँग पछाडिबाट लात्तो हानेको थियो उनलाई । आफ्नो छेउमा उभिएर फोटो खिच्नुपर्ने लोग्ने हेर्न लायकको थिएन । त्यसै च्यातचुत पारेर डष्टविनमा फाल्नुपर्नेजस्तो मान्छे । यो मैले गरेको कल्पना मात्र हैन । यो त उनको अनुहारमा लेखिएको सूचना मैले पढेर भनेको हुँ । कौवाहरूको घरमा राम्रो परेवा वा ढुकुर ल्याएर थुनेको गीतको कारुणिक प्रस्तुती गाउँलेले गरेका थिए । विवाहघरमा दुलही हेर्न आउँदा भोलिपल्ट यस्तो गीत सुनिएको थियो । मैले बुझेँ । आमाले खै ! के गरिन ? उनलाई मख्ख परेर दुलहीको स्तुति नस्वाई नस्वाई गाउँदै ठिक्क भयो । दिनभर उनका माथिल्ला दाँत र गिँजाले सुख पाएनन् । बा अलि लाज मानेकाजस्ता देखिन्थे । आमाले बुहारी गाउँमा राख्न मानिनन् । गाउँमा बुहारीको विस्कुन सुकाउँदा चोरी हुन सक्ने विचार गरिन् क्यारे ! दुलही बुटवल पुगिन् । एउटा सानो कोठा, भान्छा घर र बाहिर बजार हेर्ने बादर्ली भएको मेरो डेरा थियो । मेरी श्रीमती भने मतिरभन्दा बार्दलीतिर बढी आकर्षित हुन्थिन् । खै कुन्नि ! के के खोजिरहेका जस्ता देखिन्थे उनका आँखा । मैले समाधान गर्न सकेको थिइनँ वा मेरो औकात थिएन । पानी नपाएको रातो गुलावजस्ती भएकी थिइन् उनी । ‘आई.ए. प्रथम र द्वितीय वर्ष दुवैमा अङ्ग्रेजी ब्याक छ’ भनेर सासूले भनेकी थिइन् । दुलहीको मागअनुसार ट्यूसन पढाउने मास्टर खोजेँ । साथीहरूको सहयोगमा बल्ल यौटा मास्टर आए । भर्खरका हँसमुख युवा, प्रखर बोल्ने, मिठास खालका र आकर्षक पनि थिए उनी । उनी आए । ‘भरत’ रहेछ उनको नाम । हामीले भरत सर भन्यौँ । उन्ले स्विकार गरे । म अफिसबाट फर्कने समय र उनी आउने समय मिलाइयो । मैले आफ्नो घरको सुन्दर गहनालाई कसैसँग एकान्त दिन चाहिनँ । तर शुरुदेखि नै माष्टर केटालाई देख्दा उनका आँखामा एउटा लुकेको अनौठो हर्ष देखिन्थ्यो । उनले देखाउन नचाहेको तर उकुसमुकुस भएर फुट्न चाहेको हर्ष । त्यो अपरिपक्व लुकेको उनको चाहनाले मलाई कुच्च कोपेको थियो । कता हो कता त्यो कोपाइ पहिलै दिन छिरेको थियो म भित्र । तर श्रीमतीको आई.ए. पासमा ससुराली खलकको आस टाँगिएको हुनाले विरोध गर्न सकिनँ । हुनत मैले विवाहपछि बुटवलमा दिएको सानो रिसेप्सनमा पनि निकै रमाएका थिए साथीहरू । मलाई भन्दा पनि मेरी राम्री श्रीमतीतिर हेर्दै मलाई बधाई दिएको तरिका अलि शङ्कास्पद थियो सबैको । रिसेप्सन पार्टीमै खाद्यको पिउनले भनेको थियो— ‘सर हजुर त कस्तो भाग्यमानी ! कति राम्री श्रमिती पाउनुभो ! आफ्नी त उही १५ वर्ष पुरानी थाङ्नोजस्तै गन्हाउने स्वास्नी । जिन्दगी नै वाक्क ।’ एउटा कुराचाहिँ सबै पुरुष कर्मचारीहरूको मिलेको थियो । त्यो के भने ‘यति राम्री भाउजू हेर हेर ! तपाईंले दुःख दिन पाउनु हुन्न नि । यदि दुःख दिनुभयो भने …..?’ मात्र यति भन्थे । तर मैले दुःख दिए भनेँ के त ? यो लामो डट् डट्को जवाफ कसैले दिएनन् । तर सबैका मुखमा रयाल भने थियो । महिला कर्मचारीहरूले भने मलाई हेर्ने नजर नै परिवर्तन गरेका थिए । अलि अलि ईर्ष्या र अलि अलि जिस्काउने पारामा भन्थे ‘सर त क्या लक्की !’ यत्ति हो यिनीहरूले भनेको । म अफिस छिर्दा यिनीहरूको कानेखुशी र मुसुमुसु हुने गरेको मुस्कानमा म नै थिएँ । विवाहभन्दा अगाडि भने अफिस छिर्दा यति चर्चाको केन्द्रविन्दु म पटक्कै हैन । मैले पनि आफूभित्र छुट्टै गर्वको महशुस गरिरहेको थिएँ । तर यति बेला भने यो मास्टरको आगमनको भयले भुइँचालो ल्याएको थियो मनमा । मास्टर ट्यूसन पढाउन आउने दिनमा मेरी श्रीमतीको चुरीफुरी भिन्नै हुन्थ्यो । विहानैदेखि त्यो अनुहार र आँखामा लुकाएर नलुक्ने प्रकारको चमक हुन्थ्यो भने अर्कोतिर विहानै म अफिस जानुअगाडिदेखि नै घरमा मास्टरका लागि बन्ने पकवान र बजारबाट मैले ल्याई दिनुपर्ने सामानको लिस्ट तेर्सिन्थे । म अफिसबाट घर आइपुग्नुभन्दा अगाडि नै आइपुग्न थालेको थियो मास्टर । म घर आइपुग्दा मास्टर मेरी श्रीमतीलाई पढाइरहेको हुन्थ्यो । भलै म पुगेपछि आपसमा अलि दुरी बढाउँथे । मेरी श्रीमतीले आफ्ना लगाएका कपडामा पनि यसो ध्यान दिन्थिन् । शायद त्यो उनको मास्टर वा उनको केटो साथीको इज्जत बचाउन गरिएको नाटक पनि हुन सक्थ्यो । मेरी श्रीमतीको मुहारमा देखिने मुस्कानका लागि म यो हर्कत सहन अबोध बालकजस्तै हुन बाध्य भएको थिएँ । मेरी आमाको ‘सुन्दर’ त्यत्ति कठोर हुन सकेको थिएन । [bs-quote quote=”‘के तलाई लाज लाग्दैन यति राम्री स्वास्नी ल्याउन ? आफू कुरूप भएर । अनि तह लगाएर राख्न सक्दैनस् आफ्नी स्वास्नी ?’” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] पढाइको समाप्तिपछि दिनभरि बनेका पकवानहरूको भागबन्डा हुन्थ्यो । यसमा पनि म ठगिन्थेँ । मप्रति भन्दा उनी आफ्नो सरप्रति कर्तव्य परायणता देखाउँथिन् । केही दिनको पढाइमा नै उनले उसका बारेमा धेरै जानेकी थिइन् । उसलाई पस्किएको खाजाको तुलनामा मेरो खाजा निकै गरिब देखिन्थ्यो । मेरै खर्चमा मेरै फुलबारीको डाली चपाइरहेको थियो त्यो साँढे । मेरा आँखाअगाडि मेरै आँखा छलिन्थे । ईशारा र कोड भाषा प्रयोग भएका हुन्थे । तर म लाचार त्यो मिठो पकवानमा आफ्ना दाँत गाडिरहेको हुन्थेँ । ऊ मतिर फर्केर मुसुक्क हाँस्थ्यो । मलाई लाग्थ्यो— उसले मलाई मुखमा पिच्च थुकेको हो र भनेको हो— ‘के तलाई लाज लाग्दैन यति राम्री स्वास्नी ल्याउन ? आफू कुरूप भएर । अनि तह लगाएर राख्न सक्दैनस् आफ्नी स्वास्नी ?’ मैले आँखा जुधाउन सक्दैनथेँ उसँग । हारेको साँढेझँै जमिन हेर्न थाल्थे मेरा आँखा । गल्लीका लाचार छेरुवा कुकुरझैँ म अवाक् हुन्थेँ र यस्तै चलिरहेको थियो समय । त्यो कुनै एकदिन जाने बेलामा बिदा माग्यो हामीसँग । मेरी श्रीमती उसलाई विदा गर्न परसम्म गइन् । म बार्दलीमै बसिरहेँ वल्लोपल्लो घर हेरेर । पल्लो घरको पाल्पाली जोडी मुसुक्क हाँसे मलाई देखेर तर केही बोलेनन् । मभने लाजले भुतुक्क भएँ । मलाई लागिरहेको थियो उनीहरू मलाई एउटा शब्दले सम्बोधन गरिरहेका थिए— ‘पानीमरुवा !’ मेरी श्रीमती सरलाई विदा गरेर फर्किन् । हाँसो र मुखको चमक भने उतै आफ्नै केटोलाई दिएर पठाइछन् । मेरो लागि उही पुरानै नाक खुम्चिएको र बाङ्गिएको मुख लिएर आइन् । सरासर सधैँझैँ टाउको दुखेको निहुँमा विस्तारामा घोप्टिइन् । मैले मेरो भागको चन्द्रमा ‘ग्रहण’ लागेजस्तै स्विकारेँ । त्यो नै बाध्यता थियो । आजकल म उसलाई सर भन्दा श्रीमतीको केटो भन्न रुचाउँछु । अब पढाइभन्दा मन र आँखा सेक्ने काम भएको प्रष्ट देखिन्थ्यो । पढाइको क्रममा कक्षामा बसेर मास्टर र विद्यार्थीको एकाग्रता भङ्ग गर्न चाहिनँ मैले । अतः भित्र आफ्नै कोठामा नै बस्न थालेँ । भित्र कोठाबाट वा कतै चरबाट देखिने बार्दलीको प्रेमील मर्मलाई बयान गर्न म सक्दिनँ । म नै यो सुकार्यको परिपोसक भएको छु जस्तो लाग्थ्यो । गर्न सक्ने धेरै थिए तर आँट आएको थिएन । श्रीमती र उसको प्रेम बढोस् वा रोकियोस्, कुन राम्रो ? भन्न सकेको थिइनँ । आजकल छिमेकमा, अफिसमा र यताउता हिडँदा ममाथि ठोकिने नजरहरूले रङ परिवर्तन गरेजस्तो लाग्थ्यो । म त यसै पनि ती नजरहरूमा श्रीमतीका लागि योग्य थिइनँ । त्यसैले ‘देखिस् ?’ भन्ने टाउकाहरू धेरै थिए । ती अर्काका श्रीमती राम्रा देखेर ‘भाउजूले दुःख पाइन भने…!’ भनेर पछाडि लामो डट्डट् ठोकेर बधाई दिनेलाई पनि सघाएजस्तो भएको थियो । ताऽती श्रीमतीको छेउमा चिऽसो तापेर पऽरै सुत्ने असल श्रीमान् भएको छु आजकल । एक मनले यसलाई रोक्न खोजेको पनि हो । गाउँबाट आमाबा बोलाएर डेरामा राख्ने मन पनि आयो । फेरि सोचेँ, आमाबाले पनि यो तमासा रोक्न नसके के होला ? आफ्नो ‘सुन्दर’ छोराकी ‘सुन्दर’ बुहारीको चालाले दुःखी होलान्, आमा बा । किन यसो गर्नुजस्तो लाग्यो । योभन्दा बरु केही क्षण भए पनि श्रमितीको सुन्दर मुहारमा मुस्कानको धर्को हेर्न मास्टर नजाँदै अफिसबाट आउने कोशिस गर्छु । तर आजकल उसको कार्यतालिका मैले निर्धारण गर्न सक्दिनथेँ । अतः कति दिन त भेट पनि हुँदैनथ्यो । तर भेट हुँदा भने उसको नमस्कार र कुटील मुस्कानमा मेरो खिल्ली उडेको चित्र भने मैले बिर्सने कुरै भएन । एक दिन शनिबार मेरो अफिसको खर्दार रघुले जन्मदिनको निम्ता दिएको थियो । मलाई निम्ता नआउने कुरै भएन । बारबार उसले भनेको थियो— “भाउजूलाई लिएर आउनुभएन भने भित्र पस्न पाउनुहुन्न है, हाकिमसाव । रघुकी श्रीमती यता खर्च नपुगेपछि छोरो पढाएर माइतमै बस्छे, बाँकेको कोहलपुरमा । ऊ यता एक्लै छ । मैले श्रीमतीलाई भनेको थिएँ ‘रघुको वर्थ डे हो, दुवैलाई बोलाएको छ । दिनभर उतै बस्ने, डिनर गरेर केकसमेत काटेर फर्कने भनेको छ, तयार होऊ’ उनले मेरो आदेशलाई रत्तिभर पनि मनन् गरिनन् । कहिले पो गर्थिन् र ! उनले सधैँझैँ भनिन्— ‘मेरो घरमा धेरै काम छ । टाउको पनि दुखेको छ । आफू गए हुन्छ, जान्न ।’ यसपछि मेरो कहिल्यै केही चल्दैन । किनकि मसँग उनी बाहिर जाँदिनन् । मलाई श्रीमान् भनेर चिनाउन लाज हुन्छ उनलाई । यसमा मेरो र उनको दोष केही थिएन । यो त तिनै लमीको दोष हो । सुहागरातमा आश्चर्यचकित परेको भेटघाटपछि उनी कैल्यै मिठो बोलेकी छैनन् मसँग । त्यसको मलाई सधैँ अभाव खट्केको छ । अब बानी पनि परिसक्यो । रघुको घरबाट फर्केँ । रघुलाई धेरै गाली गरँे । मनमनै भन्नु नभन्नु भनेँ । उसले बिरामी भएर वर्थ डे पार्टी रद्ध गर्यो । सबै घर फर्के । म पनि कतै गएर दिन काट्ने ठाउँ सम्झने प्रयास गरेँ । केही त्यस्तो ठाउँ पत्ता लागेन । मैले देख्न नहुने कुरा घरमा भइसकेको थियो । मास्टरको मुखुण्डो ओढेको मेरी श्रीमतीको केटो र मेरी श्रीमती मेरो विस्तारामा मस्त निदाएका थिए । रघुले जन्मदिनको कार्यक्रम रद्ध गर्दा अकस्मात् म यस्तो भुमरीमा परेको थिएँ । उनीहरू गोरु बेचेर सुतेकोे किसानझैँ मस्त सुतेका थिए । संसारप्रति उनीहरूलाई रतिभर चासो थिएन । उनी मेरी श्रीमती हुन् तर छेउमा सुत्ने मान्छे म थिइनँ । विस्तारा मेरो थियो । दुवैको अनुहारमा कुनै मेकअप थिएन तर सुन्दर मुस्कान छ्यापिएको प्रष्ट देखिन्थ्यो । निद्रामै पनि एकअर्कालाई छामिरहेका, टटोलिरहेका जस्ता देखिन्थे । पूर्णरूपमा अघाएपछि पनि सिनोबाट मासु लुछिरहेको बाघजस्तै । उसका हातहरू मेरी श्रमितीको वक्षस्थलमा खेलिरहेका थिए, केही खोजिरहेजस्ता । उता मलाई भने काउकुतीको अनुभव भएको थियो । मेरी श्रीमतीका ओठहरू मन्द केही बोलिरहेका जस्ता देखिन्थे । तर नबुझिने पारामा । आँखा चिम्म गरेर आफ्ना लाजहरू छोपिरहेका थिए उनीहरूले । तर उनीहरूले एकअर्कालाई प्रष्ट देखेका थिए । संसारले भने देखेको थिएन, आँखा उघारेको संसार अन्धो भएको थियो । संसारका सुन्दर प्राणीहरूजस्ता देखिएका थिए मेरी श्रीमती र ऊ । मैले उनीहरूलाई डिस्टर्ब होला भन्ने पूर्ण ख्याल राखेँ । विस्तारै झ्यालबाट बार्दलीमा आएँ । कसैले नदेखोस् भनेर झ्याल लगाइदिएँ । बार्दलीमा एकछिन सोचमग्न भएँ । उसले गरेको खुल्ला च्यालेन्जलाई मर्दना टाउकोले महसुश नगरेको पनि होइन । भान्छा कोठामा राखेको मासु काट्ने खुकुरीको याद आयो । खुकुरीले गर्नसक्ने क्रान्तिको पनि याद आयो । तर त्यस्तो सोचाइलाई मुटुले विरोध गर्यो । मेरी आमाले दाहिने हात राखेर छातीको देब्रे पाटो छोएको याद आयो । तिनै आमाले जन्माएको सुन्दर मान्छेको सुन्दर मुटुले आफ्नै घमण्डी टाउकोसँग झगडा गर्दै थियो । उसले मेरी श्रीमतीमाथि निदाउनुभन्दा अगाडि गरेका हर्कतहरूको टाउकोले ताजगी गर्दै थियो भने मुटुले विरोध गर्दै थियो । टाउको र मुटुको आदेश प्रष्ट नहुँदा हात र खुट्टाहरू अलमलमा यताउता टहलिएका थिए तर गर्न केही सकेका थिएनन् । यसरी आफ्नै अङ्गहरू मनोमानी झगडा गरेको अनुभव मलाई कहिल्यै भएको थिएन । यसरी आफ्नै मुटु आफ्नै अगाडि चोरी हुँदा पृथ्वीले दिएको सानो कम्पन भने महशुस भएको थियो । तर मस्त निदाएका ती संसारका सुन्दर प्राणीहरूलाई दखल दिने कत्ति मन भएन । मेरी श्रीमतीको मुहारमा देखिने सानो खुशीको क्षण खोस्न मन लागेन बरु बुटवल बजारको तल रहेको गौरीको भट्टी पसलको याद आयो । विवाह हुनुभन्दा अगाडि ठर्रा पिएर जिस्केको याद आयो । त्यो रातभरि रक्सीको सिरक ओढेर कता सुतेँ थाहै भएन । केही दिनमा मेरी श्रीमतीको मुखमा देखिने खुशीको सानो धर्को मेरो नजरबाट टाढिएको थियो र त्यही दिन भरत सरको विवाहको निम्तो कार्ड घरको बार्दलीमा मुस्कुराउँदै थियो, मेरी श्रीमतीको खुशी लुटेर। आजकल म मेरो आफ्नै बार्दलीमा कालो चस्मा लगाएर टहलिने गरेको छु। अमेरिका #अमेरिका #महेश्वर पन्त एउटा सत्यकथा जुन उपन्यासमा अटाएन...: (यो कथा सत्य घटनामा आधारित हो र यसलाई फिक्सनको रूप दिइएको छ। कथाको मुख्य स्रोत पञ्चायती समयका पत्रकार पदम ठकुराठी हुन्। ठकुराठी तिनै व्यक्ति हुन्, जसलाई पत्राकारिता गरेबापत पञ्चायती शासकका भित्रियाहरूले गोली हानेका थिए । यो घटना २०४३ साल भदाै २० गते भएको त्यही असफल हत्याको पृष्ठभूमिबाट लिइएको हो । यसमा लेखकले ठकुराठीलाई गोली हानेपश्चात आएका समाचार र स्रोत व्यक्तिहरूबाट तथ्यहरू संकलन गरेका थिए । यस कथालाई लेखकले ‘रेडियो छाप सलाइ’ उपन्यासका लागि लेखेका थिए तर सुरक्षा तथा अन्य कारणले यसलाई त्यसबेला समावेश गर्न सकेका थिएनन् । साहित्यपोस्टको आग्रहमा यसलाई पहिलो पटक सार्वजनिक गरिएको हो । यसका लागि लेखक कल्याण गौतमप्रति आभार ।- सम्पादक) एक ‘मालिक बरबादै भयो ! ” “किन, के भयो र ? ” “शरद्चन्द्र शाह अमेरिकामा पक्राउ परे ।” “कहिले?” “अहिले भरखरैको कुरा । ” तात्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहको अगाडि उभिएको एडिसीले आत्तिदै भन्यो, “थाहा पाउनेबित्तिकै बिन्ति चढाउन आएको मालिक ।” “ए ! त्यसो पो भएछ !!” तात्कालीनअधिराजकुमार धीरेन्द्रको अगाडि उभिएको एडिसी भरत गुरुङ बेचैन थियो । ओठ खडेरीका पातझैँ सुख्खा थिए, अनुहार फुङ्ग उडेको । अधिराजकुमार धीरेन्द्र आफ्नो एडिसीतिर टाउको उचाले र गम्भीर मुद्रामा भने, “अनि ? शरदचन्द्रसँग अरु को को थिए ?” “कृष्णमान श्रेष्ठ ।” भुइँको बाक्लो गलैँचामाथि उभिएको मंगोलिन अनुहारको त्यो एडिसी टाउको तल झुकायो र भन्यो, “अरु थाहा हुन सकेन मालिक ।” “ए त्यसो भए…” बेडरुम बाहिरको लबीमा रहेको सोफामा पलेँटी मारेर बसेका थिए धीरेन्द्र । सुत्न जाने तरखरमा रहेका धीरेन्द्र शाह गुरुङको कुरा सुनेर खुब घोरिए । छेउको झ्याल बाहिरको कौशीमा बत्ती बलेको थिएन । त्यसैले काठमाडौंको डाँडामाथि उदाएको जूनको उज्यालो छतभरि पोखिएको थियो । धेरैबेरसम्म घोरिएका धीरेन्द्रले आफ्नो एडिसीलाई आदेश दिए, “यतिबेला अमेरिकामा दिउँसो छ। तिमी अहिलेनै अमेरिकास्थित नेपाली राजदूतलाई र हाम्रो परराष्ट्रमन्त्रीलाई तुरुन्त फोन गर । उनलाई जसरी भए पनि छुटाउने आदेश देऊ तर यी सब कुरा गोप्य राख्नू ।” “हुन्छ मालिक ।” आदेश पाउनासाथ एडिसी भरत गुरुङले हात जोड्दै भन्यो, “जो हुकुम मालिक ।” पदले एडिसी भए पनि धीरेन्द्रको दाहिने हात थियो ऊ । अधिराजकुमार धीरेन्द्रबाट आदेश पाउनासाथ एडिसी बाहिरियो । काठमाडौंको रात्रिकालीन सुनसान बाटोहरुमा दौडिएको उसको गाडी वरपरका घरहरु थर्काउँदै केही बेरमै उसको घरको गेटभित्र छिर्\u200dयो । गाडीलाई गराजमा पार्क गरेर ऊ हातको घडी हेर्दै गाडीबाट निस्कियो | रातको बाह्र बजिसकेको थियो । “विश्वजी, जसरी भए पनि शरच्चन्द्र शाहलाई छुटाउनु पर्\u200dयो ।” मध्यरातमा घरको ल्याण्डलाइनबाट अमेरिकास्थित नेपाली राजदूतसँग फोनमा कुरा गर्दै अधिराजकुमार धीरेन्द्रको एडिसी ले भन्यो, “यो मालिकको आदेश हो ।” “मैले भर्खरै थाहा पाएँ ।” अमेरिकाबाट राजदूत विश्व प्रधानले फोनमा भने, “म प्रयास गर्छु ।” “प्रयास होइन, काम हुनुपर्\u200dयो ।” त्यो मध्य रातमा पनि एडिसीको स्वरमा कडापन थियो । दायाँ हातको रिसिभरलाई उसले बायाँ हातले मजबुतसँग समायो र भन्यो, “यो अरुको होइन, मालिकको आदेश हो ।” “म आफैँ जमानी बसेर भए पनि त्यो काम गर्नेछु ।” राजदूत विश्व प्रधानले पद र प्रतिष्ठालाई दाउमा लगाए । राजदूत बनेर अमेरिका पुगेका विश्व प्रधान कार्यकालको बीचमै फिर्ता हुन चाहँदैन थिए । त्यसैले उनले फोनमा भरत गुरुङलाई विश्वस्त पार्दै भने, “विश्वास गर्नुहोस्, म काम गर्छु ।” “…. र यो कुरा अत्यन्तै गोप्य रहोस् ।” एडिसीले लामो स्वास तान्यो र अन्त्यमा भन्यो, “फेरि यो कुरा समाचार बन्ला नि ! याद गर्नुहोला । त्यताका नेपालीहरु ठीक छैनन् ।” मालिकको आदेश लिएर अरुलाई थर्काउन बडा सिपालु थियो, भरत गुरुङ । पञ्चायतकालमा उसको नाम थाहा नपाउने कोही थिएन । फिल्मको हिरो भन्दा कम थिएन ऊ । भन्थ्यो, दुई चार जनालाई त यत्तिकै ढालिदिन्छु । राजाका भाइहरुलाई विश्वासमा लिन सफल उसको पछिल्लो जीवनशैली राजाहरुकै हाराहारीमा थियो । अर्को दिन बिहान नहुँदै उसले परराष्ट्र मन्त्रीलाई फोन गर्\u200dयो । मन्त्रीले पनि मालिकको आदेशअनुसार काम गर्ने विश्वास दिलाएपछि एडिसी दङ्ग पर्\u200dयो तर यो कुरा अमेरिकामा बस्ने नेपालीहरुले थाहा पाए र फोनमार्फत कसैले नेपालको एक साप्ताहिक पत्रिकालाई घटनाको जानकारी गराइदियो । अर्को दिन निस्कने साप्ताहिक पत्रिका ‘विमर्श’ले त्यो घटनालाई प्रमुख समाचार बनाएर मुख्य पृष्ठमा छापिदियो । जसका सम्पादक थिए, पदम ठकुराठी । दुई “मालिक बरबाद पार्\u200dयो त्यसले ।” पत्रिका निस्केको दिन बिहानै बैठक कोठाभित्र छिरेको भरत गुरुङले कोठामा विराजमान अधिराजकुमार धीरेन्द्रका अगाडि उभिएर शीर झुकाउँदै भन्यो, “सर्पलाई विष खुवायो भने त्यस्तै हुन्छ मालिक ।” “मैले अघि थाहा पाएँ ।” “त्यसले लेखेरै छाडेछ ।” अधिराजकुमारले आफ्नो एडिसीतिर हेरेर भने, “त्यसले लेखेरै छाडेछ हैन ?” “हो मालिक।” एडिसीको टाउको अझै निहुरिएको थियो । ऊ फेरि भुइँतिरै हेरेर बोल्यो, “कत्रो हिम्मत उसको ! मालिकहरुको बारेमा लेख्ने ?” “तिमी चिन्ता नगर ।” बहुमूल्य सामानहरुले सजाइएको धीरेन्द्र निवासको बैठक कोठा भव्य थियो । भुइँतलको माटोबाहेक एउटा पनि स्वदेशी समान थिएन त्यहाँ । बैठकको बीचमा सजाइएको सिंहासनजस्तो ठूलो काउचमा बसेका अधिराजकुमार धीरेन्द्रले आफ्नो एडिसीलाई विश्वस्त पार्दै भने, “मैले माल्दाइ (ज्ञानेन्द्र)लाई सबै कुरा अवगत गराइसकेको छु । उहाँ त्यो मान्छेसँग आगो भइबक्सेको छ रिसले ।” “हो मालिक !” एडिसी दङ्ग पर्\u200dयो । धीरेन्द्रको अगाडि उभिएको उसको टाउको काँचो माटोझैँ तल झुण्डिरहेको थियो । ऊ फेरि बोल्यो, “के हुकुम भयो त मालिक उहाँबाट ? ” “आज बोलाइ बक्सेको छ उहाँले आफ्नै निवासमा तिमी र जगत बेलुका त्यहीँ आउनू ।” धीरेन्द्रले आफ्नो अगाडि उभिएको एडिसीतिर हेर्दै भने, “तर यो कुरा कतै नभन्नू । ठूल्दाजु (तात्कालीन राजा वीरेन्द्र) लाई पनि …।” “हवस् मालिक ।” एडिसीले आफ्नो झुण्डिएको टाउको अलिकति उठायो र भन्यो, “म जगतलाई अहिले नै खबर गर्छु ।” ००० सन् १९८४ मा ओलम्पिक गेम हुँदै थियो अमेरिकाको लस एन्जल्स शहरमा । त्यतिबेला राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्र नेपाल खेलकुद परिषद्का संरक्षक थिए भने सदस्य सचिव थिए शरच्चन्द्र शाह । नेपालको तर्फबाट उपस्थिति जनाउन अमेरिका उडेको शरच्चन्द्र शाहलाई लस एन्जल्स अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी होम सेक्युरिटीले अचानक गिरफ्तार गर्नुको कारण सहितको समाचार छापेपछि पत्रकार पदम ठकुरी तात्कालिन राजाका भाइहरुको आँखाको कसिंगर बनिरहेका थिए । तीन “पदम दाइ तपाईंको फोन,” राजभाइ श्रेष्ठले आफ्नो हातको कर्डलेस पदम ठकुराठीको हातमा राखिदिँदै भने, “कुरा गर्नुहोस् ।” “कस्को फोन ?” ‘उही भरत गुरुङको ।” “ए, मलाई खोजेको त्यसले ?” पदम ठकुराठीले दायाँ कानको भित्तामा नफुत्किने गरी कर्डलेस फोन टाँसे र कराए, “हेल्लो ।” “नमस्कार पदमज्यू, म भरत गुरुङ बोल्दैछु ।” “नमस्कार ।” पदम ठकुराठीले एक पटक कार्डलेसले हेरे र फेरि बायाँ कानको भित्तामा नफुत्किने गरी कर्डलेस फोन टाँसे र फेरि कराए, “के थियो, भन्नुस !” “तपाईंसँग मालिकहरु धेरै रिसाइबक्सेको छ ।” उताबाट एडिसीको आवाज सुनियो, “मालिकहरुलाई रिसानी हुने काम गर्नै भएन ।” “अनि तँ किन जान्ने भएको ?” त्यतिबेला निर्भिक पत्रकार पदम ठकुराठीलाई सूर्यबहादुरको मान्छे भन्थे। पञ्चायतकालमा सूर्यबहादुर दरबारलाई हातमा लिएर “इंडिया” सँग राम्रो ‘डिल’ गर्न सक्ने नेता कहलिन्थे। त्यसैले पञ्चायत कालको राजनीतिमा सूर्यबहादुर प्रभावशाली नेता थिए । त्यस कारण पनि पदम ठकुराठी कसैसँग डराउँदैन थिए। उनले फेरि बायाँ कानको भित्तामा टाँसेको कर्डलेस फोन दायाँ कानको भित्तामा टाँसे र फेरि कराए, “यदि त्यसो हो भने तेरा मालिकहरुले नै मसँग कुरा गर्नु पर्\u200dयो नि ।” “ठीकै छ, तपाईंसँग लामो कुरा भयो ।” भरत गुरुङले रिसाएका पदम ठकुराठीलाई शान्त पर्दै भन्यो, “तपाईंको टेलिफोन नम्बर पाउँ न त । म पछि फोन गर्छु ।” “ए ! फोन चाहियो ?” पदम ठकुराठीले फोनबाटै आफ्नो टेलिफोन नम्बर दिँदै भने, “ल लेख्, मेरो नम्बर। म डराउनेवाला छैन। ” पञ्चायतकालमा राजनीतिक दलका ठूला नेताहरु कि दुलोभित्र लुक्थे कि भारततिर भाग्थे । पञ्चायती शासकहरुले भेट्यो भने तिनलाई झ्यालखाना हाल्थे । उस्तै परे गोली हानेर मारिदिन्थे । भन्थे- आफैँ मर्\u200dयो । कानूनका किताबहरुमा धमिरा लागेको हुन्थ्यो । मौसमअनुसार पञ्चायती शासकहरु ठाउँठाउँमा भाषण गर्न निस्किन्थे र भन्थे, हाम्रो जस्तो राम्रो व्यवस्था संसारमै छैन । व्यक्तिहरुले मात्र चुनावमा भाग लिन पाउँथे, दलहरुले होइन । चुनाव जितेका तिनै व्यक्तिहरुलाई राष्ट्रिय पञ्चाय सदस्य भनिन्थ्यो । तिनीहरुलाई आफ्नो नामको अगाडि माननीय लेख्न पाउने सुविधा थियो । पञ्चायकालमा बडा गज्जबको चुनाव हुन्थ्यो । जोगमेहर श्रेष्ठ नाम गरेका एक जना व्यक्ति थिए, काठमाडौंका । तिनको चुनाव चिह्न हुन्थ्यो, माछा । उनी बडेबडे माछा लिएर चुनाव प्रचारमा निस्किन्थे । मानिसहहरुले भन्थे, जोगमेहर खतरानाक छन् । तिनीसँग पैसा पनि छ । चुनाव जिते भने जागिर पनि लगाइदिन्छन् । तिनै जोगमेहर श्रेष्ठसँग चुनाव हारेर वैरागी बनेका राजभाइ श्रेष्ठले त्यो दिन केशरमहल पछाडिको आफ्नो घरमा लन्च खान पत्रकारहरुलाई आग्रह गरेका थिए र निम्तालु पत्रकारहरु थिए, जनार्दन आचार्य, कमल जोशी र तिनै पदम ठकुराठी । “यिनीहरुले तर्साएर म तर्सन्छु ?” हातको कर्डलेश फोन राजभाइ श्रेष्ठलाई फिर्ता दिँदै पदम ठकुराठी कुर्लिए, “म अझै लेख्छु, यिनीहरुको बारेमा ।” “पदम दाइ अझै छ र लेख्ने कुरा ?” घरको माथिल्लो छतमा टेबुलभरि नेवारी परिकारहरु थिए। ठूलो टेबुललाई घेरेर राखिएका कुर्सीमा बसेका निम्तालु पत्रकारहरु लञ्च खाँदै थिए । चिसो बियरको बोटलहरु पनि थिए टेबलमा । तिनै निम्तालुहरुको छेउमा बसेका थिए राजभाइ । बियरको स्वाद लिँदै गरेका राजभाइले क़ुराकानीको प्रसंगलाई जोड़दै भने, “अस्ति लेखेर सकिएन र भन्या ?” “कहाँ सकिनु यिनीहरुको कुरा !” बियरको ग्लास रित्तियो । ठकुराठीले टेबलमा रहेको “रेडियो छाप सलाई” उठाए र सिगरेट सल्काए अनि हावामा धुवाँको मुस्लो छोड्दै तिनी फेरि बोले, “यिनीहरुको कुरा जति लेखे पनि सकिन्न ।” “के कुरा रहेछ दाइ त्यस्तो ?” रित्तो ग्लासमा बियर थप्दै गरेको राजभाइले भने, “सुन्न मिल्छ ?” “मिल्छ, किन नमिल्नु ! आरामले मिल्छ।” निडर पत्रकारको रुपमा चिनिने पदम ठकुराठीले चारैतिर हेरे । राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलका बाटाहरुमा विदेशी पर्यटकहरु हिँडिरहेका थिए। तिनले चिसो बियर एकपटक फेरि मज्जाले तन्काए र भने, “यिनीहरुले फुटबलभित्र चरेस लुकाएर लगेको साँचो हो । राजाका भाइहरुले राजाकै हैसियतमा भिआइपी पासपोर्टमा विदेश घुम्छन् । यिनीहरुको सामान एयरपोर्टमा चेक हुँदैन । यिनीहरु बाहिर जाँदा देशका पुराना मूर्ति र चरेश लैजान्छन् । अनि फर्कंदा हेरोइन र सुन ल्याउँछन् । यिनीहरुको पश्चिम नेपालमा कत्था उत्पादन गर्ने मिल छ । सुनलाई कत्थाकै रंगमा बदलेर यिनीहरु भारतमा पठाउँछन् किनकि यतिबेला सुन नेपालमा भन्दा भारतीय बजारमा महँगो छ । यो भन्दा पनि दु:खलाग्दो कुरा ‘मन्दिर नै मन्दिरको देश’ भनेर चिनिने नेपालका मन्दिरहरुका बहुमूल्य मूर्तिहरू सब गायब भइसके । कहाँ गए ती मूर्तिहरु ?” “मूर्तिहरु जहाँ पुगे पनि फ्राई गरेको माछाहरु चैँ हाम्रो टेबुलमा आइपुग्यो है दाइ !” पत्रकारहरुको बीचमा दरबारविरोधी कुराले उग्र रुप लिन थालेपछि अतिथिसत्कारमा जुटेका राजभाइ श्रेष्ठले प्रसंग बदल्ने उपाय सोच्दै थिए । ठीक त्यतिबेला भान्साकोठाबाट काम गर्ने केटाले टेबुलमा भर्खरै तारेको माछाका पिस लिएर आयो । राजभाइ श्रेष्ठले माछातिर इशारा गर्दै फेरि भने, “ल पदम दाइ माछा खाऊ । साह्रै मीठो छ ।” राजभाइको कुराले तीनै जना पत्रकार दिल खोलेर हाँसे। त्यो दिन अबेरसम्म चल्यो लञ्च । पत्रकारहरुले पञ्चायती व्यवस्थाका दिनहरु धेरै छैनन् भनेर ठोकुवा गरे । तिनका कुरा राजभाइले खुब गहिरिएर सुने । लञ्च सकिएपछि राजभाइले पत्रकार कमल जोशी, पदम ठकुराठी र जनार्दन आचार्यलाई आफ्नो गाडीमा राखेर गन्तव्यतर्फ लागे । जनार्दन आचार्यलाई घरको गेटमा छोडेर कमल जोशीको घर पुगी पदम ठकुराठीको डेरा बानेश्वर आइपुग्दा राजभाइको घडीमा रातिको नौ बजिसकेको थियो । चार “कस्को फोन हो यो ?” लगातार फोनमा घन्टी बजिरहेको थियो । डेराभित्र पसेका पदम ठकुराठीले बजिरहेको फोन सेटतिर हेरेर भने, “फोन उठाउनु पर्दैन ?” ” त्यो हजुरको फोन हो ।” फोन राखिएको बैठक कोठाबाट किचेनतिर जाँदै गरेकी श्रीमती ठकुराठीले भनिन्, “अरु कसैको फोन होइन त्यो ।” पदम ठकुराठी फोनसेट नेरको मेचमा थ्याच्च बसे। तिनलाई फ़ोन ऊठाउने मन थिएन। “हेल्लो,” निकै बेरपछि फोन उठाउँदै उनले भने, “को बोलेको ?” “म भरत गुरुङ बोल्दैछु,” उताबाट जवाफ आयो, “ठकुराठीज्यू हुनुहुन्छ ?” “म पदम ठकुराठी नै बोल्दैछु,” फ़ोनमा आवाज चिने पनि फेरि ठकुराठीले सिधै सोधे, “ल भन्, तेरो कुरा के हो ?” “माननीयज्यू तपाईंलाई एउटा प्रस्ताव छ ।” “के प्रस्ताव ?” पदम ठकुराठी छेउको सोफा ढल्काए । तिनका आँखा राता थिए । कोठाभरि छरिएका पत्रपत्रिकाहरु र किताब देख्दा लाग्थ्यो, त्यो मिहिनेती पत्रकारको बासस्थान हो। त्यही कोठाको सोफामा ढल्कँदै उनले भने, “भन छिटो ।” “तपाईंले यो पत्रकारिता पेशा छाड्नु पर्\u200dयो । यो दुई पैसा पनि फाइदा नहुने काम गरेर केही फाइदा छैन,” उताबाट शालिन भाषामा भरत गुरुङले भन्यो, “बरु त्यसको बदलामा तपाईं पद, प्रतिष्ठा अथवा पैसा जे भन्नु हुन्छ, म मालिकबाट दिलाइदिन्छु ।” “चाहिँदैन मलाई तेरो मालिकले दिएको पद, पैसा र प्रतिष्ठा ।” भरत गुरुङको कुराले आगो भए पदम ठकुराठी र उनी जुरुक्क उठे र कराउँदै भने, “मलाई तेरो मालिकबाट केही चाहिन्न। तेरो मालिकले दिएको पद, पैसा र प्रतिष्ठा भन्दा मलाई मेरो पाठकहरुले दिएको माया हजारौँ गुणा ठूलो छ। अब आइन्दा मलाई यस्ता कुरा गरेर फोन नगर्नु बुझिस् ?” फोन ढ्याक्क राखेर मुर्मुरिँदै भने, “साला ! अब त झन् त्यसलाई के छोड्छु ? त्यसको बारेमा म लगातार लेखिछाड्छु ।” त्यो दिन असाध्यै जङ्गिएर फोनराखे पत्रकार ठकुराठीले । त्यसपछि उनलाई भरत गुरुङले कहिल्यै फोन गरेन। पाँच “गोली टाउकोमै लागोस् । फेरि खुट्टातिर हानेर आउला नि!” “त्यस्तो हुँदैन हामीबाट।” “घर यही हो ?” मध्यरातमा काठमाडौँको पुरानो बानेश्वरस्थित रंगनाथ पाठकको घरमा कालो सिसाले छोपेको गाडीभित्रबाट देखाउँदै कसैले भन्यो, “तल्लो तल्लामा सुतेको होला, गएर उडाइदेऊ ।” बाहिर चुक घोप्टिएको जस्तो अँध्यारो थियो । बाटोको छेउमा उभिएर अग्ला खम्बाहरुमा झुन्डिएको बत्तीहरुले फ्याँकेको उज्यालो ठाउँठाउँमा पोखिएको थियो । त्यो सुनसान रातमा सडकमा डुल्ने भुस्याहा कुकुरहरुको आवाज मात्र सुनिन्थ्यो। “ल, काम फत्ते गरेर आउनू।” हातमा पिस्तोल राखिदिँदै अघि घर देखाउनेले मन्त्र पढेझैँ गरी कानैमा गएर भन्यो, “फेरि जिउँदै रहला नि?” “त्यस्तो हुँदैन,” पिस्तोल हातमा समाउने मोटो ज्यानको केटाले भन्यो, “काम पक्का हुन्छ।” स्ट्रिट लाइटको उज्यालोलाई छलेर बायाँ छेउमा उभिएको कारबाट दुई जना बाहिर निस्के। मन्द गतिमा कार अलि अगाडि पुगेर एउटा अँध्यारो गल्लीतिर साइड लाग्यो । गाडीबाट ओर्लिएकोमध्ये एकजना त्यहीँ उभियो । उज्यालो छलेर अर्को पेशेवर हत्यारा पर्खाल उक्लियो र कम्पाउण्डभित्र छिर्\u200dयो । बडो सावधानीपूर्वक उसले तल्लो तलाको झ्यालबाट एक-एक गर्दै कोठाहरुभित्र चियाउन थाल्यो। बिरालोको चालमा झ्यालबाट भित्र चिहाउने क्रममा उसले पदम ठकुराठी सुतेको कोठा पत्ता लगायो। झ्यालसँगै जोडिएको फराकिलो बेडमा श्रीमती, एक छोरासँगै पदम ठकुराठी मस्त निदाएका थिए । छेउको टेबुल ल्याम्प बलिरहेको थियो । उनको छातीमा एउटा मोटो किताब घोप्टो परेको थियो। हेर्दा लाग्थ्यो, किताब पढ्दापढ्दै निदाएका हुन्। आफूसँगै ल्याएको हतियार प्रयोग गरेर उस्ले झ्यालमा लगाइएको जाली काट्यो। कोठाभित्र हावा छिर्नको लागि उधारिएको झ्यालको सिसा बाहिरतिर फर्किएको थियो । उसले देब्रे हात जाली काटिएको भागबाट भित्र छिरायो र भित्रको पर्दा अलिकति खोल्यो । खल्तीबाट बिस्तारै पिस्तोल झिक्यो अनि मस्त सुतेको पदम ठकुराठीतिर पिस्तोल सोझ्यायो। अनि ठकुराठीको टाउकोमा गोली प्रहर गर्\u200dयो । “गुहार! गुहार! मेरो श्रीमानलाई कसैले गोली हानेर भाग्यो,” गोलीको आवाजले तर्सदै उठेकी श्रीमती ठकुराठीले ढोका खोलेर बाहिर निस्किन् र पर्खाल नाघेर भागेको हत्यारातिर हेर्दै भनिन्, “गुहार! ब्वाँसाहरुले मेरो श्रीमानलाई गोली हानेर गाडीमा भागे।” “के भयो हँ ? कसले के गर्\u200dयो ?” घर वरिपरिका छिमेकीले झ्याल फटाफट खोले। “कसले हान्यो गोली हँ ?” “हाम्रो टोलमा को आएछ?” छिमेकीहरु तुरुन्तै आँगनमा जम्मा हुन थाले। चारैतिर हल्लाखल्ला हुनथाल्यो। कति मान्छे डरले घरभित्रै बसे । रगतले लतपतिएको बेडमा सुतेका पदम ठकुराठीको शरीर अचेत भइसकेको थियो। उनको एक वर्षे छोरा जोडजोडले रोइरहेको थियो। पदम ठकुराठीको टाउकोबाट रगत बगेर बिस्ताराभरि फैलिरहेको थियो र उनको अचेत शरीर उत्तानो परेको थियो। दृश्य एकदमै विकाराल थियो। “राक्षस हरुले गोली हाने। तिमीहरुको सत्यानास् होस्।” बाहिरबाट दौडदै कोठाभित्र पसिन्, श्रीमती ठकुराठी। रगतमा लतपतिएका श्रीमानको टाउको र शरीर देखेर तिनी काँप्न थालिन्। छेउमा सुतेको छोरा अझै कहालिएर रोइरहेको थियो। तिनी उभिन सकिनन् र भुइँमा थ्याच्च बसिन् र भनिन्, ‘सत्य कुरा छाप्ने पत्रकारमाथि गोली चलाएर भागे राक्षसहरु।” वरपरका छिमेकीहरुले कल गर्नासाथ साइरन बजाउँदै तुरुन्त एम्बुलेन्स आयो र उनलाई बोकेर एम्बुलेन्स हस्पिटलतिर दौडियो। “नलेख् भनेकै त हो नि !” पल्लो छेउको रातो घरको झ्याल बन्द गर्दै कसैले भन्यो, “बडा राजाको विरुद्धविरुद्ध लेख्ने भा को ?” २०४३ साल भदौ २० गते बिहान साढे चार बजे गोली लागेका पदम ठकुराठीलाई वीर हस्पिटल पुर्\u200dयाउँदा बिहानको पाँच बजिसकेको थियो। छ “अवस्था एकदमै खराब छ,” उपचारमा संलग्न डा. दिनेशनाथ गंगोलले वीर अस्पतालको आकस्मिक कक्षबाहिर निस्किएर भने, “तैपनि हाम्रो प्रयास जारी छ।” श्रीमती ठकुराठी डाक्टरका कुरा सुनेर थर्रर काँपिन्। रोक्न खोज्दाखोज्दै तिनका आँखाबाट बगे आँशुहरु। तिनी त्यहाँ उभिन सकिनन् र अस्पताल हाताभित्र फोन खोज्न दौडिन्। फ़ोनका लागि कसैले सहयोग गरेपछि उनले छेउको कोठाबाट तात्कालिन राजा वीरेन्द्रका सचिव कर्णध्वज अधिकारीलाई फ़ोन लगाइन्। “सारा अस्पताल जनताले घेरिसके। तपाईंहरु किन चूप ?” तिनै तात्कालीन राजा वीरेन्द्रका सचिव कर्णध्वज अधिकारीसँग फोनमा मनको पीडा र आक्रोश पोख्दै श्रीमती ठकुराठीले भनिन्, “के हो यो ? यस्तो पनि हुन्छ ?” “त्यसो होइन,” कर्णध्वजले श्रीमती ठकुराठीलाई सम्झाउँदै गरेको आवाज उताबाट आयो, “यतिखेर असंग्लन राष्ट्रहरुको शिखर सम्मेलन हरारेमा हुँदैछ। राजा वीरेन्द्र त्यहीँ होइबक्सन्छ। राजासँग अघि भर्खरै कुरा हुँदा उसलाई जसरी भए पनि बचाउनू भन्ने हुकुम भएको छ। म प्रधानमन्त्रीसँग कुरा गरेर उचित निर्णय लिन लगाउँछु।” “हरे ! के भएको यस्तो ?” आफ्ना शुभचिन्तकहरुको बीचमा उभिएकी श्रीमती ठकुराठीले रुँदै भनिन्, “देशको पत्रकारको टाउकोमा गोली लागेको छ तर बचाउने प्रयास कतैबाट भएको छैन।” त्यत्तिकैमा हस्याङ्गफस्याङ्ग गर्दै हस्पिटलभित्र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको प्रवेश भयो। थापा निकै बेचैन थिए। आफ्ना हितैषी पदम ठकुराठीको अवस्था बुझ्न अस्पतालभित्र छिरेका थापासँग श्रीमती ठकुराठीको अनायास भेट भयो। “तपाईं मेरा श्रीमानको लास हेर्न आउनु भएको ?” थापालाई देख्नासाथ श्रीमती ठकुराठीले चोर औँला सोझ्याउँदै भनिन्, “यही हो तरिका ?” ‘त्यस्तो केही होइन।” थापा झन् आत्तिए। अस्पतालभित्र र वरपर मानिसहरुको भीड बढ्दै गैरहेकोले वातवरण आफ्नो अनुकूल नभए जस्तो लाग्यो तिनलाई र त्यहीँबाट टाप कस्ने विचार गर्दै भने, “म सबै कुरा मिलाउँछु।” बिहानैदेखि सुरक्षा निकायका गाडीहरु काठमाडौंका सडकहरुमा दौडिरहेका थिए। पुलिसका लामालामा भ्यानहरु सहरका गल्लीगल्लीमा खुब घुम्दै थिए। पदम ठकुराठीलाई गोली हानेको खबर काठमाडौंभित्र हावाझैँ फैलँदै गएपछि अप्रत्यासित रुपमा मानिसहरुको भीडले अस्पताल घेर्न थालिसकेको थियो। “यो सब सूर्यबहादुर थापाको फेरि प्रधानमन्त्री हुने चाल हो,” अस्पताल अगाडि जम्मा भएको भीडबाट सेतो दाह्री पालेको मान्छे करायो, “ठकुराठी त मोहरा मात्र हुन्, यो दरबार भित्रकै तस्करहरुको खेल हो।” भीडको बीचबाट हातमा ब्यान्डेज बाँधेको एउटा केटा कुर्लिदै भन्यो, “झुन्ड्याउनु पर्छ, तिनीहरुलाई ।” “ए नकरा तँलाई पनि उडाउलान् पाजी !” दाहिने कानमा कुण्डल लगाएको केटाले उसको साथीको कानैमा गएर भन्यो, “चुप लाग्।” “साहसी हुन्, ठकुराठी। यिनको कलम डगेन,” भीडको बीचबाट एउटा पातलो मान्छेले मुठ्ठी उचाल्दै करायो, “यस्ता धेरै पत्रकारको खाँचो छ देशलाई।” २०२१ सालमा विज्ञान पढ्न नेपालको सुदूरपश्चिमी जिल्ला कञ्चनपुरबाट काठमाडौं छिरेका पदम ठकुराठी राजनीतिमा खुब चासो राख्थे। २०१७ सालमा तात्कालीन राजा महेन्द्र राणाहरुकै शैलीमा शिकार खेल्न शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्र पुगेको बेला यिनले राजा महेन्द्रलाई भेटे। राजालाई भेटेपछि यिनी राजसंस्थाकै पक्षमा उभिए राजनीति गर्दागर्दै २०३४ सालमा कञ्चनपुरबाट चुनाव जितेर माननीय बने तर २०३८ सालको चुनावमा पराजित भएपछि यिनीले पत्रकारिताको क्षेत्रमा कलम चलाउन थालेका थिए। सत्य कुरा लेख्न कत्ति पनि नडराउने पदम ठकुराठीलाई त्यतिबेलाका केही मानिसहरुले भन्थे, “यी त महापञ्च सूर्यबहादुर थापाका मान्छे पो हुन् त।” सात “हामी मिस्टर ठकुराठीको अन्तिम सफलतामा पुग्दैछौँ,” भारतबाट डा. सहगलको टिम नेपाल आएर उपचारमा संलग्न हुँदा पनि ठकुराठीको स्थितिमा सुधार नआएपछि सरकारमाथि चौतर्फी दबाब बढ्दै गयो। सरकारले बिदाको दिन पनि नेपाल राष्ट्र बैंक खोलेर सात हजार डलर निकासा गरेर ठकुराठीलाई थप उपचारको लागि बैंकक पठायो। थाइल्याण्डको शहर बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको ठकुराठीको उपचारमा संग्लग्न डाक्टरले धेरै दिनको प्रयासपछि बल्ल मुख खोल्दै भने, “तर एउटा कुरा…।” “के कुरा डाक्टर?” श्रीमती ठकुराठीले आत्तिदै भनिन्, “भन्नुहोस् न।” “उनी अब बाँच्छन्।” अग्लो जीउडाल भएको डाक्टरले आफ्नो कुहिरा आँखा नचाउँदै भन्यो, “तर होस् खुलेपछि या त उनी पूरै पागल हुन्छन् या बच्चाको जस्तो व्यवहार देखाउँछन्। या उनलाई पक्षघात हुनसक्छ।” सन् १९७५ तिर अमेरिकाको बमवर्षक विमानले भियतनामका आकाशमा फनफनी घुम्दै बम खसाल्थे। भियतनामी नेता हो चि मिह्नका चेलाहरु घना जङ्गलभित्र लुकेर बस्थे। जब अमेरिकी सेनाहरु तिनलाई खोज्न जङ्गलभित्र छिर्थे, तब गुरिल्ला युद्ध शुरु हुन्थ्यो। मर्ने र मार्नेको ठेगाना हुँदैन थियो। वर्षौंसम्म चलेको त्यो युद्धमा घाइते हुने अमेरिका सेना र अफिसरलाई लिएर भियतनामबाट उडेको विमानहरू थाइल्यान्ड पुग्थे तिनका ज्यान बचाउन। तिनै अमेरिकी सेनाहरुका लागि भनेर विशेष रुपमा खोलिएको थाइल्यान्डको समितिभेज अस्पतालमा भर्ना गरिएको पदम ठकुरीको पैंतीस दिनपछि बल्ल होस खुल्यो। “मिस्टर ठकुराठी के छ हाल खबर ?” अग्लो जीउ डाल भएको डाक्टर कुहिरा आँखा नचाउँदै कोठाभित्र छिरेरे होसमा आएका पदम ठकुराठीको हात समाउँदै भन्यो, “भन्नुहोस् त, अहिले अमेरिकाको राष्ट्रपति को छ ?” “किन सोधेको ?” ठकुराठी छक्क परे। म कहाँ आइपुगेँ भन्ने कुराको अत्तोपत्तो नपाएका उनले कोठाको चारैतिर हेरेर भने, “रोनाल्ड रेगन।” “कङ्ग्राचुलेसन्स।” डाक्टर छेउमा बसेकी श्रीमती ठकुराठीतिर हेरेर भन्यो, “अब कुनै चिन्ता लिनु पर्दैन। हामीले सोचेको भन्दा फरक नतिजा आयो। मिस्टर ठकुराठी पहिले जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुभयो।” “थ्याङ्क्यु डाक्टर,” श्रीमती ठकुराठीले खुशीका आँशु झार्दै भनिन्, “म आभारी छु, तपाईंहरुप्रति र नेपालका राजा वीरेन्द्रप्रति।” डाक्टर कोठाबाट बाहिरिएपछि श्रीमती ठकुराठीले हस्पिटलको झ्यालबाट बाहिर हेरिन्। त्यो साँझ अत्यन्तै शोभायमान बनेर दुलहीझैँ सिंगारिएको थियो बैंकक शहर। “पत्रकारलाई गोली हानेर पनि सत्य कुरा लुक्छ ?” पदम ठकुराठीले झ्यालनेर उभिएर अन्तै हेरिरहेकी श्रीमतीलाई आफ्नो नजिक बोलाए। उनी श्रीमानको छेउमा पुगिन्। श्रीमतीतिर हेर्दै उनले भने, “सत्ता र शक्तिले मान्छे कसरी पशुमा रूपान्तरण हुन्छ देख्यौ मनशा !! यिनीहरुविरुद्ध म अझै लेख्छु, निरन्तर लेख्छु।” (कल्याण गौतम रेडियो प्रस्तोता हुन्। उनी स्रोताहरुबीच डियर कल्याणका रुपमा लोकप्रिय छन्।) #कल्याण गैतम #पत्रकार #पत्रकारिता अङ्कुरको गजल: ढलाई देशको शान, के गर्दैछौ यस्तो दुखाएर बर्तमान, के गर्दैछौ यस्तो ।। च्यातेर टालाहरु, रुवाइ आमालाई उफ ! देशका शैतान, के गर्दैछौ यस्तो ।। अटल माथ सगरको, तल झार्न खोजी, आफ्नै शिरको अपमान, के गर्दैछौ यस्तो ।। हर मञ्चमा उस्तै, देशभक्तलाई बिर्सी, देश द्रोहीलाई सम्मान, के गर्दैछौ यस्तो ।। भुँडी भरी शासकको, बुद्धि भ्रष्ट गरि, हरे ! मेरो भगवान, के गर्दैछौ यस्तो ।। #अङकुर चन्द जीवन एक स्क्रिप्ट: जी वनलाई घटना मान्न सकिँदैन । तसर्थ जन्म र स्वाभाविक मृत्युलाई पनि घटना मान्न सकिँदैन । जन्मपछि मृत्यु अवश्य आउँछ । समयजस्तो कालजीवि भएर बाँच्न सकिँदैन । हाम्रो सुरू छ र नै अन्त्य पनि छ । जसको उद्भव हुन्छ, त्यसको विनाश पनि हुन्छ । तर विनाशको अर्थ यो होइन कि त्यो हाम्रा जगत र ब्रह्माण्डबाट अकस्मात् हराएर जान्छ । त्यसले कुनै न कुनै प्रक्रियाद्वारा आफ्नो स्वरूप मात्र परिवर्तन गरिरहेको हुन्छ । कति कुराहरू निर्धारित (निश्चित) हुन्छन् भने कति कुराहरु अनिर्धारित (अनिश्चित) हुन्छन् । यही दुईको माझमा द्रव्यमानको कुल मात्रा नित्य कायम रहन्छ । स्पेश र समयलाई छुटाएर छुटाउन सकिँदैन । हामी स्पेश र समयभित्रै जन्मदछौँ अनि मर्दछौँ पनि । हामी छौँ तर हामी स्पेस र समयमा छैनौँ भन्न सकिँदैन । भौतिक स्पेसको प्रत्यक्ष (बोधगम्य) हुन्छ तर समयको हुँदैन, त्यसैले समयको वर्णन हामी स्पेससित (स्पेसको स्थायित्वसित) जोडेर जान्दछौँ । समयको एउटै मात्र आयाम छ । यसको न त सुरू छ, न अन्त्य नै । तर स्पेस र समयभित्र अवस्थित हामी मानवको चाहिँ अवधि हुन्छ । हाम्रो आफ्नै मौलिक स्वाभाविकता छ । हामी हाम्रो संसारभित्र स्वाभाविक (प्राकृतिक) मृत्यु मर्दछौँ । हामीले अप्राकृतिक वा असामयिक मृत्युलाई घटनासित जोड्ने गरेका छौँ अनि मन बुझाउनलाई चाहिँ ईश्वरको महान् इच्छासित । जन्म र मृत्युलाई भाग्यसित जोड्यौँ भने हाम्रो निर्भरता भाग्य लेखिदिने त्यो महान् शक्तिकारप्रति जान्छ । अनि हाम्रो मस्तिष्कमा एउटा प्रश्न उठ्नसक्छ—हामी प्रत्येक व्यक्तिको जीवनको स्क्रिप्ट (पटकथा) लेखिदिने रचनाकार को हुन् त ? [bs-quote quote=”नैतिक आदर्शका आधारहरूबिना मानव संसारमा प्रेम, शान्ति अनि प्रगति सम्भव हुँदैन । त्यसरी नै ईश्वरबिनाका नैतिक आधारहरूको कुनै महत्वै हुँदैन ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] हामीले हाम्रो जीवनको स्क्रिप्ट लेखिदिने लेखकलाई ‘ईश्वर’ नाम दिएका छौँ । हाम्रो जीवनको पूर्वकथा ईश्वरले नै रचिदिएको हो भने हामीलाई हाम्रो रचनाकारसित भेट गर्न अवश्य मन लाग्नेछ । त्यो अदृश्य रचनाकारको खोज हामी आफैँमा एउटा अधिकार पनि हो । खोजिरहेका कति प्रश्नहरूका उत्तरहरु नपाइँदा हामी कुनै अलौकिक शक्तिस्रोतको परिकल्पना गर्दछौँ । हामीले त्यस्तै अलौकिक शक्तिलाई हाम्रो जीवन-जगतको निर्देशक मानेका छौँ । निर्देशकले हामीलाई कतिपय स्वतन्त्रता दिए तापनि आखिरमा उनले हामी जन्मनुअघि नै लेखिदिएको जीवनको स्क्रिप्टअनुसार नै हाम्रो अन्त्य हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । धर्मग्रन्थहरूले पनि यही कुराहरू अप्रत्यक्षरूपमा स्वीकार्छन् अनि ईश्वरको अनुयायी भएर उनको अनुग्रहमा बाँच्न सिकाउँछन् । यसको अर्थ यो होइन कि मैले ईश्वरको खण्डन गरिरहेको छु । वास्तवमा विज्ञानले त्यो अलौकिक शक्तिस्रोतको खोज आफ्नै तरिकाले गरिरहेको हुन्छ । ईश्वरको मन बुझ्ने कोसिस गरिरहेको हुन्छ । ईश्वरको सैद्धान्तिक अस्तित्वबिना संसार चल्दैन । नैतिक आदर्शका आधारहरू बिना मानव संसारमा प्रेम, शान्ति अनि प्रगति सम्भव हुँदैन । त्यसरी नै ईश्वर बिनाका नैतिक आधारहरूको कुनै महत्त्वै हुँदैन । सैद्धान्तिकरूपमा नै भए तापनि हाम्रा आशा, आकांक्षा अनि आस्थाको निम्ति ईश्वरको अस्तित्व अनिवार्य हुन्छ । तर मानिसहरूले त्यति मात्र बुझ्न चाहेका छैनन् । कतिले ईश्वर सर्वशक्तिमान हुनुहुँदो रहेछन् भन्ने कुरालाई मात्र विशेष ध्यान दिएको पाइन्छ । ईश्वरबाहेक हामी कोही पनि पूर्ण स्वतन्त्र छैनौँ । ईश्वरका असाधारण निगरानी अनि इच्छाको अनुग्रहभित्र हाम्रो जीवनको खेल कायम रहन्छ साथै उनको शक्तिअघि हाम्रो शक्तिको त्यस्तो कुनै विशेष प्रभाव नै रहँदैन । त्यसरी ईश्वरको रचनाभित्र हामी दाससरह हौँ । कति मानिसहरूले ईश्वरका शक्ति र प्रतिष्ठाको अनुकरण गर्दै मानवरूपि ईश्वर बन्ने कोसिस गरिरहेका हुन्छन् । जब कुनै व्यक्तिले ईश्वरका चालहरूलाई चोरी गर्दै शक्तिमान बन्दै जान्छ उसले पनि ईश्वरले झैँ हामी धेरैको जीवनको स्क्रिप्ट लेख्ने कोसिस गर्दछ । ईश्वरले जन्मनुअघि नै लेखिदिएका जीवनको स्क्रिप्टमा उसले आफ्नै क्षमतानुसार हस्तक्षेप गर्दछ । मानिसका जन्मजात अधिकारहरू हनन् गर्दछ । उसलाई हाम्रा स्वतन्त्रता अनि खुशीहरू छिन्नमा बढी आनन्द लाग्दछ । उसले कसैको मौलिक अधिकारहरू छिन्नमा आफ्नो अधिकार नै मान्न थाल्दछ । उसले त्यो काम कुनै पनि व्यक्तिको कुनै पनि कमजोरीद्वारा भ्रम सिर्जना गरेर गर्दछ । [bs-quote quote=”ईश्वर बन्न चाहनेहरूले ती कमजोरीहरूको फाइदा उठाएर राष्ट्र र सङ्गठनका स्क्रिप्टहरू मात्र होइनन् हामीले बाँच्नुपर्ने जीवनको स्क्रिप्ट समेत गुप्तरूपमा लेख्ने गर्दछन् । हामीलाई थाहा हुँदैन कि कसरी संसारका शक्तिशालि राष्ट्रहरू, शासकहरू, पुँजीपतिहरू अनि नीति निर्माताहरूले हाम्रो स्वाभाविक जीवनमा हस्तक्षेप गरिरहेका हुन्छन् ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] परिवार, सङ्गठन अनि देशले आफ्ना उद्देश्य र सङ्कल्पअनुरूप स्क्रिप्ट लेखेका हुन्छन् । पारिवारिक प्रतिष्ठामा सांस्कृतिक, सामाजिक अनि राजनैतिक तत्त्वहरूको जटिल जडान हुन्छ । सङ्गठनहरूले पनि आफ्नो सङ्गठनका हित र प्रवर्धनमा संविधान लेखेका हुन्छन् । देशवासीहरूको जीवन उनीहरूको राष्ट्रले लेखिदिएका संविधानका नियम, अधिनियम अनि कानूनहरूले चल्दछ । देशवासीहरूभन्दा पनि उनीहरूको राष्ट्रका संविधान र कानून ठूला हुन्छन् । तर सङ्ग-सङ्गठनहरूदेखि लिएर राष्ट्रले लेखेका संविधान र कानूनहरूको प्रयोगमा शक्तिशालि व्यक्तित्वले हेरफेर गर्ने कोसिस गरिरहेको हुन्छ । शक्तिशालि र सम्पन्न व्यक्तिले संविधान र कानून तोड्नु र आफ्नै कानून अन्तर्भुक्त गर्नु कति बेर लगाउँदैन । कारण प्रयोग गर्ने र गराउनेहरू सबै मानिसहरू नै हुन् । अनि प्रत्येक मानिसका लोभ, स्वार्थ र कमजोरीहरू हुन्छन् । ईश्वर बन्न चाहनेहरूले ती कमजोरीहरूको फाइदा उठाएर राष्ट्र र सङ्गठनका स्क्रिप्टहरू मात्र होइनन् हामीले बाँच्नुपर्ने जीवनको स्क्रिप्ट समेत गुप्तरूपमा लेख्ने गर्दछन् । हामीलाई थाहा हुँदैन कि कसरी संसारका शक्तिशालि राष्ट्रहरू, शासकहरू, पुँजीपतिहरू अनि नीति निर्माताहरूले हाम्रो स्वाभाविक जीवनमा हस्तक्षेप गरिरहेका हुन्छन् । हामी बिहान उठेर कुन ब्रान्डका चिया-कफी पिउनुदेखि लिएर कस्ता पारिवारिक, सामाजिक, सैद्धान्तिक, व्यावहारिक अनि सांसारिक जीवन जिउनुपर्ने भन्ने कुरामासमेत अप्रत्यक्ष तरिकाले अदृश्यरूपमा निर्णय लिइरहेका हुन्छन् । वस्तु र विचारद्वारा भ्रम सिर्जना गरेर हामीलाई उनीहरूको गुप्त स्क्रिप्टअनुरूप जिउन सिकाइरहेका हुन्छन् । हामी मेडिया, सामाजिक-सञ्जाल अनि अन्तर्सञ्जालको परिधिभित्रबाट बाँचिरहेका हुन्छौँ। हामीलाई ग्राहक र नागरिकको रूपमा केही हदसम्म दासत्वको जीवन जिउन वाध्य बनाइरहेका हुन्छन् । उनीहरुका इच्छा, विचार अनि योजनानुरूप बाँच्न प्रेरित गरिरहेका हुन्छन् । यी सबै उनीहरूको (शक्तिशालिहरूको) स्क्रिप्ट लेख्ने नयाँ तरिकाहरू मात्र हुन् । ईश्वर छ या छैन त्यो हामी किटान गरेर भन्न सक्दैनौँ । तर त्यसरी जे हुन्छ सबै ईश्वरको इच्छानुरूप नै हुन्छ भन्यौ भने जीवन जिउनुको कुनै अर्थै रहँदैन । भाग्यमा जे लेखेको छ त्यो नै हुन्छ भन्यौ भने हामी भाग्यवादमा (नियतिवादमा) खस्दछौँ अनि असीम प्रतिगमनको चपेटमा पर्दछौँ । त्यसरी सोच्ने हो भने त वर्तमानमा चलिरहेको कोरोना भाइरसको महामारी पनि ईश्वरकै इच्छा मान्नुपर्यो अनि आ-आफ्नो भाग्यको खेल । भोलि कुनै देशले हाम्रो देशमाथि आक्रमण गरिहाल्यो भने ईश्वरकै इच्छा मान्नुपर्यो । ‘ताकतवरको जीत’ जस्तो डार्विनको प्राकृतिक चयनको सिद्धान्तहरूलाई मान्नेहरूले युद्धलाई जायज ठान्दछन् साथै भ्रम सिर्जना गर्नसक्नुमा आफ्नो सफलता । यसकारण हामी प्रत्येक व्यक्ति सचेत, सक्षम अनि ज्ञानी बन्न अति आवश्यक छ । नत्र भने अज्ञानी र दुर्बलहरू जङ्गलका गाई-भैँसी र मृगहरू बन्नेछन् अनि ताकतवरहरू चाहिँ बाघ, सिंह र चितुवाहरू। [bs-quote quote=”हामी बाँचिरहेको जीवन पूर्णरूपले स्वतन्त्र बचाइँ होइन रहेछ । हामीलाई थोपिदिनेहरू धेरै हुँदो रहेछन् । हामी कमजोर भयौ भने हामीलाई कसैले पनि आफ्नो फाइदाको निम्ति प्रयोग/उपभोग गर्न सक्ने रहेछ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] माथिका कुराहरूबाट के भन्न चाहेको भने हामी बाँचिरहेको जीवन पूर्णरूपले स्वतन्त्र बचाइँ होइन रहेछ । हामीलाई थोपिदिनेहरू धेरै हुँदो रहेछन् । हामी कमजोर भयौ भने हामीलाई कसैले पनि आफ्नो फाइदाको निम्ति प्रयोग/उपभोग गर्न सक्ने रहेछ । हामी अनजानिमा उनीहरूद्वारा डिजाइन गरेको (रचित) स्क्रिप्टको शिकार बन्नुपुग्दो रहेछौँ । कमजोर बन्नु भनेको एउटा जबर्जस्ती अज्ञानताको जीवन बाँच्नुपर्ने वाध्यता पनि रहेछ । यही वाध्यतामा हामी एउटा कृत्रिम भ्रममा फस्दो रहेछौँ अनि जीवन-जगतको सत्य नबुझी मर्दो रहेछौँ । धनी र शक्तिशाली व्यक्तिहरूले हामीलाई बजारका उत्पादित सामानहरू (वस्तुहरू) जस्ता मात्र ठान्दो रहेछन् । त्यस्तो दासत्वको जीवन जिउनु हुँदैन भन्नु नै यस लेखको मूल उद्देश्य हो । ती तथाकथित अनि कृत्रिम स्क्रिप्टहरू तोड्न स्वचेतना, शिक्षा र ज्ञानद्वारा मात्र सम्भव हुन्छ, अनि त्यसको सुरू चाहिँ हामी चिन्तन र स्वविश्लेषणद्वारा गर्दछौँ । #ईगम खालिङ फेरि बल्झियो खाटो बसेको घाउ: भि त्तामा झुण्डाइएको घडीले रातको बाह्र बजेको संकेत गरिसकेको छ । तर पटक्कै निद्रा छैन । निष्पट्ट अँध्यारो रात सुनसान छ । मनमा उठेका उथलपुथल छालहरुले शरीर रन्न तातिएको छ । झ्याल खोलेर टाउको बाहिर निकाल्छु, चिसो हावाले केही शितलताको महसुस हुन्छ तर बाहिर मात्र भित्रको सुनामी उस्तै छ, सुनसान सडक, आकाशका ताराजस्तै झिलिमिली बत्तीले सजिएको शहर टाढा टाढासम्म नियाल्छु । अहँ, कतै पनि आफ्नोपन भेट्दिनँ । निराशाको कालो बादल मडारिँदै आएर छोपेजस्तो चारैतिर अन्धकार देख्छु । पूरा नभएका सपनाले घच्घच्याएजस्तो, जिस्काएजस्तो । खै किन हो कुन्नी ? आफैँसँग हारेजस्तो । कोसिस गर्छु, साहस बटुलेर हाँस्ने । अहँ, सक्दिनँ । पटक्कै सक्दिनँ । फेरि नियाल्न पुग्छु, त्यही शहरलाई, लाखौँ मान्छे यिनै कंक्रिटका महलभित्र निसास्सिएका छन् । लाग्छ, मेराजस्तै लाखौँका सपना तुहिएका होलान् यही खाल्डोभित्र । आमा केही छिन निदाएकाले मनलाई केही सान्त्वना मिलेको छ । तर कता कता सहारा खोजिरहेछ । “तँ पीर नगर, म छु”, भन्ने मान्छेको अभाव महसुस भएको छ । अनायासै फर्कन्छु, त्यो बालापनमा । माटो र ढुंगाको सानो घर, जस्ताको छानो चिटिक्क थियो । आमाको मिहिनेत घर र करेसाबारीमा छर्लङ्ग देखिन्थ्यो । आँगनमा पाइला राख्नसाथ जोकोहीले आमाको प्रशंसा सुरु गर्थे; सेविका सुवेदी कति सफा घर ! सागसब्जी कस्तो राम्रो सप्रिएको ! फूल बगैँचा उस्तै सुन्दर ! आदि । पल्लो आँगनबाट बाजेले जवाफ फर्काउँथे, “यस्तो जाँगरिली आइमाई त यो गाउँमै छैन । यो रामे मोराको भाग्य बलियो रहेछ । अल्छे मोरो ! संगतले आजभोलि त अल्ली जाँगरिलो भाछ ।” बाले जवाफ फर्काइहाल्थे, “हैन बाजे, म अल्छे भाको भए हजुरको तीन खला खेत कस्ले जोत्यो त ! एघार वर्षको उमेरदेखि यही माटोसँग खेल्या छु, हजुरका छोराले हलो समाएका छैनन् ।” बाजे अलि शान्त स्वरमा जवाफ फर्काउँथे, “तँलाई मात्र जोताएको छु र मोरा ?” सबै हाँस्थे । आमा मुसुमुसु हाँस्दै भित्र पस्नुहुन्थ्यो । बा सबेरै उठेर खेत जानुहुन्थ्यो । आमा घरको सारा काम भ्याएर मलाई स्कुल पठाई बाको लागि खाना बोकी खेतमा जानुहुन्थ्यो । साँझ दुवै जना कहिले घाँस दाउरा त कहिले अन्नको भारी लिएर बाजेको पिँढीमा बिसाउँथे । पसिनाले निथ्रुक्क भिजेका कपडा शरीरमा लपक्क टाँसिएका हुन्थे । बाको तालुमा नाम्लोको डाम छर्लङ्गै देखिन्थ्यो । कुर्कुच्चा पट्पटी फुटेका हुन्थे । भारी बिसाएर लामो स्वास फेर्न नपाउँदै बज्यै बाँकी कामको लिष्ट भिराउँथिन् । आमा नसुनेझैँ गरी घरतर्फ लाग्नुहुन्थ्यो, बा त्यही भारीमाथि ज्यान ढलाएर घुर्न थाल्नुहुन्थ्यो । म पण्डित बाजेको आँगनमा खेलेर हुर्किएँ । साथीहरुले, “तिम्रो घर कुन हो ?”, भन्दा म त्यही घरलाई आफ्नो भन्दिन्थेँ । तेरो–मेरो, ठूलो–सानो, राम्रो–नराम्रो, कुनै भेद थिएन । सबै आफ्नो अनि सबैको प्यारो । बाजेको रुखो बोली, बज्यैको नमीठो गाली, सबै प्रिय लाग्थ्यो । मेरो नजरमा सबैभन्दा नजिकका साथी यिनै दुई थिए । म मस्त निद्रामा छँदा शंख र घण्टाको आवाजले ब्युझाउँथ्यो । जुरुक्क उठेर दगुर्दै बाजेको आँगनमा तुलसीको मोठ नजिक पुग्थेँ । दुवै हात जोडेर आँखा बन्द गर्थेँ । बाजेको नजर प–यो कि छैन ? बीचबीचमा आँखा खोलेर बाजेको अनुहारमा हेर्ने प्रयत्न गर्थेँ । लामा लामा जुँगाभित्रबाट मुख खोलेर मुसुमुसु हाँस्दै भन्थे, “यो लाटो रामेकी छोरी खुब बाठी छ, चलाख छ ।” पूजा सकेपछि एक दुई रुपियाँका सिक्कासहित फलफूल मेरा हातमा आइपुग्थे । म फुरुङ्ग पर्दै भित्रतिर दौडन्थेँ, ठूलो शरीर, कालो वर्ण, ठूल्ठूला आँखा हेर्दा सक्कल डरलाग्दो देखिए पनि सायद मनका कोमल थिए होला बिहानै गाउँका मान्छे सहयोगको लागि हात पसार्दै आइपुग्थे । दैनिक स्कुलबाट फर्किएपछि बज्यैले बिहानको बचेको बासी भात दिनुहुन्थ्यो, कपाकप खान्थेँ । अनि भाडा माझ्ने, कुचो लाउने, पानी बोक्ने काममा बज्यैलाई साथ दिन्थेँ । मीठो–नमीठो, यो खान्छु, त्यो खान्छु भन्ने मौका कहिल्यै पाइनँ । कहिलेकाहीँ बाजेले कथा सुनाउनु हुन्थ्यो, ध्यान दिएर सुन्थेँ । मनमनै आफूलाई तिनै कथाको पात्रभित्र पाउँथेँ । कहिले आफू पनि त्यस्तै हुने कल्पनामा रमाउँथेँ त कहिले तिनै पात्रसँग विद्रोह गर्थेँ । बाजेसँग वन जान्थेँ । ठूल्ठूला रुखमा चढने हिम्मत गर्थेँ । कुनै काम गर्दिनँ, सक्दिनँ भन्ने बानी थिएन । त्यही भएर बाजे फुर्काइरहनु हुन्थ्यो । साँझ आमा फर्किएपछि मात्र घर जान्थेँ । दिनभरको कामको थकाई भए पनि आमा फेरि खाना बनाएर खुवाउनु हुन्थ्यो । उहाँको मुहारका कहिल्यै दुःख, निराशा र रिस देखिदैन थियो । बा चाहिँ रिसाइरहनुहुन्थ्यो, “यी शासकको कहिलेसम्म नोकर भएर बस्नु, जति काम गरे नि मीठो खान, राम्रो लाउन हाम्रो भाग्यमा लेख्या छैन क्यारे ! न त कुनै दिन फुर्सद छ । अब हुन्न ! छोरी पनि ठूली भई । अब म विदेश जान्छु । यिनको गुलामी गरेर उँभो लागिन्नँ । यसरी न तलाईँ खुसी दिन सक्नु, न त छोरी पढाउनै ।” ”अरु सबै कुरा गर, तर छोडेर जाने कुराचाहिँ नगर है ! विदेशमा के पैसा फल्छ र ? दुःख त जहाँ पनि गर्नु परिहाल्छ नि !”, बाको कुराले आमा मुखमा पुगेको गाँस पनि छोडेर रुन थाल्नुहुन्थ्यो । “हामी टुहुरा, बा आमाजस्ता बाजे बज्यै छन् । दुई छाक खान पुगेकै छ । मीठो मानेर खाए सबै मीठो हुन्छ । हामी साना मान्छे, यही घरमा हुर्कियौँ । साहु हुन्, सारा गाउँले मानेका छन् । केही वचन त सहनेैे प–यो नि ! आफूभन्दा ठूला मान्छेसँग रीस राख्नु हुन्न, दशा लाग्छ । गाउँको पढाइसकेपछि बाजेले नै माइला दाइसँग शहर पढ्न पठाउँछु भन्या छन् छोरीलाई ।” आमा सम्झाउनु हुन्थ्यो । बा जवाफ फर्काउनु हुन्थ्यो, “पठाए भन्ने मात्र हो । काम खानलाई, नचिन्या मान्छे हुन् यी पण्डित !”, सन्कदै उठेर हिँडनुहुन्थ्यो । समयको रफ्तारसँगै दिनहरु बित्दै थिए । बिस्तारै मैले बुझेका, सुनेका देखेका कुरामा फरक महसुस हुन थाल्यो । आफ्नै ठानेको पण्डितको घर आफ्नो लाग्न छोडेको थियो, बाजे बज्यैका गालीले कता कता बिझ्न थालेको थियो । गरिबी, अभाव र सम्पन्नता बीचको अन्तरले आत्माग्लानि हुन्थ्यो । बा-आमाको कडा मिहिनेत केवल दुई छाक टार्न मात्र सीमित थियो, यी सब कुराले मभित्र विद्रोह भाव जागिसकेको थियो । तर चुपचाप सहनुको विकल्प थिएन । बुढ्यौलीसँगै बाजे बज्यैको कचकच बढ्दो थियो । शरीर थाक्दै गएकोले होला, पहिलेजस्तो रवाफ थिएन । सबै छोराछोरी विदेश थिए, एउटा छोरो शहरमा । ती पनि चाडबाडको बेला मात्र घरमा पाइला टेक्थेँ । बाआमा प्रतिको जिम्मेवारी पटक्कै देखिदैनथ्यो तर बूढाबूढीमा भने छोराछोरीसँग बस्ने चाह स्पष्टै झल्कन्थ्यो । बूढाबूढीको स्याहारदेखि घरको सबै कामको जिम्मा मलाई थियो । एसएलसीपछि शहर लगेर पढाउने आश्वासन बाजेका माइला छोराले छोडेका थिए । त्यही आसमा म रमाइरमाई सारा काम गर्थेँ । मनमा अनेक सपना सजाएर त्यसैमा मक्ख थिएँ । आफ्नो घर थिएन, न त एक टुक्रा जमीन । यही कुरामा बाको बारम्बार गुनासो सुनेकी थिएँ । पण्डितले आफ्नै जग्गामा बाको बिहेपछि बनाइदिएको घर रहेछ, मैले बल्ल थाहा पाएकी थिएँ । ममा बाको गुनासो सम्बोधन गर्ने ठूलो इच्छा थियो । वैशाख महिनाको घाम चर्को थियो । केही समयदेखि बज्यैलाई सञ्चो थिएन । खुट्टा सुन्निएका थिए । खाना खाएर आमा बज्यैलाई मसाज गर्दै हुनुहुन्थ्यो । बाजे पिँढीको सुकुलमाथि लडिरहेका थिए । बा भने बिहानभरि कामको थकाई, एकैछिन आराम गर्छु, भन्दै घरभित्र छिर्नुभएको थियो । बाजे छोरा फर्केर आएनन् । “मर्न पाए हुन्थ्यो, सास जान पनि कति कठिन रहेछ”, भन्दै फतफताई रहेका थिइन् बज्यै । अचानक जमीन हल्लियो । के भो? के भयो ? भन्दा भन्दै घरका ईँटाहरु झर्न थाले । गाउँका मान्छेहरु हल्ला गर्न थाले । पिंढीबाट लतार्दै बाजेलाई आँगनमा ल्याएँ । अहो, बा घरभित्र । म जोडले चिच्याएँ, “बा, बा..।” दौडन खोजेँ, खुट्टा चलेनन् । बल्लबल्ल घरको नजिक पुगेँ, पूरै घर गर्लम्मै ढल्यो र जमीनसँग मिल्यो । बाको आवाज बन्द भयो । आँखा धमिलो हुँदै गयो । चारैतिर अन्धकार थियो । सपनाजस्तो, मुटुको धडकन फुट्लाजस्तो गरी धड्किरहेको थियो । त्यसपछि के भयो ? थाहा भएन । होसमा आउँदा हस्पिटलको बेडमा थिएँ । आमा नजिकै अर्धचेत अवस्थामा । थाहा पाएँ, बाले संसार छोडिसक्नु भएछ । सोधेँ, बाजे बज्यै ? दुवैलाई काठमाडौँ लगिसकिएछ । हाम्रोजस्तै धेरैका समस्या थिए, कतिले परिवार गुमाएका त कति अपाङ्ग भएर बाँच्ने प्रयत्न गरिरहेका । सबैलाई नियाँले, धन्न ईश्वर ! मन टुक्राटुक्रा भए पनि शरीर त सकुशल छोडिदियौ! बाँच्ने हिम्मत गरे आमालाई हेरेर दरिलो सहास बटुलेँ । केही समय सबैको सहयोग थियो, अरुसँगै टहरोमा बास थियो । दिन बित्दै गए, त्यो गाउँमा बाको यादले झन्झन् सताउन थाल्यो । बस्ने मन नै भएन जमीन हल्लिन छोडेको थिएन । यस्तै अवस्थामा आमालाई लिएर गाउँ छोड्ने निणर्य गरेँ । जे त होला ! लाखौँ मान्छे अटेको त्यो शहरमा हामी कसो नअटौँला ? म आमालाई लिएर काठमाडौँ छिरेँ । कतै बाजेबज्यैसँग भेट हुन्छ कि भन्ने झिनो आशा बाँकी नै थियो । गाउँका एक दाइले बस्ने कोठासम्म खोजिदिनु भयो, महिनाको तीन हजार भाडा । अँध्यारो, चिसो दिउँसै बत्ती बाल्न पर्ने त्यही भए पनि रात काट्ने सहारा बन्यो । काम खोज्न होटल होटल चाहारेँ, बल्लबल्ल काम पाएँ । बिस्तारै गाउँ छोडेपछि आमालाई पनि बाको न्यास्रो कम हुँदै गयो । आमा ठीक हुँदै जानु भयो । एउटा घरमा काम पाउनुभयो । “घरको काम सजिलो छ, गर्छु भन्नु भयो”, मैले नि हुन्छ भनिदिएँ । अब अलि सजिलो हुँदै गयो । आमाको काम गर्ने घरमा राम्रो कोठा लिएर बस्न थाल्यौँ । मेरो पढ्ने चाहना दबाएरै राखेकी थिएँ । आमा हो, उहाँले मैले भन्दा बढी सम्बोधन गर्नुहुन्थ्यो, मेरा चाहनालाई । आमाछोरी सल्लाह गर्यौँ । मैले पढ्न सुरु गरेँ । बिहान कलेज जाने, दिउँसो होटलको काम छोडेर मार्केटिङ्ग गर्न थालेँ । एघार कक्षाको रिजल्ट पनि राम्रो आयो, बाह्र कक्षाको परीक्षाको तयारीमा थिएँ । केही समयअघिदेखि आमालाई केही समस्या देखिएको थियो । डाक्टरको सल्लाहअनुसार औषधि लिइरहनुभएको थियो । यसैबीच कोभिड–१९ को महामारी विश्वभर फैलिएका समाचार आउन थाले । चैत्र ११ बाट नेपालमा पनि लकडाउन सुरु भयो । हाम्रो काम पनि बन्द भयो । अफिस बिदा भएर सबै घरमा भएकाले आमालाई काममा आउनुपर्दैन भन्ने आदेश भयो । “केही समय हो, त्यसपछि सब ठीक हुन्छ,” आशा थियो । आजभोलि भन्दै दुई महिना बितिगयो । विगतको यादले आमालाई सताउन थाल्यो, दुःख अभावको घाउ बल्झिन थाल्यो । यसको प्रभाव दुई वर्षदेखि जित्दै आएको सुगर प्रेसर र दमले आमालाई जित्न थाल्यो । केही दिनदेखि धेरै चाप्दै थियो, भोक निद्रा लाग्न छाडेको छ । बाको मृत्युपछि चुरोटको सहाराले मन बुझाउने बहाना बनिसकेको थियो । आमालाई त्यसैले दमले सतायो । अहिले बल्ल आमा निदाउनुभयो, तर मलाई पटक्कै निद्रा छैन । किन किन, एक्लो महसुस भएको छ । बाको अभाव झनझन् खड्किएको छ । यस्तो विपतमा अलिकति आँट दिने, साथ दिने कोही नहुँदा बेसहाराझैँ भएकी छु । एउटा विपत्तिबाट उठ्न नपाउँदै फेरि अर्को विपत्ति, आमाको स्वस्थ्य, सबै सम्झँदा मन भारी भएको छ । आमालाई झनझन् समस्या बढिरहेको छ । यस्तो बेला न उपचार गर्ने पैसा छ, न त साथ दिने मान्छे ? थाकिसकेको घाउ फेरि बल्झिएको छ । बाले छोडेर गएको त्यो कालो दिनले किन हो कुन्नी, घरिघरि तर्साइरहेको छ । #मजदुरी #सेविका सुवेदी फूल: “दाइ दाइ” आवाजले टक्क अडिन्छ ऊ । चारैतिर नजर दौडाउँछ । सुनसान सडक छ। फ्याट्टफुट्ट गुडिरहेका गाडीहरु छन् तर कोही देखिँदैनन्। भ्रम परेको होला भनेर ऊ फेरि अगाडि बढ्छ। फेरि आवाज आउँछ, “दाइ दाइ।” अर्जुन थापा “दाइ, यता तल क्या ! कस्तो नदेख्नुभएको मलाई ?” माइतीघरको मण्डलमा लस्करै फुलिरहेको फूलहरुमध्ये कुनैबाट आवाज आइरहेको छ। “तिमी पो ! यस्तो सुनसानमा कसले बोलायो भनेर अचम्म परेको त,” फूल तिर हेर्दै ऊ । “मुखमा मास्क लगाएर हिँड्दा त चिनेँ टाढैबाट तपाईंलाई मैले । तपाईं भने !” खिसिक्क हाँस्दै फूल । “सबैलाई चिन्न छाडिसकेको छु म अचेल मैले । अब त आफैँलाई चिन्न छाड्ने पो कि भन्ने डर लागिरहन्छ,” फूल नजिकै गएर भन्छ ऊ । “यस्तो लकडाउनको बेला पनि किन डुल्न निस्केको त ? कि लकडाउन छ भन्ने नै बिर्सनु भयो ?” जिस्काउँदै फूल । “भोलि केही होला जस्तो छ, मण्डलामा नै आइराख्नु भनेको भएर आएको त, सुनसान पो छ त!” चारैतिर आँखा डुलाउँदै । “तीन चार दिन अगाडिसम्म त केही चहलपहल नै थियो । हिजोदेखि सबै बन्द छ । कुरा मिल्यो रे भन्ने सुनेको हो मैले पनि,” बाक्लिदै गएको केटोको सेतो दाह्रीलाई हेर्दै भन्छे फूल । “यो कोरोनाको कारण व्यापार चौपट भयो नि मेरो ! दिनमा एउटा न एउटा पार्टीको सभा जुलुस भै रहन्थ्यो र मेरो व्यापार पनि फस्टाएको थियो । बिस्तारै सम्पर्क बढ्दै थियो,” खल्तीमा रहेको आधा खिल्ली चुरोट सल्काउँदै । “त्यही त नि ! यो लकडाउन भयो भन्ने खबर सुन्नेबित्तिकै तपाईंको अनुहार झट्ट आएको थियो दिमागमा मेरो । विगत केही वर्षदेखि लगातार यही मण्डलामा आएर पार्टी पिच्छेको झण्डा बोक्दै कराउनु भएको थियो। कति पटक त पुलिसले गाडीमा हालेर लगेको पनि देखेकी छु तपाईंलाई । र, तपाईंको लवाइखवाईमा आएको परिवर्तन पनि राम्ररी देखिरहेकी थिएँ,” चुरोटको धुँवाबाट आफूलाई जोगाउँदै फूल । “दिनमा तीन चार घण्टा यही मण्डलामा आएर उनीहरुले सिकाएको कुराहरुलाई क्यामेरामा बोकेका पत्रकारका अगाडि चिच्याई-चिच्याई करायो बस् । पैसा पनि राम्रै पाउने र खाना पनि । बिस्तारै कमिसन लिएर भाडामा मान्छेहरु पनि राखेको थिएँ । जति मान्छे चाहियो भन्ने माग हुन्थ्यो, त्यति व्यवस्था गरिदिन्थेँ। यही हिसाबले व्यापार बढेमा अर्को वर्षसम्ममा काठमाडौंमा नै थोरै भए पनि जग्गा लिने विचारमा थिएँ ।” मण्डलाको छेउमा खम्बामा झुण्डिरहेको च्यात्तिएर लखतरान परेको नेपालको झण्डालाई हेर्दै भन्छ ऊ। “देशमा भएका हरेक पार्टीका मान्छेहरुसँग सम्पर्क छ होइन र ? किन सहयोगको लागि भन्नु हुन्न त तपाईं ?” उपाय बताउँदै फूल । “गतिविधि ठप्प छ । तिमी भन्दा खत्तम अवस्थामा छौँ हामी त झन् भनेर भन्छन् जुन पार्टीवालालाई भने पनि । रोगले भन्दा पनि भाकले मार्ने भयो त अब,” मुखभित्र खैनी हाल्दै । बीच सडकमा ४–५ वटा गाईहरु आरामले बसिरहेका छन् । त्यत्तिकैमा परबाट एउटा मत्तको साँढे आएर एउटा गाईमाथि चढ्न थाल्छ। अलिपर रहेका ट्राफिकहरु गोरु गाईमाथि चढेको खुब चाख दिएर हेर्न थाल्छन् । “मेरो एकएक गरेर पत्रकारझैं सबै सोध्यौ तिमीले अनि तिम्रो चैँ के छ नि खबर?” अब उसले सोध्न थाल्छ फूललाई । “नरिसाउनु होला दाइ, हामी अहिले यति खुशी छौँ कि के भन्नु !” अनुहारमा चहक ल्याउँदै फूलले भनी, ”नदेखेको र नसुनेको भइरहेको छ । बिहान हुन पाएको छैन गाडीहरुका बैराग लाग्ने टाईं र टुईंका आवाज । थोत्रा गाडीहरुबाट निस्केको कालो मुस्लोहरु । जसले गर्दा मेरा सन्तानहरु फक्रिनुपूर्व नै ओइलाइसकेका हुन्थे । दिन छिप्पिन पाएको छैन, च्याउसरि उम्रेका राजनीतिक दलहरुका जुलुसले हामी हैरान भइसकेका थियौं । हामीमाथि निर्वाध रुपमा हिडिँदिन्थे । खैनी गुट्खा खाएर हामीमाथि नै पिच्च थुकिदिन्थे । कुस्ती खेल्ने मैदानजस्तो भएको थियो यो ठाउँ । ऊ त्यो सयपत्री फूल तपाईंले कुल्चिदा ढलेको, अझैसम्म उठ्न सकेकी छैन,” रिसाउँदै भन्छ फूल । बिस्तारै मण्डलाभित्र आँखा दौडाउन थाल्छ उसले । वरिपरि फुलिरहेका सुन्दर फूलहरु एकआपसमा जिस्कँदै मस्किदै खेलिरहेका । भँमराहरुले निर्वाध रुपमा छानी छानी फूलका रस पिइरहेका देख्छ । सफा र शान्त भएर बसिरहेको मण्डल देख्दा एक्कासि आत्मग्लानि भएर आउँछ उसलाई । जुरूक्क उठ्छ, बिस्तारै पाइला सार्दै एक एक गरेर सुन्दर फूलहरुलाई मुसार्न थाल्छ । प्रदर्शनको क्रममा यहाँ आएर उफ्रेको, कोपिला लाग्दै गरेको फूलहरुलाई उखेलेको, आफूले भाडामा ल्याएका मान्छेहरुलाई तोडफोड गर्न लगाएको आदि हरेक कुराहरु सम्झन थाल्छ ऊ । एक फन्को लगाई सकेपछि फेरि अघिकै फूल नजिकै गएर बस्छ ऊ । “सानै भए पनि सुन्दर देश हाम्रो । संसार भरिमा सुन्दर मन भएका हामी । तर कथित व्यक्तिका पछाडि लागेर आज हामी कहाँबाट कहाँ पुग्यौँ! अघि तपाईंको कुरा सुनिरहें मैले तर जुन व्यापारको कुरा गर्नुभयो त्यो व्यापारबाट केही दिनका लागि तपाईंको अनुहारमा खुशी ल्याउला तर त्यही खुशीले भित्रभित्रै तपाईंलाई खोक्रो बनाउने थियो । हामीले मात्र आजको र आफ्नो सोच्नाले यो हविगत भयो । देशमा धेरै पार्टीहरुको जन्म भए तर ती पार्टीहरुले देशको नभएर मात्र आफ्नो दुनो सोझ्याउने काम गरे । हेर्नुस् त ! संसारभर महामारीको अवस्था छ । तर पनि यसबाट ठूलो शिक्षा लिन सक्नुपर्छ हामीले । संसारका शक्ति राष्ट्रहरुले पनि हात उठाएको अवस्था छ । भनेपछि ठूलाठूला हातहतियार, मिसाइल तथा पैसाले के नै गर्न सक्दो रहेछ र ! रोग लागिसकेपछि पैसाले केही गर्न सक्दो रहेनछ भन्ने अहिलेको अवस्था भन्दा राम्रो उदाहरण अरु के होला र? मृत्युपश्चात् चार जनाले आँशु खसाल्ने बाटो राखेमा मात्र उसले जन्म लिएको सार्थक हुन्छ जस्तो लाग्छ । समयमा हुँदैमा आफूलाई सुधार गर्न सकेन भने…।” फूलको कुरा केहीबेर सुनिसकेपछि ऊ बिस्तारै उठ्छ त्यहाँबाट। अघि यहाँ आउँदा जुन भारी मन लिएर आएको थियो, फर्कंदा हलुङ्गो बनाएर फर्कंदै छ । अनुहारमा छुट्टै चमक देखिएको छ उसको । मण्डलको बीचमा उभिएर, सकेको लामो श्वास लिएर ऊ बिस्तारै अगाडि बढ्छ । धुम्बाराही, काठमाडौँ #अर्जुन थापा रुकुम: पदम विश्वकर्मा रुकुम रोइरहेछ आज भेरीसँगै सुसाइरहेछ नमीठो लयमा भीरपाखामा गुन्गुनाइरहेछ नमीठो भाकामा । सधैँ हराभरामा रमाउने रुकुम शितलतामा रमाउने रुकुम आज खडेरीको उजाडजस्तै फुस्रिएको छ दन्केको आगोजस्तै जलिरहेको छ । रुकुम तिमी, दशौं वर्ष लडिरह्यौ – स्वतन्त्रताको खोजीमा – प्रजातन्त्रको खोजीमा – भेदभावको अन्त्यको नाममा – सामन्तवादको अन्त्यको नाममा र – लडिरह्यौ गरिबहरुको पक्षमा । लडाईंमा, – तिम्रा सिद्धान्त र दर्शनको अनुसरण गरिरह्यौँ – तिम्रा विचार र भावनाको सम्मान गरिरह्यौँ – छातीमा गोलीहरु थापिरह्यौँ– जीवनको बाजी लगाएर – जंगलमै बितायौँ कलिलो उमेर–आफ्ना बा-आमा बिर्सेर – भोकभोकै बितायौँ कैयन प्रहरहरु –गरिबको सुदिन पर्खेर – घाम-पानी भनेनौं फगत–मुक्तिको बाटो कुरेर – झरी बादल भनेनौँ कहिल्यै–समानताको सुदिन सम्झेर – निरन्तर बन्दुक बोकिरह्यौं–उज्यालो दिनको कल्पना गरेर – निरन्तर ढलिरह्यौं–सुनौलो भविष्य सम्झेर तर रुकुम तिमी, – आफैँले रोपेका दर्शन र सिद्धानहरु बिर्सेर – आदर्श र ज्ञानहरु बिर्सेर – विभेदकारी बनिरह्यौ – अत्यचारी बनिरह्यौ – नरसंहारकारी बनिरह्यौ । रुकुम, तिम्रो आँगनमा नरसंहार हुँदा– तिमी चुपचाप बसिरह्यौ तिम्रो आकाशमा कालो बादल मडारिँदा– तिमी मौन बसिरह्यौ कलिला युवाहरु क्षतविक्षत हुँदा– तिमी अन्धो बनिरह्यौ भेरी नदी रगतमा पौडँदा– तिमी अमूक बनिरह्यौ । बोल रुकुम, सत्य सत्य बोल तिम्रै आँखाअघि ढुन्मुनाएका लासहरुको पक्षमा बोल तिम्रै आँखाअघि बगिरहेका अनाथ युवाहरुको पक्षमा बोल तिम्रै चेलीको चोखो प्रेमको पक्षमा बोल तिनै निमुखा र पीडित आत्माहरुको पक्षमा बोल र बोल, आँशु बगाइरहेका मृतकका आमाहरुको पक्षमा बोल । #दलित #पदम विश्वकर्मा #रूकुम शान्तिको खोजीमा मेरा पाइलाहरु: राजेश कुमार विष्ट सिजापति मुटुभित्र मातृभूमिको अथाह माया सँगाल्दै राष्ट्रियता समाजवाद सुसंस्कृति अँगाल्दै भातृत्वप्रेम विश्व वन्धुत्व अनि दयामायाले ढुङ्गालाई पनि पगाल्दै अविरल यात्रामा अघि बढिरहेछन् शान्तिको खोजीमा मेरा पाइलाहरु दुःख पीडा रोदन क्रन्दन अभिशाप अनि सामन्तीका शोषण पीडन कुरीतिका जंघारहरु लोभ मोह ईर्ष्या धोका द्वेष घृणा पार गर्दै नसानसामा दया करुणाको सागर बगाउँदै अविरल यात्रामा अघि बढिरहेछन् शान्तिका खोजीमा मेरा पाइलाहरु चर्म चक्षुले नठम्याएका दृष्य परिदृष्यहरु दिव्य चक्षुले अनुभूति गर्दै उद्देश्य उडी चन्द्र छुन चिसा अँधेरी रातहरुलाई जूनताराले सेक्दै गृष्मका तापमानलाई पसिनाले छेक्दै अविरल यात्रामा अघि बढिरहेछन् शान्तिका खोजीमा मेरा पाइलाहरु #राजेश कुमार विष्ट सिजापति सोच: दीपक समीप झलक्क हेर्दा ऊ त्यति राम्रो मान्छे त होइन । तैपनि उसले दिनदिनै नयाँ–नयाँ केटीहरू कसरी घुमाउँछ ? म सोच्न थाल्छु…. ऊ सामान्य सरकारी जागिरे हो । तैपनि उसलाई दिनदिनै दोहोरी रेष्टुरेण्ट धाउन कसरी पुगिरहेको छ ? म सोचमग्न हुन्छु…. पहिले हामी एउटै घरमा भाडामा बस्थ्यौं । हालसालै नयाँ घर किनेर ऊ डेराबाट मुक्त भएको छ । गाउँको त्यति जाबो जग्गा जमिन बेचेर शहरमा घर किन्न त गाह्रै पर्छ र पनि उसले घर कसरी किन्यो ? कतै चिठ्ठा पो पर्यो कि ! म गम्भीर सोचमा छु… पहिले–पहिले सँगै पैदल अफिस जाने हामी आजभोलि ऊ आफ्नै गाडीमा हुइँकिने गर्छ । पदोन्नति पनि भएको छैन । छोराछोरी विदेशमा कमाउन पनि गएका छैनन् । फेरि कुनै चिठ्ठा परेको पनि हामीलाई थाहा भएन । मान्छेले कसरी प्रगति गर्छन् हँ ? म सोच्न बाध्य भएको छु… जाडोको याम थियो । घाम ताप्न भनेर म घरबेटीको घरको छतमा टहलिँदै थिएँ । तल सडकमा रमिता देखियो । बुझ्दा, पत्ता लाग्यो– उसको घरमा अख्तियारले छापा मारेर उसलाई समातेर लगेछ। अब भने, मैले उसको बारेमा सोच्नै छोडिदिएँ । #दीपक समीप पेशागत अनुभवको सँगालोः मान्छेको मन: वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माद्वारा लिखित “मान्छेको मन” पुस्तक मूलतः लेखकको पेशागत अनुभवहरुको संगालो हो । यसमा लेखकले करीब चार दशक मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दाको आफ्नो भोगाइहरु प्रस्तुत गर्नुभएको छ । नेपाली समाजमा समग्र चिकित्सा क्षेत्र नै त्यति व्यवस्थित नभइसकेको र आम जनतामा आधारभूत स्वास्थ्योपचारको स्थिति पनि सहज र सरल नभएको पृष्ठभूमिमा मानसिक चिकित्सासमेत सर्वसुलभ रहेको छ भन्ने स्थिति छैन । बहुलाएर विक्षिप्त भई हिँड्नेलाई मात्र मानसिक रोगी भन्ने आम बुझाइ रहेको छ अझै पनि । हाम्रो समाजमा बहुलाएको व्यक्ति र उसको परिवारलाई हेर्ने दृष्टिकोण पनि त्यति राम्रो भइसकेको छैन । यस परिप्रेक्ष्यमा मानसिक रोगीको डाक्टरलाई हेर्ने नजर पनि फरक हुने भइहाल्यो । अझ आजभन्दा चार दशक अगाडिको समाजमै मानसिक चिकित्सक बन्छु र नेपालमै सेवा गर्छु भनेर अठोट गर्ने डा. शर्माको आँट कम साहसिक छैन । पुस्तकमा विभिन्न किसिमका मानसिक रोगीहरुसँगको अन्तरङ्ग अनुभवहरु प्रस्तुत गरिएका छन् । सँगसँगै पाठकले मानसिक रोगका प्रकारहरु, अवस्थाहरु र चिकित्सकीय व्यवहारहरुसँग समेत प्रसस्त रुपमा घुलमिल हुने अवसर प्राप्त गर्दछ । पुस्तकमा हाम्रो बुझाइको मानसिक रोगी नभैसकेको तर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विभिन्न व्यक्तिहरुको व्यवहारसँग साक्षात्कार हुन पाइन्छ । यस्तै एउटा प्रसङ्गमा एकजना युवा व्यवसायी हुन्छन् जसलाई बाटोमा कुनै चिज फालिएको देख्यो कि फर्केर हेर्न मन लाग्ने र त्यो के हो पत्ता लगाउनै पर्ने बानी हुन्छ । एकपटक तिनी साँझपख धुलिखेलबाट काठमाडौंतिर आउँदै हुन्छन् । साँगा भन्ज्याङ काटेर नलिञ्चोक ओह्रालोतिर लाग्दा भित्तामा केही कुरा देख्छन् र गाडी रोकेर झ्यालबाटै हेरेर हिँड्छन् । बोराजस्तो देखिने त्यो वस्तुलाई राम्ररी नहेरीकन हिँडेका उनको मनमा त्यसैको कुरा खेल्न थाल्छ । गाडीबाट ओर्लेर हेरेको भए हुने, किन हेरेनछु भनेर चिन्ता लाग्न थाल्छ । जति पर गयो उति कुरा खेल्न थाल्छ मनमा, वास्तवमा त्यो के थियो होला भनेर । त्यो भावना यति प्रबल हुन्छ कि घरमा गएर गाडी थन्क्याई कपडा फेरीवरी कोठामा बसिसकेको मान्छे फेरी कपडा लगाएर कसैलाई नभनीकन गाडी निकालेर त्यही नलिञ्चोकको उकालोमा पुग्छन् र त्यो चीज नियाल्न थाल्छन् । रातको समयमा नजिकै गई टर्च बालेर हेरेपछि उनी ढुक्क हुन्छन् कि त्यो वस्तु बोरा नै रहेछ । यस्तै वा अर्को रुपको समस्या भएका कैयौं मान्छेहरु हाम्रो समाजमा हुन सक्छन् । तिनीहरुको दैनिकी सामान्य रुपमै चलिरहेको हुन सक्छ । तीमध्ये कतिपय मानसिक चिकित्सकको सम्पर्कमै आइपुग्दैनन् । कतिपयलाई त आफूलाई मानसिक समस्या छ भनेर थाहा पनि हुँदैन । यी कुराहरुलाई पुस्तकमा प्रशस्त सम्बोधन गरिएको छ । किताब पढ्दापढ्दै मानसिक स्वास्थ्य र चिकित्साको बृहद आयाम तथा नेपालमा यसको अवस्थाको तस्बिर सजिलै बनिसक्छ । मान्छेको मनका कथाहरु समेटिएका छन् किताबको आधाभन्दा बढी हिस्सा ओगटेको पहिलो खण्डमा । तीन खण्डमा बाँडिएको पुस्तकको दोस्रो खण्डमा लेखकका आफ्नै कथाहरु छन् । यसमा लेखकको बाल्यकालदेखिको जीवनसंघर्षको कथा समेटिएको छ । र, अन्तिम खण्डमा मनका कुराहरु छन्, जसमा लेखकका निजी भावना, विचार तथा प्रसङ्गहरु समाविष्ट छन् । धेरै मान्छेका मनका कुरा भन्दाभन्दै लेखकले आफ्नै मनका कुरा पनि भनी भ्याउनुभएको छ । यसमा कुनै बनावटी पुस्तक हैन, लेखक स्वयंलाई पढिन्छ । भाषा यति सरल र सरस, र यति स्पष्ट छ कि पाठकले कृति पढेको हैन, कृतिकारसँग गफ गरिरहेको प्रतित हुन्छ । पाठक कान थापिरहेको हुन्छ, लेखक आफ्नो र अरु मान्छेको मनको पुन्तुरो फुकाउँदै गफिनुहुन्छ । गैह्र–आख्यान लेखनमा हुनुपर्ने महत्वपूर्ण कुरा हो– इमान्दार प्रस्तुती । लेखकले आफ्नो वा आफ्नो विचारको पक्षपोषण गर्ने कुरा मात्र होइन, कमजोरीहरुसमेत स्विकार्न सक्ने हिम्मत राख्नुपर्छ । यस पुस्तकमा लेखकले कतिपय प्रसङ्गमा आफ्नो कमजोरीका कुराहरु पनि निर्धक्कसँग समेट्नुभएको छ । एक प्रसङ्गमा आफ्नै क्लाइन्ट (बिरामी युवती) प्रति डाक्टर साबको आकर्षण भएको तथा उक्त युवती पनि त्यसरी नै आकर्षित भएको देखिएको बताइन्छ । पछि, तर, कुनै नराम्रो नहुँदै त्यो अवस्थालाई व्यवस्थापन गरेको कुरा लेखक बताउनुहुन्छ । धेरै डाक्टरहरुले जीवन र मरणबीचको झिनो रेखा नजिकबाट देख्नुभएको हुन्छ । मनोचिकित्सकहरुले पनि सन्तुलित र असन्तुलित मनबीचको त्यस्तै झिनो रेखा देख्नुहुँदो हो । हामी सामान्य मानिसलाई भयावह लाग्ने यस्ता कुरा वहाँहरुको लागि सामान्य दैनिकी बनिरहेको हुन्छ । चार दशकसम्म निरन्तर मनको उपचारमा लागिपरेका हस्तीको आफ्नै कलमबाट त्यै मनका विभिन्न आयामको चिरफार, उपचार र व्यवस्थापनका घटना÷ परिघटनाको कथाहरु प्रस्तुत भएका छन् प्रस्तुत पुस्तकमा । वास्तवमा मान्छेको मन नै होला संसारको सबैभन्दा अस्थिर र बेगवान कुरा । यस्तो मनको गुदी–बोक्रा केलाउने चिकित्सकको अनुभवको सार हो भनिदिँदा हुन्छ यो पुस्तकलाई । मानसिक रोगले सडकमै पुगेका वा आत्महत्या गर्ने स्थितिसम्मै पुगेका बिरामीहरुलाई उपचार गरेर सामान्य अवस्थामै ल्याइएका र अन्य यस्तै अनेक बिरामीहरुका प्रसङ्ग पाइन्छन् । त्यति मात्र होइन, सही उपचार नपाएका र औषधीलाई निरन्तरता नदिएका बिरामीहरुको वियोगान्त कथाहरु पनि यहाँ समेटिएको छ । मानसिक रोगहरु धेरै प्रकारका हुन्छन्– सिजोफ्रेनिया, डिप्रेसन, मेनिया, ओसिडी, एन्जाइटी, आदि । लेखक भन्नुहुन्छ– उपचार पनि एउटा कला हो । यो पुस्तक पढेपछि मानसिक रोगीप्रतिको बुझाइमा फरक आउन सक्छ । यहाँ हरेक दोस्रो व्यक्ति मानसिक रोगी हुन सक्छन् र यो असामान्य होइन । समयमै संयमताका साथ उपचार गरे यो रोग मज्जैले निको पनि हुन्छ । अर्को मैले थाहा पाएको कुरा के हो भने विद्युतीय झट्का (इलेक्ट्रिक सक) दिई गरिने उपचार औषधीद्वारा गरिने उपचारभन्दा धेरै गुना सुरक्षित र प्रभावकारी हुने रहेछ । हामीलाई चलचित्रहरुमा इलेक्ट्रिक सक लगाइको दृश्य कहालीलाग्दो रुपले देखाइने गरिएकोले त्यो एकदमै भयानक हुने सोच रहेको थियो । डा. शर्मा पुस्तकमा (अरु) मान्छेको मनका कुरा पनि गर्नुहुन्छ, आफ्नो मनका कुरा पनि गर्नुहुन्छ । त्यस बेलाको समाजमा पढ्न चाहने विद्यार्थीले झेल्ने समस्या पनि छन्, पेशागत जीवनका प्रतिस्पर्धा, खिचातानी र आफूलाई स्थापित गर्न गरेको अथक मेहनत र संघर्षका कथा पनि छन् । मलाई यस पुस्तकमा खट्किने कुरा चाहिँ के हो भने कतिपय प्रसङ्गमा, फलानो ठाउँको, फलानो थरको फलानो पदमा काम गर्ने व्यक्ति भनेर लगभग रोगीको परिचय खुल्ने गरी घटनाहरु उल्लेख भएका छन् । ती कुरामा गोप्यता राखिदिएको भए अझ राम्रो हुने थियो । समग्रमा पुस्तक एकदमै उत्कृष्ट छ र सबैलाई पढ्न सिफारिस गर्दछु । … … पुस्तकको विवरणः कृतिः मान्छेको मन प्रकाशकः मञ्जरी पब्लिकेशन, पुतलीसडक मूल्यः ने.रु. ४८५/– धुम्बाराही, काठमाडौं #मान्छेको मन छिरिङको गजल: मालिकले दासलाई वास्त गर्दैनन् अचेल मलामीले लासलाई वास्त गर्दैनन् अचेल ।। के हँुदैछ हाम्रो देशमा अहिले यो सरकार ! गाँस बास कपासलाई वास्त गर्दैनन् अचेल ।। नहुनेहरू त नहुने नै भए के दिन सकिन्छ र ? थन्किएको रासलाई वास्त गर्दैनन् अचेल ।। कृतिम रंगहरूमा खुसी लेख्न बानी परेकाले फूलको सुभाषलाई वास्त गर्दैनन् अचेल ।। क्षितिज हेरेर गन्तव्य कोर्नेहरूले हो सायद आफ्नै खासलाई वास्त गर्दैनन् अचेल ।। #छिरिङ पर्ख: हजुरजस्तै म पनि यही देशको नागरिक हुँ सरकार ! मैले केही मागिनँ हजुरसँग । जसरी मागे हजुरको चम्चेहरूले मन्त्री जसरी मागे हजुरको भान्सेहरूले सांसद जसरी मागे हजुरको सालोहरूले राजदूत जसरी मागे हजुरको सहयोगीहरूले ठेक्का पट्टा वा अतिरिक्त कमाई हुने भन्सार । यो माग्ने समयभरी मैले दिइरहँे हजुरलाई रिक्सा चलाएवापत कर अन्नबाली फलाउन हलो जोतेवापत कर माटोमा टेकेवापत कर रोड र पुलहरू बनाउँदा मजदुरी गरेवापत ज्याला कर । जसरी छल्थे हजुरका प्रशासकहरू घुसखोरी कर जसरी छल्थे हजुरका उद्योगीहरू आयत निर्यात कर जसरी छल्थे हजुरका व्यापारीहरू मुनाफा कर मैले कहिल्यै छलिन त्यसरी देशको लागि तिरिरहेँ कर । यतिखेर म मर्न लागेको छु भोकले लकडाउन छ संसार । भोकले रोटीबाहेक अरू केही सोच्दो रहेनछ रोटीबाहेक अरू केही देख्दो रहेनछ । हजुर भने भान्सामा मासु पकाएको फोटो पोस्ट गर्नुहुन्छ साबुन कम्पनीको मालिकले जस्तो भन्नुहुन्छ– ‘खाउ–पिउ र मज्जाले मिचि मिचि हात धोऊ । बाहिर ननिस्कछ महामारी ।’ हजुर भोकको अगाडि महामारी ? मृत्यु ? त्रासदी ? अरे ! छाडिदिनुस् यी वाहियात कुरो बाँचियो भने यी त फुर्सदमा सोचौंला । हजुरसँग कहिल्यै नमाग्ने म माग्दै छु पहिलो चोटि एक मुठी सामल । हजुर भने सम्झिदै हुनुहुन्छ ख्याल ठट्टा र खेल्दै हुनुहुन्छ मेरो संवेदनामाथि खेल । जसरी सुने हजुरले चम्चेहरूको बिन्ती जसरी सुने हजुरले भान्सेहरूको चाप्लुसी जसरी सुने हजुरले सालोहरूको घुर्की जसरी सुने हजुरले सहयोगीहरूको गुनासो सुन्नु भएन मेरो माग जो थियो सानो । अहो ! यो विपतको घडीमा पनि मैले हजुरलाई हजुर–हजुर भनिरहनु पर्ने हजुरले चाहिँ आफ्नो कर्तव्य बिर्सने ? पर्ख सोचेको छस् तैंले हामीलाई सधैं बुटको तलुवा बनाइराख्ने ? #पर्ख पुरानो एउटा सम्झनाः पाथीभराको भाकल: पहाडको फेदमा पराले छानो भएको घरमा भदौरे झरीमा जन्मेँ म । मेरो बाल्यकाल त्यति दुखद् थिएन । मैले थाहा पाउँदा धेरै गाई, बस्तु, भेडाबाख्रा थिए। ठूलो जहान । खेतीकै काम थियो सबैको तर म पढ्न जान्थेँ । पढ्नु पर्छ भन्ने लागेर । छोराछोरी सबै जान्थे पढ्न । दिदीहरूको सानैमा बिहे भइसकेको थियो । चलन नै त्यस्तै । त्यो पनि मगनी । ठूला मान्छेले भनेको मान्नु पर्ने । आफैँ रोज्ने त के, कुरा काट्ने पनि आँटै हुँदैनथ्यो। छोरी धेर बाठा भए भने पोइल जान्छन्, छिटो बिहे गरेर पखेटा काटिदिनु भन्थे । बिहे नै विकल्प थियो । पढाइ गर्न नपाउँदा पाएको पीडा र दुःखले छोरी पढाउनुको रहस्य बुझ्दथेँ म । आमाले दुःख गरेर पनि आफूलाई पढ्न पठाएकोमा अत्यन्तै खुशी थिएँ । पढाइ र खेतीका काम बराबर गरिन्थ्यो तर आज काम गर्नुछ नजाओ भनेर कहिल्यै रोक्नु भएन । दुःखसुख गरेर स्कुल स्तरीय पढाइ सकियो । आफ्नो मनले चाहेको केही कुरा प्राप्त गर्नु परे देवीदेउतासँग शक्ति माग्ने चलन थियो । काम बनोस्, म यो चढाउँछु ऊ चढाउँछु भनेर भगवानलाई घुस ख्वाउने गरिन्थ्यो । कत्ति कुरा विश्वास पनि लाग्थ्यो । पास भए पाथिभरा देवीको दर्शन गर्न आउँला भनेर भाकल गरेकी थिएँ मैले पनि । भाकल गरेरै पास भएको हो भन्ने विश्वास लाग्थ्यो । पास भइयो पाथीभराको भाकल छँदैथियो। गाउँबाट ठूलै टोली त्यसतर्फ जाने भयो । त्यही हुलमा मिसिने भयौँ हामी पनि। सबैले आ–आफ्ना भाकलअनुसार फूलपाती, अक्षता, बाख्राका पाठा, कुखुराका भाले, हाँस, परेवाका बच्चा आदि डोहोर्याउन थाले । कसैको परेवा उडाउने भाकल, कसैको कालो पाठी चढाउने भाकल । कसैको अण्डा मात्र चढाउने पनि भाकल रहेछ। मेरो त फूलपाती चढाउने मात्र थियो । दुई-तीन दिनको यात्रा थियो। खाजासामल, ओढ्ने ओछ्याउने, पकाउने पस्किने, सबै कुरा भारी हालेर बाटो लागेँ । बाटोमा तिर्खा लाग्छ भनेर उसै दिनको लागि घरमा पारेको बाक्लो मोही एउटा तुम्लेटमा हाली माल्दाइ (घरमा काम गर्न राखेको) को ढाकरको खकन छेउमा तुर्लुङ्ग झुण्ड्याइएको थियो । जति हिँड्यो उति त्यो तुम्लेट लिख्रिक लिख्रिक हल्लिरहन्थ्यो । भारी बिसाएका ठाउँमा अलिअलि पिउँदै घटाउँदै पनि थिएँ । माल्दाइ गाईभैँसीको भन्दा अन्नको मोही पिउँदा रमाइला देखिन्थे । यात्रा गर्दा प्रायः उनलाई अलिकति पैसा खल्तीमा छुट्टयाइदिनु पर्थ्यो। बाटोमा लेक नलागोस् भनेर आमाले मकै भट्मासको सातु, चिउरा, अदुवा, टिम्मुर, अमिलो, धुले अचार आदि र खाजाका लागि चिउरामा कुराउनी र मह मोलेर ठीक पार्दिनु भएको थियो । लहलह बयली खेलेको धानको खेतैखेतैको हिलाम्मे करिम-करिम ओरालो बाटो । तुम्लेटमा आधा मोई छचल्किरहेको थियो ढाकरको बिटमा । घाम नचर्की बाटो काटनु पर्छ भनेर छिटोछिटो हिँडिदै थियो । एक्कासि बम पड्केको जस्तो भयानक आवाज आयो । झुण्डिएको तुम्लेटको बिर्को उडेर पर उछ्ट्टियो र ह्वात्तत् पिचकरी हान्यो मोहीले । आवाजले झस्याङ्ग भएका बटुवा र खेतमा काम गर्ने किसानहरू मरिमरी हाँसे । तुम्लेट रित्तियो, बिर्को हरायो । तुम्लेट पड्किएर सातोपुत्लो गएका माल्दाइलाई समाल्न हाँस्तै छेउमा पुग्दा, उनले त अघि नै कत्तिखेर अन्नको मोई पो सोड्क्याई सकेका रहेछन् । उनको यो रूप देखेर फेरि एकपल्ट सबैको मुखबाट हाँसोको फोहोरा छुट्यो । पाथीभरा जाँदा भने, ‘अन्नको मोई खाएर गएमा, अपशब्द बोलेमा अनिष्ट हुन्छ । सङ्कट हुन्छ । तुरुन्त हानी नोक्सानी ब्योर्नु पर्छ । भाकल पूरा हुँदैन । शुद्ध मनले देवीमाताकै सम्झनामा भजनकीर्तन गर्दै दर्शन गर्न गए सारै हल्कासँग यात्रा गरेर फर्कन्छन् । जीवनमा जानी नजानी गरेका गल्तीप्रति क्षमायाचना गर्दै अन्त मन गए पनि खैँचिएर काबुमा ल्याई म तिम्रै शरणमा छु भनेर एकचित्त हुनुपर्छ । यति बेला मादक पदार्थ लिनु हुन्न’ भन्ने मान्यताअनुसार उनले पनि यही मोहीमा चित्त बुझाउलान् भन्ने सबैलाई लागेको थियो । ‘साक्षात् देवी पाथीभरा माताले रुचाएको छ भने पाठाहरू पनि खुरुखुरु हिँड्छन्, नरुचाएको भए बाटैमा बिरामी भएर मर्छन् । कसैका पाठा त डोर्याएको डोरी नै खुस्काएर ठाउँको ठाउँ अलप हुन्छन्,’ भन्ने भनाइ पनि थियो । त्यसैले पाठाको डोरी नारीमा बाँधेर दरोसँग पक्डन लगाउने गर्दथे । बाटो मन्दिरसम्म पुगिन्जेल नै ठाउँठाउँमा करिम-करिमबाहेक उकालो थियो। ओरालो सकेर तमोरको खड्कुले पुल तरी सर्पजस्तो नागबेली उकालो तोक्मेसम्म नै हिँड्नु पर्ने थियो, पिठ्युँको भारीलाई वास्ता नगरी जंगलको बाटो, पत्करको सर्याक्सुरुक र चराचुरुङ्गीका मीठा आवाजसँगै झर्दै बिलाइ रहे पसिनाका धारा । डोबिल्काको पानी र ठाउँठाउँका तिरतिरे धारासँगै मेटिदै गए अतृप्त र अनगिन्ती प्यासहरू । रातको बास बस्न ताप्लेजुडको तोक्मे डाँडामा पुग्न सकिएन। अलि तल गाउँमै बसियो। भोलिपल्टको शनिबारे हाट रहेछ तोक्मे डाँडामा । मान्छेहरूको निकै चहलपहल थियो । झुरुप्प झुरुप्प बसेर किनमेल गर्दै खाजापानी खाइरहेका थिए । छेवैमा आर्मीको ब्यारेक थियो काँढेतारले घेरिएको। आकर्षक सुन्दर पोशाकमा सजिएका सेनाहरू देख्दा सालबोटे काकालाई सम्झी रहेँ। उनले गाउँमा आएका बेला त्यस्तै पोशाक लगाएका हुन्थे। ००० बाटो हिंड्नेहरूको भीड छिचोल्दै पाडो तान्दै गरेको एउटा समूह हतारहतार बजार पस्यो । पाडो मुखभरि फिँज निकालेर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै आत्तिएर कता भागौँ जस्तो गर्दै थियो । बाँच्न खोज्ने त्यसलाई तान्दै लगेर एउटा किलोमा टम्क्याए । उतापट्टि मान्द्रो ओछ्याए । पाडोले फुत्किन धेरै प्रयास गर्यो तर केही लागेन । एउटाले बन्चरोको पासोपट्टिबाट पाडाको दुई सिङ्गका बीचमा लगातार तीन चारपटक मच्चाएर प्रहार गरियो। पाडो भूइँमा पछारियो । उनीहरूले एकैछिनमा छाला काढेर रातै मासु फिँजाइसकेका थिए मान्द्रोमा । आफ्नै अगाडि पाडो मारेको कहिल्यै नदेखेकी मैले सानोमा छिमेकी भाउजूले दिएको ठूलो खसीको मासु सम्झेँ तर आजको दृश्य हेर्न सकिने खालको थिएन । मासु खाएकी भए पनि यसरी मारेकै त देखेकी थिइनँ ! दशैँमा खसीको आन्द्राभुँडी धुन लगाउँदा पनि काट्ने बेलामा भने आइमाई-केटाकेटीलाई हेर्न दिँदैनथे । उभिएर हेर्न खोज्दै गर्दा हतार लगाउनेहरू भन्दै थिए, ‘माथि सुकेटार गिरानमा हावाजाज हेर्ने मन भए छिटो पाइला चाल ।’ तमोर तरेर उकालो लाग्दा चाँदीजस्तो टल्कने कञ्चनजङ्घाको छायाँ आफू सँगसँगै हिँडिरहेको जस्तो लाग्दै थियो । कोही कोही गाउन थाले रेडियोबाट बज्ने त्यो गीत– औँशी र पूर्णे हाट भर्नु मात्रै राम्रो तोक्मे बजार लौ है हजुर सिनामे साइली नि हाँगपाङ्गे माइली ल्याउने हाम्रो रहर लौ है हजुर सुकेटार गिरान बादलले घेर्यो जहाजै नबस्ला कि लौ है हजुर मायालु ज्यानको भरपरी बस्दा उमेरै पो जान्छ कि लौ है हजुर सुकेटार गिरान………घर सोध्दै आऊ है नि लै लै देउराली सिरान । पहिला तोक्मेमा बस्दा पनि सुकेटार गिरान पुग्ने मौका परेको थिएन । आज मौका पर्यो भन्ने पनि थिए धेरैजना । कहिल्यै घर नछाडेकालाई भने नौलो र अनौठो थियो त्यो । मलाई भने तीर्थमा हिँडेको बेला यस्ता मायाप्रीतिका गीत नगाए पनि हुने भन्ने लागिरहेको थियो । सुकेटार पुग्दा भर्खरै जहाज आएर पनि गई सकेछ । रित्तो चौर मात्र थियो । अघि उनीहरूले मायाप्रीतिको गीत गाउँदा मलाई मनमा लागेको डर यत्तिमै टरेजस्तो खुसी लाग्यो । मलाई मनमा एउटै डर थियो, ‘देवी रिसाएर केही अनिष्ट होला कि !’ उनीहरूको गीतको बोल सुन्दा बेलाबेला झर्को लागेर आउँथ्यो र भन्थेँ– ‘गीत नगाउनु नि हौ तीर्थ जाँदा त ! बरु भजन गाउँदै पो हिँड्नु नि!’ ‘सुकेबाट हिडेपछि एकरात जंगलको पाटीमा बिताउनु पर्छ । जाँदा जस्तो गारो हुँदैन आउँदा । बास बस्न सुके आइपुगिन्छ,’ भनेर दुई छाक खाना र सुत्ने मात्र सामान बोकेर बोकी गह्रौँ सामान त्यहीँको पसलमा राखिदिन अनुरोध गरी सामान छाडेर चिसो, ओसिलो, चिप्लो उकालोतिर लागियो । हिँड्दा हिँड्दै थाहै नपाई लेक लाग्छ है तैनाथ हुनुपर्छ भनेर आमाले भनेको कुरा याद आयो। एक हातमा झोलाबाट झिकेर टिम्मुर,सातु, अदुवाको पोको र अर्को हातमा लठ्ठी टेक्दै उकालो हिँडिरहेँ । ‘बाघभालुको डर हुन्छ सबै समूहमै हिँड्नू नि!’ आमाका कुरा पनि झल्झली सम्झना आइरहेको थियो । ‘भोलि बिहान माथिल्लो फेदीमा खाना खान पुग्ने हिसाबले छिटोछिटो हिँड्नु पर्छ,’ अनुभवीहरू भन्दै थिए । घाम छँदै भेटेका धेरै पाटीपौवाहरू छाड्दै हिँडिरह्यौं । झमक्कै साँझ परेर बाटो नदेख्ने बेला भैसक्दा पनि बास बस्ने पाटी भेटिएको थिएन । सिमसिम पानी पर्न थाल्यो । पानी त के शीत झरिरहेको थियो । बाटोभन्दा केही पर पिल्पिल बत्तीको उज्यालो देखियो । त्यहाँ पुग्दा त्यो त निकै सानो पाटी थियो, एकपाखो लडिसकेको । एक झर पानी पनि नधान्ला जस्तो । त्यहीँ पनि अघि नै एउटा बटुवा आएर बसिसकेको रहेछ । हाम्रो त्यत्रो ठूलो समूह त्यहाँ अट्ने सम्भावना थिएन । तैपनि अरू विकल्प नभएपछि अलिकति रहेको खाली ठाउँमा सबैले भारी बिसायौं । राति बास बस्दा चाहिन्छ भनी बोकी ल्याएको ठूलो प्लाष्टिक फैलाएर त्यसमाथि राडी, बुर्काशन, दरी के के थिए ओछ्याए सबैले । कम्बल, धूसा, मजेत्राहरू ओढ्न ठीक पारे । झोलाबाट चिउरा, सातु, पुवा, सेलरोटीका टुक्रा, बाबर, निकालेर खान थाले । अलिक परको डोबिल्काबाट उघाएर ल्याएको पानी धमिलो र बालुवा मिसिएको थियो। एकछिन टक्याएँ। सातु चिउराको साथी बनाउन अघिल्लो बटुवाले बनाएको अगेँनामा आगो जोरेँ। चिया पानी बन्यो। ‘त्यो पिंधको छोक्रा चाहीँ सबै यता लेऊ है कान्छी ! निक्कै गुलियो रच। मीठो हुन्छ,’ माल्दाइको यो भनाइमा सबै जना गलल्ल हाँसे। उनका मुखमा दाँत भने थिएनन्। मैले कुराउनीको अलिकति धुलो सातुमा छर्की दिएँ। थोते मुख मज्जाले चलाइचलाई चिया र सातुमा रमाए माल्दाइ। त्यस्तो जीर्णे पाटीको बासमा कोही पनि राम्ररी निदाउन सकेन। प्रायः सबैजना रातभरि बोली नै रहेका थिए। भुरा केटाकेटीलाई बीचमा पारेर छेउछेउमा लाठेहरू सुते पनि त्यति भयमुक्त भने कोही थिएनन्। जाडोले गर्दा केटाकेटीहरूले ओछ्यानमै सुइँक्याएछन्। बिहान सबेरै हिँड्नुपर्ने भएकोले सबैजना जर्याकजुरुक उठेर तयार हुँदै, रातिका आआफ्ना अनुभव बताउन लागे । ‘आफ्नो त कम्मर तिरबाट तातो आयो। न्यानो भएछ एकछिन त मजाले सुतिएछ। एकछिन पछिदेखि त चिसो भएर बूढो मुत डुंगडुंगती गनाउन थाली गो नि! केको सुत्न पाउनु र ! फेरि मसिनेले टेक्ने हातले देको देई। उसको खाने हात पन्छाउनु कि टेक्ने हात पन्छाउनु? म त पूरा खेतालो नि! मुतको न्यानो सकिएपछि मतिरै टाँसिन्छ फेरि। जम्माजम्मी एक झप्को निदाइयो होला!’रविनले नहाँसी भने पनि सुन्ने जति सबै मजैले हाँसे। आ–आफ्ना झोला पोको पारेर झिसमिसेमै फेरि लागियो उकालो। त्यति नगरे मध्याह्नमा पूजा गर्न मन्दिर पुगिदैनथ्यो । सेपिलो, जंगलैजंगलको बाटो । हातखुट्टा ठिहिर्याएर पानीजस्तै भएका थिए । नाकबाट अविरल तमोर बगिरहेको थियो । ‘अब पूजा नगरी केही खान मिल्दैन रे! यो दुई तीन घण्टाको बाटो त देवीको शक्तिले पनि तान्छ रे! सबैजना बोल्दै हिँड्नु पर्छ, थाहा नपाइकन लेक लाग्छ नि,’ गुन्गुनाहट सुनिदैथियो। नभन्दै अघिदेखि चुपचाप हिँडिरहेकी कमला थुचुक्कै भूइँमा बसी। आँखा सेता पारेर पल्टाई। साग ओइलाएको जस्तो लुलो भई। त्यसै पनि कमजोर लाग्ने। पहिलादेखि नै सानो ठक्कर वा चोट लागेमा वा रङ्गीचंगी चीज देखे अचानक बेहोस हुने मान्छे। झोलाबाट सातु, अदुवा, कागती, टिम्मुर निकालेर पालैपालो अनुहारमा, शरीरमा दलिदिन थाले। फुक्को सातु मुखमा पनि हालिदिए। कहाँ निलिनु? चिसा पसिना पो आए! त्यसमा पनि पूजा नगरी खानु हुँदैन भन्ने मान्यता थियो। पातमा जमिरहेको तुषाराको झुप्पाले निधार र हत्केला पुछिदिइन्, कान्छी दिदीले। तातोले सेक्नु पर्नेमा चिसोले के काम गर्थ्यो? अगाडि जाने अरूलाई थाहै भएन। एकछिनपछि बिस्तारै आँखा खोली। ‘झण्डै पो बोकाइन् है !’ पुरुले हाँस्तै भने। ‘धन्न छिट्टै छाड्यो,’ कान्छी दिदीले राहतको श्वास थपिन्। उसको झोला पनि आफैँ खप्टिएँ, ‘बिस्तारै हिँड्नु पर्छ, अब पुगिन लाग्यो ।’ कमलाले हिँड्ने साहास बटुल्दै भनी, ‘खुट्टै पो नटेकिँदा रछन् त !’ ‘मैले त झण्डै ढाकर पो ठीक गरेको !’ पुरुले जिस्क्याए र सँगसँगै हतेर्न थाले। बाटाभरि हँसाउने रमाइला मान्छे थिए उनी। पुरु र रविन भएपछि बाटो काटेकै थाहा नहुने। माथि पुगेका रविनहरू पर्खिरहेका थिए। ‘किन ढिला गरेको नि ?’ पुरुले हाँस्तै भने, ‘यी तिम्री फुपूले झण्डै ढाकर भरेकी । कति छिटो हिँड्या नि यार ?’ रविनले भने, ‘हिड्नु पर्छ । लौ हिडौं हिडौं । अलिक जीउ तातिन्छ ।’ सानो फेदी मास्तिर पुगेर शुद्ध पानी अचाएर मन्दिर परिसरमा प्रवेश गरियो। शुद्ध मन र पवित्र भावनाले क्रमैसँग देवीको दर्शन, पूजा आराधना गर्न थाले । जम्ला हात गर्दै, घोप्टो परेर आफ्ना भाकलहरू बिसाउन थाले– धुपबात्ती, नैबेद्य, अबीर र अक्षताका साथ । रङ्गीबिरङ्गी ध्वजापताका, भेटी अनि भाकलमा उठाइएका फूलपाती अक्षताहरू पवित्र मनले चढाए सबैले । अरूहरूले पठाएका फूलपातीहरू पनि जजस्को नाममा थियो सबै चढाइदिए । यसरी चढाइएका सामान र रङ्गले छपक्कै छोपेकाले शक्तिकी देवी भगवतीको मूर्ति प्रष्टसँग देखिदैनथ्यो । मन्दिरमा सानो भएर बसे तापनि सबैका हृदयमा विराट भएर बसेकी शक्तिकी देवीको नामै मात्र उच्चारण गर्दा वा सम्झिदा पनि हृदय पुलकित भएर आउँथ्यो। झन् अहिले पूर्णरूपमा समर्पित मनले पूजा र दर्शन गर्न आउन पाउँदा म हर्षले भरिएकी थिएँ । बली खाने र नखाने देवीको अलगै पूजा हुँदोरहेछ । फूलपातीसहित दर्शन मात्र गर्ने थियो मेरो। आफूले भाकल बुझाउन लगेका साना पाठा, परेवाका बच्चा क्रमैसँग बली दिइरहेथे मान्छेहरू । भन्थे, ‘बली दिनेबित्तिकै बली दिइएका पशुहरूको रगत त्यत्तिकै सुक्छ । बिलाउँछ भूइमा । बग्दैन ।’ आफूले गरेको भाकल पुग्नेमा ठूलो विश्वास थियो। आफूलाई सारोगारो परेको दुःख बिसाउन, आफ्नो नराम्रो बानी परिवर्तन गर्न कबुल गर्ने विशेष पवित्र स्थल हो पाथीभरा माताको मन्दिर। मागेको चीज अवश्य पाइन्छ अनि माताको प्रसाद ग्रहण गरे अनिष्टबाट बचिन्छ भन्ने विश्वास थियो सबैको। आफूलाई अप्ठेरो लागेको कुरा चढायो भने त्यो आफैँ सजिलो हुँदै जान्छ भन्ने विश्वासले होला, त्यहाँ किताबहरू पनि चढाइएका रहेछन्। मलाई गाह्रो लाग्ने गणित विषय चढाउन मन लाग्यो तर लगेकी थिइनँ। मनमनै चढाएँ। हराएका चिज पनि भेटिउऊ भनेर मन नै चढाई दिएँ । पहिला आइरहनेहरूले भने, ‘आफूले ल्याई चढाएका फूलपातीहरूको बदला अरू फूलपाती र सामानहरू प्रसादको रूपमा लान पाइन्छ । यहाँ चढाएका अरू कुराहरू पनि लान मन लागे पैसा राखेर लान सकिन्छ। त्यसै लग्यो भने चोरेको हुन्छ, त्यो मान्छे कि घरै पुग्दैन कि पुगी गए पनि वर्ष दिन काट्दैन।’ मलाई पनि यहाँको चिनो केही लान पाए हुने भन्ने लाग्यो। अघिदेखि नै मेरा आँखा भने त्यहाँ चढाइएका किताबमै परिरहेका थिए। त्यहाँ कसैले चढाएका मध्ये दुई किताब छानेर ती पुस्तकका मूल्य बराबरको पैसा त्यही छाडी दिएँ र लक्ष्मी निबन्ध संग्रह र गीतको एउटा किताब प्रसादको रूपमा लिएर फर्किएँ। अरूले के-के मागे, मनमा जिज्ञासा आइरह्यो । आफ्नो भाकलअनुसार पूरा भएको विश्वासमा सबैको मन चंगा भएको थियो । भर्खरै बलि दिएका टाउका छिनिएका पशुका शरीरहरूलाई घिसार्दै अघिकै बाटो फर्कियौं सबै । अलिक तल्तिर सानो तिर्तिरे धारो थियो । त्यहीँ छेउमा ल्याएर शीत चुहुँदै गरेका दाउराको उरुङ्गमा आगो सल्काई पाठाको भुत्ला डढाउन थाले । अर्कातिर पानी तातिरहेको थियो– परेवा कुखुरा भुत्ल्याउने। काटकुट गरी पकाउन तयार गर्दै थिए। महिलाहरूलाई पाठाका आन्द्राभुँडी धुने काम दिएका थिए। कोही अरूले गरिरहेको काम हेरेर टोलाएर बसिरहेका थिए । म भने यताउता पानी हाल्दिने, पखालपुखुल गर्न सहयोग गरी रहेकी थिएँ । आफूले भोग दिन पशुहरू नलगेकोले त्यसको व्यवस्थापनको कुनै चिन्ता थिएन । बरू चिन्ता त मासुभात कहिले पाक्छ र जाडोलाई चुनौती दिउँको मात्र थियो । चिसो मौसममा मासुभात प्रसादको रूपमा खाइयो। साना कलिला लुते पाठापाठीको झोल र भातले निकै तरान थप्यो। ‘खाना खाएर बास बस्न तोक्मे डाँडा मुनिको गाउँ पुग्नुपर्छ,’ भन्दै थिए पुरु र रविन। ‘ठूलो हुद्दा देखेर बास नदिन सक्छन् । कोही आफन्त कहाँ, कोही कहाँ छरिनु पर्छ। तीन-तीन वटा पाठाको मासु हामीले मात्र खाएर सकिँदैन । बोकेर तमोर तार्नु पनि हुँदैन । हामी जहाँजहाँ बास बस्छौँ, त्यहीँ दिनुपर्छ,’ पनि भनी रहेका थिए । मासुका झोलसँग धानको भात र धुले अचार पेट भरी खाएर, आ–आफ्ना पोका पन्तुरा बोकी लागे ओरालो सुकेटारतिर। पुरु र रवीन भन्थे, ‘छिटो हिँडौ है, आज भने हवाइजहाज देख्नै पर्छ ।’ बाटो ओसिलो, शिताम्मे र चिप्लो थियो । गोडा थामेर हिँड्नु पर्ने । उकालोजस्तो सजिलो थिएन ओरालो झर्नु । प्रायःले लौरोको सहारा लिएका थिए । निकै तल झरेपछि एउटा छाप्रो आयो । चिया र केही बिस्कुट, चारपाँच प्याकेट चाउचाउ पनि राखिएका थिए । उनीहरूको बासस्थान नै त्यही हो भन्ने प्रष्ट देखिन्थ्यो । राम्रो कुरा त त्यहाँ पानीको धारो थियो । पाठाको मासुले खरिएकाहरू सबैले पेट भरी पानी पिए र थकाई मारे। माल्दाई त ठूलो फल्याकको बेन्चीमा तमतन्न परेर एकछिन् ढल्किए पनि । कोही चौरीमा टक्य्राक् टुक्रुक् बसे, छेउछाउका सुकेका स्याउला ओछ्याएर अलिक अग्ला थुम्कामा । माथिबाट असाध्यै सुन्दर देखिन्थ्यो ताप्लेजुङ बजार । आफूले सानैमा पढेको भानु स्कुल पनि देखिएजस्तो लाग्थ्यो र आफ्नो अतित पनि झलझली आउँदै थियो दिमागमा । आज पनि देख्न पाइएन हवाइजहाज । भरखरै उडिसकेछ । लौ लौ हिँडी हालौँ भरे बासमा पुगिदैन भन्दै सबै लाग्यौँ ओरालैओरालो । ओरालो बाटो कत्ति छिटो कटिएछ, आइपुगियो तोक्मे । पुरुहरू आफन्तका तिर लागे । हाम्रो हुद्दा बराल बाजेकोमा । प्रसादका रुपमा मासुका टुक्रा दिएपछि त्यो घरका भुराहरू अचम्मै खुशी भए । आमा बुबाले पनि हाम्रो राम्रै स्वागत गरे । बिहान खाना खान घरै पुग्नुपर्छ सबैको भनाइ थियो । बिहानै भालेका डाकमा हिँडियो । उकालो भन्दा ओरालो चाँडै हुने त्यसमा पनि कहीँ जानु भन्दा घर आउनु धेरै छिटो हुन्छ भन्ने लाग्छ मलाई । भाकल पूरा गरेर घर आइपुगेपछि शरीरै फूलको थुंगो जस्तो हल्का भएको थियो । अब उच्च शिक्षाको लागि बाटो खोलियो । कल्पनामा आइरह्यो कलेजको चित्र। #पाथिभरा #मञ्जु विमली हामीले लेख्दैगरेको साहित्यः कति सिर्जना कति व्यवस्थापन?: “साहित्य” को खोलमा हामी जुन कुरा बजारमा पठाउँछौँ, त्यसमा दुईमा एक कुरा गरिएको हुन्छः १. सिर्जना २. व्यवस्थापन । “सिर्जना”, अर्थात् सृष्टि । अर्थात् जन्म दिनु । “सिर्जना” गर्ने स्रस्टाले केही नयाँ कुरा जन्माएको हुन्छ । त्यो बासी हुँदैन । नयाँ हुन्छ । मौलिक हुन्छ । मौलिक कथ्य, अथवा तर्क, अथवा सूक्ति । अथवा, पुरानै कुरा भए पनि नयाँ र मौलिक संयोजनका साथ नयाँ अर्थमा प्रस्तुत गरेको हुन्छ । यो साहित्यको सञ्जीवनी हो । यो साधकले गर्न सक्छ । सर्जकले दुइटै भए पनि यस्ता हरफ दिन्छ, जो जीवनपर्यन्त झनझन झनझन गरिरहन्छ पाठक वा श्रोताको मनमस्तिष्कमा । सुन्यो भने कि हृदयभेदन गरिदिन्छ, कि मस्तिष्कभेदन । बाँचिरहन्छ । यस्ता सिर्जनालाई लोकप्रिय हुनबाट कसैले रोक्न सक्दैन । तत्कालै नहोला, तर दिन आउँछ । आएपछि, त्यो दिन, कहिल्यै पनि हराउँदैन । अनुवाद गर्न सकियो भने विश्वमा पनि जान्छ । जतिपल्ट पढे पनि उही शक्ति, उही तरङ्ग दिइरहन्छ । [bs-quote quote=”“व्यवस्थापान”, अर्थात् थुपै कुराको चातुर्यपूर्ण ढाकछोप । यसमा न कुरा नयाँ हुन्छ, न केही सिर्जना हुन्छ । पुराना कुरालाई नयाँ लुगा लाइदिने काम हुन्छ । सुन्दा वा पढ्दा छुन्छ पनि तर आवरण वा उपकरण फ्याँक्दै जाने हो भने, पुरानो कुनै कुराको अवशेष भेटिन्छ त्यसको गर्तमा ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] “व्यवस्थापान”, अर्थात् थुपै कुराको चातुर्यपूर्ण ढाकछोप । यसमा न कुरा नयाँ हुन्छ, न केही सिर्जना हुन्छ । पुराना कुरालाई नयाँ लुगा लाइदिने काम हुन्छ । नयाँ कार्यपीठिका, नयाँ शब्द जाल, छन्द वा अनुप्रासको नूतन जाल, नयाँ पात्र र परिवेशको रचना, आदि । सुन्दा वा पढ्दा छुन्छ पनि । रोमाञ्च पनि आउँछ । आँसु पनि आइहाल्छन्, अथवा “वाह” पनि निस्कन्छ । तर आवरण वा उपकरण फ्याँक्दै जाने हो भने, पुरानो कुनै कुराको अवशेष भेटिन्छ त्यसको गर्तमा । अखबारले बोकिल्याएको कुराको व्यवस्थापन, मान्छेको पुरानो नैसर्गिक भोक वा स्वभावको व्यवस्थापना, आमा वा बाको महिमा गान, देशको महिमा गान, प्रकृतिचित्रण, दुस्मन काटिदिने अभिव्यक्ति, प्रेम, विछोड वा यौनका कुरा, ईश्वर भक्ति वा निन्दा….कति कति । कतिपय भाव यस्ता हुन्छन्, जसलाई जसले जतिपल्ट भने पनि पिलिक्क आँसु आउँछन्, दिल छुन्छ, नाको टुप्पोमा कम्पन आउँछ । अनि हामी रोइदिन्छाैँ । व्यवस्थापकहरू के गर्छन्? कुरो पुरानो, अथवा सबैले भन्दै ल्याएको कुरा हुन्छ । नयाँ भाषिक संयोजनमा, नयाँ उपकरणका साथ, नयाँ संयोजन, नयाँ छन्द, नयाँ सुर वा लयमा आउँछन् । लठ्ठ पार्छन् । तर पनि कुरो कता हो सुने सुनेजस्तो । आफँैले पो भने भनेजस्तो । यसको पो हो कि, उसको पो हो कि जस्तो । । तर, यी सिर्जना होइनन्, “व्यवस्थापन” हुन् । यस्तो चीज कविको अनुहारको छापसहित बस्दैन दिमागमा । आँसु, ताली र वाहवाहीपछि, केही समयमै उक्किएर जान्छ, पर्खालमा लेखिएको चुनावी नाराजस्तो, जसको चुनावपछि कुनै अर्थ हुँदैन, अथवा एउटा प्रहसन जस्तो लाग्छ । तर यी विषयमा “सिर्जना” गर्न सकिँदैन भनेको होइन । सकिन्छ । आफ्नो बाटो तय गरेर एउटा मुकाम हासिल गरिसकेको स्रास्टाको हकमा यी दृष्टान्तको खास महत्त्व नहोला, तर नयाँ पुस्तका, उदयीमान र नवप्रवेशीका लागि यो विषय चिन्तनको एउटा खुराक हुन सक्छ । मलाई थाह छ, युवाहरूमा एउटा भर्भराउँदो पुस्ता आइरहेको छ र लोकप्रियताको बुलन्दी पनि छोइरहेको छ । तर, यो टिकाउ हुनु पनि उत्तिकै जरुरी । यस्ता नेपाली युवा कवितहरूले, हिजोसम्म कविताबाट भाग्नेहरूलाई कवितातिर तानेको सत्य हो । कवि र कविताको लोकप्रियता बढाएको सत्य हो । तर त्यो नै अन्तिम विन्दु होइन । यहाँ सिर्जना कम र व्यवस्थापन बढी भएको हुन सक्छ । त्यस लोकप्रियतामा टेकेर कविताको उत्कर्ष खोज्न उनीहरूले पनि बाँकी छ । सिर्जनातिर उक्लन गर्नुपर्ने साधना बाँकी छ । सामाजिक सञ्जालमा, अधिकांश अवस्थामा युवा र नवप्रवेशीको वाहुल्य हुन्छ । तर त्यस उमेरमा, साधनाको तहसम्म उक्लिएर निर्मित सूक्तिमय कविताको परख गर्ने सामथ्र्य वा सुझबुझ नहुन पनि सक्छ । त्यसैले, भाइरल कविताहरू, धेरैजसो अवस्थामा “वाहवाही इफेक्ट” का कारण फैलिएका हुन पनि सक्छन् । व्यवस्थापकहरू मनमस्तिष्क वा हृदयमा कम, तर ओठ, अखबार अथवा सञ्जालमा बढी बस्छन् । नेपालमा पनि र बाहिर पनि, साँच्चैका कवि मनहरूमा बस्छन् । फगत सामाजिक सञ्जाल तिनको लोकप्रियता मापन गर्ने कसी भने होइन । यस्ता भव्य कवि रिजर्भ पनि होइदिन्छन् । पाठ्यक्रममा आइदिँदा, अथवा कुनै ठूलो पुरस्कार पाइदिँदा, केहीलाई भने शुभचिन्तकहरूले सञ्जालमा ल्याइदिन्छन् । कति भने नेपथ्यमै बस्छन् । नोबेलै पाए पनि टमस ट्रान्ट्रमर र सिमस हिनीका कविता यसरी भाइरह कहाँ छन् र? अर्को कुरो, कतिपय कविहरू अघोषित सम्प्रदाय बनाउँछन्, जसले भाइरल बनाउने कार्य गर्छ । जस्तो वादका, जातका, विचारका सम्प्रदाय । बुझौँ, तिनको लोकप्रियता कोटरीभित्रै सीमित हुन्छ । [bs-quote quote=”कविता कवि हुन लेख्ने होइन । लोकप्रिय हुन पनि लेख्ने होइन । जीवन र जगतप्रतिको आफ्नो एउटा वैकल्पित दृष्टि स्थापित गर्न लेख्ने हो । त्यो दृष्टिको अभावमा कवि छायाहरूको पछि लाग्छ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] कविता कवि हुन लेख्ने होइन । लोकप्रिय हुन पनि लेख्ने होइन । जीवन र जगतप्रतिको आफ्नो एउटा वैकल्पित दृष्टि स्थापित गर्न लेख्ने हो । त्यो दृष्टिको अभावमा कवि छायाहरूको पछि लाग्छ । कवितको वैकल्पित वा निजी दृष्टि बलियो छ भने हरेक कवितामा सूक्ति बनेर आइदिन्छ । छैन भने शब्दहरूको वीभत्स हत्या भइरहन्छ । #महेश पौड्याल भीडमा: भीडमा मेरो हात समाउनेलाई सम्झना सदा मेरो दिलमा बास जमाउनेलाई सम्झना र माया उनकै मुटुभरी भुल्न सकिन मैले उनलाई कसैगरी अनायासै मेरो मनमा माया जगाउनेलाई प्यार सदा मेरो आँखामा छाया बनेर आउनेलाई । म कहाँ उनकै यादमा सायद ओझेल परे म उनको आँखामा पलभरमै मेरो आँखामा सपना ल्याउनेलाई मंगल कामना छ दिलको धड्कन बढाउनेलाई । मिलन थियो हाम्रो पलभरको यादगार क्षण भयो जीवनभरको तस्बिर भइ मेरो दिलमा समाउनेलाई आशिष लाख मुटु भरि प्यार बनी छाउनेलाई #भीडमा भज गोविन्दम्: गोविन्द गिरी प्रेरणा तिमी सुत, सुतिराख तिमी निदाऊ, निदाइराख तिमी सपना देख, देखिराख अब तिम्रो भागमा सपनाबाहेक केही पनि बाँकी छैन ! भज गोविन्दम् । तिमीले दिएको वा नदिएको त्यो मतपत्रले प्राप्त भइसकेको छ शासकलाई तिमीलाई निर्बिघ्न शासन गर्ने अनन्त अधिकार भज गोबिन्दम् । अब तिमीले कसरी हाँस्ने वा रुने अब तिमीले कसरी बाँच्ने वा मर्ने अब उसो केके गर्ने त्यसको निर्क्योल गर्नेछ शासकले भज गोविन्दम् । अपठित शासकले दिनेछ विद्वत्ताको भाषण ज्ञान विज्ञानका अभिभाषण तिमीले पालन गर्नुपर्ने आचरण तिमीले समर्थन र विरोध गर्न पाउने सम्पूर्ण विषयको सूची दिनेछ उसैले भज गोविन्दम् । छूट हुनेछ चाकरहरुलाई छूट हुनेछ हुक्केहरुलाई छूट हुनेछ द्वारेहरुलाई छूट हुनेछ बाहिरिया बाहिरिनीलाई छूट हुनेछ भित्रिया भित्रीनीलाई ख्वामित शासकले सुन्नेछन् मात्र तिनका आवाज हराउनेछ तिम्रो आवाज ख्वामितको मूलद्वार बाहिरै भज गोविन्दम् । ख्वामितले देख्ने छैनन् दु:ख पीर व्यथा ख्वामितले सुन्ने छैनन् गरिबीको अनन्त रोदन ख्वामितले बुझ्ने छैनन् पहिरो गएको मनको व्यथा भोकलाई निषेध गरिएको छ शोकलाई निषेध गरिएको छ लौ कसरी तिनले मुण्टो उठाउने लौ कसरी तिनले प्रवेश पाउने भज गोविन्दम् । सुत र सुत्दै गाऊ भज गोविन्दम् उठ र उठ्दै गाऊ भज गोविन्दम् निदाऊ र निद्रैमा गाऊ भज गोविन्दम् सपना देख र सपनामै गाऊ भज गोविन्दम् गाऊ गाऊ भज गोविन्दम् भज गोविन्दम्। #गोविन्द गिरी प्रेरणा प्रकाशकः के गर्दैछन् ? के पढ्दैछन् ?: कोरोनाभाइरसको संक्रमणका डरले विगत अढाई महिनाभन्दा लामो समयदेखि देश बन्दाबन्दीमा छ। यसका बाबजुद पनि देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । यस्तो विषम परिस्थितिमा सबैको मन मस्तिष्कमा डर तथा त्रास व्याप्त छ । यस्तो बेलामा लेखन र पठनमा रूचि हुनेहरूले पनि आफूसँग भएका पुस्तकहरू लगभग पढेर भ्याइसके। साहित्यकारहरु पनि लेखन, सञ्जाल बहस तथा अध्ययनमै व्यस्त छन् । तर पाठक र लेखकबीचको दूरीलाई छोटो बनाइदिने प्रकाशकहरु भने के गर्दै छन् त? उनीहरु पनि किताब पढ्छन् ? पढ्छन् भने के पढ्दैछन् ? यही सालभित्र कुन प्रकाशनले कस्ता पुस्तक बजारमा ल्याउँदैछन् ? तथा सरकारले निरन्तरता दिएको पुस्तक माथिको करका विषयमा के भन्छन् प्रकाशक ? अजित बराल, फाइन प्रिन्ट के गर्दैछन् प्रकाशक ? दशैँअघि अमर न्यौपानेको ‘गुलाबी उमेर’को प्रकाशनपश्चात् फाइनप्रिन्टले अन्य पुस्तक बजारमा ल्याएको छैन । फाइन प्रिन्ट तिहारपछि नेपाल लिट्रेचर फेस्टिभलमा व्यस्त भयो। फाइन प्रिन्ट के गर्दैछ त भन्ने प्रश्नमा प्रकाशक अजित बराल भन्छन्, “लकडाउन सुरु भएपछि पुस्तक प्रकाशन र बिक्री वितरणको काम त लगभग ठप्प नै भयो तर प्रकाशनका लागि घरबाटै गर्न सकिने पाण्डुलिपि अध्ययन तथा प्रकाशनका लागि फाइनल भएका पुस्तकहरूको सम्पादन लगायतका कामहरु भने भइरहेका छन् । अवस्था सहज हुँदै गएपछि तयार रहेका पुस्तकहरु क्रमबद्ध रुपमा बजारमा पढाइँदै जाने सोचमा छौँ ।” बन्दाबन्दीकै बीच पनि काठमाडौँ उपत्यकामा पुस्तकको होम डेलिभरीको व्यवस्था बुकहिलले गरिरहेको छ। संस्थाका कार्यकारी प्रमुख भूपेन्द्र खड्का लकडाउनमा पनि पुस्तकप्रतिको पाठकको आकर्षण देखिएकामा हर्षित छन्। उनी भन्छन्, “गलितो किताब हामीसँग छैन । अझ भनौँ, नेपालीलाई पुग्ने किताब नेपालमा लेखिएका छैनन् । घरमा भएका किताबहरु पढ्नेहरुले पढिसकेका छन् । राम्रा किताब निकाल्ने हो भने नबिक्ने भन्ने होइन तर हामीकहाँ कि त राम्रा लेखक भएनन् वा राम्रा किताब लेखिएनन्, कि त भनौँ लेखकहरुले मिहिनेत गरेनन् । अर्को कुराचाहिँ के पनि भयो भने, हामीसँग सम्पादक भएनन् । सम्पादनका नाममा सम्पादकहरुले प्रुफ हेर्ने काम मात्र गरे । गरिरहेका छन् । सबैभन्दा दुःखको कुरो यही छ ।” पुस्तक व्यापार ठप्पजस्तै रहे पनि शिखा बुक्सका पुष्पराज पौडेलले बन्दाबन्दीको अवधिमा अधिकांश समय प्रकाशनकै काममा बिताए । उनले यी अढाई महिनामा पाण्डुलिपि पढ्ने तथा डिजाइनका काम गर्नेमा खर्चिए। उनी भन्छन्, “यो समयमा पाण्डुलिपि नै मात्र मैले ५० को हाराहारीमा पढेँ । छाप्न सक्ने हो भने त पुस्तकको बाढी नै आउलाजस्तो छ यो वर्ष तर सबै किताब छाप्न समय नै प्रतिकूल छ ।” कृष्ण अविरल, मञ्जरी प्रकाशन न्यु इराका मोहनजंग राउतलाई कोरोनाले गाउँ पुर्याएको छ । यो समय प्रकाशनका काम तथा पुस्तकसँग भन्दा पनि उनी खेतीकिसानीमा बिताइरहेका छन् । उनी भन्छन्, “प्रकाशन गृह सुरुवातमा थियो । दशैँअघि विशाल दत्तको ‘मेटाफर’लाई बजारमा ल्याएका थियौँ तर लकडाउनसँगै बजार बन्द भयो । केही लेखकहरुसँग पुस्तक प्रकाशनका लागि छलफल भइरहेको भए तापनि कोरोना कहरकै कारण पक्का भने हुन सकेको छैन ।” पछिल्लो समय पुस्तक पसल तथा होम डेलिभरीलाई सञ्चालनमा ल्याए पनि पुस्तक बिक्री ठप्पजस्तै भएको बताउँछन्, मञ्जरी प्रकाशन गृहका सञ्चालक कृष्ण अविरल । प्रकाशकहरु के गर्दैछन् भन्ने साहित्यपोस्टको प्रश्नमा उनी भन्छन्, “प्रकाशकहरु अहिले सोचिरहेका छन्, घरभाडा कसरी तिर्ने ? कर कसरी तिर्ने ? छापेर राखेका किताब कसरी बेच्ने ? अगाडिका कागज तथा बैंकका ऋणहरु कसरी तिर्ने ?” के पढ्दैछन् प्रकाशक? यस्तो तनावका बीच पनि प्रकाशकहरू पढ्ने कुरामा रूचि राख्लान् ? राखिरहेका छन् भने तिनको रूचि कस्तो होला? उनीहरूले के पढिरहेका होलान् ? उपन्यासकारसमेत रहेका मञ्जरी प्रकाशनका प्रमुख कार्यकारी कृष्ण अविरलले पाण्डुलिपि पढ्ने तथा सम्पादन कर्मका अलावा यही अवधिमा आफ्नो एक उपन्यास लेखी भ्याए । साथै बालकृष्ण समका ‘मेरो कविता आराधन’, टुकराज मिश्रको राणाकालबारे ‘रिणी र राँठी’ पढे । लेखनको सिलसिलामा कतिपय किताबहरु दाहोर्याए भने अहिले ‘नेपालको विद्वत परम्परा’ पढिरहेका छन्। बुकहिलका भूपेन्द्र खड्काले बन्दाबन्दीको समय पुस्तककर्ममै बिताए। उनले यो समयमा पुस्तक पढ्ने, पाण्डुलिपि पढ्ने तथा सम्पादनको काममा आफूलाई खर्चिरहेको साहित्यपोस्टलाई बताए। यसका अतिरिक्त खड्काले यस अवधिमा आफ्नै पुस्तकको पनि लेखन गरेको बताए। खड्का भन्छन्, “पढ्ने काम त भयो तर धेरै पाण्डुलिपि र सम्पादनमै समय खर्चिइयो । पुस्तककै रुपमा भने खप्तड बाबाको ‘विचार विज्ञान’ भन्ने पुस्तक दोस्रोपटक पढेँ ।” भुपेन्द्र खड्का, बुक हिल फाइनप्रिन्टका अजित बराल यतिबेला पोखरामा बितिरहेको छ। बन्दाबन्दीलाई जीवनमा उपलब्ध अभूतपूर्व विश्राम सम्झेर पोखरा पुगेका उनी त्यतिबेला दिक्क भए, जब पढ्न मन लागेका पुस्तकहरु काठमाडौँमै छुटेको पाए । तापनि यस अवधिमा शशी थरुर र समिर सारनको ‘द न्यु वर्ल्ड डिसअर्डर’ पढे । त्यसो त बन्दाबन्दीको समयमा पुस्तक नपाइएपछि बर्माको राजनैतिक घटनामाथि लेखिएको ईबुक पहिलोपटक पूरै पढे। यसअघि उनले पूरै किताबको ईकपी पढेका थिएनन्। त्यसका साथै, धेरै पहिले पढेका केही किताबहरु पुनः दोहोर्याउने अवसर पनि पाए । बन्दाबन्दीका बीच ५० को हाराहारी पाण्डुलिपि हेरेका शिखा बुक्सका पुष्पराज पौडेलले पढ्न मन लागेका बिपी कोइरालाका कथाहरु, शरत्चन्द्रको भारतीय उपन्यास ‘चरित्रहीन’ लगायत पढ्न भ्याए । कस्ता पुस्तक ल्याउँदैछन् ? भूपेन्द्र खड्काका अनुसार बन्दाबन्दीअघि नै प्रेस पुगेका किताबहरुको भविष्य नै अन्योल बनिरहेको समयमा तत्काल नयाँ पुस्तकको घोषणा तथा प्रकाशन गरिहाल्ने अवस्था छैन । बन्दाबन्दी खुलेरै मात्र पनि हुँदैन, बजार पहिलेको अवस्थामा आउन समय लाग्ने भएकाले बुक हिलबाट नयाँ पुस्तक प्रकाशन गर्ने कुनै सोच नरहेको खड्का बताउँछन्। राम श्रेष्ठ, पाँचपोखरी पब्लिकेसन्स पाँचपोखरी प्रकाशन गृहलाई आमपाठकले विदेशी पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने प्रकाशन गृहका रुपमा चिनेका छन्। यस प्रकाशन गृह अहिले प्रकाशन गर्नुपर्ने पुस्तकहरुमा आवश्यक तयारी गरेरहेको बताउँछन्, सञ्चालक राम श्रेष्ठ । श्रेष्ठ भन्छन्, “अब हाम्रा पुस्तकहरु पहिलाकै जस्ता हुने हुन् । तयारीमा आउन लागेकामा कृषि र सकरात्म सोचसम्बन्धी पुस्तकहरु अलि बढी रहेका छन् । त्यसका अलावा देश तथा विदेशका सफल व्यक्तित्त्वहरुको जीवनी पनि हाम्रो प्रकाशनको प्राथमिकतामा छन् । र, अब बजार सहज भएपछि हामीले बजारमा ल्याउने पुस्तकहरु पनि यस्तै किसिमका हुनेछन् ।” बन्दाबन्दीपछि आममानिसमा मानसिक समस्या बढ्ने हुँदा पुस्तकले त्यो अवस्थामा पाठकलाई सकरात्मक ऊर्जा प्राप्त गर्नुपर्ने मत राख्छन् श्रेष्ठ । उसो त प्रकाशन गृहहरुले पुरस्कारलाई टार्गेट गरेर राम्रा पुस्तकहरु चैत अन्तिमलाई साँचेका हुन्छन् तर यही समयबाट बन्दाबन्दी सुरु भएपछि फाइनप्रिन्ट लगायत धेरै प्रकाशन गृहका प्रतिक्षित पुस्तकहरु रोकिए। फाइन प्रिन्टका कति पुस्तकहरु छापामा पुगेर थन्किएका छन् भने कति पुस्तकहरु छापाबाट फर्किर आइसकेर पनि गोदाममा थन्किएका छन् । यसरी थन्किएका पुस्तकहरुमा जीवा लामिछानेको नियात्रा संग्रह, मनीषा कोइरालाको विमोचनका लागि तयार ‘हिल्ड’को नेपाली अनुवाद, राजीव उपाध्यायको नेपालको राजनैतिक मुद्दामाथि लेखिएको किताब, सुरेश बादलको पुस्तक तथा विजय कुमारको ‘फेक आइडी’ आदि छन् । पुष्पराज पौडेल, शिखा बुक्स लक डाउनको समयमा मञ्जरी प्रकाशनका अविरलले करिब तीस ओटा पाण्डुलिपिबाट प्रकाशनका लागि पाँच ओटा पुस्तक मात्र छनोट गरे तर ती पाँच पुस्तक पनि कहिले छापामा पठाउने भन्ने टुङ्गो नभएको उनले साहित्यपोस्टसँग बताए । कोरोनाका कहरका बाबजुद यही साल प्रकाशन हुनसक्ने सम्भावनाका फाइनल भइसकेका पुस्तकका लिस्ट पनि लामै छ शिखा बुक्ससँग । त्यसमा पनि प्रथमिकतामा रहेका पाण्डुलिपिहरुमा चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह, निर्दोष डेरावाल नामक उपन्यास, नाम राख्न बाँकी जया ओझाको उपन्यास, भुवनहरि सिग्देलको उपन्यास, निर्मोही व्यासको नियात्रा संग्रह लगायतका पुस्तक रहेको पुष्पराज पौडेलले बताए । पुस्तकमा लगाइएको करः सरकारले गत आर्थिक वर्षदेखि पुस्तकको आयातमा मूल्य अभिवृद्धि कर थप गर्यो। जसको विरोधमा प्रकाशन गृहमात्र होइन, आमपाठक तथा विद्यार्थीहरुले पनि पूरै वर्ष खर्चिए। धेरैको आशा थियो, उक्त कर यो वर्षको बजेटमा घटाइने छ तर त्यसो भएन। चक्लेटको आयतमा लगाइँदै आएको कर घटाइँदा, पुस्तकको आयातमा लगाउँदै आएको करलाई भने यथावत् राखिएको बजेट भाषण अर्थमन्त्रीले संसदमा सुनाए। करका कारण विगत १० महिनादेखि अंग्रेजी किताबको आयत रोकिँदा उच्च शिक्षाका पाठ्यपुस्तक मात्र रोकिएनन्, बौद्धिक तथा बुद्धिजीवीहरुका पठन तथा ज्ञानको सीमामा समेत संकुचन आएको मत छ बुकहिलका भुपेन्द्र खड्काको । उनी भन्छन्, “नेपाली किताबले मात्र नेपाली पाठकलाई धान्दैन। अहिले होम डेलिभरीमै पनि अंग्रेजी पुस्तकको माग धेरै छ तर पुस्तक आयात नै भएको छैन। कहाँबाट ल्याउने ? फेरि अर्को कुरा के भने, संसारको कुनै पनि देशले आफ्नै सीमा भित्रका पुस्तकले त्यहाँको बौद्धिक सर्कललाई बढाउँछु भन्नु मुर्खता हो। त्यसैले निर्वाध रुपमा विदेशी पुस्तक आयात हुनुपर्छ ।” सरकारले किताबमा लगाएको करले प्रकाशकलाई कुनै पनि असर नगरेको फाइनप्रिन्टका अजित बरालको मत छ। यस विषयमा उनी भन्छन्, “विदेशबाट आउने पुस्तकहरु क्रेडिटमा आउँछन्, जुन ९० दिनभित्र तिर्नुपर्ने हुन्छ। पुस्तकको आयात ३७ प्रतिशतले घटेको प्रतिवेदन पनि आइसकेको छ। यसको कारण भनेको पुस्तक व्यावसायीहरुले विरोध स्वरुप नल्याइदिएर पनि हो तर यसले बजार, पठन संस्कृति र देशको विकासलाई भने रोकेको छ। हाम्रा अर्थमन्त्रीले यसलाई फिजिकल रुपमा मात्र हिसाब गर्नुभयो। यो अर्थ मन्त्रीको कमजोरी हो । साथै, करका कारण विदेशी पुस्तकहरु पहुँचमा आउँदैनन्। यसले हाम्रा लेखकहरुको अध्ययन तथा अनुसन्धान दायरालाई घटाउनेछ। यसको अप्रत्यक्ष असर प्रकाशन गृहले पनि बेहोर्नु पर्नेछ।” #अजित बराल #कर #कृष्ण अविरल #पठन #पुष्पराज पौडेल #प्रकाशक #भूपेन्द्र खड्का आँखा: महेश्वर शर्मा मैले वर्षौंदेखि यी आँखाहरुलाई साँधिरहेको छु तिमीले देखेका सबै सत्यहरु भन्न मिल्छ? आँखाहरुको हृदयको भित्री गहिराईमा भरिएको आगोले यसरी डढेलो लगाएको छ कि यिनीहरु पानीले डढेलो लगाएको भन्नु पर्छ रातलाई दिन भन्नुपर्छ र दिनलाई रात ए आँखा तिमी भित्रको आगो यसरी दन्किएको छ कि तिमीलाई निभाउन पानी होइन आगो नै चाहिने भएको छ मेरो देशको माटो हृदयमै टाँसेर बाँच्ने मेरा देशका अरु आँखाहरू पनि छन् ती आँखाहरुले माटोको सुगन्धमा आफ्नै सिङ्गो बैंश घोलेर एक जीवन बाँचिरहेका छन् ती आँखाहरु हृदयको भित्री गहिराईबाट बगिरहेको सिङ्गो बैँशको झरी बोकेर चुपचाप बाँचिरहेछन् केवल बाँच्नकै लागि । उद्वेलित जीवनको मातले हिर्काएका आँखाहरु सत्य बोल्न छाडेको वर्षौं भो आँखा धमिलो भएको छ धमिलिएका आँखाहरुको मस्तिष्क चल्नै छोडेर होला सायद उनीहरुले सेतो रङलाई कालो भनिदिन्छन् र कालोलाई सेतो आँखाले हेर्नु र हेरेजस्तो गर्नु फरक हुन् हृदयले सत्य बोलेनेहरु आँखाले हर्छन् र? आख़िर जीवनको आँखा त हृदयमै हुन्छ नि है?? मलाई आँखा धमिलो भएका न्यायलयहरुसँग आजभोलि खुब डर लागेर आउँछ वर्षौंसम्म आफ्नै छोरीको न्यायको निम्ति अन्तिम स्वास पर्खिएर बाँचेकी आमाले न्यायालयको अन्तिम फैसला सुन्न नपाउँदै अस्ताइन् अस्ताइसकेको सूर्यलाई वर्षौंदेखि धमिलो आँखा बनाएर बसेका आँखाहरुले फैसला सुनाए र, भनिदिएं प्रमाण पुगेन । मेरो देशको माटो हृदयमा टाँसेर बाँच्ने आँखाहरुले सोधिरहेछन् यी धमिला आँखा बनाएर बसेका न्यायलयहरु कहिले भत्किएलान्? #महेश्वर शर्मा साहित्य सरोवरको जूम परिसम्बाद: काठमाडौँ/अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज, नेपाल च्याप्टरले जूममार्फत् साहित्य सरोवर – विशेष परिसम्बाद कार्यक्रम “कोरोना कहर र साहित्य सिर्जना” जेठ २७ गते मङ्गलबार सफलताका साथ सम्पन्न गरेको छ। अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरीद्वारा प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रा. डा. खगेन्द्र लुइँटेल, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, महासचिव ऋषभदेव घिमिरे, अनेसास नेपाल च्याप्टरका सदस्यहरू मधु पाठक र रन्जना निरौला, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने तथा ‘शब्दपथ’का संयोजक कथाकार किशोर पहाडीको महत्त्वपूर्ण उपस्थिति थियो। प्रस्तोता दिव्य गिरीका अनुसार निम्त्याइएका केही साहित्यकारहरू प्राविधिक कारणले कार्यक्रममा जोडिन सकेनन् । #साहित्य सरोवर 'खौ': स्नेह सायमि ‘खौ’ भन्ने शब्द बुझ्नु भयो तपाईंले ? मलाई लाग्छ, धेरै नेपाली भाषी पाठकहरुले बुझ्नु भएन । बुझ्नु पनि कसरी? यो खस नेपालीभाषाको शब्द नै होइन । यो एक अक्षरको एक शब्द बुझिएन भने सम्पूर्ण बुझाइ नै अपुरो हुन्छ । नेपालमा हामीले व्यापक रुपमा प्रयोगमा ल्याइरहेको यो भाषा भन्दा नेपालकै अन्य अपहेलित भाषाहरु शाब्दिक रुपमा धनी छन् । उदारणका लागि नेपालभाषा । काठमाडौंमा सम्पर्क भाषा र मातृभाषा सरकारी भाषा सबै नेपालभाषा नै थियो । एक राणा शासकले यो भाषामाथि प्रतिबन्ध लगायो र करिब एक शताब्दी नै यो भाषा प्रतिबन्धित रह्यो । नेपालका सबै भाषा हाम्रा सांस्कृतिक धरोहर हुन् तर यसो हुन दिएन, भन्न पनि दिएन । काठमाडौं लगायत कति गाउँहरुमा खस नेपाली भाषा नबुझ्ने धेरै हुनुहुन्छ । उहाँहरुले उहाँहरुकै भाषामा लेख्न पढ्न पाए हामी नेपालीलाई गौरवकै कुरा हुन्थ्यो । फेरि नयाँ भाषा बनाउन सकिंदैन, बनिसकेको भाषालाई संरक्षण र संवर्ध्दन गर्न सके अन्तर्राष्ट्रिय रुपमा हाम्रो देशको छवि नै बेग्लै हुन्थ्यो । अन्य कतिपय विषयझैं भाषिक समानताका कुरा संविधानमा लेखिए पनि त्यो अहिले पनि लागु भएको छैन । हामी भाषामा लागेकाहरु नै नेपालका भाषाहरुलाई एक अर्काको परिपुरक भन्दा पनि प्रतिद्वन्द्विको रुपमा हेरेसम्म यो भाषिक समानताका कुरा कानुनी विषय मात्र भइरहनेछ । म कुरा गरिरहेको थिएँ, खौ भनेको के हो । खौ भनेको नेपालभाषामा दुई अर्थ लाग्छ र भाषा र परिवेशअनुसार बुझ्नुपर्ने हुन्छ । एक अर्थमा तोरी वा भटमास वा यस्तै कुनै तेलयुक्त वस्तुलाई तेल निकालिसकेपछि बाँकी रहेको छोक्रालाई खौ भनिन्छ। अब बुझ्नु भो होला नि, खौ भनेको पीना हो तर अहिले प्रयोग गर्न खोजेको यो अर्थको खौ होइन । खौ भनेको हातका सबै औंलाहरु बाँधेर मुट्ठी बनाएर टुटुल्को आउने गरी टाउको हान्नु खौको अर्को अर्थ हो । हो, अहिले मैले सम्झना गरेको खौ यही हो । अब भन्नुस त, तपाईंहरुले विशेषतः आफ्ना बाल्यकालमा आफूभन्दा अग्रज र बलिया साथीहरुबाट यस्तो खौ खानु भयो कि भएन ? हाम्रो विद्यार्थी जीवनमा कडा अनुशासनमा बस्नु पर्थ्यो र सजाय पनि कडा हुन्थ्यो । कि बलियो लट्ठी कि सिस्नुको चुटाई । लट्ठीको चुटाईले जहाँ लाग्यो, त्यहीँ डाम उठ्थ्यो, सिस्नुको चुटाई जहाँ पर्यो, त्यहाँ घण्टौं सम्म चहर्याउँथ्यो । अलि नरम सजाय भनेको उठबस थियो । सयपटक, पचास पटक सुइँसुइँ उठबस गरिन्थ्यो । अलि युवक गुरुहरुले खौ हान्थे । विद्यार्थीहरुले मन लगाएर पढ्ने होइन कि पढिएन भने सजाय पाइन्छ भनेर पढ्ने गर्थे । जसले मन लगाएर पढ्थे, उनीहरु त उत्कृष्ट भइहाले। जो नपढ्दा पाइने सजायको डरले पढ्थे, उनीहरू पनि नराम्रा विद्यार्थी थिएनन्। नराम्रा विद्यार्थी भनेका जति सजायै दिए पनि नपढ्ने र नलेख्नेहरु थिए । त्यतिखेर गुरुहरु सिकाउनमा भन्दा सजाय दिनमा विश्वास गर्थे । मेरो स्कूले जीवन शुरु भएपछि मेरो काका मेरो गुरु तथा अभिभावक हुनुभयो। उहाँले मलाई मिहिनेत गरेर लेख्न-पढ्न सिकाउनु भयो । उहाँको अंग्रेजी भाषा राम्रो । ग्रामर कण्ठस्थ । अक्षर छापा जस्ता । अनि उहाँले जस्तै लेखपढ गरोस् भन्ने चाहनु हुन्थ्यो । लेखेन पढेन भने खौ हानिहाल्नु हुन्थ्यो । घरकै अभिभावक गुरु भएपछि कति समस्या हुन्छ, पर्नेलाई मात्र थाहा हुन्छ! बाल मनोविज्ञान भन्ने कुरा त भाँडमा जावोस्, तर्साएर राख्नुपर्छ भन्ने मानसिकता थियो । मेरा लेखपढको तरिका मलाई चित्त नबुझेर के गर्नु? उहाँले मेरा बारेमा जे निर्णय लिनुहुन्थ्यो त्यही अन्तिम फैसला थियो । न बा, न आमा, कोही कसैले मेरा कुरा सुन्नु हुँदैनथ्यो । बरु मेरा हजुरबाले मेरो पक्ष लिएर कहिलेकाहीं काकालाई गाली गर्नुहुन्थ्यो । तर पनि मप्रति काकाले गर्ने रवैया त यथावत् नै थियो । काकाको कारणले मैले अघिल्लो कक्षामा पढ्ने अंग्रजी पहिल्यै सिकिसकेको हुन्थेँ र मैलै ९० देखि १०० को बीचमा सजिलै नम्बर पाउँथेँ। मलाई सानो कक्षामा काकाको मद्दतले गर्दा एसएलसी र उपल्ला कक्षाहरुमा पनि अंग्रेजीमा सिक्न गारो भएन। अझ मैले एसएलसी पछिको प्रमाणपत्र तहमा पढ्दा सिनियर क्याम्ब्रिज गरेकाहरु भटटट अंग्रेजीमा कुरा गर्थे, म सक्दिनथेँ । अनि मैले सोचेँ, अंग्रेजी विषयमा म यिनीहरुलाई जितेरै छाड्छु। अन्ततः सिनियर क्याम्ब्रिज पढेर आएकाका भन्दा बढी अंक ल्याएर म उत्तीर्ण भएँ। अहिले पनि अंग्रेजी व्याकरण काकालाई कण्ठै छ । नातिहरूसँग अंग्रेजीमै सम्वाद गर्न रुचाउनु हुन्छ । ह्याण्ड राइटिङमा त यसरी जोत्नु भयो कि सारा परिवार उहाँकै हस्तलेखनबाट प्रभावित छौँ । काकाको ‘खौ’ले अहिलेसम्म अंग्रेजीमा लेखपढ गर्न सजिलो बनाइदिएको छ। #जीवनको रङ #स्नेह सायमि ढुङ्गा पाे भएछु अचेल: ढुंगा पो भइएछ अचेल! ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि भइदिएँ ढुंगामा अनुवाद! ढुंगाको मुड्को उभेर ढुंगाका हात खुट्टा टेकेर, ढुंगाकै मन र मुटु राखेर, ढुंगाकै निर्जीव मस्तिष्क बाँचेर, खै म कसरी बनुँला मानवजस्तो प्रेमिल? यो कोलाज ढुंगाहरूको, चुपचाप-चुपचाप बहन्छ। ढुंगाहरूको स्पर्धा शान्त र स्वर्णिम छ। म नितान्त अनास्थामा गरमगरम हिँड्ने बबुरो आज कसरी भएँ आस्थाको ढुंगो? आफ्नै छायाँहरू पनि विरानो लाग्न थाल्यो। मोहमा नबाँधिएको यो मेरो विश्व कसरी बाँधियो मोहको लठ्ठो–साङ्लोमा? -म सपनामा छु या विपनामा? म सोच्छु, सोच्दै जान्छु। मेरा चाउँरिदै गएका मगजका तन्तुहरू निष्कृय नहोऊन्। सोच्न छोड्ने हो भने यो दिमाग पनि बेकामी फलाममा खिया लागेझैँ फलाम भुक्तानी हुँदै जान्छ। यो जीवनको पर्खाइको क्रम सासौँदो राख्नु छ। जीवित राख्नु छ। ज्वाज्वाल्यमान र तम्तयार राख्नु छ। यो पर्सिदै गएको जीवनको अंश रंगाउनु छ आफैँ। यो लखेट्याइमा कति दिन भाग्नु पर्ने हो, भागिरहनु पर्ने हो? जीवनको धुन रहेसम्म बाँसुरीमा फुकिरहने हो एउटा नयाँ लय। मृत्युले नछक्याएसम्म यो एक त्यान्द्रो घामसँग खेलिरहने हो –कपर्दी र यो शान्त जूनसँग गाइरहने हो प्रेमको गीत। म ढुंगो बाँचे भने पनि म ‘देशेमरुझ्याको प्वालबाट चिहाइरहने छु उत्सवहरूको महोत्सव।’ चिहाउनु र चिहाइरहनु पनि गतिशीलताको द्योतक नै त हो। ढुंगाहरू पनि स्थिर होइन, अस्थिर हुनु पर्दछ, चलमलाउनु, झलमलाउनु, सल्वलाउनु र खल्बलाउनु पर्दछ। ढुंगाले पनि देख्नु पर्दछ सपना नौरंगी। समय धेरै भयो जब म ढुंगा भएर बाँचे, बाँच्नुको एउटा नवीन उपक्रम रहेछ त्यो। आज म देख्दिनँ तिम्रा चिसा परेला। सुन्दिनँ तिम्रा मृत राग। हो, म छाम्न सक्दिनँ तिम्रो उमेरको उच्छवास। म ढुंगा भएछु- ढुंगा। ढुंगा निर्जीव, निष्प्राण। म पनि भएँ निर्जीव र निष्प्राण, उत्प्रान्त म ढुंगा नै भएँ। संसारका सम्पूर्ण ढुंगाहरूमा मेरो आस्थार्पण। निष्प्राण र निर्जीव ढुंगाहरूमा सम्मानार्पण। म आफ्नो अन्तिम अस्तित्व ढुंगाका गिर्खाहरूमा छामिरहेछु। – आडम्बर, भ्रम, झूट र छद्म रूप बोकेर बाँच्नुभन्दा म रूपान्तरण भैदिएँ ढुंगामा। म मानिस उदांगिएर ‘मान्छे’ बाँच्न सकिनँ। म बुख्याँचा अस्तित्वबाट उठेर ढुंगा जीवन बाँच्न विवश भएँ। बेकारको फुक्दै नफुक्ने निस्वासको गजुल्टो बाँच्नुभन्दा निर्जीव भैदिनु बेश। म देवकोटाझैँ- ‘उडी छुनु चन्द्र एक’ लेख्न असमर्थ छु। भूपिझैँ ‘चोकमा सब थोक’ देख्न असमर्थ छु। मसँग बिपी कोइरालाझैँ कथामा सिपी खोज्ने तागत छैन। न कि लेखनाथमाझैँ ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ भन्ने नैतिक बल नै छ। मैले एक्काइसौँ सदीको निर्बलियो लुते मानव भएर ‘बर्थ डे केक’ काट्नु छैन। स्वार्थको अनन्त गुजुल्टाहरूमा च्याँखे थापेर मानवताको हुर्मत काढ्नु छैन। मैले आफूभित्रको मानवता जिउँदै जलाउनु छैन। ढाँट्ढुँट गरेर कसैको आस्था भत्काउनु छैन। सग्ला मनहरू भाँच्नु छैन। बरु, मानवतामा हिलो छ्यापेर बाँच्नुभन्दा ढुंगा हुनु वेश– ढुंगा! – म भीरको एउटा ढुंगा हुन चाहन्छु। – म तीरको एउटा ढुंगा हुन चाहन्छु। भीरको हुँ या तीरको ढुंगा नै बाँच्न चाहन्छु। म मन्दिरको हुँ या मस्जिद या हुँ चैत्य वा चर्चको, केवल ढुंगा नै बन्न चाहन्छु। – मेरो मस्तिष्क ढुंगाकै होस्। – मेरो मन/मुटु ढुंगाकै होस्। – मेरो हाडाछाला/मासु ढुंगाकै होस्। – मेरो इन्द्रीय/अनेन्द्रीय ढुंगाकै होस्। अर्थात्, हुँ म सम्पूर्णस्वरूप ढुंगाको। हावाले फूलको सुवास टिपेरे वेग मारोस्, सूर्यले पुलुक्क पृथ्वी चिहाओस्, फूलले प्रेमको सपना देखोस् या जूनले रातको सन्नाटामा प्रेमको महफिल जमाओस्। उफ! म जीवनका सम्पूर्ण अन्तराहरूबाट सुदूर हुनेछु र बन्नेछु– ढुंगो। – जीवन त ढुंगाको पो सही। ढुंगाको कुनै सपना हुँदैन। ढुंगाको कुनै ईर्ष्या, लोभ र मोह हुँदैन। – ढुंगा–ढुंगाबीच चल्दैन आपसी द्वन्द्व। ढुंगा ढुंगीबीच चल्दैन साम्प्रदायिक लफडाबाजी। ढुंगा नै हो ईश्वर! ईश्वर पनि त सदियौंदेखि ढुंगा नै भएको छ, मौन-मौन र चुपचाप-चुपचाप हेरिरहेकै छ ढुंगाकै आँखाहरूबाट यी सबथोक। – ईश्वरको अनुहार र ढुंगाको अनुहारमा छैन तात्विक अन्तर! ढुंगा हामीले मानेको ईश्वर पनि हो। दार्शनिक नित्सेले उहिल्यै घोषणा गरेको ‘ईश्वरको मृत्युको घोषणा’ यतिबेला अर्थपूर्ण लागेको छ। यहाँनेर आइपुग्दा एउटा गजब संयोग जुरेको छ। मानिसबाट निरन्तर संवेदना झरेर/चोइटिएर/उछिट्टिएर/फूक्लिएर/ खिइएर/जलेर ढुंगामा परिणत हुँदैछ। ढुंगा भएपछि मानव, म कहाँ सग्लो मानव बाँच्न सक्छु र? – मानव ढुंगा हुनुमा पनि त अथक् प्रयास छ। वर्षौँदेखि मानव हुनुबाट भागेर, लुकेर, काँपेर भएको हो – मानवढुंगा। जब मानिस जड बन्छ, ऊ ढुंगो सिवाय केही हुन्न। जहाँ वय/विचार/चिन्तन मनन र समन्वय मृतप्राय: हुन्छ। सरल र सहजपन नै मानिसको उत्कृष्ट उपहार हो। मानिस–मानिसबीच अन्तरंग संवाद हुन सक्नु पर्दछ। विचार/सिद्धान्त/वाद/दृष्टिकोण केवल मानव मात्रले विनिमय गर्न सक्दछ। मानिस नै त हुन्, मानिसका मनमस्तिष्कमा अन्तहीन रंग उत्पन्न गर्न सक्ने। आखिर हार्दिक प्राणी त मानिस नै हुन्। मानिसले, मानिस मात्रको प्लेकार्ड झुण्ड्याएर हिँड्नु हुन्न भन्ने लाग्छ। किमार्थ बन्नु हुन्न मान्छे रोबर्ट, यद्यपि म बनेँ ढुंगा! कस्तो अनर्थ हो यो– जो गतिशील मानवताको कुरा गर्छ, उही ढुंगाको कल्पना गर्दछ, अचम्म मान्दो हो लोक। यतिबेला लाग्छ मेरा आँखाहरूमा कुनै आलोक छैन। मात्र चिसा जड खोपिल्टा भएका छन्। मन छैन–ढुंगा भएको छ। यी आँखा, मुख, नाक, कान वा मुस्कान केवल कसैका सुन्दर कला मात्र हुन्, कलाका लागि मात्र बनाइएका हामी केवल फाइन आर्ट हौँ या हौँ स्मृतिमा उभ्याइएका शालिकहरू! शालिक पनि निक्कै गरुंगो जीवन बाँच्छ बरु, चोक–चोकमा उभिएका यी शालिकहरू पनि जीवन बोकेर उभिएझैँ लाग्छन्। यिनीहरूमा छ बरु एउटा विशिष्ट आत्मा। म उडेका चराहरू हेर्छु, कति स्वन्त्र र सजीव छन्। आफ्नै घरको खैरे कुकुरको जवानी हेर्छु कति मस्तिको छ। मध्यरातमा जूनको उज्यालो आकाशबाट मेरो ओछ्यानसम्म आइपुग्छ। मसँगै रहन्छ धेरै समय। आहा! कति जीवन्त छ जून। यो शाश्वत सत्यलाई स्वीकार्छु– धत् म किन र के कारण बने ढुंगा? प्रश्न गर्छु निरन्तर आफैँलाई। घुम्छ टाउको ब्रह्माण्ड घुमेझैँ फनफन। म धेरैपटक वा कैयौँ घण्टा वा कैयौँ वर्षदेखि टोलाइरहेको छु। यो प्रश्न भित्रको विशाल सुरुङमा। मैले यो ब्रह्माण्ड धेरै बुझेको छैन। सायद मेरो यो (थोरै जिबीको मेमोरी पावर) मस्तिष्कमा निरन्तर खाइरहेको हुनुपर्छ भाइरसले। बडो विस्मय छ यो ढुंगो मनसँग। म मात्र कसरी भएँ ढुंगो या यो सम्पूर्ण ब्रह्माण्डका कोटी–कोटी मानिस नै बने ढुंगो? सबैमा देख्छु, मेरै नियति। उस्तै छ चालढाल, उस्तै छ आनीबानी, उस्तै छ रंगरूप। त्यसैले म सगर्व घोषणा गर्छु- हामी ढुंगो हौँ। हामी थोरै मानव र धेरै ढुंगो अर्थात् जड भएका छौँ। – हामी एक पेट अर्नी र थोरै धन दौलतभन्दा कत्तिमाथि छौँ, कत्तिमाथि तथापि स्वयं किन लालायित छौं निष्प्राण ढुंगो बन्न? – ढुंगो मानिसको लय हुँदै होइन। – ढुंगो मानिसको व्याकरण हुँदै होइन। – ढुंगो मानिसको मेरुदण्ड हुँदै होइन। चोरेर यी अनुहारहरू ढुंगो मुस्कुराइरहेछ। हामी लज्जावती झारझैँ लुकाइरहेछौँ ढुंगाको अनुहार। समयको वैशाखी टेकेर चिप्लिरहेछ मानवता। यी मानिसका उदास दिन, महिनामा बगिरहेछ नदीको संगीत। यति बेला हरेक मानिस भएको छ ढुंगामा रूपान्तरण। असमय किन बनिरहेछ मानिस ढुंगा? ओ! प्रियतमा अब कसरी गरुँ तिमीलाई प्रेम? ढुंगाकै मनले, ढुंगाकै आँखाले वा ढुंगाको स्पर्शले … । बोल किन चुपचाप बन्छौं तिमी ढुंगा। ढुंगाको पनि बेग्लै छ, अस्तित्व। संसारमा मानिस ढुंगामा रूपान्तरण हुनु र ढुंगा–क्रमश: मानवतामा प्रवेश गर्नु कस्तो संयोग हो यो? विपना पनि सपनाझैँ लाग्छ आज। आफैँलाई चिटिक्क चिमोट्छु, म सपनामा त छैन। सपनामा बाँच्न कति दिन सकिएला! भो म विपना नै चाहन्छु। म मानिस नै हुन्छु। ढुंगा निर्जीव र निष्प्राण हुन्छ। अहँ, म पटक्कै भोग्ने छैन ढुंगाजीवन। यो अन्यमनष्क जीवन कतिञ्जेल बाँच्नु, मानवबिना मेरो विकल्प म कदापि सोच्नै सक्दिनँ। म मानव हुँ, म मानव संस्करण नै बाँच्न चाहन्छु। ए, ढुंगाको संवेदना शून्य ईश्वर! मलाई मानिस बनाऊ, मानिस। म तिमीझैँ निरीह बाँच्न चाहन्न। झुले-२ दोलखा #श्रीबाबु कार्की उदास “समयको आवाज” र मेनुकाः एक विश्लेषण: नेपाली छन्द कविताको क्षेत्रका मेनुका चापागाइँ “मेनू” को नाम नयाँ होइन । युवा वयमै उनका दुई सङ्ग्रह प्रकाशित छन् — “सालिक बोलिरहेछ” (२०७३) तथा “समयको आवाज” (२०७५) । कविताको फााटमा २०७४ सालमा विश्वव्यापि छन्द कविताको भिडियो प्रतियोगिता तथा २०७५ सालमा नेपाल प्रज्ञाप्रतिष्ठाने सालाना गर्ने गरेको राष्ट्रिय कविता प्रतियोगितामा तृतीय पुरस्कार पाएसँगै उनको कविताकारिताको राष्ट्रिय र अन्तराष्ट्रिय अनुमोदन भइरहेको कुरा प्रस्ट छ । उनको कविताफाँटमा जुन प्रकारको बलियो उदय भएको छ र सुरुवाती दिनमै जुन प्रभावकारिता देखिएको छ, त्यसबाट नेपाली छन्द कविताका पाठक र पारखीहरूको उनीमाथिको आशा र विश्वास उच्च हुनु स्वाभाविकै हो । तर, कविहरूको भीडमा, विशेष गरी छन्द कविहरूको समूहमा देखिने गरेका दोषहरूबाट उनले आफूलाई मुक्त राख्नु जरुरी छ । यस समीक्षामा मेनुका चापागाइँको कविता सङ्ग्रह “समयको आवाज” लाई आधार मानेर उनको शक्ति, समाथ्र्य तथा उनले ध्यान दिनुपर्ने केही कुरालाई निर्मम तरिकाले राखिएको छ । कर्मण्यवाधिकारस्ते माः फलेषु कदाचन । महेश पाैड्याल (क) शक्ति र सामथ्र्य १. छन्दमा महारथ भारतीय उपमहाद्वीपमै मरणासन्न भइरहेको छन्द परम्परालाई नेपाली कविहरूले अक्षुण्ण रोखेका छन् । यसमा युवा हाँचका छन्द कविहरूले यसमा प्राण भरेका मात्रै छैनन्, यसलाई वाचाल पनि बनाएका छन् र पाठकसम्म पु¥याएका पनि छन् । यस हाँचका कविहरूमा मेनुका चापागाइँको नाम एक महत्त्वपूर्ण नाम हो । उनको कविताकारिताको विशेषता के छ भने, यिनमा कतै पनि छन्द भङ्ग भएको, गण संरचना बिग्रिएको अथवा भाषिक त्रुटिका कारण व्याकरण, अर्थ, गति, यति वा लय भङ्ग भएको भेटिँदैन । संरचनाका दृष्टिले उनका छन्द कविता लगभग पर्फेक्ट छन् । “समयको आवाज” मा उनले प्रयोग गरेका छन्द हुन्ः उपजाति, भुजङ्गप्रयात, स्रग्धरा, शार्दूलविक्रीडित, पञ्चचामार, मालिनी, शिखरिणी, दुतपद, इन्द्रवज्रा, दिक्पाल, स्रग्विणी, तोटक र मन्दाक्रान्ता । यी लोकप्रिय र नेपाली छन्दकविताको फाँटमा अधिक प्रयोग हुँदैआएका छन्द हुन् र प्रभावशाली छन् । छन्द कवितामा संरचनागत निखारका लागि शब्दको ठूलो भण्डार, सङ्गीतको चेत, गति, यति र लयको ज्ञान तथा शास्त्रीय सूत्रहरूको स्पष्ट जानकारी आवश्यक हुन्छ, जुन मेनुका चापागाईंमा यथेष्ठ छ भन्ने प्रमाण उनका यी कविता हुन् । २. सूक्तिमयता सूक्तिमयता मेनुका चापागाइँको कविताकारितको एउटा सुन्दर पाटो हो, यद्यपि यो अलि कम छ । उनी यस्तै यस्तै सूक्तिहरूको जगमा काव्यिक उत्कर्ष भेट्न सफल हुने छिन् भन्ने विश्वास लिन सकिन्छ । छन्द कविता लेखिरहँदा अधिकांश कविहरूमा लघुगुरु र गणहरूको संरचना मिलाउन खोज्दा कथ्यपक्ष दुर्वल हुन जाने र कविता सिर्जना कम र पुरानो कुराको नयाँ “व्यवस्थापन” बढी हुँदै गएको सर्वत्र देखिँदै गरेको सन्दर्भमा यस्ता सूक्तिमय हरफहरूले कविताको प्राणप्रतिष्ठा बढाएका हुन्छन् । यहाँ थोरै छन्, तर सुन्दर छन् । केही उदाहरण यस्ता छन्ः यी सृष्टिकर्ता कति पौरखी छन् कर्तव्य आफ्नो रति बिर्सिंदैनन् (मनको यात्रा) छुरी छेक्नलाई छुरी नै उठाई कहाँ शान्ति भेटिन्छ मान्छे ढलाई ? (दायित्व) जिन्दगी प्रेममा जेलिने यन्त्र हो कर्मका शक्तिले चम्किने तन्त्र हो (प्रेम र जिन्दगी) यौटा जीवन दीप हो क्षणिक यो मुर्दा बनी निभ्दछ यौटा दीप जलेर कान्ति नछरे त्यो दीप बेकार छ । (चिता बोलिरहेछ) ३. विषय–वैविद्य मेनुको कविताको भावभूमिलाई दृष्टिगत गर्दा उनले आफूलाई विविध विषयहरूभित्र परिपक्व बनाउँदै लाने चेष्टा गरेको बुझिन्छ । मनोवेग, स्वदायित्वबोध, देशप्रेम, व्यथितिको विरोध, जन्मस्थानको माया, आत्मचिन्तन र सुधार, एकताको पक्षधरता, जागरणको अपिल, पश्चात्ताप, सहिदहरूप्रतिको उच्च आदर भाव, गोठालाको सम्मान, सत्ताधारीको गलत क्रियाकलापको विरोध, बृद्ध बाआमाको पीडा, स्वतन्त्रताको वकालत, छद्म व्यवहारको विरोध, मानवीय चरित्रको क्रमिक स्खलन, चाडपर्व, अर्ती–उपदेश, जीवनको क्षणभङ्गुरता आदिको चिन्तन, बालकहरूप्रतिको पे्रमभाव, आँट र बलको महिमागान तथा कवि हुनुको दायित्वबोध तथा भाषाप्रेम आदि विषय यस सङ्ग्रहले समेटेको छ । यी कथ्यहरूको मूल्याङ्कन गर्ने हो भने कवि मेनुकाको भावायतन वैयक्तिक, सम्बन्धात्मक र भावप्रधान विषयहरूमै केन्द्रित छ । उनले यी विषयहरूलाई समेट्नका लागि आमा, छारी, प्रेमी, बालबालिका, गुरु, सहिद, देशभक्त, नेता, दुस्मन, परदेशी आदि पात्रहरूको मनेविज्ञान अथवा उनीहरूको सामाजिक स्थानलाई आधार बनाएकी छिन् । यी विविध वय र परिस्थितिका मानिसहरूको मनमस्तिष्कको परख गर्न सक्नु उनको सुन्दर काव्यिक खुबी हो । ४. सकारात्मक सन्देश मेनुका चापागाईंको यो सङ्ग्रहले विविध सकारात्मक सन्देशहरूको पुञ्ज हो । यसमा गल्तीको प्रायश्चित्त गर्न, देशलाई माया गर्न, आँट गर्न, बाआमालाई माया गर्न, धैर्य गर्न, मिहिनेत गर्न, देश छोडेर नजान, गए पनि फर्केर स्वदेशमै आउन, असहायलाई सहयोग गर्न, भ्रष्ट र अत्याचारपूर्ण राजनीति र शासनव्यवस्ताको विरोध गर्न, बालबालिकालाई प्रेम गर्न, संस्कृतिको संरक्षण गर्न, समाजिक सञ्जालको समुचित प्रयोग गर्न, स्वर्थ भुलेर समता र प्रेमका लागि काम गर्न, उच्च काव्यिक रचना गर्न र भाषालाई प्रेम गर्न यी कविताले अपिल गरेका छन् । (ख) सीमाहरू १. परम्परित विषय र पुनरावृत्तिदोष मेनुकाले माथि उल्लेखित विविध विषयमा कविता लेखेकी भए पनि विषयवस्तुलाई हेर्ने उनको दृष्टि आम मानवीय दृष्टिकोण ने हो । उनले चलनचल्तीका विषयमा, साधारण, रैखिक र अविधात्मक अभिव्यक्तिहरूका कविता लेखिरहेकी छिन् । कविताको उत्कर्ष त्यसको सूक्तिमयतामा हुन्छ र नवीन रहस्योद्घाटनमा हुन्छ । त्यसले बोकेर ल्याउने नयाँ अर्थमा हुन्छ । त्यसको शब्दविधान, छन्द, गणविधान, बिम्व वा प्रतीकको प्रयोग सबै सबै कविताका उपकरण हुन् । यी उपकरणको आडमा, कुनै कविले स्थापित भइसकेको, सर्वस्वीकृत वा सार्विक सत्य, अथवा साधारण न्युजपेपर रिडरले देश र राजनीतिबारे बनाएको अवधारणामै कविता बनायौँ भने उक्त कविताको ओज कमजोर हुन जान्छ । आमाले सन्तानलाई गर्ने माया र उनीहरूबाट गर्ने अपेक्षा, देशवासीले देश वा जन्मभूमिप्रति गर्ने गौरव, राजनीतिले गर्ने भ्रष्टाचार र अन्याय आदि विषयमा केही नयाँ दृष्टि, विश्लेषण वा तर्क चाहिन्छ । नत्र, कविताको तेजोबध हुन्छ र त्यो गम्भीर विमर्शमा जाँदैन । कविता लेख्नका लागि चयन गरिएको विषयले नै त्यसमा नवीनता अथवा अविष्कारको संभावना छ वा छैन भन्ने बुझाउँछ । उदाहरणका लागि, शीर्षक नै “सहिदप्रति” भएपछि त्यसमा कविले सहिदको महानताको गुणगान गर्छ, र उनीहरूले देशका लागि गरेको बलिदानीको गरिमामण्डन गर्छ भन्ने कुरा बुछिन्छ । कविलाई सुन्तुष्टि त दिन्छ र पाठकलाई सहिदको सम्झना त दिलाउँछ, तर कविताको पटमा त्यसले नयाँ कुनै पनि ईंटा थप्दैन । यसमा यसरी सोच्नुपर्छ — सहिदको महानताको कुरा स्थापित भइसक्यो । अब नयाँ कविले, केही नयाँ पाटो थप्नु छैन त्यो विषय भने नलेख्दा पनि खासै आकाश खस्दैन । कुमारी विषय कति छन् कति ! र अर्को कुरा, सहिदबारे चलनचल्तीको बुझाइलाई चुनौती दिने गरी पूरक वा व्यतिरेकी केही कुरा छैन भने, त्यस कविताले न्याय गर्दैन । त्यो अब सिर्जना हुन सक्दैन । त्यो फगत पुरनरावृत्ति हो, अथवा कुराको नयाँ “व्यवस्थापन” हो । आखिर, सहिदको महानतामाथि दर्जनौँ कविता छन् देशमा । फगत अर्को छन्दमा उही कुरा पस्कनुको खासै तुक हुँदैन । यो एउटा उदाहरण हो, र यति नै काफी छ । भन्नुको तत्पर्य, यस्ता कविताले बौद्धिक पाठकलाई खासै न्याय गर्दैनन् । कविताको पठनपाठन, अध्ययन, अध्यापन र विमर्शमा डुबेका पाठकले उनका अधिकांश कवितामा पुरावृत्ति दोष भेट्टाउँछ । आखिर, राजनीतिले देश लुटेर खोक्रो पा¥यो भन्ने भावावेश, सबै एक हौँ, जुटौँ भन्ने आह्वान, राम्रो बन्नु अथवा गरिबको सेवा गर्नु भन्ने उपदेश, मेरो गाउँ, आमा र देश सबैभन्दा प्यारो, म पाखुरा बजाएर खान्छु तर झुक्दिनँ भन्ने आदि कुरामा नयाँपन बाँकी छैन, यद्यपि तिनले छुन त छुन्छन् । छुनु कविताको गन्तव्य होइन । नवीनताका साथ छुनु चाहिँ हो । आम मान्छेले सत्ता र राजनीतिले सबै स्वाहा पारेको कुरा गर्छ । एउटा संयमित चिन्तकले सत्ता र राजनीतिले खेलेको सकारात्मक भूमिकाको पनि अन्देखा गर्दैन, र समस्या छ भने, त्यसको मर्मकथाको उत्खनन र विश्लेषण गरेर अगाडिको बाटो देखाउँछ । अथवा, आलोचनाकै पनि नयाँ कुनै आयाम देखाउँछ । छन्द र गणविधानको ज्ञानको आडमा आम–आदमीको बुझाइ र पुनारो तर्कको पुनरावृत्तिले कविताको प्राणप्रतिष्ठा गर्छ भन्ने मलाई लाग्दैन । कविता जन्माउला, कवित्व उठाउँदैन । अझ छन्द कविता पुराना र परम्परित विषयको पुनरप्रयोग बढी हुने आरोप लागिरहेको बेला झनै सचेत हुनु जरुरी छ । मेनुकाको यस सङ्ग्रहमा पनि विषयवस्तुको पुरावृत्तिको दोष धेरै ठाउँमा छ । केही उदाहरणसहित अझै स्पष्ट भनौँ— मेनुकाः माटोमा पसिना बगे लहरिँदै फल्छन् सुनैका गुटी देवकोटाः माटो हो हुन त तथापि गहिरा आँखा हुने सज्जन दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण । मेनुकाः के होला यस लोकमा सहजले दम्भी सपार्ने विधि मेरो आँट तँ सोच् र पोख् कलमले यी मूर्खको औषधि जगन्नाथ गुरागाइँः दम्भी पाप लुकाई मर्छ विचरो हा नाम नामै भनी (फरक श्लोकमा) सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मुर्खको मेनुकाः मेला नै त रहेछ जीवन घडी एक्लै रमाएँ किन? के नै लान्छ र देहले सँगसँगै मुर्दा बनेको दिन कैखर रत्नागिरवीः जर जमीं जेवर कुछ न साथ जाएगा खाली हात आया हैं, खाली हात जायेगा (अरूतिर पनि, कवितामा, गीतमा, भजनमा धेरै सुनिएको कुरा हो यो ।) मेनुकाः आफ्नै बन्धु भुटेर बाँच्नु भवमा खै सार नै के छ र? गीताः आफन्त मारी रणमा के भलो हुन आउला आततायी पनि बन्धु मार्नाले पाप लागला मेनुकाः थोपा एक बनेर जुट्छ जलको खोलो बनी बग्दछ लोकोक्तिः एक थुकी सुकी । सय थुकी नदी । मनुकाः यो चोला छ तयार सुत्न पथमा निर्लज्ज भोको बनी बेची खान्नँ कदापि राष्ट्र जननी भोकै परे तापनि । गोपाल योञ्जाः म आगो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न ….मेरो शिर उडाए बरू त्यो सहन्छु तर कोई पराया ले टेके सहन्न. २. एकाङ्गी दृष्टिकोण एकाङ्गी दृष्टिकोण यस सङ्ग्रहका कविताको अर्को दोष हो । यसबाट कविले जनसुनी विषयलाई काव्यिक विवेकको फिल्टरबाट चालेर प्रस्तुत गनुपर्ने प्राज्ञिक बोधलाई हतारोमा बिर्सेको बुझिन्छ । आम मान्छे राजनीतिलाई सम्पूर्णतामा नकार्छन्, विरोध गर्छन् । सबै राजनीति त्यस्तो कहाँ हुन्छ? अर्को, भावनाको बहावमा दुस्मनलाई निमिट्यान्न पारिदिन्छु भनेर भन्छन् । “तेरो नाश हुने छ यो समयका मौका त्यही खेलले” भनेर आफूलाई एक तिलस्मी पात्र बनाइरहँदाको व्यवहारिकता कति छ? व्यवहार र यथार्थ कहाँ त्यस्तो हुन्छ? फेरि, विदेश नजाऊ, सबै फर्क यतै भनिरहँदा छुन्छ छुनलाई । तर सत्य कहाँ त्यति सजिलो छ? सबै मान्छे चाहेर बिदेखिएका होइनन् । बिदेशिनुको विभीषिका वा बाध्यताको चर्चा बढी जरुरी छ र गम्भीर प्राज्ञिक चिन्तन र सामाजिक अथवा आर्थिक विश्लेषणको माग गर्ने सिर्जनाले यस्ता आमसोचाइ चिरेर, सत्य र यथार्थको नजिक पुग्ने, अथवा त्यसको वैकल्पित व्याख्या वा समाधानको बाटो खन्ने हो भने कवितामा बौद्धिक बहस गर्न सकन्छ । २. विवदास्पद तर्कहरू मेनुकाका कवितामा प्रश्न उठाउन मिल्ने, विवादास्पत उक्ति पनि उत्तिकै भेटिन्छन् । उदाहरण हेरौँः जवान बन्छ किन्तु ऊ स्वभाव लिन्न मानव चढेर मात द्रव्यको छिटै बनिन्छ दानव । (बालक) — प्रश्नः सबै बालक यस्तै हुन्छन् र? प्रेमका नेत्रमा मोज हो जिन्दगी (प्रेम र जिन्दगी) — प्रश्नः यहाँ प्रेमलाई वासनाको पर्यायको रूपमा हेरिएको छ । प्रेम फगत मोज हो र? आगो निभ्छ छिटै यहीँ समयका साहित्यको भेलले (आह्वान) — पश्नः साहित्यको आफ्नै सीमा हुन्छ । साहित्यले, हदै गरे, सचेत गराउने हो । यहाँ बिक्छ बोली सधैँ जालझेल हिँडे सत्य बाटो बिगारिन्छ खेल (यो के अचम्म?) — प्रश्नः सधैँ, सबैमा यस्तै छ त? राम्रा मान्छेको अवमूल्यन भएन? मेरो जीवन यो बितेछ नबुझी के हो भनी जीवन मात्रै भोगविलासनिम्ति धनमा सुम्पेर पापी मन (आत्मसमीक्षा) — प्रश्नः कति नै बाँचेकी छन् र जीवन । सबै “बितेछ” भन्नलाई? कल्पनामा भन्न नसकिने होइन, तर त्यसको विश्वासनीयताको पनि परख हुन्छ । ३ शब्द, अर्थ र हिज्जेका दोष खस्रा शब्दले गण विधान मिलेर पनि छन्दको ललित वातावरण र सङ्गीतमा खलल पु¥याएको छ । औँल्याइएका शब्दलाई यहाँ कमाभित्र राखिएको छ — — श्रद्धा चढाएँ मनको घडाको “पोको” फुकाएर सुभावनाको (मनको यात्रा) — “खोले खाऊँ” म आफ्नै रगत र पसिना सन्चिँदै खान पाऊँ — “पात्ले, ढाल्ने, धयेँरो”, कटुस खयरले लास मेरो जलाऊन् (छाप छोडूँ म यस्तो) — “ठसठस” जिउ उस्तै घाँस, विष्टा पारेर । (गोठालो) — तितरबितर “दाह्री” काट्नलाई बितेको (गोठालो) — “टुप्पी मुढेका” पद छन् “गिँडेका” (गुरुको अर्ति) — हावा “हुस्से” छिनभर त्यहीँ खेल्न थाले लडाइँ (रविले चुमेपछि) भाषागत त्रुटि र अर्थको पुरावृत्ति पनि कतै कतै भेटिएको छ । — मिलौँ बन्धु आऊ न आमा “बँचाऊँ” — (दायित्व) । यहाँ “बचाऊँ” हुन्थ्यो । फेरि, मिलेर गर्ने कुरो भएको हुँदा यो “बचाऔँ” हुनुपथ्र्यो । — शिल्पीले पथमा बसी दिनदिनै जुत्ता सिलाए पनि । “शिल्पी” को अर्थ जुत्ता सिलाउनेमा सङ्कुचन गरिएको । — मेरो आँट तँ सोच् र पोख् कलमले यी मूर्खको “औषधि” (आँट) । यहाँ “औषधि” लाई बिगार्नुपर्ने केही थिएन । — भर्दै भाव मिठा “समान महझैँ” यी छन्दका श्लोकमा । (पाइरहूँ हौसला) । यहाँ, “समान” र “झैँ” को एउटै अर्थ हुन्छ । एउटा आएपछि अर्को जरुरी हुँदैन । गण मिलाउन अरू नै केही सोच्नुपर्ने थियो । — खेतालमा पनि श्लोकमा डुबिरहुन कण्ठस्थ होस् ओठमा । (पाइरहूँ हौसला) । “कण्ठस्थ” र “ओठमा” एकै ठाउँ आउनु पुनरावृत्ति दोष हो । — प्रेम यो अस्त्र हो जिन्दगी “जोडने” (प्रेम र जिन्दगी) । “जोडने” हुनुपर्ने थियो । त्यसले, स्रग्विणीले माग्ने रगण बिगार्दैनथ्यो । — नहून् कदापि कष्टमा युवा र वृद्ध “शैशव” (कामना) । यहाँ “युवा” र “वृद्ध” नाम हुन् । यिनको साजमा विशेषण “शैशव” उभिन सक्दैन । केही पूरक विषय १. मनको यात्रा, दायित्व, मेरो घर, यो के अचम्म भो, भ्रूणको विन्ती, गुरुको अर्ती, श्रमान् सुन्नुहोस्, सन्तान, कामना, आहवान, घर फर्क युवा आदि कवितामा उपदेश छ । कहिले छोड्ने होला कविहरूले उपदेश दिन? २. कलिलै उमेर छ । कविता भर्खरै पाठकसमक्ष पुग्दैछन् । माथिका त्यत्तिका दोषहरू छँदैछन् । कविताले पुष्ट आकार दिन पनि बाँकी नै छ । गुरुकै वाणीमा सही, कविता यस्तो हुनुपर्छ भनेर लेखिएको छ कविता । आफ्नो काव्यिक महत्त्वाकांंक्षाका बारेमा “पाइरहूँ होसला” शीर्षकको कवितामा भनिएको छ — “रानो बन्न सकूँ कुनै समयमा साहित्यको घरको” अथवा “हाम्रा वेदऋचासमान बनिऊन् ती श्लोक यो लोकमा ।” रानो र वेदका ऋचाको महत्त्वाकांक्षा, अहिले नै, हतारो पो भयो कि? ३. एउटा “बिराएछु बाटो” शीर्षकको कवितालाई अपवाद मान्ने हो भने, देश, समाज, परिवेश वा जगतमा भएको सम्पूर्ण व्यथितिका लागि काविले आफूबाहिरेको — कुनै सरकार, राजनेता, प्रेमी, कुनै महाशय अथवा काल्पनिक नै सही अर्को व्यक्ति वा अवयवलाई जिम्मेवार मानिएको छ । तर, चिन्तनै गर्ने हो भने, हामी कविकलाकारले पनि देशको व्यथितिमा कतै न कतै, प्रत्यक्ष र परोक्ष रूपमा भूमिका खेलेका हुन्छौँ । इमान्दार काव्यकारिताका लागि त्यसको स्वीकृतिसहित आउनुपर्ने हुन्छ, र त्यसका लागि सपाट गालीगलोज र अर्तीउपदेशको पुरानो बाटो त्यागेर नयाँ, प्रतीकात्म, वक्र र परोक्षा शैली अवलम्बन गर्नु जरुरी छ । #समयको आवाज कवि र कवितादृष्टि: समीक्षकको नजरमा कवि: ने पाली गद्य कविता लेखनमा युवाहरूले आफूलाई सक्रिय बनाइरहेका छन् । सक्रिय यस मानेमा कि नामका लागि मात्रै कविता लेखन होइन, कविताले जीवन जगत्लाई सम्बोधन गर्नुपर्छ भन्ने सत्य र तथ्य युवाहरूले बुझेका छन् । फरक शैली र दर्शनको टेकोमा रहेर शरद ऋतु कविता लेख्छन् । कविता लेख्नु भनेको भावना मात्रै ओकल्नु होइन । र, होइन कवितामा कवि शिक्षक बनेर अरू सबैलाई नैतिकता सिकाउने । केही समय अगाडि शरद ऋतु लगायतका सत्र जना युवाहरूको संयुक्त कवितासङ्ग्रह ‘अनुहारको भीड’ आएको थियो, जसबाट कवि शरदको कविता लेखनको वैशिष्ठ्य के हो भन्ने कुरा प्रस्ट भइसकेको छ । उनका अन्य कविताहरू विभिन्न अनलाइन मिडिया एवम् पत्रपत्रिकामा पनि प्रकाशित छन् । शरदले उठाउने कविताको विषय र शैली अलिकति नवीन हुन्छ। नवीन यस मानेमा कि उनले लेखेका कविता पढ्दै गर्दा पाठकले “म”को अनुभूति गर्छन् । रचना सफल हुनु भनेको नै कुनै पनि सिर्जनामा लेखकको मात्र तस्बिर नआउनु हो, त्यहाँ हरेक पाठकले म पनि रहेछु भन्ने कुरा बोध गर्न सक्नु हो। कवि शरदले ‘छोराको कविता’मा यसो भनेका छन्ः मेरो आँखाको जून निभिसक्यो शीर माथिको चरा उडेर कहाँकहाँ पुगिसक्यो बाबु अब सियो उन्ने तेरो पालो बाबु तँ मेरा खुसीहरूको महान् पर्व याद छ तँलाई ? कसरी तँ मेरो काँधमा टेक्थिस् र, हामी एकादशीको मेला भर्न जान्थ्यौँ ! (छोराको कविता) कविले कविताको विषय आफ्नै घर वरिपरिबाट टिपेका छन् । संस्कृतिका कुरालाई ध्यान दिनु शरदको कविता लेखनको राम्रो पक्ष हो । समाजसँग जोडिएर आएका संस्कृति र दर्शनको गहिराईमा पुगेर कविता लेख्ने शरदका कवितामा आक्रोश भने कतै पनि भेटिँदैन । शरदलाई थाहा छ, क्षणिक विषमा कविता लेख्यो भने एकैछिनका लागि त कवितालाई सबैले प्रशंसा गर्लान् तर त्यो कविता भोलिका दिनसम्मका लागि जीवन्त हुँदैन । त्यही भएर शरदले कविता सङ्ख्यात्मक रूपमा थोरै लेखेका छन् तर मनोविज्ञान र दर्शनको तहमा नजिक भएर लेखेका छन् । कविताले कविताकै धर्म बोलोस् । कविता पढ्दै गर्दा उपन्यास जस्तो वा कथा जस्तो लाग्यो भने त्यसको के मज्जा र ? अहिलेको समयमा यो समस्या पनि लेखकमा नरहेको होइन । यसको कारण छ, लेखकले मेरो लेखनको क्षेत्र के हो भनेर चिन्न नसक्नु । तर, कवि शरदका कविता पढ्दा लाग्छ, मैले नितान्त कविता नै पढ्दै छु । कवि लेख्छन्ः प्रिया, थाहा छ मलाई मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो र यो पनि थाहा छ सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ र तिनीहरुकै आङका पसिना र मैलाहरूले माटोमा सबैभन्दा मीठो खुशी रोप्छन् । (प्रिया, के म तिम्रो प्रेमको योग्य छैन?) शरदका प्रेम कवितामा पनि समाजको खोल भेटिन्छ । उनी प्रेम कवितामा माया र प्रेमका वाचाबन्धन जस्ता कुरामा अलमलिन चाहँदैनन् । अरुले लेखिसकेका कुरालाई आफूले पनि त्यही कुरालाई दोहोर्याउनु भनेको लेखकले समयलाई चिन्न नसक्नु हो भन्ने कुरा शरदले बुझेका छन् । उनी प्रेमको कुरा पसिनासँग जोड्छन्, सीमान्तको आँसुसँग जोड्छन् र जोड्छन् मानवीय व्यवहारसँग । आखिर लेखकले लेख्ने त यही समाज हो । शरद समाज लेख्ने कवि हुन् । भद्दा रुखका उछिट्टिएका हाँगा बिँगाजस्ता विसङ्गत न्युरोन, डेन्ड्राइट्सहरु एउटै गुम्बज बनाएर बस्छन् जहाँ, समयको कुनै शिरा ओगटेर तिम्रो अस्तित्वको रक्तसञ्चार चलिरहेको छ लाग्छ, यो आकाश नै छेडेर भाग्ने अत्याधुनिक रकेट पनि पहिले तिम्रै सपनाहरुको उचाई नाप्दो हो । (नयाँ प्रेमयुगको आविष्कार) कवि शरदका कवितामा भएको सबल पक्ष भनेको वैचारिक पक्ष हो । उनी कवितामा के भन्दैछन् भन्ने कुरामा उनी स्पष्ट छन् । कवि आफ्नो विचारमा प्रस्ट भएन भने कविता दुर्घटना पर्न सक्छ । कुन्ठा र व्यक्तिगत चिन्ता मात्रै पनि कविताका विषय होइनन् । यी कुरालाई कवि शरदले बुझेका छन् । उनको लेखनमा पूर्वीय एवम् पाश्चात्य दर्शनको प्रभाव देखिन्छ। उनको यो कलाले अझ खारिने मौका पाओस् । सङ्ख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक रूपले शरदले कवितालाई हेर्नेछन् । पाठकले गरेको अपेक्षा पनि यही रहेको छ । कवि शरद ऋतुका तीन कविताः १. छोराको कविता शरद ऋतु समयको अविश्रान्त लोरी सुन्दासुन्दै एक युग छुटिसकेछ निख्रिसकेछन् मेरा आवाजहरू बाबु अब गीत गाउने तेरो पालो यी धारिला खुट्टाहरूले चिर्दाचिर्दै यी नदीका बाढहरू बाढका खातैखातहरू एउटा याम आँखैअघि बाढको धमिलो पानी भएर बगिसकेछ रित्तिसकेछ गाग्राी बाबु अब पानी भर्ने तेरो पालो मेरै पैतालाले छापेर बनाएका हुन् यी बाटाहरू जहाँ तैँले भर्खरै पाइला अड्याउन सिकेको छस् मेरा पैतालाहरू त त्यतै छुटिगए मेरै नलीहाडहरू ताछेर उखेलेको हुँ काला वनहरू र थोरै हावा दिएको हुँ नानीहरूका कल्याङकुलुङलाई मेरा खुट्टाहरू त उतै छुटिगए बाबु मेरो जीवन फुलेको बागमा एउटा आफूभन्दा निकै सुन्दर फूल हुर्काएँ र, मेरा हातहरू पनि फुक्लिएर झरे मेरो आँखाको जून निभिसक्यो शीर माथिको चरा उडेर कहाँकहाँ पुगिसक्यो बाबु अब सियो उन्ने तेरो पालो बाबु तँ मेरा खुसीहरूको महान पर्व याद छ तँलाई ? कसरी तँ मेरो काँधमा टेक्थिस् र हामी एकादशीको मेला भर्न जान्थ्यौँ त्यतिखेर तेरो बा त्यो मेलाभन्दा अग्लो हुन्थ्यो बाबु तँ मेरा सारा उमङ्गहरूको मुहान याद छ तँलाई ? कसरी तँ भर्खरै किनिएको नयाँ फोनिक्स साइकलको अगाडिपट्टि टिरिङटिरिङ घन्टी बजाउँदै बस्थिस् र हामी पूरा सहर शयर गर्थ्यौं बाबु तँ मेरो कायामा हाँसेको वसन्त बीउ म ओछ्यान पर्दा तँ स्कुल जाने झोला खाटमुनि हुत्याएर खाटको खुट्टा समाउँदै आँसुले भिजेको ईश्वरमाथि न्याना प्रार्थनाहरू चढाउँथिस् बाबु तँ मेरो जीवनको अजम्मरी रुख तँ सोध्थिस् नि ‘बा कसरी यो तपाईंको मुटु यति दह्रो भएको ?’ तेरा जराहरू धसिएका छन् नि त यो मुटुभित्र !! बाबु अब मसँग छैनन् केही बाँकी बस् तँसँगै गुँडुल्किँदै आएको पक्की राजमार्गछेउ लठ्ठी टेकेर उभिएको जीर्ण घरजस्तो मुटु छ बाबु मेरो जीवनको पाउदान थामिइसक्यो मेरो जीवनको बाटो बलौटे माटोमा डोबिएको साइकलका टायर न हुन् डोबिँदै गयो पुरिँदै जान्छ तँ त अर्कै नयाँ शिराबाट खन्नु तेरो बाटो आफैँ हुनु आफ्नो जीवनको पथप्रदर्शक र टेक्नु गन्तव्य बाबु अब आफ्नो युगको अक्षर लेख्ने तेरो पालो…!! २. प्रिया, के म तिम्रो प्रेमको योग्य छैन? मेरै पसिनाको नीलो साम्राज्य ओढेर मुस्कुराइरहेको छ आधुनिक अपार्टमेन्टको पन्ध्रौँ तलामा मोनालिसाको एकाँगी नक्कल बाढीका ढुङ्गाहरूमा उध्याएको मेरै हड्डी झिकेर युद्धको हतियारले कोरिएका छन् सम्पूर्ण अहंहरूका वर्गान्तर मेरै दुःखका अपरिमित क्षेत्रफलहरू खोस्रिएर तन्किएका छन् ती ‘शान और शौकत’का अखडाहरू प्रिया, अब मेरा प्रश्नहरूको जवाफ दिने पालो तिम्रो हो भन के म तिम्रो प्रेमको योग्य छैन? यिनै पर्वत जस्ता ढाडहरूले बोकेरै ल्याएको हो यो युगलाई यहाँसम्म आफैँ जलेरै किन नहोस् पन्छाएकै हो समयको कालो तुषारो तिम्रो धपक्क बलेको रूपझैं सुन्दर बनाउन यो दुनियाँ ढक्ढक्याएकै हो पटक पटक मानवीय आस्थाको जब्बर ढोका प्रिया, त्यो साँघुरो पहरो फोरिरहेको मानवीरे तामाङको ज्यावल यही हो ती फुस्रे सडकहरूमा अलकत्रा ओच्छ्याइरहेको राजा चौधरीको तीनपत्रे धुलो टाँसिएको अनुहार यही हो कुरूप आस्थाहरुको बुई चढेर छादिरहेको शहरको एक कुनामा साहुसँग दस रुपैँयाको लागि बार्गेनिङ गरिरहेको रिक्सावालाको समस्त हाउभाउ यही हो जो तिमीले देखिरहेकी छौ ममा अन्याय ओकलेर सडकमा उभिँदा सन्की पुलिसको लात खाएको जीउ पनि यही हो प्रिया, थाहा छ मलाई मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो र यो पनि थाहा छ सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ र तिनीहरुकै आङका पसिना र मैलाहरूले माटोमा सबैभन्दा मीठो खुशी रोप्छन् तिनै खुशीका लहराहरू समातेर न यो युग यति सुन्दर भएको हो! तर आज तिमी यदि थुक्छौ भने म उभिएको यो दरिद्र धरातललाई होच्याउँछौ भने मेरा मानव हुनुको अर्थमा उभिएका अभिमानहरुलाई खोक्रो बुर्का पहिरिएर अहंको कुल्चिन्छौ भने यति सुन्दर प्रेमको भाषा यो समय बढ्ने छैन अरु अघि टेक्ने छैन पाइला फेरि अर्को नयाँ शताब्दीमा प्रिया अब मेरा प्रश्नहरूको जवाफ दिने पालो तिम्रो हो म सडकमा जुत्ता सिउने एउटा साधारण आदमी अर्थात बिनयी चमार हुँ अब भन के म तिम्रो प्रेमको योग्य छैन ? ३. नयाँ प्रेमयुगको आविष्कार वैँशालु बतासको रसिलो ओठ छुँदै लहस्सिएको किशोरी सलको फेरोझैं सम्पूर्ण चेतना एकोहोरिन्छ तिम्रो अकलुषित आभाको आलोक पछ्याउँदै भद्दा रुखका उछिट्टिएका हाँगा बिँगाजस्ता विसङ्गत न्युरोन, डेन्ड्राइट्सहरु एउटै गुम्बज बनाएर बस्छन् जहाँ, समयको कुनै शिरा ओगटेर तिम्रो अस्तित्वको रक्तसञ्चार चलिरहेको छ लाग्छ, यो आकाश नै छेडेर भाग्ने अत्याधुनिक रकेट पनि पहिले तिम्रै सपनाहरुको उचाइ नाप्दो हो, त्यो राक्षसी ब्ल्याकहोलले ब्रह्माण्डको सम्पूर्ण उज्यालो निलिसक्नुभन्दा पहिले तिम्रा तृप्तिहरुको चुचुरो टेक्दो हो र, स्वयंको चाउरिएको आयतन सुम्सुम्याउँदो हो कोपिलाहरु तिम्रै ओठ छोएर आशीर्वाद माग्दा हुन् बतास तिम्रै बुई चढेर पहाड नाघ्ने साहस बटुल्दो हो जून तिमी नबिउँझदै मैलो च्यादरले ढाक्दो हो मुहार तिम्रै उजेलीले लिपेर पृथ्वीको भित्ता दिन फुक्दो त्यो मिर्मिरेको लालिमा लाग्छ, जहाँ तिमी उभिरहेकी छ्यौ त्यही समयको टुक्रालाई केन्द्रबिन्दु मानेर फनक्कै फन्का लगाउँछ अब यो पृथ्वीले र यावत पाखण्डी शास्त्रहरुलाई लल्कार्दै नयाँ युग टिपेर चम्कन्छ सूर्य जहाँ शासक या शासितहरुको ठाउँमा प्रेम दिने र लिनेहरु मात्रै रहन्छन् र हर रातको सुललित सम्भोगपछि एउटा नयाँ अध्याय बोकेर फुल्छन फूलहरु आऊ हामी प्रेमको अदिति गर्भबाट एउटा प्रेमी जन्माइदिऔं एउटी प्रेमिका जन्माइदिऔं जन्मिऊन् अगणित कर्महरु जन्मियोस् प्रेम धर्म जन्मियोस् प्रेमिल सभ्यता प्रत्येक आत्माहरु होऊन् प्रेमका ईश्वरहरु र कहीँ कतै नदेखिऊन् निरीह भक्तहरु आऊ अब यता आऊ हामी प्रेमयुगका प्रथम प्रेमीप्रेमिका बनौं । #निरज दाहाल #महेश क्षितिज #शरद ऋतु मेरो भोको पेट !: टीकाराम विश्वकर्मा न त मेरो घर छ, न त बस्ने ठाउँ सडकमै हुर्किएँ, अनाथ मेरो नाउँ दिनरात भौँतारी हिँड्छु, खानाको खोजीमा कस्ले देलान् खानेकुरा, पैसा छैन गोजीमा । बोक्छु बोरा, माग्दै हिँड्छु थालमा बुझ्दैनन् मेरो पीडा, उल्टै हिर्काउँछ्न् गालामा झुत्रो लुगा खाली खुट्टा, शहर-बजार हिँड्ने धेरै दिन भो भोको पेट, मलाई कस्ले पो सम्झिने? जताततै दुःखकष्ट पीडा मात्र भेट्छु फ्याँकिएका खाना टिपी भोक मेट्ने गर्छु हिजो खोजी खाए आज के खाऊँ आहारा म जस्तोको टुहुरोको कोही छैन सहारा। गुमेको छ मेरो गाँस-बास-कपास कतैबाट न्याय पाइएला कि लाग्छ मलाई आश पढ्ने-लेख्ने मन छ तर कस्ले जिम्मेवारी लिने ? बेबारिसे बालक म, ब्यथा कस्ले बुझ्ने? सोलु दुधकुण्ड नगरपालिका 4, सोलुखुम्बु #टीकाराम विश्वकर्मा #सोलुखुम्बु 'प्रपञ्च' किन लेखेँ ?: प्रकाश कोइराला जनकपुरको बसाई, उखरमाउलो गर्मी । वि. सं. २०६५/०१/३० मा ‘आरुआरती’ खण्डकाव्य लोकार्पणपश्चात् गोरखापत्र राष्ट्रिय दैनिकमा समाचार आएपछिको उत्साह। बिहान र दिउँसो बोर्डिङ स्कूलहरूमा नेपाली, गणित र विज्ञान जुन विषय मिल्छ त्यही पढाउँदै पेटको जोहो गरिरहेको अवस्था। साथै, औपचारिक अध्ययनको लागि चर्को संघर्षको उस्तै अवस्था । यतिकैमा एकदिन रा. रा. ब. क्याम्पस, नेपाली विभाग प्रमुख स्थिरप्रसाद पराजुली गुरुले भन्नुभो, “महान् कवि पछि बन्दै गर्नू, उपन्यास लेख । काठमाडौँका प्रकाशकले छापिदिनेछन् र पकेट खर्च पनि दिनेछन् ।” वश मेरो मनमा भूत चढ्यो, उपन्यास लेख्ने । लेख्ने त लेख्ने के, लेख्ने र कसरी लेख्ने भन्नेबारे मनमा अनेक मन्थनपश्चात् अठोट गरेँ– उपन्यासभित्र उपन्यास शैलीको उपन्यास लेख्ने । वृत्ताकारीय शैलीमा लेख्ने । आफ्नै जनकपुर अञ्चलभित्रका कथा लेख्ने । मेरो पहिलो छनोटमा रामेछाप जिल्ला पर्यो । रामेछाप जिल्लाको ऐतिहासिक, सामाजिक परिवेशबारे अध्ययन र सोधखोज गरेँ । वास्तविक जीवनका पात्रहरूबारे खोज गरेँ । प्रेम गरेको अपराधमा गाउँबाट विस्थापित बन्न बाध्य भएर मधेस झरेका जोडीहरूको कथाले मेरो मनमा चस्स छोयो । यसरी उपन्यासभित्र आधा कथा रामेछाप र सिन्धुली जिल्लाका छन् भने आधा कथा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका समावेश छन् । पञ्चायतकाल, बहुदल, सशस्त्र द्वन्द्वकाल, मधेस आन्दोलन र गणतन्त्रसम्मको कथानकलाई कथाभित्र कथा भन्दै पूरा गरेँ । सामाजिक यथार्थवाद, विसंगतिवाद, अस्तित्ववाद, सामाजिक मनोवैज्ञानिक यथार्थवाद र फ्रायडवादी यौन मनोविज्ञानको फ्लेभरमा भनिएका उपन्यासभित्रका पाठकहरूका जीवन संघर्ष समेटिएको घटना प्रधान उपन्यास तयार भो २०६६ सालभित्र तर जनकपुर बसेर उपन्यास छाप्ने बाटोप्रति म अनभिज्ञ थिएँ । वि. सं. २०७१ मा म काठमाडौँ बस्न आएँ । विद्यालय स्तरका मेरा गुरु राजेश थापाले उपन्यासको पाण्डुलिपि पढिसकेपछि भन्नुभो, “इतिहास धेरै समेटिएको छ तर नयाँ इतिहास पनि त होइन यो । कथा र शैली शिल्प राम्रो भए पनि इतिहासको वर्णनलाई धेरै नै छोट्याउनुपर्छ ।” हो, यही बिन्दुबाट प्रपञ्च पुनर्लेखनको थालनी शुरुभो । वि. सं. २०७२ मा आर्थिक जोहो गर्न विज्ञान शिक्षक बनेर धादिङ पुगेँ । अध्ययनको भोक ज्यूँका त्यूँ थियो । जागिर छोडेर २०७३ मा पुनः काठमाडौँ फर्किएँ र अधुरो अध्ययन जारी राखेँ । २०७४ दशैंतिहारसम्ममा ‘प्रपञ्च’को पुनर्लेखन पूरा गरेँ । २०७४ मंसिरदेखि प्रपञ्चको पाण्डुलिपि प्रकाशन गृहहरूमा कतै १४ महिना त कतै ७ महिना यताउता भौँतारिइरह्यो । कसैले पिडिएफ फाइल लेखक मित्रहरूसँग आदानप्रदान गरेर दुरुपयोग गरिदिए त कसैले पाण्डुलिपि नै हराइदिए । धन्न एकप्रति मसँग सुरक्षित थियो । धेरै पटक रातभरि रोएर बसेँ । सुरुमा उपन्यासको नाम “मुटुकी राजकुमारी” थियो । धेरै लेखकहरूले नाम फेर्न सुल्झाएको कारण सुहाउँदो नाम खोजेर “प्रपञ्च” जुराएँ । प्रकाशन गृहहरूको सुझावअनुसार काटछाँट गरेर ५५००० शब्दहरू हटाएँ, उपन्यासभित्रका । तर छाप्नको निम्ति उल्टो पैसा बुझाउनुपर्ने वा रोयल्टी नलिनुपर्ने शर्तहरू अघि सारिएपछि म पाण्डुलिपि फिर्ता लिन बाध्य भएँ । अन्त्यमा बिएन पुस्तक संसारले प्रपञ्च प्रकाशन गर्ने भयो । यतिबेलासम्म दुई वर्ष अरुनै प्रकाशन गृहमा भौतारिइसकेको थिएँ । अत्यन्त सास्तीका बीच मेरो उपन्यासकार बन्ने रहर पूरा भयो । वि. सं.२०७६ फागुन २४ गते शनिबार प्रपञ्च लोकार्पणको क्रममा मैले आफूले पाएको हण्डरप्रति खुलासा गर्दै आक्रोश पोखेको मन्तव्य नाइस नेपाली लिटरेचर नामक युट्युव च्यानलले प्रसारण गरेपछि मनकारी पाठकहरू र जिल्लाबासी शुभचिन्तकहरूले ‘प्रपञ्च’बारे चासो व्यक्त गर्दै पढेर यसको भाषाशैली, कथाशिल्प र इमान्दार प्रस्तुतीकरणको मुक्तकण्ठले प्रशंसा गरे । विमोचन कार्यक्रममा वक्ताहरुले पनि केही सुझावसहित उत्साहजनक अभिव्यक्ति दिएकाले मलाई लाग्यो, प्रपञ्च राम्रै बनेछ । उपन्यास विमोचन सँगसँगै कोरोना भाइरसको महामारीबाट बच्न देशमा लकडाउन सुरु भयो । प्रपञ्चले बजारमा आफ्नो उपस्थिति देखाउनै लाग्दा अर्को प्राकृतिक ठक्कर खानुपर्यो । तथापि लकडाउनपछि प्रपञ्चले आफ्नो शाख बढाउने नै छ भन्ने विश्वास मलाई लागेको छ । #प्रकाश कोइराला #प्रपञ्च कति अल्झिनु: कति अल्झिनु अनुहारका आवरणहरूमा जात र वर्णले छुट्याई छुट्याई रगतका थोपा थोपाले बराबरी सिँच्छ नि सिँच्दैन र ? आज पोटोम्याकको किनारामा म, भेरीको पानी उसरी नै घुलेर बगिरहेको देखिरहेछु सभ्यता र भव्यताले फड्को मारेर के भो र यहाँ अन्तरमन साँगुरो गल्लीहरूमै भौतारिएपछि । यी गगनचुम्वी महलहरूको के अर्थ जब, मानव मूल्य छिँडीमै सडाइन्छ भने यी रक्षकका “बर्दीहरूको” के इज्जत जब, प्राणै खिचेर लैजान्छन भने । बोलेकै छन् बोल्नेहरू के गर्नु र सुन्नेले नसुने पछि लेखेकै छन् जान्नेहरूले के गर्नु र पढेर पनि नबुझेपछि । भो ! रोकिदिऊँ अब रगतको होली खेल्न रंग, जात, वर्ग भन्दै निम्छरोको घाँटी रेट्न मानव अस्थित्वको उपहास हामीले सदियौं उडायौं यहाँ रोग, भोक, गरिबीका खाल्डाहरू पुर्न धेरै बाँकी छन् । #कति अल्झिनु दिन्न यो भूमि छुन: मेरो देश ,हिमाल पर्वत जहाँ हिऊँ सँधै झुल्दछन् पाखामा फूल फुल्दछन् जहीँ तहीँ बास्ना खुबै छर्दछन् ! १ नेपाली जनको अपार धन हो यो देश जलको धनी । हो रत्नै सरिको अमूल्य निधि यो दिन्न म बस्छु रमी । २ शोभा दिव्य धरा हो प्राण सरिको नेपालीको जीवन ! लैजाऊ बरू प्राण दिन्छु सहजै दिन्न यो भूमि छुन ! ३ सीमा सानो छ मेरो यो बगरको माटो अमूल्य हिरा ! दिन सक्दिन लौ चिमोटी म भूमि पारेर यस्को चिरा ! ४ माग्छौ लौ शीर यो झुकाई म बरू यस भूमिमा आखिर ! चढ्न लौ छु तयार म पनि बली यस देशका खातिर ! ५ यो हो देव भूमि यस विश्व भरमा छैन है मुल्य कुनै ! यस्का खातिरमा छिनाई बरू लौ दिन्छौ तीनकोटी शिरै ६ माटोमा नदी कलकल बगिकन सिञ्चन जलैले गरी ! धर्तीका मुखमा दिई खुसी खुबै नाचेकी हुन झैँ परी ! ७ पाखा पर्वत र तराई वनमा संजीवनी फल्दछन् देशका काखभरि खनिज कति छन् कुबेर नै बस्दछन ८ धर्तीबाट बगि कति हिम नदी देश उर्वरा पार्दछन् ! झर्ना कलकल बग्दछन जहीँ तहीँ भूमि सबै रम्दछन् ! ९ कस्तुरी मृग सावक हर घडी हिमालमा खेल्दछन् ! चौरी खर्क अनि ति लेकहरूमा पंख डोलाउँदछन् ! १० लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी ! मानवका हित खातिरै भनिकन यो देव भूमिमा झरी ! ११ सूर्यको जव ज्योति पर्छ भूमिमा हिमाल मुस्काउँछिन् चन्द्रैको नव कान्ति छाई धरणी शोभा दिई हाँस्दछिन ! १२ खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ ! स्वर्गै लाग्दछ यो धरा हर बखत यहिँ नै म बाँचौँ मरौँ ! १३ मेचीको जलमा नुहाई शिर यो काली पुगौ मन धुन! यस्तो पावन यो भूमि अलिकति दिन्न तिमीलाई छुन ! १४ आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरि कन ! शान्तिका दुतको यो जन्म भूमिमा गर्नु बसी प्रार्थना ! १५ नेपाली मनका अपार धनी छन् कुवेर झै छ मन !’ भूमि सानो छ मेरो यो जगतमा अनमोल रत्न धन ! #दिन्न यो भूमि छुन रामकाजी कोनेका तीन मुक्तक: रामकाजी कोने काली नदी झुक्याउनलाई अर्कैतिर देखाएर मार्यो वार्ताका लागि वार्ता भन्दै वर्षौँ बिताएर मार्यो स्वार्थका ललिपपमा जग्गा धनीहरु नै भुलेपछि छिमेकीले लिपुलेकको लालपुर्जा आफ्नै बनाएर मार्यो। कटमेरो हैन सम्बन्ध हजुर गुलियो र पाक्ने होस् आफूलाई मात्रै छोप्ने हैन, अरुलाई नि ढाक्ने होस् दुई जिब्रे साथी हुनु भन्दा त नभएकै जाति हजुर दोस्ती त यस्तो होस् परिआउँदा गर्दन थाप्ने होस् । सम्झनाका हजार काउकुतीले हुँदैछु मगन मस्त नढाँटीकन भन्देऊन के छ तिम्रो मनको बन्दोबस्त तिम्रो त म छँदैछु नि मलाई कठै भन्ने को छ र ? सम्हालिदेऊ न सोल्टिनी नत्र म त हुन्छु अस्तव्यस्त। #रामकाजी कोने बन्दी शरीर र दीप्त मन: अँध्यारो छैन, उज्यालो नै छ उज्यालोबाट तर पनि गुजमुज्ज परी देखा पर्छ एउटा अजिङ्गर र रोकिदिन्छ बाटो मानव विकासको कसले भत्काइदियो अगाडि हिँड्ने बाटो गम्रयाङगुम्रुङ कि हामी हिँड्न सकिरहेका छैनौँ ? हिंड्न नसकेर, रोकियो गति थुनियौं हामी आफ्नै बन्दी बनेर संगै थिए आफन्तहरू पनि र साट्यौं मनका कुराहरू मेट्यौं असमझदारीका मयलहरू पखालिए बिमतिहरू केही नयाँ सम्बन्धहरू बने केही नाताहरू टाढिए शायद, चिन्यौं आफैले आफूलाई । हो, हिंडिरहेको त्यही बाटो अचानक भत्कियो यसरी भत्कियो कि अगाडि न केही थियो न केही देखियो पछाडी पछ्याउँदै आएका असङ्ख्य आकृतिहरू जहीँको तहीँ रोकियो लाग्यो, अब प्रलय भयो फुल्दै गरेका यी फूलहरू खेल्दै गरेका यी ससाना नानीहरू अनन्त सपना लिएर मुस्कुराउँदै गरेका ती यौवनाहरू लाग्यो, सबै विलय भयो हिंड्दै गरेको यी बाटोहरू जसै एकाएक गर्लम्म ढल्यो ढल्यो त्यो बाटोसङ्गै मेरो जोबनको एउटा आयु ढल्यो अणु अणु केलाएर उठाएको मेरो इतिहासको एउटा खण्ड ढल्यो ढल्यो बढो जतनले सिङ्गारेको मेरो प्रेमको सुषुप्त त्यो “ताजमहल” ढल्यो …. एउटा क्यान्भास जहाँ कोरिएको छ एउटा बाटो बाटोमा देखिरहेछु एक नग्न आमा माटोमा देखिरहेछु एक धुलाम्य पिता नफर्कने यौवनको लालसामा कुप्रिरहेका बृद्धहरूको लामो लस्कर उता मुस्कुराउँदै गरेको एक कटु मुस्कान जो घाम चपाउने असम्भव दुस्साहस गरिरहेछ म देखिरहेछु पर नानीहरू यतै आइरहेछन् । [ प्रस्तुत कविता ‘शब्दपथ’को संयोजनमा चार कविहरू किशोर पहाडी, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ र स्नेह सायमीले लकडाउनमा आ-आफ्नो कोठाभित्र बसेर संयुक्त तयार पारेका हुन्] #किशोर पहाडी #राजेन्द्र शलभ #विश्वविमोहन श्रेष्ठ #स्नेह सायमी तस्बिर: रोशन वली हिजो एउटा तस्बिर देखियो कैयन मान्छे हाँसेको सहरमा उनले जीवनको माया मारिरहेको एउटा तस्विर भोक, तिर्खा, समस्यालाई भुलेर शान्त स्वभावमा झुन्डिएको थियो । दुधे शिशु र आमाको घाँटीमा एउटै डोरीले जोड-जोड्ले बाँधिरहेथ्यो आफ्नै बच्चाको माया थिएन जिन्दगीको आश पनि थिएन यस्तै-यस्तै नियतिमा हिजो एउटा तस्विर देखियो । कोही थिएन कि भन्दियोस् तिमी चिन्ता न लिएर बस् भोकले मर्नु पर्दैन म राहत लिएर आउँदैछु दुःख, सुख हातेमालो गर्दै जाउँला अतित, वर्तमान र भविष्य अङ्गाल्न सिकौं आँसुको भाषा बुझ्दैन डोरीले समाधानसित धैर्यता राख्दिन अन्तत मान्छे मृत्यु रोज्छ तैपनि मृत स्थानमा बत्ती चम्किरहेको हुन्छ बच्चाकोआँखामा आमाले हेरिरहेकी हुन्छे उसको स्वर कानमा गुन्जिरहेको हिजो एउटा तस्विर देखियो । मनमा व्यवहार केलाउँदै आँखा चिम्ली रहेकी निदाएको अभिनय उही समयसित उभिएको हावा चलिरहेको बाँचेर पनि मरिरहेको हिजो एउटा तस्विर देखियो । दुब्लो जीउमा घाँटीको हड्डीमाथि सुर्किएको मसिनु दोरा काखीमा दुधे बालक भोकको सिकारमा डोरीसँग बाँधिएको थियो मृत्यु रोज्न नि समयले एउटा मौका दियो र त उनी कहिल्यै नफर्किने गरी यात्रा तय गरेर कसैले नभेट्ने ठाउँमा आमाछोरा हिँडिरहेका छन् अब भोक लाग्ने छैन प्यासले दुःख दिने छैन शान्त चुपचाप मनको हिजो एउटा तस्विर देखियो। #रोशन वली दिन्न यो भूमि छुन: शोभा खतिवडा (यो बयान हो मेरो जन्म भूमिको र पत्र पनि हो हाम्रा छिमेकीलाई किन नदिने यो भूमि तिनलाई भनेर ) ————— मेरो देश, हिमाल पर्वत जहाँ हिऊँ सँधै झुल्दछन्! पाखामा फूल फुल्दछन् जहिँ तहिँ बास्ना खुबै छर्दछन् ! १ नेपाली जनको अपार धन हो यो देश जलको धनि। हो रत्नै सरिको अमूल्य निधि यो , दिन्न म बस्छु रमि। २ शोभा दिब्य धरा हो प्राण सरिको, नेपालीको जीवन! लैजाऊ बरु प्राण दिन्छु सहजै दिन्न यो भूमि छुन!! ३ सिमा सानो छ मेरो यो बगरको माटो अमूल्य हिरा ! दिन सक्दिन लौ चिमोटी म भूमि पारेर यस्को चिरा !! ४ माग्छौ लौ शिर यो झुकाई म बरु यस भूमिमा आखिर ! चढ्न लौ छु तयार म पनि बली यस देशका खातिर !! ५ यो हो देव भूमि यस विश्व भरमा छैन है मुल्य कुनै! यस्का खातिरमा छिनाई बरु लौ दिन्छौ तीनकोटी शिरै ६ माटोमा नदी कलकल बगिकन , सिञ्चन जलैले गरी ! धर्तीका मुखमा दिई खुशी खुबै , नाचेकी हुन झैँ परी !! ७ पाखा पर्वत र तराई बनमा संजीवनी फल्दछन्! देशका काखभरि खनिज कति छन् कुबेर नै बस्दछन्!! ८ धर्तीबाट बगि कति हिम नदी देश उर्वरा पार्दछन् ! झर्ना कलकल बग्दछन जहिँ तहिँ , भूमि सबै रम्दछन् ! ९ कस्तुरी मृग सावक हर घडी हिमालमा खेल्दछन् ! चौरी खर्क अनि ति लेकहरुमा पंख डोलाउँदछन् !! १० लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी ! मानवका हित खातिरै भनिकन यो देव भूमिमा झरी !! ११ सूर्यको जव ज्योति पर्छ भूमिमा , हिमाल मुस्काउँछिन्! चन्द्रैको नव कान्ति छाई धरणी शोभा दिई हाँस्दछिन !! १२ खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ! स्वर्गै लाग्दछ यो धरा हर बखत यहिँ नै म बाँचौँ मरौँ !! १३ मेचीको जलमा नुहाई शिर यो काली पुगौ मन धुन! यस्तो पावन यो भूमि अलिकति दिन्न तिमीलाई छुन !! १४ आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरि कन ! शान्तिका दुतको यो जन्म भूमिमा गर्नु बसी प्रार्थना !! १५ नेपाली मनका अपार धनि छन, कुवेर झै छ मन !’ भूमि सानो छ मेरो यो जगतमा अनमोल रत्न धन !! बालबालिकामाथि अत्याचार: सुशील बस्याल बालबालिका सडकमा सुत्नु परेको छ टुहुरो बनी अर्काको घरमा काम गर्न परेको छ अपहेलित भै काम गर्न बाध्य हेर्नुस् हजूर, निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । पहुँचवाला जबर्जस्ती काममा लगाउँछन् काममा केही गल्ती भए सजाय दिलाउँछन् फकाई फकाई काम गराउँछन् त्यसैले त निर्दोषहरूमाथि अत्याचार भएको छ । शारीरिक यातना र मानसिक तनाव सबै सहेका छन् अधिकारका नियम सबै कागजमा सीमित रहेका छन् बालबालिका सडकमै रात गुजार्न बाध्य छन् हेर्नुस्त हजूर, निर्दोष बालबालिकामाथि कति अत्याचार भएको छ! मौन बस्न थाले संघ संगठन पनि भन्न डराउँछन् कर्मचारी जबर्जस्ती गरेको देख्दा पनि अन्याय अत्याचार सहन बाध्य छन् त्यसैले त निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । बालअधिकार राजनैतिक विषय भएको छ संस्थाको काम कर्तव्य हात्ती देखाउने दाँत भएको छ गरिबीले छट्पटिँदा जे गर्न पनि तयार छन् त्यसैले त निर्दोष बालअधिकार नै अत्याचारमा परेको छ । सभ्य समाजको निर्माण गर्न प्रयास भएन हिंसा अत्याचार शोषण कम हुन सकेन बालबालिकाले टुहुरो उपनाम पाएका छन् त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । हेपिएर भाँडा माझी बस्छन्, दुःख पाएर गर्जो टार्ने गर्छन् दिनदिन बस ठटाएर निर्दोष हुँदा पनि सजय भोग्या छन् त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । देशका धेरै ठाउँमा बालमैत्री घोषणा भएको छ सडक बालबालिका मुक्त देश बनाउने खबर आएको छ बालअधिकारको हनन भएको छ त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । सुशील बस्याल बगनासकाली ८ बराङ्दी बेलौतिखरक #सुशील बस्याल कोरोना भर्सेस ह्युमन: रमेश लामिछाने हरेक दिन \u202c \u202aसमाचार पढछु सुन्छु, \u202c \u202aआज यति जनाको मृत्यु भयो, \u202c \u202aठूलो सङ्ख्यामा \u202c \u202aकोरोना सङ्क्रमित थपिए। \u202c \u202aकोरोना मानव जातिको लागि धेरै खतरा भयो। \u202c \u202aफेरि सुन्छु, \u202c \u202aमान्छे मानवबाट दानव बनेको\u202c \u202aकस्तो ह्रदयविदारक, \u202c \u202aकुटिकुटी मान्छे मारेको \u202c \u202aकालाले गोराको घाँटी निमोठेको \u202c \u202aनाबालिका बलात्कृत भएको \u202aमान्छेले मान्छे मार्नको लागि \u202c \u202aपरमाणु बम बनाएको \u202c \u202aअनि फेरि सुन्छु, \u202c \u202aफलफूलमा \u202c \u202aबिष्फोटक पदार्थ मिलाएर \u202c \u202aगर्भिणी हात्तीको हत्या गरेको\u202c \u202aजन्मिन नपाउँदै मर्नु परेको \u202aप्रकृतिको \u202c \u202aसुन्दर उपहारको विनाश गरेको।\u202c \u202aसबै सुनेर पढेपछि भन्नै कर लाग्छ \u202c \u202aसृष्टिको सबैभन्दा \u202c \u202aकुरुप सिर्जना मानिस हो \u202c \u202aजो अति नै क्रूर र संवेदनाहीन हुन्छ \u202a \u202c \u202aपृथ्वीको \u202c \u202aसबैभन्दा ठूलो भाइरस मानिस हो \u202c \u202aर त्यसको सानो समाधान \u202c \u202aकोरोना भाइरस हो। \u202c \u202aम सृष्टिकर्तासँग \u202aएउटै प्राथना गर्छु \u202c \u202aकि यो मानवता हराएको शहरमा \u202c \u202aमलाई मानव नबनाइदेऊ \u202c \u202aअनि मानवलाई दानव नबनाइदेऊ। जापान \u202c #जापान #रमेश लामिछाने तँ र म – किन?: भावना उपाध्याय तँ र म— भन्ने यो शब्द, शब्दको खेल यसले बनाउँदो रहेछ आफूभित्रै एउटा सानो जेल हुँदैन शान्तिसँग कुनै मेल, नखोली त्यो गाँठो परेको मनको भेल म पनि त तिमीजस्तै, फरक के ? तर किन बन्न सक्दैनौँ हामी उस्तै? मलाई दैलो बाहिर खाना पस्किई खान्छौ तिमी किन भान्छाभित्र बसी? तिम्रा लुगा सुकिला; मेरा मैला, तिमी ठूलो; म सानु, तिमी धनी; म गरिब तिमी ब्राह्मण; म अछुत, डुम? तर बग्छ एउटै त्यो रातो रगत बस्ने थलो पनि त, एकै हाम्रो प्यारो नेपाल जगत ! गर्छौ कुरा आहिले ठूला तिम्रो चर्पी जाम हुँदा बोलाउँछौ मलाई नै सफा पार्नका लागि, त्यसबेला चाहिन्छ यहाँ अर्को क्रान्ति हटाउन यो भेदपूर्ण भाव तिम्रो दमनविरुद्ध बोलिनेछ गर्न आफ्नो व्यक्तिगत र सामाजिक लाभ तर म थाकिसकेकी छु छैन कुनै जोश जाँगर भोग्दाभोग्दै ती भेदभावपूर्ण व्यवहार रहेन अब तिमीहरुप्रति कुनै आदर, कदर… अब, म हैन, बोल्नेछन् तिम्रै सन्तति देखी अपराध यी छैन त्यो दिन अब पर जब तिम्रो हुँदैन कोही वरपर आउनेछु “मै” बोकी त्यो पवित्र गंगाजल लगाउन तिमीलाई यो जुनीबाट पार। #भावना उपाध्याय मात्र एक छाक खोजिरहेछु: बिहान भालेको डाकसँगै ब्यूझेँ कोरोनाको लकडाउन निदाउन मन थियो चारै दिशा उल्ट्याङ पल्ट्याङ गरे अहँ निदाउनै सकिनँ । १ बर्षको छोरो चिच्यायो, छोरोको चिच्याइसँगै भोको छु, के पग्लिन्थ्यो र खाओस् बूढीको झर्किँदै गरेको निरस आवाज सुनेँ । भोकको कुराले होला पापी भूडिँ करायो छेउमै सुतेकी ८ बर्षकी छोरी मलाई कोट्याउँदै बाबा भोक लाग्यो । भतभत पेट पेल्यो, जुरुक्क उठेँ स्टोभ जलाउन पुगेँ स्टोभको दमको आवाजले होला बूढी चिच्याई एक हप्ता भयो तेल नभएको स्टोभ जल्दैन चामल पनि त छैन अँ अलिकती चिनी र चिया होला । बाबा चिया खान मन लाग्यो छोरीको मधुर आवाजले स्तब्ध भएँ स्टोभ जले पो पानी गिलासमा राखेँ चिनी र चियासँगै घोलँे छोरी लाऊ चिया खाँदै गर म खान लिएर आउँछु है, कुर्दै गर । सडकमा निस्किएँ, सुनसान सडक कुकुरहरू कुदिरहेका, चराचुरुङ्गीहरू नाँचिरहेका न हर्नको ककर्स आवाज, शान्त सुन्दर सहर मान्छेको त्यो भीड कहाँ हरायो ? लाग्यो मृत्यु पछिको सन्नाटा हो यो, मन विरक्तियो । हिजोझँै लम्किएँ लाइनमा बस्न ऊ त्यहाँ खान बाढिरहेको छ हो त्यही लाइनमा बस्न लम्किएँ घरमा छोरा छोरी परिवार सबै पर्खिरहेका छन् मलाई मात्र मात्र एक छाँक पेटभरी खाने आशमा मात्र एक छाक, हो मात्र एक छाक खोजिरहेका छन् । #मात्र एक छाक खोजिरहेछु उज्वलको गजल: हर प्रहरमा अनौठो ,उन्माद भएर आउँछ किन हो किन आजकल ,स्पर्श चुमेर आउँछ ।। किन हो अनि कस्को, थाहा हुन्न मैदान त्यो कथित यादहरूले, पर्खाल त्यो घुमेर आउँछ ।। मोडेर गन्तव्य ,अनयासै मनमा छ भन्दै पागलै सरि आनन्द मनमा, झुमेर आउँछ ।। जीवन काँडा अनि फूल ,त्यो सुन्दर भन्दै हराएका पलअनि, स्मृतिमा त्यो गुमेर आउँछ ।। हर प्रहरमा अनौठो ,उन्माद भएर आउँछ किन हो किन आजकल ,स्पर्श चुमेर आउँछ ।। #उज्वल आफ्नै खोजी: वर्षौँ पहिले झै मुस्कानले सुसज्जित ओठहरू माझ बसन्तमा पालुवा हाल्न बाँकी सपनाका बोटहरू माझ ! पहाडी आँधी, हिमाली सिरेठो मरुभूमिका तुफान,सामुन्द्रिक छालहरू माझ ! दैनिक सुकेर ओइलाउँदै गएका फक्रनु अगावै निर्वासित भएका कैयन रङ्गिन फुलहरू माझ मभित्रको “म“ खोजिरहेछु ! पीडाका ग्रन्थहरू माझ खुसीका काव्य रचना गर्ने ! खाली,शून्य प्रान्तहरू माझ पूर्णताका कृति रचना गर्ने ! वेतिथी, बिसङ्गतिहरूलाई पाखा लगाइ रितिथितिका स्वर्णिम भाव छर्ने ! मुर्दारुपी जिवित भनिने ईश्वरका मुर्तिहरू माझ सँधै हाँसिरहने सँधै नाचिरहने सँधै बोलिरहने सँधै बाँचिरहने मभित्रको “म“खोजिरहेछु ! चिहाउँदै आशाका दैलोबाट साहस बटुल्दै प्रेरणाका थैलोबाट ! नियाल्दै भरोशाका बिन्दुहरू एकिकृत गरी छरिएका भोकाप्यासाहरूको शैलीबाट ! उठ्न खोज्ने अनगिन्ती सासहरू फोहोर,डङ्गुरको मैलोबाट मभित्रको “म“ खोजिरहेछु!! ज्योती निभेका आँखाहरूबाट आज, भरे भन्दै कुरिरहेका भोकरुपी कालका काखहरूबाट जिन्दगी वर्णन गर्ने साहसी हरफहरू आफैँभित्र टुक्रिदै जोडिएका विश्वासका गाताहरूबाट सँधै उभिरहने सँधै हेरिरहने सँधै बोलिरहने सँधै बाँचिरहने मभित्रको “म“ खोजिरहेछु ! #आफ्नै खोजी THE MY: आजसम्म यी आँखा मैले मेरो भन्नै सकिनँ जो दुनियाँसँग हरदम समागम गर्छ र गर्भवती हुन्छ अनि आफैँ थन्किन्छ कालो टोड्काभित्र ओथारा बसेर काड्छ, लाखौं बुँदहरुको बाक्लो डिम्मा यी आँखा भन्दा शालिन बलात्कारी अरु हुनै सक्दैनन् मेरो आँखाबाट दृश्य खोसिएपछि THE MY EYE भन्नै सकिनँ बाँच्नको लागि खानै पर्ने कि खानकै लागि बाँच्न पर्ने ?? मूर्दाघाटबाट उडेको नुनीलो धुवाँ खानै पर्ने हो भने यो मुख मेरो होइन जो लास निलेर अघाउँछ भने कसैको वेदना तनतनी चुसेर उसैका सामु पीडाको खिल्ली उडाउँदै हाँसिदिने, कसैको प्रगाढ ममता र स्नेह लुटेर धारिलो जिब्रोले आत्मियताको निर्मम हत्या गर्छ भने अँहँ होइन, हुँदै होइन यो मुख मेरो हुँदै होइन मेरो ओठबाट बोली लुछिएपछि THE MY MOUTH भन्नै सकिनँ आमालाई पाउले छुने नेपाली पाउ कहाँ छ ? जो पापको भागिदार हुनेछ मलाई पापी पाउ पालेर पाप गर्नु छैन जसले हरेक समय पाप गरिरहन्छ यो जमिन टेकेर,यही माटो टेकेर म धरतीलाई पुज्न चाहन्छु जो मेरी आमा हुन् मेरो पाउबाट पाप भइरहँदा पनि जमिन बाँडिएर म उछिट्टिए पनि THE MY MOTHERLAND भन्दै अझ चर्को नारा लगाउने मै हुँ । परिवर्तन गर्न निस्किएको एउटा बाठो कलम जसलाई आफ्नै हातले अठ्याएपछि के फुस्कन्थ्यो र दुनियाँ ? यसरी ज्याद्रो साङ्लाले टनटनी कसेर गोठमा एक हुल वस्तु बाँधे झैं कागजमा एक मुठ्ठी सास भरेर मेरो रुद्रघन्टीमा पासो लगाउने यी जल्लादी हत्केला म कसरी मेरो भनुँ ? मेरो हातबाट अधिकार खोसिएपछि THE MY HAND भन्नै सकिनँ । तिमीले तिम्रै लिपिमा “THE MY” भन्दा के हुन्छ, बुझ्दिनँ म मैले मेरो लिपिमा दमाई भन्दा कसैले बुझाउनु पर्दैन अब भन प्रिय पृथ्वी तिम्रो कुन खण्ड लाई “THE MY” भनुँ? तिमी मान्छेको कुन रंगलाई दमाई भन्छौ? #आमा #रोशन परियार अनिलका तीन कविता: १. सगरमाथा मेरो दरिद्रता देख्न नसकेर ऊ एक नदी रोइदियो तर, मैले उसका आँसु पनि बाँध लगाएर बेचिदिएँ । २. सँगालिएको अतीत तिमीले धेरै पहिले पैसा भनेर दिएको पीपलको पात बालापनको खेल सम्झेर सजिलै भुलिदियौ म मूर्ख अझै त्यही पात लिएर सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु । ३. अहिल्या एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ अनायसै मुखबाट निस्कियो – “ हे ईश्वर ! किन यस्तो ? ” त्यही माटोबाट एउटा आदिम आवाज आयो – ” म पनि उत्तर पर्खिरहेछु ।” #अनिल खतिवडा "त्यही रूखमा धेरै चरा बस्छन्, जुन झ्याँगिएको हुन्छ, लेखक त्यस्तै हुनुपर्छ": नेपाली साहित्य जगतमा सुबिन भट्टराई युवा पुस्तालाई केन्द्रमा राखेर कलम चलाउने स्वयं पनि युवा आख्यानकार हुन् । उनका अहिलेसम्म एक कथा संग्रह ‘कथाकी पात्र’ र चार उपन्यास ‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘ प्रिय सुफी’ गरी जम्मा पाँच कृति प्रकाशित छन् । प्रस्तुत छ, उनै चर्चित आख्यानकार सुबिन भट्टराई सँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेल ले गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः नेपाली साहित्य क्षेत्रमा नयाँ पाठक बढाउनमा तपाईँको विशेष योगदान रहेको छ भनी विश्लेषण गरिन्छ । यसको कदर नेपाली साहित्यले गर्ला कि नगर्ला ? यो त समयले मूल्यांकन गर्ला । तर साहित्यको विराट समुद्रमा एक अञ्जुली पानी मैले पनि भरेको छु जस्तो लाग्छ । पाठकहरूले पक्कै विश्लेषण गर्नुहोला । मेरो किताबबाटै आफ्नो पठन अभ्यास शुरु गर्नुभएका पाठकले त झन् सम्झिनुहोला । पाठकको सम्झनामा यसरी नै अटाउन पाएँ भने पनि मेरो लेख्नुले एउटा अर्थ राख्छ । प्रेम र प्रणयका विषयमा लेखिने साहित्यका बढी छन्, जसले नवपुस्तालाई सम्बोधन गर्छ । तर एउटा यस्तो जमात पनि छ, जसले प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई मूलधारको साहित्य नै मान्दैन । किन होला? संसारमै दुई किसिमका साहित्य छन् । राम्रो साहित्य र नराम्रो साहित्य । पाठक प्रेम र प्रणयका बढी छन् भन्नु गलत हो । पाठक राम्रा कृतिका बढी छन्, नराम्राका कम छन् । यो राम्रो र नराम्रो पनि व्यक्तिपिच्छेको अनुभव र निजी स्वादका कुरा हुन् । योभन्दा अरू त मान्छेले आफ्नै अनुकूलको व्याख्या र परिभाषा गर्ने हुन् । तर योचाहिँ साहित्य हो, त्यो चाहिँ होइन भन्नु आफैँमा मूर्खता हो । विश्वविख्यात कोलम्बियन लेखक ग्राबियल ग्रासिया मार्खेजको “लभ इन द टायम अफ कोलेरा” प्रेम र प्रणयकै कथा हो । त्यो आज पनि चर्चामै छ । जीवन्त छ । लाखौँ, करोडौँ पाठकले मन पराएका छन् । जोन ग्रीनको “फल्ट इन आवर स्टार्स” प्रेम कथा नै हो । गुड रिड्समा समेत ४.२१ रेटिङ्ग भएको यो किताब सर्वाधिक रुचाइएको पुस्तकमध्ये पर्छ । “प्राइड एण्ड प्रिजुडिस” कालजयी किताब हो । कुरा के हो भने, समय लाग्छ । राम्रो सधैँ राम्रो हुन्छ । [bs-quote quote=”हाम्रोमा मूल समस्या के छ भने, साहित्यलाई पनि प्रतिस्पर्धा बनाइदियौँ । साहित्य आफैँमा यति उदार छ कि जे जस्तो विषयमा लेखिए पनि, जसले लेखे पनि यसले स्वागतै गर्छ । कित्ताकाट गरिदिने त हामी भयौँ । यो सबको निर्णय त पाठकले गर्ने हुन् ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”सुविन भट्टराई” author_job=”उपन्यासकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-2.jpg” author_link=”https://www.facebook.com/subin.bhattarai.18″][/bs-quote] समर लभ निस्केको आठ वर्ष भयो । यो अझै पढिने पुस्तकमै पर्छ । साहित्य जीवन्त हुन यो समय केही होइन । अझै केही दशक कुरौँ । हाम्रोमा मूल समस्या के छ भने, साहित्यलाई पनि प्रतिस्पर्धा बनाइदियौँ । साहित्य आफैँमा यति उदार छ कि जे जस्तो विषयमा लेखिए पनि, जसले लेखे पनि यसले स्वागतै गर्छ । कित्ताकाट गरिदिने त हामी भयौँ । यो सबको निर्णय त पाठकले गर्ने हुन् । तँ लेखकै होइनस् भनेर समालोचक र तपाईँले सोध्नुभाजस्तै कथित मूलधारका लेखकले प्रत्यक्ष–परोक्ष छेडखानी, व्यंग्य, आक्रोश, ईष्र्या मप्रति निरन्तर पोखिरहेछन् । जसले आफूलाई कतै छुन्छ, हल्लाउँछ, सोच्न बाध्य तुल्याउँछ, निद हराम गर्दिन्छ, केही प्रेरणा र ऊर्जा दिन्छ, मेरो नजरमा त्यही साहित्य अब्बल साहित्य हो । फेरि यो मूलधारको साहित्य भनेको के हो ? प्रेमभन्दा बाहिरको विषयमा लेखिएको ? कि कम पाठकले पढेका ? कि एउटा निश्चित उमेर समूह वा वर्ग छ ? कि विश्वविद्यायलमा थेसिस कति जनाले गरेका भन्ने आँकडाअनुसार तय गरिएको हो कि ! कि पुरस्कार पाएका आधारमा ? यस्तो कुनै नियम कसैले तोकेको छ कि नाइँ ? कतिसम्म, कस्तो लेखियो भने मूलधारको ? के के समेटियो भने मूलधारको ? मेरो पहिलो पुस्तक कथाकी पात्र मूलधारको हो कि होइन ? मेरो पछिल्लो पुस्तक ‘प्रिय सुफी’ मूलधारको हो कि नाइँ ? अनि ‘समर लभ’ नि ? यो प्रश्न (खगेन्द्र संग्रौलाको शब्द सापटी लिएँ) साहित्यका ती तमाम फित्तावाल अमिनहरूलाई जो लेखकका र तिनका कृतिका चार किल्ला नाप्न कम्मर कसेर हिँडेका छन् । नयाँ पाठक के चाहन्छन् ? ‘समर लभ’ निकाल्दै गर्दाका पाठक र अहिलेका पाठकबीच के भिन्नता पाउनुभएको छ ? सरल छ । नयाँ हुन् या पुराना पाठक, ती राम्रा कृति चाहन्छन् । ‘समर लभ’ निकाल्दै गर्दाका पाठक पनि राम्रा कृति चाहन्थे, अहिलेका पाठक पनि राम्रा कृति चाहन्छन् । केही परिवर्तन भएको छैन । भनिहालेँ नि, राम्रो नराम्रोचाहिँ व्यक्तिपरक कुरा हुन् । हरेक कृतिका पाठक हुन्छन् । हरेक कृतिका विरोधी पनि हुन्छन् । तर धेरैभन्दा धेरै पाठकले, एउटा कालखण्डभरि चर्चा हुने, धेरै पढिने र मन पराएको कृतिलाई नै राम्रो भन्ने हो । पाठकहरू फेरिरहन्छन् । एउटै लेखकलाई सधैँ मन पराउन कोही पनि पाठक अभिशप्त छैन । कुनै पनि लेखकलाई हिजो हुरुक्कै गर्ने पाठकहरू आज सामाजिक सञ्जालमा विरोध गरिरहेका हुन सक्छन् । साथै नयाँ पाठक पनि जन्मिरहेका हुन्छन् । लेखकले पनि यो बुझ्नु पर्छ कि चढेर सगरमाथासम्म पुग्न सजिलै छ । त्यहाँ थर्पु हालेर बस्न सम्भव छैन । एउटा लेखकमा चाहिँ पुस्तकको संख्या तथा चर्चा बढ्दै जाँदा कस्तो परिर्वतन आउँदो रहेछ ? आफ्नै अनुभवको आधारमा छोटोमा बताइदिनुहोस् न ! पुस्तकका संख्या बढ्दै जाँदा, चर्चा बढ्दै जाँदा अलिक दबाब महसुस हुँदोरै’छ । पाठकहरूलाई आफूलाई मनपर्ने लेखकको कृति चाँडो चाँडो चाहिने । लेखकको रफ्तार त्यस्तो नहुने । शुरुवाती दिनहरूमा भन्दा परिश्रमको दायरा पनि फराक बनाउँदै लैजानुपर्छ । पहिलो वा दोस्रो पुस्तक लेख्दा जुन निस्फिक्री होइन्थ्यो, त्यो सधैँ रहन्न । जसै पाठकका संख्या बढ्छन्, तिनका अपेक्षा पनि बढ्छन् । त्यसलाई ठीकसित सम्बोधन गर्नु लेखकको चुनौती हो । एउटा जिम्मेवारीको बोझ थपिन्छ । केही लेख्नुअघि, कतै केही भन्नुअघि धेरैपटक सोच विचार गरेर भन्नुपर्ने, बोल्नुपर्ने हुन्छ । त्यही कुरा सामान्य मानिसले भन्नु वा लेख्नु र लाखौँ फलोअर्स भएका जिम्मेवार व्यक्तिले भन्नुमा आकाश र जमीनको फरक हुन्छ । तपाईँको कन्सियस लेभल नै अर्कै तहमा पुग्छ । यसले तपाईंको अभिव्यक्तिमाथि पनि केही हदसम्म अंकुश लगाइदिन्छ । त्यसो त कसैको मतलब नराख्न, कसैको नसुन्न पनि छूट छ, तर त्यसको परिणाम कति कुरूप हुन्छ भन्ने सहन आफूलाई तयार पार्नुपर्छ । ‘समर लभ’ले शिखरमा पुर्याएको सुबिन भट्टराईको साख त्यसपछिका पुस्तकहरूले जोगाउन सकेनन् भनेर पनि विश्लेषण गरिने गरेको छ । तुलनात्मक रूपमा पनि ‘समर लभ’ले जस्तो चर्चा तथा कमाई त्यसपछिका पुस्तकहरूले गर्न सकेनन् । किन यस्तो भयो होला ? चर्चामा त निश्चय पनि ‘समर लभ’ नै अघि छ । सुबिन भट्टराई भनेर यही कृतिले चिनायो । यो धेरै लेखकको समस्या हो पनि । मैले नेपालमा कन्सिस्टेन्टली सबै कृति उत्तिकै उम्दा लेख्ने लेखक विश्वेश्वरप्रसाद कोइरालाबाहेक अरू कोही देखेको छैन । मलाई धेरै मन परेको पुस्तक ‘घामका पाइलाहरू’का लेखक ध.च. गोतामेले ‘यहाँदेखि त्यहाँसम्म’मा बडो निराश बनाए । पारिजातको ‘शिरीषको फूल’बाहेक अरू पुस्तकले उतिसारो छुँदैन । मलाई मन पर्ने धु्रवचन्द्र गौतमलाई पनि धेरैले ‘अलिखित’बाटै सम्झिन्छन् । विजय मल्ल भन्नेबित्तिकै ‘अनुराधा’ आउँछ दिमागमा । राम्रो त उनका कथासंग्रह ‘परेवा र कैदी’, ‘एक बाटो अनेक मोड’, नाटक ‘कोही किन बर्बाद होस्’ आदि पनि छन् नि ! दौलतबिक्रम विष्टलाई ‘ज्योति ज्योति महाज्योति’ले नै चिनायो, यद्यपि ‘भोक र भित्ताहरू’ पनि राम्रै कृति हो । मदनमणि दीक्षित भन्नेबित्तिकै ‘माधवी’ दिमागमा आउँछ । वानीरा गिरीको ‘कारागार’ धेरै पढिएको किताब हो । ‘शब्दातीत शान्तनु’को कोही कुरा गर्दैन । अरू के कुरा गर्नु देवकोटाको ‘मुनामदन’ जति चर्चित भो, त्यसको दाँजोमा अरू चर्चित हुन सकेनन् । विश्वविख्यात लेखक पाउलो कोएलोका हरकिताबको कभरमा फ्रम द राइटर अफ ‘अल्केमिस्ट’ भनेर लेखिएको हुन्छ । यसैले हो उनलाई चिनाएको पनि । भन्न खोजेको के हो भने लेखकलाई एउटा कृतिले चिनाउँछ । त्यो धेरै चर्चित हुन्छ । अरूचाहिँ कमसल हुन् भन्न मिल्दैन । चर्चा कम भएको होला, तर स्तर कम भएको हुन पनि सक्छ, नहुन पनि सक्छ । ‘समर लभ’ सबैभन्दा चर्चित भो, दुई मत छैन । यसैले चिनाएको हो पनि । तर अरू कृतिका पाठक पनि छन् । ‘साया’ र ‘मनसुन’मा अलिक बढी आलोचना खेपेको हुँ । भन्नु नै हुन्छ भने ‘समर लभ’भन्दा धेरै प्रशंसा पाएको कृतिचाहिँ ‘प्रिय सुफी’ हो । यसभन्दा अघि ‘समर लभ’भन्दा राम्रो लेख्नुपर्छ भनेर आफूसित प्रतिस्पर्धा गरिन्थ्यो । अहिले ‘प्रिय सुफी’भन्दा राम्रो लेख्नु छ भन्ने दिमागमा आइरहेको हुन्छ । ‘प्रिय सुफी’ले बरु एउटा राम्रो कमब्याकचैँ गरेको हुँ भन्ने लाग्छ । डेढ वर्षमा यो कृति जति बिक्यो, त्यति बिक्न ‘समर लभ’लाई पाँच वर्ष लाग्या थियो । [bs-quote quote=”‘समर लभ’ले चिनाएको हुनाले पाठकहरूले सधैँभरि त्यै किताबका लेखकको नाउँबाट चिन्नेछन् ।” style=”style-2″ align=”left” color=”#dd3333″ author_name=”सुविन भट्टराई” author_job=”साहित्यकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-1.jpg” author_link=”https://www.facebook.com/subin.bhattarai.18″][/bs-quote] विगतका पुस्तकमा विशेषगरी युवा वर्गको सकारात्मक प्रतिक्रिया पाएको थिएँ, ‘प्रिय सुफी’बाट दुई जेनेरेसन माथिका व्यक्तिबाट समेत राम्रो प्रतिक्रिया आउनेक्रम अझै जारी छ । बाँकी त समयले नै बताउला, यसको आयु कति हुन्छ । तर के चाहिँ लाग्छ भने, ‘समर लभ’ले चिनाएको हुनाले पाठकहरूले सधैँभरि त्यै किताबका लेखकको नाउँबाट चिन्नेछन् । तपाईँलाई आरोप लाग्छ, तपाईँको कलम प्रेम र प्रणयभन्दा टाढा पुग्न सकेन । ‘प्रिय सुफी’मार्फत् यो आरोपबाट जोगिन खोज्नु भएको हो ? आरोपबाटै जोगिनका लागि मात्रै त किन लेख्नु र ? मसँग भन्ने केही कथा थियो, त्यसैले लेखेँ । आरोप ‘प्रिय सुफी’ लेखेपछि आएको छैन र ? ‘प्रिय सुफी’लाई सस्तो यौन उपन्यास भन्नेहरू पनि छन् । पत्याउनुहुन्छ ? सकिन्छ हर आरोपलाई खण्डन गर्दै हिँड्न ? मसँग भन्न लायक कथा हुँदा म जे पनि लेख्छु । मैले जति वटा, जे विषयमा लेखूँ आरोपै लाउनेले त नपढीकन सस्तो प्रेम, सस्तो यौन नै भन्नेवाला छन् भन्नेमा म ढुक्क छु । तर पढेर केस्राकेस्रा केलाएर कसैले कन्भिन्सिङ तरिकाले आरोप लाउनुहुन्छ भने त त्यसको खुलेर स्वागत मात्र गर्दिनँ, अर्को पुस्तक लेख्ने बेला त्यस किसिमको आरोपलाई दिमागमा राखेर बसेको हुन्छु । तपाईँले लेख्न सुरु गर्दा तपाईँका अधिकांश पाठक फेसबुकमा थिए भने अहिले टिकटकमा छन् । तपाईँजस्तो नवपुस्तामा बहुचर्चित लेखकका लागि यो अवसर हो कि चुनौती ? कसरी ? पहिलो त मेरा पाठकहरू हरेक ठाउँमा छन् । चाहे त्यो फेसबुक होस, ट्वीटर होस्, या इन्स्टाग्राम होस् या तपाईंले भनेझैँ टीकटक । हर ठाउँमा छन् । यो चुनौती होइन । यो मेरा लागि सुखद् पक्ष हो । चुनौती त सधैँ राम्रो लेख्नु हो । त्यही रूखमा धेरै चराहरू आएर बस्छन्, जुन रूख झ्याँगिएको हुन्छ । हराबरा हुन्छ । लेखक त्यस्तै हुनुपर्छ । उसले आफ्नो कला र शिल्पको हरियाली बिछ्याउन जान्नुपर्छ । जिन्दगीको भागदौडमा दुःख र सन्तापले रापिएका पाठकलाई तपाईँले बिछ्याएको हरियालीले शितल बनाउन सक्नुपर्छ । एउटा लेखकको लागि योभन्दा सुखद् अनुभव अर्को केही हुन्न । तपाईँलाई फलो गर्ने पाठक मात्र होइन, तपाईँकै शैलीलाई पछ्याउने नवपुस्ताका लेखकहरू पनि प्रसस्त छन् । तिनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ? त्यसो त म नयाँ पुस्तालाई मबाट सधैँ प्रेरणा र ऊर्जा मिलोस् भन्ने चाहन्छु । धेरै नयाँ लेखकहरूलाई भन्छु, पढ्नूस्, बुझ्नूस्, तर शैली आफ्नै निर्माण गर्नूस् । कसैको पनि शैलीलाई नपछ्याउनूस् । तपाईँ कहाँ जाने ? बाटो आफैँ बनाउनूस् । तपाईँले निर्माण गरेको शैली तपाईँको ओरिजिनल हो । र, भाउ सधैँ ओरिजिनलकै हुन्छ । अहिले प्रिन्टेटभन्दा डिजिटल भर्सनमा मानिस रमाउन थालेका छन् । यस कुरालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ? यो समयको माग होला जस्तो लाग्छ । तर महत्त्व प्रिन्टेडको पनि उत्तिकै छ । म इबुक पढ्नै सक्तिनँ । मलाई किताबका पन्ना फरर पल्टाउँदै, कागजको बास्ना सुँघ्दै पढ्दा मजा लाग्छ । अझ त्यो पन्ना पल्टिदाँको ख्यारर्र आवाज पनि सुन्न मन पर्छ । हातमा पुस्तक बोकेका मान्छे बिछट्टै सुन्दर लाग्छन् । अनि विभिन्न कोणबाट गरिने किताबको फोटोग्राफी अत्यन्तै मन पर्छ । यो सब इबुकमा कहाँ ? डिजिटलमा कहाँ ? तर जो इबुक पढ्नुहुन्छ, वहाँहरूको रुचिलाईचाहिँ सम्मान गर्छु । गिलासबाट पिए पनि बोतलबाटै पिए पनि पानीको काम त प्यास मेट्ने नै हो नि ! तपाईंको नयाँ पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ? तपाईँलाई कोरोनाले कत्तिको प्रभाव पारेको छ ? लकडाउनले माहौल मात्र होइन दिमाग पनि केही हदसम्म लकडाउनकै अवस्थामा पुग्यो । यो समयभरि मैले लेखिनँ । लेख्न सकिनँ । तर अरू कामहरू गरेँ । जो उल्लेखनीय नै मान्नुपर्छ । तर अब सबै सहज हुँदैछ । बिस्तारै म पनि आफ्नो लयमा फर्किनेछु । थन्क्याइराखेका नयाँ पुस्तकको पहिलो ड्राफ्टको धुलो टक्टक्याउनेछु, जसरी कैयौँ दिनदेखि नखुलेको सटर खुल्दा व्यापारीले बडारकुँडार, साफसफाइ गर्छन् । अनि गर्न थाल्नेछु शब्दहरूका कारोबार । फाल्ने, छाँट्ने, नयाँ लेख्ने, मिलाउने, भत्काउने सिलसिला चलिरहन्छ तबसम्म जबसम्म आफूलाई चित्तबुझ्ने अवस्थामा पुस्तक पुग्दैन । त्यसका लागि केही समय त लागिहाल्छ । कति लाग्छ ? त्योचाहिँ भनिहाल्न सक्ने अवस्था अहिले छैन । अन्त्यमा, बन्दाबन्दीमा तपाईँले गरेका महत्त्वपूर्ण कामलाई कसरी सम्झनुहुन्छ ? बाह्र, तेह्र जनाको परिवारमा बसेको छु । जहाँ दुई वर्षको चकचके छोरा पनि छ । अब तपाईँ अनुमान लगाउन सक्नुहोला, म बन्दाबन्दीलाई कसरी सम्झन्छु होला, के गरेँ होला ? बाँकी त समय मिल्दा तीनवटा ‘स’मा बित्यो । सिरिज, सिनेमा र साहित्य । पछिल्लो महिना त साँझको समयमा एक डेढ घण्टा वाक पनि गरियो । परिवार ठूलो भएपछि समय त के हो र ! बिताउनै पर्दैन, खुर्रर खुर्रर दौडेको दौड्यै मुठ्ठीमै नआई, यस्सै सिद्धिन्छ । #कृष्ण ढुंगेल #सुविन भट्टराई पश्चिममा थुनिएका नवकवि के गर्दैछन् ?: को विद १९ रोगका कारण जारी लकडाउनले जीवन अस्तव्यस्त बनाएको छ। बाँच्नका लागि आफैँले आफूलाई थुन्नुपर्ने अवस्था आएको छ तर यो समयमा कविताकर्ममा लागेका पश्चिम नेपालका युवाहरू कस्ता कविता लेख्दैछन्? के गर्दैछन्? सुर्खेतकी कवि प्रतीक्षा भन्छिन्, “लकडाउनको उद्घोष हुनुभन्दा ठीक दुई दिनअघि म काठमाडौँबाट घर सुर्खेत आएकी हुँ । यसरी अकस्मात घर आएको भने यो मेरो दोस्रो पल्ट हो। पहिलो पल्ट २०७२ सालको भुइँचालो जाँदा अहिले जसरी नै एक्कासि घर आएकी थिएँ। ऊबेला घर आउँदा पाठ्यक्रमका लगभग सबै किताबहरू बोकेर आएकी म केही पनि नपढी फर्किएकीले घर गएर पढिदैन भन्ने एउटा मेरो आफ्नै धारणा बनेको थियो। सोही धारणाअनुसार यस पटक घर आउँदा मार्क म्यानसनका दुइटा किताबबाहेक अरू कुनै पुस्तक मैले बोकिनँ। यसो त लकडाउन छोटो हुन्छ भन्ने मेरो अनुमान थियो तर अन्य धेरैको अनुमानजस्तै मेरो पनि अनुमानले फेल खायो। मैले लकडाउन हप्ता दिन नकट्ला भन्ने अड्कल काटेकी थिएँ तर बढेर तेस्रो महिनामा चलिरहेको छ। ” प्रतीक्षालाई लकडाउनले आफ्नो लेखनीमा खासै असर नगरेको अनुभव छ। नयाँ कविताहरू लेख्ने र लेखिसकेका पुराना कविता सच्याउने काम यो समयमा आफूले गरिरहेको उनी बताउँछिन्। कविताबाहेक उनले विभिन्न निजी अनुभवलाई पनि लेख्ने जमर्को गर्दैछिन्। यसअघि उनले यस्ता अनुभव लेख्ने प्रयास भने गरेकी थिइनन्। प्रतीक्षा लेख्छु भनेर बस्दिनन्। जब उनलाई कुनै विषयले छुन्छ, तब मात्र उनी लेख्ने जमर्को गर्छिन् । प्रस्तुत छ उनको एक कविता – भेदभावविरुद्ध अबका सन्तति ए ! मनमाया तिमीले सिलाएको लुगाले आफ्नो लाज छोप्नेहरू तिमीलाई छोएको आभाष गर्दैनन् भने सिलाउन बन्द गरिदेऊ तिमी तिनका लागि लुगाहरू ए ! बिर्खबहादुर तिमीले बनाएको सुन लाएर ढलकढलक ढल्किनेहरू आफ्नो पसिनाले त्यो सुन भिजुञ्जेलसम्म पनि तिमीलाई छोएको आभाष गर्दैनन् भने बनाउन बन्द गरिदेऊ तिमी तिनका लागि गरगहनाहरू ए ! बिमला तिमीले बनाएको धाराको पानी तिमिल्यै बनाएको घैँटोमा राखेर घटघट पिउनेहरूले अझै पनि ती वस्तुहरूमा तिम्रो उपस्थिति देख्दैनन् भने तयार गर्न बन्द गरिदेऊ तिमी तिनका प्रयोगमा आउने सरसमानहरू ए ! रामबहादुर तिम्रा सन्तान बलात्कृत हुँदा जात धर्म केही छुट्ट्याइँदैन तर अझै पनि तिमीलाई दलितकै नाममा भेदभाव गर्न रोकिँदैन भने सहन बन्द गरिदेऊ तिमी यस्ता अमानवीय व्यवहारहरू प्रायः सबैजना मेरो श्रमको मिहिनेत आनन्दले खान्छन् तर मेरो अस्तित्वको पर्वाह गर्न यदि हिच्किचाइरहन्छन् भने बन्द गरिदिन्छु म पनि आजैदेखि उनीहरूको लागि श्रम गर्न ए ! मनमाया बिर्खबहादुर बिमला रामबहादुर हाम्रो आत्मसम्मानमै यसरी बारम्बार घोचपेच गर्दा बुझ्नुपर्छ अब हामीहरूले आफू हेपिएको सम्मानका साथ बिना भेदभाव बाँच्न पाउनुपर्छ जस्ता कानुनहरूले बुझ्नुपर्छ हामीलाई गिज्ज्याइरहेको र त च्यात्ने आँट गर्नैपर्छ हामीहरूले हामी जिउँदो हुँदा पनि नचलबलाउने हामी मरेपछि समेत नझस्किने यी कानुनहरूलाई धारे हात लाउनैपर्छ अब हामीहरूले ‘जातीय भेदभाव रहित’को तक्मा भिराउने ती शासकहरूलाई तबसम्म जबसम्म कि सिक्नेछैन पाठ यो समाजले माया र सहिष्णुताको तबसम्म जबसम्म कि साँच्चिकै घुँडा टेक्ने छैन जातिवादले हाम्रो सामुन्ने ए ! मनमाया, बिर्खबहादुर, बिमला, रामबहादुर यति नगरे त हाम्रा लागि न त यो सरकारको कानुन काम लाग्नेवाला छ न त कुनै संघसंस्थाको प्रेस विज्ञप्ति न म जस्ताले लेखेका कथा, कविता काम लाग्छन् न यो सरकारको उच्चस्तरीय छानबिन समिति । त्यसैगरी कालिकोटका अर्का नवकवि हुन्– अर्जुन आचार्य । ‘उज्यालोका मालीहरू’ सङ्ग्रह प्रकाशन गरिसकेका उनले पश्चिमै बसेर कविता लेखिरहेका छन्। कवि अर्जुन भन्छन्, “यो समय देश एउटा महामारीको संकटबाट गुज्रिदै छ र हामी स्वयम् पनि आजभोलि एउटा बेग्लै समय बाँचिरहेका छौँ। लकडाउनको पालना गर्दै म पनि तपाईंहरू जसरी नै भौतिक रुपमा आफ्नो घरमा कैद छु । अहिले म सुर्खेत भए पनि मेरो वास्तविक जन्मथलो कालिकोट भएकाले बुबा, आमा, भाइ, बहिनी सबै जना लकडाउनअगावै गाउँ जानुभएको थियो र उतै रोकिनु भयो। अहिले घरमा दाइ र म मात्र छौँ। यस्तो फुर्सदिलो समयमा घरपरिवारसँग नहुनु अझ पीडादायक हुने रहेछ । तर प्रेमलाई आखिर के ले छेक्न सक्ला र? हामी धन्य छौँ कि प्रविधिले हामीलाई भौतिक रुपमा ना सही निकट त अवश्य ल्याएको छ। एक मानेमा परिवारसँग नै छु भन्न पनि मिल्छ ।” अर्जुनलाई यो लकडाउन एउटा साधनाका लागि समय मिलेजस्तो लाग्छ। यो समयमा उनले २५ वटा पुस्तकहरु पढेर भ्याइसके। थोरै तर आफूलाई मनपर्ने आधा दर्जन जति कविता पनि लेखे। साथीभाइहरूले सुझाएका केही हिन्दी अङ्ग्रेजी चलचित्र पनि हेरे। करिब ७,००० मिनेटको “सूर्यपुत्र कर्ण” नामक हिन्दी सिरियलबाट महाभारतलाई एउटा फरक आँखाबाट हेर्ने र कर्णलाई अझ बढी चिन्ने कोसिस गरेका कवि अर्जन यो कविता पढौँ: स्वामित्व घडीले देखाएको समय पनि स्वयं उसको होइन नदीले बगाएको पानी पनि आज ऊसँग छ भोलि समुद्रको हुनेछ पर्सि बाफको अनि बादलको यो सृष्टिमा त्यस्तो केही छैन प्रिया जसमा कोही एक मात्रको स्वामित्व रहोस् मसँग मेरो भन्नु त्यस्तो के छ र? म तिमीलाई सुम्पिऊँ आफ्नो ठानेको मुटु पनि अचेल तिम्रो नाममा धड्किन्छ म त केवल एउटा शून्यता बाँचिरहेको छु केवल एउटा विशाल शून्यता ! यसैगरी विज्ञान राज कार्की दैलेखका कवि हुन् । उनी उतै रहेर कविता कर्ममा लागेका छन्। उनी भन्छन्, “देशमा बन्दाबन्दी चलिरहेको छ । त्यस्को पूर्ण पालना गरेर आफ्नो भौतिक शरीरलाई दैलेखको जन्मघरमा बन्दी बनाएको छु। तर अभौतिक शरीर जस्तै मनलाई, अन्तर्मनलाई, मानसपटलाई र काव्य चेतलाई भने पहिलेभन्दा ज्यादा मुक्त बनाएको छु। फलस्वरुप जुन यो गुजारिरहेको समय छ, त्यसको लगभग समय म आफूलाई खर्चिरहेको छु। अध्ययनमा खर्चिरहेको छु। लेखनीमा खर्चिरहेको छु। हतारहतार सुर्खेतबाट हिँडदा मेरो झोलामा पाठ्यक्रमका कुनै किताब परेनन्। बरू परे अमला अधिकारिको आलय, धुव्रचन्द्र गौतमको अलिखित, काव्यकृति ‘अनुहारको भीड’ र ओशोका प्रवचनहरूको संग्रह ‘साइलेन्स द म्याजिकल डोर टु इटरनिटी’ । ती एक महिनाभित्रमा पढेर सकेँ । त्यसपछि के पढने ? केही दिन उल्झनमा बिताएँ। एकदिन यसो बुबाको लाइब्रेरीमा छिरेँ। ओल्टाइपोल्टाइ गर्दा ‘सुकरातको आत्मकथा’ फेला पारेँ । भोक यति थियो कि दुई तीन दिनमै सकिदिएँ । त्यसपछि साथीहरू, अग्रज दाइलाई भनेर केही बुकका पिडिएफ फाइलहरु प्राप्त गरेँ। हिजोआज त्यसैमा आँखा डुलाउँदैछु।” उनी अहिले गाउँमा छन्। बिजुलीको अभाव छ। ल्यापटप त यसै पनि नचल्ने भइहाल्यो, सोलारका कारण मोबाइल फोन भने चार्ज गर्नसम्म सकिन्छ। फुर्सदिलो समयमा केही फुरेको खण्डमा कापीमा कविता खेस्रा लेखेको उनी बताउँछन्। पुराना कविता सम्पादन र नयाँ कविता लेखनमा व्यस्त रहेका विज्ञानको यो कविता पढौँः प्रतीक्षालयमा दुइटा बेन्च प्रतीक्षालयमा काठका दुइटा बेन्च राखिएका छन् जसमध्ये एउटामा मानिस बसेको छ जसका आँखा निरन्तर कालोपत्रे सडकको कुनै एक भागलाई मात्र हेरिरहेका छन् जुन भागसँग उसको जीवनको महत्त्वपूर्ण भाग जोडिएको छ कि उसले कति विलाप गरेथ्यो आफ्नी प्रेमिकासँग आफूलाई घृणा नगर्न आफूलाई छोडेर नजान आफ्नो आँखामा भविष्य खोज्न आफ्नो ओठमा जोरले चुम्बन गर्न आफ्नो शरीरमा लिप्टिन आफूसँगै यो झुपडीमा बस्न आफूसँग यो जिन्दगी व्यतित गर्न नसम्झिन खोज्दा पनि आइरहेछ झलझली उसका आँखामा त्यो दृश्य उसकी प्रेमिका गएको दृश्य उसको प्राण गएको दृश्य तर सम्झिन खोज्दा पनि आइरहेको छैन उसको स्मृतिमा कि कसले बनायो झुपडीमाथि कालोपत्रे सडक ? कि कसले बनायो आफूमाथि नीलोपत्रे आकाश ? ऊ खाली हेरिरहेछ कालोपत्रे सडकको त्यो भाग जुन भागबाट पहिलो पल्ट ऊ गुमेको थियो जुन भागबाट अन्तिम पल्ट ऊ गुमेको थियो त्यसपछिदेखि ऊ उदास र निरस भएर बसिरहेछ प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै कि कोही आउनेछ र खोज्नेछ उसलाई तर कोही आइरहेको छैन कोही आउने छैन कहिल्यै किनकी ऊ पृथ्वीमा बचेको अन्तिम मानिस हो किनकी ऊ पृथ्वीमा फँसेको अन्तिम मानिस हो । त्यसमध्य अर्को बेन्चमा चरो बसेको छ जसका आँखा आकाश हेरिरहेका छन् आकाशको छातीमा उडिरहेका बादलका बचेराहरू हेरिरहेका छन् ऊ खोजिरहेछ त्यो अन्तिम बादलको बचेरा जसलाई उसले अन्तिम पल्ट उडन सिकाएथ्यो र उसका आँखा आकाशको सम्पूर्ण फैलावटको अन्तिम क्षितिजसम्म हेरिरहेका छन् जहाँ सूर्य अवस्थित छ जुन छ, ताराहरू छन् जताततै नीलोपन छ उसलाई टडकारो सम्झना छ कि यी तिनै हुन्, जसलाई उसले धरतीतिर हेर्न सिकाएको थियो धरतीसँग मौन संवाद गर्न सिकाएको थियो उसले नै हो समुद्र र नीलोपनको उसले नै हो जून र जूनकीरीको उसले नै हो बादल र स्वतन्त्रता बीचमा जीवन चक्र मिलाएको तर एकदिन आकाशमा उसको उडाई अकास्मात निषेध गरियो पखेटा फटफटाउदा फटफटाउँदै आकाशमा उसले थाहा पायो कि ऊसँग पखेटा छैन, उफ् ! ऊ खस्यो तर संयोगवश प्रतीक्षालय नजिक खस्यो त्यसपछिदेखि ऊ छ्टपटाउँदै छटपटाउँदै बसिरहेछ प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै कि कोही आउने छ र पखेटा दिनेछ ! तर कोही आइरहेको छैन कोही आउने छैन कहिल्यै किनकि ऊ पृथ्वीमा बचेको अन्तिम चरो हो किनकी ऊ पृथ्वीमा फँसेको अन्तिम चरो हो । #अर्जुन आचार्य #निरज दाहाल #विज्ञान राज कार्की आऊ हामी, आगो फुल्ने रुख बनौं!: रवि रोदन हाम्रा आँखाहरु चिथ\u200dोरेर उनीहरु आकाशतिर हेर्दै चिच्याउँछन् र भन्छन् – आऊ हिर्काउँ यो घाम आऊ फुटाउँ यो घाम हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम ! गिद्धहरु आफ्ना आँखामा हरबखत आगो बोकेर हिँड्छन् #द्रोर्णाचार्यले निष्कासित गरेपछि नै हो #एकलव्य तलतिर घोप्टो मुख लाएर बसेको एकलव्यले औँली चुडायो र देखाइदियो अर्जुण र उसको रगत एउटै हो उनीहरुले पत्यानन् वास्तवमा एकलव्य निख्खुर कालो छ ऊ कुरुप छ #ऊ_एकलव्य हो #ऊ_जर्ज_फ्लोइड हो #ऊ_नवराज_विक हो #ऊ_दीपिका परियार हो #ऊ_दीपशीला सुनार हो #ऊ_जगत राम हो #ऊ_रामलाल हरिजन हो। जातीय विभेद रङभेदकै कारण घिच्रोमा घुँडाले बेस्सरी थिचेरै सडक बीच निर्दोष #जर्ज_फ्लोइडहरु मारिन्छन् त्यो अमेरिका यता भारतमा पनि छ नेपालमा पनि छ। घामबिनाको कालो संसारमा हामी सुतेकै ओछ्यानमा उनीहरु लुकेर आउँछन् र बलात्कार गर्छन् हाम्रो शरीर स्वाभिमान र त्यसपछि हाम्रो अनुहारमा तातै नुनिलो पिसाब फेर्छन्। विरोध गर्ने हाम्रा टाउकाहरु कुल्चेर हाम्रो लाशहरुमाथि उभिएर उनीहरु गीतार बजाउँछन्। सास फेर्न गाह्रो भएको छ हामी बाँची रहेको मुलुकभित्र सास लिन पाउनुपर्छ मर्न अघि बोल्न पाउनुपर्छ सबले #जर्ज_फ्लोइडले मर्नअघि बोले। लोकतन्त्रको बाघ गर्जिने यो मुलुकमा मजदुरहरु मारिन्छन् छोरीहरु लुटिन्छन् खोलाका बगरमा दलितहरुको हत्या गरिन्छ न्यायको नाममा अन्याय गरिन्छ सत्ता चुपचाप रमिता हेर्छ । हाम्रो छुटेको अनुहार अब कस्ले खोज्ने?? यो असमानताका साङ्गलाहरु चुँडिनुपर्छ लु बनौं न हामी विप्लवी अब बरु उनीहरुले बाघी घोषित गरोस् हामीलाई यो युद्धमा हामी होमिनै पर्छ आऊ हामी आगो फुल्ने रुख बनौं!! ( सिक्किम, भारत) #जर्ज फ्लोइड #नवराज विक #भारत #रवि रोदन #विभेद #सिक्किम तिम्रो आकाशबाट: तिलक चुँदाली म उस्तै त छु केवल यी केश पाके धुमिल बने आँखा धर्मराउन लागे यी गोडा । म ओतिने ओत उस्तै त छ अझै तिमि ओत लाग्ने बेलाकै जस्तो केवल छानो धान्ने यी केही जोर भित्ताहरु सुनाउँछन् सुस्केराहरु अचेल । झुसिलकिरा थियौ सायद जानी-नजानी रङ्ग भरें उड्नै नमान्ने तिमिलाई कठोर बन्दै लात्ती देखाएं तिमी पुतली थियौ र त उड्यौ तिमी चरा थियौ र त उड्यौ। तिम्रो आकाशबाट धुजा परेका पातहरु यो खाली गुँड कमजोर यी गोडा रङ्ग भर्ने हातहरु कस्ता देखिन्छन होला कि कतै धुमिल धुमिल बन्दै अन्त्यमा मेटिन्छन् होला? #तिलक चुँदाली मुटुको व्यथाले कक्रक्क भएपछि...: इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो । साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ। स्मरण शृंखलाअन्तर्गत यो अर्को आलेखः राजा महेन्द्रका छेउमा रहेर कीर्तिनिधि विष्टले केही आनीबानी, रहनसहन र सौख आदिको पनि अध्ययन गर्ने मौका पाए । जसअनुसार राजा महेन्द्रका इच्छाहरूमा शिकार खेल्नु पनि एउटा सौख मानिन्थ्यो । त्यस मामलामा आफू मात्र सरिक नभई आत्मियहरूको एउटा जुलुस जस्तै भेला पारेर सौख बाँड्ने राजाको प्रवृत्ति थियो । वास्तवमा राजा महेन्द्रका लागि शिकार पनि एउटा खेल नै मानिन्थ्यो र त्यसमा कहिलेकाहीँ कीर्तिबाबुलाई पनि संलग्न गराउन उनलाई मन पर्थ्यो । त्यसै परिप्रेक्ष्यमा २०२२ सालमा राजा महेन्द्र शिकार खेल्न महाकाली अञ्चलको शुक्लाफाँटा जाँदा राजा महेन्द्रका साथ परराष्ट्रमन्त्री कीर्तिनिधि विष्टको पनि उपस्थिति थियो । शिकारको खेल एउटा रमाइलो खेल मानिए तापनि त्यस बेला त्यो खेल सँगसँगै एउटा भयङ्कर प्रसङ्गको उपस्थिति पनि भएको थियो । त्यसै बेला जङ्गलको माझमा राजा महेन्द्रलाई प्रथमबार हृदयाघात भएको थियो । त्यस समय उनका साथ कीर्तिबाबु रहेका थिए । राजालाई ह्दयाघात भएको ठाउँ एउटा मचान थियो जहाँ एउटा चकला मात्र बिछ्याइएको थियो । हृदयाघातपछि महेन्द्रलाई त्यही चकलामा सुताइएको थियो । त्यस घटनाबाट त्यहाँ निक्कै ठूलो हाहाकारको सिर्जना भएको थियो । त्यस घटनाले कीर्तिबाबुको जीउ पानी नै पानी भएको थियो । हुन त त्यहाँ राजाका साथमा अनुभवी बङ्गाली डाक्टर हल्डर पनि गएका थिए र उनले हत्तपत्त राजाका पाखुरामा इन्जेक्सन लगाइदिएका थिए । अनि समयको फेरो समाउँदै जाँदा राजाको अनुहारमा आशाको केही न केही प्रभाव देखा पर्न थालेको अड्कल कीर्तिबाबुलाई पनि भएको थियो । त्यस बेला राजा महेन्द्रलाई ठूलो पीडा भएको कीर्तिबाबु बताउँछन् । त्यही पीडामा राजाले निक्कै रन्थनिनुपरेको थियो । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस बेला राजा महेन्द्र कीर्तिबाबुका पाखुरा र नारीको बीच भागलाई सिरानी लगाएर सुतेका थिए। त्यसै बेला राजा महेन्द्रले उनलाई स्वतःस्फूर्त रूपमा भनेका थिए, “खोइ कीर्तिनिधि, अब के हुने हो; मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ । म मरे पनि मेरो देश बाँचिरहोस् ।” त्यसपछि राजा महेन्द्र मूर्छा परेका थिए । राजा महेन्द्रको ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने संवेदनशील देशभक्तिको वाणी सुनेपछि कीर्तिबाबुको छाती छियाछिया भएझैँ दुःखी भएको थियो । नेपालीका अभिभावक, नेपालीका भरोसाका केन्द्र र नेपालका एक सजग सबल प्रहरी राजा महेन्द्रको त्यो स्थिति हेरेर कीर्तिबाबु विक्षिप्तको जस्तै मानसिकतामा बसिरहेका थिए । राष्ट्रको चिन्तामा हृदयको रोदन पोख्तापोख्दै त्यस बेला राजा महेन्द्र अचेत भएका थिए । राजा महेन्द्रको उपचारार्थ जङ्गलमा तत्कालै मुटुविशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे पनि झिकाइए र उनी पनि त्यहाँ गएर राजाको उपचारमा सरिक भए । अनि केही दिनपछि अमेरिकाबाट पनि चिकित्सकहरू आए जसअनुसार अमेरिकन डा. मेटिङ्ग पनि राजा महेन्द्रको स्वास्थ्यउपचारमा केन्द्रित भए । डा. मेटिङ्ग अमेरिकन राष्ट्रपति हावरका विशेष चिकित्सक थिए । हावरलाई पटक, पटक हृदयाघात भएको थियो । अनि उनका भरोसा नै डा. मेटिङ्ग थिए । राजा महेन्द्रलाई केही आराम भएपछि उनलाई टीकापुर ल्याइयो । कर्णालीको भङ्गालोनगिचै राजा महेन्द्रका लागि काठको एउटा कुटी बनाइएको थियो । त्यहीँ नै राजाको सम्पूर्ण स्वास्थ्यउपचार गरिएको बेहोरा कीर्तिबाबु बताउँछन् । टीकापुरमा राजा महेन्द्रलाई स्वास्थ्यलाभ भएपछि त्यहाँ उपस्थित सबै जनामा उत्साहको वातावरण सिर्जना भएको थियो । राजालाई आराम हुन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरूको हर्षको सीमा थिएन । कीर्तिबाबुका अनुसार हरेक दिन त्यहाँ एउटा सानो कविगोष्ठीजस्तो पनि हुने गर्दथ्यो । एक दिनको त्यस्तै कार्यक्रममा एउटा क्यासेट पनि बजाइएको थियो । त्यो गीतकी रचयिता र गायिका रानी रत्न अर्थात् रञ्जना शाह भएको जानकारी त्यहाँ उपस्थित सबैले पाएका थिए । अनि भोलिपल्ट राजदम्पतीको राजधानी सवारी भयो । काठमाडौँमा राजा महेन्द्रको सवारी भएपछि राजधानीमा गाइँगुइँ हल्ला चल्यो, “कीर्तिनिधि विष्ट अलच्छिने मान्छे रहेछ । त्यो मान्छे राजासँग गएर राजालाई हृदयाघात भयो ।” त्यो बेहोरा बिस्तारैबिस्तारै राजाका कानमा पनि पुग्यो । त्यस बेला त्यस्ता अन्धविश्वासमिश्रित टिप्पणीले राजालाई पनि केही दुक्ख लागेजस्तो भनाइ सुनिन्थ्यो । केही समयपछि राजा महेन्द्र पुनः शिकार खेल्न जाने प्रसङ्ग निक्ल्यो र राजदरबारमा रात्रिभोजको आयोजना पनि गरिएको थियो । त्यस कार्यक्रममा राजाबाट कीर्तिबाबुलाई पनि राजदरबारमा बोलावट भयो । त्यस बेला उपस्थित सम्पूर्ण व्यक्तिहरूले सुन्ने गरी राजा महेन्द्रबाट एउटा शब्दावली प्रकट भयो, “ए कीर्तिनिधि, तिमी त अलच्छिना रे; तिमी मसँग हिँडेकाले मलाई हर्ट एटेक भयो; हगि? ल, फेरि म शिकार खेल्न जाँदैछु, तिमी पनि उहीं हिँड । तिमी धीरेन्द्रसँग आऊ है।” कीर्तिबाबु फेरि टीकापुर जङ्गलमा पुगे । त्यहाँ राजाले भेट्नेबित्तिकै विष्टलाई प्रश्न भयो, “कीर्तिनिधि, शिकार खेल्ने हैन त ?” त्यति मात्र होइन, त्यसै कालमा राजाबाट उनलाई कविता लेख्न पनि सुझाउ भयो । त्यसै प्रसङ्गलाई आधार बनाएर उनले भने “महेन्द्रको प्रेरणा पाएर मैले पनि दस वटा जति कविता लेखेको छु । एउटा कविताले त रत्नश्री स्वर्णपदक पनि प्राप्त गरेको थियो ।” अतिरथी सुरेन्द्रबहादुर शाहाको चिठीपत्रमा विष्टका केही कविता पनि रहेका छन् । तर कीर्तिबाबु कविता मात्र लेख्ने होइनन्; कुनै समयमा उनी अभिनयकलामा पनि लागेका थिए । त्रिचन्द्र कलेजमा पढेका बेला बालकृष्ण समको निर्देशनमा कीर्तिबाबुले नाटकमा अभिनय गरेका थिए । उनले त्यस बेला सेक्सपियरको नाटक जुलियस सिजरमा आफ्नो सशक्त भूमिका पूरा गरेका थिए । त्यसै बेला कमल दीक्षितले पनि ब्रुटस्को भूमिकामा अभिनय गरेका थिए । टीकापुरस्थित राजा महेन्द्रको सवारीशिविरमा सुरेन्द्रबहादुर शाहाले पनि एउटा नाटक मञ्चनको कार्यक्रम गरेका थिए । त्यस ठाउँमा बनाइएको मञ्चमा कीर्तिबाबुले पनि शाहाद्वारा निर्देशित अभिनय गरे । त्यस समय राजा महेन्द्रबाट पनि अभिरुचिपूर्वक त्यो नाटक नजर भएको थियो । नाटक सकिएपछि राजाबाट अर्को वाक्य प्रकट भयो, “मन्त्रीको अभिनय सबैभन्दा राम्रो लाग्यो ।” त्यति बेला त्यहाँ नाटकमा अभिनय गर्नेहरूमा राजा महेन्द्रको उपचारमा संलग्न डा.मृगेन्द्रराज पाण्डे र डा. सच्चेकुमार पहाडी पनि थिए । साथै त्यहाँ रहेका डा. लक्ष्मण पौड्याल र अरू डाक्टरहरूले पनि नाटकमा अभिनय गरेर आफ्नो कलाको प्रदर्शन गरेका थिए । कीर्तिबाबुले राजा महेन्द्रकै सङ्गतबाट कविता लेख्न थाले । राजा महेन्द्र बराबर अरूलाई आफ्ना कविता सुनाउँथे र आफू पनि अरूका कविता सुन्न चाहन्थे । एकपटक मोतीजयन्तीको उपलक्ष्यमा राजा महेन्द्रले कविताको शीर्षक ‘देशको माटो’ दिएका थिए । त्यस शीर्षकमा धेरैले कविता रचे । साथै कवि मवीवि शाहले पनि एउटा कविता रचेर कीर्तिबाबुका हातमा दिएका थिएः जसले बिर्स्यो देशको माटो, जिउँदै मर्यो त्यो जसले सम्झ्यो देशको माटो बाँच्यो सधैँ त्यो । मोती जयन्तीसम्बन्धी कविगोष्ठीमा राजाकै निर्देशअनुसार कीर्तिबाबुले नै राजाद्वारा रचित कविता वाचन गरेका थिए । #नरेन्द्रराज प्रसाई #मवीवि शाह #राजा महेन्द्र \xa0मलाई मान्छे नभन: मैले दुइटा खुट्टा सुरेन उप्रेती टेकेर लुखुर लुखुर हिँड्दा अरूले तयार पारेको लगाएर लाज छोपेर उभिएर मेसिनजस्तै ट्याउँट्याउँ बोल्दैमा मलाई मान्छे नभन । थुतुनोमा रौँ पलाएपछि खौरन जानेँ भन्दैमा मेसिनले झैँ छाप्न र छापिएको बोलाउन जान्दैमा प्रोग्रामिङ गरेको रोबोटजस्तै भीर पाखा चहारेँ भन्दैमा मलाई मान्छे नभन । एउटा उन्माद राँगाले पनि साना बाच्छा र बाख्राहरूलाई सिङ रोपेर आन्द्रा निकाल्दैन रिसाएको कुकुरले पनि अरूका छाउराहरूलाई निर्दयी भएर लुच्छदैन रगत तन्तनी पिउँदैन म च्यूत भैसकेँ पशु र कीरा भन्दा पनि अझ धेरै तलको ।। कुनै सोच, विवेक र करूणारहित कलिला मुनाहरुमा नङ्ग्रा धसेर रमाउने क्रूर र हिँस्रक जनवार भन्दा तुच्छ प्रकृतिमा त्यस्तो कुन प्राणी होला र ? मेरो मगजमा कुनै सम्वेदना उम्रदैन भने चेतना नभएर माया ममता विवेक शून्य छ मने म कसरी मान्छे भएँ कि त मान्छेको परिभाषा फेर के गर्छौ यो एक्काइसौँ शताब्दीको फलाको हालेर कसैले पुस्तौँ अगाडि रेकर्ड गरेर छोडेको क्यासेट जस्तो अन गर्दा बर्बराउने मात्र भै सकेँ भो मलाई मान्छे नभन। अटवा, क्यानडा #क्यानडा #सुरेन उप्रेती लाहुरे फूल: सुरेन्द्र लिम्बू परदेशी अतृप्त रहर बोकेर मनमा जब लाउने छौ मलजल पक्कै मौलाउने छ आँगनको डिलनेरि मैले रोपिछाडेको लाहुरे फूल । साँच्चै त्यो लाहुरे फूल ओइलायो भने त सम्झने छौ लाहुरे कसम ऊ कतै दुस्मनको घेरामा पर्यो कि ! बैरीको डेरामा पर्यो कि ! उषा, क्यैकथम् जल्न खोजे आस्थाका बिम्बहरू ढल्न खोजे विश्वासका प्रतीकहरू मुक्कुम्लुङ्मालाई शक्ति माग्नु हिमसाम्माङ्को भक्ति गर्नु बुख्याँचा देखेर कुनै त्रासको कहिल्यै हरेस नखानु । लाहुरे फूल क्याभानिल्सको मेक्सिकन फूल मात्रै होइन तिम्रोलागि आस्थाको पाति चढाउने विश्वासको देउराली हो जीवन-युद्धमा हिँडेको लाहुरेको जोखाना हेर्ने पवित्र फूल हो । उषा, यता गोर्खा राइफल्समा बेस्कन अठ्याउँदा तिम्रो सम्झनाले पोख्न नसकेर असीम माया लेख्न नसकेर मनका कुरा आजकल म आकासको अनन्त गहिराईसम्म अक्षरहरू ब्ल्याङ्क फायरिङको धुँवाझैँ लामबद्ध उडाई रहेछु “ए मेरा अक्षरहरू हो छुट्टी गरेर घर जाओ बरु शब्दकोषतिरै फर्क होइन भने किन मसँग टाढा हुन्छौ ? म अब लेख्न चाहन्छु अवोध चेतनालाई विनिर्माण गरेर नवचेतनाको लाहुरे फूल ।” नोट: लिम्बू भाषामा- मुक्कुम्लुङ्मा – कुम्भकर्ण हिमसाम्माङ् – घरको कूल देवता #सुरेन्द्र लिम्बू परदेशी गाउँमा हराएको गाउँ: जीवित खड्का मगर सबेरै हल्लागर्दै ढिँकीजाँतोहरू मस्त निदाइरहेको घामलाई उठाइरहन्थे र घाम क्षितिज आमाको काखबाट उठेर आइनपुग्दै आँगनमा आइसक्थ्यो हिँडेर उकालैउकालो पँधेरीखोलाको पानी आइसक्थे आफ्नै हाँगाको पात बजाउँदै वनका बुटाहरू । लहलह हरिया खेतहरूमा सबेरै पुग्थ्यो पहाड र दिनभरि पसिनाको छहरामा नुहाएर बेसीदेखि शिखर उक्लिन्थ्यो सधैँ साँझमा । मुरलीको धून पछ्याउँदै गीतका हरफ बोकेर दिनभरि ग्वालाहरूसित गीत गाउँथे जंगलका चराहरू र साँझपख भोलि गाउने नयाँ गीतको धून बोकेर फर्किन्थे गुँडमा । टा…ढा, भीरको बाटो यतै गाउँतिर आइरहेको देखेर सुकिला मान्छे सायद लाहुर बोकेर आएकोझैँ आफ्नो लाहुरे छोरा सम्झेर जोर आँखा सधैँ मूलबाटोमा राखिर’न्थे वृद्ध बाआमाहरू । मेला हेर्न आएका तन्नेरी हिमालहरूले कुन्नि ! के-के कुरा गरिदिन्थे आँखैआँखाको भाषामा ? कि छेवैमा फक्रेको गुराँस लजाएर झन् रातो-रातो देखिन्थ्यो साँच्चै ! उतिबेला गाउँ फक्रिएको गुराँसजस्तै देखिन्थ्यो । तर अचेल यहीँ माटो खनेर बसेका घरहरू यहीँ माटोमा पाइला टेकेर उभिएका पहाडहरू अनायासै अपरिचितजस्तो लाग्न थाल्छ जहाँ गाउँको सुवास छैन, गाउँभन्दा पर … कहीँ हराएझैँ लाग्छ । दैलोमा सधैँ आइरहन्छ भेट्न सहरलाई छोएर आएको दलालजस्तो हावा र गाउँबाट गाउँको पहिचान उडाएर लै’रहन्छ । यता, आधुनिक सपना ओढेर फुर्सदमा सुतिरहेछ मैलो पहाड र पानी खोज्दाखोज्दै बगर भएकाछन् मूल नफुटेर ओठ सुकेका खेतहरू सुनिदैन हाँगाहाँगामा गाउँको गीत जहाजजस्तो उडेर कतै हराइरहेछन् जंगलका चराहरू बरू आफ्नै पीडाको घाउ ठुँगेर ठुटामा रोइरहन्छ एक्लो न्याउली । ओ, दूरदेशका पर्यटकहरू ! गाउँमा अहिले गाउँ हराएकोछ । #जीवित खड्का मगर रारा कि अप्सरा?: इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो । साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ। स्मरण शृंखलाअन्तर्गत मवीवि शाहको चर्चित कविताः देखेँ जसै तिमीलाई तस्वीरमा धेरै दिनअघि, मनमा अनि तनका दुवै आँखाले अस्ति मात्र टाढैबाट दूरबीन थपेर डाँडाबाट पारीबाट माथिबाट हिउँमा बसेर। अफसोस! तैपनि- कहाँ देखेँ र तिमीलाई दूरबीनका दूलाबाट न तिमीलाई, न तिम्रो गहिराइलाई, न सौन्दर्यलाई। पहिलो दृश्यमा देखेछु मैले ता तिम्रो सट्टा तिम्रो सुकोमल शरीरमाथि उफ्रिरहेका नाचिरहेका उर्लंदो छालमा डुबुल्की मारिरहेका उषाको लालीमा मध्याह्नको रिमझिममा परेको इन्द्रेनी डाँफेका प्वाँखमा वसन्तका रसिला कोपिलाहरू- सुसाएका सल्लामा साथै लेकका लालीगुराँस-थुँगामा अनि देखेछु अझै- सन्ध्याको सुनौलो वेला सम्पूर्ण- मेरा गीतहरू संगीतमा घोलिएका- देखेँ चकमन्न कालो रात छेडेर भर्खरै निस्केका चाँदका रश्मि पनि- अनि, अनि मात्र, अन्त्यमा देखेँ अनुहार मेरी प्रियाको, प्रिय वस्तुको सृष्टिको सम्पूर्ण सौन्दर्यमय राम्रो- रारा ! रारा !! रारा !!! देखेर अल्मलिएछु, सायद म आफैँ बेहोशले तिम्रो सुन्दरतामा। तैपनि तिमीलाई चिन्न सकिनछु, बोल्न सकिनछु, व्याख्या गर्न मेरो कलमै चलेनछ। त्यसैले अत्तालिँदै सोधेछु, कराएछु, चिच्याएछु ए! रारा! बताऊ! रारा भनेको तिमी को हौ? स्वर्ग कि अप्सरा? अथवा, इन्द्रको कोपले गर्दा झर्यौ पृथ्वीमा, धेरै वर्षअघिदेखि रहिआयौ यस सुनसानमा उपेक्षित? भन! भन- बिन्ति छ मेरो अथवा- स्वर्ग नै ठान्यौ तिमीले झुक्केर आई अनि बस्यौ यस पृथ्वीमा एसियाको धुकधुकीमा रारा- मा, नेपालमा नेपालीको यो प्यारो देशमा? पातली, कम्मर छिनेकी सुन्दरी युवती सरि कसरी जान्यौ, लागू भरेर, जादू गरेर ती ठूला परेली आँखा झिम्काउन, लोभाउन जसले हेर्छ तिमीलाई एकैचोटि मात्र पनि? कसले सिकायो भनन- ए रारा तिमीलाई प्रत्येक छालमा रत्न जड्न घोलेर पिलाउन, भुलाउन अमृतका घुड्का सासका घुड्कै पिच्छे? अनि, अनि सुखमय, शान्तिमय परमेश्वरको देन- प्राकृतिक सुन्दर दृश्यलाई घोचेर लालची आँखाको नानी छिचोली मनुष्यको न्यानो मुटुको भित्रसम्म पुग्न? या पठायो कसले तिमीलाई गीतमा संगीत भर्न कल्पनामा कविता कोर्न अनि छातीमा टाँस्सिन, टाँस्सिइरहन? हे पवित्र प्रकृतिका स्वामी! अझै जसले पृथ्वी, ग्रहादिलाई झुण्डयाई, रिङ्ग्याइरहेछ मनुष्यलाई पालैसँग सास फेराउँदैछ भनन यो के हो? के आज- विश्वको चोखो प्राकृतिक सुन्दरता छैन कतै अन्य संसारमा? बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर के खन्यायौ यसै रारा-मा? घोलेर मिलाई- पहिराई हिमगिरिका मुक्तहार गलामा हरियो सुखमय प्राकृतिक मानव-जीवनमा नेपालीमा- हाम्रै प्यारो नेपालको सूर्य-चन्द्राङ्कित ध्वजाको, स्वतन्त्र छायाँमा हिमालमा नेपालमा राम्रो रारा-मा? #मवीवि शाह मोक्ष एकान्तवासमा: ऊ न त खुसी छ न त दुखी नै छ न श्वास न त निःश्वास को एहसास न राग कुनै व्यक्ति, वस्तु, विशेषप्रति न त द्वेष न कोही आफ्नो उसको न त कोही विरानो न अङ्गिकार गर्छ ऊ प्रगतिपथ न त निरंकुश पक्षधर न गर्छ क्रिया न जनाउँछ प्रतिक्रिया । उसका इन्द्रियहरू केवल विषयसंग साक्षात्कार गर्छन् ,तिसंग प्रलिप्त हुदैनन् । उसले कोही हाँसेको देख्छ, संगै संगै मुस्कुराइदिँदैन कोही रोडा रोदनमा पाउँछ, पत्थर दिल भैदिन्छ कोही उसैको तारिफ गरिदिन्छ, मतलब गर्दैन कोही वाक्वाणिर अश्त्र झटार्छ, द्रष्टा बनी हेर्दछ । ऊ बन्छ अध्य्ता जीवन, जगत, कला, राजनीति साहित्यको केही क्षण हेर्दा ती सृजित ज्ञान् को चर्मचक्षुदेखि पाउँछ भुमण्डल मिथ्या भेट्छ विवेकशील कहलिएको मानव मति र विवेक भ्रष्ट भैकन धन, यौन, तन सुखको भुल भुलैयामा रमाएको । ऊ पाउँछ आफ्नो पाञ्चभौतिक शरीर आत्माले छोडेको ठान्छ आफू जीवन् मरणको चक्रदेखि छुट्कारा पाएको योग ध्यानको बेला मात्रै हुने एकाग्रता छ उसमा छाएको एकान्त बासको यो अपुर्व अनूभव दिगो होस् छ उ चाहेको । कोही ठाने उसलाई फलानो एक्लियो,बौलायो कोही ठाने आत्मबोध,तत्वदर्शनमा लाग्यो ठीक ग¥यो आदि टीका टिप्पणी सुन्दा लाग्ने उसलाई रमाइलो यी येस्तै शब्द कोर्दै डायरीमा गर्दै छ बसी बियाँलो । #मोक्ष एकान्तवासमा मेरो सरकार के भयो भयो ?: साँच्चै मेरो सरकार के भयो के भयो ? न कम्युनिष्ट भयो ? न सोसलिस्ट भयो ? न रक्षक भयो ? न शिक्षक भयो ? न खेलाडी भयो ? न त अभिभावक नै भयो ? वक्तव्यमा रुष्ट भयो कर्तव्यमा भ्रष्ट भयो खै के भनौँ मेरो सरकार के भयो के भयो ? गम्भीर भएर मन मनै सोच्छु मनन् पनि गर्छु र आफँैले आफँैलाई भन्छु कतै अभिभावकत्वबाट भागेको स्पष्ट भयो घाममा भोट हालेर बनाएको घाम जस्तै आफ्ना नै नभन्ने हतौडा जस्तै नचलाएसम्म नचल्ने कलम जस्तै औसीको जुन झैँ प्रष्ट भयो मेरो सरकार के भयो के भयो ? तिमी कुर्सी जोगाऊ देश त आफँै जोगिन्छ जनता नै एक जुट हुनुपर्छ एक वित्ता माटो मिचिदा भाइ भाइ लड्ने टुट्ने देशमा कयौँ सिमाना मिच्दा छिमेकीले मेरो सरकार टुलुटुल हेरी बस्ने भयो न रक्षक भयो न त कम्युनिष्ट भयो मेरो सरकार के भयो भयो देशव्यापी माहामारी छ सरकारमा गुटवन्दी भारी छ श्रमजिवी बिचल्ली भइरहेछ सरकार त्यसैमा रमाइरहेछ समाधानको त कुरै छाडौँ परिक्षण बर्षै नसकिने गरी घाम झैँ डाँडा पारी छ मानौँ विश्वको कुनै प्रसिद्ध खेलमा भाग लिइ गोल्ड मेडल नै लेराउनेझैँ दिन रात सत्ता, कुर्सीको खेलमा थपडी मारिरहेछ निरन्तर लडिरहेछ सेवा सुविधा पाकै छन् मात्र जनता, सर्वसाधरणमा दुख भयो मेरो सरकार न त खेलाडी भयो ? समानताका कुरा गर्दै हिँड्ने आफ्नाका कुरा आए पछि हट्ने काम गरेझैँ गरेर कयौँ लुट्ने पावरवाला न्याय बाट छुट्ने सधै हामी जनताका भए मन टुट्ने आफ्ना, पहुँचवालालाई छैन दिन दुखीलाई मात्र लाग्छ कानुन कानुन पनि नुन भनेझैँ भयो न असल शिक्षक भयो मेरो सरकार के भयो के भयो ? न कम्युनिष्ट भयो ? न सोसलिष्ट भयो ? राजनीति या त लाजनीति न नीति, नियम छ न समानता छ न त खुलेरै बोल्न पाईन्छ सकिन्छ मात्र जता ततै भष्ट्रचार छ के भनौ अब म लोकतन्त्र या त लुटतन्त्र लाग्यो दुवै भयो मेरो सरकार के भयो के भयो ? न कम्युनिष्ट भयो ? न सोसलिस्ट भयो ? न रक्षक भयो न त अभिभावक नै भयो ? वक्तव्यमा रुष्ट भयो कर्तव्यमा मात्र भ्रष्ट भयो । मेरो सरकार के भयो भयो ? #मेरो सरकार के भयो भयो ? वेदनाका दुई कविता: वेदना राई १. हरियो आँखा मन्त्रमुग्ध मेरो संसारमा भोकमारी छैन लटरम्मै शब्दहरु फलेका छ्न् भुइँभरि आशाहरु उम्रेका छन् २४/७ गुन्जिरहन्छन् विचारका सङ्गीत यही सङ्गीतलाई लय दिन खोज्ने म हरियो आँखा । २. वैजनी शहर वैजनी रङमा शहरै लतपत भए पनि यहाँका घरहरुसँग वैजनीको लिनुदिनु केही छैन शहरै वैजनी भए पनि मान्छेहरुमा वैजनीको त्यान्द्रोसमेत भेटे त मार्दिनु! आउन र जानलाई गेट नभए पनि मान्छेहरु प्रायः थुनिएका भेटिन्छन् यो शहर कयौँको सपनाको प्रतिमूर्ति तर यस्को मिजास निमोठ्ने खालको छ शहर जुनसुकै रङमा लतपतियोस् सबैले देख्ने भनेको मात्र ‘ब्ल्याक एन्ड ह्वाइट’ यो शहरले जिउँदो सास भन्दा धेरै जिउँदो लास बोकेको छ त्यसैले शहरै हलुँगो छ अनुहार फुङ्ग उडेको अनि जाबो वैजनीले के रङ भर्न सक्थ्यो!! वेदना राई (कवि राई रंगकर्मी हुन्।) अनसन ठीक कि अनशन ?: – डा.मतिप्रसाद ढकाल नेपाली भाषामा शब्दको ठीक र बेठीकको चर्चा नै किन गरिरहनुप¥यो ? भन्ने बुज्रुकहरू पनि भेटिन्छन् । शब्दकोश हेरेपछि ठीक र बेठीक शब्दको टुङ्गो लागिहाल्छ भन्ने उनीहरूको भनाइ रहेको छ । पढेलेखेको वर्तमान पुस्ताले ए, बी, सी, डी पढ्न थालेदेखि नै अङ्ग्रेजी डिक्सनरीको नाम सुनेको हुन्छ र पाठ्यपुस्तकसँगै त्यसलाई आफ्नो पढाइको अभिन्न अङ्ग बनाउँदै आएको हुन्छ तर ‘नेपाली शब्दकोश’को नाम त कतिपयले सुनेकै हुँदैनन् र सुनिहालेको भए पनि त्यसको प्रयोग गर्ने युवा पुस्ता वर्तमानमा भेट्न सिला खोजेझैँ खोज्नुपर्छ । डा.मतिप्रसाद ढकाल नेपाली शब्दकोश नै भेटिहाले पनि आफूले खोज्न चाहेको शब्द कहाँनेर छ ? भनेर पत्ता लगाउन वर्तमानको युवापुस्तालाई निकै गाह्रो पर्दै गएको अनुभूति मैले आफ्नै विद्यार्थीबाट थाहा पाउँदै आएको छु । त्यसैले नेपाली शब्दकोश हेरेर शब्दको ठीक र बेठीक पत्ता लगाउने पाठकहरू अत्यन्त कम भएका परिस्थितिमा असावधानीपूर्वक वा अज्ञानतावश बेठीक प्रयोग हुन गएका शब्दहरूका बारेमा यथासम्भव ठीक शब्दको प्रयोगका लागि विशेषतः लेखक, पत्रकार र पाठकहरूको ध्यान आकृष्ट गराउने सन्दर्भमा कुन शब्द ठीक हो ? भन्ने बारेमा विचार विमर्श गरिरहनु अत्यावश्यक र व्यावहारिक पनि देखिन्छ । आफ्ना मागहरू पूरा गराउन ‘अनशन’ बस्ने प्रचलन नौलो होइन । महाभारतमा दुर्योधनसमेत ‘आमरण अनशन’ बसेको उपाख्यान सुन्न र पढ्न पाइन्छ । देवीदेवताहरूसँग आफ्ना चाहनाहरू पूरा गराउन ‘उपवास’ बस्नु पनि अनशन नै हो । निर्जला एकादशीमा त पानी पनि नपिईकन उपवास बस्ने गरिन्थ्यो र अहिले पनि कतिपय महिलाहरूले तीज, शिवरात्रि आदिमा पानीसमेत नपिईकन उपवास बस्ने गरेको हामीले देख्तै आएका छौँ । पाक्षिक रूपमा एकदिन उपवास बस्नु स्वास्थ्यका लागि समेत लाभदायक नै मानिन्छ । त्यसरी बसिने उपवासहरू सात्त्विक प्रवृत्तिका हुन्छन् भने अनशन बस्ने आधुनिक प्रचलनमा क्रमशः तामसी प्रवृत्ति मौलाउँदै गएको पाइन्छ । ‘अनशन’ शब्द संस्कृतबाट नेपाली भाषामा प्रचलनमा आएको तत्सम शब्द हो । संस्कृतमा ‘अश्’ धातु खानु भन्ने अर्थमा छ । ‘अश्’ धातुदेखि भावार्थक ‘ल्युट्’ (अन) प्रत्यय लागेर ‘अशन’ शब्द बन्दछ । ‘अशन’ भन्ने शब्दले खाने प्रक्रियालाई जनाउँछ । संस्कृतमै ‘न अशन’ अर्थात् नखानु भन्ने अर्थमा नञ् तत्पुरुष समास भई र नुट् (न्) आगम भएपछि ‘अनशन’ शब्दको निर्माण हुन्छ । नेपाली शब्दकोशहरूले उपवास, खाना नखाने काम, आहारा परित्याग, खाना त्यागेर भोकै बस्ने काम आदिका रूपमा नेपालीमा ‘अनशन’ शब्दलाई अथ्र्याइएको पाइन्छ । ‘अनसन’ शब्दले हालसम्म कुनै पनि नेपाली शब्दकोशमा प्रविष्टि पाएको देखिँदैन तर यसको प्रयोग भने दिनानुदिन यत्रतत्र बढ्दै गएको देखिन्छ । ‘अनशन’ बस्ने धेरैजसो कार्यक्रमका ब्यानरहरूमा मात्र होइन स्थानीय पत्रिकाहरूले आफ्ना छापा संस्करणमा समेत ‘अनसन’ शब्दको प्रयोग गर्न रुचाउँदै आएका छन् । साथै कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, सेतो पाटी, रातो पाटी, उज्यालो, बिबिसी, खरीबोट आदि अनलाइन पत्रिकाहरूमा र युट्युबमा अपलोड गरिएका धेरैजसो भिडियोका शीर्षकमा पनि ‘अनसन’ शब्दको प्रयोग भएको देख्न सकिन्छ । हिन्दी शब्दकोशले समेत ‘अनसन’ शब्दको प्रयोग नगरेकाले यसलाई भाषान्तरको सादृश्य अनुकरणका कारण प्रयोग गरिएको होला पनि भन्न सकिँदैन । शब्दकोशमा नै नभएको र कुनै अर्थ दिन नसक्ने ‘अनसन’ शब्दको प्रयोग गर्ने दिशातर्फ प्रयोक्ताहरूको किन बढ्ता ध्यान गयो होला ? भन्ने बारेमा विचार गर्दा अज्ञानता र ‘अनशन’ शब्दको सादृश्यका कारण ‘अनसन’ शब्दको प्रयोग हुन गएको हो भन्ने कुरामा कुनै शङ्का छैन । विशेष गरी अनलाइन पत्रिकाहरूलाई ताजा समाचार प्रकाशन गरिहाल्ने हतारो हुने भएकाले सही शब्दको विचार गर्ने समय नभएर अनलाइन संस्करणहरूमा ‘अनशन’ शब्दको सट्टा ‘अनसन’ शब्द प्रयोग हुन पुगेको हुनुपर्छ । त्यस्तै ब्यानरहरू तयार गर्ने क्रममा सम्बद्ध संघसंस्थाहरूले समेत नेपाली भाषाका शब्दको प्रयोगमा विशेष सचेतता नअपनाइदिँदा पनि ‘अनसन’जस्ता अनुपयुक्त शब्दहरू प्रयोग हुन गएका हुन् । तसर्थ अनर्थक ‘अनसन’ शब्दको सट्टा सार्थक ‘अनशन’ शब्दको प्रयोग गर्दै जाने विषयमा सम्बद्ध प्रयोक्ताहरूको ध्यान आकृष्ट हुनु जरुरी देखिन्छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय #अनसन ठीक कि अनशन ? #डा. मतिप्रसाद ढकाल झण्डाको माया: सानो हुँदा गोठालो जादा गाईबस्तु चराउँदा को हो भन्दै कोइली चरी वनभित्र कराउँदा मेरो साथ हुन्थ्यो सधै चन्द्र सूर्य मेरो झण्डा फहराउँथे उठाई माथिमाथि आफ्नै शिरभन्दा ।। घाँस काट्दा भीर पाखा एकान्तमा डराउँदा गाईका बाच्छा सल्लाघारी भञ्ज्याङमा हराउँदा जय भन्दै मेरो झण्डा उठाउँथे माथिमाथि डर भाग्थ्यो क्षणमै आउँथे हराएका पाठापाठी ।। उमेरसँगै झण्डाको माया झ्याङ्गियो लहराउँदै स्कुल, कलेज पढन पुगंँे हातमा झण्डा फहराउँदै अमर रहोस् झण्डा मेरोे चन्द्र सूर्य हुँदासम्म माथी उठिरहोस् सधै आकाश त्यो छुँदासम्म ।। आज मैले देशको झण्डा विदेशमा फहराउँछु जहाँ पुगु संसारमा मेरो झण्डा लहराउँछु आश गर्छु अन्तिम सास म यही झण्डा हेरी मरुँ तर शंका गर्छन् मलाई हिजो झण्डा च्यात्नेहरू ।। #झण्डाको माया मेरो प्रेम यात्रा: तिमीले पहिले भनेकी भए अन्नत हुन सक्छ यो प्रेमको यात्रा म घरबाट सँदाको लागि बिदा भएर आउँथे । र त रसाइरहँदैनथ्यो आमाको आँखा बुढेसकालको लठ्ठि भाँचियो भनेर खेप्नु पर्दैनथ्यो भाइले एक्लै ऋणको भार बदल्नु पर्दैनथ्यो बहिनीहरूले हिँडिरहेको बाटो टोलाइरहनु पर्दैनथ्यो बुबाका एक थान आँखा भित्ताको तस्बिर हेरेर । अलमलिने थिएन कुरिरहेका साथीका गन्तव्य रोकिने थिएनन् बज्दा बज्दैका आँगनका मादल निस्किने थिएनन् चित्कार सिलोकको सट्टामा स्तब्ध हुने थिएनन् नाँचिरहेका खुट्टाका पाउजु तिमिले त घरमा घडा थापर आउन भन्यौ सौभाग्यको सिन्दुर र माला लिएर आउन भन्यौ त्यसैले म तिम्रो माया रंगिएर हातमा रातो गुलाफ र साथमा सहेली लिएर आएा समयले यसरी झुक्यायो कि ! न म तिमीसम्म पुग्न पाएँ न तिमी मसम्म आउन भ्यायौ न पश्चाताप तिमिले गर्न पायौ न मैले गर्न पाएँ म सोचिरहेछु !!! गेटैनिर तिम्रो पाउलाई स्वागत गर्न झुकेका लालुपातेका शिर उठे कि उठेन ? तिमीलाई चुम्न रगत बगाउदै लम्केको गुलाफका हाँगाको रगत थामियो कि थामिएन ? तिम्रो शिर सम्मको यात्रा निस्केका सयपत्रीका थुङ्गाहरू कहाँ अलमलमा छन् ? म सोचि रहेछु ! तिम्रो प्रेमको रफ्तारमा म सँगै बगेका ती गुलाफका बास्ना तिमीसम्म पुगे कि पुगेन ? विगतमा हामीले बिताएका साझा पलहरुम सँगै बगे कि अलिकति तिमीसँग पनि छ ? खैर ! जे होस् म तिम्रै अनन्त प्रेमको यात्रामा हुनेछु, आशा छ कुनै मोडमा हाम्रो भेट त्यो अलौकिक संसारमा हुनेछ । #उमेश यौटा नाङ्गो कविता: केदार भण्डारी नाङ्गै उदाउँछ सूर्य आकाशमा धर्तीले सूर्यलाई नाङ्गै देखेर लाज लाग्यो भने घुम्टो ओडेर मात्रै उदाउँछु लाज छोपेर मात्रै अस्ताउँछु भन्यो भने यो ब्रह्माण्ड पनि त नाङ्गो नै छ यदि ब्रह्माण्डले आफ्नो लाज छोप्छु भन्यो भने नाङ्गो नै छ चन्द्रमा पनि यदि चन्द्रमाले लाजले आफ्नो मुख लुकाउँछु भन्यो भने के गर्छन् होला ती नाङ्गा ताराहरु? तिनीहरु आफ्नो लाज लुकाउँछ्न् कहाँ? नाङ्गै फुल्छन् फूलहरु कुनै दिन फूलहरुलाई लाज लाग्यो भने हावा पनि नाङ्गो छ नाङ्गै बहिरहन हावाले पनि लजायो भने कुनै दिन? तिम्रो सोच पनि नाङ्गो छ तिम्रो हेराई पनि नाङ्गै छ हे मानव! तिम्रो सोचमा तिम्रो हेराइमा जबसम्म कामुकता रहिरनेछ तबसम्म सबै नाङ्गै नाङ्गै हुनेछ अनि म लेखिरहने छु यौटा नाङ्गो कविता गौरादह नगरपालिका ६, झापा #केदार भण्डारी #झापा केही बित्ता सपना: चन्द्र जिएम म सोचिरहन्छु कति लामो हुन्छ सपनाको बाटो कति फराकिलो हुन्छ सपनाको आकाश कति गहिरो हुन्छ सपनाको गहिराई म केवल अनिदो आँखाले सपनाकै मात्र सपना देखिरहन्छु सरकार सपना देख् भन्छ र, केही वर्ष बिराएर आउने चुनावमा केही लामा सपना लिएर आउँछ सपनाकै मतपत्रमा लेप्चे लगाएर सरकारमा छिर्छ र प्रत्येक वर्ष दोहोर्\u200dयाउँदै तेहोर्\u200dयाउँदै सपनाकै ब्रिफकेसमा सपनाकै बजेट भाषण सुनाउँछ । आज भोलि मलाई सरकारको हरेक लामा सपना जंगलमा स्याल कराएजस्तै लाग्छ कहिलेकाहीँ त यस्तो पनि लाग्छ मानौँ सरकार सर्प भएको छ र, रुखको दोद्रोमा पसेर सारीको बचेरा खाइरहेछ र जनता केवल सारी भएर बचेरा बचाउने सपना देखिरहेछन् यस कारण पनि मलाई सरकारको सपना, सपना जस्तै लाग्दैन केवल कर्कस बकबास जस्तो लाग्छ बरु यस्तो सपना, सपना जस्तो लाग्छ जस्तो कि स्कुलसम्म पुग्न टुइनमा झुण्डिदै पाल्लो किनारा सम्म पुग्ने साना नानी बाबुको आँखाको सपना जस्तो कि विष्टको ढोकाबाट केही पाइलाभित्र छिर्ने एउटा दलितको सपना जस्तो कि सुनैसुनको मुर्ति भएको मन्दिर बाहिर घाम र पानीलाई घर बनाएर ढुकिरहेको एउटा अपाङ्गको २ रुपैयाँको सिक्का पाउने सपना जस्तो कि चौबाटोमा भारी कुरेर बसिरहेको भरियाको भारी पाउने सबभन्दा ठूलो सपना जस्तो कि भर्खर शहर छिरेको एउटा गाउँलेको सडक काटेर पाल्लो किनारासम्म पुग्ने सपना जस्तो कि जंगे पिलरजस्तै युगौँदेखि सीमामा बसेको एक अनागरिकको नागरिकता पाउने सपना यी सबथोक मलाई साँच्चै सपनाजस्तै लाग्छ किन कि सबैभन्दा लामो लाग्छ मलाई त्यो केही हातको तुइन र विद्यालय बीचको दुरी सबैभन्दा लामो लाग्छ मलाई त्यो विष्टको घरको एक हाते ढोका सबैभन्दा गहिरो लाग्छ मलाई त्यो सुनैसुनको मन्दिर र, आँखा वा खुट्टा नभएको मान्छेको भोकको गहिराई सबैभन्दा गहिरो लाग्छ मलाई त्यो भारी बोकेको भोको भरियाको काँध र, उसकै काँधमा झुण्डिएको मालिकको भारी बीचको गहिराई यी सपना सबैभन्दा अग्ला लाग्छन् मलाई यी सपना सबैभन्दा लामा लाग्छन् मलाई यी सपना सबैभन्दा गहिरा लाग्छन् मलाई सरकार लामो लामो आशाको सपना देख् भन्छ म केवल छोटो सासको सपना-देख्छु सरकार उधारो विश्वासको सपना देश- भन्छ म हरेक छाक गास र एकसरो कपासको सपना देख्छु किनकि आजतक कसैले नाप्न सकेको छैन यी केही हात र केही बित्ताका सपना । #चन्द्र जिएम #रोल्पा बर्माको पशुपतिनाथ मन्दिर: नगेन्द्र न्यौपाने म बर्माको पुरानो शहर प्यूँउल्वीनबाट अर्को शहर लोखु जाँदै थिएँ । वास्तवमा मलाई एक दिनको प्यूँउल्वीन बसाइले त्यति पर्याप्त थिएन । अझ एक–दुई दिन थप्न चाहन्थे । प्यूँउल्वीनको शितल हावापानी, शान्त वातावरण अनि स्वच्छ सडक । एक घण्टा ओरालोमा रहेको माण्डालेमा खपिनसक्नु गर्मी तर प्यूँउल्वीनको शितल हावापानी– वर्माको अलौकिक नमुना । सायद त्यही गुण भएर होला अंग्रेजहरूले प्यूँउल्वीनमा ठूला–ठूला निजी निवास निर्माण गरे । साथै मिलेको शहर बसाए । त्यसो त गोपाल भट्टराईज्यूले मलाई प्यूँउल्वीन शहर कहाँ नडुलाइदिनु भएको हो र ? उहाँले मलाई आफ्नो मोटरसाइकलमा राखेर मुख्य बजार र दुर्गा मन्दिर घुमाइदिनु भएको थियो । एउटा गोरखालीको होटेलमा हामीले दिउँसोको बर्मेली परिकारसमेत खाएका थियौं । प्यूँउल्वीनको अर्को रोचकता के छ भने प्यूँउल्वीनको पुरानो नाम “मेम्यो” हो । “मे” नाम गरेका अंग्रेजले बसाएको शहर भएकोले यसको नाम “मेम्यो” रहन गयो । “म्यो” को अर्थ बर्मेली भाषामा “शहर” हो । तर बीसौं शताब्दीको अन्त्यमा यो शहरले आफ्नो शताब्दी वर्ष मनायो र यही समारोहमा यसले आफ्नो पुरानो नाम पायो । अंग्रेज अफिसरको नामबाट चिनिने “मेम्यो” अब “प्यूँउल्वीन” भयो । यो शहरको नेपालसँग निकै कसिलो सम्बन्ध छ । राजा महेन्द्र र रानी ऐश्वर्यले सन् १९७१ को अप्रिल महिनामा यो शहरको भ्रमण गरेका थिए । साथ दिए त्यतिबेला परराष्ट्रमन्त्री र बर्माका लागि नेपाली राजदूत ज्ञानेन्द्रबहादुर कार्की । त्यतिबेला प्यूँउल्वीनमा गोरखाली पण्डित यज्ञप्रसाद भट्टराईको जोडबलले निर्माण भएको दुर्गा मन्दिर थियो । तर जब त्यो मन्दिरमा राजा महेन्द्रले भ्रमण गरे तब त्यो दुर्गा मन्दिरको स्वरूप नै बदलियो । राजा महेन्द्रले नेपालको पशुपतिनाथ मन्दिरको दर्शन गर्न नसक्नेहरूका लागि भनेर दुर्गा मन्दिरको आडैमा पशुपतिनाथको मन्दिर निर्माण गरिदिए । अब अर्को चाखलाग्दो के छ भने राजा महेन्द्रले स्वरूप दिएको पशुपति मन्दिरमा उनैका छोरा राजा वीरेन्द्रले वि.सं. २०४० सम्ममा सरोजरेणुः पंचमुखी प्रतिमा नेपालबाट पठाइदिएपछि यसको महत्त्व झन् बलियो भयो । यो शहरसँग मेरो व्यक्तिगत छुट्टै सम्बन्ध छ । म बर्मामा नै भएको बेला (२००९ अक्टोबर) नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुनगयो साथै उहाँको पनि प्यूँउल्वीनमा नै स्वागत कार्यक्रम राखियो । तर म त्यतिबेला प्यूँउल्वीनबाट माण्डले (अर्को शहर) आइसकेको थिएँ । बर्माका गोरखाली दाइभाइको साथ लागेर पुनः प्यूँउल्वीन गएँ र राष्ट्रपतिको कार्यक्रममा सामेल भएँ । यस प्रकार प्यूँउल्वीनमा मेरो दुईपल्ट भ्रमण हुन गयो । यसबारे अलगै अर्को लेख लेख्ने नै छु । आज म ऐतिहासिक र गरिमामय शहर– प्यूँउल्वीनबाट बिदा हुँदै थिए । बिहानको सामान्य खाना खाएर होटेलको लबीमा बसेको मात्र थिएँ । तीनजना गोरखाली मित्रहरू देखा पर्नुभयो । शुरुमा मलाई ज्ञान नै भएन कि मप्रति मित्रहरूको त्यति धेरै चाख छ, साथै उहाँहरूसँग सहज अनुभव गर्न सक्छु । वास्तवमा के भने कुनै एउटा नेपाली बर्मा मुलुकमा पसेको थाहा पाउनेबित्तिकै त्यो व्यक्तिप्रति गोरखाली बन्धुको विशेष ध्यान जानु नेपालीको लागि सौभाग्य नै हो । त्यो सौभाग्य मैले पनि पाएँ । अझ गोरखालीको स्वामित्वमा रहेको होटेलमा बसेपछि मेरो सौभाग्य अझ बलियो भयो । मैले पालैपालो उहाँहरूसँग हात मिलाएर परिचय गरेँ । उहाँहरू हुनुहुन्थ्यो– मनबहादुर खनाल, कासीराम न्यौपाने र कृष्ण पन्थी । सामान्य गफपछि हामीहरू बाहिर निस्क्यौ । मलाई त्यतिबेलासम्म थाहै थिएन, तर बाहिर निस्केर चाँदी रङ्गको गाडीमा सामान राखेपछि पो थाहा भयो उहाँहरूले आफ्नो निजी कार ल्याउनु भएको रहेछ । हुन त शंकरजीले रंगुनमा नै जानकारी गराउनु भएको थियो– “साथीहरूसँग भेट भएन भने गोरखालीको दूध ओसार्ने गाडी आउँछ, त्यसैमा जानु होला” तर उहाँहरूले त दूध ओसार्ने गाडी होइन, आफ्नो निजी कार पो ल्याउनु भएछ ! हाम्रो गाडी प्यूँउल्वीन शहरबाट पूर्व लाग्यो । र, केहीबेरको शहर गुडाइपछि ओरालो लाग्न थाल्यो । त्यो असीमित फाँट, हरियो खेतीपाती अनि फराकिलो सडकमा गुडेको हाम्रो गाडी– वास्तवमा मानव सभ्यताले प्राकृतिक सभ्यतासँग जोडेको सिङ्गो अस्तित्व थियो त्यो, अनि सुन्दरताको नमुना । हुन त मैले रंगुनदेखि प्यूँउल्वीनसम्मको बस यात्रामा यस्ता फाँटहरू कहाँ नदेखेको हो र ? यस्ता फाँटहरूमा आँखा नपरेका हुन् र ? तर अहिले देखिएको सडक वरिपरि हरियो खेती र पशुपालनको घाँसे मैदानले म उकुसमुकुसिन थालें, मेरा आँखा तिरमिराउन थाले । सायद त्यो उकुस–मुकुसलाई नेपालबाट बर्मा पसेका गोरखालीहरूले नियन्त्रण गर्न सकेनन् होला र उनीहरू बर्मा पसेपछि फर्केर गएनन् । उनीहरूलाई त्यो हरियो फाँटले लोभ्यायो, अनि लोभको औडाहालाई नियन्त्रण गर्न उनीहरूले घर–टहरा बनाउन शुरु गरिहाले । त्यहाँ खेती गर्न थाले । नेपालको ढुङ्गा र गेग्ग्रेनसँग खेलेका हातहरूले त्यो कमलो माटोमा चल्न थालेपछि उनीहरूले छोड्न सकेनन् । उनीहरू त्यहीँ रमाएर बस्न थाले । करिब एक घण्टाको यात्रापछि सडकको बीचमा लहरै चार–पाँच वटा जति ढोकाहरू देखिए । ती ढोकाहरूमध्ये एउटा ढोकाको मुखैमा गाडी चालक मानबहादुर खनालज्यूले गाडी रोक्नुभयो । तर गाडी रोक्नुको कारण बताउनु भएन बरु कुरोलाई अन्तै बटार्दै बोल्नुभयो– “यो माण्डाले र साङ्ग प्रदेशको सिमाना हो । यहाँबाट साङ्ग प्रदेश शुरु हुन्छ, यहाँबाट शुरु भएको साङ्ग प्रदेश ठ्याक्कै चीनमा जोडिन्छ ।” “अनि यहाँ किन गाडी रोकिएको त ! के यहाँ चेकिङ्ग हुन्छ ?” मैले सोधेँ । “यहाँ गाडी चेकिङ्ग हुन्छ कर पनि तिर्नुपर्छ,” भन्दै उनले गाडीलाई काउन्टरको नजिकै रोक्नुभयो तर पैसा तिर्नुभएन, काउन्टरमा उभिने व्यक्तिले पनि हामीलाई हात हल्लाउँदै जान इसारा गर्यो । मैले सोधिहालेँ, “खै त हामीले त पैसा तिरेनौँ त ?” “मेरो गाडी साङ्ग प्रदेशमा दर्ता भएको हो, साङ्ग प्रदेशको गाडीले आफ्नो प्रदेशभित्र पस्दा पैसा तिर्नुपर्दैन ।” भर्खरै नेपालमा संघीयताको कुरो चलिरहँदा बर्मामा चाहिँ पहिलेदेखि नै थियो । एउटै देशमा पनि कुनै गाडीले कर तिर्नुपर्ने । कुनैले नपर्ने ! म यो परिपाटीमा अभ्यस्त थिइनँ । मलाई केही अनौठो लागे पनि बर्मामा सामान्य नै थियो । प्रदेशअनुसार आफ्नै नियम छन् । हामीहरू अगाडि बढ्यौं । गाडीबाट देखिने टाढा–टाढासम्मको हरियो फाँट, अनि सडक वरिपरिको गाई–गोरुको विशाल–विशाल चरन देख्दा लाग्थ्यो, कृषिको विकास त्यसरी पो हुनुपर्छ, पशुपालनको स्याहारसुसार त्यसरी पो गर्नुपर्छ । अझ रोचकता यो थियो कि, हामीले त्यत्तिको सडक पार गर्दासम्म न टुटे–फुटेको सडक भेट्यौँ, न धुवा–धूलो । सफा फराकिलो ! केही अगाडि पुगेका थियौं, सडक दायाँ–बायाँ टिनका छाना भएका दुई–तीन तले घरहरू लहरै देखिए । घरका छेउछाउमा गोठ–कटेरा, लहरै मिलेका आँप र मेवाका बोटहरू अनि आँगनको डिलमा सुकाइएका राता–पहेँला पेटीकोट र साडीले नेपालको झल्को दिएको थियो । अनि वरिपरि हिँडडुल गरेका मान्छेको भेषभूषाले मलाई पक्का भयो र सोधिहालेँ । “के यो गोरखालीको बस्ती हो ?” “हो सर ! यहाँ गोरखालीको बाक्लो बस्ती छ । यस ठाउँलाई बम्बै भन्छन् ।” “बम्बै ?” “बम्बै ! तर यो भारतको बम्बै होइन । गोरखालीको बम्बै हो । बर्मेली भाषामा यो ठाउँको नाम “भाम्ब्बे” हो तर हाम्रो जिब्रोले यसलाई समाउन नसकेपछि हामीले बम्बै भन्न थाल्यौँ । यो कुरो बर्मेलीलाई थाहा छैन । हामी आफ्नैले राखेका यस्ता नामहरू बर्मामा थुप्रै छन् ।” बम्बैबाट उत्तर गुडेको गाडी “ओमतिमा” पुगेर देब्रे लाग्यो । केही साँघुरो हुँदै विशाल फाँटभित्र पस्यो । गाडीको झ्यालबाट देखिने उखु खेतीको बाक्लो आवादी । अनि बेला–बेलामा आउने पुल–पुलेसा, नाला नाग्दै “तौजे” पुग्यौँ । पुनः देब्रे लाग्नेबित्तिकै सडक छेउको एउटा लामो आकारको भवन अगाडि रोकियो । बाहिरबाट हेर्दा लाम्चो र साँघुरो देखिए पनि भित्र गएपछि पो थाहा भयो, त्यो घर त एउटा विशाल खाद्यान्न स्टोर (पसल) पो रहेछ! पसलमा निकै भीड थियो । ग्राहक बर्मेली, कामदारहरू बर्मेली, पैसा लेनदेन गर्न बर्मेली, सामान मिलाउने बर्मेली, झट्ट हेर्दा त्यो स्टोर बर्मेलीको देखिए पनि त्यसका मालिक थिए गोरखाली– गोपाल पाण्डे । कुनाको टेबुलमा केही लेखिरहेका गोपालजी हामीलाई देख्नासाथ आइहाले । शुरुमा मैले उनलाई गोरखाली हुन् भनेर चिन्न सकिनँ, अझ उनले मनबहादुरसँग पनि बर्मेलीमा नै कुरा गर्न थालेपछि त गोरखाली भएको शंका गर्न ठाउँ नै भएन तर उहाँ त शुद्ध गोरखाली हुनुहुँदो रहेछ । शुद्ध नेपाली भाषा बोल्नु हुँदोरहेछ । सामान्य परिचयपछि मैले गोपालजीलाई सोधेँ– “तपाईंको स्टोर त ठूलो रहेछ हगि !” “बजारको यो सबैभन्दा ठूलो पसल हो,” उहाँले केही उत्साहित भएर बोल्नुभयो । उनको स्टोरदेखि कता–कता गौरव लाग्यो । घमण्ड लाग्यो । त्यति टाढाबाट आएर पनि यसरी जमेर बस्नुमा म हर्षित भएँ । फेरि कता–कता डर पनि । म कमजोर बनेँ । केही वर्षअगाडि (सन् २०१२) कङ्गोमा भेटिएका नेपाली व्यापारीको दर्दनाक मानसिकता सम्झिएँ । त्यतिबेला मैले उनलाई सोधेको प्रश्न मेरो दिमागमा नाच्न थाल्यो । मैले उनलाई पनि यसरी नै सोधेको थिएँ । “त्यति टाढाबाट आएर पनि व्यापार निकै फष्टाएको छ हगि !” उनले निराश हुँदै जवाफ फर्काएका थिए, “व्यापार के फस्टाउनु ! अर्काको देशमा बसेर धन कमाउन गाह्रो छ । आफू भित्र बस्नुपर्छ, पैसाको कारोबार सबै कङ्गेलीकै नाममा छ । कङ्गोलीले हामी विदेशीले पैसा गनेको देख्न चाहँदैनन् ।” तर गोपाल पाण्डेको आशय त्यस्तो आएन बरु निर्धक्कसँग बोले– “सर ! बर्मेलीलाई कजाएरै खाइएको छ । मेरो कामदार सबै बर्मेली छन्, ग्राहक बर्मेली । अहिलेसम्म जमेर नै बसिएको छ । राम्रो काम गरेनन् र इमान्दारिता देखिएन भने आजै कामबाट निकालिदिन्छु । उनीहरूले गरेको कामको पारिश्रमिक दिएपछि कसले के गर्न सक्छ ?” फेरि केही गम्भीर भएर बोले– “सबैलाई मिलाएर राखेको छ ।” केहीबेर गफ गरेपछि हामीहरू त्यहाँबाट निस्कनै लाग्दा गोपालजीले रोकिने संकेत गर्दै बोल्नुभयो, “सर ! एकछिन पर्खनुहोस् त !” म रोकिएँ । उनले आफ्नो दराजबाट एउटा नोट कापी मेरो हातमा थमाउँदै बोले– “सर, लेखक हुँनुहुँदो रहेछ । अब यो नोट कापीमा लेख्नुहोला यो मेरो तर्फबाट उपहार ।” मैले त्यो नोट कापी निकै गौरव साथ झोलामा राखेँ । म बर्मा बसुन्जेल मसँग रह्यो । त्यसमा नै सबै टिपोट गरेँ । तौजेबाट हाम्रो गाडी देव्रे हानियो र दायाँबायाँका नेपालीको बस्ती पार गर्दै रामेश्वर धाम, लोखुको मुलद्वारभित्र पस्यो । चार–पाँच जना बटुकहरूले हामीहरूलाई घेरा हाल्न आइहाले । त्यतिबेलासम्म मलाई थाहा थिएन कि ! मनबहादुर खनालजीहरू अर्को कामले पनि त्यहाँ आउनुभएको छ भनेर । शारदा संस्कृत महाविद्यालय, रामेश्वर धामका श्री १००८ स्वामी डा. विष्णुबल्लमानन्दलाई भेट्ने कार्यक्रम बनाउनु भएको रहेछ । उहाँहरू हतार गर्दै स्वामीजीको निवासतिर गइहाल्नुभयो भने म चाहिँ महाविद्यालयका सहसचिव मनबहादुर घिमिरेको साथमा भएँ । मनबहादुर घिमिरे– एक सरल, मृदुभाषी अनि सोझो व्यक्तित्व । अब संस्कृत महाविद्यालय लोखु बसुन्जेल म उहाँके साथमा हुनेछु । उहाँले शुरुमा नै मलाई भन्नुभयो– “सर ! खाना तयार भएको छैन, बटुकहरूले तयार पार्दैछन्, म तपाईंलाई हरिद्वार, गंगासागर तथा लक्ष्मणझुला घुमाइदिन्छु ।” मलाई अचम्म लाग्यो र सोधिहालेँ– “हरिद्वार, गंगासागर, लक्ष्मणझुला त भारत होइन र ? कसरी आयो बर्मामा ?” उनी केही बोलेनन्, बरु मलाई अगाडि–अगाडि हिँड्ने इशारा गरे । हामीहरू पैदल नै ओरालो लाग्यौँ । हरिद्वार, गंगासागर नगएको व्यक्ति म, मेरो कौतुहल बढ्दै गयो । वास्तवमा मैले त्यहाँ हरिद्वार, गंगासागर मात्र देखिनँ, हिन्दुहरूका चारै धाम देखें । लक्ष्मणझुला, गौमुखीद्वार, शिवमूर्ति तथा भारतका सम्पूर्ण तीर्थस्थल त्यहीँ थिए । सय बिघा जमिनमा फैलिएको त्यो विशाल हरियाली, बीच–बीचमा बनेका सुन्दर आवास–गृह अनि बीच भागमा बगेको कृत्रिम गंगासागर । गोरखालीको त्यो उत्साह, त्यो मिहिनेत देख्दा लाग्थ्यो, त्यहाँ अद्भुत शक्तिको उदयमान भएको छ । विश्वका सम्पूर्ण देवी–देवताको आशीर्वाद लागेको छ । मैले अनुभव गरेँ– यो शारदा संस्कृत महाविद्यालय, महाविद्यालय मात्र नभई दानै–दानको महासागर रहेछ । दक्षिणै–दक्षिणाको नमुना रहेछ । व्यापारी होस् वा सामान्य किसान, शिक्षक होस् वा पशुपालक सबैले केही न केही दान गरेकै रहेछन् । बल्ल मेरो पालो आयो श्री १००८ स्वामी डा. विष्णुवल्लभानन्दलाई भेट गर्न । हामीहरू गंगासागरमा नै टहलिरहेको बेला एउटा बटुक छिटोछिटो हिँड्दै आयो र मलाई संकेत गर्दै मनबहादुर घिमिरेतिर हेर्दै बोल्यो– “उहाँ ! सरलाई लिएर जानुहोस् अरे ।” हामीहरू तीनैजना स्वामीज्यूको निवास पुग्यौ । शरीरमा पूरै पहेलो रङ्ग वस्त्र, अग्लो कद अनि गम्भीर स्वभाव मैले सोचेकोभन्दा मीठो अनुभव गरेँ– उहाँसँग । मेरो बारेमा केहीबेर पहिल्यै केही जानकारी पाइसक्नु भएको थियो उहाँले । म नेपालबाट आएको भनेपछि स्वाभाविक उहाँको चासो बढ्नु स्वाभाविक पनि थियो । अझ मनबहादुर घिमिरेज्यूले मलाई लेखक भनेर चिनाइदिएपछि उहाँ निकै उत्साहित हुनुभयो । मनबहादुर घिमिरेले मलाई लेखक मात्र भनेर चिनाइदिनु भएन, बरु केहीबेर अगाडि उहाँलाई दिएको उपहार मेरो किताब “दरबार बाहिरकी महारानी” स्वामीज्यूलाई दिनुभयो । स्वामीज्यूले लिनुभयो र खुशी हुँदै बोल्नुभयो– “यो किताब यो संस्कृत महाविद्यालयको पुस्तकालयमा रहन्छ ।” त्यो बेलासम्म खानाको लागि जानकारी आइसकेको थियो । हामीहरू हतारिँदै भान्साघरतिर लाग्यौँ । लामो आकारको जस्ताले छाएको भवन, बीच भागमा लहरै होचा–होचा टेबुलहरू अनि बस्नको कुसन । हामीले दिउँसो खाना त्यहीँ खायौँ र दिनभरि महाविद्यालय वरिपरि नै घुम्यौँ । त्यसो त दान–दक्षिणाले बनेको त्यो विशाल परिसर, अनि चन्दा र प्रसादले उभिएका ठूला–ठूला भवनहरू । आज मेरो रात चन्दाले बनेको भवनमा बित्यो । त्यही महाविद्यालयबाट स्नातक भएर गएका विद्यार्थीको दानबाट निर्माण भएको एउटा अजङ्गको आवास–गृहमा उपभोग गरेँ । त्यो अग्लो अनि ठूलो दुईतले घर । कोठै–कोठा भएको तला, तलैपिच्छे बाथरुम, अनि म एक्लो यात्रीले रोजी–रोजी पाएको बिछ्यौना । शुरुमा मैले निकै भाग्यमानी ठानें । कोठाको चुकुल लगाएर सुतेँ तर निदाउन सकिनँ । जब रात छिप्पिँदै गयो वरिपरिका झ्याल–ढोका आफैँ गफ गर्न थाले । आफू–आफूमा छलफल गर्न थाले । छानामा गुड बनाएर परेवाका जोडीहरू झगडा गर्न थालेपछि निदाउन सक्ने कुरै भएन, अझ आँगनमा मान्छे बोलेको आवाज आएपछि मलाई डर बढ्दै गयो । अघिसम्म गचक्क फुलेको मेरो भाग्य अहिले सामसुम्म भयो । मैले आफैँले आफैँलाई धिक्कार गरें । मनमनै सोच्न थालेँ– जस्तोसुकै सफा र उज्यालो भए पनि आफूलाई चाहिनेभन्दा बढी छ भने त्यसैले पोल्न थाल्दो रहेछ हगि ! आफूलाई आवश्यक पर्नेभन्दा बढी वस्तुले आफैँलाई तर्साउँदो रहेछ । एउटा कोठा भए पुग्ने म एक्लो व्यक्तिलाई सिङ्गो भवन नै पाएपछि त्यसैले अत्याउँदो रहेछ । म आधा रात ढल्किँदासम्म पनि निदाउन सकिनँ । #बर्मा #म्यान्मा कलियुगकी शिखण्डी: यादहरूको भौतिक रूपलाई कैद गर्न मानिसले क्यामेराको आविष्कार गर्यो । टाढा भएका मानिसहरूसँग बोल्न टेलिफोनको आविष्कार गर्यो । मानिसका आवश्यकता पूरा गर्ने यी दुई उपकरणले मज्जाले पिट्यो विश्व बजारलाई । पछि क्यामेरा र टेलिफोनको विवाह भयो । दुई भिन्न विशेषता भएका मातापिताबाट दुवैका आंशिक गुण लिएर नितान्त नयाँ उपकरण मोबाइलले जन्म लियो । आजको बजार त्यही नूतन उपकरणले चुटिरहेको छ । फोन पनि गर्न मिल्ने र फोटो पनि खिच्न मिल्ने उक्त उपकरण हामी सबैको हात–हातमा पुगिसकेको छ । हामी त्यो नयाँ उपकरणलाई असाध्यै स्नेह गर्छौं । एकछिन यसबाट टाढा रहन सक्दैनौँ । हाइब्रिड चिजहरू मन पराउने मानिसको स्वभाव देखेर नै सायद दैवले मानिसको पनि हाइब्रिड बच्चा बनाएर नौलो प्रयोग गर्ने जमर्को गरे । र, फलस्वरूप यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको रचना गरे । तर अफसोस, भगवान्को रचना मानिसहरूले मन पराएनन् । मानिस अर्थात् पुरूष र महिला । किनभने प्रकृतिको त्यो सुन्दर रचनामा पुरूष तथा महिला दुवैका गुणहरू एकैसाथ आएका थिए । यसको मतलब यो होइन कि मानिसहरूले यस्तो सुन्दर रचनालाई सधैँ घृणा नै गरिरहने छन् । यस्तो समय पनि थियो जब देवकोटालाई पागलको संज्ञा दिएर पागलखाना पठाइयो । अहिले तिनै देवकोटा नेपाली साहित्यका पूज्य व्यक्तिमा स्थापित भएका छन् । प्रदिप बस्नेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले पीडा र कष्ट खेप्ने दिनहरू पनि बिस्तारै घटिरहेका छन् । सुखी र उन्मुक्त भएर बाँच्ने दिनहरू आउँदैछन् उनीहरूका पनि । प्रकृतिले हरेक प्राणीको निर्माण निश्चित् उद्देश्य पूरा गर्न गरेको हुन्छ । भविष्यलाई कसले देखेको छ र ! दिन प्रतिदिन लेटेस्ट मोडेलका मोबाइल फोनहरू आविष्कार भई पुराना मोबाइल फोनहरू लोप भए झैँ पुरूष तथा महिला वर्गलाई पछाडि उछिनेर प्रकृतिका यी लेटेस्ट मनुष्यहरूको हातमा भोलिको राज्य सत्ता र शक्ति नपुग्ला भन्न सकिन्न । अहिले हामीले उनीहरूलाई स्वतन्त्र रूपमा बाँच्न र प्रगति गर्न बाधा पुर्याइरहे भोलि सत्ता र शक्ति उनीहरूको हातमा पर्दा हामीलाई नरकीय जीवन बिताउन बाध्य नपार्लान् भन्न सकिन्न । त्यसैले मानिस भएर जन्म लिएका हामी सबैले सहअस्तित्वको आलिङ्गनमा बाँधिएर प्रगतिका पाइलाहरू निरन्तर अघि बढाइरहनु नै श्रेयस्कर हुन जान्छ । प्रकृतिको विरूद्ध गएर जीत हाँसिल कदापि हुँदैन । त्यसैले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा पर्ने मानिसहरूलाई पुरूष तथा महिलासरह नै अधिकार तथा अवसरहरू प्रदान गरिनुपर्छ र उनीहरूका लागि सम्मानका साथ बाँच्न पाउने प्रबन्ध मिलाउनुपर्छ । यस्तै अनेकन विचारहरू उम्रिँदै गए मस्तिष्कमा जब ‘भूमिका’ पुस्तकका पानाहरू क्रमशः पल्टिँदै गए । जब पुस्तकको अन्तिम पानाको अन्तिम वाक्य पढिभ्याएँ, लाग्यो– तीन दिन बफ मःम नखाएर बेसै गरेछु । अर्थशास्त्रको कुरा गर्दा उपभोक्ता अधिशेष तब प्राप्त हुन्छ जब कुनै वस्तु खरिद गर्दा तिरेको मूल्यको तुलनामा उक्त वस्तुको उपभोग गर्दा पाएको सन्तुष्टि अधिक हुन जान्छ । ‘भूमिका’ पुस्तकबाट उपभोक्ता अधिशेष प्रचुर मात्रामा प्राप्त गर्न सकिन्छ । किनभने यस पुस्तकले उठाएको विषय नेपाली साहित्यमा नितान्त नवीन छ र तेस्रो लिङ्गी स्वयंले अनुभव गरेका तथा भोगेका कुराहरू पुस्तकमा आएका छन् । हाम्रो समाजलाई अझै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू कस्ता व्यक्तिलाई भनिन्छ र यस वर्गमा पर्ने मानिसहरू कति प्रकारका हुन्छन् भन्नेसम्म पनि राम्ररी जानकारी भएको पाइँदैन । म आफैँलाई पनि पुरूष र महिलाबाहेक अन्य मानिसहरूको सूचीमा कस्ता व्यक्तिहरू पर्छन् भन्ने विषयको ज्ञान थिएन । सानो छँदा ‘छक्का’ र ‘हिजडा’ भन्ने शब्द समाजले नै लेखिदियो मस्तिष्कमा । लाग्थ्यो– पुरूष र महिला दुवैको लिङ्ग भएका मानिसहरू यस्तो सूचीमा पर्छन् । उनीहरूको अनुहार अलिअलि पुरूष र अलिअलि महिलाजस्तो हुन्छ । अनि कहिलेकाहीँ आफैँलाई प्रश्न गर्थें– योनि र लिङ्ग दुवै भएका मानिसले विवाह पुरूषसँग गर्दा हुन् वा महिलासँग ? अति नै कल्पनाशील भएर सोच्दा लाग्थ्यो– यस्ता मानिसहरूसँग अरूले विवाह गर्न नमान्ने भएकाले यिनीहरूको लिङ्ग अन्य पुरूषहरूको तुलनामा अलि लामो हुन्छ र लामै भएकाले आफ्नै योनिमा आफ्नै लिङ्ग पसाएर यिनीहरूले यौन सुख प्राप्त गर्छन् । यसो गर्दा बच्चा गर्भमा बस्छ कि बस्दैन होला ? यदि बसेर बच्चाको जन्म भए पुरूष जन्मिन्छ कि महिला ? के पुरूष र महिलाको त्यो ठिमाहा छातीबाट दूध निस्किन्छ होला त ? यस्ता अनेकन आँकलन गथ्र्यो मस्तिष्कले, तेस्रो लिङ्गीका विषयमा । यस्ता कुराहरू सम्झँदा आफूभित्रको अज्ञानताप्रति निकै अफसोस महसुस हुन्छ । बाह्र कक्षासम्म आइपुग्दा पनि विद्यालय तथा समाजले नपढाएको विषय भूमिका श्रेष्ठद्वारा लिखित पुस्तक ‘भूमिका’ले मज्जाले पढाइदियो र अनुभूतिसमेत गराइदियो । मभित्र रहेका सबै कौतूहलताहरू मेटाइदियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा लेस्बियन, गे, बायोसेक्सुअल, थर्ड जेन्डर र इन्टरसेक्स गरी पाँच प्रकृतिका मानिसहरू पर्छन् र यिनीहरूको विशेषता एकअर्काबाट पृथक् रहेको कुरा पनि पुस्तकले छर्लङ्ग बनाउँछ । यस आत्मकथाको सुरूवात महाभारतको प्रसङ्गबाट भएको छ । राजकुमारी अम्बालाई शाल्व नरेशले अपनाउन अस्वीकार गरेपछि उनी वनमा गई महादेवको तपस्यामा लीन हुन्छिन् । र, महादेवकै वरदानअनुसार उनी राजा द्रुपदकी छोरी शिखण्डीको रूपमा पुनर्जन्म लिन्छिन् । तर छोरीका रूपमा जन्मिए पनि उनले महादेवबाट छोराको नाम र बहादुरीले प्रसिद्धि पाउने वरदान पाएकी हुन्छिन् । र, यिनै शिखण्डीले पछि आफ्नो स्त्रीत्व कुवेरका सहयोगी स्थुणाकर्णको पुरूषत्वसँग साटेको कुरा यस पुस्तकमा व्याख्या गरिएको छ । त्यतिमात्र नभएर धार्मिक कथाहरूका बृहन्नलारूपी अर्जुन, अर्धनारीश्वर तथा मोहिनीजस्ता पात्रहरूमार्फत् त्यसबेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महत्व देखाएर वर्तमानमा आफ्ना समुदायका मानिसहरूको अस्तित्व खोज्ने भरमग्दुर प्रयास गरेको छ यस पुस्तकले । तेस्रो लिङ्गी महिला, यस पुस्तककी लेखिका स्वयं कैलाशबाट भूमिकामा परिणत भएको र परिणत हुने क्रममा झेल्नुपरेका दुःख–कष्टहरूलाई बडो सुन्दर ढङ्गले पुस्तकमा उतारिएको छ । पुरूष लिङ्ग लिएर जन्मिएको कैलाशलाई दस–एघार वर्षको उमेरमा आफूभित्र स्त्रीसुलभ गुणहरू भएको ज्ञात हुन्छ । र उनी स्त्रीका पहिरन तथा श्रृङ्गार लगाई आफूलाई स्त्री देखाउने सक्दो प्रयास गर्छिन् । तर समाज र परिवारले उनलाई लिङ्गकै आधारमा व्यवहार गर्न बाध्य तुल्याउँछ । तिरस्कार र अवहेलनाले प्रताडित उनको स्त्रीमन यतिसम्म कुँडिन्छ कि उनी आत्महत्याको दुष्प्रयाससमेत गर्न पुग्छिन् । स्त्रीमन तर पुरूष शरीर भएकी उनलाई आफ्नो ब्रतबन्ध भएको सम्झिँदा आज पनि उत्तिकै पीडाबोध भएको महसुस हुन्छ । पछि नीलहिरा समाजमा आबद्ध भई आफूजस्ता अनेकन मानिसहरू देखेपछि उनीभित्र बाँचेर केही गर्छु भन्ने आत्मविश्वास पलाउँछ । र, उनी त्यसपछि जनचेतनामूलक विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुग्छिन् । त्यही संस्थामा सामान्य जागिर पाएकी उनले पछि वचत गरेको रूपैयाँबाट स्त्रीपना अभिवृद्धि गर्ने हार्मोनहरूको सेवन गर्न थालेको, स्तनको अकार ठूलो नभएपछि थाइल्यान्ड गएर स्तन ट्रान्सप्लान्ट गरेको, टस्टिस निकालेर फालेको र पछि रूपैयाँको जोहो गर्न सके लिङ्ग फ्याँकेर योनि ट्रान्सप्लान्ट गर्ने उद्देश्य भएको कुरा पनि पुस्तकमा कारूणिक लयमा प्रस्तुत गरेकी छिन् । ‘आफूलाई परिवर्तन गर्ने हो भने तिमी जुन रूपमा समाजमा चिनिन चाहन्छौ, त्यसैमा पूरै बदल आफूलाई ।’, पुस्तकभित्र उल्लेख गरिएको यस वाक्य अनुरूप नै उनले आफूलाई महिलाको रूपमा चिनाउन चाहेको कुरा बताएर आफ्नो चाहना पूरा गर्न दिन रात लागि परेको कुरा व्यक्त गरेकी छिन् । सामाजिक अभियन्ता भूमिकाले मिस पिङ्क टाइटल २००७ पनि प्राप्त गरिसकेकी छिन् । बारम्बार अपशब्दहरूको तिखो प्रहारबाट आहत भएकी लेखिकाले यस पुस्तकमार्फत् आफ्ना समुदायका मानिसहरूले पहिचान खुलाएर बाँच्न पाउनुपर्छ, र अन्य नागरिकसरह नै राज्यद्वारा दिइने सम्पूर्ण सेवा सुविधाहरू पाउनुपर्छ र राज्यसत्तामा पनि आफ्ना समुदायका व्यक्तिहरूलाई ठाउँ दिनुपर्छ भनेर चर्को आवाज उठाएकी छिन् । यस काममा सरकार र समाज दुवैका तर्फबाट सहयोगी भूमिका निर्वाह गरिन आवश्यक रहेको कुरा पनि उल्लेख गरेकी छिन् । पुरूष र महिला भएर बाँच्नसमेत कठिन हाम्रो समाजमा भूमिकाजस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू कसरी जीवन निर्वाह गरिरहेका छन् ? निकै चासो र चिन्ताको विषय हो । यसतर्फ सम्पूर्ण नेपालीहरूको ध्यान तानिन निकै आवश्यक छ । आफ्ना समुदायका मानिसहरूका पीडा र कुण्ठाहरूको प्रतिनिधित्व गर्दै प्रगतिशील सोचलाई अघि सारिएको यस पुस्तकले पाठकहरूको मन पक्का जित्नेछ । पुस्तकमा त्रुटि तथा कमजोरीहरू नभएका भने होइनन् । थुप्रै छन् । तर भूमिकाजस्ती उदाहरणीय मानिसको आत्मकथा नेपाली पुस्तक बजारमा आउनु नै हाम्रो समाजको वृहत् उपलब्धि भएको ठान्दछु, र यस्ती मानिसलाई हामीले प्रोत्साहन गर्नुपर्छ । मलाई लाग्छ, यस्तो स्वादको पुस्तक नेपाली बजारमा पहिलोपटक आएको हुनुपर्छ । साहसिली र हिम्मतवाली भूमिकालाई पुस्तकको सफलताको शुभकामना । यो पुस्तकलाई घोस्टराइटिङ नेपालले बजारमा ल्याएको हो । पुस्तक यति धेरै बिक्री होस् कि यसबाट पाउने रोयल्टीले उनको लिङ्ग परिवर्तन गरी महिला भएर बाँच्न चाहने आशा पूर्ण गरिदियोस् । #आत्मकथा #प्रदिप बस्नेत #भूमिका श्रेष्ठ #लैङ्गिक अल्पसङ्ख्यक मायालुको साहित्यिक जजमानी: बचपनको कुरा: गाउँमा त्यही एउटा सामुदायिक विद्यालय थियो । काकाको छोरा र म छ वर्षको उमेर भएपछि कक्षा शिशुमा भर्ना भयौँ । त्यो समयमा घरमा नयाँ पाहुना आउँदा पनि ढोकाको चेपबाट लुकेर हेथ्र्यौ, डराउँदै । कक्षामा थुप्रै साथीहरू थिए । त्यसमध्ये हामी दाजुभाइलाई हर्केसँगै सिटमा राखिदिनुभएको थियो । विद्यालय भर्ना भएको केही हप्तापछि हर्केले डटपेन चो¥यो र उल्टै शिक्षक नभएको मौकामा पेन्सिलले घोचेर कक्षाबाहिर निकालिदियो । त्यही बेला एकजना शिक्षकले बाहिर निस्किएको निहुँमा झपार्दै टाउकोमा उनको साहिली र माइली औँला उत्तानो पारेर टकसिङ बजाउनुभयो । घरमा आपा–आमाले कहिले पनि पिट्नुभएको थिएन, बिनाकारण । हामी खूब रोयौँ । त्यो दिनदेखि त्यो विद्यालय जान दिनुभएन घरबाट । आपाले हामीलाई गाउँमा बोर्डिङ स्कूलको शाखा खोलेर पढ्ने व्यवस्था मिलाइदिनुभयो । बाँसले पातलो पारेर बारेको, टिन च्यापेको, दुईवटा कक्षासहितको थियो त्यो विद्यालय । हामी दुई घण्टा उकालो हिँडेर धाउँथ्यौँ । विद्यालयमा प्रयोग हुने ब्ल्याक बोर्ड, डेस्कबेन्चसमेत घरमै बनाएर लगिदिनुभएको थियो । त्यो समयको थोरै तलबले गर्दा नयाँ नयाँ शिक्षकरू फेरिरहनुहुन्थ्यो । गाउँमा थुप्रै शाखा खोलिँदै विद्यालय सरिरह्यो । हामी पनि सरिह्यौँ । ढिलो उमेरमा कक्षा पढ्न सुरु गरेको हुनाले कतिवटा कक्षा नपढी बुर्कुसी मारेका थियौँ । हामी पढ्ने भन्दै कविता ठुलो–ठुलो स्वरमा पढ्थ्यौँ । मैले एउटा सानो बाक्लो गाता भएको कपिमा मनपर्ने कविताहरु लेखेर राखेको थिएँ । प्रायः कितावका कविताहरु कन्ठस्थ हुन्थे । त्यतिबेला नेपाली किताव मेरो रोज्जा कितावमध्येमा पथ्र्याे । दाजुको नेपाली किताव पहिल्यै पढिसकेको हुन्थेँ । ऋजन मायालु आपा र आमाका कुरा : आपा घरमा दुई हप्तासम्म आउनुहुन्नथ्यो । जंगलमा चामल, तरकारी लगेर पाल लगाएर बस्नुहुन्थ्यो । विहानदेखि बेलुकीसम्म आरा तान्नुहुन्थ्यो । काठ चिर्नुहुन्थ्यो । वहाँका हात कक्रक्क परेका थिए । वहाँका हत्केलामा चिमोट्दा वहाँलाई दुख्दैन थियो । त्यही भएर वहाँका हात खुव मन पथ्र्याे । कमसेकम त्यही ठेलाले वहाँका हात दुख्दैन थियो । त्यसै ठेलाको आदेशले हाम्रो पेटको व्रत भंग हुन्थ्यो । घरमा भएको बेला दराज, टेवल, खाट आदि फर्निचरका सामान बनाएर बेच्नुहुन्थ्यो । कहिले नाम्लो बाट्नुहुन्थ्यो, डोको घुम, डालो बुन्नुहुन्थ्यो । कहिले खुकुरी, कर्दा आदि फलामको काम गर्नुहुन्थ्यो । सिमेन्ट र ढुङ्गाको काम गर्नुहुन्थ्यो । यतिसम्म कि हामीले विद्यालय जाँदा लगाउने कपडा पनि वहाँ आफैँले सिलाइदिनुहुन्थ्यो । गाउँले जीवनमा गर्नुपर्ने काममध्ये उहाँले नजानेको काम केही थिएन । आमा कहिल्यै विद्यालयको पाइला नटेकेको मान्छे । उहाँ पुल्ठो बाल्दै प्रौढ शिक्षा पढेकै भरमा गज्जबले लेख्नुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो । उहाँले लिनुभएको महिला विकाश र रेशम खेतीको तालिममा लेखेर बाँकी रहेको कापीका पानाहरूमा गीत लेख्नुहुन्थ्यो । विशेष माहोल भएको समयमा आमा, आपा, दिवा, दिमा, देमाहरू मिलेर खुब मज्जाले स्वरमा स्वर मिलाएर दोहोरीजस्तो लैबरी गाउनुहुन्थ्यो । अहिले बुझ्दा प्रेमको दोहोरी चल्थ्यो । बेलाबेला खूब मज्जाले हाँस्नुहुन्थ्यो । हामी चाख मानेर सुन्थ्यौँ । त्यसको प्रभावले मलाई गीतले खूब तान्यो । अझै दुईवटा कापीहरू छन् । त्योबेला मनपर्ने गीतहरू लेखेर राखेको । अक्षर चिनाउन आपाले रत्नमाला, वर्णमालाका किताबहरू देखाउनुहुन्थ्यो । पढाउँदा निदाए खोयाले हान्नुहुन्थ्यो । हामी डराउँदै भित्रभित्रै हाँस्थ्यौँ । अक्षर चिन्ने भइसकेका हामी, आपाले दार्जिलिङ बस्दा ल्याउनुभएको किताबको कथा हामीलाई सुनाउनुहुन्थ्यो । कथा सुन्नेबित्तिकै म उक्त किताव खोज्न उहाँले मिलाएर राख्नुभएको किताबहरू छरपस्ट पारिदिन्थेँ । सेतो रुमाल भन्ने कथा सुनेर चार कक्षामा पढ्दा नै मैले त्यस कथाको पुर्नलेखन गरेको अझै याद छ । जजमानी: पढ्ने सिलसिलामा झापा झरेपछि “मुना” मासिक पत्रिका रोजाइमा प¥यो । फेला परेका दिन नै पढेर सक्थेँ । कमिक्स र अन्य बालकथाहरू खूब पढियो । पछि प्रकास कोविदका उपन्यास हात परेपछि लेखनलाई निरन्तरता दिन्छु र साहित्यकै जजमानी गर्छु भन्ने जमर्काे कसेँ । उनले प्रेमका पात्रहरू मात्र लेख्थे । उनले लेखेका सबै उपन्यासहरू मैले पढेर सकेँ । “अर्काे जन्म” त झन दश–पन्ध्रचोटि दोहो¥याएँ । आफूले किनेर पढ्ने क्षमता थिएन । पुस्तकालयको राम्रो व्यवस्था थिएन । साथीकोमा भएका र फेला परेजति सबै पढियो । पढाउने सामथ्र्य बोझ बन्न थालेपछि दाजु इलाम नै फर्किएर सामुदायिक विद्यालयमा भर्ना हुनुभयो । आमाले मङ्गलसूत्र बन्धकी राखेर थप एक वर्ष पढाउनुभयो मलाई । त्यो एक वर्ष बिताएपछि मैले पनि झापा छाडेँ । कोविदको जस्तो प्रेम: त्यसपछि पुरानै समय फर्कियो । दुई घण्टाको समय डेढ घण्टामा नै काट्न थालियो । दाजुहरू खूब पत्रमित्रता गर्नुहुन्थ्यो, विद्यालयको ठेगाना साटासाट गरेर । हुलाकी प्रत्येक हप्ता झोलाभरि चिठीपत्रहरू बोकेर आउँथे । दाइले लेख्ने चिठीहरूमा रुवाई, मुक्तक, कविताहरु भरेर सुन्दर अक्षरले लेखेर पठाउनुहुन्थ्यो । खासै चिठी नलेखे पनि नयाँ वर्षमा पोष्टकार्डचाहिँ खूब बाँडिहिँडेँ मैले पनि । पछाडि राम्रा राम्रा मुक्तक, रुवाई (अरूको चोरेरै भए पनि) मज्जाले लेखेर पठाउने गर्थेँ, आफ्नो मनले आफ्ना सम्झिनेहरूलाई । त्यो समयमा हवाई मासिक, त्रैमासिक र वार्षिक पत्रिकाको चलन नै चलेको थियो । हाम्रो घरमा पनि टाढा–टाढाबाट पत्रिका आइपुग्थ्यो । कोविदका उपन्यासमा जस्तै प्रेम खोज्ने उत्ताउलो उमेरको फड्को सुरु भएछ । प्रेममा परेँ । प्रेमका कविता, मुक्तक, गजल, गीत, कथा सवै लेख्न थालेँ । थुप्रै डायरी भरियो । दुईवटा उपन्यासको खाका सकियो । कतिवटा रात अनिँदो बिताएँ । पेवा अदुवा बेचेर मोबाइल किनेँ । मन ढुकढुक पार्दै फोन हानेँ । हातमा मोबाइल बोकेर म्यासेजको रिप्लाई कुरेर समय बिताएँ । प्रेमबाहेक उब्रिएको समयमा देशको अवस्थालाई हेरेर राष्ट्र सञ्चालकप्रति आक्राश पोखेँ । पछि प्रेमको धागो मात्र हातमा रह्यो । चङ्गा छुटेपछि विछोडको कविता लेखेँ । लेखे जति सबै बिछोडको । झोँकमा परेछन् दुईवटा डायरी । बच्चाले रिसमा खेलौना तोडेजस्तो जलाइदिएँ । आज के के लेखेको थिएँ खूब हुटहुटीले पोल्छ । हेर्न पाए हुन्थ्यो । अर्काे अध्याय: बिस्तारै अध्याय फेरियो । कोविदको प्रेम फिक्का लाग्न थाल्यो । पारिजात, विपि परका लाग्ने मलाई बिस्तारै प्रगतिवाद, समाजवाद, नारीवाद, विसङ्गती इत्यादिका अर्थहरूको खेल बुझ्न थालेपछि मज्जा आउन थाल्यो । कोविद चटक्क छाडे पनि तिनको जस्तो सरल भाषा छाड्न सकिनँ । प्रेमलाई मात्र कविता मान्ने, लेख्ने म विष्णुविभु, अशेष मल्ल, मनु मन्जिल पढ्न थालेपछि मानवीय चिन्तन, विद्रोह र मुक्तिको खोजी पनि हो कविता भनेर बुझ्न थालेँ । बुद्धिसागर, सरुभक्त, कृष्ण धरावासी साथै अग्रज र समकालीन पछ्याउन थालेँ । नेपाली साहित्यको विकाशमा पश्चिम साहित्यको ठूलो हात रहेको भए पनि तिनका कृतिहरू नेपालीमा नपाएको अवस्थामा दुःख गर्दै पढ्नुपर्ने बाध्यता थियो । शेक्सपियर, पाउलो कोहेलो, हेमिङ्वे, आदिको जीवनी पढेपछि पश्चिमी साहित्यको लत लाग्यो । पर्ल एस वर्गको “द गुड अर्थले” त हप्ता दिनसम्म रिँगटा छुटायो । चिनिया अमेरिकन लेखक गेलिंग यानको “द फ्लावर्स अफ वार” ले थला परेँ । प्रेममा होस् या युद्धमा, जो जति लडेर जिते पनि आखिर त्यो चोट मात्र हो भन्ने थाहा पाउँदा पाउँदै पनि माहोल र परिवेशले घाँटी ङ्याँकेपछि जिन्दगी खुल्ला मैदान बन्दो रहेछ, चोटसहितको । युद्धप्रति आकर्षित अमेरिकी अर्नेष्ट हेमिङवेको चर्चित उपन्यास “बूढो मान्छे र समुन्द्र”, जुन उपन्यासले मानवले जीवनभरि गर्नुपर्ने सङ्घर्षको चित्रण यसमा भन्दा राम्रो विरलै पाइएला । यसै उपन्यासलाई कल्पना गरेर “बूढो मान्छे र उसको नाउ” भन्ने कविता लेखेको थिएँ । अकालमा आपा आमाले गरेको दुःखसँगै बसेर महसुस गर्न पाएँ । त्यसैले होला आफूले गरेका सानातिना सङ्घर्षलाई दुःख भन्न मन लाग्दैन । श्रीमती पाएपछि, श्रीमतीको दरिलो भूमिकामा खरो उत्रिन पार्टनर आइपुगेपछि काठमाण्डौँको सङ्घर्षको दिनमा नै पहिलो कविता कृति “चुचुरो अनि स्वास्नीमान्छेहरू” जन्मियो । जुन मैले अँचिला काटेको रहेछु । पूरै प्रेमको खाटो बसेपछि जन्मिए पनि विमोचनको समयमा प्रमुख अथिति सम्माननीय व्याकुल माइलाले कविता सङ्ग्रहमा जवानीमा फुल्ने प्रेमका कविता अटाएनछन् भन्दा म झल्याँस्स भएँ । प्रेम बहुत सुन्दर लाग्छ, तर प्रेमपछिको झर्काे समयमा जन्मिएछ सायद । जोसँग पनि घुलमिल हुन समय लागे पनि पछि घनिष्ट हुने म, अंशियारीमा एघार कविका एकसय दश कविताको कृति “उज्यालोका मालीहरू”सँगै विमोचन भयो घनिष्ट सम्बन्ध । अंश बाँडफाँड गर्ने जिम्मा बाबा र मातेसँग मात्र छ । गुनासो: कोहीबेला त्यो मैले पढ्न सुरु गर्दा पहिलो पाइला टेकेको विद्यालय पुग्छु, र पहिले घटेका प्रत्येक घटना फनफनी आँखामा घुम्छ । कहिले हर्के सम्झिन्छु, कहिले ती शिक्षक सम्झिन्छु । शिक्षकप्रति खुब आदर पलाउँछ । सायद म त्यो विद्यालय पढेको भए बाल्यकालका साथीसंगी अरू नै हुन्थे । मलाई साहित्यको अमल लाग्थ्यो कि लाग्थेन होला ?? म यति बेला कता हुन्थे होला ?? आपा र मसँगै हिँड्दा नचिनेको कोही कोही मान्छेले दाजुभाइ भन्छन् । आजभोलि आपाको हातमा ठेला उठ्न छोडेको छ । कतिचोटि कविताहरू हिँड्दाहिँड्दै मस्तिष्कमा टाँगिन आइपुग्छन् । म हतार हतार रेकर्ड गर्छु । कतिचोटि बिम्ब बिर्सिएर अर्कै कविता बनेको छ । यतिबेला म जल्लाद भएको महसुस गर्छु । यस्तोसम्म भएको छु कि सोच्दासोच्दै कार्यालयबाट हिँडेपछि काहिलेकाहीँ घर आइपुगेपछि मात्र झस्किन्छु । बचपनमा नाम्लो बोकेर घाँस काट्न जाँदा घाँसै नकाटी कविता लेख्न घर आइपुगेको सम्झन्छु । बचपनमा त्यतैतिर धेरै रुमलिएर डुलेर होला लेखनको तत्व खोज्न चिहान, जङ्गल भौतारिन खासै रुचि लाग्दैन । बरु दिनभरि गर्मीमा खोलामा नुहाउनु, आँखा चिम्लिएर आफँैलाई माया गरिरहनु, लामो श्वास तानेर विश्राम गर्नु, नयाँ ठाउँ घुम्न जानु, सङ्गीत सुन्नु, खुल्ला आकाशमा बसेर लेख्न बस्नु, बहुत मनपर्छ । नोस्टाल्जिया हुँदै वालापनमा मैले गर्न नपाएका, भन्न मन लागेर भन्न नपाएका, खान मन लागेर खान नपाएका सवै कुरा तन्नेरी उमेरमै गर्न मन लाग्छ । प्रविधिको पहुँचबाट थाहा पाएर वा सुनेकै भरमा साहित्यिक कार्यक्रममा सहभागी हुँदा मञ्चबाट नाम उच्चारण हुँदा आनन्द मान्ने म, एउटा कविता वाचन गर्नुपर्ने ठाउँमा छोटो छ भन्दै दुई तीनवटा सुनाएर आएको घटना वेग्लै छ । घटना बेग्लै छ, एक रात रातभरि जङ्गलमै हिउँको चीसोमा बसेको । मलाई एक जना गुरुले भन्नुभएको कुरा अझै याद छ, लेख्ने भन्दैमा लेखक नाङ्गिनु हुँदैन । नाङ्गिए पनि कट्टुचाहिँ लगाउनुपर्छ । त्यतिसम्म चाहिँ कुनै दिन नाङ्गिने मन छ । झापाछेउमा बसेर झापा र इलामले नै नचिनेको म फगत एउटा उदाहरण हँु । एउटा पात्र हुँ शब्दको अखडामा होमिन्न खोज्ने, अक्षरजीवी हुन खोज्नेमध्येको । मजस्ता धेरै छन् साहित्यलाई साहित्यको आँखाले छेकबार गर्ने । मोफसलमा रहेर राजधानीलाई औँला ताकिरहेको छु । साहित्य जगतमा राजधानीमा राजाजस्ता धनी बस्नेले मोफसलको म फसल उमार्नेलाई एउटै नामले चिन्दो हो, तर छिचिमिराजस्तो थपक्क उडेर, पखेटा चुडाएर फेरि हराउनु पनि भएन । देवलमा बरू च्याउ नै उमार्छु । सङ्घर्षका नाममा लेख्ने काम जारी राखेको छु, लेखिरहने छु । #उज्यालोका मालीहरू #ऋजन मायालु #चुचुरो अनि स्वास्नीमान्छेहरू पाँच सय वर्ष पुरानो इतिहासको साक्षी: अचानकसँग गएको यो चित्रकला इन्टरनेटमा पुलुक्क देखियो। सन् १५२० जुन ७ अर्थात् आजकै दिन (गएको साता) को घटनालाई इंगित गरी बनाइएको यो घटना भन्नाले बेलायती राजा हेनरी अष्ठम र फ्रान्सेली राजा फ्रान्सिस प्रथमको भेटघाटको अवसर हो। जसलाई क्याम्प अफ द गोल्डेन ब्रोकेडका रूपमा चिनिन्छ, जुन हालको फ्रान्सेली भूभाग कलाइसमा पर्छ। कलाइसको यो क्षेत्र पहिला बेलायती अधिनस्थ भूभागमा पर्थ्यो। बेलायतीहरू फ्रान्ससँग बेलाबेलामा झिकिकटक गरिरहन्थे र सोही अवसरमा त्यो बेला यो भूभाग बेलायती भागमा परेको थियो। बारम्बारको युद्धलाई किनारा लगाउन राजा फान्सिस प्रथम र हेनरी आठौँले जुन ७ देखि २४ सम्म (१७ दिन) यही ठाउँमा क्पाम्प गाडेर बसे ताकि झगडालाई किनारीकृत गर्न सकियोस्। त्यो बेला मुस्लिम सल्तनत (अटोमन अम्पायर) को बिगुल युरोपको मुटुमै पुगिसकेको थियो। हालको टर्कीबाट शुरू भएको उनीहरूको साम्राज्य उत्तरी अफ्रिका हुँदै दक्षिणी युरोप कतिपय भूभागमा पनि तिनले कब्जा जमाइरहेका थिए। यो भेला चाहिँ अटोमन शक्तिलाई रोक्न, आपसी वैरभाव अन्त्य गरी क्रिश्चियन साम्राज्यमाथि आइपरेको संकट समाधानका लागि गरिएको थियो। तर यो भेला चाहिँ फ्रान्सेली महान् कि बेलायती भनी ‘देखाउन’ गरिएको म्याराथनजस्तो प्रतीत हुन्थ्यो त्यो बेला। त्यो बेला फ्रान्सिस र हेनरी दुवै उही उमेरका, उस्तै प्रख्याति बटुलेका राजा भएकाले यी दुईमध्ये को महान् भन्ने जान्ने चासो सबैलाई थियो। दुवैलाई बराबरी देखाउन त्यो बेलाका मन्त्रीहरूलाई निकै गाह्रो भएको थियो। कोही कुनै भन्दा कम छैनन् र बढी पनि छैनन् भन्ने पार्नु निकै कठिन पनि थियो। फ्रान्सिस र हेनरीलाई बसालिएको ठाउँ पनि यति गणना गरी राखिएको थियो कि दुवैको ठाउँले एकअर्कालाई हेर्दा न होचो, न अग्लो, न धेरै ठाउँ न त साँघुरो, ठिक्क मिलाएजस्तो बनाइएको थियो। भनिन्छ, यी सबै कुरा त्यो बेलाका कार्डिनल वाल्सीले गरेका थिए। यहाँ रहुञ्जेलसम्मका लागि दुवै ठाउँमा उत्तिकै र उस्तै खेल, प्रतियोगिता, टेन्ट, गलैँचा, महोत्सव, संगीत लगायतको व्यवस्था गरिएको थियो। राजा हेनरीका लागि अस्थायी दरबार बनाइएको थियो, जसमा १० मिटर अग्लो पर्खालसमेत थियो। पर्खालमा चित्रकलाका अनेकन् उम्दा नमुना पेश गरिएको थियो। छानो फेब्रिकबाट बनाइएको थियो र त्यो पनि रंग्याइएको थियो। ‘दरबार’का वरिपरि २ हजार ८ सय टेन्ट खडा थिए ताकि दर्शन भेटका लागि निम्त्याइएकाहरूका लागि सबै किसिमको व्यवस्था मिलाउन सकियोस्। यहाँ १५ दिने भ्रमणमा दुवै देशका राजाले विविध प्रतियोगितामा भागसमेत लिए। धनुकाँणदेखि कुस्तीसम्म तिनले हेरे तर कहिल्यै पनि फ्रान्सिस र हेनरी साथी हुन सकेन। एकले अर्कोलाई को धनी र सक्षम भन्ने देखाउने होड थियो त्यहाँ। हेनरीलाई बढी त्यो देखाउनु पर्थ्यो। तथापि यो बैठकले त्यो बेलाको युरोपमा ठूलो प्रभाव पार्यो। त्यसो त यो भेटको दुई वर्षसम्म पनि आङ्ल-फ्रान्सेली युद्ध जारी रह्यो तर यो भेलाकै कारण दुई देशबीचको शान्ति सम्झौता गर्ने प्रस्थान बिन्दुसमेत भयो। बेलायती र फ्रान्सेली झगडा रोकिनुको अर्को कारण के पनि थियो भने एकअर्कालाई होचो देखाउनका लागि रचिएका अनेकन् तिकडम, आडम्बर प्रदर्शनका कारण फ्रान्स र बेलायत आर्थिक मन्दीमा परे। जसका कारण जारी युद्ध रोक्नु उनीहरूको बाध्यता पर्यो। यो चित्रले दुई शक्तिसम्पन्न देशका शासकको अहं प्रदर्शनको उच्च नमुना मात्र पेस गर्दैन, साथमा बेलायतले एक समय जितेको भूभाग दोहन गर्ने जग्गाका रूपमा परिचित कलाइस गुमाउनुको कारकका रूपमा समेत चिनिन्छ। हुन त त्यो फ्रान्सेली भूभाग थियो तर शक्तिले जितेको हुनाले त्यो भूभागप्रति बेलायतलाई कहिल्यै माया लागेन। स्थानीयप्रति कहिल्यै सहानुभूति प्रकट गरिएन। फेरि मुख्य भूमिभन्दा टाढाको क्षेत्र भएकाले जितिएको क्षेत्र भए पनि स्थानीयबासीलाई बेलायतको भरभन्दा फ्रान्सेलीकै भर बढी थियो। जग्गा बेलायतीले जिते तर त्यसलाई कहिल्यै आफ्नो भूभागका रूपमा माया गरेनन्। जसका कारण सम्झौता गर्नुपर्दा उनीहरूले त्यस भूभागलाई सहजै छाडिदिए। कहिलेकाहीँ देश भनेको भूभाग मात्रै हो कि त्यहाँका जनता पनि हुन् भन्ने कुरा उठ्छ। फाइदा मात्र लिने तर सुविधा नदिने शासक भए भने त्यस्ता शासकलाई जनताले पनि त्यागिदिन्छन् र शासकले पनि त्यस्तो ठाउँलाई झिँजोका रूपमा लिन्छन्। यो क्याम्प बसेको घटना पाँच सय वर्ष बितिसक्यो तर त्यसले बुझाउने सान्दर्भिकता भने सायदै बित्ला। #अदृश्य #इतिहास #चित्रकला कविताको कथाः भिखारी र उनको 'नागरिकता': नागरिकता कुनै अबोध बालकको आँखामा, मात्र एक कागज हुनसक्छ । कुनै नौजवानलाई परदेशको बाटो बन्न सक्छ । कुनै प्रौढलाई भत्ताको एक आशा हुनसक्छ । कुनै विदेशीलाई सत्तासँगको लेनदेन बन्न सक्छ । तर समग्रमा हेर्ने हो भने नागरिकता एक चिनारी हो । राज्यसँगको सोझो सम्पर्क नै नागरिकता हो । नेपालको सन्दर्भमा नागरिकताको विषय एक अन्तरहृदयको घाउ पनि रहेको छ । जुन घाउ पुरानो खत बनेर हृदयमा बिझाइरहन्छ । संसदमा होस् या सञ्जालमा, नागरिकताको विषय कहिले केजीमा उठ्छ, त कहिले नोटमा। संविधानमा लेखिएको मापदण्डबाहिर रहेर कयौँ नागरिकता बनेका छन्, जसको लेखाजोखा अत्यन्तै कम भएको छ । तर प्रश्न भने उठिरहन्छन्। एउटा नागरिकताले भोको पेटलाई पनि धावा बोल्न सक्छ भन्ने उदारहण कोरोना महामारीमा कीर्तिपुरमा गरिएको राहत वितरण कार्यक्रमबाट पनि पुष्टि भएको छ । नागरिकता नै नभएपछि अति विपन्न वर्गका समुदायले राहत नपाउँदा सामाजिक सञ्जालमा ठूलै होहल्ला भयो। एउटा नागरिकताले देशको इतिहासमा नै उथलपुथल गराउन सक्छ । राज्य व्यवस्थालाई नै प्रश्न गर्न सक्ने हैसियत राख्दछ । एउटा सचेत कविले त्यही विषयलाई कसरी प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण कवि बद्री भिखारीको ‘नागरिकता’ कविताबाट बुझ्न सकिन्छ । कविता ‘नागरिकता’ जब-जब देशमा नागरिकताको प्रश्न उठ्छ, तबतब उनको यस कविताले मानिसको हृदयलाई झङ्कृत पार्छ। वा, भनौँ जब कुनै पाठक काठमाडौँमा रहेको संसद् भवन अगाडि पुग्छ, उसले यस कवितालाई आफ्नो मस्तिष्कको पाना पल्टाएर पढ्न सुरु गर्छ । एकातिर एउटा रैथाने समुदाय छ, जसले पुस्तौँ संघर्ष गर्दा पनि नागरिकता पाएको छैन र देशभित्रै उपेक्षित व्यवहार भोगिरहेको छ। अर्कोतिर यस्तो समुदाय छ, जसले साम, दान, दण्ड, भेद प्रयोग गरी चाहेको समयमा चाहेजसरी थोकको भाउमा नागरिकता हासिल गर्न सक्छ। यिनै निराशा र तनावका बीच कवि बद्री भिखारीले रचेको ‘नागरिकता’ संविधानसभाबाट संविधान बनाउने क्रममा भएका विभिन्न आन्दोलनका समयमा निकै चर्चा बटुलेको कविता हो, यो। किन भिखारीको कविता यत्तिका चर्चित भयो ? लेखिनुको कारण के थियो ? यो कुरा खोतल्नुअघि उनको उही बहुचर्चित कविता ‘नागरिकता’ शीर्षकको कविता पढौँ: नागरिकता दिनुस् प्लिज ! मात्र, नागरिकता दिनुस् मेरो मान्छेको नागरिकता दिनुस् । के लिनुहुन्छ ? छानीछानी लिनुस् ग्वालियरको सर्ट पेन्टको कपडा बाटा कम्पनीका जुत्ता चप्पल चौधरी ब्रान्डको छाता इम्पोर्टेड लेदर ज्याकेट तपाईंको इच्छा जे छ, लिनुस् । मानिलिनुस् यो चाँदमलको गोदाम तपाईंकै हो मलाई थाहा छ, तपाईंको सगरमाथाले जाडो छेक्दैन लिनुस्, ओड्ने सिरक पनि लिनुस् ओछ्याउने सतरन्जा तन्ना जो छ लिनुस, अरू लानुस् तपाईं हिँड्न सक्नुहुन्न यो गाडी लानुस्, गाडी चलाउन सजिलो हुन्छ यो मोबिल, तेल लानुस् । तपाईं हिँड्नुहुन्छ जो पिच हामीले बनाएको हो तपाईंका नानी पढ्नुहुन्छ जो स्कुल हामीले बनाएको हो तपाईंको श्रीमतीलाई अस्पताल पुर्याउने एम्बुलेन्स हामीले दिएको हो तपाईंको भलो चाहने पुरानो दोस्त हुँ म प्लिज, मेरो मान्छेको नागरिकता दिनुस् । म तपाईंसँग और केही माग्दिनँ तपाईंको जमिन जो छ, तपाईं नै राख्नुस् तपाईंको घर जो छ तपाईं नै राख्नुस्, तपाईंलाई नै काम दिन्छ हिमाल राख्नुस् खोला नदी जो छ, तपाईं नै राख्नुस्। तपाईंसँग धन दौलत केही माग्दिनँ सिर्फ, मेरो मान्छेको नागरिकता दिनुस् तपाईं कुनै काम नगर्नुस्, तपाईंको लुगा हाम्रो मान्छेले सिलाउँछ! तपाईंको पाइखाना हाम्रो मान्छेले सफा गर्छ! तपाईंको दाह्री केश हाम्रो मान्छेले बनाउँछ! तपाईंको देश हाम्रो मान्छेले चलाउँछ, प्लिज ! मात्र मेरो मान्छेको नागरिकता दिनुस् । बस् ! तपाईंको सुरक्षाको लागि लाठी लानुस् बन्दुक लानुस्, तपाईं कुनै चिन्ता नलिनुस् मात्र आराम गर्नुस् तपाईंका खोला र नदीबाट हामी बिजुली निकालिदिन्छु तपाईं बिजुली ताप्नुस् र हावा खानुस् मामुली एउटा कागज न हो कागज हामी दिन्छु मसी हामी दिन्छु सिर्फ मेरो मान्छेको नागरिकता दिनुस्। बद्री भिखारीले यस कवितामा तराईको लवज मिसाएकाले नागरिकता कवितालाई अझ धेरै न्याय गरेको छ । खुल्ला सीमा भएकाले वर्षेनी यहाँ दक्षिणी छिमेकीले लिएको कानुनी रूपमा वा कानुन विपरीत नागरिकताहरू कौडीको भाउमा बिक्री भइरहेका छन् । कवि भिखारी बताउँछन्, “कवितामा लेखिएका सबै कुरा सत्य हुन् केहीलाई छाडेर ।” जिल्ला प्रशासन कार्यलयमा जागिर खाइरहेका कविलाई यस्तो दृश्यले हृदय भक्कानिन्थ्यो । देखेको दृश्यलाई उनले कवितामा उतारे र नागरिकता कविताको जन्म भयो । विसं २०६० सालमा बिराटनगर र सिरहामा बसेर लेखिएको यस कविताले जब जब देशमा नागरिकताको कुरा उठ्छ, यो कविता प्रतिनिधि बनेर संसद् भवन अगाडि उभिएर प्रश्न सोध्ने हैसियत राख्दछ । कविले जिल्ला प्रशासन कार्यलयमा जागिर खाँदा कुनै एक समुदाय (समुदायको नाम नखोल्ने शर्तमा ) जब उनीहरू कार्यलय आउँथे, त्यहाँ कर्मचारीले ठाउँ वा कुर्सी नै छाड्ने चलन जत्तिकै थियो । यो दृश्यले कविको हृदयलाई प्रश्न गथ्र्यो र उनी के गरौँ र कसो गरौँ भन्ने पीडामा नागरिकता कविता लेखे । बिराटनगर र सिरहामा बसेर पूरा गरेको यस कविता छापामा भने २०७४ सालमा अन्नपूर्ण पोष्टमार्फत आएको हो । यस कवितालाई कविले आफ्नो ‘समुद्र साउती’ कविता सङ्ग्रहमा पनि समावेश गरेका छन् । सरकारको नुन खाएर सरकारकै नीतिलाई व्यङ्ग गर्दा कविलाई आफ्नो कलमले साथ दिएको थियो । कविता लेखिसकेर पहिलोपल्ट कवि बद्री भिखारीले आफ्नै क्षेत्रका मिल्ने कवि साथी मनु मञ्जिल र देवान किराँतीलाई देखाएका थिए । कविता लेखेको समयमा नागरिकताको हाल प्रशासनले मात्र देखेको भएकाले अन्य कविले यस कवितालाई खासै वास्ता गरेनन् तर जब नागरिकता विधेयकको कुराहरू उठ्न थाले, उनको यस कविताले एकाएक चर्चा पायो । कवि भन्छन्, “मैले लेखेको यस कवितामा कल्पना छैन, जे देखेँ त्यसैलाई उतारेँ । यदि केही थपेको छु भने सामानका लिस्टहरू मात्र हुन् ।” कविलाई नागरिकताको प्रश्न उठ्दा खासै सरकारको दोष छ जस्तो पनि लाग्दैन उनलाई। यसरी नागरिकता बाँडिनुमा राजनीतिक दलको अदूरदृष्टि व्यक्तिको परिणाम हो जस्तो लाग्छ । किनकि बिराटनगर र सिरहामा जागिर खाँदा उनले राजनीतिज्ञले नागरिकताको लागि गरेको ठेलमठेल आफ्नै आँखाले देखेका छन् । नागरिकतालाई देशले गम्भीर रूपमा लिनुपर्छ भन्ने मान्यता बोकेका कविको आमाको लय कृति प्रकाशोन्मुख छ । #निरज दाहाल #बद्री भिखारी श्रीकान्त वर्माको कविताः जो: श्रीकांत वर्मा सन् १९६० को दशकमा अमेरिकामा नागरिक आन्दोलन उचाईमा थियो । त्यो बेला अमेरिकी अश्वेत नागरिक मार्टिन लुथर किङ जुनियरले सो आन्दोलनलाई उचाइमा पुर्याएका थिए । आन्दोलनले अमेरिकी लेखक कविलाई मात्र छोएको थिएन, नेपाल र भारतका कवि पनि उत्तिकै आन्दोलित भएका थिए । यही बेला भारतीय कवि श्रीकान्त वर्माले त्यहाँ बिना कारण कुटपिटमा परेका, कालो वर्ण भएकै कारणले पाउनुपर्ने सुविधाबाट वञ्चित भएका वर्गको स्मरणमा यो कविता लेखेका थिए। उनको यो कविता ‘श्रीकांत वर्माकी प्रतिनिधि कविताएँ’मा प्रकाशित छ। नेपालमा छुवाछुत र जातपातका कारणले हत्यासमेत भएको अवस्थामा यो कविताले अमेरिकामा भएको नागरिक आन्दोलनको सम्झना दिलाएको छ। यति मात्र होइन, कविले त्यो बेला मच्चिएको सात समुद्र पारिको आन्दोलन र पीडितहरूलाई कसरी सम्झेका थिए भनी स्मरणसमेत दिलाएको छ। – सं. न्युयोर्कको सब वेमा निग्रो कुटिइरहेको छ! उसले पिटाई खानु नै थियो, ऊ निग्रो जो थियो! मियामीको समुद्र किनारमा निग्रो कुटिइरहेको छ! उसले पिटाई खानु नै थियो, उसले लालचपूर्ण नजरले जेनलाई जो हेरेको थियो, गोरी मेम जेनलाई हेरेको थियो! लस भेगासमा निग्रो कुटिइरहेको छ! उसल कुटाइखानु नै थियो, उसले जुवामा जितेको जो थियो! क्यालिफोर्नियामा निग्रो पिटिइरहेको छ, उसले पिटाई खानु नै थियो, उसले उत्तर दिएको थियो, ‘म निग्रो हुँ।’ तल हिन्दीमा मूल कविताः ‘जो’ न्युयोर्क के सब-वे में निग्रो पिट रहा है! उसे पिटना ही था, वह निग्रो था! मियामी की रेत पर निग्रो पिट रहा है! उसे पिटना ही था, उसने ललचायी आँखों से देखा था जेन को, जो गोरी थी! लास वेगास में निग्रो पिट रहा है! उसे पिटना ही था, वह जुए में जीता था! कैलिफोर्निया में निग्रो पिट रहा है! उसे पिटना ही था उसने उत्तर दिया था, ‘मैं निग्रो हूँ।’ #श्रीकांत वर्मा मैले नचोरेको कलम !: जी वनमा कहिलेकाहीँ आफूले गर्दै नगरेको र बिराउँदै नबिराएको कामको सजाय पाइँदो रहेछ । नगरेको र नबिराएका त्यस्ता कामहरुको कतिपय सजायहरू समय क्रममा बिर्सँदै गए पनि केही घटनाहरूले भने जीवनभर पछ्याइरहन्छन् । अझ कहिलेकाहीँ यस्ता घटनाहरूको दुःखद् पक्ष भने त्यो घटनाका प्रत्यक्षदर्शीहरू आफूबाट टाढा हुन्छन् र आफूलाई अरूको अघि निर्दोष साबित गर्ने अवसर पनि पाइँदैन । मलाई बाल्यकालमा घटेको यस्तै एक घटनाले भने अझै पछ्याइरहन्छ । २०३३-३४ सालको कुरा हो । जागिरको सिलसिलामा मेरो बुबाको सुर्खेतमा सरुवा हुनुभयो । उहाँसँगै आमा, म, बहिनी र दुई भाइ सबैजना काठमाडौँबाट सुर्खेत गयौँ । कक्षा एकमा भर्खर पास भएकी म, वीरेन्द्रनगरस्थित एक प्राथमिक स्कूलमा सिट नभएको कारणले त्यहीँको जन व्यावसायिक मा. वि.मा एकैचोटी कक्षा चारमा भर्ना गरिएँ । निकै फरक थियो सुर्खेत मेरा लागि- मोटर नजाने, बिजुली बत्ती नभएको, २-४ वटा ठूला घरहरू बाहेक साना-साना घरहरू भएको । मेरो बुबाले कृषि विकासको लागि भारतको हरियाणाबाट थुप्रै विकासे गाई तथा काठमाडौँबाट विकासे कुखुराका चल्लाहरु लगेर त्यहाँ कृषकहरूलाई वितरण गर्नु भएको म अझै सम्झन्छु । काँक्रेविहार, बुलबुले ताल, देउती माईको मन्दिर आदि ठाउँमा गएको सम्झना अझै ताजै छन् मेरो दिमागमा । दुई वर्षे सुर्खेत बसाईपछि हामी फेरि काठमाडौँ फर्कियौँ र म डिल्लीबजारको पद्मकन्या स्कूलमा भर्ना भएँ । ६ कक्षा शुरु हुनेबित्तिकै बुबाले अङ्ग्रेजी र गणितका पुस्तकहरू ल्याइदिनुभएको थियो । मीनपचासको छुट्टीमै मैले करिब सबै किताब पढेर सकेँ । म अघिल्लो बेन्चमा नै बस्थेँ । मसँगै मेरा केही मिल्ने साथीहरू पनि बस्थे । हामीलाई विज्ञान पढाउने एकजना मिस हुनुहुन्थ्यो, अरू मिसहरूभन्दा अलि फरक र हेपाहा खालको । त्यही मिस एक दिन क्लासमा आएपछि मेरै छेउको डेस्कमा बसेर पढाउन थाल्नु भयो । मसँगै नजिकै बसेकी साथीको कलम मागेर लेख्नुभयो । त्यो क्लास सकियो र सबैजना घरतिर लागियो । भोलिपल्ट ती साथी जसको कलम मिसले लिनुभएको थियो, उनले मसँग कलम माग्दै भनिन्, “मिसले मेरो कलम हिजो तिमीलाई दिनु भएको थियो रे!” मैले सम्झिन खोजेँ तर दिएजस्तो लागेन । “हैन होला” भन्दै मैले सधैँ कलम राख्ने खण्डमा हेरेँ- त्यहाँ थिएन । मैले मिसले कलम आफूलाई नदिएको कुरा उनलाई बताएँ। उनी टाउको हल्लाएर अर्को तिर लागिन् । मलाई कलम दिएको र राखेको केही सम्झना थिएन । केही समयपछि मिस क्लासमा आउनु भयो । उहाँले कलम मलाई नै दिएको भनेपछि मैले आफ्नो ब्याग फेरि हेरेँ र मसँग त्यो कलम नभएको जानकारी गराएँ । त्यसपछि मिसले सबै जनाको ब्याग खोतल्न क्लासकी मनिटर साथीलाई अह्राउनुभयो । मिसले अह्राएपछि ती साथी उठेर मेरो छेउ आइन् र त्यो बेन्चमा बस्ने सबै भन्दा पहिलो साथीतर्फ लागिन् । तर एक्कासि उनको ब्याग नहेरेर मतर्फ आइन् र मेरो ब्यागभित्र हात हालिन् – म उनको यो व्यवहारले अचम्ममा पर्दै थिएँ, झन बढी आश्चर्यमा परेँ जब उनले मेरो झोलाबाट हात बाहिर निकालिन् । उनको हातमा त त्यही हराएको कलम देखियो । त्यो कलम कसरी त्यहाँ आयो, के भयो- म आफैँ रनभुल्लमा परेँ । मसँग त्यति बेला भर्खर बजारमा आएको चाइनिज कालो रङको दुई खण्ड भएको ब्याग थियो । माथिल्लो खण्डमा म सधैँ मेरा कलम, सिसाकलम आदि राख्ने गर्थें भने तल्लो खण्डमा किताब र कापीहरू राख्थें । एकैछिन अघि आफूले ब्यागभित्र हेर्दा नभएको कलम अहिले त्यो साथीले कसरी निकालिन् मैले अड्कल नै लाउन सकिनँ। सबै साथीहरूका आँखा मतर्फ भए । मेरा आँखा भने एक खालको लाज, आश्चर्य र अपमानले भुइँतिर । म कलम चोर भएँ । मिसले पनि “चोरले म चोर हुँ भन्छ र !” भनेर मलाई नै दोष लाउनुभयो । “मैले चोरेको हैन र मलाई थाहा छैन,” भनेर भन्न पनि सकिनँ । म त छाङ्गाबाट खसे झैँ भएकी थिएँ । दिमाग रन्थनियो । म मुनिको पृथ्वी भासिएर त्यहीँ बिलाउन पाए हुनेजस्तो भयो । आँखाबाट त्यसै बर्बर्ती आँसु झर्न थाले । क्लास सकियो । कसैको मुखमा नहेरी घर फर्कें । बाटो कसरी काटेँ, त्यो पनि थाहा छैन । साथमा बहिनी पनि थिई, उससँग बाटोभरि केही नबोलेर घर हिँडेको मात्र सम्झन्छु । घरमा कसैलाई केही भनिनँ। बुबा बाहिर जिल्लामै काम गर्नुहुन्थ्यो । बहिनी, दुई भाइ, आमा र म मात्रै काठमाडौँमा थियौँ । भाइ-बहिनी साना-साना थिए । आमालाई पनि केही भन्न मन लागेन । मेरो कुरा कसले पत्याउला भन्ने लाग्यो सुनाउन पनि । म भित्रभित्रै पिल्सिरहेकी थिएँ। आमालाई भनौं फेरि स्कूलको कुरा घरमा र घरको कुरा स्कूलमा नभन्नू भनेर सिकाइएको थियो । कसैलाई केही नभनेर आफैँ झन्-झन् त्यो अपमानको विष पिई रहेँ म । साँझ, मेरो अनुहार मलिन देखेर आमालाई के लागेछ कुन्नी नजिकै आएर “के भयो नानी तिमीलाई?” भनी सोध्नु भयो । पहिले त केही होइन भनी टार्न खोजेँ, तर पछि कर गरेपछि रुँदैरुँदै सबै कुरा भने । “अब म त्यो स्कूलमा पढ्दिनँ, मेरो कोही पनि साथीहरू हुन्नन,” भनेँ । “एक पल्टको चोर सधैँको चोर” भन्लान् भन्ने लाग्यो । आमाले मेरो मनोदशा कत्तिको बुझ्नुभयो कुन्नी तर तिमीले नगरेको कुरामा दोष पाइछ्यौ भन्दै मलाई मिहिनेत गरेर पढेपछि ती साथीहरू नै तिमीसँग साथी बन्न आउँछन् भनेर सान्त्वना दिनुभयो । “पढ्न जान्न भन्नु हुन्न र अहिले हामी स्कूल फेर्न पनि सक्दैनौं,” भनेर आमाले आफ्नो बाध्यता सुनाउनु भयो । “मरता क्या न करता ?” अरू उपाय पनि थिएन । जेठी छोरी, आमाको समस्या मैले नबुझेर पनि नहुने । भोलिपल्ट बिहानै आमा हाम्रो घर नजिकैको मीरा दिज्यू कहाँ जानुभयो र मैले भनेका सबै कुरा गर्नु भयो । उहाँ मैले पढ्ने स्कूलमै बिहानको क्लासलाई पढाउनु हुन्थ्यो । दिज्यूले त्यो कुरा स्कूलमा भनौँला भनेर मलाई सान्त्वना दिनुभयो र स्कूल जान छोड्न हुन्न भनी सुझाउनु पनि भयो । त्यसपछि वहाँले स्कूलमा त्यो कुरा गर्नु भयो वा भएन मलाई थाहा भएन र स्कूलमा पनि कसैले त्यो कुरा निकालेनन् । मैले त्यो वर्ष निकै नै मिहिनेत गरेर पढेँ र करिब दुई सय जनाको क्लासमा आठौं भए । अझ विज्ञान विषयमै सबैभन्दा धेरै नम्बर ल्याए । त्यो मार्कसिट मसँग अझै छ । [bs-quote quote=”त्यो बेलाका साथीहरू मेरो सम्पर्कमा पनि छैनन् । उनीहरूले त्यो घटनापछि के सोचे मेरो विषयमा त्यो पनि थाहा छैन । यदि कसैले चिन्ने भए अहिले के सोच्छन्, त्यो पनि मलाई थाहा छैन । घटना घटेको ४० वर्षभन्दा बढी भइसक्दा पनि त्यो घटनाले भने मलाई अझै दुःखित बनाउँछ ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] त्यो बेलाका साथीहरू मेरो सम्पर्कमा पनि छैनन् । उनीहरूले त्यो घटनापछि के सोचे मेरो विषयमा त्यो पनि थाहा छैन । यदि कसैले चिन्ने भए अहिले के सोच्छन्, त्यो पनि मलाई थाहा छैन । घटना घटेको ४० वर्षभन्दा बढी भइसक्दा पनि त्यो घटनाले भने मलाई अझै दुःखित बनाउँछ । हाल म बसेको ठाउँमा यदि कोही बच्चाले कुनै गल्ती नै गरेछ भने पनि, त्यो कुरा अरूको अघि गरिँदैन- हाम्रो जस्तो गरी कसैलाई चोर साबित गर्न त कल्पना पनि गर्न सकिदैन । बच्चालाई उसको साथी भाइको अगाडि दोषी देखाउँदा त्यसको दीर्घकालीन नकारात्मक असर नपरोस् भनी खुबै ध्यान पुर्याइन्छ । विश्व प्रसिद्ध अमेरिकन-जर्मन मनोवैज्ञानिक एरिक एरिक्सनका अनुसार मनो-सामाजिक विकास (ह्युमन साइको-सोसल डेभलपमेन्ट) का तेस्रो चरण ५ देखि १२ वर्षको उमेरमा बच्चाहरू सामाजिक मागअनुसारको सीप तथा क्षमताको विकास गर्न चाहन्छन् । नयाँ कुरा सिक्ने, सीप विकासका लागि प्रयास गर्ने, गल्ती गर्ने, झूट बोल्ने आदि त्यो उमेरका बच्चाहरूमा देखिने सामान्य स्वभावजन्य कुराहरू हुन् । बच्चामा देखिने यो स्वभावलाई अभिभावक तथा शिक्षकहरूले सही तरिकाले बुझेर तदनुरूप बच्चालाई प्रोत्साहन गरेमा उनीहरूमा सकारात्मक ऊर्जा प्रदान हुन्छ र बच्चाहरू उद्यशील, रचनात्मक हुन्छन् । यदि त्यो विकास सम्भव नभए वा कुनै व्यवधान आएमा त्यसको उल्टो, नकारात्मक असर पर्छ बालबालिकामा । बच्चामा हीन भावनाको विकास हुन्छ जसको असर लामो समय सम्म रहन्छ, जस्तो कि मलाई त्यो घटनाले अझैसम्म कुनै न कुनै रुपमा असर पारे जस्तो लाग्छ । त्यस घटनामा मैले आफैँले झोलामा राखेर बिर्सेको होस्, मिसले मलाई नभनेर मेरो झोलामा राखिदिएको होस् वा साथीले मलाई जानाजान चोर साबित गर्न आफ्नै हातको कलम मेरो झोलाबाट निकाले जस्तै गरेको होस् (जुन मलाई होइन जस्तो लाग्छ)- सबै सम्भावनाहरूमा मेरो बालापनको कुनै दोष देख्दिनँ म । सानोमा यसो गर्नुहुन्न, त्यसो गर्नुहुन्न भनेर अनेक बाधा बन्धनमा बस्नुपर्ने बाध्यता जस्तै हुन्छ विशेष गरी छोरीहरूलाई–म पनि त्यही परिवेशमा हुर्किएँ । स्कूल, कलेज, विवाह, जागिर र जीवनका अन्य विभिन्न मोडहरूमा यस्तै खालका सीमा र परिधिभित्र रहेर हामीहरू करिब सबै नै हुर्किएका, बढेका हौँ । घरमा अभिभावक, स्कूलमा शिक्षक, समाजमा अग्रजहरू र सहपाठीहरूको प्रभाव हरेकको जीवनमा पर्छ नै । केही समयअघि तीनैजना छोरीहरूसहित म र मेरो श्रीमान् घुम्न निस्किएका थियौँ । भोक लागेर एउटा फास्ट फुड रेष्टुरेन्टमा छिर्यौं । सबैले आ-आफ्नो खानाको अर्डर गर्यौ । अरू सबैको अर्डर गरेअनुसार नै आयो तर मेरो भने भिन्दै । भाषाको कारणले या अरू कुनै कारणले होला भन्ने ठानेर मैले जे थियो त्यही खान थालेँ । फेरि अर्डर लिने केटीलाई पनि अप्ठेरो पो पर्ने हो कि भनेर मैले छोरीहरु र श्रीमान् लाई केही पनि भनिनँ तर पछि मैले मगाएको सुपभन्दा फरक सुपको स्वादले मेरो मुख बिग्रिदा छोरीले थाहा पाइन् । मैले सबै कुरा बताउनै पर्ने भयो । त्यसपछि मेरी छोरीले मेनेजरसँग कुरा गरिन् र उनीहरूले गल्ती महसुस गरेर मेरो अर्डर बराबरको पैसा फिर्ता दिए । कहिलेकाहीँ बोल्दा, अगाडि सरेर कुरा गर्दा या अन्य कुनै ठाउँमा गल्ती हुने हो कि भनेर एक प्रकारको डर लागिरहन्छ मलाई अहिलेसम्म । चाहे त्यो रेष्टुरेन्टको घटना होस् वा विदेश बसाईको क्रममा भएका अरू यस्तै मेरा अनुभवहरू होऊन्- कतै न कतै त्यो डरले काम गरिरहेको हुन्छ । हुन त त्यही “कलम हराएको” घटना मात्रैको असर त पक्कै पनि होइन मेरो डरमा, तर त्यो पनि एउटा प्रमुख घटना थियो भन्ने लाग्छ मलाई । अहिले छोरीहरू, उनीहरूको आत्मविश्वास र व्यवहार हेर्दा मलाई आफ्नो बिगतले बेला बेलामा घचघच्याउँछ । हुन त मैले अन्तर्राष्ट्रिय विश्वविध्यालयहरुबाट उच्च शिक्षा हासिल गरी हाल क्यानडाको प्रान्तीय सरकारको एउटा मन्त्रालयमा सम्बन्धित विषयमा काम पनि गरिराखेकी छु । अझै पनि घरी घरी त्यही कलमले पछ्याउँछ र त्यो आरोपले नराम्रोसँग घोच्छ । बारम्बार हामीले थाहै नपाएर वा जानेरै गर्ने कतिपय सानो गल्तीको सिकार जीवन भर कुनै निर्दोष बालबालिका बन्न सक्छन्– समयमै अभिभावक, शिक्षक र समाज पनि सचेत हुन जरुरी छ । भलै त्यो हराएको कलमले मलाई जीवनका आरोह अवरोहहरूमा घोचिरहे पनि यहाँसम्म पुग्न र ज्ञान भर्न भने भरपूर सघाएको छ– मैले त्यही कलम सम्झेर पढेँ, लेखेँ नथाकेर । मैले नचोरेको कलम ! टिमिन्स, क्यानडा #कमला रुपाखेती #क्यानडा चौसठ्ठी वर्षमा प्रेम: विजय सापकोटा सिँ ढी चढ्दै गर्दा शेखरले प्रमिलाको हात च्याप्प समात्यो । टावर ब्रिजको तल्लो तलाको कर्मचारीले दिएको व्याख्यानलाई आधाआधीमै छाडेर अब उनीहरु माथि उक्लिन लागेका थिए । शेखरभन्दा अघि लागेकी प्रमिलाले आफूसँगै शेखर नउभिन्जेल उसलाई पर्खी । शेखरका हात ताता थिए, अघिपछिका जस्तै । उसका भने निकै चिसा । खै, किन हो प्रमिलाका हात सितिमिति तात्दैनन् । गर्मीमा पनि अरुका भन्दा चिसै रहने उसका हातलाई इंगित गर्दै शेखर सधैँ जिस्क्याउने गर्छ, ‘भित्र माया हुनेका हातमात्रै सधैँ न्याना हुन्छन् ।’ यतिखेर न्याना हातको त्यो मान्छेले प्रमिलाको हात समाउनु माया जाँच्न थिएन, त्यो त भर खोज्नलाई थियो । कारण– शेखरलाई उचाइदेखि डर लाग्छ ! रेलिङ नभएको सिँढी उक्लिँदा, छतमा चढ्दा अथवा झ्यालबाट बाहिर हेर्दा ऊ रिङटिन्छ । ६४ सक्नै लागेकी प्रमिला र भर्खरै ६४ वर्षमा टेक्दै गरेको शेखर । दम त थिएन तर बुढ्यौलीका कारण यति माथि सिँढी उक्लिनु सजिलो पनि थिएन । उनीहरु पूरै बाटो ढाकेरै उक्लिरहेका थिए । माथि टावरमा पुग्दा त्यहाँ झन्डै १५/१६ जना अनेक उमेर र रङका मान्छेहरु त्यहाँ आ–आफ्नो रुचि अनुसारको मनोरन्जनमा व्यस्त देखिए । कोही एक्लै, कोही युगल त कोही समूहमा । शेखर भित्तामा आड लिन पुग्यो । उसका गोडा कामेका त थिएनन् तर ती अघिपछिजस्तो सामान्य अवस्थामा पनि थिएनन् । प्रमिलालाई चाहिँ उचाइ मन पर्छ । ऊ यति उत्साहित भई कि उसको मुखबाट ‘बाफरे’ निस्कियो र ऊ एकैपटक सबै दृश्य हेरिभ्याउँछु झैँ हतारिँदै यता र उता हेर्न थाली । तर एकैछिनमा उसलाई के लाग्यो कुन्नी शेखरतिर फर्किई । विचरा शेखर ऊ झैँ उत्साही थिएन । ऊ आँखा नझुकाई त्यसको समदूरीतिर एकोहोरो ताकिरहेको थियो । ऊ यसरी उभिएको थियो, मानौँ उसले केही देखेको वा महसुस गरिरहेको छैन । हात अघि नै छुटिसकेको थियो । ‘ओहो, आफ्नो खुशी पाएपछि मान्छेले सहयात्रीको हात कति सजिलै छाड्दोरहेछ,’ प्रमिला आफ्नो गल्तीप्रति भावुक भई र गएर शेखरलाई च्याप्प समाती । ‘कति रमाइलो हगि !’ उसले शेखरको कानमा गएर फुसफुसाई । शेखरले टाउको हल्लाउन खोजेजस्तो मात्रै देखियो । ‘रिंगटा लाग्दैछ ?’ ‘हो । कस्तो कस्तो लाग्दैछ । भुइँचालो आएर हाम्रो धरहराजस्तै यो पनि गर्ल्यामगुर्लुम्म ढल्यो भने ..! त्यस्तो मात्रै आइरहेछ कल्पनामा,’ शेखरको स्वर पनि भासिएको जस्तो सुनियो । प्रमिलाले मायालाग्दो नजरले लोग्नेलाई हेरी तर यो उसको सधैँको समस्या थियो । प्रमिलाले शेखरको पाखुरालाई आफ्ना हातले बेरी अनि हप्काएझैँ गरी, ‘धत्…त्यस्तो कल्पना किन गर्छौ तिमी ? मरिएछ भने झन् गजब, सँगै त हुन्छौँ !’ शेखर केही बोलेन । ‘जिन्दगीभर उचाइदेखि भाग्यौ, अब यो उमेरमा किन डराउँछौँ ? यो उचाइ तिम्रो राजनीति, पद, मास्टरी वा लेखनको जस्तो हो र, जहाँबाट गिर्ने डर भइरहन्छ! डरायौ भने तिमीले यसको आनन्द पाउने छैनौ । त्यसलाई जित्यौ भने अरुको जस्तै तिम्रो मन पनि चंगा हुनेछ ।’ प्रमिला अघिपछिको भन्दा बिल्कुलै फरक बोलिरहेकी थिई । शेखर जिल्लियो र आफ्नो पुरानो समस्याबाट उम्किन खोजेझैँ गर्\u200dयो । ‘आँखा चिम्ल । लामो सास तान । अनि एउटा उडानको कल्पना गर र एकछिनपछि आँखा खोलेर हेर ।’ प्रमिलाले भनेजस्तै गर्\u200dयो शेखरले । सँगसँगै आफूलाई पनि दरिलो बनायो । वरिपरि सबैको अनुहारमा आनन्दको उज्यालो थियो । शेखरले आफ्नो पुरानो बानीलाई जित्यो । एउटा आवेगले उसले प्रमिलालाई झ्याप्प अँगालो हाल्यो । झन्डै ३७ वर्ष लामो सम्बन्धमा यो उनीहरुको पहिलो सार्वजनिक अँगालो थियो ! एकछिन उनीहरु त्यसैगरी बाँधिए, बिना धक बिना अप्ठ्यारो । यस्तो महसुस भइरहेको थियो मानौँ पहिलोपटक प्रेमीयुगल आलिंगन गरिरहेका छन् । एकैछिनमा प्रमिलाले आलिंगन मुक्त गरी आफूलाई तर शेखरको स्पर्शबाट टाढा नभागिकनै ऊ अघिल्तिर हेर्न थाली । ‘मास्टर साहेब, तिमी त साहित्यको मान्छे । धरती छाडेर यति माथिको हावामा तिमीले अलग्गै स्पर्श भेटेनौ ? रिभर थेम्सको फराकिलो पानी बगिरहेको छैन, स्थिर छ जस्तो लागेन तिम्लाई ? उताबाट आइरहेको पानीजहाजले नचाएका स–साना छालहरु, भर्खर हाम्रो आँखैअघिल्तिर उडेका सिगलहरु देखेर पनि तिमीलाई केही महसुस भएन ?’ शेखर दङ्ग पर्\u200dयो । यति लामो सहयात्रामा प्रमिलाको काव्यात्मक भाषा उसले पहिलो पटक सुनेको थियो । ऊ अर्थशास्त्रकी विद्यार्थी आफू अङ्ग्रेजी साहित्यको ! पढाइ सकेर दुवै कलेजको मास्टरीमा लागे र सँगसँगै रिटायर्ड पनि भए । कुनै समय ती दुई राजनीतिमा पनि सक्रिय थिए । तर दुईको विषयगत भिन्नतापछि व्यवहारिक जीवनमा पनि कायम नै रहिरह्यो । यद्यपि शेखरको साहित्य कल्पनाको उडान पटक्कै थिएन, त्यो सामाजिक र राजनीतिक दायित्वबोधले प्रेरित थियो । प्रमिला फाट्टफुट्ट साहित्य त पढ्थी तर खै किन हो कविता पढ्ने जाँगर भने उसले कहिल्यै चलाइन । त्यही प्रमिला यतिखेर जिस्केकी हो कि भनेर शेखरले पुलुक्क ऊतिर हेर्\u200dयो तर ऊ अघिपछिभन्दा फरक देखिन्थी । लन्डन आएको झन्डै डेढ महिनामा उसलाई आजको दिन सबैभन्दा उज्यालो लाग्यो । प्रमिलाको भावुकताले उसलाई पनि बिस्तारै छुँदै गयो । उसको चिउँडाले प्रमिलाको तिलचामले टाउकोलाई टेको लगाउन पुग्यो । प्रमिलाले पनि आफ्नो भावनासित तत्काल शेखरको चेतना गाँसिएको अनुभूत गरी । अनि लठ्ठिएका आँखा आफ्नो दृष्टिबिन्दुबाट नहटाई सुस्तरी भनी, ‘ए मास्टर, एउटा मीठो कविता भन न मेरो लागि !’ प्रमिलाको प्रस्तावमा शेखर एकाएक उत्तेजित भयो । उसले कविताका गेडा उन्ने प्रयास गर्\u200dयो, तर सफल हुन सकेन । फेरि यो वातावरण सुहाउँदो हुने किसिमको कुनै पंक्ति सम्झिने प्रयत्न गर्\u200dयो । तर दिमागमा केही आइरहेको थिएन । एकाएक उसको अवस्था यस्तो भयो जस्तो कि आफूले पटक्कै नजानेको र नबुझेको विषयमा बोल्नुपर्दा हुने गर्दछ । कविता पढ्नु, पढाउनु र लेख्नु उसको पेशा थियो । तर यहीबेलामा चाहिँ उसलाई त्यो लामो अनुभवले साथ दिइरहेको थिएन । एकाएक शेखर उदास भयो । ‘मास्टर मेरा लागि एउटा प्रेममय गीत गाइदेऊ न ।’ प्रमिला कविता छाडेर गीततिर लागी । ऊ उस्तै गरी लठ्ठिरहेकी थिई । शेखरले बडा जिम्मेवारीबोध गरेर गीत सम्झिने प्रयास गर्\u200dयो । उसले यतिबेला आफू खासै गीत नगुन्गुनाउने मान्छे हुँ भन्ने कुरा बिर्सियो एकछिन । तर उसको ओठसम्म आउने गरेर कुनै गीत नै गुन्जिएन दिमागमा । ‘अहो, यति लामो जिन्दगीमा एउटै पनि गीत जानिएनछ !’ शेखरको उदासी बढ्यो । ‘मास्टर ऊ त्यो काले केटाले आफ्नी मायालुलाई माया गरेझैँ मलाई पनि माया गर न प्लिज !’ प्रमिला अब शेखरतिर फर्किई । ऊ शेखरभन्दा होची थिई उसको घाँटीसम्म मात्रै आइपुग्थी । ऊ उसको छातीमा यसरी टाँसिई मानौँ ऊ शेखरको छाती उघारेर त्यहाँभित्र घुस्रिन चाहन्छे । शेखरले आफूभित्र अनौठो उत्तेजना पैदा भएको महसुस गर्\u200dयो । त्यो उसको नशा नशामा, रोम रोमपर्यन्त थथर्कियो । उसका प्रेमका इन्द्रियहरु जागृत भए । उसले प्रमिलले औँल्याएकी युगल जोडीतिर आँखा लगाएन । तर प्रमिलालाई कसिलोसित बाँध्यो र उसको निधारमा चुम्बन गर्\u200dयो । निधारमै सही ओछ्यानबाहिरको यो पहिलो चुम्बन थियो । शेखरको अँगालो कसिलो थियो । प्रमिला अलिकति पनि सक्रिय थिइन, ऊ हात गोडा छाडेझैँ शेखरको छातीकै भर गरिरहेकी थिई । उसलाई जिन्दगीको सबैभन्दा मीठो लाग्यो यो माया ! आनन्दले गह भरिएर आयो । उसका चाउरी परिसकेका गालाका खोल्सीमा आँसुका गेडा आफ्नो सुविधा अनुसार बगे । ‘म धन्य भएँ शेखर सर । प्रेम यति मीठो हुँदोरहेछ मैले यो उमेरमा आएर चाल पाएँ,’ प्रमिलाले आँसु पुछ्दै शेखरतिर हेरेर भनी । शेखरको अघिको उदासी सकिएकै थिएन । [bs-quote quote=”‘म धन्य भएँ शेखर सर । प्रेम यति मीठो हुँदोरहेछ मैले यो उमेरमा आएर चाल पाएँ,’ प्रमिलाले आँसु पुछ्दै शेखरतिर हेरेर भनी । शेखरको अघिको उदासी सकिएकै थिएन ।” style=”style-2″ align=”left” color=”#ddb577″][/bs-quote] शेखरलाई यो हाँसो मोहक लाग्यो । प्रमिलाको अनुहारमा पोखिएको उज्यालोले उसको अनुहारसम्म आएर उदासीलाई हटाइदियो । उसले आफ्नो खल्तीबाट पुरानो आइफोन झिक्यो–छोराले दिएको ! नातीले सेल्फी खिच्न सिकाएको थियो । प्रमिलालाई अँगालोमा बेर्\u200dयो र फोन उचालेर सेल्फी खिच्न लागेको तर हात कामेर हुँदै भएन । अनि नजिकैकी केटीलाई फोटो खिच्न लगाए उनीहरुले । ‘शेखर सर ! मेरो स्टाइल स्टाइलको फोटो खिचिदेऊ न । मलाई आज आफ्नो धेरै उमेर घटाउन मन लागेको छ ।’ प्रमिला उत्ताउलिइरहेकी थिई । शेखरले हाँसेर उसको उत्साहलाई स्वागत गर्\u200dयो । उसले जानी नजानी अनेक पोज बनाई । शेखरले हाँस्दै हाँस्दै खिचिदियो । कुनै कुराको धक मान्नुपर्ने अवस्था थिएन । बारीदेखि पारि पुग्ने पुलमा बीचमा सिसा राखिएको थियो । त्यहाँबाट तल झुकेर हेर्दा रिभर थेम्समाथिको तल पुलमाथि गुडिरहेका मोटर गाडी देखिन्थे । सुरुमा त त्यहाँबाट आफू रिंगटिँदै झर्ने पो हो कि भनेजस्तो डरको रोमान्चक अनुभूति पनि दिन्थ्यो त्यसले । प्रमिला त्यो सिसामाथि गएर थचक्क बसी, शेखरले छेउ छेउबाट हिँडेर त्यसलाई पार गर्\u200dयो । शेखरले जानेसम्मको प्रतिभा प्रयोग गरेर फोटो लिइदियो । पछि हेर्दा ती यति हाँसउठ्दा थिए कि शेखरले त थाम्नै सकेन । प्रमिलाले पनि पहिले मुख बिगारी, खिस्स हाँसी र भनी –‘कस्तो नसुहाएको है ! ठ्याक्कै बुढी भैँसी जस्तै !’ शेखरलेचाहिँ उसको आँखामा आँसु डब्डबाएको देख्यो । उसलाई आफूतिर तानेर उसले पुराना हिन्दी फिल्मको स्टाइलमा फेरि निधारमा चुम्बन गर्\u200dयो । ‘नेपाल गएपछि पनि मलाई यही स्टाइलको माया गर है मास्टर ?’ के सम्झेर हो शेखरले खिस्स हाँस्यो मात्रै । झन्डै आधी घन्टाभन्दा बढी बिताएपछि तल झर्ने सल्लाह भयो । अब उनीहरु चूपचाप सिँढी झरे र सडकको भीडमा मिसिए । शेखरले पुलको पारि थेम्स किनारतिर इशारा गर्दै भन्यो ‘हिँड एकैछिन त्यता गएर बसूँ, पुल पूरै देखिँदो पनि रहेछ ।’ अनि उनीहरु सडकबाट त्यतातिर झरे । घाम तापिरहेकाहरु, टावर ब्रिजलाई आफूसहित र आफूबाहेक क्यामेरामा कैद गरिरहेकाहरु, खाइरहेकाहरु, किताब पढिरहेकाहरु, बच्चाहरुसित रमाइरहेकाहरु, कुराकानी र प्रेमालापमा मग्नहरु अनि त्यही बाटो भएर आरपार गरिरहेकाहरु । चिनियाँ–जापानी मूलका एउटा जोडीको फोटोसेसन त्यहाँ चलिरहेको थियो । भुइँमा लत्रिने सेतो लामो ड्रेस लगाएकी गुडियाजस्तै केटी र हातमा फूल लिएको केटो आफ्नो फोटोग्राफरले भनेअनुसारका अनेक पोज दिइरहेका थिए । उनीहरु पनि एक छेउमा हरियो घाँसमाथि बसे । भोक लाग्ला जस्तो भइरहेको थियो । शेखरले पर गएर बदाम किनेर ल्यायो । खान लाग्दा त पूरै चिनी नै किरकिरी लाग्ने, उनीहरुले पहिलो फाँकोभन्दा दोस्रो मुखमा लान सकेनन् । ‘तिमी किन केही काम गर्नु अगाडि कुनै विचार नै गर्दैनौ शेखर सर ? कहिले ठूलो हुन्छौ तिमी !’ प्रमिलाले जिस्क्याउँदै भनी । शेखर मुसुक्क हाँस्यो र भन्यो,‘के थाहा पाऊँ त त्यो बदाम गुलियो छ भनेर! मैले त हाम्रातिरको जस्तो भन्ठानेँ नि ।’ ‘सोध्नु त पर्छ नि एकपटक के कस्तो हो भनेर ।’ ‘आ..छाड्देऊ न । दुई पाउन्डको बदाम नै त हो! कहिलेकाहीँ त अर्थशास्त्रलाई घरमै छाडेर हिँड्ने गर । बाइ द वे अव्यवहारिकता मेरो परिचय हो ।’ ‘मैले त्यसकै सजाय त भोगिरहेकी छु नि!’ ‘साँच्चै भनेको ? घरमा त भन्थ्यौ, तर यहाँ आएर पनि..?’ शेखर मलिन देखियो । प्रमिलाले शेखरको ओठको कुनामा झुन्डिएको बदामको धूलो झारिदिँदै भनी–‘चिन्ता नगर, मेरो माया त्यहीँ छ ।’ शेखर केही बोलेन । प्रमिलाले थपी–‘तर यसपालि एउटा कुराचाहिँ अनौठो लाग्यो । यस्तो बेपर्वाह मान्छेले यतिका पाउन्ड कताबाट ल्यायौ ?’ नेपालबाट आउँदा शेखरले दुई सय पाउन्ड साटेर ल्याएको रहेछ । तर त्यसको सुइँको उसले प्रमिलालाई दिएको थिएन । यता आएर पनि त्यो पैसा उसले निकालेको थिएन । अगस्टको दोस्रो साता उनीहरु लन्डन उत्रेका । दुईदिन छोराले लन्डन घुमाइदियो, अत्यन्तै कर गरेपछि एकदिन शेक्सपियरको जन्मघर स्टार्डफोर्ड पुर्\u200dयाइदियो । बाँकी समय घर कुर्नु, नातीलाई स्कुल लैजाने, ल्याउने गर्नु, बेलाबेलामा उसलाई पार्क लिएर जानुमा नै उनीहरुको समय व्यतीत भइरहेको थियो । कहिलेकाहीँ कुनै नेपालीको घरमा बर्थडे, एनिवर्सरीको निम्ता मान्ने अवसर पनि मिल्दथ्यो । उनीहरु घरदेखि झन्डै एक घन्टा परको लन्डनतिर आफैँ घुम्न जान चाहन्थे, तर छोरा बुहारी धरालो पाएको बेलामा बढीभन्दा बढी समय काम गर्ने अवसरलाई गुमाउन चाहँदैनथे । नाती साथ लगाएर बुढाबुढीलाई सेन्ट्रल लन्डनतिर घुम्न पठाउनु छोराबुहारीको नजरमा भरपर्दो र सुरक्षित दुवै थिएन । मन त धेरैतिर घुम्ने थियो । शेखरलाई यहाँका ग्यालरीहरुतिर, मौका मिले थिएटरतिर जाने मन थियो । बर्डसवर्थ र किट्स अनि डिकेन्सका म्युजियमतिर जाने मन पनि थियो । प्रमिलालाई लण्डन स्कुल अफ इकोनमिक्स, बैँक अफ इंग्ल्याण्ड म्युजियम पुग्ने धोको थियो । नेपालबाट आउने बेलामा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय पनि घुम्न पाइएला भन्ने आशा थियो । अनि दुवैलाई मन थियो जिन्दगीभर आफूले गुरु मानेका कार्ल मार्क्सको चिहानमा फूल चढाउन पुग्ने ! तर मनका यी कुनै इच्छा पनि पूरा भएका थिएनन् । छोराबुहारीको व्यस्ततालाई बाध्यताका रुपमा लिएर गुनासो पनि गरेका थिएनन् । तर यो बसाइमा सन्तुष्टि भन्दा असन्तुष्टि धेरै थियो । यस्तोमा आज बुहारी घरमा भएको मौका पारेर दुवैजना निस्केका थिए । तर कहाँ गइँदैछ, प्रमिलालाई पत्तो थिएन । एकैपटक शेखरले ट्रेन चढाउन लगेपछि पो प्रमिला जिल्लिएकी थिई । अन्तिममा ट्रेन स्टेसनको कर्मचारीले बताएको निर्देशनलाई नक्शामा चिनू लगाएर सोध्दै खोज्दै दुवैजना यहाँसम्म आइपुगेका थिए । यहीँ आएपछि उनीहरुले थाहा पाए कि पुलको टावरमा टिकट काटेर माथि जान मिल्छ । जहिल्यै अग्लो ठाउँमा जान डराउने शेखरले कर गरेरै टिकट काटेको थियो । \uf076 ‘मास्टर, तिमीजस्तो यति राम्रो मान्छेले मजस्ती छन्द न बन्दकी नेवार्नी केटीलाई किन मन पराएको ?’ ‘कोठाभाडा बचाएको नि,’ शेखरले आफ्नो नियमित ठट्टा दोहोर्\u200dयायो । ‘साँच्चै भनेको, तिमी युनिभर्सिटीका हिरो थियौ । मन्चमा तिमी उक्लिँदा केटीहरु सास थामेर तिम्रो उज्यालो अनुहार हेरिरहन्थे । तिनमा कति धनीका छोरीहरु पनि हुन्थे, कति सुन्दरी पनि हुन्थे…,’ प्रमिलाले शेखरतिर नहेरिकनै भनी, ‘साँच्चै, मसित बिहे गरिसकेपछि पनि तिमीलाई कुनै दिन सर्लक्क परेका राम्री आइमाईले आकर्षित गरेनन् ?’ शेखरलाई प्रमिलाको यो बर्बरले टाउको दुख्लाझैँ भयो । तर यो प्रमिलाको चित्त दुखाईको भाषा थियो । कारण, बुहारीसितको उसको चित्त दुखाई । बुहारी थिई पक्का धार्मिक । जति व्यस्त भए पनि उसको बिहानको सुरुवात नै पूजा पाठबाट हुन्थ्यो । हरेक मंगलबार उपवास हुन्थ्यो । उसले शायद आफ्नी सासूबाट यही भूमिकाको अपेक्षा गरेकी थिई । तर शेखर र प्रमिलाको जीवनशैलीमा ईश्वरको अस्तित्व कहिल्यै घुसेको थिएन । त्यसैले बुहारी सुरुदेखि नै असन्तुष्ट देखिई । अर्को कारण थियो, भाषा । बुहारी चल्तीको भाषामा निकै ‘सभ्य’ भाषा बोल्थी– ‘स्यो’ र ‘हजुर’ जोडिएको, उन्नतस्तरको । प्रमिला र शेखरको बीचमा चाहिँ स्योको कुरै छाडूँ तपाईँसम्म पनि कहिल्यै आएन । झन् ऊतिबेलै पारिजातको ‘पर्खाल भित्र र बाहिर’ पढेपछि त ऊ शेखरलाई मास्टर भन्न थालेकी थिई । अरुका अगाडि भने शेखर सर भन्ने गर्थी । त्यसकै सिको गरेर शेखर उसलाई ‘बाटुली’ भन्ने गर्\u200dथ्यो। बुहारीको विचारमा यो रुखो व्यवहार थियो, अपमान थियो । उसले भनेअनुसार नेपाली जमघटमा सासूको यस्तै किसिमको भाषाका कारण उसले धेरै ‘इम्ब्यारेस फिल’ गर्नुपरेको थियो । एकमात्रै छोरो, जसले पहिले आमाकै जस्तो सभ्य भाषा बोल्ने गर्\u200dथ्यो, आजकाल उनीहरुको संगतले बिग्रिएर तल्लोस्तरमा झरेको थियो । बुहारीको नजरमा यो उनीहरुकै प्रभाव थियो । शेखर त यस्ता कुराको वास्तै गर्दैनथ्यो तर प्रमिलाचाहिँ क्षुब्ध भइरहेकी थिई, विशेषगरी छोरासित । ‘सिंगो उमेर जुन संस्कृतिको विरुद्धमा लागियो, आज त्यही संस्कृति नअपनाएको भन्दै यति ठूलो अपमान ?’ एकदिन त ऊ छोरासित जंगिई पनि । छोरो आफैँ यता आउनुअगाडि आफूलाई मार्क्सवादीको हैसियतमा राख्थ्यो । आन्दोलन र गोष्ठीहरुमा धाउँथ्यो । पत्रिकामा लेखसमेत लेख्थ्यो तर उसले यतिबेला आमालाई सम्झाउने हिसाबले भन्यो, ‘आमा हामीले समाजमा बाँच्नुपर्छ । समाजअनुसार चल्न सकेन, परिवर्तन हुन सकेन भने गाह्रो हुन्छ । तपाईंको सिद्धान्त नेपालमा गफ लडाउनका लागि मात्रै काम लाग्ला, यहाँ लाग्दैन ।’ प्रमिला यति रिसाएकी थिई कि उसले छोरालाई थप्पडै लगाइदिने सुर कसिसकेकी थिई, तर ऊ हिँडिसकेको थियो । अनि सरासरी शेखरमाथि यो रिस पोखेकी थिई । शेखरले उसलाई सम्झाउँदै भनेको थियो, ‘हुन्देऊ, उनीहरुलाई आफ्नो हिसाबको जीवन बाँच्न देऊ । हामी बस्ने अब एकै महिना त रह्यो, बेक्कारमा ‘वर्गसंघर्ष’ नचलाऊ ।’ त्यो दिनदेखि प्रमिलाको छोराबुहारीसित दोहोरो कुराकानी शायद नै भयो । बुहारीको नजरमा यति धेरै पढेलेखे पनि, काठमाडौँमै जन्मे हुर्के पनि प्रमिला ‘पाखे’ र ‘असभ्य’ नै थिई । प्रमिलाको नजरमा बुहारी आफ्नो समयभन्दा धेरै पिछडिएको सोच राख्ने परम्परागत आइमाई थिई । एकअर्काप्रतिको यो असन्तुष्टि ती दुवै आ–आफ्ना लोग्नेलाई सुनाइरहन्थे । घटस्थापनाको अघिल्लो साँझ बुहारीले घुर्की लगाएकी थिई, ‘अरु काम नगरे पनि बुहारीको हातले उमारेको जमारा त नलगाउने होला नि !’ शेखर र प्रमिलालाई दशैँप्रति कुनै अनुराग र आपत्ति केही थिएन । छोरो सानो हुँदा उसका लागि भनेर जमारासम्म उमार्थे । छोरालाई टीका लगाइदिएपछि दुवैले एकअर्कालाई लगाइदिन्थे । त्यसबाहेक पूजापाठ वा ढोगभेट उनीहरुकहाँ चल्दैनथ्यो । तैपनि शेखरले बुहारीको चित्त दुखाउन चाहेन । जमरा राख्ने, त्यसमा धूपबत्ती बाल्ने सबै काम गरिदियो । तर दशैँको टीकाको दिन भने सासूबुहारीको लामो शीत युद्ध मैदानमा उत्रियो । छोरा बुहारी दुवैले छुट्टी लिएका थिए । नाति पनि स्कुल नगई बसेको थियो । बिहानैदेखि उठेर बुहारीले अनेक किसिमका परिकार तयार गरेकी थिई । प्रमिलाले घर सफा गरेकी थिई । टीका लगाइदिँदा शेखर र प्रमिलाको टीका लगाई देखेर बुहारी ठुस्किएकी थिई र टिप्पणी गरेकी थिई, ‘माइतमा त बुबाहजुरले कस्तो मज्जाले मन्त्र पढेर आशीर्वाद दिइसिन्थ्यो !’ खिस्स हाँस्दै शेखरले भनेको थियो, ‘लौ बुहारी हाम्रो माया, शुभेच्छा सबै मौनतामै छ भनेर सम्झनू है । यस्तो त मलाई केही आउँदैन । मन नदुखाए ।’ छोराले बाबुआमालाई ढोगेन, बुहारीले प्रमिलालाई ढोग्न निहुरिँदा प्रमिला स्वाट्ट किचेनतिर लागी । उनीहरुले नातिलाई हजुरबाहजुरआमालाई ढोग्नुपर्छ भनेर बुहारीले दबाब दिँदा पनि त्यसैगरी टारे । तर बुहारीलाई ढोगाएको प्रमिलालाई सही नसक्नुभएछ क्यारे, छोरालाई झपार्दै भनी, ‘तँलाई स्वास्नीलाई गोडा ढोगाउन अलिकति पनि लाज लागेन ? त्यो पनि हाम्रा अगाडि ?’ छोराचाहिँले अनुहार रातो बनायो । शेखरले भने यो देखेको नदेखेई गरेर फोटो खिच्न व्यस्त भएझैँ गरिरहेको थियो तर बुहारी चित्त दुखाउँदै रोई, ‘हजुरहरुसितको यो पहिलो दशैँ पनि किन यसरी ‘रुइन’ गरिदिसिन्छ मुमा हजुर ? पतिलाई श्रद्धा गर्नुपर्छ भन्ने संस्कार मैले सिकेको संस्कार हो । हजुरलाई आफ्नो लोग्नेलाई इज्जत दिन मन लाग्दैन भन्दैमा अरुलाई अपमान गर्न सिकाउने हक पनि छैन ।’ प्रमिलाले परिस्थितिलाई काबुमा ल्याउन खोज्दै भनी, ‘त्यसो भनेको होइन नानी । तर यो जमानामा लोग्नेको खुट्टा ढोग्नु त पक्कै पनि राम्रो कुरा होइन । लोग्नेस्वास्नीको सम्बन्ध बराबरीमा हुन्छ पो भन्न खोजेको ।’ बुहारीले रुँदै यो प्रसङ्गलाई आफू उनीहरुबाट नरुचाइएकीले हरेक कुरामा नकारात्मक आरोप लगाएको समेत भन्न भ्याई । उसले यतिसम्म भनी,‘अब आफूहरुजस्तै चेतनशील कुनै केटी खोजेर हजुरका छोराको बिहे गराइदिस्यो ।’ भड्किएको परिस्थितिलाई सम्हाल्नतिर नलागेर छोराले झन् आगो झोसिदियो, ‘यतिका वर्षपछि सपरिवार रमाइलो गरुँ भनेको… ..। हैन, तपाईँको ‘प्रोब्लम’ के हो आमा ? तपाईंलाई हामी प्यारो कि तपाईंको सिद्धान्त ?’ छोराबुहारी सबै चिजबिज यथास्थानमा छाडेर आफ्नो कोठा थुनेर बसे । प्रमिला पनि अर्को कोठातिर लागी । एकघन्टा जति पछि नाति लिएर छोराबुहारी बाहिर गए । शेखरको पूरै दिन ‘तिमी गलत छैनौ’ भनेर प्रमिलालाई विश्वस्त तुल्याउनैमा बित्यो । दिन ढल्ने बेलामा उनीहरुले चिया पाउरोटी खाए । टेबुलमा सजाएर राखिएका अनेकथरी परिकार जो बुहारीको फेसबुकवालमा प्रदर्शनीमा आइसकेका थिए, ती त्यतिका त्यतिकै भए । शेखरले तिनलाई फ्रिजमा थन्क्याइदियो । ३७ वर्षको लामो वैवाहिक जीवनमा पहिलोपटक शेखरले प्रमिलालाई पराजित अनुभूति गर्\u200dयो । \uf076 ‘तिमीलाई कुनै दिन पनि मैले स्वास्नीको माया गर्नै जानिनँ मास्टर ! तिमीलाई इज्जत दिन पनि जानिनँ । यतिका वर्षसम्म तिमीले कसरी मलाई झेल्यौ हँ ?’ प्रमिलाले शेखरको हात ओल्टाइपल्टाई गर्दै भनी । शेखरलाई प्रमिलाको गनगन पटक्कै मन परिरहेको थिएन । तर प्रमिलाको यी कुराको प्रतिक्रिया कसरी दिने भन्ने उसलाई तत्काल आएन । त्यसैले त्यसलाई टार्ने हिसाबले उसले भन्यो, ‘बाटुली, अब हामी अर्कोपटक यो ठाउँमा आउने सम्भावना छैन । त्यसैले यति रमाइलो दिनलाई नरमाइलो बनाउने मुर्ख्याइँ नगर न ।’ ‘कसरी माया गर्नुपर्छ, मलाई सिकाइदेऊ न है प्लिज,’ ऊ पारितिर हेरेर बर्बराइरही, यसो गर्दा उसका आँखा चिसा देखिन्थे, ‘अब कति नै बाँचिएला र, तर जति बाँचिन्छ तिम्री असल स्वास्नी भएर बाँच्न चाहन्छु ।’ यो सुनेर शेखर हैरान भयो । उसले अलिक ठूलो स्वरमा भन्यो, ‘आखिर तिमीलाई चाहिएको चाहिँ के बाटुली ? त्यत्रो संसारै बदल्छु भनेर हिँडेका मान्छेहरु त गन्दा नालीमा पौडी खेलिरहेछन् भने सामान्य चेतना भएको मानिस बदलिँदैमा यत्रो महाभारत सिर्जना गर्नुपर्छ ? बाटो अलग भयो भनेर त्यसलाई सहजरुपमा किन लिन सक्दैनौ तिमी ?’ प्रमिला अलिकति सम्हालिई । [bs-quote quote=”‘अब छोरालाई उसकै बाटोमा हिँड्न देऊ, तिम्रो चेतनाले मोड्न बलपूर्वक मोड्ने प्रयास नगर । यसले दुवै पक्षलाई दुःख हुन्छ,’ शेखरको शान्त स्वरमा भन्यो।” style=”style-2″ align=”center” color=”#ddb577″][/bs-quote] ‘अब छोरालाई उसकै बाटोमा हिँड्न देऊ, तिम्रो चेतनाले मोड्न बलपूर्वक मोड्ने प्रयास नगर । यसले दुवै पक्षलाई दुःख हुन्छ,’ शेखरको शान्त स्वरमा भन्यो, ‘मलाई चाहिँ हामीले बाँचेको जीवनप्रति गर्व लाग्छ । कम्तिमा आफूले बोकेको आदर्श हाम्रो जीवनव्यवहारमा पनि छ, यो भन्दा ठूलो गौरव के हुन सक्छ ? अझ हामीलाई माया गर्ने, आदर गर्ने हाम्रा विद्यार्थीहरु, असल शुभचिन्तकहरु सम्झिँदैमा पनि म उत्साहित हुन्छु । मलाई यसरी रुन्चे बन्न पटक्कै मन छैन बाटुली ।’ शेखरले प्रमिलाका आँखा पुछिदियो । ‘तिमी नचाहिने बोझ लिएर हिँडिरहेकी रहिछौ, मचाहिँ अर्कै किसिमको गुनासो गरिहिँड्दोरहेछु,’ शेखरले भन्यो । ‘कस्तो गुनासो ?’ ‘अघि तिमीले पुलमा कविता र गीतको कुरा उठाउँदा ममा अनौठो छट्पटी जन्मियो,’ उसले घाँटी सफा गर्दै भन्यो, ‘जीवनमा एकदुईटा कविता आफ्ना लागि लेखेको भए, एकदुई गीत आफ्ना लागि गुन्गुनाएको भए केही बिग्रन्थ्यो र ? समाजको गतिमा कुनै परिवर्तन या रुकावट आउँथ्यो होला त ?’ शेखरको यो कुरा प्रमिलाको मनमा गढ्यो । ‘हो त, यति लामो जिन्दगीमा नितान्त आफ्नै लागि अलिकति समय छुट्याएको भए के बिग्रन्थ्यो ?’ ‘हुन्देऊ, चिन्ता नलेऊ । माया गर्नलाई हामीसित अझै केही वर्षहरु छन्,’ प्रमिलाले शेखरको हात बलियोसित समाएर भनी । शेखर केही नबोली थेम्सतिरै हेरिरहेको थियो । थेम्समा हावाको झोँक्काले उठाइरहेका स–साना लहरहरु सबैतिर माया उर्लिएको काव्यिक अनुभूति उसलाई भइरहेको थियो । त्यसमा प्रमिला पनि गएर मिसिई । यतिबेला शेखरलाई पहिलो पटक प्रेममा परेको युवकले जसरी मीठो प्रेम कविता लेख्न मन लागिरहेको थियो । #प्रेमकथा #विजय सापकोटा कच्चा उमेर, पक्का कला: सुमन विश्वकर्मा जम्मा १९ वर्षका भए तर उनको रुचि देख्दा मानिसले उनको उमेर बिर्सन्छन् । म्यानेजमेन्टमा प्लस टु गरिरहेका सुमन पढाइमा अब्बल छन् । यो पहिलो कुरा भयो । संगीतमा पनि उनको गहिरो रुचि छ । उनी सुरिला छन् । तर उनको उद्देश्य भने राष्ट्रिय फुटबल खेलाडी बन्ने छ । उनको अध्ययन, उनको गायन र उनको फुटबल कौशल चाँडै देखिने छ तर अहिलेलाई हेरौँ उनले बनाएका चित्रहरु । चित्रकलाको औपचारिक अध्ययनबिना नै उनका पेन्सिल चित्र निकै खुलेको देखिन्छ । कक्षा पाँचदेखि नै चित्र बनाउन थालेका उनीसँग भएका कलामध्ये कुन कला भविष्यमा बाहिर आउने हो, त्यो भने हेर्न बाँकी नै छ । अहिलेलाई उनका चित्रहरूकै स्वाद लिऔँः #सुमन विश्वकर्मा अमीर सुन्दास, तिमीलाई नेपालको सलाम: हरहमेसा केही खोजिरहेको जस्तो, केही भनिरहेको जस्तो लाग्ने चहकिला गोलगोल आँखा उसको । पातलो अनुहार तर बुद्धको जस्ता कान । दाह्री उसको भर्खरै खेत रोपेको धान हो जस्तो कताकति उम्रेको, तर झ्वाप्प जुँगा देख्ता भुवन केसीको जुँगा हराएर उसकै ओठमाथि गाँसिन पुगे जस्तो । यतिमात्र हो र ? मोहन वैद्यवाला ब्रान्डेड क्याप र काँधमा झोला… लाग्छ, ऊ कुनै पार्टीको सक्रिय कार्यकर्ता हो । हो, ऊ कार्यकर्तै हो हुन त तर कुनै पार्टीको नभएर चित्र-मूर्तिको होलटाइमर कार्यकर्ता । यति मात्रै हैन, ऊ कवि/गीतकार/गायक/कथाकार/नाटककार धेरै कारहरूको एक्लो ड्राइभर पनि हो । मनलाग्दा बिन्दास पालैपालो लङ ड्राइभ गर्छ । यो कुरा अर्कै हो कि, मूर्तिकला र चित्रकलाको लोकप्रियताले उसको संगीत-साहित्य साधनालाई यसरी ओझेल पारिदिएको छ, मानौँ — कुनै अग्लो हिमालले आफ्नै आँगन वरिपरिको हराभरा र सुन्दर गाउँको सम्मोहनमा पुग्दै गरेको घामलाई छेकिरहेजस्तो । अमीर व्यस्त छ । साह्रै व्यस्त । उसलाई फुर्सद छैन, कसैसित बोल्नलाई । म्यासेन्जरमा, एकहरफ अमीरको जवाफ पाउन एक हप्ता कुर्नुपर्छ । म यसको साक्षी हुँ । र, म यसको विराट कला-प्रतिभाको प्रशंसक पनि । एकदिन म्यासेज गरेँ मैले — • अमीरजी, नमस्कार ! “तपाईंको बारेमा केही लेख्ने दुस्साहस गरेको छु, कृपया सहयोग गर्नुहोला !” अहँ ! उसको जवाफ आएन, एकहप्ता कुरिरहेँ । इग्नोर गरिरह्यो उसले मलाई। ” हैन, यो कस्तो ठिसमान्छे हो ? “– त्यसपछि म एक्लै भुन्भुनाउन थाल्छु । झोंक चल्छ त्यसपछि । अब भने, बिना औपचारिकता ठाडो म्यासेज लेखेँ — • हेलो, मिस्टर ! हेलो, सुन्नुभएन मलाई ? बल्ल छोटो जवाफ लेख्छ ऊ — “सुन्दैछु ..भन्नूस् ” यतिखेर भने, आफ्नै लज्जाले म भित्रको अहंकार आगोको कोइला भएर पानीमा उछिट्टिएझैँ एकैछिनमा चिसो भयो, उसले जब फुर्सत नपाएर जवाफ नदिएको कुरा मसित गरेपछि । मनमनै पग्लिएँ, डुबर्सको यो अनमोल रत्न, जोसित म नाथेको यत्रो घमण्ड ? जसको सुगन्ध फैलिएको छ दार्जिलिङ, आसाम, कालेबुङ, खर्साङतिर सर्वत्र । उसले बनाएको शालिकलाई हरदिन व्यस्त चोक-चोकमा हजारौं मान्छेले हेर्छन्, तिनै चोकबाट शालिकलाई हेर्न आएका मान्छेहरूलाई शालिकले पनि चुपचाप हेरिरहन्छ । र, हेर्नेहरूमा आधाभन्दा धेरै अनुहार एउटा, चरित्र अर्कै देखेर मौका छोपी फिस्स हाँस्छन् मूर्तिहरू । अनि, उसले बनाएका पोट्रेटको पनि कतै-कतै कथा त्यस्तै छ । ओ, दार्जिलिङको अमिर सुन्दास ! ओ, प्रिय कलाकार ! तिमी कन्चनजङ्घाको शिखर उक्लिँदैछौ म चियाबगानमा तिमीलाई होइन, तिमी हिँडेको बाटो हेर्नलाई तिम्रोबाटो पर्खिरहेको छु मलाई माफ गर ! …….. ……..! ऊ एकहप्तापछि फर्किन्छ ( म्यासेजमा ) र, देखाउँछ मलाई आफू हिँडेका बाटोहरू …! ••• चित्रमा अमीर — एउटा ठूलो पहाड जसको फेँदमा छ डुवर्स । घरीघरी पहाडले डुवर्सको मुटु कमाउनेगरी हिउँपंखा हल्लाउँछ अनि सिरक ओढेर सुत्छ डुवर्स । घरीघरी तराईले फ्याँकेको तातो हावा डुवर्सलाई पार्सल पठाउँछ अनि आँगनमा नाङ्गै सुत्छ डुवर्स । कहिले तातिने र कहिले चिसिने ठाउँ डुवर्सको चियाबारीमा जन्मेको हो, अमीर सुन्दास । अमीरको परिवार यही चियाबगानका मजदुर हुन् । ऊ आफ्नी आमाको पटुकीको फेर समातेर यही चियाबारीमा तातेताते गर्न सिक्यो । हिँड्न सक्ने भयो । बोल्न सक्ने भयो । अनि, बाग्राकोटको टी गार्डेन प्राइमरी स्कूलमा कखरा खोज्न हिँड्यो । सानोमा साह्रै उपद्रे स्वभावको थिएछ अमीर । चकचक नगरी बस्नै नसक्ने । स्कूलबाट घर आउँथ्यो आमालाई सताउँथ्यो । घरबाट स्कुल जान्थ्यो साथीसंगीलाई सताउँथ्यो । पढ्नु नपर्ने, किताबमा पन्नाहरूमा खुब केरकार गरिरहनुपर्ने । मान्छेका चित्रहरू देख्यो कि, जुँगा बनाइदिनु पर्ने । चस्मा लगाइदिनु पर्ने । आइमाई चित्रको निधारमा टीका लगाइदिनु पर्ने । यही चकचके स्वभावले ऊ बिस्तारै चित्र स्केचतिर आकर्षित भएछ । प्राइमरी स्कुल सकेर बाग्राकोट हाइस्कुल भर्ना हुँदासम्म उसलाई चित्र स्केच गर्ने लत लागिसकेको थियो । अमीर भन्छ, — ” म नौ-दस कक्षा पढ्दासम्म मज्जाले चित्र कोर्ने भइसकेको थिएँ । लाइभ स्केच गर्थेँ मान्छेका अनुहार । उनीहरू मलाई सय/दुईसय रूपैयाँ दिन्थे । त्यसो त कहिले गाडीका नम्बर प्लेट, कहिले मोटरसाइकलका नम्बरप्लेट लेख्थेँ । कहिले पोष्टरहरू बनाउँथेँ । कहिले वालपेन्टिङ-साइनबोर्ड लेख्थेँ । त्यसरी जम्मा भएको पैसा संगालेर मैले स्कूलको खर्च जोहो गर्थेँ । कापीकलम-लुगाफाटो किन्थेँ । दुःखले चल्थ्यो जिन्दगी । खासमा, मैले चित्र सिर्जना गरिनँ । काम गरेँ । काम गर्दागर्दै चित्रकला सिकेँ ।” यसरी कन्चनजङ्घाको शिखरमा संघर्षको खुट्किला टेक्दैटेक्दै उक्लिरहेको छ अमीर । ललितकला विश्वविद्यालयमा अध्ययन गरेको छैन उसले । यद्यपि, दार्जिलिङले उसको निधारमा कलाक्षेत्रको डिग्री-स्ट्याम्प लगाइदिएको छ । यो भन्दा ठूलो सर्टिफिकेट अरू के हुनसक्छ अमीरलाई ? डुवर्सका वरिष्ठ चित्रकार अजय थापाको चित्र-पाठशालामा भने उसले औपचारिक ज्ञान हासिल गरेको छ । उहाँलाई श्रद्धेय गुरु मान्छ । त्यसरी माझिँदै-माझिँदै परिपक्व भएर आएका अमीरले अहिलेसम्म सयौं मान्छेका अनुहारचित्र, भित्तेचित्र, किताबहरूका आवरणचित्र, पत्रपत्रिकाहरूका लागि कार्टुनचित्र लगायत स्थानीय चेतना कला निकेतन, स्कुलमा ससाना नानीबाबुहरूलाई चित्रकला र मूर्तिकला सिकाउँदै आइरहेको छ अहिले । ••• मूर्तिमा अमीर — दिनभरि मूर्ति बनाउँदा-बनाउँदा कहिलेकाहीँ दिक्दारी लाग्दो हो, अमीरलाई । पछिल्ला वर्षहरूमा चित्रकलाभन्दा मूर्तिकलामा धेरै व्यस्त छ अमीर । बिहान उठेदेखि बेलुकासम्म माटोसँग खेलिरहन्छ ऊ । कति मूर्तिहरू बनाउँदा उसलाई साह्रो गर्व लाग्छ रे ! कति मूर्तिहरू बनाउँदा उस्तो जाँगर चल्दैन रे ! अनि, गर्दागर्दैको काम छोडेर ऊ कवितामा आफ्ना अनुभूतिहरू उन्न थाल्छ — “मानिसजस्ता मान्छेको मूर्ति बनाएँ कहिले मूर्तिजस्ता मान्छेको मूर्ति बनाएँ कहिले ।” मूर्तिकारमा उसको कोही गुरु छैनन् । ऊ भुइँफुट्टा झाँक्रीजस्तै हो । जमीन फुटेर निस्केको पानीको मूलजस्तै हो । जो खोल्साखाल्सी, भीरपखेरामा बग्दाबग्दै खोलाझर्नाबाट नदीमा रूपान्तरित भएर निरन्तर बगिरहेको छ कहीँ दूर सागर भेट्नलाई । अमीर भन्छ — ” म आज मूर्तिकार हुनुको पछाडि एउटा आकस्मिक घटना छ । ८ मई, सन २०१० का दिन दार्जिलिङका विख्यात प्रगतिशील लेखक/कथाकार बद्रीनारायण प्रधान सरको आकस्मिक देहान्त भयो । उहाँ मेरो साहित्यिक गुरु पनि हुनुहुन्थ्यो । हामी विक्षिप्त भयौं । मैले बद्रीसरको सम्मानमा उहाँको पोट्रेट बनाएँ, चित्त बुझेन । मेरा साथीहरूले मूर्ति बनाउन सुझाए । अब कसरी बनाउने ? शुरुमा म हडबडाएँ तर हिम्मत हारिनँ । त्यसभन्दा पहिले माटो मुछेर मैले सानैदेखि चराका आकृतिहरू, लसुन-प्याजहरूका आकृतिहरू बनाउँदै आइरहेको थिएँ । टिष्टा बगरमा घन्टौं लगाएर बलौटे मूर्तिहरू बनाएको एउटा अनुभव पनि थियो मसित । तर एक्कासि मान्छेको मूर्ति पहिलोपटक बद्रीसरकै शालिकबाट शुरु गरेँ । काम त शुरु गरेँ तर बद्रीसरजस्तो देखिएन । ४/५ पटक बनाउँदै-भत्काउँदै गर्दैगर्दै महिनौं लगाएर बनाइछाडेँ अन्तमा । र उक्त मूर्तिलाई, जो-जो आउँछन् कम्तीमा सयजना भन्दा बढीमान्छेलाई सोधेँ, – ‘को जस्तो छ ?’ त्यसमध्ये अधिकांशले बद्रीसरजस्तो भनेँ । म हौसिएँ । त्यसपछि मान्छेहरूलाई लाग्यो, अमीरले मूर्ति बनाउँछ भन्ने कुरा । बिस्तारै अर्डर आउन थाले। हरेक मूर्तिहरू कसरी राम्रो गराउने भन्ने ध्याउन्ना भैरहन्थ्यो मलाई । आफ्ना कमजोरीहरूबाट सिक्दै-सिक्दै आइरहेँ । त्यसरी थाहै नपाई अहिले म चित्रकार कम मूर्तिकार पो ज्यादा भैसकेछु । अहिलेसम्म फरकफरक ६०/७० वटा मूर्तिहरू बनाइसकेछु । तीमध्ये भानुभक्त, देवकोटा, कटुवाल, अरूणा लामाहरूका मूर्ति उल्लेख्य छन् । एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूसम्ममा बिक्री हुन्छन् । अहिलेसम्म कलासिर्जनामा समर्पण भएबापत केही प्रतिष्ठित पुरस्कारहरू पाएको छु । सम्मान पाएको छु । पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङदेल स्मृति प्रतिष्ठानद्वारा कलासाधनाको उच्च मूल्यांकन गर्दै लैनसिंह बाङदेल स्मृति पुरस्कारजस्तो विशिष्ट पुरस्कारद्वारा अभिनन्दित हुने सौभाग्य प्राप्त गरेको छु, खुसी लाग्छ । हौसला मिलिरहेको छ । प्रेरणा मिलिरहेको छ । ••• साहित्यमा अमीर — त्यसोर, ऊ आफ्ना कामहरूबाट फुर्सत निकाल्नै भ्याउँदैन अमीर । तर पनि कहिलेकाहीँ काम छोडेरै ऊ साहित्यको कार्यक्रममा पुगिहाल्छ । दार्जिलिङका नयाँ पुस्ताका चर्चित कविहरू राजा पुनियानी, मनोज बोगटीहरूसित राम्रो दोस्ती छ उसको । उनीहरूले पनि अमीरलाई लेख्न हौस्याइरहन्छन् । यद्यपि, बद्रीनारायण प्रधान सरको प्रगतिशील विचारधारा र मार्क्सवादी चिन्तनको बढी प्रभाव छ उसको सिर्जनामा । उसका कविता र गीतहरूले दुःखीहरूका आवाज बोल्छन् । सीमान्तकृतहरूका आवाज बोल्छन् । त्यसो त मार्क्सवादी प्रभाव र संगतले गर्दा सन् २००४, मार्च २८ मा पक्राउ परेर जेलमा दुई वर्ष बसेको छ । त्यहीँ जेलमा रहँदा नेपालका मोहन वैद्य र सिपी गजुरेलहरूसँग सानिध्यता बिर्सिनसक्नुको छ — अमीरको स्मृतिमा । (त्यसको कथा कुनै अरू नै दिन।) ••• संगीतमा अमीर — अमीरका फरकफरक विधाका फरकफरक खास साथीहरू छन् । गाना-बजाना गर्नुपर्यो भने, उसलाई अजय थापा, अजय खड्का, कुमार सुन्दास, आशा शर्मा जस्ता उसका संगीतप्रिय साथीहरूले साथ दिन्छन् । एउटा गरमागरम सांगीतिक माहौलको तरंग सिर्जनाको शुरूवात हुन्छ । हाँसो-रमाइलो हुन्छ । त्यहीबखत खल्तीबाट सधैँझैँ अमीरले आफ्नू एउटा पुरानु डायरी निकाल्छ । जहाँ आफूले लेखेका गीतहरूमध्ये आफूलाई मन परेको एउटा गीत छान्छ — “कलम काटी हातैमा ठेला’नि छाती दुख्छ सकिन्न मेला’नि चियाको बोटैमा बैनी ख्वै तिम्रो हाँसो ओठैमा —२ अनि, शुरु हुन्छ एउटा गम्भीर लय मधुरता । गम्भीर बनाउँछ धूनले । गम्भीर बनाउँछ गीत र स्वरले । कलाकारहरूलाई, श्रोताहरूलाई नोस्टाल्जिक बनाउँछ । मनभरि उही चियाबारीको कथा-व्यथाहरू उकुसमुकुस बनाएर फेरि भेट्ने वाचासहित छुट्टिने-भेट्ने क्रमहरू चलिरहन्छ । #जीवित खड्का मगर सपना: २. ‘आज मैले तपाईंलाई सपनामा देखेँ ।’ एक्कासी कुनै अपरिचितले म्यासेज पठाउँदा अचम्म लागेको थियो । ‘ए हो र ?’ यी बाहेक अर्थोक शब्दहरु के नै हुन्छन् र अपरिचितलाई पस्किएर दिन । अपरिचित भनेर अपरिचित पनि हैन । आफ्नो फेसबुकमा जतन गरेर सजाएको मान्छे तर चिनजान पनि त भएको छैन । आफ्नो असली नाम नराखेको स्त्रीलिंगी फेसबुक आईडी अपरिचित नै त हो नि! फेसबुकको भित्तोमा सधैँ देखिराखेको भनेर भो त ? ‘के देख्नु भो ?’ ‘तपाईं सपनामा पनि चिया बेच्दै हुनुहुन्थ्यो ।’ यो कस्तो खालको कुरा हो ? के म बिपनामा ‘पनि’ चिया बेच्छु र ? ‘हाहाहा,’ म हाँसे । हाँस्न त अनेक बाटाहरु हुन्छन् फेसबुकमा । ताल तालका इमोजीहरु पाइन्छन् । छानी छानी टाँसिदिए भो तर मलाई लेखेरै हाँस्दिन मन लाग्यो । किनकि शब्दमा हाँस्नु भनेको पढ्नेहरुको कानमा दुरुस्तै आफ्नो आवाज गुन्जिनु हो । इमोजीको अनुहार त नमिल्न पनि त सक्छ । गीतै छ नि, नाम गुम जाएगा, चेहरा ये बदल जाएगा, मेरी आवाज ही पहचान है, गर याद रहे… ‘तपाईं जतिबेलै चियाका कुरा गरिरहनु हुन्थ्यो । अहिले त चिया अड्डा नै खोल्नुभो । त्यही पढेर हो वा केले हो, मैले त सपनीमा तपाईंलाई देखेँ । अनि कहिल्यै नबोलेको मान्छेसँग पनि बोल्न मन लाग्यो ।’ कति मीठो कुरा ! कसैको बिपनीमै पनि जान नसकेको म, कसैको सपनीमा जानु, कति रसिलो कुरा ! के मलाई छोडेर गएकी उनी, जो मलाई स्कुटरमा पछाडि राखेर काठमाण्डूका सडकहरुमा कुदाउने गर्थिन्, उनको सपनीमा पनि म पुग्छु होला त ? पुगेँ भने यदि, धेरै भयो नबोलेको भनेर फेसबुकको ब्लक खोलेर मेसेज गर्छिन् होला त ? ल मानौँ, आफ्नै आइडीबाट बोल्न, आफ्नै परिचयबाट भावनाहरु बताउन, संशय लाग्यो अरे, अहंकारले दिएन अरे । के कुनै फेक आइडीबाट बोलाउँछिन् होला त ? झसंग भएर झसंगिएँ म । के यो कोरियन नायिकाको तस्विर राखेकी निक्की नाम गरेको आइडीवाल उनी नै हुन सक्छिन् त ? ‘बिजी हुनुहुन्छ जस्तो छ । एनिवे, तपाईंको चिया अड्डाको चिया मीठो थियो है ! सपनामा पिएको अनि बिपनामा पढेको पनि । ह्याभ अ गुड डे ।’ यति लेखेर ओझेल परिसकिछन् उनी । मेरा हातहरु टाइप गर्न भन्दा पनि दिउरेमा उम्लिन ठिक्क परेको चियालाई कपमा खन्याउन व्यस्त भएँ । लकडाउनका कारण चिया अड्डाहरु बन्द छन् । घरैमा चिया पिउने बानी परेको छ । सोलिच्युड अर्थात् एकान्तवासमा बस्दा चिया अड्डाका हल्लाहरु ध्यान बिथोल्न आइपुग्छन् । उनका सम्झनाहरुले सताएर पुगेको थिएन र अब यो निक्कीको कौतुहलता थपियो मेरो मानसपटलमा ? ‘तपाईंको परिचय दिन सक्नुहुन्छ ?’ टाइप गरेँ तर सेन्ड गर्न हच्किएँ । गुड डे लेखेर गैसकी । के आत्तिएर खोजिनिति गर्नु जरुरी छ र ? लेखेको हरफ सर्लक्क मेटेपछि ‘यु टु ह्याब अ गुड डे’ लेखेर छाडिदिएँ । चियाको पहिलो घुट्को सुरुप्प निल्छु । अनि सम्झन्छु, ‘चिया नखाने साथीहरु भेट्दा अक्सर सोध्ने गर्छु, सास पनि फेर्छौ कि ब्याट्रीबाट चल्याछौ ?’ यस्तै स्टाटस लेखेको थिएँ कुनै दिन । कमेन्टहरुको भीडमा उस्तै हुलियाका एक दुई कमेन्ट थिए । ती कमेन्टहरुले भने, ‘चिया खाँदिनँ तर बाँचिराछु त ।’ [bs-quote quote=”चिया अड्डाहरु विश्वविद्यालय हुन्, जहाँ सिद्धान्त र दर्शनका छलफलहरु पनि हुने गर्दछन् । चिया अड्डा संचारगृह हो जहाँ खबरहरु संकलन गरिन्छन् र सूचना प्रवाह गरिन्छन् । र, कहिलेकाहीँ चिया अड्डाहरुमा बाहिर बताउन नसकिने भित्री चाहनाहरु पनि संकेतले नै व्यक्त गरिन्छन् र अँध्यारा कुनाहरु खोजेर जाने गर्छन् तिर्खालुहरु ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] कहिलेकाहीँ म सोच्ने गर्छु, सामान्य कुरा लेख्यो भने धेरैले बुझ्छन् तर म गलत रहेछु । मैले सामान्य लेखेकै कारण कहिलेकाहीँ मेरो भनाइको तात्पर्य पाठकले बुझेका नहुँदा रहेछन् । साहित्यमा अलंकारको प्रयोग हुन्छ । लाक्षणिक अर्थको महत्त्व हुने गर्दछ । शब्दमा पढ्नुभन्दा ‘रिडिङ बिटविन त लाइन्स’ भनेझैं शब्दले छोडेका खाली ठाउँका अर्थ बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । मलाई चिया पिउनु भनेको चिया अड्डामा बसेर स्वतन्त्रताको उपयोग गर्नु हो जस्तो लाग्छ । के के हुँदैन चिया पसलमा ? राजनीति, समाज, खेलकुद, साहित्य, सिनेमा, यौनदेखि लिएर प्रेमसम्मका कुराहरु हुन्छन् । चिया अड्डाहरु संसद् हुन्, जहाँ सत्तापक्ष र प्रतिपक्षको बादविवाद चल्ने गर्दछ । चिया अड्डाहरु विश्वविद्यालय हुन्, जहाँ सिद्धान्त र दर्शनका छलफलहरु पनि हुने गर्दछन् । चिया अड्डा संचारगृह हो जहाँ खबरहरु संकलन गरिन्छन् र सूचना प्रवाह गरिन्छन् । र, कहिलेकाहीँ चिया अड्डाहरुमा बाहिर बताउन नसकिने भित्री चाहनाहरु पनि संकेतले नै व्यक्त गरिन्छन् र अँध्यारा कुनाहरु खोजेर जाने गर्छन् तिर्खालुहरु । मलाई चिया पसल सधैँ स्वच्छन्द हुने ठाउँ जस्तो लाग्यो । चिया मेरा लागि स्वन्तन्त्रता, समानता र लोकतन्त्रको उच्चतम प्रतीक जस्तो लाग्छ । चिया पसलमा कहिल्यै यो को हो भनेर सोधिँदैन । यसलाई फरक चिया दिउँ भनिँदैन । यसलाई मात्र अर्कै गिलासमा चिया दिउँ भनिँदैन । आजकल गणतन्त्र आएर होला हरेक चिया पसलमा अपारदर्शी चिनियाँ कपहरु प्रयोग हुन्छन् ! बरु उतिबेलाकै चिया पसलहरु ठीक थिए । कमसेकम भारतीय काँचका गिलास नै भए पनि ती पारदर्शी त थिए ! हातमा भएको चियाको कप रित्तिन लाग्दा रित्तिन लागेको त्यो पुरानो चियाको कपको याद आयो जो बानेश्वरको कुनै एउटा अड्डामा उनको भरिएको कपको छेउमा उभिएको थियो । ‘तिमीले त चिया पिएनौ त,’ सोधेको थिएँ । ‘पिएँ त दुई तीन घुट्को’ ‘बाँकी नपिउने ?’ ‘हजुरले पिएको हेरेरै अघाएँ,’ के यो फ्लर्ट थियो ? ङिच्च हाँसेर उनका आँखाहरुमा हेर्छु, ती रसिला थिए, न त जिस्किएजस्तो, न त मस्किएजस्तो । एकसुरले हेरेर टोलाएजस्तो । मानौँ मेरा आँखाहरु कतै सुदूरको क्षितिज हो र उनका आँखाहरु दुरबिन हुन् । नियालिरहेछन् मेरो नजरको गोधुलीलाई, जहाँ भावनाका गुलाबी रङहरु पोतेर भर्खर अस्ताएको छ एउटा एक्लोपनको घाम । तर मेरो एक्लोपनाको घाम आजकल जहिल्यै उदाइरहन्छ । बिहान, दिउँसो, साँझमा र रातमा पनि । रित्तो कप हातमा लिएर टोलाइरहन्छु, त्यसदिन ‘त्यसरी चिया खेर फ्याँक्न हुन्न’ भनेर मैले उनलाई झक्झक्याएर भनेका कुराहरु । ‘त्यसो भए तपाईं नै पिइदिनु न त,’ भनेर उनले भनेका कुराहरु । ‘साँच्ची ?’ त्यो चुनौती थिएन, बरु रहर थियो । [bs-quote quote=”सायद जीवनमा त्यति मीठो चिया कहिल्यै पिएको थिइनँ । सेलाएको थियो, चिसिएर तरको खोल बाक्लिएको थियो तर त्यो चियामा उनका ओठहरु खसेका थिए । त्यो कपमा उनका छापहरु बसेका थिए ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सायद जीवनमा त्यति मीठो चिया कहिल्यै पिएको थिइनँ । सेलाएको थियो, चिसिएर तरको खोल बाक्लिएको थियो तर त्यो चियामा उनका ओठहरु खसेका थिए । त्यो कपमा उनका छापहरु बसेका थिए । ‘मानेँ मैले तपाईंलाई,’ भनेकी थिइन् उनले । उनको जुठो चिया पिउनु कुनै बहादुरी थिएन, यो उनलाई पनि थाहा थियो । आत्मा नै उर्लिएर त्यो चिया पिउने रहर मेरो आफ्नै थियो, यो मलाई पनि थाहा थियो । तर कठिन नलागेको चिजलाई कठिन छ भन्नु, साना-साना कुराहरुमा पनि ठूला खुशीहरु खोज्नु, आखिर यही नै त प्रेम रहेछ । भन्नेहरुले त जुठो खायो भने माया गाढा हुन्छ भनेर पनि भन्दिए तर यो फगत दोस्रो भेट थियो हाम्रो । र, हामी जुठो खाने भैसकेका थियौँ । के माया गाढा भयो त ? म त भन्छु, जति छिट्टो बस्छ माया, त्यति नै छिट्टो छुट्दो पनि रहेछ । #चिया अड्डा #सुरेश बडाल भरिया बने देशको चर्चित चित्रकार: डिबी राई काठमाडौँ, पुतलीसडकदेखि रत्नपार्कको चोकसम्म बागबजारको गल्ली गल्लीमा आर्ट पसल, ढोकाढोकामा आर्ट पसल । जथाभावी रंगैरंग पोतिएका भित्ताहरू र भित्तामा उँघिरहेका पेन्टर असनबजारका कपडा व्यापारीझैँ । त्यही समय काम खोज्दै हिँडेको थियो एउटा अल्लारे केटा । वल्लो छेउ, पल्लो छेउ हिँड्दैजाँदा उसको आँखामा आइबस्यो चौतारी आर्ट । अधिकांश फुटपाथको नाङलो पसलमा खैनीचुरोट बेचिरहेझैँ लाग्ने स्तरको तर त्यो हेर्दैमा सो रूम जस्तो । जहाँ ढोकैनेर गोलो टेबल र टेबुलमुनि आधा कम्मर ढाकेर घुम्ने कुर्सीमा बसिरहेका थिए, भोलामणि हार्तम्छाली । भोला दाइको टाउकोमाथि सेम्पलै सेम्पलले ढाकिएको भित्ता तर अर्को भित्तामा बिपी कोइराला, मदन भण्डारी, पासाङ ल्हामू शेर्पाका पोट्रेटहरू । • ‘ए, भाइ ! के चाहियो ?’ – ‘काम पाइन्छ दाइ ?’ • ‘तिमी आर्टिस्ट हो ?’ – ‘हजुर !’ भोलादाइले अन्तरवार्ता लिनुभयो, पास भएँ म । संयोग, डिबीजीले चौतारीलाई छाडिजाने र छाडिगएको चौतारीमा म घुम्दै आउने । त्यही चौतारीमा उनले कोरेका पेन्टिङहरू देखेपछि मभित्र झन् कौतुहलता लाग्यो — “यति राम्रा चित्र बनाउने कस्ता मान्छे होलान् हँ ?” ( यो कुरा थियो सन्ताउन्न/अन्ठाउन्न सालतिरको।) काठमाडौँ बसुन्जेल यी मान्छेसित कहिले भेट भएन । त्रिसठ्ठी सालमा जब म गएँ साउदी अरब, उनी पनि लगत्तै उतै गएछन् । “उतै रैछ भेट जुरेको, साउदी अरबमा कुरेको, बल्लै भेट भयो ।” अब भेट मात्रै भएन, भेट भैरह्यो त्यसपछि । प्रायः विहीबार साँझमा उनी हाम्रो कम्पनीमा आउने । राग रमाइलो गर्ने । दारु पिउने । कहिले जान्थ्यौँ नजिकैको समुद्रमा रातभरि माछा मार्न । डिबीजी, राम्रो बाँसुरी बजाउने र माछा मार्न सिपालु । अगर उनी आर्टिष्ट नभएको भए यतिखेर कुनै रेकर्डिङ स्टुडियोमा बाँसुरी बजाइरहेका हुन्थे होलान्! त्यो पनि नभए, अरुण नदीमा जाल हानिरहेका जालहारी त पक्कै हुन्थे! केही वर्षको अरब बसाइपछि डिबी नेपाल फर्किए। विदेशी कलाको अनुभव र निखारताले उनका सिर्जनाहरू अँध्यारोमा टल्किने काँसको सामानझैँ झन्झन् उज्यालिँदै आयो । पेन्टिङमा उनले गरेको गहिरो अध्ययन र लगनशीलताले आज उनी नेपालका समकालीन चित्रकारमध्येका एक अब्बल चित्रकार मानिन्छन् । यही प्रसिद्धिले नै उनका चित्रहरू नेपालभन्दा बाहिर चाइना, इन्डिया, मेक्सिको, जापान, कोरिया, युएई, पाकिस्तान, चेक रिपब्लिक, अमेरिका, इन्डोनेसिया, बोलिभिया, फ्रान्स, बाङ्लादेश, थाइल्यान्ड लगायतका देशहरूमा सामूहिक प्रदर्शनी र बिक्री भइसकेका छन् । उनी स्वयं चित्र प्रदर्शनीको सिलसिलामा चाइना, इन्डिया, इन्डोनेसिया, बाङ्लादेश लगायतका देशहरूमा भ्रमण गरिसकेका छन् । त्यसोर, कुनै अग्लो पहाडको शिखरमा बसेर, जसरी आज उनले वरिपरिका दृश्यहरू क्यानभासमा पोतिरहेका छन्, त्यहाँ पुग्ने बाटो कुनै अक्करको भीरभन्दा कम्ता अप्ठ्यारो थिएन । र, पनि भीरको उकालो उक्लिरहे …! ••• फ्लास ब्याक : अति विकट जिल्ला संखुवासभा, नुम गाउँका डिबी राई सानैदेखि चित्र कोर्न र मूर्ति बनाउन भनेपछि हुरुक्कै हुन्थे । रातोमाटो खनेर मूर्ति बनाउने कोसिस गर्थे भने घरका भित्ताहरूमा अंगारले चित्र कोरिरहने बानी रहेछ उनको । उनी एक कक्षामा पढ्दा आफ्नो तीन कक्षामा पढ्ने दाइले ठूलो जुरोवाला गोरुको चित्र बनाएका रहेछन् । दाइको चित्र देखेर यति धेरै प्रभावित भएछन् कि सधैँ उनले गोरुकै चित्र बनाइरहन थालेछन् । उनी भन्छन्, “म रातभर टुकी बालेर चित्र बनाउँथेँ । गाउँमा मट्टितेल पाइन्नथ्यो । तेल-मट्टितेल रासनपानी सबै धरानबाट बोकेर ल्याउन बीस दिनजति लाग्थ्यो । बा’ले मट्टीतेल सकेकोमा साह्रो गाली गर्नुहुन्थ्यो ।” एसएलसीपछि, एकाउन्न सालमा डिबी राई काठमाडौँ आएछन् । सरस्वती क्याम्पसमा भर्ना भएछन् । त्यहाँ पढ्दापढ्दै उनले क्याम्पसमा पनि चित्रकला पढाइ हुन्छ भन्ने थाहा पाएछन् । आइकम सकेर २०५३ सालमा ललितकलामा भर्ना भएछन् । दुई वर्ष दुःखसुख पढेछन् । उनी भन्छन्, “हाम्रो परिवार ठूलो भएकाले घरदेखि पैसा मगाउन सम्भव थिएन । आफ्नो लागि आफैँ खर्च जुटाउन धेरै पटक खैरेहरूको भारी बोकेर डोल्पासम्म पुगेको छु । तीस/पैंतीस दिन भारी बोक्दा टाउकोमा नाम्लोको डोबै बस्थ्यो । पछि साइनबोर्ड/ब्यानर लेख्न सिकेँ र पढाइ खर्च जुटाउन भारी बोक्नु परेन ।” यसैक्रममा वरिष्ठ चित्रकार उमाशंकर शाहसँग भेट हुन्छ । उनको स्टुडियोमा निकै वर्ष काम गरे । बिएफएपछि ग्यालरीमा चित्र बनाउन थालेछन् । तर जनयुद्धका कारण देशको अर्थतन्त्र तहसनहस भएपछि पेन्टरहरूलाई बाँच्न गाह्रो भयो । उनी पनि अरब हानिए । मेरा मित्र डिबी राई बरू अभावमा सस्तो शारीरिक श्रम बेचे होलान् तर आफ्ना सिर्जनालाई कहिले सस्तो बनाएनन् । त्यसैले उनी गर्विलो स्वरमा भन्छन्, ” कलाकार पैसाको पछाडि नभएर कलाकारको पछाडि पैसा र मिडिया लाग्ने कलाकार बन्न सक्नुपर्छ ।” उनको कुरा सुनेपछि मलाई लाग्यो — दुःखको मार्तोल र छिनाको हजारौं चोट खाएर नै बन्दोरहेछन् सुन्दर मूर्तिहरू । डिबि. राईले पाएका पुरस्कार/सम्मानहरू ———————- * प्रथम — नेकआ. संघद्वारा आयोजित चित्रकला प्रतियोगिता — २०५९ * दोश्रो — २८३औं पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस — २०६१ * दोश्रो — नेकसद्वारा आयोजित नेकस प्रथम राष्ट्रिय कला प्रदर्शनी — २०६२ * दोश्रो — योङ पिकासोद्वारा आयोजित खुल्ला चित्रकला प्रतियोगिता — २०७१ * दोश्रो — मकालु हिरक महोत्सव — २०७३ * टप ट्वेन्टी अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव — २०७४ * टप टेन अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव — २०७५ * टप थ्री कोन्टेन्ट अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव –२०७५ * दोश्रो — WS इन्डिया खुल्ला चित्र प्रतियोगिता — २०७६ * नेव्याक संघद्वारा बालकृष्ण स्मृति कला सम्मान — २०७६ * जवाहरलाल नेहरू कलाकेन्द्र राची, मूडस अफ कलरस सम्मान — २०७६ हिन्दू समाजमा ब्राह्मणवादी पितृसत्ता: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो लेख हामीले नयाँ पत्रिका को शनिबार अंक झन् नयाँ बाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख सन्जोग ठकुरी ले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिका मै पढ्न पनि सक्नुहुने छ । =================================== शक्ति र पहुँचको केन्द्र पुरुष छन् र हुनुपर्दछ भन्ने मान्यता व्याप्त भएको समाज नै पितृसत्तात्मक समाज हो, जहाँ महिलाको व्यक्तिगत र सार्वजनिक जीवनमाथि पुरुषले विभिन्न तरिकाले हस्तक्षेप गरिरहेका हुन्छन् । ब्राह्मणवाद भनेको ब्राह्मणविरोधी सोच होइन, तर कसरी हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताहरू निश्चित जातका मानिसका लागि फलदायी सिद्ध हुन पुग्यो र एकै समाजमा बस्ने अर्को समुदायमाथि थिचोमिचो भएको छ भनेर विभेदको जरो पत्ता लगाइएको सोच हो । हाम्रो हिन्दू धर्मको सामाजिक परिधिमा ब्राह्मणहरूलाई पहिलो दर्जाको नागरिकका रूपमा स्थापित गरिएको छ र महिला र शुद्रलाई तुच्छ जाति भनेर व्याख्या गरिएको छ । यही ब्राह्मणवादको जगमा जात, वर्ग र लैंगिक दृष्टिकोणको विश्लेषण नै यहाँ चर्चा गर्न खोजिएको ब्राह्मणवादी पितृसत्ता हो । यो शब्दलाई सबैभन्दा पहिले भारतका इतिहासकार उमा चक्रवर्तीले प्रयोगमा ल्याएका थिए । कसरी हिन्दू समाजमा ब्राह्मणवादभित्र पितृसत्ता गढेर रहेको छ भन्ने विषयमा तथ्यगत आधार प्रस्तुत गर्नुभएको इतिहासकार चक्रवर्तीले धर्म, आर्थिक रूपमा पुरुषप्रति निर्भर बनाइनु, परिवारको प्रमुख पुरुष बनाइनु, पुरुष समर्थित असल महिलाका मानकहरू स्थापित गरिनु र यस व्यवस्थाका विरोधमा उत्रने महिलालाई दण्डसजायको व्यवस्था गरी समाजमा यस व्यवस्थालाई स्थापित गर्न महिलाको (बाध्यात्मक) साथ पनि लिइएको बताउँछन् । नेपाल र भारतमा हिन्दुत्वको वर्चस्व छ फलस्वरूप यसका विचारले हाम्रो विचारधारा, संस्कार, दृष्टिकोण, व्यवहार सबैमा प्रभाव पारेको छ । मनु र कौटिल्य त्यस्ता हिन्दू दार्शनिक हुन् जसले हिन्दू समाजको निर्माणमा ठूलो प्रभाव जमाए र महिलाको धर्मलाई स्त्रीधर्म भनी व्याख्या गरे । स्त्रीधर्मका बारेमा हिन्दू धर्म र यसका मिथकहरूमा पनि थुप्रो उदाहरण भेटिन्छन् । ब्राह्मणवादी पितृसत्ताको सबैभन्दा बलियो र सर्वस्वीकार्य हतियार हो स्त्रीधर्म । ब्राह्मणवादी पितृसत्ताले महिला र दलित समुदायलाई संगठित रूपमा ठूला जातका पुरुषहरूको अधीनमा राख्दछ र उनीहरूको श्रम, सम्पत्ति, शरीर र जीवनमाथि नियन्त्रण गर्दछ । यस्तो नियन्त्रणका लागि महिलाको व्यवहार कस्तो हुनुपर्छ, स्त्रीधर्म भनेको के हो भन्ने व्याख्या शक्तिशाली ब्राह्मण पुरुषले गर्दछन् र महिलाहरूलाई पुज्य हुनका लागि आफ्नो जातका पुरुषप्रति आज्ञाकारी र शुद्ध हुनुपर्ने मान्यता अघि सार्दछ । यहाँ शुद्धतामा ठूला जातिकै पुरुषसँग सम्बन्ध स्थापित गर्नुपर्ने, कौमार्य र महिलाको यौनिकतामाथिको नियन्त्रण झल्किन्छ । समाजमा नियन्त्रणका अनेक तरिकाहरू माथिल्लो जातका पुरुषहरूले बनाएका हुन्छन् जस्तो कि सम्पत्ति र स्रोतमाथिको पहुँच आफ्नो हातमा राखेर उनीहरू सदैव महिला र दलित समुदायका पुरुषहरूलाई आफ्नो अधीनमा राख्दछन् भने यस्तो प्रक्रियालाई वैदिक मान्यता प्रदान गरी उनीहरू पुस्तौँपुस्तासम्म समाजको एउटा ठूलो हिस्सामाथि मानसिक र शारीरिक रूपमा रजाइँ गरिरहेका हुन्छन् । जातीय शुद्धताको नाममा संगठित रूपबाटै महिलाको यौनिकतामाथि नियन्त्रण गरिएको छ । दलित समुदायका पुरुषसँगको सम्बन्ध स्थापित गर्नबाट रोक्न महिलालाई घरबाट बाहिर जान नहुने, परिवारले निरन्तर निगरानी गरिरहनुपर्ने नियम बनाइन्छ । अनि फेरि यस्ता नियमको परिपालनाका लागि महिलालाई नै खास जिम्मेवारी तोकिन्छ । पितृसत्ताले जब महिलालाई मानसिक, सामाजिक, आर्थिक रूपले पुरुषको अधीनस्त बनाउँछ, तब कसरी महिला आफैँ पनि पितृसत्ताको पहरेदार हुन पुग्दछ भन्ने उदाहरण हो यो । अधिकांश रूपमा पुरुषले महिलाको शत्रु महिला नै हुन्छ भन्ने उदाहरण दिइरहँदा हामीले महिलामाथि पुरुषको स्रोत, पहुँच, यौनिकतामाथिको नियन्त्रणले उनीहरू बाध्यात्मक रूपले पितृसत्ताको पहरेदार हुन पुगेको कुरा बिर्सनुहुँदैन । मनु र कौटिल्यले त महिलालाई जाली, खराब, आफ्नो यौनिकता काबुमा राख्न नसक्ने, एकभन्दा बढी पुरुषसँग सहजै यौनसम्बन्ध राख्ने महिला खराब हुन्, पुरुषको हरदम नियन्त्रण आवश्यक भएको भनी व्याख्या गरेका छन् । जब पुरुष कोही महिलासँग यौनसम्बन्ध राख्दछ त्यसलाई जितको रूपमा व्याख्या गरिन्छ भने महिलाको यौनसम्बन्धले उसलाई समाजकै कलंकका रूपमा स्थापित गर्दछ । हिन्दू धर्मभित्रै नियोग भन्ने प्रथा पनि प्रचलनमा आएको पाइन्छ । जहाँ महिलाको प्रजनन क्षमताको प्रयोगका लागि पतिबाहेकका पुरुषसँगको संसर्गलाई स्वीकृति प्रदान गरिन्छ, तर यहाँ पनि पुरुषहरू नै विशेषाधिकारबाट सुसज्जति भएका हुन्छन् । अपोस्तम्भ धर्मसूत्र जसमा श्रीमान्ले आफ्नी श्रीमतीको अर्को पुरुषसँग यौनसम्बन्ध नहोस् भनी सुनिश्चित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अर्थात् महिला पुरुषहरू मात्र भन्ने थाहा पाउनासाथ आफ्नो सबथोक बिर्सेर सुम्पन तयार हुन्छन् भन्दै मनु प्रत्येक उमेरका महिलालाई पुरुषले नियन्त्रण गरिरहनुपर्ने कुरा बताउँछन् । ब्राह्मणवादी व्यवस्थाका चिन्तक तथा प्रवद्र्धक मनुले त मनुस्मृतिमा महिलामा झुटो बोल्ने, गहनामा अधिक लोभ हुने, रिस, क्षुद्रता, विश्वासघात र खराब आचरण महिलाको चरित्र भनी व्याख्या गरेका छन् । उनी भन्छन्, ‘कमजोरभन्दा कमजोर पुरुषले पनि श्रीमतीमाथि नियन्त्रण गर्नु आवश्यक छ । सृष्टिकर्ताले महिलालाई प्रदान गरेको प्रजनन शक्ति, यौनिकताजस्ता विषयमा प्रत्येक पुरुषले कडाइका साथ नियन्त्रण गर्नुपर्दछ ।’ महाभारतमा भीष्मले युधिष्ठिरलाई बताएको अष्टावक्र र उत्तराको कथाबाट पनि यो कुरा स्पष्ट हुन्छ । बौद्ध धर्मावलम्बीहरूमाझ परिचित जातक कथाहरूमा पनि महिलाको यौनिकतामाथि नियन्त्रण गरिनुपर्ने जस्ता विषय उल्लेख गरिएको पाइन्छ । असतामनता जातक, बन्दनामोक्खा जातक यसका उदाहरण हुन् । कौटिल्यको अर्थशास्त्रमा घरभन्दा बाहिर रमाउने श्रीमती र महिलालाई बाँसले, हातले वा कोर्राले दिनको तीनपटकसम्म पिट्न सकिने उल्लेख छ भने रमाइलो गर्न जानेजस्ता काम गर्नबाट समेत वञ्चित गरी महिलाको घरबाहिरको सार्वजनिक जीवनमाथि अंकुश लगाइएको छ र सबैभन्दा ठूलो अपराध भनेर घरबाहिर रात बिताउनुलाई भनिएको छ । जसका लागि जरिवानासमेत डबल हुने उल्लेख अर्थशास्त्रमा गरिएको छ । त्यसैगरी श्रीमान्बाहेकका पुरुषसँग भेट्नु, कुरा गर्नुलाई समेत दण्डनीय कार्यका रूपमा उल्लेख गरिएको छ । यी सबै महिलाको गतिशीलतामाथिको संकुचनका विधि हुन्, जुन आज पनि हाम्रो समाजमा विद्यमान छन् । महिलाका आवतजावतमा नियन्त्रण गर्न उपल्लो जातका पुरुषलाई राज्यबाट समेत यथाशक्य शक्ति प्रदान गरिएको थियो । कौटिल्यले जातको विषयमा कुरा गर्दा सबैभन्दा घृणित अपराध भनेको उपल्लो जातिको महिला र तल्लो जातिको पुरुषबीचको सम्बन्ध भनी व्याख्या गरेका छन् । यस्तो सम्बन्ध राखेमा महिला माथिल्लो जातबाट तल्लो जातमा झर्ने भनेका छन् । गौतरियाले तल्लो जातिका पुरुषसँग सम्बन्ध कायम राख्ने महिलालाई सबैको अघि सार्वजनिक बेइज्जत गर्नुपर्ने र पुरुषलाई भने तत्काल मार्नुपर्ने बताए भने वशिष्टले यस्ता घृणित कार्यबाट शुद्धीकरणका लागि महिलाको कपाल मुण्डन गरी नांगो शरीरसहित सहर घुमाउनुपर्ने बताएका छन् । यसरी महिलाको यौनिकतामाथि नियन्त्रण गर्न खास तीन रणनीतिहरू अपनाइए । पहिलो धर्म, संस्कारका नाममा भगवान्का कथा, पाप र धर्मका उदाहरण दिइयो । दोस्रो स्त्रीधर्म र पतिव्रता हुनुपर्दछ भनेर सिकाइयो जसका लागि सीता र सती सावित्रीजस्ता पात्र उभ्याइए र एकै जातमा प्रेम र विवाह गर्नुपर्ने मानक स्थापित गराइयो । तेस्रो महिला आफैँले आदर्श महिला हुनका लागि प्रेरित गर्न विभिन्न संस्कार र प्रथाको माध्यमबाट आत्मसात् गर्न बाध्य बनाइयो । फलतः पितृसत्तात्मक ब्राह्मणवादले महिलाको अधिकारमाथि विजय हासिल गर्दै गयो । परापूर्वकालदेखि नै महिलाको यौनिकतालाई नियन्त्रण गरिनुपर्ने र यसका लागि पुरुषहरू बढी जिम्मेवार हुनुपर्ने कुरा सिकाउँदै आइरहेको छ । महिलाको स्वतन्त्रतामाथि अंकुश राख्न ल्याएको पतिव्रता धर्मको अवधारणा ब्राह्मणवादी पितृसत्ताको अचुक र बलियो हतियार थियो जुन समाजमा गहिरोसँग स्थापित र स्वीकार्य गराउन उपल्लो जातिका पुरुष सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय, लैंगिक अध्ययन विभागका प्रमुख प्रा.डा. बिन्दु पोखरेल भन्नुहुन्छ, ‘मनु एकातिर यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ भगवान् प्रसन्न हुन्छन् भनेर उल्लेख गर्छन् र अर्कोतर्फ महिला भनेको पुरुषको अधीनमा बस्नुपर्ने र स्त्रीधर्म पालना गर्ने हुनुपर्छ भनी व्याख्या गर्दछन् । हामीले ब्राह्मणवादी पितृसत्तालाई यसरी नियाल्न आवश्यक छ ।’ यिनै व्याख्यालाई आधार मान्दै महिलाको यौनिकता काबु गर्न हाम्रो घरपरिवारमा छोरी कहाँ गइन्, कतिवेला आउलिन्, कोसँग भेट गर्ने र नगर्ने, कहाँ कसलाई भेट्ने र नभेट्ने, कुन जातिसँग सम्बन्ध बढाउने वा नबढाउनेजस्ता नियम बन्न पुगे । महिलाको यौनिकता काबुमा राख्ने पुरुष नै बलात्कारी, हिंस्रक पुष्टि भइरहँदासमेत यो अभ्यासले निरन्तरता पाइरह्यो । हाम्रो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकको स्विकार्यतामा भएको समस्या पनि ब्राह्मणवादी पितृसत्ताकै उपज हो । जब यो समाजमा जैविक लिंग पुरुष भएको व्यक्ति आफूलाई महिलाका रूपमा परिभाषित गर्न खोज्दछ, तब पुरुष जन्माएका कारण प्राप्त गरेको सम्मान गुम्ने डरले अभिभावक यो स्वीकार गर्दैन भने जब यौनांग योनी भएको व्यक्ति आफूलाई मानसिक र सामाजिक रूपमा पुरुष भनी परिभाषित गर्दछ तब ब्राह्मणवादी पितृसत्ताले डोहो¥याएको मान्यता र नियम उल्लंघन हुने कारण समाजबाट उनीहरू अलग्याइन्छ । त्यसैगरी महिला र महिला, पुरुष र पुरुषबीचको सम्बन्ध त यसले नस्विकार्ने भइहाल्यो । र यस्ता अस्विकार्यता यसरी स्थापित भएका छन् कि हामीले उनीहरूको जीवनमा हिंसा गरिरहेका छौँ, विभेद गरिरहेका छौँ भन्नेसमेत हामीलाई हेक्का हुँदैन । छोरीलाई कुन जातको केटासँग प्रेम गर्ने, कसलाई कहाँ भेट्ने, सन्तानले आफूलाई कसरी परिभाषित गर्ने, कुन लैंगिक समुदायका व्यक्तिसँग प्रेम गर्ने भन्नेजस्ता विषयमा अंकुश लगाउनु आफैँमा मानवअधिकारको गम्भीर उल्लंघन हो, तर ब्राह्मणवादी पितृसत्तामा हुर्किएका हामी यसको विरोध गर्न परै जाओस्, बरु मान्छे मार्न पनि पछि पर्देनौँ । यी सबैबाट हामी के निष्कर्षमा पुग्न सक्दछौँ भने हाम्रो समाजको सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवस्था जात, वर्ग र लैंगिक विभेदको त्रिकोणीय सम्बन्धबाट प्रस्फुटित भएको छ जहाँ महिलाको कुनै पनि किसिमको अभिव्यक्ति खासगरी यौनिकता र यौनिक अभिमुखीकरणलाई धर्म, पाप, खराब, न्याय, संस्कार, जात, भाषा, इज्जत, सुरक्षा, मायाजस्ता नाममा नियन्त्रण गरिन्छ । यो नै हामी बाँचिरहेको आजको नेपालको ब्राह्मणवादी पितृसत्ताको स्वरूप हो । अतः रुकुममा भएको घटना दलित युवाको हत्या वा दलित अधिकारको विषय मात्र पनि होइन । यो त सदियौँदेखि महिलाले कसलाई प्रेम गर्न हुन्छ, कुन जाति, कुन वर्ग, कुन ठाउँ र उमेरका पुरुषसँग सम्बन्ध जोडिनुपर्दछ, कुन उमेरमा प्रेम गर्ने र प्रेमीलाई भेट्ने कि नभेट्ने, पुरुषसँग मात्र सम्बन्ध राख्ने भनेर ब्राह्मणवादी पितृसत्ता (ब्राह्मनिकल प्याट्रियार्की)ले महिलामाथि लादिदिएको विभेदपूर्ण नियमको उदाहरण पनि हो । यसलाई ब्राह्मणवादी पितृसत्ताको आँखाबाट पनि विश्लेषण गर्न उत्तिकै जरुरी छ । जातीय शुद्धताको नाममा संगठित रूपबाटै महिलाको यौनिकतामाथि नियन्त्रण गरिएको छ । दलित समुदायका पुरुषसँगको सम्बन्ध स्थापित गर्नबाट रोक्न महिलालाई घरबाट बाहिर जान नहुने, परिवारले निरन्तर निगरानी गरिरहनुपर्ने नियम बनाइन्छ । अनि फेरि यस्ता नियमको परिपालनाका लागि महिलालाई नै खास जिम्मेवारी तोकिन्छ । पितृसत्ताले जब महिलालाई मानसिक, सामाजिक, आर्थिक रूपले पुरुषको अधीनस्त बनाउँछ, तब कसरी महिला आफैँ पनि पितृसत्ताको पहरेदार हुन पुग्दछ भन्ने उदाहरण हो यो । अधिकांश रूपमा पुरुषले महिलाको शत्रु महिला नै हुन्छ भन्ने उदाहरण दिइरहँदा हामीले महिलामाथि पुरुषको स्रोत, पहुँच, यौनिकतामाथिको नियन्त्रणले उनीहरू बाध्यात्मक रूपले पितृसत्ताको पहरेदार हुन पुगेको कुरा बिर्सनुहुँदैन । ब्राह्मणवादी सामाजिक व्यवस्थामा एकातर्फ समाजको एउटा निश्चित जाति र समुदायलाई पानी पनि नचल्ने भन्दै हेय भाव राखिन्छ भने अर्कोतर्फ लैंगिक रूपमा महिला पुरुष समान नहुने बरु पुरुष र श्रीमान्ले श्रीमतीलाई तह लगाएर राख्नुपर्ने सोचलाई अघि सार्दछ जुन हाम्रो नेपाली समाजले पनि स्वीकार गरेको कुरा हाम्रा दैनिक घटनाहरूबाटै प्रस्ट हुन जान्छ । रुकुममा भएको घटना यही ब्राह्मणवादी समाजको एउटा अंश हो । ब्राह्मणवादी पितृसत्ताले दलित समुदायका पुरुष र कथित ठूला जातिका महिलामाथि खासगरी उनीहरूकोे यौनिकतामाथिको नियन्त्रण हजारौँ वर्षअघिबाट गर्दै आइरहेको छ । #सन्जोग ठकुरी देशको नक्सा: सबैभन्दा सुन्दर आर्ट: आजको दिन इतिहास बनेपछि स्वर्ण अक्षरमा लेखिने छ । स्कूलमा पढाइने छ, सामाजिक शिक्षामा राखेर । इतिहास तथा भूगोल पढिरहँदा पनि आजको दिन छुट्ने छैन । लोकसेवा पढ्नेलाई त आजको दिन भविष्य बन्ने नै छ । साथै, अब स्कूले साना नानीबाबुमात्र हैन, हर एक नेपालीले सिक्ने छ खुकुरीको धार (लिपुलेक, कालापानी र लिम्पियाधुरा) साहितको नेपालको नक्सा कोर्न । जुन नक्सा देशको सबैभन्दा लोकप्रिय चित्र हो, सबैभन्दा सुन्दर नक्सा हो । केही समयअघि भारतले आफ्नो क्षेत्र बताउदै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नेपालले पनि आफ्नो राजनैतिक तथा प्रशासनिक नक्सामा उक्त भूभागलाई पहिलोपटक समेट्यो । स्वभावतः नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध चिसियो । कुनै पनि नक्सालाई विश्वमाझ पुर्याउन तथा थप वैधानिकता प्राप्त गर्ने भनेको निशान छाप हो । जसको लागि संविधान संसोधन हुन जरुरी थियो । नेपालको राजनीतिमा प्रत्यक्षरुपमा हस्तक्षेप राख्ने भारतको पक्षमा नेपालको नेत्तृव तथा पार्टीहरु एक ढिक्का भएर उभिनुभनेको एक दुर्लभ क्षण थियो । तर त्यो आर्ट आज हाम्रो संसदले पूरागर्याे । र सर्वसम्मतीले एउटा सुन्दर चित्र कोर्याे । देशको चित्र । देशको नक्सा । निसाना छाप । नेपालीहरुका लागि योभन्दा सुन्दर आर्ट अर्काे के हुन सक्ला ? (तस्बीरः इन्टरनेट तथा पत्रपत्रिका) #देशको नक्सा पल्पसा क्याफे जसको स्वाद ढिलो गरि लिदा पनि मनमा बस्यो: “पल्पसा क्याफे” खै किन हो नाम सुन्ने बित्तिकै यो प्रेमकथामा आधारित उपन्यास होला भन्ने लागेथ्यो । पछि मदन पुरस्कार दिईयो, त्यतिबेलाको छापा सञ्चार माध्यमहरुमा पनि कुरुस्तै बिज्ञापनहरु देखिए । समिक्षाहरु छापिए । तर मेरो पुर्ब मान्यता “प्रेमकथा” भएकैले खासै रुचि लागेन । प्रेमकथामा आधारित कुनै पनि आख्यानात्मक सृजना (किताब, फिल्म) हरु खासै रुचिभित्र पर्दैनन् । त्यसैले मैले कुनै पनि समीक्षा कहिल्यै पढिनँ पनि । त्यो समय थियो जतिबेला सात राजनैतिक पार्टीहरु राजतन्त्र बिरुद्ध आन्दोलित थिए कान्तिपुरलाई आठौँ पार्टी/दल भनिन्थ्यो । त्यही कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेले लेखेको उपन्यास त्यसै पनि चर्चामा आईहाल्ने भयो, यस्तै सोँचेर नजरअन्दाज गरेँ सायद । प्रकाशित भएको डेढ दशकपछी पल्पसा क्याफेको कथालाई स्पर्श गर्न मन लाग्यो । किताब त मसँग थिएन । त्यसैले अनलाईन खोजी गरेँ । E-Book भेटेँ । तर पढिरहन समय नमिल्ने भएकोले काम गर्दै सुन्ने विकल्प छानेँ र अडियो भर्सन छनौट गरेँ । लगातार चार दिन सुनेँ समय मिलेको बखतमा र कथा सकियो । मैले समय मै नपढेकोमा निक्कै पछुतो लाग्यो । तर सोचेँ, सायद त्यतिबेला पढेको भए आज जस्तो कथाले मलाई नछुन नि सक्थ्यो कि? किनभने हामीले भोगेको वा बाँचेको समय, परिबेश र तिनले हामीमा उत्पन्न गराउने मनोदशाले हामीले पढ्ने वा परख गर्ने कृतिहरुको बिषयबस्तुमा फरक पार्ने गर्दछन् । त्यस कारण All is Well सोँचेँ । नारायण वाग्ले पुर्णकालिन पत्रकार भएर पनि पुर्णकालिन चित्रकारको आत्मपरक कथा भन्न सक्नु नै उपन्यासको पहिलो Strongness हो भन्ने लाग्छ । कथा हाम्रो पुस्ताले बिशेषगरी वि. सं. २०५५-६० को समयावधिमा बाँचेको समयको सजिव चित्रण हो । त्यो समयमा गाउँमा लछप्पै भेटिने लालसेनाहरु र तिनिहरुप्रतिको लहर, गाउँबासिहरुको मनस्थिती, कष्टकर दैनिकी एकातिर थियो भने अर्कातिर त्यो गतिबिधिले चुम्बकिय ध्रुबले चुम्बकिय बस्तुलाई आफुतिर ताने जस्तै खुम्चँदै गईरहेको राजनैतिक परिबेश र त्यसको माखेसाङ्लो । उपन्यासको केन्द्रिय कथा यहिँ सेरोफेरोमा दौडिएको छ । पढ्दै गर्दा निक्कै पर पटाक्षेप भईसकेका आफ्नै तत्कालिन भोगाईहरु “फ्ल्यास ब्याक” मा बैजनी रंगमा ओहोरदोहोर गरिरहे । मैले विशेष गरि “प्रेमकथा” को हाउगुजिले नपढेको यो उपन्यास यो पटक अलिकती चेत खुलेपछि पढेको हुँ । मदन पुरस्कार प्राप्त कृति भनेपछी यसमा पठनिय केही अवस्य हुनुपर्छ, यस्तै सम्झेर थालेको हुँ । नेपालमा बितरण गरिने विभिन्न पुरस्कारहरु बेलाबेलामा बिबादमा आईरहन्छन् नै त्यसो त । तर मदन पुरस्कार अलि कम बिबादित र नेपाली साहित्यकै दाजु पुरस्कार भएकोले पनि यो मनस्थिती बनेको हो । पुरस्कृत अन्य कृतिहरु समेत पढिसकेपछी अझ “कन्फिडेन्ट” थपिएर म यता तानिएको हुँ । कथाको रसास्वादन सकिदै गर्दा यस्ता कृतिहरु नेपाली साहित्यमा कमै लेखिएका होलान् भन्ने लाग्यो वा मैले भेट्न नसकेको पो हुँ कि! काठमाडौबाट अपहरण शैलिमा सिद्धार्थले दृष्यलाई पश्चिम नेपालको पहाडी गाउँ पुर्\u200dयाएपछी कथाको क्यानभासमा जनयुद्धको खास रङ् पोतिन थाल्छ । दस बर्षपछी आफ्नो जन्मथलो पुगेको दृष्य आफ्नो पुरानो दिनहरुमा हराउँदै देखिँदै गर्दा जनयुद्धको बाछिटाले छियाछिया बनाएको बस्तिहरु र त्यहाँका मानिसहरुको मनस्थितिको चित्रण गरिएको छ । निक्कै लामो समय दृष्यलाई लिएर जाने सिद्धार्थ पर्दामा देखिदैन तर एक्कासी एउटा छोटो दृष्यमा ऊ मारिन्छ तर कसरी? उसलाई मार्ने मानिसहरु को थिए? सरकारी सेना थिए वा आफ्नै पक्षका तर उसका बिपक्षी खेमाका? जनयुद्धका दौरान् त्यस्ता कैयन घट्नाहरु घटेका थिए पनि । आफ्नै सहकर्मिको हत्या गर्ने र शक्ति हत्याउने प्रचलन । बन्दुक अर्थात तागत । तागत आफ्नो साथमा भएपछी आफ्ना अगाडिका सबै चिजहरु पुड्का र बबुरा लाग्छन् सायद । तर सिद्धार्थ मारिनुको कारण कथाले खोल्दैन । सायद पाठकले अनुमान गर्नुपर्ने होला कि? त्यही ठाउँमा फेरि दृष्यलाई लिएर जाने केटिको अवस्था के भयो? कथा मौन छ । दृष्य उकालो चढ्दै गर्दा आफू जस्तै मान्छेसंग भएको जम्काभेट के थियो? के त्यो समयमा आतंकका कारण मान्छेहरुमा बनिरहेको मनस्थितिको प्रतिबिम्ब मात्रै थियो अर्थात मनले मात्रै देखेको दृष्य थियो वा दृष्यले साँच्चैको त्यस्तै दृष्य देख्यो? संयोगबस् दृष्य काठमाडौ फर्कदै गर्दा भेटिएकी पल्पसा यी अघिका भेटहरुमा पनि संयोगबस नै भेटिएकी थिईन् । र संयोगवस नै उनी दुर्घट्नामा पनि परिन् । सायद मान्छेको जिन्दगीमा हरेक घट्नाहरु संयोग नै संयोगले बनेका हुन्छन् भन्ने सन्देश होला यो । पल्पसा र दृष्य दुबैमा प्रेम अंकुराए पनि एक अर्कामा ब्यक्त हुन नपाउँदै प्रेमको अन्त्य भयो । सायद यो पनि चरम युद्धका बेला प्रेमले भोग्नुपर्ने नियतिको प्रतिबिम्ब होला । दृष्य काठमाडौ फर्किएपछी उसले बनाएको “पल्पसा सिरिज” को पेन्टिङ् र उसको गाउँमा आर्ट ग्यालरी सहितको सुबिधा सम्पन्न होटल वनाउने सपना तत्कालिन समयमा बाँचिरहेका मानिसहरुको शाङ्ग्रीला जस्तै सपना थियो क्यार । जसरी त्यो सपना बुन्दा बुन्दै एकदिन दृष्य सबैबाट अदृष्य भयो, बेपत्ता बनाईयो । कैयौँ श्रष्टा र सर्जकहरु त्यसै गरि बेपत्ता भएथे जसरी दृष्य अचानक आफ्नो आर्ट ग्यालरिबाट बेपत्ता भयो । पतिबर्तनको महान सपना बोकेको सिद्धार्थ, युद्धबाट पुरै बेखवर ब्यक्तिगत स्वतन्त्रताका लागि हिँडेकी एक युवती, कला र सृजनामा रमाउने एउटा श्रष्टा यी तिनै पात्रहरु मारिए, बेपत्ता बनाईए । युद्धकालिन समयको यो क्रुर बास्तविकता अत्यन्तै दुखद हो । जुन जुन चरित्रहरु बाँच्नुपर्थ्यो ती सबैले मर्नुपर्\u200dयो । त्यसैले होला सायद आज हामीले बाँचेको समय सार्थक हुन सकिरहेको छैन । हामीले भोगिरहेको ब्यबस्था अल्मलिए झैँ देखिन्छ । निहारिका: थोरै मैलिएर थोरै खिइएर वर्षौं पहिले झाडीमा हराएको क्रिकेट बलझैँ भेटिएको छ जिन्दगी । मैले जिन्दगीलाई अलिकति बुझ्न कति टाढा आउनुपर्यो मेरा आदर्श गलत थिए – म अन्धो थिएँ मेरो छाती कमजोर थियो – म निर्बल थिएँ मेरो मनको भकारी ठूलो थियो – म गलत थिएँ उ पर क्षितिजमा एउटा नौलो मान्छे पर्खिरहेको थियो मेरा फाटेका पैतालाले नजाऔं भो पनि भनेनन् आगो बलेको पेटले सोचौँ भो पनि भनेनन् गलेको पिठ्युले बसौँ भो पनि भनेनन् म जोराजोरले कस्सिदै पुगेँ त्यहाँसम्म जहां मलाई पर्खिरहेको नौलो आकृति थिएन अझै उक्लनु पर्ने उकालो थिएन अझै ओर्लनुपर्ने ओरालो थिएन बस् ! एउटा निर्मल पोखरी थियो कुनै आदिम देवकुण्ड हुनुपर्छ त्यहाँ आफ्नै छायाँलाई हेरेपछि त बिर्सिएछु म उज्यालो चाहान्छु या अँध्यारो ? माया चाहान्छु या मोह ? रस चाहान्छु या मोक्ष ? पूर्णता चाहान्छु या रिक्तता ? एकान्त चाहान्छु या शून्यता ? जीवन चाहान्छु या मृत्यु ? यो हारको अनुहार हो निहारिका मैले जित्नु भनेकै मेरो हार थियो मैले हार्नु नै मेरो हार हो मलाई स्वीकार्य छ – मैले जितेर पनि हारेँ म हारेर पनि जित्न चाहान्छु प्रेमी झैँ शिक्षक झैँ सहिद झैँ मेरो जिन्दगी त अनुत्तरित प्रश्न रहेछ मेरो प्रश्न त जिन्दगी रहेछ –जो अनुत्तरित छ भोक देखेँ – म लडिरहेँ मैले बुझिनँ – को सँग लडिरहेछु ? भोक सँग या अघाएकाहरूसँग विचार – व्यवहार गरिबी – शोषण अस्तित्व – अहम् अग्ला – चुचुरा होंचा – बुचुरा दरबार – सरकार म सबैसँग लडेँ यो जिन्दगीको बगरमा मैले बुझिनँ – म को सँग लडिरहेछु ? खोलासँग या खोलाले बगाएकाहरूसँग ? #निहारिका 'नेपाली संस्कृति तथा सद्भावना राजदूत' मानार्थ उपाधि दुई प्रवासी नेपालीलाई: नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्वसामु प्रस्तुत गर्दै आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिँदैआएका प्रवासमा बस्ने दुई जना नेपालीहरूलाई आज ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ । नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिबाट सम्मानित हुने नेपालीहरूमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वेका अध्यक्ष विष्णुमाया विभू र म्यानमार निवासी अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे हुनुहुन्छ। नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार एवम् रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले हार्दिक बधाई तथा शुभकामना दिँदै बिष्णु माया विभू र सागर घिमिरेलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको सदस्यता प्रदान गर्नुभएको थियो। यस अघि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान पाउनेहरूमा दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया), जीवन प्रसाई (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड), योगिता थापा (बेल्जियम), लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया), मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्याण्ड) मिलन घिमिरे (थाईलैण्ड) र बालहरि राई (लक्जेम्बर्ग) रहेका छन् । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्वसामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट विशेष योगदान दिँदैआएका प्रवासमा बसोबास गर्ने नेपालीहरूलाई मानार्थ उपाधिले सम्मान गर्दैआएको छ । #नेपाली संस्कृति #प्रवासी नेपाली नवपुस्ता: कसैको बासँग संस्कृत संवाद; कसैको कमजोर सरकारमाथि बलियो विस्वास: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश अढाई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ । यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँ: राजु झल्लु प्रसाद: “कमजोर सरकारमाथि मेरो बलियो विश्वास छ” राजु झल्लु प्रसाद रातभर आकाश हेरिरहँदा बिहान भइरहेछ। बिहानभर सुतिरहँदा दिउँसो भइरहेछ र, दिनभर खानपिन र कसरत गरिरहेछु। मन, आँखा र पेट पनि अघाइरहको छ। एउटा समय थियो, फलानो-ढिस्कानो काम र जिम्मेवारी, भोक र थकान, निद्रा र आराम थिए। अब यतिखेर घडीजस्तै भएको छु, घडी मात्रै..समय जस्तो होइन। समयको गति कहिल्यै कम या तेज हुँदैन। समय यात्रारत रहन्छ। समय हिउँले चुसेको चट्टान टेकेर पनि बाँच्छ। चाहे त्यो लिपुलेक ढलोटका हिउँ सतह हुन् या अंकलको २ वर्षे छोरालाई बताइएको चन्द्रमाको सतह। समय- पग्लिरहेको मैन चुस्न आएका पुतलीका आङमा चढेर झर्..र्झ आवाज पनि निकालिरहेको छ। समय- चीलहरूसँग आकाशमा गुड बनाउन निस्कन्छ र, कटुयथार्थतासँग ठोकिएर पराजयको टुटुल्को सुमसुमाउँदै फर्की पनि रहेको छ। कहिले लाग्छ, समय पुराना अखबार पढिरहेछ, नयाँ बिहानीमा। युगौंदेखि सत्य परिमार्जित भइरहेको र गराइरहिएको वास्तविकतासँग पटक-पटक जम्काभेट हुँदा खिस्स दाँत देखाएर आफ्नो सुकेको ओठ जिब्रोले भिजाएर अघि घस्रिरहेको यो समय कहिलेकाहीँ ऐनामा मेरो अनुहार बोकेर पनि टुप्लुकिन्छ। त्यतिबेला लाग्छ, जीवनको आधारभूत आवश्यकता दारी काट्नु मात्रै होइन, गाला काटिनु पनि रहेछ। त्यतिबेला लाग्छ, जीवनको सम्भाव्यताहरू पर्खालको उचाइ नाघ्नु मात्रै होइन, गहिराइ नाघ्नु पनि रहेछ। त्यतिबेला लाग्छ, जीवनको सुन्दरताहरू त आफ्नै जिज्ञासाहरू रहेछन्, प्रश्नहरू रहेछन्, समीक्षा र मूल्यांकनहरू रहेछन्। समय चिसो भएर पनि बाँचेको छ। तातो रहिरहेर पनि बाँचेको छ। यत्ति हो, समय प्रयोजनहीन छैन। उसका आफ्नै काम-कुरा छन्, जुन ऊ लुखुरलुखुर गइरहेको छ। र, म ? म.. भूगोलका सतहका सुकिला, मायालु र दयालु चुम्बन, आलिंगन र कोखलाई मात्रै समय मानी हुर्कंदै आएको र कल्पदै आएको एउटा अनुहार चुपचाप सोचिरहेछु, समय विनाशका हुण्डरी, आगोका लप्का र अस्थिरता, आकस्मिकता र अनमियतता पनि समयको विप्लवी बिम्बहरू रहेछन्। अब कुरा घडीको रह्यो- हामी दुई दाजुभाइ एक-अर्कालाई हेरिरहेका छौं। गन्थनमन्थन जारी छ। गुनासो र दुखेसो उसको नि छ, मेरो पनि। उसलाई पनि निद्रा लाग्दैन, मलाई पनि। कहिले ऊ रातभर कविता सुनाउँछ, कहिले म बिहानभर उसले सुनाएको कविताको ह्याङ बोकेर विष्णुमति किनार हुँदै शंखमुल पुगेर फर्किन्छु। लामखुट्टे र गर्मी दुवैले टोकिरहेकै छन्। जूनकीरी र भ्यागुतो दुवैको आवाज कानसम्म ठोक्किरहेकै छ। मेघको गड्याङगुडुङ र कुकुरका भ्वाउँभ्वाउँ कानका भित्तामा बज्रिरहेकै छ। यतिखेर रोगव्याधिजन्य डर र त्रास मनमा सवार गरिरहेको छ तर म मानसिक रूपमा आफूलाई फुर्तिलो राख्न कोसिसरत छु। नेटफ्लिक्सले ठीकठाक खुराकहरू दिएर मलाई भनिरहेको छ, अब डाकु-ड्रामा हेर, रोमान्स हेर, हिस्टोरिकल मुभीहरू हेर। यो क्राइम, थ्रिलर र हरर जेनरा धेरै भयो तर अहँ.. असजिलो परिस्थिति र मनस्थितिजन्य मुभी र सिरिजहरू नै हेरिरहेको छु। कविताकोश भन्ने एउटा पोर्टल भेटेको छु। त्यहाँ लाखौँको संख्यामा विश्वभरका भाषामा अनुदित (प्राय: हिन्दीमा) कविताहरू छन्। ती कविताहरूको स्वाद फरक छ, लेखनशिल्प नयाँ छ, दृष्टिकोण र तीनले उठाएका सामाजिक मुद्दाहरू चाखलाग्दा छन्, चेतनाप्रदायक छन्। आफ्नै किताब ओडारबाट ‘सर्पदंश’, ‘सबै जातका फूलबारी’, ‘मैले देखेको नेपाल’, ‘ज्योति ज्योति महाज्योति’, ‘कट्टेल सरको चोटपटक’, ‘द गड अफ स्मल थिङ’ लगायतका किताबहरूसँगको संगत निको लाग्यो। कविता, निबन्ध र यात्रासंस्मणहरू पनि पढिरहेको रहेछु। अर्कोतर्फ, मेरो गीत-संगीतसँग पनि सम्बन्ध ठीक चलिरहेको छ। यस बीचमा एउटा इअरफोन बिग्रियो। ‘पैसा बोलता है’, ‘Five Hundred Miles’, ‘एसी लागी लगन’, चाहिँ म बारबार बजाइरहेको हुँदोरहेछु। त्यसबाहेक नुसरत अली खान साहब, मेटालिका, नाइट (नेपाली ब्याण्ड)का गीतहरू सुनिरहेको छु। अहिले, लक डाउन, क्वारेन्टाइन व्यवस्थापन, देश बाहिरका जनताको घर फिर्ती र सरकारका कामबीच तादाम्यता खोजिरहेको छु तर त्यसो भएको पाइरहेको छैन। अहिले, आत्महत्याको खबर, सुत्केरी महिलाको उपचारमा अभावमा मृत्यु, दीर्घरोगीहरूको मृत्युको संख्या वृद्धि, घरेलु हिँसा, भोकले मर्नुपर्ने कठोर वास्तविकता, साना व्यापारीको आक्रोश, कृषि सामग्रीको अभाव र यससँग इन्टरकनेक्ट अनेकन समस्याहरू बढिरहेको पाउँदा थप पीडा हुन्छ। तर यसको यथोचित सम्बोधन सरकारले गर्छ भनेर विश्वस्त छु। विश्वस्त नभएको क्षण मलाई थप पीडा हुन्छ, म यो जान्दछु। यस कारण कमजोर सरकारमाथि मेरो बलियो विश्वास छ। सुस्मिता जिज्ञासु: “कुनै साँझ नजिकैको कृष्ण मन्दिर पुग्छु र अबेरसम्म बसेर जीवनकथा सुनाउँछु” सुस्मिता जिज्ञासु पढाइको निहुँले घर छोडेर सहर हिँडेपछि दशैँ-तिहार र विवाह-व्रतबन्धमा मात्र गाउँमा फर्किने म यसपटक बन्दाबन्दी सुरु हुनुभन्दा दुई दिनअघि गाउँ फर्किएँ । सहरको व्यस्त दिनचर्यामा गाउँघरमा लकडाउनको उतिसारो प्रभाव छैन । वरपर डुलेर स्वच्छ हावा लिन पाइन्छ, वसन्तको पालुवासँग चराचुरुङ्गीको मधुर आवाज सुन्न पाइन्छ । वसन्त याममा गाउँमा बस्नुको मजै बेग्लै छ, जसको अवसर आजभोलि हुर्किएका युवाहरूलाई प्रायः मिल्दैन । यसपटक मैले फेरि आफ्नै हातले टिपेर ऐँसेलु र काफल खाएँ। कानले कोइलीको स्वर सुने। भर्खर पलाउन थालेका काब्रोका मुना, कोइरालोका फूल र वनभरिका पालुवाहरूलाई आफ्नो मलीन मुहार देखाएँ। सायद केँवरे धाराले, सल्लेरी वनपाखाले, खेतबारीले मेरो अनुहार बिर्सिसकेका थिए होलान् ! वर्षौँ भएको थियो आरु र आँप नुनखुर्सानीसँग नखाएको, आमाले साँधेको गुन्द्रुकको त्यान्द्रा दाँतमा नअड्काएको, मकैबारीको कलिलो बोडी टिपेर नखाएको, बहिनीसँग चुङ्गी र गट्टा नखेलेको, भाइसँग झगडा नगरेको। अनि त्यति नै भएको थियो, आमाको मैलो फरिया नधोएको र बुबासितै बसेर भागवत् नसुनेको । बन्दाबन्दीले यो अवसर फेरि जुटाइदियो। बाल्यकालमा हाम्फाल्ने गरेका कान्लाहरू देख्दा, स्कुल जाँदा अमला खाने गरेको जङ्गल देख्दा, घाँस काट्न जाँदा लुकामारी खेल्ने गरेको ठाउँ देख्दा, घरका अनार, केरा र नास्पातीका रूखहरू देख्दा बाल्यकाल चलचित्र बनेर अन्तर्मनमा नाचिरहन्छ। गाउँको यति सफा र विशाल आकाश छोडेर आफ्ना महत्त्वाकाङ्क्षाहरूको पिँजराभित्र कैद हुन सहर किन पस्छौँ होला हामी ? सागर छोडेर कुवामा रत्न खोज्न निस्केका तमाम नेपालीहरूको भीडमा म पनि हराएकी रहेछु । यो जीवनबोधले कहिलेकाहीँ आफैँलाई धिक्कार्न मन लाग्छ । वैशाखमा छरेका मकैका पिपिराहरूले जिन्दगी सिकाउँछन्, लहलहाउन थालेका फर्सीका मुन्टाहरूले सपना सिकाउँछन्, चिचिला लाग्दै गरेको नास्पाती, फूल खेल्दै गरेको अनार, पसाउन लागेको केरा यी सबै भन्छन्- ए सुस्मिता ! तेरो मुख किन मलीन हँ ? दिलको कुनाको अस्ताइसकेको घाम यिनीहरूलाई भेटेपछि पुनः उदाउँलाझैँ गर्दैछ । सहरमा कहाँ देख्न पाइन्छ र पाठाको स्वच्छन्द नाच अनि मधुर आवाज । पँधेराको ताजा पानी । आफ्नै घरको गाइभैँसीको शुद्ध दूध, दही र मोही । आमाले पकाएको मीठो खाना । बाबुआमासँग ठुस्किन, झर्किन र निहुँ खोजेर भोकै सुत्न । कुनै साँझ नजिकैको कृष्ण मन्दिर पुग्छु र अबेरसम्म बसेर जीवनकथा सुनाउँछु । कुनै बिहान फूलबारीमा पुग्छु र फुल्नै लागेका फूलहरू सुम्सुम्याउँछु। फेरि रुकुम सम्झन्छु। कुनै दिउँसो आमासँगै बसेर दुनाटपरी गाँस्छु र सङ्घर्षका कथा र आफ्नो बालापनका चकचकहरू सुनेर भावुक हुन्छु । कहिलेकसो माटोको बास्ना लिन खेतबारी पुग्छु र साँधको ढुङ्गा हाम्रैतिर ढल्किएको देखेर लिपुलेक र कालापानी सम्झन्छु। काले र गोरे भनेर झगडिरहेका कलिला नानीहरूलाई देखेर अमेरिका र अफ्रिका सम्झन्छु । यति धेरै बन्दाबन्दी होला भन्ने सोचिएन र किताब बोकिएन । बासित भएको श्रीमद्भागवत र कृष्णचिन्तन पढेँ। आफ्ना कृष्ण द्वारिका गइसकेको सम्झेर रोएँ। सामाजिक सञ्जालतिर ‘संस्कृतमयः नेपालः’ भन्ने समूहमा जान्छु र संस्कृत सिकेझैँ गर्छु । बासित संस्कृत श्लोकहरू सिक्छु र कण्ठ गर्छु । सञ्जालमा भेटिएका गीत, गजल र कविता पढ्छु र रमाउँछु तर आफ्नो हृदयमा भने यसबीच कुनै सृजना टुसाएको छैन। तर दुःख लाग्छ, लकडाउन खुल्नासाथ फेरि पनि यी तमाम भोगाइलाई यादको पिञ्जरामा कैद गरेर जानु छ, त्यही सहर । फेरि कुँज्याउनु छ, पखेटाहरूलाई । फेरि फस्नु छ, महत्त्वाकांक्षाको दलदलमा । जिन्दगी छोडेर जिन्दगी खोज्ने दौडमा फेरि पनि एकपटक निस्किनु छ, लकडाउन खुल्नासाथ । मनोज बिश्वकर्मा: “म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाउँका वरिष्ठहरूको घाँटीबाट छिर्दैन” मनोज बिश्वकर्मा लकडाउनका शुरूवाती दिनमा यसमाथि भीषण हमलाहरू भए। दिन चरम अल्छीपूर्वक बितेकोमा चामलको दाना, गीतका शब्द, किताबका शब्द गन्नेको सङ्ख्या बढ्दो थियो । तर मलाई लकडाउनप्रति कुनै गुनासो थिएन । एक त म लास्टै अल्छी मान्छे हुँ । अर्को, यी दिनहरूमा गर्नुपर्ने कामको लम्बेतान लिस्ट मेरो अगाडि लम्पसार परेको थियो । अहिले पनि त्यही लिस्टकै सपिङ गर्दैमा दिन सखाप हुन्छ । जीवनमा भागदौड थिए। यसकै चपेटामा परेर सुन्दर भनिएका धेरै फिल्म फिल्मसमीक्षककै ‘सुन्दर’ शब्दमा कैद थिए । मैले तिनलाई कैद मुक्त गरिदिएँ । धेरै फिल्म यस्ता थिए, जसले मलाई म रून सक्छु भन्ने सम्झाए । धेरै फिल्महरू यस्ता थिए, जसले मस्तिष्कमा फिट गर्न चाहन्थे- दुनियाँलाई फरक ढङ्गले हेर्ने आँखा। धेरै फिल्म यस्ता थिए, जसले अझ नजिकबाट अनुभूत गराए- मानवीय सम्बन्ध, समाज र प्रेम । तपाईँ पनि यी मुभीचाहिँ हेर्नूहोस्- प्रकाश झाको ‘दामुल’, रोबर्ट बिनिग्नीको ‘लाइफ इज ब्युटिफुल’, एओन साङ्ग होको ‘ट्रेन टु बुसान’, Osama: A young Afgan girl hope to pass as boy to survive र Anjum Shahzad को Mah-e-mir । सिरिज मुभीहरूको खोजपड्ताल पनि गरियो । अरू त अरू, हालसालै २९ एपिसोडसम्मको पाकिस्तानी सिरियल ’कुर्बान’ पनि हेरेँ । सायद जीवनमै पूरै हेरेको यो पहिलो सिरियल हो । यसको एउटा क्लिप्स भेटेपछि पुरै हेर्ने हुटहुटीले तानेर युट्युबमा खोजेको थिएँ । फिल्म होला भन्ने शुरूवाती अनुमान थियो तर निस्किदियो सिरियल । हेर्ने मुड त गायब भइसकेको थियो । फेरि सम्झिएँ मेरो ‘फेबरेट मानिस’लाई सिरियल मन पर्ने कुरा । अनि हेरेँ । वर्गीय प्रेमको वरिपरि घुमेको छ, यो सिरियल । रूकुम हत्या प्रकरणपछिका दिनहरू निकै बिथोलिए । अन्तर्जातीय प्रेमसम्बन्धको कारण ६ जना युवाको हत्या हुन पुगेको घटना थियो त्यो । त्यो प्रकरणसँगै लेखक, कवि, बुद्धिजीवीको साँघुरो घेरा प्रस्ट हुँदै गयो । यिनको मुकुण्डो मात्र उत्रिएको थिएन, उनीहरू सम्पूर्णरूपले नाङ्गै घुम्दै थिए । यसको विरूद्धमा उभिनु थियो । उभिएँ । अनि उनीहरू मलाई ‘जातिवादी बन्यो’ भन्न थाले । म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाउँका वरिष्ठहरूको घाँटीबाट छिर्दैन । म जुन स्कूलमा पढेँ, त्यहाँका साथीहरू घरको रूढिग्रस्त ज्ञानको संवाहक बनेर आएका हुन्थे । धेरै कहानी जस्ता लाग्ने घटना मैले झेलेर आएको छु । कुनै एनजिओ-आईएनजिओले भर्दिएको हैन जातीय विभेद मेरो मस्तिष्कमा । तपाईँको तथाकथित सभ्य समाजले दिएको हो । म सदैव यो विभेदको विपक्षमा हुन्छु । यसलाई जातिवादी भन्नुस् या मानवतावादी । यहाँ एउटा कुरा भन्नै पर्छ मैले, विश्वकर्मा भएकोले मेरो घरमै पनि दलितभित्रै हुने आन्तरिक विभेद थियो । केही बुझ्ने भएपछि महसुस गरेको थिएँ । अलि बु्झ्ने भएपछि चाहिँ यसविरुद्ध ‘घरेलु जनयुद्ध’ लडेँ । आमाबा’मा त्यो जातीय अहंको खोक्रो आत्मरति अहिले पनि होला ! तर त्यो ‘घरेलु जनयुद्ध’को उपलब्धि यो भयो कि मैले परियार केटी या सार्की केटी नै बिहे गरे पनि स्वीकार्नु हुन्छ । अबको पुस्ताले यस्तो ‘घरेलु जनयुद्ध’ लड्न जरूरी छ । #नवपुस्ता #मनोज बिश्वकर्मा #राजु झल्लु प्रसाद #सुस्मिता जिज्ञासु म क्वारेन्टाइन जान्नँ: आज, सीमा नाका खुल्यो घर फर्किने हुटिहुटी चलेको बखत मैले बिर्सिदिएँ महिनौसम्म सिमानामा अलपत्र पर्नुको पीडा (अ)नागरिक हुनुको वेवास्ता सरकारी रवैया सुदूरको म गरिबमाथि यसको बावजुद पनि स्वःस्फूर्त चलायमान तन मन स्वदेश फिर्ताको झटपट हुण्डरी नाकामा उर्लेको जनसागरमा मेरो पदचाप बिलाउँछ । दश गज्जाको मार्च पाससँगै सरहद फैलिन्छ अँगालोमा स्पर्श विभोर छातीमा राष्ट्र गौरवको ढोल बज्छ । झिना झाम्टा बोकेर सर्तक म विश्व हल्लाउने कोरोनाको जाँचमा परेड खेल्छु । दायाँ घुम बायाँ घुम सर्तक बस् सरकार भन्छ क्वारेन्टाइन बस् क्वारेन्टाइनको कहाली कैरन सुन्दैछु पहिलो आवश्यत्ता मान्छेको सामान्य बन्दोबस्ती छैन रे ! त्यसैले जान्न म क्वारेन्टाइन गाँस, बास र कपासकै लागि पूर्खाहरूको कान्छो पुस्ता बाको काँध थाप्नु मेरो दायित्व दक्षिणको नाका हुँदै मजदुरी गर्न म दिल्ली पुगेको थिएँ अलिकति पुगिसरी भएको भए सायद, म पनि हवाइजहाजको बाटो हुँदै खाडी यूरोप वा अमेरिकाबाट फर्कन्थेँ होला सरकार, नतमस्तक भएर मलाइ पनि व्यवस्थित क्वारेन्टिनमा राख्न एयरर्पोट लिन आउँथ्यो होला चार छाकको मेजमानी चिसो छिँडीमाथि पराल, गुन्द्री या फोम ओच्छाएर भत्केको गोठ, टहरा, यात्रु प्रतिक्षालयमा गुन्द्रुक खाँदिए जसरी ती त सब परका कुरा स्टार होटलको चिटिक्क सफा कोठामा लचकदार बेडको बाक्लो गद्धामाथि नरम तकिया ओच्छाएर शान र शौक्तले म निर्धक्क सुत्दथे मेरो आसपास, मलाई जिउँदै टोक्न आउने लामखुट्टे, सर्प, बिच्छी, उडुस, झिँगाहरू दिनरात न भनेर भन्किन पनि पाँउदैन्थे किनभने, मैले भारू हैन रेमिट्यान्समा डलर, क्रोनर, रियाल पठाएको हो नि ! तर, बिडम्बना विधाताले मेरो भाग्यमा लेखि पठाएन बरू उसले गरिबी लेखिदियो भोक लेखिदियो अशिक्षित लेखिदियो विकट वञ्जर लेखिदियो दूरदराज पिच्छडिएको सुदूर लेखिदियो माटो सुगन्धले हरर उर्वरा उसको र मेरो रगत पसिनाले लुछुप्पै पारेर गह्रा अनि खेत फाँट सिंचित गरेकै हो फेरि, ऊ माथिको म तलको बीचमा गहिरो खाडल किन ? ऊ ठूलो म सानो ऊ धनी म गरिब ऊ काठमाडौं सहरको म विकट गाँउको ऊ एयरर्पोटबाट आएको म दक्षिणको नाकाबाट आएकै भरमा भेदभाव किन ? त्यसैले, सरकार म क्वारेन्टाइन जान्न त्यहाँ सरकारको भाषण गर्जिन्छ त्यहाँ सरकारको घोर पक्षपात देखिन्छ म मजदुर (हरू) दक्षिणको नाकामा रोग, भोक र शोकले थला परेर मरिरहँदा ममताको मल्हम हैन म सौतेनी आमाको सन्तान तह लगाउन सेना ठडिन्छ कालापानी, लिपुलेक, लिम्पियाधुरा रोइरहँदा निगरानी मलाई हुन्छ जाउँ भने नि क्वारेन्टाइन न जाउँ भने नि क्वारेन्टाइन सेवा न सुविधा अस्तव्यस्त भद्रगोल क्वारेन्टिन मान्छे मार्न खोलेको कारखाना जस्तो लाग्छ जाँच न पडताल मान्छेमात्र कोचेर के गर्छौ सरकार ? भूसको आगोसरी कोरोनासँगै अन्य रोग सल्कियो भने म सकुशल घर फर्किन सक्छु सरकार ? त्यसैले म जान्न क्वारेनटाइन क्वारेन्टाइन मेरो मृत्यू मलाई व्यग्र पर्खिरहेको छ । #म क्वारेन्टाइन जान्नँ माफ गर है ! आमा: शान्तिका सेता परेवा उडाउने यी हातहरूमा चार कुने ती हरियै भएका हरियाली लिएर लामबद्ध भएको छु ती विशाल येन्त्रका पर्खाइमा । आफ्नै पाउका चालले टक टक टक टक गरि वीर धून बजाउँदै गर्दा नसुने झँै हिँड्नु परेको छ ती सेता विमानका अनकन्टार लक्षतिर । त्यो परबाट आएको विमान चडेर जाने परदेश कस्तो होला हगि ? जहाँ पराइभन्दा पनि आफ्नैदेखि डराउनु पर्ने ? आमा विमानवाट झरेर विधाताको वि पनि भन्न नपाउँदै विमानस्थलमै विधान गठन गरेर आफ्नाले देशको हाल सोधे भने ? माफ गर है ! आमा बिचल्लीमा परेका ती तिम्रा सन्देशहरू परका ती देशमा छाडे भने । मैले लगेका ती थोत्रा कपडाको कता कता लगेको धूलो यताउता हेर्दै कालापानीको धूलो त आफ्नै भयो होला है ? भनेर सोधे भने ? केवल आँखा बोल्नेछ माफ गर है लिपुलेक माफ गर है कालापानी नालापानीका बलभद्र जस्ता देशभक्तिका भक्तिथापाजस्ता उदाउन छाडिसके खुकुरी धार्ने बहादुरजस्ता । माफ गर है लिपुलेक माफ गर है कालापानी नालापानीका बलभद्र जस्ता देशभक्तिका भक्तिथापा जस्ता आश्चर्य ! फेसबुकमै विरोध गर्ने योद्धा कस्ता ? प्लास्टिकका भात खाने तिनीहरूले धानका भाउ सोधे भने ? केवल मन चिच्याउने छन् राजधानीमा बसेर राज गर्ने राजनेताले ! कसरी बुज्नेहुन , राजमाती चामलका भाउहरू ? स्याँ स्याँ गर्दै ती बोल्नै नसक्ने काकाले बाबु ! निर्मलाले न्याय पाहिन होला है ? सोधे भने ? माफ गर है निर्मला कसरी भनौ तिम्रो न्याय लेख्दै गर्दा न्यायधीशको न्याय लेख्ने कलम नै भाच्यो भनेर ? अरु सम्पूर्ण प्रश्नका जवाफ हुनेछन् केवल मेरा स्तव्ध ओठहरू किनकि कसरी भनुन मेरा औंलाहरूले तिमीले हात चलायका ती खेतहरूमा आज अर्कैले खुट्टा चलाउँदै छ भनेर कसरी बुझाउन यी आँखाहरूले नेपालआमाका गहभरी रहेका ती तिम्रा सम्झनाहरू । #माफ गर है ! आमा रातोघरको साहित्य विमर्श र कविता वाचन: साहित्य कला र संस्कृतिका लागि विगत पन्ध्र वर्षदेखि समर्पित रातोघरले कोरोना र घरबन्दीको समयमा बिभिन्न डिजिटल प्रविधिको माध्यममा साहित्यिक विमर्श र कविता वाचनको कार्यक्रम संचालन गरिरहेको छ । रातोघरले केही समयदेखि साहित्यिक विमर्श र कविता वाचनको कार्यक्रमलाई भारतीय नेपाली साहित्यकारहरुमा केन्द्रित गरेको छ । मेसेन्जर समूह, जुमको माध्यमबाट सम्पर्क गरी हरेक दिन जस्तो कार्यक्रम चलिरहेको छ । यसका लागि रातोघरले दार्जिलिंग जिल्लाका शहरहरुमा रहनुभएका साहित्यकारहरुलाई सम्पर्कका लागि पहिलो प्राथमिकतामा राखेको छ । पहिलो साहित्यिक विमर्श शुरु भयो मिरिक शहरबाट । मिरिकका लागि सम्पर्क सूत्र हुनुहुन्छ, कवि नुहांग राई । उनी आफ्नो ठाउँमा आगो कविका रुपमा चिनिन्छन । उनले मिरिकमा रहनु भएका कविहरुलाई सम्पर्क गरेर संयोजनको भूमिका खेले । रातोघर विमर्शको क्रममा वाचन गरिएका कविताहरु क्रमशः साहित्यपोष्टमा प्रकाशित हुनेछ । #रातोघर #साहित्यिक विमर्श सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: डा. विप्लव ढकालको स्मार्ट पोयाम्स शृंखला १ नेपाली सूक्ष्म कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा अग्रज पुस्ताका कविहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र भीमनिधि तिवारीका कविता रहेका छन् । बालकृष्ण सम १. एक टुक्रा (बालकृष्ण सम) मानिसकाे जात मानिस नै हो उसको अर्को जातै छैन मानिस उभिएको ठाउँ स्वदेश हो उसको विदेश कतै छैन अमानुषी व्यवहार पनि मानिसकै हाे कुनै राक्षस वा देवता छैन स्वर्ग नरक मानिसकै कृत्रिम स्थल हुन् अर्को त्यस्तो पत्ता छैन । २. दशैँताक (लक्ष्मीप्रसाद देवकोटा) लक्ष्मीप्रसाद देवकाेटा त्यो बोकाले खाइरहेछ खास घाँस ! हामीहरूको अर्कै यहाँ छ अनाज, काँढा, काँढा ! त्यो कालो छ, हामीहरूको सेतो रङ छ गाढा, गाढा ! क्या मात्तेको मोटो पशु छ छाडा ! आउला दशैँ ! त्यसको बलिदान ! हाम्रो उत्सव ! त्यो होला कति टाढा ? सिद्धिचरण श्रेष्ठ ३. पतकर सोहोर्ने आइमाई (सिद्धिचरण श्रेष्ठ) रुखहरूलाई हावाले नङ्ग्याइसक्यो वसन्त आएर कुचुकुचु लाउँदै, उनीहरूको शरीरमा पालुवा भरिदियो । वसन्त र रुखको आलिङ्गनले अब चाँडै नै फलफूलहरू जन्मने छन् तिनीहरूले फेरेको लुगालाई सोहोर्दै वनबालाहरूले— सरसर सरसर पतकर सोहोरिरहेछन् । ४. ‘…’ प्रति (गोपालप्रसाद रिमाल) गोपाल प्रसाद रिमाल कुन्नी (कुन अल्लारेपनमा) कुन जून लिपेको सरमा, कुन सूर्य फुलेको नभमा, कुन चरीको बोली फुटेको कुन फूल फुलेको वनमा, कुन पर्वतको काखमा, कुन शान्ति–नदी तटमा मैले चुनेथेँ घर ! अब ती घरका खर गहारा हुरी–भुँमरीमा घुम्छन्, हेर्न नसकी चुहिँदा यी आँखा पग्लिन्छन् ! थुनिन्छन् ! ५. द्रौपदीको सारी (भीमनिधि तिवारी) भीमनिधि तिवारी दुःशासनले जति थुते पनि थुति नसकिने द्रौपदीको सारी ! पक्का पनि श्रीकृष्ण गालाभित्र बसेका छन् बत्तीस ओटा सेता गाई चराएर ! सारीको पहाड पहिरो गएर कति दुःशासन छुराहरू थिचिएर मरे कति सडेर, गलेर अलपत्र परे यो दाह्री— कहिल्यै थुति नसकिने द्रौपदीको सारी ! (कवि विप्लव ढकाल (२०२४ ,भोजपुर– याकु, मारिङ ) ले कवितामा विद्यावारिधि गर्ने क्रममा छाेटा कविताकाे पनि अध्ययन गरेका थिए । उनका निर्जन बन्दरगाह , कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी , च्याउको जङ्गल जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन्। त्रीचन्द्र कलेज काठमाडाैंमा अध्यापन गर्ने ढकालले दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।) सूक्ष्म अर्थात स्मार्ट कविता पठाउने ठेगाना viplavdhakal@gmail.com #डा. विप्लव ढकाल #सूक्ष्म कविता अर्थात् स्मार्ट पोइम्स कविका रूपमा विवादित राजा महेन्द्र: गोबिन्द गिरीको साहित्य निर्माता कवि मविवि शाह राजा श्री ५ महेन्द्र वीर विक्रम शाह देवको साहित्यिक नाम थियो । उनका रचनाहरु मूलत गीति कविताहरु थिए र अधिकाँश गाइएका थिए । उनको जीवनकालपछि र विशेष पञ्चायती व्यबस्थाको अन्तपछि उनको नाम कविको रुपमा लिन छाडेको देखिए पनि नेपाली वाङ्मयमा उनको नाम विर्सनु, ईतिहासको यौटा महत्वपूर्ण पातोलाई विस्मृतिको गर्तमा धकेल्नु हो, जुन कुनै पनि कोण वा दृष्टिकोणबाट उपयुक्त होइन । मविवि शाहको कवि हृदय भावुक थियो, प्रेमिल थियो र राष्ट्रप्रेमी थियो । यो तीनै तत्वको एकिकृत व्यक्तित्व नै कवि मविवी शाहको सग्लो ब्यक्तित्व थियो । मविवी शाहको दूरदर्शिताको नमूना थियो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान । यो प्रतिष्ठानको स्थापना र प्रतिष्ठानको वार्षिकोत्सवमा हरेक वर्ष हुने कविता महोत्सव उनकै प्रेरणाको मूर्त रुप थियो । स्थापना कालमा आफैंले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतित्व ग्रहण गरे पनि समयको क्रममा उनले आफू संरक्षक वसेर कवि केदारमान ब्यथितलाई पहिलोपल्ट जनताको छोरालाई कुलपतित्व हस्तान्तरण गरेका थिए । कविता महोत्सवमा पुरस्कृत कविताहरु श्रवण गर्नु, पुरस्कृत कविहरुलाई यथोचित सहयोग पुर्याउनु उनको अर्को विशेषता थियो । यसै क्रममा कविता महोत्सवमा पुरस्कार ग्रहण गर्न खर्साङबाट नेपाल आएकी कवयित्री बानीरा गिरिले आफूले नेपालीमा उच्च शिक्षा ग्रहण गर्न चाहेको र भारतमा त्यो उपलब्ध नभएको बताएपछि उनलाई महेन्द्र छात्रबृत्तिमा नेपाली भाषा साहित्यमा उच्च अध्ययनका लागि नेपालआमन्त्रण गरिएको थियो। त्यसपछि आजपर्यन्त नेपाली भाषा साहित्य अध्ययनका लागि भारतबाट नेपालीहरु हरेक वर्ष महेन्द्र छात्रबृत्तिमा अध्ययनका लागि आउने क्रम जारी छ । उनी नेपाली भाषालाई नेपाली भाषी नेपाल बाहिरका क्षेत्रमा प्रचार, प्रसार र दरिलो रुपमा स्थापित गराउने मनसुवा राख्तथे । कवि मविवी शाह अँध्यारोसँग लड्ने भन्दा दीयो वालेर अँध्यारो निर्मूल पार्नुपर्छ भन्ने विचारमा विश्वास राख्थे । त्यसैले नेपालको तराई क्षेत्रमा छिमेकी मुलुक भारतको हिन्दी भाषाको अतिक्रमण बढ्दै गएको देखि नेपाली भाषाको संरक्षणका लागि तराई छोएका सबै अञ्चलहरुमा अञ्चल प्रेसको स्थापना गरी नेपाली भाषामा अखवार प्रकाशन गर्ने र अञ्चल भरिका सबै सरकारी काम काजका सूचना र समाचार नेपाली भाषामा प्रकाशित गरी व्यापक तुल्याउने अभियान थालेका थिए। यो बेग्लै कुरा हो, उनको देहावसानपछि जजस्ले प्रेस चलाएका थिए, तिनले पोलेर खाइदिए । कवि भीम बिरागले अन्तिम नारायणी प्रेस र नारायणी पत्रिका जोगाएका थिए । पछि त्यो प्रेस पनि भीम विरागको हातवाट खोसिएपछि छिन्न भिन्न भई समाप्त भयो । देशका प्रतिभालाई चिन्नु र तिनको संरक्षण गर्नु उनको अर्को खुवी थियो । आफ्नो देशव्यापि दौडाहाका क्रममा उनले धेरै त्यस्ता प्रतिभाहरुलाई उध्दार गरेका थिए । अत्यन्त अप्ठ्यारो शारीरिक अवस्थाका कवि तथा गीतकार भीम विरागलाई उनले कलकत्ता पठाएर उपचार गराएका थिए । त्यसै गरी साहित्यकार डा .ध्रुवचन्द्र गौतमलाई काठमाडौंमा उच्च शिक्षा अध्ययनको लागि पनि कवि मविवी शाहले आर्थिक सहयोग गरेका थिए । त्यो सहयोग उनको देहान्त हुनुअघिसम्म निरन्तर थियो । राजा भएकाले उनलाई साहित्यको लागि समय छुट्याउन त्यति सहज थिएन, तर पनि साहित्यिक गतिविधिमा संलग्न हुन उनले समय निकाल्दथे । केदारमान ब्यथितको नेतृत्वमा भएका देशब्यापि साहित्य सेमिनारमा उनले चितवन र झापामा भाग लिएका थिए । चितवनमा भएको साहित्य सेमिनारको अन्तिम दिनको राती नारायणी नदीमा डुङ्गाहरु जोडेर, मइण्टोल बालेर भव्य कवि गोष्ठीको अभूतपूर्व आयोजना गरिएको थियो । त्यो गोष्ठीमा कवि मविवी शाहको पनि सहभागिता रहेको थियो । गोष्ठीको अन्त्यमा हावा हूरीले बबण्डर मच्चाएर पालहरु उडेको, मइण्टोल निभेको र डुङगाहरु पनि ढलपल भएको घटनाका साक्षी कविहरु अझै पनि त्यो रोमाञ्चक-कहालीलाग्दो क्षणको सम्झना गर्छन् । त्यसै गोष्ठीमा भाग लिन आएका कविहरुलाई कवि मविवी शाहले एक्ला एक्लै भेटेका थिए र ती कविले मागेका कुरा पुर्याइदिएका थिए । त्यही क्रममा माधव घिमिरेले चितवनमा तथा मोहन कोइरालाले हेटौंडामा जग्गा पाएका थिए । कसैले पैसा माग्थे । कसैले पद माग्थे । यही क्रममा त्यो सेमिनारमा भाग लिएर मविवी शाहसँग भेट गरेर केही नमागेका भीम बिरागले उनीसँगको सङ्गतमा त्तियवेलाको घटना मलाई बताएका थिए-” सबैले केही न केही माग्दा रहेछन् । मलाई त कलकत्तामा उपचार गरेर त्यत्रो उपकार गरिसकेको हुनाले दोहोर्राई दोहोर्राई के दिउँ भन तिमीलाई भन्दा पनि मैले केही चाहिन्न भनें ।” राजासँग भेटपछि जम्मा भएका कविहरु ककस्ले के मागे र के पाए हिसाव गर्दै थिए । भीम बिरागले केही नमागेकोमा सबले उनको उल्लीबिल्ली गरे । त्यो उल्ली बिल्लीले भीम बिरागलाई निद्रा परेन । मलाई जसले जिन्दगी दियो, उसलाई पो मैले केही दिनु पर्ने हो नि ! मैले अझै लिने हो र ? अनि उनले आधारातमा एउटा गीत लेखे: “जिन्दगी दियौ तिमीले, म के दिउँ तिमीलाई ? “ केदारमान व्यथितको मविवी शाहसँग राम्रो सम्वन्ध थियो । व्यथितलाई उनले फूटपाथवाट उचालेका थिए । नेपाली साहित्य संस्थानको मुखपत्र हिमानी मा प्रकाशनार्थ ब्यथितले कविता मागे । कविता प्राप्त भयो । प्रकाशित भयो । सबै प्रकाशित रचनाहरुको लागि पारिश्रमिकको ब्यबस्था थियो । कवि भए पनि मान्छे त राजा हो, देशको शासक, कसरी २५ रुपैयाँ पारिश्रमिक दिनु ? तर साहित्य संस्थानका सबैले कविको हैसियतले कविता लेखे बापत पारिश्रमिक दिनु हाम्रो कर्तब्य हो, लिनु नलिनु उनको ईच्छा हो भन्ने कुरा राखे बैठकमा । अनि त्यसपछि पत्रिका र पारिश्रमिक वोकेर केदारमान ब्यथित राजदरवार पुगे । राजासँग भेटघाटपछि संकोच मान्दै पत्रिका र पारिश्रमिक दिए । उनले पारिश्रमिक खुशीसाथ लिंदै भने-” यो हो मेरो सच्चा कमाई । ” केदारमान ब्यथित उनले त्यसरी पारिश्रमिक ग्रहण गरेकोमा दङ्ग परे । केही बेरपछि उनले सो पारिश्रमिक ” मेरो तर्फबाट संस्थाको लागि ” भन्दै रकम फर्काएका थिए । कम्तिमा पारिश्रमिकको रुपमा उनले स्वीकारेकोमा केदारमान ब्यथितले धेरै पछिसम्म यो प्रसङ्गलाई रोचक ढङ्गले सुनाउने गर्थे । जतिखेर कवि मविवी शाहका रचनाहरु निकै चर्चामा थिए र लेखन उत्कर्षमा थियो, तारानाथ शर्माले उनका रचनाहरु उर्दू गीत गजलबाट प्रभावित मात्र भएको नभई हरफहरु समेत मिलेको भनी कडा आलोचना लेखेर प्रकाशित गरे । त्यो समालोचनाले साहित्यिक बृत्तमा मात्र नभई दरवार र राजनीतिक क्षेत्रमा पनि हलचल मच्चायो । तारानाथ शर्मा गिरफ्तार भए र जेल चलान गरिए । तर जब कवि मविवी शाहले उनको कृतिको आलोचना गरे बापत उनलाई जेल हालेको भन्ने थाहा पाए, उनले आदेश दिएर जेलबाट मुक्त भएको डा.तारानाथ शर्माको कथन थियो । उनका रचनाहरुको बारेमा पुस्कर लोहनीले पनि आलोचनात्मक लेख लेखेर प्रकाशित गराएका थिए । आफ्नी पहिलो पत्नीको देहान्त पछि लेखिएको यो निकै मार्मिक रचना हो : ” भन लौ तिमी नढाँटी कसरी बुझाउँ यो दिल हेरेर तस्वीर खाली कसरी बुझाउँ यो दिल” देशमा व्याप्त धनी वर्ग र गरीव वर्गलाई लक्षित यो रचना त अर्को रचना आज पर्यन्त जनजिब्रोमा उखान वनेर अजर अमर भएको छ । गर्छिन् पुकार आमा रोइ कराई जोडले होईन भन्छिन् मेरो सन्तान थरिथरिका आज पनि फरक स्वभाव र चरित्र देख्ने वित्तिकै मानिसहरु “सन्तान थरिथरिका” भन्न पुगिहाल्छन् । प्रकृति देखि रमाउने कवि मविवी शाहको “रारा कि अप्सरा” सुन्दरतम् आधुनिक प्रकृतिवादी कविता हो। रारा तालमै पुगेर, त्यहाँको माटो स्पर्श गरेर, त्यहाँको तालको पानीमा हातले खेलाएर, देश र प्रकृतिलाई हृदयमा आत्मसात गरेर लेखिएको यो कविता उनको बेजोड कविताको नमूना हो । यसमा उनले राराको सौन्दर्यलाई अप्सराको सौन्दर्यसँग दाँजेका छन् : सृष्टिको सम्पूर्ण सौन्दर्यमय राम्रो- रारा ! रारा !! रारा !!! देखेर अल्मलिएछु, सायद म आफैं बेहोशले तिम्रो सुन्दरतामा । तैपनि तिमीलाई चिन्न सकिनछु, बोल्न सकिनछु व्याख्या गर्न मेरो कलमै चलेनछ। त्यसैले अत्तालिंदै सोधेछु कराएछु, चिच्याएछु ए ! रारा ! बताउ ! रारा भनेको तिमी को हौ ? स्वर्गकी अप्सरा ? परापूर्व कालदेखि नै राजसंस्था साहित्यको संरक्षक भएको पाइन्छ । दरवारमा कविता सम्मेलन गर्ने गरेको पाइन्छ । दरवारले राजकविको नियुक्त गर्ने गरिएको पाइन्छ । नेपालको सन्दर्भमा पनि यो परम्परा रहेको पाइन्छ । एकताका नायक बडा महाराजाधिराज श्री ५ पृथ्वी नारायण शाहको उपदेशलाई नेपाली साहित्यका इतिहासकारहरुले पहिलो साहित्यिक रचनाको रुपमा स्वीकारेको पाइन्छ । कवि मविवीशाहले राजाको रुपमा शासन गरेको समयमा उत्तरी छिमेकी राज्य चिनमा माओत्से तुङ्गको शासन थियो । यी दुवै शासक कवि थिए । माओलाई चिनको साँस्कृतिक क्रान्तिका लागि निकै कडा आलोचना गरिन्छ । राजा महेन्द्रलाई पनि प्रजातन्त्र मासेर पञ्चायती ब्यवस्था लादेको भनी आलोचना गरिन्छ । यी दुई शासक कविहरुको भेट चिनमा भयो, राजा महेन्द्रले चिनको राजकीय भ्रमणको बेला । तर यी दुईको काव्यिक विचारको आदान प्रदान भयो कि भएन त्यो चाहीं खोज र अनुसन्धानको विषय हो । १३ जुन २०२० , बृन्दावन , भारत । #गोविन्द गिरी प्रेरणा #मविवि शाह #राजा महेन्द्र मलाई के को डर ?: मलाई के को डर ? बिचौलियाहरू साथी भएदेखि त मेरो खाजा खाने थलो नी पाँच तारे होटेल भएको छ ती जनता भोको होस् कि आधा पेट ? भँुडी बढेर मेरो चैं व्यायाम गर्ने बेला भएको छ तलब सँगसँगै टेबल मुनिबाट पनि आएकै छ सरकारी गाडीलाई अघि नै बोलाएको ओहो ! जिमखाना जान पनि ढिला भैसकेछ मलाई के को डर ? मैले त खोला बेचेर काठमाडौंमा बूढीको नाममा पोखरामा सालीको नाममा घर ठडाइसके भुकम्प आओस् कि बाढी ! कोष स्थापना गरेर टन्नै कमाइसके ती जनता टहरामा बसोस् कि खेतको आलीमा ? खोला मात्र होइन बालुवा बेचेर भएनी साथीलाई घर बनाइदिसके मलाई के को डर ? राजालाई फालेर महाराजा भएको म हजारौंलाई मारेर सत्तामा आएको म चुनावमा भोट हाल्ने टाउके गनिसके गाह्रोसाह्रो परे ठूला टाउके चिनिसके भाइ दिदी इष्टमित्र सबलाई मन्त्री बनाइसके मावली रिसाउलान् भनेर वडा प्रमुख बनाइसके ती जनता बेरोजगार होस् कि कोटाको लागि लडिरहोस् मेरा चिने जानेका चैं सबै बढुवा भैसके मलाई के को डर ? म त नाकाबाट सुन मात्र होइन सीमारेखा नै गायब पार्दिन्छु जाबो ह्याछिउँ आउँदा नि सिङ्गापुर उडिदिन्छु बैंकब्यालेन्स् मात्र किन जीवन वीमा पनि उतै गर्दिन्छु ती जनता लामखुट्टेले मरोस् कि कोरोनाले ? प्लेन चढेर आउनेलाई मात्र क्वारेन्टाइन बनाइदिन्छु किनकी म ! समृद्ध नेपाल बनाउन दिनरात खटिरहेछु । #प्रजा #मलाई के को डर ? म खुब रोएँ: मुटु दुखेर रोएँ शिर झुकेर रोएँ भाग्य थुकेर रोएँ मुल सुकेर रोएँ नाम कुँदेर रोएँ एकान्तमा लुकेर रोएँ हो म खुब रोएँ किनकि हिँड्दै जादा ठेस लाग्यो शब्दरूपी वाण प्रहार भयो आफन्तबाट अपहेलना तिरस्कार पाएँ मेरै खुसीको लागि संसार छाड्न सक्छु भन्नेहरू वचनरूपी वाणहरूको वर्षा गरिदिए मेरै खुसी चाहनेले अरूलाई खुसी पारी बारबार मैलाई दुःखी गराइदिए बारबार मै सोझो माथि अनेकौँ औँला उठाइदिए हो म त्यसैले त रोएँ कराएँ चिच्याए तर अपसोच सुनिदिने साथ दिने न कोही रहे न त कोही नै आए हार पछि जीत आए अनि जीत पछि हार पनि देखँे सगै आफ्नै बनाएँ अनगिन्ती चोटहरू पनि भोगे देखँे त्यसैले त म खूब रोएँ । गलेर थाक्न नपाउदै अर्को पीडा आएँ रूवाइको न ठेगान न त कुनै छुटकारा नै पाएँ हरबार बस् पाए त केवल मौनता अनि नयन भरि बर्षा मन भरि चोट हाँसौ त कसरी हाँसौ कुनै बहाना नै पाइनँ त्यसैले खुब रोएँ । #म खुब रोएँ दृष्टि: आमा जाउँ न भोलि बिहानै घाम ब्याउनु पूर्व त्यो हिमालमा गएर पोतिदेऊ रातो रगत र जन्मिउन् काला गिदीहरूको शिर छेदन गर्ने सपूत बा ! यसपटक जाँच गराऊ योद्धालयमा गएर एकथोपा वीर्य किन जन्मिन्छन् खाली तिम्रा वीजबाट नरपशु पातकी खरी जुकाहरू ? अनि लेख्नेछु म राता हिमालको रङ मेरी आमाको नछुने रगत हो अब कहिल्यै हुन्नन् मेरी आमा विधुवा । जेके रोलिङविरूद्ध कलाकार: गएको साता जेके रोलिङ पुनः विवादमा परिन्। उनले एउटा वेबसाइटमा महिलाहरूको पहिचान नापेट पार्ने किसिमको शब्द राखिएकोमा असन्तुष्टी पोख्दा विवादमा परेकी हुन्। उनले एउटा वेबसाइटमा पिपल हु मेन्सचुरेट अर्थात् महिनाबारी हुने व्यक्ति लेखेकोमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले महिलाको सबैभन्दा सुन्दरतम पक्ष उसको शुद्धताका लागि हुने महिनावारीलाई मान्दै महिलाहरूको एक मात्र पहिचानलाई सो वेबसाइटले खोस्न खोजेको अनुभूति भएको उनले टिप्पणी गरेकी थिइन्। उनले साढे तीन हजार शब्दको एक आलेख लेख्दै ट्रान्स जेन्डर हुनु वा त्यसको अस्तित्वमा आफूलाई कुनै समस्या भए पनि विभिन्न अधिकारका नाममा महिलाकै अस्तित्व संकटमा पार्ने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनको यस भनाइपछि ह्यारी पोटर शृंखलामा अभिनय गरेका कलाकारहरू एकपछि अर्को गर्दै रोलिङको सो भनाइले आफूहरू आहत भएको र ट्रान्स व्यक्तिहरूको अधिकार कुण्ठित पार्ने किसिमको सोच उनको रहेको बताएका थिए। ह्यारी पोटरका ह्यारी अर्थात् ड्यानियल रेडक्लिफ, त्यस्तै एमा वाटसन र पछि रूपर्ट ग्रिन्टले पनि रोलिङप्रति रोष प्रकट गरेका छन्। हुन त रोलिङले आफ्नो प्रतिक्रिया लेख्नेबित्तिकै उनको सो भनाइप्रति ४५ हजार वटा प्रतिक्रिया आएका थिए। अधिकांशले रोलिङप्रति आक्रोश व्यक्त गरेका थिए। उनको सो भनाइलाई भने २ लाख २० हजार भन्दा बढीले लाइक गरेका थिए भने ३५ हजार बढीले रिट्विट गरेका थिए। प्रतिक्रिया जनाएकामध्ये अधिकांशले यसअघि उनले नै ट्रान्स व्यक्तिहरूमाथि उनले व्यक्त गर्ने न्याना शब्दहरूको धज्जी उडाएको भन्दै उनका अनेकन् ट्रोल बनाइएका छन्। #जेके रोलिङ फोटो कविता प्रतियोगिता ४ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १६ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत १७ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ। याे साता प्रचण्ड भाष्करको ‘फूलकुमारी’, लीला ब्लोनको ‘नियति’ र चन्द्र जि एमको ‘जति सुन्दर हुन्छ फूल’ सर्वोत्कृष्ट चयन भएका हुन्। छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार साँझदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरू…। #फोटो कविता प्रतियोगिता लघुकथा: राष्ट्रवाद: छोरीको पहिलो वर्षदिनको अवसरमा बालसखा राजेन्द्रलाई निम्तो दिन गएको थिएँ, उसको टेढेमेढे प्रवचन सुरु भइहाल्यो | आफू न पिआरवाला न राजनितीमा रुचि भएको मान्छे । “पि आर र जागिर पाएपछि देशभक्ति देखाउन राजनीति गर्नुपर्ने तपाईंको बाध्यता म बुझ्न सक्छु, तर यस्ता कुरा सुनाएर दिग्दार नबनाउनुस्”, मैले सिधैं भनिदिएँ । “तपाईं आफैँ विदेश आउनुभएको छ, किन गफ लगाउनु हुन्छ ?” ऊ झोक्कियो । मैले फ्याट्ट सोधेँ- “राजेन्द्र जी, पुलचोकमा इन्जिनियरिङ गरेको मान्छेले देशले लगाएको गुन देशमै बसेर फिर्ता गर्छु भनेर कहिल्यै सोच्नुभएन ? के पाउनुहुन्छ यो विदेशमा राजनीति गरेर ?” ऊ तर्क दिन हर प्रयास गर्दै थियो । चित्त नबुझेर फेरि मैले सोधेँ, “के दिनुभयो त तपाईँले राजनिति गरेर ?” ऊ अनुत्तरित भएको भाव स्पष्ट झल्किन्थ्यो । त्यति नै बेला खाम हातमा बुझाएर फर्किँदै गर्दा यसो सोचेँ, दिन त दिएकै छ नि, फेसबुकमा यत्रा गफ दिन कम फुर्सद चाहिन्छ र ! अझ पोस्ट गर्दा पैसा लाग्ने भए के गर्थ्यो होला, ऊ ? म गमिरहेँ । हाल: न्युजिल्याण्ड #राष्ट्रवाद #सञ्जय शान्ति सुवेदी राजा महेन्द्र कि कवि मवीवि शाह?: इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो । साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ। जसको पहिलो शृंखलाअन्तर्गत यो आलेखः ~~~ राजा महेन्द्रले तीन थोक चाहेका थिए । पहिलो नेपालको हित, दोस्रो नेपालको हित र तेस्रो नेपालको हित । उनी विश्वका अन्तरकुन्तर घुमे तर उनको मायाले कहिल्यै नेपाली पहाड नाघेन । उनको निम्ति स्वदेश नै विश्व थियो, विपना थियो, सत्य थियो, एक खँदिलो अस्तित्व थियो । उनलाई ‘पहाडका गर्खागर्खा’, ‘तर्राईका गरागरा’, ‘डाँडा, जल, पहरा, साल, सल्लो गुराँस’ मन पर्थ्यो । उनलाई सुनौला साँझमा नेपाली बादलमाथि तितरी पङ्खी उडेको, जुनेली रातमा कलकल गरी खोला बगेको, हरियो डाँडामा निर्मल झरना झरेको र रूपौला रङ्गको उच्च हिमाल टल्केको हेर्न मन पर्थ्यो । त्यति मात्र होइन उनले विश्वकै सौन्दर्य आफ्नै देशमा समेटिएको पनि देखे । महेन्द्र यस्ता राजा थिए, जसले विश्वको नजरमा नेपालको इज्जतलाई शिखरमा पुर्\u200dयाए । उनले देशविदेश भ्रमण गरे अनि जुनजुन भूमिमा पाइला टेके, त्यहाँका भूमिपुत्रहरूले उनको मुक्त हृदयले स्वागत गरे, मुक्त कण्ठले प्रशंसा गरे । महारानी एलिजावेथ द्वितीयाले स्वागत गर्दै उनीसित प्रेमपूर्वक हात मिलाउँथिन्, पण्डित नेहरू उनीसित हातेमालो गर्दै हिँड्थे, अमेरिकी सांसादहरू उनको सौम्य मुहार देखेर मख्ख पर्थे, क्रुश्चेवले भोजमा उनीसित दुईचार ख्यालठट्टा गर्थे, चाउ एनलाइले उनका कुरा आदरसाथ सुन्थे, टीटो र नासेरले उनीसित आत्मीयता बाँड्थे । अन्तरार्ष्ट्रिय पटभूमिमा उनले छोडेका यी सुन्दर बिम्बहरू थिए । यहाँ राजाकाे गुणगान गर्न खाेजिएकाे हेइन, कविका रूपमा हेर्न खेजिएकाे हाे । उनी एक उच्चकोटीका कवि हुन् । कविताकै क्षेत्रमा पनि उनी महान् छन् । उनका कविताहरूले धेरैपल्ट मेरा आँखा रसाएका छन्: कोही धनी असाद्धे कोही गरीब माग्ने सक्तिन देख्न भन्छिन् सन्तान थरी थरीका । कवि महेन्द्रले देशमा भयानक गरिबी देखे, जनता भोखानाङ्गा देखे अनि कविता लेखे । जब कविले आत्माको पुकार सुन्छन्, तब कवि इमान्दार हुन्छन् । अघि बेलायतमा भयङ्कर दरिद्रता थियो, प्रत्येक ओठमा वेदनाको सुस्केरा थियो, प्रत्येक अनुहारमा व्यथाको लहर थियो । यो कुरा विलियम ब्लेकले देखे अनि ‘लण्डन’ भन्ने कविता लेखे । महेन्द्र जस्तै संवेदनशील कवि अरू पनि हुन सक्छन् तर महेन्द्र जस्तै संवेदनशील व्यक्तित्व अरू मैले देखेको छैन । कवि मवीविको जन्म नारायणहिटी दरबारमा भएको थियो । त्यो दिन थियो १९२० को ११ जून । राजदरबारमा हर्ष र उल्लास थियो । पिता त्रिभुवनवीरविक्रम शाहदेव र माता कान्तिराज्यलक्ष्मीदेवीको प्रसन्नताको पारावार थिएन । युवराज महेन्द्र राजकीय परिवेशमा हुर्कन थाले । विज्ञ राजगुरुहरूले उनको अघि पूर्व र पश्चिमका ज्ञान र विज्ञानका ढुकुटी खोलिदिए । उनी नेपाली, अङ्ग्रेजी, संस्कृति साहित्यको संसारमा रम्न थाले । अङ्ग्रेजी र नेपाली कविका कविता कानमा आनन्द विभोर भएर विचरण गर्न थाले । सङ्गीतमा पनि दक्षता हासिल गरे । घोडा चढ्न शिकार खेल्नुमा पनि उत्तिकै निपुणता प्राप्त गरे अर्थात् उनले सम्पूर्ण राजोचित कला र कौशल आर्जन गरे । बीस वर्षको उमेरमा उनले बिहे गरे । युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी थिइन् अति सुन्दरी, अति रमणीय, सरस्वती जस्ती सौम्य मूर्ति । युवराज महेन्द्रले वैवाहिक प्रेमको परमानन्द उपभोग गरे । उनको प्रेम अविच्छिन्न थियो, अटल थियो: मन मन्दिरकी रानी अब छमछम गर्दै आऊ म स्वागत गर्छ तिम्रो ! तर विधिको विडम्बना विचित्र छ । उनकी परीजस्ती अति सुन्दरी युवराज्ञी इन्द्र मरिन् । महेन्द्रमाथि यो वज्रपात थियो, कुठाराघात थियो । अनि उनले आँसुले कविता लेखे- तिमी ज्यान हौ यो जीउको तिमी प्राण जिन्दगीको । पछि महेन्द्रले युवराज्ञी इन्द्रकी बहिनी रत्नराज्यलक्ष्मी शाहलाई बिहे गरे । कविका आँखामा उनी मात्र सान्त्वनाकी मूर्ति हुन सक्थिन् । रानी रत्न पनि युवराज्ञी इन्द्रजस्तै परम सुन्दरी थिइन् । उनी साँच्चै सौन्दर्यकी साम्राज्ञी थिइन् । कृष्णमूर्ति लेख्छन्- ‘महारानी रत्नराज्यलक्ष्मी आर्य नारीत्वको प्रतीकस्वरूप पुष्प हुन् । पूर्वका मुलुकहरूमा उनी सबभन्दा सुन्दरी महारानी हुन् । उनको रूपरङ्ग जतिको सौम्य छ, हृदय पनि उत्तिकै पवित्र छ ।’ उनी राजा महेन्द्रकी अर्धाङ्गिनी थिइन्, सुखदुःखको सङ्गिनी थिइन्, सर्वस्व थिइन् । राजा सुन थिए, उनी सुगन्ध थिइन् । मलाई लाग्छ राजा महेन्द्रले ‘उसैको लागि’ युवराज्ञी इन्द्रलाई समर्पित गरेका हुन् भने ‘फेरि उसैको लागि’ उनले रत्नलाई अर्पित गरेका हुन् । सन् १९५६ मा राजा महेन्द्रको राज्याभिषेक समारोह सम्पन्न भयो । नेपालीहरूको निम्ति अति प्यारो, अति श्रद्धाको विषय केही छ भने त्यो हो राज्याभिषेक । कुनाकुनाबाट नेपालीहरू राजधानीमा ओइरिन थाले । विश्वका पन्ध्र मित्रराष्ट्रहरूका प्रतिष्ठित प्रतिनिधिहरू काठमाडौँमा आए । त्यस विशिष्ट मण्डलीलाई प्रज्वलित पार्ने भारतका डाक्टर राधाकृष्णन् थिए जो स्वयम् एक विशाल व्यक्तित्व हुन्, एक विज्ञ विद्वान् पनि । राजा महेन्द्रको राज्याभिषेक त्यस वर्षो सबभन्दा चर्चित अन्तर्राष्ट्रिय घटना थियो । अब राष्ट्रपिता त्रिभुवनको सपना साकार पार्न राजा महेन्द्र अघि बढे । १९६० मा उनले आम चुनाउ गराए । अठार महिनासम्म उनले सरकार चलेको हेरे, नेताहरूको चहलपहल देखे अनि जनताको आचरण पनि बुझे । प्रजातन्त्रको किल्ला तब सुरक्षित हुन्छ जब जनताले डर फाल्छन्, कर्तव्यको पालन गर्छन् र साहस प्रदर्शन गर्छन् । तिम्रै हो लेऊ नागरिक हक, काँधमा काँधै गरी सत्यता तिम्रो छ हतियार, डर नलेऊ क्यै कति ! अनि राजा महेन्द्रको निम्ति सत्य नै धर्म थियो । सेनेका भन्छन्- ‘राजाले डर मान्नु हुँदैन ।” अभयं अभित्राद अभयं मित्राद ! एकान्तमा बसेर महेन्द्रले सोचे होलान् देशमा अझै पनि प्रजातान्त्रिक मिजास आएको छैन । फेरि उनले जनताका खलबल सुने होलान् । पिताको आज्ञा थियो: जन आवाज सुनी सबै कामकाज गर्ने गर्नू । राजा महेन्द्रले सरकार र संसद् भङ्ग गरे । १९६० को १५ डिसेम्बरमा नेपालको राजनैतिक मैदानमा महेन्द्रको एक्लो अधिपत्य थियो । वयं राष्ट्रे जागृयाम पुरोहित ! राजा महेन्द्रले आफ्ना नातागोता, भाइभारदार लिएर एकछत्र शासन गर्न सक्थे । तर उनले त्यसो गरेनन् । उनले फेरि जनताकै हातमा शक्ति सुम्पे । जनतामाथि उनको कत्रो विश्वास थियो ! तुरुन्तै उनले देशवासीहरूलाई पञ्चायती प्रजातन्त्र प्रदान गरे । यो विश्वमै एउटा नौलो वस्तु थियो, एक अभूतपूर्व घटना थियो । राजा महेन्द्र विश्वभरि नै सबभन्दा चर्चित व्यक्ति भए । पञ्चायती प्रजातन्त्रको मूलमन्त्र हो शक्तिको विकेन्द्रीकरण अर्थात् जनताकेा हातमा शक्तिको प्रसारण । यही एकछत्र शक्तिको परित्यागमा राजा महेन्द्रको कत्रो महानता टल्केको थियो । उनको नीयतको सच्चाइ र उद्देश्यको विशुद्धता देखेर नेपालीहरूका शिर श्रद्धामा झुकेका थिए । देशमा समस्याहरू अन्तहीन थिए । गरिबहरूको हाहाकार र चीत्कार थियो, भूमिहिनहरूको सुँक्कसुक्क र सुस्केरा थियो, हुने र नहुनेमा आकाश, पातालको अन्तर थियो, रजौटाहरूको अत्याचार र मनमानी थियो, शिक्षाको क्षेत्र त्यस्तै अलपत्र थियो, यातायातको सुविधा थिएन, कला, साहित्य र सङ्गीत टाक्सिन लागेका थिए । राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को गठन गरे । मुलुकी ऐन र भूमिसुधार ऐन जारी गरे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको स्थापना गरे । रजौटाहरूको बिर्ताको उन्मूलन गरे । पूर्व पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजपथ तथा अरू राजमार्गहरूको निर्माण गरे । प्रशासनमा सुधार ल्याउन लोक सेवा आयोगको गठन गरे । यति मात्र होइन उनले भित्र र बाहिरका नेपाली प्रतिभाहरूलाई प्रोत्साहन दिए, उनीहरूलाई अनुकूल पद प्रदान गरेर आभूषित गरे । राजा महेन्द्रको निम्ति कोही प्यारो थियो भने त्यो थियो नेपाली । उनी थिए जनता जनार्दनका राजा । उनले आफ्नो चलन र व्यवहारले राजा र प्रजातको पर्खाललाई तोडे; म हुँ तिमी, तिमी मै हो नजानूँ भन्न तँ र म ! शेक्सपियरको शब्दमा उनी प्रत्येक इन्च नै राजा थिए । राजा महेन्द्रको प्रथम प्रेम थियो बालक, बालिका । एकपल्ट उनी एउटा स्कुलमा गए र एउटी सानी सुन्दरी बालिकालाई सोधे ‘भन त तिमीहरूलाई अमेरिकीहरूले के दिए -‘ बालिकाका आँखा चमचम गरी चम्के अनि मृदु स्वरमा भनी- ‘उनीहरूले हामीलाई सुन्दर सुन्दर गाडीहरू दिए । उनीहरू हाम्रा मित्र हुन् ।’ फेरि राजाले सोधे- ‘अङ्ग्रेजहरूले नि -‘ बालिकाले झट्ट भनी- ‘अहो ! उनीहरूका त हाम्री जस्तै अति सुन्दरी महारानी छन् ।’ बालिकाको सुन्दर केशराशि मुसार्दै राजाले फेरि सोधे- ‘अनि भारतीयहरूले नि -‘ मधुर कम्पित स्वरमा बालिकाले भनी- ‘अहो ! उनीहरूले त हामीले जस्तै श्री पशुपतिनाथलाई पुज्दा रहेछन् । उनीहरू हाम्रा दाइ हुन् !’ महेन्द्रले आफूलाई श्री पशुपतिनाथको चरणारविन्दमा समर्पित गरेका थिए । उनी भन्छन् प्रभुलाई चढाउने उनीसित केही छैन केवल नेत्र-जल छ: मनले धाएर आएँ प्रभु ! अब तिम्रै मन्दिर आएँ खाली हातले शान्ति आस ली धाई मन्दिर आएँ । अर्पणलाई जलपात्रसम्म नपाई बहँदो मन गङ्गाजलसाथ, दुई नेत्र भरीकन ल्याएँ । महेन्द्र हुन् जनताका संवेगशील, यौवनोत्फुल्ल, हिम्मती नेता ! अतिशय मानवीय, निर्भीक र देशका उद्धारक । सङ्कटका घडीहरूमा बारम्बार उनले आफ्नो अतुल्य राजनैतिक चातुर्यको प्रदर्शन गरेका छन् । उनको यही ऐतिहासिक भूमिकालाई चाँदनी शाहका निम्नोद्धृत पङ्क्तिहरूले अति सुन्दर ढङ्गमा सङ्केत र रेखाङ्कित गर्दछन्: तिमी चुक्थ्यौ त रुनेथ्यो इतिहास वीर नेपालीका गाथा र भाकाका तिमी झुक्थ्यौ त के हुन्थ्यो होला यहाँ स्थिति नेपालका डाँडा र पाखाको ! १९७२ को ३१ जनवरी नेपालीहरूका निम्ति दुर्भाग्यको दिन थियो किनभने त्यही दिन महेन्द्रले ईहलीला समाप्त गरे । मेचीदेखि महाकालीसम्म शोकको लहर फैलियो । त्यहाँबाट फैलिएर विश्वभरि फिँजियो । महेन्द्र गए तर उनी प्रत्येक नेपालीका घटघटमा विराजमान छन्। उनी चिरञ्जीवी छन्। (पैंतीस प्रसिद्ध पुरुष पुस्तकबाट संकलित याे लेख साहित्यकार नरेन्द्रराज प्रसाईंबाट प्राप्त भएकाे हाे । लेखक राजनारायण प्रधान दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका प्राध्यापक हुनुहुन्थ्यो।) #दार्जिलिङ #मवीवि शाह #राजनारायण प्रधान #राजा महेन्द्र अपरिचित नेपाल, परिचित गीत: म्यान्माको उत्तर पूर्वी राज्य छिन हुँदै अघि बढेको एसियाली राजमार्गमा गाडी दौडिरहेको छ । हाँसो, ठट्टा, रमाइलो, फोन–फानपछि बिस्तारै साथीहरु उँङ्न थाल्नु भयो । मलाई भने खासै निद्रा परेन । कुनै चिन्ताले होइन, आदतले । लामो होस् या छोटो, गाडीमा मलाई हत्तपत्त निद्रा पर्दैन । सुन्सान रातमा गाडीको स्पिडसँग म बाहिरी वातावरणको अनुमान लगाउन थाल्छु । रातको अँध्यारोमा हाम्रो गाडी पहाड जस्तो ठाउँ वा जंगल जस्तो जग्गाबाट हिँड्दै थियो । टेडो–मेडो हुँदै घरी उकालिन्छ भने घरी एकतमासले ओरालिन्छ । घरी चकमन्न वन छिचोल्थ्यो त घुमाउते पारामा खाइ र खोल्सा नाघ्थ्यो । लामा–छोटा, नयाँ–पुराना पुलहरू कति हो कति ! तर त्यति दुःख भएन जति मैले कल्पना गरेकी थिएँ । खासमा ४ वर्षअघि यही जनवरीतिर म यही छिन् स्टेटको तमु नगरतिर जाँदै थिएँ । दिनको उज्यालोमा गाउँबस्ती र स–साना सहर छिचोल्दै गाडी अघि बढेको थियो । त्यो बेला डरले मेरा चिम्रा आँखा झन् खुम्चिन्थे । रहेक मोडमा मलाई आफ्नै खालको अत्यास लाग्दै जान्थ्यो । बाटो डरलाग्दो र साँघुरो थियो । उताबाट गाडी आउँदा यताबाट गाडीले साइड दिनुपर्ने वा कम्तीमा स्पिड कम गर्नुपर्ने बाध्यता थियो । त्यो बेला मलाई घरिघरि डरले सताउँदथ्यो । निद्रा नलाग्ने खास कारण त्याे कुरा मनमा गढेका कारणा पनि हुन सक्छ । अाज भने यो मध्य रातमा गाडीले केही मोडमा शरीरलाई ढल्काउनुबाहेक खासै केही गर्न सकेन । खोल्सा, खाइ, वन–जङ्गल उही भए पनि मध्य रातमा गाडीले स्पिडमा धेरै परिवर्रतन गरेन । एकतमासले हुइँकिरहेको बस बिना कुनै घच्याक् मच्याक्अघि बढ्दा मलाई लाग्दथ्यो, अब बाटो खराब आउने बेला भयो होला । तर बिहान हुन्जेलसम्म मैले डराउनु पर्ने कुने किसिमको अप्ठ्यारो अनुभव गरिनँ । मिर्मिरे बिहान भएपछि देखेँ, सडक साँच्चै नै नाम जस्तै एसियाली राजमार्ग नै थियो । नेपालदेखि भारत हुँदै बर्मा र थाइल्याण्ड जोड्ने यो बाटो राम्रो बनेको रहेछ । बर्मामा बसेका अधिकांश यात्रीहरू छिन् स्टेटको टमू हुँदै भारततिर पस्ने यही बाटोको उपयोग गर्नुको कारण पनि यही रहेछ । छिन म्यान्मारको सातवटा स्टेटमध्ये एक हो जो भारतको सिमानासँग जोडिएको छ । छिन जातिको बसोबासको मुख्य थलो रहेको यहाँ नेपालीहरुको पनि हजारौँको सङ्ख्यामा बसोबास छ । विशेषगरी छिनको मुख्य नगर कलेम्यो र टमूमा नेपालीहरूको बाक्ला बस्तीहरु छन् । यहीँ नेपाली पाठशालाहरु पनि छन् । चार वर्षपछि अहिले गाडीबाटै टमूको सानो सहरलाई हेर्न थालेँ । फाट्टफुट्ट बस्ती हुँदै गाडी बाक्ला घरतिर लाग्यो । सहर केही परिवर्तन भएको हो कि लाग्यो । त्यो बेला टमूस्थित कृष्णा मन्दिरको शताब्दी वर्ष मनाइँदै थियो । नेपालीहरुको पौरख सिञ्चित भएको मन्दिर सय वर्ष पुग्नु एउटा ठूलो उपलब्धि हो । यस्तो समयमा यसलाई भव्यता दिन टमूबासीले कुनै कसर छाडेका थिएनन् । जहाँ एक साता सप्ताह लागेको थियो । ठूला पुरस्कार राशिका विभिन्न प्रतियोगिता, युवा सम्मेलन र साहित्य सम्मेलनहरु आयोजन गरिएका थिए। युवा सम्मेलनमा अन्य खालका युवाहरुले भाग लिएका थिए । साहित्य सम्मेलनमा भने नेपाली साहित्य डिप्लोमा अध्ययनरत हाम्रो ब्याजले विभिन्न किसिमका भूमिका पाएको थियो । नेपाली भाषा डिप्लोमा भर्खरै सकेको मेरोलागि सार्वजनिक समारोहमा यस किसिमको भूमिका पाउनु निकै ठूलो अवसर भइदियो । म केही जान्दिन थिएँ । अरुको साथ लागेर मैले केही कुरा गरेँ, सिकेँ । भाषा साहित्यमा लाग्दा पनि सार्वजनिक समारोहमा यस किसिमको काम गर्न पाइन्छ भन्ने मेरो कल्पना थिएन, जुन अनुभव गर्न पाइरहेको थिएँ । मैले यसअघि बर्माबाहेक नेपाली भाषीलाई भेटेकी थिइनँ । बर्मा बाहिरका नेपालीले कसरी नेपाली बोल्छन्, मेरालागि कौतुहलको विषय थियो । त्यहाँ सिक्किम, दार्जिलिङ, मणिपुर र अन्य क्षेत्रहरुबाट पनि साहित्यिक टोलीहरुको उपस्थिति रहेछ । नेपालको काठमाण्डौंबाट लेखक त होइन, केही पत्रकारहरू पनि आउनु भएको रहेछ । त्यहाँ फरक फरक तरिकाले नेपाली बोल्ने मानिसहरु देख्दा निकै रामाइलो लाग्यो र नेपाली बोल्ने आत्मविश्वास पनि जाग्यो । नत्र के हुन्छ भने कुनै शब्द आएन भने हामी आफू आफू बर्मेली बोल्न थालिहाल्छौँ । यसले नेपाली भाषामा निखार आउँदैन र शब्दको कमी जहिल्यै पनि महसुस हुन्छ । तर यो सम्मेलनमा सबैले बोलेको नेपाली मेले राम्रैसँग बुझिरहेकी थिएँ, जसले मलाई आत्मविश्वास दिइरहेको थियो । अहिले उहाँहरु कहाँ हुनुहुन्छ, को को हुनुहुन्छ, सबैको नाम र चिनारी सम्झन सक्दिनँ तर उहाँहरुको बोली र अनुहार भने याद आइरहन्छ । यो अवसरका लागि मेरो मनबाट अहिले पनि टमू शाखाप्रति कृतज्ञताको अनुभव भइरहन्छ । टमु सहर सीमा क्षेत्र भएकाले पनि छिन जातिसँगै नेपालीहरुको आयको स्रोत व्यापार बनेको छ । आय बढेकाले पनि हुन सक्छ, यहाँका नेपालीहरुले आफ्ना भाषा र संस्कृति जोगाउन बढी नै खर्च गरेका हुन सक्छन् । टमूतिर नेपाली भाषा र संस्कृतिको विकासले पारी भारतको मनिपुरतिर पनि त्यसको प्रभाव परेको भन्ने सुनिन्छ । सत्य के हो मलाई थाहा छैन । पहिलोपटक सीमा पारि जाँदै गर्दा केही थाहा होला कि बुझ्न मन भने औधि नै छ । सहरको छेउमा एउटा रेस्टुराँको अघि गाडी रोकियो । मोबाइल हेरेँ, बिहान सात बजेको रहेछ । गाडी रोकिएपछि सबैको निद्रा बिस्तारै खुल्यो । गाडीवालाले छिटो गर्नु भन्दै थियो, तर हामी हात मुख धोएर खाजा खानुभन्दा हलुका मेकअप गर्न तिर लाग्यौँ । ‘बरु गाडी छुट्दा केही हुन्न, सिङ्गारपटार चाहिं नछुटाउने है!’ राजनले व्यङ्ग्य गर्दै भने, ‘केटीहरु भोकै बस्न राजी हुन्छन् तर मेकअप छाड्न मन गर्दैनन् ।’ सीमाले जबाफ फर्काउनु भयो, ‘नेपाल पो हिडेंको ! नसजिएर भो ?’ हतारमा खाजा खाएपछि हामी गाडी चढ्यौँ । गाडीका सबै यात्रु सीमा पार गर्नेहरु नै थिए । गाडी त्यसैगरी रिजर्भ गरिएको थियो । यही कारण तमु सहरलाई बाहिरबाटै परिक्रमा गर्दै गाडी करिब १० बजेतिर बर्मा–भारतको सिमानामा गएर रोकियो । ‘मेरो नाम त यहाँ पो रहेछ,’ सीमा दिदीले फेरि ठट्टा गर्नुभयो, ‘अब म यहीँ बस्ने, तिमेरु जाओ ।’ चञ्चले स्वभावकी सीमा दिदी बेलाबेला रमाइलो गरिरहनु हुन्छ । यसले यात्रालाई ताजा गराउँछ । ठीक १० बजे कार्यालय खुल्नेबित्तिकै हामी अध्यागमन भवन पुग्ने योजना थियो । यसो गर्दा चाँडै काम सकेर साँझसम्म मणिपुरतिरको राजधानी इम्फाल पुग्न सकियोस् । यही हतारका कारण हामीले टमूतिर छिरेर समय गुमाउन चाहेका थिएनौँ । धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलन सुरु हुन अब केही दिन मात्र बाँकी थियो । यस्तो अवस्थामा समय गुमाउने अवस्था पनि थिएन । तर हामी यहाँ आएको टमूबासीलाई थाहा नहुने कुरै थिएन । हामीलाई बिदा गर्न टमू निवासी अर्जुन दहालजी धर्मपत्नीसहित अध्यागन कार्यालय नपुग्दै बाटो छेक्न आइपुग्नु भयो । ‘यसरी बाटो काटेर हिँड्न मिल्छ ?’ दाहाल सरले भन्नुभयो, ‘आज रात यतै बासौँ, भोलि जानुहोला ।’ हाम्रो टोली नेताले समयको अभावबारे राम्रोसँग कुरा बुझाएपछि भने उहाँहरु शुभकामना दिँदै फर्कनु भयो । तर उहाँहरुको सर्त थियो–फर्कंदा टमूमा कम्तिमा एक रात बस्ने र सबै जनालाई जम्मा गरेर नेपालको यात्रा कथा सुनाउने । हामीले मञ्जुर गर्यौँ । किनभने हाम्रो फर्कने बाटो यही थियो । के थाहा, चीनबाट संसारभर कोरोना भाइरस फैलँदैछ भन्ने कुरा ? हामीलाई उहाँहरुलाई दिएको वचन पूरा हुन्न भन्ने कुरा सयमा एक पनि थिएन । अध्यागमनमा सुरक्षा कडा थियो । बाहिरै बन्दुक जस्तो केही कुराले हाम्रो ज्वरो नापियो । मास्क लगाएर सुरक्षित साथ नेपाल पुग्नु भनेर अध्यागमनले भनिरहँदा पनि हामीले जीउ धनको सुरक्षा भन्ने मात्र बुझ्यौँ । केरेनाको गम्भीरता यसअघि हामीले बुझेका थिएनौँ। हामी जस्ता धेरैले त्यो बेला बुझ्ने कुरा पनि भएन । अध्यागमन बाहिर निस्कँदा ठूलो पहाड आँखाअघि ठोकियो । पहाडले घेरिएको भूमि सबै ठाउँ भारतीय सीमा रहेछ । पहाडवारी इन्डिया, पहाड कटेपछि बर्मा । पहाड र समथर भूभागका बीचमा बगिरहेकाे एउटा खोलाले भारत र बर्माको सिमाना छुट्याएको थियो । हामी बाहिर निस्कँदा इम्फालका लागि एउटा ट्याक्सी तयार थियो । एक हजार भारतीय रुपैयाँ तिरेपछि उसले इम्फाल लैजान तयार भयो । तर गाडी सिधै इम्फाल हिँडेन, मोरेको नेपाली बस्तीमा गएर रोकियो । त्यहाँको कृष्णा मन्दिरमा पाण्डे सरले खानाको बन्दोबस्त मिलाउनु भएको रहेछ । भारत र बर्मा दुवै सीमा छेउभरी छ नेपाली बस्ती । जहाँ धार्मिक वा अन्य पर्वमा नेपालीहरु भेला हुँदोरहेछन् । दुवै देशका नेपालीभाषीबीच बिहेबारी हुने गरेको सुनेकी थिएँ । यहाँ अएपछि थाहा भयो, पारि पनि नेपालीहरूको हेटल लगायत धेरै बिज्नेस पनि चल्रदाे रहेछ । नेपाल जाने कारणले हुन सक्छ, यहाँ हाम्रो मानमनितो राम्रो भयो । त्यसमाथि हाम्रो टोलीनेता पाण्डे सरका मामा नाता पर्ने मन्दिरका पूजारी हुनुहुँदोरहेछ । धार्मिक स्थल भएकाले उसै पनि खाना खान पाइन्छ नै । त्यसमाथि हामी टाढाका यात्रु, पेटभरि, थपीथपी हामीलाई खाना खिलाउनु भयो। भारतको यात्राभर यही खाना हाम्रालागि विशेष हुन्छ भन्ने कुरा थाहा थिएन । खाना खाएर पुनः ट्याक्सी चढ्यौँ । ट्याक्सीले पहाडको उकालो चढाउँदै गर्दा हामी पुनः नेपाली गीत गाइरहेका थियौँ । नेपाल अझै टाढा थियो तर अपरिचित नेपाल हाम्रालागि गीतका गेडाहरूमा थिए, जुन हामी गाउँदै थियौँ। #बर्मादेखि नेपालसम्म #रिता लामाकार्की फोटो कविता प्रतियोगिता ५ का लागि कविता आह्वान: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको चौथो संस्करणका लागि कविता आह्वान गरिएको छ । विमल नेपाल अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताको चार वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । पाँच संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। प्राप्त कविताहरूमध्ये हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात् असार ६ गते राति १२ बजेसम्म रहेको छ। (तस्बिरबारे: सूर्योदय, शहर, नदी, मान्छे र गन्तव्य) हेर्नुहोस् तस्बिर र कवितामा उतार्नुहोस्; अब तपाईंको मनमा उब्जेका भावनामा कवितात्मक पुट दिएर तलको कमेन्ट बक्समा पाेस्ट गर्नुहाेस् । याे प्रतियाेगिताका लागि यहीँ कविता राख्न अनिवार्य छ । #फोटो कविता शंका: अनुप लामिछाने महेश लंका गाउँमा बस्छ । ऊ एक कृषक परिवारको सदस्य हो । आमाबुवाले खेती गरेर उसलाई विद्यालय पठाउँथे । चैते दशैं आएको थियो, कोरोना भाइरसले गर्दा देशैभरि लकडाउन भएको थियो । बुवाले घरमै एउटा घोर्ले खसी लडाउनुभयो । महेशले पनि खसीको मासुको थरी-थरी परिकार बनाउन आमालाई अनुरोध गर्यो, अनि मासु मज्जाले खायो। सधैँ झैँ रातको साढे ९ भएको थियो | सुत्ने बेला भएको थियो । महेशलाई कमजोरी भएजस्तो अनुभव भयो । “निन्द्रा लागेर होला” मनमनै महेशले सोच्यो, अनि सुत्यो । भोलिपल्ट विहानै बुवा सहर जानुभयो, अनि आमाले पिंडी पोत्न लाउनुभयो। सधैं सबेरै उठ्ने महेश अजैसम्म पनि उठेको थिएन। “कति सुतिस् तनि महेश । गोरु पहालाउन पर्ने, बाख्रालाई पानी दिएर चराउन लैजान पर्यो । उठ अब |”भन्दै आमा गोठतिर जानुभयो। दूध निकालेर आउँदासम्म गोरु गोठमै थियो, अनि बाख्रा खोरमै । आमा रिसाउँदै महेश सुतेको कोठामा जानुभयो । महेश खोक्दै सुतिरहेको थियो । कामेको थियो । आमा नजिक गएर महेशलाई झकझाकाउनु भयो । महेशको शरीर तातो भएको थियो । एसो निदारतिर छाम्नुभयो । महेशलाई हनहन्ती ज्वरो आएको थियो । सँगै रुगाखोकी पनि लागेको थियो। आमा आत्तिनुभयो। छिमेककी सरिता काकीलाई बोलाउनुभयो, अनि ज्वरो नाप्न लगाउनुभयो । ज्वरो १०३° रहेछ । महेश कामिरहेको थियो । सँगै रुगाखोकी पनि लागेको, सरिता काकी पछि हट्नुभयो, अनि महेशकी आमालाई पछाडि तान्दै, “ला! महेशलाई त कोरोना भाइरसले छोयो क्या हो ! कोरोना भाइरसको सबै लक्षण महेशमा छ ।” सरिता काकी सिटामोलको एक बरी दिएर त्यहाँबाट आतिदै जानुभयो । आमाले महेशका बाबुलाई फोन गरेर, “पैसाको जोहो गर्नुस् । महेशलाई सञ्चो छैन । अस्पताल लानुपर्यो”, भन्नुभयो । गाउँभरि हल्ला फैलियो । हामीलाई पनि महेशले कोरोना सार्न सक्छ भनेर एकैदिनमा गाउँलेहरु गाउँ छोडेर गए । गाउँ रित्तो भइसकेको थियो । महेशका बाबुले बल्ल बल्ल पैसाको जोहो गरेर गाउँमा आउनुभयो । महेशको स्वास्थमा थोरै सुधार आएको थियो । महेशका बाबु र आमाले महेशलाई अस्पताल लैजानुभयो । अस्पतालमा महेशमलाई आसोलेसनमा राखियो, र जाँच सुरु गरियो । दुई दिनपछि महेशलाई आसोलेसन वार्डबाट बाहिर निकालियो । डाक्टरले महेशका आमा बुबालाई बोलाउनुभयो अनि, “आत्तिनुपर्ने अवस्था छैन, सामान्य ज्वरो, रुगाखोकी रहेछ । जुन मौसम परिवर्तनका कारणले लागेको हो । कोरोना नेगेटिभ छ ।”भन्नुभयो । डाक्टरले पुन: भन्नुभयो, “आजकल सितिमिति यस्तै केस धेरै आएको छ । सबैजना सामान्य रुगाखोकी, ज्वरो लाग्नेबित्तिकै जाँच नै नगरी कोरोना लाग्यो भनेर त्रसित हुन्छन्, जुन कत्ति पनि उपयुक्त छैन ।” महेश र उसका आमाबुवाले सन्तुष्टि र खुसीका साथ शिर हल्लाए अनि डाक्टर साहेबलाई धन्यवाद दिँदै अस्पतालबाट निस्किए । महेशले गाउँ जाँदै गर्दा गाउँ शून्य भएको देखेर, “मलाई जाँच नै नगरी कोरोनाको शंका गर्दा गाउनै रित्तो भयो । शंकाले लंका जलायो | गाउँबासीलाई फोन गरेर भनिदिनु आमा कि मलाई कोरोना छैन”, भन्यो। #शंका पुस्तक चर्चाः नयाँ पुस्ताका लागि गम्भीर पुस्तक ‘ब्याक बेन्चर’: ‘सबैभन्दा तीक्ष्ण दिमाग कक्षा कोठाका अन्तिम बेन्चमा भेटिन सक्छन्’ – सामान्य जस्तो लाग्ने यो भनाइको अन्तर्यमा पसेर भावार्थ खोतल्ने भने जोकोही मानिसलाई पनि यसले ४४० भोल्टको करेन्ट लगाइदिन सक्छ । पेशल आचार्य यो महान्वाणी भारतका पूर्व राष्ट्रपति स्व.एपिजे अब्दुल कलामको हो । कलाम भुइँ मान्छेको तह औ तप्काबाट स्वपरिश्रम र अतुल लगनले क्रमशः माथि उठेर अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतमा ठूलो योगदान दिने त्यस्ता महापुरुषहरूमध्ये हुन् जसलाई भारतीय राजनीतिले सर्वसम्मत रूपले राष्ट्रपतिजस्तो उच्च गरिमामय स्थानमा पु¥यायो । उनी वैज्ञानिक, अनुसन्धाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिक अभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् । स्व.कलामको चर्चा यहाँ मुफ्तमा गरिएको होइन । यिनको महान्वाणी जो माथि ‘कोट’ गरियो त्यसैलाई समर्पणमा उद्धृत गरी आफ्नो निबन्धात्मक कृतिमा एकजना नेपाली निबन्धका क्रियाशील लेखकले एक दसक समय लगाएर निबन्धको कृति प्रकाशित गरेका छन् । कृतिको नाम –‘ब्याक बेन्चर’ र निबन्धकार हुन् – पेशल आचार्य । डिकुरा पब्लिकेसन, बागबजारद्वारा २०७६, माघमा प्रकाशित यो निबन्ध सँगालोमा २९ वटा आत्मपरक निबन्धहरू समेटिएका छन् । वरिष्ठ कवि÷निबन्धकार महेश प्रसाईंको बेजोड भूमिका रहेको यो कृति आकर्षक साजसज्जा र कलेवरमा रम्रिएको छ । २४० पृष्ठको यो किताबको मोल ३९९ रूपैयाँ राखिएको छ । ‘जीवन, जगत, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तती, विवाह, सन्तान र भावी संसारका बारेमा विविध विषयानुभूति र तीर्यक चित्रणका साथ प्रस्तुत गरिएको’ कुरा लेखकले एक प्रश्नमा स्वीकारेका छन् । ‘ब्याक बेन्चर’ नामक यिनको टाइटल निबन्ध र सङ्ग्रहकै मुटु हो । यसका अलावा मिठो झन्झट, दुःख आफै दुख्ने गर्छ, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगी र रित्तो गुँड र चरा नियतिजस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् । २०३६ सालको ‘सडक कविता क्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुन् । उनले तीन दसकको शिक्षण र प्राध्यापनका दौरानमा हजारौं विद्यार्थीहरूलाई कक्षाभित्र र बाहिर सिकाए÷सुझाए । सोही पेसाले उनलाई आफ्ना कक्षाको अन्तिम सिटमा बस्ने विद्यार्थीहरूको हाउभाउ, प्रतिभा र अन्तर्आवाजलाई सुन्यो । अन्ततः यो कृतिको जन्म भयो । तीसको दसकको उत्तराद्र्धदेखि कविता विधामा देखापरेको नाम हो – पेशल आचार्य । २०२३ साउन १५ गते विराटनगर –४, बरगाछी, मोरङमा माता शोभा आचार्य र पिता श्याम आचार्यका तीन भाइ छोरामध्ये जेठा छोराका रूपमा जन्मेका आचार्यले त्रिविबाट नेपालीमा एम्ए र बीएड्को शिक्षा हासिल गरेका छन् । यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गरेका यिनलाई लेखनको सुखदुःख र प्रकाशनका ‘लगडधस्’ राम्रोसँग थाहा छ । २०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् । यिनका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दसक अघिदेखि कोर्समा पढाइ हुँदै आएका छन् । यिनले आधुनिक र राष्ट्रिय गीतहरू पनि लेखेका छन् । यिनका गीत सङ्स नेपालले यु ट्युबमा अपलोड गरेको छ । मुक्तक, छोक र हाइकूमा यिनी आफूलाई संक्षिप्तमा प्रस्तुत गर्न औधी मन पराउँछन् । यिनी बालसाहित्य र किशोर साहित्यमा तालिम समेत दिन्छन् । लेखन, सम्पादन, प्रकाशन र गोष्ठीमा यिनले उत्पे्ररित गरेका प्रतिभाहरूले यिनलाई ‘पि गुरु’ भनेर बोलाउँछन् । अध्ययन, लेखन र प्रशिक्षणमा समर्पित आचार्य रामेछाप जिल्लाका वर्तमान समयका सबैभन्दा पुराना नेपाली भाषा शिक्षक, साहित्यिक पत्रकार र लेखक हुन् । शिक्षण पेसामा रहेका आचार्य हाल मन्थली नमुना मावि मन्थलीको सहायक प्र्रअ पदमा रहेका छन् । नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले परिवेश पुरस्कार – २०५१, कविता महोत्सव पुरस्कार, धरान – २०५५, उत्कृष्ठ कवि, बीबीसी, लण्डन – २०५४ र राष्ट्रिय शिक्षा पदक –२०६८ समेत प्राप्त गरेका छन् । पुस्तक प्रकाशनको माहोल पार्दै लेखकलाई पाँच प्रश्न गरिएको छ । प्र्रस्तुत छ सवाल÷जवाफ ः प्रश्न १) यहाँको साहित्य लेखनको मूल उद्देश्य के हो ? उत्तर : समाज र समयलाई कलात्मक शब्द चित्रमा उतारेर भविष्यका सन्ततीलाई विविध विधा र नामका दस्तावेजका रूपमा विचार सुम्पने चाहना । प्रश्न २) लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ? उत्तर : मेरो विचारमा लेखनमा गुमाउनु पर्ने केही छैनन् । सबै पाउनु मात्रै छन् । लेख्ने मान्छेकै नाताले भलिभाँती समाज पढ्न पाएँ । नैरन्तर तरोताजा (अपडेट) हुने अवसर जो मिलेको छ । केही साथीभाइ पनि कमाएँ । विद्यार्थीलाई सकेको काउन्सिलिङ् गरेकै छु । धेरै लेखक र पाठकलाई नजिकबाट पढेको छु । एउटा जीवनमा यो भन्दा धेरै उपलब्धि अरू के हुन सक्छन् र ? प्रश्न ३) कति कृति प्रकशनमा आए, अझै कति बाहिर ल्याउने योजना छ ? उत्तर : १० वटा आए । ७ वटा बाल साहित्यका र ३ प्रौढ साहित्यका । बाल साहित्यका कृति अब छैनन् । प्रौढ साहित्यका चाहिँ सबै विधा गरी अझै ८÷१० वटै कृति छन् । कुनकुन आउँछन् अहिले नै भन्नु चाँडो हुनेछ । प्रकाशकले जे मन पराउँछन् ती अघि आउने रै’छन् । यो ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रह समेत १० वर्षका दौरानमा प्रकाशन भएको हो । अब २०७७ मङ्सिरतिर निबन्धकै कृति ‘पावर, मनी र सेक्स’ बजारमा आउँदै छ । प्रश्न ४) : पुरस्कारका सवालमा यहाँको धारणा जान्न सकिन्छ ? उत्तर : लेखन अनन्त इच्छा हो भने प्रकाशन नै प्रथम पुरस्कार हो । प्रश्न ५) : नयाँ लेखकहरूलाई लेखनका बारेमा के सल्लाह दिनु हुन्छ ? उत्तर : नयाँ लेखकहरू हामी पुरानाभन्दा धेरै उम्दा र चुजी छन् । तिनीहरूको विषयवस्तु पक्रने कला, लेखन शैली र अध्ययन हामीभन्दा धेरै उच्च स्तरको छ । अझ म त भन्छु ः यहाँ पुराना भन्दा नयाँ लेखकअघि, गुरुभन्दा चेलाअघि, बाबुभन्दा छोराअघि, नेताभन्दा जनताअघि र लेखकभन्दा पाठक अघि देख्छु । अहिले लेख्ने जो सुकैले पाठकलाई नजरअन्दाज गरेर लेख्यो भने त्यो टिक्दैन अनि बजारमा बिक्दैन । यो समग्रतामा हो । म केही पुरानै भए पनि सबै खाले नयाँहरूलाई असीम माया र ऊर्जाशील उत्प्रेरणा दिन्छु । दिइरहेछु । (आदरणीय पाठकहरू ! लेखक पेशल आचार्यलाई मोबाइल नम्बर ९८४४०४४०८३ र इमेल espeshal2023@gmail.com र peshal Acharyaनामक फेसबुक अकाउन्टमा सम्पर्क गरी साहित्यिक संवादमा जोडिन सकिने छ ।) लघुकथा: महान दाता: डा.पुष्करराज भट्ट “म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहतस्वरुप रासन दिनसक्छु ।” सामाजिक सञ्जालमा यो सुचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो । सामाजिक सञ्जालमा सूचना दिने व्यक्ति परिचित थियो । महामारीका बेला बन्द कोठामा निस्सासिएको मलाई यो खबरले उत्साही तुल्यायो । कोठामा भएको रासन सकिन लागेको थियो । काम गरेको ठाउँबाट केही पनि पाइएको थिएन । सूचनामा दिइएको नम्बरमा फोन गरेँ । धेरै पछि मात्र फोन उठ्यो । ”को हो फोन गर्ने ? यस्तो महामारीका बेला फोन आयो कि मलाई त रिस मात्र उठ्छ ।” उसले चिच्याउँदै भन्यो । ”म सुवास खनाल, तपाईँ हामी पहिले सँगै पढेको हौं । फेसबुकको स्टाटस देखेर फोन गरेको ।” मैले डराएर भनेँ । “ए, म त को भनेर ? यतिबेला त्यसै त डर छ, कतिबेला के हुने हो ? म त नयाँ नम्बर देखेर तर्सेको । अनि के छ त नयाँ खबर ?” उसले चिप्लो लगायो । “ठिकै छ,मानिस नचिन्दा त्यस्तै हो । नयाँ खबर के भन्नु ? कोरोनाले कोठाबाहिर जान पाएको छैन । केही समस्या परेर…..।” म संयमित बनँे । “फेसबुकमा राहतका अनेक घोषणा आएपछि मैले पनि स्टाटस राखेको हुँ । ख्यालख्यालमा गरेको कुरा साँचोे पो भएछ । हेर न, केही दिन अघिसम्म त राम्रै थियो, अहिले त म पनि संकटमा छु । जे भएपनि सुरक्षित रहनु, कोठामा बस्नु ।” यति भनेर मोबाइल फोन बन्द भयो । मैले पटकपटक प्रयास गरेँ, परिणाम स्विच अफ । अब मेरो दिमागमा बारम्बार यही शब्द गुञ्जिरहेछ “सुरक्षित रहनु, कोठामा बस्नु ।” #महान दाता बृहस्पतिको गजल\xa0: पल पलमा भीडको लडाई, लड्दै बाँचेँम आजसम्म सत्ता यिनै नेताहरूलाई भन्दै साँचेम आजसम्म ।। के पायौँ खै ? सोझा साझा निमुखा यी जनताले भ्रष्टहरूकै देश लुट्ने तालमैं नाँचेम आजसम्म ।। सिङ्गापुर र स्विजरल्यान्डको, क्या ! सपना बाँडे कठै बहकिंदै यस्ता गफमा ! पौरख भाँचेम आजसम्म ।। सरकारलाई बुझ्ने मौका, कोरोनाले झनै दियो अब ढिला गर्नु हुन्न , धेरै जाँचेम आजसम्म ।। के पाएम खै ? सोझा साझा निमुखा यी जनताले अब ढिला गर्नु हुन्न , धेरै जाँचेम आजसम्म ।। #बृहस्पतिको गजल ब्ल्याक आउट विद्रोह: राता झण्डा फर्फराउँदै निधारमा माक्सको हड्डीको चन्दन पोतेर बाटोमा मजदुरहरूको छाला ओछ्याएर ऊ हिँड्छ हत्कडी बाँधेर हाम्रा खुट्टाहरूमा । हामीले गाउँन थाले हाम्रा जिब्रामा किला ठोक्छ हामीले बोल्न थाले हाम्रा ओठमा ताल्चा झुण्डाउँछ हामीले लेख्न थाले हाम्रा हात काट्ने आदेश दिन्छ विद्रोही खुट्टामा गोली हान् भन्छ शून्य सन्नाटालाई शान्ति घोषणा गरेर ऊ हाम्रो चिच्चाहटलाई अशान्ति हो भन्छ प्रत्येक घाउहरूलाई हाँस्ने आदेश दिन्छ । कोदालो बोकेर आरन हिँडेको किसानसँग डराउँछ र सुनपानीमा चोबेर वाइड हड्डीका टुक्रा फ्याँक्दै ऊ सुँघ्न लगाउँछ आफ्ना पाल्तु कुकुरहरूलाई । हाम्रो हरेक विद्रोहमा ऊ डराउँछ मधेश मेरो हो भन्छ ऊ मधेशीसँग डराउँछ पहाड मेरो हो भन्छ ऊ पहाडी सँग डराउँछ नेपाल मेरो हो भन्छ झोलामा बम बोकेर सिमा नाघेको आतंकवादी जस्तो ऊ डराउँछ यो देशको प्रत्येक नागरिकसँग फुटपाथमा बसेर चिया पिउन डराउँछ आफौले व्यापार गरेको अस्पतालमा उपचार गर्न डराउँछ र रातारात उड्छ जाल बोकेर विदेशी स्याउला खोस्रन । ऊ बलात्कारलाई बहादुरी ठान्छ र शरीरमा छिर्का परेको खुनलाई क्रान्ति भन्छ ऊ डराउँछ कपालमा रातो रुमाल बाँधेको गोठालोसँग तर्सिन्छ घर छाडेर ओरालो हिँडेको परदेशीको निधारमा रातो अक्षता देखेर टाङमुनिबाट गाउँछ राष्ट्रिय गान पुच्छर हल्लाउँछ भुक्छ पछिपछि हिँड्छ पछिपछि हिंड्छ पुच्छर हल्लाउँछ भुक्छ हामीले लेखेका किताब पढ् भन्छ हामीले लेखेको इतिहास पढ् भन्छ हाम्रा भक्तिगाना गा भनेर सूचना दिन्छ हाम्रो विरुद्ध कविता नलेख् भन्छ ऊ डराउँछ हातमा माक्सका किताब देखेर घोषणा गर्छ बाघीहरूलाई देशद्रोही डरा भनेर डर देखाउँछ हामीलाई ऊ डराउँछ हनुमान चालिसा नभट्याउनेसँग ऊ डराउँछ स्कुल नजाने हरेक बालकहरूसँग । हामी हिँड्ने बाटोमा कर्फ्यू लगाएर इतिहासको लामो नमीठो साइरन बजाउँदै अगाडि पछाडि नन्दी भृंगि सुरक्षा राखेर कुनै अपराधी हिंडेजस्तो हिंड्छ इस्पातका मोटरमा मुख लुकाएर गाउँमा कुखुरा चोर्न आएको चोरजस्तो लुसुक्क परेर ऊ यो बाटैबाटो भएर हिँड्छ । श्रमिकहरूले उपहार ल्याएका खेलौना लुट्छ निर्धनहरूले ल्याएको मतपत्र च्यात्छ न्यायालयलाई भान्साघर बनाउँछ र पकाउँछ आफू अनुकूल रोटीहरू छाड्छ अपराधीलाई पैसामा दिनदहाडै किन्छ दिनदहाडै बिक्छ दिनदगाडै नांगिन्छ तपाईंलाई थाहा छ ऊ को हो? चिन्नुभएको छ भने ऊसंग मेरो भेट गराइदिनुहोला ऊ भर्खर मेरो एक भोट चोरेर भागेको छ । #काशीराम युवा: जब वर्षिन हुन्छ, थोपा नभई धारो झर्छ छेडेर आकाश जब पुग्नुछ सागर भने वेगले दौडिन्छ चिरेर पहाड । शिरैदेखिको कालोमैलो फोहोर सब त्यो उठाएर कान्ला, ढिस्का, थुम्का नभनेर एकै सासमा माटो मात्र बनाएर । तर जब ऊ आराम खोज्छ बेँसीका बगरमा सुस्ताएर सास फेर्छ शान्तिले अनि बस्छ मनको बह फुकाएर । जब संहार्नु छ भने ऊ कसै, कतै, केही देख्दैन परिवर्तन चाहेकै रहेछ भने आदिदेवको पनि केही लाग्दैन । विराट, विशाल, बुलन्द आकार लिएर बग्छ केवल सुस्त लहर नसम्झ त्यो वेगले विश्राम लियो आगै लिएर बगिरहेछ नदि अझै यो । यस्का प्रत्येक छालहरूमा त बाछ्टिा रगतका मिसिएका छन् भूलले पनि नखानु पानी तिमी यसका आँतहरूमा त जागित्र जाग्छन् । मात्र छ सागरसम्मको यात्रामा.. नदि यो केही गरे रोकिन्न अब नदी यही युवा हो आजको जो बद्लेर आफू बदल्छ जगत यो । #युवा लेखिकाको घर जोगाउन अभियान: जेन अस्टिनको घर तथा बगैँचा ‘एम्मा’, ‘प्राइड एन्ड प्रेजुडिस’ लगायतका चर्चित उपन्यासकी लेखिका जेन अस्टिनले आफ्ना प्रख्यात उपन्यास लेखेको घर यतिबेला संकटमा परेको घरको रेखदेख गरिरहेका हाउस म्युजिम चटन ह्याप्सायरकी लिज्जी डनफोर्डले बताएकी छन्। उनको घर हेर्नका लागि वार्षिक लाखौँ पर्यटक जाने गरेकामा कोविद १९ रोगका कारण आर्थिक संकटमा परेको र बन्द हुने अवस्थामा पुगेको उनले बताएकी हुन्। यसलगत्तै इतिहासकार लुसी वर्सली र टेलिभिजन प्रस्तोता एलन टिकमार्सले यो संग्रहालय बचाउन अभियान नै शुरू गरेका छन्। उनीहरूले कम्तीमा यो वर्ष संग्रहालय चलाउन आवश्यक पर्ने रकम ७५ हजार पाउन्ड रहेको र यति रकम नउठे, संग्रहालय मर्मतदेखि कर्मचारीलाई आवश्यक खर्च कटौतीमा पर्ने बताइएको छ। १७ औँ शताब्दीमा बनेको यो घर बेलायतभरिका पुराना घरहरूमध्ये क श्रेणीको घर भनी सूचीकृत गरिएको छ। यो घरमा जेन अस्टिन सन् १८०९ देखि उनको मृत्यु नहुञ्जेल १८१७ सम्म बसेकी थिइन्। यस संग्रहालयमा उनका निजी डायरी, चिठ्ठीपत्र, गरगहनादेखि अन्य किसिमका सामग्रीहरू राखिएका छन्। ‘यो घरमा रहँदा उनले ६ वटा उपन्यास लेखेकी थिइन्,’ वर्सलीले भनिन्, ‘अस्टिनको यस घरलाई उनका प्रशंसकहरूले पवित्रस्थलका रूपमा लिने गरेका छन्। यति महत्त्वपूर्ण स्थलको अवस्था दिनदिनै बिग्रेको खबरपछि हामीहरू चुप रहेर बस्न सकेनौँ। त्यसैले अस्टिनको घर अभियान शुरू गरेका हौँ।’ अभियान शुरू भएयता ५९ हजार पाउन्ड जम्मा भएको र थप रकम जुटाउन पहल भइरहेको वर्सली बताउँछिन्। उनी भन्छिन्, ‘यो संग्रहालय जोगाउनु ती सबै सामान्य पाठकहरूको कर्तव्य हो, जसले उनका सिर्जना पढेर प्रेरित भएका थिए। उनको घरलाई दुरूस्त राखेर उनीप्रति हामीले सम्मान प्रकट गर्न जरूरी पनि छ।’ #जेन अस्टिन #संग्रहालय लेखन गाह्रो छ: जब शब्दहरू अर्थहीन भैदिन्छन् लेखिएको अर्थहरूमा मर्म हुँदैनन् अनि भाव जीवनको विशाल नदीमा डगमगाएको डुङ्गा जस्तै हुन्छ नलेखिएको कवितामा निःशब्द सास भरेर म सोच्छु । बिहानीको समय जब चराहरूको एक हुल मेरो आँखाबाट टाडिन्छन् भावहरू पनि तिनीहरु सँगै उड्न खोज्छन र मबाट दूर हुन्छन् तब लेखन गाह्रो हुन्छ । मेरो देशको चिन्ता जब मलाई लाग्छ तब लेख्न गाह्रो हुन्छ जब जमानामा प्रेम र मायाको काल्पनिक यथार्थ म देख्छु तब लेखन गाह्रो हुन्छ एउटा सानो प्रकाशको सहायताले म उज्यालो ल्याउन खोज्छु जीवनमा अनि जिन्दगी र जीवनको अर्थ नियालेर हेर्न खोज्छु तब लेखन गाह्रो हुन्छ जीवनको अर्थ भनेको जिउनुभन्दा अरु धेरै छ सायद त्यसैले नै होला लेखन गाह्रो छ लेखेर पनि महसुस गर्न नसके महसुस गरेर पनि लेख्न नसिके जीवनका घुमाउरा बाटाहरुमा हिँड्न नसिके लेखन गाह्रो छ । #लेखन गाह्रो छ । "प्रवासी प्रवाह"को पाँचौं शृंखला सम्पन्न: गैर-आवसीय नेपाली संघ भाषा साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह”को पाँचौ शृंखला जेष्ठ ३२ गते, तदानुसार जुन १४ तारिक बेलुका ८ बजे शुरु भएको थियो । हरेक हप्ता संचालन हुने यस कार्यकमको पाँचौ श्रृंखलामा नेपालबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गैरआवासीय नेपाली संघ, भाषा साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका वरिष्ठ सल्लाहकार प्राध्यापक श्री गङ्गाप्रसाद उप्रेती, क्यानाडाबाट साहित्यकार डा. गोबिन्द सिंह रावत, बेलायतबाट कवि तथा साहित्यकार डा.सुधा श्रेष्ठ, अस्ट्रेलियाबाट पत्रकार साहित्यकार डा.भरत राज पौडेल, हङ्गकङ्गबाट कवि तथा साहित्यकार सुनीता गिरी अतिथिका रूपमा उपस्थित थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले भन्नुभयो, “नेपाली भाषालाई अझ बलियो बनाउन, देशलाइ सम्वृद्ध पार्न हरेक परिस्थितिमा देशलाई सहयोग गर्न ‘एनआरएन’को अहम भूमिका रहेको छ | नेपालमा भन्दा नेपालबाहिर रहेका नेपालीहरू नै नेपालका ताकत बनेका छन् | नेपाली भाषा साहित्य, संस्कृतिलाई संसारभर फैलाउन “एनआरएन” भाषा साहित्य समितिद्वारा संचालित प्रवासी प्रवाह कार्यक्रम राम्रो प्लेट फर्म हो ।” त्यसैगरि अष्ट्रेलियामा एक दशकदेखि बस्दैआउनु भएको पत्रकार तथा साहित्यकार भरत राज पौड्यालले भन्नुभयो, “मिडियाले अहिलेको परिस्थितिमा कस्तो प्रभाव पारेको छ ? विश्वका मिडिया यस्तो महामारीका अवस्थामा के कसरी चलेको छ भन्ने कुरा मेरो अनुसन्धानको विषय हो ? अहिले तीन कुराले पत्रकारहरू आफ्नो स्वस्थ्य जोखिममा राखेर काम गर्नु परेको छ | अर्कोतर्फ अहिले विश्व एउटा रोगको महामारी र अर्को गलत सूचनाको महामारीको महामारीसँग संसार लडीरहेको छ |” पत्रकार पौड्यालले थप भन्नुभयो, “संसारभरि १६ वटा देशले मिडियालाई संकुचन गर्नको लागि लागि परेका छन् । आर्थिक क्राइसेसको बेलामा धेरै मिडियाहरु कमजोर भैरहेको बेलामा कडा कानुन लागू गर्न खोजेका छन् । अस्तिभर्खर अन्नपूर्ण पोष्टका सम्पादकले विभिन्न कारण देखाएर राजिनामा दिएका छन् । नेपालका विभिन्न मिडिया हाउसमा आफ्नो जागिर गुमाउदै छन् भन्ने सुनिन्छ ।” बेलायतबाट सहभागी हुनुभएकी डा. सुधा श्रेष्ठले ‘कोभिड १९’ को महामारी धेरै खेपे पनि सतर्कता अपनाएर बेलायत अहिले कसरी त्यसलाई नियन्त्रण गर्न सक्यो भन्ने कुरा बताउदै आफ्ना तीन थान कविता सुनाउनु भयो | क्यानाडाबाट सहभागी जनाउने कवि साहित्यकार डा. गोबिन्द सिंह रावतले २००४ देखि क्यानाडामा रहेर साहित्यिक संस्थामा काम गर्नुका साथै आफ्ना रचना सुनाउनुभयो । साथै उहाँले गैरआवासीय नेपाली संघ भाषा साहित्य समितिले गरेको प्रथम अन्तराष्ट्रिय सम्मेलनको बारेमा बताउनु भयो | साथै क्यानाडाको साहित्यिक गतिबिधि बारे जानकारी गराउनुभयो | त्यसै गरि लामो समयदेखि हंगकंगमा रहेर साहित्यिक कार्यक्रमको संयोजन गरिरहेको सुनिता गिरीले त्यहाँको साहित्यिक गतिविधिको जानकारी गराउदै आफ्ना सिर्जना सुनाउनुभयो | विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरूका सिर्जनाका प्रवाहहरूलाई प्रवाहित गर्न यस कार्यक्रमको उदेश्य रहेको छ । यहाँहरूले विभिन्न देशका सर्जक र सिर्जना अनि त्यहाँका अनुभव अनुभूति सुन्न सक्नुहुनेछ । #प्रवासी प्रवाह लालपुर्जा: सदियौंदेखि मुखियाले कब्जा गरेको आफ्नै पाटोबारीको हराएको प्रमाणित लालपुर्जा उसले भेट्टाएको छ । पुर्खाको बिर्ता पौरखको कमाइ पुरुषार्थको त्यो पाटोबारी उसको स्वाभिमान हो उसको पहिचान हो । बाजे बराजुका थोपा थोपा रगतले सिंचिएको त्यो सुन्दर पाटोबारीमा डङ्गरङ्ग पल्टेका माटोका प्रत्येक कणकणमा उसकै पूर्वजका पौरखी पसिनाको हरक मगमगाइ रहेको छ । अब गोडमेल गर्दै फसल सपार्नु छ हुर्काउनु छ अनि शक्ति र स्वाभिमानका वृक्षहरू जगाउनु छ । मुखियाको चङ्गुलमा परेको पाटोबारीको नीजि हैसियत र स्वामित्व खोस्नै बाकी छ । एउटा कुरा उसलाई राम्ररी थाहा छ मुखियाले पनि बुझेको हुनुपर्छ लालपुर्जाको रंग रातो हुन्छ रगतको रंग पनि रातो हुन्छ वीरताको निसानी पनि रातै हुन्छ । त्यसैले अब एकपटक मात्र एकपटक आफ्नै पाटोबारीका लागि रातो सङ्घर्ष । #लालपुर्जा बजार: डिजिटल बजारमा सजाएको छु तिम्रो उत्ताराधुनिक मृत्युको बेरोजगार घाँटी सत्ताको सास्ती भोगेको तिम्रो टाउकोलाई म अचानोमा राख्दिनं अब बरू तिमीलाई म सहज मृत्यु दिन्छु, \u200cअर्थात् डिजीटल डेथ | नवउदारवादी बजारले तिम्रो भोकलाई हारालुछ गर्दै किन्न भीड लागेपछि हो यो मल्टीप्लेक्स शहरको जिब्रोमा खटिरा निस्केको | यो घोसे महानगरको मध्यभागमा ठिंग उभिएको मुखाल्नी तरूणीजस्तो सपिङ मलको दैलोमा तिम्रो बेइज्जत भएको अनुहारको विज्ञापन टाँसेर कमसेकम कुनै कम्पनीले आफ्नो पेटपाला त गर्दैछ | बजारले सखाप पारेको डिजिटल सपनाको एम्टी पाकेटमा के के खोजेर हैरान भएका किसानको आधाकल्चो निद्रा किन्न फेरि डल्लै अनलाइन बजारको दलाल गाउँ पसेका छन् | डिजिटल सपिङ्गको बुट्टेदार मासुको बट्टामा अर्डर गरेको कुनै अफ्रिकी बेरोजगार युवाको कुपोषित वीर्य चाख्न शहरको भर्जिन खोक्रो कुमारी सपना छटपटाइरहेका छन् | बजारले आजकल लाइभ बेचिरहेका छन् मासुको हाट | हावा थुनिएका शहरमा कैद भएको छन् पसिनाको श्वास र उज्यालो हराएको बजारमा लापता छन् सुकरातको एकजोर आँखा गन्तव्य हराएको आधावैंशे बाटोमा कैडा लागेको छ समयको खुट्टालाई बजारले थुतिसकेको छ छुराजस्तो धारिलो बस्तीको जिब्रो कानको प्वालमा उमारी दिएको छन् मसिनको जरा | सडकका कागजसम्मलाई एउटी अगति आईमाईको रजस्वलामा\u200c चोबेर रातो गुलाब उमार्छन् अनि बेच्छन् माया पिरतीको कालो बजारमा | बजारले बौलाहा बनाएको एउटा बडीबिल्डरको आधाकल्चो पाखुरा कराई हिँड्छ कसैको बजार बोकेको थाङने झण्डा बोकेर | हरेकथोकलाई चम्काएर यसरी अन्धो बनाइदिनु नै बजारको विशेषता हो युवाहरूको मस्तिष्कलाई चिहान बनाएर नचाइरहेछन् डिजिटल मृत्युको नृत्य | आउनोस्, अब तपाईं पनि मन्दिर छोडी डिजिटल ध्यान शिविर जहाँ आँखै खोलेर पनि मोक्ष प्राप्त हुन्छ ईश्वरहरू तपाईंकै अघि छमछम नाच्छन् किन कि अब\u200c ईश्वरहरूलाई पनि बजारले किडन्याप गरेको छ | #बजार पुल: यी पुल भएर दिनहुँ हिँड्छन् मुला, फर्सी र आलुका सपनाहरू बजारसम्म पुग्छन् र दिनभरि दलाली मोलभावको ठक्कर खाएर साँझमा निराश फर्कन्छन् जसोतसो बल्छ बस्तीको बूढो चुल्होमा पिलपिले भोकको आगो अहिले कुच्चोका तन्नेरी पसिनाहरू पुल तर्ने रहरमा छन् केही तरूनी डुकुहरू पुल तर्नलाई सिङ्गारिएका छन् अलैँचीको महङ्गो सुस्केरा, केराको नक्कले आयु, घर मौरीको गुलियो स्वाद, मगमगाउँदो धानको स-साना पाइलाहरू जम्मै जम्मै अहिले पुल तर्ने झोँकमा छन् मलाई थाहा छ पुल तरेकै दिन यिनीहरूले पनि गुमाउने छन् आफ्नापनका गाउँले नाताहरू र, बन्ने छन् यिनीहरू कञ्जुस रुपियाँको फितलो विश्वास एउटा रहर न हो शहर आउनु जो आइसकेर फिक्का लाग्छ एउटा सपना न हो शहर पस्नु जो पसिसकेर दिक्क लाग्छ तर पनि यो पुल भएर दिनहुँ एउटा गाउँ शहर छिर्छ शहरको नाङ्गोपनलाई जैविक खास्टो ओढाएर ऊ आफू लाचार फर्किन्छ प्रिय पाठक, पुल पारि मुस्कान, फूल र प्रेम छ पुल वारि नाफा, व्यापार र धोका पुल पारि बादल झरना र खेतहरू छन् पुल वारि नाफाखोरी मानसिकताका अग्ला अग्ला हिमालहरू सत्य होला महाशय, पुल पारि मासूम एउटा गाउँ छ पुल वारि भयङ्कर बदमास शहर। #कालेबुङ #छेवाङ योञ्जन महामारी\xa0 र सपनाहरू: समय गोलो सिसाको बाकसभित्र किलामा थुनिएका घडीका सुईहरू झैं जंजीरले बाँधेर बन्द कोठामा थुनिएको छ मान्छे युद्धका धुवाँको छायामा रुमिएका बालबालिका र बुढाबुढीहरू झैं यो मन्द महामारीको त्रासमा रुमिएको छ । समयकै साङ्लोमा ऊसंगै बाँधिएर बन्द कोठाका झ्यालहरूबाट चियाउँदै ति ज्यान हत्केलामा राखेर लड्न महामारीसँग डिउटीमा खटिएका सुरक्षाकर्मीहरू चिकित्सक, स्वयंसेवकहरू, संचारकर्मीहरू जो महान छन्, आफैँमा महान । महामारी भुसको मन्द आगोझैंँ फैलिरहेछ चारैतिर उसको देशबाट तिम्रो देश तिम्रो देशबाट मेरो देश उसको देशभरी तिम्रो देशभरी मेरो देशभरी हामी सबैको साझा देश संसारभरी । टेलीभिजनको पर्दामा देखाइएका पुर्दै गरेका लाशहरूका ढेरहरू रेडियोको तरगबाट सुनाइएका बढ्दै गरेका मृतकका गणनाहरू देखेर, सुनेर मनहरू आत्तिन्छन् हौंसलाहरू निसासिन्छन् । तर हार्ने छैनो डटी लड्ने छौं एकजुट भएर यो रोगका विरुद्ध यो महामारीका विरुद्ध यो धर्तीको माटोमा हाम्रो स्वामित्वका निम्ति यो पृथ्वीमा मानवजातिको अस्तित्वका निम्ति र एक दिन अवश्य परास्त गर्नेछौं । अनि हिँड्नेछौं, बिन्दास हाम्रा बाटाहरूमा अनि गुड्नेछौं, निर्वाध हाम्रा सडकहरूमा र उड्नेछौं, निस्फिक्र हाम्रा हवाईमार्गहरूमा जो भर्नुछ लाखौं सपना बोकेका करोडौं जिन्दगीहरूले हजारौं मिलको उडान । #महामारी र सपनाहरू लेखक सपना होइन; लेखन अनुभूति हो: यदि लेखक बन्छु भन्ने सपना देख्नुभएको छ भने, आजैबाट त्यागिदिनुस । लेखक सपना हैन । लेखन अनुभूति हो । तपाईं सपना अरू केही देख्नूस् र अनुभूति केही भए, शब्दसँग खेल्न सक्नुहुन्छ भने लेख्नुस | लेख्न कहिल्यै नछोड्नूस । लेख्छु नै भनेर लाग्नुभयो भने धेरै कुरा गुमाउनुपर्ने हुन्छ । हरेक चुनौती सामना गर्न तयार छु । परेको खण्डमा सबै नातागोता पनि भुल्न तयार छु भन्ने ग्यारेन्टी गर्न सक्नुहुन्छ भने मात्र लेखक नै बन्छु भनेर लाग्नूस् । केही समय पहिला दक्षिण भारतमा एउटा चलचित्र बन्यो, जसको नाम World famous lover थियो । world famous lover भन्ने बेस्ट सेलर किताब र लेखकको कथा पस्कने प्रयासमा चलचित्र बनेको छ । वास्तवमा त्यहाँ मैले भन्ने जस्तै देखाइएको छ । लेखक बन्ने होडमा उसले धेरै कुरा गुमाउँछ । त्यसको लागि ऊ तयार पनि देखिन्छ । त्यहाँ धेरै कुरा देखाए पनि चलचित्रकरणले अन्त्य अलि फितलो महसुस भयो । म पनि लेख्छु । मैले पनि धेरै कुरा गुमाएको छु, र मैले त्यो अन्त्य कल्पना पनि गरें । हामी अक्सर फिलिममा र कथामा सुखद अन्त्य खोज्छौं । अन्त्य सुखद कसरी हुन सक्छ र ! भन्ने मेरो बुझाइ हो । मलाई कथा बग्दै एउटा मोडमा पुर्याएर मिलनको पाटोमा ल्याएको खासै निको लाग्दैन, तर यसो भनिरहँदा हरेक कथा मैले सोचेको जस्तै हुनुपर्छ भन्ने पनि छैन । कुनै कथा यस्ता हुन्छन् कि नफर्काउँदा जित हुन्छ, तर अहँ, हामीलाई त चाहिएको छ कि पाठक वा दर्शकले भनिदिऊन | धन्न उनीहरूको भेट भयो । क्या गजब यार !! चलचित्र हेर्दै गर्दा अब यस्तो हुनेछ, तर नभैदियोस् भनेर प्रार्थना गरें | अहँ, भएन | किनकि लेखकले पहिले नै लेखिसकेर तयार भएको कुरा हो, मैले सोचेर बदलिनेवाला थिएन । खैर जेहोस्, लेखकको कथा बोल्ने क्रममा भने कुनै कन्जुस्याइँ भेटिन्न । यो हरेक लेखक र पाठकले एकपटक हेर्नै पर्ने फिलिम जस्तो लाग्छ । यो फिलिम हेरिसकेपछि तपाईंले आफूमा भएको जुनुनलाई उजागर गर्न सक्नुहुनेछ । यो कुरा याद रहोस्, लेखक पेशा हैन, तर तपाईंको जुनुन सही छ भने भविस्य उज्वल छ । नेपालमा पठन संस्कृति बिकास भैरहेको छ | यही समयमा केही फरक लेख्नुभयो भने उदाहरण बन्न केही समय नै लाग्दैन । मेरो एउटा सानो कथा, सानो उमेरमा सुरु भैसकेको थियो । त्योबेला मैले के लेखें, र आज आएर के लेख्दैछु, तुलना गर्दै जाने हो भने समानता र भिन्नता बाराबरी भेटिन्छ । सुरुवातमा लेख्ने सपना देखेको मैले करिब दर्जन कथाहरू अपूरा गरेर छोडेको छु । एकदिन आफैँलाई प्रश्न गरें, कसको लागि लेख्दैछस् ? आँखा चिम गरें । लामो सास फेरें । कसैले आएर मेरो कानमा भनेझैं लाग्यो, “अरे कल्पनाको काखमा डुबेर सृजनाका औंला चलाउँदा दुनियाँको फिकर गर्छस् ? तैंले के लेख्छ्स ?”, त्यसपछि लेखक बन्ने उदाहरण खोज्दै हिँडे । त्यसबेला थाहा भयो शैली सिक्न सकिन्छ, कथा भन्नु आफैंले पर्छ । अन्तर्मनबाट जस्तो आउँछ त्यस्तै पोख्न सक्नुपर्छ । लेखक आखिर को हो त ? लेखक सबैभन्दा गहन अध्ययन गर्ने पाठक हो । जबसम्म पाठक बन्न सकिन्न, तबसम्म लेखक बन्न सकिन्न । लेखक हुनलाई पीडाको हद पार गरेको हुनुपर्ने, सर्वस्व गुमाएको हुनुपर्ने भन्ने छैन, तर जब लाग्नुहुन्छ हदको पनि हद पार गर्नुपर्छ । त्यो सामर्थ्य राख्न सक्ने पाठक नै भोलिको सफल लेखक हो । लेखकले व्याकरण हेर्दैन । भावना पोख्छ । भात खाने कुरा होस्, भोजन लिने कुरा होस् वा भुजा ग्रहण गर्ने कुरा । आखिर सबैले पेट भर्ने कुरालाई जनाउँछ । यस्तै हो लेखन पनि | अन्दाज फरक पर्छ । तपाईंले लेखेको कुरा कोही एक व्यक्तिले मात्र पनि मन पराउँछ भने सम्झनूस् तपाईं लेखक हो । तर यति भन्दैमा सबै कुरा बिर्सिएर लेखक बन्छु, म पनि सेलिब्रेटी भएँ भन्ने भ्रममा फस्नुभयो भने जिन्दगी आख्यानजस्तै बगिरहन्छ | र तपाईंले चाहेर पनि रोक्न सक्नुहुन्न । तर जब अन्तर्मनको आवाज कलमले टोपल्नुहुन्छ, र के लेखें ? कसका लागि लेखें ? कसैले गाली गरेकी ? कति ताली पाएँ ? आदि कुराहरू मतलब नगरी लेखिरहनुहुन्छ भने एकदिन तपाईं वाल्मीकी बन्नु हुनेछ । लेखनले सफलता दिन्छ, तर सफलता कमाउने दाउमा लेख्न बस्नुभयो भने आफैं अँध्यारोमा फस्नुहुनेछ । अन्त्यमा फेरि याद दिलाउन चाहें, सपना नबनाउनूस् र लेख्न नछोड्नुहोस् । #लेखन अनुभूति हो 'काला लेखकमाथि लेखकस्वमा पनि विभेद': अमेरिकामा यतिबेला ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेको छ। यस्तो अवस्थामा लेखक कलाकारले समेत आन्दोलनलाई साथ दिइरहेका छन्। एक जना लेखिकाले भने आफू श्वेत लेखिका भएकै कारण अन्य काला जातिका लेखकहरूभन्दा बढी रकम पाएको खुलासा गरेकी छन्। लिडिया केस्लिङले पहिलो उपन्यास द गोल्डेन गेटका लागि २ लाख डलर रकम अग्रिम रूपमै पाएको र यस्तो सौभाग्य कमै काला जातिका लेखकहरूले पाउने भन्दै आफ्नो धारणा राखेकी छन्। साथै उनले पहिलो पटक लेखनमा उत्रिएका काला उपन्यासकारहरूले उनीहरूले पनि बराबर किसिमको रकम पाउनुपर्ने पनि माग गरेकी छन्। यतिबेला विभेद हटाउन लेखकहरूले पहिलो उपन्यासमा पाएको रकम खुलासा गरिरहेका छन्। उनले ट्वीटरमार्फत सो रकम पाएको उल्लेख गरेकी हुन्। उनले लेखेकी छन्, ‘मेरो पहिलो उपन्यास छापिनुअघि नै मैले २ लाख डलर अग्रिम रूपमा पाएकी थिएँ। पुस्तक बिक्रीका हिसाबले त्यो रकम निकै नै धेरै थियो। उनले लेखेकी छन्, ‘मलाई के पनि थाहा छ भने काला जातिका लेखकहरूका पुस्तक मेरोभन्दा बढी बिक्री भएका छन् तर तिनले भने मैले जति पनि पैसा नपाएका हुन सक्छन्। मैले यो कुराको खुलासा तिनै कुराहरू बाहिर आऊन् भनी गरेकी हुँ।’ अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेका बेला अमेरिकाभरिका लेखकहरूले काला लेखकहरूले पनि उत्तिनै महत्त्व पाउनु पर्ने भन्दै अभियान शुरू गरेका छन्। टोची ओन्येबुची र एलएल म्याकिनीले प्रकाशन उद्योगले पनि विभेद हटाउन भूमिका खेल्नुपर्ने भन्दै यो अभियान शुरू गरेका थिए। अमेरिकामा जर्ज फ्लोइड नामक काला जातिका एक व्यक्तिलाई प्रहरी हिरासतमा मारिएको घटनापछि त्यहाँ ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेको छ। यसै सन्दर्भमा कतिपय लेखकहरूले चेतनाको दियो बाल्न लेखकहरूले खेलेको भूमिकाका बाबजुद पनि काला जातिका लेखकहरूको उन्नयनका लागि कमै बोलिएको भन्दै आलोचना हुन थालेपछि लेखकहरू बोल्न थालेका हुन्। ओन्येबुचीले भने, ‘प्रकाशकहरूले ब्ल्याक लाइभ्स म्याटरका नाउँमा विज्ञप्ति जारी गर्दै यस किसिमको आन्दोलनमा आफ्नो समर्थन रहेको बताए पनि उनीहरू स्वयंले काला लेखकहरूलाई उनीहरूको क्षमताका आधारमा दिइनुपर्ने पारिश्रमिक दिइँदैन। यस्ता ढोंगी प्रकाशकले विज्ञप्ति ननिकालेकै वेश।’ यस अभियानलाई सघाउँदै जेस्मिन वार्डले २०११ मा नेसनल बुक अवार्ड जितेको उपन्यास ‘सिङ, अनबरिड सिङ’का लागि आफूले १ लाख डलर अग्रिम भुक्तानी पाएको बताएकी थिइन्। उनको यो तेस्रो उपन्यास थियो। यसैगरी ‘रे जेनी’ उपन्यासकी अमेरिकी-कोरियाली लेखक पेट्रिसिया पार्कले पनि ट्विटरमा लेखेकी छन्, ‘प्रायः हामीले आफ्नै समुदायका व्यक्तिले के कस्तो रकम पाएका छौँ भनी खोतल्दा रहेछौँ। मैले जति पाएँ, मेरो समुदायका लेखकहरूले पाए जत्ति छ कि छैन भनी खोजिदोरहेछ। साहित्यिक एजेन्सी चलाइरहेका रयान फिचर हार्बेज भन्छन्, ‘सबै लेखकहरूलाई उनीहरूको क्षमताका आधारमा पारिश्रमिक दिने कुरामा ढिलाइ गर्न हुँदैन। तपाईं गोरो छालाको या कालो छालाको कारणले पाउनुपर्ने रकम घटबढ हुनुहुँदैन।’ #द गार्डियन #द टाइम्स #द न्युयोर्क टाइम्स सास फेर्न गाह्रो भो: तिनीहरूको छालाको रङ सेतो छ सेतो हुनु राम्रै कुरा हो छालाको रङजस्तै मन पनि सेतो भए झनै कति राम्रो मेरो र मजस्तै लाखौँ मान्छेहरूको छालाको रङ कालो छ कालो रङ हुनु नराम्रो होइन कालो छाला ओढेका धेरैको मन सेतो छ यो धेरै राम्रो कुरा हो सेतो मनबाट सेतो नै सोच निस्कन्छ सेतो सोचले बनाउँछ संसारलाई सुन्दर बस्न लायक सास फेर्न लायक तर संसार निष्ठूर छ सेतो छालाभित्रको कालो मन, कालो सोच ख्याकभन्दा कुरुप छ सलहजसरी फैलेको छ त्यही सोच र सृष्टिका सुन्दरतालाई खाइरहेको छ चारैतिरबाट घेरेर राखेको छ त्यसले कालो छाला मेरो परिचय तिनीहरूको असीम घृणाको रङ जेसुकै पनि धेरै भए प्रतिरोध हुन्छ छोड, ठाउँ छोड अब यो खुल्ला प्रकृति मेरो पनि हो म जर्ज फ्लोइड, तिनीहरूको सेपमुनि मलाई सास फेर्न गाह्रो भो । #जर्ज फ्लोइड #भीष्म उप्रेती 'मधुपर्क' पहिलो पटक अनलाइन संस्करणमा: कोविद १९ रोगका कारण संसार नै बन्दाबन्दीमा रहेका कारण ‘मधुपर्क’कै इतिहासमा पहिलो पटक नयाँ अङ्क ६११ संयुक्त अङ्क (वैशाख, जेठ, असार २०७७) असार १ गते प्रकाशित भएको छ। रोचक के छ भने, यसलाई छापामा प्रकाशन नगरी अनलाइन संस्करण निकालिएको हो। www.gorkhapatraonline.com मा यसलाई पढ्न सकिने सम्पादक जयदेव भट्टराईले जनाएका छन्। सम्पादक भट्टराई र आलेख संयोजक अभय श्रेष्ठकै टोलीले यो संयुक्त अङ्क निकालेको हो। सम्पादन समूहका अनुसार यसलाई चाँडै नै छापा संस्करणमा पनि प्रकाशित गरिनेछ। मधुपर्कको यस अंकमा ‘बुद्ध दर्शन विशेष’ रहेको छ। जसमा ‘सिद्धार्थले किन दरबार छाडे ?: बीआर अम्बेडकर’, बुद्ध र मार्क्सको मिलनबिन्दुः तुल्सीदास महर्जन, बुद्धका प्रेरक वाणी र रोचक प्रसङ्ग, बुद्ध दर्शनमा अनात्माः डा. केशवमान शाक्य, बौद्ध सङ्घमा नारीः डा रीना तुलाधर, सुन्दर मधिकर्मी, योगेन्द्र प्रधान र सरस्वती प्रतीक्षाका बुद्ध दर्शन वा जीवनमाथिका कविता, बुद्ध दर्शनका प्रगतिशील पक्षः गोविन्द भट्ट, बुद्ध दर्शनमा करुणाः नेत्र आचार्य, अनित्य, दुःख र अनात्माः बसन्त महर्जन, क्रान्तिकारी तर समस्याग्रस्तः राहुल साङ्कृत्यायन, समीक्षाको कसीमा बौद्ध धर्मः सत्यभक्त, बुद्धका आर्य सत्य आदि आलेख संगृहित छन्। त्यसरी नै कवितामा गोविन्द वर्तमान, नीलकमल, राम विनय, रमेश श्रेष्ठ, भूपिन, सतिश त्रिपाठी ‘सार्थक, कृसु क्षेत्री, महेश रेग्मी, ज्ञान उदास, घिमिरे युवराज, उषा शेरचन, ठाकुर बेलवासे, रामेश्वर राउत मातृदास, लीलाराज दाहाल, साम्ब ढकाल, राजेशमान केसी, ज्ञानशाली पन्त जिज्ञासु, गोविन्द नेपाल, कमला रिसाल ज्योति, लीला अधिकारी, मुकुन्द पौडेल, ऋषि पाण्डे ‘शीलम’, उपमा आचार्यका प्रकाशित छन् भने गोविन्द गिरी प्रेरणा, मान्छेको स्वाद, रत्न प्रजापति, होमशङ्कर बास्तोला, विन्दु अधिकारी ढकाल, दुर्लभलाल सिंह आदिका कथा लघुकथाहरू छन्। यसरी नै हालै दिवंगत गीतकार रत्नशमशेर थापाबारे जयदेव भट्टराईको आलेख प्रकाशित छ। यसका साथै डा. डीपी भण्डारी, डा. कान्छी महर्जन, सृजन लम्साल, घनबहादुर थापा, डा. गोविन्दराज भट्टराई, रमेश गोर्खाली, जेबी दर्लामी, आत्माराम खरेल, रञ्जुश्री पराजुलीका लेख-निबन्ध, अनुभूति-नियात्राहरू संगृहित छन्। मूल्य रु २५ तोकिए पनि अहिले अनलाइनमा सित्तैमा पढ्न सकिने शब्दपथले जनाएको छ। #मधुपर्क किताब महोत्सव भर्चुअल युगमा तानिदै: कोविद १९ रोगका कारण धेरै कुरामा अवरोध आउनु त स्वाभाविक थियो, पुस्तक प्रकाशक, वितरक, लेखक तथा लाइब्रेरी सञ्चालकहरूको सबैभन्दा ठूलो चाडमा पनि धक्का लागेको छ। संसारका सबैभन्दा ठूला पुस्तक प्रदर्शनी रोकिएका छन्। चाहे त्यो बेलायतको लन्डन बुक फेयर होस्, अमेरिकाको न्युयोर्कको बुकएक्स्पो नै किन नहोस्। त्यस्तै मार्चमा आयोजना हुनुपर्ने फ्रान्सको पेरिस बुक फेयर (मार्च), मेमा अमेरिकाको पेन फेस्टिभल (पेन वर्ल्ड भ्वाइसेज फेस्टिभल न्युयोर्क), अगस्त महिनामा आयोजना हुने आयरल्यान्डको एडिनबर्ग बुक फेस्टिभल सबै कार्यक्रम रोकिएका छन्। यी सबै पुस्तक महोत्सव तथा मेलामा नयाँ पुस्तक घोषणा हुने, लेखकहरूसँग साक्षात्कार गराइने हुनाले किताब व्यापारको महत्त्वपूर्ण अंगका रूपमा यी महोत्सव चिनिएका थिए तर कोरोनाभाइरसले ती सबै कार्यक्रम रद्द भए। यी सबै महोत्सव बन्द भए पनि संसारकै ठूलो किताब महोत्सवका रूपमा चिनिने जर्मनीको फ्य्राङ्कफर्ट बुक फेयर भने यथासमयमा नै जारी रहने बताइएको छ। आउँदो अक्टोबर महिनामा आयोजना हुने यो महोत्सवलाई सार्ने कुनै योजना नभएको मेला आयोजकहरूले बताउँदै आएका छन्। तर समस्या कहाँनेर छ भने कोविद १९ को डरका कारण संसारकै ठूला प्रकाशकका रूपमा रहेका हार्पर कोलिन्स, म्याकमिलन, सिमोन एन्ड सुस्टर, ब्लुम्सबरी तथा फ्रान्सेली कम्पनी हाचेटहरूले रोगको डरका कारणले आफ्ना कर्मचारीलाई सो मेलामा नपठाउने पूर्व जानकारी पठाइसकेका छन्। हालै बुकएक्स्पोले न्युयोर्कमा आफूले महोत्सव गर्न नभ्याएको अवस्थामा फेसबुक लाइभमार्फत विभिन्न कार्यक्रम आयत्रजन गर्यो। मे २६ देखि मे ३१ सम्म उसले विभिन्न किताब विमोचन मात्र होइन, छलफल कार्यक्रम गरेर महोत्सवको आत्मा मर्न दिएन। यस घटनासँगै केही विश्लेषकहरूले भने अबका दिनमा हुने महोत्सवको नयाँ शैलीका रूपमा अर्थ्याउन थाले। भलै सर्वसाधारणहरू महोत्सव हेर्न नरूचाउलान् तर फेसबुक लाइभमार्फत् उनीहरूले कार्यक्रम नछुटाउने रहेछन् भन्ने कुरा ठूलो दर्शक संख्याले समेत देखाएको छ। सो कार्यक्रम मध्ये एउटा बज प्यानलमा लेखक रोबर्ट जोन्स जुनियरसँग पुस्तक सम्पादक स्याली किमले अन्तरवार्ता लिएकी थिइन्। गएकै जनवरीमा पहिलो पटक उपन्यास बजारमा आएको थियो, द प्रोफेट्स नामबाट। तर कोरोना कहरका कारण पुस्तकबारे उति धेरै हल्ला हुन पाएन। त्यसको तलतल यही जुम मिटिङबाट सम्पन्न भयो। उपन्यासकार रोबर्ट भन्छन्, ‘महोत्सवमै यी सबै कुरा हेर्न गर्न पाएको भए, कति मज्जा आउँथ्यो होला तर कृत्रिम विमोचन नै सही, हामीले नराम्रो महसुस गरेनौँ।’ यता पुस्तक सम्पादक डेभिसले पनि अन्य सम्पादकहरूसँग घुलमिल गर्न पाइने रमाइलो अनुभव यस पटक छुटाइन् र खल्लो मानिन्। ‘यो महोत्सवमा मैले गएका २० वर्षदेखि भेटिरहेका किताब पसले, विभिन्न सम्पादकहरूलाई भेट्न पाइनँ। अचानक तपाईंले त्यो मित्रता टुटाउनु हुँदा कस्तो महसुस हुन्छ, तपाईं आफैँ कल्पना गर्नुस् त?’ तर सो अनलाइन महोत्सव कार्यक्रमको भिडियो भने चार लाखभन्दा बढीले हेरेकोमा आयोजक भने सन्तुष्ट छन्। सन्तुष्ट हुनुको कारण के छ भने अघिल्लो वर्ष यस महोत्सवमा जम्मा ८ हजार २ सय ६० पुस्तकप्रेमी र व्यापारीहरूले यहाँ भ्रमण गरेका थिए, अनलाइनमा हेर्नेको संख्या यस पटक भने सोचेभन्दा बढी भयो। तर पुस्तक पसले भेलेरी कोएलर भने कार्यक्रममा जान नपाउँदा खल्लो महसुस गरिन्। भन्छिन्, ‘त्यहाँ म २० वर्षदेखि गइरहेकी छु। त्यहाँ लेखकदेखि सबैसँग भेट्ने हुनाले नयाँ सोच पाइने मात्र होइन, लेखकहरूलाई निमन्त्रणा दिन पनि सजिलो हुन्थ्यो। अनलाइनले त्यो अवसर खोस्योजस्तो लाग्छ।’ तर पनि यस्तो संकटका बेला अनलाइनमार्फत् नै भए पनि नयाँ पाठक पहुँचका लागि भइरहेको कार्यको भने उनले सराहना व्यक्त गरिन्। सान एन्टोनियो पब्लिक लाइब्रेरीका निर्देशक रामिरो सालाजार भन्छन्, ‘यो भाइरसले वातावरणलाई निकै परिवर्तन गरिदिइसक्यो। अबका दिनमा लाइब्रेरीका कुरामा पनि परिवर्तन देखिने छन्। कतिपय कुरामा भर्चुअल कुराका प्रभाव देखिनेछन्। भर्चुअलले धेरै कुरा परिवर्तन हुनेछन् को अर्थ लाइब्रेरी नै विस्थापित हुने होइन।’ #किताब महोत्सव #द गार्डियन #द टाइम्स #द न्युयोर्क टाइम्स आँखा: तिमीले मलाई देख्यौ, मैले तिमीलाई देखेँ तिम्रो मेरो एक जोडी सुन्दर आँखा सन्सारलाई देखाउँछ, हेराउँछ कस्तो गजबको आँखा दुईवटा आँखा छन्, संसार देखाउँछ एउटा मात्र आँखा छ, संसार देखिन्छ आँखै छैनन् र पनि संसार देख्न सकिन्छ । किनभने अनुभूतिले संसार देखिन्छ । अगाडि जे पर्छ सबलाई हेर्छ देख्नमा कुनै भेदभाव छैन आँखामा । आँखा त लोभी छन् पापी पनि छन् राम्रै देख्न खोज्छन् राम्रै हेर्न खोज्छन्। आँफैभित्रको मन पो हो त आँखालाई पनि भुलाउने, संसारलाई चिनाउने । आँखाले बोल्छ, भाषा चाहिँदैन मनमा के छ आँखामा देखिन्छ । कोमल छ, भावुक हुँदा आँसु रसाउँछ आफू रुन्छ, अरूलाई रुवाउँछ । आँखाभित्र ईष्या छ, डाह पनि छ प्रेम छ करुणा छ, र शान्ति पनि छ । घमण्ड होस् या क्रोध, लाज या संकोच सन्सारको अनुभूति मनमा आँखाबाट पढे पुग्छ गुरू खोज्नु पर्दैन, आँखालाई बुझे पुग्छ । #आँखा एकसर्को मायापछि पहेँलपुर: माल्दिभ्समा बसेर कलम चलाइरहेका साहित्यकार जिएस पौडेलको दोस्रो उपन्यास बजारमा आउने भएको छ । बुलबुल पब्लिकेसन्सले बजारमा ल्याउन लागेको उनको यो उपन्यासको नाम ‘पहेँलपुर’ रहनेछ । ‘राजनैतिक आस्था भनेको मानसिक चक्रव्यूह हो, यसमा कुनै युवा पर्यो भने उम्कन गाह्रो हुन्छ भन्ने मेरो ठम्याई छ,’ पौडेलले साहित्यपोस्टसँग भने, ‘यसैलाई मैले उपन्यासको विषय बनाएको छु ।’ पहिलो उपन्यास ‘एक सर्को माया’बाटै पाठकमाझ लोकप्रिय भएका पौडेलको यो उपन्यास पढ्दा पहिलो उपन्यासको सिक्वेल जस्तो लाग्छ । ‘तर यो सिक्वेल होइन, केही पात्र र परिस्थिति मात्र दोहोरिएका हुन् । खासमा यो ‘एक सर्को माया’अघि नै ड्राप्ट भैसकेको थियो,’ पौडेलको भनाइ छ। पुस्तक तयारी अवस्थामा रहे पनि पाठकको हातमा भने कोरोनाको संकट सकिएपछि मात्र पुग्ने बुलबुल पब्लिकेसन्सले जनाएको छ । #जिएस पौडेल #पहेँलपुर एक परिवारिक अन्तर्कथाः चिनारी: नागरिकबीच सामाजिक दूरी कायम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दीकोे घोषणा गरेपछि अवकाश प्राप्त पूर्वसचिव शेखरजीको परिवारका सदस्य सबै तनावमा आए । तनाव काममा जान पाइन्न, कमाएर ल्याउन पाइन्न, के खानू, कसरी बाँच्नू ? भनेर होइन । बजारमा पैसाले सामान किन्न पाउने अवस्था रहेसम्म शेखरजीको परिवारलाई के खाऊँ, के लाऊँ भन्ने चिन्ता लिनुपर्ने आवश्यकता छैन । सुविधाका सामग्री छैन भन्नु केही छैन । एक्लै दोक्लै समय बिताउनुपर्ने पनि होइन । घरमूली शेखरजी, उनकी धर्मपत्नी शकुन्तलाजी, छोरो विजय, बुहारी नम्रता र नातिनी श्रेया गरी पाँच जनाको परिवार भएपछि घरमा बस्नटिक्नै गाह्रो पनि नहुनु पर्ने हो । समस्या परिवार सानो र ठूलोको हैन, समस्या घरमा कसैको कसैसँग कुरो नमिल्नुको हो । भनेपछि पूर्वसचिव शेखरजीको घरमा दैनिक झैँझगडा हुन्छ त ? हैन हैन । कुरो नमिल्नुको अर्थ झगडा पर्नु पनि त हैन नि । कुरो नमिल्नु र झगडा पर्नुबीच धेरै खुड्किला, श्रेणी हुन्छन् । शेखरजीको जस्तो शिक्षित र प्रतिष्ठित परिवारले दन्तबाझनद्वारा चित्त नबुझाइ प्रकट गर्ला र ? भित्रभित्र भुसको आगोझैँ सल्केको मनमुटाव न कसैले देख्छ, न कसैले भेउ पाउँछ । मीठो बोल्छन्, कसैले कसैलाई केही भन्दैन तर कसैको कसैसँग हित्तचित्त पनि मिल्दैन । सुषमा रिसाल सापकोटा शेखरजी सरकारी सेवाको उच्चतम पद सचिवबाट अवकाश पाएका, कसैलाई मान्छे गन्दैनन् । आफैँलाई पूर्ण ठान्छन्, आफ्नै संसारमा रमाएका छन् भलै उनको संसारमा आफ्नै घर भने पर्दैन । बस्ने, खाने, सुत्ने ठाउँ घर, कुराकानी, गफगाफ, सरसल्लाह बाहिरकासँग चल्छ । घरमा त उनको गफ सुन्न लायक पनि कसैलाई देख्दैनन् । के बुझ्छन् यिनीहरू ? यस्तो धारण राख्छन् । अरूलाई त खासै केही भन्दैनन् तर श्रीमतीलाई भने कचकच कचकच गरिरहन्छन् । श्रीमतीले बोलेकोमा पनि खोट देख्छन्, गरेको काममा पनि कमी देख्छन् । तिनले यसो गरौँ भनिन् भने उनी उसो गरौँ भन्छन् । श्रीमतीले १० खर्च गरे उनलाई धेरै लाग्छ, ५ खर्च गरे कञ्जुस्याइँ गरेको भन्छन् । पकाएर दिएको पनि एकथोक ठोस नलगाई खाँदैनन् । शकुन्तलाजी मुर्मुरिन्छिन् तर केही भन्दिनन् । ठोस लाउने बाहेक घरगृहस्थीको काममा सिन्कोसम्म भाँचिने आश पनि छैन उनलाई श्रीमान् बाट । शेखरजीलाई पनि के दोष दिनू ? उनलाई कसैले सिन्को भाँच्न लगाएको भए न जानून्! हुनेखाने बाआमाका पाँचपाँच छोरा खेर गएर बल्लबल्ल बाँचेका उनको बाल्यकाल पुल्पुलिएर बित्यो । वचन भुइँमा खस्न नपाई पूरा हुन्थ्यो । आमाको चौबीसै घण्टा छोराको खानपान, सरसफाइ, स्याहार, सुसारमा बित्थ्यो । अलिकति बिरामी भए भने रोएर हुरुक्कै हुन्थिन् । छोराको सुस्वास्थ्य र दीर्घजीवनको लागि व्रत, तीर्थ, पूजापाठ, झाकल, जान्ने, झारफूक के गरिनन् ? कसले के सिकाइदिएछ कुन्नी चोक बढार्न आउने मैचालाई पाँच रुपियाँमा छोरो बेचिन् । मैचाका पाँच छोरा तीन छोरी सबै सद्दे, सग्ला, थाम्मरथुम्मर छन् । उसको कमाइ त्यही हो, लोग्ने जहिल्यै जाँडले टिल्ल परेको हुन्छ, छोराछोरीलाई के खुवाउँदी हो ? उसको कोखै राम्रो रे ! त्यसैले उसैको छोरा बनाइदिए दुष्टात्माले आँखा लगाउन सक्दैनन् रे ! छोराको रक्षा होस् भनेर मैचाको छोराको जडाउरी भोटो मागेर पनि लगाइदिइन् । तैपनि शेखरजी पिलन्धरका पिलन्धरै नै रहे । जतिजति स्याहार्यो, उतिउति छोरो जिङ्ग्राउँदै गएको देखेर बाआमा चिन्तित हुनु स्वाभाविकै हो । एक थोक न एक थोकले कहिल्यै छाड्दैन । के गर्ने होला ? भनेर पुरेतबाजेसँग सोध्दा उनले बाबुको व्रतबन्ध गरिदिऊँ, ग्रहदशा पनि सप्रन्छ, रोग पनि काटिन्छ भन्ने सल्लाह दिए । बाले छोराको चिना तीन जन्मअघिको कुरा जस्ताको तस्तै भनिदिने भनेर नाम कमाएका ज्योतिषीलाई देखाए । ज्योतिषीले त्यही वर्ष लगन जुराइदिए । एउटा छोराको पहिलो शुभकार्जे धुमधामले गर्ने रहर भए पनि ज्योतिषीले कार्जे भड्किलोसँग नगर्न कडा निर्देशन दिएको कारण पाँच वर्षका शेखरजीलाई नारनथानमा लगेर टाकटुक पारेर जनै भिराउने र मन्त्र सुनाउने विधि पूरा गराए । उसै त खिनौरा शेखरजी धोती फेरेर, जप गरेर, भान्छामा चढेर अग्रासन हालेर भात खानुपर्ने नियममा परेपछि झन् झन् टाक्सिँदै गए । उनलाई मुख धुन त आउँदैनथ्यो भने आफैँ खाएर पेट भर्नुु त परै जाओस् । हातमा गाँस लिएर मुखसम्म लैजाँदा आधाभन्दा बढी भात पोखिन्थ्यो नै । सेलाएपछि छ झन् खानै सक्दैनथे । भोकभोकै पर्न थाले । आमालाई चिन्ता भयो । अक्कल झिकिन्, भान्छामै धोती फेराएर पिर्कामा बसालेर बल हाल्न लगाउने अनि भातको थाल तातो मकलमाथि राखेर छोरालाई काखमा लिएर फकाई फकाई खुवाउने । यसो गरेपछि बल्ल छोराको पेट भरिन थाल्यो । आमाको हातबाट भात खाएरै शेखरजी चौध वर्षका भए । व्यावहारिक जीवनमा जस्तो भए पनि पढाइमा शेखरजी अब्बल निस्किए । राम्रो नम्बर ल्याउँथे । बानीबेहोरा पनि राम्रो थियो । सबैसँग मिल्थे, शिष्ट भएर कुरा गर्थे । समय बित्दै गयो । शेखरजीले पढाइ सके, धनवैभवको कमी थिएन, इज्जतमात्र थप्नु थियो । सरकारी जागिरभन्दा राम्रो इज्जतिलो केही छैन भन्ने जमानाका न परे । लोकसेवा लडे, सफल भए र अधिकृतमा नियुक्ति पाए । अब आमा छोराको बिहेको सपना देख्न थालिन् । धेरैतिर कुरो चलाइन् । शेखरजीजस्ता भूत, वर्तमान, भविष्य तीनैथोक उज्ज्वल भएका केटालाई छोरी दिनेको के कमी ? अनेक ठाउँबाट कुरो आयो र अन्त्यमा सबैको मन जितेर शकुन्तलाजी शेखरजीकी दुलही बनेर भित्रिइन् । केही दिन छरछिमेक र नातागोताबीच शेखरजीले भाग्यमात्र होइन दुलही पनि नम्बरी पाएको विषय प्रमुख समाचार बन्यो । वास्तवमा नै शकुन्तलाजी लायक दुलाहाकी प्रतीभाशाली दुलही थिइन् । पद्मकन्या कलेजबाट राम्रो अङ्कमा स्नातक तह उत्तीर्ण गरेकी । साहित्यमा रुचि थियो । कथा, कविता, निबन्ध, नाटकसमेत लेख्थिन् । सानै उमेरदेखि वादविवाद, वक्तृत्व कला प्रतियोगितामा भाग लिएर पुरस्कार, प्रमाणपत्र जितेकी थिइन् । बिहेपछि पनि पढाइ जारी राख्ने, जागिर खाएर स्वावलम्बी बन्ने, गृहिणीमात्र भएर नबस्ने विचार थियो । तर हुन गयो त्यसको उल्टो । बिहे भएको अर्को महिना गर्भ बस्यो । जसो तसो पढाइ जारी राखिन् तर परीक्षाको बेलामा छोरो जन्मियो । तैपनि हरेस खाइनन् । अर्को वर्ष जसरी पनि जाँच दिन्छु भन्नेमा दृढ थिइन् तर त्यही बेला ससुराको निधन भयो । जाँच फुस्सा । बिस्तारै सम्हालिन खोज्दै थिइन्, छोरी जन्मिई । फेरि साहस बटुल्दै थिइन्, शेखरजीलाई संयुक्त राज्य अमेरिकामा विद्यावारिधि गर्ने अवसर प्राप्त भयो । छोरो पढ्न गएको वर्ष दिन पनि नबित्दै आमाले संसार छाडिन् । दाम्पत्यसँग सम्बन्धित यस्ता हरेक घटना वा उपलब्धिको प्रभाव शकुन्तलाजीलाई पर्यो । सन्तान जन्मनु उपलब्धि हो तर त्यसको प्रभाव उनलाई पर्यो । शेखरजीले विदेशमा पढ्ने मौका पाउनु उपलब्धि थियो, उनले आफ्नो पढाइलाई तिलाञ्जलि दिनुपर्यो । ससुराको निधनले लगभग विक्षिप्त भएकी सासू सम्हाल्ने जिम्मा छोराको भन्दा बुहारीको मानियो । छोराछोरीको पालपोषण, पढाइलेखाइ, घरव्यवहार, श्रीमान्को प्रगतिबाहेक केही बाँकी रहेन उनको जीवनमा । उनको तर्कशक्ति, धाराप्रभाव बोल्ने क्षमता, साहित्य चेत सबै एकादेशका कथा भएर छुट्दै गए, बिलाउँदै गए । साथीभाइ, नातागोता, आफन्त सबै बिर्सिन् । आफैँलाई बिर्सँदै बिर्सँदै गएर पूर्णकालीन गृहिणीमा अनुवाद भइन् । त्यहीँ चुर्लुम्म डुबिन् । पछिपछि त त्यहाँबाट उम्कने चाहना नै हरायो । छोराले पढाइ सकेर नोकरी गर्न थाल्यो । छोरी बिहे गरेर आफ्नै घर गई । शेखरजीले जागिरबाट अवकाश पाए । अब छोराको बिहे गरिदिन पाए जिम्मेवारी पूरा हुन्थ्यो भन्ने लागेर विवाह योग्य कन्यातिर ध्यान पुर्याउँदै थिइन्, छोराले दुलही छानिसकेको जनाउ दियो । उनले वज्र परेको महसूस गरिन् । बुहारी रोजेर ल्याउँछु भन्ने सोच पनि हावा भयो । जीवनमा केही कुरो आफ्नो इच्छाले हुँदैन भनेर लागेर खिन्न भइन् । खिन्नता दबाएर केटीबारे सोधिन् । छोराले उत्साहित भएर बतायो । ऊ काम गर्ने ब्याङ्कले बोलाएको बेलामा आएर कानूनी सल्लाह दिने स्वतन्त्र अधिवक्ता नम्रता । राम्री छ, असल छ, मेधावी छ, पढाइ पनि राम्रो, जागिर र कमाइ पनि राम्रो । सबैथोक राम्रो । अनि नराम्रो के त ? पहिल्यै भनेको भए अहिलेसम्म एउटा बच्चाको बाउ भैसक्थ्यो । छोराले भेद खोल्यो । जात अलिकति तलमाथि पर्छ । त्यो अति साधारण विषय हो भन्ने देखाउन खोज्दाखोज्दै पनि आमाको आँखामा हेरेर भन्न नसक्नुको अर्थ त्यसलाई उसले त्यति सानो विषय पनि ठानेको छैन भन्ने बुझ्न गाह्रो थिएन ? कसैको विरोध वा समर्थनको केही अर्थ थिएन । उनीहरूले निश्चय गरिसकेका थिए, अभिभावकलाई जानकारीसम्म गराउनु थियो, गराइहाले । त्यही वर्ष नम्रता दुलही भएर घरमा भित्रिइन् । शकुन्तलाजी खुसी भइन् कि दुःखी ? कसैले थाहा पाउन सकेन । तटस्थ भावले सबैथोक गरिन् । हाँस्नपर्ने ठाउँमा हाँसिन्, सरसामान छानेर किनिन्, रत्यौती पनि नाचिन्, तर कता कता के के नमिलेजस्तो लागिरह्यो । धुमधामले बुहारी भित्र्याइन् तर हृदयमा भने भित्र्याउन सकिनन् । बुहारी नम्रता छोराले बयान गरेजस्तै सबै दृष्टिकोणले उत्तम थिइन् । यो युगको प्रतिनिधि पात्र । कर्तव्यप्रति सचेत भैकन आफूलाई कीमार्थ बिर्सन नसक्ने । मीठो बोल्थिन्, आदर प्रकट गर्थिन् । घरायसी काममा चाख देखाउँथिन्, सघाउन खोज्थिन् तर उनको काम, उनको पेशा, व्यवसायसँग कुनै मूल्यमा सम्झौता गर्दिनथिन् । उनको जीवनमा सबैको उचित स्थान थियो, उचित व्यवहार गर्थिन् तर त्यसभित्र सिङ्गो आफूलाई पनि स्थापित गर्थिन् । बिहे भएको एक हप्तापछि अफिसबाट १० दिन बिदा मिलाएर छोराबुहारी हनिमुन मनाउन गए । बाबुआमालाई जानकारी दिए, तर अनुमति खोजेनन् । आफ्नो निर्णयमा कसैको रायसल्लाह आवश्यक देखेनन् । फर्केर आएपछि दुवै आआफ्नो काममा गए । शकुन्तलाजी जिल्ल परिन् । त्यो ठाउँमा आफूलाई राखेर हेरिन् । उनी विवाह भएर आउँदा जे सोच लिएर आएकी थिइन्, आज बुहारी त्यही गर्दैछिन् । उनले साहस देखाउन सकिनन्, अरूको आवश्यकतालाई प्राथमिकता दिँदा आफैँ बिलाइन् । अहिलेका दुलही घर सम्हाल्न र छोराछोरी पाउन मात्र बिहे गर्दैनन् । विवाहलाई धार्मिक भन्दा सामाजिक सम्बन्ध ठान्छन् । अर्धाङ्गिनी नभएर सहयात्री ठान्छन् । उनलाई यो नराम्रो पनि लागेको छैन । नम्रतामा उनले अफ्नै प्रतिच्छाया देखिरहेकी छन् । तर पनि के नमिलेजस्तो, के नपुगेजस्तो उनलाई लागिरहन्थ्यो । शेखरजी जसले जिन्दगीमा आफैँले एक गिलास पानी सारेर पिएनन्, खाएको ठाउँबाट चियाको कप उठाएर भान्छासम्म लगेनन्, एक मुठो रायोको साग किनेर ल्याएनन् भने अहिले आएर उनलाई घरको कोतेधन्दाप्रति के खाएर रुचि पलाउँदो हो ? ३२ वर्ष खाएको जागिरको ब्याजले नै पुगेको छ उनलाई, खान पनि गफ गर्न पनि । पेन्सनले उनको खर्च चलिहाल्छ, अनुभवले गफ चल्छ । राजा महेन्द्रको पालादेखि गणतन्त्र कालसम्मका सबैको नालीबेली थाहा छ उनलाई । हाम्रो पालामा भनेर पुराना कुरालाई तेलमसलामा लपेटीलपेटी गफ गर्न पाए भने न खानाको पर्वाह हुन्थ्यो, न सुत्नको । नयाँ मान्छेलाई खूबै स्वादिलो लाग्ने उनको गफ परिवारलाई भने अमन हुन्छ किनभने ती प्रत्येक कुरा कमसेकम एक सय एकपल्ट सुनिसकेका छन् सबैले । उसै पनि शेखरजी श्रीमती र छोरालाई यस्ता कुरा सुन्न लायक पनि ठान्दैनन् । छोरो पनि प्राकृतिक नियमको सिद्धन्तअनुसार बुवाभन्दा आमासँग नजिक छ, यद्यपि उसको दुवैप्रति अपार स्नेह र सम्मान छ । यसै पनि सन्तानसँग मित्रतापूर्ण सम्बन्ध हुनसक्छ भन्नेमा शेखरजीलाई विश्वास छैन । त्यसमाथि छोरालाई आलोकाँचो, अपरिपक्व नै ठान्छन् र अर्तिउपदेश दिइरहन्छन् । छोराले भने बाबुले दिएको सल्लाहविपरीत दुईपल्ट जागिर छाड्दै नयाँ ब्याङ्कमा नियुक्ति लिँदै गरिसक्यो । यस्तो तिहुन चखुवा प्रवृत्तिले जागिरमा क्षणिक लाभ देला तर पेशागत दक्षता हासिल हुँदैन भनेर उनले छोरालाई नसम्झाएका पनि होइनन् । तर ऊ पनि के कम ? शेखरजीको छोरो न हो ? आफूभन्दा जान्ने कसैलाई ठान्दैन । उसले हिसाबकिताब, जोडघटाउ नगरी यसो गरेन होला । मौकामा आउँछ, पर्खँदैन । प्राइभेट अफिसले फाइदा हुने देखेरै न मान्छे लिन्छ । राम्रो ठाउँमा जान पाइन्छ भने खोक्रो आदर्श च्यापेर किन बस्ने ? भन्ने धारणा छ उसको । बुबाजस्तो एकपल्ट सरकारी सिन्दूर लगाएपछि जिन्दगीभर उसैको सतमा बस्नुलाई ऊ आदर्श ठान्दैनन् । शेखरजीलाई त्योभन्दा पनि पीर कतै छोराले गलत काम त गरिरहेको छैन ? भन्ने छ । ब्याङ्कको जागिर, घर आउने ठेगान छैन । रातको खाना बाहिरै खाएर आउँछ । चुस्कीबिना बाहिरको खान पूर्ण मानिँदैन । यसरी दिनका दिन बाहिर खानु, पिउनु राम्रो हो र ? भन्यो भने ‘मेरो कामै यस्तै छ अफिसभित्र भन्दा बाहिरै धेरै काम बनाउनुपर्छ’ भनेर मुखमा बुजो लगाइदिन्छ । कोसँग सङ्गत छ, कस्तासँग उठबस छ ? थाहा छैन । पिउने कुरामा पनि लिमिटमै हुन्छु भन्छ । धेरै अबेर आएको दिन नम्रताले ढोका खोल्छिन्, लिमिटमा थियो कि अनलिमिटेड के थाहा ? छोरीको बाउ भैसकेको छोरालाई कति टोकस्नु ? राति मापसे छल्न भनेर ट्याक्सीमा आउँछ, बिहान अबेर उठ्छ, टयाक्सी लिएर गाडी लिन जान्छ । आएर खाना खान्छ, अनि अफिस जान्छ । शारीरिक व्यायाम शून्य । यस्तो दिनचर्याले स्वास्थ्यमा कस्तो असर पर्ला ? चिन्ताका विषयहरू यिनै हुन् । छोरो पनि बाबुजस्तै घरायसी काममा सरोकारै नराख्ने भए पनि विदेशमा पढ्न बसेको बेलादेखि चियाखाजासम्म बनाएर खान जान्दछ । हजुरबुवा, बाबा हेरी नातिनी नै काम गर्न जान्दछे बरु । तर शकुन्तलाजीलाई कसैले गरेको काम चित्त पनि बुझ्नुपर्यो नि ? नातिनीलाई काम लगाएकै मन पर्दैन । उनलाई त नम्रताले गरेको काम पनि मन पर्दैन । डौँठे पारा, हिँडेको पनि रिफेलजस्तो खुट्टा बजार्दै, काम पनि हडबड हडबड । कस्तो हतार ? भान्छामा ध्यान दिएर काम गर्नु नि ! उतै पानी पोखेको छ, उतै चामल छरेको छ, पाकेको कुरो खन्याएर त्यसैमा अर्थोक पकाए हुनेमा परिकारैपिच्छे भाँडा हालेको छ । भाँडा धेरै देखी भने धन्दा गर्नेले समेत ‘आज भाउज्यूले पकाएको हो ?’ भनेर सोध्छे । न तरकारीमा तेल, न दालमा नून, न ज्वानोमेथी डढेको हुन्छ, न आलु राम्ररी भुटिएको हुन्छ । ढङ्ग मरु कसो गरु ? मोबाइलमा फोन आएको तीन घण्टापछि कोठामा जाँदा थाहा पाउने शकुन्तलाजीलाई बुहारीले खाना पकाउँदा मोबाइल बोकेको, हेरेको, जवाफ लेखेको मनै पर्दैन । ध्यान जति त्यही ठाँडोमा छ, अनि केको खाना मीठो होस् भनेर मनमनै मुर्मुरिन्छिन् । नम्रताले सासूको भाव नबुझेकी हैनन्, तर उनलाई पनि त समस्या छ नि ! सासूले काम गरेको हेरिरहन पनि भएन, काम गर्न जाऊँ सासूलाई चित्तै बुझ्दैन । क्या फसाद ? सबैलाई आफ्नै पारामा ल्याउन खोज्नु समस्याको जड हो । उच्च रक्तचापको समस्या भएकी सासूकै लागि भनेर बुहारी सादा खाना बनाउँछिन् तर उनैलाई नून, तेल, मसला, पीरो ट्वाक्क चाहिन्छ । बुहारीले बनाएको खाना खल्लो लाग्छ । त्यही ट्वाक्क खाँदा खाँदा उच्च रक्तचापको औषधि बढेको बढ्यै छ । मैले गरेको चित्त बुझ्दैन भने किन गरिरहूँ ? भनेर नम्रता सकेसम्म अबेर घर आउने, बिहान पनि काम देखाएर छिटै निस्कने गर्थिन् । बिदाको दिन पनि खाना खायो, नुहाइधुवाई गर्यो, छोरीलाई चिटिक्क पार्यो, कि माइत हिँड्यो, कि सिनेमा हेर्न गयो, कि बजार घुम्न गयो गर्छिन् । सासूलाई बुहारी बुहारीलाई सासू देख्यो कि उकुसमुकुस हुन्थ्यो । सकेसम्म तर्कनै खोज्थे । जे जसो भए पनि लामो समय साथसाथै बिताउन नपरेकोले चलिरहेकै थियो तर एकअर्कासँग एक पल छुट्टिन नमिल्ने बन्दाबन्दी आइदियो । सबैले सबैलाई झेल्नै पर्ने भयो । शेखरजीलाई गफ गर्न नपाएमाथि पत्रिका नआउने पीर । शकुन्तलाजीलाई भान्छामा बुहारीलाई झेल्नुपर्ने पीर । नम्रतालाई सासूले काम गरेको हेरेर बस्न पनि नमिल्ने, काम गर्दा चित्त बुझाउन पनि नसक्ने पीर । छोरालाई साँझमा ठमेल र झमेलका रेष्टुरेन्टको रमझम छुट्ने पीर । नातिनी झन् केटाकेटी, उसै पनि चञ्चले । बिदामा बाबामामुले घुमाउन लैजान्थे, त्यो भएन भन्ने पीर । आयो दशैँ ढोल बजाइ, गयो दशैँ रिन बोकाइ भनेझैँ आयो बन्दाबन्दी पीर बोकाइजस्तो भयो । पहिलो दिन बिहान चिया पिएपछि सधैँझैँ गफ गर्ने थलोमा जान लागेको शेखरजीलाई छोराले किन बाहिर जानू ? भनेर रोक्न खोज्यो । उनी केको टेर्थे ? नकरा तँ ! भन्दै बाहिर निस्केका थिए, एकै छिनमा फर्केर आए । तपाईँजस्तो मान्छेले त कुरो बुझ्नुहुन्न भने अरूलाई के भन्नु ? भनेर पुलिसले मारसँग थर्काएछ । लुम्रुङ परेर घर आएर ल्यापटप खोलेर समाचार पढ्न थाले । बिहान सात बजेसम्म आँखा नखोल्ने छोराले पाँचै बजे बजार गएर सामान किनेर ल्याइसकेको थियो । नम्रताले भान्छाको भन्दा अर्थोक अर्थोक काम गर्ने मनस्थिति बनाइसकेकीले कुचो लगाउन, घर पुछ्न थालिन् । छोरो गमलामा पानी हाल्न थाल्यो । शकुन्तलाजीले पनि बुहारीले भान्छामा जे गरे पनि झेल्ने मनस्थिति बनाएकी थिइन् तर उनी सरसफाइमा लागेको देखेर खाना पकाउन थालिन् । बिहानभरि सुत्ने बाबा, अफिस हिँडिहाल्ने मामु घरको काममा लागेको देखेर नातिनी पनि सघाउन थाली । ऊ कामभन्दा धेरै हल्ला गर्दै थिई । हल्ला सुनेर शेखरजी बरण्डामा निस्के । उनलाई पनि त्यो खेलमा मजा आउँछ जस्तो लाग्यो । तल ओर्लेर बारीको झार उखेल्न थाले । काम गरेको भए पो जान्नू ? झार भनेर तरकारीका बेर्ना उखलेछन्, पछि चिनेर झारमा लुकाए । बाहिरको काम सकेर चारै जना माथि आउँदा खाना तयार भैसकेको थियो । सलाद काट्न बाँकी देखेर नम्रताले डिजाइन डिजाइन बनाएर काटिन् । आज पहिलो पल्ट शकुन्तलाजीलाई नम्रता भान्छामा हुँदा उकुसमुकुस भएन किनभने उनलाई पटक्कै गर्न मन नलाग्ने जति काम सबै तिनले गरिसकेकी थिइन् । खाना खाएपछि पनि छोरा, बुहारी, नातिनी जसले जे भेट्यो त्यही काम गरेर एकै छिनमा भान्छा सिनित्त परिदिए । बाहिरबाट काम गर्न आउनेलाई पनि नआउन भनेकोले सबै काम आफैँ गर्नुपर्ने थियो । बारीको काम धन्दा गर्नेले गरिदिन्थी भने बगैँचा मालीले स्याहार्थ्यो । यी सबै काम कसरी भ्याउने ? भनेर शकुन्तलाजी चिन्तित थिइन् । तर सबथोक एकदम सजिलोसँग सकिएको देखेर शकुन्तलाजी चकित पनि हर्षित पनि भइन् । यसरी पहिलो बिहान राम्रैसँग बित्यो । त्यसपछि सबै आआफ्नै काममा लागे । शेखरजी टिभी हेर्न थाले । छोरा र बुहारी ल्यापटपमा अफिसको काम गर्न थाले । नातिनी साथीसँग फोनमा कुरा गर्दै थिई, एकै छिनमा उसको स्वर मलिन भयो । टोलाउन थाली । भएछ के भने साथीले उसलाई आफैँले लेखेको कविता लय हालेर सुनाइछ । ऊ पनि कविता लेख्छे, तर उसका कविता साथीका जस्ता लयात्मका छैनन् । अनि परेन त पीर ? शेखरजीले नातिनीलाई लय हालेर कविता वाचन गर्न सिकाइदिउँला भनेर फकाउँदै किताबको र्याकमा देवकोटाको मुनामदन खोज्न थाले । तर के भेट्टाउँथे ? उनलाई के सामान कहाँ राखेको छ थाहै हुँदैनथ्यो । उनको आँखा मिलाएर राखिएको एक चाङ कापीमा पर्यो । उनले ती सबै उठाएर बैठकमा लिएर आए र पल्टाएर हेर्न थाले । शेखरजी एक हैन दुई हैन तीन छक परे । अति सुन्दर हस्तलेखनमा शकुन्तलाजीद्वारा रचिएका कथा, कविता, निबन्ध र नाटकका पाण्डुलिपि । अञ्चलस्तरीय, जिल्लास्तरीय, विद्यालयस्तरीय वक्तृत्व कला, वादविवाद, साहित्यिक प्रतियोगितामा विजयी भएर पाएका पुरस्कार, प्रमाणपत्रहरू । ओहो ? के हो यस्तो ? विवाह भएको छयालीस वर्ष बितिसक्दा पनि श्रीमतीसँग उनको चिनारी नै भएको रहेनछ । तिनको यो रूप त कहिल्यै उनको सामुन्ने आएको थिएन । आफ्नो व्यक्तित्वलाई कति घनीभूत बनाएछन् भने त्यसको छत्रछायामा श्रीमतीको अतित्व ओझेलमा परेर अदृश्य भैसकेको समेत उनले चालै पाएनछन् । कविता सिकाइदिन्छु भनेका हजुरबा अर्कैतिर लागेको देखी रुञ्चे अनुहार लगाएर बसेकी नातिनीलाई हजुरआमाले कारण सोधिन् । उसले बताएको समस्याको समाधान कसैसँग थियो त शकुन्तलजीसँग थियो । उनले नातिनीलाई काखमा लिइन् र लेखनाथको पिँजडाको सुगा कविता लयसहित वाचन गर्न सिकाउन थालिन् । लेखनाथ पौडेलले करुण रसमा लेखेको बालक बबुरो कवितालाई रौद्र रसमा गाएको सुनेकी नातिनी अचम्म मान्दै कविताको भाका टिप्न थाली । शकुन्तलाजीले कति सरल तरिकाले सिकाइन् भने एकै छिनमा नातिनीले भाका टिपी । साँझसम्म कवितै कण्ठ पारेर गाउन सक्ने भैसकेकी थिई । शकुन्तलाजीलाई आज आफ्नो जीवन सार्थक भएको महसूस भयो । नम्रताले बनाएको चियाखाजा खाएपछि नातिनीले शकुन्तलाजीलाई तानेर बैठकमा लगी र बालक बबुरो कण्ठ भयो कि भएन भनेर जाँच्न लगाई । नातिनी हजुरआमाबीचको दौत्य सम्बन्धले दङ्ग पर्दै छोराबुहारी पनि बैठकमा आए । त्यही बेला शेखरजीले उनीहरूलाई पाण्डुलिपि र प्रमाणपत्रहरू देखाए । अब आश्चर्यचकित हुने पालो छोराबुहारीको थियो । उनीहरू दुवै अफिसको कामै छाडेर पाण्डुलिपि लिएर पढ्न थाले । यी सबैबाट बेखबर शकुन्तलाजी नातिनीसँग व्यस्त थिइन् । छोराले एउटा सिङ्गै कथा पढेर सक्यो अनि भावुक भएर जन्मदातृलाई हेर्यो । मनमनै सोच्योः ओहो । ममीको यस्तो प्रतिभा ! उहाँको यो चिनारी, क्षमता कहाँ दबिएर बसेको थियो ? जहिल्यै कामको चटारोमा आफू भित्रको पारिजात फष्टाउन नपाएको कुण्ठा पलाएन उहाँमा ? पढाइ, लेखाइ त मौका पाए सबैले गर्छन्, तर लेख्ने जन्मसिद्ध क्षमता ? दबाउन सजिलो भयो होला ? तर पनि न गुनासो, न घुर्की । ओहो ममी ! कति अन्याय ! अँहँ अब यस्तो हुँदैन । अवकाश प्राप्त सचिव शेखरजीकी पत्नी, ब्याङ्कर विजयकी आमा, अभिवक्ता नम्रताकी सासू हैन, साहित्यकार शकुन्तलाजीको चिनारी पाउनेछ अब दुनियाँले । बालखमा आमासँग लाडिएझैँ छोराले पाण्डुलिपि देखाउँदै भन्योः ममी यो कसको ? शकुन्तलाजी अकमकिइन् र छोरालाई सोधिन्ः कहाँ भेटेछ यसले यो थोत्रो कापी ? शेखरजीले मुसुमुसु हाँस्दै भनेः यसले हैन मैले । तिमीले लुकाएर राखेको ठाउँमा मैले भेटेको ? शकुन्तलाजीले भनिन्ः लुकाएको हैन । बिहे अघि जन्मेको कर्णलाई कुन्तीले नदीमा बगाइदिइन्, मैले पोको पारेर एउटा कुनामा थन्क्याइदिएँ । कतिपल्ट कबाडीलाई दिन भनेर झिकेँ पनि, तर यिनले खान मागेका छैनन्, लाउन मागेको छैनन् भनेर फेरि राखेँ । कुरो यति हो । बुहारीले थपिन्ः कबाडीलाई दिने ? ममी म यस्तो लेख्न जान्ने भए अहिलेसम्म मेरो कतिवटा पुस्तक विमोचन समारोह भैसक्थ्यो होला । आफूलाई त होइन कुरा ठीक साँचो भन्न आउँछ, न्यायको नौ सिङले हान्न आउँछ । साहित्य पढ्न मात्र आउँछ, लेख्नसेख्न त त्यस्तै हो । छोराले अलि अड्की अड्की भन्योः घरको रुटिनमा अलिअलि चेञ्जफेञ्ज गर्नुपर्ला जस्तो लाग्यो ममी ? आज चाँडै उठेर बाहिर घुमेर आएर होला मलाई फ्रेस अनुभव भैरहेको छ । तरकारी, दूध किनेर झोला बोकेर आउँदा पहिलोपल्ट म पनि परिपक्व भएँ जस्तो लाग्यो । काँधमा जिम्मेवारी नआएसम्म गर्न मन पनि लाग्दैन, जान्दा पनि जानिँदैन । अब पहिलो पुस्ता आनन्दले बस्ने, दोस्रो पुस्ताले जिम्मेवारी सम्हाल्ने दिन आएछ ममी । बुहारीले आफैँ र दुलाहालाई पनि व्यङ्गय गर्दै भनिन्ः बिहानको कामको जिम्मा आयो भने छोराबुहारी पनि सप्रन्थे ममी । चाँडै उठ्नै पर्ने भए अलिअलि योगअभ्यास पनि हुन्छ । कसैकसैको राति अबेरसम्म घरबाहिर बस्ने, बिहानभरि सुतेर बिताउने बानी पनि छुट्थ्यो कि ? छोराले बुहारीलाई आँखा तरेर हेर्यो तर उनी बोल्न छाडिनन् । स्वरलाई एकदम नरम बनाएर भनिन्ः अबदेखि बिहान भान्छाको जिम्मा मेरो । त्यसो भए ममीलाई बिहान पूजापाठ गर्न, योगध्यान गर्न समय पुग्छ । बाँकी समयमा साहित्य साधनामा ! लेख्न मन नलागे पढेर बिताए भयो । हुन्न ममी ? म मीठो पारेर पकाउने कोसिस गरौँला नि ! ‘तिमीले ठीक भन्यौ नम्रता । बिहानभरि सुतेर हेर मेरो पेट ? घ्याम्पोजत्रो भैसक्यो । यसरी त भएन बा । भोलिदेखि आजैको टाइममा उठेर एक घण्टा तल चोकमा हिँड्छु, अनि बजार गएर सामान किनेर ल्याउने गर्छु । पछि पनि मेरो रुटिन त्यही हुनेछ ।’ शकुन्तलाजीका आँखा भरिए । छोराबुहारीलाई आफ्नो बाहेक घरको मतलबै छैन भन्ने उनको धारणा थियो त्यो गलत रहेछ । उनैले बिगारेकी रहिछन् । जिम्मा दिए पो गर्छन्, जान्दछन् ! कुखुराले चल्ला छोपेझैँ छोप्न खोजेपछि के जानून्, के सिकून् ? उनीहरूलाई अभिभावकको चिन्ता, फिक्री रहेछ । छोराबुहारीको वास्तविक रूपसँग आज उनकोे चिनारी भयो । उनी भावुक भएर भन्न थालिन् “बिहेअघि मेरो ज्यानप्राण नै यही थियो, अहिले घरगृहस्थीजस्तै ? लेख्ने र पढ्ने बाहेक मेरो केही उद्देश्य नै थिएन । त्यो बेलामा कहाँ कहाँबाट किताब खोजेर ल्याएर, मागेर ल्याएर, किनेर ल्याएर पढ्थेँ भनेर लेख्न थाल्यो भने पनि एउटा ठूलै शोधग्रन्थ तयार हुन्छ होला । अब ती सबै एकादेशका कथा हुन् । अहिले त मलाई यही पाण्डुलिपि देखेर पनि अचम्म लागेको छ । कविता वाचन, लेख प्रकाशन, वादविवादको तयारी गर्दै बितिरहेको समय कहिले गृहिणीमा परिणत भयो ? हेक्का पनि छैन । यो मैले लेखेको भनेर पत्यारै लाग्दैन अहिले त ।” शेखरजीले हातको लिएको पाण्डुलिपिलाई हेर्दै सोच्न थाले ः मेरो त आफ्नी जीवनसङ्गिनीसँग चिनारी भएको रहेनछ भने छोराबुहारीको के कुरा भयो र ? शकुन्तलाको यस्तो परिपक्व विचार, प्रभावशाली शैली, उद्देश्यपूर्ण लेखाइ पढेर होइन, जन्मसिद्ध लिएर आएको क्षमता हो । पढाइले त त्यसलाई तिखार्ने काममात्र गर्छ । कहिले सिकिन् यो सब ? कहाँ हरायो उनको यस्तो असाधारण तर्कशक्ति, त्यो विलक्षण साहित्य चेत ? बिरामी सासूससुराको स्याहारसुसार, छोराछोरीको पढाइ, रीतिरिवाज, नातागोता, चाडबाड, सचिवज्यूको चाकरीमा आउनेकोे स्वागतसत्कार, सामाजिक विधिव्यवहार, यस्तैमा बित्यो उनको सारा समय । कतिखेर लेख्ने, पढ्ने समय निकालून् ? अरूकै लागि जीवन उत्सर्ग गरिन्, आफ्नो लागि सोच्ने मौका नै पाइनन् । उनको त्याग, समर्पण त्यसको मूल्याङ्कन भयो कहिल्यै ? बुझ्नुपर्नेले समेत ध्यान नदिएपछि उनी के गरून् ? श्रीमतीको प्रतिभाले फक्रने, फष्टाउने वातवरण नपाउनुको जिम्मेवार आफैँलाई ठानेर शेखरजीले ग्लानी महसूस गरे । वास्तवमा उनी खराब मान्छे पनि होइनन् । श्रीमतीप्रतिको उनको व्यवहारलाई अभद्र, अशोभनीय भन्न मिल्दैन । न भोकमोकै राखे, न शारीरिक यातना दिए, न अपशब्द बोले, न रक्सी पिएर आएर कुटपिट गरे, न उनको चरित्रमा प्रश्न उठाएर मानसिक यातना दिए । पुरुषप्रधान सामाजको मूल्य मान्यतामा चले । परिवर्तित संसार स्वीकार्ने आवश्यकता देखेनन् । परिवारको पालनपोषणको जिम्मेवारी आफ्नै हो भन्ने सोचे, त्यसमाथि कहिल्यै पुनर्विचार गरेनन् । इमानदार सरकारी कर्मचारी उनले कमाएर ल्याएको सबै श्रीमतीको पोल्टामा हालिदिए । कसरी खर्च गरिन्, केमा खर्च गरिन्, पुग्थ्यो, पुग्दैनथ्यो, उनैको तजबिजले गरिन् ? तर श्रीमतीलाई पनि सक्षम बनाउने, कमाउने बाटोमा लगाउने, स्वावलम्बी बनाउनेबारे सोच्दै सोचेनन् । श्रीमान, श्रीमतीको संयुक्त कमाइले घर चलाउनु उनको नजरमा सम्मानित विषय भएन । एकताका शकुन्तलाजीले लोकसेवा दिने तयारी गरेको जस्तो लगेथ्यो, त्यो पनि हो, होइन ? याद छैन । कलकल बगिरहेको तेज जलधारा उनको जीवनमा गाँसिन आएपछि जमेर तलाउमा परिणत हुँदा पनि आपूm भने एक्लै बगिरहेछन् । जागिरमा सफलताको खुड्किलो चढ्दै जाँदा उनमा एक प्रकारको अहङ्कारले डेरा जमाउँदै गयो । उच्च तहका नीति निर्माताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने ठाउँमा पुगेपछि त उनमा म नभए यो मुलुकै चल्दैन कि क्या हो भनेजस्तो भाव पलायो । त्यसलाई मलजल पु¥याउने काम ग¥यो शक्तिको वरपर झिँगाभैmँ भन्कने चाकरीबाजले । तिनका चिप्ला कुरा सुन्दासुन्दा उनको सोचको दायर पनि त्यही घेराभित्र सीमित हुन पुग्यो । अन्त ध्यानै गएन । अवकाश प्राप्त गर्दा उनी त्यही मानसिकतामा थिए । तर घर बस्न थालेदेखि अचानक चाकरीबाजको लस्कर बन्द भयो । उनले एक्लोपन महसूस गरे अनि आपूmजस्तै अवकाश प्राप्त व्यक्तिहरूको घेराबन्दीमा परे । त्यही समूसँग समय बित्न थाल्यो । घर उनको प्राथमिकतामा कहिल्यै परेन । अरूको कमजोरी खोज्दै, अरूलाई सपार्ने हुँदाहुँदै मान्छेले आफ्नै समस्या भएको थाहा पाउँदैन । आफ्ना कमजोरी, समस्या पहिचान गर्नेबाट समाधान पनि निस्कन्छ । शेखरजीले आफ्नो गल्ती देखे, त्यसलाई स्वीकारे । जे भयो भयो । बितेको फर्कँदैन । अब जीवनकोे सन्ध्याकालमा नै सही आफ्नो गल्ती सच्याउनेमा दृढ भएर शेखरजीले छोरालाई सम्बोधन गर्दै भने, “यसपाली ममीको जन्मदिनमा यो किताब छापेर उपहार दिनुपर्छ है बाबु ।” छोराले बाबुको समर्थन गर्दै भन्यो, “लकडाउन खुल्नेबित्तिकै पहिले प्रेसमा पाण्डुलिपि टाइप गर्न दिन्छु । यसपालीको बोनस ममीको किताब छपाउन समर्पण गरेँ है मैले त । कि कसो नम्रता ?” बुहारीले उत्साहित भएर भनिन्, “प्रेसमा किन दिनु ? हाम्रो अफिसको टाइपिष्ट नजिकै बस्छ । उसले लकडाउन खुल्दासम्म टाइप गरिसक्छ । त्यसपछि प्रेसमा दियो भने फटाफट छापिन्छ ।” शेखरजी जुरुक्क उठे र शकन्तलाजीनेर गएर भने, “लकडाउन कहिले खुल्छ कहिले ? त्यतिञ्जेलसम्म एउटा पाण्डुलिपि त म आपैmँ टाइप गरेर सक्छु ? बरु सबैभन्दा पहिले तिम्रो कुन रचनालाई पुस्तकाकारमा हेर्न चाहन्छ्यौ ? ल छान त ।”, शकुन्तलाजीले तृप्त नजरले सबैलाई हेरिन् र एउटा पाण्डुलिपि छानेर दिइन् । शेखरजीले ल्यापटप खोलेर काखमा राखे, फोल्डर बनाए र टाइप गर्न थाले । सेभ गर्दा कम्प्यूटरले फाइलको नाम माग्यो । उनले लेखिदिए ‘चिनारी ।’ #चिनारी #बन्दाबन्दी #सुषमा रिसाल सापकोटा पासवर्ड – हर्दा बोल !: ‘हे भगवान् ! हे कृष्ण !’ कोसीको भुमरिएको पानीमा खस्दै गर्दा र भुक्लुक्क डुब्दै–उत्रिँदै गर्दा मैले सुवानी चिच्याएको यति मात्र सुनेको थाहा छ । त्यसपछि पुल्ठेगौँडामा के भयो ? केही थाहा छैन । म डुबेर बेहोस भइसकेको रहेछु । मलाई पौडी खेल्न आज पनि आउँदैन । सानोमा स्कुलबाट भागेर हामी सुनसरी खोलामा पौडी खेल्न जान्थ्यौँ । पानी उस्तो धेरै हुँदैनथ्यो । तर, चाहँदा डाइभ हान्न, नाक थुनेर डुबुल्की मार्न पुग्थ्यो । म, दिवाकर सापकोटा, कुबेर बज्राचार्य, अजय मण्डल, हेमनारायण पोद्दार, सुरज सुब्बा, राजकुमार शाही, सञ्जय लुइँटेल, हरिकृष्ण पोखरेल, सन्तोष तिवारी, विष्णु भट्टराई, सतनारायण महतो लगायत साथीहरू हुन्थे । यीमध्ये अहिले मैले सम्झिन खोजेको चाहिँ कुबेर बज्राचार्य हो । त्यो दिन हामी पुल वरपर त्यस्तै डुबुल्की मार्दै पानीभित्र लुकीडुम खेल्दै थियौँ । कुबेरको डुम हुने पालो आयो । ऊबाहेक सबै डाइभ हानेर पानीमा लुक्न थाल्यौँ । पानीभित्र डुबुल्की मार्न सक्ने डुबेर, नसक्ने खुट्टैले टेकेर डुमबाट परपर तर्किर्दै खेल्दै थियौँ । म एउटा हातले नाक थुनेर भित्रभित्रै हेलिन के लागेको थिएँ, कताबाट कुबेर आएर मलाई च्याप्प कम्मरमा समातिहाल्यो । ‘हुडुक…हुडुक…भयो–भयो छोड–छोड’ च्याप्प समातेर पानीमा गोडेपछि म अत्तालिएछु । ‘विद्याधर आउट… विद्याधर आउट…!’ ‘ल–ल आउट… हर्दा–हर्दा…!’ पानीभित्र नाक थुनेर कति बस्न सकिन्छ र ! छोड्छ भन्छु, छोड्दैन । अब त छोड्छ होला भन्छु, फेरि पनि छोड्दैन । त्यसरी लुकीडुम खेल्दा, बुढी कबडी वा सादा कबडी खेल्दा ‘भयो, भयो छोडिदे, आत्मसमर्पण गरेँ,’ भन्ने भाव जनाउने पासवर्ड थियो – हर्दा ! ‘हर्दा… ह… ह…!’ बोल्न पनि नसक्ने भइसकेँ । धन्न ईश्वरको कृपा भनौँ, मेरो बाँच्ने दिन । यत्रो दिन बाँच्नु पर्ने रै’छ, अझ कति बाँच्नु पर्ने हो ! के मर्थें ! कसोकसो गरेर कुबेरको हात फुस्कियो र सन्तोषलाई खेद्न थाल्यो । म त एकैचोटि अत्तालिएर, नर्भस भएर, खोलाको पिँध टेकेर जुरुक्क उठेछु । संसारै अर्को देखेँ । पूरै नर्भस । जसोतसो किनारको डिलमा पुगेर डङ्ग्रङ्ग लडेँ, उत्तानोचित । आधा घण्टा त बोली पनि आएन । सन्तोषले थाहा पाएछ । ‘ए, विद्याधर के–भो, के–भो,’ भन्दै छेउमा आएर बस्यो । दस मिनेट जति त्यत्तिकै भो । ‘केही होइन,’ जसोतसो सासले यति शब्द भनेछु । अनि घाम ताप्न पल्टिए जस्तो बहाना बनाएँ । के भन्नु ? उसले जानी–जानी गरेको भए पो । खेलमा ऊ पनि कुन सुरमा थियो, मारौँ भनेर त पक्कै समातेको थिएन । कसैद्वारा समातिएपछि वा बेसरी ङ्याकिएपछि समात्नेले चाँडै हार स्वीकार गरोस् र समातिनेले एकछिन अरू टिकिराखुँ, सजिलै हार किन स्वीकार गर्ने भन्ने बाल मनोविज्ञान हुन्छ । यस्तोमा समात्नेले ‘हर्दा बोल !’ भनेर खेलमा हार स्वीकार गर्न पर्याप्त मौका दिने अलिखित आचारसंहिता हुन्छ । ‘सडेल’ भनेर काम थाल्दा अलिअलि गल्ती भए पनि भुलचुक लिनेदिने हुन्थ्यो । तर, कुबेरले न सडेल भनेको थयो, न हर्दा बोल ! ‘जाऊँ हिडौँ अब, पुग्दापुग्दा पाँच घन्टीको बेला ठिक्क हुन्छ,’ सन्तोषले भन्यो । म पनि जुरुक्क उठेँ र भिजेको कट्टु खोलेर नीलो हाफ–पेन्ट लगाएँ । कुबेरले यो कुरा थाहा पायो कि पाएन, थाहा छैन । तर, त्यही दिन हो मैले पानीभित्र सास थुनेर, आँखा चिम्लेर पनि अलिकबेर बाँच्न सकिन्छ भन्ने थाहा पाएको । त्यसपछि म अरू–अरु पटक पनि सुनसरी वा कक्रु–कुरुवामा पौडी खेल्न जाँदा नाक थुनेर सास रोकेर कतिबेरसम्म पानीभित्र बाँच्न सकिन्छ भनेर समय लम्ब्याउने अभ्यास गरिरहन्थेँ । ००० बाल बेलामा पौडी खेल्न सिक्न खोजेको अनुभव पुल्ठेगौँडामा प्रयोग गर्नुबाहेक मेरो जिन्दगीमा त्यतिखेर अर्को कुनै विकल्प थिएन । आँखा चिम्लेको थिएँ । अन्धकार बढ्दै थियो । म किनारतिर पुगिन्छ कि भनेर हातखुट्टा पनि चाल्दै थिएँ । धमिलो–चिसो पानीले पनि आफ्नो काम गर्दै थियो । घरि भुमरीमा घुमाउँदै, घरि तलतिर हुत्याउँदै, मलाई जानु पर्ने बाटो देखाउँँदै थियो । तर, जारी कथा अनुसार म मर्ने बेला भएको थिएन । मात्रै बेहोस भएको थिएँ । यतिबेला भन्दा ठ्याक्कै स्वस्थानी कथाकी छिछि दूर–दूर गर्ने चन्द्रावतीको स्थिति । बग्दै दलदलमा लट्पटिँदै म यति पर पुगेर अड्किएँछु, जहाँ दिनभरि मलाई खोज्नेहरूको आँखा परेनछ । बुधबारको दिन थियो । राति एकाबिहानै जाल थाप्न आएका गुलाबी मुखियाको जालमा अल्झिएर म बाहिर आएँछु । हुने दिन । सोस माछा पर्यो, आज चाहिँ मधुवन हाटमा बेचेर रजियाको सबै उधारो तिर्छु भन्ने सोचेर जाल तानेको, हिलोले लत्पतिएको म बाहिर आएछु । मलाई केही थाहा छैन । यही पनि पछि मलाई गुलाबीले भनेको । त्यसपछिका पाँच वर्ष मैले बेहोस भएर बिताएँ । ठ्याक्कै त्यो फिलिमहरूमा हुन्छ नि ! कुनै ठूलो दुर्घटनामा परेर नायकले आफ्नो पुरानो कुराहरू सबै बिर्सिन्छ । र, त्यस्तो स्मृति फिर्ता नहुञ्जेलसम्म नयाँ परिवेशमा अर्कै बिन्दास जिन्दगी बाँच्छ । तपाईंलाई पत्यार लाग्दैन होला, भन्नका लागि भने जस्तो लाग्छ होला तर ठ्याक्कै त्यस्तै भयो मेरो जीवनमा पनि । शिवको लीला ! तपाईंलाई विश्वास लाग्दैन भने मैले जो–जो मेरा साथी भनेर अघि भनेँ, तिनीहरूमध्ये कसैलाई पनि म बीचमा पाँच वर्ष हराएको कुरा सोध्नुहोला । साला बहुलाहा भइसकेको छ, जे पनि भन्छ, भन्छन् । तिनीहरूले पनि पत्याउँदैनन् भने तपाईंलाई त विश्वास लाग्ने कुरै भएन । विश्वास नलागेर के गर्नु ? मैले जे भोगेँ, जे देखेँ, त्यो म क्रमशः भन्दै जान्छु । अनि पत्यार लाग्ला तपाईंलाई । अघि म पुल्ठेगौँडामा त्यसपछि के भयो भनेर भन्दै थिएँ । एक्चुअल्ली मलाई केही थाहा छैन, म पानीमा खसेपछि त्यहाँ के भयो ? यद्यपि विभिन्न फिल्महरू हेरेको आधारमा, उपन्यासहरू पढेको आधारमा म कल्पना गर्न सक्छु, एउटी प्रेमिकालाई आफ्नै कारणले प्रेमी त्यसरी आफ्नै आँखा अगाडि मरेको वा मर्दै गरेको देखेपछि के हुन्छ ? प्रहरीले लास पनि नभेटिएकाले बेपत्ताको सूचीमा राखेपछि त्यो दिन के भयो होला ? त्यसपछिका दिनहरू के भए होलान्, कसरी बिते होलान्, त्यो अहिले हामी कल्पना गर्न सक्छौँ । तर, सुवानीलाई नभेटी यसै भो भनेर भन्न सकिन्न । सिम्पल छ, त्यो कोसीमा खस्नुभन्दा अघि उनी म बुढेसकालको मायालाई कति माया गर्छिन् र त्यसका लागि उनी कति हदसम्म जान सक्छिन् भनेर थाहा पाउने प्रयास गरिरहेको थिएँ । र, त्यो प्रयास मेरो आजसम्म यथावत् छ । सुवानीको हालत त्यो दिन के भयो ? ००० हराएका दिनहरूमा म विष्णुप्रसाद भएँ । ती दिनहरूमा मैले जति पनि लेख लेखेँ, खोज अनुसन्धान गरेँ ती सबै विष्णुप्रसादका नाममा सार्वजनिक नै छन् । मेरो नाम विष्णुप्रसाद हुनुमा पनि एउटा विचित्रको संयोग छ । जसले मलाई जालमा पारेका थिए, उनी विष्णुका परमभक्त थिए । महाकवि देवकोटालाई लक्ष्मीको प्रसाद माने जस्तो उनले मलाई विष्णुको प्रसाद ठानेँ । र, रक्सी लागेका साथीहरूलाई जबर्जस्ती ताली बजाउन लगाएर मेरो नाम अनुमोदन गराए । भला, अहिले सोच्छु उनले त्यो नाम राखेर पनि राम्रै काम गरेछन् । किनकि मेरो टिप्पनको नाम पनि विष्णुप्रसाद नै थियो । चिसो छिप्पिसकेको थिएन । तर, कोसीबाट पानीको हरक आएर साँझ–बिहान चिसै हुन्थ्यो । पर्सिपल्ट गुलाबी मुखिया र उनका दुई जना दरपिया साथीहरू क्याम्प–फायर जस्तो बीचमा घुर बालेर बसेका थिए । म पूर्व फर्केर एउटा कर्चीले एउटा प्लास्टिक जस्तो केही कोट्याउँदै थिएँ । भर्खर छ बजेको थियो । उनीहरू शून्य समयपछि जाल लिएर पूर्वी डुबानतिर जानेवाला थिए । पुतपुताउँदो धूँवा आगो भएर हुर्रर बल्न खोज्दै थियो तर सकिरहेको थिएन । एकचोटि फू गरेर फुकेको त धूँवा म भएतिर बटारिएर आयो । भिक्स दले जस्तो पिरपिर गर्दै आँखाभरि आँसु भयो । ‘क्या हो, विष्णुप्रसाद सर ! सानोमा खोलातिर फर्केर खुब पिसाब फेर्नुभएको रै’छ । त्यही भएर धूँवाले निकै माया गर्दो रै’छ तपाईंलाई,’ राजन चन्द्रवंशीले मलाई जिस्क्याए । सबै गललल हाँसे । मलाई हाँस उठेन । सानोमा कुन खोलातिर फर्केर मैले पिसाब फेरेको थिएँ ? कहाँ बितेको थियो मेरो बालककाल ? को हुँ म ? कोसीको भङ्गालोले मलाई कहाँबाट बगाउँदै गरैयाटप्पु ल्याइपुर्याएको हो ? कति घण्टासम्म म बगे हुँला ? केही थाहा थिएन कसैलाई । मलाई जिस्क्याउने राजनलाई त झन् के थाहा ! त्यही बेला गुलाबीले एउटा सानो–सानो खरको मुठो घुरमा हाले । आगो ह्वार्रर हुर्केर झलमल्ल भयो । उज्यालोमा देखियो गुलाबी मुखियाको कान्छी पट्टिको जेठो छोरो – माछा इन्जिनियर ! उसको वास्तविक नाम विजयकुमार मुखिया थियो । चानचुन १० वर्ष । पहिलो दिन मैले यो भाइको नाम के हो ? भनेर सोध्दा गुलाबीले ‘माछा इन्जिनियर’ भनेर चिनाएका थिए । सिमसारमा, पोखरीतिर माछा मार्न, गङ्गटा समाउन सानैदेखि सिपालु भएकाले त्यसो भनेका रे ! स्कुलमा नाम लेख्न त लेखाइएको थियो तर उसको दुई–तिहाइ समय पानीमै बित्थ्यो । ‘माछामा पिएचडी गरेको छ यसले,’ गुलाबीले छोराको परिचयमा यस्तै शब्द प्रयोग गरेका थिए । कुरा सुनेर म फिस्स हाँसेको थिएँ । तर यतिखेर हाँस्नुपर्ने परिस्थिति थिएन । देब्रे हातमा एउटा चरो, दाहिने हातमा एउटा किताब र बाइनाकुलर समातेर माछा इन्जिनियर उभिएको थियो । चरो जिउँदै थियो । उँधोमुन्टो पारेर खुट्टा समातिराखेको थियो । ‘दिउँसो मधुवन गएको थिएँ । फर्किँदा आँपगाछीदेखि अलि वर खर–घारीमा पाँच–छ वटा चरा रहेछन् । समाउन खोजेको भागी हाले । यो सानो चाहिँ अत्तालिएर घारीमा अल्झियो । समाएर आउँदै थिएँ, घाटनेर ढुङ्गामा यो किताब र यो क्यामेरा राखेको रहेछ,’ कसैले केही सोध्नुअघि माछा इन्जिनियरले स्थानीय लवजमा बेलीबिस्तार लगायो । ‘धुर… क्यामेरा नै छे, दुरबिन छे,’ कैलु मलाहा बोल्यो । मैले सुरुमा बाइनाकुलर त्यसपछि चरा भएको हाततिर हेरेँ । चरो सानो–सानो, छिर्केमिर्के, लामो खुट्टा भएको अलि फरक खालको थियो । चुच्चो हेर्दा हाँस जस्तो, जीउ हेर्दा कुखुराजस्तो । तर, न हाँस न कुखुरा । ‘कुन चरा हो यो ?’ मैले सोधे । ‘बच्चा तित्रा,’ गुलाबीले भने । ‘ल, यो किताब तपाईंलाई काम लाग्ने रै’छ । चरो चाहिँ पोलेर खानुपर्छ । खोइ ल्या त हेरौँ के रै’छ यो,’ गुलाबीले छोराको हातमा झुन्डिरहेको बाइनाकुलर तान्दै भने, ‘हो त नि, दुरबिन त रै’छ नि । अस्ति राजकुमारको हातमा पनि यस्तै देखेको थिएँ ।’ त्यसपछि सुरु भयो मिसन खरमयुर । दुर्लभ सानो खरमयुरको खोजी । #फन्टुस फिक्सन #सुविद गुरागाई मान्छेको मान्छे: म अर्थहरूसँग भौतारिइरहेको मान्छे म शब्दहरूको रहरमा ब्यप्त भई यो सहरको कहरमा गुम्सिएको मान्छे साहराहरू संचयबाट टाढा गई म अस्थिरतामा दिशा खोजिरहेको मान्छे । मेरो प्रेम भावबाट विचलित भइरहँदा म आँैशीमा जून खोजिरहेको मान्छे । जब आशाका किरणहरू ओसिएर जान्छन् अनि नदेखेका सपनाहरू छेदविछेद हुन्छन् म त्यही अङ्गभङ्ग मष्तिक लिएर अविश्वासको टुक्रोमा हिँडिरहेको मान्छे । अर्धपनमा बाडुल्की मार्दा अवचेतनाका आगन्तुकहरू अर्धचेत भइरहँदा म अधबैँसे समयमा आधार खोजिरहेको मान्छे म मान्छे आधा अधुरा मेरो चरमोत्कर्षण अपुरा पूर्णकालिन बिम्बमा म आदिम पराक्रमसँग जुधिरहेको मान्छे । म हराएको मान्छे म सपनाको मान्छे, म विपनाको मान्छे म भीडहरूको मान्छे म एकान्तको मान्छे म मूर्खहरूको मान्छे म सज्जनहरूको मान्छे अनि म मान्छेहरूको एक अनौठौ मान्छे । #मान्छेको मान्छे पुस्तक परिचय: कथामा परदेशका पीडा: – रत्न प्रजापति हरेक मान्छेसँग कथा हुन्छ । कथा आफ्नै अथवा अरूका । तर सबैले कथा लेख्दैनन् । त्यसैले सबै कथाकार हुँदैनन्, बन्दैनन् । कथा लेख्नेहरू कथाकारका रूपमा चिनिन्छन् । नचिनिएका कथाकार पनि प्रशस्त छन् समाजमा । कथा लेख्दैनन्, तर सुनाउँछन् । कथा लेख्नेले पनि सबैले आफ्नो कथा लेख्दैनन् । धेरैले अरूकै कथा लेख्छन् । थोरैले मात्रै आफ्नै कथा लेख्छन् । आफ्नो कथा सार्वजनिक गर्न नचाहनु स्वाभाविक हो । कथाभित्र व्यथा पनि हुन्छन् । ती व्यथा अरूलाई सुनाउन नचाहनु पनि स्वाभाविक नै हो । सुनाउनुचाहिँ राम्रै हो । किनभने दुख बाँडे घट्छ, सुख बाँडे बढ्छ । कथा लेख्नेले घरदेशमा बसेर लेखेका छन् । परदेशमा बसेर पनि कथा लेखेकै छन् । लेख्नेका लागि धेरै कथा छन् घरदेशमा र परदेशमा पनि । आफ्नै जिन्दगीका कथा, समाजका कथा र देशदुनियाँका कथा धेरै लेखेका छन् कथा लेख्नेहरूले । अझ विभिन्न कारणले परदेशमा पुगेका र त्यहीं कर्म गरी बसेका कथाकारले पनि उतैको घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशमा धेरै कथा लेखेका छन् । यसरी परदेशमा बसेर उतैका घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशलाई कथावस्तु बनाएर लेखिएका कथाहरूको एकमुष्ट सँगालो हो ‘परदेशका कथा’ । विशेषगरी उत्तरी अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूले लेखेका दुई दर्जन कथाहरू यो सङ्ग्रहमा समेटिएका छन् । कथाकारमा वरिष्ठदेखिे कनिष्ठसम्म छन् । फरक–फरक भावभूमिका मीठा कथानुभूतिले सङ्ग्रहलाई पठनीय र सङ्ग्रहणीय बनाएका छन् । यन्त्रले चल्ने र यन्त्रझैं चल्नुपर्ने देशमा रहेर काम गरिरहेका नेपाली कथाकारले कथा लेख्ने फुर्सदचाहिँ कतिखेर पाउँछन् ? कथासङ्ग्रह पढ्नुअघि पाठकको मनमा यस्तो प्रश्न उब्जिन सक्छ । मासिक तलबभन्दा पनि दैनिक अझ घण्टे ज्याला थाप्ने श्रमजीवीहरूले श्रम गर्ने समय उबारेर कथा लेख्नुलाई आफ्नो भाषा र साहित्यप्रतिको माया र लगावको रूपमा लिनुपर्छ हामीले । यसरी विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यलाई माया गरेकैले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन मद्दत पुगेको छ । यसमा हामीले गर्व गर्नुपर्छ । ‘परदेशका कथा’ डायस्पोरामा बसेर लेखिएका डायस्पोरिक कथाहरूको सँगालो हो । कथाकार जुन स्थानमा बसेका छन् त्यही सेरोफेरोका कथा छन् सङ्ग्रहमा । अर्थात् फरक भावभूमिका फरक कथानुभूतिहरू छन् । जुन कथानुभूतिहरूले पाठकलाई फरक–फरक स्वादको रसास्वादन गराउने छन् । जुन स्थान र परिवेशमा बसेर कथा लेखे पनि कथाभित्रका सुख, दुख, आँसु, हाँसो, प्रेम र पीडाको अनुभूति त उस्तै नै हुँदारहेछन । ‘परदेशका कथा’ पढेपछि यस्तै महसुस हुन्छ । पुस्तक : परदेशका कथा विधा : कथा सम्पादक : कृष्ण कुसुम\\गणेश घिमिरे प्रकाशक : शिखा बुक्स संस्करण : प्रथम, २०७६ माघ पृष्ठ : २३९ मूल्य : ३७५\\- कथामा कल्पनाका उडन्ते गफभन्दा कथाकारले देखेका र भोगेका यथार्थलाई कथाको विषयवस्तु बनाइएकाले कथामा काल्पनिकता भन्दा यथार्थता झल्किन्छ । कल्पनाको रोमाञ्चभन्दा यथार्थको युगवोध गराउने क्षमता हरेक कथाले बोकेका छन् । द्वन्द्वको पीडा सबैतिर छन् भन्ने यथार्थलाई धेरैवटा कथाले बोलेका छन्, चाहे त्यो नेपालको होस् वा साल्भाडोरको । सबै खालका पीडितहरूको सपनाको देशचाहिँ अमेरिका नै बनेको यथार्थ पनि धेरैवटा कथाहरूले बोलेका छन् । नेपालको पूर्वलडाकूदेखि साल्भाडोरकी लडाकूसमेत अन्ततः अमेरिका नै पुगेका छन् । डायस्पोरिक जीवनशैली बुझ्न मद्दत गर्छ यो कथासङ्ग्रहले । प्रारब्ध अथवा नियति र कर्मले डायस्पोरामा बस्न पुगेका नेपालीका कथा र व्यथा पनि छन् सङ्ग्रहभित्रका कथाहरूमा । प्रेम, पीडा, विछोड, बाध्यता, बन्धन, यौन, शोषण, एकाकीपन, पहिचानको खोजी, अर्थमोह र जिजीविषा कथाहरूका मुख्य विषयवस्तु हुन् । सङ्ग्रहका कथाहरूले पाठकलाई रोमाञ्चित बनाउँछ । संवेदित बनाउँछ । सुखी बनाउँछ । दुखी बनाउँछ । कतैकतै यौनको आवेगले उत्तेजित पनि बनाउँछ । अनि धेरै पात्रहरूप्रति सहानुभूति पनि जगाउँछ । पाठकलाई अन्त्यसम्म तानिराख्न सफल छन् कथाहरू । पाठकको मनमा उत्सुकता जगाउँदै अन्त्यसम्म डो¥याउन सफल भएकैले पाठकीय अभिरुचिका दृष्टिकोणले कथाहरू सफल छन् । एउटै कथासङ्ग्रहबाट भिन्नभिन्न स्वादका कथाहरूको रसास्वादन गर्न पाउनु र डायस्पोराका विविध जीवनका पाटा र जीवनशैली बुझ्न पाउनु यो कथासङ्ग्रहको विशेषता हो । सङ्ग्रहका कथाहरूमा अग्रज कथाकारसँगै अनुज कथाकाका कथा पनि समेटिएका छन् । तर अनुज कथाकारका कथा अग्रज कथाकारका कथाभन्दा कुनै पनि कोणमा कम्तिका चाहिँ छैनन् है । बरु उम्दा पनि छन् कुनै–कुनै कथा । यो निकै सुखद पक्ष हो । कथा पढ्दै गर्दा अनुज कथाकारले नै कथा लेखनमा बढी मिहिनेत गरेको महसुस हुन्छ । सङ्ग्रहका केही कथाहरूले ‘हामी त यहाँ आएर फस्यौँ–फस्यौँ, अब तिमीहरूचाहिँ यहाँ नआओ है’ भनेर भन्न खोजेजस्तो अनुभूति पनि पाठकहरूले गर्नेछन् । धेरैजसो कथामा विदेशमा बस्दाका चुनौतीका कुरा मात्रै आएका छन् । त्यहाँ उपलब्ध हुने अवसर र त्यहाँका सकारात्मक पक्षहरूको चित्रण कथामा त्यति भएको पाइँदैन । कथामा दुखका कुरा मात्रै भनेर संवेदना र सहानुभूतिको अपेक्षा राख्ने होइन । सुखका कुरा पनि भन्नुपर्छ । यस्तो चाहिँ भएको देखिंदैन । सम्भवतः फन्ट परिवर्तन गर्ने क्रममा ध्यान नपुगेर होला, धेरै शब्दहरू बिग्रिएका छन् । यसले गर्दा पाठकलाई दाँतमा ढुङ्गा लागेको महसुस हुनसक्छ । कतैकतै त अर्थको अनर्थ लाग्नसक्ने सम्भावना पनि छन् । विशाल देशमा छरिएर रहेका नेपाली कथाकारका कथा सङ्ग्रह तयार पार्ने सम्पादकद्वय कृष्ण कुसुम र गणेश घिमिरेको प्रयत्न प्रशंसनीय र सराहनीय छ । कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ । #परदेशका कथा #परदेशका पीडा शिक्षक हराएको सूचना: प्रकाशकुमार शर्मा “भन्नुस् कति कामले आउनुभयो ?”, त्यस महिलालाई केही अलमलिएजस्तो देखेर ड्युटीमा रहेको प्रहरी जवानले सोध्यो । महिलाको साथमा एउटा १२/१३ वर्षकोझैं देखिने केटो पनि थियो । दुवैका मुख मास्कले छोपिएका थिए । महिला केही बोल्न खोजी तर सकिन । जवानले सहयता कक्ष लेखिएको ठाउँतिर जान सङ्केत गर्\u200dयो । त्यहाँ पुगेर उसले दर्ता गराई; श्रीमान हराएको सूचना; नाम‚ वतन‚ हुलिया विवरणहरू टिपाउँदैजाँदा उसका आँखाबाट खसेका आँशु सेतो मास्कलाई छिचोलेर छातीमा टप्किए । साथ लागेको केटो छोरो रहेछ‚ “नरुनू मामु”, भन्दै पकेटबाट न्याप्किन झिकेर आँशु पुछिदियो । …………………………………………………………. सरकारले गत चैत १० गतेदेखि मुलुकलाई पूर्णरूपले लकडाउन घोषित गरिसक्नु पहिल्यैको फर्मानले मुलुकभरका शैक्षिक संस्थाहरू बन्द भइसकेका थिए । घरबाट उसलाई एकोहरो एउटै प्रश्न गरिरहन्थे, “कहिले आउने ?” ऊ अर्थात यस कथाको हराएको पात्र राजधानीको एउटा निजी शैक्षिक संस्थामा अध्यापन गर्थ्यो । खासमा उसलाई घर फर्किने मन थिएन । चीनको वुहान महिनौंदेखि देशका अरु भूभागबाट अलगथलग पारिएको उसलाई राम्रै हेक्का थियो । विश्वका अन्य मुलुकले गरेको बन्दाबन्दीको अभ्यासलाई हेरेर उसले के लख काटेको थियो भने नेपालले १ हप्तालाई गरेको यो बन्दाबन्दी त्यहीँ नै गएर टुङ्गिनेवाला छैन । “घर गएको दुईचार दिनसम्म त रमाइलै होला तर त्यसपछि ? उसको मनले आफैलाई प्रश्न गरिरहन्थ्यो । घर फर्किने भनेर झोलामा लुगाफाटो हाल्दै गर्दा पनि उसलाई यो प्रश्नले चिमोटिरह्यो । बिहान झिसमिसे नहुँदै उसले डेरा छोड्यो । चकमन्न सडकमा ट्याक्सी बत्तिदा पनि उसलाई फेरि उही प्रश्नले झस्कायो‚ “घर गएको दुईचार दिनसम्म त रमाइलै होला तर त्यसपछि ?” ठूलै जोरजुलुम गरेर उसले गाडीमा बस्ने ठाउँ पायो । “कता आइपुगिस् ?, राम्ररी आएस् ।, मास्क छ कि छैन ?, स्यानिटाइजर छुट्यो कि ?, “जहाँ पायो त्यहीँ पानी नकिन्नू‚ खाना नखानू ।”, पचासभन्दा बढी कलमार्फत आएका परिवार‚ आफन्त तथा शुभेच्छुकका सल्लाहसुझावलाई विना झर्को स्वीकार्दै र “हस् हुन्छ” भन्दै ऊ अबेर राति घर आइपुग्यो । साँच्चै त्यो पहिलो रात उत्सवमय थियो । भोलिपल्टदेखि त समाजमा देखा पर्नु नै थियो । “गाउँ आउन मन नगर्नीलाई कोरोनाले लखेट्यो ।” “अब आउनीहरूलाई त क्वारेन्टामा राख्नी हो गरे !” “बाइरबाट आ’गा मान्छ नु करुना हुन्छ गरे ।” “केइ दिनलाई बाइर कतै नानिस्की घरैमा बस्या राम्रो ।” यी र यस्तै प्रत्यक्षपरोक्ष प्रश्नहरू‚ सल्लाहहरू‚ चेतावनीहरू र व्यङ्ग्यहरूसँग ऊ जुधिरह्यो । उसले अनुमान गरेजस्तै भयो । लकडाउन एक साता अर्को साता गर्दै थपिँदै जाँदा जेठको महिना पनि त्यसै बित्ने छाँट देखियो । सुस्तरी सुस्तरी उसलाई लाग्न थाल्यो‚ “म आफ्नै घरमा हेपिँदैछु । छोराछोरीले पनि मलाई टेर्न छोडे ।” “सबैका छोराले शहर पसेको वर्षदिनमै प्रगति गरे; मेरो छोरो यत्रा वर्ष शहर बसेर क्या गर्\u200dयो ? त्यै प्राइवेट क्याम्पस पराउँछ त्यै पनि सरकारी भया एउटा कुरा । लकडाउन भैगो‚ तलबसलब पनि नाआउनी होला ।” एकदिन खाना खाँदै गर्दा बुबाले अप्रत्यासितरूपमा कुरा निकाले । उसलाई त्यो गाँस निलुँ कि ओकलुँ भयो । जवाफ ऊसँग थिएन चुपै रह्यो । राती सुत्दा अनायासै उसको मुखबाट खुइय सुस्केरा निस्क्यो । स्वास्नीले सोधी‚ “के भयो ? बुबाको कुराले नरमाइलो लाग्यो‚ हो ? “होइन ।”‚ भनेर ऊ कोल्टे फर्कियो । “बुबाका कुरा एकदमै ठीक हुन् ।” स्वास्नीले आगोमा घीउ थपी । तर ऊ अझै चुपचार नै रह्यो । “म स्वास्नी होइन ? मैले सोध्न मिल्दैन ? मलाई नबोलीनबोली सताउन ल्याको ?” अनेक घुर्कीको सामना उसले गरिरह्यो तर जवाफ दिने मन पटक्कै रहेन । हार खाएकी स्वास्नी रुँदै र केटाकेटी पिट्दै आफ्नो आक्रोश मत्थर पार्न थाली । ऊ हराउनु केही दिन अघिको रात “क्याम्पस पढाएर कसैलाई पुग्या छ ? सुनिताको बुढोले पनि त डिग्री पढेको हो; फर्निचर पसलबाट मालामाल भयो । गीताको बुढो पनि डिग्री होल्डर हो; हार्डवेर पसलले भैंसेपाटीमा बंगला ठड्याइसके अरे । नुमाको बुढो त्यही प्राइभेट क्याम्पस भनी रुँगेर बसेको भए त्यो महल ठडिन्थ्यो ? घरजग्गा कारोबार गरेर कहाँबाट कहाँ पुगिसके । फलानाले सेयर कारोबार गर्छ । फलानाको होलसेल छ । फलानाले मान्छे विदेश पठाउँछ । दिदी बहिनीका अगाडि भन्न मुख देखाउनै लाज भइसक्यो । यही बूढो घर कतिसम्म कुर्नि हो ?” स्वास्नीले एक होइन अनेक गुनासो एकसाथ गरी । “के अब म चोर्न जाम त ? जानेको त्यही कलम घोट्ने काम हो; त्यस कामको कमाइ यस्तै हुन्छ ।” जवाफमा उसले यत्तिमात्र भन्यो र कोल्टे फर्कियो र निदाएको बहाना गर्\u200dयो । अर्को तिर कोल्टे फर्केकी स्वास्नी निकैबेर आफैसित गनगन गरी‚ झर्किई र अन्तमा आफ्नै कर्मलाई सराप्दै रुदै निदाई । रातभर उसको मनले अन्तरसंघर्ष गरिरह्यो । स्नातकोत्तरको पढाई पूरा गरेपछि कामको लागि‚ कमाउनको लागि राजधानीमा गरेको संघर्ष सम्झिइरह्यो । खाएका हन्डर र पाएका ठक्करहरू सिनेमामा फ्ल्यासब्याकमा देखाइने दृष्यहरूजस्तै घुमिरहे । आफूसँगै संघर्ष सुरु गरेका दौंतरीहरू र आफ्नो पछिल्लो पुस्ताको तरक्की र असफलताहरूलाई पनि दाँज्यो । ……………………………….. दूधवालाले तलबाट चिच्याएपछि उसकी स्वास्नीको निद्रा खुल्यो । ओछ्यानमा लोग्नेलाई देखिन तर मतलब पनि गरिन | समय ढल्किँदै गएपछि भने उसको धैर्य टुट्न लाग्यो । बिहानभरि त उसले मर्निङवाकमा गएहोलान् वा कतै यतैउतै वैरागी भएर‚ “बग्ने खोलो वा सुसाउने सल्लो”, हेरेर बसेका होलान् भन्ठानी तर जब मोबाइल पनि स्विचअफ देखायो ऊ निकै आत्तिई र सबैतिर हारगुहार गरी । कसैले मेसो पाउन नसकेपछि ऊ पुलिसचौकीतिर दगुरी । “साँच्चै त्यो मास्टर कहाँ गयो यो बन्दाबन्दीमा ?” #शिक्षक हराएको सूचना मानिसको सबैभन्दा ठूलो शत्रु ‘रिस र ईर्ष्या’: समाजका हरेक व्यक्तिको सबैभन्दा ठूलो शत्रु, रिस र ईष्र्या हो । यसले समाजमा कसैको पनि हित गर्दैन । यी दुबै मानिसका लागि हानिकारक छन् । रिस र ईष्र्या दुबै सबैको हृदयमा रहेको हुन्छ । तर, रिसलाई घमण्ड र आक्रोसको प्रतीकका रूपमा मानिन्छ भने ईष्र्यालाई सजग र प्रेरणाको प्रतीकका रूपमा पनि लिन सकिन्छ । समाजमा जसले एक अर्काको रिस गर्दछ उसले कहिल्यै पनि प्रगति गर्न सक्दैन । तर ईष्र्या लिएर आफूभित्रको कमी कमजोरीलाई औंल्याउन सके हरेक व्यक्तिले आफूलाई अझ सजगता अपनाएर अग्रसर हुन सक्दछ । अनि, आफ्ना कमी–कमजोरीलाई सुधार गर्दै झन उन्नति र प्रगति गर्न सफल रहेको हुन्छ । नारायणप्रसाद न्यौपाने रिस मानिसको डरलाग्दो शत्रु हो । यसको आवेगमा मानिसले के राम्रो र के नराम्रो केही पनि सोच्न सक्दैन । रिसले चुर भएको अवस्थामा कुनै पनि मानिस ठण्डा दिमागले सोच्न सक्दैन । आफ्ना अगाडि जताततै अन्धकार देखाइदिन्छ । को आफ्नो को पराई केही चिन्दैन । यसले हरेक मानिसको मस्तिष्कलाई नै खलल पु¥याएको हुन्छ । अनि व्यक्तिलाई अत्यन्तै बेचैन बनाएको हुन्छ । त्यसैले रिस उठ्यो भन्दैमा समाजको एक असल र सचेत व्यक्तिले आफ्नो रिसलाई देखाउनु हुँदैन । रिसलाई पैतालाले कुल्चिएर भित्रै दबाएर राख्न सक्नु पर्दछ । रिस देखाउनु भनेको अशान्त र आक्रोसमा आउनु हो । यसले कसैको पनि भलाई गर्न सक्दैन । हरेक कुनै पनि व्यक्तिभित्र रहेको रिस एक अर्कामाथि जाइलाग्ने खालको मानसिक प्रतिक्रिया हो । यसले समाजका कुनै पनि वर्गलाई फाइदा गर्दैन । जब मानिस आफूले भनेजस्तो नभएपछि रिसाउँछ, असन्तुष्ट रहन्छ । तब उसको मानसिक रुपमा मात्र नभई अनुहारमा समेत परिवर्तन हुन्छ । उसमा एक किसिमको डरलाग्दो स्वभाव देखिन्छ । यो अवस्थामा त्यस्तो व्यक्तिले पछिका लागि केही पनि सोच्नै सक्दैन र चाहदैन पनि । अनि के राम्रो के नराम्रो, के ठीक र के बेठीक, अनि को आफ्नो को पराई केही पनि छुट्याउन सक्दैन । अनि यस्तो अवस्थामा मानिसले जघन्य अपराधहरू पनि गर्न सक्दछ । सोच्दै नसोचेका र कल्पनै नगरेका घटनाहरू पनि घटाउन सक्दछ । त्यसैले रिस मानिसको ठूलो शत्रु हो, यसबाट बच्न र बचाउँन सक्नु पर्दछ । रिस उठ्नुको मूल कारण निराशा हो । हरेक व्यक्ति आ–आफ्नो कार्यमा लागेको हुन्छ । चिन्तनशील रहदै श्रम र पसिना पोखिरहेको हुन्छ । आफ्नो लक्ष्यमा पुग्नका लागि उसले अथक प्रयास गरेकै हुन्छ । अनि आफूले प्रयास गर्दागर्दै जुन खालको बाँधा अड्चन आउँछ र व्यक्ति असफल हुन पुग्दछ । अनि आफ्नो लक्ष्यमा पुग्न असफल भएको कुण्ठालाई उसले रिसद्वारा प्रकट गरेको हुन्छ । यस्तो रिस आफ्नो कमजोरीबाट भएमा आफैप्रति आक्रोसित भएको हुन्छ भने आफ्नो कार्यमा अरु कसैको बाधा अड्चनबाट भएको हो भने उक्त व्यक्तिप्रति नै रिस जगाएको हुन्छ । समाजका हरेक व्यक्तिमा रिसको भाव हुन्छ । कतिपय व्यक्तिले आफूभित्र रहेको त्यो रिसको भावलाई तुरन्त बाहिर प्रकट गर्न चाहदैनन् र भित्रभित्रै दबाएर राखेका हुन्छन् । अनि एक्लै भएको अवस्थामा निरास र कुण्ठित हुन पुग्दछन् । अनि, आफ्नो जीवनलाई संयमित बनाउन नसक्नेहरू शारीरिक रूपमा पनि कमजोर बनेका हुन्छन् । समाजमा त्यस्ता व्यक्तिले कसैलाई पनि दोष नदिई आफ्नो कमजोरीबाट आफैलाई हिनताबोध गर्न पुग्दछन् । अनि आफ्नो जीवनलाई नै बोझका रूपमा लिन पुग्छन् । जसलेगर्दा कहिलेकाही सोच्दै–नसोचेका घटनाहरू समेत घटाउँन पुग्दछन् । त्यसैगरी कसैले आफूभित्रको त्यो भावलाई तुरुन्तै अभिव्यक्त गर्न चाहन्छन् । आफ्नो खुबी, क्षमता र स्वभावलाई तुरुन्त देखाउँछन् । अनि आफ्नो कमजारी नहेरी अरूलाई मात्र दोष दिन्छन् । समाजमा यस्तो स्वभाव भएका व्यक्तिका साथी भाइहरू पनि अलिकम नै हुन्छन् । जसलाई कसैले पनि विश्वास गर्न सक्दैन । समाजमा त्यस्ता व्यक्तिलाई मूर्ख पनि भनिन्छ । जब मानिस आफूले समाजमा विभिन्न कार्यहरू गर्दा पनि सफल हुन सक्दैन, अनि ऊ निरास हुन थाल्छ । मानिस आफूले गरेका कार्यहरूमा निरास भएपछि सबभन्दा पहिला उसले आफ्नो कार्यमा बाधा अड्चन ल्याउने व्यक्तिमाथि जाइलाग्न थाल्दछ । त्यसबाट पनि ती बाधा अड्चनहरू हराएनन् । मानिसले छुटकारा पाउन सकेन भने त्यसले उसलाई अझ थप निरास बनाएको हुन्छ । अनि व्यक्ति आफैले आफै प्रति पनि रिस गर्न पुग्दछ र आफूलाई नै धिक्कार्न थाल्दछ । यसबाट व्यक्ति आफूले आफैलाई संयमित राख्न सक्दैन । अनि त्यो रिसको आवेगमा उसले आत्महत्या जस्ता घटनाहरू पनि घटाउन पुग्दछ । त्यसैले रिस हरेक मानिसलाई कमजोर बनाउने तत्व हो । यसबाट सधँै सजग रहन सक्नु पर्दछ । त्यसैगरी मानिसलाई अहित गर्ने अर्को तत्व हो ईष्र्या । मानिसलाई ईष्र्या पनि दुई कारणले हुने गर्दछ । जब कुनै पनि समाज वा संघ सस्थाबाट व्यक्ति आफूले पाउँदै आएको सुविधाबाट बञ्चित हुन चाहदैन । जब आफूले प्राप्त गर्न सक्दैन भने त्यसलाई अरू कसैले पनि प्राप्त गर्न नसकोस् भन्ने चाहन्छ । जब आफूले प्राप्त गर्न नसकेर अरुले त्यसलाई प्राप्त गर्न थाल्दछ । अनि, आफू त्यसबाट बञ्चित हुनु पर्दछ भने त्यसबेला उक्त व्यक्तिमा ईष्र्या पैदा हुन्छ । जस्तो पढ्ने विद्यार्थीका लागि कुनै बखत आफ्नो कक्षाकोठामा लिडरसीप (मनिटर) आफूले चलाइरहेको अवस्थाबाट अरुले लिदाको अवस्थामा होस् अथवा आफूले प्राप्त गरेको नतिजा, सम्मान र प्रतिष्ठालाई अरू कसैले प्राप्त गर्न थाल्यो, आफूलाई उछिनेर अगाडि बढ्यो भन्ने बोध हुन्छ त्यो अवस्थामा नै व्यक्तिमा ईष्र्या पैदा भएको हुन्छ । अनि यस्तो ईष्र्याबाट व्यक्तिले प्रेरणा पनि लिएको हुन्छ । जसले उसलाई आफ्नो कार्यप्रति अझ उत्साहित र मिहिनेती बन्नका लागि प्रेरित गरेको हुन्छ । भनिन्छ “ईख नभएको मानिस र विष नभएको सर्प” उस्तै हुन्छन् । जसरी मानव समाजमा सर्पको महत्व रहन गएको छ, त्यसैगरी एक सचेत व्यक्तिमा अरुले गरेका कार्यहरू प्रति ईख हुनु आवश्यक छ । यसले हरेक व्यक्तिलाई आफ्नो लक्ष्यमा पु¥याउँन ठूलो मद्यत गर्दछ । ईष्र्या कुनै पनि व्यक्ति विशेषले गरेको कार्यप्रति रहन्छ । अनि त्यसको भलो भन्दा पनि कुभलोको चाहना गरिन्छ । आफ्नो भन्दा कम उन्नति र प्रगति हुन सकोस् आफ्नो मात्र हित होस् अनि अरुको हानी नोक्सानी बढोस् भन्ने चाहना राखेको हुन्छ । त्यसैले हरेक समाजमा ईष्र्याले व्यक्तिलाई स्वार्थी बनाएको हुन्छ । समाजका हरेक व्यक्तिमा अरुलेभन्दा आफूले मात्र बढी गर्न सकूँ र राम्रो गर्न सकूँ भन्ने चाहना राख्नु राम्रो हो । यो भावना र चाहनाले व्यक्तिको साथसाथै समाजको पनि उन्नति र प्रगति भएको हुन्छ । जस्तो उदाहरणका लागि पढ्ने विद्यार्थीले आफ्नो कक्षा कोठामा प्रथम भएको विद्यार्थीलाई देखेर ईष्र्या गर्नेले स्वयं आफूलाई पनि प्रथम हुनका लागि प्रेरित गरेको हुन्छ । अनि, आफ्नो पढाइलाई पनि निरन्तर रुपमा अगाडि बढाएको हुन्छ । अनि, यस्तै विभिन्न किसिमका प्रतियोगितामा भाग लिने क्रममा पनि एकले अर्कोलाई उछिन्ने उत्प्रेरणा बढी जागृत गराएको हुँन्छ । यसले व्यक्तिको मात्र नभई विभिन्न संघ संस्था र समाजको पनि हित गरेको हुन्छ । यस्तो खालको ईष्र्यालाई रचनात्मक ईष्र्या भनिन्छ । त्यसैले समाजका हरेक व्यक्तिमा ईष्र्या होस् त रचनात्मक खालको हुन आवश्यक छ । न कि व्यक्तिवादी चिन्तनले समाजको हित हुन सक्दैन । समग्रमा समाजका हरेक व्यक्तिभित्र रिस र ईष्र्याको भावना रहेको हुन्छ । यो स्वभावले कसैको पनि हित र उन्नति गर्दैन । मानिस भित्रको रिस साह्रै खतरनाक हुन्छ । यसको प्रतिक्रिया बिनासकारी हुन्छ भने ईष्र्या त्यस्तो बिनासकारी हुँदैन । रिसलाई रचनात्मक रूपले उपयोगमा ल्याउन सकिदैन भने ईष्र्याको भावलाई रचनात्मक रूपमा उपयोग गर्न सकिन्छ । जसलेगर्दा समाजको एक सचेत नागरिकका लागि अरूले गरेको उन्नति र प्रगतिमा ईष्र्या गर्नु भनेको आफूले पनि त्यो भन्दा अझ बढी राम्रो गर्नुपर्छ भन्ने भावको बोध हुनु हो । यस्तो ईष्र्या सकारात्मक हो । यसले मानिसलाई प्रगति तर्फ उन्मुख हुन प्रेरित गर्दछ । त्यसैले रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो भने ईष्र्या मानिसको हरेक कार्यमा प्रेरित गर्ने प्रमुख तत्व हो । समाजका हरेक व्यक्ति यी दुवैबाट सधैँ सजग रहनु आवश्यक छ । #रिस र ईष्र्या बुर्ज खलिफाबाट दुबईलाई नियाल्दा: तीर्थ सिग्देलको प्रकाशोन्मुख कृति बुर्ज खलिफा, दुबई मलबाट सुरु भएको हाम्रो यात्रा कहिले पाम जुमेरातिर मोडिन्थ्यो त कहिले फरारी वल्र्डको रोलरकोस्टरमा । कहिले होटलहरुमा चीसो बियरसँग हिन्दी गीतको लाइभ सुन्दै मजा त कहिले डेजर्ट सफारीमा तातो बालुवासँग खेल्दै गरेको अनुभव । डेजर्ट सफारीसँगै बेली डान्स र ऊँटको सफारीसँगै बालुवामा बाइक राइडिङ । बालुवाको खानीबाट अस्ताउँदो सूर्यको निक्कै दुर्लभ दृश्य । दुबई मल पछाडि र बुर्ज खलिफाको अगाडि उभिएर वाटरडान्स हेर्दा मनै रमाउने । कुनै दिन आबुधाबी त कुनै दिन फूजेरा र शारजहाँ । जता पुगे पनि संसारमै नमूना विकासको अभ्यास भइरहेको दृश्य हाम्रा आँखामा कैद भइरहेका थिए । छिटो र छरितो शैलीमा मुलुकको विकास कसरी गर्ने भन्ने सिक्ने र सिकाउने थलोको रुपमा विकसित भइरहेको दुबईले गरेको प्रगतिको कथा त कुनै दिन यसरी लेख्नु नै थियो । मैले यसकै लागि दुबईका सकेसम्म सबै महत्वपूर्ण ठाउँ घुम्ने प्रस्ताव साथीहरुलाई गरेको थिएँ । र उनीहरुलृ स्वीकारेका थिए । झापाली भाइ मणिराम रामानुजदास पर्याप्त साथ दिएका थिए । एउटा सपनाको सहर । संसारकै तिव्र गतिमा विकसित हुँदै गरेको देश । विश्वमै सबैभन्दा बढी पर्यटक तान्ने मुलुक । ठूलो, अनौठा र भयानक चिजहरु निर्माण गरेर विश्वसँग प्रतिस्पर्धा गरिरहेको मुलुक । युएई सयर गर्ने हाम्रो सपना यसरी पूरा भइरहेको थियो । बुर्काको देशमा बेली डान्स ? धेरै रोमाञ्चक र रमाइलो क्रियाकलापहरूमा सम्लग्न हुनुभन्दा पनि बेडौइन शैली तम्बुमा दुई घण्टा खर्च गरेर बालुवाको सागरमा बेली डान्स हेर्नुको मजा बेग्दै थियो । डेजर्ट सफारीबाट फर्केपछि बालुवाको तम्बुभित्र बसेर बियर र स्न्याक्सको स्वादमा अफगानिस्तानी युुवतीहरुको बेली डान्स हेर्ने रहर पूरा भयो । बुर्काको देशमा बेली डान्स ? यो संसारमै प्रसिद्ध छ । हामीले सोचेको खाडी मुलुक, त्यसमा पनि मुस्लिम देश । हामी जे सोचेर दुबई पुगेका हुन्छौं, त्यसको ठीक उल्टो पाउँछौं । पर्यटकहरुका लागि सबै प्रकारका सुविधा दिने प्रचलन रहेछ, त्यहाँ । त्यो देखेर छक्क पर्छौं । जिन्दगी त्यो रफ्तार हो, त्यहाँ जो दौडन सक्छ । त्यही अगाडि जान्छ । भोलि कहिल्यै आउँदैन, आजको एकदिन नै जीवन हो । जति वर्ष बाँचे पनि जिन्दगीको गन्तव्य एक दिनले नै तय गर्छ । त्यो एकदिन, त्यो एकपलले भावी दिनको निर्धारण गर्छ । त्यही एकदिनले फैसला गर्नेछ, बाँकी जीवनको । त्यही एकदिन हामी त्यहाँ पुगेका थियौं । जिन्दगीमा कति दिनसम्म मरिमेट्नु ? कमसेकम केही दिनलाई भए पनि आनन्द लिन पाए हुन्थ्योजस्तो सबैलाई लाग्छ । हामी पनि यही लालसा बोकेर त्यहाँ पुगेका थियौं । त्यहाँको डेजर्ट सफारी संसारमै डरलाग्दो र जोखिमपूर्ण छ । डराइडराई हामीले डेजर्ट सफारी गर्यौं । ठूलो मरुभूमिभित्र तातो हावासँगै चिसो बालुवामा खालीे खुट्टाले हिँड्नुको मजा बेग्लै हँुदो रहेछ । शरीरले बाफ लिएजस्तो लाग्ने । हात खुट्टा र जिउ दुखेर लखतरान भएको बेला तातो पानीमा खुट्टा चोबेजस्तो, बाथरुममा पसेर तातेपानीले नुहाएजस्तो, समुद्रमा नुहाइसकेपछि बाहिर निस्केर बालुवामा ढाड फर्काएर सुतेजस्तो भान हुने । त्यहाँ हामी सबैले आकासमा उडेजस्तो गरेर फोटो खिच्यौं । जता हेरे पनि रातो र तातो बालुवाबाहेक केही देखिन्न । पारी साउदीको बोर्डर र त्यतातिर देखिएको सेतो पहाडले आँखा तानिरहन्थ्यो । पठानीहरु डेजर्ट सफारीका लागि माहिर मानिन्छन् । वर्षौँदेखि उनीहरुको कामै यही हो । ल्याण्डरोभर गाडीमा विदेशीहरुलाई बोकेर बालुवामा गाडी नै पल्टिने गरी कुदाउँदा पनि उनीहरुलाई डरै लाग्दैन । बरु हामीले शरीरमा बेल्ट बाँधेका छौँ । कमसेकम गाडी पल्टिए पनि लड्न त लडिदैन । कहिले बालुवाको पहाडको टुप्पोमा त कहिले तराईको फाँटमा हामी चढेको गाडीले लड्न चै लडाएन । डरै डर बोकेर झण्डै दुई घण्टाभन्दा बढी हामीले बालुवामा रैफाँडो गर्यौं । कतिबेला गाडी पल्टिएर मरिएलाजस्तो भएपनि हामीले डराउँदै डराउँदै, कराउँदै कराउँदै पठानीहरुको ड्राइभको प्रशंसा गर्यौं । जात, धर्म, संस्कार, संस्कृति एउटा कुरा हो । मान्छेले सोच्ने र भोग्ने अर्को कुरा हो । यस्तो भावना मनमा खेलिरहेको बेला अबुधाबीमा रहेको शेख जाइद ग्रेन्ड मस्जिदबाहिर टहलिँदै गर्दा एक हुल महिलाहरु देखिए । गोरागोरा अनुहार परेका तर सबैले बुर्का लगाएका । म छक्क परें । खासमा उनीहरु चाइनिज रहेछन् । बुर्का लगाएर मस्जिद आएका । यसको अर्थ मैले डेजर्ट सफारीमा गाडीको सफारी गर्नुअघि टाउकामा बाँध्न आग्रह गर्दै गाडी चालकले दिएको रुमाल सम्झिएँ । त्यो सब पर्यटक तान्ने योजना रहेछ । जहाँ जे पहिचान छ । खासमा पर्यटन त्यही हो । त्यो वस्तु र स्थानको प्रवर्धन नै पर्यटन हो । शेख जाइद ग्रेन्ड मस्जिद गैरमुस्लिमलाई पनि खुल्ला छ । यो उनीहरुको पर्यटन रणनीति हो । स्थानीयलाई बाहेक विदेशीलाई त्यहाँ जस्तोसुकै फेसन गर्न प्रतिबन्द छैन । नत्र सरकारले मरुभूमिमा बेली डान्स गर्ने अनुमति नै दिने थिएन । जहाँ अफगानी महिलाले देखाएको नृत्य हेर्न पर्यटकहरु तँछाडमँछाड गरिरहेका हुन्छन् । बाहिर देख्दा खुल्ला समाजजस्तो देखिन्छ । तर, हरेक मुस्लिम देशभित्र धर्मको शासन हुन्छ । पर्यटकहरुको आकर्षणका लागि त्यो कडाई नदेखिएजस्तो भए पनि त्यहाँ कानुन कडा छ । हामीलाई यात्रा गराउने रत्न भाइ भन्दै थिए, “सर…यो उनीहरुको पर्यटक तान्ने योजना मात्र हो । खासमा यहाँ शासन कडा छ ।” अकल्पनीय लाग्न सक्छ, यो दुबईको पर्यटक तान्ने योजना हो । देशको कानुन आफ्नो ठाउँमा छ । तर, पर्यटकहरुका लागि सबै सुविधा छ । डरको शासन हाम्रातिर यत्रतत्र सडकमा देखिने ट्राफिक न त्यहाँ थिए, न प्रहरी नै । केवल ट्राफिक कन्ट्रोलका लागि सडकमा जताततै राखिएको प्रविधिले चलेका छन्, सवारीका साधनहरु । रत्न भाइको अनुभवमा त्यहाँ डरको शासन चलिरहेको छ । खासमा डर पनि एकप्रकारले कानुन परिपालनका लागि जरुरी हुँदो रहेछ । हाम्रो देशमा न डर छ न कसैको भर छ । यदाकदा हाम्रो देशमा रक्षक नै भक्षक भएका घटना पनि छन् । खासमा त्यस्तो नहुनुपर्ने हो । कानुन र नियम भनेकै मान्नका लागि हो । त्यो पालन नगर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन । दुबईका चौडा सडकहरु नाप्दै गर्दा देखिएका दृश्यहरुले हाम्रो देशको, खासगरी काठमाडौंको ट्राफिक समस्याको याद आउँछ । जहाँ न कानुन छ, न शासन छ । ट्राफिक आइल्याण्डमा एउटा ट्राफिक प्रहरीले सिटी फुकेको भरमा कसरी ट्राफिक कन्ट्रोल होला ? त्यहाँ कसैले पनि सडकमा ट्राफिक नियम उलंघन गर्दैन । राजपरिबारकै सदस्य किन नहोस् ? उसले पनि ट्राफिक नियम उलंघन गरेमा कारबाही भोग्नु पर्छ । कुनै कारणवश कसैले ट्राफिक नियम उलंघन गरेको भए त्यो सूचना तत्कालै त्यहाँ जोडिएको प्रविधिले पठाउँछ । र, त्यही सूचनाका आधारमा स्वतः उसको नाममा फाइन गरिन्छ । त्यो फाइनको बिल उसको घरमा वा कार्यालयमा पुग्छ । त्यसपछि उसले अनिवार्यरुपमा फाइन बुझाउनै पर्छ । हाम्रो मुलुकमा पनि यस्तो नियम बन्ला ? मलाई यता फर्केपछि यस्तो लाग्यो, हाम्रो देशमा यदि यस्तो नियम बन्ने हो भने काठमाडौंतिर चल्ने सवारीका साधनहरु र तराईतिरका कतिपय सार्वजनिक बस कति दिनसम्म सडकमा गुडिरहलान् ? मलाई लाग्छ, ती गाडीले फाइन तिरेर नै सक्ने छैनन् । कमसेकम एक महिनामा त उनीहरुले फाइन तिर्नकै लागि सवारीका साधन बिक्री गर्नुपर्ने हुन्छ । संसारमा कुनै पनि एउटै वादले मात्र विकास गरेको उदाहरण छैन । लोकप्रिय शासन पद्धति भनेको लोकतन्त्र हो । अहिलेको संसारकै सफल अभ्यासको रुपमा यसलाई लिइन्छ । लोकतन्त्र बिना विकास सम्भव छैन, लोकतन्त्र बिनाका देशले प्रगति गर्न सक्दैनन् भन्ने बुझेर बसेका हामीहरुको दिमाग त्यहाँ पुगेपछि मात्र खुल्छ । (प्रकाशोन्मुख नियात्रा संग्रह “एकदिनः समयकथा” बाट) बबुरो मनुवा: शून्य समय ! न हतारो छ कहीँ पुग्ने न चटारो छ मैझारोको निर्जन यो बाटो लम्पसार छ एक्लै अपितु मनुक्खेकोे कोकोहोलोको प्रतिक्षामा छ । सायद बिर्सियो पनि होला स भयङ्कर पाइतालाहरूको गर्जन तछाड मछाड गर्दै भरदिन भररात आफैँलाई कुल्चिएको । कहिले कोमल कोमल पाइतालाको स्पर्शको यादमा होला कसैले प्रत्येक पाइलामा ठेस लाग्ने चाहाना गर्दा ऊ ती कोमल पाउमा सानो गिर्खा नपरोस् कामना गथ्र्यो । प्रकृतिको वात्सल्यलाई गिल्ला गर्दै अहंकारको पुष्पकमा विराजमान मनुक्खे आज कत्रो कष्टदायक घडीमा छ । क्षुद्र विचारको भरिया बनेको ऊ अन्तिम श्वासको घिटघिटोमा के अन्तस चेतनाबाटै अपसोसमा होला ? अदृश्य निर्जीवको हायलकाय छ सर्वत्र कसरी धकेलौँ मृत्युलाई एकपल पछाडि एउटा खोजमा छ बबुरो मनुवा । तर ऊ भाग्दाभाग्दै थाकेको छ थाक्दाथाक्दै भागिरहेछ , भागिरहेछ । फगत एक कायाका लागि एक गाँस काटेरै पनि आयु बढाउन भगिरथ प्रयत्नशीलमा छ ऊ । तर अझै सुकिसकेका छैनन् आशाका त्यान्द्राहरू के आकास ? के पाताल ? मडारिँदो छ क्रुद्ध आँधीको रुप देखिदैछ कालो बादल यत्र तत्र सर्वत्र ओहो ! सायद यस्तै भयंकर प्रलयकै प्रतिक्षामा थियो मनुक्खे । एक थान पेटका लागि मात्र एक थान हिजो ठेगान थिएन आराम विरामको दुई तिहाई काम चैथाई आराम पनि मुश्किल थियो शतप्रतिशत पट्यार लाग्दो छुट्टिमा छ आज मनुक्खे । #महेश फुयाँल एघारौं दिशाको यात्रा: हिजो राति सपनामा म आकासमा तैरिरहेको रहेछु । म नजिकै एक जना मानिस हतार हतार सूर्य प्रकाशझैँ तेज गतिमा उडिरहेको देखेँ । उसको अनुहारमा व्याकुलता झल्कन्थ्यो भने उसका गहिरा गहिरा आँखाले गहनतम खोज अनि दृढता झ्ल्काउँथे । यद्यपि व्याकुल देखिए पनि अनुहारमा एक किसिमको दिप्ति थियो, जाज्वल्यमान आभा थियो वरिपरि । अनि बिल्कुलै नग्न कुनै वस्त्र थिएन शरीरमा । कति निर्दोष अनुहार बालकझैँ, म मन्त्रमुग्ध भएँ कति सुन्दर शरीर कुनै मूर्तिकारले वर्षौ मिहिनेत गरी घन छिनुले छाँटेको झैँ देखिन्थ्यो । अनि सोच्न बाध्य भएँ कि यत्रो विशाल आकास जसको न कुनै छेउछाउ नै देखिन्छ कहाँ जाँदै होला यो मान्छे फेरि यति हतार केका लागि ? मैले उत्साहपूर्वक सोधेँ, “मित्र कहाँ जाँदैछौ यति हतार हतार? सब ठीकठाक त छ ?” उसले अलि अप्ठेरो महसुस गर्यो उत्तर दिन, अलि अन्कनाएजस्तो, अविश्वास गरे झैँ बताउन नचाहेजस्तो अलि शंकालु नजरले उसले मेरा दुई आँखामा अपलक निहार्यो । फेरि उस्को मुहारमा एक कान्ति प्रष्ट झल्कियो । सायद बुझ्यो उस्ले मैले सोध्नकै लागि सोधेको थिइनँ, मात्र औपचारिकता थिएन प्रश्नमा गहिरो मुमुक्षा थियो । झिल्का झिल्का नै सही खरानी मात्र थिएन अँगेनामा, भित्रभित्र ज्वलन्त अङ्गारका झिल्काहरु थिए । श्वास चल्थ्यो सायद धुकधुकी बाँकी थियो अझै, बिल्कुलै ठण्डा भएको थिइनँ, मुटु धड्किदै थियो बन्द भैसकेको थिएन । उसको पारदर्शी नजरसामु जति नै खरानीले ढाके पनि झिल्काहरु लुकिरहन सकेनन् सायद, उसले निर्धक्क हुँदै उत्तर दियो, “म मन्दिर जाँदैछु मित्र ।” “मन्दिर जाँदैछौ ? ” मैले आश्चर्यचकित हुँदै उस्को उत्तर लाई पुन: प्रश्न बनाउँदै भनेँ, “अनि निर्वस्त्र जान्छौ, खै त पूजाको थाली, धुप, दीप ? खै वस्त्र, आभूषण, सजावट, शृंगार ?” उसले भन्यो, “मित्र मन्दिर जाँदा पनि आफूलाई वस्त्र आभूषण ले ढाकेर, आफ्ना कुरुपता ढाक्नलाई सजावट शृंगार गरेर जानू ? फेरि कहाँ छ त्यस्तो ठाउँ जहाँ म आफू हुन सकूँ, आफूलाई पूरा पूरा जस्तो छु त्यस्तै व्यक्त गर्न सकूँ ?” उसको कुराले म झसङ्ग भएँ मेरो आँखा खुले झैँ भयो । उसको प्रतिप्रश्नको कुनै उत्तर थिएन मसँग । मैले फेरि सोधेँ, “अनि खाली हात जान्छौ ? आराध्य देवलाई के चढाउँछौ नि मित्र ?” उसले मतिर हेर्दै भन्यो, ” के छ र यहाँ मेरो आफ्नो जीवन बाहेक मित्र, म मेरो जीवन चढाउँछु । प्रत्यक मुठ्ठी स्वास, मुटुका ढुकढुकिहरु, आशा र अभिलाषाहरु सबै सबै चढाउँछु । म निशब्द भएँ उसका शब्दहरूले, कति बेजोड थिए उसका शब्द, कुनै शास्त्री पण्डितले किताब कण्ठ गरेर भनेका शब्द थिएनन् । उसका शब्दहरु मात्र शब्दहरु थिएनन्, अनुभवको बल थियो शब्दमा । सुन्नेलाई चुनौती थिए उसका शब्दहरू । आज मैले कहिल्यै नसुनेको कल्पनासम्म पनि नगरेका वाणीहरु सुनेको थिएँ । अब म मात्र सुनिरहेको थिइनँ, उसका प्रत्येक शब्दहरु पिउन र उसले जिएझैँ जीउने आतुरता ममा पैदा भैसकेको थियो । म फेरि अर्को प्रश्न सोध्छु उसलाई, “अनि यत्रो आकाशमा कुन दिशा जान्छौ मित्र ? कुनै मार्ग विशेष पनि त देखिदैन ?” उत्तरमा उस्ले भन्यो, “एघारौँ दिशा, जीवन यात्राको कुनै पूर्वनिर्धारित बाटो हुँदैन मित्र, न कुनै राजमार्ग नै छ । बाटो त हिँडेपछि बन्छ जति हिँड्यो त्यति बन्छ। जान्छौ तिमी पनि ?” म झस्किएँ अरु कसैलाई पो भनेको हो कि दृष्टि घुमाएर यताउति हेरेँ । चारैतिर कोही थिएन निस्तब्धता थियो, चकमन्न बिल्कुल सुनसान । म डराएँ हल्का उस्ले भनेको सम्झेँ, “एघारौं दिशा,” “मार्ग त हिँडेपछि बन्छ !” मैले बुझिन कुरा दस दिशा त थाहा थियो मलाई तर एघारौं दिशा ? फेरि जति हिँड्यो त्यति बन्ने बाटो , यस्को मतलब प्रत्येक पाइला अज्ञातमा टेक्नु पर्ने भयो, म तिल्मिलाएँ, ममा भय पनि थियो तर श्रद्धायुक्त। चारैतिर कोही नदेखेपछि मैले मलिन स्वरमा सोधेँ -“को, म ? ” उसले बुझ्यो सायद मेरो भय, असमन्जस्यता । अलि कडा स्वरमा गर्जदै मेरो आखामा आँखा जुधाएर उसले भन्यो, “अँ तिमी, हिम्मत छ ?” उसले यति भन्नु मात्र के थियो उसकाे आँखाबाट बिजुलीको एक लप्का वर्षिएर ममाथि पार्यो । म छाँगाबाट खसेजस्तो भएँ । छिन्नभिन्न भएँ, एकातिर उजाडिएझैँ लाग्थ्यो अर्कोतिर बगैँचा बसाएझैँ लाग्थ्यो । भय पनि थियो उत्सुकता पनि थियो । कुनै रहस्यले छोपेझैँ म शून्यमा हराएझैँ भएँ । कतै मन्द मन्द सुमधुर बाँसुरी बजेझैँ सुनिन्थ्यो । फेरि मैले एकैछिनमा आफूलाई आफ्नै मनको एक कुनामा पाएझैँ लाग्यो । फेरि बिस्तारै बिस्तारै मैले उसलाई देखेँ उसको अधरमा मुस्कान थियो, मप्रति प्रेमको अटुट धारा ऊबाट वर्षिरहेको पाएँ । मेरा ओठहरुले पनि ऊप्रति कृतज्ञता महसुस गर्दै मुस्कुराएँ । अब मैले एघारौं दिशाको मतलब बुझिसकेको थिएँ । अनि पहिलो पहिलो पाइला अज्ञात भूमिहीन भूमिमा राखिसकेको थिएँ। फेरि ऊ देख्दा देख्दै शून्यमा बिलायो, यता म पनि निद्राबाट ब्युँझिएँ। हिजो म सपानाहरु भित्र हराएको थिएँ, सपनाहरु भित्र निसास्सिएको थिएँ। आज मभित्र सपनाहरु अकासिएका छन् । हिजो म विगतलाई सम्झदै रुनेहरुमा थिएँ तर आज म वर्तमानको आँगनीमा भविष्यका सुन्दर सुन्दर गीतहरुमा नाच्नेहरुमा छु । यहाँ मर्नकै लागि बाच्नेहरु छन् बाँच्नकै लागि मर्नेहरु पनि छन् । जसरी दिनको पर्दामा रात र रातको पर्दामा दिन लुकेको छ, के त्यसैगरी जीवनको पर्दामा मृत्यु र मृत्युको पर्दामा जीवन लुकेको छैन ? #सुबास बजगाईं आधा सगरमाथा: विश्वविद्यालयको पहिलो आधावर्षे सत्र समाप्तिको नजिकै थियो । नयाँ ठाउँको नयाँ परिवेशमा खुबै रमाइलो भइरहेको थियो । यदाकदा परिचय हराउनुको सिवाय अन्य केही हराएको थिएन । बेला बेला देश चिनाइरहनु पर्ने र आफ्नो पहिचान स्थापित गरिरहनु पर्ने समस्याको अलावा त्यस्तो खास समस्या केही थिएन । देशको नाम भन्नेबित्तिकै सबैले अनुहारमा दया भाव देखाउँदै ‘आर्मेस् लाण्ड !’ भन्थे । हुँदाहुँदा कोसोभो जस्तो देशबाट शरणार्थीका रुपमा आएका बस चालकले समेत ‘आर्मेस् लाण्ड’ भनेर भन्थे । ‘आर्मेस् लाण्ड’ अर्थात् गरिब देश । सुन्दा मेरो अभिमान एकछिनलाई चकनाचुर हुन्थ्यो । देशमा छँदा कसैले मलाई गरिब भनेन । गरिखाएकै थिएँ । बाहिर आउँदा देशको नामसँग परिचय जोड्नु पर्ने बाध्यता आउँदा सधैँ गरिब भनेरै चिनिएँ । हो, तिनै घडीहरुमा लाग्ने गर्थ्यो देश भनेको देशै हो । हामी जति पर पुगे पनि या व्यक्तिगत रुपमा जति सफल भए पनि जबसम्म देश बन्दैन हामीलाई चिन्नेहरुले ‘आर्मेस् लाण्ड’का नागरिक भनेरै चिन्छन् । तर पनि केही तिक्तताहरुमाझ पनि हाँसेकै थिएँ । कक्षामा राम्रै परिचय बनाएको थिएँ । विश्वविद्यालयको औपचारिक पढाइ सुरु हुनुअघि जर्मन भाषाको दुई हप्ते कक्षामा भाग लिएको थिएँ । त्यसै कक्षाको अन्त-अन्ततिर देशको बारेमा सबैका सामु जर्मन भाषामा प्रस्तुति गर्नुपर्ने बेलामा दौरा सुरुवाल र ढाकाटोपीमा सजिएर जाँदा त खुबै मानमनितो पनि भएको थियो । मसँग फोटो खिचाउन खोज्नेहरुको घुँइचो नै लागेको थियो । त्यसै घुइँचोमा ऊ पनि सामेल थिई । ‘चिली ड्याङ्ग,’ उसले परिचयका लागि हात बढाउँदै आफ्नो नाम भनेकी थिई । ‘भरत भूर्तेल,’ ङिच्च हाँस्दै मैले पनि मेरो परिचय सुनाएको थिएँ । ‘बलत बुल्तेल,’ निकै कसरतपछि मेरो नाम समष्टिमा उच्चारण गरेकी थिई । त्यो पनि ‘र’ भन्नु पर्ने सबै ठाउँमा ‘ल’ उच्चारण गरेकी थिई, अनि ‘भ’का ठाउँमा ‘ब’ले काम चलाएकी थिई । निकै लामो प्रयास गरी सकेकीले मैले थप दुःख नदिने उद्देश्यका साथ उसको उच्चारण सही भएको भनेको थिएँ । बाउआमाले राखेको हुँदा खाँदाको ‘भरत भुर्तेल’ उसका लागि ‘बलत बुल्तेल’ बनेको थियो । त्यति भन्दाभन्दै पनि मुखको हाँसो भने रोकिएन । ‘हामी आउँदा नै विदेशीका लागि नाउँ उच्चारण सहज होस् भनेर अंग्रेजी नामहरु लिन्छौँ । मलाई यही मन पर्यो अनि यही लिएँ,’ उसले आफ्नो नामको बारेमा कथा सुनाएकी थिई । मेरो नामको कथा त सोझो थियो । बाउआमाले त्यही दिए । प्रमाण–पत्रमा त्यही दरियो । बरु उसले बिगारेकी हो । र, पनि मैले केही नभनी स्वीकारेँ । ‘हाम्रो भाषामा तिम्रो देशलाई निःबो अर् भन्छ,’ मैले ‘नेपाल, नेपाल’ भन्दा नचिने पछि तिब्बतको मुनिको देश भनेर चिनाएको थिएँ । प्रविधिको जमाना छ, मोबाइलमा देशको नक्शै देखाउन पनि के गाह्रो भयो र ! त्यति गर्दा उसले मलाई मेरो देशको चाइनिज नाम सिकाएकी थिई । निःबोअर् मलाई कताकता नेवार नेवार भनेको जस्तै लाग्यो । नेवार बस्ने ठाउँ भएकोले निबोअर पो भनेको हो कि जस्तो पनि मानेँ । ‘हामी हरेक विदेशी शब्दका लागि चाइनिज संस्करण खोज्छौँ ,’ उसले सफाइ दिँदै भनेकी थिई । उसले यसो भनिरहँदा मलाई हाम्रो देशका नयाँ पिँढीको सोचप्रति माया लाग्यो । बूढो पुस्ताले बोलेको अंग्रेजीको खिसी गर्नेदेखि लिएर भाषामा सकेसम्म अंग्रेजी मिसाउनुलाई नयाँ पिँढीले सामान्य मान्थ्यो । त्यो विकसित र सभ्य हुनुको परिचयजस्तै ठान्थ्यो । छेउमै त्यत्रो विशाल अर्थतन्त्र भएको देशमा भने हुँदाखाँदाको देशको नाम समेत स्थानीयकरण गरिन्थ्यो । त्यो त जर्मनीमा पनि अंग्रेजी भाषाको मनग्गे प्रभावका बाबजुद थुप्रै अंग्रेजी शब्दको जर्मन संस्करणहरु प्रयोगमा ल्याइन्थ्यो । सबैभन्दा प्रचलित र उल्था नगरिएको कम्प्युटरका लागि रेस्नर भन्ने शब्द प्रयोग गरिन्थ्यो । रेस्नरको अर्थ गणक या हिसाब गर्ने भन्ने हुन्छ । क्याल्कुलेटरलाई टासेन रेस्नर भनिथ्यो । हाम्रा देशमा दुवैको उल्था छैन । एउटा हो कि हो कि भन्ने जस्तो सुशांख्य जटिलताका कारण सामान्य ज्ञानको किताब घोक्नेबाहेक कसैलाई थाहा छैन । नभएका शब्द जन्माउन संस्कृतको साहारा लिनपर्ने भएकाले पनि नेपालीकृत शब्दहरु अलोकप्रिय भएका होलान् । नत्र दैनिक बोलीचालीका भाषाको शब्द टिपेका भए विदेशी शब्दको स्थानीयकरण सजिलो हुन्थ्यो कि ? ‘काठमाडौँलाई के भन्छ ?’ मनका तर्कना पञ्छ्याउँदै अलि रमाइलै होस् भन्नका लागि मैले थप प्रश्न सोधी हेरेँ । [bs-quote quote=”हुन त मेरो संसार नै कत्ति नै पो ठूलो थियो र ! उही पूर्व र पश्चिमको विभेद, हिमाल–पहाड–तराईको भौगोलिक भिन्नता, उपत्यका र उपत्यका बाहिरको विभेद, जातभातको विभेदमा अल्झेकाहरु माझको बसाइ न थियो !” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] ‘ज्यादमान्दु,’ उसले हौसिँदै काठमाडौँको चिनियाँ संस्करण सुनाई । आफ्नै देशको र राजधानीको नाम पनि फरक ठाउँमा फरक हुन सक्ला भन्ने मैले कल्पना गरेको थिइनँ । हुन त मेरो संसार नै कत्ति नै पो ठूलो थियो र ! उही पूर्व र पश्चिमको विभेद, हिमाल–पहाड–तराईको भौगोलिक भिन्नता, उपत्यका र उपत्यका बाहिरको विभेद, जातभातको विभेदमा अल्झेकाहरु माझको बसाइ न थियो ! चिलीलाई भेटेपछि मेरो देश प्रतिको माया झन्झन् बढेर आयो । उसले हरेक कुरामा देशको बारेमा सकारात्मक कुरा मात्रै गर्थी । देश र देशका शासकका बारेमा उसले कहिल्यै नराम्रो कुरा गरिन । ‘म पनि चिनीयाँ कम्युनिष्ट पार्टीको सदस्य हुँ । आस्थाले होइन, पछि काम पाउन सजिलो हुन्छ भनेर सदस्यता लिएकी हुँ,’ उसले आफ्नो राजनीतिक आस्थाका बारेमा सोध्दा जवाफ दिएकी थिई । छिमेकी देशकी हुनाले ममा पनि उसप्रति अलि आत्मियता जाग्यो । देशमा दक्षिणी छिमेकी प्रतिको भावना उति राम्रो छैन । विदेशमा त्यत्तिकै त थिएन र पनि सकेसम्म दक्षिणी भन्दा उत्तरी छिमेकीको संगतमै म बढी लहसिएँ । उसले त्यो दिन हामी दुवैको फोटो आफ्नो फोनमा कैद गरी । त्यही बहाना थियो मैले उसालाई फेसबुकमा फोटो पठाउन अनुरोध गरिहालेँ । ‘हाम्रोमा फेसबुक प्रतिबन्धित छ, वीच्याट चलाउँछौँ हामी त !’ उसले फेसबुक नभएको कुरा सुन्दा अचम्म लाग्यो । विकासमा हामीभन्दा उति अगाडि भएको देशको मान्छेको फेसबुक खाता नहुनु मेरो लागि अचम्मको कुरा थियो । त्यतिबेलासम्म मैले सम्पन्नता र विकासको परिचायक फेसबुक खातालाई पनि मानेको थिएँ । मैले आफ्नै खाता खोलेको दुई तीन वर्ष भएको थियो । ‘इमेल ? इमेल गर्दा पनि हुन्छ । इमेल त चलाउलान् नि तिम्रामा ?’ मैले खिसी गरेझैँ गरेर उसलाई सोधेँ । ‘हाहाहा… त्यो त चलाउँछन्, वीच्याटकै इमेल पनि हुन्छ,’ उसले जवाफ फर्काई । चिली ड्याङ्ग आधा वर्षे सत्रका लागि जर्मनी आएकी थिई । प्रत्येक आधा वर्षे सत्रमा ऊजस्ता थुप्रै चिनियाँहरु जर्मनी आएर पढ्दा रहेछन् । जर्मनीका अन्य विश्वविद्यालयहरुमा जस्तै हाम्रो विश्वविद्यालयले पनि विदेशी छात्रछात्राहरु सट्टाबट्टा गर्दोरहेछ । जर्मनीबाट चाइना जाने पनि उत्तिकै हुँदा रहेछन् । यो सब देखेर त मनमा नेपाली विश्वविद्यालयहरुसँग पनि यस्तै समन्यवय गर्न पाए त यिनले पनि नेपाल देख्दा हुन्, नेपालका विद्यार्थीहरुले पनि जर्मनी पढ्ने अवसर पाउँदा हुन् भन्ने भयो । फेरि यहाँको पढाइ आधा वर्षे सत्रहरुमा हुने नेपालको पढाइ एक वर्षे सत्रमा हुने हुँदा गाह्रो पो होला कि झैँ पनि लाग्यो । तर चाह्यो भने त शैक्षिक सत्र नै पनि आधा वर्षे बनाउन त किन सकिँदैनथ्यो ! देशको त्यत्रो राजनीतिक परिवर्तन भइसक्दा पनि शिक्षा क्षेत्रमा विश्वमा चलिआएको जस्तो व्यवस्था ल्याउँदा शैक्षिक अदलाबदलीका कार्यक्रमहरु पनि सहज हुने । [bs-quote quote=”विदेशमा छँदा यस्तै हो । जे राम्रो देख्यो, त्यो देशमा पनि भएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्दो रहेछ । यहाँका दुईतिर रुख भएका सडक देख्दा हाम्रा देशको दुईतिर तारका खम्बा र जालोहरुलाई यिनै हरिया रुख र तिनका पातले विस्थापित गर्न मन लाग्छ । यहाँको जस्तै फोहरमैलालाई कुहिने र नकुहिने मात्रै होइन, प्लास्टिक, जैविक, कागज, विद्युतीय औजार, लगायतको फरक-फरक वर्गमा छुट्याएर फोहरबाटै पैसो कमाउने योजना लागू गर्न मन लाग्छ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] विदेशमा छँदा यस्तै हो । जे राम्रो देख्यो, त्यो देशमा पनि भएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्दो रहेछ । यहाँका दुईतिर रुख भएका सडक देख्दा हाम्रा देशको दुईतिर तारका खम्बा र जालोहरुलाई यिनै हरिया रुख र तिनका पातले विस्थापित गर्न मन लाग्छ । यहाँको जस्तै फोहरमैलालाई कुहिने र नकुहिने मात्रै होइन, प्लास्टिक, जैविक, कागज, विद्युतीय औजार, लगायतको फरक-फरक वर्गमा छुट्याएर फोहरबाटै पैसो कमाउने योजना लागू गर्न मन लाग्छ । अत्याधुनिक राजनीतिरहित विश्वविद्यालयका कक्षाहरु देशमा पनि होऊन् भन्ने लाग्छ । यहाँका गाउँघरका छानामा सोलार पाताले छाएजस्तै र खेत–खेतमा वायुमिल चलाएजस्तै नेपालमा पनि वैकल्पिक ऊर्जा श्रोतबाट देश उज्यालो बनाउन मन लाग्छ तर मन मात्रै लागेर नहुने ! चिली ड्याङ्गसँग पछिल्ला दिनमा पनि भेटहरु हुँदै गरे । जर्मन भाषाको कक्षाहरुमा त भेट हुन्थे नै, त्यसका अलाबा मेरा केही कक्षाहरुमा पनि ऊ उपस्थित हुन्थी । प्रायः चिनियाँ साथीहरुकै झुण्डमा बस्ने ऊ कहिलेकाहीँ भने मेरो छेउमा समेत बस्न आइपुग्थी । नभए म सधैँ एक्लो हुन्थेँ । सधैँ पहिलो बेन्चमा बस्ने भएकाले कक्षा कोठा नभरिँदाको अवस्थामा म एक्लै हुन्थेँ । कक्षा कोठा भरिएका बेला भने सबैभन्दा पछि कहीँ कतै विकल्प नपाएकाहरु र ढिला आएकाहरु मेरो साथी बन्न आइपुग्थे । चिली अन्य बेलामा पनि आइरहन्थी । आधा बाँडिएको सगरमाथाको नक्सा सन्धि गरिएको छाप सन्धिमा राजा महेन्द्र र चिनियाँ पक्षको हस्ताक्षर पछिल्लो बेच्नमा नबस्नुको पनि कथा छ । पछिल्लो बेन्चमा बस्ता कक्षाकोठाका सबैतिर ध्यान जाँदो रहेछ । कसले के गरिरहेको छ भन्ने चासोका कारण पढाउनेले के भनिरहेको छ भन्ने कुरामा कमै ध्यान जाँदोरहेछ । त्यसको अलाबा पहिलो बेन्चमा बस्दा न प्राध्यापकले केही भनी पो हाल्छन् कि भन्ने डरैले मात्रै पनि ध्यान दिन या ध्यान दिएजस्तै गर्न मन लाग्ने हुँदोरहेछ । त्यसैले मैले निकै पट्यार लाग्ने विषयहरुमा बाहेक अन्य विषयहरुमा सधैँ पहिलो बेन्चमै बसेँ । चिली बरु अलि अप्ठेरो मान्थी । ‘हामी चिनीयाँहरु अलि बढी नै लजालु हुन्छौँ, त्यसैले होला मलाई पहिलो बेन्चमा बस्न खासै मन लाग्दैन,’ ऊ पहिलो बेन्चमा सधैँ नआउनुको कारण भन्थी । ‘पछिल्लो बेन्चमा बस्यो भने म पढ्नै सक्दिनँ, अरुलाई हेरेरै समय कट्छ,’ म मेरो अघिल्लो बेन्चमा बस्ने कारण सुनाउँथे । ‘बाठा छौ है !’ ऊ मुस्कुराएर मलाई फुर्क्याउँथी । ‘तिमीलाई नेपाली खाना खुवाउँछु, आज फुर्सत छ ?’ हामी अलि निकै झ्याम्मिइसकेपछि मैले उसलाई खानाको निम्ता दिएको थिएँ । उसले सहर्ष स्वीकार्दै मेरोमा खाना आउने जानकारी दिई । ‘किन नआउनु ? खानको लागि त म जता पनि आउँछु,’ उसले हाँसो गर्दै भनेकी थिई । बोलाई त हालेँ तर के खुवाउनु के खुवाउनु भयो । भात त खुवाउने तर भातसँग के खुवाउने भन्ने भयो । अनि यसो जुक्ति निकालेँ । सामान्य दाल भात खुवाउँदा उसले भारतीय खाना भन्ली भनेर मैले पश्चिमको चोतोपल्यो खुवाउने निधो गरेँ । मुलाका गाना टर्किसका पसलमा जत्ति पनि पाइन्थे । तिनैलाई थिचेर भुट्यो अनि पीठो र बेसार पानीमा घोलेर बनाएको घोललाई हालेर उमाल्यो, गज्जब मीठो हुन्थ्यो । नुन, मसाला र खुर्सानी ठिक्क परेको बेलामा चौपट्टै मीठो हुन्थ्यो । अँ पाकी सक्दा चुक पनि हाल्नु पर्थ्यो । आउँदा ल्याएको गुन्द्रुक भिजाएर आलुसँग पछि फ्राई गरिँदिँदा पनि राम्रै तरकारी बन्थ्यो । त्यसमाथि दुई गेडा टमाटरलाई हल्का उमालेर नुन, चुक, खुर्सानी र हल्का मुम्फलीका दाना हालेर मिक्सरमा घोल्यो भने गज्जबको चट्नी तयार हुन्थ्यो । ‘ओ हो, यस्तो मीठो खाना मैले कहिल्यै खाएको थिएन,’ उसले खाना खाइसकेर प्रशंसाका पुल बाँध्दै भनेकी थिई । मैले खाँदा हरेकमा केही न केही कमी त महसुस हुँदै थियो तर उसले खाना स्वादिलो भएको घोषणा गरेपछि भने ढुक्कैले मीठै त भएछ भन्ने भयो । ‘पख म पनि तिम्लाई एकदिन खान बोलाउँछु,’ उसले मैले ख्वाएको तिरो तिर्नकै निम्ति भए पनि बोलाउने भई । ‘कैले बोलाउँछु भन्ने मलाई नै थाहा छैन, अलि कुर्नु पर्छ है ?’ चिली ड्याङ्ग चीनको एक सन्तान नीतिको उत्पादन थिई । बाबुआमाको एक्ली छोरी भएकाले उसलाई खर्चको कुनै समस्या हुँदैन थियो । बाबुको क्रेडिट कार्ड बोकेर ऊ बेलाबेला युरोपका विभिन्न देशहरुमा डुलिरहन्थी । कहिलेकाहीँ त उसको जीवन देखेर ईर्ष्या पनि लाग्थ्यो । ‘तिमी त अब लामै बस्छौ, जहिले गए पनि भैगो नि !’ ऊ मलाई सान्त्वना दिँदै भन्थी । म भने उसको जस्तै घुम्न पाए हुन्थ्यो भनेर कल्पिरहन्थेँ । [bs-quote quote=”नेपालका बारेमा जर्मन भाषाको कक्षामा जहिले जहिले नेपालका पर्यटकीय गन्तव्यका फोटोहरु गुगलबाट साभार गरेर देखाएँ, त्यहिले त्यहिले मलाई मैले आफ्नो देशका ती सुन्दर ठाउँहरुमा जान नपाएको मा ग्लानि महसुस भयो । दशौँ हजार परको युरोप यात्रा गर्ने आँट र साहस भएको मेरा लागि झापा र महेन्द्रनगरको करिब ११ सय चानचुन किलोमिटरको दुरी पनि निकै ठूलो बन्यो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] हुँदो के रहेछ भने कुनै ठाउँमा लामो बस्यो भने त्यो ठाउँको वरपर पछि पनि घुमिन्छ भनेर नघुमिँदो रहेछ । नजिकको तीर्थ हेला भन्छन् नि, त्यस्तै हुँदोरहेछ । पछि कुनै दिन जाउँला नि भनेर टाढाकै ठाउँको सुर्ता मात्रै लिइँदोरहेछ । नेपालका बारेमा जर्मन भाषाको कक्षामा जहिले जहिले नेपालका पर्यटकीय गन्तव्यका फोटोहरु गुगलबाट साभार गरेर देखाएँ, त्यहिले त्यहिले मलाई मैले आफ्नो देशका ती सुन्दर ठाउँहरुमा जान नपाएको मा ग्लानि महसुस भयो । दशौँ हजार परको युरोप यात्रा गर्ने आँट र साहस भएको मेरा लागि झापा र महेन्द्रनगरको करिब ११ सय चानचुन किलोमिटरको दुरी पनि निकै ठूलो बन्यो । ‘औसतमा १५० किलोमिटर चौडा मेरो देशमा हिमाल, पहाड र तराई सबै किसिमका भूबनोट छ । दक्षिणबाट उत्तर तर्फको डेढ सय किलोमिटरको आकासे दुरी पार गर्दा ती सबै भूबनोट देखिन्छन्,’ विदेशीहरुलाई भने म सगौरव सुनाउँथे । आफैँ भने धनगढीबाट गोदावरीसम्म पुगेको थिएँ । अनि जर्मनीका लागि प्रक्रिया थाल्न काठमाडौँसम्म पुगेको थिएँ । त्यसबाहेक एक पटक क्याम्पसको भ्रमणका क्रममा पोखरासम्म पुगेको थिएँ । देश दर्शनका नाममा त्यत्ति हो । ‘पख न देश फर्कन त पाउँ, पचहत्तरै जिल्ला टेकेर आउँछु,’ मुस्किल छ भनेर जाँन्दाजान्दै मनमनै प्रण गर्थेँ । असम्भव त म भन्दैन किनभने पूर्व पश्चिम राजमार्ग गर्दै तराईका २२ जिल्ला त त्यसै छोइन्छन् । पहाडी जिल्ला पनि जाउँ भने मोटरसाइकलमा आँट्यो भने धेरैसम्म सकिन्छन् । ‘तिमीलाई खानाका लागि बोलाउने भनेको त्यसै भयो । माफ गर ल ! बरु यो शुक्रबार तिमी फुर्सदिला छौ भने एउटा निम्ता छ,’ उसले एक दिन विश्वविद्यालयमा भेट हुँदा भनी । आधा वर्षे शैक्षिक सत्र त हो ! बितेको के पत्तो हुन्थ्यो ? त्यो पनि जीवनमा यति धेरै कुराहरु एकसाथ भइरहेका थिए कि कहिले बित्यो पत्तै भएन । उसको पनि चीन फर्कने बेला हुन लागिसकेको थियो । म पनि परीक्षाको तयारीका लागि जुटेको थिएँ । अरु कोही भएको भए सायद म निम्ता स्वीकार्थिन हुँलाः चिली ड्याङ्गले बोलाएकी थिई । सहर्ष स्वीकार गरेँ । काम गर्ने ठाउँमा पनि अबेरसम्म कक्षा हुने भएकाले ढिलो आउने खबर गरेँ । काम त्यही त हो, दक्षिणी मित्रराष्ट्रको एक जनाको होटेलमा भाँडा धस्काउने थियो । ‘जर्मन भाषा आउँछ ?’ काम खोज्दै जाँदा उसले नेपाली भन्ने बित्तिकै अलि दयाभावका साथ सोधेको थियो । ‘त्यसो भए भान्सामा भाँडामाझ्ने काम मात्रै मिल्छ होला । हुन्छ ?’ उसले दया देखाउँदै विकल्प दिएको थियो । भाँडा माझ्ने काम किन नहुनु । जत्ति पनि हुन्थ्यो । दिनानुदिन युरो सकिँदै गइरहेको बेलामा खाना खाँदा समेत एक युरो बराबर सय रुपैयाँ भनेर हिसाब लाउँथे । हुन त अलि बढी नै हुन्थ्यो तर सयले गुणन गर्न सजिलो हुने भएकोले सयकै हिसाब चल्थ्यो । त्यसैले हिसाब धेरै बिग्रिनुअघि नै मस्काउने चम्काउने धन्दामा लागेको थिएँ । शुक्रबारका दिन कामको चाप अलि बढी नै हुन्थ्यो तर भाँडा मस्काउनेका लागि अलि ढिलो जाँदा समस्या पर्दैनथ्यो । आखिर होटेलका भाँडा आउने भनेको खाइसकेपछि हो । खाना खाने नै ६ बजे भन्दा अघि आउँदैनथे । त्यसैले साहुले पनि सकेसम्म चाँडो गर्नु भनेर मञ्जुरी जनायो । चीनबाट एक अर्धवार्षिक सत्रका लागि जर्मनी आएका चिनियाँ विद्यार्थीहरुले चिनियाँ साँझको आयोजना गरेका थिए । चिनियाँ नाचगान र प्रस्तुतिहरुका साथसाथै चिनियाँ परिकारहरु पनि राखिएको थियो । त्यसैमा उसले आफूले गरेको बाचा राख्नका लागि निम्ता गरेकी थिई । कार्यक्रममा चीनमा पढ्नका लागि गएका जर्मन विद्यार्थीहरुले समेत प्रस्तुतिहरु राखेका थिए । अरु धेरै कुरा याद नभए पनि उनीहरुले भनेको एउटा कुरा भने याद भयो, चीनमा जाँदा कण्डम बोकेर जानु पर्छ । उनीहरुले चीन जाने सुटकेसमा केके हाल्ने भन्दा कण्डम पनि सूचीमा राखेका थिए । शब्द देख्दै हेर्नेहरुको खित्का छुटेको थियो । पछि बुझ्दा त्यो अलि गहिरै मजाक थियो । चिनियाँ सामानको टिकाउपना माथि सधैँ प्रश्न खडा गर्ने गरिन्छ । त्यसैले जर्मनहरुले स्वदेशी कण्डम नै बोकेर जाने सल्लाह दिएका थिए । चिनियाँ प्रयोग गर्दा समस्यामा पार्न सक्छ भन्नेतर्फ संकेत गरेका हुनाले पनि हाँसो निकैबेर लम्बिएको थियो । [bs-quote quote=”प्रस्तोताले संसारको सर्वोच्च शिखर पनि चाइनामै रहेको भनेर बताउँदा बल्ल म निद्राबाट बिउँझिएको जस्तो भएँ । आफैँलाई होइन होला भन्दै मैले फेरि उसले देखाएको चित्रतर्फ नजर डुलाएँ । हैन भनेको त सगरमाथालाई नै हो । एकछिन त उठेर होइन भनौँ लागेको थियो । त्यत्रो भिड माझको एक्लो नेपाली भएकाले पनि बोलिहाल्ने आँट चाहिँ आएन । त्यसैले मनमनै भुट्भुटिँदै बसिरहेँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] सबै ठीकै चलिरहेको थियो । कार्यक्रमको अन्तिममा चीनका बारेमा चिनियाँका तर्फबाट प्रस्तुतिको पालो आयो । चिनियाँहरुको सदाचारबाट सुरु भएर चीनको भूगोलसम्म कुरा पुग्यो । संसारकै पुरानो सभ्यताका रुपमा आफ्नो सभ्यतालाई चिनाउन चाहने चिनियाँहरु आफूलाई संसारकै केन्द्र मान्दारहेछन् । त्यसैले चीनको चिनियाँ भाषाको नाम च्वङ्गो रहेछ । प्रस्तोता चीनका बारेमा अन्य थुप्रै जानकारी दिइरहेका थिए । पट्यारजस्तै पनि लागिरहेको थियो अनि भोक पनि लागिरहेको थियो । प्रस्तुतिको पुछारतिर प्रस्तोताले संसारको सर्वोच्च शिखर पनि चाइनामै रहेको भनेर बताउँदा बल्ल म निद्राबाट बिउँझिएको जस्तो भएँ । आफैँलाई होइन होला भन्दै मैले फेरि उसले देखाएको चित्रतर्फ नजर डुलाएँ । हैन भनेको त सगरमाथालाई नै हो । एकछिन त उठेर होइन भनौँ लागेको थियो । त्यत्रो भिड माझको एक्लो नेपाली भएकाले पनि बोलिहाल्ने आँट चाहिँ आएन । त्यसैले मनमनै भुट्भुटिँदै बसिरहेँ । खाना खाने बेलामा चिली ड्याङ्ग पनि बाँड्नेहरुसँगै उभिएकी थिई । मलाई देख्नेबित्तिकै अलि बढी झुकेर अभिवादन र स्वागत गरी । ‘नि हाऊ !’ उसले चिनियाँ भाषामा अभिवादन गर्दा मलाई आज किन हो किन कर्कश सुनिन थाल्यो । ढाडे बिरालोले म्याउ गरेको जस्तो लाग्यो । सधैँ सुन्दर लाग्ने व्यक्ति एकाएक रिस उठ्दो लाग्यो । मेरो देशको गौरव चोरेकोमा ऊसित साह्रै रिस उठ्यो । सधैँ मेरो शीरको टोपी बनाएर राखेको सगरमाथामा आज एकाएक उसले र उसका साथीहरुले हमला गरेकी थिई । देशभक्तिको भावलाई एकछिनलाई पाखा लाएर पेटभक्तिमा लागेँ । भिडभाड हुनाले त्यो दिन खासै केही कुरा गर्न भ्याइएन तर मनमा भने गाँठो परि नै रह्यो । त्यै गाँठो फुकाउन एक जनासँगै उभिएर खाइरहेको चिनियाँलाई भनी थाहा गरेँ । ‘त्यो प्रस्तुतिमा अन्तिममा गल्ती भएको थियो, सगरमाथा नेपालमा छ । चीनमा होइन,’ मैले उसलाई चिनिया साँझका बारेमा प्रतिकृया दिने क्रममा सुरुमा प्रशंसा गर्दै अन्तिममा लगेर मेरो असन्तोष पोखेको थिएँ । पूरै दाँत देखाएर निश्चित अन्तरालमा टाउको ढिकिच्याउँ जस्तो झुकाउँदै गरिरहेको उसको मुहारको हाँसो मेरा अन्तिम कुराले उडाएको थियो । ‘साम्राज्यवाद मुर्दावाद! कमरेड माओ जिन्दाबाद !’ भन्ने नारा गाउने मुलुकका मान्छेले नै मेरो देशको सिमानामा गिद्दे नजर लाउलान् भन्ने सोचेकै थिएन । ‘हैन, त्यो त चीनमा छ,’ उसले जबर्जस्तीको हाँसो मुहारमा थोपर्दै मेरो जवाफ दियो । मैले पनि प्रविधिको फाइदा उठाउँदै एक हातमा कागजे प्लेट बोकेर अर्को हातको मोबाइलमा सगरमाथाको नक्सा उघारेँ । ‘देख्यौ नेपालमा छ, सानैदेखि त्यही पढिआएको आज एकाएक चीनमा पुर्याइदिएर !’ सिमानाको सगरमाथा देखाउँदै मैले उसलाई भनेँ । उसको पाहुना बनेर उसैको खाना खाइरहेको बेलामा अझ बढी अभद्र हुन मेरो नैतिकताले दिँदैन थियो । त्यसैले तिनै शब्दमा आफ्ना सारा रिस समेटेर व्यक्त गरेँ । ‘सिमानामा छ, नेपालभित्र त छैन!’ उसले नक्साको मेरो बुझाइलाई पनि चुनौती दिँदै भन्यो। मैले फेरि नक्सा हेरेँ । सिमानामै थियो । मलाई त्यो दिन गुगलदेखि रिस उठ्यो । मेरो देशको गौरव सिमानामा सारिदिनुमा पक्कै पनि कुनै ठूलो षडयन्त्र छ भन्ने निर्क्योल निकालेँ । कञ्चनपुरको महाकाली पारिको सिमाना पनि महाकाली वारि देखाएको जस्तै भएको हुनुपर्छ भन्ने भयो । भारतीय विस्तारवादी नीतिका कारण भारतीय सीमामा फेरबदल आएको भन्ने लाग्थ्यो । उत्तरको सीमामा पनि त्यस्तो समस्या छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । चिली ड्याङ्गले नबोलाउँदी हो त म त्यो दिन पनि थाहा पाउँथिनँ । स्वाद नमानी-नमानी पनि खाना सकेँ । चिनियाँ पोशाकमा सजिएकी चिलीलाई अन्तिममा भेटेर बिदा मागेर काममा गएँ । किनकिन ऊप्रति सदाझैँ आत्मिय बन्न सकिनँ । अलिअलि मनमा ग्लानि पनि भयो । आखिर सगरमाथा चोरेको कुरालाई म सहजतापूर्वक कसरी लिन सक्दो हुँ ? सगरमाथामा हमला भएकै भए पनि काम त गर्नु पर्थ्यो । त्यसैले मस्काउने र धस्काउने काममा आधा मन लाएरै भए पनि सक्काएँ । घर आउँदासम्म मानसिक र शारीरिक दुवै तरिकाले थाकेको थिएँ । ओछ्यानमा उत्तानो परेर सुत्दा भने मलाई फेरि उही साँझकै घटना सम्झना भयो । चिली ड्याङ्गले मबाट मेरो सगरमाथा खोसेकी थिई । वर्षौं मेरो भनी पढेको चुचुरो उसले आफ्नो नाममा गराएकी थिई । मन त्यसै किन मान्थ्यो ? त्यसैले ल्यापटप उघारेर फेरि नक्सा हेर्न थालेँ । ल्यापटपमा नक्सा मोबाइलमा देखिने नक्सा भन्दा फरक देखिएन । सगरमाथा सिमानामै थियो । चुचुरोको बीचबाट नेपाल-चीन सीमा छुट्याउने रेखा कोरिएको थियो । ‘सगरमाथा हाम्रो हो तर यी चिनियाँहरु आफ्नो भन्छन्,’ मैले एक दिन भान्सामा सँगै खाना पकाउन आएकी नोएमीसँग गुनासो पोखेको थिएँ । ‘कहाँ पर्छ र सगरमाथा?’ उसले प्रतिप्रश्न गरेकी थिई । ‘नेपालको उत्तरी सिमानामा पर्छ,’ मैले जवाफ फर्काएको थिएँ । ‘सिमानामा पर्ने त साझा हुन्छ होला, हाम्रो दक्षिणको बोडेन जे जस्तै,’ उसले मेरो पक्ष लिएको जस्तै गरी भनेको थिई । ‘तर सगरमाथा त हाम्रो हो, मैले सानोदेखि किताबमा पनि त्यही पढेँ । आजसम्म कसैसँग नबाँडेको सगरमाथा कसरी साझा हुन्छ ?’ म केही भाभुक बनेको थिएँ । जर्मनहरुका अघि व्यक्तिगत भावना राख्नु उति उचित मानिँदैन । न त उनीहरु नै सार्वजनिक ठाउँमा भावावेशमा आउने गर्छन् । सकेसम्म आफ्ना भावना गोप्य राख्न रुचाउँछन् । सार्वजनिक परिवेशमा उनीहरु भावना प्रकट गर्नु व्यक्तिगत गोपनीयता विरुद्धको कदम ठान्छन् । उसले मेरो भावुक प्रश्नको उत्तर दिइनँ । बरु केही नबोली त्यहाँबाट उम्किइ । बोडन जे भन्ने ठाउँमा त म पनि बेलाबेला गएकै हुँ। कन्स्टान्च ताल भनेर पनि चिनिने सो ताल जर्मनीको दक्षिणी सिमानामा पर्थ्यो। ताललाई जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डको साझा मानिन्थ्यो । तालको किनारै किनार दौडँदा यी तीनै देशको सिमाना टेकिन्थ्यो । सोही तर्कअनुसार नोएमीले सगरमाथालाई साझा बनाएकी थिई । म भने सगरमाथा बाँड्ने कल्पनासम्म गर्न सक्तिनथेँ । [bs-quote quote=”सम्झौतासँगै नेपाल चीन बीचका सीमासम्बन्धी सबै विवादको अन्त्य भएको भनेर नेपाल–चीन सम्बन्धको कोशेढुङ्गा भन्ने शीर्षकमा सम्झौता सहितको लेख नै लेखिएको रहेछ । सम्झौताको पुछारमा नेपालका राष्ट्रवादी छवि बनाएका राजा महेन्द्रको नाम थियो । त्यो सन्देश पढ्दा मलाई चिली ड्याङ्ग एकाएक नराम्री लागेको थियो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] ‘तिम्रो देशको राजा र हाम्रो देशको प्रधानमन्त्री ली साओछी बीचमा भएको सम्झौतामा सगरमाथा बाँडिएको हो,’ चिली ड्याङ्गले मेरो आपत्तिको जवाफमा भनी । उसका साथीहरुले सगरमाथा माथिको धावा नबोलेसम्म मलाई ऊ साह्रै मिजासिली लाग्थी । ऊसँगको सम्बन्ध नबिग्रियोस् भनेरै मैले निकै जतनसाथ आफ्नो आपत्ति उसलाई सुनाएको थिएँ । मैले सगरमाथा बाँडेको कुरा नपढेको जस्तै उसले पनि सगरमाथा बाँडेको कुरा पढेकी रहिनछ । तर झट्टै निचोडमा पुगेर प्रतिवाद गर्नुको साटो उसले सन् १९६१ अक्टोबर २० को पेकिङ्ग रिभ्युको ४२ औँ अंकको विद्युतीय कापीसहित मलाई सन्देश पठाएकी थिई । राजा रानीको १८ दिने चीन भ्रमणका बेला सो सम्झौता गरिएको रहेछ । सम्झौतासँगै नेपाल चीन बीचका सीमासम्बन्धी सबै विवादको अन्त्य भएको भनेर नेपाल–चीन सम्बन्धको कोशेढुङ्गा भन्ने शीर्षकमा सम्झौता सहितको लेख नै लेखिएको रहेछ । सम्झौताको पुछारमा नेपालका राष्ट्रवादी छवि बनाएका राजा महेन्द्रको नाम थियो । त्यो सन्देश पढ्दा मलाई चिली ड्याङ्ग एकाएक नराम्री लागेको थियो । चिली ड्याङ्गको त्यो सन्देश पढेर मेरो छटपटी निकै बढ्यो । मैले पनि सकेसम्मका स्रोतहरु जुटाउँदै नेपालको दाबी कायम गर्ने प्रयास गरेँ । एरिक हायरको ‘द प्राग्म्याटिक ड्रयागनः चाइनाज् ग्रयाण्ड स्ट्रयाटेजी एण्ड बाउण्डेरी सेटलमेन्टस्’ नामको पुस्तकमा पनि चिली ड्याङ्गले पठाएकै जस्तो कुरा लेखिएको पाउँदा मन झनै खल्लो भयो । बिपीको चाइना भ्रमणकै क्रममा माओले सगरमाथा बाँड्ने प्रस्ताव राख्दा सगरमाथा देशको लागि एकदमै संवेदनशील कुरा भएको भन्दै बिपीले पन्साए । पछि महेन्द्रले बिपीलाई अपदस्त गर्दै पञ्चायती व्यवस्था थालेपछि गरेको चीन भ्रमणका क्रममा बिपीसँगै आग्रह महेन्द्रसँग पनि गरिएछ । भारतीय दबाबको पूर्वाभासका कारण अन्तिम समय सम्झौताबाट बच्न खोजेका महेन्द्रले अन्तिममा गएर अक्टोबर ५, सन् १९६१ मा सम्झौतामा हस्ताक्षर गरेछन् । फरक फरक अनुमानहरु गरिए पनि नेपालले विवादित भूमिको ३०० वर्गमिल प्राप्त गर्यो भने चीनले ५६ वर्गमिल प्राप्त गर्यो । सगरमाथा भने माओले सुझाएअनुरुप दुई देशका बीच बाँडियो । २१ जनवरी, सन् १९६३ मा बेजिङ्गमा गएर अन्तिम सन्धि नियममा हस्ताक्षर गरियो तर पनि सगरमाथाका हकमा नेपालले अलि ढाकछोपको नीति नै लिइरह्यो । हङकङबाट नेपाल आउँदै गरेका तात्कालीन परराष्ट्रमन्त्रीले सगरमाथा सम्पूर्ण रुपमा नेपालको हो भनेर सार्वजनिक रुपमै भने । चीन सधैँ नेपालको हित चिताउँछ भन्ने सोच्थेँ । सगरमाथा खोसेको पढ्नेबित्तिकै मन नै कुँडियो । चीनले सगरमाथा खोसेर बनाएको घाउमा मलम लाउनलाई नै नेपाललाई सडक निर्माणका लागि आर्थिक सहयोग गर्यो । केरुङ क्षेत्रको रसुवागढी हुँदैको बाटो र कोदारी हुँदै कुती तर्फको बाटोको प्रस्तावमा राजा महेन्द्रले चिनियाँ पक्षलाई गाह्रो होस् भन्नको लागि कठिन भू–बनोट भएको कोदारी हुँदै कुती तर्फको बाटो रोजेछन् । चिनियाँले त्यो अप्ठ्यारो बाटो पनि बनाइछाड्यो । भारतमा खैलाबैला भयो । नेहरुले समेत सामान्य असन्तुष्टि प्रकट गरे । बचाउमा महेन्द्रले ट्याक्सी चढेर कम्युनिज्म नेपाल नआउने कुरा गरे । भारतलाई भने चीनले सो बाटो हुँदै भारतसम्म बख्तरबन्द गाडीहरु नल्याओस् भन्ने थियो । यति धेरै कुराहरुबाट आफू अनभिज्ञ हुँदा मनमा अर्कै पीडा भयो । झूटो गौरबमा बाँचेकोमा कस्तो थकथक महसुस भयो । त्यस मितिसम्म भारतप्रति गुनासाहरु भए पनि चीन त हितैसी नै लाग्थ्यो । त्यसैले भारतीय भन्दा चिनियाँहरुसँगै नजिकिन मन लाग्थ्यो तर सगरमाथा खोसिएको कुराले मन नै कुँडियो । चिली ड्याङ्गसँग त्यसपछि त्यति साह्रो भेटहरु भएनन् । परीक्षा अवधिभर पनि आक्कल-झुक्कल मात्रै भेटहरु भए । ऊ ती भेटहरु पनि हाँसो साटेरै टुङ्ग्याउँथी । म मनमा ऊ प्रतिको एउटा गुनासो बोकेरै भए पनि उसलाई साथ दिन्थेँ । चिनियाँहरु त्यसै पनि पढ्ने कुरामा एकदमै गम्भीर हुन्छन् । ‘हाम्रो विश्वविद्यालयको छात्राबासमा कोठाको बत्ती बन्द गरेर सिरकमुनि बत्ती बालेर पढ्ने विद्यार्थीहरु कत्ति हुन्छन् कति,’ ऊ चीनको उच्च प्रतिस्पर्धाको उदाहरण दिने क्रममा भन्थी । कोठाका अन्य साथीहरुभन्दा अब्बल नतिजा ल्याउन अरु सबै सुतून् भन्नका लागि आफू अघि नै सुतेको जस्तो गर्ने र पछि सबै सुतिसक्दा सिरकभित्रै बत्ती बालेर पढ्ने काम आफैँले पनि कत्ति गरेको भनेर ऊ सुनाउँथी । ‘त्यसैले त प्रायः चिनियाँहरुका आँखामा चस्मा हुन्छन्,’ ऊ चिनीयाँहरुले चस्मा लाउनुको रहस्य खोल्थी, ‘म भने लेन्स लाउँछु ।’ हाँस्दै थप्थी । परीक्षाहरु सकिएपछि केही फुर्सदिलो भएँ । ऊ बाँकी रहेका भ्रमणहरु टुङ्ग्याएर स्वदेश फिर्तीको तयारी गर्न थाली । म बिदाको बेला कुनै गतिलो कम्पनीमा काम गरेर थप पैसा जुटाउने ध्याउन्नमा लागेँ । अन्तिम दिन उसले कोठा सार्न सहयोग गर्न बोलाएकी थिई । त्यही अन्तिम भेटमा मैले उसलाई मनमनै भए पनि मेरो मनको गुनासो सुनाएको थिएँ । ‘चिली ड्याङ्ग, तिम्रो माओले हाम्रो सगरमाथा खोस्यो अनि तिम्रै माओका अनुयायीले मेरो किशोरावस्थाको दश वर्षे शान्ति पनि खोसे।’ (कथाकार जर्मनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन्) #चीन #रमण पनेरू अदृश्य घाउ: युग्मी साँझपख गोधुलीमा एक्लै बसी भन्ज्याङमा न्याउली रुँदै वह पोख्दा विरही गीत मैले सुन्दा एक्लै बसी मौन हुन्छु तिम्रो निरन्तता टुट्दा बिछोड भई रुँदै बस्दा न्याउलीको गीत सुन्दा यातनाको काँडाले घोची मौनता मेरो टुटाउँदा तिम्रो सम्झनाका तस्बिरहरु अगाडि आई विम्बित हुँदा कल्पित भई रुने गर्छु तिम्रो माया टाढा हुँदा घाउहरु धेरै भए चोट त एउटै थियो आँशुहरु धेरै थिए पीडाको दर्द एउटै थियो तिम्रो ममताको सागर सुक्दा सुख्खा बालुवामा लटपटिएछु पौडिदै संसार रचुँ भन्दा दुरीले धेरै टाढा भएछु । #युग्मी किन बढ्दैछन् नेपाली साहित्यमा प्रवासी कथाहरू ?: आजको नेपाली समाजमा वैदेशिक रोजगारीमा नेपाली युवा जमातको सपना र यथार्थ मिसिएको पाइन्छ । नेपाली समाजमा आय आर्जनको स्रोतको कमी हँुदा दैनिक गुजारादेखि भविष्यमा आइपर्ने टड्कारो परिस्थितीसँग जुध्ने माध्यमको एउटा प्रमुख विकल्पमा युवाहरूले वैदेशिक भूमिलाई गन्तव्य स्थल बनाउँदै आएका छन् । तर प्रवासी नेपाली युवाहरूलाई कर्म भूमि उनीहरूको सपना साकार बनाउने ठाउँको रूपमा मात्र नरहेर जीवनमा हरेक तितामिठा पाठहरू सिकाउदै आएको प्रमुख विषय बन्न पुगेको छ । यसै क्रममा नेपालीहरूसँग जोडिएका घटनाक्रमहरूसँगै नेपाली समाजलाई पनि गहिरा चोटहरू नपरेका होइनन् । थला परेका वृद्ध आमाबाबु, जवान श्रीमति÷श्रीमान, नाबालक छोराछोरीहरूको अवस्था तथा भविष्यलाई पनि आत्मसाथ गरेर नेपाली युवा जमात विदेशमा पसिना वगाइरहेको वास्तविकता त छँदैछ । तथापि प्रवासीका यथार्थ जीवनकथाहरू उनीहरूको सपना भन्दा फरक बन्दै आइरहे र हाल आएर प्रवासी नेपालीको वृतान्तले विस्तृत रूप नै लिन थालेको छ । यस्ता सामाजिक परिवेश र मानविय भावनासँगको संयोजन गराउने बलियो माध्यमको रूपमा साहित्यलाई रोजिन्छ । नेपाली साहित्यले प्रवासी नेपाली र उनीहरूका भावनात्मक अनुभवहरूको समिश्रीत आकांक्षा, उमंग, प्रहर र कहरको सहज र छरितो तरिकाले चित्रण गरिदिन्छ । आजको वर्तमान परिस्थितीमा ठूलो संख्यामा नेपालीहरू विभिन्न प्रवासी मुलुकहरूमा रहनु वा जानुमा कुनै अकल्पनिय कुरा त होइन किनकि आजको प्रवासनको स्वरूप यसको सुरुवाती चरणको विकासक्रमको परिणाम भन्न सकिन्छ । प्रवासनको सुरुवात तिर्थयात्री (नेपालीहरू गयामा श्राद्ध गर्न जाने), शिक्षा आर्जन (वनारसमा संस्कृत तथा ज्ञानआर्जन गर्न), श्रमिक÷रोजगारी जस्तै मलायामा गएका नेपालीहरूको रोजगारीदेखि लिएर भारतिय तथा गोर्खा ब्रिटिश हुँदै हालको वर्तमान परिवेशमा आएर प्रवासमा नेपालीका विभिन्न स्वरूपहरू रहेका छन् जस्तो कि प्रवासमा विद्यार्थी, प्रवासी कामदार, सेना लगायत अन्य रूपमा बाक्लो संख्यामा परदेशमा नेपालीहरू पाइन्छन् । यस बारेमा वर्तमान समयका साहित्यीक प्रस्तुतीहरूले पनि प्रष्ट रूपमा चित्रण गरेका छन् । पिमला न्यौपाने नेपालीहरू प्रवास जानुमा आजको समयमा रहर भन्दा पनि बढी त वाध्यताका रूपमा नै पाइन्छ । वैदेशिक रोजगारीलाई विगत्कालदेखि नै परिवार धान्ने उपयुक्त माध्यमका रूपमा लिइँदै आइएको कुरामा कुनै द्धिविधा रहँदैन । पारिवारिक जोहो टार्ने माध्यमपछि प्रवासको रोजगारी सपना साकार पार्ने आकांक्षाको रूपमा हेरिन थालियो फलस्वरूप विहेवारी मानप्रतिष्ठामा बढोत्तरी गरेर हेरिन थालियो । नेपाली समाजमा विदेशको लाउरेका नामबाट बढ्न थालेको उचाइ आज विदेशको डिग्री तथा स्थायी निवास भन्दै प्रवासमा जान नेपालीलाई दिइने हौसला त छँदैछ जसमा नेपालीपनका कारण दुखेको मनको गहिरो घाउ पनि नेपालीहरूको आफ्नै वास्तविकता होला । तर प्रवासमा मनग्य पैसा कमाउने, घर धान्ने, छोराछोरीको शिक्षादिक्षाको व्यवस्थापन, परिवारको औषधीउपचारको जोहो र सुखी परिवार बनाउने सबै सपनाहरू साकार हुँदै आइरहेका पाइदैनन् । प्रवासमा शिक्षा, रोजगारी र बसाईका आफ्नै वास्तविकताहरू छन् कति व्यक्त छन् त कति अव्यक्त छन् । हरेक वर्ग र क्षेत्रमा रहेका प्रवासीहरूलाई समेट्ने एउटा साझा माध्यम साहित्य बन्न पुगेको छ किन कि साहित्यमा भोगाइ र कथाहरू हुन्छन् जसलाई जस्ताको त्यस्तै प्रस्तुत गरिन्छ र यसमा वास्तविक सत्यता झल्किएको हुन्छ जसले व्यक्त र अव्यक्त भावनाहरू समटेको हुन्छ । प्रवासी नेपाली सपनाका बावजुत परिणाममा हण्डर, ठक्कर, रोग, भोक र शोकले पिरोलिरहेका प्रशस्त उदाहरणहरू भेटिरहन्छन् तर यसलाई सहनु र गुज्रनुको सहज विकल्प साहित्यले थेगिदिएको पाइन्छ । दुःखै दुखको र सुखको पनि विसाउने माध्यम साहित्य नै हो जुन विभेदरहित रूपमा मान्छेको विवशता, रहर, कहर तथा वेदनालाई चित्रित गरेको हुन्छ । प्रवासी र साहित्यकै सन्दर्भमा विभिन्न साहित्यकार, लेखक तथा संगीतकारहरूले नेपाली समाजमा प्रवासी परम्पराहरूलाई उजागर गर्ने क्रम बढ्दो रूपमा भेटिन्छ । यसैगरी मलाया एक्सप्रेस उपन्यासमा मा अखण्ड भण्डारी प्रवासको रोजगारी नेपाली युवाहरूको वाध्यता र यसले निम्त्याएको विचलनसँगै प्रवासमा सिकेको ज्ञान र सीपले आफ्नै गाँउठाउँमा उद्यमशीलताको थालनी गर्ने लगायतका कुराहरूको प्रस्तुती दिएका छन् । प्रा.डा. जिवलाल सापकोटाको कविता संग्रह सिर्जना —तिर्सनामा विभिन्न भेषभुषाले परिचित प्रवास जाने नेपालीहरू नेपाली माटोको र देशप्रेमको सुन्दर सपना बोकेका हुन्छन् भन्ने कुराको अभिव्यक्त पाइन्छ । कहर उपन्यासमा जनकराज सापकोटाले आर्थिक सुधारको उपयुक्त बाटो सम्झी खाडी लागेका युवाहरूको जिवनविहिनता र आश्रित परिवारको वैराग्यलाई उजागर गरेका छन् । उमा सुवेदीको तोदा उपन्यासमा प्रवासमा नेपाली नेपाली महिलाको स्थिती र उनको व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक लगायतका पक्षहरूको राम्ररी चित्रण गरेकी छन् । अहिलेका प्रवासीको कयौं प्रहर र कहरहरू प्रवासी पुर्खाको इतिहाससँग जोड्ने कसी भनेको साहित्य जसबाट पाठकवर्गले स्वतस्फूर्त र मनोरञ्जनात्क शैलीमा विषयबस्तुभित्रको गहिराई र यथार्थ बुझ्दछन् । त्यस्तैगरी मुग्लानमा तत्कालिन समयमा पुर्खाले भोगेका व्यक्तिगत, पारिवारिक र सामाजिक वेदना वर्तमान समयमा विज्ञान र प्रविधीसँग जोडिएका नेपाली प्रवासीको पीडामा कमी छ भनेर भन्न नमिल्ने कुरा साहित्यीक दस्तावेजले प्रष्ट्याउछ । आजको वर्तमान परिस्थितीसम्म आइपुग्दा धेरै संख्यामा नेपाली युवाहरू कुनै न कुनै रूपमा प्रवासमा रहेको कुरा विभिन्न तथ्याङ्कहरूमा पाइन्छ । यस सन्दर्भमा नेपालमा पब्लिक हेल्थका वरिष्ठ अनुसन्धानकर्ता डा. शारदा प्रसाद वस्तीले विगतमा भन्दा पनि आधुनिक समयमा सबैभन्दा बढी नेपाली प्रवासी कामदारको शारिरीक स्वास्थ्यका साथै मानसीक स्वास्थ्य निकै खस्किरहेको औल्याएका छन् । त्यस्तै नेपाली समाजमा प्रवासी पीडाको अमिट छाप बोकेको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन जस्ता साहित्यीक कृतिहरू त्यो समयदेखी लिएर अहिलेको परिवेशमा पनि सान्दर्भिक नै देखिन्छ । वर्तमान समयका कृतिहरूले पनि परवासीहरूका भोगाइ र व्यथाहरूलाई यथार्थ रूपमा प्रस्तुत गरिएका छन् । अबका दिनहरूमा प्रवासीहरूका कथाव्यथा समेटिएको नेपाली साहित्य बजारको आवश्यकता, पाठकहरूको रुची भन्दा पनि अझै महत्वपूर्ण कुरा त्यस्ता साहित्यीक कृतिहरूमा कति यथार्थ समेथिएको छ र यसले समाजलाई कस्तो सन्देश दिन्छ भन्ने कुराले महत्व दिन्छ । आफ्नै भोगाई र देखाईले दिने अभिव्यक्तिहरू अरूबाट सुनेको आधारमा लेखिने साहित्यभन्दा धेरै नै पृथकता हुन्छ भन्ने कुरा दावी गर्दै मीनराज वसन्त उनको उपन्यास मुदीरमा खाडीमा नेपाली कामदारहरूको दैनिक भोगाई र वैदेशिक रोजगारीको औचित्यता उतारेका छन् । यसमा उनी आफ्नै अनुभवका साथसाथै सम्पूर्ण प्रवासी नेपालीहरूको परिवेशलाई प्रतिनिधित्व गर्ने प्रयास गरेका छन् जुन कुरालाई गीतकार पुष्पन प्रधानले ‘पंक्षी’मा पनि तस्वीरमा देखिएको जस्तो खुशी नभई प्रवासी नेपालीहरूको यथार्थ फरक हुन सक्छ भन्ने कुरा प्रष्ट्याएका छन् । नेपाली समाजमा वैदशिक रोजगारीलाई सर्वसाधारणले हातमुख जोड्ने, घरखर्च, औषधोपचार र आर्थिक समृद्धीको वैकल्पिक उपाय देख्ने एउटा सामाजिक परम्परा नै छ भने केही हदसम्म रेमिटान्समा आर्थिक निर्भरता रहेको कुरा राज्यले पनि अनुभूत गरेकै कुरा हो जुन कुराको झल्को श्याम सिंघकले आफ्नो उपन्यास रेमिटल्याण्डमा दिन खोजेका छन् । परिणामतः नेपाली युवायुवतीहरूको वैदेशिक यात्रा सोचेको तथा कल्पना भन्दा अलिक भिन्न साथै कहरमा परिणत भएको देखिन्छ । एकातर्फ नेपाली युवाहरू पारिवारिक, सामाजिक र राष्ट्रिय आशा तथा भरोषाका धरोहर हुँदाहुँदै पनि विदेशी भूमिमा निराशा र छटपटाहटमा गुज्रिएका प्रशस्त उदाहरणहरू छन् जसमा हिमाल साउद र कालीप्रसाद बास्कोटाबाट रचित र हेमन्त रानाको श्वरको ‘साइली’ गीत एउटा ज्वलन्त उदाहरण हो । अर्कोतर्फ विभिन्न मौसमी बालीहरूको उब्जनी हुने नेपालको उर्बर भूमि बाँझो जमिनमा परिणत हुँदैछ जसमा अर्जुन पराजुलीको रचना र शिशिर योगीको श्वरमा ‘बोल्ने कोही छैन गाउँमा’ गीतले पनि सोही कुराको मर्म उजागर गरेको छ । यसरी नेपाली प्रवासीसँग जोडिएका आदिकालदेखिका घटना परिघटनाहरूलाई सृङ्खलाबद्धरूपमा जोड्नको लागि साहित्यसँगसँगै कथावाचनको आधुनिक शैलिको प्रयोग गर्न सके उनीहरूको मानसिक स्वास्थ्य सम्बन्धी समस्याको पहिचान र समाधानको वैकल्पिक उपायको खोजी गर्न सकिने ठान्छिन् ससेक्स यूनिभर्सिटी, यूकेमा पव्लिक हेल्थका सिनियर लेक्चररका रूपमा प्राध्यापनरत डा. प्रियंवदा पौड्याल । साहित्यीक अभिव्यक्तिहरूमा पनि प्रवासीहरूको स्वास्थ्यको विषयहरू समेटेको पाइएकोले र यसमा आफू अनुसन्धानरत भएको अभिव्यक्त गर्दै डा. पौड्याल भन्छिन् साहित्यबाट प्रवासीका स्वास्थ्य समस्याहरू पहिल्याउन सकिने र परवासमा उनीहरूको स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण सन्देश समेत दिन सकिन्छ जुन आजको प्रमुख चुनौतीको विषय पनि हो । प्रवासी नेपालीहरूको भावनात्मक परिकल्पना तथा वास्तविक अवस्थाको सम्प्रेषण गर्ने, सु—सुचित गर्ने र सम्भावित सहजतालाई पहिल्याउने बलियो माध्यम नै आजको दिनमा साहित्य हुन पुगेको छ । त्यसैले होला वि.स. २०३० को दशकदेखि नगन्य रूपमा लिखित प्रवासी नेपालीसँग सम्बन्धीत साहित्य वि.स.२०६०÷७० को दशकमा उल्लेख्य रूपमा बृद्धि भएको पाइन्छ । यसमा सामाजिक सद्भाव र सहिष्णुताको उच्च सम्मानसहित सबैलाई एकजुट बनाई प्रवासनले नेपाली समाजमा ल्याएको विचलनलाई औल्याउदै समाधानको बाटो पहिल्याउन सहयोग पुर्याउने माध्यम अहिलेको अवस्थामा साहित्य हुन आएको छ । साहित्यिक कलमहरूद्धारा सम्प्रेषण गरिएका नेपाली प्रवासीहरूका कथाव्यथामा मार्मिक गहिराइ जोडिएको यथार्थलाई नकार्न सकिदैन । त्यसैले प्रवासीहरूको मर्मलाई यथार्थ र सहज रूपमा उतार्न साहित्यबाट गरिने सन्देश सम्पे्रषण आजको उपयुक्त विकल्प बन्न पुगेको छ । (लेखिका ग्रिनतारा नेपाल र यूनिभर्सिटी अफ ससेक्स, यूकेको संयुक्त प्रोजेक्टमा कार्यरत छन् ।) #नेपाली साहित्य #पिमला न्यौपाने #प्रवासीका कथाहरू सबै सोच साहित्य किन बन्दैनन् ?: अंकित चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको विजारोपणको कथा हो । यसमा एउटा समूह छ, जसका सदस्यहरू आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने, त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन । अधिकांश मानिसलाई व्यक्तिगत संघर्ष, समाज, देखे, सुनेका अनि पढेका कथा र स्वैरकल्पनाले किसिसकिसिमका सोचको विजारोपण गरिदिन्छन् । सर्जकहरूको मस्तिष्कमा ती सोच यसरी बढ्छन् कि त्यसका बारेमा केही नलेखेसम्म छटपटी भइरहन्छ । तर जति नै छटपटी भए पनि धेरै सोचहरू अक्षरमा परिवर्तन हुँदैनन् । धेरै लेख्ने साहित्यकारहरू पनि मनमा आएका सबै कुरा लेख्दैनन् । किन बन्दैनन् सबै सोचहरू साहित्य ? केले छेक्छ? मानिस आफैँ र उसको समाज पनि साहित्य सिर्जनामा बाधक हुन सक्छ। अधिकांशले लेख्ने समय छुट्याउन सक्दैनन्। विभिन्न काममा अल्मलिँदा नलेखिएको सोच आफैँ हराएर जान्छ । लेख्न पनि मन लाग्न छोड्छ । कतिपय लेख्न अल्छी गर्छन् । समाज पनि एकदम छिटो परिवर्तित भइरहेको छ । आजका सामाजिक मान्यता भोलि गलत हुन सक्छन् । यसरी कतिपय सोचहरू असान्दर्भिक भइदिन्छन् अनि दृष्टिकोणमा आएको परिवर्तनका कारण पुरानो सोचका बारेमा प्राय: लेख्दैनन् । साहित्य सिर्जनाको सबैभन्दा गाह्रो काम “लेख्न थाल्नु हो” । लेखकहरूलाई, अझ ठूला आकारका साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई एकदमै सताउने एउटा समस्या हो ‘राइटर्स ब्लक’ । त्यस्तो अवस्था हो, जब मनमा लेख्ने हुटहुटी भइरहँदा पनि लेखकहरू केही लेख्न सक्दैन् । लेख्न थाल्दा वा बीचमा, कुनै पनि बेला यो समस्या आउन सक्छ । “पाठशाला”का सर्जक तीर्थ गुरुङले हालै यो समस्या आएको ट्विट गर्नुभएको थियो । जर्ज आर. आर. मार्टिन, जसको पुस्तकहरूको आधारमा अहिलेसम्मकै सर्वाधिक सिरिज बन्यो, अन्तिम पुस्तकहरू लेख्न संघर्ष गरिरहनुभएको छ । ‘राइटर्स ब्लक’ केही कारणहरू छन् : १. सोचेजस्तो लेख्न सकिनँ/सक्दिनँ कि भन्ने डर । (पर्फेक्सनको चाहना ।) २. पूरै लेख्न सक्दिनँ कि भन्ने शंका । ३. नयाँ साधकलाई ‘रिजेक्सन’को डर । स्थापित साधकमाथि प्रशंसकको अपेक्षा । ३. खुलेर नबोलेका कुराहरूलाई लेखनमा ढाल्न खोज्न उत्पन्न संवेदना । ४. लेखकको आर्थिक-सामाजिक-मानसिक अवस्था । स्टेफेन किङसँगको एउटा संवादका क्रममा ‘पर्फेर्क्सनिस्ट’ भनेर चिनिइनुहुने जर्ज आर. आर. मार्टिन सोध्नुहुन्छ, “तपाईं छोटो समयमा यति धेरै कसरी लेख्नुहुन्छ ?” किङको साधारण तर महत्त्वपूर्ण जवाफ आउँछ, “म सधैँ लेख्छु ।” किङको एउटा नियम रहेछ, हरेक दिन कम्तीमा २००० शब्द लेख्ने । त्यसलाई राम्रो नराम्रोको कसीमा नराख्ने । कुनै उपन्यासको पहिलो ‘ड्राफ्ट’ तयार भएपछि डेढ महिना त्यसलाई थन्काउने । कतै घुम्न जाने या अरू नै केही लेख्ने । अनि डेढ महिनाअघिको सिर्जनालाई परिमार्जन गर्ने । किङको नियमले ‘राइटर्स ब्लक’ हटाउने उपायहरू दिन्छन् : १. नियमित लेख्ने । २. जस्तो भए पनि सोचलाई कागजमा उतार्ने । ३. लेखिसकेको चीजलाई सम्पादन/परिमार्जन गर्ने । “केही लेखेकै छैन भने केही परिमार्जन गर्न सकिन्न” भनिन्छ । यो काम त्यति सजिलो भने छैन । जापानी ‘एनिमेटेड’ चलचित्र “विस्पर अफ द हार्ट”मा साहित्यकार बन्ने सपना देख्ने सुजुकीलाई बूढो निशीले एउटा ढुंगा दिन्छ । त्यो ढुंगाभित्र एमराल्ड (हरियो रङको महँगो मणि) च्यापिएको छ । सुजुकीको पहिलो ‘ड्राफ्ट’ पढिसकेपछि निशीले भन्छ, “तिमीले मिहिनेतसँग यो कथा लेखेर यस्तै पत्थर उत्खनन् गर्यौ । यसलाई ‘पोलिस’ गरेर बहुमूल्य मणि निकाल्न तिमीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।” व्यावसायिक रूपमा कुनै पनि साहित्यिक कृति प्रकाशन गर्न सजिलो छैन । सम्पादकहरूले हिज्जे शुद्धीकरणदेखि कथानकको बनावटसम्मका विषयमा टिप्पणी गर्छन् । अनेकौं पटक पुनर्लेखन गर्छन् लेखकहरू । बुद्धिसागरको “कर्नाली ब्लुज”का ड्राफ्टहरूको अग्लो चाङ धेरै अघि उहाँको फेसबुक पेजमा देखेको थिएँ । ग्याब्रियल गार्सिया मार्खेजको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड”को पहिलो ‘ड्राफ्ट’ एकदमै फरक थियो रे ! यसरी परिस्कृत भएर आएका उत्कृष्ट किताबहरू पढ्दा नयाँ साहित्यकारहरूलाई उत्प्रेरणा मिल्छ । तर कतिपयलाई भने लेख्न झनै गाह्रो पनि बनाइदिन्छ । किनभने: १. सोच नयाँ रहेनछ । २. स्वाद जति छिटो विकसित हुन्छ, कला त्यति छिटो हुँदैन । भनिन्छ, संसारमा ‘ओरिजिनल’ केही पनि छैन । तथापि नयाँ सोचहरू आउँदै नआउने भने होइन । नयाँ गर्न सकिएन भने उपाय छ—नक्कल गर्नु । यसमा साधकले सावधान हुन भने निकै जरुरी छ । कला/साहित्यमा नक्कलको एउटा मूलमन्त्र हो : “एकजनाको नक्कल गर्नु चोरी हो, सय जनाको नक्कल गर्नु चाहिँ कला ।” अर्को : “नक्कल यति राम्ररी गर्नु कि नक्कल गरेको थाहै नहोस् ।” “विस्पर अफ द हार्ट”मै सुजुकीले लेखक बन्छु भन्दा उसको पिताले भन्छ, “तिमीले कमैले लिने फरक बाटो रोज्यौ । यसको जिम्मेवारी तिमी आफैँले लिनुपर्छ ।” प्राय: साहित्यकारहरूको जीवन सरल हुँदैन, आफ्नै मनमा हुने अन्तरद्वन्द्व, पारिवारिक बेमेल, फरक सोच भएका कारण समाजले गर्ने अपेक्षा र द्वन्द्व, आर्थिक समस्या आदिले गर्दा । धेरैजसो साहित्यकारका एकदमै थोरै मित्र हुन्छन् । कतिपय उत्कृष्ट लेखकहरू डिप्रेसनको शिकार भएका उदाहरण छन् । नेपाली हास्यव्यंग्य साहित्यका सम्राट भैरव अर्यालका आत्महत्या वरिपरिका घटनाक्रमले मर्माहत बनाउँछ । त्यस्तै, जापानी छोटा कथाका पिता आकुतागावाका मानसिक छटपटीका कथाहरू एकदमै पीडादायी छन् । अन्तरद्वन्द्व, आत्मसंदेह अनि विभिन्न संघर्षपछि साहित्य साधकले आफ्नो सोच पाठकसामू पस्किन्छन् । कमै मात्रै साहित्यकारले आर्थिक रूपमा सफलता पाउँछन् । कतिपय सोच र सोचको प्रस्तुति पाठक/स्रोतालाई चित्त बुझ्दैन । कहिलेकाहीँ त पाठकले साहित्यकारको सोचसम्म पुग्नै सक्दैनन् । कतिपय पाठकले आफ्नो रुचि र विचार अनुसारको साहित्यकारले रचोस् भन्ने पनि चाहन्छन् । कुनैकुनै पुस्तक त पाठकले नै च्यात्छन्, जलाउँछन् । यस्तो देख्दा, सुन्दा चाहिँ मन चसक्क दुख्छ । त्यसो त लेखिएका सबै कुरा राम्रा हुन्छन् भन्ने छैन । ‘प्रोपगान्डा’ र द्वेष फैलाउने उद्देश्य राखेर पनि पुस्तकहरू लेखिन्छन् । यस्ता पुस्तकहरूको भण्डाफोर गर्न पनि ती पुस्तक पढ्नु पर्ने हुन्छ । सफलता, असफलतालाई खासै महत्त्व नदिएर, अनेकौं दु:ख पार गरेर आफ्नो सोचको सूर्यबाट विश्वलाई प्रकाशित गर्न सक्ने सम्पूर्ण साहित्य सर्जकमा नमन । \x7f #अंकित #कसरी लेख्ने नेपाल आदर्श हाइस्कुल: स्नेह सायमि नेपाल आदर्श हाइस्कुल- स्कुलको नाम यस्तो थियो, अहिले पनि यही नै छ। काठमाडौं सहरको व्यापारिक केन्द्र नयाँ सडक र खिचापोखरी, त्यसैको नजिक त गणबहाल । त्यहाँको एउटा सार्वजनिक विद्यालयको नाम हो, नेपाल आदर्श हाइस्कुल । काठमाडौं शहरमा ठाउँठाउँमा हाइस्कुल खोलिएको थियो । जस्तै डिल्लीबजारमा विजय मेमोरियल हाइस्कुल, रामशाहपथमा पद्मोदय हाइस्कुल, भिन्द्यो पाःचाको परोपकार हाइस्कुल, क्षेत्रपाटीमा जुद्दोदय हाइस्कुल, मरुटोलभन्दा तल भगवतीबारीमा शान्ति निकुन्ज हाइस्कुल, आदि । त्यस्तै मिडिल स्कुल र प्राइमरी स्कुलहरु पनि थिए । कसरी नेपाल आदर्श हाइस्कुल बन्न गयो । कसरी त्यहाँ सार्वजनिक सम्पत्ति निर्माण भयो, कसले त्यो स्कुलको शुरुवात गर्यो त्यसका अति सार्वजनिक महत्त्वका रोचक कथाहरु छन्। हरेक स्कुल सजिलै स्थापना भएका थिएनन्। कुनै न कुनै शिक्षक अर्थात् गुरुको जीवन उत्सर्गपछि स्कुल बनेका छन्। समयक्रममा ती स्कुलहरुले हजारौं हजार विद्यार्थीहरु उत्पादन गरेका छन्। काठमाडौं शहरको सानो भूगोलभित्र विशेषतः त्यो बेलाका रैथानेहरुको महत्त्वपूर्ण योगदान थियो। म कक्षा आठमा भर्ना भएँ, नेपाल आदर्श हाइस्कुलमा। नैकापदेखि गणबहालसम्म पुगेर किन नेपाल आदर्श हाइस्कुलमै भर्ना गरियो? जबकि त्यतिखेर कालिमाटीमा जनप्रभात हाइस्कुल थियो। नेपाल आदर्श भन्दा मेरो लागि परोपकार हाइस्कुल नजिक थियो। त्यसको जवाफ हो, मेरा काका। मेरा काका नेपाल आदर्श हाइस्कुलबाटै एसएलसी उत्तीर्ण हुनुभएको थियो । त्यहाँ अध्यापन गर्ने शिक्षकहरुसँग काकाको परिचय थियो, त्यसैले त्यहीं भर्ना भइयो। म नैकापबाट कीर्तिपुरसम्म त हिँडेर जान सक्थेँ तर आफू एक्लै त कालिमाटीसम्म पनि आएको थिइनँ । मेरा लागि गणबहाल धेरै टाढा त थियो नै सँगसँगै, त्यहाँसम्म पुग्ने बाटो सम्झन नै गाह्रो पनि थियो। मेरो पढाइको निर्णयकर्ता नै काका हुनुहुन्थ्यो अनि काकाले जहाँ भन्नुहुन्थ्यो त्यहीँ भर्ना भइयो। भर्ना भएपछिको भोलिपल्ट शायद, पहिलो पटक कक्षाकोठामा प्रवेश गरियो । मलाई सर्वप्रथम त नेपाल आदर्श हाइस्कुल पुग्न नै करिब एक घण्टा तीस मिनेटदेखि दुई घण्टासम्म लाग्यो होला । त्यो उमेरमा त्यत्तिको हिँडेपछि थकाई पनि पक्कै लाग्यो होला । तर पनि ढिलो भने खासै पुगिएन । कक्षा शुरु हुनु आधा घण्टाअघि नै पुग्थेँ म। कक्षाकोठामा पुगेपछि थाहा भयो उता भेगतिरबाट आउने र त्यही कक्षामा पढ्ने अरु पनि रहेछन्। जस्तैः एकजना मभन्दा करिब पाँच सात वर्षले जेठो बैकुण्ठ महर्जन, मेरो घरछेउकै छिमेकी दिदी लक्ष्मी श्रेष्ठ। नेपाल आदर्श हाइस्कुलमै छ कक्षामा पढ्ने अरु साथीहरु पनि भेटिए। नैकापबाट गणबहालसम्म जाने रुट यस्तो थियो- नैकापको मूलबाटो हुँदै कालिमाटी, टेकु अनि लगन हुँदै गल्लीको बाटो गणबहाल। यसरी यत्ति टाढाबाट पढ्न आउने थोरै थिए। अधिकांश नयाँ सडक, खिचापोखरी, पाको, लगन, गणबहाल, टेबहाल वरिपरिका पढ्न आउँथे। टाढामा मरु, झोछें, चिकंमुगःका हुन्थे। विद्यार्थीहरु धेरैजसो नेवाः, मारवाडी, बाहुन, क्षेत्री थिए। सबैजसो रैथाने थिए। स्कुलको वरिपरि स-साना पसलहरु थिए। मेरो आँखा त्यता गइरहन्थ्यो। ती पसलहरुमा भुटेका चना र केराउ बिक्रीका लागि राखिएको हुन्थ्यो। पीठो धेरै भएको नाम मात्रको खुवा बरफ हुन्थ्यो। त्यहाँ आउने अधिकांश विद्यार्थीहरुको खल्तीमा पैसा हुँदैनथ्यो। पैसा भएको दिन यस्तै खाएर सकिन्थ्यो। खल्तीमा त्यो बेला तीस पैसा हुनु भनेको धनी नै हुनु थियो। त्यतिपैसा हुनेलाई साथीहरुले विष्मयका साथ हेर्थे। कोही पछि पनि लाग्थे। पहिलो दिन जाँदा म कमीज सुरुवाल लगाएर गएको थिएँ। कमीज सुरुवाल राम्रै थियो तर सुरुवाल लगाएर आउनेहरु निकै थोरै थिए र उनीहरुलाई पाइन्ट लगाउनेले गिज्याउँथे। सुरुवाल लगाउँदा चटक्क देखिंदैन रे ! त्यत्तिबेला पनि फेसनको त्यत्रो प्रभाव ! सुरुवाल लगाउनेहरुको पछाडिको मुजा समातेर कायल गर्थे। त्यसपछि मैले पनि पाइन्ट सिलाएँ स्कुल जान । मैले पाइन्ट पहिले पनि नलगाएको होइन, सानैमा पाइन्ट, सुरुवाल, पाइजामा सिइदिनुहन्थ्यो आमाले। मेरा लागि सुरुवाल र पाइन्टमा केही अन्तर थिएन तर आठ कक्षामा पढ्न गएदेखि सुरुवाल भनेको लाउने चिज नै होइन भनेजस्तो बनाइदिए। पछि स्कुल जानलाई नै लुगा सिलाइयो पाइन्ट सर्ट। त्यतिखेर सबैभन्दा बढी समय लाग्ने भनेको स्कुल जानु र आउनुमा थियो। जाँदा बिहानको खाना खाएर जाने हुँदा करिब पाउने दुई घण्टा जतिमा पुगिन्थ्यो र थकाई पनि लाग्दैनथ्यो तर फर्कंदा भने भोक र थकाइले जिउ गलिसकेको हुन्थ्यो र अर्को दुई घण्टाको पैदल यात्रा मुस्किलै हुन्थ्यो तैपनि कुनै विकल्प थिएन। हिंड्न नपर्ने एउटा झिनो विकल्प भनेको कालिमाटीमा बाइरोड भएर जाने ट्रकहरु कुर्ने र ड्राइभरहरुलाई अनुनय विनय गरेर सित्तैमा नैकाप ओराल्न भन्ने तर यो काम बडो जोखिमपूर्ण थियो । एक त ट्रक कहिले आइपुग्छ थाहा हुँदैनथ्यो। आए पनि जान्छ-जाँदैन निश्चित हुँदैनथ्यो। जाने भए पनि ड्राइभरले लाने-नलाने ठेगान हुँदैनथ्यो। लगिहाले पनि नैकाप ओराल्छ-ओराल्दैन थाहा हुँदैनथ्यो। अझ त कसैकसैले पैसा माग्थे। ट्रक कुर्दाकुर्दा कालिमाटीमै साँझ पर्ने सम्भावना पनि थियो। साँझ परेर पनि ट्रक चढ्न नपाएपछि त भोक र घरमा पिटाइको डरले सताउँथ्यो। तर त्यो बेलाको काठमाडौं भनेको अहिलेको लकडाउनको काठमाडौं भन्दा शान्त थियो। बाइरोडको बाटोभरि दायाँबायाँ अग्ला रुखहरु हुन्थे र हिंड्न सजिलो थियो, बाटोको ठाउँ-ठाउँमा निःशुल्क पानी खुवाउने व्यवस्था थियो। कलंकी मन्दिर नजिक सानो खाजा पसल थियो। त्यहाँ एक जना आमाले आफ्नै घरमा खाजा पसल थाप्नु भएको थियो। पाँच पैसामा पनि यति धेरै चना वा केराउ आउँथ्यो कि मेरो त आधा पेट भरिन्थ्यो। मलाई त्यहाँ खानलाई एउटा समस्या थियो मसँग त पैसा हुन्थ्यो तर साथीहरूसँग हुन्थेन र एकदुई पटक त आफूले पैसा तिरेर खुवाइयो, दिनदिनै खुवाउन सकिएन र एक्लै खान पनि सकिएन। फलस्वरुप नखाइकन नै भोकै घर पुगिन्थ्यो। त्यतिखेर नगदको अभाव थियो, रुपैयँ पैसाको महत्त्व धेरै थियो। धनी हुन् या गरिब, सबैले पढ्ने स्कुल एउटै खाले थिए। पाठ्यक्रम पनि एउटै थियो। धेरैजसो कण्ठाग्र गराउने चलन थियो। अहिले जस्तो धन अनुसारको स्कुल थिएन । लवाइ हेरेर धनी र गरिब छुट्याउन पनि गाह्रो थियो। नेपाल आदर्श हाइस्कुलका गुरुहरुलाई दाइ भन्ने चलन थियो जस्तै रामदाइ, श्यामदाइ आदि। केही गुरुहरु पनि आफ्नै सन्तानलाई नै पढाउन आएकोझैँ पढाउन प्रयत्न गर्थे। सम्बन्ध अलि पारिवारिक पनि हुन्थ्यो। पढेन भने अभिभावककोमा कुरा पुगिहाल्थ्यो। नेपाल आदर्श हाइस्कुलमा धेरैले विद्यार्थी जीवन बिताए । विनोद चौधरी लगायत उहाँका भाइहरु पनि नेपाल आदर्श हाइस्कुलकै उत्पादन हुन्। #जीवनको रङ #स्नेह सायमि रमेशको गजल: कवाडीले मोल पाउँछ कारखानामा पुगेपछी जसले पनि फूर्ती लाउँछ बथानामा पुगेपछी । हिजोसम्म दाजु भाइसँगै मिली बसौं भन्ने छिमेकीले बोली फेर्छ सीमानामा पुगेपछी । पराइले फूल रोप्दा पनि आँगन मेरै हो सोचिरह्यौ आज चेत खुल्यो आँगन बिरानामा पुगेपछी । आजसम्म तिमी मेरै भरोसामा बाँचेका छौ तिमी हिँड्छौ कै नबोली ठेगानामा पुगेपछी । आफू रुझ्दै भएपनि उसलाई छाता ओढाइदिएँ धन्यवादसम्म नदिइ हिँड्यो ओभानामा पुगेपछी । #रमेश खतिवडा चिताको बडेमानको ठेउको: दोष त सबै पेटको हो आँखा, नाक, कान, जिभ्रो र छालाको हो हड्डी, रौँ, रगत, गिदी, माथिङ्गलको हो विचरा, निर्दोषी आत्मा तउडेर गैजान्छ अनि यही पापी दोषी शरीर—चिताको बडेमानको ठेउकोलाई ब्रह्मनालमा तेर्साइन्छ मुक्ति, शुद्धि र स्वस्तिको लागि आखिर केका लागि ? #चिताको बडेमानको ठेउको ! #दिपेन्द्र थापा निर्जीव पत्थर: गिर्खै गिर्खा बोकेर छातीमा लाग्छ कालजयी उभिएको छ न स्वासलाइ स्वीकार्छ न कसैको आशलाई चौडा छाती कस्तो रुग्णस्वरुप सबैले देख्दा सबैले बुझ्ने भाषामा त्यो निर्जीव पत्थर । सयौँ वर्षको अन्तरालमा झ्याउका झुप्पाहरू पलाएर कार्पेटझैँ लाग्ने समुदाय वनस्पतिको बोक्न सक्ने अमिलो अम्लरस त्यो झ्याउको पसेर छिद्रहरूबाट भित्र ठूला चिराहरू पार्ने त्यो निर्जीव पत्थर । इकोलोजिष्टहरूले भन्छन् कालान्तरमा त्यहाँ झाडी बन्छ बिस्तारै त्यहाँ जंगल बन्छ मेसोफाइटिक फोरेष्ट क्लाइमेक्स कम्युनिटी कति राम्रो सम्बन्ध स्थापित हुन्छ पर्यावरणसँग त्यो कम्युनिटीको तर झट्ट हेर्दा त्यो निर्जीव पत्थर। यत्रो जीवित समुदाय निर्माण गर्न सक्छ छातीमा उसको परेड खेल्छन् बाँदरहरू सुसाउँछन खहरेहरू लाटोकोसेरो गीत गाँउछ फ्याउरोले भाखा फेर्छ त्यो अनन्त समयान्तरमा फेरि परिचय खोजिरहन्छ त्यो निर्जीव पत्थर । #तुलसीराम खरेल #निर्जीव पत्थर लघुकथाः मर्निङ वाक: विनोद नेपाल स्वास्थ्यका कारण प्रातः भ्रमण गर्नैपर्ने बाध्यता छ । प्रातः भ्रमणमा जांदा देखिने दृष्यहरु प्रायः उस्तै नै हुन्छन् । आकलझुक्कल नयां देखिने बाहेक मानिसहरु पनि उनै हुन्छन् । सबै आआफ्नै धुनमा हुन्छन् । कोही यतिविधि सिंगारिएका हुन्छ्न्, लाग्छ ती कुनै उत्सव, समारोह वा कार्यक्रममा सहभागी हुन जांदैछन् । कोही हल्का दौडने, कोही बेस्सरी नै दौडने,कोही छिटोछिटो हिंड्ने र कोही सांच्चिकै टहल्न हिंडेजसरी शरीरलाई कुनै मर्का नपर्ने वा शरीरले चालै नपाउने गरी हिंड्ने । अझै कति त ठाउंठाउंमा गफगाफमा सहभागी हुंदै र चिया पिउंदै र आराम गर्दै हिंड्ने पनि देखिन्छन् । दौडने,छिटोछिटो हिंड्नेहरु फूर्तिला र छरिता देखिन्छन् । जो शरीरले चालै नपाउने गरी हिंडेका हुन्छन् तिनको शरीर नै भद्दा हुन्छ । यसरी पनि के हिंड्नु ? देखाउनका लागि हिंडेजस्तो । असाध्यै खुलदुली लागिरहेको थियो । एक विहान आंटेरै आरामसंग हिंड्ने मध्येका एकलाई भनें ‘विहान विहान सधै निस्कनुहुन्छ,टहल्नुहुन्छ, अब त चिसो पनि लागिसक्यो,ननिस्के पनि हुंदो हो नि’ ‘के गर्नु ? सुगर छ, प्रेसर छ, डाक्टर कहां गईरहनुपर्छ | डाक्टरले मर्निङ वाक जाने गर्नुभा छ कि छैन ? भनेर सोध्छ | के जवाफ दिनु ? यो उमेरमा आएर झुट पनि के बोल्नु ? त्यसैले हिडेको नि बाबु ।’ #विनोद नेपाल सुधाका तीन मुक्तक: १ कोरोनाको यो त्रास माझ अन्तिम सत्य तिमी हौ खास हलाहल बिष पिउने तिमी हे निलकण्ठ सम्हाल आज ।। २ मान्छेसँग मान्छे डराउने दिन आयो ज्वरो आए रुंदै कराउने दिन आयो आँखाले नै नदेखिने सानो जीवाणुले सिङ्खो विश्वलाई हराउने दिन आयो ।। ३ बुझ्नै कठिन् भो हुँदै गो भयानक किन आयो होला यो व्याधी अचानक कतै प्रकृति नै रिसाएको हो कि ? सजाय पो हो कि इश्वरको आक्रामक ।। #सुधा बासकोटा ढकाल #सुधाका तीन मुक्तक 'धरोहर'को धुकधुकी सुन्दा: तुलसीराम खरेल कथाकार देव भण्डारी कालिम्पोङ क्षेत्रका गतिला लेखकमा गनिन्छन् । उनका उपन्यास, कथासंग्रह र कवितासंग्रहहरु प्रकाशित छन् । सन २०१७ मा प्रकाशित भएको ’धरोहर’ नामक कथासंग्रह उनको सबैभन्दा कान्छो कृतिको रुपमा रहेको छ । कथा क्षेत्रमै कलम चलाउन मन पराउने कथाकारको सन् १९७६ मा सबैभन्दा पहिलो कृति प्रकाशित भएको थियो । यथार्थपरक कथाहरुको रचना गरेर घटनाक्रमहरुलाई फनक्कै घुमाउँदै एउटा दह्रो फैसला सुनाउन सफल छन् कथाकार । कालेबुङकै वरिपरिका घटनाहरुलाइ टपक्कै टिप्न खप्पिस कथाकारका कथाहरुमा स्थानीयताको सुगन्ध मगमगाइरहेको पाइन्छ । उनका कथाहरुमा कालेबुङको छेउबाट कंचनजङ्गा मुस्कुराइरहेको देखिन्छ, कालेबुङकै पुरानो सडकमा फ्याक्रे बेचिरहेकी गुरुङशेनीको फरिया टल्किन्छ, मैनाचरीले टिष्टा तरेर सिक्किमतिर हानिएको दृश्य देखिन्छ अनि अंग्रेज शासनकालको पीडाले भतभति पोलिरहेको भावनाले पाठकको मुटु गाँठो पार्छ । ‘धरोहर’ सन् २०१७ मा बजारमा आएको एउटा कथासंग्रह हो । यसमा जम्मा १७ ओटा कथाहरु समाविष्ट छन् । सुनको चेन, खोलावारि खोलापारि, दाइँ, बाँध, शीतको सपना, किन रुन्छ माइलो, फेरि हतार, कंचनजङ्गा र त्यो मान्छे, धरोहर, गरीबको भाग्य,युवती हराएको सूचना, मिसकल, बुवा, हजार रुपियाँको पिज्जा, यथार्थ, लकाइँ डाँडा, गिटारको धुन, उही कुइरी केटी, साम्यजस्ता कथाहरु शीर्षकमा अटाएका छन् । एउटी आँटिली केटी प्रमुख पात्र छे प्रमुख कथा धरोहरमा । एउटा अदम्य उत्साह, त्याग र समर्पणको भावना बोकेकी केटीलाई नै एउटा धरोहर बनाएका छन् कथाकारले । ’गिटारको धुन’ कथा संग्रहको चाखलाग्दो कथा हो । कथामा कलकत्ताको ग्रेट ईष्टर्न होटेलको नामुद गिटारिष्ट कालेबुङका कान्लाहरुमा घाँस दाउरा गर्ने व्यक्तिमा परिणत भएको घटनाहरु जोडेर कथाकार एउटा डरलाग्दो जीवनको मोड देखाउन सफल छन् । पाठकलाई मानिसको जीवनका अपत्यारिला मोडहरुमा पुर्याएर जीउ जिरिङ्गपार्दै फेरि मुल सडकमा गुडाउन मनपराउने कथाकारले कथा लेख्दा निकै मिहिनेत गरेको कुरा बुझ्न गाह्रो हुन्न । ’उही कुइरी केटी’ नामको कथामा कथाकारले चाडपर्वहरु तीज, दशैँ, तिहारको मौलिक नेपालीपनको राम्रो ब्याख्या गर्न भ्याएका छन् । नेपाली विवहा पद्धतिलाई विदेशीले खुसी भएर स्वीकारेका कुराले फूलबुट्टा भेटेको अनुभव हुन्छ । कालिम्पोङ र त्यहाँबाट देखिने पहाड, हिमाल र मौलिक नेपाली परिवेशले तानेर अष्ट्रेलिया निवासी काइल चेष्टरटन भिक्टोरियालाई ’काँइली’उपनाम दिएर धेरै वर्ष टाँसेर राख्न सक्षम भएको छ । ’गरीबको भाग्य’ नामक कथाले यथार्थता बोलेको छ । सिमाहीन गरीबीको पीडामा परेको परिवारकी एउटी सानी नानीका अनेकौँ अनुत्तरित प्रश्नहरुले पाठकहरुलाई नमज्जाले दुखाउँछ । ’युवती हराएको सूचना’मा कथाकारले पुरानो कालेबुङ बजारको मज्जाले ब्याख्या गर्न भ्याएका छन् । ’साम्य’ नामक कथामा कथाकारले एकजना तरकारी बेच्न बेलाबेला देखापर्ने केटीलाई बाइस वर्षअघि मरिसकेकी कोकिलासँग हुबहु तुलना गरेर पुनर्जन्मको आभास गराउन पुगेका छन् । कथाकारले कथामार्फत “जन्मने अवश्य मर्छ, मर्नेको जन्म नित्य छ“ गीता दर्शनको रुपमा लेख्दै पुनर्जन्म सिद्धान्तलाई पुष्टि गर्न खोजेकाछन् । उनका कथामा जागिरेले विभिन्न स्थान घुम्दै जाँदा डेरा खोज्ने अप्ठेरोसँग जुधेको देखिन्छ । आधुनिक युवायुवतीले सामाजिक संजालको दुरुपयोग गरेको भेटिन्छ । कालिम्पोङ र दार्जिलिङका बिग्रेका केटाहरु र फटाहाहरुले दिनेगरेका दुख कष्ट छरपष्ट देखिन्छन् । घटनाक्रमहरुलाई बुनेर दर्शन चिन्तनको धारणालाई कलात्मक पाराले प्रस्तुत गर्न कथाकार खप्पीस भएको देखिन्छ । कालेबुङ, जोरथान, सिलगढी, रिनाक बजार, रङ्ली बजारकै सेरोफेरोले प्राथमिकता पाएको कथासंग्रहले क्षेत्रीय र आञ्चलिक घेरा तोड्न नसकेको आभास पाइन्छ । शताब्दी प्रकाशन कालिम्पोङले प्रकाशन गरेको कथासंग्रह १२४ पृष्ठको छ । नेपाली भाषाको दार्जिलिङ्गे बोलचालका शब्दहरुले प्राथमिकता पाएका छन् ।खातिर गर्नु, खिलाउनु, किरायाको घर, ज्यू, हजुर आदि बोलीचालीका शब्दहरु टपक्कै टिपिएका छन् । स्थानलाई जग्गा, फोटोलाई नक्साजस्ता बढी प्रयोग हुने स्थानीय जनजीवनका नेपाली शब्दहरुको बचाउ गर्न भ्याएका छन कथाकारले । tulasikharel2015@gmail.com #तुलसीराम खरेल सन् २०२१ का लागि अमेरिकी पेन अवार्ड आह्वान: साहित्यकारहरूको अन्तर्राष्ट्रिय संस्था पेन अर्थात् (Poets, Essayists and Novelists)को अमेरिका च्याप्टर अर्थात् पेन अमेरिकाले सन् २०२१ का लागि विभिन्न पुरस्कारहरूका लागि पुस्तक समावेश गर्न आव्हान गरेको छ । पुरस्कारहरू दुई समूहमा रहेका छन्, पुस्तक पुरस्कार र योगदानका लागि पुरस्कार । पुस्तक समूहमा ३ हजारदेखि ७५ हजार डलरसम्मका १२ पुरस्कारहरू रहेका छन् । तर उदीयमान कथाकारलाई दिइने पुरस्कार भने १२ जनालाई २ हजारका दरले दिने गरिन्छ। त्यसैगरी योगदानका लागि दिइने पुरस्कारहरू १ हजार डलरदेखि ५० हजार डलरसम्मका ५ पुरस्कार रहेका छन् । पुस्तक पुरस्कारका लागि प्रकाशक तथा एजेण्टले पुस्तक समावेश गर्न सक्नेछन् । यस वर्ष कतिपय पुरस्कारहरूको राशिमा वृध्दि गरिएका छन् । पेन अमेरिकाले हरेक वर्ष “पेन वर्ल्ड भ्वाइसेस” नामक सप्ताहव्यापी साहित्य सम्मेलन गर्दै आएको छ, जसमा नोवेल पुरस्कार विजेता लगायत विश्वका विभिन्न मुलुकका सम्मानित एवम् चर्चित साहित्यकारहरूलाई निमन्त्रणा गर्ने गर्छ। सन् २०२१ का लागि पेन अमेरिकाले ३ लाख ५० हजार पुरस्कारको रूपमा वितरण गर्दैछ । सन् १९२२ अप्रिल १९ मा पेन अमेरिकाको स्थापना न्यूयोर्कमा भएको थियो तर साहित्यिक पुरस्काहरूको स्थापना भने सन् १९६३ देखि शुरू गरेको थियो । विश्वमा भएका १०० भन्दा बढी पेन सेण्टरहरूमध्ये अमेरिकाको सबैभन्दा बलियो सेण्टर हो जसमा ७२०० भन्दा बढी उपन्यासकार, कवि, निबन्धकार, नाटककार, पत्रकार, सम्पादक, प्रकाशक लगायत सम्बध्द छन् । स्थापनाकालमा पेन ले पोयटस्, एस्सेइस्ट र नेभेलिस्टस् ( कवि, निबन्धकार, उपन्यासकार) लाई मात्र समेटिने भए पनि पछि यसले अन्य विधा र क्षेत्रलाई पनि समेटेको हो। विला क्याथर, युजिन ओ निल, रोबर्ट फोर्स्ट, एलेन ग्लास्गो, एडविन आर्लिंटन रोविन्सन, रोबर्ट बेन्चले संस्थापक रहेको पेन अमेरिकाको प्रथम अध्यक्ष वुथ टार्किंगटन थिए । पेन अमेरिकाले समग्र अमेरिकी साहित्यलाई ठूलो प्रभाव पार्दछ । पेन को मुख्य “आवाज” फ्रि एक्सप्रेसन हो, वाक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रता । यसका लागि पेनले विश्वका कुनै पनि लेखकलाई परेको संकटको लागि आवाज उठाउॅंछ र पेन अमेरिका यसमा अग्रणी छ । पेन अमेरिकाकी वर्तमान अध्यक्ष जेनिफर एगान छिन् । #पुरस्कार #पेन अमेरिका विरोधाभाषको मिठो तनाव: गम्भीर विषयमा प्रवेश गर्ने कुनै योजना थिएन आज । अनौपचारिक छटामा गफ्फिदै थिएँ तिमीसित । मनमा न कुनै करको कहर थियो, न त बौद्धिक दबाबको बोझ नै ! हल्कापाराले त्यत्तिकै तिम्रो बातमा बात मिलाइदिइरहेकी थिएँ । तनावमुक्त अनुभूति म रमाइरहेकी थिएँ । गफैगफको सिलसिलामा एकाएक गम्भीर विषयमा प्रवेश गर्यौ तिमी । एकपछि अर्को गर्दै अजङ्ग अजङ्गका प्रश्नहरू उठाउन थाल्यौ । जीवनबारे जीवनसितै उत्तर नभएका प्रश्नहरू मेरा अगाडि तेर्स्याउन थाल्यौ । अनुभूतिको लय पूरै फेरियो मेरो । छिनको छिनमै मन कहाँबाट कहाँ पुग्यो ! तिम्रो प्रश्नको प्रभावले मनभित्र बेग्लै हलचल मच्च्याइदियो; रोमाञ्चको नयाँ उभार मेरो मनभित्र सिर्जाई दियो । “प्रश्नहरूको बाढी पानीको बाढीभन्दा शक्तिशाली हुन्छ,” कवि मातृका पोखरेलको कविताको हरफ अनायास सम्झिन पुगेँ मैले । जीवनमा जब-जब लस्कर बाँधेर प्रश्नहरू मसित जोरी खोज्न आउँछन्, यस्तो अवस्था मलाई अत्यन्तै रोमाञ्चक लाग्छ । प्रश्नहरूसित भिडिनु पर्दा वा भिड्न पाउँदा जुन किसिमको रन्थन मनमा उभरिन्छ, रन्थनको त्यस्तो उभार मलाई अत्यन्त प्रियकर लाग्छ । यद्यपि उठेका, उठाइएका सबै प्रश्नहरूको उत्तर भेट्टाउन सम्भव छैन जीवनमा, यो यथार्थ आफ्नो ठाउँमा छ नै, तर पनि प्रश्नहरू मलाई असाद्धै मनपर्छन् । प्रश्नहरूको लखेटाइका कारण उत्तरको खोजी गर्ने उद्वेलन मनमा जसरी अनायास जागृत हुन्छ, त्यो जागृति आफैँमा एउटा मिठो आनन्दको अनुभूति हो । त्यही आनन्दमा डोरिँदै–बेरिँदै मन अनायासै चिन्तनमननको एकाग्र मुडमा अवतरित हुनपुग्छ, त्यो अवतरण आफैँमा एउटा ठूलो प्राप्ति हो जस्तो अनुभूति हुन्छ मलाई । म ठान्दछु, एकाग्रताको त्यो अवस्था एक प्रकारको ध्यानको अवस्था हो । ध्यान चाहे त्यो ‘ओम्’ जपको लयसँगसँगै तानिएर मनमा उत्पत्तिएको दिव्य आनन्दको अनुभूति होस् या प्रश्नहरूको लखेटाइले मनभित्र सिर्जिएको रोमाञ्चक रन्थनको उभार, आखिर ध्यान भनेको ध्यान नै हो । ध्यानले कुनै न कुनै ज्ञानको उज्यालोमा अवश्य पुर्याउँछ मान्छेलाई । ध्यानले सधैं नै ज्ञानको उज्यालोतर्फ उन्मुख हुन उत्प्रेरणा दिलाउँछ मान्छेलाई । प्रश्नहरूको उपस्थिति मलाई औधि प्रियकर लाग्छ । प्राध्यापन पेसाको प्रभाव पो हो कि ? थाहा छैन । तर जे होस्, प्रश्नहरूको आतंक औधि रोचक लाग्छ मलाई । कक्षामा पनि प्रश्न सोध्ने विद्याथीहरूलाई नै बढी मन पराउँछु म, न कि म एकोहोरो बोलिरहुँ र विद्यार्थीहरूचाहिँ कापीमा घोप्टिएर मलाई टिपिरहुन् । त्यस्तो कक्षामा पढाउन उभिनपर्नु मेरा लागि धेरै नै दिक्क लाग्ने कुरा हुन्छ । त्यसैले कक्षामा सुरुमै विषयबारे विद्यार्थीहरूलाई तिनका जिज्ञासाहरू बोल्न लगाएर र बीचबीचमा प्रश्न गर्न उक्साएर म आफैँ नै आफूलाई त्यस्तो दिक्क लाग्ने स्थितिको बन्दी नबनाउन प्रयास गर्छु । कक्षाको मात्र कुरा होइन, अन्यत्र पनि प्रश्न उठाउन चासो देखाउने मान्छेमै अनायासै मेरो ध्यान बढी आकर्षित हुन्छ । आँखामा आँखा जुधाएर प्रश्न गर्न सक्ने मान्छे मलाई बढी मन पर्छ । त्यो भन्दा पनि कति हो कति, बढी मन पर्छ मलाई त्यस्तो मान्छे जो जीवनमा कतै जवाफ नै नभएको प्रश्न उठाउन साहस गर्छ, उत्साह देखाउँछ । जस्तो किः तिमी । तिमी मेरी प्रिय विद्यार्थी , कक्षामा मैले चाहे जस्तै गरी आँखामा आँखा जुधाएर प्रश्न सोध्थ्यौ मसित अघि । अहिले त आफैँ गुरुमा बनिसक्यौ तिमी । र, पनि बखत बखतमा मसित प्रश्न गर्न छाडेकी छैनौ तिमीले । मित्रवत् सानिध्य मसित तिम्रो, तिम्रा हरेक प्रश्न प्रियकर लाग्छ मलाई । किनकि तिम्रा प्रश्नहरू प्रायः गरी जीवनसित जोडिएका हुन्छन्, दर्शनले छोइएका हुन्छन् । कुरै कुराको सिलसिलामा आज पनि त्यस्तै दार्शनिक स्पर्शको प्रश्न उठायौ तिमीले । आजको तिम्रो प्रश्नले मेरो मनमा उमारेको अनुभूतिको प्रारम्भिक तरंगलाई सम्बोधन गर्नका लागि सुरुमा कवि मातृकाको कविताको एउटा उद्धरण अगाडि सारेँ मैले । ‘प्रश्नको बाडी’ शीर्षकको उनको कविताको पुछारको अंश हो त्यो हरफ । त्यो कविता मूलतः राजनीतिक विषयसम्बद्ध हो । मुलुकको समसामयिक राजनीतिक वस्तुस्थितिमा छाएको विकृति तथा विसंगति एवं नेतृत्वतहमा देखिएको गैरउत्तरदायी चरित्रप्रतिको आक्रोशको स्वर हो त्यो कविता । अझ तोकेरै भन्नु पर्दा, जनतालाई काम छउञ्जेल भाँडो काम सकिएपछि ठाँडोको व्यवहार गर्ने वा गर्न दुस्साहस गर्ने क्रान्तिकारी राजनीतिक जत्थाका नेतृत्व तहलाई तिनका आफ्नै कार्यकर्ताहरूको कडा औंला उठाई हो, त्यो कविता । यस मानेमा बिल्कुल राजनीतिक आशयको हो मातृकाको उक्त कविता । जीवन दर्शनसित सम्बन्धित तिम्रो प्रश्नका अगाडि मैले सुरुमै राजनीतिक विषयकेन्द्री कविताको हरफ सम्झनुलाई ‘अलि नमिल्ने कुरा भयो’ भन्ने पो ठान्यौ कि ? त्यस्तो नठान्नु तिमीले । बरू कविताको त्यो हरफलाई आफ्नो प्रश्नसित मिलाएर बुझ्न बल गर्नु । बुझ्नु तिमीले, ‘नमिल्ने’ भन्ने कुरा केही पनि छैन यहाँ । आवश्यकता हो, मिलाएर बुझ्न अक्कल पुर्याउनु, मिलाएर बुझ्न ध्याउन्ना गर्नु बस् ! त्यसो गरे वा गर्न सके सबै कुरा मिलेकै मिलेको मात्र देखिन्छ यहाँ । नमिलेको कुरा पनि नमिलेकै अवस्थामा ‘मिलेकै त छ नि’ भन्ने जस्तो भान भैदिन्छ हामीलाई । यस्तो भान हुनु याथार्थमा हामी मान्छेहरूको विशेषता पनि हो र बाध्यता पनि हो । प्रत्येक क्षण आफ्नै भागको आयु चपाउँदै जीवनमा निरन्तर अगाडि बढिरहनु पर्ने नियति च्यापेर आएका हामी मान्छेले जीवनमा सधैँ सबै कुरो मिलेकै मिलेको मात्र देख्न–हेर्न खोज्नु कहाँ सुहाउने कुरा हुन्छ र ? तिम्रो प्रश्नमा प्रवेश गर्नुपूर्व यहाँ यतिका भूमिका बाँधेँ मैले । नठान्नू , यसो गरेर मैले आफ्नो बौद्धिकता प्रदर्शन गर्न खोजेकी हुँ । बरू बुझ्नू, तिम्रो प्रश्नको प्रभावअगाडि आफ्नो सीमा सोझै कबुल्न नसकेर मैले आफूभित्र एक्कैछिन शक्तिको आराधना गरेकी हुँ । नभन्दै, यति भूमिका बाँधिसकेपछि बल्ल आँट आयो मलाई, तिमीसित आँखामा आँखा जुधाएर यो भन्न कि ‘मसित तिम्रा यी प्रश्नहरूको कुनै त्यस्तो किटानी उत्तर छैन । अझ मसित मात्र होइन, तिम्रा यी प्रश्नहरूको अन्तिम उत्तर यहाँ कसैसित पनि छैन, कहीँ पनि छैन ।’ तिमीले सोध्यौंः ‘यो जीवन के हो ? किन यसमा दुःखको स्थायी बास तर सुखचाहिँ आक्कल झुक्कल मात्र ? पीडाको अविरल वर्षा तर आनन्दचाहिँ बाछिटा मात्र ? जीवनमा कहिले खाएको विष पनि त्यत्तिकै छलिन्छ तर कहिले भने खाँदैनखाएको विषसमेत लागेर अग्घोसित छटपटाउन बाध्य भइन्छ, किन ? सोच्तै नसोचेको कुरा पनि कहिलेकाहीँ त्यत्तिकै भागमा आइपर्छ, फेरि कहिले भने आफ्नो भागमा आइसकेको जस्तो लाग्ने खुशी पनि बिना कारण त्यत्तिकै हातबाट चिप्लिजान्छ । यस्तो किन हुन्छ जीवनमा ? के हो आखिर यो जीवन ? आँसु हो कि उत्सव हो यो ? के हो यसको परिभाषा ?’ साँच्चै नै गम्भीर प्रश्नहरू उठायौ तिमीले आज ! बुझ्नु तिमीले, यस्ता प्रश्नहरूमा छलफल त अवश्य गर्न सकिन्छ तर सार केही निकाल्न सकिन्न । ‘ढाँटहरू’ अवश्य रचना गर्न सकिन्छ तर सत्य कुरा किमार्थ ठम्याउन सकिन्न । त्यसैले आज तिम्रा यी प्रश्नहरूलाई लिएर छलफलमा पस्नुअघि म केही कुरामा तिमीलाई सुरुमै सजग गराउन चाहन्छु । सुन, यस्ता प्रश्नहरूबारे सोच्ने बानी गर्न थालियो भने जिन्दगीभर यस्तो बानीबाट पन्छिन मन लाग्दैन, तर्किन मन लाग्दैन, चुँडिन मन लाग्दैन, छुट्टिन मन लाग्दैन । बुझ्नु तिमीले, रक्सीको लत भन्दा पनि कडा हुन्छ चिन्तनको लत । यस्तो लतलाई समाएपछि यसलाई यदि आफ्नो बोधमा सही ढंगले व्यवस्थापन गर्न सकिएन भने मनको सन्तुलन खलबलिन सलबलिन पनि बेर लाग्दैन । त्यसैले मेरो पहिलो सल्लाह छ तिमीलाई– जीवनबारे यो हदसम्म गम्भीर नबन्नु नै जाति ! होइन, ‘गम्भीर बन्छु’ नै भन्ने तिम्रो अडान हो भने ‘आफ्ना यी प्रश्नहरूको किटानी उत्तर कतै पनि भेट्टाउन सम्भव छैन’ भन्ने तीतो सत्यप्रति पूर्ण सजगता राखेर मात्र यस्ता प्रश्नहरूप्रति जागरुक बन्नु तिमी । तिमीलाई थाहै छ, जीवन दुई ‘प्लस दुई बराबर चार’को गणितमा बुझिने शास्त्र होइन । जीवनको गणित नितान्त बेग्लै छ, अत्यन्त कठिन छ, अमूर्त छ । जीवन अव्याख्येय छ । पार पाइनसक्नुको रहस्यमय विज्ञान हो यो जीवन । प्रकृति आविष्कारक हुन्, यो रहस्यमयी विज्ञानको । झर्नका लागि फुल्ने अनि फुल्नकै लागि झर्ने एउटा फूलको कथाजस्तै रहस्यमय हो यो हाम्रो जीवन । यसलाई रोचक कथा मानेर पढिदिए ‘यो साच्चै नै रोचक कथा हो’ जस्तो लागिदिन्छ । होइन, ‘झर्नकै लागि फुल्न पर्नु जीवन त वास्तवमा पीडा पो हो त !’ भन्ने कोण उजाए फेरि उही जीवन ‘अत्यन्त पीडादायी कथा’ जस्तो जँचिदिन्छ हामीलाई । यो त फगत कोणको कुरा मात्र हो । वास्तविकतामा चाहिँ जीवन के हो ? यसबारे कहिल्यै पूरा भेउ पाउन सकिन्न । न सुरुको कथा थाहा हुन्छ, न अन्त्यको कथा भन्न आफू बाँकी भइन्छ दुनियाँमा । जन्मनुअघि पनि अँध्यारो, मृत्युपछि पनि अँध्यारो, हरेक मान्छेको जीवन दुई सघन अँध्यारोको बीचमा च्यापिएर अडेको एउटा क्षणभंगुर यथार्थ हो । केही समयका लागि ‘झिलिक्क’ बलेको फगत एकटुक्रा उज्यालो हो यो जीवन । जन्मेपछि नमरुञ्जेलसम्मको एउटा अवधिको नाम न हो आखिर हरेकको जीवन ! सार र निस्सार दुवै तत्त्व सँगसँगै मुछिएर अस्तित्वमा अवतरित भएको मान्छेको जीवनबारे गहिरिएर विचार गर्ने हो भने साँच्चै नै द्विविधामा परिन्छ । घरि यो ‘केही’ हो जस्तो पनि लाग्छ , घरि यो ‘केही पनि होइन’ जस्तो पनि भान भइदिन्छ । ‘हो’ र ‘होइन’ दुवै तत्त्व एकै साथ अटाएको यो जीवनप्रति तिमीजस्तै म पनि बखत बखतमा खूब अलमल्लिने गरेकी छु । तर रमाइलो कुरा के भने त्यस्तो ‘अलमल’ कहिल्यै झिँजो लाग्दैन मलाई । बरु उल्टै त्यस्तो पलमा जीवनलाई अझै नजिकबाट बोध गर्न सकेको आभाषले म पुलकित हुने गर्छु । आफू आफैँभित्र कतै गहिरोसित छोइएको अनुवभ गर्छु र सिर्जनात्मक बन्न प्रेरित हुन्छु । जीवनबारे अलमलिएको त्यस्तै एउटा क्षणमा मैले ‘जीवन’ शीर्षकमा एउटा कविता रचेकी थिएँ । त्यो कवितामा जीवनबारेको आफ्नो बुझाइलाई मैले अभिव्यक्ति दिएकी छु । त्यो कविता यहाँनिर तिमीलाई सुनाउनु शायद प्रासंगिक नै होला भन्ठान्छु म । सुनः जीवन देखेँ देखेँ जस्तो लाग्छ हेर्न केही भ्याइँदैन प्रश्नैप्रश्न जताततै उत्तर कतै पाइँदैन भीडहरूमा एक्लो–एक्लो आफैँलाई आफू नौलो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । अन्त्यपछिको सुरु हो कि सुरुबाटै अन्त्य हो यो अनिच्छाको प्राप्ति हो कि प्राप्तिको इच्छा हो यो कहिले अत्यासको भीर जस्तो कहिले उत्साहको उकालो यो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । हाँस्न खोज्दा आँसु झर्छ पुछ्न खोज्दा रसाउँछ तड्पाउँछ/बिझाउँछ भाग्न खोज्दा पच्छ्याउँछ कहिल्यै तृप्त नभइने जीजिविषाको शूल जस्तो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । अभिशाप हो स्वतन्त्रताको कहाली आफ्नै चेतनाको अरोजाईको रोजाई यो जिम्मेवारीको कबुल जस्तो न खा’को विष हो यो न ला’को प्रित हो नजन्माको सन्तानको माया मोहको रित हो यो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । (साभारः मधुपर्क , २०६५ साउन) जीवनबारे थुप्रै रेडिमेड परिभाषाहरू पढ्न पाइन्छ । संसारभरिका कैयन् विद्वान् लेखक, दार्शनिक चिन्तकहरूले जीवनबारेमा एकसेएक परिभाषा बनाएर हाम्रो अगाडि टक्य्राइदिएका छन् । तिनै परिभाषाहरूमध्ये कुनै एउटा परिभाषालाई टपक्क टिपेर यहाँ त्यसैबारेमा मात्र छलफल गर्ने हो भने पनि तिम्रा प्रश्नहरूलाई सम्बोधन गर्न काफी हुन्थ्यो होला । तर म त्यसो गर्दिनँ, गर्न चाहन्नँ पनि । त्यसो गर्नु ढाँट हुन्छ । त्यसो गर्नु तिमीप्रति मात्र होइन, मैले म आफैँप्रति पनि ढाँट गरेको ठहर्छ । किनकि त्यस्ता रेडिमेड परिभाषाहरू कुनै पनि आफैँमा पूर्ण होइनन्, पूर्ण छैनन् । तिमी नै भनन, एउटा जीवन विषयलाई लिएर जब अनेक विद्वान्हरूले अनेक किसिमका परिभाषा पस्केका छन् भने तीमध्ये कुनलाई ‘सही हो’ ठानेर टिप्नु हामीले ? आखिर ती सब परिभाषाहरू सम्बन्धित विद्वान्हरूका आआफ्ना बुझाईका सीमा न हुन् ? बनिबनाउ त्यस्ता परिभाषाहरू केवल कामचलाउ बुझाईहरू मात्र हुन जीवनबारेका । आजसम्म ज्ञानको दुनियाँमा कसैले पनि जीवन विषयमा सर्वस्वीकार्य कोण निर्माण गर्न सकेको छैन । सबैले एकमुखले सहमति जनाउन सक्ने परिभाषा खोइ र आजसम्म कसैले बनाउन सकेको ? र, यदि कसैले ‘बनाउँछु’ भनेर तम्सिए पनि त्यो कुनै हालतमा सम्भव हुने कुरा होइन । तर्क त हरेकले दिएका छन् कि तिनले बनाएको परिभाषा नै जीवनको वास्तविक परिभाषा हो भनेर । तर यस्तो विषयमा तर्क काफी हुन्न , अनुभवको पत्यार बढी महत्त्वपूर्ण ठहर्छ । अर्काको विश्वास जित्न सक्नु एउटा कुरा हो तर अनुभव कसैको पनि अर्को कुनै व्यक्तिले जित्न सक्तैन । एउटा मान्छेको अनुभवभित्र अर्को मान्छे कुनै हालतमा पनि छिर्न सक्तैन, भलै त्यो जतिसुकै नजिकको मान्छे किन नहोस् ! कसैलाई कुनै एउटा चिन्तकले अघिसारेको विचारमा विश्वास लागिदिनु र त्यसको पक्षमा उसले आफ्नो तर्क र बुद्धिसमेत खर्चेर वकालत गर्दै हिँड्नु एउटा कुरा हो, त्यो उसको रोजाइको कुरा हो । त्यसमा ठाडै केही भन्न नमिल्ला पनि । तर पनि मेरो भनाइ के भने – जब बनिबनाउ परिभाषाहरू कुनै वास्तविक सत्य नभई केवल सम्बन्धित परिभाषकहरूका आआफ्ना बुझाइहरू मात्र हुन् भने त्यो बोक्नु नै किन ? यदि ‘बुझाइ’ नै बोक्नु छ भने किन अर्काको बोक्नु ? आफ्नै बुझाइ बोक्नु सही हुन्छ नि ! होइन र ? कलेज विश्वविद्यालय तहका परीक्षाहरू पास गर्न अवश्य नै अर्काले बनाइदिएका त्यस्ता बनिबनाउ परिभाषाहरू घोक्नु पर्छ होला, घोकेरै मात्र पास गर्नु सकिन्छ होला त्यस्ता परीक्षाहरू तर जीवनको परीक्षा घोकेर पास भइन्न । तिमीलाई थाहै छ, जीवनको परीक्षा हरेकले भोगेरै पार गर्नुपर्ने हुन्छ । म ठान्छु, बनिबनाउ सिद्धान्त र शास्त्रहरू सबै बौद्धिकताका मानक हुन् । जीवन वस्तुतः बुद्धि र तर्कले समग्रमा ठम्याउन सकिने विषय होइन । तिमीले भनेको जस्तै यो जीवनमा सोच्तै नसोचेको खुशी एकाएक हात लाग्छ कुनै बेला, अनि फेरि कुनै बेला हात परिसकेको खुशी पनि त्यत्तिकै माछा चिप्लिएजस्तै गरी हातबाट चिप्लिएर सुलुत्त झरिदिन्छ । आखिर किन ? जीवनमा मान्छेले बखत बखतमा बिना दोष दण्डको भागी हुन बाध्य हुनु पर्ने किन ? त्यस्तो बेला किन उसले आफ्नो सफाई दिन नपाउने ? यो जगतमा आइसकेपछि हरेक व्यक्ति आफ्नो जीवनका यावत् पलहरू र परिणामहरूप्रति पूर्ण रूपमा उत्तरदायित्व निर्वाह गर्नु बाध्य बन्छ, तर प्रश्न के भने किन उसको जन्ममा चाहिँ उसको स्वेच्छाको हक चल्दैन । आखिर किन ? कुनै पनि बेला जे पनि भैदिनसक्ने अनिश्चितिको बन्दी किन सधैं बन्नुपरेको मान्छेले ? आखिर मर्नु नै छ भने जन्मन्छ नै किन मान्छे ? किन मृत्युलाई कसैले पनि नाघ्न सक्तैन ? आदि यावत् प्रश्नहरू जीवनका अनुत्तरित प्रश्नहरू हुन् । यद्यपि यी प्रश्नहरूलाई हल गर्न विभिन्न दर्शनहरूमा विभिन्न तर्कहरू अगाडि सारिएको पाइन्छ, कारणहरू बुझाउन प्रयास गर्न खोजिएको भेटिन्छ तर त्यो सबै प्रयास केवल ज्ञानको गुठरी मात्र सिद्ध भएका छन् । सम्बन्धित चिन्तकका आआफ्ना ज्ञानका सीमाहरू हुन् ती । यी प्रश्नहरूबारे अकाट्य उत्तर कसैले पनि ठम्याउन सकेको छैन, कुनै तर्कले पनि यी प्रश्नहरूको मुख सदाका लागि थुन्न सक्दैन । मान्छेको जीवनबाट अस्थिरता र अनिश्चितताको भय सदाका लागि उप्काएर फालिदिन सक्ने तागत आजसम्म कुनै तर्कले बोक्न सकेको छैन, कहिल्यै सक्तैन पनि । तर्कहरू जीवनको गहिरो सत्यबाट भाग्ने बञ्चना मात्र हुन् । जीवनका यावत् अनुत्तरित सवालको हल तर्कबाट कहिल्यै निसृत हुनसक्तैन । एक प्रकारले भन्ने हो भने तर्कहरू फगत ढोंग मात्र हुन् सुन्दर आवरणका । सत्य हो केवल अनुभव मात्र । अनुभव भन्दा तीखो सत्य अरू केही छैन जीवनमा । व्यक्तिलाई उसको अनुभव र भोगाईले सिकाएको जस्तो गरी जीवनको चोटिलो पाठ अरू कसैले सिकाउन सक्तैन, पढाउन सक्तैन । जीवनको दुर्दमनीय अत्यास अर्थात् अस्थिरता र अनिश्चितताको कहालीलाई थेग्न हरेकले आफ्नै अनुभवका आधारमा आफूभित्र आफैँ आफ्नो ‘आड’ निर्माण गर्नु पर्छ, गर्न सक्नु पर्छ । म त भन्छु – विचार सबैको पढ्नु, सबैको विचार सुन्नु , त्यो पढाइ र सुनाइलाई आवश्यक मात्रामा मनमा गुन्नु पनि, तर अन्धो भएर कदापि कसैको विचार पछाडि नकुद्नु तिमी । आफ्नो ‘आफू’ लाई कदापि नहराउनु; नअल्पाउनु तिमी । आफ्नो अनुभव र भोगाइले सिकाएको पाठलाई तिमी कदापि कम नआँक्नु । जीवन भोगाइलाई नै मुख्य साक्षी बनाएर जीवन विषयक आफ्ना तमाम प्रश्नहरूबारे आफ्नो बुझाइ तिमी आफैँ ठम्याउन बल गर्नु । तिमी मेरी प्रिय विद्यार्थी, मन मिल्ने साथी पनि हौ तिमी मेरो । तर के गर्नु, चाहेर पनि म तिम्रो अनुभवभित्र पस्न सक्तिनँ । तिम्रो अनुभवको तहमा उत्रिएर तिम्रा प्रश्नहरूको उत्तर म तिम्रा लागि तयार पारिदिन सक्तिनँ । तिम्रा लागि म आफू जीवनको रेडिमेड परिभाषा बन्न सक्तिनँ । अझ नढाँटी भन्ने हो भने, आफ्नै लागि पनि म जीवनको त्यस्तो कुनै औपचारिक परिभाषा बनाउन सक्तिनँ । म त केवल अनुभव मात्र गर्न सक्छु आफ्नो जीवनलाई । केवल बोध मात्र गर्न सक्छु आफ्नो जीवनलाई । र, जीवनले मलाई सिकाएको जीवनबारेको मेरो बुझाइ मात्र तिमीलाई बताउन सक्छु, तिमीलाई सुनाउन सक्छु । मेरो बुझाइमा यो जीवन अनगिन्ती विसंगतिहरूको भीडमा सधैँ संगतिको खोजी गरिबस्ने गर्ने एउटा अद्भुतको साहस हो; आशाको रहरलाग्दो अनुहार हो । दुःख जीवनको जग हो, सुख यसको जलप । त्यसैले त दुःखमा पनि सधैँ सुन्दर देखिन्छ जीवन; सधैं सुन्दर (जस्तो) लाग्छ जीवन ! प्रश्नहरू जीवनको उकुसमुकुस र अत्यासहरूलाई खुकुलो पार्ने एउटा मिठो कला हो । अनि जीवनमा आफू ‘हुनु’को बोध पनि हो त्यो । जीवनमा प्रश्न उठाउन सधैँ आँट गरिरहनु पर्छ । प्रश्न रस हो । प्रश्न तरंग हो जीवनको एकरसतामा । प्रश्न गर्न छोड्नु भनेको जीवन सकिएको वा सकिदै गएको कुराको संकेत हो । त्यो संकेतलाई प्रश्नको बलले सकेसम्म ठेल्दै पछाडि धकेल्न बल गर्नु पर्छ हरेकले । प्रयासमा सफल भइएला वा नभइएला, त्यो बेग्लै कुरा हो तर इमानदार प्रयास गर्न कदापि छोड्नु हुन्न जीवनमा । यो कुरा मलाई जीवनले नै हो सिकाएको, जीवनले नै हो बुझाएको । यो जीवनलाई छाम्दा कहिलेकाहीँ त मलाई अचम्मै पनि लाग्छ ! भय पनि यसैभित्र छ, भर पनि यसैभित्र । अत्यास पनि यसैभित्र छ, आश्वासन पनि यसैभित्र । पीडाको पोखरी हरदम यसैभित्र छड्किरा’छ, खुशीको मूल पनि यसैभित्र फुटिरा’छ । कसरी यसले आफूभित्र एक्कै साथ परस्पर विपरीत पात्रताका तत्त्वलाई समान सन्तुलनमा उचालिबस्न सकेको होला ? लाग्छ, यो जीवन आफैँमा एउटा घाउ हो र आफैँमा त्यो घाउको औषधि पनि । जीवनबारेको आफ्नो बुझाइलाई सारमा अभिव्यक्ति दिनु पर्दा म भन्छु– जीवन यथार्थमा विरोधाभाषको एउटा मिठो तनाव हो । तनाव ! तर मिठो ! मिठ्ठो तनाव !! #डा. ज्ञानू पाण्डे श्रीमान् अर्थात् बूढा: ’पापा ! हिजो आज तपाईं धेरै नै मोबाइल मै व्यस्त रहन थाल्नुभएको छ । मैले धेरै याद गरिरहेकी छु । के चल्दैछ, भन्नुहोस् त ?’ बेडमा सँगै बसिरहेकी आफ्नी श्रीमतीले धेरै दिनको धैर्यतापछि मात्र शंकास्पद तरिकाले प्रश्न सोधेको चाल पाएका श्रीमान् चाहिंले अलि असजिलो मान्दै जवाफ फर्कायो,’त्यस्तो केही हैन मैयाँ । साहित्य लेखिराको छु मोबाइल मै ।’ यति जवाफ पाउनेबित्तिकै श्रीमतीले व्यङ्ग्य कसिन्,’अँ ! होला झैं लाग्यो ! लेख्दा मुसुमुसु पनि हाँस्नुपर्छ होला नि उसोभए, हैन ?’ श्रीमतिको कसिलो व्यङ्ग्ले भरिएको प्रश्न खस्न नपाउँदै फसाद पर्यो भन्ने मनमनै सोच्यो र आफ्नो बचाउ गर्दै श्रीमानले थप्यो, ’कुरा पनि हुन्छ नि साथीभाइहरूसँग ।’, यति जवाफ पाउनासाथ हत्तारिएझैं श्रीमतीले फेरि प्रश्नको वर्षा गर्न थालिन्, ‘साथी कि साथिनी? बिहान सबेरै बिउँझेदेखि ओछ्यान भित्रै घुस्रेर चलाको छ मोबाइल, चियानास्तादेखि खाना खाँदासमेत मोबाइलमै व्यस्त, हुँदाहुँदा अहिले सुत्ने बेलामा समेत मोबाइल लिएर बस्नुभएको छ । आखिर के ले गर्दा यस्तो मोबाइलमै टासिने बनायो तपाईलाई भन्नुहोस् त ? यसरी पनि काम चल्छ ? थाहा छ कति रात भयो तपाईंले मलाई नछुनु भएको ? भन्नुस् त ?”, रून्चे स्वरमा अलि चर्को हुँदै गएको आवाज निकालेर श्रीमानलाई घच्घच्याउँदै भनिन् श्रीमतीले । श्रीमतिको आवाजलाई सानो बनाऊ भन्दै श्रीमान हडबडाउँदै जवाफ फर्काउन खोज्दै थिए । श्रीमतीले फेरि बीचमै रोकेर आफ्नो पीडा पोख्न थालिन्, ’कसको नाममा फुरिरहेछ आजकल कविता अनि गजल भन्नुहोस् त ? फेसबुकमा लगातार आइरहेछन् तपाईंका कविता अनि गजलहरू । को हो त्यो ? म पनि चिनुँन । कसको नाममा फुरिरहेछन् यी सबै ? कहिले रूपको वर्णन छ, कहिले चालको । मेरोभन्दा पनि राम्रो रूप र चालढाल भएकी कोही भेट्नुभयो कि के हो ?’, यति सुनिसकेपछि श्रीमानलाई के भनुँ कसो गरूँ भयो र केही भनेर त चुप लगाउनै पर्छ भन्ने सोच्दै बोल्यो, ’मैयाँ! तिमीलाई थाहा छ त, म साहित्य पढ्छु अनि लेख्छु । अनि किन ममाथि शंकाको घेरा भन त ? कल्पनामा डुबेर लेखिन्छन् कविता, गीत, गजल, कथा, उपन्यास ! सबै साहित्य यथार्थमा भोगेर मात्र लेखिन्न । किन बुझ्ने कोशिस गर्दैनौ ? भन त?’ “बुझ्नु छैन मलाई केही । तपाईँमा आएको यो साहित्य रचेर अघि बढ्ने परिवर्तनले मलाई भने खरानी नबनाओस् है पापा ! भन्देको छु ।”, सुँक्कसुँक्क गर्दै यति कुरा भनेर श्रीमति आफ्नो ठाउँमा गएर सुत्ने तरखर गरिन् । श्रीमान भने यसरी श्रीमतीले धम्की नै दिएर चेतावनी दिनुपर्ने गरी आफू मोबाइलमै व्यस्त भइसकेको चालै नपाउने स्थितिमा पुगिसकेकोमा एकछिन त ट्वाल्ल परेर बस्यो । एकछिन अघिसम्म कति मज्जाले कुरा गर्दै थियो श्रीमान् मेसेन्जरमा । दुई तीन हप्तामै मज्जाले खुलेर कुराकानी गर्ने महिला मित्र भेटेका थिए । सामान्य कुराकानी गर्दागर्दै नजिकबाट बुझिसकेका थिए एकअर्कालाई । तपाईंबाट तँ भनेर सम्बोधन गर्न थालिसकेको थियो उसले साथीलाई । अनि उसलाई पनि सहजै बुढा भनेर सम्बोधन गर्ने भइसकेकी थिई साथी । ट्वाल्ल पर्दापर्दै श्रीमानको मुटु जोडजोडले धड्किन थालेको थियो । श्रीमतीले आफूले नयाँ महिला साथीसंग गफ गरिरहेको चाल पाएको हो कि झैं भान भएको थियो उसलाई। हुन पनि सधैंभरी उसले श्रीमतीलाई केही लेखिरहेकै छु भन्थ्यो। लेख्थ्यो पनि । लेखेर फेसबुकका भित्ता गीत, गजल, कविता अनि कथाले नरङ्ग्याएको पनि होइन । तर नयाँ साथीसंग गफ गर्न थालेपछि वरिपरिका सारा कुरा विर्सने हुँदै गएको थियो । थप नयाँ सिर्जना गर्न उर्जा मिलिरहेको अनुभव गर्दैथ्यो श्रीमान । नयाँ केही सिर्जना गर्न त नयाँ मान्छेहरूसंग अनुभव अनि भावना साटासाट गर्नुपर्छ भन्ने मान्यता राख्थ्यो । फेसबुक साथीको कुरा सुनेपछि उसले नयाँ भावले भरिएका रचनाहरू लेखिरहेको थियो । धरै वर्षको मेहेनतपछि भेटेका हुन् उनले फेसबुकमा मनमिल्ने, कुरा मिल्ने साथी । कहाँ सबै लोग्नेमान्छे र आईमाई मान्छेबिच सहजै प्रगाढ मित्रता गासिन्छ र ? तर श्रीमान र उनको फेसबुक साथीबिच भने गज्जबकै दोस्ती जमिरहेको प्रष्ट थियो । उनीहरू मेसेन्जरमा कुरा गरेर लामो समय बिताउँथे। हुन पनि मेसेन्जरमा लामो समयसम्म अनेक विषयमा कुरा गरिरहँदा अनेक भाव झल्कन्थ्यो श्रीमानको मुहारमा। खुशीले मन्त्रमुग्ध भएको अनुहार लगाएर कुरा गरिरहेको देख्दा सशंकित हुँदै श्रीमतीले हेरेको हो धेरैपटक श्रीमानलाई । श्रीमान श्रीमतीबीचको भर्खरैको ठाकठुक अघि पनि उनीहरू मेसेन्जरमा कुरा गरिरहेका थिए । केही मिनेटको चकमन्नतालाई चिर्नेगरी मेसेन्जरमा पिलिक्क नयाँ मेसेज आएको देखेर झल्याँस्स भयो श्रीमान । हत्त न पत्त मेसेज पढ्यो श्रीमानले,’बुढा ! कता हराउनुभएको ? कत्ति मज्जा आइरहेको थ्यो यो विषयमा कुरा गर्दा । हजुर कत्ति मज्जाको बुढा क्या । मैले किन भेटिनँ होला पहिल्यै ? उफ्फ्फ्फ्फ ।’ पढ्नेबितिक्कै केही सोच्न नसकेजस्तो भयो श्रीमान । मेसेजको जवाफ नफर्काई हत्त न पत्त मोबाइल स्वीच अफ गरेर पल्टियो ऊ पनि श्रीमतीलाई सरी भन्दै । जसै बिहान भयो श्रीमती ब्युँझिइसकेपछि खुशीले तनक्क जिउ तन्काउँदै उठिन् । श्रीमानतर्फ मायालु भावले हेरिन् । ऊ भने मस्तले निदाइरहेको थियो । केही हप्ता देखिको बिहानको निद्रा भंग गरिदिने फेसबुके साथीलाई सायद उसले सपनामा देखेन त्यो रात । र ब्युँझेन बिहान सबेरै । श्रीमान मस्तले सुतेको मौका पारेर श्रीमतीले श्रीमानको मोबाइल हातमा लिइन् । अफ रहेको मोबाइल अन गरिन् । स्क्रिन लक गरिएको थिएन । श्रीमान श्रीमतीबीच विश्वासको नाता धेरै वर्षअघि देखि कायम थियो । मेसेन्जर खोलेर उनले नयाँ मान्छेको नाम खोजिन् र एकैछिनमा भेटिन् पनि । इन्बक्स खोलेर हेर्दा त रातभरि आफ्नै भएको श्रीमान खै कहिलेदेखि हो अरूकै बूढा भएको पो भेटिन् उनले । त्यसै दिनदेखि श्रीमानले आफ्नो स्टाटस अपडेट नगर्ने र श्रीमतीले पनि आफ्नो पुरानै स्टाटस पाइरहने गरी सम्झौता गरे, र श्रीमती आफैँले श्रीमानबूढा भनेर बोलाउन थालिन् । #दीपक श्रेष्ठ पर्खाल नाघिरहेको सहर ', "नचाहेरै उभिन्छन् पर्खालहरू पाइलामा । मनबाट पर्खाल ढालेर पुल निर्माणमा जुटोस् मान्छे । परिवर्तनलाई इख्याउने आदिम सहरमा भेटियून् सबैको मनसम्म पुग्ने सडकहरू । उज्यालो हुनु अघिदेखि नै ब्युँझिइसकेको छ लोमन्थाङ । भेडाहरू, चौँरीहरू, खच्चरहरू, घोडाहरू, कुखुरा र कुकुरहरूले बस्तीमा बिहान ओर्लिसकेको सङ्केत दिँदैछन् । चैत्य, छोर्तेन र गुम्बाहरूबाट फैलिइरहेछ धूपको मुस्लो र पर परसम्म स्पर्श गरिरहेछ मान्छेका नाकका पोराहरूमा । आङदुङ , स्यामा , सुर्की पहिरेर ठिम्बु र ज्यन्जेन भिर्ने महिलाहरू भेटिन्छन् बाटा, गल्ली र चोकहरूमा । स्यामु , फुङ्स्यो , केनम् भिरेर घप्टी हल्लाउँदै हिँडिरहेका पुरुषहरू पनि भेटिन्छन् सहरका कुनाकानी, सडक र साँघुरा गोरेटाहरूमा । बिहान हुनु अघिदेखि नै गुञ्जायमान छ सहर बौद्ध मन्त्र र बौद्ध स्तुतिहरूमा । सहर होइन कुनै विशाल तीर्थस्थल लाग्दैछ लोमन्थाङ । मन्त्र जप्दै र स्तुति गाउँदै समय बरबाद पारेर मात्र कहाँ मिल्छ र शक्ति ! कहाँ भेटिन्छ र शान्तिको सुवास !! काम नगरी मन्त्र जपेर मात्र माला बनाउनुको के अर्थ छ र जिन्दगीको । बिहानभर मन्त्र जप्न र माला गन्न छोडेर जाँगर नउमारेसम्म जय र स्तुतिले मात्र उम्रन सक्तैन कुनै सिर्जना । जाँगर र प्रार्थना दुवैमा अब्बल देखिन्छन् लोमन्थाङवासीहरू । हाम्रा चार पाइला लोमन्थाङ चिन्न रौसिएका छन् बिहानैदेखि । चार आँखाले हेरेर अघाएका छैनन् मायालुलाई । खुसी छन् मायालु, आँखाहरूद्वारा नूतन सहरको स्पर्श पाउँदा । माया निस्फिक्री फैलिएको छ सहरभरि । सहरका हरेक बार्दली, सिकुवा, छाना, आँगन, भित्ता र चोटा कोठामा फैलिइरहेछ मायाको सुगन्ध । माया पूजा, माया खुसी, माया रङ र माया गति बनेर फैलिइरहेछ सहरभरि । बैँसका चिल्ला पातहरूमा सल्बलाइरहेछ माया निरन्तर । मायाको स्पर्शमा मस्किँदै हिँडिरहेछौँ हामी मानेहरू घुमाउँदै । हामी मिस्टिक होटलबाट बाहिरियौँ र केही उत्तरतिर बढ्यौँ । थुम्का नै थुम्काहरू पर्खाल बनेर उभिएका छन् लोमन्थाङका । थुम्काहरू चैत्यहरू जस्ता छन्, प्रकृतिले मिहिनेतसाथ बनाएका । गोलाकार र चुलिँदै उकालिएका । थुम्काका चुचुरामा लिङ्गो गाडेर दाच्योहरू फहराइदिएका छन् मान्छेहरूले । प्रकृतिमा कृति थपिदिएपछि साँच्चै सुहाएको छ दृश्य । थुम्काहरूमा हरियोपरियो छैन । केवल छन् पहेँला थुम्काहरू । बौद्ध वस्त्रले ढाकिए जस्ता, धानको थुप्रो थुपारे जस्ता । प्राकृतिक चैत्यहरूबाट फैलेको हावाले शान्त र शालीन बनाइरहेछ मान्छेहरूलाई । हामी दुई भने सहरभरि छरिएर रहेका छोर्तेन र चैत्यहरूलाई छुँदै हिँडिरहेछौ, छापे मानादेखि बिटुमिनका ड्रम जत्रा मानेहरू चार हातले घुमाउँदै हिँडिरहेछौँ । त्यो शान्त प्रदेशमा शान्तिको मुटुमा रहेर यात्रा गर्दा धर्म होइन शान्तिको अनुभूति गरिरहेछु मैले । मेरी शान्ति घामभन्दा चहकिलो बनेर खुलेकी छिन् मलाई पाएर । हामी पर्खालको किनारैकिनार हिँडिरहेछौँ । कुनै समय पर्खालबाहिर कुनै घरहरू बनाउन पाइँदैनथ्यो भन्दै हुनुहुन्थ्यो सुरेन्द्र दाइले । अहिले पर्खालबाहिर पनि फैलँदै रहेछ लोमन्थाङ सहर । सन् १३८० मा अमे पालले लोमन्थाङ सहर बसाए र सहरबाहिर पर्खालले घेरे— मैले पढेको थिएँ इतिहास । लोमन्थाङ बजारलाई घेरेको छ बाक्लो र अग्लो पर्खालले । पर्खालका बिच बिचमा सुरक्षाकर्मीले निगरानी गर्ने बुर्जाहरू पनि छन् । उत्तरपूर्वमा रहेको ठुलो ढोका नै सहर प्रवेश गर्ने द्वार हो । हिमाली क्षेत्रका पर्खाल र द्वारहरूले सुरक्षा र समृद्धिको झल्को दिन्छन् । सहरको शोभाका लागि, सहरको सुरक्षाका लागि र सहरको सम्मानका लागि बनाइयो होला लोमन्थाङ पर्खाल । अहिले पनि अग्लो, सेतो र बलियो ढङ्गले उभिइरहेछ पर्खाल । माटाका बाक्ला गारा भएका घरहरू र ठुलो र बाक्लो पर्खालले घेरिएको छ लोमन्थाङ । ‘पर्खाल भित्रको राजधानी’ नामले पनि चिनिएको छ लोमन्थाङ । हामीले सहरको उच्च भागमा उक्लिएर हे¥यौँ, कतै कतै पर्खालमै उक्लिएर पनि हे¥यौँ । सहरबाहिर असङ्ख्य रहेछन् ढुङ्गे पर्खालहरू— बस्ती छेक्न बनाइएका, बाली छेक्न बनाइएका, बिरुवा छेक्न बनाइएका, वायु छेक्न बनाइएका र बस्तु छेक्न बनाइएका । ती नाङ्गा पाखाहरूमा पर्खाल नै पर्खाल पो फलाएका रहेछन् मान्छेहरूले । त्यसो त मार्फाबाट उकालो लागेदेखि नै पर्खाल नै पर्खालका प्रशस्ती देखिन थालेका हुन् मुस्ताङभरि । पर्खालको कोलाजभित्र कुतकुति रहेछ लोमन्थाङ । कसैका लागि अवरोध हो पर्खाल । कसैका लागि विभाजन हो पर्खाल । कसैका लागि सीमा हो पर्खाल । कसैका लागि सुरक्षा हो पर्खाल । मुटुभरि हराभरा बनिरहेको मायालाई कसैले नगरोस् आक्रमण र कहिल्यै नचुहियोस् कतै पनि । प्रेमी प्रेमिकाहरू हृदयदेखि नै गर्दैछन् मखमली पर्खालको आह्वान । छोर्दे गुम्बाको बाहिरपट्टि पर्खाललाई दायाँ पारेर हिँडिरहेछौँ हामी । बाक्लो कुहिरो फुसफुसाए झैँ झर्न थाले जलकण ।’ पानी पर्यो, पानी पर्यो’— नौलो परिवेश महसुस गर्दैछन् लोमन्थाङवासी । कि हिउँ कि शुष्क वायुबाहेक केही नभेटिने लोमन्थाङमा पानीका छिटा सगुन र आशा बनेर बर्सिदैछन् । धुलो नउड्ने गरी भिज्दा ताजा र तरुनो देखिदैछ भुईँ । ‘पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउज्यूलाई मन पर्यो’ मैले ठुलै स्वरमा गाएछु गीत । हाम्रै पछिल्तिर आइरहेका तिन बहिनीहरू खित्का छोडेर हाँसे र उनीहरूकै भाषामा के के भने । म भने अलि लजाएँ र गीत गाउँ नै छोडिदिएँ । ‘ए… ए… ए… ए’— हिँड्दाहिँड्दै दुवै जनाले झ्याप्प समात्यौँ एकअर्कालाई । एकै डल्लो पारेर छोर्तेनको छेको लाग्यौँ । छोर्तेन हाम्रा लागि पर्खाल नबनिदिएको भए हामी दुईको आन्द्रा उधिन्थे होलान् भालाजस्ता सिङधारी झोपाहरूले । सहरका साँघुरा गल्लीहरूमा कहिले कुकुरको झम्टाइमा, कहिले झुमा, झोपा र घोडाहरूको ठेलमठेल र पेलमपेलमा पर्नु सामान्य भएको छ । पर्खालभित्रका गल्लीहरूमा उकुसमुकुसिएर उछिट्टिए जस्ता लाग्छन् ती जनावरहरू । टासिदेले, वेलकम टु लोमन्थाङ, दावा याङ्गेन प्लस मिङ्मार ग्याल्बो, पासाङ वाङ्मो प्लस फुर्पु छिरिङ, ल्हाक्पा ग्याल्जेन प्लस पासाङ छोमो, विलियम गोल्डमेन प्लस क्याथेराइन फिसर, रूपा बराइली प्लस जीवन निरौला, शत्रुधन यादव प्लस रमा घिमिरे, आइ लभ यु सुमित, आइ लभ यु माया, आइ अलवेज लभ यु मधु, श्रीप्रसाद सुवेदी, २०७१।२।९, बुद्ध भगवान्को कसम म तिमीलाई हृदयदेखि माया गर्छु सुमिना, नयाँ नेपाल गणतान्त्रिक नेपाल, लभ यु लोमन्थाङ, गणतन्त्र चाहिँदैन, राजा मास्न पाइँदैन— यस्तै यस्तै लेखिएका छन् पर्खालका भित्ताहरूमा । त्यसबाहेक ‘नौ हाते पटुकीलाई बार हाते सारी, एउटी थिई मोटी काली त्यसले माया मारी’, ‘उकालो डाँडामा राम्रो रानीवन, फिरन्ते यो गरिबको ज्यान मात्रै हो धन’, आनीबानी हेर्ने होइन रूपै हेर्छन् केटा, घुस खाने नेताज्यूको बार हातको फेटा’– यस्तै यस्तै पनि कति लेखिएका छन् कति । अझ तिब्बती भाषामा लेखिएको त हामीलाई कालो अक्षर भैँसी बराबर नै भयो । कता कता ट्रक साहित्य जस्तो पनि लाग्छ भित्ते साहित्य । समाजको सोच र चेतनालाई पनि केही हदसम्म बोकिरहेछ भित्तो । बिचरा भित्तो युगौँयुगदेखि लोमन्थाङवासीहरूको मेला जात्रा हेरिरहेछ, झगडा मिलाप हेरिरहेछ, राम्रा भन्नेहरूका नराम्रा कर्तुत पनि हेरिरहेछ, कयौँलाई छेकिरहेछ, कयौँलाई सेकिरहेछ, आफू भने जसले जे लेखे पनि सहिरहेछ, जसले जे देखाए पनि हेरिरहेछ, जसले जति किला ठोके र ठेले पनि चुप लागिरहेछ । शासनले, प्रशासनले र शक्तिको आडमा बबन्डर मच्चाउने निरीह मान्छेको स्वरूप जस्तो पनि छ भित्ता । समयको धरहरा बनेर उभिरहेछ लोमन्थाङ पर्खाल । प्रत्येक इँटा र ढुङ्गाहरूमा मान्छेको स्पर्श नभै बन्दैन पर्खाल । इतिहासको चाङ पनि हो पर्खाल । भित्ता भेटिनेबित्तिकै मनका कुण्ठाहरू लेख्न तम्सन्छ मान्छे । स्नानागारहरूमा, शौचालयहरूमा, मन्दिर, चर्च र मस्जिदका भित्ताहरूमा लेखिएका सङ्केतहरूले खोलिरहेछन् इतिहासमा रहस्यहरू । इजिप्टका पिरामिडका भित्ताहरूमा कोरिएका मानव सभ्यता अङ्कित चित्रहरू, अमेरिकाको उचिता माउन्टेनका गिर्जाघरका भित्ताहरूमा टाँसिएका प्रेम, भगवान् र मान्छेका गतिशीलताका चित्रहरू, म्यान्माको स्वेडगँउँ पगोडा छेउछाउमा लेखिएका पुकार र प्रार्थना, वासिङ्टन डी.सी.को लिङ्कन मेमोरियल पार्कमा सिंगमरमरमा लेखिएका वीरता, बहादुरी र मानव बन्ने सूत्रहरू र हाम्रै तिलौराकोटका गाराहरूमा कोरिएका समयका तस्बिरहरू छोएका क्षणहरू उदाउँछन् मेरो मानसपटलमा । चित्रहरू हुन् वा लेखौट, समय र घटनाका तूलफुल बनेर टाँसिन्छन् समयका पर्खालहरूमा । कसैका लागि अवरोध, कसैका लागि सुरक्षा, कसैका लागि रहस्य, कसैका लागि प्रतिष्ठा, कसैका लागि आदि र कसैका लागि अन्त्य बनेर उभिइरहेछन् पर्खालहरू । आनन्दलाई भाग्न नदिन र दिग्दारीलाई भित्रिन नदिन उभ्याइने गरिएको छ पर्खाल । पर्खालको सहारामा चलुन्जेल कहाँ स्वतन्त्र बन्न सक्छ र कोही पनि । स्वतन्त्रताका जरा र हाँगाहरू दूर क्षितिजसम्म दौडाइरहेको बेला पर्खालका भित्ताहरूमा ठोक्किनु गतिमै गोलमाल सिर्जना हुनु हो । मान्छेका मनहरूमा पर्खाल ठडिन थाल्यो भने मनहरू नै उभिन्छन् विद्रोहमा र ढालिदिन्छन् पर्खालहरू गल्र्याम्गुर्लुम् । बर्लिन पर्खालको अवशेषअघिल्तिर उभिएपछि थाहा पाएथेँ मैले कुनै बेला — स्वतन्त्रताभन्दा ठुलो केही मान्दैन मान्छेले । मान्छे विरुद्ध उभिएका पर्खालहरू टिकेको देखेको छैन मैले आजसम्म । नारायणहिटी होस् वा केशरमहल, बागदरबार होस् वा बबरमहल, हरिहर भवन होस् वा रवि भवन, सिंहमहल होस् वा फोहरा दरबार सबैका पर्खालहरू निरीह बने मानव सागरको वेगमा ठोक्किएर । दरवारका शेरहरु सर्प जसरी सुलुसुलु बगेर बाहिरिए समयसंगै । पर्खाल ठड्याउन लालायित बन्नुभन्दा किन आकर्षित बन्दैन मान्छे पुल निर्माण गर्न ? मन मनका पर्खालहरू ढालेर पुल जोडेको हेर्न रमाउँछु म । पर्खाल नाघेर मनहरूलाई दरबारका चोटा कोठा र बार्दलीहरूमा उभ्याएको देखेँ मैले जापानमा । मान्छेका आस्थाहरू च्यापेर मान्छेसँग निर्बाध अङ्कमाल गरिरहेको भेटेँ मैले रानी एलिजावेथलाई वकिङ्घम दरबारको पर्खाल बाहिरसम्म । दरबारअघिल्तिर पर्खाल नभएपछि कति मजाले सुमसुम्याइरहेछन् मान्छेले आफ्ना आस्थाहरूलाई बेल्जियम र नेदरल्यान्डमा । प्राप्तिको पवित्र प्राण मानिरहेछन् मान्छेहरूले पर्खाललाई लोमन्थाङमा । चीनको ग्रेटवाल गाइँगुइँ गर्दैछ भेटेका हरेकसँग इतिहासका चिल्ला पत्रहरू पल्टाउँदै । युरोपेली र अमेरिकीहरू पर्खाल निर्माण गर्नु सट्टा बगैँचा बनाउन आतुर छन् । पर्खाल व्यक्तिवादी सोचको संरक्षक हो । स्वार्थको सहारा हो । डर र शङ्काको सुमसुम्याई पनि हो । जति जति ईष्र्या, लोभ, मोह र अहङ्कार बढ्छ मान्छेमा त्यति नै ठुला ठुला बनाउन थाल्छ मान्छेले पर्खाल । लोमन्थाङ पर्खालकै छेउमा उभिएर सोचेँ मैले । ‘कसैको प्रेम पनि कसैका लागि पर्खाल बन्न सक्छ’– पर्खाल दर्शन बनाउन खोज्नु हुँदैछ मित्र पनि । पवित्र भयो भने प्रेमको स्तम्भ बन्न सक्छ पर्खाल । नेपालको धरहरा होस् या आग्राको ताजमहल दुवै हुन् प्रेमको बलिया पर्खाल । बौद्ध सम्पदा, राजा र जनतालाई घेरोभित्र पारिरहेछ पर्खालले लोमन्थाङमा । हजारौँ वर्षको हिउँ खपिरहेछ, हावा सहिरहेछ, घाम खपिरहेछ । उस्तै उस्तै देखिँदादेखिँदै सधैँ परिवर्तनशील छ संसार । लोमन्थाङका आरोह र अवरोहको निर्दोष साक्षी बनिरहेछ पर्खाल । अप्ठ्यारा, पीडा र अवरोध भनेकै पर्खाल हुन् जिन्दगीका । जिन्दगीमा तह तहका पर्खालहरू छन् । पर्खालहरू छन् र पो जोस, जाँगर र सपनाहरू छन् जिन्दगीका । प्रेम पनि त पर्खाल हो एउटा, अथवा एउटा बाँध हो, जो निश्चित सर्त र खुसीहरूका बगैँचामा फक्रने गर्छ । कयौँ पर्खालहरू त आफैँ बनाइरहन्छौँ मनमा हामीहरू । दिग्दारीहरू, असन्तोषहरू र चिडचिडाहटहरू कसै गरी नपसून् मनमा भन्ने जारी हुन्छ अभिप्राय । गतिशीलता, कार्यमा सजगता, परिवारको ढाडस, मित्रहरूको आत्मीयता, प्रेमको सामीप्यता र औषधीका सहाराहरू पर्खाल बनेर उभिन्छन् । ‘ठिक समयमा उपयुक्त पर्खाल निर्माण गर्नुमा विशेष महत्त्व रहन्छ । पर्खाल निर्माण गर्नु, पर्खालको सुरक्षा गर्नु, पर्खाल कमजोर पार्नु र पर्खाल भत्काउनु यत्तिकैमा त चलिरहन्छ जिन्दगी । जिन्दगी भनेको पर्खाल सिर्जना र विनाशको खेल पो रहेछ । कति काम सोचेर सम्पन्न गर्न सकिँदैन, कति ठाउँ चाहेर पुग्न सकिँदैन । इच्छामा भाँजो आइ पर्नु पर्खालबाहेक के हो र अरू ? लोमन्थाङ पर्खालको पश्चिमी कुनामा पुग्दा पर्खाल दर्शनमा डुबिसकेका थियौँ हामी । ‘टासिदेले’ — पर्खाल छेउकै साँघुरो गल्लीबाट निस्कँदै गरेका दुई बहिनीहरू हामीलाई नै लक्षित गरी हाँसेपछि हात जोडेँ मैले । ‘नमस्कार’, कहिले आउनुभएको हजुरहरू पहिला पनि आउनुभएको थियो कि ?’— हृदयदेखि नै खुलेर मुस्काउनुभयो बहिनीहरू । खुला पर्वत जस्तै खुला दिल हुनु र हावा झैँ खुलेर हाँस्नु कति सुन्दर बानी छ लोमन्थाङवासीमा । लोमन्थाङ पर्खालभित्र घरहरू मात्र होइन असङ्ख्य पर्खालहरू रहेछन् । कुनै पर्खालमा घोडा, खच्चर र भेडाहरू थुनिएका छन्, कुनैमा डुङ्डुङी गनाइरहेछन् मलमूत्रहरू, कुनैमा हरिया रुखहरू र कुनैमा ढुङ्गा छापिएका आराम कक्षहरू देखिन्छन् । केही छैन भने घर घरलाई मज्जैले घेरिएका छन् पर्खालहरूले । ‘तपाईँले बोक्नुभएको झोला र यी पर्खालहरू उस्तै उस्तै लाग्छन् मलाई’— आङफुटी बहिनीको रङ्गीन झोलालाई इङ्गित गरेँ मैले । ‘दुवै उस्तै त हुन् नि आफ्नोलाई छोप्ने अरूलाई रोक्ने । आखिर वस्त्रहरू पनि पर्खाल हुन्, शरीर पनि हृदयका लागि पर्खाल हो, घर पनि पर्खालहरूको जमात हो, ताला पर्खालको पहिलो भेट हो’— आङफुटी र पेम्पा साङ्मोका तर्कहरूमा खुसी भयौँ हामी सबै । एउटा मुस्कान र केही शब्दको साटासाटले तोडिँदोरहेछ मान्छे बिचको पर्खाल । परिचित होस् वा अपरिचित जोसुकैसँग पनि जुनेली मुहारमा अघि सर्ने, जोसँग पनि मनका कुरा खोलेरै बोल्ने पर्खाल विनाको व्यवहार छ लोमन्थाङेहरूको । पर्खाल नै पर्खालका घेराहरूमा बसेर खुला चउर झैँ हल्किनु विशेषता नै छ उनीहरूको । ‘ओठहरूबाट मन्त्रहरू खसेको सुनिँदैन, हातहरूमा माने घुमेको देखिँदैन, बौद्ध आस्थाको सहरमा तपाईँहरू मात्र देखिनुहुँदैछ अपवाद’— दरबारको दायाँ मोहडामा कोट्याएँ मैले बहिनीहरूलाई । ‘यहाँको माटाका हरेक कणमा शान्तिका जमरा जमजमाईरहेछन् । हावाको हरेक गतिमा घुलिएको छ शान्ति र सुगन्ध । शान्त संसारमा उदाउँछ घाम । शान्ति छोड्न परेकामा विरक्तिदै अस्ताउँछ ऊ । हिउँ, पर्वत, हिमनदी र ढुङ्ग्याने आकृतिहरूमा कोरिएका छन् शान्ति नै शान्ति । प्रकृतिले नै बनाएको छ करोडौँ चैत्य, गुम्बा र छोर्तेनहरू यहाँ । प्रकृतिले नै हुर्काइरहेछ असीम शान्ति । मान्छे स्वयं क्रुर, अपराधी र अन्यायी नबन्ने हो भने बुद्धको पुकारा गरेर समय बरबाद बनाइरहनुको के अर्थ ! बुद्धमूर्ति र उनका छोर्तेनहरू उभ्याइरहनुको के अर्थ ? मान्छेले संसार नबिगार्ने हो भने शान्ति पुकार्नुको आवश्यकता छैन । हामी पुकारबाट होइन आचरण सुधारबाट शान्ति ल्याउने अभियानमा छौँ । बहिनीहरूको दर्शन पक्का मानववादी थियो । मानववादी अभियन्ता मित्र भने मिस्टिक होटलमै रहनुभएकाले सुन्न पाउनुभएन त्यो कुरा । लोमन्थाङ बजार पश्चिमबाट पूर्वतिर बिस्तारै ओरालो झरेको छ । उत्तरतिर पहेंलपुर डाँडा नै डाँडाको बिचमा एउटा अर्को अग्लो डाँडो छ । त्यसमा दाच्यो र लुङ्दरहरू फर्फराइरहेछन् । माथितिरबाट कुहिरो क्रमशः झरिरहेछ ध्वजा पताकाका अक्षरहरू कोट्याउन । त्यो केसरजोङ किल्लाको भग्नावशेष रहेछ । केसरजोङ किल्लामा चढेर लोमन्थाङको सर्वाङ्ग नियाल्ने इच्छा उर्लेको थियो तर त्यहाँ पुग्न झन्डै तिन घण्टा हिँड्नुपर्ने कुरा बुझेपछि किल्लालाई आँखैले कन्याएर चित्त बुझाउनुबाहेक अरू केही उपाय सुझेन । अलि पर कोरेलापारि तिब्बत भेट्ने बाटाको रेखा प्रष्ट देखिन्थ्यो । इच्छा भएर पनि तिब्बतका विशाल मैदानहरू चाहार्ने अभियानलाई समयले पर्खाल लगाइदियो । समयको पर्खालका अगाडि सबैले निरीह नबनी सुख्खै छैन । मलाई लाग्यो— एक समय यी सारा पर्खालहरू नाघेर पर परसम्म पुग्ने छ लोमन्थाङ । कयौँ पर्खालहरू नाघेर लोमन्थाङमा अलिकति आफ्नो रङ्ग दिइरहेछ तिब्बतले । लोमन्थाङ र तिब्बतको रङ एकै ठाउँमा मिसिएर उत्पत्ति हुन्छ एउटा नयाँ रङ । त्यो रङमा साँध सीमाना र पर्खालहरू फिका बन्ने छन् र मेटिने छन् उबडखाबडहरू । त्यस रङमा सल्बलाइरहने छन् केवल ‘मान्छे’ नामका मान्छेहरू । अब पर्खाल उभिएर विभाजन गर्न सक्ने छैनन् मान्छेलाई, फरक रङ, फरक आकृतिको दुहाइ दिने मान्छे विरुद्धका दुस्साहसहरूले । होटल मिस्टिक हिमालयन, लोमन्थाङ #दामोदर पुडाशैनी 'किशोर' #लोमन्थाङ आविष्कारको सानो भेटीः साहित्य संग्रहालय: नेपाली साहित्यमा चासो राख्नेहरुका लागि ‘साहित्य संग्रहालय’ परिचित वेबसाइट हो। यहाँ सबैजसो साहित्यकारहरुका सामग्रीहरु एक साथ पाइन्छन्। प्रायः साहित्य अनुरागीहरू यस वेबसाइटका बारेमा जानकार भए पनि यसका संचालकबारे बेखबर छन्। किन यो संग्रहालय तयार हुँदैछ, धेरैका लागि यो चासोको विषय रहँदैआएको छ। यही चासो अमेरिकामा रहेका साहित्यकार कृष्ण कुशुमलाई पनि लाग्यो। सोधखोजको क्रममा फेला परे, आविष्कार भारतीलाई। भारती तिनै व्यक्ति हुन्, जसले साहित्य संग्रहालय चलाइरहेका छन्। डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका आविष्कार पेशाले सूचनाप्रविधिका इन्जिनियर हुन्। स्कुले दिनदेखि नै उनमा साहित्यको रुचि रहेछ। लामाभन्दा छोटा रचनामा पूर्णता पाउने लघुकथा, हाइकु, सेन्यु मुक्तक र कवितामा रूचि छ र उनी तिनै कुरा सिर्जना गर्छन्। उनको ‘टुसाएको मन’ हाइकु र सेन्यू संग्रह प्रकाशित छ। साहित्य संग्रहालय के हो? यो वेबसाइट सुरु गर्न केले प्रेरित गर्यो ? ‘साहित्य सङ्ग्रहालय’ अन्तर्जालमा छरपष्ट रचनाहरुलाई एउटा थलो दिउँ भनेर सुरु गरेको एकल प्रयास हो। धेरै वेब पत्रिकाहरुमा साहित्यिक रचनाहरु छापिन्छन् तर विभिन्न कारणले ती बन्द भइदिन्छन्। जसले गर्दा लेखकको सामग्री प्राप्त गर्न कठिन हुने देखियो। यसरी ती सामग्री हराउनु भाषा र साहित्यका लागि राम्रो होइन भन्ने लाग्यो। अर्को कारण, म पराइ भूमिमा छु। यहाँ नेपाली साहित्यका किताब, रचनाहरू पाउन सन् २०१२ सम्म निकै गाह्रो थियो। कसैले केही लेखेको थाहा हुन्थ्यो तर केही दिनपछि भेट्टाउन गाह्रो भएपछि सुरुमै संकलन गर्न थालेँ । तर दैनिक जम्मा गर्दै जाँदा यो भण्डार बन्न पुग्यो र वास्तवमै संग्रहालय बन्न थाल्यो। सन् २०१३ मा यसलाई ब्लगबाट सुरु गरेको थिएँ तर यो यति ठूलो हुँदै गयो कि यसका लागि बेग्लै वेबसाइट नै बनाउनु पर्यो । सन् २०१६ देखि यसलाई वेबसाइटमा परिवर्तन गरेर चलाइरहेको छु। तर बाहिर धेरैलाई यो कुरा थाहा छैन, किन होला ? यो पूर्णतः अव्यावसायिक र नाफारहित काम हो। त्यसैले प्रचार-प्रचार गर्नु उपयुक्त लाग्दैन। फेरि म काम गर्न रुचाउने मान्छे हुँ। मलाई साहित्यले धेरै दिएको छ। असल मान्छे बनाएको छ। त्यसैले यो मेरो तर्फबाट नेपाली साहित्यलाई सानो भेटी मात्र हो। सबै विधालाई समान रुपमा संग्रह गर्नु भएको रहेछ। अहिलेसम्म कति रचना संकलित भए त? आजको मितिसम्म (असार १ गते) ४ हजार ६ सय ९४ लेखक कविका करिब २० हजार रचनाहरू सङ्कलित भएका छन्। सुरुमा कथा, कविता, लघुकथा, गजल, मुक्तक, हाइकु, एकाङ्की र निबन्ध मात्र संकलित भएका थिए। त्यो पनि एउटा रहरबाट संकलन गर्ने कार्य प्रारम्भ भएको थियो। पछि जसैजसै अन्य विधाका बारेमा बुझ्दै गएँ, मन रौसेर आयो। ती विधाका बारेमा पनि बुझ्ने चाहना झन् बढेर आयो। त्यसपछि अन्य विधाहरु पनि थपिदै गए। कुन विधाका कति रचना संकलन भएका छन्, त्यसको डेटा छ ? साहित्यका १ सय ८३ विधाका रचनाहरू संकलित छन्। नेपाली काव्यअन्तर्गत महाकाव्य, खण्डकाव्य, शोककाव्य, लघुकाव्य, गद्यपद्य कविता, छन्द कविता, गीति कविता, केस्रा, गजल, गेडी, छेस्का, ताङ्का, तियाली, मुक्तक, रुबाई, लिमरिक, सिजो, सेदोका, सेन्र्यू, हाइकु, देउडा गीत, नेपाली गीत, नेपाली पप गीत, नेपाली प्यारोडी गीत, नेपाली भजन, रोइला र चुड्का, लोकगीत, स्वदेश गान आदि रहेकाछन्। यी विधाका सङ्ख्या लगभग बाह्र हजार छन्। नेपाली गद्यअन्तर्गत नेपाली कथालाई मैले विभिन्न उपविधाहरु बनाएर संकलन गरेको छु। जसमा सामाजिक, आधुनिक, लोक, हास्य, मनोविश्लेषणात्मक, यौन, जातक, नैतिक, पौराणिक गरी फरक-फरक संकलन गरेको छु। त्यसैगरी पत्र साहित्य, पुस्तक अंश, मनोवाद र स्वगत, लघुकथा, सूत्रकथाका साथसाथै २५ वटा नेपाली उपन्यास–लघुउपन्यास पनि सङ्कलन गरिएको छ। यस विधामा चार हजार ५ सय रचना संकलित छन्। निबन्ध–प्रबन्धअन्तर्गत एक हजार वटा रचनाहरू जम्मा भएका छन्। जसमा निबन्ध, विचार मन्थन र चिन्तन, संस्कार–संस्कृति परिचय, इतिहास, कार्यपत्र, खोजपत्र, शोधपत्र, पुस्तक समीक्षा, विभिन्न साहित्यिक लेख, समालोचना, कृति–व्यक्तित्व समीक्षा, स्थान परिचय, अनुभूति, नियात्रा–यात्रा संस्मरण, संस्मरण, स्रष्टा चिनारीजस्ता सामग्री रहेका छन् । नाटक–रङ्गमञ्च नेपाली साहित्यको कम लेखिने तर अभिन्न अङ्ग हो। यस विधाअन्तर्गत पचहत्तर वटा रचना एकाङ्की, नाटक, प्रहसन र रेडियो नाटकमा सङ्कलन गरेको छु। बाल साहित्यको पनि बाल उपन्यास, बाल एकाङ्की, बाल कथा, बाल कविता, बाल गजल, बाल गीत, बाल नाटक लगायत लगभग तीन सय पचास रचना सङ्कलित छन्। यीबाहेक विश्व साहित्यबाट नेपालीमा अनुदित र नेपालीबाट अङ्ग्रेजी भाषामा अनुदित रचनाहरूलाई छुट्टै विधाअन्तर्गत राखिएको छ। यस्ता रचनाहरु चार सय एक्काइस पुगेका छन्। त्यसैगरी नेपालमा बोलिने अन्य भाषाका रचनाहरु पनि संकलन भएका छन्। रचना कसरी संकलन गर्नुहुन्छ ? मैले अन्य वेबसाइटमा प्रकाशित भएका रचनालाई संकलन गर्ने हो। त्यसबाहेक वेबसाइटमा भएको इमेलमा प्राप्त हुने रचनालाई पनि स्थान दिन्छु। यसलाई मैले मेरो फुर्सदको समय मात्र नभएर दैनिक केही समय छुट्ट्याउने गरेको छु। मैले कम्प्युटर चलाउन जानेदेखि नै कतै नेपाली रचना भेट्यो कि त्यसलाई नोटप्याडमा राखिरहेको हुन्थेँ। साहित्य सङ्ग्रहालयमा एक चौथाई रचनाहरू पुराना किताबबाट आफैँ टङ्कण गरेर राखेको पनि छु। जहाँबाट प्राप्त भएको रचना हो, त्यसको स्रोत लगभग सधैँ खुलाएको हुन्छु । पब्लिक डोमेनमा रहेका रचनाहरू साभार गरेर सङ्कलन गर्ने गर्छु। वेबसाइटमा फुटकर रचना मात्र छैनन्, केही त पूर्ण पुस्तकहरु पनि संकलन गर्नु भएको छ। सिंगो पुस्तक राखेपछि रोयल्टी पनि दिनुपर्ला। कसरी व्यवस्थापन गरिरहनु भएको छ? हो, केही पूर्ण पुस्तक पनि छन्। केही उपन्यास, लघु–उपन्यास, महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता सङ्ग्रह, समलोचना सङ्ग्रह पनि छन्। यीमध्ये धेरैजसो पब्लिक डोमेनमा रहेका र रचनाकारले साभार गरेर राख्नु भन्नु भएकाले राखेको हुँ। केही पुस्तक प्रतिलिपि अधिकार ऐन, २०५९ को दायराअनुसार कसैको कानुन हकदाबीबाट बाहिर पेरिसकेको मानेर सङ्कलन गरेको हुँ। कसैले लेखस्व खोज्नु भयो भने वा आपत्ती जनाउनु भयो भने म ती हटाउने छु तर आजसम्म कसैले पनि त्यसो भन्नु भएको छैन। परदेशको बसाई चुनौतीपूर्ण नै हुन्छ तैपनि आम्दानी नहुने साहित्य सेवा गरिरहनु भएको छ। यी काम गर्दा के कस्ता कठिनाई भोग्नु पर्यो? परदेशमा घरदेशको न्यास्रो ज्यादा लाग्दोरहेछ। जसरी आमा–बा अनि देशका यादले मनमुटु रन्किन्छ, त्यसैगरी आफ्नो भाषामा बोल्न नपाउँदा र लेख्न–पढ्न नपाउँदा–नभ्याउँदा अर्कै नमज्जा लाग्ने रहेछ। त्यही न्यास्रो मेट्न यो काम गरेको हुँ। यसै कारण धेरै कठिनाई भोग्नु परेन तर यसलाई बचाइराख्न केही खर्च त लाग्छ। एक्लो प्रयासमा यसलाई थेग्न केही भारी भयो। यो समस्यालाई पनि कसैगरी पन्छाएँ। कहिलेकाहीँ लेखकहरुले आफ्नो रचना त्यहाँ राखेको भनेर गाली पनि खानु परेको छ। खासमा यो व्यावसायिक नहोस्, लेखकका रचना मात्र संकलन होऊन्, धेरै जनामा नपुगोस् भन्ने चाहना छ। नत्र लेखकलाई गाह्रो हुन्छ भन्ने बुझेको छु। गाली खाँदा पनि मेरो गुनासो नहुनुको कारण पनि त्यही हो तर धेरैबाट हौसला पाएको छु। त्यसबाहेक सामाजिक र पारिवारिक कारणले आजभोलि धेरै रचनाहरु राख्न छुटाएको छु। परदेश होस् या आफ्नै देश, परिवार, काम र अन्य सामाजिक कृयाकलापमा ढल्किँदा धेरै रचनाहरूलाई यहाँ राख्न पाएको छैन। यो सम्झँदा भने नमज्जा लाग्छ। तपाईं आफैँ लेखक। आफ्नो मौलिक लेखनलाई संकलक र सम्पादक व्यक्तित्वले ओझेल पारेको अनुभव हुँदैन ? म लघुकथा, मुक्तक, सेन्र्यु तथा हाइकु र फाट्टफुट्ट गीतमा कलम चलाउँछु र आफ्नो लेखन पनि जारी छ। सिर्जनाको वातावरण पाएको बेला उम्रिन दिन्छु। साहित्य सङ्ग्रहालयले मेरो मौलिक लेखन कार्यमा केही असर गरेको छैन। बरू यत्तिका रचना-भावना पढेर मलाई र मेरो लेखनलाई खारिन मद्दत गरेकोझैं महसुस हुन्छ। कति समय यस्तो पनि आयो कि ‘ह्या किन म एक्लै यो सङ्कलन गरिरहेछु? आखिर कसलाई पो काम लाग्छ र? आखिर के पो फाइदा हुन्छ र?’ भन्ने सोच आयो तर मनोबल सधैँ पाठक र रचना प्रेषण गर्नुहुने साहित्यकार एवम् साहित्यभोगीहरूले उकासी रहनुभयो र मलाई अगाडि बढ्न अदृश्यरुपमा हौस्याइरहनुभयो । मसँग धेरै कृति र फुट्कर रचनाहरू इमेलहरुमा प्राप्त भएका छन्, जुन थप्न बाँकी नै छ। साहित्य संग्रहालयलाई आगामी दिनमा कसरी अघि बढाउने सोचमा हुनुहुन्छ? आगामी दिनमा यसको एउटा छुट्टै मोबाइल एप होस् र सहज तरिकाले सबैसामु नेपाली साहित्यका चम्किला मोतीहरू छर्न सकियोस् भन्ने मनमा छ। तर धेरै साथीहरूले यहाँका रचना प्रयोग गरेर एन्ड्रोइड एप बनाउनु भएको छ। तर ती साथीहरुले धेरै विज्ञापन राखेर झन् भद्दा र पैसा कमाउने भाँडो बनाउनु भएको छ। यो मलाई बिल्कुलै मन परेको छैन। आगामी दिनमा साहित्य सङ्ग्रहालयलाई सर्वसुलभ बनाउन एउटा एप बनाउन मन छ। दोश्रो, नेपाली साहित्यकर्मीहरूको वैयक्तिक विवरणको पूर्ण डाटाबेस बनाउने रहर पनि छ। तपाईंको हाइकु र सेन्यू संग्रह ‘टुसाएको गगन’ आएको छ । पाठकबाट कस्तो प्रतिक्रिया पाउनु भयो ? मेरो पुस्तक ‘टुसाएको गगन’ नोभेम्बर २, २०१९ मा नेपाल र अमेरिकामा एक्कै दिन लोकार्पण भएको थियो । यो ५२५ हाइकु र सेन्र्यु सङ्कलन भएको पुस्तक हो। हाइकु अनि सेन्र्यु अन्य विधा भन्दा कमै पढिने विधा हो जस्तो लाग्यो तर पनि यसका प्रकाशक ‘शब्दार्थ प्रकाशन’का अनुसार यसको बिक्री सन्तोषजनक भयो । देशमा के कस्तो मूल्याङ्कन भयो भनेर पछ्याउन अलिक मुश्किल हुँदो रहेछ तर पनि समीक्षकहरूले राम्रो मन्नु भएको देखें । अमेरिकामा जतिले पढ्नु भयो, सबैले राम्रो मान्नु भयो । यस पुस्तकको जति लेखस्व आयो, त्यो रकम सिन्धुपाल्चोकको एक विद्यालयमा टिफिन भन्ने कार्यक्रमका लागि समर्पण गरेकोछु र भविष्यमा पनि गर्नेछु । अन्त्यमा आफूलाई भन्न मन लागेको तर मैले समेट्न नसकेका कुराहरु केही छन् कि? साहित्य सङ्ग्रह मैले कुनौटोमा बसेर थुपार्दै लगेको थुप्रोलाई घुन लाग्न नदिन साथ दिने सबैलाई हार्दिक धन्यवाद। यस साहित्य सङ्ग्रहालयको सङ्कलनलाई अभिलेखालयको रूपमा अगि बढाउने सोचमा साथ पाउनेछु भन्ने आशा राखेको छु। गल्ती मनिसबाटै हुने हो। यसमा धेरै त्रुटिहरू हुनसक्छन्। यसलाई सच्याउन मद्दत माग्दछु। के गर्दा यो अझ चुस्त होला सुझाव दिनुहुनेछ भन्ने विश्वास राखेको छु। #आविष्कार भारती #कृष्ण कुसुम दक्षिण कोरियाली कविताः कफी: (कवि ओ साय्–योङको जन्म सन् १९४२ मा दक्षिण कोरियामा भएको हो । उनका कविताका एक दर्जन र आलोचनाका आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । सन् १९८४ मा उनले कोरियाली आधुनिक कवितामा पुर्याएको योगदानका लागि सर्वोच्च बुद्धिष्ट सम्मान “नेकोन अवार्ड” प्राप्त गरे । उनी क्यालिफोर्निया विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक समेत रहेका थिए । उनको यो कविता अङ्ग्रेजीमा प्रकाशित “फ्लार्वस लङ फर स्टार्स” नामक कविता सङ्ग्रहबाट अनुवाद गरिएको हो ।– अनुवादक ) कफी म तिमीलाई माया गर्छु भनेर लेखूँ ? म तिमीलाई घृणा गर्छु भनेर लेखूँ ? नोटबुकको पानाअगाडि कलम हल्लिन्छ म काँपिरहेको हातले एक कप कफी पिउँछु यो गुलियो छैन यो तीतो छैन तिनीहरूमा विशेष स्वाद मिसिएको छ अलिकति चिनी हालेकाले यो ठिक्कको स्वादको छ मलाई कालो कफी मन पर्दैन कपमा चिनी पग्लिएजस्तै गरी मेरो चेतना विवेकको कपमा घोलिन्छ राति एक्लै कफी पिउँदै नेटबुकको खाली पाना अगाडि म आफूलाई हेर्छु । अनुवादक – भीष्म उप्रेती #ओ साय्–योङ #भीष्म उप्रेती श्रममा भेदभाव नगरौँ: मान राख्छ कर्मको जसले नित्यनै कर्म गर्दछ । कर्मवीर ठूलो बनि बसुन्धरा ऊ भोग्दछ ।। जो गर्छ कामलाई हेला ठूलो र मसिनो भनी दुर्गती निश्चित हुन्छ भासिन्छ दरिद्री बनी ।। हुँदैन प्रगती कहिलै अल्छी र कामचोरको । देखिएन सुखद कहिलै गर्दैनन् काम जोरको हँुदैन सानो र ठूलो सृष्टिमा काम जुन छ्न । नगरी परिश्रम कडा को पार्छ सुन कन्चन ।। विविधता सबैभन्दा सुन्दर छ हेर कंदर । बगँैचा बगैचँै मात्र हुन्थेन अती सुन्दर । सयपत्री राम्रो लाग्छ केतुकी जब फूल्दछ । गुलाब फूललाई हेरी मान्छेको मन भुल्दछ ।। कुसमाकर सुन्दर बन्छ तुशारे शिशिर हुँदा । चन्द्रको महत्व बड्छ अँध्यारो निसाले छुँदा ।। सुन्दरता शब्दको अर्थ खुल्दछ कुरुपता सित । तसर्थ मित लाउनु मिहिनेती माहुरी सित ।। जो गर्छ कामलाई प्रीत भलो छ उसको सदा । छान्दछ कामलाई जसले बड्द्छ्न उसका व्यथा ।। नखेली माटोको मैलो बन्दैन रास धानको । नलाग्दा माड भुँडीमा के हुन्छ तिम्रो मानको ।। बनाउने सानो हुने भोग गर्ने तिमी ओजक । छोड यो पातकी कुरा नबन तिमी शोसक ।। नगर्नु कहिलै भेद कामका बीचमा पनि । कृष्ण युद्ध लडेकाथे अर्जुनका सारथी बनी ।। #श्रममा भेदभाव नगरौँ #सुरेश जोशी सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्सः शृङ्खला २: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तकजस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्व साहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । छोटा कविता कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैँमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । नेपाली छोटा कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा चर्चित कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज, मनु मञ्जिल, भीष्म उप्रेती र भूपिनका कविता रहेका छन् । – डा. विप्लव ढकाल) श्रवण मुकारूङ १. जङ्गली फूल श्रवण मुकारुङ गाउँ सहर वा नगरतिर मलाई— जङ्गली फूल भन्छन् तर जङ्गलमै त मेरो नाम अर्कै छ । रमेश क्षितिज २. कुभिण्डे दह रमेश क्षितिज राजकुमारी जस्ती युवती जून ओर्लिन्छे आकाशबाट कहिले यो कुना, कहिले ऊ कुना रातभरि नुहाइरहन्छे यो पोखरीमा— निर्वश्त्र, निर्वश्त्र ! जुनेलीको जादुगरी छडीले छोएर बिउँझाउँछे छेउमा सुतेको राजकुमार पहाड र बिहानीको रेशमी रुमाल सुकाएर डाँडामा हराउँछे आफू— कहाँ हो कहाँ ! दिनभरि झोक्राएर पहाड हेरिरहन्छ यही ऐनामा आफ्नो उदास अनुहार ! मनु मञ्जिल ३. घोडा मनु मञ्जिल घोडाको सोचलाई कुटेर यसरी दास बनाइएको छ, यसरी लास बनाइएको छ कि ऊ मुक्ति नै लगामसहितको खोज्छ, स्वर्ग नै तबेलासहितको खोज्छ ! भीष्म उप्रेती ४. सूचना भीष्म उप्रेती ‘‘कृपया फूललाई नछुनु होला’’ फूलबारीमा सूचना टाँगिएको थियो । सम्झेँ— काँडालाई पनि त छुनु भएन, घोचिहाल्छ ! भूपीन ५. सपना भूपीन मानिसका सपनाहरू बच्चाको शरीरजस्ता ! र विपना उनीहरूले लगाएका कपडाजस्ता । सपनाहरू जो बढ्छन् हर्लक्क कुनै बच्चाझैँ । तर वर्ष दिन नबित्दै उनीहरूका कपडा छोटा भैसकेका हुन्छन् लगाउन मुस्किल हुने गरी । लगाऊँ दुनियाँ हाँस्छ नलगाऊँ नाङ्गै भइन्छ । (कवि विप्लव ढकाल (२०२४ ,भोजपुर– याकु, मारिङ ) ले कवितामा विद्यावारिधि गर्ने क्रममा छाेटा कविताकाे पनि अध्ययन गरेका थिए । उनका निर्जन बन्दरगाह , कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी , च्याउको जङ्गल जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन्। त्रीचन्द्र कलेज काठमाडाैंमा अध्यापन गर्ने ढकालले दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।) सूक्ष्म अर्थात् स्मार्ट कविता पठाउने ठेगाना viplavdhakal@gmail.com #डा. विप्लव ढकाल #सूक्ष्म कविता अर्थात् स्मार्ट पोइम्स राजिनामासँगै बुझाइएको एउटा चर्चित कविता: हरेक रचनाको इतिहासमा एक श्रमिकको कथा लुकेर बसेको पाइन्छ । यस पृथ्वीमा श्रमिक नहुने भए यो पृथ्वी कस्तो बन्ने थियो अनुमान लगाउन सकिँदैन । र, जहाँ श्रमिक हुन्छ त्यहाँ मालिक हुन्छ । श्रमिक र मालिकको सम्बन्धको अन्तर खोज्ने हो भने त्यहाँ एक नदीको दुई किनारजस्तो भेटिन्छ, चाहेर पनि जोडिन नसकेको । म मालिक भन्ने अहं हर कोही मालिकमा भेटिन्छ । नेपालमा जब हरेक वर्षको मे १ तारिख आउँछ, रमेश सायनको “जागिर” शीर्षकको कविता सबैले पढ्न खोज्छन् । के छ र त्यो कवितामा? किन खोजिन्छ ? कविता लेखेर श्रमिकको हित हुन्छ र ? प्रश्न उठ्ला । मजदुर दिवसको दिन यो कविता खोजिनु सामान्य नै मानिन्छ तर किन खोजिन्छ? श्रमिकको हकहितको कुरा उठ्नु, थाँति रहनु र सधैँ उठिरहनु एउटा नियति बनिरहेको परिप्रेक्ष्यमा यो कविताको सान्दर्भिकता सधैँ उत्तिकै देखिन्छ तर श्रमिकको हितमा के के भए र के के भइरहेका छन् ? मुख्य प्रश्न नै यही हो । कविताले कसरी आफ्नो मालिकलाई आफ्नो जागिरसँग जोडेको छ भन्ने कुरा कवि रमेश सायनको यो ‘जागिर’ कविताबाट पुष्टि भएको पाइन्छ । किन खोजिन्छ उनकै कविता मे एकमा, यो कविता सिर्जनाका पछाडि कुनै कथा छ कि? त्यसअघि पढौँ उनको यो बहुचर्चित कविताः जागिर रमेश सायन म एक निजी कम्पनीको कारिन्दा हुँ यो शहरको थुप्रै भोक र अभावको ईश्वर हो, मेरो मालिक । एकदिन मालिकसँग भनेँ — मालिक, तपाईँ मेरो भोकको ईश्वर हो तपाईंकै वरदान हो यो जीवन यसपालि जन्मदिन धुमधामले मनाउँछु कामबाट बिदा दिनुस् । मालिकले भन्यो — मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ यो पल्ट थुप्रै काम छ अर्को वर्ष मनाउला जन्मदिन मैलै हुन्छ भनेँ । फेरि एकदिन मालिकसँग बिन्ती गरेँ — मालिक, तपाईँ भोकको ईश्वरको पनि ईश्वर हुनुहुन्छ तपाईंकै दयामा सजियोस् एउटा घर प्रेमिकासँग बिहे गर्नु छ मलाई बिदा दिनुस् । मालिकले भन्यो – लगनहरू अझै आउँछन् यो पल्ट थुप्रै काम छ कुनै अर्को लगनमा बिहे गर मैले फेरि हुन्छ भनेँ । एकदिन म जिन्दगीसँग औधि थाकेँ र भनेँ — मालिक, तपाईँले मेरा भोक र अभावहरू टारिदिनुभयो धन्य छ तपाईँलाई अब मलाई मर्न दिनुस् मालिकले भन्यो — ठीक छ आज थुप्रै काम छ सप्पै सक र भोलि मर । ओहो, कति सशक्त कविता भन्ने तपाईंलाई लागेन? यो त हरेक शहरिया कामदारहरूको नियति हो भन्ने तपाईंलाई लागेन? प्रस्तुत कविता लेख्दा कवि कुनै एक निजी कम्पनीमा काम गर्थे । कविलाई लाग्छ, जागिर खानु भनेको आफ्नो निजी जीवन बाँच्नलाई हो । वास्तवमा नै निजी जीवनमा आफ्नो मात्र हक रहेको हुन्छ तर अधिकांश श्रमिकको जीवन भने सास आफ्नो, जीवन मालिकको झैँ रहेको हुन्छ । विंस २०७० सालमा लेखिएको यस कवितामा कविले आफ्नो गुनासो पोख्दै मालिक कस्ता हुन्छन् भन्ने कुरालाई व्याख्या गरेका छन् । उनी आफ्नो मिहिनेत र स्वतन्त्रतामा विश्वास राख्ने भएकाले नै यो कविता जन्मिएको कवि रमेश सायन बताउँछन् । कवितामा पोखिएका पीडा सत्य हुन् । कविले आफ्नो निजी जीवन चलाउनको लागि जागिर खाएका थिए । माघमा बिहे गर्छु भन्दा पनि “यो महिना काम छ, तिमी फागुनमा बिहे गर,” भन्ने उत्तर पाएपछि उनले काम छाड्ने निर्णय गरेका थिए । राजिनामा लेख्दै गर्दा फुरेको यो कविता उनले राजिनामा बुझाउँदा पेश गरेका थिए। उनले राजिनामा सँगै आफ्ना मालिकलाई “यो तपाईँका लागि लेखिएको कविता हो” भन्दै राजिनामाको अन्तिम फाइलमा हालेर बुझाएका थिए । आफ्नो मालिकका लागि लेखिएको कविता पछि सबै किसिमका मालिकका लागि लेखिएको बुझिएला भन्ने कविले सोचेका थिएनन् । श्रमिक भनेको ज्याला लिएर मात्र श्रम गर्ने होइन । तलब लिएर जागिर खाने पनि श्रमिक नै हुन् भन्ने सोच राखेका कविले कुनै म्यानेजर र तल्लो स्तरको जागिरेलाई पनि एकै नजरले हेर्ने गरेको बताउँछन् । हामीले श्रमिक कसलाई भनिरहेका छौँ भन्ने कुरा मुख्य हो । उनी थप्छन्, “चिल्लो गाडीमा हिँड्ने म्यानेजर पनि त श्रमिक हो नि, उसको पनि त मालिक छ !” कवि नवराज पराजुलीलाई घत परेको कवितामध्ये ‘जागिर’ पनि एक हो। कवि पराजुली भन्छन्, “म कविता एकदम प्रेडिक्ट गरेर पढ्छु तर रमेशको कविता पढ्दा मैले जे प्रेडिक्ट गरेको थिएँ, त्यो मैले सोचेको र कविताले कहेको खुराकमा निकै अन्तर भेटेँ। यो कविता पढिसके पछि मैले के सोचेँ भने ‘जसले अहिले यो कविता पढे तर जागिर खाएका छैनन् र जुन दिन जागिर खानेछन् र आफ्नो मालिक पहिले कतै पढेको कवितामा झैँ भेट्नेछन् तब उनीहरूले यो कवितालाई सम्झनेछन् ।’” कवि रमेश सायनले आफ्नो जीवनमा धेरै मालिकसँग काम गरे । उनले कोरियामा लामो समय काम गरेका छन् । कोरियामा उनले नेपालमा जसलाई राजिनामा दिएका थिए, त्यस्तै मालिकसँग उनले करिब पाँच महिना दैनिक १८ घण्टाको दरले काम गरेको अनुभव रहेको बताउँछन् । कविले नेपालमा जागिर खाँदा पाएको मालिक र कोरियामा पाएको मालिक एउटै स्वाभावको भने नरहेको बताउँछन् । उनको भनाइ छ, “यदि नियममा रहेर मालिक उपस्थित भयो भने संसारका कुनै पनि श्रमिक आफ्नो मालिकसँग दिक्क हुँदैनन्।” रमेश सायनको यो ‘जागिर’ कविता उनको कविता सङ्ग्रह ‘भागेर भूगोलभरि’मा सङ्ग्रहित छ । साथै, ‘छुटेका अनुहार’ संस्मरणका लागि उनले पद्यश्री पुरस्कार पनि प्राप्त गरेका छन् । #कविताको कथा #निरज दाहाल #रमेश सायन राजमार्गमा बगेका आँसुहरू: यो राजमार्गमा छाला डढाउने टकटकउदो घाम ओडेर बडो मुस्किलले हिँड्नु निदाउन खोज्दा आँखामाथि टहटह जुन आएर बसिँदिदा बढेको वैचनी र छट्पटी भक्कानिएर आँखाबाट छुटेका अश्रुधाराहरू पटपटी पाईतलाहरू फुटेर चुहिएका रगत शरणार्थी जस्तै भोक भोकै आफ्नै देशका सडकहरूमा भौतारिनु कलेटी परेको छोराछोरीहरूको निलो ओठ र उनीहरूको आशातीत अनुहारहरू कसरी बुझ्न सक्छौ तिमी यी यावत पिडाहरू ? निसंकोच ! आदेश मात्र जारी गर्छौ सडकहरू बन्द गर ! घरभित्रै बस ! शिरोधार्य गरेकै हौ त तिम्रा आदेशहरू हाम्रा अँध्यारा कोठाका चुल्हो बलुञ्जेल सहेकै हौ त भोकले रिंगटा लागेर नढलुन्जेल ! रोगले भन्दा भोकले मार्ने भएपछी असह्य भएर पो निस्किएका हौँ जीवन खोज्न राजमार्गको लम्वेतान यात्रामा । घरभित्र कैदी बनाएर राखुञ्जेल खै त ! देखेको ? आगो बलिरहेको पेटहरू औषधिबिना छटपटाइरहेका दिर्घरोगीहरू दूध चुस्न नपाएका तिर्खालु बालकहरू न त देख्यौ हरेक दिनराज मार्गमा बगिरहेको आँशुहरू या नियतवश नै देख्न नचाहेको हौ ? बरु सुनाइरह्यौ तिम्रो सफेद झूट भोकले कोही मर्नुपर्दैन रोगले कोही मर्नुपर्दैन बेरोजगार कोही बस्नु पर्दैन तर यथार्थमा खोजिरहिरह्यौ हाम्रो लाशलाई ओडाउने कात्रो र पुर्ने खाल्डोहरूमा कमिसन दिने ठेकेदारहरू । यो राजमार्गको कठिन यात्रामा चालिएका हरेक पाइलैपिछे हरेक दुःखी यात्रीका मस्तिष्कभरी गुन्द्रुक झैँ गुम्सिएका अनगिन्ती अनुत्तरित प्रश्नहरू छाल झैँ उर्लेकाछन् छन् र खोज्ने छ एकदिन अनुत्तरित प्रश्नका हरेक जवाफहरू अथवा, जवाफ खोज्दा खोज्दै यी आँसुहरू अनियन्त्रित भेलमा परिणत भएर थाहा छैन कुनदिन पुनः फर्कने हुन् यहि राजमार्ग हुदै तिम्रो राजधानी । #राजमार्गमा बगेका आँसुहरू #सुनील बाबु श्रेष्ठ स्पन्दनको गीत: मेरो रगत कालो भो रातो गरी फर्काइदेऊ मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।। भेरी नदी सललल तिम्रो याद झललल कतिन्जेल सोस्ने हो भेलले रगत भललल समाजको मैलो ऐना सफा गरि बनाइदेऊ मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।। कस्तो होला बन्दी जीवन खुल्ला सगरैमा अझैँ कस्तो होला भाग्य टुट्दा गाउँ घरैमा मेरो लागि मेरै कुलको माया प्रीति जन्माइदेऊ मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।। #स्पन्दन बिनोद #स्पन्दनको गीत गजलको मैदानमा बञ्जाराको साहस: फूलद्वारा लुटिँदा म परदेशमा थिएँ तिम्रो सिँउदो भरिँदा म परदेशमा थिएँ । जुगौँ लगाई बनाएका सपनाका मन्दिरहरू पालैपालो भत्किँदा म परदेशमा थिएँ कस्ती भाकी थियौ होली तिमी बेहुलीमा तिमी रुँदै अन्मिँदा म परदेशमा थिएँ कहाँ पो भर हुँदो रहेछ र समयको जूनको आकार बदलिँदा म परदेशमा थिएँ । २०५६ सालबाट गजल लेखन सुरू गरेका लोकेन्द्र बञ्जाराका मधुपर्क र आँकुरा पत्रिकामा त्यो समयमा दुई गजल छापिएका हुन् । रचना छापिएपछि पैसा पाइन्छ भन्ने हेक्का उनलाई थिएन । अहिले ठूला पत्रकार भएका एकजनाले त्यो पैसा म निकालेर लैजाऊँ ? भनेपछि उनको चेत खुलेको थियो । त्यसै समयमा लोकेन्द्र र अन्य साथीहरू मिलेर पूर्वाञ्चलको दमक आसपासमा रहेर गोजीबाट पैसा निकालेर साहित्यिक कार्यक्रमको आयोजना गर्थे । त्यो बेला हवाई पत्रिकाको लहर थियो । देशका विभिन्न जिल्लाबाट सयौं हवाई पत्रिकाहरू निस्किन्थे । झापाको दमकबाट लोकेन्द्रले पनि साहित्याकाश भन्ने हवाई पत्रिका निकाल्ने गर्थे । द्वैमासिक रूपमा निस्कने सो ४ पन्ने पत्रिका करिब १८ अङ्कसम्म निकाले उनले । अहिलेको जस्तो फेसबुक र अनलाइन पत्रिकाहरू केही थिएनन् तर रेडियो नेपालका विभिन्न प्रसारण केन्द्रहरू र एफएम रेडियोहरूले लोकेन्द्र बञ्जाराका गजल र साहित्याकाश पत्रिकालाई जहिल्यै स्थान दिन्थे । त्यही पत्रिकामा नियमित रचना प्रकाशित हुने सर्जकहरू जस्तोः बुद्घिसागर, महेश कार्की क्षितिज, सुन्दर कुरुप, ज्ञानु विद्रोही, निर्दोष डेबिट, पुष्प अधिकारी अञ्जली आदि देशले चिन्ने साहित्यकार भएका छन् । पूर्वाञ्चलमा रहेर लोकेन्द्र र उनका साथीहरूले नेपाली गजलको उन्नयनका लागि पूर्वाञ्चल गजल मञ्च भन्ने संस्था गठन गरेका थिए । गजलको विस्तार र उत्थानका लागि यस संस्थाले केही वर्ष धेरै साहित्यिक गतिविधि गर्\u200dयो । लोकेन्द्रको विदेश प्रस्थान र गजलको सपना देश छोडेर म नि हिँडेँ भाग्य खोज्न अरबतिर जिउँदो लाश बनी हिँडेँ भाग्य खोज्न अरबतिर । बाध्यताको जञ्जीरले कस्दै कस्दै ल्याएपछि विवश सम्झेँ अनि हिँडेँ भाग्य खोज्न अरबतिर । गजल लेखन प्रक्रियामा आएका सम्पूर्ण सर्जकलाई संस्थागत गर्न भने लोकेन्द्र र उनका साथीहरूले सकेनन् किनभने लोकेन्द्र र अन्य साथीहरू निम्न वर्गीय परिवारमा जन्मेका मान्छे थिए । उनीहरू जुटेर पनि एक दिन गाँस, बास र कपासका लागि फुट्नु नै पर्ने भयो । पत्रिका, साहित्यिक संस्था र गजल लेखनले मात्र परिवार चल्ने अवस्था रहेन । त्यसपछि गजल लेख्ने कलम झोलामा राखेर लोकेन्द्र दुबईतिर हानिए । प्रकाश आङदेम्बे फिल्मतिर लागे । आआफ्ना बाटामा लागेर पनि सहयात्रा छोड्न चाहिँ छोडेनन् उनीहरूले । लेखन सुरूमा पत्रिकामा नाम छपाउने रहरबाट आदत बनिसकेको थियो । दुबईमा करिब एक दशक बस्दा लेखेका गजलहरूको सङ्ग्रह उनले जैतुन (२०७४)नाम दिएर निकाले । यस अघिको उनको पहिलो गजल सङ्ग्रह ‘आँखाभरि सपना’ (२०६२) हो । लोकेन्द्रले विदेश पुगेर न त घरदेश बिर्से न त गजललाई । उनले विदेश बाध्यता माने तर आफूले रोपेको साहित्यको सपनाको बिरुवा उनले कहिल्यै बिर्सेनन् । लोकेन्द्र प्रस्ट वक्ता पनि हुन् । उनले नढाँटी भनेका छन्, “हातमा ठेला नै उठ्ने तातो खाडीको बालुवा चालेर आएको मान्छे म, गजल नै धेरै लेख्छु यसैमा दिल बस्यो, दिल छोडेर कहाँ जानु ? गजलकै लागि केही गरूँ भन्ने मनमा लागेर आउँछ ।” त्यसो त दुबई बसाइका क्रममा लेखेका केही मनपर्ने गजलहरू मोबाइलबाटै गुमाएको नमिठो घटनाले उनलाई हरेक क्षण चिमोटिरहन्छ । परदेश बस्दा एउटा राम्रो गजल सिर्जना गरौँ भन्ने भन्दा पनि लेखनको लत नछुटोस् भन्नका खातिर कामले अत्यन्तै थाकेर बोल्न नसकेको अवस्थामा पनि जस्तो आउँछ त्यस्तै गजल मोबाइलमा नोट बनाएर राखेको यथार्थ उनीसँग छ । नेपाली गजल लेखनमा युवाहरूको चासो फूल नराम्रो कहाँ हुन्छ चुन्न जान्नुपर्छ गजल झिल्के कहाँ हुन्छ सुन्न जान्नुपर्छ यो जिन्दगी गणितको विषयजस्तै हो घटाउन, जोड्न, भाग गर्न, गुन्न जान्नुपर्छ अवसरले मान्छेलाई कहिल्यै पर्खिँदैन समय छँदै यसलाई ड्याम्म थुन्न जान्नुपर्छ ढोका बन्द भयो भने झ्याल खुल्न सक्छ सपनाको बुट्टे रुमाल बुन्न जान्नुपर्छ । कति लेखकहरूले गजल नै नभएको रचनालाई पनि गजल भनेर नामकरण गरिदिँदा आफूलाई दुःख लागेको अनुभव उनी सुनाउँछन् । गजलको क्षेत्रमा आफूलाई यसरी अरूले चिन्नुका पछाडि आफ्नो सङ्घर्षलाई उनले बिर्सेका छैनन् । आफूले पनि साहित्यको यात्रा थालनी गरेको यही गजल लेखनबाट नै हो भन्ने कुरा निर्धक्क भन्छन् । गजल लेखनबाट साहित्य यात्रा प्रवेश गरेका सबै स्रष्टा गजल लेखनमा टिकिरहन सक्दैनन् र सकेका छैनन् भन्ने उनको बलियो तर्क छ । किनभने गजललाई सतहीमा बुझ्नेले गहिरिएर बुझेकै हुँदैन । रदिफ र काफिया मात्रै चिनेर गजल बन्न सक्दैन । काफियाको सही प्रयोग गर्न सकिएन भने गजल केवल भावना मात्रै बन्छ, गजल बन्न सक्दैन । प्रेम प्रणय र शृङ्गार हुँदै गजल अब सडकदेखि सदनसम्म पुगिसकेको यथार्थ छ । उनी अबको लामो समय नेपाली साहित्य गजलप्रधान रहने उनी देख्छन् । लोकेन्द्र बञ्जाराका गजलहरूको अध्ययन लोकेन्द्र बञ्जाराले दुई गजल सङ्ग्रह ‘आँखाभरि सपना’ र ‘जैतुन’ (२०७३) प्रकाशित गरिसकेका छन् । विषयवस्तु चयनमा सचेत भएर गजल लेख्ने लोकेन्द्रले अर्थपूर्ण शेर समायोजन गर्दै समाजमा भएका विकृति विसङ्तिलाई पनि आफ्ना गजलको विषय बनाउने गर्दछन् । उनका गजल प्रेम विषयमा पनि लेखिएका छन् तर प्रेमका गजलमा पनि उनले समाज र दर्शनलाई सँगै लैजान बिर्सिएका छैनन् । विदेशिनु पर्ने युवाहरूको साझा समस्यालाई उनले गजलको मुख्य विषयवस्तु बनाउने गर्दछन् । रदिफ काफिया प्रयोगका दृष्टिले पनि लोकेन्द्र सचेत देखिन्छन् । फर्कें भने भनुम्ला जीवनको गहिराइ कति रहेछ म भीरको ढुङ्गो रहेछु मैले झर्नु त नियति रहेछ । तेरो आफ्नो के छ ? भन्छन् सोध्छ्न् यही देखाउँछु म जस्ता गरिबहरूको आँसु पनि त सम्पत्ति रहेछ । क कसलाई थाहा छ ठीकै छ थाहा नहुनेले बुझ्नुस् कि पहिरोको एउटा समानार्थी शब्द पिरती रहेछ । बाबु खसे, आमा हिँडिन् म थलिएँ अरू के गर्छस् ? ओई जिन्दगी, उठाइदे मलाई तैले गर्नु यत्ति रहेछ । यहाँ समाख्याताका रुपमा आएका लोकेन्द्र जीवनको गहिराइलाई प्रस्तुत गर्दैछन् । “फर्केँ भने भनुम्ला जीवनका गहिराई कति रहेछ” भन्दै गजलको उठान भएको छ । गजलकार अथवा समाख्याता कहाँ गएका हुन् भनेर गजलमा स्थान सन्दर्भ त आएको छैन तर पनि हरेक रचनाबाट हरेक पाठकले संज्ञान सन्दर्भ बुझ्न जरुरी हुन्छ । संज्ञान सन्दर्भ भन्नाले कुनै पनि सङ्कथन पढिसकेपछि लेखकले के भन्न खोजेको हो भन्ने कुरा पाठक स्पष्ट हुनु हो । “म भीरको ढुङ्गो रहेछु मैले झर्नु त नियति रहेछ” भन्दै समाख्याताले आफूलाई ढुङ्गासँग तुलना गरेका छन् । गजलकारले यहाँ भीरको ढुङ्गोलाई क्षणिक रूपमा मात्रै अडिएको देखेका छन् । यो झर्छ अडिन सक्दैन भन्ने विचार गजलकार राख्दछन्, ढुङ्गालाई गजलकार लोकेन्द्रले स्थीर आँखाले देखेका छैनन् । गरिबीको अर्को नाम लोकेन्द्र आँसुलाई देख्छन् र आफ्नो सम्पत्ति नै आँसु हो भन्ने कुरामा उनी दृढ रहन्छन् । बाबुको मृत्युपछि आमाले घर छोडेको अनि समाख्याता जीवनसँग आजित भएर परदेश गएको छ र ऊ फर्केर आएपछि आफ्ना जीवनका कहानीहरू सुनाउन चाहन्छ तर कहानी सुनाउन चाहेको पात्र यही हो भन्ने कुराको जानकारी छैन, त्यो सम्बोधित पात्र नेपाल पनि हुन सक्दछ । भाग्यसँग ठोकिएर जसले आफ्नो ठेस देख्यो उसैले त पसिनाको रङ्ग पनि विशेष देख्यो । हातका औंलाहरू रोप्दै पग्लिएर सकिनुमा किसानले परिश्रमको जगमा श्रीगणेश देख्यो । बाँच्नै केही नजान्नेले पनि आफू बाँचे जस्तै भरियाले भीरमै भारी अड्याउने अडेश देख्यो । मेरो एउटा सँधियारलाई सम्झाउनु छ अब केही किन मेरो आँगन उसले जहिल्यै उपनिवेश देख्यो? यही देशलाई सराप्दै ऊ गएको थ्यो विदेश जाँदा राम्रो पुगी नसकी नै झल्झली यै देश देख्यो । बञ्जारा गजलमा पीडा लेख्न रुचाउँछन् । पीडाको आकार र प्रकार नभएकै कारणले मान्छेले यसैबाट सत्व ज्ञान प्राप्त गर्दछन् भन्ने विचार लोकेन्द्रको हो । “भाग्यसँग ठोकिएर जसले आफ्नो ठेस देख्यो,” भन्दै गजलको उठान गरेका लोकेन्द्र भाग्य भन्दा पनि ठूलो कुरा ठेस मान्छन् । त्यो ठेस गरिबीको हो । जब एउटा मान्छेलाई अभाव पर्छ त्यसपछि त्यो अभाव पूर्ति कसरी गर्ने भन्ने विषयमा उसभित्र तनाव उत्पन्न हुन्छ र ऊ परिस्थितिको दबाब सामना गर्न पसिनाको पहाड उचाल्न र पसिनकै नदी बगाउन तयार हुन्छ । र त, गजलकार भन्छन्- उसैले त पसिनाको रङ पनि विशेष देख्यो ।” यहाँ समाख्याता आफ्नै वरिपरिको भौतिक सन्दर्भ प्रस्तुत गर्छन् । किसानले पसिनाको जगमा श्रीगणेश देख्नु, भरियाले भीरमा भारी अड्याउने अडेस देख्नुमा लोकेन्द्रको गजलको भौतिक परिवेशको मुहान नेपाली गरिब मान्छेका पसिनाको थोपा थोपामा छ । कहिलेकाहीँ उनका गजलको विषय सिमाना पनि पुग्छ । नेपालको सिमाना मिचिँदैछ र त्यो मिचाइलाई मजस्तै नेपालीले रोक्नुपर्छ भन्ने विचार गजलकार लोकेन्द्रको छ । तर लोकेन्द्र छिमेकीसँग प्रेमपूर्ण व्यवहार गर्छु भन्दै गजलमा यसो भन्छन्ः मेरो एउटा सँधियारलाई सम्झाउनु छ अब केही किन मेरो आँगन उसले जहिल्यै उपनिवेश देख्यो लोकेन्द्रले गजलमा लेख्ने विषय नै देश हो, माटो हो र युवाहरू विदेसिनुपर्ने बाध्यताको पाटो पनि हो । लोकेन्द्र बन्जाराको गजल लेखनलाई नजिकबाट चिनेका गजलकार, समालोचक एवम् पत्रकार घनेन्द्र ओझा यसरी लेख्छन्,“उनको लेखनको विशेषता भन्नु नै प्रस्तुतिको कोमलता, विषयवस्तु चयनको सचेतता, लयमा सचेतता, अर्थपूर्ण शेर संयोजन, रदिफ प्रयोगमा विविधता, काफिया प्रयोगमा सचेतता आदि हुन् । त्यो भन्दा बढी नेपाली गजलमा बढ्दो अराजकताबाट निकै टाढा रहेर यस्ता विवाद र बहसबाट अलग्गै रहेर सुन्दर सिर्जनामा लागिरहनु उनको महत्त्वपूर्ण स्वभाव ईर्ष्यालाग्दो छ ।” हातमा नाङगो तरवार छ उसको त्यसैमा अन्धो संसार छ उसको ऊ सधैँ फूलको चुँड्दछ डाली कति कमजोर आधार छ उसको । झिँगा उसलाई मन पर्दैनन् माकुरीसँग प्यार छ उसको उठ न जाग हे शोषित पीडित हामीमा अत्याचार छ उसको । (जैतुन,पृ.६४) पाथी थिएँ मानो भएँ परिस्थितिले आफैँमा विरानो भएँ परिस्थितिले । (जैतुन,पृ.६१) भन्ने मनै छैन यार के भन्नु भन्दिनँ दुःखको समाचार के भन्नु भन्दिनँ पौरखीको निधारमा नेपालको माटो लागोस् म नेपाली मेरो पाउ सधैँ असल बाटो लागोस् । (आँखाभरि सपना) हामी खेद्ने तिमी भाग्ने समय आउँछ हेर्दै गर हाम्ले दिने तिम्ले माग्ने समय आउँछ हेर्दै गर । (आँखाभरि सपना) कोही मान्छे देशलाई खुसी दिन जन्मिन्छन् कोही मान्छे सबैको हाँसो लिन जन्मिन्छन् । (जैतुन,पृ.७) मान्छे बेच्छन् मान्छे किन्छन् तिम्रो शहरमा मलाम गाको पैसा लिन्छन् तिम्रो शहरमा । (जैतुन, पृ.१५) लोकेन्द्र बन्जाराका गजलहरूमा विद्रोहको आवाज समेटिएको हुन्छ । देशलाई अधोगतिमा लैजानेहरूप्रति उनको आवाज र विद्रोही चेतना कोमल भावमा आएको हुन्छ । समय एउटै रहँदैन कुनै दिन देशले काँचुली फेर्छ अनि शोषक सामन्तीहरूको दिन सकिन्छ भन्दै समानताको पर्खाइमा पनि बन्जाराले आम नेपालीहरुको आवाज उठाएका छन् । आँखाभरि सपना र जैतुन यी दुई गजल कृतिहरूमा आफ्नो गजल क्षमतालाई बन्जाराले पस्किसकेका छन् । जैतुन गजल सङ्ग्रहका लागि उनले मोतिराम सेतुराम गजल पुरस्कार अनाममण्डली २०७३ प्राप्त गरिसकेका छन् । नेपाली गजललाई राम्ररी चिनेका बन्जाराका गजलहरू माया प्रेम, समाज, देश र संस्कृतिकै वरिपरि घुमेका छन् । विकृति विसङ्गति र विदेसिएका युवाहरूको घर देशको मायालाई सभ्य ढङ्गमा गजलमा समेट्न सक्नु लोकेन्द्र बन्जाराको गजल लेखनको विशेषता हो । लोकेन्द्रका गजलहरू सशक्त हुँदाहुँदै पनि केही गजलहरूले गहिरो भाव बोक्न नसकेको आभास पनि हुन्छ । काफिया मिले पनि, संरचना मिले पनि गजलले खोजेको भावको तह पूरा हुन बाँकी रहेको आभास पनि भेटिन्छ, जस्तैः मुटुभरि चोटैचोट आँखाभरि पानी दैव पनि मैलाई हान्छ ढुङ्गा छानीछानी । (पृ.५१जैतुन) मलाई खालि आँखा तर्छ तिम्रो नयाँ मान्छे वचनपिच्छे खिसी गर्छ तिम्रो नयाँ मान्छे । (पृ.४६जैतुन) घाम नै पग्लिन्छ तिमीलाई देखेर समय रोकिन्छ तिमीलाई देखेर । ( पृ.५६) माथि साक्ष्यका लागि टिपिएका गजलहरू गजलको नियममै लेखिएका छन् । लोकेन्द्र बञ्जाराको गजललेखनको तह प्रस्तुत गजलांश भन्दा माथि हुनुपर्ने हो, यो कुरालाई गजलकारले विचार पुर्\u200dयाउनुपर्ने देखिन्छ । अबका दिनमा लोकेन्द्र बञ्जाराका गजलहरूमा दार्शनिक पक्ष उच्च रहनुपर्ने देखिन्छ । चाउचाउ गजल लेखन गर्ने अनि हराउने अहिलेका युवाहरूका लागि बञ्जाराले गजलमा फरक धारको बाटो तयो गर्नुपर्ने देखिन्छ । कुनै लेखकले लेखेका कृति पढेपछि हरेक मान्छेले आफ्नो भावना हो भन्ने समानधर्मिता महसुस गर्न सकेपछि मात्र लेखक सबैको हुन्छ । गजलमा पनि त्यो समानधर्मिता कायम हुनुपर्छ । लोकेन्द्रको गजल पढेपछि जो कोही मान्छेले आफूलाई त्यो रचनामा भेटोस् । बञ्जाराका प्रेम गजलहरूका तुलनामा देश, समाज र संस्कृति विषय समेटिएका गजलहरू सशक्त रहेका छन् । #महेश क्षितिज #लोकेन्द्र बञ्जारा हतार: पानीलाई छोडिदिनु थियो अलिकति तिर्खा वतासलाई बाँडिदिनु थियो अलिकति शीतल ढुंगालाई दिनु थियो अलिकति वजन धर्तीलाई अलिकति माटो । संकटमा परेको साथलाई अलिकति साथ अभरमा परेको बेला सेवा गर्ने हात हातलाई अलिकति हात दिनु थियो । प्रेमलाई छोइदिनु थियो प्रेमिल स्पर्श । बिर्सिएर सबै सबै बिर्सिएर हत्केलामा पत्थरको मुटु बोकेर कहाँ हिँडिरहेको हो यो अहंकारको जुलुस ? पिएर बैषम्य बिष किन मातिएको हो यो हत्यारा सोच ? उभ्याएर बाटाभरि अदेख तगाराहरू दिन दहाडै यसरी किन सल्बलाई रहेका अँध्याराका ख्याकहरू खाली खाली आएका यि हातहरूलाई यो व्रम्हाण्ड नै बोकाएर कुल्चिएर भूईँ फूलहरू हतारलाई पनि हतार हुने गरी कता हिडिरहेको हो यो लस्कर ? #सुरेन्द्र देवकोटा #हतार सन्दीपाका तीन मुक्तकहरू: १. मेटिदैन विधिको विधान बुझिदिने कसले भएपछि पीडा अन्जान बुझिदिने कसले दिल खुसी भए पो मीठो लाग्छ सबैकुरा भित्र आँसु बाहिर मुस्कान बुझिदिने कसले ।। २. बसिरन्छ्न हेरिहेरी चर्को नबोल बगाउदै गङ्गा भेरि चर्को अबोल भित्ताको नि कान, हुन्छ रे सुनेको छु छिमेकीले सुन्लान फेरी चर्को नबोल ।। ३. डोरी पहिल्याउँदै ललाटसम्मको भारी दाउरा अनि खाटसम्मको असह्यय भयो चोट जिन्दगीको अब तय गर्नुछ सफर घाट सम्मको ।। #सन्दीपा पौडेल #सन्दीपाका तीन मुक्तकहरू सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा आउँदै: लेखक सुजीव शाक्य ईबुक ‘अर्थात् परिवर्तन’का साथ व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोरोना महामारीले प्रभावित पारेको छ । यति हुँदाहुँदै पनि यही अप्ठ्यारो र अनेक संकटसँगै नेपाली प्रकाशन उद्योगलाई यो समयले ई-कमर्सको नयाँ क्षितिज निहार्ने र ई-प्लेटफर्ममा अवतरण हुने अवसर पनि प्रदान गरेको छ । नियमित परम्परागत छापा संस्करणका साथसाथै विभिन्न अतिरिक्त माध्यमहरूबाट समेत आफ्ना प्रकाशनलाई पाठकसामु ल्याउने प्रयासमा पब्लिकेशन नेपालयले काम गर्दै आएको छ । फलस्वरूप, नेपालयबाट प्रकाशित सबै किताबहरू हाल अमेजन, बार्न्स एंड नोबल लगायतका माध्यमहरु मार्फत् संसारभर उपलब्ध छन् । साथै, अँग्रेजी भाषाका पुस्तकहरु ‘ई-बुक’का रुपमा किन्डलमा पनि उपलब्ध छन् । अन्तर्रास्ट्रिय ‘ई-बुक’ का माध्यमहरुमा विद्यमान, नेपाली भाषाको स्वीकार्यतामा समस्याका कारण नेपाली कृतिहरू ई-किताबका रुपमा व्यापक हुन सकिरहेका थिएनन् । साथै नेपाल भित्र खरिद गर्दाको भुक्तानी समस्या यथावत नै छ । ‘विगतमा हामीले, यहीं विकास गरिएका विभिन्न ई-बुकका प्लेटफर्मलाई प्रयोग गर्ने प्रयत्न नगरेका होइनौं. तर, ती सबै माध्यममा केही न केही प्रविधिक कमजोरीहरू रहे र दुर्भाग्यबस प्राय प्लेटफर्महरु निरन्तरत रहन सकेनन’ नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन् । ‘माहामारी बीच आइपरेको लकडाउनको दौरान, इन्टरनेट मार्फत पुस्तकको अर्डर लिएर घर दैलोमा पुर्याउने सेवा दिंदै आएको बिक्रेता मध्धेको ‘थुप्रै’ ले ‘ई-बुक’को नयाँ अवधारणासहितको समाधान लिएर आयो र हामी यससँग सन्तुष्ट भयौं । तत्कालै, हाम्रा सबै प्रकाशनहरू ‘थुप्रै’को ‘प्लेटफर्म’मा अपलोड गरेका थियौँ । यो बन्दाबन्दी बीचको करिब एक महिनामै, हाम्रा प्रकाशनका हजार भन्दा बढी प्रति पुस्तकको ई-बुक प्रती पाठकहरूले किनेका छन् । यो निकै उत्साहजनक नतिजा हो,’ किरणले प्रष्ट्याए । यही सम्भावनालाई विस्तार गर्दै नेपालयले आफ्नो आउँदो नयाँ प्रकाशनलाई यही माध्यमबाट प्रारम्भमै ‘ई-बुक’ मार्फत् सार्वजनिक गर्ने योजना बनाएको छ । र, यो योजना, आर्थिक टिप्पणीकार सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ रहेको छ । यो किताब ‘ई-बुक’मार्फत् सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुनेछ । सुजीव शाक्यको अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालयबाटै प्रकाशित छ भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द वज्र’ पेंगविन प्रकाशन बाट प्रकाशित छ । ‘मेरो नयाँ पुस्तक ‘ई-बुक’ मार्फत् नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक सुजीव शाक्य भन्छन् । ‘मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ । पुस्तक बजारका निम्ति यो एउटा नयाँ आरम्भ हो । ‘ई-बुक’ को बिस्तार मार्फत् नेपाली पुस्तक बजारले नयाँ आयाम भेट्ने छ भन्ने कुरामा म आशावादी छु,’ सुजीवले थपे । संयोगबस, नेपाली अर्थतन्त्रको सकारात्मक सम्भावनाको सेरोफेरोमा लेखिएको यो पुस्तक, नयाँ नेपाली आर्थिक वर्षको प्रारम्भ संगै सार्वजनिक हुने भएको छ । ‘यस क्रममा एउटा थप प्रयोग पनि गर्दैछौं’ नेपालयका किरणले भने । ‘पुस्तक विमोचन हुनु भन्दा पहिले हामी यस पुस्तकको केही अध्यायलाई एकल अध्यायको रुपमा सार्वजनिक गर्ने छौं,’ ‘यो सम्भावनालाइ हामीले संगीतमा प्रयोग हुँदै आएको नमूनाबाट टिपेका हौँ । संगीत क्षेत्रमा एल्बम सार्वजनिक हुनुभन्दा पहिले कुनै एउटा गीतको एकल गीत वा सिंगल ट्रयाकमात्र सार्वजनिक गरिएको हामीले देख्दै आएका छौं । त्यस्तै अनुरुप, हामी पुस्तक सार्वजनिक गर्नुभन्दा पहिले किताबका ४ वटा अध्यायलाई छुट्टाछुट्टै सार्वजनिक गर्ने छौं ।’ किरणले थप प्रष्ट्याए । एकल अध्यायलाई साप्ताहिक रुपमा सार्वजनिक गरिने छ जसको शुरुवात बिहिबार, असार ४, २०७७ (१८ जून, २०२०) बाट हुनेछ । ‘थुप्रै’ को एपमार्फत् पुस्तकको एकल अध्याय पन्ध्र रुपैंयामा पढ्न सकिन्छ भने पूरै पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुनेछ । एकल अध्याय किनेर पढ्नेले पूरै पुस्तक किन्दा पहिलेको रकम छुटको रुपमा कट्टी गरिने व्यवस्था एपले गरेको छ । ‘ई-बुकको यो प्रयोग सम्पूर्ण नेपाली पुस्तक बजारका निम्ति अगुवा प्रक्षेपण हुनसक्छ,’ लेखक सुजीव शाक्यले भने । ‘अर्थशास्त्रको विद्यार्थीको दृष्टिबाट हेर्दा, सम्पूर्ण नेपाली पुस्तक उद्योगका निम्ति म यसलाई एउटा अवसरका रुपमा देख्छु ।’ यो एकल अध्याय खरिद गर्ने पाठकले पुस्तकका अध्यायहरु पढ्दा संगसंगै लेखकले आफैँ वाचन गरेको ‘अडियो’ पनि सुन्न सकिने गरी प्राविधिक तयारी गरिएको छ । ‘एपमा भएको यो अडियोले हाम्रो आगामी कामको झलक दिनेछ, हामी अब हाम्रा सबै नेपाली पुस्तकहरुलाई संस्थागत रुपमा ‘अडियो बुक’ को संस्करणमा ल्याउने प्रयासमा छौं,’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रकाश परे । असार ४ गते (१८ जून) विहीबारदेखि साप्ताहिक रुपमा एकल अध्याय सार्वजनिक हुने पुस्तक ‘अर्थात् परिवर्तन’ असार ३० गते (१४ जुलाई) पूर्ण रुपमा ‘ई-बुक’ मार्फत् सार्वजनिक हुनेछ । #किरणकृष्ण श्रेष्ठ #नेपालय #सुजीव शाक्य छुट्टिनुअघि: सुमन घिमिरे आज, मलाई सम्झन मन लाग्यो मलाई फर्कन मन लाग्यो त्यही पुरानै स्थानमा जहाँ तिम्रो र मेरो पहिलो भेट भएको थियो। पहिलो भेटमै वा पहिलो हेराईमै मैले अहिलेसम्म कुनै पनि चिज मन पराएको थिइनँ तर तिमी देखेपछि, म तिम्रो प्रेममा हारेँ, तिमीमा त्यस्तो के जादु थियो म त तिम्रो प्रेम वासनामा डुबेर खै कसरी माया गर्छु भन्ने आँट गरेँ, प्रतिउत्तरमा, तिमीले स्वीकार्यौ। हप्ता बित्यो महिना बित्यो वर्ष नै बित्यो । हाम्रो प्रेम कहानीमा कथाहरुको पाना थपिंदै गए यस्तो कि हाम्रो प्रेम कहानी एउटा गतिलो उपन्यास नै बन्यो । न मैले याद गरेँ न तिमीले याद गर्यौ, उपन्यासका पानाहरु बिस्तारै बिस्तारै उप्कदैँउप्कदैँ गएछ्न्, अन्त्यमा त्यो उपन्यासको बाहिरी गातो मात्र बाँकी रहेछ। आज तिमी जाने दिन, छुट्टिनुअघि आँखा अतृप्त नहुन्जेल तिम्रो तस्बिर फेरि कैद गर्न मन थियो तर, तिमीलाई भेट्ने एउटै बाटो कालिखोलाको पहिरोले बन्द गर्देको छ, तिमीलाई भेटेरै बिदा गर्ने, कथा मात्र भयो । पीर पो लाग्न थालेको छ, उमेर बढेसँगै, कुनै दिन भेट्नै नसक्ने भएँ भने, तिमीलाई चिन्नै नसक्ने भएँ भने, मनमा यस्तो कुरा खेल्छ कि छुट्टिनुअघि भेटेको भए ? #सुमन घिमिरे चिनामा सहिद लेखिएको छ: रूपक अधिकारी हामी यस्तो युग बाँचिरहेका छौं जसको परिकल्पनामा सहिदहरु सहादत भएनन् गल्तीको तिल पेलेर निस्किएका कांग्रेस र कम्युनिस्ट भएका छन् अब सहिद बन्ने पालो त मेरो पनि थियो आजै चिना हेराएर म पनि आन्दोलन गर्न निस्कनेछु । मेरो मुखबाट मानौं अपशब्दको वर्षात् भएको छ कपटीहरु हल्ला गर्न तँछाडमछाड गर्दै अघि बढिरहेका छन् सहिदको रङ कस्तो हुन्छ थाहा छ ? भेडाहरुले मलाई सोधेका हुन् कि आफैँलाई मैले बुझेकै छैन तेरो स्वभाव हेर शान्त छ शालिन छस् खै, अनुहारमा रगतको रङ देखिएको ? उनीहरु आवाजमा वजन राखेर प्रश्न गर्छन् हे पटमुर्ख महोदय, तपाईं भ्रममा नबाँच्नुहोस् सहिदको रङ नीलो हुन्छ आकाश जस्तै फराकिलो, मिजासिलो जब तपाईंले यो बुझ्नुहुनेछ ज्योतिषीले ढोका उघाइदिनेछन् हामीमा स्वभावको अभाव नरहोस् चिनामा गणेशमानको नाम लेखिएको छ अब सहिद हुन तपाईंले मर्न पर्दैन सपनाका आँखामा सहिदको रङ रातो नभए पनि सहादत मिल्नेछ । रुपक अधिकारी गौरादह -१ , झापा #झापा #रुपक अधिकारी उनी: तिलकराज चुँदाली आक्रोशको व्यङ्गवाँण हान्दिनन् उनी रिसाएको बेला, कुटुरो बान्दिनन् उनी। सरल र सुखद् छ उनले बुनेको संसार छलछाम र तिकडम जान्दिनन् उनी। सियोले झैँ जोडजाड गर्ने बानी उनको कैंची बन्नुमा बहादुरी ठान्दिनन् उनी। खै के सोची चलाउँछन्, फोहोर कतिले मुख छोपी रछानमा, ढुंगा हान्दिनन् उनी। पौरखको आर्जन चलाउँछिन् जतनले टुटाएर साथ, वैभव छान्दिनन् उनी। #तिलकराज चुँदाली यमलोकबाट बिसे नगर्चीहरु: म, बिसे नगर्ची, बडामहाराज सरकारको सेवक, “मैले उठाएको एक -एक रुपियाँबाट किनेको हतियारले जितेको गोर्खा राज्य, ‘विशाल नेपाल’ झन्डै २६० वर्षपछि याद आयो, अचानक ब्युझिएँ चीरनिन्द्राबाट !!” हो, बांगे सार्की पनि छटपटाइरहेर सोध्दैछ… किन अझै पनि नेपाल राज्यमा हामी ‘मान्छे’ भएनौँ ? उस्तै छ हाम्रो हाल मेरो देश नेपाल l हाम्रा सन्तान दरसन्ततिहरुले बराजुको कपडा सिलाइदिएकै हो, गर्ने कम गरे नि नगर्ने काम गरे नि, जता पायो त्यतै प्वाल पारे पनि, जसो तसो बाबुसाहेबको लाज छोपेकै हो खै, कहाँ गल्ती भो कुन्नी ? आफ्नै सीपले बनाएको हतियार आज आफ्नै हत्यारा बन्यो ! आफ्नै हातले बुनेको कपडा आफ्नै पासो भयो ! सेवा त गरेकै हो महाराजाहरुको, निःसन्देह आदेश पालना भएकै हो राणासाबहरुको, बन्दुक बोक्ने र गोली ठोक्ने पनि गरेकै हो, जिन्दावाद र मुर्दावादमा अगाडि लागेकै हो, कसो पर्यो कुन्नी ! आज आफ्नै कमरेडसाबले खिसिट्युरी गरिबक्स्येछ बरजुहरुलाई बाबुसाहेब र बाबुसाहेबलाई महाराजा बनाएकै हो, एक गिलास र दुइटा फिर्का चौटामा आफू भर्याङ बनेर माथि पुराएकै हो, खै कहाँ गल्ती भो कुन्नी ! आफ्नै साहेबले औरिकाको कुरा गर्नु भएछ यमलोकमा त हिटलरसाब, मुसोलिनी, बिन लादेन लगायत धेरै हुनुहुन्छ, यहुदी, हुतु र तुत्सीको, रोहिंग्या, काला र गोराको नि कुरा सुन्छौँ, अब्राहम लिंकन, मार्टिन लुथर, कार्ल मार्क्स, महात्मा गान्धी, पुष्पलाल सबैको कुरा सुन्छौँl बाबुसाहेब कमरेडहरु भनिसिन्थ्यो: “संसारमा मानिस मात्र एक अन्तर्राष्ट्रिय जाति हुनेछ”, खै कहाँ गल्ती भो कुन्नी ! बाबुसाहेबले चित्त दुखाउनु भयोl फेरि मनिराम गाइने र बिसे नगर्ची उत्तेजित हुन थाले, खबरदार ! खबरदार !! खबरदार !!! त्यो बबुरो नवराजले बाबुसाहेबको छोरी मन पराएको न हो… उफ !! विभेद !! असमानता !! अमानवीय क्रुर ! नरसंहार !! हामी आफ्नो सीपमा बाँचेका मान्छे, सपनालाई सिरानीमा राखी साँचेका मान्छे, हजुरहरुको बहादुरीको सामना गर्न नसकौंला, हजुरको मर्जी बक्स भएअनुसार तलुवा बन्न नसकौंला, बिन्ती बन्द होस् यो अन्याय र अत्याचार, अब कुनै निर्मला बन्न नपरोस्, नपरोस्, नवराज बिक जस्ता छोरा गुमाउनु, कुनै सम्झनालाई एसिड आक्रमण नहोस्, बिन्ती हामी मानव नै हो बराजु जस्तै, बाबुसाहेबको जस्तै रगत, उस्तै भावना, बिन्ती बुझ्नु मानव नै एक मात्र जाति हो हामी पनि मानिस नै होl (भुसाल श्री जनकल्याण मा.वि. बौद्ध, काठमाडौँमा शिक्षण गर्छन्।) #अर्जुन प्रकाश भुसाल #काठमाडौँ "प्रेम साहित्यमा यौन आउनु स्वाभाविक हो": नवपुस्ताका लेखक कृष्ण आचार्य पेशाले पत्रकार हुन्। उनको अप्रिल फुल नामक प्रेमिल उपन्यास प्रकाशित छ भने विभिन्न सञ्चारमाध्यममा लेख तथा रचना पनि निरन्तर प्रकाशित भइरहेका छन्। प्रस्तुत छ, उनै पत्रकार तथा उपन्यासकार कृष्ण आचार्य सँग साहित्यपोस्ट का लागि कृष्ण ढुङ्गेल ले नवपुस्ता, पत्रकारिता, प्रेमिल आख्यान लेखनलगायत विविध विषयमा गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः सुरु वर्तमानबाटै गरौँ, लक डाउनका दिनहरू कसरी बिते, बिताउँदै हुनुहुन्छ ? लक डाउन म, हामी वा नेपाली जनताले मात्र भोगिरहेको संकट होइन । सिंगो विश्वले नै यसको सामाना गर्नुपरेको छ । त्यसैले मन त्यति धेरै उथलपुथल नहुँदो रहेछ । सायद, नेपालमा मात्र यस्तो संकट निम्तिएको हुन्थ्यो भने पक्कै त्यसको प्रभाव फरक हुन्थ्यो होला । कोभिड–१९ संक्रमणबाट आफूलाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय भनेको ‘होम क्यारेन्टिन’ हो । म पनि सुरुवाति दिनदेखि नै यसको अभ्यास गरिरहेको छु । परिवारसँग समय बिताउँदाको खुसी र आनन्द महसुस गर्न पाएको छु । आफ्नै केही अपूरा कामहरू पनि सिध्याउने अवसर पाएँ । पढ्न नभ्याएर थन्किएका केही पुस्तकहरूमा नजर डुलाउन पाएँ । तपाईँ उपन्यासकारभन्दा पहिले पत्रकार, सामान्य अवस्थामा भन्दा कोरोना माहामारीका बेला नेपालको परिपेक्षमा पत्रकारहरूले कतिको जोखिम मोल्नुपर्ने हुँदोरहेछ ? काम गर्न कत्तिको सहज रहेछ ? जति जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई छ त्यति नै जोखिम पत्रकारलाई पनि छ । जिम्मेवारी र भूमिका सबैको फरक–फरक भए पनि उत्तरदायित्व सबैको एउटै हो– समाज र जनता । पत्रकार पनि दिन–रात फिल्डमा खटिनु परिरहेको छ । पत्रकार सम्मेलन होस् या बालुवाटार वा माइतीघरको प्रदर्शन, पत्रकार पुगेकै छन् । मजदुर–श्रमजीवीको आवाज प्रवाह गर्न होस् या क्वारेन्टिनको भद्रगोल अवस्थाबाहिर ल्याउन, पत्रकारको उपस्थिति देखिएकै छ । यसमा सुरक्षाको कुरा आउँछ । अर्को कुरा, मिडिया हाउसमा आइरहेको आर्थिक मन्दीका कारण संचार माध्यमहरू संकटमा छन् । संचार माध्यमहरू संकटमा पर्नुभनेको श्रमजीवी पत्रकारको रोजिरोटी संकटमा पर्नु हो । त्यसैले जागिरको पनि जोखिम छ । यति हुँदा हुँदै पनि कोरोना महामारीले पत्रकारितामा एउटा नयाँ अभ्यासको विकास गरेको पाटोलाई भने सकारात्मकरूपमा लिनुपर्ने हुन्छ । त्यो हो, ‘वर्क फ्रम होम’ । पत्रकारहरू, त्यसमा पनि नवपुस्ताका पत्रकारहरू एउटै संस्थामा लामो समयसम्म टिकिरहेको पाइँदैन । किन होला ? अवसरले गर्दा नै हो । त्यो अवसर पैसा, मिडिया हाउस र नयाँ प्रयोगसँग जोडिएको हुन्छ । पहिलो, उसले पाइरहेको तलबभन्दा अर्को ठाउँमा ५ या १० हजार बढी तलब आउँछ भने त्यो अवसर किन गुमाउनु भन्ने हुन्छ । दोस्रो, काम गरिरहेको मिडिया हाउसभन्दा अवसर प्राप्त मिडिया हाउसमा आफ्नो करियर बढी सुरक्षित देख्छ भने उसले फड्को मार्छ । तेस्रो, भनेको नवपुस्ताको नयाँ प्रयोग गर्ने चाह हो । हरेकमा नयाँ सोच र क्षमता हुन्छ, ऊ आफूले काम गरिरहेको स्थानमा यी कुरा दबिरहेको महसुस गर्छ र त्यहाँबाट हिँड्छ । कसैको लहलहैमा लागेर र सम्बन्धका आधारमा एउटा मिडिया छाडेर अर्कोमा जानेहरू पनि छन् । नवपुस्ताको विषयवस्तुको ज्ञान र लेखन शैली अघिल्लो पुस्ताभन्दा फरक छ । विज्ञान तथा प्रविधिको प्रयोगमा अब्बल छन् । त्यसैले मिडिया हाउस पनि उनीहरूलाई प्रयोग गर्न चाहन्छ । काम लगाउन सजिलो र खट्ने, मेहनत गर्ने बानीका कारण पनि उनीहरू मिडिया हाउसहरूको नजरमा परिरहेका हुन्छन् । तपाईँ उपन्यासकार पनि, पत्रकारिता गर्नु र स्वतन्त्ररूपमा लेखक कर्म गर्नु के कति रूपमा सामान र के कति रूपमा फरक पाउनुभएको छ । तुलनात्मकरूपमा कुन चाहिँ गाह्रो काम हो ? पत्रकारितामा समाजको सत्य, तथ्य घटनालाई उजारण गर्ने काम गरिन्छ । उपन्यास लेख्नुभनेको घटनाक्रममा प्लटको प्रयोग गरेर लम्बाउने वा आफैँ कुनै घटना रच्ने काम हो । भन्नुको मतलब, दुवैको धरातल एउटै हो, तर प्रस्तुति फरक हो । मैले उपन्यासमा पात्रको छनोट गर्दा गरिबलाई धनी बनाइदिन सक्छु, रामलाई श्याम बनाइदिन सक्छु, बलात्कारीलाई मृत्युदण्ड दिन सक्छु, आफैँलाई आकासमा वायुपङ्खे घोडामा उडाउन सक्छु, तर पत्रकारितामा त्यसो गर्न मिल्दैन । गरिबलाई गरिबकै रूपमा प्रस्तुत गर्नुपर्छ, रामलाई राम नै लेख्नुपर्छ, बलात्कारीको भेद खोल्नेबाहेक उसलाई सजायको दायरा तोक्न मिल्दैन, आफूलाई हवाइजहाजमा चढाउनुपर्छ (हाँस्दै) । उपन्यास कल्पना हो भने समाचार सत्यता । उपन्यास सत्य घटनामा आधारित भए पनि त्यसलाई ‘फिक्सनाइज’ गरिएको हुन्छ । समाचारलाई त्यसो गर्न मिल्दैन । साहित्यको विभिन्न विधा भएजस्तै परिकारिताको पनि विधा हुन्छ । कोही समाचार लेख्छन्, कोही फिचर लेख्छन्, कोही स्टोरी लेख्छन् । समाचार लेख्न जति सजिलो छ, फिचर र स्टोरी लेख्न त्यति नै गाह्रो छ । साहित्यमा पनि ‘नन–फिक्सन’ लेख्न जति सजिलो छ, त्योभन्दा गाह्रो ‘फिक्सन’ लेख्न छ । अर्थात, पत्रकारिताभन्दा साहित्य गाह्रो छ, साहित्यमा पनि सबैभन्दा गाह्रो भनेकै उपन्यास लेख्न हो । एउटा उपन्यास तयार पार्न कम्तिमा पनि १ वर्ष समय लाग्छ । तपाईँको उपन्यास ‘ अप्रिल फुल’ बाट कस्तो पाठक प्रतिक्रिया पाउनुभयो ? स्वतन्त्ररूपमा लेखेरैमात्र बाँच्न सकिने कुरामा कतिको आशावादी हुनुहुन्छ ? एउटा लेखकका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै पाठकको प्रतिक्रिया रहेछ । सायद, पाठकले मेरो उपन्यासलाई प्रेम नगरेको भए म अर्को उपन्यास लेख्ने आँट गर्दिनथेँ होला । लेखे पनि अब मैले ‘अप्रिल फुल’ भन्दा अब्बल कृति लेख्नुपर्छ भन्ने दबाब महसुस गर्दिनथेँ होला । मैले यो पुस्तक विशेष गरी युवा पुस्ता, त्यसमा पनि किशोर–किशोरीको मनोभाव, मनोविज्ञान र जीवन समेटेर लेखेको थिएँ । उहाँहरूले मिठो प्रतिक्रिया दिनुभयो । अहिले नेपाली साहित्यमा लेखेर मात्र बाँच्ने लेखक ८–१० जना हुनुहुन्छ । यसको सिधा अर्थ के हो भने नेपाली साहित्यकारहरूको अझै लेखेरमात्र बाँच्न सक्ने अवस्था आइसकेको छैन । फेरि बाँच्नु भनेको आफूमात्र बाँच्नु पनि होइन नि ! आफूसँगै आफ्नो परिवारलाई पनि बचाउनुपर्यो । आफ्नो हरेक आवश्यकता र जिम्मेवारी पूरा गर्न सक्ने हैसियत बन्नुपर्यो । यदि बाँच्नु आफूमात्र बाँच्नु हो र साँझ–बिहानको छाक टार्नु हो भने त्यो भने सम्भव छ । वर्षमा एउटा पुस्तक ३–५ हजार प्रति बिक्री भयो भने राम्रै पैसा हात पर्छ । लेख–रचना छाप्ने थुप्रै ‘प्ल्याटफर्म’ छन् । त्यहाँबाट पनि केही रकम आउँछ । तर, भोलि दुःख, बिरामी पर्दा कसैसँग हात फैलाउने अवस्था आउँछ भने लेखेरमात्र बाँच्न सकिन्छ भनेर किन धाक दिनु र ! अर्को पुस्तकको तयारी के छ ? विषयवस्तुको बारेमा केही सोच्नुभएको छ ? अर्को पुस्तकको लेखन तथा सम्पादनको काम सकिएको छ । २०७७ सालभित्रै पाठकको हातमा पर्नेछ । दशैंअगाडि नै प्रकाशन हुने सम्भावना पनि छ । प्रकाशकसँग यसबारे कुराकानी हुँदै छ । विषयवस्तुको कुरा गर्दा लेखकको रुचि र दख्खल जे कुरामा छ उसले त्यसमै लेख्ने हो । मैले हिजो प्रेमका विषयवस्तु लेखेँ र त्यसलाई आम पाठकले मन पराइदिनुभयो । यसबाट के प्रमाणित भयो भने मैले प्रेमलाई विषयवस्तु बनाएर लेख्दा न्याय गर्न सक्दो रहेछु । मेरो जुन प्रकारको भाषा, शैली र प्रस्तुति छ त्यो प्रेम लेख्नकै लागि होजस्तो म आफैँलाई पनि लाग्छ । बरु यसका आयामहरू फरक हुन सक्लान् । प्रेम एउटा नदी हो । नदीमा पानी र ढुङ्गा मात्र हुँदैन नि ! डुङ्गा चलाएर जीवीका चलाउनेको जीवन पनि नदीसँगै जोडिएको हुन्छ । नदीमा पौडी खेलेर आनन्द लिनेहरू मात्र हुँदैनन्, नदीमा आत्महत्या गर्नेहरू पनि हुन्छन् । कसैलाई नदी सुसाएको, आफ्नै तालमा बगेको, बढ्दो बहावसँगै छालहरू फालेर अघि बढेको मन पर्ला, तर त्यही नदीले कटानी गरेर कसैको सर्वस्ब लुट्दा उसलाई कस्तो पीडा होला ! कसैले नदीको जल खाला, कसैले नदीमा मुत्र विसर्जन गर्ला । यसरी, एउटा नदीका अनेकन कथा छन् र नदीसँग जोडिने मानिसका फरक–फरक घटना र अनुभव । त्यस्तै, प्रेम पनि निकै व्यापक छ । प्रेमका पनि अनेक कथा, व्यथा र आयामहरू छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा यी कथा, व्यथा र आयामहरू समाजसँग जोडिएका छन् । त्यसैले प्रेम लेखेर सकिने विषय होइन । एकखाले बौद्धिक जमातले त प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई ‘ यौन साहित्य’ को ट्यागसमेत भिराइदिएको छ नि ! क्यानडाका अनुसन्धानकर्ताले सन् २०१२ मा मस्तिष्कको एक भागको अध्ययन गरेका थिए । जसले भावना (इमोसन)लाई नियन्त्रण गरेको हुन्छ र त्यहाँबाट यौन चाह प्रकट हुन्छ । उनीहरूले भावना र यौन चाह आउने ‘इन्सुलर कोर्टेक्स’ बाट हो भन्नेमा स्पष्ट प्रमाण प्रस्तुत गरेका छन् । हामी प्रेम नभएको अवस्थामा पनि यौन छनौट गर्न सक्छौँ, तर यस्तो अवस्थामा भावनालाई नियन्त्रण गर्न गाह्रो पर्न सक्छ । यौन चाह र प्रेमले तपाईंको दिमागमा उस्तै खाले प्रतिक्रिया प्रवाह गरिरहेको हुन्छ । त्यसैले तपाईं प्रेम दर्शाउँदा यौन चाहलाई पनि नियन्त्रण गर्न सक्नुहुन्न । अथवा, यौन चाह प्रकट गर्दा म प्रेम प्रकट गरिरहेको छु भन्ने लाग्न सक्छ । यसको मतलब प्रेम र यौन मस्तिष्कका दुई फरक अनुभव होइनन् । त्यसैले प्रेम साहित्यमा यौन आउनु पनि स्वाभाविक हो । प्रेम साहित्यमा यौनकर्मलाई प्रोत्साहन गर्ने, समाजलाई गलत दिशामा लैजाने सन्देश दिने काम सायद कसैले गरेका छैनन् । हामीले प्रेमलाई यौन र समाजसँग जोडेर त्यसका सकारात्मक र नकारात्मक पाटो केलाउने प्रयास गरेका छौँ । मान्छेको जीवनजस्तै साहित्यमा प्रेम र यौन बगेको छ । मेरो पुस्तकको कुरा गर्दा मैले वर्तमान समय र समाजको चित्र र चरित्र उतार्ने प्रयास गरेको छु । प्रेम, यौन र मदिराको प्रयोगले मैले रचना गरेका पात्रको जीवनमा अनेकन उतार–चढाव आएका छन् । मेरो पुस्तक पढ्ने युवा पिढीले प्रेम, यौन र मदिराको लिमिटेसन के भन्ने कुरा मज्जाले बुझ्न सक्छन् । यसले समाज र परिवारमा पार्ने असरबारे जान्न पाउँछन् । मैले सामाजिक परिवेशमा कथा बुनेको हुँ । समाजमा के हुँदै छ र युवा पुस्ताले कुन बाटो समाउँदै छन् भन्ने कुरा कथामा छ । यसो गर्दा विकृति फैलाएको भयो कि सचेतना ? प्रेम लेख्दा ‘यौन साहित्य’ हुन्छ भने कसैले राजनीतिलाई विषय बनाएर लेख्छ भने त्यसलाई ‘भ्रष्टाचार साहित्य’ भन्ने त ? अपराध लेख्नेलाई ‘हत्यारा साहित्य’ भन्ने ? यति हुँदाहुँदै केही नवपुस्ताले विषयवस्तुको गहनता नबुझी लोकप्रियताका लागि यौनलाई चर्चाको माध्यम बनाएको कुरालाई भने नकार्न सकिँदैन । प्रेम नै लेखेर स्थापित भएका लेखकका रूपमा सुविन भट्टराईलाई लिने गरिन्छ । उनीपछिका नवपुस्ताका लेखकहरूलाई उनकै बाटो पछ्याएको आरोप छ । तपाईँ पनि भट्टराईले बनाइदिएकै बाटोमा हिँड्नु भएको हो ? बाटो एउटै होला विचार, धारणा र दृष्टिकोण फरक हुनुपर्छ । एउटै बाटोमा हिँड्ने मान्छेहरू एउटै विचार बोकेर हिँड्दैनन् । प्रेम लेख्नेहरूको बाटो प्रेम नै हो । राजनीतिक बाटोबाट हिँडेर प्रेम लेख्न सकिँदैन । मैले माथि नदीलाई प्रेमसँग जोडेर हेरेको थिएँ नि । यहाँ पनि सोही कुरा लागू हुन्छ । प्रेमको आयाम, विषय, घटनाक्रम, काल–खण्ड, परिवेश निकै गहिरो र फराकिलो छ । जसरी समुन्द्रबाट एक गिलास पानी झिक्दैमा समुन्द्र सुक्दैन त्यसैगरी एक, दुई वा १० जनाले प्रेम लेख्दैमा यसको मुहान वा विषयवस्तु समाप्त हुँदैन । लेख्ने र लेखिनुपर्ने प्रेमका विषय धेरै छन् अझै । ‘फिक्सन’ भनेको भाषा, शैली र प्रस्तुति पनि हो । जुन हरेकको फरक–फरक हुन्छ । मेरो उपन्यास ‘अप्रिल फुल’ को कुरा गर्दा मैले प्रेम र यौनलाई समाजसँग जोडेर लेखेको छु । डान्सबारमा काम गर्ने युवतीको मनोविज्ञान, बुबा–आमाको सपना बोकेर सहर छिरेको युवकको मनोदशा, परिवारले आफ्ना छोरा–छोरीको मनोभाव नबुझ्दा उत्पन्न हुने परिणाम, प्रेममा भएको पीडा, विछोड र त्यसले उब्जाउने परिस्थिति मेरो उपन्यासका मुख्य विषय हुन् । भाषा, शैली र प्रस्तुति पनि मेरो मौलिक छ । त्यसैले कसैले खनेको बाटोमा हिँड्नु र उसको पाइला पछ्याउनु फरक कुरा हुन् । पाइला चाहिँ पछ्याउनु भएन । विषय तथा घटनाक्रममा नयाँपन र मौलिकता हुनुपर्यो । सुविन भट्टराईले प्रेमको विषयमा लेखेर नेपाली साहित्यमा उपन्यासलाई प्रेम गर्ने पाठकहरू बढेका छन् र ती पाठकहरूले हाम्रो पुस्तक पनि पढेका छन् । यसमा युवा पुस्ताले उहाँलाई धन्यवाद दिनै पर्छ, सम्मान गर्नै पर्छ । उहाँले प्रेमको बाटो खन्नुभयो अब हामीले त्यो बाटोको संरक्षण, संवद्र्धन गर्ने र त्यसलाई फराकिलो पार्ने काम गर्नुपर्छ । मेरो आगामी पुस्तकमा पाठकहरूले त्यसको अनुभव गर्नु हुनेछ भन्ने विश्वास मलाई छ । युवा हुनुहुन्छ, नवपुस्ताको कुरा गरौँ । तपाईँ लगायत नवपुस्ताको साहित्य लेखन लहड मात्र हो कि उनीहरू वैचारिक तथा गम्भीररूपमै साहित्यमा होमिएका छन् ? यो पुस्ताले नेपाली साहित्यलाई नयाँ उचाइ दिन सक्ला त ? सबै गम्भीर भएर साहित्यमा लागेका छैनन् । कोही रहरले त कोही लहडले लागेका छन् । धेरैमा एउटा पुस्तक प्रकाशन गरेपछि सेलिब्रेटी भइन्छ भन्ने भ्रम छ । यसो हुँदा लेखनमा गहनता र वैचारिक पक्ष कमजोर हुने भइहाल्यो । कमसल रचना आउँदा पाठकहरू पनि भड्किने सम्भावना हुन्छ । लेखक पनि फ्रस्टेड हुन्छ । नवपुस्ता प्रतिको विश्वासमा संकट आउने अवस्था आउँछ । अहिले भइरहेको यही हो । केही राम्रा सिर्जनाको बीचमा धेरै लहडमा आएका सिर्जनाहरू मिसिनु गम्भीररूपमा साहित्यमा लागेका नव पुस्ताका लागि दुःखद् छ । यसमा लेखक आफ्नै र यस्ता सिर्जना छाप्ने प्रकाशन गृहको पनि कमजोरी छ । यदि सबै आ–आफ्नो ठाउँबाट गम्भीर भएर लेखनमा लाग्ने हो भने यो पुस्ताले नेपाली साहित्यलाई एउटा उचाइमा पक्कै पुर्याउने छ । अहिलेको अवस्थामा भने यसै भन्न सकिन्न । पत्रकारिताको अनुभवमा, नवपुस्ताका साहित्यकारहरूको शक्ति र कमजोरीहरू के– कस्ता पाउनु भएको छ ? नवपुस्ता पनि गुट र उपगुटमै त अल्झिरहेका छैनन् ? साहित्यमा सबैभन्दा ठूलो शक्ति भनेको लेखन नै हो । तर, भाषा, शैली र प्रस्तुति मात्र भएर पुग्दैन । एउटा लेखकमा आफूले लेख्ने विषयवस्तुमा राम्रो पकड र ज्ञान हुन आवश्यक छ । विज्ञान तथा प्रविधिको विकासले हातमै संसार छ । यसको प्रयोगले सहजै पकड र ज्ञानमाथि कब्जा जमाउन सक्ने अवस्था छ । र, विस्तारै नव पुस्तामा यो अभ्यास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि लेखनको प्राविधिक पक्षमा यो पुस्ता निकै कमजोर छ । कुनै पुस्तक र लेखकको समीक्षा गर्ने भनेको उसले लेखेको पुस्तकमा प्राविधिक पक्ष कत्तिको बलियो छ भन्ने आधारमा हो । लेखनमा यसलाई ‘टेक्निकल इरर’ भन्ने गरिन्छ । मलाई धेरैले पुस्तक सम्पादन गर्ने जिम्मा दिनुहुन्छ । उहाँहरूको लेखन र विषयवस्तु गज्जब हुँदाहुँदै पनि मलाई यस्तै कुराले निराश गराउँछ । यसलाई नव पुस्ताले सुधार गर्ने हो भने उनीहरूको कृति अब्बल आउने पक्का छ । यो समस्या किन देखिएको हो भने हामी राम्रा पुस्तक मात्र पढ्न खोज्छौँ । नराम्रा भनिएका पुस्तक पनि पढेर तिनमा रहेको कमजोरी केलाउने काम पनि गर्ने हो भने यो समस्या धेरै हदसम्म हट्ने विश्वास मलाई छ । अर्को कुरा प्रकाशित भएका नवपुस्ताका केही पुस्तक डायरीको छिपोटजस्ता छन् । उपन्यासमा हुनुपर्ने प्रस्तुति, शैली र क्रमबद्धता नै छैन । गुट र उपगुटमा लाग्ने भनेको अवसरको खोजीमा हो । नव लेखकले सम्पर्क स्थापित गर्न कुनै गुटको सहारा लिनुपर्छ । गुटमार्फत आफूभन्दा अग्रजबाट केही जान्ने, सिक्ने अवसर प्राप्त हुन्छ । तर, कुनै गुट एउटा गुटको आलोचना र अर्कोको पक्षपोषण गर्ने खालको हुनु हुँदैन । गुट साहित्यिक प्रतिस्पर्धाको माध्यम हुनु हुँदैन । ज्ञान र अनुभवहरू आदान–प्रदान गर्ने अवसर हुनुपर्छ । गुट कसैलाई तल खसाल्न र कसैलाई माथि उठाउन क्रियाशील हुनु हुँदैन । नयाँ र पुराना साहित्य सिर्जनाको छलफल तथा समीक्षा गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यको चर्चा गर्ने साथीहरूको समूह हुनुपर्छ । भोलिको साहित्यिक यात्राको बारेमा के सोच्नु भएको छ । निरन्तरता दिनुहुन्छ ? भविष्यमा के, कस्तो मोड आउने हो अगामी यात्रा पनि त्यहिँबाट निर्धारण होला तर, परिस्थिति सबै ठिक भए साहित्य लेखनमा मेरो कलम पनि रोकिने छैन । एउटा पुस्ताले प्रेम लेख्ने लेखकलाई साहित्यकार मान्दैन भन्दैमा म प्रेम लेख्न छाडेर राजनीति लेख्ने काम भने गर्दिन । म प्रेम लेख्छु यसको मतलब यो होइन कि मलाई राजनीतिको ज्ञान छैन । पत्रकारितामा मैले हरेक विषय र विधामा कलम चलाइरहेको छु । मैले लेख्ने पाठकका लागि हो र पाठकले जबसम्म मलाई स्वीकार्नुहुन्छ तबसम्म म पाठककै लागि लेख्नेछु । #अप्रिल फुल #कृष्ण आचार्य #कृष्ण ढुङ्गेल नवपुस्ता: कसैलाई सामाजिक रोगको त कसैलाई प्रवासी मायालुको चिन्ता: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश अढाई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ। यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: सम्पदा रिजाल: “म निसास्सिरहेकी छु “ सम्पदा रिजाल मलाईचाहिँ लकडाउन चामलका गेडा, झुलका प्वाल गन्दै समय कटाउनुपर्ने फुर्सदी भएर आएन । बरु सामान्य अवस्थामा बचेखुचेको समय पनि काटिदिने भएर आयो । लकडाउनको सुरुवाती समय त्रासद थियो । मेडिकल सामाग्री आइपुगेको थिएन । हरेक दिन भष्टाचारका फेहरिस्त पढ्दै सुरु हुन्थ्यो । संक्रमण देखिइसकेको थियो । सबैभन्दा धेरै त आफ्नै सुरक्षाको भय थियो । लकडाउन लम्बिदै जाँदा चासो र चिन्ताका बुँदा पनि लम्बिँदै गए । जैविक रोगको चिन्ता बिस्तारै सामाजिक रोगहरूमा सर्यो । यसै पनि २४ सै घण्टा कामका लागि तयार रहन पर्ने, बढ्दो संक्रमण, व्यक्तिगत सुरक्षा सामग्री अभाव आदिले एक खालको मानसिक दबाब छँदै थियो । त्यसमाथि महामारी व्यवस्थापनको संवेदनाहीनता, भोका मजदुरहरूको लस्कर, नाकामा छेकिएका नागरिक, भोकै मरेका मलर सदा, सूर्यबहादुर तामाङ, सामाजिक रोगले हत्या गरेका नवराज विक र उनका साथीहरू/ अंगिरा पासीजस्ता घटनाले स्वासबन्दीको मास्क दिनदिनै बाक्लिंदै गयो । यी सबै छोप्न निरन्तर बजिरहेको चुच्चे नक्साको विज्ञापन, बेला बेला जारी भएको आँसुको निषेधाज्ञाले यो बाक्लो मास्क झनै कस्यो । स्वास्थ्यकर्मी भएका कारण पेशागत दबाब पनि थिए नै । बेला बेला ताली पाएर, छातिमा हात राखेर गाएको राष्ट्रगानको समर्पण पाएर, दीप प्रज्ज्वलनको मनोबलले सम्मान त पाएकै हो । तर अचम्म ! सम्मान आफैं निसास्सियो यसपालि । अनुदार संघीय अभ्यासको चपेटा त पहिलैदेखि थियो । संकटमा अझै सग्लो अनुहार देखियो । विकेन्द्रीकृत संरचना र केन्द्रिकृत अभ्यासको बीचमा चेप्टिएर झनै निसास्सिएँ । संघीयताका हिमायतीहरू संघीयताको अभ्यासमा चाहिँ कति अनुदार रहेछन् भन्ने पेसागत अनुभव पनि भयो । निस्साहट आफैंमा छट्पटी हो । बेचैनी हो । बेचैन भएपछि ध्यान कतै केन्द्रित हुँदैन । एउटै काम निरन्तर गर्न सकिन्न । निरन्तर पढ्ने-लेख्ने काम पनि गर्न सकिएन । पढ्नुको मज्जा काँचो किताबको गन्ध पनि हो । घत परेका लाइन कोर्नु पनि हो । इबुक्समा त्यो सम्भव भएन । यसकारण पनि अल्छी गरियो अलि । केही कविताका किताब पढ्ने, साथीहरूले फाट्टफुट्ट सुझाएका फिल्म हेर्नेबाहेक खासै केही गरिएन । मलाई चाहिँ यो बन्दाबन्दी स्वासबन्दीजस्तो पनि लागिरहेको छ । म निसास्सिरहेकी छु । हुन त यो समय समाजवाद, सामाजिक न्याय, सामाजिक सद्भाव, समानता आदिको मुखुण्डो उतारेर नाङ्गिएको व्यवस्थाको विकल्प सोच्ने, चिन्तन गर्ने समय पनि हो । ढिलै भए पनि युवा जमात यो व्यवस्थाको स्वासबन्दी मास्क च्यात्न सडक निस्कदै छ, तर सरकारको असंवेदनशीलताको विरुद्धमा उत्रिएको यो युवा जमातले पनि रुकुम हत्याकाण्डको मुद्दालाई एउटा साँघुरो कुनाको एकान्तबासमा थन्क्याइदिएको छ । मलाई आशा छ, यो प्रतिरोधी जमात संरचनात्मक जडताका विरुद्ध पनि उभिनेछ । यो समय पनि बितेर जानेछ । ईश्वरा सिवा: “अब त अति भयो, हैन र ? हाम्रै पालामा जातीय असमानता हटाउन पहल गरौँ न है !” ईश्वरा सिवा अचानक आएको बन्दाबन्दीको खबरले अमूक बनायो । वार्षिक छुट्टीमा घुम्न जाने योजना विफल भयो । एकातिर समय कसरी कटाउने भन्ने पीर, अर्कोतिर प्राइभेट जागिर ‘झ्वाम’ हुने हो कि भन्ने चिन्ता । सुरुवाती दिनहरू घरधन्धामै सीमित रहेँ । म त्यसै पनि एकान्तप्रेमी, झन् कोरोनाको त्रासले घरबाहिर निस्कने हिम्मत जुटेन । चार दिबारभित्र कैद शरीर, फुर्सदिला र पट्यारलाग्दा दिन अनि अनिदो रात । समय नहुँदा पो फेसबुक/टिभीमा झुन्डिन मन हुँदो रहेछ । फुर्सदमा त रमाइला लाग्ने चिजहरूले पनि आकर्षण गुमाउँदा रहेछन् । आफ्नो मायालु त प्रवासमा । उहाँलाई कतै भाइरसले आक्रमण गरिहाल्छ कि भन्ने सोच बारबार आइरहने । सपना पनि भयंकर देखिन थाल्यो । मन त्यसै बेचैन भैरह्यो । विश्वभर दैनिक हजारौँको संख्यामा मृत्यु भएको समाचारले झन् झन् आक्रान्त बनाइरह्यो । ‘भो, अब त संहालिनुपर्छ’, भन्ने ठानेर घरको सरसफाई र करेसाबारी स्याहार्न थालें । पकवानमा विशेष रुचि भएकोले विभिन्न रेसिपीहरू खोजीखोजी मनपर्ने परिकार बनाएँ । परिवारसँग बसेर खाएँ । केही जाँगर बढ्न थालेसँगै आफूलाई सिंगारेर सेल्फी लिने र टिकटकमा भिडियो बनाउँदै साथीहरूसँग बाँढे । यसो गरिरहँदा खुसीको सीमा बढ्न थाल्यो । बल्ल बुझें, आफ्नो लागि वर्षौँदेखि दिन नसकेको समय त यो विपद्को घडीले पो जुराएछ ! अनलाइन अध्ययन मेरो लागि बिल्कुल नयाँ विषय हो । आफू अध्ययनरत कलेजबाट भर्चुअल क्लास गराउने सूचना मिल्यो । उत्साहसँगै कौतुहलता पनि छायो । वास्तविक जस्तो नहुने पो हो कि भनेर आतिएँ पनि । तर केही हदसम्म ठिकै हुने रहेछ । साथीहरूसँग सरसल्लाह पनि गर्न मिल्ने, होमवोर्क गर्न पनि मिल्ने । बडा गज्जब लाग्यो । यसैबीच आफ्ना विद्यार्थीहरूलाई पनि अनलाइनमा पढाउनु पर्ने भयो । आफैँले भर्चुअल क्लास संचालन गर्न पनि जानियो । साहित्यमा सानैदेखि रुचि भएको अनि थोरबहुत लेख्ने पनि गरेकीले केही थान गजल र कविता पनि सिर्जें । राजनीति र साहित्यसम्बन्धी पुस्तकहरू पढ्न पनि मन पर्छ । लकडाउनमा तीन वटा पुस्तकहरू पढें । आन्तोन चेखबका कथाहरू, मनोक्रान्तिको नवसफलता शास्त्र र सुनिता दनुवारको आँसुको शक्ति । उनलाई पढिरहँदा साँच्चै आँसु पनि बगे । बाल्यकालमै बलात्कृत, बेचिएर मुम्बैको कोठी पुग्नु, यौनधन्धाको कहर अनि उन्मुक्ति । उफ ! आङ नै सिरिङ्ग भैरहेको थियो । प्रकृतिले त सुन्दर र कोमल शरीर दिएर विभेद गरेकै छ, झन् त्यसमाथि पितृसतात्मक जालो । महिलाहरूको लागि हरेक बाटो अप्ठेरो छ, हगि ! सुनिताले जुन विषम परिस्थिति र पीडालाई शक्तिमा बदलिन् अनि उनीजस्ता कयौँ नारीको उद्दार गरिन नि, त्यो आँट र क्षमता हरकोहीमा हुँदैन । रुकुम हत्या प्रकरणपछि म लगभग एक हप्ताभन्दा बढी विक्षिप्त बनिरहेँ । अन्तरजातीय प्रेम स्वीकार्न तयार नभएपछि ६ जना युवाहरूको हत्या गरियो । यस्तो क्रूर अमानवीय घटनाले मेरो मथिंगलमा भूकम्प ल्यायो । कुनै बेलाका आफ्नै भोगाइहरू तरोताजा भए । एक्लै बसेर धेरैपटक रोएँ पनि । हत्याजस्तो आपराधिक घटना हुँदा पनि अधिकांशले खिल्ली उडाएको देख्दा म झनै प्रताडित बनेँ । पोस्टमार्टम रिपोर्ट आयो । डुबेर मरेका र प्रकृति मुचुल्कामा शवको घाउ नदीमा बग्दा घिस्रेर भएको भनियो । पीडकहरूको बयान र पोस्टमार्टम रिपोर्ट एकआपसमा बाझियो । अदालतमा बयानभन्दा प्रमाण चाहिन्छ । तत्काललाई आजन्म कैदको मुद्दा दर्ता गराएर जनआक्रोश ठन्डा बनाउने अनि अन्तिममा फैसलाताका अपराधी छुटाउने प्रपन्च रचिएको छ । मदन-आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड र निर्मला हत्याकाण्डझैँ रुकुम नरसंहार पनि पर्दामै विलीन हुने पो हो कि ? न्याय हराइरहने कहिलेसम्म ? कैलालीको क्वारेन्टाइनमा बलात्कार भयो । अपराधी जो सुकै भए पनि कानुनबमोजिम कार्वाही हुनै पर्छ । तर यतिबेला बलात्कारीहरू दलित समुदायका हुन् भनेर फेसबुक/ट्विटरमा युवाहरू पूर्वाग्रही बनिरहेका छन् । रुकुम घटना जातीय नस्लीयबादीहरूले गराए भनेर जब-जब दलित समुदायले आवज उठाए, धेरैलाई पाच्य भएन छ । त्यसकारण बलात्कारीहरू दलित समुदायको हुनासाथ कुन्ठा पोखिरहेका छन् । अझै पनि जात व्यवस्था अधिकांश युवाहरूको रगतमा बगिरहेको रहेछ भन्ने यो गतिलो उदाहरण हो । अब त अति भयो, हैन र ? हाम्रै पालामा जातीय असमानता हटाउन पहल गरौँ न है ! बन्दना भट्टराई: “मलाई लेख अथाह मनपर्छ तर आउँदैन । सिक्ने क्रममा छु, सायद” बन्दना भट्टराई लकडाउन भइसकेपछि झापाबाट हामी सबै पढ्न गएका विद्यार्थी आ-आफ्नो जिल्ला फक्यौं । लकडाउनको अवधिभर मैले माटोसँग खेल्ने मौका पाएँ, परिवारसँग रम्ने वातावरण पाएँ । साहित्य नियाल्ने मौका पाएँ र देशको राजनीति बुझ्ने अवसर पाएँ । यो अवधिमा शारीरिक रूपमा मानिस कैदी भए पनि मानसिक रूपमा चाहिँ सधैँ ऊर्जाशील नै देखापर्यो । हाम्रो स्वभाव भनेको नयाँ कुरा देख्न खोज्नु, नयाँ कुरा पत्ता लगाउन खोज्नु हो । मानिसलाई विश्रामभन्दा यात्रा मनपर्ने कुरा पनि हामीलाई थाहा छ । यात्रा आखिर मलाई पनि किन नपर्नु ? यात्राले नै हो मानिसलाई आफूसँग परिचित गराइदिने । जीवन शून्य भएपछि पनि उसको राम्रो पक्ष सधैँ जीवित हुन्छ र मृत्युपछि पनि एउटा यात्रामा जान्छ । समुद्री यात्राबाट कोलम्बसले अमेरिका पत्ता लगाए । बालक ध्रूव ईश्वरको खोजीका लागि यात्रामा निस्के र धूर्वलोकका अमर राजा भए । निल आर्मस्ट्रङ पहिलो चन्द्रलोकको यात्री बन्न पुगे । साहित्य यात्रा हेर्ने हो भने भानुभक्त, बालकृष्ण सम, देवकोटा कलम बोकेर निस्की अमर साहित्यकार बन्न पुगे । ठूला ठूला दार्शनिकहरूले जीवनलाई यात्रासँगै दाँजेर हेर्नुको कारण पनि सायद यही थियो होला ! मानिसले धर्तीमा आँखा उघारेपछि उसको यात्रा प्रारम्भ निश्चित छ । हामी यति बेजोड गतिमा नदी जसरी हिँड्दै थियौँ कि प्रकृतिले बीचमा ठूलो ढुङ्गा तेर्साएर बाटो टक्क रोकिदियो । सागरसम्म पुग्न बाँकी नै छ अझै । यो अवधिमा आफूलाई धेरै नजिकदेखि नियाल्ने अवसर पाएझैं लाग्छ । जीवनमा रोकिँदा पनि छुट्टै यात्रा चलिरहँदो रहेछ । मेरो जन्म सायद एक संयोग थियो । म अरूजस्तै एक सामान्य केटी हुँ । म पृथ्वीरूपी सुन्दर बगैंचाको एक जिम्मेवार माली हुँ । पुर्खाहरूको इज्जत थामेर भविष्यमा आफूसँगै धेरैलाई बाटो देखाउनु छ । यो अवधिमा बुझेको समाज, अझै छुवाछुत, अझै महिला हिंसा देख्दा मुटु नै अमिलो हुन्छ । ऐनले जातभात र छुवाछुतको अमानवीय कुप्रथालाई कानुनीरूपमा निवारण गरे बावजूद पनि अझै ओल्ला घरको बिर्खे दमाइले पल्लो घरको पुरेत बाको घरमा मझेरी देख्न पाएको छैन । अझै पोख्रेल काकीको घरमा कोदाली बोकेर काम गर्न गएकी माया सुनार अलग बसेर च्याँख्ला खान बाध्य छिन् । एउटै ईश्वरका सन्तानहरूको प्रेममा समाज बाधा यसरी बन्छ कि प्रेमले अन्तिममा मृत्युदण्ड भोग्नै पर्छ । यो त मैले बुझेको समाज भयो । अर्कोतिर मुलुकले आजसम्म शासकीय परिधिमा विभिन्न स्वरूपहरू संग्रहित गर्दै आएको छ । विगतको लामो इतिहासदेखि नै यो देशले विकासको गति पकड्न सकिराखेको छैन । सायद विकासको लागि हरेक विचार शुद्धीकरण हुन आवश्यक छ । सामाजिक, आर्थिक, जातीय, शासकीय, सबै पक्षको सही रुपान्तरण भएपछि सायद राष्ट्रले नयाँ काँचुली फेर्न सक्थ्यो होला । साहित्यकार सर वाल्टर स्टकले आफ्नो कविता देशभक्तिमा स्पष्ट भनेका छन्- आफ्नो देशलाई माया नगर्ने मानिस एकै जन्ममा पनि दुई पटक मर्छ । र जहाँ देशभक्ति छ त्यहाँ भ्रष्टाचार, कालाबजारी हुन सक्दैन । यदि हुन्छ भने देश एक्लो छ, बुझें हुन्छ । देश एक्लो हुनु भनेको जन्मभूमि रुनु हो, र जुन देशलाई मात्र आँसु लाग्छ त्यो देश देश हुँदैन । मसानसरह हुन्छ । मलाई लेख अथाह मनपर्छ, तर आउँदैन । सिक्ने क्रममा छु, सायद । साहित्यमा भाव हुन्छ। म भावप्रेमी मान्छे । कविता पढ्दै गर्दा भावमा र शब्द खुब नियाल्छु । कुनै एक विद्वानले पनि भनेका छन् -“ कवि कविता होस्, कवि होस् कविता । तब पो कविता कविता जस्तो हुन्छ ।” साह्रै मन परेको थियो मलाई यो भनाइ । विद्यालयमा अध्यनरत हुँदा नेपाली गुरुले भन्नु हुन्थ्यो- “तिमीमा कवित्व भावना छ, लेखनमा उतार्नु है।” तर मलाई भने लेख्नभन्दा पढ्न रमाइलो लाग्ने । यो अवधिमा पनि थुप्रै रचना पढेँ । हेलन केलरको ’द स्टोरी अफ माइ लाइफ’ नामक आत्मकथाको किताब अपाङ्गहरूको लागि मात्र नभएर सबै मानिसहरूको लागि प्रेरणाको स्रोत रहेको छ । साथै डेथ अफ सेल्सम्यान, गीता, जीवन काँडा कि फूल, द काइट रनर साथै विभिन्न चलचित्र, सिरिज हेरेँ । जसमा कुनै मनोरञ्जनात्मक थिए भने कुनै प्रेरणादायी । अन्त्यमा, म आफैँमा विचार हुँ, भावना हुँ, आत्मबल र विश्वास हुँ । क्षितिजलाई कहिले भेट्न सकिँदैन भन्छन्, तर म आफ्नो उद्देश्य लिएर क्षितिजसरह फैलन चाहन्छु, भेट्न चाहन्छु र अँगाल्न चाहन्छु । #ईश्वरा सिवा #नवपुस्ता #बन्दना भट्टराई #सम्पदा रिजाल म बुद्धु, तिमी ज्ञानी: सरकारले लकडाउन केही खुकुलो बनाएपछि महिनौँपछि आज निस्केको छु बाहिर । यस बीचमा डेराबाहिर ननिस्किएको त हैन तर सामान्य तरकारी लिन, दुध किन्न, ताजा हावा खाउँ न भनेर टपक्क मास्क लगाएर घरबाट थोरै तल मात्र निस्किएको थिएँ । पेट भरिने गरेर, चित्त बुझ्ने गरेर, भोक नै मेटिने गरेर भने आज निस्किएँ किनकि म आज महिनौँ दिनमा चिया अड्डामा चिया पिउन भनेर निस्किएँ । समाचारहरुले छ हजार बढी मान्छे संक्रमित भएको बताइरहँदा मान्छेहरु कोरोनाको त्रासबाट फुत्किएर बाटोमा हिँडिरहेका देखिए । मान्छेलाई मृत्युभन्दा स्वतन्त्रता प्यारो हुन्छ यसै भनिएको हैन रहेछ । भलै देशभित्र त आवत जावत छ होला, अरु सुविधाहरु पनि छन् होला तर दशकौंदेखि आफ्नो देशभित्र बन्दीझैं जीवन बिताइरहेका उत्तर कोरियाली जनताहरु कसरी बाँचेका होलान् भनेर मलाई महसुस भयो । भौतिक लकडाउनसँगै मानसिक अनि वैचारिक लकडाउन कति भयावह हुन सक्छ होला भनेर कल्पना गर्दा पनि मलाई नरमाइलो लाग्छ । पातला बस्तीहरु छिचोलेर बाक्लो घाँस भएको चौरमा पुग्दछु । ठाउँ तपाईंहरुलाई त्यति जरुरी छैन । काठमाण्डूको भित्री शहरबाट फुत्किएर रिंगरोडबाहिर निस्किएपछि लगभग सबै दिशाहरुमा उस्तै खुल्ला ठाउँ, जंगल, चौर, झरनाहरु तपाईं पाउन सक्नुहुन्छ । म उत्तरको भेगमा बस्छु । चौरबाट नजिकै देखिने नागार्जुन जङ्गल, शिवपुरीको डाँडा हेर्दा मन चङ्गा भएर आउँछ । रङहरुमा पनि मानसिकता बदलिदिने ताकत हुने रहेछ । म मनोविज्ञानको विद्यार्थी त हैन, न त मलाई चित्रकला अनि रङहरुको ज्ञान छ । तैपनि मलाई लाग्छ, प्राकृतिक हरियो रङले मस्तिष्कको मसाज गरिदिन्छ, गर्मीमा शितल र जाडोमा न्यानोपन भरिदिन्छ । चौरमा फुटबल खेल्न आएका केटाहरु छन् । जोडले हल्ला गरिरहेछन्, तर खुल्ला ठाउँका हल्लाहरु हावामै मिस्सिएर सकिँदा रैछन् । साँघुरा ठाउँमा भए पो हल्लाले पनि अस्तव्यस्त बनाउँछ जिन्दगी । चौरको छेउमा साँझमा कसरत गर्न भनेर कुदिरहेका केटीहरु देखिन्छन् । पातला ट्राउजर अनि स्लिभलेसमा छन् । मलाई महिलाहरुका लुगाका नाम खासै आउँदैन । हामीले लगाउने स्याण्डोजस्तै लुगा होला त्यो तर शरीरमा टपक्कै टाँसिएको हुँदोरहेछ । मलाई ती कुदिरहेका केटीहरुको अनुहार र जिउडाल देखेर अचम्म लाग्यो । यसरी कुनै शिल्पकारले काठमा अति नै संयमित भएर बसिलाले तासेर, रामो र छिनुले खोपेर कुँदेको मुर्तिभन्दा पनि सटिक जिउडाल अनि भर्खर किनेर ल्याएका नयाँ थालझैं बेदाग अनुहार भएका केटीहरुले कस्ता केटाहरुसँग बिहे गर्छन् होला ? के मजस्ता झुसे केटाहरुको भाग्यमा होलान् त यिनी सुकिला सुन्दरीहरु ? भए पनि मैले यस्तो चिनियाँ माटाका मुर्तिहरुलाई नचर्किने गरेर जतन गरेर राख्न सकूँला त ? गुमाउने डर त सधैँ सुन्दर अनि मूल्यवान कुराहरुकै हुने रहेछ । सोचहरुले मलाई प्रश्नहरुको दहमा लगेर चोबल्दिन्छन् । सधैँ यत्तिकै तन्दुरुस्ती र सुन्दरतालाई मुट्ठीमा लिएर समयलाई एकै ठाउँमा किलो ठोकेर रखिरहलान् कि कुनै घरकी बुहारी बनेर आफैँ व्यवहारको गोठमा थुन्लान् त यी अप्सराजस्ता केटीहरुले ? के यिनीहरुका गाला पनि चाउरिएलान् त कुनै दिन ? आधा पानी भरेको बेलुनझैं झोल्लिएलान् त कुनै दिन यिनीहरुका पनि छाती ? पाउरोटीका पिसझैं फुँदा पर्लान् त यिनीहरुका पनि पेट ? चौरको छेउमा कुदिरहेका उनीहरुमध्ये एउटीको नजर उनीहरुतिरै एकोहोरिएको मेरा आँखाहरुमा पर्छ । मलाई लाज लाग्छ । लाजभन्दा बढी डर लाग्छ । तर उनीहरुको यौवन र वैंशलाई जोकोहीले यसरी नै नियाल्छ भनेर उनीहरुलाई थाहा हुँदो हो । या त्यसरी नियाल्ने म मात्र पनि हुँदो हुँ, किनकि मैले यतिबिघ्न सुन्दर केटीहरु प्रत्यक्ष नदेखेको पनि त महिनौँ भैसक्यो । म त चिया पिउन निस्केको मान्छे, खै के सुरले हो चौरको छेउमा प्रकृतिमा विचरण गर्न मस्त भएछु । आज चियाभन्दा पनि दुधचियाकै रङजस्तो रातो हुँदै गएको क्षितिज हेर्न मन लाग्यो । त्यो क्षितिजबाट फैलिएर आकाशका पानाभरि पोतिएको गोधुलीको रातो रङ हेर्न मन लाग्यो । यसले पनि मलाई बेग्लै आनन्द दिएर गयो । मलाई लाग्यो, सिन्दुरे रङ पनि त मगजको मसाज गर्ने रङ रहेछ । तर मलाई त्यो सिन्दुरे रङको यादले मगजमा शान्ति हुँदैन, जुन रङ कसैले उनको सिउँदोमा पोतिएको तस्बिर पठाउँदा देखेको थिएँ । मलाई सोध्न मन थियो उनलाई, यदि अर्कैको सिन्दुर लगाउने तयारी गर्दै थियौ भने किन भनिनौ मलाई ? किन बताइनौ मेरो जीवनमा साँझ नै नआई एकैचोटी अँधेरी रात आउँदैछ भनेर ? के फेसबुकमा ब्लक गर्दैमा सबैथोक सकिएको थियो र ? जिन्दगी त यथार्थतामा बाँच्नुपर्छ । हत्केलाहरुले नाडी छामेर, ओठहरुले निधार छामेर, अँगालोले छाती कसेर बाँच्नु पर्छ जिन्दगी । नाथे बुढीऔंलाले च्याटमा लेखेर अनि त्यसैले ब्लक गरेर कहाँ अर्थपूर्ण हुन्छ र जिन्दगी ! च्याटका सस्ता इमोजीभन्दा कैयौँ गुणा बलिया हुन्छन् छातीका संवेगहरु, ओठका हाँसोहरु, कण्ठका भक्कानाहरु, आँशुका लहरहरु । चौरबाट उठेर अर्को छेउको चियापसलमा पस्छु । साथीहरु छैनन् साथमा, न त उनी नै । केवल टेबल र कुर्सीमा यादहरु हल्ला गर्दै बसिरहेका छन् । लामो लकडाउनपछि भर्खर तंग्रिन लागेको चिया पसलको कुनामा चिया उम्लिरहन्छ । मेरो मन भने सुदूर अतितमा पुग्दछ, जतिबेला उनको जुठो चिया पिएको दोस्रो भेटको अपराह्नमा म डेरामा बसिरहेको हुन्छु । ‘फुर्सद भए भेटौं न आज पनि,’ सन्चो बिसन्चो, खाना, खाजा इत्यादि औपचारिकता सजिलै निभाएपछि फोनमा यति भन्न भने अलि सकस नै भएथ्यो उनीलाई । ‘कहाँ ?’ फुर्सद छ, छैन भन्नलाई त दिमागले सोच्नु पर्थ्यो होला तर मन न थियो गौप्राणी, सिधै भेट्ने ठेगाना सोधिदियो । ‘चिया अड्डामा, तर हिजो हजुरले बोलाएको ठाउँमा हैन । आज मेरो च्वाइस,’ उनी हल्का लाडिएर बोलेकी थिइन् । मलाई त्यो लाडप्यार अनि त्यो नखरा नै प्रिय लागेको थियो । उनको स्कुटरको पछिल्लो आसनमा बस्न भनेर लोकल बसको चालक पछाडि उभिएर, कहाँ आइपुग्यो भनेर हेर्न बेला बेलामा निहुरिँदै, ठाउँहरु नियाल्दै नियाल्दै पुगेको थिएँ चक्रपथ । भाटभटेनी अगाडिको सडकछेउमा स्कुटरमा बसेर दुई खुट्टाहरुले भुइँमा हल्का टेकेर स्कुटर थाम्दै हेल्मेट लगाएको टाउको अररो गर्दै पछाडि हेरिरहेकी थिइन् उनी । मेरो उपस्थिति हुनासाथ उनका ओठहरुले मुस्कानको चित्र कोरिदिए । त्यो चित्र फैलिएर हामीसँग सँगै चाबहिल हुँदै बानेश्वर पुगिसकेको थियो । ‘आज यता पिउने है चिया ?’ उनले स्कुटरको डबल स्ट्याण्ड लगाउँदै गर्दा मेरा आँखाहरुले ‘द मटका’ भनेर लेखेको साइनबोर्ड टाउको उठाएर हेरिसकेका थिए । पुराना यादका सिलसिलालाई तोड्न मेरो अघिल्तिर भर्खर चियाको कप आइपुग्छ । म फिस्स हाँसेर पसलेलाई नबोलिकन धन्यवाद भन्छु । आज यो कपलाई म निष्फिक्री कप नै भन्न सक्छु । नत्र त त्यसदिन, हाम्रो दोस्रो भेट अनि दोस्रो चियाको दिन, दुवै कपबाट मैले नै चिया पिएपछि भनेको थिएँ, ‘यो कपमा हाम्रो पनि नाम लेखेर राखिदिउँ ।’ मेरा आँखाहरुले चिया अड्डाका भित्ताको सोकेसभरि पुराना कपहरुमा नाम लेखेको देखिसकेका थिए । ‘कप हैन, यसलाई मटका भन्छन् बुद्धुराम ।’ मैले त्यसैदिन पहिलोपटक माटोको कपमा चिया पिएको थिएँ । उनीबाट मेरो न्वारन भएर बुद्धुराम भन्ने नयाँ नाम पाएको थिएँ । अनि उनको पनि त नयाँ नाम जुरेको थियो । ‘ज्ञानी । म बुद्धु भए तिमी ज्ञानी ।’ उनको हाँसो थापागाउँको ओरालो हुँदै बिजुलीबजारको पुलसम्मको ट्राफिक जाम जत्तिकै लामो थियो । म फेरि यादको कान्लो ओर्लिएर वर्तमानको तल्लो सुर्कोमा आइपुग्छु । एक्लो औंलाले बोकेको कप अनि एक्लो ओठले पिएको चिया रित्याएर म घर फर्किन्छु । लामो लकडाउन केही खुकुलिए पछिको पहिलो चिया । पैसा तिरेको पिएको पहिलो चिया । मनमा गुलियो खेलाउँदै फर्किन्छु । साँझ मेसेजमा कोरियन नायिकाको गुडियाजस्तो अनुहार लिएर निक्की झुल्किन्छे । हाई, हेलो अनि खानपानका औपचारिक कुराहरु सोधिसकेपछि ऊ मुख्य मुद्दामा आउँछे । ‘लेखकसँग त केही बोल्नै नहुने है ? एक एक शब्द दुरुस्तै लेख्दिने ।’ ‘किन केही गल्ती गरेँ र मैले ?’ ‘गल्ती हैन, मिठो अपराध गर्नुभाछ ।’ ‘बुझिनँ ।’ अज्झ, हेरन स्वाङ पारेको !’ ‘…’ ‘मेरै बारेमा लेख्दिनु पर्छ त ? जे बोल्यो त्यही लेख्दिने सिधै ? कथा केही पाउनु भएन ? तपाईंले लभस्टोरीहरु पनि आफैँ सबैसँग लभ गर्दै त्यही दुरुस्त लेख्नु हुन्छ कि क्याहो ?’ कति धेरै प्रश्नहरु, कति ठूलो आरोप लगाई उसले । मसँग उसलाई दिने कुनै स्पष्टीकारणहरु हुँदैनन् । स्विकार्नु नै वेश लाग्यो । यति गर्दिए वादविवाद गर्नु पनि परेन, पन्छिन पनि सजिलो । ‘तपाईंले भनेका सबैकुरा सत्य हुन्, अबदेखि सधैँ तपाईंले जे भन्नु हुन्छ त्यही कथा लेखिदिन्छु । सजिलो भयो मलाई । न त कल्पना गर्नुपर्ने, न त अर्थोक कुराको झन्झट ।’ ‘खुब, रिसाउनु भयो कि क्याहो ? सरी म जिस्किएको ।’ ‘सरी भन्ने हो भने त जिस्किएको मतलब नै भएन नि,’ म थोरै फ्लर्ट गर्छु । ‘हिहिही’, ऊ लेखेरै हाँस्छे । मलाई यो फेक आईडी मन पर्न थालिसकेकी छ किनकि ऊ इमोजी नराखी कुरा गर्छे, ‘एउटा कुरा बताऊँ ?’ ऊ सोध्छे । ‘प्लिज…’ ‘तपाईंको चिया अड्डामा केही पनि हुँदैन, तैपनि पढौँ पढौँ लागिरहन्छ ।’ ‘कस्तो केही पनि हुँदैन भन्नाले ?’ ‘पुरै पढिसक्दा पनि गुदी केही हुँदैन । तैपनि नरोकिई पढ्न मन लाग्छ ।’ ‘तपाईंको प्रेम हो यो । खासमा मैले त के लेख्छु र, सबै तपाईंकै कुरा त लेख्ने हो ।’ ऊ बेस्सरी हाँसेको देखाउन हाहाको लश्कर नै टाइप गरिसक्छे, र सोद्छे, ‘चिया अड्डाको तेस्रो भाग कहिले लेख्नु हुन्छ ?’ ‘लेखिसकें ।’ ‘मतलब ?’ ‘यही च्याट हुबहु छाप्दिने हो अब । बरु चौथो भाग के लेख्ने सोच्दैछु,’ यति टाइप गर्दा के भएर हो, नेट चल्दैन । कति मिठो च्याट हुँदैथ्यो । पापी इन्टरनेट ! तत्काल मलाई एउटा लाइन फुर्छ, ‘मायाप्रेमका लागि धनसम्पत्ति हैन, मन चाहिन्छ भन्ने पुराना कुरा हुन् । प्रेमका लागि त नकाटिने अनि फुर्तिलो इन्टरनेट चाहिन्छ !’ #चिया अड्डा #सुरेश बडाल महिलाले बोल्न र हिँड्नसमेत डराउनुपर्ने; यो कस्तो लोकतन्त्र ?: समाज परिवर्तनशील छ । परिवर्तित समय, सोच, चिन्तन र विचारले हाम्रो जीवनशैलीमा ल्याएको परिवर्तनलाई हामी नकार्न सक्दैनौं । एकाइसौं शताब्दीमा आइपुग्दा हाम्रो समाजले धेरै फड्को मारिसकेको छ । हिजोको ढुङ्गे युगबाट समाज परिस्कृत भएर यहाँसम्म आइपुग्दा मात्र हामी मानव भएका छौँ । शताब्दीऔं अघिको समाज र वर्तमान समाजमा आकाश पातालको फरक छ । सामाजिक परिवर्तनसँगै मान्छेको सोचाइ र बौद्धिकतामा पनि आमूल परिवर्तन आइसकेको छ । यसलाई हामीले कसरी उत्कृष्ट र मर्यादित बनाउने भन्ने विषय हाम्रो मानसपटलमा जटिल प्रश्नको रूपमा रहेको छ । परिवर्तनको संघारमा उभिएको समाजलाई देश र समाजको समग्र विकाससँग जोड्नका निम्ति राज्यले बनाउने नीति, कार्यक्रम र योजनाले सामाजिक तथा आर्थिक समृद्धिको बाटो लिन सक्छ । देश विकासको गतिमा डोर्याउनका लागि सबैको समान सहभागिता जरुरी हुन्छ । समृद्ध मुलुकको प्रतिबिम्ब विशेषत: महिला र पुरुषको उच्च सहभागिता हो तर समान सहभागितालाई वाक्य र बोलीमा जोडिरहँदा मलाई मेरो समाज र देशको समसामयिक परिस्थितिले घच्घच्याउन थाल्छ । नेपाली समाज हिजोको ढुङ्गे युगबाट यहाँसम्म परिवर्तन भएर आइपुग्दा पनि नारीप्रतिको पितृसत्तात्मक सोच भने ज्युंका त्युं छ । नारीहरू सङ्कुचित सोचको घेराबन्दीबाट उम्कन सकेका छैनन् । बेलाबखत नारी हकअधिकार र उन्मुक्तिका कुरा गरे पनि, समयले जतिसुकै फड्को मारे पनि, नारीहरू पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको अवस्था देखिदैन । परापूर्वकालदेखि पुरुषप्रधान समाजमा नारीहरू पुरुषार्थको सिकार भइरहेका छन् । हरेक तवरले कमजोर छन् नारीहरू भन्ने नराम्रो सोचको खोल ओढेको छ समाजले । विगतभन्दा वर्तमानमा नारी समानताका निम्ति केही पहल भए तापनि ती केवल अक्षरहरूमा मात्र सीमित छन् । नारी समानताका निम्ति न्यायोचित रूपमा नीति निर्माण हुन भने सकेको छैन । संस्कृति रिजाल नारीप्रति पुरुषले हेर्ने दृष्टिकोण नै साँघुरो रहेको देखिन्छ । समाज बदल्यौं, व्यवस्था बदल्यौं, तर नारीप्रतिको दृष्टिकोण बदलिएन । विकसित देशहरूमा महिला र पुरुषबीच कुनै प्रकारको विभेद गरिदैन, तर नेपालको सन्दर्भलाई जोड्ने हो भने आज पनि नारीहरू सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक, बौद्धिक हिसाबले शोषित बनिरहेका छन् । कुसंस्कारको जन्जिरभित्र जकडेर विगतमा नारीलाई जिउँदै मार्ने नेपाली समाजले आज पनि उन्मुक्ति र स्वतन्त्रताको श्वास फेर्न दिएको छैन । जहाँ नारी र पुरुषबीच विभेद गरिदैन, उस्तै सामाजिक अधिकार दिइन्छ । त्यहाँ सामाजिक, आर्थिक रूपले महिला पुरुषको समान सहभागिता र बाहुल्य हुन्छ । नेपालको आधा जनसंख्या महिलाले ओगटेका छन् । तर हरेक तह र पदमा ८० प्रतिशतभन्दा बढी पुरुषकै बाहुल्य छ । राज्यले आरक्षणको रूपमा केही प्रयास नगरेको पनि होइन, तर नीति निर्माण र तहमा पुरुषकै हालीमुहाली रहेको छ । प्रेमका नाममा हिंसा जन्मदै छन्, पारिवारिक प्रेम र सद्भाव टुट्दै छ । यसले देखाउँदैछ कि परिवर्तनका नाममा हाम्रो समाज कता मोडिदैछ ? सामन्ती समाजमा महिला चौघेरामा मात्र सीमित थिए। अहिले महिलाका आवाज बुलन्द हुन थालेका छन् । समान सहभागिताका लागि समान योग्यता, सीप र अवसरको खाँचो छ । नयाँ संविधानले महिलाको लागि अवसरका विभिन्न क्षेत्रलाई फराकिलो पारिदिएको छ । केन्द्रीय र प्रदेश संसदमा महिलाहरूको उपस्थिति बढाएको छ । समावेशीकरणको सिद्धान्त स्थापित भएसँगै राजनीतिक सचेतनामा वृद्धि भएको छ तर यति मात्र पूर्ण छैन । महिलाले हरेक क्षेत्रमा आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास हुन सक्नुपर्छ । महिलामा आएको गतिशीलताले मात्र परम्परागत अवस्थाबाट एक पाइलाअगाडि बढाउन सक्छ । वास्तवमा महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक लगायत सबैजसो छेत्रमा भेदभावपूर्ण व्यवहार भोगिरहेका छन् । महिलामाथि हुने हिंसा, बेचबिखन, बलात्कार, अपहरण, लैंगिक विभेद र शोषणजस्ता विकृतिबाट आज पनि महिलाहरू पीडित भएर बाँचिरहेका छन् । परम्परागत कुसंस्कार छोरा र छोरीबीच गरिने भेदभावले पनि यो कुरीतिको जड उखेलिन सकेको छैन । महिलाहरूले पुरुषसरह मजदुरी गर्दा समान ज्याला पाउँदैनन् । शारीरिक बनावटको भिन्नताका कारण उनीहरूबीच रूप, भाव, शक्ति, सामर्थ्यमा भिन्नता आएको हो । तसर्थ शारीरिक बनावटको भिन्नताको कारण महिलामाथि हुने भेदभावको अन्त्य हुनुपर्छ । विगतमा सतीप्रथाको नाममा आफ्नो श्रीमानको चितासँगै जिउँदै जलेर नारीहरूले मर्नुपर्थ्यो । सतीप्रथाको अन्त्य भए पनि नेपालमा छाउपडी, बोक्सी, छुवाछूत, कुमारी, दाइजो तथा बालविवाह जस्ता प्रथा अझै अशिक्षित ठाउँहरूमा छन् । छाउ भएको बेला १३-१४ वर्षको बालिका हुँदादेखि छाउघरमा बस्नुपर्ने पीडाबाट आज पनि नेपालका पश्चिमी भेगका महिलाहरू गुज्रिरहेका छन् । महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने चलन नेपाली समाजमा विद्यमान नै छ । समानताका खोक्रा भाषणले मात्र नारी स्वतन्त्रता जन्मिदैन, बिगुल फुकेर मात्र हुँदैन, व्यवहारिकतामा लागू हुनुपर्छ । यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा वर्षेनी लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदैआएको छ । त्यस्तै रोजगारिका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । हामी विभेदको जालोमा बाँचिरहेका छौँ । जहाँ महिला वर्ग अन्यायले थिचिएका छन्, हिंसामा परेका छन् । देशमा दिनानुदिन बढेको बलात्कार, जबरजस्ती करणीलगायत हिंसाले महिला त्रासमा छन् । देशमा जति नै महिला नेतृत्व उदाए पनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन । कहीँ प्रतिशोध र व्यक्तिगत दुस्मनीका कारण किशोरीमाथि एसिड फ्याँकिएका छन् त कहीँ दाइजो नल्याएको निहुँमा महिला जिउँदै जलाइएका छन् । पारिवारिक हिंसा, सामाजिक हिंसाले गर्दा देश मन्दविषको सिकार हुन पुगेको छ । राजनीतिक रूपमा देशले ठूलो फड्को मारेको छ । देश संघीयतामा गइसकेको छ । राष्ट्र प्रमुख महिला भए पनि आम महिलाले अनुभूत गर्न पाएका छैनन् । महिला हिंसा अन्त्यका लागि महिलालाई सामाजिक, राजनीतिक क्षेत्रमा समान अवसर र शिक्षामा प्राथामिकता दिन जरुरी छ । महिलाहरूलाई पुरुषसरह विकास कार्यमा सहभागी बनाउनका लागि महिला सशक्तिकरणको धारणाको विकास १९८० मा गरिएको थियो र पनि महिलाहरूले शिक्षा, रोजगारी तथा सार्वजनिक र राजनीतिक जीवनमा सहभागीताको अध्ययन गर्दा महिलाको संख्या न्यून छ । भारतकी इन्दिरा गान्धी, बेलायतकी मार्गरेट थ्याचर, अर्जेन्टिना इसाबेला पेरोल, इजरायलकी गोल्डा माएर लगायतका महिला नेतृहरूले पनि आफ्नो देशमा उत्कृष्ट नेतृत्व प्रदान गरेका थिए । श्रीलंकाकी चन्द्रिका वन्दरानायके कुमारातुंगा, पाकिस्तानकी बेनजिर भुट्टो, बंगलादेशकी शेख हसिना र खालिदा जिया, म्यानमारकी आङ साङ सुचीजस्ता महिला नेतृहरू आज पनि विश्व इतिहासमा आआफ्नो प्रभुत्व जमाइरहेका छन् । यी र यस्ता तथ्यहरूले महिलाहरू नेतृत्वका निम्ति पुरुषभन्दा केही कम छैनन् भन्ने कुराको पुष्टि गर्छ । तर जब महिलाहरू परिवर्तन र विद्रोहको आवाज लिएर उठ्छन, अन्यायका पहाडले थिचिन्छन् । विश्व इतिहासलाई हेर्दा, क्यानडाजस्तो विकसित देशमा पनि सन् १९३० सम्म महिलाहरू निर्वाचनमा मतदान गर्न, कुनै सरकारी ओहदा धारण गर्नबाट बन्चित हुनुपरेको थियो । त्यहाँ बेलायतका महिलाहरू पनि पुरुषसरह सिनेटमा नियुक्त हुन सक्छन् भनी निर्णय गरेपश्चात मात्र त्यहाँका महिलाहरूले आफ्नो राजनीतिक अधिकारको प्रयोग गर्न पाएको देखिन्छ । यसरी विश्व समुदायमा महिलालाई विभेदयुक्त समाजको सिकार बनाइएको थियो । अहिले नारी स्वयमले आवाज उठाउन थालेका छन् । धन, पद, शिक्षा-दिक्षा, सामाजिक क्षेत्र, घर, बजार सबै ठाउँमा नारी अधिकार र स्वतन्त्रताको आवाज बुलन्द बन्दै गएको छ । सरकार र न्यायालय मूकदर्शक बनेर रमिता हेरिरहन्छ । महिलाले हिँड्न, बोल्न डराउनुपर्ने अवस्था छ । अत्याचार चुपचाप सहनुपर्छ । आखिर यो कस्तो लोकतन्त्र हो ? देश विकासको क्रममा हाम्रो समाज पुँजीवादी भएको छ । पुँजीवादको चर्को दमनभित्र महिलाहरू नै सबैभन्दा बढी पिसिएका छन् । नारी शोषणविरुद्ध नारी उन्मुक्तिका निम्ति नेपालमा भएका इतिहासका प्रयासलाई हेर्दा, १९७७ सालमा चन्द्र शमशेरले सती प्थाको अन्त्य गरे । पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने भनी व्याख्या गरियो । बौद्धिक हिसाबले पनि दोस्रो तहमा राख्ने भनी व्याख्या गरियो । राजनीतिमा बाध्य, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुत्पादक ठाउँमा सीमित गरिदै लगियो । सन् १९१७ ताका रुसमा गाँस र बासको नारा थपेर अरू आन्दोलनको उठान भयो । त्यसरी नै अन्तर्राष्ट्रिय महिला आन्दोलनको रूप ठूलो बन्दै गयो । अनन्त: सन् १९१० मा क्लारा जेडियन रोजालग्ज वर्गको अगुवाइमा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गर्यो । राजनीतिक परिवर्तन भए पनि आज महिला उत्पीडन भयावह अवस्थामा रहेको छ । मातृशक्तिलाई राज्यले हरेक तह र तप्कामा पुरुषसरह समान हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । नेपालले महिला बिरुद्द हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासन्धी अनुमोदन गरिसकेको छ । पक्ष राष्ट्र भएका कारण महासन्धिमा उल्लेखित सबै प्रकारका प्रावधान पालना गर्नु राज्यको दायित्व हो । नेपालको संविधान २०७२ ले महिलाहरूलाई थुप्रै हक अधिकारको व्यवस्था गरेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को महिला हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशिय हक हुने, महिलाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुने, महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुने र पिडितलाई कानुन बमोजिम क्षतिपुर्ती पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । महिला अधिकार कागजी दस्तावेजमा मात्र होइन व्यवहारिकतामा पनि सुनिश्चित हुनुपर्छ । जबसम्म अन्धविश्वासी समाजले नारीहरू माथि जबरजस्ती लादिएका कु प्रथाको अन्त्य हुन सक्दैन अनि स्वयम् नारीहरू बन्द पर्खाल भित्रको चार किल्लालाई तोडेर बाहिर आउन सक्दैनन तबसम्म नारी मुक्ती र परिवर्तनका बाटाहरू सम्भव छैनन । जसरी अहिले आएर सती प्रथा, सुसारे प्रथा जस्ता कुप्रथाहरूको उन्मुलन भयो त्यसरी नै नारी माथि लादिएका सबै कुप्रथा र शोषणको अन्त्य हुन जरुरी छ । तब मात्र परिवर्तनका मार्गहरू प्रश्स्त हुनेछन् । #महिला अधिकार #संस्कृति रिजाल साहित्यपोस्ट-बुकाहोलिक्स अनलाइन कविता प्रतियोगितामा सर्वोत्कृष्ट भए, कुमार शर्मा: साहित्यपोस्ट डटकमसँगको सहकार्य, बुकाहोलिक्सको आयोजना तथा किताबयात्राको प्रायोजनमा लकडाउन अनलाइन कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा अनलाइनमार्फत पठाइएका कविताहरूको चयन, छनोट र सर्वोत्कृष्टता घोषित गरिएको हो। प्रतियोगिताका लागि ३७४ कविता प्राप्त भएका थिए भने २१६ कवितालाई प्रतियोगिताको पहिलो चरणका लागि योग्य मानिएको थियो। दोस्रो चरणका लागि ३५ कविता छनोट गरी वाचन गराइएको थियो। ती ३५ कविताहरूमध्येबाट कुमार शर्माको ‘गन्तव्य’ शीर्षकको कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको हो। तल पढ्नुहोस्, सर्वोत्कृष्ट भएको कुमार शर्माको कविता घामका पाइलाहरूले देखाए भने बाटो कुनै दिन त्यही बाटो भएर आउनू त्यही बाटो म आउँदा झमक्क रात परेको थियो आफ्नै पाइलाको चिन्ह बस्यो बसेन मैले चाल पाइनँ अझै जीवितै रहेछ पाइला भने नकुल्चिनू बरू खुसुक्क कानमा गएर भनिदिनू कि गन्तव्य उसलाई पर्खिरहेछ आफ्नै पाइलाको पर्खाइ निकै अत्यासपूर्ण हुन्छ। उत्कृष्ट १२ कविताका वाचनहरु सुन्नुहोस् । #कविता प्रतियोगिता #कुमार शर्मा जन्मदिनमा मृत्यु उपहार: विहानैदेखि दिशाहरू खुलेका थिए। हराभरा वातावरणमा रमाइरहेका थिए प्रकृतिका अनेकन पंक्षीहरू। अँध्यारो छहारीलाई पन्छाएर सूर्यका किरणहरूले बिस्तारै धर्तीमा उज्यालो छर्दै थिए। शून्यतामा विलीन हुने मेरो मन आज विहानैबाट यिनै प्रकृतिका सुन्दरतामा रमाइरहेको थियो। एकाविहानै नित्य स्नान सन्ध्या पछि म एकान्तमा बसेर बितेका जीवनका अनुभूति अनि आउँदो परिवेशको कल्पना गरेर सूर्यको गतिलाई नियालि रहेको थिएँ । “आखिर जीन्दगीको रथ भन्नु नै त्यही सूर्यको गति त थियो । मान्छेको जन्म र मृत्युको समय यही सूर्यको गतिले तोकिदिएको हुन्छ । आज बालक भएको व्यक्ति भोलि युवा अनि वृद्ध हुँदैजान्छ। सायद सूर्य नउदाउने अनि नअस्ताउने भए मान्छेको जन्म अनि मृत्युको समय यकिन हुँदैन थियो होला ! अझ भनुँ भने त सूर्यको उदाउने अनि अस्ताउने गति नभइदिने हो भने पृथ्वी नै रहँदैन होला । यस्तै सोचमा डुबिरहेको थिएँ म । तर यसमा यथार्थ भने थिएन। किनकि सूर्यको गति होइन, त पृथ्वीको गतिले दिन र रातलाई छुट्याएको हुन्छ। घरको छतमा बसेर यस्तै विचारमा मन लगाई कता कता हराइरहेको थिएँ । तलबाट आमाले बोलाउदै भन्नू भयो, “ के गर्दै छस् ? तेरो आज जन्मदिन हो । विहानै मन्दिर पूजा गर्न जानुपर्दैन ?” ओहो आज मेरो जन्मदिन पो हो । म आफैँले भुलेको थिएँ कि मेरो आज जन्मदिन हो । ‘ल ल हुन्छ’, भन्दै घरबाट पूजा सामाग्री लिएर नजिकैको मन्दिरमा गएँ । सायद जवानी बढ्दै गएपछि जिम्मेवारी थपिदै जान्छ । अनि आफ्ना रहरहरू सकिदै जान्छन् । सायद यसैले गर्दा होला मैले आफ्नो जन्मदिन पनि भुलेको । समय मान्छेको लागि मात्रै होइन, हरेक सजीव वस्तुको लागि नाशवान् छ । त्यसैले धर्तीमा रहेका हरेक सजीव वस्तुको आयु दिन प्रतिदिन घट्दै गइरहेको छ। “बितेका पलले वर्तमानलाई मजबुत बनाउदै आउँदो भविष्यलाई सफल बनाइदिनु भन्दै”, मन्दिरमा भगवान् समक्ष प्रार्थना गरेँ । अनि घर आउँदा धेरै मान्छेहरू भेला भएका थिए | सायद मलाई जन्मदिनको शुभकामना दिन होला। घरमा आउने सबै अतिथिगणहरूले जन्मदिनको व्यापक शुभकामना दिन थाल्नुभयो। जन्मदिन विशेष उत्सवका रुपमा मनाइरहेको थिएँ । मैले यो जन्मदिन घरमा धेरै वर्षपछि मनाइरहेको थिएँ । त्यसैले होला सायद गाउँका सबै मान्छेहरूले जन्मदिनको शुभभाव प्रकट गरिरहनुभएको थियो मलाई । विहानैबाट घरमा बडो उत्सव चलिरहेको थियो । आमाले भान्सामा विभिन्न मिठाईका परिकारहरू बनाउन थाल्नुभयो। बुबा-दादाहरू घरमा आएका अतिथिलाई स्वागत गरिरहनुभएको थियो। गाउँको मेरो मिल्ने साथी रमेश पनि आइपुग्यो । आएका अतिथिहरूले विभिन्न उपहारहरू दिन थाल्नुभयो। फोनबाट, सामाजिक सञ्जालबाट पनि धेरैले जन्मदिनको शुभकामना प्रकट गर्नुथाल्नु भयो। त्यो जन्मदिनको उत्सवलाई प्रकृतिले पनि साथ दिएकी थिइन् ।त्यही साथसँगै मैले आफ्नो एकवर्ष बुढ्यौली उमेरलाई स्वीकार गर्दै थिएँ । त्यही उमङ्गमा मनमा काडा बिज्ने गरी नयाँ नम्बरबाट कल आयो, “तपाई झट्टै कोशी अस्पताल आउनु |” कसलाई के भयो भनेर मन आत्तियो। अघिसम्मको उज्यालो अनुहारलाई अब अँधेरी औंशीले छाया पार्दियो। अनि त्यो उत्सवबाट हराउँदै म र रमेश बाईकमा कसैलाई थाहा नै नदिई दुई घन्टाको यात्रा गरी कोशी अञ्चल अस्पताल पुग्यौं । त्यहाँ पुग्दा बिहानको १० बजेको थियो । अनि अघि आएको नम्बरमा कल गरेर सोध्यौं, बेड नम्बर कति भनेर ? जवाफ आयो “१०९” । कोठाअगाडि एक जना युवती निराश भएर बसेकी थिइन् । सायद मलाई फोन गर्ने अन्जान व्यक्ति ऊ नै थिई होला । सोधि हाले, “हजुरले नै यो नम्बरबाट एमेर्जेन्सी कल गर्नुभएको ?” हो रहेछ | उनको अनुहार हेरेँ । अँध्यारो औशीको जस्तो थियो । सायद कतै ठुला घटना भएको थियो होला । अनि सोधिहालें, “को हो ? कसलाई के भएको हो ?” आफ्नो अक्मकिएको स्वरमा वाफ दिदै भनी उसले,“मेरो साथी ।” “बुझिन मैले”, भन्दिहालें । ऊ बोली; म उसको साथी हो । विहानै, ‘आज साथीको जन्मदिन छ । उसको घर जानू पर्छ है ! तयारी गर’ भनेर भनेकी थिई । अनि सबै तयारी पूरा गरेर म र ऊ लकडाउनलाई छल्दै, लुक्दै उसको स्कुटीमा आउँदै थियौं । उर्लबारीको ती बाटोहरूमा आउदै गर्दा उसले आफ्नो साथीको बयान गर्दै थिई, ‘साच्चै नि ऊ सारै मिलनसार छ यार । साथीका हरेक दुखकष्टमा उसैले साथ दिन्थ्यो । हामी स्कुले जीवनदेखिका साथी थियौं । स्कुलका हरेक क्रियाकलापमा उसको सक्रियता बडो प्रशंसनीय थियो । हरेक राम्रो मान्छेको पछाडि नराम्रो मान्छे हुन्छ । त्यस्तै उसलाई पनि नराम्रो सोच्ने मान्छे भेटिन्थे । त्यस्तामा उसको व्यवहारलाई हेरेर मैले नै धेरै साथ दिन्थे । उसको क्रियाकलापमा साथ दिँदै गर्दा उसलाई कुन समयमा मन पराउन थालें । आफैँलाई थाहा भएन । अनि उसलाई भन्ने आँट पनि आएन। मनको कुरा उसलाई कहिल्यै खोलिन् । आफ्नै सम्झेर साथ दिइराखें ।बिस्तारै स्कुले जीवनहरू बित्दै जान थाले। बिचैमा अपत्याउदो तरिकाले कसैलाई थाहा नै नदिई ऊ गाउँ छोडेर सहर पस्यो। र कयौं वर्षपछि अहिले घर फर्किएको छ ।’, यस्तै भन्दै उसले साथीको बडो प्रशंसा गर्दै थिई । बीच बाटामा आइपुगेर हामीले बर्थ डे गिफ्ट किन्यौं ।अनि फेरि गफ गर्दै जाँदा मैले झट्ट नाम सोधेको थिएँ । उसले भनेकी थिई, “लक्ष्मण ढुङ्गाना“ । यस्तै गफ गर्दै आउँदै थियौं । एक्कासी उसका हात खुट्टाहरू नचल्ने भए, खोकीले ग्रस्त बनायो । स्कुटी चलाउँदा चलाउँदै उसका हातहरू काप्न थाले ।हेर्दाहेर्दै कुदिरहेको स्कुटीबाट झ्याप्पै लड्यौं हामी । अनि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल ल्याइपुर्याएको | सोधेँ, “नामचाहिँ के हो नि उनको ?” “सहाना सुवेदी”, उनले नम्र स्वरमा भनी । मैले काहिँकतै नाम सुनेको जस्तो लाग्यो । हेर्दा हेर्दै आफन्तजनहरू पनि आइपुगे । अनि त्यो भिडमा एक जना परिचित महिला पनि थिईन्। आउने बित्तिकै सोधिहाले, “हजुरको कसलाई के भएको छ र !” ती महिलाले जवाफ दिइन्, “मेरै छोरी हो ।” छोरी भन्नेबित्तिकै याद आयो । ऊ त सानैमा मसँगै पढेकी साथी रहिछ । बल्ल सम्झना आयो अतितको । प्रेम त आफ्नै आँखाअगाडि घुमिरहेको रहेछ, तर म भने वास्तै नगरी कता कता डुलिरहेँ । जन्मदिनको उत्सव एकातिर थियो मनमा भने अर्काेतिर बिरामीको गम्भीर अवस्था। त्यही अस्पतालमा बिरामीको अवस्था के कस्तो छ भनेर बुज्दा बुज्दै दिउँसोको ३ बजेछ । केही समय पछि त्यहाँको वातावरण फरक भैइदियो । रुवावासी हुन थाल्यो। रोईकराईले वातावरण नै रोदनमा गुञ्जियो। त्यही अपरिचित युवतीलाई गएर सोधेँ, ‘के भयो र ! किन रुनुभएको भनेर ।” मलीन स्वरमा भनी उसले“ साथीको मृत्यु भयो “ म स्तब्ध भएँ । एकाएक हात खुट्टाहरू काप्न थालेँ । मुखमा आवाज नै बन्द भयो। हातखुट्टाहरू लुला भए। आखाबाट एक थोपा आशु भुँईमा तप्प खस्यो। त्यहाँ के भइरहेको छ केही थाहा पाईन। एक घन्टा पछि बल्ल मेरा खुट्टाहरू हलचल भए। त्यसको बीचमा त्यहाँ के के भयो केही थाहा पाईन। बिरामीलाई हुन चाहिँ के भएको रहेछ भन्ने विषयमा मेरो ध्यान केन्द्रित भयो। मृत्यु भएको करीब द्ध घन्टा पछि रिपोर्ट आयो बिरामीलाई कोरोना भाईरस लागेको रहेछ भनेर । रिपोर्ट हेर्दा छक्क परेँ । सामान्य अवस्थामा रहेको व्यक्तिलाई एक्कासि यो कोरोना भाईरसले ज्यान नलिनु पर्ने भन्ने मनमा सोच आयो। फेरि कतै डाक्टरको लापरबाहीले ज्यान गएको त होईन भन्ने कुरा पनि मनमा आयो । अनि यता त्यता सबै आफन्तजनहरूको कुरा सुन्दा कोरोना भाईरस नै लागेको हुन सक्छ भन्ने निचोडमा पुग्यौं । आखिर जीन्दगी भन्नू नै मृत्युको खेल रहेछ । कुन बेला के आउछ मान्छेलाई कुनै अत्तोपत्तो नहुने। आज कसैको मृत्यु भयो भनेर शोक गर्याे। भोली आफ्नैको पालो आउछ । यात्रा पनि बडो अचम्मको छ जीन्दगीको । यसरी उत्सवले सुरु गरेको जीवनलाई मृत्यु उपहार दिएर मेरो जन्मदिन बिदाइ भयो । लघुकथाः चक्काजाम: हरिप्रसाद भण्डारी प्रदूषणको प्रमुख कारण देखाएर सरकारले पुराना गाडीहरू चल्न नदिने निर्णय ग¥यो । निर्णय आउनासाथ नयाँ गाडीका मालिकहरू खुसी भए र सरकारी निर्णयको प्रशंसा गरे । सो निर्णय पुराना गाडीका मालिकहरूलाई मन परेन । उनीहरू दुःखी हुँदै विरोधमा उत्रिए । पहिले ज्ञापनपत्र दिए, जुलुस निकाले, विरोध गोष्ठी गरे तर सरकारले वास्ता गरेन । उल्टै सुरक्षाकर्मीलाई सक्रिय पारेर दमन ग¥यो सरकारको रबैया देखेर गाडी मालिकहरू आक्रोशित भए । विरोधका अन्य कार्यसँगै चक्काजाम गर्ने निर्णय भयो तर सरकार हो, सुशासनका लागि सडकको विरोध त रोक्नै प¥यो । निर्णयको परिणाम यस्तो भयो— चक्काजामको कार्यक्रमद्वारा गाडी मालिकहरूले पुराना गाडी नचलाएर परोक्ष रूपमा सरकारी निर्णयको समर्थन र पालना गर्दै थिए । तर चक्काजामको कार्यक्रम असफल गराउने उद्देश्यले सरकारी पक्ष भने उनै पुराना गाडी चलाउन दबाब दिइरहेको थियो । घर फर्केका पाइला: डा. पुष्करराज भट्ट त्यो परिवारमा दुई जना श्रीमान–श्रीमती मात्र थिए । नयाँ पुस्ता सब विदेशमा । वरपर दाजुभाईको घर थियो । आपतविपतमा काम लाग्ने दाजुभाई नै थिए । एक दिन साँझपखको कुरा हो, बुढाले छिमेकतिर हल्ला भए जस्तो ठाने । “पहिला त कुनै हल्ला सुनिँदैनथ्यो, आज के को हल्ला हो यो ?” बुढाले बुढीसँग सोधे । “कोरोना के कोरोना….? बुढीले भान्साबाटै भनिन् । “कोरोना ? कोरोना पनि यसरी बोल्छ र ?” बुढाले अचम्म माने । “होइन, कोरोनाले बोल्दैन । कोरोनाको डरले सब घर फर्केका छन नी ! कोरोना संसारभरि फैलिएको छ । यसैका डरले तपाईँका भतिजाका घरपरिवार अनि गाउँभरका जवान मान्छे सब घर फर्केका छन् नी । चाडबाड जस्तो हुने भयो !” बूढीले सारा वृतान्त बताइन । “लौ गजब भएछ त । वषौंपछि आफन्त भेटघाट हुने भयो ।” बुढाले अचम्म मान्दै भने । बिहान उनको घरमा ठूलो भीड देखियो । दाजुभाइका छोराबुहारी, नातिनातिना सब भेटन आएका छन् । “लौ राम्रै भयो । महामारीको बहानामा भेट त भयो ।” बुढाले सन्तोक माने । “हामी त सुख खोज्न गएका बडाबा ! दुःख पो पाइयो । यस्तो होला भनेर सोचिएको थिएन ।” एउटा भतिजाले आँसु झार्दै भन्यो । “धेरैपछि घर आयौ, राम्रै भयो । लामो यात्राबाट आएका छौ । यात्रामा अनेक यात्रुसँग भेट भयो होला । एकपटक चेकजाँच गराऊ । आफ््नो र आफ्ना परिवारको सुरक्षाको लागि पनि जरुरी छ ।” बुढाले आफ्नो कुरा राखे । “कति वर्षपछि घर आएका छन् । आफन्त, दाजुभाइ, साथीसँगी भेटन पाएका छैनन्, चेकजाँच गराऊ, के भन्न लाग्नुभएको हो ?” बुढी रिसाइन् । “जीवन रहे न घरपरिवार, आफन्त, साथीभाइ हो । जीवनै नरहे केही रहँदैन । आफू र आफ्नाका लागि पनि यो जरुरी छ ।” उनी बोल्दै गए । #डा. पुष्करराज भट्ट निजगढ एयरपोर्टको स्वागत: प्लेनबाट जेट ब्रिज (सुरूङजस्तो पुल) हुँदै एयरपोर्ट परिसरभित्र छिर्दा त मात्मा हतप्रभ भयो । त्यही स्थिति थियो पुण्यप्रसादको पनि । “म पछिल्लो पटक काठमाडौँ आउँदाको एयरपोर्ट र अहिले आउँदाकोमा कुनै समानता देखिएन । ल, खुल्ला आकाशमा झर्नुपरेन, बसमा पनि चढ्नुपरेन,” मात्माले ट्वाँ पर्दै भन्यो । हो नि भन्दै पुण्यप्रसादले समेत समर्थन जनाए । चारैतिर पल्याकपुलक मुन्टो घुमाउँदै आँखा चाक्लो पार्दै पुण्यप्रसाद बरबराउन थाले– बाप रे ! एम्स्टर्डम एयरपोर्टजतिकै विशाल रहेछ यो एयरपोर्ट । चारैतिर झिलिमिली । यात्रीहरूको भीडभाड पनि उत्तिकै । भौतिक संरचना त झनै अकल्पनीय ! काठमाडौँ हवाईअड्डा त हुनै सक्तैन । कहाँ स्कटलैन्डको चिटिक्क प्याकिङ गरिएको वाइन र कहाँ पुनः प्रयोग गरिएको पुरानो बोतलमा बिहारी ठर्रा ।” “मोराहरूले नेपालको एयरपोर्टमा अवतरण गर्न ठाउँ नपाएर कलकत्तातिर ल्याएर झारेका हुन् कि क्या हो ?” पुण्यप्रसादले शङ्का जाहेर गरे । दुवैजना अताल्लिएर दायाँबायाँ हेर्न थाले । हडबडाउँदै सँगैको एकजना युवा यात्रीलाई पुण्यप्रसादले सोधे– “ऐ भइया ! हमनी के पिलेन कौन से कन्ट्रीमा लैन्ड किया है ? ई नेपाले के ही एयरपोर्टवा ह नु ?” यात्री त आँखा तरेर उनलाई हेर्न थाल्यो, मानौँ उसलाई गिज्याउन खोज्दै छन् । बरबराउँदै ऊ लुइँलुइँ अगाडि बढ्यो । मात्मा पनि आश्वस्त थिएन । ठ्याक्क उसका आँखा अम्बानी एन्ड ग्याङसित जुधे । पछिपछि उनीहरू पनि आउँदै थिए । मन नलागे पनि ऊ सोध्न बाध्य भयो, “अम्बानी ! इज इट काठमाडौँ एयरपोर्ट ?” “होइन मित्र, यो निजगढ एयरपोर्ट हो । तिमीहरू धेरै दिनपछि नेपाल आएजस्ता छौ । अचेल समुद्रपारिका सबै प्लेन काठमाडौँ नगएर निजगढ एयरपोर्टमै अवतरण गर्छन् । केही वर्षमात्र भएको छ, यो एयरपोर्ट सुरू भएको ।” दुवैजना रनभुल्लमा परे । “लौ मार्यो, त्यसोभए काठमाडौँ पुग्न के गर्नुपर्ला ?” पुण्यप्रसादले सुधो मुहार लाउँदै सोधे । “डोन्ट वरी मित्र, किङ अम्बानी इज हियर,” अम्बानीले मात्माको कुममा हात राख्तै आश्वस्त गर्न खोज्यो । उसको आँखामा अंशमात्रको धुर्त्याइँ देखिएन । उनीहरू अम्बानी एन्ड ग्याङको पछिपछि लागे । अध्यागमन विभाग (इमिग्रेसन लबी) लेखिएको एक विशाल कक्ष थियो । कक्षमा सयौँ बन्द ढोकाहरू थिए । प्रत्येक ढोकाको छेउमा कम्प्युटर राखिएका थिए । यात्रीहरू तिनै कम्प्युटरअगाडि पुगेर कुन्नि कुनकुन बटन थिच्थे, छेउको गेट खुल्थ्यो र उनीहरू लुइँलुइँ बाहिरिँदै थिए । “लौ मार्यो, हामीले आगमन फारम कता पाउने हो ? फारम राखिएको कतै देखिएन । अध्यागमन फाँट अथवा फाँटमा बस्ने अधिकारी पनि कतै देखिएनन् । अब के गर्ने हो ?” मात्माका आँखा पुण्यप्रसादतिर फर्किए । पुण्यप्रसाद त झनै चिन्तित थिए– “डियर, यस्तो कम्प्युटराइज्ड मेकानिज्मबारे त मलाई केही ज्ञान छैन ।” उनीहरू अलमलिएको देखेर अम्बानीले भन्यो– “तपाईंहरू किन अलमलिनुभएको ? लाइनमा लागेर कुनै एउटा कम्प्युटरसम्म पुग्नोस् न । कम्प्युटरमा आफ्नो पासपोर्ट नम्बरमात्र भर्नुपर्छ, अन्य कुरो कम्प्युटर आफैँले गर्नेछ ।” यसो भन्दै अम्बानीले मात्मातिर फर्किँदै झटारो हान्यो– “मात्मा, तिमी त पढेलेखेका नागरिक हौ, तिमी पनि अलमलिन्छौ भने हामी नेपालीको खै के गति हुने हो !” गणेशप्रसाद लाठ मात्मा त अक्क न बक्क भएको थियो । “हरे, उल्टोपल्टो हानियो भने लफडामा फसिन्छ कि ?” उसको ढुकढुकी बढेको थियो । तर अम्बानीलाई केही भनेन । आफ्नो दुर्बलता अरूका अगाडि किन उजागर गर्नुपर्यो ? आफूहरू कम्प्युटरसम्म पुग्दापुग्दै आफूभन्दा अघिका यात्रीहरूको कामकार्बाही नियाल्दानियाल्दै उसले थुप्रै कुरा बुझिसकेको थियो । उसले पुण्यप्रसादलाई साउती गर्यो– “ए ! कुरा बुझेँ मैले, यी कम्प्युटरले नै इमिग्रेसन अफिसरको काम गर्दा रहेछन् । पासपोर्ट नम्बर भर्नेबित्तिकै कम्प्युटरको स्क्रिनमा सम्बन्धित यात्रीको फोटो, भिजा विवरण प्रकट हुँदोरहेछ । सम्बन्धित यात्रीले कम्प्युटरमास्तिर राखिएको सूक्ष्म स्केनरसित आँखा गडाउनुपर्दो रहेछ । कम्प्युटरले आँखाको रैटिना जाँच्दोरहेछ । आफ्ना दसै औँलाको छाप दिनुपर्दो रहेछ । सबैथोक ठीक छ भने छेउको गेट स्वतः खुल्दो रहेछ ।” “क्या गजब । यस्तो टेक्नोलोजी त हाम्रो जेएपी एयरपोर्टमा त थिएन,” पुण्यप्रसादले मात्मातिर हेरेर अचम्म मान्दै भने । “खै के हो, के हो ? पप्पा त हरबखत एउटै रटान गर्थे– नेपाल गरिब मुलुक हो । खत्तम छ,” मात्माले अनौठो मुख बनाउँदै भन्यो । पुण्यप्रसादको ध्यान कम्प्युटर स्क्रिनको एक कुनामा गयो । “नेपाली आप्रवासी सङ्घबाट उपहारस्वरूप प्रदान” भनेर स्टिकर टाँस गरिएको थियो । यी कम्प्युटरहरू दानमा आएका हुन् भनेर उनले बुझे, तर केही भनेनन् । अध्यागमनको औपचारिकतापश्चात् उनीहरू झिटीगुन्टा सङ्कलन गर्ने क्षेत्रमा पुगे । त्यहाँ दुई दर्जनभन्दा बढी बैगेज कन्भेयरहरू लहरैसित जडान भएका देखिए । “ठम्याउनै नसक्ने गरी विशाल नै रहेछ, यो नयाँ एयरपोर्टको बैगेज क्लेम एरिया पनि,” बर्बराउँदै पुण्यप्रसाद दायाँबायाँ हेर्न थाले । अलि पर बैगेज कन्भेयर नम्बर २१ निर अम्बानी देखा पर्यो । उनीहरूले कुरा बुझिहाले । हस्याङफस्याङ गर्दै अम्बानी नजिक पुग्यो । “कहाँ अड्किनुभएको तपाईँहरू ? आधीभन्दा बढी यात्रीले आफ्नो झिटीगुन्टा बोकेर हिँडिसके,” अम्बानीले हाँस्तै भन्यो । “होइन, हामी त हिँड्याहिँड्यै छौँ, एकछिनका लागि बाथरूममात्र पसेका थियौँ,” पुण्यप्रसादले आफ्नो कमजोरी लुकाउँदै मुख खोले । ‘छ्या, मैले यो अम्बानीलाई सुरूसुरूमा भेट्दा ठग हो भनेर शङ्का गरेको थिएँ, मोरो त सहयोगी नै रहेछ,’ मात्माको मनमा ग्लानिभाव उब्ज्यो । आफ्नो ग्लानिभावको भर्पाई गर्ने अभिप्रायले उसले अचम्म मानेजस्तो मुख बनाउँदै भन्यो– “अम्बानी ! यसभन्दा अघि म आफ्ना बा–आमासँगै काठमाडौँ आउँदा त एयरपोर्टमा आफ्नो लगेज पाउन घण्टौँ कुर्नुपरेको थियो । यहाँ त लगेज पो यात्रीलाई कुरेर बसेका छन् ।” “अले, त्यो काठमाडौँ एअरपोर्टको कथा हो, यहाँको होइन । उहिलेका कुला खुइलिए । तपाईँ यतिखेल नयाँ नेपालमा हुनुहुन्छ,” धमिराले मुस्काउँदै सम्झाउने प्रयास गर्यो । नजिकै ट्रलीहरू लामबद्ध गरेर राखिएका थिए । मात्माले झिटीगुन्टा हाते ट्रलीमा राखेर ट्रली धकेल्न खोज्यो । “अरे, यो धकेलुवा गाडी होइन, बटन थिचेपछि आफैँ गुड्न थाल्छ,” धमिराले जानकारी गरायो– “यता हैन्डलमा भएको यो बटन तपाईँले थिचे पुग्छ । टल्ली बिस्तारै गुड्न थाल्छ । जहाँ लैजाने हो, त्यतातिल हैन्डल घुमाउँदै जानोस् ।” “पैदल हिँड्ने मन छैन भने पनि टल्लीको फेदतिल हेल्नोस् नि । एकजना मान्छे उभ्न सक्ने प्लेटफल्म उल्टो पालेल ठड्याइएको छ । त्यसलाई घोप्ट्याउनोस्, त्यसैउपल उभिन पनि सक्नुहुन्छ । यो टल्ली बडो दमदाल छ, यात्रु ल समान दुवैलाई समेत गुडाउँदै लैजान सक्छ,” धमिराले खित्त हाँस्तै तोते स्वरमा थप जानकारी दियो । मात्माले ट्रलीको प्लेटफर्मलाई ठीक पारेर हैन्डलमा जडित बटन थिच्यो । ट्रली साँच्चिकै सामान्य गतिमा गुड्न थाल्यो । बटनबाट हात हटाउनेबित्तिकै ट्रली टक्क रोकियो । क्या गजब, यस्तो बैट्री–अपरेटेड ट्रली त मैले सानफ्रान्सिस्कोमा पनि देखिनँ,” पुण्यप्रसादले हर्ष प्रकट गरे । “नेपाल अविकसित मुलुकहरूको क्लबमा सबैभन्दा जेठो देश हो, भन्छन् सबैजना । कुन्नि मैले त बुझ्न सकिनँ, कस्तो गरिब देश हो नेपाल ?” अचम्म मानेजस्तो मुख बनाउँदै मात्माले भन्यो । पुण्यप्रसादका आँखा ट्रलीको हेन्डलमा लेखिएका शब्दमा टिकेका थिए– “मित्रराष्ट्र जापानबाट सप्रेम उपहार प्राप्त ।” उनले यसपटक पनि मुख थुनेका थिए, तर लेखिएका शब्दबाट आँखा हटाउन सकेका थिएनन् । धमिराले उनको मन ठम्याइसकेको रहेछ । “दाजु, हाम्लो देश दानदातव्यबाट चल्ने देश हो । तल यसपटक जापानीहलुले साल्है कन्जुस्याइँ गले, टल्ली त दिए, तल गुडाइदिने मान्छे दिएनन्,” उसले हाँस्तै तोते गुनासो पोख्न पनि भ्यायो । बाहिरी गेटतिर हिँड्दै गर्दा एक कुनामा बाक्लै भीडभाड देखियो । उदास, क्लान्त अनुहार भएका मानिसहरूको भीडभाड । माथि भित्तामा बोर्ड झुन्ड्याइएको थियो– डेड बडी कलेक्सन काउन्टर, शव सङ्कलन स्थल । “यो कस्तो खाले काउन्टर हो ?” मात्माले अचम्म मान्दै सोध्यो । “सुनौलो भविष्यको खोजीमा बिदेसिएका तर स्वयम् नै अतीतको पोको भएर कफिनमा फर्किएकाहरूको सङ्कलन काउन्टर हो । दिनहुँ दर्जनजति कफिन आउँछन्, आफन्तहरू रीतपूर्वक टैक्स बुझाएर लैजान्छन् । भीडभाड तिनै आफन्तहरूको हो,” फिस्स हाँस्तै अम्बानीले जवाफ फर्कायो । उसको हाँसोमा अनौठो तिक्तता थियो । “अरे, लाश बुझ्न पनि टैक्स तिर्नुपर्ने ?” पुण्यप्रसादले आँखा चाक्ला पार्दै सोधे । “टैक्स त तिर्नैपर्छ नि, सर । अन्यथा यो देश कसरी चल्नु ? नागरिक जीवित होस् अथवा मुर्दा, टैक्स तिर्नु हरेक नागरिकको कर्तव्य होइन र ? प्रत्येक कफिनको धेरै होइन, एक हजार डलर त हो । एउटै परिवारको एकभन्दा बढी कफिन छ, भने पच्चीस प्रतिशत छुट पनि छ,” अम्बानीले सम्झाउने प्रयास गर्यो । मात्मा र पुण्यप्रसाद हतप्रभ भई त्यही काउन्टरतिर घोरिएर हेरिरहे । धमिराले मुख खोल्यो– “हाम्लो सल्काल साल्है उदाल छ । विदेशबाट अङ्गभङ्ग भएल फल्किएकाहलुसित कुनै पनि पल्कालको टैक्स लिँदैन, शतपल्तिशत छुट ।” मात्माले मनको हुटहुटी थाम्न सकेन, “बाफ रे ! यो अलि अनौठो भएन ?” धमिराले हाँस्दै फर्कायो, “केको अनौठो हुनु हजुल ? केही सालअघिसम्म कफिनमा कुनै टैक्स थिएन, बलु कफिनमा आउनेहलुको पलिवाललाई आल्थिक सहयोग पनि दिइन्थ्यो । पछिपछि सल्कालको उदाल्ताको दुलुपयोग हुन थाल्यो, कफिनको गन्ती जथाभावी बढ्न थाल्यो । अनि सल्कालले पनि के गलोस् ल ?” मात्मा थप बहस गर्न चाहेन, केही नभन्दै अगाडि बढ्यो । “तिमीहरू, काठमाडौँ रेलमा जाने हो कि सटल बसमा अथवा टैक्सीमा ?” अम्बानीले हिँड्दाहिँड्दै सोध्यो । “खै, हामीलाई त खास ज्ञान भएन, वी आर फस्ट टाइम इन दिस एयरपोर्ट । सस्तो र सुन्दर र आरामदायी जुन हुन्छ, त्यसैमा जाने,” मात्माले सुधो मुख लाउँदै फर्कायो । “त्यसोभए ट्रेन नै ठीक हुन्छ । तिमीले भनेजस्तो त हुने नै भयो, चाँडै पनि पुगिन्छ,” अम्बानीले दाहिने हातको औँठालाई थम्स अपको मुद्रा दिँदै निर्णायक स्वरमा भन्यो । उनीहरू ट्रलीसहित विशाल लिफ्टमा पसे । एउटा लिफ्ट थियो र ! लहरै चारवटा थिए । जसले जुन लिफ्टमा ठाउँ पाए त्यसैमा पसेका थिए । लिफ्टभित्र समेत चिल्लो स्टिलको प्लेटमा कुँदिएको थियो– ‘मित्रराष्ट्र दक्षिण कोरियाबाट उपहारस्वरूप प्राप्त ।’ पुण्यप्रसाद लेखिएको पढेर मुस्काए, तर मुखले केही भनेनन् । भुइँतल्लामा पुगेर उनीहरूले हाते ट्रली त्यागेर बैट्री कारमा चढ्नुपर्ने भयो । रेलवे स्टेसन पुग्न दस मिनेट पनि लागेन । अम्बानी, “ल मात्मा, झिक त बीस हजार रूपियाँ ।” मात्मा छक्क पर्यो । उसले भन्यो, “केका लागि ?” अम्बानीले भन्यो, “तिमीहरू दुवैजना जाने होइन काठमाडौँ ?” “बाप रे ! त्यहीँ काठमाडौँ पुग्न एक जनालाई दस हजार रूपियाँ ? मेरो पालामा वीरगन्जबाट काठमाडौँ गइयो भने एक सय लाग्थ्यो, अहिले पाँच सयभन्दा बढी लाग्नु नपर्ने ।” पुण्यप्रसादले हत्तपत्त यसो भन्दा अम्बानीले आफ्नो हाँसो रोक्न सकेन । “दाजु ! तपाईंले कुन इतिहासको कुरा गर्नुभएको ? उहिलेका कुरा खुइलिएको छ कहिले हो कहिले ! आजको जमानामा सय रूपियाँमा फुटपाथे चिया पनि पाइँदैन । चियाको के कुरा गर्नु, सडकमा बसेर माग्नेले पनि सय रूपियाँ लिन मान्दैन । तपाईँहरू सटल बसमा जाने हो भने चार हजार मात्र लाग्छ तर समय दोब्बर लाग्छ । टैक्सी त झनै महँगो छ, कम्तीमा चालीस हजार तिर्नुपर्छ । तपाईँहरू विदेशी पासपोर्टधारी पर्नुभयो, अन्यथा भ्याट र सेवा शुल्क पनि जोडिन्थ्यो,” अम्बानीले हाँसो रोक्दै भन्यो । “स्विमिङ पुलमा छिरिसकेपछि पानीसित डराएर भएन,” मात्माले मुख बिच्क्याउँदै एक डलरबराबर नेपाली रूपियाँ दुई सयको हिसाब लगाउँदै दुई सय डलर बुझायो । टिकट भेन्डिङ मेसिनमा अम्बानीले दुई सय डलर छिराएर कुन्नि कुनकुन बटन थिच्यो, दुईटा टिकट लिपिस्टिक क्रिम पाउडर लगाएर फुत्त बाहिर आए । “लौ, हजुर, अतिथिहरूका टिकट त भए । हामी पनि लाग्छौँ आफ्नो बाटो,” भन्दै बिदा माग्ने अभिप्रायले अम्बानीले दुवै हात जोर्यो । “किन ? तिमी हामीसँगै जाने हैन र ?” पुण्यप्रसादले अचम्म मान्दै सोधे । “होइन दाजु, हामी सडक बाटोबाट जाने । उतैबाट गाडी आएको छ,” हात जोड्दै अम्बानी उल्टो दिशातिर हिँड्यो । केही सेकेन्डमै ऊ पुनः फर्कियो । “ल ! मैले त तिमीहरूलाई मेरो फोन नम्बर दिनै बिर्सिएँछु । नेपालमा कुनै काम परे मलाई सम्झनू,” भन्दै उसले आफ्नो भिजिटिङ कार्ड दुवैजनातिर अगाडि बढायो । नेपाली कागजमा बनाइएको कार्डको रङरूप आकर्षक थियो । नामः अम्बानी नेपाली, जी.एम., पुण्यपवित्र निर्माण कम्पनी प्रा.लि. भनेर लेखिएको थियो । फोन नम्बर र इमेल आइडी त हुने नै भए । “वाओ, तिमी त ठूलो मान्छे रहेछौ । तिम्रो विषयमा मैले अनाहकमै न्यून मूल्याङ्कन गरेछु,” मात्माले प्रसन्नता व्यक्त गर्दै भन्यो । अम्बानी लजायो । “बिचराहरूलाई के थाहा यो कार्ड त फगत हात्तीको देखाउने दाँतजस्तै हो,” मनमनै गम्यो उसले । “केको ठूलो मान्छे हुनु ! सप्पै ईश्वरको कृपा हो,” हाँस्तै जबाफ फर्कायो अम्बानीले । लगत्तै पुण्यप्रसादले समेत आफ्नो भिजिटिङ कार्ड अम्बानी र धमिरालाई दिँदै भने– “मित्र धमिरा, ए सरी धर्मराज ! खै, तिम्रो सम्पर्कसूत्र त मैले पाइनँ नि ।” धमिराले पाकेट छाम्दै भन्यो– “खै, मेलो काल्ड त सकिसक्याजस्तो छ, अम्बानीकै काल्डमा मेलो मोबाइल नम्बल टिप्नू नि ।” कार्डको हैसियत नभएको धमिराले झुटो बोलेर आफ्नो इज्जत जोगायो । “अनि सबैको सम्पर्कसूत्र माग्ने, आफ्नो चाहिँ लुकाएर राख्ने ?” अम्बानीले झटारो हान्यो । “ए हे, अँ त नि ! झन्नै भुलेको !” मात्माले हाँस्तै फर्कायो । “पेपर कार्ड त मैले बनाएको छैन । बरू तिमीले मेरो क्युआर कोड स्क्यान गरे हुन्थ्यो नि । फोन नम्बर सुरिनामी हो, तर नेपालमा समेत मज्जाले काम गर्छ । केही गरी सम्पर्क भएन भने ह्वाट्सअपमा मैसेज गर्नु, म फोन फर्काइहाल्छु । अमेरिकातिर आयौ भने सुरिनाम पनि छिर्नु है ?” यति भन्दै मात्मा आफ्नो मोबाइलको स्क्रिन चलाउन थाल्यो । #गणेशप्रसाद लाठ रूश्दीको जन्मदिन आज: द सटानिक भर्सेसले बदलेको जीवन: भारतको बम्बइमा १९ जून १९४७ मा जन्मेका अहमद सल्मान रुश्दी जो सल्मान रुश्दीमा रुपमा प्रख्यात छन, आफ्नो चौथो उपन्यास ” द सटानिक भर्सेस” सन् १९८८ मा प्रकाशित भएपछि विश्वब्यापि चर्चाको पात्र बने, यो उपन्यासमा मुश्लिम धर्मका गुरुको चरित्र हत्या भएको भन्दै जब ईरानका धार्मिक नेता आयातुल्ला खोमेनीले मृत्यु दण्डको ” फतवा” जारी गरे । यसको लगत्तै यसले विश्वब्यापि ध्यान आकर्षण गर्यो । कट्टरपन्थी मुश्लिमहरुले खोमेनीको समर्थनमा आफ्नो मत जाहेर गरे भने अभिव्यक्ति स्वतन्त्रताका पक्षधर पश्चिमा राष्ट्रहरुले रुश्दीको वचाउ गरे । यही पुस्तक र रुश्दीको कारण ईरानसँगको कुटनैतिक सम्बन्ध कतिपय मुलुकले विच्छेद गर्न समेत पछि परेनन् । रुश्दीको प्राण रक्षाका लागि बेलायत सरकारले निकै ठूलो धनराशी खर्च गर्नुका साथै सुरक्षा प्रबन्ध गरेको थियो, भारतमा जन्मे पनि उनी बेलायती नागरिक भएका कारण । त्यसो त ” द सटानिक भर्सेस” को विवाद हुनुअघि उनका दुई उपन्यास पनि विवादास्पद भएका थिए । उनको ” मीडनाइटस् चिल्ड्रेन” भारतको स्वतन्त्रताको पृष्ठभूमि रहेको छ र यो उपन्यासमाथि मुद्दा समेत परेको थियो । त्यसै गरी “शेम” उपन्यासमा पाकिस्तानको पृष्ठभूमि छ र यो पनि उत्तिकै बिबादास्पद बनेको थियो । तर यी पूर्बबर्ती २ उपन्यासको बिबाद भन्दा ” द सेटेनिक भर्सेस” को विवाद विराट थियो र यसले विश्वलाई नै प्रभाव पारेको थियो । उनी आफैं पनि लुक्दै भाग्दै ज्यान जोगाउनु पर्ने स्थितिमा पुगेका थिए । उनको यो पुस्तक कैयन् देशका कैयन शहरमा सार्बजनिक रुपमा जलाईए । यो पुस्तक प्रकाशन, अनुवाद लगायतमा संलग्नहरुलाई भौतिक आक्रमण गरियो, गम्भिर घाइते बनाइयो तथा कतिलाई मारियो पनि । १३ जुलाई १९९१ मा जापानी अनुवादक हितोशि इगाराशीलाई टोक्यो नजिकै हत्या गरिएको थियो । इटालेली अनुवादक एटोरे काप्रओलोलाई मिलानको उनकै घरमा ३ जुलाई १९९१ मा अनेक पटक छुरी हानेर गम्भिर घाइते तुल्याएका थिए । नर्वेली प्रकाशक वीलीयम निगार्डलाई ११ अक्टोवर १९९३ मा ओश्लोमा तीन पटक गोली हानिएको थियो । गोली प्रहारबाट उनको ज्यान जोगिए पनि उनले कैयन् महिना अस्पताल बस्नु परेको थियो । २ जुलाई १९९३ मै तुर्की अनुबादक अजिज नेशिनलाई लक्षित गरी शिवासको होटल हादिमकमा आगो लगाइएको थियो र सो आगलागीबाट ३७ जना हताहत भएका थिए। यति हुँदाहुँदै पनि रुश्दी ११ अगस्त १९९३ मा लण्डनको बिश्व विख्यात रङ्गशाला वेम्बली स्टेडियममा पहिलोपल्ट सार्बजनिक रुपमा देखा परेका थिए । रुश्दीको हत्या गर्नेलाई २० लाख डलरको ईनाम घोषणा गरिएको थियो । पछि यो रकम बढाएर २५ लाख डलर पुर्याइयो, त्यसपछि २८ लाख डलर र सवभन्दापछि ३३ लाख डलर पुर्याइएको छ । कतिपय देशमा प्रतिबन्धित ” द सटानिक भर्सेस” अझै पनि कतिपय देशमा यथावत प्रतिबन्धित नै छ भने कतिपय देशमा फुकुवा भएको छ । तर प्रतिबन्धित भए पनि ती मुलुकहरुमा स्मगलिङ गरेर पुस्तक पुर्राईएको छ र विश्वब्यापि पाठक बढ्ने क्रम जारी छ । शुरुमा यो पुस्तक भारतमा प्रतिबन्धित भएको थियो भने वेलायतमा सार्वजनिक रुपमा जलाइएका थिए । भारतको मुम्बई र बेलायतको किङ्गस कलेज क्याम्ब्रिजमा शिक्षित रुश्दी क्याम्ब्रिजबाट कानून अध्ययन गरेका पिता अनिश अहमद रुश्दी र शिक्षिका नागिन भट का छोरा हुन् र हुन् कश्मिरी मुशलमान । रुश्दीले ४ पटक विहा गरे । उनकी पहिली श्रीमती क्लारिसा लाउड थिइन् र उनीसँग सन् १९७६ देखि १९८७ सम्म दाम्पत्य जीवन कायम रह्यो । उनकी दोश्री श्रीमती अमेरिकी उपन्यासकार मरिन विगिन्स हुन् । उनीहरुले १९८८ मा बिहा गरे र १९९३ मा पारपाचुके गरे । उनको तेश्री विहा एलिजावेथ वेष्टसँग १९९७ देखि २००४ सम्म टिक्यो । रुश्दीले चौथो विहा भारतीय अमेरिकी नायिका, मोडेल तथा रियालिटी शो कि प्रश्तोता पद्म लक्ष्मीसँग भएको थियो । तर यो विहा २ जुलाई २००७ मा अन्त भयो । उनको पहिली पत्नीवाट सन् १९७९ छोरा जाफर भएको थियो भने तेश्री श्रीमतीवाट १९९७ मा छोरा मिलान भएको थियो । उनको ” मीड नाइट चिल्ड्रेन्सले १९८१ को बुकर पुरस्कार पाएको थियो । यो उपन्यासलाई बुकरले २५ औं तथा ४०औं वार्षिकोत्सवका अवसरमा पनि पुरस्कृत गरेको थियो । त्यस्तै उनले गोल्डेन पेन अवार्ड, पेन पिण्टर प्राइज, हान्स क्रिश्चियन एण्डरसन लिटरेचर अवार्ड, अष्ट्रियाको स्टेट प्राइज फर लिटरेचर, स्वीस फ्रिथिंकर्स एवार्ड, हार्भर्ड युनिभर्सिटीबाट आउट स्टैण्डिङ लाइफ टाइम एचिभमेण्ट इन कल्चरल ह्युमानिजम , सेण्ट लुइस लिटरेरी अवार्ड लगायतका मान, सम्मान, पुरस्कार आदि पाएका छन् । तर यी सब भन्दा माथि यिनले विश्वब्यापि पाठक पाएका छन्, यो सवभन्दा ठूलो पुरस्कार हो । उनी अहिले अमेरिकाको न्यूयोर्क शहरको म्यानहाटनमा बस्छन् । #गोविन्द गिरी प्रेरणा #सल्मान रुश्दी को थिइन् अप्सरा उर्वशी ? ', "परिवर्तन प्रकृतिको नियम । मिलनपछि विछोड अनि विछोडपछि मिलन प्रकृतिको नियति हो । परिवर्तनको प्राकृतिक नियम प्रेममा पनि लागू हुन्छ । कुनै दिन पुरुरवाप्रति आशक्त भएकैले श्राप व्यहोरेकी उर्वशीको हृदयले एक दिन त्यसै पुरुरवाका लागि यस्ता कटुवचन ओकल्छ– हे पुरुरवा ! उषाले बिहानीको साथ छोडेजस्तै मैले पनि तिम्रो साथ छोडिसकेकी छु । जसरी गतिवान् वायु कसैको हुँदैन, त्यसै गरी म पनि अब तिम्रा लागि अप्राप्य छु । हे पुरुरवा ! ध्यान दिएर सुन । स्त्रीहरूसँगको मैत्री कहिल्यै स्थायी हुँदैन । स्त्रीहरूको मन हिंस्रक जनावरहरूको झैं निष्ठुर हुन्छ । मैले त चार वर्षसम्म तिमीसँग रात बिताएको छु । कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु । यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दै छु । मानव मनको मीठो गरी पहिचान गर्न सक्षम छन् उर्वशीका यी शब्द । मनको तहमा बाँच्न थालिसकेपछि नित्य नवीनताको खोजी हुन स्वाभाविकै हो । सोही भाव उर्वशीका भनाइमार्फत प्रकट भएका छन् । कुरा यत्ति हो कि पुरुरवामा उर्वशीप्रतिको मोह अझै बाँकी थियो भने उर्वशीको मन पुरुरवाबाट अघाइसकेको थियो । कथामा यसपछाडिका अनेकौं कारण दिइए पनि मूलतः यसमा मानव मनोविज्ञानकै सार छ, परिवर्तनशीलताकै परिपाक छ अनि प्रेमको वियोगान्त नियतिकै प्रकटीकरण छ । सार त के हो भने संसारका हरेक कुरा असार छन्, जसबाट प्रेम अछुतो छैन । ऋग्वेद कालीन समयमै गाथा गाइएकी प्रसिद्ध अप्सरा हुन् उर्वशी । ऋग्वेदमा उर्वशीको एक संवादात्मक सूक्तिमा थुप्रै ऋचा छन् । उर्वशी शब्द ऋग्वेदमा थुप्रै पटक आएको छ । तीमध्ये केही स्थानमा उर्वशी शब्द व्यक्तिवाचक अर्थमा आएको छ । सातौ मण्डलमा यीबाट वशिष्ठ उत्पन्न भएको बताइएको छ भने दशौ मण्डलमा उर्वशी पुरुरवा संवाद छ । उर्वशी जन्म एउटा प्रसंग छ, नरनारायण ऋषि बदरिकाश्रममा तपस्या गरिरहेका थिए । उनीहरूले इन्द्रपद लेलान् भन्ने डरका कारण इन्द्रले वसन्त, काम एवं मेनका, रम्भा, घृताची आदि १६ हजार पचास अप्सरालाई तपभंग गराउन पठाए । उनीहरूले तपस्यारत नरनारायणका अगाडि हावभाव, कटाक्षसहित कामुक अभिनय गर्न थाले । तर उनीहरूको त्यस्ता किसिमको कृत्यले नरनारायणलाई प्रभाव पारेन । बरु नरनारायणले इन्द्रको मनसुवा बुझे । अनि नारायणले आफ्नै तिघ्राबाट एउटी सुन्दरीको उत्पत्ति गरे । तिघ्राबाट उत्पन्न ती सुन्दरीका अगाडि अप्सराहरूको रूप छायामा प¥यो । उनीहरू लाज मानेर भागे । अप्सराहरूबाट यस्तो घटना सुनेपछि इन्द्र नरनारायणको शरणमा पुगे र माफी मागे । नरनारायणले ती सर्वश्रेष्ठ सुन्दरी इन्द्रलाई नै दिइपठाए जो इन्द्रलोककी उच्च स्थानप्राप्त अप्सराका रूपमा स्वर्गमा बस्न थालिन् । अर्को प्रसंग विष्णुपुराणमा छ, पुराणपुरुष विष्णुअवतार नरनारायण गन्धमादन पर्वतमा तपस्या गरिरहेका थिए, तपस्या भंग गराउनका लागि इन्द्रले मदनसेना पठाए । उनीहरूले गायन, नृत्य, संगीत आदि अनेकौं प्रकारले तपस्वी नारायणलाई मोहित बनाउने प्रयास गरे, तर सबै प्रयास बेकार गयो । नरनारयणले उनीहरूलाई अत्यन्त मधुर शब्दले आदरसहित सोधे, यहाँ तपाईंहरू के कति कारणले आउनुभएको हो ? यो सुनेपछि कामादिले लज्जित भएर मुन्टो निहुराए । यत्तिकैमा उनीहरूले देखे कि नारायणको तिघ्राबाट १६ हजार एकाउन्न अप्सरा उत्पन्न भए जसमध्ये उर्वशी सर्वश्रेष्ठ सुन्दरी थिइन् । संस्कृतमा तिघ्रालाई उरु भनिन्छ, नारायणको उरुबाट जन्म भएकाले यिनको नाम उर्वशी रह्यो । पद्मपुराणले यिनलाई कामदेवको उरुबाट उत्पन्न भएको भनेको छ । प्राचीन साहित्य एवं पुराणमा उर्वशीलाई सौन्दर्यको पर्यायकै रूपमा वर्णन गरिएको पाइन्छ । विशेष गरेर वेद तथा पुराणमा उर्वशी र पुरुरवाको प्रेमलाई अत्यन्त महत्वका साथ दर्शाइएको छ । संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो नाटक विक्रमोर्वशीयमा पुरुरवा र उर्वशीकै कथालाई आधार बनाएका छन् । आधुनिक नेपाली साहित्यमा सिद्धिचरण श्रेष्ठले उर्वशी र अर्जुनको प्रसंगलाई आधार बनाई उर्वशी खण्डकाव्य लेखेका छन् । ज्योतिषीय दृष्टिले उर्वशीको राशि वृश तथा राशि स्वामी शुक्र हुन् । यस दृष्टिले पनि स्वभावतः बाह्य आवरण दर्शनीय हुन्छ । शरीर सुपुष्ट एवं आकर्षक हुनाका साथै स्वाभिमान, स्वच्छन्दता एवं शीतलता पहिलो नजरमै दृष्टिगोचर हुन्छ । स्वभाव मेहेनती, लगनशील, सहयोगी, धैर्यशाली, आत्मकेन्द्री तथा आवेगी पनि हुन्छन् । उर्वशी वेदपुराणादि ग्रन्थमा वर्णित आर्यावर्तका विख्यात ऋषिद्वय अगस्त्य र वशिष्ठकी माताका रूपमा समेत चिनाइएकी छन् । उर्वशीलाई देखेर स्खलित भएका मित्रावरुणका वीर्य घडामा राखिएको र त्यसबाटै अगस्त्य र वशिष्ठ ऋषि जन्मिएको कथा पुराणमा वर्णित छन् । यो प्रसंगबाट उर्वशीप्रतिको सम्मान तथा उनको अवर्णनीय सौन्दर्यको विषयमा थाहा पाउन सकिन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् । प्रेममा बिछोड हुन मानव जातिमा ज्ञानको प्रवेश भएपछि र प्रेममा पर्न थालेदेखि नै सुरु भएको कुरा हो । यस्ता अनेकौं प्रेमको साक्षी इतिहास छ । तिनैमध्ये एक प्रेमको उदाहरणका रूपमा पुराणहरूमा वर्णित पुरुरवा र उर्वशीको प्रेम पनि पर्छ । अलौकिक सौन्दर्यकी धनी अप्सरा उर्वशी तथा एक पूर्ण मानव पुरुरवाबीचको प्रेम कहानीले वेदपुराणहरूका पाना तरंगित छन्, अनुप्राणित छन् । उर्वशी र पुरुरवाको प्रेम चन्द्रपुत्र बुध र सूर्यपुत्र वैवस्वत मनुकी पुत्री इलाका पुत्र पुरुरवा अथाह शक्ति एवं शौर्यले सम्पन्न थिए । उनी आवश्यक पर्दा स्वर्गमा गएर देवतालाई पनि सहायता गर्थे । दैत्यलाई स्वर्गबाट भगाउँथे । बुधपुत्र पुरुरवाको जवानीप्रदत्त सुन्दरता कुनै देवताभन्दा कम थिएन । चोलाले मानव भए पनि देवपुरुषका यावत् गुण उनमा विद्यमान थिए । एउटा प्रसंग छ, एक दिन धर्म, अर्थ र काम तीन पुरुषार्थले पुरुरवाको परीक्षा लिने विचार गरे । उनीहरू मानव रूप धारण गरेर पुरुरवासमक्ष आए । पुरुरवाले तीनैजनालाई सम्मानपूर्वक उपहार प्रदान गरे । अर्थ र कामलाई दिएका उपहार धर्मलाई दिएभन्दा आधा थियो । आफूहरूलाई धर्मभन्दा कम महत्व दिएको देखेर अर्थ र काम रुष्ट भए । अर्थले पुरुरवालाई दरिद्र हुने श्राप दियो भने कामले स्त्रीवियोगको पीडा सहनु पर्ने श्राप दियो । धर्मले चाहिँ पुरुरवालाई लामो समयसम्म पृथ्वीको शासन गर्ने र उत्तराधिकारीहरूको निरन्तरता भइरहने वरदान दिए । यही कुराले पुरुरवाको भावी जीवन निर्देशित रह्यो । एकपटकको कुरा हो, पुरुरवाको सहयोगले युद्ध जितेपछि देवराज इन्द्रले पुरुरवाको सम्मानमा एक नृत्य कार्यक्रमको आयोजना गरे । नाचमा प्रमुख नायिका थिइन् उर्वशी । जसको सौन्दर्यको प्रशंसामा सारा देवलोक खनिन्थ्यो । नाचको क्रममा संयोगले उर्वशी र पुरुरवाको आँखा जुध्यो । सुन्दर अनि सुगठित शरीर, आकर्षक वक्षस्थल, मनोहारि कम्मर, सुपुष्ट नितम्ब एवं कठोर स्तन । नृत्यको तालसँगै नाचिरहेका अप्सराको अंगप्रत्यंगमा मोहक जादू थियो । उनको हेराइमा पुरुष मन भुतुक्कै हुन्थ्यो ! आँखा जुधेपछि दुवैमा प्रेमको अंकुर फुट्यो । दुवै आलिङ्गनको प्यासले पीडित भए । नाचको समाप्तिपछि पुरुरवाले संकोचका कारणले त्यो प्यासलाई व्यक्त गर्न सकेनन् भने उर्वशीले स्त्रीसुलभ लज्जाका कारण मुख खोल्न सकिनन् । मनको कुरा मनमै रहेपछि तड्पिरहेको मन बोकेर पुरुरवा मत्र्यलोक फर्किए भने उर्वशी स्वर्गमै रहिन् । पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन् । त्यस्तै एउटा भ्रमणमा मौका पारेर केशी दानवले उर्वशीलाई अपहरण गर्यो । उर्वशी रुनकराउन थालिन् । त्यो पुकार पुरुरवाले सुने । उनले केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे । केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो । उनीहरूको मिलन हुन सकिरहेको थिएन । एक दिन स्वर्गमा नाट्यमुनि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए । नायिका थिइन् उर्वशी । एउटा संवादमा नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने थियो । उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो । नारायणको नाम लिनुपर्ने ठाउँमा मरणशील मनुष्यको नाम लिएको देख्दा नाट्यमुनि भरत औधी रिसाए । ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा भ्रमण गर्ने श्राप दिए । उर्वशीका लागि यो श्राप ‘के खोज्छस् काना आँखो’ भनेझै भयो । उता इन्द्र उर्वशीलाई गुमाउन चाहँदैनथे । त्यसैले इन्द्रले उर्वशीको श्राप घटाइदिए । मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो । जब आफ्ना अगाडि उर्वशीलाई पुरुरवाले देखे । दुवैको नमरेको प्यास जागृत भयो । एकअर्कामा मन्त्रमुग्ध भए । पुरुरवाले उर्वशीसमक्ष विवाहको प्रस्ताव राखे । उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् तर मत्र्यलोकमा केही दिन बस्दैमा उनलाई स्वर्गको सुखसयलको याद आउन थालिसकेको थियो । उनी अन्यमनस्क थिइन् । तसर्थ उनले पुरुरवाका अगाडि दुई शर्त राखिन् । उर्वशीको प्रेम सशर्त रह्यो । उर्वशीले स्वर्गबाट आउँदा भेडाका पाठाहरू सँगै ल्याएकी थिइन् । पहिलो शर्तस्वरूप पाठाको रक्षाको जिम्मेवारी लिनुपर्ने बताइन् र भनिन्– ‘जुन दिन यसको रक्षा गर्न सक्नुहुन्न त्यो दिन म छोडेर जान्छु ।’ पुरुरवाजस्तो शक्तिशालीलाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन । तुरुन्तै सहमति जनाइहाले । उर्वशीले दोस्रो शर्त अघि सारिन्– ‘तपाईलाई सहवासको अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस् । जुन दिन मैले तपार्ईलाई सम्भोगका समयबाहेक नांगो देख्छु त्यो दिन हाम्रो सम्बन्ध टुंगिनेछ ।’ यो शर्तमा पनि पुरुरवाले मञ्जुरी जनाए । विवाह भयो । दुवै एकअर्कामा हराएर यौवनको रसपान गर्नमा मग्न रहन थाले । सन्तान पनि जन्माए । उता स्वर्गमा इन्द्रलाई उर्वशीविनाको नृत्य फिक्का लाग्न थाल्यो । उनी उर्वशीलाई स्वर्गमा कसरी ल्याउने भनेर मात्र सोच्न थाले । उर्वशीको सम्झौताका विषयमा इन्द्र पनि जानकार थिए, तसर्थ उनले उर्वशीले राखेका शर्तबाट फाइदा उठाउने सोच बनाए । एकदिन मध्यरातको समय । पुरुरवा र उर्वशी यौनक्रीडामा लिप्त थिए । चुम्बकमा फलाम टाँसिएजसरी उनीहरूको शरीर जोडिएको थियो । ओठमा ओठ, स्तनमा छाती, योनीमा लिंग अनि तिघ्रामा तिघ्रा जोडिएको थियो । कामदेवको वेगले दुवैलाई छोपेको थियो । शरीरका अंगप्रत्यंगबाट रस निसृत भइरहेका थिए । उनीहरू सम्भोगको अलौकिक रसास्वादनमा लिप्त थिए । अचानक भेडाका पाठाको आवाजले यौनक्रीडामा अवरोध ग¥यो । मरुभूमिमा प्यासले तड्पिएका समयमा थोरै पानी पिउँदा अझ बढी प्यास बढेझैँ त्यो आवाजले कामप्यास झन् बढ्यो । पुरुरवालाई अँगालोमा कस्दै उर्वशीले पाठाको संरक्षण गर्न आग्रह गरिन् । पुरुरवालाई यस्तो बेलामा छुट्टिन गारो भइरहेको थियो । पुरुरवा छुट्टिन नमानेपछि उर्वशीले धकेलिन् र पुरुरवालाई आफूबाट अलग गराइन् । मन नमान्दानमान्दै अलग भएका पुरुरवा झटपट पाठा बचाउन नांगै दौडिए । तत्क्षण आकाशमा बिजुली चम्कियो । पुरुरवाको नग्न शरीर उर्वशीले देखिन् । उनको प्रतिज्ञा समाप्त भयो । उनी अन्तरध्यान भइन् र स्वर्ग गइन् । उर्वशीको वियोगमा पुरुरवा विक्षिप्त बने । जहाँ पनि उर्वशीको खोजीमा रहन थाले । पागलजस्तै भएर हिँड्न लागे । उता स्वर्गसुधामा भुलेकी उर्वशी गर्भवती थिइन् । उनलाई आफ्नो प्रियतमको माया लाग्यो र भेट्नको लागि पृथ्वीमा आइन् । पुरुरवाले प्रिया, अब छोडेर नजाऊ भनेर उर्वशीसँग अनुनयविनय गरे । उर्वशीले गर्भको सन्तान दिनका लागि मात्र आफू धर्तीमा आउने वाचा गरिन् । एक पटकको दर्शनका लागि पनि पुरुरवा एक वर्षसम्म उर्वशीलाई कुरिरहे । समयको कुनै कालखण्डका प्रेमविषयक यस्ता कथा आज पनि उत्तिकै सान्दर्भिक किन लाग्छन् ? समयले ल्याएको परिवर्तनमा उत्निखेरको समाज आज पनि किन बौरन खोज्छ यस्ता कथामार्फत ? किन त भन्दा आज पनि उसैगरी प्रेम पलाइरहेकै छ, पुरुरवाले उर्वशीलाई फकाउने, सम्झाउने, भावनाको दोहन गर्ने, परस्परको समस्या हल गर्नेजस्ता उपाय आज पनि भइरहेकै छ अनि आजका मानवमा पनि अनुरागको धर्मले उतिबेलाझैं आफ्नो धर्म छाडेको छैन । #दीपक दाहाल 'वत्स' #शास्त्रका कुरा अधुरा पोट्रेटहरू: सृजनलाई भेट्नुअघि मेरो चित्रकलाप्रतिको धारणा नै बेग्लै थियो । म सोच्थें, “लेखकले कलम चलाएझैं कुचीकारहरूले कुची चलाउने त हुन् ! कुची चलाउँदा जे बन्छ, त्यसलाई एक वा अनेक अर्थ र नाम दिएर बयान त अरूले नै गरिदिने हुन्, त्यसमा चित्रकारको केही भूमिका हुँदैन । महत्त्व हुँदैन । अस्तित्व पनि हुँदैन ।” तर, म गलत रहेछु । म गलत रहेछु भन्ने बुझ्न ऊसँगको मेरो पहिलो भेट नै काफी थियो। सन्देश, मेरो बालसखा । ऊ र म आज पनि सँगै छौं। साथै छौं र त जीवनका हरेक दु:ख-सुख बाँड्न पाएका छौं । स्कूल, कलेज र विश्वविद्यालयसम्मको पढाइ हामीले सँगै सकेका थियौं । ऊ नेपाली साहित्य पढ्थ्यो, म अंग्रेजी । यसकारण पनि उसको र मेरो गफगाफका धेरै विषयहरू साझा हुन्थे । मनोज रेग्मी एकदिन उसले मलाई आफ्नो एउटा साथीकोमा लिएर गयो । उसको त्यो साथी चित्रकार रहेछ । तर, सडक दुर्घटनामा परेर हलचल गर्न नसक्ने हुँदा घरमै आराम गरिरहेको रहेछ । उसलाई के भएको थियो ? मलाई थाहा थिएन। सन्देशले मलाई उसको बारेमा केही पनि भनेको पनि थिएन । म त बस् सन्देशको पछिलागेर उसको घर पुगेको थिएँ। जब म सन्देशसँग उसको कोठामा पुगें, ऊ बिस्तरामा पल्टिरहेको थियो । उसको कोठाको भित्ताभरि थरीथरीका पेन्टिङहरू टाँसिएका थिए । टाँसिएका मध्ये कति त विश्वविख्यात आर्टिष्टहरूको मास्टरपिसका कपीहरू पनि थिए। नयाँ ठाउँमा जाँदा मान्छेले त्यो ठाउँको हरेक कुरा मज्जाले नियाल्छ । त्यो दिन मेरो लागि त्यो कोठा पनि नयाँ नै थियो । त्यसैले मैले कोठाको हरेक सामान मजाले नियालेँ । उसको कोठा नियाल्ने क्रममा मेरो आखाँ बेडको छेउमा राखिएको एउटा बेडसाइड टेबलमा गएर रोकियो । टेबल पुरै औषधि र जुसले भरिएको थियो। त्यही टेबलको एउटा कुनामा सानो फ्रेम गरेर राखिएको दम्पतीको फोटो थियो। कोठाभरि रङ, पिसाब र औषधिको ककटेल गन्ध फैलिएको थियो। नाकको पोरा नै परपर्याउने कडा गन्ध। अस्पतालको छनक दिने गन्ध। कोठाको एउटा कुनाको टेबलमा खुला मुख भएका केही सिसीहरू थिए, जसमा विभिन्न आकारका कुचीहरू माथि फर्काएर राखिएका थिए। टेबलमा रङहरू चुहिएका टाटाहरू थिए। कतै रङ लत्पतिएको सुतीका टालाहरू असरल्ल छरिएका । भित्तामा पनि रङका मसिना छिटाहरू देखिन्थे । केही रङका बट्टाहरू मिलाएर टेबलको अर्को कुनामा राखिएको थियो । केही बट्टाका बिर्कोहरू थिएनन् । टेबलको एउटा छेउको स्ट्याण्डमा एउटा स्ट्रेचरमा क्यान्भास थियो। क्यान्भासमा एउटा अधुरो पोट्रेट थियो, जसमा अनुहारको आकार मात्र बनाइएको थियो—आँखा, नाक, ओठ र अन्य भागहरू बिनाको पोट्रेट। पूर्वतिरको झ्याल नजिकको खाटमा एउटा आकार लम्पसार थियो, जुन घरिघरि तल माथि गरेजस्तो देखिन्थ्यो। सायद उसको स्वास फेराइको लयसँगै उसले ओडेको च्यादरले आफ्नो धर्म निभाएको हुनुपर्छ। टाढाबाटै अनुमान लगाउन सकिन्थ्यो कि उसको स्वासको गति असामान्य थियो। खाटमुन्तिर पिसाबको कृत्रिम थैली झुन्ड्याइएको थियो। “सृजन, ओइ सृजन !”- सन्देशले बोलायो। “ हँ, को हो? यता खाट नजिक आउनु न। म आफैं फर्किन सक्दिनँ !”- स्थिर रहेर नै उसले जवाफ दियो। “म हो के, सन्देश ! कस्तो छ अहिले तँलाई?” “ए तँ होस् ! कतिबेला आइस् ? म त आफैं फर्किन नसक्ने अवस्थामा छु यार, कि तँ यता आएर मलाई त्यतापट्टि फर्किन मद्दत गर, कि तँ नै यता आइज !” सन्देश हतपत ऊ फर्केतिर गयो र उसले ओडेको च्यादर तल सारिदियो। अनि आफ्ना दुवै हातले तानेर खाटमा आडेस लगाइदिएर राख्न खोज्यो। मैले उसको पछाडि एउटा सिरानी राखिदिएँ। “तिमीहरू पनि बस न ! एकजना ऊ त्यो कुर्सीमा बस, एकजना त्यो मोढा तानेर बस,” कुर्सी र मुढा आफ्ना कलेँटी परेको ओठ चुच्चो पारेर देखाउँदै उसले भन्यो। “उहाँलाई त मैले चिनिनँ नि?” हामी बसेपछि मतिर उसले हेर्दै सोध्यो। “ए…ऊ? ऊ मेरो साथी, मनोज। मेरो बच्चैदेखिको साथी।” सन्देशले मेरो परिचय दियो। उसले नि आफ्नो परिचय दिदैं भन्यो- “म सृजन है! म सन्देशको क्लासमेट्, मास्टर्सको !” हामीले आफ्नो परिचयसँगै एकअर्कासँग आतिथ्यता पनि साट्यौं। “कसरी भयो यार यो सब? मैले त बल्ल हिजो थाहा पाएँ। अफिसको कामले फिल्ड भिजिटमा तीन महिनाको लागि लोमान्थाङतिर गएको थिएँ। त्यहाँ त नेट र फोन पनि राम्रोसँग नचल्ने रहेछ। केही थाहा पाइनँ । हिजो मात्र फर्केको। घरमा आउनासाथ थाहा पाएँ। अनि बिहानै भेट्न आको !”, सन्देशले आफ्नो प्रश्न र उसले सोध्न सक्ने प्रश्नको उत्तरको पेटारी एकैपटकमा खोल्यो। सन्देशको कुराले ऊ गम्भीर भयो। उसको कलेटी परेका ओठ जिब्रोले भिजायो। अनि सुस्केरा हाल्दै भन्यो-“खै कसरी भयो भनूँ! जिन्दगीमा कहिल्यै नसोचेको घट्ना घट्यो, यार!” एकछिन त्यो अधुरो पोट्रेट हेरेर टोलाएपछि उसले थप्यो, “जीवनमा एकैपटक धेरै कुराहरू गुमाएँ यार मैले ।” उसले यति भनिसकेर माथिल्लो दाँतहरूले तल्लो ओठ टोक्यो। एक्कासि उसको अनुहार कालो भयो। उसका आँखाबाट एकाएक अश्रुधारा बग्न थाले। सन्देश आफू बसेको ठाउँबाट जुरुक्क उठ्यो र उसलाई अंकमाल गरेर सुम्सुम्यायो। एकैछिनमा सृजन सम्हालिएपछि सन्देश फेरि अघिकै ठाउँमा आएर बस्यो। एकैछिन कोठामा शान्ति छायो। भित्तेघडीको हरेक सेकेन्ड-सेकेन्ड सुईं सर्दा आउने टिक्-टिक् आवाजले त्यो शान्त वातावरणलाई बिथोल्ने प्रयास भने गरिरहेको थियो। “त्यो दिन म र सुधा मनकामना दर्शन गर्न भनेर हिंडेका थियौं। त्यो बिहान आकाश धुम्म थियो। पानी पर्ला पर्ला जस्तो थियो, तर परिसकेको भने थिएन। आमाले, ‘अर्को दिन गए हुँदैन?’, भन्दै हुनुहुन्थ्यो। सुधाले, ‘भगवानको दर्शन गर्न आँटिसकेको के फर्किनु’, भनिन्। त्यसैले हामी हिँड्यौँ।” ऊ फेरि रोकियो। कतै हरायो। कुममा आँसु र सिँगान पुछ्यो र थप्यो, “मुग्लिङ पुग्दा सिमसिम पानी परिरहेको थियो। सुधाले जाडो भयो चिया खाऊँ भनिन्। मैले बाइक छेउ लगाएँ। हामी चिया पिउन एउटा चिया पसल छिर्यौं। चिया पिएर लगभग बीस मिनेटपछि हामी त्यहाँबाट निस्कियौं। हामी कुरिनटार नजिक पुगेका थियौं। सुधाले मेरो कान नजिक मुख ल्याएर, ‘आइपुगियो अब त, केबलकार नि देखिसक्यो’, मात्र के भनेकी थिइन्, विपरीत दिशाबाट एउटा टिपर अनियन्त्रित हुँदै हामीतिर आयो। बाइक स्पिडमै थियो। मैले केही सोच्नै सकिनँ। झ्याप्प डिस्कब्रेक हानें। बाइक चिप्लियो। बाइक सिधै गएर टिपरमुनि छिर्यो। टिपर मेरो घुँडाभन्दा तलको भागमा चढ्यो। म बेहोश भएँ। मलाई सुधाको बारेमा केही थाहा थिएन। पछि होश आउँदा म हस्पिटलको बेडमा थिएँ। मेरा दुवै खुट्टा काटिएका थिए। देब्रे हात भाँचिएको थियो। “होशमा आउँदा म असिम पीडामा थिएँ, तर झ्वाट्ट सुधालाई सम्झिएँ। आमालाई सुधाको बारेमा सोध्दा आमा भक्कानिएर कोठाबाहिर निस्किनु भयो। त्यति नै बेला मैले लख काटेको थिएँ। पछि रमेशले, ‘भाउजूको निधन त घट्नास्थलमै भएको’ भन्ने सुनायो। उनको टाउको माइलस्टोनमा गएर बजारिएको रहेछ ।” यति भनेर ऊ त्यो अधुरो पोट्रेट हेरेर टोलायो। त्यतिबेला उसका आँखा, आँखा कम पानीको मूलझैं देखिन्थे। सन्देश उठेर उसलाई सम्झाउँदै भन्यो, “के गर्छस् यार ! हुने हार, दैव नटार भनेजस्तो । हाम्रो हातमा केही पनि छैन। जे लेखेको छ, त्यो हुन्छ, हुन्छ। जे भयो भयो। अब तैंले आफूलाई सम्हाल्नुपर्छ। हुन त संसारमा सहानुभूति दिनुजस्तो सजिलो केही छैन। आफूलाई नपरी पीडाको मर्म थाहा हुँदैन पनि। तर, तैंले तेरो परिवारको खुशीको लागि भएनि आफूलाई सम्हाल्नु पर्छ। तँ बलियो हुनैपर्छ। अब तैंले नै सबैलाई सम्हाल्नु पर्छ। मलाई पनि तेरो चोटले मर्माहत तुल्याएको छ। तर तँ चिन्ता न ली, हामी छौं।” यति भनिनसक्दै सन्देशका आँखाभरि आँशुले अड्डा जमाइसकेका थिए, उसले आफूले लगाएको सर्टको बाहुलाले त्यो अड्डा पुछ्यो। केहीसमय अघिसम्म उसको बारेमा केही थाहा नभएको मान्छे म, मेरो पनि आँखा अघि नै रसाइसकेका थिए। यहाँनेर मैले महसुस गरेँ, मान्छेले चिने-जानेको वा आफ्नो घनिष्ठ मान्छेको मृत्यु वा भनौं पीडामा मात्र होइन, उसले हरेक मान्छेको दु:खमा एउटा मानवीय संवेदनाको मर्यादामा आँशु चुहाउँछ। एकछिनमा हामी सबै सम्हालियौं। “तिमीहरू जुस, चिया केही लिने ?” सृजनले सोध्यो। हामीले ठिकै छ भनेर खाएनौं । मलाई त्यो अधुरो पोट्रेट कस्को होला ? भन्ने मात्र ध्याउन्न थियो। “त्यो पोट्रेटचाहिँ कसको हो नि?” मेरो छुच्चो मुखबाट फुत्किहाल्यो। मेरो त्यो प्रश्नले उसको अनुहारको रङ नै फेरियो। केही छिनको गफगाफपछि केही हदसम्म संग्लिएको अनुहार फेरि मेरो प्रश्नले धमिलो अनि कालो देखियो। ओठ थरथराउन थाल्यो र आँखा भरिएर आए। दुईथोपा आँशु खसे र उसले ओडेको च्यादरले उसका आँशु सोसिदियो। मलाई भने व्यर्थ सोधेछु भन्ने लाग्यो। म र सन्देश पछुतो मिसिएको हेराइले एकअर्कालाई हेर्यौं। “त्यो पोट्रेट मेरी सुधाको हो, जुन म उनलाई उनको जन्मदिनमा उपहार स्वरूप दिन चाहन्थें। उसलाई सरप्राइज दिन नै मैले उसको मुहार अधुरो राखेको थिएँ। तर…….”, ऊ रोकियो। ऊ रोकिएपछि मैले सोधेँ, “अब यसलाई यसै अधुरो छोड्नुहुन्छ त? पूरा गर्नुहुन्न?” उसको केही प्रतिक्रिया नआएपछि म नै फेरि सुरु भएँ, “म हजुरको स्थिति महसुस गर्न नसके पनि पीडा बुझ्न सक्छु। जुन व्यक्तिलाई अगाध प्रेम गरिन्छ उसलाई गुमाउँदा हरेश खाने होइन, उसबाट प्रेरणा लिनु पर्छ। हजुरले यो पोट्रेट पूरा गर्नुभयो भने उहाँको आत्मा पक्कै पनि खुशी हुनेछ। तपाईंको मनको बोझ पनि पक्कै हल्का हुनेछ।” यति भनिसकेपछि आफैंलाई अलि बढी नै बोलेझैँ लाग्यो। एकछिन पोट्रेट हेरेर टोलाएपछि उसले गम्भीर हुँदै भन्यो, “मुड नै छैन यार अब त! बन्दै बन्दैन। हातै सर्दैन। आँखामा उनैको अनुहारको हाँसो झल्झली आउँछ। केही कुरामा पनि मन जाँदैन। सुतिरहन, रोइरहन मात्र मन लाग्छ। डर पनि लाग्छ। बेलाबेला तर्सिन्छु। राति ऐंठन हुन्छ। ब्युँझदा पसिनाले लिछिप्प भिजेको हुन्छु। सपनामा सुधाले आफूतिर बोलाउँछिन्। हात दिन्छिन्। म समात्न खोज्छु, सक्दिनँ। हररात सपनामा देख्छु। विपनामा पनि हरेक कुरामा उनैको सम्झना गाँसिएको छ। कसरी बिसर्न सकिएला र खै?”- यति भनिसकेर उसले लामो सुस्केरा हाल्यो र सिरानीमा राखेको टिस्यू बक्सबाट टिस्यू निकालेर आँसुले भरिएका आँखा र बगिरहेको नाक पुछ्यो। “यदि उहाँ हुनुभएको भए तपाईंको यो हालत देखेर पक्कै पनि खुशी हुनु हुने थिएन। त्यसैले अब तपाईंले जीवनलाई एउटा दिशातिर लानै पर्छ। जीवनलाई गति दिनै पर्छ। त्यो नै सबैको लागि राम्रो हुन्छ। सुरुसुरुमा धिमा भए पनि पछि बिस्तारै जीवनले गति लिन्छ। बाइक पनि त एकैपटक माथिल्लो गियरमा कहाँ दौडिन्छ र! हरेक कुराले गति लिन समय लिन्छ। हाम्रो जीवनले पनि बिस्तारै गति लिन्छ, लय समात्छ अनि हामीलाई एउटा यात्रामा लिएर जान्छ।” उसलाई साथ र सकारात्मक कुराहरूले प्रभाव पार्न सकिन्छ भन्ने मेरो ठम्याई थियो। सोहीअनुरूप म उसलाई दुवै कुराहरूबाट जीवनलाई फेरि प्रेम गर्न हौसला दिँदै थिएँ। चिनजान भएपछि म दिनहुँ उसलाई भेट्न थालेँ। दिनदिनै भेट हुदाँ हामी झन् आत्मिय हुँदै गयौँ। यसक्रममा म उसमा आएको आमूल परिवर्तन महसुस गर्न सक्थेँ। एकदिन उसको कोठाबाट बाहिर निस्किदा आमा ढोकाबाहिर उभ्भिरहनुभएको रहेछ। मलाई देख्नासाथ कारुणिक पारामा भन्नुभयो, “मैले लाख कोशिश गर्दा पनि सामान्य रूपमा फर्काउन नसकेको उसलाई तपाईंको साथले धेरै ठूलो प्रभाव परेको छ। ऊ दिन-प्रतिदिन सामान्य जीवनमा फर्किदैं छ। म हजुरप्रति आभारी छु, बाबु!” आमाको कुराले मलाई साह्रै भावुक बनायो। मैले आमाको हात मेरो हातमा लिएर भनेँ, “आमा तपाईं चिन्ता नलिनुहोस्, ऊ अब धेरै ठीक भैसकेको छ। उसको अनुहारमा चमक र हातमा फेरि जीवन जिउने चाह बढेर आएको छ। म अहिलेलाई जान्छु है, आमा?” ” हस्, आउँदै गर्नु है?”- आमाले आशावादी स्वरमा भन्नुभयो। ” भैहाल्छ नि, आमा!”- यति भनेर म घर फर्किएँ। म स्कूल पढाउँथे। स्कूल सकिएर घर आएपछि फ्रेस हुन्थेँ र उसको घर जान्थेँ। यसरी उसको घर जाने एउटा रुटिन नै बनिसकेको थियो। एक साँझ म उसको कोठामा पुग्दा ऊ औंलाहरूको बीचमा कुची राखेर हावामा केही आकृति कोरेझैं गर्दै थियो। मलाई देख्नासाथ उसले केही अफ्ठ्यारो मानेझैं गरी कुची लुकायो। “मलाई खुशी लाग्यो तपाईंको हातमा ब्रस देखेर!” -मैले कोठामा छिर्नेबित्तिकै भनें। उसले अनुहारमा असुहाउँदो मुस्कानले मेरो कुराको प्रतिक्रिया दियो। केही बोलेन। प्रायः हामी बीचमा चित्रकला र रङको महत्त्वको बारेमा कुरा हुन्थ्यो। कुरा गर्दा गर्दै सृजन कहिलेकाहीँ हराउँथ्यो। भावुक हुन्थ्यो। फेरि आफूलाई सम्हालि पनि हाल्थ्यो। उसले पेन्टिङ गर्दा डिटेलमा विशेष ध्यान दिन्थ्यो। चित्रकलाको बारेमा ऊ घण्टौं बोल्न सक्थ्यो। तर, उसमा त्यो अधुरो पोट्रेटमा कुची चलाउने आँट भने अझै पलाइसकेको थिएन। एकसाँझ उसले मेरो चित्रकला प्रतिको रुचिबारे सोध्यो। मेरो चित्रकलासम्बन्धी ज्ञानका बारेमा सोध्यो। चित्रकलामा रङको महत्त्वको बारेमा सोध्यो। म उसको जिज्ञासालाई मेरो अल्पज्ञानले पूरा गर्न खोजिरहें। मलाई अलिअलि ज्ञान त थियो, तर त्यो ज्ञानले उसको मस्तिष्कले भण्डारण गरेको ज्ञानलाई छोयो कि छोएन त्यो त मलाई थाहा भएन। तर, प्रयास भने गरेकै हो। मेरो कनिकुथी व्याख्या सुनिसकेपछि उसको मुहारमा एउटा सन्तुष्टिको भावको झल्को देखिन्थ्यो। उसले हातमा लिएको ब्रस हावामा चलाउँदै सोध्यो, “मलाई तपाईंको एउटा फोटो दिन सक्नुहुन्छ?” “किन?”- मैले सोधेँ। “काम छ,” उसले यति मात्र भन्यो। मैले पर्समा राखेको पासपोर्ट साइजको फोटो देखाएर सोधेँ, “यो हुन्छ?” “उमम..अलि सानो रै’छ, तर चल्छ! दिनुस्!” उसले मेरो हातबाट फोटो लिएर हेर्दै भन्यो। त्यसपछि म त्यहाँबाट निस्किएँ। यता स्कूलमा वार्षिक परीक्षा चलिरहेको थियो। उत्तरपुस्तिका यथासक्दो छिटो सकेर बुझाउन सके केही समय फुर्सद मिल्ने थियो। यो बिदाको अन्तरालमा पढ्ने भनेर केही किताबहरू किनेर पनि ल्याएको थिएँ। उत्तरपुस्तिका जाँच्ने क्रममा म यति व्यस्त भएँ कि एक हप्तासम्म घरबाहिरै निस्किन सकिनँ। एक हप्तापछि उत्तरपुस्तिका र प्राप्ताङ्कको लेजर स्कूलमा बुझाएपछि मेरो त्यस वर्षको कर्म सकिएको थियो। काम सकिएको दिन मलाई सृजनको याद आयो। म दिउँसोतिर उसको घर गएँ। उसको कोठामा पुग्दा ऊ ह्विलचेयरमा एउटा क्यान्भास अगाडि बसिरहेको थियो। म नाम बोलाउँदै उसको कोठामा छिरें, तर उसले कुनै प्रतिक्रिया जनाएन। म नजिक गएर हेरें। उसको दाहिने हात छातीको देब्रे पाटोमा थियो। औंलाहरूको बीचमा ब्रस अझै अल्झिरहेको थियो। अगाडिको क्यान्भासमा एउटा अर्को अधुरो पोट्रेट थियो। भुँइमा मैले दिएको फोटो झरेको थियो। मैले अनुमान गरेँ, मैले दिएको फोटोबाट सायद ऊ मेरो पनि पोट्रेट कोर्दै थियो। मैले निदाएको होला भन्ने सोची बोलाएँ। झक्झक्याएँ। तर, उसको शरिर शिथिल र चिसो थियो। मेरो होशले ठाँउ छोड्यो। मैले आफूलाई सम्हालेर एम्बुलेन्सलाई फोनसम्म गर्न भ्याएँ। एम्बुलेन्स आउनुअघि आमालाई पनि बोलाएँ। आमा सृजनलाई त्यो हालतमा देख्नासाथ बेहोस नै हुनुभयो। केही समयमा एम्बुलेन्स आइपुग्यो। आमा र सृजन दुवैलाई अस्पताल लगियो। म पनि बाइक लिएर अस्पतालतिरै हुँइकिएँ। अस्पतालमा सृजनलाई हेर्नेबित्तिकै डाक्टरले मृत घोषित गर्यो। उसको मृत्युको कारण मेजर हार्टअट्याक थियो भनेर पनि डाक्टरले खुलायो। उता आमाको अझै होश आएको थिएन। सृजनका आफन्तहरूलाई छिमेकीले खबर गरिदिएछन्। सबैजना हस्पिटलमा जम्मा हुन थाले। मलाई भने त्यहाँ बस्न मनै भएन, त्यसैले निस्किएँ। बाटोभरि उसको कोठामा बाँकी रहेका ऊजस्तै चिसा पोट्रेटहरूले मलाई झस्क्याइरहे। उसले यो संसारसँगै दुइटा अधुरो पोट्रेट पनि छोडेर गएको थियो। एउटा सुधा र अर्को सायद मेरो, जुन अब सधैं अधुरो नै रहनेवाला थिए। यो सबको बीच सोचेँ, हामीले जीवनभर जति कर्म पूरा गरे पनि, अन्त्यमा जीवन अधुरैअधुरा कर्महरूको संगम त रहेछ नि ! #मनोज रेग्मी मातृभूमिमा मातृत्वको आभास: सुगम सौन्दर्यको अनुपम प्राकृतिक छटाहरूले सुसज्जित ती मनोरम दृश्यमा अनमोल प्रत्येक समय र पलाको मापक गौरीशंकर हिमालको काखैमा रहेको च्छोरोल्पा तालको तटमा सुमधुर भएर नाचिरहेको तामाकोशीको किनारमा एक टकले अडिक भएको मेरो मातृभुमि साच्चै नै रामायणमा भएको लक्ष्मणलाई मन परेको लङ्काभन्दा कम रहेनछ भन्ने भान आजको बन्दाबन्दिमा भईरहेको छ । हिजोसम्म एक झलकमात्रै हेर्न भ्याएको आधाउधि किसिम किसिमका आकृतिअरू आज भने प्रत्येकलाई नियालेर छर्लङ्ग भएकी छुँ । लाग्छ, हिजो निदाएकी म आज भने ब्युझेकी छुँ । मेरो मातृभुमि साच्चै नै सुर्यको परावर्तित किरणमा वारि र पारिका गाउँबस्तीका प्रतिबिम्बलाई स्पष्ट रूपले मनमोहक बनाउने स्वस्फूर्त निर्देशक पनि बनिसकेछ के गर्नु मलाई नियाल्ने फुर्सद पो रहेनछ त उफ् मैले कति बेवास्ता गरेकी रहेछु । त्यसैले पनि त होला नि प्राकृतिक स्वरूपले नै मातृत्वको आभास कुनै हालतमा हराउन भने दिएको छैन । शिरैमा स्वर्ण ताजले सुसज्जित भएर ठिङ्ग उभिएर पाण्डवका दाजुभाइमध्येका भिमसेन एक टकले मेरो मातृभुमिमा आएका आँचलाई पदवि दिन तम्तयार भएको छ । साच्चै नै दुई देवलबीचको मेरो मातृभुमि, अनवरत यात्रापछिको गन्तव्य जस्तै छ । कैयौं समयपछि आजमात्रै राम्रोसँग मेरो मातृभुमिको तस्बिर हेरिरहेकी छुँ जसलाई अदृश्य र दृश्यरूपी मस्तिष्क र कापीका पानाहरूमा उतारिरहेकी छुँ । यसरी नै हिजो आज विनाआवाजका चलचित्रहरू विनासिनेमाघरको पर्दा अगाडि दर्शक भएर एक्लै पनि हेरेर मुस्कुराइरहेकी छुँ । वास्तव मै हो हिजोको दिनहरूमा मैले मेरो मातृभुमिलाई कार्यव्यस्तताले दिन नसकेको समय अहिलेको समयमा दिन भ्याएकी छुँ । त्यसैले प्रशस्त समयको प्रयोग गरेर मेरो मातृभुमिको मायालाई जस्ताको तस्तै सारेकी छु । मभित्र चित्रकारको छाप भने कुनै पनि समयमा लगाएकी छैन तर पनि बन्दाबन्दीले गर्दा मनोचित्रकार भने अचम्मैले भएछु, मेरो मातृभुमिमा रहेको चासो र गुनासोको स्तम्भ चित्रमा खडा रहेर जीवन्त मानचित्रमा उतार्न भने अग्रसर भएकी छु । विगतका दिनमा म निरन्तर दौडेका ती दायाँ र बायाँका सिढीहरूमा पटकपटक लडे पनि होला तर हिजोआजका दिनहरूमा भने म फुर्सदिलो भएर पनि ती बाटाहरूमा लड्ने र दौडने आँट गर्दै गरिन । सायद, हिजो म हिड्दा, दौडदा र उफ्रदा ती सिँढी र बाटाहरूमा लडिरहँदा जुरुक्क उठ्न आँट, साहस र धैर्यताका बीजहरू बिजारोपण गरेको थियो तर आज ती बीजहरू हरिया भईसके जसलाई मलजल र गोडमेल गरे पुग्छ । त्यसैले त होला नि, म पनि त्यतैतिर केन्द्रित भएर नभ्याएकी हुँ । तर पनि मैले गरिरहेको कार्यहरू मेरै मातृभुमिको माधुर्यताको सुमधुर भाकाहरूमा प्रखर मायावी बनेर ती लावण्य फाँटहरूमा झुल्लिन भने पटक्कै पनि बिर्सेकी छैन । प्रत्येक बिहानीको सौर्यकिरणसँगै परावर्तित ती छायाँ मानसपटलमा प्रविष्ट गर्न भने कदापि भुलेकी छैन । यहीँ ठाउँ नै मेरो प्रवीण प्रवक्ता हो जसले मैले कैयौं वर्षमा पनि नसुनेका कथा, लेख तथा साहित्यिक रचनाहरूलाई सुन्ने मौका दिएको छ । कहिल्यै नआएका व्यवधानलाई पनि पहिलो प्राथमिकतामा राख्न तल्लीन बनाएको छ । कुनै पनि हालतमा नभेटएका वाङ्मय भने अनेक तरहका मिष्टभाषी भएको छ । भावपरक भातृत्व र मनस्ताप मातृत्वलाई भने यी दिल र दिमागमा मानसिक तृप्तिका लागि पनि दृढ संकल्पको प्रहार बनाएकी छुँ । यहीँ ठाउँले सिकाएका पाठहरूबाट मनमानी त मैले गरेकी नै छैन होला, गरे पनि त्यो मेरो विवशता बन्ने छ । हिजो गरेको क्रोधित सवालमा नपाएको जवाफ आज विनम्रताको विकल्प बनेको छ । त्यसैले त बेहिसाब बनेकोस्पर्श मेरो निम्ति स्मारक बनेको छ । कहिल्यै नदेखिएका क्षितिजमा नाचिरहेको बादललाई पनि हर्न भ्याएकी छु । मेरो मातृभुमिको प्राङ्गणमा मेरी प्यारी जननीले झेल्नुभएको सास्ती र गर्नुभएको साह्रो परिश्रम अति नै अत्याचार र अन्याय भन्न नसुहाउला तर दुखको वेदना र अनुभुतीको अडकाउ भने पक्कै पनि हो । त्यसैले त विवशताको अंगालोमा छ रतिराग चाहे यो पूर्ण वा अपूर्ण, दखल भएको वा नभएको नै किन नहोस् । मेरो मातृभुमि नियाल्ने ती सन्झ्यालहरू कम होलान् तर आँखा भने हजारौँ छन् । बालापनदेखिको मेरा यी स्वप्नरूपी आँखाहरू मेरो मातृभुमिभित्रै मौलाएका छन् । त्यसैले मातृभुमिमा मातृत्वको आभास भने निरन्तर अनुपम र जीवन्त नै बन्ने छ, चाहे त्यो यिअपमयधल भएरै होस् वा खुलेरै पनि। मेरो आधिकारिक अख्तियारी मेरो मातृभुमिसँगै जोडिएको छ। मसँग भएका सक्रिय वा निष्क्रिय जस्तो सुकै पाटाहरू हरहमेसा मेरो मातृभुमिसँगै सम्बन्धित छन् जसको परिपुर्ति अरू कसैले गर्न सक्दैनन् । म रिसाउँ वा खुसाउँ, रोउँ वा कराउँ सुन्ने र बुझ्ने कमै होलान् तर मेरी जननी र मेरो मातृभुमि मात्रै हो यसबारेमा माहिर भएको । त्यसैले बन्दाबन्दीको सुरूदेखि अन्तिमसम्म मातृभुमि र मातृत्वको आभास भने भईनै रहने छ यसमा म विश्वस्त हुने नै छुँ । त्यसैले हरेकपटक यी नै शब्द मनन गर्नेछु | जय! माँ, जय! मातृस्थल ।। जय! जननी, जय! जन्मस्थल ।। #करूणा श्रेष्ठ तीन हाइकु: भ्रष्ट नायक कोरोनाको भूमरी नर्कको बाटो !! वुद्धको देश कोरोनाको कहर शान्तिको खोजी !! स्वतन्त्र प्रेस लोकतान्त्रिक मियो सत्ता धमिरा !! #वसन्त पराजुली बिन्ती छ टुट्न नदेऊ: मायाको बाँध हुँ म बिन्ती छ फुट्न नदेऊ ! नजरको साँध हु म बिन्ती छ लुट्न नदेऊ !! म एक्लै केही होइन, अधुरो तिमी बिना ! दिलको त्यो माँझ हु म सकेसम्म उठ्न नदेऊ !! विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !! छामे हुन्छु ढुकढुकीमा, नखोज्नु है दायाँ-बायाँ ! म त हुँ नि जुनीजुनी बनिरहने तिम्रै छाँया !! तिमीलाई नै दिउँलाग्छ हिमालको हाँसो चोरी ! झरनाझैँ बगूँ लाग्छ पहराको छाती फोरी !! तलाउ यो जिन्दगीको बिन्ती छ सुक्न नदेऊ ! विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !! तिम्रो यादमा भुल्दाभुल्दै कतै म हराएँ कि ! बिछोडको कल्पनाले कतै म डराएँ कि !! यो मनलाई थुम्थुम्याउँदै सुनाउँदैछु आफ्नै कुरा ! तैपनि पापी मनले चलाउँदै छ मनमा छुरा !! खुसी यी परेलीका आँसुलाई लुट्न नदेऊ ! विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ !! चुम्ने मन छ निलो आकाश चंगा र धागो बनी ! सुन्दर याम जिन्दगीको पर्खेको छु गनी-गनी !! उदाउँदो बिहानीलाई बादलले लुट्न नदेऊ ! विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ !! #शुभाष चन्द्र पोख्रेल समयको बाटो: जीवनको परिभाषा के हो ? यो प्रश्नको उत्तर हरेक मान्छेले आआफ्नै शैलीमा दिन सक्छन् । कसैले दुःखको पहाड नै जीवन हो भन्लान् । कसैले जीवन त खुसीको बहार हो भन्लान् । कसैले जीवन सुख र दुःखको च्यापबाट उम्रिएको रुख हो भन्लान् । तर, मलाई लाग्छ —जीवन सबैको एउटै खालको हुन नसक्नु नै यसको विशेषता हो । मान्छेहरूले आफ्ना छोराछोरीलाई कोही मान्छेको उदाहरण दिँदै त्यही मान्छेजस्तो हुनू भन्दै आशीर्वाद दिन्छन् । तर, तिमी तिम्रो आफ्नो परिचयमा रमाउन र बाँच्न सक्नू भनेर थोरैले मात्र आशीर्वाद दिन्छन् । मलाई मेरो बुबा र आमाले दिएको आशीर्वाद चाहिँ असल बन्नू भन्ने हुन्थ्यो । मलाई जीवनले सिकाएको कुरा नै आपूmमा खुला हृदय हुनु र इमानदार रहनु हो । म यही मार्गमा हिँडिरहेँ । प्रेम शाश्वत कुरा हो, मैले परिभाषा दिनु नै पर्दैन । प्रेमसम्बन्धी पनि धेरै मान्छेले आआफ्ना धारणा राखेका हुन्छन् । ती व्यक्तिपिच्छेका प्रेमसम्बन्धी धारणामा म सहीछाप गर्दिनँ । प्रेम त आपूmले अनुभूत गर्नुपर्ने कुरा हो । एउटा व्यक्तिले गरेको प्रेमको परिभाषा अर्को मान्छेको जीवनमा लागु नहुन पनि त सक्छ । गुरुप्रसाद मैनालीले लोग्नेस्वास्नीको झगडालाई परालोको आगो भनेर कथा लेखे तर इन्द्रबहादुर राईले लोग्नेस्वास्नीको झगडा परालको आगो मात्रै होइन यो त भुसको आगो पनि हो यसले विकराल रुप लिन्छ भनेर कठपुतलीको मन शीर्षकको कथा लेखे । प्रेम र विवाह फरक कुरा हुन् । विवाहको परिभाषा पनि सबैले आआफ्नै पारामा दिएका छन् । अरुले विवाहको परिभाषा जसरी बुझेका छन् मैले पनि त्यही बुझेको छु । मैले विवाह नगरी बस्ने सपना पनि देखेको थिएँ । साहित्यमै लाग्छु । कविता, गीत, मुक्तकमै म डुब्न चाहन्छु । एक्लो जीवन बिताउँछु भन्ने मेरो विचार थियो । नेपाली समाज र संस्कृतिलाई बोकेका कविताहरू लेख्छु । मेरो चाहना थियो— ‘मेरा कविता र गीतलाई सुन्ने वा पढ्ने मान्छेले आफ्नो अनुभूति प्राप्त गर्न सकुन् ।’ तर, हरेक मान्छेको जीवन निजी भए तापनि कति कुराहरू आपूmले सोचेर मात्र नहुँदो रहेछ जिन्दगीमा । गीत, कवितामा समाज र संस्कृतिको छाप भए जस्तै मान्छेमा पनि सामाजिक घेराले बाँधेको हुँदो रहेछ । मैले आपूmलाई समाजको अगाडि सामाजिक मान्छेको परिचयलाई प्रस्तुत गर्नका लागि आफ्नो निर्णयलाई तोडिदिएँ किनभने मान्छेको जन्म, विवाह र मृत्यु भनेका मान्छेका यिन्त्रणमा नहुँदा रहेछन् । विवाहको बन्धन मैले स्वीकार गरेँ । सत्र वर्षकै उमेरमा पनि मेरो घरमा मेरो विवाहको कुरा चलेको थियो तर त्यो प्रसङ्ग प्रसङ्गमा मात्रै सीमित रह्यो पूरा भएन । विवाह गर्न उमेर पुगेका केटा हुन् या केटी हुन् उनीहरूलाई अप्ठ्यारो परिरहन्छ । मान्छेहरूले बेलाबेलामा विवाहको कुरा निकालिदिन्छन् । किन विवाह नगरेको ? कोहीसँग सम्बन्ध पो छ कि ? आदि जस्ता साझा प्रश्न हुन्छन् विवाह गर्न उमेर पुगेका केटाकेटीका लागि । अझ विवाह गर्न केही ढिला हुनुपर्छ मान्छेले अनेक कुरा काट्न थाल्छन् । मलाई पनि त्यस्तै भएको थियो । साथीभाइ एवम् आफन्तले त यसले बिहे नगर्ने भयो भनेर ठोकुवा गरिसकेका थिए । साथी भाइहरूले त केके भनेर जिस्काउथे पनि । गीत, कविता अथवा साहित्यका अन्य विधा लेख्न मुड आउनु परे जस्तै विवाहका लागि पनि मुड नै चल्नुपर्ने रहेछ । मेरो जीवनमा पनि भयो त्यस्तै नै । यता गयो किन बिहे गरिनस् ? उता गयो किन बिहे गरिनस् ? यी प्रश्नहरूका साझा उत्तर मैले बिहे गरिदिनुसँग जोडिएका थिए । र, मैले आफैसँग निर्णय गरेँ— ‘म बिहे गर्छु ।’ मेरो निर्णय एक कान दुई कान मैदान भयो । आफन्त, साथीभाइ र घरपरिवारका लागि मेरो निर्णय खुसीको पहाड बन्यो । म ४६ वर्षमा बेहुलो बनेँ । मेरो विवाहमा खुसी हुने मेरी आमा हुनुन्थेन । उहाँ २०२६ सालमै परलोक भइसक्नु भएको थियो । मेरो विवाह राजविराजकी २६ वर्षीया भैरवी बस्नेतसँग भयो । मेरी मिससेकी फुपू मेरा मामाले विवाह गर्नु भएको हुनाले उनैसँग विवाहको कुरा चल्दै गयो । सामान्य चिना मिलाउने काम भयो । कुरा चलेको करिब डेड हप्तामा नै मेरो बिहे भयो । मेरी श्रीमती पनि शिक्षित छिन् । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आइए उत्तीर्ण गरेकी छन् । साहित्यका छोराछोरी जन्माइरहेको म र मेरी श्रीमतीले दुई छोरा रूपेन्द्र र रमेन्द्रका बाबुआमा हुने सौभाग्य प्राप्त ग¥यौँ । मेरी मिसेसले मेरो मनोविज्ञानलाई बुझेकी छिन् । विवाहपछि कति मान्छेको सम्बन्ध राम्रो नभएको मैले सुनेको छु । साहित्यमा लागेका मान्छेहरूको पनि सम्बन्ध बिग्रिएको मैले देखेको छु । यस्तो किन हुन्छ ? सायद भोग्नेहरूलाई सबै थाहा होला । मैले त विवाह नै बूढो भएपछि गरेँ तर हामी श्रीमान् र श्रीमतीमा कहिल्यै पनि नराम्रो भएको थाहा छैन । आपूm राम्रो सोचको भयो भने अरुले पनि त्यही राम्रो सोच राख्छन् । मनदेखि नै सकारात्मक भावना हुने हो भने सम्बन्ध दिगो हुन्छ । लेखन एउटा तर घरमा र घरका मान्छेसँग चाहिँ फरक व्यवहार भयो भने त्यहाँ समस्या उत्पन्न हुन्छ । मान्छेले आपूmलाई जब बिर्सिन्छन् तब सम्बन्धको अर्थ पनि बिर्सिन्छन् । मेरो जीवनमा श्रीमतीको आगमन भएपछि लेखनमा मैले कहिल्यै बन्दी भएको महसुस गर्नु नै परेन । मान्छेहरू भन्छन्— ‘बिहेपछि लेखन ठप्प भयो यार । घरायसी व्यवहारले म त बन्दी भएँ । अब लेख्न सक्दिनँ, कतै हिँडडुल गर्न सक्दिनँ ।’ मेरो हकमा यस्तो कहिल्यै भएन र हुँदैन पनि । घरको वातावरण त आपूmले पोे बनाउने हो त । वैवाहिक जीवनको कुरामा भने म भाग्यमानी छु । मैले के लेख्छु भनेर मेरी श्रीमतीले विचार गर्छिन् । कोही कसैको बानी घरमा आएका श्रीमान्का साथीभाइलाई सम्मान नगर्ने हुन्छ । तर मैले मेरी श्रीमतीमा यस्तो कहिल्यै देखेको छुइनँ । घरमा आएका मेरा साहित्यिक मित्रहरूलाई सधैँ हाँसेर स्वागत गर्छिन् । चिया, खाजा दिनका लागि उनले कहिल्यै झन्झट मानिनन् । श्रीमतीको प्रशंसा गरेको होइन मैले यथार्थ बोलेको हुँ । वास्तवमा म बिहे गरेपछि झनै स्वतन्त्र भएको छु । एक पटक टेलिभिजनको अन्तर्वार्तामा सञ्चारकर्मी नरेश भट्टराईले सोधेका थिए— ‘भाउजूको यादमा अथवा भाउजूलाई हेरेर कति रचना गर्नु भयो ?’ मैले हाँसेर उत्तर दिएको थिएँ— ‘मेरी मिसेसलाई हेरेर तिमी आहा क्या राम्री छौ, तिमी यस्ती राम्री, उस्ती राम्री छौ भन्दै गीत, कविता र मुक्तक मैले लेखेको छैन । अझै भनौँ न, मेरी मिसेसको प्रशंसा गर्दै लेख्ने चेष्टा नै गरिनँ । हुन त मान्छेले यसरी पनि आफ्ना सिर्जना त गर्छन् । रूप, शरीरको प्रशंसा गरेर कविता, गीत पनि लेख्छन् । मैले त्यसरी लेखेँ भने त्यो मेरो मात्र कुण्ठा होला, अरूलाई मन नपर्न सक्छ । साहित्य भन्ने कुरा त लेखकले लेखेपछि पढ्ने पाठकले पनि त्यहाँ आपूmलाई पाउन सकून् भन्ने मेरो अभिमत हुन्छ । आफ्नी मिसेसको प्रशंसा र माया त मनमा नै भइहाल्छ नि । म कल्पनाको शक्तिलाई यथार्थसँग ढाल्न चाहन्छु । मिसेसलाई पनि मेरो कल्पनाशक्ति नै मन पर्छ । उनको चाहना पनि मेरो श्रीमानले आफ्ना साहित्यिक रचनामा मेरो बारेमा लेखिदिनुहोस् भन्ने नै छैन ।’ मेरी मिसेसलाई पनि मसँगै राखेर गरेको अन्तर्वार्तामा नरेशले मेरो कल्पनाशक्तिको तारिफ गर्दैमेरी मिसेससँग प्रश्न साधेका थिए यसरी — ‘भाउजू, रत्न दाइ कवितामा हार्ड, गीतमा एकदमै सफ्ट हुनुहुन्छ तर तपाईँसँग चाहिँ कस्तो हुनुहुन्छ ? यति ठूलो साहित्यकर्मीको जीवन चाहिँ कस्तो छ ?’ मेरी मिसेसले पनि हाँसेर यसरी उत्तर दिएकी थिइन्—‘उहाँ लेखनमै व्यस्त रहनु हुन्छ । घर मैले चलाएकी छु । उहाँको लेखनमा मैले कहिल्यै पनि बाधा गरेकी छुइनँ । मलाई थाहा छ उहाँ लेख्नकै लागि जन्मिनु भएको हो । उहाँको परिचय पनि लेखनमै छ । उहाँले लेखेका गीत, कविता एवम् मुक्तहरू मलाई सुनाउनुहुन्छ । मलाई पनि सुनेर आनन्द लाग्छ । उहाँ एउटै शब्दका लागि धेरै समय घोटिइरहनु हुन्छ । चार, पाँच वटा डाइरी अगाडि हुन्छन्, तिनैमा घोत्लिइरहनु हुन्छ । यहाँनेर मिलेन, त्यहाँनेर मिलेन भनेर एकोहोरो रूपमा लागेको देखेर मलाई यो साहित्यमा कलम चलाउन कठिन हुँदो रहेछ भन्ने लाग्छ । उहाँका रोमाण्टिक गीतहरू मलाई ज्यादै मनपर्छ । म कहिलेकाहीँ उहाँलाई प्रश्न पनि सेध्ने गर्छु—‘तपाईँले यति राम्राराम्रा रोमाण्टिक गीत लेख्नु भएको छ । म तपाईँको जीवनमा आउनु भन्दा पहिले तपाईँको कुनै केटीहरूसँग सम्बन्ध चाहिँ थिएन ?’ उहाँ हाँस्दै भन्नु हुन्छ— ‘हत्केलामा गीत लेखिदिनू भनेर आउनेहरू त कति थिए कति । तर म लभ गर्दै हिँडिनँ ।’ वास्तवमा उहाँले भने अनुसार उहाँलाई प्रेमप्रस्ताव राख्ने केटीहरू धेरै थिए रे । तर उहाँको बानी नै फरक खालको छ । केटीहरू घुमाउँदै समय काट्ने उहाँसँग फुर्सद नै भएन । केटीहरूले पठाएका प्रेमप्रस्ताव उहाँका लागि महत्त्वको विषय नै भएनन् । फेरि उहाँको स्वभाव कडा खालको छ । बिहे भएको यत्रो वर्ष भइसक्दा पनि यस्ता केटीहरूको विषयमा मैले कुनै शङ्का गर्नै परेन । साँच्चै भन्नु पर्दा उहाँको चरित्रमा प्रश्न गर्ने ठाउँ छैन । उहाँ चोखो मान्छे हुनुहुन्छ उहाँकै गीतजस्तै । लेखन उहाँको आत्मसन्तुष्टि हो, चित्त बुझाउने ठाउँ पनि हो । उहाँलाई परिवार र साहित्यमा एउटा रोज्नु प¥यो भने कुन रोज्नु हुन्छ भनेर प्रश्न सोध्ने हो भने उहाँले परिवार होइन साहित्य नै रोज्नु हुन्छ किनभने साहित्यको क्षेत्रमा उहाँले धेरै कुरा भोगिसक्नु भएको छ र लेखिसक्नु भएको छ । दुनियाँले रत्नशमशेर थापा भनेर चिन्छन् । यो परिचय स्थापित गर्नका लागि सानोतिनो मेहेनतले त काम गर्दैन । उहाँको चर्चा, नाम अनि जुन ख्याति छ त्यो कुरा नै मेरो लागि सन्तुष्टिको कुरा हो । उहाँका साथीहरू सबै पियक्कड हुनुहुन्थ्यो रे । भूपी शेरचन र नारायणगोपालको बारेमा उहाँले सधैँ कुरा गर्नु हुन्छ । उहाँले भनेको सुन्दा त म छक्क पर्छु । भूपी शेरचन र नारायणगोपालसँगै हिँड्दा, बस्दा उहाँले कहिल्यै पिउनु भएनछ । उहाँले यो रक्सी भन्ने कुरा पिउन सिक्नु नै भएन । उहाँको राम्रो बानी भनेको हरेक कुरालाई मनले नै कन्ट्रोल गर्न सक्नु हुन्छ । यदि कन्ट्रोल नगर्ने हो भने त्यो अल्लारे बेलामा साथीहरूको लहैलहैमा लागेर जाँड रक्सी पिउनु पर्ने हो नि तर उहाँ गर्न नहुने र खान नहुने कुराबाट टाढै रहनु हुन्छ । यो कुरामा म एकदमै भाग्यमानी छु । चुरोट चाहिँ पिउने उहाँको आदत छ । तर, खास चुरोटले उहाँलाई असर गरेको छैन । जाँड रक्सी नखाएकै कारण उहाँ आजसम्म पनि निरोगी जीवन बाँचिरहनु भएको छ । उहाँ घुम्न जान भन्दा पनि घरैमा बसेर पढ्न र लेख्न रुचाउनु हुन्छ । उहाँको चाहना र इच्छा विपरीत गएर म घुम्न जाऔँ पनि भन्दिनँ । कसैको भोज एवम् निम्तो मान्न चाहिँ हामी जान्छौँ । उहाँ आस्तिक हुनुन्छ, धर्मकर्म पनि गर्नुहुन्छ तर हरेक दिन मन्दिर जाने, धर्मकर्मका नाममा तडकभडक उहाँ कहिल्यै गर्न चाहनु हुन्न । धर्मकर्म भनेको पवित्र मनले पो गनु पर्छ त भन्ने उहाँको विचार छ ।‘ हो म यस्तै समयको बाटो हिँडिरहेको छु । हरेक बिहान उदाएको घाम हेर्दा बढ्ने खुसीको क्षेत्रफल घाम अस्ताउँदा, डरले खुम्चिन थालेको छ अचेल । (थापाको प्रकाशोन्मुख संस्मरण “घुम्तीमा नआऊ है” बाट) #रत्नशमशेर थापा मानव हुँ कसरी भनौँ ?: यो समाजमा विभिन्न कारणले मानव कहलिएको छु मानवरुपी परिचय नै मैले दिएको छु तर पनि यो स्वार्थी संसारमा मानव हुँ भन्न खोज्दा शब्द नै ओठबाट टाढा भाग्छ त्यसैले त आज म मानव हुँ भन्न डर लाग्छ । यो जीवनमा एक मुठ्ठी सास कहिले सम्म थाहा छैन कसैलाई हरेक पल काट्ने प्रयत्न स्वार्थमै ध्यान छ सबैलाई रोजेर हिँड्छन् अनेकौ पाइलाहरू मिल्दछ जहाँ धन कहिले बलात्कार कहिले के अरुलाई मारी लुटी रमाउँछ यिनका मन भन यस्तो अवस्थामा मानव हुँ भनेर भनम् म कसरी ? स्वार्थमै जीवन कटाउने जनातमा भनम् मानव हुँ कसरी ? स्वच्छ सफा पवित्र यी आत्मामा केवल स्वार्थ खराबको राज भएको छ धर्म छाडी केवल अधर्मीको यत्रचत्र बास भएको छ स्वार्थीको लागि हराभरा जीवन त दीन दुखीलाई केवल लास भएको छ निस्वार्थ साचो सत्य सबै आज छलकपटको दास भएको छ । वचन लगाई सधै दुःख अरूलाई दिन्छन् सोच्दैनन् मन चित्त दुखाउँछ कस्तो रीत यो सृष्टिको धर्मी, सत्यता, निस्वार्थीलाई मारी झुटा अधर्मीलाई सँधै लुकाउँछ जन्मदेखि मरणसम्म देख्ने यो संसार चल्न प्रकृतिले सिकाउँछ सहयोगीभन्दा मान्छे आज छलकपट पीडा कष्ट अनि दुखाई दिन रुचाउँछ यस्तो व्यवहारबीच म मानव हुँ कसरी भनौँ ? मानवता नै हराएको देश भेषमा कसरी पहिचान गराउँ ? मानव त हुँ तर जिउदो लास जस्तै छु । भाला, हातहतियार साथ हिँड्छन् बोकेर जहिल्यै पनि यो स्वार्थी भावनामा टाढा छैनन् मानव कहिल्यै पनि दोषी मजाले बच्छन् निर्दोषीलाई यो दोष खास भएको छ कुनै पल पाउला न्याय मैले भन्दै बस्ने आश भएको छ । असत्यलाई हाई हाई अनि सत्यताको नास भएको छ तर पनि खै यो ज्यान के ले बनेको छ कुन्नी सबै सहेको छ रोगले गलेझैँ मन मुटु तन सबै वेदनाको पोको भएको छ स्वार्थीको जमातमा आज न्याय नपाउने जस्तै भएको छ त्यसैले त दिनानुदिन झन् झन् अपराध बढेको छ स्वार्थले भरपुर्ण संसारमा कसरी हुँ भनम् म मानव ? भन त कसरी भनम् म ? म कयौं पटक आफैलाइ प्रश्न गर्छु के म साँच्चै मानव जस्तो छु त ? यो संसारमा त मानवता हराइसकेको छ कसरी म गर्व गरौँ मानव जस्तो छु त ? चेत भएर नि अचेत भई निर्मम हत्या गर्छन्, कुट्छन् शारीरिक सुखका लागी आफ्नै छोरीको ईज्जत लुट्छन् यहा नाम, रुपको मानव छन् तर मानवता छैन त्यसैले मलाई मानव हुँ भन्न आफैँमा घिन लाग्छ मानवता नै नभएको सहरमा भनम् त भनम् कसरी मानव आफैँले ? #जीवन पाण्डे #मानव हुँ कसरी भनौँ ? उज्जवलको गजल: आउँछ मुस्कान गुलाबी ओठमा हजुर अब केही त, नयाँ सुखद समाचार बनेर । कुराउनुको नि सीमा हुन्थ्यो होला नि बस्नु पर्यो हजुर, निरीह बिमार बनेर । बानी तिम्रो शेर बन्ने रै छ थाहा भो मै सोझो नै परे, किन तिम्रै शिकार बनेर । बाहाना तिम्रो जो थियो ठीकै थियो मै किन एकोहोरो, बसे हजुर लाचार बनेर । फूल हाँसेको हेर्ने मान्छे पनि किन अब हाँगै काट्छ हजुर, खै किन अत्याचार बनेर । हराउँछु तिम्रो यादमा नै भन्नेको पनि देखियो हजुर, रेट्न आउँछन् तरबार बनेर । #उज्जवल बस्नेत “ह्रदय“ #उज्जवलको गजल देश: वषौँदेखी अर्काको खेतको आली धस्दै आएको विरेलाई मालिकको खेतको सिमाना थाहा छ जी हजुरी र मर्यादाको सिमाना थाहा छ भोक र उत्पीडनको सिमाना थाहा छ गरिबी र मजबुरीको सिमाना पनि थाहा छ । तर, अफसोच् उसलाई देशको सिमाना थाहा छैन आफ्नो भन्ने केही छैन, राष्टृयताको सिमाना थाहा छैन भूगोल जान्दैन ऊ, अहँ ! कूटनीतिको सिमाना थाहा छैन । इतिहास पढेको छैन, समयको सिमाना थाहा छैन दुई गाँस खान पाइने लोभमा मात्रै भोट हालेको हो अहँ ! राजनीतिको सिमाना थाहा छैन । उसका लागि जम्मै भूगोल त्यही मालिकको खेत जति मात्रै हो । जम्मै इतिहास भोककै पीरले आफ्नी स्वास्नी अर्कैसँग पोइल गाको विगत जति मात्रै हो । जम्मै राजनीति पेटको भोक शान्त पार्न गर्नुपर्ने श्रमको पराकाष्ठा जति मात्रै हो । आज बिहान मालिकको घरको रेडियोमा सुनेको हो देशको सिमानाका कुरा । राष्ट्रयता र इतिहासका कुरा लिम्पियाधुरा, लिपुलेक र कालापानीका कुरा नेपालको नयाँ नक्शाका कुरा,नेपाली स्वाभिमानका कुरा यी सप्पै सप्पै कुरा सुनेर उसलाई पनि बुझ्न मन लाग्दो हो वर्षौँबाट जोतेको खेत आफ्नो भएन त्यो लिम्पियाधुरा,लिपुलेक र कालापानी कसको हुदो हो?? आफ्नो देशभित्रै आफू आफू भैएन त्यो राष्टृयता कस्तो हँदो हो? सम्पतिको नाममा त्यही एउटा हस्तलिखित नागरिकता बाहेक केही रहेन, त्यो स्वाभिमान कस्तो हुँदो हो ? अनि, भोको पेटले कहिल्यै सपना देख्न सकिएन साँच्चै त्यो अघाएपछि देखिने सपनाको रङ कस्तो हुँदो हो ? #देश #प्रदिप खतिवडा यो मन “इरी” मै बहकियो: आज फेरि छालसंगै खेलियो “इरी” हुँदैकोशी, बाग्मतीमा मन यो बहकियो पानीसँगै माया मुटुभरि छछल्कियो । खै किन हो किन पानीमा नै मन बहकियो परपरसम्म आँखाले भ्याएसम्म पानी नै हेरौँ लाग्यो त्यो नि लोवाकालो जे होस शान्त वा उर्लदो भेल वा छाल खै कि नहो त्यसै त्यसै मन पर्यो पानीमा नै मन बहकियो माछा र हाँस सँगै खेल्दै पुरै यौवन भिजाउँदै जिस्कदै, नाच्दै पानीमा दगुर्ने मन गर्यो सेता खैरा झुण्ड झुण्डमा उड्ने पानी चरीमै मन उडिगयो स–साना बालबालिका हुँदै नव युवा भई पानीमै रम्ने मन गर्यो यो मन “इरी” मै बहकियो । चिसो चिसो उत्तरी हावासँगै म मस्त पानीमा पानीको लहर हेर्दै । यो मन लहरियो त्यसै त्यसै खै कताकता यो मन काउकुतियों यो मन “इरी” मै बहकियो । #यो मन “इरी” मै बहकियो #सुरेन्द्रराज भण्डारी क्वारेन्टाइन र देश: म अहिले क्वारेन्टानमा छु र परीक्षा दिएको छु जीवनको थाहा छैन, कहिले आउाछ रिजल्ट मृत्युपछि आउछ की मृत्युअघि यस्तो पनि लाग्छ कहिलेकाही म रिजल्टका लागि मृत्यु कुरिरहेको छु । यो क्वारेन्टाइन हो यहाँ जोड जोडले खास्नु हँुदैन दुखे पनि दुख्यो भन्नु हुँदैन रोए पनि चिच्याएर रुनु हुँदैन यहाँ हरेक समय दाऊमा राख्नुपर्छ आफ्नो इज्जत झिमिक्क निदायो भने मात्र हुने छ जीवन ध्वस्त त्यसैले निदाए जस्तै मात्र गर्नुपर्छ तर निदाउँनु हुँदैन यो क्वारेन्टाइन हो यहाँ भोक लाग्यो भन्न मिल्दैन तिर्खा लाग्यो भन्न हुदैन दिसा पिसाब लाग्यो केही भन्न हुँदैन यहाँको नियम भावनाले चल्दैन यहाँको मन मुटुले चल्दैन केवल लठ्ठीले चल्छ यहाँको शासन सिमानाको पर्खाल भन्दा अग्लो छ कोरोना पर्खाल त्यही पर्खालभित्र खुम्चिएको यो मन । यहाँको प्रत्येक छाक भातमा कमिसन मिसिएर आउँछ र हामी केही छाक भात खान्छौ केही छाक कमिसन खान्छौ क्यारेन्टाइनको यात्रा लामो छ जीवन देखी चिहानसम्म र यो लामो यात्रामा नबिराइकन र नथाकिकन लगातार हिँडिरहन्छ भ्रष्टाचारको पाइला सँगसँगै यहाँ हरेक रात जीवनको मोलमोलाई हुन्छ र हामी केही रात जीवन सुत्छौ केही रात मृत्यु सुत्छौ । मलाई थाहा छ म जति कहरमा बाँचेको छु त्यो भन्दा सयौ गुणा ठूलो कहरमा बाँचेको छ मेरो घर फरक यत्ति हो कि म अहिले क्वारेन्टाइनमा छु मेरो घर भोक भोकै लकडाउनमा बसेको छ । म सोचिरहन्छु क्वारेन्टाइन यस्तो भएर देश यस्तो भएको हो कि देश यस्तो भएर क्यारेन्टाइन यस्तो भएको हो तर जे पनि देशको अनुहार र क्वारेन्टाइनको अनुहार उस्तै उस्तै लाग्छ मलाई । #क्वारेन्टाइन र देश #चन्द्र जी.एम ५० हजारभन्दा बढी चित्र कोर्ने दीपकका उत्कृष्ट म्यानुअल: दीपक गाैतम तपाईंले पढ्ने गरेको कान्तिपुर दैनिकमा हरेक दिन कम्तिमा दुई–तीन वटा चित्र राख्ने गरिएको कुरा याद गर्नुभएको छ ? कुनै समाचारमा चित्र, कुनै समाचारमा कार्टुन र कुनैमा मुहारचित्रहरु… । भोजपुर दिङ्लाका दीपक गौतमले १६ वर्षको अवधिमा मात्र कान्तिपुरका लागि ५० हजार चित्र कोरिसकेका छन् । २०६१ सालदेखि कान्तिपुरमा इलुस्टे«टर र कार्टुनिस्टका रुपमा प्रवेश गरेका दीपकले कान्तिपुरका विचार पृष्ठ, कोसेली र बालकोसेलीका लागि चित्र र कार्टुनहरु बनाउने गर्छन् । उनको दाबीलाई पत्याउने हो भने उनका हातबाट ७५ हजार जति चित्र र कार्टुन बनिसकेका छन् । त्यसमा ५० वटाभन्दा बढी बालबालिकाका पुस्तकहरुमा पनि उनले चित्रहरु कोरिसकेका छन्। ‘ती मेरा व्यावसायिक काम हुन्,’ दीपकले साहित्यपोस्टसँग भने, ‘खासमा एउटा कलाकारको काम भने उसले गरेका म्यानुअल चित्रहरुमा देखिन्छन् ।’ यसपटक लकडाउनका बेला उनले धेरै समय घरमै बसेर काम गरे । अफिसमा कामका चाप नभएका कारण उनले लकडाउनका अवधिमा सुन्दर चित्रहरु कोरेका छन् । यिनै चित्र पठाउँदै दीपकले भनेका छन्, ‘एउटा कलाकारले वास्तविक सन्तुष्टि यस्ता चित्रहरुबाट प्राप्त गर्छन् । मलाई पनि यी चित्रहरुले बढी सन्तुष्टि दिएका छन् ।’ #दीपक गाैतम 'मौन क्रन्दन'को अनलाइन विमोचन: काठमाडौँ/डा. सावित्री श्रेष्ठको कथा संग्रह “मौन क्रन्दन”को अनलाइन विमोचन आज शनिबार सम्पन्न भयो। तीन दशकदेखि नेपाली साहित्य क्षेत्रमा संलग्न डा. श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाकी सम्पादकसमेत हुन्। विशेषगरी महिला अधिकार र महिला तथा सिमान्तकृत वर्गको आर्थिक उत्थानका विषयवस्तुमा रहेर कलम चलाउँदै आएकी श्रेष्ठले कोविद १९ द्वारा सिर्जित विशेष परिस्थितिलाई मध्यनजर गरी अनलाइन विमोचन गरिएको हो। विमोचनमा साहित्यकार कृष्ण बजगाईं, पद्मावती सिंह, वासुदेव अधिकारी, अश्विनी कोइराला, तथा डा. लेखप्रसाद निरौलाले कथावस्तुको विश्लेषण गरेका थिए। यस बाहेक कार्यक्रममा विभिन्न साहित्यकार, साहित्य पारखी, बुद्धिजीवी, प्राध्यापकहरुको समेत सहभागिता थियो। कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादक प्रा. सिद्घिश्वर मान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन पुस्कतको कभर डिजाइनर सञ्चार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले गरेकी थिइन्। अनलाइनमा जुममार्फत कार्यक्रम सम्पन्न भएको थियो। #डा. सावित्री श्रेष्ठ #माैन क्रन्दन विषालु बतास: लकडाउनको नाममा बनाएर घरमै कैदी चराजस्तो उडान भर्ने मनलाई अड्याउन हम्मे हुँँदै गर्दा . सूर्यले शतिm प्रदशर्न गर्दै ओकलेर आगो सल्काउँदैछ घरको धूरी, छत . उस्तै धोकेवाज निस्कियो बतास पनि तातो तिरले भेदन गर्दैछ शीरमै . यो माक्स बतासकै मुखमा लगाइ दिन पाए कसरी डुल्थ्यो होला परजिवी अनाहकमा मान्छेको गला दबाउँदै यी पञ्जा बतासकै हातमा लगाइदिन पाए कसरी छुन्थ्यो होला मान्छेको फोक्सो . गाइ गोठ जस्ता आइसुलेसन र आइसीयु, भेन्टिलेटरमा यो छद्मभेषी बतासलाई राखिदिएर फरार हुन पाए मान्छे मृत्युको शोकधुन रेटी हिँड्दैन थियो होला समय .। #ईश्वरी कार्की वर्षा #विषालु बतास सिक्किमेली शिव र पटियाला पेग: शिव प्रधानको नामसँग हल्का परिचय भए पनि, उनका रचनासँग परिचय भए पनि उनीसँग सम्पर्क भने थिएन । उनको बारेमा अरु क्यै थाहा थिएन, सिक्केमेली साहित्यकार हुन् भन्ने बाहेक । अविनाश श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत थिए र त्यो समय उनले असम र काठमाडौंबीच पुलको काम गरिरहेका थिए । नेपाली साहित्य परिषद असमसँग सम्बध्द थिए र सो परिषदको मुखपत्र र उताका साहित्यकारका कृतिहरु मात्र होइन, नेपालका साहित्यकारका साहित्यिक कृतिहरु पनि उनले त्यस समयमा सो संस्थाबाट प्रकाशित गराएका थिए । यसै सिलसिलामा मुद्रणकार्यका लागि उनी वनारस गइरहन्थे र त्यहाँ स्वभावतः मुद्रण कार्यका लागि जाने नेपालीहरुसँग उनको भेटघाट र बसउठ हुनु स्वाभाविकै थियो । एकपल्ट वनारसबाट फर्केपछि उनले भने, “गिरीजी, तपाईं त समालोचना पनि लेख्नुहुन्छ, यौटा समालोचना दिनुस् न, सिक्किमका शिव प्रधानले बृहत् समालोचना निकाल्दैछन् । उनले मसँग पनि सहयोग मागेका छन् समालोचनाहरु संकलनका लागि !” तर के कसो भएर हो, मैले समालोचना दिन सकिंनँ, त्यत्तिकै भयो । अचानक एक दिन थाहा भो शिव प्रधान काठमाडौं आएका छन् । मैले थाहा पाउनेबित्तिकै सम्पर्क गरेँ । उनले खुशी भएर भोटे बहालमा उनी बसेको होटलको नाम ठेगाना बताउँदै भने, “जयदेव भट्टराई पनि आउँदैछन्, एकैपल्ट भेटौं त्यही समयमा ।” उनले दिएको दिन र समयमा म पुगें भोटे बहालको होटलमा । जयदेव पहिल्यै पुगिसकेका रहेछन् । म पुगेर अभिवादन गरिसकेपछि उनले भने, “भाइहरुलाई म चिया मगाउँछु है !” हामीले मुण्टो हल्लायौं । केहीबेरमा दुई गिलास चिया आयो अनि उनले भने, “मेरो त यस्तो चिया छ ।” यसो भनेर उनले त ह्विस्की गिलासमा हाले क्वार्टर साइजको बोतलबाट र चुस्की लगाउन थाले । साहित्यिक कुराकानी शुरु भयो । विशेष उनी जयदेवसँग कुराकानी गर्दै थिए । शायद पहिलेदेखि सम्पर्क थियो कि ! अनि केही बेरमा उनले सुटकेशबाट यौटा ढड्डु किताब निकालेर त्यसमा उपहार लेखेर जयदेवलाई दिए । त्यो किताब थियो, त्यही “बृहत् समालोचना”, जसमा प्रकाशनार्थ अविनाशले मलाई समालोचना दिनका लागि आग्रह गरेका थिए । त्यो किताब देखेपछि म आफू त्यो पुस्तकमा आफ्नै कारणले छुटेकोमा मनमनै चुकचुकाएँ र आशालाग्दो पाराले उनीतिर हेरेँ, कतै मलाई पनि यौटा त्यो “बृहत् समालोचना” को पुस्तक दिइहाल्छन् कि भनेर ! तर उनले सुटकेशमा हात घुसारेर पिंधतिरबाट यौटा पातलो पत्रिका जस्तो किताब निकालेर मलाई दिंदै भने, “ यो चाहिँ भाइलाई !” मेरो अनुहार खिस्रिक्क भयो । उनले मेरो हातबाट त्यो पुस्तक लिंदै भने, “भाइ, यो किताब त्यो भन्दा धेरै महत्त्वपूर्ण छ । यो नेपाली भाषाको आन्दोलनको किताब हो, यो कितावको अन्तमा केही हरफ कविता छन्, ती कविताका तिनै हरफहरु नै यो पुस्तकको मुटु हो । ल हेर्नु होस् ।” यति भनेर तिनले मलाई त्यो स्यानो पुस्तक हातमा दिए । मैले पुछारको पातो पल्टाएर हेरें । शिव प्रधानले त्यो किताबको मुटु भनेको ती कविताका हरफहरु मेरै कविताका हरफहरु रहेछन् । २०३६ सालको सडक कविता क्रान्तिमा पढेको र त्यतिबेलै कतै प्रकाशित कविताको अंश रहेछ । त्यो मेरो लागि अभूतपूर्व आश्चर्यपूर्ण सुखद् अनुभूतिको क्षण थियो । यसरी शिव प्रधानसँग मेरो पहिलो प्रत्यक्ष भेट र चिनाजानी अविष्मरणीय बन्न पुगेको थियो । दोस्रोपल्ट उनीसँग मेरो भेट होटल शंकरमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कथा दिवस र मैनाली कथा पुरस्कार वितरण समारोहमा भएको थियो । मैले आफ्नो कथा लेखनको २५ औं वर्षमा सो पुरस्कार पाएको थिएँ । सोही समारोहमा रमेश विकल तथा शिव प्रधानलाई सम्मान गरिएको थियो । हामीले एउटै मञ्चमा साथै बस्न पाएका थियौं । त्यसपछि उनीसँग एकैपल्ट सिक्किमको राजधानी गान्तोकमा भेट भयो, उनकै निवासमा । नकुल सिलवाल र मैले “नेपाल-भारत साहित्य संस्कृति अध्ययन-भ्रमण” गरेका थियौं । सो सिलसिलामा सिक्किम पुगेपछि हामी सोध्दै खोज्दै पुग्यौं उनको निवास । बिहानको समय थियो । सिक्किम साहित्य परिषदमा टीकाराम ढुंगेलको हातबाट चिया पिएर हामी त्यता लागेका थियौं । स्टेसनरी र पुस्तकको दोकान रहेछ तर कोही देखिएनन् पसलमा । “शिव दाइ ! शिव दाइ हुनुहुन्छ ?” मैले सोधेँ । “ को हो भाइ ? म पछाडि छु आउनुहोस् न !” उनको चिरपरिचित आवाज दोकान र पछाडिको कोठालाई छेक्न टाँगिएको पर्दाबाट आवाज आयो । हामी पछाडि गयौँ । पछाडिको कोठा एक प्रकारको गोदाम जस्तो रहेछ । पुस्तक र स्टेसनरीका सामानहरुको अनि पुस्तकको र्याकमा ह्विस्कीको फुल बोतलबाट यौटा गिलासमा हाल्दै रहेछन् । उनले हाँस्दै भने, “ए लौ भाइहरु पो आउनु भएछ ! ल भाइहरु पनि लिऊँ । म त यी पटियाला पेग लिँदैछु ।” यति भनेर उनले हामीलाई पनि पनि चियाको गिलासमा चिया हालेजस्तै गरेर ह्विस्की हालेर दिए । नकुलजी र म अकमक्क पर्दै एकअर्कालाई हेर्न थाल्यौं । “सिक्किममा ह्विस्की खानुपर्छ भाइ । यहाँ खूप सस्तो छ । सिक्किमेहरुले देश बेचेबापत सस्तो मोलमा रक्सी खाएर झुल्न सरकारले राम्रो व्यवस्था गरेको छ ।” हामीले संकोच मानेर लियौं । बिहान-बिहानैबिना सितन हामीलाई बडो मुस्किल भयो पटियाला पेग सक्न । यसै बीच साहित्यका कुरा पनि गर्न लाग्यौं । हामीले हाम्रो भ्रमणको उद्देश्यको बारेमा बतायौं । उनले भने, “भोलि त गान्तोकमा कोही पनि त भेटिन्न हो भाइ ! कश्यपजीको भोलि १३औं दिन । सारा मान्छे उनको निवासतिर लाग्छन् । सिएम (चिफ मिनिस्टर) पनि जान्छन् । अँ बरु भाइहरु पनि उतै जाऊँ । पुण्य र म जान गाडी लिएका छौं, तपाईंहरु पनि सँगै जाऊँ । सिएमसँग त्यहाँ भेट्न पनि सजिलो हुन्छ । पुण्यको राम्रो छ । उसले मिलाउँछ ।” र, भोलिपल्ट हामी चार जना लाग्यौं कश्यप निवास । त्यहाँ सिएम अर्थात् सिक्किमका मुख्यमन्त्री पवन चामलिङसँग पनि संक्षिप्त भेट भो र त्यसपछि त्यो दिनभरि, रात नपरुन्जेल हामीले कति ठाउँमा पस्यौं, तोङ्वादेखि पटियाला पेगसम्म, समोसादेखि सुकुटीसम्म के र कति खायौं, पियौं त्यसको कुनै लेखो नै भएन । शिव प्रधानसँगको त्यो दिनको सहयात्रा अविस्मरणीय भयो । काठमाडौंमा बगर फाउण्डेसन नेपालको तर्फबाट शिव प्रधानलाई बगरको वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको थियो । नेपाल-भारत साहित्य संस्कृति अध्ययन भ्रमणका सहयात्री मित्र नकुल सिलवालको अध्यक्षतामा रहेको बगर फाउण्डेसन नेपालमा म पनि जोडिएको थिएँ । उनलाई त्यसरी नेपालमा सम्मानित गर्न पाउँदा नकुलजी र म दुवैलाई सन्तोष लागेको थियो । साहित्य पेसा होइन लगाव हो । साहित्य भाषा प्रतिको प्रेम हो । संस्कृतिको जगेर्नाको जग हो । संसारभर फैलिएका नेपालीहरुले सिर्जना गर्ने साहित्य भनेको नेपाली साहित्यको अस्तित्वको जगेर्ना हो, भाषाको अस्तित्वको जगेर्ना हो, संस्कृतिको अस्तित्वको जगेर्ना हो । त्यसरी जगेर्ना गर्ने मध्यकै एक थिए शिव प्रधान । उनले आफ्नो जीवन नेपाली भाषा साहित्यका निम्ति अर्पित गरेका थिए । उनले नेपाली भाषामा लेखे, नेपाली पुस्तक सम्पादन गरे, नेपाली पुस्तक प्रकाशन गरे । अशेष मल्लले एमएमा लेखेको “तेस्रो आयाम” को थेसिसलाई उनले किताबको रुपमा प्रकाशन गरेका थिए । मैले जानेसम्म उनी नेपाली भाषाका पुजारी थिए, तर पटियाला पेग उनको रुचि र कमजोरी दुवै थियो । अहिले शिव प्रधान छैनन् तर उनले नेपाली भाषा साहित्यका लागि गरेको योगदानको इतिहास जीवित छ । उनले लेखेका कृतिहरुको इतिहास जीवित छ । अनि संगत गर्नेहरुको मनमा उनी अझै जीवित छन् । #गोविन्द गिरी प्रेरणा #साहित्य निर्माता #सिक्किम साहित्यकार अंगुरबाबा जोशी रहिनन्: प्रसिद्ध शिक्षाविद् तथा साहित्यकार अंगुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। १७ वर्षअघि घाँटीको क्यान्सर देखिएको उनलाई पछि पुनः स्तन क्यान्सर पनि भएको थियो। उनको न्युरो अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज दिउँसो निधन भएको जनाइएको छ। शिक्षाविद्को रुपमा समेत प्रसिद्ध जोशीका कल्पना (कथा संग्रह), डा. बलराम जोशी सम्झनाको सँगालो, मुक्ति मुक्तकमाला (सूक्तिहरू), के लेखूँ?, भाव तरङ्ग (कविता), क्यान्सरको वरदान (आत्मानुभाव), चिन्तन (लेख र अन्तरवार्ता संग्रह), क्रन्दन, सुख के, किन र कसरी (दर्शन), दीक्षा (सूक्तिहरू), अक्षर साधना र गोधूलि (आत्मकथा) प्रकाशित छन्। उनलाई २०७२ सालमा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार समेत प्रदान गरेको थियो। नेपालमा छात्रा शिक्षाको क्षेत्रमा उनको योगदान स्मरणीय मानिन्छ। उनकै अगुवाईमा काठमाडौँमा पद्मकन्या क्याम्पस स्थापनामा भएको थियो। गेरू रङको सारी पद्मकन्या क्याम्पसको ब्रान्ड बनाउने श्रेय पनि उनैलाई जान्छ। सन् १९३२ अगस्त १५ मा काठमाडौँ डिल्लीबजारमा जन्मिएकी उनले २००७ सालमा एसएलसी पास गरेकी थिइन्। ११ वर्षको उमेरमा बलराम जोशीसँग विवाह भए पनि उनले विवाहपछि पतिसँगै बनारसबाट राजनीतिशास्त्र र संस्कृतमा शास्त्रीसम्म अध्ययन गरेकी थिइन्। त्यसपछि उनले बेलायतबाट कानुन अध्ययन गरी पहिलो महिला अधिवक्ता बन्न सफल भएकी थिइन्। उनको खातामा पहिलो क्याम्पस प्रमुख बन्ने श्रेयसमेत सुरक्षित छ। उनका दुई छोरी प्रभा र ज्योति तथा एक छोरा किरणराज जोशी तथा बुहारी रूपा जोशी छन्। उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। #अंगुर बाबा जोशी #निधन बालुवाद्वारा चित्र बनाउने नेपालकै पहिलो चित्रकार: कसैले चितौनलाई नयाँ शब्दमा परिभाषित गर् भन्यो भने, –‘सिर्जनाको नदी’ भन्नेछु म । जो, नारायणघाटको छेउ भएर बगिरहने नारायणीझैँ गहिरो छ । यो न कहिले थाकेको छ, न कहिले सुकेको छ । बगिरहन्छ मात्र । अगर, भेगीय मूल्यांकन गर्नुपरे, देशलाई कला-साहित्यमा चितौनले ठूलो गुन लगाएको छ । धिपधिपे कुनै अँध्यारो कोठामा बलिरहेको टुकीजस्तो । कलाकर्ममा लागिरहेको मान्छे एउटा जो छ, यहीँ चितौनमा ध्यानमग्न बुद्धजस्तो । उसलाई देशले चिन्नु र नचिन्नुमा केही गुनासो छैन । बस् ! सिर्जनाकर्ममा लागिरहनुछ । जसरी चराले चुच्चोमा एउटा-एउटा कुनै मसिनो खर बोकेर गुँड बनाएजस्तो । उसले पनि दैनिक सिर्जनाको गुँड बनाउन भुर्र कहिले यता उड्छ, कहिले भुर्र उता उड्छ । र, कहाँकहाँबाट ससाना खरको टुक्रा थूँडको चुच्चोले च्याँप्छ र बनाउँछ मेहनतको गुँड । फुल पार्छ । बचेरा निस्काउँछ-हुर्काउँछ । फेरि गुँड बनाउन उडिरहन्छ, तलतल बगिरहेको नारायणी, नारायणी माथिमाथि पखेटाले बनाएर पुल । ** अँ, म अहिले चितौनका चित्रकार प्रकाश थापा को कुरा गर्दैछु— तीस वर्षभन्दा लामो अनुभव संगाल्नुभएका प्रकाश दाइसित यो क्षेत्रमा केही यस्ता अनुभूतिहरू छन् रे बिर्सिनै नसकिने । जस्तो कुनै प्रेमीले बिर्सिन सक्दैन आफ्नो प्रथम प्रेमिकालाई । त्यस्तै नबिर्सेको एउटा कुरा दाइकै मुखबाट, म तीनकक्षा पढ्दादेखि चित्रप्रति रूचि राख्दोर’छु भाइ ! कापीको पन्ना सकिएपछि घरका भित्तामा, दलानमा, आँगनछेउको छपनी ढुंगामा जता पायो उतै अंगारले चित्र बनाइरहन्थेँ । तर कुनै पन्चेको अनुहारमा मोसो दलेजस्तो घरै विरूप भएपछि बाआमा रिसाउनुसम्म रिसाउनु हुन्थ्यो । खुब गाली गर्नुहुन्थ्यो । पिट्नु चैँ हुन्थेन, सायद कान्छो छोरा भएर माया धेरै लाग्दो हो, कुन्नी ! ( भित्र स्मृतिको तख्तामा धुलैधुलोले पुरिएको धेरै पुरानु कुरा टक्टकाउँदै हाँस्नुहुन्छ दाइ । हाहाहा ) पछि, सात कक्षा पढ्दै गर्दा जुनियर रेडक्रस सर्कलद्वारा आयोजित अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएपछि भने, दाइलाई चित्रको धङधङी नशा लाग्यो रे ! ** त्यसपछि दाइको संघर्ष शुरु भएछ– एसएलसी पास गरेपछि ललितकला क्याम्पस, काठमाडौँमा चित्रकला पढ्न पुगेँ, भाइ ! मैले ७ कक्षा पढ्दादेखिनै रंग-ब्रस चलाउन थालिसकेको थिएँ, स्केच मज्जाले कोर्ने भैसकेको थिएँ । क्याम्पसमा वर्षभरि एउटै काम दोहोर्याइरहँदा, हेरिसकेको कुनै पुरानु फिलिमजस्तो पुनः हेर्दा वाक्क लागेझैँ मलाई वाक्क पो लाग्यो र, क्याम्पसको पढाइलाई गोली हान्दिएँ अनि प्राइभेट पढ्न पोखरा हान्निएँ । ** पोखरामा आर्ट् सिक्न जाँदाको रमाइलो किस्सा — खासमा म पोखरा जानुको कारण, त्यहाँ केही नाम चलेका स्थापित आर्टिष्टहरू हुनुहुन्थ्यो । म उहाँहरूसित संगत गर्न चाहन्थेँ । दुर्गा बराल सरसँग वाटर कलर सिक्न चाहन्थेँ, उहाँलाई भेटेँ पनि । तर बाराम्बार भेट्दा पनि उहाँले सिकाउने कुनै संकेत पाइनँ मैले । अन्त, निरास भएर भुर्तेल सर कहाँ गएँ । यसो कुरो बुझ्दा यी दुई बूढाहरूको शीतयुद्ध रहेछ जस्तो लाग्यो । कन्नो पछाडि एकार्काले अर्काको कुरा काटिहाल्ने । शत्रुको मित्र शत्रु नै हुन्छ भने झैँ, भुर्तेल सरले दुर्गासरको कुरा काट्दै केही ज्ञान दिनुभो मलाई । त्यतिले नपुगेर आलोक सरकोमा गएँ-त्यस्तै भयो । पछि बुझ्दै जाँदा म पोखरामा बसोस् भन्ने चाहना रहेनछ, कसैको । ** प्रायः आर्टिष्टहरू ईर्ष्यालु हुन्छन् । अरूको प्रशंसा गर्दैनन् — चित्र सिक्ने क्रममा धेरै थरीका मान्छेहरूलाई भेटेँ । कोही एकदमै मूडी । कोही एकदमै लाछी । कोही एकदमै आत्मप्रशंसक । अरूको राम्रो चित्रलाई राम्रो कहिले भन्दै नभन्ने । बरू खोट कहाँ छ भनेर खोजिरहने कुनै जमिनदारको हर्तालू मुन्सीजस्तो । हतोत्साहित गरिरहने । त्यही दिक्क भएर चितौन फर्केँ । फर्केपछि, यहाँको एक साप्ताहिक पत्रिकाको फ्रन्टपेजमा ‘प्रथा’ नामले कार्टून बनाउन थालेँ । चित्रहरू ग्यालरीमा दिने र विदेशतिर चित्रहरू पठाउन थालेँ । राम्रै थियो तर त्यसताका माओवादीको द्वन्द्वकालमा व्यवसाय शिथिल भएपछि विदेशतिर लागेँ र दुई वर्षपछि फर्केँ । हो, तिमीले भनेझैँ बालुवाको चित्र नेपालमा बनाउने प्रथम चित्रकारमै हुनुपर्छ । यो प्रयोगात्मक कला हो । खाडीमा साढे तीन वर्ष बस्दा बालुवाको प्रयोग त्यहीँबाट शुरु गरेको हुँ । त्यहाँ काम गर्दा जसले मेरो बालुवाको काम देखे, उनीहरुबाट पाएको हौसलाले यसलाई निरन्तरता दिएँ । नेपालमा पछि आएर २०७१ सालमा ३४ जना स्थानीय कविहरुको मुहारचित्र बालुवाबाटै तयार गरेँ । र, एक्जिविसन गरेँ । जसलाई मूलधारका मिडियाहरूले राम्रै प्रमोट गरिदिए । ** पुरस्कारको कुरा गर्दा — ओहो ! भाइ, त्यो अहोभाग्य पाउनलाई चाकरी र झन्डाको राजनीति गर्नुपर्छ, जो मैले गरिनँ । जति पुरस्कार पाएको छु, प्रतियोगितामा जितेर पाएको छु । ** भन्नुपर्ने केही दुई कुरा दाइ ? चित्रकार बाँच्नका लागि चित्र बिक्री हुनुपर्छ । अहिले नेपाल देश गरिब बनाएरै भए पनि जनता धनी भएका छन् । ५० लाख घटीमा एउटा घर बन्दैन त्यसमा कम्तिमा एउटा चित्र राख्ने चेतना विकास भए, हामीलाई नभए पनि हामी पछिका चित्रकारलाई सजिलो हुन्थ्यो कि भन्ने लाग्छ । **** केही पुरस्कारहरू — * प्रथम – अन्तर विद्यालय चित्रकला पोष्टर प्रतियोगिता । २०४१ (जुनियर रेडक्रस सर्कल ) * प्रथम — अन्तर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता । — २०४८ । ( रेयुकाइ संघ, नेपाल । ) * प्रथम — चितवन महोत्सव — २०६९ एक्जिविसन– एकल एक्जिविसन आठौँ पटक । सामूहिक धेरै पटक । जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी । #जीवित खड्का मगर #प्रकाश थापा साउन १५ सम्म प्रतियोगिताको म्याद थपियो: महाकाली नदीको उद्गम भूमि लिम्पियाधुरासहितको ३ सय ३५ वर्ग किलोमिटर नेपालको नक्सामा पहिलो पटक समेटिएको छ । जेठ ५ गते नेपाल सरकारले आधिकारिक रुपमा यसको निर्णय गरेको हो । सीमा क्षेत्रमा वर्षौंदेखि थिचोमिचो सहेका नागरिकका विषयमा दर्जनौँ पुस्तक लेखिएका छन् । सयौँ लेख लेखिएका छन् र हजारौं जनताले दुःख सहेका छन् । यसका कथाहरु अनगिन्ती छन्, जसलाई संकलन गर्न सकिएको छैन । वषौँदैखि मिचिएको भूमि नक्सामा समेटिनु भने स्वागतयोग्य कुरा हो तर यसलाई प्राप्त गर्न राजनैतिक र कूटनीतिक दुई खाले गम्भीर तत्परताको खाँचो छ । यसका लागि सबै नेपाली एकजुट हुनु अहिलेको आवश्यकता हो । एकजुट हुने हो भने मिचिएको भूमि प्राप्त गर्न गाह्रो छैन । किनभने सम्पूर्ण ऐतिहासिक दस्तावेजहरु नेपालका पक्षमा छन् । केवल नेतृत्वले खुट्टा कमाएका कारण यो मुद्दा पछाडि धकेलिएको मात्र हो । केहीलाई लाग्न सक्छ, भारतसँग हामीले किन निहुँ खोज्ने ? हामीले निहुँ खोजेका होइनौँ, आफ्नो अधिकार मागेका हौँ । हजारौँ नेपालीहरुले गोर्खा रेजिमेन्टभित्रको अङ्ग भएर भारतका लागि लडाईँ लडेका छन् । अंग्रेजका लागि हजारौँ र स्वतन्त्र भारतका लागि पनि सयौंले ज्यान दिएका छन् । आज आफ्नो हक माग्दा ऊसँग दुश्मनी गरेको कसैगरी पनि ठहर्दैन । बरु चुप लागेर बस्नु हाम्रो निरीहता झल्कन्छ । यसका लागि सबैले आ–आफ्नो पक्षबाट काम गरिरहेका छन् । हामी लेखक–कविहरुले अक्षरबाट हाम्रो लडाईंलाई जारी राख्नेछौँ । यो लडाईं यतिबेला अझ बढी आवश्यक र मुखर चाहिएको छ । यसका लागि साहित्यपोस्ट र शिखा बुक्स पब्लिकेसन्सबीच एउटा निबन्ध संग्रह प्रकाशन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली वीरता, सौर्य र स्वतन्त्रताका विषयमा लेखिएका २० वटा निबन्धहरुको कृति २०७७ सालको बडा दसैंको अवसर पारेर प्रकाशन हुनेछ । यी निबन्धहरुमा सीमा अतिक्रमण, सिमानाका जनताले पाएको दुःख, नेपाली नेताहरुको निरीहपन, गोर्खा सैनिकको वीरता, ऐतिहासिक तथ्य र त्यसको विश्लेषण, ठूला देशले साना देशलाई गर्ने व्यवहारहरु, शक्ति र सत्ताको बलमा तथ्यहरुको ठाकछोप गर्ने प्रवृत्ति, छिमेकी राष्ट्रहरुले बेलाबेलामा छर्ने भ्रमहरु, विदेशमा भइरहेको सीमा विवाद र त्यसबाट पार पाएका ऐतिहासिक अनुभव आदि विषयमा लेखक–कविहरुका आलेख, निबन्ध, अनुभूतिहरु समेटिनेछन् । यस अभियानमा सबै लेखकहरुको सक्रिय सहभागिताको आशा राखिएको छ । यसमा देशका प्रतिष्ठित निबन्धकारहरुका रचना त समेटिने छन् नै, पाठकहरुबाट आएका रचनाहरु पनि सहभागी गराइने छन् । यसका लागि हामीले केही नियमहरु बनाएका छौँः १) यो अभियानमा सहभागी हुन पठाइने निबन्ध २ हजार ५ सय शब्दभन्दा लामो बनाउन पाइने छैन । २) प्राप्त निबन्ध निम्नलिखित विषयमध्ये एकमा केन्द्रित हुनुपर्नेछः क) नेपाली सीमाका पीडा ख) अतिक्रमित नेपाली भूमिका ऐतिहासिक दस्तावेज ग) नेपाल एकीकरणका लागि नेपाली सेनाले देखाएको कौसल र युद्धरणनीति घ) अंग्रेज र भारतीय सेनामा गोर्खाली सेनाले देखाएको बहादुरी र पीडाका गाथाहरु ङ) छिमेकीको होचो अर्घेलो च) नेपाली नेताको निरीहपना छ) दासता नभोगेको देश नेपाल ज) पदका लागि देशको बलिदान झ) भौगोलिक चेपले दिएको सौन्दर्य र कुरुपता ञ) सानो नेपालभित्र ठूलो भारत आदि । (यो शीर्षक होइन, केवल विषय हो ) ३) पुस्तकमा २० वटा निबन्ध समावेश गरिनेछ । लेखकले आत्मपरक वा वस्तुपरक जुनसुकै शैलीमा कलम चलाउन स्वतन्त्र हुनेछन् । दुवै थरिका निबन्धमा तथ्य र कलाको मिश्रणको अपेक्षा भने गरिनेछ । ४) पुस्तक २०७७ सालको बडा दसैंको उपलक्ष्यमा शिखा पब्लिकेसन्सबाट प्रकाशन हुनेछ । ५) पुस्तकमा समावेश भएका निबन्धका प्रत्येक निबन्धकारहरुलाई आकर्षक पारिश्रमिक उपलब्ध गराइनेछ । ७) पुस्तकमा उत्कृष्टतम रचनाहरु मात्र प्रकाशन हुनेछन् । पुस्तकमा समावेश हुन नसकेका अन्य स्तरीय रचनाहरु भने क्रमशः साहित्यपोस्टमा प्रकाशन हुँदै जानेछन् । ८) पुस्तकलाई अडियो र इबुकमा पनि प्रकाशन र प्रशारण गरिनेछ । अडियो र इबुकको अधिकार साहित्यपोस्टमा रहनेछ भने छापा–पुस्तकको अधिकार शिखा बुक्समा रहनेछ । ९) पुस्तकका लागि भनेर पठाइएका रचना अन्य पत्रपत्रिकाहरुमा दिन पाइने छैन । १०) सङ्ग्रहमा बढी भन्दा बढी युवा पुस्ताका लेखकहरुको रचना परुन् भन्ने हाम्रो चाहना छ । यद्यपि देशका स्थापित लेखकहरुबाट आएका रचनाहरु पनि यसमा समेटिने छन् । पुराना पुस्तासँगै नयाँ पुस्ताको संलग्नताले राष्ट्रियताको साहित्यिक लडाईँ बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ । ११) साउन १५ गतेसम्म साहित्यपोस्टको इमेल sahityapost2020@gmail.com मा आएका रचनालाई मात्र यो प्रतियोगितामा समावेश गरिनेछ । विषयमा स्पष्टसँग ‘निबन्ध प्रतियोगिता’ उल्लेख गर्नुपर्नेछ । १२) पुस्तकका लागि रचनाको छनोट स्वतन्त्र र विज्ञ साहित्यकारहरुबाट गरिनेछ । यसमा साहित्यपोस्ट र शिखा बुक्सको कुनै पनि हात रहने छैन । आउनुहोस्, राष्ट्रियताका लागि लेखेर योगदान दिऔँ । #निबन्ध #प्रतियोगिता #साहित्यपोस्ट प्रत्येक साता मुक्तक प्रतियोगिताः वर्षको अन्त्यमा उत्कृष्ट पुस्तक: साहित्यपोस्टले हरेक साता मुक्तक प्रतियोगिता गर्ने भएको छ । विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरुको रहोबरमा मुक्तक प्रतियोगिता सुरु गरिएको प्रधानसम्पादक अश्विनी कोइरालाले जनाउनु भएको छ । हरेक साता तीन मुक्तककारका तीन–तीन मुक्तक छानेर वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरुको संगालो प्रकाशन गरिने जनाइएको छ । त्यसैगरि पुस्तकको डिजिटल कपि साहित्यपोस्टमा पढ्न र सुन्न समेत पाइने जनाइएको छ । ‘साताभरि जम्मा हुन आएका मुक्तक मध्ये विज्ञ टोलीले उत्कृष्टताका आधारमा तीन मुक्तककारका तीन–तीन मुक्तक छनोट गर्नेछ ।’ साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसीले भन्नुभयो, ‘प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच हुनेछ । पाँचजनाको छनोट समितिले दिएको नम्बरको आधारमा उत्कृष्ट एक–एक व्यक्तिका तीन–तीन मुक्तकहरु चयन हुनेछन् ।’ मुक्तकका निर्णायकहरुमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचक मध्ये पर्नुहुन्छ । तेस्रो निर्णायकमा राजन सिलवाल रहनु भएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजनसिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरुमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनु भएको छ । वर्षका उत्कृष्ट मुक्तकका पुस्तक प्रकाशन हुने यो प्रतिस्पर्धामा भाग लिन चाहने व्यक्तिले तोकिएको विषयमा यसै पेजको मुन्तिर आफ्ना तीन मुक्तक पोस्ट गर्नुपर्नेछ । हरेक साता विषय तोकिने र त्यसैको आधारमा प्राप्त हुने उत्कृष्ट मुक्तकलाई छानिने निर्णायकहरुले जनाएका छन् । ५० सातापछि फरक फरक विषयका सर्वोत्कृष्ट मुक्तकारका ४ सय ५० मुक्तकको पुस्तक निस्कनेछ । उत्कृष्ट मुक्तककारलाई पुस्तकसहित आकर्षक पारिश्रमिक पनि उपलब्ध गराइनेछ । त्यतिमात्र हाेइन, छानिएका उत्कृष्ट ५० मुक्तककारका मुक्तकहरू मध्ये पनि सर्वात्कृष्ट मुक्तकहरू छानिनेछन् । ‘वर्षको अन्त्यमा एउटा कार्यक्रम गरेर सर्वाेत्कृष्ट मुक्तककारहरुलाई सार्वजनिक अभिनन्दनसहित पारिश्रमिक एवं पुस्तक उपहार दिइनेछ ।’ सम्पादक निशा केसीले साहित्यपोस्टसँग भन्नुभयो, ‘असाध्यै राम्रा मुक्तकहरु पनि फेसबुकमा हराएर गइरहेका छन् । यस्ता प्रतियोगिताले त्यो समस्या अन्त्य गर्ने र राम्रा रचनाले पुस्तकमा ठाउँ पाउनेछ ।’ पहिलो प्रतियोगिता यहि समाचारसँगै सुरु भएको छ । यो साताको तीनवटा विषय यस प्रकार रहेका छन् । पहिलो मुक्तकको विषय सीमा विवाद, लिम्पियाधुरा–कालापानी, देशभक्ति अथवा नेपालको नयाँ नक्सा दोस्रो विषय कोरोना, कोरोनाका कारण मृत्यु, कोरोनाका कारण संसारमा आएको परिवर्तन तेस्रो विषय आर्थिक शंकट, गरिबी वा मजदुरको दुःख — सहभागीहरुले प्रत्येक विषयमा एक एकवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नविन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्र्रतियोगितामा सामेल गरिने छैन । — यसअघि प्रकाशन भैसकेका मुक्तकलाई पनि प्रतियोगितामा सामेल गरिने छैन तर फेसबुकमा राखिएका मुक्तक स्वीकार गरिने छन् । — तर अप्रतियोगी मुक्तकका हकमा भने चतुष्पदीयबाहेक माथिका कुनै पनि नियम लागू हुने छैन । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भइ अर्को साताको बुधवार, असार १० गते रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्ः पहिलो मुक्तको विषयः सीमा विवाद, लिम्पियाधुरा–कालापानी, देशभक्ति वा देशको नयाँ नक्सा दोस्रो मुक्तकको विषयः कोरोना, महामारी, महामारीका कारण विश्वमा आएको परिवर्तन तेस्रो मुक्तकको विषयः गरिबी, मदजुरको व्यथा, आर्थिक मन्दी वा आर्थिक अवस्था आदि । (तल कमेन्ट बक्समा असार १० गते बुधबार रातको १२ बजे अगाडि नै आफ्ना तीन वटा मुक्तक पोस्ट गर्नुहोस्) #साहित्यपोस्ट मुक्तक प्रतियोगिता चेतना र सङ्घर्षकी प्रतिमूर्ति: गीता सापकोटा युगले मान्छे जन्माउँछ भने मान्छेले युग जन्माउँछ भन्ने शास्वत विचारको सूचक बनेकी नेपाली नारी रत्न हुन्, अङ्गुर बाबा जोशी । वि.सं. १९८९ भदौ ३० गतेका दिन काठमाडौँको डिल्लीबजारमा माता दीपकुमारी पन्त र पिता पीताम्बरप्रसाद पन्तकी सुपुत्रीका रुपमा जोशीको जन्म भएको थियो । तत्कालीन समयमा नेपालमा बालविवाह प्रथा थियो । त्यस प्रथाबाट अङ्गुरबाबा पनि अछुतो रहन सकिनन् । उनको ११ वर्षको उमेरमा बलराम जोशीसँग उनको विवाह भएको थियो । शिक्षित र सम्पन्न पारिवारिक वातावरणमा उनको विवाह भयो । पारिवारिक वातावरणले पनि उनका जीवनले काँचुली फेर्ने अवसर पायो । आफ्नै सासूको प्रेरणा र सहयोगका कारण उनले विवाहपश्चात् श्रीमान् का साथ पढ्ने र बढ्ने मौका पाइन् । फलस्वरुप उनले विद्यालयीय शिक्षा हुँदै स्नातकोत्तरसम्मको अध्ययन गरिन् । अङ्गुरबाबा जोशी नेपालमा नारी शिक्षा र नारी चेतनाकी प्रेरणाकी स्रोत नै थिइन् । उनले आईए सम्मको शिक्षा उनका श्रीमान् बलराम जोशीका साथ नेपालमा गरिन् । त्यसपछि स्नातक तहको अध्ययनका लागि श्रीमान् कै साथ भारतको वनारसमा गइन् र आफ्नै जीवनसाथीसँग सहपाठी भएर उनले अध्ययन गरिन् । उनले त्यहाँ ऐच्छिक विषय राजनीतिक शास्त्र र संस्कृत शिक्षा पढिन् र स्नातक तहको औपचारिक शिक्षा पूरा गरिन् । त्यसपछि स्नातकोत्तर तहको शिक्षाका लागि बेलायत जाने अवसर पाइन् । तत्कालीन समयको बेलायत सरकारबाट प्रदान गरिने कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्ति पाउन सफल भएपछि उनले बेलायतबाट राजनीति शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरिन् । त्यसपछि नेपाल फर्किएर पद्मकन्या कलेजमा पढाउन थालिन् । उनले पद्मकन्या कलेजमा पढाउने मात्र होइन, त्यस मन्दिरलाई फुलाउने र फलाउने काममा पनि ठूलो योगदान दिइन् । त्यतिबेलासम्म नेपालमा छोरीहरुका लागि शिक्षा प्राथमिकतामा थिएन । नेपाली समाजमा छोरीलाई हेयका दृष्टिले हेरिन्थ्यो । छोरा जन्मे काखा, छोरी जन्मे पाखा भन्ने रुढिग्रस्त समाज थियो । विद्यालयीय शिक्षाका लागि पनि सबै छोरीले अवसर पाउँदैन थिए । चाँडै विवाह गरेर पराइ घर पठाउने चलन छँदैथियो । समाजमा शिक्षाको चेतना पुगिसकेको थिएन । अङ्गुरबाबा जोशीले पद्मकन्या कलेजमा पढाउन थालपछि काठमाडौँ र आसपासमा रहेका जिल्लाहरुका गाउँमा गएर घरघरमा छोरीबुहारीलाई पढाउनुपर्छ भन्ने चेतना फैलाइन् । नारीका लागि जनचेतना फैलाउन उनले नेतृत्व लिइन् । पद्मकन्या कलेज नितान्त नारीहरुकै कलेज हो । त्यहाँ नारीहरुले सुरक्षित वातावरणमा पढ्न पाउँछन् भन्ने विश्वास दिलाइन् । उनकै विश्वासले बिस्तारै छोरीहरुलाई पढाउने वातावरण सिर्जना हुँदै गयो । उनले पद्मकन्या क्याम्पसमा लामो समयसम्म प्राध्यापन गरिन् । त्यस अवधिमा १२ वर्ष उनी क्याम्पपस प्रमुख पनि भइन् । उनले नारीहरुले मात्रै पढाइने यस क्याम्पसमा छात्राको सङ्ख्या वृद्धि गर्न र छात्राहरुको पोशाक (गुन्यू चोली) व्यवस्थापन गर्न अग्रणी भूमिका खेलिन् । अहिलेसम्म पनि पद्मकन्या क्याम्पस नितान्त छात्राहरुको क्याम्पसको रुपमा विकसित भएको छ भने त्यही पोशाकलाई मान्यता दिइएको छ । [bs-quote quote=”उनी सामाजिक योद्धा पनि हुन् । उनले चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल संस्थाको स्थापना गरिन् । जहाँ समावेशी रुपमा दलित महिलाहरुलाई पनि वेद पाठ गराइन्छ । यसको उनी संस्थापक संरक्षक नै हुन् ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] अङ्गुरबाबा जोशी मूलतः प्राध्यापक हुन् । यसका साथै उनी सामाजिक योद्धा पनि हुन् । उनले चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल संस्थाको स्थापना गरिन् । जहाँ समावेशी रुपमा दलित महिलाहरुलाई पनि वेद पाठ गराइन्छ । यसको उनी संस्थापक संरक्षक नै हुन् । बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी जोशी पारिवारिक जिम्मेवारीबाट अछुतो रहेर अगाडि बढेकी होइनन् । उनले सासूको प्रेरणा र अनुकूल वातावरणले उच्च शिक्षाका लागि मौका पाइन् । यो नेपाली समाज र समाजका नारी वर्गका लागि उदाहरणीय पक्ष हो, यद्यपि उनको पारिवारिक दायित्व पनि उत्तिकै थियो । दुई छोरी र एक छोराकी आमा बनेर होस् वा बुहारीको भूमिका निर्वाह गरेर होस्, उनका जीवन सङ्घर्षपूर्ण पक्कै थियो । नेपाली समाजमा घर चुलोचौका र छोराछोरीका जिम्मेवारीहरु नारीकै पेवा जस्तै प्रायः अहिले पनि छन् भने त्यतिबेला उनी पनि पक्कै यस्ता कुराबाट पन्छिएर शिक्षा, जागिर र समाजसेवाको क्षेत्रमा सफल बनेकी होइनन् । उनीभित्रको दृढ इच्छाशक्ति र आत्मविश्वासले उनलाई कर्ममा डोहोर्\u200dयाइरह्यो । उनी अघि बढ्दै गइन् । यसमा पारिवारिक साथसहयोगले पनि पक्कै भूमिका खेल्यो । फलतः उनी बौद्धिक समाजमा नारी हस्तीका रुपमा चिनिदै गइन् र आज चेतना र सङ्घर्षकी प्रतिमूति बन्न सफल भइन् । अङ्गुरबाबा जोशी आम नेपालीका लागि नै प्रेरणाकी स्रोत हुन् । उनमा भएको दृढ आत्मविश्वास र साहसले क्यान्सर जस्तो प्राण घातक रोगले पनि पटकपटक हार खानु परेको थियो । उनलाई पहिले घाँटीको क्यान्सर र पछि स्तन क्यान्सर भएको थियो । दुई पटकसम्म यस्तो डरलाग्दो रोगलाई जित्न उनी सफल भइन् । उनको यो अद्भूत क्षमताले आम मानिसहरुलाई साहसी पाठ सिकाउँछ । अङ्गुरबाबा आध्यात्मिक चिन्तनमा निकै विश्वास गर्थिन् । यसले उनीभित्र सकारात्मक ऊर्जा थपिँदै गयो र गरेका कार्यमा सफल हुँदै गइन् । आज सङ्घर्षकी प्रतिमूर्ति बन्न सफल भइन् । पारिवारिक जीवन, प्राध्यापन, समाजसेवाका साथै उनले सिर्जना यात्रा पनि त्यति नै दरिलो बनाइन् । वि.सं. २०३१ सालमा ‘कल्पना’ नामक कथासङ्ग्रह लिएर साहित्यका क्षेत्रका उदाएकी जोशीका क्यान्सर वरदान, वृद्धा अवस्थाः जीवनको श्रीपेच, दीक्षा नामक कृतिहरु प्रकाशित छन् । उनका यिनै बहुमुखी कार्यको उच्च कदर गर्दै नेपाल सरकारले र अन्य संघसंस्थाले उनलाई पटकपटक सम्मान गरेको पाइन्छ । उनले प्राप्त गरेका राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कारहरुमा महेन्द्र विद्याभूषण प्रथम (इ.सं. १९६१), गोरखा दक्षिणबाहु दोस्रो, त्रिशक्ति पट्ट तेस्रो, शुभराज्याभिषेक पदक २०१३, २०३१), दीर्घसेवापदक, रत्नश्री सुवर्ण पदक, गद्दी आरोहण रजत महोत्सव पदक, जगदम्बा श्री पुरस्कार आदि रहेका छन् । यसरी अङ्गुरबाबा जोशी नेपाली नारीहरुका लागि मात्र नभएर आम समुदायकै लागि चेतनाको दियो बाल्ने अग्रणि व्यक्तित्व हुन् । समाज विकासका लागि शिक्षा महत्त्वपूर्ण कुरा हो यसमा पनि एउटा घरलाई शिक्षित बनाउन आमाको भूमिका ठूलो हुन्छ त्यसैले नारीलाई पनि शिक्षा र चेतनाको प्रकाश अति आवश्यक छ भन्ने चेतना भएकी अङ्गुरबाबाले आफू मात्र होइन सिङ्गो नेपाली समाजका नारीहरुलाई शिक्षाको उज्यालो दिनको लागि सङ्घर्ष गरिन् । आफू कलेजको प्राध्यापक भएर समाज र समाजका नारीहरुका माझ शिक्षाकै ज्योतिका लागि चेतनाको दियो लिएर हिँडिन् । समावेशी रुपमा वेद पढ्न पाउने वातावरण मिलाइन् । सिर्जनाका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिइन् । जीवनभरि सङ्घर्ष गरिरहिन् र आम मानवका लागि आत्मविश्वास र दृढ अठोट सफलताको प्रतीक हो भन्ने पाठ सिकाएर २०७७ जेठ ६ गते ८८ वर्षको उमेरमा सधैँका लागि यस धर्तीबाट अस्ताइन् । उनको देह लीला समाप्त भए पनि उनले जीवनभर गरेका महत्त्वपूर्ण कार्यहरुले उनी हामीमाझ सधैँ उदाइरहने छिन् । #अंगुर बाबा जोशी #गीता सापकोटा किन भयो, असार ९ को कविता महोत्सव स्थगित?: नेपाल प्रज्ञा प्रतिष्ठान, तस्बिर साैजन्यः टिएचटी फाइल तस्बिर काठमाडौँ/नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने कविता महोत्सव यस वर्ष केही समयका लागि स्थगन गरिएको प्रतिष्ठानले जनाएको छ। हरेक वर्ष असार ९ गते कविता दिवसको अवसर पारेर प्रतियोगिता आयोजन गर्दै सर्वोत्कृष्ट कविता छनोट गरिरहेको प्रतिष्ठानले कोविद १९ रोगका कारण सिर्जित असहज अवस्थालाई मध्यनजर गर्दै कविताको परिणामलाई केही समय पछाडि धकेलेको हो। प्रतिष्ठानका काव्य विभाग प्रमुख हेमनाथ पौडेलले कविता महोत्सवलाई महोत्सवका रुपमा नै मनाउने उद्देश्यका साथ केही समयका लागि स्थगन गरिएको बताए। केही आलोचकहरुले भने अहिलेको प्रविधिको जमानामा मान्छे भेला गरेर गर्नुभन्दा प्रविधिकै सहयोग लिँदा उपयुक्त हुने धारणा फेसबुकतिर राखेका छन्। ‘कविता भनेको वाचन पनि हो र जूम वाचन त्यति प्रभावकारी देखिएको छैन,’ पौडेलले प्रविधिको अप्ठेरो खुलाउँदै भने, ‘कहिले इन्टरनेटले धोका दिने, बेलाबेलामा डिसकनेक्ट हुनेजस्ता समय हामीले देखिरहेका छौँ। भोलि जूममा कार्यक्रम भयो भने पनि प्रभावकारी भएन भनेर आलोचना हुन्छ। त्यसैले हामीले प्रत्यक्ष वाचनलाई बढी महत्त्व दिन खोजेका हौँ।’ त्यसो त उनले बन्दाबन्दी अझै लम्बिए, त्यो पनि एउटा विकल्प हुने बताए। उनले भने, ‘तर कविता भनेको वाचन पनि हो, त्यो वाचन प्रभावशाली नहोला भन्ने डरका कारण प्रविधिमा भर नपरेका हौँ।’ गएको वर्षदेखि कविता महोत्सवमा लोकसेवा आयोगजस्तै कवितालाई नम्बर दिने शैली अपनाएर पौडेल चर्चामा आएका हुन्। लामो समयदेखि कविता महोत्सवमा धाँधली भयो भन्ने आवाज सुन्दै आएका पौडेलले उनी कविता विभाग प्रमुख भएयता यही नियम बसालेका छन्। गएको जेठ २५ सम्म आएका कवितालाई यतिबेला लाहाछाप लगाएर मूल्याङ्कनका लागि राखिएको र वाचनपछि वाचन र लेखन दुवैको नम्बर जोडी सर्वोत्कृष्ट कविता चयन गर्ने परिपाटी मिलाइएको पौडेलले बताए। ‘पहिलेको मेरो अनुभव के रह्यो भने, कविता त जसले पनि लेखिदिन्छ,’ उनले यसो गर्नुको कारण खुलाउँदै भने, ‘अरूका लागि कविता लेखिदिने, अरूका कविता ल्याएर पुरस्कृत हुने कुरा पनि नसुनिएको होइन। वाचनले भने वास्तविक सर्जकको भावना प्रतिबिम्बित हुन्छ भन्ने मान्यताका साथ यस्तो नियम हामीले राखेका हौँ।’ विवाद कम हुने अपेक्षा त्यसो त कविता महोत्सव सधैँ विवादमा पर्ने गरेको छ। यो नयाँ नियमपछि त्यस्तो विवाद कम होला भन्ने अपेक्षा पौडेलको छ। पोहोर पनि कवितालाई लोकसेवा आयोगजस्तो बनाइएको भन्दै आलोचना नभएको भने होइन। पूर्व प्राज्ञ अमर गिरीले पनि आफ्नो कार्यकालमा कविता महोत्सवलाई विवादमा पारिएको अनुभव गरे। अहिले कविता महोत्सव स्थगनलाई विवादमा पारिनुलाई भने उनले उचित देखेका छैनन्। उनी भन्छन्, ‘पहिले पनि अवस्था खराब हुँदा महोत्सव रोकिएको हो, अहिले पनि कोविद १९ रोगका कारण केही समय स्थगन भएकोलाई हामीले अन्यथा लिनु हुँदैन।’ केही मानिसहरु प्रतिष्ठानले जे गरे पनि विवादमा ल्याउने गरेको उनले देखेका छन्। गिरी भन्छन्, ‘जसले एकेडेमीका कुराहरुलाई विवादमा ल्याउन खोज्नु हुन्छ, वास्तवमा उहाँहरुले नबुझी यस्ता कुरा गर्नुहुन्छ भन्ने लाग्छ।’ कुनै खास रुचिबाट निर्देशित व्यक्तिहरूबाट विवाद झिक्ने गरेको गिरीको बुझाइ छ। ‘त्यस्तो विवाद चलाउने वा टिप्पणी गर्नेहरुमा कविता महोत्सवमा सहभागी भएका वा सहभागीसँग जोडिएका नै बढी देखेको छु,’ गिरी भन्छन्, ‘कतिपयमा एकेडेमीप्रति ज्यादै नकारात्मक सोच पनि पाएको छु। उहाँहरुले वास्तविकता नबुझी टिप्पणी गर्ने गरेको पनि पाएको छु।’ त्यसो त कतिपय कुरा ‘जेनुइन’ पनि आउने गरेको गिरीले बताए। कतिपय अवस्थामा परिणाम पहिल्यै बाहिर आएको कुरामा उनको सहमति छ। संस्थाबाट कमजोरी भएपछि आएका टिप्पणीलाई उनले सकारात्मक लिनुपर्ने र ती कुरा सच्याउनुपर्ने गिरीको धारणा छ। यता पाैडेल भने यही कुरा सच्याउन पोहोरसालबाट नयाँ नियम बसालिएको बताउँँछन्। यत्तिका वर्षपछि पनि एकेडेमी अब कविता प्रतियोगितामा नै अल्झन नहुने गिरीको निजी धारणा छ। गिरी भन्छन्, ‘एकेडेमी त अनुसन्धान गर्ने संस्था हो, त्यसमा जोड दिनुपर्छ। प्रतियोगितामै नअल्झिए ठीक जस्तो लाग्छ।’ तर उनले जोड दिँदै भने, ‘कविता प्रतियोगितामा लगाइने पार्टीगत कुरा हावि हुने, कमजोर कविता पुरस्कृत गरिने कुरामा भने मलाई त्यत्ति धेरै विश्वास लाग्दैन। यो आरोपका लागि मात्र आरोप लगाइने गरेको मैले पाएको छु।’ को हुन् काव्य प्रमुख पौडेल? यतिबेला कविता प्रतियोगिताको मुख्य बागडोर सम्हालिरहेका प्राज्ञ हेमनाथ पौडेल मूलतः समालोचक हुन्। उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा कविताको प्राध्यापन गर्छन्। कवितामा नै पिएचडी गरेका पौडेलका आधा दर्जन समालोचनाकै किताब छन्। फाट्टफुट्ट कविता लेख्ने भए पनि उनको चिनारी कविका रुपमा भन्दा समालोचकका रुपमा सशक्त छ। कति कविता सहभागी? यस पटकको महोत्सवमा पाँच सयभन्दा बढी कविता प्रतियोगितामा सामेल गरिएका छन्। गएको जेठ २५ गतेसम्म आइपुगेका कवितालाई प्रतियोगितामा सामेल गरिएको हो। नियम नपुगी आएका कवितालाई प्रतियोगितामा समावेश नगरिएको पौडेल बताउँछन्। #नेपाल प्रज्ञा प्रतिष्ठान फोटो कविता प्रतियोगिता ५ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १६ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत १७ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ। याे साता प्रभात रावतको ‘जीवनयात्रा’, दुर्गा गौतमको ‘समय र यात्रा’ तथा रूपा थापाको ‘सूर्योदय र शहर’ सर्वोत्कृष्ट चयन भएका हुन्। छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आजै साँझदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरू…। #फोटो कविता प्रतियोगिता हजुर, उहाँ अहिले माननीय मन्त्री: मेरो एक साथी मेरा ति कोठाहरूमा लुरुलुरु आउँथ्यो दिनमा भन्दा रातमा बढँ विचरण मनपराउने ऊ मलाई झलझली याद छ क्रान्तीको कुरा गथ्र्यो साधारण, सरल, कर्मयोगी मान्छे त्यती सुकिलो, मुकिलो, रातो पिरो पनि भेटिदैनथ्यो साझा बस, ट्याक्सी भन्दा खुट्टा लम्काएको मन पराउँथ्यो । राज्य कहिल्यै गरिबको हँुदैन यी राज्य संयन्त्रहरू प्रहरी, सेना, अदालत, कानून सामन्तीहरूको सुरक्षा अनि संरक्षणको लागि हो सर्वहाराहरू हो, जंजिरमा कति बाँधिन्छौं ? स्वतन्त्रताको लागि उठौं, राज्य प्राप्तीको लागि उठौं “गाँउ गाँउबाट उठौं, बस्ती बस्तीबाट उठौं हतियार लिएर उठौं, जंजिर चुडाउन उठौं” हो यस्तै भाषण रुचाउने त्यो मेरो साथी । हिजोआज कोठामा होइन टेलिभिजनमा भेटछु, छापामा देख्छु रेडियो तरंङ्गमा कुर्लिरहेको सुन्छु खै के अपराध गरे मेरो प्रिय साथीले ? ति राज्य संयन्त्रहरू उनको परिभाषामा सामन्तीको सुरक्षा कवच तिनै प्रहरी, सैनिक, अदालत अनि कानूनले चरैतिर घेरिएका छन् राता अनि प्रफुल्ल अनुहारमा कालो चिल्लो कारमा सररर हुइँकिरहेको देख्छु लाग्छ राज्य सत्ता तिनको मुठ्ठीमा छ । पद प्रतिष्ठा कुर्शी खराब की व्यक्ती कसरी बुझ्ने खोई ? सिद्धान्त, आर्दश, भाषणलाई सलाम गर्ने कि व्यवहार, कर्म र उपलब्धीलाई ? मेरो मानसपटल स्तव्ध छ जब त्यो साथी मन्त्री बन्नुलाई मात्र मन्त्री बन्नुलाई महान क्रान्ति सम्झिरहेको देख्छु मन उद्धेलीत हुन्छ अनि सोच्छु कसरी मेरो साथी अतित बिर्सन सक्छन् ? ऊ कसरी ति गरिबलाई दिएको बाचा त्यो समाजलाई दिएको क्रान्तिकारिता मन्त्रीपदसँग साट्न सक्छ ? मजदुरी गरी बाँचेका मलर सदा मजदुरी खोसिएर भोकै मृत्युवरण गर्दा कसरी सक्छ निदाउन ? परिवारको एक छाँक जोहो गर्ने जागिर गुमाउँदा एक छाँक खाने र खुवाउने आधार नदेखेर आत्मदाहा गर्ने सिद्धार्थ आउजीहरू बारे सुन्दा ऊ कसरी चिल्लाकारमा हुइँकिन सक्छ ? दुई छाँक मात्र जोहो गर्न भारत जान बाध्य विरेन्द्र यादवहरूले आज आपm्नै देशको माटो स्याहार्न फर्कदा रोक र भोकले बाटोमै प्राण त्याग्नु परेको विवसता किन बुझ्न सक्दैनन ऊ ? ५० वर्षीय वृद्ध यमप्रसाद खनाल हुन या ६ वर्षीय बालक या २० वर्षे यूवक उपचार विना क्वारेन्टाइनमा मरिरहँदा किन चासो राख्दैन ऊ ? यी हजारौं दुखी आत्माको चिच्याहाटबीच साथी सम्झिनुहोस् अनि सुध्रिनुहोस् छ भने तागत यही बेला हो, शौर्य बढाउनुहोस् भोलि अर्को नेपालीको मृत्युको दुःखद समाचार सुन्नु नपरोस तिम्रो म जस्ता शुभचिन्तकहरूले छैन तागत, फगत त्यो झण्डा हल्लाएर हजारौं आत्माहरूको सराप नबोक्नुहोस् गरिबको नाममा तपाई नव सामन्तीहरूको सुरक्षा कवच नबन्नुहोस् यही सल्लाह छ मेरो प्रिय साथीलाई । तिनै मेरो साथी अहिले माननीय मन्त्री हो साँच्चै भनेको हजुर उहाँ अहिले माननीय मन्त्री । #उहाँ अहिले माननीय मन्त्री #मनोज कुमार कँडेल #हजुर छन्द बचाऊँ अभियान र मेरा अनुभूति: स्पन्दन बिनोद लामो काव्यिक इतिहास बोकेको हाम्रो नेपाली र संस्कृत छन्दको संरक्षण र विकासमा “छन्द बचाऊँ अभियान -२०५३“ ले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । छन्द बचाऊँ अभियान नै चलाएर छन्दलाई विश्वव्यापी रूपमा फैलाउन र यसको प्रभाव विश्वभरका साहित्यकारहरूमा पार्न सक्रिय रूपमा लागिरहनु भएका आदरणीय अग्रज छन्द अभियन्ता माधव वियोगीज्यू छन्द प्रेरणाका अनुपम दृष्टान्त मान्न सकिन्छ । जुन अभियानका प्रभावले हालसम्म दर्जनौं संस्थाहरूले छन्द अभियान चलाएको पाइन्छ । विशेष गरी युवा वर्गहरूमा छन्दको मोह पुन जागृत भएको महसुस मैले गरेको छु । २०५२ सालमा गोरखापत्रमा कविता छापेर आफ्नो काव्य यात्रा शुरू गरेको म सानै उमेरमा परदेश बसाइ सरे पनि नेपाली भाषा र साहित्यमा निरन्तर साधनारत छु । यस छन्द बचाऊ अभियानको प्रभाव नेपालमै रहदाँ २०५६ र ५८ तिरको समयमा गुरुकुलबाटै भएको हो। अनाममण्डलीको बहर गजल स्थापनाकालदेखी सहयात्रा र गुरुकुल अनि बाल्मिकी क्याम्पसमा हुने छन्द कविताका कार्यक्रमले विशेष रूपमा मेरो मनमा छन्दको सुवास छरेको हो । यस “छन्द बचाऊँ अभियान-२०५३” का कारण परदेशमै रहँदा पनि धेरै थोरै छन्द ज्ञान र अग्रजहरूसँग साक्षात्कार गर्ने मौका मिलेको छ। यसको प्रत्यक्ष प्रभाव म जस्ता छन्द साधक र अभियन्तामा पर्ने गरेको छ । यसले नेपाली छन्द भाषा साहित्यलाई विश्वब्यापी गराउन महत्वपूर्ण भूमिका खेलेको छ र यसको श्रेय आदरणीय अग्रज अभियन्ता माधव वियोगीज्यूलाई जान्छ । लामो समयसम्म लण्डन बसाईको क्रममा पनि शास्तृय छन्दका गजल लेख्ने कोही कतै भेटिएन तर कही कतैबाट फेसबुकले छन्द कवितामा कलम चलाईरहेका गोपाल मन्डने दाजुसँग चिनजान गरायो। लामो समय लण्डन बसेर हाल पोर्चुगल बस्दै गर्दा थुप्रै संघ संस्थाहरूसँग हातेमालो गरेर नेपाली भाषा साहित्यलाई विश्व जगतमा जीवितै राख्ने अथक प्रयास भइरहेको छ । छन्दका गजल होस् या छन्दका कविता लेखेर पाठक र श्रोतामाझ सामाजिक संजाल तथा साहित्यिक कार्यक्रममा पुगिरहनुले पनि विश्व जगतमा “छन्द बचाऊँ अभियान-२०५३” अभियानले पारेको प्रभाव प्रष्ट हुन्छ। बेला बेलामा नेपाली छन्द बहस चलाउने गरेको छु, सामाजिक सन्जालबाट छन्द साहित्यकारहरूको आलेख लिने र सम्पर्क गर्ने पनि गरेको छु ।साथै छन्दमै साधनारत सर्जकहरू बिच समन्वयता कायम गरि निरन्तर यसको विकास र संरक्षणमा एकल रूपमै लागिरहेको छु। तर राज्यमै केही अभियन्ताले अकविलाई कवि भनिनू र गुट र राजनीतिका आधारमा छन्दकवि भनी वाचकलाई धमाधम झूटो इतिहास लेख्न खोज्नुले राष्ट्रिय स्तरमा महान अभियन्ता माधव बियोगीज्यू र परदेशमा रहेका म जस्ता छन्द अभियन्ताको मनमा पीडा र क्रोध उब्जेको छ। नेपालमै वर्षौँदेखि नेपाली छन्द आकासका नक्षत्रहरूको सम्मान गरिनु पर्छ र परदेशका असल छन्द सर्जकको पहिचान गरि आलेख तयार गरिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ। छन्द कविता वाचन गर्नेलाई पनि केही अग्रजहरूले प्रखर छन्द कवि भनिदिनु, भाषागत त्रृटी राखेर छन्दका कार्यक्रम गरिनु र अग्रज छन्द अभियन्ताहरूको बेवास्ता गरिनुले केही नकारात्मक प्रवृत्ति मौलाउन खोजेको हो कि भन्ने युवा वर्गको गुनासो छ । अबको युगमा युवाले वाचन मात्र गर्ने वा अरुलाई भाव सम्पादन गराई गद्य कवितालाई पद्य बनाई वाचन गर्ने वाचकलाई छन्द कवि भन्ने गलत प्रवृती रोक्ने छन् र नेपाली छन्द अभियानका अग्रजको सम्मान गर्नु अत्यावश्यक हो भन्ने चेत गराउने छन्। मेरो दुई दसक भन्दा अघि सुरु भएको छन्द साधना निरन्तर रहेको छ र जिवन्त यसको अभियान जारी राख्नेछु। नेपाली भाषा, साहित्यको श्री बृद्धीका लागि छन्द अभियन्ता भै परदेशबाटै गलत प्रवृतीको चिरफार गर्दै अग्रजको सम्मान गर्दै निरन्तर छन्द साहित्य सिर्जनातर्फ सम्पूर्ण नेपालीलाई चेत दिलाई रहनेछु र आफू पनि लागिरहने छु। आफ्नो चेत मनस्थितिले छन्दको अभियानमा जीवनका पलहरू व्यतित गरी रहेको मैले हालसम्म सयौं छन्द कविता र छन्द गजलका साथमा छन्द गीत र छन्द मुक्तक लेखी सकेको छु । धेरै भन्दा धेरै समाचार पोर्टलमा र पत्रिकामा निरन्तर छापिएका छन् । हाल म महाकाव्य लेखनको तयारीमा साधनारत पनि छु । परदेशमा रहेकाले नेपाली भाषा, व्याकरणको कम ज्ञान हुनु र नेपालमा रहने नेपाली स्रष्टाहरूको परदेशमा बस्ने नेपाली सर्जकप्रति राख्ने हेय दृष्टिकोणले पनि नकारात्मक प्रभाव पर्ने गरेको छ । कुनै पनि परदेशमा रहेका छन्द अभियन्तालाई राष्ट्रले सम्मान वा पुरस्कृत गरेको पाइँदैन । यस्ता धेरै उदारणहरू छन् जसले विश्व बजारमा नेपाली छन्द साहित्यको अभियान लिएर हिड्ने म जस्ता सर्जकलाई ठेस लागिरहेको छ । तर औँलाले गन्न मिल्ने केही छन्द सर्जकहरू निरन्तर रूपमा लागिरहनु भएको छ। जस्तै पोर्चुगलबाट मैले हरेक कार्यक्रममा “छन्द बचाऊँ अभियान-२०५३” बारे बोल्ने र छन्दकै रचना सुनाउने गरेको छु । संस्थागत रगपमा अनेसास पोर्चुगलबाट यो कार्य निरन्तर भैरहेको छ।केही सिक्न चाहने विश्वभरका युवाहरूलाई पनि सामाजिक सन्जाल मार्फत छन्द प्रशिक्षण दिइरहेको छु। यसरी नेपाली छन्दको प्रभाव विश्वभर सकारात्मक रूपमा अघि बढेको छ भने परदेशमा रहेर निरन्तर छन्दमा कलम चलाउने म जस्ता नेपाली छन्द अभियन्ताहरूको आलेख नराखिनुले छन्द अभियन्ताको भविष्य अन्योलमय देखिन्छ। “छन्द बचाऊँ अभियान- २०५३” को प्रस्तावमा नेपाल सरकार,पन्चाङ्ग निर्णायक समितिले अभियान आरम्भ भएको दिन वैशाख ८ गतेलाई छन्ददिवसको मान्यता दिएपछि छन्दका पारखी र अन्य सबै देश विदेशमा रहने नेपालीलाई गौरवको अनुभूति भएको छ ।छन्ददिवस र अन्य दिनमा पनि हामीले कम्तीमा यौटा छन्द रचना सामाजिक संजालमा राख्नुले पनि छन्द र छन्द दिवसप्रति मान्छेको चासो अझ बढ्दै गएको महसूस मैले गरेको छु, सबैले गरेका छन् । परदेशमै रहेर नेपाली छन्दसँग हातेमालो गर्दै दुई गजल संग्रह पनि प्रकाशित गरेको छु । युवा पुस्तामा केही गायकर गायिका र सामान्य साहित्य अनुरागीहरूको पनि छन्द वाचन मोहले पनि परदेशमा छन्दको विकास तीब्र गतिमा अगाडि बढेको पाइन्छ । त्यसो त मैले स्वयम् पोर्चुगलका प्राय सामाजिक कार्यक्रममा समेत छन्दका कविता वाचन गर्ने गरेको छु र जनसमुदायले सधै प्रेरक प्रतिकृया दिनुलाई सकारात्मक प्रभावको रूपमा लिएको छु । २०१८-२०२० मा अनेसास पोर्चुगलको महासचिव भै रहँदा थुप्रै साहित्यिक कार्यक्रम र बहसमा छन्द समेटेको थिएँ। २०२०-२०२२ सम्मको लागि अनेसास पोर्चुगलको अध्यक्ष निर्वाचित, मैले नेपाली छन्दको अभियान अगाडि बढाई टेवा दिई रहेको छु । हरेक नेपाली अमर अग्रजहरूको जन्मजयन्तीमा गरिने कार्यक्रममा पनि म अनेसाससँग आवद्ध भएदेखि नै निरन्तर छन्दको प्रशिक्षण गर्ने र गराउने क्रम निरन्तर रहेको छ । जसमा “छन्द बचाऊँ अभियान-२०५३” र अग्रज अभियन्ता माधव बियोगी ज्यूले प्रेरक भूमिका खेलेको पाएको छु । केही समय अघि नेपाली छन्द आकाशमा रूमल्लिएको विषादयुक्त बादलको विरूध्द लेखेको थिएँ । कसैले छन्दको नाममा धावा बोल्छ र अग्रजका कामको मूल्याङ्कन नगरी आफ्नै मात्र बखान गर्छ भने त्यस्तो प्रवृत्तिका विरूध्द म बुलन्द आवाज उठाई रहने छु । जसले अहम् हटाई सद्भावको विकास गर्ने विश्वास पनि लिएको छु । केही छन्दकै हिमायती हुँ भन्नेको अहमता र आफन्तवादका कारण थोरै यसको गरिमा खस्किएको महसुस मैले गरेको छु। छन्द अभियानमा लाग्दा आफूलाई पहिले पहिले भाव आएन वा छन्द सन्द भनेर नउफ्री भन्ने जस्ता बाधा अड्चन थुप्रै आए पनि बिस्तारै निरन्तर सामाजिक संजाल र बिभिन्न संघ संस्थाका कार्यक्रममा बोल्ने क्रममा छन्द कविता बाचन गरे पछि वाह वाही पाउन थालेको छु। यूरोपमा पोर्चुगलबाट म बाहेक अरू छन्द अभियन्ता मैले देखेको छैन र यदि भए पनि छन्दको साधना प्रचुर देखिन्न। पछिल्लो समयमा यहाँका केही संघ संस्थाले साना बालबालिकाहरूलाई नेपाली भाषा प्रशिक्षणमा खेलेको भूमिकालाई पनि सकारात्मक रूपमा लिन सकिन्छ। साथै केही परिचित साहित्यकारहरू जस्तै सुनिल सँगम, वाई वी गुरुंग यस “छन्द बचाऊँ अभियान-२०५३” कै प्रेरणाबाट पिंगल छन्द अभ्यासमा लाग्नु भएको छ। यस अभियानले हामी जस्ता सक्रिय छन्द साधकलाई वाद्गुट्राजनीतिबाट बाहिर राखेर राष्ट्रिय सम्मान दिन सकोस् र छन्द साहित्यको विश्वव्यापिकरणमा हाम्रो योगदानको कदर होस् भन्ने आशा पनि व्यक्त गर्दछु। #स्पन्दन बिनोद जुरेलीको प्रेम: आए एक जोडी जुरेली बसे रमाए मेरो आँगनमा प्रेम दर्शाए, अलि घुक्र्याए प्रेमले नै एक आपसमा । ठुस्स परेर भाले उड्यो पोथीले पनि मुन्टो घुमाइ एकछिनमा भाले आयो पोथीले प्रेम बर्साई माया साटासाट भयो मीठो आलाप भयो फुर्र उडेर भाले गयो पोथीको विरह चल्यो । पोथी उडेर पछ्याई छोड्दिन भनेर हक जताइ फेरि दुबै सँगै आए एकआपसमा बहुत रमाए । बन्दाबन्दीले मान्छे खुम्च्यो प्राणी सबले ठाउँ पाए तेरो मेरो केही नहुनेले खुल्ला रुपमा बिचरित भए । बर्चस्व खातिर सँग्रह सुरक्षा के यही हो मानव अभिष्ट ? जुरेली जस्तै स्वतन्त्र हुन रोक्छ किन हाम्रो अभिष्ट ? अस्तित्व सबको एक समान श्रृष्टिकर्ताको नजरमा आऊ मिलेर बगँैचा सजाउँ भाइचाराको मर्ममा । #जुरेलीको प्रेम #दीपकराज सापकोटा सन्तोषको गजल: पढेर नसकिने अनेकौं समाचार छन् आफूलाई बेचिदेऊ भनी लम्पसार छन् । रंगिन दुनियाँमा रंगिन सपना बोकी दुई दिनलाई आउने जाने हजार छन् । तिम्रै मनसँग खेलेर तिम्रै आँखा सामु तिम्रै बदनाम हेर्न मानिस तयार छन् । दानीहरुको मेला लाग्ने तिम्रो सहरमा न्याय रोज्नेहरू पो यहाँ दोषी करार छन् । सबै छन कमाउन धन्दा अनेकौं यहाँ मायाकै किनबेच हुने पनि व्यापार छन् । #सन्तोषको गजल डल्ला फोर्दै जाऔँ: कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ गह्राभरी जाँगर पोखी डल्ला फोर्दै जाऔँ । स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ यो देशलाई जोगाउने वीर हुनुपर्छ । आकाश छुन धौलागिरी अझ अग्लो हुन्छ हिउँ पग्ली पहाड र तराईलाई धुन्छ हिमाल, पहाड, तराईलाई एकै ठाउँमा घोलौँ जब एउटा होस्टे भन्छ अरू हैँसे बोलौँ । पाखुरीमा हिम्मत र आँट जुटाएर हत्केलामा डाँडाकाँडा पहाड उठाएर नेपालको माटोलाई जोगाएर राखौँ अन्तै जाला गौरव हाम्रो सम्हालेर राखौँ । मेची, कोसी, गण्डकीलाई अँगालोले छोपी यो पानीले यै खेतको टारी, खेत रोपी कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ गह्राभरी जाँगर पोखी डल्ला फोर्दै जाऔँ । #डल्ला फोर्दै जाऔँ #रमेशचन्द्र घिमिरे भ्रम: शरद ऋतु फेरि आइपुग्न लाग्यो पारिजातका फूलहरू फेरि फुल्न थाल्यो । उही ऋतु उही पारिजातको सुगन्ध सँगसँगै बिदा गरेका थियौँ भुलेका त छैनौ होला ! मबाट कतै धेरै टाढा लैजान खोज्यौ होला आफूलाई हरेक यादहरूसँग पनि सम्बन्ध तोड्न खोज्यौ होला हाम्रो ऋतुलाई घृणा गर्न थाल्यौ होला पारिजातका सुगन्धबाट भाग्न थाल्यौ होला । तिमीलाई स्पर्श गर्ने हावाहरू मलाई नै चुमेर आउँछन् तिमीसँग ठोक्किने पानीका हरेक थोपासँग म परिचित छु । तिमीलाई न्यानो दिने घामले मेरो शीतलता चोरेको छ तिमीलाई शीतल दिने जूनले मेरो न्यानोपन हरेको छ । भन्थ्यौ नि, तिमीदेखि यति टाढा जान्छु न त्यहाँ कुनै ऋतुको मूल्य हुन्छ न त कुनै पारिजात नै फुल्छ अनि कसरी आउँछ तिम्रो याद ? सुन त त्यहाँ हावा त चल्छ नि पानी त पर्छ नि घाम लाग्दैन ? अथवा जून देखिँदैन ? उसको याद अझै आउँछ भन्दा माथि–तल होइन दायाँ–बायाँ मुन्टो हल्लाउँछौ रे तिमी भ्रममा छौ प्रिय तिमीले मलाई सम्झिन बिर्सेको छैनौ तिमीले त मलाई बिर्सिन बिर्सेको छौ । #भ्रम #युनिशा अर्याल रात: हेर्दा त कति सुनसान र अन्धकारले भरिपुर्ण छ यो रात एक चोटी चट्ट आफ्नो सयन कक्ष बाहिर नियालौँ त केवल शुून्यता हुन्छ हाम्रो चक्छु भन्दा अगाडि यो रातमा । न कुनै हर्षको गान न त कसैको बहकिलो शान छ त केवल शुन्यताको भिमकाय भानस यो रातमा आहा कति यथार्थ छ यो रात त्यो उज्यालो दिनभन्दा सत्य, यहाँ सोच्छ दिन भन्दा त कैंयौं गुणा यथार्थ हुन्छ त्यो बादल शुन्य रातको प्रविर्ती । सायद यो धाराको कथा रात विहीन भएको भए विज्ञान यति बलवान हुन असमर्थ हुन्थ्यो अनि दर्शन अस्तित्व विहीन आखिर यो ब्रम्हाण्ड भन्दा कैंयौं कोष पर हाम्रो मस्तक पुर्याउने यो रात त हो ! यहाँ कल्पनालाई शिखर सम्म लग्ने साँच्चै रात एक रोमाञ्चित साथ हो । तर सरलताको कुनै निसान हुदैन मित्र, यो रातमा यो रातमा त केबल अनुमान नै हुन्छ सच्चा सरलता । साच्चै ! कति सुनसान र अन्धकारले भरिपूर्ण छ है यो रात एक चोटी चट्ट आफ्नो सयन कक्ष बाहिर नियालौँ त केवल शून्यता हुन्छ हाम्रो चक्छु भन्दा अगाडि यो रातमा #राजेन्द्र ओझा (नयन) #रात खराब सपना होस्: ध्यानमा बस्न खोज्छु आँखाभरि चित्र आइरहन्छ प्रश्न उठिरहन्छ चलाउने को होला ? त्यो प्राकृतिक शक्तिलाई युगौँ देखि शान्त त्यो विषाणुलाई यति उग्र रिसाउने पारेर बिच्क्याउने को होला त्यसलाई ? संसारै कब्जा गरेर देखाउँदैछ ऊ आफ्नो शक्ति अदृश्य छ आफू यी सादा आँखाले के पत्तो लाउँनु ? औषधि उपचार कहाँ छ र पाउँनु ? सर्वत्र फिजाई आफ्ना सेनाहरू एक एक गरी आक्रमण गर्दैछ सखाप पार्छु भन्दैछ यो धराको मानवको अस्तित्व अवतारै लिई आएको हो की ? यो कलियुगमा मान्छेको ज्यादति अति र खति सुधार्न पो आएको हो की ? विवेकहीन मान्छेहरू पशु पङ्छीलाई चिथोर्न त पल्किएकै थिए यो विषाणु त उल्टो देखियो जो मान्छेलाई नै पछार्न पल्कियो ।। यति कडा महामारी कहिले भोगेको थियो र मान्छेले ? मान्छे उन्नति गरेँ भन्छ विकासको शीखर चढेँ भन्छ आफैँले आफूँलाई वरिष्ठ ठान्छ तर आज त नतमस्तक छ ! यी आँखा खोल्नै मन छैन यी अत्यास लाग्दा मानव मृत्युका खवरहरू कुनै खराब सपना होस् यो सुन्दर संसारका पवित्र आत्माहरू अनि मेरो सौम्य, शान्त, स्वर्गीय गाउँघर यो अदृश्य विषाणुको आतङ्कले कदापि सखाप नहोस् ।। #बैजयन्ती पोखरेल अद्भूत रारा ! जहाँ नपुगे जीवनमा 'सौन्दर्यको मोक्ष' प्राप्त हुँदैन: समुन्द्र सतहबाट २९९० मिटर उचाइमा अवस्थित राराको सौन्दर्यले हरकोहीको मन हर्छ । अद्भुत छ रारा ! सौन्दर्य पारखीका लागि भव्य तीर्थ भन्दा पनि हुन्छ। जहाँ नपुगे जीवनमा ‘सौन्दर्यको मोक्ष’ प्राप्त हुँदैन भन्दा उत्तम हुन्छ । चारै तिर हरियो जंगज ! बीचमा नीलो ताल ! जुन पाँच किलोमिटर लम्बा र तीन किलोमिटर चैडामा फैलिएको छ । जुन कुनाबाट हेरे पनि नीलो दहमा हिमालको छायाँ लैबरी लेख्छ । बादलले पानीमा डाइभ हान्छ । हेरेर आँखा अगाउँदैन । तालबाट उत्पति हुने पानीको संगीत सुनेर कान थाक्दैन । जति हेरो, उति हेरिरहूँ लाग्छ । सयौं मान्छेको सपना हो, रारा पुग्नु । नेपालगन्जबाट सिधै हवाइजहाज चढेर मुगुको ताल्चा विमानस्थल पुग्न सकिन्छ तर हवाइजहाजको टिकट पाउनु चानचुने कुरा हैन है। अथवा, हवाइजहाज पाउनु भएन भने नेपालगन्ज वा कोहोलपुरबाट बस चढेर सुर्खेतसम्म जान सकिन्छ ! जसको समय दुई घण्टा तीस मिनेट हो । सुर्खेतबाट सार्वजानिक बस चल्छ, कर्णालीको तिरैतिर ! जुन बसले झन्डै चौबिस घण्टा यात्रा गर्छ र पुग्छ मुगुको ताल्चा वा गमगडी । गमगडीबाट दुई घण्टा र ताल्चाबाट एक घण्टाको पैदल यात्रा हो रारासम्मको । रारा किनारमा खान बस्न दुई होटल छन् । राराको खास सौन्दर्य हेर्ने हो भने राराको किनारा हैन, मुर्मालेक (मुर्माटप) पुग्नै पर्छ । जहाँबाट राराको सिंगोरुप देख्न सकिन्छ । जहाँबाट कर्णालीका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्ला नांगो आँखाले हेर्न सकिन्छ । जहाँबाट सिमानामा उभिएका अनुशासित सिपाहीजस्ता सुन्दर हिमाल चारैतिर बडो अनुशासित भएर उभिएको देखिन्छ । मुर्मालेक पुगिएन भने राराको यात्रा अधुरो हुन्छ । हिमाल र राराको अद्भूत सौन्दर्यको गहिराईमा एकैपल्ट डुब्ने हो भने मुर्मा जानै पर्छ । जहाँ डब्बल डोजमा मज्जा लिन सकिन्छ । यात्रामा सडक मार्गको प्रयोग गर्ने हो भने एक रात ताल्चा वा गमगडीमा बास बसेर थकाई मार्न सकिन्छ । भोलिपल्ट बिहान उठेर चिसो बतासको लहरमा आनन्द लिँदै ताल पुग्न सकिन्छ । दिनभर ताल घुमेपछि साँझ मुर्माटपतिर लागे हुन्छ । बीचमा असाध्य सुन्दर र आत्मिय मान्छेहरु बस्ने गरेको साह्रै सुन्दर गाउँ भेटिन्छ । गाउँमा एक रात बास बसेर स्थानीय रहनसहन र स्थानीय भोजनको स्वाद चाख्दै रात बिताउनु कम्ता काइदा हुुन्न । भर्खरैै होमस्टेको सुरुवात भएको छ गाउँमा । लोकल प्रेम र आत्मियताले हुरुक्कै बनाउँछ । भोलिपल्ट बिहान गाउँलेसँग बिदाबारी भएर मुर्माटपतिर लाग्ने हो भने झन्डै डेढ घण्टामा सजिलै अन्तिम उचाइमा पुगिन्छ । रहर पुगुन्जेल मुर्मालेकबाट हिमाल र राराको आनन्द लिएपछि त्यही दिन ताल्चा वा गमगडी झरेर आराम गर्न भ्याइन्छ । भोलिपल्ट नेपालगन्ज वा सुर्खेत फर्कन बस वा हवाइजहाज चढ्ने व्यवस्था मिलाउँदा हुन्छ । काठमाडौँबाट रारासम्मको खर्च हवाइजहाजबाट यात्रा गर्दा न्यूनतम तीस हजारदेखि चालीस हजार हाराहारी हुन जान्छ । सार्वजनिक बसमा यात्रा गर्ने हो भने न्यूनतम पन्ध्रदेखि बीस हजारसम्म प्रतिव्यक्ति पर्न जान्छ । तर राराको सौन्दर्य पैसासँग तुलना हुनै सक्दैन। साहित्यकार रमेश सायन ठाउँहरु घुम्न र फोटोग्राफीमा विशेष रुचि राख्छन् । उनको संस्मरणात्मक कृति छुटेका अनुहारले पद्मश्री पुरस्कार प्राप्त गरेको छ । सबै तस्विरहरु साहित्यकार सायनले खिचेका हुन् । #रमेश सायन बाँसुरीवाला: ईगम खालिङ कंशलाई आफ्नो मृत्युको भयले कतै नै कतैबाट सताइरहन्छ । कति महासुरहरूलाई उनले कृष्णको वध गर्न पठाउँछ, तर उल्टा तिनीहरूको वध कृष्णले गरिदिन्छन् । एकदिन चिन्तित कंशको सामु इच्छासुर र अहमासुर अचानक प्रकट हुन्छन् । तिनीहरूले कंशलाई कृष्णको वध गरी शुभसमाचार लिएर चाँडो फर्कने कुरा सुनाउँछन् । तिनीहरूका शक्ति अनि आत्मबल देखेर कंशको विश्वास अझै बढेर जान्छ । कंशले तिनीहरूलाई गोकुल शीघ्र गएर कृष्णको वध गरी फर्कीआउने आशीषस्वरूप आज्ञा दिन्छ । इच्छासुर अनि अहमासुरले रूप परिवर्तन गरेर कृष्णलाई गोकुलभरि खोज्छन्, तर भेटाउँदै-भेटाउँदैनन् । पछि वृन्दावनभित्र खोज्दै जाँदा पो तिनीहरूले कृष्णलाई यमुनाको किनारस्थित एउटा वृक्षको फेदमा बसेर टोलाइरहेका देख्छन् । तिनीहरूले कृष्णलाई पछिबाट आक्रमण गर्ने निर्णय लिन्छन्, अनि चालमारेर अघि बढ्छन् । तिनीहरू जस्तो कृष्णको नजिक पुग्छन्, त्यस्तै कृष्णले बाँसुरी बजाउन थाल्छन् । त्यो बाँसुरीको धुन यति मधुर अनि अलौकिक थियो कि तिनीहरू कुनै समय लिइबिना नै त्यसमा डुबिपठाउँछन् । त्यस धुनमा तिनीहरू परमाणुभन्दा पनि सूक्ष्म भएर प्रकाशको रफ्तारको गतिभन्दा पनि तेज रफ्तारमा सम्पूर्ण भाव अनि अभावहरूको यात्रा गरिपठाउँछन् । जन्म र मृत्युको रहस्यको दर्शन गर्दै साथै पृथ्वी, सौरमण्डल, अनि आकाश-गङ्गा हुँदै ब्रह्माण्डको एउटा अद्भुत यात्रा गरिपठाँउछन् । जब कृष्णले बाँसुरी बजाउन बन्द गर्छन् तब तिनीहरू सिधै चौरासी लाख जुनिबाट झस्कन्छन् । कृष्णको वध गर्नको सट्टा उनका चरणस्पर्श गरेर तिनीहरू त्यहाँबाट निस्कन्छन् । उता वृष्णिको मथुरामा कंशले ती दुई महासुरहरूले खुशीको खबर ल्याएर फर्किन्छन् भन्ने आशामा पर्खिरहन्छ तर तिनीहरू कहिल्यै फर्की आउँदैनन् । Eagamkhaling7@gmail.com #ईगम खालिङ यी किशोरीको डायरी पढेपछि...: मलाई कुनैपनि किताब पढ्न सुरु गरिसकेपछि सकभर छिटो सकिहालौँ लाग्छ तर एनी फ्य्राङ्कको ‘द डायरी अफ अ योङ गर्ल’लाई करिब पच्चिस दिन लगाएर सकेँ। यो त्यति धेरै समय लगाउनुपर्ने किताब त होइन, तर मलाई लाग्यो। मैले पढेको उक्त किताब ६०औं संस्करणको थियो। सायद आजसम्म सबैभन्दा धेरै पढिएका किताबहरुको सूचीमा यो पुस्तक पनि अगाडि नै आउँदो होला। पढिसकेपछि मलाई पनि यो निकै राम्रो पुस्तक रहेछ भन्ने लाग्यो। त्यस्तै ज्ञानबर्धक र मर्मस्पर्शी पनि। [bs-quote quote=”सामान्य रुपमा हेर्ने हो भने यो केवल एउटा किशोरीको डायरी मात्रै लाग्न सक्छ तर पढ्दै जाँदा यसका धेरै पत्रहरु खुल्दै जान्छन्, जसका कारण यसलाई एउटा डायरीको रुपमा मात्र सीमित राखेर पढ्न सकिंदैन। यो डायरी विश्व इतिहासको त्यो कालो कालखण्डको सबुत हो, जसमा यहुदीले यहुदी भएकै कारण अनेकौं यातना र नरसंहार भोग्नुपरेको थियो।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] सामान्य रुपमा हेर्ने हो भने यो केवल एउटा किशोरीको डायरी मात्रै लाग्न सक्छ तर पढ्दै जाँदा यसका धेरै पत्रहरु खुल्दै जान्छन्, जसका कारण यसलाई एउटा डायरीको रुपमा मात्र सीमित राखेर पढ्न सकिंदैन। यो डायरी विश्व इतिहासको त्यो कालो कालखण्डको सबुत हो, जसमा यहुदीले यहुदी भएकै कारण अनेकौं यातना र नरसंहार भोग्नुपरेको थियो। विशेषतः यो डायरी एनीको परिवार तानशाह हिट्लरद्वारा निर्देशित नाजी आर्मीको नरसंहार छल्न जर्मनबाट भागेर नेदरल्यान्डमा लुकेर बस्दा लेखिएको हो। उनीहरु यसरी एउटै घरमा लुकेर बसेको अवधि दुई वर्षको छ— सन् १९४२ देखि १९४४ सम्म। उक्त समयावधिमा एनीले गोप्य ठाउँमा लुकेर बस्दा दिनहुँजस्तो भोगेका, सुनेका, पढेका र मनमा लागेका कुराहरु टिप्दै जाँदा यो डायरी तयार भएको हो। यो किताबका केही पत्रहरु, जुन मैले किताब पढ्दै जाने क्रममा मनन गरेको थिएँ, यहाँ चर्चा गर्न चाहेँ— एनी र उनको परिवार जर्मनबाट भागेर नेदरल्यान्डमा शरण लिन पुग्दा उनी जम्मा १३ वर्षकी थिइन्। हामी सबैलाई थाहा भएकै कुरा हो, यो उमेरमा किशोरकिशोरीहरु अलि बढी चुलबुले र जिज्ञासु स्वभावका हुन्छन्। शारीरिक र मानसिक विकासको दृष्टिकोणले पनि एउटा महत्त्वपूर्ण कालखण्ड हो, टिनएज। तर यही सिक्ने, खेल्ने र रमाउने उमेरमा कुनै एउटा घरमा बाहिरै ननिस्की लामो समय लुकेर बस्नुपर्दा एनीले भोगेका र त्यो दुई वर्षको अन्तरालमा अनुभव गरेका तमाम शारीरिक तथा मानसिक परिवर्तनहरुको सँगालो हो यो किताब। जब मान्छे आफ्नो कुरा कसैलाई व्यक्त गर्न असमर्थ हुन्छ, उसले भित्रभित्रै कुण्ठा पाल्न थाल्छ। कालान्तरमा त्यस्ता कुण्ठाहरु मानसिक रोग बनेर निस्कन्छन्। यद्यपि एनीको अभिव्यक्त हुने तरिका अलग छ। उनका अनुसार, यदि तपाईं कसैसँग आफ्नो कुरा खुलस्त भन्न सक्नुहुन्न भने त्यस्तो अवस्थामा कागज र कलमको सहारा लिनु नै उत्तम विकल्प हुन सक्छ। उनले एक ठाउँमा लेखेकी छन्—आवेगमा आएर मुखमा आएका सबै कुरा आफू अगाडिको मान्छेलाई ओक्ल्नुभन्दा बरु कागजमा लेखेर रिस पोख्नु राम्रो। कागज जस्तो धैर्यवान् र सहनशील—जसले तपाईंको सबै कुरा धैर्य गरेर सुनोस् अनि पचाओस्—मान्छे कदापि हुन सक्दैन। यो डायरी कोविद १९को महाव्याधिको क्रममा पढेका हुनाले पनि मैले यसलाई हामी बन्दाबन्दीको बेला घरमै बस्नुपरेको स्थितिलाई पनि जोडेर हेर्न खोजेँ। यी दुई परिस्थितिमा फरक यत्ति छ कि, हामी घरमै बसेर विषाणुबाट बच्दै थियौं, एनी र उनको परिवार मानवताको शत्रुको रुपमा आएको खुद मानवरुपी दानवबाट। यद्यपि कोरोनाको भन्दा हिटलरद्वारा रचित नरसंहार कैयौं गुना बढी कहालीलाग्दो र अमानवीय थियो। हामीले पनि बन्दाबन्दीमा घरै बस्दा धेरै अप्ठेरा परिस्थितिहरु भोग्यौं, धेरै कुरा गुमायौं पनि। त्यस्तै एनी फ्य्राङ्क, उनको परिवार र समस्त यहुदीहरुले पनि धेरै कुरा गुमाएका थिए। धेरै कष्टकर दिनहरु भोगेका थिए। हरदिन सुनिने गोलीका आवाजले गर्दा उनीहरुले श्वासभन्दा बढी मृत्युभय फेरेका थिए। उनीहरुमा पनि अरुसरह जीवन जिउने चाह थियो, तर यहुदी भएकै कारण उनीहरु त्यसबाट पुरै वञ्चित हुनुपर्यो। त्यस्तै डायरीमा एनीले उनी र उनको आमाको बीचको चिसो सम्बन्ध र बुबासँगको सुमधुर सम्बन्धको पनि धेरै नै चर्चा गरेकी छिन्। उनलाई सधैं लागिरह्यो—उनकी आमाले उनलाई कहिल्यै माया गरिनन्, कहिल्यै बुझिनन् र बुझ्ने कोसिस पनि गरिनन्। फेरि कहिले उनलाई लाग्थ्यो— आमाको स्वभाव आफैँमा त्यस्तो होइन, परिस्थितिले गर्दा अलि झोंक्की र चिढचिढे भएकी हुन्। उनी सबै कुरामा अलि दुविधामा देखिन्छिन्। हुन त उनको उमेर नै त्यस्तै थियो। यद्यपि धेरै ठाउँमा उनको आमा प्रतिको दृष्टिकोण त्यति राम्रो देखिदैन। कहीँकहीँ उनी बुबा ओटोसँगको आत्मिय सम्बन्धमा पनि शंका व्यक्त गर्छिन्। उनी बुबालाई प्रेम गर्छिन् र ओटो पनि उनलाई हुरुक्कै गर्छन्। यहाँनेर बुबाछोरीको सम्बन्धलाई मनौवैज्ञानिक अवधारणा ‘इलेक्ट्रा कम्प्लेक्स’को दृष्टिकोढबाट पनि हेर्न सकिन्छ। बीचमा एउटा चिठीको प्रसंग छ, एनले ओटोलाई लेखेको। उक्त चिठी पढिसकेपछि बुबा ओटोले चित्त दुखाउँछन्। त्यो चिठीपछि बाउछोरीको सम्बन्ध केही चिसिएको पाइन्छ। यो चिठीको प्रसंग निकै मार्मिक छ किनभने चिठीमा एनीले आफूलाई आफूखुशी बाँच्न र निर्णय लिन दिनू भनी बुबालाई वचन लगाएकी हुन्छिन्। यो कुरा ओटोले सोचेका पनि हुँदैनन्, त्यसकारण उनलाई त्यो चिठीले निकै मर्माहत तुल्याउँछ। त्यस्तै उनीहरुसँगै त्यही घरमा लुकेको एउटा अर्को परिवार छ, भ्यान डनको। उनीहरु तीन जना छन्—मिस्टर भ्यान डन, मिसेज भ्यान डन र उनीहरुको छोरा, पिटर। एनको मिसेज भ्यान डनसँगको सम्बन्ध पनि त्यति राम्रो हुँदैन। उनी जहिल्यै एनीको कुरा नकार्छिन्, जुन एनीलाई पटक्कै मन पर्दैन। मिस्टर डसेलसँग एउटै कोठामा बसे पनि ऊसँग पनि एनीको राम्रो सम्बन्ध हुँदैन। उनकी दिदी मार्गोट र पिटरबाहेक एनको सबैसँगको सम्बन्ध त्यति राम्रो नभएको हामी पढ्दै जाँदा बुझ्न सक्छौँ। [bs-quote quote=”डायरीमा पिटरसँग आफू नजानिदो पारामा नजिक भएको कुरा पनि उनले स्वीकार गरेकी छन्। यद्यपि उनीहरुको उक्त सम्बन्ध प्रेम हो या आकर्षण मात्र भन्ने कुरामा भने दुवै विश्वस्त छैनन्। उनीहरुको पहिलो चुम्बनको प्रसंग, पिटरसँग खुल्न मन पराउने एनीको स्वभाव, पिटरको साथमा सहज महसुस गर्ने र पिटरलाई बारम्बार सपनामा देखिरहने कुराहरुको बयानले उनी पिटरलाई प्रेम त गर्थिन् तर विश्वस्त थिइनन् भन्ने कुरा दर्शाउँछ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] बा-आमासँग सम्बन्ध नराम्रो भए पनि छोरा पिटरसँग भने उनको नजिकको सम्बन्ध स्थापित हुन जान्छ। डायरीमा पिटरसँग आफू नजानिदो पारामा नजिक भएको कुरा पनि उनले स्वीकार गरेकी छन्। यद्यपि उनीहरुको उक्त सम्बन्ध प्रेम हो या आकर्षण मात्र भन्ने कुरामा भने दुवै विश्वस्त छैनन्। उनीहरुको पहिलो चुम्बनको प्रसंग, पिटरसँग खुल्न मन पराउने एनीको स्वभाव, पिटरको साथमा सहज महसुस गर्ने र पिटरलाई बारम्बार सपनामा देखिरहने कुराहरुको बयानले उनी पिटरलाई प्रेम त गर्थिन् तर विश्वस्त थिइनन् भन्ने कुरा दर्शाउँछ। उनीहरु बीच जस्तै अन्तरंग कुराकानी पनि सहजै हुन्थ्यो भन्ने कुरा पनि उनले डायरीमा खुलाएकी छन्। उनीहरुका केही बाहिरी सहयोगीहरु पनि छन्, जसले उनीहरुलाई रासन ल्याउनेदेखि लिएर धेरै कुरामा सहयोग गरेका हुन्छन्। यस्तो समयमा पनि सहयोग गर्नेहरुप्रति एनी सधैं कृतज्ञ छिन्। लामो समय एकै ठाँउमा बस्दा जस्तोसुकै प्रगाढ सम्बन्धमा पनि केही खट्पट् परिहाल्छ भन्ने कुरा पनि यहाँ बयान गरिएका फरक-फरक प्रसंगहरुबाट बुझ्न सकिन्छ। नेपालीमा उखानै छ नि— एउटै बिस्तारामा सुतेपछि गोडा लागिहाल्छ नि! त्यस्तै अवस्था त्यहाँ पनि रहेको कुरा यो डायरी पढ्दा थाहा लाग्छ। यस्तै उनको मानसिक स्थितिमा आउने परिवर्तन, उनको झोँक्की र मनमौजी स्वभाव पनि पढ्दै गर्दा बुझ्न सकिने कुराहरु हुन्। एनीको पठनपाठन र लेखनीमा विशेष रुचि भएको देखिन्छ। उनले लेखक हुने सपना पालेकी रहिछन्। यसैक्रममा उनले केही कथाहरु पनि लेखेकी थिइन्। उनी ती कथाहरु छद्म नाममा भए पनि छपाउन चाहन्थिन् तर प्रतिकूल समयका कारण उनी आफ्नो सपना दबाउन बाध्य हुन्छिन्। यद्यपि उनको स्वभाव आशावादी छ। उनलाई विश्वास छ— यो सबै एक दिन सकिन्छ र उनीहरुको जीवन पहिलेजस्तै सामान्य स्थितिमा फर्किन्छ। त्यसैले एनीको सकारात्मक र आशावादी सोच एकदम प्रशंसनीय छ। उनीहरु लुकेर बसेका भए पनि जन्मदिन र चाडहरु आफ्नो स्थितिअनुसार मनाइरहेका हुन्छन्। बाहिरी संसारको जीवन र भित्री संसारको जीवनको दुई तहमा विभाजित भए पनि उनीहरु आफ्नो गच्छेअनुसार उपहार लिने-दिने र फरक-फरक खानाका परिकारहरु बनाएर खाने गर्छन्। तर कहिलेकाहीँ खानाको अभावमा एउटै कुरा बारम्बार पकाएर खानु परेको कुराहरु पनि एनीले खुलाएकी छन्। एनी नयाँ भाषा र नयाँ कुरा सिक्न हरदम उत्साहित थिइन्। उनी आफूलाई आत्मविश्वासी र स्वावलम्बी भन्न रुचाउँछिन्। यसरी जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि हामी सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश यसै डायरीबाट ग्रहण गर्न सकिन्छ। कहीँ कहीँ एकदम झिना-मसिना घट्नाहरु पनि बयान गरेकाले केही अल्छी लाग्छ तर उनलाई डायरी लेख्दा आनन्द आउने हुँदा र उनको उमेरलाई मध्यनजर गर्दा ती कुराहरु सहजै पचाउन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने, पाना पल्टाउँदै जाँदा उनको लेखनीमा आएको वैचारिक परिपक्वता र गाम्भीर्यता पनि महसुस गर्न सकिन्छ। यी त डायरीमा बयान गरिएका मुख्य कुराहरु मात्र हुन्, यीबाहेक अन्य स-साना कुरा, झ्यालबाट आकाश चिहाउने, टाढासम्म हेर्दाका अनेकन् अनुभूतिहरूले पनि पाठकको मन हुँडल्ने क्षमता यो डायरीमा छ। जे होस्, एनी फ्य्राङ्कको डायरीबाट सिक्न सकिने धेरै कुराहरु छन्। इतिहासका घटना र उनको घर-परिवारमा घटेका घटनाहरुको प्रसंगहरु सँगसँगै लेखिएको यो डायरी साँच्चै नै पठनीय छ। एनी फ्य्राङ्क कसैगरी जीवितै हुन्थिन् भने गएको जुन १३ देखि ९१ वर्ष पुगेकी हुने थिइन्। त्यो उमेरमा यसरी रोचक तरिकाले डायरी लेख्न सक्ने एनी जीवितै हुन्थिन् भने कति धेरै साहित्य कत्थिन् होला भन्ने डायरी पढ्दै गर्दा मनमा उब्जिन्छन्। क्यानबेरा, अस्ट्रेलिया #मनोज रेग्मी २ लाख रुपैयाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना: गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशिको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिबार सम्पन्न समितिको बैठकले पुरस्कारका लागि आवश्यक नीति,नियमावली र स्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ। प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ट कृतिलाई नगद राशिसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिए। पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराएका छन्। समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिबारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा, साहित्यसँग सम्बन्धित संघ-संस्था र साहित्यप्रेमीहरुलाई आह्वान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। भानु जयन्ती असार २९ गते पर्दछ। समितिको दोस्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ। यसैगरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाइन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरुमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ। दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह, गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोस्रो बैठकमा हालसम्म भएका उपलब्धिबारे समीक्षा र छलफल भएको थियो। बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी भएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले विदेशमा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्न मिलेर जानुपर्नेमा जोड दिए। उनले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको बताए। त्यसैगरी बैठकमा समितिका सल्लाहकार एवं संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमतिअनुसार प्रवासमा नेपाली साहित्यको प्रवर्द्धनका लागि अगाडि बढाउनु पर्नेमा जोड दिए। बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ), सहअध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल ( युरोप ), बेलु काजी थापा ( एसिया ) र निश्चल पि एस लिम्बू ( मध्यपूर्व) को उपस्थिति रहेको एनआरएन आइसीसी, नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका मिडिया संयोजक गौतम दाहालले बताएका छन्। कार्यक्रममा सदस्यहरु तीर्थ सङ्गम राई ( कतार), नृपेश उप्रेती ( बेलायत ), कृष्ण कुसुम ( अमेरिका) र गौतम दाहाल (अमेरिका) को सहभागिता रहेको थियो । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतले गरेकी थिइन्। #गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार म ब्यूँझदा पाे दुख्छ तपाईंकाे छाती: लु भयाे म अब तपाईँसँग कुनै प्रश्न गर्ने छैन आँखा चिम्लने छु र यावत अनुत्तरित प्रश्नहरु अँध्याराेमा अँध्याराेसँगै जलाइदिने छु र म माैन उभिने छु आफ्नै सपनाकाे वृत्तमा काेही हुने छैनन् मेराे वरिपरि तपाईं भरि केवल लमतन्न सडक लाै भयाे अब कुदाउनाेस् कालाे घाेडा निस्फिक्री अबाेध छातीहरुमा म केही बाेल्ने छैन मात्र चिम्लने छु आँखा र हराउने छु आफैँबाट टाढा म अब कुनै प्रतिवाद गर्ने छैन काेर्नाेस् बतासकाे छातीभरि काला अक्षरहरु सारा आकाश तपाईकै हुने छ उड्नाेस् बाईपंखी घाेडामा या नाच्नाेस् आफ्नै पागल सपनाहरुकाे वृत्तमा म ब्यूँझदा पाे दुख्छ तपाईंकाे छाती र चिथाेरिन्छन् तपाईंका सपनाहरु लाै भयाे म निदाइदिने छु ढुक्कले कुदाउनाेस् अब तपाईंका घाेडाहरु म मात्र किन उभिरहूँ तपाईंका विपक्षी गाेलार्धमा किन काला प्लेकार्ड लिएर उभिरहूँ जीवनभर समयकाे किनारमा तपाईंले टेक्दा दुख्दैन अरुकाे छाती भने म मात्रै किन दुख्नुकाे पीडामा उभिरहूँ भयाे, अब म माैन पल्टिने छु तपाईंका सपनाहरुका घाेषणापत्रहरुमा कुदाउनाेस् रथहरु कति कुदाउनु हुन्छ मेराे अबाेध छातीमा यति भए सायद तपाईंकाे त्रिलाेकीय सम्राट बन्ने सपना पूरा हाेला र हिरण्यकशिपु सपना अझ लम्बिने हाेला केही समय याे अभागी धर्तिकाे एक कुनामा । #अशेष मल्ल प्रवासी प्रवाहको छैटौँ श्रृंखला सम्पन्न: गैर आवसीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह”को छैटौँ शृंखला असार ७ गते (जुन २१) मा सम्पन्न भयो। विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरुका सिर्जनाका प्रवाहहरुलाई प्रवाहित गर्न यस कार्यक्रमको उद्देश्य रहेको छ। एक घण्टा भन्दा बढी चलेको यस कार्यक्रममा अतिथि साहित्यकारका रुपमा नेपालबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको उपस्थिति थियो। गीतकार अधिकारीले गैर आवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले विगतदेखि अनुवाद शुरु गरेको र त्यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान र अन्य संघसंस्था मिलेर निरन्तरता दिनुपर्ने साथै उत्कृष्ट कृतिहरुलाई अनुवाद गरी विश्वभर पुर्याउनुपर्ने सुझाव दिएका थिए। समितिका युरोप उपसंयोजक हरि पौड्यालले चार दशकदेखि युरोपमा रहेको र भइरहेका साहित्यिक गतिविधिबारे जानकारी गराए। उनले आफ्ना केही कवितासमेत प्रस्तुत गरेका थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिलेख राख्न पौड्याललाई संयोजकसमेत तोकिएको छ। उनले धेरै डाटा सङ्कलन भएको बताउँदै सर्जकहरुलाई आफ्नो परिचय पठाउन आग्रहसमेत गरे। अमेरिकाबाट कवि पदम विश्वकर्मा सहभागी भएका थिए। उनले एउटै उद्देश्य बोकेर हिँडेका साहित्यिक संघसंस्थाहरुबीच समन्वय गरी अघि बढे साहित्यको विकास गर्न सकिने धारणा व्यक्त गर्दै ‘रुकुम’ शीर्षकको कवितासँगै अन्य कविता पनि प्रस्तुत गरेका थिए। कतारबाट तीर्थ सङ्गम राईले त्यहाँका साहित्यिक गतिविधि बारे बताउँदै १० वर्षदेखि मोबाइल लाइब्रेरी, साहित्यिक डबली तथा अन्य कार्यक्रम चलाइरहेको जनाए। करिब ६ लाख नेपाली रहेको मध्यपूर्वमा नेपाली साहित्यले फल्नेफुल्ने अवसर पाएको र गज़ल लेखनमा धेरै सर्जकहरु रहेको जानकारी गराएका थिए। उनले केही कवितासमेत पाठ गरेका थिए। यस्तै एनआएएनए ब्राजिलका अध्यक्ष गणेश गुरुङले त्यहाँ १०० जनाको संख्यामा नेपाली रहेका र व्यापार-व्यवसाय गरिरहेको जानकारी दिए। कोविद १९ को प्रभाव अमेरिकापछि ब्राजिलमा परिरहेको बताउँदै दिनमा ४ घण्टा मात्र बजार खुल्ने गरेको जनाए। कार्यक्रमको अन्त्यमा अथिति दिनेश अधिकारीले गैरआवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले चलाएको प्रवासी प्रवाह कार्यक्रम अत्यन्त प्रभावकारी रहेको भन्दै प्रशंसा गरे। विभिन्न महादेशबाट सहभागिता रहेको हुनाले फरक देशको फरक अनुभव सुन्न पाउँदा रमाइलो लागेको उनको भनाइ थियो। यस कार्यक्रमको संचालन भगवती बस्नेतले गरेकी थिइन्। #प्रवासी प्रवाह छन्दकविता पुनर्जागरण गराउँदै 'छन्द तरङ्ग': नेपालमा बन्दाबन्दीको अवस्था चलिरहेका समयमा नेपाली छन्दकवितालाई विश्वव्यापीकरण गर्ने अभियानको थालनी गरिएको छ । विगत दुई वर्षदेखि काठमाडौँको लेखनकुञ्जमा सञ्चालित मासिक शृङ्खला ‘छन्द–तरङ्ग’ बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेपछि रूपन्देहीमा रहेको छन्दवादी समाज नेपालसँगको सहकार्यमा प्रविधिको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय अभियानको थालनी गरिएको हो । डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको कविजोडीले यसको संयोजन गरिरहेका छन्। कार्यक्रमको सञ्चालन कविराज पौडेलले र प्रविधि संयोजन अमेरिकाबाट परशु तिमल्सिनाले गरिरहेका छन् । २०७७ जेठ ७ गते नेपाल, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, जापान, इजरायल, म्यान्मा र भारत गरी नौवटा देशका दश जना नेपाली छन्दकविहरूलाई प्रस्तुत गरेर सुरु गरिएको यस अभियानको पाँचौँ शृङ्खला गत असार ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । हालसम्ममा एक दर्जनभन्दा बढी देशमा रहेका ५० जना नेपाली छन्दकविहरूका एक सयभन्दा बढी छन्दकविताहरू प्रसारण भइसकेका छन् । नेपाली छन्दकवितालाई विश्वव्यापीकरण गर्ने र शास्त्रीय छन्दका निर्माता आचार्य पिङ्गललाई विश्वमा स्थापित गराउने उद्देश्यका साथ प्रस्तुत कार्यक्रमको थालनी गरिएको कुराको जानकारी कार्यक्रमका संयोजक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । नेपाल भन्छन्, ‘आचार्य पिङ्गलबाट निर्मित शास्त्रीय छन्दहरूको प्रयोग संस्कृत भाषामा त प्रशस्त भएको थियो तर त्यसपछिका हिन्दी, मैथिली, भोजपुरीलगायतका भारोपेली परिवारका र नेवारीलगायतका भोटचिनियाँ परिवारका भाषाहरूले सुरु सुरुमा शास्त्रीय छन्दलाई महत्त्वका साथ प्रस्तुत गरे पनि अहिले ती भाषाहरूले पिङ्गल छन्दलाई छोडिसकेका हुनाले अब पूर्वीय जगत्मा नै शास्त्रीय छन्दलाई बचाउने मूल जिम्मेवारी नेपाली भाषाले पाएको छ । अहिले नेपाली भाषामा ३०० भन्दा बढी शास्त्रीय छन्दको स्वाभाविक प्रयोग भइरहेको हुनाले हामी यस तथ्यलाई गिनिज बुकमा लेखाउने लक्ष्यका साथ अभियानमा जुटेका छौँ ।’ हरेक हप्ता फरक फरक देशबाट दशजना कविहरूलाई छनोट गरी तिनका पनि स्तरीय र मानक कविताहरू प्रस्तुत गराउनु कठिन कार्य भए पनि अभियान पाँचौँ शृङ्खलासम्म विनाव्यवधान सञ्चालन भएकोमा नेपालले खुसी प्रकट गरे । यस कार्यक्रममा कविता वाचन मात्र नभई हरेक शृङ्खलामा एकजना विशिष्ट कविलाई प्रमुख अतिथिका रूपमा उभ्याइन्छ र छन्दकवितासम्बन्धी उनका विशेष भनाइहरू सुनिन्छ । कार्यक्रमको थालनीमा डा. देवी नेपालले छन्दकविताको महत्त्व, इतिहास, उपयोगिता, सम्भावना र चुनौतीका बारेमा विशिष्ट जानकारीहरू प्रस्तुत गर्ने र अन्त्यमा डा. रामप्रसाद ज्ञवालीले कविताको सौन्दर्य शास्त्रीय चिन्तन प्रस्तुत गर्ने परम्परा रहेको छ । सञ्चालक कविराज पौडेलले पूरै कार्यक्रम छन्दमा नै सञ्चालन गर्ने गरेका छन् । यसबाट श्रोताहरूलाई सैद्धान्तिक ज्ञान, सूचना र मनोरञ्जन एकैसाथ प्राप्त हुने गरेको हुनाले अत्यन्त उपलब्धिमूलक रहेको र यो हजारौँ श्रोता तथा दर्शकहरूको प्रिय कार्यक्रम बनेको प्रतिक्रिया कवि विक्रम पवन परियारले बताए । यस अभियानमा वरिष्ठ कविहरू रमेश खकुरेल, कोषराज न्यौपाने, भुवनहरि सिग्देल र प्रा. जगत् उपाध्याय प्रमुख अतिथिका रूपमा र डा. घनश्याम परिश्रमी, डा. नवराज लम्साल र मित्रलाल पंज्ञानी अतिथिका रूपमा आइसकेका छन् । जेठ १० गते बुधबार प्रस्तुत हुने यस अभियानको छैटौँ शृङ्खला भने फरक प्रकृतिको रहेको छ । यसपटक भने नेपालको सङ्घीय संरचनाअनुसार सातै प्रदेशबाट एक नारी स्रष्टा र एक पुरुष स्रष्टा गरी १४ जना र उपत्यकाबाट दुईजना गरी जम्मा १६ जना छन्दकविहरू प्रस्तुत हुँदै छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त शृङ्खलामा सिङ्गो देशको आवाज सम्प्रेषण हुने कुराको जानकारी आयोजकहरूले दिएका छन् । यसरी नै आगामी जेठ १७ गते हुने सातौँ शृङ्खला भने समावेशी छन्दकवि सम्मेलनका रूपमा सञ्चालन गरिने भएको छ । सामान्यतः छन्दकविता ब्राह्मण र क्षेत्रीहरूको मात्र अभिव्यक्तिको माध्यम हो भन्ने नेपाली समाजको धारणामा परिवर्तन ल्याउन यस प्रकृतिको कार्यक्रम गर्न लागिएको र उक्त शृङ्खलामा नेपालको संविधानमा जनजाति, दलित, मधेसी, थारू, मुसलमान आदि भनी वर्गीकरण गरिएका समुदायका एक दर्जन कविहरूका छन्दकविताहरू प्रस्तुत हुने कुराको जानकारी कार्यक्रमका संयोजक डा. देवी नेपालले दिएका छन् । उनको भनाइ छ, ‘केही नयाँपनका साथ प्रस्तुत हुने हो भने प्रशस्त श्रोता र दर्शकहरूको माया पनि पाइँदो रहेछ र थप काम गर्ने हौसला पनि प्राप्त हुँदो रहेछ । त्यसैले जस्तोसुकै परिस्थिति आइलागे पनि छन्दकवितालाई विश्वव्यापीकरण गर्ने र नेपाली कविताको मौलिक चिनारीका रूपमा रहेको छन्दकवितालाई उचाइमा पुर्\u200dयाएरै छाड्ने हाम्रो अभियान रोकिनेवाला छैन । हामी अब भने यस अभियानलाई हरेक महिनाको पहिलो आइतवार नेपाली समयअनुसार साँझ छ बजे मासिक रूपमा वर्षैभरि सञ्चालन गरिरहने छौँ ।’ #छन्द तरङ्ग यात्राको नयाँ थालनी: आऊ तिम्रो र मेरो नयन जुधाऊँ र, बनाऊँ एउटा सुरूङ र, पुगौँ त्यो विशाल समुद्रभित्र जहाँ गहराई छ रहस्य छ जहाँ म छैन स्वयम् तिमी छैनौ रिक्तताको उपस्थितिमा जिन्दगी अर्थहीन बनेको छ आऊ तिम्रो र मेरो नासिका जुधाऊँ र, पुर्याऊँ यी लामा श्वासहरू एक अर्काको मस्तिष्कमा जहाँ जीवन छटपटी रहेको छ मिलन बिना संवाद बिना समर्पण बिना त्यहाँ मात्र तिक्तता छ मित्रताको अनुपस्तिथिमा जिन्दगी अर्थहीन बनेको छ आऊ तिम्रो र मेरो वक्ष जुधाऊँ र सुनौं धक धक धक र बुझौँ यी धड्कनको अर्थ जहाँ मात्र ध्वनि छ संगीत छैन जहाँ व्यग्रता छ प्रेम छैन जहाँ मात्र उदास निःश्वास छ जता हेर्यो विरक्तता छ र जिन्दगी अर्थहीन बनेको छ भयो त्यस अघिको रुचिहीन यात्रा मेरो उद्देश्य होइन म त कालान्तरदेखि प्रेमको अर्थ खोज्दै हिँडेको एउटा मनुवा ! #एलबि क्षेत्री अलिखित: आफ्नै माटोमा गुमनाम बाँच्नेहरूको दुर्दान्त कथा: “जुन समाजले विद्रोह गर्न सक्दैन, त्यो हराएर जान्छ वा नष्ट भएर जान्छ ।” डा. ध्रुबचन्द्र गौतमको उपन्यास “अलिखित” को लगभग सारांश हो यो। लगभग मात्रै यस कारण कि उपन्यासमा विद्रोह त भएकै छ तर त्यो विद्रोह, विद्रोहीहरूले नै बुझ्न सकेनन् | र ती सबै नष्ट भएर गए। आजभन्दा झन्डै ४० वर्ष पहिले लेखिएको यो उपन्यासलाई वि. सं. २०४० सालमा मदन पुरस्कार दिइएको थियो । तर यस्तो भइदियो कि, उपन्यासको कथा लेखिएको मितिको ४० वर्षपछि पनि उहीँ र उस्तै छ, जहाँको कथा लेखिएको थियो । दीलिप बान्तवा अर्थात् उपन्यास तराईको कुनै देहाती गाउँको कथाको सेरोफेरोमा लेखिएको छ। जहाँ गाउँको शासक बनेर जिम्दार/जमिन्दार बसेका छन्। उनका वरिपरि प्रसस्तै उनका चाकडिबाजहरू छन्। गाउँमा रैतिहरूलाई कज्याउन उनले कुनै कसर बाँकी राखेका छैनन्। आकाशमा घाम जुन रहेसम्म आफ्नो अवस्था यस्तै हो भन्ने मानेर वा आफ्नो जुनि नै यस्तै हो भन्ने मान्यतामा रैतिहरू आनन्द मानेर बसेका छन्। अलिकति सयल वा आराम पाए भने उनीहरू आफ्नो बानी बिग्रीने डरले नियमित लयमै रहन रुचाउँछन्। यही पृष्ठभूमिमा सो गाउँमा भौगर्भिक उत्खननका लागि काठमाडौंले खटाएका ११ जना युवाहरू सरकारी कर्मचारिका रूपमा गाउँ पुग्छन्। कोही कहिल्यै तराई नझरेका, कोही कहिल्यै गाउँ नटेकेका र कोही त कहिल्यै काठमाडौं नछोडेका ती युवाहरूले तराईको सो देहाती गाउँमा देखेका कुराहरूमा केन्द्रीत छ कथा। ती युवाहरूले बढी देखे मात्रै, किनकि त्यहाँका मान्छेहरूको नियतिमा उनीहरू मुकदर्शक मात्रै बनिरहेको देखिन्छ। मध्य तराईको विरगञ्जमा जन्मिएका लेखकले त्यही भूगोलको कथालाई अत्यन्तै मार्मिक बान्कीमा प्रस्तुत गरेका छन्। कथोपकथनका साथै दृष्यहरूलाई बिम्बमार्फत प्रस्तुत गर्दा थप प्रभावपूर्ण बनेको छ। कथा खासगरि दुई गाउँबिचको अन्तरविरोधमा केन्द्रित छ। धरमपुर र बिरहेनपुर-बरेवा । अन्तरविरोध पनि के भन्नू र ! बरू धरमपुरले अर्को गाउँलाई गरेको उत्पिडनको साक्षी हो यो उपन्यास। यी दुई गाउँहरू शासक र शाषितका रूपमा रहेका छन्। यथार्थमा यस्तो छ कि बिरहेनपुर-बरेवा गाउँ औपचारिक/आधिकारिक/कानुनी रूपमा अस्तित्वमा छैन कैँयौँ वर्षदेखि। त्यहाँमा मानिसहरू अनागरिक भएरै बाँचिरहेका छन्। अर्थात यो कथा हाम्रो सिमानाका तमाम नागरिकहरूको वर्तमानको कथा हो भन्न सकिन्छ। Land Swap हुनुअघि भारत-बंगलादेशको विवादित भूमिका नागरिकहरू वा भनौँ नेपालले हाल दाबी गरिरहेको लिम्पियाधुरा, लिपुलेकतिरका नागरिकहरूको स्थिति जस्तै । उल्लेखित ठाउँका नागरिकहरूको सामाजिक स्थिति र कानुनी अधिकारका कुराहरू कतिसम्म असान्दर्भिक हुन्छन/हुनसक्छन् भन्ने कुरा यो उपन्यासको कथाले प्रष्ट पारेको छ । अझ अर्को कुरा त धरमपुर गाउँ जो कानुनी रूपमा अस्तित्वमा छ उसले बिरहेनपुर गाउँलाई आफ्नो रैती ठान्छ । त्यहाँका घरहरूमा आगो झोस्न, लुटपाट मच्याउन वा जुनसुकै हदको अमानविय हर्कत गर्न धरमपुरबासीलाई छुट छ वा भनौँ त्यो उनीहरूको अधिकार हो। बिरहेनपुरले कानुनी रूपमा आफ्नो अस्तित्व नै नभएपछि कहाँ गएर न्याय मागोस् ? त्यसका लागि त्यहाँका मान्छेहरूलाई न त सोच्ने तागत नै छ न त फुर्सद र चेतना नै । बरू उनीहरू त दोर्हनतल पोखरीको गर्भमा भासिएको भनिएको अगणितीय धन प्राप्त गर्न लालयित देखिन्छन् | जसका बारे पुस्तान्तरित किंवदन्तिमा सुन्दै आईरहेका छन् र सोही धन प्राप्तिमा उनीहरू त्यो पोखरीमा डुबुल्की मार्न तम्सिन्छन् बरू । धरमपुरका जिम्दार विश्वनाथको नेतृत्वमा दबाइएको बिरहेनपुर-बरेवा गाउँमा आफ्नो वर्तमान नियतिभन्दा पर सोँच्ने अधिकार कसैलाई छैन। त्यसैको अपवादमा ईनरहवा, सुनरहवाहरू अगाडि आउँदा जिम्दारको निशानामा परे। समग्रमा गरिबी, अभाव, अशिक्षा, अन्धविस्वास संगसंगै गुमनाम बाँचिरहेको बिरहहेनपुर-बरेवा गाउँ एकदिन एक्कासी भौतिक रूपमै हराउँछ अर्थात भनौँ भूगोल मात्रै बाँकी छोडेर त्यहाँका पशुतुल्य बाँचिरहेका मानिसहरू बेपत्ता हुन्छन्, वा पारिन्छन्? कथाले निस्कर्ष त दिएको छैन तर भौगर्भिक उत्खननका लागि गाउँ पुगेको टोलिले भने निस्कर्ष निकाल्छ कि संघर्ष नगर्नेहरू केवल नामेट मात्रै भइरहन्छन् | त्यसैले व्यवस्थित संघर्ष गर्नुपर्दछ। चार दशकअघिको यो कथालाई आज पनि नेपालको नक्सामा राखेर हेर्ने हो भने फेरबदल भएको पाइन्न। चालीस वर्ष समय छोटो त हुँदै होइन। चीन, जापान, कोरिया वा थुप्रै समृद्ध मुलुकहरू चालीस वर्ष (सन् १९६० देखि २००० सम्म) कै अवधिमा अकल्पनीय बिकासको फड्को मार्न सफल भएको तस्विर हाम्रै सामुन्नेमा छ। तर हाम्रो स्थिति चालीस वर्षमा पनि उस्तै देखिन्छ। किनभने यहाँ कैँयौँ धरमपुरहरूले बिरहेनपुर-बरेवाहरूलाई उस्तै गरी कज्याइरहेका छन् भने एउटा बिहेभोजमा गाईको मासु पकाएको अत्तु थापेर एक जना विरोधी मुसलमानलाई ठेगान लगाउने जिम्दार विश्वनाथको उत्तराधिकारीहरू सर्वात्रै देख्न सकिन्छ यतिखेर पनि। भूगोलमा बसेर पनि देशको नक्साभित्र परिचयबिहिन बाँचिरहेका गाउँहरू अनगिन्ती भेट्न सकिन्छ आज पनि। ती ११ जना शिक्षित र सचेत युवाहरूले त्यो गाउँमा केही परिवर्तन ल्याउन सक्थे, जागरुक बनाउन सक्थे, तर कर्मचारीहरू आफूलाई तोकिएको कामबाहेक अन्य झमेलामा फँस्न चाहन्नथे | त्यो बेला भन्नू मात्रै होइन अहिले पनि यो प्रवृति त जिवितै छ। नत्र भने बिरहेनपुर-बरेवा किन परिचयबिहिन गाउँ भयो ? राष्ट्रियताबिहिन कसरी बनाइयो ? भन्ने कुराहरू पनि उत्खनन् गर्न सक्थे ती ११ जनाले र तिनको हैसियतले सो गाउँलाई परिचय दिलाउन नि सक्थे | तर एउटी बिरही महिलाले आफूमाथिको अत्याचार खप्न नसकी गाउँलाई सरापेको आधारमा परिचयबिहिन भएको किंवदन्तिमै ११ जनाले पनि सदर गरेको देखिन्छ । नेपाललाई सतिले सरापेको किंवदन्ती सुनाएर हामी कहिल्यै पनि समृद्ध बन्न सक्दैनौँ भन्ने पौराणिक खालको मान्यता स्थापित गर्न खोजे जस्तै पुरै गाउँ नै आफ्नो दु:खको अन्त्यका लागि दोर्हन्तल पोखरीमा डुबेको अदृष्य-दृष्य स्वीकार गरिएको छ। अर्को कुरा मान्छेहरूमा चेतनाको जलपले मात्रै फरक देखिने हो, नत्र अन्तर्मनको मनोदशा भने उस्तै हुन्छ भन्ने तर्क पनि गर्न खोजिएको देखिन्छ । नत्र भने उत्खननका लागि आएक ११ जना युवाहरूमध्येका एक युवाले आफूलाई पनि दोर्हन्तलमा समाधिस्थ गर्नुपर्ने थिएन होला । भुपु जिम्दार वर्तमान प्रधानपञ्च बनेर गाउँको मुख्तियारी चलाए जस्तै हामी कहाँ पनि जिम्दारीप्रथाबाटै प्रधानपञ्चहरू बने, उनै जिम्दारहरू पञ्चायतपछि गाविस अध्यक्ष बने, आज तिनै गाउँपालिकाको हर्ताकर्ता भएका छन् । व्यक्ति फेरिए, पुस्ता फेरिए तर प्रवृति उस्तै छ। सत्तामा हुनेहरू आफूले प्रयोग गरेका मान्छेहरूको उपादेयता सकिएपछि तिनैलाई दुत्कार्छन् भन्ने पनि देखियो । जिम्दार विश्वनाथ कै निर्देशनमा आफ्नै विस्वासपात्रकी छोरीलाई बेपत्ता बनाइदिए। अहिले हाम्रोमा पनि त कञ्चनपुरकी निर्मला पन्त होऊन् वा भोजपुर प्याउलीका तीन जना बालबालिका होऊन् । तिनका अत्याचारिहरू कतै यतै घुमिरहेका होलान् तर तिनका परिवार आफ्नो ठेगानाबाट अन्तै सर्न बाध्य छन् | जसरी बिरहेनपुर-बरेवा आफूमाथिको अन्याय खप्न नसकेर कतै अलप भयो। समग्रमा अलिखित त्यतिबेलादेखि यतिबेलासम्मका ती मानिसहरूको कहिल्यै नलेखिने दर्दको कथा हो ,जो मान्छे भएर मान्छे जस्तै जुनी बाँच्न पाएका छैनन् । र एउटा यस्तो दलिल पनि हो, जसले भन्छ, “जुनसुकै युग वा समयमा होस् वा व्यवस्थामा त्यहाँ जरुर शासक र शिषित वर्ग विद्यमान हुन्छ ।” यो कुरालाई ती ११ जना भौगर्भिक उत्खननकर्ताहरूले भेटेका एउटै प्रयोजनका तर फरक फरक वर्गहरूले प्रयोग गर्ने वस्तुहरूबाट दर्शाउन खोजिएको छ। #दीलिप बान्तवा पाठकको पाठक: म बच्चा हुँदा मेरा काका हिन्दी जासुसी उपन्यासको यति ठूलो प्रशंसक हुनुहुन्थ्यो कि मोटा मोटा जासुसी उपन्यास पढेर उहाँका आँखा नै बिग्रिएका थिए। उहाँका चार सन्तान जन्मिसकेका थिए तर जासुसी उपन्यास पढ्न कहिल्यै छुटेनन्, भलै हामीले ती उपन्यास उठायौँ भने उहाँले बेलाबेलामा पिट्टा पनि लगाउनु हुन्थ्यो। त्यो बेलामा हामी यति कलिला थियौँ कि ती मोटा किताबमा के थियो भनेर खोज्नुको साटो, काकाले बीचको पत्ता निकालेको थाहा पाउँदैनन् होला भनेर च्यातेर निकाल्थ्यौँ र कागजको नाउ बनाउँथ्यौँ। त्यो नाउलाई वर्षाले ल्याएको सानोतिनो बाढीमा बगाउँथ्यौँ। पछि जब हामीले केही पढ्न जान्न थाल्यौँ, स्कुल जान थाल्यौँ अथवा टिनएजमा प्रवेश गर्न थाल्यौँ, काकाले ती उपन्यास पढ्न छाडिसक्नु भएको थियो। अवशेषका रुपमा केही उपन्यासहरु थिए घरमा र ती किताबलाई उहाँ विरक्तिका भावले हेर्नुहुन्थ्यो। तीमध्ये एउटा थियो, सुरेन्द्र मोहन पाठकको कुनै जासुसी उपन्यास। मलाई सुरेन्द्रको नाम किन याद आयो भने उपन्यासको नाउँभन्दा उनको नाउँ ठूलो अक्षले पुस्तकमा कुँदिएको थियो। त्यो उपन्यास पढ्न थालेपछि मलाई रोकिने कुनै चाह भएन। भलै ती घटना मलाई वास्तविक लागे पनि अलिअलि हावा लागिरहेकै थियो। कुनै बन्द कोठामा हिरो थुनिएको थियो, ग्यासका कारण ऊ बेहोस हुन थालेको थियो र अकस्मात उसको साथीले हिरोलाई जोगाउँछ। यस्तै केही कथा थियो। जिन्दगीले हुत्याएर कहाँकहाँ पुर्याउँँछ। किताबको मोह त जन्मियो तर जासुसी उपन्यासमा कहिल्यै रुचि जागेन तर पनि जब–जब मोटा किताब म सम्झन्छु, सुरेन्द्र मोहन पाठकको झल्को आइहाल्छ। जीवनमा पहिलो पटक मोटो किताब भन्ने बित्तिकै उनै सुरेन्द्र मोहन पाठकको जो देखेको थिएँ! उनको जीवनीको एउटा अंश कतै पढेको थिएँ, जुन तपाईंसमक्ष राख्न चाहन्छु। विमल सिरिजको चौथो उपन्यास ‘पैंसठ लाख की डकैती’ बजारमा आयो। प्रकाशकले अप्रशन्नता जनाए। खासमा सुनील सिरिज सबैभन्दा बढी चल्ने गरेको थियो तर त्यसका बाबजुद उनले विमल सिरिज निकालेका थिए। प्रकाशकले सुरेन्द्रलाई सुनील सिरिजकै उपन्यास देऊ भनेर करकर गरिरहेका थिए। यसअघि छापिएका उपन्यासले उनलाई आफ्नो गोडामा उभिने पर्याप्त आधार दिइसकेको थियो। त्यसैले छाप्ने भए छाप नछाप्ने भए पछि लेखौँला भनेर उनले प्रकाशकलाई बेवास्ता गरेझैँ गरे। भारी अनिच्छाले प्रकाशकले सन् १९७७ मा ‘पैंसठ लाख की डकैती’ बजारमा ल्याए तर त्यहाँ एउटा बेइमानी प्रकाशकले गरिदिए। ‘विमल सिरिज’ छापिएको हुनुपर्नेमा ‘सुनील सिरिज’ लेखिएको थियो। गुनासो गर्दा प्रकाशक याकूबले नसुनेझैँ गरे। पाठकले उपन्यासलाई यति मन पराए कि मेरा सारा गुनासा छू मन्तर भएर गयो। प्रकाशकले फोनमा भनेछन्, ‘हेर सुरेन्द्र, यो उपन्यास पाठकले यति रुचाए कि अब सुनील सिरिज छाडेर यसैलाई अघि बढाऊ।’ त्यसपछि विमल सिरिजको पाँचौँ उपन्यास ‘ग्याङवार’ लेखेर प्रकाशकलाई पाण्डुलिपि बुझाए। छापिएर आउँदा त्यो उपन्यासको नाम ‘आज कत्ल होकर रहेगा’ थियो। सुरेन्द्र यति रिसाए कि उनलाई लाग्यो, यो जत्तिको बेइमानी अरु के होला? छापिएर आई त सक्यो! बजारमा पुगी त सक्यो! एउटा संघर्ष गरिरहेको दुई पैसे लेखकसँग पाकेट बुकका प्रकाशकहरुले यस्ता ज्यादती त गरिरहन्थे नै! सुरेन्द्रले फेरि पनि आफ्नो मनलाई सम्झाए– दूध दिने गाईको लात्ती पनि सहनुपर्छ। विमल शृंखलाको यो उपन्यासलाई पनि पाठकले रुचाए। खासमा के भयो भने लेखनीको हिसाबले अघिल्लो भन्दा यो राम्रो थियो। शुरुका तीन शृंखला विमल सिरिजलाई पाठकले उति रुचाएका थिएनन् तर चौथोपछि त यसलाई साँच्चिकै रुचाउन थाले भन्ने लाग्यो। गाइड पकेट बुक्समा उनका पाँच उपन्यास छापिए, सुनील सिरिजका तिनमा थिएनन्। दुई वटा विमल सिरिज थिए र अन्य तीन वटा थ्रिलर उपन्यास थिए। त्यो बेला जेम्स हेडली चेजको अंग्रेजी उपन्यासको धुम थियो। चेजका उपन्यास कसैले नक्कल गरी बजारमा ल्याएको थियो र चेजको उपन्यासले पकेट बुक्सको इतिहासमा बिक्रीको कीर्तिमान नै ल्याइदिएको थियो। गाइड पकेट बुक्सले विभिन्न पत्रिकामा विज्ञापन गरी चेजका उपन्यासको आधिकारिक प्रकाशक आफू भएको र अरुले छापे कार्बाही गर्ने धम्कीयुक्त विज्ञापन प्रकाशन गरिरहेको हुन्थ्यो तर मेरठको कुनै प्रकाशकले चेजको एउटा अनुवाद छापेर बजारमा ल्याउनेबित्तिकै त्यो हारालुछ हुन थाल्यो। यो देखेपछि गाइडले फेरि विज्ञापन छपायो तर कसले टेर्ने? बद्लिँदो मौसम देखेर गाइड पकेट बुक्सले पनि चेज निकाल्ने प्रकाशकलाई मुद्दा हालेन। यही मौका कुरिरहेका ससाना प्रकाशकहरुले चेजका हिन्दी अनुवादको बाढी नै ल्याइदिए। यसपछि दिल्लीका प्रकाशकहरु खासगरी साधना र डायमन्डले चेजका अनुवादहरु छाप्न थाले। त्यसपछि तिनै छापिएका उपन्यासको नक्कल कयौँ प्रकाशकले छापेर बेच्न थाले। सुरेन्द्रले गाइड पकेट बुक्सका लागि अनुवाद तयार गरेका उपन्यास नै बढी बिक्री भए किनभने सुरेन्द्रलाई विश्वास थियो, जासुसी उपन्यास कसरी लेख्नुपर्छ र अनुवाद कसरी गरिनुपर्छ भन्ने उनले बुझेका थिए। चेजको अनुवाद गर्ने लेखकका रुपमा सुरेन्द्रको नाम निकै फैलियो। कतिसम् मभने मेरठका ती प्रकाशकले त उनले अनुवाद नै नगरेका किताबमा पनि सुरेन्द्रद्वारा अनुवादित भनेर लेख्नसमेत थाल्यो। सुरेन्द्र भन्छन्, ‘त्यसको फाइदा भने प्रकाशकले पाउन सकेन किनभने पाठकले दुई चार पेज पढ्नेबित्तिकै थाहा पाइहाल्थे, यो अनुवाद सुरेन्द्रको पक्कै होइन।’ चेजका अन्य उपन्यासहरुको बाढीले देखायो, गाइड बुक्स चेजको एक्लो अनुवाद अधिकार पाउने खेलाडी हो भन्ने दाबी गलत रहेछ। तर त्यतिञ्जेल गाइडले कमाउनुपर्ने कुस्त रकम कमाइसकेको थियो। चेजका ८८ उपन्यास छापिएका थिए। तीमध्ये कतिपय त भारतमा पाइँदैन थिए तर ती सबै उपन्यास गाइड पकेट बुक्ससँग थियो भन्ने गाइँगुइँ चल्थ्यो। गाइडका लागि चेजका उपन्यास सुरेन्द्रले गरिरहेकै थिए। पैसा राम्रै आए पनि यसबाट उन्मुक्तिका लागि पवन पकेट बुक्स र शनु पकेट बुक्सका लागि जासुसी उपन्यास उनले लेखिरहेका थिए। साधना पकेट बुक्सका प्रकाशकहरु पनि सुरेन्द्रको खोजीमा थिए। कुन बेला राम्रो उपन्यास यसले लेख्ला र छापूँला भनी कुरिरहेका थिए। पछि शनुका लागि चेजका उपन्यास अनुवाद गर्ने ब्रह्मप्रकाश त्यागी (साधनाका लागि चेजको अनुवाद गर्दा उनले नाम परिवर्तन गर्थे र प्रकाश भारती भनी लेख्थे)सँग भेट भयो। एउटा उपन्यास अनुवाद गरेबापत भारतीले चार सय भारु पाउँथे। उनीसँग हिमचिम बढ्यो। एक दिन सुरेन्द्रले प्रकाश भारतीलाई भने, ‘हरेक प्रकाशक चेजको उपन्यास खोज्छन् र नयाँ अनुवाद छाप्न चाहन्छन्। तर नयाँ उपन्यास पाउन कठिन छ। कतै नपाइने एउटा उपन्यास तिमीलाई दिन्छु र तिनलाई आफ्नो फिस बढाउन भन।’ नभन्दै प्रकाश साधनामा गए। र, उपन्यास देखाउँदै भने, ‘यो कतै फेला पा¥यौ भने तिमीलाई सित्तैमा अनुवाद गरेर दिन्छु। पारेनौ भने १२ सयभन्दा कममा तिमीलाई यो उपन्यास दिन्नँ।’ साधना पकेट बुक्सले एक हजार दिन्छु भन्यो। उपन्यास छापिएर बजारमा आउँदा पक्का भयो, अन्य प्रकाशककहाँ यो उपन्यास थिएन। यसको मूल अंग्रेजी किताब नै पाउनै मुस्किल हुने त्यो समयमा अनुवाद पाउनु कहाँबाट? प्रकाशक र अनुवादक दुवै जना यति खुसी भए कि त्यो प्रकाशको अनुहारमा झल्किन्थ्यो। पछि उपन्यासको बिक्रीबाट खुसी भएको प्रकाशकले दुई हजार रुपैयाँ दिए, कबोलिएको रकमभन्दा दोब्बर। यसबाट प्रकाश सुरेन्द्रबाट निकै उपकृत महसुस गर्न थाल्यो। यसपछि गाइड पकेट बुक्सका लागि सुरेन्द्रको नामबाट प्रकाशले अनुवाद गर्न थाले। गाइडले प्रत्येक उपन्यास अनुवाद गरेबापत १५ सय दिन्थ्यो। टाइपिङ फिस काटेर सबै पैसा प्रकाशलाई दिने गर्थे। प्रकाश खुसी थियो। उसले सुरेन्द्रले भनेको मान्न थाल्यो। तर सुरेन्द्र पनि कम बाठा थिएनन्। उनले उपन्यासको पहिलो अध्याय अनुवाद गर्थे। त्यसपछिको बाँकी अनुवादका लागि प्रकाश भारतीलाई दिन्थे। उनले काम सकेर जब टाइपिङका लागि पठाउँथे, आफूले अनुवाद गरेको पहिलो अध्याय पनि जोडिदिन्थे। उपन्यास पाठकले पहिलो च्याप्टर सुरेन्द्रको स्तरीय अनुवाद पढेपछि पूरै अनुवाद उनकै हो भन्नेमा विश्वस्त हुन्थ्यो। त्यो जमानामा सबैथोक सस्तो थियो। बढीमा दुई सय रुपैयाँमा टाइपिङ हुने जमाना थियो। यसरी चार पाँच पटक यस्तो सिलसिला चलिरह्यो। गाइडले अनुवादबापत १५ सय दिन्थ्यो, त्यसमा टाइपिङ र पोस्टेजका दुई सय रुपैया ँतिरेर बाँकी पैसा प्रकाश भारतीलाई दिन्थे। एक पटक आइतबारको दिन प्रकाश भारती सुरेन्द्रलाई भेट्न भनी गयो। उसले भन्यो, ‘गाइडमा मैले चिठ्ठी लेखेर चेजका पछिल्ला पाँच वटा उपन्यास मैले अनुवाद गरेको हुँ। त्यसैले सुरेन्द्रको साटो मलाई काम दिनुस् भनेको थिएँ तर याकूब भाइले त सुरेन्द्र मोहन पाठकलाई मैले सबै जिम्मा दिएको हुँ। उसले मान्यो भने हुन्छ।’ सुरेन्द्रले भने, ‘किन यस्तो गर्यौ भाइ तिम्ले?’ ऊ केही बोल्न सकेन। पछि साधना पकेट बुक्सको कसैले सुरेन्द्रलाई सुनायो, ‘गाइड पकेट बुक्सले अनुवाद गरेको तीन हजार दिन्छ, तिमीलाई त आधा मात्र दिएछ।’ गाइड पकेट बुक्सका मालिक याकूब अल्पशिक्षित थियो। अनुवादबारे मूल्याङ्कन गर्न ऊ असक्षम थियो। उसको व्यापार गुजरातको अहमदावादमा थियो र अनुवाद गराउनका लागि दिल्लीभरिमा मान्छे खोज्नुपर्थ्यो। यस्ता काम प्रायः कुनै प्रकाशकको पत्नीले गर्थी। पत्नीले नसके साला–सालीले गर्थे। ती पनि फेला परेनन् भने साथी वा भतिजा भतिजीले गर्थे। तर यस्ता काममा मोटो फिस लिने तर निगर्तिलो अनुवाद गर्ने भएकाले हैरान भइरहेका थिए। सुरेन्द्र मोहन पाठकले यसअघि एक दुई उपन्यास छापेको र ती उपन्यास देखेको याकूब भाइले पहिलो पटक भेटेर अनुवादक खोजिदिन आग्रह गरेको थियो। क्षमतावान् मान्छे खोजिदिने आश्वसन पनि उनले दिएका थिए। यसै क्रममा भूपेन्द्र कुमार स्नेहीसँग उनले कुरा गरे। आकर्षक रकम सुनेपछि उनी तयार भएका थिए। स्नेहीले अनुवाद त गरे तर चाँडो काम सक्ने हेतुले उनले आधा काम मात्र गरे। मूल कथाबाट कताकती कयौँ कुरा गायब थिए। यो थाहा पाएपछि प्रकाशक नै डुब्ने स्थिति आयो। यस्तोमा याकूब भाइले त्यसको जिम्मा सुरेन्द्रलाई नै लगाएका थिए। एउटा लेखक अनुवादमा उत्रियो भने के हुन्छ भन्ने कुरा यहीँ प्रमाणित भयो। चेजका सारा उपन्यास उनले पहिले नै पढिसकेका थिए। त्यसैले गाइड पकेट बुक्सबाट यो पुस्तक चाहियो भन्ने कुरा भएपछि शुरुमा उनले उपन्यास पढिरहनै पर्दैनथ्यो। उनी नपढी अनुवाद थालिहाल्थे। प्रकाशकहरु अनुवादकबाट हैरान भएका थिए, त्यसैले उनीहरु अरुलाई विश्वास गर्नै चाहन्न थिए। उनीहरु सुरेन्द्रले हेरेपछि कुरा पक्का हुन्छ भन्नेमा विश्वस्त भए। पहिले अन्य अनुवादकबाट हार खाएका उपन्यास पनि उनैको जिम्मामा आउन थाल्यो। यसपछि चेज अनुवाद गरेर राम्रै कमाई गरुँला भन्ने प्रकाश भारतीको सपना सपना नै रह्यो। साधना पकेट बुक्सले उनको अनुवाद फिस चार सयबाट पाँच सयमा बढाइदियो। अन्य ठाउँमा प्रकाशले प्रयास नगरेका होइनन् तर उनले खास सफलता हात पारेनन्। तापनि सुरेन्द्रसँग प्रकाश भेट्न आइरहन्थे र सोध्थे, ‘तपाईंसँग अझै पनि चेजको नयाँ उपन्यास अन्त कतै नछापिएको छ भने दिनु न।’ ‘छ नि! मसँग अझै कयौँ किताब छ,’ सुरेन्द्रले चिढ्याउन भन्थे। ‘मलाई दिनु न! अहिले त झन् बढी पैसा दिन्छु भनिरहेका छन्।’ ‘सरी यार, मैले त अर्कैैलाई दिइसकेँ। तिमी ढिला आयौ।’ ‘कसलाई दिनुभयो?’ ‘जब अनुवाद बजारमा आउँछ, त्यतिबेला नाम पढ्नू, कसले गरेको भनेर।’ यसलाई चेजको चमत्कार नै भन्नुपर्छ, सन् १९८० र ९० को दशकमा चेजका उपन्यासलाई कयौँ भारतीय प्रकाशकले यति निचोरे कि त्यसको कुनै जवाफ छैन। अहिले पनि हिन्दीमा जसले चेज पढेको छ, उसले मूल लेखक चेजभन्दा पनि अनुवादकलाई सम्झिरहन्छ। (सुरेन्द्र मोहन पाठकको पुस्तक ‘हम नहीँ चंगे… बुरा न कोय’को सम्पादित पुस्तक अंश।) #अदृश्य 'यात्रामा पुस्तक लिएर हिँड्दा एक्लोपन महसुस हुँदैन': जीवा लामिछा ने नेपाल साहित्य जगतका लागि मात्र नभएर व्यावसायिक क्षेत्रको लागि पनि सुपरिचित नाम हो । व्यापारको शिलशिलमा उनी युरोप बस्छन्, तर पनि नेपाली साहित्यमा गहिरो लगाव राख्छन् । विभिन्न विधामा कलम चलाए पनि उनको विशेष पहिचान नियात्रामा छ । उनको नियात्रा संग्रह सरसर्ती संसार प्रकाशित भइसकेको छ भने ‘देश देशावर’ चाँडै फाइन प्रिन्टबाट बजारमा आउँदैछ । प्रस्तुत छ, व्यवसायी तथा साहित्यकार जीवा लामिछाने सँग साहित्यपोस्ट का लागि कृष्ण ढुंगेल ले गरेको अन्तरंग साहित्यिक संवादको सम्पादित अंशः रूस र जर्मनीमा बस्नुहुन्छ । व्यापार–व्यवसायका र विभिन्न संघ-संस्थाहरुको दायित्व पनि उत्तिकै छ । लेखपढलाई पनि समय दिएको देखिन्छ । समय कसरी मिलाउनु हुन्छ ? अंग्रेजीमा एउटा भनाइ छ नि, ‘इफ देयर इज विल देयर इज वे”, चाहना भयो भने उपाय निस्किहाल्दो रहेछ । प्रकृतिबाट हामी सबैले बराबर समय पाएका छौं- २४ घण्टा । आफ्नो रुचिअनुसार सबैले त्यही २४ घण्टा समय व्यवस्थापन गर्ने हो । मानिस जिउने आफ्नो खुसीका लागि पनि हो । जुन काममा मानिसको रुचि हुन्छ र जे गर्दा खुसी-सुखी हुन सकिन्छ, त्यही काम गर्नुपर्छ । प्रत्येक मानिसका आफ्ना-आफ्ना रुचि हुन्छन्, कसैको फुटबल हेर्ने बानी हुन्छ, कसैको टेनिस, ब्याडमिन्टन खेल्ने । मेरो विशेष रुचिका क्षेत्र यात्रा र साहित्य अध्ययन हुन् । म यसैमा रमाउँछु । सामान्यतः नेपाली व्यवसायीको साहित्यमा उति रुचि राखेको देखिँदैन । तपाईं भने ठीक विपरीत देखिनुहुन्छ । सफल उद्यमीभित्र साहित्यको रस कसरी पस्यो होला ? मलाई त्यस्तो लाग्दैन । साहित्यमा रुचि हुने व्यवसायी म मात्रै होइन, अरु पनि धेरै हुनुहुन्छ । सफल उद्यमीको रुपमा परिचित अग्रज दाइहरु; वसन्त चौधरी, द्वारिका श्रेष्ठ आदि स्थापित लेखक हुनुहुन्छ । साहित्यलाई धेरै योगदान गर्नु भएको छ । साहित्य अध्ययन मेरो सानैदेखिको बानी हो । त्यतिबेला पाठ्यपुस्तकबाहेक पढ्नका लागि अहिलेजस्तो सामग्री उपलब्ध हुँदैनथे । थोरै पुस्तक उपलब्ध हुने त्यो जमानामा जति उपलब्ध हुन्थ्यो, म ती सबै पढ्ने गर्थें । काठमान्डू आएर कलेज पढ्न थालेपछि पुस्तक अलि सहजै उपलब्ध हुन थाल्यो । त्यतिबेला पुस्तकालयमा बसेर पढ्ने गरिन्थ्यो । रुस गएपछि पनि यो कायमै रह्यो । यात्रामा पनि म पुस्तक लिएर हिँड्ने गर्छु । यस्तो गर्दा मलाई एक्लोपन महसुस हुँदैन । धेरै खालका लेख लेखिरहे पनि तपाईंको पहिचान नियात्रा लेखनमा छ । पहिलो पुस्तक ‘सर्सर्ती संसार’ले नै एउटा उचाइ पायो । सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । यसको कारण के होला ? त्यस्तो धेरै त मैले के नै लेखेको छु र ? सामाजिक सञ्जालले अहिले निक्कै सजिलो बनाइदिएको छ । मनमा लागेका केही कुराहरु छोटकरीमा सार्वजनिक गर्न सकिने प्लेटफर्मका रुपमा मैले सामाजिक सञ्जाललाई उपयोग गर्छु । एउटा पूर्ण आर्टिकल लेख्नका लागि निक्कै समय खर्चिनु पर्छ, त्यति समय नै कहाँ हुन्छ र ? सामाजिक सञ्जालमा भने लागेका कुराहरु छोटकरीमै झटपट सेयर गर्न पाइयो । नियात्रा मलाई मनपर्ने विधा हो । म यात्रा गर्न रुचि राख्ने भएकाले पनि यसै विधामा लेख्न मलाई सहज लाग्छ । सरसर्ती संसार मैले रहरै-रहरमा लेखेको हुँ र यो एक औसत पुस्तक हो तर पाठकहरुले यसलाई मन पराइदिनुभो । नेपालय प्रकाशन गृहबाट यो चौथो पटक प्रिन्ट भैसकेको छ । ई-बुक प्रकाशन गर्ने अनलाइन पोर्टल ‘थुप्रै डट कम’ को ई-बुक शृंखलामा पनि सरसर्ती संसारले निक्कै राम्रो रिस्पोन्स पाएको सूचना पाएको छु । यसले मलाई थप उत्साहित बनाएको छ । समकालीन नेपाली नियात्रामा जुन किसिमको एकरसको थियो, त्यसलाई तपाईंको पुस्तकले विविधता दियो । नियात्रामा फरकपन ल्याउनुपर्छ भनेर सोच्नुभएको थियो कि लेख्दालेख्दै यस्तो भयो ? नियात्रा लेखन अनुभूतिजन्य विषयमा नै केन्द्रित हुनुपर्छ भन्ने मान्यता छ, त्यो सही पनि हो । यात्रा गर्दा मलाई घुम्ने ठाउँको भूगोल, राजनीति, त्यहाँका मानिसको रहनसहन आदि विषयमा जान्ने उत्कट चाहना हुन्छ । गाइडबाट होस्, यात्रामा भेटिएका मानिसबाट होस् वा अन्य माध्यमबाट म सकेसम्म त्यस्ता सूचना संकलन गर्ने प्रयास गर्छु । मलाई रुचि लाग्ने त्यस्ता विषयहरु आमपाठकलाई पनि सायद रुचिकर होलान् भन्ने लागेकोले मैले ती विषयहरुलाई यात्रा अनुभवमा समेट्ने गर्छु । अनि अर्को कुरा, नियात्रा लेखनमा व्यक्तिगत कुराहरुमा मात्रै धेरै फोकस गर्न मलाई मन पर्दैन । फरकशैली बनाउने भन्दा पनि लेख्दै जाँदा यस्तै धार बन्यो । ‘सरसर्ती संसार’मा विवरणात्मक पक्ष बढी भयो भन्ने कुरा पनि आएको छ । घुमेका ठाउँको विषयमा केही जानकारीमूलक कुराहरु र घुम्दाका अनुभूतिहरुलाई सकेसम्म मैले एकाकार गर्ने प्रयास गरेको छु । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरका विषयमा जोडतोडले कुरा उठेको देखिन्छ । तपाईंले धेरै कृतिको अनुवाद गरेको कुरा साहित्यपोस्टमार्फत थाहा पाइयो । अरुले पनि यस्ता काम गरिरहनु भएको छ तर त्यसले उचित परिणाम ल्याएको छैन । किन होला ? बोलीचालीको नेपाली भाषा तथा श्रुति परम्पराको इतिहास पुरानो भए पनि रुसी, अंग्रेजी, फ्रेन्च आदि साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । नेपालजस्तो अल्पविकसित तथा पाठकको दायरा कम भएको देशमा हाम्रा अग्रजहरुको जुन साहित्यिक उचाई थियो, छ; त्यो हाम्रालागि निकै गर्वको विषय हो । नेपाली भाषाका हरेक विधाका उत्कृष्ट कृतिहरुको अन्तर्राष्ट्रिय भाषामा अनुवाद हुने हो भने हाम्रो सुगन्ध विदेशमा फैलिने थियो । तर मूल भाषामा लेखिएका ती कृतिहरुको विश्व भाषामा अनुवाद हुन नसकेकोले नेपाली साहित्य बाहिर त्यति चर्चामा नआएको हो । [bs-quote quote=”रुसी, अंग्रेजी, फ्रेन्च आदि साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । नेपालजस्तो अल्पविकसित तथा पाठकको दायरा कम भएको देशमा हाम्रा अग्रजहरुको जुन साहित्यिक उचाई थियो, छ; त्यो हाम्रालागि निकै गर्वको विषय हो ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”जीवा लामिछाने” author_job=”नियात्राकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/jiwa-lamichhane.jpg” author_link=”https://www.facebook.com/profile.php?id=100005958273979″][/bs-quote] पछिल्लो समयमा केही कृतिहरुको अनुवाद हुन थालेको छ । अंग्रेजीलगायत अन्य प्रचलित विश्वभाषामा लेख्न सक्ने लेखकहरुको उदय भैसकेको छ, यो सुन्दर पक्ष हो । नेपाली साहित्यलाई अनुवादका माध्यमद्वारा व्यापक रुपमा विश्वमा फैलाउनु जरुरी छ । मैले व्यक्तिगत रुपमा केही थालनी गरेको थिएँ । कवितातर्फ ‘सेलेक्टेड नेपाली पोएम्स, (अनुवादक डा. तारानाथ शर्मा–१९९८) गीतिकवितातर्फ ‘सेलेक्टेड नेपाली लिरिकल पोएम्स (अनुवादक रविन शर्मा–२००१) निबन्धतर्फ ‘सेलेक्टेड एस्सेस (अनुवादक गोविन्दराज भट्टराई- २००३) र वानीरा गिरीको ‘कारागार’ उपन्यासलाई अनुवाद गराएर प्रकाशित गरेको थिएँ । यसका लागि सरकारी तथा गैरसरकारी साहित्यप्रेमी संस्थाहरुको अभियान जरूरी छ । स्तरीय अनुवाद हुनुपर्छ । डायास्पोरिक लेखनलाई कसरी नियालिरहनु भएको छ ? डायास्पोरा लेखन संख्यात्मक र गुणात्मक रुपमा फस्टाइरहेको मैले महसुस गरेको छु । प्रवासी नेपालीहरुले साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका छन् । यो लेखनलाई गम्भीर, गुणस्तरीय तथा मानक लेखनको रुपमा सुदृढ गरेमा स्वदेशी तथा विदेशी साहित्यमा छुट्टै पहिचान स्थापित हुनेछ । पहिलो पुस्ताको डायस्पोरा भएकोले हामीलाई जन्मदेश र कर्मदेश दुवै ठाउँको अनुभूतिलाई समेटेर लेख्न पाउने अवसर छ । पुरस्कार सर्जकका लागि ठूलो प्रोत्साहन हो । नेपालको विश्वसनीयमध्ये एक पद्मश्री पुरस्कारको स्थापना पनि गर्नुभयो। तर किन स्थापना गर्नुभयो? साहित्य र कलाको विकास बिना गतिशील समाजको निर्माण र यसको सर्वाङ्गीण विकास सम्भव छैन । शिक्षित र सभ्य समाज निर्माण र रुपान्तरणमा सर्जकहरुको ठूलो योगदान रहेको हुन्छ । यस्ता सर्जकहरुलाई केही प्रोत्साहन होस् भन्ने उद्देश्यले वि.सं. २०६३ सालदेखि पद्मश्री पुरस्कार स्थापना गरिएको हो । मोफसलका सर्जकको उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी यसको सुरुआत भएको थियो । २०६६ सालदेखि भने यसको दायरा फराकिलो बनाइएको छ । पद्मश्री साहित्य पुरस्कार कृतिलाई र पद्मश्री साधना सम्मान दीर्घसाधना गर्नुहुने सर्जकलाई प्रदान गरिदै आएको छ । यस वर्षदेखि दुवै पुरस्कारको राशि वृद्धि गरी ३/३ लाख रुपियाँ हुने निर्णय गरिएको छ । तपाईंका दुई छोरा सानैदेखि लेख्नुहुँदो रहेछ । उहाँहरुको अङ्ग्रेजी पुस्तक प्रकाशन भएको देखियो । भावी पुस्तालाई पनि यतातिर आकर्षित गर्न खोज्नुभएको हो ? बच्चाहरुका लागि पहिलो विद्यालय आफ्नो घर र पहिलो शिक्षक आमा-बाबु हुन् भन्ने चलन छ । सबै बाबुआमा आफ्ना सन्तानले प्रगति गरुन्, राम्रो संस्कार पाऊन् भन्ने चाहना राख्छन् । हामीले पनि बच्चाहरुलाई सकेसम्म गुड प्यारेन्टिङ दिने प्रयास गर्यौं । साहित्यमा मेरो विशेष रुचि भएकोले सानैदेखि उनीहरुलाई पनि मैले पढ्नका लागि इन्करेज गर्दै गएँ । उनीहरुको पुस्तक पढ्ने आदत बस्दै गयो, अनि बिस्तारै लेख्न पनि थाले । उनीहरुको एज ग्रुपले मन पराउने खालका लेखहरु सानैदेखि लेख्ने गर्थे । टिचरहरुबाट पनि उनीहरुलाई प्रेरणा मिल्न थाल्यो । बेलाबेलामा काठमाडौँ पोस्ट, रिपब्लिका, दि हिमालयन टाइम्सजस्ता पत्रिकाहरुले पनि स्थान दिएको हुँदा उनीहरु उत्साहित हुँदै गए । उनीहरुले सानो छँदा डायरीमा लेख्ने गरेका कुराहरु समेटेर सन् २०१२ मा हामीले पुस्तक प्रकशित गरिदिएका थियौं । त्यतिबेला अनुरागको उमेर १४ वर्ष र अनुकृतको १२ वर्ष थियो । अहिले त उनीहरु केही म्याच्योर पनि भइसके । तपाईंको दोस्रो पुस्तकको चाँडै पाठकले पढ्न पाउने चर्चा सुनिएको थियो । पुस्तकको कभरसमेत सार्वजनिक भएको थियो तर अहिले त्यसको चर्चा छैन, कारण के होला ? मेरो दोस्रो नियात्रा संग्रह ‘देश देशावर’ फाइनप्रिन्ट प्रकाशन गृहबाट प्रकशित भएर आइसकेको छ । चैत्र महिनाको सुरुमा यसलाई सार्वजनिक गर्ने मिति तय भैसकेको थियो तर कोभिड-१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण यसलाई लोकार्पण गर्न सकिएको छैन । अब कहिले सार्वजनिक गर्ने भन्ने विषयमा प्रकाशकसँग छलफल गरेर छिट्टै निर्णय गर्नेछौँ । धेरै नेपाली लेखकहरुको संगत गर्ने, उनीहरुलाई हौसला दिने व्यक्तिमा तपाईंको नाम अग्रपंक्तिमा पर्दोरहेछ । संगत गरेकामध्ये तपाईंलाई बढी प्रभावित पार्ने साहित्यकारहरु को-को हुन् ? मलाई मन पर्ने धेरै लेखक, साहित्यकारहरु हुनुहुन्छ । हरेक विधामा विशिष्ट पहिचान बनाउनु हुने स्रस्टाहरुसँग मैले संगत गर्ने अवसर पाएको छु । उहाँहरु सबै मेरालागि प्रेरणाको स्रोत हो । धेरै साधकहरुबाट मैले स्नेह र सद्भाव पाएको छु । उहाँहरुबाट प्राप्त प्रेम र सद्भावले मलाई लेखनमा र यस क्षेत्रमा केही योगदान गर्न ऊर्जा प्रदान गरेको छ । अन्त्यमा, साहित्यपोस्ट पढ्ने गर्नुहुन्छ ? यसका राम्रा पक्ष के लाग्छन् ? यो संस्थाले आफूलाई कहाँ-कहाँ सुधार गर्नुपर्छ भन्ने लाग्छ ? यस प्रकृतिको विद्युतीय पत्रिकाको आवश्यकता धेरै जनाबाट महसुस हुँदै आएको थियो । त्यो भ्याकुम तपाईंहरुले पूरा गर्नु भएको छ । एक महिनादेखि नियमित रुपमा साहित्य पोस्टमा प्रकाशित सामग्रीहरु पढ्दै आइरहेको छु । स्तरीय सामाग्री प्रकाशन र यो पोर्टलको सस्टेनेबिलिटीका लागि साधन, स्रोत महत्त्वपूर्ण पक्ष हो । त्यसैले यसलाई सामाज सेवाका रुपमा नभई व्यावसायिक रुपमा चलाउने प्रयास गर्नुहोला । नयाँ काम भएकाले सुरुमा केही कठिनाई हुन सक्छ तर राम्रो कामको सुरुआत भएकाले सहयोगी हातहरु अवश्य मिल्नेछन् । तपाईंहरुको मिसन सफल होस्, मेरो शुभकामना । आमासँग भलाकुसारी गर्दै नियात्राकार जीवा लामिछाने #जीवा लामिछाने उपल्लो थलोः\xa0 पढ्नैपर्ने पुस्तक: उषा थपलिया अरू पुस्तकभन्दा यात्रासम्बन्धि पुस्तक पढ्न लगभग आधा नै बढी समय चाहिन्छ मेरा लागि । उपन्यास , कथा र अन्य आख्यानका झैँ सरर दौडिदैनन् हरफहरू । भौगोलिक होस् या सामाजिक अनि सुन्दर प्रकृति होस् या प्रकृतिले खडा गरेका असंख्य कठिनाई , लेखकले गरेका प्रत्येक वर्णनभित्र आफैँ विचरण गर्ने लालसा जागिहाल्छ । लेखकका कठिनतम् भोगाइमा दुःखी , उल्लासमा रोमाञ्चक , वर्णित प्रकृतिको सुन्दरतामा लठ्ठ अनि यात्रा र स्थानीय जनजीवनका कष्टप्रति समवेदित हुन सकिएन भने ती पुस्तक पढ्नुको के मज्जा ? यस्तै लाग्छ मलाई । पढ्न हरबखत प्रेरित गरिरहने एक अग्रजमार्फत् केहीअघि पीडिएफ भर्सनको यात्रा सम्बन्धि एक पुस्तक इनबक्स भित्रियो । पुस्तकको नाम- उपल्लो थलो । लेखक- मोहन मैनाली । खोजपत्रकारिताका लागि ख्याती कमाएका लेखकबारे धेरथोर जानकारी त थियो नै , धेरै वर्षअघि उनकै विषयको एक सेसन लेक्चर सुनेको यादसमेत जुरमुरायो । तर कृति पढ्ने मेसो जुरेको थिएन । पीडिएफ पाउनुअगावै बुकाहोलिक्समा उनीसँगको साक्षात्कारसम्बन्धि जानकारी हुँदाहुँदै पनि सहभागि हुन सकिनं । पुस्तक पढिसकेको थिएँ भने केही जिज्ञासाकासाथ चाँजोपाँजो मिलाउँथे होला , पुस्तकमा सरसर्ती आँखा दौडाउँनेबित्तिकै यस्तै सोचाई आईहाल्यो । लेखकसम्बन्धि यिनै विशेषताका कारण २ सय ७१ पृष्ठको पुस्तकले पनि धेरै समय लिने मैले सुरुमै ठम्याएको थिँए । त्यसमाथि पीडिएफ अनुभव पहिलो थियो । पन्ना फट्कार्दै पुस्तकको भौतिकरूप पढ्नुमा जति मजा पिडिएफले नदिने रहेछ । तैपनि कसैको सदासयले लकडाउनमा जे अवसर जुटेको थियो त्यसप्रति अनुगृहित नहुनु कसरी ? उत्तरी गोरखाका जटिल समस्या र त्यसको समाधानका लागि भैरहेका केही प्रयासबारे भिडियो रिपोर्ट तयार गर्न ३ चरणमा भएका कठिन यात्राको विवरण पुस्तकका तीन खण्डमा पाइन्छ । चौथो खण्डमा मानसरोवरको यात्रा पनि कम रोचक छैन । तर गोरखा यात्राअन्र्तगतका खण्डमा मात्र यो आलेख केन्द्रित छ । उत्तरी गोरखाका दुःख , अप्ठेरो , संगती , विसंगती , सम्भावना , भैरहेका प्रयास आदि समेटेर भिडियो डकुमेन्ट्री बनाउन खोजपत्रकारीता केन्द्रले २०५१ , ०५२ र ०५९ मा गरेको सतत् प्रयास नै पुस्तकको मुल विषयवस्तु हो । पहिलो यात्रा मंसिरको ठण्डीमा , दोस्रो र तेस्रो यात्रा मध्य साउन र भदौरे झरीमा । हरेक पटकको यात्राका उस्तै प्रतिकुलता । तत्कालीन समयका असजिला र गह्रुंगा क्यामरा , ट्राईपड , व्याट्री , डेक , जेनेरेटर , एक डोको टेप , २७\\२८ दिने यात्राका लागि पाँच छ जना यात्रीका तमाम सर्जाम । यी सबैका लागि ५ जना भरीयाको लस्कर । बर्खाको झरी , चिप्लो बाटो , ठाउँठाउँमा उर्लने भेल , अनि हिउँदको ठण्डीमा अप्ठेरो लेकको यात्राका कष्ट प्रत्येक हरफले झल्काउँछन् । स्थानीयका दुःख-दर्द , प्राकृतिक सुन्दरता , भौगोलिक विकटतालगायतका दृश्य बेलाबेलामा कैद गरिरहन उपकरणलाई साथमै बोकेर हिँड्नुपर्ने यात्रीका बोझ पाठक आफैँले थेगेको आभास भैदिन्छ । अझ उहियाबाट अघि लागेपछि अत्यन्तै ठण्डीका लागि आवश्यक खानेबस्ने सामान , पकाउने भाँडाकुँडा र दाउरासमेत बोकेर हिँड्नुपर्ने स्थिति सजिलो कसरी हुन सक्थ्यो ? लेकसम्बन्धि धेरै जानकारी नभएकोले नै होला पैदलयात्रा सुरु भएदेखि गोरखाको सुदुर उत्तर , जहाँबाट हिमाल नै दक्षिण दिशातर्फ पर्दछ , पाँच हजार एकसय मिटर उचाईसम्मका सबै यात्रा विवरण रोमाञ्चक लागे, तर स्थानीयका दुःख कष्टको वर्णन भने उत्ति नै पीडादायी । भ्रमण यताको २५ वर्षे अवधिमा अवस्था परिवर्तन केही भएकै होला, तर मस्तिष्कले भने त्यो ठाउँका लागि अहिले पनि त्यही तस्वीर हुबहु देखिरहेको छ । माथिको अत्यधिक चिसो लेक र तलको औल , दुवैतर्फ भेडा ओहोर – दोहोर गराउँदा भेंडा गोठाला जुत्ताविहिन । लेकको आलु बोकेर तल झर , आलुसँग साटिएको अन्न बोकेर फेरि माथि चढ । उकाली र ओराली दुवैमा थाप्लोको गह्रुँगो भारी कहिल्यै नछुट्ने महिला र बालबालिका जुत्ताविहीन । तिनका चरचरी चिरिएका पैताला र कुर्कुच्चा पाठक आफ्नै आँखाले प्रत्यक्ष देख्दछ । ६ महिना हिउँ जमेर बस्ती खाली हुने लेकका तल्ला भेगमा खानेपानीको हाहाकार पत्याउनै गारो । मन भारी बनाउने एक पानी प्रसंग पढिसकेपछि नपत्याउनु कसरी ? टाढाबाट ल्याएको एक गाग्रो पानी घरमा राखेर मेला गएका फौदसिंह कार्कीको गाग्रो साँझ घर फर्कदा रित्तो हुन्छ । बाटा छेउको घर भएकाले बटुवाले खाएरै सकिदिन्छन् । फेरि लिन जाने अवस्थै रहन्न । पानीको अभावमा ‘ डिनर ’ कालागि भुटेको मकै भन्दा अर्को विकल्प देख्दैनन् उनी । मकैले खानाको गर्जो त ट ¥ यो तर रातको समयमा सुख्खा मकैले जगाएको छोराछोरीको प्यास कसरी मेटिदिने ? कार्की समक्ष अर्को विलखबन्द आईलाग्यो । अन्ततः केराको दाम्चो काटेर निकालिएको रसलाई पानीको नाममा पिलाउनु भन्दा अर्को उपाय निक्लेन । के त्यसले ति लालाबालाको प्यास मेट्ने सामथ्र्य राख्यो होला त ? एक बाबुको मनस्थिति कस्तो हुँदो हो त्यतिवेला ? पाठक सुस्केरा हाल्न बाध्य हुन्छ । हिमालबाट ६ महिनाका लागि तल्लो भेक भेंडा खेदिरहेका गंगाबहादुर गूरुङ एकाएक कृतिकारको समुहलाई आफ्नो अन्तरवार्ता लिइदिन जोडबलसहितको आदेश दिन्छन् । आफूभित्रका उकुस – मुकुसरुपी पत्र फिजाँउनकैलागि उनी त्यो हदसम्म उक्लिएका थिए । कुरा ओकल्ने अग्रसरता धेरै ठूलो तर माग या आकांक्षा भने अति सामान्य । भारी बोकेर हिड्न मिल्ने गोरेटो बाटोको निर्माण , जसले भारी बोकेर हिंड्दै गर्दा साँघुरो बाटोकै कारण भीरबाट खसेर मृत्युवरण गर्ने मान्छेको मृत्यु श्रृङ्खला अन्त्य गरोस् , एउटा हाईस्कुल ÷ छात्रावास , सामान्यस्तरको प्राथमिक उपचार केन्द्र । यो उनको मात्र नभएर उत्तरी गोरखाका १५ वटै गाविसबासीको प्रतिनिधि आवाज थियो । यी न्यूनतम आधारभूत आवश्यकता परिपुर्तिकालागि प्रजातान्त्रिक सरकारलाई के जनताले सन्देश पठाई रहनु पर्ने थियो र ? अहिलेको अवस्था के कस्तो छ , थाहा छैन । यदि अझैँ पनि समय अनुसारको परिवर्तन स्थानीयबासीले अनुभूत गर्न पाएका छैनन् भने तीन दशकदेखि प्रजातान्त्रिक र डेढ दशकदेखि लोकतान्त्रिक भनिएको सरकारको यो जति ठूलो लज्जा अरू के होला ? उपस्वास्थ्य चौकी भएका ठाउँको हालत त्यस्तै लाजमर्दो । हाकिमहरू नबिराई मासिक तलब थाप्ने तर सातआठ महिनामा एकपटक मात्र कार्यालय पुग्दा हुने । त्यहाँ बसिन्जेलको तीनचार दिन जाँडरक्सी सहित भरपुर मनोरञ्जन गर्ने अनि फेरि हिडिहाल्ने । अझ उदेकको कुरा , कार्यालय पुगेको दिन भोलीपल्ट बिरामी जाँच्छु भन्दै मान्छे जम्मा पार्न तल्ला कर्मचारीलाई आदेश दिने हाकिम , भोलीपल्ट बिरामी लाईनमा बसिसकेपछि हाकिमले बोलाएको भन्दै झोला बोकेर जिल्ला सदरमुकाम हानिन समेत सरम मान्दैनन् । हाकीमका यस्ता रवैयाका कारण तल्ला तहका स्वास्थ्य कर्मचारी र स्थानीयको विवशता आफैँ अनुमान गर्न सकिन्छ । त्यस्तै नमुनाको अर्को स्वास्थ्य चौकी जहाँ , दुईवर्षदेखि स्वास्थ्यचौकी हाकिरहेका थिरबहादुर खत्री स्थानीय सबैको नजरमा डाक्टर तर स्वास्थ्य मन्त्रालयले दिएको नियुक्तिपत्रमा उनको पद ‘ पियन ’ । अन्यत्रका स्वास्थ्य चौकीको हालत पनि प्रायः उस्तै । केटाकेटीको पोलियो थोपा खुवाउने कार्यक्रम धरी स्वास्थ्य कर्मचारीको जाँड र मोजमस्तीको अवसरमा परिणत भैदिँदा उत्तरी गोरखाका २५ प्रतिशत बालबालिका १ वर्ष नपुग्दै मर्ने गरेको तथ्य पुस्तकमा पाईन्छ । घाँटीमा झुण्ड्याईने जडिवुटीकै बुटीले मात्रै अरू बालबालिकालाई बचाएको रैछ है ? उल्लेखित तथ्यबाट पाठकले अनुमान गर्ने नै यही हो । शिक्षा क्षेत्रको अवस्था त्यस्तै दुरुह । शिक्षकहरूको मासिक तलब पाकिरहने , मसलन्द खर्च गईरहने तर विद्यालयमा शिक्षक वस्दै नबस्ने । स्कुल खुलेको ३४ वर्षमा एक विद्यार्थीले ५ कक्षा पास गर्दा शिक्षकहरूकालागि उत्सव मनाउने विषयवस्तु भैदिने । शिक्षकको चरम लापरवाहीकै कारण ०३३ सालमा खुलेको स्कुलका कुनैपनि विद्यार्थीले २०५२ सालसम्म ३ कक्षा पास नगरेको अवस्था लगायतका धेरै शैक्षिक विसंगती पुस्तकले उजागर गरेको छ तर यी कुनै पनि तथ्यप्रति जिल्ला शिक्षा कार्यालय लगायत अन्य तालुक केन्द्रिय निकाय चिन्तित र जागरुक बनेको देखिएन । समग्र जनजीवन नै कष्टप्रद भएका स्थानमा महिलाका पीडा अझ चोटीलो हुनु अनौठो भएन । पुस्तकभित्रको एउटै प्रसंगले आममहिलाको अवस्था चरितार्थ गर्ने खुवी राख्दछ । खोर्लाबेशीमा घुँडाघुँडा अग्लो कोदोबालीभित्र टुक्रुक्क बसेर महिलाहरू टण्टलापुर घाममा दुवै हातले कोदो गोडिरहेका । कोदोको पातले नाङ्गा पाखुरा पाछेर बनाएका घाउ र ति घाउमा टन्टलापुर घामको रापसंगै नुनिलो पसिना बग्दा हुने चरचराहटप्रति मत्लव राख्ने र्फुसद उनीहरूसँग छैन । पुस्तकभित्र यी कर्मयोगी महिलाहरूको वर्णनले , ‘ दशनंग्रा खियाई ’ को वास्तविक तस्वीर पाठककै आँखामा ठोक्किन आईपुग्छ । अझ आधाजसो महिलाका पिठ्युँमा थाङ्ना सहितका स – साना कोक्रा र कोक्राभित्र सुताईएका बच्चा । खपिनसक्नु गर्मीले बच्चा रोएपछि कामकै दौरान शरीर हल्लाएर बच्चा फुल्याउने कोशिस , नफुलिनेलाई कोक्रो विसाएर दुध चुसाउने तत्परता अनि मातृममत्वको गर्व झल्काउदै मकैको खोष्टामा बेरिएको सुर्तिको सर्कोबाट अथाह दुःखवीच मुस्काउन सक्ने खुवी । महिलाका भुक्तमान प्रष्ट्याउन अहिलेसम्म महिलाअधिकार संस्थाहरूले जति कारुणीक तस्वीरहरू प्रचारमा ल्याए र त्यसका आधारमा जति चुरीफुरी गरेपनि खोर्लाबेशीको त्यो दृश्यबिना महिला जिम्मेवारीका विषयवस्तु प्रष्ट्याउन के कुनै जेण्डरविज्ञ सफल भए होलान् त ? टिभीका स्क्रिनमा भेडाका बथान देख्दा हेर्नेहरूकालागि त्यो केवल मनोरञ्जनको दृश्य बनिदिन्छ । त्यसभित्रको पीडा गोठालालाई भन्दा अरू कसलाई थाहा होला ? हिउँदमा लेकको तुसारोबाट बच्न औल झर्ने र बर्खामा औलको गर्मीबाट जोगिन लेक चढ्ने । हरेक वर्षको अनिवार्य उपक्रम हो यो । ती अग्ला ठाउँमा वर्षमा फेरिने ऋतुहरू जम्मा दूईवटा मात्रै । अन्यत्रकालागि छुट्ट्याईएका बाँकी ४ ऋतुहरू हिउँद , बर्खाकै चेपुवामा परेर सकिन्छन् । यी दुई याम ‘ पानी फेरिने ’ कारण साना पाठाहरू ज्वरोले ग्रसित हुने गर्दछन् । मान्छेकै स्वास्थ्य निकायको त्यो हविगत हुने ठाउँमा पशु उपचार केन्द्रको भर पर्ने कुरै भएन । आफूले जानेका जडीबुटी खुवाएर पाठा जोगाउने प्रयत्नमा लागिपर्छन् गोठालाहरू । त्यसले केही काम गरे मात्र हो , नत्र सालमा एउटा भेडा बढाउन पनि मुश्किल पर्नेरहेछ । पुस्तकभित्र भुक्तभोगी गोठालाको रूपमा देखा परेका छन् स्थानीय उरसिंह गुरुङ । नौ वर्षको उमेरमा गोठका नौ – दशवटा भेडाबाट चरन सुरु गरेका गुरुङले उनान्सत्तरी वर्षमा आईपुग्दा भेडाको संख्या ६० – ७० वटा मात्र पु ¥ याउन सके । जीन्दगीभरीको आर्जन यो भन्दा अरू केही थिएन । पुस्तकभित्रको यो प्रसंगले सोचमग्न बनाउँछ पाठकलाई । मान्छेका मात्र हैन , ति भेकमा पशुका दुःख पनि कति कति ! स्यालाको जंगल विनास भएर जति पनि काठ निस्कन्छन् , त्यसको गन्तव्य तिब्बत हुने गर्दछ । तिब्बती बजारमा काठ पु ¥ याउने सबै जिम्मेवारी चौंरीमाथि । ढाँडको दुबैतर्फ चारचार वटाको दरले कसिने फलेक । ६ दिनको यात्राकोलागि मान्छेका खानेकुरा , भाँडाकुँडा , ओढ्ने ÷ ओछ्याउने , पाल लगायत यावत सामाग्री र चौंरी स्वयंका खानेकुरा , सबैको भार थेग्नुपर्ने केवल चौंरीले । त्यसमाथि कठिन र १५ हजार फिटको उकालो यात्रा । तिब्बतमा काठ बेचेर किनिएका चामल र पिठोका बोरा फर्कदा पनि चौंरीका ढाँडमाथि यथावत । तिनकालागि उकालो जति सास्तीपुर्ण ओरालो पनि उस्तै । कठिन ओरालोमा पनि ढाँडमाथिको भारीले खुट्टा थरथराउँदै झरेका चौंरीको वर्णन पुस्तकमा जसरी गरिएको छ , त्यसले असैह्य वेदना उमाल्छ । विरगञ्जबाट रक्सौल जाँदा आफू चढेको टाँगा तान्ने घोडाप्रति उस्तै स्नेह जाग्दथ्यो । मालिकले घोडामाथि कोर्रा बजार्दा प्रहार आफैँले खेपेको अनुभूतिसहित घोडा नकुट्न मालिकप्रति चर्को स्वर निस्किहाल्थ्यो । अनि घोडालाई धेरै भार नपरोस् भन्ने हेतुले आफ्नो शरीरलाई हदैसम्मको हलुँगो बनाउन आफूले खेपेको सकस पुस्कत पढ्दा स्मृतिमा आईरह्यो । मान्छे सरह पशुप्रति पनि मेरै जस्तो स्नेह जाग्ने जो कोहीलाई भेंडाचांैरीका दुःखपुर्ण नियतीले पक्कै विक्षिप्त बनाउँछ । त्यति दुःखसाथ तिब्बत पु ¥ याएका काठ सस्तो दरमा बेच्नुपर्ने बाध्यता , एकभारी काठ बेच्दा आएको पैसाले आधाभारी अन्न मात्रै किन्न सकिने । स्थानीयबासीको यो विवशता उस्तै चोटिलो लाग्दछ । लार्केभञ्ज्याङ्मा विरामी साथी रुँङ्दै जीवन मृत्युवीच कृतिकारले झेलेको संघर्ष उस्तै संवेदनशील लाग्दछ । नजिकैको धरतीमा ल्याण्ड गर्दै गरेको हेलिकप्टर झैँ मनासलुबाट खस्ने हिमपहिरोको भयंकर आवाज खेप्दै एक्लै बिरामी साथी कुर्नुको त्रासद चित्रण मजासँग गरिएको छ । तर पुस्तकभित्र यात्री र स्थानीयका दुःखका फेहरिस्त मात्र छैनन् । प्राकृतिक सुन्दरताको मनमोहक वर्णन छ , हिँड्नेहरूलाई रुझाउला झैँ बाछिटा फाल्दै छङ्छङ बग्ने सेता झरना छन् , हावामा बयेली खेल्दै झुल्ने करुका मनमोहक बालाहरू छन् । पुङ्गेन गुम्बामा लगाइने मित-मितनीको अनौठो बान्की वर्णन छ । दुःखदर्दलाई भुलाउन मद्दत गर्ने मौलिक पाराका गीत , नाच र जमघटका प्रसंग छन् , हातमा अलिअलि पैसा खेलाउन दिने जंगलका जडीबुटी चर्चा छन् , भुइँलाई रंगिन बनाएर बादलसंगै बयेली खेल्ने सुन्दर फूलका गलैचाहरू छन् । जिङ्ग्रिङ्ग बोटका मनमोहक लालीगुँरासहरू छन् । लालीगुँरासको कुरूप बोट र सुन्दर फूलबीचको अन्तरविरोध सम्बन्धमा आफ्नो मनभित्र जे कुरा खेल्ने गर्दछ , लेखकको विवेचना दुरुस्त पाउँदा पुस्तकभित्रको गुँरासप्रसंग अझ बढी रोचक लाग्यो । मामाघर नमोबुद्ध जाँदा होस् या दामनको बाटो हुँदै राजधानी बाहिरिदा , गुँरासको थुङ्गाले मन प्रफुल्ल बनाईहाल्छन् तर बोटमा आँखा पर्ने बित्तिकै प्रफुल्लित मन क्षणभरमै भरङ्ग भैहाल्ने । न काठकालागि काम लाग्ने सुरिला रुख , न त छायाँ दिने झ्याम्म हागाँविगा , न त हावाको बहावसंगै झुलेर शितलता दिने सुकोमल पातहरू नै । सानोतिनोे काटकुटकोलागि हतियारकै काम गर्ला झैँ कडा अनि धारिला पात र जतासुकै गाँठागुँठीले भरिएको जिङ्ग्रिङ्ग स्वरूप । आफ्नो कुरूप शारिरीक बनावटप्रतिको अथाह वेदनामा सँधै विक्षिप्त भए झैं लाग्छन् हरेक गुँरासका बोटहरू । ‘ कतिमा राम्रो मयुर पङ्खी , पाउ देख्दै भरङ्ग…. ’ गुँरासको बोट देख्नासाथ आमाको यो गीतिअंश सँधै याद आउने गर्दछ । “ सुुन्दर प्वाँख र अपुर्व नाच्ने कलाले मयुर जति मनमोहन देखिन्छ , त्यसका खुट्टा त्यत्तिकै कुरूप हुन्छन् , आफ्नो खुट्टा देखेर उ आफैँ लजाउँछ रे ” । गीतको अंश सम्वन्धमा आमाको स्पष्टोक्ति हो यो । मयुरको नाच र सुन्दरतामाथि कुनै शंका छैन , तर आमाले भने झैँ उसका खुट्टाप्रति ध्यान दिएर हेर्ने मेसो अझैँ जुरेको छैन । यदि यस्तै हो भने गुँरास र मयुरको नियतीमा तात्वीक भिन्नता के रह्यो र ? यस्तै सोचेँ ति हरफहरू पढ्दा पनि मैले । स्थानीय बोलीचालीमा प्रयोग हुने विशेष शब्दहरूको अर्थ पाठकले बुझ्नेगरी स्पष्ट पारिएको छ । यसले पाठकलाई छुट्टै स्वाद दिलाउँछ । सुन्दर र सुन्दै पृथक लाग्ने गाउँ-ठाउँका नामहरू मलाई झैं सबै पाठकलाई पक्कै प्रिय लाग्नेछ । आफैँ पदयात्रामा सामेल भए सरह ठाउँठाउँका स्थानीय मौलिक परिकार र पेय पदार्थको स्वाद चाखेको अनुभूतिसमेत गर्न पाइन्छ । स्थानीयबासीन्दाको जीवन भोगाइलाई केही सहज बनाउन विकास निर्माणको परियोजना चलाएका संघसंस्थाको योगदान पुस्तकमा मजाले दर्शिएको छ । सरकारले ध्यान दिने हो भने पर्यटन प्रवर्धनबाट उत्तरी गोरखाको कायापलट हुने सन्देश सायद सरकारी निकायले पुस्तकमार्फत् ग्रहण गरिसकेको हुनुपर्छ । लोभलाग्दा प्राकृतिक छटाहरू अन्तराष्ट्रिय जगतमा समेत फैलाउन कृतिकार सफल भएको जानकारी पनि पुस्तकमा पाउन सकिन्छ । विभिन्न भौगोलिक प्रतिकुलताका बिच आफ्ना अनेकौं छटा फिँजाउदै उत्तरी गोरखाकी सुन्दर प्रकृति जसरी हाँसेकी छिन् , उसैगरी दैनन्दिन जीवनका अनेकौं कष्ट झेलेर थोरै खुशीमा समेत रमाउन त्यहाँका बासिन्दाले प्रकृतिबाटै सिकेका छन् । यसको स्पष्ट चित्रण पाठकलाई गराउन सक्नु पुस्तकको अर्को दर्विलो पक्ष ठानेकी छु मैले । यिनै उल्लेखित विभिन्न कारणले गर्दा ‘ उपल्लो थलो ’ कृति जन्माउन लेखकले धेरै गारोसारोको सामना गरे होलान्, तर कृतिलाई पढ्नैपर्ने पुस्तकको कोटीमा पु ¥ याउन लेखकले कुनै कसर बाँकी नराखेको निश्कर्ष निकाल्न मलाई भने गारो भएन । सबैलाई एकपटक पढ्न अनुरोध गर्दछु । #उपल्लो थलो #उषा थपलिया छिरिङ्को साइकल: ” ह्या अंकल, आउनु न भन्या ! “, छिरिङ्ले दोस्रोपटक बोलायो । मलाई उसको कुरा टार्न निकै गाह्रो भइरहेको थियो । पसलका साहुजी मतर्फ नै हेर्दै थिए । हत्तपत्त चियाको पैसा तिरेर उसको पछि लागेँ। छिरिङ्को उमेर ८ वर्ष हो । म छब्बीस । मलाई उसले अंकलभन्दा पनि दाइ भनेर बोलाए हुन्थ्यो जस्तो लाग्छ। तर पनि उसले मायै गरेर भनेको भएर खासै दु:खमनाऊ गर्दिनँ। छिरिङ् घरभित्र छिर्छ । म उसलाई बाहिर पर्खन्छु। घरको एक्लो छोरो भएर होला, छिरिङ्ले सबैको माया पाएको छ। अस्तिको हप्ता मात्रै उसकी आमाले उसलाई जन्मदिनमा एउटा साइकल किनिदिइन्। ऊ त्यही लिन त भित्र गएको हो। छिरिङ्लाई साइकल चलाउन आउँदैन। त्यसैले मलाई सिकाइदिन भन्छ। उसका साथीहरू निमा र दोर्जेलाई भने साइकल चलाउन आउँछ, तर छिरिङ् उनीहरूलाई गुहार्नेवाला छैन। तिनीहरू छिरिङ्लाई सधैं चिढ्याइरहन्छन। अस्ति फुटबल खेल्दा पनि उनीहरू छिरिङ्लाई जानीजानी लडाएर कुट्न खोज्दै थिए, धन्न म नजिकै थिएँ र उसलाई जोगाए। पछि आँसु पुछ्दै ऊ भन्दै थियो, “पख न, मेरो बाबा आएपछि तिमेरूको बारे सब भन्दिन्छु।” बिचरा छिरिङ् ! उसले आफू जन्मेदेखि नदेखेको उसको बाबा आउन अझैँ कति वर्ष लाग्ने हो ! छिरिङ्लाई उसका हजुरबा/ हजुरआमाले हुर्काएका हुन् । उसकी आमा र दिदीले पनि उसलाई आफूभन्दा बढी माया गर्छन्। तर पनि किन हो ऊ, मसँगै बढी हौसिन्छ। म यो ठाउँमा आएको पनि कति नै पो भयो र ? कहिलेकाही त लाग्छ, कतै उसले मलाई आफ्नो बाबुको स्थान त दिइरहेको छैन ? छिरिङ् मलाई निकै माया गर्छ । उसो त म पनि उसलाई कम्ति माया गर्दिनँ। “अंकल, जाम न!”, छिरिङ् छेउमै बसी मलाई बोलाइरहेको रहेछ । म भने फेरि टोलाउन पुगेछु। आठ-दश महिना जति नै भयो, यस्तो हुन थालेको । धन्न वरिपरि कोही थिएनन्, र देखेनन्। नत्र लाजैमर्दो हुन्थ्यो। छिरिङ्को साइकल मेरा लागि सानै हो। तर उसका लागि भने त्यही पनि ठुलो। म ह्यान्डल समात्छु। छिरिङ् आफैँ पछाडिको सिटमा चढ्छ। माथिबाट छिरिङ्की हजुरआमा हामीलाई नियालिरहेकी रहिछन्। म उनीलाई हेरी फिस्स हाँसेजस्तो गर्छु, अनि बिस्तारै साइकल अघि बढाउछु। छिरिङ् मलाई कस्सेर समात्छ्, अनि पछाडिबाट जोडजोड्ले चिच्याउन थाल्छ, “बाटो छोड्, बाटो छोड्, आ होई …~~~ ” ================ ४/५ दिन भयो.. यसरी छिरिङ् र म दिनहु साइकलमा घुम्न थालेको। ऊ आफू साइकल चलाउन सिक्नुभन्दा पनि मेरो पछाडि बस्न नै मज्जा मान्छ। मलाई पनि यो गर्मीको मौसममा साइकल चढी साझपख सल्लेरी वनको बाटो हावा खान जाँदा आफ्नै बाल्यकालमा पुगेसरह भान हुन्छ । यत्तिकै होइन होला, मेरा बाले मलाई, “त सधैंभरि बच्चै हुने भइस्” भनेका । हुन पनि मलाई मेरा उमेरका मानिसभन्दा साना भुराहरू नै प्रिय लाग्छन्। मेरा आफ्ना उमेरका साथीहरू पनि त्यति छैनन्। साच्चै, किन होला है ? शायद बच्चाहरू बनावटी नहुने भएर हो कि ? .. मलाई बच्चाहरूको हाँसो निश्चल लाग्छ । प्रकृतिको वरदानझैँ लाग्छ, बच्चाको हाँसो… ! “अंकल !” छिरिङ् एक्कासी चिच्याउँछ । म फेरि टोलाएछु । अगाडि हेर्छु, भीषण मोड अनि मोडसँगै गहिरो ओरालो ! हत्तपत्त ब्रेक लगाउन खोज्छु, सक्दिनँ। साइकल वेगले हुत्तिन्छ र अलि पर एउटा रूखमा गई ठोक्किन्छ। हामी दुवैजना छेउमा पछारिन्छौ । म हतासिदै छिरिङ्लाई हेर्छु । धन्न केही भएको रहेनछ । साइकल पनि जोगिएछ। छिरिङ् मलाई हेदै हाँस्न थाल्छ । म पनि उसलाई हेर्दै हाँसिरहन्छु । बिस्तारै उठ्छु, अनि कपडा टक्टकाउछु । छिरिङ्लाई पनि धुलो लागेको रहेछ, झारिदिन्छु। यसो हेर्छु, अगाडि दुइटी केटीहरू यही बाटो हुँदै आउँदै रहेछन्। हत्तपत्त छिरिङ्लाई राखेर साइकल कुदाउनै के लागेको थिए.. कानैमा आवाज आइहाल्यो, “हामी पनि बस्न मिल्छ होला कि !” हेर्छु, छिरिङ्कै दिदी रहिछे। नक्कली ! खुब जिस्काउछे मलाई ! साथी पाउदा मात्र यस्ती हो, नत्र एक्लै पर्दा आँखा जुधाउन पनि डराउछे। कम्ताकी छे मोरी ! म चुपचाप साइकल अघि बढाउँछु। पछाडि उनीहरूको हाँसो गुन्जन्छ। साइकलको पांग्राको चालसँगै मेरो मुस्कान पनि बिस्तारै खुल्न थाल्छ। एक्कासि वनैभरि हावा चलेझैँ लाग्छ, मुटुमै स्पर्श गर्नेगरी । मनमनै सोच्छु, “छिरिङ् नभाको भए त उसैलाई पछाडि राख्थें!” फेरि सोच्छु, ” छिरिङ् नहुँदो हो त यो साइकल पनि त हुने थिएन !” अन्तिममा मनैले ढाडस दिन्छ,”साइकल नै पनि किन चाहियो र, मनैमा राखुला नि !” म फिस्स हाँस्न थाल्छु। फेरि सोच्छु, “थुक्क, यही डाइलग अघि नै दिन पाको भए..!” फेरि आफैँसँग मुर्मुरिन्छु। म आफैँ त्यसै मक्ख पर्छु। छिरिङ् फेरि कराउछ, “अंकल……..!!!” #संसार तिवारी बोल्टनको ४४० भोल्टको किताब: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन आर. बोल्टनले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकको सार्वजनिक वितरण रोक्न ट्रम्पले अदालतलाई गुहारेकामा अदालतले पुस्तक प्रकाशन र वितरण नरोक्न आदेश दिएको छ। पुस्तक पहिल्यै सारा संसारभर पुगिसकेको र यसले पुर्याउनुपर्ने क्षति पहिल्यै पुर्याइसकेका कारण यसको वितरण स्थगन गर्नुपर्ने कुनै औचित्य नरहेको भन्दै अदालतले राष्ट्रपति ट्रम्पको अनुरोधलाई अस्वीकार गरेको हो। त्यसो त कोलम्बिया डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोयस सी. लाम्बर्थले सुरक्षा सल्लाहकारका रुपमा पहिले काम गरिसकेका बोल्टनको सिर्जनाले देशको हित रक्षा गर्न चुकेको र कतिपय गम्भीर सूचनासमेत पुस्तकमा उल्लेख गरेको भन्दै २० लाख डलर धराैटीमा राख्न आदेश दिएका छन्। न्यायाधीश लाम्बर्थले १० पृष्ठ लामो धारणामा यी कुरा उल्लेख गरिएको छ। गम्भीर सूचना उल्लेख गरिएको भए पनि पुस्तक प्रकाशन र वितरणको स्थगन नहुने निर्णय गरेका छन्। ‘द रुम ह्वेयर इट ह्यापेन्ड’ पुस्तकमा डोनाल्ड ट्रम्पको सुरक्षा सल्लाहकारका रुपमा बोल्टनले काम गर्दाका बखत भएका, देखेका र सुनेका कुराहरु समेटिएको पुस्तक हो। त्यसो त ती गतिविधिहरुमध्ये अधिकांश ट्रम्पविरोधी खेमाका मिडियामा पहिलेदेखि प्रकाशित हुँदै आएका कुरा नै हुन्। खासगरी द न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले ट्रम्पको नीति तथा क्रियाकलापमाथि पहिलेदेखि नै टिप्पणी र आलोचना गर्दै आइरहेका थिए र ती गतिविधिलाई नियमित रुपमा प्रकाशन गर्दैआइरहेका थिए। आफूप्रति अति आलोचित भएको भन्दै उनले द न्युयोर्क टाइम्स पत्रिकाका ह्वाइट हाउस संवाददातालाई नियमित पत्रकार सम्मेलनमा सहभागी हुन नदिने, सहभागी भए पनि नियोजित रुपमा बेइज्जती गर्नेजस्ता कार्य गर्दै आइरहेका थिए। ट्रम्पले पुस्तक बजारमा आएपछि असन्तुष्टि पोख्दै ट्वीटरमा लेखेका छन्, ‘बोल्टनले पुस्तकमा गोप्य दस्तावेजहरु खुलासा गरेर देशलाई क्षति पुर्याएका छन्। यस कार्यका लागि उनले भोलिका दिनमा निकै ठूलो मूल्य चुकाउनुपर्नेछ। यस्तो काम भविष्यमा हुनुहुँदैन।’ उनको पुस्तक बजारमा ल्याउने तयारी भइरहँदा राष्ट्रपतीय कार्यालय तथा जस्टिस डिपार्टमेन्ट दुवैले पुस्तक रोक्न आग्रह गरेका थिए। पुस्तकलाई सिमोन एन्ड सुस्टरले बजारमा ल्याएको हो। यसअघि प्रकाशकले ह्वाइट हाउस सूत्रलाई पुस्तकमा कहाँ तिनीहरुको आपत्ति हो जनाउन आग्रह गर्दा कुनै प्रतिक्रिया दिएको थिएन। यस पुस्तकको समीक्षा गरिरहेका नेसनल सेक्युरिटी काउन्सिलका अधिकारी माइकल टि. एलिसले अकस्मात गएको साता मात्र किताबको ६ ठाउँमा आपत्तिजनक जानकारी हालिएको र यसले देशको सुरक्षालाई खतरा पु¥याउने बताएका थिए। एलिसको आपत्तिपछि बोल्टनका वकिलले उनी किताब समीक्षा गर्ने तहमा यसअघि नभएकाले उनको आपत्ति नै आपत्तिजनक रहेको बताएका थिए। पुस्तकमा आपत्तिजनक सूचनाहरु रहेकोमा भने अन्य ६ जना सुरक्षा अधिकारीहरुले न्यायाधीशसमक्ष बताएका थिए। अदालतले अझै पनि पुस्तकमा राष्ट्रिय सुरक्षाका कुरा राखिएका छन् कि भन्नेबारे गहन अध्ययन गरिरहेको बताएको छ। त्यसैले बोल्टनका तर्फबाट २० लाख डलरको धरौटी जम्मा गर्न लगाएको हो। अदालतले भनेको छ, ‘यदि बोल्टनले लेखेका कुराहरु राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्ने अवस्था आएको हो भने उनी कानुनी कार्बाहीको भागिदार हुनेछन् तर होइन भने उनको धरौटी फिर्ता हुनेछ।’ अमेरिकी संविधानले कुनै पनि प्रकारको सूचना प्रकाशनका लागि रोकतोक नगर्ने बताएको छ तर देशको ठूलो ओहदामा काम गरिसकेका र सेक्युरिटी क्लियरेन्सको सुविधा रहेकाहरुको सन्दर्भमा भने यस्ता कुरा लागू नहुने र त्यस्ताको हकमा कुनै गडबडी पाइए रोयल्टी जफत गरिने र नियमसम्मत तरिकाले प्रकाशनका चिजबिज हेरिने चलन छ। साथै, उनीहरूमाथि कानुनी कार्बाहीसमेत हुनेछ। तर ती सबै कुरा पुस्तक बजारमा आइसकेपछि हुने हो, पुस्तक बजारमा नआइ हुनेछैन। केहीले भने न्यायाधीश लाम्बार्डले सरकारी तर्फबाट केही छानबिन हुन सक्नेतर्फ सकारात्मक देखिएकामा भने आपत्ति जनाएका छन्। कुनै पनि पुस्तक प्रकाशन हुनुअघि नै प्रशासनलाई हेर्न दिनु पनि आपत्तिजनक रहेको केहीको टिप्पणी छ। चाेरीका किताब छ्याप्छ्याप्ती यसैबीच मार्चमा नै बजारमा ल्याउने तयारी गरिएको यो पुस्तक ल्याउन ढिलाइ भएको र ह्वाइट हाउसले रिभ्यु गर्ने भन्दै ढिलाइ गरेपछि प्रकाशक सुमन एन्ड सुस्टरले अमेजनडटकममा डिजिटल बुक सार्वजनिक गरेकाे थियो। गएकाे एक सातादेखि अमेजनमा नम्बर एकमा रहेकाे यो पुस्तककाे पाइरेटेड संस्करण जतासुकै पाइन थालेपछि यतिबेला सर्वत्र चर्चा हुन थालेको छ। यो पुस्तक पढ्ने भए यहाँ क्लिक गर्नुहोस् र डाउनलोड गर्नुहोस्। https://dropgalaxy.com/824-learn-about-the-tax-deduction-of-mortgage-insurance-premiums.html जब विष्णुमतीमा शिर गिँडियो...: त्यो बेलाको मृत्युदण्ड वि.सं. १९०९ चैत्र १५ गते शनिबार, काठमाडौँ खत्री जातको एउटा सिपाहीलाई हत्याको अभियोग लागेको थियो। हत्या भएको दश दिनपश्चात् उसको शिर छेदन गर्ने मिति तय भैसकेको थियो। शनिबार र मंगलबार अशुभ बारहरु भएको हुँदा मृत्युदण्ड सो दिनहरुमा मात्रै दिने गरिन्थ्यो। स्वयम्भुनाथ जाने बाटोमा पर्ने विष्णुमति खोलासँग मिसिने सानो खोल्सोको दायाँ किनार नै त्यस्ता दण्डहरु दिने स्थानको रुपमा प्रयोग गरिन्थ्यो। सो क्षेत्रमा खोला मोडिने हुनाले त्यसको किनार र नजिकको पहाडबीच केही जमिनको भाग रहेको थियो, जो मृत्युदण्ड दिनको निम्ति प्रयोग हुन्थ्यो र पहाडको केही उच्च भागमा रहेर सर्वसाधारणले पनि सो तमासाको दृश्य हेर्न सक्दथे। मृत्युदण्ड संचालन गर्ने अधिकारप्राप्त अधिकारीलाई मेरो उक्त तमासामा संलग्न हुनको लागि भएको हिचकिचाहट बारेमा पुर्वसूचना दिइएको थियो र अभियुक्तको भावना भन्दा पनि मेरो सहजतालाई ध्यानमा राखी जुन बेलामा मैले उक्त अपराधीको शिर छेदन भएको हेर्न चाहन्छु सोही बेलामा टाउको गिँडिने र म मैदानमा आएपश्चात् मात्रै सो व्यक्तिको शिर छेदन हुने जानकारी गराइएको थियो । मृत्युदण्ड सूर्यास्त हुनु दुई घण्टा अघिको लागि निर्धारण गरियो र समयको ख्याल राख्दै करिब चार बजेतिर म मैदानमा पुगेँ। तर समय केही हेरफेर भएको हुँदा म दुई घण्टासम्म कुरिरहेँ। करिब एक दर्जन जति अरु व्यक्तिहरु पनि कुरिरहेका थिए। त्यस क्षेत्र हुँदै ओहोर दोहोर गरिरहेका अलि धेरै संख्यामा रहेका व्यक्तिहरुले भने कुरेर बसिरहनुको खासै औचित्य नरहेको महसुस गरेजस्तो देखिन्थ्यो। सूर्यास्त हुनै लाग्दा एउटा सानो भिडले भने कैदी आउँदै गरेको अनुभूति दिलायो। कैदीलाई वास्तवमा चार बजे नै जेलबाट निकालिएको रहेछ र पछाडि डोरीले हात बाँधी सहरको प्रमुख स्थानहरुमा परिक्रमा गराइएको रहेछ। त्यो परिक्रमा गर्दा एक जना व्यक्तिले भने उसले कसुर के हो र उसलाई अब के दण्ड हुने वाला छ भनेर ठूलो स्वरमा कराउँदै सूचना दिने जिम्मेवारी पाएको हुँदोरहेछ। त्यसो गर्दा करिब तीन सय जना व्यक्तिहरु जम्मा भएर त्यही कैदी तथा सरकारी सिपाहीहरु सँगसँगै मैदानतर्फ आएका रहेछन्। सँगै आएका मानिसहरु यताउता हेरेर भुइँमा पलेँटी कसेर बस्न थाले र सरकारी अदालतका एउटा अधिकारी मलाई आएर सलाम गरे र मैले (अपराधीले होइन) धेरै बेरसम्म कुर्न परेकोमा क्षमा मागे। अपराधीलाई निर्धारित ठाउँमा जान लगाइयो। उसको वरपर पोर्\u200cयाह जातका २० जना व्यक्तिहरु थिए, जसलाई त्यस्तो मृत्युदण्डका कार्यहरुको जिम्मेवारी दिने गरिन्थ्यो। उनीहरुले उक्त कार्यको निम्ति खोला किनारको अलि समथल भूभाग खोजे, उसलाई सोही जमिनमाथि घुँडा टेकेर निहुरन भने- त्यो जमिनमा त्यही स्थानमा मृत्युदण्ड दिइएका अघिल्ला अपराधीहरुको हड्डीहरु पुरिएका थिए। मृत्युदण्ड पाउने व्यक्तिले त्यो सबै कुराहरुमा खासै ध्यान दिइरहेको थिएन। उसको अनुहारमा थोरै चिडचिडापन तथा केही रिस देखिन्थ्यो तर ऊ केही पनि बोलिरहेको थिएन। कम्मर वरपरको कपडाबाहेक उसका अरु सबै वस्त्रहरु उतारिएका थिए। उसलाई मुन्टो निहुरी परेर बस्नको निम्ति आदेश दिइयो, उसले स्वीकार्यो। उसका हातहरु पछाडि बलियो गरी बाँधिएको थियो र उसको कपाल चुल्ठो पारी टाउकोमा बाँधिएको थियो। दुईतीन जना आएर बडो व्यावसायिक ढंगले उसको टाउको यता-उता सोझ्याउन लागे। उनीहरु कुन ठाउँमा कुन कोणबाट कत्तिको जोडले प्रहार गर्दा आफ्नो क्षमताको उच्च प्रदर्शन भई आफूलाई दिइएको जिम्मेवारी उच्चतम रुपमा पूरा गर्न सकिन्छ भनेर हिसाब-किताब गर्दैथिए र त्यसो गरिरहँदा उनीहरु शान्त देखिन्थे। त्यति भैरहँदा अब केही क्षणमा विचराको विस्मात र रहस्य समाप्त हुनेछ भनेर म सोच्दै थिएँ। तर उखानमा “जुन काम सबैको हो, त्यो काम कसैको पनि होइन” भनेजस्तै ती बीस भन्दा बढी मानिसहरुमध्ये कसैले पनि हतियार बोकेर आएका रहेनछन्। त्यहाँ हेर्न बस्नेहरु कसैले पनि आफ्नो खुकुरी दिन चाहिरहेका थिएनन्। केही क्षणमा भिडबाट दुईतीन वटा खुकुरी दिइयो। अब कुरा ती खुकुरी धारिलो छन् कि छैनन् भन्नेमा पुग्यो। तीमध्ये एउटा अलि राम्रो खुकुरी रोजियो र हतियार चलाउने व्यक्तिले उक्त खुकुरीमा केही धार लगाएपश्चात् “काम गर्छ” भन्यो। उसले ढुंगामा धार लगाउन थाल्यो, बेलाबेलामा धारलाई औँलाले छोएर महसुस गर्दै, पुन: धार लगाउँदै, धेरैजसो समय गफ गर्दै र हाँस्दै गरिरह्यो। यतिबेला अभियुक्त निहुरी परी घुँडा टेकेर बसिरहेको थियो र वरपर के-के भैरहेको छ, सबै सुनिरहेको थियो। कैदीको विषयमा भैरहेको हेल्चेक्र्याइँले होइन कि साँझ पर्न लागेकाले एकैछिनमा अँधेरो हुने र सो दृश्य राम्रोसँग हेर्न पाइँदैन कि भनेर अब भीड अलि अधीर हुन लागेको थियो। खुकुरीको धार लगाइसकेपछि सो कार्बाहीको नेतृत्व गरिरहेका अदालतको कर्मचारीलाई निरीक्षण गर्न दिइयो। सायद एउटा युरोपेली दर्शक पनि त्यहाँ रहेको छ भन्ने उसलाई आदेश मिलेको र उचित ढंगबाट कार्बाही सञ्चालन गर्नपर्ने बाध्यता भएकाले होला उसले उक्त खुकुरी कार्बाहीका लागि अयोग्य भएको ठहर गर्यो। त्यसले गर्दा अझै केही अबेर भयो र भिडबाट “छिटो गर्नपर्ने, नत्र अँधेरो हुने” जस्ता स्वरहरु आउन थाले। अन्त्यमा आफ्नो अनिच्छा माझ पनि भिडबाट ठूलो तालीको गडगडाहटबीच सोही कार्बाहीमा समाबेस भएको एउटा सिपाहीले आफ्नो तरबार प्रस्तुत गरे। उक्त तरबार हतियार चलाउने व्यक्तिलाई हस्तान्तरण गरियो। जसले सो तरबारको धारलाई बडो कलात्मक हिसाबले महसुस गर्दै त्यो तरबार उच्चकोटीको भएको घोषणा गर्दै गर्वका साथ त्यसलाई उचालेर अभियुक्त नजिक पुग्यो, जो करिब पैंतालिस मिनेटदेखि निहुरी नै रहेको थियो। सन्तुलन ठीक रहोस् र निहुरेर घुँडा टेक्दा अगाडि नपल्टियोस् भनी करिब दुई-तीन मिटरको डोरी उसको कुहिनो भन्दा माथि पछाडि ढाडतिर लगेर बाँधियो। त्यो डोरी बाँधिसकेपछि अभियुक्तको शरीर थोरै अगाडितिर ल्याइयो र पछाडिबाट डोरीले समाइयो; उसको टाउको सिधा गरी राखियो र तरबार घाँटीमाथि एकैछिन राखेर निसाना लिइयो, हावामा उचालियो र चट्याङ्गको बेगमा तरबार तल हुत्त्याइयो। त्यो व्यक्तिको शरीर र शिर त्यही क्षणभरमा नै अलग भैहाल्यो। पछाडिबाट समातिएको डोरी छोडियो, शिर बिनाको शरीर आफ्नै शीरमाथि बजारियो र घाँटीबाट रगतको फोहरा निस्कियो | दुई-तीन वटा अत्यन्तै चरम छटपटाहट र आँखीभौँ एवं आँखाका अस्वभाविक चालपश्चात् आँखाको डरलाग्दो टोलाहटसँगै सबै समाप्त भयो। सो कार्बाही पक्कै पनि उच्च स्तरमा सञ्चालन गरियो। यद्यपि त्यो ढिलाई, कैदीको मनस्थितिको बारेमा पनि सोच्दिए हुन्थ्यो भन्ने मेरो कुण्ठा, त्यहाँ उपस्थित व्यक्तिहरुको कैदी उपरको बेमतलबीपना जस्ता कुराहरुले भने अवस्थालाई साह्रै घिनलाग्दो बनायो। सोचनीय त के पनि थियो भने त्यहाँ उपस्थित तीन-चार सय जना मानिसहरुमध्ये मैले एक जना पनि महिला देखिनँ। शिर शरीरबाट अलग भएपश्चात् शिर अलग गर्ने व्यक्तिको तारिफमा त्यहाँ तालीको गडगडाहटमाझ “वा-वा” को स्वर गुन्जायमान भयो र सो व्यक्ति नायकको शैलीमा आफ्नो कार्यसम्पादन उपर गर्व गर्दै यताउता फर्किदै थियो। तरबार सफा गरियो र सिपाहीलाई फिर्ता दिइयो। आफ्ना बुबाले अंग्रेजविरुद्ध लड्दा प्रयोग गरेका खानदानी तरबार ती सिपाहीले गुमाउन चाहेनन्। त्यो तरबार एकदम राम्रो र धारिलो थियो। ढलेको लासको ओरपर कोही पनि गएनन् र कसैले पनि शव छुने प्रयत्न गरेनन् र त्यहाँको चलनअनुरुप स्याल, गिद्द, कुकुर इत्यादिलाई खानको निम्ति भुइँमा नै छोडियो र भिड लाखापाखा लाग्न थाल्यो। जंगबहादुर बेलायतबाट फिर्ता भएपश्चात् यस्तो मृत्युदण्ड अहिले विरलै हुने गर्छन् र यदि भैहालेमा पनि ज्यान मार्ने मुद्दा इत्यादिमा परेका सीमित व्यक्तिहरुलाई मात्र मृत्युदण्ड दिने गरिन्छ। अपराधसम्बन्धी दण्डहरुमा हुने सजायको कठोरतामा उनले परिवर्तन गरेका छन् र अपराधीको शरीरका अंगहरु काटिदिने जस्ता सजायहरु त हटाई नै सकेका छन्। वि.सं. १९०८ पश्चात् मैले सुनेको त्यस्तो खालको सजाय भनेको जम्मा एक जना व्यक्तिलाई दिइएको थियो र सायद त्यो व्यक्ति त्यस्तो सजाय प्राप्त गर्न लायक नै थियो। त्यो व्यक्ति गाउँगाउँमा गएर जंगबहादुरले देवीलाई १५० जना नाबालकहरुको बलि दिन आफूलाई खटाएको, ऊ बच्चाहरु छान्नको निम्ति गाउँ आएको र कसैले मोटो रकम उसलाई घुस दिएमा उसले उनीहरुको बच्चालाई छोडेर अरुको बच्चा लैजाने भन्दै गुप्त प्रचार गर्दै हिँडेको रहेछ। त्यो व्यक्ति समातिएछ र टुनाखलको भरी सभामा पेश गरिएछ। सभामा उसको कसुरको बारेमा बताइएछ र सभाबीच नै उसको जिब्रो काटिएछ र पछि उसलाई ती ती जिल्लामा हिँडाइएछ, जहाँ उसले गएर त्यस्तो झूटो बोलेको थियो। जिल्लामा भएका अरु व्यक्तिहरुलाई पनि त्यस्तो किसिमको झूटो व्यवहारले कस्तोसम्मको सजाय आकर्षित गर्न सक्छ भन्ने चेतावनीस्वरूप पनि यो कार्य सम्पादन गरिएको थियो। ब्राह्मण जातिलाई भने मृत्युदण्ड दिइँदैन। उसको कपाल चारपाटे मुडिन्छ, सुँगुरको मासु खान लगाइन्छ, भित्री मासुहरु जस्तै पेट, आन्द्रा इत्यादि खुवाइन्छ, रक्सी पिउन लगाइन्छ र उसको जात झारी, सिमाना कटाई देश निकाला गराइन्छ। महिलाहरुलाई पनि मृत्युदण्ड दिइँदैन, उनीहरुलाई कैदमा राखिन्छ, जात झारिन्छ, नाक काटिन्छ, दासी बनाइन्छ, देश निकाला गरिन्छ तर कहिले पनि मृत्युदण्ड भने दिइँदैन। नाक काट्ने काम भने सरकारको भन्दा पनि निजी मामिला हुने गर्छ। ज्यादाजसो परपुरुषसँग लागेको थाहा पाएको महिलाको श्रीमानले उसको श्रीमतीको नाक खुकुरीले काटिदिने र घरबाट निकालिदिने चलन छ। हाम्रो बेलायती रेजिडेन्सको सुरक्षाकर्मी हवल्दार कहर सिंहले मलाई एकदिन एउटा खुकुरी देखायो, जसबाट उसले आफ्नो श्रीमतीसंग सम्बन्ध राख्न खोज्ने एक जना व्यक्तिलाई काटेको बतायो। त्यस बेलामा ऊ त्यही खुकुरीले मुला काटेर बडो आरामसँग मुला खाइरहेको थियो। मैले सोधेँ, “अनि तिमीले आफ्नी श्रीमतीलाई चाहिं के गर्यौ त?” उसले भन्यो, “मैले त्यसको नाक काटिदिएँ र त्यसलाई दैलोबाट बाहिर निकालिदिएँ…खान नपाएर मर्ली भनेर मैले त्यसलाई पाँच रुपियाँ दिएँ !” त्यस्तो घटनामा गरिने भनेको बाबुले छोरा-छोरी आफूसँग राख्नु हो र उसले पनि त्यस्तै गरेको थियो। महिला भने आफ्नो जात, बच्चा, दर्जा, घर, नाक र सबै चिजबाट वञ्चित हुन्छिन्। हेनरी एम्ब्रोज ओल्डफिल्डको किताब स्केचेज फ्रम नेपाल भाग-१ को अध्याय १९ बाट साभार गरिएको, प्रकाशित सन् १८८० अनुवादक ध्रुव अधिकारी इतिहास अध्ययनमा रुचि राख्छन्। उनी हाल चेपाङ् जातिको उत्पातिको विषयमा शोध अनुसन्धान गर्दै छन्। उनका कार्यहरू http://chepangchautari.wixsite.com/home मा हेर्न सकिन्छ। #ध्रुव अधिकारी #स्केचेज फ्रम नेपाल #हेनरी एम्ब्रोज ओल्डफिल्ड 'लार' कथाले जित्यो एक लाख राशिको पुरस्कार: मुना चौधरी बाह्रखरी कथा प्रतियोगिता २ को विजेता मुना चौधरीको कथा ‘लार’ भएको छ। दुई वटा मूल्याङ्कन समितिबाट छानिएका कथाहरूबाट ‘लार’ प्रथम भएको हो। दोस्रोमा श्रेयज सुवेदीको ‘बेजोडा’ तथा तेस्रोमा दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ रहेको एक कार्यक्रमका बीच जानकारी गराइएको थियो। प्रथम कथाले एक लाख नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार र ४० हजार रूपैयाँ प्राप्त गरेको छ। प्रतियोगिताका लागि ६ सयभन्दा बढी कथा प्राप्त भएकामध्ये ५२ कथा छानी तिनलाई पनि विशेष मूल्याङ्कन समितिबाट प्रथम, द्वितीय र तृतीयसँगै अन्य २२ उत्कृष्ट कथा पनि छनोट गरिएको थियो। अविनाश भट्टराई, कर्मसही घर्ती मगर, कल्पना श्रेष्ठ कल्पपुञ्ज, कृष्ण कुसुम, खगेन्द्र गिरी, गोपाल झापाली, जनकऋषि राई (चाम्लिङ), त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, नन्दलाल आचार्य, नारायण लामिछाने, मनोज अज्ञात, महेन्द्र उपाध्याय, मोहन सङ्ग्राम, रत्न प्रजापति, रामदेव पाण्डे, वसन्त आचार्य, समीक्षा खतिवडा, डा. सुनिता तिमिल्सिना, सोमनाथ दाहाल, शिवराज योगी र क्षितिज समर्पणका कथाहरू उत्कृष्ट ठहर गरिएका छन् । उत्कृष्ट यी २२ कथाकारहरुलाई प्रमाणपत्रसहित जनही पाँच हजार रुपैयाँ नगद प्रदान गरिने बाह्रखरीले जनाएको छ। बाह्रखरीको आन्तरिक मूल्याङ्कन समितिमा कथाकार राजेन्द्र पराजुली, वरिष्ठ पत्रकार गोविन्द अधिकारी, राजेश खनाल र अक्षर काकाले आएका ६ सय बढी कथा छनोट गरेका थिए भने वाह्य मूल्याङ्कन समितिमा रहेका नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले ५२ कथाहरूमध्ये उत्कृष्टहरूको मूल्याङ्कन गरेका थिए। पुस्तक बाह्रखरीको वेबसाइटबाट सित्तैमा डाउनलोड गर्न सकिने पुरस्कार छनोट समितिका संयोजक राजेन्द्र पराजुलीले बताए। पुस्तक यहाँबाट डाउनलोड गर्नुस्ः https://baahrakhari.com/utkrista_katha #मुना चौधरी …र यसरी फुलिरहेछ ईन्द्रकमल: खेमराज पोखरेल म एक नम्बर प्रदेशको हुँ । ऊ ७ नम्बरको हो । ऊ खाँटी बाबुसाहेब । यो धङ्धङीमा ऊ हुर्कियो, बाँच्यो । मलाई समाजले दलित भन्यो । म दलित भनिने हेपाइस्को चेपमा, विभेद र कुण्ठामा हुर्किएँ । बाँचे । पढेँ । म आफैँ आफूलाई ‘दलित’ भनेर अपरचुनिटी भजाउने दाउमा लागेँ । नेपालमा छँदा हामी कहिल्यै भौतिक रूपले भेटिएनौँ । तर नभेटे पनि ऊ र म सारमा क्षेत्रको नाममा, जातको नाममा, धर्मको नाममा, राजनीतिको नाममा, भाषा र भाषिकाका नाममा खुब जुध्यौँ । बेस्सरी जुध्यौँ अनि फेरि हामी लुसुक्क ‘बेटर लाइफ’ खोज्दै अमेरिका छिर्यौँ । अमेरिका छिरेपछि एउटा फाइदा भयो हामीलाई । ऊ अहिले मेरो मिल्ने साथी हो । उसका र मेरा बिचबाट क्षेत्रको, जातको, धर्मको, राजनीतिको, बाबुसाहेब र दलितको तथा भाषा र भाषिकाको विभेदीय पर्खाल हट्यो । हामीमा अब विल्कुल नेपाली फिलिङमात्र बाँकी रह्यो । हामी साँच्ची बराबर भयौँ । यो अनुभवले मलाई बल्ल नेपाली हुनुको गर्व बोध भएको छ । गाउँले र समाजले चिन्ने उसको नाम जेठा बाबुसाहेब हो । प्रमाणपत्रमा केशवजी जङ्ग शाही हो । समाजले चिन्ने मेरो नाम निरे दमाइँ हो । प्रमाण पत्रमा भने निर्मल बहादुर नेपाली हो । अमेरिकामा हामी एउटा कम्पनीमा काम गछौँ । जागिर छ । समान छ । नेपालको परिभाषामा भन्ने हो भने स्तरीय छ । जतिसुकै स्तरीय काम गरे पनि अमेरिकामा हामी आफूलाई दुई नम्बर नै ठान्छौँ । डायस्पोरिक मर्म बोकेका छौँ । यही मर्मभित्र हामी बिनाभेदभाव आफन्तिएका छौँ । अमेरिकामा रहँदा बस्दा हामी निकै बिजी भयौँ । जीवन बाँच्न गर्नुपर्ने सङ्घर्ष कस्तो हुन्छ भन्ने अमेरिकामै चाल पायौँ । नेपालमा त के थियो र घर पुग्दा दुवैजनाका घरमा भात पाकेकै हुन्थ्यो । फरक उसको घरमा मसिनो र फरफराउँदो हुन्थ्यो होला, मेरो घरमा मोटो र गिलो हुन्थ्यो होला । तर अमेरिका आएपछि हामीमा केही विभेद र फरकहरू छैनन् । त्यसैले त हामी अलि आमभन्दा भिन्न भएका छौँ । आमबाट निस्केर विशेष भएका छौँ । यो यही विशेषको सनकमा हामी धेरै फेसबुक चलाउने मान्छेको औकात नाप्थ्यौँ । मौका मिल्यो भने खिसिट्युरी पनि गथ्र्यौँ । धेरै फेसबुक चलाउनेहरू फुर्सदिला, वाइह्यात र सतही मान्छे हुन् भनिठान्थ्यौँ । यद्दपि हामी दुवैका निर्जीव फेसबुक अकाउण्टहरू छन् । संसारसँग जोडिन ऊ र म दुवै कहिलेकाहिँ फेसबुकका पानालाई कर्सरले स्वार्र तान्थ्यौँ । अरूका सामग्री हेथ्यौँ । लिन्थ्यौँ । हाम्रा अनुकुलका सामग्री नभए –उफ कस्ता कस्ता वाइह्यात सामग्री पोस्ट गरेका मान्छेले भनेर दिक्क हुन्थ्यौँ । लेखक कवि भनाउँदाहरूले पनि ताइँनतुइँका कुरा किन पोस्ट गरेका हुन् भन्थ्यौँ । कसैकसैले त फाँइफुट्टा र भुइँफुट्टा आग्रह पूर्वाग्रह स्टाटस हालेर गमक्क परेका देख्थ्यौँ । कथित विद्वताका, कुण्ठाका र असफलताका भडाँसहरू पोखिएका देख्थ्यौँ । हामी त्यो अवस्थामा मान्छेलाई फेसबुके भनेर हियाउथ्यौँ । तर ऊ अहिले धडाधड लामा–लामा स्टाटस हाल्दै छ । फेसबुकमा कहर हाल्दै छ । पीडाको धुकधुकी हाल्दै छ । मान्छेका, मान्छेका प्रवृतिका सार हाल्दै छ । सम्वेदनाका, रुवाइहरूका र चित्त दुःखाइहरूका ब्यथा हाल्दै छ । उसले आफूलाई फेसबुकका पानाभरि छताछुल्ल पारेको छ । छरेको छ । पोखेको छ । म फेसबुकको पानामा आएका उसका कुरा देखेर विह्वल भएको छु । कोरोनाको लकडाउनमा घरभित्र कैद छौँ हामी । उसको पीडामा सान्त्वना दिन उसको घर जान मिल्दैन । त्यसैले मैले उसलाई सान्त्वना दिने अभिप्रायले फोन गरेको थिएँ । फोनमा औपचारिक सान्त्वना सकेपछि मैले उसलाई भनेको थिएँ– “केशव, यी सबै कुरा यसरी विस्तारमा फेसबुकमा किन हालेको ?, समवेदना शान्तिका लागि त बरु मान्छेलाई भन्नु नि आफ्ना पीडा, साथीभाइलाई भन्नु नि । आफन्तलाई भन्नु नि । किन छताछुल्ल पोखियौ फेसबुकका पानामा यार ?“ उसले निकै दिग्दारी भावमा जवाफ दिएथ्यो– “निर्मल, म पनि त्यही ठान्थेँ । तर अहिले लागिरहेको छ कि कहाँ छन् साथीभाइ !, कहाँ छन् मान्छे !!, कहाँ छन् आफन्त !!! औपचारिक फर्मुलामा बाँचेको रहेछ मान्छे । कहाँ छ समय मान्छेलाई अर्काका कहर सुन्न ! अर्काका पीडा सुन्न !! अर्काका समवेदना सुन्न ! मान्छेलाई त आफ्नै स्याँसाँहार र फुस्याँहारले गलित बनाइदिएको रहेछ । विकासले मान्छेलाई यन्त्र बनाइदिएको रहेछ । व्यक्तिवादी दर्शनले मान्छेलाई एकलै उभ्याइदिएको छ । बल्ल थाहा पाएँ कि यन्त्रमा कहाँ सम्वेदना हुन्छ र ! मैले यो बेला यस्तै अनुभूत गरेँ यार । एउटा फेसबुक रहेछ जम्मा । जो जसले जे लेखे पनि पोष्ट हुन दिन्छ । कसैले सुनोस् वा नसुनोस्, कसैले पढोस् वा नपढोस्, कसैलाई राम्रो लागोस् वा नलागोस्, जसलाई जे भन्न मनलाग्छ –भनोस्, परवाह गर्दैन । आफ्नो बह पोख्न त पाइयो नि ।“ उसको जवाफ सुनेपछि म पनि घोरिन थालेको छु । यो मेरो साथी किन यस्तो भनिरहेछ । एकछिन मान्छे भएकोमा म आफैँभित्र मान्छे खोज्न थालेको छु । हो त साँच्ची म कहाँ मान्छे हो र ! परिवेशको आवश्यकता पूरा गर्दै यन्त्र भएको हाडमासुको एउटा थुप्रो न हुँ म पनि ! साह्रै दिग्दार लागेर आएको छ । अनि उदाशी र वैरागी भावमा उसको फेसबुक प्रोफाइल खोलेको छु र उसका स्टाटसहरू पढ्न थालेको छु । मे ३ , २०२० खेमराज पोखरेल बुवालाई हन्हनी ज्वरो आइरहेको थियो । नाकबाट सिँगान बगिरहेथ्यो । खोकि लागिरहेथ्यो । अक्सर बुवालाई यस्तो भइरहन्थ्यो । बेसार हालेर उमालेको तातो पानी खानुहुन्थ्यो । त्यसमा तुलसीपत्र पनि हाल्नुहुन्थ्यो । अलिकति नुन हाल्नुहन्थ्यो । खानु हुन्थ्यो । राति सुत्ने बेलामा दूधमा बेसार हालेर सधैँ पिउनु हुन्थ्यो । बिहान उठेर रामदेव बाबाको अनुलोम विलम गर्नुहुन्थ्यो । उहाँको जिन्दगी यसैगरी चलेको थियो । बुवालाई ज्वरो पनि आएको हाच्छिउँ पनि आएको र लहरे खालको खोकी पनि लागेको हुनाले यो पल्ट हामीले डाक्टरकोमा पुर्याउने विचार गर्यौँ । कोरोनाको लकडाउन भएकाले एम्बुलेन्सलाई फोन गर्यौँ । तत्काल एम्बुलेन्स आयो । धन्न छ अस्पताल, धन्न छ सरकार, एम्बुलेन्स सजिलै आयो । नेपालमा भएको भए यो एम्बुलेन्स कहाँ यत्ति छिट्टै पाउनू ! धन्य छ भगवान । मे ४ , २०२० हिजो बुवालाई अस्पताल लगेको आजसम्म केही खवर आएन । कोरोना लागेको हुनसक्ने भएकाले परिवारका हामी कसैलाई अस्पताल जान दिएनन् । एम्बुलेन्समा आएका डाक्टर, नर्स सबै अर्को अन्तरिक्षबाट आएका एलियन जस्ता सेतै थिए । नाक, कान, मुख, आँखा तथा पूरै शरीर छोपिएको थियो । हामीसँग टाढै बसेर उनीहरूले बुवालाई लगे । हामीलाई पनि १५ दिन घरमै क्वारेन्टाइन बस्नु भन्ने सल्लाह दिएर गए । ‘ज्वरो आयो, हाछिउँ आयो वा खोकि लाग्यो भने हामीलाई फोन गर्नुस्’ भनी हिँडे । हामी पनि सम्भावित कोरोना प्रकोपले आतङकित थियौँ । पहिले पहिलेका डाक्टर तथा नर्सहरू उनीहरूको सेतो एप्रोनमा सौम्य र शान्त देखिन्थे । दयालु भगवानजस्ता लाग्थे । तर अहिले आएका एलियन टाइपका डाक्टर र नर्स त अपहरणकारी शैलीका लाग्दथे । तर पनि सोचेँ –यी महान हुन्, यत्रो कोरोनाको जगजगी छ सहरमा, विश्वमा । तर उनीहरूले त आफ्नो ज्यानको बाजी लगाएर हाम्रो सेवा गरिरहेका छन् । धन्य छन् यिनीहरू । धन्य छ भगवान । मे ५ , २०२० अस्पतालबाट फेसबुकमा बुवाको मेसेज आएको थियो । हामी आत्तिएका थियौँ । तर बुवा मेसेज लेख्दै हुुनुहुन्थ्यो न आत्तियौ तिमीहरू । मलाई केही हुन्न । यहाँ राम्रो व्यवस्था रहेछ । डाक्टर, नर्सहरूले चौबीस घण्टा ड्युटी दिएका छन् । हेरचाह गरेका छन् । खानपीनको पनि राम्रो व्यवस्था छ । ओढ्ने ओछ्याउने पनि गजबको छ । सुग्धर सफा उस्तै राम्रो छ । यहाँ अरू पनि बिरामीहरू राखिएको छ । तर हामी अलग अलग छौँ । वाइफाइको पनि राम्रो व्यवस्था छ । अस्पताललाई ध्वनि प्रदूषणबाट जोगाउन बोल्न मनाही छ । तर फेसबुकमा च्याट गर्न भने जत्ति पाइन्छ । बिर्सिएका साथीभाइ, इस्टमित्र तथा आफन्तसँग खोजिखोजी च्याट गर्न पाइएको छ । यो फेसबुकले त संसारलाई एकदम सानो गाउँजस्तो बनाएछ । आफन्तसँग चिनाएर नजिक पनि बनाइदिएको छ । हिजो डडेल्धुरामा माल्दाइसँग च्याट गरेको थिएँ । मलाई ‘बल्ल बिराम लागेर अस्पताल पुगेर सम्झिस्’ भन्दै रुनुहुन्थ्यो । अनुहार हेरेको त निकै बूढो हुनुभएको रहेछ । उता पनि क्वारेन्टाइनमै घरभित्र बसेका छन् रे । सञ्च–सुबिस्तै छ रे । अस्पताल भनेको त यस्तो पो हुनु पर्दछ । मे ६ , २०२० अस्पतालबाट फोन आएको थियो । बुवालाई कोरोना पोजिटिभ देखियो रे । ‘तर नडराउनु, निको हुने सम्भावना धेरै छ’ भनेका थिए डाक्टरले । हामी घरभरिका एकै ठाउँमा बैठक कोठामा भेला भएर बेस्सरी रोयौँ । कोरोना पोजिटिभ भन्ने कुरा सुनेपछि हाम्रो घरमा प्रलय भयो । हामी निरीह थियौँ । परिवेश निरीह थियो । हामी अस्पताल जान पाउन्न थियौँ । यो बेला हामीसँग कोही थिएनन् । भगवान भरोसा गर्नुभन्दा अरू कुनै उपाय थिएन । यो बेला जति निरीह र विवस हामी कहिल्यै भएका थिएनौँ । हाम्रो परिवार वैष्णव धर्म मान्दछौँ । अघिपछि शिव र देवीलाई नमान्ने हामी यतिबेला गुहार मागिरहेका छौँ । लगातार तेत्तीसकोटी देवता भाकिरहेका छौँ । बिर्सिसकेका मष्ट कूल देवतालाई पनि सम्झिरहेका छौँ । अमेरिकामा बसेका हुनाले दिमागमा जिससको पनि चित्र आएको छ । जिससको पनि प्रार्थना गर्न थालेका छौँ । जिससको मात्र होइन अल्लाहलगायत संसारका सबै धर्मका सबै देवतासँग गुहार मागेका छौ– हे प्रभु ! बुवालाई निको होस् । मे १० , २०२० अस्पतालबाट फोन आएको थियो । आज बुवाको अवसान भयो । कोरोनाले परमधाम लग्यो । लास हामीलाई दिँदैन रे । अस्पतालले नै लासको व्यवस्थापन गरिदिन्छ रे । यो कुरा सुनेर हामी परिवार मर्माहत भएका छौँ । बेस्सरी रोएका छौँ । रुनका लागि पनि कोही छैनन् । मेरी बूढी र म मात्र सोफामा बसेर रुँदै छौँ । हाम्री एउटी ४ वर्षे छोरी छे । ऊ हजुरबाकी अत्यन्त प्यारी छे । हामी रोएको देखेर ऊ हामीलाई भन्दैछे , ह्वाइ आर यू क्राइङ मम ? ह्वाइ आर यू क्राइङ पापा ? ह्वेर इज ग्य्राण्डफा ? हामी उसलाई रोएर नै भन्दै छौँ- नो मोर ग्य्राण्डफा, नानी । ऊ फेरि सोध्छे- ह्वाट ह्यापेन ? हामीसँग कुनै उत्तर छैन । बुवाको लासलाई सदगत पनि गर्न पाइएन । हामी परम्परागत सनातनीय प्रचलनभन्दा अर्कै बैकुण्ठे गथ्र्यौँ । किनकि बुवा वैष्णव हुनुहुन्थ्यो । तर अहिले हामी विह्वल भएका छौँ । नुन बारेर बसेका छौँ । अनलाइन सेतो सर्ट र प्यान्ट मगाएको छु । आएपछि सेतो लुगा लगाउँछु । योभन्दा बढी केही गर्न पनि पाउने कुरा नै भएन । हे भगवान् ! मे ११ , २०२० आज बुवा स्वर्गे हुनुभएको दोस्रो दिन भयो । घरमै बसेर चोखोनितो गरेका छौँ । अरू केही गर्न पाइने अवस्था होइन । बुवाको लासलाई सरकारी गोदाममा हजारौँ लाससँग राखिएको छ । सम्झिरहेको छु त्यो गोदाममा हिन्दु, इसाइ, इस्लाम, यहुदीलगायत सबै भाषा, धर्म, सम्प्रदायका लासलाई एउटै गोदाममा स्टोर गरिएको छ । कुनै विभेद छैन । कुनै देवता वा चलनले आएर केही भनेका छैनन् । बुवा भन्नु हुन्थ्यो म मरेपछि एउटा राम्रो वैकुण्ठे गरिदे है । सरासर स्वर्ग पुगिन्छ । भगवानभित्र समावेश हुन पाइन्छ । त्यसपछि जरामरणको अन्त्य हुनेछ । फेरिफेरि जन्मिनु, फेरिफेरि मर्नु पर्दैन यो भव सागरमा । तर त्यसो भएन । राम्रो वैकुण्ठे त परै जाओस् लास हेर्न र छुन समेत नपाइने र बाबाले भन्ने गरेका म्लेक्ष र अम्लेक्षको पनि केही विभेद भएन । यो कुरा भने मनभरि सोचिरहेको छु । यो कोरोना कहरमा वैकुण्ठे गर्ने कसरी !! मे १२ , २०२० आज बुवा स्वर्गे हुनुभएको तेस्रो दिन भयो । यो बेला बुवाका यादहरू आइरहेका छन् । मेरो बुवा सामान्य हुनुहुन्थ्यो । पत्रपत्रिकाले हेडलाइन बनाउने नाम थिएन मेरो बुवाको । कम पढेलेखेको हुनुहन्थ्यो । डोटीको झिग्रानामा घर थियो । कहिलेकाहिँ खप्तड जान बास बस्न आउने यात्रुबाहेक त्यहाँ कोही सुकिला मुकिला पुग्दैनथे । उही प्याङ्खरको खेतीपाती गर्नुहुन्थ्यो । गाई पाल्नु हुन्थ्यो । गोठ बस्नु हुन्थ्यो । मान्छे निकै समाजसेवी र पौरखी हुनुहुन्थ्यो । चार गाउँले पत्याउँथ्यो । असल हुनुहुन्थ्यो । मान्छे मेरो बुवालाई आँखामा राखे नबिझाउने भन्थे । त्यो दुर्गममा उहाँले स्कुल, बाटो खोल्न सक्रिय भूमिका खेल्नु भएको थियो । कसैको मरुपरुमा उहाँ पुगिहाल्नु हुन्थ्यो । चाहिएको सहयोग गरिहाल्नुहुन्थ्यो । मलाई काठमाडौँमा राखेर पढाउने चेत थियो उहाँको । पहाडको हावापानी उहाँ भौतिकरूपले पनि निकै बलियो हुनुहुन्थ्यो । मान्छे मेरा बुवालाई भन्थे ‘एक झमट त बाबुसाहेबलाई देखेर काल पनि भाग्छ, बाघ पनि तर्सिन्छ’ । तर आज यो परदेशको ठाउँमा आँखैले नदेखिने कोरोनाको भाइरसले बुवालाई लगेको छ । कस्तो निरीह हुँदोरहेछ मान्छेको जीवन ! कस्तो निर्दयी भयौ नि भगवान ! मे १३ , २०२० आज बुवा बितेको चौथो दिन भयो । साथीभाइका फोनहरू आइरहेछन् । मलाई सम्वेदना दिइरहेछन् । जीवनमरणका कथाहरू, भवितव्यहरू सुनाइरहेछन् । संसारको रित बुझाइरहेछन् । जन्मेपछि मर्नु पर्ने कुरा निश्चित भएको ज्ञान दिइरहेकाछन् । म सुनिरहेको छु । बुझिरहेको छु । तर मलाई लागिरहेको छ मान्छेहरू औपचारिक भइरहेछन् । कोही कोही त मेरो बुवाको उमेर सोध्छन् । म भन्दछु ६५ । अनि उनीहरू यसरी भन्दछन् कि मानौँ ६० कटेको मान्छे मर्नु स्वाभाविक हो । मानौ ६५ वर्ष भएकाले मेरा बुवाले मर्नु ठिक थियो । मैले अब आफ्ना बुवाको मृत्युलाई पनि ठिक मान्नु पर्ने कुरा घुमाउरो पाराले बताउँथे मान्छे । म छक्क परिरहेको छु कि खोई मान्छेको सम्वेदना ! कस्तो अब्डेरो बनायौ नि भगवान यो मान्छेको सृष्टि ! मे १४ , २०२० आज मेरो बुवाले परमधाम यात्रा गर्नु भएको पाँचौँ दिन हो । कोठाको एकाछेउमा बनाइएको कोरामा बसेर म बुवालाई अघोरै सम्झिरहेको छु । काठमाडौँमा इन्जिनियरिङ सक्दा नसक्दै मलाई अमेरिकाको इडिभी परेको थियो । मैले आफू अब अमेरिका जाने कुरा गर्दा बुवाले भन्नु भएको थियो ः इन्जिनियर भएर नेपालका गाउँपाखामा बाटो बनाउँछ, यो झिग्रानामा मोटर बाटो ल्याउँछ मेरो छोरोले भनेको त अमेरिका पलायन हुने पो कुरा गर्छ । भैगो छोड्दे त्यो डिभीसिभी । तँ एक्लो छोरो होस् । शैलेश्वरी देवीको कृपाले सिलगडीमा घडेरी किनिदिएको छु । दिपायलमा पनि घडेरी बैना गरेको छु । काठमाडौँमा पनि एउटा घडेरी छँदैछ । तँलाई के नपुग्दो छ र !, देशको सेवा पो गर्नुपर्छ । त्यो अमेरिकामा के छ ! न बिहेका जन्ती छन् त्यहाँ, न मर्दाका मलामी छन् । ओल्लो कोठा पल्लो कोठा परदेश हुने सभ्यतामा के जानू त ! यहाँ त चार गाउँले मात्र होइन, जिल्लाले पनि चिन्छ । राम्रो काम गरिस् भने त जिल्लाले मात्र होइन देशले नै चिन्दछ । नेपाली भइरहनुको आनन्द नै बेग्लै हुन्छ । तर मैले मानिनँ । म अमेरिका आइछाडेँ । मे १५ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको छैठौँ दिन हो । कोठामा एक्लै बस्दा त्यसै त्यसै एकसूरा हुँदोरहेछ जिन्दगी । त्यसमाथि बुवाको कोरामा बस्दा र कोही आफन्त साथीभाइ आउन नपाउँदा त झन् कहर भएको छ जिन्दगी । बाल्यकालमा बुवाले बोकेर एक घण्टाको बाटो सिलगडी झारेको सम्झना आएको छ मलाई । तिनताक मेरो आमाको मृत्यु भएको थिएन । बुवा आमालाई भन्नुहुन्थ्यो ः यो अहिले पो चिचिलो छ, हेरचाह गर्नुपर्छ । भोलि त यसले हामीलाई मात्र होइन पुरै देशको सेवा गर्छ । यसलाई अहिले मलजल गर्नुपर्छ । त्यसको केही वर्षमै आमा बित्नु भयो । बुवा एक पाखे हुनुभयो । कैयौँ मान्छेले फेरि अर्को बिहे गर्ने सुझाव दिए । तर कुनै हालतमा मान्दै मान्नु भएन । मे १६ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको सातौँ दिन हो । बुवाको म एक्लो छोरो । म कुनै हालतमा नेपाल नफर्केकाले बुवा एकदम निराश हुनुहुन्थ्यो । ‘तैले मेरो लास हेर्न र सदगत गर्न पनि नपाउने भइस्’ भन्नु हुन्थ्यो । बुवाले पनि कुनै पनि हालतमा अमेरिका नआउने अड्डी लिनुभएको थियो । मैले नै धेरै फकाएर एकपल्ट अमेरिका हेर्न त आउनु भनी उहाँलाई कर गरेको थिएँ । बल्ल उहाँ राजी हुनु भएको थियो । र अमेरिका आउनु भएको थियो । हामी धेरै खुसी भएका थियौँ । मेरी छोरी हजुरबासँग एकदम खेल्ने साथी भएकी थिई । मलाई लाग्दै थियो कि अब नातिनीको मायाले उहाँलाई अमेरिका तान्न सजिलो हुनेछ । बुवा पग्लिँदै हुनुहुन्थ्यो । तर दैव लागे । उहाँ आएकै बेलामा कोरोनाको शिकार बन्नुभयो । अहिले मलाई पछुताउ लागेको छ । मैले बुवालाई अमेरिका नबोलाएको भए पनि त हुन्थ्यो नि ! मे १७ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको आठौँ दिन हो । म सम्झिरहेको छु कि बुवा सधैँ मलाई असल मान्छे बन्नुपर्छ भन्नु हुन्थ्यो । चार गाउँले असल भन्ने हुनुपर्छ भन्नु हुन्थ्यो । पैसा जाबो त जसले पनि कमाउँछ । आफन्त, साथीभाइ तथा देशको लागि छाहारी हुनसक्नु पर्छ भन्नुहुन्थ्यो । मान्छेलाई मान्छेजस्तो ठान्ने हुनुपर्छ भन्नुहुन्थ्यो । चराचर जगतमा दयावान हुनुपर्छ, दानदातब्य, सहयोग, परोपकार र मान्छेलाई पर्दा काँध थाप्ने खालको हुनुपर्दछ भन्नुहुन्थ्यो । आफूले मात्रै खान त चराले पनि खाएको छ, मान्छेको चोला पाएका छौँ हामीले, मानवधर्म निकै ठूलो धर्म हो, मान्छेले असल भनून्, अनि पो जीवन हो त भन्नु हुन्थ्यो । मे १८ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको नवौँ दिन हो । कोरोनाले बनाएका लासहरूलाई हजारौँको सङ्ख्यामा जम्मा पारेर एकान्त जङ्गलमा लगेर एउटै खाल्डामा गाडिएको समाचार सुनेपछि म झन् विह्वल भएको छु । कस्तो देस्यान लाग्यो, मर्दा पनि आफन्तले लास छुन, सदगत गर्न नपाउने ! मैले कल्पना गरेँ कि त्यही लासको डङ्गुरमा मेरा बुवाको पनि लास थियो होला । रुनुबाहेक अरू केही गर्न सकिने कुरा थिएन । धर्म, पैसा, शक्ति र आफन्त सबै नाकाम थिए । लाचार थिए । निरीह थिए । यस्तो बेला मलाई बोध भइरहेछ यो सांसारिक ङार्रङुर्रको के अर्थ होला ! मे १९ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको दसौँ दिन हो । हिन्दु विधिअनुसार कपाल खौरनु थियो । कपाल खौरिदिने कोही थिएनन् । धन्य छिन् मेरी जीवन सँगिनी, उनले रेजरको सहायताले खौरी दिइन् । यदाकदा उनले मेरो आँखीभुइँ कैँचीले मिलाइदिन्थिन् । तर आज यस्ता पनि दिन आउँदा रहेछन् । आमा बितेको धेरै वर्ष भएको थियो । बुवालाई पनि बिताउँदा ममा एकाएक टुहुरो भएको, अनाथ भएको र निरीह भएको अुनभूति हुँदैछ । यस्तो अवस्थामा मैले गौर गरेर श्रीमतीको अनुहारलाई हेरेको छु । पश्चिमी प्रचलनअनुसार श्रीमती भनेको सेक्स पार्टनर हो, मन बुझाउने साथी हो, कर्म मिलाउने सहकर्मी हो । तर हिन्दु मान्यताअनुसार श्रीमतीमा तीन रूप हुन्छन् भन्ने पढेको थिएँ । प्रवल अग्नि–ज्वाला शान्त पारिदिने यौन पार्टनर, दुःख सुखमा सधैँ साथ दिने दर्बिलो साथी र आमालेझैँ माया गर्ने आमाको प्रतिमूर्ति पात्र । त्यसैले यो बेला मलाई पश्चिमी मान्यता पटक्कै मन परेको छैन । आज मेरी श्रीमतीले आफ्नो तीनै रूप मलाई देखाएकी छिन् । अरूले जे सुकै भनोस् । श्रीमान्–श्रीमतीलाई अर्धाङ्ग–अर्धाङ्गिनी भनिएको बल्ल बुझ्दैछु । धन्य मेरी श्रीमती । मे २० , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको एघारौँ दिन हो । आज एकाएक मेरा दिमागभरि झिग्राना आएको छ । झिग्राना वनपाखाभरि उन्मुक्त भएर हाँसेको, नाचेको, दगुरेको याद आइरहेछ । ऐसेलुको झ्याङ भित्र– भित्र छिरेर काँडाले कोतर्दै ऐसेलु खाएको याद आइरहेको छ । त्यो बेला जीवन कस्तो उन्मुक्त थियो । त्यो जीवनको आनन्दको अनुभूति गरिरहेको छु । त्यो रमाइको मूल्य नाप्दै छु । खप्तडको वनमा फुलेका जङ्गली लालीगुराँस फुलेको सम्झिएको छु । आहा ! त्यो जीवन । त्यो मेरो थियो । तर यहाँ यी गुडिरहेको सभ्यता मेरो होइन । यिनमा मेरो कुनै उच्छवास जोडिन्न । मे २१ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको बाह्रौँ दिन हो । मेरो बुवा देशलाई ‘आमा’ भन्नुहुन्थ्यो । बुवाको अवसान भएको सुनेपछि झिग्राना मात्र होइन पूरै डोटी जिल्ला नै शोकग्रस्त भएको छ रे । बुवाको आत्माको शान्तिको लागि शैलेश्वरीमा दीपप्रज्वलन गरेका छन् रे । झिग्रानामा एउटा सडकको नाम बुवाको नाममा राख्ने निर्णय गरेका छन् रे । यो सुनेर बुवाप्रति गर्वले मेरो छाति चौडा भएको छ । आफ्ना ठाउँ,े आफन्त र देश भनेको आफ्नो हो । यहाँ त पल्लो घरको मान्छेलाई पनि थाहा छैन कि मेरो बुवा खस्नु भएको छ भनेर । खासमा बुवाको लास त वेवारिसझैँ भयो भने मरेपछिको सदगतको पनि के काम हुँदोरहेछ भन्ने लागिरहेको छ । नेपाल आमाको काखमा रहेको झिग्रानामा मेरो बुवा अब कहिल्यै कहिल्यै मर्नु हुन्न । एउटा सन्तोष लागेको छ । मे २२ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको तेह्रौँ दिन हो । अमेरिकामै भएका भुटानी पण्डितजीले जुम प्रविधिले शुद्धशान्ति गरिदिनु भयो । मैले एकमुष्ट दक्षिणा क्रेडिटकार्डबाट जम्मा गरिदिएँ । हेर्दाहेर्दै बुवाको काम सकिएको छ । रातको समय छ । आफ्नै घरको फ्रन्ट यार्डमा निस्किएको छु । आकाश, पाताल बादल र परिवेश अँध्यारो भएकोजस्तो भएको छ । टुहुरो भएको महसुस गरेको छु । लागिरहेको छ कि कोही आफन्त वा बिराना छैनन् । आफूलाई माया गर्ने आफ्नो देश छैन । कोही साथी वा परचक्री छैनन् । एकदिन सबै छोडेर जानु पर्ने रहेछ । माया, काया, देश, परदेश सबै छोडेर जानु पर्नेरहेछ । पानीका फोकाजस्तो प्वाक्क फुट्ने रहेछ जीवन । यस्तो कल्पना गर्दागर्दै जुनेली रातमा मधुरो पिलपिल गरिरहेको ध्रुवतारालाई आकाशमा खोजिरहेको छु । मे २३ , २०२० आज मेरो बुवा बित्नु भएको चौधौँ दिन हो । हिजो शुद्धशान्ति सकियो । सेतो लुगा फालेर रङ्गिन लुगा लगाएको छु । परदेशको ठाउँमा सधै सेतो लुगा लगाइरहन सम्भव छैन । मेरी छोरी मेरो काखमा आएर बसेकी छिन् । उनका अनेकौँ प्रश्न, जिज्ञाशा र आग्रह छन् । प्रकट गर्छिन् । उनका प्रश्नहरू यस्ता हुन्छन् ः – के अब ग्य्राण्डफा कहिल्यै फर्केर आउनुहुन्न ? – ग्य्राण्डफालाई एञ्जेलले किन लगेको पापा ? – के सबै मान्छेलाई एञ्जेलले लैजान्छ पापा ? – पापा तपाईँ एञ्जेलसँग नजानु ल । र म सोफामा पल्टिएर आँगनको ईन्द्रकमल फूललाई एकोहोरो भएर हेरिरहेको छु । सेताम्य फुलेको छ । सुवास छरेर वातावरण नै सुवासित मुग्ध पारेको छ । जिन्दगी अनुभूत गर्दैछु । पुराना फूलहरू, पातहरू तथा हाँगाहरू ओइल्याएर, पहेँलिएर र मक्किएर झरेका छन् । देस्यान लागेर मरेका छन् । झरेका छन् । उही ईन्द्रकमल फूलको बुटोमा कलिला सुकोमल मुना–पातहरू, सुन्दर डाँठहरू तथा उर्जावान पूmलका कोपिलाहरू पनि देख्दछु । आखिर यही रहेछ जीवन । जन्मनु र कर्म गर्नु । कर्म गर्नु याने ईन्द्रकमल फूललेझैँ सुवास छरेर मगमगाउनु । र सनैसनै बुढिनु र विलिन हुनु । छोरी संसारका रित, खेल, झेल तथा बेमेललाई थाहा नपाएकीले अलमस्त खेल्न थालेकी छिन् । मैले थाहा पाएर नै छोरीलाई काखमा लिएको छु । उनका आँखामा ईन्द्रकमल फूलको कोपिला देख्दै छु । र हेरिरहेको छु कि यसरी पो फुलिरहने रहेछ ईन्द्रकमल ! मे २४ , २०२० सान एण्टोनियो, अमेरिका #खेमराज पोखरेल मिसन खरमयुर ', "‘नमस्ते ! म राजकुमार । तपाईंलाई चराहरूको स्वर्ग कोसीटप्पुमा स्वागत छ ।’ वर्ड–वाचर राजकुमार सिंहसँग पहिलो भेट २४ आरडीको हावा महलनेर भएको थियो । उनी स्थानीय संरक्षण कार्यकर्ता रहेछन् । चराको फोटो खिच्न चाहने सौखिन पर्यटकहरू आएका बेला घुमाउने, चरा चिनाइदिने, अतिथि सत्कारको व्यवस्था मिलाउने गर्दा रहेछन् । ‘नमस्ते !’ जवाफमा मैले यति मात्र भनेँ । मलाई सबै कुरा नौलो लागिरहेको थियो र त्यसरी आफूलगायत सेरोफेरोको वातावरण नौलो हुनुको आनन्द लिइरहेको थिएँ । म को हुँ ? म कहाँको हुँ ? सोधीखोजी गर्नुपर्ने कुनै आवश्यकता अनुभव भइरहेको थिएन । ‘महोदय, तपाईंको परिचय ?’ दाहिने हात अघि बढाउँदै राजकुमारले सोधे । मैले हात मिलाएँ मात्र । केही बोलिनँ । वास्तविकतामा म को हुँ, के हुँ आफूलाई नै थाहा नभएपछि म के बोल्नु ? ‘विष्णुप्रसाद,’ म चुप लागेको देखेर गुलाबीले भने । ‘इन्ट्रेस्टिङ, आफ्नो नाम पनि अर्काले भनिदिनुपर्ने !’ ‘इन्ट्रेस्टिङ त तपाईं हुनु हुँदोरहेछ । चराहरूको पनि स्वर्ग हुन्छ र ?’ म बोलेँ । उता श्रीलङ्का टप्पु, यता कोसीटप्पु माझमा कोसी नदी, गरैया धार । विशेष–विशेष प्रजातिका चराहरूका लागि चर्चित ठाउँ । गुलाबीसँगको कुराकानी, राजकुमारसँगको पहिलो भेट अनि हिजो माछा इञ्जिनियरले भेटेको किताब बेलुका आगाको उज्यालोमा हल्का र बिहान ५० पाना जति हेरेको भरमा यति जानकारी भइसकेको थियो । तर, यो चराहरूको स्वर्ग भन्ने पदावली चाहिँ मेरा लागि नौलो थियो । ‘अब चराहरूको स्वर्ग भने पनि चराहरूको राजधानी भने पनि नेपालमा संसारभरिका चराहरूले यो जत्तिको मन पराएको ठाउँ अर्को छैन । जहाँसम्म स्वर्गको कुरा छ, यो ठाउँ सौखिन र व्यावसायिक बर्ड–वाचरहरूका लागि पवित्र तीर्थस्थल हो । हिन्दूहरूको पशुपतिनाथ, मुसलमानहरूको मक्का–मदिना, बौद्धहरूको लुम्बिनी, इसाइहरूको जेरुसलम भनेजस्तो ! विश्वमै दुर्लभ गुलाबी टाउके हाँस र सानो खरमयुर यहाँ सजिलै देख्न पाएर धन्य–धन्य भएका धेरै पर्यटकहरू छन् ।’ राजकुमारको धाराप्रवाह जानकारी गुलाबी र मैले ट्वाल्ल परेर सुनिरह्यौँ । ‘अस्ति जर्मनीबाट आएको फोटो पत्रकारहरूको एउटा टोलीले, मैले तित्रिगाछी तालनेर गुलाबी टाउके हाँस देखाइदिएँ भनेर खुसी हुँदै यो बाइनाकुलर नै उपहार दिएर गए । उनीहरूको कार्ड पनि दिएर गए,’ उपहार पाएको बाइनाकुलर घाँटीमा झुन्ड्याइरहेका राजकुमारले पर्सबाट कार्ड निकाल्दै भने । ‘यस्तो वाइनाकुलर र तपाईंलाई कामलाग्ने एउटा किताब त उहाँ दाइसँग पनि छ,’ मैले गुलाबीतिर देखाउँदै भनेँ । ‘कुन किताब हो हेरुँ त ।’ [bs-quote quote=”‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र बायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईंहरूले ?’” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] गुलाबीले झोलाबाट बाइनाकुलर र किताब निकालेर राजकुमारलाई दिए । ‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र बायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईंहरूले ?’ ‘हिजो हाम्रो केटाले भेटाएर ल्याए’थियो,’ गुलाबीले ठेटी मिसाउँदै भने, ‘माछा इन्जिनियरले एउटा बच्चा तित्रा पनि पक्डेछ । त्यसकै छेउमा भेटेछ यो पनि ।’ ‘भन्न त अर्ना देखेर भागेको भने कि विष्णुप्रसाद सर !,’ राजकुमारले रमाइलो पाराले भने, ‘यहाँका सबै भैँसीहरूको सिङ लामै हुन्छ । देखे होलान् कुनै झर्ना चर्दै गरेको । चरा खोज्दै आ’को कुइरेका लागि के अर्ना के झर्ना !’ … त्यसपछि सुरु भयो मिसन खरमयुर । दुर्लभ सानो खरमयुर बारेको खोजी । सङ्कटापन्न चरा । स्थानीय भाषामा बच्चा तित्रा । राजकुमारका अनुसार बच्चा तित्रा, खरमयुर, खर मुजूर जे भने पनि यसको अङ्ग्रेजी यसको नाम बेङ्गाल फ्लोरिक्यान हो । प्राणी–शास्त्रमा हर्बरोप्सिस बेङ्गालेन्सिस भनिन्छ । ग्रुइफर्मिस अर्डर ओटिडी परिवारमा पर्ने अति दुर्लभ र भुइँमा नै गुड लगाउने यो पन्छीको सङ्ख्या नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा गरी पुग–नपुग हजारको सङ्ख्यामा होला । यसका दुई उपप्रजाति छन् । क्याम्बोडिया र भियतनाममा ब्लान्दिनी उपप्रजाति पाइन्छन् भने भारत र नेपालमा बेङ्गालेन्सिस उपप्रजाति । गेरु–मैला, छिर्केमिर्के, घाँसकै रङसँग मिल्दो–जुल्दो, लामो घाँटी, लामो खुट्टा हुने यो चराको सङ्ख्या नेपालमा ६५ देखि सय वटासम्म रहेको अनुमान गरिएको छ । राजकुमारको खरमयुरसम्बन्धी जानकारी गजबको रहेछ । हामीले चाख मानेर सुनेको देखेर उनी धाराप्रवाह बोल्दै गए । कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी ब्यारेज क्षेत्र, चितवन, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा आरक्षको विशेषगरी सिरुले ढाकिएको घाँसे मैदान र सिमसार यस चराको मुख्य बासस्थान हो । घाँसेमैदान घट्दै जानाले संसारभरिमै यसको सङ्ख्यामा छिटोछिटो कमी आउँदै छ । बच्चा कोरल्ने बेला नेपाली भू–भागमा देखिए पनि केही समयपछि प्रायः हराउने हुँदा खरमयुर नेपालका लागि ग्रीष्म ऋतुमा ढिलोगरी आउने आगन्तुक चरामा गनिन्छ । अति सङ्कटापन्नको सूचीमा समावेश खरमयुरका लागि कोसीटप्पु विश्वमै परिचित ठाउँ हो । बच्चा कोरल्नका लागि कोसीटप्पु खरमयुरको रोजाइको गन्तव्य हो भन्दा फरक पर्दैन । … ‘सर्वहारी खरमयुरहरू आहाराका बेला प्रायः स्थिर हुने र विचार पुर्\u200dयाएर आफ्नो चाल चल्ने गर्छन्,’ राजकुमारले भने, ‘यिनको अर्को विशेषता चाहिँ निकै रमाइलो छ ।’ ‘कस्तो रमाइलो ?’ मैले सोधेँ । ‘बच्चा कोरल्ने बेलामा खरमयुरका भालेहरू कहिले जमिनमा उफ्रँदै, कहिले हावामा उड्दै विभिन्न खालका आकर्षक नाचहरू देखाउने गर्छन्,’ उनले भने । ‘प्रकृतिको विचित्र लीला,’ मैले भने, ‘पोथीले दुःख बेहोरिरहेका बेला भालेहरू खुसी हुने कुरा साँच्चिकै रमाइलो रहेछ ।’ ‘तपाई त कवि पनि हो कि क्या हो ?,’ राजकुमारले सोधे । ‘खोइ !,’ म फिस्स हाँसे मात्र । आफ्ना बारेमा केही थाहा नभएको मान्छेले आफू कवि हो कि के हो कसरी भन्नु ! [bs-quote quote=”‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पुर्\u200dयाउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] ‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पुर्\u200dयाउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’ ‘बाफ रे ! बच्चा तित्राको यति धेरै महत्त्व रहेछ,’ राजकुमारको कुरा सुनेर छक्क परेका गुलाबीले भने, ‘हामीलाई त के थाहा, केटाहरूले मारेर ल्यायो भने पकायो दारुसँग खायो ।’ ‘बन्दर क्या जाने अदरखका स्वाद,’ राजकुमारले एउटा चल्तीको हिन्दी उखान भने । ‘बन्दर–सन्दरको कुरा होइन, हामीलाई थाहा नभएर मात्र हो,’ गुलाबीले प्रतिवाद गर्दै भने, ‘अब हामी पनि दुर्लभ चराहरू मार्दनौँ, केटाहरूलाई पनि नमार्न भन्छौँ । बरु अरू कुन–कुन चराहरू छन्, मार्न नहुने ?’ ‘मार्न त कुनै चराहरू पनि मार्न हुँदैन, कानुन लाग्छ,’ राजकुमारले भने । ‘गाउँले केटाहरूले कानुनले भनेको मान्दैन बरु हामीले भनेको मान्छ,’ गुलाबीले भने, ‘बच्चा तित्राबाहेक अरू जोागउनुपर्ने चराहरू कुन–कुन हुन् ?’ ‘गुलाबी टाउके हाँस, रेडिसियल डक (चखेवा), हाँडीफोर गरुड (काकाकुल), डङ्गर गिद्ध …’ ‘गिद्ध र काकाकुल त हामी खाँदैनौँ, घिन लाग्छ,’ राजकुमार बोल्दा–बोल्दै गुलाबीले भने, ‘जोगाउनुपर्ने चराहरू त हामीलाई चिनाउनुपर्छ नि !’ ‘यही त विडम्बना छ,’ राजकुमारले गुलाबीलाई उल्लाउँदै भने, ‘कोसीटप्पुको मधुवन–शुक्रबारे क्षेत्रमा हरेक चरा गणनाका बेला करिब एक दर्जनको सङ्ख्यामा रेकर्ड हुने गर्छन्, तर गाउँलेलाई त्यसको महत्त्व थाहा छैन ।’ … ‘अघि अर्ना कि झर्ना के भन्दै हुनुहुन्थ्यो नि ?’ राजकुमार र गुलाबीको रमाइलो कुराकानी केही बुझे–बुझे जस्तो केही बुझ्न खोजे जस्तो गर्दै मैले सोधेँ । ‘मुख्य रूपमा कोसीटप्पु जङ्गली भैँसी अर्नाको बासस्थानका लागि संरक्षित नेपालको एक मात्र ठाउँ हो । तर, विचराहरूको अनुवांशिकी नै सङ्कटमा परेको छ । वनटप्पुमा चर्न आउने झर्नाहरूका कारण वास्तविक अर्नाको पहिचान हराउँदै गएको छ,’ राजकुमारले भने । ‘कसरी ?’ मैले सोधेँ । यी सबै कुरा म पहिलोपल्ट सुनिरहेको थिएँ । राजकुमारका कुरा थप रुचिकर हुँदै थिए । म आफू पनि पहिचानको सङ्कट बेहोरिरहेको भएर होला । [bs-quote quote=”‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाईं आफैँ सोच्नु न !'” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] ‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाईं आफैँ सोच्नु न !’ कुरैकुरामा मैले बुझेँ, कोसीटप्पुलाई स्थानीय भाषामा वनटप्पु भनिँदो रहेछ । राजकुमारले झर्ना भनेको चाहिँ घरेलु भैँसीहरूलाई दिइएको उपमा रहेछ । ‘गरैया टप्पुतिर त अर्ना पाडा समातेर तालिम दिने र भारततिर लगेर महँगो दाममा बेच्ने तालिम–केन्द्रहरू पनि छन्,’ गुलाबीले राजकुमारको होमा हो थप्दै भने । ‘तिमीहरू त्यही चरा मार्दै, रक्सी खाँदै बस । तालिम केन्द्रमा के–के हुन्छ रमिता हेर्दै बस । त्यस्ता तालिम केन्द्रमा दूध–दही जति पनि फ्रिमा खान पाइन्छ भन्ने सुनेको छु, त्यही खाऊ बस ।’ हुन त गुलाबीले राम्रै कुरा भनेका थिए जस्तो लाग्छ । तर, गुलाबीको कुरा सुनेर राजकुमार बिच्किहाले । ‘माछा इन्जिनियर र आफूलाई माछा मार्नेहरूको नेता भन्छौ तर कोसीमा जनकपुर काँटी माछा सिद्धिन लागिसके चिन्ता केही छैन,’ उनले भने । ‘त्यो त हो, हामी गरिब मान्छेले जति भने पनि सरकारले सुन्दैन त के गर्नु !’ गुलाबी पनि यो कुरामा क्षुब्ध नै रहेछन् । ‘हैट्, यस्तो आपसमा झगडा हुने कुरा नगरौँ हामी । बरु सरकारले केही गरे पनि नगरे पनि संरक्षणका लागि आफ्ना तर्फबाट के गर्न सकिन्छ, गाउँलेहरू मिलेर खोजी गरौँ,’ मैले कुरैकुरामा तातेको वातारण सामान्य बनाउन सहजीकरण गर्दै भनेँ, ‘अरू गाउँलेहरू भेला गरेर भोलि छलफल गर्दा राम्रो हुन्छ । अहिलेलाई जाऔँ, कुरामा धेर अल्झियो भने तपाईंलाई नै माछा मार्न ढिलो हुन्छ फेरि ।’ ‘ले, हम्रा आरु जाइछियै अखनी, तुँ ई किताब ले । कुइरेके खुबके घुमा, बैठ । (हुन्छ, अब हामी जान्छौँ, तँ यो किताब ली, कुइरेलाई मजाले घुमाउँदै बस्,’ यति भनेर गुलाबी तित्रीगाछी तालतिर लागे । किताब राजकुमारलाई दिँदै, वायनाकुलर घाँटीमा भिर्दै म पनि गुलाबीको पछि–पछि लागेँ । राजकुमार भन्दै थिए, ‘ताल जाने बाटोमा अलि होस् गरेर जानुहोला है । शोभाकलीको माया सम्झेर आसामबाट आएका मत्ताहरू त्यतैतिर देखिएका थिए हिजो ।’ #फन्टुस फिक्सन #सुविद गुरागाई कथाः ऊ पनि काठमान्डु: “ लभ यू डार्लिङ…” उसको मधुर आवाजले मेरो शरीरमा सनसनी फैलाई रहेको थियो । “मी टु डियर..” मैले पनि सकिनसकी उसलाई जवाफ दिएपछि आत्तिदै फोन राखेकी थिएँ । मलाई किन किन आभास भैरहेको थियो कि मेरो चारैतिर घण्टीका मधुर स्वरहरु गुन्जिरहेका छन् । मेरो मुटुको धुकधुकी बढीरहेको थियो । म खुला चौरमा लडिबुडी खेल्दै जोडजोडले चिच्याउन चाहिरहेकी थिएँ । धेरैदिन पश्चात मेरो मनका खुम्चिएका प्वाँखहरु फड्फडाउँदै साँगुरो कोठाबाट निस्केर आकाशमा हावासँगै बत्तिन खोजिरहेका थिए । मेरो शरीर मेरो अधिनमा थिएन । शिरदेखि पैतालासम्म मेरो शरीरभित्र एक प्रकारको रासायनिक प्रतिक्रिया भैरहेको थियो, जसले मलाई आनन्द दिई रहेको थियो । म शरीर भित्रका हर्मोन ग्रन्थीहरुसँगै स्खलित भैरहेकी थिए । म आफ्नो जीवनमा नयाँ परिवर्तनको स्वाद चाख्ने अभिलाषाले काकाकुल बनिरहेकी थिएँ । लामो समयको प्रतीक्षा पश्चात मेरो मनमा साउने झरी वर्षदै थियो । [bs-quote quote=”हाम्रो जोडीलाई देखेर अन्य जोडीहरु हतप्रभ र विस्मित हुने थिए । ईर्ष्याले तीनका आँखाहरु जल्ने थिए । डाहाले तिनका मनहरु कुँढिने थिए । हामी भने सबैलाई बेवास्ता गर्दै दुई लताहरु एक आपसमा बेरिएझैँ गरी बेरिंदै मान्छेका आरिसे मनमाथि चट्याङ पार्दै नयाँ सडकमा भेटिने उन्मत्त साँढे र गाई बनेर हल्लीखल्ली मच्चाउने थियौं, सबैलाई आतंकित पार्ने थियौँ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] साँझ ऊ मलाई लिन गल्स होस्टेलमा आउँदै थियो । तर मेरो मन ऊ नआउँदै हामी भन्दा पनि अघिअघि दगुरिरहेको थियो । मेरो मन अहिले नै उसको मोटरबाइकमा चढेर काठमाडौँका सडकहरुमा चिप्लेटी खेल्न उद्देलित थियो । हाम्रो जोडीलाई देखेर अन्य जोडीहरु हतप्रभ र विस्मित हुने थिए । ईर्ष्याले तीनका आँखाहरु जल्ने थिए । डाहाले तिनका मनहरु कुँढिने थिए । हामी भने सबैलाई बेवास्ता गर्दै दुई लताहरु एक आपसमा बेरिएझैँ गरी बेरिंदै मान्छेका आरिसे मनमाथि चट्याङ पार्दै नयाँ सडकमा भेटिने उन्मत्त साँढे र गाई बनेर हल्लीखल्ली मच्चाउने थियौं, सबैलाई आतंकित पार्ने थियौँ । म ओछ्यानमा लम्पसार परेँ र तकियाले आफ्नो मुख छोपेँ । मधुर कल्पनाहरुको बोझले म थकित बनिसकेकी थिएँ । ओछ्यानमा लम्पसार परेर तकियाले मुख छोप्नु मेरालागि विशेष कारण हुन्थ्यो । साथीहरुले जिस्क्याए मलाई । होस्टेलका मेरा खास–खास साथीहरुले मलाई वरिपरिबाट घेरे र ‘नयाँ ब्वाई-फ्रेन्ड फेला पारिस् कि क्या हो’ भन्दै तकिया तान्न थाले । म लाजले भुतुक्कै भएँ । म केही बोल्न सकिरहेकी थिइनँ । तर मेरो लाली चढेको अनुहारले बताइरहेको थियो कि तिनीहरु साँचो बोलिरहेका थिए । “को हो ऊ ? के उ ह्याण्सम छ ? ” “कारवाला त होइन ऊ ?” “हामीलाई पनि चढा है कारमा ।” “अब त तेरो हातमा महँगो मोबाइल हुने भो है ।” साथीहरुका थुप्रै प्रश्नबाट बेखबर म कल्पनामा ऊसँगै कहाँ कहाँ पुगिरहेकी थिएँ । म एकै छिनमा नगरकोटको टावरमा झुण्डिरहेकी हुन्थेँ त लगत्तै मनकामनाको केबुल कारमा चढिरहेकी हुन्थेँ । म स्वप्निल तन्द्रामा नै ऊसँग लाहुरी भन्ज्याङ पुगेँ, दामन पुगेँ, ककनी गएँ र गएँ धुलिखेलका मनोहर रिसोर्टहरुमा । मैले ऊसँगै किंग्स वेमा धीत मरुन्जेल सपिङ गरेँ । बेकरी क्याफेको मम, विम्पीको बर्गर, फायर एण्ड आइसको पिंज्जा, जाभाको कफी र निराजालको आइसक्रिम चाख्दै हामीले एकअर्काका आँखाका तलाउमा डुब्दै-उत्रदै मिठा मिठा बात मारिरहेँ । म जब स्वप्निल तन्द्राबाट जागेँ, मैले पाएँ कि म होस्टलको ओछ्यानमा नै पस्रिरहेकी छु । मलाई उसको मायाले सताउन थाल्यो । मलाई ऊसँग कुरा गर्न मन लाग्यो । मैले मोनाको मोबाइल खोसेँ र उसको नम्बर डायल गर्न लागेँ । मोना रिसले मुर्मुरिँदै थिई, ‘तेरो ब्वाइफ्रेण्डले रिचार्ज गरिदेला नि मेरो मोबाइल, धेरै लामो कुरा नगर है । फोन बिजी देखेर मेरो ब्वाइफ्रेण्डले ममाथि शंका गर्ला । मोबाइलमा उसको स्वर सुनेर म फेरि नर्भस हुन थालेँ । ऊ भनिरहेको थियो, ‘म साँझ आउँछु । तिमीलाई डिस्को लग्छु, होटलमा लन्च खान लग्छु है ?’ मैले हवस मात्र भन्न सकेँ । मैले अघि तन्द्रामा देखेका सपनाहरु बोलिरहेको थियो ऊ । “सुन्यौ? भोलि हामी क्याम्प फायर गर्न नगरकोट जाने, टावरमा उभिएर हिमाल हेर्ने, पर्सि – निकोर्सि मनकामना जाने । त्यसपछि…” म मन्त्र मुग्ध भएर उसलाई सुनिरहेकी थिएँ । ऊ उन्मुक्त हाँसो हाँसिरहेको थियो । मैले पनि बल्ल बल्ल भन्न सकेँ, ”साँझ मलाई लिन छिट्टै आउ है ।” उसको तातो अँगालोमा कस्सिने इच्छाले म ऐले नै पग्लन थालिसकेकी थिएँ । म दिनभर ओहोरदोहोर गरिरहेँ । म हाँसे, खितखिताएँ । मेरो हँसाईमा स्वच्छन्दता थियो । खोरबाट मुक्त भएको कुकुरले थुतुनो उचाल्दै जोडजोडले ह्वाङ्ग ह्वाङ्ग गर्दै भुकेझैँ म पनि होस्टेलको छतमा उभिएर आकाशतर्फ हेर्दै चिच्याउन थालेँ । मेरो गतिविधिले कसलाई के असर गरिरहेको छ, मलाई पर्वाह थिएन । म मात्र आफ्नो मन भित्रको उत्साह र उमंगलाई बाहिर छताछुल्ल पोखिरहेकी थिएँ । मलाई ऊसँग फेरि बात मार्न मन लागिरहेको थियो । म साँझसम्म ऊसँग कुरा नगरी बस्न नसक्ने अवस्थामा थिइनँ । मसँग मोबाइल फोन भएको भए कति जाती हुन्थ्यो ! म उसलाई मिसकल दिनेथिएँ । ऊ पनि मलाई मिसकल दिने थियो । म रिसाउँदै उसलाई एसएमएस गर्ने थिएँ । सम्भवतः ऊ पनि मलाई एसएमएसमै जवाफ फर्काउने थियो तर अफसोच म मोबाइलविहीन थिएँ । होस्टलका प्रायः धेरै केटीहरुसँग मोबाइल थियो तर केही केटीहरु मजस्तै थिए । मैले लाज मानीमानी गीतासँग मोबाइल मागेँ । उसले मलाई मोबाइल दिनु त कता हो कता ममाथि व्यङ्ग्य कस्दै भनी, आफ्नो ब्बाइफ्रेण्डसँग माग न मोबाइल । एउटा मोबाइल दिन नसक्नेसँग केको फ्रेण्डसिप गर्छेस् हँ?’ म हीन भावनाले ग्रसित भएँ । गीताका कटु शब्दहरुले मलाई एकै छिनमा आकाशबाट भुईंमा पछारेको थियो । म ओछ्यानमा घोप्टो परेर सोच्न थालें कि काठमाण्डूलाई पाउने लालसाले मलाई जतिसुकै गाँजे पनि मैले अझै काठमाण्डूलाई पाउन सकेकी छैन । काठमाण्डू यानि मेरो प्रेमी वा ‘ब्वाइफ्रेण्ड’ को स्तरमा पुग्न मैले आफू पनि काठमाण्डूजस्तो वन्ने प्रयास गरेँ । तर अँहँ, अहिलेसम्म म आफ्नो सपनाको राजकुमार काठमाण्डूझैँ काठमाण्डू बन्न सकिनँ । म काठमाण्डू बनिसकेको भए म अहिले यहाँ हुँदिन थिएँ । मैले लामो सुस्केरा हालेँ । [bs-quote quote=”मेरा हरेक प्रेमीहरू काठमाण्डू बनेर मेरो जीवनमा आए । तिनीहरुले मलाई पनि काठमाण्डू बनाउन खोजे । मैले पनि चाहेँ कि म काठमाण्डू नै बनूँ तर अँहँ, म काठमाण्डू बन्न सकिनँ । अझै पनि यो अभिजात्य काठमाण्डूले मलाई स्वीकार गर्न सकेको छैन । यो उत्ताउलो काठमाण्डूले मलाई कहिल्यै स्थिर बन्न दिएन । काठमाण्डूको अँगालोमा भट्किदै म उसका हरेक परीक्षाहरुबाट गुज्रिसकेकी छु । तर पनि उसले मलाई पत्याइरहेको छैन ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] मेरा हरेक प्रेमीहरू काठमाण्डू बनेर मेरो जीवनमा आए । तिनीहरुले मलाई पनि काठमाण्डू बनाउन खोजे । मैले पनि चाहेँ कि म काठमाण्डू नै बनूँ तर अँहँ, म काठमाण्डू बन्न सकिनँ । अझै पनि यो अभिजात्य काठमाण्डूले मलाई स्वीकार गर्न सकेको छैन । यो उत्ताउलो काठमाण्डूले मलाई कहिल्यै स्थिर बन्न दिएन । काठमाण्डूको अँगालोमा भट्किदै म उसका हरेक परीक्षाहरुबाट गुज्रिसकेकी छु । तर पनि उसले मलाई पत्याइरहेको छैन । मलाई सधैँ लागिरह्यो कि काठमाण्डूले मलाई लखेट्न खोजिरहेको छ । म भक्कानो छोड्दै रोएँ । म किन किन निसास्सिन थालेँ । मैले भुलेँ, बिहानीपख मात्र ऊसँग भएका मिठा र प्यारा वार्तालापहरु । ऊ पछिल्लो काडमाण्डू हो, जसले मलाई साँच्चै नै माया गर्न खोजेको जस्तो देखिरहेकी छु म । उसको अनुहारमा तैरिरहेको अबोधपनले मलाई उसप्रति चुम्बकीय आकर्षणको अनुभव गराइरहेको थियो । ऊ काठमाण्डू हो तर अन्यभन्दा सर्वथा भिन्न । ऊ मलाई माया गर्छ । मैले उसबाट खोजेको सबैभन्दा विशेष कुरो यही नै थियो । म मेरो प्रेमी अथवा काठमाण्डूको बारेमा सोचिरहेकी थिएँ, जसले मलाई सभ्य मान्छे बन्ने कला सिकाउँदै थियो । ऊ मलाई सँगै हिँड भनिरहेको थियो । तर आफू भने बेतोडले दौडिरहेको थिए । म उसको गतिलाई समात्न सकिरहेकी थिइनँ । म आफू काठमाण्डू बन्न ठमेल र झोछेँका गल्ली र गल्छेडाहरुमा ऊसँगै घुम्न चाहन्थेँ । फाइभस्टार होटलका मेनुमा आफ्ना गोरा औँला घुमाउन चाहन्थेँ । मलाई मन लाग्थ्यो कि म रातभर नाचूँ, डिस्को थेकमा रेड वाइनको चुस्की लिंदै र काठमाण्डू पनि मेरो कम्मर समात्दै रातभर नाचोस् । चिल्लो कारमा बसेर ओठमा चुरोट च्याप्दै र काखमा बसेको सेतो पमेरियन डगको जिउ सहलाउँदै म पनि काठमाण्डूसँगै जाउँ भिभिआइपीहरुका लन्च र डिनर पार्टीहरु अटेन गर्न । तर काठमाण्डूहरु सबै धोखेवाज र फटाहा निस्के मेरा लागि । सस्ता क्याबिन रेष्टुरेन्ट र होटेलमा मलाई टोक्द, चिथोर्दै, लछार्दै पछार्दै काठमाण्डूले मलाई जहिले पनि आफ्नो स्तरमा पुग्नबाट रोकिरहयो । म वर्तमानमा फर्किएँ । मेरा लागि वर्तमान प्यारो थियो । म आफूलाई ताजा महसुस गर्दै उठेँ र बाहिर छतमा आएँ । मेरो मन उसको प्रतिक्षामा व्याकुल बनिरहेको थियो । म छतमा नै ओहोरदोहोर गर्दै बसिरहेँ । साँझ पर्यो । बिजुली बत्तिहरु बले । मेरा आँखाहरु होष्टेलको गेटमा ऊ झुल्किने आशामा व्यग्र बनिरहेका थिए । गेटबाहिर मोटर र मोटर साइकलको घ्यार्रघुर्र आवाज सुनिन थाल्यो । होटलबाट एक एक गरी केटीहरु बाहिर निस्कन थाले । मैले अनुमान गरेँ कि तिनीहरु आ–आफ्ना प्रेमीहरुसँग डेटिङमा गए हुन् । मैले अबेरसम्म छतमा उभिएर नै उसको प्रतिक्षा गरेँ तर ऊ आएन । वाचा गरेअनुरुप ऊ मलाई लिन आएन । मेरा आँखाबाट बर्बरी आँशु झर्न थाले । मेरा आँखा अझै पनि उसको बाटो हेरिरहेका थिए । – ‘ऊ किन आएन ?’ मेरो मनले साउती गर्यो । – ‘ऊ काठमाण्डू हो, त्यसैले आएन ।’ – ‘काठमाण्डूलाई साथी बनाएर आफू पनि काठमाण्डू बन्ने रहरमा तँलाई धेरै काठमाण्डूहरुले धोखा दिए तर अझै तँ चेतेकी छैनस् । काठमाण्डू धेरै फाष्ट छ । तँ अझै पनि उसको पछि लागिरहे एक दिन तँलाई यस काठमाण्डूले नगरवधु बनाएर दिल्ली, मुम्बई र बैंककका कोठीहरुमा समेत घुमाउने छ । फर्की, फर्की, आफ्नो धरातलमा फर्की,’ मेरो सचेत मन मलाई झक्झकाउँदै थियो । “काडमाण्डू मेरो सपना हो । म काठमाण्डूलाई हासिल नगरी बाँच्न सक्तिनँ,” मैलै चिच्याएर भनेँ । होस्टेल अगाडिको घरको झ्यालबाट एउटा बूढो लोग्ने मान्छे मलाई हेर्दै मुस्कुराइरहेको थियो । ऊ भव्य बंगलामा रहन्थ्यो । ग्यारेजमा दुईतीन वटा कार थिए । दुई ठुल्ठूला बुलडगहरु उसको वरिपरि घुमिरहेका देखिन्थे । आधा दर्जन नोकरहरु घर भित्र र बाहिर गरिरहेका थिए । आँगनमा थरी थरीका फूलहरु थिए । ऊ फूलको प्रेमी प्रतित हुन्थ्यो । मैले पनि उसलाई हेरें । उसको मुस्कान प्रगाढ भयो । मलाई के गरुँ के नगरुँ भयो । ऊ अब मलाई हातले ईशारा गर्न थालेको थियो । मैले आश्चर्यचकित भएर उसलाई हेरेँ । मैले बल्ल चिन्न सकेकी थिएँ कि ऊ पनि काठमाण्डू नै थियो– मेरो प्रिय काठमाण्डू, मेरो सपनाको काठमाण्डू, मैले हासिल गर्न चाहेको काठमाण्डू । म पनि उसलाई मुस्कुराउँदै ईशारा गर्न थालेँ । #महेश विक्रम शाह जन्मदिनको अवसरमा तारानाथ शर्मासँग अन्तरंग: अन्तरवार्ताकार भगवती बस्नेत नियात्रा लेखनका सुरुवाताकर्ता, यसै विधामा मदन पुरस्कार प्राप्त लेखक तारानाथ शर्मा आज ८६ वर्ष पुगे । स्मरण शक्ति कमजोर छ भन्दाभन्दै पनि उनले पुराना केही अनौठा कुराको सम्झना गरका छन् । साहित्यपोस्टका लागि भगवती बस्नेतले गरेको कुराकानीको मुख्य अंशः दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ? पहिले पढाउँथे अमेरिकातिर । अहिले भने आफैँ पढ्दैछु । मिसिगन स्टेट युनिभर्सिटी भन्ने अमेरिकी विश्वविद्यालयमा भाषा विज्ञान पढाउँथेँ । अहिले भर्खरको विद्यार्थी जस्तै पढ्दैछु (हाँसो) । तपाईं नियात्रा विधाको शिखर स्रष्टा मानिनु हुन्छ । पहिले तपाईंको पालामा लेखिने नियात्रा र अहिले लेखिने नियात्रामा के फरक पाउनु हुन्छ ? हरेक विषयमा सुधार र परिष्कृत हुँदैछ । नियात्रामा पनि त्यही भएको छ । अब के भने लेख्दालेख्दै जान्ने पनि भइयो, घुम्न पनि घुमियो संसारभरि । म नगएको कुनै देश छैन । त्यसो भएको हुनाले अलिकति धेरै जानियो र धेरै लेखियो । विदेशमा धेरै घुमियो र स्वदेशभित्र पनि घुमेको छु । स्वदेश घुम्ने कुनै पनि उपाय थिएन । अनि मैले एउटा कुरा चाहिं यसो विचार गरें- पहिला पहिला परीक्षा सञ्चालन हुन्थ्यो । परीक्षा सञ्चालन हुँदा परीक्षा नियन्त्रक भनेर ठाउँठाउँ पठाउँथ्यो सरकारले । त्यहाँ जानलाई मान्छे मान्दैनथे । म त जहाँ पनि गएँ । त्यसले गर्दा मैले सबै देशका ठाउँ-ठाउँका कुरा थाहा पाइयो । नियात्रा भनेको त आफैँ यात्रा गर्दा पाठकहरू पनि सँगसँगै हिँडून्, उनीहरुलाई पनि आफूलाई हिँडेजस्तो अनुभव होस् भन्ने अनुभूति दिने हो । ठीक छ । राम्रै छ । नियात्राको विकास भएकै छ । यहाँले न्वारान गर्नुअघि यस्ता लेखौटलाई यात्रा वर्णन भनिथ्यो । तपाईं आफैले नियात्रा भन्ने विधा दिनुभयो । कस्तो अनुभव गर्नु भएको छ ? मलाई साह्रै नै गौरवको अनुभूति भएको छ । बडो रमाइलो लाग्छ । तपाईंलाई खरो समालोचक पनि भनिन्छ । तत्कालीन राजा मवीवि शाहका रचनामा समेत खरो आलोचना गर्नु भएको पढ्न पाइयो । यसैकारण जेलसमेत जानु परेको थियो भन्ने सुनिन्छ । सत्य के हो ? यो झुटो कुरा हो है ! महेन्द्रको बारेमा लेखेर म जेल गएको त होइन । महेन्द्रसँग आवातजावत खुब थियो । उहाँकी श्रीमतीलाई पनि मैले पढाएको हो, पद्मकन्यामा । म त शिक्षक, आलोचक, सुधार होस् भनेर लेखेँ । त्यो कुरा उहाँले बुझ्नु भएको हो । यस अर्थमा लेखेकै कारण जेलमा पठाएको होइन । म जेल गएको उहाँलाई थाहै थिएन । बरु प्रोफेसरलाई किन थुनेको भनेर तुरुन्तै ‘ऊ’ गरिदिनु भएको हो । थुनिदिनु पर्ने प्रसंग केही त पक्कै थियो होला, के थियो ? कारण के हुनु । विभिन्न विषयमा स्वतन्त्ररुपले लेख्थें नि म त । समालोचना गर्थें । भाषा किन बिग्रियो भनेर लेख्थेँ । झर्रो कुरा लेख्नुपर्छ भन्थेँ । त्यो कुरा एकथरिलाई मन परेन र उजुरी दिए । त्यसैले पक्राउ परेँ । त्यो अर्कै कुरा हो तर राजाको विषयमा लेख्यो भनेर बात आयो । यसरी कुरा बङ्गिन गयो । जेल गएको पनि हो । राजाको कविताको आलोचना पनि गरेको हो तर त्यसैको आधारमा भने होइन । त्यसरी अरुलाई पोल्नुहुन्न । समालोचना र साहित्य सिर्जनामध्ये तपाईंलाई कुन विधा बढी सहज लाग्छ ? समालोचना पनि साहित्य नै हो । साहित्य भनेको साहित्य नै हो तर यी दुवै बेग्लाबेग्लै हुन् । समालोचना भनेको कसैले लेखेको कृतिलाई कस्तो छ त्यसले समाजमा कस्तो प्रभाव पार्छ ? त्यो मात्र हो । मैले सहजताको कुरा गरेको । कुन लेख्दा सहज हुन्छ ? जे लेख्यो, त्यही सहज । मन लागेको कुरा लेख्दा सहज । अब कनेर लेख्दा असहज । तपाईंले बालकृष्ण समको कृतिको समालोचना गरेपछि उहाँसँगको निकटता अझ बढ्यो भन्ने सुनिन्थ्यो । आलोचना गरेपछि त दूरी बढ्नुपर्ने होइन र ? असल मानिस आलोचनालाई महत्त्व दिन्छन् । म बनारसबाट भरखर भरखर एमए पास गरेर आएको थिएँ । त्यही बेलादेखि नै कडा लेख्थें । उहाँसँग मेरो राम्रो थियो, भेटघाट भैरहन्थ्यो । म ठूल्ठूला लेखकहरूसित पनि खुब राम्ररी बोल्थें । पद्मकन्या पढाउन थालेपछि रानी मेरी विद्यार्थी भइन् । त्यही बेला राजाले अंग्रेजी पत्रिका ‘द राइजिङ नेपाल’मा तारानाथ शर्मालाई ल्याउनुपर्छ भनेर आफनी श्रीमतीसित पनि कुरा गरेछन् । मलाई सुटुक्क रानीले यो कुरा भनिन् । मलाई त फाइदै भयो । मेरो अंग्रेजी ठिकै खालको थियो, त्यहाँ गएपछि राम्रो हुन थाल्यो । समको ‘चिसो चुल्हो’का केही कुरा चित्त बुझेको थिएन । मैले ‘चिसो चुल्होः झुसिलो डकार’ भनेर लेखिदिएँ । थाहा थिएन, समले मलाई के गर्नु हुन्छ । नेपाली साहित्यमा मैले तीनजनालाई ईश्वरजस्तै मान्छु म । एउटा देवकोटा, अर्का बाककृष्ण सम र अर्का चाहिं लेखनाथ पौड्याल । राइजिङ नेपाल पत्रिकामा गएपछि कहिले अमेरिकी एम्बेसी, कहिले ब्रिटिस एम्बेसी अनि कहिले अन्य एम्बेसीहरूले पनि सम्पादकहरू र राम्रा समालोचकहरुलाई समारोहहरूमा बोलाउँथे । एकदिन एउटा समारोहमा एक्कासि समलाई देखें । मलाई नजिक जान गाह्रो भयो । आफूले भगवान् मानेको मान्छेलाई आफ्नो अगाडि पाउँदा नबोलौँ पनि कसरी ? आफूले मानेको मान्छेलाई नमस्कार गर्छु भनेर गएँ । ऊ परबाट देख्नेबित्तिकै उहाँले ए तारानाथजी भन्दै बोलाउनु भयो । अनि म त झन् अब गाली गर्नुहुन्छ क्या हो भनेर छेउमा पुगेँ । ठीक भन्नु भयो तारानाथजी तपाईंले बुझ्नु भयो भनेर उहाँले भन्नुभयो। चिसो चुल्हो झुसिलो डकारै हो नि ! अरुले नबुझ्ने कुरा पनि आफ्नो फूर्ति देखाउनका लागि बुद्धि देखाउनलाई मैले खुब जान्ने भएर लेखेँ । वास्तवमा त्यो होइन के, मैले सबैले बुझ्ने गरिकन उनीहरूको स्तरमा पो लेख्नुपर्छ । जे पायो त्यही लेख्नु हुन्छ मैले ? म त छक्क परेँ । अनि नमस्कार गरेँ । तारानाथजी यसो गरौं न, भोलि बिहान तपाईं दस बजे मेरोमा आउनुस् न, ल, तपाईंले मेरो ठाउँ त देखेको छ नि ? आउनुहोस् भन्नु भयो । अनि म एकदम खुशी भएर भोलि बिहान गएको त उहाँकै श्रीमतीलाई भुजा पकाउन लाएर भुजा खुवाउनु भयो । अनि त्यहीँ छलफल गर्यौं अनि प्रत्येक दिन गएर छलफल गर्न थालें । दुई तीन घण्टा दुई तीन घण्टा गरेर त्यहीँ खाने त्यहीँ लेख्ने गर्न थालेँ । कहिलेकाहीँ दिउँसो पनि जान्थेँ । उहाँसँगको सामीप्यताले गर्दा मैले सम र समका कृति भन्ने लेखेँ । यसरी नै यी त्रिमूर्तिहरूलाई रिझाउन सकिन्छ भन्ने लाग्यो । देवकोटा, लेखनाथको पनि सामिप्यतामा रहेर उनीहरुको बारेमा पनि लेख्ने विचार थियो तर उहाँहरुसँग बस्ने त्यस्तो सौभाग्य, त्यस्तो मौका पाइनँ । म नजिक त गएँ तर उहाँहरूको घरमा गएर छलफल गर्ने मौका पाइनँ । बाल्यकालका कुरा के-के सम्झनुहुन्छ ? त्यो बेला बाहुनको छोरोले संस्कृत पढ्नतिर ध्यान दिनुपर्छ भन्ने थियो । त्यसैले बुबाले त्यतातिर लगाइदिनु भयो । संस्कृत पढेपछि पाणिनीको व्याकरण जानेँ । त्यही बेला रुद्री, चण्डी, गर्दैगर्दै गएर वेद पनि पढें । पूरा वेद पढदा वेद मन्त्र पनि पढें । वेद मन्त्र पढिसकेपछि मलाई बुबाले अब तैँले अंग्रेजी पढ्नुपर्छ बुझिस् भन्नु भयो । किन बुबा ? भनेको त ‘हेर, जुन दिन तैंले अंग्रेजी मातृभाषा भएका विद्यार्थीलाई अंग्रेजी पढाउँछस् त्यस दिन मेरो आत्माले सन्तुष्टि पाउँछ र म स्वर्ग जान्छु बुझिस्’ भन्नु भयो । तैंले त्यै गर्नुपर्छ भन्नुभयो । अनि उहाँले नै दार्जिलिङमा अंग्रेजी स्कुलमा भर्ना गरिदिनु भयो । अब झर्रोवादी आन्दोलनका बारेमा केही बताइदिनु न? झर्रोवादी भनेको शुद्ध हुनुपर्छ भन्ने हाम्रो थियो किनभने म त बाहुनको छोरो, संस्कृत पनि पढेको सानैदेखि, शुद्ध नेपाली बोल्थेँ, शुद्ध नेपाली लेख्थेँ । अनि साथी भेटेँ मैले बालकृष्ण पोखरेल । बालकृष्ण पोखरेल र म शुद्ध नेपालीका अभियन्ताहरू हौँ । गर्न गरिसकेपछि अब त्यसलाई विशुद्ध नेपालीमा गर्नु वा भन्नु पर्छ भन्थेँ म चाहिँ संस्कृतबाटै । त्यतिबेला हामी बनारसमा बिए पढ्दै थियौँ सँगै । अनि त्यहीँबाट झर्रो नेपाली भन्यौँ र पत्रिका पनि निकाल्यौँ । त्यै पत्रिका निकालेर झर्रो प्रयोग गर्दागर्दै अनि हामी झर्रोमा चलेको हो । यहाँहरूले शुरु गर्नु भएको त्यो झर्रोवादी जुन लेखन वा आन्दोलन थियो अहिलेसम्म पछ्याइरहेकाछन् । आफूले शुरु गरेको आन्दोलन वा आफूले शुरु गरेको कुराहरू अहिलेका पुस्ताहरूले पच्छ्याइरहँदा यहाँलाई कस्तो अनुभूति हुन्छ ? सारै राम्रो भा‘छ । हाम्रो नेपाली भाषालाई त्यसै गर्नुपर्छ नत्र त हिन्दीले पेल्छ हामीलाई । भन्न चाहिँ हामी हिन्दी पनि जान्दथ्यौं । अब त्यो हुँदैन, हिन्दीले हामीलाई पेल्छ, भाषा नै विलिन हुने डर हुन्छ, नेपाली भाषा पो हाम्रो शुद्ध भाषा हो । पृथ्वीनारायण शाहको देन हो यहाँ, यहाँका ठुलठूला राजाहरू अथवा हाम्रा लेखकहरूले पनि त्यै गरेका छन् भने हामीले किन अर्काको पच्छ्याउने ? हुँदैन, हामीले नेपाली नै शुद्ध गर्नुपर्छ, हाम्रा बाबा-आमाले गाउँगाउँमा जे गरे त्यै गर्नलाई झर्रो नेपाली गरौं भनेर झर्रो नेपाली गरेको हो । यहाँ प्रगतिशील लेखक संघको संस्थापक पनि हुनुहुन्छ । अनि प्रगतिशील लेखक संघले नेपाली साहियकारहरूलाई लेखनमा कत्तिको सहयोग पुर्याएको छ त? प्रगतिशील भन्नाले त्यहाँ दुइटा कुरा छन् । एउटा त शुद्ध नेपाली हुनुपर्छ भन्ने अर्को चाहिँ प्रगतिशील भन्ने बित्तिकै कम्युनिस्ट हुनुपर्छ भन्ने । हामी त सानामा धेरै कम्युनिस्टबाट प्रभावित थियौं । त्यसो हुनाले हामी यो सामन्तीहरूलाई मन नपराउने, धनीहरूलाई मन नपराउने, यिनीहरूले जनतालाई हेप्छन् भन्ने भएको हुनाले, त्यस्तो किसिमले हेरिन्थ्यो नि त । त्यसैले भाषालाई मात्र शुद्ध गर्ने होइन, जनताको पनि भाषा हुनुपर्छ र त्यो भाषाले जहिले पनि जनताकै पक्ष लिनुपर्छ, जनतन्त्रको पक्ष लिनुपर्छ भन्ने हाम्रो विचार थियो । त्यसैले त्यतातिर लाग्यौ हामी । पत्रिकामा पनि त्यै लेख्थ्यौं । प्रगतिशील लेखक संघका लेखक र साहित्यकारहरूलाई केही सहज भएको छ ? अथवा केही फाइदा पुर्याएको छ ? एकदमै धेरै फाइदा पुर्याएको छ । त्यसले गर्दा धेरै लेखकहरू निक्ले, जन्मे । त्यो आफ्नै भयो नि, नजिक हो नि त्यो । यहाँ नेपालदेखि बेलायत, अमेरिकासम्म पढ्न पुग्नु भयो । यहाँले नेपालको पढाइ र विदेशतिरको पढाइको स्तर कस्तो पाउनु भयो नि ? विदेशतिर त पढाई असाध्यै राम्रो हुन्छ । उनीहरूको भाषा हुन्छ त्यहाँ । भाषाको कुरा हो, त्यहाँ अरु विषय त आफ्नो किसिमले विषयलाई अगाडि बढाउने हो भने त के फरक पर्छ र ? केही फरक पदैन । तर नेपाली त्यति अगाडि बढ्न सक्दैनन् अरुसँग । नेपाली अरुसित कम्पिटिसनमा अगाडि कहाँ बढ्न सक्छ र ? अंग्रेजीसित सक्छ र ? सक्दैन । अंग्रेजी संसारभरिका मान्छेहरूले पढ्छन्, हाम्रो नेपाली हामी नेपालीले मात्र हो । अन्त्यमा यहाँले ‘बेलायततिर बरालिंदा’ नियात्रा संग्रहभित्रको केही महत्त्वपूर्ण कुरा बताइदिनु हुन्छ कि? बेलायततिर बरालिंदा भन्ने त्यो त बरालिंदा भनेको मात्र हो । रमाइलोसँग घुमेको भनेको हो । त्यसलाई झर्रो पारेको हो । त्यसलाई भरिसक्के हिन्दी र संस्कृतसँग नमिलोस्, अलिकति नेपाली जनताले बुझ्ने किसिमको भाषा होस् भन्ने गरेको मात्र हो । त्यो नेपाली भाषा राम्रो होस्, शुद्ध होस्, सबैले बुझून् र त्यसमा चाख लिऊन् भनेर मेरो स्वभाव अनुसारको काम गरेको हुँ । नेपालीपन राख्छु त्यहाँ, हिन्दीको त्यति प्रभाव हुँदैन त्यहाँ, संस्कृत शब्दहरू पनि भरिसक कम प्रयोग हुन्छ, त्यसपछि त्यो झर्रो नेपाली लेखन भयो, बुझ्नु भो नि ! कुनै समयमा यहाँ ताना सर्माको नामले सुपरिचित हुनुहुन्थ्यो । अहिले तारानाथ शर्मा लेख्न थाल्नु भएको छ । किन होला ? यो के हो भने उही झर्रोवादमा तारानाथ किन लामो गरिरहनु भनेर ताराको ता र नाथ ना र झर्रोपनका लागि सर्मा लेखेर ताना सर्मा भएको हो । तानाश पनि लेखें केही समय छोटकरीमा । अब नयाँले मेरो नामलाई नेपाली छ्यास्मिसे शैलीमा लेखिदिन थालेका हुन् । अब तारानाथ शर्मा नै भइसकेँ । (हाँसो) #भगवती बस्नेत निर्वेदमाथि एक दृष्टि: गतवर्षको भदौ अन्तिम साता शैलेन्द्र अधिकारीले ‘उपन्यासको काम सकियो, अब चाँडै आउँछ’ भन्दा मलाई अचम्म लागेको थियो । उपन्यास लेखन अलि बढी साधनासँग सम्बन्धित छ । शैलेन्द्रको चञ्चलता देख्दा उपन्यास तयार भएको कुरा पत्याउन अलि गाह्रो प¥यो । जब विमोचनका लागि निम्ता आयो अनि नपत्याई भयो र ? लेखनकुञ्जमा निर्वेद विमोचनको कार्यक्रममा सहभागी भई पुस्तक किनेर ल्याए पनि पल्टाएको थिइनँ । आज पढ्छु भन्यो, भोलि पढ्छु भन्यो, पढ्ने समय भने मिलेकै थिएन । दुई बसाइमा निर्वेद आद्योपान्त पढेपछि लाग्यो – पुस्तक पढ्न ढिला गरिएछ । निर्वेद विरक्ति, वैराग्य, ग्लानि, घृणा तथा निराशा बुझाउने सञ्चारी भाव हो । यसले व्यक्तिका मनका चरम व्याकुलता, निरीहता, अकर्मण्यता तथा हीनताजस्ता संवेगका कारण उत्पन्न हुने भावलाई सङ्केत गर्छ । कष्ट, दरिद्रता, आफन्तजनको विरोधजस्ता कुराहरूबाट उत्पन्न हुने विकारसँग सम्बन्धित छ निर्वेद । साहित्यशास्त्रमा शान्त रसको स्थायीभावको रूपमा रहेको निर्वेदको मूलमा आध्यात्मिक तथा तार्किक विचार रहन्छ । सम्पूर्ण अभिलाषाहरूको त्याग निर्वेद हो । निर्वेद शब्दलाई हेरिसकेपछि अब शैलेन्द्र अधिकारीको उपन्यास निर्वेदको चर्चा गरौँ । प्रभाती किरण उपन्यासका विभिन्न अङ्गहरूमध्ये कथानक र कथाकथनको विशिष्ट भूमिका रहन्छ । उत्कृष्ट विषय लिएर पनि कथा भन्ने ढङ्ग पुगेन भने त्यो उपन्यास पाठकको मनमा बस्न सक्दैन । वर्तमानमा नेपालीमा सबैभन्दा बढी स्रष्टाको ध्यान उपन्यास लेखनमा केन्द्रित छ । उपन्यास नलेखी साहित्यकार भइँदैन भन्ने मानसिकता बढेको छ । विगतमा उपन्यास लेख्ने थोरै थिए, पढ्ने धेरै थिए । अहिले लेख्ने पनि उत्तिकै बढेका छन् त्यसैले पाठकले छान्ने मौका पाएका छन् । शैलेन्द्र अधिकारी यही बजारी प्रतिस्पर्धाको समयमा निर्वेद लिएर उपस्थित भएका छन् । निर्वेदमा मूलतः दुई वटा कथानक जोडिएका छन् – एउटा आदित्यको अर्को नवराज अर्थात् निर्वाणानन्दको । काठमाडौँको पशुपति क्षेत्र, भारतको हरिद्वार तथा धादिङका केही क्षेत्रलाई परिवेशको रूपमा उभ्याइएको निर्वेदमा शैलेन्द्र अधिकारीले आफ्नै जन्मथलो आसपासका क्षेत्रलाई निर्वाणानन्दको जीवनी कथनका क्रममा उठाएका छन् । जीवनको सार के हो ? भन्ने प्रश्नको वरिपरि कथावाचक र कथाको नायकलाई खेलाएर सारमा जीवनको सार सुखप्राप्ति हो जो अमूर्त छ भन्नु नै यो उपन्यासको सार हो । कसैले सांसारिक मोहमायालाई सुख ठान्ला, कसैले यो झमेलाबाट मुक्त हुनुलाई । सम्पत्ति आर्जनलाई सुख मान्ने कि ज्ञान आर्जनलाई यस्तै द्वन्द्व मानवीय मनका उत्पादन हुन्, तिनै उत्पादनको व्यवस्थापानमा केन्द्रित छ निर्वेद । जोगीको जीवन कस्तो हुन्छ भन्ने कुराको अध्ययनका लागि आश्रम पुगेको आदित्यले आश्रमको जीवनबाट धेरै कुरा सिक्यो । निर्वाणानन्दको जीवनकथा पढेपछि ऊ मानसिक रूपमा विचलित भयो । निर्वाणानन्द अर्थात् नवराज परिवारमा माया नपाएको छोरो, असफल प्रेमी, जीवनबाट हार खाएर सन्न्यास ग्रहण गरेको पात्र, सन्न्यास जीवनमा आदर्श गुरुको रूपमा परिचय बनाउँदै गरेको, आश्रमको उत्तराधिकारी बन्न सक्ने व्यक्ति आखिरमा किन समाधिस्थ भयो ? उपन्यासमा खोजिने कुरा यही हो । यही विषयको सेरोफेरोमा शैलेन्द्रले शब्दका सुन्दर बान्कीहरूद्वारा विषयको उठान गरेका छन् । विषयको व्यवस्थापन, पात्रहरूको क्रियाशीलता तथा प्रस्तुति आकर्षक छ । आदित्यको कथा रैखिक ढाँचामा बगेको छ भने निर्वाणानन्दको कथा वृत्तकार्य छ । आदित्यले जोगीको जीवन बु¤न आश्रममा पुग्न अनेक उपाय ग¥यो । काठमाडौँको मात्र नभएर हरिद्वारको आश्रम र त्यहाँको परिवेश नियाल्न तथा सन्तजीवन बु¤न अवसर पायो । ऊ जसलाई पढ्न चाहन्थ्यो, जसको साथ लागेर हरिद्वार पुगेको थियो ऊ चप्पलमा विलय भएको दृश्य हेरेर स्तब्ध भयो । कोही हुँदा र नहुँदा कसैलाई फरक पर्छ कि पर्दैन भन्ने कुरा उसले हरिद्वारको आश्रममा देख्यो । त्यहाँ सन्न्यासीहरू आत्मकेन्द्री थिए, उनीहरूलाई कोही हुनु र नहुनुले फरक पर्दैनथ्यो । निर्वाणानन्द आश्रममा नभेटिँदा कसैलाई कुनै असर परेन । सन्न्यास ग्रहणको अर्थ बु¤दै गरेको आदित्यले जब निर्वाणानन्दको ल्यापटपमा उसको कथा पढ्यो । उसले समाधि लिनुको कारण हे¥यो त्यसपछि जीवनसँग हारेर मृत्युवरण गर्ने होइन जीवनको सुन्दरता अनुभूत गर्ने निर्णयमा पुग्यो । यो नै निर्वेद उपन्यासको बलियो पक्ष हो । जोगीको जीवनको बारेमा जोगी नबनीकन अध्ययन गर्न चाहने व्यक्ति सोचेजस्तै जोगी बनेन तर जोगीको जीवनको सम्पूर्णपक्ष खोतल्यो । जीवनबाट हार खाएर मोक्षका लागि, मुक्तिका लागि अझ भनौँ निर्वाणका लागि सन्न्यास ग्रहण गरेको व्यक्ति त्यसमा पनि टिक्न सकेन र आत्मिक मात्र होइन कायिक रूपमै विलीन भयो । यहाँ सम्झनुपर्ने कुरा उपन्यासको जीवनदृष्टि के हो ? भन्ने हो । संसार भुलभुलैया हो, भ्रम हो त्यसैले सांसारिक मोहजालबाट मुक्त नभई मुक्ति मिल्दैन भन्ने पूर्वीय दर्शनको सेरोफेरोमा रहेर संसार आपूmले जे सोच्यो त्यही हो, जस्तो सोच्यो त्यस्तै हो त्यसैले हाम्रो दर्शनले सिकाउने ‘अहम् ब्रह्मास्मी’ आफैँ ब्रह्म भएपछि आफ्नो जीवनको निर्णय गर्ने जिम्मेवारी पनि आफ्नै हो । जीवनलाई जसरी बुझिन्छ त्यसरी नै बाँच्ने हो । आफ्नो जीवन आफैँले कोरेको राजमार्ग हो, यसमा कुन गतिमा कसरी गाडी कुदाउने भन्ने निर्णय पनि आफ्नै हुन्छ । शैलेन्द्रले निवार्णानन्दले लिएको समाधि र आदित्यले रोजेको सांसारिकता देखाएर ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ चरितार्थ गरेका छन् । निर्वेदमा जीवनका विविध पाटाहरू समेटिएका छन् । सहरी जीवनको कोलाहल, विनिमयमा आधारित प्रेम, आश्रमको सात्विक जीवन, ग्रामीण जीवनका अनेक रङ, बाल्यकालीन चञ्चलता यसका सौन्दर्य हुन् । कथावाचन सुललित छ । पात्रहरूको जुलुस लगाएर कथालाई बोझिलो बनाइएको छैन । छोटा वाक्य, संवादको प्रचुरता, कथानकको मिश्रित प्रस्तुति, कथ्य भाषा प्रयोगको मोह शैलेन्द्रका प्राप्ति हुन् । गजल, कविता र समालोचना लेखिरहेको मान्छे यसरी सूक्तिपूर्ण भाषामा कथावाचन गर्न सक्दो रहेछ भन्ने कुरा उपन्यास पढेपछि थाहा हुन्छ । नेपाली उपन्यासमा केही नामहरू हस्तक्षेपकारी भूमिकामा थिए । केहीले उपन्यासको नाममा यौन र आँसु बेचे । केही जात र क्षेत्र लेख्नमा मस्त रहे । केही विनिर्माणको नाममा अनेक उपद्रो गर्नमा लागे । खासमा एउटा लेखक आफ्नो लेखनमा इमानदार हुनुपर्छ । भौतिकवादको विद्यार्थी शैलेन्द्र अधिकारीले पूर्वीय दर्शनलाई केन्द्रमा राखेर उपन्यास लेख्दै गर्दा आफ्नो दृष्टिकोण बिर्सिएका छैनन् । निर्वेदमा आदित्यलाई मुखपात्र बनाएर उसको माध्यमबाट आफ्नो विचार प्रस्तुत गरेका छन् । आदित्यलाई सांसारिक जीवनमा अझ सङ्घर्षको, द्वन्द्वको बाटो रोजाएका छन् । यति हुँदाहुँदै पनि उपन्यास पढिसकेपछि केही कुरा छुटेको जस्तो लाग्छ । भौतिकवादी स्रष्टाले नवराजको पिताको मनमा डेरा जमाएर बसेको भ्रम चिर्न सक्नुपथ्र्यो त्यो भएको छैन । कुनै मोडमा पुत्रप्रतिको आफ्नो व्यवहारका कारण पितामा ग्लानि देखाएको भए सुनमा सुगन्ध थपिन्थ्यो । निर्वाणानन्दको कथामा कतैकतै मुक्त प्रसङ्गहरू पनि आएका छन् । निर्वाणानन्दले समाधि लिए । कारण जे माने त्यो अलि कमजोर जस्तो देखिएको छ । जुन ग्लानि उनमा देखाइएको छ त्यसलाई चरममा पु¥याउन सकिन्थ्यो । त्यसो त उनी ‘अहम् ब्रह्मास्मी’ बु¤दै गरेका पात्र हुन् । आदित्यको कथालाई निर्वाणानन्दको भन्दा बढी न्याय मिलेको छ । केही सीमाहरू रहे पनि शैलेन्द्र अधिकारीले नेपाली आख्यानको क्षेत्रमा पहिलो उपन्यासबाटै गहकिलो पाइला चालेका छन् । ठाउँठाउँमा निर्माण गरिएका सूक्तिहरू, विचारहरू ओजपूर्ण छन् । उपन्यास पढ्न सुरु गरेपछि राख्न मन नलागोस् । पाठकलाई त्यस्तो बनाउने उपन्यासमा प्रयोग हुने भाषा र कुतूहलतापूर्ण प्रस्तुतिले हो । यसमा शैलेन्द्र अब्बल देखिएका छन् । मुद्राराक्षसले भने कतैकतै सताएको छ । हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनेझैँ यो शैलेन्द्रको आख्यान लेखनको पहिलो पाइलाले लामो यात्रा तय गर्ने कुरामा म ढुक्क छु । पुस्तक : निर्वेद लेखक : शैलेन्द्र अधिकारी विधा : उपन्यास प्रकाशक : शिखा बुक्स पृष्ठ : २५१ मूल्य : रु. ३५० #निर्वेद #प्रभाती किरण \xa0प्रेमको उत्सर्ग: लक्ष्मी उप्रेती अहा ! प्रेम यो संसारको शाश्वत र सुन्दर शब्द। जहाँ प्रेम छ त्यही जीवनको सारमा उज्वल प्रकाश देखिन्छ । उदासीन भएर हराएँको बेला अन्तर आत्मा देखि नै मुस्कुराएर बज्ने तरङ्गित संगीतको मीठो धुन प्रेम । प्रेम स्निग्ध हो, तर निर्बन्ध हुनै नसक्ने फराकिलो प्रकृति जस्तै । प्रेम प्रकृति जस्तै भयो भने त सर्वोच्च मानिन्छ। यदि प्रेम नहुनु हो त संसार कस्तो हुन्थ्यो होला कल्पना गरौ त। प्रेमको न कुनै उमेर हुन्छ न कुनै सिमा। अन्तहिन अनन्तको नजानिने मीठो तृष्णा। नाता बिना पनि गहिरो आभासमा छचल्किने नाताको प्रतिछाया प्रेम । मीठो अनुभूतिमा समर्पण त्यागको उत्सर्ग अनि अपुरो अधुरो जीवनमा खुसिले भरिने अलौकिक आनन्द। यही रहस्यबाट नै आउछ प्रेममा अनुकम्पा। प्रेम योजनावद्व प्रस्तुत हुन कहिले सक्दैन। यदि भएको कसैले भन्छ भने त्यो त अभिनय मात्र हो। प्रेम प्रेम नै हो। कुनै मानक बेगर कुनै कामना बेगर मनको कोलाजमा प्रसारित हुने प्रेम बिभिन्न रूपमा उद्घाटित हुन्छ। दृश्यमा बिभिन्न प्रेमका तारतम्य सम्बन्धमा अनेकन् नयाँ नयाँ प्रेमका आयम संवेदनामा छरिरहने प्रेमका अपार अनुभूति…….. आदि आदि। तर आज म यहाँ प्रेमका यी सम्पूर्ण आयमहरूमा बहकिन्न। बहकिए भने यो लेखको अन्त नहुन सक्छ। अरू त के मातृत्वमा छलाङ नमारी कल्पनाको बैसाखी टेकेर बिना नामको प्रेमलाई लिएर पृथक रूपमा भरिदै पोखिन्छु। समयसँगै बग्ने र बगेर नरित्तिने मीठो अनुभूतिमा संसारको अनुपम उपहार प्रेमको तरङ्ग । कसैसँग नजिकिएर मुस्कानको लय मिसाउनु एकअर्कालाई बुझेर मौनताको भाषा बोल्नु प्रेम हो सायद । यही आभासमा रमाएर जीवन उत्सर्ग गर्नेहरू कति छन् कति। जसले प्रेमलाई प्रेम नै मानेर चुपचाप जीवन बाँच्नुमा तरङ्गित र मर्नुमा निस्सार भए । जीवन अनेकन यात्राको अर्को नाम हो भने प्रेम जिन्दगीको प्रतिछाया। एउटा बाटो आउछ फेरि अर्को मोडिन्छ, तर जीवन रहुन्जेलका यायावर हामी हाम्रो यात्राको अन्त कहिले हुन्न। त्यस्तै प्रेम पनि एकपछि अर्को आउने जाने गर्छ समयको कठघरामा। तर यो पनि सत्य हो, जुन प्रेम आफूसँग नभए नि पुजा गर्न लायक हुन्छ, त्यो प्रेम त जहाँ रहे पनि मुस्कुराई रहेको हुन्छ। हजारौं चिन्तक, दार्शनिक, कलाकार, लेखकहरूको जीवन पढेर अनुभूत गर्न सकिन्छ प्रेमको सौन्दर्यलाई । त्यस्तै प्रेममा डुब्ने मानिसहरूका कथा व्यथा हजारौं आयममा उद्घाटित भइरहेछन्। त्यसमा केही कति बिचलन भए भने कोही कति संयम पनि भए। हजारौं कोसको दूरी तय गरेर प्रेमलाई प्रेमिल रंग दिने पनि मान्छे नै हुन भने आफ्नै समिपमा प्रेम हुँदाहुँदै उजाडिने मान्छे पनि कम छैनन्। प्रेमको परख गर्न सक्नेले जीवनमा केही छुटे पनि कहिले बिचलनको सामना गर्नु पर्दैन। प्रेम आफैँ भित्र उब्जने एउटा सुन्दर फूल जस्तै क्षितिजको अतृप्त दृश्य जस्तै उज्यालो घामको सुकिलो चेतना जस्तो भएर निर्माण भयो सायद। प्रेमलाई अलिकति बुझेर नै होला यसबेला म प्रेमको उन्मुक्त आकाशमा निर्वाद हिँडिरहेछु । जहाँ कसैले मलाई रोक्न सकेनन्। मेरो प्रेमलाई खोस्न सकेनन् र मेरो हृदयको गति छाम्न सकेनन्। प्रेमको नाम अर्को भन्ने कुनै शब्द नै छैन। तथापि बिम्ब र प्रतिकसँगैसँगै उडान भरेर जून फूल र आकाश घर्तीका सारा सौन्दर्यमा अडिएर निर्विवाद प्रेमको क्षितिजमा पुग्न हो सायद। तर कसैले प्रेमलाई उपहास पनि गरिरहेको पाइन्छ । यसो हुनुमा जीवनबिहिन भएका अनेकन सन्दर्भ सोचे भने म दुखेर व्यर्थमा तनाव हुन्छ । जीवन प्रेम प्रेम जीवन। म प्रेमालाप गरिरहेछु कल्पनामा प्रेमको त्यहीँ आकार खोज्दै जुन आकारले जीवन बदलिदियो। समयसँग सम्झनाहरू सलल बग्छन् । यदि ती दिनहरूमा तिमी भेट नभएको भए अहिले म हुन्थेँ होला र ! मेरा अनिदा रातहरू अत्यासिला दिनहरू उफ ! तिमीलाई सापट दिएर म सन्च हुन सक्ने बरफ जमेको मेरो जीवनको पिरामीड। मेरा संवेदनालाई जतनले सुम्सुम्याएर अस्तित्वको गर्तमा हिडाउने तिमीलाई सम्बोधन गर्ने कुनै शव्द भेट्दिनं। अनि जीवनको अर्थ बुझाउँने तिम्रो महानतालाई प्रिय भन्न नसकेर अनर्थमा आफूलाई चिथोरिरहेछु। त्यही प्रेमको छायाँमा शीतलता को अनुभूत गरिरहेछु। यति भनेपछि यात्रामा भेतिएँर कही समय पछि छुट्नेहरूलाई जस्तै बिर्सिएर रमाउने सक्दिनँ म। तिमी के गर्छौ ? मलाई थाहा छैन | तर अब मलाई अपुरो हुनुमा, अधुरो हुनुमा आफूसँग र तिमीसँग कुनै गुनासो छैन, कुनै …..। मेरो प्रेम मेरो मष्तिष्कमा चेतना बनेर अनवरत बगिरहन्छ। यो भनेर प्रेमलाई विश्वास गराउने मेरो सामर्थ्य छैन र म दुस्साहस पनि गर्दिनँ। कहिलेकही एकाएक प्रेमको छायाँमा रूमलिदै फर्किन्छु । जीवन त हरेकले सोचे भन्दा फरक हुने रैछ। मेरो पनि हिजोभन्दा फरक छ तिम्रो पनि फरक फरक। तर यो मलाई थाहा छैन कि प्रेमको अनुबंदनमा को कति नजिक र को कति टाढा छ। जबजब प्रेमको धुन गुन्जन्छ, तबतब मन नाच्दै अतितको पर्दामा स्वाट्ट हामफाल्छ। त्यसबेला शून्यता बिच पनि धेरै हाता लागेर प्रेमिल आवाजले उन्मुक्त आकाशमा बिचरण गराउछ । हरेक मान्छेहरू पनि प्रेम जस्तै सुन्दर र पवित्र हुन् सके त प्रेमीहरू साँच्चै सारगर्भित र शक्तिशाली हुन्थे ! यो संसार कति राम्रो हुन्थ्यो ! प्रेम विश्वासमा न अडेको छ । म प्रेमलाई विश्वास गर्छु भनेर प्रदर्शन गर्नु प्रेमको खिल्ली उडाउनु हो जस्तै लाग्छ कहिले त । वर्षौँ भेट नहुँदैमा प्रेम नटुङ्गने आनन्दको आस्था जस्तो हो कि कस्तो कस्तो । नजिकैको रेडियोबाट नारायण गोपालको मृदुल आवाजको गीत गुञ्जिएर मेरो हृदयका तार झनझनाउछन्। तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झे तिमी साथ आयौ। ………………… कन्चन पुडासैनीका शब्द। कति राम्रो प्रेमको गहिराइमा पुगेर नै लेखे हुन् सायद। स्वरले प्राण भरेर शाश्वत बनेको गीत आहा। ममा एकाएक तिम्रो समिप अनुभूत भइरहेछ। यो कस्तो तृष्णा हो कि भ्रम हो भनिदेउन। प्रेमका बारेमा अनेकन जिज्ञासाहरू छन् तर रहस्यमय पारेर समयकै गर्तमा छाडेर अघि बढ्नुको विकल्प के नै हुन्छ र ? प्रेमको मौन भाषा भित्र हरेक प्रश्नको उत्तर नभेटिदो रहेछ। समयले नै दिएको प्रेमको चोटका उत्तर पनि समयले नै दिनेरहेछ । जीवनका उकाली ओराली हिडेका ती हाम्रा पाइतालाका डोबहरू मेटिएपनि बाटो अझ फराकिलो भएका छन्। एकअर्कालाई छाम्दै दुख सुख बाडेर मुस्कुराएका हाम्रा ती सम्झना हरे ताजै छन्। हामी बिच आकर्षकको जलप भित्र पनि प्रेम नै भएर होला कुनै पर्खाल भएन। लामो समयसंम हामीले पर्खाल बिहिन जीवन रमाइलो मानेर बितायौं । हाम्रा परिस्थिति फरक थिए तर एउटै बनेर दुवैको परिस्थितिमा भरिने र रित्तिने सिलसिला चलिइ रयौं । के यो नै हैन र प्रेमको सौन्दर्य। सम्झनाको आखिझ्यालबाट हामीले गाएका गीत हामीले लेखेका कविताका सर्ग हामीले अनुभव गरेका दुखसुख हामीले हिडेका बाटो प्रेमको सुन्दर पिरामिड जस्तै थियो सायद। फरक जीवनको याचना हामीमा कहिल्यै गर्ने कामना भएन। र त जस्तै अभावमा पनि तिमीलाई बिरानो बनाउन सकिन। जुन समयको गर्तमा भरिएर हृदयमा छचल्किदा परेली भिझेर बग्छ । तर त्यो पानीमा पनि तिम्रो प्रेम नै मग्मगाउँछ। प्रेमको अनुभूति नहुनु हो भने त मान्छेहरू भिडमा एकलिए झैँ म पनि हरक्षण उदासीन एक्लो एक्लो हुन्थेँ होला। आड र भरोसाको उचाइमा निश्छल भावले पुर्\u200dयाउन कसले सक्छ र ? अह कथा नाटकमा जस्तो आवेगमा जीवन बगाउन सजिलो छैन्। विश्वासको यान्त्रिक पुल बनेर जीवनपथमा साथ दिने सर्वोच्च आस्था हुन्छ प्रेमको शाश्वतता। त्यही शाश्वतता भित्र आफूलाई भेटने खोजको सिलसिला प्रेम भयो सायद। मैले म भित्रको मलाई आविष्कार तिम्रो रहर र वलले गरे । मेरो जीवनको लयमा अर्थ भेटे र आफूमा उज्यालो खोज्ने ध्याउन्नमा लागे तिम्रै लागि ठानेर तर मेरा लागि तिमी हार्दै गएको पत्तै पाइन । अन्ततः तिमीले हारेउ की मैले जिते थाहा छैन तर तिम्रो प्रेरणा म कसरी भुल्न सक्छु र ? । फरक अस्तित्वको आकाश बनाएर प्रेमको अनुभूत गर्नु भनेको दर्शन हो या तपस्या ? थाहा नपाएर प्रेम पढिरहे। तर जति पढे पनि सार बिनाको प्रेमको के अस्तित्व र ? अनाम सौन्दर्यको झन्कार प्रेम बिनासर्त म बनाउन अनेक यत्न गरेर उत्साहको पखेटा टासिदियो। मेरो प्रेरणा पूञ्ज सिङ्गो आकाश बनेर हरपल साथ दिदै मुस्कुराई रहयौ र मलाई पनि मुस्कुराउँने बनायौ । लाग्दछ तिमी नहुनु हो त म म हुन्नथे तिमी भएरनै ममा म भएको आभासमा अलौकिक सुखभोग गरिरहेछु। प्रेमको भाषा प्रेमको भाका प्रेमको अर्थ तिम्रा आँखाबाट नै कण्ठ पारे । तिम्रो साथमा शक्ति संचय गरेर जीवन उर्जाशील बनाए सायद। यदि तिमी नहुनु हो त यो सम्भव हुन्थ्यो होला भन त। यो जीबन जीउनुको सारतामा पनि यसबेला तिमीलाई भित्र कतै लुकाएर संवेदनामा बगिरहेछु। कति ठाउँमा क्रम भङ्ग भए पनि मलाई ब्यूझाउने धङधङिले उचालिरहेको पाउछु। तिमी आफ्ना अभिमानका अंकुसहरू भत्काएर निश्छल भावमा रमाउँथ्यौ। समयकै कुरा हो तर मेरो लागी तिमी बारम्बार बदल्नु परेका तितो यथार्थमा अहिले चुलिएकी छु तिम्रै यादमा। हामी साँच्चिकै प्रेमको सौन्दर्य वोध गरेर रमाएका रहेछौं ती दिनहरूमा चाहे प्रिष्ठभूमी जुनसुकै रंगको किन नहोस। प्रेमको रंग मिसिएको गीत बजिरहेको छ। सुनेर मुटु कम्पित भइरहेछ। म दूर भएर के भो म अभिशाप छाएर के भो यति रोए जिन्दगीमा कि फेरि रोएर के भो। …………………………. तिम्रो हात छुटेर के भो नयाँ हात पाएर के भो यति खोज्छु सम्झनालाई कि बिर्सि सकेर के भो ……………………….. म दूर भएर के भो अम्बर गुरुङका प्रेमिल आवाज र सङ्गीतको तरङ्गमा आफूलाई बिर्सिदै हराएँछु । हो, साँच्चै हराएँ अनि बिस्तारै भेतिएँ झन प्रेममा दबदबाउदै । हो, आज पनि म रोइरहेछु, तर यो रूवाई मौन छ र भित्रभित्रै प्रेममा मीठो राग भरेर उमङ्ग फुलाइरहेछु। किन आज प्रेमका यति मीठा-मीठा गीतहरू बजिरहेछन् ? कतै आज प्रेमदिवस त होइन ? प्रेममा अधुरो-अपुरो हुनेका लागि होला प्रेमदिवस त ! मलाई त सधैं प्रेमदिवसको आभास दिने तिम्रो सम्झना नै काफी छ। जब प्रेम नबुझेर म बरफ जम्दै प्रेमको पिरामिड हुन्थेँ तब जीवनमा अनेकन तगारो पार गराउन उद्देलित तिम्रो प्रेमिल अनुनयविनयका पदचापहरू। जब प्रेम केही बुझ्दै गएँ, तब तिम्रो सम्झनामा पग्लदै पानी पानी भइरहेकी छु। जसले मलाई रोमाञ्चित गराइरहेछ। अँध्यारो पन्छाएर पुरै उज्यालो रोसनी छर्ने प्रकाशनको अन्देखी यन्त्र तिमी नै हौ जस्तो लाग्छ, किन मलाई ? मौन प्रेमालाप गर्ने स्निग्धताका प्रतिक चेतनाको सारत्व । मेरा यात्राका अभिछिन्न यात्री। तिम्रो प्रेमलाई बिर्सिएर म आफूलाई सम्झनु व्यर्थ हुँदैछु, यो समयको तारतम्यसँगै । हो, अहिले लाग्छ तिमीलाई अलिकति भए पनि खुशी दिन सकूँ, जुन यसबेला मसँग छ । तिमीलाई उचाइको शिखरमा आरोहण गराउने मेरो अभिष्ट जाग्दो छ। तर शब्दमा मात्र सीमित अर्थमा सम्भव पाइरहेकी छैन् । तिम्रो याद मैले आफूभित्र भित्रै सिन्चेर राखेको सदियौं पछि तिमीलाई सुनाउन यसबेला अधिर छु। मलाई किन यो सदिच्छा जाग्यो अचानक, तिम्रो समिपमा बसेर अलिकति प्रेमका र धेरै जीवनका कुरा गर्ने । हुन त तिमीसँगको प्रेमलापको संवाद नभेटे पनि चुपचाप गरेर नै पूर्ण भएको आयमले भरिएकी हुन्छु । तर पनि अनाम सौन्दर्यको स्पर्शको लालित्यमा तिमीसँग रमाउने चाहना एकतमासले भइरहेछ। हामी भेट्न अवरोधका तगाराहरू छैनन् । भेटने सम्भावनाका थुप्रै मार्गहरू त हामीले बनाएकै छौं। अहं, असम्भव छँदैछैन । तर भेट्नुको चैचै पनि सम्झनाको तृप्तिले पूरा भएर रहेन जस्तो लाग्छ। तिमीलाई सम्बोधन गर्न नपाएर प्रेमिल धुनहरू छरपस्ट भए झैँ लाग्दै छ । कतिकति शब्दका असरल्ल श्रोतहरू छन् । तर प्रेमको अर्को कुन नाम सुन्दर हुन्छ होला र ? त्यसैले म यसबेला प्रेमको नाममा प्रेमभन्दा पृथक शब्द खोजिरहेछु। थाहा छैन, मैले खोजेको पृथक शब्द कुन रूपमा कसरी अवतरण हुने हो वा होइन ? हेरौं। #लक्ष्मी उप्रेती सपनाहरू: ज्योति मिश्र भनिन्छ, सपनाले मान्छेलाई हौसला दिन्छ र सपना जतिका सुन्दर केही हुँदैनन् । तर हरेक ठाउँमा यो सिद्धान्त लागु हुँदैन्। अफिस जाने क्रममा सधैँ एक जना दिदीसँग आफ्नो बच्चालाई स्कुल पुर्याउन जाँदा बाटोमा भेट्नु हुन्छ । हामी सगैँ आ-आफ्नो गन्तव्यतिर जाने गर्छौँ । हामी आज पनि सँगै गयौँ । जादैँ गर्दा हामी प्रायः एकअर्काको बारेमा कुरा गर्ने गर्छौँ । आज हामी घरबाट चाँडै निस्केकोले अरू दिनको भन्दा अलिक धेरै कुरा गर्यौँ । म अफिसको ड्रेसमा कोट लगाएर जाँदा उहाँ मलाई हेरेर अलिक भाबुक हुदैँ, ‘म पनि आज तिमी जस्तै आफ्नो खुट्टामा उभेको हुन्थेँ’, भन्नुभयो । पहिला पहिला त खासै केही भन्नुभएन, तर पछि अलि कर गर्दा उहाँले सुनाउनुभयो, उहाँ पढ्नमा साह्रै ट्यालेन्टेड हुनुहुन्थ्यो । क्लासमा जहिले फस्ट आउने र अरू क्रियाकलापमा पनि साह्रै एक्टिव । अर्थशास्त्रमा मास्टर्स गरेर प्रोफेसर बन्ने सपना थियो उहाँको । तर तेत्रो ट्यालेन्ट भएर पनि उहाँलाई बिहे गर्न कर लगाउन थालियो। केटीले अन्त्यमा घर-परिवार त चलाउने हो । फेरि धेरै पढाउने स्थिति नभएको र पढेर जागिर गर्ने समाजको वातावरण नभएको भनेर बिचमै पढाइ रोकी बिहेको जिम्मेवारी काँधमा बोक्न विवश बनाइयो । खै किन न किन ? उहाँसँग कुरा गर्दा आफ्नो स्थिति पनि उहाँले भनेको भन्दा खासै फरक नभएको लाग्यो। म जहिले आफ्नो कतिपय सपना पूरा हुन नसकेकोमा आफूप्रति र आफ्नो परिस्थितिप्रति गुनासो व्यक्त गर्थें । एक मध्यम वर्गीय परिवारमा जन्मिएकी केटी ! मध्यम वर्गीय र त्यसमा पनि मधेसतिर जन्मिएकी । भनिन्छ,यी कुरा सपनाले बुझ्दैनन्। सपनाले न त धर्म बुझ्छन् न त परिवेश, न त उमेर बुझ्छन् न त समाज। सपना त त्यो चिज हो जुन कतिखेर जिन्दगीमा अमूल्य भइहाल्छन्, त्यो थाहा नै हुँदैनन्। तर वास्तविकता त भनाईबाट पर पो हुँदो रहेछ ! यदि तपाईं मध्यम वर्गीय परिवारको ठूलो बच्चा हुनुहुन्छ भने त पक्कै तपाईँको परिस्थिति तपाईँको सपना माथि हावी हुने गर्दछ । जब तपाईँको अार्थिक र पारिवारिक स्थितिको चादर सपनाको खुट्टाभन्दा ठूलो भएको महशुस हुन्छ, त्यतिबेला तपाईँसँग सपना पूरा गर्नुभन्दा पनि धेरै प्राथमिक कुरा अर्कैअर्कै लाग्ने गर्दछन्। त्यसपछि कति सपना हेरिन्छन् र कति छोडिन्छन्। पछिपछि सुनौलो भविष्यका लागि दीर्घकालीन नभई वर्तमानको परिस्थिति अनुसार अल्पकालीन सपना हेरिन थालिन्छ । माथि मैले मधेसको कुरा किन गरेँ भने, यताको वातावरण पहाडको भन्दा अलिक फरक छन् । यतातिरको बाटो मान्छे हिँड्न फराकिलो भए पनि सपनाका लागि साह्रै साँघुरो छन्। यहाँ छोरी मान्छेलाई स्वतन्त्रता त्यो नयाँ नयाँ चल्न सिकेको बच्चा जत्तिकै दिइएको हुन्छ, जसलाई आमाबुबाले एउटा आँगनमा जति दगुर्न मन छ, दगुर्न सक्छौ भनेर सिमा छुट्याइदिएका हुन्छन्। एक-दुई वटा अपवादबाहेक केटीको कद उसको श्रीमानले के काम गर्छन् भन्ने कुरासँग दाँजिन्छ। बच्चा छँदा कसैले, ‘ठूलो बनेर के बन्छौँ ?’, भनेर सोध्दा डाक्टर बन्ने भन्ने म पनि पछिपछि डाक्टर पढ्ने अार्थिक स्थिति नरहेको र सरकारी स्कुलमा पढेर राम्रो नम्बर ल्याएर पनि डाक्टरको स्कलरसिपको लागि तयारी गर्न पनि गाह्रो हुने थाहा पाएपछि नर्स बन्ने सपना बोकेर पढ्न थालियो । सधैँ गाउँको सरकारी स्कुलबाट पढेको म नर्सको स्कलरसिपको लागि पनि कहिकतैबाट कसैले केही पत्ता नलगाइदिएपछि त्यो सपना छाडेर गाउँमै म्यानेजमेन्ट पढ्न थालेँ । १२ सकाएर बि.बि.ए. पढ्छु भनेको त बुबाले बि.बि.एस् पढ्दा तेरो र बाबुको दुइटै जनाको पढाइको खर्च चल्न सक्ने नत्र धेरै भार हुन्छ भन्दा मैंले नि हस् भनेर बुबाको कुरामा सहमति जनाएँ । पछिपछि मेरो सपना म केही बन्ने हैन्, बस् आफ्नो खुट्टामा उभिन सक्ने भयो । ममीले त जहिले नि, जसरी भए पनि तँ आफ्नो सपना पूरा गर्न भन्ने हौसला दिइराख्नु हुन्थ्यो, तर बुबाले कहिल्यै म छु भन्ने आँट देखाउनुभएन । त्यतिखेर उहाँको आफ्नै कुनै समस्या रहेको हुन सक्छ । बुबाले चाहेको भने गर्न नसक्ने केही थिएन, तर सायद मेरो बुबा पनि छोरीलाई बस् अलिक पढाएर राम्रो केटा खोजेर बिहे गरिदिने मानसिकताबाट ग्रसित हुनुहुन्थ्यो । ममीले एक्लै सक्नुभन्दा पनि धेरै गर्नुभयो, तर एक्लै उहाँले त्योभन्दा बढी के नै गर्नसक्नुहुन्थ्यो र ! कहिलेकाही लाग्छ, यदि म पनि काठमाडौं या अरू कुनै सहरमा भएको भए लाख बाटो हुन्थे होला मेरो सपना पूरा गर्ने। न समयको सिमा हुन्थ्यो न त समाजको तानाबाना । न मलाई कसैको कुरा काट्ने डर हुन्थ्यो न कसैको कुराको पीर । आज पनि म जब-जब कोही बुबालाई आफ्नो बच्चाको उज्जवल भविष्यको सपना आफ्नो आँखाबाट हेरेको देख्छु, साह्रै खुशी लाग्छ त्यो बच्चाको लागि | र सोच्छु, त्यो बच्चा कति भाग्यमानी रहेछ। तर जब कुनै कारणले कसैको सपनाको बाटो छेकेको देख्छु, चाहे त्यो असामयिक बिहे होस् या अरू कुनै कारण, त सोच्छु कि म पनि त भाग्यमानी नै रहेछु, कमसेकम बुबाले साथ नदिदाँ बाटो पनि छेक्नु भएन नि ! के भो त ? मेरा धेरैजसो सपना परिस्थितिको बली चढे, तर कमसेकम मलाई सपना देख्ने छुट त थियो । बुबाले कहिले मेरा हात थामेर मसँग हिँड्नु भएन, कमसेकम मलाई मेरो बाटो चुन्ने छुट त थियो । भलै मलाई आफ्नो सपना पूरा गर्न धेरै बाटो आधा हिंडेर फर्किनुपर्यो, तर कमसेकम म आज जे छु, आफ्नो मिहिनेतले भएको आत्मसन्तुष्टिमा त छु । लाग्छ, मसँग जुन बाटो छ म त्यसैमा भाग्यमानी छु। अन्ततः यो बुझ्न पुगेछु कि खुशी सानोतिनो कुरा र सफलतामा पनि पाउन सकिन्छ | बस खोज्न जान्नुपर्छ। जिन्दगीमा अगाडि बढ्नलाई अनेकन बाटो छन् । एक बाटो बन्द हुँदा जिन्दगी सकिदैन्, बस् जरूरी छ कि हामी अर्को बाटोको खोज गरम् । #ज्योति मिश्र अन्धकार सडकमा: हातमा राके पुल्ठो बोकेर त्यो अन्धकार रातहरूमा विद्रोहको नारा गुञ्जाउँदै नित्य जुलुस हिँड़ने गर्छन त्यो भ्रष्टाचार नेता विद्ध त्यो सरकार विरुद्ध कहिले त त्यो संविधान कै विरुद्ध जातको आडमा आफन्तको आडमा झण्डाको आडमा अड़ेसिएर सुटुक्क छिर्नेहरूको विरुद्ध नित्य नै यो जुलुसले खलबली मचाइरहेका हुन्छन् कानुन आफ्नो हात लिने विरुद्ध गरिब जनता नचाउने विरुद्ध झूटो आश्वासन विरुद्ध छल र कपट विरुद्ध प्रत्येक रात जुलुसमै बित्दछ असन्तुष्टि र असन्तोकको जुलुस भोक र प्यासको जुलुस आफूभन्दा सानोलाई ज्यु ज्युको जुलुस आफु सडÞिएर अरूलाई बाटो छोडनुपर्ने जुलुस धैर्य र प्रतिक्षाको जुलुस यस्ता हजारौ जुलुस लिएर म हिँडिरहेको हुन्छु त्यो अन्धकार रातहरूमा एउटा राको बोकेर जसले मेरो मन र मस्तिष्कलाई मेरो वर्तमान र भविष्यलाई मेरो इच्छा आकांक्षाहरूलाई डडाएर खाक पारिसकेको छ तर पनि म त्यसलाई निभ्न नदिई अझै प्रज्जवलित बनाएर म कसैको खोजमा नित्य हिँडिरहेको छु त्यो अन्धकार सडकहरूमा । #अन्धकार सडकमा #शंकर शर्मा बर्बरिक दृष्टि: सुनकोशीको पानीले निर्मल बनाएर देह र आत्मा खोपेका थियौं हामीले चट्टानमा एक अर्काका नाम अनि पैतालाको डोब बनाउँदै तातो बालुवामा हिँडेका थियौ बगरको बाटो जहाँ हिँडेका थिए होलान् असंख्य पाइलाहरू नवीन यात्रा, नवीन संकल्प, नवीन उत्साह भरिएर वचनका कवचले सुरक्षित बनाएर प्रेम सम्बन्ध सुनकोशीको कलकल संगीतमा विभोर हुँदै फुकेका थिए होलान्, प्रेमको बाँसुरी भरेका थिए होलान् जीवनमा संगीतको धुन पोतेका थिए होलान् अनुहारमा गुराँसका रंग ओ प्रिय..!!! उचालेर फूलको थुंगा जसरी म भित्रको संसार तिमीले त्यसदिन जितेका थियौ एउटा प्रेम युद्ध त्यही दिनदेखि मैले बिर्सेकी थिएँ स्वरंग..! घर फर्कने बाटो..! टेकेको धरातल..! बाँचेको समय…! र सुनकोशीझैं तिमीमा समाहित भएर अविरल बगिरहेँ लाग्यो बग्नु जीवन हो सङ्लनु जीवन हो संगीतमय हुनु जीवन हो समाहित हुनु जीवन हो तर होइन रहेछ प्रेमको शाश्वत अर्थ कुनै ताजमहलमा रहेन छ रोमियो जुलिएटमा रहेन छ सिरि र फरियादमा रहेन छ लैला मजनुमा रहेन छ प्रेम कहाँ छ ? यहाँ त प्रेमको समर छ सदियौदेखि चलिरहेको छ प्रेमको समर मिलन, बिछोड वियोगान्त, संयोगान्त हार र जित!! शब्दका अनेक शस्त्रअस्त्रको प्रयोग गरेर प्राप्त गरिन्छ प्रेमको राज्य र फेरि अर्को राज्यको तयारीमा निस्किन्छ मान्छे अनेकौ हाउभाउ र कटाक्षको अस्त्र बोकेर ओ, कृष्ण, अर्को विश्वयुद्ध नहुने घोषणा गरेका हैनौ तिमीले ? साँच्चै यी आँखाले तिमीलाई अघाउन्जेल हेर्न पाएकै थिइन छातीमा शिर राखेर मनभरी निदाउन पाएकै थिइन तिमी फेरि अर्को समरको तयारीमा छौ तिखार्दै छौ भ्रमका औजारहरू जसरी तिखारेका थियौ सुनकोशीको बगरमा चुमेर मेरा पैताला बनाउँदैछौ योजनाहरू जसरी खोपेका थियौ चट्टानमा मेरो नाम ओ कृष्ण चलाउ तिम्रो सुदर्शन चक्र पहिला म माथि वा, म दिनेछु शिर, बर्बरिकले जसरी सक्छौभने झुन्डयाइदिनु मेरो शिर रणआकाशमा अबको तिम्रो प्रेम समर म बर्बरिक दृष्टिले हेरिरहेको हुनेछु तिम्रो लिलामय क्रूरता र भोगिरहेको हुनेछु एउटा प्रेम सजाय ! #निसा केसी #बर्बरिक दृष्टि डम्बरको गीत: आयो कोरोना धरतीमा बाँच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी । संसारमा सबैसँग माया गाँस्ने मन छ नजिक भई हात समाई हाँस्ने मन छ छायो कोरोना संसारमा हाँस्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी । दुनियाँमा सबैसँग मिली बाँच्ने मन छ अँगालो हाली कम्मर भाँची नाच्ने मन छ धायो कोरोना दुनियाँमा नाच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी । #डम्बर बिकेल #डम्बरको गीतडम्बरको गीत सपनाको खेती: एस.एल.सी.मा गाउँभरिमै राम्रो नतिजा ल्याएपछि, बाले सोधे, “के बन्छस् छोरा ?“ “डी.एफ.ओ. बन्छु“, भनेँ । आमाले सोधिन्, “के बन्छस् छोरा ?“ “डाक्टर बन्छु“, भनेँ । गुरुले सोधे, “के बन्छस् केटा ?“ “वैज्ञानिक बन्छु“, भनेँ । छिमेकीले सोधे, “के बन्छौ बाबु ?“ “सरकारी हाकिम बन्छु“, भनेँ । उनले सोधिन्, “के बन्छौ तिमी ?“ उनको चित्त बुझाउने उत्तर दिन सकिनँ । आज उनी कता छिन् बेखवर छु म म भने सपनाको खेती गर्ने शिक्षक भएको छु । #रमेश प्रभात #सपनाको खेती साधनाको गजल: देशभक्तिको गीत गाउनलाई, भट्टिभित्र छिर्यो दिनभरको थकान मेटाउनलाई, भट्टिभित्र छिर्यो ।। प्रेमिकाले नि छाडी उसलाई टुच्छ लाउछ थापाएर फेरि उसैलाई बिर्साउनलाई, भट्टिभित्र छिर्यो ।। आफ्ना अनि आफन्त सब गुमाइसक्यो त्यही कारणले बुझ्दिनँ म खै के पाउनलाई, भट्टिभित्र छिर्यो ।। आमाले भात अल्नै खाइन नुन किन्न नसकेर ऊ भने पैसा सकाउनलाई, भट्टिभित्र छिर्यो ।। #साधना तिवारी #साधनाको गजल क्लासिक कथा : ऊ पर्खिरही: :::: १ :::: “तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क भएर भन्ने गर्नू, वर्षको एक-दुई छाल लुगा र चार-पाँच सय दामका लागि धन्दा नमान्नू !” कान्छी आमाले भनेकी थिइन् । नगिचै चिया पिइरहेका कान्छा बा पनि सबै कुरा कान थापी सुनिरहेका थिए र भनेका पनि थिए- “छोरी, यो तिम्रो व्यक्तिगत मामिला हो । हामीहरूले बाहिरबाट हस्तक्षेप गर्दा कुरो झन् बिग्रेला । ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ भन्ने त उखान नै छ । बिस्तारै परिस्थिति मिलाउँदै गर, सब ठीक भइहाल्ला ।” “यो लोग्नेमानिस भनेको जात यस्तै हो । यिनीहरूलाई बच्चाहरूजक्तिकै स्याहार चाहिन्छ र गोरुको नाकमा मधेसतिर राखेजस्तै नकेल पनि चाहिन्छ । बाँकी तिमी आफैँ जानिफकार छु्यौ ।” कान्छी आमाले कान्छा बालाई केही सुनाउनुपर्ने पनि थियो क्यारे ! रम्भाका आमा-बाबु ऊ सानै छँदा परलोक भएका थिए । कान्छ बा र कान्छी आमाले नै उसको लालनपालन गरेका थिए, पढाई-लेखाई एक जना पल्टनमा लप्टनको तालिम लिन भनी छानिएको लायक युवकसित बिहे पनि गराइदिएका थिए । कान्छा बा- आमालाई दोष दिने कुनै ठाउँ थिएन तापनि सानो छँदादेखिन् आजसम्मन् केही न केही यस्ता स-साना प्रसङ्ग अवश्य पनि आएका थिए जब उसले महसुस गर्नुपर्ने हुन्थ्यो कि ऊ भतिजी मात्रै हो र कान्छा बा र कान्छी आमाका आफ्नै सन्तानहरू पनि छन् । तर यस कुराको बोझ उसको मनमाथि परेको थिएन । ऊ जान्दर्थी कि मातृ-पितृविहीन बालकहरूले पराईको त के आफ्ना निकटतम सम्बन्धीहरूको आश्रयमा बस्दा पनि निकै पो भोग्नुपर्छ । त्यससित दाँज्ने हो भने ऊ कान्छा बाकहाँ रानीजस्तै गरी बसी भन्दिए पनि हुन्छ । त्यो दिन माइतबाट फर्किदा उसले अवश्य नै आफ्ना आमा-बाबुलाई सम्झेकी थिई। यता सुद्युम्नसित खटपट भइराखेको महिना दिनभन्दा बढी समय भइसकेको थियो । ऊ रिसाएर माइत गएकी थिई। कान्छा बाहरूको हस्तक्षेप र सानो प्रतिरोधले सुद्युम्न सही बाटोमा आउला भन्ने आशा पनि उसको मनमा थियो, तर उसको आँसु देखिसकेपछि पनि माइतीको प्रतिक्रिया असंवेदनशील नै देखिएको थियो । ऊ सोच्न थालेकी थिई- ‘व्यक्तिगत मामिला रे ! जेसकै करो पनि कसै न कसैको व्यक्तिगत मामिला त भइहाल्छ नि ! आफ्नो कायरता, आलस्य र कुनै झन्झटमा नपरन मनस्थितिलाई लुकाउनु नै व्यक्तिगत मामिलामा हस्तक्षेप नगर्ने भनी सैद्धान्तिक खोल चढ़ाइन्छ। त्यस बेला उसलाई लागेको थियो- ‘यस संसारमां आफन्त नातेदार भन्ने शब्द हे निरर्थक भइसकेको छ । सायद सबैका लागि जिन्दगी नट र नटीले हिँड्ने डोरी भडसकेको छ जहाँ हरेक पाइला बडो विचार पुऱ्याई राख्नुपर्ने हुन्छ । अर्काको दु:ख-कष्टमा सहयोग गर्ने कुरो छोडौं, त्यतातिर राम्ररी हेऱ्यो भने पनि खुट्टा चिप्लिएर खसिने डर हुन्छ ।उसको मनमा फेरि सबाल उठेको थियो- ‘के निरर्थक आहारनिद्वाको सानो जिन्दगी जिउन नै अर्जनले मस्त्यवेध गरेजस्तो एकाग्रकता चाहिने भो त ? अनि उद्देश्य चाहिँ कुन त ?’ जे दोस तर आज कसैले अर्काको समस्यामा जिब्रो चलाएर मात्र पनि हात हाल्न खोज्दो रहेनछ भ्न्ने करो उसका अगाडि प्रस्ट भएको थियो । एक्कासि उसले सम्झेकी थिई- ‘आमा-बाबु भइदिएका भए… उसलाई एकछिन त लागेको थियो, हो न हो उनीहरू पनि कान्छा बा-आमाले गरेझै केही शाब्दिक सहानुभूति मात्र देखाएर चुप लागिदिन्थे कि |’ तुरुन्तै उसले सोचेकी थिई- ‘होइन, आमा-बाबु भएका भए केही न केही अवश्यै गर्थे. । त्यसैले भनिन्छ। कि यस संसारमा सबै कुरा फेरि पनि भेटिन्छन्, तर आमा-बाबु भेटिंदैनन् ।’ कुरो के थियो भने दुई-महिना भयो होला सुद्युम्न ढिलो घर आउन थालेको थियो, त्यो पनि रक्सीले मात्तिएर । थप रम्भाका ‘हेर-हेर यसको अनुहार..’ जस्ता वाक्यहरूले फजित गर्न पनि थालेको थियो । हँदा-हुँदा हातसमेत चलाउन थालेको थियो । यस खटपटमा रम्भाको कुनै गल्ती छैन । गल्ती भए ऊ पतिका गोडा समातेर माफी माग्थी होला, ऊ निर्दोष थिई र छ । :::: २ :::: कति राम्ररी चलिरहेको थियो उसको घरबार ! लोग्ने-स्वास्नी आपसमा औधी माया गर्थे। सुद्युम्न कप्तान भइसकेको थियो। तर रम्भालाई सधैं याद रहन्छ कि जब बिहेकै पहिलो दिनपछि सुद्युम्नले रातिको खाना खाइसकेपछि सुनाएको थियो- “भोलिदेखि हाम्रो प्यारासुटबाट ओल्लिने तालिम सुरु हुँदै छ ।” रम्भालाई आज पनि याद छ कि उसले आत्तिदै भनेकी थिई- “छ्या:, हवाईजहाजमा उड्दा त जहाज खस्ने पो हो कि भन्ने विचार आउनासाथ पसिना निस्किन थाल्छ, सासै रोकिएला जस्तो हुन्छ । तपाईलाई डर लाग्दैन त्योबिधी माथिबाट हाम फाल्न ? प्यारासुट नउघ्रे के हुन्छ ?” “जिन्दगी जान्छ नि !” नाटकीय भावका साथ सुद्युम्नले भनेको थियो- “हाम फाल्न अनकन गरे प्रशिक्षकले लात्तले हिक्काई फालिदिन्छ । नोकरी नै यस्तो गरेपछि डर लाग्यो भन्न पाइन्छ र ?” “होइन, तपाईं यो नोकरी छोडिदिनोस्।” “केटाकेटी करा नगर । आर्मीको कुरो, बीच तालिममा नोकरी छोड्छु भन्यो भने झ्यालखानामा जाकिदिन्छन् ।” यति भनी सुद्युम्न निदाएको थियो, तर ऊ भने सुत्न सकेकी थिइन । प्यारासुट नउघ्रेको कल्पना त छोडौं, सुदुम्नको डरले पहेंलो भएको अनुहार सम्झेर मात्रै पनि ऊ अतालिएकी थिई। पतिका खराटाहरूका बीच ऊ भुइँमा बसी प्रार्थना गर्न थालेकी थिई- “हे प्रभो ! सुद्युम्नलाई बचाऊ । एउटा ज्यान न चाहिएको भए उसको सद मेरै ज्यान लेऊ !” यो प्रार्थना कति बेरसम्म दोहोऱ्याएपछि र सत्यवान्-सावित्रीको कर सम्झेपछि मात्र उसलाई केही धैर्य भएको थियो। सुद्युम्नको तालिम निर्विध्न समाप्त भएर पनि ऊ कप्तान भइसकेको थियो। उनीहरूका बीचमा एउटी सानी खेलौनाजस्ती बच्ची पनि आइसकेकी थिई। रम्भालाई लाग्थ्यो कि रूउसको लोग्ने र सानी एउटा सानो तर दुर्भेद्य प्रेमको लिहाफभित्र बसेका छन । उसलाई लाग्ध्यो कि यो सब खुसी उसको बिहान-बेलुकीको प्रार्थनाको फल हो। हन त अब प्रार्थनाका लागि ऊसित समय हुँदैनथ्यो आलस्यले र घरगृहस्थीले गर्दा तर पनि सम्भना भएका बेला ऊ ईश्वरलाई धन्यवाद दिने गर्थी। त्यस दिन अड्डाबाट घर फर्किदा सुद्युम्न आफूसित एउटी अट्ठाइस-तीस वर्षकी आकर्षक महिलालाई लिएर आएको थियो । चिया पिउँदै सुद्युम्नले परिचय गराउँदै महिलालाई विमान-परिचारिका र नाउँ चाहिँ रसना बताएको थियो । चिया पिइसकेपछि महिलालाई आफ्नो गाडीमा घर पुन्याइदिन भनी सुद्युम्न निस्केको थियो । कुरैकुरामा महिला अविवाहित भएकी र छिमेकमा नै मोटरको पन्ध् मिनेटको बाटोमा बसोबास गरेकी भन्ने कुराको रम्भाले चाल पाएकी थिई। यत्तिकैमा रम्भाकी साथी उमा आइपुगेकी थिई। धेरै समयदेखि यहीं बसेकी हुनाले उमालाई घर-छिमेकका टोल र टोलेहरूबारे सबै कुराको जानकारीथियो। उसले सोझै सोधेकी थिई- “रसनाको अर्थ थाहा छ तिमीलाई ?” “जिब्रो होइन त !” रम्भाले जवाफ दिएकी थिई । “जिब्रोको काम चाट्ने हो । यो रसनाले पनि तिम्रो पतिलाई आइसक्रिमजस्तै चाटेर छोडिदेली, होस गर !” बिस्तारै रम्भाले थाहा पाएकी थिई कि रसना एक अत्याधुनिक विचारकी अविवाहित प्राणी थिई, प्राणी यस कारण कि महिलाभन्दा कता हो कता विवाहित भएको भान हुन्छ भने कुमारी भन्नका लागि कौमार्य जरुरी हुन्छ । अत: रसनालाई अत्याधुनिक अविवाहित प्राणी मात्र भन्न सकिन्थ्यो। श जब सुद्युम्न धेरै रातिसम्म मात्र घरतिर आउन थाल्थ्यो त्यो पनि रक्सीले मात्तिएर तथा जब रम्भाका कानमा रसना र सुद्युम्नको सम्बन्धबारे हने गरेको चर्चाका केही शब्द पर्न थाले, उसले सुद्युम्नसँग-सोधपुछ गरी । सुद्युम्नको मुखको टुप्पामा केही न केही बहाना बसेकै हुन्थ्यो। यसपछि रम्भाले सुद्युम्नलाई सही बाटोमा ल्याउन हल्का प्रतिरोधको बाटों अपनाएकी थिई। उदाहरणका लागि उससँग कुरा नगर्ने, रातिको खाना तताएर सुघुम्नका अघिल्तिर राखिदिने तर आफू नखाने, छुट्टै ओछ्यानमा सुत्ने; तर यस प्रतिरोधको त उल्टै फल पो निस्केको थियो। राति रक्सीले मात्तिएर ढिलो घर आएपछि चुपचाप बसका रम्भालाई उसले खसाल्ने रं अपमानित गर्ने प्रयास गर्न थालेको थियो । नबोली बसेकी रम्भालाई घचेट्दै ‘हेर-हेर, यसको अनुहार दूई पैसाको जस्तो छैन, ठसक यत्रो’ भन्नेजस्ता अपमानजनक वाक्यांशहरू प्रयोग गर्न थालेको थियो । हँदा-हँदा हातसम्म पनि छाड्न लागेको थियो । यति मात्र होइन, अब त रक्सीको मातमा रसनासँगको आफ्नो सम्बन्ध चीकार गर्दै बरबराउने गथ्थ्यो- ‘म पनि स्वतन्त्र, तँ पनि स्वतन्त्र । कुनै मन परेको मानिससँग उठबस गर् न, म केही भन्दिनँ । बुझिस्, म त्यति ठूलो दिल राख्छ । अनि ठूलो विकल्प जुटाइदिएझै भन्ने गथ्यों- ‘नभए पारपाचुके लिऊँ न, झन्झट नै सिद्धिन्छ । रम्भा जप लागेर मनमनै सोच्थी- ‘हरे, स्वतन्त्रताको नाममा कसरी आफ्नो अपराधलाई लुकाएको ! अनि मनमनै आक्रोशित हुँदै सोच्थी- ‘कस्तो बुझ पचाएको । तिम्रा लागि त चारै दिशा रवला छन् तर बिहेपछि मेरो स्वतन्त्र हुने कुनै पनि सम्मानजनक उपाय त छँदै छैन। बार प्रारम्भमा रम्भालाई आस लागिरहन्थ्यो कि तमाम आफन्त र चिनजानका व्यक्तिहरूमध्ये कुनै एक त आइदेला र सुद्युम्नसँग उसको मेलमिलाप गराइदेला । सुद्युम्नलाई हप्काएर भनिदेला- ‘गल्ती आफू गछौं, दण्ड स्वास्नीलाई दिन्छौ ? बन्द गर आजदेखि यो अत्याचार !’ त्यतिका आफन्तमध्ये कुनैले त रम्भाको पीडा र निर्दोषिताबारे बुझाउने प्रयास गर्ला, कसैले त सम्झाइदेला कि सुद्युम्न र उसको परिवारलाई रसनाले पचाइदिन सक्छे, केही अरू परिवारहरूलाई पनि सखाप पारेको प्रस्ट उदाहरण सु्युम्नका सामुन्ने राखिदेला, कसैले सम्झाइदेला कि रम्भा पनि चानचने आइमाई होइन, उसको अनुहारमा आँखा परे बटौनेहरूसमेत एकछिन अड्ने गर्छन् । यस्ती सुन्दरी पतिव्रता तनमनले समर्पित श्रीमतीको उपेक्षा गर्नु कति अनुचित हो भनी सम्झाइदिने कोही त आउला कि भनी उसले आस गरिरही, तर कोही कतैबाट आइपुगेन र ऊ उपेक्षा र अपमानलाई जिन्दगीकै अङ्ग ठानी चुपचाप बसिरही । दुःखको यस विशाल मरुभूमिमा सानी बच्ची नखलिस्तानजस्तै थिई जसका निम्ति ऊ जस्तै नारकीय जीवन पनि बाँच्न बाध्य थिई। :::: ३ :::: त्यस राति सुद्युम्न घर आएको थिएन । रम्भालाई नियास्रोभन्दा बरु एक रात अपमानबाट उम्केजस्तो लागिरहेको थियो । अर्को बिहानी छिमेकी उमा हतारिँदै आई अतालिएजस्तो र उसले भनेकी थिई- “खबर राम्रो छैन । सुद्युम्नलाई त जेलमा राखिएको छ रे !” “किन के भयो ?” “उसको जिम्माको लाखौंको सरकारी रकम हिनामिना भएको पाइयो रे !” “होइन, घरमा त आधा तलब मात्र ल्याउने गर्नुहुन्थ्यो ।” “लाटी । रसना छँदै छ नि ! यो सब उसके करामत हो।” एकछिन पर्खी भनेकी थिई- “जमानत पनि नहुने रे !” “कति सम्झाउँदा पनि त्यस डङ्किनीको साथ छोड्न मानेनन्, यस्तो त हुनु थियो ।” रम्भाले भनेकी थिई, तर उमालाई उसको स्वर अस्वाभाविक लागेको थियो र ‘थप कुरो थाहा पाए खबर गरुँला’ भन्दै उमा बिदा भएकी थिई । साँच्चै भन्ने हो भने एकछिन त रम्भाले आफ्नो मनको कुनै कुनामा सन्तोष लागेको पनि महसुस गरेकी थिई। सुद्युम्नले उसमाथि गरेको अत्याचारको दण्डस्वरूप नै विधाताले जेल पठाइदिएको हो कि भन्ने उसलाई लागेको थियो, तर एकैछिनपछि यी सबै कुराकी मली नै र खती त रसना हो भन्ने कुरा उसको समझमा आयो र सोच्न थाली कि सुद्युम्न बिचरो सुधो मानिस, उसलाई रसना राक्षसीले फसाएकी थिई । ठिक्ककी आइमाइले समेत आँटी नै हाली भने कुनै पुरुष चोखो बस्न सक्दैन भने रसनाजस्ती नखरमाउलीको जाल काट्न त सबैलाई गाहै पथ्थ्यो। उसको लोग्ने बिचरो एक्लै जेलमा छ। लाम्खुट्टेले भूँ-भूँ गरेको सुने पनि निदाउन नसक्ने, ठिक्कको नुन-मसला नभए खाना पनि खान नसक्ने बिचराको जेलमा के हालत होला भन्ठानी ऊ विह्वल हुन थालेकी थिई । सु्यम्नको अतालिएको अनुहार सम्झिँदा उसलाई खपिनसक्नु भएको थियो र उसको मनमा लोग्नेप्रतिको सम्पूर्ण कटुता हराइसकेको थियो। रुझेका परेला लिई ऊ सुद्युम्नलाई भेट्न गएकी थिई । धेरै बिन्तीभाउपछि बल्ल भेट्न पाउँदा आफूले कल्पना गरेअनुसार नै सुद्युम्नको अनुहार देखा पर्दा रम्भा जोर-जोरले रुन थालेकी थिई । सुद्युम्नले रम्भाको हात समात्दै गहभरि आँसु काढी भनेको थियो- “मैले तिमीलाई धेरै दुःख दिएँ र पाप गरेको फल यही हो, नत्र ममाथि लगाएको आरोप भने एकदमै झूटो हो । म झ्यालखानाभित्र बाँच्न सक्दिनँ, म मर्छ । रम्भा, मलाई यहाँ नराख । जे गरेर पनि छुटाऊ ।” यसपछि त गत दुई वर्षदेखि रम्भाको दिनचर्या नै दिनदिनभरि सेनाका ठूला अफिसरहरू, मन्त्रीहरू र प्रभावशाली व्यक्तिहरूको ढोका चहार्न् नै भइसकेको थियो । छोरीलाई उमाको जिम्मा लगाई ऊ दिनदिनभरि भोकै-तिरखै हिँडिरहन्थी । सुद्युम्न उसको हो, उसको मात्रै हो भन्ने विचारले उसलाई उत्साह दिन्थ्यो र भोक-प्यास र यहाँसम्म कि अपमानसम्मको पनि वास्ता गर्दिनथी। ठूला मानिसहरूलाई भेट्न जाँदा घण्टौं के दिनभर कुर्दा पनि धेरैसँग त भेटै हुँदैनथ्यो। उसको बराबर धाउने तपस्याबाट आजित भएर कुनैले भेटे पनि पूरा कुरा नसूनेर ‘ठीक छ, तपाईंको काम भइहाल्ला’ भनी टार्थे । रम्भा बुझ्थी कि यस्ता खोक्रा आश्वासनको केही अर्थ हुँदैन । हो, एक दिन उसको भेट एक जना भर्खर पदासीन मन्त्रीसँग भएको थियो। त्यस मानिससँग संवेदनशीलता अझै भरिसकेको थिएन । अत: उसले सबै कुरो ध्यान दिएर सुन्यो र भनेको थियो- “तपाईंको दुःखी र निर्दोष अनुहार हेर्दा जे पनि गरिहालौं लाग्छ, तर हामी सबै कानुनले बाँधिएका छौं । मलाई लाग्छ, तपाईंका पतिले दुई वर्ष जेलको सजाय भुक्तान गरिसकेपछि अब धेरै बस्न परोइन होला । पैसो तिरे छोड्न पाइन्छ होला। मेरो कानुनको अभ्यास छुटेको धेरै भो । तपाईं एउटा वकिलसित सल्लाह लिनुहोस्, केही परे फेरि भेट्नुहोला ।” मन्त्रीले टेलिफोन गरिदिएबमोजिम ऊ एक जना वरिष्ठ वकिलकहाँ गएकी थिई र निःशुल्क सल्लाह पाएकी थिई कि सरकारी तहबिलमा दुई लाख रुपियाँ दाखिल गर्न सके उसको लोग्ने दुई महिनामा नै छुट्न सक्थ्यो । रम्भाले वकिलकहाँबाट फर्किदा देखेकी थिई कि एउटा ठूलो पसलबाट रसना र एक जना अर्के फौजी अफिसर बाहिर निस्केका थिए र दुई जना नै हाँसखेल गर्दै गाडीमा चढेका थिए । घर पुगी उमालाई यो कुरा बताएपछि उसले सोधेकी थिई- “रसनाले त्यस अफिसरसित बिहे गरेकी पो हो कि ?” “अहँ, ऊ किन बिहे गरेर बाँधिन्छे ? ऊ अब नयाँ अफिसरलाई चाट्दै छे, ख्वाप्पै निलेर मात्रै छोड्छे होला। त्यसपछि अर्को भेट्टाउन के गाहो छ र ?” उमाले जवाफ दिएकी थिई। ते सद्यम्नसित पनि सल्लाह गरी पंचहत्तर हजारका गहना बेची। एक लाख पच्चीस हजारमा घर बन्धकी राखी सरकारी रकम दुई लाख दाखिल गरेकी थिई अनि सुद्युम्नको जेलबाट छुट्ने दिन गन्न थालेकी थिई । अझै डेढ महिनाजति बाँकी थियो । मन मान्दैनथ्यो र ऊ दिनदिनै सुद्युम्नलाई भेट्न जाने पनि ग्थी। झ्यालखानाबाट छुट्ने भनी निर्धारित भएको अघिल्लो दिन भेट्दा उसले भनेकी थिई- “भोलि दस बजेतिर । क्यारे । म लिन आउँछु नि !” हाँस्दै सुद्युम्नले भनेको थियो- “पदैन, म आइहाल्छु नि । बरु तिमीले घरमा मेरो मधामसित स्वागतको तयारी गर्नू ! मलाई झुट्टे फसाउने दुस्मनहरूको मुटुमा सियो पस्ने छुट्नुहुन्छ गरी तरखर गर्नू !” आज सुद्युम्नको जेलबाट छुट्ने दिन हो । माला, दही, माछा, चिउरा र मिठाई- रम्भाले आफूले जाने-बुझेसम्म कुनै त्रुटि रहन दिएकी छैन । आफ्ना केही संगिनीहरूलाई पनि बोलाएकी छ । एघार बजिसक्दा पनि सुद्युम्न आइपुगेन । ‘ढिलासुस्ती त हाम्रो संस्कारै हो’ भन्दै फेरि आउने कुरो गरी रम्भाका सँगिनीहरू आ-आफ्ना घरतिर लागे । हुँदा-हुँदा एक बज्यो। रम्भाले झ्यालखाना टेलिफोन गरी बुझ्दा सुद्युम्नलाई बिहान दस बजे नै छोडिसकेको खबर पाई । एकातिर ऊ आशङ्कित र लाजले आहत भई भनी अर्कातिर सुद्युम्नलाई पो केही भयो कि भन्ने चिन्ता पनि लाग्न थाल्यो । हुँदा-हुँदा झमक्कै साँभझ पर्यो, ऊ किङ्कर्तव्यविमूढ भई बसी नै रही। यत्तिकैमा उमा आई र दुःखी स्वरमा भनी- “छोडिदेऊ रम्भा, दिनभरि भोकै छयौ, केही खाऊ ! सुद्युम्न त उहिले नै रसनाको घरमा पसेको, अहिलेसम्म निस्केको छैन रे ! मलाई लाग्छ, ऊ आज घरमा आउँदैन पनि होला।” रम्भाले शून्य आँखाले चारैतिर हेरी । पला-पलाका हिसाबले अँध्यारो थपिँदै गइरहेको थियो । #लोकेन्द्रबहादुर चन्द पुस्तक चर्चाः खिनौराको यात्रा: सरिता अर्याल आज किताबहरू मिलाउँदै थिएँ, धेरै पहिले सरसरती पढेर राखेको किताब हात लाग्यो । आफूले भ्रमण गरेर फर्केको देश बेलायत सम्झें । नियात्राकार गीता रेग्मी ले लेखेको किताब सम्झें । धेरै पहिलेदेखि किताबको र्याकको मात्र शोभा भएर बसेको त्यही नियात्रा संग्रह पश्चिमाहरूको देशमाझ दोहोर्याएर पढें । यो लकडाउनले गर्दा पढने मौका जुराइदियो । महिला नियात्राकारलाई घर र यात्राको बिचमा तालमेल मिलाउन कतिसम्म गाह्रो हुन्छ भन्ने कुरा पहिलो शीर्षक अन्तरगत रहेको यात्रा आरम्भको सेरोफेरोमा शब्दहरूको बिस्कुन नै सुकाइदिएकी छन् नियात्राकार गीता रेग्मीले । घरमा छोरीले नखाने भने तापनि सन्तानलाई नखुवाई खाना नखाने आमा पश्चिमाहरूको देशमा पुग्नासाथ पुर्णरुपमा नियात्राकार हुन पुग्दछिन् । थाकेको शरीर डोराउछिन् र बाहिरको दृश्य हेर्न पुग्छिन् । यसले देखाउँछ एउटा नियात्राकारमा कस्ता कस्ता स्वभावहरू लुकेर बसेका हुन्छन् भन्ने कुरा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा भाग लिन बेलायत पुगेकी लेखकले आफूले भोगेको र अनुभव गरेको विषयवस्तुलाई प्रत्येक पाठकको आफ्नै भोगाइ र अनुभवसँग साक्षात्कार गराउन सफल भएकी छिन् । नदेखेको अर्थात् सहभागी नभएको साहित्यिक समारोहमै उपस्थित भएजस्तो अनुभव गराउन लेखिका सफल भएकी छिन् । तीन दिने सो समारोहका साना साना कुरालाई पनि टिपेर अक्षरको माला बनाएकी छन् लेखक रेग्मीले । शेक्सपियरलाई भेट्न गएकी नियात्राकारले कलम कापी बोकेकी थिइन् या आँखाले नै सबै तस्बिर खिचेकी थिइन् ? भन्न सकिन्न, तर उनले नियात्रा वर्णनमा अचम्मलाग्दो गरी केही कुरा पनि छुटाएकी छैनन् । बालमस्तिष्कमा आफ्नै बुवाले सुनाउनुभएका शेक्सपियरका नाटकका पात्रलाई जीवन्त बनाएर निरुत्तरित प्रश्नहरूको ओइरो लगाएको देख्दा उनी शेक्सपियरको घरभित्र पुगेर कतिसम्म गहिराइमा पुगिछन् भन्ने प्रष्ट हुन्छ । बेलायती सरकारले होस् या जनताले नै होस् शेक्सपियरलाइ दिएको सम्मान हेर्दा आफ्नै आदिकवि र महाकविलाई सम्झेर नमिठो मन बनाउँदै फर्किएकी छिन् लेखिका । शेक्सपियरको जन्मस्थान जाँदाआउँदाका साथीहरूमा नेपालका पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदिप नेपाल पनि साथै हुँदा देशको राजनीतिका तितामिठा कुराले पनि उनलाई पिरोलेको देखिन्छ । बेलायतमा घुम्दा जंगबहादुरलाई नसम्झने सायद नै कोही नेपाली हुन्छ होला । त्यसमा पनि लेखकपछि परेको देखिदैन । रानी भिक्टोरियालाई दिएको उपहारको प्रसंगले यात्रा संस्मरणलाई रोचकता दिएको छ । हामी नेपालीहरू आफ्नै संस्कार र संस्कृतिमा हराउने गर्दछौँ । नेपाली महिलाको लागि तिज महत्वपूर्ण चाडको रूपमा लिने गर्दछौँ । त्यही तिजको बेलामा लेखक देशबाहिर हुँदा आफ्नै घर, समाज सम्झिन पुग्नु,नयाँ ठाउँ घुम्नुभन्दा पनि मन्दिर जान पाए हुन्थ्यो भन्ने चाहना देखाउनुले ,लेखकलाई कतिसम्म संस्कृति र संस्कारले अंगालेको रहेछ भन्ने कुरा देखाउछ । यो प्रसंग लेखकको मात्र होइन समग्र महिलाहरूको हो । लेखक त प्रतिनिधि पात्र मात्र भएकी छन् । लेखकले आफूलाई देखाएर विदेशमा भएका नेपाली महिलाहरूको भावनालाई उजागर गरिदिएकी छन् । यो लेखकको लेखकीय विषेशता हो । लेखकीय कला र शैली हो । जसले पाठकलाई तानिरहेको छ । पेरिस पुगेको मानिस आईफिल टावरमा नचढी त को पो फर्किएका होलान र ? तर पेरिस नपुगेका नेपालीलाई पनि राम्रोसित टावरमा चढाउन सफल भएकी छन् लेखक । युरोपको इतिहास नपढेकाको लागि क्रान्ति र युध्दको केन्द्र बिन्दु भर्साइल दरबारमार्फत् केही जानकारी दिन पनि सफल भएकी छन नियात्राकार रेग्मी । बेल्जियम, नेदरल्याण्ड र जर्मनीको यात्रा छोटो छ, नियात्राकारले ती देशको माटोमा टेकेर छोटोमा भए पनि पनि पाठकलाई आफूसँगसँगै डुलाउने कोशिस गरेकी छन् । आफूले जसरी हेरिन् त्यसरी नै प्रस्तुत गरेर आफ्नो इमान्दारिताको परिचय दिएकी छिन् । भुपरिबेष्ठित देशमा जन्मी हुर्की बढेका धेरै नेपालीले समुद्र देखेका हुँदैनन् । नियात्राकार रेग्मी स्वयमले समुद्रमा पुग्दाको अनुभूति जीवन्त प्रस्तुत गरेकी छिन् । उनको लेखनकला यहाँ पनि देखिन्छ । नियात्राकारले पश्चिमाहरूको मुलुकमा पुगेर त्यहाँका विषयवस्तुलाई मात्र टिपेकी छैनन्, उनले एउटा नियात्रा पढ्ने पाठकका लागि रसास्वादन गरिदिन त्यहाँको सामाजिक, राजनैतिक, प्राकृतिक ऐतिहासिक कुराहरूलाई पनि समावेश गरेकी छिन् । जसले गर्दा पुस्तक पठनीय र संग्रहणीय छ । पहिलोपल्ट बेलायतमा पाइला टेक्ने जंगबहादुर राणा थिए । अहिले बेलायतमा लाखौं नेपालीहरूले टेकिसकेका छन् । जंगबहादुरको बेलायत यात्राबाट शुरू भएको लेखनले धेरै पुस्तकहरू पनि हाम्रो सामु आइसकेका छन् । ती पुस्तकहरूको प्रतपस्पर्धात्मक दौडमा कुनै कोणबाट हेर्दा पनि पछि नपर्ने देखिन्छ गीता रेगमीको पश्चिमाहरूको देशमाझ नामक नियात्रा संग्रह । नेपालमा पूर्व मेचीबाट पश्चिम महाकालीसम्म पुग्दा नेपाली भाषामा धेरै फरक लवज र शब्दहरू छन् ।उच्चारण पनि अलग अलग गरेको पाइन्छ । पश्चिमाहरूको देशमा पनि नियात्राकारले प्रयोग गरेका शब्दहरू कतिको अर्थ सबैले बुझ्दैनन् । “काला र गोराको बिचमा टुरिष्ट बनेर आएका हामी खिनौरा बनेर एउटा कुनामा बसिरह्यौ ।”, खिनौरा जस्ता केही शब्दले कतैकतै पाठकलाई के भनेको होला भनेर सोच्न बाध्य बनाउछ । समग्रमा भन्नू पर्दा पश्चिमाहरूको देशमाझ नियात्राकारले बुनेका अक्षररूपी माला पाठकको मन मस्तिष्कमा सजाउन सफल भएकी देखिन्छिन् नियात्राकार गीता रेग्मी । #गीता रेग्मी #सरिता अर्याल एक नामुद वैद्यको कथाः हाछ्यूँ: देवेन्द्र पौडेल बेसारमुनि एकाएक नाम चलेका वैद्य थिए । उनले नजानेको कुरा केही पनि थिएन । गफ पनि उस्तै गर्थे , गफशास्त्रमा विद्यावारिधि गरेजस्तै । सबै कुरा जानेजस्तो गर्थे । पहिले कुनै बेला रातो राजनीति गरे । केही समय त विद्रोहतिर पनि लागे । चौधपन्ध्र वर्ष जेल पनि बसे । पछिपछि रातो राजनीतिबाट धैँसे राजनीति गर्न थाले । वाकपटुताको अस्त्र प्रयोग गरी राजनीति र शासनको नेतृत्व सम्हाल्न पुगे । आजकाल उनी नामुद वैद्य भएका छन् । एक दिनको कुरा हो , कुशासनमा (कुश आसन) बसेका बेसारमुनिको जडीबुटी कारखाना अगाडि कमिसनमुनिहरु जम्मा भए । आफ्ना अगाडि विन्तिभाउका साथ साक्षात्कार भएका कमिसनमुनिहरुलाई उनले सोधे , “ के भइरहेको छ लोकमा ?” जवाफमा वरिपरि रहेका किन्नर , किन्नरी , नाग , यक्ष , गन्दर्धहरुले भने , “ हे बेसारमुनि ऋषिवर ! मान्छेहरु त प्लेकार्ड बोकेर बेसार घसी सडकमै सुत्न थाले । उनीहरुको भनाइ छ , वैद्यले बेसारको मात्र कुरा गरे , पिसिआरको कुरा गरेनन् , भोकको कुरा गरेनन् , शोकको कुरा गरेनन् , स्ट्यान्ड – अप कमेडीको कुरा गरे । अब हामी सहन्नौँ । रोग र भोकका बेला बेसार र पानीले भुलाउन खोज्ने अपराधी , भन्न थाले । हरसम्भव उपाय लगाउँदा पनि चित्त बुझाउन सकिएन । उनीहरुका कुरा सुन्दासुन्दा हामी त तनावमा छौँ । तोरी कतै फुलेको छैन , पहेँलै भएर धानका बाला कतै झुलेका हैनन् , तर बर्खामासमा पनि सडक र बजार त थामिनसक्नु पहेंलपुर हुन थाल्यो ऋषिवर । हजुर त हास परिहासमा हुनुहुन्छ । बेलाबेलामा कथा सुनाउनु हुन्छ । कहिले भैँसीका कथा , कहिले राष्ट्रवादका मिठा कथा । उनीहरुको मुख थुन्न सकिने यस्तै कुनै अचुक कथा सुनाउनु होस् । “ “ त्यसोभए तिमीहरु आज के कथा सुन्न चाहन्छौ , निसंकोच भन्न सक्छौ । “ “ हे बेसारमुनि ! आज हजुरको नामको कथा सुन्न हामी आतुर छौँ , र यो तामझामयुक्त दुई – तिहाईको संसारको सृष्टि कसरी भयो ? हजुरको वाहीवाहीको राज के हो ? यस विषयमा जान्ने इच्छा छ । हजुरबाट मर्जी भएमा भोलिका दिनमा विलासपथ पछ्याउन हामीलाई सहज हुनेछ । हामीमाथि कृपा गर्नुहोस् । हजुरको बेसारप्रिय मुखारविन्दबाट यो कथा सुन्न पाएमा हामीले आफूलाई भाग्यमानी सम्झने थियौँ । तत्पश्चात् छेउमा राखिएको सानो डब्बाबाट एक फाँक बेसार मुखमा हालेर तातोपानीले घुटुक्क पार्दै ऋषिले भने , “ हे मुनिहरु , मलाई लाग्दैन तिमीहरु यति धेरै लाटा छौ , मैले थाहै नपाए जस्तोगरी बसिरहँदा तिमीहरुले केके गरिसक्यौ भन्ने सुन्दैछु । हुन त कसले केके गर्छ , कहाँ कार्पेट फेर्छ , बत्ती फेर्छ , कहाँ गलैँचा ओछ्याइन्छ , कहाँ उपचारका नाममा कसले कति कुम्ल्याउँछ , त्यो मेरो सरोकारको विषय पनि होइन । मेरो सरोकारको विषय त सपना बाँड्ने हो । पानीजहाजका सपना , हावाबाट बिजुली निकाल्ने सपना , घरघरमा पाइपलाइनबाट ग्यास पु ¥ याउने सपना । त्यसैले सपना देखाउन सिक , मोनोरेल गुडाउने सपना देखाउने भाइ – भतिजहरुबाट पनि केही सिक , कोही भोकै मर्नु पर्ने छैन भनी राख , कोही भोकै मरेका समाचार आउँदा नसुनेजस्तो गर , भोकै हिंड्ने मान्छेलाई नदेखेजस्तो गर , मान्छेले सुइको पाउने गरी काम नगर , पाइहाले भने ध्यान अन्यत्र मोडिदेऊ , आफ्नो दाउ आउँदैन भने भेटघाट , बैठक पनि अल्मल्याऊ , कसैलाई सबैभन्दा माथिको कुर्ची देखाइदेऊ । कसैको घर बिगार्न , मान्छे चोर्न परे पनि पछि नपर । सबै कुरा जानेको जस्तो गर , केही कुरा बिग्रिहाल्यो भने थाहै पाइन भन्न नबिर्स । आफ्नो कुरा जस्तै होस् , मैले भनेको , भर्खरै भनेको , सुन्नुभएन भन्दै मेरा गोरुको बाह्रै टक्का गर्न नछोड । बेलाबेला तिलस्मी कुरा गरिदेऊ । मैलै पनि सुरु – सुरुमा नक्सलवादी बनेर मन जितेँ । गायत्री मन्त्र जपेर तमोरमा पौडी खेलेँ , राष्टवादको खोल ओढेर महाकालीलाई अरुको जिम्मा लगाएँ । परिवर्तनका बेला सिन्को नभाँचे पनि , बयलगाढाको यात्राले पाताल पुगिन्न भने पनि , नाकाबन्दीका बेला चर्कोचर्को फूर्ति लाउनाले सबैतिर मेरो जयजयकार गरिन थाल्यो । परिणामस्वरुप आज दुई – तिहाईको सृष्टि फलिफाप भएको छ । तिमीहरु एक चित्त भई सुन , अब मलाई सपनाका कुरा गर्नु छैन । म मात्र स्वस्थ रहेर हुन्न , सबैलाई स्वस्थ र निरोगी नेपाल बनाउनु पनि मेरो कर्तव्य हो । संसारले पत्ता नलगाएको कुरा मैले पत्ता लगाएको छु । मैले भर्खरै पञ्चतत्वको खोज गरेको छु । मेरा पञ्चतत्वमा जल , तेज , पृथ्वी , वायु र आकाश होइन मेथी , बेसार , अदुवा , ज्वानो र हिमालबाट ठोक्किएर आएको चिसो हावा रहेका छन् । यिनीमध्ये धेरै महत्व बेसारको छ । बेसारको यही महिमाले आज मैले बेसारमुनिको उपाधि पाएको हुँ । म पनि आजसम्म यही बेसारको उपचारले हट्टकट्ट छु । मेरै बेसारको प्रभावले सर्वत्र हरियो हुनुपर्ने वर्षा ऋतु पनि पहेंलो भएको छ । दश अर्बको लगानी बेसारमै सकिएको छ । बेसारकै चमत्कारले दुई – तीन जनाबाहेक कोही पनि महामारीले मरेका छैनन् । ती मरेकाहरु पनि बेसार पानी खाएर हाछ्यूँ गर्न नजानेर मरेका हुन् । कोही निमोनियाले होला , कोही पेट दुखेर होला , कोही मुटुका बिरामी थिए होलान् । ती त त्यसै जाने खाले मान्छे हुन् , कोरोनाले त छोएको मात्रै हो । कतिपयले तातोपानीसँग खाने बेसार शरीरमा घसेर बेमौसमको नाटक गर्दैछन् अरे , कतिपयले मेरो यस्तो गम्भीर कुरामा मजाक उडाए अरे । उनीहरुलाई भनीदेऊ , घसेको बेसारको कर तिर्ने समय घर्कँदै छ । आजलाई एउटा अर्को कुरासम्म भनूँ , यो सृष्टि बेसार – पानीको अदृश्य लीला मात्र हो । यो सबै भोटको गुरुदक्षिणा दिने एकलव्यहरुका निम्ति सिर्जना गरिएको भ्रम हो । उनीहरुलाई भ्रमित तुल्याउनु मेरो धर्म हो । जसरी सपनामा देखिएका अनेकौँ दु : ख – सुखको अनुभव जागा भएपछि केही पनि रहँदैन , मेरा सपनाहरुको अनुभव पनि त्यस्तै हो । हे मुनिहरु , तिमीहरु पनि एकाग्र मनले बेसार पानी खाऊ , भोको दुनियाँ तर्सने गरी हाछ्यूँ गर , असार साउनमा मात्र होइन , फागुनसम्म पनि बेसारपानी खाँदै हाछ्यूँ गर्दै जाऊ । वाफ लिन नबिर्स फेरि । अरुले के भन्छन् , त्यसको पछि नलाग । “ कथा सकिएको थिएन , ठिक त्यसैबेला समाचारले भन्दै थियो , आज बेसारपानी खाएर हाछ्यूँ नगरेका कारण कोरोना भाग्न नपाउँदा दुई जनाको निधन भएको छ । “ पत्रकारले कति चाँडो थाहा पाएका “ , बेसारमुनि बोल्दै थिए । अरु सबै प्रतिक्रियाविहीन मुद्रामा बेसारमुनिको अनुहार ट्वाल्ल पर्दै हेरिरहेका थिए । #देवेन्द्र पौडेल ‘सुम्निमा’भित्र वर्णशङ्कर संस्कृतिको अवधारणा: लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले नेपाली साहित्यिक समालोचनाको क्षेत्रमा उपागमगत विविधीकरणको अभियानलाई प्रयोग सहित अगाडि बढाइरहेको छ । अर्थहरूमा वैकल्पिकताको मर्मलाई चक्रव्यूह सञ्चेतनाले प्रधान महत्त्व दिन्छ । ‘वस्तुता’ को वकालत गर्दै एकात्मक सत्यको हवाला दिने तेस्रो आयामेली आन्दोलन अत्यन्तै रुढ र पुरातनपन्थी भएको कुरा प्राज्ञिक वृत्तमा सबैले महसुस गरिरहेका छन् । ऐतिहासिक सन्दर्भसँगको जन्मजात नाता विच्छेद लीलालेखनको गम्भीर भूल थियो र छ । समालोचनाको रुग्ण क्षेत्रमा लीलालेखनले पनि केही गरेन । तेस्रो आयामसँग त धेरै वैचारिक अपूर्णताहरू थिए । ती अपूर्णताहरूलाई त्यही छोडेर इन्द्रबहादुर राई लीलालेखनतिर हाम फालेपछि वैरागी काइँला र ईश्वर बल्लभ बौद्घिक निरीहतासहित तेस्रो आयामेली नाम धारण गर्दै बिना परिमार्जन र बिना सैद्घान्तिक परिपक्वता तेस्रो आयामेली नै भइरहे । यो ऐतिहासिक दुर्दशाको ठूलो नोक्सानी नेपाली साहित्यिक समालोचनाले बेहोर्नुपर्\u200dयो । सृजनाको क्षेत्रमा धेरै उपलब्धिहरू हासिल भए तर समालोचना चाहिँ विश्वविद्यालयका प्राध्यापकहरूको सूत्रपरकताभित्र नराम्रोसित कुँजियो । चक्रव्यूह सञ्चेतनाले प्रायोगिक समालोचनाको क्षेत्रमा पर्याप्त काम गरेर अहिले नै देखाइहाल्न नसके पनि यसले एउटा स्पष्ट दृष्टिकोण अगाडि सारेर नेपाली साहित्यिक समालोचनाको विद्यमान प्रथाप्रचलनलाई स्पष्ट मार्गनिर्देश भने गरेको छ । समालोचना सृजनशील पठन हो, त्यसैले पठनलाई सिद्घान्तपरक बनाऊँ भन्नु नै चक्रव्यूह सञ्चेतनाको मूलभूत समालोचकीय आग्रह हो । चक्रव्यूह सञ्चेतना अन्तर्गत ऐकिक पद्दतिको बिस्तार गरी पाठतत्त्व (Text) भित्रका अर्थहरूलाई परिवर्तित सन्दर्भका आधारमा उजागर गर्नु आजको आवश्यकता हो । ‘बनारसी इन्टेलिजेन्सिया’ अन्तर्गतको पुरातनवादी संस्कृत पृष्ठभूमिबाट आएका नेपाली विषयका अघिल्लो पुस्ताका प्राध्यापकहरूमा नवीन चेतनाको सञ्चार हुनु जरुरी छ । अथवा उनीहरूमा यो चेतना नभए पनि डराइहाल्नुपर्ने स्थिति भने छैन । समालोचना र प्राध्यापनको क्षेत्रमा प्रवेश गरिरहेको युवापुस्ताले भने अवश्य पनि हामीले प्रस्तुत गरेको दृष्टिबिन्दुलाई राम्ररी नियालेर आफूमा पनि त्यो चेतना ग्रहण गर्दै आफूलाई परिस्कार गरिरहेको छ । यो अत्यन्तै प्रशंसायोग्य काम हो । [bs-quote quote=”धेरैले विश्वेश्वरलाई फ्रायडवादी यौनविज्ञानको दर्शनलाई नेपाली सृजनात्मक लेखनमा कुशलतापूर्वक प्रयोग गरेर देखाउने साहित्यकारको रूपमा चिन्दछन् । उनले पनि आफूलाई साहित्यमा अराजकतावादी भएको बताएका छन् । उनले आफ्नै बारेमा जे भने पनि उनको मान्यतालाई यही बिन्दुमा पूर्णविराम दिन मिल्दैन ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] यो सैद्घान्तिक चर्चाको विषयलाई यही छोडेर विश्वेश्वरप्रसाद कोइरालाको उत्कृष्ट उपन्यास ‘सुम्निमा’ माथि चक्रव्यूह सञ्चेतना अन्तर्गत वर्णशङ्कर संस्कृतिको ऐकिक उपागमबाट विश्लेषण गरौं । धेरैले विश्वेश्वरलाई फ्रायडवादी यौनविज्ञानको दर्शनलाई नेपाली सृजनात्मक लेखनमा कुशलतापूर्वक प्रयोग गरेर देखाउने साहित्यकारको रूपमा चिन्दछन् । उनले पनि आफूलाई साहित्यमा अराजकतावादी भएको बताएका छन् । उनले आफ्नै बारेमा जे भने पनि उनको मान्यतालाई यही बिन्दुमा पूर्णविराम दिन मिल्दैन । उनको लेखनको बारेमा बोल्ने अधिकार उनलाई थियो होला तर सर्वाधिकार भने होइन । कतिपय विश्लेषकहरूले विश्वेश्वरको राजनैतिक दर्शन र साहित्यिक दर्शन दुई फरक विषयहरू हुन् भन्दै तिनमा सम्बन्धगत समानता नरहेको आशय व्यक्त गरेको पाइन्छ तर यो सोचाइ एकदमै गलत हो । विश्वेश्वरको चिन्तन— चाहे त्यो साहित्यिक होस् वा राजनीतिक— मा मध्यमार्गी दर्शन पाइन्छ । त्यो मध्यमार्गी दर्शन प्रशस्तै अन्तरविरोधहरू भएका दुई विपरीत अस्तित्वहरूबाट जन्मिएको वर्णशङ्कर उपज (Hybrid Product) हो । सुम्निमाको सन्दर्भमा पस्नुभन्दा पहिले केही राजनैतिक सन्दर्भलाई साहित्यिक सन्दर्भसँग जोडेर अगाडि बढ्नु उपयुक्त ठहर्ला । राजनीतिमा जब सृजनशीलता मर्छ, विचारहरूलाई गत्यात्मक शक्ति नमानेर रुढ अवधारणा मानिन्छ । सूत्रहरू घोकेर सम्भाव्य वैकल्पिकताहरूलाई निषेध गरिन्छ र विचारकहरूका चिन्तनलाई बेवास्ता गरेर उनीहरूका मूर्तिमा माला मात्र चढाइन्छ । यो खतरा नेपाली चिन्तन परम्पराका एक शक्तिशाली प्रतिभा विश्वेश्वरप्रसाद कोइरालामाथि पनि पर्न सक्छ । नेपालमाताका छोराछोरीहरूमध्ये विश्वेश्वर नै प्रथम भए जसले समाज, अर्थनीति, संस्कृति, राजनीति र साहित्यका क्षेत्रमा समन्वयवादी चिन्तनलाई अगाडि सारेर नेपालको लागि उपयुक्त राष्ट्रिय दृष्टिबिन्दु निर्माण गरे । उनको बहुचर्चित प्रजातान्त्रिक समाजवादको सिद्घान्त पुँजीवादी धारणा र साम्यवादी धारणा बीचको वैचारिक समागमबाट निस्किएको वर्णशङ्कर उपज हो । यही दर्शनको पितृप्रभावमा परेर चालीसको दशकको उत्तरखण्डमा एक प्रभावशाली वाकपटु युवा राजनीतिज्ञ मदन भण्डारीले जनताको बहुदलीय जनवादको सैद्घान्तिक प्रारूप तयार गरेर शक्तिशाली नेपाली कम्युनिष्ट समुदायलाई समन्वयको राजनैतिक राजमार्गमा ल्याइपुर्\u200dयाए । जनताको बहुदलीय जनवाद पनि परस्पर विरोधी राजनैतिक मान्यताहरूकै बीचबाट जन्मिएको अर्को वर्णशङ्कर चेतना हो । यही श्रृङ्खलामा अर्को एउटा कडी थपिन पुग्छ । करिब एक दशक लामो सशस्त्र जनयुद्घको उद्यम सम्पन्न गरेर शान्तिपूर्ण राजनैतिक प्रतिस्पर्धामा रूपान्तरित भएको पूर्व क्रान्तिकारी शक्ति नेकपा माओवादीले पनि एक्काइसौं शताब्दीको जनवाद भन्दै कोइराला र भण्डारीको वैचारिक उत्तरदान (Ideological Legacy) कै प्रभावमा अर्को सान्दर्भिक वर्णशङ्कर चेतना जन्माएको छ । विश्वेश्वरको संलग्नता कुनै एक दल विशेषसँग जोडेर हेर्नु भन्दा पनि महत्त्वपूर्ण कुरो चाहिँ उनले प्रतिपादन गरेको मध्यमार्गीय दार्शनिक चिन्तन हो । उनको मध्ममार्गको चिन्तन उनको अवशानपछिका कयौँ वर्षहरूमा पनि उत्तिकै उपादेयतापूर्ण रहेको छ । उनी संलग्न राजनैतिक दलका मान्छेहरूले नै उनको ‘स्पिरिट’ बुझे बुझेनन्, त्यो आफ्नो ठाउँमा छ । विश्वेश्वरले दिएको मध्यमार्गीय चिन्तनको उपहार भने यो राष्ट्रका लागि ठूलो गुनको रूपमा रहिरहनेछ । यसरी नेपाली चेतनामा मध्यममार्गको उठान र विस्तार क्रममा विश्वेश्वरले अग्रज (Precursor) को भूमिका निर्वाह गरेका थिए । नेपाली समाजमा मध्यमार्गी चेतना बोक्नेहरूका लागि विश्वेश्वरप्रसाद कोइराला एक आद्यरूप (Archetype) हुन् । [bs-quote quote=”‘सुम्निमा’ उपन्यासले ‘पोलिटिकल करेक्टनेस’को दृष्टिबाट थुप्रै आरोपहरू खेप्नु परेको छ । दुई ध्रुवबाट प्रश्न उठ्ने गरेका छन् कि किराती देवीलाई नाङ्गो देखाइएको छ र ब्राम्हण संस्कृतिलाई अतिरञ्जित रूपमा खिल्ली उडाइएको छ । ऐतिहासिकतासँग मात्र जोडेर हेर्ने हो भने यी दुई तर्कहरू आ—आफ्ना ठाउँमा आफ्नै हैसियतका होलान् तर प्रतीकात्मक रूपमा बोध गर्दा कोरा प्रकृतवाद र उडन्ते आदर्शवाद दुई परस्पर विरोधी अतिवाद हुन् ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] सर्वप्रथम २०२७ सालमा प्रकाशित ‘सुम्निमा’ उपन्यासलाई उपन्यासकार स्वयंले प्रतीकात्मक अर्थमा बुझ्नुपर्ने आशय व्यक्त गरेका छन् । सुम्निमालाई किरातीहरू आराध्यदेवी मान्दछन् । उपन्यासमा उनलाई नाङ्गी मान्छेको रूपमा गरिएको प्रक्षेपण (Projection)लाई कतिपय विश्लेषकहरूले सांस्कृतिक अतिक्रमणको रूपमा लिएको पाइन्छ । यसैगरी सोमदत्तलाई ढोंगी र उपहासमय पात्रको रूपमा प्रस्तुत गरिनुलाई पनि एक थरी विश्लेषकहरूले ब्राह्मण संस्कृतिमाथि गरिएको खुल्लमखुला खिल्लीको रूपमा लिएका छन् । यसरी ‘सुम्निमा’ उपन्यासले ‘पोलिटिकल करेक्टनेस’को दृष्टिबाट थुप्रै आरोपहरू खेप्नु परेको छ । दुई ध्रुवबाट प्रश्न उठ्ने गरेका छन् कि किराती देवीलाई नाङ्गो देखाइएको छ र ब्राम्हण संस्कृतिलाई अतिरञ्जित रूपमा खिल्ली उडाइएको छ । ऐतिहासिकतासँग मात्र जोडेर हेर्ने हो भने यी दुई तर्कहरू आ—आफ्ना ठाउँमा आफ्नै हैसियतका होलान् तर प्रतीकात्मक रूपमा बोध गर्दा कोरा प्रकृतवाद र उडन्ते आदर्शवाद दुई परस्पर विरोधी अतिवाद हुन् । सुम्निमा उपन्यासले यी दुई अतिवादी सोचहरूमाथि परिस्कारको आवश्यकता औंल्याएको छ । अन्तरसांस्कृतिक सम्मिलनको यो कालखण्डमा सुम्निमा उपन्यासले प्रदर्शित गरेको आग्रह झनै बढी महत्त्वपूर्ण भएको छ । एक्काइसौं शताब्दीको यो पूर्वार्द्धमा वर्णशङ्करता (Hybridity) भाषा, संस्कृति, रहनसहन, फेसन र वंश विस्तारको तहसम्म फैलिएको छ । मिखायल बाख्तिनलाई सम्झिदै उनको ध्वनिमहोत्सव (Heteroglossia) को ऐकिक समालोचकीय नमूना प्रयोग गर्ने हो भने उपन्यासकार कोइरालाले प्रकृतिको स्वतन्त्र प्रवाह र संस्कृतिको स्वनिषेधकारी उद्यमका वाणीहरूको सहचार्यलाई उपन्यासमा खेल्न दिएका छन् । सुम्निमाले सोमदत्तका मानवीय प्रकृतिविरोधी यावत अतिरञ्जनाहरूलाई आक्रमण गर्छे । सोमदत्तका संकीर्ण ब्राह्मणवादी चिन्तन र प्रथाप्रचलनलाई खिसिट्युरी गर्छे । उपन्यासकारले सुम्निमाको यो स्वतन्त्रतामाथि लगाम लगाएका छैनन् । त्यसकारण उपन्यासकार विश्वेश्वरमा कतिपयले ब्राह्मणवादी अहङ्कारको मनोविज्ञानले काम गरेको भनेर लगाएको आरोप त्यति जायज लाग्दैन । सुम्निमामा व्यवहारिकताको बाहुल्य छ । उनीसँग पदार्थवादी सांसारिक चेतना छ तर सोमदत्तमा उडन्ते आदर्शवाद छ । प्रकृतिमाथि निर्मम दमन छ । सुम्निमा प्रकृति (Instinct) लाई स्वतन्त्र छोडिदिन्थे भने सोमदत्त जहिले पनि दबाउन खोज्छ । यी दुई पात्रहरूमध्ये एउटी सांसारिक छे अर्को असांसारिक छ । एउटी सहज, स्वाभाविक र प्राकृतिक छे भने अर्को असहज, अस्वभाविक र अप्राकृतिक छ । सोमदत्तले मानवीय प्रकृतिलाई निर्मम दमन गरे पनि ऊ प्रकृतिको उपस्थिति र आभाषलाई निर्मूल पार्न सक्दैन । ऊ पराजित हुने युद्घमा मूर्खबहादुर (Daredevil) भएर लाग्दछ । सोमदत्त ‘माता’ शब्द प्रयोग गर्दै आफ्नो पाण्डित्य प्रदर्शन गर्छ र त्यसलाई देवभाषा भन्दछ । सुम्निमा ‘आमा’ शब्द प्रयोग गर्दै जनजीवनको भाषा रुचाउँछे । सुम्निमा मानव भएर मानवकै रूपमा रहन चाहन्छे र भन्छे,— “त्यसो भए मान्छे भएर मान्छेको बोलीमा किन बोल्दैनौ तिमी ? द्यौताको चलन गर्नुहुँदैन मान्छे भएर । मानिस भएपछि मानिसकै चलन गर्नुपर्छ, सोमदत्त । ”(७) उपन्यासमा राजपुत्रले सूर्यदत्तको ब्राह्मण परिवारको तपस्यामा कुनै पनि विघ्नबाधा नपरोस् भनेर किरात र भिल्लहरूलाई गोवध र अरु किसिमको हत्या नगर्न राजाज्ञा जारी गरेको सन्दर्भ पनि छ । भिल्ल युवक आर्यहरूसँग युद्घको पक्षमा भए पनि सुम्निमाका बाबु किराती बिजुवा साम्प्रदायिक सद्भाव कायम गर्दै मिलेर बस्नुपर्ने बताउँछन् । उनी भन्छन्— “….युद्धको सल्लाह सर्वनाशको सल्लाह हो ।” (१२) विश्वेश्वरको दर्शन समन्वयकारी छ । उनी आर्य र मङ्गोललाई प्रतिनिधित्व गर्ने यी भिन्न जातिहरू व्राह्मण र किरातको बीचमा आनुवांशिक समीकरण गराएर एउटा छुट्टै वर्णशङ्कर संस्कृतिको निर्माण गराउन चाहन्छन् । पूँजीवाद र समाजवादको समन्वयबाट प्रजातान्त्रिक समाजवादको राजनैतिक दर्शन निर्माण गरेजस्तै संस्कृति र अनुवंशको क्षेत्रमा पनि उनी त्यही समन्वयवादी दृष्टिकोण अगाडि सार्दछन् । [bs-quote quote=”सुम्निमा र सोमदत्तका संकथनहरू (Discourses) एक अर्कामा विपरीत जस्ता लाग्दछन् । सुम्निमासँग व्यवहारिक र सौन्दर्यपरक दृष्टिकोण छ । ऊ प्रकृति र चराचर जगतमा विद्यमान सौन्दर्यलाई अनुभूत गर्न र त्यसमा रमाउन सक्छे तर सोमदत्त वर्णाश्रमको वकालत गर्ने कट्टर हिन्दूवादी धर्मदर्शनबाट यसरी प्रशिक्षित छ मानौं कि सौन्दर्य चिन्तन भनेको पाप हो, अधोगतितिरको प्रस्थानविन्दु हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सुम्निमा र सोमदत्तका संकथनहरू (Discourses) एक अर्कामा विपरीत जस्ता लाग्दछन् । सुम्निमासँग व्यवहारिक र सौन्दर्यपरक दृष्टिकोण छ । ऊ प्रकृति र चराचर जगतमा विद्यमान सौन्दर्यलाई अनुभूत गर्न र त्यसमा रमाउन सक्छे तर सोमदत्त वर्णाश्रमको वकालत गर्ने कट्टर हिन्दूवादी धर्मदर्शनबाट यसरी प्रशिक्षित छ मानौं कि सौन्दर्य चिन्तन भनेको पाप हो, अधोगतितिरको प्रस्थानविन्दु हो । ऊ उग्र प्रत्ययवादी सोचको सिकार भएको छ । अर्कोतिर सुम्निमा भने प्रकृतिको नियममाथि विश्वास गर्छे । ऊ भन्छे,—“पर्कितिले मिलाएको रयाङ्ठ्याङ्लाई कहाँ—कहाँका धर्मका अमिल्दा कुरा ल्याएर बित्थामा किन भत्काउन खोज्छौ ?” (१७) बाजको आक्रमणबाट परेवालाई बचाएपछि सुम्निमा उक्त परेवाको सौन्दर्यको प्रशंसा गर्छे भने सोमदत्त चाहिँ त्यसको प्राणरक्षा भयो भन्छ । सुम्निमामा स्वायत्तता छ । भावनाको सहज प्रवाह छ तर सोमदत्तमा उकुसमुकुस छ । दमित मनोकाङ्क्षाको डङ्गुर छ । फ्रायडेली पदावली सापटी लिएर भन्दा इडमाथि जबर्जस्त दमन छ । सुपरइगो (पराहाम्) ले असफल थिचोमिचो गरेको छ । संकीर्ण व्राह्मणवादी सङ्कथन (Parochial Brahministic Discourse) ले उसको चेतनलाई कथित सभ्यताको जञ्जिरभित्र जकडेर राखेको छ । तर यति हुँदाहुँदै पनि उसको अवचेतन (Unconscious) परम्परागत व्राह्मणवादी चेतनसत्ताको साँध मिचेर अगाडि जान्छ र सुम्निमासँगको कामभावनाले भित्रभित्रै पिरोलिन्छ । मानिसको सम्पूर्ण मानसको दशप्रतिशत मात्र चेतनाले निर्देशित हुन्छ, बाँकी नब्बे प्रतिशत चाहिँ अवचेतनले निर्देशित हुन्छ भन्ने तथ्यलाई पुष्टि गर्न प्रयोग गरिने दशभाग मध्ये एक भाग मात्र पानी बाहिर निकालेर तैरिने आइसबर्गको फ्रायडेली बिम्ब यहाँनिर स्मरणीय हुन आउँछ । बाल्यकालका अनुभवहरूबाट वयस्क उमेरमा पनि व्यक्ति विच्छेदित हुन सक्दैन । बाल्यवस्थामा सँगै खेलेका साथी, त्यसमा पनि विशेष गरी विपरीत लिङ्गीप्रतिको आकर्षण आजीवन अकाट्य रहने भाव फ्रायडले व्यक्त गरेका छन् । फ्रायडको मतमा “वास्तवमा, हामी कुनै पनि कुरोलाई तिलाञ्जली दिन सक्दैनौँ । हामी एउटाको स्थानमा अर्कोलाई प्रतिस्थापन मात्र गर्छौँ । जे त्यागियो जस्तो लाग्छ, त्यो त्याग नभएर अर्को वैकल्पिकको व्यवस्था भएको हुन्छ” (७१३: फ्राइड) । यही विकल्प र प्रतिस्थापनको नियम अनुसार सोमदत्त सुम्निमासँग शारीरिक सहचार्य स्थापित गर्न नसके पनि विकल्पको रूपमा धर्मपत्नीसँगको यौनसमागमको क्षण सुम्निमाको छवि (इमेज)सँग मनोरञ्जन लिन्छ । सुम्निमा शरीरको प्रशंसा गर्छे भने सोमदत्त आत्माको गुणगान गर्छ । तर यी दुवैको दृष्टिकोण अपूर्ण छ । न त शरीर नै सम्पूर्ण हो न त आत्मा नै । यी दुवै एक अर्काका परिपुरक हुन् । एउटा सन्तुलित समाजको निर्वाहका लागि यी दुवैको यथेष्ट महत्वबोध जरुरी हुन्छ । सोमदत्त भन्छ, “आत्मा नित्य छ, शरीर क्षणभङ्गुर, त्यसैले नित्यको सेवन गर्नुपर्छ र अनित्यको त्याग” (२४) । सुम्निमा भन्छे, “….जुगजुगान्तरसम्म, सधैँभरि रहिरहने कुरोलाई जोगाएर राख्नका लागि के काम हेरचाह गरिहनु पर्\u200dयो र ! त्यो त सधैँभरि छदैछ नि ! रच्छे नहुनेलाई पनि रच्छे गर्नुपर्छ …..”(२४) [bs-quote quote=”विश्वेश्वरले यो वर्णशङ्कर संस्कृतिको चेतनालाई उहिले नै आवश्यक ठाने । यो चेतना अहिले सुरु हुँदै गरेको गणतान्त्रिक युगको सफलताका लागि पहिलो अनिवार्य शर्त हो ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] नेपालमा गणतान्त्रिक राज्यव्यवस्थाको सूत्रपातसँगै सुम्निमा उपन्यासको वैचारिक चेतको महत्त्व झनै बढेको छ । एक्काइसौं शताब्दीको समाजमा एकात्मक सोच, व्यवहार र कार्यशैलीले अग्रगतिलाई सुनिश्चित गर्न सक्दैन । आजको विज्ञान र प्रविधिले सम्पन्न समाज कैयौं शताब्दी पुरानो कविलातन्त्री समाज पनि होइन । आजको समाज जातीय एवम् साम्प्रदायिक समन्वय र सद्भावबाट मात्रै शान्त र व्यबस्थित रहन सक्छ । असमावेशी र एकाधिकारवादी शैलीको अव आएर कत्ति पनि गुञ्जायस छैन । जातीय पृथकतावादी सोचले न त हिजोको समाजमा सौन्दर्य ल्यायो, न त आजकोमा सम्भव छ, न त भोलि नै हुनेछ । विश्वेश्वरले यो वर्णशङ्कर संस्कृतिको चेतनालाई उहिले नै आवश्यक ठाने । यो चेतना अहिले सुरु हुँदै गरेको गणतान्त्रिक युगको सफलताका लागि पहिलो अनिवार्य शर्त हो । निराहार, निर्जला भएर अतिशय कठोर जीवन यापन गर्ने क्रममा सोमदत्त डरलाग्दो आकृतिमा परिणत हुन्छ । भास्सिएका आँखा र कंकालजस्तो शरीर भएको सोमदत्तलाई देखेर केटाकेटीहरू डरले भाग्छन् । सुम्निमाको तरुनी बिम्बले उसलाई सधैँ लखेट्छ । ऊ भन्छ,— “यो धुकधुकी नथामिउञ्जेल सुम्निमाले मलाई छाड्ने भइन” (३१) । सुम्निमा नैसर्गिक प्रकृतिको प्रतीक हो । सुम्निमा नैसर्गिक स्वभाव हो । त्यसैले सोमदत्त त्यसबाट मुक्त हुन सक्दैन । नैसर्गिकताबाट मुक्त हुन सक्ने भए आदिम ऋषिहरू देवत्वको किनारा छुइसकेपछि पनि पुनः शारीरिक सुखको नदीमा चिप्लेर झर्दैनथे । प्राणीमानसमा अवचेतनको राज्य छ । त्यो राज्यमा काम, क्रोध, लोभ, मोहका बलिया किल्लाहरू छन् । कामवासनाको परिपूर्तिको आवश्यकतालाई कठोर अनुशासनात्मक छडीले निषेध गरे पनि त्यसको मानसिक संलग्नतालाई कसैले निमिट्यान्न पार्न सक्दैन । सोमदत्त पनि आखिर रक्तमांस (Blood and Flesh) भएको सांसारिक प्राणी हो । सोमदत्त आफ्नी पत्नी पुलोमासँग शरीरतत्त्वको बोधविहीन समागम गर्नुपर्ने मान्यता राख्छ । उसका लागि नारी र पुरुष शरीरको समागम चरमानन्द (Orgasm) का लागि होइन, यसले त वंशविस्तारको पुर्ख्यौली प्रचलनसँग मात्र सरोकार राख्दछ । यो एकलकाँटे संकीर्ण व्राह्मणवादी सोचबाट ऊ उम्कन सक्दैन किनकि ऊ अनुदारवादी गुरुकुल सङ्कथनको एकोहोरो घोकाइबाट अन्ध भएको छ । ऊ पुलोमालाई भन्छ,—“ब्राम्हणी ! पुत्रपाप्तिका हेतु सम्पन्न हुने शारीरिक समागममा शरीरतत्त्व रहँदैन, तिमीले यो बुझेकी नै छ्यौ । शरीरतत्त्वको बोध भएर शारीरिक सुखको अनुभव हुन थाल्यो भने समागमको कर्तव्यहेतु लोप भएर जान्छ, धर्म विलीन हुन्छ र धर्मको विलीयमानको त्यो स्थितिमा रहन्छ केवल पाशविक वृत्ति मात्र” (३८) । सोमदत्तलाई पुत्रलाभ नभएपछि उसले बिजुवासँग सम्पर्क गर्छ । किराती बिजुवाले आफ्नी छोरी सुम्निमालाई सोमदत्तको मनुवालाई रिझाइदेऊ भनेर अह्राउँछ । फ्रायडेली व्याख्याअनुसार बिम्बहरू नतोदर (Concave) र उन्नतोदर (Convex) गरी दुई किसिमका हुन्छन् । योनि नतोदर बिम्ब हो भने लिङ्ग उन्नतोदर बिम्ब हो । यो व्याख्या अनुसार दह योनिको प्रतीक हो । सुम्निमाले सोमदत्तलाई प्रकृतिमा फर्काउनका लागि मनुवा दहमा लैजान्छे । सोमदत्तको रिसाएको मनुवालाई पुनरागमन गराइदिन्छे । मनुवा भनेको यो सन्दर्भमा नैसर्गिक यौनचेत भनेर बुझ्न सकिन्छ । मनुवा दहमा पुगिसकेपछि सोमदत्त भन्छ,— “चारैतिरबाट वनस्पतिहरूले सुरक्षित यो सुरम्य खाडल, मलाई माताको गर्भको स्मरण लाग्छ र यहाँको यो सरोवरको जल त्यो जीवनरस सदृश लाग्छ जसबाट गर्भमा शिशु पोषण प्राप्त गर्छ” (५०) । सुम्निमा उपन्यासका पात्रहरू आफ्नो बिखण्डित स्व (Fragmented Subjectivity) लिएर बाँचेका छन् । सुम्निमा र सोमदत्त बाल्यकालीन प्रेमीप्रेमिका हुन् । यी दुवै जनाको दिलमा एकअर्काको तस्वीर अमीट रूपमा कुँदिएको थियो र छ । सोमदत्त आफ्नो कथित उच्च जातीय खान्दानबाट तल झर्न नसकेर सुम्निमासँग विवाह गर्न सक्दैन । सुम्निमासँग भने त्यस्तो जातीय भेदको भाव पाइन्न । ऊ सोमदत्तलाई भन्छे,— “…फेरि, मेरो दुल्हा तिमीजस्तै छ, ऊसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ । यस्तै सपनालाई अँगाल्दै त हिँड्नुपर्छ नि बाँच्नु छ भने …” (५६) । सोमदत्तकी श्रीमती पुलोमाको पतिभक्तिमा कुनै प्रश्न उठाउन मिल्दैन, तर ऊ आफ्नो बाल्यकालीन भिल्ल साथीलाई सम्झन्छे । ऊ लामो श्वास फालेर भन्छे, “कहाँ होला त्यो भिल्ल आजकाल ?” (५८) पुलोमाको अवचेतनमा भिल्ल युवकको प्रभाव तीक्ष्ण छ । [bs-quote quote=”आफ्नी सह–सत्यावती पुलोमालाई बिर्सनु तर बाल्यकालको ऐतिहासिक गर्तबाट सुम्निमाको बिम्बलाई टिपेर त्यही बिम्बात्मक किरातीनी शरीरसँग भावनात्मक तहमा एकाकार हुनु सोमदत्तको मानसिक रण्डोपन हो । उसको कठोर तपस्या र यौनमा शरीरत्वको बोध हुनुहुँदैन भन्ने मान्यता त केवल परम्पराले लगाइदिएको छद्म आवरण मात्र हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सोमदत्त पनि आफ्नी ब्राम्हणपत्नी पुलोमासँगको रात्रीकालीन रतिक्रीडामा आफू किरातीनी सुम्निमासँग परमानन्दमा लीन भइरहेको भ्रम महसुस गर्दछ । उसको शारीरिक अस्तित्व पुलोमाको अङ्गप्रत्यङ्गसँग उपस्थित छ तर मानसिक अस्तित्वचाहिँ पार्थिव रूपमा अनुपस्थित सुम्निमासँग जोडिन पुग्छ । यो विरोधाभाष नै सोमदत्तको दर्शनको पराजय हो र प्रकृतिको विजय हो । आफ्नी सह–सत्यावती पुलोमालाई बिर्सनु तर बाल्यकालको ऐतिहासिक गर्तबाट सुम्निमाको बिम्बलाई टिपेर त्यही बिम्बात्मक किरातीनी शरीरसँग भावनात्मक तहमा एकाकार हुनु सोमदत्तको मानसिक रण्डोपन हो । उसको कठोर तपस्या र यौनमा शरीरत्वको बोध हुनुहुँदैन भन्ने मान्यता त केवल परम्पराले लगाइदिएको छद्म आवरण मात्र हो । सोमदत्त र पुलोमाबीचको शारीरिक समागमले उनीहरूमा रत्तिभर पनि एकत्व स्थापित गर्दैन । यी दुवै पात्र आ–आफ्नै बाल्यकालीन प्रेमपात्रहरूलाई सम्झन्छन् । सोमदत्तको छोरो जन्मिन्छ । सुम्निमाकी छोरी जन्मिन्छे । सोमदत्त र पुलोमाको शारीरिक समागमबाट छोरो जन्मिन्छ । तर यो समागमको मानसिक आयाम फरक छ । सोमदत्तको भावनामा सुम्निमा छे । पुलोमाको भावनामा भिल्ल छ । सुम्निमाको भावनामा आफ्नो लोग्नेको सट्टा सोमदत्त छ । यस्तो प्रकारको जटील यौनमनोविज्ञानको चक्रव्यूहमा पात्रहरू फसेका छन् । यहाँ जात, सम्प्रदाय र धर्मका सीमारेखाहरू भञ्जित छन् । सचेत अथवा असचेत रूपमा पात्रहरू वर्णशङ्कर संस्कृतिको रचना गर्दछन् । पात्रहरूको सचेतता अथवा असचेतता आफ्नो ठाँउमा होला, उपन्यासकार कोइराला भने जातीय सहअस्तित्वको दार्शनिक धरातलबाट वर्णशङ्कर संस्कृतिको सम्भावनालाई सङ्केत गरिरहेका छन् । सोमदत्त मर्नु अगाडि आफ्नो जीवनलाई बिफल सम्झन्छ । उसलाई यो बिफलताको आभास सम्भवतः यस कारणले हुन्छ कि ऊ प्रकृतिको अह्रावटलाई स्वच्छन्दतापूर्वक पालना गर्न सक्ने अवस्थामा रहेन । उसको सम्पूर्ण जीवन विखण्डित र विभाजित भएर बित्यो । उसले कसैलाई आजीवन प्रेम गर्\u200dयो तर त्यसको सहज र खुला अभिव्यक्ति दिन सकेन । सिग्मण्ड फ्रायड, ओशोजस्ता विद्वानहरूको आशय रहेको छ कि यौनेच्छा र प्रेमको अस्वभाविक दमनले सृजनात्मकता मर्दछ र जीवन भारपूर्ण हुन्छ । सम्भवतः यही नियम सोमदत्तका सन्दर्भमा लागू हुन्छ । सोमदत्तको छोराले बाबुको मृत्युपछि उसका सम्पतिहरू लगौंटी, धोती, कमण्डलु, मुजको डोरी, पीरा, कुशासन केही पनि जगेर्ना गर्नुपर्ने आवश्यकता महसुस गर्दैन । यस हिसाबले ऊ सांस्कृतिक रूपान्तरणतिर लहसिई सकेको छ । उसलाई सुम्निमाले आफ्नै गाउँ लैजान्छे । सुम्निमाकी छोरी र सोमदत्तको छोरो अन्तरजातीय प्रेम गर्छन् । सुम्निमा ती दुवैलाई आफ्ना पुर्ख्यौली र जातीय शैलीबाट अलि फरक भएर समन्वय कायम गर्न सिकाउँछे । मातापिताको पुस्तामा रहेको अन्तरजातीय अनुवांशिक मिश्रणको तीव्र चाहलाई कार्यरूप दिन असफल भए पनि छोराछोरीको पुस्तामा त्यो परियोजना सफल भएको छ । सुम्निमाले आफ्नो मृत्युभन्दा अगाडि नातिको अनुहार देख्न पाई । त्यो नाति अनुवांशिक रूपमा किरात र व्राह्मण दुई जातिबीचको रगतको मिश्रणबाट जन्मिएको वर्णशङ्कर सन्तान हो । सुम्निमाले आफ्नी छोरी र ज्वाइँ (सोमदत्तको छोरो) लाई सधैँभरि सम्झौताको जिन्दगी हिँड्न सिकाई । उसले भनी,— “….आज तिमीले एउटी किराती छोरीलाई आफ्नी पत्नी बनायौ… छोरीले पनि तिम्रो कुरा बुझेर आफ्नो बाटो केही छाड्न तयार हुनुपर्छ । त्यस्तै तिमीले पनि सम्झौता गर्ने प्रयत्न गर्नुपर्छ, आफ्नो बाटोलाई केही छाड्न तयार भएर । तिमीहरूको भलो होस् । तिमीहरूका सन्तान सम्झौताको बाटो झिक्न सक्ने होऊन् ।” (९४) [bs-quote quote=”सूर्यदत्तको छोरो सोमदत्त र बिजुवाकी छोरी सुम्निमाले आफूहरूलाई अवचेतनको तह हुँदै चेतनको तहसम्म अपनाउन चाहन्छन् । सोमदत्त कठमुल्लावादी धार्मिक जडताभित्र बाँचे पनि उसको अव्यक्त मनले हरेक समय सुम्निमालाई खोज्छ । सुम्निमाकी छोरी र सोमदत्तको छोरोले आफ्नी आमा र बाबुको अधुरा सपनालाई साकार रूप दिन्छन् र अन्तरजातीय रक्तमिश्रणको नयाँ परम्परा सुरु गर्छन् ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] विश्लेषणबाट हामी के पाउँछौँ भने सूर्यदत्त (सोमदत्तको पिता) र किराती बिजुवाको पुस्ताले ब्राम्हण रगत र किराती रगतलाई मिसाउने परिकल्पना नै गरेको थिएन । सूर्यदत्तको छोरो सोमदत्त र बिजुवाकी छोरी सुम्निमाले आफूहरूलाई अवचेतनको तह हुँदै चेतनको तहसम्म अपनाउन चाहन्छन् । सोमदत्त कठमुल्लावादी धार्मिक जडताभित्र बाँचे पनि उसको अव्यक्त मनले हरेक समय सुम्निमालाई खोज्छ । सुम्निमाकी छोरी र सोमदत्तको छोरोले आफ्नी आमा र बाबुको अधुरा सपनालाई साकार रूप दिन्छन् र अन्तरजातीय रक्तमिश्रणको नयाँ परम्परा सुरु गर्छन् । सोमदत्त र सुम्निमाको वर्णशङ्कर नातिनातिना पुस्ताले यो प्रयोगलाई निरन्तरता दिन्छन्, दिँदैनन् वा दिए दिएनन् उपन्यासकार आफैँ अनभिज्ञ छन् । चतराबाट खोटाङ जिल्लाको रावाखोलातिर लागेको त्यो वर्णशङ्कर शाखाको पछिल्लो कहिरन इतिहाससँग सुरक्षित छैन । हाम्रो समाजमा अहिले पनि रक्तशुद्घतावादी दर्शनमा विश्वास गर्ने कैयौं मानिसहरू छन् । विश्वेश्वरप्रसाद कोइरालाले आदिवासी जनजाति संस्कृति र व्राह्मण संस्कृतिको बीचमा विवाहको सामाजिक संस्थामार्फत वर्णशङ्कर जाति र संस्कृतिको निर्माण गर्ने मध्यमार्गी समन्वयवादी दृष्टिकोण अगाडि सारेका हुन् । यो दर्शनमाथि कतिपय व्राह्मण असहमत छन् । उनीहरूको विचारमा अन्तरजातीय रगतको सम्मिश्रणले ब्राम्हणहरूको जातीय शुद्घता नामेट हुन्छ । कतिपयले किरातीहरू व्राह्मणहरू जति सभ्य र सुसंस्कृत हुँदैनन् भन्ने अहङ्कारपूर्ण तर्क पनि अगाडि सार्छन् । त्यसैगरी कतिपय किरातीहरू यस्तो तर्क गर्छन् कि आर्य रगत शक्तिशाली हुन्छ । जब यो मंगोलियन अथवा अन्य कुनै रगतसँग मिसिन्छ यसले आदिवासी जनजातिको वंशाणुगत विशेषताहरूलाई न्यूनीकरण गरेर आफ्नो प्रभुत्व कायम गर्दछ । अर्को शब्दमा भन्दा उनीहरू Super Gene Theory को तर्कलाई अगाडि सार्दछन् । संख्यात्मक हिसाबले ठूलो जातिसँग रक्तसम्बन्ध स्थापित गर्दै जाँदा अल्पसंख्यकहरूको विशिष्ट जातीय पहिचान, अनुवांशिक विशेषता र मौलिक संस्कृति धराशायी हुँदै जाने भन्ने पनि उनीहरूको तर्क रहेको छ । वर्णशङ्करवादीहरू भने यस सम्बन्धमा के तर्क अगाडि सार्दछन् भने संस्कृति भनेको गतिशील विषय हो । यो भूतकालमा जम्मा भएको खजाना मात्र होइन । संस्कृतिको निर्माण वर्तमानमा पनि भइरहेको हुन्छ र भविष्यमा पनि हुनेछ । सिद्धान्तकार होमी के.भाभा उत्तरऔपनिवेशिक समय सन्दर्भमा संस्कृतिहरू एकअर्कासँग मिसिएको ठान्दै “संस्कृतिहरूको शुद्धता वा जन्मजात मौलिकताको दावी बचाउ गर्न नसकिने कुरो हो” भन्दछन् । (यास्क्रफ्टमा उद्यृत, ६१) । नेपाली समाजको सन्दर्भमा पनि दर्जनौँ संस्कृतिहरूको सङ्गम भेटिन्छ । बहुसांस्कृतिक समाजमा तिनीहरू एकअर्कालाई प्रभाव पार्ने र एकअर्काबाट प्रभावित हुने क्रम जारी थियो, जारी छ, जारी रहनेछ । सुम्निमा र सोमदत्तका सन्तानहरू पनि वर्णशङ्कर संस्कृतिको दायरालाई फराकिलो पार्दै जानेछन् । अन्नबाली, फलफूल, चराचुरुङ्गी र जनावरमा अन्तरजातीय, अन्तरउपजातीय परागसेचन र वीर्यसेचनले अर्को उन्नत जातिको विकास भइरहेको छ भने मानव जातिमा पनि यसको प्रयोग गरेर जातीय र सांस्कृतिक तनाव, द्वन्द्व एवम् टकरावलाई मत्थर पार्दै वर्णशङ्कर जाति र संस्कृतिको विकास गर्नुपर्ने हुन्छ । जे होस्, अन्तरजातीय विवाह मार्फत् निर्माण गरिने वर्णशङ्कर संस्कृतिको विषय अबको समयसन्दर्भमा एउटा सांस्कृतिक मात्र नभएर प्राज्ञिक, सामाजिक, राजनैतिक र वैज्ञानिक वंशशास्त्रसँग समेत जोडिएको जल्दोबल्दो विषय हो । भूमण्डलीकरणको दुनियाँमा जातीय समन्वय र अन्तरद्वन्द्वका रूपहरू तीव्र रूपले निर्मित, विनिर्मित र पुनर्निर्मित हुने प्रक्रियामा छन् । जातीय समन्वय तथा आध्यात्म र भौतिकताको बीचमा समन्वयको ध्वनि यस उपन्यासमा पाइन्छ । शरीर र आत्माको छुट्टाछुट्टै एकलकाँटे महत्व देखाउने अतिवादी दर्शनबाट बिचलित भएर उपन्यासकार कोइरालाले दैहिक र आत्मिक दुनियाँको समन्वयमा जोड दिएका छन् । प्रजातान्त्रिक समाजवादको जीवनदर्शन भनेको पनि पुँजीवादी र साम्यवादी दर्शनका चरमताहरूलाई कटौती गरेर स्थापित गरिएको सन्तुलित दृष्टिकोण हो । राजनैतिक दर्शनको सोझो अभिव्यक्ति उपन्यासमा नभए पनि त्यही दर्शनको मध्यमार्गी मर्म घुमाउरो शैलीमा छचल्किएको छ । विश्वेश्वरप्रसाद कोइरालाले मिथक र यथार्थको गोधूलि चेतनाबाट अभिप्रेरित भएर लेखेको यस उपन्यासमा अर्थका अरु कैयौं सम्भावनाहरू छन् । यति हुँदाहुँदै पनि वर्णशङ्कर संस्कृतिको चेतना वृहत् रूपमा उजागर गरिनुपर्ने एउटा समालोचकीय इकाइ हो । [bs-quote quote=”यो लेखमा मैले वर्णशङ्कर संस्कृतिको ऐकिक उपागमलाई प्रयोग गरेँ । त्यही बेला जातीय प्रतिनिधित्वको एकाइ, आत्मा र शरीरको द्वैतवादी दर्शनको एकाइ, प्रकृति र संस्कृतिबीचको द्वन्द्वको एकाइ, लैङ्गिक अहंको एकाइ, बिम्ब उपस्थितिको एकाइ, यौनमनोविज्ञानको एकाइ लगायतका ऐकिक नमुनाहरू आ—आफ्नो अस्तित्वको दाबी गर्दै अगाडि आएको महसुस गरेँ । मैले नचिनेका, नबुझेका र खुट्याउन नसकेका अरु एकाइहरू त्यहाँ हुन सक्छन् । चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा भनिएजस्तै समालोचना निरन्तरगामी परियोजना हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] पाठक महोदय ! समालोचक भएर सिद्धान्तपरक पठन गरिरहँदा मैले एउटा अप्ठ्यारो महसुस गर्ने गरेको छु । एउटा एकाइबाट विश्लेषण गरिरहेको बेला अरु एकाइहरू पनि एक अर्कामा उछिनाउछिन् गर्दै समालोचकसँग आफ्नो पहिचान र उजागरको माग राख्दछन् । यो लेखमा मैले वर्णशङ्कर संस्कृतिको ऐकिक उपागमलाई प्रयोग गरेँ । त्यही बेला जातीय प्रतिनिधित्वको एकाइ, आत्मा र शरीरको द्वैतवादी दर्शनको एकाइ, प्रकृति र संस्कृतिबीचको द्वन्द्वको एकाइ, लैङ्गिक अहंको एकाइ, बिम्ब उपस्थितिको एकाइ, यौनमनोविज्ञानको एकाइ लगायतका ऐकिक नमुनाहरू आ—आफ्नो अस्तित्वको दाबी गर्दै अगाडि आएको महसुस गरेँ । मैले नचिनेका, नबुझेका र खुट्याउन नसकेका अरु एकाइहरू त्यहाँ हुन सक्छन् । चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा भनिएजस्तै समालोचना निरन्तरगामी परियोजना हो । चक्रव्यूह सञ्चेतनाको नजरमा हरेक पाठतत्त्व (Text) स्वयंमा अर्थहरूको चक्रव्यूह हो । सिद्घान्तपरक पठन गर्न सक्ने पाठकहरू र समालोचकहरू यसभित्र एकाइको सहाराले कुशलतापूर्वक प्रवेश गरेर कुशलतापूर्वक बाहिर निस्कन सक्छन् । काव्यिक आल्हाद यही पसाइ र निस्काइमै अन्तरनिहित छ । ‘रिच्युअलिष्टिक’ समालोचकहरू भने प्रभाववादी, जीवनीपरक, विवरणात्मक र सूत्रपरक प्राध्यापकीय शैलीमा अल्झेर एक्काइसौं शताव्दीको प्राज्ञिकतलाई घाटा लगाइरहन्छन् । अर्थ महोत्सव– जिन्दावाद !!! Semantic Carnival – Jindabad !!! सन्दर्भसूचीः Ashcroft, Bill, Gareth Griffiths, and Helen Tiffin. Key Concepts in Postcolonial Studies. London : Rouledge, 1998. Freud, Sigmund.”Creative Writers and Daydreaming.” Critical Theory since Plato. ed. Hazard Adams.Rev.ed.Fortworth : HBJC,1992. कोइराला, विश्वेश्वरप्रसाद—सुम्निमा, ललितपुरः साझा प्रकाशन, २०६३ । #सुरेश हाचेकाली को हुन् आमा?: आमा ती हुन्, जसले हामीलाई जन्म दिइन् जसले हामीलाई पिता चिनाइन् जसले हिंड्न सिकाइन् आमा ती हुन्, जसले हामीलाई संघर्ष गर्न सिकाइन् सत्यताको मात्र बाटो अँगाल्न सिकाइन् जस्ले मर्यादा र कर्तव्यको पाठ सिकाई, हामीलाई शिक्षित र संस्कारी बनाइन् आमाको हुन् भनेर फेरि पनि तिनी सोध्ने गर्छौं, अझै आमा हुनुको परिभाषा खोज्छौ? जस्ले सिर्फ दिन, त्याग्न र सहन जानिन् नौ महिनासम्म गर्भ मा राखी, आफू मरे तुल्य भई, तिमीलाई जीवन दान दिइन् शरीरमा बगेको रातो रगतको धारा, तिम्रो मुटुको ढुकढुकी हुन् आमा जुन धर्तीमा उभिएका छौ, ती धर्ती हुन् आमा… तिमी, तिमी हौ भनेर परिचय गराउने हुन् आमा जुन नाममा गर्व गर्छौ तिमी, त्यो नाम दिने हुन् आमा सृष्टिको पहिलो नाम हुन् आमा मलाई भनी देऊ, आमा बिना के अस्तित्व छ तिम्रो? जुन तिमी मेरो भन्छौ, त्यो सबै आमाको आशीर्वाद हो तिमी त केही छैनौ, फगत खाली… विराटनगर #भारती पोखरेल #विराटनगर मैले वियोगहरु रचेर लेखेँ: भएर लेखेँ कति कति सहेर लेखेँ मैले वियोगहरु रचेर लेखेँ तिमीलाई हेरेर लेखेँ आफूलाई खोलेर लेखेँ म भित्र मलाई खोजेर लेखेँ पाएर आफूलाई भुलेर लेखेँ मैले वियोगहरु रचेर लेखेँ । #विराटनगर #सुशान्त थापा भोक: चौकामा राखेका रित्तो भाँडाकुँडा र चिसो चुल्होले गिज्याउँदै मतिर हेर्न थाले भने एकमुठी जाउलोको आशामा कयौँ पटक सूर्यले उदाउँदै अस्ताउँदै गर्दा मेरो खाली पेटमा कुनै सूक्ष्म जीवाणु ताण्डव गर्न थाले भने मैले त जसोतसो सहुँला तर यो भर्खरै माम भन्न सिकेको कोखाइ कोखाइ गराएर दुई चम्चा माड निल्न सक्ने भएको मेरो छोरो उसलाइ के भनेर सम्झाउँला ? मैले दैनिक न बलेको चुल्होतिरै देखाउनु कि ? वा फेरि कसौडिमा एक मुठी चामलमा दुई मानो पानी राखेर देखाउँनु ? कि उसकी हजुरआमाले म नहुँदा उसलाई सुताउन आफ्ना हातका बुढी औला चुसाए झैँ उसलाई सुताउन आज फेरि औलानै चुसाउँला ? मैले त जसोतसो सहुँला भन्नेले त भन्छन नि ! अँ भन्नेले त भन्छन नि दाल, चामल, नुन, तेल घरघरमै छ भनेर तर पसल नपुग्दै वरैबाट मेरो खल्तीको पैसा डरायो भने ? मैले वर्षौं लगाएर जोगाएको मेरो अस्तित्वको धरोहर नै हरायो भने ? मैले त जसोतसो सहुँला तर यो भर्खरै ताते ताते गराउँदा दुई पाइला चाल्न सकेको मेरो छोरो उसलाई कसरी सम्झाउँला ? मैले दिनौदेखी नखाएको मलिन अनुहार देखाउनु कि या फेरि मलिनतालाई लुकाउदै फुस्रो हाँसो देखाउनु ? कि म नहुँदा ऊ रोयो भने उसलाई हँसाउन उसको बाबाले आफ्ना दाह्रीले उसको कलिलो गालामा काउकुती लाइदिए झैँ अहिले फुल्याउन काउकुतिनै लगाउनु ? तर यसपटक उसका कलेटी परेका ओठले मेरा औँला च्याप्न सकेनन भने काउकुती लाउदा खित्का छोडेर हाँस्ने मेरो छोरो काउकुती पनि अल्झो लागेर मौन रह्यो भने कसो गर्नु नि ! मैले ? साँच्चै कसो गर्नु नि ! मैले ? #एबी भट्टराई #भोक तीन महिना मसानघाटमा बस्नु नै मेरो ज्ञानको टर्निङ् प्वाइन्ट हो - सञ्जिव उप्रेती: डा. सञ्जिव उप्रेती सामान्य मानिसका लागि अबुझ जस्तै देखिन्छन् । उनका कुरा यति सामान्य छन् कि धेरैले पत्याउँदैनन् र उनी सुल्झिन नसकेको घटना जस्तै हुने गर्छन् । उनी चरासँग कुरा गर्छन् । रुखहरुलाई अंगालो हाल्छन् । घन्टौ एकान्तमा बस्छन् र एक्लै एक्लै मुस्कुराउँछन् । उनी आजको एक हजार वर्षपछि नेपालीले दाल भात र तरकारीको साटो गँगटो खाएको कुरा यथार्थमा देख्छन् र त्यसको सजिव ब्याख्या गर्छन् । पानी र अक्सिजनको हाहाकार भएपछि पृथ्वीवासीले अर्बौ अर्ब डलर खर्च गरेर स्पेस यात्रा गरेको र अर्को पृथ्वी भेट्न नसकेको प्रयास सम्झन्छन् र चिन्तित हुन्छन् । उनलाई देशको सीमाका लागि करोडौं रुपैंया खर्च गरेको देख्दा हाँस उठ्छ । सम्य हुने नाममा सयौं पृथ्वी नष्ट गर्ने औजार बनाएको देख्दा निन्द्रा गायब हुन्छ । २५ वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा र साहित्य पढाएपछि केहि वर्षअघि डा. सञ्जिव उप्रेतीले अवकाश लिए । समय अगावै जागीर छाड्नुको कारण खुसीको खोजी थियो । यो खुसीको खोजीमा उनी त्यही गर्छन्, जसले उसलाई सन्तुष्टि दिन्छ । यही सन्तुष्टिको खोजीमा यसपटक उनले ‘हंष‘ उपन्यास बजारमा ल्याएका छन् । यसअघिका नेपाली उपन्यासहरु मान्छेलाई केन्द्रमा राखेर लेखिएका थिए । यो उपन्यासले हाँसले आफूलाई केन्द्रमा राखेर मान्छेले गरेका उपद्रोका पोल खोलेको छ । उपन्यासमा अनेक चरा चुरुङ्गी र प्रकृतिले मानिसको ठालु प्रवृत्तिलाई कसरी सहिरहेका छन् भन्ने कुरा पढिरहँदा पाठक पटक पटक झस्कन्छन् । १२ वर्षअघि उनले ‘घनचक्कर‘ उपन्यास लेखेर मानिसमा भएको पागलपनको कथा सुनाएका थिए । कतिपय पाठकले यो उपन्यास पढेपछि उनलाई कुनै मानसिक समस्या भएको कि भन्ने प्रश्न गरेका थिए । उपन्यासले बौद्धिक जगतमा विभिन्न किसिमका बहस छेडेको थियो । आम पाठकले भने उपन्यास जटिल भएको भन्दै पुर्नलेखनको माग गरे । केही वर्षअघि यसलाई उनले पुर्नलेखन गरेर बजारमा ल्याएपछि उपन्यास यसरी पुर्नलेखन गर्नुहुन्छ कि हुन्न भन्ने बहस पनि छेडियो । व्यवहारमा अत्यन्तै सरल उप्रेती साहित्यकार कृष्ण धरावासीका बालशखा पनि हुन् । हामीले उनको लेखन र बाँच्ने कला बुझ्न उनको बालपनबाटै कुरा सुरु गर्यौं । तपाईं किन यति एकलकाँटे ? बाल्यकालसँग यो एक्लो रहने स्वभावको कुनै सम्बन्ध छ ? पक्कै छ । सबैभन्दा पहिले त म राजस्थानमा जन्मिएँ । किनभने दोस्रो विश्वयुद्धको सिपाही भएर मेरा हजुरबुवा भारततिर लाग्नु भएको रहेछ । त्यतैका नेपाली परिवारसँग विवाह गरेपछि मेरी आमा जन्मनु भयो, उतै पढ्नुभयो । मेरा बुवा डाक्टरी पढ्न राजस्थान जाँदा उहाँहरुको भेट भयो, प्रेम भयो । त्यहीँ विवाह भयो र म जन्मिएँ । पढाइपछि बुवा सरकारी जागीरे भएर कैलाली जानुभयो, हामी उतै गयौं । त्यसपछि भोजपुर पुग्नुभयो, हामी उतै पुग्यौं । जागीर छाडेर निजी क्लिनिक खोलेपछि भने हाम्रो स्थायी बसोबास झापामा भयो । यो एकलकाटेँ बानीको विकास कसरी भयो त ? म एक्लो छोरो । जन्मिएँ राजस्थानमा तर त्यो स्मृतिमा छैन । कैलालीमा दुई वर्ष बसेका झल्याकझुलुक स्मृतिमा छन् । तर भोजपुरको ४ वर्षे बसाइ भने राम्रोसँग याद छ । यी वर्षहरुमा मेरा कुनै साथी भएनन् । म एक्लै एक्लै वन–जंगल चाहार्थे । खोल्साहरुमा पस्थेँ । आमाले मलाई स्वतन्त्र रहन दिनु हुन्थ्यो । सायद बालकलाई कुनै दबाब र प्रभावमा राख्नुहुन्न भन्ने उहाँ बुझ्नुहुन्थ्यो । यो बेला म घन्टौं प्रकृतिलाई हेरेर बस्ने भैसकेको थिएँ । विद्यालय टाढा भएकाले घरमै आमा र बुवाले मलाई पढाउनु भयो । एकैपटक झापामा ४ कक्षामा म भर्ना भएको थिएँ । सायद यो एकाकीपन अहिले पनि कायम छ । यो वर्ष कृष्ण धरावासीसँग दोस्तीको ५० वर्ष मनाउँदै हुनुहुन्छ । पहिलो भेट सम्झना आउँछ ? जस्ताको तस्तै । हाम्रो विद्यालयमा त्यो बेला एक कक्षादेखि पाँच कक्षासम्म काठको तक्ता ओछ्याइएको एउटै हलमा पढाइ हुन्थ्यो । छुट्टा छुट्टै पाँचवटा समूहमा भूँइमा पलेटी मारेर विद्यार्थीहरु बस्थे र कुर्सीमा छडी लिएर सरहरुले कक्षा सञ्चालन गर्नुहुन्थ्यो । त्यो मेरो विद्यालयको पहिलो अनुभव थियो । त्यो दिन लहरै मिलाएर राख्दा मेरो छेऊमा जो साथी देखियो, उ नै कृष्ण धरावासी थियो । पहिलो पटक आफ्नो जस्तो कदकाँठीको व्यक्तिसँग बोेलेको, साथी बनाएको र मित्रवत सम्बन्ध राखेको पहिलो व्यक्ति थियो ऊ हुन पुग्यो । ठ्याक्कै ५० वर्षपछि पनि त्यो प्रथम मित्रता अहिले पनि उस्तै छ । कस्तो नरम सम्बन्ध भने, हिजो अस्ति मात्रै ऊसँग बोलचाल भएको जस्तो । डा. सञ्जिव उप्रेती सामान्य मानिसका लागि अबुझ जस्तै देखिन्छन् । उनका कुरा यति सामान्य छन् कि धेरैले पत्याउँदैनन् र उनी सुल्झिन नसकेको घटना जस्तै हुने गर्छन् । यस्तो लंगौटी साथीलाई पनि तपाईंहरु ‘तपाईं‘ सम्बोधन गर्नुहुन्छ, अनौठो होइन ? तिमी सम्बोधन गर्दथ्यौं । एसएलसी पास गरेर उनी क्याम्पस पढ्न इलाम गए । प्रथम विद्यार्थीले डाक्टर बन्नुपर्छ भन्ने सामाजिक मान्यता लिएर म चाहीँ काठमाडौं आएँ । एक वर्षपछि दसैंमा हाम्रो भेट भयो । उनी त क्याम्पसको संगतमा साथीहरुलाई तपाईं भन्न थालेछन् । अब उनले तपाईं भनेपछि मैले तिमी भन्ने कुरा आएन । उमेरले जेठा पनि हुन् । बाध्यतापूर्वक तपाईं भन्न सुरु गरेँ । तर तपाईं त देखिने कुरा हो, हामी तँ स्तरकै साथी हौं । तपाईंहरुको साहित्यिक यात्रा विद्यालयदेखि नै सुरु भएको हो ? कस्तो थियो दुबैको साहित्यिक स्तर ? हाम्रो दोस्ती जमिरहनुमा सायद साहित्यले पनि काम गरेको थियो । मेरी आमा साहित्य, कला र संगीत तीनवटै विधामा रुची राख्नुहुन्थ्यो । राजस्थानी संस्कार सायद उहाँमा परेको थियो । भोजपुरमै हुँदा उहाँले मलाई कमिक्सहरु पढ्न दिनुहुन्थ्यो । फुर्सदको समयमा उहाँ हिन्दी र अङ्ग्रेजीका जासुसी र रोमान्टिक पुस्तक पढिरहनु हुन्थ्यो । त्यसका कथाहरु पनि सुनाउनु हुन्थ्यो । झापामा जसै कृष्णसँग भेट भयो, उनी लेख्न रुचाउने रहेछन् । स्कुलमा हुने कार्यक्रमहरुमा हामी दुबैले कविताहरु सुनाउँन थाल्यौं । हामी कौरब र पाण्डब खेल खेल्थ्यौं । त्यसमा हामीले जिद्दि गरेर पाण्डबको पक्ष लिन्थ्यौं । किनभने अरु कुरामा विद्यालयका दादा केटाहरुलाई जित्न सकिदैनथ्यो । जित्ने यो राम्रो माध्यम थियो । यसले महाभारतका पात्रहरुसँग परिचय गरायो । अलि पछि हामी पात्रहरुका बारेमा कुरा गर्न सक्ने भयौं । फरक के थियो भने उनी कुशल संघठनकर्ता थिए । साहित्यिक कार्यक्रम गर्थे । म भने एकलकाँटे भएर डुलिरहन्थे । उनका साथी धेरै थिए तर मेरो साथी भने उनीमात्रै रहे । तपाईं अस्कल पढ्दा पनि पशुपति आर्यघाटतिर गइरहनु हुन्थ्यो रे । प्रेम गर्ने उमेरमा बैराग्य कसरी पलायो ? मेरो बुवा ओशोका पुस्तकहरु पढ्नुहुन्थ्यो । १६–१७ वर्षको उमेरमा मैंले पनि ती पुस्तक पढ्न थालेँ । आध्यात्मिक पुस्तक पढ्ने क्रममा एउटा अनौठो पुस्तक मैंले हात पारेँ—अटोबायोग्राफी अफ योगी । यो पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आत्यात्मिक जीवन बढि रसपूर्ण लाग्न थाल्यो । यहि रनाहमा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भष्मेश्वरमै बसेँ । त्यो पनि १७ वर्षको उमेरमा । योगी हुनुपर्ने मान्छे, प्राध्यापक हुनुभयो । के कारण रह्यो ? मेरो मनमा जुन योगीहरुको कल्पना थियो, आर्यघाट बस्ने क्रममा ध्वस्त हुनपुग्यो । योगीहरु पनि तँ बढि भगवानको नजिक कि म, तेरो साधना बढि कि मेरो, तँ ठूलो योगी कि म, तेरो सिद्धान्त राम्रो कि मेरो भन्ने प्रतिस्पर्धा, इष्र्या र अहंकार हुँदो रहेछ । अध्यात्मभित्र त झन् कहालीलाग्दो कलह देखेँ । आज पनि म विभिन्न सप्रदायमा ध्यानका विधि सिक्न जान्छु । हरेक सम्प्रदायले के दाबी गर्छन् भने मेरो बाटो भएर मात्र मुक्त भइन्छ, यो नै अन्तिम सत्य हो । अब भन्नुस्, यो भन्दा झुट अरु के हुनसक्छन् ? त्यही भएर खगोल विज्ञान र भविष्य विज्ञानमा रुची राख्न थाल्नु भएको हो ? जीवन सहजरुमपा बुझ्न यो पनि तरिका हो । जस्तो हाम्रो बिसाल ब्रम्हाण्डभित्र हाम्रो आकाश गंगा कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो आकाशगंगाभित्र हाम्रो सौर्य मन्डल कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो सौर्य मण्डलभित्र हाम्रो पृथ्वी कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो पृथ्वीभित्र हामी कति कमजोर छौ, कमिला जस्तो । यो बिसाल ब्रम्हाण्डमा हामीले पाएको ज्ञान, धन, ऐश्वर्य जे जति छन् ती सबको कति अर्थ छ ? मानव भएर हामीले जे गर्नुपर्ने हो, गरिरहेका छौं ? यसले बाँच्ने तरिका सिकाउँछ जस्तो लाग्छ । भनेपछि के का लागि बाँच्ने त ? मानिसको बाँच्ने आफ्नै प्रयोजन हुन्छ । मेरो प्रयोजन खुसी हुने हो । आजको पूँजीवादी युगमा बाँच्नका लागि कुनै कुरा उत्पादन गर्नु पर्छ । त्यसलाई बेच्न जान्नु पर्छ र यस्तो व्यक्ति मात्र बाँच्न सक्छ । तर म भने त्यस्तो ठान्दिन । मेरालागि उत्पादन भनेको खुसी हो । मैले यत्रो वर्ष प्राध्यापन गरेँ, पैसा पनि पाएँ तर पैसाका लागि भन्दा खुसीका लागि त्यो काम गरेँ । पैसाका लागि गरेको भए डाक्टरी गर्थे हुँला । बुवासँग माफी मागेर अंग्रेजी साहित्य पढ्नतिर लाग्नुमा यही खुसी कारण यही खुसी थियो । समयअगावै जागीर छाड्नुमा पनि कारण यही छ । आज म डुलन्ते भएर हिँड्छु पुस्तक लेख्छु भने त्यो पनि खुसीका लागि । मसँग बाँच्ने यो मात्रै आधार छ । तपाईंकी जीवन संगीनी अर्चना थापाले महिलावादका विषयमा विद्यावारिधि गर्नुभयो । तपाईंले चाहीँ पुरुषवादका विषयमा ? यो विपरित विषय चयन गर्नुको कुनै कारण छ ? महिलावाद र पुरुषवाद एकअर्काका विपरित होइनन् । पुरुषवादले महिलाको र पुरुषवादले महिलाको विरोध गर्दैनन् । यी एकअर्काका सहयोगी विषय हुन् । मैले अध्ययन गर्दा पाएँ, पुरुषमाथि धेरै दबाब छ । उसले परिवार पाल्नुपर्छ, उसले नाम, नाम र ऐश्वर्य कमाउनु पर्छ भन्ने सामाजिक दबाब छ । यो नेपाल जस्ता अविकसित मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि छ । यहि कारण पुरुषहरुलाई महिलाका तुलनामा बढि मुटु रोग, उच्च रक्तचाप, तनाब र अप्ठ्याराहरु छन् । यो अध्ययन गर्दा यसलाई कसरी कम गर्न सकिन्छ भनेर पनि खोज गरेँ । यता अर्चनाले महिलाहरुले भोग्नु पने समस्याहरुको अध्ययनलाई नयाँ दृष्टिबाट हेरिन् । यसो गर्दा कतै न कतै महिलावाद र पुरुषवाद मिलेर समाजलाई राम्रो दिशा कसरी दिन सकिन्छ भन्ने निष्कर्ष पनि निस्कियो । म यसलाई विपरित विषय मान्दिन, होइन पनि । तर तपार्ईंहरुका रुचि र सोचहरु भिन्न छन्… हो, भिन्न छन् । उनी बढि सक्रिय, कामप्रति बढि जिम्मेवार र सामाजिक छन् । एकैठाउँ बसेर घन्टौं काम गर्न सक्छिन् । म सक्दिन । दुबैजना लेखक पनि हुनुहुन्छ । लेखनमा सहयोग, एकअर्कामा प्रतिस्पर्धा वा इष्र्या जस्ता कुराहरुको अनुभव गर्नुहुन्छ ? हामी एकअर्काका पहिलो पाठक हौं । र, ठूला आलोचक पनि । प्रतिस्पर्धा वा इष्र्या भन्ने कुरा चाहीँ हुन्न । आफूले धेरै राम्रो लेखेँ भनेर सुनाएको बेला भयंकर आलोचना हुँदा चित्त दुख्छ तर एक दुई दिनसम्म बोलचाल बन्द पनि हुन्छ । त्यो आलोचना आफ्नै भलाइका लागि हो भन्ने थाहा पाएका कारण दुखाइ कम भएपछि स्वतः सम्बन्ध पहिले जस्तै हुन्छ । हामी एकअर्काका शुभचिन्तक र प्रेमी हौं भनेर कसरी भन्न सक्छौं भने एकअर्काको राम्रो पक्ष अघि बढाउन तुरुन्तै काम गर्छौ । जस्तो जुन दिन मैंले उनको कथा सङ्ग्रह ‘कठपुतलाको मन‘ पढेँ । त्यसको बजार प्रतिक्रिया पनि राम्रै आयो । त्यसपछि मैले आफ्नो पुस्तक उनलाई छाप्न नदिने निर्णय गरेँ । जवकी उनको प्रकाशन गृह अक्षर क्रिएसनबाटै मेरा पुस्तक पनि छापिन्थे । यसो किन गरेँ भने उनी प्रकाशक भन्दा लेखिका हुनुपर्छ । मेरो मात्र होइन, उनको पुस्तक पनि व्यवशायिक प्रकाशन गृहबाट आउनु पर्छ । यसो गर्दा उनी प्रकाशकको भूमिकाबाट लेखिका हुन पाउँछिन् । त्यस्तै नीति उनले पनि लिन्छिन् । तपाईं अस्कल पढ्दा पनि पशुपति आर्यघाटतिर गइरहनु हुन्थ्यो रे । प्रेम गर्ने उमेरमा बैराग्य कसरी पलायो ? मेरो बुवा ओशोका पुस्तकहरु पढ्नुहुन्थ्यो । १६–१७ वर्षको उमेरमा मैंले पनि ती पुस्तक पढ्न थालेँ । आध्यात्मिक पुस्तक पढ्ने क्रममा एउटा अनौठो पुस्तक मैंले हात पारेँ—अटोबायोग्राफी अफ योगी । यो पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आत्यात्मिक जीवन बढि रसपूर्ण लाग्न थाल्यो । यहि रनाहमा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भष्मेश्वरमै बसेँ । त्यो पनि १७ वर्षको उमेरमा । कहिलेकाहीँ को ठूलो विद्वान, को बढि बौद्धिक भन्ने द्वन्द्व हुँदैन ? आफूलाई ठूलो, बौद्धिक र बुझेको ठान्नु पनि रोग नै हो । यो ब्रम्हाण्डका बिषयमा हामीले कति नै कुरा जानेका छौं र ? यो विशाल ब्रम्हाण्डमा हामीले थाहा पाएका कुरा कस्तो छ भने शून्यका पछाडि दशमलब राखेर जतिवटा शून्य राखेर अन्त्यमा एक लेख्दा पनि धेरै हुन्छ । सय वर्षअघिसम्म हामीसँग हवाइजहाज थिएन । १० वर्षअघिसम्म हामीलाई इन्टरनेट चलाउन आउँदैनथ्यो । मानव शरीरलाई समेत हामीले पूर्णरुपमा जान्न सकेका छैँनौ । त्यसैले यो सोच नै निरर्थक छ । अन्त्यमा लेखनका बारेमा केही प्रश्न छन् । जस्तो तपाईंले ‘घनचक्कर‘लाई पुर्नलेखन गर्नुभयो । यसको विरोध पनि भयो, के भन्नुहुन्छ ? पुर्नलेखन गर्नुहुन्न भन्नुको अर्थ, मैले १० वर्षअघि सोचेको कुरा आज पनि ठीक छ भनेर जिद्दी गर्नु हो । जवकी १० वर्षमा मैंले त्यस विषयमा कति नयाँ कुरा थाहा पाएँ, त्यसलाई सच्याउने कि नसच्याउने ? जो सच्चिदैन, ऊ जड हुन्छ । उसै पनि विश्व साहित्यमा पुर्नलेखन नै नभएका होइनन्, यस्ता सयौं उदाहरण छन् । महाभारतका पात्रमाथि लेख्नु, ऐतिहासिक विषयमा लेख्नु, एउटा साहित्यकारले लेखेका विषयमा अर्को साहित्यकारले लेख्नु अति सामान्य कुरा हुन् । मैले आफैले अर्को मकैको खेती नामक नाटक लेखेँ । त्यो राणाकालमा कृष्ण अधिकारीको मकैको खेती पुस्तकको पुर्नलेखन हो । अर्को कुरा मैंले पुस्तकका विषयवस्तु चलाएको होइन, भाषामा सरलता ल्याउने प्रयास मात्रै गरेको हुँ । घनचक्कर उपन्यास लेख्नुअघि मैंले अंग्रेजी भाषामा धेरै लेखेँ । नेपाली लेख्दै जाँदा सरल भाषामा पनि ती कुरा भन्न सकिँदो रहेछ भन्ने बोध भएपछि पुर्नलेखन गरेको हुँ । तपाईंले सिद्धान्तका कुरा लेखेर नेपाली लेखकलाई विश्व साहित्यमा चलेको विभिन्न सिद्धान्तको ज्ञान दिनु भयो । तर कतिपयले के भन्छन् भने तपाईंका पुस्तकहरु आफैँ सिद्धान्तमा छैनन् । के भन्नुहुन्छ ? म सिद्धान्तबाट मुक्त हुन आख्यान लेख्छु । खुसी उत्पादन गर्न लेखिएका कुराभित्र सिद्धान्त नहुन सक्छ । खुसी हुन बाहिरी बुद्धि आवश्यक पनि छैन । #सञ्जीव उप्रेती अनलाइन समारोह : 'सबैभन्दा पछि' पाएर 'सबैभन्दा धेर' रमाउन पाउने हामी भाग्यमानी: कृष्ण धरावासी गत वैशाख पच्चिस गते पृथ्वीमा छैटौं नेपाली आख्यान दिवस मनाइयो (पृथ्वीमा किनभने त्यसलाई संसारभरिका नेपालीहरूले तात्तातै आफ्नै हत्केलाहरूबाट देख्न पाए) । २०७० सालदेखि निरन्तर मनाइँदै आएको यो दिवस यसपालि कोरोना भाइरस संक्रमणका कारण भर्चुअल कन्फरेन्सद्वारा पूरा गरियो । दिउँसो दुई बजेदेखि सुरु हुने भनिएकोमा नयाँ प्रविधि (जुम) को प्रयोग गर्न व्यवस्थापन गर्दागर्दै तीन बजेको थियो । सहभागीहरू समयमै उपस्थित भए पनि कार्यक्रम सुरु हुन समय लाग्ने भएपछि आपसमा अनौपचारिक सम्वादमा रमाइरहेका थिए । सामान्यतः जुममा केहीपल्ट अन्तर्वार्ता दिएको अनुभव भए पनि यति धेरैको सामूहिक सहभागितामा मैले भाग लिएको थिइनँ । अनौपचारिक सम्वादमा सबैले एकआपसमा कोरोना कहरको अनुभव भनिरहेका थिए र यस बीचमा आफूले गरिरहेका कामहरूको जानकारी पनि गराइरहेका थिए । ल्यापटपको भित्ते सभाकक्षमा सबैले बोलिरहँदा निकै हल्ला भइरहेको थियो र कुरा जुधेर नबुझिने भएका थिए कानहरू । यसै पनि लेखककविहरू एकान्तबासी नै हुन मन पराउने वर्गमा पर्ने हुन् । सामान्य बेलामा पनि प्रायः एकान्त खोज्दै कताकता पुगिरहनेहरूलाई अहिलेको यो बाध्यात्मक एकान्तता उत्पादनशील र सिर्जनात्मक नै रहँदै आएको सूचना पाइएको थियो । त्यहाँ उपस्थित अधिकांश लेखकहरू नयाँ सिर्जना वा पुराना कृतिहरूको पुनर्पठन गरिरहेका थिए । आख्यान विशेष कार्यक्रम भएकाले अधिकांश आख्यान क्षेत्रकै श्रष्टाहरूको उपस्थिति थियो । आफ्नै घरको कम्प्युटरको भित्तामा रमाइरहेका अधिकांश लेखकहरू यो नयाँ प्रविधिसँग खेल्न नजानेर हैरान भइरहेको बताइरहेका थिए । कतिपय पुराना पुस्ताका अग्रजहरू अझै पनि कम्प्युटरमा टाइप गर्न हात नबसेको र हातैले लेख्न सजिलो हुने बताइरहेका थिए भने कति नयाँ पुस्ताकाहरू कम्प्युटरमा हात बसिसकेकोले अब त लेख्नै पो नजानिने हो कि जस्तो हुन थालेको अनुभव बताइरहेका थिए । बाध्यात्मक कारणबाट प्रविधिसँग घुल्नै पर्ने यो अवस्थामा लेखकहरूलाई फेरि एकपल्ट अतिरिक्त प्राविधिक ज्ञान आर्जन गर्नै पर्ने संकट आइसकेको रहेछ । कार्यक्रममा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम, सनत रेग्मी, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, कृष्ण धरावासी, लेखक तथा पत्रकार पुरुषोत्तम दाहाल, नारायण तिवारी, गोपाल अश्क, रोशन थापा निरव, विपिन शर्मा, समालोचकहरू डा. कुमार कोइराला, डा. ज्ञानु पाण्डे, कवि नारायण सापकोटा, देवराज मिश्र, प्रतिमा निरौला, कविता खनाल आदिको उपस्थिति थियो । कतिपयले जुममा आफूलाई जोड्न नजानेकाले उपस्थित हुन नसकेको पनि बुझियो । कार्यक्रमको महत्त्व आफ्नै ठाउँमा हुँदाहँदै पनि यो यान्त्रिकताले धेरैलाई अल्मलाइरहेको थियो । हलमा लहरै बसेजस्तो भएर मेरो कम्प्युटरमा भने एकपल्टमा नौ जनालाई मात्र देख्न सकिरहेको थिएँ । बेलाबेला अनुहारहरू स्क्रिनमा देखिने हराउने पनि भइरहेका थियो । आ–आफ्ना घरमा आरामले बसेर गफ गर्न पाइरहेकोमा कसैमा पनि कार्यक्रम कतिबेला सकिएला भन्ने हतार देखिदैन थियो । ध्रुब सापकोटा दाइ र मैलेचाहिँ अरूलाई देखाइदेखाइ चियाखाजा पनि खायौं । त्यसमा आयोजकले पैसा तिर्नु परेन । हलमा लहरै बसेजस्तो भएर मेरो कम्प्युटरमा भने एकपल्टमा नौ जनालाई मात्र देख्न सकिरहेको थिएँ । बेलाबेला अनुहारहरू स्क्रिनमा देखिने हराउने पनि भइरहेका थियो । आ–आफ्ना घरमा आरामले बसेर गफ गर्न पाइरहेकोमा कसैमा पनि कार्यक्रम कतिबेला सकिएला भन्ने हतार देखिदैन थियो । मलाई लाग्छ, यो कार्यक्रम गरेबापत विगत वर्षहरूको तुलनामा आयोजक संस्था पूरै नाफामा रह्यो किनभने उसले एककप चिया पनि पियाउनु परेन । हल बुक गर्नु पनि परेन, कुर्सी मिलाउने, ब्यानर टाँस्ने, माइक खोज्ने, प्रमुख अतिथि पर्खिने, आसन ग्रहण गराउने, खादा ओडाउने, पानसमा दीप प्रज्जवलित गर्ने, पानी बाँड्ने आदि केही काम गर्नु परेन र त्यसमा लाग्ने खर्च चोख्खै बाँच्यो । आयोजकलाई कम्तीमा पचास हजार त नाफै भयो होला । हामी आयोजकलाई पनि माइक्रो, नेपाल यातायात वा ट्याक्सी भाडा खर्च चर्लक्कै जोगियो । परिवार पनि खुशी नै भए । घरैबाट कार्यक्रममा सहभागी हुन पाइने भएपछि बिहानैदेखि हतार गरेर, लुगा छानेर, जुत्तामा पालिस दलेर, कपाल मिलाएर, ऐना अघि पटकपटक उभिइरहनु परेन । आफ्नै घरको चिसोतातोमा परिवारका सबैले सुन्ने गरी फुर्तिसँग भाषण गर्न पनि पाइने, मज्जा पो हुँदोरहेछ त ! सुरूमै देखिनु भएको थियो डा. ध्रुवचन्द्र गौतम । पछि कुरा बुझ्दै जाँदा कार्यक्रम नै उहाँकै घरबाट सञ्चालन भइरहेको रहेछ । अर्को मज्जा त झन् के भने दिक्क लागेमा आफैले आफ्नो कम्प्युटर बन्द गर्यो, घरको घरै । बीचैबाट कार्यक्रम मन नपरेर निस्केर अनेक हण्डर खाँदै थाकेर लखतरान परी घर आइपुग्नु पनि नपर्ने । चाहिएका जति मानिसलाई बोलायो, सम्वाद गर्यो, युट्युब, फेसबुक वा अन्य प्रकारका डिभाइसहरूबाट लाइभ गर्यो संसारभरि पुगिहाल्ने । चाहिएको सूचना पठाउने हो । विज्ञापन गर्ने हो । भै त हाल्यो ! अरुखाले बाह्रसत्ताइस कुरा अब किन गरिरहनु पर्यो ! सरोकार हुनेले आफ्नै हातको मोबाइल खोलेर हेर्छन्, मन नपर्नेले देखिदै गरेको पनि अफ गर्छन, कुरै सकियो । अब सबै कुरा आफ्नै हातमा आइपुगेछ । सबै कुरा आफ्नै निर्णयमा निर्भर भएछ । मैले जानेको थिएन, भूल भएछ भन्न पनि नपाइने भएछ । फेरि हिजो हेर्न नपाए आफ्नो फुर्सदमा खोलेर हेर्न, सुन्न पनि हुने । प्रविधिले यति सजिलो बनाएछ कि अब हामी सबै त्यसैको निर्देशनमा चल्ने सजीव रोबाेट बन्ने अभ्यासमा रहेछौं । जे होस्, यो कार्यक्रमको प्राविधिकताबाट मलाई प्रशन्नता मिल्यो । उद्घाटन, मन्तव्य, कार्यक्रमको जानकारी आदि कर्मकाण्ड सकिएपछि केही आख्यान पुरस्कारहरू घोषणा गरिए । मलाई लाग्छ, ती पुरस्कारका निम्ति छानिएका प्रतिभाहरूमा एक जनामात्र त्यो घोषणा सभामा उपस्थित थिए । सायद अरुले पछि फेसबुक वा युट्युबबाट थाहा पाए होलान् । सम्भवतः उनीहरू आफ्नै मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेरेर पुलकित भए होलान् । सो समारोहमा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले स्थापना गर्नु भएको ‘दीप गोविन्द स्मृति सम्मान कोष’बाट यस वर्ष सम्मानित हुनेहरूमा नगेन्द्रराज शर्मा, अञ्जना वस्ती भट्टराई र बिनु सुबेदी थिए । प्रविधिले यति सजिलो बनाएछ कि अब हामी सबै त्यसैको निर्देशनमा चल्ले सजीव रोबाेट बन्ने अभ्यासमा रहेछौं । दोस्रो सभा अन्तर्क्रियाको थियो । अन्तर्क्रियाको शीर्षक थियो ‘आजको परिस्थितिमा साहित्य पठन संस्कृति ।’ हरेकपल डटकमका साहित्य संयोजक मनोज न्यौपानेले संचालन गरेको सो अन्तर्क्रियामा माथि उल्लेखित सबै नामहरू उपस्थित थिए । बहसमा कृति हिजोका र आजकाको चर्चा हुँदै पाठकहरू सामाजिक संजालमा अल्झिन पुगेकाले पुस्तकको बजार खस्किदै गएको र मानिसहरूको व्यस्तताका कारण अब मोटा किताबहरू पढ्न रूचि गर्न छोडेको भन्ने पनि थियो । मानिसहरू अधिकांश समय सिसाको भित्तामा टाँसिन थालेकाले अब कानले सुन्ने र डिभाइसमा हेरिने किताबतिर बढी आकर्षित हुँदै गइरहेको पीर पनि पोखियो । पुस्तान्तरमा लेखन, पठन र विषयबस्तुको छनोटमा आएको धारका पनि चर्चा उठे । कसैको चिन्ता थियो–सामाजिक संजाल र इन्टरनेटबाट हुने पठन, स्तरीय लेखन र अध्ययनका लागि नकारात्मक पो होलान कि ! तर कसैको मत थियो–हरेक कुरा अभ्यास हो । अभ्यासले जेलाई पनि कालान्तरमा सजिलो बनाउँदै लैजाने गर्छ । अन्तर्राष्ट्रिय तहमा पुस्तक पठनका वैकल्पिक माध्यमहरू पनि चर्चामा थिए र सुन्ने किताबहरू अबका लोकप्रिय माध्यम हुने विचार पनि आए । संयोगले त्यसै दिन नेपालमा पहिलोपल्ट व्यावसायिक रूपले सुन्ने किताबको उत्पादन र बिक्री गर्ने गरी साहित्यपोष्ट डटकम को पनि उद्घाटन भएछ । कार्यक्रमले झन्नै तीन घण्टा समय दिंदा पनि दिक्क लागेन किनकि म र सनत दाइचाहिँ मज्जाले भुईँमा खुट्टा पसारेरै बसेका थियौं तर त्यो दृश्यलाई सकेसम्म स्क्रिनमा आउनबाट रोक्न खोज्थ्यौँ । मैले यसप्रकारको औपचारिक समारोहमा भाग लिएको यो पहिलो अनुभव हो । अब अर्कोपल्टदेखि यो कुनै अनौठो लाग्ने छैन । संसारमा उहिल्यैदेखि चलेर थोत्रिसकेका कुरा हामीलाई सधैँ नयाँ हुन्छन् । सबैभन्दा पछि सबैभन्दा धेर रमाउन पाउनु पनि सौभाग्यकै कुरो हो । ढिलै भए पनि कमसेकम आउन त आयो ! अनलाइन साक्षात्कारमा आफ्ना अनुभव सुनाउँदै लेखक कृष्ण धरावासी #कृष्ण धरावासी एउटा देश जो सबैको हो: यात्रा मानवसभ्यताको सबैभन्दा महत्त्वपूर्ण विषय हो । आज संसारभरि छरिएका मानिसहरू सृष्टिक्रममा एकैचोटी संसारभरि नै समानुपातिक रूपमा उब्जेका होइनन् । कुनै एक विशेष ठाउँमा उत्पत्ति भई विस्तारै फैलिदै गएर विश्वभरि छरिन पुगेको मानिन्छ । हुन पनि मानिस एकै ठाउँमा रमाउन चाहने प्राणी होइन । कालान्तरमा सिकारको खोजीमा उनीहरू नयाँनयाँ ठाउँतिर सर्दै गए । कृषि युगमा प्रवेश गरेपछि पनि उत्पादनशील क्षेत्रको खोजी गर्दै अघि बढ्दै गए । एउटा ब्यक्ति मात्र होइन, सिंगो समुदाय नै बसाईं सरिरह्यो र निरन्तर यात्रा गरिरह्यो । कुनै व्यक्तिभित्र रहेको यात्रा गर्ने इच्छा उसको व्यक्तिगत मात्र नभई मानव परम्पराको एक नश्लीय प्रवृत्ति पनि हो । आज संसारमा जुन विकास भएको छ, मानिसका बीचमा जुन अन्तरसम्बन्ध स्थापित भएको छ, ती सबै कुरा यही यात्रीय मानसिकताको उपज हो । पश्चिमी सभ्यताको केन्द्र मिश्रलाई मानिन्छ भने पूर्वको सभ्यताका लागि सिन्धु घाटीलाई आधार मानिन्छ । यिनै दुई सभ्यताबाट मानिस संसारभर छरिएको अनुमान छ । यो हिंडिरहने संस्कृतिलाई साहित्यले चरैवेती चरैवेती भनेको छ । मानिस एक वा दुई पुस्ताभन्दा बढी एक ठाउँमा अडिएको कमै पाइन्छ । विश्वको कुनै ठाउँ वा देशको मान्छे पनि त्यो सदाकालदेखि त्यहीँको होइन र सदाकालसम्म त्यो त्यहीँ रहँदा पनि रहँदैन । दुईचार सय वा हजार वर्षको इतिहासलाई नै पुरानो मानेर स्थान वा देश विशेषमाथि गौरव गरेको भेटिन्छ, तर त्यसको स्थायित्वको निर्धक्कता कसले लिएको हुन्छ । आजको पछिल्लो विकासलाई चरम सम्झिरहेको मानवसभ्यताले अनेकौ युद्धहरूको रचना गरी लाखौंलाख मानिसहरूलाई घरबार विहीन बनाई आफ्नो थातबास छोड्न बाध्य गराई रहेको पनि छन् । अनि त्यसरी शरणार्थीको रूपमा हिँडिरहेका लाखौँ मानिसको लस्करले गरिरहेको यात्रा अर्को नयाँ सभ्यताको सुरूवात पनि त हो । व्यक्तिगत रूपमा यात्रा गर्नेहरूको त कुनै तथ्यांक नै हुँदैन । कहिले को कहाँ पुगेर के गरिरहेको छ भन्ने कुरा आजको प्रविधिको व्यवस्थित युगमा पनि थाहा पाउनु संभव छैन । यात्रासँग जोडिएका अनुभव र अनुभूतिले नै नयाँ समाजको स्थापना र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । साहित्यले यस्ता यात्राहरूलाई रोचक ढंगले सम्झने गरेको छ । साहित्यका विभिन्न विधाहरू अनन्त यात्रीय लेखनमै केन्द्रित छन् । कथा, उपन्यास, निबन्ध, नाटक, काव्य आदिमा वर्णन गरिएका अधिकांश विषयवस्तु र घटनाहरू यात्रामा नै हुन्छन् । कथावस्तुसँग जब पात्र एक ठाउँबाट अर्को ठाउँमा पुग्छ, त्यहाँ यात्रा नै प्रमुख भएर आउँछ । हामी हाम्रो नेपाली साहित्यका दुई सर्वलोकप्रिय कृतिहरू मुनामदन (काव्य) र बसाईं (उपन्यास) लाई सम्झन सक्छौं । दुवैमा पात्रहरूको यात्रासँग जोडिएको पीडा र वेदना उल्लेख गरिएको छ । साहित्यलेखन जब विविधतापूर्ण हुँदै गयो, नयाँनयाँ उपविधाहरू जन्मदै गए । सजिलोको लागि विधा भन्जन हुँदै जाँदा निबन्धभित्र पनि संस्मरण नियात्रा आदि भनिन थालियो । यात्रासंस्मरण र नियात्रामा पनि फरक देखिन थाल्यो । बृहत्तरबाट सूक्ष्मतातिर बढिरहेको आजको युगले हरेक चिजमा कोणिकता खोजिरहेछ । नेपाली साहित्यमा पनि पछिल्लो कालमा यात्रा र नियात्रा लेखनले विशेष महत्त्व पाउन थालेको छ । साहित्यका पाठकहरू यात्रा साहित्यतिर क्रमशः आकर्षित भइरहेका छन् । आजको विश्व विज्ञान र प्रविधिका कारण जसरी साँगुरिँदै गएको छ, त्यसै गरी विश्वग्रामको नवसभ्यताले पनि मानिस अझ बढी विचरणको मनोकामना राख्दछ । व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी आदिका कारण एक देशबाट अर्को देश, एक महादेशबाट अर्को महादेश पुगिरहेको छ मानिस । तर कुनै पनि देशको कानून तथा भौतिक आकर्षणले मात्र मानिसलाई बाँध्न सकेको छैन । त्यही भएर ऊ एक ठाउँमा अडिन पनि सक्दैन । दुःखले मात्र मानिस बसाई हिंड्ने हैन । सुखले पनि उसलाई एकै ठाउँ बस्न दिँदैन । जब मानिस सम्पन्न हुन्छ उसलाई भौतिक सुविधाहरूले आकर्षित गर्न थाल्छ र ऊ गाउँबाट सहर, सहरबाट विदेशतिर लाग्दै जान्छ । कृष्ण धरावासी नेपालबाट अधिकांशले गर्ने यात्रा भनेको बृहत्तर भारत, पाकिस्तान र बाङ्लादेश सम्मको थियो । त्योभन्दा टाडा भनेको बर्मा र भोटसम्म मात्र थियो । पहिलोपल्ट देशभन्दा धेरै टाडाको यात्रा गरेको भनेको जङ्गबहादुरको बेलायत यात्रालाई नै मानिन्छ । त्यही संस्मरणलाई नै पहिलो नेपाली यात्रासंस्मरण पनि भनिन्छ । अधिकाँश मानिसहरू जहाँ–जहाँ पुग्थे, त्यही–त्यही कुनै पेशा गरी थन्किन्थे । नेपाली साहित्यको इतिहास नै कति लामो छ र ! आधिकारिक रूपमा भानुभक्तलाई आदिकवि माने अनुसार नै हिसाब गरे पनि दुई सय वर्ष र केही बढी मात्र छ । यो छोटो साहित्यिक इतिहास बोकेको हाम्रो भाषाले धेरै परदेखि यात्रा साहित्यको कुरा गर्न पनि सक्दैन । फाट्टफुट्ट जेजस्ता लेखाईहरू आउँदै गरे पनि आधुनिक नेपाली साहित्यले ठूलो स्वरबाट चर्चा गरेको महत्त्वपूर्ण यात्रा साहित्यको कृति डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा’ नै हो । त्यो कृति मदन पुरस्कार पाएका कारणले मात्र होइन, अझै पनि उत्तिकै उत्कृष्ठ छ । यात्रा साहित्यमा हुनुपर्ने गुण र विशेषताका गरगहनाले झकिझकाउ भएकै कारणले त्यो कृतिले यस्तो सम्मान पाएको छ । २०२६ सालमा प्रकाशित भएर पनि त्यसले निकै वर्षसम्म अरू यात्रा कृतिहरूसँग खासै भेट गर्न पाएन । फाट्टफुट्ट केही साहित्यिक पत्रपत्रिकाहरूमा आन्तरिक पर्यटकीय निबन्धहरू प्रकाशित भए पनि धितमर्दो कृति पाउन निकै फर्किनु पर्यो । खासमा २०४६ सालभन्दा अघिसम्म नेपालीहरूलाई भीसा लिनुपर्ने मुलुकहरूमा जाने उस्तो सुविधा थिएन । हिँड्दै नहिँडेपछि के लेखिनु ? पचासको दशकदेखि नेपाली लेखनमा यात्रा साहित्यले एकाएक फड्को मा¥यो । प्रजातन्त्र आएपछि नागरिकले प्राप्त गरेका मौलिक हकहरूमा एक ठाउँ र अर्को ठाउँतिरको आवागमन पनि प्रमुख थियो र त्यसपछि खुलेको ढोकाबाट निस्केका मानिसहरू विश्वभरी विचरण गर्न थाले । आज नेपाली साहित्यमा गर्व गर्न लायकका यात्रा कृतिहरू पढ्न पाइन्छ । खास गरी वैदेशिक रोजगारी र अवसरको खोजीमा देशबाट बाहिरिनेहरूको दवाव जति बढ्दै गयो उति नै यात्रा अनुभवहरू सार्वजनिक हुँदै गएका छन् । आजको विश्वमा कुनै एउटा त्यस्तो देश छैन, जहाँ नेपाली नपुगेका हुन् । विदेश पुगेपछि खासै साहित्यमा रुचि नभएको मानिस पनि लेखक हुन थालेको छ । डायस्योरिक भावुकताले प्रायः हरेक मानिस देश सम्झिन वाध्य छ । पूर्वी मुलुकहरू जापान, कोरिया, इन्डोनेसिया, मलेसियादेखि चीन, अष्ट्रेलिया, अफ्रिका, युरोपिय मुलुकहरू र अमेरिका भरी छरिएका नेपालीहरूले गीत, गजल, कविता, कथा, उपन्यास संगसंगै राम्रा यात्रा संस्मरणहरू पनि प्रस्तुत गरिरहेका छन् । त्यही क्रममा केही वर्षअघि मेरो हातमा आइपुगेको थियो— साहित्यकार राजेन्द्र अर्यालको नियात्रा कृति “माल्भा”। यो कृतिका अधिकांश लेखहरू अमेरिकासँग सम्बन्धित छन् । असीको दशकदेखि फाट्टफुट्ट नेपालीहरू अमेरिका प्रवेश गर्न थालेको भेटिन्छ । त्यसबेला अमेरिका छिर्नेहरू खासमा नेपालका हुनेखाने परिवारका बिग्रिएका छोराहरू धेरै थिए । तिनीहरूले अमेरिकामा गएर पनि खासै तरक्की गर्न सकेनन् । तर नब्बेकोे दशकदेखि पढ्नका लागि गएका विद्यार्थीहरूले भने त्यहाँको शिक्षा प्राप्त गरी राम्रो आर्थिक तथा बौद्धिक प्रगति पनि गर्न सके । सन् १९९५ देखि सुरु भएको डिभी चिट्ठाबाट सन् २००० सम्म डीभी पर्नेहरू अमेरिका गइहाल्ने उच्च आकांक्षा नभए पनि त्यत्तिकै भरेको परिहाल्यो भन्दै गए । थोरै नेपालीहरूको समूदायमा वैदेशिक कष्टसंग स्थापित हुने संघर्षमा जुटे । सन् २००० पछि रहरले नै डीभी भर्ने र पर्नेहरू जान थाले । त्योभन्दा पछि देशभित्रको बेथिति, बेरोजगारी, उग्रराजनीतिक प्रदूषण, अराजकता आदिहरूबाट दिक्क हुनेहरू विभिन्न माध्यमले अमेरिका छिरिरहेका छन् । अमेरिका पुगिसकेपछि त्यहाँको वातावरणसँग मिल्न परिरहेका कठिनाई र संघर्षका कथाहरू उनीहरू विभिन्न माध्यमबाट भनिरहेका छन् । अब नेपालमा रहेकाहरूलाई पनि अमेरिका रहस्यको मुलुक रहेन । त्यस मुलुकसँग रहेका काल्पनिक आकर्षणहरू पनि विस्तारै सामान्य हुँदै गएका छन् । अमेरिकाभित्र पसेपछिका समस्या र संघर्षका कथाहरू धेरैले लेखेका छन् । त्यहाँका सरसुविधा र भोगविलासका कथाहरू पनि धेरैले लेखेका छन् । कसैले अमेरिकामाथि एकदम नै नकारात्मक कुराहरू ब्यक्त गरेका छन्, कसैले अत्यधिक सकारात्मक कुराहरू । राजेन्द्र अर्यालले भने “माल्भा” नियात्रा कृतिमा त्योभन्दा फरक कुराहरू लेखेका छन् । सामान्यतया अमेरिकाका साधन, सुविधा, विकासका झलकहरू सबैले लेख्ने उस्तै हो, तर अर्यालले तिनै कुराहरूभित्रको अमेरिकाको मर्मलाई खोतल्ने खुब प्रयत्न गरेका छन् । खासमा धेरैजसो अमेरिकाको यात्रा संस्मरणहरू त्यहाँका बाटाघाटा, सहर, समुद्र किनार, यातायात, प्राकृतिक वातावरण आदिका प्रशंसाहरूमा केन्द्रित भेटिन्छन् । अर्यालजीले भने तिनैभित्र पनि अमेरिकाको समाजको भित्री तत्त्वको खोजी गरेका छन् । त्यहाँको चाडपर्व, आदिवासी इतिहास, सामाजिक परम्परा, संस्कार, खाद्य संस्कृति, मानवीय सम्बन्ध, पशुप्रेम, सकारात्मक चेत, ब्यापारिक शैली, ऐतिहासिक गौरव, शिक्षा, राजनीति आदिको एकदम नै मिहिन पाराले चर्चा गरेको छन् । अल्छी नगरी र सक्ने हतार नबोकी लेखिएका यी संस्मरणहरू कयौं अमेरिकाबासीहरूलाई पनि जानकारी मुलक हुन सक्छन् । हरेक निबन्धभित्र पाइने पठन विशेषता भनेको त्यहाँसँग नेपालको तुलना हो । कयौं कुरा त्यहाँका भन्दा नेपालका राम्रा र कयौं कुरा नेपालका भन्दा त्यहाँका राम्रा भेटिन्छन् । खासमा त्यहाँका मानिसमा पाइने सकारात्मक शोच यी निबन्धहरूको वास्तविक पूँजी हो । तर उनले कुनै लेखमा पनि नेपाललाई बिर्सिएको छैन । लेख्दै गर्दा कतै पनि आफूलाई गाह्रो बनाएर नबिसाइएको हुँदा पाठकले राजेन्द्र अर्यालको अहंदेखि झर्किनु पर्दैन । अत्यन्त सरल र जिज्ञासु प्रस्तुति कृतिको सुन्दर पक्ष हो । सबैभन्दा मनपर्ने कुरा त के हो भने उनको लेखनमा पाइने तटस्थता हो । कहीँ पनि आफ्ना नीजि विश्वास र आस्थालाई थोपर्ने प्रयत्न गरेको भेटिदैन । कतै पनि कुनै आग्रह र पूर्वाग्रह नबोकेका यी यात्रा निबन्धहरू पाठकका निम्ति घर बसीबसी अमेरिका बुझ्न उपयोगी हुनेछन् । उसो त यसभित्र अमेरिका बाहिरका संस्मरणहरू पनि छन् । यूरोप भ्रमणका लेखकहरू भने बडो विवरणात्मक पाइन्छन् । अमेरिका एउटा त्यस्तो देश हो जो सबैको हो । त्यस देशभित्र बसेका संसारभरिका मानिसहरूको अन्तर सम्बन्धमाथि लेखकले मिहिन अध्ययन गरेको भेटिन्छ । मिसिएर पनि उत्तिकै पृथक देखिने त्यहाँको विशेषताबाट लेखक रमाएको देख्दा पाठक पनि संगसंगै रमाइरहेको हुन्छ । यात्रासँग जोडिएका यी निबन्धहरू आख्यानात्मक आकर्षण बोकेर आएका छन्, जसले पाठकलाई पढ्न थालेपछि लगिरहन्छन् । लेखकमा हुनुपर्ने मूल शक्ति नै त्यही हो । राजेन्द्र अर्याल यसमा सफल छन् । #कृष्ण धरावासी #राजेन्द्र अर्याल पारिको मान्छे: मिम बहादुर परियार म सीमा रक्षक, मातृभूमिको सेवक, अहोरात्र दुस्मनको, गाली सहेर, लात खाएर, जङ्गे पिलर अङ्गालेर बसेको, तिम्रो नजरको, पारिको मान्छे । म मधेसको देशी, तातो हावा खान्छु, धोती गम्छा लगाउँछु तिमी पहाडको चिसो खान्छौ, टोपी लगाउँछौ, बीचमा सुरक्षित छौ, शुद्ध कथित बोल्छौ, म कालो वर्णको पारिको कालसँग, दिनहुँ पौँठेजोरी खेल्दै, अशुद्ध बोल्दै, चुनौती दिँदै साँधको साथी भएको तिम्रो नजरको पारिको मान्छे । मेरो भाषा भेषभुषा, रुपरङ पारिकासँग मिल्नु गल्ती हो ? म सिमानामा जन्मिनु पाप हो ? सदियौँदेखि रोटी र बेटीको सम्बन्ध चल्नु अपराध हो र? सीता, जनक र बुद्धलाई किन पुजेको ? किन विभूति प्रदान गरेको ? उनीहरू पनि सिमाकै थिए, उनको चालन रुपरङ पारिकासँग मिलेकै थियो, कस्तो दोषी चस्मा तिम्रो, आफ्नालाई विदेशी ठान्ने, तराईलाई पराई मान्ने । तिम्रो आफ्नो मान्छे, कथित शुद्ध बोल्छ जो पारि बस्छ, पारिकै नुनपानी खान्छ, जय हिन्द भन्दै, जनमन गान गाउँछ, रुपरङ मिल्छ, भाषा मिल्छ, ऊ तिम्रो प्यारो भयो, आफ्नो भयो, म हुनसकिनँ, कारण तिम्रो मानसिकता हो, एकल नश्लवादी चरित्र हो । म धर्तीपुत्र अन्न फलाउँछु, समथल भूभागमा पसिना बगाउँछु, हिमाल पहाड तराईमा पुगोस् भनेर, तर तिमी मलाई पाइला-पाइलामा छेक्छौँ, सामाजिक यातना दिन्छौं, अपशब्द बोल्छौँ म निरीह भएर सहन्छु, तिम्रो नजरको, पारिको मान्छे। म बोल्छु, विष्फोट हुन्छु अब, मेरो आँसुले, चित्कारले तिमीलाई छोएन, सिमानामा बगेको मेरो रगत तिमीलाई पोलेन, मेरो प्रेम सद्भाव तिमीले कहिल्यै बुझेनौँ, अब म भित्रको लाजले लाज मानिसक्यो, म लड्डु अब । तर तिम्रो जस्तो मेरो लडाइँ होइन, जात, रङ, टोपी र भूगोलसँग, मेरो लडाइँ सत्रुसँग हुन्छ, सिमाना मिच्नेसँग हुन्छ, मातृभूमि रक्षाको लागि हुन्छ। मलाई धोती र टोपीसँग मतलब छैन, मलाई नेपाल आमासँग मतलब छ, सीमासँग मतलब छ, म लड्छु, मर्छु सीमारेखाभित्र अन्तिम सास फेर्छु। तिमीलाई मतलब भएको रङसँग वस्त्रसँग लड, अझै मलाई सामाजिक यातना देऊ, पारिका सँग तुलना गर, तिम्रो सोच त्यस्तै छ, आफ्नालाई पराइ ठान्ने, अझै निरन्तरता देऊ, हार्दिक शुभकामना । #मिमबहादुर परियार कोरोना गीत: संसारमा कोरोनाले गर्नु गरेको छ महामारी कठै मान्छे मर्नु मरेको छ कस्तो आपत कस्तो बिपत् त्रासैत्रास छायो संसार जित्ने मान्छेले नि झुक्ने दिन आयो सबैको मनभित्र पीर पर्नु परेको छ महामारी कठै मान्छे मर्नु मरेको छ धनि-गरिब ठूलो-सानो कहाँ भन्दो रै’छ पत्तै नपाई सल्किएर काल बन्दो रै’छ एकबाट अर्कोलाई सर्नु सरेको छ महामारी कठै मान्छे मर्नु मरेको छ संसारमा कोरोनाले गर्नु गरेको छ महामारी कठै मान्छे मर्नु मरेको छ #सुनिल संगम बचपन: आएर कतैबाट थाहै नपाउने गरेर चिमोट्छ कहिल्यै नदुख्ने गरेर चिमोट्न म न छ तर ऊ मेरो नजिक छैन मात्र यादले चिमोटिरहन्छ । केही कुरा महसुस गर्न बढ्नु पर् छ ? तलब बढ्दा खुसी भएजस्तो हैन उमेर बढेकोमा पछुतो लाग्ने दिन आउँछ । कुनै चित्रकारको चर्चित चित् रजस्तो चित्रकलामा मात्र आकृति देखिन्छ आजभोलि मेरो पूरानो एल्बमको फोटो फ्रेममा छुटेको छ बचपन । आएर आँखै अगाडि कसैले सुनाइदियो भने ताराबाजी लैलै चि मुसी चि कुखुरी काँ बासी भात खा बस बस रे ! बसुन्धरा बहिनी काग दाजै काग दाजै यो मन फुत्त उडेर उतै पुग्छ जहाँ पुगेपछि मलाई फर्केर आउँन मन लाग्दैन । यादहरूको बाटे गह्रामा कसैले उखु रोपिदिएको छ आज भोलि त्यो उखु चिनी भएको छ मलाई चिनीसँग भन्दा बढी उखुको याद आउँछ । किनकि उखुमा मेरो बचपन अल्झेको छ । आजकाल मलाई कसैले -कुनै आकृतिमा -कुनै शब्दमा -कुनै चलायमान दृश्यमा मलाई अल्झेको देख्यौ भने सम्झनू ” ऊ बचपनमा फर्केर एउटा गीत गाउँदै बसेको छ । ” #बचपन #रबिन शर्मा म तिम्रो सपना पुरा गर्ने छैन: म तिम्रो सपना पुरा गर्ने छैन कविताको फिचर तस्बिर म तिम्रो सपना पूरा गर्ने छैन तिम्रो सपना फुल्ने टाकुरादेखि धेरै तल थियो त्यो अन्तिम पदचिह्न जहाँसम्म तिम्रा उमेरका पाइलाहरू उक्लिन सके। तिम्रो सपना र धोकोबीचको दूरत्व नाप्न मेरा तरुण पाइलाहरूलाई उत्तरदायित्वको बोझिल जुत्ता पहिऱ्याउन अस्वीकार गरिरहेछु। हो बाउ! म तिम्रो सपना पूरा गर्ने छैन। तिम्रो वीर्यमा मेरो जीवनको सूत्र अनि नाक नक्शाको वंशाणुसँगै जात धर्म पनि आएको हो तर वीर्यमा सपना हस्तान्तरण हुन सक्दैन जीवनजस्तै सपना पनि निजी हुन्छ नितान्त निजी। एउटा वीजबाट जीवन प्रस्फुटित हुनु भनेको सृष्टिले आफूलाई एउटा माध्यम भएर अभिवक्त गरेको हो तर त्यो जीवनको मालिक्याइँ न माटोको हुन्छ न त त्यो पैतृक वृक्षको। एउटा वृक्षले आफ्नो मञ्जरीलाई दिन सक्ने नै छत्रछायाँ हो मौलाउन आफ्ना पातहरू खसाएर पोषण दिनसक्ने हो अनि आफ्ना हाँगाहरूमा अधिकारका केही जुरेलीहरूलाई आशका गुँड बनाउन दिनसक्ने हो तर त्यस मञ्जरीलाई जरा गाँजेर बाँच्ने सिद्धान्त बलजफ्ती गर्न सक्दैन। हो! त्यो मञ्जरी त्यही वृक्षको विस्तार हो तर जीवनको होइन सपनाको होइन ऊ पृथक् छ, स्वच्छन्द छ आफ्नै अस्तित्व लिएर आएको छ छुट्टै अस्तित्व लिएर उभिएको छ। अनि एउटा वृक्षले आफ्नो मञ्जरीलाई “आफू” हुनु दिन नै निःस्वार्थ प्रेम हो अनि एउटा मञ्जरी आफ्ना जराहरूमा उभिन सक्नु वृक्षको सार्थकता हो। तसर्थ ए बाउ ! म तिम्रो सपना पूरा गर्ने छैन। रमितेको आँखामा.... रमिताहरू: रमितेको आँखामा रमिता को फिचर तस्बिर अदृश्य छालहरू उठ्दैछन् माथि माथि बगरै बगर भएर बालुवाको थाक थुप्रिन्दैछन् माछा माछा भ्यागुता भन्दै नानीहरू खेल्दैछ मेरा यी आँखाहरू रमिता हेरिबस्छ पोहोर परार अस्तित्वका सपनाले सिलाएर झुण्डाएको झण्डाहरू च्यातिएर हावामा विंवश हल्लिरहेका छन् घरको आगँनमा नानीहरू बाघ चाल खेल्दैछन् त्यहि बाघचाल माथि मेरा यी आँखाहरूले रमिता हेरिबस्छ कोहि रूख चढ्दैछन् आकाशतिर टाउकोउठाएर टाउको हराएका मान्छेहरू जस्तै समशान घाटबाट जम्बिहरू हुलका हुल शहर पस्दैछन् मेरा यी आँखाहरूले रमिता हेरिबस्छ खुट्टापट्टिबाट भव्य महलहरू गलछेड़ाबाट रूखहरूको नारा जुलुस चल्दैछ बनमारा र तितेपातेले जोखना हेर्दैछ फगत … यी आँखाहरूले रमिता हेरिबस्छ घोडाहरू रेस मैदानमा सतरञ्जको तयारी गर्दैछन् नानीहरू लाते भुकुण्डो खेल्दैछन् त्यही सतरञ्जको दाऊपेचमाथि मेरा यी आँखाहरू रमिता हेरिबस्छ एउटा अर्को महाभारत लेखिन्दैछ तर यसमा मामाहरू दुवै छन अनि उस्तै उस्तै छन् कंस र सकुनी फगत … आँखामा विभ्रान्ती नपाली एउटै आँखाले रमिता हेरिबस्छ । #ratoghar #sahityapost #रातोघर #साहित्यपोस्ट #सुमित्रा थामी अविरल लुं हीटी: जीवनका रंग शृंखला ७ लुं हीटी । लुं भनेको सुन, हीटी भनेको धारा । सुन्दै अपत्यारिलो । कान र घाँटीको सुन त कानै चुँडिने गरी र घाँटी नै छिन्ने गरी लुटेर लैजाने, सुन प्राप्तिका लागि आफ्नै नजिककाहरुबाटै भयानक अपराध भइरहने शहर हो, अहिलेको काठमाडौं । यस्तो शहरमा पनि बीच चोकमा खुल्ला ठाउँ थियो र त्यहाँ सुनको धारा थियो भन्दा कसरी पत्याउनु ? म सगौरव उल्लेख गर्न चाहन्छु, मैले पनि लुं हीटी अर्थात् त्यो सुनको धारामा आजभन्दा चालीस वर्षअघि नुहाउने अवसर प्राप्त गरेको छु । काठमाडौंको भित्री शहरमा कति हीटीहरु थिए, म त्यो तथ्यांक लेख्न बसेको होइन तर काठमाडौंको पुरानो टोलका कतिपय नामहरु नै हीटी अर्थात् धारासँग जोडेर नामकरण गरिएको छ । पहिलो त यही नै भयो लुं हीटी, पछि यसलाई सुन्धारा भनियो । अर्को हीटी हो, नारायणहीटी । राजदरबारको नाम नै नारायणहीटी दरबार हुन गयो । त्यस्तै अरु केही नामहरु छन्, मरुहीटी, क्वहीटी, थंहीटी आदि । हरेक हीटीको आआफ्नै कथा र अर्थ छ । काठमाडौंको घना बस्तीमा झण्डै तीन इन्चको पाइपबाट आउने जत्तिको पानी, एउटै ठाउँमा तीनदेखि नौ वटा धारा भएको चौबीसै घण्टा निरन्तर बहिरहने, मुख जोतेरै पिउन मिल्ने स्वस्थकर पानीको स्रोत र व्यवस्थापन कसरी गरे होलान् ? अहिले परनिर्भर सोच, कार्यक्रम र बजेट सम्झने हो भने त कुनै विदेशी प्रविधि र ऋण नलिइकन कसरी सम्भव भयो होला त्यो पानीको आन्तरिक व्यवस्थापन ? त्यो कलात्मक धारा ? त्यो स्तरको सरसफाई ? त्यसको इन्जिनियरिङ के थियो होला भन्ने लाग्न सक्छ । म सोध्छु आफूलाई, हामीले कहिल्यै गहिरोसँग हीटीको बारेमा चिन्तन गरेका छौं ? अहँ छैनौँ । हीटी चिन्तन काठमाडौं शहरको नशा थियो । सभ्यताको सूचक थियो तर सबै हीटीहरु नशाविहीन बनाइए र कतिपय त पुरिए । हुन त पुराना सभ्यताको चिन्तन र सोच नपुरिकन विदेशीकरण हुन सक्दैनथ्यो । हाम्रो शिल्प नढालिकन विदेशी शिक्षाको हालिमुहाली हुन सक्दैनथ्यो । तर विदेशका राम्रा कुरा ग्रहण गर्न पनि त्यतिखेरदेखि सत्तासीनहरुले आफ्नो राम्रो कुरा त बाँकी राखे हुने नि ! हामी खत्तमै हौं, हाम्रा पुराना सीप र शिक्षा खत्तमै हो भनेर आत्मसमर्पण नगरेको भए यी हीटीहरु अहिले पनि संसारको सुन्दरतम र हेर्नै पर्ने वस्तुको रुपमा टिकिरहन्थ्यो । हामीहरुले आधुनिकीकरणको निहुँमा हाम्रा पुर्खाले बनाएर छोडी गएको हीटीको पानी, परम्परा र चिन्तनमा डोजर लगायौं । लुं हीटी थियो । लुं हीटीसँगै रैथाने किसानहरुको उब्जाउ भूमि थियो । विभिन्न कालमा सत्ताले किसानको हातबाट ती जमीनको सरकारीकरण भयो । जुन उद्देश्यका लागि सो जमीन कब्जा गरिएका थिए, त्यो उद्देश्य एकातिर, त्यही जमीन कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने उद्देश्य हावि भयो । आजको काठमाडौं मलको भवन बनाउन, सुन्धारामा आउने पानीको स्रोत बिगारियो । त्यसबेला स्थानीय जनताले विरोध पनि गरेका थिए तर ती आवाज दबाइए । अहिले त्यत्रो ऐतिहासिक लुं हीटीको पानीको स्रोत र निकासको बाटो बिगारेर बनाएको काठमाडौं मलको अव्यवस्था र लुछाचुँडी हेरेर भन्न सकिन्छ, काठमाडौंको बारेमा निर्णायक भूमिका खेल्नेहरु कस्ता थिए होलान् ? यो विषयमा कुनै वास्तुविद, कुनै समाजशासास्त्रीले अध्ययन, अनुसन्धान गरेर विद्यावारिधि गरे हुन्छ । म जब स्कूल पढ्थेँ, पानीसँग खेल्ने दुई वटा विकल्प थिए मसँग । एक खोलामा पौडिनु, अर्को हीटीमा नुहाउनु । न थियो स्विमिङ पुल, न थियो बाथरुम । पुरुष हुन या महिला, कि खोलामा कि धारामा नुहाउने हो । त्यहीँ नुहाउने, त्यहीँ लुगा धुने, त्यहीँ सुकाउने र घर आउने । सबै हीटीहरु सार्वजनिक थिए । यात्रु हुन् या रैथाने, घरधनी हुन् या डेरावाल, सबैका लागि हीटीहरु खुल्ला थियो । त्यो नै काठमाडौं शहरको पुरानो सभ्यता, सम्पन्नताको प्रतीक, सामाजिकीकरणको अभ्यास, प्रेमको परम्परा, मिहिनेतको प्रतिफल, सार्वभौमिकताको समय, थियो । जसरी हावा निःशुल्क छ आज, पहिले पानी पनि निःशुल्क थियो । पहिला हुनसम्मको फोहोर गर्ने, अनि शुध्दीकरण गर्ने । त्यसैलाई विकास मान्ने । अहिले पानीको प्लास्टीकीकरण र निजीकरणले कहाँ छौं त्यो त भोगिरहेकै छौं । #जीवनको रङ #स्नेह सायमि अशुद्ध लेखेर विज्ञापन गर्न पाइन्छ ?: नेपाली भाषाको शुद्धीकरणका लागि विद्यालय एवम् विश्वविद्यालयका कक्षाहरूमा पढाइएको भन्दा नियमित रूपमा दिनहुँ प्रकाशित हुने गरेका पत्रपत्रिकाहरूले नेपाली भाषाका प्रयोक्तालाई बढ्ता प्रशिक्षित गरिरहेका हुन्छन् । नेपाली विषयमा पनि अनिवार्य नेपाली विषय पढ्दा परीक्षामा शुद्धाशुद्धिका लागि सोधिने अधिकतम ५ नम्बर पूर्णाङ्कको तयारी गर्न विद्यार्थीलाई एकदुई पिरियडभन्दा बढ्ता समय उपलब्ध हुँदैन तर सदैव पढिरहने पत्रपत्रिकामा प्रयोग गरिएको भाषाले विद्यार्थीलाई मात्र होइन नेपाली भाषाका समस्त प्रयोक्तालाई प्रभावित गरिरहेको हुन्छ र त्यही प्रभाव नै शुद्ध ठहरिएर उनीहरूका मनमस्तिष्कमा बसिरहेको हुन्छ । त्यसैले नेपाली विषयका पाठ्यपुस्तकमात्र होइन नेपाली भाषाका माध्यमबाट प्रकाशित हुने सबैजसो पत्रपत्रिकाहरूको भाषासमेत शुद्ध र स्तरीय हुनु आवश्यक छ । डा.मतिप्रसाद ढकाल शब्दस्रोतका दृष्टिले नेपालीमा प्रयुक्त तत्सम, तद्भव र आगन्तुक तीन प्रकारका शब्दहरूमध्ये संस्कृतबाट जस्ताको तस्तै नेपालीमा आएका तत्सम शब्दहरूको वर्णविन्यास वा शुद्धाशुद्धि लेखनका विषयमा हालसम्म कुनै किसिमको विवाद रहेको छैन । त्यसैगरी संस्कृतबाट जस्ताको तस्तै वा परिवर्तन भएर आएका बाहेकका अन्य स्वदेशी वा विदेशी भाषाबाट नेपालीमा आएका आगन्तुक शब्दका बारेमा पनि सुरु र बीचमा ह्रस्व लेख्ने तथा आगन्तुक शब्दमा ऋ, ञ, ण, श, ष, क्ष, त्र र ज्ञ वर्णको प्रयोग नगर्ने विषयमा प्रायः सबै नेपाली भाषाशास्त्री सहमत रहेका छन् । संस्कृतबाट परिवर्तन हुँदै नेपालीमा आएका तद्भव शब्दका विषयमा आंशिक विवाद कायमै रहे पनि पत्रपत्रिकामा प्रयुक्त तद्भव शब्दका विषयमा धेरैजसो पाठकले अशुद्धिको आरोप पनि लगाएका छैनन् । नेपालका सबैजसो पत्रपत्रिकाहरूले आआफ्नै शैली पुस्तिका निर्माण गरेर त्यसैलाई आधार मानी आआफ्ना पत्रपत्रिकाको भाषासम्पादन र प्रकाशन गर्दै आएका छन् तर विज्ञापनको भाषा सम्पादन नगरीकन प्रकाशन गर्नुपर्छ भन्ने अघोषित व्यवहारले गर्दा पत्रपत्रिकामा विज्ञापनको भाषाले नेपाली भाषालाई जसरी लेखे पनि हुन्छ वा यसरी अशुद्ध लेख्न छुट छ भनेर विज्ञापन गरिरहेजस्तो बुझाइ धेरैजसो पाठकहरूमा रहेको छ । विज्ञापनको भाषा अशुद्ध नै हुनुपर्छ वा विज्ञापनको भाषालाई सम्पादन नै नगरीकन प्रकाशन गर्न सकिन्छ भन्ने अघोषित व्यवहारबाट मुक्त हुन नेपालका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूको गम्भीर ध्यानाकर्षण हुनु अत्यावश्यक छ । यस आलेखमा नेपालबाट दैनिक रूपमा प्रकाशित हुने कान्तिपुर दैनिक, नागरिक दैनिक र गोरखापत्र दैनिकमा २०७७ असार १ गते प्रकाशित विभिन्न प्रतिनिधि विज्ञापनमा प्रयुक्त अशुद्ध भाषाका बारेमा चर्चा गरिएको छ । कान्तिपुर दैनिकले धेरै वर्षदेखि विज्ञापन आह्वानका लागि प्रयोग गर्दै आएको वर्गीकृत विज्ञापनमा नै भाषिक अशुद्धि भेटिन्छ । एउटै पृष्ठमा ‘बर्गिकृत विज्ञापन’ र ‘बर्गीकृत विज्ञापन संकलन काउन्टरहरू’ दुवै शीर्षकमा प्रयुक्त ‘बर्गिकृत’ र ‘बर्गीकृत’ दुवै शब्द अशुद्ध हुन् र तिनको सट्टा ‘वर्गीकृत’ शब्दको प्रयोग गर्नुपर्छ भनेर ध्यानाकर्षण गराइदिने कुनै भाषासम्पादकहरू कान्तिपुर दैनिकभित्र हालसम्म जन्मिएका रहेनछन् । दैनिक रूपमा यसरी अशुद्ध ‘बर्गिकृत’ र ‘बर्गीकृत’ शब्दलाई पढिरहने पाठकले निश्चय नै ‘वर्गीकृत’ शब्दलाई अशुद्ध नठह¥याउलान् भन्न सकिँदैन । नेपालमा सर्वाधिक बिक्री हुने कान्तिपुर दैनिकले दिनहुँ यसरी आफ्नै विज्ञापनमा अशुद्ध शब्दको विज्ञापन गरिरहेको नेपाली पाठकहरूले कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ? कान्तिपुर दैनिकमा प्रकाशित यमकुमारी ढकालको श्रद्धाञ्जली विज्ञापनमा ज्यूको, पूण्य, चीरशान्ति, दुःखद् र समवेना अनुपयुक्त शब्दको सट्टा क्रमशः ज्यूकी, पुण्य, चिरशान्ति, दुःखद र समवेदना उपयुक्त शब्दको प्रयोग गर्ने विषयमा कान्तिपुर दैनिकले बेवास्ता गरेको देखिन्छ । यसरी अशुद्ध शब्दको प्रयोग गर्नाले मृतकप्रति वास्तविक श्रद्धाञ्जली व्यक्त हुन सक्तैन भने त्यसले कान्तिपुरका समस्त भाषाप्रेमी पाठकवर्गबाट कान्तिपुर पत्रिकाले प्राप्त गर्ने वास्तविक श्रद्धाभाव पनि क्रमशः गुम्दै जाने कुरा सुनिश्चित छ । कान्तिपुर दैनिक पत्रिकामै प्रकाशित मण्डनदेउपुर नगरपालिकाको आर्थिक प्रस्तावसम्बन्धी सूचनामा सूचना बमोजिम, नयाँगाउ, विद्युतिय, खोलिएकोमा, मुल्याङ्कन, बमोजीम, भएकोले, सारभुत र जानकारीको लागि शब्दहरूको सट्टा क्रमशः सूचनाबमोजिम, नयाँगाउँ, विद्युतीय, खोलिएकामा, मूल्याङ्ककन, बमोजिम, भएकाले, सारभूत र जानकारीका लागि शब्दहरूको प्रयोग गरिनुपर्दथ्यो तर सरकारी कार्यालयसँग सम्बन्धित उपर्युक्त विज्ञापनमा पनि अशुद्ध भाषाको प्रयोग गरिनुले सम्बन्धित कार्यालय र कान्तिपुर दैनिक नै नेपाली भाषाप्रति संवेदनशील नभएको कुरा स्पष्ट हुन्छ । कान्तिपुर दैनिक पत्रिकामै प्रकाशित चन्द्रपुर नगरपालिकाको बोलपत्रसम्बन्धी सूचनामा खरिदको लागि, आहृवान, सूचना अनुसार, रितपुर्वक, बोलपत्रहरु मध्ये, सोलुशन, सारभुत, पेश, मु.अ., कर सहित, भएकोले, सम्वन्धित र जानकारीको लागि शब्दहरूको सट्टा क्रमशः खरिदका लागि, आह्वान, सूचनाअनुसार, रीतपूर्वक, बोलपत्रहरूमध्ये, सोलुसन, सारभूत, पेस, मू.अ., करसहित, भएकाले, सम्बन्धित र जानकारीका लागि शब्दहरूको प्रयोग भइदिएको भए पाठकवर्गले कान्तिपुरजस्तो धेरैले पढ्ने पत्रिकामा भाषा स्तरीय र शुद्ध हुन्छ भनेर कान्तिपुर दैनिक पत्रिकाकै प्रशंसा गर्ने थिए । कान्तिपुर दैनिक पत्रिकासँगै छुट्टिभिन्न भएर त्यसकै प्रतिस्पर्धामा आपूmलाई पाठकवर्गमाझ लोकप्रिय बनाउँदै आएको नागरिक दैनिक पत्रिकाको विज्ञापनको भाषा पनि कान्तिपुर दैनिककै जस्तो अशुद्ध देखिन्छ । प्रतिस्पर्धामा जानका लागि विज्ञापनको भाषाप्रति बेवास्ता गरिनुपर्छ भन्ने केही छैन बरु विज्ञापनको भाषाप्रति शुद्धीकरणको प्रयास गर्दै गएको भए नागरिक दैनिक पत्रिकाप्रति भाषाप्रेमी पाठकवर्गको अवश्य पनि आदरभाव रहने थियो । नागरिक दैनिकमा प्रकाशित बराहताल गाउँपालिकाको बोलपत्र स्वीकृतसम्बन्धी सूचनामा स्विकृत, सम्बन्धि, आव्हान, सूचना अनुसार, रितपुर्वक, बोलपत्रहरु मध्ये, तपशिल, मूल्यांकित, सारभुत, स्विकृति, प्रयोजनको लागि, जानकारीकोलागि र भ्याट सहित शब्दहरूको सट्टा क्रमशः स्वीकृत, सम्बन्धी, आह्वान, सूचनाअनुसार, रीतपूर्वक, बोलपत्रहरूमध्ये, तपसिल, मूल्याङ्कित, सारभूत, स्वीकृति, प्रयोजनका लागि, जानकारीका लागि र भ्याटसहित शब्दहरूको प्रयोग गर्ने विषयमा नागरिक दैनिकको ध्यान जान सकेको देखिँदैन । नागरिक दैनिकमै प्रकाशित टोखा नगरपालिकाको सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचनामा तपशिल, शिलवन्दी, भएकोले, रितपूर्वक, आव्हान, वृस्तृत, जानकारीको लागि, साईट, गर्नुहुन समेत, खरिद सम्बन्धी र पेश शब्दहरूको सट्टा क्रमशः तपसिल, सिलबन्दी, भएकाले, रीतपूर्वक, आह्वान, विस्तृत, जानकारीका लागि, साइट, गर्नुहुनसमेत, खरिदसम्बन्धी र पेस शब्दको प्रयोग गरिनुपथ्र्यो । नागरिक दैनिकमै प्रकाशित सूची दर्तासम्बन्धी सूचनामा प्रयोजनको लागि, ईजाजत, रजिष्टर्ड, दिन भित्र, आफुले, कार्यको लागी, छुटाछुट्टै, पेश, कार्वाही, छपाई सम्बन्धि, स्टेशनरी, सामाग्री, मेशिन, रिफीलिङ्ग, एण्ड, सम्बन्धि, सामुहिक र सम्पति अशुद्ध शब्दहरू प्रयोग भएका छन् । तिनको सट्टा क्रमशः प्रयोजनका लागि, इजाजत, रजिस्टर्ड, दिनभित्र, आपूmले, कार्यका लागि, छुट्टाछुट्टै, पेस, कारबाही, छपाइसम्बन्धी, स्टेसनरी, सामग्री, मेसिन, रिफिलिङ, एन्ड, सम्बन्धी, सामूहिक र सम्पत्ति शुद्ध शब्दहरूको प्रयोग गर्नबाट पनि नागरिक दैनिक चुकेको नै देखिन्छ । नेपालको सबैभन्दा जेठो र नेपाली भाषाका लागि मानक पत्रिका मानिने गोरखापत्र दैनिक पत्रिकाका अधिकांश विज्ञापनहरू भाषासम्पादन गरिएरै प्रकाशन गर्ने गरिएको पाइन्छ भने केही विज्ञापनमा गोरखापत्रले पनि कान्तिपुर र नागरिक दैनिककै सिको गरेर अशुद्ध शब्दहरूको प्रयोग गर्न अग्रसर हुँदै गएको देख्ता पाठकवर्ग झनै अन्योलमा पर्दै जानु अस्वाभाविक होइन । गोरखापत्र दैनिकमा प्रकाशित जङ्गी अड्डाको संशोधित सूचनामा आपूर्ति सम्बन्धी, दोश्रो, आव्हान, सेनाको लागि, कल्याणकारी तर्पm, समुह, गर्नको लागि, गरिएकोमा, हुंदा, जानकारीको लागि, पेश र पुर्व अशुद्ध शब्दहरूको प्रयोग गरिएको छ । तिनको सट्टा क्रमशः आपूर्तिसम्बन्धी, दोस्रो, आह्वान, सेनाका लागि, कल्याणकारीतर्पm, समूह, गर्नका लागि, गरिएकामा, हुँदा, जानकारीका लागि, पेस र पूर्व शुद्ध शब्दहरूको प्रयोग गरिनुपथ्र्यो । सूचना र विज्ञापनको वर्तमान जमानामा धेरैजसो पाठकहरूको ध्यान पत्रपत्रिकामा प्रकाशित सूचना र विज्ञापनमा नै बढ्ता जाने गर्दछ । त्यसैले गोरखापत्र, कान्तिपुर, नागरिकजस्ता दैनिक पत्रिकाहरूले छापा माध्यममा र विद्युतीय माध्यममा समेत आआफ्ना विज्ञापनहरूको भाषालाई बेवास्ता गरी अशुद्ध शब्दहरूको प्रयोग गर्ने परिपाटि पूर्णतः बन्द गर्नुपर्छ । अहिलेसम्म जीवित रहिरहेका भए प्राज्ञ चूडानाथ भट्टरायजस्ता नेपाली भाषाका चिन्तकले पत्रपत्रिकाको विज्ञापनको अशुद्ध भाषालाई नै आधार बनाएर न्यायालयको ढोका ढक्ढक्याउने थिए होलान् । आगामी दिनमा पत्रपत्रिकाहरूले आफ्नो विज्ञापनको भाषा पनि सम्पादन गर्नुपर्छ भन्ने दिशातर्पm ध्यान दिन बेवास्ता गरिरहे भने निश्चय नै चूडानाथ भट्टरायजस्तै कुनै भाषाचिन्तकले उनको मार्ग नपछ्याउलान् भन्न सकिँदैन । स्थानीयस्तरका चितवन पोष्ट दैनिक, विजय खबर साप्ताहिकजस्ता पत्रिकाहरूले त आफ्नो समाचार र लेखरचनामा जस्तै विज्ञापनको भाषामा पनि शुद्धीकरणको सचेतता अवलम्बन गर्दै आएका छन् भने राष्ट्रियस्तरका ख्यातिप्राप्त पत्रिकाहरूले आफ्नो विज्ञापनको भाषामा शुद्धता कायम गर्ने दिशामा यथासमयमै सचेत हुनु अपरिहार्य छ र यसका लागि पाठकवर्गले समयसमयमा भाषिक शुद्धताका लागि सम्बद्ध पत्रपत्रिकाहरूको ध्यानाकर्षण गराइरहनु पनि आवश्यक देखिन्छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय #डा. मतिप्रसाद ढकाल मायामा तिम्रो: मा यामा तिम्रो गहिराई खोज्दै आफै डुबेछु । म त तिमीलाई भुल्नै छोडेछु । अगि अगि तिमी बाटो देखाउँदै हिड्यौं म त तिम्रो छायामा परेछु । म त तिमीलाई भुल्नै छोडेछु । #मायामा तिम्रो समालोचकको नजरमा सीमा आभासको कविता: सीमा आभासको कविताकारिता वक्ररेखामा कुद्छ । सतहमा देखिने शब्दसंयोजन र अन्तर्यमा भेटिने भावार्थमा ठूलो अन्तर भेटिन्छ । यस अर्थमा उनको कविताको लाक्षणिक र व्यञ्जनात्मक सामथ्र्य उच्च कोटिको छ । उनको कवितामा प्रायःजसो नारीका अनुभाव, आक्रोश र विद्रोहहरू पोखिएका हुन्छन्, तर कतै पनि उनी, कविताको मर्यादाभन्दा बाहिर आएर निर्णयात्मक हुङ्कार गर्दिनन् । इतिहास, मिथक, स्थापित मूल्य, लैङ्गिक व्यवस्था र सामाजिक मूल्यविधान माथिका प्रतिप्रश्न हुन् उनका अधिकांश कविता । विविध सङ्कथनमार्फत् मान्छे–मान्छेबीच तथा नरनारीबीच व्यवस्थाले खडा गरेको विभेदका पर्खालहरूको उच्छेदन उनको कविताकारिताको मूल ध्येय हो जस्तो लाग्छ । यहाँ सीमा आभासका तीन कविता प्रस्तुत गरिएको छः “घोडा दौड”, “चिमाल हुनुभो हजुरआमा”, र “ऊ ईश्वर फुटाइरहन्छ” । यी तीनै कविता नारी हुनुका तीतामीठा अनुभवको चित्रणमा समिर्पत छन् र सबै कविताले समाज र इतिहासमा व्याप्त दृष्टिदोषहरूलाई प्रश्नको घेरामा राखेर कुनै न कुनै प्रकारको विद्रोहलाई नाटकीकरण गरेका छन् । “घोडा दौड” कवितामा एक नारीपात्रको सम्भावित यात्राको चित्रण छ, जसमा इतिहासले गलत र निहित स्वार्थको साधानाका लागि प्रयोग गरेका उपकरणहरूको प्रयोग गरी इतिहासकै विपठन गर्नुपर्ने आवश्यकतालाई औँल्याइएको छ । इतिहासभरि अरुको दमन र आफ्नो स्वार्थसाधनाका लागि प्रयोग गरिएका घोडा र तरबारलाई नवीन परिप्रेक्ष्यमा एउटी नारीको अधिकार र जागरणको अभीष्टमा प्रयोग गरिनुपर्छ भन्ने सन्देश दिइएको छ । यसरी, समाज, इतिहास र शासकीय सङ्कथनले निर्माण गरेका विभेदकारी व्यवस्थाको विनिर्माण यस कविताको अन्तर्कथ्य हो । “भगवानको नग्न तस्विर छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु” भनेर उदघोष गर्ने पात्र निश्चितरूपमा विद्रोही हो । आफूमात्र होइन, एउटा समग्र समुदायलाई यस विद्रोहका लागि तयार रहन सो कवितामा अपिल गरिएको छ । भनिएको छः “सुत्केरी महारानीहरु हो, समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा ।” अपिलको उत्कर्षमा भनिएको छः “कुदाऊ घोडा आर्यघाटतिर नङ्ग्याएर चितामा ओछ्याइएपछि गुहार माग्दै भागेका सतीहरुलाई वर्षाएका ढुङ्गाहरु कुनकुन हुन्, चिन ।” र इतिहास, यी र यस्तै यस्तै अत्याचार र विभेदको दस्तावेज हो भन्ने सङ्केत कविताले गरेको छ । यस अर्थमा, यो कविता नवइतिहासवाद, विनिर्माणवाद र नारीवादको त्रिवेणी हो र समयको विपठन कसरी गर्न सकिन्छ भन्ने कुरामो एउटा सुन्दर उदाहरण पनि हो । “चिमाल हुनुभो हुजुरुआमा” एक वृद्ध नारी पात्र हजुरआमाको वीरत्वको चित्रणमा केन्द्रित कविता हो, जसमा प्रकृतिको सामीप्यमा प्रलयहरूलाई आत्मबलले जितेर पाको उमेरमा अवतरित भएकी हजुरआमाको भव्य चित्रण छ । वीर रसको प्राधान्य रहेको कविताले हजुरआमा सङ्घर्षका कथामा अदम्य साहस र धैर्यको अध्याय जोडेको छ । हजुरआमालाई कतै चिमाल, कतै गुराँस र कतै हिमालका रूपक-अलङ्कारहरूबाट चित्रित गर्दै अतिशयोक्ति अलङ्कारको प्रयोग पनि कविले गरेकी छन् । लेख्छिन्, “वहाँ उभिएपछि थर्कमान हुन्छ निराकार पनि वहाँ हिँड्दा एकछिन अडिन्छ पृथ्वी पनि सात सूर्य नै ओर्लिन्छन् यी जिउँदो पितृको आशीक थाप्न पनि ।” तर, यसरी हजुरआमाको भव्य र सकारात्मक र कलात्मक चित्रण गरेकी कविले एक ठाउँ हजुरबालाई कविताको अन्तर्यमा तानेकी छन्, र नकारात्मक चित्रण गरेर खलपात्र तुल्याएकी छन् । लेख्छिन्, “हजुरआमाको निधारबाट खटक खटक गर्दै हिँड्थे हजुरबाका पाइला ती पाइलाका डोबहरु हजुरआमाका निधारका टीका बन्थे ।” यसो गरिदिँदा लैङ्गिक सवालमा सीमा अभासको कवि व्यक्तित्व किन सम्यक हुन सकेन भन्ने प्रश्न भने पाठकको मनमा उब्जिन सक्छ । तेस्रो कविता “ऊ ईश्वर फुटाइरहन्छे” मा पनि, उसै गरी एक श्रमिक महिलाको चित्रण गरिएको छ, जो पत्थर फुटाउँछे, आफ्नो जीवन धान्छे र आफ्नो बालकको पनि पालनपोषण गर्छे । अन्य कवितामाजस्तै, यहाँ पनि यी नारीपात्र विभेदको शिकार हुन् । “जूनघामलाई नानीको बाउ भनेपछि अपराधीलाई झैँ घरबाट निकालिएकी” एक आमा हुन् उनी । कविताको प्रस्तुति मायावी यर्थाथजस्तो लाग्छ, जसमा एक नश्वर पात्रको सांसारिक दैनिन्दिनीलाई मिथकीय र चामत्कारिक लाग्ने अतियथार्थवादी प्रतिबिम्बसँग अन्तर्घुलन गरिएको छ । भनिएको छ— सलसली हुर्किरहेको यो जूनलाई बादलको मजेत्रो ओढाएर इन्द्रेणीले पिठ्यूँमा बाँधेर घामको डल्लो फुटाउन हम्मर उचाल्छे घामले फुटाएका पसिनाका बुँदहरु जमाएर गिट्टी बनाउँछे । उनको मिहिनेत जारी छ । उनी विभिन्न प्रयोजनका लागि, हात्केलामा ठेला उठाएर पनि ढुङ्गा फुटाइरहेकी छिन्, र गिट्टी बनाइरहेकी छिन् । समाजबाट निष्काशित भएर तथा एकल महिला भएर पनि, आफ्नो पौरखले जीवन धानिरहेकी उनलाई, उनको मिहिनेत र आत्मबलको जस दिन तयार नभएको “निर्जन दुनियाँ” ईश्वर फुटाइरहेको आरोप लगाएर आफ्नो ईर्ष्या वा असन्तुष्टिको विरेचन गर्दछ । सीमाका कविताको सामर्थ्य भनेको उनको बिम्बविधानको रेञ्ज हो, जो मिथक, इतिहास, समाज र निजी जीवनका अनेक कुइनेटालाई स्पर्श गर्ने ल्याकत राख्छ । उनी याथर्थवादी कथ्यलाई लाक्षणिक प्रस्तुति दिएर कवितालाई बहुअर्थी बनाउन खप्पिस कवि हुन् । इतिहास र समयसँग विमति राख्ने र तर्क तथा विद्रोह गर्ने उनको तरिका काव्यिक त र बौद्धिक छ । तर, उनको दोष भनेको, लैङ्गिक प्रश्नहरूमा उनी थाहै नपाई एकाङ्गी पनि भइदिन्छिन्, र सधैँ समान्यीकरणको हतारोमा देखिन्छिन् । कविताको शिल्पको हकमा “खुर्पे जून” र “भोकको लय” जस्ता अतिप्रयोगबाट क्लिसे हुन थालेको वाक्यांशबाट उनले निवृत्ति लिएर नयाँ वाक्याशंको अविष्कारतिर लागे उनकै कविता बढी आलोकित हुन्थ्यो । सीमा आभासका तीन कविताः १ . घोडा दौड घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर जानुछ महाराजाका ढोकासम्म । देखाउनुछ लट्टा परेको कपालको चुल्ठो सुनाउनुछ बर्जित शब्दहरु एकएक गरी हेर्नुछ बादलका गुजुल्टाहरु पन्छाएर कहाँबाट कसले झार्दोरहेछ ममाथि चट्याङ । घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार । भगवानको नग्न तस्वीर छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु नसक्न सक्छु, धर्मले डढाएका मेरा औ“लाहरु काटेर ममाथि लेखिएको इतिहासलाई ढोग्न । दायाँ खुट्टो कानूनको कुममा बायाँ ईश्वरको कुममा राखेर जानुछ इतिहास सजाइएको संग्रहालय त्यसको ढोकैमा झुण्डिएको तस्वीरमा मेरैजस्तो केरमेट अनुहार कसको हो ? बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली घुम्नुछ उपत्यकादेखि गोरखादरबारसम्म । यिनै घोडामा चढेर चोभारको गल्छे“डोसम्म पुगी हेर्नुछ कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले । स्वयम्भुको टुप्पोमा उभिएर सोध्नुछ ‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’ आज मलाई चाहिएको छ त्यहि शक्तिशाली हतियार । हतियार खोज्दै हिँडेको म आइपुगेको छु नाङ्गा मूर्ति अगाडि यही बेला चक्रपथमा देखाइदिनुछ नाङ्गो परिक्रमा, नाङ्गो उत्सव । यो नाङ्गोपन हेरेर लाज नमानुन बाटो हिँड्नेले, जून–ताराले दरबार र मूर्तिहरुले जेल र न्यायालयले यहाँका तीर्थधाम र पवित्र नदीहरुले । यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी पस्ने, निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न । जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ? गोल्चे र खरमस कसले बनाएको थियो ? यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरको केश कसको हो श्रीपेचमा जडित हिराहरु कसका आँसु जमेर बनेका हुन ? सुत्केरी महारानीहरु हो समात लगाम ! शहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर केके लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा । यी भब्य दरबारका भित्ता कस्का मयलले टल्किएका हुन ? नारायणहिटीको पर्खालवरिपरि घुम्ने नग्न मृतआत्मा कहाँका हुन ? कुदाऊ घोडा आर्यघाटतिर नङ्ग्याएर चितामा ओछ्याइएपछि गुहार माग्दै भागेका सतीहरुलाई वर्षाएका ढुङ्गाहरु कुनकुन हुन, चिन । यहीबेला उत्रिय पशुपतिमा नाङ्गा पार्वतीमाता । शिवरात्रीको दिन भाङले बेस्मारी मातेर कराउँदै भन मेरा दौँतरीहरु ए भस्मदेव ! चढ घोडाको ढाडमाथि कुद इतिहासको सुरुङतिर । फलोफूलो कह देवका देव ! केके देखेका छौ हिजोदेखि आजसम्म ? २. चिमाल हुनुभो हजुरआमा बिहानै घाम उभिएको हिमशिखरलाई टिपेर शिरबन्दीझैँ सिउरिनु भो सिउँदोमा कपालमै हिमाल चुल्याएर, उभिनु भो सेतै छातीभरि फक्राउनु भो अनेकौँ सुनगाभा इन्द्रेणी बेरेर हातभरि लगाउनु भो चुरा जिन्दगीका धमिला जंघारहरु प्यूँदाप्यूँदै हजुरआमा कहिल्यै नछचल्किने सेतो सागर हुनु भो । यौटा काँधमा लिखुले लेखेको भाग्य बोकेर अर्को काँधमा दुधकोशीले लेखेको कर्म बोकेर मोलुङ खोलाले बगाइरहेको बैंश च्याप्प समात्नु भो र, सौभाग्य बनाई झुण्ड्याउनु भो गलामा सुनकोशीको तिरमा उभिएको सतीसालले झैँ हजुरआमाले ढाडमा थेग्नु भो गर्भिणी धरतीमाथिको भेलपहिरो । खुर्पेजून टिपेर नाकमा फुली लगाउनु भो घामका यूँहरु जडेर बुलाकी टल्काउनु भो जंगली लहरा बेरेर माडबारीका बुट्टा बनाउनु भो पैतालाका चक्ररेखा ढुंगाले रगडेर मेट्तै हजुरआमा पौरखको बाटो एक्लै हिँडिरहनु भो । हिउँलाई पिँधेर आँसुमा मुछि सातुझैँ भरपेट खानु भो बगाई लैजान खोज्ने बाढीलाई मोइझैँ स्वाट्टै पिउनु भो हुरीलाई पछ्यौरीमा थापेर छिचिमिरालाईझैँ किचिपिची पार्नु भो ठिहीमा काँडाका खराउ लाएर कोसौँकोस टाढासम्म हिँड्नु भो भाग्यको लय मिलाउँदामिलाउँदै हजुरआमा शास्त्रीय गान हुनुभो । धर्तीलाई पोल्टामा बोक्ने हजुरआमाकै केशमा नुहाएर पवित्र बग्छ रोशी पनि वहाँ उभिएपछि थर्कमान हुन्छ निराकार पनि वहाँ हिँड्दा एकछिन अडिन्छ पृथ्वी पनि सात सूर्य नै ओर्लिन्छन् यी जिउँदो पितृको आशीक थाप्न पनि । हजुरआमाको निधारबाट खटक खटक गर्दै हिँड्थे हजुरबाका पाइला ती पाइलाका डोबहरु हजुरआमाका निधारका टीका बन्थे हजुरबा अन्तर्ध्यानमा गएपछि उक्कियो त्यो निधार । निधारबाट आकाशतिर झरेको हजुरआमाको टीका पूर्णेको जून भएछ जून छुन अग्लिँदाअग्लिँदै हिमाल फुलेझैँ सेतै फुल्ने चिमाल हुनु भो हजुरआमा चिमालझैँ सेतै फुल्ने हिमाल हुनु भो हजुरआमा । ३. ऊ ईश्वर फुटाइरहन्छे जूनघामलाई नानीको बाउ भनेपछि अपराधीलाई झैँ घरबाट निकालिएकी गाउँबाट विस्थापित ऊ नदी किनारमा ताराहरु जम्मा पारेर गट्टा खेलाउँछे नानीलाई पानी खुवाउँछे जूनको कचौराबाट सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुण्डोलाई । नानीकै मुहारबाट उदाउँछ घाम ऊ रुँदा होस् या खुसी हुँदा बन्छन देवताका हजार रुप । पहिलो पटक कुन कालिगढले कुँद्यो होला भगवान् ? कुन भक्तले, कुन मितिमा, चढायो होला फूल ? कसले राख्यो होला चुपचाप बस्नु भनेर मन्दिरमा ? बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे, यो पत्थरमा लुक्ने भगवान कहिलेसम्म बाँचिरहन्छ, मान्छेको शरणमा ? सलसली हुर्किरहेको यो जूनलाई बादलको मजेत्रो ओढाएर इन्द्रेणीले पिठ्यूँमा बाँधेर घामको डल्लो फुटाउन हम्मर उचाल्छे घामले फुटाएका पसिनाका बुँदहरु जमाएर गिट्टी बनाउँछे । गिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएर मन्दिर बनाइने ढुङ्गा रोशी थाकेर बगरमै छोडिएका ढुङ्गा भगवान पुजिने अनेकौँ ढुङ्गा गिट्टी बनाएपछि यो निर्जन दुनियाँ भन्ने गर्छ ऊ ईश्वर फुटाइरहन्छे । #महेश पौड्याल #सीमा आभाष सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) नेपाली सूक्ष्म कविताहरूको यस शृङ्खलामा मोहनहिमांशु थापा, रत्नशमशेर थापा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ र पुष्कर लोहनीका कविता रहेका छन् । १. सहरका आँखाभरि (मोहनहिमांशु थापा) म जङ्गली म जङ्गलको मान्छे ! म आफूलाई जङ्गलमा एक्लै राखेर राम्रा राम्रा सहर हेर्न आउँछु तर सहरमा तिमीलाई आँखाभरि राख्दा नराख्दै म सहर भरिभरि हुन्छु । म जङ्गली म जङ्गलको मान्छे ! रत्न शमशेर थापा २. जूनको चपरी (रत्नशमशेर थापा) सपना देख्छु तिर्खालु बाज बकैनाको बूढो रुखमनि मेरो पैताला ठुँगिरहेछ । ब्यूँझेर हेर्छु दलिनको कापामा माकुरा निली जालो ओढेर कालो माउसुली उँगिरहेछ । बाहिर तरकारी बारीमा जूनको चपरी जुरोमा बोकी कनफट्टा साँढे रुँगिरहेछ । ३. गिद्धले पहिले आँखा ठुङ्छ (कृष्णभक्त श्रेष्ठ) गिद्धले पहिले आँखा ठुङ्छ रङ्गी बिरङ्गी देख्ने ती आँखाहरू गिद्धले जथाभावी ठुङ्छ कुहेको लाशको छातीमाथि नाचेर गिद्धले मनमानी ठुङ्छ गिद्धले पहिले आँखा ठुङ्छ आँखाले नै हेरेर जथाभावी ठुङ्छ गिद्धले पहिले आँखा ठुङ्छ । ४. हामीले हेर्दाहेर्दै (उपेन्द्र श्रेष्ठ) नोटेसन स्वरबद्ध सङ्गीत बाँसुरीको एउटा पर्दा उघ्रिन्छ, अनि देखिन्छ दृश्य एउटा नाटक— ओथेलोको ! औँलाले घाँटी स्पर्श गर्दा पियानो चित्कार्छ र रुन्छ वातावरण एउटा अवलाको समाप्त हुन्छ जीवन, अन्त हुन्छ कथा एउटा आवेशमा, एउटा क्रोधमा एउटा सिर्जना, एउटा कलाकारको हाम्रा सामु— हेर्दाहेर्दै !! ५. कौडी (पुष्कर लोहनी) घोप्टो कौडीको कोमलता र सुन्दरता देखेर हरेक युवती ईष्र्याले निधार खुम्च्याउँछन् डाहाले छटपटिन्छन् साँच्ची नै आफ्नो प्रतिद्वन्द्वी ठानेर । हरेक युवती लाजले सरमाउँछन् ठाडो कौडी देखेर अनि आफू नै नाङ्गो उभिएझैँ लाग्छ । यहाँ मोर्चा भैसकेको छ त्यसैले हरेक युवती घृणाले हेर्छन् कौडीलाई आफ्नै सौता ठानेर । #डा. विप्लव ढकाल #सूक्ष्म कविता अर्थात् स्मार्ट पोइम्स रामबहादुर: रामबहादुर कविताको फिचर तस्बिर सेतै फुलिसकेका दाह्री र कपालले पनि भन्न थालीसकेका छन् अब त उसलाई _’रामबहादुर !!.. ज्योत्सना घतानी, डुवर्स अब आराम गर्ने समय तेरो’ तर ती फुस्रै भएका कपालका तलतिर मन जस्तै नमिठो गरि खुम्चिएका मस्तकका रेखाहरूमा कहाँ विश्राम भनेर लेखिएको छ र उसको निम्ति ।। आफ्नो जिन्दगीको भोगाइका सङ्घर्षहरू निल्नु न ओकल्नु जस्तै भइसकेको छ उसलाई आजभोलि ।। ऊ त्यो घर अघिको बूढो बकैनोको रूख देख्दैछौँ नि.. उसको जिन्दगी पनि तेस्तै सङ्घर्षका चोटहरूले पत्रैपत्र भई सकेको छ अभाव र वेदनाका रुख्खा झ्याउहरू लागेर।। शरीरका हाडहरूले पनि मासु छोड्न थाली सक्यो तर उसको शरीरले भने अझै पसिना चुहाउन छोडेको छैन।। खस्रै भएर फुटेका छन् हातका औंलाहरू तर औजारहरूले भने साथ छोडेका छैनन्।। बल-तागत पनि ओईल्याउन थालिसके अब त तर जिम्मेवारी थाम्ने खाबो भने अझै बनिसकेकै छैन।। थाहा छ… अक्षरहरूले पनि भाग्यले जस्तै ठगेका छ्न उसलाई.. पोहोर साल नै त हो उसले माईला बाजेबाट थोरै पैसा ऋणमा लिएको साहु भन्दा ब्याज दोब्बर भैसक्यो बुझाएको तर नि छैन अझै उसको उधार चुक्ता भएको ।। हेर्दाहेर्दै उसको शरीर पनि अब त उसले लाउने त्यान्द्रो जस्तै भैसक्यो तर नि सास ओक्येलेर आगो निल्ने सीप भने मजाले जानेको छ उसले ।। आजसम्म हजारौँ फलामहरू पगाल्न सक्यो उसको कौशलले तर मान्छेको मनलाई भने कहिल्यै पगाल्नै सकेन।। कयौँ मुर्तीहरू पुज्न योग्य बनायो उसले तर आफू भने कहिले सम्मानको धरी योग्य बन्न सकेन नाम र पुरस्कारहरूको त कुरै छाडौँ।। आजभोलि सपनाहरूले भरिएका उसका आँखाहरूलाई पनि निराशाको बादलले ढाकी सकेको छ। अब त कल्पना धरी गर्दैन ऊ कति सुन्दर र भरिला रहरहरू थिए उसका ती पनि अब त अनुहार जस्तै चाउरी पर्न थाली सके।। हुन त कुनै पुँजीपतिको जस्तो महँगो गाडीघोडा र फ्याक्ट्रीहरूको रहर होईन उसको न त कुनै लालची नेताको भाषण झै कसैलाई झुठो आश्वासन देखाउने मनोवृत्ति नै छ।। उसको जिन्दगीको अभिलाषा भनेको नै मान्छे भएर मान्छे जस्तै जिउन पाउने समान अधिकार हो।। आफुले दिएको सम्मानको बद्ला आफ्नो लागि सम्मान होस्। अन्यायको विरूद्धमा अब एकजुट भएर उठ्ने आवाजको हो। ठुला भनाउदाहरूबाट अब कोही तिरस्कृत नहुन भन्ने कामना हो अनि ऊ जस्तै हजारौँ रामबहादुरहरूलाई मात्र रामबहादुरको हैसियतले व्यवहार गरि मजदुरी भेदभावको समाजमा अन्त्य सङ्गै श्रम र श्रमिकको सम्मान होस् भन्ने हो। रामबहादुरको अभिलाषा।। बाडुली: बाडुलि कविताको फिचर तस्बिर आशिष लिम्बू गाउँलाई अचानक बाडुली लागेको दिन सायद सम्झेको हुदो हो आसुको थोपा झार्दै गाउँ छोडेर परदेश हिडेकी कुनै गाउँकी छोरीले जो अहिले मारि रहेकी छिन् दिनको दिन एउटा एउटा सपना। सायद पठाको हुदो हो सम्झना भखर डिउटी सकेर खाना खादै गरेको कुनै सहरको होटलमा काम गर्ने छोराले जसको अंगालोमा छ अहिले अनिकालको हुरीबतास। या त सम्झेको हुदो हो सिमानामा मरिसकेको कुनै लाहुरेको जिउदो आत्माले देउरालीमा पाती चढाएर थुप्रै थुप्रै भाकल गरेर सिमानाको रक्षा गर्नु हिडेको जो कहिले गाउँ फर्केनन् फेरि कुनै साँझ गाउँलाई अचानक बाडुली लागेको बेला सम्झेको हुदो हो चौतारीमा बसेर अनेकौं कसम खाएर पनि जो कहिले एकअर्काको लागि भएनन् छुटी सकेको कुनै प्रेमिल जोडीले एतिबेला देब्रे छातीमा हात राखेर मन भित्र भित्रै लेख्दै मेटाउँदै लेख्दै मेटाउँदै होला अनेक अनेक बिछोडको कबिता सायद सम्झेको हुदो हो गाउँकै बाटो हिड्दै हिड्दै गएको एउटा यात्रीले जसले बिर्सेको होला भन्ज्याङमा फुलबुट्टे रूमाल सम्झ्यो होला पधेरीमा पानी भर्ने साइली दिदीले गएको थियो कुनै दिन रूदै रुदै आफ्नै माइती गाउँ छोडेर मलाई लाग्छ सायद आज राती पनि बाडुली खेल्दै खेल्दै निदाउछ होला गाउँ किन कि यो समय मेरो मुटुमा बेस्सरी उर्लिएको छ गाउँ सम्झेर सम्झनाका छालहरू। -कालेबुङ गङ्गाजल: हाम्रा प्रभुको चित्त असल हाम्रा प्रभुको नियत असल असली दूधको कुण्ड पसेर नित्य नुहाउने प्रभु असल कमण्डलु लिई गङ्गाजलको स्वस्ती गर्दछौं हाम्रा प्रभुको बमबम भोले बमबम शङ्कर प्रभुले रक्षा गरेको चराचर । प्रभु पाउमा मन मुटु चढाई बुद्धि बिवेक स्वभिमान चढाई चरण जल शीरमा सिँचन गर्छौँ मर्जी होस् प्रभु ईज्जत अर्पण गर्छौं औंसी रातमा जुन छ भन्नुस् आहा कस्तो टहटह भन्छौँ देख्दिन अरे ! त्यहीँ छ त भन्छौ हेर्न जानेनौ, चस्मा फेर त भन्छौ नदेखिए नी जुन छन त छ नि भन्छौ एक एक असुरलाई ठीक पार्छौँ ज्ञान प्रभुबाट सुरू हुन्छ विज्ञान प्रभुमा समाप्त हुन्छ ज्ञान सुन्छौँ, ताली ठोक्छौँ विज्ञान सुन्छौँ, सही हो भन्छौँ कल्पनासम्म त गर यार ! भन्छौँ सपनासम्म त देख यार ! भन्छौँ तिमीले बुझेनौ, दिमाग लगाउ भन्छौँ । ए ! कल्पना लोकका सृष्टिकर्ता ए ! सपना लोकका पालनकर्ता करुणाको त्यो नजर उठाऊ भक्तको जिन्दगी सफल बनाऊ मनबान्छित फल देऊ, हे ! त्रिगुणस्वामी अन्न, धन, मान देऊ, सदा दुखियारी हामी कैलाशपति महादेवको जय ! #गङ्गाजल #योगेन पौडेल समाप्त: गिदीको गमलामा गाडिदेऊ बीउ विषालु विचारका नियाल झिंगाहरूको सम्भोग गन लाम्खुट्टेका अण्डाहरू टोक तिमी आफ्नै गर्दन बौलाहा कुकुरलेझैँ । भाँसिदै जाऊ आफू उम्रेकै माटोमा निसासिँदै जाऊ ? आऊ काँटी ठोकिदेऊ निधारमा मेरो र झुण्डाइदेऊ उपहार पूरानो भित्तेघडी म सुईहरूको टिकटिकमा लठ्ठिएर समय बिताइदिन्छु जिन्दगी बिताइदिन्छु मेरा निर्णयहरू या मैले लिएका निर्णयहरू जिन्दगी के यत्ती हो र ? आउ नजिकै त फेरि लिपिदिन्छु म हलुका हातले तिम्रो योनीमा मेरो आँगनको रातो माटोले मेरो गाउँमा विहानै ढोका लिप्ने चलन छ जाऊ बरू वनवास तिमी यहाँ तिम्रो सट्टा पनि म पाप गरिदिन्छु यो मृत्यु अघिको वैतरिणी म एक्लै एक्लै तरिदिन्छु रुद्रको अक्ष घाँटीमा मेरो भय कुन कालको अब गरौँ ? मोहबाट क्षय हरक्षण म किन व्यर्थ मोक्षको कामना गरौँ ? #समाप्त #सुभाषिस पराजुली ‘विमुखता’ कथासङ्ग्रहका कथाहरूलाई केलाउँदा \xa0: डा. राजकुमारी दाहाल प्राचीन भारतीय ग्रन्थहरूमध्ये रामायण र महाभारतप्रति विद्वानहरूको विशेष आकर्षण रहेको पाइन्छ | यी ग्रन्थहरूलाई नयाँ नयाँ प्रकारले व्याख्या गर्ने, पुनर्पाठ गर्ने, पात्रहरूका चरित्रगत विशेषताहरूलाई केलाउने जस्ता कार्य विभिन्न भाषा साहित्यमा भइरहेका छन् | भारतीय साहित्यमा सीता-राम, राधा-कृष्ण, द्रौपदी-अर्जुन, उर्मिला-भरत आदिका कथालाई आधार मानेर अनेकौ कृतिहरूको रचना भएको पाइन्छ | युग अनुरुप यी चरित्रहरूलाई कवि/ लेखकहरूले भिन्न भिन्न रुपमा प्रस्तुत गरेका छन् | भक्तिकालमा यी चरित्रहरूलाई भक्ति भावनासहित प्रस्तुत गरिएको पाइन्छ भने श्रृङ्गारकालमा लेखिएका कृतिहरूमा यी चरित्रहरूको प्रस्तुतिकरणमा युगअनुरुप परिवर्त्तन भएको पाइन्छ | आधुनिककालमा यस्ता पौराणिक चरित्रहरूलाई नयाँ परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ अनि कथावस्तुमा नयाँ अर्थको अन्वेषण गरिएको छ | आधुनिककालमा पौराणिक आख्यान र मिथकहरुको यथार्थपरक पुनर्व्याख्या तथा पुन: संरचना गरिएको छ | तेलुगु भाषाकी सशक्त नारीवादी लेखिका पोपुरी ललिता कुमारी भारतीय साहित्यमा भोल्गा नामले परिचित छन् | उनले कथा, कविता, उपन्यास, नाटक, लेख, अनुवाद जस्ता विधाहरुमा कलम चलाएकी छन् | उनले आफ्ना लेखनका माध्यमबाट नारीवादी र प्रगतिवादी विचारधाराहरू प्रस्तुत गरेकी छन् अनि पौराणिक आख्यानहरूलाई खोतल्ने काम गरेकी छन् | तेलुगु भाषामा लेखिएको भोल्गाको प्रसिद्ध कथासङ्ग्रह ‘विमुखता’ सन् २०१५ सालको साहित्य अकादमी पुरस्कार प्राप्त कृति हो | हिन्दी भाषालगायत भारतका विभिन्न भाषामा यस कृतिको अनुवाद भइसकेको छ | सिक्किमकी वीणाश्री खरेल प्रधानले नेपाली भाषामा भोल्गालिखित ‘विमुखता’ कृतिको अनुवाद गरेकी छन् | ‘विमुखता’ कथा सङ्ग्रहमा ‘समागम’, ‘मृष्यमयनाद’, ‘सैकत कुम्भ’, ‘विमुखता’ र ‘बन्धित’ गरेर जम्मा पाँचवटा कथाहरू परेका छन् | रामायणकी सीतासँग सम्बन्धित यी कथाहरू नारीका जीवन भोगाइ र जीवनवृत्तलाई लिएर नारीकै केन्द्रीयतामा रचना गरिएका छन् | ‘समागम’ कथामा रामद्वारा नाक काटिएकी कुरूपा शुपर्नखा र रामद्वारा परित्याग गरिएकी सीताका हृदयका वेदना र व्यथा समान छन् | सीता र शुपर्नखा दुवैले त्यस अपमान र कष्टलाई जितेर जीवन सार्थक बनाउनमा प्रकृतिको अनन्त रहस्यमाझमा आफैँलाई समाहित गरेका छन् | रामद्वारा नाक काटिएर कुरूप बनेकी शूपर्नखालाई आफ्नो अपमान र वेदना भुल्न प्रकृतिले नै सिकायो | यसैले उ भन्छे, “त्यस प्रतिकारको ज्वालाबाट बाहिर निस्केर पुन: सौन्दर्यसित प्रेम गर्नुको लागि रूप अनि अरूपको सारलाई बुझ्नको लागि मैले आफैँ नै आफूसित एक ठूलो युद्ध लड़नु परेको थियो अनि त्यस युद्धमा मेरो साथ दिएका थिए, यी अनन्त प्रकृतिले | प्रकृतिले सुन्दर अनि कुरूपताको कुनै भेदभाव गर्दैन |” सत्य अनि सुन्दरताको गुढ रहस्यलाई हाम्रा सतही हृदयले बुझ्न र वाह्य चक्षुले देख्न असमर्थ छन् | यसका निम्ति तप, ध्यान, मानसिक एकाग्रता, तटस्थता, निस्पृहता आवश्यक हुन्छन् | मानव चरित्र निर्माणको एउटा मुख्य आधार प्रकृतिको उदारता र सहायकता पनि हो | प्रकृतिले मानव जीवनलाई सुख, शान्ति र समृद्धि प्रदान गर्नुका साथै आफ्नो उदारता अनुरूप मानव हृदयलाई पनि उदार बनाउँदछ, जसको फलस्वरूप स्वार्थ र सङ्कीर्णतादेखि माथि उठेर मानवमा उदात्त भावनाको स्फुरण भएको पाइन्छ | ‘मृष्मयनाद’ कथामा अहिल्या, सीता र रानी कौशिल्याका चरित्रबाट नारी हृदयको कोमल भावनालाई समग्र रूपमा नारी हृदयले मात्र बुझ्नसक्छ भन्ने विचार व्यक्त गरिएको छ | इन्द्रले गौतम ऋषिको भेषमा आएर अहिल्याबाट आफ्नो कामना पुर्ति गर्दछ, त्यसैसमय गौतम ऋषि आइपुग्छन् र सत्य कुरो प्रकासमा आउछ | पत्नीको चरित्रमा शंका गर्दै गौतमले उसलाई त्यागी दिन्छ ; सत्य जानेर अहिल्या जड़वत बन्छिन | अहिल्या ढुङ्गा बनेको कथाको पछाडीको सत्य बुझ्ने कति पुरुष हृदय छन् होला र? समाजले दोषी इन्द्रलाई देवताको आसनमा राखेर पुज्ने गर्छ र सत्य नबुझी श्राप दिने गौतमलाई महर्षिको उच्च स्थानमा राख्छ, अनि निर्दोष अहिल्याको शीलतामा शंका गर्दै उसलाई पतिता ठान्छ | यसैले सीताले ‘सत्य के हो ?’ भनेर सोधेको जवाफ अहिल्याले यसरी दिन्छिन्- “ सबैको अ-अफ्नो सत्य बेग्ला बेग्लै हुन्छन् , सत्य अनि असत्यको निर्णय गर्ने शक्ति यो संसारमा कसैसँग छ ?” प्रजालाई विश्वास दिलाउनका निम्ति रामले सीताको अग्निपरीक्षा लिन्छन् | आदर्श र मर्यादा रक्षार्थ गर्भवति पत्नी सीतालाई जङ्गलमा बाल्मीकि आश्रममा छाडिदिन्छन् र उसैलाई समाजले पुरुषोत्तम मान्दछ | तर सीता भन्छिन्, “म रामको लागि दोषीको स्थानमा उभिए, स्वयंका लागि होइन्” | कुनै पनि व्यक्तिको प्रतिष्ठाको आकलन उसको जीवन-मूल्यद्वारा गरिन्छ | जीवन सत्य र आदर्शद्वारा संचालित हुन्छ, अनि यसैद्वारा जीवन-मूल्य स्थापित हुन्छ | कुनै पनि नारीले आफूलाई पूर्णरूपले समर्पित गरे पनि पुरूषमा अझ बेसी पाउने इच्छा सदैव रहेको देखिन्छ, सीताले जब यस सत्यलाई बुझिन तब उनमा नारीत्वको आत्मसम्मान जागृत हुन्छ अनि राममा आत्मसमर्पित हुनुको सट्टा आफूलाई भूमिपुत्री मानेर धरतीको गर्भमा विलिन हुन्छिन् | ‘सैकत कुम्भ’ कथामा रेणुकाले परपुरुषलाई हेर्दा मात्र पतिव्रत भङ्ग भयो भनेर क्रोधित जमदग्नि ऋषिले आफ्नो छोरा परशुरामलाई आमाको शिर काट्ने आदेश दिन्छन् अनि छोराले पिताको आज्ञा पालन गर्दै आमाको शिर काट्छ, आधा शिर काटिएपछि ऋषिको क्रोध शान्त हुन्छ र छोरालाई रोक्छन् | पौराणिक कथामा यसलाई पौरुषेय कार्य ठानिएको छ | धेरै महिनासम्म मृत्युसित संधर्ष गरेर अनि वनका अदिवासी स्त्रीहरूको सेवाले रेणुका बाँच्छिन | पति र पुत्रबाट त्यागिएकी रेणुकाले आफ्नो आत्माबल,कर्मठता र स्वावलम्बनले स्वाभिमान अर्जन गरेकी छन् | स्वाभिमानले नै कुनै पनि नारीलाई नौनी जस्तो कोमलताबाट फलाम जस्तो कठोर बनाउनसक्छ | ‘विमुखता’ कथामा रामायणको कथामा ओझेलमा परेकी भरतकी पत्नी उर्मिलाको कथा पाइन्छ | रामायणकी मुख्य नारी पात्र सीता झै उर्मिलाले पनि लक्षमण आफ्ना दाजु र भाउजुसित वनवास जाँदा चौध वर्ष एकलै विरहिणी भएर एकान्तवास गरेकी थिइ | लक्षमण वनवास जाँदा उर्मिलाको विचार जान्ने आवश्यकता बोध कसैले गरेनन, न उसलाई एकवचन सोध्ने काम नै गरियो | रामसित वनवास जाने सीताको त्यागलाई समाजले उच्च दृष्टिले हेर्ने गर्छ तर उर्मिलाको व्यथालाई अदेखा गर्छ | उर्मिलाको वेदना व्यथालाई यस कथामा प्रस्तुत गरिएको छ | शुरूमा क्रोधवश उर्मिलाले आफैँलाई कोठाभित्र थुनेर राखेकी थिइन तर त्यही एकान्तवासबाट बिस्तारै उनले इर्ष्या, द्वेष, प्रेम माझको भेद बुझिन | अधिकार र बन्धनबाट मुक्त भएर नै मानिसले आफ़्नो अन्तरआत्मालाई चिन्न सक्छ र आफ्नो अस्तित्व बुझ्न समर्थ बन्छ भन्ने गुढ रहस्य बुझ्न सकिन अनि सीतालाई पनि बुझाउन सफल बनिन | यसैले लव र कुशलाई रामले स्वीकारे पछि एकली भएकी सीतालाई ‘ लोकको सामु आफू निर्दोष भएको प्रमाणित गरेमा पटरानीको पद प्राप्त हुनेछ’‘ भन्ने सन्देश पाँउदा पनि उनले कुनै उद्वेग, पीढा, कष्ट र अपमान बोध गरिनन् | ‘बन्धित’ कथामा कर्त्तव्य र प्रेम माझको द्वन्द्वमा राम फसेका छन् | वंश परम्पराअनुसार जेष्ठपुत्रलाई प्राप्त हुने राज्यधिकारलाई स्वीकार गर्नु नै रामको पहिलो कर्त्तव्य थियो | आर्यधर्म, क्षत्रीयधर्म, राजधर्म निर्वाह गर्नुपर्दा रामले चाहेर पनि आफ्नो हृदयको कुरा सुन्न सकेनन् यद्धपि पटक पटक सीताले रामको मर्यदा रक्षा गर्नकै निम्ति अपमान सहेर अग्निपरीक्षा दिनु, गर्भवती अवस्थामा वन जानु, लव र कुशलाई हरेक क्षेत्रमा सक्षम बनाएर रघुवंशको उत्तराधिकारीका रूपमा रामलाई सुम्पिनु जस्ता कार्य स्वीकार गरेकी थिइन् | अनुवादको प्रवृत्ति र प्रकृति :- सन् २०११ मा प्रकाशित तेलुगु भाषामा लेखिएको भोल्गाको विमुखता कथा सङ्ग्रहले सन् २०१५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो | यो कथा सङ्ग्रह विभिन्न भाषामा अनुवाद भएको छ | यसको अङ्ग्रेजी अनुवाद ‘द लिबरेसन अफ् सीता’ लाई अनेकौं विद्वानहरूले चर्चा गरेका छन् ; अनि सन् २०१३ मा वीणाश्री खरेल प्रधानले यस कृतिलाई नेपालीमा अनुवाद गरेकी हुन् | आफ्नो अनुवाद कार्यमा वीणाश्री खरेलले हिन्दी भाषामा अनूदित ‘विमुखता’ लाई स्रोत भाषाको रूपमा लिइएकी छन् भने नेपाली भाषा लक्ष्य भाषाको रूपमा रहेको छ | मूल भाषाबाट कुनै अन्य भाषामा गरिएको अनुवाद कृतिबाट अनुवाद गरिए त्यसलाई परोक्ष अनुवाद भनिन्छ अर्थात् कुनै पाठ वा कृतिलाई मूल भाषाबाट अनुवाद गर्नका साटो मध्यवर्ती पाठबाट अनुवाद गरिएमा त्यो परोक्ष अनुवाद हुन्छ | भोल्गा रचित ‘विमुखता’ मूल तेलुगु भाषामा लेखिएको छ अनि वीणाश्री खरेलले हिन्दी भाषामा गरिएको अनूदित पाठबाट नेपालीमा अनुवाद गरेकी हुन् यसैले यस अनुवाद कार्यलाई परोक्ष अनुवादको उदाहरण मान्न सकिन्छ | अनुवादक वीणाश्री खरेलको अनुवाद पाठमा मूल पाठमा दिइएको सामग्री वा सन्देशको पूर्ण प्रेषण भएको पाइन्छ | सरल र सरस भाषाशैलीको प्रयोगले कृतिको मूल आशय सम्प्रेषणीय बनेको छ | कतिपय ठाँउमा उनले झर्रो भाषा प्रयोग गरेका करणले अनुवाद प्रभावकारी पनि बनेको छ | जस्तै: ”मेरा प्रिय राम ! सीतालाई एकपल्ट अधाउञ्जेल आँखाभरि हेर्छु (पृ.३६); “निभेका अङ्गार हरर जल्यो” (पृ.९४); भारी बिसाएको स्थितिलाई शरीरले प्रथमपल्ट अनुभव गर्यो” (पृ. १०१); त्यससमय सीतालाई आफ्नो आँखामा लुकाएर राखेका थिए रामले” (पृ.१०२); “रामकी आँखाकी नानीलाई अपहरण गरेर लाने राक्षस त्यति कोमल पनि थिएन” (पृ. १०३); केहीदिनपछि त्यो घाउ थाक्नेछ” (पृ. १०५); त्यही घाउलाई अझ नुनचुक दलेर गहिरो काटेर, सीतालाई वन पठाइदिए” (पृ.१०५); रामको ढुङ्गा बनेको मन पग्लिने सम्भावना छ” (पृ.१०६) इत्यादि | यद्धपि यस पाठमा कतिपय व्याकरणिक त्रुटिहरू पनि पाइन्छन् | जस्तै: “सीताको आँखा दीयो जस्तै प्रज्ज्वलित थिए” (पृ.१८); “आमा त्यो बघैंचा जति सुन्दर छ, त्याहाँकी मालिकनी त्यति नै कुरूप छ” (पृ. १९); “लवले कुशको राय जान्न चाह्यो” (पृ. २०); “यसरी किन आन्दोलित हुनुभएको?” (पृ.४३ ); “पूर्णरूपले मनलाई प्रचालन गर्न सक्नेछु” (पृ. ५०) इत्यादि | निष्कर्ष, पौराणिककालका नारीका जीवन भोगाइ र जीवनवृतलाई लिएर नारीकै केन्द्रीयतामा यस सङ्ग्रहको रचना भएको छ | शारीरिक बनावट अनि मानसिक र भावनात्मक रूपमा कमजोर ठानिने नारीले समयका चुनौतिहरूलाई स्वीकारेका छन् | परिस्थितिसँग तालमेल स्थापित गर्नमा पुरूषहरूको तुलनामा अधिक दह्रिलो र धैर्यवान् सिद्ध भएका छन् यस कथाका नारीहरू | स्वअस्मिताका लागि सचेत भइ आत्मनिर्णय लिनसक्ने नारीहरूको वर्णन छ | यस कृतिले विभिन्न दृष्टिकोणमा मानवीय चिन्तनका भिन्न भिन्न आयामहरू उद्घाटित गरेको छ अनि उत्तरआधुनिक वैचारिक धरातलमा उँभिएर परम्पागत मूल्य र मान्यताको विरोध गर्दै नवीन मूल्यहरू स्थापना गरेको छ | यस कृतिका नारी पात्राहरूका मनमा भएका आत्मगौरवको भावना आधुनिक नारीका मनका भावना हुन् | भारतीय नारीहरूको अघि सैद्धान्तिक र व्यावहारिक अनेकौं प्रश्नहरू छन् | नारी अस्तित्वको निम्ति लडाइँ कसैको व्यक्तिगत लडाइँ होइन अनि पुरूष जाति विरुद्ध लडाइँ पनि होइन | पितृसत्तात्मक मानसिकताविरुद्ध यो एउटा सामाजिक लडाइँ हो | वर्तमान समयमा नारी भावनामा क्रान्तिकारी परिवर्त्तन आएको छ | आजका नारीको आफ्नै व्यक्तिगत सत्ता र पहिचान छ | आधुनिक नारी आफ्नो मूल्य र महत्त्वप्रति सचेत छन् एवम् वौद्धिक धरातलमा आफ्नो छुट्टै व्यक्तित्व बनाइराख्न सचेष्ट छन् | #डा. राजकुमारी दाहाल #वीणाश्री खरेल प्रधान छन्दकविता हराउनुमा पाठकले छन्द पढ्न नजान्नु, सुन्न मात्र जान्नु मुख्य समस्या हो: छन्द कवितामा तपाईंलाई रूचि छ भने मनोज भण्डारी कुनै नौलो नाउँ होइन तर कवितामै रूचि छैन भने चाहिँ पछिल्लो छिमलका यी कविका बारेमा तपाईंलाई परिचय दिलाउनै पर्ने हुन्छ। “ईश्वरलाई चिठी” कविता सङ्ग्रह प्रकाशित भएयता नै मनोजको चर्चा नयाँ पुस्ताका चर्चित छन्द कविको रूपमा परिचय स्थापित भइसकेको छ । वाचनमा बलियो पकड राखेका कारणले नै उनलाई छन्द कवितामा रूचाइएको पाइन्छ । युवापुस्तामा छन्दको मोह घट्दै गइरहेको अवस्थामा उनको लोकप्रियताबाट यो विधा संकटापन्न छ भन्नेहरूलाई एउटा जवाफसमेत बन्न पुगेको छ । आफ्नो विशेष वाचन शैलीले मोहित पार्न सक्ने कवि भएकै कारण मनोजलाई यतिबेला विभिन्न काव्यगोष्ठीहरूमा भ्याइनभ्याई हुने गरेको छ । प्रस्तुत छ, उनै मनोज भण्डारीसँग साहित्यपोस्टका लागि निरज दाहालले गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः छन्द कविता लेखिरहनुभएको छ । पहिलो सङ्ग्रह “ईश्वरलाई चिठी” प्रकाशित छ । भन्छन्, पहिलो सङ्ग्रह एउटा कविका लागि अगाडिको बाटो तय गर्नका लागि प्रस्थानविन्दु पनि हो । कस्तो प्रतिक्रिया पाउनुभयो ? अगाडिको बाटो कस्तो देखिरहनुभएको छ ? राम्रा प्रतिक्रिया पाएँ । किताब छापिइसकेपछि लोकप्रिय भएमा म फलानो किताबको लेखक हुँ भन्ने, नभए मेरो फलानो किताब छ भन्ने । यिनै दुई कुरा रहेछन् । मैले दुवै भनेँ । अरू धेरै फरक मलाई परेन । छन्द कविका रूपमा परिचय स्थापित गर्नुभएको छ । तपाईंको वाचन पनि विशेष देखिन्छ । तपाईंको पृष्ठभूमि र प्रेरणाबारे अलिकति बताइदिनुस् न? मेरा बुवाको स्वर मीठो छ । माइला बा आफ्ना बैँसमा गजब कविता लेख्नुहुन्थ्यो । दुवैको अलिअलि आनुवंशिक गुण सरेको होला । देवघाटका गुरु र साथीहरूकै देन हो, मेरो कविताको उत्थान चाहिँ । एक जना हरि दाइ हुनुहुन्थ्यो, उहाँ नै हो मलाई छन्दको बिउ रोपिदिने । गायन चाहिँ मेरो कामचलाउ नै हो । देवघाट छँदा सच्चिदानन्द गुरुसँग थोरै सङ्गीत सुँघ्न पाएँ । अझै धेरै सिक्नुपर्ने छ । छन्द कवितामा समर्पित हुनुभएको छ । छन्दकै जगमा टेकेर यहाँसम्म आएको हो नेपाली कविता । बीचमा गद्यको भेलबाडीमा नेपथ्यमा पनि पर्यो छन्द तर के अहिले छन्दको बेला आएको हो ? यसअघि छन्द कविता नेपथ्यमा पर्नुका कारण के होला जस्तो लाग्छ ? पाठकले छन्द पढ्न नजान्नु, सुन्न मात्र जान्नु नै मुख्य समस्या हो जस्तो लाग्छ । प्रविधिले कवितालाई हातबाट कानमा पुर्याइदियो । छन्दकविता फेरि बजारमा आयो । छन्दकविले कविता नलेखेर छन्द मात्रै लेखे । यो अर्को कारण हो । एकथरि समालोचकहरू अपवाद बाहेकका छन्द कविहरू विचारको नवीनता वा उच्चतामा भन्दा पनि छन्द, गण, लय आदि उपकरणमा अल्झिए, र कविता परम्परागत भासबाट मुक्त हुनै सकेन भन्छन् । यसमा तपाईंको कुनै टिप्पणी ? सही हो । यसमा मेरो सहमति छ । तपाईंको प्रश्नमा “अपवाद बाहेकका” नभएर “थुप्रै” भएको भए राम्रो सुनिने रहेछ । धेरैजसो छन्द कविहरू संस्कृत वा नेपाली भाषा र पूर्वीय वाङ्मयकै विद्यार्थी छन् । सबै कवि उस्तैउस्तै पृष्ठभूमिबाट आउँदा कविताको कथ्य पनि उस्तै हुने डर हुँदैन र ? छन्द कविहरू अन्तर्राष्ट्रिय परिवेशबाट किन विमुखजस्ता देखिन्छन् ? यहाँको प्रश्नले मलाई बोल्नै दिएन । घाउमै अँठ्याइदिनुभयो । मैले पहिचान गर्न नसकेको समस्या तपाईंले समात्नुभयो । धन्यवाद । हामी आफूले पढेकोमा घमण्ड मात्रै गर्ने, त्योबाहेक पनि संसार छ भन्ने नठान्ने भयौं । यो सब अध्ययनशीलताको कमी हो । यो मेरै कथा हो । देवनागरीमा लेखिने बाहेकका साहित्य त मैले पढेकै छैन भने पनि हुन्छ । अनि म कसरी विश्वसित प्रतिस्पर्धा गर्छु ? विश्व कहाँ पुग्यो भन्ने मलाई कसरी थाहा हुन्छ ? [bs-quote quote=”त्यो कार्यक्रम अन्तर्राष्ट्रिय हो । कवि अन्तर्राष्ट्रिय हुन् । कविता अन्तर्राष्ट्रिय होइनन् । अन्तर्राष्ट्रिय शब्दको कसरी व्याख्या गर्ने भन्ने हो ? म पनि दुई देशमा बस्ने कवि, अन्तर्राष्ट्रिय कवि भैगएँ नि ! तर मेरो कविताको स्तर अन्तर्राष्ट्रिय छैन । त्यसैले म अन्तर्राष्ट्रिय कवि होइन ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”मनोज भण्डारी” author_job=”छन्दकवि”][/bs-quote] पछिल्लो समय प्रविधिबाट थुप्रै कविगोष्ठी भइरहेका छन् । छन्दविशेष गोष्ठी पनि भए । कविता सुनियो । “अन्तर्राष्ट्रिय” भनिए पनि धेरैजसो कविताको स्तर खासै छैन । यस्तै कविताले नेपाली छन्द कविताको गरिमा बढाउला ? (हाँस्दै) ती कार्यक्रमहरूका बारेमा तपाईंको गलत बुझाइ रहेछ । मेरो पनि थियो । त्यो कार्यक्रम अन्तर्राष्ट्रिय हो । कवि अन्तर्राष्ट्रिय हुन् । कविता अन्तर्राष्ट्रिय होइनन् । अन्तर्राष्ट्रिय शब्दको कसरी व्याख्या गर्ने भन्ने हो ? म पनि दुई देशमा बस्ने कवि, अन्तर्राष्ट्रिय कवि भैगएँ नि ! तर मेरो कविताको स्तर अन्तर्राष्ट्रिय छैन । त्यसैले म अन्तर्राष्ट्रिय कवि होइन । जानकारहरू भन्छन्, पूर्वीय दर्शनका अधिकांश कुरा भारतीय कविताले लेखिसक्यो । अन्तर्राष्ट्रियकरण पनि गरिसक्यो । वेद, पुराण, महाभारत, रामायण वा उपनिषद्का कुरा पश्चिममा पनि पुगिसक्यो । नेपाली कविता कहाँनिर टेकेर मौलिक हुन सक्छ जस्तो लाग्छ अबका दिनहरूमा? पूर्वीय दर्शन दुवैको साझा सम्पत्ति हो । यो भारतको मात्रै होइन । यो कुरा संसारलाई बुझाउन सकिने अवस्था छैन । अब पूर्वीय दर्शनलाई संसार Indian Philosophy भन्छ । हाम्रो शास्त्रीय सङ्गीतलाई Indian Classical Music भन्छ । भारतले पूर्वको सबै जस आफूले लिएको छ । यो बडो विडम्बना हो । यो हाम्रो निष्क्रियताले भएको हो । थप कुरा, हामीसित त्योबाहेक के छ त ? वेद भारतले हाम्रो भन्ला, त्रिपिटक तिब्बतले हाम्रो भन्ला । हामीसित मुन्धुम त छ नि ! कविताका लागि हामीसित हाम्रा चोख्खा कुरा छन् । यसो भनेर पूर्वीय दर्शनलाई भारतको जिम्मामा छोडिदिने त ? यो पनि त हुँदैन । हाम्रा आफ्ना जति त सबै आफ्ना हुन् । यसमा पनि virgin इँट्टा छन् । तीबाट पनि हाम्रो कविताको घर बनाउन सकिन्छ । संस्कृत प्रशिक्षण पनि गरिरनुभएको छ । कस्तो देख्नुहुन्छ संस्कृतको वर्तमान र भविष्य ? वर्तमान ठिकठिकै । भविष्य उज्ज्वल छ । संसार संस्कृत खोज्दै नेपाल आउनेछ । भारतले गन्ध पनि नपाएको संस्कृतको खजाना हामीसित छ तर अनुसन्धान र प्रकाशन हाम्रो साह्रै लोइरो छ । गर्दै गरौँ, गरेपछि हुन्छ । तपाईं कतिपय अनुज कविहरूलाई बाटो देखाइरहनुभएको छ । नयाँ पुस्तासँग तपाईंको आशा वा विश्वास कस्तो छ ? नयाँ पुस्तासित आगो छ । त्यो आगोले अँध्यारोमा उज्यालो बनाइदिन्छ । आफू त्यो आगोबाट बच्नु चाहिँ जरुरी छ । छन्दकविता गुरुशिष्य परम्परामा टिकेको छ । गुरुसँग सबै दुहुन शिष्यले सक्नुपर्छ । त्यसका लागि अलिकति धैर्य चाहिन्छ । आफू बलियो नभई प्रचारप्रसारमा जानु एउटा रोग हो । यसबाट मुक्त हुनु पर्यो । अरू गजब छ । कवितामा यहाँका भावि योजना के छन् ? मेरो भावि योजना लेखन नै हो । किताबबारे मेरो सोच छैन । भएछ भने हेरौंला पनि । शास्त्री पढ्दाताका महाकाव्य सुरु गरेको थिएँ । बनारस जानुपर्यो, अनि छुट्यो । समय भएछ भने त्यता पनि सोचुँला । #छन्दकविता #निरज दाहाल #मनोज भण्डारी फोटो कविता प्रतियोगिता ६ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको छैटाैँ संस्करणका लागि कविता आह्वान गरिएको छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका पाँच संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । छैटौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात् असार १३ गते राति १२ बजेसम्म रहेको छ। यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः विदेशमा नेपाल सम्झेर पाैरख गरिरहेका पाैरखी मन । जसलाइ याे तस्बिरले संकेत गरेकाे छ । हेर्नुहोस् तस्बिर र तल… …कमेन्ट बक्समा कविता पाेस्ट गर्नुहाेस् । #फोटो कविता प्रतियोगिता दि डार्क हाउस: बिपिन अर्याल जीवनमा होस् सम्हालेदेखि मैले खुसीको साथ एकपल पनि बिताउन सकिनँ । छ वर्ष हुँदा आमाले छाडिन्, न कहिल्यै आमाको खुसी नै महसुस गर्न पाएँ जीवनमा,आफ्नो भन्ने बामात्र थिए । बाको माया पनि दैवले चुडेर कन्छी आमासंग गाँसिदियो । भगवानले मेरो भाग्य बनाउँदा सायद दुःखको चुली मात्र पुर्पुरोमा भरेका रहेछन्, त्यसैले आज यस्तो दिन देख्नु पर्यो । सारा दुःख किशोरावस्थामा नै भोग्नुपर्यो, जतिबेला खेल्ने कुद्ने रहर हुन्छ । घरवरिपरि गाउँ नै जम्मा भएको थियो । बालाई तुलसीमठमा ’बोलाए हजुर’ भन्ने भावमा राखिएको थियो । हरेकको अनुहारमा अचम्म र दुःखको अनुभूति थियो । यो माइलाले कसरी आत्महत्या गर्न सकेको होला ? आफ्नो परिवारलाई पनि सम्झेन यसले, एउटी भएकी छोरी र माईली के आधार बाँच्लान ? केही वर्षअघि ठूलीले पनि संसार छाडिन् । यिनका परिवारले अघिल्लो जन्ममा कस्तो पाप गरेका रहेछन् नि बाबै, यो जन्ममा यतिका दुःख भोग्नु परेका ! म पिँढीमा अर्धमृत मुद्रामा थिएँ । बज्रपातले भक्कानिएको जस्तो । पानीबाट झिकेको माछा बगरमा छट्पटाएजस्तो । मेरा आँखाहरुमा डर थिए । कहालिलाग्दो कहर र बिडम्बनाको बाढीले मेरा मनभित्रको डरका बाँध भत्काउनुको सट्टा, झनै बलियो बनाएको थियो । समाजले बालाई आत्महत्याको दोषी ठहर्याएको थियो । बाले आत्महत्याको कल्पना पनि गर्न सक्दैनथेँ, “मेरा बा सहनशक्तिका प्रतिमुर्ति थिए । आखिर अति भएपछि मुर्तिले पनि चल्न बाध्य हुनेरहेछ ।“ वर्षाको समय थियो । बा राति खेतमा पानी मिलाउन गएका थिए । आकाशबाट भीषण पानी परिरहेको थियो । म रेडियोमा गित सुन्दै थिएँ । माथिल्लो कोठाबाट असहज चिच्याहट आइरहेको थियो । म बिस्तारै माथिल्लो कोठामा पुगेर ढोकाको चरबाट चिहाएँ । आमा गैरपुरुषसंग अर्धनग्न अवस्थामा सिरकभित्र गुटमुटिएकी थिइन । मेरा आँसुका ढिक्का बरर…. खस्न लागे । म आफ्नो कोठामा पुगेर सुतेको भान बनाएँ । त्यतिकैमा बा घर आइपुग्गे र सरासर माथि पुगे । बा पुग्नासाथ, म पनि पछाडि गइरहेको थिएँ । वास्नाको आगोमा लिप्त हुने किराहरूलाई डर र इज्जतको त्रास हुँदोरहेनछ । राक्षस भनेका पौराणिक कथाको खराब शक्ति भएको पात्रमात्र रहेनछ, दया माया नभएपछि मन्छे नै राक्षस बन्ने रहेछ । ती राक्षसहरूले बाको घाँटीमा पासो लगाए । बा छट्पटाइरहेका थिए, हातले पासो समाते, खुट्टा तलमाथि गर्दै जीवनको भीख मागिरहेका थिए बा । म डरले चिच्याउँदै भाग्न लागेको थिएँ, मलाई पनि समाते र घटनाको पोल खोले मारिदिने धम्की दिए । हरेक दिन बा अनि आमालाई सम्झदै एक वर्ष बित्यो । शरीर खिइएर हाड मात्र बाँकी थियो । घरको कामकाज सबै मैले नै गर्नु पथ्र्यो, नगरे कहिले तातो पानी त कहिले चुरोटका ठुटाले शरिरमा पोलिदिन्थे । नरोएको रात थिएन । रक्सीको मातमा दुवै जान मेराअगाडि नै गलत हर्कत गर्न थाल्दथे । प्रत्येक दिन घिनलाग्दो घटना दोहोरिइरहन्थो । आफूले गरेका हरेक पापको आरोप आमाले मलाई लगाउँथिन् । सुन्दरता खोज्न बत्तीमा आउँदा किराहरू बत्तीको तातोले जलेर मरेझैं, मैले हरेक खुसी खोज्दा आफू जलेर मर्नु पथ्र्यो । ईश्वर हुन्छन् भन्ने भीडलाई म र मैले पाएका सजाय एकाएक दिन चाहन्थेँ । अब गाउँमा हल्ला फैलने डरले आमाले मेरो विवाह त्यो पुरुषसंग गर्ने निर्णय गरिन्, जोसंग आमा हरेक दिन वास्नाको सागरमा डुबुल्की मारी रहन्थिन् । समाजमा मलाई चरित्रहिनको संघा दिएर आमाले मेरो बिहे राक्षससंग गराइदिइन्, त्यसलाई घरज्वाँइ राखेर आफू मोजमा बस्ने षड्यन्त्र रचेकी थिइन् । बाको हत्यारासंग बिहे गर्ने अथवा आत्महत्या गर्ने मेराअगाडि यी बाहेक अरु कुनै बिकल्प थिएन । मैले आत्महत्या गर्ने निर्णय गर्दै थिएँ, तर मैले सम्झिएँ । माकुराको बच्चाले आफू ठुलो हुँदैगएपछि माउलाई नै खाएको । यतिकैमा आँशु खस्न थाल्यो । त्यो रात मैले आफ्नो आँखाबाट खस्दै गरेको एउटा आँशुको थोपालाई प्रश्न गरेँ, “तिमि कहाँ जाँदै छौ ?“ आँसुले जवाफ दियो, “तिम्रो आँखामा निकै कहालिलाग्दो दृश्य छ । म त्यो हेरेर एकछिन पनि बस्न सकिनँ ।“ मेरा बाको निर्मम हत्याको दृश्य आँशुले पनि हेरेर बस्न सकेनछ, सायद । मैले बाको आत्मालाई न्याय दिने पुनः निणर्य गरेँ । भोलिपल्ट मेरो विवाह भयो । विवाहमा स्त्रीले गर्ने सारा श्रृङ्गार मैले गरेको थिएँ, तर मसंग विवाह गर्दा स्त्रीमा हुनुपर्ने कुनै गुण भने थिएन । थियो, त केवल बाको हत्यारासंग बदला लिने अठोट । विवाह सम्पन्न भयो राति, उनीहरु मस्तीमा थिए । मलाई खाना बनाउन लगाई आफूहरु उत्सव मनाइरहेका थिए । म पनि उनीहरुको मृत्युअघिको उत्सव मनाइरहेको थिएँ । खानामा विष मिलाइदिएँ । खाना खाएर सक्नासाथ उनीहरू आफ्नो कोठामा गए । म नजिकैको काठ चिर्ने बन्चरो हातमा लिएर उही कोठामा पुगेँ । जहाँ बालाई तिनीहरुले हत्या गरेका थिए । उही कोठामा दुवै रगत वाक्दै थिए । पानी पुकारी रहेका दुवैलाई मैले बन्चरो प्रहार गरे नारीको कालीरूप झल्कने गरी । रातो सारीमा जताततै रगत थियो । रिसको आवेग पनि डरलाग्दो भाव रहेछ, यसले कुनै पनि समयमा कुनै पनि सम्बन्धलाई निमेषभरमै खत्तम पार्दोरहेछ । ‘म आजबाट स्वतन्न्त्र भए’, भन्दै खुसी उत्सव मनाउँदै थिएँ । बाको आत्मा सायद त्यो कोठाबाट सिमलको भुवासरि उठ्दै थियो । मैले धेरै पहिले गर्नुपर्ने काम अहिले गरेँ । अन्यायले न्याय पायो । म बा, आमाको साथमा जान चाहन्थेँ । उनीहरुको मायाको काखमा गुटमुटिन चाहन्थेँ । फेरि एकपटक पुनर्जन्म चाहन्थेँ । यो पटक भने म आमाको जीवनभरिको साथ चाहान्छु । मेरो जीवनले अर्थ बटुल्यो अब जीवनको रहर थिएन । मैले पनि घरबाट हामफालेर आफ्नै आँगनमा देहत्याग गरेँ । #बिपिन अर्याल प्रकृति: मेरो सुगन्धले मात्तिएर ती काँड़ाहरू मलाई पर्खाल लाएर घेर्न निस्किएका छन् मेरो स्नेहले मात्तिएर ती काँड़ाहरू मलाई बाँड्Þन निस्किएका छन तर म त स्वतन्त्र छु ती वायु र नदीहरू झैँ कस्तो बुझ्न नचाहेको ती काड़ाहरूले म नै उसको सृष्टि हुँ भनेर म नै उसको बाककच्ने आधार हुँ भनेर । #प्रकृति #शंकर शर्मा सपनाको फूल: भर्खर त हो नि ताते ताते गरी सारेको पहिलो पाइला तिम्रो साथ र अलिकति हौसलाले बाटो म पहिल्याउन सकूँला पक्कै, लडेर फेरि उठ्न सकूँला हिमालको शालीनता माथि झुकेको क्षितिज पहाडको तरेली अनि समथरको ती बस्ती खुट्याउन म आफैँ सकूँला तर, को पसेछ कुन्नि बगँैचामा घाइते छन् मेरा सपनाका फूलहरू इन्द्रेणीको रंग अलिकति सापटी लिएर जूनको शीतल मुनि सुम्सुम्याउँदैछु एक अन्जुली फूल राखेर अघिल्तिर भर्दैछु हृदयमा आफ्नै ब्यथाको रङ । #सपनाको फूल #सावित्री चौधरी 'ज्ञान र विद्रोह' नै युवाहरूको बाटो हो: नवीन प्राचीन युवापुस्ताका लोकप्रियमध्येका एक कवि हुन् | उनी हाल क्यानाडा बस्छन्, तर देश\\समाजमा विद्यमान विभिन्न कु(संस्कार), विभेद तथा राजनैतिक घटनाक्रमप्रति आलोचनात्मक भएर लेख्छन्\\बोल्छन् | उनको कविता संग्रह ‘उभिएर एक्लै ‘ प्रकाशित भएको करिब पाँच वर्ष पुगिसकेको छ | प्रस्तुत छ, युवापुस्ताका लोकप्रिय कवि नवीन प्राचीन सँग जात व्यवस्था, नवपुस्ता र उनीहरू भूमिका, साहित्यलगायत विषयमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेल ले गरेको अन्तरंग संवादको सम्पादित अंश; प्रवासमा बस्नुहुन्छ , देशको समसामयिक घटनाप्रति आलोचनात्मक देखिनुहुन्छ । देश भनेको के रहेछ ? परिभाषाहरूको ठेली पल्टाउँदा त यसको सहज जवाफ भेटिएला । व्यक्तिगतरूपमा चाँहि तपाईँको अवचेतनसम्म कुनै ठाँउ, भाषा, समुदाय र संस्कृति लगायत…लगायत… अनेक सूक्ष्म र बृहद् कुराहरूको तपाईँमाथिको प्रभाव र त्यसप्रति तपाईँको लगाव नै मानसिक तहमा तपाईँको देश होला । यसको सबैभन्दा छोटो जवाफ सायद यही हुन सक्ला । पछिल्लो समय जाति व्यवस्थालाई लिएर सञ्जालमा अभियान नै चलाइरहनुभएको छ । रुकुममा घटित विभत्स नरसंहार पहिलो त थिएन , तर तपाईँलाई यसले बढी चिमोटेको हो ? जात व्यवस्था र विभेदले जकडिएको समाजमा रुकुम र रुकुमजस्तै नरसंहार कुनै अनपेक्षित घटना होइनन् । हामीले विभेदलाई जसरी संस्थागत गरेका छौँ, समयसँगै यसका विष्फोट अझ भयानक हुन सक्छन् । इमान्दार भएर भन्नुपर्दा म बढी झस्किएको चाहिँ रुकुम घटनासँगै सुरुभएको यसको ब्याख्याबाट हो । समाज खुकुलो, समावेशी र उदार हुँदै गरेका भाष्य जबर्जस्ती स्थापित गराइँदै गएका बेला मेरो अपेक्षा थियो, चेतनशील भनिएका युवा र बुद्धिजीवी एकठाउँमा उभिएर आफ्ना कमजोरी स्विकार्नेछन्, हाम्रो संरचना र यसले आफूसमेतलाई पारेका कुप्रभावबारे आफ्ना सहजताबाट बाहिर आएर खुला छलफल गर्नेछन् । सदियौँको विभेदमा जान र अन्जानमा आफ्नो संलग्नताका निम्ति सम्बन्धित समुदायसँग माफ माग्नेछन् । तर, कुनै पनि सामान्य चेत हुने न्यायप्रेमी नै तर्सिने गरी जसरी सामाजिक संजाल तात्यो, र कथित लेखक, अभियन्ता र बुद्धिजीवीहरू आफ्नो वर्चश्व जोगाउन कि गलत ब्याख्या कि मौनताको सहारा लिन थाले, त्यसले मलाई चुप लागेर बस्न दिएन । यो घटनाले उदांगो पारेको छ, हाम्रो समानता र न्यायको लडाइँ अझै कति लामो छ । अहिले बाहुनवाद वा ब्राह्मणवादलाई लिएर पनि बहस उठिरहेको छ । गैरदलित र दलित भनी कित्ताकाट गरेरै सञ्जालमा चर्को बहस पनि चलिरहेकै पनि छ । बाहुनवादले कुनै एक समुदायलाई लक्षित गर्यो पनि भनिन्छ नि ! तपाईँलाई के लाग्छ ? यो ब्राम्हणहरूले हिन्दु वर्ण र जात व्यवस्था अन्तर्गत इतिहासमा पाएको शिक्षा, ज्ञान प्राप्ति र ब्याख्यामाथिको झण्डै-झण्डै एकल स्वामित्वको अधिकार र त्यसका आधारमा राज्यमा पारिएका प्रभाव र संरचनागत हस्तक्षेपको विरासतमा सिर्जना भएको विशेषण हो । ब्राम्हणवाद अब कुनै समुदायमा मात्र सीमित छैन । यो शब्दले सबै ब्राम्हणहरूलाई अनि ब्राम्हणहरूलाई मात्रै पनि प्रतिनिधित्व गर्दैन । अहिले एकै समुदायभित्र हुनेगरेका विभेदको पनि चर्चा चुलिएको छ । विभेदकै कुरा गर्दा त ब्राह्मण र क्षेत्रीमा पनि छ । फरक समुदाय र एकै समुदायमा हुने विभेदबीच के तात्विक भिन्नता छ ? विभेद ब्राम्हण क्षेत्रीमा मात्रै हैन, ब्राम्हण भित्रै र परिवार भित्रै पनि छ । व्रतबन्ध गरेको ब्राम्हण र व्रतबन्ध नगरेका ब्राम्हणकै सामाजिक हैसियत फरक छ नि । हाम्रो समाजको हरेक तहमा विभेदले आफ्नो खुट्टो पसारेको छ । यो विभेदको जरो कहाँ छ ? यसको ऐतिहासिकता के हो ? भन्ने खोजी नगरी, निष्कर्ष ननिकाली हामी बहसको चुरोमा पुग्न सक्दैनौँ होला । एकै समुदायभित्रै हुने विभेद ‘तुलनात्मक रूपमा नरम’ मानिएको होला । फरक समुदायमा त दलन, घृणा र हिंसाकै रूपमा नै देखिइरहेकै छ । युवालाई जोडौँ, हाम्रो नवपुस्ता जाति व्यवस्थाको आधारमा हुने विभेदका विरुद्धमा एक भएको हो ? सञ्जाल हेर्दा त त्यस्तो लाग्दैन । कारण के हुन सक्छ ? तपाईँलाई जस्तै मलाई पनि त्यस्तो लाग्दैन । विभेद हुनुपर्छ भनेर खुलेर भन्ने हिम्मतचाहिँ केही कम भएको होला, तर विभिन्न (कु)तर्कको सहायता लिएर आफ्ना कुण्ठा र शासकीय अहं र वर्चश्वप्रेमचाहिँ छरपस्ट प्रकट गरेको देखिन्छ । यसो हुनुको पहिलो कारण त विषयप्रति प्रष्ट ज्ञान नहुनु नै होला । अहिलेको पुस्ता धेरै हदसम्म लाईक र कमेन्ट संख्याका आधारमा आफ्नो स्कृनसम्म आइपुग्ने कुरालाई नै ज्ञानको सम्पूर्ण स्रोत मान्छ । यसले सहि जानकारी र आलोचनात्मक चेत विस्तारमा खडा गरेको बाधा चिर्न नसक्नु अर्को समस्या होला । केहीबाहेक नयाँ पुस्ताको नियत नै खराब होला भन्नेचाहिँ मलाई लाग्दैन । तर हामीले धेरै कुरामा संरचनागत सुधार र हस्तक्षेप गर्न आवश्यक रहेछ भन्ने कुरा उनीहरूले गरेका बहसका प्रकृतिबाट थाहा पाउन सकिन्छ । परिवर्तनका लागि युवापुस्ताको भूमिका अहम हुन्छ । रुकुममा घटेको जस्तो विभत्स घटनाको पुनरावृत्ति हुन नदिन युवाले के गर्नुपर्छ ? पहिलो कुरा त हाम्रो समाजमा यस्ता घटना ‘किन’ घटिरहेका छन् भनेर सोच्न सुरु गर्नुपर्छ । यसले हामीलाई विषयको गहिराइतिर लान सहयोग गर्छन् । अर्को कुरा, सम्पूर्ण जडता (आफ्नैसमेत) का विरुद्ध उभिने साहस गर्नुपर्छ । ज्ञान र विद्रोह नै युवाको बाटो हो । त्यसले मात्र समाजलाई अघि लैजान्छ । विभेदको पहिलो स्कूल भनेको परिवार हो । सञ्जाल विद्रोह गर्नेहरू परिवारमा विद्रोह गरिरहेका छन् ? सञ्जालमा स्टाटस लेखेकै भरमा परिर्वनत सम्भव छ ? सञ्जालमा लेखेकै भरमा परिवर्तन सम्भव छैन । तर लेख्नु वा व्यक्त हुनु एउटा खुट्किलोचाहिँ अवश्य हो । त्यो तपाईँको विचारको दिशा कतापट्टि छ भन्ने कुराको संकेत हो । त्यसले तपाईँको आदर्शपट्टिको पाइलालाई सहयोग गर्छ । कुनै पनि कुरा व्यवहारमा लागू हुनुपूर्व तपाईँ सैद्धान्तिक रूपमा स्पष्ट हुनुको महत्त्व अत्यन्तै धेरै हुन्छ । तपाईँ जहाँ हुनुहुन्छ र सक्नुहुन्छ त्यहाँबाट सुरु गर्नुहोस्, भलै त्यो सामाजिक संजाल नै किन नहोस् । त्यसले तपाईँलाई बिस्तारै परिवारलगायत अन्य ठाउँसम्म विद्रोहको लागि तयार हुन कुनै न कुनै रूपमा सहयोग गर्छ । साहित्यको कुरा गरौँ, तपाईँको कविता संग्रह उभिएर एक्लै आएको पनि करिब पाँच वर्ष पुग्यो । कविता नै पनि छिट्फुटबाहेक पढ्न पाइनन् । लेख्न कम्ति गर्नुभएको कि पुस्तकको तयारीमा लाग्नुभएको हो ? म उसै पनि कम नै लेख्छु । अल्छि छु । धेरैले मैले लेख्ने नै कुरा लेखिरहनुभएको छ, र भनिरहनुभएको छ भने मैले त्यसैको मजा लिएर स्विकार्दा भैगयो भन्ने लाग्छ । भर्खरै यसो नोटबुकमा हेर्दा केही कविताहरू जम्मा भए जस्तो लागेको छ । विस्तारै तिनमा केही काम गर्ने सोच्दैछु | तर मेरो गति शंखेकिरासँग मिल्छ । देशमा आएका ठूला परिवर्तनका एक हिस्सा साहित्य, त्यसमा पनि कवि र कविताहरू पनि थिए । अबको समाजले परिवर्तनका लागि कस्तो साहित्य मागेको छ ? तपाईँलाई लाग्छ, कविताले मात्र परिर्वतन सम्भव छ ? समयले मागेको बारेचाहिँ मलाई अलि कम नै थाहा हुन्छ । समयलाई तपाईँ के दिन चाहनुहुन्छ, त्यो दिनुस् भन्ने हो । तपाईँ समाजको कुन क्षेत्रमा र कुन तहमा हस्तक्षेप गर्न चाहनुहुन्छ भन्ने कुरामा तपाईँको प्रश्नको जवाफ फरक पर्ला । बृहत् समाजलाई सिधा हस्तक्षेप र सम्बोधन गर्ने कुरामा राजनैतिक र सामाजिक मुद्दा महत्वपूर्ण होलान् । बिस्तारै अथवा परोक्ष ढंगले समाजलाई हस्तक्षेप गर्ने सवालमा समाजको शुक्ष्म इकाई व्यक्तिलाई एक्लै अथवा व्यक्तिगत तहमा सम्बोधन गर्ने उपाय प्रभावकारी होला । तपाईँको पहिलो वाक्यमै दोश्रो प्रश्नको जवाफ छ, सायद । कविताले मात्र अथवा कुनै पनि ‘मात्र’ ले बृहत् परिवर्तन सायद सम्भव छैन । आफैँ पनि युवा हुनुहुन्छ । नवपुस्तासँगको संगत पनि राम्रै देखिन्छ । अहिलेका साहित्यका नवपुस्तालाई कसरी हेरिरहनुभएको छ ? विश्व साहित्यमा हस्तक्षेप राख्न सक्छन् ? सामाजिक संजालको ‘वाह’ संस्काररलाई कमेन्टको बजारे अतिरंजना र स्वार्थी अग्रजहरूको अति प्रशंसा, आलोचना र मौनतालाई सामान्य कुरा मानेर निजत्वको विकास र साधनामा ध्यानदिने हो भने समय अब हामी जस्तै विषयका विविधता र गहनता भएका मुलुकका युवाको हो । #कृष्ण ढुङ्गेल #नवीन प्राचीन आँशुका हकदार: आज म मलाई छोडेर जाने ज्ञानीका कुरा गर्दिनँ । न त आजभोलि च्याटमा आएर हरेक पल केके-केके गन्थन गरिरहने निक्कीका कुराहरु सुनाउँछु । मत आज चिया पसलमा बसेर सुनेका गफहरुको फेहरिस्त पनि यहाँ राख्दिनँ । पछिल्लो हप्ता बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले संसारलाई नै स्तब्ध बनाएको थियो । त्यसपछि देखिएको सामाजिक संजालका प्रतिक्रियाहरुले हामीलाई फेरि मानसिक स्वास्थ्यका कुराहरुमा सोच्न बाध्य बनायो । मलाई पनि आज यसैको बारेमा केही कुराहरु गर्न मन लाग्यो । जब-जब कुनै चर्चित सेलिब्रिटीले आत्महत्या गरेको खबर आउँछ तब मानिसहरु भावुक बन्न पुग्दछन् । सहानुभूतिका शब्दहरु, श्रद्धान्जलीका फूलहरु संजालभरि चढाइएका देख्न पाइन्छन् । आँशुका थोपाहरुले इन्स्टाग्राम र फेसबुक भिजेका पाइन्छन् । अर्काथरी मान्छे हुन्छन्, जो यसलाई केवल ढोंगका रुपमा हेर्दछन् र भन्छन्, “बाँचुन्जेल बाँच्न दिएनौ, कहाँ दुखेको छ सोध्ने चेष्टा गरेनौ, अहिले आएर गोहीका आँशु खसाल्छौ ?” केही मान्छेहरु त अझै भन्छन्, “यहाँ खान नपाएर कति मान्छे मरेका छन् । हाम्रै देशमा पनि आत्महत्या गरेर कति मान्छे मरेका छन्, तिनीहरुले चाहिँ तिमीले खसाल्ने आँशुहरुमध्ये दुईचार थोपा पनि डिजर्भ गर्दैनन् र ?” [bs-quote quote=”हरेक मृत्युहरु उत्तिकै दुःखदायी हुन्छन् तर आफ्नो ठानेको मान्छेको मृत्यु ज्यादा अप्रत्यासित लाग्दो रहेछ । हामीले पर्दामा हेरिरहेको, हामीलाई अनेक कर्महरुबाट प्रेरणा दिँदै आएको मान्छे अस्ताउँदा अलि बढी नै दुख्दो रहेछ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] हो त, तिनीहरु पनि हाम्रा आँशुहरुका हकदार हुन् । तिनीहरुका समस्या पनि हाम्रा लागि सेलिब्रिटीहरुकाझैं चर्चायोग्य हुन् । तर जसरी कोही देखिरहेको आफ्नो मान्छे यो दुनियाँबाट अस्ताउँछ, जब आफूलाई हरतरहले प्रभाव पारेको मान्छे कहिल्यै नफर्किने लामो यात्रामा जान्छ, तब हामीलाई त्यस वियोगले ज्यादा पोल्दछ । हरेक मृत्युहरु उत्तिकै दुःखदायी हुन्छन् तर आफ्नो ठानेको मान्छेको मृत्यु ज्यादा अप्रत्यासित लाग्दो रहेछ । हामीले पर्दामा हेरिरहेको, हामीलाई अनेक कर्महरुबाट प्रेरणा दिँदै आएको मान्छे अस्ताउँदा अलि बढी नै दुख्दो रहेछ । मलाई सुशान्तको अन्त्यले यसकारण पनि झस्कायो कि उनको ‘सोनचिडिया’ भन्ने फिल्म मैले उनको मृत्युको दुई दिनअघि मात्र हेरेको थिएँ । आत्महत्त्या विश्वव्यापि रोग भएर बसेको छ तर हामी आत्महत्या गर्नेलाई कायर भनिरहेछौं । जिन्दगीको भागदौडबाट अत्तास्सिएर उम्किन खोज्ने काँतर भनिरहेछौं । के कहिल्यै सोध्यौं हामीले उसलाई, तिम्रो जिन्दगी किन हाम्रोभन्दा फरक छ भनेर ? हामीसँग माया गर्ने परिवार छ, खान लगाउन दुःख छैन, हाँस्न खेल्न बन्देज छैन । मनका कुरा सुनिदिने मान्छे छन् । हाम्रो वरिपरि भएर पीरहरु हिँड्नै मान्दैनन् । कष्टका बादलहरु कहिल्यै हाम्रा छतमाथिबाट मडारिँदैनन् । त्यसैले त हामीलाई सजिलो छ, फ्याट्ट जजमेन्टल भएर भनिदिन, “केही दुःख थियो भने त सुनाए भैहाल्थ्यो त परिवारलाई, झुण्डिनै पर्थ्यो र ?” उसले मर्नुअघि बाँच्ने उपायहरुका बारेमा सोचेन होला र ? थाहा थिएन होला र उसलाई, यो जीवन कतिबिघ्न रमाइलो छ भनेर ? बाँचेको भए उसले पनि त हेर्ने थियो होला कोरोनापछि कस्तो होला यो संसार भनेर । हेर्ने थियो होला, आफ्ना सपनाहरु पुरा भएको क्षण । के उसलाई रहर थिएन होला र पुरा आयु बाँचेर आफ्ना सन्ततिहरुले डाँडाकाँडा ढाकेको हेर्ने ? जसरी मलाई विश्वकप फुटबलकै लागि भए पनि अर्को अनि अर्को, अनि फेरि अर्को गरेर चार-चार वर्षको किस्तामा बाँच्नुपर्छ जस्तो लाग्छ, के उसलाई पनि डार्क भन्ने नेटफ्लिक्स सिरिजको तेस्रो सिजन कस्तो आउला भन्ने कौतुहलता मनमै राखेर मर्ने मन थियो होला र ? कति सुन्दर कृतिहरु जन्मिनै बाँकी थियो दुनियाँमा । ती सबै सबैको रसस्वादन नगरी कसैलाई त्यस्सै कहाँ जाँगर चल्दो हो र गर्धनमा डोरीको माला पहिरिएर आफ्नै स्वासनली अँठ्याउन ? मलाई हरेक पल मृत्युको भयले अत्याउँछ । बाटो काट्न लाग्दा हुत्तिएर आएको गाडीले अचारजस्तो पिसेर जान्छ कि भनेर डराउँछु । कतै अग्लो ठाउँमा पुगेँ भने लडेर मरिएला कि भन्ने डर लाग्छ । आजभोलि कोरोनाले मरिएला भनेर भिडभाडमा जान मन लाग्दैन, घर छोड्न मन लाग्दैन । त्यति मात्र कहाँ हो र, रातदिन स्यानिटाइजर दलेर बस्न मन लाग्छ, साबुनपानीले हात धोइरहन मन लाग्छ । यतिबिघ्न बाँच्ने अभिलाषा रहेको हुन्छ मान्छेमा । यसरी ठ्याक्कै मजस्तै गरी जिन्दगीलाई माया गर्ने मान्छे कसरी एकैपटक मृत्युलाई अँगाल्न पुग्छ होला ? [bs-quote quote=”त्यो मनमा कुनै भिषण पहिरो नगई त पक्कै उसका सपनाहरु पुरिएनन् होला । मुटुको पिँधमा प्वाल नपरी त पक्कै उसका जिउँदा आकांक्षाहरु चुहिएनन् होला । नत्र त किराफट्यांग्रा समेत बाँचेको दुनियाँमा, चराहरु समेत शिकारीको फन्दामा पर्छु कि भनेर ज्यान जोगाउन लागिपरेको दुनियाँमा, एनिमल प्लानेटका डकुमेन्ट्रीमा झैं मृगहरु समेत बाँच्नकै खातिर चितुवासँग रेस जितेर कुदेको संसारमा, जीवनको मूल्य बुझेको चेतनशील मान्छेले चाहिँ कसरी घुटुक्क मेटासिड पिएर ढल्न सक्ला र ? कसरी सक्ला नदीको उर्लंदो भेलमा आफूलाई हेल्न ?” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] त्यो मनमा कुनै भिषण पहिरो नगई त पक्कै उसका सपनाहरु पुरिएनन् होला । मुटुको पिँधमा प्वाल नपरी त पक्कै उसका जिउँदा आकांक्षाहरु चुहिएनन् होला । नत्र त किराफट्यांग्रा समेत बाँचेको दुनियाँमा, चराहरु समेत शिकारीको फन्दामा पर्छु कि भनेर ज्यान जोगाउन लागिपरेको दुनियाँमा, एनिमल प्लानेटका डकुमेन्ट्रीमा झैं मृगहरु समेत बाँच्नकै खातिर चितुवासँग रेस जितेर कुदेको संसारमा, जीवनको मूल्य बुझेको चेतनशील मान्छेले चाहिँ कसरी घुटुक्क मेटासिड पिएर ढल्न सक्ला र ? कसरी सक्ला नदीको उर्लंदो भेलमा आफूलाई हेल्न ? वैज्ञानिकहरुले ब्रह्माण्ड बुझे, धरती, आकाश, चन्द्रमा अनि ग्रहहरु बुझे तर बुझ्न अपरम्पार त मान्छेको मन पो रहेछ ! डाक्टरहरुले घाउको इलाज सिके, दुखाईको ओखती बनाए, निको पार्न नजानेको त मनको दुखाई पो रहेछ ! मान्छेको मन जत्तिको कमलो चीज संसारमा अरु हुन्न रहेछ । अनि मान्छेकै मन जत्तिको कडा वस्तु पनि अरु रहेनछ संसारमा । जब मन चाहिने भन्दा कमलो हुन जान्छ, तब मान्छे कम्जोर हुने रहेछ । जब मन चाहिनेभन्दा ज्यादा कडा हुन जान्छ, तब यसले अरुलाई दुखाउँदो रहेछ । यति कठोर पनि नबनूँ ताकि कसैको मन भाँच्नु परोस् । त्यति कोमल पनि नबनौं कि आफैँलाई सम्हाल्न नसकियोस् । मनलाई कलिलो मकैको घोगाजस्तै कोपर्नु पर्ने कोमल पनि नबनाऊँ, छिप्पेको मकैजस्तै टोक्नै नसक्ने पनि नबनाऊँ । मन त हरियो मकैजस्तै सुस्तरी छोडाएर आफ्नो नजिकको मान्छेसँग बाँडीबाँडी खान सकियोस् न ! मनका भावनाका दानाहरु कसैसँग बाँड्नु भनेको हृदयको घोगा निख्रिनु हो । मन खोयाजत्तिकै खाली हुनु हो । मनबाट कुण्ठा, रोष, पश्चातापहरु निख्रिएर आफू हलुङ्गो हुनु हो । कसैको मनलाई नदुखाउँ बरु भावना बुझिदिने चेष्टा गरौँ । शरीर त नश्वर हुन्छ । यो कुनै न कुनै दिन नाशिनु त छँदै छ । तर हरेक नश्वर शरीरभित्र ईश्वरजस्तो आत्मा बसेको हुन्छ । त्यस आत्मालाई कदापि नरुवाऊँ । रुँदै-रुँदै शरीर छोडेर हिँडेको आत्माले सधैँभरि गुनासोको कुम्लो बोकेर भड्किरहेको हुन्छ । त्यसैले सबैको भलो गरौँ । आजलाई यत्ति भनें । निक्कीका गन्थन अनि ज्ञानीका यादहरुको पोकोपुन्तुरो फेरिफेरि खोल्दै गरौँला नि । हुन्न ? #चिया अड्डा #सुरेश बडाल प्रेमको दूरी: – हाम्रो भेट कहिले हुन्छ ? – लकडाउन खुलेपछि । प्रतिदिन लकडाउनकै गुनासो । कोठाभित्र थुनिएर प्रेमी÷प्रेमिकालाई सम्झनुपर्ने दिन पनि आउनेछ भनेर कसले सोचेको थियो र ? ‘लकडाउन भनेको के हो ?’, भन्ने थाहा नपाएको विश्वले लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, कोरोनाजस्ता शब्दहरू थाहा पायो । मर्म बुझ्न पायो । हरेक देशको शब्दकोषले केही नयाँ शब्दहरू पाए । विश्व नै घरभित्र थुनियो÷थुनिइरहेको छ । अहिले कोरोना भन्ने भाइरस जताततै कफ्र्यू लगाएर आफू खुलाआम डुलिरहेको छ । अटेर गर्नेहरुलाई बिरामी बनाउँछ । अझ ज्यानैसम्म लिने गरेर दौडिरहेको छ । यो समयमा सबैभन्दा व्यस्त कोही छ भने त्यो कोरोना भाइरस नै हो । उसलाई मान्छेहरु कतै लुखुरलुखुर हिँडिरहेको मन पर्दैन । खुसुक्क उसैभित्र छिरेर उसको घरभित्र पुग्छ, र बिठ्याई गर्दैमा फुर्सद फुर्सद पाउँदैन । घरबाट टोल, टोलबाट गाउँ, गाउँबाट अर्को गाउँ । यस्तै यस्तै….. कोरोनाको जति बलियो सञ्जाल आजसम्म कुनै भाइरसको थिएन, सायद । प्रकृतिको संरक्षणमा जुटेको शक्तिशाली भाइरस । अटेरी मनुष्यहरुलाई तह लगाउने भाइरस । एउटा भाइरसले सृष्टिमाथि धावा बोल्ने अटेर मनुष्यलाई नै त्राहीमाम बनाइरहेको छ अहिले । लकडाउन खुलेपछि पनि खुलेर भेट्ने वातावरण हुने छैन । माक्स हामीबाट छुट्ने छैन । टाढैबाट हाइ–हेल्लो गर्नेछौँ । धेरै चल्ने र फोहोर हुने हातहरुलाई साबुनपानीले धोइरहनेछौँ । सिमाना पौडेल – नयाँ माक्स ?, उसले पठाएको फोटो हेर्दै सोधेँ । कोरोनाले इन्टरनेट नै चलेको हुन्थेन भने हामीले आफ्नो प्रेम कसरी जताउँथ्यौ होला ? बाहिर निस्कन पनि नमिल्ने, फोन, इन्टरनेट पनि नचल्ने…… कति सम्बन्धहरु ध्वस्त हुन्थे होला ? कति मजबुत बन्थे होला ? परेवाको खुट्टामा आफ्ना भावनाहरु पठाएर कुरिबस्दाको गुम्फन कस्तो हुन्थ्यो होला ? छिनछिनमै म्यासेज गरिरहने अनि उस्तै रफ्तारमा रिप्लाई नआउँदा दिनभरि मुर्मुरिएर बस्ने मलाई वर्षौँवर्ष एउटा सन्चो, बिसन्चोको खबर सुन्नको लागि प्रतीक्षा गरिरहँदा कति सकस लाग्दो हो ? कतै आत्महत्या….. ? होइन, होइन । मैले जस्तो परिस्थितिमा पनि आफूलाई बचाउनुपर्छ । वातावरणअनुसार अनुकूल हुनुपर्छ । डार्विनको जीव विकास सिद्धान्तले बताएजस्तै वातावरणअनुसार अनुकूल हुन नसक्नेहरु नासिएर जान्छन् । अहँ, मलाई त्यसरी नासिनु छैन । – अब साँच्चै नभेट्ने हो हामी ? म आफ्नो कमजोरीहरु लुकाएर उसलाई पटकपटक सोधिरहन्छु । भोलिको कुरा के थाहा ? म्यासेजको रिप्लाई ढिलो आउँदा अब कहिल्यै योसँग बोल्दिनँ भनेर कसम खान्छु । फेसबुकभरि उसको नाममा लेखिएका स्टाटस र ट्वीटहरु सबै डिलिट गर्दिऊँ जस्तै हुन्छ । ओहो ! उसैलाई बिर्सिएर म के लेख्न सक्छु ? उसलाई नभेटेर कुन गन्तव्य पक्रन सक्छु । संकल्प छिनमै खरानी हुन्छ । ‘मेरो गन्तव्य तिमी हौँ । तिमीले भेट्दिनँ भने पनि हाम्रो भेट हुन्छ ।’, लेख्छु र मेट्छु । किन यस्तो लेख्ने ? मेरो म्यासेज ढिलो पठाउने ? सरी पनि नभन्ने ? मेरो इगो दुख्छ । प्रेमभन्दा पनि बढी म मेरो इगो बचाउने कोसिसमा रहन्छु । म किन यति स्वार्थी छु ? उसलाई प्रेम गर्छु भनेर भनिरहँदा भित्रबाट आवाज आउँछ । मोह सकिएपछि बल्ल प्रेम सुरु हुन्छ । मोहबिना प्रेम ? मैले यस्तो अभ्यास कहिल्यै गरेको छैन जिन्दगीमा । म आफूलाई नदुखाईकन मात्रै उसलाई प्रेम गर्न चाहन्छु । म दुखेको दिन उसलाई पनि दुःख दिन्छु । पटकपटक फोन, म्यासेज, गुनासाका गुम्फनहरु, आक्रोशहरु….. सबैसबै पोख्छु । सबैभन्दा बढी माया मैले मलाई गर्छु । – फोन काट्न बाध्य नबनाउनू । बरु म्यासेज गरिरहनू । फुर्सदमा म आफैँ फोन गर्छु । फोनले कतिन्जेल बोकिरहला मेरो चिन्ता ? फोन नहुँदो हो त….. अहँ कल्पना गर्नै नसकिने कुरो । उसलाई नभेटेको पनि वर्ष दिन भयो । वर्ष दिन भयो ? आश्चर्यमा नपर्नुहोला । प्रेममा हुँदा समय बितेको पत्तो हुँदैन । एकैछिन छुट्टिनुपर्दा एक जुग बितेको जस्तो लाग्छ । समय टक्क अडिएजस्तो । जतिबेला टक्क अडिनुपर्ने थियो, त्यसबेला छिटोछिटो कुदिरहन्छ समय । प्रेमको ठूलो दुश्मन हो समय । उसँग भेट हुँदा कति छिटो रात पर्छ । उसँग भेट नहुँदा दिनहरु कति लामा हुन्छन् । समयलाई हामीसँग केको दुश्मनी होला ? कस्तो वाहियात प्रश्न गरिबस्छु म । प्रेममा परेपछि सानासाना वाहियात कुराहरु पनि कति महत्वका हुन्छन् भन्ने कुरा अझ राम्रोसँग लकडाउनमा लक हुँदा थाहा पाएको छु । झिनामसिना ठानिएर हेला गरिएका शब्दहरु उसले बोल्दा कति महत्वका बन्छन् । कति उत्साह र आशाले भरिएका बन्छन् । उसले पठाउने म्यासेजहरु फगत बान्की परेका अक्षरहरु मात्रै होइनन्, ती उसको हृदय बोकिआएका प्रेमका निशान छाप हुन् । तिनै अक्षरहरु मेरो हृदयमा पस्छन् र उसैको भावसँग मिल्ने सजातीय गुणहरु भएका शब्दहरु बोकेर मेरो औँलाका टुप्पाहरुमा आइपुग्छन् । टुक टुक टुक……. म उसलाई म्यासेज पठाउँछु । मेरो हृदयमा उसका लागि कति हजार शब्दहरु होलान् ? उसको हृदयमा मेरो लागि कति हजार शब्दहरु होलान् ? भिडियो कलमा हेराहेर मात्रै गरेर पनि बुझ्ने उसका र मेरा आँखाहरुले कुन विश्वविद्यालयको डिग्री लिएका होलान् ? उसको हेराइले मेरो मनमा ल्याउने भुँइचालो कति रेक्टर स्केलको होला ? परबाट उसले पठाउने यादका लहराहरु कति झाँगिन्छन् होला ? सम्झनाका लहराहरुलाई टेको दिने सम्बन्धका आधारस्तम्भहरु कतिको मजबुत होलान् ? कुन यन्त्रले नाप्ने होला ? उसको मनभित्र मबाहेक अरु केही छ कि छैन ? म नजोडिएको कुनै स्मृति, कुनै इतिहास छ कि छैन ? ‘हिजो भर्खर भेटिएकी हौँ । मेरो बाल्यकालमा तिमी थिइनौँ । त्यसरी एकलौटी दाबी गर्न मिल्छ ? फेरि तिमी भेटिएकी मान्छे हराउन पनि सक्छ्यौ ।’, यस्तो उसले लेख्न मिल्दैन । म बुझेर पनि नबुझेजस्तो गरेर मन दुखाएर बस्छु । प्रेमी एकलौटी नै चाहिन्छ मलाई । किस्ताकिस्तामा प्रेम नगर्नू । कतै नबाँडिनू तिमी । प्रेममा मोह मिसिएर दुषित भए पनि त्यसले त्यति असर गर्दैन । जति असर अहिले कोरोनाले विश्व अर्थतन्त्रलाई गरेको छ । – बच्चाजस्तो नबनू । धेरै सताएपछि उसले भन्छ । बच्चा हुनु भनेको सुन्दर कुरा हो । बच्चाहरु जिद्धी हुन्छन् । जिद्धी नबन्न भनेको हुनसक्छ । प्रेमले दुखाउँन चाहँदैन । प्रेम न तिमीले मलाई गर्छौ न मैले तिमीलाई । तर तिमीले माया गर्छु भन्दा मलाई स्वर्गीय आनन्द मिल्छ । ठ्याक्कै तिमीलाई पनि यस्तै हुन्छ कि ? प्रेमका आवरणले छोपिएका चाहानाका अनगिन्ती बादलहरु उसको अनुहार देख्नेबित्तिकै फाटेर गहिरो मुस्कान छर्छन् । मैले उसलाई समग्रतामा प्रेम गर्दो रहेछु । टुक्रटुक्रा बनाएर हेर्दा त्यहाँ मेरो प्रेमको सानो झिल्का पनि देख्न छोडेँ । त्यहीँ दिनदेखि उसलाई मैले पठाइरहने ‘आइ लब यु’ लेख्न बन्द गरेँ । झुठो किन पठाइरहनु ? ‘धेरै सम्झिरहेकी छु । मिसिङ्ग यु सो मच ।’, सधैँ आई लब यु भनेर म्यासेज पठाइरहने उसले त्यहाँ पनि प्रेमको सुगन्ध भेटेछ क्यारे । ‘आई लब यु ।’, उसको म्यासेजले म मुसुक्क मुस्कुराउँछु । उसको हृदय सबै पढ्न सक्छु भनेर दाबी गर्ने म आफ्नै हृदयको चाल बुझ्न सकिरहेको छैन । पहिला मैले आफैँलाई बुझ्नुपर्यो । उसले मलाई बुझेन भनेर के गुनासो गरिरहनु ? – हाम्रो भेट कहिले हुन्छ ? – भेट्न मन छ ? उसले गर्ने र मैले गर्ने प्रेमको दूरी कति टाढा होला ? दुई हृदयको दूरी मेटाएर एउटै बनाउन मैले कति माइल यात्रा गर्नुपर्ला ? उसले कति माइल हिँड्नुपर्ला ? हामी दुबैले एकअर्कालाई भेट्टाउन कति माइल दगुर्नुपर्ला ? कहिले भेटिउँला हामी ? ‘नभेटिकन भेट्न सम्भव छैन ।’ भौतिक दूरी त मेट्न सकिएला । लक डाउन पुरै खुलेपछि भेट होला । तर हाम्रा आँखाले देख्न नसकेका एउटा लामो यात्रा, जसलाई महसुस मात्रै गर्न सकिन्छ । त्यो दूरी कसरी मेटिएला ? हाम्रो अनन्तको यात्रा अन्त्य भएर कहाँ मिसिएला ? हाम्रो दूरी बढे पनि हृदयको दूरी मैले भेट्नै नसक्ने गरी टाढा नबनाउनू । तिमीलाई भेट्ने चाहाना राख्नु भनेको दूरी मेट्ने मेरो प्रयास मात्रै हो । दूरीको कुरा नबुझे रुकुमको नवराज बि.क.को हत्या सम्झनू । समाजको नियम छ, ‘प्रेम नगर्नू ।’ मुख छोपेर हिँड्न बाध्य छन्, प्रेम गर्ने जोडीहरु । प्रेमको दूरी मेट्न कहाँ सजिलो छ बाबै ! प्रेम गर्ने आँट त गरिहाल्यौ । प्रेमको दूरी नामेट पार्ने आँट छ कि छैन तिमीमा ? समाजको आफ्नै खालको अभिमान छ । समाजको अभिमानमा धक्का नपुर्याई प्रेम गर्न सक्छौ भने गर्नू, नभए भेरीमा बगिरहेको जातियताको रगत सम्झनू । जातियताको रङ्ग मात्रै होइन, त्यो प्रेमको रङ्ग पनि हो । प्रेमद्धेषी समाज छ, बहुत ख्याल पुर्याउनू । प्रेमको दूरी बढाउन सजिलो छ, घटाउन होइन । #सिमाना पौडेल नवपुस्ताः कोही आमासँग हस्तकला सिक्दै, कोही हजुरआमा हेर्दै जनयुद्ध सम्झिदै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश तीन महिनादेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ। यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: भेषराज बुढाथोकी : “ मन रून्छ , आँशु दुई आँखाले बगाउँछन् । “ भेषराज बुढाथोकी लक डाउनले देशलाई छुनुभन्दा अगाडि मैँले मेरो देशलाई छोएँ, आफ्नो माटोलाई धेरैपछि छुने अवसर मिल्यो । क्या गज्जब छ माटोको सुगन्ध ! देशको नक्सा देखेपछि, घर फर्किने नक्सा देखेपछि, गाउँ फर्किने बाटो देखेपछि ज्यान बिदेशमा हुँदा हर्लक्कै हुर्केका पीडा, अभाव र दुःखका बिरूवा ओइलिए, धेरै दिनसम्म पानी नपाएको धान जस्तै । छि ! कस्तो सम्झेँ, मैँले फेरि उतै जानुछ, यहीँ बाटो भएर ! लकडाउनले मलाई बच्चा बनायो । म नाबालक जस्तै भैगए छु । मैँले गल्ति गर्दा या कहीँकतै चकचक गर्दा मेरा हजुरबा भन्नुहुन्थ्यो, “ब्याउली आन्या भन्या नातीनुतिनो धेक्न्या छियाँ । तँ अझैँ आफूलाई छोराछोरी हौं सुच्तो । सुदैको ।” बेला बेला सोच्छु, ल ठीक छ म बच्चा होइन | युवक हुँ तर मेरो मन त अझै बच्चाको जस्तै छ नि ! बचपनमा म बुवाको पछि पछि लाग्थें । ठीक यो समयमा पनि म बाको पछि पछि लागिरहेकै छु । बाको पैतलामा पैतला मिलाइरहेकै छु । बाको काँधमा काँध मिलाइरहेकै छु । पछ्याइरहेछु बाको बाटो । बाको बाटो पछ्याउँदा देखिन्छन्, फुटेका पैतलाहरू, खिइएका नङ्ग्राहरू, च्यातिएका लुगाहरू । ठीक त्यसै गरी च्यातिएका छन् ,मेरा कैयौँ सपनाहरू ! यो समयमा मलाई खोज्नेहरू मलाई घरमा सायदै भेट्छन् । म घरमा बिरलै भेटिन्छु । म भेटिन्छु त गैरीखेतको आलितिर, बाटुलीचौरमा बाख्राहरूको माँझमा, बथान डाँडामा बासित । धेरै जसो समय म प्रकृतिसंग बिताइरहेको हुन्छु आजभोलि । यहीँ बेला क्या मज्जाले पलाइरहेछन्, प्रकृतिका सुन्दर पखेटाहरू । क्या मनमोहक देखिन्छ आकाशको हुलिया । आकाश कहिल्यै नथाक्ने रहेछ बादलका ढिस्काहरू बोकेर । ठीक म जस्तै तिम्रा यादहरूको भारी बोकेर म पनि कहिल्यै थाक्दिनँ । बेला बेला पिढीबाट चाँदनी नियाल्छु । धेरै चिजहरू टाढाबाट नै सुन्दर देखिने रहेछन् । आकाशमा चाँदनी अनि धर्तिमा तिमी । तिमी सुन्दर छ्यौ सुन्दर रहीरहन मबाट टाढै रहनु प्रिय अज्ञात ! अलि पहिला गजलकार बाबु त्रिपाटीको “बा” गजल संग्रहका केही गजलहरू पढेँ । अनि यहीँ समयमा मैँले “मेरा बा”लाई पढेँ । बालाई सरसरती पत्रिका पढे जस्तै गरी पढेको पहिला नै हो, लक डाउनमा मैँले बालाई पढ्नुभन्दा पनि अध्ययन गरेँ । बाको अनुहार हेरेर म बल्ल बुझ्दैछु, संसारको सबभन्दा ओजनदार वस्तु त खाली गोजी पो र’छ ! लक डाउनमा मैँले खेतीपातीको काम मात्रै गरिनँ । केही नयाँ काममा पनि हात हालेँ । मेरा बाले बीस वर्षपछि एउटा काम फेरि दोहोर्याउनु भयो । निगालोका चोयाबाट डोको डालो बुन्न थाल्नुभयो । बीस वर्षअगाडि बा डोकोडालो बुन्नुहुन्थ्यो पछि बीचमा छोड्नुभयो अनि अहिले फेरि थाल्नुभयो । कस्तो अचम्म ! बीस वर्षसम्म पनि डोको डालो बुन्नु नबिर्सेका मेरा बा । अनि मेरा बाको छोरोचैँ, बिहान केको तरकारी खाएँ, बेलुका बिर्सिने, बेलुका केको तरकारी खाएँ, बिहान बिर्सिने । यहीँबेला मलाई प्लस टुमा बायोलोजी पढाउने सरको भनाई याद आउँछ । उहाँ हाँस्दै भन्नुहुन्थ्यो, “बिर्सनु भनेको स्वस्थ हुनु हो । स्वस्थ मान्छेले बिर्सन्छ ।” बुवाले डोको डालो बुनेको देखेर मैँले पनि हात हालेँ तर सकिनँ । मलाई आउँदैआएन, त्यो काम । लकडाउनले मलाई व्यस्त बनायो या लकडाउनमा म व्यस्त भएँ । खैर, जेसुकै भए पनि मलाई यो समयमा फुर्सद छैन । बेला बेला फुर्सद निकालेर मेरा आँखाहरुलाई किताबमा दौडाएकै छु । मेरा औँलाहरूलाई लेखनीको कम्मरमा समातेर नचाएकै छु, डायरीका सेता पानातिर । यो बेला रेडियो मेरो सारथी बनेको छ । यो समयमा मैँले तीन-चारओटा किताब पढेर सक्काएँ । लेखक, नेता तथा विश्लेषक प्रदिप नेपालको ‘आमाको मन’ उपन्यास पढेँ । प्रदिप नेपालको नाम धेरैपटक धेरैको मुखारबिन्दुबाट सुनेँ, खोजेँ र पढेँ उहाँकै पुस्तक । यस उपन्यासभित्र मैले मेरी आमाको मन भेट्टाएँ । युद्धका काँडाहरूले घोचेका नेपाली मनहरू यहीँ पुस्तकभित्र अटाइएको पाएँ । यो पुस्तक पढेपछि यसले मलाई फेरि लेखक तथा कानुन व्यवसायी हर्क कठायतको किताब ” देशले हारेको युद्ध” दोहोर्याएर पढ्न सिफारिस गर्यो । जनयुद्धका बाछिटाहरूले कैयौँ सर्वसाधारणको बल्न लागेको आगो निभेको कथा यस उपन्यासभित्र छ । धेरै प्रतिष्पर्धामा हारेर पनि जित्न सकिन्छ भन्ने कुरा मैँले “देशले हारेको युद्ध” बाट सिकेँ । जति बेला म जनयुद्धको अनुहार सम्झिने कष्ट गर्छु त्यती बेला मेरी कान्छी हजुरआमाको कोख रित्तो भएको, काइँला काकाले आजसम्म घर फर्किने नक्सा नेदेखेको पिरलोले मन अमिलो भैजान्छ । हृदय छियाछिया भैजान्छ । मन रून्छ, आँशु दुई आँखाले बगाउँछन् । यो बेला मैँले केही फुटकर कविता लेखेँ । लेखन यात्राको गति बढाउन सकिनँ । कामको चाप, थकान आदि आदि कारण बने । लकडाउनमा बृक्षारोपण गरेँ । पन्ध्र ओटा जति टिमुरका बोटहरू रोपे । धेरै वर्षपछि हजुरआमाको बुढो हातले पनि मेरो सहारा खोज्यो । अफ्ठ्यारोमा म हजुरआमाको बलियो लट्ठी भैगएछु । यहीँ बेला सम्झिन्छु, आमा किन चाँडै मरिन् भनेर रुनेहरू अनि आजसम्म आमा किन मरिनन् भनेर रूनेहरू ! मेरी आमा फूल प्रेमी हुनुहुन्छ । हुन त फूल मन नपर्ने कसलाई होला र ? बच्चा मन नपर्ने कसलाई होला र ? आखिर फूल पनि त बच्चा हो । आमालाई बारीको आलीतिर फूल रोप्न सहयोग गरेँ । आमाले फूल हुर्काउन गरेँको मेहेनत सम्झिन्छु र सोच्छु मेरी आमाले आफ्ना बच्चाहरू हुर्काउन झन् कति मेहेनत गर्नुभयो होला ? बारीको छेउतिर ढकमक्क फुलेको गुलाफ छ । योबेला गुलाफका सबै पात झरे तर गुलाफ मजाले फूलेको छ । पात झरे पनि उसले फूल्न बिर्सेको छैन । उसले आफ्नो अस्तित्व जोगाई राखेकै छ । तर हामी मान्छे जन्मन्छौं, आमा बिर्सन्छौँ | हुर्किन्छौं भुगोल बिर्सन्छौं | उभिन थाल्छौँ देश बिर्सन्छौं । भूमिका थारु : “ आमा औधी खुसी हुनुभएको छ । “ भूमिका थारु लकडाउनले यतिबेला हामी सबैको दिनचर्या बदलिदिएको छ । एकदिन पनि घरबाहिर ननिस्की बस्न नसक्ने मेरा केही दिन त छट्पटीमै बित्यो । तर बिस्तारै आफूलाई घरभित्रै कैद पार्नुको बानी पार्दै लगें । स्वीकार्दै गएँ, अहिलेको परिस्थिति अनि समयलाई । र, यही लकडाउनको समयले नै त हो ! मलाई आफूले गर्न चाहेका तर गर्न नपाएका काम गर्न अवसर जुराइदियो । अचेल म आमासँग थारू हस्तकला सिक्दैछु । ढकिया, सुप्लीलगायत थारु हस्तकला बनाउने यो बर्खाको महिना निकै उपयुक्त समय मानिन्छ । मैले यसप्रति देखाएको रुचिले आमा औधी खुसी हुनुभएको छ । लकडाउन हुनुभन्दा अगाडि नै मेरी हजुरआमा काठमाडौं आइपुग्नुभएको थियो । लकडाउनका कारण गाउँ फर्किन पाउनुभएन । अहिले उहाँसँगै धेरै समय बिताउने गरेँकी छु । उहाँले आफ्ना जिन्दगीका पानाहरु पल्टाउँदै सुखदुःखका कथाहरू मलाई सुनाउनु हुन्छ । ध्यान दिँदै सुन्ने गरेँकी छु । अझै कयौँ कथाहरू सुन्न बाँकी नै छन् । मलाई लाग्छ, यो लकडाउन जति लम्बिएको छ, त्योभन्दा बढी हजुरआमाका कथाहरू लम्बिन्छन् होला । दैनिक बिहान क्याम्पसको अनलाइन कक्षा लिएर गमलाको फूलमा पानी हाल्नु, त्यसको स्याहार सुसारमा जुट्नु अनि फक्रिएको फूललाई हेर्दै ऊसँगै मुस्कुराउनु मेरो नियमित दिनचर्या जस्तै भइसक्यो । हामीले यही लकडाउनको बेला कौसी खेती पनि ग¥यौँ । त्यसैले बाहिरको तरकारी किनेर खानु परेको छैन । आफैँले फलाएको तरकारी आफ्नै हातले टिप्न पाउनुको मजा नै बेग्लै क्या ! यही बीचमा केही कथा, उपन्यासका किताबहरु पढेर सकाएँ । केही कथा, कविता लेख्ने प्रयास गरेँ । बुवालाई देखाउँदै उहाँका सुझाव मनन गदै लेखनीमा सुधार गर्दै छु । केही अल्झिएका काम फेरि नियमित गर्दैछु । बुवासँगै दिनमा एउटा चलचित्र भए पनि हेर्न छुटाएकी छैन । अचेल किताब, कलम, डायरी अनि प्रकृति नै मेरा सबैभन्दा मिल्ने साथी भएका छन् । दिन ढल्किएपछि हररोज कौसीमा गई कौसीबाट हरियै देखिने नजिकको जंगल नियाल्छु ,आकाशमा बनेका छिनको छिनमै बदलिरहने आकृतिहरू हेरी टोलाइरहन्छु र आफ्नो घर फर्किदै उडिरहेका चराहरुलाई आँखाले नभ्याउनजेलसम्म हेरिरहन्छु । यो मेरो बानी नै भइसक्यो । लाग्छ, यतिखेर प्रकृतिले निर्धक्क भई सास फेर्न पाएको छ । आकाश पनि स्वतन्त्र भई उडिरहेको छ, चराजस्तै । अहिलेको समयलाई स्वीकारेर अघि बढ्नुबाहेक हामीसँग अरू कुनै विकल्प छैन । यो समयलाई रचनात्मक बनाउनु त छँदै छ, तर जहिले पनि व्यस्त रहने हामी आफ्नाबारेमा अध्ययन गर्ने यो जत्तिको सहि समय हामीले अघिपछि चाहेर पनि सायद पाउने छैनौँ हेला । विष्णु उपरकोटी : “ विविध पुस्तकहरूको अध्ययन र दलित आन्दोलनको तलाउमा डुबेको छ लकडाउन” विष्णु उपरकोटी मेरो लागि मसँगका दौँतरीहरू र अहिलेसम्मका नवपुस्तामा प्रकाशित भएका मित्रहरूको दिनचर्याभन्दा पृथक ढङ्गबाट लक डाउनलले पाइला चालिरहेको छ । बिगत केही वर्षदेखि अध्ययनको क्रममा म खोटाङ (मेरो घर खोटाङ हो) जिल्लाको सदरमुकाम दिक्तेल बस्दै आएको छु । यसर्थ लकडाउन(बन्दाबन्दी) सुरु हुँदाको समयमा पनि म दिक्तेल नै थिए । लकडाउन सुरु भएपश्चात् क्याम्पस पनि कोरोना भाइरस (कोभिट-१९) को त्रास कम भएर अर्को सूचना नआएसम्म बन्द भयो । केहीदिन कोठामै बसेर साहित्यिक र राजनीति पुस्तकहरू अध्ययन गरेँ । एक्लै, कलेज पनि बन्द, खाना पकाएर खाने अनि पढ्नेबाहेक अन्य सक्रिय काम केही हुन सकेन । त्यसपछि घर (रावाबेसी गाउँपालिका) आएँ । सदरमुकामबाट घर आउछु भन्ने थाहा पाइसकेपछि अन्य अध्ययनशील साथीहरूसँग सेयर गरेर केही धार्मिक र साँस्कृतिक पुस्तकहरू पनि जम्मा पारेँ, साथसाथै नेपालमा वर्ण व्यवस्थासम्बन्धि आहुतिका युटुबमा प्राप्त भएसम्मका भिडियो र ४०-४१ वटा हिन्दी चलचित्र पनि डाउनलोड गर्न भुलिनँ, साहित्यिक पुस्तक त थिए नै । कविता, मुक्तक लेखेँ, चलचित्रहरू पृथक-पृथक थिए | जसअन्तर्गत भावनालाई गतिशील बनाउनुका साथै सामाजिक संजालमा पनि साहित्यिक तथा राजनीतिक आर्टिकलहरू पढेर बडो आनन्दको महशुस गरिरहेको थिएँ । कोरोना भाइरसको चपेटामा परेर ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन बढेकाले मनमा केही त्रासका तरङ्गहरुले नछुएको भने पक्कै थिएन । यद्यपि गाउँ त क्वारेन्टाइन (संगरोध)नै जस्तो लाग्दथ्यो । बस्यो, खायो, भिडियो हेर्यो,पढ्यो ,बेलुका-बेलुका गाउँका दौँतरीहरू भेला पार्यो, राजनीतिक गफ चुट्यो | यसरी बडो आनन्दका साथ दिनहरूको संख्याले बिट मारिरहेकै थियो । त्यतिकैमा जेष्ठ १० गते शनिबारका दिन जातीय भेदभावको पराकाष्ठा नाघेर जाजरकोटका नवराज बि.क.सहित ६ जनाको पश्चिम्रुकुमको सोतीमा जगन्य जातीय नरसंहारको घटनाले मन भतभती पोल्यो । मनलाई एकत्रित गर्नै गाह्रो भयो । तत्काल दलित समुदायबाट मन्त्री भएका पुर्वमन्त्रीहरू र केन्द्रिय नेताहरू साथै जिल्लास्तरका नेताहरूसँग फोन र सामाजिक संजाल फेसबुकको माध्यमबाट कुरा भयो । मस्तिष्क आक्रोशमै थियो । केहीदिनपछि नेपाल सरकारका पुर्वगृहन्त्री तथा जातीय नरसंहार भएको जिल्लाका सङ्घीय सांसद जनार्दन शर्माको राजनीतिक स्थिति विवरणले त झन मन कन्ट्रोल हुने अवस्थामै थिएन । दुई चार दिनपछि सो घटनालाई सहि छानबिन गराएर दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गर्दै केन्द्रमा संघर्ष समिति तयार भयो, र दबाब कार्यक्रम सुरु भयो | साथसाथै हामीले पनि खोटाङमा संघर्ष समिति बनाएर लक डाउनको समयमा सरकारले तोकेको मापदण्डलाई ध्यानमा राखेर शारीरिक दूरी कायम राख्दै चरणबद्ध आन्दोलन गर्न थालियौं, र हाल गरिरहेकै छौँ । त्यसले गर्दा अध्ययनमा केही समस्य तथा बाधा उत्पन्न त गर्यो, नै यद्यपि “खानेमुखलाई जुँगाले छेक्दैन” भन्ने उखानको प्रायोगिक सङ्ख्या बढाउदै कविता र मुक्तक लेख्ने क्रम र विविध पुस्तक अध्ययन गर्ने क्रम जारी नै रह्यो । म भाषाको विद्यार्थी तर पनि भाषामा गहिरो अध्ययन गर्नबाट भने चुकिरहेको छु या भनौं कम्जोर आधारको प्रतिकुल प्रभावमा भाषाको ज्ञानले मस्तिष्कमा सन्नाटा छाइरहेको बेला मैले सम्मानित गुरु तथा अभिभावकका रुपमा आदरणीय महेश पौढ्यालज्युलाई भेटेको छु । उहाँबाट मैले भाषाको केही बिशिष्ट ज्ञान् हासिल गर्ने ऐतिहासिक मौका प्राप्त गरिरहेको छु, र यो लकडाउनमा ब्यक्तिगत फाइदा भैरहेको छैन भन्न सकिन्न । अन्ततः पहिलो चरणको दबाब कार्यक्रम सकिएर गाउँमा आएर घरायसी र सामाजिक काममा रमाइरहेको छु । अबको केही दिनमै दोस्रो चरणको दबाब कार्यक्रम अथवा मान्छेले मान्छे बन्न मान्छेहरूसँग आग्रह गर्ने कार्यक्रमलाई अघि बढाउन सदरमुकाम जानेछु । साथसाथै जगदीश घिमिरेको, “अज्ञानीलाई आफ्नो ज्ञान् थाहा हुन्छ भने ज्ञानीलाई आफ्नो अज्ञान । ज्ञानी मान्छे आफ्नो अज्ञानको खोजी गर्दछ । जान्नु भनेको आफ्नो अज्ञानता जान्नु हो । धेरै जान्नुभनेको धेरै जान्न बाँकि छ भनेर जान्नु हो । अज्ञानी बोल्छ ज्ञानी सुन्छ |” भन्ने भनाइलाई आधार बनाएर धेरै अध्ययन गर्ने मन छ । #नवपुस्ता #भूमिका थारु #भेषराज बुढाथोकी #विष्णु उपरकोटी मुक्तक प्रतियोगितामा मीना, मिलन र रोहित प्रथम: साहित्यपोस्ट विद्यूतीय पत्रिकाले गत सातादेखि सञ्चालन गरेको मुक्तक प्रतियोगितामा मीना, मिलन र रोहित प्रथम भएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले काभ्रे पाँचखालकी मीना चौलागाईँ, कर्दिखोला स्याङ्जाका मिलन समीर र रामेछापका रोहित सैजुलाई प्रथम घोषणा गरेको हो । डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरुमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका थिए । चार जना निर्णायकहरुको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए । ‘तोकिएको नियममा रहेर २३ मुक्तक प्राप्त भएका थिए । तर नियम बिपरित झण्डै सय मुक्तक प्राप्त हुँदा हामीलाई उत्कृष्ट मुक्तक छान्न ठूलो सकस प¥यो ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘धेरैजसो मुक्तक इमेल र साहित्यपोस्टको फेसबुक पेजमा आएका थिए । ती असाध्यै राम्रा भए पनि नियम विपरित भएकाले प्रतिस्पर्धामा परेनन् । जसले हामीलाई असहज पनि बनायो ।’ गएको सातादेखि सुरु भएको मुक्तकका विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नु पर्ने नियम बनाइएको छ । सुस्त इन्टरनेट सेवा र नियम बुझाउन नसकेका कारण पनि मुक्तकहरु इमेल र फेसबुकमा आएको हुनसक्ने आँकलन गरिएको छ । गएको साता तीनवटा विषय दिएर मुक्तककारहरुलाई मुक्तक आह्वान गरिएको थियो । पहिलो नम्बरमा सीमा विवाद, दोस्रोमा कोरोना महामारी र तेस्रोमा अहिलेको बिग्रदो आर्थिक अवस्थालाई आधार बनाएर विषय दिइएको थियो । जसमा केन्द्रित रहेर झण्डै सय जना कविहरुका रचना प्राप्त भएका थिए । ‘नियम संगत रहेर आएका रचना मध्येबाट हामीले उत्कृष्ट चयन गरेका हौँ ।’ साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसीले भनिन्, ‘पहिलो अंकको प्रतिस्पर्धाले हामीलाई हौसला दिएको छ । निकै राम्रा मुक्तक प्राप्त भएका छन् ।’ ५० साता चल्ने यो प्रतियोगिताबाट प्रथम हुने मुक्तकहरुलाई समेटेर वर्षका उत्कृष्ट मुक्तक संग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरु मध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरु छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । अर्को साताको मुक्तक प्रतियोगिता शुक्रबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि शुक्रबार समाचारसँगै घोषणा गरिनेछ । अहिलेलाई पढ्नुस् पहिलो साता पहिलो हुने उत्कृष्ट तीन मुक्तकहरु… परजीवी: बर्खामा बादलले धरतीलाई नुहाएपछि धरतीले आफ्नो पोसिलो स्तनपान गराएपछि धरतीको गर्भबाट निस्कन्छन् दियो बलेझैं बिरुवाहरू अनि मौका छोपेर उम्रन्छन् असंख्य परजीवी च्याउहरू च्याउहरू हलक्क बढेर आउँछन् बिरुवालाइ नाघेर धरती ढाक्ने दुश्प्रयास गर्छन् आडम्बरको छाता ओडेर जब रितिन्छन् सामलको भकारी सिद्धिनछन् च्याउहरू कृपया उनीहरू आफ्नो खाना आफैँ बनाउन सक्दैनन् । #परजीवी #प्रदिप लामा नयाँ रोग ‘कोरोना’: कस्तो हो यो रोगपनि, भित्र–भित्रै पोल्ने । मान्छेबाट मान्छेमा नै, सर्दै–सर्दै जाने ।। कोरोनाको रोगदेखि सबैजना तर्से कहाँबाट आयो भन्दै काम गर्नै बिर्से । घरभित्रै बसिकन दूरी कायम गर्ने जथाभावी नगरेरै योगा गर्न थाल्ने ।। रूघा–खोकी लाग्न नदि तातो–तातो खाने माक्सलाई प्रयोग गरी यताउता जाने । सेनिटाइजर् प्रयोग गरी हात धँुदै गर्ने सफाइमा ध्यान दिई रोग निको पार्ने ।। कस्तो हो यो रोगपनि, भित्र–भित्रै पोल्ने । मान्छेबाट मान्छेमा नै सर्दै–सर्दै जाने ।। #नयाँ रोग ‘कोरोना’ #नारायणप्रसाद न्यौपाने सम्भोग र कविता: तेज विनोद एउटा नाङ्गो पानामा निर्वस्त्र कलमको स्पर्षले सर्वाङ्ग कम्युटरको भित्तामा मेरा निर्लज्ज औंलाहरु शब्दसँग अंकमाल गरिरहन्छन् । म शब्द खोज्छु पङ्ति मिलाउँछु वाक्य बनाउछु कहिले शब्दले म आफैलाइ अँठाउँ छन्, कहिले तिनै शब्दले अरुलाइ नङ्ग् याउँछन् । मेरा पाठकहरुलाइ आकर्षित गर्नका लागी कहिले विस्तारै कहिले अकस्मात शब्दका प्रहारहरु गहिराइमा पुग्छन् तर पनि सन्तुष्टि मिल्दैन, र अझै गहिराइमा जाउँजाउँ लाग्छ । घरी विस्तारामा घरी घरको सोफामा, घरी भुइँमा गुडिरहेको गाडीमा, समुन्द्रको किनारमा र बगैँचामा विहान, बेलुका र रातभरी म भोगिरहन्छु ति शब्दहरुलाइ र स्खलित हुन्छु अनगिन्ती शब्दहरुसँग अरु सुन्दर शब्द जन्माउनको लागी कहिले मान्छेहरुको भिडमा र कहिले एकान्तमा जोस र जाँगरका साथ तागत रहे सम्म सपनाकी राजकुमारीसँग संभोग गरे जस्तै मन तृप्त नहुन्जेल लेखि रहन्छु यस्तै रोमान्टिक कविताहरु । मनु मञ्जिलका दुश्मनहरू: “ दुश्मन” हामीले सुन्न नचाहने शब्द र हामीमाझ जरो गाडेर बसेको शब्द हो । नेपाली शब्दकोशले दुश्मनलाई जसरी व्याख्या गरे पनि यो शब्द शब्दकोशमा मात्र सीमित रहन सक्दैन । यो शब्द त हृदयमा बस्छ र मस्तिष्कलाई उचालिरहन्छ । मनु मञ्जिल मान्छे जतिसुकै सामान्य बन्न खोजे पनि मान्छे एक प्रतिस्पर्धामा रहेको हुन्छ । प्रतिस्पर्धी आफूमा नै पनि बन्न सक्छ । दुश्मनीको बीजारोपण नै प्रतिस्पर्धाको सुरुवात हो । त्यसैले मान्छेको दुश्मन आफैँ हुन पनि सक्छ । हुन त दुश्मनी जात र धर्मबीच पनि छ । दुश्मनी त सीमामा पनि छ । यी सबै कुरालाई मध्यनजर गर्ने हो भने दुश्मनीको पनि प्रकार हुने रहेछ । देशको दुश्मनी र छिमेकको दुश्मनीको प्रकार एकै होइन तर पीडा भने एकै हो । हामीले अनेकौँ मान्छे जीवनमा पाएका हुन्छौँ । ती मान्छे सबै हितैषी, मित्र बन्न सक्दैनन् । हृदयमा अलिकति म ठूलो वा म राम्रो भन्ने भाव त आउँछ नै । यही भावमा रुमलिएको व्यवहारलाई हामी दुश्मन भनेर हिँडिरहेका छौँ । कवि मनु मञ्जिलले दुश्मन कविता लेख्नु अगावै थुप्रै कविता लेखेका थिए । तर उनलाई ‘दुश्मन’ कविताले नै किन उचाइ दियो ? दुश्मन कवितापछि मात्र उनी नेपालीभाषीमाझ किन कवि भनेर चिनिन थाले ? के थियो दुश्मनमा र लगभग तीन करोड जनसङ्ख्या भएको देशमा उनकै दुश्मन कविता एक करोडभन्दा बढी हेरियो ? प्रस्तुत छ कवि मनु मञ्जिलको दुश्मन कविता – दुश्मन मेरो एउटा दुश्मन छ जो मलाई फोहोर जत्तिकै घृणा गर्छ तर म उसलाई फूल जत्तिकै मन पराउँछु । ऊ मेरो अनुहारमा घाम नउदाउनू भन्छ मेरो बगैँचामा वसन्त नआउनू भन्छ मेरो घरको झ्यालढोकाबाट हावा नपस्नू भन्छ मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ । मेरा बालबचेराले उसले सुन्ने गरी नकराउनू भन्छ उसलाई दुख्ने गरी नरमाउनू भन्छ ऊ आफ्नो घरको बार्दलीमा बस्छ र परबाट बाटो हिँड्ने जो कोहीलाई मनमनै मेरो घर नपस्नू भन्छ कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ मन्दिरबाट आशीर्वाद लिएर फर्केका बुढाबुढीलाई मेरो घर अगाडिको चौतारामा नबसून् भन्छ । उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन जून मेरो छानामाथि बसेको मेरो खेतबारीमा भाग्य लहलह झुलेको आँपका रूखमा आशाका फूलहरु फुलेको कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको उसलाई केही मन पर्दैन । यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन ? पल्लो गाउँको खोलो किन मेरो घरको बाटो आउँदैन ? आगो किन यसरी अँगेनामा चुपचाप छ ? किन झिल्को जूनकीरी जस्तो माथिमाथि उड्दैन ? किन केही जलाउँदैन ? ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ मेरो घरमा आँधी आएर बसोस् भन्छ राति चोर आएर भकारीमा घुसोस्, मेरो ओठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ तर म उसलाई फूल जत्तिकै मन पराउँछु । यत्रो दुनियाँमा ऊ बाहेक अरू मेरो साथी सगोत्री, आफ्नो अर्को ठूलो सानो, परिचित अपरिचित एउटै कतै कोही छैन जसले आफ्नै रहर र सपना भुलेर फूल, जून र चराहरू भुलेर घर, धरती र आकाश भुलेर मबारे यति बिघ्न सोचोस् मलाई यति बिघ्न सम्झोस् दुश्मन नहुनु भनेको त आफूतिर हरदम फर्किरहने जीवनको एउटा रमाइलो पाटै नहुनु रहेछ म उसलाई फूल जत्तिकै मन पराउँछु । कवि मनु मञ्जिलले प्रस्तुत कविता २०५६ सालमा लेखेका हुन् । कविता इटहरी आसपास नै बसेर लेखे पनि यस कविताको भ्रूण भने रौतहटमा बनेको थियो । कवि २०५६ सालमा इटहरीबाट आफ्नै जन्मथलो रौतहट पुगेका थिए । माओवादी द्वन्द्वको त्रासमा समय बाँचिरहेको थियो । ज्वाइँ आफ्नै ससुराली जाँदा होस् वा आफन्त अलि टाढाबाट पाहुना लाग्न आउँदा होस्, त्यहाँ सबैले शंका र हेयले हेर्ने समय थियो । कवि त्यो समय घर जाँदा कतिपटक चेकिङमा परे यसै भन्न सक्दैनन् । जो पनि शंका घेरामा रहेको हुँदा कविको हृदयमा केही कुराहरू खेलेका थिए । मनु मञ्जिल त्यस समयमा रङ्गकर्मी थिए भने उत्कृष्ट नाटक बनाउँथे होला, चलचित्रकर्मी थिए भने उत्कृष्ट चलचित्र बनाउँथे कि ! तर उनी त कवि थिए । देखेको र भोगेको दृश्यलाई उनले कवितामा उतारे र दुश्मन कविताको जन्म भयो । उनको यस दुश्मन कविता आफ्नो सङ्ग्रह ‘ल्याम्पपोस्टबाट खसेको जून’मा पनि समावेश छ । जब आफ्नो जन्मथलोबाट उनी कर्मथलो इटहरी फर्किए, बिहानीपखको लामो वाकमा निस्कदै गर्दा आफ्नै गाउँठाउँ नै समयले वैरी बनाइदिएकोमा क्षुब्ध भइरहे । हरदमझैँ त्यो बेला पनि उनको हातमा डायरी थियो । कवि भन्छन्, “जब मलाई कुनै कुराले हिट गर्छ, म लामो वाकमा निस्कन्छु । त्यो वाक १०, ११, १२ किलामिटरको पनि हुन सक्छ ।” यसै क्रममा उनको हृदयमा ‘दुश्मन’का हरफहरू उफ्रन थालेका थिए । उनीले ती हरफलाई च्याप्प समाउँदै डायरीमा टाँस्दै थिए । यसै क्रममा उनको भेट प्राध्यापक दिनेश पौडेलसँग भयो । कविलाई लाग्छ कि यदि दिनेश पौडेलसँग भेट नभएको भए, दुश्मन कविता अर्कै कुनै क्षेत्रबाट बगेर लेखिने थियो । “दुश्मन कविता यति चर्चित हुनुमा प्राध्यापक दिनेश पौडेलको पनि हात छ,” कवि हँसिलो मुहारमा भन्छन् । गाउँमा देखेको दुश्मनीलाई कविले कवितामा उतारे । यदि उनी गाउँ नगएको भए र प्राध्यापाक दिनेश पौडेल नभेटिएका भए सायद दुश्मन कविता कतै अल्झने थियो । कविलाई यस कविताले एक नयाँ उचाइ दिएको भने पक्का हो । यस कुरामा कवि मनु मञ्जिल सगौरव स्वीकार्छन् । दुश्मन कवितामा किस्सा पनि अनेक जोडिएका छन् । किस्सा नं १. एकदिन कवि मनु मञ्जिल आफ्नै घरमा बसिरहेका थिए । पाँचथरबाट एक शिक्षक आए । ती शिक्षक टुसुक्क बस्नेबित्तिकै आउनुको कारण खोेले ‘तपाईँको ल्याम्पपोस्ट कविता संग्रह मलाई पाँच वटा चाहिएको छ । पाइन्छ ?’ त्यसबेला कविले भनेका थिए, ”पाइन्छ किन नपाइनु? तर पसलमा पाइन्छ ।” शिक्षकले अनेक प्रयास गरेर खोजे पनि पुस्तक नपाएपछि कविको घरमा पुगेका थिए । त्यसैले भने, ”पसलमा त भेटिनँ । तपाईंसँग कति वटा छ ?” कविले भने, ”मसँग जम्मा पाँचवटा छ ।” शिक्षकले भने, ”दिन मिल्छ भने पाँचै वटा दिनुस् । मिल्दैन भने म फोटोकपी गरेर ल्याउँछु ।” कविले एउटा किताब शिक्षकलाइ थमाइदिए । फोटोकपी गरेर शिक्षक एकैछिनमा फर्किए । त्यसपछि कविलाई उनको किताब फिर्ता दिए । कविलाई अचम्म लागिरहेको थियो किनभने कुनै पनि पाठकले अहिलेसम्म खुरन्धार गरेर उनको कविता खोजेको थिएन । कविले भने, ”किन यति दुःख गर्नुभयो ?” शिक्षकले भने, ”मेरो गाउँमा मेरा पाँचजना दुश्मन छन् । ती प्रत्येकलाइ यो कविता दिनु छ र पढाउनु छ ।” किस्सा नं २ कविले साल बिर्सिए । झापाको धरमपुरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे आउने कार्यक्रम थियो । इटहरीबाट कवि मनु मञ्जिल पनि आफ्नो कविता सुनाउन भनेर झापा पुगेका थिए । प्रमुख अथितिलाई पर्खनु पर्ने भएकाले उनीहरू बाहिर चौरमा बसिरहेका थिए । एक जना महिला उनीहरू बसेको ठाउँमा आइन् र भनिन्, ”मनु मञ्जिल भनेको को हो ?” साथीहरूले छेउमै बसिरहेका कविलाई देखाए । त्यो बेला मनुको हातमा ‘ल्याम्पपोस्टबाट खसेको जून’ कविता सङ्ग्रह छँदैथियो । ती महिलाले कवि मनु मञ्जिलको हातबाट किताब खोसेर सोधिन्, ”दुश्मन कविता यहाँ छ ?” कविले छ भने । महिलाले भनिन्, “मैले रेडियोमा सुनेर कण्ठस्थ पारेकी छु । मलाई यो कविता मन पर्छ । मैले तपाइँकाे यो किताब पूजाकोठामा राख्ने गरेकी छु।” कवि त ट्वाँ ! किस्सा नं ३ वि.सं. २०६२ तिर कवि मनु मञ्जिललाई सिक्किम सरकारले कार्यक्रमको लागि निम्तो दियो । उनी त्यहाँ पुगे । जब उनी हलमा प्रवेश गरे, त्यहाँ आएका मान्छेले ‘दुश्मन’ भनेर धेरैपल्ट भने । त्योबेला न सञ्जाल, न युट्युब, कविलाई आफ्नो कविता यति अघोरै मन पराइएको देखेर अचम्म नै लाग्यो । कवि मनु मञ्जिललाई जुनै कार्यक्रममा पनि ‘दुश्मन’ सुन्ने अफर आइरहन्छ । जब उनी ‘दुश्मन’ भन्ने कविता सुनाउँछन्, उनलाई “म कुनै नयाँ कविता सुनाउँदैछु” भन्ने ऊर्जा प्राप्त हुन्छ रे ! कवि भीष्म उप्रेतीको नजरमा “दुश्मन” कविता एउटा पुस्तालाई नै प्रतिनिधित्व गर्ने कविता हो । आम मानिसको जीवनलाई कवितामा उतारेपछि दुश्मन कविताको उचाइ बढेको हो भन्ने उनलाई लाग्छ । “हरेकको दुश्मन छ, सायद मेरो पनि होला,” कवि भीष्म भन्छन्, “यो हाम्रो समाजको घटना हो । त्यसैले म पनि कवि भएकाले मेरो दिमागमा यो प्लट किन आएन भन्ने कुरा सोच्दछु ।” यिनै ‘दुश्मन’ कविले लेखेको निबन्ध सङ्ग्रह चाँडै नै बजारमा आउँदैछ । उनलाई हाम्रो अग्रिम शुभकामना । #निरज दाहाल #मनु मञ्जिल केही मीठो बात गर .....: मैले ती कतै छोडिआएका दोस्तीका पदचाँपहरू र संगीतप्रतिको मेरो सम्मोहन किन उस्तै छ ? खै किन मलाई ती छोडिआएका आवाजहरू नारायण गोपालका झैँ लाग्छन् ? मलाई थाहा छैन । कृष्ण ढुङ्गेल संगीतको शक्तिबारेमा बडेबडे मानवहरूले भनिसकेका छन् । फेरि त्यही कुरा दोर्याएर जीवनसँग म अर्काे मजाक गर्न चाहान्नँ । संगीत बुझ्नु र संगीतले छुनु पनि त नितान्त फरक कुरा रहेछन् नि, हैन ? तपाईँलाई हैन भन्न छुट छ । तर, म संगीतको सुत्र नजान्ने मान्छे, संगीतले मनलाई छुने मान्छे । समयः रातको १२ बजे स्थानः आफ्नै ओछ्यान शब्दः कालीप्रसाद रिजाल साथमा नारायण गोपाल । केही मीठो बात गर, रात त्यसै ढल्किँदैछ । भरे फेरि एकान्तमा रुनु त छँदैछ । नारायण गोपाल मेरो दुःखका साथी हुन् । सुखका साथीहरू खासै मेरो सम्झनामा आउँदैनन् । कल्पनामा छाउँदैनन् । र, मेरा लागि एक शब्द गाउँदैनन् । खै किन दुःखमा दोस्तीको आयतन साँघुरो बनेर आउँछ ? मलाई थाहा छैन । साथी र संगीत मलाई उस्तै लाग्छन् । जुन संगीत वा गीतले साथीको काम गर्दैन त्यो के संगीत ? जुन साथीमा संगीतको शक्ति हुँदैन, त्यो के साथी ? म साथीको अगाडि भोलिलाई सजाएका सपना साटिदिन सक्छु । म संगीतसँग प्रेमिकालाई सम्झेर आँसु झारिदिन सक्छु । तपाईँलाई पनि यो कुरा थाहा नै छ, हामी हाँसिदिन जोकोहीको अगाडि सक्छौँ । हामीलाई बोलिदिन विशेष सम्बन्ध चाहिँदैन् । तर, आँसु त्यति सजिलै झर्ने कुरा होइन । सजाएका सपनाहरू न नारायण गोपाल गुञ्जिरहेको मोवाइसेट जस्तो मात्र नै हो । यिनीहरूले त आत्मीयता खोज्छ । विनम्रता खोज्छ । र, खोज्छ निकटता । मान्छे सम्बन्धमा अरू खै के के खोज्छन् ? मलाई थाहा छैन । सत्ते, रुन बहुत गाह्रो काम हो । रुनुमा पनि कसैको बहुपासमा आँशु खसाउनु सबैभन्दा गाह्रो काम हो । अँ, हाँस्न जहीँतहीँ सकिन्छ । रुन कहाँ कहाँ सकिन्छ ? रुन त एकान्त चाहिन्छ । बाथरुमको सावर चाहिन्छ । आफू सर्वाङ्ग नाङ्गो हुनसक्ने साथी चाहिन्छ । बिर्सिएर हिँड्छु भन्दा पनि आफैँसम्म पुर्याइदिने शब्द चाहिन्छ । र, चाहिन्छ कसैलाई सम्झाइदिने संगीत । रमाइलो कुरा गर, सपनाको कुरा गर । सँगसँगै बिताएको, सम्झनाको कुरा गर । दुःख छोड दुःखलाई त जिन्दगानी छँदैछ । …………………. नारायण गोपाल मेरो विगत र भविष्यका साँची छन् । उनीसँग बिताएको विगतलाई सम्झेर धेरैपटक हाँसेको छु । धेरैपटक रोएको छु । सपनाको कुराले भावुक बनेको छु । अँ … उनीसँग सबैभन्दा धेरै प्रेमिकाको सम्झना र सपनाको भूमरीमा रुमल्लिएको छु । खै किन सम्झना र सपना सधैँ एकै स्वरूपमा आउँदैनन् ? मलाई थाहा छैन । मैले माथि नै भनिसकेँ, मलाई संगीत र साथी उस्तै लाग्छ । साथी रक्सीको सितन हो । संगीत यादको सितन हो । र, रक्सी र यादको कक्टेल मलाई सबैभन्दा मनपर्ने ड्रिक्स् हो । तर खै किन पिउँदापिउँदैको गिलास मैले कहिले साथीको नाममा रित्याएँ त कहिले उसको नाममा छाडेँ ? मलाई थाहा छैन । संगीत कलाको एक उच्चतम शिखर हो भनेर धेरैले भनिसकेको कुरा हो । म फेरि त्यही मूर्खता गर्न चाहान्नँ । बरु थोरै साथीको बारेमा भन्न सक्छु । प्रेमिकाको बारेमा भन्न सक्छु । नढाँटी भन्नुहोस् त, यदि तपाईँ आफ्नी प्रियतमा निदाएका बेला उसका ती निर्दाेष देखिने अनुहारमा हराउनुभएको छ भने कतिबेर हराउनुभएको छ ? एक घण्टा, दुई घण्टा वा तीन घण्टा । तपाईँलाई पनि थाहा छ, संगीतमा हिसाब हुँदैन । प्रेममा समयको सीमितता हुँदैन । मलाई समय र हिसाब उस्तै लाग्छ । ट्युबर्गलाई घुट्क्याइरहँदा एक बिन्दुमा पुगेपछि मात स्थिर बन्छ । त्यो मात स्थिर बनेपछि छोडिआएका सम्झनाका पदचाप र सजाएका सपनाका पखेटाहरूका मातले मातेको हुन्छु । साथीलाई सँगसँगै मताएको हुन्छु । आफ्नो सम्झनाको आधी हिस्सा साथीलाई बोकाएर उसको सपनाको आधी हिस्सा आफूले लिएको हुन्छ । खै किन आफ्नै सपना पनि आफ्ना हुँदैनन्, साथीका सम्झनाले पनि निदाउन दिँदैनन् ? मलाई थाहा छैन । तपाईँलाई पनि थाहा छ, साथीबीच यस्तो औँचोपैँचो कुनै नैलो कुरा होइन । तर साथी र साथ भन्नु समयको गतिशीलता पनि रहेछ । हिँड्नै पर्ने । कही पुग्नै पर्ने । तर साथीको साथ बिना नै मुस्काउनु वा रुनु छ भने, नारायण गोपाल सुन्नुहोस् । सत्य, नारायण गोपाल तपाईँको बाल्यकालको साथी जत्तिकै छन् । आऊ नाचौँ अध्याँरोमा जुनकीरी नाचे जस्तै बतासमा उडौँ आज सिमलको भूवा जस्तै दुई कमद साथ हिँडै, छुटिनु त छँदै छ । ……….. यदि तपाईँ सधैँ सँगै हुनुलाई साथ ठान्नुहुन्छ भने गतल हुनुहुन्छ । साथीले जीवनभरको साथ निभाउन जरुरी छैन । बस, साथीसँग बिताएको पल जीवनभर रहनुपर्छ । सम्झनुहोस् त, तपाईँका कति साथीहरू अहिले साथमा छन् ? अनि यो पनि सम्झनुहोस् त, कुैन स्टेसनमा छुटेका कति साथीहरूको याद मनमा छ ? जीवनका स्टेसनहरूमा कतै छुटिगएका अनुहारहरू मेरा आँखामा छन् । यादहरू मनमा छन् । तर खै ती अनुहारहरू अहिले कहाँ छन् ? मलाई थाहा छैन । बाल्यकालका साथीहरू त सबै कतै हराएका छन् । भनिन्छ, संसारमा खरबौँ मानिसहरू छन् । तर, यो भनिदैन कि खरबौँ मानिसका आफ्नै आफ्नै संसार पनि छन् । हो, मेरा तमाम साथीहरू आआफ्नै संसारमा हराइगए । म आफ्नै संसारमा अल्झिरहे । तर, साथ हुनु र याद हुनु बिल्कुल फरक कुरो रहेछ । बाल्यकाल बाँकी रहेन, बाल्यकालका साथी कतै बिलाइगए । मात्र उनीहरूको याद बनेर गुञ्जिरहे नारयण गोपाल । लाग्छ, नारायण मेरा ती तमाम साथीहरूका कम्बो हुन् । नारायण गोपाल अहिले भौतिक रूपमै मसँग भएका भए सबैभन्दा बढी कसलाई सम्झिन्थे होला ? मलाई थाहा छैन । साथी कहाँ कहाँ जोडिएनन् र ? भट्टराई होलीमा बल्छी खेल्दा । भूतेनी खोलामा पौडी खेल्दा । शिक्षकलाई छलेर अग्लो पर्खाल नाघी स्कूल बकं गर्दा । बाँसझ्याङमा लुकेर आमनेसामने भई पहिलोपटक मैथुन गर्दा । कण्डमलाई बेलुनझैँ फूलाएर भलिबल खेल्दा । एकै केटीलाई पालो बाँधेर प्रेमपत्र लेख्दा । रातमा कसैको एकझल्कोको लागि अर्काे गाउँसम्म विवाह र पुराणको नाममा कुद्दा । अनि बिस्तारै कलेज, जागिर र जिम्मेवारी । भो, सबै कुरा म यहाँ लेख्न सक्दिनँ । साथीहरू कहाँ कहाँ पो छोडिएनन् र ? सरकारी स्कुल र अंग्रेजी स्कुलले कही पर्खाल बनाइदिए देस्तीहरूमा । कही बसाइँ सराई बनिदिए भेल । केहीसँग झगडा गरिए, अनेक बाहानाहरूमा । केही गाउँका लोकल स्टेसनहरूमा छुटे । र, धेरैलाई विमानस्थलले छुटाइदियो । अरू खै कहाँ कहाँ छुटे ? मलाई यकिन छैन । संसारमा विमान नहुने हो भने आधी दोस्तीहरू बँच्थे होला है ? दुई कदम सँगै हिँडु र छुट्नु मित्रताको सुन्दरता नै पो हो कि ? मलाई यस्तै लाग्छ थालेको छ । सिमलको भुवाजस्तै उडेर फरक फरक ठाउँमा पुग्नु नै त याद बढाउनु हैन ? मलाई होझैँ लाग्न थालेको छ । अनि त्यही सुन्दरता र यादमा लपेटिएर संगीतसँगै बहकिनु नै जीवन त हैन ? मलाई हो जस्तै लाग्छ थालेको छ । अँ … हररात अनेक साथीको रूपमा आउँछन् मेरो ओछ्यानसम्म नारायण गोपाल । सम्झाउछन् विगत, रुझाउँछन् आँखा र दिलाउछन् आत्मीयता । प्रिय ! थाहा छ तिमीलाई, अहिले म तिमीलाई सम्झेर उही नारायण गोपालअघि मात्र रुने गरेको छु । तिमीसँग सजाएका सपनाहरू तिमीबाहेक उही नारायण गोपालअघि मात्र खोल्ने गर्छ । नारायण गोपाल बिल्कुल मेरा बाल्यकालका साथी जस्तै छन् । म रुन्छु, उनी आफ्नो हत्केलाले आफ्नै आँशु पुछ्छन् । मेरा सपनाका उडाउनमा उनी पनि प्रशन्नताका उडान भर्छन् । उनी भैतिक रूपमा नरहेरै पनि खै किन मसँग संवाद गर्छन् ? मलाई थाहा छैन । काठमाडौँमा एकदिन: पशुपति मन्दिर परिसरमा हामी घाटतर्फ फर्किएर उभिएका थियौँ । सबैको नजर भर्खरै घाटमा तेर्साइएको लासमाथि थियो । कसको लास भन्ने विषयमा हामी अनविज्ञ थियौँ, तर लास एक महिलाको हो भन्ने कुराको प्रमाण कात्रोभन्दा बाहिर फिँजिएको कपालले पेश गरिरहेको थियो । लासका खुट्टा बागमती नदीमा चिस्याउन हालेझैँ देखिन्थ्यो । हामी मन्दिरपछाडिको अग्लो ठाउँबाट तल हेरिरहेका थियौँ । घाटवरिपरि केहीथान मान्छेको भीड देखिन्थ्यो । उनीहरू आँखामा केही अञ्जुली आँसु बोकेर बसेका थिए । चित्कारसँगैै कोहीका आँखाले आँसु थाम्न सकिरहेका थिएनन् । उनीहरूको गाला हुँदै भुइँमा बग्रेल्ती आँसु चुहिरहेको थियो । यो दृश्यले तिनीहरू मृतकका निकटका लाग्थे । बिपिन भारद्वाज अग्निस्थापना विधि सकेपछि पुरोहितले दागबत्ती एक युवकको हातमा थम्याइदिए । करिव एक्काईस–बाईस वर्षको त्यो युवक सायद मृतकको छोरो हुनुपर्छ । शून्यता सोचमा उसले लासलार्ई आगो थम्याइदियो । उसका आँखाले लासलाई अन्तिमपटक हेर्न चेष्टा गरेनन् । सायद सकेन । ऊ फनक्कै फर्केर अर्को कुनामा गएर घोप्टे पर्यो । टायर र सुख्खा दाउराको आडमा आगोले आफ्नो रूप बढाएर देखायो । धुवाँले घाटको अनुहार धमिलो भयो । एकसर्को धुवाँ हामीसम्म पनि आइपुग्यो । आन्द्रै बटार्ने खालको गन्ध मिसिएको धुवाँ हामीले नचाहेरै पनि निल्यौँ । सन्देशले माक्स लगाउँदासम्म मैले आफ्नो गोजीबाट रुमाल निकालेर मुख छोप्न भ्याइसकेको थिएँ । रुमालमा पोतिएको पर्फ्युमको मोहकले दुषित गन्धलाई जित्न सफल भयो । यो चानचुने रुमाल नहुँदो हो । कसैको यादको बुट्टा यसमा स्पष्ट देखिन्थ्यो । सायद कोही खास सम्बन्धको धागोबाट बुनेको हुनुपर्छ । यसलार्ई अति सुन्दर तरिकाले प्रयोग गर्नुमा नै यसलार्ई न्याय मिल्थ्यो । अति दुषित गन्ध रोकावटका निम्ति यसको प्रयोग गरेर यसको दुरूपयोग मबाट हुनु कुनै गल्तीभन्दा पनि अग्लो भुल थियो । भनिन्छ, लासबाट निस्केको धुवाँ सबैभन्दा घातक हुन्छ । यसले शरीरलार्ई ठूलो क्षति दिलाउँछ । मैले आफूलाई बचाउने सुरमा रुमालको बेसुर प्रयोग गरेको थिएँ । हामी भीडलार्ई छिचोल्दै निस्कन लाग्यौँ । क्यामेरामा हुबहु दर्दनाक दृश्य कैद गर्दै रमाइरहेका कुहिरेहरूलार्ई हेर्दैहेर्दै हामी पशुपतिको जङ्गलतर्फ निस्कयौँ । आफूलार्ई चोट नलागुन्जेल मानिसले ऐयासम्म शब्द चिनेको हुदोरहेनछ भन्ने सोच ममा तत्काल पलाईो । हामी त्यतैबाट मित्रपार्क निस्कियौँ । पुरानो खुइलिएको खागीका कपडाजस्तै देखिने बाटामा हामी पोखिन पुग्यौँ । लाग्छ, चाबहिल चोकदेखि गौशालासम्मको यो बाटो वर्षौँदेखि यही रङमा सझिएको हो । काठमा अनेकौँ रङ लेपन गर्दासमेत खुइलिएर टाटेपाङ्ग्रे प्राइमर देखापर्नु झैँ हो यो दूरीभित्रको सडकको रोग । महानगर यातायातलार्ई हातको इशारा देखाउँदै हामी चाबहिलपट्टिबाट रिङरोडमा बेरिन सुरु भयौँ । बिहान हेर्दा तल उभिएको घडीको घण्टा सुइ सिधा माथि उक्लिसकेको थियो । यो अर्थमा हामी मध्यान्तरको तातो धुलोमा रनभुल्ल थियौँ । बेलाबेला सहचालकले ठाँउको जानकारी गराइराख्थे । सुकेधारा, धुम्बाराही, महाराजगन्ज, बसुन्धारा आदि नाम कानमा बजिरहन्थ्यो । गाडी रोकियो । प्रायः सिटमा रित्तिने सुर चढ्यो । ढोकामा उत्रने यात्रुहरूको भीड देख्दा बसपार्क पुगेको सजिलै अडकल काट्न सकिन्थ्यो । अगाडि पछाडि छुटिएर बसेका सन्देश र म फेरि एकै सिटमा जोडिन पुग्यौँ । मनमा अनेकथरि कल्पना गर्दै हामी अघि बढ्यौँ । गाडीभन्दा कयौँ छिटा थिए हाम्रा सोचहरू । कोठमा पुगेर बिहानदेखिका जुठा भाँडा देख्न भ्याइसकेका थिए यिनीहरूले । यात्रारत हामी एकान्तकुनामा पुगेर उत्रीयौँ । रिङरोडको एक फन्को आज अपूरै रह्यो । सायद पूर्णिमा र औँशीबिचको चन्द्रमाको आकारजत्रो छाप हाम्रो यात्राबाट बन्यो । एकान्तकुनाबाट जाउलाखेल हुँदै पुल्चोक इन्जिनियरिङ कलेज छिचोलेर हामी प्रायः पाटनढोका पुग्थिऊँ । पाटन बहुमुखी कलेज हेरेर त्यहाँबाट गल्ली हुँदै लगनखेल बजार निस्कन्थ्यौँ । यो अर्थमा रिङरोडको एकचक्करभन्दा दोब्बर उल्झिएको देखिन्थ्यो हाम्रो यात्रा । चाबहिलबाट सिधै कोटेश्वर हुँदै पनि लगनखेल पुग्ने सवारी नपाउने होइनन् । तर यसमा सहजता थियो । हामी जोखिमलार्ई यो अर्थमा स्वीकार्न तयार थियाँै कि चाबहिलदेखि एकान्तकुना पुग्दासम्म गाडीको सिटमा पाएको आनन्द त्यहाँदेखि पुल्चोक पुग्दासम्म खर्च गर्थिऊँ । पुल्चोक कलेजका छात्राहरूको रूपको दर्शनले पाटनढोकासम्म पुग्ने उर्जा मिल्थ्यो । पाटन बहुमुखी क्यामपसमा कसैसँगको भेटले त झन् अमर जीवन जिउने रहर टुसाउँथ्यो । यतिमात्र हैन, कोठामा पुगेर मोबाइलको पेडोमिटरले नापेको लम्बाइको स्क्रीनसट अरू साथिलाई पठाएर गह्रौं धाक लगाउनुमा छुट्टै मजा जो थियो । लगनखेलको वल्लो छेउमा कृष्ण दाइको नेवारी खाजा पसल नपुगी सुनमा सुगन्ध मिल्दो थिएन । हामी बिहान जुनै ठाँउका लागि निस्किए पनि, जतैबाट फन्को लगाए पनि यात्राको बिट भने कृष्ण दाइकोमा नै टुङिन्थ्यौँ । हामी कृष्ण दाइसँग सम्बन्धको हिसावले निकटामा पुगेका थियौँ । भान्सामा खाजा बनाउनेदेखि जुँठो भाडा माझ्नेसम्मको दिमागमा हाम्रो अनुहार बसेको थियो । टेवल नम्बर सात हाम्रो पेवाभन्दा पनि आफ्नो थियो । कोही अरू ग्राहक बसेको भए कृष्ण दाइ आफँै आएर मुस्कुराउँदै ग्राहकलार्ई अर्को सिटमा सारेर हामीलाई बस्ने वातावरण मिलाइदिन्थे । सायद अंक सात लक्की अंक भएर हामी सधै त्यसमा बसेको लाग्थ्यो कृष्ण दाइलाई । तर असलमा म ऐनाप्रेमी थिएँ । ऐनाको अगाडि उभिएपछि समयसँग चिनजानै हराउनेगरी म टोलाउथेँ । म आफैँमा आफूप्रति यति प्रेम थियो कि आँखा नगलुन्जेल ऐना हेर्नसक्ने क्षमता ममा थियो । टेवल नम्बर सातबाट सामुन्ने पर्नेगरि ठूलो ऐना राखिएको थियो । यसमा म आफ्ना बाटुला आँखालार्ई आँखाले नै हेर्न सक्थेँ । आफ्नो ठूलो निधारभित्र अँटेको भाग्यको आकारको कल्पना गर्नसक्थेँ । यी ऐनाभित्रका नजर नि मलाई यति मजबुत आकारमा हेर्थे कि लाग्थ्यो मलाई खुब रुचाँउछ्न । यो पसलमा खाजा के खाने भनेर मगाइराख्नु जरुरी थिएन । हाम्रो निरन्तरताले काम गर्ने भोला दाइलाई सहजता प्रदान गरेको थियो । दुई कप स्पेसल दूध चिया र दुई प्लेट मःमको भार थेग्ने बानी हाम्रो आगमनसँगैै टेवलमा थियो । मःम र चिया आएको करिब पन्ध्र मिनेटपछि दुइटा सूर्य चुरोट लिएर कृष्ण दाइ आफैँ आए । टेवलमै बाँधेर राखिएको लाइटरको सहायतामा मैले आगो सल्काएँ । बेलाबेला एस्ट्रेमा ठोकाउँदा खरानी उढ्थ्यो त धुवाँ फोक्सोसम्म ठोकिएर प्रतिसेकेन्ड प्रतिघन सेन्टिमिटर उड्थ्यो । पिउने चुरोटको संख्या निर्धारण कति वजनका यादलाई मेटाउनु छ भन्ने उचाइमा नाप्ने गरिन्छ । बेलाबेला भारी तनावमा बट्टाबट्टा नै चुरोट किनेको दिन यसमा लेखिएको ’धूम्रपान स्वास्थका लागि हानिकारक छ’, भन्ने अक्षर देख्दा मर्ने दिन नजिक आएछ भन्ने लाग्थ्ये । “तँ ज्यादा चिन्ता लिन्छ्स् ! मभन्दा तँ नै छिठो मर्छ्स ! एक चिन्ताले मर्छ्स, अर्को चुरोटको असरले । यो अर्थमा तेरो आयु दोब्बर छोटिँदैछ !“ सन्देशले बारम्बार यस्ता वाक्य ममाथि नतेर्सियाएको होइन । र ऊ म जति धूम्रपान नगर्ने पनि होइन । म पनि त हो है ! को भाकामा फिस्स हाँसो हाँसिदिन्छु । यो सम्वादमा पूर्णबिराम सजिलै लाग्छ । लगनखेल बजारबाट भित्र पुराना नेवारी अनुहारका गल्ली हुँदै हामी च्यासल पुग्छौँ । त्यहाबाट देब्रे करिव दुई मिनेटमै एउटा पुरानो शैलीको घरको गेट खोलिन्छ । सन्देश सरासर भित्र पस्छ । म भने गेट लगाएर मात्र भित्र छिर्छु । म भित्र पुग्दासम्म ताल्चा खुलिसकेको हुन्छ । सन्देशले ढोकाभित्र ठेलेर ढोकैछेउको स्वीज थिच्छ । कोठाको एकभित्तामा टाँसिएको सि.एफ.एल. उज्यालो रूपमा मुस्कुराउँछ । ढोकै पछाडी दुबैले आआफ्ना जुत्ता फुकालेर राख्छौँ । मोजालाई त्यसैमा लुक्ने ठाउँ मिल्छ । पालैपालो बाथ्रुममा राखिएका काला ड्रामबाट पानी उघाएर बहुत जतनसात खुट्टा भिजाउँछौ। खाटमा लडिबडी गर्दै सुतेका सिरकले दुबैलाई पालैपालो हेर्छ। त्यसपछि म सन्देशलाई हेर्छु। उ फेरि सिरकलाई हेर्छ। एक चक्कर हेर्ने कार्य पूरा भएपछि उ अनुभवी कपडा पसलेझै सिरक पट्याउँछ। म अर्को कुनामा थुपारिएका जुठो भाडा देख्छु, एकटकले हेर्छु, अनि छुन्छुपनि। बटुकामा गुन्द्रुकका टुक्रा कताकता टासिंएको भेटिन्छ। यसको अमिलोपन सम्झन्छु । अनि आमा सम्झन्छु । गाँउबाट कोसेली पोक्याएर पठाएको उनको गुन पनि याद आइहाल्छ । मन घर सम्झेर भावुक बन्न नपाउदै क्रमबद्ध रूपमा कुकर मस्काउने पालो आउँछ। यस अर्थमा यो अन्तिम मुस्किल कार्य हो । उता सन्देशले आलुको बोक्रा तास्ने काम सकिएको देखिन्छ। सानो गिलासले चामल कुकरमा हाल्ने बेलामा उ मतिर पुलुक्क हेर्छ । म भोकको निर्धारण गर्छु। आँखाको चाल बुझ्नमा उ माहिर छ। एक र आधा गिलास चामल कुकरमा हालेर धोएपछि उ औला चोबेर पानीको मात्रा नाप्छ। कुकरमा बिर्को लगाउदा चनाखो भएर कागजको टुक्रा बिर्कोको बिँडमा अडकाउन बिर्सदैन। ध्यानसंग यति गर्नु उसमा भोकको मात्रा ज्यादा छ भन्ने बुझिनु हो। पालो हेर्नेहो भने म तरकारी बनाउन बाध्य हुन्छु। अचानक आँखा रसाउँछ्न । यो कसैको यादमा बगेको आँसु होइन। बरु यो प्याजमा भएको सल्फरको करामत हो भन्ने मलाई दस कक्षामा पढाउने गुरुले बताएको याद आउँछ। कोठाको भान्से हुनुमा दस कक्षामा त्यो बेलाका राम्राराम्रा केटिसाथीलाई पालैपालो सम्झ्ने फुर्सदसम्म निकाल्न मुस्किल पर्छ। कुकरले एक सिटि मार्छ। म ग्याँस मार्छु। यतिन्जेल सन्देशलाई मोबाइल चलाएर खाटमा पल्टने अनुमती यो अर्थमा छ कि बेलुकाको भाँडा माझ्दा उसलाई मबाट कुनै सहयोग मिल्दैन। खाना पस्कने काम मबाट हुन्छ। ऊ हात धोएर मुढामा बस्छ। हात धुनु अधि उसले खाटको डसना ध्यानपुर्वक पल्टाएर खाना राख्ने ठाउँ बनाउँछ। मुढामा बसेर खाटमा राखेर खाना खाने कार्य हामीबाट सुरु हुन्छ। उ आफ्ना हातले खाइरहँदा मभने चम्चाको सहायता लिने गर्छु ।यो क्रम धेरै अघिदेखि चल्दै आएको सम्झना छ। कति अघिदेखि हो भन्ने सम्झ्ना भने छैन। यो गर्मी महिना हो भन्ने कोठाको एककुनामा घुमिराखेको टेवल पंखाको आवाजले भुल्न दिदैन। अर्को छेउमा अन्डा राख्ने कार्टुन बाल्नुले पनि लामखुट्टे लाग्दोरहेछ भन्ने संकेत पक्कै गर्ला। भित्तामा झुण्डिएको क्यालेन्डर केही बोल्न बोल्न खोजेझै देखिन्छ। सायद बोली भए घरभाडा दिनेबेला भन्यो भन्थ्योहोला । सम्झिन्छु, यसले नि घरबेटिलेझैँ नेवारी टोनमा बोल्थ्यो होला, “ओ केटा हो मैना मर्यो ट ! घरभाडा टिर्नी होइन ? बट्टिको पनि धेरै उठेको होला ! ढिलोको भोलिसम्म डिनु है !“ घरबेटी भन्नेबित्तिकै मलाई यही बाक्री, टोन अनि बुढाको चाउरिएको अनुहार याद आउँछ । बत्तीको बिल ज्यादा उठ्छ भन्ने ख्याल बूढाले यादमै सम्झाएपछि पंखा नमारिकन बस्नै सक्दिनँ । मारेर पनि बस्नै सक्दिनँ । बिकल्पमा भुइँतलाकै भए पनि झ्याल खोलिन्छ । यो एकदमै जोखिम कार्य हो । च्यासलको गल्लीमा रातभरि मातेर हिन्ने मान्छेको होहल्ला नसुनिने होइन । हल्ला गर्ने भन्दा पनि हल्ला नगरी हिन्नेबाट ज्यादा डराउनु जायज छ । धेरैपटक झ्यालबाट डन्डा छिराएर कोठामा झुण्डियाइएका पाइन्ट अनि सर्टहरू नतानिएका होइनन् । एकपटक त कोठाभित्रै सन्देशले सर्प पनि भेटेको याद छ । छिमेकी कोठका सबैले झ्यालबाट आएको हुनसक्ने बताएका पनि थिए । सन्देशले भाँडा माझीसक्दा मैले झुल लगाएर खाटलाई बेहुलीजस्तै सजाउन सफल भएँ । आज बुधबार हुनुमा यो समयको उपभोग गरेर घुम्ने समय निकाल्नमा खर्च गरियो । बुधवार ढिलो बार भनेर हामी प्रायः सबै काम बार्ने गर्छौँ । बुधबार हाम्रो दैनिकीको कुनै कार्य सम्पन्न नहुने दिन हो । भोलि फेरि कलेजले गाँज्नेछ । ती ठुल्ठूला किताबले पिरोल्नेछ्न । आफ्नो दैनिकीले समाउनेछ । घरबाट आएका फोनहरूको जवाफ दिनुपर्ने छ । र यो जिन्दगीमा फेरि यस्तै बुधवार आउन अब हामीले अर्को बुधवार कुर्नुपर्ने छ । #बिपिन भारद्वाज मेरो अपहरण: यात्रामा आधारित फिल्म हेरे जस्तो नियात्रा: नियात्राकार सरिता अर्यालको ‘मेरो अपहरण’ जति पढ्दै जान्थें मेरो आङ जिरिङ भएर आउँथ्यो । एक महिला लेखिकाले आफ्नै जीवनमा भोगेको त्यो जीवन कति कहालीलाग्दो छ ! माओवादीले जनयुद्ध चलाइरहेको समयमा पत्रकारको रूपमा कालीकोट पुगेकी अर्यालले त्यो समयमा उनले भोगेको अनुभूति नियात्राको रूपमा प्रस्तुत गरेकी छन् । उनले लेखेको उक्त पुस्तक निजात्मक नियात्रा हो, तर पनि पुस्तकको स्वरूपमा सार्वजनिक भएपछि अब यो उनको नीजि भएन । सबैको नियात्रा भएको छ । सावित्री पराजुली खनाल रिपोर्टिङको लागि कालीकोट पुगेकी पत्रकार तथा लेखक अर्यालले उक्त ठाउँमा जाँदा आफूले जे देखिन, जे भोगिन्, त्यसलाई इमान्दरीपूर्वक प्रस्तुत गरेकी छन् । आफूसंगै सम्पुर्ण पाठकका साथै हामी जस्ता कालीकोट नपुगेकाहरूलाई पनि आफूसंगै घुमाउन उनी सफल भएकी छन् । पुस्तक पढ्दा लाग्दछ , यात्रामा आधारित कुनै फिल्म हेरिरहेकी छु । लेखिका अर्यालले कालीकोटको यात्रा शुरू गरेदेखि घर नफर्कदा सम्मको बाटोमा भोगेका साना-ठूला घटनाहरू नछुटाईकन उतार्न सफल भएकी छिन् । लेखनीमा मिठास छ । मिठासको कारण होला जुनसुकै शीर्षक वा पेज पढ्दा पनि बोर लाग्दैन । लेखिका सरिताको कलमको जादुगरी यसैमा देखिन्छ । सरिता अर्याल एउटी कुसल पत्रकार हुन् । पत्रकारबाट साहित्यकार भएकी हुनाले पनि होला घटनालाई हेर्ने, विश्लेषण गर्ने र प्रस्तुत गर्ने शैली विशुध्द नियात्राकार लेखकको भन्दा फरक छ । यो उनको लेखनमा पाइएको विशिष्टता हो । ‘मेरो अपहरण’मा पत्रकारको आँखाले देखिन् र साहित्यकारको मनले लेखिन् | त्यसैले गर्दा कृति पठनीय बन्न सक्यो । मनले लेखिएकै कारणले होला, सबैको मनभित्र ‘मेरो अपहरण’ बस्न सकेको छ । मेरो अपहरण पढिसकेपछि हरेक पाठकले नियात्राकार सरिता अर्याल र ‘मेरो अपहरण’ लाई आफ्नो मुटुको कुनामा राख्न सक्ने छन् । यो अमीट छाप अपहरणले छोडेको छ । तत्कालीन माओवादी द्वन्दले नेपाली समाज थिलोथिलो भएको थियो । थिलोथिलो भएको समाज पढ्ने रहर जस्लाई पनि थियो । तर रहरले मात्र त्यो समाज पढ्न कहाँ सकिन्थ्यो र ? त्यो समयमा ग्रामीण समाजभित्र पसेर पढ्न हिम्मत चाहिन्थ्यो । काठमाडौंमा बसेर सम्पादकको भूमिकामा रहेकी सरिताले आँट गरिन् र सफलता पनि चुमिन् । उनले त्यतिबेला काठमाडौंको छलकपट र चाप्लुसी समाजलाई छोडेर यथार्थ रिपोर्टिङको सपना च्यापेर कालीकोट पुगेकी थिइन् । त्यो बेला आफूले चलाएको पत्रिकामा नयाँ र बिलकुल भिन्न किसिमको समाचार दिने हेतु मात्र थियो उनीसँग । तर त्यतिबेला त्यै समाचार पनि समाचार बन्न सकेन । अहिले त्यही घटना विवरण नियात्राको रूपमा प्रकाशित भएर आयो । कालीकोट माओवादी द्वन्दको उद्धगम स्थलमध्यकै एक हो । द्वन्दकालको माओवादी इलाका भनेर चिनिएको क्षेत्रमा एउटी महिला रिपोर्टिङ गर्छु भनेर प्रवेश गर्नु समान्य कुरा थिएन । त्यै असामन्य कुरो अहिले ’’मेरो अपहरण’ को नामले हाम्रो हातमा आएको छ । लाग्छ, अहिले उनले सबैलाई चकित पार्न सफल भएकी छन् । तत्कनलीन समयमा भर्खरै शान्ति सम्झौता भएको थियो | त्यही मौका छोपेर सरिता अर्याल कालीकोट गएकी थिइन् । पत्रिकाको लागि केही नयाँ सामग्री खोजेर र पठनयोग्य बनाएर पत्रकारितामा उचाई थप्ने हेतुसंगै पाठकलाई खुशी पार्न मात्र उनी कालीकोट गएकी हुन् । उनको साथमा अरू दुईजना साथी पनि थिए । जब उनीहरू कालीकोटतर्फ लागे, त्यतिबेलादेखि नै उनीहरू माओबादीको निगरानीमा परे । शान्ति सम्झौता भए तापनि कालीकोटका कर्णालीपारीका गाउहरूमा उनीहरू कै राज थियो । त्यहाँ उनीहरूले आफ्नो इलाका भनी माखो छिर्न दिएका थिएनन् । त्यस्तो अवस्थामा त्यहाँ जानुभनेको सानो कुरा थिएन । शान्ति सम्झौता भए तापनि त्यहाँको गतिविधि उस्तै थियो । राम्रोसँग नबुझी त्यहाँ जानुभनेको लेखकको अलि मुर्खता नै थियो या जिद्दिपना ? माओवादी नेतालगायत त्यहाँका बासिन्दाले उनलाई भनेको कुरा, देखाएको व्यवहारसँग डिलिङ गर्न सक्नु उनको ठूलो आँट हो । अपहरण पढ्दै जाँदा उनीमा एक बिरंगनाको चरित्र भेटिन्छ । आँटी लेखिका, नवीन श्रोतकी प्रेरणा | माओवादी द्वन्द्वको जरोमा पुगेर गरिएको खोज तथा जिज्ञासा यसमा पाइन्छ । लेखनमा स्पष्टता र रोचक शैली ‘मेरो अपहरण’को विशेषता हो । प्रत्यक्षकथन, शृङ्खला बद्ध शीर्षकहरू, कथात्माक प्रस्तुति । सामाजिक मनोविज्ञान, युद्ध, महिला र समाज परिवर्तनको अध्ययन तथा अवलोकनसहितको प्रस्तुतिले लेखिका अर्याललाई परिपक्क देखाएको छ । क्रान्ति र समाजरूपान्तरणको सपना काँचझैँ झर्यामझुरुम भैसकेको अहिलेको अवस्थामा प्रस्तुत नियात्रा पढ्दा र त्योबेलाको सकसपूर्ण जीवन सम्झदा अहिले पनि आग सिरिङ हुन्छ । शीर्षकहरू जस्तै कालीकोट पुग्ने रहर, ट्रकमा उडेर मान्म, गाई गोठे अस्पताल, विस्थापितका पिडा, कहालीलाग्दो पुल,सान्नी गाउँकी सुकी, आक्रमक युवती, भाटे कारवाहीको अन्तरकथा, जीतबहादुरको रत्याली सपना, ट्वबाटइकै चिन्ता (कालीकोट तिरको भाषा), जोशिला दुई किशोर, अचानक बन्दी, महिला जागरणको उत्कर्ष, जनसरकारको कठघरामा, कमरेड युद्वका कुरा, दोस्रोपटक जनअदालतमा, सीता शाहीले सुनाएको कथा, पिंजडा तोडेको त्यो दिन, भरोसाको त्यो माला, र खुल्ला आकाशको अंगालोमा जस्ता शीर्षक समेटिएको कृतिमा शीर्षकहरू आफैँ बोलेका छन ।सम्पादन नपुगेको र भाषिक परिमार्जनको कमी स्वभाविक लाग्यो । कही स्थानीय भाषा र लवज समेट्न खोज्दा अलमल देखिए पनि लेखनकलाले जितेका कारण गौण बनाइदिएको छ । द्वन्द्वको कारण र त्यसले समाजमा पारेको असरबारे गम्भीर रूपमा नलिएको जस्तो लाग्यो | शान्ति प्रकृयामा आएर शासनसत्तामा बसिसकेको माओवादीले कालीकोटलाई कस्तो बनाएको होला भन्ने पाठकको जिज्ञासा पनि समेट्न सकेको भए सुनमा सुगन्ध हुने थियो । लेखिका सरिता यहाँनेर चुकेकी छन् । तर उनको लेखन चतुर्यले त्यो कुरा सम्झिन दिएकी छैन । नियात्रा, संस्मरणको नाममा लेखिएको उपन्यास भनिदिएको भए यति पनि भन्ने ठाउँ रहने थिएन । अन्तमा, ‘मेरो अपहरण’ महिला सचेतना जगाउन, दूरदराजमा बसोवास गरेका नेपालीको जीवन कहर थाहा पाउन, समाजशास्त्रीय अध्ययन गर्न खोज्नेहरूलाई निर्देश गर्न, र भाषा, साहित्य, संस्कृति र समाजमा व्याप्त अशिक्षा, गरिबीमाथि बुझ्न र बुझाउन सफल देखिएको छ । #मेरो अपहरण #सावित्री पराजुली खनाल तिम्रो र मेरो लकडाउन: चीनको उहान सहरबाट सुरू भएको कोरोनाभाइरसको त्रासदीले सारा संसार छोपिदिँदा संक्रमण अरू नफैलियोस् भनेर आफ्नै घरमा केही समयको लागि तिम्रो लकडाउन सुरू भयो । बच्चा र आमामध्ये एउटालाई मात्र बचाउँन सक्ने चिकित्सकको कुरा सुनेर आफू मरेर मलाई जन्मदिने मेरी आमाको मृत्युपछि अर्की बिहे गरेर बाबा अर्कै भइदिँदा सौतेनी आमाबाट जव म बेचिए बम्बैको कालकोठीमा मेरो लकडाउन सुरू भयो । तिम्रो लकडाउन हरेक अखबारका पानामा छ मेरो लकडाउन फगत कविता र गानाहरूमा छ तिमीलाई सम्भावित मृत्युबाट बचाउँन संसारले रक्षक बनेर हात फैलाएको छ मलाई भने त्यही संसारले भक्षक बनेर पलपल मेरो जवानी मैलाएको छ । तिम्रो लकडाउनमा झरेको आँसु र मेरो लकडाउनमा झरेको आँसुको रंगमा समानता भएपनि रसमा आकाश पातालको भिन्नता छ तिम्रो आँसुमा मृत्युको भएछ मेरो आँसुमा जीवनको भएछ । तिम्रो लकडाउनको अन्तनिश्चित छ मेरो लकडाउनको अन्तअनिश्चित छ तिम्रो लकडाउनको सीमा भाइरसको अन्तसँग जोडिएको छ मेरो लकडाउनको सीमा मेरो जीवनको अन्तसँग जोडिएको छ । म चाहन्छु तिमीलाई तिम्रो लकडाउनबाट छिट्टै बाहिर निस्कनु परोस् मलाई भने मेरो लकडाउनबाट जीवितै बाहिर निस्कननपरोस् किनकीतिम्रो लकडाउनको दुनियाँमा मान छ मेरो लकडाउनको दुनियाँमा अपमान छ तिमीले लकडाउनबाट मान कमाएका छौ मैले लकडाउनबाट बदनाम कमाएकी छु । तिम्रो लकडाउन अन्तमात्र होइन अन्तिम भइदियोस् विज्ञानले यस्तो चमत्कार गरिदियोस् कि फेरि कहिल्यै मानिसले घर भित्रै बन्धक बस्नु नपरोस् तिम्रो जस्तै मेरो लकडाउन पनि अन्तिम भइदियोस् मानवमा मानवता मौलाओस् महिलाप्रतिको विषालु नजरको अन्त होस् ता कि फेरि म जस्तै अरू कुनै चेली यसरि कालकोठीभित्र लकडाउनमा बस्नु नपरोस् । #तिम्रो र मेरो लकडाउन #प्रेम लामिछाने नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका सन्दर्भमा: आज नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवको दिन । आजकै दिन २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यस नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको थियो । पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको यो प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२\\०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि जनभावनाअनुरूप २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ । नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्त्व, सङ्गीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञान आदि विषय र तिनका विभिन्न विधा–उपविधाहरूको अध्ययन–अनुसन्धान, विमर्श र प्रकाशन गर्ने र नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार समेत गर्ने उद्देश्यले स्थापित यो नेपाल प्रज्ञा–प्रतिष्ठान हाल भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता पाँचओटा विषय क्षेत्रमा विशिष्टीकृत भएको छ । हाल यी पाँचओटा विषय क्षेत्रका ११ ओटा विभागहरू क्रियाशील छन् । यी प्रत्येक विभागअन्तर्गत वार्षिक रूपमा अध्ययन–अनुसन्धान, गोष्ठी, कार्यशाला, अन्तरक्रिया एवम् प्रकाशनका कार्यहरू भइरहेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गर्दै गरेको वर्तमान अवस्थासम्म आइपुग्दा यसले नेपाली वाङ्मयका क्षेत्रमा युगीन महवका अनेकौँ कामहरू सम्पन्न गरिसकेको यथार्थ सर्वविदित नै छ । अहिले हामीले नेपाल चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेका छौँ । हरेक प्रदेशका सम्पूर्ण पक्षहरू समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्ने राष्ट्रिय गौरवको योजनाको सम्पन्नता अहिलेको हाम्रो मूल अभीष्ट रहेको छ । यसरी नै महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने, ‘नेपाली बृहत् शब्दकोश’लाई युगानुकूल प्रविधिमुखी बनाउन एपमा लैजाने, ‘नेपाली बृहत् शब्दकोश’को परिमार्जित दसौँ संस्करण प्रकाशन गर्ने, नेपालका सम्पूर्ण साहित्यकारहरू र कलाकारहरूको परिचयात्मक ग्रन्थ साबिकको ‘साहित्यकार–कलाकार परिचयकोश’ लाई परिमार्जनसहित ‘लेखक–कलाकार परिचयकोश’ का रूपमा प्रकाशन गर्ने, लगभग डेढ लाख शब्दहरू समेटिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने, नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनहरू समेटिएको ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने, पहिले प्रकाशन भएका तर हाल अप्राप्य ऐतिहासिक सामग्रीहरूलाई खोजी गरी पुनः प्रकाशन गर्ने तथा विभिन्न मित्रराष्ट्रहरूसँग सांस्कृतिक तथा साहित्यिक सम्बन्ध विस्तार गरेर नेपाली वाङ्मयलाई विश्वव्यापीकरण गर्ने जस्ता दूरगामी प्रभाव पार्ने खालका कामहरूलाई हामीले योजनाबद्ध तरिकाले अगाडि बढाएको कुरा समस्त वाङ्मयप्रेमीहरूका माझमा राख्न पाउँदा गौरवबोध भएको छ । वर्तमान परिवेशमा विश्वव्यापी रूपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट वाङ्मय क्षेत्र पनि निकै प्रभावित भएको छ । यसै बिचमा पनि हामीले सुरक्षाका विधिहरूलाई अपनाउँदै अनुसन्धान, सम्पादन र प्रकाशनका कामहरूलाई निरन्तरता दिइरहेका छौँ । तर यसै सङ्क्रमणका अवधिमा नै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवलाई भने हामी सदा झैँ विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सवको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने अवस्थामा छैनौँ । यही विषम परिस्थितिका कारण नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सव समारोह र राष्टिय« कविता महोत्सव– २०७७ सहज अवस्था नआएसम्मका लागि स्थगित गर्नुपरेको कुरा सार्वजनिक सूचनामार्फत पहिले नै सबैमा जानकारी गराइसकिएको छ । राष्ट्रिय कविता महोत्सवका लागि तोकिएको समयभित्रमा प्राप्त ५०२ ओटा कवितालाई हामीले सिलबन्दी र लाहाछाप गरी सुरक्षित रूपमा राखेका छौँ । अनुकूल समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महोत्सवको आयोजना गरी सम्बन्धित कविताहरूको समुचित मूल्याङ्कनका साथै पुरस्कार प्रदान गर्ने कुरा सम्बन्धित सबैमा अवगत गराउँदछु । अन्त्यमा, यस्तो विषम परिस्थितिमा पनि हाम्रा योजनाहरूमा साथ र सहयोग गर्ने नेपाल सरकार, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय, हाम्रो अनुसन्धान र सम्पादनको कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण विद्वद्वर्ग, हाम्रा कामहरूप्रति निरन्तर चासो राख्नुहुने शुभचिन्तकहरू, हाम्रा योजनाहरूलाई सुसूचित गरेर हौसला प्रदान गर्नुहुने पत्रकार मित्रहरू, आफ्नो कामलाई कर्तव्यनिष्ठ भएर पूरा गर्ने प्राज्ञ परिषद् र आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहने कर्मचारीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका अवसरमा समस्त नेपालीहरूमा सामाजिक र भौतिक दुरी कायम गर्दै स्वस्थ रहौँ, सुरक्षित रहौँ, सिङ्गो मानव जातिमाथि आइलागेको विश्वव्यापी सङ्कटको समाधानमा सबै एकजुट भएर लागौँ र विश्वमानवता एवम् बन्धुत्वको रक्षा गरौँ भन्ने आह्वानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु । गङ्गाप्रसाद उप्रेती, कुलपति #नेपाल प्रज्ञा प्रतिष्ठान प्रेम: रूपक अधिकारी म प्रेमको मैदानमा अपहेलित भैसकेको छु विप्लवको गोरेटोमा मेरी अर्धाङ्गिनी एउटा चुम्बन कथा सुनाउँछे मदिरामा लठ्ठ परेर बहकिँदै जाँदा उसलाई त्यति याद छ कि त ऊ त्यति मात्र सुनाउन चाहन्छे त्यति मात्र सुनाउन सक्छे सैतानको लिवासमा म उसको धोका परीक्षण गर्न सक्थे पोजिटिभ निस्कन सक्थ्यो तर मैले त्यसो नचाहनुमा कारण प्रेम थियो र, मैले त्यही अध्यायपछि मैदानमा हार्दैहार्दै गैरहेँ । प्रेमको कोलाहल सुन्दा उदेक लाग्न थालेको छ यो संसारमा हुँदै नभएको प्रेममा किन गीत लेखिन्छन् यहाँ बुहारीलाई भन्दा बढी पीडा त ज्वाईंलाई हुन्छ मलाई ससुरालीले आफ्नो घर नछोडेकामा पीडा दियो सासुको हातबाट शल्यक्रिया हुँदा आँत कैले लिलाम हुन्छ पत्तै लाग्दैन ससुराले मलाई मगजको बिरामी हौ भनी अपहेलनाको बाण हान्दा बिरामीनै बनाउने उनकी छोरीको कर्तुत मुटुकै डस्टबिनमा राख्दा डिप्रेसनको रजस्वला भएको चैँ हो र, त्यही अध्यायपछि मैले मैदान छोड्दै छोड्दै गैरहेँ । आई लभ युको बजारमा म छाती ठोकेर भन्न सक्छु माफ गर्नुस् महोदय तपाईंको प्रेम कात्रोजस्तै छ ज्युँदो रहुन्जेल कैले ओढ्ने साहस राख्न सक्दिनँ । गौरादह – १, झापा #झापा #रूपक अधिकारी धर्तीको स्वर्ग: तिलकराम पोखरेल आमाले सानामा सुनाउने कथाकी पात्र एकदम मन पर्थ्यो मलाई भेट्ने रहरमा हुर्किदैँ आएँ बाबाले सुनाउने गीतभित्रको क्षितिजमा रमाउने आशाले फुर्कदैँ गएँ एकदिन खोज्छु पक्का भन्दै विद्वानका उपमाहरूले नाति फकाउने हजुरआमाको स्वरचित वाक्यहरूमा सपनाको रङ् पोत्दै खेल्ने गर्थेँ वर्तमानमा मर्न सजिलो छ बाँच्न त गाह्रो भन्ने छिमेकी ठाइँलाको त्यो उक्ति सुन्दासुन्दा जवानीलाई घिसार्दै ल्याएँ र परदेशलाई सुम्पिदिएँ आज विश्व कारागारमा छ संसार दिउँसै अन्धकार खाँदै विलाप गरिरहेको छ विलासको लालसले घचेटिएको मसँग चिट्ठी आउँछ यहाँ सबै ठीकै छ भकारीमा धान छ बारीमा सब्जी छ नदीमा पानी छ त्यसपछि तेरो चिन्ता छ यहाँ हामीलाई डढाउने दाउरा प्रशस्तै छ तर दाग दिने तँ छैनस् दुधालु गाई छ अन्तिम सासमा पिलाउने तँ छैनस् खेतको लेखाजोखा सबै तेरो नाममा गरिदियौँ औँलाको छाप हान्ने तँ छैनस् बरू फर्केर आइज महल नभए नि घर छ तेरो पिरले बाँच्नु विष खाएर छट्पटाएको अवस्थामा छौँ यहाँ व्यथामा छैँ हामी चिट्ठीमा आमाको नाम देखेँ त्यहाँ परी बसेकी थिई चिट्ठीको छातीमा बाबाको क्षितिज देखेँ त्यसका शब्दमा हजुरआमाको आँसु देखेँ र ठाइँलाको आवाज पनि भेटेँ सबै त्यहाँ छोडेर यहाँ के गर्दैछु म ??? घर धर्तीको स्वर्ग रहेछ पछुताउने मौका पाएँ म पछुताउने मौका पाएँ #तिलकराम पोखरेल सुबासका दुई गजलहरु: (१) सुबास अधिकारी अगाडि हेर्दा अघि बढ्नै नसकिने कहालीलाग्दो भिर छ पछाडि फर्कदा बिर्सनै नसकिने तिम्रो याद आउने पिर छ घरीघरी भित्र कतै च्वास्स च्वास्स घोच्ता सम्झना हुन्छ, हृदयमा कुनैबेला रोपिएर खिया लागेको तिखो झिर छ घातमाथि घात भएर जिन्दगीमा ठुलै बज्रपात परे पनि म आफ्नै खुट्टा टेकेर उभिएको साक्षी मेरै ठाडो शीर छ कतै बलियाो लडेको, कतै कमजोर अघि बढेको दुनियाँमा कसले कसरी भन्न सक्छ, जिन्दगी तेरोभन्दा मेरो वीर छ ? कहिले काम गर्न दौडनुपर्ने कहिले काम छोडेर भाग्नुपर्ने ! भागदौड गरेर जिउनुपर्ने दुनियाँमा जिन्दगी कसको थिर छ ? (२) पुग्छु माथि म पनि, माथि पुग्ने गरी तिमी माथि चढ्छौ भने झर्छु तल म पनि, तल झर्ने गरी तिमी माथिबाट लड्छौ भने भएर दिनमा देव रातमा दानव हुने चरित्र तिम्रो ठिक भएन गनाउँछु म पनि दुर्गन्धित भई, बिग्रने गरी तिमी सड्छौ भने निस्कदा यात्रामा नबिर्सनु बार्दलीमा झुन्डिएको छाता ओड्न पोल्छ मलाई पनि भतभती तातो घाममा तिमी डड्छौ भने हिड्छौ भने सिधा भएर सिधा बाटो पुग्ने तिमी ठाउँ सुन्दर छ लाग्छु अघि म पनि, अघि बढ्ने गरी तिमी अघि बढ्छौ भने बने कुख्यात डाकु रत्नकार कसरी विख्यात साधु वाल्मीकि ? ल्याइदिन्छु पुस्तक तिम्रै लागि, रुचिपूर्वक तिमी पढ्छौ भने। #सुबास अधिकारी शिक्षणपछि समाजसेवामा समर्पित स्याङ्जाली: शिक्षण आफैँमा एउटा समाजसेवा हो तर जीवनभर शिक्षण गरेर पनि नअघाएका शिक्षासेवीहरू अवकाशको जीवनलाई पनि सेवामै बिताउने निर्णयमा पुगेका छन्। तिनै समाजसेवीहरूसँग साहित्यपोस्ट स्याङ्जाका प्रतिनिधि शम्भु अर्याल र यामकान्त खनाल ले सोधेको प्रश्नको उत्तर पहिलो शृङ्खलामाः उर्वरशील उमेरमा व्यापार-व्यवसाय अन्य आयमूलक क्षमता र सम्भावना छाडेर जीवनको प्रारम्भमा शिक्षण पेशा तथा गुरूजस्तो गरिमामय कर्मबाट समेत अवकाश लिएर निरन्तर समाजसेवामा अहोरात्र जीवनभर खटिइरहनुभयो । समाजसेवामा तपाईंले त्यस्तो के देख्नुभयो ? अहोरात्र समाजसेवामा खटिरहँदा तपाईंले यो समाजमा के बुझ्नुभयो ? विगतमा हाम्रो समाज कस्तो थियो ? अहिले कस्तो छ र कस्तो समाजको परिकल्पना गरिरहनुभएको छ ? मोहन रेग्मी गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मी हाम्रो सामाजिक परम्परा भविष्यको योजना बनाएर चल्ने भन्दा पनि दैनिकीहरु चलाउँदै जाँदा अगाडि जे आउँछ सामना गर्दै जाने प्रकारको छ। कृषिमा आधारित समुदायमा म जन्मेको हुँदा सामान्य गुजाराका लागि समस्या थिएन। मान्छेका आधारभूत आवश्यकता लागि सानो हुँदा अप्ठेरो परिवेशमा हुर्कन परेन। आमा २२ वर्षको हुँदा बाबा गुमाउनुको वज्रपात र सानै हुँदा दिदीको अवसानले अभिभावक गुमाएर टुहुरो हुनुको नियास्रो अहिले पनि बाबाको ममताको अभाव खड्किरहेको विगतको बालपना वर्तमानमा झल्झल्ती आइरहन्छ । अत्यन्तै माया गर्ने छरछिमेक, आफन्त, इष्टमित्र र नजिकै रहेको मावलीहरू भएर पनि बाबुबिना एउटी आमालाई दुई जना छोराछोरी हुर्काउनु त्यतिबेला नबुझेर स्वाभाविक लागे पनि जति बुझ्ने भएँ उति कहाली लाग्दै गयो। परिस्थितिले ममा सानैदेखि विद्रोही भावना विकास हुँदै गएको रहेछ। सानैदेखि नै समाज, देश र बाहिरका दमन उत्पीडनहरूमा म निकै चासो राख्थेँ । कुनै पनि कुरामा स्पष्ट धारणा बनाउने बानीले गर्दा म कसैको प्यारो र कसैको तारो बन्न थालेँ। जीवनको प्रारम्भमा स्वभावका कारण समाजमा कैयौंपटक गलत प्रयोग पनि भएको छु। परिणाममा म रक्सी, चुरोट, जुवातास र गलत सङ्गतबाट पर रहने परिस्थिति बनेछ। यिनै परिवेशहरूबाट माध्यमिक तहसम्म शिक्षा पूरा गर्दा समाजका कमजोर पक्षहरूलाई सुधार्न प्रयास गर्दागर्दै म पञ्चायती व्यवस्थाको विरोधी नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेछु। मैले चाहेको शोषणमुक्त समाजको स्थापनाका लागि कमरेड पुष्पलालले पार्टीको अभियान चलाएको थाहा पाएँ। विद्यार्थी सङ्गठनमार्फत पार्टीको सम्पर्कमा आई मनमोहन अधिकारी र साहना प्रधानले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको बनारसमा सम्पन्न सारनाथ सम्मेलनमा सहभागी बन्ने अवसर प्राप्त भयो र नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेँ। सँगसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्थानीय विद्यालयमा पहिलो पटक प्राथमिक तह र पछि निम्न माध्यमिक तहको स्थायी शिक्षक बनेँ। विद्यालयमा असाधारण बिदा लिएर पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दै थिएँ। २०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सभापतिमा चुनाव लडेँ । विद्यालय व्यवस्थापन समितिको बैठकमा चुनाव लडेको पर्चालाई विषय बनाएर व्यवस्था विरोधी विद्यार्थी संगठनको उम्मेदवारको आरोप लगाएर शिक्षण पेशाबाट अवकाश गरियो। यस कार्यले मलाई पञ्चायतको विरोध पार्टीको सम्बद्धता समय र ऊर्जा मिल्यो। नेपाल राष्ट्रिय शिक्षक संगठनका मित्रहरूले अवकाशको विषयमा विरोध गर्न खोज्दा मलाई त्यसो गर्न मन लागेन। पार्टी सम्पर्क र विद्यार्थी संगठन सँगै पोखरा रामघाट कालिका माविमा केही समय शिक्षण गरेँ। शिक्षक बनिरहँदा सामाजिक कामका लागि समयको अभाव हुँदा पुनः शिक्षक पेसाबाट अवकाश लिएँ । पहिलेको समाजमा मैले स्वतन्त्रता पूर्णरूपमा बन्देज थियो । एकदलीय पञ्चायती व्यवस्थाको गन्नेमान्ने व्यक्तिहरूको मात्र हालिमुहाली चल्थ्यो। उनीहरुका आफन्त मात्र शक्ति र सत्तामा जान्थे। रोजगारी उनीहरुकै अधिनमा हुन्थ्यो। अहिलेको समाजमा क्षमताअनुसार व्यक्तिलाई जुनसुकै क्षेत्रमा पनि समान अधिकार छ। सानोठूलो जातभातको विभेद अन्त्य भइसकेको छ। मान्छेले मान्छेलाई सम्मान गरोस्। भेदभावरहित समाजको कल्पना गर्दछु। दिलिप प्रताप खाँण नगरप्रमुख, वालिङ नगरपालिका दिलिप प्रताप खाँड जन्मदेखि मृत्युसम्म जीवन जीवन्त गतिशील र सार्थक हुनुपर्छ। मेरो आफ्नो बुझाइमा जीवन भनेको नै गतिशीलता हो। केही नगरेर स्थिर रहनु भन्दा केही न केही केही गरिरहेको उद्यमशीलता मलाई मनपर्छ। जो सक्रिय छ, त्यो सफल हुन्छ। प्रयास यस्तो साधना हो, जसले मान्छेलाई पटकपटकको असफलताबीच कुनै न कुनै दिन सफलताको उचाइमा पुर्याइदिन्छ। मैले जे बुझेँ, त्यो नै अन्तिम सत्य होइन। विभिन्न पेशा व्यवसाय गर्दै अगाडि बढ्नु मान्छेको कर्तव्य हो। पेसा, व्यवसाय, रुचि, दिनचर्या, सेवा आदि सबै साधन हुन्। साध्य होइनन्। साध्य त सत्यको साक्षात्कार हो। मान्छे यो व्रह्माण्डको शक्तिशाली ब्रह्मको उपज हो। तसर्थ मान्छेभित्र त्यस्तै अलौकिक शक्ति हुन्छ। हरेक मानव केवल मान्छे मात्र होइन, आत्मारुपी ईश्वर हुन्। चेतन मानव आत्मा देख्छ। बुद्ध बन्छ। विज्ञान बन्छ। तपाईंले मेरो कर्मलाई समाजसेवाको रुपमा बुझ्नुभएको रहेछ। मैले राजनीति गरेजस्तो लाग्दैन। समाजसेवा गरे जस्तो पनि लाग्दैन। हरेक मानवलाई मानवीय व्यवहार गरेर सत्यको साक्षात्कार गर्ने मेरो प्रयत्न रहिरहनेछ। त्यस्तो गर्न सकिरहेको छु कि छैन, साक्षात्कार गर्नका लागि मुमुक्षु बन्ने व्यष्टि प्रयत्न मात्र हो। जब म शिक्षण पेशामा संलग्न थिएँ, समाजमा निकै विभेद थियो। सानो-ठूलो, धनी-गरिब, जतीय, वैचारिक स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक विभेद। संसारमा केही मुलुकहरू यी विभेदहरुबाट स्वतन्त्रता प्राप्त गरिसकेका थिए। हामीहरू यी विभेदहरूबाट माथि उठ्न प्रयत्नरत थियौं। अहिले सबैले व्यवहारमा उतार्न सके कानुनी रुपमा यी सम्पूर्ण विषय हामीले प्राप्त गरिसकेका छौँ। शिक्षण पेशा गर्दागर्दै सामाजिक जिम्मेवारी थपिंदै गयो । शिक्षण पेशा छाडिदिएँ। स्वतन्त्रता, समानता, रोजगार, व्यापार र व्यवसायको बुद्धिमूलक शिक्षित र स्मार्ट समाजको परिकल्पना गर्दछु। कृष्ण खाँण समाजसेवी कृष्ण खाँण परिस्थितिले सानो छँदा बुबा-आमाको मायाबाट वञ्चित रहेको म हजुरबुबा र हजुरआमाको संरक्षणमा हुर्किएँ। उस समय हजुरबुबा-हजुरआमाको समाजमा निकै निकट सम्बन्ध थियो। घरमा ठूलो फलफूल बगैंचा थियो। हजुरबुबा-हजुरआमा बगैंचामा फलेको फलफूल पहिला आफू खानुभन्दा वरिपरि छिमेकीलाई दिनुहुन्थ्यो। घरभन्दा पर सम्बन्ध राख्ने हजुरबुबा-हजुरआमाको कारणले सानैदेखि म समाजको प्रत्यक्ष सम्पर्कमा रहेँ। सबैसँग परचित बन्न मेरो लागि यो अवसर थियो। नजिकैको रणवीर जनहित माध्यामिक विद्यालयमा मैले शिक्षा हासिल गरेँ। स्कुलमा सामाजिक कार्य नामको अतिरिक्त छुट्टै डिपार्टमेन्ट थियो। त्यसमा सधैँ प्रथम हुन्थेँ। यो डिपार्टमेन्टले उस समयको सामाजिक निर्माण र महामारी जस्तो प्रकोपमा काम गर्थ्यो। ठाउँठाउँमा शिविरहरु बनाएर मान्छेहरूको उद्धार गरिन्थ्यो। अहिलेजस्तो सुविधा सम्पन्न कहाँ थियो र? जीवनजलको सट्टा नून, चिनी, पानी घोलेर हैजाको बेला जीवनजल बनाएर वालिङको भकुण्डे कृषि सहकारीमा खडा गरिएको शिविर अहिले पनि स्मरण छ । आठ कक्षा पास भएपछि पूर्णामृत भवानी माध्यमिक विद्यालय गएँ। त्यहाँ मेरो दिलिप प्रताप खाँण लगायत नयाँ साथीहरूसँग सम्पर्क भयो। दिपावलीमा देउसी भैलो खेलेर जम्मा भएको रकम सबै समाजसेवामा लगाइन्थ्यो। जब म उच्चशिक्षाको समय अवधिमा थिएँ, घडेरी खार्दा, खानेपानीको लागि खाडलहरू खन्दा, बाढी पहिरोमा चोटपटक लाग्ने र मान्छेहरु पुरिने बगाउने सम्मका दुर्घटना हुन्थे। त्यस्ता मान्छेहरुलाई उद्धार गर्न मनबाट नै आउँथ्यो। एसएलसी पास भएपछि अतिरिक्त समयमा मैले निःशुल्क गणितको ट्युसन पढाउँथेँ। बिजुली बत्ती थिएन, त्यतिबेला मैन्टल, लाल्टिन बालेर पढाउनु र पढ्नु पर्थ्यो । राजनीतिमा भन्दा समाज सेवामा काम गर्ने मेरो चाहना हो। प्रारम्भमा मैले पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्यापन सुरु गरेँ। २०४४ सालतिर आफूलाई पढाएका गुरूहरुले पायोनियर बोर्डिङ स्कुल स्थापना गर्नुभएको थियो, उहाँहरूको आग्रहमा केही समय त्यहाँ पढाएँ। अध्ययन र अध्यापन सँगै चलिरहेको थियो। पढाउन छोडेर अध्ययनको लागि जान्छु भनेर धेरै नै जमर्को गर्दा पनि अग्रज गुरुहरूले पढाउन नै सुझाव दिनुभयो। २०४८ सालमा भुवनबहादुर पौडेल प्रअ भएर आउनुभयो। स्कुलको आवश्यकताले दिलिप प्रताप खाँणलाई बोलाउन भन्नुभयो। त्यसबेला म अनेरास्ववियुमा काम गर्थें। वामपन्थी पृष्ठभूमिको भएकाले नेपाली कांग्रेसमा आस्था राख्ने दिलिपलाई ल्यायो भनेर आरोपसम्म खेप्नु पर्यो। मैले भने, त्यस्तो केही सोचेको थिइनँ । २०४६ सालको आन्दोलनमा १९ दिन प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ म लगायतका साथीहरु जेल पर्यौं। माफ मागे छोडिदिन्छौँ भन्दा माफी नमागेपछि प्रजातन्त्रको घोषणा भएपछि मात्र छोडेको भर्खरै जस्तो लागिरहन्छ। २०५४ सालको निर्वाचनमा लक्ष्मीपति पौडेल र पदमा अर्याल लगायतका जिम्मेवार व्यक्तिहरूले जागिर छाडेर मेयर अथवा उपमेयर पदमा उठ्न भन्नुभयो। मैले स्पष्टसँग भनेको थिएँ, सम्पूर्ण जीवन नै समर्पण गरेका अग्रजहरु हुँदाहुँदै प्राथमिकता उहाँहरुलाई दिनुपर्छ भनेपछि मेयर पदमा गुरु भेषराज शर्मा र उपमेयर पदमा मानकाजी श्रेष्ठलाई जिल्ला कमिटीले सिफारिस गरी पठाएको थियो। सामाजिक दवावले पछि फेरि जिल्लाले भेषराज गुरूको ठाउँमा मेरो नाम राखेर पठाइदिएछ। सबैले शिक्षण छाडेर उमेदवारी स्वीकार्नुपर्छ भनेपछि स्कुल छाडेँ। सक्रिय राजनीति गर्ने मेरो चाहना होइन, कार्यकर्ताहरुले नै मलाई अगाडि लगाउनुभएको हो। त्यतिबेला संयुक्त परिवार हुन्थ्यो। बाजे, बा, नाति पुस्ता सँगसँगै हुन्थ्यो। हिजो परिवार र समाजमा दया, माया, करुणा, सद्भाव थियो, अहिले मान्छेमा संवेदनाहरु हराउँदै गइरहेको छ। सेवा गर्नु कर्तव्य हो। अधिकार खोज्न पहिला कर्तव्यको बोध हुनुपर्छ। आफूले कति कमाएँ भन्दा पनि अप्ठेरोमा अरुलाई कति साथ दिन सकिरहेको छु भन्ने लाग्छ। मान्छेको रूपमा जन्म लिएपछि मान्छे-मान्छेबीच सानोठूलो, उँचनिच, सानो जात र ठूलो जात हुँदैन। मान्छे सबै समान हुन् सबैको समान अस्तित्व अधिकार र कर्तव्य छ। जाति र धर्मको नाममा यदि समाजमा विभेद हुन्छ भने समाजको सबैभन्दा ठूलो ध्वंस लाग्छ मलाई। विभेदरहित समाजको परिकल्पना गर्दछु। श्यामकृष्ण श्रेष्ठ अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर ६ श्यामकृष्ण श्रेष्ठ आम्दानी र सेवाको तुलना हुनै सक्दैन। आम्दानी व्यक्तिविषेश र स्वयं भलोसँग सम्बन्धित विषय भयो, सेवा सामाजिक। आफू र आफ्नो परिवारको पालनपोषण त सम्पूर्ण जीवात्माहरूले गरिरहेका छन्। अँध्यारोपछि उज्यालो हुन्छ। घाम लाग्छ। पुनः रात पर्छ। ताराहरू उदाउँछन्। यतैकतै मनुष्यको अस्तित्व छ। जीवनको भिडमा विचारले मान्छे मान्छे बनेको हो र त्यस्तै बन्न सक्नुपर्छ। हुन त पहिला आफू बचेर अरूलाई बचाउनुपर्छ भन्ने अन्तिम सत्यबाट म पनि बाहिरिन सक्दिनँ। आफू रहे बल्ल अरूको उद्धार गर्न सकिन्छ। यतैकतै मान्छेमा दुःख छ। समस्याहरू, अप्ठेराहरू छन्। त्यसमा साथ दिन समाजसेवामा लागेँ। यसो भन्दै गर्दा म साध्य होइन, साधन हुँ। मैले आफ्नो अध्ययनसँगै अध्यापनमा लागेको हुँ। पढाउनु पनि सेवा थियो तर समाज बुझ्दै जाँदा उस समयमा आफूमाथि आइलागेका कामहरूले सामाजिक जिम्मेवारीको कर्तव्य थपियो। बल्ल मलाई महसुस भयो, म र मेरो परिवार पर पनि संसार छ। समस्या, दुःख र अप्ठेराहरु छन्। अनि मात्र मैले शिक्षण पेशा छाडेर समाजसेवामा लागेको हुँ। समाजको कुरा गर्दा अहिले र उस समयको समाजमा धेरै नै भिन्नता थियो। पढेलेखेका मान्छेहरु कमै हुन्थे। व्राह्मण समुदायमा बनारस गएर संस्कृत पढ्ने चलन थियो। राजनैतिक चेतना कम थियो। अधिकांश परिवारको कृषि मेलापात दैनिक हुन्थ्यो। गाई गोरु चराउन गौचरन हुन्थ्यो। मोटरेवल बाटाहरू अति कम थिए। टाढासम्म पैदल हिँड्नुपर्थ्यो। अधिकांश घरहरू ढुङ्गा र माटोले बनेका हुन्थे। एकदलीय पञ्चायती व्यवस्थाको नीति, नियमअनुसार समाज शासित थियो। अमेरिकामा पनि रंगभेद थियो। हाम्रो समाजमा व्यवहारिक रुपमा अहिले पनि जातीय विभेद छ। यो समाजको सबैभन्दा खतरनाक विष लाग्छ मलाई। जसरी पहिला तीनजुरे खरै हुनेले बाजा बजाएर दाइँ गर्थे, नहुनेहरुलाई छाक टार्न गाह्रो पर्थ्यो। कानुनी रुपले विभेदको अन्त्य गरे पनि व्यावहारिकरुपमा अहिले झन् ठूलो खाडल छ। पावरमा पुगेकाहरुले नपुगेकाहरुलाई। बढी आम्दानी हुनेहरूले नहुनेहरूलाई। ठूलो जातले सानो जातलाई गरिने वर्गीय विभेद अहिले पनि समाजमा प्रत्यक्ष नदेखिने तरिकाले कायम नै छ। एउटै परिवारका सदस्य भएर पनि आर्थिक रुपले सबलले निर्बललाई हेप्ने परम्परा समाजमा जताततै देख्न सकिन्छ। एउटै सम्बन्ध, आफन्त र इष्टमित्रहरूमाझ सबलले निर्बललाई हेप्ने प्रवृत्ति लेनदेन, साँधकिला, उत्सव, चाडपर्व जताततै कायम छ । सभ्य र समृद्ध समाजका लागि वर्गीय विभेदको अन्त्य हुनुपर्छ । अहिले समाज शिष्ट र सभ्य छ। लगभग सबै साक्षर छन्। अधिकांश पढेलेखेका छन्। उनीहरुलाई आफ्नो अधिकार र कर्तव्यको स्वयंमा ज्ञान छ। फेसबुक, म्यासेन्जर, ट्वीटरजस्ता अनलाइन सञ्जालहरुले गर्दा विश्व ग्लोबलाइज्ड भइसकेको छ। एउटा मोबाइलको भरमा संसारको दिनचर्या नियाल्न सकिन्छ। अहिले हामीले आफ्नो अधिकार प्राप्त गरिसकेका छौँ, चाहे त्यो जनजाति होस्, महिला होस् या पुरुष। व्यवहारमा लागू गर्नु मात्र आजको आवश्यकता हो। मार्क्सवादी चिन्तनलाई अनुसरण गर्दै मार्क्सवादी दृष्टिकोण समाजमा लागू गर्ने मार्क्सवादी सैद्धान्तिक समाजको परिकल्पना गर्दछु म। जहाँ मानव जातिको समान अस्तित्व, श्रमको उचित मूल्य, शिक्षा, स्वास्थ्य, रोजगार, आवास, कम्तिमा पनि मान्छेको आधारभूत आवश्यकता हुन्। यसबाट कोही पनि वञ्चित हुन नपरोस्। #यामकान्त खनाल #शम्भु अर्याल #स्याङ्जा भिन्नता: १. हुन्छ ? २. हुन्छ । १. के हुन्छ ? २. सबै हुन्छ हजुर । १. के खोजिस् त ? २. के खोजें?, अँ केही होइन । १. केही नभए के खोजिस् त ? २. हजुर यस्सै । (निर्दाेष कपाल यस्सै कनिन्छ ।) १.बुझेँ, ला पैसा, ७० रूपियाँ । २. पैसा, ७० रुपियाँ ? १. अनि के त ? २. हजुरसँग त…… १. के मसँग…? मसँग ७० करोड छ । यतिले दरबार चल्दैन मोरा ! पात्र १ . बैंक सम्झेर अमेरिकातिर बाङ्गियो र घर फर्किंदा एक किलो सुन छिरायो । फेरि घर नपुग्दै बैंक सम्झियो र उतै मोडियो । पात्र २. श्रीमती सम्झ्यो र घरबार चलाउन चुरा पसल छिर्याे । चुरा किन्न नसकेर आधि किलो नुन किनेर घरतर्फ सोझियो । घर नपुग्दै श्रीमतीको खाली हात संझियो । बाँकी पैसा मन्दिरमा चढायो र वरदान लिएर घर पुग्यो । #जगन्नाथ पाैडेल #भिन्नता अहम्: खोलाको तेज आवाजलाई सुनेर बगरको दुई ढुङ्गाले त्योभन्दा ठूलो आवाज निकाल्ने सोचेँ आवाज निकाल्न बेसरी ठोकिए र चक्नाचुर भए । #अहम् #प्रवेश आचार्य अब्स्ट्रयाक्ट कलाकार: सेमी-अब्स्ट्रयाक्ट पेन्टिङहरू\xa0\xa0: झ्यालका सिसाहरू फुटेका, केही टुटेका । घरि रोक्किने घरि चल्ने लिवर ड्यामेज् इन्जिन । सहरले थोत्रो बनाउनू बनाएर पठाइदिएको ऊसँग बुटवल-तम्घास सडकमा गुड्ने मोटरझैँ बूढो एउटा कम्प्युटर थियो । र एकदिन कविताको डायरी बोकेर गुडिरहेको साइकल, कम्प्युटर खोज्दैखोज्दै सामाखुसीको गल्लीमा पुगेर रोकियो | अचानक …! जीवित खड्का मगर “बस्नोस् न, म सुमित्रालाई उठाइदिन्छु । उनीहरूको अझै उठ्नेसमय भएको छैन, दुई बहिनी सुतिरहन्छन् दस-बाह्रबजेसम्म । यिनलाई के-को पीर छ र जीवित जी ! पीरको भारी बोकीहिँड्ने गधा म छँदै छु । कस्ता लोग्ने पाउलान् भन्ने पीर मलाई । लोग्नेले वचन लाउलान् कि भन्ने पीर मलाई । यस्ता अल्छेनीले के गरी खालान् भन्ने पीर मलाई । यदि देखिने भए देख्नुहुन्थ्यो तपाईंले मभित्र पीरको यो भारी कति गह्रौं छ ? “, पानी पर्नुअघिको अँध्यारो आकाशझैँ अनुहार बनाएर बालचन्द्र सर दोस्रो तल्लातिर भुत्भुताउँदै उक्लिनुभो । यसो घडी हेरेँ, बिहानको नौ बजिसकेको रहेछ । गुल्मीको ठूलो लुम्पेकमा नाम भएको राना परिवार । डिग्री पास गरेका बालचन्द्र राना, काठमाडौंमा गेस्ट हाउसका मालिक । अर्का डिग्रीवाला उहाँको भाइ, गाउँमा बोर्डिङ स्कुल खोलेर बसेका । लाड-प्यारमा हुर्केकी सुमित्रा र नूपा बालचन्द्र सरकी बहिनीहरू । सहरका तमाम युवाहरूलाई कामुक आँखाको झ्यालखानामा कैदी बनाएर हिँड्ने खालकी युवती होइन ऊ । आफ्ना सखीहरूले अनुहारभरि कस्मेटिक शोरुम खोलिबस्दा, ऊ भने मदमस्त युवतीमा हुनुपर्ने भए जति श्रृंगारपटार आफ्नै पेन्टिङलाई बनाएकी छ । त्यसैले हरदिन क्यानभासको ऐनाअघि उभिरहन्छे । आफैँले आफैँलाई रंग र ब्रसहरूले मेकप गरिरहन्छे । ( यो कुरा एकसट्ठी सालतिरको) ==================== प्रत्येक घरजसो नेता । प्रत्येक घरजसो कलाकार । विपक्षीलाई देखिनसहने आ-आफ्नो समूह । लोकलदेखि जिल्ला, जिल्लादेखि केन्द्र, सबैतिर पहुँच भएका कलाकार र नेतैनेताको गाउँ हो- ठूलो लुम्पेक । उतिबेला यही गाउँको धर्मपुर हाइस्कूलमा पढाउँथेँ, मूर्तिकार भुवन थापा । भुवन सरको प्रोत्साहनले एसएलसीपछि सुमित्रा चित्रकला पढ्न काठमाडौं आई । भर्ना भइ ललिकला क्याम्पस र चित्र विधाबाट एम.एफ.ए (मास्टर्स अफ फाइन आर्ट) पास गरी । अहिले मोफसलमा बसेर स-साना बालबालिकाहरूलाई चित्र सिकाउँदै, ऊ आफू पनि चित्रकर्ममा समर्पित, प्रदेश नम्बर पाँचभरिकै गर्विलो प्रतिनिधि, त्यही महिला कलाकारको नाम जो फाइन आर्टबाट ऊ मात्रै मास्टर्स गरेकी छे । “हुबहु चित्र कोर्नू सिर्जना होइन, कलाकारिता हो । अस्वीकार होइन, उत्पादन हो । बाहिरी सौन्दर्यको वर्णनमात्रै हो”, सुमित्रालाई यो लाग्छ कि, कलाको असली सौन्दर्य भित्र कतै अँध्यारोमा लुप्त हुन्छ । त्यसलाई बुझ्न, त्यसलाई उत्खनन गर्न गहिराईमा नपुगी सम्भव छैन । त्यसैले उसको स्वभाव पनि अब्स्ट्रयाक्ट जस्तो छ । त्यसो त बीसौँ शताब्दीभन्दा पहिलेका कलाकारहरू यथार्थवादी चित्र नै बनाउँथे । जब सन् १९१० मा रूसी कलाकार वासिली क्यान्डिस्कीले संसारकै पहिलो अमूर्तचित्र सिर्जना गरे, उनले आफ्नो चित्रमा रंग र भावहरूको संयोजन गरिदिए, कलाकारहरूलाई लाग्यो- यसरी पनि चित्र बन्दोरहेछ । जब अमूर्त चित्रको प्रभाव बढ्दै जान थाल्यो, त्यसपछि कलामा विषयवस्तुका मान्यताहरू छाडिदै आए र प्रयोगात्मक चित्र सिर्जनाहरू हुँदैआए । जस्तो, पिएट मोंद्रीयानले आफ्ना चित्रहरूलाई घनवादमा आधार बनाएर, रचना सौन्दर्यलाई वस्तु निरपेक्षतिर विकसित गर्दै गए भने, सेजान, मोने, वान गोग, सिग्नाक, बोन्नार आदि कलाकारहरू प्रभाववादी चित्रहरूको गहिरो खोजमा लाग्दै गए । नेपालका प्रथम आधुनिक कलाकार को हुन् ? यसको जवाफ अहिलेसम्म नेपाली कला क्षेत्रमा सर्वमान्य प्रमाणीकरण हुन सकिरहेको छैन । एकथरि कलाकारहरूले लैनसिंह बाङदेललाई नेपालका प्रथम आधुनिक कलाकार मान्छन् भने, अर्का समूह गेहेन्द्रमान अमात्यलाई । त्यसो त गेहेन्द्रमान स्वयं आफूलाई स्वघोषित प्रथम आधुनिक कलाकार मान्दैआएका छन् । यद्यपि, कला समिक्षक रमेश खनालको विश्लेषण यस्तो छ, “जब हामी आधुनिक कलाको कुरा उठाउँछौँ, तब इ.स. १८५० अघिका कलाकारहरूलाई भुल्नू हुँदैन । पश्चिमा शैलीमा वस्तुवादी चित्रहरू बनाउने राजमान सिंहका हजार चित्रहरू ब्रिटिस म्यूजियम, लण्डन, फ्रान्सको म्यूनिट म्यूजियममा संकलन गरिएका छन् । त्यसो हुनाले चित्रमा देखिएको पश्चिमा शैलीको प्रभाव नै नेपाली आधुनिक कलाको थालनी हो भन्नु पर्दछ । त्यसोर, बाङदेल र गेहेन्द्रमानभन्दा धेरै पहिला चन्द्रमान मास्के र तेजबहादुर चित्रकारले पनि पश्चिमा शैलीको अध्ययन गरेर राणाहरूका जीवनीपरक चित्र बनाए ।”, यसरी प्रथम आधुनिक कलाकारको नाम बहसमै रहे पनि, नेपालमा आधुनिक चित्रहरू भने बनिदैआइरहे । जसमा कालिदास, बालकृष्ण सम, केशव दुवाडी, गेहेन्द्रमान अमात्य, लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग, शशी शाह, लक्ष्मण श्रेष्ठ, वत्स्यगोपाल वैध, कृष्ण मानन्धरलगायत रमेश खनालहरू नेपाली आधुनिक कलाको विकासका लागि समर्पित नामहरू हुन् । ================= सेमी-अब्स्ट्रयाक्टमा सुमित्रा : शब्दमा आगो लगाएर कविहरू कविताको आवाज बोल्छन्, गीतको हृदय पगालेर गायकहरू संगीतको आवाज बोल्छन्, त्यसरी नै ऊ एउटी कलाकार जो रंगैरंगको घना जंगलमा पुगेर रंगहरूको आवाज बोल्दै आइरहेकी छ । उसको आवाज सुन्नेहरू कसै न कसैले एकदिन जरूर खबर लिएर आउनेछन् कि फैलिएर त्यसको प्रतिध्वनि कति टाढासम्म पुगिरहेछ ? यसैले पनि ऊ, झ्यालबाट कुनै सुन्दरीले आधा अनुहार छोपेर दूर क्षितिजतिर हेरिरहे झैँ, हराइरहेका अनुहारहरूको खोजीमा कतै दूर हेरिरहन्छ । हो, उसको बाटो अलग छ । अलग यसर्थमा कि मूर्त र अमूर्तशैलीको बीचबाटोमा ऊ आफ्नो गन्तव्य हिँडिरहन्छ । हिँड्दाहिँड्दै बाटोमा उसले वर्षौंदेखि पानी खोज्दाखोज्दै ओठ सुकेर लडिरहेका ढुंगेधाराहरू देख्छ । तिर्खाले छटपटाइरहेका वस्त्रहीन इनारहरू देख्छ । धमिराले खाइसकेर, अवशेष बाँकी पौराणिक हस्तकलाहरू देख्छ । अनि दुख्छ, जोरसँग दुख्छ, भित्रैसम्म दुख्छ उसलाई । र, यो देशलाई उसले रंगहरूको भाषामा खबरदारी गर्छ, “यी हाम्रा अमूल्य सम्पदा हुन्, संरक्षण गरौँ ।” “कहिले युवतीका अनुहारहरूमा एसिड खन्याउने कुरूप औंलाहरूको क्रुरताप्रति घृणा गर्छ, कहिले शक्तिको उन्मादमा कुनै भ्रष्टमान्छेको पछिल्तिर उभिइरहेका चाकरीबाजहरू देखेर घृणा गर्छ । आखिर घृणा पनि दुखेरै भएको हो नि ! हैन र, जीवित जी ?” उसले दुखेका कुरा गर्दागर्दै एकदिन आफू सबैभन्दा बढी दुखेको कुरा सुनाई, “पछिल्लोपटक भुकम्प आउँदा प्रत्यक्षदर्शी थिएँ म । ती जो दृश्यहरू हेरिनसक्नूको थियो । कहीँ मरेका लासहरू यत्रतत्र, कहीँ बाँच्ने आशामा भग्नावशेषबाट दर्दले उठिरहेका करुणामयी हातहरू । जसले म सबैभन्दा बढी दुखेँ । त्यस्तै अर्को एउटा हृदयविदारक घटना, प्रदेश नं ५ को क्षेत्र बाँडफाँडमा ठूलो आन्दोलन भयो । मानव सागर उर्लियो । कैयौं निर्दोष मान्छेको ज्यान गयो । सोंचे,- ‘हामी बुद्धको देशमा बुद्धलाई नै टुक्राटुक्रा पारिरहेछौँ ।’ साँच्चै, जीवित जी ! मलाई यी दुई घटनाले धेरै विक्षिप्त बनायो । र, मैले आफ्ना भावनाहरूलाई क्यानभासमा उतार्ने कोशिश गरेँ ।” ================== त्यसो त आजसम्म सुमित्राका पेन्टिङहरू एकल/सामुहिक गरेर थुप्रैपटक प्रदर्शनी भैसकेका छन् । उसलाई थुप्रै संघसंस्थाहरूले सम्मान-अभिनन्दनसमेत गरिसकेका छन् । उसले स्वयं कैयौंपटक प्रतियोगिता जितेर अवार्डहरू हात पारिसकेकी छे । तर एकदिन भैरहवाको जहाजमा, काठमाडौं ओर्लिएको उसको तस्बिर फेसबूकमा देखेँ मैले । मनमा कौतुहलता लाग्यो । खासमा त्यो विशेष एकदिन, केशव दुवाडी स्मृति प्रतिष्ठानले कलाकर्ममा विशिष्ट योगदान पुर्याएवापत अधिराज्यभरिबाट तीनजना स्रस्टाहरूलाई ‘ललितकला प्रतिभा पुरस्कार’द्वारा अभिनन्दन गर्ने कार्यक्रम रहेछ । जसमध्येमा एक थिई सुमित्रा । ऊ सम्मान-ग्रहणपछि, उसैगरि काठमाडौंबाट भैरहवा ओर्ली | मैले मनमनै विगत सम्झेर मुसुक्क हाँसे, “दस-बाह्र बजेसम्म निसंकोच सुत्ने त्यस्ती सुत्वै केटी आज यहाँसम्म आइपुगी । अझै धेरैमाथि पुगोस् !” खुसी लाग्यो, गर्व लाग्यो । तत्काल म्यासेजमा बधाईसहित लेखेँ- मख्खै हो ? मिठाई खुवाउनु पर्दैन ? खुवाउँला’नि, जीवित जी ! हाहाहा ….! हाहाहा ….! #जीवित खड्का मगर #सेमी-अब्स्ट्रयाक्टमा सुमित्रा समय र म\xa0: सँघारमै आएर अँध्यारो नपोखिएको पनि होइन घरको धुरीबाट भाले नबासेको पनि होइन दुवैथोक भएकै हो साँझमा जाग्न सकेनछु प्रभातमा निदाउन सिकेनछु कुम्भकर्ण बनेछु वर्तमानसम्म समयले मलाई ओछ्यानमा छोडेर चन्द्रमा टेकिसकेछ । #मेनुका चापागाईं “मेनू” #समय र म मुक्तकको रचनाविधान: विषयप्रवेश मुक्तक कविताको लघुतम रूप हो र यसको प्रथम सैद्धान्तिक चर्चाको थालनी संस्कृत साहित्यबाट भएको हो । सैद्धान्तिक दृष्टिले साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र यी चार विधाका पनि धेरै भेदोपभेदहरू छन् । तीमध्ये मुक्तक कविताको एउटा रूप वा प्रभेद हो । कविताका पनि लघुतम (मुक्तक), लघु (फुटकर कविता), मध्यम रूप (खण्डकाव्य÷लामो कविता), बृहत् (महाकाव्य) गरी चार रूप हुन्छन् र मुक्तक सबैभन्दा सानो अर्थात् लघुतम प्रभेदभित्र पर्छ । मुक्तक मूलतः कविता नै भएकाले कविताकै परिभाषा र तत्वहरूबाट यसलाई चिनाउन सकिन्छ तापनि यसको आफ्नै परिभाषा पनि छ र कविताकै जस्तो आङ्गिक लघुसंरचक घटकहरू छन् तापनि ती घटकहरूको विन्यास मुक्तकमा पृथक् किसिमले हुन्छ । वर्तमान समयमा मान्छे व्यस्त छ र मनोरञ्जन तथा आत्मतुष्टिका अनेकौँ विकल्पहरू छन् । पहिलेजस्तो लामालामा महाकाव्य पढ्ने धैर्य र फुर्सद आजका मान्छेमा नभएको हुँदा पनि हिजोआज स्वादिलो चटनीको स्वाद दिने मुक्तक निकै लोकप्रिय रहेको छ । मुक्तकका समधर्मी रुवाइ, क्वाट्रेन हाइकू, ताङ्का आदि कवितात्मक प्रभेदहरू लघुरूपका कविता भए पनि ती मुक्तक नै चाहिँ होइनन् भन्ने कुरा मुक्तकका परिभाषा, तत्व, अभिलक्षण आदिबाट थाहा हुन्छ । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा केही मतान्तरहरू देखिए पनि यसको मानक रूप चतुष्पदी नै हो भन्ने कुरा मुक्तकका सम्बन्धमा लेखिएका केही ग्रन्थहरूबाट समेत स्पष्ट हुन्छ । वर्तमानमा मुक्तकका नाममा अनेकौँ किसिमका द्विपदीदेखि सप्तपदीसम्मका रचनाहरू देखिए पनि ती सबैमा मुक्तकीय अभिलक्षणहरूको उपस्थिति देखिँदैन । आयामिक संरचनाका दृष्टिले चतुष्पदी हुनु र विचार÷भाव÷कथ्यको प्रस्तुतिका दृष्टिले उत्तरोत्तर पछिल्ला पङ्क्तिहरू तीव्र र तीव्रतर हुँदै जानु मुक्तकको अभिलक्षण हो । मुक्तकको रचनाविधान के हो भन्ने बारेमा आएका अभिमतहरूको चर्चाका साथ मुक्तकको रचनाविधानको विशुद्ध सैद्धान्तिक निरूपणतिर यो आलेख अभिमुख छ । मुक्तक शब्दको व्युत्पादन र अर्थ मुक्तक तत्सम शब्द हो । संस्कृतको मुच् धातुमा क्त प्रत्यय लगाउँदा मुक्त शब्दको निर्माण हुन्छ र त्यही मुक्त शब्दमा संस्कृतकै कन् प्रत्यक्ष लगाउँदा मुक्तक शब्दको निर्माण हुन्छ । यसरी मुक्तक शब्दको व्युत्पादन प्रक्रिया यस किसिमको देखिन्छ ः मुच् + क्त् = मुक्त + कन् = मुक्तक । नेपाली प्रचलनमा भने मुक्त + क = मुक्तक गरी यस शब्दलाई व्युत्पादन गर्ने प्रचलन छ । संस्कृतको मुच् धातुले सामान्यतया कुनै बन्धनबाट मुक्त गर्नु र स्वतन्त्र हुन दिनु भन्ने अर्थ दिन्छ (आप्टे, सन् १९९९ः ८०२) । यस मुच् धातुबाट बनेको मुक्तक शब्दले साहित्यको पारिभाषिक रूपमा काव्यको एउटा स्वतन्त्र किसिमको रचनाप्रकार भन्ने अर्थ बुझाउँछ । मुक्तकका कोशीय र तात्पर्यगत गरी दुई किसिमका अर्थहरू देखाउन सकिन्छ । कोशीय अर्थ १. स्वयम् आफैमा पूर्ण एक पृथक् श्लोक । (आप्टे, सन् १९९९ ः ८०३) २. कथासूत्रमा नउनिएको परस्पर क्रमिक सम्बन्ध नभएको, कुनै एउटा भावलाई पूर्ण रूपले बुझाउने पद्य वा कविता (ज्ञवाली, २०४० ः६०४) । ३. कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता (पोखरेल र अन्य,२०४२ ः १०८१) । ४. कथासूत्रमा आबद्ध नभईकन, हृदयगत भावलाई स्वतन्त्र रूपले अभिव्यक्त गर्ने गद्यकविता (शर्मा, २०५७ ः १०७४) । ५. एकै पद्यमा पूरा हुने काव्य (पाण्डेय, २०५७ ः १००६) । ६. पद्य वा गद्यमा लेखिएको छोटो र मार्मिक कविता (अधिकारी र भट्टराई, २०६१ ः ८०८) । ७. अनुभूतिको अतिसङ्क्षिप्त अभिव्यक्ति भएको लघुत्तम कविता, फुटकर कविता (चापागाईँ, २०६२ ः९५८) । ८. प्रायः चारै चरणको कुनै विषयमा लेखिएको स्वतः सम्पूर्ण रचना वा चारै चरणमा पूरा हुने विषय (भट्टराई, २०६३ ः ७४५) । ९. छन्दको बन्धनमा नलेखिएको स्वतन्त्र कविता, कथासूत्रमा नबाँधिएको स्वतन्त्र अभिव्यक्ति भएको कविता (बराल, २०६८ ः ६००) । यी कोशीय अर्थहरूले पारिभाषिक अर्थ पनि वहन गर्छन् । पारिभाषिक अर्थ वहन गर्छन् भन्नाको अभिप्राय यी परिभाषा पनि हुन् भन्ने देखिन्छ । उपर्युक्त अर्थहरू विशुद्ध शब्दकोशहरूबाट लिइएको हुँदा परिभाषाले वहन गर्ने स्पष्टता र विशिष्टता कोशीय अर्थहरूमा पाँइदैन । मूलतः साहित्यका लक्षणग्रन्थहरूमा दिइएका वा साहित्यशास्त्रमा प्रस्तुत गरिएका परिभाषालाई खास परिभाषा मान्नु समीचीन हुन्छ । उपर्युक्त कोशीय अर्थहरूमा पनि एकरूपता पाइँदैन र यी कोशीय अर्थ पनि संस्कृत काव्यशास्त्रबाट निर्दिष्ट छन् । उपर्युक्त कोशीय अर्थहरूमा देखिएका मतान्तरहरू निम्नलिखित छन्ः १. स्वयम् पूर्ण एक पृथक् श्लोक, २. परस्पर निरपेक्ष पद्य वा कविता, ३. निरपेक्ष स्वतन्त्र कविता, ४. कथासूत्र नभएको स्वतन्त्र गद्यकविता, ५. एकै पद्यमा पूरा हुने काव्य, ६. गद्य वा पद्यमा लेखिएको छोटो र मार्मिक कविता, ७. अनुभूतिको अतिसङ्क्षिप्त अभिव्यक्ति भएको लघुत्तम कविता, फुटकर कविता, ८. चार चरणको रचना वा कविता, ९. छन्दको बन्धनमा नलेखिएको स्वतन्त्र कविता । उपर्युक्त मतमतान्तरको निष्कर्ष यस्तो देखिन्छः \uf076 १,५,७ र ८औँ क्रमका मतहरूले आयाम वा आकारगत आधारलाई लिएका छन् । \uf076 २ र ४ क्रमका मतहरूले निरपेक्षता र लयगत आधारलाई लिएका छन् । \uf076 ३ क्रमको मतले निरपेक्षतालाई आधार मानेको छ । \uf076 ६ क्रमको मतले लय र आकारलाई आधार मानेको छ । \uf076 ९ क्रमको मतले लय र स्वतन्त्रलाई आधार मानेको छ । तात्पर्यगत अर्थ उपर्युक्त कोशीय अर्थहरू भित्रैबाट तात्पर्यगत अर्थहरूसमेत खोज्न सकिन्छ तापनि तात्पर्यगत अर्थ कोशीय अर्थभन्दा विशिष्टीकृत हुन्छ । यही तात्पर्यगत अर्थले निश्चित सैद्धान्तिक आधार प्राप्त गरेर स्थापित भएपछि त्यो परिभाषाका रूपमा देखिन आउँछ । मुक्त शब्दले मुक्त वा स्वतन्त्र भन्ने अर्थ दिन्छ र स्वतन्त्र भन्नाले आफैमा पूर्ण, स्वयंपूर्ण वा कुनै पनि पक्षसँग सापेक्ष सम्बन्ध नभएको भन्ने बुझिन्छ । त्यहीँ मुक्त शब्दमा ‘क’ जोडिँदा बन्ने मुक्तक शब्दको तात्पर्य कवितासँग छ र यसले कविताका लघुतम, लघु, मध्यम र बृहत् रूपमध्ये लघुतम रूपलाई बुझाउँछ । यसबाट मुक्तक शब्दले कविताको सबैभन्दा सानो रूपलाई बुझाउने भएको हुँदा यसको तात्पर्यगत अर्थले साहित्येतर वा कवितेतर सन्दर्भलाई बुझाउँदैन । यस आधारमा मुक्तकको तात्पर्यगत अर्थलाई स्पष्ट पार्दा निम्नलिखित निष्कर्ष देखिन्छः (१) मुक्तक साहित्यका प्रमुख चार सैद्धान्तिक विधामध्ये कविताको एउटा उपविधा हो । (२) मुक्तक शब्द पारिभाषिक हो र यसले कविताको निश्चित स्वरूपको संरचनालाई बुझाउँछ । मुक्तकको परिभाषा कविता सर्वप्राचीन विधा हो र मुक्तक पनि कविताकै एक प्रभेद भएकाले यसलाई पनि सर्वप्राचीन कवितारूप मानिन्छ । मुक्तक मूलतः पूर्वीय अवधारणा भएकाले यसका परिभाषा, व्याख्या र स्वरूपहरू पनि पूर्वीय संस्कृत साहित्यमा नै प्राप्त हुन्छन् । पाश्चात्य साहित्यमा मुक्तकका रूपमा आउने द्विपदीदेखि षट्पदीसम्मका कवितारूपहरू देखिन्छन् । नेपाली र हिन्दीमा चाहिँ संस्कृत साहित्यबाट अनुप्राणित र प्रभावित मुक्तकचिन्तन देखिन्छ । संस्कृत, अङ्ग्रेजी र नेपाली साहित्यमा देखिएका मुक्तकका प्रमुख परिभाषालाई यसप्रकार देखाइन्छ ः (क) संस्कृत साहित्यमा मुक्तकसम्बन्धी परिभाषा पूर्वीय संस्कृत साहित्यमा मुक्तकका बारेमा चिन्तन गर्ने प्रथम विद्वान् छैटौँ शताब्दीका भामह हुन् । भामहदेखि तेरौँ चौधौँ शताब्दीका विश्वनाथसम्मका काव्यचिन्तकहरूले मुक्तकसम्बन्धी केही चर्चा गरेका छन् । संस्कृत साहित्यमा प्रचलित मुक्तकसम्बन्धी केही प्रमुख परिभाषलाई कालक्रमिक आधारमा यसप्रकार देखाइन्छ ः (१) ‘पूर्वापर प्रसङ्गमा नबाँधिएको अनिबद्ध गाथा र श्लोकलाई मुक्तक भनिन्छ’ (भामह, २०१९ ः१०) । (२) ‘मुक्तक, कूलक, कोश र सङ्घातहरू सर्गबन्ध (महाकाव्य) कै अंश हुन्’ (दण्डी, २०१५ ः १५) । (३) ‘मुक्तक अनिबद्ध (पूर्वापर प्रसङग्मा नबाँधिएको) रचना हो’ (वामन, २०३३ः४१) । (४) ‘सहृदयमा चमत्कार उत्पन्न गर्ने एक श्लोकी कवितालाई मुक्तक भनिन्छ’ (वेदव्यास, १९५८ ः२२) । (५) ‘मुक्तकले पनि प्रबन्धकाव्यले जस्तै रससञ्चार गर्न सक्छ’ (आनन्दबर्धन, २०२८ ः १८१) । (६) ‘पूर्वापर निरपेक्ष भएर पनि जसले रसचर्वणा गराउन सक्दछ, त्यसलाई मुक्तक भनिन्छ’ (अभिनव गुप्त, (लोचन टीका), २०२१ ः१२३) । (७) ‘एकै छन्दमा वाक्यार्थ समाप्त हुने रचनालाई मुक्तक भनिन्छ’ (हेमचन्द्र, सन् १९३४ ः ४०८) । (८) ‘निरपेक्ष र छन्दोबद्ध एक श्लोकको पद्य रचनालाई मुक्तक भनिन्छ’ (विश्वनाथ, २०२० ः ५४७० । संस्कृत साहित्यका उपर्युक्त परिभाषाहरूका आधारमा हेर्दा विभिन्न विद्वानहरूका बीच पूर्णयता मतैक्य पाइँदैन । भामहदेखि विश्वनाथसम्मका आचार्यहरूका परिभाषाहरूमा प्रस्तुत भएका मुक्तकका प्राथमिकतामा पर्ने प्रमुख अभिलक्षणहरूलाई यस प्रकार देखाइन्छः (१) पूर्वापर निरपेक्षता – भामह, वामन, अभिनव गुप्त, विश्वनाथ आदि । (२) निरपेक्षता र एक श्लोकी रचना – वेदव्यास, विश्वनाथ आदि । (३) रससञ्चारको सामर्थ्य र चमत्कार– आनन्दवर्धन, अभिनव गुप्त आदि । (४) महाकाव्यको अंश– दण्डी (५) एक छन्दमा वाक्यार्थ समाप्ति – हेमचन्द्र । (ख) पाश्चात्य साहित्यमा मुक्तक सम्बन्धी परिभाषा मुक्तक मूलतः पूर्वीय अवधारणा र चिन्तन भए पनि पाश्चात्य साहित्यमा प्राचीन ग्रिसेली काव्यपरम्परादेखि नै मुक्तकीय संरचना र ढाचाँका कविताहरू लेखिने गरेको पाइन्छ । सफ्फोका केही प्रणयगीत र कमेडी नाटकका बीचबीचमा प्रयोग हुने हास्यव्यङ्ग्यात्मक कविताहरू चतुष्पदीदेखि षट्पदीसम्मका पनि हुने गरेको उल्लेख पाइन्छ । छोटा कविताबारे लेखिन थालेको भने आधुनिक कालदेखि मात्र हो । पाश्चात्य साहित्यमा चरण वा पाउअनुसार कविताको प्रभेदगत नामकरण गरिएको छ र द्विपदीदेखि सप्तपदीसम्मका प्रभेदहरूका लागि पृथक् पृथक् नाम दिइएको छ; जसलाई यसप्रकार देखाइन्छः Couplet (कप्लेट)– द्विपदी कविता Terset/Triplet (टर्सेट/ट्रिप्लेट)– त्रिपदी कविता Quatrain/ Tetraxtich (क्वाट्रेन/टेट्राक्स्टिच)– चतुष्पदी कविता Limerick (लिमेरिक) –पञ्चपदी कविता Sestet/Sestina/Sixain (सेस्टेट/सेस्टिना/सिक्सेन)– षट्पदी कविता Rondelet (रोन्डेलेट) – सप्तपदी कविता (मरफिन र अन्य, सन् १९९८ ः ३१९) । यी भिन्नभिन्न नाम दिइए पनि सबै खाले कवितामा समतुकान्त वा विषमतुकान्त भने अपेक्षित ठानिएको छ । नेपालीमा प्रचलित मुक्तकसँग अतिसान्निध्य राख्ने र मुक्तकको मानक स्वरूपसँग अतिनिकट देखिने रूप भने क्वाट्रेन नै हो । पाश्चात्य साहित्यमा कप्लेटदेखि रोन्डेलेटसम्मका कवितारूपलाई लघुतम रूपका कविता मानेर चर्चा गरिएको छ र क्वाट्रेनलाई युरोपेली साहित्यमा लोकप्रिय कविता रूप मानिएको छ ।टेट्राक्स्टिच र क्वाट्रेन दुवै शब्दको प्रयोग भएको पाइए पनि बहुप्रलनका आधारमा यहाँ क्वाट्रेन शब्द नै प्रयोग गरिएको छ र मुक्तकसँगको अतिनिकटस्थ कविताप्रभेदका रूपमा क्वाट्रेन सम्बन्धी केही मुख्य परिभाषाहरूलाई यसप्रकार देखाइन्छः (१) ‘दोस्रो र चौथो चरणमा अनुप्रास मिलेको चतुष्पदी कविता नै क्वाट्रेन हो’ (कडन, सन् १९९२:९२७)। (२) ‘पहिलो, दोस्रो र चौथो चरणमा अन्त्यानुप्रास मिलेको र तेस्रो चरण अन्त्यानुप्रासमुक्त वा पहिलो र तेस्रो तथा दोस्रो र चौथो चरणमा अन्त्यानुप्रास मिलेको चतुष्पदी कवितालाई क्वाट्रेन भनिन्छ’ (ओस्बी, सन् १९९५:१४) । (३) ‘अनुप्रासयुक्त वा अनुप्रासमुक्त चारचरणमा लेखिएको कविता रूपलाई क्वाट्रेन भनिन्छ’ (मरफिन र अन्य, सन् १९९८:३१९) । (४) ‘अङ्ग्रेजी र आधुनिक युरोपेली साहित्यमा प्रायः प्रयोग गरिने र अनुप्रासरहित वा अनुप्रासहितको चतुष्पदी कवितालाई क्वाट्रेन भनिन्छ’ (बालडिक, सन् २००७:२१०) । अङ्ग्रेजी साहित्यका उपर्युक्त परिभाषाले चतुष्पदी कविता ‘क्वाट्रेन’को अन्तर्वस्तु वा भावको उत्कर्षका बारेमा कहीँ पनि र केही पनि सङ्केत गरेका छैनन् । आयामिक संरचना र अन्त्यानुप्रासमा नै यी परिभाषाहरू केन्द्रित देखिन्छन् । उपर्युक्त परिभाषाहरूबाट निम्नलिखित निष्कर्ष प्राप्त हुन्छ: (१) ‘क्वाट्रेन’ चतुष्पदीय हुन्छ । (२) यसको दोस्रो र चौथो चरणमा अनुप्रास हुन्छ । (३) यसको पहिलो र तेस्रो तथा दोस्रो र चौथो चरणमा अनुप्रास हुन्छ । (४) यो अनुप्रासयुक्त र अनुप्रासयुक्त दुबै हुन्छ । पाश्चात्य साहित्यका अन्य त्रिपदी र पञ्चपदी कविताहरू मुक्तकका केही नजिक देखिए पनि चतुष्पदीभन्दा ती पृथक् देखिन्छन् र मुक्तकीय विशेषता तिनमा केही न्यून देखिन्छन् । (ग) नेपाली साहित्यमा मुक्तकसम्बन्धी परिभाषा नेपाली समालोचनामा मुक्तकसम्बन्धी परिचर्चा केही पछिल्लो समयदेखि मात्र हुन थालेको पाइन्छ । लगभग साढे पाँच दशक लामो नेपाली मुक्तकचिन्तन परम्परामा केही समालोचक र कवि÷मुक्तककारहरूले मुक्तकलाई विभिन्न रूपमा परिभाषित गरेका छन् । नेपाली समालोचक र मुक्तककारहरूका केही प्रमुख परिभाषालाई यसप्रकार देखाइन्छ ः (१) ‘निबन्धाकार नबनेकोलाई मुक्तक भन्दछन्’ (सिग्द्याल, २०१६ ः १०७) । (२) ‘कविताको लघुत्तम रूप जीवनको कुनै न कुनै एक क्षणको चुट्किलो र छरितो अभिव्यक्ति हो’ (त्रिपाठी, २०३१ ः४) । (३) ‘त्यस लघुत्तम प्रसङ्ग मुक्त र स्वतन्त्र प्रकथनलाई मुक्तक भनिन्छ, जसमा कुनै स्पर्शी सन्देश हुन्छ वा कविताको ढाँचाको एक आवृत्तिमा प्रेषित हुन्छ’ (शर्मा, २०३८ ः १६१) । (४) ‘कतैकतै चार गहकिला पङ्क्तिले त्यति भन्दछन्, जो चालीसले भन्न सक्दैनन्’ (देवकोटा, २०४०ःङ) । (५) ‘सुरुमा चार हरफको रूप लिएर तुकमा लयको माधुरी दिने मुक्तक आजभोलि रूपमा खुम्चने र फुक्ने पनि गरेको छ । ….यसर्थ समयको उभार अनुसार छोटो, तिखो र भरिलो अभिव्यक्ति नै मुक्तक हो’ (शर्मा, २०५० ः ख) । (६) ‘अर्थवत्तायुक्त पदको एकान कविता नै मुक्तक हो’ (बराल, २०५१ ः ख) । (७) ‘सूक्तिमय, साङ्केतिक एवम् प्रगीतात्मक हुने र एक आवृत्तिमा भावसम्प्रेषित गर्न सक्ने लोकप्रिय कवितामय अभिव्यक्ति मात्र मुक्तक हो’ (पराजुली, २०५५ ः ६३८) । (८) ‘लयात्मक रूपमा जीवन र जगत्का अनुभवलाई कलात्मक र रागात्मक रूपले अँगाल्दा स्वयम्मा पूर्ण रहने लघुत्तम एकाईलाई मुक्तक भनिन्छ ’ (खनाल, २०६१ ः १) । (९) ‘मुक्तक भनेको सङ्क्षिप्तता भावसघनता र स्पर्शसामथ्र्य नै हो’ (श्रेष्ठ, २०६५ ः क) । (१०) ‘मुक्तक भनेको पूर्वापर प्रसङ्गमुक्त, स्वयम्मा पूर्ण र सारगर्भित त्यस्तो लघुतम काव्य रूप हो, जसमा सर्जकले देखेभोगेका जीवनगत सन्दर्भहरूबाट उत्पन्न भाव वा विचारका उन्मेषहरूलाई लयमय बनाएर चोपिला र चोटिलो भाषामा झ्याप्प भनिएको हुन्छ’ (पौडेल, २०६८ ः ९०) । (११) ‘सामान्यतया एउटै मूलभावलाई आनुप्रासिक संयोजनका साथ चार पङ्क्तिमा प्रस्तुत गरिएका कवितालाई मुक्तक भनिन्छ’ (लुइटेल, २०६८ ः ६) । (१२) ‘चमत्कारपूर्ण कथ्य, मनोमस्तिष्कलाई शीघा्रतिशीघ्र प्रभाव पार्ने धारिलो तथा तीक्ष्ण व्यङ्ग्य रहेको कविताको लघुत्तम रूपलाई मुक्तक भन्दछन्’ (चापागाईँ, २०६९ ः ७३) । (१३) ‘पूर्वापर सन्दर्भनिरपेक्ष एक काव्यात्मक अनुच्छेदमा रहने दुईदेखि सात चरणसम्मको एकल आवृत्तिमय कलात्मक बान्कीको पूर्ण तथा हृदयस्पर्शी लघुत्तम कवितालाई मुक्तक भनेर भन्न सकिन्छ’ (पराजुली, २०६८ ः ६) । (१४) ‘चार पङ्क्तिभन्दा कम या बढी भए पनि चार पङ्क्तिका केन्द्रमा प्रस्तावना, उत्सुकता र पूर्णता भएको कविताको लघुतम रूप नै मुक्तक हो’ (शर्मा, २०६९ ः ९०) । (१५) ‘एकै श्लोकमा पूर्ण र समाप्ति भइकन पनि कम शब्दावलीले एकै झट्कामा चामत्कारिक तवरले गहन भाव प्रहार गरी पाठक मनमा आल्हाद पुर्याउनु समकालीन मुक्तकको खास पहिचान तथा वैशिष्ट्य हो’ (घिमिरे, २०६९ ः ११) । नेपाली साहित्यका उपर्युक्त परिभाषाहरूका आधारमा हेर्दा उपर्युक्त विभिन्न समीक्षक तथा स्रष्टाहरूका बीच पनि मतैक्य पाइँदैन । सोमनाथ सिग्द्यालदेखि वर्तमानसम्मका स्रष्टा÷समीक्षकहरूका परिभाषाहरूमा अभिव्यक्त भएका प्रमुख अभिलक्षण र उनीहरूले प्राथमिक रूपमा स्वीकार गरेका मान्यताहरूलाई यसप्रकार देखाइन्छः (१) कविताको लघुत्तम रूप/एकाइ, छोटो कविता– मोहनराज शर्मा, वासुदेव त्रिपाठी, नरेन्द्र चापागाईँ, सरुभक्त, मुरारि पराजुली, श्रीधर खनाल आदि । (२) चतुष्पदी वा एकश्लोकी संरचना– लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, खगेन्द्रप्रसाद लुइटेल, गोविन्दप्रसाद (सुकुम) शर्मा, बादल घिमिरे आदि । (३) पूर्वापर निरपेक्षता, निर्बन्धता र स्वतन्त्रता– सोमनाथ सिग्द्याल, मोहनराज शर्मा, नरेन्द्र चापागाईँ, विष्णुप्रसाद पौडेल, मुरारि पराजुली आदि । (४) भावसघनता, प्रभावोत्पादकता र चमत्कारिता– नरेन्द्र चापागाईँ, तीर्थ श्रेष्ठ, विष्णुप्रसाद पौडेल, सुकुम शर्मा, बादल घिमिरे आदि । (५) एकल आवृत्तिमा भावसम्प्रेषण – कृष्णप्रसाद पराजुली , मोहनराज शर्मा, मुरारि पराजुली आदि । (६) स्वयम् पूर्णता – नरेन्द्र चापागाईँ, श्रीधर खनाल आदि । (घ) मुक्तकको निष्कर्षात्मक परिभाषा र व्याख्या पूर्वीय, पाश्चात्य र नेपाली साहित्यका उपर्युक्त परिभाषालाई हेर्दा विभिन्न समालोचक तथा स्रष्टाहरूले भिन्नभिन्न मान्यता तथा अभिलक्षणलाई आधार बनाएर मुक्तकलाई परिभाषित गरेको देखिन्छ । पूर्वीय संस्कृत साहित्यका आचार्यहरूले पूर्वापर निरपेक्षता, एकश्लोकी वा चतुष्पदी संरचना, रससञ्चार–सामथ्र्य, महाकाव्यांश र एकवाक्यार्थ समाप्तिलाई मूल आधार मानेका छन् भने पाश्चात्य साहित्यमा मुक्तकभन्दा पनि मुक्तकीय संरचनाका कविताको उल्लेख पाइन्छ र एकपदी, द्विपदी, त्रिपदी, चतुष्पदी, पञ्चपदी र षट्पदीसम्मका कविता रूप पाइन्छन् । यस्ता भिन्नभिन्न रूपका कवितालाई त्यहाँ भिन्नभिन्न नाम दिइएको छ तापनि अङ्ग्रेजीमा क्वाट्रेन ९त्तगबतचबष्ल० भनिने चतुष्पदी कविता नै पूर्वीय मुक्तकका रूपमा देखिन्छ । नेपालीमा चाहिँं पूर्वीय संस्कृत साहित्यका परिभाषा र पाश्चात्य वा अङ्ग्रेजी साहित्यका परिभाषालाई आधार बनाएर एवम् केही आफ्नै मौलिक विशेषता समेत समावेश गरी मुक्तकलाई चिनाइएको छ । नेपाली साहित्यमा विशेषतः कविताको लघुतम रूप वा एकाइ, छोटो कविता, चतुष्पदी वा एकश्लोकी रचना, पूर्वापर निरपेक्षता, निर्बन्धता, स्वतन्त्रता, भावसघनता, प्रभावोत्पादकता, चमत्कारिता, एकल आवृत्तिमा भावसम्प्रेषण र स्वयम्पूर्णता आदि अभिलक्षणलाई आधार बनाएर मुक्तकको परिभाषा गरिएको पाइन्छ । उपर्युक्त संस्कृत, अङ्ग्रेजी र नेपालीका परिभाषाहरूलाई आधार बनाएर र मुक्तकका सिद्धान्त समेतका आधारमा मुक्तकलाई यस किसिमले परिभाषित गर्नु उपर्युक्त हुन्छ ः एकल आवृत्तिमै भावलाई सघनता, प्रभावोत्पादकता र चमत्कारिताका साथ तीव्रतम रूपमा अभिव्यञ्जित गर्ने पूर्वापर सम्बन्धनिरपेक्ष, स्वयम्मा पूर्ण प्रायः चतुष्पदी संरचनामा आबद्ध, कविताको लघुतम प्रभेदलाई मुक्तक भनिन्छ । यस परिभाषाका आधारमा मुक्तकलाई समग्रतः पहिचान गराउने आधारहरू यसप्रकार छन्: (१) मुक्तकमा भावको सघन, प्रभावोत्पादक, चामत्कारिक र तीव्र अभिव्यक्ति हुन्छ । (२) मुक्तक पूर्वापर सम्बन्धनिरपेक्ष हुन्छ र यो स्वयम्मा पूर्ण हुन्छ । (३) मुक्तकमा भावको एकल आवृत्ति हुन्छ र प्रायः यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ । (४) मुक्तक कविताको लघुतम प्रभेद हो । (१) मुक्तकमा भावको सघन, प्रभावोत्पादक, चामत्कारिक र तीव्र अभिव्यक्ति हुन्छ । मुक्तक पनि कविताको एउटा प्रभेद भएकाले यसमा पनि कवितामा जस्तै भाव÷विचार÷ अनुभूतिको प्रतिपादन हुन्छ । भाव वा विचारको यही अभिव्यक्ति मुक्तकको केन्द्रीय कथ्य पनि हो । यही भाव मुक्तकको भित्री अर्थ र मुटु पनि हो । यस्तो भाव वा विचार मुक्तकमा बीजबिन्दुका रूपमा आएको हुन्छ । मुक्तकमा यस्तो भावको सामान्य र तरल अभिव्यक्ति नभएर सघन वा अत्यन्त खँदिलो अभिव्यक्ति हुन्छ । त्यस्तो सघन अभिव्यक्ति पनि अत्यन्त प्रभावोत्पादक, चामत्कारिक र तीव्र हुनु मुक्तकको निजत्व हो । (२) मुक्तक पूर्वापर सम्बन्धनिरपेक्ष हुन्छ र यो स्वयम्मा पूर्ण हुन्छ । मुक्तकमा भाव÷विचार÷अनुभूति वा अन्तर्वस्तुको पूर्वापर सम्बन्ध हुँदैन । पूर्व वा अघिल्लो श्लोक वा प्रसङ्ग र अपर वा पछिल्लो श्लोक वा प्रसङ्गसँग कुनै सम्बन्ध नहुनु नै पूर्वापर सम्बन्ध नहुनु हो । मुक्तकभन्दा माथिल्लो वा ठुला आयामका कवितामा एउटा श्लोक वा पङ्क्तिपुञ्ज र अर्को श्लोक वा पङ्क्तिपुञ्जका बीच सापेक्ष सम्बन्ध हुन्छ । यही सापेक्ष सम्बन्धका कारण त्यस्ता कवितामा श्लोक वा पङ्क्तिपुञ्जहरू परस्पर अनुस्यूत हुन्छन् तर मुक्तकका प्रत्येक श्लोक वा पङ्क्तिहरू पूर्वापर सम्बन्धनिरपेक्ष हुने भएकाले जति सानो रचना भए पनि मुक्तक स्वयम्मा पूर्ण हुन्छ । यही स्वयम्पूर्णता नै मुक्तकको परिचय हो । चार पङ्क्तिमा सम्पूर्ण भाव, विचार वा अनुभूति प्रस्तुत गरिने भएकाले मुक्तकको स्वयम्पूर्णता ठोस, कसिलो, भरिलो समेत हुन्छ । यस आधारमा मुक्तक कविताको स्वायत्त एकाइ समेत हो । (३) मुक्तकमा भावको एकल आवृत्ति हुन्छ र प्रायः यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ । भावको एकल आवृत्ति हुनु पनि मुक्तकको पहिचान हो ‘छन्द वा कविता ढाँचाको एउटा आवृत्ति पूरा हुनासाथ एउटा मुक्तक सिद्ध हुन्छ । अर्को आवृत्ति हुँदा कि अर्को मुक्तकको अस्तित्व देखिन्छ कि त्यो मुक्तक कोटिको रचना देखिन्न’ (शर्मा, २०३८ ः १६२) । भावको एकल आवृत्ति भनेको नै रैखिक ——— र वृत्तात्मक ० विस्तार हो र यस्तो विस्तार अत्यन्त छोटो हुन्छ । पङ्क्तिगत आयामका दृष्टिले यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ र यो यसको मानक अभिलक्षण पनि हो । द्विपदी, त्रिपदी वा पञ्चपदी आयाममा वितरित मुक्तकहरू देखिए पनि मुक्तकको आदिचिन्तन पूर्वीय समीक्षाशास्त्रमा एकश्लोकी रचनालाई मुक्तक भनिने र एकश्लोकमा चार पाउ हुने भएकाले पनि चतुष्पदी हुनु मुक्तकको खास र विशिष्ट पहिचान हो भन्ने देखिन्छ । (४) मुक्तक कविताको लघुतम प्रभेद हो । शास्त्रीय मान्यता अनुसार कविताका लघुतम, लघु, मध्यम र बृहत् गरी चार रूप हुन्छन् । यी चार रूप मध्ये मुक्तक सबैभन्दा सानो अर्थात् लघुतम रूप हो । लघुतम रूपको कविता भएकाले नै यसमा भावको विस्तार हुँदैन र विस्तार भइहाले पनि त्यो अन्यन्त छोटो, छिप्र वा त्वरित् किसिमको हुन्छ । कविताको मुक्तकभन्दा सानोे कुनै रूप नहुने भएकाले यसलाई लघुतम रूपको कविता भनिएको हो । मुक्तकभन्दा साना द्विपदी, त्रिपदी कविता देखिए पनि ती मुक्तक नभएर मुक्तकीय संरचनाका कविताका रूप हुन् । मुक्तकको संरचना र आयाम संरचना भनेको बनोट हो र आयाम भन्नाले सामान्यतया आकारप्रकार भन्ने बुझिन्छ । यसको बनोट छरितो किसिमको हुने भएकाले र कसिलो समेत हुने भएकाले भावगत तीव्रता र संरचनागत परिपुष्टताका साथ सन्तुलन हुनु मुक्तकको बाह्य–आन्तरिक संरचनात्मक विशेषता हो । आयामगत दृष्टिले अधिकांश समीक्षक तथा मुक्तककारहरूले शास्त्रीय विधानअनुरूप नै चतुष्पदी संरचना र आयामलाई नै स्विकारेका छन् तापनि यस किसिमको संरचना नै सर्वमान्य हो भनेर किटान गरिएका स्थिति भने नेपालीमा कम देखिन्छन् । खास गरेर दुई पङ्क्तिदेखि सात पङ्क्तिसम्मको आयामिक संरचनामा रहेका कवितालाई मुक्तकका रूपमा मानेर यसको संरचना र आयामलाई लचिलो बनाइएका स्थितिहरू भने धेरै देखिन्छन् । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा नेपाली समीक्षक तथा स्रष्टा÷मुक्तककारहरूका प्रमुख केही दृष्टिकोणहरू यसप्रकार छन् ः (१) ‘यो लघुतम आकारको काव्यात्मक अभिव्यक्ति हो । यो घटीमा दुई र बढीमा सात पङ्क्तिसम्ममा संरचित देखिन्छ तर अधिकांश मुक्तक चार पङ्क्ति भएका फेला पर्छन् । मुक्तकमा चार हरफभन्दा बढी पङ्क्तिहरू हुनुहुँदैन भन्ने कुरा कडिकडाउ छैन तर यसका संरचनामा पङ्क्तिको जति वृद्धि हुन्छ त्यति नै यो मुक्तकभन्दा इतरकोटिको हुने सम्भावना बढ्छ’ (शर्मा, २०३८ ः १६२) । (२) ‘मुक्तक लोकप्रिय हुनाका साथै प्रायः चतुष्पदी रचनाका रूपमा प्रसिद्ध छ । यसप्रकारको कविता रचनामा पहिलो, दोस्रो र चौथो पाउ समतुकान्त र तेस्रो पाउ भिन्नतुकान्त रहेको पाइन्छ । …..कतिपय सन्दर्भमा भने यसको संरचनात्मक स्वरूपमा विविधता पनि आइरहेको छ’ (पराजुली–क, २०६९ ः २४) । (३) ‘आज हामी जसलाई मुक्तक भन्छौँ, त्यसको स्वरूप पूर्ण चतुष्पदीय पहिलो, दोस्रो र चौथो हरफमा तुक मिलाइएको हुन्छ तर कालकम्रिक रूपमा दुई पङ्क्ति वा एक श्लोकदेखि बढीमा पाँच सात पङ्क्तिसम्म रचना गरिएको पाइन्छ’ (जोशी, २०६९ ः २९) । (४) ‘एक वा दुई श्लोकसम्मका कविताहरू सानो आकारका भइकन पनि स्वयम्मा परिपूर्ण रहेका पनि पाइने हुनाले त्यस्ता स्वरूपलाई मुक्तकका प्रारूपका रूपमा लिन सकिन्छ’ (चापागार्इँ, २०६९ ः ७४) । (५) ‘मुक्तक चार हरफमा पूर्ण हुन्छ । ….चार हरफमा संरचित पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रासविहिन रहेको नियमसङ्गत रूपमा रचिएको मुक्तकलाई औपचारिक तथा दुईदेखि पाँच हरफसम्म प्रयोग गरिएको र अत्यानुप्रासको तालमेल नमिलाइएको मुक्तकलाई अनौपचारिक मान्न सकिन्छ’ (नेपाल, २०६९ ः ६१) । (६) ‘मुक्तक कविताको लघुतम संरचना हो । यो सामान्यतः चार चरण वा हरफमा लेखिन्छ । संस्कृतका एकश्लोकी संरचना र रुवाइ ढाँचाका मुक्तकले त्यसैलाई देखाएका छन् तर न्यूनतम दुईदेखि पाँच सात हरफसम्म पनि मुक्तक लेखिन सक्ने मानिन्छ’ (पौडेल ः २०६८ ः १९) । (७) ‘मुक्तकको न्यूनतम चरण दुई चरण हो भने अधिकतम चरण सात चरणसम्म हो’ (पराजुली, २०६९ ः १०) । (८) ‘मुक्तकको संरचना या आयाम चार हरफमा पूर्ण हुनु हो । यो आयाम चार हरफ हुँदै बढीमा सात हरफसम्म विस्तार भएको र तीनदेखि एक हरफसम्म खुम्चिएको पनि पाइन्छ । शास्त्रीय आधार भने चार हरफमा पूर्ण हुनु नै मुक्तक हो’ (शर्मा ः २०६९ ः ८७) । (९) ‘यथार्थतः मुक्तक चार हरफभन्दा कम वा बढी पङ्क्तिमा संरचित हुन सक्दैन’ (घिमिरे, २०७० ः १३४) । उपर्युक्त दृष्टिकोणहरूबाट मुक्तकको आयामिक संरचना दुईदेखि सात पङ्क्तिसम्म विस्तारित हुने कुरा देखाइएको छ र निम्नलिखित चार दृष्टिकोणहरू अगाडि आउँछन् ः (१) मुक्तक दुईदेखि सात पङ्क्तिसम्ममा विस्तारित हुन्छ । (२) मुक्तक एक वा दुई श्लोकसम्म विस्तारित हुन्छ । (३) मुक्तक दुईदेखि सात पङ्क्तिसम्म विस्तारित भए पनि चार पङ्क्ति वा चरण रहनु शास्त्रीय मान्यता हो । (४) मुक्तक चार हरफको आयाममा नै विस्तारित हुन्छ वा चतुष्पदीय नै हुन्छ । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा प्रस्तुत उपर्युक्त दृष्टिकोणहरू मूलतः संस्कृत साहित्यको मुक्तकका शास्त्रीय मान्यता, अरबी रुवाइका शास्त्रीय मान्यता र नेपाली मुक्तक लेखनका प्रचलनहरू समेतका आधारमा आएका देखिन्छन् र नेपालीमा यी चार किसिमकै मान्यताका मुक्तकहरू लेखिएका छन् । संस्कृत साहित्यको मान्यतालाई अनुसरण गर्नेहरूले एकश्लोकी आयामिक संरचनाका चतुष्पदी मुक्तक लेखेका छन् भने अरबी रुवाइको शैलीमा मुक्तक लेख्नेहरूले पनि पहिलो, दोस्रो र चौथो चरणलाई समतुकान्त र तेस्रो पाउलाई विषमतुकान्तको प्रयोग गरी चतुष्पदी मुक्तक नै लेखेका छन् र यस किसिमको आयामिक संरचना शास्त्रीय मान्यता पनि हो । मुक्तकमा अनुभूतिको एक झोक्का प्रस्तुत गरिने र चार पङ्क्ति वा चरणभन्दा माथि हुने बित्तिकै अनुभूतिको विस्तार हुने भएकाले त्यहाँ मुक्तकीयता भत्किने स्थिति हुन्छ । पहिलो चरण वा पङ्क्तिले विषयको उठान, दोस्रो पङ्क्ति वा चरणले विषयको विकास, तेस्रो पङ्क्ति वा चरणले उत्कर्ष र चौथो पङ्क्ति वा चरणले विषयको/विचारको/कथ्यको/अनुभूतिको रहस्योद्घाटन वा पटाक्षेप गर्ने मुक्तकको शास्त्रीय विधानका आधारमा पनि मुक्तक चतुष्पदी आयामिक संरचनामा आबद्ध हुनु उपयुक्त हुन्छ । मुक्तक शास्त्रीय वार्णिक मात्रिक छन्दजस्तै वा रुवाइ छन्दजस्तै बद्धलय संरचना भएको कविता–प्रभेद भएकाले पनि यसलाई चतुष्पदी आयामिक संरचनामा रहेको कविताका रूपमा मान्नु युक्तिसङ्गत देखिन्छ । द्विपदी कवितामा भावको उठानपश्चात् एकैचोटि बैठान हुने र त्रिपदी कवितामा भावको उठान र विकासपछि उत्कर्षमा पु¥याउने स्थिति नभईकन बैठान हुने भएकाले यस्ता कवितामा भाव/विचार/अनुभूतिले थोरै पनि खेल्ने अवसर पाउँदैनन् । मुक्तकका दोस्रो र तेस्रो पङ्क्ति वा चरणमा अनुभूतिले÷विचारले÷भावले थोरै खेल्ने ठाउँ पाउँछ र चौथो चरण वा पङ्क्तिले बाजी मार्छ । कुनै पनि साहित्यिक रचनाहरूको सृजना भइसकेपछि तिनै रचनाहरूलाई आधार बनाएर साहित्य सिद्धान्तहरूको निर्माण गरिने भएकाले र त्यो प्राचीनकालदेखिकै परम्परा समेत भएकाले चतुष्पदीभन्दा इतर आयामिक संरचनाका कविता–प्रभेद (२–७ पङ्क्तिसम्मका)लाई मुक्तक होइनन् भनेर सोझै भन्न नसकिए पनि दुई तीन पङ्क्तिमा भाव÷विचार÷अनुभूतिलाई बढी खुम्च्चाउनु पर्ने र पाँच सात पङ्क्तिसम्म लैँजादा भावको तीव्रता र पटाक्षेपणमा ह्रास आउने सम्भावना भएकाले पनि मुक्तकको चतुष्पदी आयामिक संरचना मानक सिद्ध हुन आउँछ । मुक्तक बद्धप्रकृतिको कविता–प्रभेद भएकाले प्रयोगका नाममा जथाभावी लेख्नु मुक्तकको सैद्धान्तिक अनुशासनभित्र पर्दैन तर भाव/विचार/कथ्यको उत्तरोत्तर आरोह र रहस्योद्घाटनका साथ पटाक्षेप गर्न सके मुक्तलय वा गद्यकवितात्मक लयढाँचाका मुक्तकलाई तीनदेखि पाँच छ वा सात पङ्क्तिसम्म तन्काउन सकिन्छ र भाव÷विचार÷कथ्यको उत्कर्ष र पटाक्षेपपछि विस्तार भइदिनाले मुक्तकीयता हराउने सम्भावना अत्यन्त प्रबल हुन्छ । थोरै वा सीमित पङ्क्तिभित्र धेरै भाव/विचार/अनुभूतिलाई समेट्नु पर्ने भएकाले मुक्तक सृजना गर्नु चुनौतीपूर्ण हुन्छ । चार पङ्क्तिको आयामिक संरचनाका कविता लेख्दैमा ती सबै मुक्तक हुँदैनन् । मुक्तकका आङ्गिक संरचक घटकहरू मुक्तक कविताकै एउटा प्रभेद भएकाले आधारभूत रूपमा कविताका उपकरण वा तत्व नै मुक्तकका पनि उपकरण वा तत्व हुन् । मुक्तक एउटा पूर्ण संरचना हो र यस संरचनाको निर्माणका लागि चाहिने उपकरण नै मुक्तकका आङ्गिक संरचनक घटक हुन् । मुक्तकका तत्व÷उपकरण वा लघुसंरचक घटकहरूका सम्बन्धमा भने समीक्षकहरूका बीच तात्विक मतान्तर पाइँदैन । मुक्तक अङ्गी हो भने मुक्तक बन्नका लागि आउने लघुसंरचक घटकहरू अङ्ग हुन् । यिनै लघुसंरचक घटक वा अङ्गहरूको कुल योगबाट एउटा पूर्ण रचना मुक्तकको निर्माण हुन्छ । समग्रमा मुक्तकका आधारभूत संरचक घटक वा तत्वहरूलाई सङ्क्षेपमा तल चर्चा गरिन्छ ः (क) अन्तर्वस्तु (भाव/विचार/अनुभूति/कथ्य) अन्तर्वस्तु मुक्तकको आधारभूत संरचक घटक वा तत्व हो । यो मुक्तकको सारभूत अंशका रूपमा रहने हुनाले यसलाई सबैभन्दा महत्वपूर्ण घटकका रूपमा मानिन्छ । मुक्तकमा अन्तर्वस्तु अमूर्त र सूक्ष्म हुने भएकाले भाव, विचार, अनुभूति वा केन्द्रीय कथ्यका रूपमा यो आएको हुन्छ । मुक्तकमा अन्तर्वस्तुको व्याप्ति नहुने भएकाले यो सूक्ष्म रूपमा रहेको हुन्छ । यस्तो भाव/विचार/अनुभूति/कथ्यका रूपमा आउने अन्तर्वस्तुलाई मुक्तककारले जुनसुकै क्षेत्रबाट पनि चयन र ग्रहण गर्न सक्छ । जीवनजगत्का यावत् भोगाइ र अनुभूति, ज्ञानविज्ञानका यावत् विषय, प्रकृति, संस्कृति, प्रेम, राजनीति, पछ्रिल्लो समयका निर्मित संस्कृतिका विषयहरू आदि जुनसुकै अन्तर्वस्तु पनि मुक्तकमा रहन सक्छन् । (ख) परिवेश मुक्तकमा वर्णित, चित्रित वा सङ्केतित स्थान, काल र परिस्थितिको समष्टि रूप नै परिवेश हो । मुक्तकमा यस्तो परिवेशको वर्णन र चित्रण सम्भव नहुने भएकाले परिवेशको सूक्ष्मातिसूक्ष्म सङ्केत मात्र मुक्तकमा हुन्छ । स्थानिक र कालिक परिवेशभन्दा पनि सुखदुःख आदि मानसिक संवेगजन्य पारिस्थितिक परिवेशको सङ्केत मुक्तकमा देखिने भएकाले परिवेश पनि मुक्तकको लघुसंरचक घटक हो । (ग) उद्देश्य मुक्तकले प्रस्तुत गर्न खोजेको मुख्य प्रयोजन नै उद्देश्य हो । प्रयोजनबिना मुक्तक रचना गरिँदैन । वर्तमान सन्दर्भमा यथार्थको प्रकटीकरण मुक्तक सृजनाको मुख्य उद्देश्य बन्न पुगेको देखिन्छ । तसर्थ उद्देश्य पनि मुक्तकको आधारभूत लघुसंरचक घटक हो । (घ) सहभागी र दृष्टिबिन्दु मुक्तकमा सहभागिता जनाउन आउने व्यक्ति नै सहभागी हो । परम्परित भाषामा यसलाई पात्र भनिए पनि चरित्रको विकास नहुने भएकाले मुक्तकमा पात्रको सामान्य सहभागिता मात्र हुन्छ, त्यसैले ‘म’÷वक्ताका रूपमा वा ‘ऊ’÷ नामधारी पात्रका रूपमा सहभागीको सहभागिता रहेको हुन्छ । मुक्तकको भावलाई पाठकसमक्ष उपस्थापना गर्ने पद्धति दृष्टिकोण हो र मुक्तककारले ‘म’ वा ‘ऊ’ सहभागीका माध्यमबाट केन्द्रीय विचारलाई उपस्थापना गर्दा क्रमशः आन्तरिक र बाह्य दृष्टिबिन्दुको प्रयोग हुन्छ; तसर्थ सहभागी र दृष्टिबिन्दु पनि मुक्तकका लघुसंरचक घटक मानिन्छन् । (ङ) लय मुक्तकमा ध्वन्यात्मक आरोहअवरोहको स्थितिबाट लयको उत्पादन हुन्छ र लयले नै मुक्तकलाई साङ्गीतिक बनाउँछ । लय ध्वनिप्रवाहको ढाँचा हो र लयको उत्पत्ति गति, यति, प्रवाह एवम् विरामहरूको पारस्परिक तथा क्रमिक योगबाट हुन्छ (गौतम, २०६६: ५७६) । मुक्तक कविताकै प्रभेद भएको र लय कविताको अनिवार्य तथा निजी तत्व भएकाले मुक्तकको पनि यो अनिवार्य तथा निजी तत्व हो । मुक्तकलाई अन्य कवितेतर विधाबाट छुट्याउने तत्व पनि लय नै हो । मुक्तक बद्ध र मुक्त दुबै लयमा लेखिन्छ । शास्त्रीय वार्णिक वा मात्रिक छन्द, रुवाइको आगन्तुक लय र लोकलयमा लेखिने मुक्तकहरूमा बद्ध लय हुन्छ र यस्ता लयका मुक्तकमा प्रायः वर्ण, मात्रा/अक्षर आदिको समान वितरण हुन्छ भने मुक्त लयका मुक्तकमा तिनको समान वितरण हुँदैन । मुक्तकमा रहने अनुप्रासिकता/तुकबन्दीले पनि लयको उत्पादनमा विशिष्ट भूमिका खेल्दछन् । बद्ध लयका मुक्तकमा बाह्य लय र मुक्त लयका मुक्तकमा आन्तरिक लयको व्यवस्थापन हुन्छ । शास्त्रीय वार्णिक/मात्रिक, छन्दका मुक्तक लेख्ने परम्परा अहिले केही न्यून भएकाले रुवाइ शैलीका मुक्तक र गजल शैलीका मुक्तकहरू वर्तमानमा बढी लेखिएका छन् र तिनमा उक्त आगन्तुक लयढाँचाकै प्रयोग देखिन्छ । मुक्त लयढाँचा पनि मुक्तकको प्रचलित लयढाँचाका रूपमा देखिएको छ । (च) भाषाशैलीय तत्त्व मुक्तक पनि कविताकै प्रभेद भएकाले कविताकै भाषा मुक्तकमा पनि प्रयोग हुन्छ । कविताको भाषा लाक्षणिक वा व्यञ्जनात्मक, अनेकार्थक, अलङ्कृत, विचलनयुक्त, कलात्मक, ध्वन्यात्मक, शब्दसौन्दर्यात्मक, लयात्मक, न्यूनविराम चिन्हित, कसिलो र अस्पष्ट हुने (शर्मा, २०५५:२४) भएकाले मुक्तकको भाषामा पनि पूर्णतया यी विशेषता रहन्छन् । मुक्तक छोटो हुने र थोरै शब्दमा धेरै भन्नुपर्ने भएकाले मुक्तकको भाषा अझ बढी ध्वन्यात्मक, प्रभावोत्पादक, चामत्कारिक, वक्रोक्तिमूलक र सघन हुन्छ । शैली भनेको मुक्तक लेख्ने तरिका हो । मुक्तक कसरी लेखिन्छ भन्ने कुरा शैलीले बताउँछ । भाषा मुक्तक लेख्ने माध्यम हो भने शैली तरिका हो र यी दुईका बीच जहिले पनि नजिकको सम्बन्ध हुन्छ । तसर्थ भाषाशैलीलाई रूपविन्यास भनिन्छ । शैली अन्तर्गत धेरै कुरा पर्दछन् तापनि मूलतः मुक्तककारले चयन, विचलन, समानान्तरता, विपर्यास, बिम्बीकरण, उक्तिवैचित्र्य, मानवीकरण आदिका माध्यमबाट विशिष्ट शैलीको निर्माण गर्ने भएकाले यिनलाई शैली निर्माणका घटक मानिन्छ (गौतम, २०६९: १०२) । व्यङ्ग्यात्मकता, बिम्ब, प्रतीक र अलङ्कार मुक्तकका विशेष शैलीय तत्त्वहरू हुन् । स्रष्टाका मानसपटलमा रहेको भावलाई अभिव्यञ्जित गर्ने चित्रात्मक भाषा बिम्ब हो । बिम्बले मुक्तकको भावलाई बढी सम्मूर्तित बनाउँछ । ‘कुनै सूक्ष्म कुरा अभिव्यक्त गर्नका लागि कुनै स्थूलवस्तुको चयन गर्नु प्रतीकविधान हो’ (ऐजन) । मुक्तकले कुनै घटनाको वर्णन नगरी सूक्ष्म रूपमा सङ्केत मात्र गर्ने भएकाले मुक्तकका लागि प्रतीकको प्रयोग निकै महत्वपूर्ण हुन आउँछ । अलङ्कार कविताको शोभाकारक तत्त्व हो । मुक्तकको अर्थमा चमत्कृति पैदा गर्ने र शब्दचमत्कारका माध्यमबाट पनि अर्थलाई उत्कर्षमा पुर्याउने अलङ्कारले मुक्तकलाई बढी सौन्दर्यात्मक बनाउँछ । शब्दालङ्कार र अर्थालङ्कार गरी अलङ्कार दुई किसिमका हुन्छन् । शब्दका माध्यमबाट चमत्कार उत्पन्न गर्ने अलङ्कारलाई शब्दालङ्कार र अर्थका माध्यमबाट चमत्कार उत्पन्न गर्ने अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । मुक्तकमा यी दुवै किसिमका अलङ्कार रहेमा मुक्तक विशिष्ट बन्दछ । लय शैलीअन्तर्गत नै पर्दछ तापनि यो मुक्तक कविताको निजी तत्त्व भएकाले यसको पृथक् चर्चा गरिएको छ । मुक्तकमा पाइने १,२ र ४ पङ्क्तिका बीचको अन्त्यानुप्रासीयता समानान्तरता र अलङ्कार दुवै हो । यसबाट पनि मुक्तकको लयसौन्दर्यमा अभिवृद्धि हुन्छ । मुक्तकको वर्गीकरण मुक्तक यति नै प्रकारका हुन्छन् भन्ने कुनै निश्चित सैद्धान्तिक आधार छैन र विभिन्न आधारमा विभिन्न किसिमले मुक्तकलाई वर्गीकरण गर्न सकिन्छ । कतिपय अध्येताहरूले चरणवितरणगत, स्रोतगत, छन्दगत, अन्त्यानुप्रासगत, विषयगत, विचारगत, भावगत, परम्परागत र कथागत आदि आधारमा मुक्तकको वर्गीकरण गरेको (पराजुली–ख, २०६९ ः १०) पाइन्छ तापनि मूलतः निम्नलिखित किसिमले मुक्तकको वर्गीकरण गर्दा बढी समीचीन देखिन्छ र अन्य धेरै प्रकारहरू यसैभित्र समाहित हुन सक्ने देखिन्छ । मुक्तकको वर्गीकरणका प्रमुख आधारहरू यसप्रकार छन्ः (क) स्रोतका आधारमा (ख) अन्तर्वस्तुका आधारमा (ग) लयसंरचनाका आधारमा (घ) उक्ति ढाँचाका आधारमा (क) स्रोतका आधारमा मुक्तक कुन भाषिक, क्षेत्रीय वा परिवेशगत स्रोतबाट आएका छन् भन्ने कुरा स्रोतले देखाउँछ , नेपालीमा प्रचलित स्रोतका आधारमा हेर्दा लोकसाहित्यिक स्रोत, संस्कृत शास्त्रीय स्रोत र आगन्तुक स्रोत गरी तीन किसिमका मुक्तकहरू बढी प्रचलित छन् । गाउँखाने कथा, उखान, लोकोक्ति, अड्को थाप्ने सिलोक, लोकगीतहरूका स्थायी चरण, भजन आदि पनि मुक्तकीय संरचनाका हुन्छन् र यस्ता मुक्तकहरूलाई लोकसाहित्यिक स्रोतबाट लिइएका मुक्तकका रूपमा लिन सकिन्छ । संस्कृत साहित्यका एकश्लोकी पूर्वापर सम्बन्ध निरपेक्ष कविताहरू पनि मुक्तक नै हुन् र ती संस्कृतका शास्त्रीय छन्दमा लेखिएका हुन्छन् । संस्कृतका सूक्ति र सुभाषितका प्रभावमा लेखिएका यस्ता मुक्तकलाई संस्कृत शास्त्रीय स्रोतबाट लिइएका मुक्तकका रूपमा लिन सकिन्छ । अङ्ग्रेजीका चतुष्पदी कविता (Quatrain) को प्रभावमा लेखिएका मुक्तक, अरबी स्रोतको रुवाइका ढाँचामा लेखिएका मुक्तक, उर्दू फारसीका गजल र सायरीको ढाँचामा लेखिएका मुक्तक र जापानी हाइकू ताङ्का आदिको ढाँचामा लेखिएका मुक्तकलाई आगन्तुक स्रोतका मुक्तकका रूपमा मानिन्छ । यस्ता मुक्तकहरू तत्तत् लयसंरचनाका ढाँचामा लेखिएका हुन्छन् । (ख) अन्तर्वस्तुका आधारमा मुक्तकलाई अन्तर्वस्तुका आधारमा पनि वर्गीकरण गर्न सकिन्छ । मुक्तककारले जीवनजगत् र ज्ञानविज्ञानका यावत् क्षेत्रबाट मुक्तकका लागि अन्तर्वस्तुको ग्रहण गर्छ । भाव÷विचार÷अनुभूति÷कथ्यका रूपमा आएका यस्ता अन्तर्वस्तु असङ्ख्य हुन्छन् र यो वर्गीकरण अन्तर्वस्तुको प्रवृत्तिगत वर्गीकरण पनि हो । जीवन, जगत्, प्रकृति, संस्कृति, राष्ट्र, समाज, व्यक्ति, आर्थिक, राजनीतिक समस्या, नीति, आदर्श, दर्शन, सुखदुःख, प्रेम, करुणा, भय, आतङ्क आदि मानवीय संवेगहरू, युगीन राजनीतिक तथा सामाजिक विकृति र विसङ्गतिहरू, शोषण र अनाचारहरू, धर्म, वर्ण, लिङ्ग, जाति आदिका अनेकौँ समस्याहरू र विषयहरू आदि र यीसँग सम्बन्धित धेरै कुराहरू मुक्तकको भाव÷विचार÷अनुभूति÷कथ्यका रूपमा आएका अन्तर्वस्तु हुन् । अन्तर्वस्तुका आधारमा गरिने यो वर्गीकरण निकै लामो हुन सक्छ । (ग) लयसंरचनाका आधारमा मुक्तकलाई वर्गीकरण गर्ने अर्को मुख्य आधार लयसंरचना पनि हो । यद्यपि स्रोतका आधारमा गरिएको वर्गीकरणबाट पनि लयगत भिन्नता देखिन्छ । मूलतः लयसंरचनाका आधारमा मुक्तकका मुक्त लय र बद्ध लय गरी दुई किसिमका लयसंरचना देखिन्छन् । निश्चित शास्त्रीय छन्दानुशासनमा रहेर लेखिने मुक्तकहरू बद्ध लय संरचनामा देखिन्छन् भने गद्यकवितात्मक ढाँचामा लेखिने मुक्तकहरू मुक्त लयसंरचनामा देखिन्छन् । संस्कृत शास्त्रीय छन्दका मुक्तकहरू, रुवाइ शैलीका मुक्तकहरू, विभिन्न गीति लयसंरचनाका मुक्तकहरू बद्ध लयका मुक्तक हुन् भने लयगत÷छन्दगत निश्चित अनुशासनमा नबाँधिएका मुक्तकहरू वा गद्यकवितात्मक ढाँचाका मुक्तकहरू मुक्तलयका मुक्तक हुन् । (घ) उक्तिढाँचाका आधारमा पाठकसमक्ष भावलाई उपस्थापित गर्ने कथनपद्धति नै उक्तिढाँचा हो । मुक्तककार स्वयम् वक्ता वा समाख्याता भएर ‘म÷हामी’का माध्यमबाट र ‘ऊ’ वा कुनै नामधारी सहभागिका माध्यमबाट भाव प्रस्तुत गर्ने कथनपद्धतिका आधारमा क्रमशः आन्तरिक दृष्टिकेन्द्रीय उक्तिढाँचा र बाह्य दृष्टिकेन्द्रीय उक्तिढाँचा गरी दुई किसिमका उक्तिढाँचाहरू हुन्छन् । प्रथमपुरुष दृष्टिबिन्दुमा लेखिएका मुक्तकमा आन्तरिक दृष्टिकेन्द्रीय ढाँचा र तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका मुक्तकमा बाह्य दृष्टिकेन्द्रीय ढाँचा हुन्छ । मुक्तक र मुक्तकीय संरचनाका अन्य कविता रूप हिजोआज मुक्तकका नाममा लेखिने कतिपय रचनाहरू मुक्तकभन्दा इतर प्रकृतिका हुन्छन् । चार पङ्क्तिको सिङ्गो रचना हुनेबित्तिकै मुक्तक नामले प्रकाशित गर्ने परम्पराका कारण मुक्तक सृजनामा विचलन आएको देखिन्छ । माथि भनिएझैँ मुक्तकमा क्रमशः प्रत्येक पङ्क्तिले भावलाई उत्कर्षमा पु¥याएर पटाक्षेप गर्नुपर्छ । ‘मुक्तकको पहिलो पदले विषयवस्तुको उठान, दोस्रो पदले विषयवस्तुको व्याख्या (विकास ?), तेस्रो पदले चौथा पदले अभिव्यक्ति दिनुपूर्व कौतूहल उत्पन्न गराउँछ भने अन्तिम (चौथो) पदले लक्ष्यभेदन गर्दछ’ (घिमिरे, २०७० ः १३७) । यो स्थिति भएन भने चतुष्पदीय आयामिक संरचनाको हुँदैमा त्यो मुक्तक बन्दैन । मुक्तक नै नभए पनि मुक्तकजस्तै वा मुक्तकका समधर्मी र मुक्तकीय संरचनाका केही कवितारूपलाई मुक्तकका सापेक्षमा यसप्रकार देखाइन्छ ः (क) मुक्तक र लोकरचना (सिलोक/झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा) (ख) मुक्तक र सूक्ति तथा सुभाषित (ग) मुक्तक र रुवाइ (घ) मुक्तक र हाइकू तथा ताङ्का (ङ) मुक्तक र अन्य कविता रूप (दोहा, गजलका सेर आदि) । (क) मुक्तक र लोकरचना (सिलोक/झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा) कवितात्मक लोकरचनाका रूपमा रहेका सिलोक, झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा आदि लोकरचना–प्रकारहरू मुक्तक त होइनन् तर लोकसाहित्यिक सामग्रीमा मुक्तकीयता खोज्नुपर्दा यी लोकरचनाहरूमा प्राप्त गर्न सकिन्छ । अड्को थाप्ने र प्रश्नोत्तरात्मक किसिमको देखिने झ्याँगा सिलोककै एउटा स्वरूप भएकाले र चतुष्पदी समेत हुने भएकाले मुक्तक र सिलोक/झ्याँगाका बीच समता भेटिन्छ । चुट्का भजन, रोइलाजस्ता गीतका स्थायी पदमा मुक्तकीय तत्वको उपस्थिति देख्न सकिन्छ भने कतिपय दुईदेखि चार पङ्क्तिका उखान र गाउँखाने कथाहरूमा पनि केही रूपमा मुक्तकीय अभिलक्षण देखिन्छन् । (ख) मुक्तक र सूक्ति तथा सुभाषित सूक्ति तथा सुभाषित पद्यहरू संस्कृत वाङ्मयमा प्रशस्त पाइन्छन् । खास गरेर वेद, पुराण र उपनिषद्हरू सूक्ति र सुभाषितहरूका दृष्टिले निकै समृद्ध छन् । यस्ता सूक्ति तथा सुभाषितहरू प्रायः नीतिचेतनासँग सम्बद्ध रूपमा देखिन्छन् । यस्ता सूक्ति तथा सुभाषितहरू एकपदी, द्विपदी र चतुष्पदी रूपमा देखिन्छन् र यी पूर्वापर प्रसङ्गनिरपेक्ष हुने भएकाले र स्वयम्मा अर्थपूर्ण समेत हुने भएकाले यी मुक्तकको निकट हुन्छन् । अधिकांश सूक्ति तथा सुभाषितहरू चतुष्पदी हुने भएकाले पनि मुक्तकसँग सूक्ति–सुभाषितहरूको निकटता देखिन्छ । (ग) मुक्तक र रुवाइ रुवाइ अरबी–फारसी कविता रूप हो । ‘प्रत्येक रुवाइ चतुष्पदीय श्लोकसंरचनामा आबद्ध हुन्छन्, जसका पहिलो, दोस्रो र चौथो पङ्क्ति अन्त्यानुप्रासयुक्त हुन्छन् । यस अनुरूप यसको अन्त्यानुप्रासिक योजना बबदब हुन्छ । रुवाइको पहिलो तीन हरफहरूमा अलङ्कार (प्रायःउपमा) को प्रयोग गरिएको पाइन्छ तर यसको चरमोत्कर्ष र सम्पूर्ण भाव एकैचोटि अचानक चौथो हरफमा गएर खुल्छ’ (भुजेल, २०६९ ः ९३) र यसर्थ भावको क्रमशः उत्तरोत्तर उत्कर्ष र संरचना दुबै दृष्टिले रुवाइ र मुक्तकका बीच अत्यन्त निकट सम्बन्ध रहेको देखिन्छ र मुक्तक एवम् रुवाइका धेरै अभिलक्षणहरू मिल्छन् वा समान छन् । नेपालीमा लेखिएका पछिल्लो समयका धेरै मुक्तकहरू रुवाइकै संरचनात्मक ढाँचामा देखिन्छन् र अहिले यो ढाँचा लोकप्रिय समेत रहेको छ । यति हुँदाहुँदै पनि मुक्तक र रुवाइका बीचका विभेदक अभिलक्षणहरू यसप्रकार देखिन्छन्: (१) मुक्तक संस्कृत साहित्यको कविता रूप हो भने रुवाइ अरबी फारसी कविता रूप हो । (२) मुक्तक र रुवाइ दुबै बद्धलयमा लेखिए पनि संस्कृत साहित्य शास्त्रीय छन्दका मुक्तकमा वर्ण र मात्राको समान वितरण पाइन्छ भने रुवाइको तेस्रो चरणमा प्रायः वर्ण र मात्राको समान वितरण पाइँदैन । (३) संस्कृत शास्त्रीय छन्दका मुक्तकमा १,२ र ३,४ वा चारै पाउको अन्त्यमा अन्त्यानुप्रास हुन्छ भने रुवाइमा १,२ र ४ चरणमा अनुप्रास हुन्छ । (घ) मुक्तक र हाइकू तथा ताङ्का अशंतः मुक्तकीय संरचना भएका र मुक्तकका निकट मानिने कविता प्रभेदमा हाइकू र ताङ्का पनि देखिन्छन् । हाइकू जापानी बद्धलयमा लेखिने त्रिपदी रचना हो भने ताङ्का चाँहि चीनबाट सुरु भएर जापानमा विकास र विस्तार भएको हाइकूजस्तै बद्धलयमा लेखिने पञ्चपदी रचना हो । हाइकू र ताङ्का दुबै कविताका लघुतम रूप भएकाले र चरणगत भावोत्कर्षका दृष्टिले मुक्तककै समधर्मी कविताका रूपमा देखिए पनि भावको उठानदेखि पटापेक्षसम्मको तीव्रता मुक्तकमा मात्र हुन्छ र हाइकू तथा ताङ्कामा त्यो तीव्रता न्यून हुन्छ । हाइकु ५+७+५ अक्षर गरी जम्मा १७ अक्षरको संरचनामा लेखिन्छ भने ताङ्का ५+७+५+७+७ अक्षर गरी जम्मा ३१ अक्षरको संरचनामा लेखिन्छ । यी पृथक् रूपका रचना भए पनि मुक्तकका निकटस्थ वा समधर्मी कविताप्रभेद मानिन्छन् र यी पनि कविताका लघुतम रूप नै हुन् । (ङ) मुक्तक र अन्य कविता रूप मुक्तकसँग निकट देखिने अन्य कविता रूपमा मूलतः दोहा र गजलका द्विपदी सेरहरू बढी देखिन्छन् । दोहा पनि द्विपदी भएकाले यी दुवै रचनामा भावको उठान र बैठान मात्र हुन्छ र भावोत्कर्षका लागि आधार हुँदैन । त्यसैले अशंतः यी कविता मुक्तकीय स्वरूपका देखिए पनि मुक्तकसँग यिनको त्यति निकटस्थ सम्बन्ध देखिँदैन । सायरी पनि कविताको लघुतम प्रभेदका दृष्टिले मुक्तको केही निकटवर्ती देखिए पनि यो द्विपदी रचना हो र अर्थोत्कर्षको भने यसमा ख्याल गरिएको पाइन्छ । कविताको लघुतम रूपभित्र कुण्डली पनि पर्दछ । यो हिन्दीमा प्रचलित बद्धलयात्मक ढाँचाको षट्पदी रचना हो । यो मात्रिक छन्दमा लेखिन्छ र नेपालीमा यसको न्यून प्रयोग पाइन्छ । यी प्रभेदहरूका अतिरिक्त छोटाछोटा पाँचसात पङ्क्तिसम्मका गद्यकविता पनि कविताको लघुतम रूपभित्र पर्ने हुनाले मुक्तकका निकट देखिन्छन् । यस्ता छोटा गद्यकवितालाई नवमुक्तक पनि भनिएको पाइन्छ (त्रिपाठी, २०४६ ः४२) । यी कविता–रूपहरूका अतिरिक्त पछिल्लो समयमा नेपालीमा प्रचलित एक लाइन कविता, सूत्रकविता, टुक्रा, छेस्का, अणु, छर्रा आदि नाम दिएर कविता लेखेको देखिए पनि त्यस्ता लेखनको कुनै सैद्धान्तिक आधार र कविताको न्यूनतम आधारभूत तत्वको समेत उपस्थिति नदेखिने हुँदा ती प्रयोगका लागि मात्र गरिएका प्रयोगजस्ता देखिन्छन् । समग्रमा भन्नुपर्दा पूर्वीय संस्कृत साहित्यको मुक्तकसँग अरबी–फारसीको रुवाइ र अङ्ग्रेजीको क्वाट्रेनले जुन किसिमको अतिनिकटस्थ सम्बन्ध राख्छन् अन्य कवितात्मक प्रभेदहरूले कविताका लघुतम रूप भए पनि त्यति निकटस्थ सम्बन्ध राखेको पाइँदैन । मुक्तक र मुक्तककाव्य मुक्तककाव्यले मुक्तकसामान्यलाई अभिव्यञ्जित गर्छ भने मुक्तकले यसको विशिष्टीकृत रूप वा मुक्तकविशेषलाई बुझाउँछ । पूर्वीय संस्कृत समीक्षाशास्त्रमा शतककाव्य, स्फुटकाव्य, ऋतुकाव्य र एकश्लोकी मुक्तदेखि पाँचश्लोकी कूलकसम्मका काव्यरूपहरूलाई मुक्तककाव्य भनिन्छ । शतककाव्य, स्फुटकाव्य र ऋतुकाव्य पनि आख्याननिरपेक्ष हुने भएकाले र तिनका प्रत्येक श्लोकहरू प्रायः पूर्वापर प्रसङ्गरहित हुने भएकाले तिनलाई मुक्तककाव्यका रूपमा मानिएको पाइन्छ । वर्तमान नेपाली साहित्यमा सूत्रकाव्य र सूत्रकविता कृतिहरू प्रकाशित भइसकेका र तिनलाई समेत पृथक्पृथक् मुक्तकसङ्ग्रहका रूपमा चर्चा भइरहेका सन्दर्भमा ती कृतिलाई मुक्तक÷मुक्तकसङ्ग्रहका रूपमा मान्नु युक्तिसङ्गत देखिँदैन र मुक्तककाव्यका रूपमा तिनलाई राख्नु बढी उपर्युक्त हुन्छ । वेदका ऋचा वा मन्त्रहरू, देवीदेवताका स्तुति वा स्तोत्रहरू, सुभाषित पद्य र सूक्तिहरू, समस्यापूर्तिहरू, द्विपदीदेखि सप्तपदीसम्मका मुक्तकीय संरचनाका÷ढाँचाका कवितात्मक प्रभेदहरू आदि सबै मुक्तककाव्यभित्रकै प्रभेदहरू हुन् । संस्कृत साहित्यमा मुक्तककाव्य र प्रबन्धकाव्य गरी दुई किसिमका काव्यभेद देखाइएको छ । आख्यानसापेक्ष खण्डकाव्य महाकाव्यलाई प्रबन्धकाव्य अन्तर्गत र आख्याननिरपेक्ष वा खण्डकाव्य महाकाव्यबाहेकका काव्यलाई मुक्तककाव्य अन्तर्गत राखिएकाले यी दुई प्रबन्धकाव्य रूपबाहेका सबै काव्य मुक्तककाव्य हुन् तर मुक्तक होइनन् । मुक्तककाव्यका धेरै प्रभेदहरू अन्तर्गत भने मुक्तक पनि पर्दछ । यसबाट मुक्तक र मुक्तककाव्य पृथक् कवितारूप हुन् भन्ने स्पष्ट हुन्छ । ‘यसर्थ मुक्तककाव्यभित्रका सम्पूर्ण लघु तथा लघुत्तम बनोटका रचना मुक्तक हुन सक्दैनन् । मुक्तक एक श्लोकी रचना हो । सामान्यतया एक श्लोक भन्नाले चार हरफ भन्ने बुझिन्छ’ (घिमिरे, २०७० ः१३३) तर मुक्तककाव्यको आयाम दुई श्लोकी युग्मकदेखि आकारप्रकारका दृष्टिले खण्डकाव्य समकक्षी कोषकाव्य/शतककाव्यसम्म तन्किन्छ । यसबाट पनि मुक्तक र मुक्तककाव्य पृथक्पृथक् आयामिक संरचनाका काव्यरूप हुन् भन्ने स्पष्ट हुन्छ । मुक्तकका अभिलक्षण मुक्तकका सम्बन्धमा दिइएका उपर्युक्त परिभाषा, संरचना, तत्व, वर्गीकरण आदिका आधारमा मुक्तक के हो भन्ने कुरा स्पष्ट भइसकेको छ र नेपालीमा संस्कृतशास्त्रीय मुक्तक, रुवाइयत ढाँचाका आगन्तुक मुक्तक तथा मौलिक नेपाली लोकलयका र अन्य संरचनात्मक ढाँचाका मुक्तकहरू समेत प्रचलित छन् । मुक्तकका शास्त्रीय सैद्धान्तिक मान्यता र वर्तमानका मुक्तकका स्वरूपका आधारमा तिनका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः (१) मुक्तक कविताको लघुतम रूप हो र यो स्वयम्मा पूर्ण सङ्कथन हो । (२) मुक्तकमा एउटै केन्द्रीय विचार, भाव र कथ्यको अभिव्यक्ति हुन्छ र यो पूर्वापर प्रसङ्गबाट निरपे्रक्ष हुन्छ । (३) यो सिद्धान्ततः चतुष्पदी आयामिक संरचनामा आबद्ध हुन्छ र मुक्त तथा बद्ध दुबै लयढाँचामा लेखिए पनि मूलतः यो बद्ध लयढाँचामा लेखिने भएकाले यसमा साङ्गीतिक गुणको विद्यमानता हुन्छ । (४) यो समतुकान्त र विषमतुकान्त दुबै किसिमले लेखिन्छ र चार समवृत्त पदमा संरचित हुनु यसको निजत्व पनि हो । (५) यसमा वृत्तात्मक किसिमको वर्तुलित विस्तार हुन्छ र भावको तीव्रता र एकोन्मुखता हुन्छ । (६) यसको पछिल्लो चरणले विषय वा भावको उठान, दोस्रो चरणले भावको विकास, तेस्रोले भावको उत्कर्ष र कुतूहलता एवम् चौथो चरणले रहस्यको पटापेक्ष गरी लक्ष्यभेदन गर्दछ, तसर्थ चौथो चरणलाई बीजवाक्य वा विचारवाक्य भनिन्छ । (७) यो मूलतः व्यङ्ग्यात्मक, व्यञ्जनात्मक, लाक्षणिक, उक्तिवैचित्र्ययुक्त, सघन, चमत्कारपूर्ण, प्रभावोत्पादक र तीव्र किसिमको हुन्छ । (८) यसको भाषा अत्यन्त खँदिलो हुन्छ र भावप्रक्षेपणमा तीव्रता हुन्छ आदि । निष्कर्ष मुक्त शब्दमा कन् प्रत्यय लागेर बनेको मुक्तक शब्दले पारिभाषिक रूपमा कविताको लघुतम प्रभेदलाई बुझाउँछ । पूर्वीय संस्कृत साहित्यमा पूर्वापर निरपेक्ष स्वयम्मा पूर्ण एकश्लोकी रचनाका रूपमा परिचित मुक्तक अङ्ग्रेजी साहित्यको चतुष्पदी कविता क्वाट्रेनसँग तुलनीय छ र अरबी फारसी रुवाइसँग पनि यो निकट देखिन्छ । एकल आवृत्तिमै भावलाई सघनता, प्रभावोत्पादकता र चमत्कारिकताका साथ तीव्रतम रूपमा अभिव्यञ्जित गर्ने पूर्वापर सम्बन्धनिरपेक्ष, स्वयम्पूर्ण तथा प्रायः चतुष्पदी संरचनामा आबद्ध, कविताको लघुतम प्रभेदलाई मुक्तक भनिन्छ । यस्तो मुक्तक दुईदेखि सातचरणसम्म विस्तार भएको पाइए पनि सिद्धान्ततः यो चतुष्पदी रचना हो र यसको मानक रूप पनि चतुष्पदी हुनु नै हो । मुक्तक धेरै लघुसंरचक घटकहरूको योगबाट बनेको पूर्ण र स्वतन्त्र सङ्कथन हो । यो अन्तर्वस्तुका रूपमा आउने भाव÷विचार÷कथ्य÷अनुभूति, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, सहभागी, लय र भाषाशैलीय तत्वजस्ता संरचक घटकहरूबाट बनेको हुन्छ । यस्तो मुक्तकलाई स्रोत, अन्तर्वस्तु, लय र उक्तिढाँचाका आधारमा वर्गीकरण गर्न सकिन्छ । मुक्तक अतिसन्निकटस्थ रूपमा अङ्ग्रेजीको क्वाट्रेन र अरबीको रुवाइसँग तुलनीय छ भने केही छोटा लोकरचना, सूक्ति, सुभाषित श्लोक, हाइकू, ताङ्का, दोहा, छोटा गद्यकविता आदिसँग पनि अंशत तुलनीय देखिन्छ । यी लघुतम कवितारूप र कोशकाव्य शतककाव्यहरूलाई संस्कृत साहित्यमा मुक्तककाव्य भनिने हुनाले मुक्तककाव्य कविता–रूपहरूको समष्टि बोधक शब्द हो भने मुक्तकचाँहि त्यसभित्रको एउटा प्रभेद भएको हुनाले व्यष्टिरूप हो । पूर्वापर प्रसङ्गनिरपेक्षता, स्वयम्पूर्णता, चतुष्पदीयता, एकोन्मुखता, भावको तीव्रता, चरणहरूको उत्तरोत्तर उत्कर्षता, व्यञ्जनात्मकता, उक्तिवैचित्र्य, व्यङ्ग्यात्मकता, ध्वन्यात्मकता, सघनता, प्रभावोत्पादकता नै मुक्तकका प्रमुख अभिलक्षण हुन् । हिजोआज मुक्तकका नाममा र प्रयोगका नाममा मुक्तकको सामान्य सैद्धान्तिक अनुशासनसमेत अतिक्रमण गरेर लेखिएका छोटा रचनालाई मुक्तक भन्न सकिँदैन र मुक्तक अरुजस्तै स्वतन्त्र विधा हो भनेर यसको स्वायत्तता स्थापित गर्न खोज्नु पनि हास्यास्पद हुन आउँछ । कुनै पनि विधा÷उपविधाको रचना अतिप्रचलित र लोकप्रिय हुँदैमा स्वतन्त्र विधा हुँदैन । मूलतः सैद्धान्तिक रूपमा कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र मुक्तक कविता विधाको लघुतम रूप वा प्रभेद हो । छोटो आयाममा बृह्त भाव वा विचारको अभिव्यक्ति प्रस्तुत गर्ने भएकाले मुक्तक विस्तृत व्याख्याको अणुवत् झिल्को हो र गागरमा सागर अटाउने क्षमता मुक्तकमा हुन्छ र हुनुपर्छ । तीव्रता, कौतूहल, प्रभावोत्पादकता, चमत्कारिकता, वेधकता र रहस्यमूलकता नै मुक्तकको लोकप्रियताका आधार हुन् । वर्तमानको व्यस्त समयमा लामालामा खण्डकाव्य महाकाव्य पढ्ने धैर्यशील पठनसंस्कृति हराउँदै जान थालेका बेला चटनीको स्वाद दिने कवितारूप मुक्तकको महत्ता अझ बढ्दै जाने देखिन्छ । प्रमुख सन्दर्भ सामग्री अज्ञात, कपिल, समालोचनाको सन्दर्भ, चितवन: चितवन साहित्य परिषद्, २०५४ । अधिकारी, हेमाङ्गराज र भट्टराई, बद्रीबिशाल, सम्पा., प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँ: विद्यार्थी प्रकाशन, २०६१ । अब्राम्स, एम्.एच., अ ग्लोसरी अफ लिटेररी टम्र्स, पाँचौ संस्क, दिल्लीः प्रिज्म बुक्स, सन् १९९५ । अभिनव गुप्त, ध्वन्यालोक लोचनटीका, व्याख्या, सत्यव्रत सिंह, वाराणसीः चौखम्बा विद्या भवन, २०२१ । आनन्दवर्धन, ध्वन्यालोक, व्याख्या, आचार्य विश्वेश्वर, वाराणसीः ज्ञानमण्डल लि. २०२८ । आप्टे, वामन शिवराम, संस्कृत हिन्दी कोश,सातौँ संस्क., वाराणसीः नाग प्रकाशन, सन् १९९९ । ओस्बी, इयान, लिटरेचर इन इङ्गलिस, क्याम्ब्रिजः क्याम्ब्रिज युनिभर्सिटी, सन् १९९५ । कडन, जे.ए., सम्पा., डिक्सनरी अफ लिटरेरी टम्र्स एन्ड लिटरेरी थ्योरी, तेस्रो संस्क., लन्डनः पेङ्गुइन ग्रुप, सन् १९९२ । खनाल, शशिधर, मुक्तक परिचय एवम् नेपाली मुक्तक, शिवपुरी सन्देश, (९/२५, २०६०), पृ.२–५ । गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, दोस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०६८ । …………………….., समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौं: पैरवी प्रकाशन, २०६८ । …………………….., उत्तरवर्ती नेपाली समालोचना: केही प्रतिरुप, काठमाडौं, पैरवी प्रकाशन, २०६८ । …………………….., कविताको सैद्धान्तिक विमर्श, काठमाडौं, पाठ्यसामग्री प्रकाशन, २०६९ । घिमिरे, बादल, नेपाली मुक्तकमा मनपरी प्रयोग र प्रस्तुति, भानु (५०/१६७/२०७०), पृ. १३१–१३७ । ……………..,सम्पा., समकालीन नेपाली मुक्तक, काठमाडौं डिकुरा पब्लिकेसन, २०६९ । चापागाईँ, नरेन्द्र, नेपाली मुक्तक कविता: संरचना, प्रवृत्ति र भावी दिशा, रत्न बृहत् समालोचना–प्रायोगिक खण्ड, सम्पा., राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौं: रत्न पुस्तक भण्डार, २०६९ । जोशी, कुमारबहादुर, मुक्तक र समकालीन नेपाली मुक्तक, समकालीन नेपाली मुक्तक, बादल घिमिरे,सम्पा., काठमाडौ: डिकुरा पब्लिकेसन, २०६९, पृ.२९–३३ । दण्डी, काव्यादर्श, टीका., रामचन्द्र मिश्र, वाराणसी: चौखम्बा प्रकाशन, २०३३ । नेपाल, शैलेन्दुप्रकाश, मुक्तक नेपाली परिप्रेक्ष्यमा, समकालीन नेपाली मुक्तक, पूर्ववत् । पराजुली, कृष्णप्रसाद, मुक्तक, नेपाली साहित्यकोश, सम्पा., ईश्वर बराल र अन्य, काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ । पराजुली, मुरारि, समकालीन मुक्तकका प्रवृत्तिहरु, काठमाडौं: भुडीपुराण प्रकाशन, २०६९ । पौडेल, विष्णुप्रसाद, मुक्तक सिद्धान्त र पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखरा: सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, २०६८ । बाल्डिक, च्यारिस, कनसाइन डिक्सनरी अफ लिटेटरी टर्म्स, यु.के: अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् १९९५ । भण्डारी, मुक्तिप्रसाद, सम्पा. समकालीन स्याङ्जाली मुक्तक, स्याङ्जा गजल सङ्गम, २०७० । भामह, काव्यालङ्कार, भाष्य, देवेन्द्रनाथ शर्मा, पटना: विहार राष्ट्रभाषा परिषद्, २०१९ । भुजेल, धनेन्द्र, रुवाईका अन्तर्तलमा नेपाली मुक्तक, समकालीन नेपाली मुक्तक पूर्ववत् । मरफिन, रोज र रे सुप्रिआ, द बेडफोर्ड ग्लोसरी अफ ब्रिटिकल एन्ड लिटेररी टर्म्स, न्युयोर्क: म्याकमिलन प्रेस, सन् १९९८ । लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान, २०६० । वामन, काव्याङ्लकार, सूत्रवृत्ति, व्याख्या, विश्वेश्वर, वाराणसी: चौखम्बा प्रकाशन, २०३३ । विश्वनाथ, साहित्यदर्पण, सम्पा., सत्यव्रत सिंह, वाराणसी: चौखम्बा विद्या भवन, २०२० । वेदव्यास, अग्निपुराणोक्तं अलङ्कारशास्त्रम्, टीका (?), मुम्बई: खेमराज श्रीकृष्ण दास, सन् १९३४ । शर्मा, गोविन्दप्रसाद, सम्पादकीय, प्रयोग, (२/२/६, २०५०) । शर्मा, मोहनराज, समकालीन नेपाली मुक्तक: पहिचानका केही बुँदाहरु, मधुपर्क, (१४÷६–७, २०३८) पृ. १६१–१६४ । ……………….., समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान, २०५५ । शर्मा, सुकुम, मुक्तक: सामान्य टिपोट, समकालीन नेपाली मुक्तक पूर्ववत् । सिग्द्याल, सोमनाथ, साहित्यप्रदीप, विराटनगर: पुस्तक संसार, २०१६ । हेमचन्द्र, काव्यानुशासनम्, टीका, शिवदत्त शर्मा, मुम्बई: खेमराज श्रीकृष्ण दास, सन् १९३४ । (लामाे समयकाे अनुसन्धानबाट तयार गरिएकाे याे कार्यपत्रलाइ पहिलाेपटक साहित्यपाेस्टले सार्वजनिक गरेकाे हाे । कुनै पनि सञ्चारमाध्यमले लिखित अनुमति बिना यसलाइ साभार गर्ने, ताेडमाेड गर्ने वा अंश प्रकाशित गर्ने कार्यमा राेक लगाइएकाे छ ।) \uf02a\uf02a\uf02a #कसरी लेख्ने #प्रा.डा.लक्ष्मणप्रसाद गौतम नेपाली साहित्यका सुशान्त राजपुत: विक्रम पवन परियार गएको साताभर मिडिया, सामाजिक सञ्जाल, व्यक्तिगत कुराकानीमा बलिउड अभिनेता सुशान्त राजपुतको चर्चा चुलिइरह्यो। उनी नातावाद र परिवारवादको शिकार भएका टिप्पणी यत्रतत्र भइरहे। यस्तो बेलामा मलाई भने नेपाली साहित्य क्षेत्रमा कयौँ सुशान्त राजपुतको सम्झना भइरह्यो, जो साहित्य क्षेत्रको संघर्षमा लेखकीय आत्महत्या गर्न बाध्य भइरहेका छन्। जसलाई न समाउने हाँगो छ, न त धाप र धैर्यका लागि थम्थम्याउने हात! नेपाली साहित्यमा केही आत्महत्या निकै विरक्तलाग्दा छन्। खासगरी हास्यव्यंग्यका अप्रतिम उचाइका भैरव अर्याल, प्रतिभाशाली नकुल सिलवाल तथा स्तम्भकार भरत भुर्तेलको आत्महत्याले साहित्य क्षेत्रलाई सधैँ झस्काइरहन्छ। यी नाम कुनै संघर्षशील नवप्रतिभा थिएनन् तर उपेक्षा, संवेदनाहीनता र गुटबन्दीको शिकार अवस्य भएका थिए। यसबाट भन्न सकिन्छ, गुटबन्दी, नातावाद-कृपावादले भर्भराउँदा लेखकको ज्यान त जान्छ नै त्योभन्दा बढी कयौँ सिर्जनाको त्यसले ज्यान लिन्छ। अहिले पनि कयौँ नयाँ पुस्ता यसैको शिकार भइरहेका छन् तर कोही पनि यसबारे बोल्न तयार छैनन्। कयौँ नयाँ पुस्ता उपेक्षा र संवेदनाहीनताको शिकार भएकाले खुलेर लेख्न सकिरहेका छैनन्। एउटा स्वस्थ छलफल, संवाद र वादविवादको वातावरण सिर्जना हुन सकेको छैन। त्यसैले त कुनै अखबार, साहित्यिक पत्रपत्रिका तथा प्रकाशन गृहमा नयाँ पुस्ताले सहज प्रवेश पाउन सकेको छैन, उसका सिर्जनाले बिनापूर्वाग्रही टिप्पणी र धारणा पाउन सकेको छैन। तर यसबारे कोही बोल्न तयार छैनन्। हामीलाई काेही रिसाइदेला र नस्वीकार्ला भन्ने चिन्ता छ । नेपालजस्तो देशमा नातावाद र परिवारवाद अत्यधिक छ। त्यो भन्दा खतरनाक छ, कोटरीवाद। यो कुरा त नेपालमा वितरण गरिने पुरस्कार अझ बढी देखिन्छ। यसै कारण पनि राम्रा साहित्य नेपालमा जन्मिएका छैनन्। आफ्नो दौराको फेर समाउनेले जस्तोसुकै झ्याँस लेखे पनि ‘वाह, दामी, म त हुरूक्कै भएँ’ भनी सस्तो विश्लेषण गरिदिन्छन्। यस्तो प्रवृत्तिले नेपाली साहित्यको स्तर चुलिन्छ? फेरि केही अग्रजहरू यस्ता छन्, जाे नेपाली साहित्यकाे विरासत आफू नै हुँ भन्ने ठान्छन्। आफूले लेखेकाे कविता, कथा, गीत, गजल, मुक्तक नै मानक हो भन्दै खोक्दै हिँड्छन्। तिनको अहंको चुली हेर्दा पनि उदेकै लाग्छ। यस्ताे भनिरहँदा अनुजका कमजाेरी छैनन् भनेकाे हैन । अनुजहरूकाे कमजाेरी त छन्, तर तिनका कमजोरी वस्तुगत आधारमा हुँदैन, सम्बन्धका आधारमा हुन्छ। अनुजहरू पनि कसैको फेरो समातेर हिँड्न पाए सगरमाथाकाे आराेहण नै पाे गरिहाल्छु कि भन्ने भ्रम पनि छ। जति नै राम्राे लेखे पनि स्थान पाउन गाह्राे छ नेपाली साहित्यमा । भनसुन गर्नुपर्ने, सोर्सफाेर्स लगाउनु पर्ने, चाप्लुसी गर्नु पर्ने अवस्था नै छ। तपाईंको कोटरीमा नभएकाहरूलाई दुई शब्द मिठो बोलिदिनुस्। तिनलाई बेवास्ता नगरिदिनुस्। तपाईंका बेवास्ताका कारण नयाँ पुस्ताका कयौँ सिर्जनाले आत्महत्या गरेका छन्, कयौँ सम्भावित लेखकले सधैँका लागि यो क्षेत्र नछिर्ने कसम खाएका छन्। तपाईंकाे समूहमा नभएकालाई पनि सम्मान तवरले बाेलिदिनुस्, नतर्कनुस्। तपाईँहरू भन्नुहुन्छ, राम्राे लेखेपछि नाम अगाडि आइहाल्छ नि ! यसरी कमजाेर व्याख्या नगरिदिनु हाेला। मान्छे हाे जसले पनि आश गर्छ। कुनै दिन तपाईँले पनि आश गर्नु भएकाे थियाे। नबिर्सनु कि कुनै दिन तपाईं पनि यही धरातलमा हुनुहुन्थ्यो। म नेपाली साहित्यलाई राजधानीमा बसेर नियालिरहेकाे छु। जहाँ लेखकले लेखकलाई नै विभेद गरिदिन्छन्। खाेक्राे आदर्श बोकिरहेको पुस्ता देखिरहेको छु, जसको लेखनकाे ताैल अनुज पुस्ताले पनि मज्जाले नापिसकेका छन्। हावामा नेपालकै वरिस्ठे कवि/साहित्यकार नठानिदिनुस्। तपाईं जति नै महान् लेखक भए पनि तपाईंको विचार सडेगलेको छ भने तपाईंलाई साहित्यकार नै मान्न सकिन्न। तपाईं चाप्लुसी र चम्चे बनेर साहित्यलाई आफ्नाे पेवा कति दिन ठान्नुहुन्छ? के याे साहित्य भन्ने जिनिस तपाईंकाे मात्रै हाे ? तपाईंको आँखाले नयाँ पुस्ताका रचनालाई राम्राे देख्नु हुन्न? यस्तो सोचको गुलामबाट साहित्यकाे विकास हुँदैन। यतिसम्म पढिरहँदा मलाई पनि भन्नु हाेला, यसले कुण्ठा पोख्याे तर कुण्ठा नसम्झिनुहाेला। किनकि याे वास्तविकता हाे, कुण्ठा हैन। मलाई तपाईंहरूकाे फेर समातेर, हजुरिया गरेर चिनिनु छैन। म आफ्नै लेखनबाट चिनिने छु। तपाईंहरू जति जना याे लेख पढेर बिच्किनु हुन्छ बिच्किनुस्, तपाईंलाई फरक पर्दैन भने मलाई पनि फरक पर्दैन आवश्यक पर्दैन। जहाँजहाँ प्रतियोगिता हुन्छ त्यहाँ त्यहाँ जज हुने यिनै लेखक हुन् जाे आफूलाई महान् लेखक मानिदिन्छन् । हैन हाै तपाईं अग्रजहरू नै नेपाली साहित्यकाे मानक लेखक हाे र भन्या? तपाईंले जज गर्ने बित्तिकै शक्तिशाली साहित्य हुन्छ र भन्या ? यदि तपाईंको जजमेन्टले उत्कृष्ट मानेकाे रचनाले नेपालकाे प्रतिनिधित्व गर्न सक्दैन भने किन निर्णायक भूमिकामा बस्नु हुन्छ ? साहित्यकाे समालाेचक तपाईं हैन, असल पाठक समालाेचक हुन्। केही अग्रज साहित्यकारहरू छन्, जसले यतिबेला नेपाली साहित्यलाई एक्लै हाँकी रहेकाे महसुस गरिरहेका छन् । साहित्यलाई उमेरले भेदभाव गर्दैन तर नेपाली साहित्यमा भइरहेकाे छ। एकले राम्राे लेख्याे भने आरिस गरिहाल्छन्। कसरी पछाराैँ भनेर याेजना बनाइहाल्छन् । त्यसैले तपाईं उसकाे अनुहार नहेर्नुस्, रचनालाई माया गर्नुस्। उसकाे क्षमता र प्रतिभालाई स्वीकार गरिदिनुस्। तपाईं अग्रजहरूले त्यति गरिदिनु भयाे भने कसैको रचनाले आत्महत्या कसैले गर्दैन। तपाईंभन्दा सानाे भाइबहिनीले तपाईं भन्दा पनि उत्कृष्ट रचना गरेकाे छ भने उसकाे अनुहारकाे रङ नहेरी रचनाकाे मूल्यांकन गरिदिनुस्। कसैकाे रचना कमसल देख्दादेख्दै कसैकाे सेताे तिघ्रा, उठेकाे छाती र फुकेकाे हिप देख्दैमा ‘वाह कविता, आहा कथा’ नभनी दिनुस्। त्यसले साहित्यकाे विकास हुँदैन। अग्रजकै रचना उत्कृष्ट हुन्छ भन्ने कसैलाई लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ। पहिला आफ्नाे मानसिकतालाई वास गर्नुस् अनि मात्रै अरूकाे रचनालाई मूल्यांकन गर्नुस् तब मात्रै तपाईंकाे मूल्यांकन सही हुन सक्छ। जीवन अाराेह अवराेह धेरै गरियाे तर हरेस खाएकाे छैन र कहिल्यै खाँदिनँ पनि। नेपाली साहित्यमा, राष्ट्रिय पत्रिका देखि जुनसुकै मिडियामा पनि नेपाेटिजम लागू भएकाे छ । याे नेपाेटिजमकाे जरा जबसम्म उखेलेर फालिन्न तबसम्म याे समस्या रहिरहनेछ । काेही मुसुक्कै हाँसिदिएकै भरमा कवि भएका छन्, कथाकार भएका छन् । तर जाेसँग दम छ, ऊ पछाडि परिरहेकाे छ । भनौँ, पछाडि धकेलिएका छन् । यस्ताे प्रवृत्ति अझै कति वर्षसम्म चल्ने हाे हेर्नु छ । तपाईं आयाेजना गर्नुहुन्छ अनि फलानाेलाई पुरस्कार दिनुपर्छ आफैँ भन्नु हुन्छ भने किन निर्णायक राख्नु हुन्छ? एकपटक पुरस्कार पाउना साथ अर्काे वर्ष तिनै व्यक्तिलाई किन निर्णायक बनाउनु हुन्छ? पुरस्कार पाउना साथ जज गर्न सक्ने भैसकेका हुन्छछन् ? लेख्नु, समालोचना गर्नु वा मूल्यांकन गर्नु / पढ्नु वा पढाउनु फरक विषय हुन् भन्ने कुराकाे हेक्का किन नभएकाे आयाेजकलाई ? साहित्य केटाकेटीले खेल्ने भाडाकुँडी खेल हाे र ? कम्तिमा आयाेजकले बुझ्नु पर्दैन ? आयाेजकले भनेकै मान्ने साहित्यकारलाई निर्णायक बनाउने चलन किन हट्दैनन् ? के आयाेजककाे यस्ताे कार्यशैलीले साहित्यले विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सक्छ ? नेपालमा चिनिएका साहित्यकारहरू नभएका हुन् ? छन् त हाम्रै आँखा अगाडि ! सुरासुन्दरीहरूकाे पछि लाग्ने केही साहित्यकारहरूले साहित्यलाई फाेहाेर गरिरहेका छन् । हामीले नियाली रहेका छन् । रातारात साहित्यकार बनाइदिन केही पत्रकार केही साहित्यकार लागिपरेका छन् । लाग्नुस्, तपाईंको स्वतन्त्रता हाे तर स्वतन्त्रता हाे भन्दैमा साहित्यलाई दुरुपयोग पनि नगर्नुस् । साहित्यलाई माया गर्नेहरू जति हुनुहुन्छ उहाँहरूले नेपाेटिजम प्रयाेग गर्नु हुनेछैन भन्ने पूर्ण आश गरेकाे छु । नेपाली सहित्य र लेखकलाई तपाईंकाे सही समालोचनाकाे खाँचाे छ तर इग्नाेर हैन । र, अन्तमा के भन्न चाहन्छु भने लेखनमा ग्रुपिजम गर्नुस् / गराैँ तर नेपाेटिजम नगराैँ । आफ्नै छाेराछाेरीले पनि राम्रो लेख्न सकेनन् भने वाह नभनिदिनुस् । वाह ! दामी भन्नाले यात्रा असहज हुन सक्छ । मिहिनेत गरौँ । मिहिनेतकाे फल मिठाे हुन्छ । जय साहित्य !! रामेछाप #विक्रम पवन परियार भानुका कलाकारितामा गणेशका अनेक अवतार: चिसंखुगढी गाउँपालिका ओखलढुंगामा जन्मिएका भानु भट्टराई पहिले पत्रकारिता पढ्न चाहन्थे तर समयले उनलाई सिर्जना कलेज अफ आर्टमा पुर्याइदियो र पढ्न थाले चित्रकला। उनलाई ‘गणेश’माथि विभिन्न प्रयोग गर्न निकै मनपर्छ। उनले विभिन्न माध्यममा सयौँ गणेशका पेन्टिङ, स्केच, ड्रइङ बनाइसकेका छन्। पेन्टिङबाहेक डिजिटल मिडियामा काम गर्न उनलाई रमाइलो लाग्छ। गणेशका चित्र बनाउँदा उनलाई बडो आनन्द आउँछ। उनलाई अलौकिक ऊर्जा पाएको अनुभूत हुन्छ। यस्तो आनन्द उनले अन्त कतै आजसम्म पाएका छैनन्। त्यसैले त उनलाई भगवान् गणेशको मात्र चित्र कोर्न मन लाग्छ। उनी आफ्नो कलाकारितामार्फत गणेशलाई अनेक अवतार दिइरहन्छन्। सानैदेखि कलाकारितामा रूचि राख्ने भट्टराई व्यवसायी पनि हुन् तर उनी व्यावसायिक काम अरूलाई जिम्मा लगाएर कलाकारिताको यात्रामा अनवरत यात्री बनिरहेका छन् । दर्जन बढी बाल पुस्तकमा चित्र भरेका भट्टराई हाल हिमाल मिडियामा कला संयोजकका रूपमा कार्यरत छन् । उनका कला सिर्जना साहित्य पत्रिका मधुपर्कमा पनि बेलाबेलामा प्रकाशित हुने गरेका छन्। प्रस्तुत छ, उनै भट्टराईले क्यानभासमा कोरेका गणेशका अनेक अवतारः #भानु भट्टराई मार्दी हिमाल - कम खर्च, कम समय र कम जोखिममा देखिने स्वर्गको टुक्रो: मार्दी हिमाल ट्रेक जुनसुकै बेला गर्न सकिन्छ तर अक्टोबर र मार्च भने सुविधाजनक यात्रा हुन्छ । यो हिमालको पदयात्रा कम सुनिएको भए पनि असाध्यै सुन्दर पदयात्रा छ । रोचक कुरा के छ भने यो यात्रा अन्य हिमाल जस्तो गाह्रो पनि छैन । खर्चका हिसाबमा पनि यो कम खर्चिलो छ भने समयका हिसाबमा पनि काठमाडौँबाट पाँच दिनको यात्रामा सम्पन्न गर्न सकिन्छ । काठमाडौँबाट पोखरा गएपछि काँडे जाने बस पाइन्छ । पोखरादेखि बागलुङ जाने राजमार्गको बाटोमा पर्छ काडे ।काँडेबाट अष्ट्रेलियन बेस क्याम्पसम्म पैदल यात्रा गर्न पर्छ । यसका लागि औसतमा डेढ घण्टा हिँडेपछि पुगिन्छ । सो रात अष्ट्रेलियन बेस क्याम्पमा बस्दा उपयुक्त हुन्छ । त्यहाँबाट हिमालहरु र पोखरासम्मको दृष्य एकै पटक देखिन्छ भने सूर्योदयले पनि मन हर्छ । अष्ट्रेलियन बेस क्याम्पबाट हिँडेपछि त्यो दिनको बासको लागि फोरेस्ट क्याम्प पुगिन्छ तर अलिक राम्ररी हिँडियो भने रेस्ट क्याम्पसम्म पुग्न सकिन्छ । बास बस्न र खानाका लागि भने फोन गरेर जाँदा सजिलो पर्छ । रेस्ट ग्याम्पसम्म पुग्दै गर्दा बाटो भरी विभिन्न प्राकृतिक सौन्दर्य रसस्वादन गर्न पाइन्छ । रेस्ट ग्याम्पपछि हामी हाइ क्याम्पका लागि यात्रा गर्दछौँ । त्यस बीचमा आउने बादले डाँडा त्यो पदयात्राको अर्को सुन्दर ठाउँ हो । यहाँबाट हाइ क्याम्प जाँदै गर्दा देखिने फूलहरुको दृष्य वास्तवमै पदयात्राको थकान मेटाउने किसिमका हुन्छन् । हाइ क्याम्पबाट २ घण्टा हिँडेपछि भ्यु पोइन्ट पुगिन्छ भने भ्यु पोइन्टबाट २ घण्टाको यात्रामा मार्दी बेस क्याम्प पुगिन्छ । यहाँ प्रयोग भएका सम्पुर्ण तस्विरहरु मोचन भट्टराईले खिचेका हुन् । घुम्न रुचाउने भट्टराई सौखका रुपमा फोटो खिच्ने गर्दछन् । #मार्दी #मोचन भट्टराई मुक्तक प्रतियोगिताको दोस्रो चरण आजैदेखि: हरेक साता गरिने मुक्तक प्रतियोगिताको दोस्रो चरण सुरु भएको छ । गएको सातादेखि सुरु भएको यो खुला प्रतियोगितामा पाठकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरुलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरुको रहोबरमा छानिनेछ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरुलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरुको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपि साहित्यपोस्टमा पढ्न र सुन्न समेत पाइने जनाइएको छ । त्यसैगरि उत्कृष्ट मुक्तकहरु मध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरुलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ । मुक्तकका निर्णायकहरुमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचक मध्ये पर्नुहुन्छ । तेस्रो निर्णायकमा राजन सिलवाल रहनु भएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजनसिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरुमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनु भएको छ । यो साताको तीनवटा विषय यस प्रकार रहेका छन् । पहिलो मुक्तकको विषय नेपालको राजनीति (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तककाे विषय नेपाली नेता (यसलाई छुने जुनसुकै घटना वा विषय) तेस्रो मुक्तककाे विषय नेपाली जनता (यसलाई छुने जुनसुकै विषय वा घटना) नियमहरु — सहभागीहरुले प्रत्येक विषयमा एक–एकवटा गरि तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नविन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्र्रतियोगितामा सामेल गरिने छैन । — यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरुमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुकमा वालमा राखिएका मुक्तकहरु भने स्वीकार गरिने छन् । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भइ अर्को साताको विहीबार असार १८ गते रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन् पहिलो विषय नेपालको राजनीति (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो विषय नेपाली नेता (यसलाई छुने जुनसुकै घटना वा विषय) तेस्रो विषय नेपाली जनता (यसलाई छुने जुनसुकै विषय वा घटना) यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येकको विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ । जे गर्छौ भाषा र साहित्यका लागि गर्छौ, जे गर्छौ मनदेखि गर्छौ लकडाउनमा रवि मिश्रका डिजिटल कलाहरू: पेन्टिङ र धेरै जस्ता विषयहरूका लागि लकडाउन विरक्ति हो । बाहिर कतै निस्किन नपाउँदा, भित्र रहँदा खेल्ने आँधिबेहेरीको विरेचन हो । सेल्फ एक्स्प्रेसन हो । जसमध्ये धेरै विषयहरू मजदुर र दलितका छन् । अरु विषय पनि कोभिड-१९ र लकडाउन आसपासका छन् । कार्टुनका अलावा मैले तीन प्रकारका डिजिटल कला सिर्जना गरेँ पेन्टिङ, इलुस्ट्रेसन र लाइन आर्ट । पेन्टिङमा मैले मेनुअल पेन्टिङमा झैँ ब्रस स्ट्रक र क्यानभाष, टेक्स्चर इफेक्ट दिएको छु । जसले गर्दा त्यो डिजिटल अन स्क्रिन आर्ट होइन क्यानभासमै ब्रस चलाइबनाएको जस्तो देखाउने प्रयास गरेको छु । दोस्रो इलस्ट्रेसन, जसमध्ये केही नयाँ पत्रिकाको लागि बनाएको र केही सेल्स एक्स्प्रेसन त केही खाली समयको उपयोग थियो । तेस्रो लाइन आर्ट थियो । जसमध्ये केही एउटै लाइनले क्वारक्वार कोरेर आकृति नबनाउने प्रयास गरेका क्विक स्केचहरु छन् । केही अलि मिहिनेत गरिएका छन् । चित्रहरू आइप्याडमा बनाइएका हुन् । अडोब फ्रेस्को, प्रोकृयट, स्केचबुक, पेन्टर आदि मैले इन्जोइ गर्ने सफ्टवेर हुन् । (रवि मिश्र नेपालका चिनिएका कार्टुनिस्ट हुन् ।) #रवि मिश्र रोल्पा सुइनाः रोल्पालीका सपनाहरूको संग्रह: खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफेदेखि सगरमाथाको गहिराईसम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो, ‘रोल्पा सुइना’ । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरूभन्दा राम्रो भनेपछि त नपढी धरै पाएन । रमण पनेरु कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केही कृतिभन्दा लेख्ने बढी मन पर्छन् । नवीन विभाषको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरू त हेरिरहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरू युट्युबमा निरन्तर हालिरहन्छन् । जनयुद्धताकाका सांस्कृतिक कार्यक्रमको भिडियोहरू पनि हाली नै रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो । सजिलोगरि भन्दा यी मान्छे मन परे । यिनका प्रयास पनि मन परे । लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्यसम्म पुगेको थिएँ (यदि लाटो पहाड पढ्नुभएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस्, गज्जब हुनेछ । पढिसकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुरुप्रसाद मैनालीका कथा मापनको आधार जस्तै समान हुन सक्दैन । सायद बसन्त बस्नेतको त्यो भिडियोले त्रिशुलीवारिको ‘रोल्पा सुइनामा’ भएको उस्तै अर्को ‘लाटो पहाडको’ कथा बुझ्न पनि मद्दत गर्नेछ ।) मलाई लाग्छ, ‘रोल्पा सुइना’ भूगोल चिनाउन लेखिएको ग्रन्थ हो । ‘रोल्पा सुइना’ एउटा ओझेलमा परेको मानव समाज चिनाउन लेखिएको कथासंग्रह हो । कथासंग्रह पनि के भनौँ, यो एउटा व्यथासंग्रह हो । हामीले नदेखेका दुःख यसमा पढ्न पाइन्छ । मलाई मात्र हो या अरुलाई पनि हो, यो पढिरहँदा परिवेश मनमा रहन्छ दुःख सम्झनामा रहन्छ तर पात्रका नामहरू खासै सम्झनामा रहँदैनन् । पात्र निर्माणमा खासै बल गरेको देखिँदैन । परिवेश नै नायक छ । परिवेश नै खलनायक छ । रोल्पा भन्नेबित्तिकै माओवादीको जन्म थलो भन्ने एक किसिमको छवि जनयुद्धमा हुर्केका र त्यो भोगेकाका मनमा आउँछ । त्यही ठाउँका सुइना (सपना) यो कथासंग्रहमा संग्रहित छन् । सुइना तुहिँदाका गुनासा संग्रहमा संग्रहित छन् । सुइना व्यापारीहरूमाथिको प्रहार संग्रहमा संग्रहित छ । यस्तै प्रशस्त कुराहरू यो कथा संग्रहमा पढ्न सकिन्छ । कथा मात्रै सायद नभेटिएला । इमान्दार भएर भन्नु पर्दा यो पठन त्यति सहज थिएन । यो पढ्दै गर्दा अन्य पुस्तक पनि पढिभ्याएँ । यसका लागि अलि बढी समय लाग्यो । यो परिचित समाजको कथा नभएर होला । यसको भाषा परिचित भाषा नभएर होला । यसका पात्रहरू कोही न कोही जस्ता लागेर होला । खै किन हो यो पठन त्यति सहज भएन । सामान्यतया औषधीका क्याप्सुलहरू तीता हुन्छन् । तर ती क्याप्सुललाई गुलियो पत्रले बेरिएको हुन्छ । मुखमा हाल्न सजिलो होस् र पेटमा जाँदा पत्र गलेर औषधीले काम गरोस् भन्ने धेय हो सायद । ‘रोल्पा सुइना’मा त्यो पत्रको अभाव भने खड्की रह्यो । पात्र निर्माण या कथा भने जस्तो गरेर व्यथा भनेको भए गज्जब हुन्थ्यो । दिपक रौनियारको ‘सेतो सूर्य’ले जस्तो सामान्य घटनालाई अघि सारेर रोल्पा लेखेको भए हुन्थ्या भन्ने लागिरह्यो । फेरि बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य याद आयो । यो हाम्रा मानकमा अटाउन पर्ने कथा होइन कि लाग्यो । अनि गुनासो छोडेँ । मलाई यो पुस्तकको बारेमा प्रतिकृया लेखौँ कि नलेखौँ भएको थियो । नलेखौँ लेखकलाई बाचा जस्तै गरेको थिएँ । लेखौँ भने पुस्तकसँग असहमतीहरू पनि थिए । मलाई यो पुस्तकको तुलना पल्पसा क्याफे र सगरमाथाको गहिराइसँग गर्न मन लागेन । यो फरक हो । यो बरु लाटो पहाड र दमिनी भिरसँग तुलना गर्न मिल्ने पुस्तक हो । बरु यसको तुलना ऐनासँग गर्न सकिन्छ । बरु यसलाई ऐलानीसँग दाँजेर हेर्न सकिन्छ । तर यो ती सबै भन्दा फरक पनि छ । पढ्दापढ्दै रुकुम घटना भयो । त्यसपछि समाज बाँडियो । कसैले किशोरीको उमेर अघि तेस्र्याए । कसैले किशोरीले अनिक्षा गर्दागर्दै बलजफ्ती गर्न जाँदा भएको दुर्घटना भने । यस्तै किसिमको पूर्वाग्रही कुराहरू यत्रतत्र सर्वत्र बाँडियो । यस्तो भनियो कि नेपालमा छुवाछुत नै छैन । अनि याद आए रोल्पा सुइनाका यी पंक्तिहरूः ‘स्हप्पै पइल्या कुरा हुन थालिगो । माउभादी युद्धकालमा माउभादी डरले हो कि करले, याँका बाउन, बाउसाप र हुन्याखान्याले हाम्लाई हेप्न कम भया छियो । अहिले त फेरि हेप्न थाल्या छन्, हामी दलितलाई । हामी दुःखी दाल्द कन हुने केई नाइ । माउभादी फरक हुन्छ भन्या सोच्याका छियौँ । तर, यो पनि याँका बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै भयो’ हो यिनै कुराले मलाई लाग्यो ‘रोल्प सुइना’ पढेर पनि यसका बारेमा लेखिएन भने गलत हुन्छ । यी पंक्तिहरू रुकुम घटनाका हकमा भविष्यवाणी सावित भयो । ‘माउभादी’ पनि ‘बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै’ भए । यसम थप केही लेख्न मन लाग्यो । किताबमा प्रयोग गरिएको खस भाषाले पठन बेलाबेला अप्ठेरो बनाउँछ । हुन त प्रायः ठाउँमा तिनको अर्थ पनि लेखिएको छ । र पनि अर्थ पढ्दै किताब पढ्न अलि लय टुट्छ । यो अरुलाई पनि लाग्न सक्छ । तर सम्झनुपर्ने के हो भने यी रोल्पालीको पनि ‘नेपाली भाषा’ पढ्दा तपाईंलाई उनीहरूको भाषा पढ्दाकै सकस हुन्छ होला ! पठन पाठनदेखि सरकारी कामकाज सबै हुने त नेपालीमै हो । मुलधारमा आइने नै नेपाली भाषाले नै हो । पुस्तक पूरै खस भाषामै भएको भए के म पढ्न आँट्दो हुँ । तर रोल्पालीले औल्यालकै भाषामा भए पनि आफ्ना सपना पछ्याउन छोडेका छैनन् । त्यसैले उनीहरूको नेपाली भाषासँगको संघर्षको सम्मानका खाँतिर पनि यो पठ्दा अप्ठेरो नमान्नूस् । बरु सोच्नूस् उनीहरूलाई नेपाली भाषा कति कठिन हुन्छ होला ? अनि सोच्नूस् उनीहरूको खस भाषा नै नेपालको राष्ट्रिय भाषा भनीभन्दा कति अमिल्दो महसुस हुन्छ होला । नेपाली भाषामा खसको प्रभाव छ । तर त्योभन्दा बढी संकृतको प्रभाव छ । त्योभन्दा बढी हिन्दीका शब्द त्यसमा प्रयोग हुन्छन् । त्यसैले यो पढ्दाको भाषाको कठिनाइलाई पनि काव्यिक न्याय सम्झेर पढिदिनुहोला । यो पढेसँगै लेखकका कवितामा बढी रुचि लागेको छ । उनको निबन्धहरू बरु बढी पढ्ने मन लागेको छ । गैरआख्यानमा बरु रोल्पाका सुइना बढी सुन्दरसँग बुझिन्थे कि भन्ने लागेको छ । मान्ठा डराएको जुग पनि त गैरआख्यान थियो । त्यसले पनि कतिधेरै ‘कथाहरू’ भनेको थियो । त्यसैले कथा निर्माणको सकस लेखकलाई नपरोस्, बरु रोल्पा देखियोस् भन्ने अभिलाष पनि मनमा छ । आशा छ, ती कुराहरू पनि पूरा होलान् । अहिलेलाई पठन सुखद रहोस् भनियो ! जमाक ! ा #रमण पनेरु जेके रोलिङलाई कार्बाही नगरेको भन्दै लेखकले छाडे एजेन्सी: प्रकाशक र लेखकका बीच पुलको काम गर्ने एजेन्सी बेलाबेलामा विवाद आइरहेका हुन्छन्। यस पटक भने लेखिका जेके रोलिङको विवाद साम्य हुने छाँट देखिएको छैन। पछिल्लो पटक उनका कृति प्रकाशन गर्न भूमिका खेल्ने एजेन्सी र अन्य लेखकबीच जेके रोलिङका विषयमा विवाद चुलिएपछि एजेन्सी छाड्ने घोषणा गरेका छन्। यस्तो घोषणा गर्नेमा फक्स फिसर, ड्रयु डेभिस र उग्ला स्टेफनिया क्रिस्टजोनुडटिर जस्ता लेखक रहेका छन्। खासगरी जेके रोलिङले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिएको र सो अभिव्यक्तिले ट्रान्स जेन्डर समुदायलाई गहिरो दुःख पुर्याएको भन्दै ती लेखकले अन्यलाइ साथ दिँदै एजेन्सी छाड्ने निर्णय गरेका हुन्। रोलिङको पछिल्लो बाल उपन्यास ‘इकाबोग’लाई बजारमा ल्याउने क्रम अघि बढाएपछि केही लेखकले एजेन्सीले रोलिङका बारेमा आफ्नो खास धारणा के हो स्पष्ट नपारूञ्जेल काम गर्न नसकिने भन्दै एजेन्सी छाडेको जनाएका छन्। हुन त यी लेखकहरू नाम चलेका भए पनि रोलिङको जत्ति किताब बिक्री नहुने भएकाले ती लेखकले कम्पनी त्यागे पनि कम्पनीको आम्दानीलाइ खासै असर पुर्याउँदैन। आम्दानीको मुख मात्र हेर्ने तर लेखकको विचारको आधार नहेर्ने र लैंगिक अल्पसंख्यकप्रति अनुदार धारणा राख्नेप्रति सहकार्य गर्नेप्रति आफू सँगै हिँड्न नसक्ने भन्दै ती लेखकले एजेन्सी त्यागेको जनाएका हुन्। यसका बारेमा ब्लेयर पार्टनरसिप नामक सो एजेन्सीले भने धारणा व्यक्त गरेको छैन। बरू रोलिङको नयाँ उपन्यास के कसरी बजारमा ल्याउने हो भनी काम अघि बढाइरहेको छ। खासमा भएको के थियो? लेखिका रोलिङले आफ्ना पिताले आफू जन्मने बेलामा छोरा पाउने आशा गरेको र एउटी स्त्रीका रूपमा हुर्कनु पर्नेमा छोराका रूपमा हुर्काएर आफ्नो मूल लिङ्गमाथि हिंसा गरेको भनी लामो निबन्ध लेखेकी थिइन्। सो निबन्ध पनि त्यो विवाद चर्किएपछि लेखेकी थिइन्, जब एउटा कम्पनीले महिलाको अस्तित्व नै नामेट पार्ने हिसाबले एउटा विज्ञापन बनाएको थियो। पिपल हु मेन्सुरेट अर्थात् नछुने हुने मानिस भनी बनाइएको विज्ञापनमा उनले आपत्ति जनाएकी थिइन्। नछुने हुनु महिलाको सबैभन्दा राम्रो प्रक्रिया भएको र पोलिटिक्कली करेक्ट र सभ्य देखिने नाउँमा महिलाकै अस्तित्व नामेट पार्ने कार्य भइरहेको भन्दै ट्वीटरमा टिप्पणी गरेकी थिइन्। सो टिप्पणीपछि फिल्म उद्योगदेखि लैंगिक अल्पसंख्यकहरूले उनको धारणाप्रति चर्को आलोचना गरेका थिए। यस सन्दर्भमा रोलिङको पुस्तक प्रकाशक तथा एजेन्सीले धारणा व्यक्त नगरेको भन्दै पछिल्लो समय लेखकहरूको समूहले एजेन्सी त्यागेको बताएका हुन्। #जेके रोलिङ #ह्यारी पोटर गोपालको गजल: तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो । मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ? मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीको नपाइने समयको निर्मम छल थियो ।। गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति पोको पार्न मखमली तिम्रै सल थियो ।। सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ समस्याको हलमा रमाइलो छलफल थियो ।। #गोपाल खनाल हटाऊँ कुबानी: कहाँ बन्छ नौनी नमथ्दै मदानी कहाँ बन्छ चेष्टा नरच्दै कहानी नबाँधूँ म औँला चलाऊँ सधैँ नै बहाऊँ पसानी फलाऊँ सधैँ नै ।। कहाँ फुल्छ टाँकी हिमाली धरामा कहाँ फल्छ बाली नरोपी गरामा सुहायो कहाँ के म रोपूँ विचारी हटाऊँ म लोसे कुबानी लघारी ।। कहाँ हुन्छ पीडा नघोची छुराले कहाँ बन्छ देसै बनौटे कुराले नपिर्नू नचिर्नू लगाऊँ दबाई सिँगारूँ यो देश कहौँला सवाई ।। कहाँ जाग्छ मेची नपाई इशारा कहाँ हिँड्छ काली नपाई सहारा जगाऊँ हिँडाऊँ पहाडी हिमाली बढाऊँ ल फड्को अगाडी समाली ।। कहाँ हट्छ मैलो नधोई कुवामा कहाँ बढ्छ मीठो नघोटी खुवामा पखालूँ ल घोटूँ सफा स्वादे पार्न नखोजूँ नसोचूँ निराशाले हार्न ।। #सुदेश पन्त सुजानाको सौन्दर्य: अद्भूत सौन्दर्यकी धनी सुजाना उनको पति र छोरासहित आनन्दले जीवन बिताइरहेकी थिइन्। एक दिन सुजानाको गाउँमा न्यायालय चलाउनुपर्ने भयो र त्यसका लागि छिमेक गाउँबाट दुई जना न्यायाधीश आइपुगे। ती दुई जना न्यायाधीश सुजानाको सौन्दर्यबाट यति मुग्ध भए कि उनलाई दिनरात कसरी आफ्नी बनाउने भनेर घोत्लिन थाले। ती दुई न्यायाधीश शक्तिशाली थिए। तिनको वचन भूइँमा पर्न नपाउँदै आदेश कार्यान्वयन हुन्थ्यो। यति शक्तिशाली भएकाले ती न्यायाधीश पनि मैमत्त थिए। एक दिन तिनले देखे- सुजाना कुवामा एक्लै नुहाउँदैछिन्। यही मौकामा उनको सौन्दर्यको आश्वाद लिन उनीहरू कुवामा गए र सुजानासँग जबरजस्ती गर्न थाले। केही लोभ्याए, केही धम्की दिए। ती शक्तिशाली दुई जनाको कुरामा उनी लागिनन्। लाग्न पनि कसरी सक्थिन्? त्यसैले होहल्ला गरिन्। मानिसहरू भेला भए। उल्टै न्यायाधीशले सुजानामाथि आरोप लगाए- यो एउटा पुरूषसँग लहसिँदै थिई, हामीले देखेपछि उल्टै हामीमाथि जबरजस्ती गरिरहेको आरोप लगाउँदैछे। सुजानाले आफू कुनै पुरूषसँग लठारिएको गलत हो भन्दै थिइन् तर कसैले सुनेन। बरू त्यसको साटो पुरूषसँग लठारिएको आरोपमा उनलाई दण्ड सजाय तोके न्यायाधीशले। उनका पतिले पनि ती न्यायाधीशको निर्णयलाई विरोध गर्न सकेनन्। कथाले भन्छ, पछि एक जना ड्यानियल भन्ने व्यक्तिले सुजानाको ज्यान जोगाए। यो कथा बाइबलको हो र कसरी सुजानाको ज्यान जोगियो र ड्यानियलले कुन उपाय लगाए भन्ने कथा अलि लामै छ। हामी त्यता नजाऔँ तर त्यस कथामाथि बनाइएका चित्रहरू हेर्दा म भने सिद्धहस्त हातप्रति नतमस्तक हुन्छु। खासगरी यो चित्र मलाई अति मन पर्छ। कारण, यो चित्र बनाउने चित्रकार पनि महिला हुन्। उनले महिला मनोदशालाई यति मज्जाले उद्बोधित गरेकी छन् कि त्यो तहमा यही तस्बिरमा अरूले ल्याउन सकेका छैनन् भन्ने लाग्छ। यो चित्रकी चित्रकार Artemisia Gentileschi हुन्। सन् १६१० मा उनले यो चित्र बनाएकी थिइन्। उनका बुबा पनि त्यस बखतका चर्चित चित्रकार थिए। उनको पेन्टिङ स्कुलमा अध्ययन गर्न त्यो बेला अनेकन् विद्यार्थीहरू आउँथे। त्यो बेला महिलालाई चित्रकारिता गर्ने छुट थिएन तर प्रभावशाली बुबाको स्नेहले उनले त्यो सुविधा मात्र उपयोग गरिनन्, एउटा कालजयी सिर्जना पनि छोडेर गइन्। यो चित्रको सबैभन्दा ठूलो प्रभाव के भने यो कथालाई उनले पहिलो पटक चित्रमा उतारेकी थिइन्। हुन त बाइबलका कथालाई यसअघिका कयाैँ चित्रकारले महत्त्व दिएका थिए, चित्र बनाएका थिए, तर यो कथालाई यसरी उतारेका भने थिएनन्। आर्टेमिसियाले पहिलो पटक यो कथालाई एउटा स्वरूप दिएकी थिइन्, स्त्री हिंसा र महिलामाथिको यौन शोषणलाई मज्जाले उकेरेकी थिइन्। त्यसैले यो चित्रको विशेष महत्त्व छ। यो चित्र कति शक्तिशाली थियो भने यसपछिका कयाैँ चित्रकारहरूले यसलाई विविध संस्करणमा प्रस्तुत गरेका छन्। एउटा शक्तिशाली चित्रकाे प्रभाव पनि यही हो कि त्यसले अन्य सिर्जनाका लागि अन्य कलाकारलाई उक्साउँछ। आर्टेमिसियाको यो कृतिले पनि सयौँ वर्षसम्म पनि अन्य कलाकारलाई त्यस घटनामाथि चित्रण गर्न उक्साइरह्यो तर त्यो यति शक्तिशाली भने देखिएन। त्यो प्रभाव अन्य चित्रकारले दिन सकेनन्। एउटा कारण चाहिँ स्त्री नेत्रले जे देख्यो, सायद त्यो अन्य पुरूषहरूले देख्न सकेनन्। या यसो भनाैँ, पहिलो चित्र नै यति शसक्त थियो कि त्यसपछिका सिर्जना हामीलाई वा कला समीक्षकहरूलाई त्यो स्तरको प्रभाव छाड्न सकेन। अथवा, त्यो मेरो भ्रम मात्र पनि हुनसक्छ। तपाईंहरूलाई अरू नै केही लागेको पनि हुनसक्छ। त्यसैले मैले सोही भावभूमिमा कोरिएका अन्य चित्रहरू यहाँ प्रस्तुत गरेको छु। यी तस्बिरमध्ये तपाईंलाई कुन मन पर्यो, तल कमेन्ट बक्समा लेख्नुस् है? तपाईंहरूलाई यो कथाको पृष्ठभूमि के थियो भन्ने बुझ्न चाहनुहुन्छ भने तलको युट्युब भिडियोमा क्लिक गरी हेर्नुहोस्ः यसपछि कसले कसरी सुजानाकाे जीवन रक्षा गर्यो त ? बुझ्नका लागि यहाँ यो भिडियो हेर्नुहोस्ः #अदृश्य तैल, जल र विविध विधामा पोखिएको कला: दुई साताअघि मात्र साहित्यपोस्टमा जीवित खड्का मगरकाे सिर्जना मुहारचित्रबारे एउटा रिपोर्ट प्रकाशन भएको थियो। सो रिपोर्ट प्रकाशनपछि उनको मुख्य रूचि नै मुहारचित्र बनाउने हो कि भनी केही साथीभाइलाई लागेको रहेछ र सोहीबारे प्रश्नसमेत गरेछन्। सोही भ्रम निवारण गर्न यस पटक उनले आफ्ना मनोहर सिर्जना साहित्यपोस्टमा पस्किएका छन्। उनी भन्छन्, ‘खासमा मुहारचित्र त पछि थपिएको एउटा रूचि मात्र थियो। मैले पहिलेदेखि नै तैलरङ, जलरङ, एक्रेलिक लगायतका माध्यमबाट चित्र बनाउने प्रयास गरेको थिएँ।’ यहाँ उनले केही छानेका सृजना पहिल्यै बनाएका चित्रमध्येका केही हुन् । चित्र बनाउने क्रममा विभिन्न थरीका चित्रहरूको अनुभव गर्ने उनले प्रयास गरे। फरकफरक माध्यमबाट फरकफरक चित्रहरू बनाउने प्रयासले केही सिक्ने अवसर मिल्दोरहेछ भन्ने उनको अनुभव छ। यस्तै क्रममा, अब्स्ट्र्याक्ट् , सेमी अब्स्ट्र्याक्ट चित्रहरू बनाउने प्रयास पनि उनले गरे। झट्ट हेर्दा यथार्थवादको झल्को दिने खालको तर पूर्ण यथार्थवाद नभएर, अथवा दृश्यहरूको सही ढंगले प्रतिनिधि नगरीकन रङ र भावनाको प्रतीकात्मक प्रयोग र कलात्मक माध्यमको अभिव्यक्ति प्रस्फुटनको प्रयास आफूले गरेको उनी बताउँछन्। तपाईंलाई कस्तो लाग्छ, प्रतिक्रिया पाऊँ है त! #जीवित खड्का मगर आख्यानकार श्रेष्ठलाई पूर्ण-कृष्ण स्मृति साहित्य पुरस्कार: भागीरथी श्रेष्ठ यस वर्षको ‘पूर्ण–कृष्ण स्मृति साहित्य पुरस्कार’ स्थापित साहित्यकार भगिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ। विगत ५० वर्षदेखि आख्यान विधामा कलम चलाइरहेकी श्रेष्ठका एक दर्जन कृति प्रकाशित भएका छन्। श्रेष्ठ यसअघि मैनाली कथा पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसकेकी छन्। उनका ‘मालती’, ‘एउटा यस्तो आकाश’ लगायतका उपन्यास तथा ‘मोहदंश’, ‘विभ्रम’ लगायतका कथासंग्रह प्रकाशित छन्। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ले २०७६ सालमा आफ्ना मातापिता कृष्णकुमारी श्रेष्ठ तथा पूर्णमान श्रेष्ठको स्मृतिमा तीन लाख रुपैयाँ अक्षयकोष राखी स्थापना गरिएको यो पुरस्कारलाई कैलाली जन पुस्तकालय धनगढीले सञ्चालन गर्दै आइरहेको छ। #भगिरथी श्रेष्ठ सालिक र समय: केदार संकेत शताब्दीयौं पुरानो उस्कै छोराले ठड्याएको सालिक ईतिहासले रोपेको सालिक फेरी शताब्दीयौं पश्चात उस्कै नाती नातिनाले उखेल्दो रहेछन् समयले मान्छेलाई हैन मान्छेले समयलाई जिते पछि विश्वकै राम्रा छालाका खातिर पटक पटक संसारमा जुलुस भएर फिँजिदो रहेछ आगो भएर लप्किन्दो रहेछ र बस्दो हरेछ नश्लीय विभेदीकरणको राग रगतको कणकणमा निरन्तर । हिजो मात्र दास व्यापारी एडवर्ड कोलस्टनको सालिक ब्रिस्टलको बन्दरगाहमा बगाएर सेलाए जातिवादी फ्रान्क रिजोको सालिक फिलाडेल्फियाको शहरमा लडाए यस्तै विन्स्टन चर्चिलको सालिक पनि रेसिस्ट भन्दै हिजो झन्डैंले ढालेर थेम्समा फालिदिए ! सवैको प्रतिमा ढलुन् रित्तो प्रतीक ढलुन् विभूतीका समर्पित मूर्ति छन् भने अनन्त सम्म उभी रहुन् । इतिहासले भनिरहेछ कि सालिक बन्नु भनेको पुन: मृत्यु स्वीकार्नु हो । जुग जुग सम्म बाचिरहन त युग युग सम्म उभिरहन त दर्शनको चन्दन घोट्नु पर्दोरहेछ । खै: कहिले मरे प्लेटो कहिले मरे डेरिडा ? पिकासो र भिन्सिको कुचिलाई सोध्नु छ मैले एकदिन । भारत र नेपालको नेपाली भाषा: तुलनात्मक दृष्टि: रूपरेखा – नवीन पौड्याल भाषाको प्रकृति र प्रवृत्ति – भाषा मानिसको एउटा ठुलो सम्पत्ति हो। यसकै माध्यमबाट मानिसले आफ्नो भाव, विचार विनिमय गर्छ। मानिसले आफनो भावलाई बोलेर तथा लेखेर अभिव्यक्ति गर्छ। भाषा परिवर्तशील वस्तु हो। यो नित्य परिवर्तनको मार्गमा हिँडिरहेको हुन्छ। भाषा खासगरी आर्जित सम्पत्ति हो जो परिवेश र अनुकरणले सिकाउँछ। नेपाली भाषाको सामान्य परिचयात्मक अध्ययन – नेपाली भाषा एक समृद्धशाली भाषा हो। यो लगभग एक हजार वर्ष अघिदेखि प्रचलनमा आएको एउटा जीवन्त भाषा हो। यसका वक्ताहरू मुख्य गरी नेपाल र भारतमा रहेका छन् भने विश्वका केही देशहरूमा छरिएर बसेका छन्। नेपालको राष्ट्रभाषा, नेपाली गोर्खाली समाजको साझा भाषा, यता भारतका लगभग करोड गोर्खालीको मातृभाषा, भारतको संवैधानिक राष्ट्रभाषाको रूपमा रहेको छ। विश्वमा नेपाली भाषाको विस्तार र विकास बढ्दो देखिन्छ। युरोप अमेरिका, दक्षिणपूर्व एशिया र मध्य एशियामा नेपाली साहित्यिक सङ्गठनहरूको उपस्थिति र अस्तित्व देखिनाले अब यो भाषा विश्वव्यापी बन्ने क्रम देखिन्छ। नेपाली भाषाको मूलस्रोत संस्कृत हो। नेपाली भाषा यसकै परिधिमा रहिआएको छ। संस्कृतको लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै यसको उत्पत्ति भएको देखिन्छ। संस्कृतबाहेक यसमा अन्य भाषागत स्रोत पनि ग्रहण गर्दैआएको छ। गङ्गोत्रीबाट उत्पन्न भएको मूल गङ्गा नदीमा अरू नदीहरू मिसिदै मिसिदै विशाल गङ्गा बनेझैं संस्कृतको मूलबाट बनिएको नेपाली भाषामा अन्य भाषाहरू पनि मिसिदै मिसिदै एउटा विशाल नेपाली भाषा विकसित भएको छ। संस्कृतबाहेक नेपाली भाषा छिमेकी भाषाहरू, आफ्नै जात-गोष्ठीका भाषा, युरोपेली भाषा र अरब-ईरानेली भाषाहरूबाट पनि शब्दादि ग्रहण गरी एउटा समृद्धशाली भाषा बनेको छ। यद्यपि जहाँबाट र जसरी उत्पत्ति भए पनि, जहाँबाट ग्रहण गरे पनि पनि यसको आफ्नै वर्ण व्यवस्था, वियाकरणिक विशेषता र मौलिकता रहेका छन्। हाम्रो उच्चारण पद्धति, लय र बलाघात प्रणाली आफ्नै किसिमको छ। भारतमा नेपाली भाषाको अस्तित्व – भारतमा नेपाली भाषाको वक्ताहरूको उपस्थिति पनि दुई सय वर्षदेखि प्रचलित छ। दार्जिलिङमा नेपालीभाषी भाषिका र नेपाली भाषाको भाषिका – विश्वमा नेपाली भाषा एउटै छ। यसको मानक स्वरूप, व्याकरण एउटै छन्। यद्यपि एउटै व्याकरण व्यवस्था र मानक भए तापनि वक्ताहरूको बोल्ने शैली भने ठाउँ विशेषको केही भिन्नाभिन्नै छ। नेपाली भाषा आफ्ना भाषिकाहरूले भरिपूर्ण भएको एक सुसम्पन्न भाषा हो। यसको व्याकरणगत मूल आत्म एउटै छ तर बाहिरी स्वरूप भने ठाउँ-ठाउँ विशेषको केही फरक देखिन्छ। नेपालका विभिन्न जिल्ला र अञ्चलमा पनि नेपाली भाषा एकै खालको भेटिन्न। बोल्ने तरिका, शैली, वक्ताको शारीरिक, मानसिक, शैक्षणिक, सामाजिक स्तर अनुरूपको बोली हुनाले भाषागत व्यापकता परिलक्षित हुन्छ। नेपाली भाषाको जति पनि भाषिका सर्वेक्षण भए ती जम्मै नेपालकेन्द्रित रहेका छन्। यद्यपि नेपाल र भारत दुवैतर्फ मिलाएर भाषिक सर्वेक्षण भएको छैन। बालकृष्ण पोखरेल आदिले भारतको नेपाली भाषिकालाई एउटै गोर्खाली उपभाषिका भनेर टुङ्ग्याएका छन् भने चूडामणि बन्धु, देवीप्रसाद गौतम लगायतको अध्येताहरूले पनि भारतको नेपाली भाषालाई नेपालको पूर्वीय नेपाली भाषिकाभित्र गाभेका छन्। यी विद्वानहरूको उक्त सर्वेक्षण र मतले भारतका दार्जिलिङ-सिक्किम, असम, देहरादुन आदितिर सबैलाई समेट्न सक्दैन। चूडामणि बन्धुले पश्चिमी भाषिका समूह, मध्य भाषिका समूह र पूर्वीय भाषिका समूहझैं भारतका विभिन्न प्रान्तमा बोलिने नेपाली भाषालाई पनि यसरी नै तीनवटा भाषिका समूहमा वर्गीकरण गर्न सकिन्छ। भारतमा बोलिने नेपाली भाषाका निम्ति अलग्गै अर्को निम्न किसिमले भाषिका निर्धारण गर्न सकिन्छ- पश्चिमाञ्चल भाषिका समूह – यस समूह देहरादून, भाक्सू, नैनीताल, दिल्ली, राँची आदितिर बोलिन्छ। यो समूह धेरै मात्रामा हिन्दीसित प्रभावित छ। मध्यमाञ्चल भाषिका समूह – यस मध्यमाञ्चल समूहमा दार्जिलिङ – सिक्किम, डुवर्स आदि प्रान्त पर्छन्। यी क्षेत्रको सम्पर्क भाषाका रूपमा नेपाली भाषा प्रचलित छ। यस भाषिका क्षेत्रमा एकातिर अंग्रेजी भाषाको प्रभाव र अर्कातिर अन्य छिमेकी भाषाहरूको प्रभाव देखिन्छ। यसमा अंग्रेजीका पछि हिन्दी, बाङ्ला र हाम्रा जात-गोष्ठीका भोट हिमाली वर्गका भाषाहरूको प्रभाव पनि देख्न-सुन्न पाइन्छ। पूर्वाञ्चल भाषिका समूह – पूर्वाञ्चल भाषिका समूहभित्र असमलगायत पूर्वाञ्चलका विभिन्न प्रान्तमा बोलिन्छ। यस समूह बढी असमीय भाषाबाट प्रभावित भएको पाइन्छ। असमे नेपालीहरू छपडीमा कुँयेरको खेती गर्दै गाखिर पनि निकाली बेबसाइ गर्छन्। सारले आज टान प्रश्न सोधो भनी गुनासो गर्छन्। नेपालको नेपाली भाषा र भारतको नेपाली भाषा – भारत र नेपालको नेपाली भाषा एउटै हो। नेपालको राष्ट्रभाषा नेपाली भएकाले प्रायः देशभरि बोलिने, लेखिने र सरकारी कामकाजको भाषाको रूपमा रहेको छ। यता भारतमा भने दार्जिलिङको पहाडी अञ्चलको सरकारी कामकाजको भाषा र सिक्किम राज्यको सरकारी मान्यताप्राप्त प्रमुख भाषाको रूपमा नेपाली भाषा रहेको छ। दार्जिलिङ र सिक्किमको प्रमुख भाषा, सम्पर्कको भाषा र चलनचल्तीको भाषा र पठन पाठनको भाषाको रूपमा पाइन्छ। दार्जिलिङको पहाडी अञ्चलका सबै विद्यालय र महाविद्यालयमा नेपाली भाषाको पठनपाठन हुन्छ भने धेरैवटा विद्यालयमा माध्यमको रूपमा पनि नेपाली पाइन्छ। कोशीय तुलना – नेपाली भाषा एउटै भए तापनि केही भाषिकागत भेदका आधारमा भिन्नता छुट्याउन सकिन्छ। केही शब्दहरूको मूल अर्थ एउटै भए तापनि भारत र नेपालको नेपालीभन्दा भारतको नेपाली शब्दको अर्थ भिन्नै देखिने गरेको पाइन्छ। ओर्लनु- झर्नु सकिनु- तुर्नु वर्णगत तुलना – नेपाल र भारतको नेपाली भाषा एउटै हुनाले दुवैतिरका वर्ण समान छन्। दुवैतिरका वर्ण तुलना गर्दा खासै फरक देखिन्न। यद्यपि य़ता भारतका शिशु कक्षामा वर्णमाला सिकाउँदा अहिलेसम्म ड़ ढ़ वर्णहरू सिकाइन्छ। हिन्दी वर्णमालामा यी तलथोप्ली ड़ र ढ़ रहेका छन्। भाषिक व्यवस्था वक्ताको इच्छामा निर्भर हुन्छ भन्ने मान्यता छ। पानी, मान्छे, घर भन्नु यी वस्तु र शब्द र वर्णमा केही सम्बन्ध छैन। वक्ताले मानेर ल्याएको मात्र हो। यसकै आधारमा हेर्नु हो भने यता दार्जीलिङ- सिक्किमका नेपाली भाषी समुदायलाई यदि ड़ र ढ़ प्रयोग गर्ने अभ्यास, सुविधा, अनुकूल र इच्छा रहेको छ भने यी दुई वर्ण स्वतः रहन्छन्। तलथोप्ली ड़ र ढ़ पदादिमा नआए पनि पदमध्य र पदान्तमा स्पष्ट परिलक्षित हुन्छन्। नेपाल र भारत (भारतको असममा तलथोप्ली ड़ र ढ़ बिनाको नेपाली वर्णमाला चलनमा छ) मा शब्दप्रयोग- नेपाल – भारत डाँडा- डाँड़ा डाडु- डाड़ु काँढा- काँढ़ा भड्डु- भड़डु गड्याङगुडुङ- गड़याङगुड़ुङ बडी- बड़ी वाक्यगत तुलना – कथ्यस्तरमा वाक्यको तहमा नै नेपाल र भारतको बोलीको भिन्नता छुट्टिन खोज्छ। नेपालका अधिकांश वक्ताहरूले केही व्याकरणिक नियम पालन गरेर बोल्न सक्छन्। संख्या नेपाल भारत १. अब हामी जान्छौं आबो हामी जान्छ। २. मैले काम सकेको छुइनँ। मैले काम नतुरी छ। ३. अब म जान्छु। आबो मो जान्छ। ४. आमा घर जानुभो। आमा घर गयो। ५. हामीले सबै खाना खायौं। हामीले डल्लै खाना खायो ६. गाउँमा कुकुर भुके। गाउँमा कुकुरहरू भुक्यो। ७. साथीहरू घर फर्किए। साथीहरू घर फर्कियो। ८. उहाँले योगदान दिनुभएको थियो। उहाँले योगदान दिएका थिएछ। ९. तपाईंले खाना खानुभो? तपाईंले खाना खायो? कथ्यगत तुलना – कथ्यको तहमा भने नेपाल र भारतको नेपाली भाषिका स्पष्ट छुट्टिन्छ। बोलीको तान, लय, शैलीदेखि लिएर व्याकरणगत सबै तहमा भाषिकागत भेद छुट्टिन्छन्। व्याकरणिक कोटिका रूपमा रहेका लिङ्ग, वचन, पुरूष, आदर, कारक आदिमा भारतको कथ्य स्पष्ट देखिन्छ। ९.१. आदर प्रयोगगत तुलना- आदर नेपाल भारत तँ तँ बजार जान्छस्। तों बजार जान्छस्। तिमी तिमी बजार जान्छौ। तिमी बजार जान्छ। तपाईं तपाईं बजार जानुहुन्छ। तोंपाई बजार जान्छ। उनी उनी बजार जान्छन्। उनी बजार जानुहुन्छ। उहाँ उहाँले राम्रो काम गर्नुभयो। उहाँले राम्रो काम गर्\u200dयो। ९.२. लिङ्ग प्रयोगगत तुलना- लिङ्ग नेपाल भारत पुलिङ राजु बजार गयो। राजु बजार गयो। स्त्रीलिङ तारा बजार गईन्। तारा बजार गयो। स्त्रीलिङ दिदी बजार गईन दिदी बजार गयो। पुलिङ रूखबाट पात झर्\u200dयो। रूखबाट पात झर्\u200dयो। ९.३. वचनगत तुलना – वचन नेपाल भारत एकवचन म बजार जान्छु। म बजार जान्छु। एकवचन तिमी बजार जान्छौ। तिमी बजार जान्छौ। एकवचन ऊ बजार जान्छ। ऊ बजार जान्छ। बहुवचन हामी बजार जान्छौं। हामेरू बजार जान्छ। बहुवचन तिमीहरू बजार जान्छौ। तिमारू बजार जान्छ। बहुवचन उनीहरू बजार जान्छन्। उनारू बजार जान्छ। ९.४. पुरूषगत तुलना – प्रथम पुरूष म बजार जान्छु। म बजार जान्छ प्रथम पुरूष हामी बाजार जान्छौं। हामी बजार जान्छ। द्वितीय पुरूष तिमी बजार जान्छौ। तिमी बजार जान्छ। द्वितीय पुरूष तिमीहरू बजार जान्छौ। तिमारू बजार जान्छ। तृतीय पुरूष ऊ बजार जान्छ। ऊ बजार जान्छ। तृतीय पुरूष उनीहरू बजार जान्छन्। उनारू बजार जान्छ। कालगत तहमा – भूतकाल हिजो हामी बजार गयौं। हिज हामी बजार गयो। वर्तमानकाल आज हामी बजार जाँदैछौं। आज हामी बजार जाँदैछ। भविष्यत्\u200cकाल भोलि हामी बजार जानेछौं। भोलि हामी बजार जान्छ। भारतको नेपाली भाषा र नेपाली भाषा – बेलायती अंग्रेजी र अमेरिकी अंग्रेजी समान? भारतको नेपाली र नेपालको नेपाली भाषा भनेको अमेरिकी र बेलायती अंग्रेजीसरह होइन। ती दुई भाषा पनि प्रायः एकै हुन्। यद्यपि अमेरिकाले बेलायतबाट आफूलाई भिन्न बनाउन- देखाउनु निम्ति त्यही अंग्रेजीलाई भाँचभुच पारेर, छोट्याएर, सरल बनाएर अमेरिकी बनाएको छ। बेलायतको अंग्रेजी व्याकरणिक शुद्ध, शास्त्रीयोन्मुख, औपचारिक हुन्छ भने अमेरिकी अंग्रेजी भने व्याकरणिक नियममा ध्यान नदिएको, नयाँपन, अनौपचारिक हुन्छ। हिज्जेगत र उच्चारणगत सरलता अमेरिकी अंग्रेजी हो। हाम्रोमा त्यो स्थिति पनि छैन। नेपाल र भारतको प्रायः नेपाली भाषा एउटै छ। कथ्यको तहमा मानक नेपालदेखि केही पर जस्तो देखिए तापनि भारत लेख्य तहमा भने भारत र नेपाल छुट्टिदैन। अमेरिकी सिकागो विश्वविद्यालय र बेलायती अक्सफोर्ड विश्वविद्यालयले आ-आफ्नो भाषागत वर्षविन्यास निर्धारण गर्ने जस्तो हाम्रो स्थिति छैन। यता भारतको नेपाली भाषाको निम्ति त्रिभुवन विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्गाल विश्वविद्यालय र सिक्किम विश्वविद्यालय बराबरी छन्, उत्तिकै मानक केन्द्र बनेका छन्। भारतमा नेपाली भाषाको स्थिति – भारतमा विशेषगरी दार्जिलिङ सिक्किममा एक प्रकारको नेपाली भाषा विकसित भएको छ। माथि उल्लेखित व्याकरणिक त्रुटिहरू देखा पर्नुका पछि केही सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक कारणहरू रहेका छन्। प्रथमतः यहाँ सबै जातको फुलबारी भएकाले सबैको मिश्रित भाषिक प्रभावले गर्दा यहाँको कथ्य नेपाली भाषा व्याकरणबद्ध भएको छैन। अंग्रेजी विद्यालयको प्रभावको कारण पनि नेपाली भाषा बढी अमानक बोलिनु थालिएको हो। यदि कसैले शुद्ध नेपाली भाषा बोले समाजले यो मान्छे नेपालबाट आएको ठान्छ कि भन्ने संकोचको मनोवैज्ञानिक पृष्ठभूमि पनि हुनसक्छ। यसो हुँदो शुद्ध बोल्न जान्नेले पनि जबर्जस्ती आफ्नो भाषा बिगार्ने गरेको पनि पाइन्छ। कतिपय समाचार पत्रतिर देखिएको भाषिक त्रुटि भाषागत दक्ष सम्पादक, संवाददाता वा स्तम्भ लेखकको भाषिक कमजोरी हुन्छ। विद्यालयतिर दक्ष नेपाली भाषा शिक्षकको कमी, व्याकरण पढाइमा उदासीनता र लापरवाही आदिले पनि नेपाली भाषी वक्ताहरूमा व्याकरणिक त्रुटि भएको हुन्छ। दार्जिलिङ- डुवर्सतिर बसोबासो गर्ने अधिकाङ्श मानिसहरू विशेषगरी चियाकमानहरूबाट एकप्रकारको भाषिक व्यवस्था सिर्जित भएको देखिन्छ। चियाकमानसित सम्बद्ध वस्तु, व्यवस्था-प्रणाली, बढी मिश्रित समाज आदिका कारण अमानक बोलिने गरिन्छ। यता दार्जिलिङ-सिक्किमबाट प्रकाशित पुस्तकहरू वा लेखोट आदिमा देखिएका केही भाषिक त्रुटि पनि प्रभाव हो। निष्कर्ष – नेपाली भाषा एउटै छ। संसारमा जहाँ गए पनि भए पनि नेपाली भाषाको मूल स्वरूप एउटै छ, आत्म एउटै बनावट एउटै छ। नेपाली भाषा एउटै हो। नेपाल र भारतको नेपाली अलगअलग नभएर एउटै हो। भाषिका प्रयोगका दृष्टिले मात्र केही फरक छन्। यद्यपि कथ्यगत फरक हुन्। सामान्य रूपमा देखिएका लेख्यगत पार्थक्य भने व्याकरणिक र भाषिक ज्ञानको अभावको कारण हो। #नवीन पाैड्याल बन्दाबन्दीले अड्किएका नेपालयका नयाँ पुस्तक अब बजारमा: बन्दाबन्दी (लकडाउन) पछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीमा पठाउने निर्णय गरेको छ । गत अप्रिल महिनामा नेपालयले एक प्रेस विज्ञप्तिमार्फत् महामारीका कारण आफ्ना प्रकाशित पुस्तकहरू सार्बजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको जानकारी गराएको थियो । लकडाउनको गाम्भीर्यता सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’ लाई सिधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ । “बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकका बारेमा प्रसस्त जिज्ञासाहरू आइरहेका छन् । अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,” पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्, ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले ‘परित्यक्ता’ पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं । यो किताब गतवर्ष नै प्रकाशित भएको हो, तर माहामारीका कारणले सार्वजनिक हुन पाएको थिएन ।” “ परित्यक्ता” एकालाप शैलीमा बाधिएको कृति हो । यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ; जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे; समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गर्छ । सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा सँग्रहहरू प्रकाशित छन् । ढुंगाना विपि कोइराला साहित्यिक सम्मान लगायत विभिन्न पुरस्कारबाट अलंकृत भइसकेकी छिन् । ‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुशी भएकी छु,’ लेखक ढुंगानाले भनिन्; ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ‘ ढुंगानाले खुशी व्यक्त गरिन् । ‘यो पुस्तकले नेपाली समाजमा व्याप्त पहिचान र लिङगका बारेमा विद्यमान तर्कको संवादमा नयाँ आयाम थप्नेछ । ढुंगानाको पुस्तकले लिंगको निर्धारित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको छ,’ पब्लिकेसन नेपालयकी सम्पादक भूषिता वशिष्ठले पुस्तकको वैचारिक पक्षलाई औल्याइन् । ‘यो संक्षिप्त कृतिले अंगालेको गेयात्मक कथ्य शैलीले नेपाली साहित्यिक जगतलाई नौलो पनको अनुभूति प्रदान गर्नेछ,‘ पुस्तकको शैलीमाथि भूषिताको टिप्पणी थियो । नेपालयले केही दिन पहिले ‘ई-बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउनका निम्ति सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक भइसकेका छन् । ‘एकल अध्याय अथवा ‘सिङ्गल च्याप्टर’ सार्वजनिक गर्ने यो नयाँ प्रयोगलाई प्राप्त भएका सकारात्मक प्रतिक्रियाले हामीलाई निकै खुशी बनाएको छ,’ नेपालयकी सैजन मास्केले जानकारी गराइन् । भुवन ढुंगानाको परित्यक्ता नेपाली बजारका निम्ति रु. २७५ मा उपलब्ध छ । पुस्तक देशका सबै पुस्तक पसलहरूमा उपलब्ध गराइएको छ र ‘थुप्रै’मार्फत् ‘ई-बुक’को रुपमा पनि प्राप्त गर्न सकिन्छ । साथै अनलाइन बिक्रेता ‘अमेजन’ मार्फत् संसारभरका पाठकले यो पुस्तक प्राप्त गर्न सक्छन् । #नेपालय शिव अधिकारी बिनाको सुनसान सुरुची टोल: गोबिन्द गिरीको साहित्य निर्माता नेपाली साहित्यको इतिहासमा २०३९ सालमा घटित २ वटा विशेष घटना मेरा लागि विशेष स्मरणीय छन् । यौटा घटना हो, नेपाली यौन मनोविज्ञान साहित्यका प्रवर्तक साहित्यकार विश्वेशवर कोइरालाको निधन । अर्को हो, नेपाली साहित्य जगतमा कोसेढुङ्गा स्थापना गर्न समर्थ साहित्यिक पत्रिका साझा प्रकाशनबाट प्रकाशनको आरम्भ । गरिमा पत्रिकाका परिकल्पनाकार तत्कालीन साझा प्रकाशनका अध्यक्ष कवि क्षेत्रप्रताप अधिकारी थिए । गरिमा नामाकरण उनैको प्रस्तावलाई कार्यान्वयन गर्दै भएको थियो । गोविन्द गिरी प्रेरणा गरिमा पत्रिका प्रकाशनको निर्णय भएपछि यसका लागि सम्पादक नियुक्त हेतु खुल्ला विज्ञापन गरियो । साझा प्रकाशनमा कार्यरत कर्मचारी र बाहिरका सबैले प्रतिष्पर्धा गर्न मिल्ने थियो । साझा प्रकाशनमा कार्यरत कवि शिव अधिकारी त्यो पदका लागि दावेदार भए र आवेदन गरे । वासु रिमाल यात्रीको साहित्यिक पत्रिका विदेहका सम्पादकको रूपमा काम गरिरहेका हुनाले साहित्यिक पत्रिका सम्पादनको अनुभव भएकाले उनी दह्रो उम्मेदवार थिए । उनी गरिमाको सम्पादक हुनेमा ढुक्कै थिए । तर क्षेत्रप्रताप अधिकारीको रोजाइमा उनी पर्न सकेनन् । सम्भवत उनको कार्यशैली र कर्मचारीगत कतिपय कुरा उनलाई मन नपरेको हुँदो हो वा अरू कसैप्रति बढी रोजाइको झुकाव हुँदो हो । त्यो अरू कोही थिए, पाटन क्याम्पसमा अध्यापन गर्ने, सडक कविता क्रान्तिका एक सहभागी कवि विष्णुविभू घिमिरे । यो नियुक्ति प्रकरणले शिव अधिकारीले आफ्नो स्वाभिमानमा धक्का पुगेको अनुभव गरे र उनले साझा प्रकाशनको साविकको पदबाट राजीनामा गरे । कुरा त्यतिमा रोकिएन । शिव अधिकारीले यो प्रकरणको विरोधमा पर्चा छापेर नयाँ सडक पीपलबोटमा वितरणसमेत गरे । यो उनको जीवनको टर्निङ पोइण्ट अर्थात् महत्वपूर्ण मोड सावित भयो । त्यो थियो उनको जागिरे जीवनको समाप्ति तथा स्वतन्त्र व्यावसायिक उद्यमि जीवनको आरम्भ । उनकी श्रीमती कवयित्री सरला विष्टका नाममा प्रकाशित लेखिका थिइन् । उनी राष्ट्रिय बाणिज्य बैङ्कमा काम गर्थिन् र त्यहीं कार्यरत कथाकार तथा दीपिका साहित्यिक मासिकका सम्पादक हरिशङ्कर अमात्यले प्रकाशित गरिदिएका थिए उनको कविता सङ्ग्रह “आकास बेली”, तर शिव अधिकारीको भने त्यतिबेलासम्म कुनै पुस्तक प्रकाशित भएको थिएन । झन् भएको जागिर छाडेपछि उनको आर्थिक अवस्था राम्रो थिएन । तर जागिर छोडेको केही समयपछि उनले आफैंले पहिलो कविता सङ्ग्रह प्रकाशित गरेका थिए “दिगन्त सारथी”, र आफैंले झोलामा राखेर साथी भाइहरूलाई बेचेका थिए । उनले यसै बीच पत्रकारितामा हात हाले र त्यसैलाई अघि बढाए । नेपाली काङ्ग्रेस निकट उनले ‘प्रो काङ्ग्रेस’ पत्रकारिता गरे । उनले शुरुमा ‘सुरुचि’ नामक खबर पत्रिका प्रकाशन गरेका थिए, पाक्षिक रूपमा | जसलाई उनले पछि दैनिक बनाए र अन्तमा साप्ताहिक बनाए | र सुरुचि नै शिव अधिकारीको पहिचान बन्यो, ब्राण्ड बन्यो । सुरुचि पाक्षिकका प्रकाशक स्वयम् थिए | सुरूचि दैनिकका प्रकाशक ‘सुरुचि प्रकाशन प्रालि’ थियो भने सुरुचि साप्ताहिकको प्रकाशक ‘सुरुचि प्रकाशन सहकारी संस्था लि.’ थियो । चालिसको दशकको साप्ताहिक पत्रपत्रिकाको रजगजको बेला सुरुचि थोरै सङ्ख्याका धेरै पढिने पत्रिकाको रूपमा प्रख्यात भयो । यस बीचमा उनको साहित्यिक लेखनले पनि गति लियो । उनी कवितामा मात्र सीमित भएनन् । उपन्यासहरू लेखे, पुँशचली, चेष्टा, आखेट । उनको “आखेट” उपन्यास निकै रुचाइएको थियो । उनले नाटक पनि लेखे । ईश्वर बरालको नेतृत्वको बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले उनको नाटक मञ्चन गर्यो र पुस्तकसमेत प्रकाशित गर्यो । तासको जामा र अरू तीन नाटक, त्रासदी मुद्राहरू, सिंहासन उनका प्रकाशित नाट्य कृतिहरू हुन् । उनी काङ्ग्रेसको दुई खेमामध्ये एक खेमामा थिए । उनी कम्युनिष्टलाई त यसै उसै पनि कोर्रा हान्ने शैलीमा कटाक्ष गर्थे, काङ्ग्रसकै विपरित खेमालाई पनि दोहोलो काढ्ने गरी आक्रामक लेखहरू लेख्थे । आफ्नै पत्रिकामा उनले लेख्ने कोलम एकदमै मन पराउनेहरूको एक जमात थियो भने पटक्कै मन नपराउनेको जमात पनि थियो । मन पराउने मानिसहरूहरूले उनको गद्य शैली, शब्द प्रयोग र ठेटिलो प्रस्तुति स्वाद मानेर पढ्ने गर्थे । मन नपर्नेहरूले पूर्वाग्रही, एकपक्षिय भनेर नाक खुम्च्याउँथे । पान उनको अम्मल थियो र हिन्दीमा कुरा गर्नु उनको अर्को रमाइलो पक्ष थियो । शिव अधिकार पछिल्लो समयमा शिव अधिकारीले नेपालका खान्दानी राणाहरूको परिवारका कथाहरू आफ्नो कोलममा पस्किन थालेका थिए । उनले त्यस स्तम्भ मार्फत राणाहरूको रोचक जीवन कथा र नयाँ तथ्यहरू पस्कँदै आएका थिए र एकपल्ट उनले मसँग भनेका थिए, “शुरुमा रुट पहिल्याउन गाह्रो भो, अब त झन्झन् रोचक कुराहरू र नयाँ नयाँ पात्रहरू लाइनमा छन् । पछि यसलाई पुस्तकको रूपमा निकाल्नु पर्छ ।” उनले लेख्दै गए, तर त्यसको पुस्तक निकाल्ने कार्ययोजना सफल नहुँदै उनी बितेकाले त्यो उनको किताब निकाल्ने सपना अधूरो नै रह्यो । ती रचनाहरू अखबारका पानाहरूमा इतिहास बनेर रहे । कहिलेकाहीं उनको राजनीतिक आशक्तिले बढी मुण्टो उठाउँदा एकप्रकारको एकलकाटे कुरा लेखिदिन पनि नहिच्किचाउने स्वभाव उनको कमजोरी थियो । नेपाली पुस्तक प्रकाशनको इतिहासमै सबभन्दा बढी आलोचित र विवादास्पद पुस्तक “आजका नेपाली कविता” को चौतर्फी आलोचना भयो, जसलाई मोहन कोइरालाले सम्पादन गरेका थिए र निकै विवादपछि प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको थियो, नकारात्मक प्रकाशकीयसहित । कालिप्रसाद रिजाल जस्ता कवि र डा.केशव प्रसाद उपाध्याय जस्ता समालोचकले समेत आलोचना लेख छपाए । तर शिव अधिकारी एक्लैले मोहन कोइरालाको पक्षमा लेख्दा धेरैले त्यो लेखलाई रुचाएका थिएनन् । शिव अधिकारीले आफ्नो आस्थाको राजनीतिको नेताको हिसाबले विश्वेश्वर प्रसाद कोइरालाको जीवनीमूलक पुस्तक पनि लेखे र रत्न पुस्तक भण्डारबाट त्यो प्रकाशित भयो । यौटा लेखक कुन रचनाले कालान्तरसम्म चिनिन्छ, त्यो हम्मेसी अनुमान गर्न गाह्रो नै हुन्छ । एक सय एक महत्वपूर्ण, विद्वत्तापूर्ण रचना लेख्ने लेखक पनि अर्कै रचनाको ढाडमा टड्कारो बाँचिदिन्छन् । महाकवि देवकोटाले लेखेका सुलोचना, शाकुन्तल जस्ता महाकाव्य स्तरीयताको हिसाबले उच्च महत्वको छ, तर लोकप्रियतामा र जनप्रियतामा मुनामदनले सबैलाई उछिन्यो । महाकवि देवकोटा र मुनामदन पर्यायवाची बने । सुलोचना बनेन । शाकुन्तल बनेन । शिव अधिकारी कुन रचनाले चिनिएलान् ? कुन पुस्तकले उनको परिचय लामो समयसम्म बोक्ला ? त्यो भन्न मुस्किल छ । उनले गीति रचना एकदमै नगण्य गरेका छन् । उनलाई गीतकारको रूपमा चिनाउनु एकप्रकारको व्यङ्ग्य जस्तो पनि देखिएला । तर उनले लेखेको र योगेश बैद्यले गाएको एउटै गीत उनलाई कालान्तरसम्म चिनाउने रचना बन्ने हो कि भन्ने म अनुमान गर्दछु । उनको त्यो गीत कालजयी छ । कर्णप्रिय छ । त्यस गीतले बोकेको भाव सार्वकालीक छ । त्यो गीतका शब्दहरू यस प्रकार रहेका छन्: सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ जनम जनम नफुल्ने आँखा दिएर जाऊ एक सुर वाँसुरीको विन्ती सुनेर जाऊ सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ छन् प्रेमका निशाना दिलमा मिटाइ जाऊ एकलासको चितामा बत्ती निभाइ जाऊ सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ नातिकाजीको संगीतमा योगेश वीद्यले गाएको यो गीत चीरकालसम्म बाँचिरहने विश्वास लिन सकिन्छ । उनले लेखेका र प्रकाशित पुस्तक एकाधबाहेक हजारप्रति छापिएका हुन्, ती पनि अझै कतिपय पुस्तक पसल वा उनको घरमा पनि भेटिएलान्। तर यो गीतले यी हरफहरू लेखिरहँदासम्म २ लाख ३२ हजार श्रोता पाइसकेको छ । अल्पायुमै यो धरती छाडेका शिवले अनन्त आकाशबाट ती २ लाख ३२ हजार श्रोताहरूलाई कृतज्ञता जाहेर गरिरहेका होलान् । बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको सामुन्नेको काठमाडौं भक्तपुर राजमार्गको दक्षिणमा यौटा गल्ली छ, जसको नाम हो, सुरुचि मार्ग । यो मार्गको नामाकरण शिव अधिकारीकै पहलमा भएको थियो, जुन टोलमा उनको घर थियो । एकपल्ट नेपाल भरि नै सडकको नामाकरणको लहर चलेको थियो । कतिले आफ्नै नाउँमा सडकको नाम राख्ने पहल गरे, गराए । कतिले आफ्ना पिता माताको नाम उज्यालो बनाउन नामाकरण ग\u200dरे । शिव अधिकारीले भने आफ्नो “ब्रेन चाइल्ड” सुरुचि पत्रिकाको नामबाट त्यो टोलको नामका लागि पहल गरे । त्यो घरमा एक विहान शिव अधिकारीलाई भेटेको र सरला भाउजुको हातबाट अन्तिमपल्ट चिया पिएको मीठो सम्झना अझै ताजा छ, चिसो चिसो मौसमको बेला । त्यतिबेला अहिले जस्तो हुलहुाल थिएन त्यो टोलमा । घरहरू पनि जोडिइसकेका थिएनन् । तर अहिले त्यो घरमा शिव अधिकारी भेटिन्नन् । उनको देहान्त भएको लामो समय भइसकेको छ । शरला भाउजू पनि अध्यात्म मार्गमा लागेर भारतको दिल्लीमा बस्न थालेको लामै समय भइसकेको छ । छोरीहरूले पनि आमालाई साथ दिएका छन् । फगत् सुरुचि टोल सुनसान छ, रित्तो रित्तो छ, ‘सुरुचि टोल’ नामाकरण गर्ने शिव अधिकारीको अनुपस्थितिमा । २६ जून २०२०, बृन्दावन, भारत । #गोविन्द गिरी प्रेरणा उभिएर संगमनिर: बिहानको एघार बजिसकेको छ हामी नगरकोबिल पुग्दा । भोक पनि लागिसकेको छ निकै । बिहान पाँचै बजे छोडेका हौं त्रिवेन्द्रमको होटेल । कालो चिया पिउनु भन्दा बाहेक अरू केही उपलब्ध भएन बिहानबिहानै होटेलमा । सात बजे त हिंडेको हो रेल त्रिवेन्द्रमबाट । रेलमा हल्काफुल्का खानेकुरा खाए पनि पेट भरिने आडिलो नास्ता भने केही पाइएन । यिर्बानीका पोका देखेर नखाँदै हुडुल्किएर आएको थियो पेट । त्रिवेन्द्रमबाट दक्षिणपूर्व दिशातर्फ मुख बनाएर कुदेको हो हामी चढेको रेल । केरलको त्रिवेन्द्रमबाट तामिलनाडुको नगरकोबिल पुग्न चार घण्टा लाग्यो । यो बाटो पनि प्रकृतिले सुन्दर प्रकारले सिंगारेको रहेछ । जङ्गल, फाँट, बस्ती, खेत, शहर, नदी र सागरका अनुपम दृश्यहरूले चार घण्टाको यात्रालाई रमाइलो बनाइरहे । बाटोमा समुद्रका खण्डखण्ड जस्ता लाग्ने पानीका थुप्रै दहहरू पार ग¥यौं । विशाल जलराशीको माथिमाथि लामालामा पुल धेरै ठाउँमा पार ग¥यौं । कतै साँगुरा पुलमाथि साँगुरै गरी कुद्यो अजङ्गको रेल । नरिवल र केराका खेतीले मन लोभिइरह्यो । सुपारी, ताडका विरुवा र काँडेदार बुट्टयानहरू देखिए कतै कतै । रेलको झ्यालबाट कहिले दायाँ, कहिले वायाँ पोखिदैरहे आँखाहरू । तीव्रगतिमा दुगुरिइरहेको रेल भन्दा झन् तीव्र गतिमा दुगुरिरहे कुतुहल बोकेका अाँखा पनि । खगेन्द्र गिरि ‘कोपिला’ तमिलनाडु र केरलको सिमाना कहाँनिर हो? थाहै पाउन सकिएन । दुवै प्रान्तको जनजीवन, रहनसहन, खानपिन, भाषा, अक्षरका आकार, मौसम र भूगोल उस्तैउस्तै लाग्यो । फरक छन् केवल ठाउँका नाम र नामपाटीहरू । बिहानीपखको शान्त वातावरण नखल्बलिदै हामी पुगिहाल्यौं नगरकोबिल । ‘केही खाऊँ न है’, मसिनो स्वरमा बोलिन् बुनु । वान्ता आउँछ भनेर रेलमा चियाभन्दा बाहेक अरू केही खाइनन् उनले । अहिले आफ्नो भोक रोक्न सकिरहेकी छैनन् । खान त मलाई पनि मन नलागेको कहाँ हो र? तर वरपर कतै देखिएनन् खानेकुरा पाउने पसल । बुनुको आग्रहलाई नसुनेको जस्तै गरी हिडिरहेँ म । नगरकोबिलको रेल्वे स्टेशनको भीड छिचोलेर बाहिर आयौं । स्वामीज्यू कन्याकुमारी जाने सवारी साधन बुझ्न लाग्नु भो म भने खाने ठाउँ खोज्न लागेँ । बाटो वरपर पनि खाउँजस्तो केही देखिएन । टन्न भात रोटी खान पाए हुन्थ्यो भन्ने लागिरहेको छ तर यता केही देखिएन खानेजस्तो । भोकाएर तातिएको मनमा चिसो पस्यो । दिनभरि भोकै बस्नु पर्ने पो हो कि? आफूले बोकेका गृह कोसेली पनि सकिइसकेका छन् । एक ठाउँमा काक्रो देखिएपछि नखाइरहन सकिएन । यताका काक्रोको स्वाद हाम्रोतिरको जस्तो लागेन । बाटोमा फेरि नरिवल देखिए । फेरि लोभियो मन । नरिवलको रस र सेतो गुदी खाएपछि टन्न भैहाल्यो पेट । यहाँबाट सिधै दक्षिण दिशाको कन्याकुमारी पुग्न अरू बीस किलोमिटर कुद्नु छ अझै । सबै साधन पाइँदारहेछन् तर टेम्पो रोज्यौं हामीले । ग्रामीण भेग देखिन थाले बाटो वरपर । देव्रेतिर कालाकाला ढुङ्गा थुपारेजस्ता होचाहोचा पहाड देखिए । वरिपरि समतल खेतको बीचमा उभिएका यी पहाडहरू कतैबाट यहाँ ल्याएर थपक्क राखिएका शिवलिङ्गजस्तै लाग्दा रहेछन् । ‘प्राकृतिक स्तुप हुन् कि क्या हो?’ कुतुहल पोखियो मेरो मुखबाट । ‘दक्षिण भारतमा मन्दिरभित्र देखिने ठूलाठूला ढुङ्गाका मूर्तीहरू यस्तै पहाड काटेर बनाइएका होलान्’ निर्मलस्वामी अनुमान गर्न लाग्नु भो । ‘मन्दिर बनाएर उब्रिएका हुन् कि क्या हो यी ढुङ्गाहरू?’ बुनुले लगाइन् आफ्नै पाराको अनुमान । हुन पनि हो, पुरै पहाड नै एउटा सिङ्गो ढुङ्गोजस्तो दखिन्छ । यस्ता ढुङ्गालाई जहाँनिरबाट जसरी काटेर जुन आकृतिमा ढाले पनि भयो । ढुङ्गाको आकार जति ठूलो भए पनि मान्छेको सीपको अगाडि केही लाग्दैन । आफ्नो स्वरूप फेरेर कलाकारले चाहेको आकारमा बदलिनै पर्छ । नगरकोविलबाट आधा घण्टा कुदेपछि पुग्यौं कन्याकुमारी । बस्ने कोठा त स्वामीज्युले रामकृष्ण मिशनको आश्रममा फोनबाट नै बुक गराईसक्नु भएको छ । यो आश्रम त्यति सफा र सुविधासम्पन्न नभए पनि हिन्दी बोल्ने स्टाफ भएकोले केही सहज लाग्यो हामीलाई । आश्रमको तातो भात, पातलो दाल र आलुको तरकारीले भोक मात्रै मेटेन, धेरै दिनदेखिको खानाको तिर्खा पनि मेटाइदियो । कन्याकुमारी भारतको सबैभन्दा दक्षिणी कुनो हो । यसलाई पहिले केप कोमोरिन भनिन्थ्यो, यहाँबाट सोझै दक्षिणतिर फर्केर हेर्दा हिन्द महासागर देखिन्छ भने दायाँतिर अरब सागर र देब्रेतिर बंगालको खाडी पर्दछ । ‘कन्याकुमारीको पहिलो दर्शन कन्याकुमारी मन्दिरबाट शुरु ग¥यौं । पार्वतीको कन्या रूप मानिदोरहेछ यो मन्दिरलाई । माता पार्वतीले कन्याको रूपमा जन्म लिएर वाणासूर भन्ने राक्षसको वध गरेको हुनाले कन्याकुमारीको नाममा पुजित भएको मान्यता रहेछ । ‘श्रावणी शक्तिपीठम् भनिने यो मन्दिर बाउन्न ओटा शक्तिपीठहरू मध्ये एक हो’ मन्दिरका एक जना पुजारीले टुटेफुटेको हिन्दीमा भने । यसको बास्तुकला पनि ठ्याक्कै पद्मनाभ मन्दिरकै जस्तो हो तर उभन्दा यो धेरै सानो लाग्यो । मन्दिरमा मूर्ती, भित्ता, गोपुर र पर्खालहरूको आकार सबैमा द्रविड बास्तुकला छरिएको छ । हुन त धेरै छन् कन्याकुमारीमा हेर्ने ठाउँ तर सामुद्रिक जलकलालाई नै मानिदोरहेछ यहाँको मुख्य आकर्षण । थानुमलयम् मन्दिर, भगवती अम्मन मन्दिर, सनसेट भ्यूप्वाइन्ट, थीरपरप्पु वाटरफल्स र पदमनाभनपुर दरवार पनि यहाँका प्रकृति र कला झल्काउने आर्कषक धरोहर हुन् तर कन्याकुमारीको सामुद्रिक सौन्दर्यले लोभिएका धेरैजसो पर्यटकहरू यहाँ पुग्न बिर्सिदारहेछन् । हिन्दु र कृस्चियनको सङ्ख्या बराबरजस्तै भएपनि चर्चहरू धेरै देखिए यहाँ । दुई तले पदमनाभनपुरम् दरवार, पहलिो नजरमा दरवारभन्दा पनि कसैको पुरानो घरजस्तो लाग्यो । भवनका खपडावाला छतहरू कुनै दई तले छन् भने कुनै एक तले छन् । दरवारको वरिपरि न कुनै किल्ला देखियो, न कुनै पर्खाल । साधारण घरजस्तो लाग्ने यो दरवार त मुगल वादशाह र राजस्थानका किल्लामय दरवारको अगाडि झुपडीजस्तो नै ठानें मैले । दरवारको भित्री साजसज्जा र कलाको सङ्ग्रह भने भरिपूर्ण नै हो । अन्यत्रका राजाहरूका विपरित दक्षिण भारतका हिन्दु राजाहरूले दरवारभन्दा मन्दिरलाई बनाएका रहेछन् भव्य । त्रिवेन्द्रमको कनकक्कुन्नु दरवार र यो दरवार परिसरमा डुल्दै गर्दा मनमनमा भनिरहेँ म । आँखाअगाडि फैलियो विशाल समुद्रको जल सौन्दर्य । जहाँसम्म दृष्टि पुग्छ त्यहाँसम्म छ पानी नै पानी । आँखाले हेर्न सकिने छेउ र अझ त्यो भन्दा परको क्षितिजसम्म टम्म भरिएको छ पानी । नीलो रङको पानी दौडिदै छाल बनेर आउँछ र समुद्रको किनारमा सुतेका ढुङ्गाहरूसंग ठोक्किएर सेतो फिंज बनेर फर्किन्छ । समुद्री किनाराका काला ढुङ्गाहरू क्षणक्षणमैं समुद्रको पानीले नुहाएर झन् काला बनेका छन् । पानीको निरन्तर बदलिइरहेको यस दृश्यले आश्चर्यचकित बनाइ रह्यो आँखालाई । आकाशबाट सूर्यले तिखो वाण हानेझैं प्रहार गरिरहेको छ तेजिला किरणहरू । बतासिइरहेको समुद्री हावाको अगाडि निस्तेज बनेका छन् यी किरणहरू जतिसुकै तेजिला भए पनि । हावाले जिस्क्याएजस्तो गरिरहन्छ चञ्चल जललाई । शान्त तटहरू समुद्रको जलकला हेरेरै तृप्त छन् । आँखाले एकै ठाउँमा रोकिन मानेको छैन । मनले एउटै दृश्यमा थपक्क अडिन सकेको छैन । समुद्रका छालहरू आफ्नै लयमा सुसेलीरहेका छन् । छालहरूको भाषा विचित्र छ । समुद्रको यो चञ्चलताजस्तै समुद्री किनाराका वालुवा र ढुङ्गाहरूको मौनता पनि पढि नसक्नु छ । केप कोमोरोनको छेउछाउमा साना ठूला डुङ्गा र स्टिमरहरूको भीड देख्यौं । चढ्ने र उत्रिनेहरूको खलबलले पनि जित्न सकेको छैन पानीको छलछललाई । ‘जाऊँ चारबजे बन्द भै हाल्छ रे पारि जान’ कहाँबाट जानकारी बटुली हाल्नु भो स्वामीज्यूले । ‘साँझ हेरौंला यो जलकला त’ उहाँले हतार गराउनु भएपछि उठ्नु परिहाल्यो । लामो लाइनमा बिस्तारै हाम्रो पालो आयो स्टिमर चढ्ने । ठूलो स्टिमरमा हल्लिदैहल्लिदै पारि ग¥यौं । केप कोमोरिनको पारिपट्टि समुद्रको बीचमा दुईटा साना टापु देखिए । एउटा टापुमा स्वामी विवेकानन्द स्मारक छ भने अर्को टापुमा तमिल महाकविको विशाल ढुङ्गे प्रतिमा छ । मण्डप भएको स्मारक बढीमा एक एकड जत्रो होला । अर्को टापु भने त्यो भन्दा पनि सानो छ । स्टिमरले लगेर स्मारक भएको टापुको छेउमा उतारिदियो । यसलाई टापु भनौं कि समुद्रको बीचमा बसेको चट्टानी ढिस्को भनौं अलमलमा परेँ म । ढिस्कोमाथि बनाइएको स्मारकभरि रातो र कालो रङका शंखमरमरका अनेक आकृतिहरू बनेका छन् । कलाको सुन्दर टुक्रा यो टापुमा ल्याएर राखेजस्तो लाग्यो । स्मारकको भुइँ खण्डखण्ड पारेर सजाइएको छ । अनेक फूल र ससाना बोट पनि छन् । बाटोको बीचका खण्डखण्डमा हरियो दुबो सजाइएको छ तर त्यहाँ टेकेर, फूल टिपेर बिगारेका छैनन् कसैले पनि । ‘आत्थु कस्तो पोल्यो !’ भुइँ, पर्खाल, पटाङ्गिनी, पेटी र बस्ने बेन्चहरू सबै रातो शंखमरमरले बनेका छन् । दिउँसोको प्रचण्ड घामले निकै तातिएका छन् सबै । पदमार्गमा ओछ्याइएका चट्टानका टुक्रा र शंखमरमरहरू पनि रनक्क तातिएका छन् । जुत्ता चप्पल स्टीमरबाट ओर्लिने बित्तिकै खोल्न लगाएका थिए । नाङ्गै खुट्टा हिड्दै छौं हामी । रापिलो घामले सोझै आएर गाला र निधारमा डामिरहेको छ । तातिएको पदमार्गमा खालीखुट्टा हिड्न निकै गाहारो भो । रनक्क रन्किएका छन् पइतला पनि । मभने समुद्रको शीतल हावाको मृदु स्पर्शले लट्ठ परेको छु । यहाँका कलात्मक आकृतिहरूले हृदयमा अनौंठो झङ्कार थपिरहेका छन् । ‘थाह नपाए जस्तो गरेर ध्यानमा मन लगाउँदै हिड्यो भने खुट्टा तातो भुईँले पोले पनि थाह हुन्न’ अलि आध्यात्मिक पाराले मेरो आतुरतालाई व्यङ्ग हानिन् बुनुले । ‘म त ध्यान गर्न मात्र होइन घुम्न पनि त आएको हुँ नि यहाँ’ । स्मारकको वरिपरिको परिक्रमापथमा थुप्रिएको छ मान्छेको भीड । फोटो खिच्नेहरूको भीडमा मिसियौं हामी पनि । परपर फैलिएको समुद्रका छालहरूलाई पृष्ठभागमा पारेर केही फोटो खिच्यौं । उत्तरपट्टिको बस्तीलाई पछाडि पारेर पनि केही फोटो खिच्यौं, भिडियो बनायौं । क्यामेरामा अटाउन नसकेका स्मृतिहरूलाई मनको क्यामेरामा कैद ग¥यौं । स्मारकको बिचैमा अग्लो चुच्चो ढिस्कोजस्तो ठाउँमा मन्दिरजस्तै देखिने मण्डप छ । रातो छत र काला शंखमरमरको जग भएको त्यस मण्डपमा उक्लियौं हामी पनि । स्वामी विवेकानन्दको ध्यानस्थ मुद्राको ठूलो प्रतिमा देखियो । भित्रपट्टिको वातावरण एकदमै शान्त छ । मौन छन् सबै । कोही ध्यान पनि गरिरहेका छन् । त्यहाँको स्निग्ध वातावरणले शीतलियो मन पनि । आफै बन्द भए आँखा । तातिएको शरीर एकाएक सेलाएजस्तो भयो । बुनु पनि आँखा बन्द गरी ध्यानस्थ बनेर आफैमा डुबेकी छन् । निहुरियौं, ढोक्यौं, श्रद्धाका अञ्जुली चढायौं । जतिसुकै चञ्चल मान्छे आए पनि यहाँ मौन भई हाल्दारेछ । यहाँको मौनतामा छुट्टै शक्ति भेटियो । एक सय पच्चिस वर्षजति अघि स्वामी विवेकानन्दले आएर यही निर्जन टापुमा तीन दिन ध्यान गर्नु भएको थियो रे । उहाँकै सम्झना र सम्मानमा बनाइएको रहेछ यो स्मारक । विवेकानन्द रक मेमोरियल भन्दा रहेछन् यस स्मारकलाई । सन् १९६२ मा बन्न शुरु भएर १९७० मा तयार भएको जनाउ दिईरहेको छ शिलापट्टले । यो स्मारकबाट छेवैको अर्को टापुमा जान फेरि चढ्नु प¥यो अर्को स्टिमर । मैले त्यो कुनै ऋषिको मुर्ती होला भनेको त त्यो त तामिल भाषाका महाकवि थिरुवल्लुवरको मुर्ती पो रहेछ । टाढाबाट हेर्दा लामा दाडि पालेका ती महाकवि हाम्रा कवि शिरोमणी लेखनाथ पौडेलजस्तै लागे । कवि शिरोमणिलाई सम्झिएर यी महाकविलाई पनि ढोगेँ मैले । राजा स्वदेशमा मात्रै पुजिन्छन् कवि त विदेशमा पनि पुजिन्छन् भन्ने उक्तिको सम्झना आयो मनमा । यी महाकवि थिरुवल्लुवरको आकृति त कविभन्दा पनि ऋषिको जस्तै लागिरहेको छ । हुन त एक अर्कासंग जोडिन—जोडिन खोजेको जस्तो देखिन्छन् यी दुबै टापुहरू । पहिले जोडिएर बिस्तारै छुट्टिन—छुट्टिन खोजेको जस्तो पनि लाग्दछन् । वल्लो ढुङ्गोबाट पल्लो ढुङ्गामा फाल हालेर पनि वारिपारि गर्न सकिएला जस्तो लाग्छ । समुद्रका ढुङ्गाहरू निकै चिप्लो हुने भएकोले त्यसरी जान भने दिंइदो रहेनछ । ‘पुल बनाए पनि हुँदो हो नि’, गुनुगनु गर्दै छन् बुनु । महाकविको मूर्ती भएको टापु अलि साँगुरो लाग्यो । पुरै टापुलाई छोपेर त्यो विशाल मुर्ती उभ्याइएको रहेछ आकाशै छुने गरि । १३३ फिट अग्लो छ रहेछ यो मुर्ती । पुरै टापु नै छोपेर ठडिएको योे मुर्ती कसरी बनाइयो होला? यत्रा पत्थरहरू कहाँबाट ल्याइए होलान् यहाँ ? अनेक प्रश्नहरू उर्लिए मनमा । मानवद्वारा निर्मित भौतिक बस्तुले मानवलाई नै आश्चर्यमा पारिदिन्छन् । सन् १९९० मा बन्न शुरु भएर १९९९ मा पुरा भएको रहेछ यो मुर्तीको निर्माण । मूर्ती राखिएको मण्डपको भित्रभित्रै सिढी चढेर निकै माथिसम्म पुग्यौं । त्यहाँ मुर्तीको वरिपरि परिक्रमा गर्ने फराकिलो बार्दली बनाइएको रहेछ । बार्दलीबाट पनि परपरको महासागरका उन्मुक्त लहरहरू हेरिरह्यौं निकै बेर । समुद्रको नीलो पानीका छालहरू मुर्तीको मुन्तिरको भागमा ठोक्किएर उतै फर्किने गर्छन् । नीलो पानी एकैछिनमा सेतो रङमा बदलिएको दृश्यले मोहित बनाइरह्यो मनलाई । खरानी रङको पत्थर ताछेर बनाइएको छ यो मुर्ती । ‘यो अन्य कुनै पनि कविका निर्मित मुर्तीहरू मध्ये संसारको सबैभन्दा ठूलो मूर्ती हो’ एकजना मान्छे जानकारी गराउँदै छन् एउटा समूहलाई । तीन घण्टाको समय यी दुईओटा टापुको परिभ्रमणमा बितेको पत्तै भएन । सागरको शीतल बतासले सुसुलिरहेकै छ । हामीलाई फर्किन बोलाईहाल्यो स्टिमरले । स्टिमरमा एक जना बृद्धवयका स्वामीज्यूसंग एउटै सिटमा परियो । आन्ध्रप्रदेशबाट आउनु भएको रहेछ उहाँ । परिचय भो । श्रद्धापूर्वक ढोग्यौं उहाँलाई । हामीले नेपालबाट आएको भनेपछि निकै स्नेह पोख्नु भो । स्वामी ब्रहमानन्द सरस्वती रहेछ उहाँको नाम । कन्याकुमारी भारतमात्र होइन समग्र आर्याव्रतको पनि दक्षिणी पुछार हो । एकजना महान सन्त र महान कविको ज्ञान र प्रतिभाको संयुक्त स्पन्दन मगमगाइरहेको छ यहाँको सङ्लो बतासमा मिसिएर । यहाँको अनन्त आकाश र अनन्त सागर संयुक्त रूपमा साक्षी बनिरहेका छन् ती सन्त र कविका विराट गाथाको । छचल्किदै रहेको पानी पल्टाइरहेको छ त्यही गाथाका पानाहरू । भाभातुराई बीचमा देखिए नरिवलै नरिवल बेचिरहेका ठेलाहरू । हरिया र पहेंला नरिवलका थुप्राले फेरि मन लोभिई हाल्यो । नरिवलको रस पिएपछि अरू कुरा खाने, पिउने, भोक, तिर्खा मेटिंदोरहेछ । समुद्रकिनारमा टहलिने तिर्खा भने अझैं मेटिएको छैन । भाभातुराई बीचको वालुवामा हिड्यौं, बस्यौं, पल्टियौं, किनारैकिनार गान्धी मण्डप गयौं । अनि फक्र्यौ त्यही बाटो । ‘आम्मै झोला खै नि?’, एकाएक चिच्याइन् बुनु । ‘ओ हो कहाँ छुटे छ !’, विस्मित भएँ म पनि । खैरो रङको एउटा सानो झोला पिठ्युमा बोकेको थिएँ मैले । परिचयपत्र, टिकेट, चश्माको खोल, चार्जर, एअरफोन, बिस्कुट र मिनरलको वाटरको बोतल हुन्थ्यो त्यसमा । फोटो खिच्ने बेलामा एकछिन कतै राख्थेँ अनि बोकी हाल्थेँ । खै कहाँ बोक्न छुट्टयो? बिलौना र गनगन गर्न लागिन् बुनु । म पनि चिन्तित भएँ निकै । ‘अघि रक मेमोरियलबाट फर्किदा त साथैमा थियो, सायद नरिवल पिउने ठाउँमा छुट्टयो कि?’ ‘जाऊँ त्यतै खोजी हेरौं, भेटिइहाल्छ कि’, स्वामीज्यूका वाणिले अलिकति भरोसा जगायो । जताजता डुलेका थियौं त्यतैत्यतैका ठाउँहरूमा आँखा ओछ्याउँदै हिड्न थाल्यौं । नभन्दै झोला त समुद्री किनारको एउटा पर्खालमा टक्क बसिरहेको भेटियो । यो ठाउँमा आएर फोटो खिचेको, समुद्रछेउका चिप्ला ढुङ्गामाथि उफ्रिदै हामीले ओहोरदोहोर गरेको त एकघण्टा भन्दा बढी भैसकेको थियो । हराएको झोला भेटिनुको खुसी त छँदै थियो, यतिन्जेलसम्म पनि यस्तो हुलमुलमा एक्लो झोला जहाँको त्यही रहिरहेको भेटिनु पनि हाम्रोलागि आश्चर्यको विषय नै बन्यो । साँच्चै आज त हामी कहाँ आएका छौं? के गर्दैछौं? कहाँ हिड्दै छौं? भन्ने कुरा पनि बिर्सिएजस्तै भएका छौं । केही अरू पनि हेरौं, केही खाउँ र केही किनी पनि हालौं भनेर शहरभित्र पनि पस्यौं तर आँखालाई त्यही समुद्री किनारले तानीरह्यो । मनलाई त्यही समुद्री कुतुहलले बोलाइरह्यो । ‘चुल्हो सम्झि घरै फर्की आएस्’ भनेर चुल्होको माथिमाथि घुमाएको बिरालो जति टाढा पुगे पनि फर्केर त्यही चुल्होको नजिक घुस्रिन आइहाल्छ’ भन्ने आहान चरितार्थ भएजस्तै भएको छ आज हामीमाथि । अन्यत्र अडिनै मानेन मनले । स्वचालित यन्त्रजस्तै भए पइतलाहरू । पुगि हाले त्यही समुद्री किनारमा । समय घर्किरहेको छ आफ्नै लयमा । निरन्तर चलिरहेको छ समुद्रका जललहरहरूको चित्रकारी । सूर्य दक्षिण—पश्चिम दिशाको नैर्ऋत्य कोणतिर ढल्किदै गर्दा समुद्र पनि आफ्नो रङ बदल्न लाग्यो । दिनभरि हेरेको उही समुद्र, दिनभरि डुलेको उही तट बिस्तारबिस्तारैै अर्कैअर्कै रङले नुहाउन लागे । प्रकृतिको बिस्मयकारी परिवर्तन आफ्नै अगाडि प्रकट भएर नयन आवर्तन गरिरहेको छ । यो बदलिदै गरेको रङलाई के भनुँ? रातो भनुँ कि, स्वर्णिम भनुँ कि? कलेजी भनुँ कि? या गेरु रङ भनुँ ? प्रश्न मनमा खेल्दानखेल्दै आँखा अगाडिको रङले अर्को रङ फेरिसकेको हुन्छ । यता सहरलाई अँध्यारोले घेर्दै गर्दा उता समुद्र झन्झन् पहँेलिदै छ । आगोको भर्भराउँदो गोलो डल्लोलाई आँआँआँ गरेर पानीले बिस्तारै निल्दै गरेको दृश्यलाई निर्मिमेष हेरिरहे यी आँखाले । विष्मित भै रह्यो मन । उभिएर तीन ओटा सागरको संगमनिर, आज सूर्यका किरण र सागरका लहरहरूको मौन समागम पनि हेर्न पाइयो । सूर्यास्तका ती आखिरी दृश्यहरू हेर्दाहेर्दै यसरी डुबिएछ कि रातले कन्याकुमारीलाई ढाकिसकेको ख्यालै भएन । ‘जाऊँ अब थाकियो’, बुनुको क्लान्त स्वरले राम्रैगरि झस्किन पुगेँ म । #खगेन्द्र गिरि ‘कोपिला’ 'त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार' शिक्षक मासिकलाई: यस वर्षको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई प्रदान गरिने भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्र’ले एक लाख नगद राशीको पुरस्कार शिक्षक मासिकलाई दिने घोषणा गरेको हो । १३ वर्षदेखि प्रकाशित हुँदै आएको शिक्षक मासिक शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षा सम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकहरूको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदानमा केन्द्रित छ । पुरस्कार २०१० सालमा गठित पहिलो शिक्षा आयोगका सदस्य सचिव तथा फ्रान्सका लागि पूर्व नेपाली राजदुत स्वर्गीय त्रैलोक्यनाथ उप्रेतीको नाममा स्थापना गरिएको हो । यो पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिन्छ । #शिक्षक मासिक मान्छेले रीति बिगार्यो: चलाउ्न श्रृष्टि भनेर देवता बनाऔँ मानिस मान्छेले रीति बिगार्यो जाति बनायो अनेक जन्मिदा खेरि बालक जाति बोकेर आएन जन्मिए पछि के जाति पर्यो ऊ पत्तो पाएन ।। हुर्किदै थियो आमाको काख ममता पाउँदै लोटेर उठ्दै आँगनभरि दौडिन्थ्यो रमाउँदै छिमेकी बाजे आएर त्यहा के कुरा गर्दै थे दुगुर्दै बाबा भनेर छोयो त्यो सानो बाबुले ।। ती बूढा मान्छे रीसले चूर धकेल्दै लोटाये रुन पो लोग्यो आँशु नै झार्यो बाबाले उठाए आमाले झट्ट पिटिन किन बाजेला छोएको कसैले चासो लिएनन् बरै बालक रोएको ।। बाजेको हात कित्लीमा पानी खेतमा लैजान पोखेर पानी बगाए भने चल्दैन यो खान बाबा र आमा हात नै जोडी गल्ती भो भन्दै थे उफ्रिन थाले सुनेनन् बिन्ती सराप कन्दै थे ।। मनमा चल्यो कसरी जात सानो र ठूलो भो मान्छेले छुँदा कसरी पानी भयो र बिटुलो पसिना चल्छ चल्दैन पानी नचल्ने हो किन बसेर सोंचें टोलाएँ मात्र बुझ्न केही सकिनँ ।। देश मा ऐले कानुन लाग्छ छुवाछुत् नगर सजाए जेल हुननी सक्छ भेद्भाव नगर डरले मात्र हुदैन छराँै शिक्षा र सद्भाव भावना बुझी सबैमा गरौ क्षमा र आदर ।। जन्मिदा खेरि के जाति थियौ हामीले भुलेर स्वच्य र सत्य करुणा भए त्यो ठूलो मानिस सदियौँ देखि गडेको धृणा मिलेर उखेलौ विभेद त्यागी जाति को रीति सुन्दर बसालौ ।। #मान्छेले रीति बिगार्यो #युबराज भण्डारी खुसीका गीत गाऊ: अघि युगदेखि समयका सीमारेखा पार गर्दै आइरहेका हामी मानव आफ्नो धरातल स्वीकार गर्दै छौ इतिहासका पदचाप पछ्याउँदै छौँ .। भूगोलका रेखाहरू कतै आफ्नै बाटोमा अल्मलिरहेका छन् कोरोनाको व्याधीले शक्तिराष्ट्र पनि आक्रान्त छन् । आशाको त्यान्द्रोमा समयको गीत गाइरहेका छन् . मान्छेको जीवन आज झ्यालभित्र सीमित छ हरेक दिन झ्यालबाट संसारका नयाँ आयाम खोज्नुपर्ने भइरहेको मान्छेको जीवन चिन्न समयले सहजै स्वीकार्ने छैन आशातीत उज्ज्यालोको खोजीमा असङ्ख्य जूनकीरीहरू दौडिरहेछन् . अन्धकारको दहमा डुबिरहेको मानवलाई हातको खाँचो छ तर आज मानव आफँै उज्ज्यालोको सुरक्षा गर्न सेकिरहेको छैन आफ्नो सुरक्षाका लागि मास्क र सेनेटाइजर लिएर अर्को मानवसित तर्सिदै छ दिन प्रतिदिन आफ्नो पहिचान गुमाउँदै छ । . त्यसैले,आऊ मानव कलम भएर आऊ सङ्घर्षको गीत गाऊ प्रेमले भक्तिभाव जगाऊ सधैँ झुकेर सलाम गर्ने हातहरूमा मित्रता बढाई वैरभाव हटाऊ मानव तिमी नै संसारको उत्तम प्राणी हौ भविष्यको उज्ज्यालो खोजी गर्न भग्नावशेषबाट भए पनि मनभरि कमलको फूल लिएर आऊ कोरोना त के संसारमा अरू प्रलय आउन सक्छन् तसर्थ आजका पुस्तामा शान्तिको भाव पैmलाऊ बिन्ती छ शान्तिका गीत गाऊ .। #खुसीका गीत गाऊ #बलदेव पन्थी भारतीय स्टेसनमा नेपाली अनाउन्समेन्ट: होटलभित्र मध्यरातसम्म हामी सुतेनौँ । २ बजेको रेल समात्नु छ । अघिल्लो दिन छुटेको रेल आज छुटाउनु हुन्न, यो मनमा गढेको छ । बर्माबाट मिठाईका केही पोकाहरू बोकेका थियौं । यो आफ्नै खालको बर्मेली मिठाई हो । त्यसलाई मिनलर घुट्क्याएर निल्ने प्रयास गरिरह्यौं । दिउँसोदेखि नै यो उपक्रम चलेको हो । दिनभरि हौरीको महोत्सवमा धर्म सेवक र सेविका संघ म्यान्माद्वारा आयोजन गरिने शिविर प्रशिक्षणमा मिलेका छोटा मीठा अनुभवहरू सीमा र मधूबाट आश्चर्यपूर्वक सुनिरह्यौँ । स्रोता थियौँ, म र सरगम । हरक साल दिइने यस किसिमको प्रशिक्षमा हामी सहभागी हुन नसकेकोमा चुकचुक गरिरह्यौँ । ‘मलाई धर्म सेविका हुने अवसर कहिल्यै मिल्दैन, छक्क पर्छु ।’ सरगम भन्दैथिइन्, ‘मधु धेरै भाग्यमानी, त्यस्तो राम्रो काममा सरिक हुन पाइन् ।’ बीच बीचमा म पनि होमा हो मिलाउँदै सीमा र मधु दिदीहरूका कुरा दिनभरि सुनिरह्यौँ । हामी युवतीहरू होटलबाहिर नगए पनि बस्नेतजी, पान्डेजी र ढकालजीहरू रेलको टिकट लिएर आए । त्यसपछि सुरु भयो आन्तरिक साहित्यिक कार्यक्रम । सबैले आ–आफ्ना लेखहरूको वाचन र साहित्यको चर्चा गर्यौं । खासमा साहित्य कार्यक्रम गर्ने आइडियाचाहिँ भागवत् सरको थियो । हिजो आधारातदेखि मन र पेटमा ठाउँ ओगटेर बसेको पीर पन्छ्याउने माध्यम पनि भयो साहित्यिक कार्यक्रम । साझँ परिसकेको भोकले गाल्दै लग्यो । अघिल्लो दिन दिउँसो बर्मा–भारत सीमाको मन्दिरमा खाएको खानाले धेरैअघि ठाउँ छाडिसकेको थियो । बेला बेलामा मिठाइ र मिनरल वाटर हाम्रो पेटको साथी भइरहेको थियो । ‘केही त खानु पर्छ, भोलि पनि खान सुविधा हुने हो कि हैन ?’, बल्ल मधूदीले खाने कुराको चासो राख्नुभयो । ‘मैले बुझिसकेको छु ।’ पाण्डेजीले भन्नु भयो, ‘यही होटलमा आफ्नो रुचिको खाना पकाउन लगाए हुन्छ रे नि, कसो गर्ने ?’ हामीले हुन्छ भन्दा नभन्दै भीमजी खाना अर्डर गर्न तल झर्नुभयो । त्यसको एक घन्टापछि हामीले जसरी खाना खायौँ, त्यसको स्वाद अहिले पनि सम्झन्छु । भोक मीठो कि भोजन भनेर त्यसै भनिएको होइन रहेछ । खासमा त्यो खानासँगै भागवत् सरको घरबाट प्रेमले सबैका लागि पठाइदिनु भएको पिरो नहालेको अचारले खानाको परिमाण र स्वाद दुबै थपेको थियो । थपीथपी खानुको कारण भगवात् सरको जोकले पनि काम गरेको थियो । “यो कराई त लैजान पर्छ होला, मेरो छोरोलाई लिटो पकाउने मिल्ने रै’छ ।’, भर्खरै पिताजी हुनु भएका भागवत् सरले कराईको बाहानामा घर सम्झनुभयो । तर उहाँको भन्ने शैली साँच्चै नै अनौठो हुने गर्छ । यही कारण हामी मज्जाले हाँस्यौँ । खाना खाने टेबलमै हाम्रो लामो समय बित्यो । खासमा यो मध्यरातसम्ममा आफूलाई जगाउने बहाना थियो । भीमजीको योजनाबमोजिम रातको १२ तिर रेल्वे स्टेसन जान होटलबाट बाहिर निस्कियौँ । लामो यात्रामा निस्किएका हामी, त्यसमाथि युवतीहरूसहितको झुण्ड, लगेजहरू प्रसस्त थिए । यो मध्यरातमा कुल्ली पाउन गाह«ो थियो । यो कुरा भीमजीले बिहानै विचार गरेर स्टेसननजिकै होटल बुक गर्नुभएको रहेछ । बडो गाह«ो भए पनि हामी जसोतसो स्टेसन पुग्यौँ । करिब १ घण्टको पर्खाइपछि रेल भरिन थाल्यो । हामीलाई लागेको थियो, रेल ढिला पनि हुनसक्छ । भारतको रेल समयमा हिँड्दैन भन्ने सुनेकाले पनि त्यस्तो लागेको हुनसक्छ । तर ठिक दुई बजे हामीलाई बोकेर रेल हिँड्यो । रेल हिँड्न थाल्दा हामी मस्त निदाएछौँ । आँखा उघार्दा रेल आसामको कुनै जग्गामा हिँड्दै थियो । केही घन्टामै हामीले भारतको नागाल्याण्डलाई पिछे छाडिसके छौँ । आँखा मिच्दै गर्दा दायाँ–बायाँ हरिया खेत मैदान, नदी, गाईका गोठ, मन्दिर र बर्माको आफ्नै गाउँ सम्झना गराउने घरहरूले यात्रालाई आकर्षित गर्दै लग्यो । सिम नभएपछि कुराकानी बन्द थियो । पूर्णरुपमा हामी आफैँमा हराएका थियौँ । भीमजीसँग सीमकार्ड भएकाले उहाँ थोरै थोरै फारो गरेर नेपाल र म्यान्माको खबर पाइरहेका थियौँ । ‘यो वर्ष शंखाईमा मेला लागेन छ । कोरोनाले गर्दा कडाइ भयो रे ।’, निकैबेर मोबाइल चलाएपछि पाण्डेजीले भन्नुभयो, ‘अचम्म भयो ।’ यो हाम्रा लागि यो साच्चै नै अनौठो खबर थियो । कोरोना के हो भन्ने बारे खासै हामी जानकार थिएनौँ । रेलको भीडमा यात्रा गर्दैथियौँ । उता आफ्नो देशको सरकारले कोरोनाविरूद्ध विभिन्न काम गरिरहेको थियो । उसो त हामी आउँदा नै इमिग्रेसनमा तापक्रमको चेकअप र माक्स लाउने आदेश आइसकेको थियो । यसबाट हामीलाई कोरोनाको गम्भीरता केही महसुस नभएको होइन । फेरि शंखाईमा लाग्ने मेला रोकिने कुराले यसको थप गम्भीरता महसुस भयो । बर्मामा ब्रिटिस् राज चलेकै समयबाट स्थापना गरिएको सानो मन्दिर अहिले शिवधाम बनेको छ । यो नेपाली मात्रको नभएर बर्मेली र भायतीयहरूको पनि आस्थाको पुञ्जको हो । मान्डलेबाट लाश्यो आउजाउ गर्ने रेलले यस धाम नजिकै पुगेर हर्न नबजाए रेल आफैँ रोकिन्छ भन्ने विश्वास छ । यसलाई अन्धविश्वास नै भनिए पनि हेरक रेलले यो मन्दिर पुग्नुअघि चर्को हर्न बजाएर शिवजीलाई नमस्कार गर्छ । हिन्दु यात्रुहरू पनि नमस्कार गर्छन् । यही रेलको बाटो बनाउने क्रममा शिवजी प्रकट भएका हुनाले बर्मेलीहरूले पनि आस्था राख्छन् । हरेक साल बर्माका पदाधिकारी, कलाकारहरू निम्त्याएर उद्घाटन गरिने यस भव्य मेलामा केही वर्ष यता नेपालबाट पनि कलाकारहरूको स्वागतले मेला अझै भव्यता बढेको थियो । यसपाली भने कुनै पनि तामझाम भएन छ । मैले सानैदेखि चिनियाँहरूको बारेमा सुनेको छु । अलि ठूलो भएपछि पत्थर बेच्न म चीनको सीमाभन्दा ५० किलोमिटरभित्र पुगेको छु । चाइनिजहरूले हामीले कहिले नदेखेका किरा कांचै चपाउंछन् । यही कारणले कोरोना फैलिएको विश्वास हामीलाई थियो । तर यो सामान्य फ्लु चाँडै निको होला भन्ने लागेको थियो । तर सरकार किन डरायो भन्ने पनि लाग्यो । एकैछिनमा हामीले कोरोनाको कुरा बिर्सियौँ । किनभने रेलमा हाम्रो छेउको डिब्बाका भारतीयहरू हाम्रा साथी बनिसकेका थिए । खासमा बेला बेलामा हामी बर्मेली, हिन्दी र नेपाली गीत गाउँथ्यौ । अरु गीत नबुझे पनि हामीले गाएको हिन्दी गीतले भने उनहिरूलाई आकर्षित गरेको रहेछ । कुरै कुरामा हाम्रो टिम बन्यो र सुरु भयो अन्ताक्षरी खेल । अन्ताक्षरीपछि कथावाचन र कविता वाचन । फेरि हँस्यौली–ठठ्यौली । अन्त्यमा थाकेपछि पुनः रेलबाहिरको दृश्य । यसरी घन्टौँ घन्टा हामी यात्रा गरिरह्यौ । हाम्रो यात्रामा सबैभन्दा चुप कोही बस्न सक्छ भने ती राज ढकाल हुन् । यति लामो यात्रामा कहिलेकाहीँ उनी पनि सहयात्री छन् भन्ने कुरा थाहा नहुने । अहिलेसम्म चुपचाप बसेका राजनले अचानक भने, ‘मेरा बुवाआमाले म नेपाल जान्छु भन्दा पत्याउनु नै भएन ।’, सबै चुपचाप भएको कुरा सुनेर उनले भने, ‘पछि त टीका लगाएर आर्शिवाद दिएर पठाउनु भयो ।’ राजनजीको यो कुरा हाम्रो जस्तै थियो । हामीले कयौँपटक यो भनिसकेका थियौँ । तर यही कुरा भन्न उनलाई पूरापूर दुई दिन लागेको थियो । हामीले उनको अल्पभाषी शैली र नेपालप्रतिको भावनालाई सम्मान ग¥यौँ । किनभने यति दिनपछि उनले आफ्नो व्यक्तिगत कुरा गरेको यो पहिलो थियो । सायद हामी कुनबेला चुप लाग्छौँ र बोल्छु भनेर उनी दुई दिनदेखि पर्खेर बसेका थिए । रेल हिँडेको १२ घन्टापछि हामी सिलिगुरी रेल स्टेसनमा पुर्यायो । राजधानी एस्प्रेस भारतको राम्रो रेलमध्ये पर्छ भन्थे, हो रहेछ । भनेको समयमैँ त्यसले हामीलाई जलपाइगुडी भनिने रेल स्टेसनमा ल्यायो । बाहिर निस्कनेबित्तिकै रेलको माइकबाट नेपाली बोलेको सुनेँ । रेलसम्बन्धी सम्पूर्ण सूचना यहाँ अन्य भाषाका अतिरिक्त नेपालीमा पनि दिइने रहेछ । मलाई अचम्म लाग्यो, किनभने भारतमा सार्वजनिक ठाउँबाट यसरी नेपालीमा अनाउन्स गर्छ भन्ने थाहा थिएन । नेपाली भाषी भएको नाताले यसले मलाई खुसी दियो । बर्मामा यसरी सार्वजनिक ठाउँमा नेपालीमा अनाउन्समेन्ट कल्पना मात्र हो । ‘नेपालको बोर्डर आएको हो ।’, मैले भीमजीलाई रेलबाट नेपाली भाषामा बोलेको सुनेपछि सोधेँ । खासमा मलाई त्यो भाषा नेपालको प्रभाव हो कि भन्ने लाग्यो । ‘होइन, गाडीमा झण्डै एक घन्टाजति लाग्छ ।’ भीमजीले भन्नुभयो, ‘भारत भए पनि यहाँ नेपालीहरूको राज छ, भारतीय नेपालीहरूको । त्यही भएर ।’ हामी ट्याक्सी चढ्यौँ । भीडभाड, गाडीको बाक्लो आवतजावतका बीचमा कतै पनि नेपाली टोपी लगाएको मान्छे देखिनँ । नेपालीको राज किन भनेको होला ? मनमा कुरा खेलिरह्यो । पछि बुझेँ, हामी वेस्ट बंगालको दक्षिणी क्षेत्र हुँदै नेपाल प्रवेश गर्दै रहेछौँ । जहाँ बंगालीहरूको बसोबास रहेछ । नेपाली बस्ती सिलुगुडी र त्यसमाथिको पहाडमा रहेछ । गाडीले पानीटंकी भन्ने ठाउँमा पु¥यायो । जहाँबाट नेपाल प्रवेश गर्ने मेची पुल रहेछ । भारततिर मेची पुलेको छेऊमा इमिग्रेसन अफिसमा हामीले आफ्नो पासपोर्ट र भिसा देखाएर कागजी प्रक्रिया पूरा ग¥यौँ । ‘उ त्यो हो नेपाल ।’, भीमजीले मेचीपारि देखिएको बाक्लो बस्तीतिर देखाउँदै भन्नुभयो । हामीले लामो श्वास तानेर काँकडभिट्टातिर हे¥यौँ । #रिता लामाकार्की 'फोटो कविता प्रतियोगिता– ६' को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो–कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १९ वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत १५ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाइ सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ । यो साता प्रवासी सुमनको ‘देश सम्झेर’, निशान पराजुलीको ‘पसिना बिक्ने बजार’ तथा विभुती पोखरेलको ‘परदेश’ सर्वोत्कृष्ट चयन भएका हुन् । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फोटो–कविता प्रतियोगिता भोलिदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरूः #फोटो कविता पोछा: जुग पुरानो चलनचल्तीको बाल्टिन फुटे पनि फालिएको छैन । यो पुरानो बाल्टिन भरिएको छ पोछाको पसिनाले पोछाको आँसुले । यही बाल्टिनभित्र चोबिन्छ पोछा निचोरिन्छ उसको जेलिएको लट्टा र निल्न लगाइन्छ संसारभरको दाग मैलो । भविष्यझँै अँध्यारा घरका कुना कुनामा घस्रिदाघस्रिदै गलिसक्यो उनको फलामको ढाड र सुन्नुपर्छ –“चाडै बुढी भएछौ ।” दागै दागको भुइँमाथि गर्दै ओहोर दोहोर परिसक्यो अनुहारमै पोते र सुन्नुपर्छ –“कति गर्छौ मेकअप ?” म व्याकरण नहेरिकनै भन्न सक्छु ’पोछा’ स्त्रीलिङ्ग शब्द हो । #अमिष शर्मा ’विशद’ #पोछा किशनको गजल: बाटो लामो छ सफरको लागि हिँड्नु नै पर्छ अवसरको लागि ।। रंगिन छ दुनियाँ कसैको लागि कसैले हेर्छन यो नजरको लागि ।। बोल्दैनन् ईश्वरहरू मन्दिरभित्र पोखेकोछु पीडा पत्थरको लागि ।। घायल भएर छट्पटी रहेछ ऊ दुख्नुपर्छ मुटु असरको लागि ।। जिन्दगीसग हारेर मौन छु अचेल समयले पर्खेको छ प्रहरको लागि ।। #किशन पौडेल #किशनको गजल पुस्तक चर्चा: फरक फरक स्वादका कथा: नेपाली साहित्यको इतिहासमा लघुकथाको आफ्नै महत्व छ । थोरै शब्दमा धेरै कुरा भन्न सकिने विधा लघुकथा हो । लघुकथाकारको भीडमा उभिएका छन् गणेश श्रमण । उनले ‘गुलियो काठमाडौँ’ शीर्षकको पहिलो लघुकथासङ्ग्रह निकालेका छन् । यसलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसमा सन्ताऊन्न वटा कथाहरु समेटिएका छन् । लेखकको बौद्धिक क्षमता यो कृतिमा प्रतिबिम्बित भएको छ । बालिका थपलिया श्रमण मूलतः कवि हून् । उनी निबन्ध पनि लेख्छन् । उनले २०६६ सालमा ‘शब्दक्रान्ति’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित गरेका थिए । समसामयिक विषयले पुस्तकलाई गुलियो बनाएका छन् । समाजका विभिन्न किसिमका पात्रले उनका कथालाई पूर्णता प्रदान गरेका छन् । कथाका प्रसङ्गहरु रसिला छन् र विविधताले भरिपूर्ण छन् । ‘गुलियो काठमाडौँ’ शीर्षकको कथाले काठमाडौँको विशेषताको बारेमा बयान गरेको छ । वुबाले छोराछोरीलाई काठमाडौबाट फर्किदा गुदपाक कोशेली ल्याउदा केटाकेटीले काठमाडौँलाई गुलियो रहेछ भन्ने सोच्छन् । तातो कपडा ल्याउदा न्यानो रहेछ भन्ने सोच्छन् । तर तेस्रो पटक छोराछोरीलाई झुक्याएर जाँदा उनी त्रिशुलीमा बस दुर्घटनामा पर्छन र कहिल्यै फर्किन पाउदैनन् । रमाइलोसँग शुरु भएको कथाको वियोगान्त अन्त्य भएको छ । गुलियो स्वाद तितोमा परिणत हुन्छ । काठमाडौँ एउटा स्थान विशेष वा राजधानीको नाम मात्र होइन् यो हामीलाई वर्षौदेखि शासन गरिरहने सत्ता र प्रवृत्तिको प्रतीक पनि हो । यसभित्रका कथाहरुमा यी र यस्तै प्रवृत्तिप्रति व्यड्ग्य विद्रोह र समकालिन चेत पाइन्छ । कथाभित्र आफ्नै वरिपरि गाउँ शहरमा घटेका घटना, वातावरण र तिनमा देखिने मानविय प्रवृत्तिमा कलात्मक विद्रोहको स्वर पाइन्छ । हामीले बाँचेको युगको समयबोध पाइन्छ । यो कृतिलाई समाजशास्त्रिय दृष्टिकोणले पनि हेर्न सकिन्छ । यो किताबभित्रको ‘रावण’ शिर्षकको कथाले समाजमा सकरात्मक र नकरात्मक दुवै प्रवृत्तिका पात्रको भुमिकालाई छर्लङ्ग बनाएको छ । सबै कथाले कुनै न कुनै सन्देश बोकेका छन् । आत्मिक प्रेमको महत्वलाई दर्शाइएको छ ‘तुलसीको मठ’ शिर्षकको कथामा । ‘आमा’ शिर्षकको कथाले आमाको स्नेहको व्याख्या गरेको छ । दुई महिलाले एउटी बच्चीलाई आफ्नी छोरी भनेर तानातान गरेपछि निर्णायकले बच्चीलाई आधा आधा पारेर बा“ड्ने आदेश दिँदा एक महिला मौन रहन्छिन् र अर्की महिलाले बच्चीलाई त्यसो नगरी प्रतिवादी महिलालाई दिन आग्रह गर्छिन् र निर्णायकले उनी खास आमा भएको पत्ता लगाएर उनको हातमा बच्ची राखिदिन्छन् । आफ्नो सन्तानलाई दुखेको हेर्न नसक्ने आदर्श आमाको उदाहरण हो यो कथा । गणेशका छोटामिठा कथाले कुनै न कुनै सन्देश बोकेका छन् । यो किताबभित्रका पात्रहरुको अध्ययन गर्दा हाम्रै समाजका मान्छेहरुको झझल्को आउ“छ । राजनीतिक पक्षदेखि लिएर आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको याद आउँछ । ‘मुख’ शिर्षकको कथाले राजनीतिप्रति व्यङग्य गरेको छ । ‘जति खाए पनि नअघाउने सडकको मुख पत्ता लगाउन म एकदिन सडक पछयाउदै हिँडे। अग्लो पर्खालले घेरिएको दरबारजत्रो भव्य महलमा पुगेर सडक रोकियो । मैले पर्खालको मुखबाट भित्र चियाएर सडकको वास्तबिक मुख हेरेँ र देखेँ मुखभित्र दुवै पक्षका अर्थात माथिल्ला र तल्ला दाँतहरु मिलेर सडकका ती पोखिएका आहारालाई चपाउँदै थिए । ‘घोषणापत्र’ कथाले मातृभाषा सबैले बुझ्न कठिन हुने भएकोले नेपाली भाषा नै सबैको लागि मान्य रहने यथार्थलाई खुलाउछ । उनले यसमा नेपाली हुनु र नेपाली भाषा बोल्नुको गौरवलाई दर्शाएका छन् । यो कृतिले गणेशलाई कुशल लघुकथाकारको रुपमा चिनाएको छ । लेखनशैलीमा मिठास छ । सामाजिक कुरितिप्रति व्यङ्ग्य र कटाक्ष प्रहार गरिएको छ । कथाहरुलाई प्रतीकात्मक ढाँचामा लेखिएको हुनाले बुझ्नको लागि एकछिन् सोच्नुपर्ने हुन्छ । समग्रमा ‘गुलियो काठमाडौँ’ कृति पठनीय छ । #बालिका थपलिया प्रेमिल रङको हरित जवाफ: प्रेममा हुनुहुन्छ हो ? छु पनि, छैन पनि । (छैन भनुँ हजुर फेरि प्रश्न थप्नुहुन्छ । छ भनुँ फेरि मैले प्रेम गर्नै नहुने हो या गरेर ठुलै गल्ती गरेँ जसरी प्रवचन ओकल्नु हुन्छ ।) बिनु भट्टराई घर अगाडिको बाटो पिच हुँदै थियो । आमाले कामदारलाई घरि चिया, घरि सर्वत सोधी सोधी पिलाइरहनुहुन्थ्यो । आफ्नै छोराछोरी जस्तै मानेर हो न त उनीहरुको पसिना देखेर पुण्य कमाउन अवसर पाउनु भो या अब हिलोमा चप्पल पड्काउदै, हिलो छ्याप्दै हिँड्नु परेन भन्ने खुशीले हो, पत्तो पाइनँ । काम सकेर जाने बेलामा अलकत्रवाला टिनको ड्रम दिएर गएछन् । पिंधमा अलिकति अलकत्र बचेको पनि थियो, के गर्ने रहेछ कुनि ? पहाडमा भए त पिँढी लिपे बल्लियो हुँदो हो । “आइज स्यानी गेटभित्र लगेर राखौँ, फर्सी रोपुँला माटो भरेर”, भन्दै आधुनिक आँगनतिर घिसार्नु भयो, साथ दिएँ । रहस्य बुझिनँ । खेती नै गर्नुथ्यो भने बाबुबाजेकै पालाको आँखाले देखेर भित्ताले नापेर नसक्ने जमीन पहाडमा बाँझै छोडेर सहरीया बन्नु किन परेको हो ! खाइरहेको बानी दुहुँनो लाग्छ भन्ने चलन, पर बस्तीमा पुगेर बाले दुई लिटर दूधको जोहो गर्नु भएछ । बस्तीमा छिरेपछि पानी नै मिसाए पनि डेरीको भन्दा कसो राम्रो नहोला, र मर्निङवाकको बहाना पनि । बाले करीब आधा घण्टा हिँडेर दूध ओसार्न थाल्नु भो । आफैँले गाई पालेर आगोमा घोटिई घोटिई दूध तताएर खाने बानी लागेकी आमाले भात मुछेको पहिलो गाँस मै भन्नुभो, “हैन बूढामाउ ! दूधमा त दूधभन्दा पानी बढी रच, दूधले भात समातेन ।” या त किनेको भनेर आमाले शंका गर्नु भो या साँच्चिकै हो, थाहा भएन । आफूलाई छ र आठ कप दूध चिया सन्काउन पाए भो, खासै दूध परिक्षण प्रक्रिया आवश्यक लागेन । “दूधालु गाईको दुध पातलो हुन्छ, बिस्तारै बानी पर्छ“, भन्दै बाले तर्क पेस गर्नुभो । यो पनि साँचो हो या बिकल्प नभएपछि अवस्था स्वीकार्न लगाउनुभो, थाहा भएन । घुटुक्क निल्छ सुटुक्क भाग्छ, पत्तै पाइदैन । जब चिया पकाउन पुग्यो, डेक्ची रित्तो । बिरालोले पनि हक जमायो । त्यो पनि चोरेर हैरान पार्यो । भेटे मारदिन्थेँ भन्यो, चारकोष पर पुग्छ मलाई देखेपछि । सायद थाहा छ उसलाई, मेरो चियाप्रतिको लगाव र उसको दूधप्रति उस्तै हो भन्नेकुरा । उसको र मेरो दुश्मनी सौता बराबर भयो। कसो कसो एकदिन भेटेँ पनि दूध खाइरहेकै बेलामा, ढोका थुनेँ भाग्न नमिल्ने गरी । पिट्छु आज, नमारी छोड्दिनँ चियाको दुश्मन, भन्दै लाठी के समातेकी थिएँ आमा टुपुक्क आइपुग्नुभो, “बिरालो पिट्नु हुँदैन, हात काम्छपछि । ढोका थुनेर पिट्दा उस्तैपरे आँखा झिक्न बेर लगाउँदैन ।” म रोकिएँ । तैपनि रिसको वेगमा पुराण कहाँ सुन्नु ! क्रमशः बाले रोक्नु भो, भाइ टप्क्यो, उसलाई झन् बिरालो बाघको जेरोक्स लाग्छ भगाइदियो, “मलाई पिट बरु बिल्लुलाई केही नगर ।“ दूधले ढाडिएपछि ऊ दिनभर सानले सुत्छ, त्यो दिन बचेपछि लुक्न त्यही अलकत्रको ड्रममा छिरेछ । बाघ र बिल्लुको सान थाहै होला सबैलाई, अघाएपछिको अवस्था । लमतन्न परेर सुत्यो, सपना देखे पनि होला भोलि कसरी चोर्ने भनेर । घाम छिपिदै गएपछि अलकत्र पग्लिन शुरु भयो, उसको आफ्नै शरीरको तातोले पनि सूर्यमा सुगन्ध जोडे होला । अलकत्रमा आधा शरीर डुब्यो । सपना लामो देखेको हुनुपर्छ, साँझ झरी परेपछि बिउँझियो । सारा दुश्मनी बिर्सेर गुहार माग्यो, सबै जम्मा भएर उद्दार कार्यमा लागियो । कसैको जुक्तिले सफल भएन । केरोसिन तेलले शरीरका रौं खुइलिसकेर छालामा कति पोलेको होला ? अनुहार विलाप, इनोसेन्ट आँखा, आँसु झारिरहेछ, भोग्नेलाई भन्दा देख्नेलाई पीडा । कुनै उपाय नलागेपछि हेर्नुभन्दा माया मारेऊँं सबैले । भोलि घाम लागेर पग्लिने बेलासम्म ऊ बाच्दैनँ । सबैले छोडेर हिँडेपछि उसको क्रन्दन झन चर्कियो । घरको जुन कुनामा कान थुनेर बसे पनि सुनिन्छ । रात बितिसक्दा लामो संघर्ष पश्चात् शान्त छ ऊ……। परिवारभित्र उसले कति बलियो सम्बन्ध बनाएको रहेछ । उसमा चोर्ने कला थियो, बाँच्ने स्टाइल थियो, बाघको भान्जो मानिन्थ्यो, बिल्लु, मौसी, सहयोगी दुश्मन सबै उसका उपमा थिए । दार्शनिक पारामा आमा भन्नुहुन्छ, “बैगुनी ! मर्न पनि कति संघर्ष गर्नपरो, रातभर सुत्न सकिनँ । झन् उल्लाई कति गारो भयो होला ?“ उसको दुर्दशाबाट चहराइरहेकी म सोचिरहेछु, त्यो दिन मलाई नरोकेको भए मार्न सक्थेँ कि सक्थिनँ थिएँ होला या कुटिसकेपछि आफैँ रुन्थे होला ? तर अहिले रुन पनि सकेको छैन, खुशी हुन पनि सके छैन। जीवन आदत हो या प्रेम ! तपाईंको प्रेममाथिको प्रश्नको जवाफ छैन मसँग । यौन वा सन्तान उत्पादन प्रक्रिया जीवन र समाजको संरचना अन्तर्गतका अभिन्न पाटा होलान्, तर कसैले सोधिरहने प्रश्नको उत्तर हुनै सक्दैन । हामीले बाँचेको दैनिकीभित्र ससाना भईकन अथाह, अद्भुत, जिवन्त लाग्ने कुनै अपेक्षा र स्वार्थरहित प्रेम छचल्किरहेको छ । कति महशुस गर्न सकियो, त्यो पनि जीवन जिउने कला अन्तर्गत छ । त्योमाथि गरिने प्रश्नको जवाफले कस्तो व्यक्ति सन्तुष्ट रहन सक्ला, जो आजीवन आफ्नै वरपर यस्तै प्रेमका कलिला मुना अनुभूत गर्न सकेन, सुम्सुम्याउन जानेन्, मुस्कुराउन सिकेनन् …….. ! झन् जटिल प्रश्न त यहाँ पो खडा भइरहेछ स्वयं प्रश्नकर्तासँग……..? #बिनु भट्टराई ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा: जारी लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेख्न प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ । मञ्चका संयोजक लीलाराम खड्काका अनुसार देशभरबाट प्राप्त ६७ वटा निबन्धबाट विज्ञ टोलीले उत्कृष्ट निबन्धहरू छनौट गरेको हो । प्रतियोगितामा गीता पौडेलको ‘सुपा देउराली’, रोशनी गुरुङको ‘याङ्जाकोट’ र बालिका थपलियाको ‘देउमाई’ शीर्षकका निबन्ध उत्कृष्ट घोषित भएका छन् । देउमाई इलामको गन्तव्य हो भने सुपादेउराली अर्घाखाँचीको । त्यसैगरि याङ्जाकोट कास्कीका गाउँ हो । विजेताहरूलाई जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । उनीहरूलाई वित्तिय संस्थामार्फत् तुरुन्तै पुरस्कार रकम पठाइनेछ भने लकडाउन खुलेपछि प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ। मञ्चले जेठ ३२ गतेभित्र गाउँघरको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध इमेलमार्फत् पठाउन आव्हान गरेको थियो । ‘प्रतियोगिताबाट मञ्च हौसिएको छ । हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यसैले ओझेलमा परेका गन्तव्यहरूलाई चर्चामा ल्याउन हामीले प्रतियोगिता गरेका हौं’, मञ्चका संयोजक खड्का भन्छन्, ‘आगामी दिनमा पनि हामी यस्तै कार्यक्रम गर्दै जानेछौं ।’ मञ्च युवा पर्यटनकर्मीहरूको संस्था हो । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लकडाउनपछि ‘जाऔं है दोलखा’ अभियान सुरु गर्ने जनाएको छ । #राम्रो गाउँ #हाम्रो गाउँ मानव चरित्र खङ्गाल्ने पुस्तक: रूटगर बर्गम्यान एक दिन यस्तो भयोः म निकै सानो छँदाको कुरा हो। म मावलामा थिएँ। मेरो मामा अलि बदमास हुनुहुन्थ्यो। उहाँका बाल्यकालीन बदमासीबाट घरका हरकोही आजित थिए। उहाँले मलाई कुनै बदमासीका लागि उक्साउनु भयो। मैले पनि उहाँको उक्साहटमा केही बदमासी गरेँ। त्यसपछि मलाई मामाले भन्नुभयो, ‘तिमीले बदमासी गर्यौ, अब भागौँ। तिमीलाई म बचाउँछु।’ त्यसपछि हामी दिनभरि कताकता खेल्यौँ, डुल्यौँ। मध्य दिउँसो नाति केटो भोकायो भनेर हजुरआमा खोज्दै आउनुभयो, सोध्नुभयो, ‘किन हराएको? कहाँ गयौ?’ मामालाई थाहा थियो, यही प्रश्न सोधिनेछ। उहाँले पहिल्यै सिकाउनु भएको थियो, उत्तर के दिने! मैले भनेँ, ‘हजुरबाले मलाई हप्काउनु भयो। अनि रिसाएर भागेको। म अब यो घरमा कहिल्यै आउँदिनँ।’ मेरो जवाफ सुनेर हजुरआमा अवाक् हुनुभयो। उहाँले फकाउँदै घर लैजानुभयो र हजुरबालाई भन्नुभयो, ‘यस्तो भगवान् जस्तो नातिलाई तपाईंले किन गाली गर्नुभएको?’ उहाँले गाली नै गर्नुभएको थिएन त, के जवाफ दिनु? ‘मैले गाली नै गरेको छैन, नभए सोध न,’ हजुरबाले सामान्य हुँदै भन्नुभयो, ‘सोध न।’ मैले जीवनमा कहिल्यै नबोलेको झूट हजुरबा–हजुरआमाकै मुखेञ्जी बोलेँ, ‘तपाईंले गाली गर्नुभयो र म भागेको।’ गर्दै नगरेको कामको आक्षेप, त्यो पनि नातिबाट आउँदा हजुरबा पनि अवाक् हुनुभयो। मामा गायब नै हुनुहुन्थ्यो। उहाँलाई थाहा थियो, यसपछि घरमा के रडाको मच्चिन्छ र बुबाको सायद झटारै पो खाइएला कि? यो उमेरमा जब म यो एउटा ठूलो घटना सम्झन्छु, मावन चरित्रप्रति घोत्लिन्छु। के मान्छे जन्मदै झूट बोल्ने, दुष्ट चरित्रको र अरुलाई दुःख दिने किसिमको हुन्छ कि बनाइन्छ? अर्को एउटा बाल्यकालीन घटना पनि मलाई याद आउँछ। हाम्रो टोलमा कसैको केही हरायो। हाम्रा नजिकका नातेदार त्यसबेला हाम्रो घरमा पाहुना आएका थिए। उनको खुबी थियो, हामी बच्चाहरुले खेल्ने गुच्छा आँखाको नजिक ल्याउनुहुन्थ्यो र हराएको चिज कहाँ छ भनी सोध्नुहुन्थ्यो। बच्चाहरुले करिब–करिब ठीक जवाफ दिन्थे र हराएको माल फिर्ता हुन्थ्यो। उहाँले मलाई सोही किसिमको गुच्छा देखाउँदै सोध्नुभयो, ‘कसैको सामान हराएको छ, त्यो सामान यो गुच्छाभित्र कहाँ राखिएको छ भन्ने देखिन्छ। कहिलेकाहीँ त मान्छे नै पनि देखिन्छ। लु, अब हेरेर सत्यसत्य बताऊ, हराएको सामान कहाँ गाढेको छ?’ ‘जंगलमा,’ मैले गुच्छाभित्र अनौठा अनौठा चित्र देखिरहेको थिएँ र जवाफ दिएँ। ‘त्यो जंगल कहाँ छ? कताबाट जानुपर्छ?’ उहाँले सोध्नुभयो। ‘थाहा छैन,’ मैले भनेँ। करिब १५ मिनेट प्रश्न र जवाफको सिलसिला चलिरह्यो तर हराएको सामानको टुङ्गो लागेन। अन्तिममा उहाँले भन्नुभयो, ‘यो बाबु छिप्पिइसकेको रहेछ। यसले भन्न सक्तैन।’ त्यसपछि अरु नै कोही मेरो ठाउँमा बस्यो। आखिर उसले पनि सहीसही बताउन सकेन। हराएको सामान सायदै भेटियो होला। मैले बाल्यकालीन यी दुई घटना किन स्मरण गरेको भने त्यो बेला बालबालिकालाई भगवानको अवतार भनिन्थ्यो। उस्तै हो भने मैले मावलामा कुटाई नै खाने बदमासी गरेको थिएँ तर मलाई मावलामा भगवान मानिन्थ्यो, त्यही भएर छूट पाएँ। मैले दोस्रो घटनामा गुच्चाभित्र हेर्ने अवसर किन पाएको थिएँ भने म भगवानजस्तै निश्चल मानिन्थेँ, गुच्छाभित्र देखिएका दृश्यमा कुनै जोडघटाउ गर्दिनँ र जे जे देखेँ, त्यही बताउँछु भन्ने विश्वासमा त्यो अवसर पाएको थिएँ। यस्तो थियो हाम्रो सामाजिक मान्यता र विश्वास, जहाँ मान्छे जन्मदै सरल र निश्छल, निष्कपट हुन्छ। उता क्रिस्चियानिटीमा भने मान्छे जन्मदै पापी हुन्छ भन्ने मान्यता छ। डेनमार्कका लेखक रुटगर बर्गम्यान उनको नयाँ पुस्तक ‘ह्युमन काइन्डः अ होपफुल हिस्ट्री’ इतिहासदेखि विज्ञानसम्मका अनेकन उदाहरण र फुँदाहरु जोडेर मानव जातिका अनेक पक्ष खङ्गाल्ने प्रयास गरेका छन्। यो किताब कति पठनीय छ भन्ने कुरा स्वयं अर्का प्रख्यात लेखक युवल नोह हरारीले गरेको टिप्पणीबाट प्रस्ट हुन्छ। उनले भनेका छन्– ‘ह्युमन काइन्ड’ पुस्तकले मलाई मानव जातिको नयाँ पहलुबारे बुझाएँदै नयाँ दृष्टिकोणबाट हेर्न चुनौती थपिदिएको छ। लेखक बर्गम्यानले पुस्तक के हो भन्ने कुरा कुरा एन्टोन चेखबको एउटा चर्चित भनाइबाट प्रस्ट्याएका छन्– ‘व्यक्ति अझ राम्रो हुँदै जान्छ, जब तिमीले उसलाई ऊ कस्तो थियो भन्ने देखाउँदै जान्छौ।’ अर्थात् मानिसले आफ्नो प्रकृति र स्वः बिर्सिएको छ (बिर्सिरहन्छ) र अनेकन् नियम–कानुन, जात्रा–पर्वले बाँधेर उसलाई सम्झाइरहनुपर्छ कि ऊ कस्तो छ र कस्तो हुनुपर्छ। यही मूल सोचमा आधारित रहेर लेखक बर्गम्यानले यति विस्तृत उदाहरण पेश गरेका छन् कि पाठक हरेक अध्यायपछि अर्को अध्याय हाम्फाल्दै जान्छ। उच्च जातकी दुलही भित्र्याउँछु भनेर कस्सिएर गएका नवराज विक र उनका साथीहरुको हत्या हुनु, क्वारेन्टिनमा बसेका मानिस जीवन जल नपाई मर्नुजस्ता घटनाले हामीलाई हाम्रो क्रुरताका बारेमा उदाङ्ग पारिदिन्छ। यस्ता घटनाले हाम्रो समाजको चरित्र बुझाउँछ। त्यस्तै कोरोनाको संत्रासका बाबजुद पनि मानिसहरु बेफिक्री भएर हिँडिरहेको देखिन्छ। आखिर किन त्यस्तो हुन्छ? विभिन्न प्रयोगबाट मानिसको चरित्र औँल्याउँदा लेखकले कहिल्यै पनि त्यसलाई झिँजोलाग्दो बनाएका छैनन्। बरु सबै घटनालाई लेखक बर्गम्यानले सैद्धान्तिकीकरण गरिदिएका छन्, जसका कारण यसलाई विविध शास्त्रीय कोणबाट पनि हेर्न सहयोग पुर्याउँछ। कोरोनाबाट अहिले हरकोही किन डराउन छाड्यो? दोस्रो विश्वयुद्धताका हिटलरले बेलायतमाथि यति बम प्रहार गर्यो कि संसारभर साम्राज्य फैलाएको बेलायत भरे या भोलि नै ध्वस्त होला भन्ने धेरैको आँकलन थियो। तर जति बम विष्फोटको क्रम लम्बियो, यसमा सर्वसाधारण बेलायतीलाई नौलो कुरा लाग्न छाड्यो। बम विष्फोट हुँदै गर्दा केही छेउ लागे पनि केही समयपछि मानिसहरु सामान्य दैनिकीमा फर्कन थाले। बालबालिकाहरु बमकै छेउमा खेल्न थाले। ठीक यही कुरा कोरोना संत्रासका सम्बन्धमा पनि लागू हुन्छ। चैतको पहिलो सातापछि जब सरकारले बन्दाबन्दी घोषणा गर्यो, सबै मानिसहरु डराएर आजै मरिएला कि भोलि मरिएला भनेर रुन कराउन र तनाव लिन थाले। तर लकडाउन लम्बिदै जाँदा कोरोनाका कारण भन्दा अरु नै कारणले मानिसको मृत्यु हुने सम्भावना बढ्दै जाँदा बन्दाबन्दी खुकुल्याउन सरकार बाध्य हुन थाल्यो। नेपालको संविधान निर्माणका क्रममा जब भारतले नेपालमा नाकाबन्दी लगायो, नाकाबन्दीका कारण उत्पन्न हुने अभावले जनताले विद्रोह गर्ने ठानिएको थियो। यसको ठीक विपरीत नेपालीहरु पेट्रोल र अन्य चिजको अभावमा अझ मजबुत हुन थाले। देशप्रेम उम्लिएर आयो। लेखक बर्गम्यान तर्क गर्छन्, संकटले मान्छेलाई अझ बलियो, अझ करुण हुन सिकाउँछ। अरुप्रति ऊ नरम बन्छ। छिमेकीलाई ध्यान दिन थाल्छ। बाँच्ने नबाँच्ने ठेगान नभएको भूकम्पका बेलामा नेपालीहरुले के गरे? चौरमा भेला भए। सामूहिक रुपमा खाना बनाए। खाए। ख्वाए। गरिब, बालबालिका र गर्भिणीहरुलाई प्राथमिकता दिए। संकटले मानिसमा रहेको करुणा जगाउँछ। भूकम्प र यही बन्दाबन्दीमा पनि शुरुवाती चरणमा मान्छेहरु राहत बाँड्न दौडिए। त्यो भावनामाथि भलै हुनेखानेले पनि त्यसको दोहन गरे तर त्यो संख्या निकै न्यून थियो। प्रचार हुँदा वा समाचार बनाइँदा खराब प्रवृत्तिकै बढी बन्ने हुँदा मानिसहरुलाई जताततै खराबै खराब पो छ कि भन्ने लाग्छ तर होइन भन्ने तर्क लेखक बर्गम्यानको छ र त्यसका लागि उनले अनेकन् उदाहरण दिएका छन्। बर्गम्यानले दोस्रो विश्वयुद्धताका चर्चिल र हिटलर, रुजबेल्ट र लिन्डम्यानको उदाहरण दिँदै संकटपूर्ण घडीमा नेताहरुले कसरी आफ्नो एउटा संकथन निर्माण गर्छन् र त्यसमाथि सर्वसाधारणको भावनामाथि खेल्दै राष्ट्रवाद निर्माण गर्छन् भन्ने कुरा पनि देखाएका छन्। ती कुरा पढ्दै जाँदा ओलीको राष्ट्रवादको मूल कहाँनेर र कुन भावनामा अडिएको रहेछ भन्ने पनि थाहा लाग्दै जान्छ। यो त किताब पढ्दै जाँदा उब्जिएको एउटा भावना यहाँ प्रस्तुत गरेकाे हुँ, पछि कुनै समय यो किताबका रमाइला पक्षबारे लेख्ने नै छु किनभने यस्ता अनेकन उदाहरणहरुले यो पुस्तक भरिएको छ। #अदृश्य #ह्युमन काइन्ड कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने: चितवनको कविडाँडामार्फत देशभर साहित्य प्रवर्ध्दन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो । भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ । कविडाँडाका अनुसार कविता भदौ १५ सम्म kavidanda.sahitya@gmail.com मा पठाउनु पर्नेछ । त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियाेगितामा फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएकाे समाजले जनाएकाे छ । ‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ,’ कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले भने, ‘छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ । त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिनेछ ।’ कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रुमपा यसलाई लिइएको छ । गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो । #कविडाँडा #चितवन कथा: बर्दी: आकृति तिमल्सिना २०७५ चैत २६ गते मंगलबार, पूर्णिमाको रात | चारै दिशा उज्यालो छरिएको थियो | जुनले वा भनौं बाहिरी संसार सर्वत्र उज्यालो थियो अनि अन्धकार मन । नयाँ वर्षको लहर छाउँदै थियो वा फेरि नयाँ घाउ कोरिदै थियो, यो निर्णय समयको | पुराना स्मृति ताजा गर्दै थिइन् श्वेता । चारजनाको परिवार, बुवा-आमा अनि श्वेता र सफल । पुलिसमा जागिरे थिए श्वेताका बुवा नकुल अनि साहेबकी मिसेस थिइन् अप्सरा । पुलिसको जागिर नगरे तापनि पुलिस अफिसर भएकी थिइन् अप्सरा । भर्खरै एस.पी.बाट एस.एस.पीमा बढुवा भएका थिए नकुल । अझैँ चर्को सलाम ठोकिदै थियो उनको आदर र सम्मानमा । प्रहरी निरीक्षक भएको १८ वर्षमा महोत्तरीको पोस्टिङ्बाट फर्किदा उनले आफूसगैँ पाँच वर्षको बालक सफललाई लिएर घर आएका थिए । दुब्लो शरीर,थोत्रा लुगा अनि भोकको पीडाले तड्पिएको अनुहारलाई हातमा समाएर घरको ढोका ढक्ढकाए उनले ।त्यस क्षणदेखि त्यो घर नै सफलको भयो, अनि सफल नै त्यो घरको । सफलले प्रवेश गरेको एक वर्षमै पुन: एक तह बढुवा भयो नकुलको । साँच्चिनै सफल बन्यो सफलको प्रवेश । त्यो वर्षबाट अप्सराका दुई सन्तान थिए, श्वेताको मन रुदैनथ्यो तिहारमा, नकुलको जिम्मेवारी बढ्दै थियो अनि एक्लो थिएन सफल । हँसिलो, फूर्तिलो अनि बढ्दै गरेको सफललाई देखेर अतीत सम्झिए नकुलले । उसको विगत र वर्तमान तुलनायोग्य नै थिएन । जमिन-आकाशको फरक पाए उनले। “बधाई छ, बाबा”भन्दै श्वेता र सफलले कागजमा बेरेर केही चिज उनलाई थमाइदिए,बाबुको बढुवाको खुशीमा । तुरुन्तै खोले नकुलले र्\u200dयाप गरेको गिफ्ट । नयाँ टाई रहेछ । “भोलि लगाउँछु ल”, खुशी बनाइदिए उनले छोराछोरीको मन । भोलिपल्ट बिहानै टाई लगाएको देखाउन उनी सफल र श्वेताको कोठामा छिरे । यही पलको प्रतिक्षा रहेको भाव दर्शाइरहेको थियो त्यो उत्सुक अनुहार। “राम्रो देखियो नि है !” छोराछोरीको मन बुझेझैँ गरी सोधे नकुलले । श्वेताले भर्खरै एस.एल.सी. परिक्षा उतिर्ण गरेकी थिइन् । उता सफलको भने स्कूले अनुभव सकिन अझैँ चार खुड्किला बाँकी थिए । पहिलो दिन थियो आज कलेज छान्ने, श्वेताको । विज्ञान विषयमा उच्च शिक्षा आर्जन गर्ने मनाशयले चलेको कलेजमा सिधै गइन् उनी । कलेज बुझ्नेभन्दा पनि रोजिसकेको कलेज छिर्ने काम गरिन् उनले । महँगो शुल्क, दुई-तीन जोर ड्रेस, एक जोर जुत्ता, पढ्ने किताब अनि लेख्ने कापी सबै-सबैको व्यवस्था भयो उनलाई । दिदिलाई कलेजको ड्रेसमा देख्दा औंला गन्यो फेरि सफलले । अझैँ चार वर्ष बाँकी । तीन महिना हुनै लागेको थियो, श्वेता कलेज पढन् थालेको । ४:३० भएको रहेछ समय । श्वेतालाई आज घर चाडैं पुग्नु थियो । भाइ सफललाई मध्यरातमा दिने सरप्राइजको तयारी गर्न । उनी बाटोको गिफ्ट पसलमा छिरिन् । केही भेटिनन् उनले भाइलाई मनपर्ने र आफूलाई दिन मन लागेको कुरा । अन्तिममा आफ्नो खल्तीले भ्याउने चकलेट किनिदिइन् बर्थडे ब्याइलाई । उसको ‘अल टाइम फेबरेट’। बिहान ढिला आँखा खुलेछ श्वेताको । आठ बजिसकेछ । सफललाई सरप्राइज दिने चक्करमा उनलाई भोलि पनि कलेज जानुपर्ने कुराको ज्ञात नै भएनछ । अनेकौं बहानाबाजी गरेर बल्ल-बल्ल जोगिइन् उनी ढिलो आएकोमा प्राध्यापकको क्रोध मिश्रित उपदेश सुन्नबाट । समयको चक्रव्युह निरन्तर चल्दै थियो अनि नकुल, अप्सरा, सफल र श्वेताको दैनिकी पनि । भर्खरै मात्र श्वेताले ११ कक्षाको बोर्ड परिक्षा दिएकी थिइन् ।१०-१५ दिन बिदा थियो उनलाई । उनी बाबासगँ कतै जाने प्लान बनाउदै थिइन्, सफललाई लोभ्याउन । तर अचानक नकुल अफिसको काममा जानुपरेकोले जिस्काउने मौका सफलले पायो । एक हप्ता बितिसकेको थियो नकुल अफिसको जिम्मेवारी लिएर कर्मक्षेत्रमा लागेको । उनको घरमा कुनै खबर आएन । पहिले त खासै अत्तालिएन उनीहरूको मन । किनभने नकुल काममा जाँदा फोन प्राय: अफ नै गर्थें । तर आज ४-५ दिनको अवधि ६-७ दिनमा परिणत भएको थियो । बिस्तारै सचेत भए नकुलको परिवारका आँखा । अप्सराले तुरुन्तै हवलदार रामलाई फोन लगाइन् । रामसमेत २-३ दिनबाट आफ्नो हाकिमको सम्पर्कमा नरहेको जानकारी दियो । अलिअलि चिन्तित मन चिन्ताको लोकमै डुब्यो । श्वेता र सफलले आफ्नी आमालाई आड भरोसा दिए । उनीहरूले भोलि बिहान बाबाको अफिसमा गएर बुझ्नु नै उत्तम ठाने। निकैबेरको पर्खाइ पछि बल्ल घाम झुल्केको भान भयो आज उनीहरूलाई | एकाबिहानै नकुलको कार्यकक्षमा पुगे उनीहरू । कतैबाट केही खबर मिलेन । श्वेताले बाबुको कार्यलयसँगै काम गर्ने प्रहरी निरीक्षक रमेशलाई यथार्थ बताइन् । निकै साहनुभूति देखाएर रमेशले २-३ वटा नम्बर हाने अनि मिसिङ रिपोर्ट लेखे । इमान्दार अफिसरको रूपमा परिचित नकुल ड्रग एन्ड स्मगलिङको केसमा थप जानकारी हासिलका लागि कोहोलपुर गएका थिए । आफ्नो चालक हवलदार रामलाई लिएर । तर बाटोमा राम बिरामी परेकाले उसलाई स्वास्थ उपचारको सल्लाह दिएर आराम गर्न लगाई नकुल एक्लै जाँचबुझका लागि गएका रहेछन् । इन्स्पेक्टर रमेशले पनि उनीहरूलाई अवगत भैसकेको भन्दा बढी जानकारी दिन सकेनन् । आशाले भरिएका ती नयन पुन: निराशामा बदलिए। आफ्नो पिताको खोजतलासमा ती अबोध बालबालिका कता-कता पुगेनन्; कतिलाई मात्र गुहारेनन् ती कट्कटिएका ओठले; ती आँखाले कति अश्रुधारा बगाए-बगाए नापो नै थिएन;कति फिजारिए ती हातहरू गन्ती नै भएन । बिस्तारै-बिस्तारै चिन्ताभन्दा पनि धेरै आक्रोश व्यक्त हुँदै थियो उनीहरूको भावमा । “कसरी प्रहरी निकायले आफ्नै कर्मचारीलाई पनि खोज्न असफल रह्यो ?” “किन आफ्नो सन्तानप्रति पनि न्याय दिन सकेन त्यो प्रशासनले?” “कहाँ हात चुके लाठी उठाउन ?” नकुलको उपस्थिति त परैको कुरा उनीहरूको सदस्य ठिक छ वा छैन भन्नेबारे समेत सूचना पाएका थिएनन् । कतिले खोजेझैँ नाटक गरे कतिले खोजीमा इमानदारीता देखाए; कतिले मौनता रुचाए, कतिले सहानुभूति जनाए । तर यी सबै प्रयास प्रयासमै सिमित रहे । न सत्य ल्याउन सके उनीहरूले न त नकुललाई नै। राष्ट्रको सम्मानित पेशाका सम्मानित पोस्टको कर्मचारीका बारेमा अलिकति कोमलता अनि धेरै कठोरता मिसिएको खोज थियो त्यो । अत्तो र पत्तो नदिई अचानक बिलाए उनी । दिनहुँ केही सत्य मिसिएका, केही तथ्य छुट्टीएका, केही मनगठन्ते, केही गाली मिसिएका हल्ला पर्थे उनीहरूको कानमा । नसुनौ भने पनि जबरजस्ती कानको जाली फुटाउने गरेर छिर्थे ती कथाहरू । तर सत्य कहिले परेनन् ती कानमा । सुन्छु भन्दा पनि सुनाइएनन् सत्य । कहीँ इमन्दारिको फल ज्यान गुमाउनुपरेको; कहीँ स्मग्लरहरूले बेपत्ता पारेको; कहीँ नकुललाइ मार्ने जाल सफल भएको त कहीँ पुर्वजन्मको फल । तर धेरै कथा र शंका नकुलको पेशाप्रतिको इमानदारीतालाई लिएर गरिने गरिन्थ्यो ।यही कारण बनेको थियो अप्सरा, श्वेता र सफलको चित्त बुजाउने बाटो, मन थाम्नै कठिन। बुबाको प्रतीक्षामा श्वेताले १२ कक्षा पास गरिसकेकी थिइन् । सफलले डि.एल.इ. उतिर्ण गरेका थिए । अप्सराले फोटो हेरेर दिन बिताउन थालेको पनि एक वर्ष बितिसकेछ । अनि अन्यायमा मिसिएको नाम “नकुल” अझैँ बेखबर थियो । न स्मगलर पक्डिए, न नकुल भेटिए, न तथ्य र सत्य खोलियो । कहिल्यै सल्भ नहुने फाइलमै सिमित रह्यो यो घटना । “कसरी कसैको लापत्तामा यत्तिका समय बित्दा पनि न आश भेटिन्छ न लास भेटिन्छ ?”, बारम्बार यी जवाफहिन नकारिएका प्रश्न गुन्जिन्थे अप्सरा, सफल र श्वेताको आहटमा । यस्तो अपत्यारिलो र आश्चर्यजनक घटनाले भोग्ने मात्र होइन सुन्नेहरूको पनि घात परेको थियो मनमा । सबभन्दा घात त श्वेताको मनमा पुगेको थियो । अप्सराले नकुलले न्याय पाउने आश छोडेकी थिइनन् । सफल प्रहरी बनेर बाबुको खोज गर्न चाहन्थे; कमी पूरा गर्न चाहन्थे । श्वेता मानसिक,शारीरिक रूपमा कमजोर थिइन्, सँगसँगै उनको मनमा घृणा भरिदै थियो । कसो-कसो अप्सरा र सफलले आफूलाइ अलिकति भए पनि सम्हाल्न जानेका थिए । तर श्वेताले त्योदिन कहिल्यै भुल्न सकिनन्; बर्दीमा सलाम ठोक्दै गरेका बाबुलाई सधैभरी आफ्नै आँखा अगाडि राखिन् । उनी आफैंलाई अवगत थिएन कि यो घटनाले उनलाई कतातिर मोड्दै छ, जब परिवारले थाहा पाए धेरै ढिला भैसकेको रहेछ । श्वेताका आँखा “इमानदारीता”प्रति सदैव आक्रोशित रहन्थे । हुँदा- हुँदा उनलाई प्रहरीप्रति नै रिस उठ्न थालेको थियो । बाटोमा बर्दिमा कोही प्रहरी देखे पनि बावु सम्झन्थिन उनले, प्रहरी इस्टेसन देख्दा गुहार र मागिएका भिख सम्झन्थिन् उनले । “प्रहरी “शब्दबाटै टाढा भाग्थिन् उनी । दया जाग्थ्यो उनको मनमा जब साना कलिला हत्केलाले प्रहरी पेशामा सम्लग्न बाबुलाई समाउथे । डर पलाउथ्यो उनको मनमा फेरि कुनै पत्नीको सिन्दुरमाथि अन्याय हुन्छ कि भनेर | छोराछोरीले बाबुको आभास बिर्सिन्छन् कि भनेर । “के यति धेरै समय बर्दीप्रति गरेको बफादारी ,इमान्दारी र समर्पण लायक थिएन बर्दीको मलिक खोज्न निम्ति ?” “के इमान्दारिताको किमत ज्यान हो ? के पाप हो देशलाई माया गर्नु ?” “के ‘न्याय’मात्र शब्द हो ?” जतिपटक आफ्नो बाबुको बर्दी हेर्थिन् उतिपटक यी प्रश्न जाग्थ्यो श्वेताको हृदयमा । कसरी भुलुन् उनी आजको दिन । प्रत्येक पल, प्रत्येक क्षण मस्तिष्कमा छाइरहन्थे “नकुल”। जिवनमा यतिका अनुहार देख्दा पनि त्यो अनुहार कहिल्यै भुल्न सकिनन् उनले; अन्तिम स्वाससम्म बाबुको न्यायका लागि तड्पिने छन् ती साथ छुटेका हत्केला अनि बगिरहने छ न्यायका लागि खोली ! #आकृति तिमल्सिना पहिलो पटक नेपालीमा अनुवाद कथाः भागदौडमा मृत्यु: ::१:: भागदौडमा मृत्यु हुने परिवारजनहरूका लागि सरकारले पचास-पचास लाख आर्थिक सहयोग दिइने निर्णय गरियो। जसको परिवार भागदौडमा मरेका थिएनन्, तिनको घरमा वृद्धवृद्धालाई गाली गन थालियो कि घरका वृद्धवृद्धा कति विधर्मी र नीच भइसके, ‘दर्शन’ गर्न पनि जान सकेनन्। ‘चिन्ता नगर छोरा अर्को वर्ष जाउँला,’ ८० वर्षे बूढोले छोरोसँग भन्यो। ‘कहाँ जान्छौ बूढा?’ छोरोले सोध्यो। ‘दर्शन गर्न जान्छु।’ ‘भगवान् दर्शन गर्नका लागि नजानू नि… त्यसमा खर्च नै खर्च छ… पाइने भने सुक्को होइन !’ :: २ :: लाशलाई धर्मका आधारमा बाँडियो। हिन्दू लास, मुस्लिम लास, सिख लास र ईसाई लाशहरूलाई बेग्लाबेग्लै लाइनमा राखियो। आर्थिक सहयोग दिनेहरूले भनेका थिए, केवल ‘श्रद्धालुहरू’लाई मात्र आर्थिक सहयोग दिइनेछ। तमासा हेर्न पाउनेहरूलाई होइन। :: ३ :: आर्थिक सहयोग दिनका लागि बडो राम्रो व्यवस्था गरियो। यो ठीक त्यस्तै व्यवस्था थियो, जुन चुनावका समयमा दिइने सहयोग राशिका लागि व्यवस्था गरिन्छ। मतलब, हातहातैमा सहयोग राशि दिइएको थियो। नगदको चम्किला गड्डी हातैमा। सहयोग राशि बाँडिदै गर्दा गज्जब भयो। लासहरू घरबाट निस्कन थाले। लाशहरू घरहरूबाट कसरी निस्किरहेका छन् भनी सोधियो, जवाफ दिइयो कि, ती मरेका त त्यहीँ थिए तर कसरी उठेर घरसम्म आइपुगे कसैलाई थाहा भएन ! :: ४ :: सान्त्वना सन्देश लेख्नेहरूको माग त्यसै पनि देशमा निकै बढेको थियो तर यस घटनापछि त मागमा यस्तो उछाल आयो कि सुनको भाउ पनि पछारियो। यति सान्त्वना सन्देश लेखियो र छापियो कि देशमा कागजको कंगाली शुरू भयो, रत्तिभर कागज पाइन छाडियो। देशको संविधान छाप्न पनि पाइएन। :: ५ :: आर्थिक सहयोग किन दिइरहेको छ भन्ने बताउन पनि जरूरी कसैले ठानेनन्। लिनेहरूले पनि यो सहयोग रकम किन दिइरहिएको छ भन्ने पनि सोधेनन्। लिनेहरूलाई थाहा थियो, राशि दिनेहरूले केही मागे भने त्यही भोट त माग्ने हुन्, जसको कुनै मूल्य नै छैन। :: ६ :: जुन क्षेत्रमा दुर्घटना भएको थिएन, त्यहाँ निकै असन्तोष फैलियो। सर्वसाधारण सडकमा निस्किए। पसल लुटपाट भयो। बसमा आगो लगाइयो। रेलको लिक (पटरी) उखालियो। सडक छेउका रेलिङ भाँचिए। सरकारी कार्यालय जलाइयो। प्रहरीलाई गोली चलाउने अनुमति दिइएन किनभने त्यसबाट कति मानिस मर्थे? आन्दोलनले जब विकराल रूप लियो, त्यसपछि तय गरियो कि त्यस क्षेत्रमा जति पनि पुल छन्, तिनलाई मर्मत गरिने छैन। जति पनि पुराना घरहरू छन्, तिनलाई भत्काइने छैन। जति पनि ‘भाइरस’ छन्, तिनलाई हुर्कन र फैलिन सक्दो मद्दत गरिनेछ। जति पनि नयाँ घर बन्नेछन्, तिनमा यस्तो व्यवस्था गरिनेछ, जसबापत सर्वसाधारणलाई आर्थिक सहयोग दिन सकियोस्। जनहितमा यति निर्णय गरिसकेपछि बल्लतल्ल आन्दोलन शान्त भयो। :: ७ :: मर्नेहरूपछि घाइते हुनेहरूलाई सहयोग राशि दिने समय आयो। ठूलो संख्यामा गल्लीगल्लीबाट घाइतेहरू निस्कन थाले। केहीलाई लाग्यो, यति धेरै घाइते छन्, सबैले त सहयोग नपाउन सक्छन्। जो पहिले पुग्छ, उसैले पाउनेछ। यसपछि घाइतेहरूको दौड शुरू भयो। त्यसपछि तानातान, को अघि पुग्ने भन्ने र कसलाई पछार्ने भन्ने छिनाझपटी शुरू भयो। अगाडि पुग्नका लागि एकअर्कामा नै कुटपिट शुरू भयो। यसपछि जोसँग जे थियो त्यही निस्कन थाल्यो, चक्कु र पिस्तोल। घाइतेहरू भकाभक लड्न थाले। उनीहरूलाई थाहा थियो, मरे भने कम्तीमा शहीद त बन्छन्, कम्तीमा उनीहरूले स्वर्गमा ठाउँ त पाउँछन्! :: ८ :: जुन ठाउँमा भागदौड मच्चिएको थियो, त्यहाँका प्रशासकलाई सरूवा गरियो। प्रशासकले पत्रकारहरूलाई भने, यो कुनै नयाँ कुरा होइन। गएको वर्ष पनि यस्तै भएको थियो र प्रशासकको सरूवा भएकै थियो। त्यसभन्दा पहिले र त्यसको भन्दा पनि पहिले पिन यही भएको हो। यो त हरेक वर्ष हुने हो। यस्तो दुर्घटना भएन भने सहयोग राशि फिर्ता जाने हुन्छ र यसले जनतालाई नै ठूलो नोक्सान हुन्छ। यसले विकासको आँकडामाथि नै प्रभाव पर्छ। त्यस्तो नहोस् भनेर पनि हामी सचेत हुनुपर्छ। :: ९ :: टाढाटाढासम्म लाश बगेको थियो। ती सबैलाई किनारामा ल्याउन सम्भव थिएन। त्यसैले असल मानिसहरूले एउटा कम्पनी नै खोले, जसले टाढा टाढा बगेका लाशहरूलाई ल्याउने काम गर्न थाल्यो। हेर्दाहेर्दै यो कम्पनी पनि यति ठूलो भयो कि यसमा करोडौँ डलरको विदेशी लगानी हुन थाल्यो। एउटा सानदार अफिसमा एमबिए पास गरेको युवकले व्यवस्थापन हेर्न थाल्यो। यस्तोमा के सुनिश्चित गरियो भने, ‘फिल्ड’मा खटिने स्थानीय युवकलाई राखियो र तिनलाई आदेश दिइयो, हामी जति भन्छौँ, त्यति मात्र लाश ल्याउनू। :: १० :: एक स्त्रीको लाशका साथ त बडो अनौठो भयो। कयौँ मानिस आए र भन्न थाले, ‘यो त हाम्री माताजीको लाश हो। यसको वास्तविक हकदार हामी हौँ, हामीले सहयोग राशि पाउनुपर्छ।’ अर्को दिन अझै बढी मानिस आए र सहयोग राशिमा आफ्नो हक कायम गराउन खोजे। यसपछि त के थियो, हरकोही मानिस दाबी गरिरहेको थियो कि यो लाश उसकी आमाको हो। क्रमशः यो संख्या हजारौँ, लाखौँ, करोडौँमा पुग्यो। सहयोग दिने तनावग्रस्त हुन थाले र सोच्न थाले कि यो एउटी स्त्रीको करोडौँ छोरा कसरी हुन सक्लान्! कसैले अँधेरोमा तीर चलायो र भन्यो, ‘कतै यो भारत माता त हैन?’ (कथासंग्रह भिडतन्त्रबाट) असगर भारतका चर्चित व्यंग्य कथाकार हुन्। उनको ‘भिडतन्त्र’ कथा संग्रह हालै प्रकाशित भएको हो। उनले आधा शताब्दी लामो लेखनमा नाटक, कथा, उपन्यास, व्यंग्य संग्रह आदि प्रकाशित छन्। यी कथाकारकाे एउटा अर्को कथा संग्रह पढ्नुहुन्छ ? #अदृश्य #असगर वजाहत सिमानाको खाडल: नारायण काफ्ले राता रात अवैध घोषित हुन्छन् कसैको उपस्थिति यहाँ सरकारले कानुन फेरेपछि, किन शङ्कालु नजरले हेर्छ मान्छेले मान्छेलाई हरेक प्रतिकुल परिस्थितिमा? घरी जात घरी धर्म र घरी-घरी उब्जिरहन्छ राष्ट्रीयताको प्रश्न यहाँ, र हुन्छ मान्छे मान्छे बीच भण्डाफोर! र लेखिन्छ घरी-घरी मान्छेकै बर्बर इतिहास। मलाई प्यारो लाग्थ्यो मेरो देशको नक्सा तर स्कुलमा भूगोल पढ्दा यति धेरै सिमानाहरू याद गर्नै गाह्रो लागेर मैले सरलाइ सोधे! “सर यति धेरै सिमानाहरू के का लागि? _सुरक्षाका लागि। हामीलाई के को खतरा छ सर? _दुश्मनको। हाम्रो दुश्मन को हो सर?” “_______” मैले जवाफ नै पाइनँ सायद मान्छेले मान्छेको दुश्मन पत्तो लगाएपछि रहँदैनन् यी सीमानाहरू! मलाई बताउनुस् त…! मेचीवारी चामलको दाना टिपेर मेचीपारी गुँड हाल्ने चरा कुन देशको ? समुद्री माछाको खाजा मधेसको मकैबारीमा खाना अनि पहाडी काफल खाँदै हिमालमा वास बस्न आउँने पन्छीको राष्ट्रियता के हो? किन जनावरहरू पासपोर्ट बिहिन फेरिरहन्छन् आफ्ना जङ्गलहरू? किन हुँदैन उनीहरू माझमा हैकमवादी युद्ध…? भो छोडी दियौँ यी कुराहरू… म त यो आपतकालमा पनि सिमाना पारिबाट जहाजमा स्वदेश भित्रने र स्वदेशमै अवैध घोषित हुने मान्छेको भिड बीचपनि एउटा सिमाना देख्दैछु जुन मानचित्रमा देखाइएको सिमाना होइन प्रतिकुल समयमा आफैँ स्पष्ट देखिएको सिमाना हो बीचमा ठूलो खाडल परेको छ हुनेखाने र हुँदाखानेहरू माझ, त्यसैले आउनुहोस् मित्र! एउटा नयाँ अभियान छेड्नलाई विचारका बलिया पाखुरासँगै आँटिला साहस बोकेर रोप्नलाई प्रत्येक मुटुमा प्रेम र सम्वेदनाका विरूवा र पुरिँदिउँ यी सिमानाका खाडलहरू भेदभावहिन चेतनाका कङ्क्रिट्हरूले! बाग्रकोट (डुवर्स) #ratoghar हरिमाया: बिनु राई तिम्रो हातमा ठेला त्यसै कहा उठेको हो र पुसको ठिर्याउने जाडोमा झिसमिसे उज्यालीमा चियाको बोटलाई कलम गरेको निशानी हो तिम्रो हातको ठेला. अनि रातभरिको छात्ती दुखाईले सुत्न नसकेको बिसंचो तिम्रो शरीरलाई आरामको कति आवश्यकता थियो. बिहे भएर लोग्नेको घर आएकी तिमी कति सपनाहरू बुनेकी थियौ त्यस दिन गाउमा बेहुली हेर्न कसरी भीडले तिमीलाई ढाकेको थियो अनि लाजले तिम्रो मुहार कस्तो रातो भएको थियो त्यो दिनलाई मुटुमा कसरी बाधेर राखेकी छौ भन त हरिमाया. पोहोर साल पानी झरीमा साथीहरूसंग हास ठट्टा गर्दै मेलोपातमा ब्यस्त पल्लो घरकी कांछी च्याटियांगको प्रहारले कसरी मारिएकी थिइन संसारकै ठुलो गणतन्त्र देशको मीडियाको क्यामेरामा कैद हुन सकेन कांछीको लाश कांछी राष्ट्रीय समाचार किन बन्न सकेन? तिमीलाई थाहा छ, हरिमाया केवल प्राकृतिक घटना बनाएर दबाइंछ तिम्रा दुर्घटनाहरू यस्ता दिनौ घटनाहरू लावारिस बंछ यहा तिम्रो सपनाहरू बलात्कृत हुंछ तब के तिमी सहेर बस्छौ बाग्रकोट (डुवर्स) बुक-हिलका नयाँ किताब साउन पहिलो सातादेखि बजारमा: धान दिवसको अवसरमा सबैमा शुभकामनासहित बुक-हिल पब्लिकेसनले आफ्ना नयाँ प्रकाशनका बारेमा जानकारी गराएको छ | विभिन्न कारणले सार्वजनिक गर्न रोकिएका ५ पुस्तकहरू साउनको पहिलो साताबाट बजारमा पठाउन लागेको प्रेस विज्ञप्तिमार्फत जनाइएको हो | अघिल्लो वर्ष प्रकाशन हुनुपर्ने नारायण ढकालको कथा सङ्ग्रह ‘तमस’ प्रकाशन हुन लागेका किताबमा नयाँ हो भने अन्य पुस्तकहरू ‘बुक-हिल’बाट प्रकाशन हुन लागेका पुनः मुद्रित किताब हुन् | “हामीले अघिल्लो वर्ष प्रकाशन गर्ने सूचीमा राखेका किताब कोरोना भाइरस, कोभिड-१९ को संक्रमणका साथै अन्यन कारणले प्रकाशन गर्न सकेनौं | अहिले पनि परिस्थिति सामान्य भएको त छैन तर बजारमा नयाँ किताबको अभाव देखेर यी किताब बजारीकरण गर्न लागेका हौँ |”, बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए | प्रकाशन हुन लागेका अन्य ४ किताबमा डा. तीर्थबहादुर श्रेष्ठको सचित्र रङ्गीन किताब ‘नेपाल नखुलेका पाटाहरू’, पिटर जे. कार्थकको साझा पुरस्कार-२०३४ प्राप्त उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, सौरभको ‘असहमति-१’, र जगदीश घिमिरेको मदन पुरस्कार-२०६४ प्राप्त किताब ‘अन्तर्मनको यात्रा’ रहेका छन् | ‘आज धान दिवसको अवसर पारेर ‘मानो रोपे मुरी’ भन्ने भनाइलाई मनन गरी हामीले किताब प्रकाशन गर्ने घोषणा गरेका हौँ | हामीलाई विश्वास छ, यी लोकप्रिय किताबका नयाँ कलेवरले पाठकलाई आनन्दित पार्नेछ |”, विज्ञप्तिमा भनिएको छ | साथै, बुक-हिलले दशैंसम्ममा करिब आधा दर्जन नयाँ किताब प्रकाशन गर्ने लक्ष्य राखेको पनि विज्ञप्तिमा जनाइएको छ | #bookhill #बुक-हिल पब्लिकेसन न्याय: आमा तपाईं बूढी हुनुभयो र हाम्रो परिवार गरिब छ आमा तपाईं पर्खिएर बसिरहनु त्यही घरमा म फर्खिएर आउनेछु अवश्य सातसमुन्द्र पारिको देशबाट हजुरको अनुहारको मुस्कान लिएर । आमा हामी दरिद्र छौ तर, इमान्दार छौ । आमा मेरो भिसा लाग्यो यसैले म ऐले वैदेशिक रोजगारको कामदार भएर जाँदैछु । पैसा कमाएर अनि स्वदेश आएपछी अर्को वर्ष नयाँ घर बनाउँला आमा अनि बुहारी पनि भित्र्याउला । तर अहिलेलाई म गएँ आमा म अब टाढाको भएँ । अहिलेलाई म गएँ आमा आफ्नु ख्याल राख्नु है पक्कै पनि र म चाँडै नै नेपाल फकिएर आउनेछु अर्को साल । सपनाहरू बोकेर एकसाथ ठूलो देशको सपना देखेर यस्तै यस्तै भनेर गएथ्यो सरकार मेरो छोरो तर अफसोच् आजसम्म पनि फर्किएन । फर्कियो केही दिनपछि मेरो छोरो विमानमा बसेर प्रवासको आकासहरू हुँदै हो फर्किएर आयो मेरो छोरो तर लास भएर बाकसभरी सजिएर फर्किरहेको कुनै नौजवान नेपालीहरू झँै गरेर। जन्तीहरू लिएर बेहुलो बन्ने सप्ना बोकेर गएथ्यो मेरो छोरो सरकार तर किन यसैको ठिक विपरीत सारा जन्तिहरू सहित एकचिहान भएर फर्कियो । गरिबहरूले स्वदेशमा रोजगार कैले पाउँछन् सरकार आफ्नु विचारले खाएको दुई जोडीहरूले चाहेको प्यार कैले पाउँछन् गल्ती गरियो समाज गल्ती गरियो रङ्गविभेद गरियो स्वतन्त्र उठान भरेर प्रख्यात प्रजातिको एउटा सेतो र रङ्गिन परेवासङ्गैसङ्गै आसमानमा उढिरहेको एउटा कालो परेवाको घाँटी काटियो र त्यो मेरो आफ्नै छोरो थियो । गुनेगारले सजाय कैले पाउँछन् पिडितहरूले न्याय कैले पाउँछन् न्यायधीस पुलिस र यसैले पनि उनिहरू पनि एकसाथ मेरो छोरोसँगैसँगै मारिए किनकि , उनिहरू सबै दलित थिए । म सुनिरहेथँे अदालत ! सन्चार माध्यममा आएर अनि बताएर आफ्नु वास्तविकता मृतक नवराज विककि आमा यस्तै आवाजमा रोइरहेकी थिइन् । #न्याय #सुजन बूढाथोकी यस्तो पो हुँदो रैछ: दौड्दा दौड्दा दिक्क, चर्को घाम पसिनै पसिना एउटा पुरुष बूढेस कालको ज्यान साँचोमा ढाल्न पो रैछ । दौडाउँदा दौडाउँदा रिक्शा, चर्को घाम पसिनै पसिना अर्को पुरुष बूढेस कालको ज्यान चार जना जाहान पाल्न पो रै छ । चौडा छातीमा टुक्राएको सानो टालो मस्कदै ढल्कदै एउटी युवती स्वाद लिदै स्याम्पियन पिउंदपो रैछ । निहुरिएको मन्टो मा जोडेको ठूलो घुम्टो रुढिबादी बोझ सहँदै अर्की युवती पुख्र्यौली इज्जत धान्न पिल्सिदै ज्यूने पो रहेछ । आइफोन, ल्यापटप र ट्याब्लेटले नपुगेर एउटा बच्चा एक्स बोक्सको लागि पल्टिदै रुँदो पो रैछ । खाली खुट्टा ठिहिराउने जाडो ढुंगासंग खेल्दै अर्को बच्चा कागजको पुतली पाउँदा खुसीले रमाउँदो पो रैछ । कोशी ब्यारेजको ठूलो जलाशय जस्मा रोक्दै गरेको पानी हर साल हजाराँैको ज्यान खाने पो रैछ । कति महान गाउँको सानो पँधेरो जस्मा रुङ्ग्दै भरेको पानी आज सम्म कैयौँको ज्यान धानेको पो रैछ । उहिलेदेखि मन्दिरमा भगवानसँग फूल चढाउँदै माग्नेहरू आजसम्म पैदलै पैदल देखिंदा पो रैछन् अस्ति देखि नोट चढाएर माग्न थालेकाले हिजो कार चढेको देख्दा “शंका “ देउताले नि कतै घुस लिंदा पो रैछन् ? #यस्तो पो हुँदो रैछ #युबराज भण्डारी मानवीय संवेदनाको कथा: फेची\xa0मर्\u200dयो\xa0!: कालो फलामे गेट ठेलेँ‚ चुइँय गर्दै खुल्यो । भित्र पसेँ अनि उसैगरी लगाइदिएँ । तर असावधानीवश यसले मेरो औंला च्यापिदियो, “ऐया !” दुखेको औंला मुखले चुस्दै कोपिलालाई बोलाएँ‚ “कोपिला‚ कोपिलाऽऽऽऽऽ ।” ऊ अलिक कान कम सुन्छे, त्यसमाथि सधैं भान्सामा काम गर्दा गीत सुन्न भनेर मोबाइलको एयर फोन कानमा घुसारेकी हुन्छे । औंला च्यापिएको दर्द भरिएको आवाज भरेर टाँठो गरेर फेरि कराएपछि बरन्डामा देखापरी । “के भन्नुभयो दाइ ?” जाँगरै नलागेजस्तो गरेर भनी । मैले सोधें‚ “फेची कहाँ गयो ? हिजो पनि त्यसलाई देखिनँ मैले यहाँ ।” “खै कहाँ गयो । मैले त झन् अस्तिदेखि देखेको छैना ।” यति भनेर ऊ हाँस्दै भान्सातिर लागि, म आफ्नो कोठातिर लागें। फेची लापता हुनुको दर्द केहीबेरलाई बिर्सेर म कार्यालयको काममा घोत्लिए, तर कुर्सीमा बस्दाबस्दै आफ्नो ढाड सोझ्याउनुपर्ने भइसकेछ | ढाड तन्काउन तल झरें । मिस्टर सङ आफ्नी सानी छोरी जोइसलाई साइकलमा राखेर आँगनमा यताउता घुमाउदै रहेछ । मलाई देखेर अडियो । हामी दुवैको मुखबाट सँगै निस्क्यो “गुड अफ्टरनुन ।”, दुवैजना मजाले हाँस्यौं । “टु मेन्टेन योर ब्याक ? (ढाड सोझ्याउन निस्किएको ?)” उसले सोध्यो । “एस मिस्टर सङ‚ इट इज माइ प्लाइट एण्ड आइ थिङ्क आइ क्यान्ट इस्केप फ्रम दिस इभर लाइफ । (हो मि सङ यस्तै छ मेरो हाल । जीवनभरि यसबाट म भाग्न सक्दिनँ होला ।)”‚ मैले भनें । ऊ केही बोल्न आँट्दै थियो सानी जोइसले बिथोली । “आप्पा फेचीगा… \u200d?” म कोरियाली भाषा बुझ्दिनँ, तर यतिचाहिँ बुझें, सानी नानीले फेचीको कुरा गर्दैछे । उत्तेजित भएको मिस्टर सङले मसँग सोध्यो‚ “हेइ प्रकाश‚ ह्वेर ह्याज फेची गन् ?” “आई अल्सो आस्कड सेम क्वेश्चन टु कोपिला ? रियल्ली‚ ह्वेर ह्याज फेची गन् ? (मैले पनि यही कुरा कोपिलालाई सोधेको थिएँ । साँच्ची‚ फेची कहाँ गयो ?)” एकचोटी मजाले हाँसेपछि उसले भन्यो‚”पर्ह्याप्स हि मेट हिज मेटिङ पार्टनर एण्ड वेन्ट समह्वेर टु मेड होम‚ हाहाहाहाहा । (सायद उसले घरबार बसाउन आफ्नी तरुनी भेट्यो होला र कतै गयो होला ।)” फेरि भन्यो, “जस्ट किडिङ्ग‚ हाहाहाहाहा ।(ठट्टा गरेको है।)” “मे बि एन्ड इट्स द सिजन फर मेटिङ्ग अफ डग ! (होला पनि‚ यतिबेला कुकुरले तरुनी खोज्ने मौसमै हो क्यार !)” जवाफमा मैले भनें । ऊ फेरि खिल्लिलाएर हाँस्यो । भएको के रहेछ भने उसले बाटोमा निस्किँदा भुस्याहा कुकुरका थुप्रै बगाल देखेको रहेछ; कतै पोथी कुकुर लखेट्दै दगुरिरहेका‚ कतै र्\u200dङ्यार–र्\u200dङ्यारर्\u200dङुर–र्\u200dङुर एउटी पोथी कुकुरको निम्ति टोकाटोक गरिरहेका त कतै यौनाङ्ग अड्काएर सडकमा रमिता देखाइरहेका । “ह्वाइ सो मेनी डग्\u200dस आर मुभिङ्ग अन द स्ट्रिट हियर ? माइ डटर्स स्केयर्ड टु गो टु द रोड । (यहाँ किन बाटोमा यतिका कुकुहरूहिँडिरहेका हुन्छन् ? मेरा छोरीहरू सडकमा निस्कनै डराउँछन् ।”) के जवाफ दिनु मैले । महिना दिन नाघिसक्यो ऊ नेपाल आएको; केमा मात्रै बेथिति छैन र यहाँ | उसले आफैँ बुझोस् यहाँको अराजकता‚ बरु मैले भनें‚ “मिस्टर सङ‚ इट लुक्ड लाइक इल । हाउ क्यान इट फाइट विथ योङ्ग डग एन्ड विन हिज पार्टनर ? (ऊ त बिरामीजस्तो देखिन्थ्यो । बिचराले तन्नेरी डाँगाहरूसँग भिडेर तरुनी जित्न सक्थ्यो र‚ मिस्टर सङ ?)” यसो ढाड सोझ्याउने उपक्रममा खुट्टा उफार्दै फेरि थपें‚ “कहाँ गयो होला यो फेची पनि ?” मेरो भाषा नबुझेर लिप्रिक्क ओठ लेप्र्याउदै ऊ सानी जोइसलाई साइकलमा राखेर आँगन बाहिर निस्क्यो । फेचीले घर छाडेको त मलाई कहिल्यै थाहा थिएन । दुई दिन भइसकेछ ऊ हराएको; मैले हिजै खोजीनीति गर्नुपर्ने ।कतै बाहिरगएको होला भनेर त्यति वास्ता गरिनँ । कसैले मारिदियो कि ? वा कसैले खानेकुरामा विष पो राखिदियो कि ? कतै झाङ्गमुनि कुइँकुइँ रुदै बसेको पो छ कि ? फेरि मैले कोपिलालाई कराउँदै बाहिर बोलाएँ । यसपाली ऊ एयरफोनका लहरा कानबाट झिक्दै बाहिर देखापरी । “कति गीत सुनेको ? फेचीको खोजी गर्नुपर्दैन ?” म झोक्किएँ । गम्भीर हुनुको साटो ऊ पनि गालामा लाली चढाउदै खितखिताई, “अब काँ खोज्न जान्छ म त्यल्लाई । गयो होला नि साँढे तरुनी खोज्न ।” मतिर नहेरी ऊ फेरि लहरो कानमा ठोसेर भित्रतिर लागी । “एकातिर डोजरले बाटो छेकेको थ्यो, आर्कातिर साँढे छाडा कुकर रमिता देखाइरहेका । आफ्ना दुइटै हातमा झोला थियो ।निस्किने बाटै पाएन । एकछिन उभिएको त उतापट्टि घरको छतमा चङ्गा उडाइरहेका रन्डाहरूले‚ “के हेरेको मैयाँ ?” भन्दैकस्तोकस्तो बोल्यो । “राँडाहरूको दिदीबैनी पनि छैना कि क्या हो ?” बैठक कोठातिरबाट कोपिलाले चिच्याउदै मलाई सुनाई । “छोडिदेऊ त्यस्ता पागलहरूका कुरा”, मैले पनि चिच्याउदै जवाफमा भनें‚ “पम्फा दिदी बस्ने घरमा पो गयो कि खोज्न जानुपर्दैन ?” अहिले त कानमा समेत रक्तिम आभा चढाइसकेकी कोपिला फेरि बाहिर निस्की‚ “त्याँ त जादैन अचेल । पम्फा दिदी डेरासरिसक्यो । एकदिन गा’को थ्यो रे ! पल्लो कोठाकी दिदीले छोराछोरीको मोजा काटिदेला भनेर दाउराले हानेर लखेटेछ ।” मैले सम्झिएँ, एकदिन बिहान यहाँ आउँदा दर्के झरी परेको थियो । साँझ जाँदा घाम झलमल लागे कसले छाताको खोजी गरोस् ।भोलिपल्ट यतालाग्दा बीच बाटोबाटै सिमसिम पानी पर्न थाल्यो झोला छामेको त छाता छैन; निथ्रुक्कै भएर फलामे ढोका खोलेरभित्र पसें । हातमा मेरो छाता च्यापेर कोपिला उभिएकी थिई । मलाई देखेर हाँस्दै खोलेर देखाई; गाइजात्राको व्यङ्ग्यकारले ओढ्नलायक बनाइदिएछ सत्र ठाउँ टोकटाक पारेर । कोपिलासँग पड्किएँ‚ “किन छोडेको साँढेलाई ?” “मैले हो त‚ आफैँ फुकेछ राति ।” उसले आफ्नो बचाउ गरी । हाम्रो हल्लाखल्ला सुनेर मिस्टर ‘ओउ’ तल \u200cओर्लियो । “कुल डाउन माई योङ फ्रेन्ड । आइ ह्याभ लस्ट मोर देन यु । लुक एट माई सुज ! पुअर मि ! माई एल्डर सन स्पेन्ड अल्मोस्ट २ लाखवन टु पर्चेज दिज् सुज फर मि बिफोर आइ डिपार्जर फ्रम कोरिया । (शान्त होऊ मेरा तन्नेरी साथी । तिमीले भन्दा धेरै त मैलेगुमाएको छु । बिचरो म‚ मेरो जेठो छोराले म कोरियाबाट हिँड्नुअघि यी जुत्ता दुई लाख कोरियन वन हालेर किनिदिएको थियो ।)” रुवाजति उडेका धुजाधुजा भएका जुत्ता देखाउदै उसले भन्यो । अनि हामी अबदेखि होसियार हुनुपर्छ भन्दै माथि उक्लिएका थियौं त्यो दिन । मलाई फेची पटक्कै मन पर्दैन । त्यसैले यसको नामको अर्थ के हो भनेर मैले मिस्टर र मिसेज ‘सङ’सँग कहिल्यै सोधेको पनि छैन ।यही वर्षमात्रै ऊ चारपटक बिरामी परिसक्यो । उसको डाक्टर आउने दिनमा म दीपक दाइलाई गुहार्छु । मलाई फेचीको गन्धै मनपर्दैन; वाकवाकी लाग्छ । तर त्यो फटाहा पशु चिकित्सक पनि मै जस्तो सिकसिके छ । उपचार गर्न आउँदा जे पनि हामीलाई लगाउँछ । एकदिन त ज्वरो नाप्न थर्मिमटिर फेचीको मलद्वारमा घुसार्न दीपक दाइलाई लगायो; मैले आँखै देखिनँ र पड्किएँ‚ “तपाईँको काम त्यसो भए के नी ? कुकुर छुन घीनाउने अनि केनल क्लबमा जागिर गर्ने ? वाहियात !” केटौले थियो बिचरा आत्तिएर त्यसपछि सबै काम आफैँ गर्\u200dयो । हुन पनि त्यसदिन फेचीले उधुमै गरेको थियो । कोपिला र दीपक दाइलाई छेउछाउ नै लाग्न दिएन किनकि उसले आफ्नो शत्रु आएको देखिसकेको थियो । मैले थाहा पाएसम्म फेचीले मन नपराउने तीनजना मान्छे छन् । त्यही उसलाई सुई घोच्ने चिकित्सक, दीपक दाइ र कोपिला । पहिलो दुई जनालाई त ऊ फुटेका आँखाले पनि सहदैन । कोपिलाले भने साँझ बिहान खाना खान दिने भएकाले उसको ज्यादतिमाथि पनि पुच्छर हल्लाउन बाध्य छ । केही सीप नलागेपछि त्यसदिन फेचीलाई फकाउने जिम्मा मेरै काँधमा आइलाग्यो । हजार दाउ लगाएर मैले उसको घाँटीमा बाँधेको साङ्ग्लो अड्काउने काँठी समात्न भ्याएँ । नटोकोस् भनेर मुख बाँध्ने जालो लिएर दीपक दाइ हामीतिर दौडियो । दीपक दाइ जालोमुखमा लगाउने उपक्रममा थियो । केभिन, त्यो चिकित्सक र अरु मिलेर उसलाई आँगनमा लडाए । आत्तिएको फेचीले दीपक दाइको ओठ र गालासम्मै भ्याउने गरी मुतिदियो । “छाडिदियो नि गङ्गाजल‚ भयौ सबै पवित्र अब !” घीनले सर्ट टक्टक्याउदै मैले भनें । बिचरो चिकित्सकले घीनाउदै फेचीको छालामा सुई रोप्यो । एकहप्तासम्म खानामा मिलाएर औषधि खुवाउने जिम्मा कोपिलाले पाई । ऊ यसैगरी हामीलाई सताउँछ । किन मलाई कुकुर बिराला मन पर्दैनन् थाहा छैन । यो फेची त झनै मन पर्दैन । उफ ! यसको खेलबाडको कसले बयान गरोस् । म यहाँ आइपुग्दा ऊ फुकै रहेछ भने मेरो हुर्मत लिन्छ । एक्कासी कताबाट आउँछ र हिलोमा डुबेका त्यसका खुट्टा मेरो टाउकासम्म पुग्नेगरी जाइलाग्छ । म सम्हालिन नपाउदै मेरो सर्ट–पाईन्टमा त्यसका नङ्ग्राका खुब राम्रा हिले बुट्टा कुँदिसकेको हुन्छ । क्रोधले म उम्लिन्छु अनि ऊ लत्याकलुतुक परेर खुट्टा चाट्न निहुरिन्छ‚ पुच्छर हल्लाउँछ‚ कुँइकुँइ गर्छ; मानौं मेरो लुगा बिगारिदिएकोमा माफी माग्दैछ । यताउति लठ्ठी खोजिरहेका मेरा आँखा त्यतिकै रोकिन्छन् । फन्किदै म भित्र पस्छु। ऊ मैलाई हेरिरहेको हुन्छ अझै माफी मागिरहेको शैलीमा । दिक्दार हुँदै म झोला बिसाएर बाथरुम छिर्छु ,लुगा पखालपुखुल पार्छु र नुहाएर काम सुरु गर्छु । घर जाने बेलामा पनि ऊ मलाई यसैगरी अप्ठेरोमा पार्छ । आँगनबाट निस्केर म जब फलामे ढोका बन्दगर्छु, ऊ गहिरो निद्रामा परेकोजस्तो स्वाङ्ग गर्छ । तर मैले दुई पाइला चालिनसक्दै फलामे ढोकामाथिबाट हाम फालेर बाटोमा निस्किन्छ; म झस्किन्छु ।बिन्दास् चालाले ऊ मेरो पछि लाग्छ । “फेची‚ घर जा ।” मलाई नसुने जस्तो गरेर ऊ झन् मेरो अघि पो लाग्छ ! बिजुलीको पोल देख्नै हुन्न् तुर्\u200dक्याइहाल्छ । मलाई रीस उठ्छ‚ हप्काउँछु; झन्अघिअघि दगुर्छ; म आज तेरो पछि लाग्न आएको हैन के भनेजस्तो गरी बेवास्ता गर्दै ! मूलबाटो निस्केपछि म फेरि चेतावनी दिन्छु‚ “बाटो काटेर मेरा पछि लागिस् भने तँ आज मरिस् ।” साँच्चै बाटोपारि पुग्दा ऊ मसित हुँदैन । उतै पल्लापट्टि केके सुँघिरहेको हुन्छ‚ मलाई देखेकै छैन जस्तो गरी । मलाई हल्का महसुस हुन्छ । टेम्पो आउँछ, म हात हल्लाउँछ‚ फेरि ऊ अकस्मात प्रकट भइदिन्छ‚ ‘ह्वाङ्ग ह्वाङ्ग’ गर्दै भुक्छ र टेम्पोको पछि लाग्छ । भित्रबस्ने ठाउँ नपाएर उभिनु पर्\u200dयो भने त झन् जात्रै देखाउँछ; शुभतारा स्कुलभन्दा माथि पुग्छ मेरो दुर्दशायुक्त बिदाइ गर्न । खानै आईहाल्छ क्यारे जस्तो गरेर टेम्पोका यात्रु डराउँछन् र यत्रा आँखाले मलाई हेर्छन् । यस्तो बदमास् कुकुर हराएकोमा म त झन् खुशी पो हुनुपर्ने तर किन बेचैन छु । राम्ररी मिलाएर ढुङ्गा छापेको आँगनमा शरद्\u200cकोपोषिलो घाम टल्केको छ । बारम्बार मेरा आँखा त्यही ठूलो फलामे गेटतिर गइरहन्छन् । कतैबाट त्यो गेट नाघेर घन्द्र्यामघुन्द्रुम गर्दै फेची आइहाल्छ कि जस्तो लाग्छ । उसलाई बाँध्ने ठाउँतिर हेर्छु, खालीखाली छ; अधीर भएर दीपक दाइलाई फोन लगाउँछु; व्यस्तको व्यस्त छ । कुनचाहिँ एफएममा फोन लगाएर सुर न तालको गाना सुनाउदैहोला; वाक्क लागेर रिडायल गर्नु छोडिदिन्छु । फेरि एकचोटि फेची बाँध्ने थलोतिर हेर्छु र ढाड तन्काउने बहानामा तल ओर्लिन्छु । फेचीको खोरमा उसको वाक्वाकी लाग्ने गन्ध जस्ताको त्यस्तै थियो; ठूलो बटुकोमा केही खानेकुरा पनि बाँकी नै थियो । तर फेची थिएन । मलाई त्यहाँ देखेर होला कोपिला पनि त्यही आई । “हेर त खाना पनि नखाइ हिँडेछ ।” केही गम्भीर भएर मैले भनें । “कम्ति मात्तेको छ त्यो फेची‚ मासुमात्रै खान खोज्छ; भात त छुदैछुदैना । मेडमले कैलेकाइँ हड्डी ल्याएर छोडिदिन्छ; जतासुकै जावोस् ।” यति भनेर ऊ घर पछाडि लागी; सायद लुगा धुन होला । ढाड तन्याकतुनुक पार्दै म बरन्डामा आएँ । तीनचार दिनअघि हुनुपर्छ, फेची यहीनेर सुतिरहेको थियो म आइपुग्दा । जुत्ताको धुलो टक्टक्याउदै फुकालें तर उसले आँखै उघारेन; मतिर हेर्दा पनि हेरेन । अचम्म लागेर मैले उसलाई बोलाएँ । यसो आँखा उघारेर हेर्\u200dयो अनि फेरि तत्काल बन्द गरिहाल्यो । मुन्टै उठाएन । उसको टाउको मुसार्न झन्डै पुगेका आफ्ना हातलाई झट्ट आफैँतिर खिँच्दै मैले केही कमलो स्वरमा फेरि बोलाएँ, “फेची !” मसिनो स्वरले कुइँय गर्\u200dयो तर आँखा उघारेन, न त मुन्टो नै उठायो । मैले कोपिलालाई बोलाएँ । तीनचारचोटि चड्का स्वरले बोलाएपछि ऊ आई । “फेचीलाई के भयो कोपिला ?” “खै के भयो, बान्नै हुन्ना रोएर तमास गर्छ । वरिपरिको मान्छेले कस्तो कराउँछ । अब त मैले बान्नै छोडिदियो । खानेकुरा पनि मिठोमिठो मात्रै खोज्छ ।” कोपिला भन्दै गई‚ “नबाने दीपक दाइ कराउँछ; फूल भाँचिदियो‚ गमला फोरिदियो तेरा डाम्नाले भन्छ ।बान्यो रोएर सताउँछ । मरे हुनेनी बरु । यी दुइटा कुकुरको के काम ।” साँच्चै यी दुइटा कुकुरलाई दीपक दाइ फुटेका आँखाले पनि सहदैन । सातामा तीन दिन ऊ हाम्रोमा फूल स्याहार्न आउँछ । बगैंचाको उत्तरपट्टि इनार वरपर उसले खुबै राम्रो दूबो हुर्काएको छ । तर फेची र उसको छोटेभाइ फुक्ने मौका पाए भने बिष्ट्याउन पनि त्यही जान्छन्, लडिबडि गर्दै खेल्न पनि त्यही । उसले धेरै मेहनत गरेर एउटा गमलामा एभोकाडो हुर्काएको थियो । कुनचाहिँले हो एकदिन फुकेको बेलामा बीचैबाट; भाँचिदिएछ झन्डै आधामिटर जति हुर्किसकेको बिरुवा । राँक्किएको दीपक दाइले मोटो बाँसको भाटो लिएर दुवैमाथि जाइलागेछ त्यो दिन । बिचरा सानोचाहिँलाई त पछाडिका खुट्टा समातेर झुन्ड्याएर चुट्ट्दै थियो । म बाहिर गएको थिएँ, फर्किदा आँगनमा गजबको तमासा देखें । “दीपक दाइ‚ बिचरालाई के गरेको ? के बिगार गर्\u200dयो र ?” मैले डाको लगाएँ । फ्यात्त कुकुर छाडेर ऊ उजुरी हाल्न तम्स्यो। चुटाइले थिलोथिलो भएका कुकुरहरू ज्यान चाट्दै खोरभित्र पसेर कुइँकुइँ गर्न लागे । “यो डेब्री (कोपिला) लाई नछाड् है भनेको किन फुकाउँछे त्यसका डाम्ना; मैले गू पनि सोहर्नुपर्ने ? यत्रो भैसकेको एभोकाडो कि गाँडो पनि भाँचेर मरेछ । यता फूल लगाउने भनेर ड्याङ्ग पारेर गा’को अस्ति लडिबडि गरेर‚ हगेर मरेछन् । अनि रीस उठ्दैन त ।” कोपिला किन चुप लाग्थी‚ “मैले फुकाको हो त । आफैँ फुक्छा‚ मलाई टेर्दैटेर्दैन । यो स्यानो त झन् मलसाँप्रो जस्तो छ, घरअगाडि र पछाडि कुद्छ; म त बान्नै सक्दैना । यो मेडमले पनि के गर्छगर्छ । दुइटा कुकुर ल्याएर बाँधिदेको छ । जति ख्वाए पनि नअघाउने स्यानो त । चामल कति छिटो सकेको भन्छ फेरि ।” “भयो भयो अब; चुप लाग । दीपक दाइ‚ अबदेखि यसरी कुटेको देखेमा म राम्रो मान्दिनँ है ।” मैले विवाद मिलाउने उद्योगमा भनें । “हजुरआमालाई यो सानोचाहिँ उनकै घरमा लैजान भन्नु न त ! फेचीभन्दा यो झन् बदमास् छ ।” असहाय भएको दीपक दाइले भन्यो । “उनीहरू बिचरा त्यहाँ कोलोनीमा बस्छन् । छिमेकीहरूले करायो भनेर कम्प्लेन गरेपछि यता ल्याएको अरे‚ फेरि कसरी लैजान भन्नु। कि त बाहिर कतै लगेर फ्याँकिदिनु पर्\u200dयो ।” निरुपाय मैले भनें । “याँ’चाहिँ कराउदैन रे ?”‚ कोपिला चट्टारिई‚ “पल्लो घरको बूढो मान्छेले अस्ति कस्तो गाली गर्\u200dयो मलाई । यतापट्टि अपिसको पालेहरूले सधैं जिस्काउँछ । यिनै डाम्नाहरूसँग जोडेर केके भन्छ ।” “तँ डेब्री उस्तै छेस् किन भन्दैनन् त’नि ! खुब भोगटे लग्दै खुवाउदै गर्छेस् रे ! कुनदिन यही बास बस्न आइपुग्छन् अनि थाहा पाउछेस् ।” दीपक दाइले पोल खोल्यो । “धेरै नबोल है दीपक दाइ तिमी जस्तो हैन हामी । केटी जस्तो स्वर पारेर आफैँ कोको केटासँग फोनमा आधाआधा घन्टासम्म कुरागरी बस्छ, यता आल्चाको बुटामुनि गएर । खुब मलाई भन्छ ।”‚ कोपिला पनि के कम हुन्थी र थपी‚ “सिताले मलाई भनेको दाइ, यो दाइले केटासँग लभ खेलेको रे । त्यो केटो बिचरा त कोटेश्वरमा यत्रो ठूलो फूल बोकेर आको रे यो दाइलाई देखेर भागेछ, फूलसुल फ्याँकेर ।” “चुप लाग् डेब्री ।”‚ भाटो बोकेर दीपक दाइ कोपिलातिर झम्टिन दौडियो। “भयो‚ चुप अब दुवैजना ।” मैले हस्तक्षेप गरें । काटेर खाए हुने नी बरु खान्छन् रे नि त यो जात ले त (कोरियनहरू कुकुरको मासु खान्छन् ।)” । अन्तमा तीतो पोख्दै दीपक दाइएउटा हातमा प्लाष्टिक बेरेर बगैंचातिर गू टिप्न हिँड्यो । पहिलेका कुरा सम्झेर के गर्नु, म फेरि वास्तविकतामा फर्कें‚ फेचीको खोजी जसरी पनि गर्नुछ आज । न दीपक दाइले पो कतै देख्यो कि, म फेरि उसलाई फोन लगाउँछु भन्दै माथि उक्लिएँ; फेरि उस्तै व्यस्त देखाउँछ उसको मोबाइल । कस्तो अजीवको मान्छे छ यो दीपक दाइ पनि, कति खर्च हुन्छ होला उसको फोनको महिनामा ? दिनमा २० ठाउँ गर्छ होला फोन एफएमहरूमा । एकाबिहानैदेखि आधारातसम्म कुन एफएममा कुनबेला लोकदोहोरी बजाउने कार्यक्रम बज्छ‚ कसले चलाउँछ उसलाई सबै कण्ठ छ । यहाँ काम गर्नआउँदा पनि कहिले गीत लेखिरहेको हुन्छ, एउटा कुनातिर लुकेर त कहिले अर्कोतिर उभिएर मच्चीमच्ची गीत गाइरहेको हुन्छ एफएममा । टाढैबाट म उसको गतिविधि नियाल्छु । कोपिला जिस्काउन जान्छे कहिलकाहिँ उसले एफएममा गीत गाइरहेको बेलामा । आवाज ननिकाली ऊ ओठैले कराउँछ कोपिलालाई‚ “उता जा डेब्री । तँ फक्रेको फूल ।” कोपिलालाई दीपक दाइले’फक्रेको फूल’ भनेको सुन्यो भने ऊ मूडमा छ भन्ने थाहा हुन्छ मलाई । उसो त ऊ सधैं मूडमा नै हुन्छ, सिवाय फेची र उसको साथीले बगैंचा नबिगारिदिएको अवस्थामा । बल्लबल्ल उसलाई फोन लाग्छ । आत्तिदै म सोध्छु‚ “दीपक दाइ‚ फेची हरायो । कतै देख्नुभयो ?” जवाफमा ऊ घोडा हिनहिनाएजस्तो गरी हाँस्छ । “किन हाँसेको वाहियात ।”‚ मलाई बेला न कुबेला ऊ हाँसेको फिटिक्कै मन पर्दैन । “अब मैले कसरी थाहा पाउनु । कात्तिक लाग्या थाहा छैन । गयो होला कतै अड्काउन !” ऊ फेरि उसैगरी हाँस्यो । मैले ढ्याक्क फोन राखिदिएँ । के सम्झेर हो कुन्नी, उसले कलब्याक गर्\u200dयो र भन्यो‚ “साँच्चै मलाई थाहा छैन दाइ । पम्फा बस्नेतिर गयो कि खोज्न जा भन्नु नि त्यो कोपिलालाई ।” “ल ल खोजौला ।” मलाई अघिको उसको जवाफले अझै चिढाइरहेको थियो तैपनि सोधें‚ “तपाईं आज आउने हो कि होइन ?” “आउँछु दाइ आउँछु, तीज बजेतिर ।” “ल ल ।” भन्दै मैले फोन राखें । गजब छ सम्बोधन पनि ऊ मलाई ‘दाइ’ भन्छ, म पनि उसलाई ‘दाइ’ नै भन्छु । उमेरको कुरा गर्दा ऊ मभन्दा पक्कै पनि जेठै होला, तर मैले कहिल्यै सोधेको छैन । ट्रिङ्ट्रिङ् फोनको घन्टीले मलाई फेरि वास्तविकतामा ल्यायो; हतारिदै उठाएँ । उताबाट आवाज आयो, “हेलो हजुरहरूकोमा कुकुर छ है‚ सर ।” “हजुर हजुर छ । तपाईँ को बोल्नुभयो ? हाम्रो कुकुर हराएको दुई तीन दिन भइसक्यो । तपाईँले फेला पार्नुभएको हो ?” मैले सासै नफेरि सोधें । “हो र हजुर ?” त्यो आवाजले भन्यो‚ “म त यहाँ माउन्ट भ्याली केनल क्लबबाट; हजुरको कुकुरलाई इन्जेक्सन दिने बेला भए छ | हाम्रो डेटाबेसले त्यही देखाउँछ । मैले त भोलि म एन्टिरेबिज भ्याक्सिन दिन आउँछु भन्नलाई गरेको ।” “कुकुर त हरायो, अब तपाईँ कसलाई सुई घोच्न आउने ? सानोचाहिँलाई लगाउने बेला भएको छैन होला ।” मैले चटारिदै भनें । “भेटिएपछि खबर गर्नुस् है हजुर ।” भनेर उसले फोन राखिदियो । काममा मनै लागेन आज । यो ढाडले पनि मलाई तीसै वर्ष नपुगी बूढो पारिदिएको छ; कुर्सी त शत्रु नै भयो । कहिले छतमा कहिले तल कहिले यता कहिले उता गर्दै ढाड तन्काउदै म फेचीकै कुरा सम्झिदै अलमलिएँ । कत्रो शून्य आज यो फेची हराउँदा; फेरि उसलाई बाँध्ने ठाउँमा गएँ । सबै कुरा उस्तै छन्; भर्खरै किनेर ल्याएको साङ्गलो टलक्कटल्किएको छ पश्चिम ढल्केको घामले, तर फेची छैन । म माथि उक्लिएँ र एकछिन् फेसबुकमा अल्मलिएँ । दीपक दाइ आयो । ऊ साइकल सधैं मेरै झ्याल तल राख्छ र “दाइ” भनेर मेरो ध्यान आफूतिर आकृष्ट गर्छ । तर आज चुपचाप लागेर ग्यारेज पछाडितिर गयो र कुटो‚ हँसिया केके हो बोकेर आयो अनि फेची बस्ने खोर अगाडि खनिखोस्री गर्न लाग्यो । मैले माथिबाट हेरी रहें केहीबेर तर मैले पनि बोलाइनँ । “तलाई डेब्री राम्ररी स्याहार गर्नुपर्दैन त कैले मर्\u200dयो अरे ?”‚ चड्का स्वरले दीपक दाइ कराउँदा मेरो ध्यान भङ्ग भयो । जर्\u200dयाकजुरुक उठेर झ्याल खोलें । “मलाई के थाँ त ।” मलाई झ्यालबाट हेरेको देखरेर मतिर हेर्दै कोपिलाले थपी‚ “दाइले त बिरामी छ भन्थ्यो । त्याँ परको घरमा गएर मर्\u200dयो रे अस्ति राति ।” म हाम फालेर तल तिनीहरू भएको ठाउँमा पुगें । “दाइ फेची मर्\u200dयो भन्छे त यो डेब्री त ।” दीपक अझै कुरालाई हल्कै बुझिरहेको थियो क्यार, “छी ! कस्तो यो दीपक दाइ त । अस्ति राति मरेको रे । हिजो फोहर उठाउन आउनेलाई त्यो आमाले आठ सय रुप्पें दिएर फाल्न लगायो रे ।” कोपिलाले भनी । “हाम्रो कुकुर मरेपछि हामीलाई खबर गर्नु पर्दैन रे ? को आमाको घरमा मरेको रे नि ?”‚ मैले सोधें । पश्चिमतिर देखाउदै कोपिलाले भनी‚ “उ त्यो घरको आमाले फाल्न लाको रे त्यही गएर मरेछ । हाम्रो गेटअगाडि ल्याएर छोडिदिन लाउँकी भनेको रे फेरि आफैँ पैसा तिरेर फाल्न लाएछ ।” “कस्तो रे रे भन्छ्यौ तिमी ? तिमीलाई चाहिँ कसले भन्यो ?” बगैंचाको डिलमा थकुक्क बस्दै झोक्किएर मैले सोधें । “यो घरमा बस्ने दिदीले ।” फेरि कोपिलाले पूर्वतिरको घर देखाई । यो ठूलो घरमा एउटी मोटी तामाङ्नी (सायद उसको श्रीमान पनि) काम गर्न बस्छे भन्ने मलाई थाहा छ, जसकी सानी गुडिया जस्ती राम्री छोरी हाम्रो घरको गेट खुल्लै देखि भने फुत्त बगैंचामा छिर्छे र मग्न भएर पिङ्ग खेल्छे । तर आमाचाहिँले देखि भने जगल्ट्याउदै लछारपछार पारेर लान्छे । “त्यो दिदीलाई कसले भन्यो नि यो कुरा ?”‚ दिक्क भएको मैले कोपिलालाई सोधें । कोपिला बोल्न नपाउदै हाम्रो गेट कुइँय गर्दै खुल्यो । त्यही मोटी आइमाइले गेटबाट आधा चियाएर भनी; सायद ऊ हाम्रो कल्याङ्मल्याङ् सुनिरहेकी हुँदिहो आफ्नो घरबाट‚ “त्यो आमाले मोलाई भनेको ।” उसकी सानी केटी आमाको च्यापबाट फुत्त निस्की र पिङ्गतिर दौडिई । दुई झड्को नखेल्दै त्यो तामाङ्नी दिदी च्याँठ्ठिइ‚ “ओइ आईजा ।” लुरुक्क पर्दै सानीकेटी आई र आमाको कुर्ताको फेर समाई । गेट यसो तादिदिएर तिनीहरू गए । “सञ्चो भयो‚ फ्याँक्नलाई पैसा पनि लागेन ।”‚ लामो घिच्रो तानेर दीपक दाइले भन्यो । ऊ अझै केही भन्नेवाला थियो तर मतिर हेर्\u200dयो अनि चुप लाग्यो । निहुरेर कुटोले केके खनिरहेजस्तो गर्\u200dयो; कोपिला भने केही नबोली उभिरही । केही समय त्यतिकै बित्यो । अचानक मेरो मुख बाट निस्क्यो‚ “दीपक दाइ ।” आत्तिएर जुरुक्क उठ्दै उसले भन्यो‚ “हजुर दाइ ?” “अब त्यो सानो कुकुरलाई यहाँ फेचीको ठाउँमा सारिदिनुस् । ग्यारेजअगाडि त्यसले कति नराम्रो दुर्गन्ध फैलाएको छ ।” मैले उठ्दैभनें । “हस् दाइ ।” कतिखेर बसेर फेरि काम गरिरहेको उसले कुटोले ड्याङ् फोर्दै भन्यो । केहीबेरमा उसले सानो कुकुरलाई साँङ्गलोले घिच्याउदै फेची बस्ने ठाउँमा ल्याएको मैले माथि झ्यालबाट देखें । “लु यही बस्, मर् अब ।” “तेरो बराजु मरिहाल्यो रे । अब तैं भइस् राजा !” “यताहुँदी हगिस् भने यो भेट्छस् नि !”, बाँसको भाटा देखाउदै उसले भन्यो । ठाउँ फेरिएर हो कि किन हो त्यो सानो कुकुर कुइँकुइँ कराइरह्यो । मैले फेसबुकमा स्टाटस् लेखें, “फेची मर्\u200dयो ! मेरो ………साथी !” #प्रकाशकुमार शर्मा जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ !: मुक्तक – १ नदीसँगै सागर भेट्न बग्दोरहिछ पानी बेग बनी चट्टान रेट्न बग्दोरहिछ पानी तरानी हो पानी हेर पानी नै हो जीवन आँसु झर्दै पीर मेट्न बग्दोरहिछ पानी ! मुक्तक – २ करोडौं फूल फुले पनि बोट एउटै हुन्छ रङ्क रैती जो भए नि भोट एउटै हुन्छ पीडा दिने घाउ हुन्न दुखाई हुन्छ हजुर तन मन जहाँ लागे नि चोट एउटै हुन्छ ! मुक्तक – ३ कसरी मिल्थ्यो लय मनको सबैसँग हजुर किन चल्थ्यो अहं तनको सबैसँग हजुर फरक मास फरक फुल्छन् फूलहरू पनि कहाँ टिक्थ्यो रनक धनको सबैसँग हजुर ! मुक्तक – ४ दरिलो भए बायाँ पाङ्ग्रो दायाँ उस्तै हुन्छ जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ शङ्काले नै टुट्छ हेर जीवनको तार पनि जति गाढा मनको नाता माया उस्तै हुन्छ ! मुक्तक – ५ छड्किएपछि नतारी त माड किन सुक्थ्यो स्वाट्ट नपारी डबका त जाँड किन सुक्थ्यो कयौं कुरा त अप्रिय हुन्छन् कठोर बन्नुपर्छ चिरफार गरी नफाले त गाँण किन सुक्थ्यो ? मुक्तक – ६ भरिनुको खुसी कस्तो झुसिएको भाँडो हेर अग्लिनुको अर्थ के हो चुलिएको डाँडो हेर जीवनजस्तै छ प्रकृति पनि हेरी पाठ सिक मित्रताको गर्व कति फूलसँगैको काँडो हेर ! मुक्तक – ७ पर्खाइको स्वाद के हो बल्छी थाप्ने टाँगो हेर गुमाउनुको मोल के हो फल लाग्ने हाँगो हेर जिन्दगी नै बोझ बनाई जिउँछन् कायरहरू सहासको अर्थ के हो झर्झर झर्ने छाँगो हेर ! मुक्तक – ८ प्यासको पछि लाग्दालाग्दै आज भोगी बन्यौ अहंकारले जलेर भित्रभित्रै आज रोगी बन्यौ कसले रचायो भन दौडधुपको नटुङ्गिने खेल धनको पछि हिँड्दाहिँड्दै आज जोगी बन्यौ ! मुक्तक – ९ बाहिर एउटा भित्रभित्रै हजार लीला हुन्छन् हेर मुखाँ राम मस्तिष्कमा सेक्सी फीला हुन्छन् हेर कति गर्छौ भ्रमको रोपाइँ तथ्यसँग प्रमाण हुन्छ छोप्ने पर्दा खसेपछि ईश्वर पनि गीला हुन्छन् हेर ! मुक्तक – १० कसरी भरमा पर्नु हजुर मुखिया नै जाली भा’छ के को लाली भर्नु हजुर अनुहार नै काली भा’छ सकुनीहरूको बैठकमा पासाको नै खेला चल्छ कसको विश्वास गर्नु हजुर बगरे नै माली भा’छ ! प्रथा #प्रथा सच्चा राष्ट्रवाद !: डा. मनमूर्ति भुर्तेल राष्ट्रवाद एक पुर्ख्यौली सम्पति, हामीले पहाडमा बाजेको कछाडसँगै पाएको आज जताततै गुञ्जिरहेछ राष्ट्रवाद विभिन्न उद्देश्यका परिभाषामाः व्यक्तिगत स्वार्थ- राष्ट्रवाद पारिवारिक स्वार्थ- राष्ट्रवाद पार्टीगत स्वार्थ- राष्ट्रवाद गुटगत स्वार्थ- राष्ट्रवाद साम्प्रदायिक स्वार्थ- राष्ट्रवाद कहीँ धोती राष्ट्रवाद, कहीँ फरिया राष्ट्रवाद, त कहीँ टोपी राष्ट्रवाद यी सब राष्ट्रवादहरुका बीच पेलिएको छ सच्चा नेपाली राष्ट्रवाद खोज्दै जाँदा पुरै नेपाली सिमाना देखेँ दक्षिणी सिमानामा, दशगजा नजिकै एक वृद्ध समूह च्यात्तिएको गन्जी, भ्वाङ परेको धोती र फाटेको चप्पलमा बाङ्गिएको लट्ठीले विदेशी क्रूर बन्दुकसँग निडर भिडिरहेका ! यो सच्चा नेपाली राष्ट्रवादलाई सलाम छ । सक्छौ दिन तिनलाई एक सेतो गन्जी ? सक्छौ दिन तिनलाई एक सफा धोती ? सक्छौ दिन एक जोर टिकाउ चप्पल ? शायदै सक्लाउ दिन बन्दुक त; सक्छौ दिन तिनलाई एक एकताको लट्ठी ? अनि भिड्दै गर्दा चाहिने एक काँध सहारा ? सक्छौ भने तिम्रो यो आत्मिय र सच्चा राष्ट्रवादलाई पनि सलाम छ । मास्को (रसिया) #डा. मन मुर्ति भुर्तेल #मस्को #रूस मुना चौधरीको पक्षमा: कथाकार मुना चौधरी र बाह्रखरी उत्कृष्ट कथा प्रतियोगिता विगत एक सातादेखि चर्चामा छन् । अथवा यसो भनौँ, नेपाली साहित्य जगतले यी दुईलाई कतिसम्म चिथोर्न सकिन्छ, त्यतिसम्म चिथोरिरहेका छन् । सामाजिक सञ्जालमा आएका केही शब्द र प्रहार हेर्दा यो मुनाको अस्मितामाथि शाब्दिक बलत्कारकै प्रयास हुन थालेको पो हो कि भन्ने महसुस हुन्छ । त्यो पनि यस्ता व्यक्तिहरुबाट, जसले नारी अस्मिता र स्वतन्त्रताका कुरा आफ्ना साहित्यका पुस्तकभरि अटेसमटेस हुनेगरी भरेका छन् । अश्विनी कोइराला कुनै पनि विषयमा बहस अनिवार्य छ । यसले काममा निखर ल्याउँछ । सुरुका केही दिनमा सामाजिक सञ्जालमा आशा अनुरुप नै स्वस्थ किसिमका बहस पनि भएका थिए, तर बिस्तारै यो बहस तिरस्कार, घृणा र अपमानतिर उक्लदैँ गएको महसुस भएपछि नेपाली साहित्यको हीत चिताउने धेरैको ध्यान यो प्रकरणतिर मोडिएको छ । मुना चौधरी भाइरल हुँदैगर्दा साहित्य प्रेमीको मनमा प्रश्न उठेको छ, के बाह्रखरी अनलाइनले कथा प्रतियोगिता गरेर अपराध नै गरेको हो ? मुना चौधरीको कथाले अश्लील भाषाको हद नाघेकै हो ? निर्णायकका रुपमा बसेका मदन पुरस्कार प्राप्त दुई प्रशिद्ध लेखक नारायण वाग्ले, अमर न्यौपाने र गएको वर्ष यही प्रतियोगितामार्फत् प्रथम भएकी विना थिङ्लाई कथाको बारेमा सामान्य जानकारी नै छैन ? बाह्रखरी बुक्सका सम्पादकले राजीनामा दिनैपर्ने हदको अपराध गरेका हुन् ? माथिका केही जायज प्रश्नको जवाफ खोजिएन भने नेपाली साहित्यमाथिको यो दाग कहिल्यै मेटिने छैन । प्रतियोगिता र प्रतिस्पर्धा: बाह्रखरी कथा प्रतियागिताको आलोचनाका क्रममा केहीले उठाउँदै गरेको विषय हो, ‘साहित्यमा प्रतिस्पर्धा हुनु हुँदैन । यसले साहित्यको गरिमा बढाउँदैन ।’ — विश्व साहित्यमा सबैभन्दा प्रतिष्ठित कुनै पुरस्कार छ भने त्यो नोबेल पुरस्कार नै हो । अपवादको नियम जहाँ पनि हुन्छ । र, यो नियमलाई स्वीकार गर्ने हो भने विश्वका रहेक प्रसिद्ध लेखकलाई नोबेल पुरस्कार पाउने धोको रहन्छ । कुनै ख्याती प्राप्त लेखकले नोबेल पुरस्कार प्राप्त गरेनन् भने उनको मृत्युपछि पनि यति राम्रा लेखकलाई पनि किन यो समूहले सम्झेन भनेर अन्तत्वगत्वा नोबेल पुरस्कारकै महिमागान गरिरहेका हुन्छन् । यस्तै प्रतीक बनेको छ नेपालको हकमा मदन पुरस्कार । हरेक वर्ष मदन पुरस्कारको घोषणापछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले पनि पुरस्कार, प्रतिस्पर्धा र नेपाली साहित्यबीचको अन्योन्याश्रित सम्बन्धलाई अस्वीकार गर्न सकिन्न । यही पुरस्कारका पाएका कारण धेरै लेखकहरुको पुस्तक बिक्रीले मानक छोएका छन् र उनीहरुलाई पूर्णकालीन लेखक हुन बल पुगेको छ । कतिको जीवन ‘मदन पुरस्कार प्राप्त लेखक’को ट्याग झुण्डिएकै कारण चलेको छ । धेरै प्रकाशकको ध्यान हरेक वर्ष आफ्नो गृहबाट प्रकाशित लेखकले यो पुरस्कारले पाए आफ्नो वर्षभरिको घाटा पुर्ताल गर्न सकिन्छ कि भन्ने चाहानामा केन्द्रित हुन्छ । राम्रा पुस्तकले मदन वा पद्मश्री पुरस्कार पाएन भने यति राम्रो पुस्तकलाई ती पुरस्कार किन दिइएन भन्ने प्रश्न उठ्ने गर्छ । प्रज्ञा प्रतिष्ठानले गर्दै आएको राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग नलिने कवि कमै छन् । यही प्रतिस्पर्धाका धेरै प्रत्यासी आज नेपाली साहित्यका उँचा नाम भएका छन् । तर यसमा पनि विवाद उठ्ने गरेको छ, र कतिपय अवस्थामा यस्ता प्रतिस्पर्धाको आवश्यकता नभएको कुरा पनि उठ्ने गरेको छ । तर प्रतिस्पर्धा किन आवश्यक छ भन्ने कुरामा कसैको ध्यान गएको देखिँदैन । सामाजिक सञ्जालमा मदन पुरस्कार, राष्ट्रिय कविता प्रतियोगिता र बाह्रखरी प्रतियोगिताका विषयमा प्रश्न उठाउने कतिपय यस्ता व्यक्ति पनि देखिए, जसले आफ्ना पुस्तक मदन पुरस्कार वा पद्मश्री पुरस्कारको सूचीमा किन परेन भनेर अरुलाई बोल्न–लेख्न लगाएका छन् । (यसको प्रमाण साहित्यपोस्टसँग सुरक्षित छ ।) एकेडेमी र अन्य प्रतियोगिताका हकमा पनि धेरैपटक यस्ता चरित्र देखिएका हुन् । यसपटक पनि कथामा प्रतिस्पर्धा किन ? भनेर प्रश्न उठाउनेहरुको कमी थिएन ।तर उनीहरूले विद्यालयमा, कलेजमा, हाजिरी जवाफमा, वक्तित्व कलामा, लोकसेवा आयोगमा, प्राइवेट कम्पनीका जागिरहरुमा र अरु धेरै क्षेत्रमा आफूले जीवनभर प्रधिस्पर्धामा भाग लिएको थाहै नपाइकन प्रश्न उठाए । अनि कतिपयले आफूभन्दा ठूलो र मानेको साहित्यकारले प्रश्न उठाएको कुरा जायजै होला भनेर पनि साथ दिए । अनि कतिपयले मेरो कथा किन प्रथम भएन वा पुस्तकमा अटाएन भन्ने अाशायमा वा त्यस मनाेग्रन्थीबाट प्रेरित भएर पनि प्रश्न उठाए । प्रश्न उठाउने थोरै मात्र यस्ता लेखक थिए, जसको नैतिक धरातल दह्रो थियो । नत्र धेरै प्रश्नकर्ताहरु आफू कुन धरातलमा उभिएको छु र मैले किन यो प्रश्न उठारहेको छु थाहा नपाइकन प्रश्न उठाइरहेका देखिन्थे । यस्ता प्रवृत्तिले समग्र साहित्य क्षेत्रकै मानमर्दन गरेको छ र बाहिर बसेर हेर्नेलाई तमासा भएको छ । खास साहित्य त्यही हो, जो प्रतिस्पर्धाबाट माथि उठ्न सक्छ । तर साहित्य माथि उठ्न, साहित्यकारका रुपमा समाजमा स्थापित गर्न र साहित्यको वातावरण बनाउन यस्ता प्रतिस्पर्धाको आवश्यकता छ कि छैन ? त्यसतिर कमैको ध्यान गएको देखिन्छ । हरेक विद्यालय, कलेज, स्थानीय निकाय, साहित्यिक संघ संस्था, साहित्यिक पत्रपत्रिका, प्रज्ञा प्रतिष्ठान, बैंकिङ् र औद्योगिक प्रतिष्ठानहरुले विभिन्न साहित्यिक प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा साहित्यकारहरुको गरिमा बढाउन एक लाखको होइन, विद्यालयमा दिइने एउटा चकलेट बराबरको पुरस्कारको पनि ठूलो महत्व हुन्छ । जति सुकै अस्वीकार गरे पनि यो वैश्यविक युगमा बाँच्न पैसा चाहिन्छ । पैसाका कारण मानव जीवनको मूल्य तोकिने युगमा साहित्यसँग प्रतिस्पर्धा, पैसा र स्टारडम जोडिनु यसको अपमान होइन, सम्मान हो । यो कुरा नबुझ्नु वा बुझ्न नखोज्नु समाजको गति नबुझ्नु हो । प्रतिस्पर्धा नै मानव जीवनको कारक तत्व हो भन्ने सामान्य ज्ञानको ख्याल नराख्नु हो । मुना चौधरीको कथा कति अश्लील: कथाकार मुना चौधरी —हामी त्यो युगमा छौँ, जहाँ मोबाइलमा समाचार पढिन्छ, साहित्य पढिन्छ र अश्लिल सिनेमा पनि हेरिन्छ । पहिले जस्तो साहित्य स–स्वर वाचन गर्ने दिन अब धेरै दूरको कथा भएका छन् । मुनाका कथा अश्लिल भयो भन्नु ठिक हो तर सबैका अघि त्यो साहित्य पढ्न सकिदैन भनेर कथा र कथाकारको अपमान गर्नुको कुनै तुक छैन । कथाको उदेश्य के हो ? कथाले दिने सन्देश के हो र सिराहको ग्रामीण इलाकामा जन्मे हुर्केकी एउटी कथाकारले यस्तो कथा लेख्ने हिम्मत कसरी गरिन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । पहिलोपटक मुनाको कथा पढ्दा जो कोही पनि झस्कन्छ । खासमा जसरी शारीरिक समागमको वर्णन कथामा आएको छ, त्यसले सिधै ग्रामीण इलाकाको परालको टालभित्र हुनेगरेको एउटा यस्तो दृश्य झ्वाम्मै आँखाअघि ल्याइदिन्छ कि पाठक सिधै त्यसैमा डुबुल्की मार्न थाल्छ । यो कथाको मुख्य शक्ति नै त्यही हो र यसले प्रथम पुरस्कार प्राप्त गर्नुमा यो दृश्यको पनि हात हुनुपर्छ । यो कथा त्यही र त्यस्तै शारीरिक समागममैँ टुङ्गिएको भए अनर्थ हुने थियो र त्यो अश्लील सिनेमाको पटकथा बन्ने खतरा थियो । तर कथाले परदेश गएको लोग्नेको अनुपस्थितिमा हुने कामातुर अवस्था र त्यसले निम्त्याउने दुर्घटनालाई राम्रोसँग स्थापित गरेको छ । कथाकाे कलात्मक पक्षमा बहस हुनसक्छ । मातृभाषा थारु भएकी र मधेसमा हुर्किएकी एउटी महिला लेखकले आफ्नो समाजमा देखेको घटनालाई नेपाली भाषामा जसरी उतारेकी छन्, त्यसबाट कथा लेख्न कति गाह्राे छ भन्ने बुझेका जो कोही पनि (यदि तटस्थ हुने हो भने) प्रभावित हुन्छन् । डिजिटल कथासंग्रहमा उल्लेख भएको कुरा मान्ने हो भने निर्णय गर्नुअघिसम्म निर्णायक मण्डललाई कथाकारको नाम थाहा थिएन । तर यो कथा पढ्दा निर्णायकहरूलाई यो मधेसी महिलाले लेखेको हुनुपर्छ भन्ने अन्दाज भएको हुनुपर्छ । यति अन्दाज गर्न नसक्ने व्यक्ति कान्तिपुर जस्ताे पत्रिकामा २५ वर्ष टिक्न सक्दैन भन्ने कुरा त्यही संस्थामा लामाे समय काम गरेका कारण पनि म दाबी गर्न सक्छु । खासमा याे कथाले प्रथम पुरस्कार पाउनुमा कथाकारकाे नाम थाहा नभए पनि कथाकार प्रतिकाे साहनुभूतिको नम्बर पनि जाेडिएकाे थियो भन्ने कुरा सत्य हो । यहि साहनुभूति नै निर्णायकहरुको कमजोरी बन्न पुग्याे । तर मुना चाैधरीले बाह्रखरीकाे निर्णय नपर्खी नियम बिपरित जसरी नागरिकमा त्याे कथा पात्र र शीर्षक परिवर्तन गरेर छापिन्, त्यसबाट प्रथम पुरस्कार लिने नैतिक अधिकार भने गुमाएकै हुन् । अब उनी कसरी अघि बढ्छिन् वा कस्ताे स्पष्टिकरण दिन्छिन्, त्यसपछि मात्र उनकाे बारेमा फेसबुकमा अाएजस्ताे धारणा बनाउन सकिन्छ । नत्र हतारमा जसरी उनीमाथि हिलाे छ्याप्ने काम भएकाे छ, त्यसले सम्पूर्ण साहित्य क्षेत्रकै मानमर्दन गरेकाे छ। के निर्णायकहरु अयोग्य हुन् ? कथा सम्पादकले बाह्रखरीबाट राजीनामा दिने स्तरकै अपराध गरेका हुन् ? अब प्रश्न उठ्छ, अयाेग्यताकाे । समाजिक सञ्जालहरुमा र केही लेखहरुमा प्रतिष्ठित लेखकहरुले निर्णायकहरुको क्षमतामाथि नै प्रश्न उठाएको देखिन्छ । निश्चय नै जब कोही न्यायधीश बन्छ, केहीलाई मात्र न्याय हुन्छ, धेरैमाथि अन्याय हुन जान्छ । यो अदालतका न्यायधीशहरुभन्दा चर्को र आलोचनायुक्त काम हो । धेरैजसो अवस्थामा न्यायलयमा पक्ष र विपक्षी एक एक जनामात्र हुन्छन् । तर यस्ता प्रतिस्पर्धामा न्यायका रुपमा प्रथम हुने एकजना हुन्छन् भने अन्यायका रुपमा तल पर्ने सयौं व्यक्ति हुने गर्छन् । हरेकलाई आफ्नो सिर्जना राम्रो लाग्नु स्वभाविक हो । यस अर्थमा आफूमाथि अन्याय भएको महसुस हुनु मानवीय स्वभाव पनि हो । त्यो स्वभावमा कुनै विशिष्ट व्यक्तिले तिमीमाथि अन्याय भयो भनेर सामाजिक सञ्जाल र लेखहरुमा भनिदिँदा हो रहेछ भन्ने लाग्नु स्वभाविक हो । यसपटक न्यायधीशका रुपमा बसेका नारायण वाग्ले र अमर न्यौपाने यस्ता न्यायधीशहरु हुन्, जसले पाठकबाट धेरै माया पाएका छन्, तर मदन पुरस्कार पाएका कारण उनीहरुले लेखक–साहित्यकारको समाजबाट अदृश्य सत्रु पनि कमाएका छन् । उनीहरुसँगको प्रतिस्पर्धामा मदन पुरस्कार नपाउनेहरु, उनीहरुको साहित्य आफ्नो सिद्धान्त विपरित हुनेहरु, उनीहरुले लेखेरै पाएको लोकप्रियता नरुचाउनेहरु पनि साहित्यिक वृत्तमा धेरै छन् । यो स्वभाविक पनि होइन, किनभने आफूसँगै वा आफूभन्दा पछि साहित्यमा आएको व्यक्तिले पाएको सफलताले कहीँ न कहीँ ईष्र्या भाव उत्पन्न गराउँछ नै । अर्का निर्णायक लामाे समय कान्तिपुरमा रहँदा नारायण वाग्लेले धेरै अदृश्य शत्रुहरु कमाएका छन्, जसको प्रतिच्छाया यो निर्णयपछिकाे अाक्राेशहरूमा पनि देखिन्छ । अर्की कान्छी निर्णायक बिना थिङ, जो हिजोसम्म गुमनाम थिइन्, आज राष्ट्रियस्तरको प्रतियोगितामा निर्णायक भएर आउँदा कतिपय लेखकलाई अस्वभाविक लाग्नु स्वभाविक हो । यस्ता विभन्न भावहरू सामाजिक सञ्जालमा एकमुष्ठ देखिन्छन् । नत्र यी निर्णायकहरुमा कथाज्ञान नै छैन भन्ने किसिमले समाजिक सञ्जाल भरिने थिएन र लेखहरु लेखिने थिएन । अब प्रश्न उठ्छ, के बाह्रखरी कथा प्रतियोगिता दूधले नुहाएको स्वच्छ प्रतियोगिता नै थियो त ? निश्चय नै बाह्रखरी प्रतियोगितामा प्रसस्त कमी भएका थिए र छन् । जसका विषयमा सामाजिक सञ्जालमा पहिलो वर्षदेखि नै असल नियत भएका केही लेखक–कविहरुले जायज प्रश्न उठाएका थिए–उठाइरहेका छन् । ती प्रश्नलाई सुने पनि नसुनेझैँ गर्नु ती विद्वानहरुको सुझावहरुको अपमान थियो, हाे । हामीले गरेको ‘महान साहित्यिक अभियान’लाई प्रश्न गर्ने तिमेरु को हौ ? भन्ने किसिमको भाव अघिल्लोपटक पनि बाह्रखरी व्यवस्थापकले देखाएको गुनासो सुनिएको थियो । अघिल्लोपटक तेस्रो भएको कथाको पुरस्कार फिर्ता गर्ने नैतिकता न कथाकारले देखाइन् न बाह्रखरी व्यवस्थापकले त्यो हिम्मत ग¥यो । यो वर्ष पनि यत्रो विवाद हुँदा पनि बाह्रखरीबाट स्पष्टीकरणको दुई शब्द पनि सुनिएको छैन । यसपटक पनि बाह्रखरीले काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भन्ने व्यवहार देखाइरहेको छ । यो मौनताले सम्पूर्ण साहित्य जगत अपमान महसुस गरिरहेको छ । साहित्यिक पुरस्कारको घोषणा गर्नु, साहित्यको श्रीवृद्धि गर्छु भन्नु र उठेका प्रश्नको जवाफ नदिनुले साहित्यका नाममा जे गरे पनि हुन्छ भन्ने व्यवहार बाह्रखरीको व्यवस्थापनले देखाइरहेको छ । अर्कोतर्फ यो प्रकरणमा जसरी सार्वजनिक खुसी र खुचिङ्का भावहरु छरपस्ट भएका छन्, त्यसले राम्रो क्षमता भएकी मुना चौधरीको सार्वजनिक अपमान भएको छ । साहित्यमा नाम कमाएका र अब्बल साहित्यिक पत्रकार राजेन्द्र पराजुलीले राजीनामा दिनुपरेको छ । साहित्यमा नाम कमाउन सुरु गरेकी बिना थिङ् र मदन पुरस्कार प्राप्त दुई लेखकहरुको क्षमतामाथि प्रश्नहरु उठेका छन् । त्यसभित्र जम्माजम्मी एउटा मात्र गल्ती भएको छ, त्यो हो, गएको वर्ष नियम विपरित तेस्रो भएको कथाले पाएको पुरस्कार फिर्ता नगर्नु । र, यसपटक पनि छापिएकाे कथा पुरस्कृत भएपछि उठेकाे अावाजलाइ सम्बाेधन नगर्नु । अहिले पनि बाह्रखरी व्यवस्थापनले त्यो गल्ती सुधार गर्न सक्छ, जुन अहिलेसम्म हिम्मत गरेको छैन । मुनाले त्यही कथा अर्कोतिर छाप्न दिएर गल्ती गरेकी छिन् । पात्रको नाम र कथाको नाम परिवर्तन गरेपछि निर्णायकहरुलाई थाहा हुने कुरा पनि भएन । त्यस अर्थमा मुनाले त्यसको सजाय पाउनु पर्छ । तर यही आधारमा क्षमता भएकी मुनाको साहित्यिक जीवन नै समाप्त हुनेगरी अपमान गर्नुचाहिँ हुन्न । मुनाको जीवनमा एक लाखको महत्व पक्कै ठूलो होला । त्यस कारण उनले त्यो नलिने घोषणा गर्न नसक्लिन् । तर उनले पुुरस्कार फिर्ता गरे पनि नगरे पनि मुना चौधरी मेरो नजरमा हिम्मतिली कथाकार हुन् । जसले मधेसी समाज, वैदेशिक रोजगारको दुःखदायी पक्ष, महिलामा हुने यौन तृष्णा र त्यसले उब्जाएको परिणाम एक साथ देखाएको छ । अर्काे भन्नै पर्ने कुरा, केही दिनअघि यसै पत्रिकामा बाह्रखरी बुक्स र निर्णायकहरूका विषयमा वरिष्ठ साहित्यकार हरि अधिकारीकाे लेख छापियाे । त्यसकाे अर्थ अधिकारीका सबै कुरासँग साहित्यपाेस्ट सहमत छ भन्ने हाेइन । तर केहीले यहि लेख देखाएर साहित्यपाेस्टकाे नियतमाथि प्रश्न उठाउने काम गरेकाे र हाम्राे मानमर्दन गरिएकाे कुरा पनि थाहा भयाे । बुझ्नुपर्ने कुरा, नेपाली भाषा र साहित्यमा लागेका सबै हाम्रा हुन् । साहित्यपाेस्ट सम्झेर हरि अधिकारी जस्ता वरिष्ठ साहित्यकारले लेख रचना पठाउनु हाम्राे सम्मान थियाे र छाप्याैँ । हाम्रा विचार फरक हुनसक्छन् तर कसैले नेपाली साहित्यका लागि थाेरै पनि काम गरेकाे छ भने त्यस्ता सबै व्यक्तित्वहरूकाे विचार सुन्नु हाम्राे धर्म हाे । कसैप्रति अाशक्ति र वैरभाव हाम्राे ध्येय हाेइन । सबैकाे विचार सुन्ने र के ठिक हाे, के बेठिक हाे, हाम्रा विज्ञ पाठक सक्षम हुनुहुन्छ । नेपाली साहित्य फेसबुकमा मात्र नअल्झियाेस्, सबै प्रतिभाहरूले समानरूपमा रचनाहरू स्तरीय ठाउँमा प्रकाशन हुन् । त्यतिका लागि साहित्यपाेस्टकाे उदय भएकाे हाे । यस्ता प्लेटफर्म जति धेरै हुन्छन्, प्रतिभाहरूले उति धेरै ठाउँ पाउनेछन् । #अश्विनी कोइराला #मुना चौधरी व्यंग्य गजलः सलह: सन्तोष समीप सलहको दाम बीस रुपैयाँ किलो तोकियो तर सरकार यो भाउ अलि ढिलो तोकियो कतिले बटुल्दै बटुल्दै सितन नै बनाए जे भए पनि स्वादमा भने रसिलो तोकियो गीतै बजाउनु भन्दा जन्तरले पो गर्छ कि सरकारी उपाय यी थोरै सजिलो तोकियो सलह फेमस भएपछि यस्तो पो लाग्दछ अझै यस्को दाम एभ्रेज भन्दा बिलो तोकियो केही हदसम्म बेरोजगारी अन्त गर्नलाई रोजगारी योजना अत्यन्तै मलिलो तोकियो। #सन्तोष समीप सम्झनाको पुलिन्दा: बिपल घले मैले तपाईंहरूलाई सम्झाना पठाइनँ भने सम्झनुस् म उभिरहेको छु आँधीहरूबीच जो मलाई जरैदेखि खोजिरहन्छ उखेल्न। बिर्सिएको ठान्नुहुन्छ भने बुझ्नुहोस् म घेरिएको छु अग्ला अग्ला पर्खालहरूले जसलाई नाघ्नमै समय र श्रम साधिरहेको छु। बेपत्ता भएको बुझ्नुहुन्छ भने यति मानिलिनुस् मेरो अस्तित्वमाथि धावा बोलिरहेकाहरूसित म युद्धरत छु स्वअस्तित्व खातिर सङ्घर्षरत छु। टाढा भएको गन्नुहुन्छ भने सम्झनुस् म टाढा र नजिकको केलाइरहेको छु हिसाबकिताब र द्विविधामा परिरहेको छु। सम्झनुको अर्थ यदि साँच्चै बुझ्नुहुन्छ भने यति विश्वास गर्नुस् छुटिएदेखि यता यी आँधीहरू,यी पर्खालहरू, यी सङ्घर्षहरू,यी हिसाबकिताबहरू, यी सबैबीच पनि तर सधैं मनमा तपाईंहरूकै सम्झाना गरिरहेको छु। कालेबुङ म जिउदो छु: एक खतर्नाक झुट: राकेश क्रान्तिकारी मेरो आकाशको घाम टुक्रा टुक्रा बनाउछ टालिदिन्छ मेरै झुप्रोको सिलिङमा र मेरो एक बटुको पसिना माग्छ म हासी हासी दिन्छु मेरो भित्तामा टल्लक टल्किरहने हिमाल एक एक गरि लुच्छ हालिदिन्छ मेरो गिलासमा र रगत माग्छ म निसंकोच दिन्छु। आँखा माथि उडिरहेको सपनाको प्वाख लुछीरहेछ सुस्तरी सुस्तरी म थाहै नपाए जस्तो हासिरहेछु । म जिउँदो छु। म यी हरेक गाडीको स्टेरिङमा देखिरहेछु भुगोलविद मोबाइल बेचिरहेछ इतिहासकार भाडा माजिरहेछ दर्शनशात्री । झ्यालखानामा सिट रिजर्भ गरेको मान्छे पसिरहेछ संसद भवन घुमाइरहेछ देशको गाडी बनाइरहेछ मेरो सपना कुच्याएर अचार बेचिरहेछ आलिसान महलमा र म मौन हेरिरहेछु हेरिरहेछु चे को उत्कृष्ट फिल्म। म देखिरहेछु बेचेर गुराँसको रङ्ग ठ्डाइरहेछ महल चुसेर मान्छेको रगत बनाइ रहेछ शरीर सपनामा देखेको हरेक सुन्दर तस्विरमा कोरिरहन्छ र बनाइरहेछ कुरुप आमाको स्तनबाट लुछीरहेछ अमृत र गरिरहेछ व्यवसाय दिदिको चन्चल्ता कोतरेर बैनी गन्जी च्यातेर छाटी रहेछ उन्मुक्तकाको गित । र म हालेर कानमा इयरफोन सुनिरहेछु प्रेमको अमर गित बाउको पाखुराहरु चुट्टाएर फ्याकिदेको छ समुद्रको किनारमा सहरको आलिसान होटेलमा। मैले फेर्ने सासको मुटुमा लाइरहेछ डढेलो र म ध्यानमग्न भएर गरिरहेछु गर्लफ्रेन्ड सित च्याट मेरो टाउकोमाथी चडेर लाइरहेछ घाममाथी बादल र म खिचिरहेछु सेल्फी र ढुक्क सित भनिरहेछु म जीउँदै म जिउँदो छु अर्थात यो भन्दा खतरनाक झुट अर्को के हुनसक्छ। कालेबुङ अक्षर क्रान्तिः आत्मलाप शब्दहरूको: ‘तिमी को हौ ?’ ‘मलाई नै थाहा छैन ।’ ‘आफ्नो बारेमा आफैँलाई थाहा हुन्न ? तिम्रो उत्तर मन परेन ।’ ‘मन नपराउन पाइन्छ । उत्तर मात्र किन, मलाई समेत ।’ ‘तिमी घमण्डी रहेछौ ।’ ‘तिम्रो नजरको खेल हो ।’ ‘म तिमीसँग नजिकिन चाहन्थेँ तर तिमी त टिमुर्किएको जवाफ दिन्छौ ।’ ‘मलाई परिस्थितिले यस्तै बनायो क्यारे । तर म यस्तो बन्नै चाहन्नँ । पहिलोपटक आफूलाई कसैले यस्तो आरोप लगाएकोमा दुःखी छु ।’ अम्बिका अर्याल ‘मान्छे सबै प्रशंसाप्रेमी हुन्छन् भन्ने सुनेको थिएँ तर तिमी पनि ?’ ‘ममा मान्छेकै अंश छ, किनकि म मान्छेकै सिर्जना हुँ ।’ ‘सज्जन कि दुर्जन मान्छेको ?’ ‘ऊ आफूलाई सँधै सज्जन मान्छ ।’ ‘तिमी के मान्छौ ?’ ‘त्यो जति फटाहा थियो नि, त्यसभन्दा लाखगुना बेइमान अरू पनि देखेपछि ठिकै भनेको रहेछ भन्ठान्छु ।’ ‘त्यसो भए सापेक्षमै भर पर्ने रहेछ होइन त ? तिमीलाई घमण्डी देख्नु पनि अरूकै सापेक्षमा मेरो तुलना हुन पुगेछ क्यारे । सुरुमा जे लाग्छ त्यो क्षणिक भ्रम हुँदो रहेछ भन्ने तिमीले साबित गरिदियौ । तिम्रो स्वभाव अब मनपर्न थाल्यो । खुलेरै बोल्दा रहेछौ ।’ ‘यो सबै दृष्टिभ्रम पनि हुन सक्छ । धन्यवाद, कम्तीमा मलाई तिमीमाथि विश्वास जित्ने अवसर दिलाइदियौ अर्थात् मलाई पत्याइदियौ र मनपरायौ । यो मेरो सौभाग्य । धेरैले ममाथि अन्याय गरे । कसैमाथि म भने भरोसा राख्नै सक्दिनँ ।’ ‘किन ? के भयो र ?’ ‘मलाई सबैभन्दा पहिले मेरै जातकाले हेपे ।’ ‘मैले त सम्मान गर्दैछु त ।’ ‘त्यसैले त तिमी धन्य भयौ ।’ ‘अरूले के गरे त्यस्तो ?’ ‘मलाई मेरो जन्मदाताले रोगी बनाइदियो । मानसिक तथा शारीरिक दुवै हिसाबले । जीर्ण भएकै कारणले म हेपिएँ । त्यतिमात्र कहाँ हो र मेरो अस्तित्व र बजारमूल्य घटाउने पनि त्यही हो ।’ ‘कसरी ?’ ‘उसले पैसा नलाग्ने छापाखानामा मेरा शाब्दिक अवयवलाई चढाइदियो । सित्तैमा पाएकाले छापाखानाले पनि मेरा अवयवको मूल्य सजिलै घटाइदियो । हरेक शब्दमा उन्माद थियो, हरेकमा प्रेम थियो । विगतको सम्मान, वर्तमानको सम्मोहन र भविष्यप्रतिको चिन्तन बोकेका मेरा शाब्दिक अवयवलाई नराम्ररी पछारिदियो । सबैका नजरमा पर्नुपर्ने मेरा अङ्गप्रत्यङ्गलाई कुरूप पारिदियो ।’ ‘तिमी बढी भावनामा बग्यौ । हामी सजीव प्राणी होइनौ । जसका अवयव र अङ्गप्रत्यङ्गहरू कुरूप तथा सुन्दर हुन् अनि स्वस्थ र रोगी । यो के भनिरहेका छौ ? तिमी आफ्नो सोच बदल । मान्छेजस्तो बन्न नखोज । मान्छेले बनाएकाले तिमीमा मान्छेकै सोचहरू पलाएछन् ।’ ‘तिमी पनि अरू जस्तै भयौ । आफ्ना जातिको अस्तित्व आफैँ भत्काउँदैछौ । तिमी आफ्नो पहिचान, मूल्य र अस्तित्व बुझ्ने कोसिस गर ।’ ‘ल छाडिदेऊ यस्ता विमतिका कुरा । हामीहामी नमिले अरूले हेप्छन् । मान्छेले बनाएको उखान छ नि ‘भाइ फुटे गवार लुटे’ कि के रे ? त्यस्तै होला । तिम्रो कहानी रोचक लागिरहेको छ । अझै सुन्ने मन छ । अनि कसरी तिमीमाथि अन्याय भयो भन्दै जाऊ न । मलाई अचम्म पनि लागेको छ । हाम्रा जातिहरू यति सचेत हुन थालेकोमा खुसी पनि लागेको छ ।’ ‘सित्तैमा पाएको चिजलाई मान्छेले कतिसम्म अपहेलित गर्दोरहेछ । मलाई सबैभन्दा कमसल घरमा राखिदियो । साँच्चै मेरा अवयवलाई । उनीहरू क्यालकुलेटर लिएर हिसाबकिताब गरेका ग¥यै थिए । मेरो शीर्ष नाम लिएर । त्यो नाम मेरै जन्मदाता भनाउँदोले राखेको थियो । ‘अजरामृत’ । सुरुमा मन परेन । तर धेरैले उच्चारण गरेको सुन्दासुन्दा पाच्य भयो । मेरो पिताको उद्देश्य मलाई अजरअमर बनाउने र अमृतमय बनाउने थियो । धेरै राम्रो सोच उनको । फेरि कोही भन्थेः नाम अनुसारको काम हुन्न भन्छन् । यो पुस्तक पनि बजारमै बिलाउने भयो । यो सुनेपछि उनी कति दुःखी हुन्थे होलान् तर कसैले उनको कानमा पुग्न दिएन । सबै प्रशंसा गर्थे नयाँ पुस्तक खतरा आउँदै छ रे त हजुरको भन्दै । कतिले पाण्डुलिपिमै मलाई पढिसकेका थिए । म जुन अवयवमा निर्माण सम्पन्न भएँ अनि आफू पूर्ण कदमा उभिएँ त्यतिबेलै सन्तुष्ट थिएँ । सुझाव लिने उद्देश्यले लेखकले त मलाई कतै पठाएका थिएनन् तर त्यो प्रकाशकले महिनैपिच्छे घरघर डुलाउन थाल्यो । कसैले मेरो खुट्टा काटे, कसैले हातै काटे । एउटा मै जान्ने भनाउँदोले त नराम्ररी मुटुमै प्रहार ग¥यो । त्यो मान्छेको जस्तो रगतको डल्लो थिएन । शाब्दिक मुटु थियो । त्यसको गहिरो चोट निको हुन मलाई धेरै समय लाग्यो । लेखकको घरमा फर्केर आउन नपाएको भए म सायद मुटुविहीन भएर कति बाँच्दा हुँ र ? तर पनि प्रतीक्षाको दिन आयो । लेखकले शाब्दिक तथा आर्थिक मलम लगाउन अनेक अलङ्कार, विभूषण, बिम्ब, प्रतीकादि खर्च गरे । जुन उनको दिमागमा अटाइनअटाइ बसेका थिए । अनगिन्ति छन् उनीसँग । जेहोस् म धेरै समय पछि निको भएँ तर त्यसको ह्याङओभर त आजसम्म पनि छँदैछ ।’ ‘लेखकको हातबाट फेरि कहाँ पुग्नुभयो ?’ ‘त्यो पहिलो प्रकाशकसँग के कुरा मिलेन कुन्नि ? मलाई अर्कै प्रकाशकलाई जिम्मा लगाए । त्यहाँ त ममाथि कुनै काटछाँट गर्ने डाक्टरहरू आएनन् । म प्रकाशककै कम्प्युटरमा वर्षौँसम्म थुनिएँ । उसले कम्प्युटर खोल्दा मलाई हेरिदियोस् अनि मेरो शरीरले अमूर्तबाट मूर्त रूप लियोस् भन्ने प्रार्थनामा रहिरहेँ । साँच्चै उसले ‘अजरामृत’लाई बिर्सिएको पीडामा छटपटि पोख्यो । नराम्ररी भुलेको अभिनय ग¬¥यो । अरू लेखकले बारम्बार कृति प्रकाशित गर्नका लागि सम्झाउने र त्यसबाट वाक्क हुने भावसहित आफ्नी श्रीमतीसँग गुनासो पोख्न थाल्यो । एक वर्ष वितिसक्दा पनि किन ‘अजरामृत’का लेखकले केही भन्दैनन् । हामीले उनीमाथि अन्याय ग¥यौँ । इमान्दार मान्छेलाई यसरी धोका दिन हुन्न । अरूको महिनादिन कटायो भने कति गाली खाइन्छ । यो पुस्तक प्रकाशित हुन धेरै ढिला भयो । कति वृद्ध लेखकहरू त प्रेसमा गएको आफ्नो पुस्तक प्रकाशन नभएकै कारणले सास जान नसकेर छटपटाइरहेका हुन्छन् रे । ती लेखक पनि वृद्ध छन्, रोगी छन् । सुनेको छु आजभोलि हिँडडुल पनि राम्ररी गर्न सक्दैनन् रे । तिमीले मलाई सम्झाउनु पर्दैन ? यसरी प्रकाशकले पुस्तक बिर्सेकै पीडाले अतालिएको मैले पहिलोपटक देखेँ । त्यसपछि प्रकाशकले तुरुन्त मलाई पढ्यो । तीन दिन लगाएर । खुब चाख दिएर । तर उसले शाब्दिक अवयवमा भएका कमजोरी मात्र नियालेको रहेछ । पढिसकेपछि श्रीमतीसँग ममाथि देखिएका खोटका विषयमा घन्टौँ कुरा ग¥यो । फेरि त्यसलाई सच्चाउने जिम्मा कसलाई दिएर ममाथि अन्याय गर्ने हो भन्ने त्रास मनमा बढ्यो । मेरो जन्मदाताको साँच्चै अन्तिम अवस्था भएपछि उसले कतै दिएन ।’ ‘अनि के भयो ?’ ’उसले छापाखानामा लग्यो । सबैभन्दा सस्तो कागज कुन छ त्यसमा हतारहतार प्रिन्ट ग¥यो । कभर पनि डिजाइन गरिहाल्यो । रातो कभरमा निलो अक्षरले ‘अजरामृत’ भनी मेरो नाम ठूलो फन्टमा छपायो । सबैभन्दा महत्त्व नामलाई नै दिँदा रहेछन् मान्छेले भन्ने लाग्यो मलाई । मेरा अवयव वर्षौँसम्म बढ्न सकेनन् तर नाम भने अप्रत्यासित रूपमा मौलाएको देखेर अचम्म लाग्यो । वरपरका अन्य पुस्तकमाथि नजर परे । सबैका हाल उस्तै थिए । यसमा अरूले कस्तो महसुस गरे खै ? तर मैले हात्तीपाइले लागेको मान्छेको असुहाउँदिलो खुट्टा आफ्ना् शिर बनेको ठानेँ ।’ ‘म बन्डलका बन्डल कार्टुनमा बाँधिन थालेँ । एकबाट हजारमा परिणत भएर यसरी प्याकिङमा पर्दा अनेक पीडा भयो । शरीरका अवयवहरू टुक्रिएर सबैमा छरिएको अनुभूति भयो । तर हरेकमा म पूर्ण थिएँ र पनि यो चोट किन भइरहेछ भन्ने बुझ्नै सकिनँ । अब म कहाँ कहाँ पुग्ने हो ? त्यस रात म हरेक मसँगै कहिलेसम्म बस्न पाउँला भन्ने लाग्यो । ब्रह्मका हरेक सृष्टिहरू एकबाट फैलिएर अनेक हुँदा खुसी भएझैँ ती वृद्ध भोलिपल्ट अनेक मलाई सुम्सुमाउँदै मुस्कुराए । लठ्टी टेकेरै भए पनि कुप्रा र रुग्ण बूढा आफैँ आएर आफ्नो सन्ततिलाई मायालु स्पर्शले यसरी मुसार्लान् भन्ने मेरो कल्पना बाहिरको कुरा थियो । उनका हर्षका आँशुले म पग्लिएँ । त्यो स्पर्श हरेक ममा परे हुन्थ्यो भन्ने लाग्दालाग्दै उनी टाढिए ।’ ‘प्रकाशकले हजारौँबाट पाँचवटा ‘अजरामृत’लाई लेखककै घरमा पु¥याइदिए । ‘अजरामृत’ पुगेको दिन घरमै वृद्धको प्राण पखेरु उडेछ । धेरैले मैमाथि शङ्का गरे । त्यो नाम जुरेको पुस्तक घरमा नल्याएको भए वृद्ध अझै केही वर्ष बाँच्ने थिए । अलच्छिना पुस्तक रहेछ भनेर उनका आफन्तले सरापे । सायद म उनको घरमा नगएको भएर उनी बाँचिरहेका पो थिए कि ? मेरा प्रकाशकका चिन्ता पनि त यही सुनेथेँ मैले । म आफू उनको घरमा जान पाएर जति मनमनै गद्गद् थिएँ त्यो भन्दा लाखगुणा पश्चात्तापमा थिएँ । आफू नजानुपर्ने ठाउँमा पु¥याइएकोमा प्रकाशकसँग उत्तिकै क्रोधित थिएँ । एक सन्तानले दिने खुसीले पिताकै आयु मेटाउँदो रहेछ भन्ने शिक्षा मलाई मिल्यो । अब कसैका हातबाट यस्ता सन्तान नजन्मिए हुन्थ्यो भन्ने भान समेत भयो ।’ ‘यसपछि उनका आफन्तले उनैसँग ‘अजरामृत’ पाँचलाई तेह्रौँ दिनको पुण्यतिथिमा खोलामा बगाइदिए । कमजोर कागजमा अल्झिएको मेरो शरीर पानीले भिजेर जीर्ण बन्दै टुक्राटुक्रामा छरिए । संयोगले चारमध्ये एक किनारैको झाडीमा अल्झिएको थियो । घाम लागेपछि केही भिजेको भाग पनि सुकेको अवस्थामा बाख्रा गोठाले आएका एक बालकले टिपे । पुस्तकको नाम चर्को स्वरमा पढ्दै ओल्टाइपोल्टाइ हेरे । अनि मलाई लिएर साथीहरू भएकोमा दौडिए । सबै साथीहरूले तानातान गरे । अरू पनि भेटिएला कि भनेर त्यही खोला किनारमा नियाल्न थाले । अरू नष्ट हुँदै बगेका पुस्तक पुरै छिन्नभिन्न भइसकेकाले कसैले भेटेनन् । तीमध्ये बलियो र ठूलो साथीले मलाई भेट्नेको हातबाट खोस्यो र आफ्नै घरमा लग्यो ।’ ‘घरमा उसकी आमाले किताब कहाँबाट ल्याइस् भनेर केर्न थालेपछि उसले सत्य बतायो । खोलामा फालेको पुस्तकमा मसान आउने भन्दै उनले फेरि खोलैमा फाल्न लगाईन् । उसको चेहरामा पुस्तक खोसेको दिनमा जस्तो उमङ्ग थिएन । मन नलागेरे पनि फिल्ममा हेरेका सैतानका अनुहार पुस्तकमा देख्न थालेपछि उसले फेरि पानीमै मलाई फालिदियो । लेखकका घरबाट जसरी जन्म पाएँ उसैगरी अन्त्यष्टि पनि पाएँ । तर यतिबेला भने म प्रकाशकप्रति धन्य भएँ । किन उसले मलाई एकबाट अनेक बनाएको रहेछ भन्ने रहस्य आफ्नै पाराले बुझेँ । अनि प्रकाशकले प्याकेटमा राखेर विभिन्न सहरमा पठाएका पुस्तकका ममा रमाउन थालेँ ।’ ‘हरेक पसलेले मलाई पैसासँग साटेँ । कसैले कममा । कसैले बढीमा । मलाई पठाउन पाउँदा हरेक पसले खुसी हुन्थे । किन्ने पाठक पनि उतिकै हर्षित देखिन्थे । तर जुन पसलमा मेरो सङ्ख्या घटाउन सक्थेनन् ती भने अत्यन्त चिन्तित मुद्रामा देखिन्थे । मलाई जहाँ अँध्यारो कुना छ त्यतै कोचिदिन्थे । पुस्तकालयमा पुगेर भने म निकै हर्षित भएँ । मभित्र के छ नपढे पनि मेरो नाम धेरैले उच्चारण गरिदिन्थे । त्यसमै पनि खुसी हुन्थेँ म । यहाँ कम्तिमा मेरो मूल्यले नापजोख गर्ने त कोही हुन्नथे ।’ ‘जतिले मलाई पढे, सबैले अलगअलग अर्थमा मलाई अर्थाउन थाले । यसले म निराश भइनँ । म हरेकका मस्तिष्कमा अनेक बन्न सक्ने जादुगर पो रहेछु क्यारे भन्ने महसुस गरेँ । तर लेखकको मृत्युसँग जोडेर अलच्छिना पुस्तक भन्दै जसले सोचेर मलाई बोक्थ्यो, किन्थ्यो, अथ्र्याउँथ्यो तिनीहरूलाई पनि मिल्ने भए मेरै पिताकै हैसियतमा पु¥यादिन्थेँ झैँ प्रतीत हुन्थ्यो । अहिले म तिमीसँग छु । तिमीले पाउने र मैले पाउने सम्मानमा फरक छ । तिमी र म दुवै एकै प्रकाशकले उस्तै तरिकाले प्रकाशन गरेका पुस्तक । हाम्रो जन्मदाता फरक भए पनि उस्तै देखिन्छौँ । हामीमाथिको लगानी समान छ । किनकि हाम्रो लगानीकर्ता वा प्रकाशक एकै हुन् । तर तिमी डिक्सनरीका रूपमा सुरक्षित तरिकाले यस घरको पुस्तकालयमा सुरक्षित छौ । तिम्रो सामुन्नेमा सिर्जनाका पुस्तकका खातमा म छु । तिमी र म एकै कोठामा यसरी बसेको पनि वर्षौँ भइसक्यो तर वार्तालापमा जुट्न पाएका थिएनौँ । तिमी जहिल्यै व्यस्त रहन्थ्यौ । तिमीलाई यस घरका धेरैले प्रयोग गर्दछन् । बारम्बार पल्टाउन आइपुग्छन् । मलाई प्रकाशकका नातेदारका हैसियतले उपहारस्वरूप उनीहरूले यहाँ ल्याए । कसैले पढ्ने होइनन् । त्यसैले चुपचाप आफ्नो नियतिलाई स्विकारिरहेछु ।’ ‘धेरै मका अनेक पीडालाई यहीँबाट नियालिरहेछु । ममा व्यापक पीडा छन् । कुनै नालीमा डुबेका मका पीडा, कुनै चटपटे पसलमा च्यातिँदै गरेका मका पीडा, कुनै फोहोरको डङ्गुरमा फालिएका मका पीडा, कुनै दाउरा सल्काउन प्रयोग गरिएका पानापानामा जलेका मका पीडा, कुनै नचाहिँदो अर्थमा अर्थिएका मका पीडा, कुनै धमिराले चपाउँदै गरिएका मका पीडा, कुनै कसैका लोभी तथा भोगी नजरमा नपरेका मजस्तै मका पीडा । जेहोस् म अनेकमा छरिएर अनेक पीडामा विभक्त पुस्तक । तिमी जसरी सम्मान पाउन नसकेको पीडित पुस्तक । एकै जातभित्र पनि अनेक उत्पीडन र विभेदमा परेको मको पीडा तिमीलाई के थाहा ?’ ‘साँच्चै तिमीमाथि अन्याय भएको रहेछ । सृष्टि र दृष्टिका पीडा सहेछौ तिमीले । हाम्रा पीडा बुझिदिने कोही भए पो ? ठीक भन्यौ तिमीले । तिमीले आनन्दको जीवन देखे पनि मभित्र अनगिन्ति पीडा छन् । तिम्रो भन्दा नगन्य तर जटिल । ब्रह्माण्डको सर्जकले ब्रह्माण्ड सिर्जना गर्दा उसलाई के थाहा ? ब्रह्माण्ड सिर्जनामा मूर्त हुनै पो चाहन्थेन कि ? प्राणीहरूका सर्जकलाई के थाहा प्राणीका चाहना के थिए ? ऊ कुन रूपमा आउन चाहन्थ्यो ? कसको कोखमा बास बस्ने मनसाय थियो ? हामी पनि नियतिले यसरी नै सञ्चालित भइरहेका छौँ जसरी मानवलगायतका प्राणी बाध्य छन् । यसमा दोष कसलाई दिनु ? जेहोस् बुझेरै बुझ पचाउने प्रवृत्ति सबैको हुन्छ । हामी पनि त्यसबाट मुक्त हुन कहाँ सक्छौँ र ? नियन्त्रणविहीन भएर बाँच्न पनि असम्भव । नियन्त्रणबाहिर जन्मन पनि असम्भव । यो कस्तो खेल हो ? म त जति बुझेँ भन्ठान्छु उति रल्लिन्छु । आफैँमा अज्ञानता नै अज्ञानता छ । मलाई जानेर हो र ? घोकेर गिनिजबुकमा नाम लेखाउन उद्यत मानव देखेर अचम्म लाग्छ । कोही मेरै खेती गरेर बाँचेका छन् । मभित्रका दुईचार अर्थ जानेर आफूलाई सर्वज्ञझैँ ठान्ने र विद्यार्थी वा सिकारु सबैलाई मूर्ख बनाउने परिपाटीका मानव । अझ आश्चर्यका पात्र हुन् मेरा । आफ्नैले लगाएको आरोपको राप पनि छ मसँग । मेरा परिवारमा रहेका हरेक सदस्यहरू मेरा लागि समान हुन् । उहिल्यैको जमानामा जेठा सन्तान सर्वेसर्वा बन्ने मानवीय प्रवृत्तिको सिको गरेको आरोप मेरा अक्षररूपी सन्तानको छ । म के उत्तर दिऊँ उनीहरूलाई । अगिल्लो अक्षर क्यापिटल हुँदैमा के फरक पर्छ र ? तिमीहरू सबै मिलेपछि न केही अर्थयुक्त शब्द बन्छ । एक कहाँ पूर्ण हुनु ? भनेर कति सम्झाउन खोजेँ । अहँ, उनीहरू पटक्कै सम्झँदैनन् । मैले चाहेर उनीहरूको समस्याको समाधान कसरी गर्न सक्छु र ? सृष्टि, स्थिति र लयको यो खेलमा को छ जिम्मेवार ? मानवले त पत्ता नपाएर अलमलमा जीवन जिइरहेका छन् । आफ्नै बुद्धिको खेलबाट आफै उम्किन कोसिस गरिरहेछन् ? म विचरोले के उत्तर दिऊँ मेरा अक्षररूपी सन्तानहरूलाई ? त्यसैले तिमीभन्दा ठूला दुःख मसँग छन् । जसरी हुन्छ अब हामीमाथिका अत्याचार र उत्पीडनका विरुद्धमा जाग्नुपर्छ । मानवले हामीलाई जन्म दिएर उचित हेरचाह नगरी हाम्रो अस्तित्वमाथि खेलेको हुनाले खेद व्यक्त गर्दै एकसाथ अन्यायका विरुद्धमा अक्षररूपी सन्तानहरू र पुस्तकका वंशलाई लिएर उत्रनै पर्ने जरुरी देखेको छु मैले । तिमी, म अनि सिङ्गो पुस्तक जाति मिलेर हाम्रो उत्थानमा लाग्ने हो । पलायन हुने होइन । मानवका धेरै गुण हामीसँग मिल्छ भनेको छु नि मैले । उनीहरू त जातीय एकताका लागि सचेत भएर लागेका छन् । आआफ्ना अनेक मागहरू लिएर हातेमालो गर्दै विजय हासिल गरिरहेका छन् । हामी पनि एकजुट भएर लाग्यौँ भने सर्जक, प्रकाशक तथा वितरक एवम् पाठकले हामीमाथि गर्ने हस्तक्षेपबाट मुक्ति पाउनेछौँ । यसमा तिम्रो विचार के छ ?’ ‘तिम्रो विचारसँग म सहमत छु । आजैबाट हामी हाम्रो अभियानमा दत्तचित्त भएर लाग्नेछौँ । तिमी जागेझैँ सबैलाई जगाऊ ।’ जय अक्षर, जय पुस्तक । #अम्बिका अर्याल मिथकमाथि लेखिएको समसामयिक कथाः 'पितामह': यो धेरै पुरानो कथा हो । यसलाई महाकथा पनि भन्ने गरिन्छ । द्वापरयुगदेखि यता विशेष चर्चामा रहेको यो कथा पहिलोपल्ट भगवान् श्रीकृष्णले आफ्ना प्रिय बन्धु अर्जुनलाई कुरुक्षेत्रमा सुनाएका थिए भनिन्छ । हस्तिनापुरमा सारथि सञ्जयले राजा धृतराष्ट्रलाई सुनाएका थिए । यस्तै यो कथा धेरैले धेरैलाई सुनाए । यस्तै सुनाउने क्रममा मलाई मेरा पिताजीले सुनाउनुभएको थियो । आज मैले मेरा सन्तानलाई सुनाउन खोजिरहेको छु । सबै समयमा सबैले आ–आफ्नो ज्ञानको बुझाइ क्षमताका आधारमा सुन्दै र समयको मागअनुरूप सुनाउँदै आइएको यो कथाको अहिले मैले बुझ्ने बेलाको सार यसप्रकार आएको छ– जिज्ञासु (एक)– “ए हजुर ! तपार्इँहरूले श्रीकृष्णलाई यता कतै देख्नुभयो ? हिजोसम्म शान्ति, मेलमिलाप भन्दै हिँडेका कृष्ण आज कुरा टुङ्गोमा पु¥याउने अन्तिम घडीमा कता हराए त ?” डा. नारायण चालिसे जिज्ञासु (दुई)– “यिनीहरूले पनि कृष्णको धेरै खिल्ली उडाए । धेरै अपमान गरे भन्ने सुनिन्छ ।” “अब भर्सेला परोस् शान्ति ! भर्सेला परोस् मेलमिलाप ! सबै आ–आफ्नै अहङ्कारमा अन्धा छन् । लडून्, मरून् । फर्किन्छु ।”, केही दुःखी र रिसाएका जस्ता कृष्ण सरासर मनमनै बोल्दै अघि बढे । यत्तिकैमा परबाट कृष्ण आउँदै गरेका देखिए । जिज्ञासु (तीन)– “ ऊ कृष्ण यतै आउँदै छन् । सोधौँ न के भइरहेछ ? दरवारका अधिकारीले पनि अघि खोज्दै थिए । तर कृष्ण त दरवारतिरैबाट आउँदै छन् !” जिज्ञासु (एक), “कृष्णले लीला गर्छन् नि !” बोलाइयो, कृष्ण ! कृष्ण !! केशव !!! तर उनी सरासर अघि बढे, राकिएनन् । बोलाएको सुनेनन् कि नसुने झैँ गरे, बुझिएन । जिज्ञासु (दुई), “तपार्इँले एउटा कुरा सुन्नुभयो ?” जिज्ञासु (एक र तीन) उत्सुक भएर, “के कुरा ?” जिज्ञासु (दुई) “लडाइँ हुने नै भयो रे !” एवंक्रमले उनीहरुबीच सम्वाद भइरह्यो – “तर कृष्णले अर्जुनको सारथि बस्न मानेनन् रे । उनले दुर्योधनको राज्यमा अतिथि बस्न पनि अस्वीकार गरे अरे । दुर्योधनकै कारण विदुरसँग पनि रिसाएका छन् अरे !” “ठिकै हो, जोगी नै बनिरहन किन सधैँ कृष्णलाई चुन्ने ? “ “अब फकिर कृष्ण मलाई पनि मन परेको छैन ।” “मलाई पनि ।” “मलाई पनि ।” “तर कस्तो कृष्ण चाहिएको हामीलाई ?” “दुर्योधनजस्तो !” “कृष्ण दुर्योधनजस्तो भए, दुर्योधन को जस्तो नि ?” “दुर्योधन युधिष्ठिरजस्तो ! सत्यवादी न्यायप्रेमी । ” “होइन जुवाडे ! सत्ता र स्वास्नी दुवै दाउमा थाप्ने !” “कि सत्ताको निम्ति स्वास्नी दाउमा थाप्ने ?” “स्वास्नीको दाउ सत्ताको निम्ति त ठिकै हो तर सत्ता नै दाउ थाप्ने युधिष्ठिर त के पाइएलान् र अहिलेको युगमा ?” “नारी अस्मिताको खिल्ली उडेको फेरि मलाई मन परेन ।” “तपाईँहरुलाई युधिष्ठिर सत्यवादी बनिरहने परम्पराको अन्त्य भएको लागेको छैन ?” “युधिष्ठिर दोषी हो भन्ने पक्षमा बोल्नेहरुको पनि कदर हुनुपर्यो ।” “अब सबै फेरिँदै छ । पहिलाजस्तो अब केही पनि छैन । बरु चरित्र मिश्रण भएको छ । । अब सबै नयाँ र नौलोमा,अनौठोमा छ ।” नगरका चोक चौराहामा पाण्डव र कौरवका बीचको खिचलोका बारेमा भिन्न भिन्न विचार सुन्नमा आइरहे । “हामीलाई पाँच गाउँ (शान्ति, संविधान, सत्तासुख, सम्पत्तिसुख र अन्यसुख) चाहिन्छ, अन्यथा हामी दुर्योधनलाई हस्तिनापुरबाट बढारिदिन्छौँ ।”, अर्जुनले स्वर्णधरा क्षेत्रबाट दरवारतर्फ फर्केर उद्घोष गरे । “महङ्गो कुरा मागे अर्जुनले । हिजोका अर्जुनले पनि यस्तै माग गरेका थिए र ?”, होइन त्यो युगका अर्जुनले त्यही युगको माग गरेका थिए । आजका अर्जुनले आजकै माग राख्नु पनि त्यति नौलो भएन । फेरि सत्ताको चरित्र पनि त यस्तै यस्तै हो नि ? मिल्दोजुल्दो । “दिनै नमिल्ने, यी पाँच गाउँ दिए के नै बाँकी बस्ला र दुर्योधनलाई ?” “………..।” अर्जुनले, स्वर्गको सुख पनि चाहिएको छैन । धर्तीको राजा हुनु पनि छैन । मलाई माफ गर कृष्ण !, भनेर गाण्डीव बिसाए भन्ने पनि सुनिँदै थियो त ? फेरि यस्तो निर्णय कसरी गरे ?” “कृष्णले यो युद्धमा अर्जुनको सारथि बस्न पनि मानेनन् रे रिसाएर भन्ने पनि सुनिँदै थियो अर्को समाचार ?” “त्यस्तै अर्जुन पनि विचार फेरेर उपस्थित भएका छन् । फेरि गाण्डीव उठाउने रहर जाग्यो रे भन्ने सुनिँदैछ । अनि युधिष्ठिर स्वयंलाई पनि सत्ताको रहर जाग्यो भन्ने पनि सुनिन्छ । द्रौपदीको हाँसोले रिसाएको दुर्योधनका कारणले हो कि ? मनमनै कुण्ठा बोकेर बसेका धृतराष्टको सत्ता र पुत्रमोहले हो ? वा सकुनीको प्रतिशोधको भावनाले हो कि ? द्रोणाचार्यको सर्वश्रेष्ठ गुरुताले हो ? युद्ध त हुने भयो भनिँदैछ । युद्धमा सबैले आफ्नो आफ्नो दाउ लगाएका छन् भन्ने सुनियो । यति सम्म कि पितामहले स्वयंले पनि सत्ताकुण्ठालाई अर्जुनका माभ्यमले पूरा गर्न चाहेका भन्ने सम्म पनि सुनियो ।” यस्तै भन्न त धर्मयुद्ध भनियो । कृष्णले नचाहेका भए युद्ध हुँदैनथ्यो पनि भनियो । कृष्णले युद्ध चाहेको पनि देखिएन , नचाहेको पनि देखिएन । पटक पटक नियतिका कुरा भए । कुरा अरु धेरै किसिमका भए । सायद धेरै किसिमका कुरा बाँकी रहने शास्त्रको नाम महाभारत हो जस्तो पनि देखियो । तर युद्ध धृतराष्ट्रले नचाहेका भए नहुने रहेछ जस्तो पनि बुझिन्थ्यो सारमा । अर्जुले राज्यलाई चुनौती दिनुपूर्वका केही सम्वादहरूको पनि त्यहाँ चर्चा सुनियो । एक दिन युधिष्ठिरले भाहरूलाई जम्मा पारेर भने रे, “भाइ हो, किन किन मलाई पुनः राज्यसत्ताको इच्छा जागेको आभास भइरहेछ । यो मेरो चरित्रसँग मिल्ने गुण होइन तर पटक पटक किन यस्तो इच्छा भइरहेछ ?” “दाजू भन्न नसकेको मात्र हो हामीलाई पनि सत्तारोहणको तीव्र इच्छा जागृत भइरहेछ ।” सबै भाइहरुले एकै स्वरमा आफूहरुको इच्छा पनि जाहेर गरे । “यसको निम्ति तयारी प्रारम्भ गरौँ त दाजू ?” “मेरो इच्छा भएको भन्ने कुरा बाहिर नआओस् । जनताको युधिष्ठिरप्रतिको विश्वास हराएर जान्छ ।” “यसलाई जनता कै इच्छा भन्न मिलदैन ?” “मिल्ला !”, अर्जुनले कुटनीतिक हाँसो हाँसे । “भाइ निकै चलाख छ । यसले कुनै न कुनै उपाय अपनाउने नै छ । फेरि केशव पनि त साथमा हुनुहुन्छ । नकुल र सहदेव पनि विज्ञ नै हुन् ।” “कार्य प्रारम्भ गरौँ त दाजु ?” “युक्तिपूर्वक गर ।”, युधिष्ठिरको आदेश अनुसार सत्तारोहणको अभ्यास प्रारम्भ भएछ । “दाजुश्री एउटा अनर्थ भइसकेको छ, कृष्ण हामीसँग छैनन् । हाम्रा सेना त सबै जम्मा छन,् तर हामी निशस्त्र जस्ता छौँ । के हामीले युद्ध जित्न सम्भव छ ?” “जितिन्छ, जितिन्छ ।” “तर दाजु कृष्णको कुटनीति दह्रो छ । यसपटक हामीलाई छोडेरै गए । यता हामीलाई उक्साए, उता दुर्योधनसँग सहकार्य गर्दैछन् भन्ने पनि सुनिँदै छ । कृष्ण नभएको युद्ध जित्न सम्भव छ र ?” “सम्भव छ । तर अर्जुन तिमी कृष्णसँग किन डराएका ? तिम्रा त उनी सखा नै हुन् । तिम्रो धनुर्विद्या भलिभाँती बुझेका कृष्ण अन्त्यमा हाम्रै पक्षमा हुनेछन् । त्यसमाथि यो कलियुगको महाभारत हो । यहाँ एउटा कृष्णको भरमा होइन अक्षौहिणी सेनाको भरमा राज्य जितिन्छ (सेनातर्फ देखाउँदै) । आवश्यकता परे यसपटक हामी कृष्णसँग पनि युद्ध गर्न तयार हुनुपर्दछ बुझ्यौ ?” दक्षिणतर्फ रहेका आफ्ना भाइहरुतिर फर्केर सुटुक्क बोले अनि चर्को स्वरमा उत्तरतिरका अक्षैहिणी सेनातर्फ फर्केर भने, “हामीले आधा युद्ध जितिसक्यौँ, अब आधा बाँकी छ । त्यो पनि छिट्टै जितिन्छ ।”(गडडडडडड ताली) “के भन्दै छन् यी युधिष्ठिर ? यो नाटक हो कि वास्तविकता ?” “यो नाटक पनि हो वास्तविक पनि हो ।” “दुवै कसरी हुनसक्छ ?” “जसरी युधिष्ठिर छन् ।” “युधिष्ठिार पनि नाटकै हुन् त ?” “रूपमा उनै हुन्, चरित्र फेरिएको आभास हुन्छ । परिस्थितिले त्यसै भन्दै छ ।” “युधिष्ठिरबाट यस्तो उग्र भाषण ? त्यो पनि कृष्णकै विरुद्धमा लड्ने कुरा ? कस्तो अचम्म ? युधिष्ठिर र युद्धको इच्छा ? अर्थात् मामाछोरा फुपूछोरा भाइभाइ ?” “अनि दुर्योधन र युधिष्ठिर भाइभाइ थिएनन् र ? त्यहाँ पनि त दुई भाइका छोरा हुन् ?” “यो स्वजनकै बीचको युद्ध हो । यहाँ आश्चर्य मान्नुपर्ने केही छैन ।” “कसले जित्ने ? कसले हार्ने ? अनि के पाउने ?” “जसले जिते पनि भाइले नै जित्ने हो । राज्य र सत्ताबाहिर जाने डर मान्नु पर्दैन ।” दूरदर्शन यन्त्रशालाबाट सञ्जयले दूरवीन घुमाउँदै खबरको प्रत्यक्षप्रसारण गरे, “युधिष्ठिरले युद्धको घोषणा गरे महाराज ।” “के भन्दैछौ सञ्जय ?” “युवराजको यस्तै इच्छा बुझिन्छ महाराज ।”, त्यसपछि टुँडिखेलतर्फको दृश्य प्रस्तुत गर्दै प्रसारण अघि बढाए । हतो वा प्राप्स्यसि स्वर्गं, जित्या वा भोक्ष्यसे महीम् म¥यौ भने सहिद हुने छौ, राज्यले कदर गर्नेछ, तिम्रो परिवारले क्षतिपूर्ति पाउने छन्, जित्यौ भने सिंहदरबार…। तस्मात् उत्तिष्ठ.. हे अक्षौहिणी सेना हो, उठ भीम, अर्जुन, नकुल, सहदेव । युद्धाय कृतनिश्चय, युद्धको निम्ति तयार होऊ । युधिष्ठिरले दोहो¥याएर भने, “भोक्षसे महीम् । ..महीम्…।” यस्तैमा सेतो आकृति जस्तो (छाया) देखापर्यो र हरायो । “हाम्रो यस विषयमा के विचार हो ? म त पाँच गाउँ दिऊँ भन्छु । आफ्नै भाइहरूलाई मारेर मैले के शासन गर्नुछ र ?” (दुर्योधन ) “तिमी दुर्योधन नै हौ त ? तिमी त अर्जुन बन्यौ जस्तो छ । हिजो अर्जुनले धनु फालेका थिए आज दुर्योधनले ।” “अर्जुनले इच्छा फेरेपछि कोही त अर्जुनको भूमिकामा हुनुप¥यो । त्यसैले म अर्जुन बनेको । के अभिनय मिलेन ?” मामा शकुनी, “तिमीलाई उपदेशको आवश्यकता प¥यो भाञ्जा । कृष्ण कता जानुभयो ?” “हिजो आफैँ राज्य छोडेर, देशलाई अप्ठ्यारो पारेर जाने, आज पुनः इच्छा जाग्यो भन्दैमा दिन सकिन्छ र ? सत्ता मागेर पाइने भीख पनि त होइन नि ?”(अरु भाइहरू) (सभामा गुरु द्रोणको प्रवेश) “हामीले कस्तो अप्ठ्यारोमा सत्ता समालेको ? बिर्सियौ दुर्योधन ?” “तर गुरु स्वजन भनेको स्वजन नै हो । त्यसमाथि ममा नैतिक बलको पनि अनुभव गर्दै छु । ती धेरै प्रतिस्पर्धामा अर्जुनसँग पराजित भएका सबै घटना ताजै पनि त छन् । मलाई ती दृश्यले बारम्बार झस्काइरहन्छन् । गुरुलाई त मेरो क्षमता थाहा छ नि ?” “दुर्योधन तिमीले धर्म र नीतिका कुरा गर्दै छौ । यो समय नीति र धर्मले चल्ने समय होइन । अनीति, अधर्म कलियुगस्य लक्षणम् ।” सभामा कर्णहरुको प्रवेश । “मित्र दुर्योधन किन शिथिल छौ ?” “ममा शासन गर्ने मोह रहेन अब मित्र कर्ण ।” “तर दुर्योधन, तिमी , तिमीमात्र कहाँ हौ र ? तिमी त हामी पनि हौ । हाम्रो इच्छा शक्ति कमजोर भएकै छैन । तिम्रो कसरी हुन्छ ? अनुभव गर ? अझ बढी अनुभव गर ?” दुर्योधन भित्र गए , केही समय हराए ,पुनः बाहिर आए र भने , “कर्णहरू, भाइहरू, साँच्ची ममा केही महत्त्वबोध भयो । तर सम्भव छ त ?” “सम्भव छ, तिमीले हुन्छ मात्रै भन, तिमी दुर्योधन हौ ?” “तर पनि मलाई दाजू युधिष्ठिरकै इच्छा मन प¥यो पाँच गाउँ ? दिऊँ भन्छु म त ?” “हामीमा मत विभाजन उचित भएन । कुरा ठिक भए पनि प्रक्रिया ठिक भएन ।” “हामीले पाँच गाउँको प्रस्ताव एकमतले अस्वीकार गर्छौँ । सत्तामा मोलाहिजा ? यो मिल्ने चरित्र नै भएन । त्यसमाथि जूवाको नशामा राज्य र स्वास्नी नै दाउ थाप्नेहरूप्रति फेरि विश्वास गर्न सकिएला र ?” “राजसी चरित्र देखाएकालाई हामी राज्य गर्नेहरूले अन्यथा नलिने हो कि ? हामी पनि कहाँ कम छौँ र ? त्यही जूवामा राज्य र स्वास्नी दाउ थाप्न नपाएका मात्रै त हौँ ? आखिर स्वास्नीको (भाउजू) दाउ जित्ने त हामी नै हौँ नि ?” “मामा शकुनी हुनुहुन्छ र सबै सम्भव भएको छ ।” “यसमा काकाहरूको समर्थन प्राप्त होला ?” “उहाँहरू पनि मूल धारमै हुनुहुन्छ । सत्ताको नुन खाएकाहरूको डर मान्नु पर्दैन । फेरि पाण्डवहरू हामीसँग जस्तै काकाहरूसँग पनि रिसाएकै छन् । पुनरागमनमा सहयोग गरेनन् भन्ने पाण्डवहरूको आरोप छ ।” “पितामह ?” “उहाँ हुनुहुुन्छ नि हाम्रैतिर ?”, एउटा कुटिल हाँसो । “एकातिर पाण्डवहरू उग्र भएर देखापरिरहेछन् । उता दुर्योधन छाड्दै छाड्दिन भन्छ । ऊ त मान्थ्यो होला भाइहरूले छाड्नै दिँदनन् । पाण्डवहरू पनि किन यति चकचके भएर सत्ताकै निम्ति मरिमेटेका ? त्यत्रो जंगलको कष्ट त सहेर बसेका हुन् । आज त राज्यमा सम्मानपूर्वक नै बसेका छन् । सुस्तसुस्त मिलिहाल्थ्यो नि । पाण्डवहरूले सही तरिका अपनाएनन् । हिजोको दुर्योधनको स्वभाव पाण्डवमा पनि देखिन थालेको छ । एउटै मूलको पानीको प्रभाव हो ।” “एता कृष्ण पनि रिसाएर टाढा टाढा हुँदैछन् । कृष्णलाई त हामी सबैले अपमान ग¥यौँ । आदर गरेर बोलाउने र गाली गरेर पठाउने नीति भयो हाम्रो । तैपनि यो पालि दुर्योधनलाई साथ दिने हाम्रो बाध्यता छ । तर पाण्डवहरुको स्वभाव पनि मनपर्दो भएन । दुर्योधनको नुन हाम्रो निम्ति महङ्गो उपहार हुने भयो ।” विदुरवाक्य सुनेका सबै सभासद्ले विदुरवचनको समर्थन गरे । “हस्तिनापुरका जनता हाम्रो निर्णय पर्खिरहेछन् । हामीबाट मात्र यिनको रक्षा सम्भव छ । राज्य दुर्योधनको भएपनि निर्णय हाम्रो सुन्ने इच्छा राख्छन् जनता ।”, विदुरले अठोट लिएको अनुहार पारे । दृश्यमा हस्तिनापुरवासी जनता देखापरे । एउटा सेतो छाया देखाप¥यो र हरायो । “त्यसो भए विदुर नीति पनि फेरिएको छ होइन त ?” “सबैको रूप, भूमिका र चरित्रमा मिश्रण देखापरेको छ । अलिअलि त पीतामहको डर मान्नुपर्ने ? कि पितामह पनि ?” “हो उहाँको पनि भूमिका फेरिएको छ ।” “तर ठूलो रुखको छहारी स्वस्थकर नै छ ।” “यी हस्तिनापुरवासी न्यायप्रेमी जनता हजुरको संरक्षकत्व चाहन्छन् ।” “हो हस्तिानापुरका यी सारा जनता मबाट मात्र सुरक्षित छन् । मैले यिनको साथ छोड्नुहुन्न । यी अनाथ हुनेछन् ।” दुर्योधनले अठोट लिएको अनुहार पारे । दृश्यमा हस्तिनापुरवासी जनता देखापरे । “जे भए पनि पितामह हामी सबेैले मानेकै व्यक्ति थिए । हामी पाण्डवहरूका त अभिभावक नै थिए । तर किन उनी पनि सशंकित व्यवहार गरिरहेछन् हिजो आज ?” “मनैबाट युधिष्ठिरले भने तर उनले भनेर गएका छन् । युधिष्ठिर तिमीहरूमाथि फेरि षड्यन्त्र हुन सक्छ । मैले त राज्य नै दिन पर्छ भनेको छु । विदुरसमेत मेरो कुरा काट्न थालिरहेछन् । आफू निक्लेरै जानुपरे पनि पाण्डवहरूलाई राज्यमा ल्याएरै छाड्छु भनेको थिएँ । ल्याएँ पनि । अब अडिने तिमीहरूको काम हो । युक्ति लगाऊ । युधिष्ठिर तिमीबाट उत्तराधिकारको अपेक्षा गरेको छु ।” “अब मेरो हातबाटमात्र सुरक्षित हुन सक्छ । यी सबै हस्तिनापुरवासी न्यायप्रेमी जनता मबाट मात्र सुरक्षित हुन सक्छन् ।”, युधिष्ठिरले पनि अठोट गरेको अनुहार पारे । दृश्यमा हस्तिनापुरवासी जनता देखापरे । “सुन्नुभयो तपाईँहरूले ? देख्नुभयो तपाईँहरूले ?” “के ?” “नयाँ हस्तिनापुरका नयाँ पाण्डवहरूका कुरा ? त्यस्तै नयाँ कौरवहरूका कुराहरू ? नयाँ र नौला वहाँहरूका कुराहरू ?” “त्यहाँ अक्षौहिणी सेनाहरू प्नि थिए । पाण्डव र कौरवहरूका नौला अनुहार र अनौठा कुराहरू त्यहाँ थिए । त्यहाँ उनीहरूले जनतालाई देखाएर प्रतिज्ञा पनि गरेकाजस्ता पनि लाग्थे । तर त्यहाँ हस्तिनापुरका जनता थिएनन् । “त्यहाँ हामीले हामीहरूलाई कहीँ कतै देखेनौँ ? तर युधिष्ठिर र दुर्योधनले मेरा जनता भनिरहेका थिए । त्यहाँ उनीहरूका जनतामात्र थिए । ती त हामी नभएको राज्यका कुरा थिए । त्यहाँ त हामी जनताको पक्षमा कुनै सम्वाद नै भएको थिएन ।”(व्यक्ति एक) “हो देखाइएका जनता, भनिएका कुरा सबै यिनीहरूका आफ्ना पक्षका थिए । हामी त अदृश्य र असान्दर्भिक छौँ त्यस सभामा । यो सबै हाम्रा लागि भएको भन्ने बुझनुभएको छ भने त्यो तपाईँको भुल हुनेछ ।”(व्यक्ति तीन) “हामी त जुत्ता हौँ, चप्पल हौँ, भुइँ हौँ, गुन्द्री हौँ, सिँढी हौँ, भकुण्डो हौँ ।”(व्यक्ति चार) “तर हामी अँठिनु, दबिनुको पीडा हामीलाई मात्र थाहा हुने । यो कस्तो अनौठो शासन हगि !” (व्यक्ति पाँच) “सुन्नुभो तपाईहरूले महाराजका कुरा ? दुर्योधनका कुरा ? हस्तिनापुरको सभामा आफूहरूलाई देख्नुभयो कतै ?”(व्यक्ति छ) “त्यहाँ त पाण्डव र कौरवको पक्षका केही सेना र उनका आफन्तहरू थिए । त्यहाँ त हामी कतै थिएनौँ ।” “त्यसोभए हामी को हौँ ? हामी त दुवैतर्फ थिएनौँ त्यहाँ ?” “ठिक बुझ्नुभयो । ती हामी हौइनौँ र त्यो हाम्रो सभा पनि होइन । त्यहाँ हामी देखिन मिल्दैन । ती त उनीहरूले बनाएका जनता हुन् । भएका जनता होइनन् । तपाईहरू यो भ्रममा नपर्नुस् हामी हुँ भन्ने नठान्नुस् ।” (एउटा समूह यसो भन्दै अघि बढ्यो ) केहीक्षणपछि – युधिष्ठिर, दुर्योधन र विदुर आदिको प्रवेश । उनीहरू सबै मिलाएर बनाइएका नायक र एकअर्काका प्रतिनायक जस्ता देखिन्थे । सबैका अनुहारमा कुटिल खालको हाँसो देखिन्थ्यो । “हामी एक थियौँ, छौँ र हुनेछौँ ।”, उनीहरूले सामूहिक स्वरमा बडो मिलाएको भाषमा मौलिकजस्तो गरी त्यसो भने । “तर हामी एक छैनौँ ।”, माथि उभिएकाहरूका पनि आँखा र कान ठाडा भए । उनीहरूले तलतिर फर्केर हेरे जता मौलिक जनता थिए । “हामी तपाईँहरूका राज्यमा नभएका जनता हौँ । त्यसैले एक हुन सकेनौँ ।” “हामी मौलिक जनता जिन्दावाद ।” एवंक्रमले जिन्दावाद चलिरह्यो, धेरैबेर ठूलो समूहबाट । अघि सभामा नदेखिएका धेरै जनता त्यहाँ देखापरे । “हामी जिन्दावाद ?” “…र उनीहरूले भने हामी खोई ?” “हामी युधिष्ठिर मान्दैनौँ !” “हामी दुर्योधन मान्दैनौँ !” “हामी विदुर मान्दैनौँ !” “…………..मान्दैनौँ !” “………….मान्दैनौँ !” यो अप्रत्यासित दृश्य हेर्दाहेर्दै ती सबैको अनुहारमा एकाएक परिवर्तन देखाप¥यो । युधिष्ठिर दुर्योधनजस्ता, दुर्योधन विदुरजस्ता, विदुर युधिष्ठिर जस्ता यस्तै के के जस्ता देखिन थाले । सबै भिन्न पनि थिए, उस्तैजस्ता पनि थिए तर आँफूजस्ता वा जनताका जस्ता कोही पनि थिएनन् । उनीहरूलाई आफूहरू असुरक्षित हुँदै गएजस्तो अनुभव भयो । उनीहरूले मुखामुख गरे र त्यहाँबाट उम्किने तर्खर गर्दैगर्दा – “ये यथा मां प्रपद्यन्ते तां तथैव …, मलाई जसले जसरी हेर्न चाहन्छ म त्यस्तै देखिन्छु ।” “यो त कृष्णको बोली हो !” “कृष्ण ! कृष्ण ! कृष्ण !!” “म युधिष्ठिर कृष्ण !” “म दुर्योधन कृष्ण !” “म विदुर कृष्ण !” “हामीले तपाईँलाई अपमान गर्ने भुल ग¥यौँ । हामीलाई गल्ती अनुभव भयो । कृष्ण हामी यहाँ छौँ ।” “म त तपाईँ नै हुँ युधिष्ठिर !?” “म त तपाईँ नै हुँ दुर्योधन !?” “म त तपाईँ नै हुँ विदुर !” कृष्ण जनतातिर फर्केर, “यिनीहरूले तपाईँहरूमाथि पनि धोका गर्न खोज्दैछन् । यिनीहरू यी होइनन्, यी जस्तामात्र लागेका हुन् । मेरो शान्ति र मेलमिलापको प्रस्तावलाई लत्याएर मलाई धोका दिए अब तपाईँहरूका आफ्ना बनेर धोका दिन खोज्दैछन् । म बन्न खोज्दैछन् । तर नियतिमाथि कसैको केही लाग्दैन । यिनीहरू जो हुन् ती होइनन्, जो देखिएका छैनन् ती हुन् । नियति जो जो लिएर आएको हो । नियतिमाथि प्रश्न नगर !” कृष्ण सरासर अघि बढे । सुरिलो स्वरमा बाँसुरी फुकेको ध्वनि गुञ्जिँदै टाढा हुँदै गर्दा एउटा अग्लो छाया यतैतिर फर्केर हेरिरहेको देखियो । सबैले एकै स्वरमा भनेको सुनियो, “पितामह ! पितामह ! पितामह !!” परिस्थिति विसम थियो । योबेलामा सबैले पितामहको अभाव अनुभव गरे । #डा. नारायण चालिसे समालोचक हाचेकालीलाई प्रतिभा पुरस्कार: सुरेश हाचिकाले साहित्यपोस्ट डटकमका नियमित स्तम्भकार तथा प्रसिद्ध कवि, गीतकार, समालोचक सुरेश हाचेकालीलाई नेपाल सरकारले प्रदान गर्ने भाषा, साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ। चक्रव्यूह संचेतनाका अभियन्तासमेत रहेका हाचेकालीलाई भाषा-साहित्यमा पुर्याएको योगदानका लागि पुरस्कृत गर्न लागिएको हो। पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ। हाचेकाली त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजीका उपप्राध्यापक तथा सभ्यता अनुसन्धान केन्द्रका संस्थापक सचिवसमेत हुन्। असार १४ गतेकाे मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा अन्य श्रष्टाहरू पनि पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरूमा भाषा साहित्य विधा तर्फ राष्ट्रिय प्रतिभा पुरस्कार प्रा.डा. दयाराम श्रेष्ठ सम्भवलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अभि सुवेदी र प्रा. घनश्याम उपाध्याय कँडेललाई, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार कवि त्रिभुवन चन्द्र वाग्ले छन् । पुरस्कृत अन्य स्रष्टाहरूमा मोहन सिटौला, केशव सुवेदी, पदमावती सिंह, मधुसुदन गिरी, भैरव रिसाल, तर्कना शर्मा, नवराज रिजाल छन् । त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुन् । यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ । #प्रतिभा पुरस्कार #सुरेश हाचेकाली सफल विद्रोह: धेरै वर्षसँगै बिते । ऊ सुन्दर थिई मुहारले, मन्त्रमुग्ध पार्दथी व्यवहारले । उषा, सहपाठी । एउटै कक्षामा थिए, तर पनि सूर्य । उसको गुरू, अलि धेरै जानेको अक्षरका अंकहरू । उबेलाको फलामे ढोका, एसएलसी दिए दुबैले — एउटै पलङको टेबुलभरी किताब ओछ्याएर । सूर्य प्रथम, उषा द्वितीय, मनभरी शुभकामना र बधाई साटे दिनभरी, रातभरी । सूर्यको किरण छाइरह्यो उषाभरी । बादल निथ्रिने आशमा । अक्षरका माथिल्ला तहहरू आ–आफ्नै क्षमता र भव्यताले बिताए दुबैले । चाडपर्व र छुट्टीका दिनहरू भेटघाटका बहाना हुन्थे । पेटभरी घुम्थे, अघाउञ्जेल डुल्थे । उषा बीस कटेर एक्काइस पुगी । बिहेको कुरा चल्यो । उसले प्रस्ताव राखी आमासँग –“आमा मलाई सुर्य मनपर्छ । बालाई सम्झाउने जिम्मा हजुरको ।” आमाले बाबुसँग अक्षर भनिन् – “उषा सूर्यको लालिमाले उज्यालिन चाहन्छे, के छ हजुरको विचार ?”, बाबुले नाकमुख लोप्राए र भनेँ , “भुइँको सितो अगेंनोमा राख्नु हुन्न । यस्ता कुरा नगर मेरा अगाडि । जात मात्र मिलेर हुन्छ, धाक र रवाफ मिल्नु पर्दैन । नाथे ! घरघरको अधिया बेसाउने खेतालोको सन्तान !” विद्वान र धनवानको तुलनात्मक भीडन्तमा धनले जित्यो । उषाको बिहे अन्तै हुनेभो । सूर्य कतै सरकारी जागिरमा होमियो । जीवन पाङ्ग्रा अलग अलग । “छोरा, अलिकता धन पनि जोर्यौ ! अब बिहे गर्नुपर्छ ।”, बूढा बाबुको दशैँको टिकासँगैको आशीर्वाद र आग्रहमा सूर्य ब्युँझियो । उषासँगको अपुरो मिलन र पेशासँगको पूर्ण घुलमिलले गृहस्थ ओझेलमा परेको देख्यो । “ हवस् , जो आज्ञा पिताजी ! “साष्टाङ्ग दण्डवत गर्यो ।” कन्या खोज्नुस् माता ! म जोडी बाधिन चाहन्छु ।” आमासँग संभावित बुहारीको तस्बिर खोज्यो । आमाले चपक्क आँखा बन्द गरेर उहीँ उषालाई सम्झिन पुगिन् । त्यो रुप, त्यो मुहार, त्यो संस्कार, त्यो आदर ! छोराको रोजाईको प्रसंसामा थाक्दिनथिन् उनी । सूर्यको बिहे हुने भो । उसले कन्या हेरेन । योग्यता र सरलता जाच्यो । मामाघरमा बसेर पढे, बढेकी सुशील कन्या । आमाको रोजाई । परिवारसँगको समानता असमानता केलाएन । तर्क खोजेन, शक्ति रोजेन । उस्तै सुन्दर, प्रतिछाया उषाको । उही किरण देख्यो चन्द्रमाको उपस्थितिमा, सन्ध्याको सानिध्यमा । पूर्णिमाको रात आकाशमा चम्किएकी चन्द्रमा , धरतीको सुहागरातको बिछ््यौनामा टलपल टलपल ! घुम्टो खोल्यो । चन्द्रमाको उज्यालोमा उही उषाको किरण ! स्तब्ध भो ! किन ? कसरी ? के का लागि ? अनगिन्ती प्रश्नहरूले वातावरण कोलाहलमय भो । मैले तिम्रो लागि विद्रोह गरेँ प्यारा ! पर्खी बसेँ, जुनी जुनी ! माताज्युको आशीर्वचनमा । मैले जितें आज ! तिम्री हुन पाएँ ! धन्य मेरी आमा । #लक्ष्मीप्रसाद पौडेल #सफल विद्रोह एउटा अव्यक्त सम्बन्धको कथाः 'लाहुरेकी स्वास्नी र देश': मानौँ, बाहिर सूर्यबाट आगो खसिरहेको छ । यस्तो बेला क्याफेमा छु । ‘कुलर छैन ?’, मैले सोधेपछि एउटा भाइले टेवल फ्यान चलाएर गयो । हावा तातै छ, तर राहत छ । टेवलमा कोल्ड कफी राखेर गएकी छ १७ वर्षे केटीले । अग्लो गिलासमा स्ट्रे राखेर दुईपटक सिनित्त पारेर तानेँ । मनै हररर भएर आयो । हातमा मोबाइल छ । अर्को हातमा भर्खर चुरोट सल्काएको छु । आफ्नै खबर छैन । तर मोबाइलमा खबरहरू छन् । मान्छेका सपना मिचिएका स्टाटसदेखि देशको सिमाना मिचिएका खबरहरू । बलात्कार र हत्याका राता शीर्षकले फेसबुक रंगिएको छ । नवीन अभिलाषी बलात्कारीकै श्रीमती बनाइदिएपछि रूपन्देहीको अंगिराले झुण्डिनु प¥यो । जसले बलात्कार गरेको छ, उसैसँग विहे ? रुकुममा नरसंहार भएको छ– अन्तरजातीय प्रेम रोक्न । भेरीको उर्लिदो छालहरूमा भेटियो ६ जना युवाहरूको मृत शरिर । सरकारविरुद्ध प्लेकार्डहरू आन्दोलित छन् राजधानीमा । सरकारले पानीको फोहोरा हानेका तस्बिर भाइरल छन् । सरकारले नयाँ नक्सा पारित गरेको छ । भारतका मिडियाहरूले बोलीको बन्दुक लिएर चिच्याइरहेछन् । यता घोराही बजार बन्द छ, र म पनि स्तब्ध छु । मौन छु । सडकको अलकत्रा पग्लिने गर्मीमा केही भोका छायाहरू चल्मलाइरहेका छन् । डोकोमा काँचा केराहरू, लिच्ची र आँप बोकेर, मास्कभित्र लुकाएर अनुहार, मानिसहरू छिटफुट हिँडिरहेछन् । अदृश्य शक्तिको त्रास कुल्चेर पनि मान्छे हिँड्न भने छोडेको छैन । यस्तोबेला सटर तानेर भित्र चिया पकाइरहेछ अहम्मद । ‘प्रहरी आउछ, क्याफे किन खोलेको ? भनेर थर्काउछ, एक छिनपछि आफँै चिया पिएर जान्छ, पैसा पनि दिदैनन् दाइ ।’, अहम्मदको कुराले म हाँसे । ‘दाइ, तपाईँ चिया किन पिउनुहुन्न ?’, चिया छानिरहेको छ अहम्मद । ‘गर्मी छ नि ब्रो !’ ‘अनि चुरोट किन सल्काउनु भएछ त दाइ ?’, मैले अहम्मदलाई हेरेँ । ऊ व्यंग्य हाँसो हाँसिरहेको छ । पछाडिको ढोकाबाट मनिषा आई । छाता बन्द गरी । मास्क चिउँडोमा छ । बाक्लो लिपिस्टिक पोतिएको ओठहरू तनक्क तन्काई, थिएटरमा पर्दा खुलेपछि झललल बत्ती बलेझैँ, एकैपटकमा सेता दाँतहरू देखिए । अर्कोपटक मन हरर्र…. भएर आयो । …………………………… मनकुमारी बूढा मगर दाङमा मनिषा भई । रोल्पाबाट दाङ झर्दा ऊ खाम बोल्थी । १० वटा वर्ष बाँचेकी मनिषाले सरकारी स्कूलमा नाम लेखाई । कक्षा १० पनि पास गर्न सकिन । विहे गरी । एकरात फोनमा आफ्नो विगत सुनाई, “युद्धमा बाउ मरे । तारे टोपी लगाएका हुलसँगै जंगल छिरेका बाउ त फर्किएनन् नै, खबर पनि आएन । आमाले किरिया गरेको पनि याद छैन । बेपत्ताको नाममा राज्यले पाँच लाखको चेक दियो । त्यो चेकले दाङ झा¥यो । अर्को पाँच लाखले घर बन्यो ।”, लद्याक पुगेको लाहुरेको स्मृति र बूढी आमालाई पालेर बसी मनिषाले । मनिषासँग अहिले बोर्डिङ जाने छोरो छ । चिम्सा आँखा, चेप्चो नाक, डल्लो अनुहार, ठ्याक्कै बाउ जस्तै । ‘धन्न बाउ जस्तै आएछ, नत्र त लाहुरेले मलाई माथ्र्यो पो ।’, मनिषाले ठ्टटा गर्छे अहिले । मलाई लाज लाग्छ । त्यस्तै आठ वर्ष पहिले । पहिलोपटक भेट्दा पनि उसँग छाता थियो । बैंकमा चेकबुक समाएर बसिरहेकी । गालामा चायाँ, नाकमा पहेँलो फुली, कानमा सुनकै बाली, कपाल पछाडि बानेकी उसलाई लुंगी र टिसर्टमा देखेपछि रोल्पाली हो भनेर कसले नचिन्ने ? सिउँदोमा काँचो सिन्दर थियो लाहुरेको । पेटमा बच्चा बसिसकेको थिएन । सादा मोबाइल सेटमा इन–कमिङ टोन बजिरहेको थियो । भोलुम सानो बनाई । उठाइन । एक लाख रूपैयाँको चेक मैले काटिदिएँ । मनकुमारी भनेर सिग्नेचर गरी । ‘आधा मलाई है त ?’, मैले जिस्काइदिएँ । मैले जिस्काएको उसले थाहा पाई । मुसुक्क हाँसी । मलाई उसका दाँत औधि मन परे । दाँत मात्र हैन, मलाई मनिषा नै मन पर्दै गई । मन पर्नु के महाभारत थियो र ? संसारको सहज कुरा भनेकै प्रेम न रहेछ । प्रेम र सौन्दर्य निरपेक्ष विषय रहेछन् । ……………………………… फ्ल्यासब्याकपछि मैले सोधेँ, ‘कस्तो छौ ?’ उसले आँखाले बोली । ‘एकदम ठिक छ’ भन्ने मैले बुझेँ । उसको अनुहार स्निग्ध आकाशजस्तो खुलेको छ, झरीपछि बादल फाटेजस्तो । खोला किनारको छिपछिपे पानीभित्र सुनौला किरणले छोइएर टल्किएका ढुंगाहरूजस्ता हँसिला आँखाहरू छन् । मोटो सरा भएको सिल्की कपाल टेवल फ्यानको हावामा लहरायो । ढाकाले बुनेको हाते ब्याग टेवलमा राखी । ‘के खाको ?’, उसले आवाज निकाली । उसको लवजबाट मगर टोन हराइसकेको छ । ‘रक्सी । खान्छौ ?’, मेरो झुटमा नाटकीय पारा थिएन । तर मनिषाले पत्याइन । तल्लो ओठ लेप्य्राई र मैले पिउँदै गरेको कोल्ड कफी हेरेर बोली, ‘हुन त के भर अचेल बाहुनभन्दा बढी को बिग्रेको होला !’, उसलाई थाहा छ, म कतिसम्मको जड्याहा छु । मैले मुस्कुराएर चुरोटको सर्को लिएँ । ‘तिमीहरू बिग्रिन बाँकी छैन नि त, अब हाम्रो पालो ।’, चुरोटको जल्दै गरेको मुख एस्ट्रेमा धसेँ । मनिषालाई चुरोटको धुवाँ मन पर्दैन, सम्झेँ । ‘खुसीले खुट्टा भुइँमा छैन त, के भयो त्यस्तो ?’, उसको उज्यालो अनुहार हेर्दै भनेँ । उसले आफ्ना खुट्टा हेरी । साँच्चै उसका खुट्टाहरू भुइँमा थिएनन् । कुर्सी अग्लो थियो, मान्छे होची । खुट्टाहरू झुण्डिएका थिए । मैले हाँसो थाम्न सकिनँ । ‘तपाईँलाई भेट्न पाएर खुसी नि ।’, मनिषा हाँस्दै बोली । पमलाई रुन मन लाग्यो । ३७ वर्षसम्म कसैले माया गर्छु भनेनन् । जीवनका उर्जाशील उमेर गाँजा तानेर सिध्याएँ । कसैले नतानसम्म भनेनन् । अहिले चुरोटको धुवाँ मनिषालाई मन पर्दैन भनेर निभाइदिन्छु । के भैरहेछ यस्तो ? ‘हिजो लाहुरे गयो ।’, लकडाउनले विदामा बसेको मनिषाको बूढो पल्टन फर्किएछ । भारत र चीनबीचको उग्रविवादले विदा बसेका गोर्खा सैनिकहरू भारत तानिए । मेरो मनमा चीसो पस्यो । तर मैले बुझिनँ, मनिषालाई लागेको कस्तो खुसी हो यो । सन्तापको भुंग्रोमा उफ्रिनुपर्ने बेला कुन उल्लासको सिरेटोले छोइरहेछ उसलाई ? ……………………………… बैंकबाट छुट्टिएपछि एकदिन विद्युतमा विल तिर्दै थिई । मुस्कुराउँदै गरेको त्यो आकृति अपरिचित थिएन । ती दाँतहरू मलाई सम्झना भए । फरक यति थियो, श्रृङ्गारले उसको सौन्दर्यको चमक बढी थियो । कपाल छोडेकी थिई, कुर्तामुनि जिन्स थियो । कानमा टप र ओठमा लिपिस्टिक । मानव सौन्दर्यको सम्पूर्ण अधिकार प्रकृतिले नारीलाई दिएको छ । हामी त बस् हेर्नका लागि मात्र जन्मिएका हौँ । अचम्मको कुरा त यो हो कि, उनीहरूले हामी जस्तालाई मन पराउछन् । उसका साना औँलाहरू इन्ड्रोइड फोनको स्क्रिनमा चल्मलाए । मेरो मोबाइल नम्बरका दश वटा अंकहरू सेभ गरी । र चिम्सा आँखाले बिदाइ । ती आँखाहरू मेरो मानसपटलबाट हराउन केही घण्टा लाग्यो । एक रात, झरी थामिएको थिएन । ६० एमएल÷९० एमएल गर्दागर्दै त्यो साँझ धेरै नै लठ्ठिएको थियो । एउटा अनौठो आवाजले मेरा आँखाहरू खुले । त्यो आवाज मोबाइलको थियो । झ्याल खुलै थियो, ढोका पनि बन्द थिएन । चीसो हावा कोठामा व्याप्त थियो । घडीले बिहानको तीन बजाउँदै थियो । र कहिल्यै नदेखेको नम्बर थियो मोबाइलमा बजिरहेको । ‘अस्पतालमा आउनूस् न ।’, आवाजमा हतासको लेपन थियो । तर अप्रिय क्रन्दन छुट्नुअघि सामान्यीकरण बनाउन खोजिएजस्तो । गहिरो पीडाले दबेको कुनै केटीको स्वर थियो । रनन्… दौडियो दिमाग र दाँत, आँखा, साना सुन्दर हात र मोबाइल स्क्रिनको स्मृतिले टक्क रोकियो । म १० मिनेटमा अस्पताल पुगेँ । प्रतिक्षालयमा उभिएकी थिई मनिषा । हातमा कागज र औषधिले भरिएको झोला थियो । आँखाहरू टिलपिल टिलपिल थिए । अनुहारमा पहिरो खसेजस्तो । मलाई देखेपछि उसका आँसुहरू बर्रर…. खसे । आँसु खस्नका लागि पनि आफ्नो मान्छे चाहिन्छ । ‘आमा…..’, यो शब्द लिएर उसले टाउको घुमाई र पर हेरी । पछ्याउराले आँसु पुछी । मलाई रक्सीले छोड्यो । …………………….. ‘मैले पनि खान्छु नि यो ।’, कोल्ड कफी अर्डर गरी मनिषाले । एक निमेषको मौनतालाई चिर्दै मैले सोधेँ, ‘किन पठायौ त बूढोलाई यस्तोबेला ?’ ‘झ्याउ लाग्छ, गए राम्रै भयो । मैले नजाऊ भनेर नजाने हो र ?’, बाँया हातका दुई औँलामा पहेँला औँठीहरू छन् । औँठीहरू खेलाउँदै मनिषाले बोली, ‘आफ्नै काम भए पो ! अर्काको काम हो, बोलाएपछि जानै पर्छ नि ।’ उही १७ वर्षे केटीले कोल्ड कफी लिएर आई । हातमै समातेर मनिषाले स्ट्र तानी । नाक खुम्च्याई । उसलाई मन परेन । स्ट्रमा रातो लिपिस्टिक लाग्यो । ‘हामी सधै बेचिएर बाँच्यौँ, भरिलो आयु र तातो पसिना बेचेर सुख किन्ने प्रचलन बस्यो, यसले मान्छे त सुखी भए, देश बदलिएन ।’, मैले भनेँ, ‘देशको हावामा श्वास फेर्नु, आफ्नै घरको चुलोमा खानुको अर्थ बेग्लै हुन्छ, अब नेपालमा केही गर्न भन ।’, मनिषालाई हेरेँ । ‘के गर्ने ?’ उसले प्रश्न गरी । ‘आफ्नो माटो भनेको आफ्नै हो, जे गरे पनि हुन्छ, के हुन्न ? तर नेपाललाई निल्न खोज्ने देशकै कारिन्दा बन्नु साह्रै निरिहपन लाग्छ मलाई ।’ ‘त्यसो भए तपाईँले किन केही नगरेको त ?’, मेरो अनुहार नीलो भयो । मैले मनिषालाई हेरेँ, उसको अनुहार तटस्थ थियो । ‘आलुको बिउ त कुहिएको पाउने देशमा अरू के हुन्छ ?’, स्ट्र तानी र फेरि बोली, ‘छोरा छोरी बढ्लान्, उनीहरूको भविष्य सोच्नु पर्दैन ? तपाईँको पो न जोई न कोई ।’, ऊ मुसुक्क हाँसी । म शालिक भए । ‘यहाँ बसेर चुरोट तान्नुभन्दा जानु भए हुन्छ दिल्लीतिर ।’, मैले उसलाई आँखा देखाएँ, तर उसले बोल्न छोडिन, ‘वर्षमा लाखौँ कमाए पनि विहे गर्ने पैसा त हुन्छ ।’, उसको कुराले मलाई कफीको सर्को छुट्यो । ‘अहम्मद ब्रो, पानी ल्याऊ यार ।’, मनिषाले दाँत देखाएर हाँसी, अहिले म तटस्थ देखिने नाटक गरेँ । ‘इण्डिया त म मुत्न मात्र जाने हो ।’, यति भनेर सडकमा आँखा पु¥याएँ । मलाई अहम्मदले हेरिरहेको रहेछ । ‘मान्छेको जीवनमा पैसाबाहेक पनि धेरैथोक छ । सपनाहरू छन्, सम्बन्ध र रहरहरू छन्, तर काँचो सिन्दुर र भोको देश छोडेर लाहुरे बन, पैसा कमाऊ, पठाऊ, न जीवनको रस, न मृत्युको ठेगाना ।’, मैले सोँधे, ‘मनिषा तिमीलाई लाग्दैन, तिम्रो बूढो तिमीलाई पाल्नमात्र संसारमा जन्मिएको हो !’ ‘यदि ऊ लाहुरे थिएन भने मैले घाँस काटिरहेको हुन्थँे, मकैको रोटी र ढिडो खाइरहेको हुन्थेँ ।’, मनिषाको आँखामा गम्भीरता देखियो, ‘न तपाईँसँग भेट हुन्थ्यो, न मैले यति धेरै कुराहरू बुझ्थेँ ।’ ‘पैसाले जीवनशैली बदलिएको हो, जीवन हैन ।’, मैले कुरालाई झन् गहिरो बनाएँ, ‘मैले माटो, देश र स्वाधिनताको कुरा गरेको हो, हाम्रो जीवन परिवर्तनका लागि हाम्रा छोराहरू सधैँ बाहिर पठाइरहने हो ?’ मनिषाका कुरा मलाई सतही लाग्छन्, उसलाई मेरा कुराहरू आदर्शमात्र लाग्दो हो । हाम्रो सोचको मुल फरक छ, टेकेको धर्तिको आकार पनि पृथक । ‘लाहुरे भएर के हुन्छ ?’ उसले छोटो उत्तर दिई, ‘पैसा हुन्छ, ईज्जत हुन्छ ।’ मैले कफी रित्याएँ, रित्तो गिलास साइडमा राखेर भनेँ, ‘आमाको गनाउने गुन्यूँ भए पनि आत्मीय हुन्छ, प्रेमिल लाग्छ । पैसा परिस्थितीले बनाउँछ, र त्यो ईज्जत समाजको सबै भन्दा मीठो भ्रम हो ।’ ‘जे सुकै होस् ।’ मनिषाले ह्याण्ड ब्याग निकाली र एक हजार रुपैयाँको नोट झिकेर अहम्मदलाई बोलाई । ………………………….. मनिषा लाहुरेको दोस्रो श्रीमती हो । आफन्तहरू भन्थे– मनिषाले जीवनमा समाउने बलियो हाँगो भेटी । ‘लाहुरे पाउनु किस्मतमा लेखेर आउनुपर्छ, पैसा छ, सुखसँग पाल्छ, अरू के चाहियो ?’, आमाले खोजेको केटा थियो लाहुरे । खै के नपुगेर जेठीले छोडेकी लाहुरे । मनिषासँगको कुराले मलाई धक्का लागेको थियो । नेपालमा लाहुरेहरूको इतिहास पढिरहेको थिएँ, गुगलमा । लाहुरको नाममा किन बेचिन्छन् नेपाली छोराहरू ? उसको घर, समाज र देशले बहादुरी किन बेचिरहेको छ ? राइफल बोक्ने लाहुरे होस् या खाडीमा काम गर्ने मजदुर ? के फरक छ ? कति दर्बिला प्रश्नहरू छन् । त्यत्तिकैमा म्यासेन्जर बज्यो । मनिषाले भ्वाइस मेसेज गरेकी रहेछ । उसले टेक्स्ट पठाउन जान्दिनँ । मैले सुनेँ । फोन गर्न भनेकी रहेछ । गरेँ । ‘दिउँसो कस्तो झ्याउ लाग्ने कुरा गरेको तपाईँले ।’ ‘धेरै कुरा तिमीले बुझ्दिनौँ मनिषा, लाहुरेहरू बेचिएका बहादुरहरू हुन् । उनीहरूलाई देशले बेचेको छ, शाषकहरूले बेचेका छन् । लोग्नेको रगत र मृत्युसँग तिमीहरूले सुख र सन्तुष्ट खोज्ने हैन, देशभित्रै काम गरेर सुख पाउने सोच राख्नुपर्छ ।’ ‘हैन, के सारो लाहुरेको पछि लाग्नुभएको हो तपार्इँ ? छोड्दिनूस् अब यस्तो कुरा ।’, मनिषाको कुराले म अड्किएँ । ‘अरे, पछि लागेको हैन यार ! भारत र चीनको विवाद छ, युद्धको हुन सक्छ अब । बूढो मरेपछि के गर्छौ ?’, मैले पनि झर्किएर बोलेँ। ‘तपाईँ के त ?’, यत्ति बोलेर ऊ हाँसी । उसको हाँसोको लय धेरै मानिसहरूको भन्दा फरक छ । देश र माटो त यस्तै भयो, आफ्नै सम्बन्धसँग पनि बेप्रवाह हाँसो । #नवीन अभिलाषी खोजी: म खोज्दैछु मेरो हाँसो भित्रको दुःख बुझ्ने मेरो रीसभित्र माया देख्ने अनि मेरो मौनता भित्रको कारण खोतल्ने मान्छे अनि म सोच्दैछु कोही त होला मलाई पनि भन्ने तिम्रो भित्रको दुःख म बुझ्छु तिम्रो भित्रको माया म देख्छु इशारा मात्र गर न तिमी म मौनता भित्रको भित्र पनि खोतल्छु । म कोर्दै छु सपनाका महलहरू त्यो महल भित्रका हामी कल्पनामा सही कोर्दै छु तिम्रो र मेरो आकृतिहरू र पर्खाइमै छु कोही आएर भनोस् त मलाई तिम्ले जस्तै हाम्रो महल अनि आकृति मैले नि कोरेँ तिमीसँग नै तनमन जोडे म पर्खाइमा छु मलाई अथाहा माया गर्ने खोज्दैछु सँगै जीवन बिताउने मान्छे बूढेसकालको साहरा ।। #खोजी #जीवन पाण्डे मिस यु सिकिया !: ठेठी भाषामा कनेल भनिने पहेंलो फूललाई हामी करबिरे भन्थ्यौं । त्यही फूलको रस चुसेर मेरो बालापन हुर्केको हो । विशेषगरी तराईमा पाइने यो फूलको फेदमा लुकेको रस महभन्दा कम मिठो हुन्न । साथीहरूमाझ म बाल–अन्वेषक, अगुवासरह थिएँ । सानोमा यो फूल यसरी चुस्नुपर्छ भनेर मैले धेरै साथीहरूलाई सिकाएँ । अथवा भनौं, मैले मिठो मानी–मानी चुसेको देखेर अजय, सन्तोष, विष्णु, लैलुन र अरू धेरै साथीहरूले करबिरे चुस्न जाने । तर, करबिरे फूलसँग मात्र होइन, समग्र मधेससँग मेरो कार्मिक सम्बन्ध कम स्मरणीय, लोभलाग्दो र मायालु छैन । २०२४ साल कात्तिक ५ गते आइतबार बिहान पाँच बजेतिर (दोस्रो पटक भाले भर्खरै बासेको थियो रे !) जैविक प्रक्रिया पूरा गरेर मेरो आगमन भएको भोलिपल्ट आमाले रोपिदिनुभयो, मेरो सालनालसहित रगत, बबिया वडा नम्बर ३ (सुनसरी)को माटोमा । यो पृथ्वीमा । जलेबिया मितबा (आमा भन्नुहुन्छ, उहाँ मेरो बुबाको गाँजा खाने साथी हो । विधिपूर्वक मित लगाइएको थिया रे !) को छोरा थियो, मिल्ने बालसखा, मुसलमान । उसको वास्तविक नाम के थियो थाहा छैन । सबै जना सिकिया–सिकिया भन्थे । म पनि उसलाई सिकिया नै भन्थें । सँगसँगै घर थियो । नाङ्गै कुद्थ्यौं । धूलो खेल्थ्यौं । सैजुन, सरिफा, कपास, मेवाका बुटाहरू चढ्थ्यौ । सेवइ खान्थ्यौं । आमाले कम्मरमा कन्दनी बाँधिदिनुभएको थियो, कन्दनीमा पुवाँलोका दाना जस्ता फलामका दाना झुन्ड्याइएको हुन्थ्यो । छुन्दु्रङ–छुन्दु्रङ बज्ने । एउटा टिनको बाकसको माथिपट्टिको भाग थियो, एकापट्टि डोरी बाँधेर गाडी भन्दै तान्थ्यौं । कहिले नहरको डिलमा, कहिले घरअगाडिको डगरमा झगडा पनि हुन्थ्यो । मिल्थ्यो पनि औधि, भात खानै बिर्सेर । कहिले झ्यानामती (मैले सिमीलाई दिएको नाम)को झ्याङतिर, कहिले बेलचन्डाको बोटमा लहसिन्थ्यौं । पटुवा घारीमा माछा मार्न जान्थ्यौं । तर, पटुवाघारीतिर जान एक प्रकारले प्रतिबन्ध नै थियो । त्यतातिर वनलाकड (सम्भवतः स्याल वा ब्वाँसो) आउँछ र बच्चालाई लान्छ भन्ने डर देखाइएको थियो । एकदिन केही खाली सिसि, केही टालाहरू र अरू खत्र्याङखुत्रुङ हालेर भाँडाकुटी खेल्ने भन्दै बाकसको बिर्को तान्दै थिएँ, ऊ घचेद्दै थियो । एउटा घरमै पालेको सँगसँगै खेल्ने खैरो–खैरो कुकुर पनि थियो, छेउमै सुतिरहेको । छेउमै घ्यारर्र आवाज आएको सुनेर बिचरा अत्तालिएछ कि क्या हो, मलाई क्याक्क पारिहाल्यो । सिकिया नौ दुई एघार भयो । म चिच्याउँदै रोएको सुनेर आमा आत्तिँदै–कराउँदै आउनुभयो । रगत, घाउ धोइदिनुभयो । घाउमा कपडा डढाएर, सिन्दुर फिटेर के–के लगाइदिनुभयो । त्यो बेला कुकुरले टोकेपछि रेबिज हुनु निश्चित थियो । अहिले जस्तो पाखुरामा तीन सुई लगाएर ढुक्क हुने जमाना थिएन । अनेक तीर्थ–व्रत गरेर, पूर्णिमा (चन्द्रमा) भाकेर पाएको छोरो । यस्तोमा अनिकालको बीउ जोगाउनुपर्ने आमाको मनोदशा र मेरो उपचारसँग सम्बन्धित गतिविधि उल्लेख्य थियो । कहिले इनरुवा कहिले विराटनगर धाएर, एक्काईस सुई लगाउनुप¥यो रेबिजको, त्यो पनि पेटमा । इनरुवामा एकजना ‘मुजिया’ डाक्टर (कम्पाउन्डर) थिए । तिनले पनि एक–दुई वटा सुई हानेको सम्झिन्छु । सुई र दबाइ खान भनेपछि म सानै देखि नडराउने मान्छे । सुई लगाउँदा अरू केटाकेटी झैं म नरोएको देखेर डाक्टरहरू पनि छक्क पर्थे । सुई लगाएको भोलिपल्ट भुँडी सुनिएर डमडम । दिनरात सेक्दाको दास्ती । आमा भन्नुहुन्छ, त्यही घटनापछि मैले जीउ लिन नसकेको हो । अहिले जलेबिया मितबाको छोरा सिकिया कहाँ छ, थाहा छैन । जिउँदो छ कि मरिसक्यो ? जिउँदो भए सायद उसले पनि मलाई सम्झिरहेको होला, विद्याधर, एउटा पहडिया बालसखाको रूपमा । मलाई अहिले पनि उसको सम्झना आउँछ, माया लाग्छ । बीचमा उसका बारेमा जानकारी राख्न नपाएकोमा धेरै पछुतो छ । त्यतिबेला म पत्रकार थिइनँ, कोट्याइ–कोट्याइ सोध्ने । जतिबेला पत्रकार भएँ, त्यतिबेला ऊ मेरो परिदृश्यबाट हराइसकेको थियो । मितबा पातलो–पातलो मान्छे, प्रायः चौकी (खाट)मा बसेको देख्थें, घुम्लुङ कम्बल ओड्न मन पराउने । गुइँठाको घुर ताप्न म प्रायः उहाँहरूकै आँगनमा पुग्थें । आफ्नै बाको चाहिँ त्यति स्पष्ट सम्झना छैन । बालाई ‘झ्याम्ले बुढा’ भन्थें रे ! काखमा गयो कि दारी दलिदिने भएकाले परपरै तर्किन्थें रे ! सायद यो पनि मरिहाल्छ भनेर त्यति वास्ता गर्दैनथे, बाबै । म छ वर्षको हुँदा–नहुँदा बाबै आफैं बाटो लागे, २०३१ साल असोजमा । १९९० साल फागुनका मान्छे, ४१ वर्ष पाँच महिनासम्म दुनियाँ देखे । मजाले चिलिम ताने, टिबि लगाए, तीन वर्ष खुन छादे । धरान, विराटनगर, फारबिसगन्ज कतैका डाक्टरले पनि बचाउन सकेनन् । टिबि हुनु भनेको मर्नु बराबर नै थियो त्यो बेला । अस्पताल धाउँदाका दिनहरू सम्झँदै आमा भन्नुहुन्छ, ‘विराटनगरमा त झन् देउता जस्ता डाक्टर आएका छन्, जान्ने–जान्ने छन् भन्थे, तर केही गर्न सकेनन् । खालि सुई लाउँथे, निको हुन्छ भन्थे ।’ मेरो बालसखा सिकियाको त्यस्तो नाम हुनुमा पनि एउटा कथा छ । सात–आठ जना छोराछोरीहरू लगालग मरेपछि बल्ल–तल्ल अडिएको रहेछ त्यो चाहिँ । त्यो पनि मर्छ भनेर बचाउने उपायस्वरूप उनीहरूको तल्कालीन जातीय परम्परा (सायद अन्धविश्वास)अनुसार एउटा ढक्कीमा हालेर सिक (घैला वा अरू भाँडा झुन्ड्याएर राख्न बनाइएको पटुवाको मोटो जालो)मा झुन्ड्याइएको थियो रे ! त्यसैले उसको नाम नै सिकिया भएको थियो । सिकिया मियाँ । आमाका अनुसार उहाँको पनि पहिलो पटक छोरा नै जन्मिएको थियो । जन्मिएको केही घण्टामैै गयो । त्यसपछि लगालग पाँच वटी छोरी भए । त्यसपछि अढाई वर्षको अर्को छोरा पनि काखमै गयो । अन्तिममा मेरो पालो आयो । यसो गर्दा पो बाँच्छ कि उसो गर्दा पो बाँच्छ कि ! छोरी–छोरी मात्र पाई भनेर, घर–समाज, पतिसमेतबाट हेपिएकी एउटी महिलाको ऊ बेलाको सकस र छटपटी अहिले वर्णन गर्न नसकिने । कतिपटक त बुबाले माथि टाँडबाटै हुत्याएर तल पु¥याइदिनुभएको थियो रे, गोबरको थुप्रोमा । त्यही क्रममा कसैले छोरा बचाउने उपाय सिकाइदियो । बेच्नुपर्छ । बेच्न त बेच्ने तर कसलाई बेच्ने ? किन्नेले मेरै हो भनेर लगिदियो भने आपत ! छिमेकी दिदी हरि चापागाईलाई बेच्ने सल्लाह भएछ । मभन्दा चार–पाँच वर्ष जेठी, उसले लगे पनि फरक नपर्ने ठानेर, पाँच रूपैयाँमा बेचिएछ । त्यसरी बेचिएकाले मलाई पनि जिस्क्याउँदा मान्छेहरू बेचे–बेचे भन्थे । मान्छेहरूले आमालाई मलाई बचाउने अर्को उपाय पनि सिकाएका रहेछन् । सिकाइएअनुसार उहाँले मलाई जुठेल्नामा पनि मिल्काउनुभएको थियो रे । आमा रिसाउँदा कतिपटक ‘जुठे मोरोे’ भनेको सुनेको छु । ती दिनहरूमा जमुवा बाधमा हाम्रो पनि थुप्रै खेत थियो । बुबालाई गाँजा खाँदै, राजमार्गमा काम गर्न आउने पहाडतिरका केटी–आइमाईहरूलाई जिस्क्याउँदै ठिक्क । सबै घर–व्यवहार, गोठ–खेत, बजार आमाले गर्नुपर्ने । धानको बोझ लादेर गोरुगाडी आफैं हाँक्नुपर्ने । भैंसी आफैं चराउनुपर्ने । २०२४ सालमा ठूलो रौदी (खडेरी) लाग्यो । वरपर घाँस पाइन छोड्यो । हाम्रो घरछेउको खेतमा धान पसाउने बेला भएको थियो । एकदिन सत्तेरतिरका यादवहरूले खेतमा लहलहाउँदो धान चर्न भैंसी हुलिदिएछन् । आमाले देखेर ‘धपाउन जानु न’ भन्नुभएछ । जवाफमा बुबाले ‘आ, को जान्छ तिनीहरूको लाठी खान,’ भन्दै कम्बल घुम्लुङ ओडेर पो सुत्नुभएछ । यी र यस्ता अनेकन स्मृतिहरूसँग म खुसी थिएँ, छु । कसैले माने पनि नमाने पनि, म पनि मधेसको एउटा भूमिपुत्र हुँ ! सोच्छु, मधेस अर्थात् मेरो मातृभूमिसँग कर्मले जोडिएको नाताको डोरी न मैले कहिल्यै चुँडाउन सक्छु, न मधेसले मलाई कुनै कुरामा हटक गर्न सक्छ । bisnuprasad.bg@gmail.com #सुविद गुरागाई इदी अमिन र मेरा दाँत: दाँतको सम्बन्ध न मान्छेको जन्मसित छ न त मृत्युसित नै । यो मान्छेभन्दा पछि जन्मिन्छ र मृत्युअघि नै अलप हुन्छ । त्यसो त सबैको मृत्युअघि यो कहाँ अलप हुन्छ भनेर प्रश्न पनि गर्न सकिएला, तर यहाँ म स्वाभाविक मृत्युको कुरा गरिरहेको छु । त्यसैले यो जिनिस जन्म र मृत्युको रहस्यबाट अलि टाढै छ । आज म शरीरको यही वैचित्र्य अङ्ग दाँतबारे केही अनुभव साझा गर्दैछु । मलाई हात्तीका दाँत देखेर त्यति डर लाग्दैन जति डर हिटलर, इदी अमिनका हिंस्रक दाँतको कहानी सुन्दा लाग्छ । विश्वको इतिहास हेर्दा ती औसत दाँत थिएनन् । मासु मात्रै होइन मान्छेका दाँत चपाउने दाँत थिए । हिंस्रक, निर्दयी र क्रुर तानाशाहका रूपमा यिनी विश्व इतिहासका पानामा कलंकित छन् । यस्ता दाँत दापभित्र खुकुरी बसेजस्तै ओठको आवरणमा लुकेका हुन्छन् । तिनका नामसमेत सम्झिँदा दन्त्यकथामा वर्णित ठूला दाह्रा भएका राक्षसको भयानक रूप मनमा जागृत भएर आउँछ । दीपसागर प्यासी संसारमा यस्ता खाले हिंस्रक दाँत अरू पनि धेरै छन् । तिनीहरूको क्रूरताको कहानी मानिसको मानपटलमा युगौँसम्म अमिट भएर रहेका होलान् । लाखौँ मान्छे र त्यसमा पनि खास गरी बालक, सुन्दर युवतीहरू अरु कुनै हतियारको प्रयोग नगरी यिनकै दाँतका तारा बने । कसैलाई भने यिनले गोहीको दाह्राभित्र पसाएर उसको शिकार बनाए । जसका मानवता विरोधी क्रूर व्यवहारलाई विश्वले थुकिरहेको छ । यस्ता केही पात्र विषयक अध्ययन एउटा बेग्लै पाटो बन्ला । यस कोणबाट हेर्दा दाँतलाई क्रूरताको प्रतीक पनि मान्न सकिएला । तर दाँतको मुख्य परिचय र विशेषता क्रूरता भने पक्कै होइन । क्रूरभन्दा पनि दाँतका मायावी विशेषता धेरै छन् । दाडिमको दानाजस्तै सुन्दर सजावट भएको यस अङ्गले मान्छेको जीवनशैलीलाई सहज गर्ने काम त गर्छ नै । सामान्य भाषामा भन्दा खानेकुरा समात्ने, काट्ने, फुटाउने अनि चपाउने, यिनै हुन् दाँतका मुख्य काम । त्यसैले कर्मका आधारमा यसका चार वर्ग छन्, टुक्राहा, दाह्रा, मकह्रा र बङ्गाह्रा । ध्वनि उच्चारण गर्ने, अनुहारको सौन्दर्य झल्काउने कार्य गर्नुका साथै यो खुसी अभिव्यक्त गर्ने माध्यम पनि त हो । यसको उपस्थिति निा मान्छेको रूप–सौन्दर्यले कहाँ पूर्णता पाउन सक्छ र ? यो अङ्ग निकै बलवान् छ । देख्दा सानो भए पनि यसभित्र शक्ति गहन रूपमा खाँदिएको छ । भीमसेनको गदा पनि यसलाई टुक्र्याउँदा एकपटक राम्रैसँग हच्केला । मुखको श्लेष्मिक कलाको रूपान्तरित अङ्कुर हो यो, जुन चुनाको लवणबाट संशक्त हुन्छ । यसको आफ्नै विज्ञान छ । बादलले जुनलाई ढाकेझैँ ओठको आवरणभित्र दाँतले दिने मुस्कानी छठा लुकेको हुन्छ । त्यसैले शक्ति र सभ्यताको परिचायक दाँतमा हिंस्रक र प्रेमिल दुवै गुण निहित हुन्छन् । मान्छे नाटकीय स्वभाव भएको प्राणी हो । उससँग देखाउन सक्ने अनेक कला छन् । हात्तीजस्तै उसका पनि देखाउने र खाने दाँत फरक छन् । कोही गँगटोजस्तै पेटभित्रै चपाएर भित्रभित्रै पचाउने गर्छन् । शक्तिकै कुरा गर्ने हो भने गोहीका दाह्राजस्तै आराले गर्ने जब्बर काम पनि यसले गर्न भ्याउँछ । कसैलाई रक्सीका बोत्तलको बिर्को खोल्न ओपनर नै चाहिँदैन । दाँतैले फुत्काई दिन्छन् । मासुको हड्डी कुरुमकुरुम चपाउनेका त कुरै नगरौँ । कोही भने भाइटीकामा माला उन्दा सामान्य धागोसमेत दाँतले काट्न सक्दैनन् । जसलाई भातको सिता चपाउन पनि निकै कसरत चाहिन्छ । यसको रूप तथा सामथ्र्य भिन्न भिन्न छ । कुनै कविको छोटो कविता पढेको थिएँ । सार यस्तो थियो– ‘शब्दका दाँत हुँदैनन् । शब्द जब काट्दछन् तब पीडा धेरै नै हुन्छ । कहिलेकाहीँ शब्दको घाउ यति गहिरो हुन जान्छ कि जीवनको अन्त्यसम्म त्यसले बनाएको घाउ पुरिएको हुँदैन ।’ कविताको भाषामा दाँतबारे कहिलेकाहीँ सोच्ने गर्छु,– हिमालका कुनै दाँत हुँदैनन् । तर हिमालमा हुने दिव्य सौन्दर्य दाँतमा समाहित हुन्छ । रातका पनि त दाँत होलान् ! जसले चपाउँछ अन्धकार र रातभित्रका सबै अँध्यारा जति निल्छ । तब न बिहानीको जन्म हुन्छ । नेपाली समाजमा घाँटी हेरी हाड निल्नु भन्ने उखान निकै प्रचलित छ । म त के भन्छु भने घाँटी हेरे पनि नहेरे पनि हाड चाहिँ ननिल्नु । यदि निल्नै मन भए दाँत हेरर हाड चपाउनु अनि निल्नु । फेसनको जमानामा दाँतलाई पनि त्यसको हावा लाग्नु स्वाभाविकै हो । शरीरका अङ्ग र सजावटका सामान चिटिक्क पार्न पालिस गरेजस्तै मान्छेहरू दाँतलाई पनि अनेक किसिमले टल्काउँछन् । कसैले सिल्भर पालिस गर्छन् भने कसैले गोल्ड पालिस । कसैकसैले त दाँत नै सुनचाँदीका राख्छन् । आखिर जति महङ्गा दाँत राखे पनि त्यसको काम चपाउने नै हो । सुनचाँदीमा न स्वाद हुन्छ न त सुगन्ध नै । मान्छे धनसम्पत्तिको तुजुक दाँतबाटै देखाउँछ । दाँतमा पर्खाल तथा काँडेतार लाउनु अचेल फेसनजस्तै भइसक्यो । जिब्रो बटारेर अङ्ग्रेजी लबजमा बोल्नेका लागि यो झनै काइदाको तरिका बन्यो । हात्तीका दाँतको चर्चा विभिन्न प्रसङ्गमा भई नै रहन्छ । जसमा गजदन्तमणि अर्थात् बहुमूल्य पदार्थ निहित हुन्छ, जसको आफ्नै विशेषता छ । मान्छेका पनि दाँतको रूप र गुण तिनकै जस्तो फरक फरक देखिन्छ । कोही एकदन्ते, कोही दोदन्ते, कोही चतुर्दन्त, कोही दाह्रे, कोही मुसेदाँते, कोही निर्दन्त, कोही छ्वाँके, कोही थोते आदि आदि । आखिर जस्ता दाँत भए पनि तिनले गर्ने कार्य र भाव भने समान प्रकृतिका हुन्छन् । खाना चपाउँदा, रिसाउँदा वा जाडोमा कटकटिँदा जे गर्दा पनि यिनले आफ्नो प्रभाव छाडिहाल्छन् । अनेक तालमा बाजा बजाउने दाँतको आफ्नै टिकटिके सङ्गीत हुन्छ । यसको प्रकृतिको जड तथा दन्तोत्पत्तिको प्रक्रिया भने एउटै छ । आफ्ना र पुर्खाका दाँतका बीचमा तुलना गर्छु कहिलेकाहीँ । जसको वंशाणुगत गुण हामीमा सरेका छन् । तर पुर्खाका दाँत हाम्रा भन्दा अति नै बलिया र सशक्त थिए । जब्बर ओखरका दाना दाँतैले मरक्क पार्थे । उनीहरूले दाँत माझ्ने आधुनिक साधनको प्रयोग पनि गरेनन् । दतिउनका रूपमा नीम, सिमाली, कदम आदिको प्रयोग गर्थे । हामीले अनेक मिसावट भएका नक्कली दन्तमञ्जन प्रयोग गरेकै कारण होला अहिले दाँतको पीडा भुग्तान गर्दैछौँ । सानोमा दाँत जतन गर्न भनी कहिल्यै ब्रस गरिएन । दाँत माझ्ने बहानामा टुथपेस्टको गुलियो र नुनिलो स्वाद चाख्न थपी थपी ब्रस गरिन्थ्यो । बाल्यकालदेखि नै दाँतसँग सबैका तीता मिठा अनुभव जोडिएका हुन्छन् । अघिल्तिरका दाँत टुटेका बेला बच्चालाई जिस्क्याउन खुबै मजा मान्छन् मान्छेहरू । जीवनमा धेरै बल केमा लगाइयो होला त भनेर यसो सोच्दा बच्चा हुँदा दाँती काटेका घटना स्मृतिमा आउँछन् । त्यस बेला साथीभाइसित दाँतले टोकाटोक गर्दै खुब दन्तादन्ति गरिन्थ्यो । बालयुद्ध मैदानमा पहिलो हतियार नै दाँत हुन्थ्यो । एकचोटि दाँतले जिउँदै बिजुलीको तारको बोक्रो निकाल्दा म करेन्ट लागेर बेहोस भएको थिएँ । होस फिरेपछि बुबाले बेस्मारी झपारेका थिए । त्यो दिनदेखि म बन्द तारलाई समेत छुन डराउँथे । लकडाउनका बेला मेरा दाँतले दुःखको महाराजा बनेर मुखमण्डलीको सिंहासनमा राज गरे । केरासमेत चपाउन नसक्ने भएका दाँतलाई मैले मुखभित्रै खुम्च्याएँ । बेलाबखत समस्या निम्त्याई रहने दाँतको केही महिनाअघि उपचार गरेर दुखाइ मत्थर के पारेको थिएँ लकडाउनको बेला फेरि बल्झिहाल्यो । अस्पताल क्षेत्र उच्च जोखिममा रहेर सन्त्रास फैलिएका बेला फलोअपमा जाने कुरा पनि भएन । मुखैभित्र हात घुसाएर उपचार गरिने भएकाले कोरोना त कुप्लुक्कै निलिने भैगो । कोरोनाको मारभन्दा त दाँतकै दुःख उचित ठान्दै सहेरै बसेँ । बरु ब्रुफेन निलेर त्यसैको रिगाइँमा एकछिन रनक्क हुनु नै जाती लाग्यो । दाँतलाई दुःखको महाराजा त्यत्तिकै भनिएको होइन रहेछ । दुखाइका बेला सिङ्गो संसारको दुःख एककट्ठा भएर आफ्नै दाँतमा आएर बसेको भान हुन्छ । एक न एक चोटी दाँतको फन्दामा मान्छे परेकै हुन्छ । यसको बेलिविस्तार यहाँ नलगाउँ । उति बेला डेन्टिस्टले एनिस्थेसिया गर्दा दाँतले पाउने चरम आनन्द सम्झेर वर्तमानको पीडा कहाँ भुल्थ्यो र ! दाँतले रिगाँउदा के गरुँ के गरुँ भएर म दाँतको एक्सरे हेर्छु । मान्छेलाई एक्सरे र हजारको नोटबारे ज्ञान होस् या नहोस्, एकपल्ट यसो माथि उठाएर भने जरुर हेर्छ । एक्सरेको आधा भागमा बादल लागेजस्तो छाया देखिन्थ्यो भने आधा खाली । मेरो अज्ञानता र कवि मनले त्यो भन्दा बाहेक अरु त्यहाँ के देखोस् ? मेरा घाइते दाँतलाई न धेरै तातो चल्छ न चिसो । यिनलाई मुम्बईको जस्तै हावापानी चाहिने । सोच्छु, यस्तो बेला मेरा दाँतले कोरोना चपाउँथ्यो या कोरोनाले मेरा दाँत । अलि कसेर श्वास फेर्दा पनि जरै हल्लिने दाँतको के सामथ्र्य होला खै ! अहिले इदी अमिनका दाँतका कथा सम्झिँदा मेरा दाँत डरले लुगलुग काँप्छन् । बुद्धि आउन बुद्धि बङ्गारा पलाएजस्तै डर र दुःख सहन गर्न पनि त्यस्तै बङ्गारा पलाउने भए कस्तो राम्रो हुन्थ्यो । अनि सोच्छु, इदी अमिनका पनि त बुद्धि बङ्गारा आए होलान् । यदि मान्छेको बुद्धिको बङ्गारा मात्रै होइन विवेकको पनि बङ्गारा पलाउने भए संसार कस्तो हुन्थ्यो होला ! #दीपसागर प्यासी एक मजदुरको लक डाउन कथा: मृत्यु सजिलो छ !: चौबीस वर्ष भएछ यो सुकुम्बासी टोलको टहरोमा बसेको पनि । बसाई सहरको हो, तर वस्तुस्थिति बिल्कुलै भिन्न छ बस्तीको । टीनले छाएका सा-साना टहराहरू छन् वरिपरि । साँघुरो गल्लीमा हिँडिरहँदा कसका भान्छामा के पाकेको छ, सजिलै थाहा हुन्छ । कसैको घरमा रुवाबासी छ भने पनि वल्लोकुना पल्लोकुना सबै थाहा हुन्छ, र भीड जम्मा भैहाल्छ । म यता आउँदा सोह्र वर्षको थिएँ होला । माइक्रोबसको खलाँसी गरेका ती दिनदेखि नै म यहाँको बासिन्दा हुँ । नेपालभर कतै मेरो नाममा एक आना जग्गा छैन । पुर्ख्यौली सम्पत्तीका नाममा मैले मेरा बाबाट पाएको यही गरीबी मात्र हो । बाले उहिल्यै छाडेर गैहाले । उनले सायद मैले भन्दा धेरै गरीबी भोगेका कारण मलाई चाँडै नै छाडेर गएको हुनुपर्छ । आमाको त म मुहारसम्म पनि सम्झन्नं । शुक्र अस्तः बा बितेको ११ दिनमा आफू जन्मेको पश्चिम नेपाललाई छाडेर सहर छिरेको हुँ । भरियाको साथ लागेर पोखरासम्म आएपछि ट्रक चढेर काठमाडौं छिरेको थिएँ झिसमिसेमा । भोकले आन्द्रा झुत्ति खेलिरहेका बेला कलंकीमा एउटी चिया पसले आइमाईले चिया र बिस्कुट खान दिएकी थिइन्, जुन म कहिले पनि बिर्सन्नं । झुत्रे लुगा र मैलो अनुहार लिएर कलंकीतिर दिनभरि भोकै भौंतारिएको थिएँ । उस्तै लुगा लगाएका एकनासे स्कुले बच्चाहरू देखेर धेरैबेर टोलाएको थिएँ । अहिले ती सबै सामान्य लाग्छन, तर त्यतिबेला निकै अनौठो लागेको थियो । बिस्तारै घाम ढल्दै गए, ती आमैले दिएको चिया र बिस्कुटले पहिले नै धर्म छाडिसकेको थियो । पानी पिउनका लागि धेरै ठाउँ घुमेको थिएँ, तर गाउँमा जस्तो मैले बाँसका झाँगमुनि पलाएको पानीको मुहान कतै भेटिनँ । धेरैपल्ट, पानी पनि पिउन नपाउने कस्तो ठाउँमा आएछु भनेर आफैँलाई धिक्कारेको थिएँ । फेरि पनि तिनै आमैले पानी पिलाएर मलाई अर्को गुन लगाएकी थिइन् । दिन त बित्यो, गाडी गुडेको रमाइलो हेर्दै । जब रात पर्न लाग्यो तब मनमा चिन्ता शुरु भयो; कहाँ जाने ? के खाने ? खल्तीमा पैसा थिएन । झमक्क साँझ परेपछि म दिशाहीन बरालिइरहेको थिएँ । रात अलि छिप्पिएपछि भने मनमा डर पनि लाग्न थालेको थियो । सडका गुडेका गाडीको बत्तीको उज्यालोमा आफूलाई दिशाहीन घिसार्दै थिएँ । मसँग कुनै अन्य विकल्प थिएन । केहीपर पुगेपछि सडक किनारामा रोकिराखेको सानो गाडी देखें । यसो वरिपरि घुमेर हेरें, भित्र कोही रहेनछ । हल्का प्रयासले नै ढोका खुल्यो । मेरो रात काट्ने समस्या समाधान भयो । तर पेट भने भोकले दोब्रिसकेको थियो । यताउता हेरें, केही छ कि भनेर, तर केही भेटिनँ र उसै पल्टिएँ अलिक लामो सीट छानेर । कसैले जोडले बोलाएको आवाजले म बिउझिएँ । बिहान भैसकेको रहेछ । एकजना हेर्दै डरलाग्दो मान्छेले मलाई बोलाउँदै थियो | मेरो मनमा डर भरिएर आयो । म डराउँदै उठें । उसले मेरो बारेमा सोध्यो, मैले सबै कुरा डराई-डराई भनें । मेरो कुरा सुनेर मलाई उसैले त्यही गाडीमा खलासीको काम दियो । टन्न खान पाइने अनि हातभरि पैसा बोकेर बिन्दास जिउन पाइने हुनाले मलाई त्यो काममा एकदम रमाइलो लाग्दै गयो, र धेरै समय मैले त्यही काममा बिताएँ । दश वर्षसम्म मैले उसैको गाडीमा काम गरेँ । मैले काम गर्ने गाडी कलंकीदेखि कोटेश्वरसम्म गएर त्यही बाटो फर्कन्थ्यो । हप्तामा दुई दिन हाम्रो गाडीको पहिलो रुटको समय एउटै पर्थ्यो । त्यतिबेला भने यात्रुहरू प्रायः दोहोरिन्थे । यसै क्रममा मेरो भेट एउटी केटीसँग भयो । हरेक सोमबार र शुक्रबार म उसलाई मेरो गाडीमा बानेश्वरदेखि कलंकीसम्मको यात्रामा पाउँथे । पहिलो केही दिन त अरू सामान्य यात्रीलाई झैं उसलाई पनि व्यवहार गरें । तर एक महिना जतिपछि भने ऊ मसँग बोल्न थाली । उसको नाम रमा रहेछ । मैले पनि घर छाडेदेखि पहिलोपल्ट कसैलाई आफ्नो नाम बताएको थिएँ- पुरन भट्ट । गाडी साहूले जहिले पनि कान्छा भनेर बोलाउँथ्यो, आफ्नो नाम बिर्सिसकेको थिएँ । बोलचाल हुन थालेको दुई वर्षपछि मलाई रमाले उसको घरमा लिएर गई । शंखमुल सुकुम्बासी बस्तीमा उसको १ कोठाको घर थियो टीनले छाएको । घरमा बूढी आमा र रमा मात्र बस्थे । आमा बिरामी भएर काम गर्न नसक्ने भएपछि नौ कक्षाको पढाइ छाडेर रमाले असनको कुनै लुगा पसलमा चार हजार महिनामा काम गर्न शुरु गरेकी थिई । त्यो दिन अबेला साँझसम्म म रमाको घरमा बसेर फर्कें । हामी यसरी बेला बेला भेट्दै गर्थ्यौं । नियमित भेटले हामीलाई नजिक बनाइसकेको थियो । दिनहरू बित्दै थिए । धेरै दिन रमालाई मैले भेटिनँ । मेरो गाडीको रुट परेका बेला पनि ऊ मेरो गाडीमा आएको थिइन् । कामको व्यस्तताका कारण म उसको घर जान पनि सकेको थिइनँ । मेरो मनमा बेचैनी बढिरहेको थियो । तर म काम छाडेर जानसक्ने अवस्थामा पनि थिइनँ । त्यस्तै दश बाह्र दिनपछि मैले मलिनो अनुहारमा रमालाई देखें । काममा जान मेरै गाडीमा आएकी थिई । ऊ गाडीमा रहुन्जेल मैले उसलाई नै हेरिरहें । उसका अधरहरू केही बोल्न खोज्दै थिए तर मान्छेका अगाडि उसको हिम्मत जुटिरहेको थिएन । उनको मुहारको बेचैनी मैले राम्रैसँग पढ्न सकेको थिएँ । सुन्धारामा गाडी रोकिएपछि सबै उत्रिए । म रामलाई आशातित भएर हेर्दै थिएँ केही भन्छे कि भनेर । म अरू यात्रुसँग पैसा उठाउँदै थिएँ, अकस्मात रमा मलाई अंगाल्न आइपुगी । म अक्कबक्क भएँ । के भएको मैले ठम्याउन नपाउँदै रमाका आखाँबाट बलिन्द्रधारा आँशु झर्दैथिए । अरू यात्रुहरू हामीलाई अचम्म मानेर हेर्दै थिए । मैले बिस्तारै रमालाई आफूबाट अलग्याएर सडक पेटीमा लगेँ र सोधें- के भयो । उसले यी दिनहरूमा आफूले पाएको दुःखको बारेमा मलाई बताई । आमा बित्नुभएछ । एकपटक मात्र भेटेको भए पनि मलाई आमालाई सम्झेर नरमाइलो लागेर आयो । अब के गर्ने भन्ने हाम्रो कुरा हुँदै थियो । गाडी साहूले हाम्रो कुरा सुनिरहेको रहेछ । उसले मलाई पाँच सय दिएर छुट्टी बस्न भन्यो । मैले पैसा लिएर टाउको हल्लाएँ । रमालाई एउटा चिया पसलमा लगेँ । सबै कुरा सुने राम्रोसँग । मलाई पनि रुन मन लाग्यो तर म रुन सकिन । रमालाई भने आफ्नो काँधमा टाउको राखेर आँखा रित्तिउन्जेल रुन दिएँ । दश मिनेट जति पछि उसको रुवाई कम भयो । उसले बिस्तारै मलाई उसको घर जान भनी । हामी चियाको पैसा तिरेर बानेश्वरतिर लाग्यौं । उसको घरमा पुगेपछि हामीले अब के गर्ने भन्ने सल्लाह गर्\u200dयौं । हामीले बिहे गर्ने निर्णय गर्\u200dयौं । दुवै तर्फ आफन्त नभएकाले हामीले बगलामुखी मन्दिर गएर सामान्य बिहे गर्\u200dयौं । रिती अनुसार मैले उसलाई मेरो घर लिएर आउनु पर्ने थियो तर मेरे घर भनेपनि अफिस भने पनि त्यही गाडी थियो । म उसलाई त्यहाँ लिएर जान सक्दिन थिएँ । मैले उसलाई त्यो कुरा भनें उसले सहज उपाय दिई र मलाई उसले उसको घरमा भित्र्याई । साहूले दिएको पैसाले कति नै पुग्ने थियो र ! भोलिपल्टदेखि नै हामी दुवै जना आफ्नो काममा जान थाल्यौं । उसले बनाएको रोटी र अचार बोकेर म बिहानै निस्कन्थें । कान्छीको भात पसलमा खाएको मासु र भातभन्दा रमाको हातले बनाएका सुख्खा रोटी नै मेरा लागि प्रिय थिए । बिहे गरेको थाहा पाएर साहूले एक हजार तलब पनि बढाइदियो । होटेलमा खान नपरेपछि खानाबापत पाउने भत्ता पनि बचत गर्न थालें । दिनचर्या सामान्य बितेकै थियो । हाम्रो बिहे भएको तीन महिनापछि मैले काम गर्ने गाडीको बानेश्वर चोकमा ठूलो दुर्घटना भयो । मलाई त खासै ठूलो चोटपटक लागेन, तर गाडी साहूको भने निधन भयो । मलाई यस घटनाले ज्यादै मर्माहत बनायो । मेरो आफ्नै बाले छाडेर जाँदा पनि म त्यति टुकेको थिइनँ तर गाडी साहूको निधनले मलाई पूर्ण रूपमा टुटायो । अब के गर्ने भन्ने भविष्यको चिन्ताले सताउन थाल्यो । रमा एक जनाको कमाईले हामीलाई ज्यान पाल्न धौधौ नै पर्थ्यो । पैसा बचाउनका लागि भनेर रमा घरदेखि काम गर्ने पसलसम्म पैदल नै जानथाली । म घरमा दिनभरि सुतेर बस्थें । मनमा राम्रो त लागेको थिएन, तर हातमा अन्य सीप नभकाले मैले काम पाउन सकेको थिइनँ । एक दुई गाडी साहूसँग कुरा पनि गरेर हेरें, तर केहो जुगाड हुन सकेन । एकदिन बस्तीकै एकजना दिदीले, ‘बाटो बनाउने काममा ज्यामी चाहिएको छ जाने भए आऊ’, भनेर उतै लगिन् । दिनभरि सुख्खा काम गर्दा चारसय पाइने रहेछ । रमासँग सल्लाह गरेर त्यही काम थालें । एकदिन बिहानै टोलमा निक्कै हल्ला भयो । के रहेछ भनेर बाहिर निस्केँ । एउटा ठूलो डोजर आँ मुख बाएर हाम्रो बस्ती भत्काउन भनेर आउँदैरहेछ । सबै डराएर हल्ला गर्दै रहेछन् । पुलिसको पनि बाक्लै उपस्थिति थियो । हेर्दाहेर्दै हाम्रो लाइनको बस्तीका टहरा भत्काउन शुरु गर्\u200dयो । हामीलाई आफ्नो सामान झिक्नो मौका पनि दिइएन । रमा पानी थाप्न स्कूलको धारमा गएकी थिई । रमा पानी थापेर घर आउँदासम्म हाम्रो घरको अवशेष मात्र बाँकी थियो । म आवाजबिहीन भएर हेरिरहेको थिएँ । रमाको हातबाट पानी भरिएको गाग्रो भुइँमा झर्\u200dयो र ऊ त्यहीँ लडी । मलाई रमालाई उठाउन जाने होश पनि आएन । अकस्मात एउटा इँटाको टुक्रा उठाएर हावामा हुत्याएँ । डोजरको चालकको टाउकोमा गएर इँटा बज्र्यो । डोजर रोकियो तर त्यहाँ उपस्थित सबै पुलिसहरू मतिर हुत्तिएर आए । मलाई कर्\u200dयापकुरूप पारेर समाए । लात्ती र लौरो बर्साए । सक्ने अवस्थासम्म म प्रतिवाद गरिरहेँ । बस्तीका अरू आइमाई केटाकेटीहरू पनि ढुंगा लिएर पुलिसतिर आइलागे । मलाई छाडेर उनीहरू उता लागे । रमा म भए ठाउँ आई । केहीबेर दोहोरो भीडन्त कायम रह्यो । पुलिसका अरू गाडी आए र आइमाई केटाकेटी बाहेक हामी सबैलाई समातेर ट्रकमा कोचियो । छेउका पन्ध्र घर भत्किएका थिए । त्यति हुलदंगा भएपछि बाँकी घरहरू बचे । हामीलाई चौकीमा राखियो । खाने व्यवस्था पनि थिएन । सानो कोठामा पैंतालिस जनालाई राखिएको थियो । दुईदिन पछि कुन्नि कुन हो संस्थाले हामीलाई पानीजस्तो पातलो दाल र आधा पाकेको मोटादानाको चामलको भात दियो । सकी नकसी त्यो सबैले खाए । बाँच्नु थियो जसरी पनि मैले रमाका लागि र अरूले आफ्ना परिवारका लागि । छ दिनपछि पुलिस चौकी अगाडि कसैले नाराबाजी गरेको सुनियो । हाम्रो पक्षमा बोल्ने कोही त रहेछन् भनेर हामी थुनामा बस्दा खुशी भएका थियौं । पछि ती बाहिर कराउनेलाई पुलिसले समातेरभित्र ल्याएपछि पो थाहा भो, ती त हाम्रै परिवार पो रहेछन् । पुलिसले धरपकड गर्न छाडेन । बस्तीवालाहरूले पनि चौकीअगाडि धर्ना दिन छाडेनन् । पैंतालीस दिनको दोहोरीपश्चाट बल्ल हामीलाई कागज गरेर छाडियो, साँझपख । घर पुगें । टुक्रिएर छरिएका इँटा र जुटका बोरा बारेर घरलाई पुनः ठड्याइएको रहेछ । रमाको हिम्मत देखेर खुशी पनि लाग्यो । चौकीको खान्की र अनिद्राले गलेको शरीर रमाको काखमा ढलेको कतिबेरमा निदाएँ थाहै भएन । भोलिपल्टदेखि फेरि उही हातमुख जोर्ने समस्या अगाडि छँदै थियो । पुरानो ठेकेदारसँग काम माग्न गएँ, तर उसले काम दिएन । मलाई मात्र हैन, सुकुम्बासी बस्तीका कसैलाई पनि उसले काम दिएन । पापी पेटको सवाल थियो, हामीले बिद्रोह गर्न पनि सकेनौं । निराश भएर फर्कनुभन्दा अरू उपाय हाम्रो केही रहेन । एक हप्तापछि एकजना बस्तीकै भाइले फोहोर उठाउने काम दिलायो । मसँग काम रोज्ने न योग्यता थियो न शक्ति नै । जे काम पाए पनि गर्न म बाध्य थिएँ । काम शुरु गरें । फेरि हाम्रो जीवन पटरीमा फर्क्यो । बिहानै रिक्सा लिएर सिठी बजाउँदै घर घर गएर फोहोर संकलन गरिन्थ्यो, अनि छाँटेर बेच्न मिल्ने चिज कवाडीवालालाई बेचिन्थ्यो । कामको स्तर जस्तो भए पनि कमाईप्रति म सन्तुष्ट नै थिएँ । जीवनको रथ घस्रदैं थियो । यही क्रममा रमा दोजिया भई । अब मैले उसलाई काममा जान रोकें । मेरो कमाई अब हाम्रा लागि पर्याप्त नै थियो । जीवनमा अर्को खुशी थपियो, रमाले प्रसुति गृह अस्पतालमा छोरीलाई जन्म दिई । हाम्रो खुशीको सीमा रहेन । अस्पतालबाट फर्केपछि गच्छेअनुसार हामीले बस्तीका सबैलाई भोज खुवायौं । सबैले छोरीको नाम ‘पूर्णिमा’ राखे, हामीलाई पनि स्वीकार्य भयो । छोरी छ महिनाकी भइन्, रमा उनलाई लिएर नै काममा जान थाली, म आफ्नै काममा लागें । रमाइलोसँग हाम्रो जीवन बित्दै थियो । देशमा भने के के घटना बेला बेला भइरहेको थियो । के के कारणले देशमा आन्दोलन शुरु भयो । यी सबै कुरा बुझ्ने मसँग क्षमता पनि थिएन, न त समय नै । एकदिन दिउँसो अकस्मात सहरका यत्ति धेरै मान्छे आए कि मैले कहिले पनि त्यति धेरै मान्छे देखेकै थिइनँ । रमा काममा गएकी थिई, अब के हुने हो भनेर मलाई चिन्ता लाग्यो । दिउँसो खासै मेरो काम नहुने हुनाले म घरै थिएँ । रेडियोमा खबर सुनेपछि म रमालाई लिन भनेर उसको काम गर्ने पसलतिर लागें । म बानेश्वरबाट भीड छिचोलेर असनसम्म पुग्नै सकिनं । मसँग अरू कुनै उपाय थिएन, रमा र छोरीलाई जसरी नि मैले भेट्नै पर्ने थियो । तर मैले दिनको उज्यालोमा भेट्न सकिनं । साँझपख त्रिपुरेश्वरमा गोली चल्यो, भागाभाग भयो, त्यसमा म पनि परें । भाग्ने क्रममा मेरो खुट्टामा चोट लाग्यो । जसरी-तसरी घस्रेर अँध्यारो भएपछि मात्र म निराश भएर घर पुगें । घरमा रमा र छोरीलाई सकुशल देखेर मेरो दुखाइ आधा कम भयो । मनमा त दुखाइ थिएन तर खुट्टाका घाउ दुखेर रातभर सुत्नै सकिनं । रमाले खै के घरेलु औषधि लागाइदिई र खान पनि दिई । केहीबेरमा हल्का कम भएको महसुश भयो, र निदाएँ पनि । केहीदिन काम बन्द भयो । देशमा ठूलो उथलपुथल भयो, राजालाई हटाए रे ! भन्ने खबर आयो | तर हामीलाई त्यसले केही फरक पार्दैनथ्यो । काम गरे खाना पुग्ने, नत्र भोकै रहनुपर्ने हाम्रो परिवारलाई देशको कुनै राजनैतिक परिवर्तनले कहिले छोएन र छुँदैन पनि । पन्ध्र-सोह्र दिनपछि फेरि हाम्रो दैनिक जीवन सामान्य भयो । देशमा जे भए पनि हामीलाई केही असर परेन । काममा दुवै जना जान थाल्यौं । यसरी नै जीवन चल्दैथियो । समय बित्दै गयो । छोरी ठूली भइन् । दुःख-सुख हामीले नजिकैको सरकारी स्कूलमा उनलाई पढ्न पठायौं । हामी आफूले पढ्न नपाए पनि छोरीलाई पढाउन पाएकोमा खुशी थियौं । समय बित्न केहीबेर नलाग्ने रहेछ । पूर्णिमा अब तेह्र वर्षकी भइसकिन् । आज फेरि देशमा फैलिएको कोरोना रोगका कारण छोरीको स्कूल बन्द छ । रमाको काम गर्ने पसल पनि बन्द छ | तर मेरो फोहोर उठाउने काम भने बन्द छैन । बिहानै घर-घरै गएर फोहोर उठाउने काम हामी गर्दैआएका छौं । अस्ति बिहान पनि म सदाझैं काममा गएको थिएँ । बिहानभरि काम गरेर घर फर्कंदा खाना पाकेको थिएन । रमा र पूर्णिमा ओछ्यान मै थिए । काम केही नभएकाले सुतेका होलान् भन्ने लाग्यो । आफैंले खाना बनाएँ । खाना पाकेपछि उठाएँ दुवैलाई । दुवैले खाना खान इन्कार गरे । उनीहरूलाई त ज्वरो आएको रहेछ । सामान्य ज्वरोमा झैं मैले घरमा भएको ट्याब्लेट खान दिएँ, आमा छोरी दुवैलाई । ट्याब्लेट खाएर दुवै फेरि सुते । मलाई पनि खाना खान मन लागेन, म पनि भुँइमा ढल्किएँ । बिहानभरि काम गरेकाले मलाई निन्द्रा लागेछ । बिउझिदा साँझ पर्न थालिसकेछ । उठेर आमा छोरी दुवैलाई उठाएँ, तर ज्वरो त झन् बढेको रहेछ । ट्याब्लेटले काम गरेनछ । अब जसोतसो अस्पताल लानुपर्ने भन्ने लाग्यो । बाहिर निस्कें गाडीको लागि, तर कुनै पनि गाडी नचलेको हुनाले केही पाइएन । बस्तीकै एकजना दिदीको सहयोग लिएर मैलै आफ्नै फोहोर बोक्ने रिक्शामा बोरा ओछ्याएर आमा छोरीलाई राखेर अस्पतालतिर लगें । नीजि अस्पतालमा लाने हैसियत थिएन, त्यसैले वीर अस्पतालतिर लागें । बाटोमा धेरैले सोधे, ज्वरो आएको भनेपछि नजिक पर्न चाहेनन् | किन हो ? मैले कुरो बुझिनं । माइतीघर पुग्दा पुलिसले रोक्यो । ज्वरो आएर अस्पताल लान लागेको भन्नेबित्तिकै पुलिसले सहयोग गर्\u200dयो । म रिक्शा लिएर पछि-पछि लागें, आमा, छोरी र छिमेकी दिदीलाई पुलिसले गाडीमा राखेर अस्पताल पुर्\u200dयाइदियो । बस्तीमा पुलिसको कुटाइ खाएर चौकीमा थुनिन परेको दिनदेखि म पुलिससँग नजिक पनि भएको थिइनँ, तर त्यो दिन सहयोगी रूपमा पनि देखें । अस्पताल पुग्दा रात परिसकेको थियो । अस्पतालले बेड छैन भनेर बाहिरै राखिदियो । धेरै रात छिप्पिसक्दा पनि कोही हामीलाई सोधखोज गर्न नआएपछि गरीबको लागि सरकार रहेनछ भन्ने भावनाले मन कुँडियो । साथ आएकी दिदीसँग सल्लाह गरेर अर्को अस्पताल लाने निधो गर्\u200dयौं । भुइँमा लडिरहेका आमाछोरीलाई दुवै मिलेर फेरि रिक्शामा राखेर टिचिङ अस्पतालतिर लाग्यौं । पानीपोखरीको उकालोमा गाह्रो भयो, रिक्शा तान्न । दिदी तल \u200dओर्लेर पछाडिबाट धकेलिन, मैले बल्लबल्ल उकालो कटाएँ । राष्ट्रपति भवननेर पुगेपछि सेनाले रोकेर सोध्यो, बिरामी हो भनेर रिक्शा नरोकी कराउँदै कुदाएँ । सेनाले केही भनेन पनि । जवाफमा जाऊ भन्ने इशाराले हात हल्लायो मात्र । अस्पतालको गेटमा पुग्दा गार्डले रोक्यो । ज्वरो आएको बिरामी भनेर भित्रै जान दिएन । बिरामीलाई त दिएन दिएन, म डाक्टरलाई भेटेर आउँछु भन्दा मलाई पनि जान दिएन । चार घण्टा अनुरोध गर्दा पनि गार्डले भित्र जान दिएन । कुनै उपायले भित्र जान पाएको भए डक्टरसँग कुरा गर्थें भन्ने लागिरह्यो, तर मेरो सीप लागेन । रमाले पानी मागेको आवाजले मलाई झस्कायो । मैले उसलाई पानी पिउन दिएँ । छोरी अचेत नै थिइन् । रिक्शा रोकेर सडकको पेटीमा बसेको थिएँ । कतिखेर झपक्क आँखा लागेछन् थाहा नै भएन । ‘बाबू ! ए बाबू !’, भनेर कराएको आवाजले झस्किएँ । दिदी कराउँदै रहिछिन् । के भयो भनेर म हतार हतार उठेर रिक्शातिर हामफालें । दिदीले छोरी त शान्त भइछिन् भनेर देखाइन् । यसो निधारमा हात राखें, पूर्णिमालाई त \u200dऔंशीको कालो रातले छोपिसकेछ । कतिखेर हामीलाई छाडेर गइसकिछिन् । रमाको भने धुकधुकी बाँकी नै रहेछ । अब के गर्ने भन्ने कुरा हामीले सोच्न सकेनौं । त्यहाँ हाम्रो मद्दतको लागि कोही पनि थिएन । हाम्रो हँसिलो संसार कतिखेर उजाडियो थाहै भएन । दैव निष्ठुरी हुन्छ भन्थे हो रहेछ, भन्ने लाग्यो । बज्रपात पर्\u200dयो जीवनमा । तीन जनाको रमाइलो संसार छिन्नभिन्न भयो । दुःखीका लागि भगवान् पनि नहुने रहेछ भन्ने पक्का भयो । शवलाई यसै राखिरहनु ठीक थिएन । संस्कार गर्नै पर्\u200dयो । रिक्शा पशुपतितिर मोडें । पशुपति आर्यघाट पुग्दा झिसमिसे उज्यालो भएको थियो । सकिनसकी रमालाई रिक्शाबाट भुइँमा बस्न लगायौं । उसको ज्वरो कम भएको रहेछ । छोरीको शव निकालेर जमिनमा राखियो । खल्तीमा सय रुपियाँको एक नोटभन्दा केही थिएन मसँग । सँगै आएकी दिदीको पनि त्यही हालत थियो । हामी तीन जनासँग गरेर जम्मा दुई सय पचास रहेछ । दाहसंस्कारका लागि जोहो गर्नतिर लागेँ, तर हामीसँग भएको पैसाले पुगेन । छोरीको शव जमिनमा राखेर कुरेर बस्नुभन्दा हामीसँग अब अर्को बिकल्प रहेन । बिहान बित्यो, दिउँसो बित्यो, रात पर्\u200dयो । तर पूर्णिमाको दाहसंस्कार गर्न सकिएन । शवलाई कुरेर बस्दै गर्दै दुईचार जनाले पाँच दश रुपियाँ दिएर पनि गए, तर त्यसले केही हुनेवाला थिएन । भोलिपल्ट दुईचार जना भाइहरू क्यामेरा लिएर आए । हाम्रा दुःखलाई क्यामरामा कैद गरेर गए । तर सहयोग केही गरेनन् । दुनियाँबाट मानवता मेरी छोरीसँगै मरेको भान भयो । साँझपख एकजना बाहुन बाजे आएर सबै कुरा सोधे । हामीले बतायौं फेरि पनि । एकैछिन हाम्रा कुरा सुनेर उनी गए । दुई घण्टापछि शवको दाहसंस्कारका लागि चाहिने सामग्री लिएर हामीतिरै आए । विधीपूर्वक उनले शवदहन गरे । पछिमात्र हामीलाई थाहा भयो, सरकारले हाम्रा लागि त्यो व्यवस्था गरेको रहेछ, सित्तैंमा । जे होस् हामी बेरोजगार भएर भोकै बस्दा वा बिरामी भएर अस्पताल जाँदा हाम्रा लागि सरकार नभए पनि मरेपछि लाश जलाउन भने हाम्रा साथमा सरकार थियो । अब मर्न असजिलो नहुने पक्का भएको पूर्ण आभाष भयो हामी गरिबलाई । #शुक्र अस्तः बुकर उपाध्यक्षबाट अपदस्त गर्न लेखकहरूको आग्रह: बेरोनेस निकोल्सन बुकर पुरस्कारकी उपाध्यक्ष बेरोनेस निकोल्सनलाई उनको पदबाट बर्खास्त गर्न लेखकहरूको एउटा समूहले बुकर पुरस्कारसमक्ष आग्रह गरेका छन्। उनी समलिङ्गीहरूप्रति अति नै पूर्वाग्रही भएको बताउँदै उनीमाथि कार्बाही गर्न बुकरसमक्ष आग्रह गरिएको द टाइम्स पत्रिकाले जनाएको छ। ७८ वर्षीया निकोल्सन बुकर पुरस्कार स्थापना गर्न सहयोग पुर्याउने सर माइकल केइनकी विधवा हुन्। त्यही हैसियतले उनी बुकरकी उपाध्यक्ष बनेकी हुन्। उनी सांसद पनि हुन्। ट्वीटरमार्फत् उनले समलैंगिक विवाहका सन्दर्भमा उनले संसदमा विपक्षमा मतदान गरेको खुलासा भएपछि उनीमाथि कार्बाहीका लागि एलजिबिटी अभियन्ताहरूले आग्रह गरेका हुन्। एलजिबिजी लैंगिक अल्पसंख्यकहरूको समुदाय बुझाउने छोटकरी रूप हो। यसअघि पनि उनले बेलायती ट्रान्सजेन्डर अभियन्ता मुन्रो बर्गड्रफलाई ‘अनौठी प्राणी’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेकी थिइन्। उपन्यासकार डेमियन बार लगायतका व्यक्तिहरूले उनको पुरस्कार निर्णय गर्ने ठाउँमा रहेको सहभागिता अल्पसंख्यकहरूका लागि खतरनाक भएको भन्दै उनलाई हटाउने अभियान नै शुरू गरेका छन्। उनले ट्वीटरमा भनेका छन्, ‘एउटा गे लेखकका हिसाबले उनले जसरी होमोफोबिया बढाउन मद्दत गरिरहेकी छन्, त्यस हिसाबले उनी सो पुरस्कारको बोर्डमा बस्ने कुनै नैतिकता छैन।’ यता पुरस्कारको कार्यालयले भने उपाध्यक्ष निकोल्सनको धारणा उनको निजी भएको र निजी धारणा व्यक्त गर्ने छुट भएको जनाएको छ। यसअघि सन् २००९ मा पुरस्कार सञ्चालन गर्ने संस्थाको ट्रस्टीबाट उनले राजिनामा दिएकी थिइन्। संस्थाले त्यसयता उनलाई पुरस्कारको बोर्ड उपाध्यक्षका रूपमा राखेको थियो। उपाध्यक्षको पुरस्कार सञ्चालन तथा फाउन्डेसनको दैनिक क्रियाकलापमा कुनै भूमिका हुँदैन। यता निकोल्सनले भने आफू होमोफोबिया नरहेको र यदि कसैले यही धारणा व्यक्त गरेकै कारणले बोर्ड उपाध्यक्षबाट हटाउन खोज्छ भने त्यो सबैभन्दा ठूलो गल्ती हुने भन्दै धम्क्याएकी छन्। आफ्नो कुन चाहिँ भनाइका कारण होमोफोबिक देखियो भन्ने कुनै प्रमाण पेश नगरी चर्चामा आउन केहीले लगाएको आरोपमा आफूले कुनै दम नदेखेको उनले गार्डियन पत्रिकालाई बताएकी छन्। ‘अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्स’ उपन्यासबाट बुकर पुरस्कार हात पारेका मार्लन जेम्सले भने आफ्नो गल्ती मान्नुको साटो निकोल्सनले उल्टै धम्क्याएकोमा खेद प्रकट गरेका छन्। उनले भने, ‘गम्भीर किसिमको टिप्पणी गर्नेहरूलाई यो मेरो निजी धारणा हो भन्ने छूट छैन किनभने उनीहरू ठूलो निर्णयकर्ताका रूपमा ठाउँमा बसिरहेका छन्। यो दुर्भाग्य हो।’ यसअघि पनि जेके रोलिङ यस्तै टिप्पणीका कारण विवादमा परेकी थिइन्। #जेके रोलिङ #द टाइम्स चिउराको बोट: मन चंगा त घरमैँ गंगा भन्ने श्यामहरि पण्डित आफू जातमा ‘जैसी भ\u200cए नि भैँसीसम्म नछोएको’ विद्वता आफैँ बताउँथे । आफूलाई जुनसुकै विधामा पारंगत ठान्ने उनी राजनीतिदेखि धर्मकर्मसम्मको व्याख्या गर्न सक्थे । चिया दोकानदेखि जाँड भट्टीसम्म उनको रूप बारे सबैको चर्चा नै सुनिन्थ्यो । आफ्ना बारेमा जे जस्ता हुन्, चर्चा चलेको उनलाई पनि मन पर्थ्यो । भण्डारीलाई भडारी, देवकोटालाई देउकोटा, ढुङ्गानालाई ढ्वाँनु, र सापकोटालाई साउकोटा बोल्ने यिनै पण्डितको बोलीको नक्कल गर्दै युवाहरू उनलाई पडित भन्थे । त्यसो त उनले अंग्रेजीलाई औँरेजी, ईङ्लिशलाई ईन्लिश भन्थे भनेर अब भनिरहनु नपर्ला । चिया पसलमा आफूलाई अंग्रेजी साहित्यका शेक्सपियर मान्ने उनको अंग्रेजी सुनेर चिया सर्काउँने पनि थुप्रै हुन्थे । एकदिनको कुरा हो, चिया पसलमा अर्काको नामको चिया खाइरहेका उनले घटना सुनाउँन शुरू गरे । “आज ब्यान गाडीको ठक्करबाट अन द ‘सपट’ दुईजना टक्लक्कै मरेको आँखाले देखेँ ।” मरेको कुरा सुनाउँदा अरू सबै हाँसे । उनी अझै थप्दै थिए, “बस ‘सटेशन’ मा मैँले देखेको कुरा पत्याउँदैनौ ।” भन्दाभन्दै झन् हाँसोको उल्लास भयो भने चियावालाले चिया उम्ली पोखिएपछि मात्रै थाहा पायो । कुराकै क्रममा फेसबुकमा भर्खरै पोष्ट गरेको नातिनीको फोटोलाई ‘कुति’ भनेकोमा उनलाई साह्रै रीस उठेछ, उल्टै ‘तेरा तीनपुस्ता कुत्ती’ रिप्लाई दिएको भन्दैगर्दा झनै अट्टहास चल्यो । ‘अन द स्पट, स्टेशन र क्यूटी’ को यो गतिपछि उनको अंग्रेजीले अझ बढी गति लिँदै जान थाल्यो । संस्कृत र नेपालीमा पनि आफूलाई अब्बल ठान्ने उनको आँटलाई सम्मान गर्न राज्यले त्रिशक्तिपट्ट नै ब्यूताउँनुपर्ने हो । कसैको बोलीबाटै ह्रस्व र दीर्घ पनि छुट्याउँन सक्ने खुबी भ\u200cएका खुबीलाल काका पनि थिए । आँ गर्दा अलंकार बुझ्छु भन्ने उनले एक दिन आँ गर्दा चुरोटको ठुटो उल्टो तानेको कुरा पनि छँदैछ । भन्थे “अघिल्लो शन्शरबार ब्यान तीन छाकको खाना दारेपछि कुम्भकर्ण तरिकामा घुर्दै निदाइछु ।” हुन त कुम्भकर्ण कानकै सिरानी हालेर अर्को कानको सिरक बनाई ओड्थे भन्छन् । छिप्पड र गँठरो घिरौँला जत्रो नाकै सिरानी हाले पनि के भो र । कुरा खुबीलाल काकाकै । छोरी ब्या गर्ने बेला ज्वाईँसाप त माड्साप पो हुन् भन्दा दुई चोटी ‘साप’ लाउन मिल्ने कि नमिल्ने भनेर जस्ताघरे ‘तिम्सिनु’ लाई सोधेछन् । त्यसो त सके डाक्टरसाप, ड्राइभरसाप, हल्दारसापलाई, झनै सके सापका पनि बाप माड्सापलाई छोरी दिनुपर्छ भन्थे । माड्सापकी स्वास्नी नपढे नि लोकलाजले पढाउँछन्, जाँडको लात्ती त हान्दैनन् भन्ने तर्क राख्थे उनी । तीन पुस्तादेखि यही गाउँमा बसी लुगा सिउने पेशा गरेका बहादुर बाजे आफू तीन कोशबाट कपडाबारे जान्ने बताउँथे । गाउँमा आजकल ब्राह्मण, क्षत्री, तामाङ, मगर आदीले पनि कपडा सिलाउँन थालेता पनि बहादुर बाजेले माटो र थुकको चिन्ह लगाउँदै पर्खाल परैबाट नापो लिन सक्ने भ\u200cएकाले उनकोमा ग्राहकको कमी छैन भनी सित्तैको विज्ञापन मन्दिरदेखि धारोसम्म, चिया दोकानदेखि किरानासम्मआफैँ बजाउँथे । रक्सी उहिल्यै छोडेकोले त्यसको नाम लिँदा पनि दुई आखीभुईँ जोड्थे । कुनताका बुहारी चटपटे खाकी भन्दै माइली काकी भात खाने बेलाँ चटपटे खाएर भात खेर ग\u200cएको भनी भैँसी गोठमा पुगेर सराप्थिन् । भैँसी पनि सहमति भ\u200cएझैँ टाउको हल्लाउँथ्यो । हुन त माथ्लाघरे कसारे बज्यै पनि ‘गाईले कुरो बुझेर टाउँको हल्लाउँछिन्’ भन्थिन् । भैँसीलाई पुरूष र गाईलाई महिलावाचक सम्मान सुनेर व्याकरण जान्दछु भन्ने करन कर्ण सर पनि दङ्गै पर्दथे । असारे, बेसारे र कसारेकै चर्चा हुन्छ गाउँठाउँमा । कुरा कसारे बज्यैकै । परारैसाल छिमेकीको ब्यामा जाँदा मट्याङ्ग्रे कसार टपरीमा, अञ्जुलीभरीकाचाहिँ पोल्टामा हालिछन् । घर जानेबेला घरबेटीले दुइदुइटा कसार हातमा राखिदिएकोमा जुरूक्क उठ्दा पोल्टोले कोल्टो फेरेछ । भ\u200cए भरको कसार भैँमा फ्यात्तै । त्यसपछि तिनलाई तीन दिनसम्म ज्वरो आयो भन्थे । आजकल चिउराको बोट खोज्ने म बबुरो आफ्नै सोझासिधा छरछिमेकीको खेदो खनेर व्यंग्य गर्न थाल्याछु । यस्ता व्यंग्य त नफुर्दे नि हुँने गाँठे । चुनाव जित्या नेता हो र ? गाउँ फर्की जानु पर्छ नि हाम्लाई । हेटौँडा #संप्रस पौडेल #हेटौँडा मजस्तै महरु: महेश्वर शर्मा पारि भञ्ज्याङको रमेश दश वर्षअघि परदेश लागेको हो माथिल्ला घरे विजयको पासपोर्टमा भिसा लागेपछि उसले विजय उत्सव नै मनाएको हो आफ्नै घर छाउन जीवनले घर छोडेकै हो मेरो देशको छानो छाउन मजस्तै महरुले देश छोडेकै हुन्। मजस्तै महरु छातिमा देश टाँसेर बाँचिरहेछन् परदेशमा उता देश दुख्दा परदेशका महरुको पनि देश दुख्छ उता देशको हृदय भत्किंदा यता महरुको पनि हृदय भत्किन्छ उता देश रुँदा परदेशका महरुको पनि आँखा रसाउँछ यी महरु यस्तै छन् भन म के गरुँ? मेरो घरको दलिन, पिँढी मझेरी र आँगन भरि महामारीको आक्रान्त बोकेर सिङ्गो घर काँपिरहँदा परदेशका महरुको हृदयको घर पनि काँप्दोरहेछ। भन के गरुँ ? यी महरु यस्तै छन् अचेल घरको पिँढी कुरेर बसेकी मेरी आमा मेरो बा, मेरी श्रीमतीले मेरो सानो छोरालाई सम्झाइरहेछन् र भनिरहेछन् तिम्रो बा भोलि आउनुहुन्छ र हामी सँगै हुनेछौँ मेरो छोराको भोलि कहिल्यै आएन भने? परदेशका महरुले यस्तै सोधिरहेछन् भनिरहेछन् परदेशका महरुको भोलि कहिले आउला? उता घरको छानो छाउनु छ बा आमालाई दुई छाक खाना खुवाउने जोहो गर्नु छ श्रीमतीलाई नयाँ लुगा हालिदिनु पर्नेछ सानो छोरालाई खेलौना किनिदिनु पर्नेछ पेटभरि खान पुग्ने एक हल मेलोको बारी आफ्नो बनाउनु छ यत्ति सपना पूरा गर्नु छ तर परदेशका महरुको जीवन नै बाँचेन भने? हरेक बिहानको सूर्य उदयमा आफ्नै सन्ततिको मुस्कान मिसिएको पारिलो घामको पर्खाइमा रमाउने परदेशका महरुको सपना कतै स्खलित भयो भने? बा आमाको भोको पेट कसले भर्ला घरको छानो कसले छाउला मेरो देशको छानो कसले छाउला? अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स, अस्ट्रेलिया #अस्ट्रेलिया #महेश्वर शर्मा व्यग्रता: विमल किशोर श्रीवास्तव अश्रु भएर नयनहरुबाट तिम्रो बग्न पनि सक्दिनँ न त रक्तकोसिकाहरुबाट तिम्रो सन्चारित हुन सक्दछु, रगत भएर धड्कन बनेर मुटुबाट तिम्रो धड्किन पनि सक्दिनँ यद्यपि तिमी मेरो शरीरको अकाट्य अङ्ग भएको आँकलन गर्दछु। सुगन्ध भएर श्वासभित्र तिम्रो प्रवेश गर्न पनि सक्दिनँ न त आफ्ना भवनाहरु उजागर गर्न सक्दछु, जादुगर भएर सुमधुर धुन बनेर आवाजमा तिम्रो जोडिन पनि सक्दिनँ तथापि तिम्रो आत्माको उपस्थिति आफ्नोमा महसुस गर्दछु। छाल भएर इच्छाको सागरमा तिम्रो डुबुल्की मार्न पनि सक्दिनँ न त चपलतामा तिम्रो सम्लग्न हुन सक्दछु, मायावी भएर प्रवचक बनेर चाहनाहरु आफ्ना तिमीलाई व्यक्त गर्न पनि सक्दिनँ तथापि हरकदम तिम्रै समर्थन पाएको म भान गर्दछु। मन्द पवन भएर कोमल शरीरमा तिम्रो स्पर्श गर्न पनि सक्दिनँ न त चुम्बन गर्न सक्दछु तिमीलाई, भवरा भएर सहयात्री बनेर सुखदुःखमा तिम्रो साझी हुन पनि सक्दिनँ तथापि सदैव तिम्रो प्रेम, दर्शन प्राप्त गरेको अनुभव गर्दछु। विराटनगर #विमल किशोर श्रीवास्तव #विराटनगर ए जिन्दगी: अरूण पाैडेल ए जिन्दगी सधैँजस्तो आज पनि उदायो सूर्य तर म बिल्कुल अञ्जान छु आजकल कुन बेला उदाउँछ सूर्य कुन बेला अस्ताउँछ सूर्य म बिस्ताराबाट मेरो समयमा उदाउँछु घाम आफ्नै सयममा उदाउँदो हो घरमै छँदा बिहानै उठेर घर बाहिरको खाटमा बसी चिया पिउदै गर्दा मोठ माथिबाट जाँदै गरेको घामको झुल्को मसम्म आउँथ्यो सायद म पनि बिरानो भएँ सायद घाम पनि बिरानो भएर होला आजकल बिहानीका पारिला घामहरु मलाई छुन आउँदैनन् आउन त आउँछन् मात्र तेजिला प्रकाशहरुले पोलेर जान्छन्। ए जिन्दगी खोइ कस्तो हुन्छ भाग्य कहाँ हुन्छ भाग्य कोही घरदेश छोडेर विदेशका भव्य महल देख्नुलाई भाग्य सम्झन्छन् कोही आफ्नै माटोमा पसिनाको कमाई खानु भाग्य सम्झन्छन् विदेशका भव्य महल, रेलका लिक र डिब्बाहरू हेरेर मात्र जिन्दगी चल्थ्यो भने म पनि मेरो घरको एउटा कोठामा ठूलो पोस्टर बनाएर टाँस्ने थिएँ। म यता विदेशका चिल्ला बाटोहरुमा ट्याक्स तिरेर हिँड्छु उता मेरो घरको आँगनमा दुबो र मोथे उम्रन्छ बा-आमाको हातमा ठेला उम्रन्छ सम्झिदा आफ्नै जिउमा काँडा उम्रन्छ भन ए जिन्दगी उता घरको आँगनमा मोथे र झार हुर्किरहँदा मेरो सरकार लाश र रेमिटेन्ससँग फुर्किरहँदा अनि म कसरी भाग्यमानी हुन सक्छु? जिन्दगीका उधारो हिसाबहरु मिलाउने व्यस्ततामा धेरै कुराहरु छुटेका रहेछन् ए जिन्दगी, थाहा छ तँलाई? आफ्नै पिँढीमा बसेर आकाश नहेरेको धेरै वर्ष भएछ जून नदेखेको वर्षौं बितिसकेछ र, तारा नगनेको पनि धेरै वर्ष भएछ। ए जिन्दगी म त्यही अभागी हुँ समयले बिस्तारै बिहानीको पारिलो घामबाट छुटायो जून देख्ने समयहरुबाट छुटायो तारा गन्दै सुत्ने रातहरूबाट छुटायो र, समयले यसरी छुटायो कि आफ्नै घरको आँगनबाट छुटायो। चितवन, नेपाल हालः जापान उपाध्यक्ष, अनेसास जापान #अरुण पौडेल #चितवन अछुत पाठशाला: हिमलाल श्रेष्ठ समय रोकिएको हो किजस्तो लाग्छ। जति बेला मेरा कलिला हातहरुले कनिकुथी ‘क’ लेख्थ्यो, जति बेला मेरो कलिलो मस्तिष्कमा एक युग परिवर्तनको अमीट छाप बस्नु पर्थ्यो, जति बेला मेरा भावनाले संसार विचरण गर्ने भन्थ्यो, जति बेला मेरा पाइलाहरुले संसार नाघौँ भन्थ्यो, मलाई मेरो कपुरी ‘क’ लेख्ने धुलौटो संसार चियाउने ऐनाजस्तो लाग्थ्यो। मलाई मेरो पाठशाला देवभूमिझैँ लाग्थ्यो र मलाई ‘क’ घुमाउन सिकाउने हसिना बेगम मलाई संसारकै उत्तम आमा जस्ती लाग्थ्यो। समयले राम्रोसँग पाइला चाल्न नपाउँदै एक दिन मैले त्यो दिनसम्म कहिलै नभोगेको अनि नसोचेको अनौठो घटना घट्यो। अनकन्टार पहाडी खोंचहरुको एक खोंचमा मेरो सानो पाठशाला थियो। होनहार समाजसेवीहरुले अन्धकारलाई चिरेर उज्यालो छर्ने भन्दै खोलिदिएको पाठशालामा वर्षौंदेखि पढाउने गर्थिन्- हसिना बेगम। न राम्रो तलब, न पेन्सनको व्यवस्था। न कुनै आकर्षक सुविधा! एउटी नारी हुनुको परिचय– धैर्यताको अब्बल नमुना। रातोदिन खटेर पाठशालाको अनि भविष्यका उज्ज्वल ताराहरुको पथ प्रदर्शक बनिरहिन्। त्यो दिन एउटा कालो दिन, न्याय मरेको दिन, सत्यले असत्यसँग हारेको दिन। म शिशु छँदा घटेको त्यो घटना सम्झदा अझै पनि मलाई भाउन्न भएर आउँछ, कहाली लागेर आउँछ। भिडहरुले कसरी संवेग गुमाउँछ, लहैलहैमा कसरी मानिसहरु विवेक गुमाउँछन् भनेर अझै पनि मलाई उदेक लागेर आउँछ। त्यो दिन ‘पाले सर’ जसले दैनिक फलाम पिटेर आरनमा बनेको घन्टी टिङटिङ बजाउने गर्थे, आइपुगेकै थिएनन् र घन्टी बजेकै थिएन। एक हुल मानिसहरु आए र हसिना बेगमको चुल्ठो समातेर गलहत्याउँदै लखेटे। हामी बालकहरु डरले अनि आसुरी समयको छनक सम्झेर कक्षाभित्र भएका सबै साथीभाइ गुजुल्टो परेर बस्यौँ। पछि गाउँका भद्र भलाद्मी बसेर छिनोफानो भयो रे भन्ने सुनियो– हसिना बेगमलाई पाठशालामा भएको माटोको घैंटोमा भरिएको पानी छोएको आरोपमा पाठशालाबाट निकालिएको हल्ला फैलियो। नभन्दै त्यो दिनदेखि मैले मेरो पाठशालामा अनि देखे-घुमेको ठाउँमा कतै पनि हसिना बेगमलाई देखिनँ अझै पनि समय त्यहीँ रोकिएको जस्तो लाग्छ– हसिना बेगमले हारेको समय। बाल मनोविनोदमा सामाजिक न्यायले हारेको समय। शिक्षाको उज्यालोभित्र गुम्सिएका छुत अछुतका अँध्यारा अध्यायहरु- अझै टाउको उठाउँछन्। #डा. हिमलाल श्रेष्ठ #भक्तपुर बाबुरामले ढालेका सालका रूखहरू: वि.सं. २०२६ सालतिरको कुरो हो । यो पंक्तिकारको दिमागमा त्यतिबेलाको धमिलो दृश्य सलबलाइरहेको हुन्छ । यदाकदा घुमिरहन्छ । विद्यालयको आँगनमा दुईवटा पंक्तिबद्ध लाइन उभिएका थिए । एउटा पंक्तिमा केही अग्ला विद्यार्थीहरू थिए भने अर्काको साना अनि होचा । दुवै पंक्ति आमने–सामने थिए । होचा विद्यार्थीहरूले आफ्नो हातमा फूलको माला लिएका थिए । उनीहरूले पालैपालो आफ्नो सामुन्ने उभिएका अग्ला विद्यार्थीहरूलाई लगाइदिए । वरिपरि उभिएका शिक्षक र विद्यार्थीले सकुञ्जेल ताली बजाए । आँगनको छेउमा उभिएको यो पंक्तिकारले पनि सकुञ्जेल ताली बजायो तर थाहा छैन किन बजायो । त्यसको तीन–चार महिनापछि स्कूलमा अर्को खैलाबैला भयो । हाहाकार मच्चियो । स्कूल नजिकै छात्रावास थियो, छात्रावासमा झन् चर्काचर्की पर्यो । कोही झ्यालबाट कराउन थाले, कोही छात्रावासबाट कराउँदै विद्यालयको आँगनसम्म आए । उफ्रन थाले । तर यो पंक्तिकारलाई थाहा छैन, यिनीहरू किन उफ्रिए । त्यही दिन दिउँसो विद्यालयका हेडमास्टरले आफ्नो रेडियो स्कूलमा ल्याए, अनि बजाए । रेडियोले दिउँसोको समाचार भनेको मात्र थियो, तत्काल विद्यार्थीहरू उफ्रन थाले । सबै शिक्षक खुशी भए । कहिल्यै नहाँस्ने हेडमास्टरको अनुहार पनि उज्यालो देखियो । उनी मुसुक्क हाँसे । तर शिशु–कक्षामा पढ्ने यो पंक्तिकारलाई थाहा भएन, विद्यार्थी किन उफ्रिए । हेडमास्टर किन मुस्कुराएँ । साँझ स्कूल बिदा भएर यो पंक्तिकार घर आयो । तर पंक्तिकार सधैंको भन्दा निकै खुसी थियो । किनकि आज उसले स्कूलमा रेडियो देख्यो, बजेको सुन्यो । यही खुशी दाइहरूलाई सुनायो, दिदीहरूलाई सुनायो । अनि सासै नफेरी आमा–बुबालाई पनि भन्यो । तर कोही पनि आश्चर्य मानेनन् । कसैले पनि चासो देखाएनन् । किनकि त्यतिबेला पूरै गाउँ–बस्ती नै अर्को खुशीमा सामेल भइसकेको थियो । त्यो दिन बाबुराम २०२६ सालको एस.एल.सी. मा बोर्ड फष्ट भएका थिए । स्कूलको छेउमा उभिएर ताली बजाउने यो पंक्तिकार आज नगेन्द्र न्यौपाने भएको छ भने माला लगाएर घरतिर जाने विद्यार्थीमध्येका एउक विद्यार्थी डा. बाबुराम भट्टराई भएका छन् । मलाई पछि थाहा भयो । नौ कक्षाका विद्यार्थीले दश कक्षाका विद्यार्थीलाई बिदा गरिएको दृश्य थियो त्यो । तर मैले त्यतिबेला बुझेर हो वा नबुझेर बेस्सरी ताली बजाएँ । रेडियो नेपालबाट बाबुरामको नाम सुन्दो पनि ताली बजाएँ । तर मलाई अहिले पछुतो लाग्छ । किन मैले उफ्री–उफ्री ताली बजाएँ । किन मैले मेरा कलिला हातलाई आफैँले पिटेँ । किनकि जुन दिन स्कूलमा ताली बज्न शुरु भयो, अनि जुनबेला रेडियोले बाबुरामको नाम सुनायो, त्यो दिनदेखि लुइँटेल स्कूलवरिपरिका सालका रुखहरू ढल्न थाले । त्यहाँ अलक्षण पस्यो । एकातिर स्कूल बढाउने नाममा सालको बोटहरू काटिनु अर्कोतिर सबै विद्यार्थीलाई बाबुराम बनाउने भुत पस्नु– स्थानीय विद्यार्थी सखापै हुन थाले । गोरखा जिल्ला अन्तर्गत यो गाउँमा लुइँटेलहरूको बाक्लो आवादी भएकोले यो गाउँको नाम नै लुइँटेल गाउँ रहन गयो । त्यस्तै कागजमा नाम जे लेखे पनि स्कूलको नाम पनि लुइँटेल स्कूलबाट चिनिन थाल्यो । यो स्कूलको अलिकति माथितिर अर्चले भन्ने अर्को गाउँ छ, यहाँ श्रेष्ठहरूको बाक्लो बस्ती छ । श्रेष्ठ गाउँभन्दा माथि परियारको गाउँ, परियारको गाउँभन्दा माथि विश्वकर्माको, अनि फेरि श्रेष्ठको । उनीहरू आपसमा मिलेर नै बसेका छन् । श्रेष्ठको घरमा टाढा–टाढाका विद्यार्थीहरू विशेषतः बाहुन क्षेत्रीहरू डेरा लिएर बस्ने गर्थे । डेरा लिएर बस्ने विद्यार्थी साथै डेरा दिने घरवाला मात्र होइन, पूरै बस्तीको एउटै उद्देश्य थियो– ‘सबै विद्यार्थीलाई बाबुराम बनाउनु साथै आफ्नो गौरव बढाउनु ।’, त्यसैले स्थानीय अभिभावक न आफू पढ्न स्कूल गए न आफ्ना छोरा–छोरीलाई स्कूल जानुपर्छ भन्ने ज्ञान नै दिए– उनीहरूले केवल दिए– “तिमीहरू पढ्न कमजोर छौ, तिमीहरू बाबुराम बन्न सक्दैनौ । यो स्कूल तेजिलो विद्यार्थीले मात्र पढ्ने हो, तिमीहरूले पढ्ने होइन ।” कठैबरा ! आफ्ना आमा–बाबुले नै आशा मारेपछि कलिलो दिमागले स्कूललाई राक्षसले बास गर्ने ठाउँ सम्झन थाल्यो । तर उनीहरूले हरेस खाएनन् । घिस्रिँदै भए पनि स्कूल गइरहे । तर स्कूलमा शिक्षक र हेडमास्टरकै अपमान र हिनताबोध थपिन थालेपछि उनीहरूको स्कूलको ढोका सदाको लागि बन्द भयो । स्कूलका हेडमास्टरदेखि पिउनसम्मकै शक्ति नै सबै विद्यार्थीलाई बाबुराम बनाउन कँसिएपछि मध्यमस्तरका विद्यार्थीले आँट नै गरेनन् । हिम्मत हरायो । उनीहरू एउटै विकल्प दिनभरि पाखा–पखेरामा चहार्ने, कि त माछा मार्ने अनि साँझतिर घरतिर फर्कने । जसरी आफ्ना छोराछोरीको दिनचर्यामा परिवर्तन भएको थियो स्वतः अभिभावकको दिनचर्यामा पनि परिवर्तन आयो । उनीहरूले आफ्नो घरमा डेरा गरेर बस्ने सबै विद्यार्थीलाई इन्जिनियर, डाक्टर बनाउन कँसिए । तर आफ्नो छोरा–छोरीले हलो र कोदालो समात्न थालेको पत्तै भएनन् । बिहान उठ्नासाथ पानी लिन जानु, भात पकाउनु अनि जुठाभाँडा माज्नु उनीहरूको दैनिकी बन्यो । तर आफ्ना छोराछोरीहरू बरालिँदै हिँडेको ख्याल नै गरेनन् । लुइँटेल स्कूलको उत्तरपट्टि नेपालको इतिहास बोकेको लिगलिगकोट दरबार छ, जहाँबाट नै नेपाल बन्यो । त्यस्तै दक्षिणपट्टि बाइसे राजाहरूमध्ये मगर राजाको दरबार छ– देउकोट दरबार । अनि पश्चिमतिर विशाल पालुङ्गटारको मैदान छ भने अलिपर रागीनासकोट दरबार । रागीनासकोट दरबारमा नै राजा नरहरि शाह र द्रव्य शाह जन्मेका थिए । कठैबरा ! यो ऐतिहासिक धरोहर बोकेको भूमि, वर्षेनी सालका रुखहरू ढलेको देख्दा कति दिक्कलाग्दो होला ! तर ती रुखहरू ढलिरहे, किनकि त्यहाँ त्यो प्रथा बसिसकेको थियो । हरेक विद्यार्थीलाई बाबुराम बनाउने निउँमा कतिको भविष्य भताभुङ्ग भयो । बाबुराम बन्ने नाममा धेरैले चुटाइ खाए । धेरैको हातमा सुम्ला परे । धेरैले स्कूल नै छाडे । हेडमास्टरको छायाले समेत तर्साउन थाल्यो । विद्यार्थीहरू सपनामा बरबराउन थाले । समयलाई कसले रोक्न सक्छ र ? विश्व परिवर्तनलाई कसले नियन्त्रण गर्न सक्छ र ? अब लुइँटेल स्कूलबाट सबैलाई बाबुराम बनाउने रोग निर्मूल भयो । त्यहाँको राक्षसरूपी चिन्तन हरायो । वरिपरिका सालका बोटहरू हुर्कन पनि पाए । वातावरण हराभरा भयो । स्थानीय बालक–बालिकाहरू झोला बोकेर हिँडेको देखिन थाल्यो । सबैले लामो सास फेरे– “यस्तो पो लुइँटेलको रमणीय दृश्य ।” तर विडम्बना ! सालका रुखहरू फेरि ढल्न थाले । पहिला बाबुरामको नाममा ढल्थे, सबै विद्यार्थीलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउने निउँमा काटिन्थे, अब बाबुराम आफैँले रुख काट्न थाले । नेपाललाई नयाँ नेपाल बनाउने निहुँमा कलिला बोट निमोठिन थालियो । जनयुद्धको नाममा विद्यार्थीको भविष्य अँन्धकार बनाइयो । उनीहरूको काँधमा बन्दुक भिराइयो । कठैबरा ! एकपछि अर्को गर्दै लुइँटेल गाउँको विनाश हुँदै गयो, तर निरीह लुइँटेलवासीले प्रतिकार गर्न सकेनन् । उनीहरूको अवस्थामा सुधार आएन । सयौं कुखुराको मासु खुवाएर एउटा स्याललाई चिडियाखानामा पाल्नु कुनै औचित्य हुँदैन । यस धर्तीमा सबै जनावरको आफ्नो–आफ्नो अस्तित्व हुन्छ, आ–आफ्नो तरिकाले जिउन पाउनुपर्छ । यसको मतलब मैले बाबुराम दाइलाई स्याल पक्कै भनेको होइन । तर मैले के चाहिं भनेको हुँ भने तपाईंको लागि कलिला बालकले किन बलिदान दिनुपर्ने ! निहत्था विद्यार्थीको भविष्य अँन्धकार किन बनाइनुपर्ने ! त्यसकारण तपाईं स्कूलको मात्र होइन, पूरै लुइँटेल बस्तीको ऋणी हुनुहुन्छ । तपाईंले ऋण चुक्ता गर्न पर्छ । तर तपाईंले सक्नुभएन ! तपाईं असफल हुनुभयो । स्कूलको आँगनमा उभिएर ताली बजाएको मलाई अस्ति भर्खरजस्तो लाग्छ, तर त्यतिबेला शिशु कक्षामा पढ्ने कलिलो बालक म– अहिले मेरो कपाल फुलेर सेतै भएको छ, म जागिरबाट अवकाश लिने तरखर गर्दैछु । तपाईंभन्दा तीन कक्षा तल पढ्ने मेरो दाज्यू महेन्द्र न्यौपानेले डाक्टर पेशाबाट अवकाश लिएको धेरै वर्ष भयो । साठी वर्ष पार गरेको कुनै पनि व्यक्तिको शरीरका नसाहरू कमजोर हुन्छन् । उनीहरूको कार्य सम्पादन गतिलो हुँदैन । यो भनाइ मेरो होइन । नेपाल सरकारको पनि होइन । यो विश्वमान्य सत्यता हो । त्यसकारण तपाईंले अवकाश लिनुपर्ने पहिल्यै हो । तर अझै ढिला भएको छैन । बरु तपाईंलाई मेरो के अनुुरोध छ भने तपाईंका अन्य सहकर्मीलाई पनि उत्प्रेरणा दिनुहोस्– उहाँहरूलाई पनि अवकाश लिने सल्लाह गर्नुहोस् । आराम गरेर बस्नुहोस् । समाज भड्काउने र जनतालाई बिथोल्ने बेला होइन यो । नेपालमा नै तपाईंभन्दा धेरै बुद्धिजीवी र जोशिला व्यक्तिहरू उत्पादन भइसकेका छन् । तर दूर्भाग्य ! हालसालै तपाईंले आफ्नो थर नै फेर्न लाग्नुभएको भन्ने कुराले म स्तब्ध भएँ । थर फेर्न त्यति सजिलो छैन– जति माइकको अगाडि बोल्न र समाज बिथोल्न । थर फेर्ने काम नगर्नुहोस्, बरु तपाईं आफ्नो सोच बदल्नुहोस् । दलित वर्गलाई दलित नबनाउनुहोस् । उनीहरूको इज्जत गर्न सिक्नुहोस् । उनीहरूको आर्थिकस्तर उकास्नतिर लाग्नुहोस् । किनकि तपाईं एउटा व्यक्ति दलित बन्दैमा सम्पूर्ण दलित वर्गको समुन्नति हुँदैन । (दलित शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु ।) #नगेन्द्र न्यौपाने यता लेखौँ कि य/ता ?: नेपाली भाषाको शब्दभण्डारमा संस्कृत स्रोतबाट आएका तत्सम र तद्भव शब्दहरूको सङ्ख्या दुईतिहाइभन्दा पनि बढ्ता छ तर त्यस्ता शब्दहरूलाई व्यवस्थित गर्ने नेपाली नियम वा पद्धतिको परिचयात्मक वर्णन गर्ने विषयमा हाम्रा नेपाली पाठ्यपुस्तकहरू र नेपाली भाषाका विशेषज्ञहरूले समेत प्रायः मौन धारण गर्दै आएका छन् । यस परिस्थितिमा संस्कृतको जगमा नेपाली भाषाको प्राध्यापक र शिक्षकका रूपमा आपूmलाई उभ्याउने अवसर नपाएका धेरैजसो गुरुहरू आफैँ अन्योलमा रहेका हुन्छन् र सकेसम्म संस्कृत स्रोतका शब्दहरूको निर्माणप्रक्रिया सिकाउनै नपरे हुन्थ्यो र विद्यार्थी वा कुनै प्रयोक्ताले समेत यस्ता शब्दका बारेमा कुनै जिज्ञासा नै नराखिदिए हुन्थ्यो भनेर तर्किने गर्छन् । संस्कृत स्रोतका शब्दको निर्माण प्रक्रियाको शिक्षणबाट गुरुहरूले नै आफूलाई पन्छाउने परिस्थितिमा विद्यार्थी, लेखक, पत्रकारलगायत समस्त नेपाली भाषाका प्रयोक्ताहरूको लेखनमा विशेष गरी तत्सम शब्दमा बढ्ता गल्तीहरू दोहोरिरहँदै जानु अस्वाभाविक होइन । यसका लागि प्रयोक्ताहरू सदैव जिज्ञासु र सचेत भइरहनु अति आवश्यक छ । संस्कृत स्रोतबाट नेपालीमा आएका ‘ता’ प्रत्यय अन्तमा हुने तत्सम शब्दहरूको लेखनमा प्रयोक्ताहरूले अज्ञानकै कारण बारम्बार गल्ती शब्दहरू दोहोर्याइरहेका हुन्छन् भने बढ्ता प्रयोगमा आइरहेका त्यस्ता गल्ती शब्दहरूलाई पनि विद्वान्हरूले प्रमादवश प्रयोगमा ल्याइदिँदा सर्वसाधारण प्रयोक्ताहरू सही शब्द पत्ता लगाउनबाट वञ्चित हुँदै गएका छन् । उदाहरणका लागि ‘यता’ अन्तमा हुने गाम्भीर्यता, माधुर्यता, चातुर्यता, बाहुल्यता, आधिक्यता, सान्निध्यता, सामञ्जस्यता, तादात्म्यता, तात्पर्यता, धैर्यता, वैमनस्यता, सौन्दर्यता आदि अनुपयुक्त शब्दहरूलाई लिन सकिन्छ । संस्कृतको पाणिनीय व्याकरणका रूपमा विश्वप्रसिद्ध ‘अष्टाध्यायी’ को पाँचौँ अध्यायको पहिलो पाउअन्तर्गत १२३ औँ र १२४ औँ सूत्रका रूपमा ‘वर्णदृढादिभ्यः ष्यञ् च’ र ‘गुणवचनब्राह्मणादिभ्यः कर्मणि च’ नामक दुई सूत्र पढिएका छन् । यी दुवै सूत्रले ष्यञ् (य) प्रत्ययको विधान गर्छन् । ष्यञ् (य) प्रत्यय विधान गर्ने यी दुवै सूत्र त्व र तल् (ता) प्रत्यय विधान गर्ने ‘तस्य भावस्त्वतलौ’ सूत्रका सन्दर्भमा आएका हुन् । त्यसैले ष्यञ् (य) प्रत्यय नभएका अवस्थामा तल् (ता) प्रत्यय पनि हुन सक्छ तर एउटै शब्दमा लगातार ष्यञ् (य) र तल् (ता) दुवै प्रत्यय लाग्दैनन् अर्थात् ‘यता’ होइन ‘य’ वा ‘ता’ लेख्नुपर्छ भन्ने आधार मुख्यतः यिनै तीन सूत्रले दिन्छन् । संस्कृतका ष्यञ् (य) र तल् (ता) दुवै तद्धित प्रत्यय हुन् । ष्यञ् (य) प्रत्ययमध्ये ‘य’ मात्र प्रकृतिभूत शब्दमा गाँसिन्छ भने तल् (ता) प्रत्यय अन्तमा हुने शब्द स्त्रीलिङ्गमा प्रयोग गरिने भएकाले ‘तल्’ प्रत्ययलाई नेपालीमा ‘ता’ प्रत्यय भनेर बुझ्दै आइएको हो । संस्कृतमा ‘ष्यञ्’ प्रत्ययमा पढिएको ‘ञ’ वर्णको लौकिक र वैदिक दुवै प्रयोजन छ । लौकिक प्रयोजनका रूपमा प्रकृतिभूत शब्दको सुरुमा रहेका स्वरवर्णको वृद्धि गर्नु हो । ष्यञ् (य) प्रत्यय लाग्दा त्यही प्रत्ययको ञकारलाई आधार मानेर प्रकृतिभूत शब्दमा रहेका अ, इ/ई र उ/ऊ वर्णका स्थानमा क्रमशः आ, ऐ र औ वृद्धि हुन्छ । उपर्युक्त उदाहरणमा आएका गम्भीर, मधुर, समीप, बहुल, अधिक, सन्निधि, समञ्जस, तदात्मन् र तत्पर शब्दको सुरुमा रहेका अकारका स्थानमा ‘आ’ वृद्धि भई गाम्भीर्य, माधुर्य, सामीप्य, बाहुल्य, आधिक्य, सान्निध्य, सामञ्जस्य, तादात्म्य र तात्पर्य शब्दहरूको निर्माण भएको हो । त्यसैगरी विमनस र धीर शब्दका इकार र ईकारका स्थानमा ‘औ’ वृद्धि भएर वैमनस्य र धैर्य शब्द निर्माण भएका हुन् भने सुन्दर शब्दका उकारको ‘ऐ’ वृद्धि भई सौन्दर्य शब्दको निर्माण भएको हो । एउटै अर्थमा रहेका दुवै प्रत्यय एउटै शब्दमा लगाउनु गल्ती मानिन्छ । त्यसैले गाम्भीर्य वा गम्भीरता, माधुर्य वा मधुरता, सामीप्य वा समीपता, बाहुल्य वा बहुलता, आधिक्य वा अधिकता, धैर्य वा धीरता, सौन्दर्य वा सुन्दरताजस्ता शुद्ध शब्दको प्रयोग गर्नमा विशेष ध्यान पुर्यायाउनुपर्छ । त्यसैगरी अनुपयुक्त ठानिएका सौहार्दता, अज्ञानता र कौतूहलता शब्दको सट्टा सौहार्द, अज्ञान र कौतूहल वा कुतूहलता शब्दको प्रयोग गर्नु आवश्यक छ । नजानेर वा नबुझेर गरिएको पाप जानेपछि वा थाहा पाएपछि नष्ट हुन्छ तर ‘सज्ञानेन कृतं पापं वज्रलेपो भविष्यति’ अर्थात् जानेबुझेर गरिएको पाप वा गल्ती वज्रलेप हुने भएकाले त्यसलाई सच्याउन वा प्रायश्चित्त गर्न निकै गाह्रो हुन्छ । नेपाली भाषामा धेरैजसो गल्तीहरू जानेबुझेका विद्वान्हरूले बेवास्ता गरिदिएर प्रयोगमा ल्याइदिन्छन् र त्यसकै सिको गरेर सर्वसाधारण प्रयोक्ताहरूको लेखनमा गल्तीहरू दोहोरिँदै जान थालेका हुन् । तसर्थ ‘दोषा वाच्या गुरोरपि’ अर्थात् गुरुहरूका पनि दोष वा गल्तीहरू औँल्याउन सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर हरेक नेपाली भाषाका प्रयोक्ताहरू सचेत भइदिने हो र गुरुहरूले प्रयोग गरेकै शब्दहरू मात्र शतप्रतिशत शुद्ध छन् भन्ने कुरामा आफूलाई सीमित नराखी अध्ययन, अनुसन्धान र पुनर्मूल्याङ्ककनतर्फ ध्यान दिँदै जाने हो भने नेपाली भाषाका तत्सम शब्दमा प्रयुक्त यस्ता किसिमका गल्तीहरूलाई क्रमशः निराकरण गर्दै जान सम्भव देखिन्छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय #डा. मतिप्रसाद ढकाल सम्झनाको दराज: मसँग पुराना सामान धेरै भए । स्वभावैले एकजना लेखकसँग सबैभन्दा बढी हुनेभनेको पुस्तक नै हो । मेरा जीवनकालमा काठमाडौंभित्रै पनि म सातपटक सरेको रहेछु । प्रत्येकपटकको बसाइँ सराइमा सबैभन्दा धेरै हुने नै पुस्तकहरू भए । समयले, प्रविधिले पुरानो भएपछि त्यसलाई व्यवस्थापन गर्नुपर्दोरहेछ । त्यहीक्रममा मैले पाएको सामान र स्मृतिका बारेमा लेख्न शुरु गरेको छु । पुरानो कुरामा किन अल्झिन्थें म पनि ? कुदेको छु नयाँ चिजबिजमा, नयाँ लुगा, नयाँ साथी, नयाँ ग्याजेट, नयाँ पुस्तक । अझ प्रविधिले त नयाँ नकिनी नमिल्ने बनाएको छ । खैर, यो कुरा पछि गरौंला । म आज पुरानो सामानको व्यवस्थापन गर्न बसेको छु पूरै दिन छुट्टी लिएर । म पसें फाल्नका लागि पुरानो सामान राख्ने कोठामा । स्नेह सायमि यो मेरो बाको फोटो । सानो काठे फ्रेममा रहेको श्यामस्वेत फोटो । क्या बान्की परेको अनुहार । मेरो बा मभन्दा धेरै राम्रो हुनुहुन्थ्यो । त्यतिबेला कुनै फोटो स्टुडियोमा गएर खिचाउनुभएको होला । यस फोटो र फ्रेमले मेरो घरको भित्तामा उचित स्थान पाएन । किन यसलाई पुरानो दराजभित्र कोचेर राखिएको छ ? फ्रेम नराम्रो हुँदैमा, फोटो खुइलिँदैमा मेरो बाको महत्त्व कसरी घट्यो मेरै घरमा । ओहो ! कसले राखिदिएछ यसलाई फाल्ने सामानको लिस्टमा । मेरा बाले कति रहर गरेर स्टुडियो जानुभयो होला ! कतिपटक, के मेरो फोटो बन्यो ?, भनेर कामको सिलसिलामा शहर जाने बेलामा सोध्न जानुभयो होला ! लिएर आएपछि आफैँले बनाउनुभएको घर, जुन घरमा मैले मेरो पूरा बाल्यकाल र युवावस्था बिताएँ, त्यो घरको बैठक कोठाको लिउन लगाएको भित्तामा झुण्ड्याउनु भयो होला । त्यही फोटा मैले देख्दैआएको हुँ । मेरा बाको स्मृतिको चिनो । म पुरानो कुरा भनेर कसरी कुनामा थन्क्याउन वा फाल्न सक्छु । बरु नयाँ प्रविधि लगाएर ठूलो बनाउँछु । यसरी बाको फोटो सुरक्षितसाथ राखेँ । पुरानो दराजमा केही लुगाहरू रहेछन् । त्यसमध्ये खुइलिसकेको, भुवाभुवा आएको ‘भी’ सेपको हातले बुनेको स्वेटर रहेछ । यसलाई पनि फाल्ने सूचिमा पो राखेको रहेछ । अति पुरानो, कसैलाई दिइहाले पनि लाउन नमिल्ने भनेर लेखिएको छ । यो त फाल्नै नहुने स्वेटर हो मेरो । नराम्रो भयो,पुरानो भयो, खुइलियो,भुवा निस्क्यो, मलाई ठीक हुनै छोड्यो, अलिअलि च्यात्तियो पनि, तैपनि मैले हरेक साल गर्मी महिनामा सुकाएर पट्याएर सुरक्षित राख्थेँ । के स्वेटरको भौतिक प्रयोग मात्र हुन्छ ? यो स्वेटर त मेरो प्रेमको चिनो । उनले आफ्नै हातले महिना दिन लगाएर बुनेर उपहार दिएकी । मैले बिहे हुनुभन्दा अघिको हिउँद यही स्वेटर लगाएर काटेको थिएँ । त्यो यस्तोबेला थियो जुनबेला मेसिनले स्वेटर बुन्ने चलन आइसकेको थियो । त्योभन्दा अघि त धेरैले ऊन किनेर घरघरमै स्वेटर बुन्थे । जे होस्, यो मेरो विशेष स्वेटर हो, जसलाई म फाल्न चाहन्नँ । यो स्वेटरको बायाँपट्टि अंग्रेजी अक्षर एल पनि बुनिएको छ । हामीले बुनेको मायाको न्यानो अझै छ यो स्वेटरमा । अहँ, यो फालिदैन । एउटा मोटो फाइल, दर्जनभन्दा बढी कापीहरू एउटा कुनामा असरल्ल फालिएको छ । के रहेछ भनेर हेरेको त अपूरा कथा र कविताहरू पो छन्, कुनै दिन यसलाई पुनर्लेखन गर्नुपर्ला भनेर राख्यो राख्यो तर कति वर्षदेखि फेरि पल्टाएर हेरेको छैन । त्यो कागज मिलाउनेलाई के थाहा, ती छरपस्ट कापी र कागजहरू मेरा लागि कति महत्वपूर्ण छन भनेर । हेरेँ , हेरेरै रिंगटा लाग्यो । कहिले मैले यसलाई समय दिने कहिले मिलाउने ? मिलाउँला नि कुनैदिन भनेर राख्यो, फेरि फर्केर हेरिएन । यसपटक पनि फाल्न पनि मन लागेन र दोहोर्याएर हेरेको पनि छैन । तैपनि मैले फेरि सर्सति हेरेँ र राखेँ । यसैमा फेला पर्यो “चौतारो बोल्यो” कविता संग्रह । मेरो पहिलो कविता संग्रहको अन्तिम प्रति । उबेला छाप्ने र बाँड्ने न हो । मेरा प्रकाशक राजन कार्कीले साझा प्रकाशनले वितरण गर्छ भनेर पाँच सय प्रति बुझाएको रे ! बुझाएको बुझाएकै भयो । बाँकी पाँच सय प्रति बाँडेरै सकियो । २०३६ सालमा प्रकाशित त्यो संग्रहको श्रेय त मित्र सम्पादक राजन कार्कीलार्ई नै जान्छ, उनकै जोडबलले जो छापियो । त्यतिखेर १९ वर्षको थिएँ, बागबजार छापाखानामा छापिएको थियो । छापाखानाका साहुजी सारै नरम र हँसिलो हुनुहन्थ्यो । राजनजी स्रोतस्वीनी नामक साहित्यिक पत्रिका पनि चलाउनु हुन्थ्यो । अझ त्यो पुस्तकको मुखपृष्ठ बनाउन जाँदाको स्मृति पनि ताजै छ । म र राजनजी मुखपृष्ठ बनाउन घण्टाघरको अमात्य जिंक ब्लकको कार्यालय घण्टाघर गयौँ । त्यहाँ एकजना कलाकार हुनुहुँदो रहेछ, पातलो ज्यानको । उसो त म पनि पातलै थिएँ । मलाई लाग्छ, ती कलाकार मभन्दा पनि दुब्ला थिए । मुखपृष्ठको कला “चौतारो बोल्यो” कवितामै आधारित भएर बन्यो । जस्तै चौतारो, भाँच्चिएको खुट्टा आदि । अलि मूर्त अलि अमूर्त । कला बनिसकेपछि परिचय गरियो, उनको नाम रहेछ मोहन खड्का, घर रविभवन । उनको नामभन्दा पनि ठेगानाले आकर्षित गर्यो । रविभवन भनेपछि झसङ्ग भइयो, कुन घर ? त्यसबेला यो सडकै सडकमा पनि खासै घर थिएन । घर त गन्न र सम्झन मिल्ने संख्यामा थियो । म नैकाप, राजनजी तीनठाना बस्ने । हामी दुवैजना रविभवनकै बाटो भएर जानुपर्ने । उतैतिरको भन्ने थाहा पाएपछि मोहनले पारिश्रमिक लिन मान्नु भएन, भन्नुभयो– यो मेरो उपहार नै भयो । त्यसदिनपछि मोहनजीसँग मेरो लामो दोस्ती चल्यो, उहाँको अन्तिम दिनसम्म । उहाँमात्र होइन, उहाँको पूरै परिवारसँग सम्बन्ध रह्यो । उहाँले पछि क्यालिग्राफिक स्टुडियो नामक ग्राफिक डिजाइन केन्द्र खोल्नुभयो, जहाँ धेरै लेखक प्रकाशकहरूसँग भेट हुन्थ्यो । अहिले सुन्दर बस्नेतजीको टाइम्स क्रियशन जस्तै । अँ, त्यो कविता संग्रह मसँग भएको अन्तिम प्रति थियो । वास्तवमा त्यो मेरो प्रति पनि थिएन । मैले त्यहीबेला लक्ष्मीलाई उपहार दिएको प्रति थियो । त्यसमा सानो नोट लेखेको थिएँ, “तिमी मेरै हौ म तिम्रै हुँ , यो पुस्तक पनि तिम्रै हो, तैपनि उपहार भनेर दिएको छु ।” यति लेखेर मैले हस्ताक्षर गरेको प्रति मसँग एकप्रति पनि नभएपछि आफैँले हेर्नको लागि लक्ष्मीसँग मागेको थिएँ । उनले पनि उनको दराजबाट निकालेर फोटाकपी गरेर फिर्ता गर्ने शर्तमा दिएकी थिइन् । पुरानो र उबेलै न्युजप्रिन्टमा छापिएको हुनाले अलि खुइलिसेकेको नै थियो । तर आज यो पुस्तक त फाल्ने सामानको लटमा पो राखिएको रहेछ । म कसरी फाल्नसक्छु ? हेर्दाहेर्दै एउटा मोटो गाता भएको मोटो पुस्तक फेला पर्यो । ओहो ! यो पुस्तक त मैले २०३१ देखि २०३३ सालसम्म आइकम पढ्दा किनेको । युवा पाठकहरू तपाईँहरूले भन्नुहोला, के हो आइकम भनेको ? आइकम भनेको अंग्रेजी शब्द त हो, तर त्यसको अनुवाद “म आउँछु” भनेको चाहिँ होइन । त्यतिखेर एसएलसी पास गरिसकेपछि पढ्ने विषयलाई इन्टरमिडीएट इन कमर्श भनिन्थ्यो, त्यसलाई छोटकरीमा आइकम भनिएको हो । जस्तै, आइए भनेको इन्टरमिडीएट इन आर्टस, विज्ञान पढ्नेलाई आइएस्सी अर्थात इन्टरमिडीएट इन साइन्स । कमर्श पढ्दाको मजा र गारो विषय हो लेखा अर्थात एकाउण्ट, बुक किपिंग । त्यतिखेर ब्याट्लिब्वाइले लेखेको भारतमा प्रकाशित पुस्तक सबैभन्दा मोटो नै यही थियो । यो पुस्तक महंगो र नभइन हुने । बडो मुश्किलले किनेको । त्यतिखेर अहिले जस्तो झोलामा पुस्तक राखेर बोक्ने चलन थिएन । हातैमा बोक्ने हो । यो पुस्तक बोकेपछि, पढैयाजस्तो देखिन्थ्यो । त्यो पुस्तक एकपटक सररर… पल्टाएर हेरेँ । पुस्तकभित्र एउटा चिटिक्क परेको पिपलको पात रहेछ । मासु नभएको अस्थिपञ्जरजस्तै पातको भाग नभएको डांठैडांठको बुट्टेदार पात । सम्झें, पहिले पहिले पुस्तकमा यसरी पातको चिनो राख्ने चलन थियो र पुस्तकको बीचमा सहपाठीहरूलाई, म तिमीलाई प्रेम गर्छु, भन्ने सन्देश दिने एउटा बाहाना पनि । उसो त पुस्तक सापटी लिएर वा दिएर प्रेमपत्र नै हातले लेखेर पठाउने पनि चलन थियो । त्यो कक्षामा, त्योबेला, यी कुराबाट अलि अनभिज्ञ थिएँ म । मैले बुक किपिंगको नयाँ पुस्तक किनें र धेरै महिला र पुरुष साथीहरूलाई सापटी दिएँ । तीमध्ये कसैले राखेको होला त्यो पिपलको पात । त्यसरी पात राखेर महिनौंसम्म प्रतिक्रिया कुर्ने पनि चलन थियो अरे । यो कुरा त मैले ५ वर्षपछि थाहा पाएँ । एकजना त्यतिखेरकै सहपाठीमार्फत् । मैले सोधें– “त्यतिखेर नै किन नभनेको त ?” “त्यतिखेर तँ सानै थिइस्, सबै भन्दा कान्छो, पुस्तकमा पीपलको पात र पत्र पठाएको पनि होस् नगर्ने, पत्र पनि थियो त्यो मैले निकालेँ र पत्रको जवाफ मैले नै दिएँ । पीपलको पातचाहिँ तँलाई नै छोडिदिएँ । किनभने, निकालेको भए त्यो पातलो पात बिग्रन्थ्यो । तेरो लबसब गर्ने उमेर थिएन, त्यसैले तैैंले बुझिनस् । तँबाहेक लब गर्न, केटी जिस्क्याउन हामी छँदै थियौं नि !” मलाई त्यतिखेरको पब्लिक युथ क्याम्पस, धोबिचौर, फूल फुलेको सुन्दर बगैंचा, त्यतिखेरको जहिले पनि रिसाएको जस्तो देखिने कडा क्याम्पस प्रमुख ऐश्वर्यलाल प्रधानांग, मेरा सहपाठीहरू एकपटक सर्रर…. याद आए । यस्तो सुन्दर यादको श्रोत त्यो पुरानो पुस्तक फाल्न मन लागेन । #स्नेह सायमि कथाकारले फिर्ता गरिन् बाह्रखरीको पुरस्कार: साहित्यपोस्ट ‘उत्कृष्ट कथा’ प्रतियोगिताकी एक जना प्रत्यासीले बाह्रखरी बुक्सको व्यवहारको विरोध गर्दै आफूले पाउने पारिश्रमिक फिर्ता गरेको घोषणा गरेकी छन् । उत्कृष्ट २५ भित्र परेकी काठमाडौं पेप्सीकोलाकी कथाकार कल्पना श्रेष्ठ ‘कलापुञ्ज’ ले बाह्रखरी बुक्सले विवादित विषयमा कुनै पनि चासो नराखेको र त्यसलाई सामाधान गर्नतिर नलागेको देखेपछि पारिश्रमिक फिर्ता गरेकी हुन् । यसलाई उनले आफ्नो फेसबुकवालमा पनि राखेकी छन् । ‘प्रतियोगिता नै बहिष्कार गर्ने यो मेरो क्रान्तिकारी मनसुवा होइन । स्वच्छ प्रतियोगिताको मापनले मानिसलाई सृजनात्मक बनाउन प्रेरणा मिल्छ ।’ फेसबुकमा श्रेष्ठले लेखेकी छन्, ‘जो कोहीलाई पनि अन्तष्करणले आफ्नै आत्मालाई ठग्नु जस्तो पीडादायी सायद अरु केही नहोला ।’ बाह्रखरी बुक्सलाई इमेलमार्फत् पारिश्रमिक फिर्ताको जानकारी गराएपछि उनले साहित्यपोस्टसँग सम्पर्क गरेकी थिइन् । ‘म बैंकमा काम गर्ने एउटी सचेत महिला हुँ । यो मैले कसैको दवाब र प्रभावमा परेर गरेकी होइन ।’ उनले साहित्यपोस्टसँग भनिन्, ‘साहित्यको गरिमा बचाउनु पर्छ र आयोजक जिम्मेवार हुनुपर्छ भनेर सानो प्रयास गरेकी हुँ । यसो गर्दा मेरो साहित्यिक भविष्य खतरामा पनि पर्न सक्छ तर म मानसिकरुपमा सबै कुराका लागि तयार छु ।’ उनले आफूसँग प्रतिस्पर्धामा सामेल २२ जनामध्ये केहीले पारिश्रमिक फिर्ता गर्न लागेको जानकारी पनि गराइन् । ‘हामी फरक फरक ठाउँबाट त्यहाँ प्रतिस्पर्धाका लागि पुगेका थियौँ, त्यसैले धेरैको धेरैसँग परिचय थिएन । तर यही प्रकरणले केही साथीहरुसँग भेट गरायो । सबै जना असन्तुष्ट हुनुहुन्छ । कोही बोल्न सक्नुहुन्छ, कोही सक्नुहुन्न ।’ उनले भनिन्, ‘यही कारण पनि मेरो ५ हजार रकम फिर्ताको कुरा सानो होला तर यसले ठूलो संकेत गरेको छ, जुन आयोजकले बुझ्नुपर्छ ।’ आफ्नो फेसबुक बालमा पनि उनले आयोजकप्रतिको व्यवहारलाई लिएर असन्तुष्टि पोखेकी छन् । ‘विवादित विषयमा मैले केही निर्णायक मित्रहरुसँग आन्तरिक जिज्ञासा राखेको हुँ । आयोजकबाट चित्तबुझ्दो जवाफ नआएछि मैले यो पुरस्कार नलिने निर्णय गरेकी हुँ ।’ कल्पना कलापुञ्ज युवा पुस्ताकी सक्रिय लेखिका हुन् । उनको सञ्जिवनी नामक उपन्यास शिखा बुक्सबाट प्रकाशित भैसकेको छ । #कल्पना श्रेष्ठ ‘कलापुञ्ज’ #बाह्रखरी जिम्मेवार लेखन र पाठकीय सत्ता: मेरो यो लेख, आफैँप्रति लक्षित छ । भनौँ, यो मेरो, मैसँगको आत्मसाक्षात्कार हो । त्यसैले, अधिकांश लेखकहरू, यहाँ मैले व्यक्त गरेको कुरासँग सहमत नहुने सम्भावना मैले प्रस्टै देखेको भए पनि, निजी अनुभव भएकोले आफ्नै मनोवेगको विचरनका लागि लेखेका हुँ । म भूमिकाहरूमा धेरै नै विभाजित मान्छे हुँ । हुन त सबै मान्छे विभिन्न मोडमा, विभिन्न भूमिकामा विभाजित छ । तर, म यो लेख एक सर्जकको हदमा लेखिरहेको छु, समालोचक वा समीक्षकको हदमा होइन । मलाई मेरा सिर्जनाको प्रेम छ, र त्यो नै मेरो अनुहार हो । मेरो समालोचनाप्रति मलाई कुनै प्रेम वा लोभ छैन, र समालोचक भनिनुमा कुनै सहजता पनि छैन । त्यसैले, यो एक सर्जकको विचार हो । महेश पौड्याल पछिल्लो समय सञ्चार माध्यम तथा सामाजिक सञ्जालामा केही लेखकहरूले, आफूलाई पाठक, समीक्षक, समालोचक र मिडियाले वेवास्ता गरेको भनेर असन्तुष्टि पोखिरहेका छन् । आवरणमा उनीहरूका आक्षेप जेजे भए पनि, सारमा उनका आरोप यी हुन्ः १. हामी अब्बल सर्जक हौँ । हामीलाई पाठक, अन्य लेखक, प्रकाशक, समीक्षक तथा समालोचकहरूले पढेनन् । २. साहित्यमा गुट धेरै भए । गुटका कारण नेपोटिज्म बढ्यो । त्यैले, हामीले हुर्कनै पाएनौँ । ३. साहित्यमा एउटाले गोडमेल गरेर, बोकेर सेना बनाउँछ, र गुणगान गराउँछ । ४. मिडियाले हामीलाई स्थानै दिएन । आफू पनि एक सिकारु लेखक भएका नाताले अन्य लेखकहरूको पीडा र असन्तुष्टिले मलाई पनि स्वतः संवेदनशील बनाएको छ । तर, साहित्यको फाँटमा यस्ता असन्तुष्टि सर्वकालीक हुन् । यी सधैँ रहन्छन् कुनै पनि युगमा, कालमा, समयमा । त्यसैले, यस्ता असन्तुष्टिको अघिल्तिर उभिएर म अचेल दुई विषयमा निर्मम चिन्तन गर्न थालेको छु । पहिलो, हामीले चाहेजति परिमाणमा समयले किन पढिरहेको छैन हामीलाई ? दोस्रो, यी गुनासा सर्वकालीक हुन् यदि भने, हामीले यिनलाई दरकिनार गरेर कसरी अगाडिको बाटो तय गर्ने ? प्रथमतः यत्तिका धेरै असन्तुष्टि बोकेका हामी आफैँ गैरजिम्मेवार र घमण्डी लेखक हौँ । हामीले बुझ्नु त पर्छ नि — कुनै पनि समयमा, कुनै पनि प्राज्ञिक समुदायमा भएका “सबै” मान्छे र सबै “पाठक” निधेष गर्न तम्सिएर बसेको हुँदैनन् । पाठकहरू, समीक्षक, समालोचक र पत्रपरित्रकाहरू पनि आआफ्नै बुझाइ, रुचि, आग्रह, चिन्तन र दर्शन बोकेर बसेका हुन्छन् । आआफ्नो रुचिको विषय किन्छन्, पढ्छन् । एउटा सर्जकको लेखनमा साँच्चै नै कुनै विलक्षणता छ भने, यसै समुदायको कुनै न कुनै घटकले उसको विलक्षणताको पहिचान गर्दछ, र उसलाई जीवित राख्दछ । तर, कतैबाट पनि त्यस प्रकारको सम्बोधन भएन भने, त्यसका दुई कारण हुन्छन्— कि सिर्जना नै दुर्वल छ, कि त त्यसलाई समाजसामु सम्प्रेषण गर्ने माध्ययम गलत छ, र त्यो पुग्नुपर्ने ठाउँमा पुग्दै पुगेन । मेरो सिर्जनाका सन्दर्भमा म यी दुवै कुरामा प्रस्ट र विश्वस्त छ । हामीले पाठक समुदायलाई सत्तोसराप गर्नुमा कुनै पनि तुक छैन । एक गैरजिम्मेवार लेखकको स्वभाव हो त्यो । भोलि पनि हामीलाई चाहिने पाठक समुदाय त्यही वा त्यस्तै होइन ? आज यति अभद्र बनेर प्रस्तुत भएपछि भोलि पाठकले के कारणले पढ्ने हामीलाई ? दोस्रो, हाम्रो सिर्जना सम्प्रेष्य भएन, बजार पाएन, उचित प्रोत्साहन पाएन, चर्चामा गएन वा ध्यान तान्न सकेन भने, एउटा सर्जक आफूतिर बढी फर्केर आत्मचिन्तन गर्नु जरुरी छ । उदाहरणका लागि, हामी कवि हौँ भने, र कविता लेखिरहेका छौँ भने, आफूलाई सोध्नु जरुरी छ दुई प्रश्न । एक, पाठकले हाम्रो सिजना किन पढ्ने ? र, दुई, आफू बौद्धिक आवाज हुँ भन्ने कुरा समाजमा स्थापित गर्नलाई मैले केके गरेँ अहिलेसम्म ? कविलाई उदारणका रूपमा राखौँ । हाम्रो त्यो समय र जमाना होइन, जब पाठक र लेखक दुवैको सङ्ख्या समीति थियो, पाठकको ज्ञानतन्त्रमा पहुँच पनि सीमित थियो, र साहित्यको नाममा, हाजमोलाले जस्तो जो आयो त्यही पचायो गर्थे सबै । अचेल, हरेक पाठक सचेत छन्, बौद्धिक छन् । ऊसँग विश्वकै ज्ञानकोशसँग सिधा जोडिने सामथ्र्य छ । ऊ, विविध पनि छ, विभाजित पनि बढी छ । उसको रुचि र चाख पनि उसै गरी बाँडिएको छ । यस्तो स्थितिमा उसले, आफूले पढ्ने लेखकलाई सयौँ कोणबाट मूल्याङ्कन गरेरै मात्रै पढ्न । उसको मूल्याङ्कनमा हामी खरो उत्रन सकेनौँ भने पढ्दैन । हामीले भ्रमको खेती गरेर अब पाठक अल्मल्याउन सक्ने समय छैन । हामी कविता लेखिरहेका छौँ भने, हामीलाई पाठककले, कम्तीमा चार कोणबाट मूल्याङ्कन गर्छ । उसले सोध्छ— १. तपाईं कवि । तपाईंलाई विश्व कविता, काव्यिक आन्दोलन, तिनका सैद्धान्तिक विकास, तिनका क्रमिक रूपमा आउँदैगरेका परिवर्तनहरूका बारेमा के कति थाहा छ ? कति पढ्नुभाछ ? छैन भने, तपाईँसँग स्वरूप र कथ्य दुवैको पुनरावृत्ति गर्ने सम्भावना हुन्छ, जसले गर्दा पाठकको नजरमा तपाईं बासी र असान्दर्भिक ठहरिनु हुने छ । अथवा, तपाईंको कविता निजी भावना हो, र त्यस निजी भावनामा पाठकले आफ्नो पनि भावको समानधर्मिता भेटेन भने पढ्दैन । २. तपाईं नेपाली कवि । नेपाली कविताको ऐतिहासिक विकासक्रसँग आफूलाई कतिको परिचित गराउनु भाको छ ? छैन भने, तपाईंको असान्दर्भिकता स्वतः सिद्ध हुन्छ । ३. तपाईं आजको समयको कवि । आजको विश्व कहाँ खडा छ ? आजको समयका अनौपचारिक तर मानव–हितका निर्देशक सिद्धान्त केके हुन् ? विश्वको इतिहासमा, राजनीतिमा, विज्ञानमा, वातारवरणमा, वा ज्ञान र अध्ययनका अन्य आयाममा केके भइरहेको छ ? त्यसको पनि तपाईंलाई आधारभूत कुरा थाहा छ भन्ने कुरा तपाईंले पाठकसामु प्रमाणित गर्नुभाको छ ? छैन भने, तपाईंको ज्ञानमाथि पाठकको प्रश्न र शङ्का हुन्छ । त्यसैले, तपाईंलाई उसले पूर्ण रूपमा पढ्दैन । समालोचक रेमण्ड विलियम्सले भनेजस्तो, समयको पनि मुड हुन्छ, मनस्थिति हुन्छ, त्यसको एक मूल सांस्कृतिक भँगालो हुन्छ, र अनुभूतिको आफ्नै संरचना हुन्छ । विश्व तथा राष्ट्रिय परिवेशसँग परिचित नभएको कविले उक्त संरचना समात्न सक्दैन । त्यसो भयो भने पाठकले पढ्दैन । ४. कवितामा कुराको, बिम्बको र प्रतीकको पुरानावृत्ति अति नै पट्टयारलाग्दो हुँदै गएको सत्य हो । यस स्थितिमा, प्रत्येक कविका लागि विशेषज्ञताको कम्तीमा एउटा क्षेत्र चाहिएकै छ, जहाँबाट उसले नयाँ कुरा प्रशोधन गरेर ल्याउन सकोस् । तपाईंको विशेषज्ञता वा गहन अध्ययनको “अर्को” क्षेत्र कुन् हो ? कि, कुनै पनि छैन ? छैन भने, नयाँ कुरा आउँदैन । पाठकले पढ्दैन । हरेक पाठक, समीक्षक र समालोचक राम्रो सिर्जनको खोजीमै हुन्छ । त्यो उसका लागि पनि खुसीको कुरा हो । एउटा प्राप्ति हो । कोही कसैको दुस्मन होइन । सबैलाई सुन्दर साहित्यको रसपान गर्ने अभिलाषा हुन्छ । तर पनि, कहिल्यै उसको रोजाइमा परिएन भने, समस्या आफूमा नै छ, उसमा होइन । यस कुरामा म प्रस्ट छु । सञ्चारमाध्यमको प्रश्नमा— म आफू थुप्रै संचारमाध्यमको छनोटबाट बाहिरिएको छु । मेरा धेरै धेरै रचना रद्दीको टोकरीमा परेका छन् । मैले हरेकपल्ट सोचेको छु — मेरो साधना पुगेन, स्तर पुगेन, ध्यान पुगेन । होला, कतिपय पत्रिका सन्दर्भमा पूर्वाग्रह भयो होला । उक्त पत्रिकाको सम्पादक अथवा संयोजकको गुड बुकमा म परिनँ होला । तर, त्यो अपवदा हो । सबैसँग दुस्मनी त कहाँ हुन्छ ? धेरैतिरबाट बन्देजमा पर्नुभनेको मेरो लेखनको दुर्वलता हो । अर्को तरिकाबाट पनि सोच्नुपर्छ । कुनै पत्रिकाले रचना छापिदिएरै मात्रै कवि वा साहित्यकार भइन्छ भन्ने समय गयो । उहिले उहिले, रचना, रूपरेखा, अभिव्यक्ति, रचना गरिमा, मधुपर्क आदिमा छापिएपछि कवि होइने चलन थियो । हाम्रो समयमा पनि कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, नागरिक आदिमा छापिएपछि लेखक होइन्छ भन्ने कतिपयको विश्वास छ । तर, यो सत्य होइन । यिनमा छापिए पनि, अन्त्यमा त्यो फोटो बनेर, लिङ्क बनेर आइपुग्ने फेसबुकमा वा ट्विटरमा हो अचेल । फेसबुक वा ट्विटरबाटै पढिन्छ, सेयर गरिन्छ । प्रतिक्रिया पनि त्यहीँ दिइन्छ । त्यसैले, पत्रिकाले छापेन भन्ने गुनासो गरिरहनुपर्ने समय पनि होइन यो । सबै लेखक, अचेल, आफैँ पनि सञ्चारमाध्यम । सबै सम्पादक । सबै प्रकाशक । रोइलो किन ? फेरि अधिकांश पत्रिका नाफामुखी र व्यवसाय हुन् । उनको आफ्नै आग्रह छ । आफ्नै लेखकको समुदाय छ, सम्प्रदाय पनि छ । मुद्दा वा एजेन्डा छन्, जसको निकट लेखक तान्छन् । तर, पत्रिकैमा छापिएर लेखक होइन्छ भन्ने जमाना नै होइन । यसमा धेरै चिन्ता लिइरहनुपर्ने जरुरी छैन । भोलि संचारमाध्यमले आफैँ खोज्दै आउनुपर्ने हैसियत आफूले बनाउनुपर्ने हुन्छ । आखिर, उसलाई पनि त राम्रो सामग्री चाहिएकै हुन्छ ! नत्र, उसको पनि त पब्लिक रेटिङ घट्छ । घटेकै छ । नाम नलिऔँ, कतिपय दैनिक पत्रिकाको पाठकसङ्ख्या घटेर अचेल केही सयमा सीमित हुन पुगेको छ । कहिले बन्द हुन्छन् यस्ता पत्रिका, थाहै छैन । कतिपय बन्द हुन पनि थालिसके । आफैँ रुग्ण छन् । तिनलाई के भन्ने? फेरि, त्यहाँ डेस्कमा रहेको संयोजकको जागिर आफैँ अस्थायी छ । एक अस्थायी व्यवस्थामाथि स्थायी धारणा टाँसेर आफैँलाई दुःखी बनाइरहनुभन्दा भोलि पनि उज्याले हुन्छ, र एउटा नयाँ घामको उदय हुन्छ भन्ने कुरामा मलाई मेरै मनले विश्वास गर्न सिकाइरहेको छ । अब आयो कुरा गुट वा नेपोटिज्मको । गुटहरू हुन्छन्, किनकि हाम्रो एउटा स्वभाव हुन्छ, बानी हुन्छ, आग्रह हुन्छ, दुव्र्यसन हुन्छ, चिन्तन् हुन्छ, राजनैतिक झुकाव हुन्छ, भन्न मिल्ने प्रकृति हुन्छ, भन्न नमिल्ने सन्दिग्धता हुन्छ । हामी विशुद्ध लेखक भए त नहुनुपर्ने नि त, यी सबै । किन भए त ? किनकि, हामी लेखक पनि मान्छे हौँ र मान्छे हुनुका सतगुण वा दुर्गुण हामीसँग पनि हुन्छन् । र हाम्रोे जस्तो बानी र सोच छ, त्यस्तै साथी हुन्छन् । हामी पियक्कड हौँ भने, साथी त्यस्तै । हामी अन्य कुराका दुव्र्यसनी हौँ भने, हाम्रो समूह त्यस्तै । माक्र्सवादी हौँ भने त्यस्तै । जातिवादी हौँ भने, यस्तै । होइन, गुट हुनुहुँदैन भन्ने हो भने, हामी आफ्ना सबै गुण र अवगुण फुकालेर विशुद्ध लेखकमात्रै बनेर प्रस्तुत हुन सक्छौँ ? सक्दैनौँ भने, हामी गुटका सदस्य बनिरहनु अवश्यम्भावी छ । सक्छौँ भने, हामीले एक्लै हिँड्ने आँट गर्नुपर्छ । त्यस्तो एक्लै हिँड्ने आँट भएको सर्जक, वास्वतमा सही सर्जक हो । उसलाई न गुट चाहिन्छ, न समूह । उसलाई आफ्नै सिर्जनाप्रतिको आत्मविश्वासले कालजयी बनाउँछ । हामी गुट बनाउने पनि, देख्ने पनि सबै सबै खण्डित लेखक हौँ । हामी क्षेत्रका, जातका, पार्टीका, लिङ्गका, वर्गका, मुद्दाका सैनिक हौँ । म पनि । अनि, हामी सबैका आआफ्ना गुट हुँदैनन् ? यत्ति हो — गुटलाई लोकतान्त्रिकरण गरौँ । उदार बन्न सिकाऔँ । अन्य स्वभाव र विचारका सर्जकलाई निषेध गर्नुहुँदैन भन्ने संस्कार सिकाऔँ । एकअर्काका कमजोरीमा निर्मम बनौँ, र सच्याऔँ । अनि हुन्छ काम । नत्र केही पनि हुँदैन । यति कुरा मेरो आत्माले मलाई बताउन थालेको छ अचेल । जहाँसम्म नेपोटिज्मको प्रश्न छ — नेपोटिज्म त छ । तर त्यो पाठकले गर्ने होइनन् । त्यसले लेखकको लोकप्रियता कतै पनि रोक्दैन । नेपोटिज्म गर्ने भनेको — सरकार, प्रतिष्ठान, गुठी, संस्थान, संस्था वा संगठनले दिने पुरस्कार, सम्मान, प्रतिनिधित्व, नियुक्ति आदिमा हो । प्रतियोगिताहरूमा हो । पाठ्यक्रमहरूमा हो । प्रकाशनहरूमा हो । होस् । यो दुःखद हो । पीडादायी कुरा हो । तर पनि, यसैमा दुखेसो गरिरहेर के हुन्छ ? कति वर्ष कराउँदा सच्चिन्छ प्रज्ञाप्रतिष्ठानको प्राज्ञ नियुक्तिको प्रक्रिया ? प्रतिभा पुरस्कारको छनोट विधि, मोती पुरस्कारको कसी ? जति कराए पनि सञ्चिदैन । कराउन पनि छोड्नु हुँदैन । आफ्नो सिर्जना यात्रा, पाठकको हृदय जित्ने उपक्रम पनि छोड्नु हुँदैन । पाठकको सत्ताभन्दा ठूलो, एउटा लेखकका लागि अर्को सत्ता छैन । र, पाठक कमाउने काममा नेपोटिज्मले छुन पनि सक्दैन । अब, यस प्रकारका भाँडस पोख्ने हामी गैरजिम्मेवार लेखक हौँ भनेको कुरामा फर्किन्छु । त्यसलाई पुष्टि गर्छु । विरोधमा उभिइदिन, विद्रोह गरिदिन, भएन भन्दिन, औँलो उठाइदिन — सजिलो छ । खरो पनि होइन्छ, बलियो पनि । तर, सिर्जना ? कुरा छुट्छ । एउटा जिम्मेवार लेखकले, माथि सोधिएका तमाम प्रश्नका उत्तर आफूभित्र खोज्छ । उससँग, अन्य दसजना कविहरूलाई प्रेम गरेर, साथ लिएर, प्रोस्तसाहन दिएर, अगाडि ल्याएर, कवि व्यक्तित्वको निर्माणमा योगदान दिएको अनुभव हुन्छ । बजारमा, फलानाले साथ र सहयोग दिएर हामी अगाडि बढ्न सक्यौँ भनेर खुल्लमखुल्ला भन्न सक्ने दसौँ सर्जक हुन्छन् । पक्का हुन्छन् । कतै सिन्को भाँचेका छैनौँ भने हुँदैनन् । एउटा जिम्मेवार लेखकसँग, पाठकले देखाएको ऐनामा काम गर्ने धैर्य र आत्मविश्वास हुन्छ । ऊ, गुट, उपगुट र व्यवस्थाले जति उपेक्षा गरे पनि, पाठकहरूसँगको सिधा सम्बन्धमा निकै लोकप्रिय हुन्छ । ऊ, क्षणिक सोच्दैन । ऊ दूरगामी सोच्छ । म यो जातको, क्षेत्रको, लिङ्गको, धर्मको वा वर्गको भएकोले कसैले अगाडि आउन दिएनन् भन्नेजस्तो रोइलो गरेर ऊ भिक्टिम कार्ड खेल्ने मान्छे होइन । यी तमाम कार्ड राजनीतिमा काम लाग्छन्, तर साहित्यमा लाग्दैनन् । पाठकको जात हुँदैन । त्यसैले, लेखकको पनि जातको कुनै सान्दर्भिकता हुँदैन । पाठको बृहत्तर समुदायले जातका आँखाले हेर्दैन हामीलाई । अँ, मुद्दामा लेखेको हो भने, त्यस मुद्दाले जोडेका केही पाठक र त्यसलाई सम्बोधन गर्नुपर्ने सरकारबीचको कुरा हो त्यो । बृहत् सामाजिक सरोकारको विषय हो भने, सिर्जनाको कलापक्षभन्दा पनि, उठाइएको मुद्दाको कथ्यपक्षले ध्यान तान्छ, तानिनु पनि पर्छ । तर, उक्त मुद्दा वा एजेन्डा सम्बोधित भएको भोलिपल्ट उक्त सिर्जनाको सान्दर्भिकता रहँदैन । त्यसमा, उक्त लेखक पुनः पाठक र प्राज्ञिक समुदायमाथि खनिनुको कुनै पनि तुक हुँदैन । सारमा — हजार असन्तुष्टिका पुलिन्दा बनेर बाँचेका हामी धेरै लेखकहरूसँग कुनै पनि दृष्टि छैन । केवल कुण्ठा छ हामीसँग । अस्तु । #महेश पौड्याल हामी आफ्नै संसारमा रमाइरहन्छौ: नूरन राई “जुदु” लामलश्कर लागेर हिडिरहेका बिद्यार्थीहरुको झुन्डमा म पनि हिडिरहेको हुन्छु ठीक साडे आठ बजी बिधालयको गेटमा बिद्यार्थीहरु अनि अरु-अरु म पनि त्यहाँ उभेको हुन्छु। अहो! कति मनोहर दृश्य हेर हेर कोहि गाडीबाट उत्रन्दैछन, अनि कोहि उतार्दैछन्, कति राम्रा र बलिया बिद्यार्थीहरु चिटिक्क युनिफर्ममा सजिएर असहाय कलिला हातहरुबाट आफ्नो स्कुल ब्याग र खाजाहरु थुत्दै स्कुल गेटभित्र पसेपछि उसकै ब्याग बोकिदिने ती कलिला असहाय साथीलाई गेटबाहिर नै छाडिराखेर “बाइ बाइ” भन्दै गरेको म खुबै चाख मानेर हेर्दैछु। तब सुट-टाइ र रङ्ग-बिरङ्गी साडीहरुमा सजिएका सर र मिसहरुलाई म जत्रै मेरो साथीले “गुड मर्निङ्ग सर” “गुड मर्निङ्ग मिस” भन्दै अङ्ग्रेजीमा कुरा गरेको सुन्दा आह! म कति आनन्दित छु र चकित पनि छु। कसरी? हन कसरी बोलेको होला हौ अर्काको भाषा त्यसले? कसरी जानेको हौ अङ्ग्रेजी कुरा म जत्रै त्यो मान्छेले? मैले चाहिँ किन नजानेको होला भनी आफै सोचिरहन्छु अनि यसरी सोच्दासोच्दै एउटा यस्तो उत्तर आफैमा पाउँछु ए….साच्ची अङ्ग्रेजी बोल्न त सुट-टाइ पो लाउनुपर्छ होला है, स्कुल पो धाउनुपर्छ होला है। यसरी यस्तो सोच्दासोच्दै कल्पनाको यानमा उड्दाउड्दै मभित्र एउटा स्फुर्ती संचारित हुन्छ अनि यस्तै कल्पनामा उड्दाउड्दै साथीको ब्याग बोकेर हिड्दाहिड्दै साथीसितको मेरो सिमित यात्रा स्कुलको गेटसम्म पुगेर टुङ्गिन्छ। तब स्कुल ड्रेसमा सजिएका साथीहरू स्कुलको गेटभित्र पसेपछि मेरो अर्कै साथीहरू हुन्छ मेरो अर्कै संसार हुन्छ। हामीले बोकिल्याएका स्कुल ब्याग र खाजाहरु गेटभित्रका साथीहरूलाई थम्याएअपछि हामी गेटभाहिरकाहरु कोहि चेखवको बान्का भएर कोहि स्लमडगका जमाल र सलिमहरु भएर अझै कोहि राज सरको काली केटी भएर चाचा नेहरुको न्यानो काख खोज्दै मदर टेरेजाको प्रेमिलो स्पर्श खोज्दै खेतबारीको कान्ला-कान्लामा मालिक हजुरको चोठा-कोठामा आफ्नो भविष्य खोजिरन्छौ सुनौलो भाग्य कोरिरहन्छौ दिवास्वप्नमा घोरिरहन्छौ अनि यसरी स-साना हामी आफ्नै संसारमा रमाइरहन्छौ। दार्जीलिङ आस्था/अनास्था: मिलन कुमार बान्तवा ( राई) युगौं देखि समाधिस्थ ढुङ्गामा कसैले प्राणजस्तो केही हालिदिएपछि मूर्तिमा कसैले हृदयजस्तो केही भरिदिएपछि उभिरहेछ या बसिरहेछ एउटा असहाय बिचरा निर्धो ईश्वर! पूजारीहरूका लोभी आँखाहरू बाजको चालमा पल्याकपुलुक हेर्दै थिए त्यही हूलमा फेरि कतिका कामुक आँखाहरू एकदेखि अर्को यौवनतर्फ फालाकफिलिक गर्दै थिए तर अँहँ देखेन कसैले पटक्क मेरो ईश्वरले देख्न नसकेका सोचेर, सम्झेर गरेका अनगन्ती पापहरूको या त सुनियोजित तरीकाले गरेका अक्षम्य घोटालाहरूको अर्थात् दूधमुखे बालकहरूको भाग्यमा लात मारेर आफ्ना खल्ती भरेका अपराधहरूको त्यो पनि होइन भने एउटी असहाय अबलाको निर्ममतापूर्वक बलात्कार र हत्यापछि प्रायश्चित्त गर्न आइपुगेका अनेकौं पापी हृदयहरूको ताँती मन्दिरकै वरिपरि। नसोचीकन नै पुगेछु म पनि त्यही ईश्वरकहाँ प्रेमको पाठ सिक्न भनी नबुझीकन नै पुगेछु म पनि त्यही ईश्वरकहाँ आफ्नो भाग्यको उँचाइ नाप्न भनी। तर कस्तो विडम्बना नि! मेरो ईश्वरको नगीच पुग्नसाथ म त निख्रिएँ म त प्रेमशून्य पो भएँ भाग्यहीन बटुवाझैँ एकलास बाटोको एकलो यात्री पो भएँ अल्पिए मेरा सहयात्रीहरू हराए मेरा तमाम आफन्तहरू बिलाए मेरा जहान बालबच्चाहरू यसरी म एकलो एकलो भएँ यसरी म दुनियाँदेखि बेग्लो बेग्लो भएँ। तरै पनि छ नि आस्था त ईश्वरमाथि त्यो त कहिल्यै मर्ने होइन तरै पनि छ नि विश्वास त ईश्वरमाथि त्यो त कहिल्यै ढल्ने छैन मैले त केवल ढुङ्गामा ईश्वर छैन भनेको ईश्वरभित्र ढुङ्गा छैन भनेको आस्थाको दीयो निभाउने निकृष्ट पूजारीहरूमा धर्म छैन भनेको विश्वासको पर्खाल तोड़्ने हृदयहीन ढुङ्गामा ईश्वरको कुनै चिह्न नै छैन भनेको। शताब्दीको पुरुष: सूर्यको उज्यालोलाई छेकेर एउटा बन्द कोठामा मेरो लोग्ने भनौंदो प्रवेश गर्छ म सुत्ने ओछ्यानमा र, मुस्कुराउँछ छेउमा आइपुग्छ शरीर मन आत्मासम्मको कुरा गर्न थाल्छ मेरो आलिंगनमा टाँसिन आउँछ अनि एउटा मीठो चुम्बन दिन्छ त्यसपछि औधी प्रेम गर्छ भुल्दै जान्छ परमात्माको प्रेमबाट अर्कै लोकमा गएको अनुभव गर्छ ऊ । सुम्सुमाउँछ छामछुम गर्छ केही समयपछि संभोग गर्छ र, उसको विर्यबाट मेरो पेटमा गर्भधारण हुन्छ म गर्भवती हुनेछु सारा प्रसव पीडा सहेर जन्मिन्छ नवजात शिशु जो आजको युगलाई परिवर्तन गर्न सक्छ विपी जस्तो पनि हुन सक्छ महात्मा गान्धीजस्तो पनि हुन सक्छ जे होस् यो युग परिवर्तन भएर नै छाड्छ त्यसैले त्यो बन्न सक्छ शताब्दीकै एकमात्र युगपुरुष । #अमित संग्रौला #शताब्दीको पुरुष समय र तिमी: म सानो हुँदाको झन सानी तिमी तिमी सानी हुँदाको केही ठूलो म । त्यो अपरिपक्व समयको परिपक्व आकर्षण यो परिपक्व समयको अपरिपक्व प्रेम । त्यो अपरिपक्व समयको परिपक्व आकर्षणमा ति अपरिभाषित सम्बन्धका आत्मिय भावहरूमा ति मीठा स्पर्षका संकोचहरूमा ति ढल्दै गरेका बसन्तमा तिनै बसन्त नियाल्दै तिमी सोध्ने गथ्र्यौ, वसन्त कहिले आउँछ ? म सम्झन्छु ! त्यो अपरिभाषित सम्बन्ध त्यो अघोषित प्रेम त्यो वाल्य मिलनका अतृप्त उन्मादहरू तिनै मिलन सँगका विछोड र, ति विछोडमा अनायासै झरेका केही थोपा आँसु अनि आँसु सँगै बगेका कयाँै भावनाहरू मलाई भन्नु छ तिमीसँग समय सँगै बदलिएका तिम्रा स्वघोषित आधुनिक विचारहरूसँग तिम्रो मुस्कानमा अडिएको मेरो सन्तुष्टीसँग समयका अन्तरालले जन्माएका प्रेमका नयाँ परिभाषाहरू सँग मलाई भन्नु छ, हो मलाई भन्नु छ प्राकृतिक फन्को सँगै वर्षेनी फेरिने नयाँ पालुवाहरू सँग आउँदैन मेरो बसन्त । तिमिलाई थाहा कहिले आउँछ मेरो बसन्त ? त्यो ढल्दै गरेको बसन्त सँगसँगै हुर्किदै गरेको गृष्ममा प्रचण्ड तापसँगको निसास्सिने वायुमण्डलबाट तिमीलाई स्पर्श गरेर निस्केको तातो वायु तिम्रो स्निग्ध चेहरा हुँदै मसम्म आइपुग्दा बसन्त आउछ । तिम्रा तिनै अबोध चेतनाका अनुत्तरित चेतनशील प्रश्नहरूले मेरा मौनतामा लुकेका असिमित प्रेमहरू तिम्रा चक्षुमा टल्किँदा बसन्त आउँछ । #विनोद भट्टराई #समय र तिमी उज्यालोतिर: हेरिरहेछु युगको पेण्डुलमलाई नियार्दै क्षणहरूका दिनचर्या । गुफाभित्रबाट निस्सासिँदै कालचक्रको विषालु पथलाई पर सार्दै सर्प बेरिएका शरीर लिएर स–साना कागजका नौकाहरू अन्धकारको बहावले धकालिँदै अग्रसर छन् । बाटो बिराएका जुनकीरीहरू अँध्यारोका सुसेलीलाई नै बाटो ठान्न बाध्य छन् । अन्धकारले सिकाएको कोरियोग्राफी हात खुट्टाहरूमा उनिएर मनभित्रको समाजतन्त्रमा तलमाथि गरिरहँदा जिब्रोमा प्राण चेपेर बसिरहेछ समय। पर्खाइको उपवास सहेर बसिरहेको भुइँको शरीर अनि अनन्तताको त्रिभुजमाथि घर बनाएको यौटा पार्थिव निद्रा माटोको तल्लोपेटमा प्रहार गरी मृत्युको रिहर्सलमा व्यस्त छ । म भने पर्खाइमा छु समयको नाडीमा बाँधिने एउटा रूद्राक्षको । #उज्यालोतिर #बिलोक शर्मा डम्बरको गीत: चन्द्रसूर्य झण्डा फरर मेची महाकाली जय जय नेपाल जय जय नेपाली ।। जहाँ जन्मेँ त्यहीँ फुलेँ यो मेरो प्यारो नन्दन खाऊँ सञ्जीवनी बुटी, लाऊँ यहाँकै चन्दन हे आमा, मल यहीँ जल यहीँ, बनूँ मैँ माली जय जय नेपाल जय जय नेपाली ।। किन जन्म्यौ भनी कसैले सोधे जन्मेँ मर्नलाई मर्नुअघि जन्मभूमिका लागि केही गर्नलाई हे आमा, हासूँ यहीँ नाचूँ यही, बजाऊँ मै ताली जय जय नेपाल जय जय नेपाली ।। #डम्बर बिकेल पाकिस्तानी कवि फना सेयदको कविताः 'समय': विगतका प्रत्येक स्मृतिहरू अदृश्य समयको गहिरो कुवाभित्र रहन्छन् सुषुप्त धेरै केही पलका प्रकाश किरणहरू छोपिएका छन् कुनै सुनौली गलबन्दीभित्र तीमध्ये केही प्रतिविम्बित गर्छन् पीडाका केही अमिट तस्बिरहरू र अङ्कित हुन पुग्छन् आँखाको भुँवरीमा नाच्दै हृदयको सिलोटमाथि । प्रकाश र छायाँको यो खेल वर्तमानका प्रत्येक क्षणले हेरिरहन्छन् पीडाका भीमकाय चट्टानहरू सान्तवनाका मृदुल प्रकाश किरणहरू भविष्यलाई तुलोमा राख्छन् र जोखिदिन्छन्.. ! एउटा फकिरजस्तै तुवाँलोमा बेरिएर समयको यस कालो कुवाभित्रबाट चिहाउँछ विगत । वर्तमानका प्रत्येक पलहरू हेर्छन र चिन्तन गर्छन् । अनुवादक – महेश पौड्याल #परविन फना सेयद जन–आन्दोलनको भार काँधमा बोकिहिँडेको एक कविता: आन्दोलनमा कविता प्रयोग हुनु स्वाभाविक नै हो । इतिहासको पाना पल्टाउने हो भने कविताले नै आन्दोलनको प्रतिनिधित्व गरेको पाइन्छ । कविता कसैको लागि अस्त्र बन्न सक्छ, कविता कसैको लागि उत्प्रेरणा बन्न सक्छ । समाजमा कवितालाई हेर्ने दृष्टि फरक रहे पनि वास्तवमा कविता समाजको ऐना नै हो । जब कसैले अग्रसर भएर आफ्नो कुरा राख्न सक्दैन, त्यहाँ कविताको सहयोग लिइन्छ । सरकारलाई प्रश्न गर्न होस् वा सत्ता नै च्यूत गराउन किन नहोस्, त्यहाँ कविताको भूमिका निकै गहिरो रहेको पाइन्छ । कविताले कुनै युग, कुनै सत्ता, कुनै समय, कुनै आन्दोलन वा कुनै परिवर्तनको प्रतिनिधित्व गर्दछ । कवि श्रवण मुकारुङ कविता बिसे नगर्चीको बयान वाचन गर्दै श्रवण मुकारुङ को बिसे नगर्चीको बयान नामक कविताले वि.सं २०६२ सालबाट नेपाली कविता जगतमा राम्रो हस्तक्षेप राख्दै आएको छ । यही स्थान किन र केका लागि पाएको थियो ? भन्ने प्रश्न पनि मुख्य रहन्छ । आन्दोलनताका लेखिएका कयौँ कविता पाठकको मस्तिष्कमा मृत भइसेकेका छन्, तर आन्दोलनताका नै लेखिएको यस कविता भने किन मान्छेको मस्तिष्कमा जीवित छ ? हामी बिसे नगर्चीको बयानमा के छ भन्ने कुराको खोज गर्नेछौँ । यस कविता नै ६२ र ६३ आन्दोलनको प्रतिनिधि कविता बनेर किन उभियो ? प्रस्तुत छ कविता बिसे नगर्चीको बयान – बिसे नगर्चीको बयान मालिक ! म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने अढाई सय वर्षपछि आज के भयो मलाई ? यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झुप्रो न हो जलाइएको यतिमै यो बिसे उफ्रिनुपर्ने ? थुइक्क बिसे । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ नर्सिङ्गा फुक्न र सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्दिनँ मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए ? हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरूप भए ? यो दरौँदी किन उल्टो बगेको देख्छु ? यो दरबारै किन खण्डहर जस्तो देख्छु ? म बौलाएँ मालिक ! म बौलाएँ । मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल ? भ्रममा परेँ म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ? भ्रममा परेँ म यस राज्यलाई प्रजाले बनायो कि राजाले ? भ्रममा परेँ म अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु ? म केवल बौलाएँ मालिक ! बौलाएँ । हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला मालिक ! मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे? मैले खोज्न चाहेँ हुँला मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुन सक्छु ? म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ । वि.सं २०६२ र ६३ को जन–आन्दोनलाई नजिकैबाट हेर्नेहरूलाई यो कविता पक्कै पनि मस्तिष्कमा याद बनेर रहेको हुनुपर्दछ । यो कविता वि.सं २०६२ सालमा सुरुको आन्दोलनलाई भरछेक गर्नको लागि लेखिएको थियो । आन्दोलनको समयमा स्वतन्त्र रेडियोमाथि दमन भइरहेको बेला “स्वतन्त्र रेडियो बचाऊ अभियान” कार्यक्रममा कविहरूलाई कविता लेख्न अनुरोध गरियो । त्यही अनुरोध कवि श्रवण मुकारुङलाई पनि पुगेको थियो । कविले अनुरोधलाई स्वीकार्दै बिसे नगर्चीको बयान शीर्षकमा कविता लेखे र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनले पहिलोपटक बिसे नगर्चीको बयान कविता सुनाएका थिए । कवि भन्छन्– “मैले बिसे नगर्चीको बयान कविता जन–आन्दोलनको संघारमा नै लेखेको थिएँ ।” श्रवण मुकारुङ कविहरूलाई एकाबद्ध हुनको लागि आह्वान नगरिएको भए सायदै यस कविताको जन्म हुन्थ्यो या हुँदैन थियो, कवि यसै भन्न सक्दैनन् । उनको बिसे नगर्चीको बयान शीर्षकमा नै उनको कविता सङ्ग्रह प्रकाशित छ । र पछिल्लो समयमा अत्याधिक बिक्री हुने मध्ये उनको यस सङ्ग्रह पनि पर्दछ । कवि भन्छन्–“मैले यस कविता लेखेपछि यस कवितालाई कतिपटक वाचन गरेँ, मलाई थाहा छैन ।”, उनले यस कविता सयौँपटक सुनाएका छन् । जसको लेखाजोखा छैन । आन्दोलनको समय यस कविता नेपालका सबै पत्रिकामा प्रकाशित भएको थियो । आन्दोलनमा उनको यस कविता पम्पप्लेटको रूपमा पनि प्रयोग भएको थियो । टि–र्सटमा यस कवितालाई प्रिन्ट गरेर प्रयोग भएको पनि कविलाई सम्झना छ । बिसे नगर्चीको बयान कविता बोकेर कवि देश विदेश कविता सुनाउन पुगेका छन् । नेपालकै धेरै जिल्लामा उनको एकल कविता वाचन कार्यक्रम आयोजना भएको छ । अहिले जसरी टिकट काटेर कविता सुनाउने चलन बढिरहेको छ, त्यसको बीजारोपण भने कवि श्रवण मुकारुङले नै गरेका थिए । यस कविताले लोकतन्त्र माग्ने जनतालाई आन्दोलनको समयमा एक भाषा दिएको थियो । मान्छेहरूले यसै कविताको भाषामा उभिएर आफ्नो आवाज प्रस्तुत गरेका थिए । प्रस्तुत कविताको बारे मदन पुरस्कार विजेता दिनेश अधिकारी भन्छन्–“यस कविताले दुई कुरा बोल्दछ । पहिलो कुरा के हो भने, यस कविताले आदिवासीको आवाज दिएको छ । एकताको धागो यस कविताले बोलेको छ भने अर्को कुरा समाज परिर्वतनको सन्देश दिएको छ ।” बिसे नगर्चीको बयानका कविको नयाँ कृति बजारमा आउने तयारीमा छ । उनको आगामी कृतिको लागि हार्दिक शुभकामना । #निरज दाहाल #श्रवण मुकारुङ क्वोरिन्टन कविता अभियान उचाइमा: सामाजिक सञ्जालमा सुरू भएकाे सरकारविराेधी कविता अभियान उत्कर्षतिर पुग्न थालेकाे छ । क्वारेन्टाइनकाे पीडा देखाउन सुरू भएकाे सरकारविराेधी कविता अभियानमा देशका चर्चित कविहरू पनि जाेडिन थालेका छन् । देशमा अनेक समस्या रहे पनि त्याे समाधान गर्न छाडेर नेताहरू सत्ताकाे साँघुराे खेलमा लागेकाे भन्दै उनीहरूले विराेध सुरू गरेका हुन् । सुरूमा याे काेराेना महामारीमा केन्द्रित थियाे । काेराेना महामारीकाे विषयमा सरकारले गरेकाे बेवास्ताबाट सुरू भएकाे याे अभियान अहिले भाेकमरी, क्वारेन्टाइनमा भइरहेका समस्या, भष्ट्राचार, सत्ताकाे चलखेल र नेताहरूकाे भ्रष्ट बुद्दीमा केन्द्रित हुन थालेकाे छ । यसलाइ कविहरूले क्वारेन्टाइन पाेयट्री नाम दिएका छन् । अभियानकर्ताहरूले एउटा पाेस्टर बनाएका छन्, जसमा सिलाइएकाे अाेठलाइ युवाहरूले च्यात्ने प्रयास गरिरहेकाे देखाइएकाे छ । ‘एक दिनमा पाँच सयभन्दा बढी कविता पाेस्ट हुन थालेका छन् । याे स्तरकाे कविता अभियान यसअघि कुनै पनि मुभमेन्टमा देखिएकाे थिएन ।’ साहित्यपाेस्टका काव्य विभागका काेअर्डिनेटर निरज दाहालले भने, ‘कविहरूले यसलाइ शालीन विद्राेहकाे नाम दिएका छन् ।’ कोरोना महामारीको चरम अवस्थामा सरकारले गरेको बेवस्थालाई मध्यनजर गर्दै कविहरूले आफ्नो प्रश्न कविताको माध्यमबाट उठाएका छन् । पाँच सयभन्दा बढी कविता एकै पटक पोस्ट भएको छ भने अझै पोस्ट हुने क्रम जारी नै छ । ‘हाम्रा अावाजहरूलाइ अब कुनै पर्खालले छेक्ने छैन’ पाेस्टरमा लेखिएकाे छ । सुरूमा याे केही पीडित कविहरूकाे सामान्य अभियान थियाे तर यसलाइ पाका र नाम चलेका लेखक–कविले साथ दिएपछि यसले उचाइ लिएकाे हाे । अभियान अघि बढ्दै गएपछि यसलाइ साझा राजनैतिक पार्टीनिकट लेखक–कविले नेतृत्व दिन थाले । यसमा थपिए नेपाली कंग्रेसनिकट लेखक–कविहरू । अहिले यसमा सरकार पक्षका लेखक कवि पनि मिसिएका छन् । ‘याे अभियानलाइ राजनीतिक रंग दिन खाेज्नु गलत हाे ।याे स्वतस्फूर्त अभियान हाे ।’ याे अभियानमा मिसिएका अर्काे दल विवेकशील नेपालीनिकट एक कविले भने, ‘जब कुनै अभियान चल्छ, त्यसमा कसैकाे न कसैकाे नाम जाेडिनछ । यसले स्वतन्त्र अभियानलाइ प्रभावित पार्छ ।म कुनै दलनिकट भएर याे अभियानमा जाेडिएकाे हाेइन ।कविका रूपमा विद्राेह गरेकाे हुँ । त्यसैले पनि नाम नराखिदिन अनुराेध गर्दछु । ‘ कतिपयले सामाजिक सञ्जालभरि किन कविता पाेस्ट भइरहेका छन् भन्ने नबुझिकनै यसमा साथ दिइरहेका छन् । कतिपयले पाेस्टर र कविताकाे शैली मनपरेर साथ दिएकाे बताएका छन् । अभियानकर्ताहरूले अाज दिनभरि पनि याे अभियानले निरन्तरता पाउने अाशा राखेका छन् । प्रस्तुत शालीन विद्राेही कविहरूका केही प्रतिनिधि कविताहरू: समय र तिमी: म सानो हुँदाको झन् सानी तिमी तिमी सानी हुँदाको केही ठूलो म । त्यो अपरिपक्व समयको परिपक्व आकर्षण यो परिपक्व समयको अपरिपक्व प्रेम । त्यो अपरिपक्व समयको परिपक्व आकर्षणमा ती अपरिभाषित सम्बन्धका आत्मिय भावहरूमा, ती मीठा स्पर्शका संकोचहरूमा ती ढल्दै गरेका वसन्तमा तिनै वसन्त नियाल्दै तिमी सोध्ने गर्थ्यौ, ‘वसन्त कहिले आउँछ?’ म सम्झन्छु, त्यो अपरिभाषित सम्बन्ध त्यो अघोषित प्रेम त्यो वाल्य मिलनका अतृप्त उन्मादहरू तिनै मिलन सँगका विछोड र, ती विछोडमा अनायासै झरेका केही थोपा आँशु अनि आँशुसँगै बगेका कयौँ भावनाहरू । मलाई भन्नु छ तिमीसँग, समयसँगै बदलिएका तिम्रा स्वघोषित आधुनिक विचारहरूसँग तिम्रो मुस्कानमा अडिएको मेरो सन्तुष्टीसँग समयका अन्तरालले जन्माएका प्रेमका नयाँ परिभाषाहरूसँग मलाई भन्नु छ, हो मलाई भन्नु छ प्राकृतिक फन्कोसँगै वर्षेनी फेरिने नयाँ पालुवाहरूसँग आउँदैन मेरो वसन्त । तिमीलाई थाहा छ, कहिले आउँछ मेरो वसन्त ? त्यो ढल्दै गरेको वसन्त सँगसँगै हुर्किदै गरेको गृष्ममा प्रचण्ड ताप सँगको निसास्सिने वायुमण्डलबाट तिमीलाई स्पर्श गरेर निस्केको तातो वायु तिम्रो स्निग्ध चेहरा हुँदै मसम्म आइपुग्दा वसन्त आउँछ। तिम्रा तिनै अबोध चेतनाका अनुत्तरित चेतनशील प्रश्नहरुले मेरा मौनतामा लुकेका असीमित प्रेमहरु तिम्रा चक्षुमा टल्किँदा वसन्त आउँछ । सप्तरी, कञ्चनरूप १२ #विनोद भट्टराई नयाँ राजा र जुलाहाहरू: पिताजी बडो कुशल कथावाचक हुनुहुन्थ्यो । पख्नुस् है पाठकवृन्द, यस कथालाई अर्कै ठाउँबाट पो उठान गर्नुपर्छ कि ! हो, धम्मे दाइ कपडा सिलाउने काममा निक्कै सिपालु थिए । अँ, बरू यो उठान ठीक भयो कि ! हाम्रो गाउँभरि र अरू गाउँहरूमा पनि बाली उठाउने गरी कपडा सिलाउँथे उनी । सुलीकोटको अलिकति पूर्वबाट सुकिलो घाम, एक जुवा माथि उठिसक्ता पनि त्यसको ठीक तल पाङ्ग्राङ र अझै तल कालीगण्डकी क्षेत्र उज्यालो हुनै बाँकी रहेजस्तो–कम हरियो र बढी कालो वनभित्र लुकिरहेको प्रतीत हुन्थ्यो । तल गण्डकीको एकोहोरो स्वाँ आवाज आइरहन्थ्यो । यसको एकाध घण्टापछि मात्र चुचुरो उज्यालो भएका–उत्तरको माइको थान र उत्तरपश्चिमको हाँडीकोटको बीच गल्छेँडोबाट कुहिरो उठ्थ्यो र धम्मे दाइ हाम्रो पूर्वतिरको पिँढीमा आफ्नो कल अगाडि राखेर कपडा सिलाउन बस्थे । एउटा अव्याख्येय सौन्दर्य जस्तो, कुतूहलजस्तो, अलिअलि भयमिश्रित रोमाञ्च जस्तो, एउटा रहस्यमय निरन्तरता जस्तो, क्रीडामय बाल्यकाल गुजार्थ्यौँ हामी त्यस गाउँमा । “सुती कपडाका धेरै फाइदा छन्,” पिताजी भन्नुहुन्थ्यो, “यो जाडो–गर्मी दुवै अवस्थाका लागि हितकारी हुन्छ !” नाक चुच्चो र लामो, फुलेका दाह्री र जुँगाको बीचमा हाँसिरहँदा देखिने अलि ठूला दाँतहरू, पातला–सेता रौँहरू भएको सानो कपाल, कालो फ्रेमसहितको चस्माभित्र तीक्ष्ण आँखाहरू, समग्रमा उज्यालो र निर्मल अनुहार, अलिकति बढेका सफा नङ सहितका पातला औँलाहरू, हातमा जयदयाल गोयन्का वा हुनमान प्रसाद पोद्दारद्वारा लिखित कुनै गीताप्रेसी पुस्तक भएको – ऋषिजस्तो देखिने मान्छेलाई हामी पिताजी भन्थ्यौँ । पूर्वतिरको पिँढीमा धम्मे दाइले कपडा सिलाउँदा त्यसको ठीक पश्चिमको पिँढीमा खाँबोको अडेस पारी सिरानी ढाडमा पारेर पिताजी बस्नुहुन्थ्यो । मेरा दौँतरीहरू – इन्दु, हरि वा दिवाकर दाइहरू सर्ट र हाफप्यान्ट लगाउँथै । ती आधुनिक कपडाहरूको मलाई पनि बडो रहर हुन्थ्यो तर पिताजी मेरा लागि भित्री हालेको भोटो तयार गरिदिनुहुन्थ्यो जुन मेरो घाँटीदेखि कुर्कुच्चासम्म पुग्ने “वन पिस” नै हुन्थ्यो । पिताजी बडो विश्वासपूर्वक भन्नुहुन्थ्यो, “यो हितकारी छ।” “बाले त्यसै भन्नुहुन्न,” आमा पिताजीको अभिव्यक्तिमा समर्थन गरिहाल्नुहुन्थ्यो। अनि त अलिकति मन खुम्चिए पनि म भोटो लगाउन विवश हुन्थेँ । पिताजी अत्यन्त संवेदनशील मानिस भएकाले उहाँलाई के थाहा थियो भने भोटो मेरो प्रिय पहिरन होइन तर पनि भोटो तयार हुन्थ्यो र पहिलोपटक धम्मे दाइले नै कपडा मलाई लगाइदिन्थे र भन्थे–‘नाच ।’ पाठकवृन्द, हो, अब यो चाहिँ ठीक ठाउँ हुन सक्छ, जहाँ अघिको वाक्य लेखेर कथा सुरु गर्न सकिन्छ –‘पिताजी बडो कुशल कथावाचक हुनुहुन्थ्यो ।’ नयाँ–नयाँ किसिमका कपडाहरू वा सुविधाहरूप्रति आकर्षित हुनु हामी बालबालिकाका निम्ति सहज स्वभाविक थियो तर पिताजी यस्ता कुराहरूको आकर्षणले मानिसलाई ठीक गन्तव्यमा पुग्न दिँदैन भन्ने विश्वास गर्नुहुन्थ्यो । धम्मे दाइ घरमा भएको अवधिमा कपडा–विषयक कथा भन्नु प्रासङ्गिक पनि भएकाले सायद पिताजीले यो कथा छान्नु भएको थियो । “डेनमार्कका तत्कालीन राजा अन्य विलासिताका साथै कपडाका बडो सौखिन थिए,” कथा सुरु भएको थियो, “राजालाई दिनहुँ नयाँ किसिमको आकर्षक पोसाक लगाउने इच्छा हुन्थ्यो । उनी प्रायः राजसभाका बैठकहरूमा भन्दा पनि आफ्नो निजी शृङ्गार कक्षमा राखिएको ठू्लो दर्पणअगाडि उभिएर पोसाक परिवर्तन गरिरहन मन पराउँथे। त्यस राज्यमा गरिबी, भोकमरी, बलात्कार भ्रष्टाचार व्याप्त थियो । मानिसहरू झाडापखालासम्मको औषधी नपाएर मरिरहेका थिए । तर भ्रष्ट आफन्त र अनैतिक मन्त्रीहरूद्वारा घेरिएका नक्कले महाराजलाई यी कुनै कुराको पर्वाह थिएन । प्रजाहरूको वास्तविक दुरवस्था र राजाको ध्यानकर्षण विपरीत ध्रुवमा थिए। मन्त्रीहरू, राजपुरोहित, राजवैद्य, राजज्योतिष र विदेशी कूटनीतिज्ञहरू सम्मिलित सभामा समेत उनी अनुपस्थित रहन्थे । उनी त प्रायः दर्पणअगाडि दायाँ- बायाँ फर्केर आफ्नै छायाँ हेरी आत्मप्रशंसामा मग्न रहन्थे ।” पिताजीको काखमा सिरकभित्र घुस्रिरहेको मलाई जाडो महिनाको तातोले लट्ठ्याउँदै थियो । खरको छानामाथि, आँपको रूखमाथि, आँगनमा छपाइएका ढुङ्गाहरूमा वर्षाको पानी बज्न थालेको थियो र पिताजीको कथावाचनको मधुर स्वरले अर्कै लोकबाट प्रतिध्वनित सङ्गीत जस्तो भएर मलाई कहिले विपना र कहिले सपनाको पिङमा झुलाइरहेको थियो । खै कतिखेरदेखि हो, अहिले म निकै राम्रो तर पुरानो राजदरबारभित्र पसेको थिएँ । मेरो हात समाएर मलाई हिँडाइरहेका मानिसलाई मैले सोधेँ, “तपाईँ को हुनुहुन्छ ?” “ह्यान्स ख्रिस्चियन एन्डरसन,” तिनले भने । मलाई तिनको नाउँ अनौठो र अप्ठेरो लाग्यो । तिनी नाक चुच्चो परेका, पातला, पुरानो खालको कोट र गलबन्दी बेरेजस्तो घाँटीमा मात्र बेरिने टाई लगाएका गोरा मानिस थिए । तिनको निधारको देब्रेपट्टिबाट टुपीसम्मै तालु खुइलिएको थियो र कानमाथि बाँकी रहेको कपाल चाहिँ लामो तर घुम्रिएको थियो । “यो कुन ठाउँ हो ?” मैले सोधेँ ! सबैकुरा नयाँ, रहस्यमय र रोमाञ्चक थियो तर सम्भवतः तिनको अनुहारमा देखिने सज्जनताले हुनसक्छ– मलाई डर लागिरहेको थिएन । “यो डेनमार्कको ऐतिहासिक दरबार हो,” तिनले भने, “यहाँ तिमीलाई एउटा नाटक हेर्नका निम्ति तिम्रा पिताजीले नै पठाउनुभएको हो। तिमी नाटकप्रेमी, कथाप्रेमी बालक हौ अतः तिमीलाई मेरो कथामा नाटक हेर्ने अवसर प्राप्त होस् भन्ने उहाँको इच्छा छ ।’’ “ए,” मैले भनेँ । मेरो इच्छा र मनोविज्ञानका प्रति पिताजीको यति सूक्ष्म चासो छ भन्ने बोधले म निकै खुसी भएँ र पिताजीप्रति कृतज्ञ भएँ । ————— एउटा दृश्य यस्तो थियो : (दरबारको मूलद्वारमा द्वारपाल उभिएको छ र त्यहाँ दुई नवागन्तुक अधबैंसेहरू आइपुग्छन् । भोटो, सुर्वाल, पटुका, फेटा र चुच्चे जुतामा तिनीहरूको व्यक्तित्व सुन्दर देखिन्छ ।) अधबैँसे १: (द्वारपालसँग) “हामी नयाँ–नयाँ डिजाइनका आकर्षक कपडाहरू बनाउने दूरदेशबाट आएका जुलाहा हौँ, यसै वर्ष हामीले एउटा अद्भुत र सुन्दर पोसाकको आविष्कार गरेकाले महाराजको दर्शन गरी सो कुराको निवेदन गर्ने अभिलाषाले यहाँ आएका हौँ।” अधबैँसे २: “अनि हामीले हालसालै के थाहा पायौँ भने यस देशका महाराज नयाँ–नयाँ र महङ्गो पोसाक, गाडी र विमानको सौकिन होइबक्सन्छ। गाडी र विमान त उहाँले धेरै ठाउँमा पाइबक्सेला तर हामीले बनाउने जस्तो पोसाक महाराजले यस पृथ्वीमा कतै पाइबक्सने छैन।” अधबैँसे १: “यद्यपि यो ज्यादै महङ्गो छ तर अभूतपूर्व छ ।” (द्वारपाल नवागन्तुकहरूलाई रोकिन इसारा गर्दै भित्र जान्छ र पर्दा बन्द हुन्छ ।) अर्को दृश्य यस्तो थियो : (राजाका अगाडि उनै दुई जुलाहाहरू हात जोडेर उभिएका छन्। राजाले मुकुट लगाएको छ र राजदण्ड पनि लिएको छ।) राजा : “मैले तिमीहरूको प्रस्तावबारे मेरो द्वारपालबाट सुनेँ तर यस पोसाकका विशेषताहरूबारे तिम्रै मुखबाट पनि केही सुनूँ ।” जुलाहा १ : “महाराज ! यो पोसाक निकै महङ्गो हुनेछ र अभूतपूर्व रूपमा विशिष्ट हुनेछ, भव्य र सुन्दर हुनेछ ।” जुलाहा २ : “महाराजका लागि हामीले तयार गर्ने यस पोसाकको जुन अर्को विशेषता छ – त्यो पनि अद्भुत छ ।” राजा: “जस्तो कि ? भन भन ।” जुलाहा २ : “जस्तो कि, यो पोसाक ती व्यक्तिहरूले देख्न सक्ने छैनन् जो वास्तवमै मूर्ख छन् र आफूहरूले गरिरहेको कामका निम्ति अयोग्य छन् ।” राजा : (एकछिन घोत्लिएर) “आहा, यो त गज्जब कुरा भन्यौ, पोसाकको भव्यता त छ नै, त्यसबाहेक यसै पोसाकको माध्यमबाट मैले आफ्ना मन्त्री र कर्मचारीहरूमध्ये को–को मूर्ख र आफ्ना कामका निम्ति अयोग्य छन् भन्ने पनि त थाहा पाउने भएँ।” जुलाहा २ : “हो महाराज, प्रस्ट छ, जुन मन्त्रीले या कसैले यो कपडा देख्ने छैन, त्यसलाई उसको पदबाट हटाउन महाराजलाई कुनै दुविधा हुने छैन।” (मन्त्रीहरूतिर हेरेर ऊ खिस्स हाँस्छ। राजाले खुसी भएर मन्त्रीहरूतिर हेरेको र मन्त्रीहरूले मुखामुख गरेको देखिन्छ ।) जुलाहा १ : “महाराज, फेरि बिन्ती गरेँ, यो निकै महङ्गो हुन्छ, केही सामग्री हामीलाई तत्काल उपलब्ध गराइपाऊँ – जस्तै : एक भारी रेसमको धागो र एक धार्नी जति सुनको मसिनो तार सुरुमै आवश्यक हुन्छ।” राजा : “त्यसको फिक्री नगर, त्यो तत्काल उपलब्ध गराइनेछ।” —————– “उठ् त ,” पिताजी मलाई हल्लाइरहनुभएको थियो— ‘यसरी सुतेर के सुन्छस् त कथा ?” वहाँले भन्नुभयो । “नाइँ, म सुनिरहेको छु त,” मैँले भनेँ, “एन्डरसनले भन्ने कथा र हजुरले भन्ने कथा उही त हो, अलिअलि फेरिएला, एन्डरसनले आफ्ना पिताजीबाट कस्तो सुनेका थिए कुन्नि!” “कपडाको त्यो अद्भुत विशेषता एक कान, दुई कान र मैदान भएको थियो, ठूला-साना सबैलाई थाहा भएको थियो,” पिताजीले पुनः भन्नुभयो, “जो मुर्ख छ र आफ्नो काममा अयोग्य छ त्यसले त्यो कपडा देख्न सक्तैन, अर्थात् इमानदार र बुद्धिमान् व्यक्तिले मात्र त्यो देख्न सक्छ भनिएको थियो। दरबारको उत्तरपश्चिम कुनामा रहेको एउटा निकै ठूलो कोठामा ती दुई जुलाहाहरूलाई तान राख्ने र कपडा बुन्ने सुविधा दिइएको थियो र ती जुलाहाहरू दिन नभनी रात नभनी काम गरिरहेका छन् भन्ने खबर राजाले पाइरहेका थिए । “नव वर्षको समारोहमा म ती कपडाहरू लगाएर जानेछु, सुन!,” राजाले आफ्ना विशिष्ट सल्लाहकारसँग भने, “तिमी राजसभाका सर्वश्रेष्ठ बुद्धिमान् पनि हौ, एकचोटि जाऊ र कपडा बुनाइको निरीक्षण गर ।’’ यसैगरी केही मन्त्रीहरूलाई पनि पठाइएको थियो र सबैले त्यस अद्भुत कार्यको प्रशंसा बोकेर आएका थिए। तर ती कुनैले पनि त्यो कपडा देख्न सकेका थिएनन् यद्यपि आफूले देख्न नसकेको रहस्यलाई प्रत्येकले आफैंभित्र गोप्य राखेर बुद्धिमान् भएको स्वाङ गरेका थिए। नववर्षको दिन जुलाहाहरू कपडा लिएर महाराजको दरबारमा आफैँ पुगे। उनीहरूले राजाको शृङ्गारकक्षमा पुगेर राजाले लगाइराखेको पुरानो कपडा फालिदिए अनि लगत्तै नयाँ अद्भुत कपडा लगाइदिए । ‘दायाँ फर्किबक्स्योस् महाराज,’ भने । ‘बायाँ फर्किबक्स्योस् महाराज,’ भने । कपडा तानतुन पारेको, मिलाएको झैं पनि गरे। तर राजाले आफूलाई चरम नाङ्गो देखे । त्यहाँ उनले पनि कुनै कपडा देखेनन् । उनको सातो उड्यो । के उनी मात्र मूर्ख थिए ? आफ्नो कामका निम्ति अयोग्य थिए ? सल्लाहकार, मन्त्री आदिले देखेको भनेर जुन कपडाको भव्य सौन्दर्यको वर्णन गरेका थिए, त्यही कपडा राजाले नदेख्नु उनका निम्ति ज्यादै ठूलो लज्जाको विषय थियो र राजाले कसैसँग पनि भन्न सक्ने विषय थिएन । “महाराज कस्तो लाग्यो त हाम्रो आविष्कार ?” जुलाहाले सोध्यो । “हँ ? अँ अँ, कपडा निकै राम्रो र अद्भुत नै लाग्यो,” महाराजले भने । नववर्षको समारोह हेर्न सडकमा निस्केका हजारौँले महाराजलाई एकैचोटि देखे र आश्चर्यचकित भए – राजाको शरीरमा कपडाको धरोसम्म थिएन । तर सबैले मन्त्री र सल्लाहकारहरूले जस्तै भनिरहेका थिए – आहा ! यस्तो राम्रो पो कपडा !’ कसैलाई मुर्ख र अयोग्य साबित हुनु थिएन । जोनाथन नाम गरेको नागरिकले आफ्नो फुच्चे छोराले पनि त्यो भीडबाट राजालाई देखोस् भन्ने लागेर उसलाई आफ्नो काँधमाथि चढाइराखेको थियो । “बाबा, राजा त नाङ्गै छन् त!”‘फुच्चेले सजिलैसँग कराएर भन्यो । “के भन्छ यो ?” जोनाथनले डराएर हप्कायो। छेउमै उभिएका दुई युवतीले खितित्त हाँसेर भने, “ठिकै त भन्दै छ!” “के भन्छ यो बच्चा – सुन है,” एउटा बूढो सेतै दाह्री फुलेको मानिसले भन्यो, “बच्चाले झूटो बोले होला त ?” बिस्तारै त्यहाँ हाँसोको फोहोरा छुट्यो–हजारौँ मानिसहरू एकैचोटि हाँसिरहेका थिए । राजा बीच सडकबाट हिँडिरहेका थिए । महिलाहरूको ठूलो समूहबाट नाराबाजी भएझैँ सुनियो– ‘नकच्चरो राजा नाङ्गै !’ राजाले आफ्नो शरीर हेरे – त्यो बिल्कुल नाङ्गो थियो। जुलाहाहरू सुन र रेसमको भारी लिएर हिँडिसकेका थिए ।” ———— पिताजी बितेको धेरै वर्ष भयो, एन्डरसन त अझै अगाडि बिते। म आफैँ पनि बूढो हुन लागेँ । दुई जुलाहाहरूको चम्किलो, चतुर अनुहार, तिखा–छरिता जुँगाहरू र छटेल आँखा मैँले झन्डै बिर्सिसकेको थिएँ । अस्ति मात्र हो, जागिरबाट फर्किँदा ठीक त्यस्तै अनुहारहरू महाराजगञ्ज दरबारदेखि बालुवाटार दरबारसम्म भित्र बाहिर गरिरहेको देखेँ। मलाई भयानक डर लाग्यो–मेरो प्रार्थना छ–ती दुवै दरबारहरूबाट नयाँ–नयाँ राजाहरू कपडा लगाएरै निस्कून्। #डा. दीनबन्धु शर्मा घोषणा: पृथ्वी रिसाइन्! कहिले सुनामी बनेर, कहिले कट्रिना बनेर, कहिले कामिन भूकम्प भएर, कहिले थर्काइन्- बाढीपैरो बनेर, कहिले प्रचण्ड आगो ओकलिन्, कहिले चिसिइन्, बरफ बनेर। मानवीय अतिका विरुद्ध संकेत गरिरहिन् । मान्छेले मात्र नदेखेझैं नबुझेझैं गरिरह्यो सदियौँसम्म। यो कोरोना अन्तिम चेतावनी हो। मान्छेहरुलाई सम्झाउने बुझाउने अवसर हो। आफ्नो अमूल्य धर्तीलाई पूजा गर्ने बेला हो। ८४ लाख योनिहरू सबैको साझा घर हो यो। मान्छे फगत तिनमा एउटा सानो प्राणी मात्र हो। किन धर्तीको विनाशमा यति धेरै लम्केको मान्छेको जात? वनस्पति जलचर कीट पतङ्ग सबैको अस्तित्व बिर्सिएको? जंगलहरु फ़ाँड्यो। पहाडहरु फोर्यो। धर्तीलाई छियाछिया पारेर छेड्यो। जमिनमुनि-जमिनमाथि आकाश-पाताल सबैले नपुगेर अब चन्द्रमा, मंगल ग्रह सबैमा आफ्ना कर्तुतहरु बढाउँदै छ- दिन दुई गुणा रात चौगुणा। कोरोनाले विश्व नै त्राहिमाम भएर घरभित्र लुकिरहँदा मान्छेले अब त चेत्यो कि भन्ने लागेछ प्रकृतिलाई। मान्छेले अब त सिकेछ कि पाठ भन्ने लागेछ धर्तीलाई। मान्छे अब पूरै बदलियो भन्ने घोषणा गरेछ सफा आकाशले। सङ्गलिएका खोला खोल्सा, निस्फिक्री डुलिरहेका वनचर, थलचर सबै सबैलाई यो अनुपम शान्ति देखेर मनुवा यसरी बदलिएर आफ्नै आदिम लयमा फर्किएको घोषणा गरे। यता मान्छेका बस्तीमा सभा सम्मेलन गर्न नपाए पनि प्रविधिको प्रयोगले जुम मिटिङहरु भए। विज्ञहरुले कार्बन न्यूनीकरण, नवीकरणीय ऊर्जा, साइकल लेन, इलेक्ट्रिक गाडी, सादा जीवन, योग, प्रकृति प्रेमका गीत गाए। कविहरु जुर्मुराए आआफ्ना धर्ती प्रेम लिएर छन्दमा बेछन्दमा सबै सबै निस्किए। धर्ती तीन छक्क पर्यो, यो अप्रत्याशित मान्छेको प्रकृति प्रेम र धर्तीको पूजा देखेर। शनै शनै जब-जब लकडाउन खुल्न थाल्यो अनि देखियो शहर बजारमा भीड, रमाइला सामुन्द्रिक किनारका सुन्दर बीचमा मान्छेको जात ओइरियो। खायो पियो मोज गर्यो। लाखौँको संख्यामा थुप्रिएको त्यो हुलले गरेको विरूप दृश्य भोलिपल्ट पत्रिका र टेलिभिजनमा देखाइयो। फोहोरको डङ्गुर, मिल्क्याइएका क्यान, स्न्याकका पोका, बियर र रक्सीका सिसाहरुको डङ्गुरले मान्छेलाई जिस्क्याइरह्यो। धर्ती, आकास, हिमाल, वनजंगल सबैले एकआपसमा कानेखुसी गरेर घोषणा गरे, यो मान्छेको जात कहिल्यै बद्लिँदैन, कहिल्यै सुध्रदैन। (लेखकले नवीकरणीय ऊर्जामा बेलायतबाट विद्यावारिधि गरेका छन् ।) #बेलायत #रामहरि पौड्याल ‘पोहोर साल खुशी फाट्दा’ गीतको संरचनात्मक अध्ययन: नवीन पौड्याल आमुख गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। गीतमा विरह भाव सबैभन्दा प्रभावकारी मानिन्छ। मान्छेभित्रको पीर वेदना, पीडा, संवेदनालाई गीतले सबैभन्दा बढी अभिव्यक्ति दिन सक्छ। हिन्दीका एक कवि सुमित्रानन्दन पन्तको प्रसिद्ध उक्ति छ- वियोगी होगा पहला कवि आह से उपजा होगा गान निकलकर आँखों से चुपचाप बही होगी कविता अनजान मनको औडाहालाई व्यक्त गर्न गीत सबैभन्दा सशक्त माध्यम हो। आफ्ना प्रियजनको विछोड़को पीडाबाट धेरै कविका अमर काव्यको सिर्जना भएको इतिहास पाइन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, संगीतात्मकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार, संवेग, कल्पना, जस्ता तत्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, संक्षिप्तता, भावुकता, वैयक्तिकता, आत्मपरकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादि जस्ता विशेषता रहेका हुन्छन्। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूहरूले त्यस स्थायीलाई पुष्टि गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा भाव वा विचार, उद्देश्य, भाषा र शैली हुन्छन्। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ। यीनै वभिन्न कारण र विशेषताले गीतलाई कविताभन्दा पृथक बनाउँदछन्। २. विषय प्रवेश गायिका अरूणा लामा नेपाली सांगीतिक जगतमा अरूणा लामा एउटा अजर अमर नाम हो। उनको जन्म सन् १९४५ मा घुम पहाड दार्जिलिङमा भएको थियो। उनको बाबुको नाम सूर्यबहादुर लामा र आमाको नाम सनमाया लामा थियो। उनी स्नातकसम्म अध्ययन गरी दार्जिलिङको ट्राइबल अफिसमा कार्यरत थिइन। एघार वर्षको उमेरदेखि नै गाउने गर्थिन्। सन् १९६३ मा आफ्ना सङ्गीतकार प्रेमी शरण प्रधानसित उनको बिहा भएको थियो। शरण प्रधानको सङ्गीतमा अरूणा लामाका गीत चम्केका थिए। यद्यपि बिहा गरेको एघार वर्षमा सन् १९७४ मा शरण प्रधानको निधन भयो। यस निधनले अरूणा लामाको जीवनमा ठुलो उतार-चडाउ आयो। त्यसपछि उनको गायन नै विरह-व्यथालाई पोख्ने माध्यम बन्यो। उनको स्वर नै विरह र पीडालाई सठिक रूपमा समेट्न सक्ने उत्कृष्ट मानिन्छ। केही गीतकारहरूले लेखेका विरह भावका धेरै गीतहरू आफ्नो पतिको निधनपछि गाएकी हुन्। राजेन्द्र थापा, अम्बर गुरूङ, गोपाल योञ्जन, विश्व वल्लभ, नरेन्द्रराज प्रसाइँ, गणेश रत्न आदिले लेखेका गीतहरूले अरूणा लामाको आफ्नो पतिपीडाको वियोगलाई सठिक सम्बोधन गर्न सकेका छन्। यसै क्रममा “पोहोर साल खुशी फाट्दा’, ‘भाग्यले खुशी फाटेर लग्यो’ (शब्द विश्व वल्लभ), ‘कैले काँही मलाई तिम्रो याद आउँछ’ (शब्द- नरेन्द्रराज प्रसाइँ), ‘एक्लै बस्दा सधैं मलाई’, ‘भेट्नु र छुट्नु के हो र?’, ‘उदास मेरो जीवनकथा’, ‘विरहले रोएको रातमा’ (नरेन्द्रराज प्रसाइँ), ‘चौतारीमा बसेर रून पाउँ’ (शब्द- गणेश रत्न), ‘हाँसी हाँसी जलिरहेछु’ (शब्द नरेन्द्रराज प्रसाइँ)। नेपाली समाजमा अरूणा लामालाई ‘स्वरसाम्राज्ञी’ को उपाधि दिएको छ भने उनको सम्झना राख्नका लागि बिजनबारी, दार्जिलिङमा सालिग पनि स्थापना गरिएको छ। २० सितम्बर, २००२ मा उद्घाटन भएको उक्त सालिगको अनावरण अम्बर गुरूङले गरेका थिए। उनी काठमाडौं गएर धेरै गीत गाइन् र रेडियो नेपालको माध्यमले विश्वभरिका नेपाली समाजमा छाइन्। उनको स्वरमा अलौकिकता, सुमधुरता, प्राकृतिकता पाइन्छ। काठमाडौंमा उनको सम्मानमा तीनपटक अरूणा लामा सङ्गीतमय साँझ आयोजना भएको थियो जसमा मूल आयोजकहरूक्रमैले गोपाल योञ्जन, अम्बर गुरूङ र नरेन्द्रराज प्रसाइँ थिए। नरेन्द्रराज प्रसाइँको आयोजनाले उनलाई राम्रो आर्थिक सहयोग भएको थियो। (राजेन्द्र थापाबाट पाएको फोनवार्ताको सूचना अनुसार) उनलाई गोर्खा दक्षिणबाहु चौथो को मान पदवी प्रदान गरिएको थियो। गीतकार राजेन्द्र थापा ३. ‘पोहोर साल खुशी फाट्दा” गीतको प्रसङ्ग – राजेन्द्र थापाद्वारा लिखित अम्बर गुरूङको संगीतमा सन सत्तरको दशकमा लोकप्रिय गीत नेपाली जनमनमा छाएको थियो। नेपाली सङ्गीत क्षेत्रमा एउटा सबैभन्दा उत्कृष्ट गीतका रूपमा यसलाई पनि मान्न सकिन्छ। अरूणा लामाको स्वरमा रहेको यो गीत अजर अमर बनेको छ। बालवृद्ध सबैका निम्ति मनले छुने यस गीतको शब्दको अर्थ कोमलता र संवेदना शक्ति बेजोडको छ। यस गीतका गीतकार राजेन्द्र थापाका अनुसार यो गीत दुइ चरणमा लेखिएको थियो। पछिल्लो चरण इलामको सोक्तिममा बसेर असार २७ गते, २०३१ मा लेखेको बेलामा संयोगवस् अरूणा लामाको पति शरण प्रधानको मृत्यु भएको ५७ दिन पहिले भइसकेको थियो। यदयपि यो कुरा गीतकारलाई थाह थिएन। सरस्वतीले नै कथा सुनाए जस्तो भयो। यो गीतलाई त्रिभुवन विश्वविद्यालयको नेपाली स्नातकोत्तर मा पाठ्यक्रमा राखिएको छ। यही गीतलाई नै अनुवाद गरेर नेपालका लागि भारतका राजदुत एन पी जैनले प्रकाशित गररेको नेपाली प्रतिनिधि कविताको हिन्दी अनुवादमा पनि सङ्गहीत छ। (राजेन्द्र थापाले यस पंक्तिका लेखकलाई फेसबुक मेसेन्जरमा दिएको लिखित जानकारी अनुसार, ०६ जून, २०२०) यस गीतले गर्दा उनी एकाएक चर्चित भइन्, नेपालीको जनमानसमा छाइन्। रेडियो नेपालमा यो बढी मात्रामा प्रशारण भएको हो। संसारभरिका नेपालीहरूले रूचाएका नेपाली गीतको कोटिमा पर्दछ। ४. रचनाकार राजेन्द्र थापा – नेपाली सांगीतिक क्षेत्रमा केही गीतकारहरूको स्थान अति उल्लेखनीय रहेको छ । तीमध्ये राजेन्द्र थापाको नाम विशिष्ट स्थानमा रहेको छ। उनले धेरै मात्रामा गीत लेखेको छन् औ जति लेखेका छन् ती गुणात्मक छन्। गीतमा हुनुपर्ने सबै गुणले युक्त छन्। २०२६ मा आफुले लेखेको गीत रेकर्ड गर्ने थापा प्रायः प्राय सबै सांगीतिक मोड र हाँचका गीतहरूको रचयिता हुन्। ‘पर लैजाउ फूलहरू’, ‘पोहोर साल खुशी फाट्दा’ ‘दिलमाया दिलमाया खै कसको भूल’, क्या दामी भो” ‘तिम्रो त्यो लजालु’ जस्ता भावगम्भीर गीतहरूको रचना गरेका छन्। उनका गीतहरू प्रेमधोज प्रधान, अरूणा लामादेखि लिएर हालसम्मका युवा गायकहरूले पनि गाइरहेका छन्। उनी आफु कलेज पढ्दादेखि गीत लेखनमा लोकप्रिय भइसकेका थिए। साठीको दशकमा उनी प्रसिद्ध भइसकेका थिए। उनी अहिले पनि नेपाली चलचित्र र मुक्त रूपमा गीत लेखिरहेका छन्। गीतमा उनले विभिन्न विषयलाई लिएर गीत रचना गरेका छन्। मानिसको पीडा विरह भावलाई उनले राम्ररी अभिव्यक्त गरेका छन्। ५. मूल गीत र गाइएको गीत – गीतकारले मूलमा लेखेको गीत भने गाइएको गीतभन्दा लामो छ । यसमा स्थायी र अन्तरा गरी जम्मा पाँचवटा पद र उन्नाइस पंक्ति रहेको छ। यो गीत जम्मा तीन खेपको अलग अलग समय र स्थानमा बसेर लेखिएको हो भनेर गीतले एक अन्तर्वार्तामा भनेका छन्। उनले लेखेको मूल गीत यस्तो छ- पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपालि त मनै फाट्यो केले सिउने? केले टाल्ने हो? आँसु झारी कोही रून्छन् बेदनालाई धोएँ भन्छन् धुँदाधुँदै मन फाटी आँखाभरि रोएँ भन्छन् आँखाभरि रोएँ भन्छन् मुटुभरि रोएँ भन्छन् आँखा फाटे सिउँथें बरू तर मन सिउने केले हो (यो अन्तरा गीतमा असमावेश) सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? भावीले निधारमा कर्म लेखिदिने मसी के हो? कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? कर्म फाटे जोँड्थे बरू मन जोड्ने केले हो? (गीतमा यो तेस्रो अन्तरालाई दोस्रो अन्तरामा राखिएको छ) सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् तेरो भाग्य यति नै हो, भोग चलन गरी सकिस्। सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगाना छैन। भाग्य फाटे जोड्थेँ बरू तर मन सिउने केले हो? (गीतमा यो तेस्रो अन्तरलाई पहिलो अन्तरामा राखिएको छ) लुछिएको थिचिएको थिलो थिलो मान्छे म है रगतपच्छे भई भई बाँच्न खोज्ने कस्तो म है निष्काषित जीवनलाई शिकायतको हकै हुन्न जीवन फाटे सिउँथें बरू तर मन सिउँने केले हो (यो अन्तरा गीतमा असमावेश) गायनमा उतारिएको गीत – गायनमा सुबिधाका निम्ति मूल गीतका दुइ अन्तरालाई हटाएर अनि पहिलोलाई दोस्रो अनि दोस्रोलाई पहिलो अन्तरा बनाइएको छ। यसमा एक अन्तरा र दुईवटा पद गरी जम्मा तीनवटा पद र एघारवटा पंक्ति समावेश गरिएको छ। पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपालि त मनै फाट्यो केले सिउने? केले टाल्ने हो? सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् तेरो भाग्य यति नै हो, भोग चलन गरी सकिस्। सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगाना छैन। भाग्य फाटे सिउँथेँ बरू तर मन सिउने केले हो? सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? भावीले निधारमा कर्म लेखिदिने मसी के हो? कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? कर्म फुटे जोँड्थे बरू मन जोड्ने केले हो? ६. पूर्व सन्दर्भ- गायिका अरूणा लामाको पति शरण प्रधानको निधनले उनलाई धेरै विचलित तुल्यायो। शरण प्रधान उनका आड थिए, आफैं सङ्गीतका दक्ष थिए। दुईजना मिलेर धेरै गीत संयोजन र रेकर्ड गरेका थिए। उनको निधनले उनलाई धेरै शोकित बनायो। ती दुईको दाम्पत्य जीवन दस वर्षजति मात्र रह्यो। त्यति छोटो समयमा पनि दुईजनाबाट केही गीतहरू सिर्जित भएका हुन्। त्यति बेला नै राजेन्द्र थापाले अरूणा लामाकै स्थितिलाई लिएर लेखेको लाग्ने गीत रचे- ‘पोहोर साल खुशी फाट्दा’। मूल रूपमा यो गीत गी कारले अम्बर गुरूङलाई दिइराखेका थिए। पति वियोगको केही महिनापछि अरूणा लामाकाठमौं जाँदा अम्बर गुरूङको घर गाइन्। त्यहाँ पतिवियोगको चर्चा हुँदा अम्बर गुरूङले एउटा गीत पढेर सुनाए। त्यो गीत यसले अरूणा लामालाईयति छोयो कि म यो त गाउँछु भनिछन्। यो गीत त नारायण गोपाललाई गाउन दिन्छु भन्दा होइन म गाउँछु कि गाउँछु भनिछन्। भोलिपल्ट बाध्य भएर अम्बर गुरूङ राजी भएर रेडियो नेपाल लगेछन्। बेलुकीपख रेडियो नेपालका प्रायः कर्मचारी पनि घर हिँडिसकेका रहेछन्। बजाइदिने कोही नहुँदाको स्थितिमा सि के रसाइली आइपुगेछन्। सिके रसाइली, अम्बर गुरूङ, किशोर गुरूङ, मदन परियार आदि भेला भएर यो गीत थोरै वाद्यवादनको संयोजनबाट एकै दिनको रेकर्डमा भएको थियो भन्ने जानकारी राजेन्द्र थापाले फोनमार्फत् दिएका हुन्। गीतको शब्दभित्रको मार्मिकता, भाव गहिराइ र तीब्र संवेदनशीलता पाइन्छ। अक्षर र शब्द संयोजन पनि अत्यन्त कुशलतासँग गरिएको छ। यसमा विछोड़को पीडाको घनीभूत संवेदना छ। पीडाको तीब्र विरह वेदना छ, करूण रसको प्रबलता पाइन्छ। यसका प्रत्येक पंक्तिमा एउटा प्रस्ताव प्रसङ्ग र त्यसको पुष्टि पाइन्छ- पूर्व वाक्य (प्रस्तावक) उत्तर वाक्य (पुष्टि) अर्थ सापेक्ष पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें समस्या र निवारण त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें समस्या र निवारण यसपालि त मनै फाट्यो केले सिउँने केले टाल्ने हो? समस्या उठान सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् विपर्यास (मरेतुल्य) तेरो भाग्य यति नै हो भोगचलन गरि सकिस् विपत्ति (मरेतुल्य) सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन अनिश्चितता भाग्य फाटे सिउँथे बरू तर मन सिउने केले हो? समस्या उठान सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? समस्या उठान भावीले निधारमा कर्म लेखिदिने मसी के हो? समस्या उठान कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? समस्या उठान कर्म फुटे जोँड्थे बरू मन जोड्ने केले हो? विकट समस्याको अनिश्चितता ७. भाव – गीतमा स्वकथन र परकथन दुवै पाइन्छ। गीतमा कथायिकाले आफ्नो पीडामय विषाद्लाई कुनै काल्पनिक श्रोतासित संवाद गरिएको छ। आफ्नो भाग्य खोसिएको जनाउन परकथनलाई पनि आधार लिइएको छ। त्यो काल्पनिक र अदृश्य समाजले आफुअघि प्रतिद्वन्दी भएर आइदिन्छ। आफु जिउँदै भएको लाग्दासमेत त्यसले “तँ त मरी सकिस्, तेरो भाग्य यति नै हो, भोगचलन गरिसकिस्” भन्छन्। यहाँको जीवनको गहिरो चिन्तन छ। उमेर जतिनै भए पनि भोग चलन गरिसकेपछि मरेतुल्य होइन्छ। सास फेर्नु मात्र जीवितता होइन। भाग्य र खुशीभन्दा मन अझ प्रबल हुन्छ। मन मर्नु भनेको मरणवृति हो। मनको बलमा जीवन बाँच्छ, मन मरे तनलाई कुनै औषधीले जाती पार्न सक्दैन। आशा, भरोसा गुमेपछि मान्छेमा चरम विरक्ति र विरह जाग्दछ। प्रस्तुत गीतमा वर्ण, शब्द, वाक्य सबैको कुशल संयोजनले गात्मक तत्त्व सिर्जना भएको छ। गीतमा गति, विराम, भाव, वर्ण आदिबाट लयको सिर्जना भएको छ। यसमा विषयोन्मुखता विषयात्मक केन्द्रीयता पाइन्छ। यहाँ एउटै विषय रहेको छ मन फाटेको । त्यो फाटेको मनलाई सिउने कुनै साधन छैन। ८. गीतको संरचना- राजेन्द्र थापाद्वारा रचित यस गीतको संरचना, शब्दशय्या, अलङ्कार गेयात्मकता आदिका पक्षमा अब्बल रहेको छ। यसमा रहेका एकेक वर्ण, शब्द, वाक्य आदिको सुगठित र सघन संरचनात्मक स्वरूप पाइन्छ। यसमा तीन पंक्तिको स्थायी (मुखड़ा) पाइन्छ। ८.१. आलङ्कारिकता- प्रस्तुत गीतमा अनुप्रास, रूपक, दीपक, अतिशयोक्ति जस्ता अलङ्कार रहेका छन्। प्रत्येक पंक्तिमा अलङ्कारका विभिन्न रूप पाइन्छन्। पूर्व-उपवाक्य उत्तर-उपवाक्य अर्थ-सन्दर्भ आलङ्कारिक लक्षण अलङ्कार पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें खुशी कपडासमान फाट्नु र मनले धागो सिउनु उपमेय खुशी र मन उपमान कपडा र धागो समासोक्ति त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें माया फाट्नु र मनले सिउनु उपमेय माया र मन उपमान कपडा र धागो समासोक्ति यसपालि त मनै फाट्यो केले सिउँने केले टाल्ने हो? मनै फाटे सिउने अन्य वस्तु छैन उपमेय मन उपमान उपमान कपडा उपमा सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् सास फेरेजस्तो र मरेतुल्य सास फेर्नु तर मरेतुल्य विरोधाभाष तेरो भाग्य यति नै हो भोगचलन गरि सकिस् भाग्य समाप्तिपछि भोगचलन समाप्ति उपमेय भाग्य उपमान खाद्यवस्तु स्वाभावोक्ति सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन मर्नु र बाँच्नु दुवै एक क्षणिक उपमेय मान्छे उपमान सलह दुवैको जीवन क्षणिक दीपक भाग्य फाटे सिउँथेँ बरू तर मन सिउने केले हो? भाग्य जोडिएला तर मन जोडिन्न उपमेय भाग्य उपमान कपडा सिउन निषेध निदर्शना सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? सुख, दुःख र खुशी अनिश्चितता सन्देह भावीले निधारमा कर्म लेखिदिने मसी के हो? कर्म नै भाग्य हो कर्मरूपी किताब लेख्ने मसी लोकोक्ति कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? कर्म र भाग्य अनिश्चित सन्देह कर्म फुटे जोँड्थे बरू मन जोड्ने केले हो? कर्म र मन ठोस वस्तु समान अतिशयोक्ति ८.२. आन्तरिक लय- प्रस्तुत गीतका प्रत्येक पंक्तिमा ४+४+४+४ अक्षरको एउटा यति (विश्राम) गरी जम्मा १६ अक्षर पाइन्छन्। एक उच्चारमा (स्वास प्रवाहको एक झोंक्का) मा उच्चारित हुने हुँदा गायनको दृष्टिले सुगम मानिन्छ। यस गीतको आक्षरिक संरचना कसिलो छ। चार-चार अक्षरको एउटा विश्राम रहेको पाइन्छ। यसमा वार्णिक छन्द नपाए तापनि यसभित्र आन्तरिक लय, गेयात्मकता र आक्षरिक समानता पाइन्छ। यति यति यति यति अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ संख्या पो होर् सा ल खु शी फाट् दा ज तन् ग री मन् ले टा लेँ १६ त्य ही सा ल मा या फाट् यो त्यस् लाई प नि मन् ले टा लें १६ यस् पा लि त म नै फाट् यो के ले सिउँ ने के ले टाल् ने १६ सा स फे रे जस् तो लाग् छ त र भन् छन् म रि स किस् १६ ते रो भाग् य य त्ति नै हो भो ग च लन् ग रि स किस् १६ स ल ह को भाग् य मे रो मर् ने बाँच् ने ठे गान् छै न १६ भाग् य फा टे सिउँ थेँ ब रू त र म न सिउ ने के ले १६ सु ख के हो दुः ख के हो मन् ले खोज् ने खु शी के हो १६ भा वी ले नि धार् मा कर् म ले खि दि ने म सी के हो १६ कर् म लेख् ने म सी के हो भाग् य तोक् ने क सी के हो १६ कर् म फु टे जोड् थेँ ब रू म न जोड् ने के ले हो १६ ८.३. भाव सम्प्रेषण – यस गीतका शब्दहरूलाई भाव सम्प्रेषणका आधारले अध्ययन गर्न सकिन्छ। यहाँ फाट्ने कुराहरू हुन् छन्। खुशी फाट्यो माया मन भाग्य फाटे → सिउँथेँ कर्म फुटे → जोड्थेँ गीतका प्रत्येक पंक्तिमा सङ्कटावस्था रहेका छन्। ८.३.१. रहनीको प्रयोग – रहनी भनेको गीतको थेगोसमान हो जसले वण, शब्द वा वाक्य प्रसङ्ग जोड्ने, लय मिलाउने थपना शब्द वा अक्षर हो। हा हा हो हो ओ ए हुँ आदि रहनी हुन्। यस गीतमा हो भन्ने रहनी दुई ठाउँमा पाइन्छ। के ले टाल्ने र मन सिउँने के ले भन्ने प्रसङ्गहरूमा “हो’ लाई रहनीका रूपमा पाइन्छ। टाल्ने पछि हो अनि सिउने केलेको पछि हो भन्ने रहनी स्वतः आएको छ। ८.३.२. लोकोक्ति प्रयोग- यस गीतलाई मिठास बनाउन समाजमा चलनमा रहेको लोकोक्तिको प्रयोग पनि पाइऩ्छ। ‘माया फाट्नु’, ‘सलहको भाग्य’, ‘भावीले निधारमा लेख्नु’, ‘कर्म फुट्नु’ जस्ता हाम्रो समाजमा चलेका लोकोक्ति पाइन्छ। मायाको बन्धन टुटे ‘माया फाट्नु’ भनिन्छ। ‘सलहको भाग्य’ भन्नाले जीवनको क्षणिकता बुझिन्छ। करोडौं सलहमा एउटा सलह मर्दा केही फरक नपर्ने भावबोध हुन्छ। ‘भावीले निधारमा लेख्नु’ भन्ने आमधारणा हो। मान्छे जन्मेको छैटौं दिन भावीले निधारमा भाग्य लेखिन्छ भन्ने भनाइ उल्लेखनीय छ। ‘कर्म फुट्नु’ पनि भाग्य नहुनु, केही हासिल नगर्नु भन्ने बोध हुन्छ। ८.३.३. विपरीतधर्मी शब्द प्रयोग – यसगीतमा परस्परमा विपरीत अर्थ भएका दुई शब्दलाई जनाउने सन्दर्भ पाइन्छ। सुख र दुःख, मर्ने-बाँच्ने शब्दद्वारा भाव सम्प्रेषण गरिएको छ। ६. उपसंहार – राजेन्द्र थापाले रचेको र अम्बर गुरूङले संगीत भरेको र अरूणाले लामाले गाएको पोहोर साल खुशी फट्दा भन्ने गीत अत्यन्तै लोकप्रिय बनेको छ। मानिसको विरह व्यथा, पीडालाई यसले तीव्र रूपमा उतारिएको छ। मानिसको भाग्य, खुशी र मन फाटेको दुःखद् अवस्थाको चित्रण पाइन्छ। समस्या र निवारण, समस्या उठान, विपर्यास, विपत्ति, अनिश्चितता, विकट समस्याको अनिश्चितता जस्ता अर्थसापेक्ष रहेको यस गीतमा रहेको छ जसले पीडाका चरम अवस्थलाई सङ्केत गरेको छ। समानता, वैपरीत्य जस्ता परिपाटी अपनाइएको छ। गीतका निम्ति चाहिने सम्प्रेषण जगाउन वर्णदेखि लिएर शब्द, उपवाक्य वाक्य स्तरसम्म सचेतता अपनाइएको छ। माया फाट्नु, भाग्य र कर्म फुट्नु, निधारमा कर्म लेखिनु आदि हाम्रा जनमानसमा रहेको लोकविश्वासलाई समेत गीतमा प्रस्तुत गरिएको छ। गीतका प्रत्येक पंक्तिमा चार चार अक्षरको एउटा यति बनाइएको छ जसले गर्दा गीतमा श्रुतिमाधुर्य र गेयातमक्ता झल्केको पाइन्छ। #नवीन पौड्याल नवोदित नवनीत आदित्य वाइबा- आमाकी लोकअवतार\xa0: नवीन पौड्याल नेपाली लोकसङ्गीतको क्षेत्रमा हीरादेवी वाइबाको विशिष्ट स्थान छ। उनले तामाङ सेलो लयमा नेपाली सङ्गीतमा ठूलो योगदान दिएर अमर बनेकी छन्। उनका गीतहरूले नेपाली जनजीवनलाई छोएको छ, छाएको छ, तुल्याएको छ। उनका सेलो र अन्य लोकलयका गीतहरू सुन्ने स्रोताहरू आनन्दले तरङ्गित हुन्छन्। उनका गीतमा हाम्रो आफ्नो अलिखित इतिहास छ, भूगोलका अनेकौं तह छन्। हाम्रा अतीतका ती पुर्खाले भोगेका प्राकृतिक जीवनको झलक पाइन्छ। मुजुरको नाचसित रमाएका, खान लाउनको डोहोडोहोसित बाँचेका, माया पिरतीका विभिन्न पाटासित साँचेका अनुभव अभिव्यक्त छन्। उनका गीतमा युवक-युवतीका धुकधुकी छन्, आशा र निराशाका रागभाव छन्। खुशी र सुस्केराका सुसाइ छन्। अवर्णनीय अनुभति छन्। जातीय जीवनका रमाइला पत्र, पक्ष र पृष्ठभूमि छन्। उनका केही लोकप्रिय गीतहरूमध्ये यी प्रमुख हुन्। ●फरिया ल्यादेछन् तै पनि राता घनन। ●धनकुटाको डाँडैडाँड़ा चल्यो हुलाकी नि राजै। ●राम्री त राम्रो कति राम्री मार्\u200dयो नी मार्\u200dर्यौ अँखियोँ गाजलुले। ●नाचन झिल्के नाचन बारूली कम्मर भाँचन ●उँधो जाँदा चितुचाँगे फूल ●छुइयामा हाहा छुइयामा हा हिरादेवी वाइबा उनका गीतमा ओखलडुङ्गा, धनकुटा, नेपाल (काठमाडौं), पाटन, चौतारा, भोजपुर, काशी जस्ता नेपाली जनजीवनका स्थान ब्युँझन्छन्, फरिया, झुम्के बुलाकी जाग्छन्। समलाका भाकामा लाहुरेका मनोभाव झल्किन्छ। खरसाङको अम्बोटे कमानका वाइबा परिवारकी छोरी हीरादेवी वाइबाले आफ्नो परम्परालाई अघि बढाइ लोकप्रिय बनाएकी हुन्। हाम्रा चेलीबेटीका पीडा, प्रेमका विभिन्न रागभाव, सुस्केरीहरूलाई प्रतिनिधित्व गरेकी छन्। नेपाली जनजीवनले हिमाल, पहाड र मधेसको उकाली हिँड्दाका सुख-दुःख पसिना र संघर्षको गाथा छ। हीरा बाइबाको गायनको बिँडो थाम्ने उनकै छोरी अझ प्रखर भएर निस्केकी छन्- नवनीत आदित्य वाइबा। उनको गायन पनि आमाकै लोकगीतलाई अघि बढाउँदै त्यसको सँगसँगै आफ्नै मौलिकलाई पनि विकसित गरेकी छन्। नवनीतको गलामा पनि ठेट नेपाली लोकलयका सरिता बगेको छ। आमा र उनको स्वरमा केही साम्य र केही वैषम्य पाइन्छन्। नवनीतले आफ्नी आमा हीरा वाइबाकै पुराना लोकगीतलाई ब्युँझाउने काम गरेकी छन्। आमालाई साँचो श्रद्धाञ्जलि अर्पण गरेकी छन्। नयाँ पुस्ताका युवा पिँढीलाई हाम्रो मौलिक लोक गीत-संगीतलाई अझ लोकप्रिय, सञ्चरण र पुनर्ताजगी बनाइदिएकी छन्। यद्यपि आमाका गीतको पुनर्जागरण गर्दै आफ्नै पनि मौलिक गीतहरू अझ मिठा मिठा गाएकी छन्। उनको गायकीमा आमाको स्वरको छायाँ छ, बाजे एस. एम. वाइबाको परम्परा छ। उनले आमाको लोकगायनलाई उत्थान गर्दै आफ्नै मौलिक मार्ग पनि बनाउँदै विकसित गरेकी छन्। उनको स्वर लहरीमा अलौकिक जादू छ, आनुसांगिक आनन्द पाइन्छ। बालकले आमाको काखमा लुटुपुटु गर्दाको न्यानोपन पाएझैं अवर्णनीय र नैसर्गिक आनन्द र तृप्ति पाइन्छ। उनको स्वरलहरीमा पनि आफ्नो गोर्खाली जातीय संगीतको नैसर्गिक परितृप्ति, जातीय संवेदना, सभ्यता संस्कार ब्युँझिन्छ। उनका गीतहरूभित्र हाम्रा इतिहास पाइन्छ, लुवाइखुवाइको झलक पाइन्छ, संस्कृतिका आन्तरिक पहलु पाइन्छ। हाम्रो पृष्ठभूमि, चिन्तन अवस्था-व्यवस्था, लोकजीवन आदिको झलक पाइन्छ। मौलिक र ठेट भाषाको सुगन्ध पाइन्छ। हिमालको फेदीमा बसोबासो गर्ने गोर्खालीजनको दुःख, सङ्घर्षको गाथा पाइन्छ। भाषामा गाईको खाँटी दुध पिउँदाको परितृप्ति पाइन्छ। पहाडको चोखो सरिताको कलकल र झरनाको प्रवाह छ, वनमा चराचुरङ्गीको मिठो चिरबिर कलरवको प्राकृतिक समीपता पाइन्छ। पहाडको चाँप-गुराँसको जङ्गलको परम सौन्दर्यको झल्को पाइन्छ। उनको गलामा कोइलीको कुहुकुहुको मिठास छ, न्याउलीको विरहीपन पाइन्छ। उनका गीत सुन्दै गर्दै हाम्रो कल्पनालहरीले वनजङ्गल विचरण गर्छन्। इतिहासका ती अलिखित पाटाहरूमा पुग्छौं, दर्शनका ती अवर्णनीय र अलिखित पन्नाहरूमा पुग्छौं। लोकसुस्केराका आनन्दका तालमा डुब्छौं, आफ्नोपनको न्यानोपनमा झुल्छौं। च्याङबा र मैच्याङका प्रेम-प्रीतिका आनन्द र उच्छवासका भावनानजिक पुग्छौं। ● झिल्के नाचेको देखेर डम्फू बजाइ नाचौं नाचौं लाग्दैछ। ● निष्ठुरी निष्ठुरी तिम्रो त माया मो गर्छु, मेरो त माया कसले पो गर्ला। ● ए स्याङबो सहनैको सङ्केतले सम्झायो सैबैलाई ● मालीमा गाईको दुध बेग्लै न मधेस जानु न भोट जानु न मरी जानु न गरिखानु मुगलानको देशमा लै लै म एक्लै। ● ढिकी कुटी चामल ढाँटा ओखल कुटी पिठो जिउडाल तिम्रो डाँफे जस्तो बोली वचन अति मिठो। ●एक मुरी धान कुटी कुटी ए लै लै पसलभरि बियाँ म त ओल्लो घर थियाँ। पल्लो घरको निम्तो बाँड्दा। सैबैज्यूको निम्तो बाँड्दा। ● के के तिपाङ्गे सैबै आँगनीमा पैसा छैन के पो तिपाङ्गे नवनीत आदित्य वाइबा यी प्रत्येक गीतमा एकेकवटा डिस्कोर्स पाइन्छ। यी गीतभित्र धेरै कुरा समेटिएका छन्। मानव जीवनमा माया प्रेम, बसाइ सराइ, घर गृहस्थी, आफन्त, साइनोको ठूलो प्रभाव हुन्छ। यी तत्त्वहरूबीच बाँच्दाका उतार चढाउमा नै मानिसको जीवन रहेको हुन्छ। प्रकृतिले पनि मान्छेलाई बचाइराखेको हुन्छ। धेरै प्रभाव पारेको हुन्छ। उहिलेदेखि मुगलान आएर बसेका युवक-युवतीका अन्तर्निहीत र आन्तरिक प्रेम र यसबाट उब्जेका विभिन्न भाव पाइन्छ, उनीहरूका धुकधुकी छाम्न सकिन्छ। लोकविश्वास, लोकधर्मका विभिन्न पाटाहरू छन्। नेपाल, भारत र तिब्बतस्थित ती उच्च स्थानमा रहेका जनजीवनको धुक्\u200cधुकी छ। उनका गीतमा डाँफे-मुनाल, कलचुँडा र जुरेलीका बुलबुलझैं सहज र स्वाभाविक लय छ। गलामा वैचित्र्य, वैविध्य, सुमधुरता पाइन्छ। तामाङ सेलो र अन्य लोकधुनको मिश्रणबाट नयाँ र अझ मिठो लय सिर्जना भएको छ। उनका गीतले हाम्रो हृदय आनन्दतिरेकले गद्\u200cगद् हुन्छ। प्रकृतिको न्यानो काखमा लुटुपुटु गर्न पुग्छौं। उनको शब्दोच्चारणमा स्पष्टता, स्वरमा मार्मिकता र ठेटपन पाइन्छ। गर्मीका दिनमा हिँडेर देउराली पुगेपछि सिर्सिर हावाको आनन्द अनुभूत हुन्छ। नवनीतले आमाको गीतहरूलाई पुनर्जागरण गर्नका साथै आफ्नै मौलिक गीत पनि अझ मिठो गरी गाएकी छन्। मानव संवेदना, अतीतप्रेम, कल्पनाको प्रबलता र लोकसंवेदनालाई समात्न सकेकी छन्। आमालाई श्रद्धाञ्जलि नामक एउटा परिवारिक परियोजनालाई कार्यान्वन गर्दै आफ्नी आमा र आफ्ना मौलिक लोकगीतलाई अघि बढाएकी छन्। उनले शुरूमा आमाका सातवटा गीतलाई लिएर नयाँ गरी गाएकी छन्। उनले यस अभियानलाई अघि बढाउँदै सन् २०१७ मा काठमाडौंमा कुटुम्ब ब्याण्डको आयोजनामा आफ्नी आमा र आफ्ना गीतहरूको प्रत्यक्ष कार्यक्रममा गाइसकेकी छन्। उनले विशाल सम्भावनाको ढोका उघार्दै आमालाई र समग्र गोर्खालीलाई अलौकिक गायनद्वारा डोहोर्\u200dयाएर लान सक्नेछिन्। उनलाई शुभकामना छ। #नवनीत आदित्य वाइबा #नवीन पाैड्याल #हिरादेवी वाइबा कथा जीवन हो—जन्मोत्सव विशेष: माया ठकुरी को आज जन्मदिन । सन् १९४६ जुलाई २ मा भारतको लखनउमा जन्मिनुभएकी माया ठकुरी नेपाली साहित्यको उँचो नाम हो । उहाँका ७ वटा कथा संग्रह प्रकाशित छन् । प्रस्तुत छ, नेपाली साहित्यका लागि विशिष्ठ कथाहरु दिनुभएकी ठकुरीसँग भगवती बस्नेत ले जन्मदिनको अवसर पारेर गर्नुभएको कुराकानी । आज भोलि केमा व्यस्त हुनुहुन्छ ? सधैंको लेखक पढ नै हो । घरेलु कामहरु पनि छन् । त्यसै त हो नि । जसरी अरुको चलेको छ, मेरो पनि त्यस्तै हो । आफ्नो जन्म ठाउँ र बाल्यकालका कुरा के के सम्झिनु हुन्छ ? म भारतको लखनऊमा जन्मिएँ, आर्मी अस्पतालमा । जन्मिएको ठाउँ मैले देखेको छैन, सुनेको मात्रै हो । खासमा मेरो बुवा भारतीय सेनामा हुनुहुन्थ्यो । आर्मीमा भएकाले उहाँको जहाँ जहाँ सरुवा हुन्थ्यो, हामी पछिपछि लाग्दथ्यौँ । पछि गएर मेरो बाल्यकालचाहिँं भारतको मेघालय अन्तरगतको शिलोङमा हुर्केबढेको हो । तपाईँको कर्मथलोको बारेमा केही बताइदिनुस् न । विवाहपछि नेपाल आएँ । नेपालमा धेरै ठाउँका स्कूलमहरूमा काम गरें । गण्डकी बोर्डिङ स्कूल (पोखरा), त्रिभुवन हाई स्कूल (त्रिशुली), अनि जनता माध्यमिक विद्यालय पाल्पा । यसरी धेरै वर्ष टिचिङ पेशा अपनाएर बसें । र, यसका साथसाथै मैले आफ्नो लेखनलाई पनि निरन्तरता दिइरहें । तपाईंँले कथा विधामा गहकिलो काम गर्नुभएको छ । पाठकहरूले यहाँको कथा साहित्यलाई यसरी सम्झिदिँदा यहाँलाई कस्तो लाग्छ ? कथाको सुरुवात हिन्दीबाट भएको हो । सायद नाम ‘इक पागल’ थियो क्यारे ! त्यो स्थानीय प्रकाशक कहाँ पठाएँ । त्यसमा आफ्नो ठेगाना पनि दिएको थिएँ । पठाएको धेरै दिनपछि मलाई चिठ्ठी आयो । उनीहरूले कथा पनि फर्काइदिएका थिए । उनीहरूले पत्रमा के भनेका थिए भने, कथाको विषयवस्तु राम्रो छ । तपाईँले प्रयास पनि राम्रो गर्नुभएको छ । तर हाम्रो विचारमा तपाईँले यो आफ्नो भाषा नेपालीमा लेख्नुभएको खण्डमा झन् राम्रो हुन्थ्यो । नेपाली मातृभाषा भएकी युवतीले हिन्दीमा गरेको प्रयास थियो सायद । यो कुरा उनीहरुले बुझे । सायद मेरो हिन्दी भाषा राम्रो थिएन, त्यसैले उनीहरूले सीधै नराम्रो नभनिकन घुमाएर नेपालीमा लेख्न सिफारिस गरे । त्यसबाट मलाई नेपालीमा लेख्ने हौसला मिल्यो जस्तो लाग्छ । म राम्रो लेख्छु । लेखेको कुरा बाहिर ल्याउनुपर्छ भन्ने कुरा कुन उमेरमा थाहा भयो ? हाम्रो बेलामा रचनाहरू पत्रपत्रिकामा आउनु निकै ठूलो कुरा हुन्थ्यो । त्यो बेला बौलाही कविता सुरुमा छापेकी हुँ । निकै पछिसम्म त्यो कविता मैले लेखेको भनेर कसैले पनि पत्याउँदैनथे । कविता लेख्ने भएका कारण मलाई बिग्रेकी केटी भन्थे । निकैपछि मलाई समीक्षक लीला लुइँटेलले भन्नुभयो, ‘दिदी तपाईँको पहिलो बौलाही कविता पढेको थिएँ । त्यो कहाँ छ ?’, त्योबेला मलाई निकै खुसी लाग्यो । यत्रो वर्षपछि पनि मैले लेखेको कािता कसैले सम्झिएको रहेछ । त्यसपछि त्यो कविता खोजेँ, कहाँ पाउनु र ? तर त्यसको चार लाइन अहिले पनि थाहा छ । बौलाही बौलाही भन्छौ दुनियाँ, बौलाही भई त्यो किन कसरी बौलाही ऊ साँच्चै थिई त तिरस्कार तिम्रो किन सही रोई होली केहीक्षण त्यो हृदयको पीर खप्न नसकी हाँसी होली केहीक्षण त्यो तिम्रो बालपनदेखि अनि भन त किन कसरी कहलाही त्यो बौलाही तपाईंको साहित्यकाररितामा कथा मात्र लेख्नुभयो । यसको केही कारण छ कि ? डि.आर. सुब्बा मेरो बुबा सँगसँगै पल्टनमा हुनुहुन्थ्यो । छोरी जस्तै माया गर्नु हुन्थ्यो । मैले लेखेको देखेपछि म छापिदिन्छु भनेर प्रोत्साहन दिनुहुन्थ्यो । त्यो कविता उहाँले नै छापिदिनु भएको हो । गोर्खा पल्टनमा त्योबेला नेपाली संगीत कला समिति थियो । त्यहाँ सदस्यता दिएर नृत्य, गायन र साहित्य सिकाइन्थ्यो । उहाँले माया ठकुरीलाई पनि सदस्य बनाउनु पर्छ भन्नु भयो । त्यहाँका केही महिलाहरुले आपत्ति जनाए । बिग्रेकी केटीलाई सदस्यता दिने हो भने हामी राजीनामा दिन्छौं, भनेर विरोध भयो । तर डि.आर. सर र गोविन्दनारायण प्रधानले, माया ठकुरीमा क्षमता छ उनलाई ल्याउनु, भनेर भनेपछि म त्यो नेपाली संगीत कला समिति भर्ना भएँ । त्यही बेलादेखि नै लेखाइको क्रम बढ्यो । समय आजजस्तो थिएन । महिलाहरुले ठूलो स्वरले बोल्न हुँदैनथ्यो, साँझ भएपछि घरबाहिर निस्कन पाइँदैनथ्यो । त्यस्तो बेलामा मैले जे देखें महिलाहरूमाथि र मेरो आफ्नै परिवारमा मेरा मुमा र हामीमाथि जुन प्रकारको व्यवहार भएको थियो, ती सबै कुराले मलाई लेख्न प्रेरित गरेकोले मैले जानी नजानी शब्दहरू जोड्दैजोड्दै कथा लेख्न थालेको हो । तपाईं गायिका पनि हुनुहुन्छ । तपाईंको सबैभन्दा मन पर्ने गीतचाहिं कुन हो ? त्यतिबेला महिलाहरूले गीतको माध्यमबाट आफ्नो दुःख व्यक्त गर्थे । त्यही देखेर मैले पनि गाउँन थालेकी हुँ । स्वर राम्रो छैन, तैपनि थोरै गाउँछु । चेलीले माइत फर्किन पाउँथिनन् त्यतिबेला । कैयौं वर्षसम्म उनको माइतीसित भेट हुने थिएन । त्यो युगमा जब आँगनको डिलमा काग आएर काँ, काँ…गथ्र्यो, त्यतिबेला चेलीले मनको भावना यसरी पोख्थीः आँगनको डिल बसी काली कौवा काँ काँ२, के केमा समाचार ल्यायो बरिलै२, त्यो कागले त बोल्दैन अब त्यो चेली आफैँ मनमन गुन्छे र भन्छिन्ः एकमा समाचार कागजुको चिर्कटो२, दोसरी समाचार तिमीलाई लिन हो२ कागले यसो भन्यो भनेर चेलीले सोंच्छिन् ।महिलाहरूले जहिल्यै पनि माइतिलाई घुक्र्याउँछन् नि । त्यसैले त्यो चेलीले फेरि भन्छिन्ः मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन्२, कागजुको चिर्कटोले जान्न बरिलै२, यसो भन्दै भन्दै चेलीले दाइ, भाइ, मामा आएको भन्ने कल्पना गर्छिन् । वास्तवमा कोही पनि आएको हुँदैन । यसरी चेलीले माइतबाट बाबा, आमा, दाइभाइ तीजमा आफूलाई लिन आए हुन्थ्यो भन्ने चाहना राख्छिन् । अहिले तपाईँहरूले नारीमुक्तिको कुरा गर्नुहुन्छ । उतिबेलाका नारीहरू पिल्सिएका भए पनि, दबिएका भए पनि ती नारीहरूले पनि कताकता आफ्नो सिर्जनामार्फत् आफ्नो मुक्तिको आवाज उठाउँदा रहेछन् भन्ने अहिले आएर मलाई बोध हुन्छ । कथा तपाईँको लागि के हो ? कथा हामी सबैको जीवन हो । कथाले जीवन बोलेको हुन्छ । यो काल्पनिकभन्दा पनि वास्तविक जीवनमा आधारित अक्षर अक्षर जोडेर व्यक्त गर्छौँ, ती सबै वास्तविक जीवनमा आधारित भएका कुरा हुन् । जसलाई हामी साहित्यकारहरु कथाको रुप दिन्छौं । मैले भन्दैआएको छु, जे जति कथा लेखेको छु ती सबै कथाहरूमा कतै न कतै म उपस्थित भएको हुन्छु । चाहे त्यो त्यसको चारित्रिक भूमिकामा होस्, चाहे संवादमा होस्, चाहे त्यसको भावनात्मक पक्षमा होस् । कतै न कतै म त्यहाँ उपस्थित भएको हुन्छु । मेरा कथा हजारौं विद्यार्थीहरूले कोर्समा पढेका छन् । कोही त बूढा पनि भइसके । कतिपयले हामीले पढेका थियौं, हामीले पढाएका थियौं भनेर भन्छन् । अहिले पनि उनीहरूको मप्रतिको मायामा कहिल्यै पनि कमी आएको छैन । एकपटक प्रोफेसर डा. नेत्र एटमले एकपटक मलाई भन्नु भयो, ‘दिजू हजुरलाई मेरा विद्यार्थीहरूले मृगतृष्णाका बारेमा कुरा गर्न भेट्ने भनेका छन्‘, भन्नु भयो । अनि वहाँले विद्यार्थीहरूलाई लिएर आउनुभयो, एकेडेमीमा । अनि एकेडेमीको चउरमा बसेर ती विद्यार्थीहरूले मलाई सोध्न थाले । मलाई विद्यार्थीहरूले कथाकारिताको बारेमा नसोधिकन कथाका ती पात्रका नाम लिंदै ती कहाँ कहाँ छन् भनेर सोध्न थाले । अनि मलाई लाग्यो, यो कथाको पात्र त अहिले पनि विद्यार्थीहरूले खोजिराखेका पो रहेछन् । र, गर्दागर्दा अरुले पनि कथाका पात्रहरूलाई खोज्न थाले । अहिले पनि कतिले भन्छन्, त्यो सानो बुबा खै ? त्यो तुषार मल्लिका खै ? अनि हिजोअस्ति पनि को को बहिनीहरूले, मेरो त आँखाबाट आँशु आयो त्यो पढेर, भनेर लेख्नुभएको थियो । गुरु दक्षिणा पढेर आँशु आएको रहेछ । यस्तै अरू थुप्रै कथाहरू पढेर विद्यार्थीहरूले मलाई यसै भन्ने गर्छन् । र, यस्तो सुन्दा मलाई एकदमै खुशी लाग्छ । केही न केही भए पनि मैले मानिसहरूको मनलाई छुन सकेको रहेछु भन्ने लाग्छ । तपाईंका कथाहरू बंगाली, तामील, जापानी, अंग्रेजीमा अनुदित छन् । नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्नका लागि कस्तो सल्लाह दिनु हुन्छ ? मेरा कथाहरू विभिन्न भाषामा छन् । अंग्रेजीमा मेरो कथासंग्रह अर्चना थापाको अक्षर क्रियसन छ । त्यहाँबाट अबलेसड गड भन्ने ईश्वरले पनि सिमान्तकृतलाई याद गर्दैनन् भने जस्तै भयो नि । त्यो किताब अर्चना थापाले पहिलोचोटि प्रकाशित गर्नुभएको हो । त्यसपछि अहिले सांग्रिलाले त्यो किताबको दोस्रो संस्करण निकाल्दैछ । र, मेरा कथाहरू धेरै अनुदित भएर अरुअरु ठाउँहरूमा गएका छन् र पढाइ भएका छन् । कथा विधामा आउन चाहने नवप्रतिभाहरूलाई कस्ते सन्देश दिन चाहनु हुन्छ ? म के भन्छु, भने हतार नगर्ने के । के गर्ने भने पहिले आफ्नै देशको कुन विधामा जान चाहनु हुन्छ, तपाईँलाई त्यसको विधागत अध्ययन गर्नै पर्छ । पहिले त आफ्नै देशको गर्नु पर्याे नि ! आफ्नो देशको अध्ययन नगरेर अरे अरेको भरमा हिंड्नु हुँदैन । आफ्नो देशको राम्ररी अध्ययन नगर्ने उपरको बेलायतको र पेरिसको अध्ययन गरेर त भएन । हामीलाई फलाना फलानाको पढें भन्नमा गर्व गर्छौं के । त्यो पढेको पनि राम्रो हो, पढ्नु पनि पर्छ । तर पहिला त आफ्नै देशको पढ्नुप¥यो । नवलेखकहरूलाई पनि म यहीँ भन्छु । एक दुईवटा पुस्तक लेख्नेबित्तिकै उसको भन्दा मेरो राम्रो छ, म किनै जान्छु भन्ने भ्रम पाल्नु भएन । #भगवती बस्नेत #माया ठकुरी एक्लै हिँड !: रवीन्द्रनाथ टैगोर तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! हो, तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! तिमीसँग कोही पनि बोल्दैन भने हो, अभागी ! कोही बोल्दैन भने अर्कैतिर फर्केर सबैले तर्साउँछन् मात्र भने तिमी निडर ! तिमी स्वतन्त्र ! एक्लै आफ्नै कुरा गर हो, तिमी स्वतन्त्र एक्लै कुरा गर ! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! सब फर्किए, हो सबै फर्किए भने हो, अभागी ! सब फर्किए भने निष्पट्ट रातमा चूक घोप्टिँदा पनि हो, कसैले नियाल्दैन भने काँडा र पत्थरले खुट्टा छर्छरी पार्दै एक्लै हिँड है ! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! जूनकीरीले पनि साथ दिँदैन हो, अलिकति पनि आश दिँदैन भने बरु आँधी हुरीले फरिको लतार्छ भने बाल आफ्नै मनको ज्योति, एक्लै हिँड है ! कविताका अनुवादक केदार वाशिष्ठ हुन् । (रवीन्द्रनाथ ठाकुर (टेगोर) महान् बङ्गाली कवि र सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् । गीताञ्जलि काव्यका लागि उनलाइ नोबेल पुरस्कार दिइएको थियो । ‘एक्ला चलो रे’ उनको प्रसिद्ध गीत हो । विपन्न वर्गको पीडाबोध गराउने अत्यन्त मार्मिक यो गीत धेरै भाषामा अनुवाद भएको छ । नेपाली भाषामा पनि भएका होलान् तर ती नखोजी आफैँले भावानुवाद गर्न मन लाग्यो र यसलाई यहाँहरु समक्ष प्रस्तुत गरेको हुँ । अनुवादक) #केदार वाशिष्ठ #रवीन्द्रनाथ टैगाेर लीलाको गजल: उता सीमा मिचेदेखी निन्द्रा लाग्दैन सुत्ने बेला यता अंशबण्डामा लड्दैछ थाक्दैन सुत्ने बेला ।। अरे सरकार निन्द्रामा छ बुझ चिच्याउनु व्यर्थ छ काल आओस् कुम्भकर्ण अंह जाग्दैन सुत्ने बेला ।। लागेसी अनिकाल घरमा चाडैं सुत्ने आमालाई हेक्का छ भोको पेटले खाना माग्दैन सुत्ने बेला ।। रात पर्छ म उठ्छु र बन्दुक सुताउँछु सिमानामा होईन भने दुश्मनले बाँकी राख्दैन सुत्ने बेला ।। म सपनादेखी डराउँछु तैपनि हर रात आउने सपनालाई थाहा छ यो मान्छे भाग्दैन सुत्ने बेला ।। #लिला ब्लोन #लिलाको गजल चमेरा मान्छेहरू: दिनको उज्यालोमा लुक्छन् रातको अँध्यारोमा देखिन्छन् जब साँझ पर्छ अनि घरकाखुला झ्याल ढोकाबाट भित्र पसेर कोठा—कोठा, चोटा—चोटा सबै विचरण गर्छन् चमेराहरू। स्थिर आकृतिलाई आफैंतिर आइरहे झैं मान्छन् कालो छाया देख्दा तर्साउने भूतझैं ठान्छन् आफ्नै आँतका साथीहरूसँग पलपलझस्किरहन्छन् जीवनका हरेकपल यसरी नै भ्रम बाँच्छन् चमेराहरू। अभिनयगर्न साह्रै सिपालु हुन्छन् प्रकृतिले दिएको आफ्नो स्वरूप प्रयोग गरेर दुश्मनलाई छक्याउँछन् हेर्दा चरा जस्ता पनि देखिन्छन् जन्तु जस्ता पनि लाग्दछन् किनकिउनीहरू आफैमाभ्रमहुन् उनीहरू भ्रमकै रूपमा जन्मेकाहुन् शक्तिशाली बिरालोले झम्टिँदा हेर्नुस् बिरालो दाइ! म त मूसो होइननिभनेर आफ्नापखेटा देखाउछन् र सजिलै जोगिन्छन् हिंस्रक बाजले आक्रमण गर्दा हेर्नुस् बाजदाइ! म त चरा होइननिभन्दै मुखकादाँत देखाउँछन् र बाजबाटपनि बँच्तछन् तर म सोच्दछु बाज र बिरालोसँगै भेटिए भने साँच्चै के भन्दाहुन् चमेराहरू? बाज र बिरालोरूपी मान्छेहरू सँगै भेटिए भने के गर्दाहुन् चमेरा मान्छेहरू? #चमेरा मान्छेहरू #शरण खत्री ‘मृदुल’ सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. समान–अन्तर उपेन्द्र सुब्बा (उपेन्द्र सुब्बा) बाउले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ । गाउँमा— बाउ हलो जोतिरा’छन् म सहरमा टाउको जोतिरा’छु । गरेर खानलाई बाउसँग संसार छ भोकभोकै मर्न तयार मसँग अहङ्कार छ । बाउले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ । २. हल्लिनु धर्मेन्द्र विक्रम नेम्बाङ (धर्मेन्द्रविक्रम नेम्वाङ) हल्लिनु भनेको पुरानो अवस्थामा खलबल आउनु । हल्लिनु भनेको पुरानो व्यवस्थामा खलल आउनु । हल्लिनु भनेको यथास्थितिलाई धक्का दिनु । हल्लिनु नयाँ विज्ञानको सुरुवात हुनु । हल्लिनु भनेको मक्किएको टुक्रिनु, चुटिनु, अलमलिनु, उल्टिनु, विघटन हुनु । पुरानो उखेलिनु, नयाँ परिस्थिति आउनु । हल्लिनु भनेको अस्थिर बन्नु । हल्लिनु भनेको पुरानो विस्थापन नयाँ आमन्त्रण । हल्लिनु ज्ञान, चेतना, धरातल, कुण्ठा, मुटु, छाती, मगज, पृथ्वी आदि इत्यादि । हल्लिनु भनेको हिल्लिनु । ३. नयाँ वर्ष स्वप्निल स्मृति (स्वप्निल स्मृति) गाउँमा— पूरै एक वर्ष भयो राजधानीबाट अझै आइपुगेन झाडावान्ताको ओखतीबाहेक हेलिकप्टर ल, चाँपको हाँगामा कति चाँडो आइपुगेछ नयाँ वर्ष ! ४. याद चन्द्रवीर तुम्बापो (चन्द्रवीर तुम्बापो) आफू— भेलबाढी बनिदिन्छ, र हामीलाई बगर बनाएर जान्छ ! ५. दुरी (राबत) राबत एउटै बोटको फरक हाँगामा फुलेको फूलझैँ एउटै परिधिमा रहेर पनि तिम्रो र मेरो मिलन नचुँडिएसम्म सम्भव छैन । #डा. विप्लव ढकाल शरदका नजरमा प्यासीः पछिल्लो पुस्ताका एक जिम्मेवार कवि: सहरमा कि त सलहको चर्चा छ कि कोरोनाको । जनजीवन सरल र सामान्य हुनुको साटो झन् जटिल हुँदै जाने सङ्केतहरू देखिँदै छन् । आम मानिस खुट्टो खोच्याउँदै हताश भावमा गाँस, बास र कपासकै मियो वरिपरि घुमिरहेका छन् निरन्तर । सहज परिस्थितिमा त सीमित वृत्तमाबाहेक कविता पढ्ने, पढाउने, चर्चा–परिचर्चा गर्ने बौद्धिक अभ्यास र परम्परा नरहेको हाम्रोतिर अहिलेको अवस्थामा कविता मान्छेको केन्द्रबिन्दु र महत्वभित्र पर्ने कुरै भएन । तै पनि कविताका विभिन्न मञ्चहरू अनावरण भैरहेकै छन् र कविताका पाठकहरू वर्तमान विषमतालाई कविता या साहित्यको सिटामोलले मत्थर पार्ने प्रयास गरिरहेकै छन् । शरद ऋतु सत्तरीको दशकको शुरूआतदेखि नै नेपाली साहित्यमा कविताको सबैभन्दा पछिल्लो पुस्ताले आफ्नो उपस्थिति देखाउन थालिसकेको हो । २०७५ सालको अन्तिममा यही पुस्ताका सत्रजना कविको संयुक्त कविताकृति ‘अनुहारको भीड’ बजारमा आयो । यस कविताकृतिको प्रकाशनमा नेतृत्वदायी भूमिका खेलेका यही पुस्ताका सशक्त कवि नवीन प्यासी यसै संग्रहका सम्पादक समेत हुन् । प्रसिद्ध समकालिन अफ्रिकन–अमेरिकन कवि निक्की जियोभानीको विचारमा कविले जस्तै कोलाहलयुक्त कोठामा पनि शान्ति भेट्टाउँछ र त्यही स्थितिमा उसले सृजना गर्छ । कवि नवीन प्यासी काठमाडौंको होहल्ला र कोलाहलसित जुझ्दै कविताको स्केच कोरिरहेको छ । ऊ कलाको मिहीन मसीले समय, सम्बन्ध र संवेदनाहरू कविताको पटागिंनीमा निरन्तर पटाक्षेप गरिरहेको छ । लाग्छ, कवि नवीन प्यासी आफ्नै हस्ताक्षर सहितको कविताको छुट्टै डिक्सन निर्माण गर्ने यात्रामा छ । अहिले नै धेरै भन्न नसकिए पनि यति चाहिँ भन्न सकिन्छ कि उसकै समकालिन कविहरूका कवितासित नाम छोपेर सराबर गरेर राख्ने हो भने पनि पाठकले उसका कविताहरू सजिलै भेट्टाउँछन् । ‘तिमीसँग भेट नभएको भए’ शीर्षकको एउटा कवितामा ऊ भन्छ, आँसुले छातीमा हिर्काएर जाने थिएन शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन् झरीले रुझेको कागज जस्तो हुने थिएन ओठ बेपत्ता हुने थिएनन् ओठको कुनाबाट मुस्कानहरू ऊ वियोग, बिछोड र वेदनालाई मात्रै कविताको क्याप्सुल बनाएर बेच्दैन । उसका कवितामा समयचेत, बोध र कर्तव्यका पाटाहरू पनि कलाको भ¥याङ उक्लिएरै आइपुगेका हुन्छन् । उसलाई थाहा छ, नाफाखोर बजारले उत्पादन गरेको कथित ब्राण्डेड वस्तु जस्तो होइन कविता । समाजको आन्तरिक संरचनाको जोड–घटाउमा कविताको निकै ठूलो महत्व हुन्छ । माथिकै कवितामा अगाडि ऊ लेख्छ : तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दुःखलाई छिचोल्ने साहस तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहिछौ कि, तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थेँ म । जब भावनाले विचार र विचारले शब्द पाउँछ तब कविता बन्छ भन्ने कवि रोबर्ट फ्रस्टको भनाइ प्यासीको कविता र उसका कवितावृत्तिसित मेल खान आउँछ । ऊ बेअर्थ कवि भनिनकै निम्ति कविता लेख्दैन । अन्तर्यमा गहन विचार र बोध समाहित गरेको ऊ बाहिरबाट हेर्दा चञ्चल किशोर लहर जस्तो पनि देखिन सक्छ । युवावयमै कविता खेतीमा परिपक्व उत्रिएको कवि नवीन प्यासी वर्तमानका पदिृश्य र मरुभूमि झैँ बाँचिरहकेका मानिसका कथा उतार्न माहिर छ । ‘एउटा मानिसको कथा’ यो समय बाँचिरहेका मानिसहरूका कथा हो । राज्यको एकैखालको आर्थिक, सामाजिक र राजनीतिक संरचनाभित्र बाँधिएका मानिसका व्यथा पनि उस्तै नै हुन्छन् । ऊ यति निरीह मानिस हो कि जुनसुकै बेला पनि ऊ बेपत्ता हुनसक्छ जुनसुकै बेला पनि उसको नाक–कान काटिन सक्छ जुनसुकै बेला पनि उसको मुटुमा बारूदको गन्ध भेटिन सक्छ कवितामा आत्मरति र आत्माभिमानमा रमाउने कविहरूको झुण्ड बाक्लै छ बजारमा । यद्यपि यो समयका केही इमान्दार कविहरू समयको भुलचुक बिना हिचकिचाहट आफ्नो खातामा हाल्छन् । कवि प्यासी भन्छ: यो जीवन शून्य सहरमा झुट बोलेर बाँच्ने कोसिस गरिरहेको म दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म दुखेको कुरा गर्न नजानेको म खुसी देखिने अभिनय गरिरहेको म ‘शासन’ शीर्षकको कवितामा ऊ आन्दोलनकारीले भत्काउन बिर्सेको व्यस्त चोकको पुरानो शालिकले अझै औँला उठाइरहेको देखेर उसमा अझै सत्ताको भोक बाँकी रहेको देख्छ । यो छोटो कविताले सिङ्गो शासकिय चरित्र र इतिहासमाथि बलियो धावा बोलेको छ । नवीन प्यासी नवीन प्यासी पछिल्लो पुस्ताको एउटा जिम्मेवार कवि हो । कविताका लागि चाहिने ‘सिरियसनेस’ उसमा छँदैछ । यद्यपि उसका कविताले विचारको नुतन र गहकिलो आकाशमा विचरण गर्न बाँकी नै छ । चेतना र चिन्तनगत आयाममा जीवन, प्रकृति, सौन्दर्यका नवीनतम आलोकहरू खोज्न बाँकी नै छ । कवि नवीन प्यासी मौलिक तर बलियो विश्वदृष्टिकोणसहित माझिएर आउन बाँकी नै छ । खैर, भर्खरै त यात्रा शुरू भएको छ । भविष्य त उज्वल छँदैछ । यार मनहरू भिज्ने गरी कविता लेखिरहनू । तिमीलाई शुभकामना । नवीन प्यासीको कवितामाथि टिप्पणी गरिएका कविताहरू यसप्रकार छन् । १. शासन आन्दोलनकारीले भत्काउन बिर्सेको पुरानो शालिक व्यस्त चोकमा उभिएर अझै पनि औँला उठाइरहेको छ सायद, उसमा सत्ताको भोक अझै बाँकी छ । २. एउटा मानिसको कथा लाग्छ– ऊ माटोको गिलास हो जो भर्खरै समयको हातबाट छुटेर मार्बलमा बजारिएको छ लाग्छ– ऊ कसैको औंला झुक्किएर ठोक्किएको पुरानो सारंगीको एक्लो तार हो जसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ कुनै मानिसको आत्महत्याले हाँगा थर्थराएर खसेका थोपाहरुको सरसराहट जसरी शासकविरूद्ध फाासीको तख्ताबाट निस्किएको अन्तिम आवाज जसरी जल्नुअघि झिलिक्क बलेको बिजुलीको बल्ब जसरी हारेको ठानेर हुन्छ या जितेको ठानेर उसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ चीत्कारमा आनन्द लिन कुनै कलिलो हातले फर्सीको फूलमा छोपिन सक्ने कीरा हो ऊ धूलो र माकुराको जालोले छोपिएको कसैको प्रतिविम्बको प्रतीक्षामा बााचेको ऊ ऐना पनि हो र ऊ कुवा पनि हो जसको छातीमा जून मुस्कुराइरहेको बेला पहेंलो पात खसिदिँदा मात्र पनि कच्याककुचुक हुन सक्छ ऊ हात काट्छ र प्रेमपत्र लेख्छ ऊ भट्टी छिर्छ र आफ्नै हातले निधार हिर्काउाछ ऊ महागीमा उभिन्छ र बजार भाउ सुनेर मात्र फर्कन्छ ऊ भूकम्पले आधा चिथोरेको घर सम्झन्छ ऊ दुःखले धुजा–धुजा बनाएको आमाको अनुहार सम्झन्छ ऊ यति निरीह मानिस हो कि जुनसुकै बेला पनि ऊ बेपत्ता हुन सक्छ जुनसुकै बेला पनि उसको नाक–कान काटिन सक्छ जुनसुकै बेला पनि उसको मुटुमा बारूदको गन्ध भेटिन सक्छ कहिलेकाहीँ भने भनिहिँड्छ ऊ, ‘यो सहर मेरो पनि हो यो सहरमा मेरो सपना धरहरा भइसकेको छैन’ र पनि ऊ निरीह मानिस हो वर्षौंदेखि सुनसान घरसँग जसरी –जीवनको छनक दिने वृद्ध खोकीहरु –जीवनको आनन्द दिने केटाकेटी चिल्लाइहरु –धिपधिप गर्दै मधुरो बल्ने दियो –सााझ/बिहान धुरीबाट आकाश उक्लने धूवाँहरु केही–केही छैनन् ऊसँग ऊ कुनै चुल्ठोमा सिउरिँदै गर्दा फूलको थुंगोबाट खसेको एउटा पत्र हो ऊ कुनै युवतीको छातीबाट खसेको कमिजको टाँक हो ऊ जे पनि हो ऊ उज्यालो बोकेर गइरहेको घाम हेर्दै टोलाइरहने फुल्न खोजिरहेको आरुको रुख हो ऊ मध्यराति बतासको ठोक्काइले चुइा… चुइा… गरिरहने गाउाको कुनै एक्लो घरको चुकुलबिनाको ढोका हो ऊ कुनै समय बिहानै–बिहानै चारा टिप्न आइपुग्ने परेवाले बिर्सेको आँगन हो ऊ तोक्माको संगीत सुनेर बाँचेको पुरानो बाटो हिाडेर आएको पौताला पनि हो ऊ यति मात्रै होइन ऊ विष खोसिएको सर्प हो ऊ भाषा र आवाज खोसिएको सुगा हो ऊ जंगल र स्वतन्त्रता खोसिएको बाघ हो कहिलेकाहीँ म उसलाई बेस्सरी सम्झन्छु खडेरीमा बिरूवाले वर्षात सम्झिए जसरी नवविवाहित महिलाले सिरानी अंगालेर निदाए जसरी झुक्किएर आमाले मरेको सन्तानलाई पनि खाना पस्किए जसरी उसलाई म बेस्सरी सम्झन्छु यो जीवन–शून्य सहरमा झूट बोलेर बाँच्ने कोसिस गरिरहेको म दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म दुखेको कुरा गर्न नजानेको म खुसी देखिने अभिनय गरिरहेको म कहिलेकाहीा केही क्षण फुर्सद निकालेर जब त्यो निरीह अनुहार सम्झन्छु जब यत्रो संसारमा मसँग मात्र परिचित त्यो मानिसलाई सम्झन्छु मैले ऐना अगाडि उभिनुपर्छ। ३. तिमीसँग भेट नभएको भए तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू लेख्ने थिइनँ हाम्रो सम्बन्धको आयुभन्दा धेरै ‘सुसाइड नोटहरू’ आँसुले छातीमा हिर्काएर जाने थिएन शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन् झरीले रुझेको कागज जस्तो हुने थिएन ओंठ बेपत्ता हुने थिएनन् ओंठको कुनाबाट मुस्कानहरू तिमीसँग भेट नभएको भए बिथोल्ने थिएनन् विगतहरूले जन्मिने थिएनन् सपनाहरू भेट्दिनँ थिएँ तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू तिम्रा आँखाबाट देख्दिनँ थिएँ हिँड्नुपर्ने बाँकी बाटाहरू तिमीसँग भेट नभएको भए अल्झन्न थिएँ म तिम्रो पैतालामा र पछ्याउँदिन थिएँ तिमीलाई सुदूर-सुदूरसम्म पुग्नका लागि तिम्रो गरम सासहरूले निथ्रुक्क भिज्ने थिइनँ म तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए तिमीसँग भेट नभएको भए- एउटा यात्रा आफूखुसी हिँडिरहन्थ्यो एउटा मान्छे आफूखुसी बाँचिरहन्थ्यो तिमीसँग भेट नभएको भए छुटिने त्रासले निस्कदैनथे सुस्केराहरू कसैलाई गुमाउने भयले धड्किदैनथ्यो मुटु प्रेमको तापले यसरी पग्लिदैन थिएँ म फेरि यसो सोच्छु – तिमीप्रतिको गुनासोहरूलाई परै राखेर सोचिबस्छु म… तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दु:खलाई छिचोल्ने साहस तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहिछौ कि, तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थेँ म । #नवीन प्यासी #शरद ऋतु हिमाल र आमा: रातो टोपी, रातै लपेटा बाँधेर क्रान्ति गर्न हिँडेका बाले आमाको पटुकीसम्म रातो रहन नदिएपछि छेउको अपि सैपालमाथि डाहा लाग्न थाल्यो त्यसको कम्मरमुनि राताम्य गुराँस कसरी फुल्न सक्छन् ? #दीपक ढकाल #हिमाल र आमा जन्मदिन विशेषः हरिभक्त कटुवालका दुई कविता: कुनै वाद र मान्यतालाई अँगालो नहाली कविता लेख्ने कवि हुन् हरिभक्त कटुवाल । उनको जन्म १९३५, जुलाई २ (वि.स. १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो । हरिभक्त कटुवाल इतिहासले सम्झिरहने अनेकौं कविता कृतिहरुमध्ये एक हो– हरिभक्त कटुवालको “यो जिन्दगि खै के जिन्दगि” कविता संग्रह (२०२९), जसले उनलाई चर्चाको शिखरमा पुर्यायो । सोहि कविता संग्रहलाई ‘स्वदेश फर्किएपछि (३२ वटा कविता)’ र’ प्रवासबाट (२९ वटा कविता) गरी आफ्ना कविताहरुलाई दुई भागमा विभाजन गर्दै कटुवालले ‘यो जिन्दगी खै के जिन्दगी” मा आफ्ना कुरा मार्फत् यो पनि भनेका छन्– भोलि म नरहुँला र जो रहेनछन् उनीहरुकै हातमा यो जिन्दगी समर्पित छ । आधुनिक नेपालि कविताका प्रखर सर्जक कवी हरिभक्त कटुवालले युगान्तकारी चेतना, सौन्दर्य र लयात्मकतालाई समातेर कविता लेखेकै हुनाले पनि होला उनी अत्याधिक प्रशंसित कविमध्ये पर्दछन् । उनको मृत्यु १० सेप्टेम्बर १९७९ (वि.सं. २०३७ भदौ २५ गते) ४५ वर्षको उमेरमा क्षयरोग र अल्सरका कारणले भएको थियो । उनको जन्मदिनको सम्झना स्वरूप उनैका दुई कविता हामी प्रस्तुत गर्दैछौँ । १. मुक्त मुक्त त ढुंगा हुन्छ न उसको दुख्ने मुटु हुन्छ म देख्ने आँखा हुन्छ कसैले पर्खाल लगाए पर्खाल बन्छ सडक बनाए सडक बन्छ सायद त्यसैले त्यसको पूजा हुन्छ उ ईश्वर बन्छ । २. दाइ कविता ! खै कविता ! यस सहरमा ओहर दोहर गर्ने आकृतिहरूमा कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ ! तर सधैं मेरै जस्ता ति अनुहारहरू पनि अल्झिरहेको पाएको छु दाल, भात, डुकुकै समस्यामा । मानौं हामीले बिर्सिसकेका छौं मानिस हुनुको अर्थ र खटनभन्दा पनि हामि केही सोच्न सक्देनौं कुनै घेरा नाघेर हामि कतै फड्कन सक्दैनौ अनि यहाँ कविता कहाँ पाउनु भाइ ? कविता त कतै भोकाएको ज्यामीको अनुहारमा होला जो राजमार्गमा दिन दिनभरी ढुङ्गा फोरिरहेको हुन्छ अथवा कतै उनी लाहुरेको उदास अनुहारमा होला जो आफ्ना बाल बच्चा बिर्सेर रातभरि दर्बानी गरिरहेको हुन्छ होइन भने, सारंगी रेटेर बह बिसाउने कुनै गाइनेको अनुहारमा होला जो कुनै पर्यटकबाट पाँच पैसा पाउँदा पचास पल्ट निहुरिरहेको हुन्छ । तर म एक बेफुर्सदी मान्छे – थोरै कवी बढी जागिरे जसलाई कविता खोजिहिड़ने फुर्सद नै छैन अनि म कविता कहाँ पाऊ ?- के दिउँ ? बरु यस्तो लागिरहेछ यसबेला आफैंलाई कुन म्युजियमको एक कुनामा थन्को लगाईदिउँ आफ्नै जिन्दगी र लेबिल टाँसीदिऊ ठुला ठुला अक्षरमा ‘यो हरिभक्त कटुवाल हो जो मृत्युको डरले सधैं भागिहिंड्छ यो त्यही कटुवाल हो जो स्वस्ती गरेर भए पनि आफ्नो जागिर जोगाउनैमा तल्लीन छ ।’ नोटः प्रस्तुत सामाग्री केही अनलाइनको सहयोगार्थ तयार पारेका हौँ । #हरिभक्त कटुवाल फोटो कविता प्रतियोगिता ७ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको सातौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। याे फाेरम नव प्रतिभा एवं चर्चित कविहरूकाे संयुक्त फाेरम हाे, जहाँ ताेकिएकाे विषय र तस्बिर दिएर कविता लेखनकाे प्रतिस्पर्धा गराइन्छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका छ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सातौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपाेस्टकाे फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। याे प्रतियाेगितामा कविता पठाउन यसै पेजकाे तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दाे कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएकाे छ । प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ ।उत्कृष्ट कवि–कवयत्रीहरूलाइ सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात असार २० गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाइ विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूकाे रहाेबरमा भाेलिपल्ट २१ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः आधुनिक नारी अथवा नारी साैन्दर्य यी दुबै विषय मध्ये तल दिइएकाे तस्बिर मध्ये एक, जुन कुराले कविकाे मन छुन्छ, त्यही विषयमा रचना पाेस्ट गर्न सक्नुहुनेछ । हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः #फोटो कविता प्रतियोगिता सभासद् हराएको सूचना\xa0: बाँकेको टन्टनापुर गर्मीमा म कोहलपुर बसपार्कमा काठमाडौं जाने गाडीको टिकट काट्ने लाइनमा थिएँ । बिचौलियाहरू मुखमा गुट्खा च्यापेर यात्रुलाई ‘कहाँ जाने ?’ भनेर सोधपुछ गर्दै थिए । म भने बिचैलियाको सिकार पर्नुभन्दा पहिले नै अघि सरेर टिकट काट्ने लाइनमा बसिसकेको थिएँ । गर्मीले सबैको मुहार आगोको फिलिङ्गोजस्तै रातो बनाएको थियो । लाइनमा अगाडि उभिएका सबै दिक्दार देखिन्थे । सबैको अनुहार उदास थियो । सबै मलामी आए जस्ता भावशून्य देखिन्थे । काउन्टरमा काम कछुवाको गतिमा हुँदै थियो । कोही पछाडिबाट जोरजोरले कराइरहेका थिए । कोही भने लाइनमा ठेलम्ठेल गर्दै घुस्न खोज्दै थिए । म एक्लै सब दृश्य हेर्दै मनमनै कहिले काठमाडौं पुगिएला र म्यानपावरको एजेन्टलाई भेटिएला भन्ने सोचिरहेको थिएँ । विशाल दत्त भट्ट मोटामोटी आज तीन महिनाभित्र सातौंपटक काठमाडौं जादै थिएँ । म्यानपावर कम्पनीले पनि विभिन्न बहानामा बोलाइरहन्थ्यो । छुट्टिने बेलामा एउटै कपीपेस्ट बिदावारी हुन्थ्यो, “भट्टजी, अब तयार हुँदै गर्नुहोला है । चाँडै भिसा लाग्छ ।” हिजो बिहानै म्यानपावरकी स्टाफले फोन गरेर भनेकी थिई, “हेल्लो विशालजी, हजुरलाई मनोहर सरले बोलाइस्या छ । भोलि नै काठमाडौं आउनु पर्यो । अनि सुन्नु त ! बाँकी रहेको पेमेन्ट पनि गर्दिनुहोला है । उता कम्पनीबाट रेस्पन्स आइसक्यो ।” हिजो दिनभरि लाएर खाना नखाईकन चिनेको नजिकका आफन्तसँग ऋण काढेर पैसा जोहो गरेको थिएँ । राती निद्रा पनि राम्रोसँग लाग्नै पाएन । मन एउटा सिनेमामा झैँ दृश्यहरू अविरल खेलाउँदै रह्यो । कसरी सपनाहरू सजिँदै जान्छन् ? कसरी बिपना भत्किएर पनि जान्छन् ? कसरी रूखले पालुवा हाल्छ ? कसरी हरियो पात सुकेर पनि झर्छन् ? कसरी हावामा आशाको महल ठडिन्छ ? कसरी आशाको महल तासको महलझैँ ढल्न पनि पुग्छ ? “ए भाइसाब क्या हुवा ?”, ढाडमा धपधपाउँदै एउटाले मलाई अघि सर्न लायो । म झसङ्ग भएर अगाडि सरेँ । लाइनको लम्बाइमा कति पनि कमी आएको थिएन । त्यसपछाडिको मान्छेलाई भने मेरो अगाडि खाली रहेको डेढ फुटको पनि लोभ लागिरहेको थियो । मैले खल्तीमा रहेको नोकिया मोबाइल झिकेर समय हेरेँ । दिउँसोको दुई बज्ने लागेको थियो । नाडीमा बाँधिएको घडीलाई निकै ग्लानि भएको हुँदो हो, लाचार भएर मेरो पसिनाले निथ्रुक्कै भिजेको अनुहारमा हेरिरह्यो । काउन्टरका कर्मचारी खाजा खाने समय भएको भन्दै निस्किए । कोही एक शब्द बोल्न सकेनन् । गर्मीले आलस्य बनाएको पनि हुनसक्छ, या त बोल्ने मुडमा कोही थिएनन् । ठिक त्यसै समय त्यहाँ हातमा एउटा थर्मसमा चिया र प्लास्टिकमा केही चाउचाउ, बिस्कुट, पाउरोटी, चुरोट, गुट्खा बोकेर एउटा अधबैंसे महिला आइपुगिन् । “ए नास्ता ले बे ?”, ती महिलाले मतिर हेर्दै थर्मस भएको हात थोरै उचाल्दै प्रश्न गरिन् । उनको त्यो प्रश्न नभएर आफ्नो घरमा बेलुका बालबच्चालाई खुवाउने दाल चामलको व्यवस्था गरिदिन अनुरोध थियो । मैले थोरै आँखा उचाल्दै हुन्छ भनेँ । उनले मलाई एउटा प्लास्टिकको गिलासमा चिया हालेर दिइन् । “अरू काई देबे ?” मलाई चियासँग पाउरोटी खान मन लाग्यो । “यसको कति रुपैयाँँ हो ?”, पलास्टिकभित्र भएको पाउरोटीलाई चोर औंलाले देखाउँदै प्रश्न गरेँ । “दस रुपैयाँ लेबे ।” मैले एउटा पाउरोटी मागें । तिनले एउटा पत्रिकाको टुक्राले च्यापेर मलाई पाउरोटी थमाइन् । मैले थोरै मुस्कान थपिदिँदै पैसा दिएँ र चियाको सुर्को लिएँ । उनी खुसी हुँदै अर्को मान्छेतर्फ सोध्दै गइन् । चिया र पाउरोटी खाँदै त्यसै लाइनमा बसिरहेँ । चियामा चोप्दै पाउरोटी खानाले पाउरोटीभन्दा अगाडि चिया सकियो । प्लास्टिकको गिलास नजिकै रहेको ‘फोहोर मलाई’ लेखिएको बाल्टीमा खसालिदिएँ । पाउरोटी अलिकता बचेकाले हातमा लिएर बिस्तारै खाई नै रहेँ । अन्तिमपटक बचेको सानो ठुन्को पाउरोटीलाई मुखमा हालेर हातमा भएको पत्रिकाको टुक्रा हेर्न थालेँ । केही विज्ञापन र सूचनाहरू थिए । कुनैबेला जागिर खोज्न पत्रिकामा विज्ञापन र सूचना हेर्दै विभिन्न कम्पनीका फोन नम्बर संकलन गरेको याद आयो । एक महिनामा कमाइ हुनेभन्दा बढी पैसा त तिनै कम्पनीमा फोन गर्न र जागिरबारे बुझ्नमै खर्च भएको थियो । अझ कुनै कम्पनीमा पुगेर तीन सयदेखि पाँच सयसम्मको फम भरेरसमेत आएको थिएँ । ती सबैले तपाईँ छानिइनुभयो भने सम्पर्क गरौंला भन्दै पठाएका थिए । म कुनैको पनि छनोटमा पर्न सकिनँ क्यारे ! महिनौं बितिसक्दा पनि फोन आएको थिएन । पछि पछि त आश र विश्वास दुवै मरेर गयो । हातमा भएको पत्रिकाको एउटा सूचनामा आँखा गयो । कालो बोल्ड अक्षरमा लेखिएको थियो ‘ सभासद् हराएको सूचना !’ म तीन छक्क परेँ । जीवनको पच्चीस बसन्त पार गरिसक्दा पनि पहिलोपटक यस्तो सूचना देख्दै थिए । त्यस शीर्षकलाई दोहोर्याइतेर्याई हेरेँ । त्यो त्यही नै थियो, जुन म पढिरहेको थिएँ । मलाई त्यस अनौठो सूचनाले असमञ्जसको अवस्थामा धकेलिदियो । काउन्टरका कर्मचारी खाजा खाएर आइपुगेछन् । पछाडिबाट ठेलमठेल सुरु भैहाल्यो । मैले त्यस पत्रिकाको टुक्रालाई जतनसाथ पट्याएर पाइन्टको अघिल्लो खल्तीमा राखें । बिस्तारै बिस्तारै गरेर लाइनमा अगाडि बढ्दै गरेँ । सम्झँदै बिरक्त लाग्ने ती कर्मचारीहरूको अगाडि पर्दै काठमाडौंसम्म जाने गाडीको टिकट काटेर त्यस काउन्टरबाट ओझेल परें । गाडीको समय हुन अझै डेढ घन्टा जति बाँकी थियो । बस्ने बाहाना खोज्दै नजिकको एउटा सानो चिया पसलमा गएर चिया मगाएँ । चियापत्ती बिटभरि लागेर बाफ छोड्दै उम्लिरहेको भाँडोबाट एक कप चिया सानो सिसाको गिलासमा खन्याएर आधा तालु खुइलिसकेका एक जना अधवैंशे मानिसले म बसिरहेको टेबलमा ल्याएर टक्राए । उनको अनुहार देख्दा साह्रै दया पलाएर आयो । खाली रहेको चिया पसलमा म गएर बसिदिँदा उसलाई हिउँदमा सूर्य उदाएजस्तो आभास भएको हुँदो हो । आफ्नै टुक्राटाक्री सपनाहरू साँच्दै चियाको सुर्को तान्न थालेँ । तातो चिया मुखभित्र पुगेपछि थाहा भयो, चियाभन्दा तातो मन्द बगिरहेको हावा थियो । हुन पनि शीतल ओत खोज्दै बस्न चिया नै उपयुक्त माध्यम थियो । यसो खल्तीमा भएको अघिको पत्रिकाको टुक्रा निकालेर दृष्टिपात गर्न थालेँ । “असारेमास सकिनै लाग्दा सारा गाउँलेले चुनेर पठाएका सभासद् निकै लामो समयदेखि फरार छन् । गरिबका रक्षक, जनताका साथी, सबैका परम मित्र, आशाको किरण मानिएका सभासद् हराएको र जति प्रयास गर्दा पनि आजसम्म नभेटिएकोले भेट्टाउनुहुने महानुभावले हाम्रो गाउँको जोसुकैलाई पनि सम्पर्क गरिदिन सक्नुहुनेछ । उक्त कुरालाई मध्यनजर गर्दै यो सूचना प्रकाशन गरिएको छ ।” दोहोर्याई तेहेर्याई त्यही कुरा पढिरहेँ । केहीबेर पढेपछि मात्र विश्वास लागेको थियो । हुन त पहिलोचोटि पढ्दा विश्वास नलागेर दोहोर्याएको होइन, तैपनि दोहोर्याउँदा मात्रै चित्त बुझ्न पुग्यो । निम्न बेहोराको सभासद् हराएको हुनाले देख्नुहुने मित्रहरूले सम्पर्क गरिदिएर सहयोग गरिदिनु होला; रातो मुहार, लामो जुँघा, भ्यात्त बाहिर निक्लेको भुँडी, अग्लो कद र बोल्दा प्रायःजसो खोकेको स्वाङ पार्ने बानी भएको र कपाल पनि फुलेर सेतै भएको । देख्दा निकै सोझो र दयालु देखिने, बानी बेहोरा भने ठिक विपरीत भएको । नाकको प्वाल नै छोप्ला जस्तो गरी बाक्लो जुँगा पालेको र निधार र तालुसँगै जोडिएको । झ्याप्प हेर्दा अलि सामान्य जस्तो देखिए पनि असामान्य जायजेथाका धनी । देख्दा निकै अल्छी तर बोल्नमा भने नौ डाँडा उछिन्ने खुबी भएको । बोल्दा प्रायः जसो आफ्नो योगदानको मात्र कुरा गर्ने, तर यथार्थमा सिन्को नभाँचेको । कहिलै काम नगरे पनि आफ्नो गहकिलो भाषणले सबैको मन जित्न सक्ने हैसियत भएको । बोलेरै जित्न सक्ने र जस्तोसुकै परिस्थितिमा कुरा मिलाउन सक्ने खुबी भएको । यस्तै यस्तै बहुमुखी प्रतिभा भएको एकमात्र महापुरुष आफ्नो गाउँ छोडेर अन्यत्र लाग्दा हामी सबै जनताको बिल्लिबाठ भएको छ । विगत चौध-पन्ध्र महिना पहिलै हामी सबैले आफ्नो समस्याको समाधान खोज्दै आफ्नै सुख-दुःख साट्नका लागि भनेर प्रतिनिधित्व गर्नका लागि चुनेको मसिहा आफ्नै सुख-दुःखमा रमाउन पुगे । र उक्त समयपछि निजले सारा गाउँलाई वास्ता नगरी चट्ट छाडेर गाउँबाट फरार रहेका छन् । उहाँले त्यसरी छोडेर जाँदा सारा गाउँको बीचल्ली भएको छ । उहाँ त्यसरी हामी माझबाट एकाएक टाढिँदा सारा गाउँ नै टुहुरो भएको छ । हाम्रो एक मात्र आशाको किरण हुनुहुन्थ्यो उहाँ । त्यसकारण सबै देश-विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू आआफ्नो ठाउँबाट खोजी कार्यमा सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछौँ । चुनाव भएको एक महिनापछि सम्पर्क विहीन हुनुभयो र धेरै सोधखोज गर्दा पनि आजसम्म सम्पर्कमा आएका छैनन् । चुनाव लगत्तै सारा गाउँबासीको सारा आशा उनमै केन्द्रित थियो । अब साँच्चिकै हामी सबैको दिन फेरिएको छ भन्ने लागेको थियो, तर उक्त कुरा पूरा हुनै पाएन । यदाकदा सुनेका हौं, तर ठ्याक्कै यही हो या होइन भन्ने यकिन चाहिँ छैन, कि उहाँ राजधानीतिर भेटिनुहुन्छ अरे । राष्ट्रिय दैनिक पत्रपत्रिकाले बेलामौकामा उहाँबारे समाचार सम्प्रेषण गरिरहेको हुन्छ । फलानो नेता राजधानीको फलानो फलानो फाइभस्टार होटेलमा भेटिनुभयो अरे । हाम्रो स्वर्गजस्तो प्यारो गाउँ छोडेर कृत्रिम फाइभस्टार होटेलमा उहाँ रम्नुभएको समाचार सुन्दा मन कटक्क खान्छ । कुनैबेला एउटा पत्रिकाले खबर छापेको थियो, फलानो नेताले आफ्नो गृहजिल्लाको विकासमा केन्द्रित भएर राजधानीको हायात होटलमा भव्य कार्यक्रम आयोजना गरे । त्यस समाचार पढेर हामी सारा गाउँबासी साह्रै मर्माहत भयौँ । फाइभस्टार होटलमा गरेको कार्यक्रमले कसरी गाउँको विकास हुन्छ ? हामी आफ्नै जनप्रतिनिधि प्रति एकपटक संदिग्ध हुन बाध्य भयौं । हामीले आफ्नो लागि चुनेको प्रतिनिधि कतै डलर खेतीको मोहमा त फसेनन् ? हामीलाई आत्तिन बेर लागेन । भन्नेहरूले त नानाथरी कुराहरू फुक्दै हाम्रो कानसम्म ल्याए पनि । हामीले कहाँ सजिलै ती कुराहरू पत्यायौँ र ! पत्याउनलाई पनि कुरामा वजन चाहियो नि ! अब कुरा पनि कस्तो भने, फलानो नेताले काठमाडौँमा अलिसान बङ्ला जोडे अरे, फलानो परियोजनामा करोडौं भष्टचार गरे अरे, फलानो कोषबाट करोडौं हिनामिना गरे अरे, सम्पत्ति विवरण सामान्य देखाएर श्रीमतीको नाममा विदेशी बैंकमा करोडौं राखेका छन् अरे ! हावा कुरा पत्याउदै हिँड्ने हो भने त भोलि हामीलाई मान्छे नै होइनन् भन्देलान् । हामी कोही पनि त्यस झुठो समाचार पत्याइहाल्दैनौँ । जे जस्तो भए पनि उहाँप्रति हाम्रो विशेष सम्मान र भरोसा छ । कसरी उहाँ यसरी हामीलाई छोडेर अलप हुन सक्नुहुन्छ ? उहाँ आफ्नै जन्मथलो नआएर त्यो बिरानो मुलुकमा कसरी रहन सक्नुहुन्छ ? उहाकै कारणले हामीले धेरै कुराहरू सिक्दै गयौं । हामीलाई कुनै मतलब नभएको राजनीतिप्रति थोर-बहुत चासो दिन थाल्यौं । उहाँको वाक्पटुतामा हामी सबै कायल हुन्थ्यौँ । उहाँको हरेक कुराले हाम्रो मन छुन्थ्यो । उहाँको गहकिला भाषणले हामीलाई उहाँमा पूर्ण विश्वस्त बनाइदिन्थ्यो । हामी सारा गाउँबासी उहाँमा परजीवी हुँदै गयौं । जुन कुरा हामीसँग थिएन र जुन कुराको हामीलाई खाँचो थियो ठिक त्यसै कुराको आश्वासन हामीलाई उहाँबाट प्राप्त हुन्थ्यो । हामीले कहिलै सोचेका थिएनौँ, हाम्रो दैनिक जीवनभन्दा माथि राजनीति, न्याय र अधिकार जस्ता कुराहरू पनि थुप्रिएका छन् । हामीले आफ्नै बारेमा बेवास्ता गरेका कुराहरूबारे उहाँ हामीलाई सचेत गराइरहनुहुन्थ्यो । उहाँको राष्ट्रभक्तिपूर्ण वक्तव्यले हामीलाई बारम्बार आफू हुनुको पहिचान हस्तान्तरण गरिरहन्थ्यो । उहाँका कुराहरूले तातो रगत भुलुक्कै उम्लिएर आउँथ्यो । नशा नशा तरङ्गित हुन्थे । आफ्नै गाउँको अभिभावक मानिएका व्यक्ति त्यसरी एकाएक हराउनु साँच्चिकै असाधारण र असामान्य कुरा रहेको हामी नकार्ने पक्षमा छैनौं । हामी असह्य गाउँबासीलाई भैरहेको धर्ती एक्कासि भासिनु जस्तै भएको छ । सधैँ आश्वासन दिएर मनोबल उच्च पारिदिने व्यक्ति हामीबाट अलग भैदिँदा जिजीविषा खस्कँदै गएको छ । जीवनमा बाँच्नका लागि केवल गाँस, बास र कपास मात्र अपुग हुँदा रहेछन् । केबल खानु र लाउनु मात्र जीवनको परिभाषा होइन । जीवन बाँच्नु मात्र पर्याप्त छैन । यसलाई अर्थपूर्ण बनाउनुपर्छ, तब मात्र बाँच्नुको औचित्य हुन्छ । अब त यी कुराहरू सुन्दा पनि आफैंमा हास्यास्पद लाग्ला, तर यसको अर्थ कति गहन छ भनेर घोत्लिएर पत्ता लगाएको दिन, स्वयमलाई हाम्रो अवस्था सम्झिएर निकै ग्लानि र सहानुभूति प्रकट हुन सक्छ । यस अवस्थासम्म पुग्दा हाम्रो बीचल्ली भएको छ । साना भन्दा साना खुसीहरू पलायन भएर अन्त जाँदै छन् । पक्कै उनको आँखाले कुर्सी मात्रै देख्छन् र आफूलाई पनि प्रभावशाली नेताकै लहरमा गन्छन् । उनको दिमागभरि गोबर भरिएको छ, तर पनि हामी उनलाई फूल जत्तिकै मन पराउँछौं । उहाँ जे जस्तो भए पनि हाम्रो सुख-दुःखको संगम हुनुहुन्छ । हाम्रो खुसीको तप्काहरू प्रत्यक्ष अप्रत्यक्ष उहाँसँग जोडिएका छन् । समय निकै बलवान् छ । तर उसले चाहेको खण्डमा मानिसलाई बलवान् र कायर दुवै बनाउन सक्छ । हामीले चुनावमा उहाँलाई केबल उहाँको खुसीको आर्जनको लागि चुनेका हैन । हाम्रो दु:-खसुखको प्रतिनिधि गर्न छानेका हौं । के अब पनि हामीले इमान्दारिताको ढोङलाई सहेरै बस्ने ? अझ पनि लाचार भई बस्नु के हाम्रो लागि हितकर छ ? कृपया यो मान्छे जहाँ, जस्तो अवस्थामा फेला परे पनि हामीलाई जानकारी गराइदिनुहुन हजुरहरूसँग विनम्र अनुरोध गर्दछौं । हाम्रो निभ्न लागेको दियोको सलेदो फेरिन सक्छ । अस्ताउन लागेको घाम पुनः उदाउन सक्छ । सुक्न लागेको दुबो फेरि मौलाउन सक्छ । बगेको खोला त बाह्र वर्षमा फर्किन्छ भन्छन्, कतै उहाँको मन पनि फेरिएर आफ्नो जन्मभूमिलाई सम्झिएर आइहाल्नु पो हुन्छ कि ?” सुन्दा पनि कस्तो अपत्यारिलो कुरा ! गाउँकै सभासद् हराएर गाउँबासीको बीचल्ली । यो नमिल्दो शीर्षक र प्रसङ्गबीच एउटा नमिल्दो अमिलो र ठसठसी गन्हाउने गन्ध आइरहेको थियो । पत्रिकाको टुक्रामा भएको विवरण पढेर सकेपछि मैले त्यसलाई त्यसै फ्याँक्ने हिम्मत गर्न सकिनँ । त्यसका हरेक शब्द र वाक्यले मलाई राम्रोसँग छोएको थियो । पाउरोटीको चिल्लो लागेर लतरपतर भएको त्यस पत्रिकाको टुक्रालाई झोलाको एउटा खल्तीमा राखेर चियाको पैसा तिरेर त्यहाँबाट हिँडेँ । मलाई बित्यास पर्यो । गाडी हिँड्न करिब एक घण्टा जति थियो । चिया पसलमा पनि अनायासै बसिरहन मन लागेन । गाडीमै गएर बसिरहन उपयुक्त लाग्यो । गाडी खोजेर आफ्नो टिकट अनुसारको सिटमा गएर बसेँ । मनमा कुराहरूको दोहोरी नै चल्न थाल्यो । म आफूलाई त्यस पत्रको हराएको सभासद् जस्तै लाग्न थालेँ । म पनि आफ्नो सारा समाज छोडेर परदेश पलायन हुने प्रयासमा थिएँ । एक हिसाबले म आफ्नो मातृभूमिलाई छल गर्दै थिएँ । हराएका सभासद् र ममा केबल एउटै भिन्नता थियो । सभासद् आफ्नै स्वैच्छाले आफ्नो मातृभूमिबाट टाढिएका थिए म भने आफ्नो विवसताले टाढिँदै थिएँ । हामीबीच एक घनिष्ट द्वन्द्वात्मक प्रक्रिया चलमलाइरहेको थियो । म पनि उनै हराएको सभासद्कै समकक्षीमा परेछु । #विशाल दत्त भट्ट लेकाली सल्लाहकारमा मनोनित: राधेश्याम लेकाली लेकाली सल्लाहकारमा मनोनित अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई मनोनयन गरिएको फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले बताएका छन् । मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा अन्तर्राष्ट्रियस्तरको साहित्यिक फेस्टिवलको आयोजना गर्ने गर्छ । क्रांतिधरा साहित्य अकादमीले दुई ओटा मुख्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमध्ये पहिलो मेरठ लिटरेचर फेस्टिवल भारतमा र दोस्रो इंडो नेपाल लिटरेचर फेस्टिवल नेपालमा । यस संस्थाले पर्यावरण संरक्षण र साहित्यिक सेवामा विगत दस वर्षदेखि निरन्तर कार्य गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष डा. विजय पंडित संस्थापक अध्यक्ष पनि हुन् । यसले विश्वभरिका साहित्यिक तथा सामाजिक विभूतिहरुलाई जोडेर राख्दै आएको छ । मेरठ लिटरेचर फेस्टिवलको मुख्य उद्देश्य ‘वसुधैव कुटुंबकम’ को भावनाका साथ सम्पूर्ण विश्वमै साहित्यको माध्यमबाट मनसित मन जोडनु, एकअर्काको लेखनका बारे जानकारी गराउनु, अनुवाद, प्रकाशन, विचारको आदान-प्रदान, परस्पर सहयोगको भावना, पठन-पाठन एवं साहित्यको दायरा विस्तार गर्नु तथा नवोदित र गुमनाम लेखकलाई वरिष्ठ साहित्यकारहरुको सानिध्यमा एक अन्तर्राष्ट्रीय मञ्च प्रदान गर्नु रहेको छ । क्रांतिधरा मेरठमा प्रत्येक वर्ष आयोजना गरिने तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक आयोजना क्रांतिधरा मेरठ साहित्यिक महोत्सव (मेरठ लिटरेचर फेस्टिवल) मा सम्मान चयन समितिद्वारा चुनिएका साहित्यिक विभूतिहरुलाई निम्न सम्मान प्रदान गर्ने गरिन्छ : १. संत गंगा दास स्मृति सम्मान २. गीतकार भारतभूषण स्मृति सम्मान ३. शायर हफीज़ मेरठी स्मृति सम्मान ४. पं. मुखराम शर्मा स्मृति सम्मान ५. आदिकवि भानुभक्त आचार्य स्मृति सम्मान (नेपाली साहित्यकारका लागि) #राधेश्याम लेकाली अमर न्यौपानेको औपन्यासिक यात्राः आरोह अवरोह: अमर न्यौपाने समकालीन नेपाली उपन्यास संसारको सर्वपरिचित नाम हो । उनी सरल र छोटा वाक्य तथा सटिक अभिव्यक्तिमा आख्यानभित्र काव्यात्मक बिम्ब सिर्जना गर्न सक्ने कुशल शैलीका कारण पाठकहरु माझ लोकप्रिय छन् । पहिलो उपन्यास पानीको घाम (२०६६) मा नवीन प्रयोगको हस्तक्षेपकारी भूमिकामा देखापरेका उपन्यासकार न्यौपाने पछिल्लो उपन्यास गुलाबी उमेर (२०७६) सम्म आइपुग्दा विषय, विचार र शिल्पको विविधतामा फैलिएका छन् । यस लेखमा उनले गरेको औपन्यासिक यात्रा र त्यसले प्रदान गरेको मूल्यको खोजी गरिएको छ । पानीको घाम उपन्यासमा पश्चिम तराई (नेपालगञ्ज) का समसामयिक स्थानीय विविधतालाई समेटिएको छ । त्यसमार्फत (लोकलबाट युनिभर्सल) सर्वव्यापी, सर्वकालिक जीवनका बहुआयामिक पक्ष उजागर गरिएको छ । औपन्यासिक शिल्पको परम्परालाई भत्काएर नवीन आख्यान संरचनाको खोजीमा यस उपन्यासको उल्लेखनीय भूमिका देखिन्छ । जीवन जीवन्त सेतो धर्ती (२०६८) उपन्यासमा मध्यपहाडी (गण्डक क्षेत्र) जीवनका मध्ययुगीन परिवेशलाई आधुनिकता प्रदान गरिएको छ । बालविधुवा नारीको उजाड जीवनका माध्यमबाट जीवनवादी दृष्टि प्रस्तुत गर्नु यस उपन्यासको उपादेयता रहेको छ । उनको पहिलो उपन्यासमा रहेको नेपालगञ्जको भाषिक शैलीको जीवन्तता दोस्रो उपन्यासमा गण्डकी क्षेत्रतिर सरेको छ । यी दुवै उपन्यासमा स्थानीय भाषिक प्रयोगको मिठासले उपन्यासलाई जीवन्तता प्रदान गरेको छ । उपन्यासकार न्यौपानेको तेस्रो उपन्यास करौडौं कस्तुरी (२०७२) हो । सुदुर नेपालगञ्जबाट सुरु भएको उपन्यासकार न्यौपानेको औपन्यासिक यात्रा पोखरा, चितवन हुँदै यस उपन्याससम्ममा काठमाडौं आइपुगेको छ । केन्द्रबाट सीमान्ततिर यात्रा गर्ने समकालीन प्रवृत्तिका विपरीत उनको लेखन सीमान्तबाट केन्द्रतिर उन्मुख छ । यसमा चर्चित कलाकार हरिवंश आचार्यको जीवन–छायालाई विषय बनाइएको छ । नवीन विषयको खोजी र वैचारिक अभिव्यक्तिका दृष्टिले उनको यो उपन्यास शीर्ष स्थानमा रहेको छ । न्यौपानैको करोडौं कस्तुरी उपन्यासमा शिक्षाप्रतिको परम्परागत रुढ धारणालाई रोचक कथा–शिल्पका माध्यमबाट प्रस्तुत गरिएको छ । ‘जे भए पनि पढ्नु नै पर्छ’ भन्ने आमधारणाका कारण शुष्क बन्ने गरेको सिर्जनात्मक अन्तरक्षमतालाई हरिवंश आचार्यको जीवन्त कथाका माध्यमबाट यसमा गतिलो झापड हानिएको छ । आमनेपालीहरु माझ कलाकार हरिवंश आचार्य आफैँ मा रोचक नाम रहेको सन्दर्भमा यसमाथि उपन्यासकार न्यौपानेको कलात्मक शिल्प कुँदिएपछि कुनै पनि कलाकारिताले यसलाई माथ गर्न सक्ने अवस्था देखिँदैन । मदन पुरस्कार अर्पण समारोहमा उपन्यासकार न्यौपानेले व्यक्त गरेको विचारअनुसार भन्ने हो भने यस उपन्यासमा दर्शन र विचार अनुभूति एवम् कलाभित्र छोपिएर आएको छ । यस प्रकारको जीवन्त कथाको कलात्मक प्रयोग नेपाली उपन्यास परम्पराका लागि नवीन आदर्श हो । गुलावी उमेर (२०७६) उपन्यासकार न्यौपानेको पछिल्लो उपन्यास हो । सेतो धर्ती उपन्यासमा अठहत्तर वर्षे वृद्ध बालविधावाको कथा छ भने करौडौं कस्तुरीमा छपन्न वर्षे पाको उमेरको मान्छेको कथा छ तर यस उपन्यासमा तेह्र वर्षे किशोरीको कथा रहेको छ । यस हिसाबले हेर्दा उपन्यासकार न्यौपानेको विषय छनोट अधोमुखी देखिन्छ । उनका औपन्यासिक विषयले माथिल्लो उमेरदेखि तल्लो उमेरतिरको यात्रा गरेको छ । उपन्यासकार न्यौपानेको विषय छनोट मात्र अधोमुखी छैन, उनको औपन्यासिक प्रवृत्ति पनि त्यस्तै प्रकारको रहेको छ । पानीको घाम उपन्यासले विनिर्माणवादको उत्तरआधुनिक प्रवृत्तिलाई आत्मसात् गरेको छ । त्यसपछि सेतो धर्ती यथार्थवादी प्रवृत्तितिर फर्किएको छ भने उनको पछिल्लो उपन्यास गुलाबी उमेर वि. सं. १९९३ बाट रुपनारायण सिँहबाट आरम्भ भएको स्वछन्दतावादी प्रवृत्तितिर प्रवृत्त रहेको छ । भावनाको उन्मुक्त उडान र पे्रमिल संसारको कथा प्रस्तुत गर्ने स्वच्छन्दतावादी उपन्यास लेखनका माध्यमबाट युधिर थापा र प्रकाश कोविद आदिका उपन्यासहरुले नेपाली उपन्यासको पाठक बढाउने काममा महङ्खवपूर्ण योगदान दिएका थिए । उपन्यासकार न्यौपानेको पछिल्लो उपन्यास त्यसै परम्पराको निरन्तरताका रुपमा देखापरेको छ । हाल यसको नेतृत्व सुबिन भट्टराईका उपन्यासहरुले गरिरहेका छन् । यसरी नेपाली उपन्यास परम्परामा नवीन प्रयोगको हस्तक्षेपकारी भूमिकाबाट प्रवेश भएको उपन्यासकार न्यौपानेको औपन्यासिक प्रवृत्ति उत्तरआधुनिकतावादी प्रवृत्तिबाट आधुनिकता हुँदै पूर्वआधुनिकतातिर उन्मुख पश्चगामी रहेको छ । उपन्यासकार अमर न्यौपानेको पश्चमुखी प्रवृत्ति उनको पहिलो उपन्यास पानीको घामबाट नै पहिल्याउन सकिन्छ । उनको यो उपन्यास ‘कथान्त’ शीर्षकबाट आरम्भ भएको छ भने ‘कथाराम्भ’ शीर्षकमा पुगेर अन्त्य भएको छ । यसरी अन्त्यबाट सुरु गरी आरम्भमा टुङ्ग्याउने उनको प्रवृत्ति पश्चगामी रहेको छ । पानीको घाम उपन्यासका सम्बन्धमा रमण घिमिरेले ‘शैली, प्रस्तुति र वाक्य गठनको मौलिकतामा लेखक आकाशकै घाम हुन’ भनी उनको मौलिक लेखनको प्रशंसा गरेका छन् । करोडौं कस्तुरी उपन्याससम्मको सन्दर्भमा उपन्यासकार न्यौपाने शैलीशिल्पका साथै विषय र विचारको मौलिकताका हिसाबले पनि उज्यालो घाम नै बनेर रहेका छन् तर गुलाबी उमेरमा आइपुग्दा उनको मौलिकता कमजोर बन्न पुगेको छ । उपन्यासकार अमर न्यौपानेका उपन्यासमा चित्रकार अमर न्यौपानेको समेत आभास पाइन्छ । उनका उपन्यासमा हरेक कथामा घटना वर्णनभन्दा कथापरिवेशको कलात्मक चित्रण र पात्रको मनोदशालाई सशक्त ढङ्गले उठान गरिएको हुन्छ भन्ने गुरुङ सुशान्तको टिप्पणी यथार्थपरक रहेको छ । उनको यसै शैलीका कारण ऋचा भट्टराईले उनलाई जादुगर भनेकी छन् । कुशल चित्रकारले कुची र रङ खेलाएर सुन्दर चित्र बनाएजस्तै उपन्यासकार न्यौपाने भाषिक कौशलताबाट शाब्दिक बिम्ब निर्माण गर्न खप्पिस छन् । गुलाबी उमेर उपन्यासमा जीवनका विभिन्न अवस्थालाई रङको प्रतीकका माध्यमबाट चिनाएका छन् । उनको यो कला बाह्यपरिवेशको चित्रणमा जत्तिकै पात्रको आन्तरिक परिवेश चित्रणमा पनि सशक्त छ । यस कारण उनका सबै उपन्यासमा पाठकलाई तान्न सक्ने अद्भूत चित्रकारी क्षमता रहेको छ । अमर न्यौपानेको औपन्यासिक कलाले पाठकलाई मात्र नभएर समालोचकलाई समेत चकित तुल्याउने गरेको छ । सेतो धरती उपन्यासका सम्बन्धमा समालोचक गौतमको कथन यस प्रकारको रहेको छ : ‘अत्यन्त सरल, सुबोध र कलात्मक शैलीमा लेखिएको यो (यस) उपन्यासमा कहीँ कतै पनि थपघट गर्ने ठाउँ छैन । मलाई अचम्म लागिरहेछ, कसरी लेखे होलान् लेखकले यस्तो सुन्दर उपन्यास !’ गौतमले भनेझैँ उपन्यासकारको यस प्रकारको क्षमता पानीको घामभित्रको जटिल प्रयोगमा पनि रहेको छ भने सेतो धरतीको सरलतामा पनि रहेको छ । यो कौशलता करौडौं कस्तुरीको स्वाभाविक प्रयोगमा पनि उत्कृष्ट रहेको छ । यसरी जटिल प्रयोगदेखि सरल उपन्यासमा पनि पाठक समालोचकलाई चकित पार्न सक्ने जादुगरी क्षमता उपन्यासकार न्यौपानेमा रहेको छ । पाठक समालोचकहरुलाई चकित तुल्याउने उपन्यासकार न्यौपानेको कलाले पछिल्लो उपन्यास गुलाबी उमेरमा पनि निरन्तरता पाएको छ । उनको शब्द खेलाउन सक्ने क्षमताले पाठक समालोचकलाई विगतझैं चकित बनाएकै छ भने उपन्यासको शिथिल कथानक संरचनाले समालोचकहरुलाई झन् आश्चर्य चकित बनाएको छ । नेपाली उपन्यास परम्पराले उपन्यासकार न्यौपानेबाट अघिल्ला उपन्यासको तुलनामा यति कमजोर उपन्यासको आशा गरेको थिएन । गुलाबी उमेर किशोरी पात्रको यथार्थ मनोदशामा केन्द्रित रहेको छ । कुमारी लामाको कथनअनुरुप उनले ‘पुरुष लेखक भएर नारीमनको भावना, इच्छा र आकाङ्क्षालाई दुरुस्तै प्रस्तुत गर्न’ सकेका छन् । यसमा उपन्यासकारले पहिले नै सफलता प्राप्त गरिसकेका थिए । उपन्यासकार न्यौपाने कुनै वाद वा सिद्धान्तको नियमभित्र बाँधिन चाहने लेखक होइनन् । यो उनको लेखकीय धर्म हो । यसमा मैले उनको पछिल्लो उपन्यासलाई केही साहित्यिक सिद्धान्तको तराजुमा जोख्ने प्रयास गरेको छु । यो मेरो समालोचकीय धर्म हो । कथानकीय संरचनाका दृष्टिले हेर्दा गुलाबी उमेर उपन्यासको पूर्वार्ध भागको कथानक शिथिल गतिमा अघि बढेको छ । यस उपन्यासको प्रमुख पात्र तथा समाख्याता काठमाडौं आउनुअघिसम्मको लामो पृष्ठभूमिमा उपन्यासकारको शब्द खेलाउने कलात्मक क्षमता मात्र रहेको छ । त्यति लामो भागमा द्वन्द्व र कौतुहल पक्ष कमजोर छन् । यसमा उपन्यासकारले शाब्दिक शिल्पमा मात्र ध्यान दिएका छन् । उपन्यासकी पात्र ऋचा गुलाबी उमेर (किशोर उमेर, टिन एज) को भावनामा स्वतन्त्र छे । उनको चेतनालाई उत्तरआधुनिक स्वतन्त्र भावनाले छोपेको छ । ऊ आफ्नो मन लाग्दी गर्न नपाउँदा घर छाडेर बाहिर बस्न थालेकी छ । ऊ विदेशमा रहेका बुबालाई विश्वासमा लिनका लागि वास्तविकतालाई लुकाउँछे र अनेक बहाना बनाउँछे । यस क्रममा उसले जीवनमा एकपछि अर्को गल्ती गल्ती गर्दै जान्छे । तर पनि उसको चेतना सक्रिय हुन सकेको छैन । उनले विश्वास गरेको प्रेमीले धोका दिएपछि र जीवनमा अनेक हण्डर खाएपछि उसको चेतना खुल्न थालेको छ र प्रायश्चित गर्दै घर फर्किएकी छ । यो पछिल्लो समय सहरीया युवायुवतीहरुमा देखापर्न थालेको उत्तरआधुनिक प्रवृत्ति हो । उपन्यासकारले उत्तरआधुनिक विषयसँग फ्रायडको परम्परावादी पितृरथी ग्रन्थीलाई मिसाउने दुश्साहस यसमा गरेका छन् जसले गर्दा उपन्यास कमजोर बनेको छ । फ्रायडका अनुसार व्यक्तिमा अन्तरनिहित यौतवृत्तिका कारण छोरीको झुकाव बुबातिर हुन्छ भने आमासँग प्रतिशोधी सम्बन्ध रहेको हुन्छ । उनको यस धारणालाई उत्तरआधुनिकतवादी चिन्तनले खण्डन गरिसकेको सन्दर्भमा यस उपन्यासमा उत्तरआधुनिक विषयमा परम्परागत धारणा थोपर्ने प्रयास गरिएको छ । ऋचा उत्तरआधुनिक जीवनबचाइ र किशोर भावनाबाट धोका पाएपछि पश्चात्ताप गर्दै घर फर्किन्छे तर घरमा आएर पुनः आमाका विरुद्ध उसले अर्को गम्भीर गल्ती गर्न पुग्छे । उसले घर आएपछि आमाको पूर्वप्रेमीसँगको गोप्य सम्बन्ध थाहा पाउँछे । प्रेमीसँग लिभिङ टुगेदरमा बस्न सक्ने उत्तरआधुनिक चेतना भएकी ऋचाले यस कुरालाई सहन सक्दिन । त्यसका लागि उपन्यासकारले बाध्यात्मक परिस्थिति सिर्जना गर्न धेरै मिहिनेत पनि गरेका छन् तर घटना क्रमले उसको पितृरथी ग्रन्थीको प्रबलताका कारण उसले बुबालाई आमाको गोप्य सम्बन्ध बढाइचढाइ सुनाइदिएको प्रस्ट गराउँछ । यसै कारण आमाले घर छाडेर गएपछि ऋचाले बुबाको एकलौटी माया पाउन सक्ने परिस्थिति सिर्जना गरी अर्को ‘इडिपस रेक्स’ निर्माण गर्ने प्रयास गरिएको छ । ऋचाले किशोर अवस्थाको उन्मुक्ततामा आफ्नो जीवन सखाप पारिसकेकी छ भने परिपक्व उमेरमा प्रवेश गर्दैगर्दा उसले आमाबुबाको सम्बन्ध पनि समाप्त गरिदिएकी छ । यसरी उसले गरेको एकपछिको अर्को गल्ती उसका लागि क्षम्य छैन । तर उपन्यासकारले ऋचामाथि फ्रायडको पितृरथी ग्रन्थी थोपरेर स्वभाविक छाडिएका छन् । वर्तमान अवस्थामा कुनै पनि छोरी आमालाई लखेटेर बुबासँग खुसीसाथ बस्न सक्दिन । वास्तवमा ऊ आत्महत्याका लागि योग्य छे । त्यसो गराउन सकेको भए उपन्यास वियोगान्त (ट्रेजिक) बन्न पुग्ने थियो र पाठकको मनमा गम्भीर भाव उमार्न सफल हुने थियो । यसले पात्रलाई पनि न्याय दिलाउन सक्थ्यो । उपन्यासकारले किशोर उमेरप्रति सहानुभूति देखाउने क्रममा पात्रलाई न्याय गर्न सकेका छैनन् । किशोरी पात्र भावनाको स्वछन्द उडानमा उड्न सक्छ तर परिपक्व लेखक भावनामा बग्न सक्दैन । उसले लेखकीय चेतनाको लयलाई छाड्न सक्दैन । चेतनाको लय छाडेर पात्रको भावनासँगै उड्ने प्रयास गर्दा उपन्यासको सन्देश प्रवाहमा बाधा उत्पन्न हुन्छ । उपन्यासकार न्यौपानेले क्रोचेको कलासम्बन्धी सिद्धान्तको खण्डन गर्दै वास्तविक जीवनजगत्लाई पहिलो तहको कला, व्यक्तिको मानसिकतामा रहेको कल्पनालाई दोस्रो तहको कला र बाहिर प्रस्फुटित कलालाई तेस्रो तहको कला मानेका छन् । उनका विचारमा तेस्रो तहको कला कलाकारको अनुभव र अनुभूतिसँग अन्तरघुलन भएर आउने भएकाले यो पहिलो र दोस्रो तहको भन्दा विशिष्ट हुन्छ भन्ने विचार व्यक्त गरेका छन् (मदन पुरस्कार अर्पण समारोह मन्तव्य) । उनको पछिल्लो उपन्यासमा अनुभूतिको अन्तरघुलन कमजोर देखिन्छ । त्यसै गरी यस उपन्यासमा गरिएको प्रयोग पक्ष पनि कमजोर रहेको छ । यस उपन्यासका बिचबिचमा ‘प्रतिकथन’ शीर्षकमा लेखकको उपस्थिति प्रस्तुत गरी यसलाई अनौपचारिक र अधिआख्यानात्मक प्रकृतिको बनाउने प्रयास गरिएको छ । तर ती ‘प्रतिकथन’हरुलाई उपन्यासबाट झिकिदिए पनि यसले उपन्यासको कथानक संरचना र विचारमा कुनै प्रभाव पार्न सक्दैन । यदि कथानक र विचारसँग जोडिन सकेन भने उपन्यासमा गरिएको प्रयोग कमजोर हुन पुग्छ । यस उपन्यासमा गरिएको प्रयोग पनि कमजोर रहेको छ । सेतो धरतीमा मध्यकालीन बालविधावको विषयलाई आधुनिकता प्रदान गरी समालोचकलाई चकित बनाएका उपन्यासकार न्यौपानेले करोडौं कस्तुरीमा जीवित पात्रको पुनर्लेखन गरी पाठक समालोचक मात्र नभएर स्वयम् पात्र हरिवंश आचार्यलाई नै चकित बनाएका थिए । गुलाबी उमेरको कमजोरीले भने सिङ्गो नेपाली उपन्यासलाई नै चकित तुल्याएको छ । अमर न्यौपाने नेपाली उपन्यास परम्परामा नवीन सम्भावना बोकेर उदाएका एक नक्षत्र हुन् । उनले सपलताको एउटा शिखर चुमिसकेका छन् तर साहित्यको शिखर हिमालयको जस्तो निश्चित हुँदैन त्यसलाई निरन्तर उचाल्दै लान सकिन्छ । उपन्यासकार न्यौपाने हेरक पाइलामा नवीन उचाइ थप गर्दै निरन्तर उकालो चढिरहन सक्ने क्षमतावान् आरोही हुन् । उनको भाषिक अभिव्यक्तिको कलात्मक क्षमताले नेपाली उपन्यासमा एउटा नवीन मार्ग निर्माण गरिसकेको छ । इतिहास र पुराणका पात्रहरुको धेरै पुनर्लेखन भइसकेको भन्दै जीवित पात्रको पुनर्लेखनमा रुचि देखाउने उपन्यासकार न्यौपाने आफ्नै औपन्यासिक पथ निर्माण गरी नेपाली उपन्यास परम्परामा योगदान गर्ने क्षमता राख्छन् । उनलाई अरुको विरासत बोकिरहन जरुरी छैन । अन्त्यमा लक्ष्मीप्रसाद देवकोटाको यस मननीय विचार प्रस्तुत गर्दै यो सानो आलेख टुङ्गाउँदछु : ‘जब तिमी लोकप्रियता र देखावटमा लाग्दछौ, तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ । विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस्त्रभूषाहरु हुन् । जब तिमी शब्द र अलङ्कारका पछि दगुर्दछौ तब तिमी साहित्यिक भलादमी बन्दछौ । जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउँछ तर फुस्रा बाबाका छातीमुनि पनि विचित्र शृङ्गार रहेको हुन्छ । … तिमी प्रसिद्ध हुन हतपताउँछौ पैसा जस्तै नाम पनि सच्चा तवरले कमाउनुपर्छ तर तिमीलाई प्रशंसा प्रेमले मात्र कर्म क्षेत्रमा ल्याउँछ । रङ्गी चङ्गी भडकले आउँछौ, तिमी हृदयमा आसन जमाउँदैनौं, आँखा मात्र तिरिमिर्याउँछौं । भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्दछौ ।’ #अमर न्यौपाने #जीवन जीवन्त आख्यान र निबन्धको दोसाँधमा जीवाश्म: संस्कृति, साहित्य, भाषा र माटो जानेर–नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौँ मुटुमा समर्पण गरिएको शीतल गिरीको जीवाश्म ओरिएन्टल पब्लिेकेशसन, काठमाडौँले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आँकलन गर्न सकिन्छ र कृतिको उद्देश्य बुझ्न सकिन्छ । आख्यानको तुलनामा निबन्ध बढी स्वतन्त्र हुन्छ । आख्यानमा केही बन्धन कसिला हुन्छन् तर निबन्धमा स्वच्छन्दता बढी हुन्छ । निबन्धमा हुने आख्यानात्मकता र आख्यानमा हुने निबन्धात्मकतामा भिन्नता हुन्छ । यसकारण कतिपय अवस्थामा निबन्धात्मक तत्व भएको आख्यान र आख्यानात्मक तत्व भएको निबन्ध कहिलेकाहीँ निकटको जस्तो भएर पनि निकट हुन सकेको हुँदैन । आखिरमा निबन्धको आयाम वृद्धि हुँदै जाँदा आख्यानकै स्वरुप ग्रहण गर्ने हुन्छ । यसकारण पनि लघु आयामका कतिपय आख्यान र निबन्धमा कहिलेकाहीँ असमञ्जयस उत्पन्न हुन्छ । सञ्जय मित्र राष्ट्रियताको दृष्टिकोणले पनि जीवाश्म महत्वपूर्ण कृति हो । यस करिब सम्पूर्ण निबन्धले ऐतिहासिक विषयवस्तुमा भौगोलिक राष्ट्रियतालाई वर्णन गरेका छन् । वर्तमानमा भूगोलसित राष्ट्रियता अत्यधिक घुलमिल देखिएको विश्व परिदृश्यको आलोकमा यो कृति निकै चहकिलो देखिन्छ । गर्विलो, दर्विलो प्रागऐतिहासिक विषयवस्तुमा माटोको सुगन्ध पाइनु यस कृतिको विशेषता बनेको छ । इतिहासलाई पनि कतै आख्यान र कतै निबन्ध तथा कतै दुवैको स्वादमा प्रस्तुत गरेर गिरीले तथ्य र तर्कको मिश्रणमात्र गरेका छैनन्, अनुमानको पनि सही निकास दिएका छन् । कृतिको तौल निबन्धहरुको निष्कर्षले बढाएका छन् । अधिकांश निबन्ध काठमाडौं केन्द्रित ऐतिहासिक तथा पुरातात्विक विषयवस्तुमा आधारित छन् । काठमाडौँ उपत्यकाको सम्भवतः पहिलो बासिन्दा भेडापाल हुन् । उनीहरुको आफ्नै विशिष्ट संरचना र जीवनशैली थियो । भारतको विभिन्न ठाउँसम्म समृद्ध व्यापार थियो, आफ्नै संगठन थियो र संस्कृति थियो । महिषपाल शासकको विषयमा त नेपालको औपचारिक इतिहासले पनि धेरै कुरा भनेको छ । यद्यपि महिषपाल शासनको धेरै पक्षमाथि अझै प्रकाश पर्न बाँकी नै छ, तर पनि यस वंशको बारेमा कतिपय कुरा ज्ञात हुन्छ । काठमाडौँ उपत्यकामा भेडापालभन्दा उन्नत र धेरै संख्यामा महिषपालको प्रवेशले पुरानो जाति नयाँमा समाहित भयो भनिएको छ । यी दुवै जाति गणप्रधान र गणको प्रमुख महिला हुने किसिमका थिए । विक्रमको ४५६० वर्ष पूर्वताका उपत्यका आसपास माछामार जातिको आगमन भएको मानिएको छ । साँगाबाट सिन्धुली, रामेछाप आदि ठाउँतिर माछामारहरु लागे । यिनीहरु उपत्यका छेउछाउमा बाक्लै संख्यामा रहेका थिए । कीर्तिपुर भेगमा रहेको मत्स्यगाउँभन्दा बाहेक अहिले कुनै प्रमाण छैन । यसो भन्नुको तात्पर्य यो पनि हो कि मत्स्यगाउँ माछामार जातिले बसालेको गाउँ हो जसले आज उनीहरुको परिचय खोजिरहेको छ । उपत्यकामा गोपालहरुको पनि लामो समय शासन चलेको पाइन्छ । गोपालहरुको ठूलो समूहले यस क्षेत्रको वातावरणमा गरेको सिंचाइले उनीहरुलाई इतिहासको अमर पात्र बनाइदिएको छ । तथागतको उपत्यका आगमनपछि नै बौद्धधर्मको प्रचार भएको हो ? तथागत र उनको धार्मिक यात्रा उनको जीवनमा व्यापक विस्तार भइसकेको थियो । अनेकन अनुयायीहरु थिए । विरुपाक्षलाई नेपाल उपत्यकाको प्रथम उपासक भनिएको छ । कलिंगको युद्धपछि सम्राट अशोकमा आएको परिवर्तनको कथा इतिहासमात्र होइन । यसको महत्व अनेक कोणबाट केलाइएको पाइन्छ । सम्राट अशोकले आफ्नो राज्य परित्याग गरे । भिक्षु बने । सिद्धार्थ गौतम युवराज भएर राज्यत्याग गरेका थिए र अशोक चाहिँ सम्राट भएर बुद्धपथगामी भएका थिए । उनी काठमाडौँ आउँदा छोरी चारुमतीलाई पनि लिएर आएका थिए । नेपालको इतिहासमा पनि सम्राट अशोकको नाम श्रद्धाले लिइन्छ । चारुमतीले बसोबास गरेको क्षेत्र अचेलको चावहिल (चावेल) हो भन्दै एउटा सुन्दर चित्रण गरिएको छ यस विषयवस्तुलाई । भौगोलिक परिवेश पटना (पाटलीपुत्र)को भए पनि सन्दर्भ नेपाल र नेपालीको छ । त्यहाँको अशोक वाटिकामा लाग्ने हाटमा नेपाली सामानको ठाँट आफ्नै हुन्छ । र त सम्राट चन्द्रगुप्त मौर्यले मुक्तकण्ठले सामानको प्रशंसा गर्दछन् र नेपालीको इमानदारीपनको आफैँले बखान गर्दछन् । सधैँ बहस र चर्चामा आइरहने नेपालको राष्ट्रिय सम्वत् विक्रम सम्वत् हो । कतिपयले यसलाई नेपालको मौलिक सम्वत् मानेका छन् त कपियले बाहिरबाट आएको ठानेका छन् । जीवाश्मले नेपालकै सम्वत् रहेको किटान गरेको छ । पुनर्जन्मा र प्रतिभा पढेपछि याज्ञवल्क्यप्रति पहिलेको धारणा नै बदलिन्छ । पुनर्जन्माको प्रतिभाको विषयमा यसले धेरै कुरा खोलेको छ । जनकको सभामा पनि कहिलेकाहीँ अन्याय हुन्थ्यो भन्ने भाव यसले दिएको छ । आभीरलाई मुलतः ग्वाला जाति भनिएको छ । समयक्रममा आभीरहरु पहाडका विभिन्न ठाउँमा विभिन्न थरले चिनिएको आभीर निबन्धले मानेको छ । मातृभक्त मानदेवलाई इतिहासले असल राजाको रुपमा स्वीकार गरेको छ । यसै गरी भृकुटीबारे पनि नवीन किसिमले अन्वेषण गरिएको छ । भृकुटीमाथिका केही परम्परागत धारणामा यस कृतिले नवीन प्रकाश पारेको छ । लिच्छविकालीन एकजना कवि बुद्धकीर्तिको विषयमा सोधखोज गरिएको रचना हो कवि बुद्धकीर्तिको सत्य । पशुपति क्षेत्रमा एउटा शिलालेखमा प्राप्त कविताले बुद्धकीर्तिको कवित्वको परिचय दिएको र उनीबारे धेरै सोधखोज गर्नुपर्ने बताइएको छ । काठमाडौँबाट एउटा निबन्ध डोटीतिर मोडिएको छ । स्वतन्त्र र शक्तिशाली राज्यको रुपमा रहेको सिंहपुरमा प्रतिभाको कदर हुन्थ्यो । निबन्धको आख्यानको प्रस्तुति बडो मिठो छ । सकेसम्म अरनिकोमाथि न्याय गरिएको छ र अरनिकोमाथि प्रकाश पारिएको छ । नेपालदेखि चीनसम्मको यात्रा र सफलताको गाथालाई सम्मानपूर्वक प्रस्तुत गरिएको छ अरनिको र आदर्श भन्ने निबन्धमा । अर्को निबन्ध मोडिएको छ सिञ्जातिर । क्राचल्लको उदारता र बुद्धिमानी तथा वीरताले गर्दा उनको यश सर्वत्र फैलिएको बताइएको छ रुद्र सिंहको मुक्तिमा । रुद्र सिंहलाई पराजित गरी फेरि राजा बनाएको र रुद्र सिंहले पनि धर्मको निर्वाह गरेको आख्यानात्मक प्रस्तुतिमा मौलिकता रहेको छ । देउसी भैलोको गीतमा आउने बलिराजको खोजी गरिएको निबन्ध हो – देउसी–भैलो, बलिराज र इतिहास । निबन्धकारले जुम्लाका राजा बलिराज भएको ठम्याएका छन् । रौतहटको राजदेवी मन्दिरको स्थापनाको सेरोफेरोमा केन्द्रित छ – राजदेवी र नर्मदा । नर्मदा विलक्षण प्रतिभा भएकी नर्तकी हुन् । यी नृत्यांगनाले गर्दा तत्कालीन मकवानपुर र कान्तिपुर राज्यमा मनोमालिन्य भएको उद्घाटना गरिएको छ । टिस्टुङ कोटमा प्रचलित बार वर्षे नाचको इतिहास कोट्याइएको छ । शुद्ध ऐतिहासिक विषयवस्तु हो – लाचार महारानी । महारानी राजराजेश्वरीप्रति सहानुभूति राखेर मूल्यांकन गरिएको र उनी कसरी अन्यायमा पर्न विवश भइन् भन्ने बताइएको छ । जोसमनी सम्प्रदाय र लखन थापामा राणा शासनका संस्थापक जंगबहादुर राणाको विरुद्ध एक किसिमको आन्दोलन गर्ने पात्रको रुपमा लखन थापालाई चिनाइएको छ । उनलाई फाँसी दिइएको थियो । विवाह र व्यक्तित्वभित्रको आख्यान बडो सुन्दर छ । दुई संस्कृतिका दुई पात्रहरु भीमसेन र हिडिम्बाबीच भएको प्रेम र विवाहलाई रोचकतासाथ प्रस्तुत गरिएको छ । हिडिम्बपुर नेपालको कुनै ठाउँ भएको बताइएको छ । यो ठाउँ सम्भवतः वर्तमान हेटौँडा हो । यसै गरी साहित्य र सहिदमा मकैखेतीका सर्जक कृष्णलाल अधिकारीमाथि न्याय गरिएको छ । उनलाई प्रथम साहित्यिक सहिद मानिएको छ । पूर्वी नेपालको विद्रोहिणी योगमायाको चरित्र, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको निबन्ध हो – योगमाया र जलसमाधि । उनको जलसमाधिप्रति सहानुभूति त छैन तर उनको जुनीलाई नै विद्रोहको पर्यायको रुपमा स्वीकार गरिएको छ यसमा । र, सहिद गंगालालको सहादतको इतिवृत्तमा केन्द्रित निबन्ध मृत्युको वरदानमा उनीप्रति सहानुभूति प्रकट गरिएको छ । श्रद्धा र सम्मान व्यक्त गरिएको छ । वर्तमानको उनको त्यागप्रति गर्व भएको बताइएको छ । उनीप्रति श्रद्धाले शिर निहुराइएको छ । सलाम अर्पण गरिएको छ । यसरी ऐतिहासिक भूगोल, ऐतिहासिक पात्र, संस्कृति आदिलाई विषयवस्तु बनाइएको पच्चीसवटा निबन्धको कृति जीवाश्म आफैंमा महत्वपूर्ण छ । इतिहास, संस्कृति, दर्शनमा रुचि हुनेका लागि यसले धेरै खुराक दिनेमात्र होइन, अनुमानको तथ्यगत पुनर्सिर्जन र तथ्यको अनुमानगत पुनर्सिर्जन गर्नुपर्ने पनि यसले बताउँछ । अन्धताभन्दा वैज्ञानिक चिन्तन र प्रामाणिक तर्कले कतिपय पुरातन रुढ चिन्तनमा पुनर्विचार गर्ने विषय पनि यसको उपलब्धि हो । साहित्यको एउटा विधा निबन्ध हो र यस कृतिको मूल्यांकन ऐतिहासिक आलोकमा नै गरिनु पर्दछ । प्रागऐतिहासिक विषयवस्तुको चिरफार गर्ने कला र क्षमतामा निपुणतातर्फको कृतिकार शीतल गिरीको यात्राको यो एउटा महत्वपूर्ण उपलब्धि हो । #सञ्जय मित्र गजल: सुरक्षा लामिछाने नसिकाएनि समाजले छोरालाई बलात्कारी बन्नुपर्छ बाध्य छन् छोरी बलात्कारीसँग पनि आभारी बन्नुपर्छ! बा बिन्ती गर्छन् तिमी असल छोरी नबने पनि हुन्छ यत्ति सम्झ सासू-ससुराकी असल बुहारी बन्नुपर्छ! जीवनमा यस्तोसम्मको परिस्थिति पनि आउँदोरहेछ कहिलेकाहीँ त आफ्नै देहको समेत व्यापारी बन्नुपर्छ! अब पुरुषको जीवन स्थापनामा लाग्नु भन्दा पहिले आफ्नै अस्तित्व टेकाउन सक्ने सौम्य नारी बन्नुपर्छ ! #पोखरा #सुरक्षा लामिछाने विजयकुमारले सम्झाइदिएको मृत्यु: केही वर्षअगाडि मेरो दिमागमा मृत्युबाहेक अरू केही घुम्दैन थियो । म जतिबेला पनि मृत्यु सम्झन्थें । मलाई लाग्थ्यो, म मर्दैछु । मेरो मृत्यु छिटै हुँदैछ । सारा संसार आफू कहिल्यै मर्दिन भन्ने सोचले बसेको बेला म भने अहिले मर्छु कि भरे मर्छु भन्ने दोधारमा बसेको थिएँ । किन एक्कासि मेरो मानसपटलमा मृत्यु आयो ? मैले जानिनँ, तर घुमेको चाहिँ मृत्यु नै थियो । बानेश्वर ३ नं. गेट छेवैमा रहेको नर्थन लाइट एभिएसन एकाडेमीमा विद्यार्थी रहेर हवाइजहाजको मापन गरिरहेको बेला बङ्लादेशबाट काठमाडौँ आउँदै गरेको ‘ बमबार्डियर डाश एच क्यु ४००’ विमान दुर्घटना हुँदा मैले आँखैअगाडि देखेको अहिलेसम्मकै सबैभन्दा भयानक मृत्यु थियो । त्यसो त मेरा आँखामा कहिल्यै बिर्सन नसक्ने मृत्यु अरू पनि छन्, चाहे त्यो मोरङको बक्राहा खोलाले बगाएको केटीको शरीर होस्, चाहे बिर्तामोडको मुक्ती चोक र काठमाडौँको तीनकुनेमा बाइक ठोक्काएर केही सेकेण्डमै ज्यान गुमाएका मान्छेहरूको शरीर होस् । यो मृत्यु बिर्सन पहिले मेरो मृत्यु हुनुपर्छ । निरज दाहाल यसरी म मृत्युको नजिकै भएँ । त्यसको लगत्तै म सडक दुर्घटनामा परेँ, बस् मलाई यति नै काफी भैदियो कि अब म मर्दैछु भन्ने कुरामा कुरा खेलाएर बस्न । यसबाट मलाई निस्कनु थियो वा मृत्युबाट मलाई उठ्नु थियो | सकारात्मक सोचले म आफैँ भरिनु थियो, त्यो मैले बुझेको थिएँ । तर कसरी ? जीवनमा यी ‘क’बाट आउने प्रश्नहरूले निकै सोचमग्न बनाएर छाड्छन् । त्यो समयको दौरान मैले अनेकन भिडियो हेरेँ, हातमा गन्न सकिने अनेकन किताब सुम्सुम्याएँ । मेरो दिमागमा मृत्यु हट्न सकेन । जुनदिन गीता मेरो हातमा पर्यो– त्यही दिन हो मैले मृत्यु बुझेको । मृत्यु भुलेर म आफ्नै समयमा व्यस्त रहेको बेला अक्षरमा होस् या कुरामा आफ्नो बेग्लै पकड भएका लेखक तथा कार्यक्रम प्रस्तोता विजयकुमारले दिशानिर्देश टिभीमा कार्यक्रम ल्याएका छन् । उनले उठाएका मुद्धा वा विषय साँच्चै नै मनन् योग्य छ । यो सत्य हो । मैले जीवनमा धेरै पढेको पुस्तकमध्ये उनैको खुसी पनि एक हो । पृष्ठ नम्बर १ बाट पृष्ठ नम्बर ३२६ सम्म पढ्नको लागि म पुनः बसेँ भने त्यो मेरो दशौँ बसाइ हुनेछ । तर पुस्तकभित्र रहेका २९ वटा खण्डलाई पटक पटक हेरेको कुरा सायदै म अनुमान लगाउन सक्दिनँ । शूक्ष्म कुरालाई प्रस्तुत गर्ने शैली उनको गज्जबकै रहेको छ । यही कुरा मलाई मन पर्छ । म एक पाठकको नाताले उनको प्रस्तुतीलाई प्रश्न गर्नसक्छु तर उनको जीवनशैली र व्यत्तित्वलाई प्रश्न गर्ने अधिकार ममा छैन । विजय कुमारको अनुहार नेपाली दर्शकमा खासै नौलो होइन र नेपाली पाठकमा उनको नाम कुनै गुमनाम नाम पनि होइन । पुस्तकको पत्रपत्रमा एक विचारधारा रहेका विजयकुमारले भावी दिनमा पुस्तक लेख्लान् कि नाइँ ! त्यो जान्न इच्छुक एक जमात पनि रहेका छन् । दिशानिर्देश टिभीमा उनले ल्याएको एक कार्यक्रमले मेरो दिमागलाई १५ वर्ष पछाडिको एउटा घटनालाई सम्झन बाध्य बनाएको छ । त्यो समयमा परिवारसँग मैले खोलेको कुरा आज यहाँ शब्दमार्फत सबैसँग खोल्दैछु । तपाईँले यो कुरा पढिरहँदा नौलो लाग्न सक्छ, त्यसैले एउटा अनुरोध– युटुबमा दिशानिर्देश टिभी सर्च गर्नुहोस् । त्यहाँ “ मृत्यु र जीवनबारे एक अविस्मरिणय संवाद एपिसोड दुई ” आउँछ । त्यो हेर्नुभयो भने यहाँको कुरा तपाईँलाई बुझ्न सजिलो हुन्छ । विजयकुमार मान्छे मरेपछि कहाँ जान्छ ? साँच्चै आत्मा छ कि आत्मा भनेको भ्रम मात्र हो ? यदि आत्मा यतैकतै घुम्ने हो भने उसको स्वरूप कस्तो हुन्छ ? भलै भौतिक रूपमा नदेखिएला तर ध्यानबाट हेर्न मिल्छ कि नाइँ ! मेरो मानसपटलमा अक्सर घुम्ने प्रश्नहरू यी हुन् । हामी मृत्युसँग किन डराउँछौँ ? हामीलाई थाहा छ कि हामी अमर रहन सक्दैनौँ । एकदिन न एकदिन त हामी जानु नै छ तर जाने कुरालाई किन हामी पछाडि पछाडि धकेलिरहेका छौँ ? डरकै कुरामा स्वामी आनन्द अर्हत भन्छन् कि डरले केही दिँदैन । उनको आशय सायद डर भनेको बेकार हो यसले केही दिन सक्दैन भन्नु पो हो कि ? तर मलाई लाग्छ डरले धेरैकुरा दिन सक्छ । आजकाल म सोच्ने गर्छु कि यदि हाम्रा नेतृत्वकर्ता जनतासँग डराइदिएको मात्र भए, देशको स्वरूप नै पो अर्कै बन्ने थियो कि ? मलाई जहाँसम्म लाग्छ जीवनमा डराउनु आवश्यक छ, तर कति डराउने भन्ने कुराको मापन चाहिँ कसरी गर्ने ? किनकि नेपालमा प्रचलित एउटा उखान छ – ‘ वनको बाघले खानु छैन , मनको बाघले खाइसक्यो । ’ डरले मान्छेलाई भूइँमा पछार्न सक्छ । डराउने मात्रा कति हो ? यो खोज्न जरुरी छ । एउटा कथा छ । जघन्य अपराधमा मृत्युदण्ड फैसला सुनाइएको एक कैदीलाई भनियो, ‘ अब तिमीलाई मृत्युदण्ड दिइनेछ । र , त्यो मृत्युदण्ड विषालु सर्पले डसाएर दिइनेछ । ’ उनलाई एक अँध्यारो कोठामा लगियो । आँखामा पट्टी बाँधियो । एउटा कुनामा राखियो । केही समयपछि उनको खुट्टामा केहीले घोचेजस्तै गरियो । उनले घोचेको थाहा पायो । यत्तिनै बेला आँखाको पट्टी खोलियो । उनले देखेँ, खुट्टाकै नजिकबाट एउटा सर्प भाग्दैछ । कैदीले सोचे- सर्पले डस्यो । विषालु सर्पले डस्न लगाइनेछ भनिएको थियो । उनी डराएरै मरे । वास्तवमा उनलाई सर्पले डसेकै थिएन । यसरी हामीलाई मनको बाघले दिनानुदिन मृत्युको मुखमा लगेर छाडेको छ । उक्त भिडियोमा एक च्याप्टर मृत्युमा पसेर फर्केको अनुभव भन्ने छ । त्यो भिडियो सुरु भएको ९:०५ मिनेटबाट सुरु हुन्छ । यो अनुभव धेरैले गरेका छन्, त्यो धेरैमा म पनि पर्दछु । शरीरलाई आत्माले छाडिसकेपछि पुनः आत्मा शरिरभित्र आएको अनुभव मलाई पनि छ । मैले मृत्युलाई बहुत नजिकबाट हेरेको छु । आफ्नो मान्छेले छाडेर जाँदा परिवारमा कुन तहसम्म चोट पुग्छ । त्यो मैले भोगेको छु । जेठ महिना लिच्चीको मौसम । गाउँघरमा जे जति भए पनि पहिले बेच्ने र उब्रेको चाहिँ खाने चलन हुन्छ । मधेसी मूलका मान्छेलाई पहाडी मूलकाले अक्सर सामान बेच्ने गर्छन् । सायद सौदाबाजीमा सहज हुने भएकाले होला । घरमा एउटा लिच्चीको बोट थियो । चिचिला लागेदेखि नै मेरो आँखा र लिच्चीको फलसँग संवाद भइरहन्थ्यो । चिचिला बिस्तारै बढेर युवा र प्रौढ भयो । काँचो लिच्चीलाई मैले आफन्त सम्झेँ र खाएँ । मलाई त्यो बेला लागेको थियो आफन्तले दुखाउँदैनन् तर त्यो सोच र अहिलेको भिन्नताको फरक म ओकल्न सक्दिनँ । व्यापारी आएपछि लिच्चीको अन्तिम संस्कार गरियो । म हजुरबुवाको प्रिय थिएँ । अरू नाति जन्मेसकेको भए पनि । आफ्नो थर बोकेर जन्मनेमा म परिवारको पहिलो बच्चा भएर नजिक भएँ । हजुरबुवासँग मेरो जीवनको हिस्सा कम बिते तापनि किस्सा भने अनेक छन् । हजुरबुवाको आदेश अनुसार लिच्चीको केही झुप्पा घरको लागि राखियो । मेरो हजुरबुवाको गोजीमा भेटिने मौसम अनुसारका फलफूल, मिस्री र सरकारले दिएको वृद्धभत्तामा पनि मेरो एकल हक थियो । हजुरबुवा हुन्जेल बरफ बेच्न आउनेसँग विनम्रताको आँखा मैले कहिल्यै झुकाउनु परेन । कुनै पसलको अगाडि गएर चकलेटसँग दोहोरो संवाद गर्नु परेन । आजकाल ती सबै सम्झना भए । लटरम्म लिच्चीको बोट एक्कासि कसैको नाङ्गो शरीरझैँ भयो । मेरा आँखा अर्कोसाल जेठका लागि तयार भए । केही दिनमा लिच्चीको झ्याङबाट फुत्त चार वा पाँच दाना लिच्चीले घाम हेर्न निस्किए । त्यो सबैभन्दा पहिले दाइले देख्यो । दाइ माइलाको नाति, म कान्छाको । उमेरले दाइ भए पनि, ऊ अहिले पनि मेरो साथीझैँ छ । बालकको आँखा कहिल्यै अघाउँदैन । दाइले लिच्ची देखेपछि बोलायो र भन्यो – “ लिच्ची छ खाम यार । ” लिच्चीकै छेवैमा रहेको सुपारीबाट म जाने र दाइ रूखबाट जाने भयो । लिच्चीको दानाचाहिँ रूखको टुप्पोमा थियो । म सुपारीको रूखबाट जाने भएँ । सुपारीको रूखमा चड्ने कुरामा मेरो नाम गाउँमा नामुद छ । पहिले म टुप्पोमा पुगेँ र झर्न पनि म नै पहिले झरेँ । तर सुरक्षित तरिकाले होइन । सुपारीको बोटबाट लिच्चीतर्फ बढ्दा खुट्टाले काँचो हाँगामा टेकेछु, तर समाउँदा हाँगा सुकेको परेछ । धरती र आकाशको दूरी पनि थाहा पाइनँ । उक्त भिडियोमा डा. बसन्त पन्तले केही कुरा गरे जुन कुराले मेरो मष्तिस्क पुनः पछाडि फर्कियो । मैले आजसम्म यो कुरा मेरो परिवारलाई बाहेक अरूलाई खुलेर बताएको थिइनँ । साच्चै मान्छेको मृत्यु भएपछि पनि बाँच्न सक्छ, यो मैले भोगेको छु । वा भनौँ मैले मृत्युको मुख देखेको छु । बोटबाट खसेपछि चार घण्टा लगातार बेहोस हुँदा मैले महसुस गरेका कुराले आजकाल पनि मलाई झस्काइरहन्छ । म त्यहीँ छु । मैले आफैँलाई देखेको छु तर त्यो भीडले मलाई किन देख्न सकेन ? त्यो भीडबाट किन कोही बाँसको कुरा निकाल्दैछ ? कोही किन शङ्खको कुरा झिक्दैछ ? मेरा परिवारका सबै सदस्य किन मेरो नाम लिएर चिच्याउँदैछन् ? समय पुगेर मर्नु र समय नपुगी मर्नुको भिन्नता के हो ? मेरो परिवारले यही सोच्यो । मेरो लागि किनेको नयाँ स्कूलको झोला कसले बोक्छ ? भलै अरूले त बोक्लान तर मैले त पाउँदिन नि ! मान्छे परिवारबाट छुटिनुको पीडा मेरो आँखाले देखेको छ । मलाई लाग्छ समय नपुगी मर्नु भनेको नयाँ कपडा किन्नेबित्तिकै च्यातिनुजस्तै हो । म परिवारको लागि नयाँ थिएँ । तर च्यातिएको कपडालाई त सम्झनाको लागि राख्न सकिन्छ , मृत शरीरलाई कसरी राख्ने ? आफ्नो शरिरभन्दा बाहिर रहेर आफूलाई नै हेर्न सजिलो छ तर त्यो माहोललाई सम्झनचाहिँ औधी गाह्रो हुन्छ । खुसी हुँदा मान्छे कतिसम्म रुन्छ र दुःखी हुँदा मान्छे कतिसम्म रुन्छ । मैले एकैपटक अनुभव गरेँ । “म अब छैन” भन्दा मेरो परिवारको आँखामा आएको आँसु र “म अब छु” भन्दा मेरो परिवारको आँखामा आएको आँसु । यो मेरो जीवनको नौलो अनुभव कलिलो दिमागले भोगेको छ । मैले त्यो बेला अस्पताल किन लगिएन भनेर सोचेकै थिइनँ । अबोध दिमागलाई अस्पताल थाहा पनि थिएन । गाउँले मानेको केही वृद्धले नाडी छाम्दैमा मृत्युको निर्णय लिन कसरी सक्छन् ? जन्म र मृत्यु सत्य छ । यो कसैगरे पनि टार्न सकिन्न । केहीहदसम्म जन्मलाई रोक्न सकिन्छ । तर मृत्युलाई ? अहँ सकिन्न । म पनि आफ्नै मृत्यु देखेको मान्छे हुँ । धेरै पछि यो कुरा सम्झाइदिने दिशानिर्देश कार्यक्रम र प्रस्तोता विजयकुमार पाण्डेप्रति आभारी छु । हरि ॐ #निरज दाहाल #विजयकुमार सपनाभित्र सपना: आँखाभित्र कैद भएका थुप्रै सुन्दर सपनाहरू मान्दैनन् बिदा लिएर जान । बिपना हुने सङ्केतसम्म नदेखिँदा सपनै सपनामा बित्ने पो हो कि जीवन शङ्का मात्र लागिरहन्छ मनमा । जीवन र मृत्युको लुकामारी सपनामा खेल्दै र भोग्दै समयका पर्खाइहरू एकपछि अर्को गर्दै ओइलिएका फुलहरू झैँ फुतुक्क झर्दा पनि मुसुक्क हाँस्नु पर्ने बाध्यता जीवनको शाश्वत सङ्केत सपनामा देख्दा मजै हँुदोरहेछ । एकपछि अर्को गर्दै थुप्रै सपनाका श्रृडखलाहरू कोही विपनासँग, कोही कल्पनासँग दुरुस्त भएर तर्साउँदै, तर्सँदै, बिर्साउदै, बिर्संदै कहिले जीवनसँग कहिले मृत्युसँग सपनाभित्र पनि जीवन अकर्मण्य भइरहँदा अर्कै सपना देख्न मन लाग्छ । सपनाभित्रै पनि अर्कै सपना देख्न मन लाग्छ । #अजित आचार्य #सपनाभित्र सपना हाइपोथेटिकल फिजिक्स: फोहोरी जुत्ता हिँड्दैन अचेल काठमाडौंको आङलाई अँगालो मारेर सक्कली तीनपानेमा नक्कली भाषण मिसाएर बोल्दैन आजभोलि महेन्द्रको सालिक । मङ्गली भाउजू अचेल बुझ्दिनन् कविता जुँगामा जुम्रा पारेर मख्ख छन् मङ्गले दाइ फेरि सुनाउन खोज्छन् कविता उहिले कै सुरूमा भ्वाङ पारेर डस्नामा हेरिरहेछु म उनीहरुको टेबुलको बासी भात र ताजा तीनपाने रहर लागेर बोल्न हुइँकिन्छु मै पनि माइतीघर हुँदै सिंहदरबारसम्म । नेपथ्यका कार्यक्रम संचालक सुरुवाल फुस्किसक्दा पनि कपाल उखेलेर नरम भाषण बजाउँदैछन् । गोपालको खेतको आली रमेश दाइको स्टकोट भिरेर निदाइरहेको छ । व्यस्त छन् मिलाउन सङ्ग्रहको सेटिङ सातु खाएका दुब्ला साहित्यकार । एक हल मेलो जोतेर सिनेमाका गब्बरलाई दुई झाप्पु लगाएको हेर्न पुग्छन् गोरु लिएर रामजी काका । घरकि सुत्केरी स्वास्नी र गर्भवती पाडीसँग नबोली स्वानलाई आलिङ्घन गर्छन् पोहोर सालका बेहुला दाजु । नटेकी भुइँमा फेल गराउँछु अब न्युटनलाई । नहेरी चस्मामा फर्काउँछु अब यी चैते हुरी बतासलाई अनुमति नलिई आज । जसले बर्षौँदेखीको आङ उडाएको छ , पुरै पुस्तकालय उडाएको छ ।। #रविन्द्र ढुङ्गेल #हाइपोथेटिकल फिजिक्स नियत: उनी चतुर थिए । आफूलाई अरू भन्दा निकै बाठो सम्झन्थे । शक्तिहात परेपछि त झन् उनको बठ्याईंको कसैले मेसो नै पाउन सक्दैनथ्यो । त्यस्तै भयो । पुनःशक्तिमापुगेपछि उनी अलि बढी नै बठ्याईं गर्न थाले । सजग गराउंदा गराउंदै पनि उनी आफ्नो शैली सुधार्न तयार भएनन् । देख्नेहरू उनको शैलीको आलोचना गर्थे तर उनी भने आफ्नो मात्रहोइन नजिकका र आसेपासेको आलोचना समेत सुन्न नसक्ने हुंदै गए । उनी आफूलाई सबैकुराको ठेकेदार र ज्ञाता ठान्दथे र बेलाबेलामा आवश्यकताभन्दा बढी बोल्थे । एकदिनको कुरा हो आफ्नै साथीहरू उनका विरुद्ध खनिए । कारण थियो उनको उही मेसो नपाई बोल्ने बानी । साथीभाइ, छिमेकीदेखि पाहुनासम्मलाई विभिन्न किसिमका कपोलकल्पित र भ्रामक आरोप लगाएपछि साथीहरू उनीसंग रिसाउनु स्वाभाविक थियो । उनीमाथि दबाब पयो । बह ुप्रतिक्षीत बैठक बस्यो । बैठकमा उनको कार्यशैली र कार्य क्षमतामाथि नै प्रश्न उठ्न थाल्यो । एउटाले भन्यो ‘काग बाठो भएर के जाति खाएझैं नहोस्’ अर्कोले चेतावनी दिंदै भन्यो ‘बाठो खान्छ तीन बल्ढ्याङ चरितार्थ नहोस्’ कुनामामौन बसिरहेका उनी एक्कासी जङ्गिए– ‘ फुटाइदिउं ?’ #नियत #विनोद नेपाल नवपुस्ता: कोही नयाँ नयाँ चरा हेर्दै; कोही छोराछोरीसँग रमाउँदै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश तीन महिनादेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ। यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: आयुष भट्टराई : आयुष भट्टराई “सिक्नु पनि त एक काम हो ! म अहिले सिकिरहेको छु ।” लकडाउनको समय छ । यसो सोच्दा कोठामा थुनिएर बसेको पनि तीन महिना भैसकेछ । सुरूसुरूका दिनमा केही अफ्ठ्यारो महसुस भयो । तर म सधैँ कोठामा मात्र थुनिएर बसिनँ । दिनचर्या कसरी बितिरहेको छ ? भन्ने प्रश्नमा सरासर मेरो दैनिकि के हुन्छ भने , सानो किराना र ग्यास पसल छ, म परिवारलाई केही समय त्यता दिन्छु । कहिलेकाहीँ खाना बनाउँन सघाउँछु । केही समय सामाजिक सञ्जालले लिएर जान्छ । केही समय फिल्म, सिरिज लौजान्छन् । केही समय ध्यान, योग र व्यायामलाई दिइरहेको हुन्छु । खाने र सुत्ने त जसको पनि हुन्छ । मेरो केही समय किताब पढ्ने काम हुन्छ भने केही समय केही लेखिरहेको पनि हुन्छ । समंग्र दिन यसरी बितिरहेको हुन्छ । केही गरिएन भन्दाभन्दै धेरैथोक गरिसकिन्छ एकदिनमा । मलाई एक्लोपन केहीहदसम्म मन पर्छ । नगरकोटीको किताबमा कतै एकबेला पढेको थिएँ , “If you don’t celebrate your aloneness you are the most boring person in the world . I am alone I love my aloneness.” मलाई यो भनाइले पनि एक्लोपनालाई माया गर र आफैँसँग रमाऊ भन्ने कुरा सिकायो । कति परिवार घर आउन नपाएको र परिवारभन्दा टाढा रहेको बेला, म परिवारसँगै बस्छु र छु । मैले आफूलाई र मेरो परिवारले पनि यस कुरामा भाग्यमानी ठान्नु पर्छ । मलाई मैले बाँचिरहेको जिन्दगी एक तरिकाले मज्जा लाग्छ । किनकि कति मानिसहरू मलाई हेरेर म जतिको मात्र हुने सपना देखेर बाँचिरहेका छन् । कति आफ्नै भोगाइ, कति देखेर, कति पढेर र कति फिल्म हेरेर मैले आजसम्म बुझेको कुरा यति हो । नवपुस्तामा युवाहरूले के गरिरहेका छन् ? भन्नेमा मलाई लाग्छ,- केही न केही गरिरहेका छन् । तर कसैलाई उनीहरूले बुझ्न खोजिरहेका छैनन् । सिक्न खोजिरहेका छैनन् । अगिल्लो पुस्तालाई सम्मान गरिरहेका छैनन् । युवाहरूलाई म जान्ने र मभन्दा जान्ने कोही छैन भ्रमले च्यापिरहेको छ । र आफैँलाई चिन्न खोजिरहेका छैनन् । त्यसमा मलाई दुःख लाग्छ । युवाहरूले देश बुझ्न जरूरी छ । भविष्य बुझ्न जरूरी छ । नवपुस्ताले धेरै कुरा बुझ्न जरूरी र बाँकी छ । हामी हरेक आफू चिनाउन हतार गरिरहेका छौँ । मलाई आफैँलाई ‘म यो हुँ’ भनेर चिनाइहाल्ने बेला आएको छैन जस्तो लाग्छ । हामीले सुरूमा त आफैँलाई चिन्न जरूरी छ | त्यसपछि मात्र अरूलाई चिनाउनुपर्छ भन्ने सोच लिएर म बाँचिरहेको छु । त्यही आफैँलाई अहिलेसम्म राम्ररी चिन्न नसकेको र धेरै कुरा सिक्न बाँकी रहेकोले म हरेकपल्ट केही सिक्न खोजिरहेको हुन्छु । त्यही केही सिक्ने प्रकृयामा मैले केही सिरिज, केही फिल्महरूमा हेरेँ । केही किताबहरू पढेँ र आफैँलाई केहीहदसम्म बुझ्ने कोसिस गरेँ । लक डाउनको समयमा मैले केही सिरिजहरू हेरेँ, जसमध्ये केही हिन्दी, केही इंगलिस सिरिजहरूले दिनहरू राम्रै बिताएका हुन्थे । फिल्महरू पनि त्यस्तै दिनको एकको दरले हेर्दा सात-आठ दर्जन हेरियो होला । दश-पन्ध्रवटा किताब पढेँ होला, त्यसमा केही नयाँ र केही पूराना, पहिले पढिसकेका किताब फेरि पढेको छु । एकहप्ता जति भयो होला, अहिले भने केही फिल्म हेरेको छैन । केही समय केही हास्यब्यंग लेख, केही कथाहरू लेखिरहेको हुन्छु । र त्योभन्दा पनि बढी अनलाइनमा केही न केही हरेकदिन पढिरहेको हुन्छु । अरूले हेर्दा मैले केही पनि गरिरहेको छैन, तर म केही गरिरहेको छु । सिक्नु पनि त एक काम हो । म सिकिरहेको छु । मैले कतै सुनेको छु– जसरी हतियारलाई राम्रो बनाउन बारबार धारको जरूरी पर्छ, त्यसरी नै दिमागलाई धार लगाउन किताब पढ्नु जरूरी हुन्छ । म किताब पढ्न मन पराउँछु, र दिमागलाई धार लगाइरहन्छु । किताबहरू साथी हुन् जस्तो पनि लाग्छ । फिल्म हेर्न मन पराउँछु । सबैभन्दा ठूलो कुरा त सिक्न मन पराउँछु । अन्त्यमा, युवापुस्ता के गरिरहेका छन् भन्दा हामीले भन्न जरूरी छ- “हामीले सिक्न धेरैकुरा बाँकी छ । अहिले हामी धेरैकुरा सिक्ने बाटोमा छौँ ।” र म पनि त्यही भन्छु, “सिक्नु पनि त एक काम हो ! म अहिले सिकिरहेको छु ।” रेणुका जिसी खतिवडा: रेणुका जिसी खतिवडा “जीवनमा सबैभन्दा बढी गरेको काम के ? – पढ्ने र पढाउने ।” ४ वर्ष हुँदा बाबाको हात समातेर विद्यालय टेकेका पाइलाहरू १२ वर्षपछि विश्वविद्यालय टेक्नुपर्ने बेलामा पुन: विद्यालयमा फर्किएँ । भूमिका बद्लियो । चुलबुले विद्यार्थीलाई पर्फेक्ट शिक्षक बन्नु थियो । बन्ने पर्यत्न जारी नै छ । बिगत १४ वर्ष देखिको एकैखालको दैनिकीदेखि घरिघरि आफैँ आजित हुन्थेँ । केही वर्षयता म आफ्नै दैनिकीबाट अलिक समय ब्रेक खोजिरहेकी थिएँ । यसकारण पनि मेरा लागि लक डाउन अवसर बनेर आयो । दौडधुपवाला जिन्दगीमा झ्याप्प ब्रेक लाग्यो । तर कोरोना माध्यम बनेर आओस्, मेरो कामना थिएन । न त घरभित्रै बसिरहनु रोजाइ नै थियो । तर समय जे आयो त्यसैलाई अवसर ठानियो । आफ्नो हिसाबले सदुपयोग गर्ने प्रयासमा नै छु । जिन्दगीको पूर्णता नै अपूर्णताभित्र भेटिन्छ । यही सोचेर चित्त बुझाउँदै छु । जागिर ,घरव्यवहार र छोराछोरी तेहोरो भूमिकामा बाँधिदा जति नै प्रयास गर्दा पनि कहीँ न कहीँ केही न केही छुटेको जस्तो, अपुरो जस्तो भान भइरहने रहेछ । दुई सन्तानको आमा भएर पनि आमा हुनुको सम्पूर्ण आनन्द महसुस गर्न पाइनँ कि त ! अक्सर यही लागिरहन्छ । “आज त साहराले मम्मा भनिन्, नानी त आज उभिएकी, बाबुले आज यसो गरे, उसो गरे ।’’, उनीहरूको पहिलो बोली, पहिलो उभिएको, हिँडेको दृश्य या यस्ता धेरै पल समाचारका रूपमा दोस्रो मानिसका मुखबाट सुन्दा आमा मन चसक्क हुन्थ्यो । जे छुट्यो, त्यो त सकियो । जे छ त्यसलाई सार्थक बनाउन त सकिन्छ नि ! बन्दाबन्दीको यो समय छोराछोरीको रंगमा रंगीएको छ । छोरीको टिकटक, खेल , पैदलयात्रा या अन्य रहरमा उसको साथी बनेर हिँडिरहेकी छु । ‘बी’ र ‘डी’मा झुक्किने छोरासँग स्पेस र ग्रहहरूको बारेमा यति धेरै ज्ञान रहेछ, सुनिरहेकी छु । उसको स्पेस मोहसँगै कथा मोह पनि अनौठो छ । उमेरले ६ को दैलो टैक्दै गरेको उसले हिन्दी ,अंग्रेजी र नेपाली मिश्रित भाषामा अनौठा कथा सुनाउँछ । मामुको पिठ्यूमा चढेर ‘हट घोडा हट’ गर्दै या काँधमा चढेर ‘म बिगर भएँ’ भन्दै उसले भन्छ “मामु आप तो वन्डरफुल ओमन हो ।’’, म सधैँ यस्तै भैरहन सकूँ ! लक डाउनले सामाजिक दूरी बढाए पनि आत्मीक दूरी भने कम गरेको छ । यादमा मात्र आइरहने देश विदेशका प्यारा आफन्तसँग धित मरुन्जेल कुराकानी भएको छ । जन्म गाउँका पाखापखेरामा घन्किएका भाकाहरू ग्रुप च्याटमा घन्केका छन् । आफ्नै भाग्य भेट्न हतारहतार दौडिरहेका साथीहरू बिसौनीमा बसेर गफिरहेका छौँ । प्रतिकूलतालाई अनुकूलतामा ढाल्दै विभिन्न सेमिनार र भर्चुअल साहित्यिक गोष्ठीहरू भ्याए जति उपस्थित भएकी छु । केही कविता, केही गजल र केही कथा सृजना गर्न भ्याएकी छु । सबैभन्दा बढी एक्सपेरिमेन्ट गर्ने ठाउँ त भान्छा पो रहेछ ! भान्छामा पस्नेबित्तिकै आत्तिने म स्वादले तानिने भएकी छु । यसअघि नपाकेका परिकार पाकेका छन्, यसअघि पाकेका परिकार फरक तरिकाले पाकेका छन् । छतमा तरकारी, फेसबुकमा स्टाटस र तस्विर अनि युट्युबमा आफूले जानेको खेती जताततै गरेका छौँ । ‘हम दो हमरा दो’वाला परिवार छ । नियमित आम्दानीको ठूलो हिस्सा ठप्प छ । चिन्ता होइन, चिन्तन गरिरहन्छौँ । समयभन्दा बलवान अरू के नै छ र ! जिन्दगी आफ्नो हो । यो समय फेरि आउनेवाला छैन । पूरा गर्न सक्ने जति रहर बाँच्ने प्रयासमा छौँ। आखिर जिन्दगी त यत्तिकै पनि त बितिजान्छ । मेरा लागि पुस्तक पढ्नु आफूलाई मीठो लाग्ने खानेकुरा खानुजस्तै हो । व्यस्तताका बाबजुद पनि पुस्तक पढ्न समय हुन्छ, छ । अझै लक डाउनले यो क्रमलाई ह्वात्तै बढाइदियो । मनभरि पात्र बोकेर अर्को कुरामा मेरो ध्यान जाँदैन । जतिसुकै लामो किन नहोस्, आख्यानलाई एकै बसाइमा सिध्याउनुपर्छ । लक डाउनका सुरुवाती दिनमा नै हरेक दिन एक-एक पुस्तक पढेँ । घरमा भएका मध्ये नपढेका पुस्तकहरू थोरैमात्र थिए । हंस, घामकिरी, लाइफ अ बटरफ्लाई, लेभ टोल्सटोइका विश्वप्रसिद्ध कथालगायतका कृति पढिसकेपछि केही कवितासंग्रहहरू दोहोराएँ । केही उपन्यासहरू पनि । देशको कारण होस्, परिवेशको कारण होस् , सम्बन्धहरूका कारण या यावत कारण मन त दुखिरहन्छ । दुखिरहने मनलाई ठ्याक्कै पेनकिलरको काम गर्छन् कुनै किताबहरूले । र त मोहन मैनालीको ‘देखेको देश’ र नयनराज पाण्डेको ‘यार’ दोहोराएर पढिरहन्छु । पुस्तक पढ्ने माहोलमा छोरी पनि समावेश भैसकेकी छिन् । गौरी खण्डकाव्य, एलिस इन द वन्डरल्यान्ड र केही बालकथाहरू उनले पनि पढिसकिन् । मैले भने भर्खरै सत्यजित रोयका कथाहरू पढेर सकेकी छु । चार वेद र पारिजातका संकलित रचनाहरू पालो पर्खेर ¥याकबाट टुलुटुलु हेरिरहेका छन् । कोरोनाको परिधि सँगै भय र चिन्ताको परिधि पनि बढिरहेको छ । हरेक दिन बढिरहेका संक्रमित र मृत्युको संख्या त छँदै छ, सँगसँगै मन भतभत पोल्न दिनहुँ नयाँ नयाँ समाचार आइपुग्छन् । अन्नबाली र घरका छत नै नाश गर्नेगरी आएको असिनादेखि राजु सदा को मृत्युसम्म आइपुग्दा पटक-पटक दुखेको छ मन । आफूले धेरै आश गरेको कम्युनिष्ट सरकारको कमाउनिष्ट प्रवृतिले आक्रोशित बनाइरहन्छ । व्यवस्था मात्र परिवर्तन भएर अवस्था परिवर्तन नहुने रहेछ । संकटको यो घडीले थुप्रै मुखुन्डाधारीको वास्तविक रूप उदाङ्गो पारेको छ । सुनेकी छु, हरेक विनाशले पूराना मानकहरू भत्काएर नयाँ मानकहरू स्थापित गर्छ । आशा छ यो विषम परिस्थितीले पनि पक्कै सम्भावनाका नयाँ ढोकाहरू खोल्ने छ । बिकेश कविन: बिकेश कविन “ मेरो लकडाउन प्रकृति , पुस्तक , कविता , खोज आदि इत्यादिसँगै केही कुरा सिकेर बित्यो “ देशभरि लक डाउनको घोषणा हुनुभन्दा अघिसम्म म नियमित रूपमा इटहरीको ’इटहरी मेट्रीक्स’, साथसाथै छेउछाउका गाउँबस्ती अनि वनजङ्गल र खोलाहरूतिर चरा हेर्न जानेगर्थेँ । यो क्रममा थुप्रै नुतन चराहरू देख्न पाइयो, जुन चराहरू इटहरी चोकआसपास देख्न असम्भवप्रायस् छ । सरकारले देशभरि लकडाउनको घोषणा गर्यो । त्यसपश्चात् विशेषगरी घरमै समय व्यतीत गर्नथालेँ । लकडाउनले गर्दा वातावरण शान्त र प्रदूषणरहित बन्यो । बाटाहरूमा मान्छेहरू देखिएनन् । देखिए त केवल विभिन्न प्रजातिका सुन्दर चराहरू जो उन्मुक्तसाथ आफ्नो प्रकृतिरूपी घरमा मज्जाले माधुर्य गीत गाइरहेका थिए । देखिए त केवल वसन्तमा रमाइरहेका वृक्षहरू । कोइली चरा (एसियन कोयल) जसलाई सामान्य अवस्थामा इटहरीका भित्री गाउँहरूमा देख्न पनि मुस्किल पर्थ्यो, त्यसलाई गाउँहरूमा मात्र होइन, इटहरीको अति व्यस्त रहने मुख्य चोकहरूका वृक्षहरूमा बसेर ’कुहु……कुहु…..’ गाइरहेको सुन्न पाइयो । कुथुर्के (ब्लु थ्रोटेड वारबेट) चरा जुन इटहरी सहरमा देखिनु दुर्लभप्रायस् हो, यसलाई पनि लक डाउनको बखतमा भारी सङ्ख्यामा देख्न पाइयो । यसको आवाज मज्जाले सुन्न पाइयो । यी चराहरूका अतिरिक्त गाजले सुनचरी, कालोटाउके सुनचरी, फ्राप्रे चरा, ढोडे गोकूल, भद्राई चरा आदि आदि इत्यादि चराहरूलाई पनि इटहरीका चोकचोकमा, गाउँगाउँमा देख्न पाइयो । सुन्न पाइयो । यी चराहरूलाई एकैपटकमा देख्न र सुन्न लकडाउन महत्वपूर्ण समय रहेछ नत्रभने अन्य अवस्थामा यी चराहरू सजिलै देखिँदैनन् । अझ सहरतिर त अन्य सामान्य चराहरू पनि देख्न मुस्किल नै पर्छ । लकडाउनको सुरुवाती दिनमा कवि भूपी शेरचनका कवितासङ्ग्रहहरू घुम्ने मेचमाथि अन्धो मान्छे र भूपी शेरचनका कविताहरू (शिव रेग्मीद्वारा सम्पादित कवितासङ्ग्रह) दोहार्याएर पढेँ । यसका अतिरिक्त कवि शेरचनमाथि लेखिएका विभिन्न लेखकहरूका संस्मरण, विचार, आलेख आदि इत्यादि पढेँ । कवि भूपीबारे केही खोजहरू गरेँ । उनका केही दुर्लभ फोटोहरू साथसाथै उनको जीवनको अन्तिम अन्तर्वार्ताको भिडियो पनि फेला पारेँ । वास्तवमा भन्ने हो भने मेरा लकडाउन दिनहरू भूपीमय भए । कवि भूपीका अतिरिक्त अन्य कविहरूका केही कवितासङ्ग्रहरू पढेँ । ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त सुप्रसिद्ध उपन्यास ’अलिखित’ पढेँ । लेनसिंह बाङ्देलको मा\u200cलिक उपन्यास ’लङ्गडाको साथी’ पढेँ । यसका अतिरिक्त अन्य केही पुस्तकहरू साथसाथै सङ्कलन गरिएका म्यागेजिन, आलेख आदि इत्यादि पनि पढेँ । साथसाथै, लकडाउनको अवधिमा कोरोना भाइरस, महामारी, बालबालिका आदि केन्द्रीत केही कविताहरू पनि लेखेँ । समग्रमा भन्नुपर्दा, मेरो लकडाउन प्रकृति (चरा, रुख, खोला आदि), पुस्तक, कविता, खोज आदि इत्यादिसँगै केही कुरा सिकेर बित्यो । #आयुष भट्टराई #नवपुस्ता #बिकेश कविन #रेणुका जिसी खतिवडा मनोवैज्ञानिक कथाः महिला हराएको सूचना: योजना अर्कै थियो जीवनको, भयो अर्कै । सास फेर्नैका लागि बाँच्नु र नबाँच्नुको फरक के ? सानी मनसँग दोहोरो संवाद गरिरहिछे । ऊ पच्चीस वर्षे बूढी आइमाई हो, सम्बन्ध र व्यवहार दुवैमा । विश्वास सबैबाट टुटिसकेको छ । जवानीका जाँगरहरू अहिले नै सेलाइसकेका छन् । ऊ टाढा छे आफन्तबाट अनि आफ्ना पुराना क्रियाकलापबाट । आज मर्निङवाक सुरु गरेको पन्ध्रौँ दिन हो सानीको । साँढे पाँच फिट अग्ली, पचास किलोकी एउटी लुखुरी आइमाई दिनहुँ घन्टौँ किन हिँड्छे ? यही कुराले चकित हुन्थी ऊ स्वयम् । मनभित्रै मरिसकेका सपनाका लासहरूको व्यवस्थापन सहजै हुन्छ भन्ने उसको अनुमान थियो । तर अहँ, त्यो बसन्ती हावाले मनको औडाहामा शीतलता सिञ्चन गरेन । सिथिल उल्लास ब्युतिएन फेरि र पहिले नै उजाडिएका आकाङ्क्षा पाउलिएनन् । छातीमा पाँच वर्षे छोराको अघोर माया छ । स्वाँ….स्वाँ…..सास बढ्दै छ । हिँडाइले ? बाँकी जीवनको चिन्ताले ? कि कलेजोमा सजाएको त्यो अबोध सन्तानको मायाले ?, “हरे ! धड्कन चलुन्जेल मातृत्व मर्दोरहेनछ ।” सुशीला खनाल चार बजेको अँध्यारो, सुनसान बाटो, त्रसित मन अनि उसको भाग्य र जीवनका साइनाहरू । स्पोर्टस् सुजले बानेश्वर जित्छ । फेरि रिप्ले हुन्छ विगत आतङ्क । बुबाआमाको हृदय चहराएको थियो छोरी जन्मँदा । बालिका र युवती आफैँमा दुखेका थिए । परिवारमा छोरी र बिहेको साइनो निकै आत्मीय हुँदोरहेछ । जे भयो नराम्रो भएको थिएन । वर्ष दिनपछि संसार रङ्गाउँदै छोरो धर्तीमा आएको थियो । जिन्दगी मात्र होइन संसार नै पूर्ण भएको आभाष भएको थियो त्यसबखत । जन्मनेबित्तिकैको छोरो मनमनै पुलुक्क हेरी उसले । छेउमा आफूलाई चौबन्दी र फेटामा ठम्याई । “मेरो मुटुको टुक्रो……! मैले नै तिम्रो जीवनको हरियाली फाँडिदिएँ । अपहेलित नारीत्व र लत्याइएको पत्नीत्वको खिचातानीमा मैले मातृत्वको संरक्षण गर्न सकिनँ । सरी बाबु ! सरी छोरा !”, उसका पाइला अडिए । गोडा लल्याकलुलुक भएर आए । ऊ टुसुक्क बसेर दसै औँलाले आँखा छोपिरही । केही समयपछि उठी र चिसा हत्केला लुगाको फेरमा दलेर पाइला बढाई । व्यथाहरू भित्र हुन्छन्, तापनि अनुहारमा देखिन्छन् । त्यो मिर्मिरे बिहानीले सानीको अनुहार नियाल्दै थियो । आकाशमा चरा गाउनगाउन लाग्दै थिए । क्षितिजमा घाम आउनआउन लाग्दै थियो । रगतका भुल्कामा छोराले आमा….! आमा….! भन्दै थियो । त्यही पनि सानीले आफूलाई एक्लै ठानी । मनमनै उसले भनी, “आफ्नो जीवन अव्यवस्थित हुनेले अर्काको जीवनको व्यवस्था गर्न सक्तैन ।” यहाँ आफ्नै छोराले ‘अर्का’को परिचय पायो । मन दरो बनाई, “अरूलाई मार्नुमा र आफू मर्नुमा कुनै फरक छैन । कमिला र किरा त आफ्नो पूरा आयु बाँच्छन् ।”, सानीभित्रको मान्छे अलिकति जाग्यो । उसले बाच्ने अठोट गरी । मरेर बाँच्ने होइन, बाँचेरै बाँच्ने । अचानक उसको गन्तव्य परिवर्तन भयो । बाटो अझै चकमन्न थियो; मन पो कोलाहलमय थियो त । सानीले यसो आफूले भिरेको झोला सुम्सुम्याई । उसलाई लाग्यो; झोला हलुङ्गो छ, तर जीवन भने सारै भारी छ । झोलामा अलिअलि सामान छ, तर यता पेट पूरै खाली छ । “आफ्ना बासँग पनि अनि छोराका बासँग पनि मागेरै खाएकी थिएँ । यदाकदा बात पचाउने पनि बानी छँदैछ । मागेरै भए पनि खाउँला ।”, उसले दुई दिनदेखिको भोको पेट छामी । सानी सहिद गेटलाई देब्रे हातपट्टि पारेर अगाडि बढ्दै थिई । गाडी गुडेको आवाज आयो । आफैँलाई जित्नजित्न लागेको ट्याक्सीलाई रोकी । सानीः दाइ ! कलङ्की जाऊँ है । ड्राइभरः हुन्छ । सानीः कति पैसा ? ड्राइभरः पाँच सय । सानीः घटाउन मिल्दैन दाइ ? ड्राइभरः तपाईँको एक रातको त मागेको छैन त !– च्याँठियो । लान्छना डाइजेस्ट गर्ने सामाजिक आमासय ‘सानी’ थपक्क ट्यक्सीभित्र पसी । उसलाई कसैले यही बात लगाउँदा रातभरि रुनुपरेको थियो । त्यही बातले सम्बन्ध छोडायो र घर पनि उजाड्यो । बिहानको छ बजिसकेको छ । सडकका बत्तीहरू निभ्न नसकेर जलिरहेझैँ लाग्छन् । बजारका सटरहरू अलिअलि गर्दै खुल्दै छन्, तर सानीका समग्र साइना र सम्बन्धका ढोकाहरू सदासदाका लागि बन्द हुँदै छन् । अब ऊसँग बेग्लिएर बस्न कसैले रहर गर्ने छैन । “के म अब मेरो निजी सम्पत्ति ‘अस्मिता’ जोगाउन सकूला ? म उस्ती कि मेरो भाग्य उस्तो ?”, यी प्रश्न कसैलाई नसोध्ने बाचा मनले मनसँग ग¥यो । अब सानीको मन अझै दरो बन्न खोज्यो । कलङ्की चोकपारि गाडीहरूको भीड छ । सडकछेउको फोहोरको थुप्रोमा कुकुरहरू जीवन रक्षाको सङ्घर्ष गर्दै थिए । “हो, बाँच्नुपर्छ । आफ्नो बाँच्ने अधिकारको सुरक्षा आफैँले गर्नुपर्छ; हरेकले ।”, सानीले पत्रिकामा बेरेको मेटासिटको सानो सिसी बिस्तारै निकाली अनि कसैले नदेख्ने गरी फोहोरको थुप्रोतिर मिल्काइदिई । फेरि आफ्नो पुरानो सामसुङ (ई फाइफ) मोबाइल निकाली । डाटा अन गरेर सबैभन्दा पहिला फेसबुक डिएक्टिभेट गरिदिई । त्यसपछि मोबाइलबाट सिम निकालेर त्यही फोहोरको थुप्रोमा हुत्याइदिई । अब अरूका नजरमा ऊ कहीँ थिइन, तर वास्तवमा दुनियाँ हराइसकेको थियो अनि ऊ मात्र बाँकी थिई उसका लागि । “जाने हो अन्टी ?”, मयुर यातायात छेउमा थियो । “हो ।”, ऊ गाडीमा पसी र भनेकै सिटमा गएर बसी । गाडीले आफ्नो वेग लियो । उसले पनि आफ्नो मनोवेग रोक्न सकेकी थिइन । “मलाई काठमाडौँले त्यसरी नै रुचाएन जसरी मायालुले मेरो माया रुचाएको थिएन । निठुरी दैवले छोराकी आमा नरुचाए जस्तै नेपाल आमाको काखले मलाई नरुचाउला अब ।”, जसजसलाई बिर्सन खोज्यो सबभन्दा बढी उसैलाई सम्झिँदो रहेछ मनले । सानीका आँखा भल्भल्ती बगिरहे । गाडीले थानकोट काट्यो । मृत्युदण्ड भोग्न हतकडीसहित अगाडि बढिरहेको निर्दोष अपराधीझैँ सानी पनि गन्तव्यहीन यात्रातर्फ अगाडि बढिरहेकी थिई । ऊसँग भाव थियो, भाषा थिएन । अनुभुति थियो, शब्द थिएन अनि आँसु थियो, मूल्य थिएन । छेउमै बसेको मान्छे कान्तिपुर पत्रिका हेरिरहेको थियो । ऊ ‘चीनमा कोरोनाको कहर’ शीर्षकको समाचार पढिरहेको थियो अनि सानी मृत्युसँग डराएको उसको अनुहार । लगत्तै सानीका आँखा पत्रिकाको ‘मानिस हराएको सूचना’मा परे । सूचना र समाचारहरू त नयाँ नयाँ हुन्छन् दिनहुँ । केही दिनपछि त्यही पेजको त्यही ठाउँमा आउनेछ; महिला हराएको सूचना: नाम : सानी शर्मा उमेर : पच्चिस वर्ष वर्ण : गहुँगारो उचाई : साँढे पाँच फिट ………. #सुशीला खनाल 'लार'माथिको यौनिक र सामाजिक दृष्टिकोण; प्रश्न र टिप्पणीको हद !: मुना चौधरीको कथा ‘लार’ले बाह्रख्रही कथा प्रतियोगिताको पुरस्कार जितेपछि सामाजिक सन्जालभरि ‘लार’लाई यौन कथा/पोर्न कथा भन्ने टिप्पणीहरूले छ्यापछ्याप्ती देखिएका छन् । ‘पुरस्कार जित्न यौन कथा लेख्नु पर्नेरहेछ’, ‘निर्णायकलाई यौन कथा मन पर्दोरहेछ’, भन्ने जस्ता टिप्पणीहरू पनि धेरै आइरहेका छन् । यदाकदाचाहिँ यो ‘प्रपोगान्डा’ प्रचारबाजीको लागि बाह्रखरीले नियोजित रूपमा चालेको भन्नेहरू पनि छन् । निश्चय नै, प्रतियोगीले नियम उल्लंघन गरेको थाहा पाएपछि पनि बाह्रखरीको अझैसम्म कुनै प्रतिक्रिया नआउनुमा फरक मत राख्न र औंला उठाउन पाइन्छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले साहित्यपोस्टमा जुन २९ मा लेख्नुहुन्छ, “काग कराउँदै जान्छ पिना सुक्दै जान्छ जस्तै गरिरहेको छ बाह्रखरीले” | बाबु साहेब कान्तिपुर पत्रिकाका प्रधान सम्पादक रहिसकेका नारायण वाग्ले, रुचाइएका लेखक अमर न्यौपाने र अघिल्लो वर्ष यही पुरस्कार जितेकी बिना थिङ तामाङको निर्णायक क्षमतामाथि प्रश्न गर्न पनि पाइन्छ । प्रश्न विजेता कथाकार मुना चौधारिको गल्तीमाथि पनि गर्न पाइन्छ । तर ती प्रश्न र टिप्पणीहरूको हद कहाँसम्म ? एउटा गल्तीको सजायस्वरूपमा उठाइएका प्रश्नहरूको घनत्वले अर्को गल्ती गरिरहेछ भनेचाहिँ त्यसको जिम्मेवारी कसले लिन्छ ? यो लेख पुरस्कार विजेता कथा ‘लार’माथिको यौनिक र सामाजिक दृष्टिकोण, कथामाथिका प्रश्न र प्रश्नले उब्जाएका अन्य प्रश्नहरूमाथि केन्द्रित छ । सामाजिक सन्जालमा कथामा अश्लिलताको कारण दुई अनुच्छेदभन्दा पढ्न नसकेको भन्ने टिप्पणीहरू ज्यादै हाँस्यास्पद छन् । मोबाइलमा ‘भिपिएन’ राख्दै गोप्य फोल्डर बनाएर पोर्न मुभी/तस्बिर बोकिहिँडेका हामीहरूले नै अश्लील र श्लीलको कित्ताकाट गरिरहेछौं । सामाजिक सन्जालमा कथामा अश्लिलताको कारण दुई अनुच्छेदभन्दा पढ्न नसकेको भन्ने टिप्पणीहरू ज्यादै हाँस्यास्पद छन् । मोबाइलमा ‘भिपिएन’ राख्दै गोप्य फोल्डर बनाएर पोर्न मुभी/तस्बिर बोकिहिँडेका हामीहरूले नै अश्लील र श्लीलको कित्ताकाट गरिरहेछौं । यौनलाई शारीरिक र मानसिक आवश्यकता भनेर व्याख्या गरिसकेको युग पनि बूढो बन्न लागिसक्यो । बरु अबको समय दुई वर्षसम्म श्रीमान् विदेश र श्रीमती स्वदेश रहनुपर्ने (वा जुनसुकै छुटिएर रहनुपर्ने) परिस्थितिमा कसरी विधिसम्मत यौनिक आवश्यकता पूरा गर्न सकिन्छ भनेर बहस हुनुपर्ने हो | बिडम्बना ! त्यो हुन सकेको छैन । हामीलाई यौन चाहिन्छ, तर खुलेर यौन चाहिन्छ भन्न सक्दैनौँ । त्यसैले देशभरि अँध्यारोमा सुखरीहरू दिशागर्ने बहाना बनाएर घरबाट निस्किनुपर्छ, देवेन चिया पसलमा बाइक छोडेर गाउँ छिर्नुपर्छ अनि ‘लार’मा भेटिनुपर्छ । कथामा देवेनले सुखरीलाई पूर्ण यौन सन्तुष्टि दिन नसकेपछि सुखरीमा भएको छटपटाहटमा सुन्दर तरिकाले बुनिएको छ, तर हाम्रो ध्यान त्यता खिचिँदैन । हामीलाई त लागिरहन्छ कि यौन केवल पुरुष वर्गको सन्तुष्टिको माध्यम हो । महिलाहरू यौनमा सहभागी केवल पुरुष वर्गलाई सन्तुष्टि दिनका लागि हुनुपर्छ, उनीहरू आफूचाहिँ यौन सन्तुष्टिबाट टाढा रहे पनि केही फरक पर्दैन भन्ने हाम्रो मानसिकतालाई हाम्रै टिप्पणीहरूले उदाङ्गो पारिदिएका छन् । बरु हामी त सामाजिक सन्जालको भित्ताभरि दाइजो विरोधी प्लेकार्डहरू टाँसेर आफ्नै बिहेमा दाइजोको बार्गेनिङ गर्नमा रुचि राख्छौं र आफ्नो रुचिमा पोख्त छौं । साथसाथै सुखरी देवेनसँग आएको भोलिपल्ट सुखरीले बच्चीलाई दूध चुसाउन नपाएका कारण वा कथाको सुरुमा नै सुखरीको स्तनबाट उछिट्टिएका दूधका छिर्काहरूको कारण बच्चासहितकी एक महिलालाई यौनमा सरिक हुनुअघिका अफ्ट्याराहरूलाई हामी नजरअन्दाज नगरी हिंडिदिन्छौं ! कथाको अर्को पाटोमा सुखरी र देवेनले बिहे गरेपछि देवेनका बुवा-आमालाई दाइजो लिन नपाइने भो भन्ने मानसिकताले हिर्काएर सुखरीलाई बुहारी स्वीकार्न नसकेको कुरा छ | हाम्रो ध्यान त्यता पनि जाँदैनं । बरु हामी त सामाजिक सन्जालको भित्ताभरि दाइजो विरोधी प्लेकार्डहरू टाँसेर आफ्नै बिहेमा दाइजोको बार्गेनिङ गर्नमा रुचि राख्छौं र आफ्नो रुचिमा पोख्त छौं । साथसाथै सुखरी देवेनसँग आएको भोलिपल्ट सुखरीले बच्चीलाई दूध चुसाउन नपाएका कारण वा कथाको सुरुमा नै सुखरीको स्तनबाट उछिट्टिएका दूधका छिर्काहरूको कारण बच्चासहितकी एक महिलालाई यौनमा सरिक हुनुअघिका अफ्ट्याराहरूलाई हामी नजरअन्दाज नगरी हिंडिदिन्छौं ! कथाकार मुना चौधरी दाइजोकै केन्द्रबिन्दुको चपेटामा परेर सुखरी छ महिनासम्म नोकर्नीजस्तो बस्नुपरेको छ । आफूलाई ज्यादा विस्वास गरिरहेको श्रीमान्, आफ्नै जस्तो माया लाग्ने आफ्नी छोरी र आफ्नो कर्तव्यमा रहेको परिवार र समाजलाई त्यागेर सुखरी जुन सुखको लागि देवेनसँग आएकी थिइन् बिस्तारै त्यो सुख पनि सुखरीले पाउन छोडिन् | पश्चातापको मानसिक आगोमा जलिरहँदा देवेनको सहारा नपाएकी सुखरीले यौन तृप्तिको शारीरिक आगोमा जलिरहँदा देवेनबाट झन् ठूलो हिंसा भोगिरहेकी छन् । पश्चाताप र हिंसाको चपेटामा परिरहेकी सुखरीमाथि पाठकहरूको पनि कतै सहानुभूति देखिदैन । बरु उनीमाथि हामीले एउटा चरित्रहिन महिलाको उपाधि भिराइदिएका छौं, र उनीमाथि अर्को हिंसा गरिरहेका छौं । रात-विरात आफ्ना सबै-सबै कुराहरू त्यागेर देवेनसँग सुखरी भाग्नुपर्ने परिस्थितिको दोषी को-को छन् ? हाम्रो फितलो सामाजिक व्यवस्थालाई हामी दोषी किन देख्दैनौं ? एक विवाहित महिलासँगको अबैध सम्बन्ध राखिराखेको देवेनको दोष कति हो ? हामीलाई यी कुराहरूमाथि रुचि र चासो हुने विषय भएन । हामीलाई त सबै दोष र गल्ती केवल सुखरीको चरित्रमाथि थुपारिदिएर उम्किनु छ । कथाको अन्त्यमा सुखरी आफूलाई न्याय दिलाइछोड्ने अठोठका साथ निस्किन्छे | भोलिपल्ट बिहान एउटी महिलाको मृत रगताम्मे नाङ्गो लास भेटिन्छ । लेखकले त्यो लाश सुखरीकै हो भनेर ठ्याक्कै नभनिदिएर चतुर्\u200dयाइँ गर्दैछिन् वा अरू केही ? त्यो लेखक नै जानून् । तर पाठकले त्यो लाश सुखरीको बाहेक अरूको हो भनेर शङ्का गर्नुपर्ने केही छैन । हामीले फेरि बुझ्न सक्छौं, आफूमाथि परेको मानसिक र शारिरिक अन्यायको विरुद्धमा हिंडेकी नारीमाथि अर्को कति ठूलो अन्याय हुन्छ । आँकलन गर्न सक्छौँ, देशैभरि यस्ता सुखरीहरूमध्ये कतिले न्यायको लागि मुठ्ठी कस्लान्, कति आफूलाई कमजोर बनाएर पासोमा झुन्डिएलान् वा बाढीमा होमिएलान् ? कथामाथिको यो यौनिक र सामाजिक यो बहसलाई यहीँ छोडेर अब केहिबेर कथामाथिका टिप्पणी र प्रश्न, ती प्रश्नहरूले उठाएका अरू प्रश्नहरूमाथि जोड दिऊँ । ‘लार’लाई यौन कथा/पोर्न कथा भन्न पाइनु, निर्णायकको निर्णायक क्षमतामाथि लगातार प्रहार गर्न पाइनु, कथाकारको गल्तीमाथि प्रश्न गर्न पाइनुको हद कहाँसम्म हो ? हामीले गरेका प्रश्नहरूको सीमा कहाँसम्म हो ? बाह्रखरीले आफ्नो गल्तीलाई स्विकार्दै/समीक्षा गर्दै/माफी माग्दै र आफ्नो गल्तीबाट अन्याय भएका सबैलाई उचित सामाजिक न्याय दिलाउँदै, फेरि गल्ती नदोर्याउने कुरामा प्रतिबद्द बनाउन वा त्योभन्दा माथि बाह्रखरीले गरेको गल्तीमाथि टेकेर ऊमाथि अर्को सुनियोजित प्रहार गर्न | हाम्रा प्रश्न हरूको हद कहाँसम्म हो ? लेखक मुना चौधरीलाई आफ्नो गल्तीलाई स्वीकार/ प्रयाश्चित र आफू नियम मिचिएको कथा प्रथम भएकोले उक्त पुरस्कारमाथि आफ्नो हक दावी नगर्नको लागि सुझाव र दवाव दिन वा उनले गरेको गल्तीमाथि टेकेर उनीविरुद्ध र लेखकीय जीवनविरुद्ध लगातार प्रहार गरिरहन | एउटा गल्तीको सजाय त्यस गल्तीको उचित सजायसम्म पुगेर सकिन्छ । गल्तीको भारभन्दा बढीको सजायलाई नेपालको संविधानले पनि स्पस्ट रूपमामा अस्वीकार गरेको छ । अनि प्रश्न गर्नेहरू को-को हौँ ? घटनामा साँच्चिकै गल्ती भएको देख्नेहरू ? अरूका टिप्पणीहरू पढेर आफ्नो धारणा बनाउनेहरू ? र कथाको दुई अनुच्छेदभन्दा पढ्न नसकेको पनि भन्ने र कथालाई यौनकथा पनि भन्नेहरू ! हाम्रा तल्लोस्तरका टिप्पणीहरूले लेखक मुना चौधरीको सामाजिक जीवनमा कस्ता प्रभाव पारिरहेका छन् ? उनमा जन्मेको विचलनको आकलन गर्नेचाहिँ हामी कसले हो ? पश्चाताप र हाम्रा टिप्पणीहरूको दोहोरो चपेटामा परेर मुना चौधरी सुखरीको बाटोमा भाँसिइन् भने दोषी को-को हुने हौँ ? कुरा स्पष्ट गरौं । #बाबु साहेब #मुना चौधरी कति झुन्डिराख्छस् फेसबुकमा ?: “कति झुन्डिराख्छस् फेसबुकमा ? केही काम छैन ?” आजभोलि धेरैले मलाई गर्ने प्रश्न यिनै हुन् । बेला बेलामा मैले पोस्ट गरिराख्ने स्टाटसहरूका आधारमा मानिसहरू मलाई यसरी “जज” गर्ने गर्दछन् । तर के मैले उनीहरूले सोचेझैं सामाजिक संजाललाई “काम न काज”सँग प्रयोग गरिरहेको छु त ? मलाई आफ्नो लेखनकर्मलाई सहयोग पुग्ने हिसाबले पाठकसँग नजिक हुन, आफ्नै समवयका साथीहरूका पीरमर्का बुझ्न र विषयवस्तुबारे थाहा पाउन सामाजिक संजालले सघाएको छैन र ? हात्तीलाई पेटमा मात्र छामेर हात्ती भित्तोजस्तो हुँदो रहेछ भन्नेहरूलाई सामजिक संजालको यो पाटोको ज्ञान नै कहाँ र ! हामी आजकल धेरै समय सामाजिक संजालमा बिताउँछौँ । फेसबुक, ट्विटर, इन्स्टाग्राम अनि टिकटक हाम्रा जीवनशैली बनिसकेका छन् । हामी एक घण्टा कुनै किताब पढ्यौं भने कति धेरै पढिएछ भन्ने ठान्दछौं । तर चार घण्टा च्याट गरेर बस्यौँ भने कति छिट्टै मोबाइलको चार्ज सकिएछ भनेर दिक्क मान्दछौँ । हामी धेरैलाई आजभोलि इन्टरनेट नै फेसबुक भएको छ, इन्टरनेट नै युट्युब भएको छ । तर इन्टरनेटको महत्व कति छ, र यसको उपादयता कति छ भनेर के हामीले आफूलाई जिज्ञासु बनायौं त ? फेसबुक धेरै चलायो भनेर अरूलाई खिस्याउनेहरू पनि फेसबुकमै भेटिन्छन् । टिकटकलाई उडाउनेहरू पनि टिकटकका भिडियो हेरेर रमाइलो मानिरहेका भेटिन्छन् । यदाकदा मान्छेहरूले भनेको सुन्न पाइन्छ, कति धेरै फेसबुक चलाउँछ यो, बिग्रिने भयो । कामै यसको त टिकटक बनाउने छ, बिग्रिसकी । कोही युट्युबले ‘बिग्रिन’ आँटेका छन् भने कोही इन्स्टाग्रामले । तर हरेकपटक नयाँ नयाँ प्रविधि हामीलाई बिगार्न हैन सपार्न आएका हुन्छन् । यो हामीलाई ज्ञान हुँदैन । सुरेश बादल हामी सानो छँदा रेडियोको मुन्तिर बसेर पढिरहेका हुन्थ्यौं । त्यतिबेला ध्यान जत्ति सबै रेडियोतिर हुन्थ्यो अनि हामी किताबको एउटै पाना समाएर अल्मलिरहेका हुन्थ्यौं । त्यतिबेला हामी बिग्रिने गर्थ्यौं । तर रेडियोले दिएका सूचना, ज्ञान र मनोरन्जन के हामीलाई स्कूले कोर्सका किताबहरूले मात्र दिन सक्थे र ? रेडियो नभएको भए कहाँ सुन्थ्यौं होला हामी साना हुँदा इजरायल र प्यालेस्टाइनको युद्ध र संकटका कुरा ? फ्रान्सका राष्ट्रपति ज्याक सिराक र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा रेडियो सुनेरै ठूला भएका हैनौं र हामी ? रेडियो नहुँदो हो त सुनौलो गुलाफ र संगिनी सुईका बारेमा कहाँ थाहा पाउँथे होला र दूरदराजका महिलाहरूले । रेडियोले नै त हो नि हामीलाई साथीसँग मनका कुरा गर्न सिकाएको । युवा र किशोर अवस्थाका जिज्ञासा र खुल्दुलीहरू मेटाएको । समयसँगै हामीलाई बिगार्न भनेर टिभी आयो । हामी टिभी हेर्दा होमर्क गर्न बिर्सिन्थ्यौँ । लेख्न पढ्न बिर्सिन्थ्यौं । टिभीमा आउने फिल्म, टेलिफिल्म अनि गीतहरूले हाम्रा उत्पादनशील समय कब्जा गरिदिन्थे । तर आजभोलि लकडाउनका कारण टेलिभिजनहरूले विभिन्न कक्षाका पाठ्यसामग्री देखाइरहेको, अडियो भिजुअल कक्षा संचालन गरिरहेको देख्दा प्रविधि कहिल्यै दोषी हुँदैन, प्रयोग गर्ने ढंग हाम्रो कस्तो छ त्यसले हो बिगार्ने कि सपार्ने भन्ने यथार्थको महशुस गराएको छैन र ? टिभीले हामीलाई रारा ताल देखाएन र ? हिँड्न नसक्नेहरूलाई दृश्यमार्फत् नै गोसाईकुण्ड घुमाएन र ? कुवाको भ्यागुतोझैं आफनो घर गाउँमा बसेकाहरूलाई सारा संसार देखाएन र ? हामीकहाँ आजकल ‘युटुबे’हरूको आतंक छ । भाइरल गराएर पैसा बटुल्ने चाहनामा, भ्युज बढाएर डलर कमाउने आशामा आजभोलि समाचार र सूचना हैन काण्डहरू प्रसारित भैरहेका छन् । हामी केही युट्युबरका प्रोपोगान्डाबाट दिग्भ्रमित हुँदैछौँ भने केही चाहिँ तीनै युट्युबरलाई गाली गरेर बसिरहेका छौँ । के हामीले कहिल्यै पनि युट्युबमा इतिहासका चाखलाग्दा विषयहरूका बारेमा बनेका डकुमेन्ट्रीहरू हेर्यौं ? के हामीले नयाँ नयाँ परिकारहरू पकाउने विधिहरू सिक्यौं ? युट्युब हेर्दै तपाईं भिडियो एडिट गर्न सिक्नहुन्छ, सिनेमा बनाउन सिक्नहुन्छ, कसरी इजरायलले आधुनिक खेती गर्यो, अस्ट्रेलियामा कसरी पशुपालन गरिन्छ, ब्युटी पार्लर जान नसकेको अवस्थामा कसरी शृंगार गर्न सकिन्छ, के हामीले कहिल्यै युट्युबलाई यसरी उपयोग गर्यौँ त ? हामी फेसबुकलाई च्याट गरेर समय नाश गरेकै आधारमा गाली गरिरहेछौं । रातदिन च्याट गरेर अर्काको श्रीमती फकाउने, फेक आईडी बनाएर कसैलाई ठग्ने इत्यादी गरेकै अधारमा फेसबुक कहाँ अभिशाप हुन सक्छ र ! यसले त हामी विभिन्न खण्ड-खण्डमा बाँडिएकाहरूलाई एउटा समाजमा ल्याएर राखिदिएको छ । आज सामाजिक संजाल नहुँदो हो त, फेसबुक नहुँदो हो त, कसले कल्पना गर्न सक्थ्यो र निम्न वर्गले पनि आफ्नो सशक्त आवाज उठाउन सक्छ भनेर । सन् २०१० को ट्युनिसियाबाट शुरु भएको अरबको क्रान्तिमा, इजिप्टका होस्नी मुबारक, लिबियाका गद्दाफीहरूले वर्षौं पुरानो शासन त्यही एउटा फेसबुक स्टाटसले शुरु गरेको क्रान्तिकै कारण छोड्नु परेको हैन र ? आजकल हरेक मान्छे आफैँ पत्रकार भएको छ । आफैँ सामाजिक अभियन्ता भएको छ । ब्लग लेखेर आफैँ लेखक, सम्पादक र प्रकाशक भएको छ । प्रविधिको शक्तिले हामीलाई व्यक्तिगत तवरमा बलशाली बनाएको छ । हिजो चिया अड्डामा चल्ने गन्थनहरू आजकल च्याटरुमका कारण झन् सजिला भएका छन् । यही लकडाउनकै अवधिमा पनि ठूल्ठूला होटलका सेमिनार हलमा हुने गरेका भेलाहरू “जुम”का वेबिनार बैठकहरूमा सम्भव भएका छन् । फेसबुक केटाले केटी खोज्ने र केटीले केटा रोज्ने थलो मात्र हैन । यो त तपाईंले आफूलाई चिनाउने मन्च पनि हो । फेसबुक नहुँदो हो त म आफैँले पनि आफ्नो लेखन क्षमता यति चाँडो र यति सघन ढंगले ठूलो जनमानसमा पुर्याउन समय लाग्थ्यो होला । इन्स्टाग्राम पनि केवल आफ्ना फोटाहरू टाँसेर अलि अलि आएका लाइकहरूमा दङ्ग पर्दै आत्मरतिको आहालमा डुबुल्की मार्ने बहाना मात्र हैन । तपाईं कलात्मक फोटोग्राफी गरेर मिल्दो, सुहाउँदो अनि सटिक ह्याशट्यागहरू राखेर आफ्नो कलालाई सिमाना नघाउन सक्नु हुन्छ । के टिकटक गीतका बोलहरूमा ओठ चलाएर लिपसिंक गर्दै यस्सै आफैँ रमाएर बस्ने भाँडो मात्र हो त ? यसले आफूलाई ब्राण्डिंग गर्न पनि त मद्दत गर्दछ । तपाईंलाई आफ्नो व्यवसाय बढाउन कुनै सेलिब्रिटीबाट विज्ञापन गराउनु पर्दैन । टिकटकमा आफ्नो सिर्जनशीलता प्रदर्शन गरेर आफूलाई आफैं सेलिब्रिटी बनाउन सक्नुहुन्छ, आफ्नो व्यवसाय प्रबर्धन गर्न सक्नु हुन्छ । चोयाका सजावट सामाग्रीहरू, बाँसका सामाग्रीहरू कलात्मक तवरले बनाएको सटिक भिडियो टिकटकमा राखिदिनुस् त, कति अर्डर आउँदोरहेछ, थाहा पाउनु हुनेछ । थरिथरिका डिजाइनमा लुगा सिलाएको देखाउनुस् त, कसरी कुशल फेसन डिजाइनरमा दरिनु हुनेछ थाहा पाउनु हुनेछ । नाच्न, अभिनय गर्न यदि आफूमा त्यो फरक कला छ भन्ने विश्वास भए तपाईंको प्रगतिलाई कसैले रोक्न सक्दैन । तपाईंलाई स्वान्तसुखायकै लागि, आफ्नै खुशीका लागि मात्र चलाउने रहर हो भने, चलाउनुस् तर आफ्नो सिर्जनात्मक समय खेर नफ्याँकी । प्रयोगकर्ताको प्रयोजन र उद्धेश्य बरु खराब हुन सक्ला, तर प्रविधि कहिल्यै आफैंमा खराब हुँदैन । #सुरेश बादल महिला बनेर युएईका तीन सयभन्दा बढी स्टेजमा नाँचेका पुरुषको कथा\xa0: कुबेर राईले गाएपछि कोही अर्कै गायक स्टेजमा आयो । उसको गीत रक्सी पिएपछिको मात लागे झैँ कुबेर दाइको जस्तो थिएन । बरू हातका औंलाहरू गीतको मादकतामा आफसेआफ चले झैँ लाग्ने । निदाइरहेका पैतालाहरू एक्कासि उठेर हिँडे झैँ लाग्ने, कुनै पूर्वेली लोकधूनमा कम्मर मर्काउँदै-मर्काउँदै आइन् ऊसँगै एउटी सुन्दरी …! जीवित खड्का मगर आफ्नो आँखा अलिक लोभी छन्, सुन्दर मान्छे देख्यो कि फलामका मसिना टुक्रा-टुक्राहरू आफूसँगै तानिरहने चुम्बकजस्ता । छि: कस्तो लोभी आँखा के मेरा ? कत्तिखेर फुत्त निस्केर मेरै अनुहारबाट उनै युवतीको हात समाइ छमछम नाँच्न पुगिसकेछ । मुकदर्शक म, मेरै आँखा नाँचिरहेको हेर्दै थिएँ, कसैले मलाई कोट्याए झैँ लाग्यो, मित्र शिशिर रहेछन्- “सरकार ! त्यो आइमाई बनेर स्टेजमा नाँच्ने केटामान्छे हो नि !” (नामको बदलामा ‘सरकार’ सम्बोधन गर्ने शिशिरको बानी) “हँ…., के भन्नुन्छ ?” — म झस्किएँ “नपत्याए चन्द्रलाई सोध्नूस !” गत फेब्रुअरी ७ तारिखका दिन, किराँत-राई यायोख्खा, शाखा युएईले आफ्नो यले सम्वत् ५०८० सालको उपलक्ष्यमा आबुधाबीको कुनै एउटा हलमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । म गएँ साथीहरूको पछि, साथीहरू मनोरञ्जनको पछि । असलमा म जानूको रहस्य थियो कुबेर राईको पछि । साथीहरू पूल भैदिए मैले सहजै माइखोला पार गरेँ । कुबेर दाइको गायनले मात्रै नभई उनले बाँचिरहेको सादगी जीवनबाट समेत प्रेरित म; त्यसैले उनलाई हेरूँ लाग्यो, देखूँ लाग्यो, यही भएर देख्नै गएँ । यहाँ दुई-पाँच हजार मान्छेले चिन्नुमात्रै पर्छ, एउटा कलाकारले आफ्नो लाइफ स्टाइलमा पूरै युरिया खनाइदिन शुरु गर्छ, कहाँको अर्गानिक कलाकार पाउनू ? उनमा भने त्यसो थिएन, गाउँकै पारा । गाउँकै सुवास । तर यो सब भईकन यो कुरा दुखको साथ भन्नुपर्छ; कुबेर, राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगिता- २०५२ सालमा प्रथम भएको गायक (अहिलेका शिखर गायक रामकृष्ण ढकाललाई पछारेर), त्यसपछि भने उनको संगीतयात्रामा प्रथम त के कुरा, दोस्रा-तेस्रासम्म भएनन् । होला, यिनको आफ्नै व्यक्तिगत कमजोरीहरू पनि तर उनको प्रतिभालाई राष्ट्रले नचिनेकै हो भन्छु म । ओहो… कुबेरको कुरा गर्दैगर्दा गर्ने कुरा गर्नै बिर्सेछु, अब गर्छु- आजभन्दा झण्डै अठार वर्ष पहिले लमजुङ जिल्ला, अर्चलपोट गाउँको गुरुङबस्तीबाट आकाशमा उडेको एउटा जहाज युएईमा ल्याण्डिङ गर्यो । जहाजबाट ओर्ल्यो युवक र होटेलमा काम पायो, तर कैदी भएर त्यो युवक चारदिबारभित्र हराउन चाहादैनथ्यो । ऊ उन्मुक्त आकाशमा चराहरू झैँ उड्न चाहान्थ्यो । मान्छेले चराहरूको आकाश हेरेर आनन्द लेऊन् भन्ने चाहान्थ्यो । हो, खास कुरा ऊ नाँच्न सिपालु, नाँच्न चाहान्थ्यो | युएईभरि नाँचेर नाम कमाउन चाहान्थ्यो । ऊ जान्ने भएदेखि नै नाँच्न थालेको रे ! र, मसित कुरा गर्दागर्दै उसले यतिबेला भने आफ्नो बाल्यकाल सम्झेको छ-“मेरी आमा आफ्नो जमानाकी कुशल नृत्याङगन्ना, गाउँठाउँमा कहलिएकी, त्यसैले आमा नै मेरो गुरुआमा । आमाबाहेक मैले कहीँ कतै नृत्यसम्बन्धि तालिम नलिईकन आज म जहाँ छु आमाकै आशिर्वादले छु । अँ, म सानो छँदा खुब नृत्य प्रतियोगिता भैरहन्थ्यो स्कूल-स्कूलहरूमा । यहाँसम्म कि निकै टाढा-टाढासम्म जानुपर्दथ्यो । म हिँड्न सक्दिनथेँ, गुरुहरूले बोकेर लैजानुहुन्थ्यो मलाई । स्कूलमा म कहिले दोस्रो भइनँ । उतिबेलै बालकलाकार भएर म लमजुङभरि फैलिएको थिएँ ।” सपना देख्नु मात्रै पर्छ, मान्छेलाई सपनाले आफैँसँग दोहोर्याउँछ । भयो पनि त्यस्तै । अन्ततः उसको सपनाको शुरूवात त्यसदिन भयो, जब सन् २००५ मा, तमु समाज युएईले आयोजना गरेको एक कार्यक्रममा पहिलोपटक उसले स्टेजमा खुट्टा उचाल्यो । अनौठो कुरा यो थियो कि, एउटा युगल गीतमा महिला भएर नाच्नुपर्ने । जोडी साथीले उसलाई अनुरोध महिला कलाकार नपाएर गरेको रहेछ । उक्त नृत्यपछिको प्रतिक्रिया उसले यसरी भन्छ- “सुरुमा अप्ठ्यारो महसुस गरेँ, यद्यपि साथीको अनुरोधलाई हार्न सकिनँ । तर हाम्रो नृत्यपछिको त्यो माहौल यसरी तात्यो कि म शब्दमा भन्न सक्दिनँ । त्यसपछि मेरो व्यस्तता बढ्दै गयो । युएईका हरेक संघसंस्थाहरूले निम्तो दिन थाले । बिडम्बना ! म आफ्नो असली परिचयसहित नाँच्नै पाइनँ । महिलाको भेषमा स्टेजमा उक्लेपछि चौतर्फी प्रशंसा र वाहवाहीमै आनन्द आउन थाल्यो मलाई ।” अठार वर्ष पहिले होटेलमा काम गर्न आएको त्यही युवक, उसले आज युएईका विभिन्न सहरमा तीन सयभन्दा बढी स्टेजमा आफ्नो कला देखाइसकेको छ । यहाँसम्म कि, नेपाली संघसंस्थाहरूमा मात्रै नभएर युएईको राष्ट्रिय दिवसमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा होस् या बहुराष्ट्रिय कम्पनीहरूले आयोजना गरेको अन्तरदेशीय सांस्कृतिक कार्यक्रमहरूमा समेत नेपालको प्रतिनिधित्व गर्दै मौलिक नृत्य प्रस्तुत गर्ने अवसर पाएको छ । अँ, अब सस्पेंस खोलूँ क्यार ! विगत पन्ध्र वर्षदेखि महिला बनेर नाँच्ने चर्चित कलाकार हुनुहुन्छ लमजुङका दीपक गुरुङ । किराँत-राई यायोख्खाको कार्यक्रममा उहाँको नृत्य हेरेपछि मैले दीपकजीको फेसबूक आइडी खोजेँ-भेटाएँ, केही लेखूँ लाग्यो र केहीदिन च्याट गरेँ । छुट्नेबेलामा, मेरो अन्तिम प्रश्न थियो- “तपाईं दीपक बनेर स्टेजमा कहिले देखिनुहुन्छ ?” “कहिले दीपा, कहिले दीपिका, कहिले फुलमाया र कहिलेदिलमाया बन्दैमा फुर्सद छैन मलाई | खोइ ! कहिले हो कहिले … हाहाहाहा !!” #जीवित खड्का मगर #दीपक गुरुङ युट्युबबाट चित्रकला सिकेकी शर्मिलाका परिपक्क स्केचहरू\xa0: स्याङ्जाकी शर्मिला खनालले अहिलेसम्म चित्रकलाको कुनै औपचारिक प्रशिक्षण लिएकी छैनन् । उनी स्वअध्ययन, लगनशीलता र मेहनतले निकै सुन्दर मुहार स्केचहरू गर्छिन् । शिक्षाले म्यानेजमेन्टको विद्यार्थी हुन् उनी । हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्ययनरत शर्मिला खनालको स्केचमा परिपक्व आर्टिष्टको छनक पाइन्छ । जीवित खड्का मगर ‘कुनै औपचारिक ज्ञान नलिई, कसैलाई गुरु नमानी, यो कसरी सम्भव छ ?’, भनेर सोध्दा उनले भनिन्- ‘मलाई सानैदेखि चित्रकलामा रूचि थियो । तर औपचारिक रूपमा चित्रकला सिक्ने कुनै श्रोत पाइराखेकी थिइनँ मैले । चित्र भने कोरिरहन्थें । १२ कक्षाको परीक्षा दिएपछि, स्केचमा बढी ध्यान दिन थालेँ । कसरी जान्ने ? कसरी सिक्ने ? मभित्र अनेकन तर्कनाहरू आइरहन्थे । यस्तैमा एकदिन आइडिया आयो- युट्युब हेर्ने । युट्युब हेर्दै म घन्टौंसम्म अभ्यास गरिरहन्थें । कयौंपटक त समयमा खान बिर्सेकी छु । समयमा सुत्न बिर्सेकी छु । यद्यपि, अहिले पनि यो क्रम चलिरहन्छ । लगत्तै, स्केच आर्टिष्ट कृष्ण मर्सानी सरसँग फेसबुकमा एड भएँ, पछि भेटेँ पनि । उहाँ नै पहिलो प्रेरित व्यक्तित्व हुनुहुन्छ मेरो । यसरी फेसबुकमा अन्य आर्टिष्ट साथीहरूसित पनि जोडिइरहेकी छु । नयाँ नयाँ कला, नयाँ नयाँ ज्ञानगुन र उहाँहरूबाट सुझाव-सल्लाहहरू पाइराखेकी छु । त्यसो भएर स्केचमा धेरै सुधार आएको छ भन्ने लाग्छ । उप्रान्त पढाइ र चित्र सिर्जनालाई सँगसँगै अगाडि बढाउने विचार छ । त्यसो त अचेल चित्र स्केच गरेर अलि-अलि आम्दानी पनि गर्न लागिरहेकी छु ।’ अत्यन्तै मेहनेती, शर्मिला बहिनीको इच्छाशक्ति र लगनशीलता देखेर मलाई महान विचारक शिव खेराको भनाइ साभार गर्न मन लाग्यो- ‘जित्नेले छुट्टै काम होइन, हरेक काम छुट्टै ढंगले गर्छ ।’ अब हेरौं, शर्मिला खनालका पेन्सिल स्केचहरू- #जीवित खड्का मगर #शर्मिला खनाल निबन्ध प्रतियोगिताको अन्तिम म्याद साउन १५ सम्म: महाकाली नदीको उद्गम भूमि लिम्पियाधुरासहितको ३ सय ३५ वर्ग किलोमिटर नेपालको नक्सामा पहिलोपटक समेटिएको छ । जेठ ५ गते नेपाल सरकारले आधिकारिक रुपमा यसको निर्णय गरेको हो । सीमा क्षेत्रमा वर्षौंदेखि थिचोमिचो सहेका नागरिकका विषयमा दर्जनौँ पुस्तक लेखिएका छन् । सयौँ लेख लेखिएका छन् र हजारौं जनताले दुःख सहेका छन् । यसका कथाहरु अनगिन्ती छन्, जसलाई संकलन गर्न सकिएको छैन । वषौँदैखि मिचिएको भूमि नक्सामा समेटिनु भने स्वागतयोग्य कुरा हो तर यसलाई प्राप्त गर्न राजनैतिक र कूटनीतिक दुई खाले गम्भीर तत्परताको खाँचो छ । यसका लागि सबै नेपाली एकजुट हुनु अहिलेको आवश्यकता हो । एकजुट हुने हो भने मिचिएको भूमि प्राप्त गर्न गाह्रो छैन । किनभने सम्पूर्ण ऐतिहासिक दस्तावेजहरु नेपालका पक्षमा छन् । केवल नेतृत्वले खुट्टा कमाएका कारण यो मुद्दा पछाडि धकेलिएको मात्र हो । केहीलाई लाग्न सक्छ, भारतसँग हामीले किन निहुँ खोज्ने ? हामीले निहुँ खोजेका होइनौँ, आफ्नो अधिकार मागेका हौँ । हजारौँ नेपालीहरुले गोर्खा रेजिमेन्टभित्रको अङ्ग भएर भारतका लागि लडाईँ लडेका छन् । अंग्रेजका लागि हजारौँ र स्वतन्त्र भारतका लागि पनि सयौंले ज्यान दिएका छन् । आज आफ्नो हक माग्दा ऊसँग दुश्मनी गरेको कसैगरी पनि ठहर्दैन । बरु चुप लागेर बस्नु हाम्रो निरीहता झल्कन्छ । यसका लागि सबैले आ–आफ्नो पक्षबाट काम गरिरहेका छन् । हामी लेखक–कविहरुले अक्षरबाट हाम्रो लडाईंलाई जारी राख्नेछौँ । यो लडाईं यतिबेला अझ बढी आवश्यक र मुखर चाहिएको छ । यसका लागि साहित्यपोस्ट र शिखा बुक्स पब्लिकेसन्सबीच एउटा निबन्ध संग्रह प्रकाशन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली वीरता, सौर्य र स्वतन्त्रताका विषयमा लेखिएका २० वटा निबन्धहरुको कृति २०७७ सालको बडा दसैंको अवसर पारेर प्रकाशन हुनेछ । यी निबन्धहरुमा सीमा अतिक्रमण, सिमानाका जनताले पाएको दुःख, नेपाली नेताहरुको निरीहपन, गोर्खा सैनिकको वीरता, ऐतिहासिक तथ्य र त्यसको विश्लेषण, ठूला देशले साना देशलाई गर्ने व्यवहारहरु, शक्ति र सत्ताको बलमा तथ्यहरुको ठाकछोप गर्ने प्रवृत्ति, छिमेकी राष्ट्रहरुले बेलाबेलामा छर्ने भ्रमहरु, विदेशमा भइरहेको सीमा विवाद र त्यसबाट पार पाएका ऐतिहासिक अनुभव आदि विषयमा लेखक–कविहरुका आलेख, निबन्ध, अनुभूतिहरु समेटिनेछन् । यस अभियानमा सबै लेखकहरुको सक्रिय सहभागिताको आशा राखिएको छ । यसमा देशका प्रतिष्ठित निबन्धकारहरुका रचना त समेटिने छन् नै, पाठकहरुबाट आएका रचनाहरु पनि सहभागी गराइने छन् । यसका लागि हामीले केही नियमहरु बनाएका छौँः १) यो अभियानमा सहभागी हुन पठाइने निबन्ध २ हजार ५ सय शब्दभन्दा लामो बनाउन पाइने छैन । २) प्राप्त निबन्ध निम्नलिखित विषयमध्ये एकमा केन्द्रित हुनुपर्नेछः क) नेपाली सीमाका पीडा ख) अतिक्रमित नेपाली भूमिका ऐतिहासिक दस्तावेज ग) नेपाल एकीकरणका लागि नेपाली सेनाले देखाएको कौसल र युद्धरणनीति घ) अंग्रेज र भारतीय सेनामा गोर्खाली सेनाले देखाएको बहादुरी र पीडाका गाथाहरु ङ) छिमेकीको होचो अर्घेलो च) नेपाली नेताको निरीहपना छ) दासता नभोगेको देश नेपाल ज) पदका लागि देशको बलिदान झ) भौगोलिक चेपले दिएको सौन्दर्य र कुरुपता ञ) सानो नेपालभित्र ठूलो भारत आदि । (यो शीर्षक होइन, केवल विषय हो ) ३) पुस्तकमा २० वटा निबन्ध समावेश गरिनेछ । लेखकले आत्मपरक वा वस्तुपरक जुनसुकै शैलीमा कलम चलाउन स्वतन्त्र हुनेछन् । दुवै थरिका निबन्धमा तथ्य र कलाको मिश्रणको अपेक्षा भने गरिनेछ । ४) पुस्तक २०७७ सालको बडा दसैंको उपलक्ष्यमा शिखा पब्लिकेसन्सबाट प्रकाशन हुनेछ । ५) पुस्तकमा समावेश भएका निबन्धका प्रत्येक निबन्धकारहरुलाई आकर्षक पारिश्रमिक उपलब्ध गराइनेछ । ७) पुस्तकमा उत्कृष्टतम रचनाहरु मात्र प्रकाशन हुनेछन् । पुस्तकमा समावेश हुन नसकेका अन्य स्तरीय रचनाहरु भने क्रमशः साहित्यपोस्टमा प्रकाशन हुँदै जानेछन् । ८) पुस्तकलाई अडियो र इबुकमा पनि प्रकाशन र प्रशारण गरिनेछ । अडियो र इबुकको अधिकार साहित्यपोस्टमा रहनेछ भने छापा–पुस्तकको अधिकार शिखा बुक्समा रहनेछ । ९) पुस्तकका लागि भनेर पठाइएका रचना अन्य पत्रपत्रिकाहरुमा दिन पाइने छैन । १०) सङ्ग्रहमा बढी भन्दा बढी युवा पुस्ताका लेखकहरुको रचना परुन् भन्ने हाम्रो चाहना छ । यद्यपि देशका स्थापित लेखकहरुबाट आएका रचनाहरु पनि यसमा समेटिने छन् । पुराना पुस्तासँगै नयाँ पुस्ताको संलग्नताले राष्ट्रियताको साहित्यिक लडाईँ बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ । ११) साउन १५ गतेसम्म साहित्यपोस्टको इमेल sahityapost2020@gmail.com मा आएका रचनालाई मात्र यो प्रतियोगितामा समावेश गरिनेछ । विषयमा स्पष्टसँग ‘निबन्ध प्रतियोगिता’ उल्लेख गर्नुपर्नेछ । १२) पुस्तकका लागि रचनाको छनोट स्वतन्त्र र विज्ञ साहित्यकारहरुबाट गरिनेछ । यसमा साहित्यपोस्ट र शिखा बुक्सको कुनै पनि हात रहने छैन । आउनुहोस्, राष्ट्रियताका लागि लेखेर योगदान दिऔँ । महामारी झल्काउने कला: महामारी र विश्वव्याधि मानव जीवनमा सदियौँ र हजारौँ वर्षदेखि छ भन्ने कुरा हाम्रो जीवनशैलीबाट थाहा हुन्छ। सरसफाईलाई हाम्रा सबै धर्मशास्त्रहरूले निकै महत्त्व दिएको खास कारण महामारी र सरूवा रोग नै हुन्। हिन्दु धर्ममा बिहान सबेरै उठ्नु, शौच गर्नु, स्नान गर्नु, खाना खाँदा ओप्सानी हाल्नुजस्ता कुरा सरसफाईसँगै सम्बन्धित कुरा हुन्। मुस्लिमहरूले पनि दिनमा चार पटक प्रार्थना गर्छन् र हरेक पटकको प्रार्थनामा सरसफाईलाई प्रमुखताका साथ महत्त्व दिइएको पाइन्छ। यस्ता उदाहरण अन्य धर्मशास्त्रमा खोज्दा पाइन्छ। मैले यहाँ चर्चा गर्न खोजेको भनेको महामारीको आतंक साहित्यमा मात्र सीमित थिएन। महामारीका बारेमा इतिहासमा उल्लेख भएका कयौँ घटनाहरू छन्। तिनलाई पछि साहित्यले पनि ठाउँ दियो। तर चित्रकार र कलाकारहरूले पनि त्यस क्षणलाई कैद गर्न कुनै कसर छाडेका छैनन् र तीमध्येको एउटा दृश्य यही हो, जसलाई Gaetano Giulio Zumbo (1656-1701)ले जीवन्तता दिएका छन्। इटालेली मूर्तिकार गेटानो गिउलियो जुम्बो १६५६ मा जन्मिएका थिए। बारोक युग भनेर चिनिने समयमा उनले मैनबाट निर्माण गरिने मूर्तिहरूलाई लोकप्रिय बनाएका थिए। उनको मूर्तिकलालाई हिजोआज वैज्ञानिक नमूनाका रूपमा मात्र होइन, त्यो समयको जिज्ञासु कालका रूपमा पनि हेर्ने गरिन्छ। उनका सिर्जनामा मानिसका अंगप्रत्यंगलाई सजीव बनाइएको पाइन्छ। उनले यस किसिमको मूर्तिकला कुनै गुरू थापेर सिकेका थिएनन्, आफैँ सिकेका थिए। मैनको रंगीन मूर्ति बनाउने र त्यसलाई लोकप्रिय गराउने मूर्तिकारका रूपमा पनि उनलाई चिनिन्छ। उनको कामलाई फ्लोरेन्सको टक्सनीस्थित ग्रान्ड ड्युकले यति रूचाए कि उनलाई आफ्नो छत्रछायाँमा राखेर मूर्तिहरू बनाउन लगाए। उनले बनाएका मूर्तिहरूमध्ये शृंखलाबद्ध पाँच मूर्ति निकै चर्चित मानिन्छ। यी कलाकार कति रहस्यमयी छन् भने २०१३ मा रूपर्ट थम्सनले त उनैलाई प्रमुख पात्र बनाएर ‘सेक्रेसी’ उपन्यास नै लेखे। खैर, यहाँ बताउन खोजेको चाहिँ यो चित्रले त्यो बेलाको अन्योलपूर्ण अवस्था, मृत्युको भय र विभत्सता प्रकट गरेको छ। उनी जन्मनु केही वर्षअघि (१६२९-१६३१) इटालीभरि प्लेगको महामारी फैलिएको थियो। जसका कारण त्यस अवधिमा २ लाख ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। उनी जन्मिएकै साल पनि इटालीको दक्षिणी भेग नेपल्समा फैलिएको महामारीका कारण साढे १२ लाख मानिसको ज्यान गएको थियो। सन् १६५६ मा फैलिएको नेपल्स महामारीका बारेमा बनाइएको चित्र त अद्भूत नै देखिन्छ । त्यहाँ सो महामारीका बेला रोगीहरूलाई गरिब बस्तीमा पठाउने र रोग नलागेका धनीहरूलाई एउटा बेग्लै व्यवस्थाका साथ राखिएको थियो। खासगरी गरिब बस्तीमा महामारी फैलिएका कारण पनि गरिब बस्तीका मानिसहरूलाई मुख्य चोक, धनीमानी हिँडडुल गर्ने ठाउँमा आउजाउका लागि प्रतिबन्ध लगाइएको थियो। सोही भयावह दृश्य यस दृश्यले पस्किएको छ। एउटा भनाइ नै छ, जब जब महामारी फैलिन्छ- महान् सभ्यताहरू ढल्छन्। रोमन साम्राज्य ढल्नुको मुख्य कारण बेलाबेलामा फैलिने यस्ता महामारी पनि एक हो भन्ने धारणा राख्ने इतिहासकारहरूले त्यसबारेमा त किताब नै लेखेका छन्। ‘द फेट अफ रोमः क्लाइमेट, डिजिज एन्ड इन्ड अफ एम्पायर’ पुस्तकमा काइल हार्परले सोही कुरालाई जोड दिएका छन्। #अदृश्य मेरी दोस्री आमा: आँखा चिम्लेर एकछिन आमा नभएको, आमाको न्यानो काख गुमेको कल्पना गर्दा साँच्चिकै मन छियाछिया भयो । चिम्लिएका आँखाहरू अनायाशै रसाए । मुसलधारे पानीमा शरीर भिजेकोजस्तो प्रतित भयो । टाउकोभित्र सारा संसारले एकैपटक थिचेजस्तो, फिल्महरूमा हुने ठूला ठूला युद्घ, बम र बारूदका आवाजहरू आएजस्तो साँच्चिकै मन यसरी अत्तालियो कि के गरुँ के नगरुँजस्तो , यो धर्तीमा टेकेजस्तो नटेकेजस्तो , आँधिबेहेरीजस्तो वेग सहित कताकता भूमरीमा परेजस्तो । दशैंका दिन खोला पार गर्न फड्के पार गराई हजुरआमाले अँसुरोको फूल खेलाउन दिइ पुनः दिदीलाई फड्के तार्न खोज्दा चिप्लिएर ८।९ महिनाको दुधे बच्चा छँदै आफ्नी आमालाई गुमाएकी मेरी आमाको कहानी सुन्दा लाग्छ मेरी आमाले आमाको वास्सल्य प्रेम कस्तो हुन्छ भन्ने अनुभूती गर्नै पाइनन् । आमाको अत्यन्तै कष्टप्रद, दुःखदायी दिनहरू बितेको कुरा कोही कसैले सुनाउँदा पनि आमाकाप्रति व्यक्त गर्ने शब्दनै पाउँदिन । जीवनमा धेरै संघर्ष ,दुःख र पीडाबोध गरेकी मेरी आमाले खुशी, शुख, र आनन्दको बसाई कस्तो हुन्छ भन्ने अनुभूति सायदै गरेकी छैनन् । तरपनि आफ्ना पीडाहरूलाई छाँयामा राखेर मेरी आमाले छोराछोरीको मुस्कानलाई आनन्द र खुसी ठानिन् । अभावै अभावको जीन्दगीमा केही खुसी बटुल्नको लागि बाबाले ठूलो त्याग र संघर्ष गर्नुभयो । कहिले जंगलमा आरा चलाउने त कहिले मुगलान पसेर २।४ पैसा कमाउने गर्दागर्दै आफ्नो माटोमा बसेर पौरख गर्ने सोचका साथ पसल गर्न थाल्नुभयो । बाबाको एक्लो संघर्षलाई साथ दिनको लागि मेरी आमा पनि सँगै हुनुभयो । गाउँमा अहिलेजस्तो घरघरमा खानेपानी थिएन । खोलाको पानी पिउनुपर्ने बाध्यता थियो । खाना पकाउनको लागि अहिलेजस्तो घरघरमा ग्याँस थिएन आमाले दिनभरी वनमा गएर डोकाभरी दाउरा खोजेर ल्याई सुइय गर्दै पानी समेत नपिई पेटीमा टुसुक्क बस्दै बहिनीलाई अमृत पिलाएको सम्झिँदा त्यतिखेर अरू केही गर्न नसकेपनि आमा तिर्खा लागेको होला ल पानी पिउनुस् भनेर भनेको भए आमाको त्यो हृदय कति रसाउँथ्योहोला । आमाको दिनभरीको थकाई पक्कै पनि एक निमेशमै दुर हुन्थ्यो होला । यस्तै घरघरमा सौचालय थिएन । खोलाको किनारमा कतै छेल पारेर सौचालय जानुपर्ने त्यो पनि झिसमिसेमा । बिहानै झिसमिसेमै उठ्ने सौचालयका लागी खोलामा जाने र फर्केर आउँदा बाल्टीमा खानेपानी ल्याउने बाबाको नित्यकर्म थियो । एकदिन सधैं आउने समयभन्दा अबेर भएको आमाले सोचिरहेकै बेला खोलाको नजिक ठूलो आवाजका साथ पहिरो गएको सुनिसकेपछि आमा झसङ्ग हुनु भएछ र खोलातिर जाने विचार गर्नु भएछ । वर्षाको समय रातभरी मेघगर्जन सहित पानी परिरहेकोले खोला सधैंभन्दा ठूलो आएको रहेछ । आमा बाबालाई खोज्न जाने क्रममा पानी ल्याउने ठाउँमा खाली बाल्टी देख्नुभएछ । अनि शौचालय गर्ने ठाउँतिर पनि सबै सुनसान नै देख्दा अलि आत्तिनु भएछ । यताउती चारैतिर नजर लगाउँदा कतै नदेखेपछि त्यसमाथि अझै पहिरोले खोला झन् यतै यतै आएको देखिसकेपछि मनमा के के अनेकथरी सोच्नु भएछ ओठ तालु सबै चिसा भएछन् । बाल्टी माथि नै छ । शौचालयको लागि आएको मान्छे सौचालय गर्दैगर्दा बढेको खोलाले लगेहोला भन्ने कमजोर अनुमान गरिसकेपछि हिजो ८।९ महिनामा मलाई मेरी आमाले छोडेर गइन । जसोतसो यो जिन्दगी कटाइरहेकी थिएँ । आज मेरा श्रीमानले पनि मलाई छोडेर गए अब म के का लागि बाँच्नु, किन बाँच्नु ? म पनि उनैलाई भेट्न जान्छु यो दुनियाँमा मेरो के नै छ र ? को नै छ र भन्ने अनेकन तर्कनाहरू मनमा खेलाउँदै अब यो संसारबाट टाढा हुन मेरी आमा खोलामा फाल हाल्नका लागि ढुङ्गामा चढिसकेपछि हाम फाल्नै लाग्दा कताकताबाट घरमा सुतिरहेका १ छोरा र २ छोरी सम्झिनु भएछ । हिजो सुत्ने बेलामा बाबाआमासँगै सुतेका छोराछोरी बिहान उठ्दा न बाबा छ न आमा छ, बाबा आमा भन्लान् कसैको आवाज नसुन्दा ती अबोध बच्चाहरूको सहारा को होला, ती केटाकेटी के गर्लान् , उठेपछि के खालान् कसो गर्लान् भन्ने सोचाई अकस्मात् आएपछि त्यो फाल हाल्न उक्लेको ढुङ्गाबाट तल्तिर झरी रन्थनिदैं माथि पानी लिन राखेको बाल्टीनिरै आएर मुर्छित हुनुभएछ । #मेरी दोस्री आमा #हरि चालिसे एबिसी कर्तुत उसको, क्रन्दन आफ्नाको: आमा जानी नजानी फुँदा गाँसेरै भए पनि कहिले सुनेका, कहिले आफैँ गुनेका कथाहरूका कोक्रामा दुःख पुछिएका मजेत्रो ओढाएर पलेटीका चट्टाने चोटबाट कलिला मस्तिष्क जोगाउन भुस बेरेर बनाइएका पटुकीका सिरानीमा आँखीझ्याले फरिया बिच्छ्याएर मझेरीमा ढल्किँदै तिम्रो समुज्वल स्वास्थ्य र दीर्घायुको कामनामा जाग्राम बसेका यी नयन आज सदाका लागि ज्योति गुमाएर जलबिन्दुले ढाकिदिँदा म दुःखी छैन छोरा ऊ दिनहरूमा तिम्रै लागि भोक प्यास आफैँमा खिचेर निद्रा पस्किएर थालमा जाग्राम बनेका मेरा यी आँखाहरू बरू आज पनि दृश्य खिच्न सक्थे भने म जिउँदै मर्थेँ सायद साँच्चै, ती उँगेका नयनहरूले आज दृश्य गुमाउँदै गर्दा अहोभाग्य मानिरहेछु अहोभाग्य मानिरहेछुु । बुबा वंशको बत्ती निभ्ला भनेर निचोरेर पसिना, कसेर पटुकी एक हल गोरुका ऋण बोकेर जम्मा गरेको बूढ्यौलीको धन पोकोले जसोतसो पूजाका जोरजाम गरी भाकलमा बली चढाएका काला बोकाका श्रापले भत्किएको मेरो भाग्यको पर्खालमा साँच्चै, मर्मतका मलम बोकेर धर्तीमा तिम्रै पहिलो आगमनले फाटेको यो मनमा होलीको उत्सव थपेकै हिजै झैँ लाग्छ तर तोतेबोलीमै तिमी यति ठूला भएर ती लालाबालामाथि पुरुषत्व देखाउने भइसकेको सुन्न नसक्ने गरी हे भगवान्, किन निदाएनन् मेरा कानहरू किन जागे चेतनाहरू ? किन फैलिँदैछन् कपुत लहराहरू किन सुन्यौ वंशका नाममा स्वार्थन्धी धृतराष्टे बनेका मेरा भक्तिहरू । बहिनी कोेरोनाका त्रासले आधा मरिसकेकी म क्वारेन्टाइनका अनेक कहर काट्दै केही दाजुभाइका आश्वासन सुन्दै लडखडाएका योजना बुन्दै दिदीबहिनीका ममताका स्पर्शमा सुन्दर बिहानी मनैमा फुलाउँदै पर्दे भित्तामा भुनभुनाएका भमराबाट जोगिने अनेक उपाय रच्दै विश्वासिला लाग्नेका मनमा आफ्ना त्रासका मलम खोज्दै कोरोनारूपी भोको हुङ्कार कल्पेर जाग्राम बस्थेँ म । आमा र बाबुका पोल्टोमा सिरानी राखेपछि वर्षाैँको तिर्सना मेटाएर जवानीले फक्रँदै स्वदेशको भूमि सिञ्चेर नङ्ग्राले च्यापेका आहारामै झुपडीमा गाँस साटासाट गर्दै बचेरा र उनमै संसार भुलाउने धोको बुनेर सन्त्राससँग पौठेजोरी खेल्दै थिएँ । एकाएक, किन राक्षसी बनेर सिंहनादका हुँकारमा तँछाडमछाड गर्दै लुछिदियौ ? तिम्री धर्तीले नै पोसिएकी थिएँ म उनैका लाम्टा चुसेर रसिली बनेकी थिएँ शिक्षाका उज्याला डालामा चेतनाले टेक्न नभ्याउँदै निमोठी दियौ मुनालाई तिम्रा जवानी हावाका उन्मादले ध्वस्त बनेपछि यो लहरा लहरियोस् कसरी ? मनसँगै गुमे एकमुठी विश्वास हिजै जोडेका काँचा भाँडाझैँ दाजुबहिनीका नाता फुटेपछि जाग्राम बने अविश्वासहरू कलङ्कित दाजुका ध्वनिहरू निराशाका भेलहरू सबैसबै रहरहरू साँच्चै हाम्रा अस्तित्वहरू । #अम्बिका अर्याल #कर्तुत उसको #क्रन्दन आफ्नाको म नाङ्गै हिँड्नेछु: म दिशा दिशामा छरिएर हुरीझैँ रुमलिएँ भूमरीहरूमा फसेँ । जलेर रौरवको ज्वालामा शेष रहेको मेरो अस्तु स्वीकार्छौ देव ? मलाई स्वर्गको सौरभ नसम्झ । तिमीले सिकाएका कोमल स्वरहरू मैले आफ्नो गलामा भर्न सकिनँ कागझैँ कर्कष स्वर आफ्नो मैले भुलेर भुल्न सकिनँ तिमीले दिएका प्रत्येक क्षमाहरूलाई मैले अवमुल्यन गरेको छु तिमिले दिएको पियुषको प्याला आफुले नपिएर अन्यत्र कतै फालेको छु । म त त्यही पूरानो काग हुँ देव किमार्थ मलाई अबोध नसम्झ । श्रीङ्गारभित्र लुकेको मेरो विरुप अनुहारले अचेल मलाई सोध्न थालेको छ “तिमी आफैँसङ्ग किन भाग्छौ ?“ म डराउँछु प्रश्नहरूले, मेरो आत्मविडम्बना म जल्छु लज्जा बोधले अनि भन्छु आफैँलाई जुनदिन म मेरा सबै ईमान जमान पखालेर छाती साहस ले भर्नेछु जब म आफ्नै भरमा उभिन सक्नेछु र जब आफ्नै आँखाले हेर्न सक्नेछु त्यसदिन म आकासझैँ आवरणविहीन नाङ्गै हिँड्नेछु । #म नाङ्गै हिँड्नेछु #सुबास बजगाइँ आयु: मुर्दाघरहरू बनाउनुअघि घाटहरू तयार पार्नुअघि चिहानहरू खन्नुअघि लास गन्ने कर्मचारीहरू नियुक्त गर्नुअघि आँधीको बेगसरी आउने घामका किरणहरूभन्दा छिटो फैलिने त्यो कुन भाइरस हो ? सरकार रोकथामको तयारी गर्दै थियो । खानेकुरा सकिए पनि भोकै नबस्नू पैसा नभए पनि खान नछोड्नू मजदुरी गर्न नजानू रोगप्रतिरोधक क्षमता बढाउनू साबुनपानीले हात धुनू घरमै बस्नू ! सरकारले उर्दी जारी गरेकै थियो । सरकारको निर्देशन नमानेर घरबाहिर निस्कने को हो ? को हो त्यो ? जसले सरकारको आलोचना गरिरहेछ ! को हो त्यो ? जस्ले आफ्नो आयु बढाउनलाई सरकारको आयु घटोस् भनिरहेछ ! को हो त्यो ? जसले सरकारसँग गुहार मागिरहेछ ! को हो त्यो ? जसले सरकारसँग आश गरिरहेछ ! को हो त्यो ? जसले कोरोनालाई दोष दिँदै प्राण त्यागिरहेछ ! भोको छु भन्ने को हो ? रोग सार्ने को हो ? सरकारको बिरोध गर्ने को हो ? सरकारले खाद्यान्न र ओषधोपचारको तयारी गर्दैछ । म सरकारको आलोचना गर्दिनँ ! म सरकारको बिरोध पनि गर्दिनँ ! बरू यो क्वारेन्टिनभित्रबाट जूनतारालाई साक्षी राखेर यो धरतीलाई छोएर तातोपानी र जाउलो आउनुअघि सिटामोल र जीवनजल पाउनुअघि सर्पबाट जोगिएर झुल्केघामले देख्नुअगावै म सरकारलाई मेरो आयु दान गर्न तयार छु ! सरकारले भव्य तयारी गरोस् । #आयु #विवेक धिमाल म हुँ ‘अक्षर’: कोठे जीवन मन पर्दैन किनकिन, लाग्छ साह्रै घिन म हुँ अक्षर, तिम्रो साथ खोज्छ धेरै बेर, मलाई चिन । बाहिरी संसार प्यारो , भित्र हुँदा लाग्छ साह्रै अप्ठ्यारो सुरुमा नाता जोड्न गाह्रो, अनि फुट्छ ज्ञानको मूल धारो । बनि सबैको दर्पणछायाँ घुम्न मन लाग्छ दायाँबायाँ मलाई ठम्याउन, ज्ञान पाउन, देखाऊ ममा सधैं माया । सबैको न्यानो साथ पाउँदा, जीवनभरी प्रयोगमा आउँदा सार्थकता त्यहीँ झल्किन्छ जब मलाई व्यवहारमा ल्याउँदा । त्यतिबेला ठान्छु भाग्यमानी, चाबी बन्न सक्दा ज्ञानको खानी नगर कसैलाई हानी, तिमीले त्याग्नुपर्छ पुराना नराम्रा आनीबानी । चाहाना मेरो यस्तो, निरर्थक नबनोस, नहोस् कसैको जीवन सस्तो भनी जानुन जीवन कस्तो, आफ्नै हातमा लगाम् भएको घोडा जस्तो । पहिलेको जमानामा, मान्थे मलाई आमा, पुज्थे सबैले शिरोधार्य गरी अहिले पैसासँग दाज्छन्, मात्र आयश्रोतको साधन, मुटु पोल्छ घरी घरी । बिहानभरी हली दाइसँग, दिउसो स्कुलको उमंग, पाउथें आफैँमा रंग उदास थिएन जीवन मेरो, ढकमक्क फुल्याथ्यो सेरोफेरो र त थिएँ दंग । माटोको सम्बन्ध थियो, थियो सम्बन्ध जिन्दगीको हर पल हर क्षेत्र व्यावहारिक जीवन, सक्षम हुन्थेनन् ती जन, नखुल्दा ज्ञानको नेत्र । अहिले मलाई चिनेनी, मेरो साथमा हिनेनी, खुसी हुन्न म त्योबेला जब गुन्द्रुकको बोट कस्तो प्रश्न गर्छ यस्तो मेरो आफ्नै प्रिय चेला । सम्बन्ध टुटेको छ अहिले, साथ दिन्नन कसैले, स्कुले चारघेरामा सीमित खाली औपचारिकता, छैन निकटता, मलाई स्वीकार्छन् मात्र पु¥याउन रीत । चुरीफुरी, पार गरे नि सफलताको दूरी, अन्त्यमा चिप्कन्छु कागजी बोक्रोमा कतिले उक्काउँछन्, प्रयोगमा ल्याउछन्, कतिले फ्याक्छन् डस्टविनको टोक्रोमा । #प्रकाशकुमार सिग्देल #म हुँ ‘अक्षर’ मुरारीराजका हाइकुहरू: १. आँखाको भाखा बुझ्नु नि कहिले त बोल्नै पर्छ र ? २. रक्सीले छुन्न प्यून पाए ती ओठ मात्थ्यो कि मन ! ३. भैगो पर्दैन त्यसै राम्री देखिन्छौ शृङ्गार किन ? ४. तिम्रो सामीप्य प्रेमका कुराहरू छर्लङ्गै रात ! ५. बगैंचा भित्र तिमीलाई देखेर लजाए फूल ! #मुरारीराज मिश्र #मुरारीराजका हाइकुहरू समय: समय सबैसँग परिचित छ र पनि यसलाई परिभाषित गर्न र बुझ्न गाह्रो छ किनकि यो अमूर्त छ । समयले परिवर्तनसँगै आफ्नो प्रतिनिधित्व गर्दै हुन्छ जसरी पृथ्वीको चौतर्फी चन्द्रमाको गोलाकार गति हुन्छ हो,समय बित्दै जानु वास्तवमै अन्तरिक्षको अवधारणासँग जोडिएको हुनुपर्छ । समय भनेको त भविष्यमा हुने घटनाहरूको प्रगति हो रहेछ जुन, एकै दिशातर्फ लम्किन्छ समयसँगसँगै अगाडि बढ्न जरुर सकिन्छ तर फर्किन कठिन छ यहाँ किनकि जुन बित्यो त्यो समय हो जसलाई फर्काएर ल्याउन सकिँदैन हो,समय त निरन्तर आफ्नैै गतिमा अघि बढिरहेको हुन्छ । मान्छे समयलाई घडीर क्यालेन्डरको साथ अनुसरण गर्दै छ घन्टामिनेट र सेकेन्डमा आधारित छ समय योत परिस्थिति अनुसार बदलिरहन्छ आफ्नै गति र मानसिकताको आधारमा । जब मान्छे प्रतीक्षामा हुन्छ समय ढिला हुन्छ जब ऊ विलम्ब चाहन्छ समय छिटो हुन्छ जब मान्छे खुसी हुन्छ समय छोटो हुन्छ जब मान्छे दुःखमा हुन्छ समय अनन्त भइदिन्छ अल्छीका लागि समय लामो हुन्छ परिश्रमीका लागि समय अनमोल छ प्रेमीका लागि त समय सुखद र सुन्दर भैदिन्छ यसरीनै मान्छे र समयका बिचमा लुकामारी चलिरहन्छ । वास्तवमा समयलाई मात्र दोष के दिनु र यो भएन त्यो भएन भनेर दोष त मान्छे स्वयंमा हुन्छ किनकि मान्छेले समयको गतिलाई बुझ्दैन बगेको खोला फर्किँदैन समयले पर्खिँदैन भनेझैँ बितेका हरेक पल र क्षण चाहेर पनि फर्काउन सकिदँैन समयको तालमेल कहाँ हुन्छ र मान्छेका भावना र मनोविज्ञानसँग त्यसैले त भनिन्छ समय अनन्त छ र अमूल्य छ अझ यसलाई अमूल्य बनाउनु पर्छ । #गरिमा पाण्डेय #समय अङकुरको गजल: रुझाएको साउने झरी सम्झना छ तिमीलाई जीवन भरि सम्झना छ ।। गाँजलुले आँखा सजाएर हेर्ने अझै पनि ति सुन्दरी सम्झना छ ।। ताराजुन हेरि अघाएको रातमा केवल तिम्रै घरि घरि सम्झना छ ।। उत्ताउलो भइ जे जे गरेको थे तिमीसँगको मन् परी सम्झना छ ।। तिम्रो याद सँगै जागि राख्छु राति सधैँ भरि यसै गरि सम्झना छ ।। #अङकुर चन्द #अङकुरको गजल मुक्तक प्रतियोगितामा यो साता भवानी, विनोद र सुदेश सर्वोत्कृष्ट: साहित्यपोस्ट साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगितामा भवानी तिमल्सिना, विनोद पौडेल र सुदेश पन्त सर्वोत्कृष्ट हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका ३३ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने तिमल्सिना, पौडेल र पन्तका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो । गएको सातादेखि सुरु भएको यो खुला प्रतियोगितामा अघिल्लो साता मिना चौलागाईँ, मिलन समीर र रेहित सैजु सर्वोत्कृष्ट हुनुभएको थियो । यो साता चित्रा पौडेल, रामबहादुर परियार, गोपाल खनाल, प्रकाश खड्का र अमर त्यागीले पनि निकै राम्रो अंक प्राप्त गर्नुभएको निर्णायकहरूले जनाउनुभएको छ । ‘हामीलाई उत्कृष्ट छान्न सजिलै भयो । तर उत्कृष्टहरूमध्ये तीन सर्वोत्कृष्ट छान्न निकै गाह्रो भयो ।’ साहित्यपोस्टकी सम्पादक निशा केसीले भन्नुभयो, ‘एकभन्दा कम अंकले मात्र चित्रा, रामबहादुर, गोपाल, प्रकाश, भवानी र अमरजस्ता मुक्तककारहरू पछि पर्दा दुःख पनि लाग्यो । प्रतिस्पर्धामा जर्ज हुन गाह्रो हुन्छ भन्ने कुराको अनुभव पनि गर्न पाइयो ।’ डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएको थियो । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गर्नुभएको थियो । ‘तोकिएको नियममा रहेर ३३ मुक्तक प्राप्त भएका थिए । तोकिएका नियमबाहेक पनि सय वटा जति मुक्तक प्राप्त भएका थिए ।’ प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भन्नुभयो, ‘धेरैजसो मुक्तकहरू इमेल र साहित्यपोस्टको फेसबुक पेजमा आएका थिए । ती असाध्यै राम्रा भए पनि नियम विपरित भएकाले प्रतिस्पर्धामा परेनन् । जसले हामीलाई असहज पनि बनायो ।’ दुई सातादेखि सुरु भएको मुक्तक तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ । सुस्त इन्टरनेट सेवा र नियम बुझाउन नसकेका कारण पनि मुक्तकहरू इमेल र फेसबुकमा आएको हुनसक्ने आँकलन गरिएको छ । नेपाली नेता, नेपाली राजनीति र नेपाली जनता गरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । ती मुक्तकहरूमध्ये रीत पुगेका, मुक्तकका सबै अङ्ग बलिष्ठ भएका र मुक्तकको गहिराइ छुन सफल भवानी तिमल्सिना, विनोद पौडेल र सुदेश पन्तका रचनाहरू सर्वोत्कृष्ट भएका हुन् । ५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसंग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । अर्को साताको मुक्तक प्रतियोगिता शनिवारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ । विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ । अब बढौँ यो साता पहिलो हुने उत्कृष्ट तीन मुक्तकहरू : ============== ================ #भवानी तिमल्सिना #मुक्तक प्रतियोगिता #विनोद पौडेल #सुदेश पन्त सन्दीपाको गजल: के देख्यौ त्यो मुहारमा मुसुक्क हाँस्यौ साँच्चै पयौँ कि प्यारमा मुसुक्क हाँस्यौ ।। बर्बराई एकोरिँदै टाढासम्म हेरि हेरि आफ्नै होला संसारमा मुसुक्क हाँस्यौ ।। ठूलै भीड आँखा धमिलो देखिएको बेला बह अनि मनको भारमा मुसुक्क हाँस्यौ ।। बुझ्नलाई केही क्षण कोसिस गरेँ मैले कहानी भनेर बिस्तारमा मुसुक्क हाँस्यौ ।। आशाको बीज बोकी भौतारिएको व्यक्ति चाह रहिछ घरबारमा मुसुक्क हाँस्यौ ।। #सन्दीपाको गजल साहित्यपोस्टलाई लेखिकाको पत्र : मैले पुरस्कार यसकारण अस्वीकार गरेँ...: सम्पादकज्यू, साहित्यपोस्ट । सबैभन्दा पहिले त भाषा र साहित्यलाई मात्र केन्द्रमा राखेर पनि पत्रिका निकाल्न सकिन्छ भन्ने सोच राख्नु भएकोमा तपाईं एवं तपाईंको सम्पूर्ण टिमलाई बधाइ दिन चाहन्छु । यो नाफाखोर दुनियाँमा नाफा नहुने यो क्षेत्रमा लाग्ने हिम्मत देखेर म नतमस्तक भएकी छु । म सामान्य लेख्न रुचाउने तर साहित्यकी पाठक हुँ । एक महिना यता म तपाईंकी पाठक भएकी छु । राजनीति र अनेक भाइरल सामग्री छाडेर केही समय भए पनि तपाईंहरुको फरक दुनियामा नियमित पस्न थालेकी छु । सम्पादक ज्यू, म त्यही साहित्य प्रेमी हुँ जसले बाह«खरी बुक्सले आयोजना गरेको कथा प्रतियोगितामा भाग लिएकी थिई र उत्कृष्ट २५ को ५ हजार रुपैँया थाप्न अस्वीकार गरेकी थिई । यसरी अस्वीकार गर्दा मैले तपाईंहरु मध्ये कसैसँग सम्पर्क राखेर यो खबर सुनाएकी थिएँ र त्यो तपाईंहरुका लागि समाचार भएछ । म जस्ती सामान्य लेखिका पनि समाचार हुने यो ठाउँले मलाई खुसी तुल्यायो । सञ्चारमाध्यम त्यही हो, जसले आवाजविहीनको आवाज बोल्छ । नेताका पखाला लागेको समाचार छाप्ने सञ्चारमाध्यम भन्दा साहित्यकारका पक्षमा उभिने तपाईंको सञ्चारमाध्यम मलाई निको लाग्यो र केही लेख्दैछु । खासमा जब त्यो समाचार छापियो, साथीभाइहरुबाट विभिन्न किसिमका कुरा आए । कतिले पैसा फिर्ता गर्ने भए प्रतिपर्धामा भाग लिएको भने । कतिले यस्तो जोमिखयुक्त कुरामा किन हात हालेको भने । साहित्यपोस्टको समाचार र मेरो फेसबुक स्टाटसले जे जति प्रश्न उब्जायो, त्यसले मलाई यो पत्र लेख्न बाध्य बनायो । कल्पना श्रेष्ठ कल्पपुञ्ज सम्पादक ज्यू, स्मरण रहोस्, बाह्रखरी प्रतियोगिताको पहिलो संस्करणमा पनि नियम विपरीत पूर्व प्रकाशित सृजना पुरस्कृत भएको सर्वविविदै छ । जसमा साहित्यकार अनुपम रोशीले आफूले सम्पादनसहित अनलाइनमा छापेको कथा तथा वार्तालापका स्क्रिनसटलार्ई सप्रमाण पेश गर्दा पनि पुनः विचार भएको थिएन । अघिल्लोपटक नै आयोजक बोलिदिएको भए आज यी सब दोहोरिने थिएनन् । अघिल्लोपटक न लेखक न आयोजक कोही बोलेनन् । पहिलो पटक भएर वा निच मार्ने आम प्रवृत्तिका कारण यो प्रकरण त्यत्तिकै सेलाएर गयो । यति ठूलो प्रतियोगिता गरेपछि यसखाले प्रवृतिलाई हतोत्साहित गरिनुुपथ्र्यो । लेखकले आफ्नो असावधानी वा लापरबाहीका कारण प्रतियोगिताको मर्ममाथि हुन पुगेको आघातका लागि आयोजक तथा पाठकसँग क्षमा माग्नुपथ्र्यो सार्वजनिक रूपमा । लेखकको यही माफीनामामा टेकेर आयोजकले एक पटकलाई माफी पनि दिनुपथ्र्यो सार्वजनिक रूपमा । यो भयो पनि होला तर सार्वजनिक गरिएन । सार्वजनिक नभएकै कारण यसमा थिति बस्न सकेन र फेरि बेथिति दोहोरिएर आइदियो । माफी माग्नु, आत्मआलोचना गर्नु भनेको त असाध्यै ठूलो साहस हो जो सबैसँग हुँदैन । शायद हाम्रा लेखक÷आयोजकसँग पनि यो साहस थिएन । सानो हुन कसैलाई मन हुँदैन र माफीले सानो बनाउने थिएन भन्ने कुरा हामीले बुझ्नै सकेनौं । प्रतियोगिताका नियम बन्धनकारी हुन्छन्, हुनैपर्छ । यसलाई उत्तिकै शर्तसहित पालना पनि गरिनु पर्दछ । नियम राखेर पालना नगर्ने हो भने प्रतियोगिता भनिनु पनि हुँदैन । नत्र किन सम्पूर्ण लेखकहरूलाई भ्रम सृजना गरी खुल्ला कथा प्रतियोगिता भन्ने ? किन नियमका बुँदाहरूराख्ने ? मेरो जिज्ञासा । र, यो पटकको बाह्रखरीले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितामा पनि आयोजक आफैले बनाएको नियम उल्लङ्घन गरी पूर्व प्रकाशित भएको सृजनालाई पुरस्कृत गरियो । अब यहीँनेर मलाई सोध्न मन लागेको कुरा चाहिँ प्रतियोगिताका शर्त तथा नियममाथिको यसप्रकारको लापरबाही तथा मजाक प्रकृति कि प्रवृति ? यिनै कारणले नै मैले आफूले प्राप्त गरेको १२ खरी कथा प्रतियोगिता २०७७ मा समावेश २२ उत्कृष्ट कथामध्येको मेरो कथा ‘हल्कावेद २०९५’ ले प्राप्त गरेको पुरस्कार अस्वीकार गरेकी हुँ । योग, ध्यानको सामान्य साधक पनि भएकोले म शालिनतामा विश्वास गर्छु । यो मेरो कुनै व्यक्ति,संस्थासँगको अहम्को लडाइँ होइन । मात्र सचेत नागरिकको हैसियतले नेपाली साहित्यको मानक बचाउनको निम्ति गरेको प्रयास मात्र हो । यसलाई सकारात्मक नकारात्मक जे सोच्नु हुन्छ तपार्इंको अन्तरमनलाई साक्षी राखेर सोचिदिनुहुन अनुरोध गर्दछु । यो कसैको हारजितको खेल होइन । मेरो ब्रह्मले पनि भन्छ, आयोजकले नेपाली कथाका निम्ति त्यति धेरै प्रायोजक जुटाएर, प्रचार गरेको यो प्रतियोगिता वास्तवमै प्रशंसा गर्न योग्य छ । साहित्यमा यस किसिमको काम हुनु खुसीको कुरा हो । हामी कहीँ कतै चुकेका छौं भने प्रतियोगिताका मानकलाई, मापदण्डलाई स्थिर राख्न चुकेका छौं । र, यो सुधार्न नसकिने भूल पनि होइन । यति ठूलो सर्जाम जुराएर नेपाली कथाको श्रीवृद्धिका निम्ति गरेको कार्य सराहनीय छ । यस्ता कार्यक्रम हुनु जरुरी छ । साहित्यका अन्य विधामा पनि यसप्रकारका निजी स्तरका प्रतिस्पर्धा हुन आवश्यक छ । यसले नेपाली साहित्य, नेपाली वाङ्मयलाई नै उकास्ने हो । तसर्थः आयोजक यी कुराबाट बिचलित हुनेछैन भन्ने मैले पूर्ण विश्वास लिएकी छु । मेरो व्यक्तिगत रूपमा प्रथम भएको कथा र त्यसकी लेखिकासँग कुनै वैरभाव छैन । न कथाको विषय वा स्तरका नाममा टिप्पणी गर्ने हैसियत राख्छु । यो विवादसँग सम्बन्धित विभिन्न लेखमै प्रतिकृया दिएकै छु कि “लेखकले त्यो कथा लेख्नु नै गलत झै उहाँमाथि खनिनु सर्जकको दायित्व होइन । यसरी भविष्यमा उहाँको सृजनालाई समाप्त पार्ने खेल पनि नरचिओस् ।” तसर्थः मेरो प्रतिस्पर्धा म आफैसँग हो अरूसँग होइन । त्यसो भए प्रश्न उठ्छ, किन पुरस्कार अस्वीकार ? म प्रतियोगिता नै बहिस्कारको पक्षधर होइन । केवल उठेका प्रश्नहरुको जबाफ किन दिइदैन ? किन यो मौनता ? यी कुराहरु आउँदै गर्दा निम्न प्रश्नहरु उठेका छन् । — विषयगत रुचिको विषयमा अझ कार्यरत बैंकमै पनि म परीक्षा÷प्रतियोगितामा सहभागी भएकै छु । जसले मेरो लेखन र योग्यताको मापन गरी नै रहेको छ । स्वच्छ प्रतिस्पर्धाले नयाँ सृजनाहरूको खोजी गर्छ । यो हुनु जरुरी पनि छ । — उहाँहरू जस्तै अग्रजबाट हामीजस्ता सिक्दै गरेका सिकारु कलमधारीहरूले के सिक्ने ? — यस्तो बलमिचाइ नै समस्याको समाधान हो त ? — भविष्यमा हाम्रो उर्जावान सन्ततिले के सिक्दै जान्छन् त ? — गल्ती हुन्छ तर त्यो दोहोरिनु प्रवृत्ति होइन र ? अहिलेको परिस्थितिमा लाग्ला कि राजनीतिक शासकहरूको सत्ताको बागडोर परिवर्तनको खेल चरम उत्कर्षमा पुग्दै गरेको समयमा यो विषय पनि लुप्त हुनेछ । यी कुरा हावाले बडारेर लग्नेछ । त्यसपछि तंै चुप मैं चुप । बिस्कुन सुक्दै जान्छ, घामपनि अस्ताउँदै जान्छ । यस्तै हुँदै गए, अन्तमा बौद्धिक क्षेत्र नै अनिर्णयको बन्दी हुनुपर्ने अवस्था रहेन र ? अरूले बोल्दै जाउन् र हामी हेर्दै जान्छौं भन्ने आशयले उत्तरदायित्व वहन कहाँ रह्यो र? सामाजिक, राजनैतिक तथा अन्य धेरै विसंगति र बेथितिबारे खबरदारी गर्ने मनोबल भएको बौद्धिक वर्गबाटै जवाफदेही नहुने हो भने हरेकको मनमा वितृष्णा त रहने नै भयो । यही नै सर्वोपरि भए पनि इतिहासमा बसेको खिलले मात्र समय समयमा घोचिरहनु सिवाय केही हुने छैन । हाम्रै सन्ततिले हामीलाई प्रश्न गर्ने छैनन् र ? हामीलाई नैतिक आचरण सिकाउने ओ अभिभावकहरू ! पहिले आफू निष्ठावान भएर देखाउनुहोस् र हामीलाई नैतिक शिक्षा दिनुहोस् । हामीले हस्तीसँग होइन प्रवृतिसँग प्रश्न चिन्ह खडा गरिरहेका हौं । इतिहासको गर्तमा बिलाउने यी पलको स्मरण हुँदा सम्बन्धित पक्षको अन्तरआत्माले आफैलाई चित्त बुझाउन सकिएला र ? सम्पादक ज्यू, सम्बन्धित पक्षसँग मैले यही विषयमा पटक पटक प्रश्न गरेकी थिएँ । इमेल लेखेर, फेसबुक स्टाटस लेखेर र सम्बन्धित निर्णयकहरुलाई कुरा गरे । तर कसैले मेरो कुरा सुनेन । प्रश्नको जबाफ दिन आवश्यक ठानिएन । साहित्यका राम्रो कामको प्रसंसा र गलत कुराको विरोध गरिएन भने अहिले उठ्दै गरेको यो क्षेत्र पुनः सुस्ताउन थाल्नेछ । यहि कारण स्थापित हुन पुगेको नजिर परिवर्तन गरेर पुनः थिति बसाउने जिम्मेवारी हाम्रै काँधमा छ । तसर्थः त्यही जिम्मेवारीबोधले नै मलाई यो कार्य गर्न पे्ररित गरेको हो । आन्तरिक रूपमा आयोजकबाट मलाई प्राप्त मेलको केही अंशसहित यसैमा मैले जिज्ञासा उठाएको छु– ‘यही असार ८ गते उत्कृष्ट २५ कथा २०७७ को डिजिटल तथा अडियो भर्सन भर्चुअल रूपमा सार्वजनिक गर्दैगर्दा पनि बाह्रखरी बुक्सले असहज परिस्थितिका कारण उत्कृष्ट हुन सफल २५ कथाकारलाई समयमै जानकारी गराउन नसकेको हुँदा वैशाख १२ पछिको अवस्थामा केही शर्तमा आँखा चिम्लिनुपरेको र शर्त खुकुलो बनाइएको उल्लेख गरेका थियौँ । तसर्थः यस परिस्थितिमा निर्णायक समूहको निर्णय सर्वोपरी मान्दै प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट २५ कथा हामीले घोषणा गरेका हौँ ।’ बाह«खरीले सार्वजनिक रुपमा दिएको उल्लेखित विषयमा ध्यान आकृष्ट भएको छ । निर्णायक समूहको समझदारी एवं केही शर्तमा आँखा चिम्लिनुपरेको र शर्त खुकुलो बनाइएको उल्लेख गर्नुभएको विषय पुरस्कार घोषणा गरेको दिनमा मात्रै लाइभमा जानकारी गराइएको थियो । सो पूर्व आधिकारिक बाह्रखरी कथा प्रतियोगिताको बाह्रखरी मिडियामा तथा अन्य कतै पनि सार्वजनिक सूचनामा प्रकाशित नगरिएकोले यी उल्लेखित कुरालाई आधिकारिक मान्ने कुनै आधार रहेन । डिश होम बाह्रखरी कथा प्रतियोगिता– २०७७ को सर्त तथा नियमको तेस्रो र चौथो बँुदामा उल्लेख गरिएका छ— ‘पुरस्कारका लागि पठाइएका कथा अप्रकाशित र अप्रसारित हुन पर्नेछ । एवम् प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन । छनोट परेको कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।’ पुनः स्मरण रहोस् ‘प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल’ भन्ने वाक्यले प्रतियोगिताको नियमलाई स्पष्ट बाँधेको छ । मेरो जिज्ञासा सो प्रकाशित नियमलाई आन्तरिक सल्लाहले अदलबदल गर्न मिल्ने भए खुल्ला प्रतियोगिताको नियम भनेर सार्वजनिक सूचनामा किन निकालिएको होला ? त्यसैले यी विषय कति नियमसंगत हुन प्रश्न उठ्नु त स्वाभाविकै रह्यो । अझै पनि हामी आशावादी छौं कि आयोजकमार्फत आएको मेलको अर्को एक अंशलाई कोट गर्न चाहें– ‘सार्वजनिक रूपमा जवाफ दिन कति जरुरी छ वा छैन भन्ने विषयमा हामी छलफलमै भएकाले सार्वजनिक प्रस्टीकरण नआएको हो ।’ यी आधारलाई सकारात्मक मान्दै प्रतियोगिता आयोजक तथा निर्णायक पक्षद्वारा सम्पूर्ण सर्जकहरूलाई जवाफदेहीका साथ निर्णायक सम्बोधन हुनेछ भन्ने आशा राख्दछु । अन्यथा, मैले पुरस्कार अस्वीकार गरेको सार्वजनिक गरेपछि मलाई विविध आरोप तथा लाञ्छना लगाउने काम भएको छ । मलाई अधैर्य, आफ्नै सृजनालाई विश्वास गर्न नसक्ने, आफैं आफ्नो इज्जतको धज्जी उडाएको, भोलि मिडिया बहिस्करणमा पार्ने जस्ता अघोषित धम्की दिँदै मानसिक रूपमा दबाब दिने किसिमले आन्तरिक म्यासेज आइरहेको छ । (ती कुनै दिन काम लाग्छ भनेर सम्हालेर राखेको सम्पादक ज्यूलाई जानकारी गराउन चाहन्छु ।) नत्र मैले आफ्नो आचरण स्पष्ट पार्न पनि आयोजक एंव निर्णायक बीच भएको प्रतियोगी छनोट हुनु पूर्व आन्तरिक असहमतिको बहसबारे नामै इंकित गरिएका ती गोप्य सूचनाको स्कृनसर्ट सार्वजनिक गर्न बाध्य हुनेछु । जसले निर्णायक समूहको निर्णय सर्वाेपरी हो भन्ने जिकिरलाई स्वतःखण्डन गरिदिन्छ । तपाईंको पाठक कल्पना श्रेष्ठ कल्पपुञ्ज #12khari #bises #kalpana #patra #sanibar #saturday #utkristakatha जन्मोत्सव विशेषः तुलसी दिवससँग अन्तरंग: आजकल के गर्दै हुनुहुन्छ ? अहिले त तपाईँलाई इन्टरभ्यू दिइरहेको छु । योचाहिँ ठट्टा गरेको । खासमा अहिले मेरा पहिले लेखिएका कविताहरूको नयाँ एउटा कवितासंग्रह निकाल्ने तयारीमा छु । त्यसबाहेक विभिन्न क्षेत्रमा साहित्य , संस्कृति , लोकवार्ताको क्षेत्रमा अंग्रेजी र नेपालीमा लेखिएका विविध लेखहरूको संकलन गरेर नेपालीमा र अंग्रेजीमा छुट्टाछुट्टै दुइटा अर्को पुस्तकको तयारीमा छु । मेरा कविताहरूको अंग्रेजी अनुवादको प्रकाशन पनि गर्ने तयारीमा छु । अनि मेरा पुराना प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएका नेपाली लोककथाको अध्ययन , धिमाल लोकसंस्कृति , धिमाल लोकधर्म र लोकसंस्कृति आदि जति पनि पुस्तकहरू छन्, तिनीहरू अनि मेरो नेपाली तुलसी दिवशको कविताको नयाँ संस्करण पनि निकाल्ने तयारीमा छु । यी आउँदो दुई वर्षभित्र पूरा हुनेछन । अन्तरवार्ताकार भगवती बस्नेत कृति प्रकाशनबाहेक अ रू कुरा नि ? हामीले अहिले लोकवार्ता र लोकसंस्कृति समाजबाट हरेक वर्ष राष्ट्रिय र अर्को वर्षमा अन्तरराष्ट्रिय नेपाली लोकवार्ता र संस्कृति कङ्ग्रेस गर्छौँ । यो वर्ष, आउँदो वर्ष हामीले नेपाललाई सिर्जनशील क्षेत्रबाट चिनाउनु आवश्यक भएको छ र कवितालाई कनेक्टिभिटी मान्छेलाई र मान्छेसित सम्बन्ध स्थापना गर्नमा सदुपयोग गर्नुपर्छ भन्ने मुलभूत उद्देश्यले र नेपाललाई कविताको माध्यमबाट संसारलाई चिनाउने दृष्टिकोणले हामी विश्वभरि एउटा वर्ड पोएट समिट गर्ने पक्षमा छौं । यहाँले कविता लेख्नुभएको मात्र छैन, कवितामा विशिष्टता नै हाँसिल गर्नुभएको छ । यहाँले लेख्ने कविता, वाचन गर्ने शैली सबैले रुचाएका छन् । वास्तवमा कविता के रहेछ नि ? कविता के रहेछ भन्ने जवाफ दिन सजिलो पनि छ । अप्ठेरो पनि छ । कवितालाई कविताकै रूपमा लिन प ¥ यो । अनि सजिलो हुन्छ । हो चाहिँ के भने मान्छेले मान्छे मान्छे हुनुको कारण मैले चाहिँ दुइटा विशेषतालाई ध्यानमा राखेको छु । त्यो के हो भन्दा एउटा मान्छेले आफूलाई अभिव्यक्त गर्न चाहन्छ । अर्को, मान्छेले आफ्नै संस्कृति विकसित गर्छ । संस्कृति र अभिव्यक्ति , अभिव्यक्तिचाहिँ भाषिक अभिव्यक्ति, साहित्यचाहिँ भाषासँग सम्बन्धित छ । त्यस्तै रेखा , रंगचाहिँ चित्रकलासँग सम्बन्धित छ । ध्वनि सङ्गीतसित सम्बन्धित छ , अथवा सिर्जनाहरूका माध्यमहरू फरक फरक छन् । र , साहित्यको सिर्जनाचाहिँ प्रत्यक्षरूपले शब्द अथवा भाषासँग सम्बन्धित छ । मान्छेले अभिव्यक्त गर्ने सन्दर्भमा भाषासँग सम्बद्ध भएर अभिव्यक्त जो गर्छ, जसलाई हामी निबन्ध भन्छौं , नाटक भन्छौं , उपन्यास भन्छौं अथवा खण्डकाव्य भन्छौं , काव्य-महाकाव्य भन्छौं , अनि कविता भन्छौं । कवितमा पनि आजकल गद्य कविता अथवा छन्द कविता अनि विविध प्रकारका कविताहरू पनि छन् । तर कवितालाई मैले प्रायः भन्ने के गरेको छु, मान्छेले अहिलेसम्म आर्जन गरेको भाषिक अभिव्यक्तिको सबैभन्दा माथिल्लो तहको कलात्मक अभिव्यक्ति कविता हो । यहाँले विभिन्न समयमा प्रध्यापन गर्नुभयो र विदेशमा पनि विभिन्न पदमा रहेर साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्नुभयो | यहाँको स्वदेश र विदेशको क्षेत्रमा काम गर्दाको अनुभवहरू हामीलाई सुनाइदिनोस् न ! एउटा रमाइलो पक्ष के छ भने, ‘कविता लेखेर के हुन्छ ?’ अथवा ‘साहित्यमा लागेर के हुन्छ ?’ भनेर मानिसहरू सामान्य ढंगले भन्ने गर्छन् । मचाहिँ साहित्यमा लागेर धेरै कुरा हुनसक्छ भन्छु । कविता लेखेर पनि धेरै कुरा हुनसक्छ भन्ने पक्षमा छु । कविताकै नाममा अथवा लोकवार्ता र संस्कृतिको संरक्षरण, प्रवर्दन , अनुसन्धान र अध्ययनकै क्रममा संसारभरि, विशेषगरिकन तीन चौथाई संसार घुमिसकेको छु । त्यसकारण कविताले के गर्दैन भनेर जवाफ दिने क्रममा म आफैँ पनि एउटा उदाहरेकण छु भन्ने पक्षमा छु । र , यसरी संसारैभरि नेपाली कविताको प्रचार-प्रसार, नेपाली कवितालाई अनुवाद गर्ने अथवा नेपाली कविताहरूको सम्बन्धमा चर्चा र परिचर्चा गर्ने क्रममा अन्य भाषाका अन्य संसारका कविहरूका सम्पर्कमा आउनुभएको छ | त्यसले मलाई के लागेको छ भने चिन्तन र सोचमा एउटा बिस्तार आएको छ , नवीनता आएको छ । त्यो दृष्टिकोणले अनि आफूलाई चाहिँ एउटा गुफामा बसे जस्तो होइन, ठूलो एउटा विश्व मैदानमा पुगे जस्तो अनुभव पनि मैले गरेकोछु । कविताको पक्षमा चर्चा गर्दाखेरि कहीँकहीँ अनुवाद , अंग्रेजी अनुवाद वाचन पनि गरिएको छ । तुलसी दिवश १९८५ जर्मनीमा उनन्चासौं कङ्ग्रेस भएको थियो, त्यसको विशिष्ट अतिथिमा आमन्त्रण आएको थियो, र त्यहाँ संसारभरिका साढे सात सय कवि र लेखकहरू सम्मिलित थिए । तिनमा पन्ध्र जना ‘गेस्ट अफ अनर’ थिए, जसमा एकजना म पनि थिएँ । विश्वका विशिष्टि कवि/लेखकहरू अथवा यता एशिया-अफ्रिकाबाट जाने , उता अमेरिकाबाट आउने , यूरोपबाट आउनेहरू सबै थिए । अनि विविध विषय र विविध क्षेत्रमा कार्यपत्रको प्रस्तुति , कविता वाचन आदि पनि भएको थियो र एउटा विश्वविद्यालयले कविता वाचनको लागि हामीलाई बोलाएको थियो । हामी पुगिसकेपछि आयोजकहरूले के भने भने, ‘हामी अनुवाद गरिएको कविता सुन्दैनौं तपाईँहरूको । बरु तपाईँहरूको आफ्नै भाषाको कविता सुन्छौं ।’ धेरैजसोले अनुवाद गरेको लिएर गएका मैले चाहिँ अनुवाद गरिएकैमा पनि नेपाली पनि राखेर लिएर गएको थिएँ । मलाई त खुशी लाग्यो । अनि अरूहरूले पनि अनेकप्रकारले अनि आफ्नै किताबहरू पनि लिएर गएको हुँदाखेरि कविता वाचन भयो । मैले नेपालीमा कविता वाचन गरें । नेपालीमा कविता वाचन गरिसकेपछि मलाई त्यतिबेला के लाग्यो भने भाषा भनेको डिक्सनेरीको शब्दकोषीय अर्थ लगाउनु मात्र एउटा विशेष पक्ष होइन रहेछ । कविता के हुन्छ भने, त्यो बडिल्याङ्वेजले अनि त्यो भाषामा शब्दावलीमा भएको सङ्गीतको धूनहरूले पनि आफ्नै प्रकारले कम्युनिकेट सञ्चारित हुँदोरहेछ भन्ने कुरा त्यहाँ मलाई अनुभव र अनुभूत भएको छ । यहाँ लोकवार्ता र संस्कृति समाजको अध्यक्ष हुनुहुन्छ । लोकवार्ता र संस्कृति समाजले आजसम्म गरेका केही उल्लेखनीय कार्यहरू के – के छन् ? बताइदिनोस् न । लोकवार्ता र संस्कृति समाजको स्थापना धेरै अघि हुनु पर्थ्यो । तर हामीसित यो देश नै जीवित लोकवार्ता अथवा लोकसंस्कृतिको संग्राहलय जस्तै नै छ । अनि विविध संस्कृतिको समन्वय , विविध संस्कृतिको आ-आफ्नै प्रकारको भूमिका हामीकहाँ छ । देशको यो सांस्कृतिक विविधता हाम्रा राष्ट्रिय सम्पदा नै हो । हरेक जातिको , हरेक भाषाभाषीको, हरेक क्षेत्रको आ-आफ्नै प्रकारको नाँचगान छन् , आ-आफ्नै प्रकारको रीतिरिवाज र रहनसहन छन् । आ-आफ्नै प्रकारका लुगाफाटा र गरगहना छन् । आफ्नै प्रकारका खानाहरू छन् । भन्नुको अर्थ के हो भने, आफ्नै विश्वास र आस्थाहरू छन् , प्रचलन छन् , नांचगान मात्र होइन चाडपर्व उत्सवहरू छन् । यी सबै देख्दाखेरि, मैले अघि नै भनेँ, यो आफैँमा एउटा जीवित सांस्कृतिक संग्रहालय जस्तो छ । तर हाम्रो सबै जातजातिको लोक सांस्कृतिक लोकवार्तागत अध्ययन , संकलन , संरक्षण र प्रवद्र्धन भने उपयुक्त ढंगले जति हुनुपर्ने त्यति हुन सकेको छैन । यहाँ सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुनुहुन्छ । सबै भन्दा सानो उमेरमा आफू प्राज्ञ बन्न पाउँदाको एउटा गौरव कस्तो थियो, त्यो बेला ? कति वर्षको हुनुहुन्थ्यो ? त्यो अनुभव बताइदिनु हुन्छ कि ! म त अचम्म पर्छु त्यो बेलाको , साँच्चै भन्नुहुन्छ भने मेरो एउटा किताब पनि निस्केको थिएन । केही कविताहरू मात्र निस्केका थिए । त्यसो त मैले एकेडेमीको पदक पनि प्राप्त गरिसकेकै थिएँ । मैले २०१८ सालदेखि ०२३ सालसम्म निरन्तर राष्ट्रिय पुरस्कार हरेक वर्ष पाएको छु । मचाहिँ यता धनकुटा क्याम्पसमा पढाउँथें । बी.ए. मात्र पास गरेको थिएँ | यहाँ पनि म पद्मकन्यामा पढाउन आउँदाखेरि नेपाली पनि पढाउँथें भने अर्कोतिर नेपाली लोकसङ्गीत पनि पढाउने गर्थें । लोकसङ्गीत त्यसबेलासम्म विश्वविद्यालयको सङ्गीतको पाठ्क्रममा समावेश गरिएको थिएन । यहाँले ‘ सिर्जनशील साहित्यिक समाज ‘ को स्थापना गर्नुभएको थियो । कुनैबेलामा सिसासको नाउँबाट यो संस्थाले निकै प्रसिद्धि कमाएको थियो । अहिले यो संस्था निस्कृय छ नि ! किन होला ? ‘ सिर्जनशील साहित्यिक समाज’ स्थापना गर्नुको पछाडि पनि मूलभूत कारण के थियो भने, अर्थशास्त्र लेख्ने पनि लेखकै भए , अखबार लेख्ने पनि लेखकै भए । उपन्यास लेख्ने पनि लेखकै भए । तर यी भिन्न विधा हुन् । कथा , उपन्यास , नाटक , कविता यी सिर्जनशील क्षेत्र भए । तर अन्यचाहिँ विषयगत । विषयतग विशेष गरेर निश्चित क्षेत्र, त्यसमा सिर्जनशीलता भन्नेभन्दा विषयगत ज्ञानको बढी भूमिका निर्वाह हुन्छ । हामीले के भन्ठान्यौं भने, तपाईँलाई याद छ कि छैन कुन्नि !, यो नेपाली साहित्य वा यो विभिन्न हाम्रो भाषाको साहित्य पढाउँदाखेरि के राखिएको छ, एउटा नाटक राखिदिएको , एउटा उपन्यास राखिदिएको , खण्डकाव्य/महाकाव्य , कविता , कथा , निबन्ध राखिएको हुन्छ | हगि ! अब त्यो निबन्धमाथि लेखिएको लेखलाई अथवा निबन्धचाहिँ पढ्नुपर्ने, त्यो पढेर मार्क पाउने । निबन्ध लेखे बापत पाइदैनथ्यो । अनि सिर्जनशील लेखक भनेर अलगगरि हेर्न पनि मान्छेहरूमा चेतना विकसित भइसकेको थिएन । त्यसकारण हामीले के भन्ठान्यौं भने, एमए नेपालीमा एउटा डिसर्टेशन लेख्न पेपर हुन्छ, त्यसमा चाहिँ सिर्जनशील लेखन पनि समावेश गर्नु जरुरी छ अथवा उपन्यास लेखेर , कवितासंग्रह निकालेर , नाटकै लेखेर या निबन्धहरू नै लेखेर , कथाहरू नै लेखेर पनि कोर्स गर्न पाइनु पर्ने, बाहिरतिर चाहिँ ‘क्रिएटिभ राइटिङ’को कोर्स चाहिँ छ । अब क्रमशः हामीकहाँ पनि विभिन्न भाषाको विभिन्न बिषयमा विभिन्न क्रिएटिभ राइटिङको कोर्स शुरु गरिनुपर्छ भन्ने दृष्टिकोणले केही समय हामीले वर्कशपहरू पनि गरियो । तर त्यसलाई युनिभर्सिटीमा समावेश गर्न र गराउनका निमित्त आवश्यक हुन्छ र गर्नुपर्छ । यहाँको विचारमा लोकसंस्कृति , कला , साहित्य र जीवन के हो ? अघि मैले भने जस्तै संस्कृति र भाषाचाहिँ स्वयं मान्छेले निर्माण गरेको हो । र , मान्छेचाहिँ कुन हावापानीमा, कुन भौगोलिक क्षेत्रमा, कुन सामाजिक/सांस्कृतिक पृष्ठभूमिमा हुर्कन्छ, त्यहींबाट उसको विश्वास र आस्था निर्माण हुन्छ | र व्यक्तित्वको निर्माण हुन्छ । त्यो दृष्टिकोणले हामीले जहिले पनि आफूलाई मान्छे हुनुको मूल कारण अर्को उसको सिर्जनशीलता पनि हो । र , ऊचाहिँ के हुन्छ भने, सिर्जना गर्ने प्रतिभा हो । तर यो प्रतिभाचाहिँ कहिलेकाहीँ कुण्ठित हुन्छ । कहिलेकहीँ विकसित हुन पाउँदैन र हामीले त्यो विकसित हुने उपयुक्त अवसर अथवा आवश्यक पर्ने त्यो हावा र पानी उपलब्ध गराउनु पर्छ | त्यस्ता प्रतिभाहरूलाई हामीले जहिले पनि प्रोत्साहित गरेर अगाडि बढाउने प्रयत्न र कोसिस गर्नुपर्छ । नयाँपुस्तालाई कस्तो किसिमको सल्लाह , सुझाव र सन्देश दिन चाहनुहुन्छ ? म गुरू हुने पक्षमा त छैन । तर मैले अनुभव र अनुभूत गरे अनुसार अरूलाई चिन्नुभन्दा पहिले आफैँलाई चिन्नु जरुरी छ । अरूलाई चिन्ने चश्मा हेरेर होइन, आफ्नो अनुभव र अनुभूतिबाट हेरिनुपर्छ । त्यो दृष्टिकोणले आफूलाई चिन्नु , भनेको आफ्नो संस्कृतिसँग परिचित हुनु, त्यसका विशेषताहरूसँग परिचित हुनु , त्यसका आफ्नोपनहरूसँग परिचित हुनु अनिवार्य आवश्यकता छ । त्यस दृष्टिकोणले हामीले हाम्रै परम्परा , संस्कृति , रीतिरिवाज र रहनसहनमा मरिमेट्ने, सति जाने भनेको होइन , संस्कृति भनेको स्थिर वस्तु होइन । त्यो गतिशील वस्तु हो र सधैं परिवर्तन भई नै रहन्छ । हो , उसको गतिचाहिँ अलि धिमा , ढिलो हुन्छ, त्यो परिवर्तनको प्रक्रिया Speed up धेरै Speed को हुँदैन । तर अब हामीले चाहिँ संस्कृतिको नाममा झ्याल ढोका थुनेर बस्ने समय होइन । अब झ्याल-ढोका उघार्नुपर्छ | अबको समय डिजिटलबाट संसारभरि पुग्ने हो, बाहिरको पनि ल्याउने हो र भित्रको पनि बाहिर लाने हो । भित्रबाट बाहिर लैजाँदा आफूसित के छ भन्ने कुरा राम्रोसँग परिचित नभैकन जान नसकिने भएकोले त्यसैसँग परिचित हुने प्रयास कविहरूले पनि , स्रष्टाहरूले पनि , सिर्जनशील व्यक्तिहरूले पनि , सङ्गीतकारहरूले पनि , कलाकारहरूले पनि गर्नु आवश्यक छ । #भगवती बस्नेत तीन प्रश्न: लियो टोल्सटोय एक पटक एउटा राजाको मनमा प्रश्न उब्जियो। उसलाई लाग्यो, उसले उब्जिएका यी तीन प्रश्नका उत्तर खोज्यो भने उसले जान्नुपर्ने केही बाँकी रहने छैन। पहिलो प्रश्नः कुनै पनि कार्य गर्ने सबैभन्दा उपयुक्त समय कुन हो? दोस्रो प्रश्नः कस्ता व्यक्तिसँग काम गर्नु सर्वोचित हुन्छ? तेस्रो प्रश्नः हरेक समय गर्नुपर्ने कार्य कुन चाहिँ हो? राजाले घोषणा गर्यो, जुन व्यक्तिले यी तीन प्रश्नको सही उत्तर दिनेछ, उसलाई ठूलो पुरस्कार दिइनेछ। यो सुनेर धेरै मानिस राजहमल गए र सबैले बेग्लाबेग्लै उत्तर दिए। पहिलो प्रश्नको उत्तरमा एउटा व्यक्तिले भन्यो, ‘राजाले एउटा समय तालिका बनाउनुपर्छ र त्यसमा हरेक कार्यका लागि निश्चित समय तोक्नुपर्छ। यसो भएमा हरेक काम सही समयमा हुनेछ। अर्को मानिसले राजासँग भन्यो, ‘सबै कार्य गर्ने अग्रिम निर्णय गर्नु उचित हुँदैन र राजाले भोगविलासको कामलाई तिलाञ्जली दिएर हरेक कामलाई व्यवस्थित रूपमा गर्नेतर्फ पूरा ध्यान केन्द्रित गर्नुपर्छ।’ फेरि अर्को मानिस आयो र भन्यो, ‘राजाका लागि हरेक कार्यलाई दूरदर्शितापूर्वक गर्नु असम्भव नै छ। त्यसैले राजाले विज्ञहरूको एउटा समिति बनाउनु पर्छ, जसले हरेक विषयलाई परख गरेर मात्र राजालाई जानकारी दिनुपर्छ कि त्यो कार्य हुन बेला गर्नुपर्छ।’ अनि अर्को मानिसले भन्यो, ‘केही विषयको निर्णय त तुरून्त लिनुपर्ने हुन्छ र परामर्शका लागि समय नै हुँदैन। तर ज्योतिषि र भविष्यवक्ताहरूको सहयोग लिएर राजाले चाहेका खण्डमा कुनै पनि घटनाको पूर्वानुमान लगाउन सक्छन्।’ दोस्रो प्रश्नको उत्तरका लागि कुनै किसिमको सहमति देखिएन। एक व्यक्तिले भन्यो, ‘राजाले प्रशासकहरूप्रति पूरा विश्वास गर्नुपर्छ।’ अर्कोले भन्यो, ‘राजाले पुरोहित र संन्यासीहरूप्रति पूर्ण विश्वास गर्नुपर्छ।’ कसैले भन्यो, ‘चिकित्सकहरूमाथि सधैँ विश्वास गर्नुपर्छ।’ अर्कोले योद्धामाथि विश्वास गर्न सुझायो। तेस्रो प्रश्नको जवाफमा पनि विविध किसिमको उत्तर पाइयो। कसैले भन्यो, ‘विज्ञानको अध्ययन सबैभन्दा महत्त्वपूर्ण हुन्छ।’ अर्कोले धर्मग्रन्थको अध्ययन सर्वश्रेष्ठ भन्यो। त्यस्तै सैनिक कौशलमा निपुणता हुनु सबैभन्दा जरूरी छ भन्दै अर्कोले दाबी गर्यो। राजालाई तीमध्ये कुनै पनि उत्तर ठीक लागेन। त्यसैले कसैलाई पनि पुरस्कार दिइएन। केही दिनसम्म चिन्तनमनन गरेपछि राजाले एक जना महात्माको दर्शन गर्ने निश्चय गरे। त्यो महात्मा एउटा पर्वतमा बनेको कुटीमा बस्थ्यो र सबैले उसलाई परमज्ञानी मान्थे। राजाले के थाहा पायो भने त्यो महात्मा पर्वतबाट झरेर कहिल्यै पनि तल आएको छैन र राजसी व्यक्तिहरू कसैलाई पनि भेटेको छैन। त्यसैले राजाले साधारण किसानको भेष धारण गरेर निस्किए। पर्वतको फेदमा आफ्ना सेवकलाई प्रतीक्षा गर्न आदेश दिँदै राजा महात्माको कुटीतर्फ लाग्यो। महात्माको कुटी पुग्दा त महात्मा कुटीसँगैको सानो बगैँचामा कोदालो चलाइरहेको रहेछ। महात्माले राजालाई देख्यो र टाउको हल्लायो। त्यसपछि खन्न मग्न रह्यो। बगैँचामा काम गर्न महात्माका लागि निकै कठिन थियो। ऊ निकै वृद्ध भइसकेको थियो। कोदालो चलाउँदा उसको श्वास फुलेको थियो। राजा महात्मा छेउ पुग्यो र भन्यो, ‘म तपाईंसँग तीन प्रश्नको उत्तर जान्न आएको हुँ। पहिलोः कुनै पनि कार्य गर्ने सबैभन्दा उत्तम समय कुन हो? दोस्रोः कुन व्यक्तिका साथ काम गर्नु सर्वोचित हुन्छ? तेस्रोः जुनसुकै बेला गर्न सकिने कार्य के होला?’ महात्माले राजाको कुरा ध्यानपूर्वक सुन्यो र काँध थपथपायो। यसपछि ऊ कोदालोले खन्न थाल्यो। राजाले भन्यो, ‘तपाईं गल्नु भएजस्तो छ। दिनुस् कोदालो, म तपाईंलाई सघाउँछु।’ महात्माले धन्यवादसँगै कोदालो पनि दियो र एउटा रूखमुनि सुस्ताउन बस्यो। केही समय खनेपछि राजा महात्मातर्फ फर्कियो र अघि सुनाएका तीन प्रश्न पुनः दोहोर्यायो। महात्माले राजाको प्रश्नको उत्तर दिएन र उठ्दै भन्यो, ‘अब तिमी केहीबेर आराम गर, म चाहिँ बगैँचामा काम गर्छु।’ तर राजा सुस्ताउन मानेन। खन्ने क्रम जारी राख्यो। खन्ने क्रममा एक घण्टा बित्यो, दुई घण्टा बित्यो, साँझ पर्यो। राजाले कोदालो राख्यो र महात्मालाई भन्यो, ‘म त तपाईंसँग तीन प्रश्नका उत्तर सोध्न आएको थिएँ तर तपाईंले मलाई त्यसको जवाफ दिनुभएन। अब घर जाने बेला हुन लाग्यो, कृपया मलाई मेरा प्रश्नको जवाफ दिनुभए म घर जाने थिएँ।’ महात्माले राजासँग भन्यो, ‘तिमीले कोही दौडिएको आवाज सुनिरहेका छौ?’ राजाले आवाज आएतिर टाउको घुमायो। दुवैले जंगलबाट एक मानिस उनीहरूतर्फ दौडदै आइरहेको देखे। उसले आफ्नो पेटमा लागेको घाउलाई हातले दबाइरहेको थियो। घाउबाट रगत निकै बगिरहेको थियो। घाइते व्यक्ति राजा र महात्मा दुवै जना नजिक आयो र भूइँमा डङ्ग्रङ्ग ढल्यो। यसपछि ऊ बेहोस भयो। राजा र महात्मा दुवैले देखे- घाइतेको पेटमा कुनै हतियारको गहिरो घाउ थियो। राजाले तुरून्त उसको घाउ सफा गरे र आफ्नो कपडा च्यातेर उसको घाउमा बाँधिदिए। यसो गरेपछि रगत बग्न कम हुन थाल्यो। कपडाको त्यो टुक्रा चाँडै नै रगतले भरियो। त्यसपछि राजाले त्यसमाथि अर्को कपडा बाँध्यो। यो कार्य त्यतिञ्जेलसम्म दोहोरिइरह्यो, जबसम्म रगत बग्न कम हुन थालेन। केही समयपछि घाइते व्यक्तिलाई होश आयो। उसले पानी माग्यो। राजा कुटीसम्म पुगेर उसका लागि पानी ल्यायो। सूर्य अस्त भइसकेको थियो। वातावरण चिसिन थालेको थियो। राजा र महात्माले घाइतेलाई उठाए र कुटीभित्रको ओछ्यानमा सुताइदिए। घाइते आँखा बन्द गरेर चुपचाप सुतिरह्यो। राजा पनि पहाड चढ्नु र बगैँचाको काम गर्नुले थाकेर चुर भएको थियो। ऊ कुटीको ढोका छेउमा बस्यो र बस्दाबस्दै उसलाई निद्रा लाग्यो। बिहान जब उसको आँखा खुल्यो, सूर्य निकै माथिसम्म फैलिएको थियो। पर्वतमा दिव्य आलोक फैलिएको थियो। एक पलका लागि त राजाले नै भुल्यो कि ऊ कहाँ आइपुग्यो र किन आइपुग्यो। उसले कुटीभित्रको ओछ्यान हेर्यो। घाइते व्यक्ति चारैतिर विस्मयपूर्वक हेरिरहेको थियो। जब उसले राजालाई देख्यो, उसले ज्यादै नरम स्वरमा भन्यो, ‘मलाई क्षमा गर्नुहोला।’ ‘तिमीले के गरेका छौ र माफी मागी रहेका छौ?’ ‘तपाईंले त मलाई चिन्नु हुन्न तर म तपाईंलाई चिन्दछु। मैले तपाईंलाई मार्ने प्रतिज्ञा लिएको थिएँ किनभने गएको युद्धमा तपाईंले मेरो राज्यमा आक्रमण गरेर मेरा आफन्त मार्नु भएको थियो र मेरा सारा सम्पत्ति हत्याउनु भएको थियो। जब मैले तपाईं यो पर्वतमा तपाईं एक्लै यी महात्मासँग भेट्न आउँदै हुनुहुन्छ भन्ने थाहा पाएँ, मैले तपाईंको हत्या योजना बनाएँ। म लुकेर तपाईं फर्कने प्रतीक्षा गरिरहेको थिएँ तर तपाईंका सेवकले मलाई देखिहाले। उनीहरूले मलाई प्रहार गरे। म आफ्नो ज्यान जोगाउनका लागि यहाँ आइपुगेँ र तपाईंसामु बेहोस भएँ। म तपाईंको हत्या गर्न उद्यत थिएँ तर तपाईंले मेरो जीवन रक्षा गर्नुभयो। म ज्यादै लज्जित छु। यो उपकारको मोल कसरी चुकाउँ? म जीवनपर्यन्त तपाईंको सेवा गर्छु, मेरा सन्तानहरूले पनि सदैव तपाईंका कूलको सेवा गर्नेछन्। मलाई माफ गर्नुहोला।’ यो सुनेर राजा हर्षित भयो कि उसको एउटा कामले शत्रुमै रूपान्तरण भयो। राजाले यसअघिको आक्रमणका लागि क्षमा मात्र मागेन, यसअघि लुटेको सम्पत्ति फर्काउने वचन पनि दियो र उसको उपचारका लागि आफ्ना सेवकमार्फत निजी चिकित्सकलाई पनि बोलायो। सेवकलाई निर्देशन दिएपछि राजा महात्माछेउ आफ्ना प्रश्नको उत्तर जान्नका लागि पुनः पुग्यो। उसले देख्यो, महात्मा अघिल्लो दिन खनिएको ठाउँमा बिउ रोपिरहेको छ। राजाले प्रश्न सम्झायो। महात्मा बिउ रोपिसकेर राजाछेउ पुग्यो र भन्यो, ‘तपाईंका सारा प्रश्नका उत्तर पहिल्यै दिइसकिएको छ त!’ ‘कसरी?’ राजाले चकित हुँदै भन्यो। ‘हिजो तपाईंले मेरो वृद्धावस्था देखेर बगैँचामा मलाई नसघाउनु भएको थियो भने तपाईं फर्कंदै गर्दा लुकेर बसेको शत्रुको शिकार हुनुहुने थियो। त्यो बेला तपाईंलाई मसँग अझै केही बेर बसेको भए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले तपाईंका लागि हिजो बगैँचामा काम गर्नु नै उचित समय थियो। उपयुक्त कार्य थियो। तपाईं हिजो जुन व्यक्तिसँग भेट्नु भयो, अर्थात् मलाई भेट्नु नै सर्वाधिक महत्त्वपूर्ण व्यक्ति थिएँ। र, सबैभन्दा आवश्यक कार्य मलाई सहयोग गर्नु थियो। पछि जब घाइते व्यक्ति यहाँ आइपुग्यो, त्यो बेला उही महत्त्वपूर्ण व्यक्ति थियो। उसको घाउ सफा गर्नु नै महत्त्वपूर्ण कार्य थियो र उचित प्रकारले तपाईंले पट्टि बाँधिदिनुभयो। तपाईंले त्यसो नगर्नु भएको भए अधिक रक्तस्रावका कारण उसको मृत्यु हुन्थ्यो। उसको मृत्यु भएको भए तपाईंहरूबीच मेलमिलाप हुने थिएन। त्यसैले त्यस क्षण त्यो व्यक्ति सर्वाधिक महत्त्वपूर्ण थियो र उसको सेवा गर्नु सबैभन्दा आवश्यक कार्य थियो।’ ‘स्मरण रहोस्, केवल समय नै सर्वाधिक महत्त्वपूर्ण हुन्छ र त्यो समय नै यही हो, यही क्षण हो। क्षणको सत्ता हुन्छ, यसैको प्रभुत्व हुन्छ। सबैभन्दा महत्त्वपूर्ण व्यक्ति त्यही हो, जुन तपाईंको नजिक हुन्छ। तपाईंको अघिल्तिर हुन्छ। किनभने हामीलाई के थाहा छैन भने अर्को क्षण हामी कहाँ हुन्छौँ, कोसँग हुन्छौँ र कस्तो परिस्थितिमा हुन्छौँ। अर्को क्षणमा अन्य व्यक्तिसँग व्यवहार गर्न ज्युँदै हुन्छौँ कि हुँदैनौँ भन्ने पनि हामीलाई थाहा छैन। अनि, सबैभन्दा आवश्यक कार्य जुन तपाईंको नजिकका व्यक्तिको जीवनलाई सुखशान्तिपूर्ण बनाउने प्रयास नै हो। किनभने यही नै मानव जीवनको उद्देश्य हो।’ #अदृश्य #लियो टोल्सटोय भतिजीको किताबका कारण राष्ट्रपति तनावमा: मेरी एल ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा नयाँ पुस्तकका कारण पुनः विवादमा तानिएका छन्। ट्रम्पकी ५५ वर्षीया भतिजी मेरी लिय ट्रम्पले लेखेको पुस्तक ‘टु मच एन्ड नेभर इनफः हाउ माई फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’का कारण राष्ट्रपति ट्रम्प विवादमा परेका हुन्। हुन त यो पुस्तक तयार हुँदै गर्दा मेरीले धेरै वर्षअघि अर्बपति डोनाल्ड ट्रम्पसँगको सम्पत्ति विवादका बेला एउटा सम्झौता गरेको र सो सम्झौताका कारण यस्ता घरेलु कुरा यतिबेला खुलासा गर्न नपाउने भनी अदालतमा मुद्दा हालेका छन्। गएको साता मुद्दा हाल्नेबित्तिकै पुस्तकलाई तुरून्त स्थगन गर्न स्थानीय अदालतले आदेश दिएको थियो। तर मेरीले पुस्तक प्रकाशन स्थगनको कुनै कारण नरहेको स्पष्टीकरण पेस गरेपछि पुस्तक प्रकाशन स्थगन रद्द गरिएको थियो। यता मेरीले भने आफ्ना काका राष्ट्रपति ट्रम्पले धोका दिएर आफूसँग सम्झौता गरेको र अहिलेको अवस्थामा सो सम्झौता काटेर यो पुस्तक प्रकाशन गर्न सकिने स्पष्टोक्ति दिएकी छन्। पैसा भनेपछि मरिहत्ते गर्ने काका डोनाल्डले कसरी पैसा कमाए भन्ने भित्री कुराको खुलासा गरिएको यो किताब र सम्झौतासँग कुनै लेनदेन नरहेको पनि उनले बताएकी छन्। यो पुस्तक यही जुलाई महिनाको अन्त्यताका बजारमा ल्याउने तयारी भइरहेको छ। पुस्तक बजारमा ल्याउन नदिन डोनाल्ड ट्रम्प परिवारका अन्य सदस्यले गत साता नै दुई वटा मुद्दा अदालतमा हालिसकेका छन्। पछिल्लो पटक डोनाल्डका कान्छा छोरा रोबर्टले पुस्तक बजारमा ल्याउनबाट रोक्न मुद्दा हालेका छन्। गएको मंगलबार न्युयोर्कको डचेज काउन्टीले पुस्तकलाई केही समय प्रकाशन रोक्न अनुरोध गरेको थियो। यतिबेला पुस्तकको मुद्रण कार्य भने धमाधम भइरहेको छ। पुस्तकको ई-बुक यसअघि नै बजारमा आइसकेको छ, जुन अमेजन डटकममा बेस्ट सेलर भइसकेको न्युयोर्क टाइम्स पत्रिकाले जनाएको छ। मेरी एल. ट्रम्पद्वारा लिखित पुस्तक पुस्तकमा डोनाल्ड ट्रम्पका पिता फ्रेड ट्रम्पको सन् १९९९ मा निधन भएपछि आफ्ना भतिजा-भतिजीले पाउनुपर्ने आर्थिक अधिकारबाट व्यापक रूपमा कटौती गरेको तीतो पोखेकी छन्। मेरीका बुबा फ्रेड जुनियर सन् १९८१ मा ४२ वर्षकै उमेरमा बितेका थिए। फ्रेड जुनियर लागू पदार्थको नराम्रो समस्यामा फँसेका थिए। हजुरबा भन्दा पहिल्यै बितेका मेरी र उनकी आमाले हजुरबा फ्रेड सिनियरबाट राम्रै अंशको अपेक्षा गरेका थिए। तर फ्रेड सिनियरको निधनपछि अवस्था यति बिग्रियो कि पाउनुपर्ने रकम पनि नपाएको गुनासो पुस्तकमा छताछुल्ल भएको छ। मेरी र उनका भाइ फ्रेड ट्रम्प तृतीयले पछि काका ट्रम्पविरूद्ध सम्पत्तिको अधिकारका लागि मुद्दा हालेका थिए। मुद्दा यति तिक्ततापूर्ण तरिकाले लडियो कि पछि एउटा गोप्यतासम्बन्धी सम्झौतामा गएर टुंगियो। अहिलेको ट्रम्प अडान सोही बेला गरिएको सम्झौताको कुरा हो। तर मेरी ट्रम्प भन्छिन्, ‘त्यो बेलाको सम्झौता र किताबमा उल्लेख गरिएका चिज फरक कुरा हुन्। त्यसले किताब प्रकाशनलाई असर पुग्ने छैन।’ पुस्तकको भविष्य के होला भन्ने चासोका कारण यतिबेला अनलाइनमा पुस्तक बिक्री ह्वात्त बढेर बेस्ट सेलरको तेस्रो नम्बरमा उक्लिएको छ। लेखिका मेरीले सार्वजनिक महत्त्वको पुस्तकलाई सामान्य अवस्थामा लाग्ने कानुन लगाएर प्रकाशन रोक्न नमिल्ने जिकिर गरेकी छन्। अदालतले पुस्तकबारे आउँदो जुलाई १० मा पूर्ण फैसला दिने अपेक्षा गरिएको छ। यता प्रकाशक सिमोन एन्ड सुस्टरले पनि प्रकाशन स्थगन नगर्न अदालतलाई लिखित अपिल गरेको छ। पत्रकार अच्युत कोइरालाले राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवनी लेखेका छन्। पैसा भनेपछि मरिहत्ते गर्ने ट्रम्पको जीवनी पढ्नु एउटा रोचक अनुभव हुने र जीवनमा सफल हुनका लागि कयाैँ अनैतिक कार्य गर्ने ट्रम्पले यो पुस्तक प्रकाशन रोक्नबाट अनेक हतकण्डा अपनाउन पछि नपर्ने तर त्यहाँको सशक्त न्याय प्रणालीका कारण यो नरोकिने बताएका छन्। मेरी ट्रम्पसँग डोनाल्डको तिक्ततापूर्ण सम्बन्धबारे एउटा पूरै अध्याय छुट्याइएको पनि उनले जनाएका छन्। अच्युत कोइराला लिखित अमेरिकी राष्ट्रपति ट्रम्पको जीवनी (यो पुस्तक मोबाइल नं. ९८४१३५५८६५ मा फोन गरेर घरमै मगाउन पनि सक्नुहुन्छ या आवश्यक जानकारी लिन सक्नुहुन्छ ।) #अदृश्य #डोनाल्ड ट्रम्प एकादेशका लेखक केशवराज पिंडाली\xa0: गोबिन्द गिरीको साहित्य निर्माता तीसको दशकमा साहित्यकार हुन मधुपर्क र रूपरेखामा छापिनुपर्छ भन्ने अघोषित मान्यता थियो । दुवै पत्रिका पाठकीय आकर्षणको शिखरमा थिए । मधुपर्क सरकारी प्रकाशन थियो, रूपरेखा निजी । तर दुवैमा प्रवेश पाउन सहज थिएन । ती पत्रिकामा प्रकाशित लेख रचना र नामको तौल हेर्दैखेरि रचना पठाउन आँट गर्न गाह्रो थियो । अरू पत्रपत्रिकामा रचनाहरू प्रकाशित गरेर पूर्ण अभ्यास गरेपछि सबैभन्दा राम्रो लागेको रचना ती पत्रिकामा पठाउने जमर्को गर्दथे किंवा गर्दथ्यौं त्यो दशकमा । गोरखापत्रको शनिबारीया र मधुपर्कको लेख रचना सम्पादन एकछत्र रूपमा केशवराज पिंडालीले गर्ने गर्दथे । तर किन हो कुन्नि ? उनी नयाँ पुस्ताका लेखक/कविलाई फुटेको आँखाले हेर्न रुचाउन्नथे । नयाँ लेखकका रचनालाई गोरखापत्र र मधुपर्कमा छिर्नै दिंदैनथे । त्यो उनको रवैयाले तरुण पुस्ताका लेखक/कविहरू उनीप्रति उग्र थिए । तर गर्नै के सकिन्थ्यो र ! राजाको सक्रिय शासन, पञ्चायतको जगजगीको बेला । सरकारी पत्रिका, मुर्मुरिनु र पिठ्यूपछाडि धारे हात लाएर गाली गर्नु र साँझ एकआपसमा बसेर सत्तोसराप गर्नुको विकल्प थिएन । एकाधपल्ट केही लेखकहरूको समूह डेलिगेसनको रूपमा गएको पनि सुनें मैले, तर त्यसले पनि केही काम गरेन । गोविन्द गिरी प्रेरणा उनको सम्पादनकालमा नयाँ लेखकको रचना छापिएको एकै व्यक्ति मात्र थिए, केश पथिक । उनको कथा प्रकाशित भएको थियो अपवादको रूपमा । घटराज भट्टराईले लेखेका लेखकहरूको जीवनीमूलक लेख भने निरन्तर प्रकाशित हुन्थे । मधुपर्कका त्यसताकाका अङ्कहरू हेर्दा स्वनामधन्य लेखकका रचनाहरू नियमित देख्न पाइन्थे, योचाहिँ पाठकको लागि खुशी र प्रशन्नताकै विषय हुन्थ्यो । साप्ताहिक पत्रपत्रिकाहरू र नीजि क्षेत्रका साहित्यिक पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरिसकेपछि एकदिन बडो हिम्मत गरेर आफ्ना कथा/कविता बोकेर गोरखापत्र संस्थानको माथिल्लो तलाको केशवराज पिंडाली बस्ने कोठामा पुगें । नमस्कार टक्र्याएँ । तिनी पान चपाउँदै आफ्ना दुवै खुट्टा टेवलमाथि राखेर बसिरहेका थिए । मेरो दस औंला जोरी नमस्कारको प्रतिक्रिया पुलुक्क मतिर हेर्नुसिवाय अरू केही भएन । मैले विनम्रतापूर्वक, “मैले रचना ल्याएको थिएँ प्रकाशनार्थ” भनें । उनले चिउँडो उठाएर भने, “छाडेर जानूस्, उपयुक्त भए छापिन्छ।”, उनको चिउँडोले टेबुलतिर इशारा गरेको थियो । मैले टेबुलमा रचना राखिदिएँ । अब त्यहाँ उभिइरहनुको कुनै तात्पर्य थिएन, मैले पुन: दस औंला जोडेर, “हस् त नमस्ते !” भनेँ | मेरो यो बिदाई अभिवादनको उनले कुनै प्रत्युत्तर दिन आवश्यक ठानेनन् । उनको आँखा सामुन्नेको झ्यालबाहिरतिर थियो, मतिर थिएन । एकप्रकारको अपमान, ग्लानी लिएर म गोरखापत्रको कम्पाउण्डबाट बाहिरिएँ । मान्छेको जातै सायद आश गर्ने खालको हुन्छ कि क्या हो ! मैले निकै हप्ता गोरखापत्रको शनिबारीय अंक हरेक हप्ता भूगोल पार्कमा टाँसिएको ठाउँमा हेर्न गएँ, मेरो नाम र रचना कहिल्यै आएन । पछि आश मारें । त्यो त्यत्तिकै भो । अनि एक साल साहित्यिक पत्रिका निकाल्ने हुटहुटी जाग्यो, र गोरखापत्रकै कम्पोजिटर ज्ञानु सिंहले दर्ता गरेको “स्वदेश” पत्रिका लव गाउँले र म भएर निकाल्ने अठोट गर्यौं । ज्ञानुले पनि सहर्ष सहमति जनाए । शुरुवात “गाइजात्रा अङ्क”बाट गर्ने सल्लाह भयो र रचना को-कोसँग माग्ने भनेर लिस्ट बनाउन शुरु गरियो । पहिलो नम्बरमै केशवराज पिंडालीको नाम राखियो र रचना माग्न म जाने भएँ । योक्रममा उनीसँग हिमचिम होला र गोरखापत्रको प्रकाशनमा प्रवेश पनि पाइएला कि भन्ने पनि थियो । म फेरि पुगें गोरखापत्रको माथिल्लो तल्ला केशवराज पिंडालीको कोठामा । मेरो शिष्टाचार उस्तै थियो र उनको पनि उस्तै थियो, बदलिएको थिएन। मैले ‘गाइजात्रा अङ्क’का लागि रचना माग्न आएको बताएँ । उनले भने, “पैसा ल्याउनुभएको छ ? कति ल्याउनु भा’को छ । मलाई १०० रुपैयाँ चाहिन्छ एउटा लेखको । रेडियो नेपालले थोरै दिने भएकोले मैले त्यहाँ दिन छाडें ।” उनको कुरा सुनेर म हक्क न बक्क भएँ । १०० रुपैयाँ २०३७ सालमा ठूलो कुरा थियो । गोरखापत्रले नै २५।३० रुपैयाँ पारिश्रमिक दिने जमानाको कुरा थियो । “१०० रुपैयाँ लिएर आउनोस् अनि दिउँला !”, उनले भने । म झस्किएँ र सुकेको ओठमुख लिएर कोठाबाहिर निस्किएँ । रचना मागेर सम्बन्ध बढाउँला भन्ने मेरो महत्वाकाँक्षामा तुषारोपात भइसकेको थियो। त्यसपछि म तेश्रोपल्ट उनको कोठामा जाने अवसर नै पाइनँ । केशवराज पिंडाली एकदिन न्यूरोड पीपलवोटमा हल्ला आयो, केशवराज पिंडाली गोरखापत्रको सम्पादकबाट हटे । यो समाचार डडेलोझैं फैलियो र युवापुस्ताका लेखक/कविहरूले खुसीयाली नै मनाए । साँच्चै त्यसपछि मात्र युवा लेखकहरूको ठूलो जमातले गोरखापत्र संस्थानका प्रकाशनहरूमा निर्वाध प्रवेश पाए र एक किसिमको नयाँ लहर आयो, एउटा नयाँपुस्ताको औपचारिक र मान्यताप्राप्त उदय भयो । पत्रकारिताको सन्दर्भमा गोरखापत्रको सम्पादक पदमा जानुअघि उनले त्यसको पृष्ठभूमि नेपाल र कलकत्ताबाट बनाइसकेका थिए । केशवराज पिंडालीले आफ्नै सम्पादनमा २०१२ सालमा “विकास” साप्ताहिक तथा वि.सं. २०१८ तिर कलकत्ताबाट “नेपाल आव्हान” साप्ताहिक निकालेका थिए । केशवराज पिंडालीको रचनागत ख्याति “खै खै” ले चुल्याएको हो । त्यो उनको माष्टरपिस रचना थियो । साथीभाइमा ठट्टा गर्दै “खै खै” भन्ने चलनसमेत यसले ल्याएको थियो । एउटा लेखकको लागि यो गर्व र सन्तोषको विषय हो। यो कृति नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०१७ सालमा प्रकाशित गरेको थियो । यो कृति प्रकाशित भएको करिब एक दशक अवधिसम्म पनि उनको पहिचानको एक्लो सूचक यही “खै खै” नै भैरह्यो । २०२६ सालमा “एकादेशकी महारानी” प्रकाशित भएपछि यो उपन्यासले नेपाली पाठकको ध्यान तान्यो । साहित्यिक जगतमा एकप्रकारको खलबली नै मच्चाइदियो । किनभने यस किसिमको विषयवस्तुमा यसअघि कुनै उपन्यास लेखिएको थिएन । कतिपयले यस उपन्यासलाई केशवराज पिंडालीको आत्मकथात्मक उपन्यास हो भनेर पनि चर्चा गरे । यो चर्चालाई पिंडालीले भने इन्कार गरे, तर यो चर्चा हुनुका आधार भने बलिया नै थिए । केशवराज पिंडाली श्री ३ मोहन शम्शेरकी छोरीको प्राइवेट सेक्रेटरीको रूपमा राणाको दरवारमा काम गर्न पुगेका थिए । ती छोरीको विवाह भारतको उडिसामा भयो र विवाहपछि पिंडाली पनि उनको साथमै उडिसा पुगे । त्यो बसाईको अनुभव “एकादेशकी महारानी”को लागि आधारभूमि भयो । शाही नेपाल चलचित्र संस्थानले चलचित्र निर्माणका लागि कथा माग गरेको थियो । उनले “एकादेशकी महारानी” बुझाए । तर पछि यसलाई फिलिम बनाउने कुरा अघि बढेन । यसको सुटिंगका लागि भारत पनि जानु पर्ने, त्यसो गर्दा लागत बढ्ने भएकोले बरु अर्को कथाको लागि आग्रह गरियो र उनले नयाँ उपन्यास लेखे- “अन्तदेखि शुरू” । यस उपन्यासको आधारमा चलचित्र त बन्यो तर एउटा आक्षेप लाग्यो- यो फिलिम हिन्दीको ‘कोरा कागज’सँग मेल खान्छ भनेर । यसलाई पनि उनले इन्कार गरे । २०१७ सालको राजनैतिक सङ्कटपछि केशवराज पिंडाली काँग्रेसी नेताहरूका साथ भारतमा निर्वासनमा थिए । त्यो निर्वासन कालमा उनले काँग्रेस पार्टीको मुखपत्र “नेपाल आव्हान” सम्पादन गरेका थिए नेता कृष्णप्रसाद भट्टराईको साथमा । तर त्यसलाई ईन्दिरा गान्धीको सरकारले प्रकाशनमा प्रतिबन्ध लगाइदिएपछि त्यहीबेला उनले भारतमा निर्वासनको समयमा लेखेका थिए । अनि २०२६ सालमा नेपाल फर्कदा साथै लिएर आएका थिए र त्यसै साल साझा प्रकाशनबाट प्रकाशित भएको थियो । उनले त्यस उपन्यास आत्मकथात्मक भएको अस्वीकार गरे पनि र प्रमुख पात्र दीनानाथ उनै भएको चर्चा अस्वीकार गरे पनि सो उपन्यास ६० प्रतिशत कल्पना र ४० प्रतिशत तथ्यमा आधारित भएको भने स्वीकारेका छन्, मैले उनीसँग २०५० सालमा लिएको प्रत्यक्ष अन्तरवार्तामा । उनको “अन्त्यदेखि शुरु” उपन्यासको कथा पनि कुनै राणा प्रधानमन्त्रीको छोरीको जीवनगाथा भएको पनि आफैंले स्वीकारेका थिए । पछि उनले अरू २ वटा उपन्यास लेखे जसको पृष्ठभूमि विदेशको रहेको थियो । उनले गोरखापत्रबाट अवकास पाएपछि केही लामै समय आफ्ना छोराहरूसँग क्यानाडा र अमेरिकामा बिताएका थिए । उनका पछिल्ला उपन्यास त्यसै बसाईका अनुभवका उपलब्धी हुन् । २०२६ सालमा भारत निर्वासनबाट फर्किएपछि उनी कुखुरा पालेर बसे । प्रधानमन्त्री किर्तिनिधि विष्टसँग उनको राम्रो मित्रता थियो । एउटा लेखक, पत्रकार कुखुरा पालेर बसेको विष्टलाई जँचेन । उनले राजालाई बिन्ती गरे । उनको लागि उपयुक्त ठाउँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान हुन सक्थ्यो, तर त्यसको पुनर्गठन भैसकेकोले त्यहाँ मिल्ने अवस्था भएन र गोरखापत्र संस्थानमा साहित्यकै कामका लागि उनी नियुक्त भए, गोरखापत्रको शनिबारीया र मधुपर्क साहित्यिक मासिकको सम्पादनको जिम्मेवारीसहित । पछि गोरखापत्रबाट निवृत् भएपछि चाहिँ उनको संलग्नता पत्रकारितामा भयो । केशवराज पिंडालीले साप्ताहिक विमर्शसँग लामो समय सम्बद्ध रहे । सो पत्रिकालाई हरिहर विरही समूहले सञ्चालन गरेको थियो पछि, उनी निमित्त सम्पादक थिए र नियमित स्तम्भमात्र उनको प्रमुख जिम्मेवारी थियो । डिल्लीबजारको बाटुले घरको विमर्श कार्यालयको सम्पादकको कक्षमा उनी शोभायमान हुन्थे नियमित रूपमा । तर यही पत्रिकाले उनलाई सात महिना जेलको हावा खुवाइदियो । नेपाली राजनीतिमा पञ्चायतकालमा रसियाली कम्युनिष्टप्रति झुकाव भएका मकवानपुर जिल्लाका राजनितिज्ञ रूपचन्द विष्ट, उनले बोल्ने शैली र भाषाको तिख्करता र अर्ध अमूर्तताले गर्दा चर्चित थिए । उनी कवितात्मक शैलीमा पर्चा लेख्थे र त्यो पर्चा बेची हिंड्थे । पर्चामा लेखिएका कविताजस्ता लाग्ने उनको मौलिक शैलीका अभिव्यक्तिलाई उनले कविता भनेर बिभिन्न पत्रपत्रिकाले प्रकाशित पनि गर्दथे । त्यसै क्रममा उनको “होशियार” शीर्षकको विद्रोही अभिव्यक्ति कविताका रूपमा विमर्शमा छापियो । त्यही कविताका कारण दशैंको मुखमा उनलाई आफ्नो घरबाटै गिरफ्तार गरियो । शुरुमा २ हप्ता हनुमान ढोकामा प्रहरी हिरासतमा सहित उनी सात महिना जेल परे । यो बेग्लै कुरा हो, ‘मेरो कविता छाप्नेलाई किन जेल हालेको, लेख्ने म हुँ, मलाई जेल हाल’, भनेर रूपचन्द विष्टले सरकारसित आक्रोश व्यक्त गरेपछि उनलाई पनि जेल हालियो, तर उनलाई जेल हाले पनि केशवराज पिंडालीलाई तत्कालै छोडिएन । जेलको बसाइको क्रममा उनले खासै केही पनि लेखेनन् । तर जेलबाट मुक्त भएपछि भने उनले आफ्नो स्तम्भमा जेलका अनुभव र अनुभूतिलाई प्रशस्त लेखे, झण्डै एउटा पुस्तक नै निकाल्न पुग्ने जति सङ्ख्यामा । केशवराज पिंडालीको “गोदिप्रसाद वदेहाम” शीर्षकको एउटा व्यंग्य लेख निकै चर्चित भयो । साहित्य जगतमा त्यो जन-जनले बात मार्ने विषय बन्यो । कारण थियो, उनले त्यो व्यंग्य लैनसिहं वाङ्देललाई लिएर लेखेका थिए । त्यसको खुलासा समालोचक डा.तारानाथ शर्माले गरिदिएपछि त्यो निबन्ध खोजीखोजि पढिएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा जाने पिंडालीको मनसुवा र ठूलो धोको थियो । तर परिस्थितिवश उनलाई त्यो जुरेन । त्यसैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू र प्राज्ञहरूलाई उनी बेलाबेलामा चिथोरिरहन्धे, कोपरिरहन्थे, व्यंग्यको माध्यमले । आफ्नो लेखनका लागि राष्ट्रिय रूपमा त्रिभुवन प्रज्ञा पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनीधि पुरस्कार, भैरव पुरस्कार, वासुदेव लुईंटेल पुरस्कार लगायतका पुरस्कार प्राप्त गरेका थिए । तर अच्युतरमण अधिकारीले आफ्नो सम्पादन/प्रकाशनमा प्रकाशित हुने “उन्नयन” पत्रिकाको एउटा बृहत् विशेषाङ्क जुन निकाले उनको सम्मानमा, त्यो विभिन्न कोण र दृष्टिकोणबाट निकै महत्वपूर्ण थियो । त्यो विशेषाङ्कको विमोचन पनि निकै भव्यताकासाथ सम्पन्न गरिएको थियो । जनस्तरबाट गरिएको यो उनको जीवनकालको निकै ठूलो सम्मान थियो । यो सम्मानले उनी निकै खुशी भएका थिए । उनी ‘बिकारका लागि म काँचो पिंडालु हुँ, कोक्याउँछु, अविकारका लागि म पाकेको पिंडालु हुँ’ भन्ने गर्थे । साँचो अर्थमा उनको व्यंग्य लेखन काँचो पिंडालु थियो भने उपन्यासहरूचाहिँ पाकेको पिंडालु । उनको यो स्वभाव जीवनपर्यन्त रह्यो । खासमा केशवराज पिंडालीका नाममा प्रख्यात भए पनि उनको औपचारिक नाम थर केशवप्रसाद लामिछाने थियो । उनी कृष्णराज लामिछानेका सुपुत्रका रूपमा वि=सं १९७१ माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका थिए । तर उनको पुर्ख्यौली धादिङका पिंडा भन्ने ठाउँका भएकाले उनले आफ्नो नाममा थरको साटो पिंडाली राखेका थिए। जीवनको उत्तरार्धमा उनलाई प्रोस्टेट क्यान्सर भएको थियो र उनी वि.सं २०५५ साल जेठ २६ गते परलोक भए । केशवराज पिंडालीका दुई छोरा र एक छोरी भए पनि उनको साहित्यिक बिंडो उनकी छोरी कुन्दन शर्माले थामिन् कवियित्रीको रूपमा, जो २०१७ सालमा पञ्चायतको विरुद्ध निक्लेको जुलुसमा सामेल भएकी थिइन् । उनको विवाह भारतको दिल्लीमा भएकोले उनको नेपाली भाषाको लेखन उनको क्षमता अनुसार अघि बढ्न सकेन, तथापि एउटा कवितासङ्ग्रह भने साझा प्रकाशनबाट प्रकाशित भएको छ । २ जुलाई २०२०, बृन्दावन, भारत । #केशवराज पिंडाली #गोविन्द गिरी प्रेरणा संस्मरण : दुई हप्ता लामो कोरोनासँगको लडाइँ जितेपछि .....: आज संसारभर कोरोना कोभिड-१९ नामक रोगको महामारी फैलिएको छ । आज अर्थात् जुन महिनाको अन्तसम्ममा संसारभर एक करोडभन्दा बढी मानिस यस रोगबाट संक्रमित भइसकेका छन् भने पाँच लाखभन्दा बढी मान्छेको देहान्त नै भइसकेको छ । म बसोबास गरेको देश अमेरिकामा मात्र पच्चीस लाखभन्दा बढी मान्छे संक्रमित छन् भने एक लाख अठ्ठाईस हजारभन्दा बढी मान्छेको देहान्त भइसकेकोछ । हाम्रो देश नेपालको सतहत्तरै जिल्लामा यो रोगको संक्रमण फैलिसकेको छ । लक डाउन र एकान्तबास बसेको पनि करिब चार महिना पुगिसकेको छ । तर पनि यो रोगको संक्रमण झन् झन् बढ्दै छ । संसारभरका मान्छे सबै त्रस्त छन् र यसबाट बच्ने उपायको खोजीमा निरन्तर लागिपरेका छन् । तर पनि आजको मितिसम्म पनि यस रोगको खास औषधि पत्ता लगाउन विश्व समर्थ भइसकेका छैनन् । तर खोजी जारी छ । भन्छन्, अर्को वर्षको सुरुतिर यस रोगको निदानको औषधि बनिइसक्ने छ । आशा गरौँ अनि विश्वास राखौं, त्यतिन्जेलसम्म अति धेरै मानवीय क्षति नहोस्, अनि यो महामारीको तेज घट्दै जाओस् । बसन्त श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहँदा म पनि अछुतो रहन सकिनं । करिब दुई हप्ता अस्पतालमै उपचार गरेर म भर्खर यस रोगबाट मुक्त भएको छु । यसै सन्दर्भमा मैले भयोगेको कोरोनालाई यस संस्मरणमा समेट्ने जमर्को गरेको छु । सायद दिनको दुई बजिसकेको हुनुपर्छ । इस्वी सम्वत् २०२० मई महिनाको सत्र तारेख, जेठा छोराको फोन आयो । भन्यो, “ज्वरो आएको कारणले घर आउँदैछु ।” मलाई तत्कालै अनुमान भयो, कोरोनाको संक्रमण भएछ भन्ने र उसलाई एकान्तबास राख्ने तयारि गर्न थाल्यौं । ऊ भाेलिपल्ट डाक्टरकोमा गयो । दुई दिनसम्म उसलाई ज्वरो आई नै रह्यो । हामीले सकेसम्म एकान्तबासको नियम पूर्णरूपमा पालना गर्यौं । त्यसको दुई दिनपछि अर्थात् उन्नाईस तारेखमा मलाई हल्का ज्वरो आयो । मैले टायनल लिएँ । ज्वरो आउन बन्द भयो । फेरि दुई-तीन दिनपछि ज्वरो आउने-जाने भएको कारणले आफू पनि सङ्क्रमित भइयो कि भन्ने ठानेर जचाउन गएँ । समय दिनको एक बजेको थियो, जब मलाई चिकित्सकले जाँचे, तुरुन्तै इमरजेन्सी एम्बुलेन्स बोलाए । अक्सिजन दिए र अस्पतालमा भर्ना गरे । मलाई मेरो स्थिति त्यति नाजुक भएको जस्तो अनुभव नै भएको थिएन । अस्पतालको सघन उपचार कक्षमा करिब दुई हप्ता उपचारपछि बल्ल मलाई अस्पतालबाट फर्किने अनुमति दिइयो । म भर्जिनिया राज्यमा बस्छु । यस राज्यमा मार्च महिनाको सुरुसम्म पनि त्यति महामारीको संक्रमण फैलिसकेको थिएन । तर आमनागरिकको सुस्वास्थलाई ख्यालमा राखेर कार्यस्थल बन्द गर्ने कार्य सुरु भइसकेको थियो । त्यही समयमा मेरो काम पनि अनिश्चित कालको लागि बन्द गर्ने जानकारी प्राप्त भयो । मार्च महिनाको मध्यबाट नै मेरो कामको कम्पनी बन्द भएपछि म पूरै घरमै थिएँ । मेरो पूरै परिवार कोरोना संक्रमणबाट बाँच्न विभिन्न घरेलु विधि प्रयोग गर्न तल्लिन भयौं । ज्वानो, बेसार र अदुवा राखेर उमालेको तातो पानी दिनको दुईपटक पिउने नियम बसायौं । भिक्स राखेर तातो पानीको बाफ दिनहुँ जसो लिने गर्न थाल्यौं । मेरो न्यूयोर्केली मित्र ससांग लामाले भने झैं त्यसरी बनाएको तातोपानी एक ठूलो घ्याम्पोभन्दा बेसी पिइयो नै होला । कोही बाहिर गएर आयो कि सानेटाइजर लाउने, हात धुने, मास्क लाउने गर्न थालियो । हामी (श्रीमती र म)ले किनमेल गर्न जान पनि धेरै कम गर्यौं । बाहिरफेरको काम सबै नै छोराहरूले नै गर्न थाले । घरको बसाइ मच्चिदै गएपछि टेलिभिजनमा महाभारत, पाकिस्तानी टेली सिरियल र केही नेपाली चलचित्र छानीछानी हेर्न थालियो । पढ्नमा बीपीका सबै पुस्तक फेरि दोहोर्याइयो । मदनमणि दीक्षितको “माधवी” फेरि सुरु गरियो । सोचेथें, दुई वर्षपछि निवृतिभरणको समय भएपछि बुबाको बारेमा एउटा किताब लेख्न सुरु गर्नेछु । बुबाको बारेमा अरू विद्वानवर्गले लेखेका पुस्तक “नारायण मान स्मृति ग्रन्थ” पहिले नै प्रकाशित भइसकेको छ । तर बुबाले आफ्नो जिल्लाको विकासको लागि शैक्षिक क्षेत्रमात्र नभएर सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा पनि कस्तो योगदान दिनुभएको थियो भन्ने यथार्थ र ऐतिहासिक दस्ताबेजसहितको एउटा पुस्तक तयार गर्ने योजना थियो । लक डाउनले समय प्रसस्त भएको कारणले त्यो पनि लेख्न सुरु गरियो । करिब-करिब पच्चीस पेज पनि सकिएको अवस्थामा छ । ईष्टमित्रले यस समयमा निम्ता नगरेका पनि होइनन् । तर समय र स्थिति त्यति अनुकूल नभएको र आफ्नो उमेरले पनि विशेष ख्याल राख्नुपर्ने भएकोले कहींकतै पनि गइएन । यसरी नै धेरै सतर्कताका साथ हाम्रो दैनिकी र महामारीसँग लड्ने तयारीमा हामी तम्तयार थियौं । तर दैवको खेल भनौं या समयको या यसलाई यसो भनौँ, मैले नै कतै सुरक्षित उपायलाई अलिक बेवास्ता गरें र गल्ती भयो, थाहा नै भएन । मेरो जेठा छोरा बबिन एक-दुई दिनपछि नै ठीक हुँदै गयो । त्यसको दुई-तीन दिनपछि नै मलाई हल्का ज्वरो आएको थियो । त्यसबेला मैले सोचेको थिएँ- यो कोरोना महामारीले मेरो घरमा एक हप्ता अब ताण्डब मच्चाउने भयो । त्यसपछि त ठीक भइहाल्छ । किनकि हामीसँग यो भाइरससँग लड्ने क्षमता छ, दिनभरि मसलादार तातोपानी र भिक्सको बाफ लिएपछि यो गइहाल्छ नि | तर सोचे जस्तो भएन । बबिनलाई दुई-तीन दिनपछि नै ठीक हुँदै गए पनि विद्यालाई संक्रमण भयो । उनलाई पनि दुई-तीन दिनपछि नै ठीक हुँदै गयो । पछि बबिन, ब्रायन र विद्या, म अस्पतालमा हुँदा नै संक्रमण मुक्त भइसकेका थिए । तर मलाई ज्वरो पुरै बन्द नभएर आउने-जाने भएपछि नै घरपरिवारको जोडले नै भाइरस जाँच्न गएको थिएँ । तर त्यहाँबाट एम्बुलेन्समा अस्पतालको आपतकालीन कक्षमा पुर्याइएको थिएँ । अस्पतालको आकस्मिक कक्षमा एक्सरेदेखि सबै जाँच गरेपछि करिब आधा घन्टामै मलाई अस्पतालको ३२५ नम्बर कोठामा स्थान्तरण गरियो । त्यसपछि सुरु भयो मेरो जीवन-मरणको लडाइँ । प्रत्येक घण्टा-घण्टामा डाक्टर र नर्सको उपस्थिति अनि रगत र सुइँको उपचार । चार दिनसम्म त म चेत भए पनि अचेतकै स्थिति रहें । दुईतिरको हातमा नै सुइँ रोपिएका छन्, नाकमा अक्सिजन र प्रत्येक घण्टामा रगत जाँच र औषधिको सेवनले जीउले लत्तो छोडिसकेको भान हुन्थ्यो । दिन र रात एकनासले चल्दै थियो । सिर्फ आँखा चिम्म गरेर पल्टिरहनुसिवाय अर्को उपाय थिएन । सपना र कल्पना कहिलेकहीं त छुट्याउनै गाह्रो थियो । थुप्रै कथा, कविताका खाका कल्पनामै तयार हुन्थे । अस्पतालको शैय्यामा मेरो दिवंगत बुबा-आमालाई सपनामा थुप्रैपटक देखें । घर-परिवारका धेरै सदस्यलाई पनि देखें । तर सबै परिवारलाई देख्दा हाम्रो नेपालको पहाडको घरमा नै देखें । तर त्यसमध्ये पनि एउटा सपना बारम्बार दोहोरिरह्यो र मलाई अचम्म लाग्यो । अहिले पनि त्यो बारम्बार आइरहेको दृश्यले पटक-पटक सोच्न बाध्य बनाउछ । सपना यस्तो थियो; म ठूलो समुन्द्रको जहाजमा छु । गोधूली साँझको समय छ । मेरो ठीक अगाडि करिब छ फुटको दूरीमा एउटा सानो बालक कालो लुगा लाएर उभिएको छ । ऊ एकनासले डुब्न लागेको दूर क्षितिजतिर एकटकले हेरिरहेछ । म उसलाई भेट्न पाइला चाल्न कोशिस गर्छु, तर मेरो पाइला चलिरहेको छैन । म उसलाई बोलाउन चिच्याउँछु, तर ऊ निरन्तर बेवास्ता गरेर क्षितिज हेरिरहन्छ । जति कोशिस गरे पनि म सफल हुन्न । त्यो बालक न मतिर फर्कन्छ न म उसलाई भेट्न नै सकिरहेको हुन्छु । सपना त्यति मात्र हो । तर मलाई हुबहु यही नै सपना निरन्तर दिन आइरह्यो । हरेक पटक ब्युँझेपछि सोच्थेँ- आखिर यो सपना दोहोरिनुको कारण के होला ? कुनै अनर्थको सामना त गर्नुपर्ने त छैन मैले ? अलिअलि डर । अलिअलि रहस्य । धेरै अन्यौल नै थियो । आखिर सपना के हो ? यो किन आउँछ ? आममानिसहरू सपनाका फलहरू भन्ने गर्छन् र त्यसमा विश्वास पनि गर्छन् । तर सपनाको फलबारेमा मलाई त्यति विश्वास लाग्दैन । जुन आमरूपमा धेरैले हरेक सपनाको शुभ-अशुभको फल भन्ने गर्छन् । जहिले पनि र अहिले पनि मलाई सपना केही होइन भन्ने नै लागिरह्यो । तर रहस्यमयचैं लाग्छ । अनुसन्धानकर्ताले भन्ने गर्छन्, सपना त्यो आउँछ जुन कुरा मान्छेले देखेको हुन्छ, भोगेको हुन्छ या सुत्नअघि सोचेको हुन्छ । तर मैले जीवनमा यस्ता कति सपना देखेको छु जुन न त मैले देखेको थिएँ न त मैले सोचेको नै । तर मैले अस्पतालको शैय्यामा देखेको सपनाले मलाई सोच्न बाध्य बनायो कि यसमा कुनै कारण या रहस्य पो छ कि ! त्यसैले मैले अस्पतालमा देखेको सपना एकपटक होइन, तीन-तीन पटक देखें । आखिर त्यो के होला या केको संकेत पो हो कि ? अब मेरो यो उत्तरार्धको जीवनमा यसले अर्को रहस्य थपिदिएको छ । कोरोना माहामारीमा जुन संक्रमण भइरहेको छ, त्यसको खास औषधि छैन । भनौं अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले मेरो चिकित्सकहरूले ममा पनि थुप्रै औषधिको प्रयोग गरे । कुन औषधिले कतिको फाइदा-बेफाइदा गर्छ त्यसको जाँचको लागि पटक-पटक रगत लिन्थे । एन्टिबायोटिक, स्टेरायड र अरू थुप्रै औषधि निरन्तर चलाए । चलनचल्तीमा यो बिरामीलाई चलाउने मुख्य औषधि रेमेदिसायेर सुरु गर्न मेरो अनुमति मागे तेश्रो दिन । तर त्यसले मेरो कलेजोलाई असर पार्न थालेकोले त्यो बन्द गरे । यसरी विभिन्न औषधिको प्रयोग ममा भई नै रह्यो । करिब एक हप्तापछि मात्र स्वास्थमा अलिअलि औषधिले असर गर्न थालेको महशुस गरें । त्यसपछि अक्सिजनको लेभल अलि घटाउँदै लान थाले । करिब दुई हप्ता अस्पतालको शैय्यामा पल्टेर बस्दा खुट्टाले भुइँ टेक्न सक्दैन थियो । खुट्टा जाम नहोस् भनेर दुई खुट्टामा नै नेल ठोके जस्तोगरि भाइब्रेटर जोडिएको थियो । जसले मेरो खुट्टाको मसलहरू जाम हुनबाट रोक्नमा मद्दत गर्दथ्यो । एकप्रकारले मसाज थियो त्यो । तर म उभिन पनि सक्ने अवस्थामा थिइनँ । अस्पताल बसेको करिब दुई हप्तापछि बल्ल घर जाने अनुमति दिए । अस्पतालबाट छुट्ने अघिल्लो दिन फिजिकल थेरापिस्ट आएर मेरो जाँच गरिन् । उनले उभिनको लागि लट्ठी आवश्यक पर्छ भनी एउटा लट्ठी दिएन् । अस्पतालबाट छुट्ने दिन त्यहाँका स्वास्थकर्मीले मलाई अत्यावश्यक पर्ने अक्सिजनको सिलिण्डर बोकाए, हातमा लट्ठी थमाइदिए । मेरो जीउमा हड्डी र छालाबाहेक केही थिएन । सोचें, सार्है शरीर गलेछ । आँखाबाट आँशु तप्पतप्प रसाउँदै बगे । अति नै भावुक बनेछु त्यस समय । मेरो शरीरको अवस्था बीस वर्ष बढी भएको महशुस गरें । ह्वील चेयरमा राखेर मलाई अस्पताल बाहिर निकाले । दुई हप्तादेखि नदेखेका मेरा दुई छोराहरू अस्पतालबाहिर मलाई पर्खेर बसिरहेका थिए । यत्रो दिनपछि देख्न पाएको खुसी उनीहरूको मुहारमा थियो । एउटा वृद्ध मान्छे, दुब्लो पातलो, झ्वास्स दारी-जुँगा पलाएको अनि नाकमा अक्सिजन लाएको, हातमा लठ्ठी बोकेर ह्विल चेयरमा आइरहेको देखेर उनीहरूको मनमा कस्तो विचार आयो होला ! म भन्न सक्दिनँ । म फर्केर आएकोमा ती अवश्य नै खुसी त भए होलान्, तर मेरो अवस्था देखेर तिनको मनले अझ के सोचे होलान् ! म अहिले सोच्ने गर्छु । घरमा विद्या झ्यालबाट हेरेर पर्खिरहेकी देखें । फेरि आँखा रसाएर आयो । करिब तीस वर्षमा यही एकपटक होला, यति लामो हाम्रो देखाभेट नभएको । फेरि आँखा रसायो । तर मन थामेर रोकें । पार्किङ्ग लटदेखि मलाई दुइटा छोराले दुईतिर समातेर (बोकेर) घर पसाए । घरभित्र पसेपछि लामो सास फेरेर थचक्क बसेँ । परिवारलाई संयुक्त देख्न पाउँदा एकछिन त मैले मेरो स्वास्थस्थिति नै बिर्सें जस्तो भयो । अनि मन-मनमा भनें- धन्य हौ तिमी परमात्मा ! जसले मलाई बचाएर घर फर्कन सफल बनायौ । अहिले म रोगमुक्त बने पनि कमजोरीको कारण स्वास्थलाभ गरी घर नै बसेको छु । कसैको जीवनको पूरा आयु कति हुन्छ ? थाहा छैन । तर लामो जीवन जिउन कसलाई पो रहर नलाग्ला र ? म पनि नयाँ जीवन पाएकोमा धन्य भएको छु । रहर लागेको छ, नयाँ-नौलो केही गर्ने । अधुरा काम चाँडै सम्पन्न गर्ने । अनि बाँकी जीवन माया, प्रेम र शुभेच्छा बाँडेर बिताउने आदर्श प्रतिबद्धता बोकेको छु । हेरौं, कति सफल हुन्छु । अस्तु ! भर्जिनिया, अमेरिका #बसन्त श्रेष्ठ पुर्खाले छाडेको देश टेक्दै गर्दाको क्षण: ‘नेपाल त्यही हो,’ भीम पाण्डेले खोला पारिको बाक्लो बस्ती देखाएपछि मेरो आँखा घरि–घरि काँकडभिट्टा भनिने परको त्यो बस्तीतिर गइरहन्थ्यो । नेपाल आउन यति धेरै सङ्घर्ष गरेपश्चात आफ्नो आँखाअगाडि नेपाललाई देख्नुको अनुभव बेग्लै हुँदोरहेछ । हुन त त्यो खोलापारि र वारिमा के नै फरक हुँदो हो र ? तर नेपाल देख्ने बित्तिकै खुसीले मन भावविभोर हुँदै थियो । जति जति पाइला अघि बढ्थे, मन उडेर काठमाडौं, पोखरा नजाने कुन-कुन ठाउँको नाम याद आइरहन्थ्यो । बच्चादेखि सुनेका नामहरु यहाँ अटेसमटेस हुँदै बाहिर आइरहेका थिए । नेपाल र भारतको सिमाना भएकाले ओहोर दोहोर गर्ने मानिसको घुइँचो थियो । बाइक, रिक्सा, साना–ठूला गाडीहरू पनि हामीले रिजर्भ गरेको गाडीलाई जित्दै अघि बढ्ने प्रयास गर्थे र त्यहाँ कोकोहालो मच्चिन्थ्यो । यात्रुहरूमा धेरैजसो बंगालीहरु थिए । कतै-कतै नेपाली बोली पनि सुनिदै थियो । यसले मलाई ती आवाजतिर तानिहाल्ददथ्यो । मेरो बाल्यकालदेखिको एउटा सोच, कोही नेपाली बोल्छ भने ऊ आफन्त हो । आफ्नो नाताबाहेक मैले अरुले नेपाली बोलेको कहिल्यै सुनिनँ । ठूलो भएपछि जब गोर्खा समाजमा जान थालेँ, ती सबै एउटै गोर्खाली परिवारका सदस्य हुनुहुन्थ्यो । यसर्थ नेपाली बोल्ने सबै मेरालागि नातेदार नै हुन् । त्यसैले पनि नेपाली सीमा आउन थालेपछि भिडमा कतैकतै नेपाली आवाज सुन्नेबित्तिकै मेरो आँखा त्यतैत्यतै जानुको कारण यही थियो । नेपालको सीमा छुवुन्जेलसम्म मलाई नेपालका सबैले दुई हात पसारेर स्वागत गर्छन् भन्ने लागिहाल्दथ्यो । जसले नेपाली बोल्यो, उसलाई भन्न मन लाग्दथ्यो, म बर्मादेखि तपाईंलाई भेट्न आएको । तर कसरी भन्ने ? उनीहरुको अनुहार गौर गरेर हेर्थें र अर्को आवाज आएतिर फर्कंन्थे । अर्कोतिर पनि नेपाली बोलेको आवाज आउँथ्यो । भारतीय सिमानाको अन्तिममा पनि यात्रुहरुलाई ठाउँठाउँमा कडा निरीक्षण गर्ने रहेनछन् । दुई देशको अन्तर्राष्ट्रिय सिमानामा यो स्वभाविक पनि हो तर यो नेपाल-भारत सम्बन्धका कारण होला, सोचेजस्तै लामो समय लाग्ने खालको थिएन । तै पनि मलाई हतार लाग्दथ्यो । सामान्य लगेज हेर्ने दुई मिनेट पनि कति समय लाग्दैनथ्यो । तर मेरालागि त्यो दुई घन्टाको समय महसुस हुन्थ्यो । हाम्रो गाडीका ड्राइभरले सिलीगुडीबाटै हामी बर्माबाट आएको थाहा पाएका थिए । र, उनले मेरो हडबड र नेपाल प्रतिको लगाबबाट मेरो मनस्थिति बुझिसकेका थिए । यही कारण उनी बाटाभरि बर्माका विषयमा सोधपुछ गरिरहेका थिए । जब उनी बर्माका विषयमा एउटा प्रश्न सोध्थे, हामी नेपालका विषयमा चारवटा प्रश्न गर्दथ्यौँ । जस्तो उनीहरुलाई हामीले सोधेका थियौँ, ‘नेपालमा धिताल गाउँ कहाँ छ ?’ साथी सरगम धितालले नेपालमा धिताल गाउँ छ भन्ने सुनेकी रहिछन् । उनलाई त्यो गाउँ पुग्ने इच्छा थियो । तर ड्राइभरलाई नेपालकाकाँकडभिट्टा र त्यसपछिका दुई चार नेपाली गाउँ मात्र थाहा रहेछ । ‘हामी धनगढी साहित्य महोत्सव जाँदैछौँ यहाँबाट कति टाढा पर्छ ?’ अझ धनगढीको नाम त उनले सुनेकै रहेनछन् । केही वर्ष गाडी चलाएका र थोरै-थोरै नेपाली बुझ्ने ती बंगाली ड्राइभरलाई हाम्रो बारेमा धेरै चासो देखिन्थ्यो तर हाम्रा प्रश्नले उनको केही पनि लागेन । ‘तपाईंहरु कसैगरी पनि नेपाली देखिनुहुन्न । म यहाँ गाडी चलाएको यत्तिका वर्ष भयो तर तपाईंहरुजस्तो नेपाली देखेकै थिइनँ,’ ड्राइभर दाइले पुनः मन थाम्न नसकेर प्रश्न गरेका थिए । उनको विचारमा म केही काली र नाकमा फुली भएकाले म भने नेपालीजस्तो देखिन्थेँ । ‘किन ? नाकमा फूली लगाएको कारणले हो कि मलाई मात्रै नेपालीजस्तो देख्नु भो ।’ ‘हो तपाईं चैँ नेपाली देखिनुहुन्छ । अरु छुट्याउनै नसक्ने । न नेपाली, न बंगाली । थाहै भएन,’ उनले मधुदी र सरगमको अनुहार एक एक गरेर हेरे । त्यसपछि मेरो अनुहारमा अडिए । नेपाल प्रवेश गरिरहँदा आफू नेपाली जस्तो देखिन्छु भन्दा निकै खुसी लाग्यो । मलाई नेपालमा निकै राम्रो स्वागत हुनेछ भन्ने विश्वास पनि मनमा पलायो । ‘अब सुरु भयो मेची पुल,’ पुलमा गाडी प्रवेशपछि ड्राइभर दाइले भने, ‘यो खोलाको बीचमा नेपाल र भारतको बोर्डर छुट्टिन्छ । यता हाम्रो भारत, उता तपाईंको नेपाल ।’ खासमा नेपाल पनि हाम्रो त कहाँ हो र ? तर उनले तपाईँको नेपाल भनिदिँदा पनि खुसी लाग्यो । मेची पुल निकै लामो रहेछ । मैले सुनेका नेपाली नदीहरुमध्ये, मेची, कोसी, गण्डकी, त्रिशूली र महाकाली हुन् । अँ बाग्मती पनि नदी नै होला । सानैदेखि सुनेका यी नदीहरुमध्ये यतिखेर हामी एउटा नदी हुँदै नेपालभित्र छिर्दैछौँ । हामीले पुल टेक्नेबित्तिकै नमस्कार गरेका थियौँ । हाम्रालागि नदी देवता हुन्, देख्नेबित्तिकै नमस्कार गर्न मन लाग्छ । त्यसमाथि नेपालका नदी त हाम्रालागि साक्षात ईश्वर । पुल जति लामो थियो नदी त्यति ठूलो लागेन । पानीको तुलनामा बालुवाको नदी भन्दा ठिक होला । बर्माको एरावती नदी कता हो कता ठूलो ! तर पुल तर्दै जाँदा काँकरभिट्टा नजिकिँदै जान थाल्यो । काँकरभिट्टा नपुग्दै मेरो मनस्थितिले गरेको प्रसन्नता न भनिसाध्य छ, न लेखिसाध्य ! मेरा खुसीहरू मन हुँदै आँखामा पुगेर टिलपिलाए । नेपाल आमाको काखको अनुभव गर्दै लामो स्वास फेरेँ । नेपाल भित्रिदा त्यहाँको स्वच्छ हावा जो हिमालको सुगन्ध छर्दै फैलिएको थियो, त्यसले भरपुर आनन्द दिई स्वागत गरिरहेको थियो । नेपालतिरको बोर्डरमा जताततै नेपाली बोलेको मात्रै सुनियो । यता पनि नेपाली, उता पनि नेपाली । यस्तो नेपाली बोल्नेहरुको भिड कहिल्यै देखेको थिइनँ र हाम्रो कल्पनामा यस्तो कुरा आउँदैन पनि ! गाडीबाट उत्रिएर मैले नेपाली भूमि छोएर दर्शन गरेँ । अरु साथीहरुले पनि यसै गर्नुभयो । यो हाम्रो अनजानमै गरेको कार्य थियो । सायद सय वर्षपछि आफ्नो पितृभूमिप्रति यो श्रद्धा अर्पण थियो । मैले मनमनमा धन्यवाद दिएँ, बर्मामा नेपाली भाषा बचाउने अग्रज साहित्यकारज्यूहरुलाई । जसले हामी जस्ता चौथो पुस्ताका नेपालीहरुलाई नेपाली बोल्न लेख्न सिकाउनु भयो र यही नाताले हामी यहाँ आइपुग्यौँ । हाम्रा पुर्खाहरू सय वर्षअघि आफ्ना स–साना छोराछोरी दायाँ–बायाँ च्यापेर कुम्लो कुटुरोसँगै पैदल हिँडेर हामी यता आएकै बाटो बर्मा भित्रिएका भन्ने कुरा पटक-पटक सुनेकी थिएँ । आज सय वर्षपछि झण्डै त्यही बाटो गाडी चढेर एउटा सम्मानित कार्यक्रममा आउँदै थियौँ । यो भाषा नबचेको भए म यहाँ आउन सम्भव थिएन । आए पनि आफ्नो भनेर आउन सम्भव थिएन । पराइ भएर पराइ देशमा गएजस्तै हुनुपर्दथ्यो होला । नेपालबाट किन यति धेरै नेपाली बर्मा छिरे भन्ने कुरा पटक-पटक सुन्ने गरिन्छ । अनेक हण्डर खाएर हाम्रा पुर्खा बाँचे र हामीलाई बचाए । कोही सैनिक भएर सिमानामा लड्दै आफू मरे तर परिवार बचाए । कोही ९० सालमा आएको भूकम्पमा सबै गुमाएपछि दिक्दार लागेर महिनौ हिँडेर बर्मा पुगे र आफ्ना सन्तानलाई बाँच्न सक्ने खेत जम्मा गरिदिए । कोही पारिवारिक अंशबण्डामा अन्यायमा परेपछि जीवनभर गाउँ फर्कन्न भन्दै कसम खाएर बर्मा पुगे र उतै बिलाए । कोही राणाहरुको मुखे कानुनको भरमा चार भञ्ज्याङ् कटेपछि बर्मा हानिए । कोही राजनैतिक शोषण र दमनको सिकार भएर भागे । कोही बेचिएर बर्मा पुगे । कोही मुग्लान जान्छु भनेर हिँडेको मान्छे कहाँ आएँ भन्ने थाहै नपाइ बर्मा पुगे । नेपालबाट बर्मा पुग्नेहरुको इतिहास लेखिने हो भने कति विरह र करुण गाथा बन्छ, नेपालमा कसैले कल्पना गरेको छैन । कल्पना गर्नेहरुले लेख्ने आँट गरेका छैनन् । ठूला मानिसहरुको इतिहास लेखिने समयमा यी प्रवासीने नेपालीहरुको तथ्य कसले खोज्ने ? कसले लेख्ने ? विदेशी भइसकेका यी नागरिकहरुको बारेमा अब कसले चासो राख्ने ? मेची पुल त्यो बेला थिएन, बाटोहरु पनि यी थिएनन् । ती ठूला नदी तरेर, ठूला पहाड अप्ठ्यारा बाटाहरु हिँड्दै कसरी हाम्रा पुर्खा त्यति टाढा पुगे होलान् ? विषम परिस्थिति झेल्दै, रुँदै यो सिमाना छाड्नेहरुका सन्तान हामी यही माटोमा टेक्न सिमानासम्म आइपुगेका छौँ । ‘मेरो बुबाले काँधमा बोकेर मेरी मामा र ठूली आमालाई डोर्याउँदै चामल रासनसहित बाटामा पकाउँदै खाँदै दुई महिनाको हिँडाइपछि यहाँ आइपुगेका हौँ,’ हजुरआमाले आमालाई भनेको कथा पुनः आमाबाट मैले सुनेको कुरा मलाई सम्झना हुन्छ । एउटै कथा हजुरआमाले आमालाई सयौँ पटक सुनाउनु भएको थियो । यस्ता कथा हजुरबुबाबाट बुबा र बुबाबाट हामी हुँदै यो कथा बर्माका हरेक बच्चाले सुनेका छन् । हरेक बर्मेली गोर्खालीलाई आफ्नो इतिहास बिर्सेलान् कि भन्ने चिन्ता छ । हजुरआमा पटक-पटक नेपाल पुग्ने इच्छा राख्नु हुन्थ्यो । आफू नेपाल पुग्न नसके पनि यी नाति-नातिनाले नेपाल नबिर्सियून् भन्नु हुन्थ्यो । सायद यही कारण यो कथा हामीसम्म जस्ताको तस्तै आइपुगेको छ । हामीले पनि बिर्सनु छैन, नेपाल छाडेका कथाहरु किनभने आगामी पुस्तालाई सुनाउनु छ । हजुरआमाले आमालाई सुनाएको जीवनकथा आमाले मलाई सुनाउँदा मलाई ती दन्तेकथाझैं लाग्थ्यो । आमाको सुनाउने शैली पनि रमाइलो थियो । सायद आमाको कथा सानैदेखि सुनेर हुन सक्छ, मलाई यस्ता कुरा भन्न र लेख्न मन पर्छ । ‘आमा, हजुरबुबा किन नेपाल छाडेर बर्मा आउनु भाको ?’ ‘त्यो बेला बर्मामा नुन चाल्दा पनि सुन पर्छ भन्थे रे नि त ! नुन चाल्दै पैसा कमाउँदै गर्न आएका रे । बुझिस् ?’ ‘अनि कति पैसा कमाउनु भयो त ?’ म आमाको कुरामा छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्थें। आमाले मुसुक्क हाँस्दै जाने जति जवाफ दिनु हुन्थ्यो । आमाका ती कुरामा कति सुनेका कुरा थिए होला, कति साँच्चै इतिहास थिए होलान् ! तर अनौठा कुरा सुनाउनु हुन्थ्यो । ‘किन रुनु भएको ?’ सीमा गुरुमाले मलाई हल्लाएर सोध्नुयभो । म त भिडमा पनि एक्लो भएर पुरानो इतिहास सम्झिरहेकी थिएछु । “हैन, आँखा कहिलेकाहीँ बिनाकारण रसाउँछन्,’ मैले कुरालाई टार्न खोजेँ । मैले सबै-सँगै यात्रारत साथीहरुलाई हेरेँ । टिम लिडरलाई हेरेँ । उहाँहरूको अनुहार हिमालयमा सूर्यको पहिलो किरण पर्दाको जस्तो चम्किलो थिए । म मात्रै अनावश्यक भावुक भइरहेको रहेछु । यो त खुसीको क्षण पो हो त ! सायद उहाँहरुले पनि मनमा आफ्ना पिता पुर्खाका कथा-व्यथा यहाँ आएर सम्झनु भयो होला । आखिर हामी सबैको पितृभूमि हो यो । सबैका आआफ्ना कथा छन् । फरक यत्ति हो, कसैका समयको कालान्तरमा बिलाउँदै गए भने कसैका ताजै छन् । उहाँहरू पनि भावनामा बग्दै हुनुहुन्थ्यो होला मजस्तै । तर कोही पनि आफ्ना भावना देखाउन सकिरहेका छैनन् । सायद भिडमा भएका कारण पनि यसो भएको हुनसक्छ । नेपालको मायामा चुर्लुम्म डुबेर आफ्ना पितापुर्खाहरूबाट सुनेका जीवनकथा, उपकथाहरूले ब्यूँझाइरहेका होलान् । बर्मा बसे पनि नेपालमै बसे पनि, हुन त हामी नेपाली नै हौँ। जाति प्रेम हाम्रो रगत बनेर शरीरको अङ्ग अङ्गमा दौडिएको छ। सायद यही कारण होला, बर्माको दुःखमा हामी दुःखी हुन्छौँ नै तर नेपालका उतारचढाव र सङ्कटमा पनि परबाट चिन्तित हुन्छौँ । प्रवासिएको डेढसय वर्षपछि पनि नेपाली भाषा संस्कृति जिउँदै राखेका छौँ । नेपाल प्रतिको माया पनि उसैगरी मौलाएको छ आज पनि । परैबाट भए पनि एकपटक नेपाल हेर्ने चाहना सबै म्यान्माली नेपालीमा हुन्छ । अझ त्यसमा हामी नेपालकै काखमा लुटपुटिन पुगेका आफूलाई भाग्गेमानी नसम्झेर पुग्दै पुगेन । आज २३ तारिख, मेरा यी अनुभूतिको साक्षी बनेको यो दिन । मेरो जीवनको सुन्दर दिनमध्ये पर्छ आजको दिन । त्यसैले डायरीमा ठूला अक्षरले लेखिएको छ, नेपाल प्रवेश गरेको दिन । हामीले नेपाली सिनेमा हेर्दाको नेपाल, नेपाली कथा उपन्यास पढ्दा कल्पना गरेको नेपाल । पिता पुर्खाबाट सुने जानेको नेपाल । सबैसबै नेपाल र नेपाली जनजीवनका काल्पनिक परिवेशलाई अब चाहिं आँखाले छुने र मीठा-मीठा अनुभवले भकारी भर्ने योजनाका थियो मेरो । काँकरभिट्टा पुगेपछि त्यहाँ एकएक दृश्य बटुल्नतिर लागेँ म । बजार फरक थियो तर अपनत्व थियो । फेसन पनि फरक थियो तर त्यो आफ्नै जस्तो लाग्दै थियो । हरकोही नेपाली बोल्दैथिए काँकडभिट्टा बजारभरि, त्यो मलाई संगीतजस्तै प्रिय लागिरहेको थियो । म बर्माको बजारमा जसरी स्वतन्त्र र गौरवपूर्ण तरिकाले भित्रैदेखि स्वतन्त्र महसुस गर्छु, ठिक त्यही अनुभूति भएको थियो मलाई । यो पनि मेरो देश हो, यही भावना मनभरि आइरहेको थियो । कहाँ मनिपुर, कहाँ डिमापुर कहाँ नेपालको काँकडभिट्टा ? ती बर्माका नजिक थिए तर परदेश जस्तै लाग्दथे । मनमा एक प्रकारको डर र त्रास थियो । तर यहाँ नेपाल आइपुग्नेबित्तिकै खुसीको कुनै सीमा छैन । आफन्त भनेको सायद यही होला । ‘लौ धेरै फोटो नखिच, अब अध्यागमन कार्यालयमा गएर कागज देखाउनु पर्छ ।’ टिम लिडर भीमजीले भनेपछि हामी कार्यालयतिर लाग्यौँ । जब भिसा लगाउने कागजपत्र देखाउन थाल्यौँ, तब पो थाहा भयो- हाम्रो खुसी कर्कलाको पानीजस्तो रहेछ…। #नेपालदेखि बर्मासम्म #रिता लामाकार्की खगराज बरालको 'सिकाइ र सहयोग' बजारमा \xa0: साहित्यपोस्ट सांग्रिला बुक्सले बन्दाबन्दीअगाडि नै मुद्रण भएका पुस्तक क्रमश: बजारमा ल्याउने भएको छ । सांग्रिला बुक्सका संचालक मणि शर्माका अनुसार बन्दाबन्दीअघि १० बालबालिका सम्बन्धि पुस्तकसहित १३ ओटा पुस्तक मुद्रण भएर तयार भएका थिए, तर बजारमा पठाउनुअघि ‘लकडाउन’ शुरु भएकाले बजार पठाइएको थिएन । “अब क्रमैसँग अड्किएका पुस्तक र अन्य नयाँ पुस्तक पनि बजारमा उपलब्ध हुनेछन् ।” मणि शर्माले साहित्यपोस्टसँग भने, “बन्दाबन्दीअघि दश विभिन्न शीर्षकका बालबालिकाका पुस्तक र खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ शिक्षा सम्बन्धि पुस्तक, जीवनप्रसाद राईद्वारा लिखित ‘समृद्दिका आधार’ र यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ प्रेसबाट आइसके पनि बजारमा पठाउन सकिएको थिएन, अब आइतबारबाट क्रमैसँग यी पुस्तक बजारमा पठाइने छ ।” आइतबारबाट सांग्रिला बुक्सले खगराज बरालद्वारा लिखित पुस्तक ‘सिकाइ र सहयोग’ बजारमा उपलब्ध गराउने छ । शर्माका अनुसार यो पुस्तकलाई थुप्रै अनलाइनसँगको सहकार्यमा सांग्रीला बुक्सले इ-बुक फर्म्याटमा समेत उपलब्ध गराएको छ । साथै, अमेजन, बार्न्स एन्ड नोबल जस्ता साइटमार्फत संसारका जुनसुकै ठाँउमा रहनुभएका पाठकले समेत पेपरब्याक संकरण पुस्तक प्राप्त गर्न सक्ने छन् । ‘सिकाइ र सहयोग’ पुस्तक सिकाइका प्रारूप– सुनाइ, बोलाइ, पढाइ र लेखाइका बारेमा बृहत जानकारी दिने पुस्तक हो । लेखकले शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षासम्बन्धि सैद्धान्तिक र व्यवहारिक समस्या र चुनौतीसँग आफूले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणका बारेमा पुस्तकमा सरल तरिकामा वर्णन गरेका छन् । पुस्तकका सन्दर्भमा लेखक भन्छन् – “सिकाउने शैलीमा शिक्षण सिकाइका विषयहरू कमै समेटिए, शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरू समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रियासम्बद्ध विषय ‘सिकाइ र सहयोग’ पुस्तकमा उल्लेख गरेको छु । अघिल्लो पुस्तकले झैँ यो पुस्तकले पनि पाठकहरूलाई फरक स्वाद दिने मात्र होइन ज्ञानको सीमासमेत फराकिलो पार्ने समेत विश्वास लिएको छु ।” लेखक बराल हाल नेपाल सरकारका सचिवका रूपमा कार्यरत छन् । उनका यस अघि करिब एक दर्जन विभिन्न विषयका पुस्तक प्रकाशित छन् । लेखकको यसअघि ‘सिकाउने शैली’ पुस्तक सांग्रिला बुक्सद्वारा नै प्रकाशित छ । ‘सिकाइ र सहयोग ‘ पुस्तकको मूल्य नेपाली रुपियाँ तीन सय पन्चानब्बे रहेको छ । #खगराज बराल मानव बस्तीको कालो इतिहास: तेरो आगमनले ल्याएको हाम्रो दूरुत्वलाई चियात्न खोज्ने हाम्रो जीवनलाई निःशब्द स्थिति बनाउने सन्त्रासभित्र डुबाउने तेरो आगमनलाई हाम्रो मौनताको आगोले सल्काउँदैछौ हाम्रो भीडभाडलाई च्यातेर हाम्रो समयलाई खोसेर तँ नरमाउदा हुन्छ अब हामी लुकेर ढुकेर तेरो हत्याको खाडल खन्दैछौ तेरो अदृश्य शरीरलाई हाम्रो एकता र संकल्पले ढडाउँछौ मानवजातिको हात बाँधे भनेर खुसी नहुँदा हुन्छ हाम्रो कुट्टे कोदालोलाई खोसे भनेर नरमाए हुन्छ । तेरो आगमनले हाम्रो आस्था र विश्वासमा आगो लगाइस् हाम्रो दैनिक जीवनको सार्थक दिनहरू खोसेर हामीलाई मृत्युको घण्टी झुण्डाउने तेरो आगमनलाई हामी लकडाउनको बुट्टी बाँधेर क्वारेन्टिनको मोज मारेर तेरो मृत्युको आगो तापिरहेका छौ अनुहार लुकाई अदृश्य रुपमा आक्रमण गर्ने तेरो दानव रुपलाई मान्छे बस्तीमा दूरी राखेर निर्मम हत्या गर्दैछौँ तेरो आक्रमणलाई मान्छेको बस्तीले चूपचाप रही घरभित्रै लुकेर एउटा लडाई जित्दैछौ मानवबस्तीले संकल्प गरिसक्यो हाम्रो संसारबाट तेरो उठीबास हुनेछ तँ भिसाबिना आएको छस् तँ भिसा बिनानै जानुपर्छ तेरो आक्रमण,तेरो संक्रमण मानवजाति निम्ति कालो इतिहास बनेको छ । #मानव बस्तीको कालो इतिहास #सुकरात दियाली काठमाडौँ मइन्टोल: फोक्सो भरिने धुलो र धुवाँ पिलाएर हरेक क्षण हरेक दिन बाँचिरहेछ प्राचिनता . अभाव पखाल्न आउनेहरूले दान दिएको समयमा आफ्नो कर्तुत छोपेर आवरणमा पल्काउन उसले गर्नु परेन कुनै विज्ञापन . कतिसम्म भने – स्वीकारेन कहिल्यै आफ्नो सन्तान उसले मलाई ठानेन मित्रसम्म पनि . मितेरी लाउँछ ऊ प्रदुषण बोकेर अनि होमिदिन्छ जबरजस्ती अभावका घुट्कीसँग .। बालकहरूका सन्दर्भमा – कहिल्यै सुनाएन लोरी काठमाडौँले कोक्रामा सुताएर बोलाउन जानेन कहिल्यै बात मार्न चौतारीमा बिसाउँ भनेन कहिल्यै पीडाका ढाकर . गाँस भनेन कहिल्यै भारापर्मको प्रेम बाँड भनेन कहिल्यै सहयोग र सद्भाव लाऊ भनेन कहिल्यै सुख दुःख बाँडेर आरती सात पुस्ता केलाएर केलाङ नाच्दै चुई….पकन्दी लयमा जानेन कहिल्यै सेवारो . सट्टामा – जिउँदा किचकन्नी र ख्याकहरूले तर्साउँदा जोखाना हेर्ने चार गेडा अक्षता बिनै चितामा सुत्ने बनायो आवरणको खोल ओढाउँदै मइन्टोलको भ्रमित उज्यालो देखाएर . सट्टामा – एक्लै खायो प्रसाद एक्लै पूजा लाएर उसले प्रसादका नाउँमा – चखाएन कहिले पनि एक पित्को अपुङ्गोसम्म . जान्यो घण्टी बजाउन हरेक प्रातः र सन्ध्यामा नित्सेका निर्जीव देउता ब्र्यूत्याउन बिडम्बना ! ब्यूत्याउन सकेन मानवता काठमाडौँले .। दम र खोकीले छाती दुखेर पल्टेको बेला दिएन पाखनबेद र बूढो ओखतीका टुक्रा . उसकै छातीमा घस्रँदा – घस्रँदै गानोगोला गएका दिन पिलाएन हड्चौर र ज्वानाको झोल काठमाडौँले . र उज्याला सपना बोकेर आउनेहरूलाई होमिरह्यो घोक्रो अँठ्याएर अँध्यारा विपना र चिताको वेदीमा . मष्तकमा श्रीखण्ड घसेर मौकामा छुरा धस्छ काठमाडौँ अभावका घण्टीहरूले अनाथ ब्यूझाउँन बाहेक चिनेन ईश्वर काठमाडौँले . सप्ताहमा डाकेर जानेन प्रसाद बाँड्न काठमाडौँले . आयु थपेर बाँच्नेहरूलाई दिएन बुटी काठमाडौँले . सट्टामा – सजिलै मार्न सक्छ तर दिँदैन लास ढाक्ने कात्रो र घाट काठमाडौँले . सुरक्षाको अनुभूतिमा – सुरक्षित बनायो आफ्ना चोकहरू तर जोगाउन जानेन कहिले छोरीचेलीको अस्मिता . चन्द्रागिरि र शिवपुरीको फोक्सो चुसेर बागमती डकार्छ ऊ पिसाबमा विष्णुमती बगाउँदै . जाहेर गर्छ ग्रिनसिटीको विज्ञापन विकास, समृद्धि र भाषणका ठेलीमा काठमाडौं मइन्टोल हो ।. जहाँ – नागरिकहरू लोभिएर भकाभक मर्ने गर्छन् अनागरिक भई . उज्यालोमा अभाव बोकेर अन्धकारमा बाँच्ने राजधानी आफैँमा अन्योलग्रस्त भविष्यको मन्त्र जपेर धमिरा भइरहेछ घुसखोरी , कालो बजारी र अन्यायको . न्यायको नाउँमा गुप्ताङ्गमा पिलो बोकेर पठाउँछ ऊ माग्नेहरूलाई पीडा थपेर . एक टुकी न्यायको उज्यालो माग्न आउनेहरूलाई बिना लाज सरम नै सयौँ मुठी अँध्यारो थपेर अन्याय गर्छ काठमाडौँ . बाँच्नसम्म त – कहीँ कतै सडक र पेटी छन् तर मरेको दिन – न घाट दिन्छ न चिहान खन्ने खाल्डो नै लाग्छ कहिले त मर्नभन्दा बाँच्नै सजिलो हुन्छ . बिडम्बना ! बाँच्न पनि पटक – पटक मरेतुल्य हुनुपर्छ काठमाडौँ नगरीमा . अँ त त्यस्तै हो मेरा आस्थाका सङ्कल्प ढलेका दिन अन्धकार अभावका काइमा चिप्लेर म मरेँ भने जुठो पनि लाग्दैन काठमाडौँलाई ।. उसकै पवित्र अङ्ग स्वयम्भुनाथ काखमा बुद्धकै अगाडि मान्छेहरू मारिइरहेछन् सत्यको पराकाष्ठ नाघेर . ब्यारेकका पेटीमै बलात्कार भइरहेछन् कुमारीहरू . एम्बुस र धरापमा पड्काइरहेछ दूधमुखे बालकहरूलाई आमाको काखबाट खोसेर . लुटिन्छन् विमानिस्थलबाटै परदेशीका पसिनाका थोपाहरू . रोजगारीमा विज्ञापनका कामुक ट्याटु खोपेर बेरोजगार उत्पादन गर्ने भट्टीहरूमा पुतलीझैं मरिरहेछन् शैक्षिक मृत्युहरू मानवियता बिर्सेर पीडा र सङ्कटमा शोकधून बजाइरहेछन् मन्दिरका पुजारी तिनीहरूसँगै बढिरहेछन् धार्मिक मृत्युहरू . गिदीमा घरको याद बोकेर साहुका ब्याजको सपना देख्दै पुतली भइरहेछन् बौद्धिक मृत्युहरू . कस्तो पत्थरिलो हृदय छ ऊसँग बाँच्न रहर गर्नेहरूलाई चिता निर्माण गर्न सक्छ तर जिउँदाहरूलाई कहिले पनि सञ्चो बिसञ्चो सोध्दैन उसले . नाति पुस्तालाई खाडीमा गाडेर अलपत्र पार्न सिकाउँछ हजुर आमाहरूलाई वृद्धालयमा . छोरा पुस्तालाई मन्दिरभित्र ढुङ्गा पुज्न लाएर भीख माग्न सिकाउँछ हजुरबाहरूलाई परिवारविहीन बनाएर . धुवाँ , धुलो र दुर्गन्धको मोहनी लाएर रोगी भूत बिरामी वर्तमान अर्ध मृत्यु भविष्य बाँचेको काठमाडौँ सबैलाई मइन्टोलमा पुतली मरेझैँ मार्न ठिक्क छ खोक्रो आकर्षणमा . जुठो बारेन उसले मरेकाहरूको नाउँमा एक छाक नुनसम्म पनि मर्नेका नाउँमा बजाएन शोकधून उसले सट्टामा – आर्यघाटमा नयाँ लास नपाउँदा पशुपतिको पेटीबाट मान्छेको मृत्यु प्रार्थना गर्दै बुख्याँचा जलाउँन सिकायो मुखमा अमृत पिलायो आफूले अनि पैतालाका जाङबाट जहर ओकल्नुको विकल्पमा मानवता र नैतिकतालाई भकुरेर कैफियत आयु बाँच्नेहरूलाई एक घुट्को हर्दीपानी पिलाउन जानेन उसले नैवेद्य चढायो दुङ्गाका देवताको मुखाकृतिमा तर भोकाहरूको टपरीमा सातु चढाउन जानेन उसले पस्मिना ओढायो लाज नलाग्ने देउतालाई तर नाङ्गाहरूको अङ्ग छोप्ने भोटो दिएन उसले . अनिकालमा कन्दमुल खाएर छेरौटी लाग्दा दिएन आधा गिलास जीवनजल काठमाडौँले .। ढुङ्गाका चट्यान छातीमा दसै नङ्ग्राले चिथोर्दा पनि चुल्हो बाल्न हम्मे – हम्मे पार्छ काठमाडौँले . सिमामा स्वागतको मइन्टोल झुन्ड्याएर घरमा भोटे कुकुर देखाएर तर्साउने संस्कार छ काठमाडौँमा . शरण लिन आउनेलाई मरण गर्छ उसले . प्राचिनताका गर्भबाट आधुनिकता जन्माएर लात बर्सायो उसले संस्कार र संस्कृतिलाई . हुँदा – हँदा शैक्षिक मृत्यु गराएर समय बेच्ने ठाउँको अभावमा जम्मा भएको बाउको धनीपुर्जा चर्को साहु ब्याजमा बन्धक राखी ब्याजसम्म तिर्न नपाई राता बाकस भरिएर आउन बाध्य बनायो उसले . म यत्तिमात्र भन्छु – उसले सन्तान नस्वीकारेपछि अझै पनि पाहुना नै छु म कुन पुस्ताको ऋणको लोन तिर्दै बसेको . अभावका फोस्रा सपनाहरू तुहाएर म्याद सकिएको औषधीझैं बाँचेका छन् यायावरहरू मइन्टोल काठमाडौँमा पुतलीहरू आएर भकाभक मरेझैँ . अचेल मइन्टोल र काठमाडौँ घाट ः मण्डप लाग्न थालेको छ मृत्यु बोलाउने सुन्दरता !! #आरपी गाउँले #काठमाडौँ मइन्टोल गुँड: भन त कागिनी यो गुँड छोडेर कसरी जाऊँ ? यतिका वर्षसम्म हामीले हाम्रा छिमल सन्तानहरू यहीँबाट र्हुक्यायौँ रूख वृद्ध भयो, चट्याङले हान्यो, उसका हाँगा खंग्रङ्ग सुके अनि के भयो त ? मन त भने हरियै दुबो छ तिमी पनि त हरेक साँझ, बत्ती बाल्नु अघि आमा ! भनेर कोही अए कि त कान ठाड्ठाडो पार्छौ पश्चिमैतिर हतकेलाले घाम छेकेर हेर्छौ अनि आफ्नै छेउमा धुमिल छाँया निहाल्दै प्रतिबिम्व खोज्छौ जो गए त गए मुटुमा तिर्सना दिएरै गए तिम्रो अन्तरमनको असीम पुकार जस्तै, सायद, यो रूखलाई छैन र ? #गुँड #साबित्री चौधरी 'फोटो कविता प्रतियोगिता- ७' को नतिजा प्रकाशित: साहित्यपोस्ट साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो–कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यो साता नवीन अभिलाषी ‘नारी सौन्दर्य’, आरपी गाउँलेको ‘आधुनिक नारी’ र बीएस नीरवको ‘नारी सौन्दर्य’ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ | छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई २० वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत १४ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाई सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ । फोटो कविता प्रतियोगिताको आठौँ शृंखला भोलिदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरूः #फोटो कविता प्रतियोगिता भर्चुअल लघुकथा गोष्ठी सम्पन्न: काठमाडौं / लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ । शनिबार साँझ ६ बजेदेखि बेलुकी साढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम भएको बताउँदै नेपाली साहित्यमा यसले विशेष महत्त्व राख्ने उल्लेख गरे । कार्यक्रमको सुरुआतमा स्रष्टा यादव खरेलले मृत्यु शास्वत सत्य भएको सन्देश प्रवाहित गर्ने ‘मरण’ शीर्षकको लघुकथा वाचन गरे । अर्का साहित्यकार अशेष मल्लले ‘लघुकथा’ शीर्षकमा चोटिलो लघुकथा वाचन गरे भने हाल अमेरिकामा रहँदै आएका साहित्यकार तथा गायक हिरण्य भोजपुरेले ‘भुइँचालो’ शीर्षकको लघुकथा वाचन गरे । पोखरामा रहेका साहित्यकार सरुभक्तले ‘प्रमिथस्त मान्छेहरू’ शीर्षकको लघुकथा सुनाए । उनले प्रस्तुत लघुकथामा आफूले प्रमिथस मिथलाई पुनर्लेखन गरेको बताए । कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठले ‘दृष्टिकोण’, विधान आचार्यले ‘कुरुवा’, किशोर पहाडीले ‘जीवनको पराजय’, नारायण तिवारीले ‘न रिसाउनु होला’ शीर्षकको लघुकथा वाचन गरे । त्यसैगरी भारत मणिपुरका देवीप्रसाद थापाले ‘संविधान’, दार्जीलिङका एगम पाख्रिनले ‘फेसबूकमा’, अमेरिकाका विश्वराज अधिकारीले ‘जनता के भेडा हुन् ?’, क्यानडाका कुसुम ज्ञवालीले ‘राष्ट्रवादी’, मलेसियाका राजु क्षेत्री अपुरोले ‘ठूलो मान्छे’, बेलायतका कृष्ण बजगाईले ‘महँगीको हत्या’, धर्म सापकोटाले ‘निर्मलीको चिया पसल’ र डा. कपिल लामिछानेले ‘नयाँ अवतरण’ शीर्षकको लघुकथा वाचन गरे । लघुकथा समाजको कार्यसमितिका तर्फबाट सुमन सौरभले लघुकथा वाचन गरे । कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमले वाचन गरिएका लघुकथामाथि समीक्षात्मक टिप्पणी गरे । उनले वाचन गरिएका १७ वटा लघुकथा सबैले समाज, जीवन, दर्शन र मनोविज्ञानलाई समेटेको उल्लेख गर्दै लघुकथाको भावभूमि, शैली र कथ्यको चर्चा गरे । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले भर्चुअल रुपमा नै भए पनि समाजले काम गरिरहेको बताउँदै यसलाई निरन्तरता दिने बताए । #लघुकथा समाज नेपाल फेरिएको छ रे मेरो गाउँ: मेरो गाउँको शिरमाथि छहरे खोला असार मास बत्तिने सिगार्चे खोला यी दुवैको संगम प्यारो घट्टे खोला कुर्लिएको देखेँ मैले सम्हाल्ने को होला ? बालपनका साथीसँग घुम्दै गरेको ठूलीबेशी, अल्छी ढुङ्गा डुल्दै गरेको जन्मेँहुर्कें त्यहीँ सिकेँ जिन्दगीको भोगाई गाउँबेशी, खेतीबारी परिवारलाई सघाई सीप सिकेँ, ज्ञान लिएँ त्यही प्यारो ठाउँ अझै पनि सम्झनामा ताजा छ मेरो गाउँ ज्ञानको पुञ्ज मेरो प्यारो स्कूल कन्ठेश्वर तीर्थ व्रत धर्म गर्ने पूज्य शैलुङश्वर उत्तरतिर शैलुङमुनि दगली त्यो भिर पूर्वपट्टि ढुईगाउँ र दोरम्बा हो शिर पश्चिमतिर सिगार्चे गाउँ सधैँ हाम्रो साथ दक्षिण भने ठूलीबेसी घान झुल्ने फाँट थामचौर, स्कुलडाँडा च्यानखोला प्यारो शिवालय, माईथान त्यो रखे राख्ने डाँडो ऐँसेलु र चोत्रो टिप्दै काफल गेडी खाको दाउरा घाँस घरबेशी हिँड्दा माया लाको सफल जीवन खोज्दै हिँड्यौँ हामी युवा सबै प्यारो गाउँ शून्य भयो भन्थे आमा बाबै दुई दिन हिँड्नुपर्ने शैलुङे त्यो डाँडा भारी बोकी सामल लिन हिँड्थ्यौँ हामी सारा पाखाटोल पाँच घर पाँच दाजुभाइ सबै मिली बस्ने गर्थे सबै हाइहाइ कोलडाँडा भिरकुना त्यो थामघर तल्लो गाउँ डिउटोल अनि भैँसीआल सिरानघरका हाम्रा काका जान्थे लाहुर पाठक बस्ती सधैँ हाम्रो पुज्य बाहुन फलेकका घरका छाना सबै टल्कने टिन गए भन्छन् साथीभाइ हिजोका दुःखी दिन हररर मोटर गाडी जान्छन् अब लिन मेरो साथी भन्दै थियो पर्दैन अब हिँड्न सबै युवा घर फर्के गाउँ बनाउने धुन धान झुलाई, मकै फलाई निकाल्ने रे सुन स्कुल बन्यो, कलेज खुल्यो धेरै छ रे सेवा युवाहरु घर फर्के गाउँ विकासमा टेवा आमाबाबा हाँसी खुसी सकियो रे रोपाईं मंसिरमा बटुल्ने छन् यो असारको कमाई हिजो राति सपनीमा टोकरपुर गाउँ साथीभाइ भन्दैथिए फेरिएको छ ठाउँ साथीभाइ भन्दैथिए फेरिएको छ ठाउँ । कटुन्जे, भक्तपुर #मनोजकुमार कँडेल समाज परिवर्तनका संवाहक : गुरु–गुरुआमा: गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरु: साक्षात् परब्रह्माः तस्मै श्री गुरवे नमः । गीता सापकोटा असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकटगरि मनाउने गरिन्छ । ‘गु’ को अर्थ अन्धकार ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकार नाश गराउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । अर्थात् अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ । हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा मानेको पाइन्छ । ज्ञानरुपी उज्यालो र त्यसको महत्वको चित्रण जुनसुकै धर्म समुदायको भएको पाइन्छ । मानिसलाई ज्ञान, सीप ग्रहण गर्नका लागि गुरु र गुरुतत्वको आवश्यक हुन्छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरुले धर्म तथा ज्ञानको बाटो देखाउने गुरुप्रति आजकै दिन आभार व्यक्त गर्ने गर्दछन् । आजको दिन विद्यार्थी वा चेलाचेलीहरुको लागि ठूलो उत्सवको दिन हो । यस दिन विद्यार्थीहरुले आफ्ना गुरु गुरुआमालाई मीठामीठो खान दिने र उपहार दिएर खुसी बनाउने गर्दछन् । शिक्षकहरुले पनि आफ्ना चेलाचेलीहरुलाई टीकाअक्षता लगाइदिएर शुभकामना व्यक्त गर्दछन् । द्धापर युगको अन्त्यतिरदेखि गुरु पूर्णिमा मनाउन थालिएको पाइन्छ । गुरुमार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ । गुरुबाट प्राप्त ज्ञानको पथमा सधैँ अगाडि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्ति गर्ने दिनको रुपमा हर्षोल्लासका साथ गुरुपूर्णिमा मनाइन्छ । विशेषगरि यसै दिन आचार्य वेद व्यासको जन्म भएको हुँदा वैद्धिक कालदेखि नै व्यास जयन्ती मनाउने प्रचलन रहेको पाइन्छ । व्यास जयन्तीलाई नै हिन्दुधर्मावलम्बीहरुले गुरु पूर्णिमाका रुपमा मनाउने गरिएको हो । उनी वेदवेदान्त, अठार पुराण, उपनिषद् जस्ता ग्रन्थका साथै महाभारतका रचयिता पनि थिए । आजकै दिन गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश दिनुभएको दिन परेकाले यसै दिनलाई धर्मचक्र प्रवर्तक दिवसका रुपमा बौद्ध धर्मावलम्बीहरुले पनि गुरुपूर्णिमा मनाउने गरेको पाइन्छ । पहिला गुरु भन्नाले गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुर्वाण सिकाउने व्यक्तिलाई मात्र बुझिन्थ्यो । अहिले गुरुको परिभाषा विशाल भएको छ । हिन्दू मान्यताअनुसार विद्यालय र विश्वविद्यालयका शिक्षकका साथै संगीतलगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र वेदमन्त्र दिने आचार्य, उमेर, बुद्धि, बल र अनुभवले पाका व्यक्तिहरु जसले हामीलाई स्वास्थ्यवान्, नैतिकवान् र चरित्रवान् बन्न सिकाइरहेका हुन्छन् । त्यसैले विद्यालय र विश्वविद्यालयमा औपचारिक शिक्षा दिने शिक्षक शिक्षिकाहरुका साथै हाम्रा पिता, हजुरबा, हजुरआमा, दाजुदिदी, काकाकाकी आदि परिवारका सदस्यहरु पनि हाम्रा पूजनीय गुरु हुन् । उहाँहरुबाट निरन्तर हामीले जीवनमा मार्गदर्शन पाएका हुन्छौँ । अहिलेको युग विज्ञान र प्रविधिको युग भएको छ । आजको युगमा एकलव्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर त्यसैलाई गुरु थापेर ज्ञान लिनुपर्ने दिन रहेन । गुरुदक्षिणाकै रुपमा औँला काटेर ज्ञान लिनुपर्ने पनि छैन । तर गुरुत्वका प्रेरणा र प्रोत्साहनले वर्तमान समयमा नैतिकवान् र चरित्रवान् व्यक्तित्व बन्न प्रेरित हुनुपर्ने देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा आधुनिक शिक्षा प्रणालीले र विज्ञानको चमत्कारले गुरुविना नै म संसार हल्लाउन सक्छु भन्ने अहम् बढ्नसक्ने खतरा देखिन्छ, तर गुरुविनाको चेलो भनेको लिकविनाको रेल जस्तो हुन्छ । जस्तोसुकै विज्ञानको चमत्कार भए पनि हामीलाई मार्गदर्शन गर्ने आमाबुबा र कुशल शिक्षकको खाँचो सधैँ भइरहेको हुन्छ । यसका लागि हामीले विद्यालयदेखि नै शिक्षाको महत्व र शिक्षकको महत्वका बारेमा बालबालिकालाई सचेत गराउनु पर्छ । सकारात्मक प्रभाव पार्न सक्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरताले मात्र शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सकिँदैन । जबसम्म ती साधनहरुको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । तबसम्म भौतिक वस्तुको कुनै अर्थ रहँदैन । यसका लागि योग्य शिक्षकको खाँचो हुन्छ । विद्यालयमा बालबालिकालाई पढाउने गुरुमात्र भएर भएन । गुरुभित्र गुरुत्व हुनुपर्छ । गुरुत्व छ भने मात्र शिक्षकले विद्यार्थीलाई सकारात्मक प्रभाव छोड्न सक्छ । उसका सकारात्मक र नकारात्मक पक्षको पहिचान गरेर सही मार्ग दर्शनका लागि समर्पित बन्न सक्छ । उसको प्रतिभा पहिचान गरी सक्षम नागरिक बन्न प्रेरित गर्नसक्छ । यस्ता गुरुप्रति विद्यार्थीहरुमा सम्मानको भाव अङ्कुराउन थाल्छ । फाबेलले ‘विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैँचा’ भनेका छन् । शिक्षक सधैँ समाज र विद्यार्थीका लागि पदप्रर्दशक हो । समाज निर्माणमा शिक्षकको ठूलो हात रहेको हुन्छ । त्यसैले शिक्षक समाजको परिवर्तनको संवाहक हुन् । यस्ता शिक्षकहरुप्रति सम्मानको भाव प्रकट गर्नु हामीले सभ्य संस्कृतिको निर्माण गर्नु हो । गुगल र युट्युब लगायतका इन्टरनेटका शिक्षण सामग्रीलाई अध्ययनको स्रोत मान्ने अहिलेको नयाँपुस्ताहरुका लागि गुरुपूर्णिमा संस्कार र संस्कृतिको जर्गेना गर्न सिकाउने महत्वपूर्ण दिन हो । संसार जति नै आधुनिक र व्यवसायमुखी भए पनि सीप प्राप्त गर्नका लागि कसै न कसैका माध्यमबाट हामीले प्रेरणा र प्रोत्साहन पाएका हुन्छौँ । यसैले गुरुपूर्णिमाका अवसरमा विद्यालय, विश्वविद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति सम्मान अर्पण गर्ने गरेको पाइन्छ । यो परम्परा सधैँ चलिरहनु पर्छ । यसले हाम्रा बालबालिकामा सकारात्मक भावनाको विकास हुन्छ । असर र चरित्रवान् मानव विकासका लागि यस्ता संस्कार र संस्कृतिमा नयाँपुस्तालाई हौसला दिनु अति आवश्यक छ । जसले हाम्रो मौलिक संस्कृतिको सम्बद्र्धन हुनुका साथै सभ्य समाजको विकासमा सहयोग पु¥याउँछ । टीकाथली, ललितपुर #गीता सापकोटा अवसर: प्रकाशकुमार शर्मा “डार्लिङ आऊ‚ आज बर्नमाउथ बिचमा मस्ती गरौं,” सचिवको छोराले आफ्नी गर्ल फ्रेन्डसमेत रहेकी मन्त्रीकी छोरीलाई गरेको भिडियो कल रिसिभ नभएपछि टेक्स्ट म्यासेज पठायो । “बेबु‚ म तिमीलाई लन्च टाइममा कल गर्छु है,” उताबाट यस्तो लेखिएको सन्देश प्राप्त भयो । बेलायत यतिखेर गर्मीले धपक्क बलेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले मानिसहरूलाई सामाजिक दूरीको पालना गर्न र समुद्री बिचहरूमा भिडभाड नगर्न आग्रह गरे पनि त्यसलाई धेरैले टेरेका छैनन् । बाध्य भएर सरकारले स्वास्थ्य सावधानीको पालना नभए “गैरजिम्मेवार र स्वार्थीहरूको भीड” लाग्न नदिन बिचहरू बन्द गर्ने चेतावनी दिनुपरेको छ । हाम्रो नेपालका मन्त्री र सचिवका छोरा र छोरीहरू पनि त्यहीँ छन् पढ्ने बहानामा । खासमा उनीहरू पढाइ कम तर मोजमस्ती ज्यादा गर्छन्; दुवै नवधनाढ्यका सन्तान जो परे ! राजधानी काठमाडौंको ब्रिटिस कलेजमा सँगै ‘ए लेभल’ पढ्दा अङ्कुराएको ती दुईको प्रेम नेपाल छाड्ने बेलासम्ममा अपरिपक्व नै थियो तर नेपाल छँदै अङ्ग्रेजी संस्कृतिको हावा लागिसकेका तिनीहरूलाई बेलायती जीवनशैलीले उन्मुक्ति दिएको छ प्रेम मौलाउने र अभिव्यक्त गर्ने । सचिवको छोराको एप्पलको आइफोनमा स्काइपमा भिडियो कल आएको सङ्केत धुन बज्छ । “बेबु‚ आज अलिक बिजी थिएँ तर तिमीले भन्छौ भने म आउँछु,” उताबाट मन्त्रीकी छोरीले ह्याम्बर्गरसँग बियरको चुस्की लगाउँदै भन्छे‚ “तिमी आइसबक्समा ड्रिङ्क्स राखेर लेराउनू‚ म स्न्याक्स ल्याउँछु ।” दिनभरि ती दुईले बिचमा खुब मस्ती लुटे र साथमा गरे नेपालको बद्ख्वाइँ । बेलायत कोरोनाको कहरले आक्रान्त हुँदा पनि आफूहरू यसरी निस्फिक्री भई बिचहरूमा घुम्न पाएको‚ वैयक्तिक स्वतन्त्रताको उच्चतम उपभोग गर्न पाएको तर नेपालले त्यति लामो समय भयानक ‘लकडाउन’ गरे तापनि भाइरस झन् भित्रभित्रै फैलिइरहेको भन्दै मजाक उडाए । अहिले झन् ‘लुजडाउन’मा स्थिति भयावह भएको भन्दै सरकारी तैयारीमाथि व्यङ्ग्य गरे । तर तिनीहरूले के सोच्न सकेनन् भने व्यङ्ग्य तिनीहरूका आफ्नै बाबुहरूको भइरहेको थियो किनभने राजनीतिक भर्ति र सार्वजनिक प्रशासन दुवैतिर तिनीहरूकै बाबुहरू नेतृत्व तहमा थिए । आफ्ना छोराछोरीले फेसबुक तथा इन्स्टाग्राममा बिचबाट पोस्टिएका फोटो र भिडियोहरू नेपालमा तिनका आमाहरूले भोलिपल्ट बिहानमात्रै देख्न पाए (किनकि उनीहरूले तस्बिर पोस्टिँदा नेपालमा मध्यरात भइसकेको थियो) र छोराछोरीको प्रीति देखेर दङ्ग परे । तर मन्त्री र सचिव बाबुहरू भने केके जाति मिटिङ भन्दै दिनभरि व्यस्त रहे । दिनभरिको भागदौडपछि मन्त्रालयमै गुपचुप तरिकाले राखिएको बुफे डिनरपछि मन्त्री र सचिव दुवैले ह्विस्कीको चुस्की लिँदै ‘भित्री भलाकुसारी’ पनि गर्न भ्याए । यो ‘गुपचुप बुफे पार्टी’मा मन्त्री र सचिवको ‘भलो चिताउने ?’ केही पत्रकारहरू पनि सामेल थिए किनभने आज डिल फाइनल भएको ठेक्काको कमिसन तिनीहरूसम्म पनि पुग्नेवाला थियो । अघिल्लो पटक भनेजति हिस्सा नपाउँदा तिनीहरूले मन्त्री र सचिवलाई आच्छुआच्छु खेलाएका थिए । पहिले मिलिजुली सरकार छँदा पनि पद हत्याउन सफल भएको मन्त्रीले वर्तमान सरकारमा पनि मन्त्री बन्न सफल भएपछि त्यस समय सहसचिव रहेको यस सचिवलाई हित्तचित्त मिल्ने हुँदा विधि र प्रक्रिया मिचेरै आफ्नो मन्त्रालयमा तानेको थियो । अलिक फुर्सद पाएका हुनाले अहिले दुवैले फेसबुक नोटिफिकेसन चेक गर्ने मौका पनि पाए । कुटिल हाँसो हाँस्दै सचिवले आफ्नो छोरा र मन्त्रीकी छोरीको बर्नमाउथ बिचको मस्तीका फेसबुक फोटाहरू देखायो । ती दुईको दिनभरिको कर्मचारी प्रशासक र राजनीतिक प्रशासकको सम्बन्ध बुफे डिनरपछि जारी मदिरा पानसँगै मेटिइसकेको थियो । आफ्नी छोरीको सचिवका छोरासँगको गहिरिँदो सम्बन्धप्रति इङ्गित गर्दै मन्त्रीले सचिवलाई भन्यो‚ “ए सचिव‚ आज सदर भएको सामान खरिदको टेन्डरबाट आउने कमिसनमा मलाई दश प्रतिशत हिस्सा बढाऊ है ।” “किन मन्त्रीज्यू ? तिमी हाम्रो पूर्वसर्तलाई भुल्देछौ है !” सचिवले जङ्गिँदै ह्विस्कीमा दुई टुक्रा आइस थप्यो । मन्त्रीले सचिवको मुखैमा उसको चोर \u200dऔंलो लगेर स्वर सानो पार्न सङ्केत गर्\u200dयो र भन्यो‚ “मेरी छोरी लाने तिम्रै छोराले हो क्यारे; दाइजो चाहिन्न र तिमीलाई ?” “मन्त्रीज्यू‚ तिमी हदभन्दा बाठो भइसक्यौ,” सचिव हाँस्यो । “तिमी कर्मचारीहरूले त सिकाएको हो नि‚ ‘जाँठा’ हो !” मन्त्रीले बोलीमा लत्तो छोड्यो । अलिक पर बसेर तिनका हाकिमहरू कतिखेर उठ्लान् र तिनलाई घर पुर्याएर आफ्ना घर गई सुत्न पाइएला भनी ढुकी बसेका तिनका ड्राइभरहरूले ‘जाँठा हो’ भनेको सुने र सबै कुरा नबुझे पनि हाँसेँ, घृणायुक्त हाँसो । एक्लै पर बसी सुरापान गरिरहेको मन्त्रीको पिए भने दङ्ग थियो; आजको डिलको थुकछिटो मात्रै उछिट्याउन पाए पनि काठमाडौंमा कतै घडेरी जोड्न पाइने लालसाले । मन्त्री र सचिव दुवैका पत्नीहरू सरकारी निवासमा पर्खिरहेका थिए, साँझको भूजाका निम्ति श्रीमानहरूलाई । उसो त मन्त्रीज्यूको पिए र सचिवको ड्राइभरले दुवै जनाका श्रीमतीहरूलाई तिनका हाकिमहरू बाहिरै ‘डिनर’ गरेर आउने हुनाले अलिक अबेर हुनसक्ने जानकारी गराएका थिए । तर पनि पत्नीहरूलाई यसैगरी पर्खाउने बानी पारिएको थियो । लर्खरिँदै गाडीबाट झरेका सचिवज्यूलाई शयनकक्षसम्म छोडेर तिनको ड्राइभर साइकलमा हान्नियो आफ्नो डेरातिर । “हजुर भूजा अलिकति पनि नखइस्सिने ?” सचिवज्यूकी पत्नीले दबेको स्वरमा सोधी । सोध्न मन त उसलाई आज भएको ठेक्कापट्टा पनि मन्त्री र सचिवकै इन्ट्रेस्टवाला कम्पनीले पाएको भनी दिउँसैदेखि मिडियामा आएको खबरबारे पनि थियो तर आँट गरिन । तर आज सचिवज्यूको चेहरा खुलेको थियो‚ “तिमी खाऊ” भन्यो नभए बिचरीले कति थोक सुन्नुपर्थ्यो । सचिवकी पत्नी पतिका लुगा खोलिदिएर भान्सातिर लागी । एकैछिनमा टबेल बेह्रेको सचिव पत्नीलाई पछ्याउँदै भान्सामै पुग्यो; खुशी उसमा अटाइनआटाइ भएको थियो । “तैंले छोराले मन्त्रीकी छोरीसँग बिचमा घुमेका फोटोहरू हेरिस् ?” “अँ देखें । यस्तो महामारीमा पनि किन त्यस्तो भिडभाडमा जानुपरेको तिनीहरूलाई !” “त्यही फोटो हेरेर मुले मन्त्री मलाई ठेक्कापट्टाबाट आउने कमिसन बढा भन्छ । ‘साले’ले मेरो छोरासँग त्यसकी छोरीको बिहे गराइदिनलाई खर्च मागेको अरे,” नशाले चूर सचिवलाई के बोलेँ भन्ने कुराको पनि हेक्का थिएन । सचिवज्यूको चेहरा खुश देखेर सचिव पत्नीले हिम्मत गरेर सुझाव दिने आँट गरी‚ “हजुरहरूलाई कति खानु परेको हो ? मिडियामा छ्याप्छ्याप्ती त्यही दश अर्बको चर्चा छ । लेखा समितिले पनि छानबिन गर्दैछ अरे; आज फेरि अर्को ठेक्का पनि…?” पत्नीलाई हस्तक्षेप गर्दै सचिव उफ्रियो‚ “चुप लाग् ‘जाँठी’; जान्नी हुन्छे ! त्यसरी नखाएको भए तेरो छोराले बर्नमाउथ बिचमा मस्ती गर्न पाउँथ्यो ? तँ सपिङ् गर्न बैंकक जान पाउथिस् ? काठमाडौंमा ठडिन्थे यी तीन तीनवटा आलिसान महल ? बढ्ता हुन्छे । त्यस्ता जाबा लेखा समिति होऊन् कि अख्तियार; पैला पनि पैसाको बुजोले साम्य पारेकै हो यसपालि पनि पारिन्छ ।” यत्तिकैमा सजिवज्यूको मोबाइलको घन्टी बज्यो । उतबाट मन्त्रीजीले उत्साहित हुँदै बोल्यो‚ “ए सचिव‚ तिम्रो छोरा र मेरो छोरीको जोडी गज्जब मिल्छ अरे; मेरी मन्त्रानीले भनेकी । आउने जनवरीसम्ममा तिनीहरूको पढाइ पनि सकिएला । फेब्रुअरीमा बोलाएर फागुनमा धुमधाम बिहे गरिदिनुपर्छ है तिनीहरूको । अँ सुन‚ मेरो कमिसन दश प्रतिसत पक्का बढाउनुपर्छ है यसपालि । दाइजो त पक्कै चाहिन्छ तिमीलाई‚ हैन ?” श्रीनगर, सल्यान #प्रकाशकुमार शर्मा #सल्यान समुद्र र सम्भोग: गणेश खड्का भन्छन्- समुद्र शान्त, सन्तोषी र स्थिर छ समुद्र शान्त, सन्तोषी र स्थिर छ शान्त, सन्तोषी र स्थिर छ सन्तोषी र स्थिर छ र स्थिर छ स्थिर छ छ कुनै भङ्ज्याहालाई कसैले अर्ती दिंदा भनिदिन्छ – मान्छे त समुद्रजस्तो शान्त, सन्तोषी र स्थिर पो हुनुपर्दछ त ! होइन रहेछ, सगरमाथाको भूपरिवेष्टित देशबाट हेर्दा मात्र समुद्र शान्त, सन्तोषी र स्थिर देखिएको रहेछ जस्तो कि कुनै अग्लो रुखको टुप्पोबाट हेर्दा कुदिरहेको नदी पनि सुतिरहेको जस्तो देखिन्छ l एकै ठाउँमा बसिरहेर पनि चार पाउ फालिरहने अक्टोपसजस्तो समुद्र भित्री अङ्ग मात्र शान्त राखेर बाहिरी सबै अङ्ग साह्रै चलायमान पार्दोरहेछ मस्तिष्कमा असाध्यै सौम्य देखिने समुद्र मनमा उत्तिकै चञ्चल र उच्छड रहेछ विचरा समुद्र कुण्ठाग्रस्त मन लिएर विवश बाँच्दोरहेछ जमिनको भीमकाय खाल्डोमा थुनिएको समुद्र न भाग्ने कुनै बाटो छ, न जाने कहीँ ठाउँ छ शान्त, सन्तोषी र स्थिर देखिनु त समुद्रको बाध्यता पो रहेछ! पृथ्वीले आफ्नो गर्भमा सृष्टि कालदेखि नै पालेर राखेको छिप्पिएको भ्रूण रहेछ समुद्र, यौन कुण्ठा र उत्तेजनाले भित्रभित्रै जलिरहेको नपुंसक लोग्नेकी लाटी स्वास्नीले रहर दबाएरै समाजको अगाडि चित्त बुझाएजस्तो समुद्र आफ्नै आँखाको अगाडि माछा, अक्टोपस, लब्स्टर, प्राउन, पानी कछुवा…आदिले गरेको सम्भोग हेर्दै आफ्नो यौनाङ्गको विद्रोह थाम्न नसकी मुर्मुरिएर आगो हुँदोरहेछ ! कहिल्यै समुद्र नदेखेका र देवताहरुले समुद्र मन्थन गरेर अमृत निकालेको पौराणिक कथा पढेका र सुनेकाहरुले मात्र समुद्रलाई ठेकीभित्रको दही सम्झेका रहेछन् यथार्थमा समुद्र यौन तृष्णाले खरिएको विकासे साँढेजस्तो हुँदोरहेछ वीर्य थैली ओभर लोडले रन्केपछि आफ्नै वरिपरिका जीवात्माहरुको सम्भोग क्रियाको डाहाले उम्लेर बेलगाम घोडाझैं उर्लिंदोरहेछ समुद्र सुनामी, टाइफून र अन्यान्य डिजास्टरको रुप धारण गरेर चकचकी गर्ने समुद्र कामुकताले पागल भएपछि आँखै नदेख्दोरहेछ त्यही भएर पो समुद्रले टापुहरुका स्तन च्यापच्याप समातेर छिल्लिंदै भाग्दोरहेछ ! यस्तो लाग्छ,… समुद्र उखुम सेक्सी हुनपर्छ भियग्रा र यार्सागुम्बाभन्दा हजारौं गुणा बढी यौनवर्धक सी क्युकम्बरको नियमित सेवनले अरु सप्पै प्राणीभन्दा हजारौं गुणा बढी पावरफुल हुनुपर्छ समुद्र सम्भोगमा र त आफ्नो तटमा नाङ्गो हनिमून मनाउनेहरुको खुल्ला सम्भोग हेरेर भावावेगमा जलन र उत्तेजनाले राँकिदै, छाल उरालेर चार पाउ फाल्दै बिकिनीमा स्नोर्केलिङ र डाइभिङ खेल्न आएका कुइरेनीहरुको गुप्ताङ्गमा झ्यापझ्याप वेभले हानेर सुसाउँदै दगुरेर जाँदोरहेछ समुद्र अनि पsssर पुगेर एकान्तमा हस्तमैथुन गरिसकेपछि पो बल्ल जगतको आँखाअगाडि शान्त, सन्तोषी र स्थिर हुँदोरहेछ समुद्र… ! इटहरी-४, सुनसरी-नेपाल हाल: फ्रिगेट आइल्याण्ड, सेसेल्स #गणेश खड्का #सुनसरी म एक भ्यागुतो: डीडी पन्त समयमा ठिक्कै परेको झरीले अन्नबाली पसाउँछ असमयमा झिक्कै परेको झरीले सास्तीका भिर पहरा खसाउँछ हे ख्वामित! हे प्रभो! यसपालि त हजुरको ओठे झरी बर्षिएको बर्षियै छ गाउँगर्खा सबै तर्सिएको तर्सियै छ त्यही सुसाउने झरीले गर्खाबासीका आङजति रुझिसके पुरिएर कोलाहलमा त्यसैको मधुर असारे भाका पनि त्यसै त्यसै ओझेल परिसके । तर मलाई त हजुर झरी प्रभाव नास्ति भ्यागुतो न हुँ कुवाको आफ्नै सामर्थ्यको भ्रममा एकाध बित्ता उफ्रिरहन्छु बाहिर निस्कनुको लालसामा एकनास ट्यारट्यार गरिरहन्छु ।। हजुर म एक भ्यागुतो हुँ जमेको पानी त देख्नै हुँदैन प्रजातीय धर्मको नाममा अनायास प्यारव्यार गरिरहन्छु न समय जान्दछु, न सन्दर्भ बुझ्दछु र पो मान्छेलाई पनि आफ्नो जस्तै ठान्दछु कहाँ ठट्यौली, कहाँ रत्यौली स्थान \u200cऔ काल जान्दिनँ म र त मान्छे मुलाको गाली खाइरहन्छु म ।।। महेन्द्रनगर-१०, कञ्चनपुर #कञ्चनपुर #डी. डी. पन्त जिन्दगीको पहिलो चक्काजाम: बर्माको सीमासम्म फोन र म्यासेन्जरको समस्या थिएन, त्यसैले चाहिएको समयमा पनि नचाहिएको समयमा पनि, काम भएकासँग पनि नभएकासँग पनि कुरा गरिन्थ्यो । सायद नेटवर्कको भ्यालु के हो बुझिसकेका थिएनौँ । जसले याद गर्दथ्यो, उसैलाई पहिले गरिन्थ्यो । यसो गर्दा आमासँग कुरा गर्न छुटिरहेको थियो । आमाहरु चाहीँ याद गर्छन् तर प्रविधिसँग जानकार नहुँदा फोन गर्दैनन् । जब भारतीय सीमामा राधाकृष्णको मन्दिरमा खान खाएर बाहिर निस्कियौँ, मोबाइल नेटवर्कले साथ छाड्यो । जब नेटवर्कले साथ छाड्न थाल्छ, आफ्ना निकट याद आउँछन् । सायद मानिसले अन्तिम समयमा आफन्त याद गर्नुको कारण पनि यही होला । कमजोर नेटवर्कका बीचमा मैले आमा र बैनीलाई याद गरेँ । ‘नेपाल पुग्यौ ?’ फेरि आमाले त्यही कुरा सोध्नुभयो । आमाको हतारोमा नेपाल प्रतिको अनुराग राम्रैसँग पाउँछु । मैले केही भन्न सकिनँ, नेपाल पुग्न बाँकी छ भनेर उहाँलाई निरास बनाइहाल्न मन लागेन । तर फोनमा बैनी बोलेको सुनियो, ‘दिदी भर्खर इण्डियाको बोर्डर पुग्नुभयो । अहिले कहाँ नेपाल पुग्नु र ?’ बैनीले आमालाई जिस्क्याइरहेकी थिइन् । ‘अब फोन गर्दा नेपालबाट गर्छुहोला,’ मैले आश्वासनको स्वरमा आमालाई भनेँ, ‘अब चाँडै पुग्छु ।’ आमाबाट बैनीले फोन लिएपछि यात्रामा के गर्नुहुन्छ, के गर्नुहुन्न सम्झाउन थाली । ‘औषधि लिन नबिर्सनू, बीच बीचमा वाइफाइ जोडेपछि म्यासेज छाड्नु…’ आदि इत्यादि । घरमा म ठूली छोरी, करिब करिब अभिभावक म नै हुँ तर मेरी बैनी सधैँ मेरो अभिभावक बन्न खोज्छे । अर्तिउपदेश दिन थाल्छे । म उसको कुरालाई हस् हस् भनेर मानेको अभिनय गर्छु । फोन राखेपछि मलाई पनि लाग्यो, अब हामी नेपालको नजिकै छौँ । तर हाम्रो टोली नेता भीमजीले मेरो कुरा सुनेपछि भन्नुभयो, ‘सबै कुरा ठिक भयो भने पनि नेपालको बोर्डर पुग्न दुई दिन लाग्छ । कहाँ नजिक छ र नेपाल ?’ भीमजीले दुई दिन भनेर लामो रास्ता भएको बताउन खोज्नु भएको थियो तर मेरोलागि त्यो दुई दिन दुई घन्टा जस्तो पनि महसुस भएन । कतै जान लागेको यात्रुका लागि बस आएर छेउमा रोकिँदा पनि गन्तव्यमा पुगेको अनुभूति हुन्छ । मलाई त्यस्तै लाग्यो । भारतको बाटोभरिका लागि घरसँग र नेपालसँग सम्पर्कमा रहन भारतीय सिम लिने कि भन्ने कुरा चल्यो तर दुई दिनका लागि किन पैसा खर्च गर्ने ? भीमजीले मन्दिरमै एउटा सिमको जुगाड गरिसक्नु भएको थियो । त्यसले नै नेपाल र बर्मा दुवै ठाउँमा सबैले कन्ट्याक्ट गर्न सकिन्छ । यही कुरामा सहमति भयो । एक प्रकारले नेटवर्कहरुबाट टाढा रहेर स्वतन्त्र हुने मौका पनि थियो यो । हामी सबैले स्वीकार गर्यौ । मनभरि पितृभूमिको माया सङ्गालेर दिउँसोको एक बजे हामी पुनः दुई वटा ट्याक्सी चढ्यौँ । जनवरी महिनामा पनि गर्मी महसुस भयो । गर्मीले नै बताउँदै थियो, हामी तातो इलाकामा प्रवेश गर्दैछौँ । पहाडी बाटोमा, जाडो मौसममा पनि गर्मी हुनु मेरालागि अनौठो कुरा थियो । अघि र पछि गर्दै कुत्दैछन् हामीलाई बोकेका दुई गाडी । एउटामा हामी नारीवादी र अर्कोमा पुरूषवादी बाँडिएर बसेका थियौँ । हामी आफ्नै गफमा मस्त भयौं । अघि टमू आउँदा कल्पना गरेको बाटोसँग बल्ल पो साक्षात् भो । पक्की सडकको निर्माण कार्य भइरहेकाले घरि उचालेर थ्याच्च पछार्ने । दाँयातिर हुत्याएर लाने, बाँयातिर सोरेर ल्याउने, घरि दिनको उज्यालोलाई अन्धकार पर्ने धूलो चिरेर एकनासले हुइँकिएको गाडी र बाटोको होडबाजीले भने मेरो ज्यान थिलोथिलो पार्न कुनै कसर छोडेन । पहाडका मनोरम दृश्य आँखामा कैद गर्दै हामी आफ्नो रमाइलो धूनसँगै लागिपरेकै थियौं । छेउछाउ ठूला ठूला चट्टान र गहिरा खाईहरूको टेडोमेडो डरलाग्दो बाटो हुँदै सुन्दर फाँटतिर लम्किन थाल्यो हाम्रो गाडी । सर्सौंको पहिँलो फूलले त्यो फाँट हेर्न लायक बनाएको थियो । दृश्य निकै सुन्दर भएकाले यी लोभलाग्दा दृश्य फोनमा क्याप्चर गर्न कत्ति ढिला गरिनँ । यही गतिको तछाँडमछाँडमै बाटो छेउका साना ठूला घर, मन्दिर र, बजार पछि छाड्दै करिब पाँच बजेतिर हामीलाई.ल्याएका दुई वटा गाडीले मणिपुर बस स्टपमा छोडिदिए । हामीलाई राति २ नबज्दै डिमापुर पुग्नुपर्ने रहेछ । एकपल्ट राम्रोसँग मणिपुरको राजधानी इम्फाल हेर्न नपाइकनै हिँड्नुपर्ने भयो । हतारमा टोली नेता भीम पाण्डे गाडीको बन्दोबस्त गर्नतिर लाग्नु भयो । नयाँ सडक, नयाँ देश र नयाँ परिवेश बुझ्न कठिन थियो हाम्रोलागि । टेलिभिजन र सिनेमाहरुमा इण्डियाका बारेमा थाहा नभएको होइन, तर यहाँ हिन्दी बोलेको नसुन्दा र बोर्डका अक्षरहरु पनि फरक हुँदा हामी अर्कै कुनै मुलुक पुगेको भान भइरहेको थियो । यस्तो बेलामा भीमजीको साथ अभिभावकको साथ अनुभव भइरह्यो । [bs-quote quote=”नागाल्याण्डमा यस्ता हड्ताल पटक पटक हुन्छ भन्ने सुनिएको थियो । कति दिन यसरी बस्नुपर्ला, यही रात कि अन्य धेरै दिन र रात ? सम्झदैँ मुटु फुलेर आयो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] खासमा डिमापुरबाट सिलिगुढीसम्मको टिकट भारतीय सीमामै काटिएको थियो । त्यही राति डिमापुरबाट दुई बजेको रेल थियो । मोरेमैँ रेलको टिकट काटिएको कारण रेल स्टेसन नजिकै होला भन्ने अड्कल काटेको थिएँ । तर हामीलाई चार घन्टापछि जुन ट्याक्सीले इम्फाल छाडेका थिए, त्यो ट्याक्सीवालाले राति २ बजे नागाल्याण्डको डिमापुर स्टेसन पुग्न कठिन छ भनेर डर देखाइदिएको थियो । यो कुरा हामीले भीमजीलाई सुनायौँ । यसकारण पनि भीमजी चिन्तित हुँदै नयाँ गाडी खोज्न थाल्नु भएको थियो । गाडी बुझेर, बुकिङ् गरेपछि पाण्डेजीले भन्नुभयो, ‘चिन्ता गर्नुपर्दैन, राति एक बजेसम्म हाम्रो गाडी डिमापुर पुग्छ । गाडीबालाले पूरापूर आश्वासन दिएकाे छ ।’ इम्फाल बस स्टपमा एक घण्टा जतिको पर्खाइपछि हाम्रो बस डिमापुरतिर लाग्यो । मणिपुर बसस्टपको साँझको घुइँचो, अस्तव्यस्त परिस्थिति र वातावरण नै रिसाएर फुलेजस्तो गुम्म थियो । हिजो रातिदेखि लगातार गाडीमा हामी हिँडिरहेकाले हामी पनि त्यही चालमा ढलिसकेको थियौं । बस स्टार्ट भएपछि मैले बसका यात्रुहरु हेरेँ । मलाई सबै नेपाली अनुहार जस्तै लागे । सायद पहाडी अनुहार भएकाले त्यसो लागेको हुनसक्छ । वा नेपाल जान लागेका कारण मनमा त्यस्तो भाव आएको हुन सक्छ । बस केही क्षणअघि बढेपछि कानमा नराम्रो खबर ठोक्किन आयो । सँगै एउटा सुनसान ठाउँमा गाडी पनि रोकियो । सेनापति भन्ने जगामा स्थानीय सरकारको विरोधमा केही नारीवादीहरुले चक्काजाम गराएका रहेछन् । चक्का जाम भनेपछि हामीलाई चिन्ता लाग्नु स्वाभाविक थियो । हामीले सोधपुछ गर्न चाह्यौँ तर भाषाको सीमितताका कारण यति मात्रै थाहा पायौँ कि यहाँ सरकारसँग स्थानीय विद्रोहीहरुको बेला बेलामा झगडा परिरहन्छ र बेला बेलामा चक्का जाम पनि भइरहन्छ । अब हामी यताकतै बास बस्नु पर्छ । यो स्थिति रातभर रहन पनि सक्छ । कुनैपनि बस पाँचबजेबाट न यता पस्न पाउँछ, न उता छिर्न नै । म रिस्क लिएर जान चाहन्न ।’ डाईबर दाइले हामीलाई हिन्दीमा त्यहाँ भएको समस्याबारे अवगत गराए । ड्राइभरको कुरा सुनेर हामी रुनु न हाँस्नु भयौँ । डिमापुर जानेले छिचोल्नु पर्ने एउटा सानो सहर रहेछ सेनापति । पहिला त मलाई पनि मधू दीलाई झैं सेनापतिमा चक्काजाम हुँदैमा हामी बाटामा बस्नुपर्छ जस्तो लागेको थिएन । तर गाडीको जाम र ड्राइभर आफ्नो सिटबाट अलप भएपछि भने हाम्रो टेन्सन बढ्दै गयो । उसै पनि शरीर थाकेको थियो, त्यसमाथि बीच बाटामा आइपरेको यो अप्ठ्यारोले मन नै थकाइदियो । [bs-quote quote=”हुन त ड्राइभरलाई बीच बाटोमा जाम छ भन्ने कुरा थाहा रहेछ तर हामी जस्ता व्यक्तिले टिकट क्यान्सिल गर्छौ भन्ने लागेर उसले भनेको रहेनछ । यो एकप्रकारले हामीमाथि भएको अन्याय थियो । मणिपुरमा हुँदै यो कुरा भनिदिएको भए हामी अरू नै तरिका अपनाउँथ्यौँ भनेर ड्राइभरलाई भने पनि अब त्यसको कुनै अर्थ थिएन । बरु हामी हामीबीच यो कुरा गर्दै मनलाई बहल्यायौँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] हुन त ड्राइभरलाई बीच बाटोमा जाम छ भन्ने कुरा थाहा रहेछ तर हामी जस्ता व्यक्तिले टिकट क्यान्सिल गर्छौ भन्ने लागेर उसले भनेको रहेनछ । यो एकप्रकारले हामीमाथि भएको अन्याय थियो । मणिपुरमा हुँदै यो कुरा भनिदिएको भए हामी अरू नै तरिका अपनाउँथ्यौँ भनेर ड्राइभरलाई भने पनि अब त्यसको कुनै अर्थ थिएन । बरु हामी हामीबीच यो कुरा गर्दै मनलाई बहल्यायौँ । हाम्रो रेल छुट्ने भो भन्ने चिन्ता र रातभर सडकमै रात गुजार्नु पर्ने भयले हामी दुःखी थियौँ । उसै पनि मलाई हिजोदेखि नै निद आएको छैन । निद पूरा नभएपछि त्यसको असर मन र शरीरमा पर्छ । यही कारण अरुभन्दा बढी मलाई दिक्क लागेको थियो । आफ्नो माग पूरा गराउन अरुलाई दुःख दिने कुरा बर्मामा कल्पना गर्न पनि सकिँदैन । अघिसम्मको खुसी यहाँ गाडी रोकिने कुराले हराउँदै गयो र बदलामा चिन्ता, तनाव र रिस बढ्दै गयो । तर हामी के नै पो गर्न सक्थ्यौँ र ? हामीसँग ड्राइभरलाई फकाउनुबाहेक अर्को उपाय थिएन । हामीले आधा नेपाली आधा हिन्दी भाषा मिसाउँदै ड्राइभर दाइलाई सडकमै बास नबस्न अनुरोध गर्यौँ । उनलाई हामीले फकाउँदै भन्यौँ, ‘बस बिस्तारै हाँकेर सेनापतिसम्म पुगौँ । त्यहाँ बस्न खान राम्रो पाइन्छ, यो बाटोमा बस्दा हामीलाई नराम्रो लागिरहेको छ ।’ यो कुरा हामीले पटक पटक भन्यौँ र हाम्रो अवस्था बुझिदिन अनुनय विनय गर्यौँ तर ड्राइभर दाइले हाम्रो कुरा बुझ्दा रहेनछन् । केवल मुन्टो हल्लाएर बुझेको अभिनय मात्रै गरेका रहेछन् । एकजना यात्रुले हाम्रो समस्या मात्रै होइन, हाम्रो भाषाको अन्तर्य सुनेर अनुवाद गरेपछि मात्र ड्राइभरले केही बोले तर के बेलो हामीले थाहै पाएनौँ । निकै बेरपछि ड्राइभर दाइ बीच सडक बस रोकेर नजिकैको होटलभित्र पसे । अरु यात्रुहरु पनि खाना खाने तयारी गर्न थाले । हामीलाई खाना खाने जाँगर चलेन । खाना रुचोस् पनि कसरी ? चिन्ता र भयले नै हाम्रो पेट भरिएको थियो । हेर्दा हेर्दै रातको ८ बज्यो, ९ बज्यो । अब हाम्रो अनुरोध, अनुनय विनय पनि बेकार जान थाल्यो । हामी पूर्ण रुपमा गल्न थाल्यौँ र परिस्थितिसँग सम्झौता गर्न थाल्यौँ । ड्राइभर अझै दुकानमै थिए । हामीलाई ड्राइभरको नियतमाथ नै शंका लाग्न थालिसकेको थियो तर हाम्रा लिडर भीम पाण्डे भने ड्राइभरलाई अझै पनि फकाउन अझै प्रयत्नशील हुनुहुन्थ्यो । रातको १० बजेतिर म, सरगम, मधू र सीमा गरी चार जना युवतीहरु बोटलको पानी किन्न नजिकै एउटा किराना पसलतिर लाग्यौं । त्यहाँ पानी कसरी माग्ने, हाम्रो भाषा कसरी बुझाउने भनेर सल्लाह गर्दैथियौँ, दुकानबाट एउटी महिलाले के चाहियो नानी हो भनेर नेपाली भाषामा सोधिन् । यो रातमा यो भाषा हाम्रालागि मरभूमिमा तिर्खाएको बेला पाएको पानीसरह भयो । हामीले ड्राइभरमाथिको शंका बतायौँ र नेपाल जान लागेको कुरा पनि बतायौँ । ती नेपाली दिदीले भन्नुभयो, ‘उता स्थिति साँच्चै नै खराब छ नानी हो, चिन्ता गर्नुपर्दैन । पुलिसले नै गाडी रोकेका हुन् । ड्राइभरले सही जग्गामा रोकेका हुन् ।’ नेपालीहरु नपुगेको ठाउँ कहाँ छ होला ? यो सुनसान ठाउँमा नेपालीहरुले दुकान थापेर बसेका छन् । गरिखाएका छन् । नेपालीहरु जहाँ गए पनि बाँच्न सक्छन् भन्ने यो प्रमाण थियो । नेपालीको दुकान भन्ने थाहा पाएपछि हामीले पाण्डेजी, ढकालजी सबैलाई बोलायौँ । यो विरोनो ठाउँमा नेपाली बोलेर केही क्षण हाम्रो तृष्णा मेटियो । हामीले पानी किन्यौँ र त्यहीँ खाजा खायौँ । यसले हामीलाई शरीरमा ऊर्जा दियो । त्यसपछि तिनै दुकान मालिकको सहारामा हामीले ड्राइभरलाई थर्काउँदै भन्यौ, ‘प्रहरीले नै गाडी रोकेको हो भन्ने कुरामा हामीलाई विश्वास छैन । प्रहरीकै अघि गाडीलाई लिएर हिँड ।’ यो रातमा यसरी बस्नुको अर्थ पनि थिएन । डराएर पनि केही हुनेवाला थिएन । जे हुन्छ अब आँखा अगाडि हुन्छ भनेर हामीले ड्राइभरलाई कर गरेपछि बल्ल गाडी स्टार्ट भयो । यद्यपि यी सबै कुराको जानकारी हामीले नेपालमा पर्खीबस्नु भएको ज्ञान सरलाई दिइरहेका थियौँ । हामीसँग टिम लिडरससँग एउटा मात्र भारतीय सिम थियो । यसमा डाटा चलाएर हामी पल पलको कुरा ज्ञान सरलाई भनिहेका थियौँ । परबाट हाम्रो कृयाकलाप ध्यान दिइरहनु भएको छ भन्ने लागेर पनि होला हाम्रो डर केही कम भइरहेको थियो । तर घरमा भने यो कुरा जानकारी गराउन सकेनौँ । साधारण नेटवर्कका कारण हाम्रो जे जति समय खर्चिएको थियो, सबै ज्ञान सरका लागि मात्र थियो । फेरि प्रतिकूल परिस्थितिमा घरमा जानकारी गराउनु चिन्ताको कारण मात्र हुन्थ्यो, त्यसैले आवश्यक अवस्थामा बाहेक हामीले डेटाको पैसा खर्च गर्न चाहेनौँ । हामीलाई के ढुक्क थियो भने ज्ञान सरलाई सबै कुराको जानकारी गराउन सकियो भने हामीलाई अप्ठ्यारो पर्न दिनु हुने छैन । रातको ११ बजेतिर बल्ल गाडी हिँड्यो । करिब एक घन्टाजति बस सरासर हिँड्यो । चक्का जाम छ भन्ने कुरा हामीलाई विश्वास लागेन । नत्र एक घन्टा कसरी गाडी हिँड्या त ? हामी एक आपसमा कुरा गर्न थाल्यौँ । हामीलाई ड्राइभरको नियतमाथि झन बढी शंका लाग्यो तर जसै हामी सेनापतिको मुखमा पुग्यौं, त्यहाँ प्रहरीहरूको गस्ती थियो । सम्पूर्ण रोडलाई बन्द गरिएको थियो र प्रहरीको टुक्रीले अन्य बसहरुलाई पनि रोकेका थिए । हाम्रो बस अघि बढ्न खोज्यो । तुरुन्तै सिठ्ठी बजाएर गाडी रोक्ने कडा आदेश प्रहरीले दिइहाले । प्रहरीले गाली गर्दै ड्राइभरलाई केही भने । ड्राइभरले हामीलाई देखाएर केही भन्यो । त्यसपछि प्रहरी हामी छेउ आएर कहाँ जाने, कहाँबाट आएको भनेर धेरै कुरा सोधे । हामीले यथार्थ कुरा भनेपछि उनले पनि भने, ‘बिहानसम्म गाडी खुल्ने सम्भावना छैन । उता खतरा छ, त्यसैले बिहानसम्म यहीँ बस्नू ।’ डिमापुर समयमै पुग्ने र रेल चढेर सिलुगुडीसम्म पुग्ने सपना तत्कालै ध्वस्त भयो । हुन त रेल छुट्ने अनुमान हामीले गरिसकेका थियौँ तर पनि गाडी हिँडेकाले केही आशा थियो । प्रहरीले नै सुरक्षाका लागि बाटो बन्द गरेको बताएपछि रेल छुट्ने पक्का भयो । त्यति मात्र होइन, अब कति दिनपछि नेपाल पुगिन्छ, त्यसको केही ठेगाना भएन । गाडी अलिकति अगाडि पुगेर सुनसान ठाउँमा रोकियो र ड्राइभर सुत्यो । हाम्रो टोली भने निरास र हतास एक आपसमा गुनगुन गर्दै रात बिताउन थाल्यौँ । अब काटिसकेको रेलको पैसाको माया भन्दा पनि रेल छुटेकोमा चिन्ता थियो । त्यो भन्दा पनि समयमा विश्व नेपाली साहित्य महोत्सवमा पुग्न नससकिने भन्ने चिन्ता सुरु भयो । नागाल्याण्डमा यस्ता हड्ताल पटक पटक हुन्छ भन्ने सुनिएको थियो । कति दिन यसरी बस्नुपर्ला, यही रात कि अन्य धेरै दिन र रात ? सम्झदैँ मुटु फुलेर आयो । [bs-quote quote=”जनवरीको २६ तारिख हामी धनगढी पुग्नु थियो । आज २२ तारिखमा हामी नागाल्याण्डको सीमा क्षेत्रमा रहेको सेनापति सहरको छेउमा रात गुजार्दैछौँ । चिन्ता बढेपछि निद गायब हुनु स्वभाविक नै हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] जनवरीको २६ तारिख हामी धनगढी पुग्नु थियो । आज २२ तारिखमा हामी नागाल्याण्डको सीमा क्षेत्रमा रहेको सेनापति सहरको छेउमा रात गुजार्दैछौँ । चिन्ता बढेपछि निद गायब हुनु स्वभाविक नै हो । राति कुन बेला हो, अगाडिबाट लाइट बालेका केही बस आइरहेको देखिन थाल्यो । पक्कै गाडी खुल्यो होला भन्ने लागेर हामीले मस्त निदाएको ड्राइभरलाई उठायौँ । हामीलाई जुन किसिमको हतारो थियो, निदाएको ड्राइभरलाई हुने कुरै भएन । उसले निद्रालु आँखा मिच्दै बस हाँक्न थाले । बाटामा प्रहरीहरु थिए र थिए धुँवा र धुलोको समिश्रण । खासमा यसरी रातविरात चक्का जाम हुनु मेरालागि अनौठो थियो । प्रहरीले अघि बढ्ने सङ्केत गरेपछि गाडीले गति लियो । यही बीचमा देखेँ, सडकमा टायर बलिरहेको दृश्य, जाउरा र मुडाको आगो र व्याप्त अनौठो गन्ध । मैले त यस्तो दृश्य हिन्दी सिनेमाहरुमा मात्र हुन्छ भन्ने ठानेको थिएँ, यहाँ त आँखैले देख्न पाएँ । विस्तारै पूर्वतिर उज्जालोको लालीमा देखियो । स–साना र घुमाउरो बाटो हुँदै बस अघि बढ्यो । थकाइले शरीर चुर थियो । निद्रा त लागेको थिएन तर हामी शरीरलाई बसको मोडले जता लैजान्छ, उतै छाड्न स्वतन्त्र छाड्न बाध्य थियौँ । अब त हड्ताल हुने ठाउँ आउँदैन होला, आए पनि त्यस्तै केही समस्या नहोस् भन्दै कामना गर्दै अघि बढ्यौँ । बिहान ८ बजेतिर डिमापुर सहर प्रवेश गरेपछि भने मन केही हलुको भयो । डिमापुर त्यही सहर थियो, जसले हामी त्यहाँ पुग्नुपूर्व नै हामीलाई बोकेर सिलिगुडी पुर्याउनु पर्ने रेललाई हामी पुग्नुपूर्व नै पठाइसकेको थियो । अब अर्को रेल कहिले जान्छ, कहिले हामी रेल चढ्छौँ केही थाहा थिएन । केवल रेल चढ्न कहिले पाइएला भन्ने कल्पना मात्र थियो । गाडीबाट उत्रिएपछि थाहा भयो, अर्को रेल भोलिपल्ट दुई बजे जान्छ । हामीसँग झण्डै १६ घन्टा थियो । खाना नखाएको पनि करिब १६ घन्टा भएको थियो । भोक त थिएन, शरीर भने निकै थाकेको थियो । भीमजीको सल्लाहानुसार होटल बुक गरियो । नुहाइधुवाइ गरेर सुत्ने प्रयास गरियो तर होटलमा पनि कसैलाई निद्रा परे जस्तो लागेन । किनभने शरीरलाई मात्र विश्राम भएर हुन्न रहेछ, मनलाई पनि विश्राम चाहिने रहेछ । मन तबमात्र खुसी हुनेवाला थियो, जब हामी नेपाल पुग्थ्यौँ । उसै पनि डिमापुरमा खानाको बन्दोबस्त राम्रो हुन्न । फोहोरी सहरको उपनाम पनि दिइएको रहेछ, यो सहरलाई । अघिल्लो दिन राधाकृष्ण मन्दिरको खाना अझै पेटमै छ भन्ने ठानेर हामीले दिनभरि डिमापुरको होटलमा बितायौँ । भोलि बिहानको २ बजे हामीलाई लिन रेल आउँछ भन्ने आशा गर्दै, अब केही दिनमै नेपाल पुगिन्छ भन्ने कल्पना गर्दै हामी कुरिरह्यौँ । #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की अज्ञात कोरोना: बर्माको दोस्रो ठूलो सहर मान्डले हरेक दिनजस्तै बिहानैदेखि व्यस्त भयो । दुई वर्षयता मैले यो सहरलाई आफ्नो जीविकोपार्जनको थलो बनाएकी छु । अब म यो सहरको व्यस्तताको अङ्ग बनेकी छु । दूर गाउँ मोगोकको च्यापिनबाट आएकी मलाई यो सहरले राम्रोसँग चिन्दैन तर उसको गतिलाई चिन्नु र बुझ्नु मेरो बाध्यता बनेको छ । हामी एउटा सानो घरमा स–परिवार बस्न थालेका छौँ । यही घरमा वरपरका टोल–छिमेकीलाई खाद्यान्न सहितको खिर्चिमिर्ची सामग्री पाउने दुकान छ । यो त्यही दुकान हो, जसले मलाई साहित्यिक भेटघाट र रचना सिर्जनाबाट वञ्चित बनाइरहेको छ । जब मनले चाहेको भाषा र साहित्यको काममा हातमुख जोड्नु पर्ने यो दुकानको व्यस्तताले अल्झाउँछ, मानिस कसरी पैसाको दास हुन विवश छ, सम्झना आउँछ । जनवरी ९ ,२०२० सदाझैँ फरक थिएन तर निद्रा खुल्दा मन र शरीर दुवै हलुका अनुभव भइरहेको थियो । मनमा एक प्रकारको आनन्दको लहर दौडिरहेको भन्नुपर्ला । लामो समय यही अवस्था कायम रहिरह्यो, खाना खाने बेलासम्म पनि । बेलाबेला मलाई अकारण यस किसिमका खुसी अनुभव हुन्छ । आज पनि यस किसिमको अनुभव हुन थाल्यो, मैले बारम्बार प्रश्न गरेँ, मन किन खुसी छ ? तर खास कारण फेला पार्न सकिरहेकी थिइनँ । बिहानको काम सकेपछि म सामाजिक सञ्जालमा जोडिएँ । च्यापिन शाखाको शिक्षा विभागसँग मेरो पुरानो नाता छ । मान्डले भए पनि म यो शाखाको ग्रुप इनबक्सबाट जोडिएकै हुन्छु । वाइफाई अन भएपछि सुरुमा यही च्यापिन शाखाको ग्रुप म्यासेज देखियो । त्यहाँ एउटा निमन्त्रणा लेखिएको थियो । साथमा एउटा लेटरप्याड पनि । जहाँ नेपालको सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी, कैलालीले गर्ने साहित्य महोत्सवमा बर्मेली लेखकहरुलाई आमन्त्रण गरिएको थियो । पत्रले भनेको थियो, ‘नेपालमा विश्व नेपाली साहित्य महोत्सव २०७६ हुँदैछ । त्यसमा बर्मेली नेपाली साहित्यकारहरुको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ । मेरा पुर्खा नेपाली तर मेरा लागि नेपाल त्यति नै अपरिचित छ, जति चन्द्रमा । रातमा दूरबाट चन्द्रमा त देखिन्छ तर त्यहाँ जान सकिँदैन । चन्द्रमाका बारेमा पढ्न त सकिन्छ तर त्यहीँ गएर अनुभव गर्न सकिँदैन । त्यो पत्रले मलाई त्यही दूर चन्द्रलोकमा बोलाएजस्तो लाग्यो । मैले त्यो पत्रको भाव बुझ्न दोहोर्\u200dयाई तेहेर्\u200dयाई पढेँ । त्यसमा स्पष्टरुपमा नेपालको साहित्यिक भ्रमणमा आउन निम्तो दिइएको थियो । लेटरप्याडको तल च्यापिन शाखाबाट एकजना अनिवार्य उपस्थिति हुनू भन्ने च्यापिन शिक्षा विभागका सचिव रोशनजीको म्यासेजले नेपाल जान सक्ने अवसर छ है भनेर मलाई नै सङ्केत गरेजस्तो, नेपालले मलाई नै बोलाएकोजस्तो, कस्तो कस्तो मन तानिएर नेपालै पुगौँजस्तो आकर्षित भएँ म । रोजीरोटीको खोजीमा म च्यापिनबाट माण्डले सरिसकेकी छु । मेरालागि त्यो पत्र ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’जस्तै भयो । अहो, जोड गरेँ भने म नेपाल जान पाउँछु तर कसरी ? भर्खरै व्यवस्थित हुन थालेको व्यापार र घरलाई कसरी छाड्न सक्छु ? दूरबाट देखिरहेको चन्द्रमा जाने प्रस्ताव सहितको रकेट त आयो तर त्यहाँ चढ्ने तयारी बिल्कुलै रहेनछ । मन खिस्रिक्क भयो । एकछिनपछि सुदूर पश्चिमाञ्चल साहित्य समाजको त्यही पत्र केन्द्रीय शिक्षा विभागले सार्वजनिक फेसबुकमा राख्यो, विभागको भनाइसहित । त्यहाँ पनि नेपाल जान चाहने साहित्यकारहरुका लागि अवसर भन्ने कुरा लेखिएको थियो । म साहित्यकार त भैसकेकी छैन तर यहाँ लेखिएका शब्द शब्द मेरै लागि हुन् भन्ने लाग्न थाल्यो । अचानक मनले निर्णय गर्\u200dयो, अवसर पाए म नेपाल जान्छु । यो अवसरका लागि प्रयास गर्नैपर्छ । त्यसपछि थाहा भयो, बिहानदेखि शरीर र मनले दिएको खुसीको सङ्केतहरु । नेपाल जाने निर्णयपछि नयाँ-नयाँ व्यवहारिक कठिनाई आउँछन् भन्ने बुझेरै मैले मनका कुरा घरका सदस्यलाई भनिनँ । पहिले जाने कुरालाई यथार्थमा परिणत गर्नु थियो । म साहित्यकार त भैसकेकी छैन तर यहाँ लेखिएका शब्द शब्द मेरै लागि हुन् भन्ने लाग्न थाल्यो । अचानक मनले निर्णय गर्\u200dयो, अवसर पाए म नेपाल जान्छु । यो अवसरका लागि प्रयास गर्नैपर्छ । त्यसपछि थाहा भयो, बिहानदेखि शरीर र मनले दिएको खुसीको सङ्केतहरु । नेपाल जाने निर्णयपछि नयाँ-नयाँ व्यवहारिक कठिनाई आउँछन् भन्ने बुझेरै मैले मनका कुरा घरका सदस्यलाई भनिनँ । पहिले जाने कुरालाई यथार्थमा परिणत गर्नु थियो । मैले थप कुरा बुझ्न माेगाेककी साथी सरगमलाइ फाेन गरेँ । उनी मसँगै नेपाली भाषा र साहित्यमा डिप्लाेमा पढेकी मित्र हुन् । अझ हाम्राे ब्याजकी टपर पनि । मैले नेपाल जानका लागि पाएकाे निम्ताे र मेराे वर्तमान अवस्था बारे जानकारी गराएँ । उनले हौसला दिँदै भनिन्, ‘यो राम्रो अवसर हो, यसलाई गुम्न नदिऔँ । बरु विभागलाई आफू जान चाहेको कुरा जानकारी गराइहालौँ । नत्र छुट्न सक्छ ।’ उनले आफू लगायत बाँकी पाँच जना यही कार्यक्रमका लागि नेपाल जानका लागि प्रयासरत भएकाे बताइन्। यसबाट पनि थाहा भयाे, सुचना सबैतिर पुगिसकेकाे छ । यस्ताेमा सयौं लेखक कवि र भाषासेवीमध्ये थोरैलाई मात्र यो अवसर जुर्न सक्थ्यो । यसका लागि कामको मूल्यांकन पनि हुनेवाला थियो । दुई वर्षदेखि म संस्थामा सक्रिय छैन । नेपाली भाषा र साहित्यको कुनै पनि सेवा गर्न सकेको छैन । यस्तो बेलामा यसले दिने सुविधा लिन अघि सर्नु कता-कता नैतिकताले दिँदैन कि ? तर सरगमले हौसला दिँदै अवसरलाई सदुपयोग गर्न अनुरोध गरेपछि पुनः भड्किएको मन शान्त भयो । साहित्यलाई माया गर्नु र यसको सेवामा कार्यरत रहनु फरक कुरो हो । हाललाई म पहिलो वर्गमा थिएँ, जसले यो अवसर नपाउन पनि सक्थ्यो । पत्रानुसार साहित्य महोत्सव प्रारम्भ हुन एक महिना बाँकी थियो । परिस्थितिको विचार गर्दै केही दिनपछि शिक्षा विभाग प्रमुख ज्ञानबहादुर थापा सरसँग म्यासेन्जरमा कुरा गरेँ । उहाँ नेपाली भाषा पाठ्यक्रमलाई अन्तिम रुप दिन नेपाल पुग्नु भएको थियो । उहाँ उतै बसेर बर्माबाट आउने साहित्यकारहरुलाई नेपालको भ्रमण गराउने तारतम्यमा लाग्नु भएको रहेछ । च्यापिनमा सक्रिय रहँदा साहित्य लेखिरहन हौसला दिनुहुन्थ्यो । वहाँसँग म सन् २०१८ मेतिर टाउँजीअन्तर्गत यकसकको एक मात्र संस्कृत पाठशालामा आयोजित नेपाली साहित्य शैक्षिक तालिममा सहयोगार्थ सहभागी भएकी थिएँ। मैले यिनै कुरा गरेर उहाँलाई आफू सम्मेलनका लागि योग्य भएको प्रमाणित गर्ने प्रयास गरेँ । वहाँले यस्तो अवसरमा अचुक उपस्थिति हुनुपर्छ भनी हौसला दिनुभयो, वहाँ प्रसन्न भएको मैले महसुस गरेँ। मेरो खुसीको ठेगाना रहेन । ‘म नेपाल जाने,’ ज्ञान सरसँग कुरा सक्ने बित्तिकै म खुसीले चिच्याएँ । पसलमा काम गरिरहेकी बैनीले फनक्क फर्केर बर्मेली भाषामा भनी, ‘दिदीले नेपाल गएको सपना देखेजस्तो छ ।’ ‘होइन, साँच्चै नै जाने । भर्खरै ज्ञान सरसँग कुरा भयो ।’ ‘के भन्छे यो ?’ आमा भान्साबाट निस्कदै बोल्नुभयो, ‘अचानक नेपाल जाने कुरा कसरी निस्कियो ?’ मैले यत्रो दिनसम्म लुकाएर राखेको कुरा बेलिबिस्तार लगाएँ । परिवारका सबै सदस्यहरुले साँच्चै नै पत्याउनु भएन । परिवारको आर्थिक बोझ मेरो टाउकोमा छ । यस्तोमा मैले दुकान छाडेर नेपाल गएँ भने के हुन्छ, कल्पना बाहिरको कुरा छ । छोरी भए पनि यो घरमा अन्तिम निर्णय मेरो हुन्छ भन्ने मलाई पनि थाहा छ र उहाँहरुलाई पनि । मेरो अनुहारमा देखिएको खुसी र आत्मविश्वासले उहाँहरु अचम्ममा पर्नु भयो । नेपालबाट आएको पाँचौँ पुस्तापछि परिवारकी एउटी सदस्य नेपाल जाने कुरा डढेलो झैँ आफन्तकोमा फैलियो । मेरा आमा–बुवा, दिदी र आफन्तहरुलाई साहित्य भनेको के हो, थाहा छैन । तर छोरी लेखपढ गर्न मन पराउँछे भन्ने थाहा छ । यही लेखपढले मलाई नेपालसम्म पुर्\u200dयाउँदैछ भन्ने थाहा पाएपछि त्यसको महत्त्व पनि बढ्यो । मेरा बुबाका हजुरबुबा नेपाल जान भनेर आधा बाटासम्म पुग्नु भएको थियो रे ! खै के भएर फर्कनु भयो । उहाँ फर्कनु भएको भए हामी सबै नेपालमै हुन्थ्यौँ सायद । त्यसपछि मेरा हजुरबुबा पनि नेपाल फर्कने भन्दै बित्नु भयो रे । त्यसपछि त नेपाल दूरको कथा जस्तो हुँदै आयो । पछिल्लो पुस्ता पनि आफ्नो पितृभूमिका रुपमा नेपाललाई सम्झन्छ । सायद यही कारण हो, मेरो नेपाल यात्राको सम्भावनालाई धेरैले उपलब्धिका रुपमा लिनुभयो । उहाँहरूकाे अनुहारले खुसीले बताइरहेकाे थियाे, मैले तयारी थाल्दा हुन्छ । यही क्षणबाटै मेरो साहित्यिक यात्राको श्रीगणेश भयो । काेराेना चीनबाट संसारयात्रा गर्दैथियाे, हामी बर्माबाट नेपाल छिर्ने याेजना बनाउँदै थियाैँ । क्रमशः अर्काे साता… #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की नेपाल जाने तयारी गर्दा: ‘तिमी नेपाल जाने हो र ?’ छिमेकी म्यान्माली साथी दुकानमा आएका बेला उत्सुक भएर सोधी । मैले स्वीकृतिमा मुन्टो हल्लाएँ । उसको अनुहारमा एक प्रकारको आश्चर्य र अविश्वसनीय दुवै खालको भाव फैलियो । मैले उसको अनुहारबाट केही कुरा पढिहालेँ । म्यान्माली गोर्खालीहरु जीवनमा एकपटक भए पनि नेपाल जान चाहन्छन् । नेपालका बारेमा सुन्दा सुन्दै धेरैको बाल्यकाल र जवानी बितेको छ । पुराना पुस्ता त नेपाल जान्छु भन्दाभन्दै यहीँ बितेका छन् । त्यसैले हाम्रा लागि यो कुनै आश्चर्यको कुरा होइन । तर म्यान्मालीहरु पनि जीवनमा एकपल्ट भए पनि नेपाल पुग्न चाहन्छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा टेके मात्र पनि उनीहरु बुद्ध भगवानलाई भेटेको महसुस गर्छन् । लुम्बिनी पुगेर फर्कनेहरुको यहाँ मानमनितो नै फरक भएको मैले देखेकी छु । हालै परिचय भएकी मेरी छिमेकीले पक्कै पनि यो कुरा गाउँघरमा सुनाउने छे भन्ने कुराले मलाई दिनभरि हौसला दिइरह्यो । साँझ आमाले पशुपतिनाथको महिमा सुनाउनु भयो । मेरी आमालाई नेपाल भन्नेबित्तिकै स्वास्थानी र पशुपतिनाथ याद आउँछ । हजुरआमा भन्नु हुन्थ्यो, ‘नेपाल जान भाग्गेमा लेखेर ल्याउनु पर्छ ।’ आमाले त्यही कुरा मलाई भन्नुभयो । हजुरआमाका साथीसंगीहरु उनीहरुका आमा–बाका पछि लागेर नेपाल छिर्नु भयो रे । धेरैपछिसम्म उहाँ नेपालको कुरा सम्झिबस्नुहुन्थ्यो रे । आज उहाँ हुनु भएकी भए नातिनी नेपाल जाने कुराले कति खुसी हुनुहुन्थ्यो भन्दै आमाले बिगतका कुरा सम्झिरहनु भयो । म नेपाल जाने कुराले मभन्दा आमाको भावुकता बढेको मैले महसुस गरेँ । नेपालका लागि हिँड्ने समय अझै एक महिना बाँकी थियो तर आमाको व्यवहार यस्तो थियो, मानौँ म भोलि नै घर छाड्दैछु र पर्सी नै नेपाल पुगिहाल्छु । मैले उहाँलाई भिसा लिनुपर्ने, साथीभाइसँग भेटघाट गर्नुपर्ने धेरै काम बाँकी रहेको बताएपछि आमा बल्ल शान्त हुनुभयो । पर्सीपल्टदेखि मेरो तयारीमा तीव्रता बढ्यो । हाम्रो समूहमा को को जाँदै हुनुहुन्छ, सबैको नाम मलाई थाहा थिएन । के के तयारी गर्नुपर्छ, त्यो पनि थाहा थिएन । यसका लागि मैले शिक्षा विभागमा सम्पर्क राखेँ । नेपाली भाषाका लागि दिन रात खटिरहेको मान्मा देशीय गोर्खा हिन्दु महासंघ अन्तरगतको शिक्षा विभागले मलाई नेपाल जान अवसर दिएको थियो । यो संस्थासँग जोडिएर नै मैले नेपाली भाषा राम्रोसँग लेख्न र बोल्न थालेकी थिएँ । यही संस्थाअन्तरगत नेपाली भाषामा डिप्लोमासम्म अध्ययन गर्ने र साहित्य प्रतिको लगावलाई बाहिर ल्याउने मौका पाएकी थिएँ । यसले लगाएको गुण सम्झँदा पनि म भावुक हुने गर्छु । शिक्षा विभागबाट मसँग जान लाग्नु भएका साथीहरुको नाम न टोलिफोन प्राप्त भयो । तीमध्ये एकजना सरगमसँग केही दिनअघि सम्पर्क भैसकेको थियो । अर्का एकजना हुनुहुन्थ्यो, भागवत सर । भागवत सरबाट थाहा भयो, उहाँहरु दुवैको पासपोर्ट बनिसकेको रहेछ । उहाँले चाँडै पासपोर्ट बनाउन आदेश जस्तो भनाइ राख्नु भयो । भागवत सर नेपाली साहित्य डिप्लोमाका प्राध्यापक हुनुहुन्छ । उहाँहरुकै मिहिनेतका कारण हामी जस्ता पछिल्लो पुस्ताले भाषा र साहित्यका धेरै कुरा सिक्न पाएका छौँ । उहाँले दाेस्राे पटककाे ब्याचबाट साहित्य डिप्लोमा गर्नुभएको थियो । उहाँले स्नातक कक्षा सुरु भएको पाँचौँ संस्करण यता अध्यापकको कार्यवार वहन गरिरहनु भएको छ । आज नवौं ब्याचमा पनि उहाँ आफ्ना अन्य आय आर्जनको बाटो छाडेर आय नहुने भाषा र साहित्यमा लागिरहनु भएको छ । यसपटकको यात्रामा उहाँ पनि हामीसँगै नेपाल यात्रामा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँदा म हर्षले गद्गद भएँ । ‘मोगोकबाट मधु पासपोट बनाउन माण्डले आउँदैछिन्, तिमी र मधुले सँगै बनाउँदा तिमीलाई सुविधा हुन्छ,’ भागवत सरले आदेश जस्तो भनाइ राख्नुभयो । मलाई झन् खुसी लाग्यो किनभने मधु दिदी मोकोगकी राम्रो गजलकार हुनुहुन्छ । उहाँले हामीभन्दा अघि नै डिप्लोमा सकेर भाषा र साहित्यको सेवा गरिरहनु भएको छ । केही वर्ष यतादेखि उहाँसँग चिनजान छ । भागवत सरसँगै मधु दिदी पनि हामीसँग जाँदै हुनुहुन्छ भन्ने खबरले मनमा झन् खुसी बढ्यो । मैले उहाँसँग सम्पर्क गरेर यो खुसी प्रकट गरेँ र भागवत सरको कुरा सुनाएँ । उहाँले पनि पासपोर्ट बनाउन चाँडै हिँडिहाल्ने कुरामा सहमति जनाउनु भयो । पातलो जिउडालकी मधु दिदी हँसमुख हुनुहुन्छ । म प्रेमपूर्वक उहाँलाई मधुदी भन्छु । उहाँको व्यवहारमा सधैँ अपनत्व देख्न पाइन्छ । त्यसैले यो यात्रा निकै सुखद् हुने अनुमान झन् दोब्बर हुन थाल्यो । पछि छुट्ला भनेर भनिहाल्न मन लाग्यो, मधुदी पनि नेपाली भाषा र साहित्यकी तेस्राे पटककी स्वर्णपदक विजेता हुनुहुन्छ । हाम्रो यात्रामा एकसे एक साहित्यका विद्वानहरु भेला हुनु भएको थियो, म सामान्य केटी कसरी यो टिममा अँटाए हुँली भनेर भगवानलाई धन्यवाद पनि दिएँ । जनवरी र फेब्रुअरी महिना माण्डलेमा सबैभन्दा राम्रो मौसम देख्न पाइन्छ । गर्मी महिनामा चालीस डिग्री सेल्सियससम्म तामक्रम पुग्ने मान्डले यो बेला शितल हुँदै थियो । केही दिन यो शितल मौसम अझ गाढा हुन थाल्यो, मानौँ पहाडबाट झरेकी मधुदीलाई ऊ विरानो महसुस गराउन चाहँदैन । पासपोर्ट बनाउने दिन म बाल्किनीमा बसेर घाम ताप्दै थिएँ । मधुदीको फोन आयो । उहाँ त हिजै माण्डले आइसक्नु भएको रहेछ । ‘म त हिजै आईं, पासपोर्ट आज बनाऔँ है,’ उहाँले फोनमै हतार देखाउनु भयो । म हतारमा उहाँले बोलाएको ठाउँमा पुगेँ । बर्मामा माेगाेक निवासीहरूले पनि माण्डलेमै अाएर सरकारी काम गर्नुपर्छ । कहिलेकाहीँ प्रशासनिक काम गर्ने ठाउँ नजिक हुँदा पनि सजिलै हुने रहेछ । मधुदी ७ घन्टाको यात्रा गरेर पासपोर्ट बनाउन आउनु भयो । म भने एकैछिनमा उहाँको अघि पुगेको थिएँ । बर्मेली टोली सामान्य प्रश्न र सरकारी कागजात पेश गरेपछि पासपोर्ट अप्लाई भयो तर पासपोर्ट हात लाग्न भने एक साताको समय लाग्ने रहेछ । जाडोको समय भए पनि काम सकिँदा उज्यालै थियो । यो समयलाई सदुपयोग गर्दै मधुदी र म कुदोट फया (माण्डलेस्थित बर्माकै प्रसिद्ध बुद्ध मन्दिर) दर्शन गर्न पुग्यौँ । उहाँ पहिलो पटक यो मन्दिरमा पुग्नु भएका कारण उहाँको खुसी हेर्न लायक थियो । म भने फुर्सद हुनेबित्तिकै यहाँ पुग्ने भएकाले मलाई सामान्य लाग्छ । हामीले फयामा बसेर एकछिन नेपालका विषयमा कुरा गर्\u200dयौँ र काल्पनिक उडान भर्\u200dयौँ । उहाँका लागि पनि नेपाल मेरो जस्तै सपनाको देश थियो । उहाँको परिवार पनि उहाँ नेपाल जाने कुराले उत्साहित हुनु भएको कुरा थाहा भयो । हुन पनि कुन त्यस्तो गोर्खाली–नेपाली परिवार होला, जसले नेपालको नामले तरङ्गित गर्दैन ? समय नजिकिँदै जाँदा हाम्रो सात जनाको सानो टोली म्यान्माको चार कुनाबाट तयार हुन थाल्यो । यति बेलासम्म हामीसँग सातौं ब्याचबाट नेपाली साहित्य डिप्लोमा गर्ने राजन ढकाल पनि जाने कुरा थाहा भयो । उनी हाल प्यींउल्वीमा नवौं ब्याचका प्यींउल्वीन्का विद्यार्थीहरुलाई अध्ययन गराउँछन् । उनको एउटा गजल सङ्ग्रह प्रकाशित छ । तर जब जब मैले यो गजल संग्रह पढ्न नपाएको गुनासो गर्छु, उनी चाँडै उपलब्ध गराउने आश्वासन दिन्छन्, जो अहिलेसम्म मैले पढ्न पाएको छैन । जे होस्, यही बहानामा उनको र मेरो कुरा हुने गर्दथ्यो । तर उनी पनि हाम्रो टोलीमा सामेल हुने कुरा मेरा लागि सुखद् हुन पुग्यो । जनवरी २६ तारिख विश्व साहित्य सम्मेल सुरू हुने निश्चित थियो । हामी भने १९ तारिखअघि यात्रा अघि बढाउन सक्ने अवस्थामा थिएनौँ । कारण थियो, नवौं नेपाली साहित्य माध्यामिक परीक्षाको तयारी । मबाहेक सबै जना गुरुबा गुरुमा हुनुहुन्थ्यो । समयमै परीक्षा सक्ने र समयमै नेपाल पुग्नुपर्ने बाध्यताका कारण हामीले कामको बाँडफाँड गर्यौँ । यसका लागि म र सीमा गुरुमाले भिसाको काम गर्ने र बाँकीले परीक्षा सञ्चालन गर्ने कुरामा सहमति भयो । सीमा साँवा लिम्बु गुरूमासँग पनि मेरो पुरानै परिचय हो । नेपालीहरुको ठूलो बस्ती रहेको मिचिनामा बस्ने सीमा केन्द्रीय शिक्षा विभागको सहसचिव हुनुहुन्छ । त्यसबाहेक म्यान्मारको महान चाड हौरीमा आयोजन गरिने नेपाली शिक्षण शिविरकी प्रमुख शिक्षिका पनि । म्यान्माको किरात संघकी सचिव हुनुअघि उहाँले आठौँ ब्याचमार्फत नेपाली साहित्यमा डिप्लोमा गर्नु भएको थियो । सन् २०१७ मा भएको प्यींउल्वीस्थित दुर्गा भवनमा भएको शैक्षिक तालिममा गाँसिएको हाम्रो मित्रता अझै कायम छ । सीमा गुरुमा भिसा अप्लाई गर्न मिचिनाबाट माण्डले आउनु भयो । माण्डले यस्तो सहर हो, जसलाई नटेकी बर्माको अर्को सहर पुग्न सकिँदैन । मध्य बर्मामा रहेकाले पनि एउटा राज्यका मानिस यहाँ आउनै पर्ने बाध्यता छ । यहाँ आयार्जनका स्रोत पनि प्रशस्त छन् । कतिपय जिल्ला अञ्चलास्तर सरकारी काम यसैको अधीनमा छन् । यसैको केन्द्रमा पर्छ माण्डले । मोगोकजस्ता नेपाली बस्ती बाक्लो भएको सहरबाट पनि युनिभर्सिटी पढ्न यहीँ आउनु पर्छ । राजधानी याङ्गुन देशको पुछारमा थाइल्याण्ड नजिकै भएकाले पनि देशका सबैजसो शहरी आवश्यकता माण्डलेले पूरा गर्दै आएको छ । सीमा गुरुमा भारतको भिसाको लागि यहाँ आउनुको कारण पनि यही थियो । नेपालको भिसाका लागि भने राजधानी याङ्गुन पुग्नुपर्दथ्यो तर एउटा कार्यक्रममा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ केन्द्रीय अध्यक्ष सागर घिमिरेसँग भेट भएपछि भने उहाँले हाम्रो टाउको हलुका बनाइदिनु भयो । ‘म रंगुन जाँदैछु, त्यहाँ मैले चिनेको राजदूत भीम उदासजी हुनुहुन्छ । त्यसैले भिसाको काम म गर्दिन्छु । हतार भएकाले तपाईंहरु अरु काम गर्नुहोला, नत्र भ्याइँदैन ।’ अध्यक्ष नै भिसाका लागि रंगुन गएपछि हामीलाई निःशुल्क भिसा मिलेछ । नेपालमा हुने साहित्य सम्मेलनमा सहभागी हुने कारणले पनि निशुल्क भिसा मिलेकाे थाहा भयाे । अध्यक्ष ज्यूले याे कुरा फोनमै सुनाउँदा हामी खुसी भयौँ । नेपालले हामीलाई माया गर्छ भन्ने यो संकेत थियो । यो कुरा नेपालमा रहनु भएका हाम्रा शिक्षा प्रमुख ज्ञान सरलाई सुनायौँ । त्यसपछि परीक्षामा लाग्नुभएका सबै साथीहरुलाई पनि । यसरी नेपालको भिसाको काम पनि सकियो । ठीक एक सातापछि परीक्षाको काम सकेर सबैजना माण्डले भेला हुनुभयो । यो जनवरी १९ तारिख बिहान ११ बजेतिरको समय थियो । अब भारतको भिसा लगाउनुपर्ने थियो । यहीँ भेट भयो, हाम्रो यात्राका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भीम पाण्डे । उहाँ एक–दुई पटक नेपाल गैसक्नु भएका कारण हाम्रो पथप्रदर्शक पनि हुनुहुन्थ्यो । मैले उहाँलाई पहिलो पटक भेटेका कारण नमस्ते बाहेक अरु कुरा सोध्ने आँट थिएन । तर नेपाल पुगिसकेको व्यक्ति भएकाले मेरो ध्यान उहाँतिर अलि बढी खिँचिएको थियो । सायद उहाँले नेपालका बारेमा केही भन्नुहुन्छ कि भन्ने आशा मनमा थियो । उहाँ केन्द्रीय सांस्कृतिक विभागको प्रमुख हुनुहुन्छ भन्ने कुरा पनि त्यही बेला थाहा भयो । उहाँ मेचिनामा नेपाली भाषा र साहित्य अध्यापन गराउनु हुँदाे रहेछ । हामी पूरा तयारीका साथ लगेजसहित भारतको काउन्सिलर अफिस गएका थियौँ । समयमै भिसा हात पर्यो भने चाँडै निस्कनुपर्छ भन्ने योजनाका साथ तर भिसा लिन महाभारत भयो । इण्डियन काउन्सलिड्ले सबैलाई फरक फरक ठाउँमा राखेर निकै बेर केरकार गर्\u200dयो । अनेक प्रश्न सोध्यो । अन्त्यमा त्यही दिन भिसा नमिल्ने जानकारी दिइयो । बरु भोलिपल्ट ३ बजे मात्र बोलाइयो । खासमा हामी भारतको बाटो हुँदै नेपाल छिर्दैथियौँ । सम्भवतः भारतको बाटो हुँदै नेपाल छिर्ने हामी पहिलो टोली थियौँ । र, उनीहरुका लागि पनि यो फरक अनुभव थियो । त्यसैले पनि हाम्रालागि धेरै सोधपुछ भयो । #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की एक प्रकाशकको चुपचाप बिदाइ: सारा म्याकलच्लन क्यानडास्थित हाउस अफ अनन्सी प्रेसकी पूर्व अध्यक्ष तथा प्रकाशक हुन्। अनन्सीले केही राम्रा क्यानडेली लेखकहरू उत्पादन गरेको छ, जसले ख्याति बटुलेका छन्। यसमा लिन कोएडी, लिसा मुर, तान्या टेलगा, एलिक्स ओहलिन, प्याट्रिक डेविट, गिल एडम्सनजस्ता सफल लेखक पनि पर्छन्। यत्ति धेरै लेखकहरूले पत्याएको एउटा सानो पब्लिकेसन हाउसकी प्रकाशक तथा अध्यक्ष साराले गएको जनवरीमा नै कम्पनीबाट बिदा लिने घोषणा गरिसकेकी थिइन्। बीचमा कोविद १९ रोगको आतंकका कारण उनको बिदाइ पनि सामान्य बन्न पुग्यो, ‘जूम’ बिदाइ। यो बिदाइ अनलाइन भएकाले रोनाधोना मुक्त पनि भयो। पछिल्लो समय साना प्रकाशन गृहलाई दवाव छ- तिनीहरू नाफामा पनि चल्नु छ र सँगैमा ठूला प्रकाशन गृहहरू पेइन्गुइन रेन्डम हाउस, ह्याचेट लिभ्र, हार्पर कोलिन्स, म्याकमिलन, सिमोन एन्ड सुस्टर, म्याक्ग्रहिल्स, पियर्सन एडुकेसन, स्कोलास्टिक, हग्टन मिफिनजस्ता कुस्त नाफा कमाउने कम्पनीले साना प्रकाशकहरूबाट राम्रा र सम्भावना भएका लेखकहरू जोगाउनु पनि छ। यस्तो बेलामा उमेरमा ६० लागेपछि प्रकाशन संस्थाबाट बिदाबारी भएकी साराका लागि कम्पनीको दैनन्दिनीबाट मुक्त भएकी छन्। उनी भन्छिन्, ‘एउटा स्वतन्त्र प्रकाशक भएर राम्रा किताब निकाल्नु गाह्रो छ। निकालिए पनि महत्त्वाकांक्षी लेखकहरूले पहिलो पुस्तक साना प्रकाशकबाट निकाल्नेबित्तिकै ठूला प्रकाशककहाँ फड्को मारिहाल्छन्। कहिलेकाहीँ यस्तो देख्दा दिक्क पनि लाग्छ किनभने तिनलाई लेखकका रूपमा उभ्याउन साना प्रकाशकले ठूलो मिहिनेत गरेका हुन्छन् तर त्यो मिहिनेतको फल पनि चाख्न पाउँदैनन्।’ उनको ईशारा चाहिँ क्यानडाका सम्भावनायुक्त लेखकहरू सिला हेटी, जोइ ह्विटफल र रल हेजजस्ता लेखकको थियो, जुन अलि चर्चामा आउनेबित्तिकै ठूला प्रकाशकको आँखामा परिहाले र तिनले पनि मौकामा चौका हान्न बिर्सिएनन्। यसरी कम्पनीबाट हाम्फाल्नुलाई उनले त्यति नराम्रो रूपमा लिन्नन्, भन्छिन्, ‘हामीले उनीहरूलाई ठूला मल्टिनेसनल कम्पनीले दिए जति दिनसके उनीहरू किन जान्थे र?’ तर कम स्रोतका बाबजुद पनि साना कम्पनीले बढी विविधतायुक्त पुस्तक पस्कन भ्याउने, त्यसका लागि गहन मिहिनेत गर्ने गरेको उनको धारणा छ। ठूला प्रकाशकहरूले पनि मिहिनेत त गर्छन् तर उनीहरूको ध्यान बढी व्यापार केन्द्रित हुने उनको बुझाइ छ। ‘हामीजस्ता साना कम्पनीको पुँजी भनेको लेखकहरूसँगको निजी सम्बन्ध हो,’ उनी भन्छिन्, ‘हामीसँग पैसा कम होला तर ज्यादै संवेदना बुझेर काम गर्छौं। हामीले उनीहरूलाई अग्रिम रूपमा ठूलो रकम दिन नसकौँला तर हरेक वर्ष किताब बिक्रीबाट आएको रोयल्टी राम्रै दिन्छौँ। यसले लेखक र प्रकाशक बीचको सम्बन्ध दरिलो बनाउँछ, निजात्मक सम्बन्ध बनाउँछ। र, सबै लेखक पैसाकै लागि मात्र पनि काम गर्दैनन्। तिनीहरू सम्बन्धको महत्त्व बुझ्छन् भन्ने लाग्छ।’ उनले कयौँ लेखकले वर्षको १० लाख डलरसम्म रोयल्टी लग्ने लेखकहरूसँग काम गर्न पाएकामा खुसी व्यक्त गरिन्। तिनै लेखक अलि बढी पैसा पाउने भएपछि कम्पनी छाडेर गएका पनि छन्। उनी त्यसलाई सामान्य नै मान्छिन्। उनले अहिले बिदा लिएको कम्पनीमा १६ वर्षअघि छिरेकी थिइन्। जम्मा पाँच कर्मचारी र १० लाख डलरबाट शुरू गरेको यो कम्पनीमा अहिले ३८ कर्मचारी र ८० लाख डलरको व्यापार गर्न सफल भएको छ। यो तहमा ल्याउन सकेकामा उनले सन्तुष्टि व्यक्त गरिन्। तर यो वर्ष भने कम्पनी पूरै घाटामा जाने उनको आँकलन छ। जब एउटा सक्रिय प्रकाशकले कम्पनीबाट बिदा लिन्छ, त्यो बेला उसले कस्ता कुरा छुटाउँछु होला जस्तो लाग्छ त ? सारा भन्छिन्, ‘कम्पनी चलाउञ्जेल पनि राति अचानक ब्युँझन्थेँ र कम्पनीमा यो बिग्रियो भन्ने लाग्थ्यो। अहिले पनि कहिलेकाहीँ झट्ट ब्युँझन्छु र कम्पनी छाडेँ भन्ने नै बिर्सन्छु। त्यो तनाव मैले यतिबेला मिस गरिरहेकी छु।’ #अदृश्य #प्रकाशक गुरु पूर्णिमाको दिन 'प्रवासी प्रवाह'को आठौँ शृङ्खला: गैर आवसीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह” आठौँ शृंखला असार २१ गते गते तदानुसार जुलाई ५ तारिक बेलुका ८ बजे सम्पन्न भयो । विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरुका सिर्जनाका प्रवाहलाई प्रवाहित गर्नु कार्यक्रमको उद्देश्य रहेको समितिले जनाएको छ । आठौँ शृङ्खला गुरु पूर्णिमाको अवसरमा नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाका सबै आदरणीय स्रस्टाहरुमा सम्मानसहित यसपालिको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुप्रसिद्ध कवि तथा संस्कृतिविद् तुलसी दिवसको उपस्थिति थियो । लोक वार्ता र संस्कृति समाजका अध्यक्ष समेत रहेका दिवशले जहाँ नेपाली पुगेका छन्, त्यहाँ सानो नेपाल पुगेको भन्दै विश्वभर छरिएका नेपालीले नेपाली भाषा र संस्कृतिलाई विश्वभर पुर्याउनु पर्नेमा जोड दिए । ‘प्रवासी प्रवाह’ले विभिन्न महादेशमा रहेका नेपालीहरुले त्यहाँ भएका साहित्यिक गतिविधिहरु बुझ्ने र त्यहाँका सर्जकका सिर्जनालाई सुन्ने सुनाउने काम गरेकोमा उनले खुशी व्यक्त गरे । उनले वाहवाही र ताली पाउनका लागि मात्र नभई कविता मनका भित्री भावना उजागर गर्नुपर्ने र वाचनशैली राम्रो बनाएर त्यसलाई जीवन्त पार्नुपर्ने सुझाव दिए । यस क्रममा उनले केही कविता समेत वाचन गरेका थिए । अमेरिकाबाट साहित्यकार गोबर्धन पूजाले अमेरिकाको साहित्यिक गतिविधिका बारेमा जानकारी दिँदै कविता वाचन गरे । नर्वेबाट कवि तथा साहित्यकार विष्णुमाया विभुले नर्वेमा दुई हजारको संख्यामा नेपालीहरु रहेको र साहित्यिक गतिविधि पनि जारी रहेको जानकारी गराइन् । उनले आफ्ना गज़ल, गीत र मुक्तक सुनाएकी थिइन् । मलेसियाबाट दीप दर्शनले पनि मलेसियामा पहिलेको जस्तो साहित्यिक गतिविधि कम भएको बताउँदै आफ्ना गज़लहरु सुनाए । युगान्डाबाट तेजेन्द्र ‘विवश’ले युगान्डामा थोरै साहित्यकार भए पनि साहित्य गीतसंगीतलाई मन पराउने धेरै नेपालीहरु भएको जनाउँदै आफ्ना गीतहरु गाएरै सुनाएका थिए । प्रवासी प्रवाह अनलाइन कार्यकमको संचालन भगवती बस्नेतले गरेकी थिइन् । #प्रवासी प्रवाह उत्तमप्रसाद पन्तलाई योगमाया अभियान सम्मान: उत्तम बाबु पन्त नेपाल स्रष्टा समाजले येगमायाका विषयमा अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका शिक्षाविद् उत्तमप्रसाद पन्तलाई योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ । २५ हजार १ सय ११ रूपैयाँ राशिसहित पन्तलाई अभिन्नदन गरिने स्रष्टा समाजले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । समाजका अध्यक्ष विधान आचार्यले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समाजले २०७७ सालमा प्रदान गर्ने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान तोया गरूङलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ । सम्मानको राशि २५ हजार १ सय ११ रूपैयाँ रहेको छ । त्यसैगरी पाल्पाका इन्द्रा गहतराजलाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान प्रदान गरिने भएको छ । उक्त सम्मानको राशि ११ हजार १ सय ११ रहेको छ । योगमायाले तत्कालीन राणा सरकारसँग समाज सुधारको माग गर्दै आफ्ना ६८ अनुयायीका साथ वि.सं. १९९८ असार २२ मा उत्सर्ग गरेकी थिइन् । यसै दिनको सम्झना गर्दै लेखन एवं अनुसन्धानमार्फत समाज सुधार गर्ने स्रस्टाहरूलाई स्रष्टा समाजले सम्मान गर्दै अएको छ । फोटो कविता प्रतियोगिता ८ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको सातौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। याे फाेरम नव प्रतिभा एवं चर्चित कविहरूकाे संयुक्त फाेरम हाे, जहाँ ताेकिएकाे विषय र तस्बिर दिएर कविता लेखनकाे प्रतिस्पर्धा गराइन्छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका सात वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आठौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपाेस्टकाे फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। याे प्रतियाेगितामा कविता पठाउन यसै पेजकाे तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दाे कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएकाे छ । प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ ।उत्कृष्ट कवि–कवयत्रीहरूलाइ सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात असार २७ गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाइ विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूकाे रहाेबरमा भाेलिपल्ट २८ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः राजनीतिमा खेल हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः आत्महत्या: नवीन प्यासी सुसाइड नोटमा लेखिएको छ- ‘यदि अर्को जुनी सम्भव छ भने म मानिस भएर जन्मन चाहन्छु’ । प्रमाणको नाममा उसको घाँटी रेटिएको छ छ मुखमा अलिकति फिँज र छेवैमा तरकारी काट्ने चक्कु ! मानिसहरू भनिरहेछन्- ‘यस्तो प्रतीभाको कसले हत्या गर्यो ? यो आत्महत्या होइन, हत्या हो’ ऊ पेन्टर थियो- रङहरूमार्फत पोत्थ्यो निसास्सिँदो विचारहरू ऊ कवि थियो- कवितामार्फत लेख्थ्यो हजार पैतालाले थिचेको मुस्कान ऊ संगीतकार थियो- सूरमार्फत निकाल्थ्यो गहिरो पीडाको मेलोडी ऊ मानिस थियो- आवाजमार्फत बोल्थ्यो मानिसको पक्षमा । संविधानको धारा-उपधारा थिएन उसका लागि न थियो कुनै आरक्षण थिएन कुनै पार्टीको घोषणापत्रमा नक्कली आस्वासन किनभने ऊ भोट बैंक थिएन किनभने दर्ता थिएन उसको नाम निर्वाचन आयोगमा । ऊ नागरिक थिएन यो देशको बनेको थिएन नागरिकता । थियो त- सधैं सधैं उसलाई गिज्याइरहने समाज थियो त- सधैं सधैं विवाहको प्रस्ताव ल्याइरहने परिवार थियो त- सधैं सधैं प्रश्न गरिरहने साथीभाइ । ऊ भनिहिँड्थ्यो- नागरिकतामा मेरो फोटो कस्तो देखिएला ? रुन छाडेको थियो, सक्किएको थियो आँखामा आँसु दुख्न छाडेको थियो, ढुंगो बनिसकेको थियो मुटु किनभने, मानिस भएर बाँच्न खोजिरहेको ऊ तेस्रो लिंगी थियो । #आत्महत्या #नवीन प्यासी नारी सौन्दर्य: नारी तिम्रा अवयव सबै मोहनी रूप कस्तो धर्ती सारा जगभरी कतै हुन्न लौ मोल सस्तो ब्रह्मा आफैँ थकित नभमा गाउँदा गीत तिम्रो मान्छे आफैँ चकित जगमा पाउँदा प्रीत तिम्रो ।। हिँड्दा खुट्टा छमछम गरी नर्तकी चाल आहा ! गाला चिल्ला छलछल गरी केसको छाल आहा ! लाली चढ्दा अधरभरि नै लोभिने बन्छ मौरी नारी प्यारी मदकल सुरा सर्वदा रम्य गौरी ।। मान्छे कस्ती चमचम गरी चम्किने दिव्य आभा मान्छे हौ या गगनचर हौ मस्तले खान कावा तिम्रो लज्जा पनि बनिदिने सार सौन्दर्य चाला खोली दिन्छ पुरुष नरको बन्द धीरत्व ताला ।। नारी तिम्रो तनमन सबै शुद्धताको निवास फक्री चट्ट लहलह बनी फैलिदिन्छ्यौ सुवास आमा बन्छ्यौ सुललित तिमी छर्न न्यानो पियार रम्छन् बच्चा दूधरस लिई बाल क्रीडा विहार ।। गर्मी बढ्दा हिमसरि भई शीत ठण्डी हिमाल जाडो लागी लुगलुग बने अग्नि ज्वाला कमाल सारा राम्रा चिजबिज सबै आरसी मान्छु तिम्रा होलान् केही अवगुण कतै शील नै छान्छु तिम्रा ।। #नारी सौन्दर्य #सुदेश पन्त मनसँग कुराकानी: चाहिँदैन प्यार अब किन्तु म म रहन सकिनँ म को हु ? मलाइ नै थाहा छैन कसलाई थाहा छ ? जसले मेरो अस्तित्व स्विकारेन कसले? जस्ले अस्तित्व देखाएको थियो मतलब ? मलाइ थाह छैन पागल भैइस् ? बनाए कसले जसले मान्छे बनाएको हो उसले उफ ! बुझिन के भनेको ? उस्ले नि यही भन्दै थियो कसले ? जसले मलाइ बुझेन भन्न के चाहान्छस् ? शब्द बाहिर को कुरा त्यो भनेको के हो ? मैले भन्न चाहेको कुरा बुझाउन् सक्छस् ? बुझ्न लाई दिल टुटेको हुनुपर्छ तेरो टुटेको छ ? मेरो दिल छैन दिल बिना को मान्छे हुन्छ र ? म मान्छे होइन को होस् ? त को होस् ? मान्छे को रुपमा छस् त ? भन्न को होस् ? हा हा हा हा भ्रम हुँ म फगत भ्रम हँु कसरी ? म म छैन कहाँ गइस् ? सबैको जाने ठाउँ कहाँ ? त जहाँ जान्छस् म , म कहाँ जान्छु ? तँलाई थाहा होला मलाइ थाहा छैन भन् ? मलाइ पनि थाहा छैन । भन? अन्तिम सत्य लाई भेट्न के हो? सत्य हो बुझिनँ सत्य हो बुझिदैन त पागल भइस् ? बनाए कसले ? जस्ले मान्छे बनाए कसले ? जसले अस्तित्व देखाएर स्विकारेन अस्तित्व बिना को होस ? मलाई थाहा छैन । तँलाई के थाहा छ ? अब मलाइ प्यार चाहिँदैन । #दिपेश उप्रेती #मनसँग कुराकानी बर्माका साहित्यकार थापालाई 'गोपाल पाण्डे' पुरस्कार: साहित्यपोस्ट ज्ञानबहादुर थापा बर्माका नेपालीभाषी साहित्यकार ज्ञानबहादुर थापा ले गोपाल पाण्डे ‘असीम’ पुरस्कार प्राप्त गरेका छन् । विगत २५ वर्षदेखि नेपाली भाषा र साहित्यमा निरन्तर लागिरहेका थापाले नेपाली शिक्षा परिषद्ले दिने ५० हजार राशीको पुरस्कार प्राप्त गरेका हुन् । उनका झण्डै एक दर्जन भाषा र साहित्यका पुस्तकहरु प्रकाशित छन् । थापा बर्मामा भाषा र साहित्यमा सक्रिय रहेको अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घ, शिक्षा विभाग प्रमुख पनि हुन् । थापा ऐरावती साहित्यिक पत्रिकाका प्रमुख सम्पादक हुन् भने साहित्यपोस्टका बर्मा संयोजक पनि हुन् । उनी बर्मामा नेपाली साहित्यकार जन्माउने अभियानमा पनि लागेका छन् । २०५० सालेखि साहित्यकार गोपाल पाण्डे असिमको नाममा नेपाली भाषा र साहित्यको सेवा गर्ने श्रष्टालाई शिक्षा विभागले यो पुरस्कार दिँदैआएको छ । त्यसैगरि आदिकवि भानुभक्त पुरस्कारको पनि घोषणा भएको छ । यो वर्ष एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार मुकुन्द शर्मा चालिसेले प्राप्त गरेका छन् । २०५४ सालदेखि दिन थालिएको यो पुरस्कार पनि भाषा र साहित्यमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई दिने गरिएको छ । यी दुवै पुरस्कार साउन ३२ गते एक सार्वजनिक कार्यक्रममा वितरण गरिने योजना छ । साहित्यपोस्ट विद्यूतीय पत्रिका उहाँहरुको उत्तरोत्तर प्र्रगतिको कामना गर्दछ । #ज्ञानबहादुर थापा कथा: मृत्यु ढोल नपिटी आयो: सत्तरी वर्षमा पनि भीष्म बाजे जवान डकार्थे । उसै पनि उनका कान छिटा, आँखा तीखा । फट्किनु पर्दा लब्रकलब्रक कुनै तरुण-तरुणी सैपरी तीव्रतर फड्कन्थे । हितैषी दामोदरलाई उ.. पर छोडिदिन्थे, र पछि फर्केर कम्मरमा हातको टेका लगाई भन्थे- “नाथु यो ठाडे भीर त उमेरमा झिमिक्क गर्दा पो त ! अँ, टेर्दिनँ अझै, सोर्है आना ! हेर कहाँ छोड्यो यो अल्छी ?” भीष्म बाजे ‘हाहा हूहू’ गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टा माथि टेकाई उसैगरि खुई… गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, “पख् पख् मुढेँ ! म आइपुगेँ, तबैतारे !” बिमल सिटौला पुराना बूढाहरूलाई सत्य युगको दूध, दही र घिउले घच्चघच्याउछ भनेझैँ भीष्म बूढाको बोली र गराइमा दम झल्किन्थ्यो । तर दामोदर बूढामा त्यो थिएन । दुवैका आँखाका किनारमा मुजुक्क परेर अनुहारको गतिपति थिएन । चिउडो खस्केको थियो । बाहिरी सल्लक खुम्चिएर एकै ठाउँमा देखिन्थ्यो । हत्केलाको विपरितपट्टि छाला कालो र लत्रेको थियो । देखिने जति रौँ सबै सेतै । पहिरनमा सेतो कमिज परिधान गरेका, तर गोबर/सोतर सोर्दा र चुनदेवी मन्दिरछेउको चिया पसलमा समकालीनहरूसँग बसेर हात माड्दै गफ्फिदा टाटैटाटा । यधपि जीवित एउटै थियो, भीष्म बूढाको गफको हाँक, बेजोडको ! पहिले-पहिले अति शुरा थिए रे भीष्म बूढा ! दर्जन लैना चौपाय पालेका, बिहान सबैभन्दा छिटो मन्दिरछेउको पसलमा दूध ल्याइपुर्याउँथे रे ! कम्तिमा पर्वतेनी साहूनीलाई एक कपमा तीन चम्चा चिनी थप्न लगाई-लगाई चिया पिउँथे, र एक बिहानभरि बढो हाँक बढाएर कुरा गर्थे रे ! सबै गोपाल-महेशपालहरूसँग । त्यसपछि मात्र, अबेर दामोदरसँग यसरी नै नारिंदै घर फर्कन्थे रे ! दूधको ट्याङ्का उनले कहिल्यै छुटाउँदैनथे । तर, आजभोलि हप्तामा एक-दुई दिनमात्र धाउँछन् उनी । त्यो पनि छिमेकी हितैषी दामोदर पाण्डेसँग मन मिल्दा । नमिल्दा अकेलै अकेलै । अरूबेला उनका कान्छो छोरा हरिमर्दनले जिम्मा लिन्छन् । तर, दूधको रकम बुझ्न भने उनी नै । त्यसदिन, सँगसँगै हिँडेका उनीहरूमा भीष्म माथि ठमठमाएर पुग्दा दामोदर बूढाको मनमा वराध हिनताबोध भयो- “साँच्चै अशक्त भएछु अब ता !” उनले जिब्रो फट्कारे- “मेरो छेउमा बढाउछ हाँक, उमेरले मेरो उमेर नाघिसक्यो । दुई मुख जोड्दा हेरिनसक्नु छ । अझ फुर्ति गर्छ । तबैतारे ! अझ अल्छी रे मलाई !” दामोदर बूढा माथि थुम्कोमा आफूउपर गिल्ला गरिरहेका हितैषी भीष्म बूढाको बारेमा यस्तै मनोगणन्ते कुरामा अल्झिएका के थिए, एक्कासि कावा खाएर ढले । दूधको ट्याड़्का हल्लाउदै भीष्म बूढा हतारमाओर्लिए तल । “ए..ए.. के भयो तँलाई एक्कासि !”, उनी नजिकै आइपुगे । भकुल्ले शरीरलाई उनले यता र उता चलमलाए । कोनि के के गरे उनले ! दामोदर बूढाले आँखाका पटल खोले । एकछिन मूक देखिए उनी । लाटोसुधो जस्तो । आँखा झिमिक-झिमिक गरे । अनि मात्र भिष्म बूढा बोले, गल्ती प्रायश्चित गर्दै- “भोलिदेखि तँलाई मैले साथी ल्याएछु भने त मरिजाऊँ ! यस्तो गर्न मिल्छ यो निर्जनमा ? आफ्नो झन्नै खरी झरे ! तैँले परिवञ्चनामा मलाई कुन दिन खाद्छस् र मेरो हालत त्यही बलबहादुरको जस्तो बनाउछस् । सोर्है आना !” “ए लौ लौ, तबैतारे !”, दामोदर बूढाले आधा शरीर उठाएर खुई गरे र सञ्जीवनी बुटी दिने भीष्मलाई श्लाघा गरे- “तँ थिस् र त म बाचेँ बा ! तँ थिइनस् भने आज मेरो परान यही लामाटारे भीरमा जान्थ्यो ।” केही गम्किएर केही हाँक बढाएर भीष्म बूढा बोले- “तँलाई मैले धेरैचोटि त्राण गरेको छु । त्यो त माथि जगन्नाथलाई थाहै छ नि !”, यस्तै उस्तै ती व्यथित एरुण यौवनका कुरा गर्दै दुई बूढाहरू सँगसँगै उकालो लागे । त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घाँमको प्रकाशमा उनीहरूको काय तप्न त पाएन, किनकि उनीहरू पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाँममा कुनै वस्तुको टलक देखियो । भीष्म बूढाले अड्कल काटिहाले, “ए ! को लम्किदै छ तलबाट । देख् त !” दामोदर बूढाका कौतुक नजर तल झरेनन् । बरु माथि चढ्नै बले गरे उनी । कुनै विसान नगरी उनी चढेको चढै थुम्कोमा पुगे । फेरि कावा खाए । हो, उनी फेरि ढले । तर, भीष्म बूढा कोनि के को क्षुधित भएर, कुनै अहेरी झैँ बिराजमान भए । उनले यो थाहा पाए कि ती कुनै स्त्री नै हुन् । उनी त फर्किए आएको बाटो । “नानी कहाँ पुग्नुपर्ने ?”, उनले लम्बेजिब्रो पोखरीबाहिर नचाए । बढो भड्किलो तरहले अहम्ता पोख्दै ती स्त्री बोलिन्, “माथिल्लो गाउँ बाजे ।” अचानक भीष्म बाजेले तीन पहर पछाडि सारे, दाईने हात अनुहारमा घुमाउँदै । “अनि नानी ? यति विघ्न भारी बोकेर पार गरौली त यो डाँडो ? खै लेऊ यो झोला म बोकिदिन्छु ।”, भीष्म बाजेले सबैभन्दा ठूलो झोला आफ्नो आङमा चढाइहाले । उनी भन्दै थिइन्, “सक्नुहुन्न बाजे यो त ! यो हाते झोला चै समाउनू ।” अहँ, टेरेनन् भीष्म बूढाले । स्त्रीलाई आफू अघि बढाएर उनी पछिपछि लागे । बूढा भन्दै थिए- “के भन्छौ हौ नानी, अझै जवानै छु नि ! सोध न त्यहाँ पुगेपछि, यो गाउँ हाँक्ने को हो भनेर ?” स्त्री त थुम्कोमा किन्चितै कष्टले आइपुगिन्, तर भीष्म बाजे आएनन् । दामोदर बूढा तब मात्र होसमा आइपुगे जब ती स्त्रीलाई नजिकै देखे । दामोदर बूढा उठेर छटपटाउन थाले । हितैषी भीष्मको परोक्षमा, न कि स्त्रीको आगमनमा । स्त्रीले नै भनिन्, “बाजे मेरो सामान बोकेर आउने बाजे त हराउनुभयो त ….. !” दामोदर बूढा अचम्ममा त परिहालेनन्, तर भीष्मको लुप्ततामा असमञ्जसतामा निसार भैरहे । उनले भीष्मलाई खोज्दै जाँदा तल रूखमा अल्झिएको देखे । निकै दुरुह अवस्था देखे उनले हितैषी भीष्मको । ती लोभना स्त्री पनि पछिपछि आउँदै थिइन् । भीष्म बाजेको शरीरको एक वृक्षको ठुटोमा लत्रेको गति देखेर चिच्याइन् । दामोदर बूढा एकदमै कान्तिहिनताको स्थितिमा पुगे । उनले नजिकै गएर अर्ध वृत्तकार आकारमा भएको शरीरलाई छोए । मुखमा जल पनि हालिदिए । तर, उनको श्वास उडिसकेको थियो । उनले ती स्त्रीउपर हेर्दै एकदमै निसाहार भएर भने- “मृत्यु पनि ढोल पिटेर नआउने रहेछ नानी !” #बिमल सिटौला एक यात्राको कथाः चभ: चरिकोट गाउँबाटै २०४० सालको प्रवेशिका परीक्षामा राम्रो अंक ल्याउनेमा श्री कालिन्चोक माध्यमिक विद्यालयको पहिलो विद्यार्थी भयो उद्गम नेपाल । मध्यम वर्गीय परिवार भए पनि छोरा छोरीलाई पढाउनु पर्छ भन्ने मानसिकता उद्गमका बा–आमामा थियो । बाबा शिक्षित थिए । आमा पनि अनपढ नै त हैनन् । सिजन अनुसारका दुई तीन थरी नगदेबालीको पनि राम्रै उब्जनी हुन्थ्यो । उद्गमले पनि आफ्नो पढाइको समय बाहेक कृषिकर्म पनि गरेकै हो । उद्गमका बा चरिकोटे नेपालबाट चिनिन्थे काठमाडौँ खाल्डोमा । आफ्नो नगदेबाली लिएर उनी काठमाडौँका नेवार बस्तीहरूमा पुग्थे । बाहिर अन्य सबैले काठमाडौँ भने पनि भक्तपुरमा उनको व्यापार राम्रो थियो । चरिकोटेको समानमा खोट हुन्न भन्थे । विश्वास थियो उनी माथि कैफियत गर्दैनन् भन्ने । भक्तपुरका नारायण कंसाकारसँग पहिलो भेट २०३० सालतिर चरिकोटमै भएको थियो । नारायण कंसाकार धातुको व्यापार गर्थे । दुई भरिया नयाँ भाँडाकुँडा बोकेर नारायण कंसाकार दोलखा चरिकोटतिर दशपन्ध्र दिन घुम्थे । नयाँ भाँडाँकुँडाहरू बेचबिखन साथै पुरानासँग साटफेर गरेर फर्किन्थे । बर्षको एकपटक दोलखा पुग्दा उनै चरिकोटेको घरमा दुई तीन दिन बस्थे । यसरी नारायण कंसाकार र चरिकोटेको चिनजान सँगै चभ भएका थिए । मोती भुजेल दश वर्षपछि चरिकोटे छोरा उद्गमको उच्चशिक्षाको लागि सँगै काठमाडौँ गए । पहिला नगदेबाली बेच्न घरघरै जानु पथ्र्यो भने, अहिले नगदेबाली खोज्न घरघरै आउँछन् । गाउँमै चरिकोट कृषि सहकारी खुलेको छ । सहकारीले नै उचित दाम दिएर संकलन गर्ने गरेकाले चरिकोटेलाइ सजिलो भएको हो । दश वर्षमा धेरैनै परिवर्तन भएछ भक्तपुरमा । भक्तपुर दरबारक्षेत्र वरपरका चोकहरू पनि हराएछन् । कतै सरकारी कार्यलय भवनहरू बन्दैछन् त कतै व्यापारीक कम्प्लेक्स बनिसकेका थिए । कुमारी चोकबाट भित्र छिरेपछि मुखैमा थियो नारायण कंसाकारको घर । अहिले पत्ता लाउन धौ धौ परेको छ चरिकोटेलाई । दश वर्ष पहिला देखेका पुराना इट्टाका घरहरू नै छैनन् । बेलपत्रको रूख र चौतारी बनाएको कुमारी चोकमा शितल बसेकामध्ये एकजनालाई चरिकोटेले नारायण कंसाकारको घर सोधे । एन.के. किचन लेखेको ठूलो होर्डिङ बोर्ड झुण्डिएको घर देखाइदिए । आफ्नो पुख्र्यौली पेशात गरेका रहेछन्, अहिले पनि तर पहिला जस्तो आफ्नो उत्पादन भन्दा बढी मेशिनले बनाएका समानहरू बेच्दा रहेछन् । नारायण कंसाकार पसल मै थिए । धेरैपछि देखेर होला चरिकोटेलाई ठ्याक्कै ठम्याउन सकेनन् । चरिकोटेले नै आफ्नो परिचयसँगै नमस्कार गरे । आफ्नो छोरा उद्गमलाई पनि परिचय गराए । नारायण कंसाकारले चरिकोटेका बाउ छोरालाई नै पसलभित्र बोलाए । उद्गमको पढाइ सोधे । राम्रो अंक ल्याएर प्रवेशिका उत्तीर्ण गरेको सुनेर खुसी भए । आफ्नो छोरी निला कंसाकारले पनि प्रवेशिकामा राम्रो अंक ल्याएर उत्तीर्ण गरेको कुरा सुनाए । चरिकोटेले छोरा उद्गम अब सहरमै बसेर उच्च शिक्षा अध्ययन गर्ने कुरा सुनाए , “ कंसाकार दाजुले सहयोग गनुपर्छ है ?” चरिकोटेले हाँस्दै भने । प्रतिउत्तरमा नारायण कंसाकारले पनि हाँसोमै जवाफ दिए – “ भैहाल्छ नि हौ ! यो उद्गम र निला एउटै कलेजमा पढ्छ । मेरो घरमा त डेरा छैन होय, काकाको डेरा छ चिन्त्या नलिन । एउटै कलेजमा म साइन्स पढ्ने ऊ पनि साइन्सनै पढ्ने हुन्त ।”, उद्गमले मनमनै कुरा ग¥यो । निला हातमा सानो फाइल च्यापेर भित्र पस्दै थिइन उद्गम र निलाको आँखा जुध्यो कुरा हुन सकेन । निला काठमाडौँ एक कलेजमा इन्ट्रान्सको इक्जाम दिएर आएकी रहिछन् । “मैया इक्जाम छुजुल बालाँ” – नारायण कंसाकारले छोरीलाइ सोधे । “बालाँ जुल ।”, छोटो कुराकानी भयो बाउ छोरीको । उदग्मले पनि बुझ्यो परीक्षा राम्रै भएछ भन्ने । निला माथि तलामा उक्लेको हेरिरह्यो उद्गमले । निलाले उद्गम र उसका बाबुतिर खासै ध्यान दिइनन् । पसलमा सधैं कोही न कोही भइनै रहन्छन् पनि । चरिकोटेलाई कतै देखेको जस्तो जस्तो त लाएको हो निलालाई तर होस भन्दै मनमै कुरा थुनिदिइन् । छोरी के बिषय पढ्ने हुन, उद्गम साइन्स पढ्छु भन्छ । चरिकोटेले सोधे । आफ्ना दुई छोरा व्यापारमा लागि सकेपछि आफ्नो एक सन्तान डाक्टर बनाउने नारायण कंसाकारको ईच्छा पनि छोरीलाई साइन्सनै पढाउने हो । हाम्रो कंसाकारमा पहिलो छोरी डाक्टर बनाउने मन मेरो होय, छोरीको पनि मिलेर ल्याछ ऊ पनि साइन्स पढ्छ । कंसाकारले बोले । काठमाडौँका कलेजहरूमा धमाधम इन्ट्रान्स इक्जामहरू चलिरहेको हुँदा फेरी छुट्न सक्ने भन्दै दुई दिन पछि उद्गमलाई एक्लै पठाइदिन्छु दाजुले सहयोग गर्नुपर्छ है म त आउँदिन । चरिकोटेले झोलाबाट सानो पोको दिँदै भने – “हुन्छ होय ! यती म गरी दिन्छ तिमी चिन्त्या नलिन् । तिमीले म भाँडा बेच्न दैलेख चरिकोट पुग्दा कम्ता सहयोग गरेको म बिर्सेको छैन होय ! तिम्रो घरको दालभातले मलाई गाली दिन्छ । जिन मनु ख ः ।” दुई दिन अघि देखेको केटा आज फेरी पसलमा देखेपछि निलालाई मनमा जिज्ञासा त जागेको तर खासै लेना देना नभएकोले होस् भनि दास्रो पटक पनि मनको कुरा मनमै थुनिदिइन् । केहीबेर पछि नारायण कंसाकारले छोरीलाई बोलाएर उद्गमसँग परिचय गराए । उद्गम निलाको अजाको घरमा डेरागरी बस्ने बन्दोबस्त निलाकै बाबाले मिलाई दिएका थिए । उद्गम र निला एउटै कलेज पढ्ने भए । बिहान बेलुका आ–आफ्नो पढाइ आफैँ गरे पनि दिउँसो कलेजमा भने उद्गम र निला सँगै हुन्थे । उद्गम खासै बाहिर निस्कदैन । निलाका अजा अजीलाई उद्गमले पनि अजा अजी नै भनेर संम्बोेधन गर्छ । नेवारी परम्परामा धेरै चाडवाड मनाउने हुँदा घरमा धेरै परिवार नभएकोले सानातिना काममा उद्गमले सहयोग गर्ने गरेको छ । निला पनि अजाअजीको घर आइरहन्छिन् । उद्गम र निला मिल्ने साथी त थिएनै अब मन मिल्ने साथि पनि भए । निलाको माथि घरमा पाकेको खाजा लिएर तल अजाको घर जान थालिन । दुबैको पढाइ राम्रो थियो । कलेजमा पनि उनीहरू सबैका प्रिय थिए । कलेजका सबै साथीहरूसँग राम्रो व्यवहार गर्थे । चभ जोडी भनेर जिस्क्याउने कलेजका केटाहरूको ग्रुप पनि थियो । तर उद्गाम र निलाले खासै बाल दिँदैनथे त्यो कुरामा । एक वर्षपछि कलेजले रिजल्ट निकाल्यो । उद्गम र निलाले कलेज टप गरे । फाइनलमा पनि चभ जोडी अगाडि । केटाहरूले कुरा गरेको सुने पनि नसुने झैं गर्यो उद्गमले तर निलाले भने पछाडि फर्केर आँखा तरेकै हो । “ ओए ! हेर्न चभले आँखा तरी यार हामीलाई ”– लामोकपाल पालेको केटाले भन्यो । एक दिन कलेजबाट घर फर्कदैं गर्दा उद्गमले निलालाइ आउने एक हप्ते कलेज बिदामा चरिकोट घुम्न जाने प्रस्ताव राख्यो । बेलुका बुवा र माङ सँग सोधेर जवाफ दिन्छु भनिन् । घर पुगेको पनि धेरै बेर भए पनि निलाको केही जवाफ आएन । भोलिपल्ट सँगै कलेज निस्के पनि निलाले कुरा नगरे पछि उद्गमले सोध्यो – “के भन्नुभयो बुवा र माङले ?”, निलाले कुरा नबुझे झैं गरिन – के कुरा ? कलेज बिदामा चरिकोट घुम्नजाने कुरा के । उद्गमले छिटो बोल्यो । बुवाले हुन्छ भन्नुभयो माङले केही बोल्नु भएन । फेरि एकपटक सोध्छु माङसँग । त्योदिन पनि बेलुकासम्म निलाको जवाफ आएन । होस् ! जान मिलेन होला यस्मा यती धेरै किन सोची बस्ने भनेर उद्गमले पनि बिर्सियो । कलेज छुट्टीको अघिल्लो दिन खासै पढाइ भएन । ग्रुप ग्रुपका साथीहरू प्रोग्राम बनाउँदै थिए । कोही पोखरा जाने । कोही रारा त कोही सौराह जाने नेमलिष्ट पनि बनाए । पहिला पहिला पनि नाम लेखाउनेहरू पनि घर गए पछि खबरै गर्थेनन् र छुट्थे । उद्गम र निलाले कुनै ग्रुपमा पनि नाम टिपाएनन् टिपाउनै पर्छ भन्ने पनि त होइन । उद्गम त आफ्नै घरगाउँ चरिकोट जाँदै थियो । “ ओए ! केटा हो चभ ग्रुप कहाँ जाने भयो नाम टिपाउन पाए हुने दुई जनामा एकजना थपे मज्जै हुन्छ ।”– त्यही लामोकपाल पाल्ने केटाले फेरि पनि जिस्केर बोल्यो । यसपाली उद्गमलाई रीस उठ्यो । सिधै जाइ लाग्यो । ओइ भुस ! तैँले जेलै जोरी खोज्ने ल ! आइज आज । हात हालाहाल भयो । एक दुई झापड खायो । तँ भुस भुस नै होस् । निलाले उद्गमको हात समातेर पर लगिन् । आज बचिस् बिदापछि पख, तँ ! चरिकोटेको पखेंटा काट्न सकिनँ भने मेरो नाम भुषण हैन । जित्नेले वर्तमानमा जित्छ । हार्नेले सधैं एक्स्ट्रा समयको माग गर्छ । त्यसै गर्यो भुषणले । भुषण गायक उसको नाम भए पनि ऊ आफैंले गायक हटाएर संगीत झुण्ड्याएको थियो । त्यसैले साथीहरू उसलाई भुस भन्थे ऊ रिसाउन्नथ्यो । आज उद्गमले तँ भुस भुसनै होस भन्दा रिसायो । कुनै शब्दहरू यस्ता हुन्छन् मायाले भन्दा केही फरक पर्दैन तर रीसमा भन्दा ठूलो फरक पर्छ । पागल पनि त्यस्तै शब्द हो । हातै त नछोड्नुपर्ने, उसले भनी । “ धेरैपटक मुख छोड्नु भन्दा एकचोटी हात छोडेको जाती । हातले दिएको चोट निको हुन्छ तर बचनले दिएको चोट निको हुँदैन निला ।” उद्गम सिरियस भएर बोल्यो । उद्गम र निला कलेजबाट बाहिर निस्के । बाटोमा कुरै गरेनन् दुबै जनाले । आ–आफ्नो घर पुगे । आज निलाको घरमा गुठी पूजा रहेछ । सबै जनाले गुठीको प्रसाद खाँदै थिए । निलाले उद्गमलाई आफ्नै घरमा प्रसाद खान आऊ भने पनि उद्गम पहिला आफ्नै डेरामा गयो । घरमा अजाअजी र अरू पाहुना पनि थिए । अजिले गुठी पुजाको प्रसाद खान बोलाएपछि उद्गम बाहिर आयो । प्रसादमा एक प्याला घरपाला ऐला पनि थियो । प्रसाद फाल्नुहुन्न भनेर उद्गमले पियो । केहीबेरमा निला उद्गमलाई लिन कोठामै आइन् । माङले भनेको गुठी पुजाको प्रसाद खान हिँड् रे । तिमीले बोलाए जान्छु माङलेमात्र बोलाको भए जान्न । के भनेको उद्गम आफैँले त यस्तो बोली कहिल्यै बोलेकै हैन । आज तिमीले ऐला पियौ ? निलाले सोधी । हैन गुठीको प्रसाद खाएँ । निलाको हातसमातेर कुर्सीमा बसाल्दै हाँसेर जवाफ दियो । उनीहरू गए । उद्गम एक्लै प्रसाद लिइरहेको थियो । यताउता निलालाई हेर्यो दखेन । पछि जब देख्यो च्याप्प निलाको हात समात्यो । छोड ! के गरेको अरुले देख्छ नि ! तिमीलाई ऐला लागेजस्तो छ । कलेज कम्पाउण्ड र बसमा बाहेक घरमा पहिलो पटक उद्गमले निलाको हात समातेको हो । पहिलोपटक थोरै मातेको हो उद्गम । भोलिपल्ट दश बजे निला उद्गमको कोठामा जाँदा उद्गम सुतिरहेको भए पनि ढोका खुल्लै थियो । निलाले उद्गमलाई उठाइन् । तिमी फ्रेस भएर आऊ खुसीको कुरा सुनाउँछु । उद्गमले ओडेको बल्याङकोट हटाउँदै निलाले भनिन् । के कुरा हो सुनौन कुरा सुनेरै फ्रेस भइन्छ कि । उद्गमले निलाको नाकैमा हात पुर्यायो । छि ! निलाले नाक खुमच्याइन् । म पनि साथीसँग कलेज बिदामा घुम्नजाने भए नि ! निलाले उद्गम ढोकाबाट भित्र पस्दै गर्दा सुनाइन् । ल बधाइ छ । कुन ग्रुपसँग कहाँ जाने प्लान भयो त ? उद्गमको बोलीमा खुसी थिएन । चभ ग्रुपसँग चरिकोट । निला औधी खुसी थिइन् । उद्गम पनि खुसी हुँदै भन्यो – “ भोलि जाने हो तयारी गर्नू ल ।” निला नानी उठ्ने बेला भएन ? ल तातो दूध । उद्गमको आमाले निलालाई उठाउँदै भनिन् । उद्गम पनि उठिसकेको थियो । पहिलो बिहान भीमेश्वर मन्दिर दर्शन गर्न निस्के उद्गम र निला । भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकालमानै यो मन्दिरको निर्माण भएको अनुमान छ । निला तिमीलाई थाहा छ ? देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ भन्ने । उद्गमले भनेको कुरामा निलाले आश्चर्य प्रकट गरिन् । तिमीले विश्वास गर्छौ ? धेरै पटक मिलेको छ भनेर बाबा आमाले सुनाउने गर्नुहुन्छ । म त पत्याउँछु । भीमेश्वरको दर्शन गरे टिका प्रसाद लिए । भोलि फेरी कालिञ्चोक भगवतीको दर्शन गर्न जाने है ? आज जस्तो अबेरसम्म नसुत्नू ल । उद्गमले भन्यो । दोस्रो दिन अलि छिठो निस्के घरबाट । कालिञ्चोक भगवतीको किम्बदन्ती सुनेको छौ निला तिमीले ? उद्गमले मन्दिर परिसरमा पुगेर सोध्यो । छैन भन्ने आशयमा मुन्टो हल्लाइन निलाले । काभ्रेको पलानञ्चोक भगवती, काठमाडौंको शोभा भगवती, पोखराकी विन्ध्यवासीनी भगवती , पाथीभराकी देवी भगवती र अन्य भगवती समेत सात भगवती दिदीबहिनी हुन् रे । धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीलाई मनको इच्छा पूरा गर्ने भगवतीको रुपमा लिइन्छ । त्यसैले अधुरा कामहरू पूर्ण होस भनि कालिञ्चोकको भाकल गर्ने र भाकल पुरा गर्न त्यहाँ पुग्नेहरूको संख्या उल्लेख्य छ । शनिबार परेकोले भक्तजनको भीडभाड थियो । कालिन्चोक डांडांबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरू हेर्दै उद्गम र निलाले दोस्रो दिनको धेरै समय बिताए । उद्गमले जस्तै निलाले पनि उद्गमकी आमालाई भान्छामा सहयोग गरिन् । माया गरिन् निलालाइ आमाले । दुई दिन मात्रै बिदा बाँकी थियो उद्गम र निला चरिकोटबाट भक्तपुर फर्के । नारायण कंसाकारले छोरीलाई भने – “ तिमी अस्ती घुमेका ठाउँमा मैले यहाँ देखि भरिया बोकाएर दुई दिन हिंडेर भाँडा बेचेको ।” चरिकोट घुमेर आए पछि निला एकदम खुशी देखिन्छन् । मन मिल्ने साथी छ उद्गम । कलेज सुरु भएको पनि हप्ता दिन भयो । लगभग सबै जसो साथीहरु कलेज आइसके तर भुस आएको छैन । निला भुसलाइ त देखिदैन । उद्गमले कलेजको गेट तिर हेर्दै भन्यो । किन भुसको न्यास्रो लाग्यो । निलाले उद्गमलाइ जिस्काइन् । हैन तेस्तो र पनि साथी हो । कलेजको पढाइ रप्तारमा चलिरहेको छ । पढाइ किन छुटायो भनेर नि । दोस्रो वर्षको रिजल्टमा पनि उद्गम र निला टप भए । पहिला पहिला चभ जोडी भनेर गिज्याउनेहरू अब चभ जोडी जस्तो बन्नु पर्छ भन्न थाले । उद्गम र निलाको बारेमा न कलेजबाट न घरबाट कही कतैबाट पनि कम्प्लेन छैन । घरमा पनि अब दुबै जना आफँै बुझने छन भनेर खासै अबरोध छैन । कलेजबाटै राम्रो प्रशंसा कमाइरहेको चभ जोडी प्रति सबैले नमन गर्छन् । यही चभ जोडीले उपत्यकाका अन्य दश कलेजलाई पछि पार्दै आफ्नो कलेजको नाम पहिलो रेङकमा राख्न सफल भएको उपलक्ष्यमा कलेजले कम्पाउण्ड भित्र चभ पार्क पनि बनाएको छ । जहाँ गर्मीमा शितल हुन्छ ,जाडोमा पार लाग्छ । त्यही बसेर घण्टौ सम्म कोर्षको डिस्कस गर्छन विधार्थीहरू । चभ पार्कमा बसेर एक दिन भुसले गितार बजाउँदै थियो । “ के सोचें मैले के भयो अहिले ”.भन्ने ट्युनमा । राम्रो गिटारिस्ट हो ऊ । उद्गम र निला मन लागेको ठाउँमा घुम्छन् । गएको शुक्रबार,शनिबार उद्गम र निला नगरकोटमा बास बसे । नगरकोटको बास पछि उद्गम र निलाको बसाइ पन्ध्रदिनमा एकचोटी नयाँनयाँ ठाउँहरूमा हुँदै गयो । तेस्रो सेमिस्टरको रिजल्ट आउन महिना दिन लाग्ने भनेर सूचना टाँस गर्दै कलेजले तिन हप्ताको बिदा सूचना टाँस गरिदियो । लामो बिदा परेकोले उद्गमले थाइलेण्ड घुम्नजाने प्रस्ताव राख्यो । निलाको थाइलेण्ड हैन वाइलेण्ड पोखरा र अन्नपुर्ण बेशक्याम्प जाने प्लान पास भयो । वाइलेण्ड पोखरा पुगे । पोखराको फेवातालमा बोटिङमा रमाए । तालबाराहीको दर्शन गरे । विन्ध्यबासिनी मन्दिरको दर्शन र महेन्द्रकेभ घुम्नको लागि पछिको समय छुट्टयाए । ट्रेकिङमा चाहिने समानहरू किने । लेकसाइड ट्रेकीङसपका साहुजी भन्दै थिए तपाईँहरू अन्नपुर्ण बेशक्याम्प ट्रेक जाँदै हुनुहुन्छ भने एकजना गाइडको साथ जानुहोस सुरक्षित भइन्छ । ह्या गाइड नलाने आफू खुसी घुम्नै पाइँदैन । सेल्फ ट्रेक एडभेन्चर पनि रमाइलो पनि । निलाले साहुजीलाई धन्यवाद दिइन् । पोखराबाट हेर्दा देखेको माछापुछ्रे हिमाल, गङगापुर्ण, हिमचुली र अन्नपुर्ण हिमालहरु बिहान उठ्दा आँखै अगाडी देख्दा निला त वा क्या फिदा । निला मात्रै होइन उद्गम पनि फिदा फिदा भयो । चिया नास्ता गरेर रुकस्याक ब्याग बोक्न हतार गर्ने काँध र सुलसुल गर्ने खुट्टा आज चल्न खोज्दैन । काखैमा हिमश्रृङखला आँखैमा सुन्दरता अनि सँगै चभ । बिहानको खाना खाएर मात्रै हिडे घान्द्रुकबाट । होटल साहुनीले छोमरोङ पुग्ने लामा,छोटा तिन बटा रुट देखाए पनि बाटामा लालीगुराँस टिप्दै कानमा सिउरेर कामरुङ,कोटडाँडा झिनुडाँडा हुँदै छोमरुङ पुगे । छोमरुङ कटेजमा रुकस्याक ब्यागले सुख पायो । थाकेका उद्गम र निला जस्तै उनीहरू सँगै ट्रेक आएको रुकस्याक पनि पल्टियो । सामुन्द्रिक सतहदेखि २१७० मिटर उचाइमा रहेको छोमरोङ पुग्दा निलालाई थोरै अनइज्जी फिल भयो । छोमरुङ कटेजका मालिकले दिएको सल्लाह अनुसार उद्गमले निलाको स्वास्थमा त्यती ख्याल गर्यो जति कटेजमा भएको भोटे कुकुरले मालिकको गरेको थियो । “आर यु ओ के ?”, उद्गमले निलाको दुबै हात समातेर भन्यो । म ठीक छु । ट्रेक एडभेन्चर त हुनै पयो नि होइन ? निलाले आफु खुसी र ठीक भएको कुरा गरिन् । भोलिदेखि झन् झन् उचाइमा जादैछौ हामी कुनै अफ्टेरो ? उद्गमले निलालाई सैनिक मेजेरले जवानलाइ जस्तो केरकार गर्यो । नो चभ । निलाले जवाफ दिइन् । चभ अहिले उद्गम र निलालाई पनि मन पर्ने वोर्ड भएको छ । भोलि बाट केही दिन पाँच घण्टाको हिँडाइ पछि बास बस्ने भनेर हिजो राती छोमरोङ कटेजमा बनाएको सेड्युल फेल भएको छ । छोमरोङ खोला तरे पछिको सिन्वा गाउँबाट उद्गम र निलाको चभ ग्रुपमा एउटा नयाँ सदस्य थपियो । हेर्दा कुकुर जस्तो देखिए पनि कुकुर होइन । नौलोे निखर सेतो हिमाली जनवार । एकछिन निला डराएकी हुन् । उद्गमले त्यसको कान, गर्धन र ढाडमा हल्का रब गयो । चभ,चभ भन्दै उसैलाई उसको नाम हो भनेर सिकायो । चभ भनेर बोलाएपछि आउने भयो । चभले गर्दा सेड्युल बिग्रियो । निलाले त त्यसलाई त्यतै छोड्ने भनिन् । उद्गमले पनि पहिला गएकै बाटो फर्केर बाटो मुनी लालीगुराँसको रुखमा छोडेर आयो । पाँच मिनेट पछि चभले उद्गम र निलालाई भेट्टायो । ल आयो चभ । उद्गम पछि फर्केर बोल्यो । होस् अब हामी सँगै लाने । निलाले पनि सहमति जनाइन् । दोभानमा चभलाई देखेर होटल हिमालयनका मालिकले सोधे आजसम्म नदेखिएको नौलो जनावर कहाँबाट आयो ? सिन्वाबाट पछि लागेको हो । छोड्न मान्दैन उद्गमले रुकस्याक ब्याग बिसाउँदै भन्यो । अचम्म त चभ घरि दुई खुट्टाले हिड्छ त घरि चार खुट्टाले । चभ पनि उद्गम र निलाको बीचमा दोभानकै होटलमा बस्यो । हिजो जस्तो आज २६०० मिटर उचाइमा पनि उनिहरूलाई कुनै असजिलो महसुस भएको छैन । एडभेन्चरमा रमाइरहेका छन् । पर्यटन सूचना केन्द्रमा नाम टिपाउँदा पनि बिना गाइड एबिसि घुम्दा अफ्ठयारो परे यहाँ खबर गर्नुहोला भनेका थिए । तर अहिले चभ उनीहरूको गाइड जस्तै भएको छ । घरि अघि अघि त घरि पछि पछि हिंड्छ । अलि छिटो अगाडि पुग्यो भने कुरेर बस्छ । डेस्टीनेशनको दिन दोभानदेखि एबिसि, बिहानैदेखि खुसी छन् उद्गम,निला र चभ । यात्रा सुरु गरे । पहाडको बीचैबाट बगेको मोदी नदीको दुईतिर डरलाग्दा अक्करे भीर छन् । चट्टानी पहाड छन् । आकाशैबाट झरेजस्ता देखिने झरनाहरू हेर्दै हेर्र्दैै रमाइरहेको मन हिमपहिरो देख्दा अमिलो भइदिन्छ । एडभेन्चर निलाको आवाज आयो । टक्क रोकिए दुबैजना । अगाडि लाग्यो चभ । चभको पाइला पच्छयाउँदै पछि पछि लागे उद्गम र निला, मानौं चभ उनीहरूको गाइड हो । गाइडले भनेको नमानी आफ्नो मनमानी गर्यो भने सिधै तल मोदीमा पुग्नुको विकल्प छैन । सकुसल एबिसि पुगेपछि चभलाई धन्यवाद भन्यो उद्गमले । डेस्टीनेशन नजिक नजिक छ । चिसोले गर्दा निलाको आवाज राम्रो खुलेको छैन । खाना पछि एक एक कप जिन्जर टि पिए । चभ भने केही खानै मान्दैन । जति खुसी निला र उद्गम थिए त्योभन्दा बढी खुसी त्यो नौलो जनावर देखेर अचम्म परेका थिए एबिसिका होटल मालिकहरू । जब जब सामुन्द्रिक सतहबाट ३७०० मिटरभन्दा माथि लाग्दै थिए उद्गम, निला र चभ । बाटोभरि माया गर्यो उद्गमले निलालाई । चभ पनि उफ्रीरहेको छ । ऊ किन यति धेरै खुसी छ । थाहा छैन कसैलाई । वाउ ४१३० मिटर उचाइमा हामी वाउ, निला खुशीले चिच्याइन दुबैहात माथि गरेर उद्गमले पनि निलालाइ त्यो सेलेव्रेटमा साथ दियो । चभ पनि उनीहरूको खुसीमा रमायो । ३६० डिग्रीमा हिउँचुली, अन्नपूर्ण साउथ, गंगापूर्ण र अन्नपूर्ण हिमाल हिमालकै आँगनबाट हेर्दा स्वर्गको अनुभूत गरे एकछिन आँखा चिम्ले मनशान्त बनाए लामोसास ताने पहिला आँखाले देखेको स्वर्गलाई अन्तर आत्मामा कैद गरे । एकछिनपछि आँखा खोली हेर्दा त्यहाँ अचम्म भयो । चभले आफ्नो आमा पायो । स्तनधारी आमाले धेरै दिनपछि बिछोडिएको आफ्नो सन्तान पायो । चभले दूध चुसेको हेरिरहे उद्गम र निलाले । खुसी हुँदै आमाको पिठ्युँमा चढेर हिमालको फेदी तर्फ चभ गएको हेरिरहे उद्गम र निलाले । #एक यात्राको कथा #मोती भुजेल पुरानो डेट सम्झेर: ‘पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर, मुटुमा मेरो भक्कानो फुट्यो कलेजो थरर…!’ मलाई मनपर्ने भाइ विधान श्रेष्ठले गाएको शब्दबाट अभिप्रेरित भएर म आज जीवनको मध्यमा आफ्ना पुराना दिनहरू सम्झिरहेछु । प्रेम दिवसको सान्दर्भिकता आत्मसात गर्ने क्रममा भ्यालेन्टाइन डेका दिन मैले लेखेँ, ‘गजब भो मैले पनि मायाको अनुभव गरेँ, परेलीमा अल्झिएर आँसुको दहमा झरेँ,’ तर, यो गजलको बाँकी सेरहरू मैले चार दिनपछि मात्र पूरा गरेको थिएँ । कारण यो लेखाइ मेरो तत्कालीन भ्यालेन्टाइनप्रति समर्पित थियो, र सोको अनुभवको दोस्रो चरण मैले चार दिनपछि मात्र पार गर्ने मौका पाएको थिएँ । ‘के भयो यो किन भयो ? तिम्रो माया बुझ्न खोज्दा, भक्कानिँदै, मूच्र्छा पर्दै कतिपटक ज्युँदै मरेँ ।’ यो सन्दर्भ समयानुकूल मेरो जीवनको ११ औँ संस्करण हो । तर, यसभन्दा अघिका थुप्रै प्रसङ्गहरू मलाई रोमाञ्ेिचत र अभिप्रेरित पार्न सहायक थिए । किशोरवयमा सबभन्दा मनपर्ने, स्कुल सँगै पढ्ने केटी साथी थिइन्, सुशीला । त्यो बेला भ्यालेन्टाइन डे मनाउने र सबभन्दा नजिक मानेको साथीलाई डेटको उपमा दिने प्रचलन थिएन । २०४० सालतिर नयाँ वर्ष, विजया दशमी आदि मौका पर्खँदै पोस्टकार्डमा हिन्दी, अङ्ग्र्रेजी वा नेपाली रूपान्तर सायरी लेखेर प्रेम अभिव्यक्त गर्ने साङ्केतिक तरिकाले किशोरा जीवनशैलीमा ठाउँ हस्तक्षेप गर्न थालेको थियो । त्यसमा पनि एकजनालाई मात्र पोस्टकार्ड दिँदा अरूले थाहा पाउँछ, जिस्क्याएर हैरान पार्छन् भन्ने सघन भय हुन्थ्यो । त्यसबाट जोगिन उनको सहेली समूहलगायत केही केटा साथीलाई पनि पोस्टकार्ड दिएको थिएँ, विषयलाई सामान्यीकरण गर्दै । मनमा, बुझ्नुपर्नेले कुरा बुझुन् र नबुझ्नुपर्नेले नबुझुन् भन्ने आशय हुन्थ्यो । म उनलाई माया गर्थेँ । म कक्षा ‘प्रथम’ भएकाले पिकनिक वा कतै शैक्षिक भ्रमणमा जाँदा उनी पनि मेरो साथ चाहन्थिन् । भावुक मनले व्यवहार–विश्लेषणपछि उनका मनमा पनि मेराप्रति केही छ भन्ने लख काट्थ्यो । तर, परिस्थिति थियो कि साथीभाइले जिस्क्याउने स्थिति बन्दा पनि म न आफ्ना कुरा भन्न सक्थेँ, न उनले नै खुलेर केही बताइन् । ती दिनहरूमा आफ्नो पहिलो प्रेमका बारेमा सोच्दा म आफूलाई निकै सुधारिएको, संयमित, भलादमीजस्तो पाउँथे । भेटमा कथम्कदाचित् प्रेम र शरीर सुख प्राप्तिको गफ गरेँ भने उनले मन दुखाउलिन् भन्ने डरले म आफैँमा सीमित हुन पुग्थेँ । एक प्रकारको आत्मरतिको स्थितिमा म थिएँ । पछि, उनका बारेमा चासो राख्दै उनको गाउँसम्म पनि पुगेको थिएँ । तर, उनको बिहे भैसकेको जानकारी लिएर त्यहाँबाट खाली हात फर्केको थिएँ । उनलाई सम्झिँदा म अहिले पनि रूपनीमा पश्चिमबाट जाने बस रोकिने स्टेन्ड सम्झिन्छु, जहाँ म उनीतिर फर्केर बिदाइको हात हल्लाइरहेको थिएँ । सम्झनाका केही शब्द उनकै लागि हुन्, जसलाई मैले २०४२ सालमा त्यही स्टेन्डमा ‘बाई ! बाई !’ भन्दै बिदा दिएको थिएँ । लगत्तै फर्केर हेर्ने साहस पनि थिएन त्यो बेला । जतिबेला मैले फर्केर हेरेँ, उनलाई अन्नपूर्ण बसले निकै पर पु¥याइसकेको थियो । साँच्चै एउटा साथीको सम्झनाले निकै फरक पार्दोरहेछ जिन्दगीमा । अन्नपूर्ण बससँग जोडिएको मेरो किशोरवयको अर्को कथा पनि छ । सानोमा कसैले ‘तिमी कोसँग बिहे गर्छाै ?’ भनेर सोधेमा म सहजै विमलातिर देखाइदिन्थेँ रे ! उमेर पुगेपछि उनीसँग पनि भेट र फोटो साटासाट भयो । मलाई भेट्नेबित्तिकै बिचरी लाजले रातो हुन्थिन । तर, मैले उनमा आफूले दीर्घ मित्रताका लागि खोजेकी केटीको प्रतिमूर्ति देख्नै सकिनँ । मनले मानेन । त्यो बेला मसँग शिक्षकको जागिर र पढाइको घमन्ड थियो । जागिर प्रारम्भका दिनमा साहित्यिक अभिरुचि र पत्राचारको सिलसिलासँगै जयन्ता धेरै नजिक भइन् । इनरुवा डुल्न र घरमै भेट्न पनि आइन् । सुनसरीतिरकै कुनै केटासँग घरजम गर्ने उनको इच्छा थियो । पत्रमित्रता हुँदै मन नजिकिए पनि शरीरको कुरामा भने आँट गर्न सकिनँ । मेरो अवधारणामा बसेकीजस्ती पातली, अग्ली नभए पनि उनको सामीप्यता मेरो गजलमा बान्की भर्न सहायक बन्यो । पहिलो भेटमा उनीसँग छुट्टिएपछि लेखेको थिएँ, ‘तिमी नै भन सपनामा भ्रमहरू पालेर के गरुँ ?, महल भयो खण्डहर जब गमला साँचेर के गरुँ ?’ यस्ता अनेकौँ भावनामय शब्द लेखेर मनका कुरा पछिसम्म पनि आदान–प्रदान भइरहन्थ्यो । हालैका दिनमा पनि उनीसँग भेट भएको थियो । विराटनगरमा एउटा कार्यक्रममा भेट हुँदा फोटो खिच्ने कुरा आयो । उनले ‘ल ! तिमीले कति नजिक आएर फोटो खिच्न सक्छौ, खिच,’ भनिन् । यो कुरा सुन्नेको प्रतिक्रिया चाहिँ म तपाईलाई पछि सुनाउँछु । पत्रमित्रता ती दिनहरूमा अचेलको नेटमित्रता, मुहार पुस्तिका जत्तिकै प्रिय माध्यम थियो नजिक हुने । दैनिकजसो हुलाकीलाई चिया खुवाउन अलग्गै पैसाको जोहो गर्नुपथ्र्याे । पत्रमित्रताकै माध्यमबाट लक्ष्मीसँग पनि मेरो निकटताको सम्बन्ध रह्यो । केटी भए पनि केटाजस्तो बानी–व्यवहार देखेर मैले उनलाई मित्रतामै सीमित राख्न चाहेँ । घर आउने–जाने गर्थिन् । सायद उनले पनि मेरो मनोदशा बुझेकी थिइन् । मेरो परिवारमा हामीबीच मित्रताको मात्र साइनो भएको प्रष्टीकरण दिने गर्थिन् । बबितासँग घरजम सुरु भएको पहिलो दिन पनि सोही अनुभूति दिलाउन आएकी थिइन् । उनी आज पनि बिहे नगरी बसेकी छन् । चर्चित छन् । मित्रता अझै पनि छ । धेरै साथीहरूलाई थाहा छ । जागिरको सिलसिलामा पहाडको एउटा बेँसीमा गोमासँग भेट भयो । जागिर, तराईको केटो, परिवारको पनि सहमति भएको आधारले बिचरी मेरासामु लल्याकलुलुक भइन् । घर फर्किदै गर्दा दोबाटोको चौतारीसम्म सँगै आएर उनले प्रेममय सायरीहरूसहितको पत्र र पाँच रुपैयाँ पैसा मेरो हातमा हालिदिएकी थिइन् । पत्र पढेर, बिचरीको मलाई प्रभावित गर्ने तरिका देखेर खुसी भएको थिएँ । पहाडकी केटीले त्यतिसम्म आँट गर्नु, मलाई गजब लागेको थियो । उनले दिएको पैसाले किनेको ‘मधुपर्क’ अझै पनि मेरो घरमा छ । सायद मेरो खोजी अर्कै केही थियो । उनमा पनि मन बस्न सकेन । बाटोमा यात्राको क्रममा एकदिन सरस्वती भेटिइन् । बहादुरामा राति सँगै, संयोगले एउटै सिरकमा बास प¥यो । सामान्य औपचारिकताबाहेक केही भएन । भोलिपल्ट बिहान लाजले शिर निहुराउँदै चार घन्टा जति अझ अगाडि, सिस्नेरी फेदी पुगेपछि हाम्रो बाटो छुट्टिएको थियो । उनको परिस्थिति अलग थियो, मेरो अलग । उनी कुनै स्कुलकी कक्षा १० की छात्रा थिइन्, म कुनै स्कुलको शिक्षक । हाम्रो कुरा मिल्थ्यो पनि होला, तर यात्रामा उनका बुबा साथै थिए । बाटोको कुरा बाटोमै सकियो । तर, सम्झना सकिएको छैन । कलेज पढ्दाका दिनमा कुसुमसँग भने नोट साटासाट गर्ने, एकान्तमा घन्टौ सँगै बस्ने, सिनेमा हेर्न जाने, फोटो खिच्ने हुँदाहुँदै निकै नजिकिएछ । मेरो साहित्यिक लेखन मन पराउने उनले मलाई ‘फन्टुस’ संज्ञा दिएकी थिइन् । एकदिन साँझमा बस स्टेन्ड चोकमा भेट भयो । कुरै कुरामा ‘तिम्रो फन्टुससँग बिहे गछ्र्याै कुसुम ?’ भनेर सोधेँ । उनले सजिलै ‘यस विषयमा बुबासँग कुरा गर, बुबाआमाले जसलाई दिनुहुन्छ त्यसैसँग जान्छु’ भनिन्न् । उनको जवाफले म अवाक बनेँ । कारण म जैसी केटालाई पहाडका बाहुन बाबुआमाले छोरी देलान् भन्ने मलाई लागेन । त्योभन्दा अघि म उनको पहाड घर गएको पनि थिएँ । पछि गइनँ । पाँच वर्षपछि भेटमा, ‘तिमीले मेरो बुबासँग कुरै गरेनौ, गरेको भए पक्कै पनि मलाई सोध्नुहुन्थ्यो र कुरा मिल्थ्यो,’ भन्थिन् । त्यो बेला मैले तिम्रो पो जवाफ चाहेको थिएँ, तिम्रो बुबाको हो र ! भन्दै आफ्नै बचाउको तर्क राखेको थिएँ । घटना जे भए पनि हाम्रो सम्बन्ध नहुनु रहेछ, भएन । बिचमा एकदिन उनको फोन आयो । ‘के हो सुविद, अचेल हामीलाई सम्झिँदा पनि सम्झिँदैनौ त ?’ फोनमा उनको गुनासो थियो । ‘नसम्झेको त होइन तर सम्झना सार्वजनिक हुँदा तिम्रो व्यक्तिगत जीवनमा खलल पुग्ला भनेर ध्यान नदिएको मात्र हो !’ मेरो स्पष्टीकरण थियो । ‘तिमीसँग बोलेर जित्न गाह्रो छ फन्टुस !’ उनले खाटा बसेको घाउतिर लक्षित गरिन् । थप २० मिनेट जति अन्तक्र्रिया चल्यो । सारमा उनको भनाइ थियो, ‘हामीले अहिलेका केटाकेटीले जस्तो लभ गर्न जानेनछौँ, त्यो बेला ।’ पछिल्लो पटक फोनमा कुरा हुँदा धान रोप्दै थिइन् । ‘फन्टुस फिक्सन’ उपन्यास लेख्दै छु !’ उनलाई थाहा नै छ यो कुरा तर पनि सन्दर्भ अघि बढाउन केही न केही भन्नु नै थियो । ‘लु, राम्रो !,’ उनले भनिन्, ‘तर, जे पायो त्यही नलेख है फेरि, मार्दिन्छु नि !’ ‘म जे पायो त्यही लेख्छु जस्तो लाग्छ हो तिमीलाई ?’ मैले ठट्यौली प्रश्न सोधेँ । ‘त्यो त विश्वास छ !’ उनले भनिन् । यसको अपडेट यति हो अहिलेलाई । युवा दिनहरूमा दीपा आइन् । पारिवारिक वातावरण र जातपात मिलेको थियो । तर, तिनीसँग पनि कुनै उल्लेख्य सम्बन्ध बन्न सकेन । तिनले मैले दारी पालेको देखेर मलाई ‘बूढो’ उपमा दिएको कहिल्यै भुल्दिनँ । यसैबीच, स्वेता थिइन् एउटी, यात्राकी साथी । उनीसँग लुकीलुकी खुब घुमियो । हाँस्न, बोल्न र साथ दिन सिपालु थिइन् । कोसीका गङ्गेटिक डल्फिन, गोलघर र स्ट्रिट मोटरसाइकल पनि साक्षी हुन्, हाम्रो डेटिङको । तर, परिस्थिति यिनीसँग पनि अनुकूल भएन । त्यसैगरी, १२ वर्षअघि १४ फेब्रुअरीका दिन साथीहरूबाट नम्बर पाएर प्रभालाई ‘ह्याप्पी भ्यालेन्टाइन !’ भन्दै एसएमएस पठाएको थिएँ । तीन दिनपछि फोन गरिन् । फोन र एसएमएसबाटै मित्रता कायम राख्ने बाचा–बन्धन भयो, भेट नगर्ने अघोषित सहमतिसहित । मलाई विषय जुनसुकै होस्, तर्क गर्नेसक्ने केटीसाथीको खोजी रहन्छ । उनले दुई वर्ष करिब त्यो ग्यापलाई पूरा गरिन् । विराटनगर, इटहरी, पोखरा, काठमाडौँ जहाँ भए पनि उनले मेरो आवश्यकता अनुकूलको समयमा झर्काे मानेको कहिल्यै थाहा भएन । फेसबुकमा मेरो प्रोफाइल हेरेपछिको एकदिन, काठमाडौँमा आफैँले दैनिक तरकारी पकाउनुपर्ने जीवनमा प्रवेश गरेको थाहा भयो । समयले उनलाई आफ्नै दुनियाँमा व्यस्त बनाइरहेको छ, मलाई आफ्नै । अर्काे एउटा डेटको अनुभव पनि छ मसँग । जुनुबाट परिचय भएर पशुपति कैलासडाँडामा डेटिङसम्म आउँदा थाहा भयो, उनको नाम हेमा रहेछ । फलैँचामा मेरो बसाइ केटाको जस्तो तर उपस्थिति दाजुको जस्तो भयो सायद । उनले व्यावहारिक कुरा गरिन्, मैले आदर्शका । वरिष्ठ उप–सम्पादक पद र नामका कारण अरू सामान्य केटाजस्तो हुन नसक्ने तर इमान्दारीपूर्वक मित्रता कायम राख्ने बाचा गरेर हाँसी–खुसी छुट्टिएको भोलिपल्टदेखि उनको फोन र म्यासेज आउन छोड्यो । घटनाले छोइएर लेखेँ, ‘मेरो चोखो मायालाई बिटुलो पा¥यौ तिमीले, आँखाबाट आफूलाई ओरालो झा¥यौ तिमीले ।’ उनले खोजेको मान्छे म थिइनँ सायद । सम्झना नासो छोडेर उनी टाढिइन् । एक प्रकारले जे भयो, राम्रै भयो । सुवानीको कथा जे छ, छँदै छ । तपाईलाई जस्तै उनलाई पनि थाहा छ म फन्टुस फिक्सन लेख्दै छु । यसबाहेक अरू उल्लेख गर्न अयोग्य भ्यालेन्टाइन अनुभव पनि केही छन्, मेरो नामसँग समयले जोडेका । कतै आफूले अस्वीकार गरेका, कति आफू अस्वीकृत भएका । तिनका बारेमा पनि पछि मौका मिलाएर चर्चा गर्ने मन छ । जीवनका ‘सेता–काला दिनहरू’ लेख्दा कतिसम्म इमान्दार हुन मन लाग्ला थाहा छैन । यो लेखाइको शीर्षक मैले सुरुमा ‘असफल भ्यालेन्टाइन’ राखेको थिएँ । सुनेर साथीहरूले तर्क गरे प्रेम असफल कहिले हुँदैन । प्रेममा प्राप्ति नै हुनुपर्छ भन्ने होइन । प्राप्तिको व्यग्रतामा त स्वार्थ लुकेको हुन्छ । चाहनामा प्रेमले न्यून ठाउँ पाउँछ । अनि, ‘पुरानो डेट ?’ पदमजी गौतमले भने, ‘डेट त झन् जुन बेला सम्झियो, त्यही बेला रिफ्रेस हुने कुरा हो, पुरानो कसरी हुन्छ ?’ ००० bisnuprasad.bg@gmail.com #सुविद गुरागाई याैन-मनाेविज्ञानमाथिकाे कथा: ऊ: घरपरिवार र बाआमाको न्यानो मायाले मलाई उहिले छोडेको हो । रहरले छोड्यो वा बाध्यताले, म बुझ्न सक्दिनँ । मेरा बा मधुमल्लाकै भ्याग्रे खोलामा जाल थाप्थे । पानी जमेका तलाउतिर माछाका भुरा बटुल्थे । अनि हामी चार दिदी–बहिनी र एक भाइको पेटमा चारो हाल्थे । आमा बालाई सघाउँथिन् । मेरो आँखैअघि दुई दिदीको बिहे भयो । ती नरोइकन पोइको हात समातेर गए । देउती र मैनाले आफ्ना दुःख र अभावका डाला बाआमाकै घर छोडे । शैला दिदीलाई जोगबनीपारिको टिप्पुवाले टिप्यो । उनको भाग दुःख पनि खाप्पियो । मेरा तीन दिदीहरू अभावको भुमरीबाट तरे । बाँकी चार सदस्यमा त्यो बाँडियो । सबैभन्दा गह्रुंगो भारी बाको टाउकामा थियो । त्यसैले उनी बिहान उजेलो नखस्दै बाहिरिन्थे । र, साँझ छिप्पिएर काठ भएपछि फिर्थे । लक्ष्मण वियोगी भाइ र मेरो उमेर ६ वर्ष फरक छ । म १८ वर्षकी भइसकेँ । अब मलाई चार वर्षअघि सिलाइदिएको फ्रक काम नलाग्ने भाको छ । दिदीहरूको जडौरी पातलो टिसर्टले मेरो छातीको इज्जत छोप्न सकेको छैन । मेरो छाती कँसिलो हुँदै गएको छ । पाखुरा र पिँडौला मोटाउँदैछन् । मैले लगाउने कपडा साँघुरिँदै छन् । मेरो कम्मरमाथि र मुनि बैंशको तरेली परेको छ । मसँग गतिलो एक जोर कुर्ता सुरुवाल छैन । समाते च्यातिने फ्रक र टिसर्टले मलाई पाउ छोपौं कि घाउ छोपौं हुन्छ । … दुई दिनअघि म मधुमल्लाबाट झिकाइएँ । एक दिन विराटनगर बसेँ । त्यहाँ मेरो जाँच लिइयो । म जाँचमा पास भएँ । र, काठमाडौँ लैजान ठिक्क पारिएँ । घाँस खान नपाएर भोकाएकी पाठी हरियो देखेर लोभिएँ । दिन घर्किँदै थियो । म रहरको झोला काखी च्यापेर तेर्सै–तेर्सो बसपार्कतिर हिँडेकी थिएँ । सँगै थिए, सुलोचना र सुमना दिदी । म घरकी र टोलकी कान्छी । अब सुलोचना दिदी, उनका लोग्ने, सुमना दिदी र काठमाडौँका टोलेहरूकी पनि कान्छी भएँ । मेरो नाम बसुधा हो । तर, मधुमल्ला हुँदै विराटनगर र काठमाडौँसम्म म कान्छी नै भएकी छु । बाको माछा थाप्ने जालबाट बसाइँ गएर अर्को किनारमा पुगेकी छु । त्यहाँ भोकले पेट बटार्दैन । अभावले भाँडा बजाउँदैन । दाल, चामल र तरकारीको रास हुन्छ । म आफैं त्यसको रखनधरन गर्छु । पकाउँछु, ख्वाउँछु र खान्छु । कैले कसो मजदुरीको ब्याज बाआमालाई पनि पठाउँछु । बाआमा पनि खुसी भाको थाहा छ । भन्छन् रे– ठूलै घरमा पुगिछ, कान्छी । अब खान–लाउनले मर्दिन ! मेरा छातीका फूलले मसँग गुनासो गर्दैनन् । नितम्ब, जाँघ, तिघ्रा र पिँडौंला सुकिलो सुरुवालमा लुकेका छन् । अझ खुट्टामा पाउँजु छन् । म भाग्यमानी रैछु । रछ्यानमा फालिएकी माझीकी छोरी यस्ती भएँ । यहाँ मैले जूनको कल्पना गरे जूनै पाएँ, घाम सोचे घामै । आज मसँग पेटलाई चाहिने र बजारमा पाइने सबै थोक छ । जवानी धोई पखाली गरेर चम्काउने चिजको खाँचो छैन । तर, म खुसी हुन सकेकी छैन । त्यहाँ फुक्काफाल भएर बैंशको फक्रिँदो बगैंचा हेर्ने देउराली छैन । देउरालीबाट अझ टाढा हेर्ने क्षितिज छैन । त्यसैले कहिले काहीँ म निस्सासिन्छु । पाक्छु र आफैंले निचोरेर पीप बगाउँछु । म दुई पानी मिचेर चौलानी फालेको चामलझैं सेती छु । छतमा बस्दा बाटो हिँड्ने ठिटाले डेरा आँखा लाउँछन् । म मस्किदिन्छु । ठिटाहरू सन्तुष्टिको चरमोत्कर्ष कल्पिँदै लम्किन्छन् । अस्ति विराटनगरबाट सुलोचना दिदीको भदाहा आथ्यो । उसले पनि मलाई तिर्खालु आँखाले हेथ्र्यो । उसका काला गुच्चाजस्ता आँखा मेरो छातीका दुइटा गुलाबमा टासिइरहन्थे । ऊ अघाउन्जेल गुलाबको सुगन्ध पिउँथ्यो । र, भन्थ्यो– कान्छी दिदी भोक लाग्यो । केही दिनमा भदाहा गयो । उसको हेराइमा क्षणिक उत्तेजना थियो । उसमा तिर्खा थियो, तिर्खा मेटेपछि खोलो बिर्सिने नियत । भोक मेटेपछि थालै मिल्काउने उसको कुटिलता मैले राम्रो बुझेकी थिएँ । घर छोडेको दिन नै मैले उसको अनुहार बिर्सिदिएँ । … सुलोचना दिदीका आठ र दुई वर्षका छोरा छन्, समिप र सलोन । तिनको स्याहारसुहार, कपडा धोउ, खाना पकाउ, ख्वाउमै मेरा दिन बल्ने र निभ्ने गर्छन् । दिदीका लोग्ने, जसलाई मैले भिनाजू नातो लाकी छु । उनी पेशाले डाक्टर हुन् रे ! कस्ता डाक्टर, कहाँ काम गर्छन् ? मैले कहिले चासो लिइनँ । त्यो खोजीनीतिमा मेरो सरोकार थिएन । तर, सधैं जिल्लातिर डुलिहिँड्थे । घरमा थपिएका छन्, भिनाजुका बाआमा । म यी साराका लागि खटिनुपर्छ । घोटिनुपर्छ र खिइनुपरेको छ । कहिले काहीँ त लाग्छ– म नोकर्नी हुनकै लागि दुःखी मझिनीको कोखबाट जन्मेँछु । भिनाजु छिल्लिएका छन् । लत्रिँदै र ओइलाउँदै गएका दिदीका फूलबाट उनका आँखा मेरो कँसिलो छातितिर बसाइँ सरेको चाल पाउँछु । उनी कान्छी भन्दै आफ्नो हात मेरो छातीमा पु¥याउन भ्याउँछन् । म ‘ह्या भिनाजु’ भन्दै कुइनाले बोसे भुँडीमा हान्दिन्छु । घरि घरि आँखा तर्दिन्छु । अनि उनी अलि हच्किन्छन् । दिदी आर्मी अस्पतालकी नर्स हुन्, पद कर्णेल रे । भ्याउँदा मलाई निकै सहयोग गर्छिन् । माया गर्छिन्, आफ्नै छोरी जस्तै । तर, प्रायः दिदीको ‘नाइट ड्युटी’ पर्छ । रातभरि खटेर बिहान आउँछिन् । अनि आधा दिनसम्म सुतिरहन्छिन् । यस्तोबेला म एक्लैले आकाश थाम्नुपर्छ । यही परिधिभित्र पौडिँदै मैले जीवनको जंघार तर्न बाँकटे हानिरहेकी छु । … ऊ यो घरमा आएदेखि मलाई एक्लै आकाश बोकूँ–बोकूँ भाको छ । म कसरी यति हलुंगी भएँ ? उसमा के त्यस्तो जादू थियो र ! दुई बीस उमेर छेउ पुग्दा ज्यानमा यतिविधि काउकुती लागेको । उन्मादको नशालु हुरीले जवानीको झ्याल खोलेको छ । सिरसिरे बतासले मेरो भावना उडाएर शैलुङतिर पु¥याएको छ । यसको मुली कारण उही हो । म ठोकुवा गर्न सक्छु । अग्लो कद, केही लाम्चो अनि साँघुरो मुहार । आँखामा चेन्जेबल चस्मा, छड्के कोरेको चिल्लो कपाल, निकै मिलाएर लगाएको सर्ट–पाइन्ट र गहुँगोरो वर्ण । उसको हुलिया यत्ति हो । उमेर अन्दाजी अठार–बीस वर्ष । त्यो खाइलाग्दो केटोले एक झपटमै मेरो मुटुमा मोहनी वाण हान्यो । समिप र सलोनको ट्युसन मास्टर भएर आयो, ऊ । तर, मलाई हृदयको खिल झिकिदिने डाक्टर आएझैँ हुन्छ । भोलिदेखि उसको पढाउने रुटिन सुरु हुँदै थियो, बेलुकी ५ देखि ६ बजेसम्म । समिप कक्षा चार र सलोन भर्खर अक्षर चिन्दैछ । ऊ दुवैलाई खुब चनाखो गरी पढाउँछ । ख्याल राख्छ । कहिले त दुई–चार चड्कन हान्छ पनि । यो उसको गतिलो बेतनको लालच हुन सक्छ । पिटेको देख्दा मेरा कन्सिरी तात्छन् । किनकि दिदीका छोरा मेरा पनि छोरा भएका छन् । उनीहरू आमालाई भन्दा ज्यादा मलाई माया गर्छन् । र त मेरो कुमारी मातृत्व उनीहरूमा खनिएको छ । म पुरुषसँगको संभोगबिना आमा भएकी छु । यति कल्पिँदा पनि मन उत्फुल्ल हुन्छ । म उसलाई उसकै ठाउँमा राखेर नियाल्छु । स्वच्छ भावना, बेदाग अनुहार र स्वार्थको रौंसम्म फेला पार्दिनँ । म उसकी पनि कान्छी भएँ । ऊ कान्छी पछाडि दिदीको फुर्को जोड्छ । म बच्चाहरूकी जस्तै उसकी पनि कान्छी दिदी भएँ । तर, उसले ‘दिदी’ भन्दा हृदयको भित्तो नीलकाँडाले कोतरेझैँ हुन्छ । ऊसँग फर्केर नबोलौं हुन्छ । ऊ ट्युसन कोठामा छिर्दा कहिलेकाहीँ बच्चा हुँदैनन् । त्यसको रिस ममाथि खन्याउँछ । ऊ दिदी–भिनाजुलाई खुब आदर गर्छ । सम्मान गर्छ । राम्रो पढाउन नसके गाल पर्छ भन्ने उसको भावना म प्रस्ट बुझ्छु । घरमा कोही नहुँदा ऊ मलाई घरायसी काममा सघाउँछ पनि । यहाँनिर म उसलाई स्वार्थहीन अनुहार पाउँछु । म पुरुष (ऊ) सुगन्धमा लट्ठिँदै गाकी छु । वैंशका खुड्किला उक्लिरहेकी छु । यौवनका फूलले मेरो शरीर ढकमक्कको बगैंचा भाको छ । अझ उसको आगमनले मेरो मन एक तमासको हुन्छ । म निस्फिक्री उडिरहेकी छु, क्षितिज ताकेर उडेकी चरीझैँ । मैले आफूलाई छाम्न, मुसार्न थालेकी छु । छातीको वजन टिसर्टले कसिलो पारेर ऐन अगाडि उभिन्छु । आफ्नै अनुहारको वैजनी रंग हेरेर आफैँ लजाउँछु । ममा किन यस्तो उखर्माउलो बढेको हो ? म किन यति निर्लज्ज भाकी छु ? मभित्रको यो चर्तिकला दिदीले थाहा पाइन् भने ? भिनाजु वा घरका अरूले देखे भने ? अनि टोले गफको गतिलो मसला भयो भने ! म झसँग हुन्छु । अनि सम्हालिने प्रयास गर्छु । किन ऊ मेरो उमेरमा बहार बनेर आयो होला ! म चकित र दिग्भ्रमित हुन्छु । ऊ झरी बनेर आयो । मेरो बाँझो र निरस वदन रसिलो भयो । उसको सेचनले ममा बोट उम्रियो । कोपिला लायो । र, पूर्ण तारुण्यले भरिएको फूल फक्र्यो । बिस्तारै ममा गुलाबको बगैंचा बन्यो । अपसोच यो बगैंचा उसले देखे पनि नदेखेझैँ गर्छ । यतिबेला ममा पीडाको बाढी उर्लेर आफैंलाई बगाउँछ । ऊ आएदेखि मेरो जीवनले गन्तव्यको नयाँ गोरेटो फेला पारेको छ । दिनरात कल्पनाको क्यानभासमा म प्रेमको कुचीले उसको सुकिलो अनुहार कोरिरहन्छु । सपना र विपनामा उसकै सम्झनाको झोलुंगोमा हल्लिरहन्छु । अनेकगरि आफ्नो मुहार ऊ समक्ष प्रदर्शित गर्छु । मानौं– मेरा लागि ऊ खुला प्रदर्शनी केन्द्र हो । त्यहाँ मेरो प्रेम, यौवन, वैंश र उन्मादका स्टल छन् । तर, ऊ ती स्टल हेर्दै नहेरी अगाडि बढ्छ । मलाई निराश पार्छ । अनि म पानीबिनाको माछी झैँ छटपटिन्छु । ऊ एकोहोरे छ । आउँछ, बच्चाहरूसँग बोल्छ । एक घन्टा पढाउँछ । चिया–खाजा दिए खान्छ । नत्र लुरुक्क निस्कन्छ र भन्छ– कान्छी दिदी म गएँ है । म उसको दाँजोमा आफूलाई उभ्याउने चेष्टा गर्छु । ऊ चम्किलो । सल्काइलो, पढेलेखेको छ । म पाँच कक्षा पढेकी माझीकी छोरी । ऊ त मेरो सपना मात्र हो, आकाशको तारा । जसलाई मैले कहिले छुन सकूला र ! ऊ मेरा लागि सागरको मणि हो । ममा पौडिने कला छैन र टिप्न पनि सक्दिनँ । म फगत एउटा कल्पनाको रेलमा कुदिरहेकी छु । त्यो कहाँ पुग्छ ? कहाँ रोकिन्छ ? कुन प्लेटफार्ममा मलाई झारिदिन्छ ? म फेरि रित्तो प्लेटफार्म कुरेर कति दिन बाँचिरहुँला वा एक्लै आफ्नो बाटो समातौंला ? यी सबले मेरो हृदय भरिएर आउँछ । अनि म कोठामा एक्लिन्छु । गलाबाट धेरै बेरसम्म हिक्क–हिक्क थामिदैन । एक मन विरक्त लाग्छ, उप्रति आक्रोस पनि– मेरो शिथिल यौवनको समुद्रमा ढुंगा फाल्दिएकोमा । ऊ एक्कासी किन आयो, बहार बनेर ! जवानीको खोरियामा पानी पारिदियो । त्यहाँ फूलैफूलको फूलबारी बनाइदियो । मलाई उसको कल्पनाले कहिले त रात–रातभरि निद्रा पर्दैन । … म भान्छामा एकोहोरिरहेकी हुन्छु । बाहिर पानी पर्न लागेको मेसो पाउँदिनँ । हावा–हुण्डरीले एकैछिनमा पानीका थोपा खसाल्छ । ऊ कताबाट दौडिँदै आइपुग्छ । छतमा सुकाएका कपडा पोको पारेर कोठामा ल्याएर फ्याँक्छ । अनि ऊ ममा गालीका असिना झार्छ– पानी आउने थाहा भएपछि लुगा उठाउनु पर्दैन ? यो घरका मान्छेको ताल नै अर्कै … म उसका गाली सुनिरहन्छु । गुलिया लाग्छन्, सानैमा बासँग विराटनगर जाँदा खाएको जलेबी जस्तै । उसको मायालु आरिस ममा खनिएको म आनन्द मानेर स्वाद लिइरहन्छु । साँच्चै आज ऊ मेरो मान्छे जस्तै भएको छ । ऊ घरकै मालिकजस्तो के–के कुरा फलाकिरहन्छ । म उसका हरेक शब्द सितारको धुन मानेर सुनिरहन्छु । मलाई कम्ता आनन्द आउँदैन । जीवनमा पहिलोपटक कसैले आफ्नो ठानेको अनुभूति हुन्छ । हुन पनि ऊ यो घरको सदस्य नै भएको छ । हरेकक्षणमा घरको रेखदेख गर्छ । घरमा पाकेको मीठो–मसिनो उसका लागि छुट्टिँदैन । दिदी–भिनाजु विदेश जाँदा वा फर्किँदा घरकालाई जस्तै उसलाई केही न केही आइपुग्छ । उसको गुनगुन अझै चलिरहन्छ । कोठामा पसेर लुगा मिलाउन खोज्छ । म पनि त्यतै छिुर्छु । अचानक उसको दाँहिने हातले मेरो छातिमा स्पर्श गर्छ । मलाई स्वर्णिम आनन्दले लठ्याउँछ । शरीरभरि खुसीको काउकुती सल्बलाउँछ । मैले यो क्रिया अन्तरहृदयले स्वागत गरिरहेकी हुन्छु । यतिबेला रेडियो कान्तिपुरमा तारादेवीको सुमधुर गीत बजिरहेको हुन्छ — हे कान्छा ऽ ऽ ऽ ऽ ठट्टैमा यो वैंश जान लाग्यो … कोठाबाट फुत्त निस्केको ऊ कति बेला हिँडिसक्छ, थाहै हुँदैन । बाहिर निस्केर च्याउँछु । उसलाई नदेख्दा खल्लो लाग्छ । चिया पनि ख्वाउन पाइनँ । मन दुःखी हुन्छ । आज आफ्नो मान्छे रिसायो भन्ने मलाई ठूलो पीर पर्छ । दिनका पखेटा पलाउँदै गए । झर्दै गए, बसन्तमा झरेका पातझैँ । आजदेखि ऊ, ऊबाट ‘मेरो ऊ’मा पदोन्नति भएको छ । दिन सकिएर रातको बिर्को खुल्छ । म आफ्नो निजी खाटमा ढल्किन्छु । रात निदाउँदै जान्छ । मलाई उसको सम्झना र कल्पनाले बेस्कन बिउँझाउँछ । यतिका वर्षसम्म एक्लै सुतेको ओछ्यानमा आज एक्लो महसुस भएको छ । खाटका दुवै किनार खुला चौरझैँ बेवारिसे छन् । कुन्नि किन मलाई निद्राको सनासोले च्याप्नै सक्दैन । म खाटको बीचमा छु । दुवै किनारमा हसिलो अनुहारमा मेरो ऊ मुस्काइरहेको हुन्छ । म उसलाई पर्खिरहन्छु, अव्यक्त भावनामा डुबेर । मेरो छातीको मखमली गुलाबको तन्नामाथि उसलाई सुताएर । रातसँग बिन्ती गर्छु– ऊ आओस् । मेरो वैंशको बगैंचामा निष्फिक्री डुलोस्, भमरा बनेर । मेरो शरीरका हरेक अंगमा उसकै मात्र हक लागोस् । ऊ जीवनको सहयात्री बनोस् । सुख बाँडोस् । दुःख साटोस् । मलाई कहिल्यै एक्लो हुन नदेओस् । मेरो घर बसेको देखेर बाआमा भन्लान्– भाग्यमानी रैछे, कान्छी । दुःखी माझीकी छोरीले राजकुमार पाई । अब त सजिलै सास जाला … … ‘कान्छी ए कान्छी … के भयो यसलाई आज ? किन उठ्न ढिलो गरेकी ?’, दिदीको आवाजले झस्किएँ । उठेर ढोका खोलेँ । ‘किन, सन्चो भएन ? मलाई डिउटी जान ढिलो भइसक्यो । माथि आइज ।’, बे्रक फास्ट बनाएर दिदीलाई दिएँ । खाएर उनी डिउटी गइन् । मेरो ज्यान शिथिल थियो, मन मुर्झाएको । बिहानी कर्म गर्ने ममा जाँगर थिएन । असिनाले चुटेको खेतीझैँ म छरिएर असरल्ल थिएँ । मलाई हिजोदेखि एउटा अनौंठो कल्पनाले डोर्याइरहेको छ । सायद त्यो सत्यको धेरै टाढा थियो । जसोतसो बिहान ढल्यो । समिप र सलोन स्कुल गए । म टोलाइरहेँ । हृदयले पुकारा गरेँ, उसैलाई । उसले मेरो मुटुमा कुन बल्छी हान्यो । म रातभर बल्छीमा अल्झिएकी माछीझैँ छटपटाइरहेँ । उसले ममा अनौंठो रोगको बीऊ रोपिदियो । अब मलाई छिटो दिन बितोस् भन्ने लाग्यो । किनकि, साँझ परेपछि ऊ आउँथ्यो । आगो दन्केको मेरो हृदय पानी खन्याएर शान्त पाथ्र्यो । जब म भित्र–बाहिर र बार्दली–छत गरिरहन्छु तब बाटो हिँड्ने अल्लारेहरू मास्तिर आँखा फ्याँकेर जिस्किन खोज्छन् । मलाई तिनका आँखा झिकेर गुच्चा खेलूँ झैँ हुन्छ । घाम अग्लो न अग्लो बिजुलीको पोलमा ठोक्किएर पश्चिमतिर सरे । अब ऊ आउने बेला भइसकेको हुन्छ । मेरा व्याकुल आँखाले उसको बाटो हेर्छन् । साँझ छिप्पियो । तर, ऊ आएन । मलाई मर्नु न बाँच्नु हुन्छ । हिजोको कुनै अन्जान भावावेशले उसलाई रोक्यो कि ? वा ऊ यो घर नफर्किने भयो ? मेरै कारण रोकियो कि ? ऊ किन आएन ? उसका पाइला कता मोडिए ? प्रश्नै प्रश्नका झीरले मुटु घोचिरह्यो । म भगवानभक्तिमा साह्रै लीन छु । आजसम्म मेरो भक्तिबाट खुसी भएर भगवानले मलाई अदृष्य शक्ति दिए हुने । यो शक्ति लगाएर म उसलाई खोज्थेँ । परीझैँ उडेर सहरका कुनाकुना चाहर्थेँ । र, फर्काउँथेँ उसका पाइला । अनि कहिले नभाग्ने गरी मुटुमा लुकाएर राख्थेँ । अहँ, ममा कुनै दैवी शक्ति आएन । लाग्यो, कलियुगका भगवान निष्ठुर रैछन् । काँडैकाँडाको टाँडमा पिल्सिएर मैले रात काटेँ । भोलिपल्ट पनि उसले यो घरतिर पाइला मोडेन । मलाई पक्का भयो । ऊ मेरै अन्जान क्रियाले विचलित भयो । हप्तादिन मैले उसको अनुहार हेर्न पाइनँ । म रोगाएर ओछ्यान परेको बिरामी भएँ । बिहानै दिदीले मेरो अनुहार जाँचिन्, ‘हैन कान्छी तँलाई के भयो ? सन्चो छैन भने हस्पिटल जानुपर्यो । केही भन्दिनस् । बोल्दा पनि बोल्दिनस् ।’ मेरा ओठमा थोरै कृतिम हाँसो लिपियो, ‘केही भाको छैन हो दिदी । राति अल्लि निद्रा परेन । त्यति हो । के भाको छ र !’ … ‘के छ कान्छी दिदी ? सबै ठिक छ नि !’ मलाई अज्ञात भूतले तर्सायो । यसरी हप्तादिनपछि ऊ झुल्कियो । हात–खुट्टाका रौं ठाडा भए । मेरा नसामा सररर खुसी र उन्माद प्रवाह भयो । उसलाई अँगालोमा बेरेर डाँको छोडेर रोऊँ रोऊँ भयो, तर सकिनँ । बिस्तारै सोधेँ– कहाँ हराउनु भो यत्रो दिन ? ‘काम थियो, त्यही भएर आउन सकिनँ ।’, उसले त्योभन्दा बढी बोलेन । कोठामा छि¥यो । बच्चाहरू उफ्रिरहेका थिए । ‘के छ केटा हो ? म नहुँदा तिमोरलाई त मस्ती भयो होला नि !’ ऊ ढोका थुनेर पढाउन थाल्यो । मैले चिया खाजा बनाएर दिएँ । उसले केही नबोली खायो । कति दिनपछि मैले मेरो मान्छेलाई ख्वाउन पाएँ । उसले खाजा खाइनसकुन्जेल म बसिरहेँ । बच्चाहरू होमवर्क गरिरहे । आत्मा बोल्यो– मेरो प्रिय मान्छे, अब मेरो हृदयको ढोका फोरेर तिमी कहीँ नजानू । तिमीबिनाको जीवन म कल्पना गर्न सक्दिनँ । के मलाई घाइते बनाएर तिमीले बाटो मोड्न सक्छौ ? मेरो आत्माको कुरा सुन्यो कि कुन्नि ? मेरो ऊ मतिर फर्केर मुसुक्क हाँस्यो । भगवान ! मेरो संसार झल्मलायो । मैले उसको त्यो एक टुक्रा मुस्कान अञ्जुलीमा थापेर पिएँ । जुन नसाको बाटो हुँदै कलेजीमा पुग्यो । कल्पिएँ, यो जन्म–जन्मान्तरसम्म बसिरहोस् । ‘ल म गएँ है ।’ यत्ति भनेर ऊ निस्क्यो । बाटोमा पुगेर माथि हे¥यो । दुवैका आँखा जुधे । उसले फेरि एक थुँगा मुस्कान मतिर फ्याँक्यो । म हर्षविभोर भएँ । मलाई लाग्यो– साँच्चै भगवान रैछन् । उनले मेरो पुकार सुने । ‘मेरो मान्छे’ले मेरो आत्मा सुन्यो । म दुखेको महसुस ग¥यो । र, त दुखेको घाउमा मलम लगायो । बीचका दुई–तीन दिन फेरि ऊ आएन । त्यतिन्जेल मैले उसको मुस्कान कल्पेर चित्त बुझाएँ । चौथो दिन ऊ फरक मुद्रामा देखा प¥यो । घरमा दिदी भिनाजु पनि थिए । बन्द ढोकाभित्र दिदी र उसका केही कुरा भए । म डर र पीडाले थर्थराएँ । कि उसले मेरा अबोध क्रियाको बेलीविस्तार सुनायो ? वा मेरो चरित्रको पसल फिँजायो ? मैले केही बुझिनँ । बन्द कोठाभित्रका गुनगुन भित्ताले मात्र सुन्यो । मेरा कानले ठम्याउन सकेनन् । दिदी–भिनाजु र बाच्चाहरूको अनुहार मलीन देखियो । भिनाजुले हजार–हजारले भरिएको सानो मुठो उसको हातमा राखिदिन्छन् । उसले जतनले आफ्नो निमेक खल्तीमा राख्छ । र, अगाडि लम्किन्छ । बच्चाहरूले बाई–बाई सर भन्दै हात हल्लाए । दिदी–भिनाजुले दुःख माने, ‘माया नमार्नुहोला सर, आउँदै गर्नुहोला ।’, भिनाजुका बाआमा पनि मलीन मुद्रामा उभिए । साँच्चै दुई वर्षमा ऊ यो घरका सबैको प्यारो भएको रैछ । दिदीसँग बुझ्दा अब ऊ यो घरमा नफर्किने रहेछ । डेरा सरेर अर्कै ठाउँ जाने भएछ । सुनेर मेरो मन भाँच्चियो । वेदनाको झटारोले हानेर मुटु टुक्राटुक्रा भयो । उसले फर्केर मतिर हेर्यो । मेरा ओठ खुलेनन् । नसा–नसामा रगत जम्यो । मुटुको धड्कन रोकिएझैँ भयो । ऊ लमक–लमक लम्किँदै अझ अगाडि बढ्दै गयो । यता मेरो हृदयमा बनेको ‘प्रेम घर’को ढोकामा सधैंका लागि भोटे ताल्चा झुन्डियो । #लक्ष्मण वियोगी जोगिनी छहराको गीत: तीर्थराज भट्ट अपि-सैपालको शीतलता, झिल्मिला र घोडाघोडीको रङ, सेतीकिनारका मनोरम फाँट, इत्यादि रामबहादुर दाइ, यी सबै कुरासँग तिम्रो के साइनो हगी ? अपिकै आँगनमा भए पनि तिम्रो झुपडी झिलमिलाकै पानीले मेटाए पनि तिर्खा सेतीका फाँटहरुमै खियाए पनि दश नङ्ग्रा यिनले शायदै ठाने होलान् तिमीलाई आफ्नो ! विश्राम नै पो कहिले पायौ र- जिन्दगीलाई चोया चोयामा बुन्दा, सपनाहरुलाई आरनमा धार लाउँदा, दमाहा बजाउँदा मालिकको छोराको जन्तीमा ? तिम्रा फेरिएका भूमिकाहरुले पनि फेर्न सकेनन् तिम्रो मयलचाटो र कछाड !! अचेल, तिम्रो नाममा युद्ध लडेको कमरेड दरबारको छतमा कबाबको स्वाद लिँदै दशैं मनाइरहेछ ! कहिल्यै हटेन त्यो विवशताको नाम्लो कपाल झरिसक्दा पनि तिम्रो शिरबाट कहिल्यै उज्यालिन पाएन विशु र गौरा पर्वहरुमा खप्तडका पाटनहरु जस्तो तिम्रो निधारले । तिमी बोकिरह्यौ जीर्ण खल्तीमा बडो जतनले मतदाता परिचय पत्र नागरिकता प्रमाणपत्र । त्यो झुपडी र आँगनको लालपुर्जा त मिल्नै सकेन, र पनि चुनावहरुमा आफ्नो काँचुली फेरिरहने नैपालका ठालु र गवाँजका मुखियाहरुले गरिरहे लिलामी तिम्रा अभिमत र श्रमको गरिरहे अस्वीकार तिम्रा नागरिक हकहरु । मैले पत्तै पाइनँ, काली र सेतीमा अविरल उर्लिरहने तिम्रा आँखाबाट बगेका आँशु रहेछन् ! मैले बल्ल बुझ्दैछु, मेरै गाउँ छेउको जोगिनी छहराले अविराम सुसाइरहने तिम्रै पीडाको गीत पो रहेछ ! #तीर्थराज भट्ट चितवनका घिमिरे र पौडेल पुरस्कृत: रामबाबु घिमिरे चितवन साहित्य परिषद्को आयोजना र खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको प्रायोजनमा २०७७ सालको चितवन साहित्य परिषद् खेमलाल साहित्य पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई प्रदान गर्ने निर्णय गरिएको छ । घिमिरेको निबन्ध ‘केन्द्र र परिधि’ कृति र निबन्धकार घिमिरेको साहित्यिक व्यक्तित्वलाई मूल्यांकन गर्दै उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । सामाजिक एवं साहित्यिक व्यक्तित्व जीवा लामिछानेद्वारा आमा–बुवाको नाममा स्थापना गरेको संस्थामार्फत ५० हजार ४५ रुपैयाँको उक्त पुरस्कार दिने निर्णय भएको जनाइएको छ । प्रकाश पाैडेल माइला परिषदको नारायणगढस्थित कार्यालयमा बसेको बैठकले प्रतिभा पुरस्कार जापानमा बसेर नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने प्रकाश पौडेल ‘माइला’लाई दिने निर्णय गरेको छ । नेपाली साहित्यमा हाइकुमा विशेष योगदान दिएको तथा अन्तर्राष्ट्रियरुपमा नेपाली साहित्यलाई उचाइमा पुर्याएको कारण पौडेललाई १५ हजार ४५ रुपैयाँ बराबारको प्रतिभा पुरस्कार दिने निर्णय गरेको हो । यो संस्थाले गोविन्दराज विनोदीको ‘शूर्पणखा’ र बलराम अधिकारीको ‘इरेजर’लाई पुरस्कृत गरेको थियो । त्यसैगरी सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, केशवराज आमोदीको ‘उषा अनुरुद्द’ र भूपिन खड्काको ‘मैदारो’ पनि पुरस्कृत भैसकेका छन् । यी पुरस्कार आउँदो भानु जयन्तीमा प्रदान गरिने नियमित तालिका भए पनि लकडाउनका कारण अहिलेको अवस्था प्रतिकूल भएको र अवस्था अनुकूल हुनेबित्तिकै प्रदान गरिने परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले साहित्यपोस्टलाई बताएका छन् । #चिसाप पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके अध्यक्षमा लारा: लक्ष्मी थापा राई (लारा) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके अध्यक्षमा लक्ष्मी थापा राई (लारा) निर्वाचित भएकी छिन् । कोभिड- १९ का कारण आयोजना गरिएको भर्चुअल सातौँ अधिवेशनबाट लारा अध्यक्ष चुनिएकी हुन् । यसअघि उनी अनेसासमा उपाध्यक्ष थिइन् । निर्वाचन आयुक्त तथा संस्थाका सल्लाहकार डा. रूपक श्रेष्ठले लाराको अध्यक्षतामा ११ सदस्यीय सातौं कार्यकारी समिति गठन गरेका हुन् । जसमा उपाध्यक्ष राज श्रेष्ठ, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष सचिन गुरुङ, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएका छन् ।नवनिर्वाचित अध्यक्ष लारालगायत सम्पूर्ण पदाधिकारीहरू र सदस्यहरूले संस्थाप्रति कटिबद्धका साथ वफादार रही जिम्मेवारी वहन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । विश्व कोभिड–१९ बाट प्रभावित भएका कारण अनेसास यूके च्याप्टरले आइतबार, ०५ जुलाई २०२० को दिनमा ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन सम्पन्न गरेको हो । अनेसास यूके च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनलाई संस्थाकी उपाध्यक्ष लाराले स्वागत मन्तव्य दिएकी थिइन् । भर्चुअल अधिवेशनमा कोषाध्यक्ष सचिन गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । महासचिव सन्तोष कार्की र कोषाध्यक्ष गुरुङले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सल्लाहकार डा. रूपक श्रेष्ठले अधिवेशन सफलताका लागि शुभकामना दिए । दुई चरणमा गरिएको कार्यक्रममा पहिलो चरणमा अधिवेशन तथा दोश्रो चरणमा कविता वाचनको कार्यक्रम रहेको थियो । पहिलो चरणमा बुँदागत केही विषयहरूमा छलफल भएपश्चात् अध्यक्ष सुमलकुमार गुरुङले अनेसास, बेलायत च्याप्टरलाई आफ्नो दुई कार्यकालको अवधिमा सहयोग पुर्याउने संस्थाका सबै पदाधिकारीहरू, सदस्यहरू तथा सल्लाहकारहरूलाई धन्यवाद दिए । दोश्रो चरणमा कविता वाचनको कार्यक्रममा भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ तथा सचिन गुरुङले सहभागीता जनाएका थिए । #अनेसास अभाव: एकहुल मानसिक तनावहरू धनको अभाव लिएर अन्नको अभाव लिएर मस्तिष्कको द्वार हुँदै सुटुक्क पस्छन् धनबहादुर बड़ाको झुप्रोमा अनि चसक्क चसक्क बिझाउँन थाल्छ रात दिन उनको मुटुमा । त्यति नै बेला उता एक हुल मानिसहरू राहत वितरण गर्दै गरेको तस्बिर लिइरहेका हुन्छन् । बाहिर दर्किरहेको असारे झरीमा आफ्नो अन्न गोडगाढ गरेर आफ्नो ढुकुटी भर्न खोज्छन् तर असफल बन्छन् । फेरि हर्षित हुन्छन् उनी सरकारको एक वाहन घोषणा सुनेर फेरि कुलो खन्न थाल्छन् तर उनको खेतीमा नआइ कुलो टुङ्गिन्छ उनको पसिना त्यसै बग्दछ त्यसैले हतास बन्छन् उनी । हतासिएर मन्दिरको सिँड़ीमा पुग्छन् एक छाक खोज्दै खोज्दै जहाँ एक हुल मानिसहरू फलफूल र भेटीहरू चड़ाइरहेका हुन्छन् एउटा निष्प्राण ईश्वरमाथि त्यसपछि महसुस हुदँछ उनलाई एउटा मानव र निर्जीव ढुङ्गाको भिन्नता । खुला आकाशमा उडि़रहेको त्यो पन्छीहरूलाई हेर्न थाल्दछन् र विवश मानव जीवनलाई हेर्दछन् अनि तुलना गर्छन् अन्यासै उनको मुखवाट वाक्य फुट्दछ म त्यही विवेकशील प्राणी हुँ र ? उनिहरु त्यही विवेकशील प्राणी हुन र ? अनी त्यो पन्छी साँच्चै अबोध हो र ? #अभाव #शंकर शर्मा दौड: मैदान छ, धावक छ तर छैन कुनै गन्तव्य जीत या हार के चाहन्छ न त यसको नै छ ज्ञात बस् ! उसलाई दौडनु छ हो दौडिरहनु नै छ । खै ! भाग्न हो कि भगाउन ऊ अनविज्ञ छ हो उसले नसोचेको होइन रोकिएर उसले नहेरेको होइन तर चिहानभन्दा टाढा केही थिएन । कहिले दुःख का उकाली चढ्दै त कहिले सम्बन्धका पहाड नाघ्दै पसिनाका नदी तर्दै अनि कर्तव्यका पाना पढ्दै ऊ त्यही दौड दौडदै छ । अझ खासगरी जिन्दगीले उसलाई त्यही दौड दौडाउँदै छ । मतलबले दौडिँदै छ या त बेमतलवले यो त ऊ पनि जान्दैन पुग्नुपर्ने कहाँसम्म हो अँहँ चिता बाहेक अरू केही देख्दैन फाटेको मन सिलाउँदा सिलाउँदा तुहिनै लागिसक्यो समय साक्षी छ । धर्तीलाई उठाएर हिँड्दा हिँड्दा धर्तीमै समाविष्ट हुन लागिसक्यो आफ्नो लागि मात्रै भए त ऊ हिँड्थ्यो होला तर अरू कसैको सपना बचाउनलाई ऊ दौडिँदै छ । पसिनाको नदी तर्दा तर्दा थाकेका उसका कोमल पाउहरू अझै रगतकै नदी तर्न तयार छन् । कर्मको यो परीक्षा दिँदा दिँदै थाकिसकेका हातहरू अग्नि परीक्षा दिन तत्पर छन् कसैको सपनाको सहर किनियोस् भनेर आफ्नै सपना बेच्ने सहर ऊ खोज्दै छ कसैलाई लम्बी आयु मिलोस् भनेर हरपल समयसंग आफ्नै आयूको लिलाम ऊ गर्दै छ । आखिर जिन्दगी हो नै यति र ? अरू नै कसैको लागि सास अल्झाइरहनु पर्ने दुःख सँग सुख साटिरहनु पर्ने आखिर कस्तो दौड हो यो जिन्दगीको नचाहेर पनि दौडिरहनुपर्ने देउता भेट्न ढुङ्गा पुजिरहनु पर्ने अनन्त आकाशमा सपना बेच्ने सहर खोजिरहनु पर्ने ? #जमुना बन #दौड नयाँ स्तम्भ: फोटो कविता प्रतियोगिता: साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ । यसै सन्दर्भमा पहिलो पाइलाका रुपमा अगाडि आएका छन्, चर्चित फोटोपत्रकार विमल नेपाल र उनको संस्था www.bimalphoto.com । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् । www.sahityapost.com र www.bimalphoto.com को संयुक्त आयोजनामा हरेक शनिबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखेर तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक शुक्रबार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि त्यसै हप्ताको शुक्रबार रातको बाह्र बजेसम्म रहने छ । यस पहिलो हप्ताका लागि आउने शुक्रबार, जेठ ९ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ । हेर्नुस् फोटो अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाईं कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् । #फाेटाे कविता फोटो कविताको परिणाम घोषणा: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । मण्डलका सदस्यमध्ये एक साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले पाठकहरूको सशक्त उपस्थितिले प्रतियोगिताको औचित्य पुष्टि गरेको र यस किसिमको सहभागिताबाट अझ ठूलो हौसला प्राप्त गरेको बताए । प्रतियोगिताको नियममा बाँधिएर ३१ वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत कयौँ काव्य सिर्जना प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले बताएको छ । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । ‘नियमअनुसार हामीले तीन वटा मात्र छान्न सक्थ्यौँ । यहाँ छानिएका सबै कविता सर्वोत्कृष्ट हुन् ।’ कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलले जनाएकाे छ । याे साता टीका आत्रेयको ‘उषासँगै’, प्रभा खड्काको ‘दौड’ र दिलिप बान्तवाको ‘रातो यात्रा’ छनाेट भएका हुन् । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार बिहानदेखि शुरू हुनेछ । पुरस्कृत कविता तल पढ्नुहोस्ः #फाेटाे कविता #विमलफोटो फोटो कविता प्रतियोगिता २: साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ । यसै सन्दर्भमा चर्चित फोटोपत्रकार विमल नेपालले हाम्रो पहलकदमीमा साथ दिएका छन् । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् । साहित्यपोस्ट र विमलफोटोको संयुक्त आयोजनामा हरेक आइतबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखी तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक शनिबार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि शुक्रबार रातको बाह्र बजेसम्म रहने छ । यसै सन्दर्भमा दोस्रो साताका लागि आउँदो शुक्रबार, जेठ १६ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ । हेर्नुस् फोटो अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाईं कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् । #प्रतियाेगिता #फाेटाे कविता #विमल नेपाल फोटो कविता प्रतियोगिता ३: साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ । यसै सन्दर्भमा चर्चित फोटोपत्रकार विमल नेपालले हाम्रो पहलकदमीमा साथ दिएका छन् । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् । साहित्यपोस्ट र विमलफोटोको संयुक्त आयोजनामा हरेक आइतबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखी तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक अाइतवार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि शनिवार रातको बाह्र बजेसम्म रहने छ । यसै सन्दर्भमा तेस्रो साताका लागि आउँदो शनिबार जेठ २४ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ । हेर्नुस् फोटो अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाई कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् । #प्रतियाेगिता #फाेटाे कविता #विमल नेपाल फोटो कविता प्रतियोगिता ४ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको चौथो संस्करणका लागि कविता आह्वान गरिएको छ। अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताको तीन वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। चौथो संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। प्राप्त कविताहरूमध्ये हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार जेठ ३१ राति १२ बजेसम्म रहेको छ। हेर्नुहोस् तस्बिरः फोटो कविता प्रतियोगिता ४ अब तपाईंको मनमा उब्जेका भावनामा कवितात्मक पुट दिएर तलको कमेन्ट बक्समा पाेस्ट गर्नुहाेस् । याे प्रतियाेगिताका लागि यहीँ कविता राख्न अनिवार्य छ । #प्रतियाेगिता #फाेटाे कविता #विमल नेपाल कथाभित्रको कथाः घनचक्कर: म केही दिनदेखि केही लेखौं भनेर टेबलमा बसेको थिएँ। एक हप्तामा दश प्याकेट चुरोट सकिसक्दा पनि एउटा कुनै पढ्न लायक खुराक लेख्न सकिरहेको थिइनँ । राइटर्स ब्लक भन्ने कुरा नि गजब कै हुँदो रै’छ, हात मठ्ठै नसर्ने। लेखिरहेकै हो अलि अलि गर्दै । तर, कहिलेकाहीँ यस्तै हुन्छ, पानाहरू भरिँदैनन्, मात्र खरानीदानी भरिन्छ, चुरोटका ठुटाहरूले । हर साँझझैँ त्यो साँझ पनि चुरोट तान्दै झ्यालबाट बाहिर मेरो कोठा जस्तै साँघुरो गल्लीमा हिँडिरहेका मान्छेहरू हेरिरहेको थिएँ। सोचमग्न थिएँ । कताकता हराइरहेको आभास भइरहेको थियो । यत्तिकैमा कसैले मेरो ढोका ढक्ढक्यायो। मेरो मुद्रा भंग भयो। मेरो ध्यान भंग भएकोमा रिस पनि नउठेको कहाँ हो र ! अल्छी मान्दै ढोकानेर गएँ र ढोका खोलें । मनोज रेग्मी “सर नमस्कार ! सन्चै हुनुहुन्छ ?” ज्ञानेले भन्यो । ऊ सधैँ यसैगरी मेरो घर आइरहन्थ्यो । कहिले आफ्नो जहानलाई चिठ्ठी लेखिदिन भन्थ्यो त कहिले उसले पठाएको चिठ्ठी पढिदिन भन्थ्यो। सोच्दै थिएँ, आज ऊ मलाई चिठ्ठी लेख भन्न आएको रै’छ भने सन्चो छैन भनेर टारिदिनु पर्ला तर आज उसको हातमा एउटा क्यासेट थियो र आँखामा उत्सुकता । “अँ सन्चै छु ! तिमीलाई कस्तो छ ? धेरैमा आयौ त ? के कति कामले आयौ बरु, भन ?”, मैले सोधेँ। “मेरो नि ठिकै छ सर । हेर्नुन, आज एउटा भूकम्पले भत्काएको घरको ढुंगामाटो पन्छाउँदै गर्दा एउटा टेप भेटेँ । नजाने, किन मलाई त्यो सुन्ने साह्रै इच्छा जाग्यो । त्यत्रो घर भत्किँदा पनि यो क्यासेट जस्ताको त्यस्तै सग्लो देख्दा अचम्म पनि लाग्यो । मेरो कोठामा त टेपरेकर्डर छैन । हजुरकहाँ टेपरेकर्डर देखेको थिएँ, त्यसैले हजुरलाई दुःख दिन आएको,” उसले बिना कुनै भूमिका आफू मेरोमा आउनुको कारण बतायो। मनमनै झिंजो लागिरहेको थियो । सोचेको पनि हो, टेपरेकर्डर नै दिएर पठाऊँ, तर फेरि केही रमाइलो पो छ कि न टेपमा भन्ने जिज्ञासा पनि पलायो । मेरो मनमा पलाएको उत्सुकताले अघि लागेको झिँजोलाई कोठाको कुनामा कतै लगेर लुकाइदियो । “भित्रै आऊ न !” मैले उसलाई भित्र बोलाएँ र ढोका बन्द गरिदिएँ । सरासर टेपरेकर्डर भएको टेबलमा गएँ, मैले अघि नै उसको हातबाट टेप लिइसकेको थिएँ । टेपरेकर्डरको बटन थिचेँ, क्यासेट हाल्ने ठाउँ भोको गोहीको मुखझैँ मुख बाएर बाहिर निस्कियो । क्यासेट हालेँ र प्ले गरेँ । हामी दुवै जना टेपरेकर्डरमा बज्ने आवाज व्यग्र भएर कुर्दै थियौँ । अझ अचम्म त के भने, हामी त्यो टेपरेकर्डरलाई पनि बडो चाख दिएर हेर्दै थियौं । हामी त्यो रेकर्डरलाई यसरी हेर्दै थियौं, मानौं त्यो क्यासेटका शब्दहरू एकाएक जीवन्त हुनेछन् र हाम्रो अगाडि नाच्नेछन् । एकछिन स्वाँऽऽ आवाज आयो । हामी दुवैले केही पनि रहेनछ भन्ने भावमा एकअर्कालाई हेराहेर गर्यौं । एक्कासि टेप बज्न सुरु भयो- “धन्यवाद सानु ! मलाई लाग्छ तिमीले हाम्रो वाचा पक्कै पूरा गर्यौ । तिमीले जीवनमा मलाई यति धेरै माया र खुसी दियौ कि मैले जीवनका केही अप्ठेरा परिस्थितिहरू पनि तिम्रो मुहारको मुस्कान हराउने डरले तिमीसँग बाँड्न सकिनँ । तिम्रो खुसीको खातिर म सदा तिम्रो अगाडि खुसी देखिने प्रयत्न गरिरहेँ । जीवनमा झूट बोल्नु र केही कुरा भन्दै नभन्नु बीचको फरक पनि मैले यति नै बेला सिकेको हुँ । कहिलेकाहीँ केही कुरा लुकाउनु पनि पर्नेरहेछ र त्यसलाई झूट भन्न सक्दिनँ । आशा छ, तिमीले यो क्यासेट सुनेपछि मलाई बुझ्नेछौ ।” बीच-बीचमा कोही रोएझैं आवाज अड्की-अड्की आइरहेको थियो। हामी दुवै जना चौतारीमा बसेर ज्ञान बाँडिरहेका गुरुलाई सुन्ने आज्ञाकारी चेलाहरूझैं भुईंमा बसेर एकतमास त्यो रेकर्डिङ सुनिरहेका थियौँ । “सुधा, सधैँ तिम्रो आँखामा हेरेर सबै कुरा भन्ने म, यो कुरा भने तिमीसामु भन्न सकिरहेको थिइनॅं । त्यसैले यो क्यासेटको सहारामा तिमीलाई यो सन्देश छोड्दै छु। तिमीले यो क्यासेट भेट्दासम्म म यो संसारमा हुनेछैन पनि होला तर पनि तिमीले आफूलाई सम्हाल्नू । तिम्रो अगाडि तिम्रो सिंगो जिन्दगी बाँकी छ । मलाई थाहा छ, केही समय तिमीलाई गाह्रो हुनेछ । मसँग जोडिएका हरेक कुराले तिमीलाई मेरो सम्झना दिलाउने छ । मलाई यो पनि थाहा छ कि तिमीले मलाई माफ गर्नेछौ । मलाई ब्लड क्यान्सर छ भन्ने थाहा पाउँदा मेरो पैताला मुनिको जमिन भास्सिएको थियो । मेरो अनुहारमा तिम्रो अनुहार झलझली नाचिरहेको थियो। म तिम्रो हाँसो खोस्न चाहन्न थिएँ । त्यो दिन जब म डक्टरकोबाट घर फर्केको थिएँ, तिमीले मेरो मलीन अनुहारको मुद्रा देखेर कारण सोधेकी पनि थियौ तर म कति कमजोर छु भन्ने तिमीलाई थाहै थियो । मैले टाउको दुखेको भनेर बहाना बनाउँदा तिमीले पत्याएकी थियौ। मैले झुट बोलेर हल्का महसुस गरेको त्यो मेरो जीवनको पहिलो घट्ना थियो । डाक्टरले मसँग धेरै समय नभएको बताए पनि मसँग जे-जति समय बाँकी थियो, तिमीसँग बिताउनेछु भन्ने लागेको थियो, तर फेरि म कतै बहकिएर कुरा फुत्क्यो वा मलाई बीचैमा केही अप्ठेरो पर्यो भने के हुन्छ ? भन्ने प्रश्न आएर ठिंग ठडियो । अनि मलाई डरको कालो बादलले छोप्यो । म सधैंझैँ सामान्य देखिन भरमग्दुर प्रयास गरिरहेँ। म तिमीलाई कुनै कुराको शंका होस् भन्ने पनि चाहन्न थिएँ । सधैंझैं एकरात हामीले शारीरिक सुख साट्दै गर्दा तिमीले सोधेकी थियौ- आज हजुर किन हतारमा देखिनुभएको ? मैले मेरो स्खलित शरीर तिम्रो शरीरबाट अलग्याउँदै भनेको थिएँ,- कहिलेकाहीँ केही नयाँ गरौं भनेर नि ! त्यसपछि तिमीले तिम्रो करोडौंको चुम्बन मेरो निधारमा टाँसिदिएकी थियौ । एकपल त मलाई लागेको थियो कि तिम्रो चुम्बन संजीवनी बुटी हो, जसमा हररोग निको पार्ने शक्ति छ । भनिन्छ, संसारमा झूट बोल्न जस्तो गाह्रो केही छैन तर झूट बोल्नभन्दा कुरा लुकाउन कयौं गुणा गाह्रो हुन्छ भन्ने मैले बुझ्दै थिएँ । जबजब तिमी मेरो साथ हुन्थ्यौ, मेरो मन दुई भागमा बाँडिन्थ्यो । जसमध्ये एउटामा तिमी प्रतिको असीमित माया हुन्थ्यो भने अर्कोमा त्यस्तै असीमित डर, तिमीबाट तिमीलाई केही नभनीकनै छुट्टिनु पर्ने डर- त्यो पनि सदाका लागि । सम्झेरै मनमा करेन्ट लागेझैं हुन्थ्यो । शरीर कामज्वरो आएझैं काम्थ्यो । सायद यो क्यासेट तिमीले भेट्दासम्ममा म यो संसार छोडिसकेको हुनेछु । यो क्यासेट म खाममा हालेर मैले काम गर्ने अफिसको टेबलको घर्रामा राखिदिनेछु, तिम्रो नाम र ठेगाना लेखेर । कसैलाई म बिदामा जानुअघि मौखिकरुपमा आग्रह पनि गर्नेछु, ताकि यो तिमीसम्म पुगोस् । मलाई थाहा छ, मैले यो रेकर्डिंग जति लामो बनाउँछु, त्यति नै तिमीलाई असह्य पीडा हुनेछ । मलाई धिक्कार्ने छौ । मप्रति घृणा पनि जाग्नेछ । म तिम्रो दोषी हुँ । मैले तिमीलाई भन्न सक्नुपर्थ्यो । हामीले हरेक सुख-दु:खमा साथ दिने कसम खाएका थियौं, तर म त्यो कसमको अदालतमा खरो उत्रन सकिनँ । सक्छौ भने मलाई माफ गरिदिनू । उही तिम्रो जीवनको अधुरो यात्रामा भेटिएको एउटा कम्जोर सहयात्री !” तिम्रो अमर !!” रेकर्डिङ सकिएर टेपरेकर्डर स्वाँऽऽऽ आवाज निकालेर, ‘मलाई गाह्रो भयो, बन्द गर’ भन्दै थियो । हामी दुवै जना चोकमा राखिरहेको शालिकझैं आ-आफ्नो ठाँउमा स्थिर भएर जमेका थियौं । चोकका शालिक र यी दुई शालिकहरू बीच फरक यत्ति थियो कि, यी दुईका आँखा भने रसाएका थिए। ज्ञानेले आफ्नो आँखाको आँशु पुछ्नेबित्तिकै सोध्यो- “के यो क्यासेट जसलाई भनेर रेकर्ट गरिएको हो, उनले सुनिन् होला?” मैले केही बोलिनँ । मलाई निकै नमज्जा लागिरहेको थियो । न चिनेको, न देखेको मान्छेको पीडामा सरिक हुन पनि निकै सकसपूर्ण हुँदो रहेछ भन्ने कुराको ज्ञान पनि त्यति नै बेला गरेको थिएँ मैले । “हो त, के सानु भन्ने पात्रले यो सन्देश भेटेर सुनी होली ?”, मैले त्यही प्रश्न आफैँलाई दोहोऱ्याएँ । “अब एउटा खोज गर्नुपर्यो । कतै मेरो पहिलो किताबको लागि केही नयाँ कुरा पो मिल्छ कि ?” , मनमनै एकैपटक धेरै कुराहरू खेल्न थाले । प्राय: सबै आफ्नै स्वार्थले अभिप्रेरित थिए। कथाको लागि खुराक भेटिने लोभ पनि सँगसँगै आइरहेको थियो । “तिमीले यो कहाँ भेटेको थियौ ? मलाई त्यो ठाँउमा लान सक्छौ ?”- मैले सोधेँ । “त्यो रिकर्ट सुनेर क्या नमज्जा लाग्यो, एक पेग पिलाउने भए मात्र !”- उसले सर्त राख्यो । “ल हिडँ !”- मैले मेरो कुर्सीमा राखेको कोट उन्दै भनेँ । उसले सरासर एउटा घरको भग्नावशेष मात्र भएको ठाउँमा लग्यो र ठाउँ देखाउदै भन्यो – “ऊ त्यो भाँचिएको पिल्लर छ नि, त्योभन्दा उताको झ्याल छेउमा एउटा घर्रा थियो, त्यसैमा भेटेको ।” “यहाँ पहिले के थियो ? केही थाहा छ तिमीलाई ?”- मैले हकानिंदै सोधें। “खोई सर, थाहा भएन। बरु यस्सो पैसा दिनुभए म बाटो लाग्थें !”- अचम्म, उसलाई त केही समय अगिको संवेदनाले छोडिसकेको थियो। उसमा आएको त्यो परिवर्तनबाट मैले एउटा निष्कर्ष निकालेँ, स्वार्थले मान्छेलाई अरुको पीरमर्कामा आउने संवेदनाको म्याद घटाइदिँदो रहेछ । खल्तीबाट पाँच सयको दुई नोट झिकेर उसको हातमा थमाइदिएँ। पैसा पाउना साथ ऊ नजिकैको भट्टीभित्र छिर्यो। म भने केही सुराक भेटिन्छ कि भन्दै त्यो घरको भग्नावशेष खोतल्नतिर लागें । करिब आधा घण्टाको कडा खोजतलासमा पनि केही नभेटिएपछि निरीह भएर उसलाई खोज्न अघि ऊ छिरेको भट्टीमा छिरेँ। छिरेर एकफेर सबैतिर नजर डुलाएँ तर ऊ देखिएन । उसलाई कतै नदेखेपछि म पैसा तिर्ने काउन्टरमा बसिरहेको मान्छे भएतिर गएँ । उसले मलाई ग्राहक ठानेर खाली टेबल देखाउँदै बस्न आग्रह गर्यो । मैले हाँस्दै भनें- “होइन, होइन ! म यहाँ बस्न आएको होइन । म त यहाँ कसैलाई खोज्दै आइपुगेको हुँ । यहाँ केही समयअघि एकजना छिरेको थियो, ऊ कहाँ गयो केही थाहा छ र हजुरलाई ?” उनी केही झोँक्किएर भनें- “यो भट्टी हो, भट्टी ! यहाँ कति आउँछन् आउँछन् ! कतिलाई याद गरेर साध्य हुन्छ र !” उनी झोँक्किएपछि मलाई यहाँभन्दा अरु केही सोध्न मन लागेन । म त्यहाँबाट निस्कनु नै उचित लागेर ढोकातिर लम्किएँ । “ए पख्नुस् त ! कतै तपाईं पनि त्यही छट्टु कथाकारलाई खोज्न त यहाँ आउनुभएको होइन ?” – तिनै भट्टीका साहुजीले म ढोकाबाट बाहिर निस्कनै लाग्दा सोधे । “छट्टु कथाकार ? कसको कुरा गर्नु भ’को ? मैले त केही बुझिनॅं नि, के भन्न खोज्नुभएको?” – अन्योल मान्दै मैले सोधेँ । “ए, यहाँ एउटा कथाकार आउॅंछ, प्रायः दुई-तीन महिनाको अन्तरालमा । र, ऊ आएको दिन कोही न कोही उसलाई खोज्दै मेरो भट्टीमा आएकै हुन्छ। यसपालि हजुर आएजस्तै । उसले प्राय: साहित्यमा दिलचस्पी हुने मान्छेलाई नै आफ्नो निशाना बनाउॅंछ । उसले आफूले गुनेको कुनै कथाले उनीहरूलाई अल्झाइदिन्छ । उनीहरू कथालाई साँचो मानेर उसको कथामा डुबिदिन्छन् । त्यसपछि त्यो कथाको पात्र र ठाउँ देखाएझैं गरी उनीहरूसॅंग रक्सी पिउने पैसा माग्छ र म कहाँ आउॅंछ । ऊ यहाँ बसेर रक्सी पिउॅंदैन। किनेर लिएर जान्छ । म कहाँ आएपछि ऊ फेरि केही महिनाको लागि हराउॅंछ ।” साहुजीले यति भनिसक्दा मलाई विश्वास भैसकेको थियो कि म पनि उसको कथाभित्रको एउटा पात्र बनिसकेको रहेछु । सोचेँ, सायद कुनै दिन अब उसले मेरो कथा पनि अरु कसैलाई तोडमतोड गरेर सुनाउनेछ । त्यो कथा सुन्ने व्यक्ति पनि मजस्तै मलाई खोज्न यहीँकहीँ आउनेछ । र, यो क्रम दोहोरिरहनेछ, साहुजीले साँचो कुरा गरेका हुन् यदि भने । यावत् कुरा सोचे पनि मेरो मनमा अझै पनि केही शंका बाँकी नै थियो, त्यसैले सोधिहालेँ, “तर ऊ त मेरो घरनजिकै बस्छ । ज्यामी काम गर्छ । ऊ प्राय: मेरोमा उसकी जहानलाई चिठ्ठी लेखिदिनु पर्यो भनी आग्रह गर्न आउॅंथ्यो । मैले कतिपटक लेखिदिएको पनि छु । उसलाई त लेख्न पढ्न नि आउॅंदैन । त्यस्तो मान्छेले कसरी कथा लेख्न वा रच्न सक्छ ? अनि यी सब कुरा हजुरलाई कसरी थाहा भयो ?” “हा…हा…हा”, लामो हाँसो हाँसिसकेपछि उनले थपे, “यो पनि मेरो लागि कुनै नौलो प्रश्न होइन । उसलाई खोज्न आउॅने हरकोहीले सोध्ने प्रश्न हुन् । आउनुस् बसेरै कुरा गरौं ।” – उनले मलाई खाली टेबल देखाउॅंदै भने । मन उत्सुक भएकाले बस्न करै लाग्यो । उनी सुरु भए, “ के तपाईं पनि साहित्यकार हो र ?” “साहित्यकारै त होइन, अलिअलि लेख्छु । साहित्यमा विशेष रुचि चैं छ भनौं,” मैले उत्तर दिएँ । “ल सुन्नुहोस्,” उसले बिस्तारमा बताउने भयो, ” पहिलोपटक ऊ मेरोमा आउँदा ऊसँग अर्को एकजना पनि थियो । त्यो दिन दुवै जना एकदमै मातेका थिए । दुवै निकै हतास देखिन्थे । अनुहार मात्रै हेरेर अनुमान लाउँदा लाग्थ्यो उनीहरू ठूलै असफलताको शिकार भएका छन् । उनीहरू मध्येको एउटाले आफूहरू साहित्यकार हुन नसके पनि साहित्यको सहारामा बाँच्न त सकिन्छ नि भन्ने खालको कुराहरू गर्दै थियो । उसको नै आइडिया हो जस्तो लाग्छ मलाई त ! त्यसपछि मैले दुई जनालाई सँगै देखेकै छैन ।” उसले केही सम्झेझैं भन्यो, “अँ साँच्ची, एकपटक एउटा मान्छे तपाईं जसरी नै उसलाई खोज्दै आएको थियो । म यो भट्टीको साहु हो भन्ने थाहा हुनासाथै, उसले मलाई सिधै भनेको थियो- तपाईं किड्नी बेच्ने भए म किन्न तयार छु। जाँऊ हिंड्नोस् ! उसको कुरा सुनेर म त वाल्ल परेको थिएँ । पछि बुझ्दै जाँदा पो थाहा भयो, उसले त मलाई नै पात्र बनाएर मेरै कथा बेचेको रहेछ । उसले त्यो मान्छेलाई भनेको रहेछ, मलाई पैसाको खाँचो छ । म जे पनि गर्न तयार छु । पऱ्यो भने म आफ्नो एउटा मृगौला नै बेचिदिन्छु भनेको छु भनेर लाइदिएछ । पछि साफ झपारेपछि माफी माग्दै गए बिचरा । गल्ती उनको पनि कहाँ थियो र ? श्रीमतीको मृगौला फेर्नुपर्ने भएको रहेछ, कता मिल्छ, कसको मिल्छ भनेर हिंडेको बेला यही छट्टुको फेला परेछन् । अनि त झिनो आशले आत्तिदैआएका रहेछन्, विचरा !” कथाभित्रको कथाले मेरो माथिंगल नै नराम्ररी हल्लाइदियो । म आफैँ पनि उल्लु भएकोमा हाँसो पनि नउठेको कहाँ हो र ! जे होस् हजार रुपैयाँमा घनचक्कर नै सही, एउटा कथा त सुनाएर गयो मोरोले । कथाकार मात्र होइन, मोरो त कलाकार नै रहेछ नि ! सुरुमा भेट्दाको त्यो निश्चल, निष्कपट अनुहार, त्यो टेप सुन्दै गर्दा भरिएका आँखा र भासिएको स्वर, क्या बहुआयामिक मान्छे रहेछ ! अनौठो पाराले आफ्नो रक्सीको सौख पुरा गर्दोरहेछ । “ल साहुजी, जानकारीको लागि धेरै धन्यवाद ! जे होस्, गज्जबकै मान्छे रहेछ त्यो ! फेरि आयो भने खबर गर्नुहोला है ! अहिलेलाई म लाग्छु पनि,” मैले हाँस्दै भनें । त्यसपछि आफ्नो नम्बर एउटा कागजको चिर्कटोमा लेखिदिएँ र त्यहाँबाट निस्किएँ । म निस्केपछि पनि ती साहुजी केही फत्फताउँदै थिए तर मैले केही बुझिनँ । सरासर घरतिर लागेँ । ऊ कलाकार कि कथाकार ? भन्ने प्रश्नले भने बाटाभरि घोचिरह्यो । #मनोज रेग्मी सुरू भयो मुक्तक प्रतियोगिताको तेस्रो चरण: साहित्यपोस्ट हरेक साता गरिने मुक्तक प्रतियोगिताको तेस्रो चरण सुरु भएको छ । यसअघि यसका दुई चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । मुक्तक सम्पादक निसा केसीका अनुसार दुबै प्रतिस्पर्धामा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । त्यसैगरि उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ । मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ । तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ । यो साताका तीनवटा विषय यसप्रकार रहेका छन् । पहिलो मुक्तकको विषय नेपाली जनताको नियति ( यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तक को विषय नेपालको वर्तमान अवस्था ( यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तक को विषय नेपालका छिमेकी ( यसलाई छुने जुनसुकै विषय वा घटना) नियमहरू: — सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । — यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको शुक्रबार (असार २६ गते) रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्; पहिलो मुक्तकको विषय नेपाली जनताको नियति ( यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तक को विषय नेपालको वर्तमान अवस्था ( यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तक को विषय नेपालका छिमेकी ( यसलाई छुने जुनसुकै विषय वा घटना) यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ । #मुक्तक प्रतियोगिता अस्मिता: विमल किशोर श्रीवास्तव अमानुषिकता, भ्रष्टाचार र अराजकता मौलाएको यो देशमा, कहाँबाट परिचालन गरुँ म शासन-विधि र परोपकारिताको अस्मिता ! बेफिक्री सीमा अतिक्रमण र राजनीतिक कलहले ग्रसित यो राष्ट्रमा, कहाँबाट प्रतिरक्षित गरुँ म राष्ट्र र राष्ट्रियताको अस्मिता ! अवैध खनिज उत्खनन, घुसपैठ र शिकार अभ्यासरत यो राज्यमा, कहाँबाट संरक्षण गरुँ म दिव्य हिमाल र पहाडको अस्मिता ! शिक्षाको व्यापारीकरण, युवा बेरोजगारी र विदेश पलायनले आश्रय पाएको यो देशमा, कहाँबाट सम्हालुँ म अद्वितीय कला र कौशलको अस्मिता ! आतङ्ककारी, बलात्कारी र क्रुरता फस्टाएको यो मुलुकमा, कहाँबाट सञ्चित गरुँ म नारी, चेली र बालबालिकाको अस्मिता ! विराटनगर #विमल किशोर श्रीवास्तव #विराटनगर सहरमा लक्ड हुँदै पुर्खाहरूले बाँचेको समय नियाल्दा: विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको सन्त्राश जताततै छ । कहाँ छैन ? गाउँमा समेत छ । तर सहरको जस्तो कहर गाउँमा छैन । महामारीलाई निरन्तर पछ्याइरहेको अभाव सहरमै छ । महङ्गी सहरमै छ । कालाबजारी सहरमै छ । आतङ्क सहरमै छ । गाउँमा त अहिले पनि भकारी राख्ने चलन छ । ऐँचोपैँचो चल्छ । गाउँघरमा आउने पाहुनाहरूलाई खाए नखाएको सोधिन्छ । भोको फर्किनु पर्दैन । खेतबारीको काम, खनजोत, गोडमेल भइरहेको छ । यति हो, गाउँलेहरू सहर जानलाई बाटाहरू अवरुद्ध छन् । गाउँ त करिब करिब अप्रभावित छ । पहिल्यै अछुतोजस्तो थियो, त्यो अहिले प्रष्ट देखिएको छ । मायामितु गाउँ त गाउँ नै हो । नूनतेलको जोहो मात्र हुनुपर्छ । अपवाद त जहाँ पनि हुन्छ । गरिबी सहरमा भन्दा गाउँमा धेरै छ । खेतबारी हुनेको हातमा पैसा हुन्न । सहरका मानिसमा पैसा छ । अन्न छैन । गाउँमै निर्भर हुनुपर्छ । गाउँबाट दाल चामल नपठाइदिए सहरमा कतिको घरमा चुलो अहिले पनि बल्दैन । अहिले त पैसा भएर मात्र के गर्नु ? सबै बन्द छ । खुले पनि महंगोमा किन्न बाध्य छन् । पैसा नै सबथोक हो । पैसाले सबैथोक किन्न सकिन्छ, पाइन्छ भन्थे । कहाँ सत्य रहेछ र । यतिबेला बुढापाकाले भन्ने गरेको उत्तम खेती, मध्यम व्यापार अनि मात्र जागिर भन्ने कतिले सम्झिए होलान ! गाउँलेलाई पाखे, केही जानेका हुँदैनन भन्नेहरू अहिले गाउँ फर्कदै छन् । सहरमा मःम, चाउमिन, बर्गर, कुरकुरे, चाउचाउले बानी परेकाहरूलाई अहिले गाउँ सहज त नहोला ! तर विकल्पमा रूपमा सही छ । एकछिनको जिब्रोको स्वाद न हो यी खानेकुरा ! नजानिँदो तरिकाले शरीर रोगी बन्दैगएको छ सहरमा । जसरी सहर रोगी छ । धुलो, धुवाँ, प्रदुषण, भीडभाडले । त्यस्तै रोगी छन् सहरका मानिसहरू । जसरी सहर हेर्दा सुन्दर देखिन्छ, त्यस्तै देखिन्छन् सहरका मानिसहरू । बाहिरबाट हेर्दामात्रै हट्टाकट्टा र खाइलाग्दा । भित्रभित्रै खोक्रो र कामै नलाग्ने । बस नुन आइपुग्नुपर्छ गाउँमा, मानिसहरू भोको हुँदैनन । बजारमा पाइने जंकफुड गाउँमा पनि छ । तर सहरको जस्तो होइन, म्याद सकिएको, बासी । अग्र्यानिक र ताजा पाइन्छ गाउँमा । घरमै बनाइएको मस्यौरा, गुन्द्रुक, सिन्की, सुकाएर राखेर मुलाका चाना, भटमास, सातु आदि । नुन भए गाउँका मानिसलाई वर्र्षौँ लकडाउन भए पनि खासै असर पर्दैन । सहरमा जस्तो कोही आए हतार हतार चाउचाउका प्याकेट किन्न पसलतिर दौडिनु पर्दैन । गाउँमा त पसल पनि त्यति नजिकै कहाँ हुन्छ र ? घरैपिच्छे जस्तो । यतिबेला म पनि गाउँभन्दा अलि पर छु । गाउँको भाषामा सहर नै हो । यो सहरमा लक्ड हुँदै म हाम्रा पुर्खाहरूले बाँचेको समय नियाल्न खोजिरहेछु । कति सहज र प्राकृतिक थियो उहाँहरूको जीवनशैली । हामीले उहिलेका बूढाबूढीले के जान्दछन् ? भन्यौ । दुत्कार्दै आयौ उनीहरूका कुरा । जुन कुरा वैज्ञानिक भएका प्रमाणित हुँदै जाँदै छन् । अहिले हामी जस्तो एकजुवा घाम लाग्दासम्म कहाँ सुत्थे उनीहरू ? झिसमिस उज्यालो हुनु पहिल्यै उठिसक्थे । धर्मकर्ममा मन अडिएको थियो । विश्वास अडिएको थियो । सूर्य उदाउनुभन्दा अघि उठ्नु स्वास्थ्यको लागि लाभदायक भनेर विज्ञानले नै भनेको छ । उनीहरूलाई विज्ञानको अर्थ के थाहा ? हुन त विज्ञानले भनेको भन्दा विश्वास नर्गलान् भनेर धार्मिक नाम दिएका होलान् । किन कि धर्ममा मानिसहरूको खुब विश्वास थियो । उहिल्यै ऋषिमुनिहरूदेखि नै चलिआएको चलन हो । तर विज्ञानले प्रमाणित गरेको कतिपय कुराहरू पनि धर्मको नाममा अंगिकार गर्दै आएका हुन् । पुस्तौंदेखि गर्दैआएको उनीहरूले संस्कारका रूपमा गरे । परीक्षण गरेर बुझे । जुन विज्ञानसम्मत रहेछ भनेर आजको उन्नत समाजले भनिरहेछ । बिहान उठेर ननुवाई, शुद्ध नभई, कुनै काम शुरु गर्दैन थिए । गर्न मनाही नै थियो । उनीहरूले जे गरे धर्म या संस्कारका नाममा गरे । पाप लाग्ने डरले गरे । तर, जे गरे प्राकृतिक गरे । जब कोरोना महामारी आगोसरि विश्वको कुना कुना सल्कियो । अनि मात्र शरीर शुद्धताको ज्ञान बाध्यतास्वरूप हामी लिँदैछौँ । यो त हाम्रा पुस्ताले वर्र्षौँअघि सिकेका थिए । व्यवहारमा प्रयोगमा ल्याएका थिए । त्यसलाई हामीले बूढाबूढीको कुरा भन्यौ, धर्म भन्यौ, रुढिवादी भन्यौँ, अन्धपरम्परा ठान्यौँ, उहिलेका कुरा खुइलिए भन्यौ र अवलम्बन गर्दै गरेनौँ । पहिले कतै बाहिरबाट घर पुगियो भने हातखुट्टा नधोई घरभित्र पस्न पाइदैनथ्यो । गाउँघरमा कोही आए अलि पर बस्ने, छुट्टै बसाउने गरिन्थ्यो । आएका पाहुनासँग बोल्दा हाम्रा हजुरआमाहरू साडीको सप्कोले मुख छोपेर बोल्थे । यसको कारण त अहिले पो बुझिँदैछ । मुख नछोपी बोल्दा श्वासप्रश्वासका कारण रोग सर्न सक्छ भनेर पो रहेछ । त्यतिबेला घरघरमा चर्पी थिएन । घरदेखि टाढा दिसापिसाब गर्ने जान्थे । दिसा गर्न जाँदा लुगा फेरेर जाने गर्थे । साबुन त्यति चलनमा आएकै थिएन । खरानी या रातो माटोले हात धुन्थे । यसो गर्नु त भाइरस अर्थात् जीवाणु नलागोस् भनेर पो रहेछ । कति प्राकृतिक थिए उपायहरू ! बाहिर कतै गएर आइएको छ भने आगो नछोई कसैलाई छुदैनथे । आगोले हातमा भएको जीवाणु मर्छ भन्ने कत्रो विश्वास ! कस्तो अचम्मको तरिका उनीहरूले अपनाएको जीवनशैली ! उहिलेको कुरा खुइलिए भन्दै गर्दा “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” चाहिँ सम्झनै चाहनौं । या सम्झने फुुसर्दै भएन । चियाको चलन आएकै थिएन । घरमा कोही आए दूध, मोही आदिले सत्कार गरिन्थ्यो । आफँै पनि दुध पिउँथे । मोही पिउँथे । जसले खाना पचाउन सहयोग गथ्र्याे । आँगनमा तुलसी रोप्थे, घरअगाडि वरपिपल रोप्थे । वातावरण शुद्ध हुन्थ्यो । घाम नअस्ताउँदै बेलुकीको खाना खान्थे । जसले खाना राम्रोसँग पच्ने गथ्र्याे । खाना खाँदा थालवरिपरि पानीको घेरा हालेर भात छर्केर चढाउने चलन थियो । पितृलाई दिएको भन्थे । त्यो किटाणुहरूबाट बच्न पो रहेछ । खाना खाउन्जेल ती किटाणुहरू तिनै छर्केको भातमै अलमलियोस् र थालमा नआओस् भन्न पो रहेछ । अहिले पो बुझिदैछु । बिहानै उठेर शंख, घण्ट बजाएर पूजा गर्थे । जसले वातावरण स्वच्छ राख्न मद्धत गथ्र्यो । घण्ट बजाउदा मन एकाग्र हुने र दिमाग शान्त हुने गर्छ । यसरी बजाइने घण्टको आवाजले मनमा भएका विकार फाल्न सहयोग गर्ने रहेछ । शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेको कति हानिकारक जीवाणु नष्ट हुनेरहेछ । कहाँ धर्मका लागि मात्रै रहेछ र ? जानी नजानी कति व्यवाहारिक, शुद्ध र वैज्ञानिक जीवनशैली रहेछ त्यो बेलाको । अहिलेको जस्तो डाइनिङ टेबल कहाँ थियो र ! भुइँमा सुकुल, चकटी, पिर्कामा बसेर खाने चलन थियो । खाना खाँदा पलेटी कँसेर बस्थे । जसमा पाचन प्रणालीलाई सहयोग पुग्ने रहेछ । पुरुषहरूले टुप्पी पाल्थे । जनै लगाउँथे । टाउकोमा पालेको टुप्पीको गाँठो पारिएको शिखाले टाउकोको रक्षा गर्ने रहेछ । बाहुन चिनाउन भनेर टुप्पी पालेको भन्थे । यस्तै पिसाब फेर्दा दायाँ कानमा जनै सिउरिन्थे । यसो गर्दा पिसाबसम्बन्धि रोग नलाग्ने रहेछ । काँधमा जनै लगाउनाले पेटसम्बन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिने रहेछ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको पनि काम गर्छ । यस्तै शंख बजाउँदा फोक्सोको व्यायाम पनि हुन्छ । अहिले जसरी दमका रोगीलाई बेलुन फुक्न लगाइन्छ । एकप्रकारको उपचार विधि मानिन्छ दम रोगीका लागि । त्यस्तै शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिने रहेछ । अहिले कोरोना भगाउनका लागि शंख, घण्ट बजाउनु भन्ने खालका समाचार पनि आए । तर मन एकाग्र बनाउन र श्वासप्रश्वास नियमित राख्न यसको भूमिका महत्वपूर्ण छ । हुन त पहिलाका चलन पनि सबै राम्रा कहाँ थिए र ? धर्म, संस्कारमा पनि समानता कहाँ थियो र ? टुप्पी पाल्ने, जनै लगाउने आदि चलन ब्राहम्ण क्षेत्री परिवारमा मात्रै थियो । अन्यमा थिएन । यसले विभेद गरेको प्रष्ट छ । त्यस्तै महिलाका लागि त झन् धेरै विभेद छ, धर्म र संस्कारमा नाममा । दास प्रथाको अन्त्य नेपाल वि.स. १९८१ वैशाख १ मा उन्मूलन भएको थियो । यस्तै भारतलागयत अन्य देशले पनि दासप्रथाको उन्मूलन गरेका छन् । सन् १८४८ भारत, १८६१ अमेरिका, १८५९ स्विडेन, १८७१ ब्राजिल, १८९७–१९०१ अफ्रिकन संरक्षित राज्य, १९०२ फिलिपाइन, १९२१ अबिसीनियाले उन्मूलन गरेका थिए । तर खै अहिलेसम्म मानसिकता र व्यवहारबाट हट्न सकेको छैन ? धर्म र संस्कार सबै उत्कृष्ट भनिएको होइन । धर्म र संस्कारकै कारण पनि विभेद भएको छ । तर अबका पण्डित र धर्मगुरुहरू ठूलो स्वरमा पुराण लगाउँदा धर्म र परम्पराका नाममा भइरहेका विकृतिबारे बोल्नुपर्छ । बोल्न सक्नुपर्छ । पुराणभन्दै गर्दा जातीय विभेदका मुद्धा पनि उठाउन सक्नुपर्छ । स्वास्थानी वाचन गरिसकेपछि यसमा यो अहिलेको समयसापेक्ष छैन भनेर अबका पण्डितहरू र धर्मगुरुहरूले भन्न सक्नुपर्छ । यहाँ मैले धर्म र संस्कारका बारेमा होइन, धर्म र संस्कारका नाममा त अपवादका यी कुरा बाहेक विभेदै विभेद मात्र भेटिन्छ । तर, जानीनजानी अपनाइएको चालचलनका बारेमा कुरा गर्दैछु । जुन लकडाउनले अहिले हामीलाई सिकाइरहेको छ । हाम्रा पुस्ताहरूले त वर्षाैंदेखि गर्दै आएका थिए । हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष हुन्छ । नराम्रालाई छाड्दै, या परिवर्तन गर्दै राम्रा पक्षको आत्मसात गर्न सके भन्ने लागेर मात्र हो । पहिलेका सबै राम्रो विभेदरहीत भन्न खोजेको पटक्कै होइन । विभेद हुँदाहुदै पनि राम्रा पक्ष पनि त रहेछन् नि ! हुन त नराम्रा कुरा छिटै देखिन्छन् र त्यो चाँडै फैलिन्छ, तर राम्रा कुराहरू ओझेलमा परिरहेका हुन्छन् । यस्तै भएको हो कि ? बिरामी भए रासायनिक औषधिहरूभन्दा घरायसी जटीबुटीमा जोड दिन्थे । अब आयुर्वेदिक उपचार पद्धतिले ठाउँ लिने सम्भावना बढेर गएको छ । आयुर्वेदिक क्षेत्रमा काम गर्नेहरू अहिले सक्रिय भएका छन् र एलोपेथिक औषधिहरूलाई चुनौति दिइरहेका छन् । हाम्रो देशमा अधिकांश झारबुट्यानहरूमा नै औषधिको गुण छ । यो गाउँ जडीबुटीको खानी नै हो । हामीसँग भएको जडीबुटी भारत पठाउँछौ र उता प्रशोधन भैसकेपछि फेरि हामी त्यही आयात गर्छौँ त्यही खरिद गर्छौैँ । अत्याधिक भौतिकीकरणले गर्दा मानिस मेसिन जस्तै भएका थियौँ । आफ्नो भाषा, कला, संस्कृति, धर्म बिर्सदै गएका थियौँ, निदाउँदै गएका थियौँ । यो विकराल अवस्थाले फेरि एकपटक हामीलाई राम्रैसँग झक्झक्याएको छ । #मायामितु मृत्यु चिन्तन: इच्छामरण: इच्छामरण मृत्युको अलि बेग्लै आकारको विधि हो । चलनचल्तीमा नभएकाले नौलो पनि लाग्नसक्छ , तर इच्छामरणको बारेमा हाम्रा पुर्खाहरूले पनि चर्चा गरेका छन् । पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंग हरू छन् । हालसालकै कुरा गर्ने हो भने भनिन्छ – गलेश्वर बाबाले इच्छामरण वरण गरे । वर्तमानमा पनि सांसारिक कोलाहलबाट टाढा रहेका तपस्वीहरूले इच्छामरण विधि अवलम्बन गरिरहेका हुनसक्छन् , जहाँ सञ्चारको पहुँच नपुगेको हुनसक्छ । सञ्चार जगत् प्रायः कोलाहल र सतही कुरामा रमाउन थालेको छ । रामबाबु घिमिरे चलनचल्तीको मृत्यु विधिमा इच्छा – अनिच्छाको सवालै हुँदैन । मानिसहरू मर्न नचाहँदा नचाहँदै मरिरहेका हुन्छन् । कवि शिरोमणि लेखनाथको कालमहिमा कविता पढ्नुभएकै होला ! यति चाहिं हो कि आधुनिक चिकित्साविज्ञानले मृत्युको म्याद गुजार्न केही सहयोग पुर्याएको छ । प्रकृति विज्ञानको दृष्टिले विचार गर्दा शरीर प्राकृत संयोजन हो भने मृत्यु विघटन हो । जेहोस् मृत्यु साक्षात्कार जीवनको परम् सत्य हो । झट्ट विचार गर्दा आत्महत्या पनि इच्छामरण जस्तो लाग्न सक्छ , तर होइन | किनकि आत्महत्याको निर्णय अति नै विषाद्जन्य मनोदशाका कारण चरम् आवेगमा गरि ए को हुन्छ । स्व : निर्णय जस्तो लागे पनि त्यस्तो अवस्थामा गरिएको निर्णयलाई सहज निर्णय मान्न सकिन्न । आत्महत्यामा मृतक स्वयम्ले मृत्यु हुनेसम्मको शारीरिक आघात पु र्या उँछ , जबकि इच्छामरण भनेको शारीरिक आघात बिना सहज मृत्युवरण गर्नु हो । इच्छामरणको निर्णय शान्त मनले सुविचारित किसिमले गरिएको हुन्छ । बाह्य वा आन्तरिक कुनै शरीरजन्य आघात हुँदैन । हो , मैले भनिसकें – आत्महत्या पनि स्व : निर्णय जस्तो लाग्नसक्छ , तर मूल कारण अनियन्त्रित आवेग बन्छ । आत्महत्या प्रयासमा असफल भएका कमैले दोस्रो प्रयास गर्छन् । चलचल्तीको मृत्यु वा आत्महत्यामा बाह्य वा आन्तरिक शरीरजन्य आघात मृत्युको कारण बन्छ , तर इच्छामरणमा मात्र इच्छा वा निर्णयबाट मृत्युवरण गरिएको हुन्छ । इच्छामरण सहज पहुँचको विषय होइन । तप – साधनाबाट मात्र त्यस्तो सिद्धि प्राप्त गर्न सकिन्छ । त्यस्तो सिद्धि प्राप्तिको उपायको सम्बन्धमा मलाई पनि केही थाहा छैन । मलाई लाग्छ , योग – साधनाको मार्गबाट त्यस्तो सिद्धि सम्भव छ होला ! योगको प्रसंग आउनासाथ योगगुरु रामदेवको सम्झना भयो । तर इच्छामरणको सन्दर्भमा उनी असान्दर्भिक छन् , किनकि रामदेव हठमार्गी हुन् । शरीरमा आधारित सबै योग कर्म हठमार्ग हो । हठ मार्गबाट शरीर तन्दुरुस्त हुनसक्ला , तर इच्छामरणको अवस्थामा पुग्न सकिन्न । त्यसका लागि मनोयोग मार्ग अवलम्वन गर्नुपर्छ । हाम्रा ऋषि – महर्षिहरू शारीरिक निचेष्टापूर्वक तप – साधनामा लीन रहन्थे । शरीरमा धमिरा लागेको पनि बे वास्ता गर्थे । इच्छामरण विधिमा सहज पहुँच हुँदा हो त खतरनाक पनि हुने थियो । मान्छेहरू अनियन्त्रित आवेगका कारण भटाभट मर्न थाल्थे । त्यसो हुँदो हो त इच्छामरण पनि कानून प्रतिबन्धित हुन्थ्यो होला । हुन त आत्महत्या पनि कानूनमा प्रतिबन्धित छ , तर मर्नेहरू मरिरहेछन् । निषेधित कानुनहरू मान्छेको कुनै प्रवृत्ति नियन्त्रणका लागि बनेका हुन्छन् । इच्छामरणलाई अलि सजिलै बुझ्न यसो भन्नु उपयुक्त होला कि , मानौं आफू एउटा चालु अवस्थामा रहेको यन्त्र हो जसलाई विचारपूर्वक शान्त मनले आफैंले सधैँका लागि बन्द गर्नु इच्छामरण हो । बि स्तारमा नगई भन्दा शरीरजन्य आघातबिना स्व : निर्णयबाट मृत्युवरण गर्नु नै इच्छामरण हो । इच्छामरण मृत्युको एक विधि हो , प्रकार हो । यतिबेला म मृत्यु चिन्तन होइन , मृत्युको विधिको बारेमा मात्र सोच्दैछु । मर्नु त प्राणी जगतको अकाट्य नियति नै हो । प्राणीको अस्तित्व रहेसम्म मृत्यु परम्परा कायम रहने छ । त्यसैले ले दार्शनिकहरू जन्मलाई नै मृत्युको कारण मान्छन् । मृत्युबाट निजात पाउन धर्मले जन्ममृत्युबाट उन्मुक्ति खोज्छ । हुन पनि हो , नजन्मेको भए मृत्युको झण्झट बेहोर्नु पर्ने थिएन । अनि तपाईंलाई थाहा छँदैछ , दुनियाँमा सबैभन्दा असुरक्षित जीवित अस्तित्व भनेको बोटविरुवा को हो । बोटविरुवासँग कुनै आत्मरक्षात्मक उपाय हुँदैन । हुन त इच्छामरण विधिका बारेमा मलाई खासै थाहा छैन । मैले त एक अति नै खाँचोको विषयमा तपाईंसँग विचार विनियम गर्न मात्र खोजेको हुँ । यदि इच्छामरण विधि अवलम्वन सम्भव छ भने तपाईँ र म अर्थात् हामी दुबैलाई काम लाग्न सक्छ । जीवनमा हरक्षण कुनै न कुनै साना वा ठूला निर्णय गर्नुपर्छ । मैले पनि जीवनमा कैयन साना – ठूला निर्णय गरें र त्यसका परिणाम बेहोरें । मेरो वर्तमान अवस्थाको कारक विगतका मेरा निर्णय हुन् । वर्तमान जतिसुकै दु : खद भए पनि खुसी यसकारण छु कि ती सबै मेरा निर्णय हुन् । म चाहन्छु , मृत्यु जहाँबाट जीवन समाप्त हुन्छ , त्यो निर्णय पनि आफैं गरुँ । कुनै पनि कारणबाट आफूउपर थोपरिएको मृत्यु मलाई रुचिकर छैन । त्यसैले इच्छामरण मेरो लागि सरोकारको विषय बनेको छ । इच्छामरणको बारेमा सोच्दै गर्दा जन्मपूर्व र मृत्युपछिका रहस्यबारेमा मनमा उत्सुकता जागेको छ । मलाई थाहा छैन , मेरो हालको जन्म पुनर्जन्म हो वा म यसपटक नै प्रथमपटक पृथ्वीमा प्रकट भएको हुँ । पुनर्जन्म भएको हो भने पूर्वजन्मको मलाई केही थाहा छैन । पूर्वजन्मको जानकारी दिन ज्योतिषशास्त्र पनि समर्थ छैन । जन्मपूर्वका बारेमा त केही थाहा हुँदैन भने मृत्यु पछिको त झन् थाहा हुने कुरै भएन । मलाई यति चाहिं थाहा छ , एकदिन मृत्यु साक्षात्कार गर्नु छ । त्यसो हुनाले नै सहज विधिबाट मृत्युवरण गर्नका लागि इच्छामरणको कुरा गर्दैछु । हो , मलाई थाहा छैन मेरो पुनर्जन्म भएको हो वा यसपटक नै पहिलोपल्ट पृथ्वीमा प्रकट भएको हुँ । पुराणमा पुनर्जन्मका धेरै कथाहरू छन् । आजकल पनि पुनर्जन्मका रोचक घटनाहरू सुनिन्छ । तिब्बती लामा गुरुहरूको छनौट पुनर्जन्मकै आधारमा गरिन्छ । अद्भूत र अपत्यारिला कुराहरू नै धर्मशास्त्रका विषय हुन् । मान्छेहरू फिदाइन बन्नुमा धर्मको अपव्याख्या छ । जेहोस् , धर्म नै त्यस्तो विषय हो जसले जन्मपूर्व र मृत्युपछिका कुरा गर्छ । मृत्युपछि पनि मान्छे आफ्नो भलो चाहन्छ । त्यही एउटा कारण , फगत् त्यही कारणले मान्छे धर्मउन्मुख हुन्छ । आजको विश्वमा मान्छेको बढी जमात मानवीय विवेकभन्दा धार्मिक विश्वासबाट परिचालित छ । म भन्दै थिएँ , मेरो पूनर्जन्म भएको हो वा प्रथमपटक नै प्रकट भएको हुँ ? मेरो अस्तित्वको आविस्कारक मातापिता मात्र हुन् वा कुनै अज्ञात कारण पनि छ ? त्यस विषयमा म अनभिज्ञ छु । माता – पिता मात्र मेरो अस्तित्वको कारण हुन् भने म मात्र एक भौतिक संयोजन हुँ । मेरो अस्तित्व भनेको नै भोतिक उपस्थिति हो । कहिले काहीँ यस्तो लाग्छ , यति मात्र होइन मेरो जन्मको कुनै अज्ञात कारण हुनुपर्छ । अज्ञातको प्रसंग आउनासाथ धर्म टुप्लुक्क आइपु ग् छ । जन्मको कारण जैविक संयोजन मात्र मान्दा ममा धेरथोर नैराश्य उब्जन्छ । अँ , बोटविरुवाको जस्तै रहेछ मेरो अस्तित्व पनि । त्यसो हो भने जीवनको सम्बन्धमा खासै चिन्तन र चिन्ता गर्न जरुरी छैन । जीवन भनेको जन्म र मृत्य बि चको एक कालखण्ड रहेछ । मनोविद्हरू भ्रूण – मनोविज्ञान उत्खननमा लागेका छन् । मलाई आमाको गर्भमा रहँदाको कुनै कुरा थाहा छैन । सबै बिर्सें । महाभारतका अभिमन्यू आमाको गर्भमै चक्रव्यूह भेदनमा प्रशिक्षित थिए । म पनि जीवनको चक्रव्यहूमा परेको छु । कहींकतै बाटोझैं लाग्छ , तर दुई – चार कदम हिंड्न नपाउँदै पर्खाल ठडिएको पाउँछु । मलाई थाहा छ , जबसम्म म सांसारिकताप्रति निश्पृह हुदिनँ तबसम्म यो चक्रव्यूहबाट मेरो उन्मुक्ति हुँदैन । निश्पृहता इच्छामरण विधिको आधारभूमि हो । आजकल म निस्पृहताको अभ्यास गर्दै छु । माया – प्रेमको कुरा गर्न छाडेको छु , युवती र योगीमा फरक देख्न छाडेको छु । युवती र योगी दुवै प्रेमका प्रतीक हुन् । युवती सांसारिक प्रेमको अनि योगी असांसारिक प्रेमको । मृत्यु पश्चात् जीवनको अस्तित्व नकार्दा मृत्युलाई अलि पर धकेल्न मन लाग्दो रहेछ । चिकित्सा विज्ञान मृत्युलाई पर धकेल्न केही सक्षम देखिएको छ । थाहा भएन , महामृत्युञ्जय मन्त्र के कति कारगार छ । जेहोस् , महामृत्युञ्जय मन्त्रको सार्थकता मृत्युको म्याद गुजार्नुमा छ । चलचित्रमा इच्छाधारी नाग – नागिनी देखाइन्छ । त्यस्ता चलचित्र बढी उत्पादन हुनुको कारण के हो भने , मान्छेको अन्तस्मा इच्छाधारी हुन पाए भन्ने लालसा हुन्छ र त्यसैले त्यस्ता चलचित्रले दर्शकको ठूलो भीड फेला पार्छ । मणियुक्त सर्प इच्छाधारी हुन्छ रे ! नागमणि दुर्लभ र अमूल्य मानिन्छ । आर्थिक अवस्था सारै बि ग्रिएको बेला एकताका म पनि नागमणिको खोजीमा थिएँ , नागहरू भने जहींतहीं फेला परे तर मणिचाहिं कहींकतै फेला परेन । नागमणि प्राप्त गर्ने विधिचाहिं कहींकतै पढेको थिएँ – नागले रातमा मणि मुखबाट ओकलेपछि मणिको तीक्ष्ण प्रकाश एउटा सानो गोलाकारमा फैलन्छ , जहाँ किराफट्यांग्रा आउँछन् र नागले आफ्नो आहारा बनाउँछ । त्यतिबेला सुस्तरी नजिकै पुगेर गाईको गोबरले मणि छोप्नुपर्छ । अन्धकार भएपछि नाग मणि खोज्न यताउता भौतारिन थाल्छ । त्यही मौकामा सेता कपडाले मणिसहित गोबर उठाएर कुलेलम ठोक्नु पर्छ । भनेको सुनेको हुँ , मान्छेसँग पनि मणि हुन्छ रे ! जसलाई नरमणि भनिन्छ । मैले मणि नाम गरेका मान्छेचाहिं धेरै फेला पारेको छु , तर नरमणिका बारेमा चाहिं जानेको छैन । अब म सरोकारको विषयमा केन्द्रित हुँदै छु । सरोकारको विषय भनेको इच्छामरण हो । अब मलाई यति चाहिं विश्वास छ कि इच्छामरण विधि अति नै उत्तम मृत्यु विधि हो भन्नेमा तपाईं र ममा मतान्तर रहेन होला ! इच्छामरण विधिका बारेमा चिन्तन गर्नुपूर्व मृत्यु सत्यचाहिं स्वीकार्नु पर्छ | किनकि यो त एउटा विधि मात्र हो , मूल कुराचाहिं मृत्यु हो । मेरो अभिप्राय मृत्युलाई सस्तो बनाउन खोज्नु होइन । यो विधि त्यतिबेलाको लागि हो जतिबेला सहज किसिमले जीवनबाट उन्मुक्तिको इच्छा हुन्छ । शारीरिक वा अन्य कुनै कष्टले जीवन परित्याग गर्न खोजिएको अवस्था होइन । मैले पूर्व उल्लेख गरिसकेको छु – इच्छामरणको अवस्थामा पुग्न पूर्ण रूपले निस्पृह भैसक्नु पर्छ । मनमा कुनै कामना – वासना हुनुहुँदैन । दीर्घ जीवन व्यतीत गरिसकेपछि , शरीरका अवयवहरू शिथिल भैसकेपछि , सांसारिक कुनै पनि आकर्षण समाप्त भएपछि शान्त मनले सोच्दा मृत्युवरण गर्ने इच्छा भएमा इच्छामरण विधि अवलम्वन गर्न सकिन्छ । यति धेरै कुरा गरिसकेपछि तपाईंबाट म आफ्नो मनोभाव छिपाउन चाहन्न । म इच्छामरण विधिबाट मृत्युवरण गर्न चाहन्छु । म त्यसैको लागि प्रयासरत छु । केही वर्षपछि थाहा पाउनु हुनेछ , मेरो प्रयास सफल भयो वा भएन । #रामबाबु घिमिरे दूर शिक्षामा अभिभावक तयारी खोई ?: सामान्य परिस्थितिमा यतिबेला शैक्षिक सत्रको तेस्रो महिना चलिरहेको हुन्थ्यो तर प्रतिकूल परिस्थितिले विद्यालयका ढोका बन्द छन् । यसैबीच शिक्षा मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ, जसमा विद्यार्थीहरूको पहुँच अनुसार रेडियो, टिभी, अनलाइन, अफलाइन माध्यमबाट पठनपाठन अगाडि बढाउने परिकल्पना गरिएको छ । यसैको आधारमा असार १ गतेबाट सरकारकै अग्रसरतामा रेडियो, टेलिभिजनमार्फत शैक्षिक कार्यक्रम सुरु भएका छन् । हुन त गैह्रसरकारी तवरमा यस्ता कार्यक्रमहरू वैशाखदेखि नै सञ्चालनमा आइरहेका छन् । केही नहुनुभन्दा देशको क्षमताअनुसार जन्मिएको यो अवधारणा अहिलेको एउटा विकल्प हो । यसको प्रभावकारिता भोलि अनुसन्धानले देखाउँला । यो निर्देशिकाको एउटा सकरात्मक पक्ष भनेको पठनपाठनको सहजीकरणमा अभिभावकलाई पनि अघि सारिएको छ । यतिबेला आएर मन्त्रालयलाई सिकाइ सहजीकरणमा अभिभावकको भूमिका खड्किएछ । ढिलै भए पनि अभिभावकलाई सिकाइ केन्द्रित भूमिकामा अघि सारिएको छ । अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरक भूमिका निर्वाह गराउने, ‘होम स्कूलिङ’ गराउने र ‘होम स्कूलिङ’ सिकाउन प्रदेशस्तरबाट अभिभावक शिक्षा र तालिम सञ्चालन गराउने प्रावधान राखिएको छ । अपेक्षा ठूलो , तयारी छैन वैकल्पिक सिकाइ प्रणाली लागु गरेसँगै शिक्षामन्त्रीले अभिभावकसँग ठूलो अपेक्षासहित घरलाई शिक्षालय बनाउनुपर्ने घोषणा गरे । यसका लागि अभिभावकले सिकाइ सहजकर्ता र सह–शिक्षकको भूमिका नखेली हुँदैन । टेलिभिजन, रेडियो, मोबाइल वा कम्प्युटर खोलेर एकतर्फी ‘लेक्चर मेथड’ सुनाउँदैमा सिकाइ हुन्छ भन्ने भ्रममा अभिभावक र शिक्षक पर्नु हुँदैन । वास्तवमा बालबालिका लागि यस्तो ‘लेक्चर मेथड’ उहिल्यै फेल भइसकेको विधि हो । सिकाइका लागि तत्परता चाहिन्छ । अन्तरक्रिया चाहिन्छ । सहपाठीसँग सहकार्य चाहिन्छ । क्रियाकलापमा आफैँ सरिक हुनुपर्छ । ‘ट्रायल एण्ड एरर’ चाहिन्छ । नजानेको, नबुझेको सोधपुछ गर्नुपर्छ । जुन कुरा दूर शिक्षाका कमजोरी हुन् । अर्कोतर्फ अनेकथरि कार्टुन र रमझमलाई छोडेर टेलिभिजन हेरी पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्नै गाह्रो छ भने रेडियो सुनेर पढ्ने कुरा त उनीहरूलाई खेलाँचीझैँ लाग्नेछ । विद्यालय नखुलेसम्म यसो भुलाऊँ भन्ने हो भने अर्कै कुरा, होइन साँचो अर्थमा सिकाउने नै हो भने बालबालिकासँग एकजना सह–शिक्षक चाहिन्छ र त्यो जिम्मेवारी अभिभावकले पूरा गर्नुपर्ने छ । त्यसैले अभिभावक पनि विद्यार्थीसँगै अघि नसरी सुखै छैन । सिकाउनलाई पहिले आफूले पनि सिक्नु पर्यो । आफू पनि अगाडि सरेर कार्यक्रम हेर्नु, सुन्नु पर्यो । नबुझेको ठाउँमा उनीहरूलाई बुझाउनु पर्यो । छलफलमा सरिक हुनुपर्यो । उनीहरूको कक्षाकार्य वा गृहकार्य हेरेर सुझाव दिन सक्नु पर्यो । एक हिसाबले अभिभावकले बालबालिकाको सहपाठी र सह–शिक्षकको टोपी लगाउनु पर्ने देखिन्छ । उता धमाधम खेतीपातीको सिजन छ, अभिभावक मात्रै होइन बालबालिका पनि काममा तल्लीन छन् । विद्यालय बन्द भएर त एकथरि अभिभावक असाध्यै खुसी छन् । अनि प्रश्न उठ्छ, यत्रो ठूलो जिम्मेवारीका लागि खोई त अभिभावकलाई तयार पारिएको ? नीतिगत प्रावधान र अभ्यास शिक्षासँग सम्बन्धित जति पनि ऐन, निर्देशिका, नियमावली छन्, तिनले सधै अभिभावकलाई विद्यालयको व्यवस्थापकीय पाटोमा सघाउने र विद्यालयमा हुने निणर्यहरूको केवल साक्षीको रूपमा मात्रै परिकल्पना गरेको पाइन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपले पाठ्यक्रम विकासमा अभिभावकलाई पनि सहभागी गराउने भने तापनि त्यो औपचारिकतामै सीमित छ । त्यस्तै शिक्षा ऐनले अभिभावक शिक्षासम्बन्धी कानुन, योजना तथा कार्यक्रम बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा राखिदिएको छ, त्यो कहिले बनेर आउने हो, कस्तो बनेर आउने हो अत्तोपत्तो छैन । [bs-quote quote=”के अभिभावक खोला तर्दाका लौरी मात्रै हुन् ? अप्ठ्यारो परेको बेलामा मात्रै उनीहरूलाई अगाडि धकेल्ने ? शिक्षकका लागि अनगिन्ती तालिम, कार्यशाला, गोष्ठीहरू चलाइयो, के अभिभावकको लागि अभिभावक बैठकबाहेक अन्य क्षमता विकासका कार्यक्रम ल्याइयो त ? के उनीहरूलाई पाठ्यक्रम बुझाउने, शिक्षण सिकाइका विधि, प्रक्रिया र सिकाइ सहजीकरण बुझाइयो त ? अभिभावक पनि सह–शिक्षक हुन् भन्ने छाप बालबालिकाको दिमागमा पार्न सकियो त ?” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] लेखकलाई जानकारी भएसम्म वितगमा अभिभावकलाई प्रत्यक्ष सिकाइ सहजीकरणमा अगाडि सारिएको कुनै अभ्यास छैनन् । तर अहिले आएर अचानक उनीहरूलाई ‘होम स्कूलिङ’ का लागि सह–शिक्षक रूपमा अगाडि सार्दा विभिन्न प्रश्न जन्मिएका छन् । के अभिभावक खोला तर्दाका लौरी मात्रै हुन् ? अप्ठ्यारो परेको बेलामा मात्रै उनीहरूलाई अगाडि धकेल्ने ? शिक्षकका लागि अनगिन्ती तालिम, कार्यशाला, गोष्ठीहरू चलाइयो, के अभिभावकको लागि अभिभावक बैठकबाहेक अन्य क्षमता विकासका कार्यक्रम ल्याइयो त ? के उनीहरूलाई पाठ्यक्रम बुझाउने, शिक्षण सिकाइका विधि, प्रक्रिया र सिकाइ सहजीकरण बुझाइयो त ? अभिभावक पनि सह–शिक्षक हुन् भन्ने छाप बालबालिकाको दिमागमा पार्न सकियो त ? बालबालिकामा अझै पनि शिक्षक नै सर्वेसर्वा हो र शिक्षकले सिकाएका गलत कुरा पनि अकाट्य हुन् र अभिभावकले शिक्षकले जति जानेका छैनन् भन्ने भ्रम कायमै छ । यसले पनि अभिभावकलाई सिकाइ सहजीकरणमा कति तयार पारियो र बालबालिकाले अभिभावकलाई कतिको ग्रहण गर्छन् भन्ने स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास न्यूजिल्याण्डमा विभिन्न परिस्थिति र बाध्यताले विद्यालय जान नसक्ने सहर तथा विकट भेगका बालबालिकालाई लक्षित गरी अनलाइनबाट दूर शिक्षा कार्यक्रम चलाइन्छ । जसमा अभिभावक वा उनीहरूले तोकेको व्यक्तिले सह–शिक्षकको भूमिका खेल्नुपर्छ । अभिभावकले बालबालिकालाई विद्यालयमा जस्तै घरमा पनि निश्चित समय छुट्याइ पठनपाठनको वातावरण सिर्जना गरी आफू पनि सँगै बसेर पढाइ लेखाइमा सघाउँछन् भने शिक्षक तथा प्रशिक्षकले उनीहरूलाई सघाउँछन् । अभिभावकलाई जिम्मेवार र कटिबद्ध बनाउन विद्यार्थीको सिकाइ उपलब्धिको आधारमा प्रोत्साहन भत्ता पनि दिइन्छ । यसले विद्यार्थीको सिकाइमा अभिभावकलाई पनि जवाफदेही बनाउँछ । उनीहरूलाई सह–शिक्षकको रूपमा तयार पार्नलाई जसरी हाम्रा शिक्षकलाई क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिन्छ, त्यसैगरी विभिन्न तालिम, गोष्ठी र कार्यशाला गरी सँगै पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रम बुझाउने, पढाउने विधि, प्रक्रिया तथा क्रियाकलापहरू सिकाउने साथै आफ्ना बालबालिकाको सिकाइको लक्ष्य निर्धारण गराइन्छ । त्यस्तैगरी बीचबीचमा पनि कोचिङ र मेन्टरिङलाई जारी राखी विभिन्न सपोर्ट क्लबहरू पनि सञ्चालन गरिन्छ । [bs-quote quote=”बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ?” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] यसले के देखाउँछ भने बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ? तत्कालीन उपाय अहिले बालबालिकाको सिकाइमा सघाउन सक्ने सबैभन्दा नजिकमा को छ ? उनीहरूकै अभिभावक र परिवार । विद्यालय खुलेर सामान्य अवस्थामा नआएसम्म उनीहरूलाई सिकाउने त घरघरमै हो । सक्ने अभिभावकले आफ्नै तरिकाले पठनपाठन अघि बढाइरहेका छन् भने अन्य अभिभावक दूर शिक्षा कार्यक्रमकै भरमा छन् । त्यसैले यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि अर्थपूर्ण सहभागिता गराउन सर्वप्रथम अभिभावक पहिचान गर्नुपर्छ । पहिलो नम्बरका अभिभावक आफैँ सचेत र क्षमतावान् छन् । उनीहरूले आफ्नै पहलमा घरमै सिक्ने सिकाउने काम सुचारु गरिरहेका छन् । दोस्रोथरिका अभिभावकलाई गर्ने इच्छा छ, तर सहजीकरण गर्ने तरिका थाहा छैन । तेस्रोथरि अभिभावकलाई सिक्ने सिकाउने तरिका अलिअलि थाहा छ, तर उनीहरूले यो वैकल्पिक प्रणालीलाई पत्याएका छैनन् र सघाउन अघि सरेका पनि छैनन् । चौथोखाले अभिभावक आफू पढ्न लेख्न सक्दैनन् र अक्षर नचिने पनि सिकाउन सकिन्छ भन्ने कुरामा विश्वासै राख्दैनन् । अभिभावक पहिचान भइसकेपछि वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले जिम्मेवारी तोकेबमोजिम प्रदेश सरकारले अभिभावकलाई सिकाइ सहजीकरण गर्न सक्ने गरी ‘होम स्कूलिङ’ को तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गनुपर्छ । पहिले अभिभावकलाई तयार पारेर पठनपाठन सुरु गर्नुपर्ने थियो तर कार्यक्रमहरू धमाधम प्रसारण हुन थालिसके, अभिभावकलाई के गर्ने, कसरी गर्ने मेसोमेलो छैन । त्यसैले छिटोभन्दा छिटो अभिभावक लक्षित रेडियो, टिभी कार्यक्रम सञ्चालन गरौं, सिकाइ सहजीकरण गर्ने र घरमा सिक्ने वातारण बनाउने आधारभूत तरिकाहरू सिकाऔं । त्यस्ता कार्यक्रममा अभिभावकका आवाज, असल अभ्यास, समस्या तथा जिज्ञासा पनि समेटौं । सकेसम्म छुट्टै कार्यक्रम बनाउनुभन्दा बालबालिकाको रेडियो वा टेलिभिजन कार्यक्रमसँगै एकीकृत रूपमा लैजाऔं । घरमै ठूला दाइदिदी छन्, उनीहरूलाई पनि अघि सारौं । अल्लोपल्लो घरबाट पनि सिक्ने सिकाउने वातावरण बनाऔैं । कोरोनाको सन्देश जस्तै घरमै पठनपाठनसम्बन्धी चेतनामूलक सन्देशहरू सञ्चारका माध्यमका साथै फोनमा गर्दा पनि बज्ने बनाऔं । अर्को महत्त्वपूर्ण पाटो हो, शिक्षक परिचालन । कक्षा शिक्षकमार्फत् प्रत्येक अभिभावकमा पुगौं । माथि चर्चा गरे अनुसारका अभिभावकका किसिम पहिचान गरी फोनबाटै भए पनि सहयोग गरौं । चौथो किसिमका अभिभावकलाई विशेष सहयोग चाहिन्छ । अभिभावकको पहुँचअनुसार, प्रसारण भइरहेका कार्यक्रमको बारेमा जानकारी गराऔं । घरमै बालबालिकालाई सिकाउन चाहिने आधारभूत तरिकाहरू सिकाऔं । कक्षामा विद्यार्थीको संख्या हेरी हप्ताको दुई तीन पटक फोन गरौं । दोस्रो, तेस्रोपटकको फोनमा पठनपाठन कसरी चलिरहेको छ, जानकारी लिऔं । अप्ठ्यारो परेको ठाउँमा फोनबाटै कोचिङ र मेन्टरिङ गरौं । थप के गर्ने सकिन्छ ? योजना बनाऔं । सम्भव भए विद्यार्थीसँग पनि कुरा गरौं । यसले उनीहरूको हौसला बढाउँछ । अप्ठ्यारो परिस्थितिमा गरेको यो सहयोगले शिक्षक र विद्यालयप्रति अभिभावक र विद्यार्थीको सम्मान जरुर बढाउँछ । शिक्षक चासो दिएर लागेपछि अभिभावकको पनि जाँगर चल्छ । प्र.अ.ले पनि फोनबाटै भए पनि प्रत्येक शिक्षकसँग प्रगति विवरण संकलन गरौं । आवश्यकता अनुसार कहाँ कस्तो सहयोग चाहिन्छ छलफल गरौं । त्यस्तै, उक्त प्रगति विवरण प्र.अ.ले पालिकासम्म पुर्याउने व्यवस्था मिलाऔं । एकअर्को विद्यालयका असल अभ्यास र चुनौतीमाथि छलफल गरी पालिकाले कहाँ सघाउनु पर्ने हो, सहयोग गरौं । छलफल गरेर फोन खर्च छुट्याऔं । फोनबाटै अभिभावकलाई प्रभावकारी सहयोग, कोचिङ र मेन्टोरिङ गराउन पालिकाले शिक्षकलाई पनि केही आधारभूत विषय र तरिका सिकाउनु पर्छ । भविष्यको बाटो शिक्षासम्बन्धी नीति, कार्यक्रममा अभिभावकले सिकाइ सहजीकरण गर्ने सिकाइ केन्द्रित भूमिकाले प्राथमिकता पाएन वा भनौं उनीहरूको क्षमता र भूमिकालाई बेवस्ता गरिँदै आइयो । यसले सिकाइ र विद्यार्थीलाई केवल शिक्षक र विद्यालयमुखी मात्रै बनायो तर यो महामारीले वैकल्पिक शिक्षक खोज्यो । त्यसैले अब भावी नीति र कार्यक्रमहरूमा हरेक अभिभावकलाई वैकल्पिक शिक्षकका रूपमा विकास गरौं । त्यसका लागि क्षमता विकासका कार्यक्रम ल्याऔं । शिक्षकलाई जस्तै क्षमता विकासका तालिम, कार्यशाला, गोष्ठीमा अभिभावकलाई पनि किन नल्याउने ? [bs-quote quote=”उनीहरूलाई विद्यालयमा हुने गनगने बैठक र निणर्यका साक्षीभन्दा माथि उठाऔं । स्थानीय तहको काँधमा आएको यो जिम्मेवारीमा प्रदेश र संघद्वारा सहजीकरण होस् । त्यस्तै न्यूजिल्याण्डको अभ्यासजस्तै अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] उनीहरूलाई विद्यालयमा हुने गनगने बैठक र निणर्यका साक्षीभन्दा माथि उठाऔं । घरमा बालबालिकाको सिकाइलाई सघाउन सक्ने आधारभूत सीप विकास गर्ने निर्देशिका तयार पारौं । स्थानीय तहको काँधमा आएको यो जिम्मेवारीमा प्रदेश र संघद्वारा सहजीकरण होस् । त्यस्तै न्यूजिल्याण्डको अभ्यासजस्तै अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं । आधारभूत शिक्षण विधि तथा प्रक्रियाहरू सिकाऔं र आफ्ना बालबालिकाको सिकाइको लक्ष्य आफैँ निर्धारण गर्न लगाऔं । अब घरमा अभिभावकले पढाउनै नसक्ने यो शिक्षकमुखी पाठ्यक्रम तुरुन्तै बन्द गरौं । पाठ्यक्रममा जतिसक्दो व्यवहारिक पक्षलाई जोडौं । अभिभावकले पनि सहजीकरण गर्न सक्ने विषयवस्तु पहिचान गरौं । पाठ्यक्रम विकास प्रक्रियालाई संघ र प्रदेशको सहयोगमा स्थानीय तहले नै नेतृत्व गरौं । र त्यो प्रक्रियामा बढीभन्दा बढी अभिभावक समेटौं । यसले अलि बढी समय लिन सक्छ, तर सिकाइ उपलब्धि बढाउन सकिन्छ भने बढी समय लागेर के फरक पर्छ ? अहिले विद्यालयको प्रयासले मात्रै ५० प्रतिशतको हाराहारीमा सिकाइ उपलब्धि हासिल गरिएको छ भने अभिभावकलाई पनि सिकाइ प्रक्रियामा ल्याउन सकियो भने पक्कै पनि थप १५-२० प्रतिशत बढाउन सकिन्छ । कोरोना कहरले हामीलाई सिकाएको पाठ र देखाएको बाटो पक्रन सक्यौं भने यसले नेपालको अभिभावक शिक्षामा नयाँ कालखण्ड जन्माउने छ । घरघरमा वैकल्पिक शिक्षकहरू जन्मनेछन् अनि मात्रै मन्त्रीज्यूले भनेजस्तै घरहरू पनि शिक्षालय बन्नेछन् । (लेखक शिक्षाकर्मी, अनुसन्धानकर्मी र प्रशिक्षक हुन् । उनी विशेषगरि बालबालिका र शिक्षाको विषयमा कलम चलाउँछन् ।) #जीवन कार्की आउनुहोस्, निःशुल्क गर्वपतन गरौँ: सधैँ उत्थानको मात्र चर्चा गरेर नहुँदो रहेछ, कहिलेकाहीँ त उत्थानकै लागि पतनको पनि चर्चा गर्नुपर्दो रहेछ । भ्रूणहत्या अत्यन्त ठूलो पाप हो भन्ने थाहा पाउँदापाउँदै पनि धेरैजसो देशले वर्तमानमा त्यसलाई कानुनी मान्यता दिएका छन् । भ्रूणहत्यालाई नै गर्भपतन भनेर नयाँ नाम दिइएको छ । भ्रूणहत्या जघन्य अपराध हो भनेर पूर्वीय वाङ्मयमा उल्लेख गरिएको भए पनि गर्भपतन शब्दले आधुनिक वाङ्मयमा सम्मानित स्थान पाउन थालेको छ । त्यसैले पतन पनि उत्थानकै द्योतक बन्न सक्दो रहेछ भन्ने कुराको पुष्टि हुन्छ । नेपालमा ‘गर्भपतन’ गराउने अस्पतालहरू त धेरै खुलिसकेका छन् तर ‘गर्वपतन’ गराउने अस्पताल खुलेको कमैलाई मात्र थाहा छ । ‘गर्वपतन’ गराउन सक्ता व्यक्तिको मात्र होइन समाज, देश र विश्वकै समेत उन्नति हुन्छ भन्ने कुरामा कसैको पनि दुई मत नहोला । विश्वमा हालसम्म कुन कुन देशले ‘गर्वपतन’ गर्ने अस्पतालहरू खोलेका छन् त्यो त गम्भीर अनुसन्धानको विषय हो तर नेपालमा गरिएको प्रारम्भिक अनुसन्धानले राजधानीको मुटुमै त्यस्तो अस्पताल खुलेको पत्ता लागेको छ । ललितपुर, सानेपा–३ को धोबीघाटमा रहेको ‘मेघा अस्पताल प्रा.लि.’ले नेपाल सरकारबाट मान्यता प्राप्त ‘सुरक्षित गर्वपतन केन्द्र’ सञ्चालनमा ल्याएको रहेछ । सरकारी मान्यता नै पाएर सुरक्षित रूपमा ‘गर्वपतन’ गर्ने केन्द्र खोल्नु हामी सबै नेपालीका लागि गौरवको विषय हो । उक्त अस्पतालले कहिलेदेखि ‘गर्वपतन’ गर्ने सेवा प्रदान गर्न थाल्यो र हालसम्म कतिजनाले त्यस्तो सेवा लिएर आफूलाई स्वस्थ र उन्नतिशील मार्गमा डोर्याउन सके ? भन्ने बारेमा जोकसैका मनमा पनि खुल्दुली उत्पन्न हुनु स्वाभाविक हो । पढेलेखेकाले र आफैँ डाक्टर भएकाले मलाई धेरैले स्वस्थ रहेको देख्ता हुन् तर म पढेलेखेको र डाक्टर भएकै कारणले दीर्घकालीन गर्वरोगी छु । मैले धेरै वर्षदेखि ‘गर्वधारण’ गर्दै आएकाले मलाई ‘गर्वपतन’ गराउने अस्पतालको खाँचो परेको थियो । आफ्नो ‘गर्वपतन’ गराउन मेघा अस्पतालमा जाऊँ भने गैरसरकारी अस्पताल भएका कारण त्यस अस्पतालमा ‘गर्वपतन’को सेवाशुल्क महँगो होला भनेर मैले नेपालमा ‘गर्वपतन’ गर्ने सरकारी अस्पताल खोज्दै गएँ । त्यसरी खोज्दै जाँदा चौतारा साँगाचोकगढी नगरपालिकाले सरकारी स्तरमा ‘गर्वपतन’ सेवा दिँदै आएको रहेछ र उसले त्यस्तो सेवा एकदिनमै दिने व्यवस्था मिलाएको रहेछ । आफूलाई पायक पर्ने ‘गर्वपतन’ सेवा दिने अस्पताल कहाँ भेटिएला ? भनेर खोज्दै जाँदा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानले पनि सरकारी स्तरमै सुरक्षित गर्वपतन सेवा प्रदान गर्न थालको भेट्टाएँ । नेपालमा गर्वपतनसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको कुरालाई केही अनलाइन पत्रिकाहरूले पनि समाचार बनाएर प्रकाशन गर्दै आएका छन् । दाङस्थित तुलसीपुर अनलाइन पत्रिकाले २०७४ माघ ११ गते प्रकाशित एउटा समाचारको शीर्षकमा ‘गर्भपतन’ र ‘गर्वपतन’ दुवै शब्दको प्रयोग गरेको देखेपछि भने ‘गर्भपतन’ शब्दलाई नै असावधानीका कारण ‘गर्वपतन’ उल्लेख गरिएको रहेछ र नेपालमा हालसम्म ‘गर्वपतन’सम्बन्धी एउटा पनि अस्पताल खुलिसकेको रहेनछ भन्ने कुराको यथार्थबोध मलाई भयो । यति हुँदाहुँदै पनि कतिपय पत्रिकाहरूले समाचारको शीर्षकमा ‘गर्भपतन’ लेखे पनि समाचारमा ‘गर्वपतन’ लेख्न नछाडेका उदाहरणहरू धेरै पाइन्छन् । भाषण गर्दा कतिपय जनप्रतिनिधिहरू र संघसंस्थाका प्रतिनिधिहरूले ‘म गर्व गर्छु’ भन्नुपर्नेमा प्रमादवश ‘म गर्भ गर्छु’ भन्न अग्रसर भएको देखिन्छ । त्यसैले नेपालमा ‘गर्भपतन’को मात्र होइन ‘गर्वपतन’को पनि आवश्यकता देखिएको हो । विश्वमा कतिपय यस्ता धेरै मुलुकहरू छन्, जसले आफ्नै भाषालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण गर्छन् र सानोतिनो भाषिक कमजोरी हुन नदिन त्यहाँका हरेक नागरिक अत्यन्त सचेत हुन्छन् । नेपालमा भने नेपाली भाषाका प्रयोक्ताहरू बढ्ता रहँदारहँदै र सरकारी कामकाजको प्रमुख माध्यम नेपाली भाषा हुँदाहुँदै पनि नेपाली भाषालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण गर्ने र सानातिना कमीकमजोरीहरूमा पनि प्रयोक्ताहरूलाई जागरूक बनाउने परिपाटिको अझैसम्म विकास हुन सकेको देखिँदैन । अन्तरराष्ट्रिय भाषा भनेर अङ्ग्रेजीमा ससाना गल्तीहरूप्रति पनि सचेत हुने तर नेपाली भाषालाई सौतेनी व्यवहार गरी ‘बुझे त भइहाल्यो नि’ भन्ने ठानेर जेजसरी लेखे पनि हुने अघोषित छुट दिँदै जाने प्रवृत्तिले गर्दा नेपाली भाषाको प्रयोगमा शुद्धता कायम गर्दै जान निकै गाह्रो हुँदै गएको छ । नेपाली भाषाका सर्वसाधारण प्रयोक्ताहरू त नेपाली भाषा शुद्ध लेखिनुपर्छ भन्ने विषयमा हिजो पनि सचेत थिए, आज पनि सचेत छन् र भोलि पनि सचेत नै रहने छन् तर राजनीतिक दलको छाता ओढेर आफूलाई प्राज्ञ र भाषाविद् भन्न रुचाउनेहरूको गोरुजुधाइको गर्वोन्नतिका कारण प्रयोक्तहरूको अभिमतलाई बेवास्ता गरी तथाकथित ‘शुद्धलेखनको घोषणापत्र’ जारी गरिरहने परिपाटिले नेपाली भाषाका प्रयोक्ताहरू अन्योलमा पर्दै गएका हुन् । यस परिस्थितिमा तथाकथित प्राज्ञ र भाषाविद्हरूको ‘गर्वपतन’ गर्न प्रयोक्ताहरू नै जागरूक हुनु आवश्यक छ र त्यसो नभएसम्म नेपाली भाषाको शुद्ध लेखनले ‘गर्भधारण’ गर्नै सक्तैन । नेपालीको स्रोतभाषा संस्कृत व्याकरणमा आधारभूत नियमहरूको सामान्य जानकारी नलिएसम्म र राजनीतिक अल्पज्ञका निर्देशनहरूको ‘गर्वपतन’ नगरेसम्म नेपाली भाषाका प्रयोक्ताले शुद्धलेखनमा गर्व गर्न पनि सक्तैनन् । तसर्थ हरेक प्रयोक्ताले आआफ्ना गुरुहरू र अग्रज स्रष्टाहरूको शुद्धलेखनलाई आदर्श ठानेर आफूमा विद्यमान अल्पज्ञताको निःशुल्क गर्वपतन गर्दै जानु आवश्यक छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय । #डा. मतिप्रसाद ढकाल संस्मरण: एसएलसीको गाँठो: अहिले एसईईको परीक्षाको चर्चा परिचर्चा छ । आफूले प्राप्त गरेको शिक्षाको मापन ठानिएको एसईईको परीक्षा अन्योलमा हुँदा चिन्ता हुनु स्वाभाविक नै हो । यो प्रसङ्गले मलाई एकपटक हाम्रो पालाको एसएलसीको तयारीको कुरा सम्झायो । शिक्षा प्राप्त गर्ने अवसर पाउनु र अवसर उपलब्ध हुनु दुई फरक कुरा हुन् । तैपनि हामी सानो छँदा दुबै कुरा सिमित थिए । रुकुम जिल्लामा वि.स. २०३२ सालमा नयाँ शिक्षा कार्यक्रम शुरू भयो । कार्यक्रम आठ कक्षामा लागू भयो । म त्यतिबेला रुक्मिणी साधारण माध्यामिक विद्यालय रुकुमकोटमा सात कक्षामा पढ्थें । नयाँ शिक्षा कार्यक्रम शुरू त भयो, तर न पाठ्यपुस्तक उपलब्ध थिए न त शिक्षक नै । पाठ्यपुस्तक किन्न नेपालगन्ज जानुपर्थ्यो । घिऊ बेच्न र नून किन्न जाने हटारूहरूलाई पाठ्यपुस्तक ल्याइदिने अनुरोध गर्नुपर्थ्यो । सबै विषयका पाठ्यपुस्तकहरू एकैपटकमा पायो भने पनि सौभाग्य हुन्थ्यो । कुनै कुनै विषयको पाठ्यपुस्तक त बीस-तीस जना विद्यार्थीको बीचमा दुई चारवटा मात्र हुन्थे । जो जोसँग पाठ्यपुस्तक हुन्थे, उनीहरू आफूलाई निकै माथिल्लो दर्जामा राख्थे र रवाफ लगाउँथे । विद्याभन्दा पनि किताब भएकोमा चुरीफुरी हुन्थ्यो । त्यसमाथि पनि ऐच्छिक विषयका पाठ्यपुस्तक त भेटाउनै गाह्रो । डा. कुसुमाकर शर्मा मेरा दाजी र दिज्यूले पुरानो शिक्षामा पनि ‘ऐच्छिक गणित’लाई एक ऐच्छिक विषय लिएर पढ्नुभएको थियो । गणित विषयमा विद्यालयभरिकै उत्कृष्ट विद्यार्थी भएकोले मलाई पनि नयाँ शिक्षाको आठ कक्षादेखि ऐच्छिक गणित पढ्ने ठूलो इच्छा थियो । तर ऐच्छिक गणित विषयको किताब नपाएकोले इच्छा अधुरो रह्यो । नेपालगन्जमा पाइँदैनथ्यो । काठमाडौंमा खोज्दा पनि पाइएन । मेरोअगाडिका ब्याचका विद्यार्थीहरूले त ‘ऐच्छिक गणित’ पनि ऐच्छिक विषय छ भन्ने थाहै पाएनन् । आठ कक्षामा ग्रामीण अर्थशास्त्र ऐच्छिक विषय पढियो । नौ कक्षामा आफैँ नेपालगन्ज वादविवाद प्रतियोगितामा गएको बेला ऐच्छिक गणितको किताब खोजें तर भेटिएन । त्यो साल पनि ग्रामीण अर्थशास्त्र नै पढें । दश कक्षा शुरू नहुँदै दाजीले क्याम्पसको हिउँदे बिदामा घर आउँदा ऐच्छिक गणितका कक्षा आठ, नौ र दशका तीनवटा किताबहरू ल्याइदिनु भयो । किताब पाउँदा त दंग भएँ, तर पढ्न पाइने हो कि होइन भन्ने चिन्ताले सतायो । किनभने मलगायत कक्षामा भएका सबै बत्तीस जना विद्यार्थीले ग्रामीण अर्थशास्त्र पढिरहेका थिए । एसएलसी दिने सालमा कसले विषय फेर्छ ? स्कूल शुरू हुनेबित्तिकै मस्तबहादुर हेडसरसँग ऐच्छिक गणित पढ्ने इच्छा व्यक्त गरें । हेडसरले मेरो याचनालाई ठाडै अस्वीकार गरिदिनुभयो, “तिमी एकजनालाई मात्र ऐच्छिक गणित पढाउने शिक्षक कहाँबाट ल्याउन सक्छु ?”, हुन पनि हो, स्कूलमा अनिवार्य गणित पढाउने शान्तबहादुर सर मात्रै हुनुहुन्थ्यो। मैले अनिवार्य गणित पढाउने सरसँग मेरो इच्छा राखेँ। उहाँले ‘हुन्छ, म ऐच्छिक गणित पढाइ दिन्छु’, भन्नुभयो। मेरो आँट आयो। तर बुबा घरमा नभएकोले मेरो पक्षमा बोलिदिने कोही अभिभावक भएन । एक-दुई दिनमा जुक्ति निकालें। त्यतिबेला मेरो बुबा सरकारी कामले तुल्सीपुर बस्नुहुन्थ्यो । त्यही कुरालाई समातेर हेडसरलाई भनें, ‘यहाँ मैले ऐच्छिक गणित पढ्न नपाउने भएँ। बुबा तुल्सीपुरमा हुनुहुन्छ। त्यहींको हाईस्कूलमा गएर पढ्छु।’, एसएलसीमा स्थान ल्याउन सक्ने एउटा राम्रो विद्यार्थीले स्कूल छोड्ने कुरा गर्दा हेडसरलाई पनि चिसो पसेछ। भन्नुभयो ‘किन यस्तो कुरा गर्छौ? यही वर्ष एसएलसी दिनुपर्छ। ऐच्छिक गणित धेरै गाह्रो हुन्छ। त्यसले अरू विषयलाई पनि असर गर्छ।’ तर म ऐच्छिक गणित पढ्छु भन्नेमा अडिग भएँ। हेडसरलाई पनि अरू उपाय सुझेन। मेरो याचना स्वीकृत त भयो, तर सशर्तमा। हेडसरले भन्नु भयो, ‘स्कूलले तिमीलाई ऐच्छिक गणित पढ्न स्वीकृति त दिन्छ, तर ऐच्छिक गणितको छुट्टै कुनै समय-तालिका हुने छैन। हाफ-टाइमको विश्राममा पढ्नु पर्छ।’, हेडसरको शर्त मैले सहर्ष स्वीकार गरेँ। स्कूलबाट स्वीकृति त पाएँ तर मलाई मेरो पढाइ कसरी अगाडि बढाउने भन्ने चुनौती थियो। दश कक्षाको विद्यार्थी भए पनि आठ कक्षादेखिको ऐच्छिक गणित पढ्न शुरू गरेँ। मेरो ऐच्छिक गणित पढ्ने नियमित कक्षा नभएकोले गणितको सरलाई खाली देख्नेबित्तिकै सिक्न जान्थेँ। गणित पढाउने सर सँधै मलाई सिकाउन उत्सुक हुनुहुन्थ्यो। कहिल्यै पनि मलाई पन्छाउने बहाना खोज्नु भएन। उहाँको यो बानी नै विद्यार्थीमाझ प्रशंसनीय थियो। उहाँले सिकाएको कुरा तुरुन्तै टिप्न सक्नेभएकोले पनि मलाई सिकाउन उत्साहित हुनुहुन्थ्यो। स्कूलबाट घर फर्किंदा आधा बाटोसम्म सँगै हुँदा पनि मैले शान्तबहादुर सरसँग ऐच्छिक गणितका प्रश्नहरू सोध्थेँ। उहाँले ‘यसो गरे कसो होला?’ भनेर उपाय बताइदिनुहुन्थ्यो। म घरमा पुगेर सरले बताएको उपायलाई अभ्यास गर्थें। अभ्यास गर्दा उत्तर मिलेपछि साह्रै आनन्द आउँथ्यो। अझै उत्साहित भएर नयाँ नयाँ च्याप्टर अभ्यास गर्थें। मलाई अझैं गाइडको जरूरत भएको अनुभव गरेर शान्तबहादुर सरको घरमै पढ्न गएँ। उहाँको ठुल्दाइले बनाउँदै गरेको झ्यालका खापा नभएको घरमा बासै बसेर पनि पढें। उहाँले न सिकाएको भए म यसरी अगाडि बढ्न सक्ने थिएन। उहाँ अहिले यो संसारमा हुनुहुन्न, तर उहाँको प्रेरणाले अझैसम्म डोर्याइरहेको छ मलाई। यस्तो प्रयासले आठ र नौ कक्षाका ऐच्छिक गणितका किताबहरू असारमा सिध्याएँ। अर्धवार्षिक परीक्षा भयो। नौ कक्षाको ऐच्छिक गणितमा सतप्रतिशत मार्क आयो। तर अरू विषयमा पनि ध्यान दिनुपर्ने देखियो। हेडसरले भनेको कुरा सही रहेछ। मैले अब सबै विषयहरूको पढाइलाई सन्तुलनमा राख्नुपर्ने भयो। मैले आफूले जानेको कुरा अरूलाई सिकाउँथें। यसो गर्दा मलाई नै धेरै कुरा छर्लङ्ग हुन्थ्यो। मसँगै मेरो घरमा आई सिक्ने समकक्षीहरू वीरबहादुर, मोहन कृष्ण, भुवनेश्वर बूढा, अनन्त, यादबसँग मिलेर संयुक्त पढाइ गर्थ्यौं। विशेषगरि भीमकान्त त मेरा अनन्य र परिवारको सदस्य जस्तै थिए। अन्य विषयहरू पनि साथीहरूसँगै छलफल गरी पढ्थ्यौं। ऐच्छिक गणित पढ्ने छुट्टै समय बनाएको थिएँ। अनिवार्य गणित उनीहरूलाई सिकाउँदा सिकाउँदै स्वतः आइहाल्थ्यो। मङ्सिरमा सेन्टअप परीक्षा भयो। बत्तीस जनामध्ये तेईस जनाले सेन्टअप पास गर्यौं। मैले दश कक्षाको ऐच्छिक गणितको किताब तीन चौथाइमात्रै सकेको थिएँ। सेन्टअपमा उच्च प्रथम श्रेणीको मार्क ल्याएको भए पनि अझै पढ्न बाँकी थियो। सेन्टअपपछि सबै शिक्षकहरूले हामीहरूलाई आफ्नै बुतामा छोडिदिनुभयो। एसएलसीको परीक्षा केन्द्र सदरमुकाम मुसिकोटमा मात्रै थियो। त्यसैले एसएलसी परीक्षा तयारीका लागि तीन महिनाअगाडि नै मुसिकोट जाने र त्यहीं ऐच्छिक गणित पढाउने शिक्षक खोज्ने निर्णय गरेर त्यहाँ गएँ। मुसीकोट गएपछि ‘ऐच्छिक गणित’ पढाउने शिक्षक भेट्न साह्रै गाह्रो भयो। किनभने त्यहाँको स्कूलमा ऐच्छिक गणित पढ्ने कोही रहेनछ। मुसिकोटमा गणित पढाउने शिक्षक हिउँदे बिदामा आफ्नो घरतिर गइसक्नुभएको रहेछ। गणित या विज्ञान पढेको व्यक्ति सदरमुकामभरि कोही रहेन छ। जिल्ला शिक्षा कार्यालयका माध्यामिक विद्यालय निरीक्षक (माबिनि) यमनारायण सरले बीएससी पढेको थाहा पाएर उहाँलाई पढाउन अनुरोध गरें। माबिनि सरले केही समय पढाउनु भयो। उहाँको आफ्नो कामको कारणले धेरै समयसम्म सिकाउन मौका मिलेन। फेरि ऐच्छिक गणित सिकाउन सक्ने मान्छे खोज्न थालें। जिल्लामा आएका नयाँ इन्सपेक्टरले साइन्स पढेको भन्ने सुनेँ। तर इन्स्पेक्टरसँग कुरा गर्न जाने आँट आएन। केही दिनपछि बुबा पनि मुसीकोट आउनु भयो। बुबालाई इन्सपेक्टरको कुरा सुनाएँ। भोलिपल्ट बिहानै इन्स्पेक्टरलाई भेट्न गयौं। उहाँको नाम दीपेन्द्र विष्ट रहेछ। उहाँ कालान्तरमा नेपाल प्रहरीको माथिल्लो पदबाट निवृत्त हुनुभयो। उहाँले पनि मलाई ऐच्छिक गणित पढाउने हुनुभयो। उहाँसँग मैले दश कक्षाको ऐच्छिक गणितको किताब पढेर भ्याएँ। म आज जहाँ छु, त्यहाँसम्म पुर्याउन दीपेन्द्र बिष्टको पनि ठूलो हात छ। मेरो प्रयास सदरमुकाममा चर्चाको विषय बनेछ। सदरमुकामका हाईस्कूलका हेड सर, सुधीर शाहले मलाई आफ्नो डेरामा बोलाउनुभयो र भन्नुभयो, ‘एसएलसी जांच आउनुअगाडिसम्म रुकुम जिल्लाका तीनवटा हाईस्कूलका राम्रा विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर म अङ्ग्रेजी पढाउँछु र इन्स्पेक्टर सापले गणित पढाउनु हुन्छ ।’, सुधीर सरको त्यस कार्यले प्रतिस्पर्धी स्कूलका विद्यार्थीमाझ गहिरो सम्बन्ध स्थापित गराइदियो। त्यतिखेरका हामी विद्यार्थीहरू सुरेश विक्रम शाह, भरत शर्मा, प्रकाश विक्रम शाह, गोविन्द पुन र म आ-आफ्नो क्षेत्रमा सफल छौं। सबै गुरुहरूको आशीर्वादले नै हामीहरू सक्षम भएका हौं। मेरा सम्पूर्ण गुरुहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै नमन् गर्छु। एसएलसीको तयारी राम्रै चल्दै थियो। मुसीकोट हाई स्कूलका एक जना शिक्षकले ‘जिल्लामा ऐच्छिक गणित जाँच दिने तिमी मात्रै एक जना छौ । एक जनालाई मात्र एसएलसीको प्रश्नपत्र आउला त ? म त पूर्ण विश्वस्त छैन’, भन्नुभयो। मेरो मनमा डर पस्यो। हुन पनि हो, यस्तो त कहिल्यै भएको थाहा छैन। ऐच्छिक गणितको प्रश्नपत्र आएन भने त मेरो जिन्दगी नै खतम हुने भयो। परीक्षा केन्द्राध्यक्ष सुधीर सरलाई सोधें। उहाँले प्रश्नपत्रको चिन्ता छोडेर परीक्षाको तयारीमा ध्यान देऊ भनेर ढाडस दिनुभयो। तैपनि कुनामा डर बसिरहेको थियो। जाँचको बेला ऐच्छिक गणितको प्रश्नपत्र पनि आयो। मैले जाँच दिएँ। जाँचका अन्तिम दिनहरूमा मेरो एक सय चार डिग्री ज्वरोका बाबजुद हाम्रो ‘राम्रा विद्यार्थीहरूको’ समूह एसएलसीमा प्रथम श्रेणीमा पास भयो। म जिल्लाकै प्रथम भएछु। प्रतिकूल परिस्थितिमा पनि तत्कालीन समयमा हामीहरूको तयारी आजका पिँढीलाई मार्गदर्शन हुन सक्दछ। #डा. कुसुमाकर शर्मा सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. झझल्को मेरी आमाको (कृष्णभूषण बल) चोलो चौबन्दी, बर्को सेतो सारी थियो खाँडीको ढाडमा थुन्चे, पटुकामा खुरुम्बी तुनामा फूल गुराँसको आँखा रसिला तर्तर पसिना सायद जाँदै थिइन् माइती एकै झल्को देखेँ झन्नै बोलाएँ थियो उनमा मेरै आमाको आकृति । २. दुई सहर (विक्रम सुब्बा) उता चिडियाखाना छ सर्प छन्, गोही छन् स्याल र भालु छन् गिद्धहरु छन् । यता मन्त्रालय छन्, क्याबिनेट छ प्रधानमन्त्री, मन्त्री अध्यक्ष र सांसदहरु छन् । वागमतीको पुलले यी दुवै सहरलाई चुपचाप जोडिदिएको छ । ३. खलामा (ज्ञानेन्द्र खतिवडा) खलामा दाइँ गर्दै छु दुईओटा गोरूहरु घुमिरहेछन् पछिपछि लौरो लिएर म पनि घुमिरहेछु होइन–होइन तीनओटा गोरूहरु घुमिरहेछन् कि म पनि त गोरू झैँ खटिरहेछु ! म महागोरू खट्नसम्म खटिरहेछु किनकि पराल र धान छुट्टिएपछि पराल गोरूको हुन्छ, धान र पराल छुट्टिएपछि धान साहुको हुन्छ, वर्षभरि खट्नुपर्ने खेतचाहिँ मेरै हुन्छ । ४. मन्त्रीमण्डल (किशोर पहाडी) पानी प¥यो भनेर छाता किनेको, त्यो त बर्सात्को अन्तिम दिन पो परेछ ! ५. विकल्प (नरेश शाक्य) कुहिरोभित्र काग हराइरहेछ जति बाटो खोज्छ घनीभूत अन्धकारमा, उति हराउँछ ! हराउनु बाहेक उसको अगाडि कुनै विकल्प छैन । #विप्लव ढकाल #स्मार्ट पोयम्स् रचनाको मूल्य: मन-मस्तिष्कमा उब्जिरहने अनेकन उकुसमुकुसहरू कसैलाई पनि म सहजै व्यक्त गर्न सक्दिनँ । व्यक्त गर्न सके पनि मनले खाएका एकाध व्यक्तिलाई मात्र गर्दछु । मलाई लाग्छ, हामीमध्ये आफ्ना सारा उल्झन र गुम्फनहरू अर्को व्यक्तिसँग बोलेर व्यक्त गर्न अलि बढीले सक्छौं । तर लेखेर व्यक्त गर्न भने धेरै कमले मात्र सक्छन् । जसले लेखेर मानवीय भावनाहरू व्यक्त गर्न सक्छन्, तिनीहरूले ती भावनाहरू धेरै माझ पुगून् भनेर सम्प्रेषणको माध्यम खोज्छन् । दीपक श्रेष्ठ मैले धेरै माध्यमहरूमार्फत् आफ्ना मनका भावनाहरू पोख्न धेरैपटक प्रयास गरेको छु । रेडियो, टेलिभिजनका कार्यक्रमका साथै पत्रपत्रिका र अहिले आएर अनलाइन मिडियाहरूमा समेत आफ्ना नयाँ-पुराना रचनाहरू निरन्तर पठाइरहेको हुन्छु । एकल प्रस्तोता रहने रेडियो, टेलिभिजनका कार्यक्रम होस् वा सीमित सम्पादकमण्डल रहने दैनिक पत्रपत्रिका तथा साहित्यिक पत्रिकाहरू, प्रसारण र प्रकाशनको निम्ति कसले कति जनाका रचनाहरू पढ्न भ्याउलान् ? पढेर कति जनाको रचना छान्न सक्लान् ? अनि प्राप्त भएका रचनाहरूमध्ये छानेर कति जनाको रचना प्रकाशन, प्रसारण गर्न सक्लान् ? यसको मारमा म जस्ता नवआगन्तुक लेखक/रचनाकारहरू त परेकै छन्, स्थापित लेखकहरू पनि कतै यस्तै समस्यामा परेका पो हुन् कि भन्ने महत्त्वपूर्ण प्रश्न मेरो मनमा उब्जिएको छ । लेख्नुको एउटै उद्देश्य, लेखिएका भावनाहरू कसै न कसैले पढून् भन्ने नै हुन्छ । लेखिसकेपछि जतिसक्दो छिटो पाठकहरूसम्म पुगोस् भन्ने नै हुन्छ । तर हामी धैर्य गर्न सक्दैनौं । म धैर्य गर्न सक्दिनँ । अरू धेरै लेखकहरूमा पनि धैर्यताको कमी देखिन्छ । मलाई त कुनै रचना सकेर अन्तिम पटक रुजु गरिसकेपछि कसलाई पठाउँ भन्ने हतारोले गाँज्छ । खासमा साहित्यिक प्रकाशनका सम्पादकहरू आफूकहाँ पठाइएका रचनाहरू अन्त नपठाउनु भन्ने सूचना पनि जारी गर्नुहुन्छ । तर जसरी पनि पाठकसम्म पुर्याउनै पर्छ भन्ने मान्यता हावी हुँदा म भने धेरै सम्पादकहरूलाई पठाउने गर्थें । लामो समयसम्म छापिएर नआएपछि अघि उठाएका प्रश्नहरूले हिर्काइरहन्छ बारम्बार । [bs-quote quote=”करिब एक दशकदेखि भने हामी सबैले गज्जबका मञ्चहरू भेट्टाएका छौं । फेसबुक, ट्वीटर तथा ब्लग साइटहरू प्रशस्त छन्, जहाँ हामी मनले चाहेको बेलामा आफ्ना रचनाहरू पोष्ट गर्न सक्छौं, ब्लग बनाएर राख्न सक्छौं । तर ती मञ्चहरूमा कहाँ हामीले सोचेका पाठकहरू पुग्छन् र !” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] करिब एक दशकदेखि भने हामी सबैले गज्जबका मञ्चहरू भेट्टाएका छौं । फेसबुक, ट्वीटर तथा ब्लग साइटहरू प्रशस्त छन्, जहाँ हामी मनले चाहेको बेलामा आफ्ना रचनाहरू पोष्ट गर्न सक्छौं, ब्लग बनाएर राख्न सक्छौं । तर ती मञ्चहरूमा कहाँ हामीले सोचेका पाठकहरू पुग्छन् र ! फेसबुकमा त आफूले बनाएका साथीहरू मात्र न हुन्छन् ! जहाँ उनीहरूले हाम्रा रचनाहरूलाई लाइकसिवाय अरू खासै बलियो दृष्टिकोण दिनुहुन्न । मन दुखाउने हो कि भन्ने मानेर कुनै नकारात्मक टिप्पणीहरू दिनुहुन्न । सल्लाह/सुझाव त परको कुरा भयो, जे लेखे पनि ‘आहा !’, ‘राम्रो !’ भन्दा माथि कहिल्यै नगएको देखेकै/भोगेकै छौं हामी सबैले । अनि ब्लग पछ्याउने त नगन्य नै छन् । तर पनि त्यतिमै चित्त बुझाउनु परेको छ हामीले । यो दुखलाग्दो स्थिति हो । साहित्यका विभिन्न विधामा कलम चलाएर, कृतिहरू प्रकाशन गरेर एउटा तहमा पाठकको मन-मस्तिष्कमा नाम लेखाइसकेका लेखकहरूले गर्ने नयाँ सिर्जनाहरूको समेत उस्तै हविगत हुन्छ कि त ? ख्याति कमाइसकेका लेखकहरूले कहिले हामीमाझ नयाँ रचना ल्याउलान् भनेर पर्खने पाठकहरूको सङ्ख्या धेरै नै रहेको छ । तर उनीहरू पनि पाठकसम्म पुग्न हतारो गर्नेकै लहरमा त उभिइरहेका छैनन् ? फेसबुकजस्ता सामाजिक सञ्जालमा आउने रचनाहरूको भेलमा परेर आफ्ना अमूल्य रचनाहरूलाई खेर फालिरहेका त छैनन् ? भेलमा परेर उछालिएका रचनाहरू त्यसै नामेट भएर जान्छन् । त्यसको ज्वलन्त उदाहरण बोकेर फेसबुक सबैको हातहातमा बसेको छ । लाइक थिच्नै नभ्याउने गरी ओइरिरहेका हुन्छन् असङ्ख्य लेखकहरूका रचनाहरू । हेर्न नभ्याइने समयमा पढ्न भ्याउने त सयमा एक मात्र हुन्छ कि ! त्यसैले त फेसबुकमा बाढीसरी आउने रचनाहरू समयको छालसँगै पाठकविहीन भएर कतै बेवारिस भएर थन्किएका छन् । एउटा कुरा के प्रस्ट छ भने, पाठकहरू सबैले सबै लेखकहरूलाई सामाजिक सञ्जालमा एकैपटक पछ्याउन सक्दैनन्। आजको जिन्दगीको व्यस्त समयबाट थोरै भए पनि समय निकालेर बरू पाठकले आफूलाई मनपर्ने पुस्तक नै पढ्न रूचाउँछन् । कम्तीमा समय मिलेमा, पछि पढ्ने भनेर किनेर राख्छन् । पुस्तकबाट पाइने पठनको मज्जा अरू माध्यममा पढेर कमै पाइन्छ भन्ने सोच धेरैको रहेको छ । साहित्यिक रचनाहरूले पार्ने प्रभाव त्यतिबेला प्रखर रूपमा देखापर्छ, जब पाठकले त्यो कुरामा अपनत्व देख्दछ। लेखकहरूले सिर्जना गरेका नयाँ रचनाहरू सहजै पुस्तकाकारमा पाउन सरल छैन । पुस्तकको स्वरूप पाए पनि प्रकाशक अनि वितरकहरू व्यवसायिक हुन नसक्दा कैयौं उदीयमान लेखकहरूका नयाँ कृति ढुसी खपेर थन्किनु परेका उदाहरण प्रशस्त छन् । पुस्तकको रूपमा आउनु पहिले नयाँ रचनाहरूले स्तरीय माध्यम र स्तरीय पाठक, स्रोता पाए भने न त्यो व्यापक हुने हो । अनि व्यापकता पाएसँगै पुस्तकहरू संग्रहित गरेर राख्न लायक हुने हुन् । त्यतातिर ध्यान पुर्याउने हो भने लेखकहरूले आफ्ना रचनाहरू सस्तो लोकप्रियता पाएको माध्यममा सम्प्रेषण नगरेकै वेश हुन्छ । यसले गम्भीर पाठकको ध्यान खिच्न कदापि सक्दैन । त्यसैगरी गम्भीर लेखकहरूको ध्यान भङ्ग हुन सक्ने सम्भावना पनि त्यति नै बढी रहन्छ । [bs-quote quote=”लेखकहरूले अहिलेको मात्र सोचेर आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु हुँदैन । भलै धेरैले लेखन भनेको स्वान्तसुखाय जप्दै गर्ने काम ठानेका होलान् ! तर के तिनमा प्राण हुँदैन ? अनि प्राण भरिएको रचनाले अस्तित्व खोज गर्छ भन्ने लाग्दैन ?” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] लेखकहरूले अहिलेको मात्र सोचेर आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु हुँदैन । भलै धेरैले लेखन भनेको स्वान्तसुखाय जप्दै गर्ने काम ठानेका होलान् ! तर के तिनमा प्राण हुँदैन ? अनि प्राण भरिएको रचनाले अस्तित्व खोज गर्छ भन्ने लाग्दैन ? हामीले आफूले लेखेका कुनै पनि साहित्यिक रचनाहरूले समाजमा पार्ने दीर्घकालीन असरलाई समेत मध्यनजर गर्नुपर्दछ । म सम्झन्छु, मैले यो भाइरस र यसले निम्त्याएको समयलाई आफूले बुझेसम्म र अनुभूति गरेसम्मको उत्साहले लेख्न बसेको समय । एउटा कथा रचिसकेपछि एउटा कविता रचना गर्ने सोच्दै मस्तिष्कमा अनेकन बिम्ब खेलाइरहेथेँ । सारा बिम्बहरू फिका लागिरहेथे । अन्तिममा सिर्फ शीर्षक, बीचमा खाली ठाउँ र अन्तमा दुइटा पूर्णविरामहरू दिएर कविता टुङ्ग्याएको थिएँ । लागेको थियो, ‘भोक र भाइरस’ कविता पूर्ण भयो । मैले शेयर गरेँ फेसबुकमा तर ‘भोक र भाइरस’लाई लहडमै लाइक मात्र दबाए । कुनै प्रतिक्रिया आएन । एक शब्द पनि नबोलेर कत्रा-कत्रा आन्दोलन/सत्याग्रहमा बसेर जित हासिल भएका थुप्रै उदाहरणहरू सम्झदै मैले मेरो कविताले पनि यो भाइरसले निम्त्याएको रिक्तता अनि त्यसकै फलस्वरूप भोकले दिएको खाली पेट अनि फुर्सदले दिएको रित्तो मस्तिष्क दर्शाउन रचेको थिएँ । तर कविता अनाहकमै तुहियो । त्यस कविताले कुनै स्तरीय प्रकाशन माध्यममा स्थान पाएको भए सायद मेरो लेखक मन पुलकित हुन सक्थ्यो । [bs-quote quote=”फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हाम्रा रचनाहरू हतारमा नछरौं । रचनाहरूले साहित्यिक मूल्य कमाऊन् भन्ने उत्प्रेरणा जगाउनको निम्ति सही विजारोपण हुनु जरूरी हुन्छ । मलाई लाग्छ, कुनै पनि रचना कालजयी बन्न सक्ने सम्भावना र संग्रहित गरेर राख्न योग्य भएको जाँच्ने पहिलो कडी भनेकै यसले सार्वजनिकीकरण हुँदा पाउने उचित माध्यम नै हो ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] यसर्थ मेरो आग्रह के हो भने हामी हाम्रा रचनाहरूलाई उचित मूल्य दिन आफैँ सचेत हुनु जरूरी छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हाम्रा रचनाहरू हतारमा नछरौं । रचनाहरूले साहित्यिक मूल्य कमाऊन् भन्ने उत्प्रेरणा जगाउनको निम्ति सही विजारोपण हुनु जरूरी हुन्छ । मलाई लाग्छ, कुनै पनि रचना कालजयी बन्न सक्ने सम्भावना र संग्रहित गरेर राख्न योग्य भएको जाँच्ने पहिलो कडी भनेकै यसले सार्वजनिकीकरण हुँदा पाउने उचित माध्यम नै हो । उच्च साहित्यिक चेतले परिपूर्ण सम्पादकमण्डलको मन्थनले गम्भीर लेखकलाई गहन पाठक वर्गमाझ पुग्ने ढोका सहजरूपमा खोलिदिन्छ । लेखकहरूका रचनाले उचित स्थान पाउँछ । त्यस कार्यले अन्तत: साहित्यको भकारी भर्ने काममा महत्त्वपूर्ण योगदान दिनेछ भन्नेमा पूर्णतः विश्वस्त हुने प्रशस्त ठाउँ रहेको छ । नखिपोट, ललितपुर-१४ #दीपक श्रेष्ठ कृष्ण धराबासीको औपन्यासिक यात्राः आरोह अवरोह: कृष्ण धराबासी (२०१७) नेपाली उपन्यास परम्पराका अमूल्य निधि हुन् । लीलालेखनको चिन्तन र नवीन प्रयोगमा रुचि राख्ने धराबासीका शरणार्थी (२०५६), आधाबाटो (२०५९), राधा (२०६२), तपाईँ (२०६३) र टुँडाल (२०६५), पाण्डुलिपि (२०६९), गेस्टापो (२०६९) र तल्लो बाटो (२०७४) उपन्यासहरू प्रकाशित छन् । पूर्वकृतिका पात्रहरुको पुनर्लेखन गरी शरणार्थी उपन्यासमार्फत औपन्यासिक यात्रा आरम्भ गरेका धराबासीको औपन्यासिक यात्रा आधाबाटोले निर्माण गरेको आत्माख्यानको नवीन मार्ग र पुनर्लेखनको पथमा नै सफल देखिन्छ । यस मार्गलाई छाडेर फरक फरक पथ पहिल्याउने प्रयास गरिए पनि तपाईं , टुँडाल र तल्लो बाटो ले धराबासीको औपन्यासिक यात्रालाई अग्रगति प्रदान गर्न सकेको छैन । जीवन जीवन्त शरणार्थी अघि पूर्वकृतिका पात्रहरुलाई पुनर्लेखन गरी अर्को उपन्यास सिर्जना गर्ने परम्परा नेपालीमा पाइँदैन । यसप्रकारको शैली पूर्वीय पौराणिक ग्रन्थहरुमा पाइन्छ । पुराण लेखनको पद्धतिमा लीलालेखनको चिन्तनलाई अभिव्यक्त गरेर उपन्यासकार धराबासीले आफ्नो पहिलो प्रवेश (डेब्यु) मा नै एउटा गतिलो सम्भावना प्रस्तुत गरेको छ । यसले एकातिर इन्द्रबहादुर राईले स्थापना गरेको लीलालेखनको चिन्तनलाई उपन्यासको धरातलमा सफल अवतरण गरेको छ भने अर्कोतिर नेपाली उपन्यास परम्परामा पुनर्लेखनको नवीन पद्धति निर्माण गरेको छ । यसमा पूर्वप्रकाशित बसाइँ , मुग्लान , भ्रमर , मुलुकबाहिर लगायतका चौध वटा कृतिका विभिन्न पात्रहरुलाई उही सन्दर्भमा फरक ढङ्गले पुनर्लेखन गरिएको छ । काम र मामको खोजी देश छाडेर जहाँ पुगे पनि नेपालीहरुले आफ्नो भाषा, संस्कृति र परम्परा जोगाएका छन् । त्यसैका निम्ति उनीहरु जन्मिएको विदेशी भूमि मातृभूमि बन्न सकेको छैन र मातृभूमिको खोजीमा आएका नागरिकहरु आफ्नै मुलुकमा शरणार्थी बनेर बस्नुपरिरहेको विडम्बनालाई यस उपन्यास प्रस्तुत गरिएको छ । इमान्दारिता सफल लेखनको एउटा सूत्र हो । आफ्ना जीवनका तितामिठा अनुभव तथा आरोहअवरोहलाई इमान्दारपूर्वक पस्कन सक्नु लेखनका निम्ति चुनौतिपूर्ण कार्य हो । उपन्यासकार धराबासीले यस चुनौतिलाई सफलतापूर्वक सामाना गरेका छन् । उनले आफ्ना जीवनका दर्दनाक र कुरुप यथार्थहरुलाई पनि इमान्दारपूर्वक लेखेका छन् । उनको चर्चा र सफलताको एउटा सूत्र यसै इमान्दार लेखनमा रहेको छ । आधाबाटो र पाण्डुलिपि धराबासीको यथार्थ जीवनको दस्तावेज हो । यसको मुख्य पात्र उपन्यासकार धराबासी हुन् भने यसका घटनाहरु उपन्यासकारको जीवनका यथार्थ हुन् । यसमा सबै पात्र र स्थानहरु पनि यथार्थ नै रहेका छन् । उपन्यासकार स्वयम् र भूमिकाकार विजय सुब्बाले जीवनलाई उपन्यासको संज्ञा दिँदै एउटा जीवनको आरोह अवरोह र त्यससँग सम्बिन्धत यावत् परिवेश समेटिएको कृति भएकाले यसलाई उपन्यासको संज्ञा दिएका छन् । यसै मान्यताका आधार पाण्डुलिपिलाई पनि उपन्यास विधामा राखिएको छ तर यी कृतिहरु आत्मजीवनी हुन् । लेखकको व्यक्ति जीवनलाई नै आख्यानका रुपमा प्रस्तुत गर्ने परम्परा नेपाली साहित्यमा धु्रवचन्द्र गौतमले आरम्भ गरेका छन् । उनले काल्पनिक पात्रको सिर्जना गरी आफ्नो जीवनको यथार्थ चित्रण गरेका छन् । उपन्यासकार धराबासीले उनका आत्मपरक कृतिहरुमा ‘म’ पात्रकै माध्यमबाट जीवनका यथार्थ प्रस्तुत गरेका छन् । यसले प्राप्त गरेको औपन्यसिक मूल्यको लेखाजोखा जुनसुकै किसिमले गर्न सकिने भए तापनि ‘म’ पात्रको प्रयोगले यसका घटनाहरुलाई लेखनको जीवन यथार्थसँग एकदम नजिक उभ्याएको छ । उपन्यासकार धराबासीको जीवनका निम्ति महत्त्वपूर्ण दुई पात्र– आमा र श्रीमतीको अन्त्यसँगै उनका आधाबाटो र पाण्डुलिपि को पनि क्रमशः अन्त्य भएको छ । निश्चित पात्र र समयको एकान्वितिमा आएका घटनाहरुको दस्तावेजलाई स्वीकार गरेर उपन्यासको कोटीमा उभ्याउँदा यी कृतिहरु इमान्दार लेखनका निम्ति नमुना बन्न सक्ने देखिन्छन् । उपन्यासकार कृष्ण धराबासीमा उत्तरआधुनिकतावादप्रतिको झुकाव शरणार्थी उपन्यासदेखि नै रहेको छ । विनिर्माण र विधामिश्रणलाई उनले प्रारम्भिक उपन्यासहरुमा सफल रुपमा प्रयोग गरेका छन् । यस्तै प्रकारको प्रयोगको उत्कर्ष तपाईं उपन्यासमा पाइन्छ । द्वितीय पुरुष दृष्टिविन्दुको समाख्यानात्मक शैलीमा लेखिएको यस उपन्यासमा बहुनायकत्वको खोजी गर्ने प्रयास पनि गरिएको छ । आख्यानभित्र आख्यानकै विषय रहेको, लेखक, पाठक र समीक्षकजस्ता वास्तविक जीवनका यथार्थ पक्षहरुलाई आख्यानको काल्पनिक संसारमा समावेश गरिएकाले यसले परम्परागत आख्यानको सीमालाई नाघेर अधिआख्यानको दायरामा प्रवेश गरेको छ । यस उपन्यासले प्रयोगको नाममा परम्परागत धारणालाई मात्र भत्काएको छैन आफ्नै आख्यान संरचनाको गतिशीलतालाई पनि अवरोध पु¥याएको छ । प्रयोगको अतिशय बोझले उपन्यासको मूल्यलाई गौण बनाएको हुँदा यो उनको नवीन प्रयोगको चरमोत्कर्षका साथै औपन्यासिक यात्राको अपकर्ष पनि हो । कृष्ण धराबासी राधा लीलालेखन र उत्तरआधुनिकतावादी विनिर्माण तथा पुनर्लेखनको सफल प्रयोग गरिएको उपन्यास हो । यसमा भगवान् कृष्णप्रतिको पौराणिक धारणालाई विनिर्माण गर्न राधामार्फत कृष्णको कथालाई पुनर्लेखन गरिएको छ । परम्पराले ईश्वरीय शक्ति प्रदान गरेको कृष्णलाई स्वाभाविक मानवीय गुण प्रदान गरी उनका चामत्कारिक कार्यहरुलाई यसमा वर्तमान समयसापेक्ष पुनर्लेखन गरिएको छ । उपन्यासकारकै भाषामा यस उपन्यासमा पौराणिक युगलाई वर्तमान समयको चेतना भरेर नयाँ बनाउन खोज्दा पुराणका देवताहरु यसमा साधारण मानिस भएका छन् । उनले यसमा पनि शरणार्थी उपन्यासमा जस्तै परम्परामा सीमान्त पात्रको कथालाई पुनर्लेखन गरेको उल्लेख गरेका छन् । शरणार्थी उपन्यासमा पूर्व कृतिका काल्पनिक पात्रलाई पुनर्लेखन गरी जीवन्त बनाइएको छ भने यसमा परम्परामा बाँचेका पात्रहरुलाई काल्पनिक बनाइएको छ । समाजमा पौराणिक कालदेखि स्थापित परम्परागत मान्यतालाई भत्काएर आधुनिक समयसापेक्ष पुनर्लेखन गर्नु लेखकीय हिम्मत र औपन्यासिक शक्ति दुवै हो । यसैको मूल्य स्वरुप प्रस्तुत उपन्यासले मदन पुरस्कार पनि प्राप्त गरेको थियो । टुँडाल उपन्यासमा भक्तपुरको सांस्कृतिक परिवेशमा अङ्कित यौनबिम्बलाई विषय बनाइएको छ । संस्कृतिले सम्पन्न हाम्रो मुलुकमा वस्तुगत अध्ययन अनुसन्धानको अभावमा तिनका इतिहास हराउँदै गएको छ । सांस्कृतिक अध्ययनको अभावमा तिनका सामाजिक पक्षहरुको पनि अध्ययन हुन सकेका छैनन् । यस प्रकारको अनुसन्धानमूलक विषयलाई उपन्यासमार्फत उठान गर्ने प्रयास गर्नु यस उपन्यासको शक्ति हो । तर यसमा उपन्यासकार धराबासीको मौलिक पहिचान प्रकट भएको छैन । विनिर्माण र पुनर्लेखनमार्फत नेपाली उपन्यास परम्परामा छुट्टै पहिचान बनाएका धराबासीको मौलिकता यस उपन्यासमा पाउन सकिँदैन । तपाईं र टुँडाल उपन्यासमा हराएको उपन्यासकार धराबासीको मौलिकता गेस्टापो उपन्यासमा नवीन विषयसहित पुनोर्दय भएको छ । जर्मनीको ऐतिहासिक परिवेशमा सिर्जना गरिएकोे यस उपन्यासमा दोस्रो विश्वयुद्धका खलनायकका रुपमा चित्रित हिटलरप्रतिको नवीन दृष्टि प्रस्तुत गरिएको छ । इतिहासले हिटलरलाई नकारात्मक चरित्रका रुपमा व्याख्या गरेको सन्दर्भमा तत्कालीन समयको वस्तुगत विश्लेषणमा नवीन धारणा निर्माण गरिएको छ । यसमा हिटलरलाई इतिहासको खलनायक नभई तत्कालीन राजनीतिक–सामाजिक सन्दर्भले जन्माएको नायक रुपमा चित्रण गरिएको छ । विजेताहरुद्वारा निर्मित इतिहासले अन्याय गरेका चरित्रहरुप्रति वस्तुगत विश्लेषणका आधारमा नवीन धारणा निर्माण गर्ने सन्दर्भमा यस उपन्यासले पुनर्लेखनको पद्धतिलाई सफल रुपमा उपयोग गरेको छ । तर यसले पर्याप्त चर्चाको अभावमा उचित मूल्य प्राप्त गर्न सकेको छैन । राधा उपन्यासमा पुराणको परम्परालाई विनिर्माण गरिएको थियो भने गेस्टापो उपन्यासमा इतिहासलाई पुनर्लेखन गरिएको छ । विश्व इतिहासको पुनर्लेखन गरेर फराकिलो दृष्टि बनाउन सफल उपन्यासकार धराबासीबाट नेपाली इतिहासका यावत् रहस्य र सीमान्त पात्रहरुको पुनर्लेखनका माध्यमबाट नवीन इतिहास निर्माणको ढोका खोल्ने सम्भावना आशा गर्न सकिन्छ । नेपाल राष्ट्रको लामो ऐतिहासिक परम्परालाई परिवर्तित वर्तमान सामयिक दृष्टिबाट हेर्ने औपन्यासिक दर्पण उपन्यासकार धराबासी जस्ता लेखककै कलमबाट निर्माण हुन सक्छ तर उपन्यासकारको अमेरिका यात्राले तल्लो बाटो जस्तो फरक धारको उपन्यास जन्माएको छ । तल्लो बाटो भौतिक सुखको सपना सजाएर अमेरिका जान गैरकानुनी बाटो अवलम्बन गर्ने नेपालीहरुको यथार्थ चित्र हो । शरणार्थी उपन्यासमा विदेशी माटोको मोहलाई त्यागेर आफ्नो मुलुक फर्किएका पात्रहरुको कथा लेख्ने उपन्यासकारले पछिल्लो उपन्यासमा पुनः विदेशप्रतिको मोहलाई विषय बनाएका छन् । यद्यपि दुवैमा राष्ट्र र राष्ट्रियताको गरिमालाई उच्च स्थानमा राखिएको छ । उत्तरआधुनिकतावादी विनिर्माणवादी पद्धतिमा पहिचान बनाएका उपन्यासकार धराबासीलाई यस प्रकारको परम्परागत यथार्थवादी लेखनले अर्को सफल पहिचान प्रदान गर्न सकेको देखिँदैन । नेपाली उपन्यास परम्परामा पचासको दशकपछि उत्तरआधुनिकतावादी लेखनको प्रभाव धेरै पाइन्छ । उपन्यास लेखनमा यसको सफल प्रयोग गरी उत्तरआधुनिकतवादी नेपाली उपन्यासलाई उचाइ प्रदान गर्ने कार्यमा उपन्यासकार धराबासीको योगदान महत्त्वपूर्ण रहेको छ । उनको लेखनले लीलालेखनको अन्तर्यभित्र व्यापक रुपमा उत्तरआधुनिकतावादी प्रवृत्तिलाई अङ्गालेको छ । उनका उपन्यासमा विधाभञ्जन, विधामिश्रण, बहुनायकत्वको खोजी, द्वितीय पुरुष दृष्टिविन्दुको प्रयोग, अधिआख्यानात्मकता आदि विविध नवीन प्रवृत्तिहरुको प्रयोग पाइए तापनि पुनर्लेखनले नै उनको सफल औपन्यासिक प्रवृत्ति हो । यसै पुनर्लेखनमार्फत नेपाली उपन्यासलाई थप उचाइ प्रदान गर्नमा उपन्यासकारको आगामी कदम अपेक्षा गर्न सकिन्छ । #कृष्ण धराबासी #जीवन जीवन्त अँध्यारो उज्यालो: शब्दमा अँध्यारोको प्रशंसा गर्न जति सहज छ, भोग्न अति नै कठिन छ । उज्यालो र अँध्यारोको विषयमा धेरै दार्शनिक कुरा लेख्न सकिन्छ । अँध्यारो बनाइदेऊ, उज्यालो कष्टकर भयो भन्न सकिन्छ । तर जसले जे भने पनि अँध्यारो समस्याको मूल जरा नै हो । कुनै बेला काठमाडौंमा सिमित मानिसहरूले मात्रै बिजुली बत्तीको उपभोग गर्थे । म आफैँ सानो छँदा बिजुली बत्ती आइसकेको थिएन । रात पर्नुभनेको पुरै अन्धकार हुनु थियो । अँध्यारो भएपछि आमा र हजुरआमासँग टांसिएर बस्नु नै सबैभन्दा सुरक्षित थियो । आमाहरू पनि यही पो चाहनु हुन्थ्यो, शायद । उहाँहरू यही अँध्यारोको बेला भूतका कथा सुनाउनु हुन्थ्यो । आज बोक्सीको कथा, भोलि किचकन्नेको कथा, पर्सी तान्त्रिकको कथा । कथा पनि पैलताले नटेकीकनै अलिअलि उडेर गएको, भूतले पछाडिबाट गर्लम्म अंगालो हाल्न आएको । यस्ता कथाहरू रोमाञ्चकारी पनि हुन्थ्यो । आफूलाई अत्यन्तै माया गर्ने आमा र हजुरआमाले भन्नुहुने कथा भएकोले विश्वास पनि लाग्थ्यो । अनि सबैभन्दा ठूलो कुरा अति डर लाग्थ्यो । स्नेह सायमि उबेला अहिले जस्तो कोठापिच्छे बाथरुम कहाँ ? पिसाब फेर्न घरबाहिर अलि पर चर्पी बनाइएको हुन्थ्यो । घर अन्धकार, बाहिर झन अन्धकार , त्यसैले पिसाब फेर्न मन लागे पनि डरले चुपचाप बस्थ्यौं । राति पिसाब फेर्न जानुपर्यो भने हामी दुई-तीनजना सँगै जान्थ्यौं, सबै डराएको अवस्थामा । टुकी वा लालटीन हुन्थ्यो । त्यो पनि के के भएर अचानक निभ्थ्यो । एक जना चर्पीभित्र पसेपछि दुईजना बाहिर गार्ड बसिन्थ्यो । यसरी हतार हतार पिसाब फेरेर आउनुपथ्र्यो । अँध्यारोमा विभिन्न आकारका छायासँग जम्काभेट हुन्थ्यो र हरेक छाया भूतजस्तो लाग्थ्यो । म १० वर्षको हुँदा मेरी आमा बिरामी पर्नुभयो । के बिरामी हो ? थाहा भएन, तर लामो समयसम्म बिरामी हुनुभयो । उबेला हाम्रो उपचार गर्ने भनेकै किर्तिपुरमा । किर्तिपुरमा नाम चलेको ज्योतिष, झारफुक, वैद्य, कम्पाउण्डरहरू थिए । हामीहरू बिरामी पर्दा उतै लाग्थ्यौं । मेरी आमाले सबै आफ्ना नौजना सन्तानहरूलाई किर्तिपुरमैं उपचार गराएर हुर्काउनु भयो । आमा बिरामी हुँदा झारफुके, वैद्य वा कम्पाउण्डर बोलाउन र औषधि लिन जाने मैं हुन्थें । नैकाप र किर्तिपुर भएर जाँदा अहिलेको भिराडील, बल्खु खोला, खोलाछेउका मसानघाट अति सुनसान र डरलाग्दो हुन्थ्यो । आमाको कथाको भूत त्यही मसानघाटबाट उठेर मलाई पछ्याइरहेको जस्तो लाग्थ्यो । पछाडि फर्केर हेर्न पनि डर लाग्थ्यो । जूनको उज्यालोमा देखिएको रूखका छाया, बाटोका ठूलो ढुंगा, यी सबै अँध्यारोमा नै लाग्थ्यो । म एकै सासमा कुदेर नैकापबाट किर्तिपुर र किर्तिपुरबाट नैकाप पुग्थें । मेरो बाल्यकालको बाध्यात्मक यात्रामा रातले यति धेरै सास्ती दिन्थ्यो । अहिले सोच्छु, यो अन्धकारले यसरी सताउँदो रहेछ । कहाँ बोक्सी हुनु, कहाँ भूत हुनु , कहाँ किचकन्ने हुनु ! तर मेरो लगायत आमाहरू र हामी केटाकटीहरूको मन मस्तिष्कमा भूत हालिदिएपछि त्यो भूतले पुस्तौंपुस्ता हजारौं लाखौं जनमा यसरी छोप्दो रहेछ, सताउँदो रहेछ । एकपटक हालिदिएपछि निकाल्न कठिन हुने रहेछ । अहिले लाग्छ, त्यो भूतको स्रोत के हो ? किन भूतका यति धेरै कुराहरू भए मेरो बाल्यकालमा ? त्यो स्रोत भनेको त उबेलाको अन्धकार नै थियो । दिउँसोको उज्यालोमा भूत नआउने, रातमा आउने भनेको के हो त ! त्यतिबेलाका जनसाधारणले उज्यालोमा रात काट्न नपाएका कारण जन्मेको डरको कथा हो भूत ! त्यस्तै राति भूत आउने कथाले त्यतिखेरका शासकहरूलाई शोषण गर्ने, आफ्ना दूतहरूमार्फत राज्यका विद्रोहीहरू बेपत्ता पार्ने, चेलीबेटी उठाउने अवसर हो । जनताहरू भूतका कथा हालेर डराएर रहुन्जेल स्रोत र शक्ति सम्पन्न सत्तालाई दमन गर्न सजिलो हुने रहेछ । आमाहरू स्वभावैले मायाका अपार स्रोत त हुनुहन्थ्यो, तर उहाँहरू नै अन्धकारमा हुनुहुन्थ्यो । आमाहरूले माया गरेरै, आफ्ना सन्तान अँध्यारोमा बाहिर नजाउन र भूतले नलैजाउन भन्ने उदेश्यले बेलैमा भूतको डर हालिदिनुहुन्थ्यो । तर त्यो भूतको डर कति खतरनाक भनेर थाहा नपाएरै जीवन सकाउनु हुन्थ्यो । हामी पनि त्यही अन्धकार संसारमा सबैभन्दा बढी माया गर्ने आमासँग ग्रहण गरेर लामो समय त्यत्तिकै डराइरह्यौं । त्यसैले अन्धकार अति खतरनाक कुरा र सोच रहेछ । अहिले आधुनिक युग, एक्काइसौं शताब्दीमा आइपुग्दा ती पुराना अँध्यारा र अँध्याराका कथाहरू छैनन् । ती सबै किंवदन्ती नै भइगए । तर नयाँ अँध्याराहरूको जन्म भइरहेको छ । कसैले तपाईं र मेराबीच सम्बन्ध बिगार्नुपर्यो भने केही गारो छैन । कुनै तेस्रो व्यक्तिले मलाई वा तपाईँलाई एकअर्काको विरुद्धमा कुरा लगाइदियो र त्यही कुरालाई पत्याइदियो भने सम्बन्धमा तीतोपन आइहाल्छ । हामीले एकअर्कामा तेस्रो व्यक्तिको कुरामा सत्यता छ कि छैन भनेर जाँचै नगरी अन्धकारमा बस्यौं भने सम्बन्ध सकियो । यो अन्धकार कति खतरनाक छ भने, त्यसले राजनीति र बाहिर त असर पार्छ पार्छ, आफ्नो प्रियजनहरू बीच त विषको नै काम गर्छ । म हिजोआज योखाले अन्धकारको भुक्तभोगी छुँ । मेरोबारेमा तपाईंलाई कसैले कुनै नकारात्मक कुरा सुनाइदिन्छ र तपाईं त्यही कुरा पत्याएर चिसो भइदिनुहुन्छ र हाम्रो सम्बन्धमा त्यहीं अवरोध आउँछ । यस्ताखाले अन्धकारका बाहकहरूको बाढी नै आएको छ । यी अन्धकारका बाहकहरू आफ्नै क्षमताले त केही गर्न सक्दैनन तर अरूको सम्बन्धमा खुम्रे कीरा राख्न सक्छन् । म यो अन्धकारबाट अति त्रस्त छु । मैले त तपाईंको बारेमा कसैले कुरा गर्न आउँछ भने पत्याउन छाडिसकें । मलाई सबैभन्दा बढी आफ्नो नजिकक प्रियजनहरू बीचको सम्बन्धसँग डर लाग्छ । अन्धकारसँग विजय गर्ने एउटै उपाय भनेको उज्यालो हो, त्यो भनेको सम्बन्धमा पारदर्शीता । हामी आफैँ जब पारदर्शी हुँदैनौ तब यस्तो समस्या आउने हो । हामीले पारदर्शी हुनुपर्ने कुरा र विधि अझै धेरै छन् । मेरा प्रियजनहरू, अझै पारदर्शी हौं र अन्धकारका दूतहरूसँग बचौं | #जीवनको रङ #स्नेह सायमि मित्रबन्धु पाैडेलका केही सेन्यू: सडकभरि ‘यदुवंशी’ भिडन्त विवेक हार्छ । ई………राजनेता ! जनमन छाडेर आत्मरतिमा? छताछुल्ल भाे, असारे झरिभरि सत्ताकाे आँशु ! गण-गाँड पाे गलगाँड हुँदैछ- गणतन्त्र याे । …तान्त्रिकहरू ‘शरण’काे तन्त्रले देश-प्रहार ! घातक अस्त्र काेराना -कुर्सीहरू भाेक- भाेजन । श्रीपेच विना कत्ति नसुहाएकाे याे ‘खड्ग र्याली’ ! उधाराे छापेँ फ्लेक्स, फाेटा र नारा बिल पठाउँ ? याे समय त हल्दी-पानीकाे पाे त कुर्सी हैन नि ! अन्तिमचाेटि काेराेनासँग भिड्न ‘खड्ग’ उचालूँ ? #मित्रबन्धु पाैडेल लेखिका हेलेन बेइलीका हत्यारालाई थप ३४ वर्षको कैद माग: लेखिका हेलेन बेइलीसँग इयान स्टेवार्ट २०१६ मा हत्या गरिएकी बाल साहित्यकी लेखिका हेलेन बेइलीका हत्याराले यसअघि पनि पत्नीको हत्या गरेको खुलासा भएको छ। लामो समयदेखि सँगै बसेका इयान स्टेवार्टले उनको हत्या गरेका थिए। हेलेनले बालबालिका तथा किशोरकिशोरीहरूका लागि शृंखला पुस्तक लेखेकी थिइन्। पुस्तक लेखेरै करोडपति बनेकी हेलेनको २०११ को अप्रिल ११ मा उनको घर नजिकै घुमघाममा निस्किएको पछिल्लो पटक देखिएयता २० पुस्तककी लेखिका उनी गायब भएकी थिइन्। २०१८ मा उनको हत्या भएको र त्यसको आरोप त्यो बेला सँगै बसिरहेका इयानमाथि शंका सोझिएपछि उनलाई जेल हालिएको थियो। अनुसन्धान थपिँदै गर्दा इयानकी प्रथम पत्नीको पनि हत्या गरेको खुलासा भएको छ । उनको यस नयाँ अपराध खुलासा भएपछि थप ३४ वर्ष सजाय थप्न प्रहरीले अदालतसँग आग्रह गरेका छन् । लेखिका हेलेन बेलीको इलेक्ट्रा ब्राउन शृंखला पुस्तक निकै चल्तीको पुस्तक हो । यही शृंखलाले उनलाई करोडपति लेखिका बनाएको थियो । फरेन्सिक साइन्टिस्ट बन्छु भनेर लक्ष्य ललिएकी उनी पछि लेखिका भएकी थिइन् । उनको पहिलो पति जोन सिनफिल्ड बिदा मनाउन बार्बाडोस गएका बेला पौडी खेल्दाखेल्दै ज्यान गुमाएका थिए। हत्याराले ४० लाख पाउन्डको इन्स्योरेन्स हत्याउन हेलेनको हत्या गरेको थियो। यतिबेला पूर्वपत्नीको समेत हत्या गरेको पाइएपछि एउटा हत्यारालाई लेखिकाले कसरी विश्वास गरिन् होला भन्दै लेखिका हेलेनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रशंसक बढेका छन्। #द टाइम्स भूपिनको 'एउटा नोटको जीवनी' र जन्मकथा: कवि भूपिनले सन् २०१३ को अन्ततिर यो कविता लेखेका थिए । जुनबेला उनी ’मनी टक्स’वाला देश अमेरिकाबाट धेरै आफन्तहरूलाई दुःखी बनाएर नेपाल फर्किएका थिए । क्याम्पसका बिहानी कक्षाहरू सकिएपछि उनी कहिलेकाहीँ रिजाल बाजेको पान पसलमा जान्थे, जुन चितवन जिल्ला समन्मय समितिको चोकमा बर पिपलको रुखमुनी थियो । कुनै दिन त्यहाँ कलेजका एक साथी कृष्ण भुषाल आए र मुख मिठ्याउँदा रिजाल पान खाए । पैसा फिर्ता लिने बेला उनले तर्सिएको भावमा रिजाल दाइलाई भने, ’मलाई यो हैन, पानको रस नलागेको अर्को नोट दिनुस् ।’ कवि भूपिन कविलाई त्यसबेला लाग्यो कि – “यो कस्तो विरोधाभाष हो ? पान खाने अनि पानको रस लागेको नोट नचाहिने ? यो नोटप्रति अतिसय आसक्ति हो कि घृणा ?” पान खाने व्यक्तिले कवितिर फर्किएर आँखा झिम्काउँदै भने, ‘सर मलाई पानको रस लागेको नोट पकेटमा राख्न घिन लाग्छ ।’ कवि साथीको कुरा सुनेर सनन्न भए र उनका दिमागमा तरंगहरू चल्न थाले –“ हो त ! पैसा त निकै फोहोर वस्तु हो ।” जुनकुरा कविले कहिल्यै सोचेका थिएनन् । मानिस अरू सबै कुरा सफा गर्छ, तर नोट सफा गर्दैन । जरुरत महसुस गर्दैन । पैसा त रोगको घर पनि त हो । तर यसैलाई मानिस किन यति मूल्यवान मान्छन् । किन यो अचेल फूलभन्दा पनि बढी ईश्वरलाई चढाइन्छ ? त्यसपछि कविले बाइक स्टार्ट गरे । बाटोमा मैले केवल पैसाको जीवनीबारे चिन्तन गरे । र कोठामा आएर निकै स्वभाविक रुपमा यो कविता लेखे । भूपिनको यस कविता सबैभन्दा धेरै वाचन भएको कविता हो । यस कवितामा कवि अमृता स्मृतिले सस्मरणमा लेखेकी छिन्, ‘यो कविता पढेपछि मैले मन्दिरमा पैसा चढाउँन छाडिदिएँ ।’ कविको विचारमा मानिसले आविष्कार गरेको सबैभन्दा शक्तिशाली (र खतरनाक पनि) भौतिक वस्तु पैसा हो र आत्मिक सत्ता ईश्वर हो । यो कविता ती दुवैलाई जोड्ने एक कथा हो । कविता- एउटा नोटको जीवनी मेरो हातमा हजारौं हातहरूको फोहोर टाँसिएको कागजको एक नोट छ म त्यसको जीवनी पढिरहेछु । यो नोटको जन्मको बारेमा म बिल्कुल अनभिज्ञ छु । तर थाहा छ मलाई कुनै बैंकको सफा कुनाबाट यो नोटको फोहोर यात्रा सुरू भयो । एक क्यासियरले जिब्रोको थुकमा बूढी औंला चोबेर गन्यो यो नोट र पहिलोपटक थमायो ग्राहकको हातमा । बैंकबाट बाहिर निस्किएपछि नोट पुग्यो मासु पसलमा । नोटमा बगरेको हातको आलो रगत टाँसियो । त्यसपछि पुग्यो नोट रूघाग्रस्त साहूको हातमा नोटमा साहूको सिंगान टाँसियो । त्यसपछि पुग्यो नोट कुनै आसामीको हातमा जो भर्खरै पिसाब फेरेको हातले नोट गन्दै थियो । पुग्यो नोट भर्खरै वाथरुममा सेफ्टी प्याड निकालेर बाहिर निस्किएकी मालिक्नीको हातमा नोटमा टाँसियो मासिक श्रावको रगत । पुग्यो नोट यौनकर्मीको हातमा जसमा टाँसियो चिप्लो यौनरस । भ्रष्ट, तस्कर, दलाल पण्डा, नेता, हिपोक्रेट सबैको हातहातसम्म नोटको यात्रा जारी रह्यो । एकपटक बढो मुस्किलले गरीबको हातमा पनि पुग्यो नोट जसमा उसको आँसु र पसिना पनि मिसियो । तर भोलिपल्ट नै नोट पुग्यो बेरोजगारीले किलकिले अँठाएर कुलतमा फसेको कुनै युवकको हातमा त्यसमा गाँजाको गन्ध टाँसियो अफिमको वासना टाँसियो । लामो यात्रापछि अन्तमा पुग्यो नोट एक भक्तको हातमा भक्तले चढायो भगवानलाई त्यही नोट । म पढिरहेछु एउटा नोटको रोमाञ्चक जीवनी । तर बुझिरहेको छैन कि किन चढाउँछ भक्तले देउतालाई यो फोहोर नोट ? किन सबैभन्दा सफा लाग्छ मानिसलाई यो फोहोर नोट ? #भूपिन नक्कली विद्वानको बिगबिगी: गएको एक वर्ष यता नक्कली पत्रकार, विश्लेषक र राजनीतिक कन्सल्टेन्टले युनाइटेड अरब इमिरेट्सका बारेमा प्रशस्ती गाएका आलेखहरू संसारका चर्चित अखबारहरूमा ठाउँ पाएको खुलासा द डेली बिस्ट पत्रिकाले गरेको छ । ती कथित विद्वानहरूले जेरूसलेम पोस्ट र साउथ चाइना मोर्निङ पोस्टका लागि शृंखलाबद्ध आलेख लेखी युएईका पक्षमा माहोल बनाउने कार्य गरेको पत्रिकाले खुलासा गरेको हो। यस्ता नक्कली लेखकहरूका बारेमा त्यो बेला शंका बढ्न थाल्यो, जब ती अनुहार भएका व्यक्तिका बारेमा खोजी शुरू भयो। त्यस्ता १९ नक्कली व्यक्ति फेला पारिएको पत्रिकाले जनाएको छ। यस्ता नक्कली लेखकले ४६ वटा विभिन्न पत्रिकाहरूमा ९० वटा सम्पादकीय पृष्ठमा ठाउँ सुरक्षित गरेको पनि खुलासा गरिएको छ। नक्कली लेखकका नक्कली लिङ्क्ड इन र ट्वीटर प्रोफाइल बनाइएको, लेखकका तस्बिरहरू अरू नै कोही नचिनिएका मानिसहरूको राख्ने गरिएको वा आर्टिफिसियल इन्टेलिजेन्स उपयोग री बनाइउको समेत अखबारले जनाएको छ। यस्ता अखबारहरू उदारवादी खेमाका पत्रिकाहरूमा प्रकाशित हुने गरकेो पनि जनाइएको छ। ब्रिटिस लाइब्रेरियनहरूको वेबसाइट स्पाइक्ड र अमेरिकी वेबसाइट वासिङ्टन एक्जामिनरका विचार पृष्ठमा यिनले महत्त्वका साथ ठाउँ पाउने गरेको जनाइएको छ। यस्ता आलेखमा युएईको प्रशंसा र कतार तथा कतारद्वारा स्थापित अल जजिरा मिडियाको खदो खन्ने गरिएको जनाइएको छ। कतारले आतंकवादलाई सघाउ पुर्याउन लगानी गर्ने गरेको समेत यस्ता आलेखमा आरोप लगाइने गरेको छ। यस्तो किन गरिन्छ त? यस्तो गर्नुको प्रमुख कारण आफ्ना पक्षमा माहोल बनाउन यस्तो कार्य गर्ने गरिएको कतार स्थित हमाद बिन खलिफा विश्वविद्यालयका सहायक प्राध्यापक मार्व ओवन जोन्स बताउँछन्। यस्ता लेखकको अनुहार सफ्टवेयरद्वारा निर्माण गरिने र त्यो मान्छे सक्कली हो कि नक्कली हो भन्ने पत्ता लगाउन कठिन हुने बताइएको छ । उबर सफ्टवेयरका पूर्व इन्जिनियर फिलिप वाङले बनाएको यो आर्टिफिसियल इन्टेलिजेन्समा हिजोआज खुबै प्रयोग हुने गरेको छ। यस्ता अदृश्य लेखकको ट्वीटर अकाउन्टमा राजनीतिक कन्सल्टेन्ट र फ्रिलान्स जर्नलिस्टजस्ता परिचय राखिएको पाइएको छ। यस्ता लेखकको ट्वीटरमा अकाउन्ट हुनु स्वयं ट्वीटरकै नीतिको हनन हुने विश्लेषकहरू बताउँछन्। #द टाइम्स अनिल माटो र आफ्नो सभ्यतासँग नजिक छन्: यो शृङखलामा हामीले कवि अनिल खतिवडा को कवितामाथि कवि सुर्दशन पौडेल को दृष्टि प्रस्तुत गरेका छौँ । समकालीन नेपाली कविता लेखनमा सक्रिय युवा कविमध्ये अनिल खतिवडा छुटाउन नहुने एक नाम हुन् । कलात्मकता र वैचारिक अभिव्यक्तिको दुर्लभ सन्तुलन पाइने उनका अधिकांश कविताहरूले मानवीय संवेदनाका मिहिन आयामहरूलाई बडो सरलताकासाथ प्रस्तुत गरिरहेका हुन्छन् । नेपाली र अंग्रेजी भाषामा कविता लेख्ने कवि खतिवडाका १० कविताहरू शिखा बुक्सद्वारा प्रकाशित कविता संग्रह ‘उज्यालोका मालीहरु’मा संकलित छन् । आज सोही संग्रहबाट उनका तीन कविताहरूमा टिप्पणीकारले आफ्ना विचार व्यक्त गर्न गइरहेका छन् । कवि अनिल खतिवडा १. अहिल्या एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ अनायासै मुखबाट निस्कियो— “हे ईश्वर किन यस्तो?” त्यही माटोबाट एउटा आदिम आवाज आयो— “म पनि उत्तर पर्खिरहेछु ।” अनिल खतिवडाका कविताहरू पढ्दा महसुस हुन्छ, उनी माटो र आफ्नो सभ्यतासँग नजिक छन् । पूर्वीय सभ्यताका विभिन्न मिथक र दन्त्यकथाहरूलाई वर्तमानसँग गाँसेर मानव समाज र स्वभावको विशाल चित्र प्रस्तुत गर्न उनी सफल छन् । वर्तमान नेपाली समाजमा निर्मलाको नामले चिनिएका महिलाहरू विभिन्न नामहरूमा विभिन्न पुरुषहरूबाट परापूर्व कालदेखि नै लुटिँदै आएको र अझै पनि न्याय पाउन नसकेको यथार्थलाई उनले कलात्मक ढंगले व्यक्त गरेका छन् । दन्त्यकथा र वर्तमानलाई जोडेर उनले लेखेका कवितामध्ये दैत्य कथा पनि उत्तिकै बेजोड छ । २. सँगालिएको अतित तिमीले धेरै पहिले पैसा भनेर दिएको पीपलको पात बालापनको खेल भनेर सजिलै भुलिदियौ म मूर्ख अझै त्यही पात लिएर सम्बन्धहरु किन्न बजारमा र्भौँतारिरहेछु । वर्तमान र विगतको समानता औँल्याउने खतिवडाका कवितामा विगत प्रतिको रोमान्टिसिजम् र बितेकै समयमा फर्कन चाहने अभिप्सा पनि उत्तिकै देख्न सकिन्छ । परिवर्तन प्रतिको सन्देह र वर्तमानसँगको उकुसमुकुस उनका अन्य कविताहरूमा पनि प्रवल रुपमा देखिन्छन् । विगतलाई विगतमै रहन दिएर वर्तमानलाई स्वीकार गर्नुको सट्टा बितेका पलमा वर्तमानलाई खोज्दै उनका कवितका पात्रहरू यथास्थितिमा अल्झिन पुगेका छन् । झरीमा तिमी र विधवा कवितामा उनको यही प्रवृत्ति देख्न सकिन्छ । कवितादृष्टि सुदर्शन पौडेल ३. त्याग बलिरहेको दियोलाई सोधेँ— “आफू सक्किएर जल्न तिमीलाई पीडा हुँदैँन?” त्यति भनिसक्दा, दियो निभिदियो र पूरै ब्रह्माण्ड अन्धकारभित्र हरायो । यस कविताले उज्यालोको लागि कसै न कसैले जल्नैपर्ने अवश्यंभावी सत्यलाई अभिव्यक्त गरेको छ । केही प्राप्तिको लागि आवश्यक पर्ने सर्मपण र त्यसको अभावमा पर्नसक्ने क्षतिलाई सजिलैसँग बुझ्न सकिन्छ । उनको अघिल्लो प्रवृत्तिसँग जोडेर हेर्दा यस कविताले पनि वर्तमानप्रतिको अभ्यस्ततालाई नै वकालत गरेको देखिन्छ । दियोले आफू जलिरहँदा सक्किरहेको वास्तविकता नजान्दा ब्रह्माण्ड उज्यालै थियो तर वास्तविकता बुझेपछि अन्धकार छाएको छ । यसले पनि उनका कविताहरुले जानाजान अज्ञानता (विलफुल इग्नोरेन्स)को बाटो पछ्याएको आभाष हुन्छ । र अन्त्यमा, कविता र लेखनका विषयमा टिप्पणीकारका आफ्नै अनेक कमजोरीहरु छन् । कविताजस्तो खुकुलो विधामा कवि र कवितालाई निश्चित वाद वा सिद्वान्तमा कैद गर्नु टिप्पणीकारको उद्देश्य हैन । यहाँ व्याख्या गरिएका तीन कविता अनिल खतिवडाका प्रतिनिधि कविता मात्र हुन् । कला र विचारको सन्तुलनमा लेखिएका यी कविताहरुले समकालीन नेपाली कविताको सुन्दर रुप प्रस्तुत गर्दछन् भन्नेमा म विश्वस्त छु । अनिल खतिवडालाई सुन्दर काव्यिक भविष्यको शुभकामना । #अनिल खतिवडा #सुदर्शन पाैडेल भिखारी: चकमन्न सुनसान रात आकासमा चम्किएका सानासाना ताराहरू आँैसीको रातमा लुकेको जून र दोबाटोमा उभिएको म एउटा भिखारी । मन दोधारमा छ यो बाटो जाऊ या त्यो बाटो जाऊ छिटो जाऊ या एकछिन यहीँ टुसुक्क बसाँै लक्ष्यविहीन जिन्दगी न केही बित्ने न केही छुट्ने । भोको पेट टप्प सुकेको प्यासी ओठ केही पाउने आसमा भिरेको झुत्रो झोलाभित्र हात हाल्छु खानको लागि एक गेडो मकै छैन पिउनको लागि एक बोतल पानी छैन । फाटेका लुगाहरू खुट्टामा एकजोर चप्पल छैन टाउको टोपी फाटेर सेतो भित्री देखिरहेको छ याद पनि छैन आफँै किनँे या कसैले दियो । अझै दोधारमा छु दाया जाऊँ या बाया जाऊँ यो बाटो रोजौँ या त्यो बाटो रोजौँ या यही दोबाटोमा अल्मलिरहौँ कोही आउने आसमा केही पाउने आसमा नयाँ बिहानी हुने आसमा । धिक्कार छ मेरो जिन्दगीलाई दोधारमा नै बाँचेको छु यसो आफैँलाई नियाल्छु यी हातहरू सग्लै छन खुट्टाहरू बलियै छन् दुई चार अक्षर पढेको पनि हो सपनाहरू सजाको पनि हो देशको मुहार फेर्न जनयुद्ध पनि लडेकै हो के मा अल्झिएँ आज कहा गएँ ती जोस र जाँगरहरू किन लर्खराएँ यी तन र मन । जब देश परदेश बन्न लागेपछि शाषकहरू लालचर मस्तीमा डुबेपछि शासन कुशासनमा परिणत भएपछि जनताहरू अनाथ र दुर्वल भएपछि । हरेक दिन म जस्ता भिखारीहरू जन्मन्छन् र दोबाटो उभिएर सोच्छन् यो बाटो जाऊ या त्यो बाटो जाऊ दायाँ जाऊ या बायाँ जाऊ लक्ष्यविहीन जिन्दगी न केही बित्ने न केही छुट्ने । #ददिन पाण्डे #भिखारी किशनको गजल: देखिँदैन हेर्नुस् खास कसैको प्रगति यहाँ देखिन्छ धेरैको मानसिक दुर्गति यहाँ ।। धेरैछन् पार्टी र विचारहरू राजनीतिको देशको लागि बन्दैन ठोस सहमति यहाँ ।। कसको लागि किन गर्छन् यो राजनीति ? देश र सिमाना दुख्दा हँुदैन आपत्ति यहाँ ।। भ्रष्टहरूकै हालीमुहाली देखिन्छ जताततै नेताहरूको हेर्नुस् बिग्रेको छ मति यहाँ ।। #किशन पौडेल #किशनको गजल यस्तो लाग्छ कहिलेकाहीँ: म उनको आँखा भैदिऊँ र हेरिदिऊ आफ्नै आँखा आखिर त्यस्तो के रहेछ मेरो आँखामा ? कि उनी डुबिरहिन् चाहान्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको हात भैदिऊँ र स्पर्श गरिदिऊँ आफ्नै हात । आखिर त्यस्तो के रहेछ मेरो हातमा ? कि उनी स्पर्श गरिरहन चाहान्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको छाती भैदिऊँ र आफ्नै तस्बिर टाँसेर आँफैलाई सम्झिदिऊँ आखिर त्यस्तो के रहेछ मेरो तस्बिर टाँसेर सम्झिनुमा ? कि उनी हरेक रात छातीमा टाँसेर मेरो तस्बिर मलाई सम्झिरहन्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको ओठ भैदिऊँ आखिर त्यस्तो के छ र मेरो आगमनमा कि सबथोक बिर्सिएर उनको ओठ मेरो आगमनमा मुस्कुराइदिन्छ । यस्तो लाग्छ कहिलेकाहीँ म उनको आँसु भैदिऊँ र छुटिनेबेला उनको परेलीबाट खसिदिऊँ आखिर त्यस्तो के छ हामी छुट्नुमा ? कि उनको आँसु मेरो निम्ति खस्नु परोस् । यस्तो लाग्छ कहिलेकाहीँ म उनको पैताला भैदिऊँ र हिँडिदिऊँ आफैँसँग आखिर त्यस्तो के छ मसँग हिँड्नुमा ? कि उनको पैताला काँडा कुल्चिएर पनि मसँगै हिँडिरहन चाहान्छ । यस्तो लाग्छ कहिलेकाहीँ म उनी भैदिऊँ र पर्खि बसुँ आफैँलाई आखिर मलाई पर्खिरहनुमा त्यस्तो के मज्जा छ ? कि म हिँड्ने बाटोमा घण्टौसम्म मलाई पर्खिरहन्छिन् । यस्तो लाग्छ कहिलेकाहीँ म उनी भैदिऊँ अनि आफैँलाई प्रेम गरिदिऊँ र थाहा पाइदिऊँ यति बिघ्न मलाई प्रेम गर्नुको रहस्य । ताकि यतिकै प्रेम गर्न सकुँ उनलाई जो मलाई एकोहोरो प्रेम गर्छे । #प्रदीप योङहाङ #यस्तो लाग्छ कहिलेकाहीँ बुवाको झिल्के कोट: मेरा बाको पुरानो एउटा नयाँ कोट छ त्यो पनि अस्ति भर्खर उनकै बिहेमा सिलाएको रे हजुरबुवाले पल्ला घरे काजीको बर्खदिन काममा पाको चारमाना धान दमाइले लगेर सिएको सिलाउँदा फुस्रो थियो रे उनलाई पिटिक्क मन परेको थिएन आजका दिनमा फुस्रो त्यो कोट रंगीन भैसकेको छ र त्योभन्दा प्रिय अरू उनको कुनै लुगा नै छैन । उनले आमालाई सिन्दुर लगाएर यही बाहुलामा पुछेका थिए । अभावको आँसुले यही कोट भिजेको छ र म आसाका सिक्काहरू त्यही कोटबाट झिक्ने गर्थें । उनका साथीभाइको भतेर उनका बाबुको अस्तु छोराको आची एक एक गर्दै सब यसैमा टाँसिएका छन् एक एक गर्दै इन्द्रेणीको सारा रंग भरिएका छन् एक एक गर्दै उमेरको ढंग भरिएका छन् । सायद त्यही भएर होला मैले उनको आँखामा पनि त्यही रंग देख्छु । र सहनु नपरेका त्यो सब सहेर सायद यही कोट अब सम्धीको फेटा कस्न अघि बढ्नेछ छोरालाई बेहुला बनाएर आकर्षक कोट भिराएर उनी दुलही लिन जानेछन् र जानेछन् सायद यही फुस्रो कोटमा उनी आफ्नै मलामी । #बुवाको झिल्के कोट #रुपक अधिकारी बालकृष्णको गजल: dav नोटैले कृति रचिने भए कहानी केका लागि हुन्न गलत हो जान्दाजान्दै मनोमानी केका लागि ? किन बनायौ हे दैव ! अलग अलग लिङ्ग तिमीले नजन्मी जीवन मासिन्छ भने जवानी केका लागि ? तिमी आफू हुँदा के बिग्रियो र सप्रियो धर्तीमा एउटा तिमीजस्तै थपिन्छ जलनी केका लागि ? मानव रहेनौ ए दानव, निष्ठुर, पापी तिमी सर्वश्रेष्ठ भनी आफैँलाई सलामी केका लागि ? जन्मसँग किन यत्ति घृणा ए मनुका सन्तती रुँदै रुँदै राम राम जप्दै मलामी केका लागि ? #बालकृष्ण अधिकारी म लुटेरा हुँ: तपाईँलाई लाग्यो होला गरिबी निमिट्यान्न पार्लान कार्यकालभित्रै सिंचाइ होला त्यो बाँझो खेतमा साना नानीबाबु प्रविधिसँग खेल्दै सिकाएका स्वाद लिन्छन् । हिलाम्मे बाटो पीच सडक हुनेछन् रोजगारीका निम्ति राहदानी बनाउने दिन जालान् चेलीबेटी निर्धक्क हिँड्न पाउलान् त्यसैले केही नसोची मलाई जितायौ । तिमीहरू जस्तो मुर्खलाई मुर्गा बनाएँ असन्तुष्टलाई ठेक्का पारिदिएँ म लुटेरा हुँ, म लुटिराख्छु अख्तियारले नसमाएसम्म । चप्पल पड्काएर हिजो पो हिँडियो आज सक्दिनँ फुक्क चिउरा र दालमोठ हिजो पो चपाइयो आज सक्दिनँ । किनभने आज त जनप्रतिनिधी हुँ तपाईंको प्यारो नेता तपाईंहरूकै दानापानीले बाँचिरहेको यो लुटेरा आज नि लुटिरहेको छु तपाईंको साथ पाएसम्म । सुरुवात आफँैबाट गर्ने हो त्यसैले घडेरी जोडेकै छु व्यापार बढेकै छ कालाबजारीको हेरम अब चै देश समृद्धि हुनेछ जब सहरमा मेरो नि घर हुनेछ बैंक मौज्दात रकममा वृद्धि हुनेछ । #भोला अस्तानी #म लुटेरा हुँ डम्बरको गीत: जसले तिमीसँग अरुको कुरा काट्छ उसले अरूसँग तिम्रो नि कुरा काट्छ । चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने कामले होइन, सधैँ गफैले पूरा गर्ने जसले तिमीसँग अरूको नाक काट्छ उसले अरूसँग तिम्रो नि नाक काट्छ । चाटूँ चाटूँ गर्ने सधैँ महझैँ कुरा मुखमा रामराम बगलीमा छुरा जसले तिमीसँग अरूको शीर काट्छ उसले अरूसँग तिम्रो नि शीर काट्छ । #डम्बरको गीत उमेशको गजल: तिमी छौ समय पनि आजकाल खास छ हरपल लाग्छ सब चीज यहँ आसपास छ ।। सम्झौता नगरेको को होला र यो दुँनियामा नव विबाहित जोडीको पनि मलमास छ ।। तोडिने जोडिने त नियती नै हो समयको अझै पनि लाग्छ यो मनलाई तिम्रै नै आस छ ।। सरकार देखाउँछ मलाई सुकुम्बासी ढड्डामा मेरो पनि टाउको लुकाउने ठूलो आकाश छ ।। कसैले दुखाएर दुख्ने दिल कहाँ होर यो मिलेपछि मनमा मन यो रात पनि झकास छ ।। #उमेशको गजल #उमेशजंग रायमाझी मानव र मानवता: मानव नै हुन् संसारलाई सुन्दर रूपमा प्रस्तुत गर्ने मानव नै हुन् मानवताको गुण असल रूपमा प्रस्तुत गर्ने मानवता नै हो जसले हामीलाई अरू प्राणीभन्दा भिन्न बनाउँछ यही मानवता नै हो जसले हामीलाई हाम्रो पहिचान दिलाउँछ । खै ! त त्यो मानवता जब भोकोको पेट भर्न सकिन्न खै ! त त्यो मानवता जब नाङ्गोको लाज ढाक्न सकिन्न कसैको चित्त दुखाउन कहाँ पाइन्छ र यति उच्च स्थानमा बसेर पशु भनि हात उठाउन कहाँ पाइन्छ र मानवको ताज शीरमा बोकेर । प्रतिकूल भाव त्यागी अनुकूललाई अगाल्न सके ! मानव र मानवबीचको सम्बन्धलाई सुमधुर बनाउन सके ! के हुँदैन थियो होला यो संसार सुन्दरमय के हुँदैन थियो होलान् प्रकृति र अरू प्राणी आनन्दमय । धन्य छ तिनका जीवन जो मानवताको अर्थ सामार गर्न जुटेका छन् धन्य छ तिनका जीवन जो मानवको लागि अहोरात्र खटेका छन् म पनि यसो बाटो खोजिरहेको छु ती हातलाई चुम्ने कलमको साहारा लिएर मानव हितमा विश्व ब्रह्माण्ड घुम्ने । #प्रियांकुश गौतम #मानव र मानवता आउने र जानेहरू: कोही ऋणमा डुबेर आए कोहि पार्टी दिएर आए कोही गोठालो छोडेर आए कोही सपिङ गरेर आए । कोही बाआमासँग रुँदै चढे कोही इष्टमित्रसँग हाँस्दै चढे कोही तातो आँगन ढोग्दै चढे कोही रंगिन ध्वजाले सजिदै चढे । कोही महँगो ब्याज गनेर उडे कोही फर्कन नपरोस् भनेर उडे कोही मर्न नपरोस् भनेर उडे कोही नक्कली जोडि बनेर उडे कोही अपांग भएर फर्के कोही धनाढ्य बनेर फर्के कोही बाकसमा सुतेर फर्के कोही दागबत्ती दिएर उतै फर्के । #आउने र जानेहरू #मनिष प्रजा नवपुस्ता: कोही हिलो र माटोसँग प्रेम साट्दै, कोही ऐना हेरी मुस्कुराउँदै: लक्ष्मी गौली: “लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ” म एउटा मार्क्सवादी विद्यार्थी । लकडाउनले मलाई श्रम र उत्पादनसँग जोडेपछि धेरै नयाँ कुराहरूको अनुभूति गर्न पाएँ । हरेक कुरालाई भिन्न दृष्टिकोणले हेर्दै आलोचनात्मक अध्ययन रुचाउने भएकोले यो देशको सुन्दरतामाथि पनि आलोचनात्मक भएर सोच्ने एउटा सन्दर्भ यही लकडाउनले जुरायो । घर छोडेर बिर्तामोड बस्न थालेको पनि पाँच वर्ष भैसकेछ । दशैँ-तिहारमा पन्ध्र-पन्ध्र दिन त गाउँतिर आएर पनि बसेकै हो, तर यतिका लामो समय गाउँमा बसेको चाहिँ पाँच वर्षमा पहिलोपटक नै होला । सयौँ वर्षमा एकपटक आउने महामारीले मलाई पनि पाँचौं वर्षमा एकपटक सयौँ दिनसम्म गाउँमा बसाइदियो । समग्र देश लकडाउन भएर आफू गाउँमा बस्दैगर्दा मेरो मनमा एउटा कुरा खेल्यो, एकपटक एक जना अर्थमन्त्रीले सदनमा बजेट भाषणको बेला भनेका थिए, “देशलाई सहरी मोडलको विकासमा अगाडि लाने ।” जब महामारी आएर संसार घरभित्रै थुनिन र भोकभोकै बस्न बाध्य भयो, त्यतिबेला पनि गाउँमा लकडाउनले त्यत्रो ठूलो असर भने गरेन । मेलापात, घाँस-दाउरा, जमघट, भेटघाट सबै चलिरह्यो | अलिकति पनि कमी आएन । टाढा गएर काम गर्ने मजदुरहरूलाई केही गाह्रो भए पनि आपसी सर-सहयोगले उनीहरूलाई पुग्दो सहयोग भयो । मलाई पनि के लाग्यो भने, यो देशमा सहरी मोडलको हैन गाउँले मोडलको दिगो विकास चाहिएको छ । गाउँमा भातृत्व छ, एकअर्कामा स्नेह छ र सुरक्षित छ र नजिकैको जंगलको चिसो वातावरण पनि । गाउँमा हुँदा सबैभन्दा नजिक श्रम र उत्पादनसँग भइँदोरहेछ । ठ्याक्कै मकै गोड्ने बेलामा लकडाउन भएछ । गाउँ पुग्नासाथ हतियार बोकेर युद्धमैदानमा उत्रनै पर्यो । कृषिसँग नजिक भैइयो । गाउँमा दलाल पूँजीको उत्पादन सहरभन्दा धेरै कम हुन्छ । त्यहाँ पार्क देखाएर पैसा असुल्ने काम हुँदैन, पाठोलाई बोको बनाएर बेच्ने काम हुन्छ । त्यहाँ पारिको सामान १० मा ल्याएर २० मा बेच्ने काम हुँदैन, त्यहाँ त दाना रोपेर घोगा उत्पादन गरिन्छ । यो नै सही मानेमा उत्पादन हो जस्तो लाग्छ । लक्ष्मी गौली म आफैँमा एक मार्क्सवादी भएको कारणले श्रम र उत्पादनसँग यसरी जोडिन पाउँदा हर्षित छु । लकडाउनभरिमा दुइ-चार केजी बोसो त पसिनै भएर निस्किएछ । सानैदेखि घरमा खासै काम गरिनँ । बुबाआमाले ‘खुरुखुरु पढ, यो काम गर्ने काम नै हैन’ भनेर हुर्किएँ । आफूले पनि धेरै दु:ख गरेको कारणले सायद यही क्षेत्रमा छोराले काम नगरोस् भन्ने ध्येयले बुबाआमाले सधैँ यो क्षेत्रबाट टाढै राख्नुभयो । जब मौकाले कृषिसँग नजिक बनायो, किसानको वास्तविक समस्या आफैँले भोग्ने मौका मिल्यो । थोरै उत्पादनका लागि अत्याधिक धेरै श्रम र अहोरात्र खट्नुपर्ने अवस्था, रासायनिक मल कतै पनि नपाउँदा उत्पादन सबै माटोमै मिल्छ कि भन्ने चिन्ता अनि फौजी किरासँगको घमासान लडाइँ । यी सब समस्याहरूका बाबजुद बिरुवामा घोगा लाग्दा आफ्नै बच्चा हुर्किएजत्तिकै खुसी लाग्ने रहेछ । सायद यही भएर पनि होला, जति दु:ख गर्नु परे पनि गाउँमा मानिसहरू खुसी नै हुन्छन । खुसी भए पनि सन्तुष्टचाहिँ सायद हुँदैनन् । आफैँ त्यस क्षेत्रमा पसेर हिसाबकिताब गर्दा श्रमको तुलनामा उत्पादन निकै कम हुँदोरहेछ भन्ने लाग्यो । मकै-धान सारै अनुत्पादक लागेपछि सुपारीको बीउ लिन रोङ २, इलाम पुगियो । मेनरोडमा साधन राखेर निकै तलसम्म हिँड्नुपर्ने रहेछ । निकै शितल ठाउँ, हावा पनि चिसो चलिरहने । एक्लै थिएँ, अनायसै मुखबाट फुत्किहालेछ- फकिङ ब्युटिफुल यार ! ओरालो बाटो निकै मज्जा आयो हिँड्न । बाटोमा मोबाइलमा त्यहाँको सुन्दरता क्याप्चर गर्न खोजेँ, कुनै फोटा चित्त बुझेनन् । हुन पनि चिसो हावाले शरीरमा उमारेका काँडा फोटोहरूमा कैद हुने कुरै भएन, न त्यहाँको तापक्रम नै । केही समय ओरालो हिँडेपछि बीउ बेच्ने घरमा पुगियो । ड्याम्म आँगनभरि राता-राता सुपारीका दाना लडेका थिए । ठूला ठूला दाना, त्यहाँको माटो नै सुपारी उमार्न लालायित रहन्छन् जस्ता । छेउमा एक जना बूढा हजुरबा बूढो तराजु बोकेर ‘चार चार …, पाँच पाँच ….’ भन्दै तौलिएको सुपारीको गन्ती नभुल्ने प्रयास गर्दै थिए । आफ्नो पालो पर्खिनै पर्यो । पालो पर्खिएर मोलतोल गरेर ४० केजी सुपारी लिएर म त्यही बाटो फर्किएँ । लकडाउनले भारी त मनका मन बोकाएकै हो, तर ठाडो उकालोमा त्यत्रो भारीले त ‘ऐं ऐँ’ पारिहाल्यो । अघि खुसीले गदगद हुँदै, ‘फकिङ ब्युटिफुल यार’, अब ब्युटिफुल लागेन । तर केही गम्भीर कुराहरू मेरो मनमा उब्जिरह्यो; १) हामीले पहाडी क्षेत्र सुन्दर, चीसो, हरियो भनेर गीत गाइरहदा कतै त्यस क्षेत्रको संघर्षलाई पनि त्यही गीतमै उडाइरहेका पो छौ कि ? २) टाढाबाट हेर्दा हिमाल निकै सुन्दर लाग्छन्, यस बारेमा धेरै कविता, गीत लेखिएका छन् तर जुन दु:ख त्यस क्षेत्रका बासिन्दाले भोग्छन्, त्यसको साहित्यचाहिँ यथार्थवादी साहित्य हैन र ? के त्यस्तो कतै लेखियो ? ३) डाँडाकाँडा, पहाडपर्वत हामीलाई निकै सुन्दर लाग्ला तर यो सुन्दरताको भजन गाउँदा त्यही पाखाका गगनचुम्बी रूखमा चढेर घाँस काट्ने दिदीबहिनीको संघर्षलाई नजरअन्दाज त गर्दै छैनौँ ? ४) हाम्रो बालापन त ‘यो देश यति सुन्दर उति विशाल’ भनेरै गयो, तर मधेसमा आफ्नो खेतभन्दा बाहिर कहिले पनि जान नपाएको किसानलाई पनि यो देश उति नै सुन्दर त्यति नै विशाल लाग्दो हो ? ५) यो देश क्यामेरा बोकेर फोटो खिच्न हिंडेकाहरूको लागि मात्रै सुन्दर हो कि भारी बोकेर जिन्दगी चलाउन हिंडेकाहरूको लागि पनि सुन्दर हो ? ६) यो देश कसरी सबैका लागि सुन्दर हुन्छ होला ? ठाउँठाउँमा भ्युटावर, पार्क बनाएर कि हरेक क्षेत्रमा मोटरबाटो पुर्याएर ? बाग्लुङकी एउटा विद्यार्थीले पार्क बनाउँदा यो देश सुन्दर देख्लिन् कि तुइनको ठाउँमा पुल आइदिँदा सुन्दर देख्लिन् ? अन्तिममा एउटा गीतको दुई लाइन लेखिहालौँ, “बसाइँ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँदछ, लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ |” दुर्गा जोशी: “मुस्कुराउदै ऐना हेर्नूस् , संसारकै सुन्दर अनुहार भेटिन्छ” दुर्गा जोशी साँझ पर्न थालेपछि, “ओहो ! आजको दिन यसै खेर गयो”, भन्ने लाग्न थालेको पनि तीन महिना भन्दा बढी भैसकेछ । हुन त लकडाउन अवधिमा मैले मेरो काम, अध्ययन र जिम्मेवारीलाई घट्न दिएकी छैन । सुरुवाती दिनमा जस्तो अचेल कोराेनाको त्रास मात्र छैन, एकातिर भोक, तनाव, अभाव र अर्कोतिर हत्या, आत्महत्या, बलात्कारका डरलाग्दा रूपले खुब त्रसित बनाउँछ । अनि जिन्दगीको झन् झन् माया लाग्छ । सोच्ने गर्छु, मान्छे अरूलाई जलाउनका लागि आफू सलाईको काँटी बनेर सिद्धिन किन तयार हुन्छ होला ? के आवेशमा आएको बेला बा-आमाको माया लाग्दैन होला ? पत्थरको रूपमा त भगवान छन् नि ! मान्छेका मन कसरी पत्थर भएका होलान् ? अचेल मनका यस्तै प्रश्नहरू सुन्ने समयको अभाव छैन मलाई । मनलाई समय दिएकी छु, मन खुसी छ । उसो त चामलका दाना र झुलका प्वालहरू गन्नु नपरेकोमा म पनि खुसी छु । गाउँको माटोसँग जिस्किन नपाएको पीडा मुटुमै छ । साथीहरूले काचो आँप, हरिया काँक्रा, ऐँसेलु ,काफल खाँदै गरेका तस्बिरले मन झन् लोभ्याउँछ । साहित्य मन पराउने मान्छे, साहित्यिक कार्यक्रमका लाइभ छुट्टाउनु परेको छैन । पुस्तक पढ्दा शब्द भित्रै हराएर, मुभी हेर्दा पात्रसँगै दाँजिएर जीवन र वास्तविकता बुझ्ने अवसर पाएकी छु । यो लकडाउनको अर्को उपलब्धि भनेको मेरा पुराना साथीहरूसँगको भेट पनि हो । अचेल मेसेन्जरभरि गाउँ छदाँका, बजारका डुल्दाका ,स्कुल पढ्दाका, कलेजमा रमाउँदाका, जागिर खाँदाका साथीहरूसँग फरक फरक ग्रुपमा मीठामीठा कुरा साट्न सिकिएको छ । बेला-बेला कोठाका चार भित्ता देखेर आँखा र मन अघाउँछ, भोको रहनेभनेको त पेट मात्र हो । दिन बिराएर अफिस जान थालिसकेकी छु । अचेल पहिले जसरी शनिबार पर्खिनु त पर्दैन, तर रमाउनलाई संसार उज्यालो हुनुपर्दो रहेछ । शनिबारमा रमाइलो होइन, बिदा मात्र हुन्छ भन्ने बुझ्न थालेकी छु । खुसी हुनलाई संसारै जित्नु पर्दैन, लुडो खेल्दा जितेर होस् या इन्टरनेट राम्रो चलेर होस्, बिहान अबेरसम्म निदाउन पाएर होस् या मेसेन्जरमा कसैको मेसेज देखेर होस्, खुसी हुन अलिकति पनि बिर्सिएकी छैन । भोलि सुन्दर छ भन्ने विश्वास मनभरि जोडेकी छु । सन्तुष्ट बन्न सके रहर खोज्दै भौतारिनु पर्दैन । कामहरू अपुरा रहेका होलान्, जिन्दगी पूरा बाँकी छ । कोही पनि मनमा पीडा नलुकाउनूस् बरु आँसुलाई बग्न दिनूस् | तर आँसुमा आफूलाई नबगाउनूस् । मुस्कुराउदै ऐना हेर्नूस्, संसारकै सुन्दर अनुहार भेटिन्छ । आउनूस्, सबै मिलेर एकपटक विश्वशान्तिको कामना गरौं । मनोज मुस्किल: “कविता मबाट र म कविताबाट कहिल्यै पृथक् रहन सक्दैन ।” मनोज मुस्किल लकडाउन अनुभूतिमा माटोको कविता यो प्रकृति, यो समय, यो ब्रह्माण्ड सयोँगहरूको संयोगपुन्ज हो । वास्तवमा संयोगहरू सुन्दर हुन्छन् । यादगार हुन्छ्न् । अभूतपूर्व हुन्छन् । भूतपूर्व प्रेमिकालाई वर्षौँपछि पहिलोपटक भेट भएको ठाउँमा संयोगवश भेट हुनुजस्तै सुन्दर हुन्छ्न् । पहिलोपल्ट मुस्कुराएको बच्चाको मुस्कानजस्तो सुन्दर हुन्छन् । कुनै कविले आफ्नो आमाको बर्णनमा दिएको उपमा जस्तो सुन्दर हुन्छ्न् । यस्तै संयोगले लक डाउन हुनुभन्दा केही दिनअघि घर आइपुगेको थिएँ । आरम्भ: एउटा मुस्कान आँखादेखि ओठसम्म माताजी गोबरले भान्सा-आँगन लिप्नुहुँदै थियो। घर-आँगन माताजीको अनुहारको उज्यालोले उज्यालो भयो । एसएलसी दिएपश्चात् दशैँ-तिहारबाहेक घरको बसाई कमै हुन्थ्यो । त्यसमा पनि घरै कहिले नबस्ने म । कता कता डुलिहिँड्नु पर्ने । एकपटक माताजीले “तँलाई त घरै आउन मन लाग्दैन छोरो, हामीलाई माया गर्दैनस् तैलें” सम्म भन्नू भएको थियो । एकान्तमा खुब रोएको थिएँ । दिदीहरूले “मेरो भाइ त सारै निस्ठुरी छ” भनेको हो कि हो कि जस्तो भएको थियो । ब्याचलर सकेर केही समय घर बस्छु सोचेको थिएँ । एक-दुई दिनमै काठमाडौं जानुपर्यो । माताजीको आँखाले चुप लागेर केही त पक्कै भनिरहेका थिए । योपटक मलाई घर बस्न मन थियो, मैले भनिन् । “योपटक चाहिँ अलि दिन बसेर जानू है ! समय पनि ठीक छैन,” माताजीले भन्नुभयो । संयोगवश लक डाउन भयो । फेरि लाग्यो संयोगहरू सुन्दर हुन्छन् । तर लक डाउनको समय बित्न सकस हुँदै गयो । एक-दुई दिन त बस्छु भनेर राखेका केही कविता, कथा र उपन्यासका पुस्तक हतारमा नलिई आएकोमा पश्चताप पनि भैइरह्यो । पछि वेबसिरिज र मूभी हेरेर दिन बित्न थाल्यो । केही राम्रा र साथीहरूले सजेस्ट गर्नुभएका हेरिभ्याए । सबैभन्दा कम हेरेको ‘हरर्र’ जनराको सेरिज/ मूभी राती १/२ बजेसम्म तर्सिनेगरी हेर्नभ्याए । मन हर हर भएर आयो । लक डाउन हरर्रमय भयो । मध्य-अन्त: असारे कविता कविता नेलेखेको पनि वर्ष दिन बढी भएको रहेछ । यसमा मेरो आफ्नै निजि कारणहरू छन्, पछि कतै लेखौँला । तर कविता मबाट र म कविताबाट कहिल्यै पृथक् रहन सक्दैन । यसपटकको मेरो कविता अनुभव अलि फरक रह्यो । मनभरि गाउँको कविता बसेको थियो । छातीभरि माटोको कविताले उभार हाल्यो । हृदय झरीको कविताले कुत्कुत्यायो । आमाको ममताजस्तो अर्ग्यानिक केही तत्त्वबोधले मेरो कविताको मुटु सुम्सुम्यायो । साँच्चै भन्नुपर्दा यस बीचमा मेरो जर्जर कवि हृदय केही सलबलाएको महसुस गरेँ । वर्षौँपछि माटोको सुगन्धले नाकबाट सेन्स अफ स्मेल लिएर मस्तिष्कसम्म जाने स्नायुको जाम कतै खुले जस्तो भयो। गाउँको अर्ग्यानिक लिची, आँप, किम्बु, जामुनले जिब्रोको स्वाद फेर्यो । आँखाले गाउँको सुन्दर कविताहरू देख्यो । हृदय वर्षौपछि गाउँ हुँदाको उस्तै/फरक अनुभूतिले पुलकित भयो। सबैभन्दा संयोग र मेरो लागि हर्षको कुरा यसपटक म माटोसँग जोडिन पाएँ। खेतीमा माताजी-पिताजीको मीठो-तीतो अनुभूतिबाट छामिन पाएँ। झरीले टिनको छानामा लेखेको गीतको अन्तरामा गुनगुनाउन पाएँ । कोदालोले आली तास्दा पानीमा बजेको छप्लक्क आवाज हिँड्दा कोही चिनेको आवाजले आवाज दिए जस्तो मीठो थियो । बिउ काड्दा बिउले माटो छोड्नु पर्दाको चरक्क आवाज, पहिलोपटक प्रेम पत्र च्यातिदाको जस्तो पीडामय थियो । खेतमा पजाइसकेपछि उही बीउ वर्षौँपछि ‘मूभ अन’ भए जसरी हाँसिरहेजस्तो देखिन्थ्यो । मलाई यो सब एउटा सुन्दर कविताभन्दा कम लागेन । काम गरिसकेपछिको अनुभव अझ वर्णनातीत छ । थाकेको शरीरले दिने मिठास कस्तो सुन्दर ! मन्द-मन्द दुखाइ, हल्का-हल्का आहट कति मिठो ! माताजीले हात्केलाभरि तोरीको तेल लगाएर गर्दिनुभएको मालिस, त्यो ममता, त्यो सामीप्य, त्यो प्रेम मेरो लागि अनन्त छ । त्यो छटपटी कविता लेख्न बस्दाको भाव, आवेग र लेख्न नसक्दाको छटपटी जस्तै मिठो । त्यो दुखाइ निको हुन लागेको घाउ हल्का चिमोटेर दुखाइरहँदाको जस्तो मिठो । खासमा त्यो दुखाइ कुनै वियोगान्त कविले आफ्नो प्रेमको लागि लेखेको अन्तिम कविताभन्दा पनि सुन्दर थियो । #दुर्गा जोशी #नवपुस्ता #मनोज मुस्किल #लक्ष्मी गौली ईश्वरसँग माफी: भगवान् ! तिम्रै आँखाअगाडि पुजारीले बहिनीको चरित्र हत्या गरिदिँदा । तिम्रै चर्च छेउमा नाङ्गो शरिरमा धर्म ग्रन्थका ठेलीहरू लेखेर सानो लुगा च्यातेर शासकहरूले मुख पुछ्ने रुमाल बनाउँदा । मस्जिदमा गएर प्रदेशिको दुवा माग्दा तिम्रो आकाशवाणी सुनेर घर पुग्ने हतारमा प्राण उतै बिर्सेर पति फर्किँदा । मलाई लाग्यो तिमी आँखा नदेख्ने छौ । कान नसुन्ने छौ । तर अफसोच् ! शताब्दीऔँ अघि सतीघाटमा सतीको चिच्च्याहट सुन्न नसकेर तिमी त पृथ्वीबाटै अन्तरध्यान भइसकेका रहेछौ । अचेल ! हात थामिदिने बुवा पैतालामुनि हत्केला राखिदिने आमा र आमाबुबा नै भगवान् हुन् भनेर सिकाएका गुरुलाई भगवान् मान्दै आएको छु । मलाई माफ गरिदिनू एउटा चिल्लो ढुङ्गामा फूल चढाएर मैले तिम्रो पूजा गर्न सकिनँ । #ईश्वरसँग माफी #माधव पौडेल विवादास्पद कम्पनीले ल्यायो नयाँ प्रकाशक: डाना कनेडी द न्युयोर्क टाइम्स पत्रिकामा २० वर्षभन्दा बढी समय पत्रकारका रूपमा काम गरिसकेकी तथा पुलित्जर प्राइज वितरक संस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी डाना कनेडी विवादास्पद पुस्तकहरू निकालेर कुस्त कमाउने संस्था सिमोन एन्ड सुस्टरको प्रकाशकका रूपमा नियुक्त भएकी छन् । गएको सोमबार सिमोन एन्ड सुस्टरले उनलाई सिनियर भाइस प्रेसिडेन्ड तथा प्रकाशकको रूपमा नियुक्त गरेको घोषणा गरेको हो । पुस्तक प्रकाशनको काममा उनको पद सबैभन्दा ठूलो जिम्मेवारीका रूपमा लिइन्छ । ५५ वर्षीया कनेडीले २०१७ यता पुलित्जर प्राइजको प्रशासकीय कार्य हेर्दै आइरहेकी थिइन्। सोअघि उनले २० वर्ष द न्यु योर्क टाइम्समा पत्रकारका रूपमा विभिन्न विभागका समाचार लेख्दै र सम्पादन गर्दै आएकी थिइन्। उनले व्यापार, राजनीति र समाजका समाचार लेख्ने तथा सम्पादन गर्ने गरेकी थिइन्। २००१ मा उनले हाउ रेस इज लिभ्ड इन अमेरिका समाचारमा संयुक्त रूपमा पुलित्जर प्राइजसमेत पाएकी थिइन्। यसअघि कहिल्यै कुनै पुस्तक प्रकाशकसँग काम नगरेकी उनले ‘अ जर्नल फर जोर्डन’ नामक पुस्तक प्रकाशन गरेकी छन्। उनको सो पुस्तकमाथि कलाकार डिन्जेल वासिङ्टनले निर्देशन गर्ने गरी सोही नामको फिल्म बनाउने सम्झौता समेत भएकी छ। उनी यो फिल्मको निर्माताका रूपमा सहभागी हुने समेत जनाइएको छ। फिल्म यही भदौ महिनाबाट सुटिङमा जाने निश्चित भएको छ। आउँदो जुलाई २७ बाट उनले सिमोन एन्ड सुस्टरमा हाजिर गर्नेछिन्। आफ्नो ओछ्यानको एउटा कुनामा कहिल्यै पनि किताबहरू राख्न नटुटाउने र हरेक रात केही न केही पढ्ने बानी बसालेकी कनेडीका १४ वर्षे छोरा छन्। सिमोन एन्ड सुस्टरका प्रमुख कार्यकारी जोनाथन कार्पले उनको कार्यकाल कम्पनीका लागि नयाँ लेखक ल्याउन, तिनलाई हुर्काइबढाइ गर्न निकै फलदायी हुने अपेक्षा व्यक्त गरेका छन्। दुई वर्षअघि कार्पले कनेडीलाई कम्पनीमा ल्याउन निकै जोडबल गरेका थिए तर त्यो बेला उनी पुलित्जर प्राइजमा छिरेको एक वर्ष मात्र भएको थियो। यति छिटै पुलित्जर छाड्न असमर्थ भएको जनाउँदै त्यो बेला उनले कार्पको प्रस्तावलाई अस्वीकार गरेकी थिइन्। यतिबेला भने उनी आफू मानसिक रूपमा तयार भएको बताउनेबित्तिकै उनी सिमोन एन्ड सुस्टरको प्रकाशकका रूपमा भित्र्याइएका बारे कम्पनीले घोषणा गरेको हो। उनको ठाउँमा यसअघि क्यारोलिन रेइडी थिइन्, जसको गएको मे १२, २०२० मा ७२ वर्षको उमेरमा निधन भएको थियो। त्यो बेला कार्पलाई प्रमुख कार्यकारीका रूपमा भर्खरै भित्र्याइने भनी घोषणा गरिएको थियो। क्यारोलिनको निधन लगत्तै कार्पले इमेल गरी कनेडीलाई प्रकाशकका रूपमा काम गर्न अनुरोधका साथ इमेल गरेका थिए। यससँगै सिमोन एन्ड सुस्टरमा उपल्लो तहमा पुग्ने तेस्रो महिला बनेकी छन् भने यस्तो प्रमुख पदमा आसिन हुने पहिलो काला जातिकी महिला बन्न पुगेकी छन्। Dana Canedy announces 2019 Pulitzer winners at a ceremony in New York. “ब्ल्याक लाइभ्स म्याटरको आन्दोलन चलिरहेका बेला संसारलाई देखाउन लायक अनुहार खोजी हुनु र म फेला पर्नु निकै राम्रो संयोग बन्न पुगेको छ,” कनेडीले द न्यु योर्क टाइम्ससँग भनेकी छन्, “कार्पले एउटी काला जातिकी महिलाका रूपमा मात्र मलाई छानेको भए म यो पद अस्वीकार गर्थें।” कार्पले कनेडीलाई प्रकाशन संसारको अनुभव नभए पनि पुरस्कार कस्ता किताबलाई दिनुपर्छ भन्ने अनुभव भएका कारण उनलाई कम्पनीमा ल्याइएको बताए। उनलाई लेखकका आवश्यकता बोध भएका कारण पनि ल्याइएको धारणा राखे किनभने पछिल्लो समय राम्रा लेखकलाई अड्याउन निकै गाह्रो छ। यस्तो अवस्थामा लेखकसँग राम्रो सम्बन्ध बनाउने र टिकाउने व्यक्तिको खाँचो पनि उत्तिकै रहेको कार्पको भनाइ छ। सिमोन एन्ड सुस्टरले पछिल्लो समय ट्रम्प प्रशासनसँग जोरी खोज्ने पुस्तकको बाढी नै ल्याएको छ। अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पको जीवनी वासिङ्टन पोस्टकी पत्रकार मेरी जोर्डनले लेखेको ‘द आर्ट अफ हर डिल’, जोन बोल्डनको ‘द रूम ह्वेयर इट ह्यापेन्ड’ र राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी मेरी लि ट्रम्पको ‘टु मच एन्ड नेभर इनफ’का पुस्तक यतिबेला विवाद र चर्चा दुवैमा छन्। ह्वाइट हाउसले त ‘टु मच एन्ड नेभर इनफ’को प्रकाशन रोक्न निकै प्रयास गरिरहेको छ। ट्रम्प प्रशासनको यस्तो हर्कत भन्दै प्रकाशकले नियमित भन्दा चाँडै नै सो पुस्तक बजारमा ल्याउने तयारी पूरा गरेको छ। आफू आउनेबित्तिकै बजारमा ल्याउन लागिएको टु मच एन्ड नेभर इनफ पुस्तकप्रति धारणा राख्दै कनेडीले भनिन्, ‘सिमोन एन्ड सुस्टरले राजनीतिक पुस्तकमा बढी नै जोड दिएको छ र समय हेर्दा पनि यो निकै महत्त्वपूर्ण कार्य हो भन्ने मलाई लाग्छ।’ सिमोन एन्ड सुस्टर अमेरिकाको मिडिया कम्पनी भियाकम सिबिएसको एउटा अंग हो। तर भियाकमले आफू प्रशारण उद्योगमा मात्र केन्द्रित रहने प्रयासस्वरूप यो कम्पनीलाई बेच्न खोजिरहेको छ। महामारीअघि कम्पनी बेच्ने अन्तिम तयारी भइरहेको भए पनि यसबारे अहिले खासै प्रक्रिया अघि बढेको छैन। भियाकम सिबिएसले आफूलाई खेलकुदका कन्टेन्टलाई जोड दिने बताउँदै आएको छ। #द न्युयोर्क टाइम्स #पुलित्जर प्राइज #सिमोन एन्ड सुस्टर मानवताको डोरी: खै ! कहाँनेर चुँडियो मानवताको डोरी ? तिम्रो आँखामा देख्दिँन म त्यही प्रेमको फूल जुन वर्षौँ पहिले फुलेको थियो । तिम्रो हातमा पाउँदिनँ म त्यही न्यानोपन जुन मेरै रक्षाका लागि खटिन्थे । अनि सुन्दिनँ म तिम्रो आवाजमा त्यही शब्द जसले प्रेमको भाव बोकेर आउँथे । ए ! मानिस कति निरीह भयौ तिमी त्यही ढुङ्गाको मूर्तिजस्तै जो सुन्दैन अनाथको पुकार र नारीको चित्कार । ऊ त नसुनेर बोल्दैन अनि तिमी सुनेर पनि बोल्दैनौ र बुझेर पनि बुझ्दैनौ एउटी आमाको खोसिएको सिन्दुरको भाव एउटी नारीको अस्मितामाथिको दाग अनि एउटी नाबालिकाको अधिकार । ईश्वरले त तिमीलाई सबै गुण दिएथे ता कि तिम्रा आँखाले न्याय गरुन् तिम्रा ओठ सत्यका लागि बोलुन् अनि तिम्रा हात रक्षाका लागि लडुन् । तर आज, त्यही सुन्दर देख्ने आँखाले सबै उजाड पारिदिए ती ओठ सत्य बोल्न डगमगाए अनि तिम्रा हात कुबाटो तिर सल्बलाए । खै ! कहाँनेर चुँडियो मानवताको डोरी ? #मानवताको डोरी #सुष्मा पौडेल किसान: सबैलाई बचाउने,किसान हौ बढ तिमी मानो रोपी मुरी खन्ने, संसारका माली तिमी । श्रम गर्छन् किसान ती पसिना त्यो बगाई मलजल गरेर नै बढ्छन् हात समाई आलोपालो गरेर नी जुटेका छन् खेतमा गोडमेल गरीगरी पोखेका छन् श्रममा । मूल्य छैन किसानको न त बजार भाऊ राख्ने ठाउँ छैन तिनको दाउ खोज्छन् साहू झरी, वर्षा महामारी सबै तिनले खेप्छन् गाउँ समाज सबैतिर तिनैलाई हेप्छन् । सबैलाई बचाउने, किसान हौ बढ तिमी मानो रोपी मुरी खन्ने, संसारका माली तिमी । #किसान #नारायणप्रसाद न्यौपाने लाल सलाम: जब हामीले नमस्कार गरिरहेका थियौं कमरेड आएर लालसलाम गर्न सिकाएर गए । जब हामीले लालसलाम गरिरहेका थियौं कमरेड मन्त्री ! हामीतिर मुन्टो बङग्याएर नमस्कार गर्नेको लर्कोतिर हात खप्ट्याएर अभिवादन फर्काइरहेका थिए । मन्त्रालयमा नचल्ने मन्त्री क्वाटरमा नचल्ने त्यो तिमीले सिकाएको लालसलाम पार्टी कार्यालयमा आमसभामा भोट माग्न घरदैलोमा किन चलाउँछौ कमरेड ! लालसलाम सर्वहारालाई गिज्याउन उज्याईएको मुठी हो ? लालसलाम गरीब, दुखीलाई तर्साउने पहलमानको बक्सिङ हो ? लालसलाम जनताको शासनलाई कैद गर्ने निरंकुश मुठी हो ? #यकिना अगाध भर्चुअल समय चित्रकला प्रदर्शनी सम्पन्न: पोखरा / पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तेस्रो महिनाको तेस्रो शनिबार सञ्चालन गर्दैआएको समता कला कार्यशालामा “समय” चित्रकला प्रदर्शनी गरेको छ । पोखरेली युवा सांस्कृतिक परिवारको फेसबुक पेजबाट असार २५ गते ४ बजे लाइभमार्फत् कलाकारहरु चित्रकला प्रदर्शनी गरिएको संस्थाका कला संयोजक हेमकान्ती गुरुङले साहित्यपोस्टसँग बताइन् । कोभिड १९ को असर विश्वभर परिरहेको यस विषम परिस्थितिमा पनि संस्थाले आफ्नो नियमित कार्यक्रमलाइ भर्चुअल आर्टस् एक्जिबेसनमार्फत् गर्ने नयाँ जमर्को गरेको संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले बताए । “साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०४२ सालबाट ग्रामीण तत्स्थानीय कलायात्रा शुरु गरेको हो । वि.सं. २०६० सालबाट अनवरत रुपमा प्रत्येक तीन महिनाको तेश्रो शनिबार समता कला कार्यशाला आयोजना गर्दैआएको छ । “समय” भच्र्युल आर्टस् एक्जिबेसन चित्रकला प्रदर्शनीमा ३१ जना कलाकारको सिर्जना राखिएको थियो । कोषाध्यक्ष मोती भुजेलले साहित्यपोस्टसँग भने– सकेसम्म नयाँ प्रविधि अपनाएर यो प्रदर्शनी सम्पन्न गरेका छौँ । अग्रज र अनुजहरुका कला सिर्जना प्रदर्शनमा राखिएको छ । अनुजहरुले यो प्रर्दशनीबाट धेरै कुरा सिक्ने मौका मिल्नेछ । #चित्रकला प्रदर्शनी धार्मिक र पर्यटकीय स्थल रैथाने पोखरी, फोटो यात्रा: रैथाने पोखरी अनि रैथानेश्वर महादेव पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको प्रसिध्द धार्मिक तथा पर्यटकीय स्थल हो। काठमाडौंबाट साँखु, नाङ्लेभारे, मेलम्ची, तिपिनी, थाङपालधाप हुँदै रैथाने पोखरी लगभग ६० किमि टाढा छ र ५ देखि ६ घण्टाको यात्रामा त्यहाँ पुग्न सकिन्छ। काठमाडौंबाट लोकल बस, मोटरसाइकल, निजी सवारीसाधनमा कतै पक्की वा कतै कच्ची बाटो गरि यस स्थान पुग्न सकिन्छ। उपत्यकाको नजिक भेएका कारण हरेक सप्ताह अन्तका दिन यस स्थान गएर बोटिङ, फिसिङ तथा साइट सिइङको मज्जा लिन सकिन्छ। हरेक जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने भएका कारण वरपर गाउँ तथा अन्य स्थानका गरेर यस पोखरी र मन्दिर परिसरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ। महादेव यसै स्थान हुँदै मिरमिरे बिहानको समयमा पाँचपोखरी जानका लागि हिंडिरहनु भएका बेला अचानक खुट्टामा काँडा बिझेछ र ढुंगामा बसेर काँडा निकाल्ने क्रममा भाले बासे पछि अब मानिसहरु उठ्ने र आफूलाई देख्ने भन्ने डरले यस स्थानमा ढुंगा मुनि लुकेको भन्ने किम्वदन्तीका रहिरहेको छ। शिवजी बसेको सो ढुंगा अझै पनि त्यस स्थानमा देख्न सकिन्छ भने शिवजी लुकेको ठाउँमा मन्दिरको स्थापना भएको छ। परापूर्व कालमा त्यस पोखरीमा तीन वटा निकास थिए रे। एउटाबाट पानी, अर्कोबाट रगतजस्तो रातो पानी र अर्कोबाट दुध बग्ने गर्थ्यो रे, अहिले भने ३ वटै निकास देख्न पाइए पनि मुख्य एउटा निकाशबाट पानी नै बग्छ। साथै सोही पोखरीमा राँगाको जत्रो टाउको भएका नागहरु निस्किन्थे रे भन्ने सुन्न पाइन्छ। विभिन्न जातका साना तथा ठूला सर्पहरु भने अहिले पनि देख्न पाइन्छ। पाँचपोखरी दर्शन गरेर आसकेपछि त्यहाँको जल रैथाने पोखरीमा चढाउने चलन छ। पाँचपोखरी दर्शन गरिसकेपछि रैथाने पोखरी दर्शन गरेन भने यात्रा अधुरो रहन्छ र मागेका कुरा पुग्दैन भन्ने मान्यता छ। रैथाने पोखरी गइसकेपछि त्यस स्थान नजिक रहेका थाङपाल धाप, हाडिखोला, रैथाने भ्यु पोइन्ट, गुन्साकोट घुम्न जान पनि असाध्य रमणीय छ। रैथाने पोखरीको संरक्षण गर्दै आएको रैथाने मा. वि. सँग सहकार्य गरेर स्थानीय युवा यस पोखरीको संरक्षण र प्रचारमा लागिपरेका छन्। पोखरीको पानीको मूल त्यहीँ उत्पत्ति हुने र अन्तबाट कुनै पानी नमिस्सिने हुनाले, हरेक महिना पानीको स्तर यथावत् राख्न, स्थानीयहरुले नाजिकैको मूलबाट पाइपमा पानी ल्याएर पोखरीमा पानी भर्ने योजना बनाएका छन्। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस पोखरीको संरक्षण गर्नु हामी सबैको दायित्व हो। साथै धामी झाँक्रीमा आस्था राख्ने हरेक मानिसलाई यस स्थानको जनैपूर्णिमा मेला खास हुन सक्छ। #पाँचपोखरी #रैथाने पोखरी #विशाल हुमागाईँ सरकारका दर्जनौँ बेथितिको मारमा परेका जनताको प्रतिनिधि चिच्याहट- क्वारेन्टिन अभियान: सामाजिक सञ्जालमा सुरू भएको सरकारविरोधि ‘ क्वारेन्टिन कविता अभियान ‘ले गजललाई पनि ‘क्वारेन्टिन अभियान’को हिस्सा बनाइसकेको छ । क्वारेन्टाइनको पीडा देखाउन सुरू भएको सरकारविरोधि कविता/गजल अभियानमा देशका चर्चित कविहरू पनि जोडिन थालेका छन् । देशमा अनेक समस्या रहे पनि त्यो समाधान गर्न छाडेर नेताहरू सत्ताको साँघुरो खेलमा लागेको भन्दै उनीहरूले विरोध सुरू गरेका हुन् । यसलाई कविहरूले क्वारेन्टाइन कविता अभियान नाम दिएका छन्, यस्तै गजललाई जोडेर ‘क्वारेन्टिन गजल अभियान’ | प्रस्तुत छ, यसै अभियानलाई प्रतिनिधित्व गर्दै आउनुभएका नवपुस्ताका शक्तिशाली कविद्वय बाबु साहेब र नवीन प्यासी तथा गजलकार सीता थुलुङ सँग अभियान, आन्दोलन, कविता र गजलका सेरोफेरोमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेल ले गरेको कुराकानीको सम्पादित अंश; बाबू साहेबः “अभियानको माग सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो” बाबु साहेब १. क्वारेन्टिन कविता अभियान के हो ? प्रष्ट बुझाइदिनुहोस् न ! सरकारको अकर्मण्यता, कुर्सीको घिनलाग्दो अङ्गगणितिय चलखेल, विभेद, दमन, अर्थतन्त्रको उच्च गिरावट, भष्टचारको ऐतिहासिक संरक्षणजस्ता दर्जनौँ बेथितिहरूको मारमा परेका जनताहरूको प्रतिनिधि चिच्याहट हो- क्वारेन्टिन कविता अभियान । चिच्याहटको प्रतिनिधित्व कवि/लेखकहरूले आफ्नो कलममार्फत एकसाथ गरेका हौँ/गरिरहेका छौं । २. ‘ इनफ इज इनफ ‘ भन्दै केही समयअगाडि एउटा भीडले सडक तताएको थियो । अहिले ‘ क्वारेन्टिन कविता अभियान ‘ ले पनि त्यही ह्यासट्याग समाएको छ । यी दुई अभियानबीच केही सम्बन्ध छ ? कि यी दुवै अभियान एकै संयन्त्रबाट सञ्चालित छन् ? बुझ्नुपर्ने मुख्य कुरा चाहिँ , ‘इनफ इज इनफ’को ट्रेन्ड नेपालमा सडकमा निस्किएको भीडले मात्र समाएको होइन, आन्दोलनको एउटा विश्वव्यापी ट्रेन्ड हो । यो वाक्यांश १६ औं शताब्दीदेखि प्रयोग हुँदैआइरहेको छ | त्यसपछि यसको बृहत प्रयोग अमेरिकामा सन् १९६०, नारीवादी आन्दोलन र मानव अधिकारको माग गर्दा भएको हो । त्यसयता विश्वका धेरै सडक र संसदमा यसको प्रयोग भैसकेको छ । हजुरले सोध्नुभएको छ, नेपालमा सडकमा निस्किनेहरूसँग क्वारेन्टिन कविता अभियानको सम्बन्ध; हाम्रो स्पस्ट मत, क्वारेन्टिन कविता अभियान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसँग सम्बन्धित छ । र अभियान, अभियानकै उद्देश्यबाट सन्चालित छ । बाँकी रह्यो हामीले इनफ इज इनफको ट्रेन्ड किन समायौँ ? यसको सरल उत्तर, हामीलाई पनि अत्ति नै भएको हुँदा हामीले पनि ‘इनफ इज इनफ’ भनेका हौँ | क्वारेन्टिनमा जीवनजलसमेत नपाएर छट्पटाइरहेका राजु सदाको भिडियो हेरिरहँदा, विश्व स्वास्थ संगठनले रोक लगाएका औसधि र किटहरूको प्रयोग गरी जनताको स्वास्थसँग खेलबाड भैरहँदा, मेडिकल सामाग्रीको खरिदमा भएको करोडौं भष्टचारको समाचार पढिरहँदा, क्वारेन्टिनमा स्वास्थ्यकर्मीबाटै बलत्कृत भएकी नारीको वेदना सुनिरहँदा, महिनौँसम्म हिँडेर घर पुग्नुपर्ने मजदुरको अवस्था देखिरहँदा, “घर फर्किन देउ ” भनेर सिमामा भोक र रोकसँग लडिरहेका परदेशीको आलाप सुनिरहँदा र सरकार यस्ता दुर्घटनाबाट अमुकजस्तो बसिरहँदा पनि हामीलाई अत्ति हुँदैन भने हामीलाई अत्ति कहिले हुन्छ ? यस्ता दुर्घटनाहरूमा सरकारलाई सचेत बनाउनका लागि हामी बोल्दैनौं भने हामी कहिले बोल्ने ? समृद्धिको सपना देखाएको सरकारले विकृतिको संरक्षण गरिरहँदा पनि हामीले सरकारलाई प्रश्न गरेनौँ भने इतिहासले हामीमाथि प्रश्न गर्नेछ । त्यसैले हामीले पनि प्रश्नमाथिको अन्तराष्ट्रिय ट्रेन्ड समाउँदै प्रश्न गरेका हौँ । हामीलाई पनि अति भएको कारण हामीले पनि इनफ इज इनफ भनेका हौं । ३. ‘क्वारेन्टिन कविता’ अभियानको खास माग के हो ? अहिलेको सरकारको बर्हिगमन ? आरडीटी टेस्टलाई बन्द गर्ने निर्णयले सरकारले गरी नै सक्यो क्यारे ? पहिलो कुरा त अभियानको माग सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो । र स्पस्ट रूपमा हामी राजनीतिक लाभ वा हानीका निम्ति अभियानमा छैनौँ । देखिरहनुभएकै छ, सरकारको निर्माण वा बहिर्गमनमा त सत्तापक्षीयहरूकै बढी रस्साकस्सी छ । हामीले भनेको चाहिँ चाहे त्यो राम राज्य होस् चाहे भरत राज्य, शासनव्यवस्था जनताप्रति उत्तरदायी बन्नुपर्छ । जनताकै करले चलिरहेको राज्यव्यवस्था जनताका आधारभूत आवश्यकताको परिपुर्ति गर्ने जिम्मेवारीबाट पन्छिन मिल्दैन भन्ने हो । दोश्रो कुरा, सरकारले भनेका कुराहरू सबै पूरा भएका हुन्थे भने त हामी यतिखेर पानीजहाजको टिकट काटिरहेका हुन्थ्यौं, मोनोरेलमा यात्रा गरिरहेका हुन्थ्यौं, पाइपलाइनबाट ग्यास बालिरहेका हुन्थ्यौं, खाना लिएर सरकार कोठा कोठामा आइपुग्थ्यो, हावाबाट निकालेको बिजुली भारतलाई बेच्ने तयारीमा हुन्थ्यौं र दुनियाँ अचम्मित पर्नेगरि समृद्धिको राजमार्गमा हुन्थ्यौं । तर सरकारले त जनताको धरातल बिर्सेर सपनाका बेलुनहरू उडाउरहेछ | हजुरले उठाउनुभएको आरडीटी टेस्ट बन्द गर्ने निर्णय पनि यस्तै हो, गरेपछि सकिने निर्णय, संसदको रोस्टममा उभिएर प्रधानमन्त्रीले निर्णय गरिऊँ भन्दै सुनाउने र सांसदहरूले ताली ठोक्ने निर्णय । आरडीटीको टेस्ट अझै रोकिएको छैन । ४. यो अभियानमा ठूलो नामहरू पनि समर्थन छ , जस्तै रविन्द्र मिश्र । यसलाई कसरी बुझ्ने ? यो अभियानको बिर्सजन कहाँ गएर हुन्छ ? यो ठूलो नाम भन्ने हाम्रो चलनचाहिँ म आफूलाई अफ्ट्यारो जस्तो लाग्छ । खास अभियानमा को जोडियो भन्दा पनि जोडिएको मान्छेले अभियानलाई आफ्नो रुचि वा फाइदाका लागि प्रयोग गर्यो अथवा अभियानको मर्मलाई बुझेर अभियानमा हातेमालो गर्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । हजुरले नाम लिनुभएको व्यक्तिलगायत अन्य थुप्रै व्यक्ति अभियानमा आउँदा आफ्नो राजनैतिक र सामाजिक अवस्थाका कारण नभएर एउटा सर्जकको रूपमा नै आउनुभएको हो । साथसाथै हजुरले अभियानको बिसर्जनको कुरा उठाउनुभएको छ, यस्ता अभियानचाहिँ बिसर्जन हुने अभियान होइनन् । समयअनुकूलका आधारभूत आवश्यकता परिपुर्तिको लागि सरकारलाई झक्झक्याई रहनु, बेथितिहरूविरुद्द प्रश्न गरिरहनु, शासनव्यवस्थालाई जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन सहयोग गर्ने यस्ता अभियान जुनसुकै सरकार र जुनसुकै समयमा पनि आवश्यक छन् | र हामीले यो अभिभारा कलममार्फत बोकिरहने छौं । सुरुआत क्वारेन्टिन कविताबाट गर्\u200dयौं । तर, यसमा हामी साहित्यका विभिन्न विधालाई जोडेर अघि बढ्ने पक्षमा छौं । जस्तै अहिले ‘क्वारेन्टिन गजल’ गरिरहेका छौं, भोलिका दिनमा गीत, पेन्टिङ आदि पनि यस अभियानमा जोड्दै जानेछौं । नवीन प्यासी: “आन्दोलनमा नारा हुन्छ, नारामा कविता हुन्छ” नवीन प्यासी १. प्यासीजी ! कविता र नाराको फरक बताइदिनुहोस् । यो धेरै पुरानो छलफल हो । यसमा सबैको आ–आफ्नै किसिमका तर्क होलान्, छन् । मलाई के लाग्छ भने नारा पनि कविता हुनसक्छ, र कविता पनि नारा हुनसक्छ । त्यो समय र परिस्थितिले अथ्र्याउने कुरा हो । दुवैको चरीत्र र स्वभाव भने फरक हुन्छ । २. सरकारले सडकलाई बेवास्ता गरिरहेको बेला संजालमा कविता लेखेर हुन्छ ? यो अभियान फगत समयको सदुपयोग मात्र त होइन ? ‘संजालमा कविता लेखेर के हुन्छ ! केही हुँदैन, फगत समयको बर्बादी या सदुपयोग मात्र हो ।’ कोही यसो भन्छ भने ऊ सामाजिक संजालको शक्ति र सामथ्र्यबारे अवगत छैन । हामीभन्दा धेरै अघि नै संजाल र अनलाइनको शक्ति ज्याक माहरूलाई थाहा थियो । अमेजनजस्ता साइटलाई थाहा थियो । अहिले संसारभरको राजनीतिको ठूलो हिस्सा सामाजिक संजालले ओगटेको छ । अमेरिकामा राष्ट्रपतीय चुनावका प्रत्याशीले संजालको विज्ञपनका लागि अर्बौं डलर खर्च गर्छन् । अब कोही खाली सामाजिक संजालमा फगत खाली समयको सदुपयोग मात्र हो भन्छ भने त्यो उसको बुझाइ हो । तर, संजाल भनेको के हो भन्नेबारे अवगत छ भने पक्कै पनि यसो भन्दैन । किनभने हाम्रो पुस्ता सडकमा उभिएर नारा घन्काएर, टायर बालेर, ढुंगामुडा गरेर बस्ने पु्स्ता होइन । यो पुस्ताले विरोध पनि सृजनात्मक गर्छ । तपाईंले देख्नुभो होला ह्यासट्याग इनफ इज इनफसहित कति ठूलो संख्यामा माइतीघर मण्डलामा आएका थिए युवाहरू ! त्यहाँसम्म ल्याउने काम कुनै नेताले होइन, संजालले गरेको थियो । एक स्टाटस या ट्वीटका कारण धेरै घटना घट्न सक्छन् या त घटेका छन् । अहिलेको पुस्ताका लागि सामाजिक संजाल सबैभन्दा ठूलो प्ल्याटफर्म हो । यहाँ कुनै मन्त्रीले उसको ट्वीटमा गरिएको रिप्लाइकै कारण आफ्नो ट्वीट डिलेट गर्छ । अब अनुमान गरौँ संजाल फुर्सदका सदुपयोग मात्र हो कि अरु पनि केही हो । अब पनि कसैले संजालमा कविता लेखेर के हुन्छ कोही भनिहिँड्छ भने त्यो आफैँमा घनघोर दुःख हो, जसको कारण छ तर निवारण छैन । ३. नाम उल्लेख नगरौँ , तर तपाईंका केही समकालीन कविहरूले ‘कवितासँग नारा टाँसेर कविताको हुर्मत लिन सक्दिनँ’ भन्ने भावको विचार व्यक्त गर्नुभएको थियो नि ! प्रष्ट पारिदिनुहोस् । कवितासँग नारा टाँसेर कविताको हुर्मत लिने भन्ने कुरा कहाँबाट आयो ? कसले लिएछ हुर्मत ? पहिलो कुरो त कविताको फैलावट र सामथ्र्य के हो भन्ने ख्याल भएको मानिसले यस्तो भन्दैन । यो एकदम निम्नस्तरको बुझाइ हो । नारा टाँसेर कविताको हुर्मत नलिने कुरा श्रवण मुकारुङ दाइहरूले दोस्रो जनआन्दोलनमा गरेका भए के हुन्थ्यो ? जब कविता सडकमा उभिन्छ या कुनै पनि आन्दोलनमा उभिन्छ, त्यहाँ कविताको अनेक किसिमको अनुहार देख्न सकिन्छ । भलै ती सबै कविता नहुन सक्छन्, तर ती सबै कविताको शक्ति प्रमाणित गर्नका लागि सडकमा उभिएका हुन्छन् । आन्दोलनमा नारा हुन्छ, नारामा कविता हुन्छ । कवितामा सिंगो आन्दोलन हुन्छ । यसका आ–आफ्नै स्वरुप र अर्थ हुन्छन् । जब कुनै पनि कविलाई थाहा हुँदैन, कविता कहाँ कहाँ कस्तो कस्तो अवस्थामा उभिन्छ भन्ने, उसले भन्ने यस्तै हो । कविताको एउटा स्वरुप र अनुहार हो नारा । जब सडकमा कविता उभिन्छ, त्यहाँ नारा नै बन्छ । अन्य हिसाबमा विलासिता, आनन्द, वियोग जस्ता विषयमाथिका कविताको आफ्नो हिसाबको ओज छँदैछ । या अन्य ठाउँमा कविता फरक हिसाबले उभिन्छ । र कविता हरेक परिवर्तनका खातिर सडकमा मुठी उठाएर उभिएको छ र आफ्नो शक्ति, सामथ्र्य देखाएको छ भन्ने थाहा नपाएकाहरूले नै भन्ने हुन्, कवितासँग नारा टाँसेर कविताको हुर्मत लिन सक्दिनँ भनेर । ४. आन्दोलन र कविता अर्थात् सृजनाको धरातल फरक हो । तर , विगतलाई हेर्दा पनि ठूलो आन्दोलनमा कवितालाई हतियारका रुपमा प्रयोग गरेको पाइन्छ । आन्दोलन र कविताको आवाजमा के कति आधारमा समानता र भिन्नता रहेछ ? सृजनाको प्रक्रियाको पाटोबाट त आन्दोलन र कविता फरक हुने भइहाले । आन्दोलनले सत्तालाई दबाबमा राख्न सक्छ, कविताले आन्दोलनलाई बलशाली बनाउन सहयोग गर्छ । समानता र भिन्नताको कुरा गर्दा एउटा कविता आन्दोलनमा सहभागी हुनसक्छ, र एउटै कविताभित्र सिंगो आन्दोलन अटाएको पनि हुनसक्छ । फेरि आन्दोलन कस्तो उद्देश्यसहित सडकमा आइपुगेको छ भन्ने कुरा पनि हो । अब आन्दोलनको उदेश्य नै स्वार्थी छ भने त्यस्तो ठाउँमा कविता उभिन सक्दैन । कवितालाई आफ्नो धर्मले दिँदैन । कविताले सधैं असमानता, विभेदमाथि प्रश्न गरेर आएको लामो इतिहास छ । त्यस हिसाबले जब परिवर्तनका खातिर या राज्यलाई सचेत गराउन आन्दोलन हुन्छ, त्यसबेला कविता सधैँ अग्रमोर्चामा हुन्छ । यही नै कविता र आन्दोलनको एउटा समानता हो । ५. कविताले संकेत गर्छ । लेख्न र बुझ्नका लागि त नारा थियो , चर्को आवाजमा बोल्नका लागि आवाज थियो । तर , फेरि पनि कविता नै किन ? लेख्न र बुझ्नका लागि नारा या त चर्को आवाज पनि थियो । तर किन कविता लेखियो ? अब एउटा किसान आन्दोलनमा आयो भने बन्दुक बोकेर आउँछ कि कुटो कोदाली बोकेर आउँछ ? एउटा संगीतकर्मी आन्दोलनमा आयो भने गीटार र केही गीत पक्कै आउनेछ भनेर किन ढुक्क हुन्छौँ ? किनभने जोसँग जे छ, जस्तो क्षमता छ, त्यहीमार्फत् उसले आफ्नो आवाज मुखारित गर्ने हो । कविताले संकेत गर्छ कि सीधै भन्छ त्यो हाम्रो वशको कुरा होइन । यो कुरा वहस र छलफलको अर्कै पाटो हो । तर, हामीसँग आवाजको नाममा, नाराको नाममा मात्र कविता छ, अब कविता नै किन त ? ६. नवपुस्ता , त्यसमा पनि सबै सृजनशील नवपुस्ताले कविताको सांकेतिक भाषालाई सजिलै ग्रहण गर्न सक्छन् ? यस अभियान सीमित जमातमा मात्र कैद हुँदैन ? यसबारे के सोच्नुभएको छ ? यति चाहिँ के ख्याल गर्नुपर्छ भने कविताको सर्वव्यापी भाषा सांकेतिक होइन । त्यो एउटा मात्र भाषा हो । यसो त संसारभरका मानिसको भाषा भनेको अंग्रेजी हो या चिनियाँ हो भनेजस्तो कुरो हो । संसारमा भाषा यति मात्र होइन ! ठ्याक्कै कविताको भाषा र वर्णमालाको कुरा गर्दा यस्तै नै हो । कविता जब सडकमा उभिन्छ, उसले नाराको भाषा बोल्छ, आक्रोश र परिवर्तनको भोकको भाषा बोल्छ । जब समाजमा उभिन्छ, ऊ विभेदको भाषा बोल्छ, प्रश्नको भाषा बोल्छ । जब कुनै प्रेमी र प्रेमीकाको सामुन्ने उभिन्छ, ऊ प्रेमको भाषा बोल्छ । जब कुनै दुधे बालक र आमाको बीचमा उभिन्छ, कविताले स्नेह, मातृत्व र ममताको भाषा बोल्छ । र हाम्रो पुस्ताले कविताको भाषालाई बुझ्ने मात्र होइन, त्यसलाई पर्गेलेर अगाडि जानसक्छ । यो अभियान सीमित जमातमा कैद हुनसक्छ या नहुन पनि सक्छ । त्यो समयलाई जिम्मा हो । तर, सचेत नागरिकको हिसाबले एकजनाले मात्र प्रश्न किन नगरोस्, या एक्लैले मात्र औंला किन नउठाओस्, त्यो विरोध हो । त्यो आन्दोलन हो । किनभने हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । सीता थुलुङः “ यो अभियानलाई गजल इतिहासमा कोशेढुङ्गा सावित गर्न दस्तावेजीकरण गर्नु आवश्यक छ “ सीता थुलुङः १. तपाईँ विशेष गजल लेख्नु हुन्छ । अहिले गजलकै आवाज बोकेर क्वारेन्टिन अभियानमा जोडिनुभएको छ । विरोधको लागि गजल नै किन लेख्नुपर्यो ? अहिले हामीले सरकारका अकर्मण्यता, अनुदारपन, गैह्रजिम्मेवारीपन विरुद्ध सिर्जनात्मक विरोध, लेखनबाट गरिरहेका छौ । विरोधको लागि गजल नै भन्दा पनि, गजल पनि यो अभियानको लागि एउटा सशक्त र विशिष्ट विधा (माध्यम) भएको कारण ह्यासट्यागमा क्वारेन्टिन गजल लेखेका हौ । योभन्दा अगाडि जुलाई १ मा पनि यही अभियानको पहिलो थालनी क्वारेन्टिन कविताबाट सुरु गरिएको थियो । त्यसैले यही अभियान अन्तरगत नै सरकारको अकर्मण्यताविरुद्ध सिर्जनात्मक विरोधको लागि अहिलेको पुस्तामा लोकप्रिय लघुकाव्यात्मक विधा गजलबाट पनि गरिएको हो । विशेष संरचनामा लेखिने गजलका माध्यमबाट अहिलेको यो भयावह अवस्था, मानवीय र सामाजिक मुद्दाहरूलाई संवोधन गर्न शालीन र कलात्मक रूपबाट प्रभावकारी हुने देखिएकोले यो क्वारेन्टिन गजल लेखिएको हो । २. गजल लेखनका क्षेत्रमा आफ्नै सैद्धान्तिक विवाद र बहस छन् । यो अभियानमा त अझ् गजलहरू नाराका रूपमा देखिदैछन् ? यसले थप विवाद र बहस निम्त्याउँदैन ? हो, गजल लेखनमा सुरुवातदेखि नै विभिन्न सैद्धान्तिक विवाद र बहस छन् । यद्यपि मेरो विचारमा, यो अभियानको गजल लेखनलाई नाराका रूपमा लेखिएको भन्नुभन्दा पनि सरकारको काम कारबाहीमा असन्तुष्ट भएपश्चात सर्जक र लेखकद्वारा सामाजिक मुद्दा, मानवीय संवेदनामाथि लेखिएको भनेर बुझ्न उपयुुक्त हुन्छ । जसरी साहित्यका अन्य विधाको माध्यमबाट आफ्नो विशेषता, तौल र मूल्य कायम राख्दै विभिन्न सामाजिक विषयवस्तुमाथि लेखिन्छन्, उसरी नै गजल पनि यसको आधारभूत विशेषता कामय राख्दै सामाजिक मुद्दामाथि लेखिएको छ । नेपालमा गजल लेखनको इतिहास करिब डेढ सय वर्षको हाराहारीमा छ । विश्वमा गजल लेखनको सुरुवाती नै दरबारबाट गेयात्मक र शृङ्गारिक भावबाट भयो । नेपालमा पनि गजल सुरुवाती चरण योभन्दा फरक रूपबाट हुन सकेन । अझ गजल लेखनको सुरुवात जहानीय राणा शासनकालमा भएको थियो । राणाकालीण समयमा सत्तासँग सिंगौरी खेल्ने अवस्था र आँट कम नै देखिन्थ्यो । यसर्थ सुरुवाती गजल लेखन शृङ्गारिकतातर्फ नै विकसित हुँदै गयो । लगभग पचासको दशकपश्चात् मात्रै ज्ञानुवाकर पौडेल, बूँद राणा, मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जलजस्ता गजलकारले सुस्ताएको गजलको पुनर्जागरण गरे । तत्पश्चात गजल शृङ्गारिक मात्रै नभएर अन्य विषयहरूमाथि पनि लेखिन थाल्यो । मैले यहाँ के प्रसंग जोड्न खोजिरहेको छु भने, गजलको उत्पति गेयात्मक र शृङ्गारिक हुनुपर्छ भन्ने मान्यताबाट फराकिलो हुँदै यसका विशिष्ट संरचनागत कुराहरू जस्तै शेर, काफिया, मतला, मकतालाई ध्यानमा राखेर अहिले विभिन्न विषयवस्तु तथा मुद्दामाथि गजल लेखिइरहेको छ । गजल छन्द वा बहरमा पनि लेखिन्छ र स्वतन्त्र पनि लेखिन्छ । फराकिलो लेखन संस्कृतिले गजलको संरचनात्मक पक्षलाई मात्रै होइन गजलको विचार पक्षलाई पनि उतिकै मजबुत बनाउदै लगिरहेको छ । गजलको आधारभूत पक्ष मिजाज (स्वभाव वा प्रकृति) प्रेमिल नै भए पनि गजलले आफ्नो स्वभाव विस्तार गरेर जीवन जगतका हरेक विषयमा विचरण गरिसकेको छ। गजलको सैद्धान्तिक धरातलबाट हेर्ने हो भने पनि गजलको वैचारिक सिद्धान्त अन्तरगत विभिन्न पक्षहरू छन् । तखय्युल भन्नाले गजलकारले विचरण गरेको विषयवस्तु, दर्शन वा सोचाइको (सम्भावित) आयामलाई बुझिन्छ । गजलकै भाषामा यसका विषयवस्तु शहरे आशोब, जम, तजाहुल आरिफाना, हजल, रेखती, नाजुल खयाली आदी हुन् । कुनै समयको विसङ्गत अवस्थालाई छर्लङ्ग हुनेगरी बिम्ब, प्रतिकको प्रयोगद्वारा अभिव्यक्त गर्नु शहरे आशोब हो । यसले तत्कालीन समयको ऐतिहासिक परिस्थितिको ऐना देखाउने गर्छ । त्यसैगरि शायरहरू प्रायशः आफू रहेको समाज, जमाना, परिवेशप्रति असन्तुष्ट हुनु, दोष देखाउने र आलोचनात्मक हुनु, संस्कृतिको विरोध गर्नु जम हो । दर्द, पीडा, आँसु, वियोग साथै विप्रलम्भ शृङ्गारका प्रशङ्गहरू कोमल र शालीन तरिकाले उठान गर्नु नाजुक खयाली हो । यसर्थ यो अभियान जोडिएका गजल प्रायशः माथि उल्लेख गरेअनुसार शहरे आशोब, नाजुक खयाली, जम अनुसार लेखिएका छन् । साथै अभियानका लागि बहरमा लेखिएका गजलहरू पनि उति छैनन् । त्यसैले क्वारेन्टिन गजललाई नै लिएर थप विवाद र बहस हुने अवस्था र आवश्यकता म देख्दिनँ । ३. गजल लेखनमा अहिले एउटा ठूलो भीड छ । तीमध्ये धेरै गजलकार हुँ भन्ने भ्रममा पनि बाँच्नुभएको होला । यो अभियानले त त्यो भीडलाई अझै मौलाउन दिएको जस्तो देखियो नि ! यसले गजलको गुणवत्तामा कस्तो प्रभाव पार्ला ? पछिल्लो केही दशकमा गजल लेखनमा ठुलो जमात छ । यहीँ जमातबाट आएका र स्थापित भएका गजलकारहरू पनि छन्, जसले नेपाली गजललाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् । जमातमध्ये गजलकार हुँ भन्ने भ्रमभन्दा पनि गजलप्रतिको रहर, माया, मोह हो जस्तो लाग्छ मलाई । कसैमा भ्रम पनि हुनचाहिँ सक्ला, तर भ्रम केही समयको लागि मात्रै हुन्छ । मेरो विचारमा यो अभियानले भ्रमको भिडलाई मौलाउन दिएको जस्तो लाग्दैन । हाम्रो यो अभियानमा मुद्दा प्राथमिक हो । त्यसलाई प्रस्तुति दिने माध्यमको रुपमा गजललाई लिइएको छ । गजलको भौतिक पक्ष र वैचारिक पक्ष दुवै समेटेपछि मात्रै सशक्त हुने भएकाले गजल लेखन सरल र सहज छैन । अतः अहिलेको परिस्थितिलाई उजागर गर्दै गजल लेख्नु एक चुनौतीको विषय पनि हो । कतिपय अवस्थामा विषयवस्तु बुझिन्छ, तर संरचना मिलाउन सकिन्न, कहिले संरचना मिल्छ तर भाव, विचार कमजोर भएर आउँछ । तर यो अभियानमा आएका गजलहरूलाई हेर्दा दुवै सैद्धान्तिक पक्षको दृष्टिकोणबाट सबल नै देखिन्छ । छन्दमा लेखिएका गजलहरूका हकमा भने तुलनात्मक रूपमा थप विशिष्ट संरचना (मात्रा) मा ध्यान पुर्याउनु पर्छ । मैले चाहिँ यो अभियानको लागि भनेर लेखिएको छन्द, बहर गजल भेटेको छैन । गजलको बारेमा सैद्धान्तिक ज्ञान हुनु र गजल लेख्नु दुई अलग विषय हो । गजल सिद्धान्तमा दखल रहेर पनि कमजोर सिर्जना हुन सक्छ । निकै अब्बल सिर्जनाका पनि सिद्धान्ततः केही दोषहरू देखिन सक्छन् । त्यसैले नेपाली गजलको गुणस्तर यो अभियानसँग जोडिनुले र नजोडिनुले कुनै असर वा प्रभाव पारेको देख्दिनँ र यसले निर्धारण पनि गर्ने होइन । ४. अहिलेसम्मका ठूलो परिवर्तन तथा आन्दोलनमा कविताले जुन किसिमको हस्तक्षेप राख्दै आएको थियो , त्यो गजलले राख्न सकेको थिएन । त्यसका प्रविधिक तथा संरचनागत कारण विविध थिए होलान् । अब यो अभियानले नेपाली गजलको क्षेत्रमा नयाँ आयाम थप्न सक्छ ? सक्छ भने त्यो कस्तो हुनेछ ? दार्शनिक र सैद्धान्तिक दृष्टिकोणबाट विश्वमा पन्ध्रौं शताब्दीदेखि नै विभिन्न काव्यिक आन्दोलन भएको इतिहास देखिन्छ । बीसौं शताब्दीमा भारतमा Hungry Generation, चीनमा Misty Poets तथा अमेरिकामा वर्ग चेतनाको लागि Proletarian Poetry आन्दोलनहरू चलेका थिए। विश्वमा शान्ति, न्याय र समानताका लागि काव्यिक आन्दोलन र अभियान चलाइएका छन् । नेपालमा पनि सडक कविता क्रान्ति अभियान, राल्फाली आन्दोलन, सिर्जनशील अराजकता जस्ता आन्दोलनहरू भएका छन् । विश्वका ठूलाठूला आन्दोलनहरूमा कवितामार्फत समर्थन र विरोध भएको पाइन्छ । तथापि यस्ता विभिन्न आन्दोलन र अभियानहरूमा कविताको हस्तक्षेपकारी भूमिका रहेको भन्दा पनि बलियो उपस्थित रहेको भन्दा उपयुक्त हुन्छ होला । क्वारेन्टिन गजल अभियानले नेपाली गजल साथै विश्वको गजल इतिहासमा नयाँ आयाम थप्ने प्रयास गरेको छ । विभिन्न विषयवस्तुमाथि गजल लेखिएता पनि विभेदविरुद्ध केही कार्यक्रमहरूमा छिटफुट गजल वाचन गरियो/भए तर गजलले ठूला स्थापित आन्दोलन र अभियानको रूपमा भने उपस्थिति जनाएको थिएन । त्यसैले यो अभियानलाई गजल इतिहासमा दर्ज गर्नको लागि, कोशेढुङ्गा सावित गर्नको लागि दस्तावेजीकरण गर्नु अति आवश्यक र महत्वपूर्ण कुरा हो । नेपालमा गजल लेखनको समयक्रमलाई आधार मान्दा, गजलको मध्ययुगसम्म आइपुग्दा शृङ्गारिक भावबाहेक पनि जीवन जगतका सम्पूर्ण विषयवस्तु गजल लेखनले समेटिसकेको छ । यसले समाजका विकृति( विसङ्गती, परिस्थिति( परिवेशको आलोचना, पीडा, वियोग आदि विषयमाथि गजल लेखिएका छन्। यसले गजलको दायरालाई फराकिलो बनाएको छ । यो गजल अभियान शासकले नागरिकप्रति देखाएको उदासिनता, गैरजिम्मेवारीपन, अनुत्तरदायीपन र अकर्मण्यताको विरुद्धमा, सामाजिक विभेद, बेथितिजस्ता विषयवस्तुमाथि सामूहिक आवाज उठान गर्ने एक सशक्त माध्यम बन्न सक्छ भन्ने उदाहरण बनेको छ । यसले नागरिकको जिउधनको सुरक्षा गर्न, मानव अधिकार सुनिश्चित गर्न, सामाजिक, सांस्कृतिक विभेद अन्त्य गर्दै सामाजिक न्यायको सिद्धान्त पालना गर्न नैतिक दबाब सिर्जना गर्छ । #क्वारेन्टिन कविता अभियान #नवीन प्यासी #बाबु साहेब #सीता थुलुङः भीडतन्त्रबाट निर्देशित युवा कार्यकर्ताहरू: युवाका परिभाषा आ-आफ्नै खालका भए पनि एउटा सर्वसत्य के हो भने, हरेक परिवर्तनको संवाहक नै युवा हो । शारीरिक र मानसिक उर्जाका हिसाबले जीवनकै उच्च सम्भाव्यता भएको अवस्था नै युवा अवस्था हो । यसलाई उमेरसँग जोडेर परिभाषित गर्ने आधिकारिक अभ्यास विश्वमा चलिआएको छ र हरेक देशको आ-आफ्नै खालको परिभाषा छ । नेपालमा राष्ट्रिय युवा नीति २०७२ अनुसार १६-४० वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखिएको छ । २०६८ को जनगणनामा नेपालमा कूल जनसंख्याको ४०.३४% युवा छन् । जहाँ युवाको संख्या धेरै छ, त्यसलाई राष्ट्र विकासको लागि राम्रो सुचांकका रूपमा लिइन्छ। यसलाई स्वर्णीम समय मानिन्छ। यसरी युवाको संकुचित परिभाषा दिई युवाको महत्व विषयान्तर गर्नेक्रम नेपालमा पनि जारी छ। युवा निश्चित समूहको घेरामात्र नभई आत्मविश्वास हो। युवा मानसिकता हो। युवा चेतनशीलता र परिवर्तनको सम्वाहक हो। तर विडम्बना ! नेपालमा युवालाई रेमिटान्सको उद्योग बनाइयो। युवालाई पार्टी र अभियानहरूका विवेकहिन कार्यकर्ता र अभियन्ता हुन बाध्य पारियो। तिनै युवा कार्यकर्ताहरू सधैँ सबै राजनितिक परिवर्तनको अग्रमोर्चामा रहँदैआए पनि परिवर्तन भएपछि भूमिकाबिहिन भएका छन् । यो युवाको क्षमताप्रतिको अविश्वास हो। जति युवामा जोस, जाँगर र इच्छाशक्तिको अवसर हुन्छ, त्यतिकै मात्रामा क्षणिक लाभ, अपरिपक्कता र अहंकारको चुनौती पनि हुन्छ | यदि नेतृत्वले यी चुनौती पक्षहरूलाई व्यवस्थापन गर्ने कुशल र रचनात्मक उपायहरूसहितको नेतृत्व गर्न सकेनन् भने त्यो युवा जनशक्ति केवल साधन बन्छ, स्रोत हैन | जसलाई आवश्यकता अनुरूप सबैले प्रयोग गर्छन् । सरकारले ल्याएका युवा लक्षित कार्यक्रमहरूमा पनि केही निश्चित युवा जसमा भीडतन्त्र निकै हावी छ, त्यस्ताले मात्रै लाभ लिएको देख्न सकिन्छ। भीडतन्त्रले युवामा पारेको प्रभाव देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ। यो व्यवस्था ल्याउन पनि अग्रणी भूमिका युवाकै रहेको थियो। २०४७ सालदेखि यता केही कार्यकर्ताहरू शक्ति केन्द्र धाउने र आफ्नो क्षमता बिर्सिदै गएको पाइन्छ। क्षमतावान युवाहरूले नै ल्याएको व्यवस्थामा भीडतन्त्र हावी हुनुले युवाहरू आफू-आफू नै तर्क र वितर्कमा व्यस्त छन् । सदनदेखि सडकसम्म केवल टेवल ठोक्ने र विरोधका अग्रमोर्चामा उभिएर चर्को नारा लगाउनमै सिमित छन् । सदनमा एकअर्कालाई आरोप-प्रत्यारोप गर्दैमा समय पुग्दैन। कसैले पनि विकल्प दिन सकिरहेका छैनन् । यता समाजमा भने आफू र आफ्नो पार्टीप्रति विमति राख्नेलाई देशभरिका कार्यकर्ता मिलेर त्रासको अवस्था सिर्जना गर्नुबाहेक स्वविवेक प्रयोग गरेर बहसको बाटो रोज्नै चाहँदैनन् । सबै पार्टीका नेता-कार्यकर्ताहरूले आफ्नो पार्टीप्रति असहमती जनाउने जोकोहीलाई विकास विरोधी देख्नुले नै भीडतन्त्र हावी भएको मानिन्छ। यसरी स्वतन्त्र युवा कार्यकर्तामा परिणत हुन्छ। भीडतन्त्रमा हावी भएकाहरू नै किन राजनीतिमा ? विश्व महामारीले आक्रान्त छ। यस्तो विषम परिस्थितिमा पनि पार्टी र नेता भन्दै कुर्लने युवा कार्यकर्ताले आफ्नो नेताहरूबाट आफू अनुकूलको बजेट पाउने भएपछि किन नलाग्ने राजनीतिमा ? अन्त केही पनि गर्न नसक्ने, न कुनै पेशा व्यवसाय नै छ । त्यस्तो केही पनि गर्नु नपर्ने , दुई-चारको टाउको फुटाउन सक्ने योग्यता, जेल बसेको अनुभव भएकाहरू धेरैका लागि राजनीति रोजीरोटी भएको प्रसस्तै उदाहरणहरू समाजमा छन् । तिनीहरूको मुल ध्यय जसरी पनि आफ्नो पार्टीका नेताहरूमा प्रभाव पार्ने मात्रै हुन्छ । आफ्नो पार्टी र नेताले मूर्खतापुर्ण कार्य गर्दा पनि स्वविवेक प्रयोग नगरी भीडबाट आएको आवाज अनुसारको तर्क गर्न मै व्यस्त छन् । उसो त राष्ट्रपति कार्यलयमा भएका कार्पेट काण्डलगायतका कार्यहरूमा प्रश्न उठ्दा राष्ट्रपति माथिको प्रहार गणतन्त्र विरोधि साजिस हो भनेर बचाउ गर्ने प्रधानमन्त्रीले उक्त पदमा नरहँदा उनीबाट प्रशिक्षित कार्यकर्ताहरूले उनको सिको गर्नु अनौठो मान्नुपर्ने विषय होइन। कार्यकर्ताले गलत गर्दा नेताले खुलेर प्रशंसा गरेर बचाऊ गर्ने र नेताले गलत गर्दा कार्यकर्ताले कुतर्क गरेरै भए पनि बचाऊ गर्ने शृङ्खला जारी छ। यिनीहरूको यस्तै कार्यहरूले राजनीति जहाँबाट राज्य सुरक्षित महशुस गर्छ, राज्यले स्तरउन्नति गर्छ, त्यस्तो माध्यमलाई फोहरी खेल बनाएका छन् । यस्तो अवस्थामा थुप्रै राजनीति गर्न चाहने युवाहरूमा पनि वितृष्णा जागेको छ । फेरि पनि कोही विवेकहीन नेता-कार्यकर्ताहरूको रोजीरोटी राजनीति नै बन्न पुगेको छ । स्थानीय, प्रदेश र संघले विकास निर्माणका कार्यहरूका लागि छुट्याइएको बजेट उपभोक्ता समिति निर्माण गर्दा, ‘यो त कार्यकर्ता भरणपोषणका लागि दिएको हो, म पनि यसको भागिदार हुनुपर्छ’, भनेर हानथाप गरेको उदाहरण अचेल थुप्रै पाइन्छन् । यसरी केही अबुज युवा कार्यकर्ताहरूले विकास निर्माणका कार्यहरूका लागि आउने बजेटमा आशातित भएर, अरू केही गर्न नसक्नेहरूका लागि राजनीति रोजीरोटी बनेको पाइन्छ। विकल्पसहित निष्कर्ष माटो, झण्डा, युवा, श्रम, स्रोतसाधन र समग्र राष्ट्र नै अत्यन्त कठिन अवस्थामा रहेका बेला राजनीति र अर्थतन्त्रको फ्युजनभित्र बौद्धिक बहसको केन्द्र बनाइनुपर्ने पार्टीहरू कार्यकर्ता भर्ती केन्द्र भएका छन्। यस्ता पार्टीहरूमा भर्ती भएका कार्यकर्ताहरू राजनैतिक शक्ति कब्जा गर्न र नेताको विश्वासिलो पात्र बन्न प्रयत्नशील छन्। राजनीति त राज्य निर्माण गर्न, कुशलतापूर्वक सरकार चलाउन, जनतामा आर्थिक, सामाजिक र राजनितिक संस्कार पैदा गरेर आधारभूत परिवर्तन गर्ने गरिनुपर्थ्यो । विडम्बना ! जानीजानी गुणात्मक नेतृत्व निर्माण गरेर पुस्तौँपुस्तालाई पुग्ने सम्पति थुपार्ने प्रशिक्षण दिइन्छ। नेपाली जनता प्रगति र उत्कर्षका चिल्ला आश्वासन बाँढ्ने कुनै पनि पार्टीका कार्यकर्ताहरूसँग महत्वपूर्ण समयमा जिम्मेवारी बहन गर्ने र चुनौतीहरूको सामना गर्ने क्षमता छ भनेर पत्याउँदैन। नपत्याउनुको कारण उनीहरूका विगतका गतिविधिहरूले निर्धारण गरेको हो। भुटानमा स्नातक नगरी सांसद हुन पाइँदैन। त्यहाँ मन्त्री, प्रधानमन्त्रीहरू पेशागत विज्ञ हुन्छन्। जर्मनीका राष्ट्राध्यक्ष एन्जेला मर्केलले विद्यावारिधि गरेकी छिन। त्यहाँ विज्ञताको सम्मान हुन्छ। विमति सुन्ने धैर्यता देखाइन्छ। अभिव्यक्तिमा पानीका फोहोरा र लाठी प्रहार गरिदैन। किरोनाको यस्तो महामारीमा आफैँ ज्ञान बाँढेर बस्दिनन्, विज्ञहरूलाई अघि सार्छिन्। त्यहाँ ग्रुन पार्टीले वातावरणलाई महत्व दिन्छ। एफडेपेले व्यापार, एसपेडेले श्रमिकका मुद्दाहरू उठाउँछ। यसरी फरक फरक पार्टीले प्रस्तुत गरेका विज्ञताको सम्मान हुन्छ। हाम्रो देशका पार्टीहरूझैँ नलुटेकै कारण आज उदाहरण बनेका छन। त्यस्ता देशका कार्यकर्ता निकै अध्ययनशील र सचेत हुने गरेको पाइन्छ। हाम्रो जस्तो देशका युवा कार्यकर्तामा पनि त्यो किसिमको चेतनामा वृद्धि गर्न आवश्यक विकल्पहरू निम्नानुसार पनि हुनसक्छन्; १. युवा कार्यकर्ताहरूलाई राष्ट्रप्रति जिम्मेवारी बहन गर्न र चुनौतीहरूको सामना गर्न प्रशिक्षणात्मक कार्यहरू हुन जरुरी देखिन्छ। २. नेतृत्वमा पुगेकाहरूले आफ्नो घोषणापत्रबाट विमुख नभई कुशलतापूर्वक सरकार संचालन गर्नु पर्दछ। ३. मन्त्रालयमा जिमखाना होइन युवा कार्यकर्तालाई रिसर्च गर्न प्रेरित गरी रिसर्च ल्याबहरूको स्थापना गरिनुपर्छ। साथै समाजका विभिन्न क्षेत्रमा संघर्ष गर्दै गरेका युवाहरूको रचनात्मक र समालोचनात्मक संवाद र सहकार्यको वातावरण निर्माणका लागि संरचनागत व्यवस्थापन हुन जरुरी छ। ४. युवा कार्यकर्ताहरूले आपतकालीन परिस्थितिको दृढताका साथ सामना गरी आवश्यक कदम चाल्नुपर्ने र प्रोलोभनको प्रतिरोध त्याग्नुपर्छ । ५. युवा कार्यकर्ताहरूले यथार्थपरक र व्यवहारिक हुन आफू समर्पित भई जनताको हितमा आफ्नो शक्ति प्रयोग गरेर सार्वजनिक विश्वास कमाउनु पर्दछ। ६. नेतृत्वले पनि कार्यकर्ता र जनतालाई `भोट बैंक´ मात्रै नसम्झी प्रजातन्त्र, निष्पक्षता, प्रतिस्पर्धा र चयनात्मकताका सिद्धान्तहरूको पालना गर्नुपर्दछ। यसरी प्रगतिशील सोच, उत्कृष्ट प्रदर्शन, उच्च नैतिक अडान राख्ने कार्यकर्तालाई सम्मानस्वरूप अघि सार्दै लैजानुपर्छ। ७. युवाहरूलाई व्यवहारिक शिक्षा प्रदान गरी उत्पादनमुलक क्षेत्रमा खटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्दछ। यी केही उदाहरणका प्रतिनिधि विकल्पहरू हुन। आफू सम्यमित भई अध्ययन संस्कृतिको विकाससँगै संस्कारसहितको राजनीतिमा लाग्नु युवाको दायित्व हुन्छ। #सचिन तिमल्सिना रित्तो नहुने मनको कोठा: तपाईंले शुरुबाटै चिया अड्डा ‘फलो’ गर्नुभएको छ भने निक्की तपाईंका लागि नयाँ नाम नहुन सक्छ । अघिल्लो दुई भागमा निक्की आइन । मैले एउटा भागमा आत्महत्या गर्नेहरूप्रतिको हेराईका बारेमा र मानव मनको संवेदनशीलताका बारेमा चर्चा गरेको थिएँ भने अर्को भागमा सामाजिक संजालको सदुपयोग कसरी गर्न सकिन्छ भनेर केही कुराहरू राखेको थिएँ । त्यसलगत्तै निकै दिनपछि निक्कीले मेसेज पठाई, “तपाईंको चिया अड्डामा त आजकल चियाको कुरै हुन छोड्यो नि ?” “अँ, आजभोलि गाउँतिर आको छु । घरमै चिया पिउँछु । चिया अड्डामा नपसेको धेरै भयो । घरकै चिया पिएर बसेपछि गाउँकै कुराहरू लेखौंजस्तो सोच पनि आयो ।” “यो त झन् मज्जाको कुरा हो नि ! अनि मलाई किन वास्ता नगर्नुभा’को त ?” “मतलब ?” “मेसेज गर्नुभएन नि ! ” म उसलाई किन मेसेज पठाउँथें र । असली परिचय नै नखुलेकीलाई बरु एड पो कुन सुरमा गरेछु । कोही आफ्नै साथीले केटीको आइडी बनाएर मजाक पो गरेको हो कि ? फेक आइडीलाई जवाफ त अड्कलेर दिनुपर्छ, अझ आफैँ पहिले नै बोलाउँला र ? तैपनि रूखो बनिहाल्न मन लागेन र भनिदिएँ, “आजकल फेसबुक अलि कम नै चलाउँछु ।” “हाहाहा, गफ पनि अलि पत्याउने लगाउनु नि ! चौबीस घण्टा अनलाइन बसेर, घण्टा घण्टामा पोस्ट गरिराख्ने मान्छेले फेसबुक कम चलाएँ अरे !” म निच्च परें । हुन पनि सुतेको बेलाबाहेक दिनको अठार घण्टा त छुस्स छुस्स गरेर मोबाइल खेलाइरहेको हुँदो रहेछु । त्यसमा पनि अधिकतम समय त फेसबुक नै चलाइरहेको हुँदो रहेछु । हिजो राती पनि मोबाइलको चार्ज सक्किएपछि वस्तुभाउलाई किलोमा बाँधेजसरी मोबाइललाई चार्जरमा जोडेर सुतेँ । बिहान उठेपछि आँखा खुल्नासाथ फेरि त्यही मोबाइल हेरेर दिनको शुरुवात गर्नु नै थियो । अनि टन्न चार्ज नभरेर भयो त ? पुराना दिनहरू सम्झिएँ, जतिबेला हातमा मोबाइल थिएन । फेसबुक भनिने सबैले चिहाउन मिल्ने जिन्दगीको खुल्ला नाटक पनि थिएन । हामी स्वतन्त्र थियौँ । जीवनका असली रङहरू हामीसँग थिए । हामी त्यतिबेला चौतारीमा गफ गरिरहेका हुन्थ्यौं । या कतै कुनै चियापसलको बाहिर हातभरि मैदाको धुलो समेटेर क्यारम बोर्डमा पोइन्ट जितिरहेका हुन्थ्यौं । सुरेश बडाल म हाम्रो गाउँका आमाहरूलाई हेर्छु । घरकै आमा, हजुरआमालाई हेर्छु । न त मोबाइलको चासो, न त फेसबुकमा के के भयो भन्ने चिन्ता, न त इन्स्टाग्राममा कस्तो फोटो पोस्ट्याउने भन्ने पीर । फगत जिन्दगी जिन्दगीजस्तै नै वास्तविक देखिन्छ । हजुरआमाहरूलाई न त सन्चो भएन भनेर कहिल्यै फिलिंग सिक लेखेको फेसबुकमा स्टाटस राखेर केयर रियाक्ट बटुल्नु पर्छ भन्ने ध्याउन्न छ । न त आमाहरूलाई हातहरू छिया छिया पारेर घाँस काटेको भिडियो खिचेर टिकटक बनाउनु पर्छ भन्ने सुर छ । हजुरबाहरू ‘हर गंगे’ गरेर नुहाउनु हुन्छ एकाबिहानै, गायत्री मन्त्र पढ्नु हुन्छ, ध्यान जप गर्नुहुन्छ । उठ्नासाथ क-कसको आज बर्थडे परेछ भनेर कहिल्यै हेर्नु हुन्न । बा’हरू बजार डुल्नु हुन्छ, किनमेल गर्नु हुन्छ, खेतबारीमा जानु हुन्छ, भत्केका आली अड्याउनु हुन्छ, पानी लगाउनु हुन्छ, समाह थुन्नु हुन्छ, घरतिर यताउता नियाल्नु हुन्छ, खाजा खानुअघि दहीच्युरा, मकै भटमास, गहुँको रोटीहरूका फोटाहरू खिच्नु हुन्न, फेसबुकमा राखेर खाजा सेलाउने बेलासम्मै नखाई नखाई, लाइक र कमेन्ट गन्नु हुन्न । आउन त प्रविधि हामीलाई नजिक बनाउन भनेर आयो । तर हिजो जो टाढा थिए, त्यसलाई त नजिक बनाइदियो, तर जो नजिक थिए, तिनलाई भने निकै पर बनाइदियो । म कहिलेकाही अचम्ममा पर्छु । कति धेरै परिचितहरू जसलाई हामी असलमा को हौँ भन्ने थाहा छ, उनीहरू फेसबुकमा लाइक गर्छन्, कमेन्ट गर्छन् । तर बाटोमा भेट्दा बोलिहाल्न हिच्किचाउँछन् । अनि अरू केही अपरिचितहरू पनि छन् जसले हामीलाई रत्तिभर चिन्दैनन् तर फेसबुकमा जोडिएपछि कतै भेट्दा बोलाइहाल्छन् । हामीलाई हाम्रा छेउछाउका मान्छेहरू बिराना लाग्न थालेका छन् भने परका मान्छेहरू आफ्ना लग्न थालेका छन् । जिन्दगीको रित यस्तै नै हो । समयले जसको महत्त्व देख्छ उसैलाई नजिक ल्याएर जोडिदिन्छ । जो आफूसँग जोडिन आउँछन् उसैसँग भावनात्मक रूपमा सम्बन्ध स्थापित गरिदिन्छौँ हामी । र त यस्ता सम्बन्धहरू टुट्दा अथवा केही दूरी हुँदा हाम्रो चित्त दुख्ने गर्छ । पहिले स्कुल पढ्दा सँगै एउटै भाँडामा खाएका, एउटै बेन्चमा वर्षौँ बिताएका साथीहरू पनि समयसँगै छुटेर जान्छन् । हामी कुनै समयमा एउटालाई बेस्ट फ्रेण्ड भन्छौं, त्यही बेस्टफ्रेण्ड पनि समयअनुसार थपिँदै अथवा एउटाको ठाउँ अर्कोले लिँदै जान्छन् । हामीसँग स्कुल पढ्दा, गाउँघरमा खेल्दा, कलेज पढ्दा, व्यापार व्यवसाय वा अन्य कुनै जागिर गर्दासमेत नयाँ नयाँ साथीहरू बन्दै जान्छन् । ती साथीहरू हामीले चाहेर बनेका हैनन्, ती त समय र आवश्यकताले जुराएका हुन् । तर यो पनि सत्य हो कि चाहना नमिलेकाहरू चाहिँ आत्मीय बन्न सक्दैनन् । हामी समयको कुनै कालखण्डमा कुनै एक मान्छेलाई नै विशेष ठानेर हरदम च्याट गरिरहेका हुन्छौँ । फेसबुकमा पनि त्यही व्यक्तिलाई खोजिरहन्छन् हाम्रा आँखाहरू र कुराकानी गर्छन् औँलाहरू । तर यो सम्बन्धको पनि एउटा सिमा रहन्छ । जब कुरा गर्ने विषयहरू लगभग सकिँदै जान्छन् तब कुराकानी पनि पातलिँदै जान्छ । हिजोका मन मिल्ने साथीहरू अब हल्काफुल्का लाइक र कमेन्टमै सिमित हुन्छन् । त्यही औपचारिक सम्बन्ध पनि बिस्तारै धमिलिँदै जान्छ र बिल्कुल अपरिचितजस्तै हुन जान्छन् । बिस्तारै त्यो ठाउँ अर्थात मेसेन्जरको च्याटबक्स अर्कै साथीले लिन थाल्छ । आउने-जाने, मिलन-विछोड र समयले गराउने कार्यहरू सबै जिन्दगीका पाटाहरू हुन् । एउटै मान्छे साथीको रूपमा जिन्दगीभर रहनसक्नु एउटा असामान्य अवस्था हो । यसरी सम्बन्धलाई जोगाउने कला कोही कोहीसँग मात्र हुन्छ । नत्र त हिजो नजिक भएकाहरू आज टाढा हुन्छन्, आज नचिनेकाहरू भोलि नजिक बन्छन् । भावनालाई आफ्नो अनुकूल सन्तुलनमा राखेर हामीले सम्बन्धको सत्यलाई स्विकार्न सक्यौँ भने सायद हामी धेरै दुखी हुनु पर्दैन । त्यही भएर त भनिन्छ नि, जो साथी जीवनभरको लागि साथ दिन आउँछ त्यही नै जीवनसाथी हो । यसकारण अस्थायी सम्बन्धहरू, इन्टरनेटबाट बनेका भर्च्युअल सम्बन्धहरू चिरस्थायी भएनन् भनेर पीर मान्नु हुँदैन । हामीले वास्तविक जीवनमै साथहरू छुटेका देखेका छौँ । जसरी छुटेकी थिई ऊ जसलाई म ज्ञानी भनेर जिस्काउँथें, ऊ मलाई बुद्धु भन्थी । नभन्दै बुद्धु नै त रहेछु म । जो फेसबुकबाट जीवनमा ओर्लिएकी थिई, उसलाई जीवनकै कारागारमा आजीवन बन्दी बनाउने मन थियो, तर ऊ त मेरा आँखाहरूमा भ्रमका धुलो छरेर फरार भैदिई । निक्की सोध्छे, “कस्तो लाग्दैछ त घरको चिया ?” भन्छु, “यहाँ चिनी नराख्दा पनि मिठास आउँछ चियामा, किनकि यहाँ आफ्ना मान्छेहरूसँग बसेर चिया पिउन पाइन्छ ।” “उता शहरमा नि ?” “उता त केही थोपा यादहरू तप्किन्छन् कपमा । तिमीलाई थाहै हुनुपर्ने, नमीठा यादहरूमा मीठा स्वादहरू हुँदैनन् ।” “जो आफ्नो थिएन, त्यो गयो, अनि त्यो पराईलाई सम्झेर जिन्दगी कतिन्जेल चल्छ ?” “कतिन्जेल पनि चल्दैन मलाई थाहा छ, तर तिमीलाई यो पनि थाहा हुनुपर्ने, कहिल्यै रित्तो नहुने कोठा भनेकै मनको कोठा हो, अर्को नआउन्जेल पुरानाका खातापाता भुइँभरि छिरोलिएका हुन्छन् ।” निक्की निकैबेर मौन रहन्छे । #चिया अड्डा #सुरेश बडाल #सुरेश बादल विशेष सम्पादकीय: नेपाली साहित्यको एउटा पूर्ण विद्युतीय पत्रिका सञ्चालनमा आएको देखेर हर्षित हुँदै हाम्रा हरेक गतिविधिमा साथ दिने हजारौँ पाठकहरुसमक्ष हामी क्षमा माग्दछौँ । हामीलाई साथ दिनेहरुमा बौद्धिक पाठकहरु हुनुहुन्छ, साहित्य अनुरागीहरु हुनुहुन्छ र साहित्यमा नाम बनाउन चाहने युवा पुस्ताका एउटा सिंगो जमात हुनुहुन्छ । सञ्चालनमा आएको दुई महिना बित्दा नबित्दै हामीले पाठकहरुको जुन ठूलो सङ्ख्या पायौँ, त्यो हाम्रो कल्पनाभन्दा बाहिर थियो । हामीले पाएको अपार मायाकै कारण हामीले चाँडै फोटो कविता प्रतियोगिता र मुक्तक प्रतियोगिता सुरु ग¥यौँ । हरेक दिन फरक विषय र विधालाई केन्द्रमा राखेर विशेष सामग्रीहरु पस्कन थाल्यौँ । यसो गर्दा हरेक दिन साहित्यपोस्टमा फरक–फरक स्वादका सामग्री आउन थाले । यसले पाठकहरुको आकार बढ्यो र सँगै अपेक्षा पनि । सानो टिम, कोरोनाकाल र दलनमा परेको विषयका कारण हामीले धेरै विविधता दिन सकेनौँ । तै पनि पाठकहरुको अपेक्षालाई सम्बोधन गर्न सकियोस् भन्ने कुरामा हरदम प्रयासरत रह्यौँ । हामीले नेपाली भाषा बोल्ने विश्वभरिका पाठक जोड्यौँ र उहाँहरुका लेखनी र समालोचनालाई पनि महत्त्वपूर्ण स्थान दियौँ । तर हामीले बिर्सियौँ, साहित्यभित्र पनि प्रतिस्पर्धा छ । साँघुरा सोच राख्ने व्यक्तिहरुको बोलावाला छ । साहित्यपोस्ट सुरु भएदेखि नै नेपाली साहित्यलाई आफ्नो घेरामा सीमित राख्न चाहनेहरुबाट पाएको असहयोगबाट हामीले यो कुरा बुझ्नु पर्दथ्यो । [bs-quote quote=”गएको विहीबार बिहानैदेखि हाम्रो साइट पूरै ह्याक हुन पुग्यो । ह्याकरले हाम्रा सामग्रीहरुमा पहुँच राखेर त्यसलाई छिन्नभिन्न पारे । केही सामग्रीहरु पूर्णरुपमा नष्ट भए भने साइट हेर्न मिल्ने अवस्थामा आइपुग्न पूरै ४८ घन्टा लाग्यो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] बाहिर भइरहेका आलोचना स्वस्थ हुन् कि आग्रहपूर्ण हुन्, बझ्नु पर्दथ्यो । हामीसँग जोडिएर आएका हरेक आलोचनालाई समालोचनाको कसीमा हेर्नु पर्दथ्यो । भोलि हुने सम्भावित आक्रमणमा सचेत हुँदै प्रत्येक कदम होसियारीका साथ चाल्नु पर्दथ्यो । त्यो हाम्रो लापरवाही थियो । यी र यस्तै लापरवाहीका कारण केही दिनदेखि साइट स्लो हुने, एकैछिनमा साइट लक हुने र पुनः सुरु हुने घटनाहरु बढ्न थाले । पाठकहरुबाट साइट खोल्दा आउने गरेका गुनासाहरुलाई हामीले समान्यरुपमा लिँदै गयौँ । तर गएको विहीबार बिहानैदेखि हाम्रो साइट पूरै ह्याक हुन पुग्यो । ह्याकरले हाम्रा सामग्रीहरुमा पहुँच राखेर त्यसलाई छिन्नभिन्न पारे । केही सामग्रीहरु पूर्णरुपमा नष्ट भए भने साइट हेर्न मिल्ने अवस्थामा आइपुग्न पूरै ४८ घन्टा लाग्यो । यसो गर्दा हामीले सोमबारदेखि बिहीबारसम्म ४ दिन राखिएका सम्पूर्ण साहित्यिक रचना गुमायौँ । जसमा नेपाली साहित्यका चर्चित कथाहरु, नियात्राहरु, बहसहरु, समाचारहरु, फोटा कविता प्रतियोगिता मुक्तक प्रतियोगिताका रचनाहरु थिए । ह्याकहरुले प्रतियोगिताका लागि पाठकहरुले पठाउनु भएका मुक्तक र फोटोकविताहरुलाई पनि नष्ट पारे । यी सबै कुरामा लापरवाही गरेको महसुस गर्दै हामी सम्पूर्ण पाठकहरुसमक्ष क्षमा माग्दछौँ । हामीसँगै एउटै स्पेसमा रहेका सर्भरका अन्य साइटहरुमा केही नभई केवल साहित्यपोस्टमाथि नै आक्रमण हुनु र त्यहाँका महत्त्वपूर्ण सामग्री नष्ट गर्नुका पछाडि कसको के नियत छ, ढिलो चाँडो प्रकाशमा आउने नै छ । यसका लागि नेपाल प्रहरी र साइबर विज्ञहरुको सहयोग हामीले लिएका छौँ र यसलाई गम्भीररुपमा अनुसन्धान गर्ने आश्वासन पनि उहाँहरुबाट पाएका छौँ । भोलिका दिनमा हाम्रो साइटको सुरक्षामा लापरवाही नगरी यथेष्ट सुरक्षा कवच लगाउँदै अघि बढ्न कुनै कसर बाँकी नराख्ने कुरामा हामी प्रतिबद्ध छौँ । [bs-quote quote=”साइट ह्याक हुनेबित्तिकै प्रत्यक्षरूपमा सयौँ पाठकहरुबाट आएको चिन्ता, आश्वासन र चासोले साहित्यपोस्ट एक्लो छैन भन्ने सन्देश पनि दिएको छ । यो प्रकरणले गलत नियतले हामीमाथि गर्ने साइबर वा बौद्धिक आक्रमणहरुलाई निस्तेज गर्न ठूलो टिमको साथ पनि पाएका छौँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] साइट ह्याक हुनेबित्तिकै प्रत्यक्षरूपमा सयौँ पाठकहरुबाट आएको चिन्ता, आश्वासन र चासोले साहित्यपोस्ट एक्लो छैन भन्ने सन्देश पनि दिएको छ । यो प्रकरणले गलत नियतले हामीमाथि गर्ने साइबर वा बौद्धिक आक्रमणहरुलाई निस्तेज गर्न ठूलो टिमको साथ पनि पाएका छौँ । केही दिनभित्रै हामी पुनः पुरानै लयमा फर्किनेछौँ । त्यसो गर्दा फोटो कविता प्रतियोगिता, मुक्तक प्रतियोगिता र साप्ताहिक विधागत प्रस्तुतिहरु एक साताका लागि रोक्नु पर्ने बाध्यताका लागि पनि क्षमा चाहन्छौँ । हामी डराएका होइनौँ, केवल तयारीका लागि थोरै समयको जोहो मात्र गरेका हौँ । हजारौँ पाठकको साथ पाएर हामी अझ बलिया भएका छौँ । हाम्रो टिम सम्पूर्ण पाठकलाई विश्वास दिलाउन चाहन्छ, साहित्यपोस्ट नेपाली भाषा, संस्कृति, परम्परा र साहित्यका सम्पूर्ण सामग्री पस्कन आतुर छ । हामी हरेक दिन फरक र हरेक दिन विशेष काम गर्न आतुर छौँ । विशेष प्रस्तुति एक साताका लागि रोकिए पनि साहित्यका अन्य गतिविधिहरु, समाचारहरु, सामयिक सामग्रीहरु भने नियमित अपडेट भइरहनेछन् । यसलाई बढी भन्दा बढी पाठकसम्म पुर्याएर एक सातापछि आउने सामग्रीकाहरुका लागि वातावरण तयार पारिदिन पनि तपाईँहरुसँग विशेष आग्रह गर्दछौँ । जदौ… आउँदा जाँदा लाउँला पिरती ! #अश्विनी कोइराला #विशेष सम्पादकीय प्रज्ञा प्रतिष्ठानकाे नयाँ पुरस्कार विदेशमा बस्ने नेपालीलाई: प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानले फरक भाषा र भुगाेलमा बसेर नेपाली भाषा र साहित्यमा याेगदान गर्ने स्रष्टालाइ केन्द्रमा राखेर दुइवटा नयाँ पुरस्कारकाे स्थापना गरेको छ ।त्यसैगरि स्वदेश वा विदेशमा बसेर नेपाली साहित्यलाई अनुवाद गरेर विश्व साहित्यमा प्रवेश गराउन सहज भूमिका निभाउने स्रष्टाकाे प्राेत्साहनका लागि पनि नयाँ पुरस्कार पनि स्थापना गरेकाे छ । प्रतिष्ठानले यी तीनवटा पुरस्कारकाे नाम नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार दिएकाे छ ।नेपाल प्रज्ञा अनुवाद पुरस्कार पनि दुईवटा रहेकाे छ । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरू स्थापना गरेको हो । नेपालको गौरवलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुर्\u200dयाउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएकाे छ । उक्त पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद, पदक र प्रमाण पत्र रहेको छ । यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरूलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना गरेकाे छ । नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाा नगद, पदक र प्रमाणपत्र रहेको छ । #प्रज्ञा प्रतिष्ठान नम्बर एक साथी, नम्बर चार बल: त्यतिबेला साथी र मित्रता के हो भन्ने कुरा बुझेको पनि थिइनँ होला ! साँच्चै भन्दा आफ्नै नाम पनि राम्रोसँग भन्न सक्दिनँ थिएँ । हो , त्यहीबेलादेखिको मेरो साथी वा मित्र अथवा यार जे भने पनि ज्ञानेन्द्र पोखरेल थिए । उसलाई हामी ज्ञानी भन्थ्यौँ । ऊ नामजस्तै ज्ञानी पनि थियो । तर मेरा लागि ज्ञानी ईश्वरभन्दा माथिको नम्बर एक साथी थियो । चितवनको तत्कालीन शिवनगर गाविसको वडा नं. २ , हालको भरतपुर नगरपालिका – १५ मा थियो हाम्रो घर । ज्ञानीको परिवार स्याङ्जाबाट बसाइँ सरेर आएका थिए । मैले उनै साथीबाट पहिलोपटक सुनेको थिएँ , “ ड्याडी ” भन्ने शब्द । उसको परिवार सरकारी कर्मचारी । हाम्रो परिवार पूरै किसान । सुरुमा कसरी सम्बोधन भयो ? थाहा छैन , तर आजसम्म मलाई सम्बोधन गरेर बोलाउँदा सबैभन्दा प्यारो लाग्ने दुई जनाको नाम छ । एक मेरी दिदी अर्थात् ज्ञानु र अर्को उही साथी ज्ञानी । हाम्रो मित्रता निकै गहिरो थियो । हामी ज्ञानीको घरको भोगटे , हाम्रो घरको भुइँकटहर , निबुवा आदि चोरेर सँगै खान्थ्यौँ । आजभोलि त्यो बालापन सम्झँदा पनि रमाइलो लाग्छ । मैले पहिलोपटक ज्ञानीकै घरमा देखेको हुँ , क्यारमबोर्ड । त्यहीबेलादेखि हामी क्यारमबोर्ड खेल्न सुरु गर्यौँ । हामीबीच लेखमा सधैँ प्रतिस्पर्धा हुन्थ्यो । कहिले उसले जित्थ्यो कहिले मैले जित्थेँ । फुटबल खेल्दा पनि हाम्रो जितहारको लय उस्तै थियो । यसरी ज्ञानीको सङ्गतले म केही कुरा सिक्थेँ पनि । गर्मीमा निकै गर्मी हुन्छ चितवन । गर्मीले गर्दा दिउँसो स्कूल लाग्दैनथ्यो । बिहानको पढाइ हुन्थ्यो । एघार बजेपछि घर आयो । खाना खाएर फेरि कुद्यो खेतका गहरामा फुटबल खेल्न । गर्मीको केही मतलबै थिएन । पुष्पराज पौडेल तर पढाइका कारण ज्ञानी र म छुट्टाछुट्टै स्कुल भर्ना भयौँ । तैपनि स्कूलपछिको समय सायद कहिल्यै छुट्टिएनौँ । त्यही समयको एउटा घटना मैले अहिलेसम्म बिर्सिएको छैन । हामी प्रावि स्कूलमा पढ्थ्यौँ । हाम्रो घर नजिकै महेन्द्रचोकमा किराना पसल थियो । मलाई “ उधारो कारोबार कसरी हुन्छ ? ” भन्ने थाहा थिएन । तर ज्ञानीलाई थाहा रहेछ । एकदिन ज्ञानीले , “ जाम हिँड् दोकान ” , भन्यो । मैले कारण सोधेँ । उसले उज्यालो अनुहार पारेर आज हामीले बिस्कृट खाने कुरा सुनायो । मैले पैसाको बारेमा सोध्दा उसले केही भनेन । हिँड्न मात्र भन्यो । म उसको पछि लागेँ । ऊ मेरो अघिअघि लाग्यो । हिँड्दै गर्दा उसले सोध्यो , “ कुन बिस्कुट खाने ? ” म त छक्क परें ! बिस्कुट पनि कुन भन्ने हुन्छ र ? मैले अन्य कुनै बिस्कुट देखेको र खाएको थिइनँ । खाएको र देखेको भनेकै ग्लुकोज बिस्कुट थियो । तर उसले आज पाइनापल बिस्कुट खाऔं भन्यो । न त मैले देखेको थिएँ न खाएको , पाइनापल बिस्कुट कस्तो हुन्छ ? मलाई केही थाहा थिएन । तैपनि मैले हुन्छ भनेँ । पसलमा पुगेर उसले पाइनापल बिस्कुट माग्यो । पाइनपल बिस्कुट त जोडीजोडी खप्टिएको हुँदो रहेछ । त्यो जोडीको बीचमा निकै गुलियो के हालेजस्तो । साह्रै मीठो लाग्यो । त्यसपछि हाम्रो जिब्रो पल्कियो । दैनिकजसो एक एकवटा बिस्कुट खान थाल्यौँ । केही समयपछि ज्ञानीको ड्याडीलाई थाहा भएछ । तर ज्ञानीको ड्याडीले ज्ञानीलाई केही भन्नुभएन । मलाई पनि केही भन्नुभएन । दोकानमा गएर खाद्य सामग्रीबाहेक बच्चालाई उधारो नदिन भन्नुभएछ । त्यसपछि हाम्रो बिस्कुट बन्द भयो । ………………….. जेठबाट सुरु भएको गर्मी बिदा साउन महिनाभरमा सकिन्थ्यो । हामीले फुटबल खेल्ने खेतमा रोपाइँ गरेपछि फुटबल खेल बन्द हुन्थ्यो । त्यसपछि दैनिकजसो पौडी खेलेर दिन काट्थ्यौँ । एकपटक हामी बस चढेर नारायणगढ गयौँ , फुटबल किन्न । फुटबल त के हुन्थ्यो , भलिबल पनि होइन । चार नम्बरको हावा हाल्न मिल्ने बल । दिनभर पसल पसलमा गएर दिन बितायौँ । हामीसँग जम्मा पैँतीस रूपयाँ थियो । पसलेले बलको चालिस रुपियाँ भने । तर मोलतोल गर्दा तेत्तीस रुपियाँमा कुरो मिल्यो । तर हामीलाई घर फर्किन दुई दुई रुपियाँ लाग्थ्यो । त्यसपछि मैले ज्ञानीलाई मंगलपुरसम्म गाडीमा जाऊँ , यसपछि हिँडेर जाऊँ भनेँ । त्यहाँसम्म गएको एक एक रूपयाँ दिने । हामीबीच यही कुरामा सहमति भयो । फेरि हाम्रो स्वभाव नै एउटाले भनेपछि अर्कोले हुँदैन भन्ने थिएन । असहमति हुँदैनथ्यो । गाडी चढेर हामी मंगलपुरसम्म आयौँ । हामी बसको छतमा थियौँ । माथिबाट तल आउन बल समातेर मिलेन । ज्ञानीले बल फालिदियो । हामी बसबाट तल झर्यौं । तल आउनेबित्तिकै ड्याम्म पडकेको आवाज आयो ! सबै बस रोकेर हेर्न थाले । हामी पनि हेर्न थाल्यौँ । बस अलिकति कोल्टे प ¥ यो । साह्रै डर लाग्यो मलाई । एक्कासि गाडीको खलाँसी आएर मलाई समात्यो । मलाई केही थाहा भएन । गाडीको पाङ्ग्रामा बल परेछ । भुन्टे खलाँसी निहुँ खोज्दै कराउन थाल्यो — बस पल्टेको भए के हुन्थ्यो ? तर हामीलाई त्यो कराएको भन्दा बल फुटेको बढी चिन्ता थियो । उता बसभित्रबाट ओर्लिएका मान्छे पक्ष ÷ विपक्षमा देखिए । कोही खलाँसीलाई उस्तो भन्थे , कोही हामीलाई । तर अन्तिममा हामी फुटेको बल लिएर भाग्यौँ । हाम्रो योजना थियो — गाविस स्तरीय जुनियर म्याच खेलाउने । यो योजनासाथ बल किन्न पाएकोमा हामी गमक्क थियौँ । तर क्षणभरमै बलको हावासँगै हाम्रो उत्साह पनि उडिसकेको थियो । ………………… यस्तै हाँसखेलमा बालापन सकियो । सधैँ साथमा हुने ज्ञानीको घरमा विवाहको कुरा चलेछ । उसले मलाई सबै कुरा सेयर गर्यो । केहीदिनपछि टीका लगाउने कुरा भयो । उसको ड्याडीले कुरो पक्का गरेपछि हामी टीका लगाउन गयौं । टीका लगाउने दिन म पनि गएको थिएँ । केटीका घरमा पुग्न लागेका थियौँ । ज्ञानीले मलाई भन्यो , “ मैले चिया खान्न भनेको छु । तँ पनि नखा नि फेरि । हामी साथी – साथीको कुरा फरक पर्छ । ” मैले हुँदैन भन्ने कुरै थिएन । हुन्छ भनिदिएँ । ऊ खुसी भयो । केटीका घरमा पुगेपछि केही समयमा टीका सम्पन्न भयो र हामी फर्कियौँ । त्यसपछि विवाह तयारी सुरु भयो । ज्ञानीको ड्याडीले मलाई गाडीको जिम्मा दिनुभयो । मसँगै पढेको साथीको गाडी थियो । उसैसँग कुरा गरेँ । दिनभरिको रिर्जभ दुई हजार भन्यो । अरूलाई त्योभन्दा बढी भन्ने गरेको रहेछ । साथीको लागि दुई हजार भनेको रहेछ । विवाहको दिन ज्ञानी दुलाहा भएर हिँड्यो । म दुलाहाको साथी , उसलाई छाता ओडाएर हिँडेँ । यता दुलाहालाई टीका लगाएको पैसा मसित थियो । उता गएर जल खाँदाको पैसा पनि मसित थियो । ड्राइभर पनि साथी । तर आउँदा दुलाहासित बस्ने ठाउँ पाइनँ । गाडीको इन्जिनमाथि बस्न भनेर फर्म दियो । बिहे त साथीको थियो , अरूको अगाडि मेरो त मानै फरक ! म गमक्क थिएँ सायद । घरमा पुगेपछि ज्ञानीले भन्या , “ जा , तँ केही खाएर आइजा । ” “ पख न ! पैसा तँलाई दिन्छु अनि । ” मैले भनेँ । “ पछि दिए हुन्छ , पहिले केही खा न ! ” उसले जिद्द गर्यो , तर मैले मानिनँ । उसले खामबाट फटाफट छ सय झिकेर दियो । यो झोलामा , बाँकी यहाँ नै छ । तँ आएपछि मिला भनेर मुख देखाउने काम गर्यो । ज्ञानीको विवाह भएको एक वर्षपछि मेरो पनि विवाह भयो । मेरो विवाह उमेर पुगेर भएको हैन । अहिले भएको भए बालबिवाह मानिन्थ्यो । संयोग पनि एउटै , ज्ञानीका पनि दुई छोरी मेरा पनि दुई छोरी । उसले सिटिइभिटी पढेर वि.पि. कोइराला क्यान्सर अस्पतालमा जागिर खायो । अहिलेसम्म ऊ त्यही जागिरमा छ । केही समय मैले भरतपुर नगरपालिकामा जागिर खाएँ । त्यसपछि गाउँको दुग्ध उत्पादन सहकारीको व्यवस्थापक भएँ । एकदिन राति पेट पोल्यो । साह्रै नै भयो । श्रीमती शोभालाई उठाएँ । उनले हातमा हेरिन् त्यहाँ त दुईवटा सानो खालजस्तो भएर रगत आइरहेको रहेछ । थाहै थिएन , मलाई त सर्पले टोकेछ ! उनले आमालाई बोलाइन् । आमाले सानो बालाई बोलाउनुभयो । रातिको समय , अहिलेजस्तो गाउँमा फोन थिएन । हाम्रो गाउँमा दुई घरमा मात्र मोटरसाइकल थिए । मैले आमा र शोभालाई ज्ञानीलाई भन्न पठाएँ । सधैँ बिरामी लिएर अंकल जानुहुन्थ्यो । उहाँ कोष तथा लेखा नियन्त्रण कार्यलयको कर्मचारी , थप चिनाजान थियो अस्पतालमा । त्यो दिन ज्ञानी आफैँ आयो । म बाइकको पछाडि बसेँ । शोभाले हातले ज्ञानीको कम्मर समात्न भनिन् । मैले त्यसै गरेँ । घरबाट हिँडेपछि मैले ज्ञानीलाई भनँ , “ म केहीबेरमा बेहोस् हुनसक्छु , छिटो जाऊँ । ” , नभन्दै प्रेमबस्ती पुगेपछि म बोल्न छाडेछु । ज्ञानीले एक हातले मलाई समाएर एक हातले बाइक चलाएर भरतपुर अस्पताल पुर्याउन भ्याएछ । उसले मलाई बोकेर लगेको याद छैन । डाक्टरले सोधेपछि मैले भनेको थाहा छ । सायद बाँच्नको लागि सबै जुरेको थियो । म त सर्पको विष लागेर बेहोस भएछु । उता सानोबा र रमेश थपलिया भाइ साइकलमा आएछन् । आमा आत्तिएर शम्भु भण्डारी , पूर्वगाविस अध्यक्ष हाल वडां नं. १५ का वडा अध्यक्षलाई अस्पताल लिएर आउनुभएछ । अस्पतालका फिजिसियन डा. नगेन्द्रकुमार सिंह पनि तुरून्त आउनुभएछ । उपचार प्रक्रिया सुरु भयो । एन्टी स्न्याक भ्याक्सिन चलाउन सुरु भयो । तर उपचारमा अवरोध हुने देखियो । तत्कालीन श्री ५ को सरकारले एन्टी स्न्याक भ्याक्सिन निःशूल्क उपलब्ध गराउने भनेको थियो । तर त्यसबेला त्यो भ्याक्सिन अस्पतालमा पुगेको रहेनछ । अस्पतालले निःशूल्क उपलब्ध गराउने भ्याक्सिन अन्य मेडिकलमा पनि ल्याएनछन् । त्यही औषधिको अभाव भयो । डाक्टर आफैँ औषधि व्यवस्थापन गर्नतिर लाग्नुभयो । मेरो छिमेकी भाइ दीपक अधिकारी पनि अस्पताल अगाडिको औषधि पसलमा जागिर खान्थ्यो । ऊ पनि नारायणगढको औषधि होलसेलतिर लागेछ । रमेश दाइले साझाको गोदाममा छ भन्ने थाहा पाउनुभएछ । स्टोरकिपरलाई लिन उहाँले घरमै पठाउनुभएछ । दीपक र ज्ञानी नारायणगढमा औषधि खोज्न गएछन् । मलाई बचाउनको लागि सबैको सहयोग भयो । औषधि पाइयो । जम्मा ९३ वटा भ्याक्सिन लगाइएछ । अस्पताल पुगेको तीन दिनपछिको साँझ मात्र मैले बत्ती बलेको देखेँ । साथीहरू , आफन्त र शुभचिन्तकको भीड नै देखेँ हस्पिटलमा । अचेत हुदाँ ज्ञानीलाई मैले भनेको रहेछु , “ ज्ञानी , मलाई केही भएमा छोरीहरूको ख्याल गर ल ! ” , मैले यसो भनेको सुनेर मेडिकल वार्डका बिरामी र नर्सहरू पनि भावुक भएछन् । उनीहरू आँखाभरि आँसु जमाएर रुँन खोजेका रहेछन् । पाँचौ दिन बिहान डा. सिंह आउनुभयो , सरासर म भएको ठाउँमा । अरू बेलामा त टिम नै भएर आउनुहुन्थ्यो । त्यसदिन उहाँ एक्लै आएर मलाई बोलाउनुभयो । गोजीबाट पेन निकालेर बिर्को झिकेर कलमको निभतिर देखाउँदै हेर्न लगाउनुभयो । मैले हेने सकेछु क्यारे ! , “ ल केटो त बाँच्यो ” भनेर खुसी हुनुभयो । मलाई पनि म अब बाँच्ने भएँ भन्ने लाग्यो । त्यतिबेलाको बाँच्न पाउँदाको खुसी अहिले भन्न सक्दिनँ । डाक्टर सिंहले भनेपछि मलाई बल्ल थाहा भयो , म मरेर बाँचेको रहेछु । मेरो हर समस्याको साथी ज्ञानी ! म आजभोलि पुस्तक व्यवसायमा छु । साथीहरू कति छन् कति , तर मेरो बाल्यकालको साथी ज्ञानी , तँ मेरो प्रिय साथी । मेरो नम्बर एक साथी । #पुष्पराज पौडेल महारानी हुने विचार छ कि कसो ?: आज सन् २००३ जनवरी १४ तारिख मेरो इरान बसाइको पाचौँ दिन पनि म आफ्नो नियमित नेपाली समयमै ब्यूँझिहालेँ । उठेँ र बसेँ एकछिन त्यतिकै । एकतमासको शून्यताको अनुभूति भयो बिहानै । एक्लो र अथाह एकलास ओढेको कोठा र त्यसभित्र एक्लो म । एकाबिहानै यो विचित्र अनुभूति ! मैले यो वातावरणलाई बिथोल्न उठेर टेलिभिजन खोलेँ तर मेरो मन भने एकतमासको भई नै रह्यो । हेरेँ, टेबुलको एक छेउमा डायरी र एउटा कलम राखिदिएको रहेछ होटलले । बिस्तारै उठाएँ कलम र सोचेँ— यो नरमाइलो एक्लोपनलाई यहीँ घोप्ट्याउनुपर्यो, डायरीमा । यो कोठामा कोठाजत्रै शून्यता छ कोठाजत्रै एकान्त छ र कोठाजत्रै उदासी छ । शून्यताले कोठाजत्रै मुख बाइरहेको छ एकान्तले आतङ्कजस्तो हात पैmलाइरहेको छ र उदासीले त्रासद आँखाले हेरिरहेको छ । कतै भाग्न पनि नसकेको लड्न पनि नसकेको यी सबैसँग कोठामा म पनि छु कोठाभन्दा ज्यादै सानो निरीह र एक्लो । यो कोठामा कोठाजत्रै शून्यता छ … । यति लेखिसकेपछि हलुका भएँ म । चङ्गा मन लिएर गएँ बाथरूममा, र नुहाएँ । भीष्म उप्रेती श्री एस. एम. हुसेनियनले ‘मेरो टिकटमा केही समस्या छ जस्तो छ, पासपोर्ट ल्याउनुस् है !’, भनेका थिए हिजो । त्यसैले पासपोर्ट झिकेँ सुटकेशबाट र कोटको भित्री गोजीमा राखेँ । त्यसपछि उही नियमित प्रक्रिया, आठ बजे लबीमा गयो, शुभप्रभात भन्यो साथीहरूलाई र ब्रेकफास्ट खाएर सेमिनारको लागि प्रस्थान गर्यो । दिउँसो खाना खाइसकेपछि श्री हुसेनियन र म निस्कियौँ बजारतिर इमिरेट्स एयरलाइन्सको अफिसमा जान । मैले तेहरानबाट फर्कनको लागि १७ तारिखको मिति निश्चित गरेको टिकट लिएको भए पनि त्यसलाई फेरि कन्फर्म गरेर ढुक्क हुनका लागि हुसेनियनजीलाई भनेको थिएँ हिजो । यो उनको कार्यक्षेत्रभित्रै पथ्र्यो पनि । हिजो फोनबाट बुझ्दा पासपोर्ट लिएर आउन भन्यो होला एयरलाइन्सले । त्यसैले हामी आज निस्किएका थियौँ यसरी । मेरो लागि त यो एउटा अवसर थियो इरानलाई अर्को एउटा नयाँ पाना पल्टाएर पढ्ने । मैले हुसेनियनजीलाई सोधेँ — “किन इरानीहरू अङ्ग्रेजी बुझ्दैनन् ? अङ्ग्रेजी पढ्नु पर्दैन हो ?” “इस्लामिक क्रान्ति अघि पढ्नु पथ्र्यो । तर क्रान्तिपछि इरानलाई पश्चिमी प्रभावबाट बचाउने नाममा अङ्ग्रेजी पठनपाठन बन्द गरियो । तेहरान विश्वविद्यालय धेरै प्रसिद्ध थियो यस क्षेत्रमा । युरोप र अमेरिकाबाट आएका सबै प्राध्यापकहरू उतै फर्किए क्रान्तिपछि ।” “तपाईंको अङ्ग्रेजी त राम्रो छ त ?”, मेरो जिज्ञासा बोल्यो । “मैले विदेशमा पढेको हुँ, त्यसैले ।” उनले भने । र, अझै भने — “राजा पहल्वीलाई हटाएर गरिएको क्रान्तिपछिको इरानीहरूको एउटा सिङ्गै पुस्ताले अङ्ग्रेजी बुझ्दैन ।” मलाई आफूले अलिअलि पढेको इरानको इस्लामिक क्रान्तिका केही झलकहरूको सम्झना भयो । पर्सिया नाम रहेको प्राचीन मानवसभ्यताको एउटा धरोहर रहेको यस देशको पुनः नामाकरण गरी इरान बनाइएको थियो सन् १९३५ मा । यस देशमा शासन गर्ने राजपरम्परा थियो । तर सन् १९७९ मा भएको क्रान्तिले राजसंस्थाको अन्त्य गरिदियो । त्यसबेला इरानमा राजा शाह रेजा पहल्वी थिए । उनकी रानीको नाम इमप्रेस फराह थियो । तर राज्यका महत्वपूर्ण पदहरूमा आफ्नै नातेदारहरूलाई मात्रे राख्ने, मोजमस्ती र निर्लज्ज भ्रष्टाचार गर्ने एवं जनताले विरोध गरेमा त्यसलाई क्रूरतापूर्वक दबाउनेजस्ता गलत क्रियाकलापले इरानमा राजालाई ज्यादै अलोकप्रिय बनाइदियो । जनताको असन्तोष बढेपछि राजा पहल्बीले निर्वासनमा पठाएका इरानका धार्मिक नेता आयोतोल्लाह रोहोल्लाह खुमेनी फ्रान्सको १४ वर्षको निर्वासित जीवन त्यागेर १९७९ जनवरी १ मा इरानमा फर्किए । त्यस रात तेहरान रातभरि जागै थियो । कफ्र्युको कुनै पर्वाह नगरी दसौँ लाख जनताहरू सडकमा निस्किएका थिए । त्यसपछि उनैको नेतृत्वमा इरानमा आन्दोलन र क्रान्ति प्रारम्भ भयो । सरकारी संयन्त्रहरू गतिहीन भए । राजाको क्रान्तिलाई दबाउने सबै उपायहरूले काम गर्न नसकेपछि सोही वर्षको जनवरी १६ मा राजारानी इरान छाडेर निर्वासनमा जान बाध्य भए । शुरुमा विदा मनाउन र औषधी गर्न भनेर विदेशिएका राजा फर्केर फेरि कहिल्यै इरान आएनन् । फेब्रुअरी ११ मा आयोतोल्लाह खुनेनीले इरानको राज्यशक्ति हातमा लिएपछि अप्रिल १ मा इस्लामिक रिपब्लिक इरानको घोषणा गरिएको थियो । निर्वासित राजा शाह रेजा पहल्बीको भने सन् १९८० मा इजिप्टमा क्यान्सर रोगले मृत्यु भयो । मैले बल्ल बुझें, किन हामीले पसलहरूमा अङ्ग्रेजी बोल्ने मानिसहरू भेटेनौँ, किन सेमिनारका इरानी सहभागीहरू विषयवस्तु बुझेर पनि छलफलमा भाग लिन सकिरहेका थिएनन्, फुर्सदको समयमा किन हामीसँग चाहेर पनि खुलेर कुरा गर्न सकिरहेका थिएनन् । “तपाईंहरू खुसी हुनुहुन्छ त यस्तो प्रणालीसँग जसले मानिसको स्वतन्त्रतालाई कुँजो बनाउँछ ?”, मैले उनको भित्री विचार जान्न चाहेँ । “खुसी त छैनौँ । तर इरानीहरूले धेरै रक्तपात भोगिसकेका छौँ । अझ रक्तपात चाहँदैनौँ । रक्तपातविहीन परिवर्तन हाम्रो चाहना हो ।”, उनले भने । “यो त राम्रो कुरा हो । तर सम्भव होला र ?”, मेरो सानो आशङ्का बोल्यो । “हामी आशावादी छौँ । हेर्नूस् न, सन् अस्सीको दशकभन्दा निश्चय नै धेरै खुकुलो भएको छ अहिले । इरानी युवाहरूले ठूलो समर्थन गरेर सुधारवादी राष्ट्रपति (मोहम्मद खतामी) लाई जिताएका छन् । उनी सकेसम्म सुधार गर्न चाहिरहेका पनि छन् । अङ्ग्रेजी भाषालाई पनि बिस्तारै फेरि अध्ययन गराउन थालिएको छ विद्यालयमा । तर राष्ट्रका सर्वोच्च व्यक्ति त धार्मिक नेता नै हुन् । उनीहरू अझै पनि धेरै बलिया छन् । त्यसैले राष्ट्रपतिले ज्यादै होशियार नभईकन सुखै छैन ।” हामी इमिरेट्स एयरको कार्यालयमा पुग्यौँ । एकैछिनमा सकियो हाम्रो काम र पुनः फर्कियौँ इरानको केन्द्रीय बैँकमै । ………………….. साँझ ज्वेलरी म्यूजियम हेर्न जाने कार्यक्रम थियो । मन त्यसैले पनि चन्चल भइरहेको थियो । अहिले गाडीमा बसेर म्यूजियमतिर हुँइकिएपछि त उत्सुकता ह्वात्तै बढेको थियो । मनको फुर्फुरको त के कुरा ! हामी इरानको केन्द्रीय बैँकको सबैभन्दा पुरानो भवनमा पुग्यौँ । विशाल दरबार रहेछ त्यो भवन । यसै भवनलाई इरानको केन्द्रीय बैँकले ज्वेलरी म्यूजियम बनाएको रहेछ । हामीलाई यस भवनको मूल ढोकामै क्यामरा र अन्य चुम्बकीय वस्तुहरू भए सुरक्षाकर्मीलाई बुझाउन भनियो । जवाहरातको फोटो खिचौँला भन्ने उत्साहमा पानी परिहाल्यो शुरुमै । हामी सबैले क्यामरा बुझायौँ र एक एकओटा टोकन प्राप्त गर्यौँ सट्टामा । मूल ढोकाबाट भित्र पसेको मात्र थिएँ, वाफ रे ! अचानक सासै रोकिएझैँ पो भयो । अकल्पनीय सौन्दर्य, भव्यता र विलाससँग जम्काभेट भयो । इरानका राजाहरूले प्रयोग गर्ने गरेका सुनचाँदी र अरू के-के हो के-के जवाहरातले निर्मित झलझलाकार भव्य पलङ । म त अवाक्, केवल टुलुटुलु हेरिरहेको थिएँ । सँगै उभिएकी सादियाले भनी— “यो पलङचाहिँ पाएँ भने मलाई संसारका अरू कुनै चिज चाहिँदैन ।” मैले पुलुक्क उसलाई हेरेँ र उसको कानैनेर फुसफुसाएँ— “निद्रा लाग्छ यस्तो पलङमा ?” ऊ मतिर हेरेर मीठोसँग मुस्कुराई मात्र । तर मलाई त साँच्चै निद्रा लाग्ने छैन यस्तो पलङमा सुत्न पाए पनि । यो भव्यताले, जवाहरातको रापले मजस्तो साधारण मान्छेको साधारण निद्रालाई नजिक आउनै दिने छैन, पक्कै पनि । यो मेरो सामथ्र्य त के, कल्पनाभन्दा पनि कोसौँ टाढाको कुरा भयो । कसरी चैनले निदाए होलान् इरानी राजारानी यहाँ ! के इरानी जनताको दारुण गरीबीको टीठलाग्दो मुहार र करुणाले पोलेन होला र उनीहरूलाई भत्भती ? हामी अर्को ढोकाबाट भित्र छिर्यौं । विशाल कोठा थियो यो, र बिजुलीबत्तीको मधुरो प्रकाश बालिएको थियो । यस कोठाभित्रको दौलत र तिनको चमचमाहट, वाफ रे ! मेरो जीवनको सर्वथा नौलो कुरा थियो । के मात्र हेर्ने र कुन कलाकारिताको प्रसंसा गर्ने ! कुन गहना हेर्ने र आफ्नी मायालुलाई सम्झिने ! म त अलमलिएँ । आजको यस साँझलाई खोई कसरी सम्झने हो मैले मेरो जीवनमा ! यति धेरै दौलत, बहुमूल्य जवाहरात एकै ठाउँमा देखुँला भन्ने त मैले कहिल्यै कल्पनै गर्न सकिनँ भने देख्ने आशा त कसरी गर्नु ! र, फेरि जिन्दगीभरिमा देखुँला भन्ने किन्चित अपेक्षा पनि छैन । झलझलाकार हिरा, मोती, मुगा, रुवी, पन्ना र अरू केके हो केके ! नामै नजानेका रत्नहरूले बनेका कलापूर्ण श्रीपेचहरू, महारानीले लगाउने ताजहरू, विभिन्न किसिमका गरगहनाहरू, मालाहरू, कम्मरपेटी, तरबारका म्यानहरू, ढाल, कलात्मक कचौरा, चम्चा र प्लेटहरू । राजारानीको यिनै रत्नजडित भव्य सिंहासन र औपचारिक पोशाकहरू । सुनचाँदी मात्र त तुच्छ ढुङ्गा बराबर लाग्न थाले मलाई त्यहाँ । त्यस्तै, तत्कालीन इरानी राजाले वितरण गर्ने विभिन्न तक्माहरू पनि सजाइएका थिए । कुनै पनि गहना अथवा केहीमा जडित नगरिएका हिरा, मोती, रुबी, सुनका टुक्राहरू आदि पनि त्यत्तिकै सजाएर राखिएका थिए । हामी सबैका विस्फारित आँखाहरूले मानौँ झिमझिमाउनसमेत बिर्सेका थिए त्यहाँ, हामी सबैका मुटुहरूले मानौँ ढुकढुकाउनसमेत बिर्सेका थिए त्यहाँ । त्यहाँ त केवल आश्चर्यहरू थिए सलबलाइरहेका, भावुकताहरू थिए चलमलाइरहेका । त्यहाँको एक जना कर्मचारी हामीलाई प्रत्येक गहनाको, प्रत्येक वस्तुको बारेमा, त्यसलाई प्रयोग गर्ने व्यक्तिको बारेमा, त्यसको कालिगढी र निर्मितिको बारेमा टेपरेकर्ड खोलेजसरी फरर्र भट्याइरहेको थियो एउटै प्रवाहमा । जब उसले केही हिराका ठूलाठूला टुक्राहरू र अन्य बहुमूल्य जवाहरातहरूलाई देखाउँदै भारतको हैदरावाद, दिल्ली र अन्य सहरहरूबाट ल्याएको भन्न थाल्यो, मैले सुटुक्क भारतीय साथीहरूको अनुहार हेरिहालेँ । उनीहरूको अनुहारमा अथाह आश्चर्यहरूबीच पनि एउटा तनाव र तम्तमाइलो उदास रङ चढेको देखेँ मैले । एक किसिमको क्षोभजस्तो, सबैभन्दा प्रिय वस्तु गुमाउनुपरेको पीडाजस्तो ज्यादै नमीठो भाव देखेँ मैले । विशेषतः श्रीमती बलबीर कौर र डा. शर्मिष्ठा मित्राको अनुहारमा यो भावना प्रष्ट पढेँ मैले । त्यस भव्य कक्षबाट बाहिर निस्कँदा सादिया फेरि मेरो नजिकै आइपुगेकी थिई । “के छ तपाईंको विचार अहिले ?”, बिस्तारै सोधेँ मैले । “मलाई यो पलङ र त्यो परको एउटा ताज भए पुग्छ ।”, उसले भनी । मैले कालो बुर्काले छोपेको उसको जीउडाल र उमेर नियालेँ एकपल्ट र भनेँ— “महारानी हुने विचार छ कि कसो ?” ऊ फेरि मुस्कुराई तिनै जवाहरातजस्तै उज्यालो मुस्कान । हामीलाई मूल ढोकामा हाम्रा क्यामरासँगै एक एक सेट पोष्टकार्ड उपहार दिइयो । यी पोष्टकार्डहरू यिनै जवाहरात र गहनाहरूसँग सम्बन्धित थिए । ………………. होटलमा फर्केपछि आफ्नो कोठामा टेलिभिजन हेरिरहेको थिएँ, ढोकामा कसैले आवाज दियो । खोलेर हेरेँ, सामुन्नेको कोठामा बस्ने अन्जनेलुजी मुस्कुराइरहेका थिए । उनले हतार गर्दै भने —”ल ल, चाँडै तयार हुनुहोस्, ढिला भइसक्यो ।” “किन, के भो र ?”, मलाई अचम्म लाग्यो । “दिल्ली दरबार निकै टाढा छ यहाँबाट । निकैबेर लाग्छ त्यहाँ पुग्न ।”, यति भनेर उनी तल लबीमा भेट्ने भनेर हिँडिहाले । यो अल्पसूचनाले जन्माएको उत्सुकताले लगाएको काउकुतीले मलाई पनि हतार लगायो । हतारहतार कपडा बदलेर ओर्लिएँ म लबीमा । अन्जनेलुजीका साथमा डा. शास्त्री र स्वामिदास मलाई पर्खिरहेका थिए । हामी चार जना होटल परिसरबाट एउटा ट्याक्सीमा बसेर हुइकियौँ तेहरानको ल्याम्पोष्टको बत्तीले रङमङिएको सडकमा । ड्राइभरले कहाँकहाँ घुमाउँदै करिव ४० मिनेटपछि पुर्यायो हामीलाई ‘दिल्ली दरबार’मा । हामीले ड्राइभरलाई विदा गर्न चाह्यौँ । तर ऊ जान मानेन । “जति समय लाग्छ लागोस्, तपार्इंहरूलाई मै पुर्याइदिन्छु नि ! बढी भाडा लिन्नँ ।”, हामीले केही भनेनौँ । मलाई बल्ल थाहा भयो, दिल्ली दरबार भनेको त तेहरानमा रहेको भारतीय रेस्टुरेन्टको नाम पो रहेछ । दिउँसो डा. शास्त्रीले भारतीय रेस्टुरेन्टको विषयमा गाइँगुईं कुरा गरेको त सुनेको थिएँ, उनीहरूले त पूरै कार्यक्रम नै पो बनाएछन्, अहिले त ! हामीले लगभग १ घन्टा बितायौँ दिल्ली दरबारमा । फर्कंदा केही ड्राइफुड किन्ने विचार गरे साथीहरूले । ड्राइभरले त्यहीँ नजिकै एउटा पसल देखाइदियो र भन्यो — “तपाईंहरू सामान छान्नोस् मात्र । पैसा तिरेर म किन्छु । मलाई पछि पैसा दिनुहोला, नत्र त तपाईंहरूलाई ठगिहाल्छ त्यसले । किन ठगिनुहुन्छ व्यर्थैमा ?” अहो ! यो ड्राइभर त साँच्चैको मित्रवत् पो रहेछ । चिन्नु न जान्नुका मान्छेलाई पनि कति हार्दिक व्यवहार गरेको ! इरानी हृदयको कोमलताको सानो नमूना — यो ड्राइभर । हामीले छोकडालगायत केही ड्राइफुड किन्यौँ । होटलमा फर्कंदा आधा रात बितिसकेको थियो । #भीष्म उप्रेती अन्तरमनको आकाशमा आभूषणहरूको भूमि: अतितले नपछ्याउँदो हो त जीवन कति सुनसान र उजाड हुन्थ्यो होला ! त्यसैले त अतित, अनुभव र स्मृतिको ऐना पनि रहेछ । जब ती अनुभव र स्मृतिहरू वर्तमान समयको छेउमा आएर उभिन्छन् तब मात्र प्यारा लाग्दारहेछन् । हाम्रो जीवनको कमाइ भनेको पनि यिनै सुनौला अनुभव र अनुभूति नै रहेछन् । समयचाहिँ एकैनास हुँदोरहेछ, तर हाम्रा अनुभव र अनुभूति चाहिँ व्यक्तिपिछे फरक फरक हुँदारहेछन् । ‘भारतको आभूषण’ अनि ‘पूर्वको स्विट्जरलैण्ड’ मानिने मणिपुर वाह्य वा आन्तरिक पर्यटकको गन्तव्य पनि हो । हामी गुवाहाटी एयरपोर्टबाट दिनको करिब एक बजेतिर मणिपुर राज्यको राजधानी इम्फालस्थित एयरपोर्ट पुग्दा तीन सय किलोमिटरको हवाई यात्रा पूरा भइसकेको थियो । दीपक सुवेदी ‘अहिलेको समयमा बस यात्राबाट मणिपुर आउँदा प्रायः कष्टकर, अनिश्चित र जोखिमपूर्ण नै हुन्छ । कठिन भूगोलका कारण यस्तो भएको होइन, राजनीतिक कारण छ ।’ सीता दिदीले भनेपछि हाम्रो यात्रा जलपाईगुडीबाट गुवाहाटीसम्म टे«न र त्यहाँबाट प्लेनको यात्रा तय गरिएको थियो । साँच्चै, जीवन भोगाइको अमूल्य साधन रहेछ । जीवनमा भोगेका केही घटना अविस्मरणीय र अमूल्य पनि हुँदारहेछन् । १४ सेप्टेम्बर २०१८ न्यू जलपाईगुडी जक्सनबाट कञ्चनजङ्घा एक्सप्रेसको ५४ को ५, १९, २६, २७, २८, २५ र एस एलको ३६ नं. हाम्रा स्लिपर थिए । लम्मेतान रेल जलपाईगुडीबाट छुट्दा बेलुकाको ९ः१० बजेको थियो । मेरो दिमागमा स्मृतिहरू ओहोरदोहोर गरिरहेका थिए । रेल जतिबेला जोल्ठिङमा पथ्र्यो त्यतिबेला स्मृतिको लय गिजोलिन्थ्यो । जब विपरित दिशाबाट आएको रेलको सिठ्ठी मेरो कानमा पथ्र्यो, तब स्मृतिबाट म बौरिएजस्तो भएँ । बाहिरबाट एकनासले हावा आइरहेको थियो । रातमा खाली पट्री, ट्रेन बेस्मारी हुइँकिएको कर्कस आवाज हाम्रा कानमा ठोक्किरहेको थियो । र, ठीक त्यसैगरी मेरो मन पनि दौडिरहेको छ– कल्पना, भावना अनि आभासहरूमा । ‘ए दीपकजी, हाइकुका बारेमा बताउनु त ।’ स्लिपरमा लुगा ओछ्याउँदै शरदजीले भन्नुभयो । मेरो र शरदको स्लिपर अपरका थिए । विज्ञानका धेरै चेला र समालोचकीय चेत भएको अध्ययनशील शरदजी । तर लेखनमा चाहिँ खै किन हो, अध्ययन र अध्यापनमा जस्तो जाँगर छैन उहाँको । ‘मणिपुरको यात्राका क्रममा ट्रेनमा गरिएको छलफलले नै मलाई हाइकु लेख्न प्रेरित गरेको हो ।’ हिजोआज पनि शरदजी भन्ने गर्नुहुन्छ । ‘दीपकजी, तपाईंलाई कस्तो लाग्छ, मलाई चाहिँ धेरैले हाइकु बुझेर लेखे जस्तो लागेन है ।’ यसबाट पनि प्रष्ट हुन्छ, शरदजी दक्ष समालोचक हो । सुकराजसँगको भेटमा त शरदजीलाई हिजोआज पनि हामी हाइकु कवि नै भनेर बोलाउने गर्छौं । रात छिप्पिँदै छ । मेरा आँखामा निद्रा आइरहेको थियो तर मनले भने रोकिरहेको थियो । आँखा त बन्द थिए तर मन भने खुल्लै थियो । चार सय सात किलो मिटरको दूरी पार गरेर १५ तारिक विहान आठ बजे हामी गुहाटी प्लेटफम उत्रिएका थियौँ । हाम्रो यहाँबाट इन्डिगोमार्फत् दिनको १२ बजेको उडान थियो । हामीसँग केही घण्टा बाँकी रहेकोले नेपाली मन्दिरतिर लाग्यौँ । भारतको पूर्वोत्तर राज्य हुँदै नेपाल फर्कने र नेपालबाट विभिन्न सिलसिलामा यतातिर आउने नेपालीले सधैँ सम्झने स्थल हो नेपाली मन्दिर । अझ भनौँ यात्राको थकान मेटाउने स्थल गुवाहाटी (पल्टनबजार) स्थित नेपाली मन्दिर हो । यसको धर्मशालामा यात्रारत नेपालीको बाक्लै भीड लाग्ने गर्छ । सन् १९४८ सालदेखि यस मन्दिरमा अहिलेसम्म पनि दशैँमा भव्य रूपमा पूजापाठ गर्ने चलन रहिआए पाइन्छ । धेरैपटक यहाँ बास बसेको छु । सहज नै थियो विगत । तर यसपाला फर्कंदा यस मन्दिरले नमीठो छाप दिलायो । हामीले कोठा छोड्ने बेलामा कर्मचारीले बढी शूल्क लिन खोजे । ‘हामी कार्यक्रमको लागि आएका सञ्चारकर्मी÷लेखक हौँ । हामीसँग त तपाईं यसो गर्नुहुन्छ भने अरुसँग तपाईं के गर्नुहुन्छ ?’ हामीले भन्यौँ । तर उनले केही गर्दा मानेन् । मैले पत्रकार परिचयपत्र देखाएँ । पत्याएनन् । सिलिगुडीबाट खेम सापकोटाको सम्पादनमा प्रकाशित पत्रिका मध्यमार्ग । भारतीय पूर्वोत्तर राज्यमा यस पत्रिका पाठक निक्कै छन् । अझ नेपालीहरूको मन जित्न सफल छ । ‘म मध्यमार्गको सम्पादक÷प्रकाशक हुँ । यसको सञ्चालक कोही बोलाउनु त ।’ खेमजीले परिचयपत्र देखाउँदै भनेपछि भने ती हच्किए । हामीले शुरुको सर्तअनुसार शूल्क बुझाएर हिँड्यौँ । धर्ती उही छ । आकाश उही छ । माटो पनि उस्तै छ । आँखाले देखुन्जेल हरिया डाँडा, उत्तर र पूर्वमा फराकिला फाँट अनि खेत । खेत सकिएपछि आँखैअगाडि लमतन्न परेर सुतिरहेको सुन्दर मणिपुर । न मोटर गाडीको चर्को स्वर, न होहल्ला नै । नागाल्याण्डको आकाशदेखि नै अघाउन्जेल हेर्न पाइँदोरहेछ । प्रकृतिको अनुपम सङ्गम अनि सुन्दर शान्त करेला आकृतिमा मणिपुर । गहनाहरूको देश मानिने मणिपुरको शाब्दिक अर्थ ‘आभूषणहरूको भूमि’ हुँदोरहेछ । यसको राजधानी इम्फाल । पूर्वमा यसको सीमा म्यानमार, पश्चिममा असम, उत्तरमा नागालैण्ड र दक्षिणमा मिजोरम पर्दारहेछन् । यसको क्षेत्रफल २२,३४७ वर्ग कि. मी. रहेछ । यहाँका मूल निवासी मेइती जनजातिका मानिस रहेछन् । जो यहाँका घाटी क्षेत्रमा रहँदारहेछन् । यिनको भाषा मेइतिलोन, जसलाई मणिपुरी भाषा पनि भनिदोरहेछ । यो भाषाले १९९२ मा भारतको संविधानको आठौँ अनुसूचीमा परेर राष्ट्रिय भाषाको मान्यता पाएको रहेछ । यहाँका पर्वतीय क्षेत्रहरूमा नागा अनि कुकी जनजातिका मानिस रहँदारहेछन् । मणिपुरीलाई एउटा संवेदनशील सीमावर्ती राज्यसमेत मानिदोरहेछ । खुल्ला आकासमुनि पहेँला रङका लहरा र विचित्रका पहरा आउन छाडेकै थिएनन् । मणिपुरको शिरमा जहाजको परिपरि पोखिएको कुहिरोले मुटु हल्लायो एकपटक । धर्तीको उचाइ चुमेर रमाउन निस्केको म बबुरोलाई बेलाबेला निमोठी रहन्थ्यो ओसिलो कुहिरोको दृश्यले । ३८ हजार फिटको उचाईबाट हेर्दा तराईको समथर भूभागमा बग्ने नदी नालाहरू केही तेल सकिन लागेको दीयोझैँ मधुरो गतिमा थिए । केही गर्मीयाममा पानीबिना चीर निद्रामा सुतेका जस्ता देखिन्थे । तर पनि आँखाले नभेट्ने ठाउँसम्म फैलिएको बगर देख्दा वर्षायाममा ब्युँतिने नदीको निद्रा भङ्गलाई सहजै अनुमान लगाउन सकिन्थ्यो । मलाई यस्तो लाग्यो, मणिपुर असङ्ख्य समसामयिकका भीरमुन्तिर चेपिएको रहेछ । म अनेक पीरले चेप्टिएको छु । मणिपुर अविरल प्रवाहित छ अजश्र धाराहरूसँग । लामो थकाइ पन्छाउँदै इन्डिगोजस्तै प्रवाहित हुन चाहन्छु म पनि । हरिया पहाडको सम्झना साँचेर मणिपुर भेट्न कुदिरहेछ ऊ । म पनि इम्फालको आकासबाट प्रकृतिका हरिया सियाँलहरू हेर्दै रमाएको थिएँ । साँच्चै, प्राकृतिक संसाधनहरूको प्रचुर भण्डार रहेछ । नजिकै छ मणिपुरको माटो । मौकामा भूगोल नियाल्ने रहरले झरिरहेछौँ यसको आकासबाट हामी इन्डिगोमार्फत् । नेपाली साहित्य परिषद्, मणिपुरको आयोजनामा १६ सेप्टेम्बर २०१८ आइतबारका दिने सीतादेवी क्षेत्रीको मूल परेको छोरो कथा सङ्ग्रहको लोकार्पण कार्यक्रममा सहभागी हुन हामी सातजना गएका थियौँ । जसमा मिरिकका पत्रकार एवं प्रकाशक दधिराम घिमिरे, सिलगढीका सम्पादक एवं निबन्धकार गणेश प्रधान र पत्रकार एवं समालोचक खेम सापकोटा, कालेबुङका समालोचक शरद क्षेत्री साथमा दार्जिलिङका स्रष्टा सुकराज र बबिता दियाली अनि म (झापा) नेपालबाट विशेष आमन्त्रित विशेष अतिथिका रूपमा । १५ तारिक शनिबारका दिन अरुणाञ्चल प्रदेशको नागाल्याण्डको आकाशमार्ग हुँदै इम्फालमा उत्रिएका थियौँ । यसपाला मैले टेक्ने पाटो नै फरक थियो र दूरी धेरै टाढा थियो । अझ भनूँ, मेरो लागि मणिपुरको यो यात्रा पहिलो थियो । गुवाहाटी एयरपोर्टबाट तीन सय किलोमिटरको दूरीमा पर्दोरहेछ इम्फाल । ३८ हजार फिटको उच्चाइबाट ४० मिनेटको उडान थियो । इम्फालमा पाइला टेक्नेबित्तिकै मैले तुलाचन आले मगरलाई सम्झिएँ । यो तुलाचनले पनि सिन्चन गरेको भूमि हो । सीता दिदी र राहुल हामीलाई लिन एयरपोट बाहिर बसिरहनुभएको रहेछ । खेमजी र म राहुलजीको भेनमा चढ्यौँ बाँकी साथीहरू सीता दिदीसँग । इम्फाल भारतको मणिपुर राज्यको एक शहर रहेछ । राज्यको राजधानी । भारत र बर्माको सिमाना नजिक पर्ने यो शहर भारतको प्रख्यात पर्यटकीय तथा व्यापारीक केन्द्र पनि । चटक्क सिउँदो काडेर कपाल कोरेकी नेपाली युवतीझैँ सफा र फराकिला सडक । एयरपोटबाट बाहिरिँदा घाम हाम्रै शिरमाथि थिए । ‘अब सार, पहिला खाना नै खाउँ होला, यहाँको विशेष मणिपुरी खाना । राहुल भाइ खाना कहाँ खाने ?’ सीता दिदीले राहुलजीलाई सोध्नुभयो । ‘पोलोग्रामस्थित मणिपुरे होटल नै जाऊँ है म्याडम ?’ राहुलजीको छनौट अनुसार हामी चढेका कारहरू बसपार्कस्थित पोलोग्रामतिर हुइँकिए । यसरी हुइँकिए कि हामीभन्दा पनि यी सवारी साधन भोकाएका छन् । केराका पात वरिपरि तारेका केही बदाम, उसिनेको एक टुक्रा लौका, साग, अचार, नुन, मणिपुरे खोसार्नी, दाल र भात । ‘ए भाइ, खै त त्यो खोर्सानी फेरि पाऊँ त ।’ खानासँगै राखिदिएको खोसार्नी खाइसकेर माग्ने को रहेछ ? त्यसमा पनि मनिपुरे खोसार्नी ! मैले हेरेँ । पर कुनाबाट दधिराम सर पो हात उचालेर देखाउँदै भन्दै हुनुहुन्थ्यो । हैट ! झर्झराउँदो अनुहारमा कालो चस्मा, कालै कोट, पेन्ट र जुत्ता अनि सेतो सर्टमा रातो टाईमा ठाँटिनुभएको दधिराम सरको खोसार्नी खुवाइ अचम्मकै रहेछ । ओहो ! पोलोग्रामको मणिपुरे होटलमा मणिपुरी खानाको स्वाद अहिले पनि सम्झँदा धर्ती नै रसाएर आएझैँ लाग्छ । खाना खाएर हामी घुम्ने भयौँ । शहरमा श्री गोविन्ददेवजी मन्दिर, शहीद मीनार, युद्ध स्मारक, मणिपुर जू, लोकताक झील आदि पर्यटकीय क्षेत्रहरू रहेछन् । काङ्ग्लातोम्बी ग्राम पञ्चायत प्रधानपञ्च मीना बिस्ट र उहाँको श्रीमान् राजेन बिष्टले हामीलाई झीलमा लिएर जानुभयो । फराकिलो ठाउँ । चारैतिर हरियालीका बीच आफूलाई लुकाएर राखेको लोकताक अत्यन्तै मोहक र सुरम्य थियो । हामी तालको किनारमा उभिए पनि मेरा आँखाचाहिँ तालमा तैरिरहेका र मुटु भने तालभित्रै डुबुल्की मार्दै थियो । म भावना र तर्कहरूका द्वन्द्वबीच हराइरहेको थिएँ । दिन उज्यालो हुनुमा, उज्यालो सुन्दर हुनुमा र सुन्दरताको महत्व अनेक फूलमा देख्नु अचम्मै हो । लोकताक झीललाई अनेक फूल चढायौँ हामीले मनका, तस्बिरका अनि कल्पनाका । बदलामा झीलले खुला पिट्ठ्युँ दियो । जहाँबाट देखिन्थे अनमोल दृश्यहरू । अझ भनूँ, सायद यहाँ आउने प्रेमीप्रेमिकाहरूलाई बैँसालु उमेरको अर्थ बुझाइदिने लोकताक नै थियो । लोकताकको सान्निध्यमा झन् रमणीय थियो मणिपुर । मणिपुर आफ्नो नीलो जलमा पहाडी छायाको जीवन गीत घोलिरहेथ्यो । पहाडी चीसो स्पर्शले जागृत मेरो अन्तरमनको आकासमा पनि झीलका बहुरङ्गी ध्वजापताका फरफराए । अहिलेसम्म पनि फरफराइ रहेकाछन् । लोकताक झीलबाट फर्किएर हामी बजारबोट पुग्दा अध्याँरो नै भैसकेको थियो । बत्तीको उज्यालोमा मैले हेरेँ, चोक झिलिमिली तर सानो देखिन्थ्यो । इम्फालबाट यहाँसम्म आइपुग्दा हामीले २५ किलोमिटरको दूरी पारगरिसकेका रहेछौँ । यहाँबाट दियाली दम्पति, खेम र शरदजी राहुलसँग जानुभयो । बाँकी दधिराम सर, गणेश सर र म सीता दिदीसँग लाग्यौँ काङ्ग्लातोम्बी मन्दिर । सीता दिदीको घर पुग्दा घर त के, गाउँको वातावरण नै सुनसान अनि चकमन्न थियो । मूल परेको छोरो (कथा सङ्ग्रह) जसले गर्दा हामी मणिपुरसम्म आइपुग्यौँ । भोलिको विमोचन कार्यक्रम पुस्तक हेरेकै थिएन । सीता दिदी घरभित्र छामछाम छुमछुम गर्न थाल्नुभयो । साथीहरू आरम गर्नतिर लाग्नुभयो । मैले भने मूल परेको छोरो मागेँ । म भनेँ भोलिको लागि केही तयारीतिर लागेँ । केहीक्षणमा दिदीले चिया बिस्कुट ल्याउनुभयो । चियासँगै यात्रा र भोलिको कार्यक्रमका बारेमा सन्लापहरू भए । फेरि दिदी आफ्नै कामधन्दामा व्यस्त रहनुभयो । ‘सार, थकान भयो होला, अब खाना खाऔँ ।’ सीता दिदीले भन्नुभयो । चिया बिस्कुटले केही त राहत मिलेको थियो । नत्र त थकान र भोकले हामी व्याकुल थियौँ । दिदीको खाना खाने उर्दीसँगै हामी पनि तयारी भयौँ । ‘खै, त्यो एउटा खोसार्नी ।’ दधिराम सर फेरि हात लम्काउँदै भन्दै हुनुहुन्थ्यो । अहो ! सीता दिदीचाहिँ हातले छुँदा पिरो हुन्छ भनेर खोसार्नी चम्चाले दिँदैहुनुहुन्थ्यो । दधिराम सरको खुवाई चाहिँ ? हैट ! मैले यसरी खोसार्नी, त्यसमा पनि मणिपुरे खोसार्नी खाने व्यक्ति देखेकै थिइनँ । देखेको थिएँ त आजै विहानदेखि नै दधिराम सर मात्र । दधिराम सरले बूढी र चोरी औँलाले पहेँलो खोसार्नी च्याप्प च्यापेर दाँतले के कर्याक्क मात्र पार्नुभएको थियो । मेरा आँखाबाट पो तरर आँशु झरे । रात छिपिँदै थियो । बाहिर बस् चकमन्नता । सुनसान । अँध्यारो । टाढा कुकुरहरू भुकिरहेछन् । कहिलेकाहीँ रात कुकुरझैँ भुक्छ । कहिलेकाहीँ कुकुर रातझैँ भुक्छन् । मलाई लाग्यो– शून्यताले निमोठिरहेछ काङ्ग्लातोम्बी मन्दिरलाई । मलाई लागेन यस्तो हिजोको साँझ र अस्तिको साँझ पनि । विहान पाँच बजेको हुँदो हो । मैले झ्यालबाट बाहिर च्याएँ । झ्याल सुमसुम्याउँदै पसिरहेको चिसो बतास मसँगै कोठामा बयली खेलिरह्यो । मिरमिरे विहानीमा आफ्नो अद्भूत प्रकाशसँगै सूर्यका किरणहरू चारैदिशामा फैलिरहेका थिए । मैले झ्यालबाट आफूलाई हटाएँ । आँगनमा निस्किएँ । सीता दिदीका काव्यात्मक बिम्बहरू थोरै फूलबारी अनि अतिकति करेसाबारीमा लहलहाइरहेका थिए । पात र फूलहरूमा रङ्गीबिरङ्गी पुतलीहरू फरफराइरहेका थिए । आगाडि बाटोको एक किनारबाट दूधका भाँडा बोकेर साइकलका पाइडिल थिचिरहेका एकहुल पुरुष देखिए । लाग्छ, झिसमिसे विहानीमा आइपरेको आपतबाट अझै ब्युँतिन सकिरहेका छैनन् । तिनीहरूको मुहार धमिलो जलजस्तै देखेँ । खुइलिएको रङजस्तै देखेँ । गरिबीले गालेको मनजस्तै देखेँ । सायद, मानव सभ्यताको उठानमा जन्मनासाथ कोही धनी र गरीब थिएन । शासक र शासित थिएन । शोषक र शोषित थिएन । राम्रो र नराम्रो थिएन । असल र खराब थिएन । जब मानव मानवबीच श्रम विभाजित भयो, त्यसपछि मानवजीवनको परिभाषा, जीवन बाँच्ने कला र जीवनको उद्देश्य पनि विभाजित भयो । अनेक सकसका विरुद्घ सङ्घर्ष गरी स्वतन्त्र र समानतामूलक जीवन जिउनु नै जीवनको सार्थक परिभाषा बन्यो । कालो बादलमा चाँदीको घेराजस्तै पारीपटी डाँडामा मानिसका परिश्रम र पसिना पोखिएको खेतीबाली भने हेरिरहुँ जस्तो । सीता दिदीको घर मन्दिर, मन्दिर पहरोको आडमा । अलि मास्तिर शान्तिपुर । भित्तामा कठोर पहरो छ त्यसलाई बाटो देखाइरहेको । मेरो मनको भित्तो छ कमलो पीरहरूले कोपरेको । मणिपुर धमिलिएको छ । त्यसको धमिलो हेरेर रमाउँदै म सङ्लिरहेको थिएँ । विहानको १०: ३० बजेको हुँदो हो, हामी खाना खाएर कार्यक्रम स्थलतिर लाग्यौँ । काङ्ग्लातोम्बी सार्वजनिक भवन परिसरमा हामी पुग्दा आयोजकलाई भ्याइनभ्याई थियो । निम्तालु आइरहेका थिए । ‘भित्रै जाऊँ सार ।’ कीर्तिमणि खतिवडा सरले भन्नुभयो । हामी कार्यक्रम स्थलतिर लाग्यौँ । भित्र डबलीको एक छेउमा माएक, लहरमा भित्तामा टाँसेर राखिएका सोफा । डबलीअगाडि लहरै फूल । कार्यक्रम प्रारम्भ भयो । कार्यक्रममा नेपाली साहित्य परिषद् मणिपुरका अध्यक्ष लोकबहादुर बस्नेत सभाध्यक्ष, १६– सेक्माई केन्द्रका विधायक हैखाम डिङगो सिंह प्रमुख अतिथि, विशिष्ट अतिथिहरूमा एम.डी.सी. सदस्य मिलन प्रधान र विष्णुलाल हाई स्कूलका प्रधानाध्यापक खड्प्रसाद प्रसाईं लगायत हामी पनि थियौँ । मूल परेको छोरो कथा सङ्ग्रह विमोचन भयो । कार्यक्रममा पत्रकार दधिराम घिमिरेले आफ्नै क्षेत्रमा लेखकलाई बिट बनाउनुभयो । स्रष्टा सुकराज दियालीको भने लेखकको व्यक्तित्वमाथिको मन्तव्य रहेको थियो । मूल परेको छोरोमा उत्तरसंस्कृति र परम्पराबीचको द्वन्द्व (नेपाली डायस्पोरा र अन्य सिर्जना, २०७६ः पृ. २४२) अनि बढी आदर्शवादीको पृष्ठभूमि भएका सीतादेवी क्षेत्रीका कथाहरूमा सामाजिक यथार्थताभित्र क्रान्तिचेतको अङ्कुरण छ । समाज रूपान्तरणमा एकैपटक क्रान्तिकारी सोच र चिन्तन प्रयोग नभई सामाजिक यथार्थवादी चिन्तनसँगै यसको सुरुवात भएको पाइन्छ । यस मूल परेको छोरोमार्फत् सीतादेवीको सामाजिक यथार्थता, आदर्शवादी सोच, वर्गीय चिन्तन वा वर्गसङ्घर्ष तथा निम्नवर्गीय जनताले भोगेका दुःख, पीडागत अवस्थालाई उठाउनुभएको छ । साँच्चै लुसियन गोल्डम्यान, संसारका कुनै पनि जाति, वर्ग वा कुनै पनि सामाजिक तहको आफ्नै सोचविचार गर्ने ढङ्ग हुन्छ । यस किसिमले त्यस वर्गको मानसिक संरचना निर्माण भएको हुन्छ । यसर्थ त्यस समूहबाट आएका कुनै पनि कलाकार, दार्शनिक, विचारक तथा लेखकले आफू आएको सामाजिक समूहको मानसिक संरचनालाई आफ्नो लेखन वा कलामार्फत् व्यक्त गर्ने गर्दछन् । कथा सङ्ग्रहमाथि मेरो भने यस्तै यस्तै दृष्टिकोण रह्यो । कार्यक्रमस्थल बाहिर भवानी अधिकारी, सीतादेवी क्षेत्री, बसन्ती पौडेल, डा. टङ्कनाथ खतिवडा, भोलानाथ शर्मा, कीर्तिमणि खतिवडा, चुडामणि खरेल र म लगायत अन्यसहित केही तस्बिर खिचेका थियौँ । अहिले पनि ताजै छ, नेपाली साहित्य परिषद्को यो र बजार बोर्डमा गरिएको सिरोई सिर्जनाको त्यो सम्मान । कार्यक्रम सकेर हामी राहुलजीको घर काङ्ग्लातोम्बी तिसपरी वर्ड जाने भयौँ । यहाँबाट तिसपरी वर्ड पाँच किलोमिटरको दूरीमा पर्दोरहेछ । गीत गाउँदै जीवनको लय खोजिरहेको एउटा गायक । लोभलाग्दो एउटा नायक । आशालाग्दो एउटा स्रष्टा पनि । सिर्जनशील निर्देशक अनि विश्वासिलो र भरपार्दो व्यापारी र एउटा चालक पनि राहुलजी । १७ सेप्टेम्बर २०१८ मा हामी राहुलजीको घर पुग्दा दिनको चार बजेको थियो । मैले घर वरिपरि आँखा लगाएँ । बूढो पीपलको रुखमा पनि जवानी चढिसकेछ । बरको बोटमा पनि । पिपललाई हेर्दै सायद बरले घुटुक्क थुक निल्दै थियो । आँगनको पल्लो छेउमा घण्टीफूल पखेटा फिजाउँदै खेल्दै रमाउँदै थिए । चराचुरुङ्गीले पनि चिरबिर चिरबिर गर्दै झाडीमा लुकामारी खेल्दै सङ्गीतमय ध्वनि प्रवाहित गरेझैँ लाग्थ्यो । साँच्चै, फूलले कहाँ सुवास छर्दा सबैलाई निम्तो पठाउँदारहेछन् र आफू नजिक आउन । हावाले कहाँ सन्देश पठाउँदोरहेछ र आफ्नो सिरेटोको मजा लिन । फराकिलो आँगन । आँगनको बीचमा टी टेबल, वरिपरि कुर्सी । ‘आबो लु हाउ साथी हो, बसौँ ।’ राहुलजीले आदेश दिनुभयो । हामी बस्यौँ । हेर्दाहेर्दै सत्कारका चिजले टेबल भरियो । ‘मेरो चस्माको ग्लास झरेको छ राहुलजी, कहाँ बनाउने ?’ मैले सोधेँ । ‘आबो आमा बजार घुम्नु नि पर्छ, तीँ बनाउँन हुन्न ?’ राहुलजीले भन्नुभयो । आमा बजार सुन्दै कस्तो होला ? १८ सेप्टेम्बर हामी आमा बजारतिर लाग्यौँ । राजधानी इम्फाल मात्रै होइन, सिङ्गो मणिपुरको बजारतन्त्र ‘मातृसत्ता’ मा चलेको रहेछ । यहाँ पुरुषलाई व्यापार गर्न निषेध नै त रहेनछ । तर, व्यापारमा हाम्रा बजारहरूमा जस्तो पुरुषहरू त्यति देखिएनन् । सरकारले इम्फालमा महिलालाई व्यापारमा प्रोत्साहन गर्न अलगै भवन नै निर्माण गरिदिएको रहेछ । जसलाई स्थानीयहरू ‘इमा केथेल’ अर्थात् आमा बजार भन्दारहेछन् । इम्फालबाहेक सेनापति, उखरुल, चान्देल, तमेंलोड, चुरा चाँदपुरलगायत ग्रामीण बजारमा पनि आमाहरू नै व्यापार गर्दा रहेछन् । १६ औँ शताब्दीतामा चीन र बर्मा बीचको युद्धमा मणिपुरी पुरुष होमिएपछि महिलाले बालबच्चा हुर्काउन व्यापार गर्न थालेका रहेछन् । ‘पुरुष त बजारमा किनमेलका लागि मात्रै आउँछन् ।’ राहुलजी भन्दै हुनुहुन्थ्यो, ‘पूरै बजार आमाहरूले कब्जा गरेर राखेका छन्, यस बजारमा शासन भनौँ कि हुकुम, आमाहरूकै चल्छ ।’ पाँचसय वर्षदेखि मणिपुरी आमाहरूले बजार गर्दैआएका रहेछन् । सीता दिदी भन्दै हुनुहुन्थ्यो– ‘करिब २८ लाख हाराहारी जनसङ्ख्या रहेको मणिपुरमा रैथाने मणिपुरी (मैत्यै) समुदायको बाहुल्य रहेको तथ्याङ्क छ । यहाँ करिब ८७.०७ प्रतिशत बढी मैत्यै रहेका छन् । ८.५० प्रतिशत इशाई र ४.४२ प्रतिशत रैथाने मुस्लिम समुदायका महिलाले बजार ओगटेका छन् ।’ मैले विचार गरेँ, बजारमा नेपाली अनुहारका महिलाचाहिँ त्यति देख्न सकिँदोरहेनछ । ‘सार, यो साल म्याडमलाई उपहार ।’ सीता दिदीले आमा बजारमा किनेर एउटा सल दिँदै भन्नुभयो । त्यहाँको मनमोहक दृश्यले मलाई मन्त्रमुग्ध बनाइरहेको थियो । सबै आफ्नै तरिकाले सुन्दर आमाबजारलाई पृष्ठभूमि बनाउँदै तस्बिर खिच्न र खिचाउनमा मस्त थियौँ । बजारमा भनेँ ह्वारह्वारी आगो सल्केलाझैँ गर्मी थियो । मानिसहरू गर्मीले सुकेको बिरुवाझैँ ओइलाइरहेका देखिन्छन् । सानोमा पढेको ‘तिर्खाएको काग’ कथामा कागले पानीको छटपटीपछि खाएको पानीको महसुस भइरहेको थियो । पान र गुट्खाहरू चपाएर थुकिरहेका केही महिलाहरू खाली खुट्टै हिँडिरहेका देख्दा मलाई लाग्यो– ‘मणिपुरको सामाजिक जीवनस्तर र चेतनास्तर पनि हाम्रो जस्तै अभाव र गरिबीमा नै रहेछ ।’ यति हुँदाहुँदै पनि इम्फालको लिमी उपत्यका एकपटक सबैले पुग्नुपर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृति पनि कति फुर्सदमा बनाएको ठाउँजस्तो लाग्छ । राजनीतिक स्थिरताले देशलाई आर्थिक र पूर्वाधार विकासमा सघाउँदो रहेछ । ऐतिहासिक पानामा नयाँ विकासका धर्साहरू कोर्दै परिवर्तित हाम्रो देश भने पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आएर पनि राष्ट्र विकासमा ध्यान गएको, व्यवहारमा भने देख्न पाइएन । वास्तवमा राजनीति कुनै खेल होइन रहेछ, यो त व्यापार पो रहेछ । तर इम्फाल आसपासको विकासमा पर्यटन र व्यापारको ठूलो हात रहेछ । मेरो मनमा अनेकौँ रङ्गीन प्रश्न थिए इम्फाल उत्रदैँ गर्दा । यहाँको भाषा, साहित्य अनि परम्परा र संस्कृति बुझ्ने हुटहुटी थियो ममा । यहाँको साहित्यको इतिहास कस्तो होला ? कहाँबाट शुरु भएको होला ? अहिले कति स्रष्टा र कृति भए होलान् ? आदि प्रश्नहरू मेरो मनमा खेलिरहे । ‘मणिपुरको नेपाली साहित्यको इतिहास कस्तो छ ?’ मैले भवानी अधिकारीलाई सोधेँ थेँ । ‘भाषा, साहित्य, कला अनि संस्कृति र जातजातिका हिसाबले बर्मा (म्यानमार) र नेपालबीच धेरै समानता छन् । जसै गरी घुमाएर ल्याउँछौँ । सार, हुन्न नभन्नु है ।’ हार्दिकता साथ सीता दिदीले भन्नुभएको थियो । ‘यो पटक नजाऊँन ।’ मैले भनेको थिएँ । किन ? यो अनुत्तरित प्रश्नसँगै आज पनि मेरो नजरभरि, मेरो मनभरि छ मणिपुर । मानौँ, वर्षौँदेखि हृदयमा जमेको नदी आजैदेखि बग्न थालिरहेछ । बर्माको यात्रा थाँती नै राखेर यसपटकलाई १९ सेप्टेम्बर २०१८ दिनको एक बजे इम्फालबाट इण्डिगोमार्फत् फर्कियौँ । मणिपुरलाई पढेर र सुनेर होइन, हेरेर र भोगेर आनन्द लिनुपर्ने रहेछ । हो, सौन्दर्यले आँखाको बाटो हुँदै गएर हृदयलाई छुनु पर्दोरहेछ । यसरी छोइएको सुन्दरताले नै मानिसलाई असल बनाउँदो रहेछ अनि लट्याउँदो पनि रहेछ । गौरादह, झापा #दीपक सुवेदी आफ्नो छायाबाट को भाग्न सक्छ ?: बुढिँदै गएका एक प्राध्यापकले भनेको सुनेँ — केबल छाया हो अनुवादक । प्रौढतातिर उक्लिँदै गरेको मेरो मस्तिष्कले दोहोर्यायो — केबल छाया । कसले भनेको हो यो ?- म जान्न चाहन्थेँ । यसो भन्ने आधार के ? कारण के ? मेरो मनमा उठेका प्रश्नहरू व्यक्त नहुँदै प्राध्यापकबाट जवाफ आयो — यो मेरो विचार होइन । क्वीटिलियन नामका विद्वान्ले भनेका हुन् । यी विद्वान्सँग उत्तरसंरचनावादीहरू सहमत छैनन् । म पनि सहमत छैन । ती प्राध्यापकले यति भनिसक्दा मेरो मनमा अर्को प्रश्न उठ्यो — छाया त छाया तर कस्को ? प्रश्न प्राध्यापककोमा पुग्यो । जवाफ आयो — लेखकको । अब म भने क्वीटिलियनसँग सहमत भएँ । लेखकको छाया हो अनुवादक भन्ने यिनको बुझाई राम्रै लाग्यो । मलाई स्वीकार्य थियो लेखकको छाया हुनुमा । बलराम अधिकारी मैले त्यसै कक्षाकोठामा त्यहीबखत लेखकको छाया बन्ने सोच बनाएँ । यही सोच लिएर कोठामा पुगेँ , पारिजातको मैले नजन्माएको छोरो अङ्ग्रेजीमा अनुवाद गर्न थालेँ । एक सातापछि अनुवादको खेस्रा गरेर तिनै प्राध्यापकलाई देखाएँ । उनले मेरो प्रयत्नको प्रशंसा त गरे तर अनूदित कथाको पहिलो एक-दुई पंक्ति पढेपछि यस्तो कठिन अनुवादमा हात हाल्ने बेला नभएको बताए । पहिले परीक्षाको तयारी गर्न सल्लाह दिए । उनले पुरै अनुवाद पढ्न आवश्यक ठानेनन् । पढेनन् । यसको अर्थ , म पहिलो अनुवादमा नै असफल भएँ । तर मेरो ध्येय कथाभन्दा पनि कथाकारसँग जोडिने थियो । अनुवाद जस्तोसुकै होस्, म पारिजातसँग जोडिन चाहन्थेँ । क्वीटिलियनले भने झैँ म उनको छाया बन्न चाहन्थेँ । मलाई लाग्यो, लेखकको सङ्गतमा रहने यो सबैभन्दा उत्तम रोजाइ थियो । लेखकको छाया बन्दा कमसेकम म लेखकको साथमा त रहन्छु, कहिले दृष्य भएर त कहिले अदृष्य भएर । विद्यालय छिरेदेखि नै लेखक मेरा लागि स्तुतीय बने । लेखकले मलाई आफूसँग जे छ त्यसमा गर्व गर्न सिकाए । सम्झन्छु, अझै पनि उही लय र उमङ्गमा सानामा गाएको महेन्द्रमालाको कविता — सानो छ खेत, सानो छ बारी, सानै छ जहान । हाम्रो सात कठ्ठाको सानो खेत थियो । जम्मा दश हात मोहोडाको सोतो परेको खेतको उब्जनीले कहिल्यै वर्षदिन खान पुगेन । तर कविले हाम्रो लामपुच्छ्रे खेतको गुणगान गरे । मलाई आफ्नो सानो खेत देखेर हिनताबोध हुन छाड्यो । बरू चिच्याई चिच्याई अरूलाई सुनाउन थालेँ — सानो छ खेत, सानो छ बारी… । लेखकले मलाई दिक्कालको सीमाभन्दा बाहिर लिएर गए । लेखकको कल्पनाको उडानसँगै मैले आफ्नो भूगोल र समयभन्दा परको दुनियाँ देखेँ, आफ्ना मनका आँखाले । दौलतविक्रम विष्टको चपाइएका अनुहार को साथ लागेर म अफ्रिकाको जंगलसम्म पुगेँ । अनन्त , किमरिख र युवतीले छिचोलेको केतुकीको गन्ध सुघेँ । पारिजातको शिरीषको फूल ले मलाई बर्माको युद्धभूमिसम्म पुर्यायो । मदनमणि दीक्षितको माधवी ले उत्तरवैदिक कालमा प्रवेश गरायो । गोविन्दराज भट्टराईको सुकरातको पाइला ले सहरको कहरमा अस्तित्व संकटको बोध गरायो । लेखकले मलाई प्रेमको उत्तेजना र उमङ्ग देखाए , अनि विछोडको विरह र वेदना पनि । यस्तै देखेँ यासुनारी काबावातको हिमदेश मा , गोविन्द मल्ल गोठालेको पल्लोघरको झ्याल मा , लैनसिंह बाङ्देलले मुलुक बाहिर मा । लेखकले मलाई मनोरञ्जन दिए । वेदप्रकाश शर्माका हिन्दी जासुरी उपन्यासका बाक्ला पाना पल्टाउन पाएपछि गर्मी विदाका लामा दिनहरू निकै छोटा लाग्थे । युधिर थापाका उपन्यासहरूले क्याम्पसका यान्त्रिक पढाइबाट त्राण दिन्थे । लेखकले मेरो मष्तिस्कका लागि आवश्यक पोषणयुक्त चेतना दिए । जीवनलाई हेर्ने दृष्टिकोण दिए , भोग्ने शैली बताए । खलिल जिब्रानको द प्रोफेट , हर्मन हेस्सेको सिद्धार्थ , जे कृष्णमूर्तिको द फस्ट एन्ड लास्ट फ्रिडम सँग भेट नभएको भए मेरो जीवनको बाटो अर्कै हुन्थ्यो , हिँडाइको गति अर्कै । लेखकले मलाई असल मित्र दिए । यिनले दिएका पुस्तकभन्दा असल मित्र मैले आजसम्म फेला पारेको छैन । पुस्तकसँग रहँदा म आफूलाई कहिल्यै एक्लो महसुस गरिनँ । गर्दिनँ । मेरा प्रिय लेखकहरू मैले सोच्न नसेकेको कुरा सोच्थे । मैले नदेखेको दुनियाँ देखाउँथे , नबुझेको रहस्य बुझउँथे , नपुगेको भूगोलमा पुर्याउँथे । यिनका सृजनामा मेरा आफ्नै अव्यक्त अनुभूतिहरू व्यक्त भएझैँ लाग्थो । पछिपछि मलाई उदेक लाग्न थाल्यो — के हो यो लेखक भन्ने प्राणी ?! भेट्नु त परै जाओस् , कहिल्यै देखेको पनि होइन । तर उसका शब्दले जीवनमा उर्जा आउँछ । शरीरमा उत्तेजना सलबलाउँछ , मनमा अनेकौँ भावना उम्लिन्छ । मेरा लागि कहीँ कुनै चमत्कारी प्राणी थियो भने त्यो लेखक नै थियो । म लोभिन्थें यिनका सृजनाको भाषा देखेर । विद्यालय र विश्वविद्यालयका कक्षाकोठामा , परीक्षा कोठामा मैले भाषासँग सधैँ अनुनय गरेँ — मलाई साथ देऊ । विद्यालय र विश्वविद्यालयका नेपालीका शिक्षकहरू भन्थे — देवकोटालाई शब्दहरूले पछ्याउँथे । म कल्पना गथेँ — तालु खुइलिएको मान्छे बेतोडले दौडँदै छ , भाग्दै छ । हावाले उडाएका सिसौका सुकेका पातझैँ शब्दहरू उसका पछाडि दौडिरहेका छन् । भन्दैछन् ती — पर्ख ओ कवि पर्ख । उतार हामीलाई तिम्रा सृजनाहरूमा । तिम्रो कलमको सहाराले कागजमा टासिएर हामी स्थिर हुन चाहन्छौँ । वाचाल बनेर संवादमा छिर्न चाहन्छौँ । यता आफू छु, दिनमा एउटा शब्द पनि याद गर्न धौधौ पर्ने । वाक्यमा प्रयोग गर भन्दा निकैबेर कलम टोक्ने । भाषा मसँग कहिल्यै प्रेमलीन बनेन । ऊ हल हल मात्र भन्थ्यो । म पछिपछि लुरुलुरु हिँडिरहेँ । म जति जति पछ्याउथेँ ऊ उतिउति पर जन्थ्यो, र मलाई आइज-आइज भने झैँ गर्थ्यो । यो क्रम अहिले पनि उस्तै छ । तर म लेखकको लेखनीमा तिनका भावना र भाषा एउटै तालमा नाचेको देख्थेँ । भावना र भाषा एकाकार भएपछि तिनका कविता मेरा लागि मन्त्र बन्थे । तिनका कथा र उपन्यासको जगत् सजीव भएको पाउथेँ । तिनका निबन्ध मेरा लागि चिन्तनको चौतारी बन्दथ्यो । यस्तो चमत्कारी चेतना बन्न नसके पनि कमसेकम म यस चेतनाको छाया त बन्न सक्छु । यही छायावी अस्तित्व स्वीकार गर्दै म अनुवादमा लागेँ । अनुवादअर्थात् अनुवाचन — लेखकलाई अनुसरण गरेर गरिने वाचन । लेखक बोल्छ , अनि म बोल्छु ऊ पछि । म लेखकको भाषा बुझ्छु , उसको चेतनामा भित्रिन्छु । त्यसपछि बाहिर निस्किएर अर्को भाषामा बोल्छु । भावना उसको तर अनुवाचनको भाषा मेरो । यसरी नै मैले अनुवाचन गरेँ गोविन्दराज भट्टराईको सुकरातको पाइला को , मोतीराम भट्टको पिकदूत को , रक्ष राईको पोएट इन किलिङ् जोन को , निरज भट्टराईको धुवाँको धागो को , नवीन प्राचीनको उभिएर एक्लै को , शारदा सुब्बाको यसोधरा को । यी लेखकहरूले पहिला सोचे – लेखे नेपालीमा । यिनलाई मैले पढेँ नेपालीमा , मनन गरेँ र मानसिक पाठ बनाएँ अङ्ग्रेजीमा । यसरी तयार भएको अमूर्त पाठलाई अनुलेखन गरेँ अङ्ग्रेजीमा । यस अनुलेखन कर्ममा लाग्दा मेरो सन्तुष्टिको पारो माथि चढ्दै गयो । चढिरहेछ । यही सन्तुष्टिले गर्दा अनुवाद मेरो जीवनको अभिन्न पाटो बन्यो । अनुवाद बेगरको दैनिकी मलाई असहज लाग्न थालेको छ । अनुवादक झुम्पा लहरीलाई जस्तै अनुभव हुन थालेको छ अचेल मलाई — म अनुवाद गर्छु , त्यसैले म छु । लहरीको अस्तित्वादी चेतमा म केही थपी हेर्छु — लेखक छन् र म अनुवादक छु । म अनुवादक , म लेखकको छाया । लेखकसँगै फैलिएको भानमा रमाउँछु । मेरो यो भानमा तुक पनि छ । रक्ष राईको पोयट इन किलिङ् जोन अनुवाद गरेँ । बेलायतमा छापियो । कवि राईसँगै म पनि बेलायतमा छु, जहाँ म अहिलेसम्म पुगेको छैन । सार्क कल्चरल सेन्टर , कोलम्बोले मोतीराम भट्टका पिकदूत र अन्य केही कविताहरू छाप्दैछ । मोतीराम भट्टको सृजनासँगै म उनको छाया बनी श्रीलङ्कामा छु, जुन मलाई चनाको जस्तो आकार भएको देश भन्ने मात्र थाहा छ । मलाई न त त्यहाँको हावाको वहाव थाहा छ न त पानीको स्वाद नै । बितेका १७ वर्षदेखि म यो विशाल एम्पिथियटर जस्तो काठमाडौँ उपत्यकामा छु । तर म अनुवादक, मेरा लेखकहरूको साथ लागेर केही फैलिएको छु बाहिर । दार्जलिङ्बाट इन्द्रबहादुर राईले अनुवाद शीर्षकमा कथा लेखेका छन् । एउटा पात्रले भनेको छ — फैलिअ , नत्र सिद्धिन्छौ । फैलिने माध्यम अनुवाद हो भन्ने यस पात्रको ठम्याइ छ । हो पनि । अनुवाद नहुने लेखक आफ्नै भाषाको सानो बनपाखामा केही समय सुसेल्छ र हराउँछ । उसको सृजनात्मक सुसेली अर्को भाषाको पाखामा सुनिँदैन । भिन्न भाषी पाठकलाई सुनाउन अनुवादकले उनीहरूकै भाषामा सुसेल्नु पर्दछ । म पनि फैलिन चाहन्थे , चाहन्छु फैलिन लेखकको सुसेली सुसेल्दै । मैले अनुवाद गरेका लेखकहरू जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ म पनि साथै पुगेको छु तिनका छाया बनेर । म आनन्दित छु यो फैलावटमा । गत हप्ता कवि , अनुवादक रामानुजनलाई पढेपछि त लेखकको छाया बन्नुमा मलाई गर्व लाग्न थालेको छ । रामानुजन भन्छन् – आफ्नो छायाबाट कोही पनि अलग हुन सक्दैन । मैले अनुवाद गरेका लेखकहरू म अर्थात् आफ्नो छायाबाट अलग्गिन सक्ने छैनन् । चाहेर पनि अब उनीहरू आफ्ना अनूदित सृजनामा मेरो उपस्थितिलाई नकार्न सक्दैनन् । अनुदित सृजनाको जग्गामा लेखक र मसँगै उभिने छौँ । म मेरा लेखकहरूबाट अलग हुने छैन । #बलराम अधिकारी भानुभक्त, नेपाली भाषा र राष्ट्रियता: साधारणतया मानव समुदायबीच विचार विनिमय गर्ने साधन हो- भाषा । यसका साथै भाषा भावाभिव्यक्तिको साधन पनि हो । भाषालाई कहिल्यै कसैले पनि उपेक्षा गर्न सक्दैन । भाषाको अन्त्य हुनु, वास्तवमा मानिसको सार्वभौमिकता र उन्नतिको अवसान हुनु हो । राष्ट्रको पहिचान खतरामा पर्नु हो । नेपालको सन्दर्भमा भन्दा हाम्रो देश विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृति आदिको सह–अस्तित्वले युक्त देश हो । विविध सन्दर्भमा देखिएको यो एकता नेपालको विशिष्ट चिनारी नै हो । अनेकता भएर पनि एकता देखिएको नेपालीको साझा तत्व भाषा पनि हो । त्यो भाषा, हाम्रो नेपालको राष्ट्रभाषा नेपाली हो । अनेकताका विविध आयामहरूमा एकता भएजस्तै प्रत्येक नेपालीबीच भाषागत रूपमा पनि मेलमिलाप छ, सद्भाव छ र सहृदयता छ । भाषाकै कारणले सारा नेपालीमा राष्ट्रियता मजबुत छ । यही भाषाको तागत बुझेरै कवि बालकृष्ण सम भन्छन्, “ भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जीव वैभव भाषामै बाँच्दछन् पछिसम्म यी । ” मूलतः नेपाल एकीकरणपछिको जातीय मिश्रणलाई नेपाली भाषाले नै साझा र माध्यम भाषा बनेर भूमिका खेल्यो । साहित्य रचनातर्फ पनि यही भाषामा कलमवीरहरू लागी परे । त्यसो त भाषाको विकसित र परिपुष्ट रूप हो साहित्य, यसमा निहित ज्ञान, विज्ञान तथा गुण, बौद्धिक विकास । त्यसैले भाषाको उन्नयनका लागि साहित्यलाई सबैले उच्च भन्छन् । जितेन्द्र बस्नेत यी त भए भाषा र यसको महत्वका कुरा, अब नेपाली भाषा, राष्ट्रियता र भानुभक्तको सन्दर्भ चर्चा गरौँ । भानुभक्तले कलम चलाउन थालेको समयमा नेपाली भाषा सामान्य बोलचाल र कामचलाउ भाषा मात्र थियो । साहित्यको क्षेत्रमा यस भाषाको प्रयोग ज्यादै न्यून थियो । उच्चवर्गका व्यक्तिहरूले संस्कृत अध्ययन गर्ने परम्परा थियो । संस्कृत पढेपछि उनीहरू प्रायः आफ्नो विद्वता संस्कृतमै उत्कृष्ट ठान्थे र प्रस्तुत हुन्थे । नेपाली भाषालाई तुच्छ मानी अपहेलना गर्थे । त्यसैले गर्दा हाम्रो भाषामा गिरावट देखा पर्दै थियो । भानुभक्त पनि संस्कृत नै पढेका ब्राम्हण थिए । तर उनलाई आफ्नो भाषाप्रति मोह थियो । स्वजाति, स्वभाषा र सभ्यताप्रति प्रगाढ आस्था थियो । त्यसैले उनले नेपाली भाषामा कवितात्मक चैतन्यलाई समाहित गरेर संस्कृत साहित्यकै उत्कृष्ट ग्रन्थ रामायणलाई सरल र सहज रूपमा जनमानसले आत्मसाथ गर्नसक्ने गरी प्रस्तुत गरे । पठित पण्डितहरूको कटाक्ष सहेरै भए पनि रामायणको नेपाली रूप अन्ततः सामान्य साक्षरदेखि विद्वान्सम्मका सबैको हृदयमा स्थान पायो, भानुभक्त स्वतः जनकवि भए । आफ्नो भाषाको दाँजोमा काव्यकलाको लागि अरू भाषा प्रभावकारी हुन नसक्ने दुरदर्शन दृष्टिकोणले रामायण सिर्जना गर्नु राष्ट्र र राष्ट्रभाषाप्रतिको उनको प्रेमको पराकाष्ठ नै थियो । वास्तवमा सुगौली सन्धिले विराम लागेको नेपाल एकीकरण अभियान र वीर भावनामा आएको आँचपश्चात भक्ति धाराका काव्यिक साहानुभूतिहरू मलम बनेर नेपाली समाजमा प्रसारित भए । संस्कृतका विद्वान्हरूको मात्र पेवा रहेको आदर्श पुरुषोत्तम, वा मर्यादा पुरुष, श्री रामको गाथा, नेपाली माटोको सुवास र सुगन्धमा मिसिँदै, घरघर दैलोदैलो पुग्यो । भर्खर जोडिएका भुरे टाकुरे राज्यहरूको भौतिक सीमामा एकत्वको भावना यही नेपाली भाषाको शिल्पमा कुँदिएर निर्माण भएको काव्यले जोड्यो र भाषाको मानक रूप स्थापित गर्दै लग्यो । । वास्तवमा राष्ट्रियता र एकताको लागि भौगोलिक सीमा मात्र हैन, भाषिक एकता र आध्यामिक चिन्तनको र समताको जरुरी हुन्छ। त्यो अभाव उनै भानुभक्तले पूर्ण पारिदिए। रामगाथा र त्यसको भाव के खस, के नेवार, के मधेसी, के हिमाली, के पहाडी सबैतिर गुन्जिन थाल्यो । “यही भाषिक उत्कृष्टताको प्रसंसा गर्दै बालकृष्ण सम लेख्छन् । “नेपाली भाषामा त्यति मिठो अधिकार आजसम्म कसैको भएन, लेखनाथले संस्कृतको शरण परेर पनि,शम्भुप्रसादले फारसीको भर परेर पनि भानुको स्थान लिन सकेनन्। देवकोटाले शाकुन्तलामा भाषा प्रदर्शन गरे तर भानुभक्त ध्रुवतारा झै अचल रहे “त्यसैले उनी नेपाली भाषाका परमात्मा हुन् ।” भानुभक्त अघिका कविहरूले पनि भाषामा कविता नलेखेका होइनन् तर तिनीहरूमा भाषिक त्रुटि, मिश्रण भावगत अस्पस्ट रहे, जसलाई जनताले रुचएनन् । जब भानुभक्तीय रामायण आयो, त्यो प्रसाद गुणयुक्त सीप सबैले रुचाए । उनी भाषामा कति पोख्त थिए र उनमा कति मौलिकता थियो भन्ने कुरा उनको जीवनीमा आधारित विभिन्न प्रसङ्गका कविताकलाबाट प्रष्ट हुन्छ । कतै नैतिकताका कुरा, कतै व्यङ्ग्य प्रहार त कतै विकृतिको उजागर, सबैमा चोटिला शब्द खन्याए । सबैले बुझे, नेपाली भाषा यति सुशोभित र उन्नत रहेछ । यी योगदानहरू मुलतः समाज र राष्ट्रका लागि योगदान नै हुन् । रामायण पढेर सोही राम र सीता भएनन् तर काव्यमा वर्णित आर्दश, मातृभूतिप्रतिको प्रेम, र भाषा सबैलाई स्वीकार योग्य भयो । भाषामा एकरूपता आयो, अक्षर ज्ञानप्रति सबैको लोभ जाग्यो । नेपाली संस्कार अनुरूपको काव्य लेखनले गर्दा उनका पूर्ववर्ती कविहरूमाझ पनि उनी लोकप्रिय बने । उनको भाषामा कति नेपाली रङ मुछिएको छ भन्ने कुरा अशोक वाटिकामा पति वियोगमा छटपटाएर बसेकी सीताजीको रावणसँग प्रतिकार गर्दा निस्केको रिसयुक्त वाणीबाट थाहा हुन्छ । “पाजी रावण , बोल्दछस् बहुत दुर्वाच्य बक्बक् गरी । राघवदेखि डराई छल्न भनी एक् सन्यासीको रूप धारी ।। जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले । राम लक्ष्मण नहुँदा हरिस तँ बुझिले मर्लास् यसै कालले ।। ”(भा. रा. सुन्दरकाण्ड) भानुभक्तले नेपाली भाषामा रामायण नलेखीदिएको भए नेपालीलाई राष्ट्रियता भन्ने कुरा बुझ्न अझ धेरै समय लाग्ने थियो । भर्खर राष्ट्रभाषा बनेको नेपाली भाषा उनको काव्य सँगसँगै घरघर पुग्यो । मीठो भाषा संवेदनशील विषय, सर्वप्रिय आध्यात्मिक चिन्तन र मनछुने भावले गर्दा नै रामायण सबैले गुनगुनाउन थाले । रामायण सबैको सुख दुःखको साथी बन्यो । निष्कर्षत:बग्ने नदीको प्रवाहसँग भानुको भाषिक सीप तुलना गर्न सकिन्छ । संस्कृतमा कविता कोर्नु त्यतिबेला ठूलो कुरा मानिन्थ्यो । उनी सक्थे, तर पनि विदेशी भाषा अनुशरण गरेर आफ्नो भाषालाई अपहेलना गर्न उनले जानेनन् । यसलाई माथि उठाउनुमा नै आफ्नो गौरव ठाने । तब पो संस्कृतको काव्य नेपालीमा उनले लेखेपछि सबैको मुखमा गुन्जिन थाल्यो- “एक दिन नारद सत्यलोक पुगि गया…………।” यसपश्चात् मात्र नेपाली इतरका भाषीहरूमा पनि यसको मोह बढ्यो । नेपाली भाषाको स्थिति मजबुत बन्दै गयो, यसको श्रेय भानुभक्तलाई नै जान्छ । अन्तमा राष्ट्रप्रेम मुखरित भएका थुप्रै फुटकर रचनादेखि उनले रामायणको नेपालीमा अनुवादमात्र गरेनन्, आफ्नै ढाकर र खुर्पेटो, आफ्नै रीतिरिवाज, डाँडाकाँडा र माटोको सुवास अनि सजीवतामा यसलाई रङ्ग्याएर हरेकको जिब्रोले बोल्ने भाषालाई आफ्नो काव्यको गति बनाएर फैलाए । त्यो नै नेपाली भाषाको पहिलो र उत्कृष्ट, महान् क्रान्ति र परिवर्तन थियो । यही कार्यका खातिर मोतिराम भट्ट, जसले उनका पाण्डुलिपिलाई प्रकाशन गरे र भानुभक्तलाई आदिकविको संज्ञा दिए र त्यही पदवीबाट हामी उनलाई चिन्दछौ । जुन तथ्य आज पनि सबै राष्ट्रप्रेमी र साहित्यप्रेमीका लागि उत्तिकै सान्दर्भिक र अनुकरणीय छ । #जितेन्द्र बस्नेत सरूभक्तको ‘पागल बस्ती’ र अहंकेन्द्रित मानवतावाद: लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिक साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । नेपाली साहित्यिक समालोचनाको स्वरूपले सिद्धान्तपरक पठनको आवश्यकतालाई टड्कारो रूपले महसुस गरिसकेको कुरा चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले २०६० को सुरुदेखि उठाउँदै आएको हो । समालोचनालाई एकातिर पाण्डित्यपूर्ण खेल (Pedantic Game) हुनबाट बचाएर आल्हादमय खेल बनाउनुपर्ने जरुरी छ भने अर्कोतिर सूत्रपरक प्राध्यापकीय शैली, विवरणात्मक शैली, प्रभावपरक शैली र जीवनीपरक शैलीको बाहुल्यबाट पनि मुक्त गराउनु आवश्यक छ । समालोचना सृजनाको विपरीतार्थ शुष्क र रसविहीन विषय होइन, यो आफैँ नै सिर्जनशीलताको आग्रह गर्ने साहित्यिक हो भन्ने कुराले मान्यता र प्रयोग दुवैका रूपमा स्थापित हुन नपाएसम्म साहित्यिक समालोचनाले सृजनाकै समगतिमा आफूलाई विकास गर्न सक्दैन । इतिहास र काव्यकृति दुवैभित्र कैयौँ गोप्य र अनुद्घाटित आयामहरू हुन सक्छन् । परम्परागत समालोचनात्मक शैलीले समालोचकलाई सर्वद्रष्टा र काव्यकृतिलाई एकै दृष्टिकोणबाट पर्गेल्न सकिने निरीह र पारदर्शी अस्तित्व ठान्दछ । तर हामीले विकास र प्रयोग गर्दै आएको समालोचनाको चक्रव्यूह चेतनाले इतिहास र काव्यकृति कहिल्यै पनि सरल र आयामिक हुन्छन् भनेर मान्दैन । अर्थहरू इतिहास र काव्यकृतिमा घुमाउरो, पत्रेदर र बहुआयामिक भएर विद्यमान रहेका हुन्छन् । भ्रामकता र अर्थविविधता भाषाको नैसर्गिक चरित्र हो भन्ने कुरालाई चेतना निर्माणको दिशामा आधारवाक्य नबनाएसम्म हामी समालोचना भनेको अर्थहरूको परेडभूमि प्रदर्शन गर्ने भाषिक समारोह हो भनेर स्वीकार्ने अवस्थामा पुग्दैनौँ । अर्थहरू निर्माण, स्खलन, विनिर्माण र पुननिर्माणको गतिशील प्रक्रियामा सामेल हुन्छन् । यो प्रक्रिया यसर्थ निरन्तर रूपमा चल्दछ कि समाज पनि द्वन्द्वको प्रक्रियाबाट अग्रगमनको यात्रा जारी राख्दछ । समाजम विद्यमान वर्ग र शक्तिहरूले चेतना निर्माण र विस्तार गर्दछन् र त्यही चेतनाको आधामा अर्थहरूको विश्लेषण प्रक्रिया अगाडि बढ्दछ र चक्रव्यहू सञ्चेतनाले अर्थहरूको बहुल्यतालाई विश्वास गर्नु भनेको एकल अर्थको सर्वसत्तालाई नमान्नु हो र समाज परिवर्तनको गतिशीलतामाथि अटुट् आस्था राख्नु हो । समाज जसरी विचारै विचारहरूको पुञ्ज हो त्यसैगरी काव्यकृति (Text) पनि अर्थैअर्थको उपस्थिति भएको रङ्गमञ्च हो । समाजमा सबै किसिमका आस्था र विचारहरूको समान हैसियतको प्रभाव नरहेर प्रभावको भिन्नता भएजस्तै अथवा बाहुल्य सबैले कायम गर्न नसके जस्तै काव्यकृतिमा पनि सबै अर्थले समान महत्व र प्रभाव स्थापित गन सकेका हुँदैनन् । समालोचकहरूले दमित, सीमान्त र बहिस्करणमा परेका अर्थहरूलाई स्थापित मञ्चमा ल्याएर सबैको चेतना अगाडि प्रदर्शन गरिदिने जिम्मेवारी बहन गर्नुपर्दछ । यही मान्यतामा विश्वास राख्ने चक्रव्यूह सञ्चेतना प्रजातान्त्रिक चरित्रको समालोचनात्मक पद्धतिमा आस्था राख्दछ । अंश र एकाईहरूको संयोजनबाट पूर्ण निर्मित हुनेभएकाले सिद्धान्तपरक एकाईहरूबाट अर्थनिरूपणको परियोजना प्रार्दुभाव हुनुपर्छ । पहिचानको सङ्कटबाट पार पाउन जसरी आजको विश्वमा पहिचान निर्माणका सङ्घर्षहरू धमाधम प्रस्फुटित भइरहेका छन्, त्यसरी नै साहित्यको सिर्जना फाँटमा पनि महाआख्यानहरू (Grand Narratives) को स्थान क्रमशः लघुत्तम आख्यानहरू (Minimal Narratives) ले लिइरहेका छन् । त्यसैले हाम्रो समयमा सिर्जित भइरहेका लघुत्तम आख्यान र स्थानीय आख्यानहरूलाई समालोचनाका केही पूराना ‘रेडिमेड’ नमुनाहरूले समेट्न र न्यायोचित विश्लेषण गर्न सक्दैनन् । यसै परिप्रेक्ष्यमा चक्रव्यूह सञ्चेतनाले नेपाली साहित्यिक समालोचनाको मृतप्रायः विधालाई सशक्तिकरण गर्नका निम्ति सिद्धान्तपरक नमुनाहरूको विविधकरणको प्रस्ताव अगाडि सारेको हो । विदितै छ, हामी चक्रव्यूह सञ्चेतनाको घोषणापत्रलाई वि.सं.२०६० मा सार्वजनिक गरेदेखि नै सिद्धान्तपरक नमुनाहरूको प्रयोग गर्दै हाम्रो आन्दोलनलाई अगाडि बढाउँदै आइरहेका छौँ । माफ पाऊँ पाठक महोदय, हामीले यहाँसम्म चक्रव्यूह सञ्चेतनाकै बहसलाई लम्ब्याइआयौँ । शीर्षकमा भने झैँ अब हामी सिर्जनशील पागलपनले भरिपूर्ण भएर नेपाली साहित्यमा आफ्नै विशिष्ट पहिचान बनाइसकेका साहित्यकार सरूभक्तको वि.सं.२०४८ मा प्रकाशित विचारप्रधान एवम् कलात्मक उपन्यास ‘पागल बस्ती’मा कसरी अहम्केन्द्रित मानवतावादको जीवनदर्शन प्रयोग भएको छ भनेर चिरफार गर्न गइरहेका छौँ । यस उपलक्ष्यमा हामी सरूभक्त आर्फैँद्वारा प्रतिपादित अहम्केन्द्रित मानवतावादको दर्शनका मुलभूत पक्षहरू, उपन्यासमा यस दर्शनको परावर्तन, यस दर्शनका सीमा, सामाथ्र्य, त्रुटि र अरू पितृदर्शनहरूसँगको यसको सम्बन्धलाई पनि केलाउने प्रयास गर्नेछौँ । उपन्यासकार सरूभक्त ‘पागल बस्ती’ उपन्यासमा उनको दार्शनिक जीवनदृष्टि अहम्वादलाई प्रमाणित गर्ने कसरतमा देखिन्छन् । उनको विचारमा अहम् वा अहङ्कार प्रत्येक मानव र मानवेत्तर प्राणीमा विद्यमान हुन्छ । यो मानवजन्य प्रवृत्ति हो । अझ विस्तृत रूपमा यो प्राणीजन्य स्वभाविक संवेग हो । मानवीय अहङ्कार सकारात्मक र नकारात्मक दुवै तहमा उद्भाषित हुन्छ । विध्वंसात्मक अहङ्कारको व्यवस्थापन गर्न नसकेकै कारण संसारमा हत्या, हिंसा, आतङ्क र विनाशको श्रृङ्खलाले निरन्तरता पाएको हो भन्ने आशय उपन्यासकारको रहेको छ । सुरेश हाचेकाली अष्ट्रियन मनोविश्लेषक सिग्मण्ड फ्रायडले मानव मनको विश्लेषण गर्ने क्रममा मानव मनका तीन तहहरू इड, इगो र सुपरइगोको व्याख्या गरेका छन् । इड आनन्द सिद्धान्तको निकट रहेको छ भने सुपरइगो नैतिक सिद्धान्तसँग जोडिएको छ । इगोले आनन्द सिद्धान्त र नैतिक सिद्धान्तको बीचमा सन्तुलनको भूमिका खेलेको पाइन्छ । फ्रायडले इगो भनेर भनेकै अवधारणाको दुरुस्त अनुवाद सरूभक्तले भन्ने गरेको अहम् हुन सक्छ कि सक्दैन ? यो बहसको विषय हो । जे होस् सरूभक्तका निम्ति अहम् नैसर्गिक मानवीय भाव हो । जो कतिपय अवस्थामा मङ्गलकारी त कतिपय अवस्थामा अमङ्गलकारी हुन्छ । विभिन्न धर्मशास्त्र र दर्शनशास्त्रका पुस्तकहरूमा पनि अहङ्कारलाई नकारात्मक र प्रेमलाई सकारात्मक शक्तिश्रोतको रूपमा लिइएको पाइन्छ । तर सरूभक्तले चाहिँ प्रेम र अहम्को त्यो परम्परागत पदसोपानलाई विनिर्मित गरिदिएका छन् । उपन्यासकारको मुखपात्र प्रशान्त अहम्ले परिपुष्ट भएको छ । मार्थाको प्रेमिल अनुरागको अनुनयविनयलाई ऊ अस्वीकार गरिदिन्छ । परम्परागत ज्ञानशास्त्रमा अहङ्कारलाई कसरी नकारात्मक र विध्वंसात्मक मानवीय भावको रूपमा परिभाषित गरिएको छ भनेर विहङ्गम दृष्टि राख्नु यहाँनिर हामीलाई सान्दर्भिक लाग्दछ । यसका केही उदाहरणहरू हेरौँ । नेपाली बृहत् शब्दकोषले अहङ्कारलाई यसरी परिभाषित गरेको छ – “आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण, भिमान, घमण्ड, सेखी, मपाइँ, अहम्त्याइँ” (९७) । यो परिभाषामा अहङ्कारले किमार्थ सकारात्मक भावार्थ बोकेको छैन । यो शब्दकोषले दिएको अहङ्कारको परिभाषामा यो (अहङ्कार) त्याज्य र निन्दनीय मानवीय भाव हो । हिन्दुहरूको धार्मिक ग्रन्थ श्रीमद्भागवत्गीतामा भगवान् कृष्णले अर्जुनलाई भनेका छन्– “अहङ्कारं बलं दपं कामं क्रोधं परिग्रहम्÷विमुच्य निर्मम शान्तो ब्रह्मभूयाय कल्पने” –भक्तिवेदान्त स्वामी प्रमुपद, २६३) । यसको आशय यो छ कि जो मानिस अहङ्कार, सामथ्र्यको भ्रम, अहम् आशक्ति, क्रोध, भौतिक लालसा, स्वामित्वको भ्रम जस्ता कुराबाट मुक्त भएर मनस्थितिलाई शान्त राख्न सक्छ ऊ नै आत्मसिद्धिको उच्चतामा पुग्न सफल हुन्छ । एक विश्वविख्यात दार्शनिक तथा योगगुरु ओशो रजनिसले पनि अहङ्कारलाई नकारात्मक, विध्वंसात्मक र घटिया तत्वको रूपमा लिएका छन् । ओशो कोनोपनिषद प्रवचन नं.७ बाट सङ्कलित ‘धार्मिक जीवनः जागरुकताका जीवन’ लेखमा ओशोले ध्यानलाई सम्पूर्ण मानसिक विकारहरूबाट मुक्ति दिएर परमात्मामा मिलन गराउने अस्त्रको रूपमा परिभाषित गर्दै भनेका छन्–“…यह…ध्यान तुम्हारे संस्कारों, तुम्हारी दासता, तुम्हारे मन, तुम्हारे अहंकारको नष्ट करने के लिए है–गहरे अर्थो में तुम्हे ही नष्ट करने के लिए है । ताकीं नया जन्म सके” (२३) । उनको विचारमा अहङ्कारको नाश नभएसम्म मानिसको अर्को पूर्ण र सार्थक जीवनको शुभारम्भ हुन सक्दैन । यसैगरी इसाईहरूको पवित्र ग्रन्थ वाइवलमा परमेश्वर जिसस क्राइष्टले अहङ्कारलाई तिलाञ्जली दिँदै प्रेममय हुन यसरी अभिव्यक्ति दिएका छन — “But I tell you not to resist an evil person. But whoever slaps you on your right cheek, turn the other to him also” (९३५) । यसको भावार्थ यस्तो छ कि तिमी दुष्ट व्यक्तिहरूसँग प्रतिवाद नगर । तिमीलाई जब कसैले दाहिने गालामा झापड हान्दछ, अर्को झापडका लागि देब्रे गाला पनि समर्पण गर । यसैगरी क्राइष्टले अगाडि भनेको छन्, “But I say to you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who spitefully use you and persecute you” (९३५) । यसको आशय यस्तो छ कि शत्रुलाई प्रेम गर, जसले तिमीलाई श्राप दिन्छ, उसलाई आशीर्वाद देऊ, जसले तिमीलाई घृणा गर्छ उसको भलाइ गर र जसले तिमीलाई दुःख दिँदै आफ्नो घृणित स्वार्थको निम्ति प्रयोग गर्छ त्यसको उन्नतिको लागि प्रार्थना गर । क्राइष्टले भनेको यो अवस्था भनेको पूर्णतः अहङ्कारको बर्जना हो । सरूभक्तले प्रतिपादन गरेर सिर्जनात्मक लेखनमा प्रयोग गरेको अहम्केन्द्रित मानवतावाद (Egocentric Humansim) सिद्धान्तको सान्दर्भिकता के हुन सक्छ ? यो दर्शनमा सामाजिक रूपान्तरण, समतामूलक समाज निर्माण र श्रमको महत्वलाई कसरी उजागर गरिएको छ ? मानवेत्तर प्राणीप्रतिको पे्रमलाई कसरी उठान गरिएको छ ? लोककल्याणकारी राज्यव्यवस्थाको मर्मलाई कसरी सूक्ष्म तहमै भए पनि हृदयङ्गम गरिएको छ ? समाजले पागलपनको सङ्कथन (Insanity Discourse) निर्माण गरेर कसरी अशक्त, निमुखा र सीमान्त अल्पसङ्ख्यकहरूलाई उपेक्षा र अवहेलनाको दृष्टिले हेरेको छ ? यी प्रश्नहरू ‘पागलबस्ती’ उपन्यासको विश्लेषणको सिलसिलामा निरूपण गर्नुपर्ने विषयहरू हुन् । प्रशान्त विश्वविद्यालय कालमा आफूले भोगेको प्रेम प्रस्तावको अस्वीकृतिलाई इखालु मनले प्रतिशोधको भावनासहित प्रत्यूत्तर दिइरहेको छ । अन्तिम समयसम्म पनि मार्था आशावादी भएर प्रशान्तको हृदयबाट अहम्को समाप्ति भएर प्रेमको पुनः प्रज्ज्वलन हुने मुहुर्त कुरी बस्छिन् । अहम्वादी दर्शनको प्रणेता आदिगुरु प्रशान्त आफ्नो बस्तीभित्र आदिमाता मार्था र आफ्ना पुत्रपुत्रीहरूलाई आदिमन्दिरमा सम्बोधन गर्दै आफ्नो दर्शन यसरी सार्वजनिक गर्दछ– मानवीय अहम्को प्रयोगात्मक विश्लेषण आनुभाविक परीक्षण र अन्नतः बोधिज्ञानात्मक व्यवस्थापनको अहम्जन्य महत्वकांक्षा लिएर यस विशेष भूमिमा भेला भएका हामी विश्व नागरिक हौँ । …प्रत्येक पल प्रतिपल मान्छे जातिले दुःख पाएको छ वा दुःख भोगेको छ । प्रत्येक युगमा मान्छे जातिले हिसा गरेको छ । प्रत्येक युगमा मान्छेले लोभ, मोह र विषय वासनादी कर्मलाई मानवीय अस्तित्व रक्षाका नाममा वरण गरेको छ । तर मानव जाति प्रत्येक युगमा आफ्नो प्राकृतिक वरणप्रति असन्तुष्ट पनि छ । त्यसैले यस मानव विश्वमा गौतम बुद्धहरू जन्मने गर्दछन्–‘प्रेम गर प्रेम नै भगवान् हो’ भन्दै र महावीरहरू जन्मन्छन्–“हिंसा नगर’ भन्दै । हामी मानवीय दुःखबाट छुट्कारा प्राप्त गर्न सकिरहेका छैनौ । त्यसैले गौतम बुद्धको पूजा गर्न हामी विवश छौँ । हामी मानवीय अप्रेमहरूबाट मुक्त हुन सकिरहेका छैनौ । त्यसैले जिसस क्राइष्टको आराधना गर्न हाम िविवश छौँ । …प्रत्येक व्यक्ति बुद्ध हुन सक्दैन, जिसस क्राइष्ट हुन सक्दैन, तर के प्रत्येक व्यक्ति गौतम बुद्ध हुनु आवश्यक छ ? के प्रत्येक व्यक्ति जिसस हुनु आवश्यक छ ? मलाई यो सत्य स्वीकार गर्न मन लाग्छ र म स्वीकारोक्तिको घोषणा गर्छु । मोहम्मद मोहम्मद हुन सक्छ, प्रत्येक मान्छे मोहम्मद हुन सक्दैन, महावीर महावीर हुन सक्छ, प्रत्येक मान्छे महावीर हुन सक्दैन, लाओत्से लाओत्से हुन सक्छ, प्रत्येक व्यक्ति लाओत्से हुन सक्दैन । यो मानवीय इतिहासको एक सामान्य सत्य हो । जसलाई हामी असामान्य सत्य सम्झन थालेका छौँ । यो एक अति सरल सत्य हो, जसलाई हामी असामान्य सत्य सम्झन थालेका छौँ । यो एक अति सरल सत्य हो, जसलाई हामी जटिल सत्य सम्झन थालेका छौ । जसको परिणाम स्वरूप मानवीय अहम्चेतना कुण्ठित भएको छ । यो इतिहासको महान् दुर्भाग्य हो” (५८÷५९) । महापुरुषका विचारलाई सुन्नु र मनन् गर्नु जरुरी भए पनि कसैले आफ्नो अहम् सत्तालाई त्यागेर कुनै महापुरुषको प्रतिकृति बन्नु हुँदैन । आफ्नो सिर्जनाशीलतालाई मार्नु हुँदैन भन्ने आशय राख्ने आदि गुरु प्रशान्त अगाडि भन्दछ– “म अहम्विरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु– कारण जीवन अहम्युक्त हुन्छ, अहम्युक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहम्युक्त पुरुष हो, महावीर र यसु अहम्वादी व्यक्तित्व हुन् । सिजर, अलेकजेण्डर, नेपोलियन र हिटलर अहम्युक्त पुरुष हुन् । सम्पूर्ण मानवीय भावनाहरू र विचारहरू अहम्केन्द्रित हुन्छन् । त्यसैले म अहम्वादी हुने शिक्षा दिन्छु । अहङ्कारी हुने शिक्षा दिन्छु ।” (पुर्ववत्) सम्पूर्ण मुक्ति र निर्माणका सिद्धान्तहरूको विरोध गर्दै अहम्वादी प्रशान्त भन्छ–“…पृथ्वीमा मानवजातिको इतिहास भनेको अहम् सङ्घर्षको इतिहास हो, व्यक्तिगत र समूहगत दुवै स्तरमा अहम् भावनालाई उपेक्षा नगर, स्वीकार गर, घृणा नगर, अध्ययन गर, दमन नगर, निरीक्षण गर, परीक्षण गर ।” (५९÷६०) आदिमाता मार्था प्रेममा विश्वास गर्छिन् भने आदिगुरु प्रशान्त अहम्मा । मार्था प्रशान्तलाई प्रेम गर्छिन् । प्रेम र अहम्बीचको द्वन्द्वलाई उपन्यासमा कौशलतापूर्वक बुनिएको छ । मार्था भनिछन्– “पहिले म सायद अहम्युक्त नारी थिएँ, विस्तारै प्रेमयुक्त हुन पुगेँ, प्रेम गर्न सिकेँ – यो मेरो जीवनको विकासक्रम हो । तिम्रो (प्रशान्तको) जीवनदर्शन मानवीय दृष्टिले ठीक उल्टो छ । तिमीले प्रेमबाट यात्रा थालेका थियौ, कुनै अहङ्कारको दलदलमा यात्रा टुङ्गिन सक्दैन । प्रेमको समाप्ति अहङ्कारमा हुन सक्दैन, तर अहङ्कारको समाप्ति प्रेममा हुन सक्छ । म आफूलाई क्रमशः विकास गर्दैछु – अँध्यारोबाट उज्यालोतिर…अहङ्कार र बृथाभिमानबाट प्रेम–मार्गमा…” (८१) । मार्थाको मन प्रशान्तको प्रेम पाउन व्यग्र छ । पूर्वदार्शनिकहरू अहम्को विसर्जन चाहन्थे भने ऊ इतिहास, ज्ञान, विज्ञान र मानव सभ्यताका पानाहरूबाट दबिएको मानवीय अहङ्कारलाई उत्खनन गर्नुपर्ने तर्क राख्दछ । ऊ अहम्को प्राण प्रतिष्ठा चाहन्छ । मार्था भन्छिन्– “प्रेम भनेको अमृत हो, अहङ्कार भनेको विष हो । प्रेमामृतले मात्र अहङ्कारको विष निवारण हुन सक्छ” (१९५) । प्रशान्त एक प्रसङ्गमा भन्छ– “मेरो दृष्टिमा परमेश्वर कतै भए महाअहङ्कारी हुनपर्छ, तुच्छ अहङ्कारी होइन” (१९४) । प्रशान्त कुकर्नी बिन्दुले नवजात गाईको बाच्छोलाई देखाएको विजातीय मातृप्रेमलाई पनि मातृप्रेम नभनेर ‘मातृअहम्को सिर्जनात्मक महाजागरण’ भन्दछ (२१४) । मार्था प्रतिवाद गर्छिन्– “तिमी मतिभ्रमका शिकार भएका छौ । त्यसैले ममता जस्तो पवित्र कुरामा पनि अहङ्कारको गन्ध भेट्छौ” (२१४) । आदि गुरु प्रशान्त र आदिमाता मार्था दुई परस्पर विरोधी मान्यताका पक्षधर हुन्छन् । प्रशान्त मार्थाको बस्ती प्रवेश भएदेखि नै मार्थालाई प्रेमिकाको रूपमा हेर्दैन । दूरताको सङ्केत गर्ने औपचारिक, आदरार्थी र शीत तार्किकतायुक्त भाषाशैली प्रयोग गर्छ । उसको शब्दचयनमा माया, प्रेमयुक्त संवेदना, अनौपचारिकता, हाँसोठट्टा शून्यप्रायः हुन्छ । उसको वाक्य संरचनामा शास्त्रीय गुरुहरूको जस्तो शब्दजाल र चेतनालाई चक्कर लगाइदिने भद्दा कुटनैतिक छनक फेला पर्दछ । जसबाट मार्था आजित बन्दछिन् । स्वाभाविक तवरले एउटा प्रश्न उब्जिन्छ, के प्रशान्त यौनलिप्साबाट सम्पूर्णतः मुक्त भइसकेको प्राणी हो ? यदि त्यसो हो भने के ऊ मानवताका नैसर्गिक लक्षणहरूसँग सन्निकट छ त ? अहङ्कार आरुढ भएको मनमा प्रेम र यौनका सूक्ष्मतम भावहरू पनि पुरै निमिट्यान्न हुन्छन् ? सरूभक्तले उभ्याएको मुखपात्र प्रशान्तलाई प्रेम र यौन अनुरागप्रति जुन किसिमको वैराग्य उत्पन्न भएको छ, यो वैराग्य मानवीय स्वभाव अनुकूल छ त ? लिविडोको निष्कृयतामा के अहङ्कारको भाव एक्लै सक्रिय बनिरहन सक्छ ? मार्थाको प्रेमलाई स्वीकार गरेरै पनि त प्रशान्तले आफ्नो दर्शन र बस्तीलाई सम्बद्र्धन गर्न सक्थ्यो । अवश्य पनि मार्थाको प्रेमले तगारोको काम गर्दैनथ्यो । आदिमाता र आदिगुरुको पारस्पारिक सम्झौताले बस्तीको भविष्यलाई सुन्दर, सुखद् र व्यवस्थित गराउन सक्थ्यो । सहृदयी मार्थाको पवित्र प्रेमको उपहारलाई स्वीकारेरै पनि प्रशान्त आफ्नो कर्तव्यपथमा अविचलित निष्ठा कायम गर्न सक्थ्यो । यसो गरेको भए बस्तीका पुत्रपुत्रीहरूको पवित्र अभिलाषामा पनि तुसारापात हुने थिएन । हुन त प्रशान्तले यसो नगर्नुमा नै उसको अहम्ले सन्तुष्टि प्राप्त गरेको हुन सक्छ । तर अर्को विचारणीय पक्ष के छ भने आदिगुरुले स्थापना र सञ्चालन गरेको आदिबस्ती किन दीर्घकालसम्म टिक्न सकेन ? समाजबाट तिरस्कृतहरूले शरण पाउने आश्रयस्थलको रूपमा किन यो विकास हुन सकेन ? आदिगुरुद्वारा दीक्षित अहम्वादी महाज्ञानी कपील र प्रेममूर्तिलाई प्रशान्तले बस्ती बाहिर संसारको सेवार्थ भनेर पठाउनुको साटो आफ्ना उत्तराधिकारीको रूपमा बस्तीभित्रै प्रवद्र्धन गरेको भए यो बस्ती अनुकरणीय कोलोनी बन्ने थिएन ? आदिमाता मार्थाको ममतामयी चासोले उनको बस्ती त्याग पूर्व बस्तीमा सुन्दर वातावरण विकास भएको थियो । एकातिर प्रशान्त प्रेमलाई अहङ्कारकै एक स्वरूप ठान्दछ भने अर्कोतिर मार्थाको प्रेमलाई स्वीकार्नै सक्दैन । ऊ नारी पुरुषबीच हुने अन्तरलिङ्गीय प्रेमप्रति पूर्णतः उदासीन छ । ऊ अहङ्कारको जटिल चक्रव्यूहबाट फुत्कनै सक्दैन । उसको मानसपटलमा विकसित भएको अहङ्कारको भाव आत्मप्रतिष्ठाको लागि सृजित एक प्रतिशोधात्मक मनोदशाजस्तो लाग्दछ । ऊ मार्थालाई प्रेमपीडित बनाएर आफ्नो पूर्व प्रेमपीडाको बदला लिन चाहन्छ । विश्वविद्यालयमा मार्थाले उसलाई गरेको अपमान नै उसको सृजनशीलताको मुहान भएको छ तर उसको हकमा अहम् कहिल्यै समर्पण हुन र झुक्न नचाहने मानवीय मनोवृत्ति भएर देखा परेको छ । ‘पागल बस्ती’ उपन्यासमा प्रेम र अहङ्कारको असंवादात्मक द्वन्द्वलाई चित्रण गरिएको छ । यी दुवै मान्यताहरू विपरित र असम्बद्ध धु्रवहरूजस्ता भएर आ–आफ्नै पृथक् मार्गमा अगाडि बढ्दछन् । मार्था सुरुदेखि अन्तसम्मै प्रेमको सर्वकल्याणकारी शक्तिमा विशवास गर्छिन् भने प्रशान्तको अहम् चेतना आफ्नै सैद्धान्तिक दृढताबाट किञ्चित पछाडि हट्दैन । मानसिक अभिघातबाट तरुनी जमुनाको मृत्यु, कुकुर्नी बिन्दुको बीभत्स हत्याजस्ता दुःखद् प्रकरणबाट व्यथित भइरहेकै बेला प्रशान्तको एकोहोरो अहङ्कारवादी शैलीबाट आहत भएर मार्था आफ्नो अमर प्रेमशक्तिलाई आजीवन प्रशान्तमै समर्पण गरिरहने प्रण गर्दै कथित पागल बस्ती छोडेर सहर फर्किन्छिन् । उनी प्राध्यापन र चित्रकारितालाई सँगसँगै अगाडि बढाउँछिन् । कहिल्यै निको नहुने दुःखान्त प्रेमको अभिघातपूर्ण घाउ बोकेर बाँच्नु मार्थाको नियति बनिदिन्छ । प्रशान्त आफ्नो अहम्को तुष्टिका लागि मार्थाको बस्ती त्याग गर्ने निर्णयलाई सजिलै स्वीकृति प्रदान गर्दछ । त्योभन्दा अगाडि ऊ मार्थालाई अरू कुनै योग्य पुरुषसँग विवाह गरेर सुखी र सन्तुष्ट जीवन व्यतित गर्नका लागि सल्लाह दिन्छ, जुन सल्लाह मार्थाको निम्ति अत्यन्तै पीडादायी र अपमानजनक बन्दछ । ऊ भन्छ– “म हजुरको शुभविवाह कुनै सुगोग्य, सुदर्शन, व्यक्तित्वशाली पुरुषसित होस् भन्ने चाहन्छु ता कि जीवन सुखमय होस्, हजुर आदिमाता हुनुहुन्छ, यसका लागि साथै सुन्दर, जवान र अविवाहित युवती पनि हुनुहुन्छ । म हजुरको जीवन बर्बाद भएको देख्न चाहन्न” (२४०) । प्रशान्तले मार्थालाई प्रयोग गर्ने भाषाशैली मायालु र समान तहको नभएर असमान, उच्च आदरार्थी र औपचारिकतापूर्ण छ । मार्था प्रशान्तको लवज र शैलीमा कठोर औपचारिकताको गन्ध भेट्टाउँछिन् । प्रशान्तको शिष्य प्रेममूर्ति पनि तरुनी जमुनाबाट प्रेममा तिरस्कृत भएपछि आफूलाई यसरी विकास गर्छ कि ऊ प्रवृत्तिगत हिसाबले हुबहु प्रशान्तको पदचिन्ह अवलम्वन गर्न खोज्दछ । प्रशान्तले प्रेममूर्तिलाई पनि आफ्नै दार्शनिक साँचोमा रूपान्तरण गर्न चाहन्छ । प्रेममूर्तिको रूपान्तरण धेरै हदसम्म यान्त्रिक प्रतीत हुन्छ, किनकि जमुना मानसिक अभिघातले थला परेर ढलेको बेला आदिमाताले जमुनाका बारेमा कुरा गर्दा उसका नेत्र सजल हुन्छन् । प्रेममूर्तिको जन्मान्तरण समारोहको आयोजना गर्न आदिगुरु प्रशान्त लालयित छ । प्रेम, विवाह र पारिवारिक बन्धनबाट मुक्त प्रशान्त मार्थाले जति नै अनुरोध गरे पनि प्रेममूर्तिको जन्मान्तरण घोषणा फिर्ता लिन चाहँदैन । मार्थाले भने जमुना र प्रेममूर्तिको मिलन गराएर अहङ्कारमाथि प्रेमको विजय स्थापित भएको देखाउन चाहेकी हुन्छिन् । प्रशान्तको निम्ति अहङ्कार सर्वप्रिय छ । विश्वविद्यालयमा पढ्दै गरेका बेला मार्थाबाट आफ्नो प्रेम त्यतिबेला मात्र सफल हुन्छ जतिबेला यो एकोहोरो हुन्छ भन्ने निष्कर्षमा पुग्छ । ऊ भन्छ–“…जहाँसम्म प्रेममा सफलताको कुरा छ, यदि त्यो सत्य हो भने, प्रेमका सफलताका सबै कथा मैथुन कथा हुन्” (१९६) । एउटा प्रश्न उठ्छ कि अहङ्कारको महाज्ञान प्राप्त गर्ने मान्छेहरू सबै नै प्रेम, विवाह र गृहस्थको सनातन परम्पराबाट विमुख हुँदै जाने हो भने सांसारिक सृष्टिले कसरी निरन्तरता पाउला ? आजसम्मको विश्व सभ्यतामा मैथुनकै माध्यमबाट सृष्टिले निरन्तरता पाएको छ । भाषाशैलीमा शास्त्रीयताको निर्वाह भएको उपन्यास ‘पागल बस्ती’ मा आदिगुरु प्रशान्तलाई अहङ्कारको अकाट्य प्रवक्ताको रूपमा विकास गरिएको छ । यो उपन्यास सैद्धान्तिक एवम् दार्शनिक चिन्तनलाई प्रायोगिक तहमा उतार्ने एक विचार प्रधान उपन्यास हो । यसले भौतिकवादी सत्यलाई अवलम्वन गर्ने चिन्तन बोकेको छ । चित्रकारिता कलाको एक महत्वपूर्ण विधागत हिस्सा हो । यस उपन्यासमा महत्वका साथ चित्रकारिताको उजागर भएको छ । उपन्यासकी एक प्रमुख एवम् निर्णयक पात्रा मार्था स्वयम् कुशल चित्रकार हुन् । उनी आफ्नो रुचिमा निरन्तर तल्लीन छिन् । उपन्यासको कथानकमा किशोर नामको पत्रकारले मार्थाको र पागल बस्तीको अनुसन्धान गरेका छन् । नेपाली काव्य इतिहासमा महाकवि देवकोटाले पागल आद्यरूपको प्रयोग गरेर तत्कालीन राजनैतिक, आर्थिक एवम् बौद्धिक सत्तालाई चोटिलो व्यङ्ग्यात्मक प्रहार गरेका थिए । यसैगरी सरूभक्तको ‘पागल बस्ती’ उपन्यासभित्र पनि पागलकै आद्यरूपलाई समातेर समाजको वेवकुफ अनुत्तरदायी शैलीलाई व्यङ्ग्य गरिएको छ । यस उपन्यासले काल्पनिकीभित्र पागल बस्तीको निर्माण र त्यसको उत्खनन्लाई प्रस्तुत गरेको छ । यो उत्खनन् भौतिक किसिमको नभएर प्रशान्तको अहम्युक्त गोप्यताको उत्खनन् हो । ‘पागल बस्ती’ उपन्यासको काल्पनिक निर्र्मिितभित्र तथ्य र परिकल्पनाको जटिल एवम् सृजनशील माखेसाङ्लो भेटिन्छ । पाठक र समालोचकको जिम्मेवारी भनेको त्यस माखेसाङ्लोभित्र ऐतिहासिकता र काल्पनिकतालाई यसरी बिभक्त गरेर देखाउनु हो, जसरी सूर्यबाट प्रदत्त सामान्य प्रकाशलाई प्रीज्मको सहायताले विभिन्न रङ्गहरू छुट्याएर दृष्यात्मक बनाइन्छ । पोखरा र यसका वरिपरिका क्षेत्रहरूको आञ्चलिक झलक पनि पाइने यस उपन्यासमा उल्लेखित पागल बस्तीभित्र मैच्याङ नामकी कुरूप महिला, कुष्टरोगीहरू, पूर्ववेश्याहरू, कथित पागल, कथित बोक्सीलगायतका सीमान्त मान्छेहरू पनि छन् । जो सामाजिक रूपले बहिस्कृत हुन् । ‘पागल बस्ती’ उपन्यासको कथानकभित्र प्रयुक्त पात्र र घटनावलीहरूलाई हेर्दा सरूभक्तको जीवनदृष्टि भौतिकवादी ठहर्छ । उनी समाज विकासको द्वन्द्वात्मक प्रंक्रिया र शासनको प्रजातान्त्रिक विधिमा विश्वास गर्ने स्रष्टाका रूपमा देखा पर्दछन् । बस्तीभित्र पुत्रपुत्री सङ्घको निर्माण भएको छ । यो सङ्घ र यसका सदस्यहरू आदिगुरु र आदिमाताप्रति श्रद्धानत छन् । उनीहरू बस्तीको विकास र प्रगतिका लागि एकमत र एक चित्तले समाहित छन् । सामूहिकताको भावना प्रवल छ । समाजवादी संरचनामा आधारित यो बस्ती एउटा नमुना लघुराज्य हो । अर्थतन्त्रको विकासका लागि विभिन्न व्यवसायको सञ्चालन भएको पाइन्छ । जमीन आवादी गरेर धेरै प्रकारका अन्नबाली, फलफूल र तरकारीहरू उत्पादन गरिएको छ । घरेलुु उद्योगहरूबाट दैनिन्दिन प्रयोग हुने समानहरूको उत्पादन गरी बस्तीको अर्थव्यवस्थालाई मजबुत गराउने प्रयत्न गरिएको छ । बस्तीभित्र बालबालिकालाई मात्र हैन, अशिक्षित प्रौढ र वृद्धवृद्धाहरूलाई पनि शिक्षाको अवसरमा समाहित गरिएको छ । सक्षम डाक्टर तथा नर्सहरू बिरामीको उपचार र सेवासुसारमा चोबीसै घण्टा तल्लीन छन् । समाजबाट वेश्या, कोढी, बोक्सी, बहुलाहा भनेर बहिस्करणमा परेका निमुखा (Subaltern) मानिसहरूलाई ममतामय आश्रयस्थल दिइएको छ । आदिशिक्षणशाला अन्तर्गत विज्ञान शिक्षणतर्फको प्राचार्य प्रशान्तका सम्बन्धमा भन्छ– “आदिगुरुलाई प्राप्त समाज अशिक्षित थियो, शोषित थियो, रोगी थियो, भोको थियो, दुःखी थियो । अशिक्षितहरूलाई सामान्य शिक्षाको टुकी बालेर बाटो नदेखाएसम्म, शोषितहरू र दुःखीहरूलाई सामाजिक, पारिवारिक शोषण र दुःखको भुमरीबाट निकालेर प्रकृतिको सुन्दर काखमा नखेलाएसम्म, शारीरिक रोगीहरूलाई औषधोपचारको व्यवस्था नगरेसम्म र भोकाहरूलाई बाँच्नका लागि खानेकुरा नजुटाएसम्म ‘परमसत्य’ को कुरा भन्नु निरर्थक हुन्थ्यो” (१०४) । बस्तीमा लागू गरिएको वैज्ञानिक किसिमको शिक्षा पद्दतिले मानिसलाई परलोकवादी बनाउनुको सट्टा इहलोकवादी बनाएर आफ्नो भौतिक दुनियाँलाई समृद्धशाली बनाउँदै मानसिक शान्ति खोज्न प्रेरित गरेको छ । ध्यानलाई भौतिक र सत्य मान्ने प्रशान्त भन्छ– “अहम्को शून्य अवस्थालाई म ठीक प्रकारले शब्दहरूमा व्यक्त गर्न सक्दिनँ । अव्याख्येय र शब्दातीत जस्तो प्रतीत हुन्छ । तर यो ऐतिहासिक सत्य हो, पारिमार्थिक सत्य होइन, भौतिक सत्य नै हो, आध्यात्मिक सत्य होइन, प्रायोगिक सत्य नै हो, आनुभाविक सत्य होइन ।” (११३) आदिगुरु प्रशान्त आफैँ श्रममा समर्पित हुने श्रमप्रेमी अगुवा हो । उसले मार्थाको चोखो प्रेमलाई अस्वीकार गर्नु पाठकका निम्ति एउटा खट्किने पक्ष होला तर मानवताका निम्ति उसले आफ्नो हृदय घोप्ट्याएर गरेको प्रेम सर्वदा बन्दनीय छ । डाक्टर, नर्स मार्था, बस्तीका बासिन्दाहरू लगायत स्वयम् कोढीहरूको चेतावनी र अनुरोधका बाबजुद प्रशान्त आफैँ कोढीहरूसँग गएर हेलमेल गर्छ । उनीहरूसँगको भौतिक तथा दैनिक सन्निकटताले आफैँलाई ज्यानमारा रोग लाग्न सक्ने बलिष्ठ सम्भावनाप्रति ऊ असचेत र बेमतलवी बनिदिन्छ । उसको यो सीमान्त मानवता (Marginal Humanity) प्रतिको अगाध प्रेम बिर्सिनसक्नुको छ, चाहे ऊ जति नै अहङ्कारको कुरा किन नगरोस् । प्रशान्त गुरुवत् अधिनायकत्वको विपक्षीमा रहेको छ । पुत्र–पुत्री संघको स्थापनाका बारेमा विज्ञानशिक्षणतर्फको प्राचार्य भन्छ– “यसको (पुत्रपुत्रीसंघको) स्थापना स्वयम् आदिगुरुद्वारा भएको हो । तर उहाँ यसको कुनै पनि क्रियाकलापलाई नियन्त्रण गर्नुहुन्न । उहाँ भन्नुहुन्छ– “यो संघ पुत्रपुत्रीहरूको हितरक्षार्थ स्थापना गरिएको हो, त्यसैले आदिगुरु प्रत्येक शिक्षालाई आज्ञापालनको दृष्टिले होइन सन्देशको दृष्टिले हेर, आँखा चिम्लेर आदिगुरुको अधिनायकत्व स्वीकार नगर” (११५) । आदि गुरु पर्व मनाउन लालयित पुत्रपुत्रीहरूप्रति लक्षित प्रशान्तको अभिमत यस्तो छ– “कोही पनि मेरो मूर्ति स्थापना गर्न प्रेरित नहोऊन् भन्ने म चाहन्छु । यस पर्वले एक गलत परम्पराको शिलान्यास गर्न सक्छ” (११६) । यसै प्रसङ्गमा ऊ अगाडि भन्छ, “गुरूपुजा आवश्यक छैन, गुरु केही कदमअघि हिँड्ने पृथक् मात्र हो…ऊ अवलोकनीय, अनुकरणीय, दर्शनीय हुन सक्छ, पुजनीय हुन सक्दैन” (११७) । शिष्यहरूले गुरुलाई प्रजातान्त्रिक मर्म अनुसार अनुशरण गर्नुपर्दछ तर दासोचित अन्धअनुशरण होइन भन्ने आदिगुरु प्रशान्तको मान्यता रहेको पाइन्छ । जुन मान्यताले अधिनायकत्व र तानाशाहीलाई आत्मसात गरेको छैन । आदि शिक्षणशाला अन्तर्गत विज्ञानशिक्षणको प्राचार्य आदिमाता मार्थालाई प्रशान्तको भौतिकवादी जीवनदर्शनका बारेमा यसरी बताउँछ– “आदिगुरु विश्वब्राम्हाण्डलाई भौतिक, विज्ञानमय नै देख्नु हुन्छ । उहाँ जगत्लाई मिथ्या मान्नुहुन्न, पूर्ण सत्य मान्नुहुन्छ । धेरैजसो धर्मपुरुषहरू, दर्शनपुरुषहरू धर्म र दर्शनका हवाई किल्लाहरू निर्माण गर्दछन् र विज्ञानलाई असत्य, अनावश्यक र तुच्छ सम्झेर किल्लाबाट निकालिदिन्छन् । आदिगुरु यसको विरोध गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “विज्ञान प्रकृतिको आधारभूत सत्य हो, त्यसैले जबसम्म आधारभूत ज्ञान प्राप्त हुँदैन तबसम्म विज्ञानको गुरुत्वाकर्षणबाट कोही पनि बाहिर जान सक्दैन ।” (१०५) सङ्क्षेपमा भन्नुपर्दा अहम्केन्द्रित मानवतावाद (Egocentric Humanism) को दर्शनलाई प्रमाणित गर्न लेखिएको उपन्यास ‘पागल बस्ती’मा उपन्यासकार सरूभक्तले मानवीय संवेदनाहरूमध्ये अहम् सर्वाधिक महत्वपूर्ण हुने देखाउन खोेजेका छन् । आदिगुरु प्रशान्त प्रेम प्रकरणमा बिच्किएको आफ्नो अहङ्कारलाई आजीवन कायम राख्दछ । उसको प्रेमको प्रस्ताव अस्वीकार गरिदिने युवतीले पश्चातापपूर्ण तरिकाले गरेको क्षमायाचनाले प्रशान्तको अहम्पूर्ण हृदयलाई स्पर्श गर्न सक्दैन । ऊ अपहेलित र निमुखा पात्रहरूको सेवामा हरतरहले निरन्तर प्रेंमपूर्वक लागिरहन्छ । तर मार्थाको प्रेमलाई स्वीकार्दैन । ऊ आफ्नो अहङ्कारलाई समर्पण गर्ने पक्षमा छैन । यति हुँदाहुँदै पनि ऊ आफ्नो अहङ्कारको सृजनशील प्रयोग गरिरहेको छ । यस उपन्यासमा प्रयोग भए अनुसार अहम्केन्द्रित मानवतावादले वैज्ञानिक एवम् भौतिकवादी जीवनदर्शन र वैचारिक बहुलतामा आधारित प्रजातान्त्रिक विधिमाथि आस्था राखेको पाइन्छ । परमेश्वरलाई समेत उच्च किसिमको अहङ्कारी देख्ने आदिगुरु प्रशान्त अहङ्कारको भाव नकारात्मक पनि हुने तर त्यसलाई सिर्जनाशीलतामा रूपान्तरण गर्नुपर्ने मान्यता राख्दछ । प्रशान्तको अहङ्कारवादी दर्शन र मार्थाको प्रेमवादी दर्शन एकापसमा पृथक् देखिए पनि तिनीहरूबीचमा के समानता देखिन्छ भने यी दुवैले मानवीय प्रेम र सर्वकल्याणको चाहनालाई गुरुमन्त्र बनाएका छन् । उपन्यासको टुङ्ग्याउनीतिर प्रशान्त र मार्था दुवैजना आ–आफ्नै जीवनदर्शनप्रति अडिग रहन्छन् । प्रशान्तको निम्ति अहम् अस्तित्वको सर्वस्व हो भने मार्थाको निम्ति प्रेम । तर पाठक महोदय ! यी उपन्यासकारले प्रशान्तलाई अति धेरै अहम्वादी बनाएर ऊ भित्रको मानवजन्य यौनाभिलाषा र प्रेम भावलाई शून्यावस्थामा ल्याइदिएका छन् । जे होस्, ‘पागल बस्ती’ केही उत्कृष्ट नेपाली उपन्यासभित्र पर्दछ । यसले निर्माण गरेको काल्पनिकी र त्यसभित्रका घटनावलीहरू दुवैले दार्शनिक तथा बहुआयामिक पाठकीय सञ्चेतनाको माग गर्दछन् । हामीले यो लेखमा सरूभक्त आफैँले प्रस्तावित गरेको अहम्केन्द्रित मानवतावादको नजरबाट यो उपन्यासलाई हेर्ने प्रयत्न ग¥यौँ । अरू विविध समालोचकीय एकाईहरू प्रयोग गरेर पनि यो उपन्यासमाथि पठन गर्न सकिन्छ । समालोचनाको रोमान्चकारी खेलमा अर्थहरूको उलटपुलट एवम् ती अर्थहरूको केन्द्रदेखि सीमान्तसम्म र सीमान्तदेखि केन्द्रसम्म ‘स्ट्याटस’ परिवर्तन चक्रव्यहू सञ्चेतनाको दृष्टिमा स्वभाविक र सदावहार प्रंक्रिया हो । पाठक महोदय ! हामी पनि अर्थ उत्सवको झाँकीमा सहभागी बनौँ र रक्तबीजजस्ता अदम्य अर्थहरूको उदयलाई स्वीकार गरौँ । अर्थ अन्वेषण विश्वविद्यालयका चौघेराभित्र अभ्यास गरिने सूत्रपरक कर्मकाण्ड (Formulaic Ritual) होइन यो असीमित सिर्जनात्मक कर्म हो । समालोचना आफैँमा सिर्जनशील पठन हो । यो शुष्क र बेरसिलो पाण्डित्य प्रदर्शन होइन । अर्थमहोत्सव–जिन्दावाद !! #सरूभक्त #सुरेश हाचिकाले गजल: डा. वीरेन्द्र केसी दुश्मन आए सिमानातिर बन्दुक बोकेर अगाडि बढ्छौ नेपाली वीर बन्दुक बोकेर यो मेरो देश प्रहार गर्न अनेकौँ कालमा जो आए भागे झुकाई शिर बन्दुक बोकेर देशले मागे म पनि जान तैयार सिमामा डटेर लड्न नमानी पिर बन्दुक बोकेर बैरीले सीमा मिच्दैछ भन्ने खबर के सुनेँ म छोडी हिँडे पस्केको खिर बन्दुक बोकेर रुँदै छ यहाँ पुर्खाको नासो आउन युवा हो हिसाब लिन लिपुलेक भिर बन्दुक बोकेर #डा. वीरेन्द्र केसी #दाङ #न्युजिल्यान्ड नेपाली कसरी शुद्ध लेख्न सकिएला ?: शुद्ध लेख्न नसकिने मानसिकता सबैभन्दा पहिला हामीलाई वर्णमाला सिक्न गाह्रो भयो । दुःखसाथ नेपाली वर्णमाला सिकिसकेपछि शब्द बनाउन, तिनलाई वाक्यमा प्रयोग गर्न, प्रयुक्त वाक्यलाई प्रयोग गर्न र त्यसपछि स्वतन्त्र रूपमा अनुच्छेद लेख्न पनि हामीलाई अप्ठ्यारो भयो । जब हामीले साधारण रूपमा पढ्न र लेख्न पनि जान्यौँ तब हामीलाई नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ता थपियो । पहिला पहिला पढेलेखेका धेरै मान्छे थिएनन् । त्यतिबेला नेपाली भाषालाई शुद्धसँग लेख्न मार्गनिर्देशन गर्ने गुरुहरू पनि अत्यन्त थोरै थिए र उनीहरूको निर्देशन प्रायः सबैका लागि स्वीकार्य पनि हुन्थ्यो । जब पढेलेखेका व्यक्तिहरू बढ्दै गए तब नेपाली भाषालाई ‘यसरी लेख्नुपर्छ, उसरी लेख्नुपर्छ’ भन्ने गुरुहरू पनि बढ्दै जान थाले, जसका कारण प्रयोक्ताहरू कुन गुरुको निर्देशन मान्ने ? भन्ने विषयमा द्विविधामा पर्दै गए । त्यति मात्र होइन आपूmहरूलाई मार्गनिर्देशन गर्ने गुरुहरूले आफ्नै लेखरचनाहरूमा पनि भाषिक शुद्धता र एकरूपता कायम गर्न सकेनन् । फलस्वरूप नेपाली भाषाका विद्यार्थी र सर्वसाधारण प्रयोक्ताहरूसमेत नेपाली लेखनमा दिग्भ्रान्त हुन पुगे । जसका कारण नेपाली शुद्ध लेख्नै सकिँदैन भन्ने मानसिकता प्रायः सबैजसो नेपालीमा मौलाउँदै गएको हो । सचेत प्रयोक्ताहरूमा शुद्धीकरणको चिन्ता नेपाली भाषा जसरी लेखे पनि हुन्छ भन्ने दुष्प्रवृत्ति बढ्दै जानु भनेको आफ्ना खुट्टामा जानाजान आपैmले बन्चरो प्रहार गर्नुजस्तै हो । आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नेहरू दिनानुदिन सलबलाइरहे तापनि अशुद्ध लेखनका माध्यमबाट नेपाली भाषालाई जोगाउनुपर्छ भन्ने सचेतता केही प्रयोक्ताहरूमा अद्यावधि कायमै छ र यस्तै सचेत प्रयोक्ताहरू नै नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ताले पिरोलिएका छन् । नेपाली भाषा कसरी लेख्ने ? भनेर चिन्तित भएकाहरूको चिन्ता निराकरण गर्दै नेपाली भाषा जसरी लेखे पनि हुन्छ भन्ने हचुवा प्रवृत्तिको क्रमशः निराकरण गर्दै जानु आवश्यक छ । शिक्षकमा विद्यमान लेखन–द्विविधाको निराकरण विद्यार्थीलाई शुद्धसँग नेपाली लेख्न सिकाउने हो भने सबैभन्दा पहिला शिक्षकहरूले नै आपूmमा विद्यमान कमजोरीहरू के के छन् ? भनेर पत्ता लगाई क्रमशः तिनको निराकरण गर्नुपर्छ । शिक्षक नै द्विविधामा रहेका खण्डमा विद्यार्थीको कलिलो मस्तिष्कमा द्विविधाकै बीजारोपण हुन जान्छ र विद्यार्थीले कहिल्यै शुद्धसँग नेपाली लेख्न सक्तैनन् । तसर्थ शिक्षकले आपूmलाई शुद्धसँग नेपाली लेख्ने शिक्षकका रूपमा प्रमाणित गर्नका लागि वरिष्ठ लेखकका स्तरीय कृतिहरूको निरन्तर अध्ययन गर्नाका साथै यथासम्भव मानक मानिएको नेपाली शब्दकोश साथमा राख्नुपर्छ र आपूmलाई द्विविधा लागेका अवस्थामा शब्दकोशको प्रयोग गर्नुपर्छ । टीकादत्त बरालद्वारा सम्पादित तथा विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’, ‘तद्भव नेपाली व्युत्पत्ति शब्दकोश’, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित र यथासम्भव निर्विवादित २०४० देखि २०५८ सम्मको ‘नेपाली बृहत् शब्दकोश’को कुनै एउटा संस्करण, वामन शिवराम आप्टेको ‘संस्कृत हिन्दी शब्दकोश’, नागरी प्रचारिणी सभा काशीद्वारा प्रकाशित ‘संक्षिप्त हिन्दी शब्दसागर’जस्ता आधारभूत शब्दकोशहरू आफ्नो वैयक्तिक पुस्तकालयमा भित्र्याउनु आवश्यक छ । यदि यस्ता शब्दकोशहरूको प्रयोग गर्दा समेत कुनै शब्द भेटिएन वा भेटिएका शब्दको पनि व्युत्पत्ति पत्ता लागेन भने संस्कृत व्याकरण वा नेपाली व्याकरणका सम्बद्ध विशेषज्ञसँग सम्पर्क गरेर आफ्नो द्विविधालाई निराकरण गर्न लजाउनु हुँदैन । विद्यार्थीलाई नेपाली शब्दकोश प्रयोग गर्न प्रोत्साहन डा.मतिप्रसाद ढकाल शुद्धसँग नेपाली लेख्न सिक्ने र सिकाउने हो भने सर्वप्रथम वर्णमाला सिक्ने बेलामा नै द्व, द्य जस्ता सबै संयुक्त वर्णहरू कुन कुन वर्ण मिलेर बनेका हुन् भन्ने कुराको यथार्थ जानकारी विद्यार्थीलाई गराउनुपर्छ । त्यसो हुन सक्यो भने द्वारा, द्वितीय, विद्वान् आदि लेख्नुपर्दा द्धारा, द्धितीय, विद्धान् आदि अशुद्ध लेखिने छैन । त्यसैगरी विद्या, विद्यालय आदि लेख्नुपर्दा विध्या, विध्यालय लेखिएको देख्नुपर्ने छैन । त्यसका साथै जसरी हाम्रा विद्यार्थीले तल्लो कक्षादेखि नै अङ्ग्रेजी शब्दकोश अनिवार्य रूपमा साथमा राख्छन् र त्यसको नियमित प्रयोग गर्छन्, त्यसैगरी तल्लो कक्षादेखि नै कुनै एउटा नेपाली शब्दकोश साथमा राख्न र त्यसको नियमित प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि साझा प्रकाशनबाट प्रकाशित रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित ‘संक्षिप्त नेपाली कोश’ तथा नरेन्द्रमणि आचार्य दीक्षितद्वारा सम्पादित ‘अङ्ग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोश’ उपयोगी मानिन्छन् । सूचना र प्रविधिको वर्तमान समयमा डाउनलोड गरेर राख्न मिल्ने नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’को पिडिएफ र त्यसको मोबाइल एप्स पनि आवश्यकतानुसार उपयोग गर्न सकिन्छ । शब्दकोशको प्रयोग कसरी गर्ने ? नेपाली शुद्ध लेख्नका लागि नेपाली शिक्षक र विद्यार्थीले मात्र होइन नेपाली लेखक, पत्रकार, टाइपिस्ट आदिले समेत कुनै एउटा शब्दकोश अनिवार्य रूपमा साथमा राख्न र त्यसको निरन्तर प्रयोग गर्नु आवश्यक छ । नेपाली शब्दकोश साथमा राख्नमात्र होइन त्यसलाई कसरी प्रयोग गर्ने ? भन्ने बारेमा समेत जानकारी लिनु र दिनु पनि आवश्यक छ । अर्थको विविधता पत्ता लगाउनमात्र होइन नाम, सर्वनाम आदि पदवर्ग पत्ता लगाउन, तत्सम, तद्भव र आगन्तुक शब्दको स्रोत पहिल्याउन एवं शब्दको निर्माणप्रक्रिया बुझ्न पनि शब्दकोशको प्रयोग गरिन्छ । नेपाली शब्दकोशमा स्वरवर्ण आदिमा हुने शब्द पहिल्याउन सर्वप्रथम चन्द्रविन्दु (अँध्यारो आदि), त्यसपछि शिरविन्दु (अंश आदि) र त्यसपछि क्रमशः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ र औ लागेका शब्दहरूको खोजी गरिन्छ । त्यसैगरी व्यञ्जनवर्ण सुरुमा हुने शब्दको खोजी गर्दा क्रमशः ‘क’देखि ‘ह’सम्मका वर्णहरूको खोजी गरिन्छ । नेपाली शब्दकोशहरूमा ‘ह’वर्णभन्दा पछाडि कुनै पनिवर्णको प्रयोग गरिएको पाइँदैन तर नेपाली वर्णमालामा ‘ह’भन्दा पछाडि प्रयोग गरिएका क्ष, त्र र ज्ञ वर्ण नेपाली शब्दकोशमा नदेख्ता शब्दकोश नै त्रुटिपूर्ण रहेछ कि भन्ने आभास पनि शब्दकोशका प्रारम्भिक प्रयोगकर्तामा हुनु अस्वाभाविक होइन । तसर्थ क् अनि ष मिलेर क्ष, त् अनि र मिलेर त्र तथा ज् अनि ञ मिलेर ज्ञ संयुक्त वर्ण बनेका हुन् र यिनको खोजी क्रमशः क, ज र त वर्णभन्दा पछाडि गर्नुपर्छ भन्ने जानकारी प्रदान गर्नुपर्छ । त्यति मात्र होइन ब र व वर्णमध्ये कुनै एउटा वर्णमा नभेटिएमा अर्को वर्णमा शब्द खोज्नुपर्छ भने श, ष र स वर्णमध्ये एउटामा नभेटिए क्रमशः अर्को वर्णमा शब्द खोज्दै जानुपर्छ । अङ्ग्रेजी शब्दमा प्रत्येक वर्ण अलग अलग देखिने हुँदा शब्दकोशमा शब्द खोज्न गाह्रो हुँदैन तर नेपाली शब्दमा वर्णहरूको संरचना थाहा पाउन अधिकांश विद्यार्थीहरूलाई गाह्रो हुने भएकाले नेपाली शब्दकोशबाट विद्यार्र्थीले सजिलै शब्द खोज्न सक्तैनन् । त्यसका लागि शिक्षकले नेपाली शब्दकोश नै कक्षामा लगी एकदुई शब्दको वर्ण संरचना छुट्ट्याउन लगाएर शब्द खोज्न प्रेरित गर्नुपर्छ । उदाहरणका लागि ‘प्रेम’ र ‘पाठ’ दुई शब्द शब्दकोशमा खोज्नु छ भने यिनलाई प्, र्, ए, म् अनि अ पाँच वर्ण मिलेर ‘प्रेम’ शब्द र प्, आ, ठ् अनि अ चार वर्ण मिलेर ‘पाठ’ शब्दको संरचना बनेको छ भनेर शब्दको वर्णसंरचना बुझाएपछि यीमध्ये शब्दकोशमा कुन शब्द पहिला र कुन शब्द पछि खोज्नुपर्दो रहेछ ? भन्ने कुरा विद्यार्थीहरूले जानकारी प्राप्त गर्दछन् । स्तरीय लेखनको निरन्तर अध्ययन नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भनेर चिन्ता, चासो र जिज्ञासा राख्ने प्रत्येक विद्यार्थी र प्रयोक्ताहरूले स्तरीय लेखनको अध्ययनमा आपूmलाई निरन्तर अग्रसर गराइरहनुपर्छ । त्यसरी अध्ययन गर्दा कुन शब्द कसरी लेखिएको छ ? भनेर पनि विशेष ख्याल गर्नुपर्छ । स्तरीय लेखनको निरन्तर अध्ययनले ज्ञानको क्षेत्र त फराकिलो हुन्छ नै, त्यसका साथसाथै पाठकले आफ्नो लेखनशैलीलाई पनि स्तरीय बनाउन सक्छ । स्तरीय लेखन भएका कृतिको अध्ययनका माध्यमले शब्दको शुद्ध प्रयोग गर्न मात्र मद्दत पु¥याउँदैन वाक्यगठन पनि कसरी स्तरीय बनाउन सकिन्छ भन्ने जिज्ञासा शान्त गराउनसमेत मद्दत गर्दछ । यसका लागि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल आदि स्थापित लेखकका स्तरीय साहित्यिक कृतिहरूको अध्ययन गर्न सकिन्छ भने गोरखापत्र, कान्तिपुर, नागरिक जस्ता स्तरीय लेखनको नमुना मानिने पत्रिकाहरूको पनि निरन्तर अध्ययन गरिरहनु आवश्यक छ तर यी पत्रिकाहरूमा छापिने विज्ञापनहरूको भाषामा भने अहिलेसम्म अशुद्ध नै कायम हुने गरेको पाइएकाले विज्ञापनको भाषाबाहेक विशेषतः लेख र समाचारको भाषालाई शुद्ध ठानेर अध्ययन गर्न सकिन्छ । निरन्तर अतिरिक्त लेखनको अभ्यास सूचना र प्रविधिको बढ्दो प्रयोगले वर्तमान पुस्तालाई चलाख र सचेत त बनाएको छ तर निरन्तर अध्ययन गर्न र संवेदनशील बनाउन भने सकेको छैन । फलस्वरूप आजकल अधिकांश शिक्षकहरू अध्ययनशील बन्न सकेका छैनन् भने अधिकांश विद्यार्थीहरू पनि पाठ्यपुस्तकभित्रका विषयवस्तुको सरसर्ती अध्ययनमा समेत रुचि राख्न छाड्दै गएको परिस्थिति छ । मासिक, त्रैमासिक र वार्षिक रूपमा विद्यालयहरूमा लिइने परीक्षा पनि दिन नपरे हुन्थ्यो भन्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएका कारण लेखनप्रति अधिकांश विद्याथीहरूको वितृष्णाभाव बढ्दै गएको छ भन्ने कुराको पुष्टि हुन्छ । पाठ्यपुस्तक र पाठ्यक्रमलाई प्रवद्र्धन गर्ने अतिरिक्त सन्दर्भ सामग्रीहरूको पनि अध्ययन गर्न तथा कविता, गीत, गजल आदि लेख्न र कक्षामै सुनाउन लगाउँदै जाने हो भने यसका माध्यमले विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त प्रतिभाको प्रस्फुटन हुने अवसर प्राप्त हुन्छ । त्यसबाट पढाइमा उनीहरूको भोकसमेत जाग्दछ । यसरी पढाइमा भोक जगाउँदै जान सकेमा उनीहरूले अतिरिक्त सन्दर्भ सामग्रीहरू पनि आपैmले खोजेर पढ्न थाल्छन् र पढिसकेका सामग्रीको सारांश वा मन परेका बुँदाहरू टिपोट गर्न लगाउँदै जान सकेका खण्डमा त्यसले उनीहरूलाई निबन्धलेखन, बुँदा टिपोट, संक्षेपीकरण आदि अभिव्यक्ति खण्डका पाठ्यांशहरूको उत्तर लेखनमा पनि सहयोग पु¥याउँछ । तसर्थ निरन्तर अतिरिक्त अध्ययन र निरन्तर न्यूनतम एक पृष्ठ अतिरिक्त लेखनमा विद्यार्थी वा नेपाली भाषाका प्रयोक्ताहरूको अभिरुचि जाग्न सक्यो भने नेपाली शुद्ध लेखनमा त्यसले विशेष सहयोग पु¥याउनेछ । शुद्ध लेख्न सक्छु भन्ने आत्मविश्वास आत्मबल वा आत्मविश्वासले जुनसुकै सफलता प्राप्त गर्न असम्भव हुँदैन । तसर्थ प्रत्येक शिक्षक, विद्यार्थी वा प्रयोक्ताले आपूmमा ‘शुद्ध लेख्न सक्छु’ भन्ने आत्मविश्वास जगाउनु जरुरी छ र तदनुसार शुद्ध नेपाली लेखनमा आपूmलाई सचेततापूर्वक अग्रसर गराउनुपर्छ । प्रत्येक नेपालीले आपूmमा यस किसिमको आत्मविश्वास जगाउने हो भने ‘नेपाली लेख्न त हुन्थ्यो तर शुद्ध लेख्नै सकिँदैन’ भन्नुपर्ने अवस्था नै आउँदैन । त्यति मात्र होइन हरेक प्रमाणपत्र वा साधारण लिखत तयार गर्दा अशुद्ध हुन्छ भनेर नेपाली पढाउने गुरुहरूलाई गुहार्नु नै पर्दैन । आपूmमा आत्मविश्वास जगाउन सकेका खण्डमा आजका कुनै पनि विद्यार्थीहरूले भोलि गएर कुनै निवेदन लेख्नुपर्दा आपैmमाथि अविश्वास प्रकट गर्नुपर्ने परिस्थितिसमेत आउने छैन । शुद्ध लेखनको व्यावहारिक अभ्यास नेपाली शुद्ध लेख्नका लागि विगतमा धेरै नियमहरू बने र तिनलाई भत्काउने चलखेलहरू पनि धेरै भए, जसका कारण शिक्षक, विद्यार्थी र आम प्रयोक्ताहरूमा अद्यावधि अन्योल कायम रहँदै आएको छ । तसर्थ वर्तमानमा हामीले शुद्ध लेखनको व्यावहारिक अभ्यासमा जोड दिनु आवश्यक छ । लेख्य नेपाली वर्णमालामा रहेका सातवटा स्वरवर्ण र सातवटै व्यञ्जनवर्णको प्रयोग कथ्य नेपाली भाषामा हुँदैन । कथ्य नेपालीमा प्रयोग नहुने ऋ, ञ, ण, श, ष, क्ष, त्र र ज्ञ वर्णको संस्कृत भाषाबाट जस्ताको तस्तै नेपालीमा आएका तत्सम शब्दमा मात्र प्रयोग हुन्छ तर तद्भव र आगन्तुक शब्दमा हुँदैन भन्ने कुरा हामीले व्यावहारिक अभ्यासबाटै पत्ता लगाउनुपर्छ । त्यसैगरी पूmल, तीन आदि क्षतिपूर्तिदीर्घीभवनको मान्यताबाट दीर्घ भएका तद्भव शब्दमा बाहेक अन्य तद्भव र आगन्तुक शब्दको सुरु र बीचमा दीर्घ हुँदैन तर तत्सम शब्दमा सुरु र बीचमा समेत दीर्घ हुनसक्छ भन्ने कुराको ज्ञान पनि हामीले प्रयोग गरिरहेका शब्दको अध्ययनबाट जानकारी लिनुपर्छ । त्यस्तै हामीलाई शुद्ध लेख्ने बेलामा कुनै शब्द यो शुद्ध हो कि त्यो शुद्ध हो भन्ने शङ्का लाग्यो भने अलगै कागजमा दुवै किसिमका शब्द लेख्ने र तीमध्ये हाम्रा आँखालाई जुन शब्द बिझाउँदैन त्यही शब्द शुद्ध हो र अर्को शब्द अशुद्ध हो भनेर व्यावहारिक निर्णय गर्न सक्छौँ । यसका लागि आपूmले यसअघि पढेको वा लेखेको शुद्ध शब्द यस्तो थियो भनेर विचार गर्नु अत्यन्त आवश्यक छ । विद्यार्थीले शुद्ध लेख्न सकून् भन्ने उद्देश्य राख्ने हो भने हाम्रा पाठ्यपुस्तकमा रहेका अनेकौं त्रुटिहरू प्रथमतः निराकरण गरिनुपर्छ । पाठ्यपुस्तकमा शुद्धीकरण हुन सकेका खण्डमा विद्यार्थी स्वयंले पाठ्यपुस्तकलाई आधार बनाएर अनि स्तरीय लेखनको निरन्तर अध्ययन गरेर यसरी शुद्ध लेख्न सकिँदो रहेछ भन्ने आफ्नै धारणा बनाउन सक्छ । त्यसका लागि विद्यार्थीलाई नेपाली विषयका शिक्षकले दिशानिर्देश गर्न सक्छन् तर ‘यसो गर उसो गर’ भनेर आदेश दिँदा विद्यार्थीमा भय वा त्रास उत्पन्न हुने भएकाले उसले आफ्नो लेखनमा शुद्धता ल्याउन सक्तैन । तसर्थ शिक्षकले आपूmलाई सहजकर्ताका रूपमा उभ्याएर विद्यार्थीलाई स्तरीय कृतिहरूको अध्ययन, नेपाली शब्दकोशको नियमित प्रयोग र निरन्तर लेखनमा अभ्यास गराउँदै जान सकेमा निश्चय नै विद्यार्थीहरू नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने त्रासबाट क्रमशः मुक्त हुन सक्नेछन् । भाषासम्पादनमा लगानीको आवश्यकता विद्यार्थीलाई त कक्षागत तह उत्तीर्ण गर्नका लागि मात्र परीक्षामा कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ताले सताएको हुन्छ तर आम लेखक, पत्रकार, टाइपिस्ट आदिलाई कसरी शुद्ध लेख्न सकिएला ? भनेर जसरी सधैँ जिज्ञासा र सचेतता जागिरहनुपर्ने हो त्यसरी जागिरहेको देखिँदैन । जसका कारण वैयक्तिक रूपमा पुस्तक प्रकाशन गर्ने अधिकांश लेखकहरूले आफ्नो कृतिमा भाषिक शुद्धता कायम हुन सकोस् भनेर आर्थिक लगानी गर्न कन्जुस्याइँ गरिरहेका छन् । पत्रकारहरूले पनि ‘मेरो काम त रिपोर्टिङ गर्ने मात्र हो’ भनेर आपूmले सधैँ प्रयोग गरिरहने भाषामा शुद्धता कायम गर्न मैले केही न केही अध्ययन र सचेतता अपनाउनुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सकेका छैनन् । हरेक सरकारी र गैरसरकारी कार्यालयमा रहेका टाइपिस्टलाई भाषिक शुद्धताका लागि अल्पावधिक तालिम दिएर आफ्नो कार्यालयमा गरिने विभिन्न लिखित सामग्रीहरूमा भाषिक शुद्धता कायम गर्नुपर्छ भन्ने चिन्ता पनि नदेखिँदा हाम्रा सबैजसो कार्यालयहरूले भाषासम्पादनका लागि थोरै पनि आर्थिक लगानी गर्न चाहेको देखिँदैन । जबसम्म हरेक सरकारी तथा गैरसरकारी कार्यालयहरू, प्रकाशनगृहहरू र स्वतन्त्र लेखकले भाषिक शुद्धताका लागि सचेत भएर भाषासम्पादनका लागि आर्थिक लगानी गर्न कन्जुस्याइँ गरिरहन्छन् तबसम्म विद्यालय र महाविद्यालयका कक्षामा दुईचार पिरियड भाषिक शुद्धताका नियमहरू पढाएका र पढेका भरमा अनि नेपाली भाषाको शुद्धीकरणका लागि विभिन्न समयमा संस्थागत र वैयक्तिक रूपमा चालिएका आन्दोलनहरूको समर्थनले मात्र नेपाली भाषा शुद्धसँग लेख्न नसकिने कुरा सुनिश्चित छ । भाषासम्पादन गरेर मात्र प्रकाशनको व्यवस्था कतिपय कुराहरू पुराना पनि अनुकरणीय हुन्छन् र तिनलाई रूढिवादी भनी बढारेर फाल्न उपयुक्त हुँदैन । २००७ सालअघि नेपाली भाषामा प्रकाशन गरिने सूचना र विज्ञापनको भाषालगायत हरेक लिखित सामग्री गोरखा भाषा प्रकाशिनी समितिले स्वीकृति दिएपछि मात्र प्रकाशन गर्ने गरिन्थ्यो तर त्यसपछि त्यस्तो व्यवस्था हटेकाले नेपाली भाषामा क्रमशः विवाद र अशुद्धलेखनको बीजारोपण हुँदै गएको हो । वर्तमानमा प्रयुक्त नेपाली भाषाका हरेक लिखित सामग्रीहरूमा बारम्बार त्रुटिहरूको भण्डार बढ्दै गएका कारण त्यसले सबैजसो नेपाली भाषाप्रेमीहरूलाई चिन्तित बनाएको छ । दिनप्रतिदिन राष्ट्रपति कार्यालयदेखि वडा कार्यालयसम्मका धेरैजसो लिखित सामग्रीहरूमा देख्दै लाजमर्दो हुने किसिमको भाषिक अशुद्धि कायमै रहँदै जानु निश्चय नै गम्भीर चिन्ताको विषय हो । लिखित सामग्री धेरै वर्षसम्मको प्रामाणिक अभिलेख भएका कारण लिखित सामग्रीहरूमा भाषिक शुद्धीकरण गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै किसिमका सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ र यसका लागि तीनै तहका सरकारी निकायले सर्वप्रथम आपूmले प्रयोग गर्ने भाषामा शुद्धता कायम गर्दै आफ्ना मातहतमा सञ्चालित सरकारी तथा गैरसरकारी सम्पूर्ण संघसंस्थाहरूले नेपाली भाषामा प्रयोगमा ल्याउने जुनसुकै पाठ्यसामग्री, ब्रोसर, पत्रिका, लेखरचना, सूचना, प्रतिवेदन, चिठीपत्र, टेलिभिजनको फ्ल्यास समाचार, साइनबोर्ड, होर्डिङबोर्ड, पर्चा, पम्प्लेट, ब्यानर, पसलको नाम आदिको भाषा सम्पादन गरेपछि मात्रै प्रकाशन गर्न पाउने व्यवस्था हुनुपर्छ । भाषासम्पादन नगरीकन प्रकाशन तथा प्रसारण गरेमा र त्यसबाट पाठक वा प्रयोक्ताहरूमा भ्रम उत्पन्न हुने परिस्थिति आइपरेमा सम्बद्ध संस्थालाई यथोचित जरिवाना तिराउने व्यवस्था गर्ने दिशामा पनि नेपालका तीनै तहका सरकारी निकायहरूको गम्भीर ध्यान जानु आवश्यक देखिन्छ । (डा. ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् |) #डा. मतिप्रसाद ढकाल आमा: डा. वीरेन्द्र केसी प्रियाले भन्छिन्, मेरो ज्यान उनको त्यो माया जान्दछु मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु बाबाले जस्तो हार्दा नि साथ छोराले दिँदैनन् पत्नीले जस्तो लागेको घाउ पतिले धुँदैनन् हजारौँ भिडले जितेको बेला जयजय गाए नि आमाले जस्तो निःस्वार्थ माया दिने कोही हुँदैनन् सुखको सहर छ आकाशपारि स्वर्गको नाउँमा भनेर मानिस त्यहीँ पुग्न खोज्छन् ईश्वरको गाउँमा पुगे नि त्यहाँ बादलभित्र खुशी त्यहाँ पाइन्न खुशी त यहीँ मिल्दछ आमा—बाबाका पाउमा हाँस्दा साथ हाँस्ने सबैले रुँदा यी आँखा छुँदैनन् मरेर जाँदा छोरीझैँ छोरा पीरमा हुँदैनन् रुन त रोलान् दाजुभाइहरु चिताछेउ एकछिन जीवनभर सम्झी आमाको जस्तो बाबा नै रुँदैनन् । जन्म स्थानः दाङ हालः न्युजिल्याण्ड #डा. वीरेन्द्र केसी #न्युजिल्यान्ड अन्तिम भेट: स्वदेश रिजाल पहिलो भेटले सँगसँगै अन्तिम भेट पनि जोडेर ल्याउने रहेछ । उनी सँगको अन्तिम भेट जति अविस्मरणीय रह्यो, त्यो भन्दा बढी यादगार पहिलो भेट थियो । पहिलो भेटसँगै जोडिएर आयो दोस्रो, तेस्रो, चौथो अनि त्यसपछिका अनगिन्ती भेटहरु । पहिलो भेट यस दुनियाको बिल्कुलै अञ्जानसँगको थियो । लगातारका भेट अनि सामजस्यताले आफूभन्दा पनि बढी जानकार त बनायो, अफसोच अन्तिम भेटले पुनश्च: पहिलो भेट अगाडि जस्तै हुनु पर्ने बनायो । त्यसो त भूपेन्द्र खड्काको रचना अनि कर्णदासको आवाजमा ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो…’ भनेजस्तै अन्तिम भेट पछिका समय तिमीसँगको पहिलो भेटभन्दा अगाडिको जस्तो हुनै सकेन । तिमी, तिम्रो अनुहार, तिमीसँग जोडिएका अनेकन स्मृतिले वर्षौंसम्म पनि तिमीसँग अञ्जान बनाउनै सकेन । भेटसँगै जोडिएका थिए तिम्रो हेराई, तिम्रो मधुर मुस्कान, तिम्रो आफ्नो सुगन्ध, लामोकालो सिल्की कपाल, त्यो क्याफे, त्यो गल्ली, गल्लीसँगैको मोड, सँगै हेरेका सिनेमा, त्यो सम्झना अनि यस्तै यस्तैका बीचमा फक्रिएको प्रेम त तिमी, म हुनु भन्दा त्यो क्याफे, त्यो मायाको चिनो अनि तमाम कुराहरुसँग जोडिएको रहेछ । लाग्छ, अन्तिम भेटपछि अलग मार्गबाट हराएका हामीलाई ती क्याफे, त्यो गल्ली, गल्लीसँगैको मोड अनि सिनेमाघरले न्यास्रो मान्ला कि के गर्ला ? अचानक समयले ल्याएको फरकपन, फरक अस्तित्व, स्थानान्तरण आदिलाई आत्मसात गर्नुको विकल्प अब थिएन । सँगै रहन कोरिएका कल्पना, प्रगाढ प्रेम, सहअस्तित्व र केही पलका सहयात्राले भलै भोलि फरक नपार्लान्, तथापि त्यसले महत्त्व जरुर राख्ने छ । जस्तोकि मुसाफिरले जीवनको कुनै क्षणमा कतै पुगेपछि फर्केर यात्रालाई हेर्नु र सहयात्रीलाई मनबाटै नमन र न्यानो धन्यवाद प्रकट गर्दछ । पहिलो भेटमा जति हामी अरु भेटका निम्ति हतारमा, उत्साहमा थियौँ, अन्तिम पक्कै त्यही प्रकारको थिएन । चाहना त अन्तिम भेट नटुंन्गिओस् भन्ने नै थियो । जसरी भगवान् रामलाई बलि दिन पाताल लगिँदा हनुमानको पुकारमा सूर्य रोकिएजस्तै म पनि सूर्यले टक्क रोकिदिओस् भन्ने चाहन्थेँ । सेकेन्ड, मिनेट, घण्टा सुईको गणितीय हिसाब मेरो निम्ति बिग्रिओस् भन्ने चाहन्थेँ । अन्तिम भेट- दुवै मौन अनि बोलीचालीमा दुवै, अर्थहीन टुंग्याई, अर्थहीन सुरुवात थियो भन्ने प्रायश्चितमा । त्यसपछि, अर्को पहिलो भेटको जाँगर चलेन । विदुर ७, नुवाकोट #नुवाकाेट #स्वदेश रिजाल चीज - बीज: संसार तिवारी यदि, तिमी बसिरहेको घरको माटो, बालुवा, ढुङ्गा या ईंटा तिमीले छोएका, खनेका, फुटालेका हैनौ भने, केवल वर्षौँदेखि बसिरहेकै भरमा, त्यो घर कसरी तिम्रो हुन सक्छ ? यदि, तिमीले शरीरमा पहिरिइरहेका रङ्गीबिरङ्गी कपडाहरु तिमी आफैँले बुनेका, तुनेका, जोडेका हैनौ भने, त्यो कपडा कसरी तिम्रो हुन सक्छ ? र यदि, तिमी आफूले खान भनी अगाडि राखिरहेको त्यो खाना, तिमीले गोडेको, उमारेको, उब्जाएको होइन भने, त्यो कसरी तिम्रो हुन सक्छ ? किनकि तिमीजस्तै, तिमीले हेर्ने, सुन्ने, खाने, लाउने सब चिजभित्र ब्रह्माण्डको बीज लुकेको हुन्छ । कुनै बीज वृक्ष, कपास, कपडा बनोस्, या त्यो माटो, बालुवा वा सिमेन्ट बनोस्, या त्यही बीज तिम्रो खाना बनी तिम्रो अगाडि आवोस्, त्यस बीजको ऊर्जा कहिल्यै मासिने होइन, त्यसको धड्कन कहिल्यै मेटिदैन । जबसम्म तिमी त्यो धड्कन सुन्ने चेष्टा गर्दैनौ, तबसम्म तिमी त्यसलाई कदापि बुझ्न सक्दैनौ र, जुन चिजलाई तिमी बुझ्न सक्दैनौ, त्यसलाई तिमी कसरी आफ्नो भन्न सक्छौ? #संसार तिवारी उज्ज्वलको गजल: सास न हो तिम्रो न मेरो, जान्छ आउँदैन फर्केर हेर विश्वासमा लिनु पर्छ हर कोहीलाई, के गर्नु तर्केर हेर । कवि मन थियो उसको पनि, कमजोरी सम्झिएर गयौ अपमानका गोला वर्षायौ, छिया छिया ह्रदय चर्केर हेर । शत्रु नै भए पनि पीडा पनि, सहन सक्ने दिनु पर्छ नि के गरोस् विचरा देखाउँछ, आँसु आँखाबाट दर्केर हेर । रुवाउने त सबैको रहर जस्तो भो, जो कोहीलाई यहाँ अरुलाई किन दोष दिनु, बरु नुन चुक आँफैमा छर्केर हेर । समय आउँछ भनेकै हो केवल, हरेकको यहाँ कुर्नु पर्छ हतारो निर्णय हुन्न फलिफाप, केही बेर त पर्खेर हेर । #उज्ज्वल बस्नेत “ह्रदय“ #उज्ज्वलको गजल नयाँ इतिहास रचौँ: अचेलघरि थुप्रो मिरजाफरहरू हुटिट्याउँ कराए सरह कराएको सुन्छु अखबारको पानाहरूमा न्यूज च्यानलहरूमा कोही जनजातीको माँग लिएर कोही अलग राज्य गोर्खाल्याण्डलाई भोट बटुल्ने यन्त्र बनाएर । त कोही हजाराँै हाम्रो छातीहरूमा निर्मम गोलीको प्रहार गरेर सिंहासान ओगट्न दौढिरहेछन् बिट्रिश सरकारको गुलाम बनेर आफ्नो मातृभूमी गिर्बी राख्न दुश्साहस गर्ने त्यस्ता मिरजाफरहरू भने मलाई पटक्कै चाहिएन युद्धभूमीमा लाखौँ सिपाहीहरूलाई मृत्युको मुखमा छोड़ी सुइकुच्चा ठोक्ने ती सम्राटहरू पनि मलाई चाहिएन मलाई त सुकदेव राजगुरू र भगतसिहं जस्ता शुरवीरहरूको खाँचो छ बिनय बादल र दिनेश जस्ता वीर सपुतको खाँचो छ चाहिएन मलाई ती पुच्छर लुकाई जंगल पस्ने महाराजाहरू ।। त्यसैले अचेलघरी म टोलाइरहन्छु हिसाँ र अहिसाँमा फसेका आफ्नो अस्तित्व र शूरवीरता भुलेका गुलामी गर्न सक्षम बनेका मातृभूमी बेच्न तत्पर रहेका जनतालाई रित्तो बनाई खल्ती भर्ने मेरो गोर्खे जाती देखेर । त्यसैले आऊ मित्र हो ! एउटा नयाँ इतिहास रच्न तयार हौ फेरेर त्यस्ता कायरताका काँचुलीहरू पहिलाई हिँडौ हाम्रो वीर पुर्खाको पद चिन्हहरू लोभ र लालचलाई पर फ्याकी गुलामीको जन्जीरलाई तोडिदिऊँ एउटै डोरीको माला बनी छेकीदिऊँ उन्मुक्तिका छालहरूलाई तुहिन नदिउँ हाम्रो सन्तानको सपना भविष्यको कालो गर्भमा वर्तमानलाई अँगाली रचिदिऊँ हामी रचिदिऊँ एउटा नयाँ इतिहास । #नयाँ इतिहास रचौँ #शंकर शर्मा बाँसको पुल: तिमीसँग पत्रकार थियो उसको गोजीमा क्यामेरा थियो र बाँसको पुरानो पुल तरेर पुस्तौँपुस्ता भोगेका कष्ट आज देख्यौ! भिडियो बनायौ, सप्पैलाई देखायौ, काश, तिम्रो पछिपछि हिँड्ने पत्रकारको हातमा कागज र कलम मात्र भा ! त्यो बाँसको पुल तरेर कार्यालयसम्म पुग्दा नपुग्दै बिर्सिदिने थियौ त्यो गाउँका जनताको आवश्यकता । त्यसैले त्यो बाँसको पुल राम्रो, बेलाबेला डोकोमा राहत बोकेर त आइरहन्छौ । फलामे पुल नराम्रो, उद्घाटन गरेर पाँच वर्षसम्म कताकता हराउँछौ, फेरि झुक्याएर भोट माग्नु टुप्लुक्क आइपुग्छौ, घरीघरी त्यही बाटो भएर त्यही फलामे पुल तरेर आइरहन्छौ । बरू, यो बर्खा जसरी नि काट्छौ होला, अब आउने हिउँदमा नयाँ बाँसको पुल बनाम्ला । दार्जिलिङ #दार्जिलिङ #विकास चाम्लिङ भेरी नदी र प्रेम: ओ ! ठकुरी दाइ प्रेम गरेर तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेछु आऊ, बाँध मेरा पनि हातखुट्टा र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध ! बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नभेटिने गरी तिम्री बहिनीसँग ! तिमीले ’हैन’ भन्न लगाउँदा मैले ’हो’ भनें होला ! तिमीले ’छैन’ भन्न लगाउँदा मैले ’छ’ भनें होला ! तिमीले ’जात मिल्दैन’ भन्दा बाठो भएर मैले ’मन मिल्छ’ भनेँ होला ओ ! ठकुरी दाइ अपराधीलाई जस्तो उभ्याएर कठघरामा जति लिनुछ लेऊ बयान म कलियुगको सत्य हरिश्चन्द्र कसरी ढाँटु तिमीलाई मैले प्रेम गरेको साँचो हो तिम्री बहिनीलाई भन, भेरीमा चडाएर केही थान प्रेमका कोपिला उकालो चढ्दै गरेको त्यो छाँया कसको हो ? प्रेमको छातीमा रोपेर जातका तीरहरू कसले बनायो प्रेमको शहीद नवराजहरूलाई ? र दियो अजात प्रेमको संज्ञा ? ओ ! ठकुरी दाइ कसम खाएर ज्यान दिने तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेछु आऊ, कस मेरो पनि मुखमा पट्टि र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध ! बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नबोल्ने गरेर तिम्री बहिनीसँग ! एउटै योनी ब्रह्माण्डबाट जन्मिएको यो एउटै पृथ्वी ! एउटै पृथ्वीबाट जन्मिएका हामी एउटै मान्छे एकाएक कसरी भयौं फरक ? एउटै वायुमण्डलको हो हामीले फेर्ने श्वास पनि ! एउटै घामको हो हामीले ताप्ने प्रकाश पनि ! तर दिनप्रतिदिन कसले कोर्दैछ पृथ्वी योनीमा सहस्र विभेदका रेखाहरू ? पृथ्वीको पाठेघरभित्रै कसले लगाउँदैछ अग्ला अग्ला जातीय पर्खाल ? ओ ! ठकुरी दाइ हामी त एउटै बगैँचाका फूल पो त हामी त थरी थरी फूलका रङ्गीन माला पो त तर तिमी भड्काएर फूलहरूबीचको युद्ध किन मच्चाउन खोज्छौ एउटा अर्को नरसंहार ? अब मलाई च्यात्नुछ आरक्षणको नाममा विभेदको खोल ओडाउने संविधानका ती केही अछुत पानाहरू अब मलाई डढाउनुछ वर्षौँदेखि शीर ठाडो पारेर हिन्न नदिने मनुस्मृतिका ती केही अछुत व्यवस्थाहरु र, गर्नुछ तिम्री बहिनीलाई निर्धक्क प्रेम ओ ! ठकुरी दाइ प्रेम गरेर तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेंछु आऊ, बाँध मेरा पनि हातखुट्टा र, जोडिदेऊ भेरीको भेलसँग सुमधुर सम्बन्ध बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नभेटिने गरेर तिम्री बहिनीसँग ! #बि. एन ढकाल #भेरी नदी र प्रेम बलात्कार एक युगको: प्रकाश नेपाल तिमी यसरी यति छिटै अस्ताउला भनेर सोचेकै थिइनँ हामी त भर्खरै सगरमाथाको घामभित्र एकअर्काको अँगालोको न्यानो ताप्दै जुनीजुनीका सपनाहरु बुन्ने रहरमै थियौं जब मैले तिमीलाई मन पराएँ तिमीले पनि आफूलाई मेरो आँखामा खोज्यौं आफ्नो छाती च्यातेर मलाई घप्लक्कै ढाक्यौ र त म हराएँ तिमीभित्रै तिमी बिलायौ मभित्र भन्छन् नि मान्छेहरु प्रेम गर्नु त यसरी गर्नु ताकि प्रेम आफैँ गर्वले लुछुप्प भिजोस् युगले सधैँ प्रेमको गीत गाउन सकोस् ताकि तिमीलाई छुने हावाले पनि ईर्ष्या गरोस् र भागोस् परपरै अनि दुनियाँले गाओस् युगयुग प्रेमका गीत यतिखेर म कौसीमा बसेर आकाशको अंकुसे जून हेरिरहेछु बादलले जून छेकेर टुक्राटुक्रा पारेको छ र म त्यही जूनजस्तै टुटेकी छु, फुटेकी छु सर्वाङ्ग लुटिएकी छु म जवाफ मागिरहेछु यो आकाशसँग जवाफ मागिरहेछु यो धर्तीसँग ए आकाश मैले गरेको प्रेम उसको थरमा थिएन तर किन भत्काउँछ यो थरले मान्छेलाई ? ए धर्ती मैले गरेको प्रेम उसले फुक्ने आरनमा थिएन किन जलाउँछ आरनले मान्छेको प्रेमलाई ? ऊ त केवल मान्छे थियो एक होनहार मान्छे म सोधिरहेछु जगतसँग उसको थर बताउँदैमा कसरी फरक भयो ऊ थर बताउँदैमा कसरी मान्छे भन्दा बेग्लै भयो ऊ? हे ईश्वर, चिच्याई रहेछु तिम्रो अगाडि म भन्देऊ- थरले नै अरु भन्दा फरक हुन्छ कसरी? कसरी ठूलो हुनसक्छ थर मान्छे भन्दा कसरी पार्न सक्छ मान्छेलाई मान्छेले कागज च्यातेजस्तै धुजाधुजा र फाल्न सक्छ पवित्र भेरीमा? कसरी बलात्कार गर्न सक्छ यो सभ्यतामाथि दिन दहाडै ? कसरी बलात्कार गर्न सक्छ यो मानवतामाथि दिन दहाडै? आऊ सबै आऊ ए सभ्य मान्छेहरु आऊ मलाई पनि बलात्कार गर उसलाई जस्तै आऊ बलात्कार गर तिम्रो सभ्यतालाई बलात्कार गर तिम्रो मानवतालाई र, बगाइदेऊ भेरीमा अहो, म कस्तो उपहासको जिन्दगी बाँचिरहेछु क्षण क्षण सुनिरहेछु कहालीलाग्दा क्षणहरुको विभत्स रुप नव- तिमी यसरी यति छिटो अस्ताउला भनेर सोचेकै थिइनँ म तिम्रै छायाँ स्पर्श गरिरहेछु यतिखेर युगभित्र हुर्किएको गर्विलो गर्भ भित्रको कोपिलासँगै र प्रतीक्षा गरिरहेछु त्यो युगको जहाँ मान्छे केवल मान्छे मात्र भै बाँच्न सकून् युगयुग बाँच्न सकून्। #प्रकाश नेपाल दागहरूको सम्मेलन: आज म केलाउँदैछु वर्षौँदेखि तिम्रै इतिहासले मेरोे अस्थित्वमाथि थोपरिदिएका असङ्ख्य दागहरू । उक्लिँदैछु हरदम पासो थापेका ढुङ्गे गोरेटाहरू अनि हिँड्दैमा नथाक्ने मेरा पैतालाहरू जुनदिन मैले खुला क्षितिज भेट्टाउँछु हो, त्यहीदिन व्यर्थ ठहरिनेछ तिमीले डामेका धब्बाहरू त्यहीदिन रङ्गीन फूल झैँ ठान्नेछ विश्वले सादा कपडा भिरेका अछुत औँलाहरू । यदि सपनाहरूमा फरक पाउँछौ भने मैले सदियौँदेखि टाल्दै आएको देशको झण्डालाई सोध्नू यदि जीवनको अर्थमा भिन्नता पाउँछौ भने तिमै्र पवित्र मन्दिरमा सखारै घन्किने डमरु–खैँजडीमा लत्पत्तिएका मेरा पसिनाहरूलाई सोध्नू सायदै प्रतिपक्ष भै उत्रिन्छन् तिमीले भिराइदिएका अमूर्त दागहरू । ‘मार्टिन लुथर’का चक्रसँग मित लाउँदै सम्मिलित हुँदैछन् मुठ्ठी पारेर ठड्डिएका दागहरू आजभालि तिम्रो मस्तिष्कको अँध्यारो सडकमा सायदै उसलाई सह्य भएन होला इतिहास सजाइएका इन्दे«णीहरू नालीको फोहोरझँै थुकिएको,लत्याइएको । चन्द«माको दाग त सहँदैनन् ‘मलाला युसुफजाइ’का आँसुहरूले तर अबोध गाउँमा पिंजडामा थुनिन्छन् धानका बालाहरू अतृप्त यौनप्यास बुझाइदिन बाध्य जीवनका आशाहरू अब सहँदैनन प्रत्येक सप्तरङ्गहरूले पनि निर्बाध..तिमीले दल्दिएको कालो म्वाँसो । सम्मिलित हुँदाहुँदै असङ्ख्य दागहरू सफा गर्नलाई कञ्चन वागमती– यो समाजको के महिला ? के पुरुष ? के बाहुन ? के दलित ? फूलबारी सुवासित गुलाबले मात्र हो र ? यदि चाहान्छौ भने सुधार्न तिम्रा महान् गल्तीहरूलाई दुनियाँ नियाल्ने आकाशले पनि अँध्यारो इतिहासलाई माफी दिनसक्छ । #केसब भन्डारी " कन्चन " #दागहरूको सम्मेलन साहित्यपोस्टले गर्यो साप्ताहिक प्रतियोगिता केही दिनलाई स्थगित: साहित्यपोस्ट साहित्यपोस्टले वेवसाइटमा समस्या देखिएपछि साप्ताहिक रुपमा गर्दै आएको प्रतियोगिता स्थागनको घोषणा गरेको छ । ह्याकरले सर्भरमा समस्या खडा गरी वेवसाइड तथा सामाग्रीहरुमा क्षती पुराएको हुनाले साप्ताहिक रुपमा सञ्चालन गरिँदैआएको “फोटो कविता प्रतियोगिता ९” र “मुक्तक प्रतियोगिता ४” स्थागन गरिएको छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले भने, “सुरक्षा घेरालाई पाठकको अपेक्षानुसार मजबुत बनाउन नसकेकोमा हामी क्षमा चाहान्छौँ । यसअघि घोषणा गरिएका “फोटो कविता प्रतियोगिता ९” र “मुक्तक प्रतियोगिता ४” मा पनि ह्याकरले असर पुर्याएकोले प्राप्त सिर्जनाहरु हाम्रो पहुँचबाहिर गए । यसकारण तत्कालका लागि हामीले यी दुवै प्रतियोगितालाई स्थगन गर्ने निर्णय गरेका छौँ । सुरक्षा घेरालाई मजबुत बनाएर केही दिनमै स्थगन गरिएको प्रतियोगितालाई सोही भागबाट सुरु गर्ने छौँ ।” गत बिहीबार बिहानबाट साहित्यपोस्टको वेवसाइट ह्याक भएको थियो । ह्याक भएका कारण गत सोमबारपछिका सम्पूर्ण सामाग्री पूर्ण रुपमा नष्ट भएका छन् भने बिहीबारदेखिका नियमित विधागत अपडेटलाई रोकिएको छ । अहिले साइडलाई ह्याकरबाट फर्काइसकेएको भए पनि पछिल्ला चार दिनका सम्पूर्ण सामाग्रीमा क्षती पुग्न गएको छ भने विशेष सामाग्रीलाई पाठकको सुविधाका लागि पुनः प्रकाशित पनि गरेको छ । प्रधानसम्पादक कोइरालाका अनुसार नियमित अपडेटलाई निरन्तरता दिँदै साहित्यपोस्ट केही दिनभित्रै पुरानै लयमा फर्किने छ । #प्रतियोगिता स्थगन राष्ट्रवाद: छोरीलाई रोडपारीको स्कुल (डे केयर) लान तयार पार्दै श्रीमतीले राजारामलाई भनिन् – “ खै त ! छारीलाई छोड्न जान्छु भन्नु भएको हैन ? ढिलो हुन लाग्यो ।” भित्रबाट ऊ चिच्याउँदै भन्यो– “ल म आइहालेँ, एउटा पोस्ट अपडेट गर्दैछु ।” अचेल राजाराम अलिक व्यस्त नै भएको छ, चुनावले गर्दा । नेपालमा ठूटे राजनीति गरेकालाई विदेशमा एनआरएनको चुनाव चाडपर्व नै भइदिन्छ । नेपालमा बरू आमसभा, प्रशिक्षण, र्याली, बैठक अनेक नाममा समय खेर जान्छ, विदेशमा त्यो गर्नु पर्दैन । नेपालबाट पार्टीका नेता बोलायो, घुमाइदियो, कुम जोडेर फोटो खिचायो भइहाल्यो । नेपाल विकास गर्ने हामी युवाले नै हो । “तपाईंलाई फेसबुक भए पुग्छ है ?”, अस्पतालको ड्युटी भ्याउन हस्याङ्फस्याङ् गर्दै गरेकी नर्स श्रीमती रिसाएको मुद्रामा राजारामलाई गाली गर्दै थिइन् । “चुनावमा उठेको छु, भोटरलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनु छ, सिद्धान्त र आदर्शका कुरा, परिवर्तनका कुरा र एकताका कुरा बोल्ने लेख्ने यही बेला त हो नि !”, उसले थप्यो, “अब यो महिना अनि चुनाव पछि अर्काे एक, प्लिज बुझ न !” “तपाईँका भने अनेक बाहाना, म रातदिन बिहान नभनी अस्पताल जान्छु, कमाउँछु, पिर आर पनि बनाएँ । तपाईं राजनिति गर्ने, समय खेर फाल्ने र पैसा खेल्ने भए नेपाल जानुस् ”, जारामकी श्रीमती यी कुरामा सधैँ अडिग थिइन् । राजाराम छोरीलाई स्कुल पुर्याउँदै श्रीमतीका मन बिजाउने शब्दहरू सम्झिरह्यो । म आखिर नेपाल फर्कने होइन यहाँ यसो सक्रिय भएको त हो । श्रीमतीको कुरा ठिकै हो भन्ठान्यो । उकुस मुकुस मन फुकाउन घर पुग्ने बित्तिकै उसले फेसबुकमा फेरि पोस्ट गर्यो, “ नेपाल विकास गर्ने हामी युवाले नै हो ।” #राष्ट्रवाद #सञ्जय शान्ति सुवेदी किशनको गजल: समय फेरिएको छ जिउने तरिका बद्लिएको छ परिवर्तन खोज्दै रीति संस्कार खल्बलिएको छ ।। भाग दौडको रेसमा जिन्दगी दौडिँदा दौडिँदा, यहाँ हरेक मान्छेहरूको मगज हल्लिएको छ ।। विस्थापित् हुँदैछन पूरातन सोंच र मान्यताहरू जरो गाडेका विश्वासहरू आज भत्किएको छ ।। बाहिर आदर्श र सुन्दर देखिन्छन् हरेक रुपहरू भित्र हेर्नुस् विचारहरू खोक्रो भएर मक्किएको छ ।। #किशन पौडेल #किशनको गजल बर्माको कथैकथाका गाउँ: बर्माको लोखुमा रहेको संस्कृत विश्वविद्यालयमा म रात बिताउँछु । विश्वविद्यालयका सहसचिव मनबहादुरजीले ‘भोलि सँगसँगै गाउँतिर डुल्न जाऊँला’ भने पनि भोलिपल्ट बिहान मनबहादुरजी आउनुभन्दा पहिल्यै म गाउँ पसिसकेको छु । त्यहाँ पढ्ने विद्यार्थीहरूले ‘यो वरिपरिको पूरै बस्ती गोरखाली (नेपाली) को हो ?’ भनेपछि मलाई त्यो गाउँ कहिले पसौँ जस्तो भएको छ । म निकै हतारिन्छु र सामान्य चियापानी लिएपछि हिँडिहाल्छु । नगेन्द्र न्यौपाने आधा भाग रातो माटो, आधा भाग कंक्रिटको आँगन, चारैतिर काठको गाह्रो अनि आँगनको छेउमा तुलसीको मठ– म सडकछेउको त्यो एकतले घरतिर सरासर पस्छु । त्यो बिरानो मुलुक, बिरानो भेष, नबुझ्ने भाषा अनि म एक्लो तर मलाई गाउँ पस्दा डर लागेन, त्यो आँगन टेक्न त्रास पसेन । दकस लागेन । किनकि त्यो गाउँलाई मेरो मनले जितिसकेको थियो । अझ एक जना व्यक्तिले ‘कसलाई खोज्नुभयो ?’ भन्दै आएपछि मेरो साहस झन् थपिन्छ । रमाइलो लाग्छ । म हौसिँदै उत्तर दिन्छु– ‘तपाईंलाई नै खोजेको ।’ उनले आपूmसँग ल्याएको घाँस गाईको गोठमा राख्छन् र सरासर मतिर आउँछन् । अनि निकैबेर नै मलाई तल–माथि गरेर हेरिरहेका हुन्छन् । म नै मेरो परिचय दिन्छु । ‘म नेपालबाट आएको । हिजो राति यहीँ रामेश्वरधामको छात्रावासमा बसेँ । अब आज यसो गोरखालीको बस्तीतिर… ।’ तर उनले मेरो वाक्य पूरा हुन दिँदैनन् । बोलिहाल्छन्– ‘तपाईं नेपालबाट आउनुभयो । नेपाल नै देखेको जस्तो लाग्छ । खै ! हामी त कहिले नेपाल जान पाइन्छ होला र ! आफ्नो पूर्वजको थातथलो ! बसौं न !’ भन्दै आँगनमा कुर्सी ल्याउँछन् । एउटा व्यक्तिलाई सिङ्गो नेपाल देख्ने ती आँखाहरूप्रति मेरो आत्म–सम्मान मात्र गमक्क फुलेन, ती व्यक्तिको नेपालप्रतिको हार्दिकताले द्रविभूत बन्छु । मलाई के गरौं, कसो गरौं बनाउँछ । मैले उनको घरको चारैतिर नेपालै नेपाल प्रवाह भएको अनुभव गर्छु । त्यो गर्मीमा पनि सितल अनुभव हुन्छ । उनले कुर्सी ल्याउँछन् तर म बस्दिनँ । बरु घरको मूलढोकातिर जान्छु । घरभित्र टि.भी. बजिरहेको छ भने एक जना वृद्ध महिला नेपाली दोहोरी–गीत सुनेर बसिरहेकी छन् । सम्भवतः ती वृद्ध महिला ती व्यक्तिका माता हुन् । सेतै फुलेका केश, बुढ्यौली अनुहार, विधवा भेष अनि हँसिलो अनुहार । ती वृद्ध महिला आपूm बस्दै गरेको कुर्सीबाट हल्का रूपमा उठ्छिन् र मतिर आउँछिन् र केही बोल्न खोज्दै छिन् तर म नै उनलाई सोध्छु । ‘सन्चै हुनुहुन्छ ?’ ‘सन्चै बाबु !’ उनले मलाई धेरैबेर नै गहिरिएर हेरेपछि फेरि सोधिन्– ‘बाबुलाई मैले ठम्याउन सकिनँ त ?’ ‘मलाई तपाईं चिन्नुहुन्न । म नेपालबाट आएको हुँ ।’ ‘ए ! बाबु नेपालबाट पो ! खै म त ! एकपटक नेपाल नै नपुगी मर्ने भएँ । आफ्नो बाबु–बाजेको जन्मथलो । जान मन थियो ।’ ‘नेपाल किन जानपर्यो त ! टि.भी.मा त्यस्तो मीठो दोहोरी गीत सुनिरहनुभएको छ । यहाँ यति राम्रो मिलेको गाउँ रहेछ । अझ तपाईंको घर नजिकै त्यति ठूलो संस्कृत पाठशाला छ । अब त यतैको रस बस्नुपर्ने होइन र ?’ ‘खै बाबु !’ उनले केही दिक्कलाग्दो स्वरमा बोलिन्– ‘बसेन ! जति गरे पनि यो मन उतै जान खोज्छ । जतिबेला पनि हजुरबाले सुनाएको कुरो कानमा आउँछ ।’ ‘हजुरबाले के सुनाउनु हुन्थ्यो र ?’ म सोध्छु । ‘हाम्रो घर वरिपरि डाँडै–डाँडा थिए अरे ! आँगनमा ढुङ्गा बिछ्याएको थियो अरे ! अनि आँगनका डिलमा लहरै चार–पाँचवटा सुन्तलाका बोटहरू थिए अरे ! एउटा सानो खोल्सी तरेपछि बेसिआई पुगिन्थ्यो अरे ! गाई–बाख्रा सराबरी थिए अरे ! साँझ परेपछि सुसेली बजाउँदै मान्छेहरू गाउँतिर उकालो लाग्थे अरे ! रमाइलो थियो अरे ।’ उनी केही भावुक देखिन्छिन् । उनको बोलीमा स्मृतिका तरङ्गहरू सलबलाउन थाल्छन् । उनको हजुरबाले सुनाएको विगतसँग वर्तमान नमिलेको पनि हुनसक्छ तर उनको आत्मा छट्पछिनु स्वाभाविक नै हो । कहिल्यै नदेखेको, कहिल्यै नटेकेको भूगोलसँग आफ्नो आत्मीयतालाई सामीप्यमा ल्याउन खोज्नु हरेक गोरखाली (नेपाली) को रुचिमात्र होइन, ममता पनि हो । ‘तपाईं यस्तोसम्म मिलेको जग्गामा बस्नेलाई डाँडा–काँडाको के सम्झना आयो त ! नेपालमा पनि खेतीपाती गरेर खान गाह्रो छ । बाटो–घाटो छैन ।’ मेरो भनाइमा उनले आपूmलाई सन्तोष मान्न तयार छैनन् । केही कडा स्वरमा बोल्छिन्– ‘होइन बाबु ! एकपल्ट त जानै पर्छ । पोहोर दशैं सकिँनासाथ छोरालाई लगी दे भनेको थिएँ । मिलेन । यसपटक पनि मिल्दैन जस्तो छ । … तर जान्छु ! जान्छु ।’ त्यहीबेला मनबहादुरजी मोटरसाइकल प्याट–प्याट पार्दै आइपुग्नु हुन्छ र केही हतारिएको आभासमा बोल्नुहुन्छ, ‘सर त यहाँ पो आउनुभएको रहेछ, उहाँ खाना तयार भइसकेको छ । जाऔं ।’ वास्तवमा खाना खाइसकेपछि मनबहादुरजीले मलाई आफ्नो घर लैजाने सल्लाह पहिल्यै तय भएको थियो तर मेरो गाउँ घुम्ने रहर मेटिएको हुँदैन । म यो अनुरोध मनबहादुरजीलाई सुनाउँछु र पुनः मनबहादुरजी बिना नै खाना खाएपछि गाउँ पस्छु । मलाई गाउँ घुम्न कुनै साथीको आवश्यकता पर्दैन । असोज महिना भएकोले पूरै गाउँ ढकमक्क छ । थन्क्याउन तयार भएका खैरा–पहेँला मकैका घोगाहरू, उखुको बाक्लो खेती, अनि धानको हरियो फाँट । कृषिको यो सौन्दर्य देखेपछि मैले सोचेँ– सायद यही दृश्यले लोभ्याएर नै गोरखालीहरू बर्मामा अड्किए होलान् । फराकिलो आँगन, आँगनको एकछेउमा भर्खर भित्र्याउन तयार भएका मकैको थुप्रो अनि पिँढी लहरै बसिरहेका व्यक्तिहरू ! म सरासर अगाडि बस्छु र पिँढीमा बसिरहेका सबैलाई एकैचोटि नमस्कार गर्छु । स्वाभावतः गाउँमा नयाँ व्यक्ति पसेको छ भन्ने थाहा पाएपछि सबैको कौतूहलता बढ्नु स्वाभाविक नै हो । अझ त्यो घरका धनीलाई यो जानकारी आइसकेको रहेछ । म त्यहाँ देखा पर्नासाथ एक जना युवकले मलाई सोधिहाल्छन् । ‘ए ! तपाईं नै नेपालबाट आउनुभएको ? मलाई मनबहादुरजी फोन गर्नुभएको थियो । आउनुहोस् बस्नुहोस् ।’ म उनले देखाएको कुर्सीमा बस्छु । उनी थप्दै जान्छन् । ‘यी ! हाम्रो बर्माको बसाइँ यस्तै छ, खानलाई दुःख छैन । बाबु–बाजेले मन पराएपछि हामीले पनि मन पराउनु पर्यो । उनीहरूले आफ्नो देश छोडेर आए । यही खेती देखेर त लोभ्यायो होला ।’ हुन त बर्मामा रहेका हरेक नेपालीले खान–लाउनको लागि चिन्ता गर्नुपर्दैन । आधुनिक प्रविधिबाट पनि उनीहरू टाढा छैनन् । गाउँ–गाउँमा सडक पुगेको छ, सबैका आ–आफ्ना यातायातका साधन छन् । घर–घरमा रेडियो, टेलिभिजन छ, हात–हातमा फोन छ । तर पनि उनीहरूको पछुतो– इतिहाससँग छ । बाबु–बाजेप्रति गुनासो छ । अझ त्यसमा थपिएको हुन्छ– नेपालसँग आफ्नो सम्बन्ध तोड्न नसक्नु । यी वस्तुस्थितिलाई संकेत गर्दै म गफ गरिरहेको हुन्छु । र गफ सिलसिलालाई जोड्दै सेतै फुलेका ज्ञावाली बाजेलाई सोध्छु– ‘तपाईं आफैँ बर्मा आउनुभएको हो कि ! तपाईंको बुबा ?’ उनलाई आफ्नो बुबाको धमिलो कथामात्र सम्झना रहेछ । त्यो कथाभित्र जतिसुकै वेदना र कष्ठहरू गुट्मुटिए पनि उनलाई त्यो कथा सुनाउन कुनै दकस छैन, कुनै अप्ठ्यारो छैन । ‘आउन त मेरो बुबा आउनुभएको हो, गोराको पछि लागेर– बगैँचाको रेखदेख र गोडमेल गर्न तर मलाई मेरो बुबाको अनुहार सम्झना छैन । नेपालमा राजा जुद्धशमशेर थिए ।’ उनी बोल्दै जान्छन्– ‘बर्मामा जापानीहरूले आक्रमण शुरु हुनासाथ बृटिशले पनि आफ्नो पल्टन बढाएछ । त्यहीँ बढेको पल्टनमा थुप्रै गोरखाली लिएर गोरा कलकत्ताबाट बर्मा आए । गोरखाले बहादुरसाथ लडे । जापानी हारेर गयो तर गोरखालीले बर्मा छोड्न चाहेनन् । बरु नेपालबाट उनीहरूका श्रीमती र छोरा–छोरी थपिए । अझ मेरो बुबाको सैताने हाँगो रहेछ, फर्किने कुरै भएन । गोराले पनि तिमी अहिले यही बस, म भारत गएर आउँछु भनेर फर्केको थियो अरे । तर भारतबाट ऊ बर्मा फर्किएन । आफ्नो देश बेलायत पो गएछ । केही दिनपछि यता बर्मामा गोराको घरमा बम बिष्फोटन भयो । मेरो बुबा उम्कन सक्नुभएन । म र मेरी आमाचाहिँ उम्कन सक्यौं तर मलाई बुबाको अनुहार हेक्का छैन ।’ आफ्नो वेदनायुक्त कथा भनिसकेपछि पनि ज्ञवाली–बाजेको अनुहारमा कुनै भावुकता देखिनन् । उनी अपमानबोध देखिएनन् । वास्तवमा कयौं वर्ष अघिको घाउलाई सम्झेर पनि भएन । त्यहीबेला एक जना ४५ वरिपरिको व्यक्ति आँगनमा टुप्लुक्क देखा पर्छन् । उनको अनुहारको रोकन र कम्मरमा बेरिएको लुङ्गीले म अन्दाज लगाउँछु– पक्कै गोरखाली नै हुन् । र ती व्यक्तिलाई सामान्य रूपमा आपूm नजिकै आउने संकेत गर्दै नमस्कार गर्छु । “नमस्कार ! आउनुहोस् ! बसौं ।” तर ती व्यक्ति मेरो नमस्कार फर्काउन परै जाओस्, टाउको समेत हल्लाउँदैन । बरु सुने–नसुने गरी पिँढीको छेवैको कुर्सीमा ढसमस्स बस्छन् । “यो गोरखाली होइन, यसले नेपाली बुझ्दैन ।” “यी को हुन् त ? नेपाली जस्तै देखिन्छन् ।” म सोध्छु । “यो यहीको ‘खोष्टे’ हो । बर्मेली !” म खोष्टेको अर्थ बुझ्दिनँ । तर यसको अर्थ आदरणीय वा सम्मानजनक जस्तो लाग्दैन । यसले अवश्य कुनै समुदायलाई होच्याएको छ वा प्रहार गरेको छ । पछि थाहा हुन्छ । जब बर्मामा बृटिशले भारतीय र नेपालीलाई ओर्सान थाल्यो– त्यति नै स्थानीय बासिन्दाहरू रुष्ठ हुन थाले । उनीहरू डाइले बन्दै गए । स्थानीय र थपिएका बीच तनाव बढ्दै गयो । बर्मेलीहरू आफ्नो बासस्थानमा नयाँ अनुहार देख्न चाहँदैन थिए तर बृटिश सरकार थप्दै जान्थ्यो । अब उनीहरूबीच मारपिट र भनाभन गालीगौलज शुरु हुन थाल्यो । बर्मेलीहरू बाहिरबाट थपिएकालाई ‘कल्ला’ भनेर दुर्वाच्च बोल्थे भने आप्रवासीहरू भने स्थानीयलाई ‘खेष्टे’ भनेर होच्याउँथे । कल्लाको अर्थ– कुला, पानी वा डुङ्गा तरेर आएको विदेशी । त्यस्तै खेष्टे भनेको– मकैको खेष्टामा सुर्ती बेरेर तान्ने । त्यो दिनभरि नै म घर–घर चाहार्दै हिँड्छु । मकै, चिया, मिठाइ खाँदै हिँ्छु । लाग्छ ! म त्यति टाढा पुगेर पनि आफ्नै गाउँघरमा हिँडेको छु । र साँझतिर मात्र नाउछो (अर्को शहर) पुग्छु । क्रमसः #नगेन्द्र न्यौपाने निकेश भण्डारीको अविश्वसनीय थ्रिडी (3D) चित्र कला: निकेश भण्डारी चित्र बनाउन रहर गर्छन् । उनको रुचिको विषय हो यो तर जब चित्र बनाइसक्छन् र अरुलाई देखाउँछन्, मानिसहरुले विश्वास गर्न गाह्रो हुन्छ कि यो बनाइएको चित्र हो । उनले बनाउने चित्रहरुलाई थ्रिडी चित्र भनिन्छ । थ्रिडीको अर्थ हो, चित्रले लम्बाइ र चौडाइ मात्रै देखाउँदैन, यसमा गहिराइ पनि अनुभूत गर्न सकिन्छ । उनका चित्रहरु अहिले बिस्तारै सामाजिक सञ्जाल तिर चर्चा पाउन थालेका छन् । उनी यसबाट थप उत्साहित भएको बताउँछन् । यहाँ हामीले उनका केही चित्रहरु प्रस्तुत गरेका छौँः चित्रमा प्रस्तुत भएका सामग्रीहरु विज्ञापनका रुपमा प्रयोग गरिएका होइनन् तर हामीले दैनिक जीवनमा देखिरहेका र प्रयोग गरेका वस्तुहरुको उनी चित्र बनाउन मन पराउँछन् । एकान्तवासका अनुभूति किताबमा: भरतपुर, साहित्यपोस्ट पत्रकार विनोदबाबु रिजालको पहिलो कृति ‘एकान्तवास’ को लोकार्पण गरिएको छ । यो पुस्तक कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोमा लेखिएको हो । पुस्तकको शनिबार वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीसँगै लेखककी आमा पदमकुमारी रिजाल, सासूआमा गौरीदेवी बस्ताकोटी र पत्नी कल्पना बस्ताकोटीले लोकार्पण गरे । साहित्यकार विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताए । “असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ”, उनले भने, “राम्रो कृति आएको छ, ‘न्युज’, ‘भ्युज’ को सम्मीश्रण छ ।” एकान्तवासमा साधना गरी निकालेको कृति उपयोगी हुने उनले बताए । पछिल्लो समय पत्रकार पनि साहित्यको क्षेत्रमा अघि बढेकोमा आफूलाई खुसी लागेको उनले बताए । कृतिको समीक्षा गर्दै साहित्यकार बालकृष्ण थपलियाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले समावेश गरिएको बताए । “यो डायरी पढिरहँदा हामी उनीसँग रुन सक्छौँ, हाँस्न सक्छौँ”, उनले भने, “कतै इतिहास सम्झिन सक्छौँ, कतै जीवनका आरोह अवरोह सम्झिन सक्छौँ ।” सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा थपलियाले गरे । “कोरोना नियन्त्रण र रोकथामका लागि भएका पहल पनि समेटिएका छन्”, उनले थप भने, “समाचार मात्रै होइन, अनुभव पनि पोखेका छन्, यो कृति भावी पुस्ताका लागि दस्ताबेज पनि हो ।” साहित्यकार एलबी क्षेत्रीले एकान्तवासको असह्य पीडा भोगे पनि मिठो कृति ल्याएकोमा खुसी व्यक्त गरे । साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्ताबेजका रुपमा रहने बताए । समीक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गरे । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति सबैखाले पाठकका लागि पठनीय बन्नेमा विश्वास व्यक्त गरे । “यो डायरी मात्रै होइन, यसमा देश तथा विदेशका मुख्य घटनाहरु सबै समेटिएका छन्”, उनले भने, “जुनसुकै भूगोलमा बसेर पनि पढ्न मिल्ने कृति निस्केको छ ।” लेखक रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । “गाहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने प्रयास गरेको हुँ ।” लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभावलगायतका घटना समेटिएका छन् । कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकीमा लिपिबद्ध गरेको बताए । सापकोटाले लकडाउन अवधिका तथ्यांक मात्रै नभई त्यसले पारेका प्रभाव र आउन सक्ने चुनौतीसमेत समेटी कृति आएकाले पढ्न उपयोगी हुने बताए । रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । २ सय ७६ पृष्ठ रहेको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ । कृतिमा ३ लामा कविता पनि छन् । पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् । उनी १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशील छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको उनी कानुन संकायमा एलएलबी पनि गर्दैछन् । व्यवथापनतर्फ कक्षा ११ र १२ मा कविलास माविमा अध्यापन पनि गर्छन् । धादिङको वेनिघाट रोराङ–१० का रिजाल हाल भरतपुर–१० मा बस्छन् । #एकान्तवास लोकगीत–संगीतमा जनकविकेशरीले पुर्याएको योगदानको स्मरण: साहित्यपोस्ट नेपाली लोकसाहित्यका धरोहर जनकविकेशरी धर्मराज थापाको ९६ औं जन्मजयन्ती मनाइएको छ । कोरोना महामारी तथा लकडाउनको असहज परिस्थितिलाई मनन् गर्दै उनकै निवास कास्कीचोक, स्वयम्भूमा एक कार्यक्रमका बीच थापाको जन्मजयन्ती मनाइएको हो । जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको जन्मजयन्ती कार्यक्रममा अध्यक्ष मदनराज थापाले उनका कृतिको उत्थान तथा प्रचारको योजना बनाइएको बताए । ‘नेपाली साहित्य र लोकसंगीतको क्षेत्रमा उहाँले छोडेर जानुभएका तमाम कृति तथा गीतलाई आधुनिक प्रविधिमा रूपान्तरण गरेर जर्गेना गर्ने पहल सुरु भएको छ,’ उनले भने । थापाका कालीको लहर, गोल सिमल, मंगली–कुसुम, तिलोत्तमाको भेल, लोकसंस्कृतिको घेरामा लमजुङ, तनहुँ फूलबारी, चितवन दपर्ण लगायत कविता, काव्य तथा अनुसन्धान मुलक कृति प्रकाशित छन् । यसैगरी, मौलिक लोकगीत गायनमा पनि उनको छुट्टै पहिचान पाइन्छ । स्वर्गीय थापाका रेडियो नेपालमा हरियो डाँडामाथि हलो जोत्ने साथी, धुरुधुरु नरोऊ आमा, आज मादल बजेको किन, नेपालीले माया मा¥यो बरिलै, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, कहाँ गयौ वीर केआई सिंह झ्यालखाना तोडेर, जन्मेछौ बुद्ध नेपालमा जस्ता दर्जनौं कालजयी लोकगीत रेकर्ड भएका छन् । थापाले तत्कालीन १४ अञ्चल ७५ जिल्लाको भ्रमण गरी लोकगीत संकलन गरेर रेडियो नेपालमा रेकर्ड गराएका थिए । साथै, देशभरिका गन्धर्वहरूको पहिचानलाई प्रचारप्रसार गर्न गन्धर्व संगीतको भेला समेत गराएका थिए । उता देशबाहिर दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन, भाक्सु, गुहावटी लगायत क्षेत्रको भ्रमण गरी नेपाली लोकगीत र लोकसाहित्यको प्रचारमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । साहित्य संगीतबाट राष्ट्रलाई योगदान पुर्याएको भन्दै तत्कालीन राजा महेन्द्रले २०१३ सालमा थापालाई जनकविकेशरीको उपाधी दिएका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त उनलाई झ्याउरेको ‘बुलबुल’ उपनाम दिएको पुराना साहित्यकार सम्झिन्छन् । साहित्य तथा लोकगीत संगीतको माध्यामबाट राष्ट्रलाई अतुलनीय योगदान पु¥याएका थापाको जन्म १९८१ साल साउन १ गते कास्की (पोखरा) को बाटुलेचौरमा भएको थियो । उनको निधन २०७१ साल असोज २८ गते स्वयम्भूस्थित आफ्नै निवासमा भएको थियो । #धर्मराज थापा इच्छामृत्यु: धेरै धेरै कोसिस गरिरहिन् तर अँहँ ! सकिनन् उनलाई बुझ्न माया गरिन् घृणा गरिन् केही गरी पनि सकिनन् अनि उनैले आत्महत्या गरिछन् अनुसन्धानमा एउटा पत्र भेटियो जसमा लेखिएको थियो – “ यसरी आँटेपछी पुगिने रहेछ ऊभित्रको देश ।” #इच्छामृत्यु #ज्ञानेन्द्र दाहाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा माइलासहित एक दर्जन निर्वाचित: प्रकाश पौडेल “माइला” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाश पौडेलको नेतृत्वमा नयाँ कार्यकारी समिति घोषणा गरेको छ । अनेसासले ६ साताअघि तोकेको निर्वाचित समितिले विश्वभरका १ हजार २ सय बढी मतादाताहरूले दिएकाे मतका आधारमा नयाँ कार्यकारी समिति चयन गरेकाे निर्वाचन समितिले घाेषणा गरेकाे हाे । संस्थामा करिब २ हजार १ सय जना आजीवन सदस्य रहेकाे जानकारी दिइएकाे छ । समितिकाे अन्तिम नतिजाअनुसार कार्यकारी अध्यक्षमा प्रकाश पौडेल “माइला” निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा गोवर्धन पूजा आजीवन सदस्यहरूले दिएकाे भाेटका आधारमा निर्वाचित भएका हुन् । गोवर्धन पूजाले ७५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी लालगोपाल सुवेदीले ३९७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतहरू डा. चुडामणि खनाल, तीर्थराज पाण्डे, पुष्पा खनाल, विजयराज भट्टराई, कुमार सिम्खडाले उक्त जानकारी दिएका हुन् । अनेसास महासचिवमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् । महासचिव वाग्लेले ६६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी स्पन्दन विनोदले ४ सय ५२ मत प्राप्त गरेका छन् । गोवर्धन पूजा सदस्यहरूमा सबैभन्दा बढी मत जापानका दीप पाठकले प्राप्त गरेका छन् । पाठकले ८२६ मत प्राप्त गरे । सदस्यमा निर्वाचित हुने मध्ये दुइजना सदस्यहरूले बराबर मत ल्याएर निर्वाचित भएका छन् । दोस्राे धेरै मत प्राप्त गर्नेहरूमा तारा अधिकारी र रणुका बस्नेत छन् । दुबैले ६२८ मत पाएका छन् । त्यसैगरी अर्का सदस्य प्रमोद सारंगले ५ सय ८८ मत प्राप्त गरे भने निजानन्द मल्लले ५७१ प्राप्त गरे । उपाध्यक्षहरूमा राजेन्द्र श्रेष्ठ (अमेरिका) बाबा बस्नेत (एसिया) सुनिल संगम (युराेप) र राजेश बुढाथोकी (अाेसेनिया) विजयी भएका छन् । चारैजना क्षेत्रीय अध्यक्षका रूपमा निर्विरोध भएका हुन् । कोषाध्यक्षमा कृष्ण गिरी निर्विराेध निर्वाचित भएका छन् । सचिवमा भने निर्वाचन भएकाे थियाे । सचिवमा विमला निराैला र प्रेमप्रसाद भट्टराइबीच प्रतिस्पर्धा भएकाे थियाे । विमला निराैलाले प्रेमप्रसाद भट्टराईलाइ अत्यधिक मतले पराजित गरेकी हुन् । निराैलाले ७ सय ५७ मत प्राप्त गरिन् भने भट्टराइले ३ सय ४८ प्राप्त गरे । दीप पाठक सर्वज्ञ वाग्ले #अन्तर्राष्ट्रिय तुलना: ‘कति ऐनामा मात्र अनुहार हेरेकी ?’ झ्यालनेरको कुर्सीमा बस्दै ‘क’ले भनी । ‘जे भए पनि टिपटप त बन्नै पर्\u200dयो नि ? के गर्नु तँलाई थाहा नै छ कतिबेला फोन आउँछ ?’ ‘ख’ ले जवाफ दिई । ‘त्यो त हो, मैले पनि होइन कहाँ भनेकी छु र ? अनुहार त उर्वशीको भन्दा पनि कम छैन तिम्रो त ?’ ‘क’को जवाफपछि ऐनामा हेर्दै फुलेका कपाल टिप्दै उसले भनी, ‘केही महिना अगाडिको भन्दा अहिले त धेरै नै फुलेछ ।’ ‘त्यसमा चिन्ता नगर न । कालो लगाउँला तर के गर्नु खै ?’ ‘क’ले अनकनाउँदै भनी । साथीको शब्दमा ऊ बढी जिज्ञासु बनेर प्रश्न सोध्न थाली, ‘के तर…?’ ‘ऊ त्यो हाम्रो कोठाअगाडि सडकको छेवैमा रोकिएको ट्रक हेर त ?’ ‘क’को जवाफमा उसले भनी, ‘त्यो त सधैँ देखेकी नै छु मैले, तिमीले पनि देखेकी छ्यौ होइन र ?’ ‘थाहा छ तिमीलाई दश वर्ष भयो, त्यो जहाँको त्यहीँ छ ? अहिले त्यो ड्राइवर, मालिक सबैबाट त्यागिएको छ । अहिले त्यसलाई कसैले वास्ता पनि गर्दैन । एकताका त्यसको कस्तो माग थियो । राजमार्गमा क्या शानले गुड्थ्यो त्यो । तर आज त्यसको स्थिति देख्दा मलाई पनि त्यस्तै लाग्छ कुनै दिन हामी पनि त्यसको नियति बाँचिरहेका त हुने छैनौँ ।’ साथीको फुलेको कपाल उखेल्दै ‘क’ले भनी । #देवेन्द्र अर्याल ‘आँसु’ दुई गीतहरू: १ भेट्न मन लाग्दो रैछ बोल्ने आँट नभएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी। पूर्व घाम झुल्की आउँदा उर्ली आए आशाहरू पारि जुन अस्ताउँदा वर्षिरहे आँखाहरू आशा त्यसै मर्दो रैन्छ मिल्ने छाँट नभएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी। फूल हुन रहर लाग्यो उनले शिरमा सजाउँथिन् ऐना हेर्दै मुस्कुराई आफैँसँग लजाउँथिन् नसाजस्तै रैछ मायाँ चुस्की लिन नपाएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी। २ सपनीमा देखेँ फेरि बिथोलियो मन टाढाटाढा किन भयौ साँच्चै तिमी भन। चुपचाप रित्तो मनमा तिमी आई बस्यौ थाहै नपाई कतिखेर हृदयमा पस्यौ मन तिम्रो रैछ खोटी चिन्न सकिएन समयमै कुनियत जान्न सकिएन। पोल्टाभरि चिल्ला कुरा कैँची रैछ मन्मा जुग जाने मायाँभन्दा तृष्णा रैछ तन्मा मुटु घायल बनाई गयौ नफर्किने गरी अधकल्चो पारी छाड्यौ नबौरिने गरी। (हाल अमेरिका बसाेबास गर्ने गीतकार अर्यालका चार कथा संग्रह प्रकाशित छन् भने एउटा गीत संग्रह प्रकाशोन्मुख छ ।) #सीता अर्याल बाल्यकालको कथाः फुल्टिन हराएपछि: स्कुलका मेरा सबै साथीहरू फुल्टिनले लेख्थे । म चाहिँ बाँसको कलमले लेख्थेँ । बाँसको कलम मसीको बट्टामा चोपेर लेख्नुपर्दथ्यो । त्यसरी लेख्दा मेरो मनभरि पनि फुल्टिनले नै लेख्ने रहर जाग्थ्यो । मैले मेरो रहरलाई पिताजीसँग भनेको पनि हुँ तर पिताजीले पैसा छैन भनेर उल्टै गाली गर्नुभयो । म मरिच चाहुरिएजस्तै भएर बाँसकै कलम लिएर स्कुल जान्थेँ । आमालाई थाहा थियो मेरो फुल्टिन मोह । उहाँसँग पैसा थिएन । पैसा भएको भए ला, कान्छा यसले किन् भन्नुहुन्थ्यो पक्कै । पिताजीसँग मैले फुल्टिन किनिदिनु भनेर गरेको आग्रह उहाँले सुन्नुभएको थियो । पिताजीले पैसा छैन भनेर मलाई गाली गरेको पनि उहाँलाई थाहा थियो । किनिदिनू न त एउटा फुल्टिन । रहर गर्दैछ । साथी सबैसँग फुल्टिन छ रे । ऊ मात्रै कति बोकोस् बाँसको कलम ? आमाले पितासँग भन्नुभएको हो । पिताले सुनेको नसुन्यै गर्नुभयो । केही दिनपछि आमाले बोलाएर मलाई भन्नुभयो, “बाबु तलाई फुल्टिन चाहिन्छ होइन ? तेरा पितासँग पैसा छैन । पितासँग नरिसा । तेरो रहर म पूरा गरिदिन्छु । अब तँसँग नि फुल्टिन हुनेछ । फुल्टिनले नै लेख्नेछस् पाठशालामा ।” म हाँसे । आमाको हात समातेँ । आमाले सन्तानको चाहना बुझ्दा रहेछन् । मेरी आमाले पनि बुझ्नुभयो । मैले आमाको मुहार नियालिरहेँ एकछिन । आमाले एउटा पोको मलाई दिनुभयो र भन्नुभयो, “कान्छा यो दुई माना चामल लैजा । पसलमा लगेर थुके नेवारकी छोरीलाई दिनू । मैले पठाइदिन्छु भनेकी छु । यसबाट आएको पैसाले फुल्टिन किन्नू । तर, पिताजीलाई यो कुरा नभन्नू नि । पिताजीले थाहा पाउनुभयो भने फेरि गाली गर्नुहुन्छ ।” म आमाको कुरामा सहमत भएँ । मलाई त्यतिबेला आमाको महत्त्व बोध भयो । आमाले भनेजस्तै गरी पिताजीलाई नदेखाई मैले दुई माना चामल पसलमा पुयाएँ । मेरो चामल थुके नेवारकी छोरीले पच्चीस पैसा मानाको दरले किनिन् । मसँग पचास पैसा भयो । त्यही पचास पैसा लिएर म इलाचा साहुको पसलमा गएँ । पचास पैसामा मसीसहितको फुल्टिन किनेँ । फुल्टिन बोकेपछि मलाई लाग्यो, “म धेरै ठूलो मान्छे भएँ । फुल्टिन बोक्ने मान्छे अब झिनो मसिनो होइन । मलाई अब कसैले हेप्ने छैनन् । मसँग फुल्टिन छ ।” फुल्टिन लिएर म घर गएँ । आमा घरमै हुनुहुन्थ्यो । मसी र फुल्टिन आमाको हातमा दिएँ र भनेँ, “आमा किनेँ फुल्टिन मैले ।” आमाले फुल्टिन समाउनुभयो । आमाको अनुहारमा शरच्चन्द्र आएर थपक्कै बसेजस्तो देखियो । त्यही फुल्टिन आमाले मेरो हातमा दिँदै भन्नुभयो, “कान्छा धेरै पढेर ज्ञानी हुनू । यही फुल्टिनले हाम्रो घरभित्र उज्यालो ल्याउनू । आपिसमा सही गर्ने हुनू । हामीले जस्तो तमसुकमा ल्याप्चे हान्ने नहुनू । मेरो फुल्टिन बोक्ने चाहना पूरा भएको थियो । ठूलो सङ्घर्षपश्चात् पाएको फुल्टिन मेरो लागि सबै थोकभन्दा प्यारो थियो । विगतका दिनमा अरू साथीहरूले फुल्टिन चलाउँदा मभित्र ईष्र्याको भाव उत्पन्न हुन्थ्यो । मभित्र ईश्र्या जाग्नु स्वाभाविक नै थियो । मसँग पनि उनीहरूको जस्तै चाहना थियो । अनि फुल्टिनले पाठ लेख्ने इच्छा थियो । फुल्टिन लिएर स्कुल गएको दिन मेरो छाती सगरमाथा झै ठडिएको थियो । अरू साथीले देखुन् अनि यसको पनि फुल्टिन रहेछ भनुन् भन्ने मेरो तीव्र महत्वकांक्षा थियो । स्कुल जानु अगाडि र छुट्टी हुनु अगाडि सधैँ झोला जाँच गर्थेँ फुल्टिन हराउँछ होला भनेर । हिँडेको बेला पनि टक्क रोकिएर झोलाको फुल्टिन छाम्थेँ । जुन कुराको तीव्र महत्वकांक्षा हुन्छ त्यो आफूसँग सधैँ नटिक्दो रहेछ । मेरो चाहनाको फुल्टिन मसँग धेरै दिन टिक्न सकेन । त्यो दिन स्कुल छुट्टी भएपछि झोलामा मैले फुल्टिन चेक गरँे । झोलामा फुल्टिन थिएन । झोलाबाट सबै किताब कापी भुइमा खन्याएँ तर फुल्टिन खसेन । रित्तो झोला टक्टक्याउन पनि बाँकी राखिनँ । फुल्टिन नभेटेपछि रुन बाहेक मेरो अर्को विकल्प रहेन । म यसरी रोएँ मानौँ मेरो रूवाइको आवाज सुनेर कुनै कुनामा खसेको फुल्टिनले म यहाँ छु तँ नरो भनोस् । तर सोचे अनुसार नत फुल्टिन बोल्यो नत मेरो रुवाइ नै रोकियो । मेरो रूवाइ सुनेर घर हिँड्न लागेका सबै सरहरू पनि त्यहाँ आएर सोधे मलाई— के भयो तलाई र रुँदैछस् केटा ? अब मलाई आमाले मार्छिन् । किन ? के भो र ? मेरो फुल्टिन छैन । हरायो । झोलामै राखेथेँ । अहिले छैन । सरहरूले यता उता खोज्नु भयो । तर भेटिएन । छुट्टी भइसकेको हुनाले सबै साथीहरू घर गइसकेका थिए । मेरो रुने क्रम अलिक मधुरो भएको थियो । तर फुल्टिन चाँडो भेटिए हुन्थ्यो भन्ने आशाको लहरले भने हृदयभित्र छल्का मारिरहेको थियो । मलाई सम्झाउँदै सरले भन्नु भयो — “कुन चैँ साथीले लगिदियो । अब यहाँ खोजेर पाइदैन । तँ घर जा अब । यो कोठा बन्द गर्नु पर्छ । पिउन आइसक्यो ढोका लगाउन ।” सरहरू सबै घर गए । पिउनले ढोका लगाए । मैले पनि झोला भिरेँ । सरहरू आँखाबाट ओझेल परेपछि मलाई झन् रुन आयो । फुल्टिन किनेको दिन झम्झेँ । कति खुसी थिएँ त्यो दिन । अहिले फुल्टिन हरायो । कति दुःखी छु म । सोच्दै सोच्दै स्कुल प्राङ्गणबाट बाहिरिँदै घरतिर निस्किएँ म । घरमा गएर कसरी भन्ने मैले आमालाई फुल्टिन हरायो भनेर । त्यो किन्नका लागि कत्रो सङ्घर्ष गर्नु परेको थियो । पिताजीले नदेखी आमाले दिएको चामल बेचेर किनेको फुल्टिन मैले जतन गर्न सकिनँ । म घरमा गएँ भने आमाले पक्कै पनि पिट्नु हुन्छ । घर नजान पाए पनि हुन्थ्यो । मेरो मनमा अनेक कुराहरू खेल्न थाले । कमिलाको चाल गरेर म हिँड्दै थिएँ साँझ पर्न लागेको थियो । मेरो मनले चाहेको थियो “आज रात नपरोस् ।” रात परेपछि मलाई घरबाट खोज्न आउँछन् र पिट्छन् । मभित्र भयङ्कर डर उत्पन्न हुन थाल्यो । घाम अस्ताइसकेको थियो । बिस्तारै अँध्यारोले धर्तीलाई छोप्दै थियो । हाम्रो घरदेखि दश मिनेट परेको दूरीमा एउटा थोत्रो पाली थियो । त्यहाँ मान्छे बस्दैनथे । झ्याल ढोका उदाङ्गै थिए त्यहाँ । म त्यहाँभित्र पसेँ र एउटा निर्णय गरेँ, “आज म घर जान्नँ । यही पालीमा रात काट्छु ।” त्यो पालीभित्र धूलैधूलो थियो । बस्नका लागि केही सामानहरू पनि थिएनन् त्यहाँ । एकछिन उभिएर यताउता नियालेँ । अँध्यारो पाली त्यसमाथि झ्याल ढोका नहुँदा राति स्याल आएर मलाई खायो भने भन्ने डर लाग्न थाल्यो । त्यो पाली दुई तले भएको हुनाले म माथिल्लो तल्लामा चढेँ । माथिल्लो तल्लाको छेउमा बसेर तलतिर हेर्दा मलाई झन डर लाग्यो । यहाँ बस्यो भने त तलबाट स्यालले उफ्रेर खान्छ मलाई भन्दै उठेर कुनातिर गएर बसेँ । रात झमक्कै परेको थियो । सबै साथीहरू स्कुलबाट घर गइसकेका थिए । उनीहरूले खाजा त के बेलुकीको खाना पनि खाइसकेका थिए त्यो बेलासम्म । मलाई भोक लागेको थियो । बिहान आठबजे खाएको खानाले काम गर्न छाडेको थियो । तर फुल्टिन हराएको पीडाले भोक तिर्खा मेरो लागि साधारण मात्रै भएका थिए त्यो दिन । जताततै धूलो र मुसाका लिंड बाहेक अरू केही पनि थिएन त्यहाँ । पुरानो दौरा र कट्टु मात्रै लगाएको हुनाले मलाई जाडो भयो । धूलामाथि नै पलेटी कसेर बसेँ म । नाङ्गो तिघ्रा छोप्नका लागि दौराको फेरलाई सहारा लिएँ । रात सकिएपछि उज्यालो हुन्छ । उज्यालो भएपछि घरका पिताजी र आमाले थाहा पाउँछन् र मलाई पिट्छन् । त्यसैले यो रात रातमै सीमित रहोस् भनेर कामना गरेँ । मैले कामना गरेकै समयमा मेरो कानमा पिताजीको आवाज हुरी बनेर ठोकियो । “कान्छा ..कान्छा कहाँ छस् छिटो आइज बाबु ।” छिटो आइज बाबु भनेर पिताजीले बोलाउनु भएको आवाजले मेरो मुटु भक्कानिएर आयो । ‘म यहाँ छु । आउन त मन छ तर डरले आउन सक्दिनँ ।” भन्न मन लागेको थियो पिताजीले जस्तै ठूलो आवाजले तर मैले आफैलाई नियन्त्रण गरेँ । पिताजीले धेरै चोटि बोलाउनुभयो । आमाले पनि बोलाउनु भयो यसरी — “कान्छा …भात खान आइज । यो राति कहाँ गइस् ? मलाई किन रुवाउँछस् तँ हँ ?” आमाको आवाज सुनेपछि मैले आँसु रोक्न सकिनँ । मन भक्कानिएर आयो । हातले मुख छोपेर रोएँ धेरै बेरसम्म । सधैँ आमासँग सुत्ने बानी थियो मेरो । त्यो दिन मलाई आमाको छेउ नजान पाए पनि हुन्थ्यो भन्ने लागेको थियो । बिस्तारै घरबाट बोलाउन छाडे । मैले कल्पना गरेँ म घर नगएपछि पिताजी र आमाले भात खाएनन् होला । छोरो हरायो भनेर रुँदै होलिन् आमा । त्यही बेला पल्ला घरका कान्छा काका राँको बालेर खोज्दै आएको मैले थाहा पाएँ । काकाले थाहा पाउँछन् र मलाई घर लैजान्छन् भनेर म चुप लागेर त्यहीँ बसिरहेँ । “छैन है कान्छो त कतै पनि ।” भनेर काका त्यहाँबाट गए । काका त्यहाँबाट गएपछि म ढुक्क भएँ । “अब मलाई कसैले भेट्दैनन् ।” ७, ८ वर्षको कलिलो केटो । फुल्टिन हराएको कारण मैले यो सब भोगिरहेको थिएँ । डर र त्रासको पिङमा मचिदा मचिदै कतिबेला म निदाएछु । बाहिरको कल्याङ बल्याङ आवाजले मेरो निद्रा भङ्ग भयो । बाहिर बाटोमा मान्छेहरू भन्दै थिए – “कान्छो पक्कै म¥यो । अब लास पो कहाँ भेटिन्छ । केटाकेटी नाथे । बाघले पो खायो कि ?” मलाई बाघले खाएको थिएन । म मरेको पनि थिइनँ । तर मलाई मान्छेहरू मयो होला भन्ने अनुमान गर्दै थिए । “ला ! अब मान्छेहरू यसभित्र आए भने ?” म सोच्दै थिएँ । यस पालीभित्र मान्छेहरू नआऊन् । मलाई नभेटून् । मेरो फुल्टिन हराएको कालो समाचार सुनेर आमा र पिताजीले कालो मुख नपारून् । केही समयपछि कान्छा काका त्यो पालीमा पस्नु भयो । “कान्छा कहाँ छस् तँ ?” यति भन्नुभयो । अनि भ¥याङ्गबाट उक्लिनु भो माथि । देख्नु भो मलाई । म पुलिसका अगाडि चोर जस्तै भएँ । काका खुसी हुनुभो । भन्नु भो अनि — “तेरो माया मारिसकेको थियौँ । यहाँ रहिछस् । हामीलाई किन दुःख दिइस् कान्छा ?” काकाले बर्बरी आँसु निकाल्नु भो आँखाबाट । मलाई समातेर तल्लो तलामा झार्नु्भयो । म पनि त्यति बेलासम्म आँसु आँसु भइसकेको थिएँ । काकाले मेरो हात समातेर घरतिर लैजानुभयो । गाउँका सबै मान्छे मलाई हेर्न थाले । रातभरिको हल्ला खल्लाले म हराएको कुरो धुवाँ बनेर उडेको थियो । मलाई देखेर आमा यसरी झाँक हाल्न आउनु भो मानौँ मैले आमाका लागि एक सेकेण्ड पनि ओझेल पर्नु हुन्थेन । आमाले रूदै भन्नु भो, “तलाई मेरो माया लागेन । कहाँ गइस् तँ रात भर ? केटाकेटी मान्छे घर चाँडै आउनु पर्दैन ? तेरै कारणले हिजो बेलुका देखि तेरा पिता र मैले मुखमा पानी पनि हालेका छैनौँ ।” आमाले त्यति भन्न नपाउदै पिताजी पनि आइपुग्नु भो । मलाई देखेर पिताजीले जुरूकै बोक्नु भयो । मानौँ म पिताजीका लागि सबैभन्दा प्रिय थिएँ र मेरो एक रातको अभावले उहाँका लागि म झन् प्रिय भएँ । काकाले पालीमा रहेछ भनेपछि पिताजी र आमा झन् आत्तिनुभयो । “किन त्यो पालीमा बसेको कान्छा ? कसो स्यालले खाएन ? किन घरमा नआएको ?” पिताजीले सोध्नुभयो । पिताजीको सोधाइले मेरो बह भरिएर आयो । अनि रुँदै भनेँ, “फुल्टिन हरायो । आमाको दुई माना चामल बर्बाद भयो । मैले जतन गर्न सकिनँ ।” मेरो कुरा सुनेर आमाले भन्नु भयो, “मरेकी थिइनँ नि म । फेरि किन्नलाई दिन्थे नि चामल । किन त्यसो गरिस् बाबु ?” आमा, पिताजी र काकाको अनुहार हेरेर मैले भनेँ, “डर लाग्यो । डरभन्दा ठूलो अरू केही भएन मलाई । फुल्टिन हराएपछि मेरो सुद्धि पनि हरायो । तपाइहरूले गाली गर्नुहोला भन्ने डरले मैले घर बिर्र्सिएँ । तपाईँहरू पनि बिर्सिर्एँ । डरका कारण सबैभन्दा नजिकका मान्छे पनि टाढा झैँ लाग्दो रहेछ । घर नआएर त्यही धूले पालीमा रात काट््ने साहस गरेँ । आमाले दिनुभएको दुई माना चामलको संरक्षण गर्न नजान्ने मलाई हिनता बोध भयो र यो सब गरेँ ।” मेरो कुरा सुनेर काकाले भन्नु भयो, “फुल्टिन सबै थोक होइन कान्छा । तँलाई हिजै राति बाघले खाको भए ? के गर्नु फुल्टिनले ? फुल्टिन हराए पनि तँ त हराएको थिइनस् नि । तेरा पिता र आमा हराएका थिएनन् नि । पिता आमा र आफू नहराउनु ठूलो कुरा हो । फुल्टिन त पैसा भएपछि अर्को किन्न पाइहाल्छ नि कान्छा ।” काकाको कुरा सुनेर पिताजीले मेरो कपाल सुम्सुम्याउँदै भन्नुभयो, “तेरो चाहना पूरा गर्न मैले सकिनँ । उल्टो गाली गरेँ । तेरी आमाले बुझिछ तेरो भावना बरू । फुल्टिन हराएपछि थपक घर आउनु पर्दैन ? अबदेखि त्यस्तो काम कहिल्यै नगर्नू । भोलि पसलमा गएर म अर्को फुल्टिन किनिदिन्छु ।” म केही बोल्न सकिनँ । चुपचाप लागिरहेँ । आँखाबाट नजानिदो पाराले आँसु छछल्किन थालेका थिए । अघि काकाले भनेको कुरा सम्झनामा उतारेँ— “फुल्टिन त पैसा भएपछि अर्को किन्न पाइहाल्छ नि कान्छा । आफू नहराउनु पो ठूलो कुरा हो त ।” #फुल्टिन हराएपछि #लालबहादुर कार्की कथा : मधेसतिर: सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरू टाढै उभिएजस्ता थिए । सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केझैं गरेर नदीका किनारमा गुम्लुंग परेर सुतेका चार–पाँच जना उठे । उठ्नासाथ सबैका मनमा प्रश्न उठ्यो— पेट कसरी भर्ने ? एउटाले अर्काको मनोभाव बुझेजस्तै गरेर सबै मुखामुख गर्न थाले । विधवाको दृष्टि गोरेमाथि थियो । उनले सबैलाई सम्बोधन गर्दै भनिन्, “होइन, तिमरु घरबाट हिँड्दा पेट भर्ने के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?” सबैजना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, “मेरो त घरै छैन ” बूढाले भन्यो, “मेरो थियो तर म अब घरबार नभएको छु । तर, नानी ! तिम्रो भए किन यहाँ आएकी त ?” घरबार नभएका यी चार जना— माग्ने भनौं कि कुल्ली भनौं— काम पाए कुल्ली नत्र माग्ने—का माझमा घरबार भएकी विधवा हँसिली थिइन् । तिनले अन्नपूर्णझैं झट्ट हातको पोकोबाट च्युरा झिकिन् र भाग लगाउन थालिन् । अनि सबैको च्युरामाथि चाकुका डल्ला राखिन् । सबैका आँखामा अकस्मात तेज आयो । र, सबैका हृदयमा विधवाप्रति महान आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नो भागबाट च्युरा थपिँदिदै भन्यो, “तिमी जवान छौ, तिमीलाई अरुभन्दा बढ्दा भोक लाग्दो हो ।” फेरि सबैलाई सम्बोधन गर्दै भनिन्, “मधेसतिर हिँडेको । कोही छैनन् । सासू—ससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रुखो माया गथ्र्यो । तर, पोइ नभएको घरमा टिक्न सकिनँ ।” यो वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पा¥यो । खान पाइने ठाउँ, पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू विधवालाई झन् मान गर्न थाले । उनले सोधिन्, “तिमीहरू कहाँ हिडेको नि ? तिमीहरूले त राति पनि केही खाएको देखिनँ । त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकाले तिमीहरू नजिक आएर सुतें । रातभरि तिमीहरूको माया लागिरह्यो ।” भोटेले बडो आश्चर्य मानी सोध्यो, “तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंका पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।” विधवाले भनिन्, “तिमीहरू मान्छे त हौ ।” हिजो दिनभरि नखाएको पेटमा च्युराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई–कराई कुरा गर्न थाले । बूढाले भन्यो, “नानी, हामीहरू चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रो कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।” उत्तिनै खेर सबैले मधेस लाग्ने निश्चय गरे । यी चार जना लोग्ने मानिस, एक स्वास्नी मानिस पाँचै जना दक्षिणको बाटो लागे । बूढाले आफ्नो जीवनका बितेका घटनाहरूलाई भन्यो— उसले एकचोटि निकै पैसा कमायो । १७ रोपनी खेती गथ्र्यो । पछि त्यसै बिग्री–बिग्री आयो । त्यसबेला ऊ जवान थियो । निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामथ्र्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ! अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकी यताउति हिँड्नु परेको । विधवाले भनिन्, “मेरो त मधेसमा गएर राम्ररी घरबार गरी बस्ने इच्छा छ । सानो खेतीबारी ग¥यो । त्यहाँ खेती गर्न सजिलो छ रे ! जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासू—ससुराको कचकचले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा, त्यसै उच्चाट लागेर आउने ।” भोटे र धने तिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए । तर, आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबैभन्दा पछाडि गोडा धसारी हिँडिरहेको थियो । विधवाले गोरेका निम्ति पर्खिइन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिक आएपछि विधवाले भनिन्, “के थाक्यौ गोरे ? घाम पनि अघ्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकोमा राख ।” उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकोमा राखिदिइन् । फेरि सबैजना हिँड्न थाले । त्यो बूढो, बूढो भन्नुमात्रै थियो । सबैभन्दा अघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो व्यतीत जीवनका घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्दा बूढो झन् सुरिएर भएनभएका कुरा गर्न थाल्यो । भोटे र धने पक्क भएर सुनिरहेका थिए । भित्रभित्रै तिनीहरू बूढाको आदर गर्थे । गोरे र विधवा पछिपछि बिस्तारै–बिस्तारै आइरहेका थिए । गोरेको उमेर २५ वर्षको हुँदो हो, विधवाको ३० । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको कठिन परिश्रमले तल भास्सिएको थियो । आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्, “तिमी मधेस गएर के गर्छौ ?” गोरेले भन्यो, “कुन्नि !” विधवाले भनिन्, “के तिमी घरवार गर्दैनौ ? खेतबारी गरी बस्न मन छैन ?” गोरेले भन्यो, “पैसा खोइ नि ?” “ह्वाँ खेत सित्तैमा पाइन्छ । तिम्रो उमेर के भएको होला र ! घरबार गर, स्वास्नी पाल । छोराछोरी पाल । यस्तो उरेन्ठेउलो भएर कति दिन बिताउँछौ ?” विधवाले फेरि एक्कासि प्रश्न गरिन्, “तिमीलाई स्वास्नी मानिस मन पर्दैनन् ?” गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हे¥यो, “किन मन पर्दैनन् र !” विधवाले भन्न थालिन्, “मधेस गएर खेतीपाती गर्छु, घरवार गर्छु । तर, स्वास्नी मानिसले मात्रै घरवार चलाउन सक्दैनन् । लोग्ने मानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो । किन हामी दुईजना मिलेर घर नचलाऊँ ?” गोरेले विधवालाई विस्मयको दृष्टिले हे¥यो । विधवाले अलि अप्रतीत भएर भनिन्, “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएन ।” गोरेले चकित भएर विधवालाई हेरिरह्यो । विधवाले भनिन्, “गोरे ! मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्दिनँ र ? ख्वै मेरा छोराछोरी, ख्वै मेरो आफ्नो घर ? ख्वै मेरो आफ्नो मान्छे ?” विधवाको मुख अकस्मात रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुटु तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निःस्तब्धतालाई भंग गर्दै भनिन्, “गोरे, मसँग अलि गहना पनि छ । रुपियाँ पनि छ । त्यसैले गएर खेती किनौंला । घरबार बनाउँला । तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।” अलिक पर बूढो, भोटे र धने एउटा ठूलो ढुंगामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरू आइरहेको देखेर टाढैबाट बूढाले भन्यो, “अब बस्ने हैन ? खाने के नि ?” सबैको दृष्टि विधवामाथि प¥यो । उनले भनिन्, “अलिकता च्युरा बाँचेको छ । पेटभरि नभए पनि अलिअलि त थेग्ला ।” तिनीहरू बसेर च्युरा फाँक्न थाले र खाकाशलाई छानो बनाएर गुडुल्किएर बाटोकै छेउमा सुते । दिनभरि हिँडेका हुनाले तिनीहरू लड्न पनि पाएका थिएनन्, भुसुक्क निदाए । बिहान सूर्यको पहेंलो किरणका साथसाथै बूढो उठ्यो र खोक्न थाल्यो । सबैजना उठे तर गोरेको पत्तो थिएन । विधवाले आत्तिएर सोधिन्, “गोरे खै ?” बूढोले शान्त भएर भन्यो, “गयो होला कतै । अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय त हुन सक्छ ।” विधवाको हृदय भारी भयो । उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुईदिनको सङ यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनू ? तिनी आफ्ना पोका बटुल्न थालिन् । उनको हृदय ढक्क भयो— गहनाको पोको छैन । सबैजना हिँड्न तयार भए तर विधवा बसेर पोका बाँधबुधमात्रै गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो, “के गरिरहेकी ? हिँडिहालौं । नत्र साँझसम्म पुगिँदैन । भोक्कै सुत्नुपर्ला ।” विधवाले रुन्चे स्वरमा भनिन्, “मेरो गहनाको पोको छैन ।” सबजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, “तिमी गहनागुरिया लिएर कहाँ हिँडेकी त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नू !” विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्, “चुप लाग् बूढा । त्यस गहनाले मैले के–के गरूँला भनी विचार गरेकी थिएँ । खेती किनौंला, बिहा गरौंला, घर जमाउँला, छोरा पाउँला… मेरो सारा आशा नष्ट भयो ।” यति भनेर उनी डाँको छाडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो, “किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भइहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ, तिम्रो घर पनि हुन्छ । नआत्तेऊ । लौ हिँड ।” विधवा टोलाएर उभिइन् र बूढाको पछिपछि लागेर हिँड्न थालिन् । त्यो टाढाको टाकुरामा पुगेर बूढाले बडो उत्साहसँग दक्षिणतिर आँखाले भ्याउन्जेलसम्मको ठूलो मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो, “ऊऽऽ त्यै हो मधेस । त्यहाँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामी अघाउन्जेल खान पाउँछौं ।” भोटे र धनेको आँखामा उत्साहको आभा दगु¥यो । भोकले सुकेका गालामा पनि आनन्दको गुलाफ देखियो । कानसम्म मुखको कुना पु¥याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे । तर, विधवामा उत्साह थिएन । आफ्नो उमेर ढल्किसकेको थियो । उनले तिनी गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई आफ्नो सानो घर, छोराछोरी सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घरझैं भताभुंग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् । (कोइरालाको कथासंग्रह ‘दोषी चश्मा’बाट साभार) #कथा : मधेसतिर #विश्वेश्वरप्रसाद कोइराला नरक मार्ग: एउटा ठूलो भुँडी लगाएको राक्षसजस्तो मान्छेले मेरो ढाडमा धारे हात लगाएर जोडले हान्यो । म पानी पनि खान नपाएर हलचल गर्न नसकी वेहोश भएँ । हान्ने मान्छेले खुट्टामा समाउँदै जुरूक्क उठाएर तातो पानीमा डुवायो । मलाई असहय पीडा भयो । म खुत्रुक्कै भएँ । मलाई भुत्ल्याइयो । यसरी अकालमा मर्न परेपछि नरकमा जानुपर्ने रहेछ । म खुरूखुरू अगाडि लागेँ । यमदूतहरू स्यालझैँ पछाडि लागे । बाटोमा उखरमाउलो गर्मी भएर आँत सुक्यो । मैले उनीहरूसँग अलिकति चराले खाने जति पानी मागेँ तर उनीहरूले दिन मानेनन् । उल्टै नरकमा एकैचोटि तातो तेलमा डुवाएर सोझै यमराजको टेवलमा पुर्याउने कुरा सुनाए । मैले के पाप गरेको थिएँ र यसरी तेलमा डुवाउनलाई ? सम्झिँदा पनि मन भक्कानिएर आउँछ । हुन त जिउँदो हुँदा पनि त नरकमै बसे सरह त थियो नि । एउटा अटाउने ठाउँमा दशसम्म कोचेर राखेका थिए । गर्मी मौसममा घामले फ्याँ फ्याँ बनाउँथ्यो भने जाडोमा चिसोका कारण सिल्टिमुर खाइन्छ कि भन्ने डर लागिरहन्थ्यो । बेलाबेलामा भुस च्याख्ला आदि मिसाएर बनाएको खानेकुरा त आइरहन्थ्यो तर मिठो लाग्थेन । बस्ने घरको कुरै नगरौँ । दुर्गन्धका कारण सास फेर्नै गाह्रो लाग्थ्यो । हुलुक्क बान्ता आउला जस्तो हुन्थ्यो । एक पटकको कुरा हो । जताततै फ्ल्युको हल्ला चल्यो । महामारीको रूप लियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ भनेर हाम्रो मालिकले हामी अलि कमजोर जतिलाई जिउँदै खाडलमा हालेर पुर्ने षड्यन्त्र गरेका रहेछन् । धन्न त्यो रोग हाम्रो घरसम्म आइपुगेन र बाँचियो । बरू त्यतिखेर खाडलमै हालेको भए कमसेकम स्वर्गमा पुगिन्थ्यो होला । आफ्नै आँखाले यो नरक मार्ग तय गर्नुपर्ने त थिएन । बाटोमा अनगिन्ती भट्टीहरू भेटिए । भट्टीछेउमा जताततै टट्टीको राश थियो भट्टीबाट मदिराले टिल्ल भएको एउटा मानिस ट्टटीमा उतानो परेको थियो । उसको मुखमा हरिया झिँगा भन्किरहेका थिए । एउटा लुते लुते कुकुर आएर हामीले हेर्दाहेर्दै उसको मुखमा सु गरेर गयो । कुकुर साह्रै हतारमा भएझैँ दौडिदै थियो । एउटा भर्खरको ठिटोले कुकुरलाई देख्यो । उसले भुइँबाट ढुङ्गा टिपेर कुकुरलाई प्रहार ग¥यो । कुकुरको ढाडमा लाग्यो । कुकुर कुइँकुइँ गर्दै दौडियो । फेरि उसले अर्को ढुङ्गाले हान्यो । यतिखेर कुकुरको कञ्चटमा लागेछ । कुकुर पुर्लुक्कै ढल्यो । हेर्दा हेर्दै उसको प्राण उड्यो र ऊ पनि मेरो साथी बन्यो । एउटा दूतले यसलाई कोरिया शाखामा वुझाउनुपर्छ भनेको सुनँे । अर्को दूतले मधुरो स्वरमा के भनेको हो मैले ठम्याउन सकिनँ । बाटोमा घना जंगल पर्दोरहेछ । जंगलमा थरीथरीका चराचुरूगीहरूको चिविबर सुनेर मन प्रफुल्ल भएर आयो । मृगका पाठाहरू बुरुक्क बुरुक्क उफ्रिरहेका थिए । कोइलीहरूको कुहु कुहु सुनेर मन रमायो । तर यो प्रफुल्लता धेरै बेर कायम रहन सकेन । झोलाबाट हतियार निकालेर दूतहरूले मृगलाई ताकेर हाने । मृग वालवालले बच्यो । उनीहरूले त्यसको पिछा गरे । मृग भेटिएन । अलि पर एउटा अर्ना चरिरहेको रहेछ । त्यसलाई नै उनीहरूले आफ्नो निशाना बनाए । अर्ना ठहरै भयो । उसले आफ्ना निर्दोष आँखाले उनीहरूलाई हेर्यो र पिरलिक्क आँखा पल्टायो । उनीहरू त्यसलाई काटकुट पार्ने ध्याउन्नमा लागे । एकाएक सुन्दर शान्त बगैचा जस्तो ठाउँ रणभूमिमा जसरी रूपान्तरित भयो । जमिनमा रगतको ठूलो आहल बन्यो । उनीहरूले रगत चुहाउँदै मासु बोकेर हिँडे । केही समय हिडेपछि मूल सडक आइपुग्यो । एउटा बाह्र तेह्र वर्ष जतिको देखिने खलासी गुटका चपाउँदै “नरक नरक” भनेर चिच्याउँदै थियो । उसको पाइन्ट कम्मरबाट तल झरेर मलद्वारभन्दा माथिको गहिरो भाग देखिएको थियो । अनुहार राम्ररी खान नपाए जस्तो न्याउरो थियो । ओठमुख गहिरो तिर्खाले व्याकुल भएजस्ता सुख्खा थिए तैपनि बेलाबेलामा गुटखा चपाएर निस्केको रातो झोल थोत्रे गाडीको ढोकामा उभिएर प्याच प्याच थुकिरहेको थियो । ऊ घरबाट पढ्न छाडेर भागेर आएजस्तो देखिन्थ्यो । खलासीले चारजना यमदूतहरूलाई गाडीभित्र कोच्यो । गाडीमा कतै सिट खाली थिएन। । उनीहरू गाडीको डण्डी समाएर उभिए । मलाई बोक्ने दूतचाहिँ ड्राइभर छेउको बुनोटमा गएर बस्यो । ड्राइभरको मुखबाट मदिराको नमिठो गन्ध ह्वास आयो । मलाई बान्ता होला जस्तो भयो । यात्रुहरू पनि धेरै जसो मदिराले टन्न जस्ता देखिन्थे । कोही झ्यालबाट टाउको बाहिर निकालेर बान्ता गरिरहेका थिए त कोही भित्र नै वाक्क वाक्क गर्दै थिए भने कोही बोकालेझैँ लामो स्वर निकालेर वा वा वा वा गर्दै थिए । सडकमा इनार जस्ता गहिरा खाल्डा परेका थिए । कतै हिलो जमेर गाडी नै डुब्न खोज्थ्यो त कतै पानीका ठूला आहल बनेका थिए । एकचोटि । ओरालो परेको ठाउँमा ब्रेक लाउँदा लाउँदै पनि गाडी लुतुतु चिप्लेर आफैँ अगाडि बढ्यो । गाडीभित्रका सबैले आआफ्ना भगवान्का नाम पुकारे । ड्राइभरले खलासीलाई आमाचकारी गाली गर्दै ओट हाल्न पठायो । खलासी ओट हाल्ने ढुङ्गा ल्याउन जाँदा हिलोमा चिप्लिएर उतानो प¥यो । गाडी पनि धन्न भिरतिर खसेन । भितातिर जोतियो । अलि अगाडि गएपछि सडक छेउमा दुई चारवटा घर देखिए । ड्राइभरले घ्याच्च गाडी रोकेर भुइँमा झयो । झर्ने बितिकै ओठमा बाक्लो लाली पोतेकी नक्कली नक्कली देखिने एउटी होटेलवालीको नजिक पुगेर साहूनीका गाला चिमट्यो । साहूनी सूर्यमुखी फूल सूर्यतिर ढल्केझैँ ड्राइभरतिर ढल्कि।ड्राईभरको काँधमा च्युडो अडाएर उसको कानमा के के कुरा खुसुक्क भनी । ड्राइभर मुसुक्क हाँस्दै होटेलभित्र पस्यो । साहुनीले गिलासमा रक्सी र प्लेटमा मासु ल्याएर दिई । ड्राइभरले एकै स्वाटमा गिलास रित्यायो । अरू यात्रुहरू पनि झरेर दाँया बाँया होटेलहरूमा लागे । त्यहाँ प्राय जसो घरमा होटेलको साइनवोर्ड झुण्ड्याइएका थिए । एक ठाउँमा भने फ्रेस हाउस लेखिएको थियो । त्यहाँ मासुमा हरिया झिँगा भन्किरहेका थिए । त्यही बाहिर सिनुमा गिद्द झुम्मिएझँै मान्छेहरू झुम्मिरहेका थिए । एउटा जाँड खाएर टिल्ल परेको जड्याहा मलाई दुई किलो उदारो मासु चाहियो भनेर अड्डी कसिरहेको थियो । साहूजी दिन मानिरहेको थिएन । ऊ साहूजीसँग चर्को चर्को स्वरमा कराउँदै थियो । साहुजी भित्रबाट निस्केर उसलाई धकेल्दै रोडमा वल्लो छेउ पुर्याउर फर्कियो । ऊ झन् ठूलो स्वरमा साहूजीलाई आमाचकारी गाली गर्न थाल्यो । साहूजी पनि के कम जवाफ फर्काउँदै थियो । जड्याहले फेरि के भनिस भन्दै पसलमै पुगेर मासु राखेको शिशामा मुड्कीले बजार्यो । शिशा झर्याम्म फुट्यो । साहूजी रिसले आगो भएर बाहिर निस्क्यो । बाघले वाख्रालाई झम्टेझँै साहूजीले उसको गला समात्यो । नजिकै होटेलमा तास खेल्न बसेका मान्छेहरू आएर छुट्टाए । ड्राइभर दारूले टिल्ल परेर निस्क्यो । गाडीमा चढेर कानको जाली फुट्ने गरी हर्न बजायो । यात्रुहरू तँछाड मछाँड गर्दै गाडी चढ्न थाले । पहिले सिटमा बसेका जति सिटमा बसे । पहिले उभिएका जति उभिए । दुई चार जना नयाँ यात्री पनि थपिए । तिनीहरू पनि उभिनेकै लस्करमा गएर उभिए । यात्रुहरूका पसिना ,अपान वायु, जाँड रक्सी, चुरोट र गुटखाको गन्धको समिश्रणले गाडी भित्र अर्कै खालको दुर्गन्ध फैलिएको थियो । एकजना उभिरहेको मान्छेले सिटमा बसिरहेकी युवतीको टाउकोमा पर्ने गरी हुलुक्क बान्ता ग¥यो । युवती अङग्रेजी भाषामा के के भनेर गाली गर्दै बड्बडाउँदै थिई । मैले बुझिनँ । नरक मार्गमा थुप्रै घुम्तीहरू आए । ती घुम्तीबाट तल हेर्दा सीधै स्वर्गलोक देखिन्थ्यो । दुईचार किलोमिटर अन्तरालमा दुई चार वटा पसलहरू बाटैभरि देखिन्थे । ती पसल छेउमा चटाई ओछ्याएर चारचार जनाको समूहमा तास खेल्ने मान्छे बसिरहेका देखिन्थे । तिनका वरिपरि फुटबलका फ्यानहरू झुमिएझैँ तासका फ्यानहरू झुम्मिरहेका थिए । चिया पसलमा मान्छेहरू जम्मा भएर विकास र राजनीतिका चर्का चर्का बहस गरिरहेका थिए । नरक मार्गलाई स्वर्ग मार्गमा रूपान्तरित गर्ने विषयमा बहस हुँदै थियो सायद । त्यहाँ कसैको कुरा कसैले सुने जस्तो लाग्दैनथ्यो । सबै आआफ्ना कुरा मात्र सही, आफू मात्रै जान्ने, आफू मात्रै विद्वान् अरू सबै मुर्ख भने जसरी प्रस्तुत भइरहेका थिए । कुरा सुन्दा यस्तो लाग्थ्यो त्यहाँ नेता बढी, जनता कम छन् । सबका सब नेता मात्रै छन् जनता खोई कहा छन् ? सायद नरक लोकमै छन् कि ? यमराजले बिना कसुर तिनलाई तातो तेलमा डुवाउँदै होलान् । तिनका नेताले गरेको गल्तीको सजाय तिनले पाउनुपर्ने व्यवस्था कानुनमै सुनिश्चित गरिएको छ रे । चिया पसलको गफ उत्कर्षमा पुग्दै थियो । मान्छेहरू चर्को चर्को स्वरमा कराउँदै थिए । त्यहाँ उनीहरूले अधिकारका कुरा मात्र गरेको सुनियो तर कर्तव्यको क पनि बोलेको सुनिएन । यसपटक नरक मार्गको स्तरोन्ति गर्ने योजना रहेछ । हुन त यो योजना प्रत्येक वर्ष पर्ने रहेछ । तर हिउँदभरि योजना बनाएर जब वर्षा लाग्छ तब काम सुरू गरिने रहेछ । डोजर मालिक, नेता र कर्मचारीहरूको मिलेमतोमा वर्षे भेलमा बजेट खन्याइँदो रहेछ । वर्षामा डोजर लाउँदा भएको सडक पनि भत्किँदो रहेछ । हिलाम्मे भएर बिग्रिदो रहेछ । बजेट जति भए पनि कम गुणस्तरको काम गरेर अलिकति बजेट नरक मुख्यालयसम्म पुर्याउ नै पर्ने रहेछ । नरक शाखाको प्राविधिक खानामा त बोर्डमै योजनाको पचास प्रतिशत रकम प्राविधिकलाई वुझाउनुपर्ने नत्र योजना पास नगरिने भनी स्पष्ट लेखिएको नै रहेछ । ड्राइभरले घ्याच्च ब्रेक लगायो । रोपाइँ गर्न ठिक्क पारिएको खेतको गह्रा जस्तो ठाउँमा बस रोकियो । ल नरक आइपुग्यो झरौँ सबै जना भन्दै खलासी करायो । मलाई बोक्ने यमदूत माथि मेरो आत्मा उडिरहेको थियो । कति कति खेर म मरेको छैन भनेर झुक्किरहन्थेँ । तर हलचल नगरेको आफ्नै शरीर यमदूतको झोलामा देखेर म मरेको नै रहेछु भन्ने विश्वास हुन्थ्यो । नरक मुख्यालयको भव्यता देखेर म मन्त्रमुग्ध भएँ । चिल्ला सडक, भव्य भवन ,चिल्ला गाडीमा सुलुलु बग्ने मुख्यालयका कर्मचारीहरू । मिनिस्कर्ट लगाएका षोडषी युवतीहरू । हात हतियारसहितको कडा सुरक्षा व्यवस्था । पानीका फोहोराहरू बगैचा र फूलहरू । यी सबै देखेर मलाई पहिल्यै मर्न नपाएकोमा थकथक लागेर आयो । यमदूतले मलाई भोजन शाखामा बुझायो । भोजन शाखामा पाकेका परिकार देखेर मैले घुटुक्क थुक निलेँ । मसँगै हिँडेको अर्ना अगाडि नै आइसकेको रहेछ । ठूलो कुकरभित्र स्याँस्याँ गरेर सास फेर्दै थियो । अब स्याँस्याँ गर्ने पालो मेरो थियो । भकभकी ऊम्लेको तेल देखेर मलाई भाउन्न छुटेर आयो । मलाई उम्लेको तेलको कराहीमा हाल्ने सुरसार हँुदै थियो । अगि तातोपानीमा डुवाउँदा पनि मलाई कम्ति कष्ट भएको होइन । तर डुबाएर निकाल्दा भने मलाई एकदमै आन्नद लागेको थियो । शरीरमा बिझेको काँडा निकालेझँै शीतल लागेको थियो । म हावामा तैरिरहेको थिएँ । मेरो शरीर मात्रै यमदूतसँग थियो । मेरो शरीरलाई उम्लेको तेलमा डुबाए । झ्वाइँया आवाज आयो । तर अहँ दुखेन । हेर्दाहेर्दै मासु तारिएर रातो बन्यो । सरकारलाई कुखुराको रोष्ट मनपर्छ भन्दै भान्सेले मलाई कराहीबाट निकालेर एउटा ठूलो किस्तीमा राख्यो । एकछिन पछि म यमराजको टेबलमा थिए । विदेश रक्सीसँगै मेरो मासु काटा र चम्चाले लुछेर यमराज चपाउँदै थिए । म भने नरकमार्ग स्वर्ग मार्गमा बद्लियोस् भनेर प्रार्थना गरिहेको थिएँ । #भूपेन्द्र शाही आङालाई माया गर्ने पोचो: काम परेको थियो गान्तोक जाने कालेबुङबाट,२०१० को नोभेम्बर महिनामा। अहिलेको व्यस्त जुगमा फुर्सद भक्कु लिएर यताउति हिँड्न सकिने हैन। बस्नैपऱ्यो दुइचार दिन, कतै बाहिर निस्केपछि। धेरै आफन्त र परिचितहरू भएको गान्तोकमा त झन् एक ठाउँ बसेर फर्केको अरूले थाहा पाए भने रिसाएर, ठुस्केर, बम्केर गर्छन्। खै ! रिसाएजस्तो गरेका हुन् कि साँच्चै रिसाएकै हुन्? त्यो शोधको विषय हो। सिक्किमको सिमानाबाट सुरू भएको पुर्ख्यौली थलो रम्फुदेखि माइनिङ, माजिटार, बागे, साउने, सिङताम, ३२नम्बर, घट्टे, रानीपुल, छ माइल, आईसीआर, मणिपाल, तादोङ, डाँडागाउँ, आम्दो गोलाई, देउराली, सियारी, नामनाङ, पानी हाउस, लालबजार, स्यालगाउँ, डीपीएच, सिच्छे, पाल्जर क्रीड़ाङ्गण, डेभलपमेन्ट, गार्ड ग्राउन्ड, चानमारी, बालुवाखानी, बुर्तुक, स्वस्तिक, बोजोघारी, लुइङ, राङ्का खै कता-कता भ्याउनु भनेर यहाँ थुप्रो कुरा गरेको चाहिँ हैन, संस्मरणको भूमिका मात्रै बाँधेको हुँ । सबै ठाउँ अनुहार देखाउनु हो भने एक महिनाको छुट्टी पनि कमै पर्छ। यति धेरै साखा-सन्तान र परिचितहरूको आँखा छल्दै एकदुई दिनको काम सुटुक्कै निप्ट्याएर फर्किन विश्वयुद्धमा दुर्गा मल्लले अङ्ग्रेजको दस्तावेज लुकाएर भागेजस्तै सङ्घर्ष गर्नुपर्छ। कुनै एकसमय गन्ती गर्दा एक दर्जन त भान्जीहरू मात्रै थिएमेरा, गान्तोकवरिपरि । यति भनेर आफ्नो विज्ञापनमूलक भूमिका बाँधेपछि अब मूल कुरामा आऊँ न… हीरा छेत्री अँ, त्यो दिन गान्तोक पुग्नुपर्नेभयो, एक रात बस्ने गरी। भन्नु मात्रै गान्तोक र कालेबुङको दूरत्व अढाई घन्टाको तर त्यो समय प्रबन्ध गर्न अढाई साल लाग्छ। कसैले थाहा नपाउने गरी सुटुक्कै लुकेर जाने र फनक्क फर्केर आउने मन भयो। तर त्यो एकदिनचाहिँ कता बस्ने त? ‘यसपाली आफन्त हैन, साथीभाइकहाँ बस्नुपऱ्यो !’ भन्ने मनमा लागेर यस्ता साथीभाइको निवास सोच्न थालेँ, जहाँ बस्दा गुप्तवासको रहस्योद्घाटन हुने सम्भावना कम होस् वा अरूले थाहा नपाओस्। साथीभाइ त थुप्रै छन् तर बास बस्तै जानेचाहिँ पाउन अलि गारै कुरो हो। किनभने उनीहरू पनि सबै आ-आफ्नै धुनमा मस्त हुन्छन्। गफ गरेर, हालखबर मात्र बुझ्नलाई हो भने त आ ….. मा ….. मा …… यति धेरै साथीभाइ र इष्टमित्र छन् कि सबैले साथ दिए भने त राष्ट्रियस्तरको पार्टी खोलेर पञ्चायत भोट लड्दा पनि हुन्छ। मैले छानेँ, सुदेश खाती साथी। दिउँसो पुगेर काम सिध्याएपछि साँझ सुटुक्कै झर्छु डाँडागाउँ अनि त्यहीँ बास बसेर रातभरि गफ्फिएपछि भोलिपल्ट फर्किन्छु। सम्पर्क गरेँ। साथी एक्लै एउटा कोठा लिएर बस्दा रहेछन्। खुसी भए। के खाने, कसो खाने सबै सोधे। बन्दोबस्त मिलायौँ। यता कालेबुङबाट चाँड़ै निस्केँ, बिहान बाटामै नास्ता गर्नुपर्ला भनेर खाली पेट। ल्यापटप र यौटा झोला बोकेको थिएँ। सानु गाडीको यात्रा हुनाले समयभन्दा धेरैअघि नै पुगिएलाजस्तो भयो। मूल काम थियो, नयाँ बजारमा। ल्यापटप भिरेर किन बजार-बजार डुलिरहने? बरू गाडी छिट्टै पुग्नेरहेछ र पहिला सुदेशकै कोठामा ल्यापटप थन्क्याएर उँभो चढ़्नुपऱ्यो भन्ने सोचेँ। साथी स्पाइसेस बोर्डमा सेवारत् हुनाले उनको दफ्तर पनि डाँडागाउँमै थियो। रम्फुमा एकछिन मात्र वाहन थाम्मियो। चियापानी भएन। वाहन थाम्मिएको बेला छेउका सहयात्रीलाई आफूडाँडागाउँमै उत्रिनलाई खिड़कीपट्टिको सिट मागेँ। साथीसित अघिदेखि नै सम्पर्क साँध्ने कोसिस गरेको, लागेकै थिएन। सिक्किम भित्रिएपछि लाग्ला भनेर फेरि कोसिस जारी राखेँ। बल्लबल्ल लाग्छ, तर विज्ञापन पो आउँछ। त्यो बङ्गाली विज्ञापन सकिँदा-नसकिँदा नेटवर्कदेखि टाढिन्छ। नेटवर्कभित्र पस्छ त ‘अभी व्यस्त है’ भन्छ। कसोकसो गर्दा लाग्छ, आवाजै आउँदैन। फेरि कुनै ठाउँमा आवाज आउँछ- राम्रो सुनो, आफ्नै आवाज पो फर्केको रैछ। टेक्नोलोजी इंस्टिट्युटतिर पुग्दाचाहिँ मज्जाले लाग्यो र उतापट्टिको स्वर सुनियो। त्यो पनि रङ नम्बर पो रैछ। र पनि लाग्दैन नै चाहिँ नभनूँ, मल्लीदेखि गरेको कोसिस रानीपुल पुग्नअघि सफल भयो | अनि ‘हाई, हलो, गुड मर्निङ, कहाँ हुनुहुन्छ र कस्तो हुनुहुन्छ?’ जस्ता नभनी नहुने पारम्परिक भूमिका निर्वाह गरिसकेपछि मूल मुद्दाको कुरा हुन नपाई चट्टै काट्टियो लाइन। तादोङ कलेज पुगेर कन्भाइ ग्राउन्डमा ओर्लिँदै गर्ने समयबिच भने मुस्किलले सम्पर्क भएको थियो, ब्याट्री डाउनको सिग्नल आउन थाल्यो। र पनि कसोकसो गरेर उताबाट आवाज आयो, ‘हीराज्यू मेन कुरा चाहिँ गरिहाल्छु, हेर्नुहोस् न, भर्खरै खबर आयो कि कालेबुङमा आफन्तको देहान्त भएछ। नगई नहुने भयो, सारै विस्वाद भयो। तर मैले रुममा सप्पै ठिक्क पारिराखेको छु, तपाईँ आरामले बस्नुहोस् न ! अँ, एकजना नीलम भन्ने भाइको हातमा चाबी हुन्छ, उसले तपाईँलाई सम्पर्क गर्छ नि !’ यतिन्जेल आफूगाडीबाट ओर्लिसकेको हुनाले दोधारमा परेँ। टिस्टा बजारबासिन्दा नीलम भाइ आएर परिचय गरे, अनि झोला पनि बोकिदिएर सघाउँदै घर चिनाउनलाई ओरालो लिएर गए। सानु कोठा रहेछ, एकजनालाई चिटिक्कै। ग्यास-चामल सप्पै व्यवस्था गरेका रहेछन्। सुदेशजीलाई पनि दुई भाइ धित मरुन्जेल राती गफ गरूँला भन्ने थिएछ, तर…। त्यहाँ एकछिन बिसाएर एसएनटी कलोनीको उकालो सिंढीचढें, अनि लोकल सिटी रनरमा गान्तोक बजार पुगेँ। पहिलोपल्ट एमजी मार्ग पुनर्भ्रमणको दिन थियो त्यो। थुक्न नपाइने भनेर सुनेको गान्धीमार्ग कस्तो होला भन्ने लाग्थ्यो। त्यसअघि दुईप्रकारको एमजी मार्गको चित्र थियो आँखामा। पहिलो त भ्रमण नगरिएको अथवा कल्पना गरिएको एमजी मार्ग हुन्थ्यो सानाछँदा। आमाहरूले राङ्काबाट ढुङ्ग्रामा बूध ल्याई लालबजार, नयाँबजार र एमजी मार्गका चियादोकानतिर ठिका दिएको कुरा गर्दा कल्पना गरेको। त्यसपछि आफू गान्तोकमै रहँदा भतुवा कुकुरजस्तै घुमेको त्यही एमजी मार्ग। अनि आज फेरि नयाँ रूप-रङ्गमा देख्न पाइएको स्निग्ध बाटो। विलियम वर्ड्सवर्थको येरो भ्रमणजस्तै नि। काम सिध्याएर यसो भोक मेट्ने व्यवस्थाबारे सोच्दैथिएँ, पत्रकार प्रवीण खालिङ भाइसित जम्काभेट भयो। भाइले बस्ने निम्तो त दिएनन्, कोठा साँघुरो हुनाले तर नजिकै भएको कारण रातीको खाना सँगै खानुपर्छ घरमा भनेर कृषि भवनमुन्तिरको डेरामा बोलाए। छिट्टै झरेर रातीको खाना सँगै खाने सल्लाह भएको हुनाले अहिलेलाई ‘डे स्विट्स’मा चिया-समोसा-रसोगुल्ला खाएर भोक टाऱ्यौँ र एकछिन बजार डुल्यौँ। तल घरपटीबिनाको सुदेश साथीको डेरामा रातब्याल एक्लै बस्न अप्ठेरो लाग्यो। खानाचाहिँ प्रवीणकहाँ खाएर एक रात अन्यत्र बस्ने व्यवस्था गरेँ। तल ६माइलमा दाजुकहाँ पूजाको अन्तिम दिन रहेछ। दाजुले त्यहीँ बोलाए राती। सबै बन्दोबस्त मिल्यो। प्रवीणसँग गोटे गाडीमा झरेँ। उनी कृषिभवनअघि उत्रिए, म डाँडागाउँमा सिक्किम कम्युनिकेसनको अगाडि ओर्लिएर सडक नाघी उँधो झर्ने ठाडो र लामो सिंढीबाट ओर्लिएर निक्कै मुनि पुगेपछि दाहिनेतिर तेस्रो लागेँ। त्यो फुटपाथ हिँड़ेको हिँड़्यै गऱ्यो भने तल सरस्वती-ड्रोल्मा मन्दिर पुगिँदो रैछ। फुटपाथको बिचैमा रहेको सुदेशको कोठा खोलेर आफ्नो सामान र ल्यापटपको झोला भिरेँ अनि चाबी छिमेकीलाई बुझाइराखेर फेरि उल्टा पाउ फर्किन थालेँ। यतिन्जेल भुँडीमा मुसा कुद्न थालिसकेको थियो। अहिले त आफ्नो सामान पनि निक्कै भारी पो लाग्न थाल्यो, र माथि सडक भेटिने उकालो सम्झिँदा त झन् लखतरान भएँ। एसो नजर उठाएर त्यो सिंढी उँभोतिर हेर्दा खुट्टा गलेर आयो। बिस्तारी अगि बढ़्दै थिएँ, मेराअगिल्तिर एकजना बोजू पनि स्याँ-स्याँ गर्दै उकालै लाग्दै थिइन्, मेरो बाटै छेकेर। हातको लट्ठी टेक्दै काँधमा पुरानो र मैला झोला भिरेकी बोजू पनि त्यो स्वर्ग जाने सिंढीजस्तै उकालो चढ़्ने प्रयासमा थिइन्। बोजूको अघिअघि चाहिँ १२-१४वर्षको पट्ठो नाति केटो बाटो दोहोऱ्याइरहेथ्यो। मलाई अचम्मै लाग्यो, बिचरी बोजूचाहिँ सकी-नसकी काँधमा झोला भिरेर हिँड़्दैछिन्, नाति भने खाली हात आरामले उकालो लाग्दैछ। साँझको पाँच बज्दैथ्यो होला यतिन्जेल। सबैको आआफ्नो गुँढ़तिर फर्किने बेला भएर त्यो पगडण्डीमा अरू पथिकहरूको पनि आउजाउ सराबरी भइरहेको कारण केही दुखेजस्तो ‘आइया आइया’ गर्दै मेराअघि हिँड्ने बोजूलाई फुत्तै नाघेर जान मैले सकिनँ। आजकलका केटाकेटीमा मान-मर्यादा, सौजन्य सब हराएर गएको हुन्छ। आफूभन्दा उमेर भएकाहरूलाई कसरी इज्जत दिनुपर्छ, सिनियर सिटिजनलाई कसरी सहयोग गर्नुपर्छ केही ज्ञान हुँदैन भन्ने सोच आएर त्यो नाति केटामाथि रिस पनि उठ्यो। बिचरा बोजूमाथि दया जागेर आयो। आफूले केही सघाउन नसके पनि त्यो झोला बोकिदिनुपर्ने त हो, तर आफ्नै दुइटा झोला छन् दुइपट्टि काँधमा झुन्निएका। त्यसमाथि दिनभरिको भोको पेट। उकालो त्यस्तै छ नाकै ठोक्किने खालको। गान्तोकको चिसोमा पसिनै-पसिना हुनथालिसकेको,’आफैँ त महादेव कसले देला वर’, भन्ने खालको स्थिति थियो। र पनि मन त मान्दै-मान्दैन। कसरी हुन्छ बोजूको त्यो झोला माथि सडक उक्लिन्जेल चाहिँ बोकिदिनुपऱ्यो भनेर पछाडिबाट ‘खै आन्टी, तपाईँको झोला दिनुहोस्’ भनेर आफ्नो भारीमाथि सुपारी थपी म अलि फटाफट उकालो लाग्न थालेँ। बोजूले ‘पर्दैन नानी, पर्दैन’ भन्ने भावमा केके भन्दैथिइन्। यो सुनेर नाति केटो पनि ‘अङ्कल, अङ्कल, के गरेको आङाको झोला … दिनुहोस् यता’ भन्दै मलाई पछ्याउन थाल्यो। मेरो पालो ‘आङालाई भारी बोकाएर आफू चै लट्ठक-लट्ठक हिँड्न लाजलाग्दैन?’,भनेर कराउँदै अघि हिँड्न थालेँ। नाति केटो पनि केके भन्दै गनगन गर्दै, घरिघरि त झोला पनि खोस्ला जस्तै गरेर पछ्याउनथाल्यो। बिस्तारी-बिस्तारी निक्कैबेरमा सडक उक्लेर तेन्जिङ नोर्गेले सगरमाथा जितेजस्तै एसो तल हेरेको बोजू भुइँमा थचक्कै बसेर बिसाइरहेकी रहिछिन्, नातिचैं उँभो मतिर हेर्दै आङालाई सुम्सुम्याउँदै रहेछ। मेरो पालो छिट्टो उकालो आउने सङ्केत दिएर सडक किनारामा गोपाल अधिकारी साथीको कुरियर सर्भिसको दोकानमा बिसाउन पसेँ। साथीसित धेरै बेर गफ गरिसक्दा पनि बोजू र नाति त आइपुगेनन्। बाहिर निस्केर एसो हेर्छु फुच्चे त तल बोजूसितै छ र मलाई पो आइज भनेजस्तो सङ्केत गरेर बोलाउँछ। कत्ति सारो पलाप्पेको नाति रैछ भन्ने सोचेर ‘तँ आफै आइज न उकालो’ भन्ने इसारा गरेको मान्दैन। यतिन्जेलमा प्रवीणको फोन आयो, “दाजु !तपाईँ त मासु खानुहुन्छ नि ! म त खान्नँ कि तर पनि चिकनको बन्दोबस्त गरिदिएको छु है। छिट्टो आउनुहोस्, अगि भोक लाग्यो भन्नुहुँदैथ्यो।” साँच्चै भोक लागेकै बेला फोन आयो। अब छोडेरहिंडु त अर्काको झोला छ। झोलाका मालिकहरू चाहिँ तलै छन्, उकालिने नामै लिँदैनन्। एसो झोला छामेको, केही कडा पदार्थहरू जस्तो भान भयो। मुख खुल्लै रैछ र एसो चियाएर हेरेको दुइचारोटा ढुङ्गा, गिटी, बालुवा पो छ। फेरि त्यो नाति केटातिर हेर्दै ‘बजिया साला, छिट्टो आइज न !’ भनेर हकार्छु, तलबाट हातको इसारा गर्दै ‘तपाईँ नै आउनुहोस् न, त्यो झोला लिए छिट्टो’ भन्दै उल्टो पो कराउँछ फुच्चे। मेरो पालो आफ्ना सामान दोकानमै राखेर फेरि उँधो झरेँ,त्यहीठाडोसिंढी। तल पुगेको मात्रै थिएँ, नाति केटो करायो, ‘अङ्कल के गरेको आङाको झोला लगेर?’ ‘नाति भएर आङाको सेवा नगरेर भारी बोकाउँछस्?’,भन्दै कराएँ। ‘भारी पनि के हो यस्तो ढुङ्गा-मुढ़ा…..’ यतिकैमा छेवैको यौटा घरको खिड्कीचर्र…. गरेर खोलिएको आवाज आयो। त्यहाँबाट टाउको बाहिर झिकेर एकजना छुम्ला कराइन्, ‘पोचो, के भयो…? कोसित बात गरेको? लु अब आङालाई लिएर भित्र आइज, रात पर्न आँट्यो।’ मैले गरेको गाली नसुनी पोचो ममाथि बिच्क्यो, ‘तपाईँलाई चैं कसले बाट्ठे हुनु भन्यो? त्यो झोला बोक्नु हो भने मै पनि सक्छु नि ! आङालाई त कुम सडकेकोले गर्दा डाक्टरले नै भारी सामान बोकेर बिहान-बेलुकी दसदस मिनट एक्साइज गर्नू भनेको छ र पो बोकेको त…… कालेबुङ , भारत #हीरा छेत्री साहित्यमा अभिघात सिद्धान्त र लीलबहादुर क्षेत्रीकोब्रह्मपुत्रको छेउछाउ: अभिघात शब्दको आभिधानिक अर्थ (१) काटमार, प्रहार (२) कसैप्रतिको आक्रमण, हमला (३) व्यापारिक प्रतिष्ठा (४) अति प्रेरणा, ज्यादै झिझ्याहट (५) अति, अत्यन्त, ज्यादा (६) धेरै, अति भन्ने दिइएको छ ( नेपाली बृहत शब्दकोश , प्रज्ञा प्रथम संस्करण, पृ.६५) । साहित्यमा अभिघात भन्नालेशारीरिक तथा मानसिक चोट अथवा आघातले पीडित पात्र-पात्राले गरेका बयान र तिनमा आधारित आख्यानलाई बुझिन्छ । यो अति पीडादायक अनुभूति हो । हिस्टेरिया, सिजोफ्रेनिया, हाइपरटेन्सन, आत्मविस्मृति, बहुलापन, अनिद्रा जस्ता अनेकौं रोग अभिघातभित्र पर्छन् । वर्तमान समाजले हिंसाका विभिन्न प्रकृति झन धेरै खप्नु परिरहेकाले यसको दु:ख झन बढेको छ । यसलाई एउटा यस्तो आँधीसँग तुलना गरिएको छ, जुन हाम्रो अस्तित्वको मुटुसम्म पसिसक्यो । आज अनेकौं समस्याले एउटै चोटमा लडाउन थालेका छन्—त्यो हो ट्रौमा अर्थात् ट्रौमा भोग्नुका पछि सयौं कारण बढदै गएका छन्, झनझन असुरक्षित हुँदैछ, विभिन्न खालका शब्द थपिंदै छन् । तीमध्ये एउटा प्रबल कारण हो- युद्ध । जीवनमा मृत्यु, बलात्कार, विनाश, अपहरण आदि संकटका स्थितिमा असहनीय पीडाको बोध गरी मान्छे अभिघातग्रस्त बन्छ । पाश्चात्य साहित्यको सिर्जना र समालोचनामा समय समयमा विविध प्रकारका अवधारणा, वाद, सिद्धान्त र पद्धतिहरू प्रचलनमा आएका छन्, तिनमा अभिघात सिद्धान्त पनि एक हो। यो कुनै एकजना सिद्धान्तकारले प्रवर्तन गरेको सिद्धान्त होइन। यसलाई सैद्धान्तिक रूपमा स्थापना गर्नुमा डेमिनिक लाकाप्रा, केथी कारुथ, अविसायी मार्गलिट, सोसना फेलम्यान, जेफ्री हार्टम्यान, जेफ्री अलेक्जेन्डर, पौल डिम्यान, पिलिस मिलर, वीना दास आदि धेरै चिन्तक र सिद्धान्तकारहरूको योगदान रहेको छ। उसैगरि अभिघात सिद्धान्तलाई उत्तरआधुनिक दृष्टि दिनुमा डेरिडा र येल स्कुल को ठूलो भूमिका छ। यो वर्तमान अध्ययन र अनुसन्धानको एक स्थापित विषय बनेको छ । विश्वका धेरैजसो विश्वविद्यालयमा यसको पठनपाठन हुन्छ। नेपाली साहित्यको सन्दर्भमा भन्नुपर्दा डा. गोविन्दराज भट्टराईले उनका ‘काव्यिक आन्दोलनको परिचय (वि.स. २०४९) र ‘उत्तरआधुनिक विमर्श’ (२०६४) मा युद्ध साहित्य र अभिघात सिद्धान्तका बारेमा विस्तृत चर्चा गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा पनि अभिघात विषय अन्तर्भूक्त भएको छ। डा.शान्तिमाया गिरीले अभिघात विषयमा विद्यावारिधि गरेकी छन्। ‘आधुनिक नेपाली कथामा अभिघात’, डा. गिरीको समालोचनात्मक ग्रन्थ हो। यस शोधग्रन्थमा गिरीले वि.स. २०५० देखि २०७० सम्मका नेपाली कथाहरूलाई अभिघात सिद्धान्तको आधारमा विश्लेषण र मूल्याङ्कन गरेकी छऩ। अभिघात सिद्धान्त सिर्जना र समालोचना दुवै हो। अभिघात सिद्धान्तको प्रमुख उद्देश्य हो- अभिघातसँग जोडिएका कुरालाई अभिव्यक्ति दिने साहित्यिक कृतिलाई यसै सिद्धान्तको आधारमा अध्ययन, विवेचन र मूल्याङ्कन गर्नु। भय अथवा आतङ्कबाट उत्पन्न हुने शारीरिक एवं मानसिक विचलनका अनेक स्थिति साहित्य सिर्जनामा समेटिएका हुन्छन् । यो एकप्रकार पक्षाघातको, विचलनको, असन्तुलनको, विस्मृतिको स्थितिमा पुग्ने अवस्था हो । यस्तो स्थितिमा पुगेका पात्रबारे लेखिएका साहित्य सिर्जना निकै चर्चित र जनप्रिय हुन्थालेको छ । यस किसिमको विशेष सिर्जनालाई मुल्याङ्कन गर्न अभिघात सिद्धान्तको प्रयोग हुन् थालेको छ । यसरी नै साहित्यमा अभिघात सिद्धान्तको स्थापना भएको हो । अभिघात उपन्यास पदावलीले कुनै त्यस्तो आख्यान कृतिलाई बुझाउँछ जसमा व्यैयक्तिक अथवा सामुहिक रूपमा बिस्तारै क्षति बेहोर्नु परेको कुरा छ। अभिघात उपन्यासलाई परिभाषित गर्ने विशेषता व्यक्तिको भयङ्कर अनुभूतिजन्य कायाकल्प हो जसको स्मृतिले उसलाई आफू तथा दुनियाँको बारेमा नयाँ अनुभूति दिन्छ। भोक्ताको अत्यधिक प्रतिक्रियालाई प्रकाशमा ल्याउने बाह्यिक घटक प्राकृतिक दूर्योग, युद्ध अथवा सुनामी नै हुनुपर्छ भन्ने छैऩ। यो युद्धको त्रासदी नेपाली साहित्यमा पनि धेरै मात्रामा पाइन्छ। उत्तर पूर्वाञ्चल भारतीय-नेपाली साहित्यको शुरुवात नै युद्ध साहित्यबाट भएको छ। सन् १८९३ मा प्रकाशित तुलाचन आले को मणिपुरको धावाको सवाई युद्ध साहित्य हो। युद्ध अभिघातको कारक हुनाले भलै पश्चिमेली सिद्धान्तकारहरूले अभिघातलाई दोस्रो विश्वयुद्ध पछिको भनून्, प्रकृतार्थमा युद्ध साहित्य पनि युद्ध जति नै पुरानो हो। रामाय़ण, महाभारत, इलियाड, ओडिसी आदि प्राचीन ग्रन्थहरूमा युद्धकै वर्णन पाइन्छ । पाश्चात्य युद्ध साहित्य अभिघातले भरिएको छ। यसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ। लीलबहादुर क्षेत्रीको उपन्यास ब्रह्मपुत्रको छेउछाउ ,पारिजातको शिरीषको फूल , गोविन्दराज भट्टराईको उपन्यास सुकरातका पाइला , महेशविक्रम शाहको छापामारको छोरो (कथा संग्रह) र अरू धेरै आधुनिक नेपाली साहित्य कृतिहरूलाई अभिघात सिद्धान्तका आधारमा अध्ययन गरेर पुनर्मुल्याङ्कन गर्न सकिन्छ । दोस्रो विश्वयुद्धपछि अब युद्ध हुनेछैन भन्ने ठानेका थिए, तर युद्ध समाप्त भएन। त्यसपछि पनि धेरैवटा युद्छ भए। आज पनि कतिपय युद्धोन्माद देशहरू डुक्रिन छोडेका छैनन् । नागासाकि-हिरोसिमामा एटम बमले तर्साएको मान्छे आजसम्म बौरिन सकेको छैन। अहिले त झन न्युक्लियर शक्तिसम्पन्न देश धेरै छन्। कतिले त बायोलोजिकल वारफेयरको पनि डर देखाउँदै छन्। हिजोआज कोरोना भाइरसले अमेरिका, युरोपलगायत सारा विश्वमा महामारीको रूप लिएको छ। के यो कोभिड १९ भाइरस मानव निर्मित बायोलोजिकल हतियार हो ? प्रश्न उठेको छ। अब लडिने युद्धमा सायद बारुदको गन्ध आउने छैन। खुकुरी, बन्दुकजस्ता हतियार काममा आउने छैनन् । अब सिर्जना हुने अभिघात साहित्यले समकालीनतालाई पक्रेर अघि बढ्ने छ। गुलाफको फूलमा अहिले किन बारुदको गन्ध आउँछ अङ्कमालमा मुटु किन बोल्दछ बमको आवाजझैं किन हरेक झ्याङझ्याङबाट चितुवा लुकेझैं शङ्का चिहाउँछ। (विजय मल्ल) असमका कवि हरिभक्त कटुवालका निबन्ध र कवितामा पनि गोर्खा जातिले भोग्नुपरेको युद्धजनित अभिघातका कुरा पाइन्छन् । उनी लेख्छन्- बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लन पनि जगजगी आँखा उघार्न पनि जगजगी । (हरिभक्त कटुवाल) १६ दिसम्बर, २०१२ का राति दक्षिण दिल्लीमा एउटी मेडिकेलकी छात्रालाई छजना नराधमहरूले चलन्त बसमा बलात्कार गरी मृतप्राय: अवस्थामा गाडीबाट झारेर फरार भएका थिए। निर्भया नाम गरेकी ती युवतीलाई थाइलेण्ड लगियो तर उनले दम तोडिन। यस घटनाले सारा देशमा सन्सनी फैलियो। २०-०३-२०२० का दिन चारजना कुख्यात अपराधीलाई तिहार जेलमा मृत्युदण्ड दिइयो। ‘मी टु’ आन्दोलन पनि नारीमाथि यौन शोषणको विरुद्धमा उठेको आन्दोलन हो। समाजका विभिन्न क्षेत्रका दिग्गजहरूको यसले मखुण्डो खोलिदियो। मान्छे किन यत्ति निष्ठूर हुन्छ ? के मनोविश्लेषणले व्याख्य़ा गर्न सक्छन् ? अभिघातले व्यक्तिले भोगेका सबै आघातदेखि लिएर सामाजिक जीवनलाई समेत समेटेको छ। वर्तमान समाजमा हिंसाका प्रकृति झन जटिल, झन क्रूर र झन विस्तारित हुँदै छन्। ट्रौमा वा अभितलाई यस्तो आँधीसँग तुलना गर्न सकिन्छ, जसले व्यक्तिको अस्तित्वलाई मेटिदिन्छ। अभिघात भोग्नुका अनेकौँ कारण हुन्सक्छन् । सिद्धान्तकारहरूको अध्ययनमा उत्पत्तिका आधारमा अभिघातलाई प्राकृतिक र मानवनिर्मित यी दुई भागमा राखिएको छ भने यसले असर गरेका क्षेत्र अनुसार (क) शारीरिक अभिघात (ख) मनोवैज्ञानिक अभिघात र (ग) लैङ्गिक अभिघात गरी तीन प्रकारका अभिघातमा वर्गीकृत गर्न सकिन्छ। साहित्यमा अभिघात सिद्धान्त किन चाहियो? भन्ने प्रश्न आउन सक्छ। यसको कारण, यतिखेर पहिलेका साहित्य सिद्धान्तहरूको पुनर्मूल्याङ्कन हुँदैछ, नयाँ सिद्धान्त थपिँदै छन्। यो नयाँ समय अनुकूलको दिशा परिवर्तन हो। कतिले उत्तरआधुनिकतासँग शून्यवाद जोड्न चाहन्छन्। मानवीय मूल्यबोधलाई अक्षुण्ण राख्ने उद्देश्यले अभिघात सिद्धान्त आएको छ। अर्को कुरा, अभिघात सिद्धान्तले अनेक किसिमका दु:ख, पीर, मनोघातका अभिलक्षण र तिनका कारक तत्वहरू पत्ता लगाउन सजिलो हुन्छ। यसले फ्रायडीय मनोविज्ञानभन्दा माथि उक्लेर आघातपश्चात् उत्पन्न भएका पीडा र मनोरोगको पत्ता लगाउँछ अनि निराकरणको उपाय निकाल्छ। अभिघात सिद्धान्तका प्रवर्तक तथा व्य़ाख्याताहरूमा केही शोधकर्ताहरूको संक्षिप्त परिचय- केथी कारुथ (Cathy Caruth): येल विश्वविद्यालयबाट डक्टरेट गरेकी केथी कारुथ(१९५५) कर्ऩवेल विश्वविद्यालयकी अंग्रेजी र तुलनामूलक साहित्य विषयकी प्रोफेसर हुन्। साहित्य, मनोविश्लेषण र अभिघात उनका अध्ययनका विषय हुन्। आनक्लेइम्ड एक्सपिरियेन्स भन्ने पुस्तकमा केथीले इतिहास, आख्यान र अभिघातका कुरालाई नयाँ दृष्टिले अध्ययन गरेकी छन्। लिट्रेचर इन द एशेस अफ हिस्ट्री, लिस्निङ् टु ट्रौमा, ट्रौमा एक्सप्लोरेसन्स इन मेमोरी उनका महत्वपूर्ण ग्रन्थ हुन्। सोसना फेलम्यान (ShoshanaFelman): १९४२ मा अमेरिकामा जन्मेकी सोसोना फेलम्यान साहित्य समालोचक र सिद्धान्तकार हुन्। फ्रान्सको इमोरी विश्वविद्य़ालयमा प्राध्यापकका पदबाट उनले सेवावकाश लिइन् । अभिघात र मनोविश्लेषण विषयमा गहिरो अध्ययन गरेर फेलम्यानले गवेषणात्यक ग्रन्थ लेखिकी छन्। उनका प्रकाशित ग्रन्थहरूमा द क्लेम्स अफ लिट्रेचर, ह्वाट डज अ विम्यान वान्ट, राइटिभ एण्ड म्याडनेस, द जुरिडिकल आनकन्सस आदि उनका उल्लेखनीय ग्रन्थ हुन्। जेफ्री हार्टम्यान (Geoffrey Hartman): जेफ्री हार्टम्यान (१९२९-२०१६) को जन्म जर्मनीको फ्रेङ्कफुर्टमा भएको हो। यहुदी हुनाले नाजीहरूको उत्पीडनमा परेर भाग्दै बाल्यकालमै बेलायत गए, त्यहाँबाट फेरि अमेरिका पुगे। उऩले युद्धमैदानबाट कुनैसुरत उम्किएका र अधमरो भएर बाँच्नेहरूको अनुभवको आधारमा अभिघातको व्याख्या गरेका छन्। येल विश्वविद्यालयमा प्रोफेसर रहेका हार्टम्यान साहित्यका समालोचक र सिद्धान्तकार हुन्। अभिघात सिद्दान्तका उनी एकजना चिन्तक र व्याख्याता हुन्। द लङ्गेस्ट सेडो, क्रिटिसिज्म इन द वाइल्डरनेस, रोमान्टिसिज्म आफ्टार होलोकास्ट उनका चर्चित ग्रन्थ हुन्। हार्टम्यानले समालोचना पनि सिर्जना जस्तै कला हो भनेका छन् । प्रस्तुत लेखमा क्षेत्रीको भारतीय साहित्य अकादेमीबाट सन्१९८७ मापुरस्कृत उपन्यास ‘ ब्रह्मपुत्रका छेउछाउ’ लाई अभिघात सिद्धान्तका आधारमा अध्ययन गर्ने प्रयास गरिएको छ। लीलबहादुर क्षेत्री नेपाली आख्यान-साहित्यका अग्रपंक्तिका सर्जक हुन् । सन्१९३३ को १ मार्चका दिन गुवाहाटीको पुलिस रिजर्भमा जन्मेका क्षेत्रीका पिता प्रेमबहादुर क्षेत्री पुलिस विभागमा डी.एस.पी.को पदसम्म जागीर खाएका रवाफिला व्यक्ति थिए भने आमा पवित्रादेवी धार्मिक प्रवृत्तिकी नारी थिइन् । क्षेत्रीले अर्थशास्त्रमा एम.ए गरेर गुवाहाटीको आर्यपीठ कलेजमा १९६२ देखि १९९४ सम्म प्राध्यापकका रूपमा सेवादान गरे । बसाइँ, अतृप्त,ब्रह्मपुत्रका छेउछाउ, प्रतिध्वनिहरू विस्मृति काक्षेत्रीका बहुचर्चित उपन्यास हुन्।भारतीय वाङमयको सेवामा आजीवन समर्पित रहेका क्षेत्रीलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गर्ने निश्चय गरेको छ। ‘ ब्रह्मपुत्रका छेउछाउ’ असमको पृष्ठभूमिमा रचिएको सामाजिक यथार्थवादी उपन्यास हो । गुमाने, मालती, केशव काकती, श्रीमती काकती, मानवीर, जुरेली, डायरी महाजन, हरेन, टोपे, सुब्बा, हेडमास्टर सूर्यप्रसाद, डा. बैश्य आदि यस उपन्यासका पात्र-पात्रा हुन् ।आख्यानमा मूलत पात्र पात्राहरूको माध्यमबाट नै अभिघात प्रकाशमा आउँछ। तसर्थ अभिघात बेहोरेका पात्रहरूको अध्ययन गरी कारक तत्व फेला पार्नु अभिघात सिद्धान्तको उद्देश्य हो। गुमानेको अभिघात : गुमानसिं उर्फ गुमाने ‘ ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासको मुख्य पात्र र नायक हो । ऊ मानवीर र जुरेलीको छोरो, कलिलो उमेरमा नै टुहुरो भयो । डायरी महाजनले उसलाई गोठालो बनाउन चाहेको थियो । काकती बाबूले उसलाई आफ्नो घरमा लग्छ, तर उसकी स्वास्नीले गुमानेलाई गोठालाको छोरो भनेर हेप्छे, मूल घरभित्र पस्नमा वारण गर्छे । काकतीको अलिकति दया र अलिकति माया पाउँछ, तर काकतीकी स्वास्नीको कचकच र गाली सहेर बस्नुपरेको छ । काकतीको छोरो हरेनले उसलाई शत्रु ठान्छ र एक्कासी हमला गर्छ । मालतीले माया गरे पनि ऊ आफूलाई एक्लो ठान्छ । ‘मेरा बाबु छैनन्, आमा छैनन्, आफन्त भन्ने कोही छैनन् । मेरो दयनीय अवस्थामा कसैले सहानुभूति पोख्लान्, तर माया गर्ने कोही छैन ।”,ऊ यसरी आफ्नो दुखेसो पोख्छ । काकतीकी छोरी मालतीसँग उसको प्रेम हुन्छ, तर उसको प्रेमको परिणति विवाहसम्म नपुगी विच्छेदमा टुङ्गिन्छ । ऊ हीनमन्यताको भावनाले ग्रस्त छ, त्यसैले मालतीको विवाहको प्रस्तावलाई चाहेर पनि स्वीकार गर्ने आँट गर्न सक्तैन । परिस्थिति अनुकूल नहुनाले ऊ मालतीसँग विदा भएर सहरतिर लाग्छ । डायरी महाजनका पञ्जाबाट गौचरण भूमि उद्धार अभियानमा ऊ सफल हुन् सकेन । वनविभागले बाढीको चपेटमा परेका निमुखा गाउँलेहरूलाई उच्छेद गरेको कार्यको विरोध गर्दा ऊ थुनामा पर्छ । राजनीतिमा पसेर उसले समाजसेवा गर्न चाहेको थियो । यसमा पनि ऊ षडयंत्रको जाल रचिनाले सफल हुन् सकेन । यसरी पाइलैपिच्छे असफल हुनाले अभिघात बेहोर्छ । युद्धमा गोली लाग्नाले उसको सग्लो अनुहार बिकृत र डरलाग्दो भएको, सानैमा टुहुरो भएको, प्रेमिकाबाट पनि बिछोडिनु परेको, एक्लो जीवन बिताउन बाध्य भएको गुमानेको जीवन अभिघातग्रस्त छ । मालतीको अभिघात : मालती ‘ ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासकी प्रमुख नारीपात्र तथा नायिका हो । ऊ गुमानेलाई प्रेम गर्छे । मालती गुमानेसँग सल्केकी छ भन्ने कुरा गाउँमा फैलिएको हुदाँ, त्यो परिस्थितिबाट छुटकारा पाउन गुमाने गाउँ छोडेर अन्तै जान्छ । यता मालतीको बिहेको तरखर हुन्थाल्छ । मालती भने गुमानेको प्रतीक्षामा बौलाहीजस्ती हुन्छे । उसको मानसिक सन्तुलन खल्बलिएको छ । हृदयको व्यथा लुकाउने प्रयास गर्छे, तर असफल हुन्छे । एकजना डाक्टरसँग मालतीको बिहे हुन्छ । बिहेका केही दिनपछि डाक्टर पतिले उसको यौनक्षुधा जागृत पार्छ, तर आफू नपुंसक हुनाले त्यो क्षुधालाई निवारण गर्न असमर्थ भएर अर्कापट्टि फर्केर रुनथाल्छ । नपुंसक भनिने लोकलज्जाबाट छुटकारा पाउने उद्देश्यले मात्र उसले बिहेको नाटक गरेको रहेछ । मानसिक सुखबाट वञ्चित भएकी मालती शारीरिक यौनसुखबाट पनि वञ्चित भई । चुनावमा गुमानेलाई सहयोग गर्छे तर उसैको दाजु हरेनले गुमानेमाथि मारात्मक हमला गरेपछि उसको हताशा चरममा पुग्छ र आत्महत्या गर्छे । यसरी हेर्दा मालतीको जीवन अभिघातग्रस्त देखिन्छ । मानवीर र जुरेलीको अभिघात : मानवीर र जुरेली इतिहासले लखेटेका प्रतिनिधि पात्र हुन् । आफ्नो जन्मभूमिमा गाँस र बासको जोहो गर्न नसकेर भाग्यको अन्वेषणमा अरू सरह यो दम्पति पनि आसाम पसेको हो । बर्म गयो कर्म सँगै भन्ने उखान उनीहरूको जीवनमा फेरि सत्य सावित भयो । नौलो ठाउँमा यिनीहरूले जिउने संग्राम गरे, तर यहाँ पनि शोषणको शिकार बने । जुरेली उपचार नपाएर मरी । उपचार बिना उमेरै नपुगी मृत्युका मुखमा परेकी जुरेलीको अभिघातले मानवीरलाई गाँज्नु स्वाभाविक हो । जुरेलीको मृत्युपछि मानवीर आफू एक्लो भएको अनुभव गर्छ, उसको जिउने इच्छा नै हुँदैन । जुरेलीलाई ऊ बिर्सिन सक्तैन र दु:खी बन्छ । आर्थिकस्थिति बिग्रिएको आघात, विस्थापित हुनुपरेको आघात उसले सहेकै थियो, त्यहीँमाथि मायालु पत्नीको मृत्यको बज्राघात थपिनाले भित्रभित्रै खोक्रिएर मानवीरको पनि मृत्यु हुन्छ । यस उपन्यासमा सुब्बा नामको सहायक पात्र छ । सुब्बा अनपढ र सोझो छ । ऊ डायरी महाजनको गोठालो हो । महाजनले उसको दुई वर्षको कामको ज्याला हडप गरिदिनाले सुब्बा पनि अभिघात बेहोरेको छ । डायरी महाजनजस्ता गरीबका खुनले ढाडिएका शोषक सधैँ भोका हुन्छन् । श्रीमती काकतीको अभिघात : आफ्नै गल्तीले गर्दा श्रीमती काकतीको जीवन अभिघातग्रस्त बन्छ । ऊ आफ्नै जातको गतिलो केटासँग छोरी मालतीको बिहे होस् भन्ने चाहन्छे । उता छोरी भने अर्कै जातको, त्यो पनि आफ्नै घरमा पालेको टुहुरो केटो, नोकर बराबरको गुमानेका प्रेममा पागल भएको चाल पाएर उसको मानसिक शान्ति हराउँछ । पुल्पुल्याएर राखेको छोरो हरेन कुटपीटको मामलाबाट बँच्न घरबाट बेपत्ता हुन्छ । छोराछोरीको सुख नै आफ्नो सुख ठाने पनि छोराले गरेका गल्तीमा आँखा चिम्लनु, बुझकी छोरीको हृदयमा जागेको प्रेमलाई नबुझेर अर्कै पात्र उसको जिन्दगीमाथि थोपरिदिनु जस्ता भुल गर्नाले श्रीमती काकतीको जीवनमा अभिघात पसेको छ । छोरीलाई गुमानेबाट छुटाउन सफल भए पनि छोरीको घर-संसार टुटेको हुनाले उसको रक्तचाप बढ्छ । पारिवारिक अशान्तिका कारण नै श्रीमती काकतीको मृत्यु हुन्छ । उपन्यासमा प्रतिबिम्बित नेपाली जनजीवनमा अभिघात ‘ ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा असमेली जनजीवनको सुन्दर चित्रण पाइन्छ । लीलबहादुर क्षेत्रीले उनको पहिलो उपन्यास बसाइँ मा नेपालको पृष्ठभूमि देखाएका छन् भने तेस्रो उपन्यासमा असमलाई लिएका छन् । उपन्यासकारले ब्रह्मपुत्रका छेउछाउ लाई बसाइँ को परवर्ती पुरक खण्ड भनेका छन् । आफ्नो देश अथवा कुनै ठाउँमा सुख-शान्तिले बसोबास गरिरहेको कोही पनि बसाइँ जान चाहँदैन । अत बसाइँसँग अभिघातको नङमासुको सम्बन्ध हुन्छ । लेखकले वर्णन गरे अनुसार ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा नेपाली जनजीवन समस्यै-समस्याले जेलिएको अभिघातग्रस्त छ । अशिक्षा, अन्धविश्वास, गरिबीले सताएका नेपालीहरू सोझा र सबल्टर्न छन् । वनविभागले सिपाही र हात्ती लगाएर घर भत्काइदिनाले गाउँबासी नेपालीको बिजोक हुन्छ । संगठित नहुनाले त्यस अन्यायको कडा विरोध हुन् सकेन । प्रकृतिका सन्तान निमुखा नेपालीहरूलाई प्रकृतिले पनि साथ नदिएकै देखिन्छ । वर्षेनी आउने बाढी र गडालागीले नेपालीलाई नै सताएको हुन्छ, किनभने खेतिकिसान र गोठ पालेर बस्ने नेपालीहरूको नदीका छेउछाउमा बसोबास हुन्छ । यसरी, चरनभूमिको समस्या, बासको समस्या, आदि अनेकौं समस्या झेल्दै रैथाने असमेली जनगोष्ठीसँग साइनो गाँस्दै असमेली नेपाली जनजीवनमा पनि धेरथोर अभिघातको अभिव्यक्ति पाइन्छ । निष्कर्ष : लीलबहादुर क्षेत्रीको ‘ ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा प्रमुख पात्र गुमाने, मालती र सहायक पात्रहरू- मानवीर, जुरेली तथा श्रीमती काकती साथै परिवेश चित्रणमा अभिघात सिद्धान्तको सुन्दर प्रयोग भएको छ । असमको छाती चिरर बगेका ब्रह्मपुत्र नदीको असमेली जनजीवन र संस्कृतिमा ठूलो महत्व छ । यो असमका लागि वरदान र अभिशाप दुवै बनेको छ । ब्रह्मपुत्र नदी नभएको भए असम मरुभुमि बन्ने थियो र गाँस-बासको आसले कोही पनि यता आउने थिएनन्, अनि यो उपन्यास पनि रचिने थिएन । उपन्यासकार क्षेत्रीका नजरमा ब्रह्मपुत्रको वरदान परेनछ, त्यसैले उनले उपन्यासमा अभिघात मात्र देखाएका छन् । ——————————————————————————————- The term TRAUMA NOVEL refers to a work of fiction that conveys profound loss or intense fear on individual or collective levels. A defining feature of the trauma novel is the transformation of the self ignited by an external, often terrifying experience, which illuminates the process of coming to terms with the dynamics of memory that inform the new perceptions of the self and world. The external event that elicits an extreme response from the protagonist is not necessarily bound to a collective human or natural disaster such as war or tsunamis. सन्दर्भ उत्तरआधुनिक विमर्श— डा. गोविन्दराज भट्टराई, मोडर्न बुक्स, काठमाडौ। काव्यक आन्दोलनको परिचय — डा. गोविन्दराज भट्टराई, साझा प्रकाशन, काठमाडौ। Trends in Literary Trauma Theory: Balaev,Michelle, Mosaic Winnipeg A Reader’s Guide to Contemporary Literary Theories, Raman Seldon et al, Pierson Longman आविष्कार आन्दोलन र मुकुल दाहालका लीलाबोधका कविताहरू: कृति प्रकाशन भएको चार वर्षपछि तेस्रोपल्ट पढिसकेपछि म पनि आइपुगेँ सीमातीत सीमान्तमा । कविताको निकै राम्रै पाठक हुँ लाग्थ्यो आफूलाई, पढ्न सबैभन्दा धेरै रुची लाग्ने पनि कविता नै थियो । तेस्रो आयाम र वैरागी काइँला लेख्नुअघि धेरैपल्ट पढियो, काँइलाका कविता । अनेकतिरबाट बुझ्ने प्रयत्न गरियो तिनलाई । यताबाट बुझ्न खोज्यो, उतातिरबाट फुस्किहाल्थे ती कविताहरू । तर बिस्तारै फकाउँदै, लोभ्याउँदै तिनको कानमा समात्ने प्रयत्न गरेको थिएँ । नेपाली कवितामा यत्तिको धेरै मेहनत गर्ने कविहरू भने थोरै छन् । क्लिष्टता कवितामा कतिको आवश्यक रहन्छ भन्ने विषय जहिले पनि विवाद भित्र नै छ तर लेखिएका कविताको क्लिष्टता पाठकहरूले रमाउँदै स्वीकारिरहेका हुन्छन् । त्यसो त वैरागीका भन्दा पनि ईश्वरबल्ल्भका कवितामा क्लिष्ट बनाउने शक्ति ज्यादा पाइन्छ । भाषाको बुनोट, प्रतीक बिम्बको छनौट, विषयवस्तुको खोज, पाठकको सोच आदि अनेक कारणहरूको आपसी संयोज्यले कवितालाई क्लिष्टता प्रदान गरेको हुन्छ भने पाठकको बौद्धिक क्षमता, विषयवस्तुको स्थानीयता वा सांस्कृतिक निकटता, बिम्ब प्रतीकसँगको परिचय आदि अनेक कारणबाट पाठक कविताको नजिक वा टाडा रहेको हुन्छ । थोरै लेख्ने तर राम्रो लेख्ने कविको नमूनाका लागि कुनै नाम लिनुपर्दा हामीले मुकुलको नाम पनि लिनु पर्छ । प्रारम्भमा कवि टंक दाहालका नामले परिचित उनी पछि गएर मुकुल दाहाल भएको देखिन्छन् । थोरै छन् नेपाली कवितामा क्लिष्टताको खेती गर्ने कविहरू । तर सबै कविताहरूका बीच यी कविताहरू पनि उत्तिकै चर्चा र अध्ययनको सीमाभित्र खोलिरहेका छन् । यस्तै कविहरूको सीमित समाजभित्र समकालीनहरू माझ टड्कारो देखिने कविमा हामी मुकुल दाहाललाई पनि लिने गर्दछौँ । मुकुल दाहाल, दुई दशकदेखि नेपाली कविता विधामा निरन्तर लेखन गरिआइरहेको कवि हुन् । फुटकर रूपमा देखिन्छन् । प्रकाशन गर्न पनि त्यति नहतारिने र गोष्ठी, भेटघाटतिर पनि धेरै समय नफाल्ने, गम्भीर प्रकृतिका, थोरै बोल्ने तर गहिरो अध्ययन र कल्पना क्षमताका धनी उनी, निकै उत्कृष्ठ कविताका सर्जक भने शुरूदेखिकै हुन् । थोरै लेख्ने तर राम्रो लेख्ने कविको नमूनाका लागि कुनै नाम लिनुपर्दा हामीले मुकुलको नाम पनि लिनु पर्छ । प्रारम्भमा कवि टंक दाहालका नामले परिचित उनी पछि गएर मुकुल दाहाल भएको देखिन्छन् । २०४४ सालमा झापाको शनिश्चरेबाट तीन जना कविहरूले कवितामा एक लेखन अभियानको प्रस्ताव गरेका थिए । ‘आविष्कार आन्दोलन’ का नामले प्रस्तावित त्यो अभियानमा कवि पुण्य बराल, अर्जुन बराल र टंक दाहाल थिए । “हामी सडकमा हिँड्दैनौँ, अब सडक हामीमा हिँड्छ । आविष्कार आन्दोलन देखावटी आकृष्टता होइन– अन्तध्र्यान हो । इम्पोसिबललाई पोसिबल बनाउने कायदा होइन, नट पोसिबललाई पोसिबल बनाउने क्रम हो । साहित्य कुनै पनि वादको घेराभित्र निसासिन्छ । हिजोले भोलिलाई नेतृत्व गर्न सक्दैन । E=Mc 2 ले आइन्स्टाइन पत्ता लगायो, Low of gravitation ले न्यूटन पत्ता लगाए जस्तै यस आन्दोलनले हामीलाई आविष्कार गर्न सकेको खण्डमा हामी आफूलाई सफल भएको ठान्ने छौँ ।” यस्तो घोषणाका साथ कविता लेखनमा ओर्लिएका यी तिन कविहरूमध्ये पुण्य बराल, झापा शनिश्चरेस्थित कालिस्थान मा.वि.मा शिक्षकको रूपमा कार्यरत सक्रिय कवि हुन् । कृति प्रकाशन नगरिएको भए पनि पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित भइरहने उनी कवितामा भाषिक र शिल्पगत प्रयोगलाई ज्यादै महत्व दिन्छन् । कृष्ण धराबासी अर्जुन बराल अर्थशास्त्रको विद्यावारिधी भएर विराटनगरमा प्राध्यापन कार्य गरिरहेका र लेखनमा सिथिलता ग्रहणको अवस्थामा छन् । कविताभन्दा कथातिर केही झुकाव राख्ने उनी हिजो आज लेखनमा आफूलाई करिब करिब स्थगित अवस्थामा रहेको देखिन्छन् । यी तीनमध्ये सबैभन्दा कम बोल्ने, कम लेख्ने र शान्त स्वभावका टंक नै मुकुल बनेर सशक्त कविका रूपमा स्थापित हुनपुगेको देखिन्छ । आविष्कार आन्दोलनबारे २०४४ सालमा प्रकाशित भएको चार पृष्ठको उल्लेखित अभिव्यक्तिसहित तीन कविका एक–एक नमूना कविताबाहेक अरू कुनै घोषणा पत्र देखा परेन । त्यत्रो ठूलो सैद्धान्तिक पृष्ठभूमि पनि यसको उल्लेखित भएर आएन तर तीनजना कविहरूलाई अरूभन्दा छुट्टै र पृथक हुने रहर भने राम्ररी जागेको देखिन्छ । तेस्रो आयामका तीन जनाकै जस्तो प्रभाव उनीहरूमा पनि चढेको हुनुपर्छ त्यो नवयुवा कालमा । केही बेग्लै विशिष्ट बन्ने चाहना हरेक व्यक्तिलाई भइरहन्छ नै, त्यसको मूर्त रूप भन्नु आफ्नो भावी यात्राको घोषणा नै हो । भोक कविता आन्दोलनका कविताले पाठकहरूका कानलाई जागा गराइसकेपछि आएका यी कविता सहजै रुचीकर हुनपुगेका थिए । बुझ्न कठिनाइ भए पनि, क्लिष्टताको पक्ष धेरै रहे पनि पाठकीय रुची बढेकै थियो । यो घोषणाले तात्कालीन झापाली कवितायात्रामा निकै चर्चा पाएको थियो । हरेक गोष्ठीमा यी तीन कविहरूले सुनाएका कविताहरू विशेष रूपले सुनिन्थे र चर्चित हुन्थे । निश्चय नै यिनका कवितामा अरूमा भन्दा फरक भाषा, शैली, प्रस्तुति र विषयहरू हुन्थे । भोक कविता आन्दोलनका कविताले पाठकहरूका कानलाई जागा गराइसकेपछि आएका यी कविता सहजै रुचीकर हुनपुगेका थिए । बुझ्न कठिनाइ भए पनि, क्लिष्टताको पक्ष धेरै रहे पनि पाठकीय रुची बढेकै थियो । छोटो समय काम गरेको छ– यस आन्दोलनले । चाँडै नै तीनजना विद्यार्थीहरू अध्ययनका सिलसिलामा तीनतिर छरिन पुगेपछि उनीहरू सामूहिक शक्ति खण्डित हुन पुग्यो । बिस्तारै व्यक्तिगत प्रयत्नहरूतिर संकुचन हुनुपर्ने आम बाध्यता उनीहरूमा पनि देखिन्छ । आविष्कार आन्दोलन के थियो वा के हो को स्पष्ट उत्तर पाउने गरी उनीहरूले प्रस्तावना गरेका थिएनन् । पाँच वाक्यको छोटो अभिव्यक्तिमै आफ्ना कुराहरू सकेका थिए । — हामी सडकमा हिँड्दैनौँ, अब सडक हामीमा हिँड्छ । — आविष्कार आन्दोलन देखावटी आकृष्टता होइन, अन्तध्र्यान हो । — Impossible लाई Possible बनाउने कायदा होइन, Not Possible लाई Possible बनाउने क्रम हो । — साहित्य कुनै पनि वादको घेरा भित्र निसासिन्छ । — हिजोले भोलिलाई नेतृत्व गर्न सक्दैन । यिनै अत्यन्त छोटा पाँच बुँदाहरू आविष्कार आन्दोलनका सूत्र देखिन्थे । विषयलाई वा कुरालाई अत्यन्त संश्लेषण गरी भन्ने उनीहरूको चलन कै यो नमूना मान्नु पर्छ । उनीहरूका कवितामा पाइने भाव संस्लेषण नै यस आन्दोलनको विशिष्टता हो । यिनीहरूका कवितालाई बुझाउने एउटा अर्काे प्राविधिक व्यक्ति जहिलै पनि छेऊमा उभिएको हुनु पर्छ झैं लाग्छ । मलाई लाग्छ– झापाको शनिश्चरेस्थित सरकारी विद्यालयमा पढ्दै गरेका यी विद्यार्थीहरूले सम्भवत डेरिडाको नाम पनि सुनेका थिएनन् । विश्वविद्यालयले नै डेरिडाको नाम सुन्न थालेको त्यति धेरै भए जस्तो लाग्दैन । चलिआएको मान्यता र विश्वासलाई भत्काउने चेष्टा थियो उनीहरूको, सरदर २० वर्ष उमेरका उनीहरूको त्यस बेलाको बौद्धिकता र मानसिकतामा त्यत्रो ठूलो बाध्य प्रभाव परेको देखिदैन । माध्यमिक विद्यालयको विद्यार्थी रहेकै बेला थियो त्यो । तर आज आएर उनीहरूको त्यो घोषणालाई हेर्दा यसमा पश्चिमी उत्तरआधुनिक शैली डेरिडाको विनिर्माणवादको प्रभाव पो थियो कि भन्ने देख्न सकिन्छ । तर मलाई लाग्छ– झापाको शनिश्चरेस्थित सरकारी विद्यालयमा पढ्दै गरेका यी विद्यार्थीहरूले सम्भवत डेरिडाको नाम पनि सुनेका थिएनन् । विश्वविद्यालयले नै डेरिडाको नाम सुन्न थालेको त्यति धेरै भए जस्तो लाग्दैन । जे होस्, परम्पराका विरूद्ध जुनसुकै युगमा, जुनसुकै पुस्तालाई पनि केही गर्न मन लाग्छ । नयाँ हुन र आफ्नै खाले युग बनाउन चलिआएकोबाट नयाँ देखिन रहर हुन्छ नै । त्यस्तै रहरका बीच उनीहरूले जे भने, त्यो अत्यन्त सान्दर्भिक र समकालीन विचार नै देखिन्छ आज आएर हेर्दा । – हामी सडकमा हिँड्दैनौँ, अब सडक हामीमा हिँड्छ । विषयलाई उल्टाइएको छ । हामी सधैँ सडकमा हिँडिरहेको ठान्थ्यौँ तर अब हामी सडकमा होइन, सडक हामीमा हिँड्न थालेको छ, अर्थात् अब हामी आफ्नो बुद्धि र निर्णयमा छैनौँ, हामी हाम्रो दृष्टिकोण र चेतको स्वअर्थमा पनि छैनौँ, हामी अब आफ्नो बुद्धिमाथि अर्काको भारी थपेर हिँड्न थालेका छौँ । अरूका विश्वास, विश्लेषण र व्याख्याहरूलाई बोकेर हिँड्न थालेका छौँ । आफ्ना कुरालाई कतै थन्क्याएर अरूको भारी बोक्न रमाउन थालेका छौँ । सडकलाई टेकेर त्यसमाथि शासन गर्ने हामी, अब सडक नै हामीलाई टेक्न थालेको छ । हामीले टेकिरहेको भनिएकोले नै हामीलाई टेकिसकेको रहेछ । यो चेतना उनीहरूमा आज भन्दा दुई दशकअघि नै आएको देखिन्छ । अरूको भारी बोक्न बाध्य भएको मानसिकतासँग जुध्ने तागतको खोजी उनीहरूको देखिन्छ । त्यसैले भन्छन्– Impossible लाई Possible बनाउने कायदा होइन, Not Impossible लाई Impossible बनाउने क्रम हो । अर्थात् असम्भवलाई सम्भव बनाउने यात्रा थिएन उनीहरूको, सम्भव छैन लाई सम्भव बनाउने लडाइँ थियो यो । सडक भन्नाले अरूहरूले निकै मेहनत गरी सबैको सुगमताका निम्ति बनाएको बाटो हो, जसमाथि टेकेर हामी कुनै तोकिएको ठाउँमा पुग्न सक्छौँ, सिद्धान्तहरू, वादहरू पनि त्यस्तै सडकहरू हुन जसमा रहेर, स्वीकार गरेर आफ्नो सोच्ने शैली र वस्तुलाई हेर्ने दृष्टि नै त्यसै अनुकूल बनाइरहेका हुन्छौँ । र सबैभन्दा महत्वपूर्ण कुरा गरेका थिए त्यसबेला उनीहरूले– ‘साहित्य कुनै पनि वादको घेराभित्र निसासिन्छ ।’ अर्थात् साहित्य कुनै एउटा सैद्धान्तिक दृष्टिकोणको व्याख्याको साधन बन्नु हुँदैन, त्यो मुक्त र स्वतन्त्र हुनपर्छ, त्यसले प्रत्येक सत्यको लेखन गर्न निर्विध्न मार्ग पाउनुपर्छ । वास्तवमै यो महत्वपूर्ण भनाइ थियो । कुनै पनि सिद्धान्तको व्याख्याको माध्यम साहित्य हुनासाथ त्यसले वास्तविकतालाई छोपिरहेको हुन्छ– सडक हामीमाथि हिँडिरहेको हुन्छ । सडकलाई हामीले स्वीकार गरिरहेका हुन्छौँ । सडक भन्नाले अरूहरूले निकै मेहनत गरी सबैको सुगमताका निम्ति बनाएको बाटो हो, जसमाथि टेकेर हामी कुनै तोकिएको ठाउँमा पुग्न सक्छौँ, सिद्धान्तहरू, वादहरू पनि त्यस्तै सडकहरू हुन जसमा रहेर, स्वीकार गरेर आफ्नो सोच्ने शैली र वस्तुलाई हेर्ने दृष्टि नै त्यसै अनुकूल बनाइरहेका हुन्छौँ । जब हामी कुनै पूर्वस्थापित मान्यताको बौद्धिक दासता स्वीकार गर्छौँ, हामी भित्रको स्वत्वको उत्थान नै हुन सक्दैन । अब हामी आयौं’ भनेर भनेका थिए तर निकै तलसम्म बग्दै आउँदा नदीको किनारमा बालुवा सुतेझैं सुत्दै गए साथीहरू, टंक अर्थात् मुकुल दाहालमात्र यहाँसम्म आइपुगेका छन् । यी कविहरूले पूर्वस्थापित मान्यताहरूका विरूद्धमा नयाँ आवाजको शंखघोष गरेका थिए । ‘अब हामी आयौं’ भनेर भनेका थिए तर निकै तलसम्म बग्दै आउँदा नदीको किनारमा बालुवा सुतेझैं सुत्दै गए साथीहरू, टंक अर्थात् मुकुल दाहालमात्र यहाँसम्म आइपुगेका छन् । सिर्जनशील अराजकताले आज भनिरहेको कुरा त्यति बेलै यी आविष्कार आन्दोलन गर्नेहरू वा धरानको अर्काे जमात र नवीन जुब्वा, रमेश के.सी. र टंक के.सीहरूले भन्न खोजेको देखिन्छ । तर सिर्जनशील अराजकताको जस्तो स्पष्ट रूपमा दृष्टिकोणको व्याख्या वा पं्रस्ताव यिनीहरूले गर्न सकेका थिएनन् । टंक (मुकुल) दाहालको पहिलो प्रकाशित कविता नै त्यही थियो जुन घोषणा पत्रमा प्रकाशित छ । पहिलो भएरै पनि प्रयोगको विचित्रता बोकेको त्यस कविताले मुकुललाई भविष्यको राम्रो कविको संकेत भने दिएकै हो । सतहमा भुइँचालो आएको छ शीर्षकको मुकुलको प्रथम प्रकाशित कविता थियो— आकाशको छतबाट हाम फाल्दै गरेका ताराहरू आँखाबाट वर्लदैं हुन्छन् ऊ, मन भाँच्चिए पनि पहाड उक्लन्छ खै, दृष्टि टोकिरहन्छ । भित्तो क्यालेन्डरमा झुण्डिएको छ साम्साम् सुम्सुम पैताला टेकेर हिंडेको बाटो एक बोहोता रक्सी बेचिरहेछ ! मान्छेका उडात् यी हावाहरू भरी ‘ब्ल्याक डग’ दौडिरहेछन् आँद्यीका उपज यी नीला बल्दै गरेका मैनबत्तीहरू घामको अभिनय हुन् गोलाद्र्धका दुर्ह छेऊ माइनस डिग्री तापिरहेको थर्मामिटर सूर्यको सतह चढ्न सकेको छैन उफ् ऊ तरवारको सन्तान आगोको बारीमा सपना टिप्छ रित्तोबाट उगे लिएका सम्पन्नताहरू सायद चिसोबाट लिइएका ‘ब्याइलिङ पोइन्ट’ हरू हुन् शताब्दिलाई कथाले टोक्छ कथा शताब्दिबाट भाग्छ धेरै हुनुमा थोरै खाएका ‘डेट’ हरू शुन्यमा ओसार्न थाल्छन् । बुद्धको आँशु गान्धीमा मिसिइनै रहन्छ सीमाना चोरेर भुगोलिदैं आएका मानचित्रहरू, उफ् कति नअघाएका ? यी आक्रोशका भिडहरूमा दर्गुदै गरेका थकाइहरू माथि माथिबाट निम्तो फार्डहरू फ्याँकिरहेछन् लौरो टेक्दै हिंडेका बुढ्यौलीहरू रित्तो बोतलबाट तिर्खा खन्याउँदैछन् समयले धनुमा हाँदो चढाउन लाग्दा फेरि कोक्रो हल्लिएको छ त्यसो होइन भने, ए कोलाहलहरू हो ! पक्कै सतहमा भुइचालो आएको छ । यसरी पहिलो कविता नै प्रयोगको नमूनाका रूपमा लिएर आएका कवि मुकुल दाहालले धेरै बाक्लै कविताहरू लेखेनन् । थोरै लेख्ने र गम्भीर लेख्ने उनको स्वभावनुसार नै भएका छन् कविताहरू पनि । पहिलो कविता प्रकाशित भएको १६ वर्षपछि २०६० सालमा उनको प्रथम संग्रहका रूपमा आएको छ ‘सीमातीत् सीमान्त’ । कृतिको नामले नै कुनै खासकुरा भन्न खोजेझैँ लाग्छ । अर्थात् असिमितताभित्र पनि सीमाको खोजी, जुन कुराको सीमा नै छैन त्यसको सीमाको पनि खोज गरिएको सन्दर्भ कृतिको शीर्षकले बोल्न चाहन्छ । यस कवितामा ‘सडकले घ्याम्पाभरी रक्सी बेचिरहेको’ कथ्य लेखिएको छ । सडकमा जताततै रक्सी लागेका मानिसहरू हिँडिरहन्छन् र रक्सी बेच्ने बार, भट्टी र खुद्रा पसलहरू अनगिन्ती छन् र औंल्याएर केही भन्न नसकिने स्थितिमा यस्तो कवितांश सटिक देखिन्छ । मुकुल दाहालको यो पहिलो कविता कृति बजारमा आउनासाथ पाठकहरूबीच यसको उच्च मूल्यांकन भयो । वाणी प्रकाशन विराटनगरले ‘वाणी पुरस्कार’ दिएर सम्मानसमेत ग¥यो । ७२ पृष्ठमा अटाएका ४६ कविताले तिनको आकारलाई बुझाउँछन् । अभि सुवेदी र शैलेन्द्र साकारले कविताबारे राखेका दृष्टिकोणहरू यिनलाई बुझ्न सजिलो बनेका छन् । प्रचलित शब्दावली प्रयोग गर्ने भए टंकका यी दुर्वाेध्य कविताहरू हुन् । यिनलाई बुझ्न सजिलो पार्न शैलेन्द्र साकारले निकै मेहनत गर्नुभएको छ । साकार भन्नुहुन्छ— – वि.सं. २०४४ मा नै लेखिएको ‘सतहमा भुइँचालो आएको छ’ कविता पढ्दा मलाई मुकुलमा यस्तो नवीन बहुआयामिक चेत धेरै पहिले नै आइसकेको आभाष पाएँ । मलाई लाग्छ, यो नै उनको सर्वप्रथम प्रकाशित कविता हो । यस कवितामा ‘सडकले घ्याम्पाभरी रक्सी बेचिरहेको’ कथ्य लेखिएको छ । सडकमा जताततै रक्सी लागेका मानिसहरू हिँडिरहन्छन् र रक्सी बेच्ने बार, भट्टी र खुद्रा पसलहरू अनगिन्ती छन् र औंल्याएर केही भन्न नसकिने स्थितिमा यस्तो कवितांश सटिक देखिन्छ । पहिलो संग्रह भए पनि यो उनको कविताले लेखन (२०४०) को प्रारम्भपछि २० वर्षसम्म खारिएर निस्किएको हुनाले कविताहरू परिस्कृत र गम्भीर छन् । पूर्ण वयस्क यी कविताहरू कुनै कुरा भन्न पटक्कै नहिच्किचाउने र समर्थ देखिन्छन् । पढ्दै गर्दा बेलाबेला पाठकलाई नै भ्रम उत्पन्न गर्न सक्ने यी कवितामा लीलाका झलकहरू जतासुकै पाइन्छ । वास्तवमा लीला लेखनको निकै राम्रो प्रयोग मुकुलका कवितामा हुन खोजेको देखिन्छ । साकारले आफ्नो भूमिकामा भन्नुभएको छ – — ‘उनी कविताको क्षेत्रमा २०४० सालदेखि लागेका हुन् । कविता लेख्न थालेको ४ वर्षपछि नै शनिश्चरे झापामा चलेको ‘अविष्कार’ नामक साहित्यिक आन्दोलनको घोषणा गर्ने मध्येका एक थिए । त्यो सगर्व घोषित ‘आविष्कार’ नामक प्रकाशित शब्द आन्दोलनमा पुण्य बराल, अर्जुन बराल र उनको कविता संकलन गरिएको छ । यस आन्दोलनले मुक्त कविताको खोजी गर्दै ‘कविता वादको घेराभित्र निसासिन्छ’ जस्तो उद्घोषणा गरेका थिए । नयाँ रूपविधान र शैलीको आविष्कार गर्नुलाई अभिष्ट मान्ने त्यो आन्दोलन आफ्नो लागि सदा प्रेरणास्पद रहेको कुरा उनी गर्छन् । त्यसलाई आफ्नो उर्जा मान्ने मुकुल पछिल्ला दिनहरूमा आफ्नो साहित्यिक विचार कथ्य कायाकल्प र लीलालेखनबाट समेत प्रभावित भएको कुरा स्वीकार्छन् ।’ नेपाली साहित्यका विभिन्न विधाका क्षेत्रमा पछिल्लो कालमा आएको शक्तिशाली लेखन प्रविधि लीलालेखनमा कविता विधा आख्यानका तुलनामा धेरै पछाडि छ । प्रवृत्ति र लेखन दुवै अफ्ठयारो रहेको लीलालाई कवितामा पु¥याउन सजिलो छैन, तर त्यस्तो काममा पनि मुकुलले आँट गरेको देखिन्छ । वास्तवमा उनको कविताकृतिमा लीलाका चेत र बोधहरू अनेक देखिन्छन् । लेखन शिल्प पनि नयाँ प्रविधिमा छ । पाठकलाई पढ्दापढ्दै अनेकप्रकारका रिङ्गहरू एउटै कवितामा प्राप्त हुनथाल्छ । कृतिको शीर्षक आफैँमा एउटा कविता छ— ‘सीमातीत सीमान्त । ’ सीमाको पनि अन्तिम बिन्दु, जहाँदेखि उता केही छैन, त्यसको पनि अन्त । अर्थात् अन्तको पनि अन्त भन्ने व्यापक अर्थ बोधबाट शुरू गरिएका छन् कविताहरू । शब्दहरू गाह्रा अफ्ठयारा छैनन्, तर यिनको भाव रचना भने कठिन लाग्छन् । कठिन हुनु मुकुलका कविताको विशेषता होइन, बरू ती कविताले भन्न खोजेको भावको तहसम्म पुग्नु पाठकीय कठिनाइ देख्छु म । यी कवितामा समकालीन नेपाली कविताका परम्परा जस्ता बनिसकेका विम्ब र प्रतीकहरू छैनन् । अत्यन्त संस्लेष्य छन् कविताहरू । छोटा वाक्य, खाँदिएको भाव र व्याख्याको छुट्टै प्रयोजन रहेका यी कविताहरू सरलताको आग्रह गर्ने पाठकहरूका निम्ति दुुर्बाेध्य नै भन्नुपर्छ । त्यसो त मोहन कोइरालाको कविता पनि परम्परा बनिसकेको नेपाली काव्य यात्रामा यी कविताहरूलाई अतिसय दुर्बाेध्य त भन्न कहाँ पाइएला र ? तर पढ्दापढ्दै आफैं फरक फुक्दै जाने आत्मपरक अर्थहरू पनि यी कवितामा सजिलै फुक्न सक्दैनन् । शब्दहरू गाह्रा अफ्ठयारा छैनन्, तर यिनको भाव रचना भने कठिन लाग्छन् । कठिन हुनु मुकुलका कविताको विशेषता होइन, बरू ती कविताले भन्न खोजेको भावको तहसम्म पुग्नु पाठकीय कठिनाइ देख्छु म । कविताले सजिला शब्दहरूबाट बुनेका बिम्ब बुझ्न भने अप्ठयारो मान्न सक्छन् पाठकहरू । जस्तै : आँगनमा अँध्यारो ढाडे भइरह्यो । (कविता जन्मदिनमा) यहाँ– अँध्यारो र ढाडेको सम्बन्ध सरल छैन । ढाडे भनेको कसैलाई नटेर्ने, देख्नासाथ झम्टन खोज्ने, डुःर्रर गरे धम्क्याउने । धपाउँदा पनि जान नमान्ने, जबरजस्ती गर्न खोज्ने– बिरालोको भालेको चरित्र बुझिन्छ । तर यहाँ अध्यारो कसरी ढाडे भयो त ? अर्थात् आँगनमा अँध्यारो अब बाक्लियो र त्यो हलचल नगरी बसिरह्यो । डरलाग्दो कालो भयो अँध्यारो आँगनमा । आँगन हाम्रो सबैभन्दा नजिकको प्रिय स्थान हो । सुरक्षाको प्रबन्ध भएको ठाउँ । जहाँ हामी निर्मीकतापूर्वक गतिविधि गर्दछौँ, तर त्यही आँगनमा अरू नै कोही बाहिरबाट ‘आएर’ शासन गर्न लागे– के गर्नु ? ‘कविताको जन्मदिनमा’ शीर्षक कविताको पहिलो अभिव्यक्ति हो त्यो । उनका कविताका वाक्यहरू छोटा हुन्छन्, भाव र अर्थ दुवै खाँदिएका हुन्छन् । कवितामा पाइने तत्वलाई उनले छानी छानी राखेको हुन्छ । सबरीले मीठा बयरहरू भेला गरेझैँ मुकुलका कवितामा फ्याँक्नुपर्ने केही नभएको र चपाइरहनुपर्ने सबै फलैफल भेटिएको जस्तो लाग्छ । दार्शनिकताको गहिरो तहसम्म पुगेको उनको बौद्धिकता प्रत्येक कवितामा छर्लङ्ग देखिन्छ । पढ्दा–पढ्दै अरूथोक नै केही पढ्न थालेझैँ मन र बुद्धितिर अनौठो अनुभूति हुन थाल्छ । जीवनलाई हेर्ने उनको कति सजिलो आँखा– म बुझिरहेछु, मेरो चुहिरहेको जीवनको झोल उसको लामो आयुको अर्थवत्ताभन्दा पुड्को छ संकीर्ण छ । (कविताको जन्मदिनमा) बग्दै गएको, बित्दै गरेको प्रत्येक क्षणले बाँच्नु पर्ने बाँकीलाई छोटो, पुड्को र संकीर्ण बनाउँदै लगेको हुन्छ । दिनदिनै, अलिअलि, अलिअलि गर्दै हामी उतातिर सकिनु, समाप्त हुनुतिर नै बढिरहेका हुन्छौँ । जतिजति भोलिमाथि आशा गर्छौँ त्यति नै बाँच्नुलाई खचे गर्दै हुन्छौँ । मुकुलले कविता सम्झेका छन् आफैँलाई आफ्नै जीवनलाई । लेखनमा नारा र ठाडा अभिव्यक्ति कवितामा कलाको अनुपस्थिति हो । धेरै त्यस्ता कविताहरू भनेका अपरिष्कृत ‘घाउ’ कविताहरू हुन् । कवितामा नारासँगै बहिस्कृत छ, तर त्यस्तै कविताको बजारमा भीडभाड पनि छ । मुकुलले कवितामा डरलाग्दो राजनीति लेख्छन्, व्यंग्य लेख्छन्, अन्तर्राष्ट्रिय राजनैतिक संकीर्णताहरू लेख्छन् तर तीहरू काव्यिक हुन्छन्, पठनीय । ‘खाँद’ कविताले चीन, भारत र नेपालको स्थितिको चित्रण गरेको छ, तर सरदर भाषण कविता यो होइन । यसले बिम्बको यति सुन्दर रूप ग्रहण गरेको छ— कालान्तरको जिउँदो कविता भइरहने छ यो । घामका खिरिला किरणहरू यहाँ आउँदैनन् हावाका हलुका खुट्टाहरूले टेक्दैनन् । ओसह संघै । गुमसुम छ सधँै मुसाहरू, माकुराहरू, छेपाराहरू, सर्पहरूको भोज हुन्छ नाटक, लीला हुन्छ । यो खाँदमा, जीवन खुम्चन्छ हरेक क्षण– गँडेउला जस्तै जीवनमा कहिलै विहान हुँदैन । (खाँद) दुवैतिरका आग्लाहरूले छेलिएको र चेपिएको खाँद छ देश, जहाँ हावा, घाम, सधैँ छेलिन्छ । ओस, टुर्गन्छ र रोग मात्र थुप्रिएर बस्छ । यथार्थमा हाम्रो देशको अवस्था यस्तै छ । चीन र भारतको बीचमा चेपिएको यो सबैखाले सुखसुविधा र विकासबाट बञ्चित छ । कहिले चीनलाई, कहिले भारतलाई चित्त बुझाउँदैन, उनीहरूको इच्छाको व्यापार, राजनीति र विकासमा चित्त बुझाउने बाध्यता छ । अनि शोषणका अनेक रङ्गहरूलाई हाम्रो विशेषता सम्झेर जोगाइराख्नु छ । मुसा, माकुरा, छेपारा, सर्पहरूलाई पालेर, तिनबाट जोगिदै पनि बाँच्नु छ । यति थोरैमा कति शक्तिशाली भाव भरिएको छ चाकामा मह जस्तो । मंदासमा आवाजहरूको कविता एउटा रमाइलो भीड कविता हो । प्रत्येक वस्तु आवाजमा छ । आफ्नो को सूचना दिन, आफ्नो अस्तित्वले उभिन उसले आवाज दिइरहन्छ, कराइरहन्छ । प्रत्येकका आवाजहरू यही वातावरणमा बजिरहँदा कसको कुन आवाजहरू छुट्याउनै गाह्रो एकले अर्काको आवाजलाई जित्न खोज्दै झन् झन् कराइरहँदा वातावरण नै प्रदूषित भइसकेको हुन्छ । भीमकाय पर्खालहरू च्यातेर घेराहरू बाहिर निस्केका सुमधुर, कर्कश, तीखा आवाजहरूको महासभामा मलाई थाह छ मेरो आवाज पनि उपस्थित छ । ………………………. तर म चिन्न खोजिरहेछु कुन चाहिँ हो मेरो स्वर ? कुन चाहिँ हो मेरो आफ्नो स्वर ? आफूले आफैँलाई नचिनेर भीडभित्र आफैँलाई खोजिरहनुपर्ने, आफूले आफैँलाई छामेर आफू भएको थाहा पाइरहनुपर्ने, अस्तित्वको यो लडाइँमा जीवन बाँचिरहेको यो मीठो चित्रण पनि हो । सांसारिकताबाट हेर्दा, राजनीतिपट्टिबाट हेर्दा ठूला ठूला शक्ति राष्ट्रहरूका आवाजका अघि साना राष्ट्रहरूका आवाजको अर्थ हराउन पनि सक्छ यहाँ । महाशक्ति राष्ट्रहरू जे भन्छन्, त्यो जायज हुन्छ । बारम्बार कमजोर राष्ट्रहरू वा दह्रो हेर्दै जान लागेका नवशक्ति राष्ट्रहरूलाई छेक्न पुराना शक्ति राष्ट्रहरूको एकमतले संसारमा देखाइरहेको बेला यस कविताले कति मीठो गरी भन्छ— आवाजको महासभामा महाशक्तिहरूको आवाज समुन्द्रमा छाल जस्तो उठिरहेछ । कृतिकै शीर्षक रहेको कविता कविलाई पनि विशेष मन परेकै भन्ने बुझिनु स्वभाविक छ । ‘सीमातीत सीमान्त’ यो शीर्षक आफैँमा विशेष अर्थले भरिएको लाग्छ । यसको अर्थ हुन्छ सायद सीमाको सबैभन्दा अन्तिम बिन्दु जहाँबाट उता अब केही हुँदैन । त्यस्तो समयको, सम्यताको र दूरीको अन्तिम बिन्दुमा उभिएर कवि वितेकोलाई, हिजोकोलाई वा पछिकोलाई फर्किएर हेरिरहेका छन् । भन्छन्– म मान्छे एउटा सीमातीत सीमान्तमा आइपुगेर उभिएको छु । यहाँबाट, संग्राहलयमा राखिएका अपूर्ण अर्थ निहित इतिहासका खपटाहरू जस्ता आदर्शलाई हेरिरहेछु । बितेकोबाट पछि फर्किएर हेर्दा मानिसले आफूलाई व्यवस्थित र सम्भ गराउन गरेको प्रयत्न देखेर छक्क पर्नु जस्तो लागिरहेछ । के–के न गर्यो होला भनेको तर केही गर्न नसकेको अवस्थामा देखिरहेछ कवि । अर्थहरू कही पनि पूर्ण छैनन् । आदर्शहरू सबै खपटाजस्ता भुइँभरि छरिएका छन् । कता हो कता, कति हो कति यात्रा हिँडेको ठाने पनि यथार्थमा उपलब्धी केही नभएको उनी देख्छन् । मानिसले के के हो के के गरिसक्यो भन्ने लागेको छ सबैलाई, तर केवल यन्त्रसूत्रको जालोमा आफैं बेरिएको र थुनिएको भन्दा बढी केही देखिएन । मनमा उठ्ने छाल, बाढी, मास्तिष्कको संवेग यन्त्रमा हुँदैन, तर मानिसले आफूलाई यान्त्रिकृत गरिसकेको छ । मानिस स्वयं यन्त्रमा परिणत भएको छ । प्रयोगशालामा यन्त्रमस्तिष्क जडित मान्छे अब मनको, हृदयको वा संवेगको बिम्ब रहेन । उसले जीवनलाई उत्सवका रूपमा हेरेन । ऊ केवल प्रविधि बन्यो, मात्र प्रविधि । सबै चीज यन्त्रवत छ । अब मानिसभित्र आफैँ उत्पन्न हुने भाव संवेगहरू छैनन् । मानिस स्वयं यन्त्र भइरहेको छ । कविताहरू प्रत्येकले पाठक मनलाई अनौठो स्वाद दिन्छन् । कुनै कवितामा बुद्धिमा चढ्छन कुनै मनमा पस्छन् । सुपारी चपाएको स्वाद जस्ता छन् यिनीहरू । छिट्टै नबुझिने, बुझ्नलाई निकै मेहनत गर्नुपर्ने । ‘पानीमय’ कविता वस्तुताले लेखिएको कविता छ । पानीलाई अनेक तरिकाबाट हेरिएको यो अनौठो छ । यस कवितामा अर्थको खोजीभन्दा बोधको चेष्टा बढी देखिन्छ । थोरैमा पानीको सप्पै कुरा भनिएको छ यसरी– सानो थोपा पनि सप्पै पानी हो गाग्रो खोला पोखरी सागरभरिको । एउटै थोपामा नै सिंगै सागरको पानीको प्रतिनिधित्व छ । अर्थात् वस्तुको विशेषता त्यसको सानोभन्दा सानो इकाइदेखि नै प्रमाणित हुँदै आउँछ । पानी एक थोपा होस् वा सिंगै समुन्द्र तर पानी हुनुको विशेषता भन्नु उति नै हो । जति कुराले एक थोपा बन्छ, महासागर बन्ने पनि त्यतिले नै हो । प्रकृतिको यो क्षमतालाई यस कविताले कति मीठो गरी बुझाउन चाहेको होला ? चित्रात्मक यस कवितामा पानी पानी देखिन्छ जता पनि । खास गरी उनी विषयलाई बिम्बले बुझाउन सारै सिपालु छन् । नदीलाई उनी ‘पानीको फिता’ भन्छन् पोखरीलाई ‘समुन्द्रले थुकेको’ पानीलाई बुझाउन, पानी माथि यो उनको कविता चित्रमय छ । जति पढ्यो उति भजा लाग्ने । लेख्छन्– –मुखै गाडेर चुसिरहेछ कलले पानी । जमीनमा गाडिएको कलबाट पानी तानिनुलाई कलले जमीनमा मुख गाडी चुसिरहेको बुझिनु भन्छन् उनी । कति मीठो कल्पना नि ! सबै कविताको शीर्षकगत चर्चा सम्भव छैन । उदाहरणको लागि केही कवितांशका चर्चाहरू गरिए । यस संग्रहभित्रको जीवनभ्रम देख्ने एक कविताको चर्चा गरौँ छोटोमा । ‘मायामण्डल’ शीर्षकको यो कवितामा कविले जीवनको भ्रम पक्षलाई नजिकबाट हेर्न खोज्दछन् । डरले जीवनलाई रमिताका आँखाले हेरेका छन् । जीवन हेर्दा छिन् छिन्मा देखिने रमाइलोको चटकजस्तो देख्छन् उनी । छोरा, आमा, बाबु, पत्नी, दिदी, बहिनी, दाजु, भाइ अनेक नातागोताहरूको क्षणिक सम्बन्धलाई अनौठो पाराले देख्छन् । यी सबै आफन्त भनिएकाहरू को हुन् ? किन हुन् ? कहिलेसम्मका लागि हुन् ? सोच्दछन् । दार्शनिकताले निक्कै गाँजेको छ उनलाई । कति रमाइलो देख्छन् पत्नी सम्बन्ध उनी— शिरमाथिको सफेद क्षेत्र मेरो जिउँदो रङ्गले सिंगारेर जीवन बाँच्न आएकी । पत्नीसँगको सम्बन्ध उनको सिउँदोको सिन्दुरसँग छ । वा पत्नीको सिउँदोमा सिन्दुर हुनु पति जीवित नै रहेको सन्देश जानु– हाम्रो मान्यता । तर यी सबै सम्बन्ध र नातागोताहरू के हुन् जसका लागि हामीले सम्पूर्ण जीवन चिन्तन र कतव्र्यहरू समपर्ण गर्दछौँ । आफ्ना व्यक्तिगत रुची, इच्छा र चाहनाहरू सबैलाई त्यागेर ती सब हामी किन गर्छौँ ? मुकुलका कवितामा हामी चलन चल्तीका व्यंग्य, नारा वा उद्घोषहरू पढ्दैनौँ बरू गम्भीर चिन्तनको दहतिर भाँसिदै जान्छौँ । समकालीन पुस्ताभित्र मुकुलका कविता मिसिन सक्दैनन्, यिनलाई अलग्गै राखेर पढ्नु पर्छ । कवि यहाँ गम्भीर जीवन दर्शनको प्रभावमा परेका छन् । संसारलाई भ्रमको जालो देखिरहेका छन् । मुकुलका कवितामा हामी चलन चल्तीका व्यंग्य, नारा वा उद्घोषहरू पढ्दैनौँ बरू गम्भीर चिन्तनको दहतिर भाँसिदै जान्छौँ । समकालीन पुस्ताभित्र मुकुलका कविता मिसिन सक्दैनन्, यिनलाई अलग्गै राखेर पढ्नु पर्छ । तेस्रो आयाम र लीलाको दृष्टिकोणले विकसित भएका यी कविताहरू सम्भवत लीलालेखनमा कविता विधा पक्रने प्रमूख कविताहरू हुन् । पहिलो कविता ‘सतहमा भुइँचालो आएको छ (२०४४)’ देखि नै प्रयोग र चिन्तनबाट देखा परेका उनी पातलो लेख्ने र शक्तिशाली लेख्ने कवि हुन् । होहल्ला र प्रचार बजारबाट अलग्गै रही काव्य साधनामा व्यस्त मुकुलका यी कविताहरूको काव्यिक मुल्यांकन हुनुपर्ने लाग्दछ । छाँटिदै गएको नेपाली समकालीन कविहरूका भीडबाट अब उनी सवरीले छानेको बयरझैं छुट्टिइसकेका छन् । पूर्वबाट उदाएका मनु मञ्जील र मुकुल दाहाल पछिल्लो कालका सशक्त कविहरू हुन् । जसले मोफसलबाटै राष्ट्रलाई आफ्नो पहिचान दिइरहेका छन् । #कृष्ण धराबासी #मुकुल दाहाल हजुरआमाले नदेखेको स्वर्ग: म सानै छँदा मेरी हजुरआमा मोरङ जिल्लाको दक्षिण, भारत सीमा नजिक बस्नुभएका दाइलाई भेट्न सात-आठ घण्टाको पैदल यात्रामा एक-दुई वर्षमा एकपटक निस्कनुहुन्थ्यो । यी यात्रमा म केहीपटक हजुरआमाको साथी बनेको छु । तीनको दाम्लो कुल्चिनु हुँदैन, नाघ्नु हुँदैन भन्नुहुन्थ्यो हजुर आमा । प्रायः मङ्सिर या पुष महिना हुन्थ्यो, बस्तीहरू पातला थिए, आँखाले देख्नसकुन्जेलसम्म भर्खर धान काटेका पराल रङ्गका फाँटहरू हुन्थे । बस्तीछेउको बाटोमा किलामा ठोकर गाईवस्तु बाँधेका हुन्थे । तीनको दाम्लो कुल्चिनु हुँदैन, नाघ्नु हुँदैन भन्नुहुन्थ्यो हजुरआमा । सात आठवटा खोला तर्दै, आराम गर्दै, कुनै कुनै घरबाहिर हुने ट्युबवेल वा इनारको पानी खाँदै बिहान हिँडेका हामी साँझमा हजुरआमाको दाइलाई भेटन पुग्थ्यौँ । त्यति लामो बाटो हिँड्दा हामी के गफ गर्\u200dथ्यौं ? कि हामी चुपचाप हिँडिरहन्थ्यौँ ? हजुरआमासँग भएको गफ त केही पनि सम्झनामा छैन । तर निक्कै ठूलो भएपछिको भएको गफको एउटा सम्झनाले छक्क पार्छ, र दिमागमा त्यो कुरा खेलिरहन्छ । यो कुराको समय, मिति र खास प्रसङ्ग के थियो चाहिँ सम्झन सकिएनँ । कुराको लगभग प्रसङ्गचाँहि मरेपछि कता पुगिन्छ भन्ने थियो । भगवान् छन् की छैनन् ? नभए यो सृष्टि कसरी रचना भयो ? भए कता छन् ? किन देखिन्नन् ? अन्याय, असमानता थिचोमिचो जताततै हुँदा पनि भगवान् यदि हुन्थे भने तीनलाई चुप बस्न केले बाध्य बनाएको होला ? वा प्रजातिको पनि व्यक्तित्व तहसम्मको खोजखबर गरी राख्ने काम भगवान्को तहबाट हेर्दा अलि झर्कोलाग्दो पो हुँदो हो कि ? व्यवस्थापन गर्न अलि झन्झटिलो पो हुँदो हो कि ? योगेन पौडेल भगवान् भए कुन स्वरूपमा होलान् ? हिन्दु धर्मले भने जस्तो शिवलोक, ब्रम्हलोक, बिष्णुलोकतिर विभिन्न स्वरूपमा अथवा अन्य धर्महरूले कल्पना गरेको अन्य स्वरूपमा ? धर्म धेरै गरेरै कसैको जीवनलीला सकिएको रहेछ भने देवताहरू बस्ने स्वर्गलोकमा राख्ने कि भगवान्हरू बस्ने यी लोकहरूमा राख्ने, यसको निधो कसरी लाग्छ ? जिउँदै हुँदा चाहिँ सागर-महासागरतिर घुम्दै जाँदा मध्यसागरमा शेष नागमा सयन गरेका बिष्णु-लक्ष्मीलाई भेट्ने सम्भावना कति प्रतिशत छ ? अनि कति प्रतिशत सम्भावना छ कैलाश पर्वततिर हाइकिङ्ग गयो भने शिव-पार्वतीलाई भेट्ने ? खासमा भगवान् अव्यक्त तत्व हुन् कि व्यक्त स्वरूप हुन् ? या, आफ्नो ईच्छानुसार दुवै हुन् ? अथवा केही पनि होइनन् ? बरू मान्छेको पुस्तौँ-पुस्ताले सुल्झाउन नसकेका प्रत्येक रहस्यको मान्छेले नै निर्माण गरेको एउटा सहज उत्तर हुन् ? र, यिनको बसोबास मष्तिस्कले निर्माण गरिदइएको हृदयमा वा आत्मामा होइन, बरू मष्तिस्क आफैँमा मात्रै हुन्छ ? थोरै संशय हुँदाहुँदै पनि कम विकसित प्राणी क्रमिक रूपमा विकास हुँदै गएर मान्छे बन्यो भन्ने सिद्धान्तचाहिँ बरू पत्यारिलो लाग्छ । केही वैज्ञानिकले भगवान् नहुँदा पनि सृष्टि सम्भव हुने तर्क गरेर पुस्तकहरू निकाले पनि यस्तो विश्वास गर्ने प्रतिशत सायद धेरै छैन । हुन पनि शून्यबाट पदार्थ आएर तारा, ग्रह, उपग्रह आए भन्ने कुरा पत्याउन गाह्रो । र, त्यति नै गाह्रो- कुनै एउटा सुन्दर दिन अणु र परमाणु, तापक्रम र चाप, जीवन बन्नको निमित्त चाहिने अन्य अनेकौँ बाह्य चीजबिजहरू एकआपसमा नजिक आइपुगे र तीनमा एउटा अद्भूत नास्तिक चमत्कार भयो, जसले निर्जीव पदार्थबाट सजीव पदार्थ बन्यो भन्ने सिद्धान्त बुझे जस्तो र पत्याए जस्तो गर्न । थोरै संशय हुँदाहुँदै पनि कम विकसित प्राणी क्रमिक रूपमा विकास हुँदै गएर मान्छे बन्यो भन्ने सिद्धान्तचाहिँ बरू पत्यारिलो लाग्छ । विश्वास गर्न त पाइहालियो नि ! रमाइलोचाहिँ यो सिद्धान्तले हाम्रो हिन्दू धर्मले मानेका भागवान्का अवतारहरूको विकासक्रमलाई समर्थन गरे झैँ लाग्ने । भगवान्का अवतार पनि त समुद्रबाट शुरू भएर बिस्तारै मानव अवतार भएको पढिएको छ । सबैभन्दा शुरुमा समुद्रमा बस्ने माछो, त्यसपछि पानी-जमीन दुवैतिर बस्ने कछुवा, पुर्णरूपमा जमीनमै र जनवारको स्वरूपमा बस्ने बँदेल, आधा जनावर र आधा मानव स्वरूपको नृसिंह, लघुमानव स्वरूप वामन र बल्ल पूर्ण मानव स्वरूपका, परशुराम र त्यसपछिका कृष्ण, बुद्ध र कल्की अवतारहरू । महाभारत, रामायण र भागवतका कथा सानैदेखि पढ्दै, सुन्दै आएरपछि ‘पाश्चात्य’ शिक्षा लिने-दिने कर्मबाट जीवन धान्ने धेरैका मनमा एकअर्काका परस्पर विरोधी र कुनै निर्क्यौलमा पुर्याउन नसक्ने यस्ता बेवारिसे खिचडी विचार आउनु मलाई स्वाभाविक लाग्छ । जति सोच्यो उति बिकराल, उति दुर्भेद्य, जति बुझ्यो उति जटिल । एकपटक मान्छे मर्ने, स्वर्ग नर्क जाने कुरा चलिरहेको बखत हजुरआमाले भन्नु भयो, “मलाई मान्छे मरेपछि सकिन्छ होला जस्तो लाग्छ । स्वर्ग पनि पुग्दैन नर्क पनि पुग्दैन जस्तो लाग्छ । आज छ, भोलि छैन त्यस्तो मात्र हुन्छ होला जस्तो लाग्छ । मानौं उज्यालो बत्ती कोठामा बलेको छ, अकस्मात् स्वीच अफ भयो, त्यो उज्यालो कता गयो ? त्यो उज्यालो सक्किए जस्तै सबै कुरा एकैपटक सक्किन पनि त सक्छ ? हजुरआमाले भनेको कुरा मैले करिब किरब यसरी नै बुझेँ । मधुरो, सुस्त तर निरन्तर चलिरहने पूर्वी हावाजस्तो अनुशासित दैनिकी देखिन्छ, जसभित्र केही क्रिया बिना कुनै छुट्टै यत्न आफैँ आउँछन् र पूर्ण हुन्छन् । हुन पनि हजुरआमामा धार्मिक कर्मकाण्डमा अतिशोक्तिपूर्ण लगाव कहिल्यै नभएजस्तो लाग्छ । मधुरो, सुस्त तर निरन्तर चलिरहने पूर्वी हावाजस्तो अनुशासित दैनिकी देखिन्छ, जसभित्र केही क्रिया बिना कुनै छुट्टै यत्न आफैँ आउँछन् र पूर्ण हुन्छन् । र, कुनै स्व-सञ्चालित प्रणाली जस्तो दोहोरिइरहन्छन- दिन, हप्ता, महिना, वर्ष र वर्षौँवर्ष । हजुरआमाले गाउँघरमा सामान्य लाग्ने कुराहरू, जस्तैः धामी बोक्सीको कुरा, भूत प्रेत पीशाचको कुरा गरेको, चिना-टिप्पण मिलाउने, साइत जुराउने, ग्रह-दशा मन्साउने, शनीको साढेसाती दशा कटाउने कुरा गरेको कहिल्यै सुनिएन । के चाहिँ देख्छु भने, आफन्त बित्दा नून बार्नु हुन्छ, तुलसीको मोठमा बिहान र साँझ दुबैपटक नबिराई पानी हाल्नुहुन्छ, दियोलाई चाहिने बाती कात्नु हुन्छ, साँझ बिहान दियो बाल्ने र एकादसीको व्रत राख्नुहुन्छ । र, एउटी बिराली र त्यसका बेतैपिच्छेका छाउरा छाउरीलाई भोजनको प्रत्येक छाक खाने कुरा छुट्याएर राख्नुहुन्छ। भगवान् हुनु र नहुनु, केही पाउनु र नपाउनुसँग सायद यिनको कुनै सम्बन्ध छैन । अझ खुलेर भन्नुपर्दा यस्तो लाग्छ, सायद यी स-साना दैनिकीका हिस्सा भगवान् खुसी पार्न गरेकै होइन, आफ्नै चित्त प्रसन्न बनाउन गरेको जस्तो । कहिलेकाहिँ सोच्छु धार्मिक पुस्तक र ‘पश्चिमा शिक्षा’को अघुलनशील कक्टेलले हाम्रो विचारमा कुनै निश्चित आकार लिन सकेको छैन । त्यसैकारण निचोड र निर्क्यौलबिहिन विरोधाभाषी वचारबाट हाम्रो पुस्ताको दिमागमा भरिएको छ । तर के हजुरआमाहरूको पुस्ता पनि बेलामैका यस्तै विरोधाभाषी विचार बोकेर बाँच्दछ ? संस्कार र परम्पराले ईश्वरको अस्तित्व सिकाउने तर विपत् पर्दा दसी प्रमाण उपलब्ध नहुने । त्रयो जिन्दगी पर्तिर केही छैन भन्ने सोच्ने हो भने हजुरआमाले गर्ने दैनिक धार्मीक कर्म के पाउनको निमित्त ? तर हजुरआमाहरू यी कर्म प्राप्तिको लालचसँग कुनै सम्बन्ध नभए जस्तो, बिना कुनै तर्कना, बिना कुनै यत्न, स्वाभाविक, स्वचालित हिसाबले गरिरहन्छन् । भगवान् हुनु र नहुनु, केही पाउनु र नपाउनुसँग सायद यिनको कुनै सम्बन्ध छैन । अझ खुलेर भन्नुपर्दा यस्तो लाग्छ, सायद यी स-साना दैनिकीका हिस्सा भगवान् खुसी पार्न गरेकै होइन, आफ्नै चित्त प्रसन्न बनाउन गरेको जस्तो । खासमा धेरैजनाका आमा र हजुरआमाहरूको दैनिकी यस्तै हुन्छ होला । कुनै कुरा लिनुपर्ने पनि हुँदैन, कसैसँग कुनै गुनासो, रिसराग र ठूलो वैमनस्य पनि हुँदैन । सन्तानहरूसँग एकोहोरो प्रेम गर्ने र आफूले गर्दैआएको कुरा प्रेमपूर्वक, निष्ठापूर्वक गर्ने र गरिरहने । प्राप्तिको कुरा कहिल्यै केही दिन नजान्ने एकोहोरो लिनुमात्र पर्ने आधुनिक जमानाका हामीहरू जस्ता प्राणीको दिमागले धेरै सोच्दो हो सायद । बृद्धावस्थाले शरीर कमजोर नै भए पनि बुलन्द जोश, उच्च आत्मविश्वास लिएर निरन्तर जीवनयात्रामा आफ्नै लयमा हिँडिरहेको हजुर आमाहरूलाई हृदयदेखिको सलाम । #योगेन पौडेल मीठासमय मेलाङ्कोली...: ओठको डिलैमा सलबलाइरहेको छ एक हुल निराशा । कुँजिएको हाँसोको चित्कार छ कलेटीका माझ । अलप भए एकाएक ती हाँसोहरू पर्यो कलेटी ती ओठहरूमा भयवित भए आँखाहरू किन र ? फगत एक प्रश्न, फगत सोचाइ, फगत एक निरस जीवन… कुमारी लामा होइन । निराशातिर मात्र तानिनु एक कमजोरी हो आफ्नै । त्यो आफैँमा एक मस्तिष्कीय उबडखाबड । केवल ओरान पामुकीय हुजुन, मेलाङ्कोली । हुजुन, पीडाको गहिरो बोध भर्इकन पनि त्यसैभित्र आनन्द छ भन्छन् पामुक । वास्तवमा केही त छ पीडामा । पीडा मात्र पीडा कहाँ हो र ? केवल खुसीको अनुपस्थिति न हो । साहित्यसंगीत साधक गणेश रसिकसँगको एक भलाकुसारीमा उहाँले अब्दुल कलामको भनाइबाट प्रभावित भएर भन्नुभएको एक कुराले बेस्सरी मन छोएको छ । अँध्यारो मात्र उज्यालोको अनुपस्थिति न हो जसरी पीडा पनि केवल खुसीको गैरहाजिरी । कति गहन छन् यी कुरा । गैरहाजिर चीजहरू फेरि हाजिर हुन पनि त सक्छन् जीवनमा । तब त हराएको हाँसोका लागि यति धेरै चिन्ता किन गर्नू ? गएको चीज फेरि फर्कि आँउलान्, गुमेका खुसीहरू पनि फेरि आउने छन् पहिले जसै । आखिर समय न हो । समय… यो वर्ष पनि साउन आएको छ । जीवन र सृजना भएर । नौलो, रोमाञ्चकता, यात्राको मादकता छ । किनकि लयबद्ध साउन छ । साउनसँगै म छु । मसँग मेरो मन पनि छ । मधुरता छ पातमा झरेको थोपाहरूको आवाजमा । मीठो लय छ यस महिनाको । संगीत छ ऊभित्र । सिमसिम छ पानी । एउटा यात्रा छ । एकजोडी आँखा छन् । धेरै उत्सुकता र खुसीहरू बोकिहिँडेकी छु । गति छ । विस्वास छ । एउटा साथ छ । नौलो, रोमाञ्चकता, यात्राको मादकता छ । किनकि लयबद्ध साउन छ । साउनसँगै म छु । मसँग मेरो मन पनि छ । मधुरता छ पातमा झरेको थोपाहरूको आवाजमा । बाटोमा या झ्यालमा टिपटिपाइरहेको यो झरीको छुट्टै मोहनी छ । कल्पना गरौँ न, यस्तै झरीको एक रोमान्टिक दिनमा सहरीय कोलाहालको सन्नाटाबाट अलप भई टुप्लुक्क अवतरण गरेको एक आदिम बस्तीमा । जहाँ सब थोक ठीकठाक छ र फेरि छैन जस्तो पनि । फेरि ओरान पामुकलाई नै सम्झन मन भयो यहाँ । ठ्याक्कै पामुकको सहर निसानतस्य या ज्याहान्गिरका ग्लुमी गल्लीहरूजस्तै तर पामुककै बुझाइमा मीठा समय मेलाङ्कोलीले भरिएका सडक, घर र चौबाटाहरू । प्रिय पामुक तिमी त्यस्तै ठाउँको कल्पनामा हराउदै गर, म भने बिल्कुलै त्यस्तै ठाउँमा पुगेको सप्रसंग व्याख्यातिर लाग्छु । भत्किएको मन्दिर छ । छरिएका भग्न अवशेषहरू । मुर्ति छ उभिएकै पहिले जसरी नै । एउटा फूल विगतमा जस्तै मुस्कुराइरहेको छ खुला आकाशमुनि उभिरहेको मुर्तिको शिरमा । लाग्छ अडिएको छ मायालु समय । अस्ति नै अस्ति नै जस्तै केही धर्सा अविरले रंगिएको छ उनको निधार । यति नै खेर मभित्र उर्लिन्छ भयंकर ठूलो आस्थाप्रतिको प्रेम । प्रश्न आफैँलाई, आस्थाले डोरिएका हामी या हामीले डोर्याएको आस्थालाई ? सायद मैले गल्ती गर्दैछु (जीवनमा पहिलोपटक भने हैन) । आफैँप्रति अन्याय गर्दैछु यस्तो डरलाग्दो प्रश्न मनमा उब्जाएर । किन कि म यस्तो कुरा खुट्याउनै सक्दिनँ । तर अबुझ भर्इकन पनि कहिलेकाहीँ आफ्नो क्षमताभन्दा ठूलो कुरो सोचिदिँदो रहेछ यो बेढङ्गे खप्परले । ठिकै छ । सोच्दै गर खप्पर तर म त व्याख्यातिर नै लाग्छु । रोमान्टिक मनसुनमा रुझ्दै ब्ल्याक एण्ड ह्वाइट मेमोरीसँगै ललितपुरीय कोलाहलबाट भिगिपुगेको छु नेवारी बस्ती, खोकना । किन कि दृश्य त्यस्तै बोल्दैछन् । हिलाम्मे छ सडक । भत्किएको मन्दिरका पुराना इटाहरू यत्रतत्र छरप्रस्टिएका छन् बाटाहरूमा । नेवारी सुगन्ध छ । मेट्रोपोलिटनीय दुर्गन्धबाट अझै ओझेलमै रहेको छ बस्ती । भिन्दै अस्तित्वको सान छ । सोझा भला किसान, व्यापारी अनि शान्त बस्ती । तर अब निकै नै खल्बलिएझैँ लाग्छ त्यो शान्ति । किन कि दृश्य त्यस्तै बोल्दैछन् । हिलाम्मे छ सडक । भत्किएको मन्दिरका पुराना इटाहरू यत्रतत्र छरप्रस्टिएका छन् बाटाहरूमा । घरहरू घर जस्ता देखिँदैनन् । छाना छैन, ढोका छैन, मानिसको चहलपहल छैन, तर पनि उभिरहेकै छन् जीर्ण शरीर बोकेर आफ्नो अस्तित्वको अन्तिम पलहरू गन्दै । निश्चित छ, अब केही समयमा उसको नामोनिसाना मेटिनेछ । लामो समय आफू अडिएको जमीनबाट बिलाउनेछ । अनि ठडिनेछ नयाँ घर । बिर्सिने छ उसको इतिहास । शुरु हुनेछ नयाँ समय । सायद धेरै कालपछि नातिनातिनीको जिज्ञासा मेट्न असमर्थ हुनेछन् हजुरबुबाहरू । के खोकनामा तोरी पेलिन्थ्यो ? अँ… पेलिन्थ्यो । अँ… खै पेलिन्थ्यो कि ? सायद उनीहरू आफैँ हराउनेछन् धुमिल विगतमा अनि अल्मलिनेछन् । हुनसक्छ यसरी नै एउटा ठूलो सभ्यताको अन्त्य हुन्छ । जसरी टर्कीबाट हराएको थियो लामो इतिहास बोकेको अटोमन एम्पायरको सभ्यता र संस्कृति । जसरी एक एक गर्दै जल्दै सखाप भएका थिए अटोमन पाशाहरूको बसफरसका सान्दार याली र हरिमहरू । समय …. यही समय जसले सबैलाई आफ्नो प्रवाहमा हेलिलान्छ । …………… मन थामिदैन । मेरा मित्रले प्वाक्क मुख फोरी मागी हाल्छन् । हाम्रो अड्कल जस्तै उनी उस्तै मन्द मुस्कानका साथ थमाइदिन्छन् सबैभन्दा ठूलो घोगा दोस्तको हातमा । एउटा चिया पसल छ । खोकना मुख्य बजारमै । साह्रै सौहाद्र र भद्र छन् पसले भाइ । आफ्नो जातीय शालीनता र हिस्सी परेको मुस्कानसहित स्वागत गर्छन् । हामी चिया भन्छौँ । पुरानो घर छ, त्यही पनि घाइते । तर चर्किएको घर पनि टेको लाएर र थोरै मर्मतसहित चलेको छ यो चियापसल । घर एकदम होचो छ । अग्लो मानिसले टाउको जोगाउन मुस्किल । कही कतै लेखिएको छैन “माइन्ड योर हेड” । तर हाम्रो टाउको आफैँले जोगाएर सहिसलामत बसेका छौँ होचो घर जस्तै होचो र साँघुरो मेचमा । बाफिदै गरेको उसिनेको हरियो मकै थालभरि पारेर भित्री कोठाबाट पसलमा निस्किन्छन् अर्का भाइ । मन थामिदैन । मेरा मित्रले प्वाक्क मुख फोरी मागी हाल्छन् । हाम्रो अड्कल जस्तै उनी उस्तै मन्द मुस्कानका साथ थमाइदिन्छन् सबैभन्दा ठूलो घोगा दोस्तको हातमा । खोकनीय आत्मियता, वाह … म मनमनै गम्छु । त्यो वास्तवमै आत्मियता नै हो भन्ने लाग्छ जब हामी पैसा दिन खोज्छौँ तर साहु लिन इन्कार गर्छन् । जय होस् पसले भाइहरूको । अझै झस्काउँदै छ नेपथ्यको पराकम्पले । पृष्ठभूमिमा डरलाग्दो हाउगुजी छ २०७२ को महाभूकम्प । त्यसैले खोकना पहिलेको जस्तो छैन । पुनःनिर्माणको कार्य चल्दैछ । बजारै वरपर केही संस्थाका सहयोगी हातहरूले बनाउदै गरेका देखिन्छन् अस्थायी टहराहरू । खोकनाको प्राचीनता बद्लिदै छ अब । छानोबिनाको मन्दिरहरू र लेउ जमेका पोखरीहरू वरपरका भत्किएका घरहरूको चेपाइले चिच्याइरहे झैँ लाग्छ । ती पुराना घरहरूमा छानो छैन, पर्खाल र केही भित्ताहरू छैनन् तर पनि केही काठका बुट्टेदार कलात्मक सुन्दर झ्यालहरू अझै उभिरहेका छन् । यस्तो लाग्छ, ऊ हेरिरहेको छ वर्षै माइती नआएकी छोरीको बाटो । मसँगै यात्रारत मित्रको सृजनशील मगजमा एउटा कुरा टुप्लुकिन्छ । उनी भन्दै जान्छन्, त्यो झ्यालमा एक वृद्धा उभिएर निह्याल्दै छिन् पर…. कतै क्षितिजमा केही खोजिरहे जसरी… उनको कुरोले एउटा भिजुअल तरङ्गीत हुन्छ मेरो आँखामा । त्यो भत्किएको घरको झ्यालबाट आफ्नै जीवन र अतीत निह्याल्दै गरेकी एक वृद्धा । वास्तवमा जीवन भन्नु नै केवल सम्झनाहरूको संगालो न हो जसलाई हामी एक्लोपनामा यसरी नै सम्झन्छौँ कसैलाई र एकोहोरो टोलाउछौँ । यी मित्रको उटपट्याङ् कुरोले झण्डै अर्कै लोकमा पुर्याएको मेरो बेठेगान मनलाई । म मेरो बेपत्ते मनलाई सम्हाल्छु । त्यो प्राकृतिक प्रकोप र उथलपुथलपश्चात् सायद खोकनाबासी पनि उही रहेनन् । के त्यो एकप्रकारको ढुक्क मन, शान्ति, मस्त निन्द्रा, रिस, झगडा या तँ र म जस्ता मनको अमिलो उस्तै होलान् र ? घरहरूमा अझै पनि झुन्डिरहेका छन् लसुनको झुत्ता र राता खुर्सानीको लामो माला । खेतमा मुन्टो उठाउँदै गरेका धानका बोटहरू पनि त हो खोकनाको परिचय । सबैथोक पहिले जस्तै जस्तै देखिए पनि फेरि पहिले जस्तो रहेन भन्ने एउटा नमीठो आभासले अलि दुःखी पार्दोरहेछ । त्यो प्राकृतिक प्रकोप र उथलपुथलपश्चात् सायद खोकनाबासी पनि उही रहेनन् । के त्यो एकप्रकारको ढुक्क मन, शान्ति, मस्त निन्द्रा, रिस, झगडा या तँ र म जस्ता मनको अमिलो उस्तै होलान् र ? पलपल अघि बढिरहेको छ घडीको काँटा । समयसँगै बग्दै गरेको छ हाम्रो उमेर, आकांक्षा, आशा र निराशाहरू पनि । आखिर बग्नु त छ नै समयलाई । अडिन्छ कहाँ र हामीले चाहेको बखत रोक्न सके जस्तो हाम्रो हाँसो या मन । तर मन पनि कहाँ अडिन्छ र एक ठाउँ । अडिने त यही शरीर मात्रै हो । तर यो शरीर पनि अडिन्छ र ? उसको आफ्नै लय छ, भाषा छ र यात्रा छ । अडिन्छ अनि अडिदैन पनि । क्या कन्फ्युजन । आफ्नै गंजागोल दिमागको उपज । अडिन्छ भनौँ भने हामी यात्रामा नै छौँ निरन्तर शरीर र मन दुवैको । जस्तो कि फ्लानर गुरु अभि सुवेदी । भर्खरै पढिभ्याएको अभि सुवेदीको निबन्ध कृतिले निकै तरंगित पार्यो मन । खासमा उनको फ्लानरीको बखानले । उनी केवल यात्रा गर्छन्, यात्रा देख्छन् र यात्रा बुझ्छन् । आफ्नो मात्र हैन साँढेको यात्राको पनि बखान गर्छन् । बागमतीको यात्राको पनि । यात्रामा त रहेछौँ हामी सबै सबै । खोकनाको आफ्नै यात्रा छ अनि छ खोकनाबासीको पनि । दुवैले आआफ्नै युगको यात्रा गरेका छन् । एउटा समानता भने हुन सक्छ यात्रीहरूमा । खोज, उत्सुकता, चिन्तन र समयबोध । भत्किएको धरहरा, ढलेको देवल, मन्दिर, मृत्यु, उही विनाशसँगै उर्लिएको मानवता, सहयोग, माया । आखिर यी सबै एक यात्रा न हुन् हाम्रो अनि हाम्रो युगको । हामीले बाँचेको युगको आफ्नैखाले यात्रा छ । राजनैतिक उथलपुथल, भोक, अभाव, द्वन्द, रक्तपात, बेपत्ता नागरिक, असहमति, सहमति, शान्ति अनि महाभूकम्प । भत्किएको धरहरा, ढलेको देवल, मन्दिर, मृत्यु, उही विनाशसँगै उर्लिएको मानवता, सहयोग, माया । आखिर यी सबै एक यात्रा न हुन् हाम्रो अनि हाम्रो युगको । अझै साउनमय छ मौसम । निरन्तर छ मसिनो झरी । पटक्कै दिकदारी लागेको छैन । यो उसको धर्म हो । साउन बग्नु पर्छ, साउन दर्कनु पर्छ, साउन उर्लिनु पनि पर्छ । चिरा परेको खेत र उजाड पाखाहरूमा ल्याउनुपर्छ हरियाली । कलेटी ओठहरूमा ल्याउनुपर्छ मुस्कानको संगीत । समयसँगै फेरि ठडिनुपर्छ धरहरा र उठ्नुपर्छ बसन्तपुरका मन्दिर देवलहरू । यात्रामा छ साउन महिना । र उनीसँगै छ मेरो पनि यात्रा, मसँगै छ मेरो मनको पनि यात्रा । अचम्म लाग्छ, हामी कसरी जानअन्जानमै एकअर्कासँग सधै सँगै यात्रामा हुने रहेछौँ । यात्रा निरान्तर छ… (निबन्ध संग्रह उज्यालो अन्धकार बाट) #कुमारी लामा पिन कोड नम्बर ०५६७०७: लैजा चरी हावासरि यो पत्र सुविदको हातमा पर्ने गरी ! ‘सुविद गुरागाई, इनरुवा १,३ सुनसरी, पिन कोड ०५६७०७, कोसी अञ्चल (नेपाल)’ लेखेर चिठीहरू आइरहन्थे । अर्काको चिठी पढ्नु हुँदैन भन्ने मान्यता छ । तर, केटाहरू आफ्नो चिठी त लेख्दा–लेख्दै थाहा भइहाल्छ, के पढ्नु ? पढ्ने भनेकै अर्काको चिठी त हो नि भन्थे । र, लुकीलुकी अर्काको चिठी पढ्न खोज्थे । पत्रमित्रताको जमाना थियो । खासगरी केटीहरूका नामबाट आएका वा केटीहरूका नाममा आएका चिठीहरू लुट्नु र कोर समूहमा पुर्याएर त्यसको चीरहरण गर्न पाउनुलाई केटाहरू पुरुषार्थ सम्झिन्थे । बिचमा कति लुटेराहरू भलादमी खालका पनि हुन्थे । खाम पछाडिबाट बिस्तारी खोलेर पढ्नुपर्ने कुरा पढिसकेपछि केही थाहा छैन जस्तो गर्दै क्यामेल गमले टाँसेर थपक्क पुरानै ठाउँमा राखिदिन्थे । कतिले त्यसरी थाहा पाएका कुरा आफ्नै मनमा राख्थे, कतिले चाहिँ कसैलाई नभन्नु ल भन्दै गाउँभरि फिँजाइसकेका हुन्थे । त्यस्तो गाइँगुइँको उत्कर्षमा फलानो वा फलानीको नाम जोडर फलानो वा फलानीलाई जिस्क्याउने काम हुन्थ्यो । जिस्क्याउँदा जिस्क्याउँदै कतिको त साँच्चिकै ‘लभ’ पनि पर्दथ्यो । हुलाकी दाइ थिए नन्दप्रसाद भट्टराई । पूर्वटोलतिरबाट आउँथे । साइकल थियो एउटा पुरानो । २०३६ सालमा एक सय साठी रुपियाँबाट हल्काराको काम थालेका नन्द दाइले २०४२ सालतिर दुई सय पच्चीस रुपियाँ पारिश्रमिक पाउँथे । दसैँ–तिहारमा पनि एक–दुई दिनबाहेक बिदा नपाउने हुलाकीको अतिरिक्त आम्दानी भनेकै तेहौँ महिनाको तलब हुन्थ्यो । बाँकी केही न केही । सम्भवतः त्यसैले धेरै चिठी आइरहनेहरूसँग एक–दुई रुपियाँ जे–जति सम्भव छ, अपेक्षा गर्थे, चिया खर्च । हाम्रो चिया दोकान थियो । म नभएका बेला चिठी आमालाई दिन्थे र चिया खाएर जान्थे । त्यसबापत इनरुवा मेरो ठेगाना खोज्दै आइपुगेका चिठीहरूलाई कतै अलमलिन दिँदैनथे । जतन गरेर घरमा ल्याइदिन्थे । कहिलेकाहीँ विभिन्न सरकारी कार्यालयका नाममा आएका पत्रिकाहरू पनि दिएर जान्थे । इनरुवा गन्तव्यमा आउने सर्वाधिक चिठी सकुन्तला दिदीका हुन्थे । म पनि कम थिइनँ । कहिले दुई नम्बरमा कहिले तीन नम्बरमा पर्थेँ । हुलाकी दाइका झोलाभरि चिठी, पत्रिका हुन्थे । अहिले एकादेशको कथा जस्तो लाग्छ तर त्यो बेला व्यक्तिगत चिठी मात्र होइन, पत्रपत्रिकाको वितरण व्यवस्थामा हुलाककै टेको लागेको हुन्थ्यो । २०५२ सालभन्दा अगाडिको सामाजिक जीवन चिठीमै अडिएको थियो । कतिले त चिठीमै पैसा खामेर पनि पठाउँथे । चिठी सेरोफेरोका भावमा कविता, गीत, गजल लेख्ने चलन थियो । चिठी आएन, चिठी आएन, मेरी मायालुको मलाई चिठी आएन बोलको गीत वीरगन्ज गहवाबाट कुर्वान हवारी, ताजमा हवारी, जलील हवारी, बेगम हवारी, झापा गौरादहबाट दुर्गा ताजपुरिया, दुर्गी ताजपुरिया र कान्छा भुजेल, विराटनगरबाट उर्मिला, निर्मला, सपना, कल्पना आदिको रोजाइमा पर्ने गीत हुन्थ्यो । ‘नखोलेरै राखिएको बन्द एउटा खाम थियो । भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो ।’ युवा गजलको ललीजन रावलको यो मत्ला पनि निकै चर्चित थियो । … पत्रपत्रिकामा पत्रमित्रताका सूचनाहरू बग्रेल्ती छापिएका हुन्थे । मातृभूमि साप्ताहिक, सात दिने समीक्षा, पञ्जाव केसरी, हिन्दुस्तान टाइम्सका संस्करणहरू मित्रताका सेतु थिए । पत्रमित्र हुन चाहनेका दर्जनौँ ठेगाना सार्वजनिक हुन्थे पत्रिकामा । कति केटीहरूका नाम जोडिएका ठेगाना कोही अल्लारे केटाले कि नक्कली नाम लेखेर कि सुरुमा आफूले आँखा लगाएकी तर प्रेम प्रस्ताव अस्वीकार गरेकी केटीलाई बदनाम गराउन पठाइदिएका हुन्थे । यीमध्ये मेरो ठेगाना चाहिँ नेपालमै विशिष्ट थियो । कसैले नलेखेको पिन कोड नम्बर मैले लेखेको हुन्थेँ । त्यो बेला अहिले जस्तो पासवर्ड शब्दले व्यापकता पाएको थिएन, कतै–कतै कोड वर्ड भन्ने शब्द चाहिँ सुनिन्थ्यो । यस्तो पृष्ठभूमिमा के हो यो पिन कोड नम्बर ? सर्वत्र जिज्ञासा हुन्थ्यो । भारतीय पत्रिकामा पत्रमित्रताका हरेक ठेगानासँग पिन कोड नम्बर जोडिएकै हुन्थे । नेपालमा टोल–टोलमा स्कुल भए जस्तो भारतमा टोल–टोलमा हुलाक हुन्थे । एउटै टोलमा धेरै हुलाक हुने हुँदा प्रापकका लागि पिनकोड नम्बर अनिवार्य जस्तै हुन्थ्यो । नेपालमा भने एउटै हुलाकको सेवाक्षेत्र धेरै गाउँसम्म फैलिएको हुन्थ्यो । सबै हुलाकहरू अन्तर्राष्ट्रिय हुलाक कार्यालयमा दर्ता पर्दो रहेछ । उसले सबै हुलाकलाई एउटा सङ्केत नम्बर दिएको हुँदो रहेछ, जसलाई पिन कोड नम्बर भनिँदो रहेछ । नेपालमा प्रापक वा प्रेषकको ठेगानामा पिनकोड नम्बर लेख्नु अनिवार्य थिएन । तर, म सानैदेखि हरेक काम सकेसम्म फरक ढङ्गले गर्न चाहने मान्छे थिएँ । त्यसैले मैले इनरुवाको पिनकोड नम्बर पत्ता लगाएर लेख्ने गरेको थिएँ । नम्बरको कुरा गर्दा हुलाकले ग्राहकका लागि वार्षिक शुल्क लिएर अलग–अलग पोस्ट बक्स नम्बर उपलब्ध गराएको हुन्थ्यो । त्यसैमध्येको एउटा गन्तव्य थियो, पोस्ट बक्स नम्बर ४३५५, त्रिचन्द्र श्रेष्ठ ‘प्रतिक्षा’ काठमाडौँ । उनले आफ्नो नामको अङ्ग्रेजीमा छोटकरी रूप राखेर टिसिएस इन्टरनेसनल पेनपल क्लब नामक अङ्ग्रेजी पत्रिका चलाउँथे । त्यसमा पत्रमित्रताका ठेगाना र फोटोहरू छापिएका हुन्थे । फोटो छपाउन पैसा पठाउनुपथ्र्यो । नेरु/भारु २० रुपियाँ, युएस डलर दुई, स्टर्लिङ पाउन्ड एक । मेरो फोटो पनि छापिएको थियो ७२८ नम्बरमा, पहिलो पृष्ठमै । त्यसको लगभग दुई महिनापछि पिनकोड नम्बर ०५६७०७ खोज्दै मिस मिस्सी रोपर, बक्स ४२३ होनोलुलु, अमेरिकाबाट एउटा चिठी आयो । अमेरिकामा जिप कोड नम्बर लेख्ने चलन रहेछ । मिस्सी रोपरको जिप कोड थियो ९६७२१ । सम्बोधन मिस्टर सुविद गुरागाई । उमेर २१ वर्ष । हवाइ विश्वविद्यालयमा जुनियर तेस्रो वर्ष । उचाइ पाँच फिट चार इन्च । ब्लोन्ड हेयर, ग्रीन आइ । रुची स्वीमिङ, रिडिङ पोयम्स् एन्ड नोभेल्स्, कोचिङ अ स्विमिङ टिम । आफूलाई अङ्ग्रेजी उस्तो नआउने । जवाफ नेपालीमा लेखेर पुरुषोत्तम सरलाई अनुवाद गर्न लगाएँ । र, लाग्दो हुलाक खर्च तिरेर प्रतिउत्तर पठाएँ । तर, फेरि जवाफ आएन । आयो र बीचमै कसैले गायब ग¥यो वा के भयो थाहा छैन । … पिन कोड नम्बर ०५६७०७ मा मलाई सोध्दै–खोज्दै आउने चिठीहरूमा सबैभन्दा धेरै चिठी हिक्मत थापाका हुन्थे । सुरुमा हात्तीसार धरान, पछि हेटौँडा, रत्ननगर टाँडी चितवन, कहिले कटाक्ष बजार कैलाली, कहिले काठमाडौँबाट लेखिरहन्थे उनी । दोस्रो नम्बरमा पर्थे सानोपोखरा–५/३३ हेटौँडाका साम्बराज ढकाल । त्यसपछि कहिले साँघुटार, कहिले दोरम्बा, कहिले मन्थलीबाट लेख्थे पेशल आचार्य । जागृतिनगर, भद्रपुर–६ झापाकी जयन्ता पोखरेल । पाँचकन्या–३, पानबारी, सुनसरीबाट लक्ष्मी खतिवडा ज्वाला । खार्पा–३ खोटाङकी कुसुम जङ्गलीसँग चिठीमै मनका भावना साटासाट हुन्थ्यो । उसबेला मभित्र हुर्हुराएको साहित्यिक तिर्खा मेट्थे तिनैले । दाङ देउखुरी, चौलाही सानो घुमनाबाट कृष्णराज सर्वहारी । बाम्राङ–८ खोटाङका रामविक्रम थापा । औरही टोल जनकपुर–९ बाट दिनेश पौडेल गरिब । जनकपुर ९/१९४ का तृष्णा (सञ्जय) भट्टराई । ओमप्रकाश न्यौपाने मानपुर दाङ । २/४ मझुवा सिन्धुलीका शङ्कर सौगात उर्फ शङ्करकुमार कार्की । चक्रपाणि गौतम, गैरागाउँ, तानसेन पाल्पा । राम प्रधान, मुकुन्द श्रेष्ठ ढाक्रे हरिवन सर्लाही । मेघराज भण्डारी धरान । कहिले दुर्गापुर झापा, कहिले पाँचथरबाट प्रेम ओझा । भरतपुरबाट कल्पना कँडेल स्मृति । विवश वस्ती सिद्धेश्वर–४ प्रगतिनगर सिन्धुलीमाढी । कहिले गोर्खा, कहिले कीर्तिपुरबाट भीम राना जिज्ञासु । दियालो रोड भरतपुर–१५ का अञ्जान श्रेष्ठ क्रमशः मेरा पत्रमित्रहरू थिए । बालसखा सञ्जय लुइँटेलले अर्मेनिया रुसबाट चिठी लेख्थे । महोत्तरी, औरहीबाट मनु ब्राजाकी । ललितपुर लगनखेलबाट दिनेश अधिकारी । घनश्याम न्यौपाने परिश्रमी भैरहवा । पाटनढोका, ललितपुरबाट कमल दीक्षित । धनकुटा–३ कचिडेकी झमककुमारी घिमिरे । नाम्चेबाट विनोद डाँगी । महाराजगञ्ज तालिम केन्द्रबाट गीत नारायण एमटीका सम्झना पत्रहरू आज पर्यन्त सञ्चयन गरिराखेकै छु । ठिमी बहेखा बजारका एक जना श्रेष्ठ थरका पत्रमित्र थिए । २०४५ सालमा काठमाडौँमा म सनराइज इम्पोरियम बागबजारमा काम गर्थेँ । जमिम शाहको कपडा पसल । तिनै दिनमा मित्र सम्झेर सोध्दै–खोज्दै उनको घर, ठिमी पुगेको थिएँ । तर, उनको घरमा त्यति राम्रो व्यवहार पाइनँ । बेकारमा पो आइएछ जस्तो अनुभ्ूति भयो । फर्केर इनरुवा आएपछि, उनका सबै चिठी र फोटो जलाइदिएँ । २०४४ देखि २०६० सम्म निर्वाध चलिरहेको थियो यो सिलसिला । … ती दिनहरूमा ‘प्रयास’ हवाइ पत्रिका छाप्थ्यौँ हवाइ–पत्रमा । म, पेशल आचार्य प्यासी, गोविन्द ढकाल बुइँपाली, कृष्ण कोइराला सम्पादक थियौँ । हुलाकबाट ५० पैसामा हवाइ–पत्र किनेपछि एकातिर छाप्ने कागजको पैसा जोगिन्थ्यो भने अर्कोतिर सम्प्रेषण खर्च पनि बच्थ्यो । काम अलिक फरक ढङ्गको पनि देखिन्थ्यो, हेर्ने बित्तिकै मान्छेलाई छोइहाल्ने । विद्यार्थी जीवन, कहिले खाजा खर्चबाट कटाएर, कहिले साथीभाइसँग सहयोग मागेर लेटर–प्रेसबाट छापिन्थ्यो प्रयास । खिटिक–खिटिक, एउटा हवाइ–पत्र हाल्यो–झिक्यो, अर्को हवाइ–पत्र हाल्यो–झिक्यो । मुद्रण कहिले अर्जुन पोखरेल दाइको अनुपम छापाखानामा, कहिले नारायण राजभण्डारी दाइको भगवती छापाखानामा । त्यही क्रममा एक दिन भगवती छापाखानामा प्रयास छाप्दै थियौँ । मेसिन अप्रेटर थिए, डम्बर दाइ । म कागज हाल्न, निकाल्न सघाउँदै थिएँ । अचानक मेरो दाहिने हातको चोर र माझी औँला मेसिनले च्यापिहाल्यो । डम्बर दाइले हत्तपत्त ब्रेक तानिहाले । धन्न ! औँला किचिपिचि हुन पाएन । नीलो–कालो भयो । आजसम्म पनि मेरा दुई वटा औँलाका नङ अलिकति माथि पलाएपछि सलक्क हुँदैनन् । हँसियाका दाँतजस्तो किरिक–किरिक बिझाउने खालका हुन्छन् । प्रयासमा अग्रजदेखि अनुजसम्म सबै प्रकारका कवि–लेखकका लेख–रचनाहरू छापिन्थे । तीमध्ये भानु–५, तनहुँका बसन्तप्रकाश उपाध्यायले पठाएको एउटा सानो टुक्रा छापिएको सधैँ सम्झन्छु । सम्पादक शीर्षकमा । विचरा सम्पादकहरू ! आफैँ हुर्काउँछन्, आफूले पूज्नुपर्ने भगवान्हरू । साँच्चै, उबेला बसन्तप्रकाशले भने जस्तै अहिले पनि अधिकतर सम्पादकको अवस्था म त्यही देख्छु । तर, म कोही भगवान् हुर्काउन सम्पादक बनेको थिइनँ । खासमा म ‘जीवनमा तिनीहरू नै सफल हुन्छन्, जो सफलताको मार्ग खोजी गर्छन् र नपाएको खण्डमा आफैँ निर्माण गर्छन्,’ भन्ने जर्ज बर्नाड शाको भनाइबाट निकै प्रभावित थिएँ । त्यो बेला गरिमा, मधुपर्क, समकालीन साहित्य वा कविताले लेख–रचना नछापुञ्जेल कवि–लेखक नै होइँदैन कि भने जस्तो चार्म थियो । उनीहरूले चाहिँ आँकुरा वा प्रवेश स्तम्भमा ठाउँ दिइसकेपछि कसैलाई छ महिना र कसैलाई वर्ष दिनको पालो लगाइदिन्थे । रचना प्रकाशनमा विद्यमान यस्तो साँधुरो परिस्थितिबाट थोरै भए पनि निवृत्ति पाउने उपायका लागि सम्पादक भइटोपलेको थिएँ म । जे गरिएछ राम्रै गरिएछ, अहिले सोच्दा । #पिन कोड नम्बर ०५६७०७ #सुविद गुरागाई नयाँ सङ्घ खोल्ने तर्खरमा: सामान्यतया सङ्घले विशेष उद्देश्य पूर्तिका लागि निर्मित तथा विशेष सिद्धान्तमा आधारित सङ्गठन, संस्था, समूह, जमात, टोली, मण्डली आदि अर्थबोध गराउँछ तर आजकाल यसले व्यक्तिविशेषको उद्देश्य पूर्तिका लागि निर्मित तथा व्यक्तिविशेषमा केन्द्रित समूह भन्ने अर्थसमेत दिन थालेको छ । सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदि लगभग समानार्थी शब्द भए पनि वर्तमान नेपाली सन्दर्भमा यी सबै विशिष्ट पारिभाषिक शब्द बन्नपुगेका छन् । हाल यिनले दलविशेषका विशेष बल भन्ने अर्थ दिन थालेका छन् । सङ्घे बलम् भन्ने परम्पराअनुसार यसलार्इ पनि अग्रगामी निकासकै विशेष कडीका रूपमा लिनुपर्ला ! गहिरिएर विचार गरिल्याउँदा सङ्घ खोल्नु कुकाम नभएर सुकाम नै हो । व्यक्तिहिताय नभई सर्वहितायको उद्देश्यबाट सङ्घ खोल्नु राम्रो कुरा हो र सङ्घ चाहिन्छ पनि । एक्लै गर्न नसकिने काम सङ्घमार्फत् सजिलै गर्न सकिन्छ । कसैलाई मुड्क्याउन, बङ्ग्याउन, सोझ्याउन, डन्ड्याउन, ठुन्क्याउन, छोट्याउन, कर्काउन, मर्काउनलगायत जेजे गर्न परे पनि सङ्घका नामबाट गरे भैहाल्छ । यसर्थ सङ्घको महिमा अपरम्पार छ, महिमागान गरेर साध्यै छैन । त्यसैले होला व्यक्ति स्तरदेखि राष्ट्र स्तर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मका अनेक सङ्घ–सङ्गठनहरू खोलिएका छन्, खोलिँदा छन् । अहिले व्यक्तिगत स्वार्थपूर्तिको साधन नबनाइएका समाजसेवी एवं साहित्यसेवी सङ्घ–सङ्गठनहरू उन्युको फूल बनेका छन् । अनि वर्तमान सन्दर्भमा तिनको खासै औचित्य पनि देखिदैन । व्यक्ति स्तरमा बुसेन सङ्घका अगि हुसेन सङ्घ बबुरो भएझैँ राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सङ्घ–सङ्गठनहरू पनि शक्तिशाली चुपिचन्डालकै मातहतबाट स्वार्थअनुरूप सञ्चालित छन् । प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल अहिले संसारको सबैभन्दा ठूलो र शक्तिशालीका रूपमा परिचित सङ्घ हो— यु नो अर्थात् तिमी होइनौ । यसलाई बाह्य रूपमा सबैको साझा सङ्घ भनिए पनि त्यसको खास सञ्चालकचाहिँ सधैँ उस्तै रूपरङ्गको एउटै बिरालाआँखे रहेको देखिन्छ । सुरुसुरुतिर उसलाई सतर्क तुल्याउने केही चिलआँखेहरू पनि थिए तर अहिले ती सबलाई धुजाधुजा पारी मुसा बनाएर आफ्नो स्वार्थअनुरूप एकछत्र रूपमा सञ्चालन गर्न ढाडे बिरालो सक्षम भएको छ । निजको चारणगिरी जरुरी छ, नगर्नेको हालत हुसेनकै जस्तो हुने पक्का छ । उसको सोचाइ र बोलाइ नै ब्रह्मसत्य हुन्छ । ऊ आफूलाई हाम्रा ब्रह्मा, विष्णु, महेश्वरभन्दा पनि माथिको चौथो रूप ठान्छ । त्यसमाथि होमा हो गरिदिने भाटभटिनीहरूको कुनै कमी छैन । कसैले आफ्नो गोप्य ढुकुटी जाँच्न नदिए ऊ त्यसलाई सुकुटी बनाएर चपाइहाल्छ । विरोधी सखाप र भाटवृद्धि अभियानमा ऊ सर्वाग्रपङ्क्तिमा छ । ऊ आफूले र आफ्नाले बनाएका हातहतियार विश्वसुरक्षाका लागि ठान्छ भने अरूले बनाएका विश्वविनाशका लागि… । उसको अनुमतिविना कसैले बोल्न त के सास फेर्न पनि नपाउने स्थिति छ । पत्नीगमनमा समेत उसैको आदेश पर्खनुपर्ने अवस्था छ, तैपनि ऊ संसारकै सर्वाेत्कृष्ट प्रजातन्त्रवादी ठहरिएकै–ठहराइएकै छ ! नठहराएर के गर्नु ढाडे बिरालाका अघि निरीह मुसाको के नै पो जोड चल्छ र ? यति भएर पनि तिमी होइनौ अर्थात् म मात्र हुँ अर्थबोधक सङ्घलाई पनि व्यक्तिगत नभएर सामूहिक नै भन्न सबै बाध्य छन् । बेलाबखत दाइभाइको ङार्रङुर्रमा मध्यस्थतादि गर्नसमेत यसकै नाम लिने गरेको सुनिन्छ । यस्तो नगरे खल्ती खलास भइहाल्छ के गर्नु ? अँ, सङ्घ–सङ्गठन खोल्नेबारेका चर्चापरिचर्चा उहिलेउहिले पनि नपाइने होइन तर उहिलेको र अहिलेको परिस्थिति पूरै फरक छ । उहिले यसको अलि बढी सार्वजनिक महत्व थियो भने अहिले यो पूरै व्यक्तिगत पेसा वा स्वार्थपूर्तिको साधनका रूपमा विकसित भएको छ । नहोस् पनि कसरी, फरक नभए त उहिले र अहिले भन्नै पर्ने थिएन नि ! हामीकहाँ उहिल्यै भित्रभित्रै केही सङ्घहरू खोलिएका भए पनि चानचुन तीन दशक यता सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदि च्याउभन्दा बाक्लै उम्रिएका छन् र उम्रिने क्रम दिनानुदिन बढ्दो छ । यसको कुनै लेखाजोखा छैन, जता फक्र्याे उतै सङ्घैसङ्घ, सङ्गठनैसङ्गठन, परिषदैपरिषद्, मञ्चैमञ्च, युनियनैयुनियन । यी सबै बेग्लाबेग्लै दलका अधीनमा रहने गरी जुराइएका ब्रान्डेड नाम हुन् । अचेल एकथरीले सङ्घ खोल्नेबित्तिकै अर्काथरी होडबाजीका साथ सङ्गठन, परिषद्, मञ्च आदि खोल्न जुर्मुराइहाल्छन् र त्यसैलाई आफ्नो ठूलो सफलता ठान्छन् । युनियन, सुनियन, घुनियन आदिका चर्तिकलाको त कुरा गरी साध्यै छैन ! यहाँ समाजसेवाको उद्देश्य लिएर सञ्चालित सामाजिक–सांस्कृतिक भनिएका सरकारी–गैरसरकारी डलर सङ्घ–सङ्गठन पनि कहाँ कम छन् र ? राजनैतिक सङ्घ, सङ्गठन आदिको त कुरै छोडौँ, ती उहिलेदेखि नै कुनै न कुनै रूपमा थिए र अहिले पनि छँदैछन् । ती त भयानकै पनि भइहाले । यहाँ समाजसेवाको उद्देश्य लिएर सञ्चालित सामाजिक–सांस्कृतिक भनिएका सरकारी–गैरसरकारी डलर सङ्घ–सङ्गठन पनि कहाँ कम छन् र ? यी पछि खुलेका भनेर के गर्नु, उम्रिदैका तीन पात भएपछि… । डलरको परिमाण र दाताको इच्छामुताबिक प्रतिवेदन बनाउन र फेर्न ती सारै खप्पिस छन् । द्रव्यवालले तिनलाई आफ्नो इच्छाअनुसार जहिले र जसरी पनि सञ्चालन गर्नसक्ने स्थिति छ । विभिन्न जातजाति, जनजाति, भातभाति आदि केके हो केकेका पनि आफ्नाआफ्नै सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियनहरू छन् । तिनका पदाधिकारी हुन गरिने खिचातानी र दलीय हस्तक्षेप पनि कम मनोरञ्जक हुँदैनन् । यिनको कुरा गरेरै साध्य छैन । हाम्रोजस्तो धर्मी मुलुकमा धर्मधारी सङ्घहरूको त कमी हुने कुरै आएन । अहिले कर्मी सङ्घको पनि बिगबिगी छ । यतिखेर यौनकर्मी सङ्घ, समलिङ्गी सङ्घ, तेस्रोलिङ्गी सङ्घको नाम पनि पर्याप्तै सुनिन थालिएको छ । छिटै यसका पनि छुट्टाछुट्टै सङ्गठन, परिषद्, मञ्च, युनियनसमेत गठन हुने लक्षण नम्बर वानहरूले देखाइसकेका छन् । अन्य सबै पेसाकर्मी, सुरक्षाकर्मीहरूका त सङ्घ गठन भइसकेकै छन् । अरूको त के कुरा बुझकी भनाउँदा लेखक–साहित्यकारहरूका पनि यी सबै नामधारी सङ्घहरू छँदैछन् । बुद्धिजीवी भनाउँदाहरूको त कुरा गरी साध्यै छैन, ती त सङ्घहरूका पाटीका हिरा नै भइहाले । नेताहरूले भ्रष्टाचार गरे भन्ने लेखक–साहित्यकारहरू तथा बुद्धिजीवी भनाउ“दाहरू दोहोरो मात्र के तेहोरो भत्ता, सत्ता एवं निवृत्तिभरण हत्याउनेतर्फ लमलस्ट भई मालिकको चाकडी बजाउनका लागि ढोका कुर्न र तलुवा चाट्नसमेत पछि पर्दैनन् । कतिपय त त्यसलाई भ्रष्टाचार नठानी सदाचारपूर्ण नैसर्गिक अधिकार एवं लोकतान्त्रिक-गणतान्त्रिक अभ्यास नै ठान्छन् । हामीकहाँ दलित सङ्घ त गठन भइसकेकै छ अब छिटै फलित सङ्घ, खलित सङ्घ एवं गलित सङ्घ खोली गणतान्त्रिक लोकतन्त्रतर्फ अग्रसर हुनु वाञ्छनीय छ । यसैगरी नाई, साई, भाइ, दाइ, आइ, जाइ आदि सङ्घ पनि वर्गीय हितको नारा फलाकी भेटेजति हाम गरिरहेकै छन् । आफू केही गर्न नसक्ने र अर्काले गरेको उन्नतिमा डाहिले बनी भुत्भुताउने कतिपय नरपिचासहरू अर्काको प्रसिद्धि र योगदानलाई धमिल्याउनाका लागि पनि यस्तै झालेमाले, छिरबिरे, टाटेपाङ्ग्रे सङ्घ–सङ्गठनहरूकै दुरुपयोग गर्छन् र ठूलै काम गरेँ भनेर मख्ख पर्छन् । यस्तो क्षणिक सन्तुष्टिमा रमाउने ती बबुरा हरिलठ्ठकहरूको कुरा गर्नु नै बेकार छ । कर्मचारीहरूलाई सङ्घ–सङ्गठन खोेलेर राजनीति गर्न रोक लगाइँदैछ रे भन्ने हल्ला पनि बेलाबखत सुनिन्छ । कुरा उति नाजायज पनि होइन तर कर्मचारीको नाइके वा मुख्य भनिएकै व्यक्तिका श्रीमतीको नेतृत्वमा समेत गठित सङ्घलाई चाहिँ के भन्ने ? नाइके लोग्नेका श्रीमतीको नेतृत्वमा गठित पदेन श्रीमती सङ्घको मूल उद्देश्य अलि घुमाएर गरिने लेनदेनको सुगम मार्ग हुनसक्छ । लोग्ने दिनभर कर्मचारीले सङ्घ खोल्न पाइँदैन भन्ने निर्देशन वितरण गर्दै हिँड्ने अनि रातभर स्वास्नीलाई सङ्घ खोलेर दानदातव्य असुल्न उद्यत गर्ने वृत्ति पनि कम चाखलाग्दो छ र ! यी सबको आदर्श सेवा प्रदान भए पनि यथार्थचाहिँ मेवा प्राप्तितर्फकै अग्रसरता देखिन्छ । यस्तै गर्ने भए प्रधानमन्त्री श्रीमती सङ्घ, मन्त्री श्रीमती सङ्घ, जिएम् श्रीमती सङ्घ आदि पनि खोल्नु पर्यो । अरू त ठीकै हो धेरै हुन्छन् तर प्रधानमन्त्री त एकजना मात्र हुनेहुँदा सङ्घ कसरी बनाउने भन्नु होला, उत्तर सहज छ— प्रधानमन्त्री पो एक त श्रीमती त अनेक हुने कुरामा कुनै सन्देह छ र ?भित्रबाहिर सबतिरका जोडे भइहाल्छ… । उहिले कुनै बेला मण्डले नामधारी सङ्घ पनि चर्चाको शिखरमै थियो । विरोधीहरूको भौतिक भूगोल बिगार्ने सत्कार्यमा त्यसको विशेष सक्रियता रहन्थ्यो । त्यतिबेला म पनि त्यस सङ्घको एक सक्रिय सदस्य थिएँ, अझ भनौँ सी ग्रेडको नेता नै । अहिले दलबदल गरी अर्कै सङ्घका नामबाट सोही खाले कार्य अझ सशक्त ढङ्गले गर्दैछु । पुरानो अनुभवलाई विशेष ग्राह्यता दिई अहिले मेरो प्रमोसन बी ग्रेडमा भइसकेको छ, ए ग्रेडका लागि प्रयत्नरत छु, ढोका ढुक्ने काम सुरु गरिसकेको छु… । काम परिवर्तन नगरी नाम मात्र परिवर्तन गरिएका यस्ता थुप्रै प्रमाणहरू छन् । त्यतिखेर निर्दलका नाममा वैयक्तिक दलीय कार्य गरी ढन्डासो खुस्काउने कामसम्म गरिन्थ्यो भने अहिले केके गरिन्छ भन्नै पर्दैन जगजाहेरै छ । वास्तवमा मण्डले भनेको व्यक्तिविशेष नभएर प्रवृत्तिविशेष हो । यसले उपद्र्याहा, छुल्याहा, बदनाम र अरूको अहित मात्र चिताउने बदमासहरूका प्रवृत्तिलाई जनाउँछ । अहिले दलहरूबाट छुट्टाछुट्टै रूपमा विभिन्न नामधारी सङ्घहरूको निर्माण भैरहेकाले सबैजसोका चैते, साउने आदि अनेक ढप र ढाँचाका घोषित मण्डलुहरू छन् र तिनमा दिनानुदिन मण्डलेवृत्ति फस्टाउँदो, फैल्दो, फक्राउँदो र फुल्दो छ । आफ्नै सङ्घका होनहार मण्डलुहरूमार्फत् मानवीय संवेदनालाई समेत व्यापक तोडफोडमा रूपायित गरेरै भए पनि सत्ता जोगाउनु परम धर्मै बनिसकेको छ । नेता भनाउँदाहरू पनि आफ्नै मण्डलुहरूका कुरा सुनेर निर्णयमा पुग्ने हुँदा हरेकतिर दुर्घटनाको चाङ लागेको देखिन्छ । स्वयंसेवकजस्तो पवित्र शब्दलाई समेत स्वपक्षीय मण्डलेहरूको सेवक–रक्षक अनि परपक्षीयहरूको मुण्डक–विध्वंसकका अर्थमा प्रयोग गर्न थालिएको छ । यति मात्र कहाँ हो र ? मालिकको इसाराअनुसार यथावसर सञ्चालित हुने भिजिलान्ते भतुवाहरूको भद्रगोले भड्किलो भाँडभैलोपूर्ण भस्मासुरे स्वयंसेवी सत्कार्य भनेर भनी साध्यै छैन । उत्तरश्रीमती सङ्घ खोलेर उसलाई गँगटी मैयासँग भिडाइदिइहाल्छु नि ! यसरी वर्तमानमा निर्मित नारीवादी, पुरुषवादी, अधिकारवादी आदि सङ्घ–सङ्गठनहरूको त कुरै छोडौँ पूर्वहरूका पनि थुपै्र सङ्घ–सङ्गठनहरू बनेका छन् । वर्तमानहरूका सङ्घ, सङ्गठनहरूको त कुरै नगरौँ, हालसाल पूर्वहरूका सङ्घ, सङ्गठन पनि छ्याप्छ्याप्ती खुल्दैछन् । पूर्वसैनिक सङ्घ, पूर्वसांसद् सङ्घ, पूर्वउपकुलपति सङ्घ आदि यसका नमुना हुन् । पहिले महिला सङ्घ त थिएथिए अब श्रीमती सङ्घ पनि जाज्वल्यमान भएर देखापर्दैछन् । सैनिक श्रीमती सङ्घ, प्रहरी श्रीमती सङ्घ, इन्जिनियर श्रीमती सङ्घ, कर्मचारी श्रीमती सङ्घ आदि थुप्रै श्रीमती सङ्घहरू बनिसकेका छन्, सङ्गठन आदिचाहिँ बन्न बाँकी देखिन्छन् तर छिटै बन्ने कुरामा शङ्का छैन, गृहकार्य हुँदैछ । अहिले पूर्वश्रीमती सङ्घ, उत्तरश्रीमती सङ्घ आदि छिटै खोलिने हल्ला पनि व्याप्त छ । पूर्वश्रीमती सङ्घको अदक्षचाहिँ मेरै पूर्वश्रीमती मछली मैया हुने रे अनि मलाई ठेगान लाउने रे भन्ने पनि सुन्दैछु । यस्तालाई तह लगाउन म पनि कहाँ कम छु र ? उत्तरश्रीमती सङ्घ खोलेर उसलाई गँगटी मैयासँग भिडाइदिइहाल्छु नि ! यसरी वर्तमानमा निर्मित नारीवादी, पुरुषवादी, अधिकारवादी आदि सङ्घ–सङ्गठनहरूको त कुरै छोडौँ पूर्वहरूका पनि थुपै्र सङ्घ–सङ्गठनहरू बनेका छन् । नबनेका कतिपयहरू बनाउनु जरुरी छ, जस्तै— पूर्वपालेपियन सङ्घ, पूर्वमुखिया सङ्घ, पूर्वखर्दार सङ्घ, पूर्वसुब्बा सङ्घ हुँदै पूर्वमन्त्री एवं पूर्वप्रधानमन्त्री सङ्घ आदि । यी सबैका श्रीमती सङ्घ पनि बनाएर तिनको कल्याण गर्नु आवश्यक देखिन्छ । हामीकहाँ पेसागत सङ्घ–सङ्गठन निकै खुलेका भए पनि कतिपयचाहिँ खुल्न ढिलाइसकेको छ, जस्तै— भ्रष्टाचारी सङ्घ, बलात्कारी सङ्घ, चोरडाका सङ्घ, जुल्पे, चिन्डे, मुन्द्रे, मुजुरे सङ्घ आदि । यिनमा पनि ठूला, मझौला र सानाहरूका बेग्लाबेग्लै सङ्घ–सङ्गठन खोल्नु पर्यो । गोजी भर्ने र बैंक भर्ने, छुस्स गर्ने र पूरै गर्ने अनि सियो चोर्ने, फाली चोर्ने र घर फोर्नेलाई उही कोटिमा राखेर सङ्घ बनाउन त भएन नि ! यस्तै सिर्कनु हान्ने, ढाड मर्काउने, घुँडा खुस्काउने, हातखुट्टा ठुन्क्याउने, ज्यान मार्ने सबका सबलाई एउटै छातामुनि राख्न पनि त मिलेन । ती सबका बेग्लाबेग्लै सङ्गठन, परिषद्, मञ्च, युनियन चाहिए नै ! हाम्रा होचापुड्काहरूले उहिल्यै आफ्नो सङ्घ बनाइसके । यिनका विरुद्धमा लम्बु–लामघारे सङ्घ बनाउन ढिलो भइसकेकाले यसको तयारीमा चाहिँ म स्वयं जुटेको छु र छिटै नै आफ्ना धुपौरेहरूलाई लिएर मेरै अध्यक्षतामा यो सङ्घ बनाएरै छाड्नेछु । मेरो गतिशील र आङ्कुसेरहित नेतृत्व स्वीकार गर्नेजतिलाई लम्बु–लामघारे सङ्घको सदस्यता लिन सूचित गरिन्छ नत्र पछि बाध्य भएर स्वीकार्नु पर्नेछ । यसतर्फ मोटा भुँडेहरूले पनि तत्काल ध्यान पुर्याउनु वाञ्छनीय छ तर हाललाई यसमा मेरोचाहिँ संलग्नता हुने छैन । अहिले खासगरी सहरी क्षेत्रमा चोरी डकैतीको बिगबिगी छ । बैंक, कम्पनीदेखि गोदाम, सेफ हुँदै गोजी मार्ने क्रम तीव्र हुँदोछ । यिनका विरुद्ध ठाउँ ठाउँमा प्रतिकार समिति पनि बन्दाछन् तर प्रतिकार समितिमै सम्बद्ध निकायहरूको घुसपेठले झन् असर पारेको छ । दिनभर प्रतिकारको योजना र स्थान निर्धारण गर्नेहरू नै रात पर्नेबित्तिकै पूर्वयोजना र स्थान परिवर्तन गरी अर्कै ठाउँमा प्रतिकार समिति बनाउने स्थिति सिर्जना गर्छन् र उज्यालो नहुँदै पुनः त्यहीँ प्रतिकार समिति बनाउन पुग्छन् अनि योजना निर्माण गर्न थालिहाल्छन् । वास्तवमा निशाचरहरूको पनि सङ्घ–सङ्गठन निर्माण गर्न ढिलाइसकेको छ । अब व्यक्तिगत रूपमा एकएक गरी चोरीडकैती गर्नुभन्दा सङ्घ–सङ्गठनविशेषका नामबाट साङ्गठनिक रूपमै लुटपाट मच्चाउनु बेस हुन्छ । यस्तैगरी अर्काले लेखिदिएको भाषणसम्म पनि राम्ररी पढ्न नजान्ने तथा गरिबी निवारणलाई गरिब निर्माण भनी बजेट भाषण गरेर राष्ट्रकै इज्जत संसारभर फैलाउने मन्त्रीहरूको पनि सङ्घ–सङ्गठन नबनाई नहुने भएको छ । दलदलबाट जन्मिएका दलहरूकै नातागोताहरूको समेत सङ्घ–सङ्गठन बनाउन ढिलाइसकेको छ । हामीकहाँ दल अदलबदलको परम्परा लामै भए पनि अहिले यसको विकास तीव्र रूपमा भएको छ । राती सुतेको एक दलको नेता बिहान उठ्दा दलबदल गरी कुन दलमा प्रवेश गरिसकेको हुन्छ पत्तै हुँदैन । यो क्रम स्वदेशमा मात्र होइन विदेशतिर झन् बढी व्याप्त छ…। हुन त उहिल्यै विभीषण पनि रावण दलबदल गरेर राम दलमा प्रवेश गरी भाइमारामा गनिएकै हो । त्यो त खास मूल्य र मान्यतामा आधारित थियो भनिन्छ तर अहिले त व्यक्तिगत सनक र मोलतोल नै पर्याप्त छ, मूल्यमान्यता र सिद्धान्तको केही मतलब छैन । नेतानेतीहरू आफूलाई चर्चामा ल्याउन रातारात जे जसो गर्न पनि तम्तयार भैहाल्छन् भने कार्यकर्ताहरू कसैलाई पत्तै नदिई पाँचथरीका सङ्घ–सङ्गठनको सदस्य बनेका हुन्छन् र आवश्यकताअनुसार परिचयपत्र देखाई स्वार्थसिद्धि गर्न पछि पर्दैनन् । एउटै व्यक्तिको नाम कहिले चन्दने दलमा त कहिले कन्दने दलमा, कहिले जङ्गले दलमा त कहिले मङ्गले दलमा सुनिन्छ । उही व्यक्ति कहिले चरम राष्ट्रवादी त कहिले घोर राष्ट्रघाती कहलाइन्छ । अवसरअनुसार …कारी जोडेर मोल तोक्न, टाउको ठोक्न वा …कारी हटाएर टाउका बोक्न वा ओठै टोक्न पनि खासै बेर लाग्दैन । दलबदलकै आधारमा यी सबै शुभकार्यहरू सुसम्पन्न हुन्छन्… । गहुँत छर्केर स्वच्छताको प्रमाण लिई निवेदन हालेर मन्त्री त के कुरा प्रधानमन्त्री नै बन्न पाइने मुलुकमा स्वच्छ छवि सङ्घ त नभई भएन । गोलाप्रथाबाट विदेशमा कामदार पठाएझैँ गोलाप्रथाबाटैै मन्त्री पनि छान्न पाए केही गरी आफ्नो पनि पालो आउँथ्यो कि ? गहुँत छर्केर स्वच्छताको प्रमाण लिई निवेदन हालेर मन्त्री त के कुरा प्रधानमन्त्री नै बन्न पाइने मुलुकमा स्वच्छ छवि सङ्घ त नभई भएन । गोलाप्रथाबाट विदेशमा कामदार पठाएझैँ गोलाप्रथाबाटैै मन्त्री पनि छान्न पाए केही गरी आफ्नो पनि पालो आउँथ्यो कि ? नत्र ज्योतिषीले मन्त्री हुन्छस् भनेको धेरै भइसक्यो खै आजसम्म भइएन । विशेष योग्यताका हकमा मसँग ज्यानमाराकै रूपमा किन नहोस् जेल बसेको पनि लामै अनुभव छँदैछ…। मजस्ता कपुरी कसम्म नजानेका लन्ठुलाललाई त एकपटक मन्त्री भएर विद्वान्मा गनिने र जे पायो त्यही विषयमा जोडदार भाषण गर्ने तीव्राकाङ्क्षा छ भने कपुरी क सम्म जानेकाहरूलाई त नहुने कुरै भएन नि… ! मैले क नपढेर के भो त तिगडमगिरीमा म पिएचडीभन्दा माथि नै छु, आजसम्म मलाई जित्ने कोही जन्मिएकै छैन । कोही हाराहारीमा आउन लागे उसको जरोबुटै उडाइदिइहाल्छु ।सङ्घ, सङ्गठन, परिषद्, मञ्च, युनियन आदिलाई भिडाएर आफ्नो काम फत्ते गर्न त म चुपिचन्डालै छु नि, छट्टुको पनि उपाध्याय पो हुँ त ! अवसरअनुसार अरूका किन्न र आपूm बिक्न मजति खप्पिस अहिलेसम्म कोही जन्मिएकै छैन । अनि निकै पछिसम्म जन्मिने लक्षण पनि देखिँदैन । हुन त मेरो देशलाई ट्रेड युनियनभन्दा ब्रेड युनियनकै बढी खाँचो छ तर मन्त्री बन्ने बाटोे ट्रेड युनियनमार्फत् नै खनिने हुँदा म छुट्टै नयाँ ट्रेड युनियन बनाएरै भए पनि मन्त्री बन्ने धोको पूरा गर्ने सोचाइमा छु । मन्त्री बन्नेबित्तिकै आफ्नै निर्देशनमा हडताल गराएरै भए पनि इन्धनादि सब चिजको भाउ बढाएर राहतरूपी कमिसन श्रीमती सङ्घको खातामा जम्मा गरिदियो अनि आफू सत्तामा छउन्जेल बन्द गर्ने, बार भत्काउने, टायर बाल्नेजस्ता कार्यक्रममाथि अध्यादेशबाटै भए पनि प्रतिबन्ध लगायो, सत्ताबाट हट्नेबित्तिकै उही कार्यक्रम जोडतोडका साथ सुरु गरिहाल्यो । आहा, क्या मज्जा ! विरोधीलाई गाली गरेर नपुगे भिडाएरै भए पनि आफ्नो कालो कुर्सी जोगाउनै पर्याे… । सर्वत्र भाउवृद्धि गराएपछि महँगी छानबिन आयोग बनाएर जनताका आँखामा छारो हाल्नै पर्यो, माथिकालाई रिझाउनै पर्यो । हामीकहाँ आयोग गठन गर्न खासै टाइम पनि त लाग्दैन । अहिलेसम्म दाइदेखि शाहीसम्मका आयोग नाथे त कति गठन गरिए कति ? आयोग गठन गर्ने–गराउनेमा पनि सङ्घ–सङ्गठनहरूकै भूमिका विशिष्ट रहन्छ । हामीकहाँ अहिलेसम्म कति आयोग बने र तिनले राष्ट्रको ढुकुटी कति रित्याए त्यसको कुनै हरहिसाब छैन । यिनकै विवरण तयार गर्न पनि अर्काे अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी आफ्ना केही कार्यकर्तालाई रोजगारी दिनेतिर पनि सङ्घ–सङ्गठनहरूको ध्यान जानुपर्ने हो । यसका लागि कुनै धारा जगाए वा सुकाए भइहाल्छ । यस्ता अनेक गतिविधिमार्फत अग्रगामी निकास नखोजे डुबेको राष्ट्र उक्सन बेर छैन । कथंकदाचित उक्सिइहाल्यो भने डुबाउनेहरूको त रोजीरोटी नै गुम्ने हुँदा त्यस्ता सङ्घ–सङ्गठनहरू भरसक त्यस्तो हुन दिँदैनन् र दिनु पनि त भएन नि ! राष्ट्रभन्दा व्यक्ति नै ठूलो ठानिने मुलुकमा यसभन्दा बढी के नै पो अपेक्षा गर्न सकिन्छ र ? हुन त अहिले गणेशमानका भेडा अलि बाठा बनिसकेकाले अलि अप्ठ्यारो पर्न थालेको छ, तैपनि… । उहिल्यैको अर्धसाक्षर जङ्गे ढेडुले त जबरा दल बनाएर लामो समयसम्म एकलौटी राज्य गरेको थियो भने पछिका, झन् पछिका र अझ पछिका साक्षर चङ्खे बिल्लुहरूले गरेको दल निर्माणलाई गाली गर्नुको कुनै औचित्य छैन । यसलाई परम्पराबाटै हस्तान्तरित र विकसित दल निर्माण प्रक्रिया मानी स्वीकार गर्नुपर्छ, नगरी धरै पनि त छैन नि ! वीर, बहादुर, स्वाभिमानी गोर्खाली नामबाट परिचित हामी अहिले ठग, भ्रष्ट, अनैतिक कोर्काली नामले परिचित हुनपुग्दा पनि गौरवको महसुस गरी नाक फुलाइरहेकै छौँ । हुन त हामी वीर नेपाली जाति दलबदलमा खप्पिस छौँ, यसो मौका पर्यो कि दल अदलीबदली गरिहाल्छौँ । दल अदलीबदलीको रेडिमेड प्रेस विज्ञप्ति र पाँच सात दलको सदस्यता बोकेरै हिँड्छौँ । मौका पर्नेबित्तिकै जसलाई जे चाहियो त्यही निकालेर देखाइहाल्छौँ । व्यक्ति एक व्यक्तित्व अनेकलाई चरितार्थ गर्नु नै अहिले हाम्रो खास पहिचान भएको छ । वीर, बहादुर, स्वाभिमानी गोर्खाली नामबाट परिचित हामी अहिले ठग, भ्रष्ट, अनैतिक कोर्काली नामले परिचित हुनपुग्दा पनि गौरवको महसुस गरी नाक फुलाइरहेकै छौँ । मनुष्यवर्गले सङ्घ–सङ्गठनकै नाममा यतिबिघ्न चर्तिकला गरेको देखेरै होला अहिले पशुपक्षीवृन्द पनि उति एक्लैदुक्लै हिँड्न छोडी हुल बाँधेरै हिँडेका देखिन्छन् । यी दुवैमा एकअर्काको पर्याप्त प्रभाव भेटिन्छ । साँढे, कुकुर, बाँदर, कङ्गारु, काग, रूपी आदिका बेमौसमी हुल बाँधेर हिन्ड्ने काम मानिसकै सिकोजस्तो छ । साँढे–साँढे अनि गाई–गाईको उक्लाई–ओर्लाई देखेरै होला मानिसले पनि समलिङ्गी सङ्घको निर्माण गरेको । कुकुरले सिनुका लागि गरेको ङ्यार्रङुर्र एवं झम्टाझम्टीकै देखासिकीबाट नेताहरूले सत्ता हत्याउनाका लागि गरिने चलखेल सिकेको अनि आफ्नो घर पनि नबनाउने र अर्काको पनि बिगार्ने बाँदरवृत्तिबाट डाहिले र फोरफारे नीति सिकेको हुनुपर्छ । ठूला घराँ हुने संसद्को बैठक र साँझपख बाँसघारीमा हुने रूपीको बैठकमा तात्विक अन्तर देखिँदैन । यस्ता क्रियाकलापचाहिँ सांसद्हरूले रूपीबाट सिकेको हुनुपर्छ । कसैको वंशविनाश प्रकरणमा माकुराको प्रभाव हुनसक्छ… । यस्ता उदाहरण त कति छन् कति ? यी सब कर्म मान्छेले पशुपक्षीबाट सिके कि पशुपक्षीले मान्छेबाट सिके भन्ने कुरा खोजीको विषय बनेको छ । यति लामो गन्थनको अभिप्राय सङ्घ खोल्ने कार्यको विरोध भन्ठान्नुहोला, त्यो सरासर गलत हो । मेरो आजीविकाको साधन नै सङ्घ भएकाले मैले यसको विरोध गर्ने कुरै आउँदैन । यो सबको चुरो कुरोेचाहिँ नयाँ सङ्घ खोल्नका लागि बाँधिएको भूमिका हो । सङ्घ खोल्न सदस्यको कमी हुने कुरै छैन, मेरै शाखासन्तानले नै पुगिहाल्छ…। अरूलाई गाली नगरी आफू ठूलो नभइने मुलुकमा यतिसम्म त भन्नै पर्यो नि ! गाँठी कुराचाहिँ अब मलाई पनि कार्यकर्ताबाट नेता हुन मन लागेकाले म आफ्ना सवर्गीय पूर्वकुखुरा चोर अनि वर्तमान होनहार राष्ट्रसेवकहरूलाई साथमा लिई एउटा छुट्टै सङ्घ खोल्ने तरखर गर्दैछु । विधान बन्दैछ, नाम राख्न बाँकी छ । घोचे सङ्घ, घारे सङ्घ, छुरी सङ्घ, भुरी सङ्घ, फुच्चे सङ्घ, बुच्चे सङ्घ, लुच्चे सङ्घ, चुच्चे सङ्घ, हुक्के सङ्घ, बैठके सङ्घ, टिकेटाले सङ्घ, तार चोर सङ्घ, बार फोर सङ्घ, चुरमुसे सङ्घ, घुरमुसे सङ्घ, जाँडु सङ्घ, गाँडु सङ्घ, टोकुवा सङ्घ, ठोकुवा सङ्घ, बोकुवा सङ्घ, माकुरे सङ्घ, टाकुरे सङ्घ, हुल्याहा सङ्घ, छुल्याहा सङ्घ, मुल्याहा सङ्घ, कुटुवा सङ्घ, लुटुवा सङ्घ, डुलुवा सङ्घ, भुलुवा सङ्घ, लडुवा सङ्घ, भ“डुवा सङ्घ, फुटाहा सङ्घ, लुटाहा सङ्घ, सुताहा सङ्घ, भुताहा सङ्घ, सुइरे सङ्घ, लुइरे सङ्घ, धुइरे सङ्घ, कुइरे सङ्घ, बोकाबोकी सङ्घ, परेवापरेवी सङ्घ, भ्रष्टाचारी सङ्घ, बलात्कारी सङ्घ, चमत्कारी सङ्घ, आलु सङ्घ, पिंडालु सङ्घ, फर्सी सङ्घ, कुभिन्डे सङ्घ, अलपत्रे सङ्घ, खलपत्रे सङ्घ, कङ्गारु सङ्घ, बङ्गारु सङ्घ, कुचो सङ्घ, बुचो सङ्घ, अने सङ्घ, मने सङ्घ, आँडे सङ्घ, पाँडे सङ्घ आदि सङ्घहरू अहिलेसम्म खोल्या देखिएको छैन । मेरो हुनेवाला सङ्घको नामकरण यिनैमध्ये कुनैबाट गर्नुपर्ला अथवा यीभन्दा राम्रा कुनै नाम जुरेमा तिनैबाट गर्नुपर्ला । यसपछि सवर्गीय दुईचार सङ्घ मिलाएर छिटै महासङ्घ नै बनाउनेबारे समेत गृहकार्य भइरहेकाले इच्छुक सवर्गीयहरूले अहिलेदेखि नै सम्पर्क गर्न थाल्नुभए हुन्छ । कथंकदाचित सदस्य सङ्ख्या अलि कम भएमा केही समयका लागि अर्काे कुनै सङ्घसँग एकता गर्छु अनि मेरो योजना सफल हुनेबित्तिकै तिनलाई ए कता बनाइदिहाल्छु…। यस्ता जोड्ने र फोड्ने काममा मलाई उछिन्ने अर्को मभन्दा चुपिचण्डाल कोही जन्मिएकै छैनन्…।मेरा विरुद्धमाजति बैठक गरे पनि केही गर्न सके पो । मैले खड्ग प्रहार गरेपछि जस्तै प्रचण्डाग्निले पनि केही खालो सार्न सक्दैनन्…। अहिले मेरा सङ्घको नाम कुचो सङ्घ राख्ने सहमति बन्दैछ । कुचो सङ्घ भनेपछि सरसफाइको विशेष अभियान भनिदिए भइहाल्छ । खासमा यो कुखुरा चोरको छोटो रूप हो तर यो कुरा कसैलाई नभन्नु नि… । मेरा सङ्घमा पूर्वकुखुरा चोरजतिलाई निःशुल्क सदस्यता दिइनेछ । जम्पिङ र डम्पिङमा निपुणलाई मानार्थ सदस्यता तथा भुटिङ र लुटिङमा दक्षलाई आजीवन सदस्यता दिन सकिनेछ तर यसको निर्णयचाहिँ म स्वयंबाट हुनेछ किनभने यसको स्वघोषित अदक्ष मै हुने पक्का छ । दुई अदक्ष बनाउँदा भद्रगोल हुने रहेछ… । मेरो विरोध गर्नेजति यस सङ्घको सदस्यता लिन अयोग्य हुनेछन् । सदस्यता लिइसकेर विरोध गर्नेलाई धुलो काढिनेछ । म इच्छामुताबिक काम गर्न पूरै स्वतन्त्र हुनेछु, कसैले थुनछेक गर्न पाउने छैन । अलिकति मात्र यताउति भएमा आफ्नो पद कायम गर्ने एक सूत्रीय माग राखी भद्रकाली, खुलामञ्च, रत्नपार्क वा यस्तै कुनै सार्वजनिक ठाउँमा खामरण अनसन बसिनेछ–बसाइनेछ… । अचेल अनसन बस्न पनि सारै सजिलो छँदैछ । बिहानै टन्न खायो, गयो, माला लायो, टिभीमा किच्च दाँत देखायो बस… । मध्यान्हमा केहीक्षण गायब भयो । रातीको त कुरै भएन, कसैले देख्ने हैन, जे गरे’नि भैहाल्यो । कसैले डाक्टरी जाँचको कुरा गरेमा उसैका मकै खाने उडाइदिए खेलै खत्तम । यस्ता अनसन बस्न म उहिलेदेखि पूरै बानी परिसकेकै छु… । निर्धारित योग्यता पुगेका महानुभावहरूलाई मेरा कुचो सङ्घको सदस्यता लिन आह्वान गरिएको प्रेस विज्ञप्ति छिटै प्रकाशित गरिनेछ । योग्यता पुग्न केही बाँकी रहेका व्यक्तिहरूले छिटै योग्यता पुर्याई प्रमाणित सर्टिफिकेट लिइसक्नु होला । अहिले म पूर्व र पश्चिम कुखुरा चोर एन्ड कम्पनीको भेला गराई सब कुराकन्थ मिलाएर तत्कालै एउटा छुट्टै सङ्घको घोषणा गरी त्यसको संस्थापक अध्यक्ष बन्ने सुरसार कँस्दैछु । अहिले तत्काललाई म दल स्थापनार्थ चाहिने रकमको जोहो गर्न अलि पल्लै ढाडे बिरालाको मुलुकमा बिरालीको गु सोर्दैछु । केही रकम जम्मा हुनेबित्तिकै फर्किहाल्नेछु । दल जोडफोडको अभ्यास सङ्घका माध्यमबाट विदेशतिरै पनि गर्दैछु, आफ्नो पुरानु चुर्के बानी के छोड्थेँ ? आफ्नो अनुकूल नहुनेबित्तिकै कङ्गारु झ्वाँक देखाइहाल्छु…। मेरो नाम भगवान्कोसँग मिल्ने भए नि टाउको त पशुकै छ नि… ! यसका लागि स्वदेशमा आवश्यक तयारी गर्न लाउकेहरू खटाइसकेको छु । निर्धारित योग्यता पुगेका महानुभावहरूलाई मेरा कुचो सङ्घको सदस्यता लिन आह्वान गरिएको प्रेस विज्ञप्ति छिटै प्रकाशित गरिनेछ । योग्यता पुग्न केही बाँकी रहेका व्यक्तिहरूले छिटै योग्यता पुर्याई प्रमाणित सर्टिफिकेट लिइसक्नु होला । मैले योग्यता प्रमाणितकर्ताहरू टोलटोलका कुखुरे बस्तीहरूमा खटाइसकेको छु, तिनीहरूसँग तत्काल सम्पर्क गर्नुहोला । आफूले नै कुनै अपराधकर्मी गिरोहलाई मोटै रकम दिएर ज्यान लिन पठाएको व्यक्ति त्यो अपराधकर्मी उसकहाँ नपुग्दै भीरबाट लडेर मरेमानानाथरी बिलौना गर्दै आफैं किरियापुत्री बनेर किरिया गर्न कोरामा बस्ने हरिलट्ठकहरूको एकता गरी एउटा सङ्घ बनाउनु पनि आवश्यक देखिएको छ, यसको नाम के राख्ने भन्नेबारे पछि छुट्टै छलफल गराैँला…। बर्डफ्लुको हावाले मेरा सङ्घको सदस्य सङ्ख्यामा केही असर गर्ने छैन । मेरा अगाडि त्यस्ता मुला बडफ्लुले केही खालो सार्दैन । कस्ताकस्ता वर्डफ्लु र म्यानफ्लुलाई त नटेर्ने मसँग यस्ता नाथे बर्डफ्लुलाई तह लगाउने जुक्तिबुद्धि कति छन् कति । एकाध टट्टु कुखुरे डाक्टर तथा पट्टु भाडे पत्रकार बोलाएर गोले सम्मेलन र कुखुरे गोष्ठी गरी दुईचार कुखुराका साँप्रा बाँडेरै भए पनि बर्डफ्लुलाई सुइफ्लु पारिहाल्छु । सभामा उपस्थित डाक्टर, पत्रकार सबले निस्फिक्री साँप्रो लुछे हुन्छ । मचाहिँ लुछ्दिनँ, किनभने अरूलाई जे भए पनि केही फरक पर्दैन, मलाई कथंकदाचित केही भइहाल्यो भने त देशै डुबिहाल्यो नि ! कोभिड त डन्डा बोकेर गएसी भागिहाल्छ…। खाटी कुरा के भने हाल प्रचलनमा रहेका सङ्घहरू मेरा लागि उपयुक्त नभएकाले अब छिटै सत्तामा पुगी सवर्गीय सेवा गर्ने पवित्र उद्देश्यद्वारा गठन हुन लागेको मेरा कुचो सङ्घको सदस्यता लिई राष्ट्रसेवामा समर्पित हुन तयार रहनुहोला । अहिले सदस्यता नलिएमा पछि पछुताएर पुर्पुरे आलु छाम्नुको कुनै विकल्प रहने छैन । अहिलेलाई सर्वप्रथम मेरो पूरै जय होस्, त्यसपछि मेरा सङ्घको जय होस्, मेरामेरीको पनि चानचुन जय नै होस्… । मेरा सङ्घमा बसुन्जेल सबका शव जिन्दावाद अनि दलबदल गरेसीचाहिँ मुर्दावाद…! #खगेन्द्रप्रसाद लुइटेल कहिल्यै ननिभ्ने नक्षत्र : भानु: प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपालको भूमध्य भागमा अवस्थित गण्डकी अञ्चलको तनहुँ जिल्लाका धेरै गाउँहरु मध्ये चुँदी रम्घा भन्ने गाउँ थियो । प्रकृतिको सुन्दर काखमा सजिएको तनहुँ जिल्लाको सानो गाउँ रम्घा त्यहाँका मानिसहरुका लागि निकै प्रिय थियो । तत्कालीन समयमा त्यस गाउँलाई आसपासका छिमेकी गाउँबाहेक अरु धेरैले बुझ्न पाएका थिएनन् । श्रीकृष्ण आचार्य गुरुको गाउँको नामले पनि त्यो गाउँ अलि परसम्म चाहिँ चिनिएको थियो । वि.सं. १८७१ असार २९ गते रविवारका दिन अपराह्न उनै श्रीकृष्ण आचार्यको पुत्ररत्न धनञ्जय आचार्य र बुहारी धर्मावतीको जेष्ठ सुपुत्रको रुपमा भानुभक्त आचार्यको जन्म भयो । उनको चिच्याहटले गाउँलेलाई झक्झकाएको थियो कि थिएन तर उनको नामले आज सिङ्गो राष्ट्र र अन्तराष्ट्र स्तरमा पनि फैलने र मौलाउने मौका पाइरहेको छ । भानुभक्त आयार्यका बुबा सरकारी जागिरे भएका कारण पाल्पामा थिए । बुबा प्रायः पाल्पामा नै रहनु पर्ने हुँदा उनको लालनपालन र शिक्षादीक्षामा हजुरबुबा श्री कृष्ण आचार्यले मुख्य भूमिका खेलेका थिए । तसर्थ उनलाई बाल्यकालमा आफ्नौ हजुरबा श्रीकृष्ण आचार्यले घरमा नै अक्षरारम्भ गराए । कवि भानुले प्रारम्भमा अमरकोष र व्याकरणको अध्ययन गरेका थिए । हजुरबा श्रीकृष्ण आचार्यले जीवनको उतराद्र्ध काललाई काशीको कल्पवासमा बिताउने र त्यही आफ्नो देहत्याग गर्ने निर्णय गरेअनुसार नाति भानुभक्तलाई पनि साथै लिएर गएका थिए । त्यसैसमयमा भानुभक्तले काशीका प्रकाण्ड विद्धानहरुबाट करिब दुई वर्षको समयसम्म संस्कृत साहित्य तथा व्याकरण र ज्यातिष विद्याको शिक्षा हासिल गरेका थिए । गीता सापकोटा श्रीकृष्ण आचार्यले आफ्नो इच्छामरणकै रुपमा काशीमै देहत्याग गरे र भानुभक्त विवश भएर घरगृहस्थी चलाउन गाउँमै फर्किए । उनले त्यससमयमा आफ्ना जीवनका भोेगाइ र घटनापरिघटनाले पिल्सिएका भावानुभूतिलाई बिसाउन नपाएर भौँतारिरहन्थे । कलिलै उमेरमा उनको जीवनमा उताबचचढाब आइलाग्न थाल्यो । हजुरबाको निधन, पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि घरको जेठो छोरो भएको कारण र बाबुको सरकारी जागिर भएको कारण पारिवारिक जिम्मेवारी सम्हाल्नु पर्ने दायित्व आदि कारणले उनलाई अध्ययनका लागि एकपछि अर्को बाधाअर्जन आइलागेको थियो । यस्ता कुराले बिरक्तिएर एकदिन यिनी २२ वर्षको उमेरका हुँदा घरबाट बाहिरिएर वनको रुखको छहारीमा बसेर टोलाइरहेका बेला यौटा घाँसीले इनार खनिरहेको भेटाएछन् । घाँसीको यो कार्यबाट अचम्मित भएर भानुभक्तले घाँसी दाइलाई प्रश्न गरेछन्, ‘घाँसी दाइ, घाँसी दाइ, यो टन्टलापुर घाम लागेको बेला तपाईँले यो के गर्न लाग्नु भएको हो ?’ घाँसीले भानुको कुराको जवाफ सहजै दिएछन्, ‘हेर बाबू, मैले बाँचून्जेल घाँस काटेर अरुलाई बेच्दै परिवार पाल्न मात्र सकेँ । जीवनमा अमर रहने केही काम गर्न सकिनँ । त्यसैले आफ्नो अल्प कमाइबाट खाईलार्ई जगेरा गरेको पैसाले आफ्ना गाउँमा कुवा खनाएको कुरा गरेछन् । यसो गर्दा धर्म पनि हुने तथा पछिसम्म फलानाले खनाएको इनार भनेर नाम पनि रहने भनेर उसले कुवा खनेको कुरा गरेछ । घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठूलो प्रभाव परेछ । ‘मसँग धमसम्पत्ति सबथोक भए पनि मैले न धर्म कमाउन सकेको छु न आफ्नो नाम राख्न सक्ने काम गर्न सकेँ भनी उनी आफैदेखि उद्धेग भएछन् ।’ यही भावनाले उनलाई कविता फुराएछ र भानुभक्तले घाँसीबाट प्रभावित भएपछि घाँसीलाई नै विषय बनाएर एउटा कविता लेखिहालेछन् ; भर् जन्म घाँसतिर मन् दिइ धन् कमायो नाम् क्यै रहोस् पछि भनेर कुवा खनाायो घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भै कन आज यस्तो ।। मेरा इनार न त सत्तल पाटि क्यै छन् जे धन् र चीजहरु छन् घर भित्र नै छन् तेस् घाँसिले कसरि आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु न राखि कीर्ति ।। यिनै कविताका श्लोकहरुबाट भानुभक्तले जीवनपर्यन्त पनि जीवित रहने कामको श्री गणेश गरे । साहित्यका माध्यमबाट लोक सेवा गर्ने अठोट गरेर उनी साहित्यको फाँटमा अगाडि बढे । यसक्रममा उनले सर्वप्रथम बाल्मीमिद्धारा लिखित अध्यात्म रामायणलाई नेपाली भाषामा लेख्ने विचार गरे । उनले विसं १९०५ तिर बालकाण्ड, अयोध्याकाण्ड र अरण्यकाण्ड लेखिसके । विभिन्न व्यवहारिक झमेलाले यसलाई पूरा गर्न सकेनन् । छिमेकीसँग जग्गाको विषयमा झगडा भएका कारण उनी मुद्दा खेप्न काठमाडौँ आए । त्यतिबेला उनले जेलजीवन पनि बिताउनु परेको थियो । कुमारीचोकको थुनामा रहेको बेला किष्किन्धाकाण्ड र सुन्दरकाण्ड भाषानुवाद गरे र पछि युद्धकाण्ड र उत्तरकाण्ड समेत भाषानुवाद गरेर वि. सं. १९१९ को वैशाख महिनामा रामायणको भाषानुवाद गरी सकेका थिए । उनले पहिलोपटक नै नेपाली जनमानसमा अध्यात्म चिन्तनले भरिएको महत्वपूर्ण महाकाव्य उपहार दिन सफल भए । रामायण महाकाव्यलाई अनुदित कृति भनिँदा भनिँदै पनि यसमा मौलिकताको प्राधान्य पाइन्छ । उक्त अध्यात्म रामायणमा अनुष्टुप छन्दको बाहुल्यता थियो भने भानुभक्तद्धारा लिखित रामायणमा स्रग्धरा, शादूलवीक्रिडीत, शिखरिणाी, मन्दाक्रान्ता, मालिनी लगायत १३ छन्दको प्रयोग गरी नवीनता दिइएको पाइन्छ । त्यसअर्थमा भानुभक्तद्धारा लिखित कृतिको भावभूमि अध्यात्म रामायण हुन सक्ने भए तापनि अध्यात्मरामायाणकै अनुवाद नभएको तर्क पनि प्रशस्त पाइन्छ । जेहोस् भानुभक्त आचार्यले सरल र सरस भाषामा रामायण लेखेर नेपाली भाषाको मानकीकरणका लागि प्रर्वतकको भूमिका निर्वाह गर्न सफल भएका छन् । भानुभक्त आयार्य सम्भ्रान्त परिवारमा जन्मिएका थिए तर उनमा धनको घमण्ड थिएन । अत्यन्त सादा जीवन र उच्च विचारको पर्याय बनेका भानु तीक्ष्ण बुद्धिका पनि थिए । उनले तत्कालीन समाज रुपान्तरणका लागि शिक्षामूलक कृतिहरु पनि उपहार दिएका थिए । जसको ज्वलन्त उदाहरण बधु शिक्षा, भक्तमाला र प्रश्नोउत्तर आदि हुन् । यी कृतिहरुले तत्कालीन नेपाली जनमानसमा सामाजिक, सांस्कृतिक, धार्मिक र नैतिक मूल्यमान्यतायुक्त सन्देश पर्वाह गर्न सकेको पाइन्छ । तत्कालीन समयका नारीहरुलाई समयसापेक्ष रुपमा उपयोगी हुने बधुशिक्षा नामक कृति उपहार दिए । यसले नैतिक र सामाजिक मूल्य मान्यतालाई कसरी आत्मसात् गर्दै सभ्य समाजको निर्माण गर्ने भन्ने कुरामा समाजका नारीवर्गलाई सचेत गराएको थियो । तत्कालीन समयमा औपचारिक रुपमा पढ्नका लागि विद्यालय थिएनन् । बालविवाह प्रथा थियो । कलिलैमा छोरीले पराइ घरमा सुम्पिनु पर्दा छोरीहरुलाई सांसारिक जीवनप्रति अन्योल र अनभिज्ञ हुँदाहँुदै जिम्मेवारी सम्हाल्नु पथ्र्यो । त्यस समयमा भानुभक्तद्धारा लेखिएका बधु शिक्षा र भक्तमाला जस्ता कृतिहरुले समय सुहाउँदो समाज, परिवार र सभ्यताको पाठ सिकाएको पाइन्छ । त्यस्तै उनले रामगीता नामक मौलिक कृति लेखेका छन् भने समय र परिस्थितिको चपेटामा परेर भोगेका जीवनका भोगाइका तितामिठा अनुभूतिलाई समेटेर थुप्रै फुटकर कविताहरु रचना गरेका छन् । भानुभक्त आचार्य आफ्ना हजुरबाको कुशल चेलो हुँदै हुर्किए । उनले बाल्यकालमै हजुरबाबाट नैतिक मूल्यका शिक्षादीक्षा पाए । उनले समाज परिवार र आफ्नो भोगाइमा जे देखे, बुझे र महसुस गरे तिनै कुरालाई टपक्कै टिपेर काव्यात्मक रुप दिँदै गए । उनका रचनाहरु लोक जीवनमा प्रख्यात हुँदै गए । प्रायः नेपालका सबै भूभागमा उनीद्धारा लेखिएको रामायण्, बधुशिक्षा र भक्तिमाला मुखाग्र हुँदै गयो । कुनै माङ्गलिक कामकाजमा होस् या रोपाइँ वा दाइँ गर्दा होस् या घाँसदाउरा गर्दा होस्, उनका रचनाले वातावरणलाई सौहार्दपूर्ण पार्थे गाउँलेहरु । यो क्रम निकै लामो समयसम्म रहिरह्यो । अझै पनि बुढापाका मानिसहरुको मुखैमा रामायणका श्लोकहरु झुण्डिएका छन् । यसरी भानुभक्त आचार्य आफ्नै जीवनकालमा पनि कृतिका माध्यमबाट चर्चित बनेका थिए । उनको मृत्युपर्यन्त उनका रचनाले मौलाउने अवसर पाइरह्यो । यो अवसर दिलाउने अर्का व्यक्तित्व हुन् मोतीराम भट्ट । उनले भानुभक्तलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका लेखेका थिए । मोतीराम भट्ट माध्यमिक कालीन समयका ज्वलन्त नक्षत्र हुन् । उनले नेपाली साहित्यको क्षेत्रमा नवीन जागरण ल्याउने काम गरे भने भानुभक्तको खोज गरेर उनको जीवनी, व्यक्तित्व र कृतित्वको चर्चा गरिएको जीवनीपरक कृति प्रकाशित गरे । त्यसैले पछिल्लो अध्येताहरुले नेपाली भाषा साहित्यको उद्गम र प्रवर्तकको खोज अनुसन्धान गर्दा भानुभक्तसम्म पुग्न सफल भए । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडिसम्म नेपालमा पश्चिम नेपालको खस साम्राज्यमा बोलिने खस भाषा बोलिन्थ्यो । यसै खस भाषा अपभ्रम्स हुँदै नेपाली भाषाको विकास भयो । नेपाली भाषाले लेख्य रुपमा फैलिने अवसर भने भनुभक्तले रामायणको भाषानुवाद गरेपछि पायो । उनले काव्यिक माध्यमबाट नेपाली भाषालाई मौलाउने मौका दिए । उनको कामको मूल्याङ्कन तत्कालीन नेपाली समाजले गर्न सकेन । मोतीराम भट्टले उनलाई चिनाए । त्यसैले भानुभक्त आचार्यलाई चर्चाको शिखरमा पु¥याउने र आजसम्म जीवन्त राख्ने कामको श्रेय मोतीराम भट्टलाई दिइँदै आइएको छ । मोतीराम भट्ट पनि नेपाली साहित्य र खोजअनुसन्धानको क्षेत्रका दोस्रो नक्षत्र हुन् । भानुभक्त आचार्यले नेपाली भाषाको मात्र होइन, नेपाली काव्य लेखनको र शास्त्रीय लयमा रचित पद्य कविता लेखनको प्रारम्भ पनि गरेका छन् । वर्तमान परिप्रेक्ष्यमा फुटकर कविताका गद्य र पद्य रुप पाइन्छ । अझै पनि काव्यात्मक कृति लेखनका लागि पद्य वा शास्त्रीय लयलाई मानक मानिन्छ । यसको प्रवर्तनमा भानुभक्तीय रामायणले ठूलो भूमिका खेलेको पाइन्छ । अहिले भानुभक्त आचार्यको २०७ औँ भानुजयन्ती नेपालमा मात्र होइन, नेपालबाहिर रहेका विशेष गरी दाजिर्लिङ, सिक्किम, बर्मा, कलकता लगायतका धेरै भारतीय मूलका नेपालीहरुले भव्य रुपमा भानुजयन्ती मनाइरहेको इतिहास ताजा छ । यसपटक विश्वव्यापी रुपमा लामो समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्व समुदायलाई आक्रान्त पारिरहेको अवस्था छ । यस घडीमा पनि भानु, नेपाली भाषा र साहित्यप्रतिको सम्मानमा विद्यालय, महाविद्यालय, विभिन्न संघसंस्था र प्रतिष्ठानहरुले समयानुकूलको स्रोत साधनलाई प्रयोग गरी प्रविधिमैत्री वातावरणमा विभिन्न कार्यक्रम गरेर भानुजयन्ती कार्यक्रम साताव्यापी रुपमा नै मनाइएको पाइयो । यस पटकको कार्यक्रमले त झन् नेपाली भाषा र भानुको सम्मानले स्वदेश र विदेशमा रहेका तमाम नेपाली भाषी र साहित्यानुरागीहरुबिच आपसी सद्भाव र सहिष्णुता बढाएको छ । यसले भानुभक्तको मात्र हैन सिङ्गो राष्ट्रको शिर उच्चो भएको महसुस भएको छ । #गीता सापकोटा यात्रा संस्मरणः छालभित्र जिजीविषा: जलयात्राको अकल्पनीय अवसर मिलेकाले म दङ्ग थिएँ । मनमा डरका छाल व्यग्र गतिमा मडारिँदै थिए भने विभिन्न सडक दुर्घटनाका समाचारका कारण त्रिशुली र दुर्घटना भन्ने शब्द मेरा लागि एकअर्काका पर्याय जतिकै लाग्न थालेको थियो । त्रिशुली खोलाको नाम सुन्दै डराउने पानीमरुवा म, उही नदीमा जलयात्राका लागि यात्रा तय गर्दै थिएँ । मनमा डरले दह्रो डेरा जमाएको थियो । जाने कि नजाने भन्ने कुराको ठूलै लडाइँ भयो । अनि सोचेँ , मरिन्छ कि भनेर सोच्ने हो भने त केही कुरा पनि गर्न सकिँदैन । भात खाँदा नि अड्केर मरिएला कि , बाटामा हिँड्दा पनि मोटरले किचेर मरिएला कि, पहाड चढ्दा लडेर मरिएला कि ? भन्ने सोच बोक्ने हो भने मान्छे सोच्दासोच्दै मर्छ । यस्तै अठोट बनाएर जलयात्रामा जाने योजनाले मूर्त रुप लियो । काठमाडौँबाट जलयात्रा गर्ने उद्देश्यले वर्षाद्को याममा हामी बैरेनीको महेश दोभानमा पुग्यौँ । मनमा विचारका प्रवाह त्रिशुली जतिकै व्यग्र गतिमा चलायमान थिए । विचारहरू राजनीतिक पार्टी पार्टीबीचमा हुने चर्को पक्ष र विपक्षको वादविवाद जतिकै शक्तिशाली भएर आएका थिए । एउटा विचार पानीमा जा भन्छ अर्को विचार नजान भन्छ । विचारबीचको चर्को वादविवाद भए पनि जा भन्ने विचार अल्लि शक्तिशाली भएर नजा भन्ने विचारलाई पछारेर अघि बढ्यो । जलयात्रासम्बन्धि सबै चीजबीजले मनमा कौतुहलता जगाइरहेको थियो । हामी सबैले पाँच मिनेटको सैन्य तालिम जस्तै जलयात्रासम्बन्धि तालिम लियौँ । हाम्रा यात्राका क्रममा आउने शत्रुलाई कसरी परास्त गर्ने, यदि हामी शत्रुका आक्रमणमा पर्यौँ भने कसरी आफ्नो ज्यान जोगाउने ? आदि कुराको निर्देशन जलयात्रा प्रमुख गाइडले दिए । हामी सबैले उनका निर्देशनात्मक कुरा सुन्यौँ । साँच्चै हामी सबै देश रक्षाका लागि तैनाथ सिपाहीझैँ देखिन्थ्यौँ । साथै होसियार पनि । पीपलको ठूलो रुखको छहारीमा भएको यस निर्देशनपश्चात् झण्डै तीस पैँतीस जनाको समूहमा विभाजन भयौँ । छुट्टाछुट्टै छ समूह बनाएर एउटा एउटा बोटमा चढ्यौँ । एउटा–एउटा बोटमा एक–एक जना गाइड पनि थिए । सबैले हेल्मेट, लाइफ ज्याकेट लगाएका थियौँ । भतेर चलाउने पन्यौँ जस्तो ठूलो प्याडल हातमा समातेका थियौँ । सबै जलयात्राका लागि तयार भयौँ । सबै बोटमा मार्गदर्शन गराउने गाइडहरू बसे । अब सबै गाइडको निर्देशनअनुसार सबैले प्याडल जोडेर एकै स्वरमा हाई फाइभ गर्दै ठूलो स्वरले करायौँ । त्रिशुलीको जलमार्गको यात्रामा हामी टपरीमा दीप बालेर बगाएको दृश्यझैँ गरी बग्न शुरु गर्यौँ । सुरु सुरुमा त खासै केही होइन रहेछ, तालमा डुङ्गा चढेजस्तो पो रहेछ भन्ने लाग्यो । बेकार डराएको जस्तो पनि लाग्यो । अलि अगाडि पुगेपछि सासाना छाल आए, एकनासले बगेको बोटलाई मज्जाले हल्लाइदियो । मनमा फेरि डरको सानो तारले करेन्ट छोड्न थाल्यो । अत्यन्तै नौलो अनुभूतिका कारण रमाइलो पनि भयो । मनलाई दह्रो बनाउन आन्तरिक प्रेरक आत्माले भनिरहेको थियो ,“निभा म्याम र सन्ध्या म्याम अलि आँटिला हुनुहुन्छ । पानीमा डुबी हाल्यो भने पनि उहाँहरुले बचाउनुहुन्छ । सन्ध्या म्यामसँग आपतमा तत्काल निर्णय गर्न सक्ने क्षमता छ । निभा म्याममा पौडिने र उद्धार गर्ने सीप छ । त्यसैले म्यामहरूभए पछि के डराउनु अनि यी उद्वार गर्ने गाइड भाइ पनि त छँदैछन् । ” तर पनि विवेक र डरबीच द्वन्द भइरहन्थ्यो । त्रिशुलीमा उर्लिएका छालभन्दा मेरा मनमा उर्लिरहेका नकारात्मक छाल पो डर लाग्दा थिए त ! डर पनि आउने जाने भइरहेका थियो, तिनै पानीका फोका जस्तै गरी । तैपनि म रमाइरहेकै थिएँ । सबैले प्याडल चाल्दै हाँसो खुसी गर्दै यात्रा गरिरहेका थियौँ । एक बोटले अर्को बोटलाई ओभर टेक गर्ने होडबाजी चलिरहेकै थियो । ससाना फुच्चे छालहरु हामीहरुलाई जिस्काउदै थिए । ती छालहरू हाम्रा प्याडलले प्याट हान्दा फुत्त भाग्थे । सतही ठाउँमा खासै पानीको गहिराइ धैरै छैन होला जस्तो लाग्थ्यो, तर बिस्तारै ढुङ्गामा ठोकिएर आएका छालले भने मनलाई तर्साइरहेको थियो । नयाँ र अनौठो अनुभूति पनि भइरहेको थियो । स्थिर यात्राभन्दा उत्तरचढाबयुक्त यात्रा नै सम्झनाका बलिया स्तम्भ हुँदा रहेछन् । छाल बेगरको पानीमा यात्रा खासै रमाइलो नहुने रहेछ । जब मध्यम खालका छाल, जुन जोखिम कम भएका छालहरू देखा पर्थे तब मन अत्यन्तै रोमाञ्चित हुन्थ्यो । यस्ता छालभित्र लुकामारी खेल्दाको अनूभूति साच्चै अनौठो थियो । यसरी हाम्रो यात्रा निरन्तर रुपमा अगाडि बढिरहेको थियो । केही समयको जलयात्रापछि ठूलो बगर आँखाका अगाडि देखा पर्याे । त्यहाँ अगाडि लागेका बोटहरू पनि रोकिएका थिए । हामी पनि खोला किनारामा केही समयको विश्राम गर्याैँ र पुनः जलयात्रालाई अगाडि बढायौँ । हाम्रो यात्राका क्रममा ससाना फुच्चे छालहरूलाई जितेर यात्रा अगाडि बढाइ रहेकै थियौँ । प्रत्येक छालैपिच्छे नौलो अनुभूति गरिरहेकी थिएँ । बोटहरू दौड प्रतियोतामा भाग लिएका झैँ गरी को अगाडि पुग्नेको होडबाजीमा थिए । हामीभन्दा अगाडिका दुई बोटहरू भित्तो च्यापेर ओभर टेक गरेकोमा खुसीयाली मनाउँदै अगाडि बढिरहेका थिए । दुइटा बोटमध्ये एउटामा जलयात्रा प्रमुख निर्देशक मार्गदर्शनका लागि बसेका थिए । यतिकैमा उनले एक्कासी यति जोडले निर्देशन दिएकी, “एभरिवडी गेट इन साइड !”, उनले दिएको यो निर्देशनात्मक स्वरले अब ठूलै दुर्घटना हुँदैछ भन्ने कुरा अनुमान लाउन सकिन्थ्यो । निकै डरलाग्दा नाग फणा फिँजाएर डस्न बसिरहेका महाशत्रु रुपी छालले ती दुई बोटमा भएका साथीहरुसँग घमासानको युद्ध गर्यो । एकै प्रहारमा छालले दुबै बोटलाई उत्तानो बनाइदियो । साथीहरू कति बोटमुनि पर्नुभयो, कति खोलामा तितरबितर भएर बग्नुभयो । उक्त दृश्य अत्यन्तै त्रासदिपूर्ण थियो । त्रिशुली नदीको बहाबको हाइ रेटिङ हुने समय हो जुन र जुलाई महिना । हामी जुनको आधातिर अर्थात् जेठको अन्त्यतिर गएका थियौँ । अघिल्लो दिन निकै ठूलो पानी परेकाले पानीको वहाब उच्च थियो । त्यसमाथि पनि भङ्गालोमा परेपछि त साथीहरू त्यहाँबाट उम्कन कुनै उपाय नै थिएन । त्यो दृश्यले त्रासदीमय वातावरण सृजना गर्यो । त्यो ठाउँमा मानवीयता भए पनि केही गर्न नसकिँदो रहेछ । न बाइकलाई जस्तो बोटलाई स्ट्यान गरेर साथीहरूको हालखबर बुझ्न र न उद्धार गर्न नै सकिने । हामी निकै ठूलो संकटमा पर्यौँ । घटना घटेको बोटभन्दा हामी पछि भएकाले घटना देख्यौँ । हेर्यौँ मात्रै केही गर्न सकेनौँ । उतिखेरै पानीको वहाबमा हामी पनि अगाडि हुतिहाल्यौँ । हामीले पछाडि फर्केर दुर्घटनामा परेका साथीहरूलाई धेरैबेर हेर्न सकेनौँ । साथीहरूका बारेमा कुरा गर्यौँ । सुरेन्द्र सर र दिपक सरले खोलाको भित्तामा ढुङ्गा र लहरा समाएर डराएर बसेको अवस्थाको चित्र मेरा आँखामा घुमिरहेका थिए । त्यो मानवीय अदृश्य डरलाई मैले सचित्र रुपमा नै सरहरुका मुहारमा देखेको थिए । जीजिविषाको चित्कारलाई त्यति नजिकबाट देखेर पनि केही गर्न नसक्दा हीनताबोधले मनमा औडाह भएको थियो । जीजिविषा पुकारिरहेका ती चित्रहरु आँखामा आइरहेका थिए । कतिपय साथीहरू खोलामा बगेर निकै तल पुगेका थिए । उनीहरू सजीव थिए वा निर्जीव थिए, केहीअत्तो पत्तो थिएन ।साथीहरूको हालखबर बुझ्न नपाएर व्याकुल भएका थियौँ । यहाँभन्दा बढी सोच्ने समय नै थिएन हामीलाई । हामी विविध रुपरङ्गका अजङ्ग छालसँग युद्घ गर्दै अगाडि बढ्यौँ । अगाडि अरु थुप्रै फणा फिँजाएका छालहरु हामीलाई आक्रमण गर्ने तयारी अवस्थामा थिए । हाम्रो थोरै मात्र धिरता गुम्यो भने पनि ती कहालीलाग्दा छालको सिकार हामी पनि हुन सक्ने सम्भावना थियो । एक्कासी हाम्रो बोटका गाइड भाइ यति जोडले बोले कि अब त्यहाँ कुनै ठूलो भयावह स्थिति आउँदै छ । युद्घ मैदानमा सैनिकलाई कमाण्डरले दुस्मनसँग लड्दा बङ्गरभित्र छिर् भनेर जसरी आदेश दिन्छ त्यसरी नै गाइड भाइले हामीलाई “गेट इन साइड” भनेर घाँटी नै फुट्ला जसरी जोडले बोटमा लुक्न निर्देशन दिए । उनको चर्को स्वरको पालना गर्दै हामी घप्ल्याकघुप्लुक बोटको खाल्डोमा टाउको निहुराउन नपाउँदै त्यो डरलाग्दो छालले गाइडलाई नै बेपत्ता पारिदियो । त्यतिबेला हामी अत्यन्तै अतालिएका थियौँ । कसरी त्यो छालसँग युद्घ जित्ने कला पनि हामीसँग थिएनँ । हामी सबै त्यहाँबाट उम्कने उपाय खोजिरहेका थियौँ । छाल पनि भूमरी परेको थियो । जीवन र मरणको दोसाँध थियो त्यो क्षण । छालले बोटलाई फनफनी घुमाइरहेको थियो । काललाई नजिकैबाट देखेँ जस्तो भयो । हामी छालसँग घमासान युद्घ गरिरहेका नै थियौँ । बोटलाई पानीको छालभित्रको भूमरीबाट निकाल्न तत्काल निभा म्यामले प्याडल चाल्न भन्नुभयो हामी सबैले एकै नासले छिटोछिटो प्याडल चाल्यौँ । लामो समयको युद्घ पछि हामीले उक्त भीमकाय फणायुक्त छाललाई हराएर बल्ल विजय हाँसिल ग¥यौँ । त्यतिखेर ठूलै युद्घ जितेका थियौँ हामीले । गाइड विना नै हामीले जलयात्रा अगाडि बढायौँ । अनुभूति अत्यन्तै रमाइलो थियो तर मानवीय भावले चिमोटिरहेको थियो । निकै तल पुगेपछि पौडदै गरेको अवस्थामा गाइडलाई भेट्यौँ । उनी डोरी समाएर फेरि फुत्त हाम्रो बोटमा आए । तल आइपुग्दा छ ओटा बोटहरू नै सँगसँगै भइयो, सबै सकुशल भएको सन्देशले मन आनन्दित भयो । त्यो संयोगान्त भेटले महाभारत युद्घ नै जितेको अनुभूति भयो । पहिलाका सबै घटना पछि सम्झँदा साहसिक यात्राको रमाइला क्षण बनेर मुस्कुराइरहेको थियो । सबै सकुशल भएकोमा विजय उत्सव पनि मनाइयो । दुर्घटनामा पर्ने साथीहरूका अनुहारमा भने त्रास कायमै थियो । दया म्याम र अन्य साथीहरूको अनुहार डरले अतालिएको राम्रैसँग पढन सकिन्थ्यो । तेजेन्द्र सरले त बीचमै यात्रा रोक्ने कुरा गर्नुभएको थियो । साथीहरुले नमानेकाले यात्रा अगाडि बढिरह्यो । खोला फराकिलो भएको ठाउँमा उमेश सरहरू भएको बोटसँग भेट भयो । उहाँले खोलामा नै उल्टी जम्प गर्नुभयो । त्यसपछि पौडिन जान्ने साथीहरू सबै पौडिन थाल्नुभयो । मलाई भने अगाडिका घटनाले तर्साइरहेको थियो । डरलाग्दो छाल वरैबाट देखियो फेरि दुष्मनसँग लड्न पर्ने भयो भनेर हात गोडा नै पग्लिन लाग्यो । उमा म्याम, गंगा म्याम र मैले डरले एकअर्काका हात च्याप्प समात्यौँ । तत्काल एकअर्काका हात छोड्यौँ । छाल नजिकै पुगेपछि कसो कसो चनाखो भई पुनः छालयुद्घमा बलियो भई लडियो । यस्ता कयौँ छालसँग लुकामारी खेल्दै साहसिक यात्राको अनुभवलाई मानसपटलमा अमीट रुपमा लेखियो । जीवनको शाश्वत पक्षलाई प्रष्ट्याउदै उत्तरचढावयुक्त जीवन भोगाइले मात्रै जीवनको पूर्णाङ्की प्राप्त गर्न सक्ने कुरायो यात्राले अनुभूत गरायो । लगभग ३० किलोमिटरको उत्तरचढावयुक्त साहसिक जलयात्रा मलेखुमा आएर हाई फाइभमा नैबिसर्जन भयो । #पवित्रा दाहाल राम्रो रचनाका मिठा कृष्णप्रसाद पराजुली: वाङमयको नसा नसामा पुग्ने लेखक साहित्यकारहरू दुर्लभ प्रतिभा हुन् । त्यस्ता दुर्लभ प्रतिभा युगमा थोरै मात्र हुन्छन् । कृष्णप्रसाद पराजुली त्यस्तै दुर्लभ भाषा साहित्य सेवी थिए जो वाङ्मयका हरेक क्षेत्रमा पुगे र नेपाली भाषा साहित्यलाई अनुपम योगदान दिए । यौटा समय थियो, उनको “राम्रो रचना मीठो नेपाली” हरेक विद्यार्थीको हातहातमा हुन्थ्यो । नेपाली भाषाका लागि त्यो पुस्तक अनिवार्य र अपरिहार्य थियो । त्यही पुस्तक पढेर, त्यसैबाट सिकेर विद्वान हुनेहरू समाजमा अझै पनि प्रसस्त छन् जसले पराजुलीको त्यो पुस्तकलाई आफ्नो सुरुवाती ज्ञानको मूल श्रोतको रूपमा उपयोग गरे । त्यो पुस्तक सहयोगी प्रकाशनबाट २०२३ सालमा पहिलो पल्ट प्रकाशित भयो र त्यसका अनगिन्ती संस्करणहरू भए, पुनर्मुद्रणहरू भए । त्यति मात्र होइन, त्यो किताबको चोरी संस्करणहरू पनि प्रशस्त निस्किए । खासमा पराजुलीले सो किताबको कपिराइट नै सहयोगी प्रकाशनलाई बेचेका थिए । उनलाई यो किताब त्यस्तो चल्ला, त्यति माग होला, त्यति बिक्ला भन्ने कुनै पूर्वानुमान थिएन । तर उनले सहयोगी प्रकाशनलाई कपीराइट बेचेकोमा किञ्चित पछुतो मानेनन्, किनभने उनले मलाई प्रत्यक्ष भनेका थिए, ” गोविन्द बाबु, सहयोगी प्रेसले दशैं, चाडवाडमा पैसा पठाइरहन्छ, छोराछोरीको बिहा व्रतबन्धमा पनि सहयोग गर्ने गरेको छ । तपाईँको किताबले मलाई फाइदा भएको छ भने मैले फाइदा किन नबाँड्ने ? यसो भन्छन् । त्यसैले मलाई सन्तुष्टि भएको छ ।“ त्यसअघि उनको पूर्व एक नम्बर भन्ने पुस्तक २०२२ सालमा प्रकाशन भएको थियो । यो त्यस किसिमको पहिलो पुस्तक थियो । नेपालको प्रशासनिक बाँडफाँडमा कुनैबेला पूर्व एक नम्वर भन्ने राजनैतिक इलाका थियो, जहाँ उनी जन्मिए, काभ्रेपलाञ्चोकमा । यो पूरै इलाका चिनाउने पुस्तक थियो र ऐतिहासिक महत्वको भएकोले यो पछिसम्म पनि पुनर्मुद्रण भइरह्यो । यस किसिमको अर्को पुस्तक निकै पछि डिल्लीराम मिश्र श्रमजीवीले ” नेपाल अधिराज्यमा तनहुँ” नामक पुस्तक लेखेका थिए र यो पनि निकै लोकप्रिय भएको थियो । तर यस किसिमको पुस्तक लेख्नको लागि जग निर्माता भने कृष्णप्रसाद पराजुली थिए । मैले कृष्णप्रसाद पराजुलीलाई उनको भोटेवहालको घरमा २०३६ सालपछि भेटेको हुँ । अनुज पुस्तालाई स्नेह गर्ने, प्रोत्साहन गर्ने र मौका कतै छ भने त्यो प्रदान गर्न पछि नपर्ने उनी उदार हृदयका साहित्यकार थिए । उनी प्रेसको ज्ञान भएका व्यक्ति थिए । त्यसैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको शब्दकोष छपाइमा होस्, पुस्तकहरू छपाइमा होस् वा रत्न पुस्तक भण्डारका पुस्तकका काममै किन नहोस् बनारस गइरहन्थे र लामै समय कामको सिलसिलामा त्यहाँ बिताउँथे । यौटा समय बनारस राम्रो र सस्तो छपाइका लागि नेपाली प्रकाशकहरूको लागि केन्द्र नै थियो । नेपालका नेपाली प्रकाशकहरू मात्र होइन, भारतकै दार्जीलिङ, कालिम्पोङ, सिक्किम, असम लगायत नेपाली प्रकाशन निकाल्ने भारतका नेपाली समुदायका सबै केन्द्रहरूका लागि बनारसले आकर्षण गर्दथ्यो । सम्पादन, प्रकाशन र प्रुफ रिडिङको अनुभवले यो सब गराएको थियो । मैले पराजुलीबाट धेरै कुरा प्रत्यक्ष परोक्ष सिकेको छु । मैले उहाँले अवलम्बन गर्नुभएका कतिपय कुरा अवलम्वन गर्न थालेँ र त्यसले कालान्तरमा मलाई ठूलो काम दियो । उनी आफ्ना नयाँ रचना लेखेपछि त्यो रजिष्टर कापीमा दर्ता गर्थे, कतै प्रकाशनार्थ दिएपछि त्यो पनि जनाउँथे । प्रकाशन भएपछि त्यसको विवरण पनि इण्ट्री गर्थे । यति भएपछि त्यो रचनाको नालीबेली सुरक्षित रह्यो र रचना प्रकाशित पत्रिका हराए पनि त्यो सूचनाले गर्दा खोजी गर्न सजिलो भयो । कतिपय लेखक आफ्नो रचना कहाँ छापियो बिर्सन्छन्, रचना प्रकाशित भएका पत्रिका हराउँछन् र पुस्तक निकाल्ने बेलामा हारगुहार गर्न थाल्छन् । तर मैले पराजुलीबाट त्यो सिकेपछि आज पर्यन्त त्यसलाई अबलम्बन गर्दैआएको छु । साधारण भए पनि कति महत्वपूर्ण कुरा हो भन्ने मैले बेलैमा बुझे भन्ने लाग्छ मलाई र यसको श्रेय पराजुलीलाई जान्छ । उनको पन्द्र तारा र नेपाली साहित्य अर्को लोकप्रिय कृति थियो, जसमा १५ जना नेपाली लेखकको जीवनी सरल भाषामा उनले लेखेका थिए । रोचक चिनारी थिए ती । किशोर उमेरका लागि लेखिएको भए पनि बयस्कहरूमा पनि त्यो उत्तिकै लोकप्रिय थियो । सिर्जनात्मक साहित्यमा पनि उनले विविध विधामा आफ्ना रचना कर्मलाई अघि बढाएका थिए । सय थुँगा फूल उनका १०० मुक्तकहरूको सङ्कलन हो । उनले पछिल्लो संस्करणमा अरू १०० मुक्तक थपेर प्रकाशित गरेका थिए । परम्परागत रुवाई शैलीका उनका मुक्तकहरू चखिला र रोचक थिए । यो पुस्तकको पहिलो संस्करण २०२४ सालमा प्रकाशित भएको थियो । उनले गीतहरू पनि उल्लेख्य सङ्ख्यामा लेखेका थिए र त्यसको पनि सङ्ग्रह २०२४ सालमै प्रकाशित गरेका थिए- “आँखाभरि सपना मुटुभरि गीत” शीर्षकमा । संस्मरणात्मक निबन्धहरू उनको खारिएको कलमबाट सदा निसृत भइरह्यो । आफूले प्रायः सङ्गत गरेका दिवङ्गत लेखकहरूको इतिवृत्त उनले खुलस्त रूपमा लेख्दथे जुन नयाँ पिंडीका लेखक कविहरूलाई ज्ञानका लागि तथा मार्गदर्शनका लागि पनि प्रेरक लेखन थियो । साहित्यकारका योगदान र तिनका जीवनका उकाली ओरालीहरू तिनमा पाइन्छन् घतलाग्दो शैलीमा । “सम्झनाका क्षितिजमा” त्यही पुस्तक हो । नेपाली जगत उखान टुक्काहरूमा धनी छ तर त्यसको यथेष्ट अध्ययन अनुसन्धान भएको छैन । गाउँखाने कथा नेपालीको साँस्कृतिक गहना हो । कृष्णप्रसाद पराजुलीले नेपाली उखानहरू र गाउँखाने कथाहरूको सिंगै पुस्तक तयार गरे निकै परिशरम र खोजीमेलोका साथ । नेपाली उखान नेपाली साहित्यिक कृतिहरूमा कसरी प्रयोग भएको छ त्यसको दृष्टान्तसहित तयार भएको यो गहकिलो ग्रन्थ रत्न पुस्तक भण्डारले जनसमक्ष ल्यायो । यस किसिमकले नेपाली उखान नेपाली साहित्यिक पुस्तकहरूमा कसरी प्रयोग भएको छ भनेर दृष्टान्त र व्याख्यासहित पुस्तक लेख्ने लेखक सम्भवत: कृष्णप्रसाद पराजुली एक्ला नेपाली लेखक हुन् । भाषा उनको मूल क्षेत्र थियो । राम्रो रचना मीठा नेपाली पनि प्रकारान्तरले भाषालाई सहज रूपमा सिकाउने पुस्तक हो । तर यो पुस्तक रूखो र निरस नभइ सुस्वादु भएकोले जनजनमा लोकप्रिय भयो । सानादेखि ठूला सबै उमेरका लागि यो पुस्तक जरुरी बन्यो । त्यस्तै उनले प्रयोगात्मक भाषा तत्व, भाषाको मायालगायत अरू कृतिहरू नेपाली वाङ्मयका लागि प्रस्तुत गरे । साहित्य स्तरीय हुन भाषा शुद्ध हुन अनिवार्य छ, जुन पछिल्लो समयमा हुन सकेको छैन । तर कृष्णप्रसाद पराजुलीले सधैँ भाषालाई माया गरे र भाषालाई शुद्ध बनाउने काममा आफ्नो उमेरहरू खर्च गरे । भाषाको मायामा, साहित्यको सिर्जनामा र वाङ्मयको उत्थानमा उनको सुकर्म सदा सदा निरन्तर भर्इ नै रह्यो । बालसाहित्य उनको साहित्यिक व्यक्तित्वको अर्को महत्वपूर्ण पाटो हो । सानैदेखि बालबालिकालाई साहित्यमा उत्प्रेरणा जगाउन बालसाहित्यको उत्थान, विकास र बिस्तार जरुरी छ । उनले बालसाहित्य लेखेर, बालसाहित्यका कृतिहरू सम्पादन गरेर, बालसाहित्यका गतिविधिहरूमा संलग्न भएर नेपालको बालसाहित्यको उत्थान र विकासमा ठूलो योगदान पुर्याए । “रमाइला नानी”, उनको अति लोकप्रिय बालपुस्तक हो जसको अनेकन संस्करण निस्केका थिए भने प्राय: उनका सबै बालसाहित्यका कृतिहरू बहुसंस्करणमा निस्केका थिए र लोकप्रिय भएका थिए । लोकसाहित्य पनि उनको लेखन र अध्ययनको अर्को आयाम थियो । लोकसाहित्य, लोकगीत, लोकलय, लोकभाका यी सबलाई समेटेर उनले सुन्दर ग्रन्थ नै तयार गरे र यो मानक कृतिले नेपाली लोकसाहित्यको क्षेत्रमा उनको योगदान टड्कारो देखियो । “नेपाली लोकगीतको आलोक” उनको त्यही उत्कृष्ट ग्रन्थ थियो । त्यस्तै “लोककथाको फन्को” अर्को महत्वपूर्ण कृति हो । उनले आफ्नो जीवन कथा पनि पाठकलाई निष्ठापूर्वक सुम्पेका थिए, “शिखर यात्रा” । यो उनको आत्मजीवनीमा उनले भोगेका जीवनका पाटाहरू र यात्रा गरेका पाइलाका डोबहरू छर्लङ्ग देख्न सकिन्छ । प्रत्यक्ष र परोक्षरूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको काममा तथा त्रिभुवन विश्वविद्यालयमा उनले आफ्नो जीवनका धेरै उमेर खर्च गरे । कतिपय विद्वानहरूको भनाइ हुन्थ्यो, आफैं प्राज्ञ हुन योग्य र समर्थ व्यक्ति त्यहाँका प्राज्ञको अन्तरगत किन त्यस्तो काममा लागिरहेका होलान् । तर उनी काममा विश्वास गर्थे पदमा होइन । उनी निरन्तर निरन्तर काममै लागिरहे । उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको “कविता” पत्रिका, नेपाली बृहत् शब्दकोश, त्रिभुवन स्मिति ग्रन्थ जस्ता पत्रिका तथा पुस्तकहरूको कुशल सम्पादन गरेका थिए । नेपालमा विमोचन संस्कृति भारतवाट आएको हो । तर कृष्णप्रसाद पराजुलीले यसलाई नेपाली नामाकरण गरे र चलन चल्तीमा ल्याए, “ घुम्टी खोली” का रूपमा । उनी संलग्न भएका संघसंस्थाहरूको पुस्तक विमोचनलाई उनले घुम्टी खोलीमा रुपान्तर गरे । हुन त पछि कतिले सार्बजनिकीकरण पनि नाम दिए । तर निख्खर नेपालीपन झल्कने “घुम्टी खोली” नामाकरणको श्रेय कृष्णप्रसाद पराजुलीलाई जान्छ । यस्ता साहित्यका श्रष्टा , पारखी र लेखनका महारथी कृष्णप्रसाद पराजुलीको २०६९ सालमा भएको अमेरिका भ्रमण धेरै हिसाबले महत्वपूर्ण रहेको थियो । कैयनपटक भिषा अस्वीकृत हुँदा उनी दिक्क पनि भएका थिए तर अमेरिकामै त्यस समयमा बसोबास गरिरहेका उनका सुपुत्र साहित्यकार शाश्वत पराजुलीको अथक प्रयासले अन्तमा पराजुली दम्पत्तीले भिसा पाएका थिए र अमेरिका भ्रमणमा निस्केका थिए । अमेरिकामा उनको विभिन्न राज्यहरूमा सम्मान, अभिनन्दन भएको थियो । नेपाली जगतले उनलाई गरेको माया गजब उदाहरणीय थियो । ती सम्मान अभिनन्दनमध्ये सबैभन्दा बृहत् कार्यक्रम वाशिंटन डिसीमा निकै भव्यताका साथ सम्पन्न भएको थियो र संयोगबस त्यस अभिनन्दन समितिको संयोजन मैले गर्ने अवसर पाएको थिएँ । त्यस समयमा वाशिंटन डिसीबाट निस्कने एकमात्र नेपाली अखबार विश्वपरिक्रमाले उनको विस्तृत कभरेज गरेको थियो । उनी अमेरिकाको जुनजुन ठाउँमा पाइला टेक्न पुगे त्यहाँ त्यहाँ नेपालीहरूले स्वागतमा स्नेह र अपन्त्वको पुष्पवर्षा गरेका थिए । उनले यो भ्रमणको समाप्तिलगत्तै यस भ्रमणको नियात्रा पुस्तक पनि लेखे र “पूर्वी पाइला पश्चिमी देशमा” । यसमा उनले अमेरिकामा अनुभूत गरेका र अनुभव गरेका र भोगेका क्षणहरूलाई लिपिबद्ध गरेका छन् । र यो पुस्तक नै उनको जीवन कालको अन्तिम पुस्तक पनि थियो । अमेरिका भ्रमणपछि उनी नेपाल फर्कने क्रममा उनले बेलायतको पनि भ्रमण गरेका थिए र बेलायतका नेपालीहरूले पनि उनको सम्मान अभिनन्दन गरेका थिए । जीवनको उत्तरार्धमा उनको स्वास्थ्यस्थिति राम्रो थिएन । विशेषत: सुगरले उनलाई निकै थल्याएको थियो र अरू रोगहरूले पनि गाँजेको थियो । तर पनि ती रोगहरूको सामना गर्दै र औषधिको बलले उनी सिर्जनात्मकतामा रमाई नै रहे । रचनात्मकतामा आफूलाई लुटपुटाई राखे । गीत गाइएपछि मात्र त्यसको सही अर्थ रहन्छ । गीत भनेको फेरि शब्दकारका भावना, संगीतकारको लय र संगीत सिर्जना अनि गायकको सोही भाव भङ्गीमा अनुरूपको आवाजको त्रिवेणी हो । यसमा तीनै पक्ष उत्तिकै जोडदार भएमा कर्णप्रिय र अजर अमर गीत बन्छ । तर त्यस्तो गीत बहुतै कम हुन्छ । कृष्णप्रसाद पराजुली लिखित तथा उदित नारायण झाले गाएको यो गीत भने शब्द, संगीत र आवाजको सुरम्य त्रिवेणी बन्यो : आँखा तिमीलाई देखेर त्यहीँ छोडी हिडेँ म कृष्णप्रसाद पराजुलीले आँखा त होइन नेपाली वाङ्मयको भण्डारमा मूल लेखन र सम्पादनसहित सयौं कृति छाडेर गएका छन् । उनी ती रचनामा बाँचेका छन् र बाँचिरहनेछन् । १० मार्च २०२० , बृन्दावन , भारत #गोविन्द गिरी प्रेरणा सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. आहालमुनिको हिमाल (मञ्जुल) तिमी यति सानो आहालमा सुतिरहेको देखेर माया लाग्यो तिमी त आकाशको विशालतामा सुत्नुपर्ने ! तिमी तल तल नुहेको देखेर दुःख लाग्यो तिमी त माथि माथि उठेर जानुपर्ने ! आकाशलाई पनि उल्ट्याएछौ तिमीले रुखलाई पनि घोप्ट्याएछौ तिमीले तिमी यसरी उँधोमुन्टिएको देखेर दुःख लाग्यो आहालमुनिको हिमाल ! २. सहर (शैलेन्द्र साकार) सहरभरि एउटा बौलाहा हात्ती हिँडिरहेछ ऊ बोल्न सकिरहेको छैन आफूलाई मन पर्ने कुनै फूलको नाम ! ऊ गाउन सक्दैन मन परेको कुनै गीतको टुक्रा हेर्न सक्दैन टाउको उठाएर आकाश ! गुनगुन मात्र गर्छ, भयले काम्दो हात उठाएर स्वस्ति मात्र गर्छ, ऊ कतै गएर भन्न सक्दैन आफूले देखेको कुरा ! मान्छेहरूले उसलाई शान्तिभङ्गको आरोप लगाउनेछन् सहरभित्र एउटा बौलाहा हात्ती घुमिरहेछ ! ३. अझै मासुले छेकेको छ (ध्रुवकृष्ण दीप) कस्तो लुगैमा अल्झिएको तिमी ! निस्क लुगाबाट । छि—छि—छि ! अझै मासुले छेकेको छ । निस्क मासुबाट पनि ! अनि छर्लङ्ग देख्नेछौ तिमी— आफू कति सुन्दर छौ, सत्य छौ र शिवमय छौ भन्ने कुरो । ऐनाको खाँचो पर्दैन तिमीलाई, ऐना त केवल नदेख्नेले हेर्ने मात्र एउटा माध्यम हो !! ४. आकाशभित्र पसेका छौ ? (मञ्जु काँचुली) आकाश एक्लो छैन, ताराहरूका साथ त्यसभित्र पस, अझ पस स्वप्नझैँ हुनेछ तिमीलाई त्यहाँ मैदान छ, स्वर छ उज्यालो छ अर्कै तहको लय र स्वादको टुकीबत्तीको उदास चेहराभन्दा बेग्लै सायद अमृत छ त्यहाँ मह मिलेको तिमी कहिल्यै आकाशभित्र पसेका छौ ? उज्यालै उज्यालोको गाउँ र बस्ती छ त्यसभित्र, के तिमी गाउँको बस्तीभित्र पसेका छौ ? ५. मूर्तिकार (जीवन आचार्य) थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर म ती हातहरूको प्रशंसा गर्दै त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु ! एउटा मूर्ति चलमलाउँछ म छक्क पर्छु— कलाकृति सुन्दर मात्र होइन, सजीव पनि रहेछन्, हेर ! मूर्ति त बोल्न पो लाग्यो मूर्तिहरूको बीचबाट— ‘‘मलाई पहिले किन्नुस् हजुर ! म ज्यादै भोको छु ।’’ #सूक्ष्म कविता #स्मार्ट पोयम्स् बखतबहादुर थापाको औपन्यासिक यात्राः आरोह अवरोह: बखतबहादुर थापा (२०२२) समकालीन नेपाली आख्यान साहित्यको परिचत नाम हो । उनका तीन वटा कथासङ्ग्रह, आघात (२०६२), कम्प्युटर आतङ्क (२०६९) शीर्षकसँगै सरिता (२०७५) र पाँच वटा उपन्यास परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४), जङ्गे (२०७१), जङ्गेको डायरी (२०७४) प्रकाशित छन् । यस लेखमा यिनै प्रकाशित उपन्यासहरूको सापेक्षमा उनका औपन्यासिक यात्राको आरोह अवरोहको बिम्ब प्रस्तुत गरिएको छ । परदेश उपन्यासकार बखतबहादुर थापाको पहिलो औपन्यासिक रचनाकृति हो । गरिबी र अशिक्षाको दोहोरो बाध्यावस्थाका कारण मुग्लान पस्न विवश नेपालीका दुःख, सङ्घर्ष र पारिवारिक जीवनका सङ्कटलाई यसमा प्रस्तुत गरिएको छ । पढाइ बिचैमा छाडेर अवसरको खोजीमा परदेश गएका उपन्यासकार थापाको वास्तविक जीवनमा आधारित रहेको यो उनको आत्मपरक उपन्यास हो । दुई भागमा संरचित प्रस्तुत उपन्यासको पहिलो भाग उनको निजी जीवनको सङ्घर्षसँग नजिक रहेको छ भने दोस्रो भागको काल्पनिक आख्यानमा उनको निजी जीवन आंशिक रूपमा झल्किएको छ । सामान्य घटनालाई सामान्य भाषामा पनि रोचक ढङ्गले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको नमुनाका रूपमा यो भाग रहेको छ । तृतीय पुरुष दृष्टिविन्दुमा रहेको यस उपन्यासमा प्रेम पात्रका माध्यमबाट पश्चिम नेपालको पहाडी गाउँ (दैलेख) बाट मुग्लान हिँडेको उपन्यासकारको वास्तविक घटना प्रस्तुत गरिएको छ । एउटा सोझो गाउँलेले मुग्लान यात्राका क्रममा पाएका दुःखद घटनाहरूलाई शब्द चातूर्यका माध्यमबाट रोचक शैलीमा प्रस्तुत गरिएको छ । उपन्यासकारले लेखनको आफ्नो सम्पूर्ण शक्ति यसै पहिलो भागमा खन्याएका छन् । सामान्य घटनालाई सामान्य भाषामा पनि रोचक ढङ्गले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको नमुनाका रूपमा यो भाग रहेको छ । जीवन जीवन्त दिल्लीमा अन्य सामान्य नेपाली सरह पैसाका लागि कामको खोजी नगरी परदेशको ठाउँलाई सीप सिक्ने अवसरका रूपमा उपयोग गरी असामान्य परिचय बनाएका प्रेमले श्रीमती पोइल गएको अपुष्ट खबरको सत्यता जाँच नगरी आफ्नो जीवनलाई गम्भीर मोडतर्फ लगेको छ । ‘ गोरी ‘ र ‘ गौरी ‘ शब्द बीचको सामान्य भेदलाई पनि छुट्याउन नसक्दा उनको जीवनमा असामान्य अवस्था सिर्जना हुन्छ । पात्रको सामान्य मानवीय त्रुटिका कारण उसको जीवनमा आइपरेको गम्भीर परिस्थितिमा ग्रिसेली दुःखान्त पद्धति अनुसरण गरिएको छ तर अन्त्यमा पतिव्रता नेपाली नारीको आदर्शमार्फत उपन्यासलाई संयोगान्त बनाई पूर्वीय परम्परा कायम गरिएको छ । मुग्लान गएर काम र मामका लागि मात्र दुःख गर्ने नेपाली परम्पराभन्दा भिन्न फोटाकपी र टाइपराइटर जस्ता आधुनिक मेसिन बनाउने सीप सिकेर अहिले कम्प्युटर प्राविधिक रूपमा जीविकोपार्जन गरिरहेका उपन्यासकारको जीवनादर्शलाई परदेश उपन्यासमा पनि आदर्श बनाइएको छ । विविध परिस्थितिका कारण मुग्लान भाँसिन बाध्य नेपालीहरूको जीवन यथार्थ प्रस्तुत गर्ने परम्परा नेपाली उपन्यासमा लैनसिँह बाङ्देलले निर्माण गरेका हुन् । यसै परम्परालाई पछ्याएर पनि यस उपन्यासले ‘म चाहन्थें आवश्यकताअनुसार पढ्न सकूँ, नभए कुनै इलम सिकूँ ताकि आइन्दा यसरी भौँतारिन नपरोस्’ (पृ. ९५) भन्दै आफ्नै आदर्शको छाप छाडेको छ । उपन्यासकार थापाको कुहिरो र काग पनि यथार्थको धरातलमा आदर्शको चित्र खिचिएको उपन्यास हो । गरिबी, अशिक्षा र अज्ञानताको अन्धकारमा रुमलिएको उपन्यासकारको जन्मभूमि, पश्चिम नेपालको सामाजिक जीवनमा आधारित यस उपन्यासमा पात्रहरूलाई दुःखबाट मुक्तिका निम्ति परदेश पठाइएको छैन, देशभित्रै समाधानको प्रयास गरिएको छ । यसक्रममा यसको पात्र पश्चिम नेपालको दुर्गम पहाडी गाउँबाट सुर्खेत हुँदै काठमाडौँसम्म आइपुग्छ र स्वदेशमा उपलब्ध जटीबुटीको ज्ञान र उपयोगबाट समस्याको समाधान खोज्दछ । तालिम र थप दक्षता हासिल गर्नका निम्ति भारतसम्म पुगे पनि यसको पात्र फर्किएर स्वदेश नै आएको छ । यसरी प्रस्तुत उपन्यास स्वदेशभित्रै गरिबीबाट उन्मुक्तिका लागि गरिएको सङ्घर्षको कथा हो । परिस्थितिको सापेक्षमा विकसित चरित्र र घटनाका कारण यस उपन्यासका पात्रहरूको जीवनमा धेरै आरोह अवरोहहरू आएको र अन्त्यमा परिस्थितिको संयोगले पात्रको जीवन सुखद बन्न पुगेको देखाई मानवीय क्षमतालाई कमजोर बनाइएको छ । प्रेमलाई जीवन बचाइको मूल स्रोतका रूपमा प्रस्तुत गरिएको यस उपन्यासको कथानकीय घटनाहरू प्रचलित नेपाली चलचित्रको जस्तै विभिन्न संयोगहरूका साथ अघि बढेको छ । यौन कमजोरीका कारण उत्पन्न मनोवैज्ञानिक समस्या, चेलिबेटी बेचबिखनलगायतका विषयहरूलाई पनि यस उपन्यासमा उठान गरिएको छ । परिस्थितिको सापेक्षमा विकसित चरित्र र घटनाका कारण यस उपन्यासका पात्रहरूको जीवनमा धेरै आरोह अवरोहहरू आएको र अन्त्यमा परिस्थितिको संयोगले पात्रको जीवन सुखद बन्न पुगेको देखाई मानवीय क्षमतालाई कमजोर बनाइएको छ । एकातिर देशमा रहेका जडीबुटीजस्ता स्रोतको उपयोग गरी विदेश पलायन शक्तिलाई स्वदेशमै सम्भावना देखाउने अनि अर्कातिर परिस्थितिको वशमा जीवनलाई छाडिदिने विराधाभासी आदर्शमा उपन्यास अलमलिएको छ । कालचक्र उपन्यासमा नेपाली उपन्यास परम्परामा नवीन विषयको खोजी गरिएको छ । कम्प्युटर जस्ता नयाँ प्रविधिको प्रयोगमा टेक्नेसियनहरूले सोझा ग्राहकहरूलाई ठग्ने गरेको यथार्थलाई उपन्यासमा मुख्य विषय बनाइएको छ । नेपाली जीवनमा भर्खर प्रवेश गरेको समयमा कम्प्युटरको प्रयोग र मर्मतमा प्राविधिक र पैसामुखी व्यापारीहरू मिलेर कसरी सोझा ग्राहकहरूलाई मुर्गा बनाउँछन् भन्ने सन्दर्भलाई रोचक किसिमले प्रस्तुत गर्नु यस उपन्यासको उपलब्धी रहेको छ । केन्द्रीय कथानकका रूपमा व्यापारी अमनलालको कथा रहेको भए पनि उसको पसलका अन्य हरेक कामदारहरूको जीवनलाई पनि भिन्नाभिन्नै परिच्छेदमा केन्द्रीय भूमिका प्रदान गरिएको छ । यसमा एघार जना पात्रको केन्द्रीय भूमिका प्रदान गरी ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासले निर्माण गरेको शैली अनुसरण गर्दै सीमान्त पात्रको जीवनलाई केन्द्रमा तान्ने प्रयास गरिएको छ । जङ्गे पश्चिम नेपालको सामाजिक जीवनमा आधारित उपन्यास हो । गरिबी, अभाव र अशिक्षाका कारण दुःखी नेपाली जीवनको यथार्थ यस उपन्यासमा प्रस्तुत गरिएको छ । तृतीय पुरुष दृष्टिविन्दु र वर्णनात्मक शैलीमा रहेको यस उपन्यासमा दैलेख जिल्लामा अवस्थित आठबिसेको चौतारो र त्यस नजिकको गाउँको कथा रहेको छ । ग्रामीण समाजको यथार्थ खिच्ने क्रममा गरिबी र अशिक्षाका कारण उत्पन्न समस्याहरू, टाठाबाठाहरूले सोझा गाउँलेहरूमाथि गर्ने शोषण, राजनीति र प्रशासनका आडमा हुने गरेका भ्रष्टाचार जस्ता विकृति विसङ्गतिप्रति आवाज उठाउने प्रयास गरिएको यस उपन्यासले आलोचनात्मक यथार्थवादको मार्ग अवलम्बन गरेको छ । गाउँका ठालुहरूको स्वार्थका कारण जङ्गे र जुना जस्ता निम्नतर व्यक्तिहरूको प्रेमजीवनमा आइपरेको दुःखद घटनाले उपन्यासलाई यथार्थका साथै रोचक पनि बनाएको छ । सोझा गाउँलेहरूलाई ठगेर खान पल्केका गाउँका उपर्युक्त तीनजना व्यक्तिहरूको कुकर्म पर्दाफास गर्ने मुख्य व्यक्ति जङ्गे भएकोले उनीहरूले जङ्गेसँग बदला लिन सुतिरहेको जङ्गेलाई क्लोराफार्म सुँघाएर बेहोस बनाई खोलामा लिएर जान्छन् तर ऊ अँध्यारोमा झुक्याएर भाग्न सफल हुन्छ । जङ्गेको डायरी २०७१ सालमा प्रकाशित जङ्गे उपन्यासको दोस्रो शृङ्खला हो । पहिलो उपन्यासमा खराब प्रवृत्ति भएका दयाराम, प्रकाश र राजकुमारलाई गाउँलेहरूले कालो मोसो दलेर सजाय दिएपछि समाप्त भएको छ भने त्यसपछिका घटनाहरू दोस्रो उपन्यासमा रहेको छ । सोझा गाउँलेहरूलाई ठगेर खान पल्केका गाउँका उपर्युक्त तीनजना व्यक्तिहरूको कुकर्म पर्दाफास गर्ने मुख्य व्यक्ति जङ्गे भएकोले उनीहरूले जङ्गेसँग बदला लिन सुतिरहेको जङ्गेलाई क्लोराफार्म सुँघाएर बेहोस बनाई खोलामा लिएर जान्छन् तर ऊ अँध्यारोमा झुक्याएर भाग्न सफल हुन्छ । त्यसपछि ऊ भागेर काठमाडौं आउँछ र कम्प्युटर मर्मत गर्ने तालिम लिन थाल्छ । जङ्गेले कम्प्युटर मर्मत गर्न सिक्ने क्रममा टिपोट गरेको डायरीका माध्यमबाट यस उपन्यासमा कम्प्युटरको इतिहासदेखि त्यसका प्राविधिक पक्षहरूलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ । सूचना प्रविधि र त्यसले नेपाली जीवनमा पारेको प्रभावलाई विषय बनाएर प्रशस्त उपन्यासहरू लेख्न थालिएको भए पनि यो मात्र एउटा यस्तो उपन्यास हो जसमा कम्प्युटर र इन्टरनेटका प्राविधिक पक्षलाई विषय बनाइएको छ । यस कार्यका निम्ति उपन्यासकार बखतबहादुर थापा एक आधिकारिक व्यक्ति पनि हुन् । नेपाली उपन्यासमा कालचक्रबाट सुरु भएको नवीन विषय (कम्प्युटर प्रविधि) को उठानलाई प्रस्तुत उपन्यासले थप उचाइ प्रदान गरेको छ । कम्प्युटरको प्राविधिक पक्षजस्तो विरसिलो विषयलाई औपन्यासिक कलाले बुनेर रोचक शैलीमा प्रस्तुत गर्न सक्नुमा उपन्यासकारको सफल परीक्षण भएको छ । सामाजिक विषयको यथार्थ चित्राङ्कन नै उपन्यासकार थापाको प्रमुख औपन्यासिक प्रवृत्ति हो । उपन्यासकार जन्मिएर हुर्किएको पश्चिम नेपालको पहाडी जीवनको यथार्थदेखि उपन्यासकारले मुग्लान यात्राका क्रममा देखेका भेगेका र सुनेका यथार्थहरू पनि उनका उपन्यासमा प्रस्तुत गरिएको छ । बालविवाह र बहुविवाहका कारण उत्पन्न समस्या, गाउँका हुनेखाने र टाठाबाठाहरूले सोझासाझा गाउँलेहरूलाई गर्ने अन्याय र अत्याचार, चेलीबेटी बेचबिखन, सहरमा साहुहरूले कामदारहरूप्रति गर्ने दुव्र्यवहार, प्राविधिक क्षेत्रका विसङ्गति आदि उनका उपन्यासमा पाइने यथार्थ पक्षहरू हुन् । त्यस्तै माओवादी युद्धको समयमा सोझा जनताले पाएका दुःख, पीडा, दुर्गम पहाडी क्षेत्रहरूलाई नेताहरूले गर्ने उपेक्षा, युवावर्गमा बढ्दै गएको उमङ्ग र उपन्यासकारले अपनाएको कम्प्युटर क्षेत्रका यावत् यथार्थ पनि उनका उपन्यासमा चित्रण गरिएको छ । यस अर्थमा उनका उपन्यासमा चित्रण गरिएका यथार्थ भनेको उपन्यासकारको जीवन यथार्थ पनि हो । उपन्यासकारको वास्तविक जीवनले गरेको यात्रा जस्तै उनको उपन्यासले पनि दैलेख, दाङ, भारतका विभिन्न ठाउँहरूको यात्रा गर्दै हाल काठमाडौंमा बसेर कम्प्युटर क्षेत्रमा लागिरहेको यथार्थ यात्रा गरेको छ । पहिलो उपन्यास परदेश उपन्यासकारको जीवन सङ्घर्षको आरम्भिक यथार्थ हो भने कालचक्र र जङ्गेको डायरी उनको जीवनको पछिल्लो यथार्थ हो । यसरी उपन्यासकारको निजी जीवनले भोगेका यथार्थमार्फत आमजीवनको यथार्थ प्रस्तुत गर्न सक्नु उपन्यासकार थापाको शक्ति हो । राष्ट्रप्रेमलाई मुख्य आदर्शको मानिएको उनका उपन्यासमा आदर्श प्रेम र आदर्श पत्नीको नेपाली आर्दश पनि रहेको छ । स्वदेशी माटो र स्वदेशी भाषालाई प्रेम गरिएको उनको पहिलो उपन्यास यसका लागि एउटा नमुनाका रूपमा रहेको छ । सामाजिक जीवनका वास्तविकताभित्र लुकेका विकृति विसङ्गतिप्रति आलोचनात्मक दृष्टि राख्दै आदर्शको मार्ग देखाउनु उपन्यासकार थापाको उद्देश्य रहेको छ । परदेश गएर काम र पैसाभन्दा सीप सिकाइमा जोड दिई आफ्नै देशमा त्यसको उपयोग गर्नुपर्छ भन्ने उनको जीवनको वास्तविक आदर्श नै उनको उपन्यासको आदर्श पनि रहेको छ । स्वदेशी जटीबुटीको उपयोगलाई बेरोजगार र गरिबीको समाधानका रूप प्रस्तुत गरिएका उनका उपन्यासमा समाजका नकारात्मक चरित्रहरूलाई समय र परिस्थितिका माध्यमबाट भए पनि सजाय दिई सकारात्मक बाटोतर्फ लाग्न प्रेरित गरिएको छ । राष्ट्रप्रेमलाई मुख्य आदर्शको मानिएको उनका उपन्यासमा आदर्श प्रेम र आदर्श पत्नीको नेपाली आर्दश पनि रहेको छ । स्वदेशी माटो र स्वदेशी भाषालाई प्रेम गरिएको उनको पहिलो उपन्यास यसका लागि एउटा नमुनाका रूपमा रहेको छ । उपन्यासकार थापाका उपन्यासहरूमा ग्रामीण तथा सहरी जीवनका निम्न वर्गीय पात्रहरूको प्रयोग र पात्रअनुकूल स्थानीय भाषाको प्रयोग गरिएको छ । सरल भाषिक शैलीका माध्यमबाट सामान्य विषयलाई पनि रोचक शैलीमा प्रस्तुत गर्नु उपन्यासकारको लेखकीय शक्ति हो । काम–मामको खोजीमा विदेसिएका कथा धेरै लेखिएका छन् र यो अझ लेखिने छन् । यो त्यसवेलासम्म लेखिरहिन्छ जबसम्म नेपालीहरू काम र मामको खोजीमा विदेशी गइरहनुपर्छ । यो विषय नयाँ पनि होइन र पुरानो हुने विषय पनि होइन । उपन्यासकार थापाले यस प्रकारको सर्वकालीन विषयलाई मौलिक शैलीमा प्रस्तुत गरेका छन् । उपन्यासकार थापाको औपन्यासिक यात्रा नेपाली उपन्यास परम्पराको आलोचनात्मक यथार्थवाद र आदर्शवादी यथार्थवादको पूर्व निर्मित मार्गमा यात्रा गरेको भए पनि मौलिक लेखन शैली र नवीन विषयका कारण आफ्नै विशिष्ट पथ निर्माण गरी गतिशील छ । उपन्यासकारको वास्तविक जीवनको आरोह अवरोहसँगै यात्रारत उनको औपन्यासिक यात्रामा नेपाली उपन्यासले उनकै मौलिक शैलीमा नवीन विषयको अपेक्षा गर्दछ । #जीवन जीवन्त एक समयको कथाः युद्धको छायामा: त्यस दिन अपराह्न तीनजना सिपाहीहरू गाउँमा आए । उनीहरू आउँदा बाख्रा र कुखुराहरू डरले तितरबितर भएका थिए । सिपाहीहरू नजीकको भट्टी पसलमा गए र पामको रक्सी मागेँ । माखाहरू भन्किइरहेका थिए । यसैबीच उनीहरूले रक्सी पिए । आफ्ना बाबु बाहिर जाउञ्जेल पर्खिबसेको ओमोभोले ती सिपाहीहरूलाई झ्यालबाट चिहाएर हेर्यो । उनीहरू उसको घरमा बजिरहेको रेडियोको समाचारालाई ध्यान दिएर सुनिरहेका थिए । त्यो “ग्रन्डी” ब्राण्डको रेडियो उसका बाबुले एउटा यस्तो परिवारबाट ल्याएका थिए, जुन परिवार युद्ध भड्किएपछि सहर छोडेर भागेको थियो । उनले त्यो रेडियोलाई एउटा सेतो कपडामा बेरेर ल्याएका थिए ताकि त्यो एउटा सामान्य घरेलु सामानजस्तो मात्रै देखियोस् । सिपाहीहरूले बजिरहेको रेडियोमा देशको आन्तरिक भागमा भइरहेका बाम्बारी र गोलीबारीका समाचारहरू सुने । ओमोभोका बाबुले कपाल कोरे, बीचबाट बडो सचेतताका साथ सिँउदो काडे, र भर्खर दाह्री खौरेका गालामा केही लोसन लगाए । त्यसपछि उनले आफ्नो फुस्रो कोट लगाए, जुन उनलाई साँघुरो भइसकेको थियो । आफ्ना बाबुबाट दिक्क मानेर ओमोभोले झ्यालबाट बाहिर हेर्यो । एक हप्तादेखि सधैँ नै यही बेला कालो घुम्टो ओढेकी एउटी अपरिचित आइमाई त्यसै घरको छेउबाट हिँड्थी । ऊ त्यही गाउँको बाटो हुँदै एक्स्प्रेस राजपथमा पुग्थी, र जङ्गलमा हराउँथी । आज पनि ओमोभो उनको आगमनको प्रतीक्षामा थियो । रेडियोमा प्रभुख समाचार सकियो । उद्घोषकले त्यसै राती चन्द्रग्रहण लाग्ने सूचना पनि प्रसारित गर्यो । ओमोभोका बाबुले भने अनुहारका पसिना पुछ्दै केही तित्तताकासाथ भने, “ग्रहणले युद्ध रोक्ला जस्तो, खूबै !” “ग्रहण भनेको के हो, बुवा ?” ओमोभोले सोध्यो । “जब पृथ्वी अँध्यारो हुन्छ अनि अत्भूत कुराहरू हुन्छन् !” “जस्तै?” उसका बाबुले चुरोट सल्काए । “मरेकाहरू जागेर हिँड्छन् र गीत गाउन थाल्छन् । त्यही भएर धेरैबेर बाहिर नबस्नू । है त ?” ओमोभोले टाउको हल्लाउँदै मान्ने संकेत गर्यो । “ग्रहणहरूलाई बच्चा मन पर्दन । तिनीहरूले उनीहरूलाई खाइदिन्छ ।” ओमोभोलाई यो कुरामा विश्वास लागेन । बाबु भने ऊतिर हेरेर मुसुक्क मुस्काए, उसलाई उसको दस रुपियाँ बक्सिस् दिए, र भने, “रेडियो बन्द गर बाबु । बच्चाबच्चीले युद्धको समाचार सुन्नु राम्रो होइन । ” ओमोभोले रेडियो बन्द हेर्यो । उसका बाबुले दैलोको ठेलोमा अर्ग चढाए र शान्तिका लागि पीतृहरूको पूजा गरे । त्यो सकेपछि उनी आफ्नो अटैँची दिएर बिस्तारै घरबाट निस्किए । उनलाई त्यो गोरेटो हँुदै माथि बस बिसौनीतिर जाँदै गरेको ओमोभोले हेरिरह्यो । जब एउटा मिनीबस आयो र उसका बाबु चढे, ओमोभोले फेरि रेडियो खोल्यो । ऊ झ्यालको आडमा बास्यो र त्यो आउँदैगरेकी आइमाईको प्रतीक्षा गर्न थाल्यो । पछिल्लोपल्ट उसले त्यस आइमाईलाई देख्दा ऊ आफ्नो पहँेलो साडीका मुजा उत्तेजक रुपले हल्लाउँदै हिँडिरहेकी थिई । अन्य बच्चाहरूले पनि आफूहरूले गरिरहेको काम स्थगित गरी उसलाई हेरेका थिए । मानिसनीहरू भन्थे, उनको छाया छैन । उनीहरू यो पनि भन्थे ऊ हिँडदा पैताला भैँमा हुँदैनन् । ऊ छेवैमा आइपुगेपछि ती बच्चाहरू उसमाथि झारपात फ्याँक्न थाले । ऊ तर्किई । छिटो पनि हिँडिन, र पछि फर्केर पनि हेरिन । ज्यादै गर्मी थियो । बिस्तारै हल्लाखल्ला शान्त भयो । गाउँलेहरू निन्द्रामै हिँडे जसरी लर्बरिँदै आ–आफ्ना कामतिर लागे । ती तीन सैनिकहरू भने पामको जाँड खाएर टन्टलापूर घाममै बसी तस खेल्न थाले । ओमोभो हेरिरहेकै थियो । जब जब बालबालिका त्यस भट्टीको छेउबाट जान्थे, ती सैनिकहरू तिनीहरूलाई बोलाउँथे, केही कुरा गर्थे, र केही पैसा दिन्थे । ओमोभो पनि कुद्यो ओरालै ओरालो अनि भट्टीको छेउ पुगेर उभ्भियो । सैनिकहरूले उसलाई एकटक हेरे । ऊ फर्किन लाग्दा उनीहरू मध्ये एकले उसलाई बोलायो । “तिम्रो नाम के हो?” उसले सोध्यो । ओमोभोले केही धक मान्यो, एउटा हर्कतपूर्वक हाँसो हाँस्यो, अनि भन्यो, “ग्रहण ।” ओमोभोको अनुहारभरि थुकिदिएर त्यो सैनिक खूब हाँस्यो । त्यस सैनिकको अनुहारभरि नशैनशा देखिन्थे । उसका दुई साथीहरू भने यी कुरामा खासै चासो दिइरहेका थिएनन् । उनीहरू माखा धपाउनमा र तास खेल्नमै मस्त थिए । उनीहरूका बन्दूक भने छेवैको टेबलमा थिए । ओमोभोले विचार गर्यो, ती बन्दूकहरूमा नम्बर लेखिएका थिए । त्यो सैनिकले फेरि भन्यो, “ठूला ओठ भएको हुनाले तेरा बाउले तँलाई त्यो नाम दिएको हो?” उसका सहयोगीहरूले पनि यसपल्ट ओमोभोलाई हेरे, र हाँसे । ओमोभोले स्वीकारोक्तिमा टाउको हल्लायो । “तिमी एउटा असल केटो रहेछौ,” उसले ओमोभोलाई भन्यो । अनि केहीबेर रोक्कियो, र फरक आवाजमा सोध्यो, “त्यो कालो बर्कोले अनुहार छोप्ने आइमाईलाई तिमीले देखेका छौ ?” “अँहँ ।” उसले ओमोभोलाई दस रुपियाँ दिँदै भन्यो, “ऊ जासूस हो । उसले हाम्रा दुश्मनहरूलाई सहयोग गर्छे । ऊ आएको देख्नासाथ कुदेर आउनू, अनि हामीलाई भन्नू । सुनेको हो ?” ओमोभोले पैसा लिन मानेन, र कुदेर भयाङ् चढ्यो । फेरि ऊ गएर झ्यालमै बस्यो । सैनिकहरूले भने बेलाबेलामा उसलाई हेरिरहे । धेरै गर्मी चढेकोले ओमोभो त्यहाँ बसेकै अवस्थामा निधायो । केही अल्छी पारामा बासेका भालेहरूले केहीबेरपछि उसलाई ब्यूँझाइदिए । उसले महसूस गर्याे, रापिलो अपराह्न घर्केर शीतल साँझमा परिणत हुँदै थियो । सैनिकहरू पनि भट्टीमै निधाउन लागेका थिए । त्यसैबेला रेडियोमा नियमित समाचार आयो । ओमोभेले त्यसदिनका हताहतीको खबर सुन्यो, खासै नबुझीकन । समाचारवाचकले यी गम्भीर समाचारहरूमा सुस्केरा भर्यो, क्षमा माग्यो, र युद्धका अतिरिक्त जानकारीहरू पनि प्रस्तुत गर्न थाल्यो । ओमोभोले पुलुक्क माथि हेर्यो । त्यो आइमाई त्यहाँबाट कटेर गैसकिछ । सैनिकहरू पनि भट्टीबाट हिँडिसकेछन् । तापको रापका बीच उनीहरू खरका घरहरूका बीचका चेपबाट हुँदै हिँडिरहेका थिए । त्यो आइमाई पनि त्यही बाटोमा जाँदै थिई, अलि पर । ओमोभो कुदेर तल ओर्लियो, र तिनीहरूका पछिपछि लाग्यो । सबैभन्दा पछि हिँडने सैनिकका चाक यति ठूला थिए कि उसको सुरवाल नै फुटलाजस्तो देखिन्थ्यो । ओमोभोले एक्स्प्रेस रोडसम्म उनीहरूको पीछा गर्यो । जङ्गलको बाटो लागेपछि ती सैनिहरूले त्यो आइमाईको पीछा छोडे, र तिनीहरूको बाटो बाँडियो । उनीहरू आफ्नो कार्यप्रति सचेत देखिन्थे । ओमोभो भने हतार्र्रिएर पछि फर्कियो, र त्यो आइमाईको चियो गर्न थाल्यो । घना जङ्गलका बीच पनि उसले त्यसलाई पछ्याउन छोडेन । त्यो आइमाईले फुस्रा लुगा लगाएकी थिई र एउटा ध्वाँसे मजेत्रोले अनुहार ढाकेकी थिई । उसको टाउकोमा एउटा रातो बास्केट पनि थियो । उसको छायाँ थियो कि थिएन, वा उनका खुट्टा भैँमा थिए कि थिएनन् भन्ने कुरा भने ओमोभोले विचारै गर्न बिर्सियो । ओमोभो अर्धनिर्मित बगान हुँदै गुज्रियो, जहाँ छेउछाउ ठूल्ठूला साइनबोर्ड र ढल्न लागेको बेराहरू थिए । ऊ एउटा निर्जन सिमेन्ट फेक्टरीको छेवैबाट गुज्रियो । त्यहाँ सरसामान ढलेर ढङ्गुरमा परिणत भएका थिए, र श्रमिकहरूका निवास पूर्णतयः खाली देखिन्थे । ओमोभो एउटा बबुआको रूख हुँदै अघि बढ्यो, जसमुनि एउटा मृत जनावरको सिङ्गो अस्तिपञ्जर थियो । त्यसैबेला एउटा सर्प माथि रूखको हाँगोबाट खस्यो र सुल्किँदै झाडीतिर पस्यो । अलि पर, छाँगाको छेउमा तीव्र संगीत गुञ्जिरहेको सुनिन्थ्यो, र मानिसहरू युद्धका चर्का नाराहरू लगाइरहेका थिए । ऊ ती महिलाको पछि लाग्यो, र केही बेरपछि उनीहरू जङ्गल फाँडेर बनाइएको एक भद्दा शिविरको छेउ आइपुगे, तल फाँटमा । गुफाका वरिपरिको धमिलो प्रकाशमा छायाकृतिहरू यता उति हल्लिरहेका देखिन्थे । त्यो आइमाई पनि तिनीहरूतिरै गई । ती आकृतिहरूले उसलाई घेरे, छोए, र गुफाभित्र लगे । ओमोभोले गुफाबासीका थकित स्वरहरू सुन्यो, जसमा उनीहरू ती महिलालाई धन्यवाद दिइरहेका थिए । जब फेरि त्यो आइमाई देखा परी उसका हातमा बास्केट थिएन । कुपोषणले प्याट्ट परेका भुँडी लिएर बच्चाहरू र झुत्रेमुत्रे लुगा लगाएका आइमाईहरूले उसलाई माथि पहाडको बाटोसम्म पु¥याए । फेरि, अलि संकोचका साथ उनीहरूले उसलाई छोए, अनि फर्किए । ओमोभो फेरि त्यही आइमाईका पछि लाग्यो । उनीहरू एउटा धमिलो नदीमा आइपुगे । त्यो आइमाई यसरी हिँडी, मानौँ उसलाई पछाडिबाट कुनै शक्तिले उडाउन खोजिरहेको थियो । धमिलो पानीमा दुर्घटनाग्रस्त डुङ्गाहरू र पानीमा बग्दै गरेका भिजेका लुगा देखिन्थे । ओमोभोले त्यहाँ पूजाका सामग्री पानीमा तैरिँदै गरेको देख्यो — रोटीका टुक्रा प्लास्टिकका झोलामा, खाद्यान्नले भरिएका हर्पेहरू, कोकाकोलाका केनहरू । फेरि उसले ती डुङ्गाहरूलाई हेर्याे । ल, ती त मरेका जनावरका आकृतिमा पो परिवर्तित भइसकेका रहेछन् ! नदी किनारमा भने उसले पुरानो कालखण्डका, र अहिले प्रयोगमा नरहेका मुद्राहरू पनि देख्यो । हावामा खपिनसक्नुको दुर्गन्ध फैलिएको पनि थाह पायो उसले । यत्तिकैमा ओमोभोले आफ्नै पछाडि बडो तीव्र गतिमा फेरिएको साँसको आवाज सुन्यो । तुरन्तै कसैले खोकेको र थुकेको आवाज पनि आयो । एउटा सैनिकले अरुलाई छिटो हिँड्न आदेश दिइरहेको पनि थाहा पायो । ओमोभो रुखमुनि टुक्रुक्क बसेर लुकिरह्यो । सिपाहीहरू उसका छेवैबाट अगाडि गए । केही बेरपछि उसले कोही चिच्याएको आवाज सुन्यो । ती सिपाही त्यो आइमाईको छेउ आइसकेका थिए । उनीहरूले उसलाई घेरे । “अरु कहाँ छन् ?” एउटा करायो । तर त्यो आइमाई बोलिन । “भनेपछि तँ नै होस् बोक्सी, हैन त ? तँलाई मर्न मन छ ? अरु कहाँ छन्, भन् ?” सब चूपचाप । उनको शिर झुकेको । एउटा सैनिकले खोक्यो, र नदीतिर थुकिदियो । “किन बोल्निस् हँ ?” उसले ती महिलालाई थप्पड हान्दै भन्यो । त्यो मोटे सैनिकले उनको बुर्का च्यातिदियो र जमिनमा फ्याँकिदियो । ऊ त्यसलाई टिप्न केही निहुर्यिई, घुँणा मार्ने चालमा उनको शिर अझै झुकि नै रह्यो । उनको टाउको कताकति खुइलिएको थियो, र कताकति घाउका खाटाहरू पनि देखिन्थे । उसको अनुहारको एकछेउमा पनि काटेको लामो दाग देखिन्थ्यो । नाङ्गो छाती भएको सैनिकले त्यस महिलालाई केही धकेलिदियो । ऊ घोप्टे परेर जमिनमा लडी, र केहीबेर त्यही अवस्थामा रही । त्यो जङ्गलको उज्यालो केही स्पष्ट भयो र पहिलोपटक ओमोभोले नदी किनारमा मरेका भनिएका जनावरहरू वयस्क मान्छेका लाशका आकृतिमा देख्यो । उनीहरूका शरीर नदीमा बगेर आएका लहराहरूले जेल्लिएका थिए, र उनीहरूका आँखा धूमिल थिए । ओमोभोले केही प्रतिक्रिया दिन नभ्याउँदै कोही चिच्याएको आवाज सुनियो । त्यो महिला उठ्दै थिई, हातले आफ्नो च्यादार टिपेर । ऊ त्यो मोटो सैनिकतिर फर्किई, यथासक्य तन्किई र उसको अनुहरमा थ्वाक्कै थुकिदिई । त्यसपछि ऊ च्यादर हल्लउँदै चर्को आवाजमा कराउन थाली । अन्य दुई सैनिकहरू भने पछि हटे । त्यो मोटे सैनिकले अनुहार पुछ्यो, र उसको पेटका सीधा आफ्नो बन्दुक र्तेस्यायो । ओमोभोले बन्दुकको आवाज सुन्नुभन्दा केही पल अगाडिमात्र उसलाई माथिपट्टि फटफट गर्ने प्वाँखहरूको तीब्र आवाजले केही व्यवधान ग¥यो । यसले यसलाई भयभित तुल्यायो । त्यसपछि आफू लुकिरहेको ठाउँ छोडेर ऊ जङ्गलको बाटो चिच्याउँदै भाग्यो । सैनिकहरू उसको पछिपछि दुगुरे । भाग्दै जाँदा पातहरूको छाहारीभित्रबाट एउटा लाटोकेसेरोले उसलाई एकटक हेरिरहेको उसले देख्यो । ऊ रुखको एउटा जरोमा अल्झिएर लड्यो, र टाउको जमिनमा बज्रियो । चारैतिर अँध्यारो भयो उसलाई । ऊ बेहोस भएर लड्यो । ऊ ब्युँझँदा अँध्यारो भइसकेको थियो । यसले आफ्ना औँलाहरूलाई आफ्नै सामुन्ने हल्लायो, तर केही देखेन । त्यो अन्धकारलाई अन्धोपन हो कि भन्ने डरले ऊ आत्तियो र चिच्यायो । ऊ यतायति कुद्यो, र एउटा दैलोभित्र पस्यो र पुनः लड्यो । जब ओमोभो होसमा फर्कियो, बाहिर चर्को हल्लाखल्ला चलिरहेको थियोे । रेडियोले युद्धका खबरहरू प्रसारण गरि नै रहेको थियो । ऊ माथि बार्दलीतिर जाँदा थाहा पायो, उसका आँखाले ज्योति गुमाएका थिएनन् । ऊ अत्यन्त खुसी भयो । तर उसलाई आश्चर्य यस कुरामा लाग्यो कि ऊ त्यहाँ पुग्दा त उसका बुवा बेतको कुर्सीमा बसेर ती अघिका तीनजना सैनिकसँगै पामको रक्सी खाइरहेका थिए । ऊ कुदेर आफ्ना बुवा नजिक गयो, र भयभित मुद्रामा ती तीन सैनिकतिर देखाएर बाबुलाई केही सोध्यो । “तिमीले उहाँहरूलाई धन्यवाद दिनुपर्छ । उहाँहरूले तिमीलाई जङ्गगलबाट घर ल्याइदिनुभयो,” उसका बुवाले ओमोभोलाई भने । बेहोसीबाट भर्खरै होसमा फर्किएको ओमोभोले आफ्ना बुवालाई उसले देखेका दृष्यहरूको विवरण सुनायो । तर उनका बुवाले भने क्षमायाचनाको मुद्रामा सैनिकतिर हेरेर खिस्स हाँसे, र आफ्नो छोरोलाई टिपेट ओछ्यानतिर लगे । नोटः यस कथाका लेखकले बुकर पुरस्कार जितेका छन् । उनी नाइजेरियाका लेखक हुन् । यस कथालाई समालोचक महेश पौड्यालले अनुवाद गरेका हुन् । #बेन ओक्री #युद्धको छायामा मेरी उनी: मैले निर्माण गरेको मायाको ताजमहलमा घाम र जून दुवै बनेर झुल्कियौ प्रेमको मदिरा पिलाउन कहिल्यै नमेटिने तिर्खा भएर उदायौ आपसमा साटासाट गर्न बैँशको भारी कुर्लुम्म बोक्दै प्रीतिको तेलमा रूपको दियो बालेर आयौ तिम्रो लालित्यपूर्ण मुस्कानमा ओझेल पर्छ ईन्द्रेणी कति मीठो बोलि तिम्रो सुरताल मिलेको सङ्गीतजस्तो मुहार तिम्रो जुनले चाँदनी पोखेजस्तो सुन्दरताको यो अधिक रोशनीमा तिम्रो गीत गाइहनेछु सदा म । मेरो जीवनको बार्दलीमा तिमी सधैँ झुमिरहन्छ्यौ मुटुको माझमा मात्र हैन आँखाको नानीमा अनि हृदयको अग्रभागमा तिमी छौ जीवनको तारेभिरमा यात्रारत हुँदा हात थाम्न मात्र आइनौ पैरोसमेत सम्याएकी छौ मेरा उध्रिएका सपनाहरू सिलाएकी छौ हजारौँ सगरमाथाहरू सह-आरोहण गर्यौं हामीले मायाको सुन्दर फूलबारीकी बास्ना तिमी प्रीति पोख्दै मेरो दिलमा शितल मलम बनी बसेकी छौ। के गुरूत्वबल छ हँ तिमीमा ? मलाई सधैँ लुटपुटाइरहने तिम्रो मायाँको राजमार्गमा सधै यात्ररत् रहन सकूँ दिलमा सदा छचल्किई रहनेछ्यौ प्रेमको पछ्यौरीले ढाकी राख मायाको पञ्चामृत पिलाइरहू छु आकर्षित म तिम्रो चित्रमा सम्मोहित छु झन् चरित्रमा चुराको आत्मिक छन-छनले निरन्तर ब्युँझाइरहू मलाई। चखेवाको जोडी हामी मुना र मदनको भेषमा एउटै बोटको दुई थुँगा फूल बनी यात्रारत् छौँ छायाँ सरी अन्तरहृदयको क्यानभाषमा तस्वीर बनी सजिएकी छौ म शरीर तिमी आत्मा म प्रार्थना तिमी वरदान म अपूर्ण तिमी सम्पूर्ण अनेक यी रूपका जलले अभिषेक गरिरहू मलाई मरूभूमितुल्य मेरो जीवनमा कलकल भै गण्डकी बगिरहू तिमी छौ र त मेरो जीवन छ जसरी छ रश्मि सूर्यमा अनि लालित्य छ प्रकृतिमा। *** गोरखा बजार हाल:- विस्कन्सन, अमेरिका। (कवि अर्यालका दुई नियात्रा संग्रह, एक कथा संग्रह ( संयुक्त) र एउटा कविता संग्रह प्रकाशोन्मुख रहेको छ ।) #अमेरिका #राजेन्द्रप्रसाद अर्याल के गर्न सक्छु र म: सुकिला मुकिलाहरुको रजाईं चलेको बेला पाखुरा सुर्क्याउँदै विचार दबाएर विधिको होइन, बलको शासन चलेको देख्दा फगत तिमीलाई सम्झनुसिबाय के गर्न सक्छु र म ! तिमीले देखाएको बाटो तिम्रै औँला समातेर टुकुटुकु हिँड्न सिकेकाले बिर्सेका बेला पार्टीनामका पछाडि तिमीले जोडेको राष्ट्रियता लोकतन्त्र र समाजवादको नारालाई मिथ्या फुर्का जोडेको साबित गर्न तम्तयार जमात देख्दा तिमीलाई सम्झनसिबाय के गर्न सक्छु र म ! समाजवादका लागि उत्पादकत्व वृद्धिमा जोड दिन पुँजीवादको आवश्यकता देख्ने तिमी स्वास्थ्यको समस्यामा खानेपानीको सम्बन्ध खोज्ने तिमी सिंहदरबारमा किसानको फोटो खोज्ने तिमी तिम्रै सन्तानको द्रव्य मोह र वैचारिक स्खलन देखेर तिमी नै खिन्न भएको बेला फगत तिमीलाई सम्झनसिबाय के गर्न सक्छु र म ! हुन त तिमीले नै भनेको बिर्सेको छैन सुकिला मुकिलापछि एक दिन फेरि इमान्दारिताको जित हुने छ कालो बादल फाटेर फेरि घाम लाग्ने छ त्यही दिनको प्रतीक्षामा तिमीलाई सम्झनसिबाय के गर्न सक्छु र म ! सैँबु, ललितपुर #सुरेश जोशी सुदेशको गीत: सपनीमा नआऊ तिमी पूरै दिन मेरो हुर्हुरी जल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ बिर्सनलाई हरदिन निहुँ हजार खोजी बस्छु तर हिजोभन्दा आज किन तीव्र बढ्छ सम्झनाको दर पल बित्छ, घडी बित्छ घिस्रिएर रात पनि ढल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ नरोकेर आँसु बरु बन्न दिँदा बन्थ्यो होला ताल मेरो पीडा नजर गर्न हुन्छ जूनको सुस्त चाल हावाहुरी के नै हो र मुटुभित्र औधि आँधी चल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ बाहिर बहार देखाएर बाँच्ने प्रयास गरेकै छु जारी मन भन्छ भित्रभित्रै यो मान्छे कस्तो अत्याचारी झिक्न खोज्छु आत्मबल तर पनि नौनारी गल्छ यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ #सुदेश पन्त अँध्यारो उज्यालो: शब्दमा अंध्यारोको प्रसंसा गर्न जति सहज छ, भोग्न अति नै कठिन छ । उज्यालो र अँध्यारोको विषयमा धेरै दार्शनिक कुरा लेख्न सकिन्छ । अँध्यारो बनाइदेऊ, उज्यालो कष्टकर भयो भन्न सकिन्छ । तर जसले जे पनि अँध्यारो समस्याको मूल जरा नै हो । कुनै बेला काठमाडांैमा सिमित मानिसहरूले मात्रै बिजुली बत्तीको उपभोग गर्थे । म आफैँ सानो छँदा बिजुली बत्ती आइसकेको थिएन । रात पर्नु भनेको पुरै अन्धकार हुनु थियो । अँध्यारो भएपछि आमा र हजुरआमासँग टाँसिएर बस्नु नै सबैभन्दा सुरक्षित थियो । आमाहरू पनि यही पो चाहनुहुन्थ्यो सायद । उहाँहरू यही अँध्यारोको बेला भूतका कथा सुनाउनु हुन्थ्यो । आज बोक्सीको कथा , भोली किचकन्नेको कथा, पर्सि तान्त्रिकको कथा । कथा पनि पैतालाले नटेकीकनै अलि अलि उडेर गएको, भूतले पछाडिबाट गर्लम्म अंगालो हाल्न आएको । यस्ता कथाहरू रोमांचकारी पनि हुन्थ्यो । आफुलाई अत्यन्तै माया गर्ने आमा र हजुरआमाले भन्नुहुने कथा भएकोले विश्वास पनि लाग्थ्यो । अनि सबैभन्दा ठूलो कुरा अति डर लाग्थ्यो । उबेला अहिले जस्तो कोठापिच्छे बाथरुम कहाँ ? पिसाब फेर्न घरबाहिर अलि पर चर्पी बनाइएको हुन्थ्यो । घर अन्धकार, बाहिर झन अन्धकार , त्यसैले पिसाब फेर्न मन लागेपनि डरले चुपचाप बस्थ्यौं । राति पिसाब फेर्न जानुपर्यो भने हामी दुर्इ तीनजना सँगै जान्थ्यौं । सबै डराएको अवस्थामा । टुकी वा लालटीन हुन्थ्यो । त्यो पनि के के भएर अचानक निभ्थ्यो । एक जना चर्पीभित्र पसेपछि दुर्इजना बाहिर गार्ड बसिन्थ्यो । यसरी हतार हतार पिसाब फेरेर आउनु पथ्र्यो । अँध्यारोमा बवभिन्न आकारका छायासँग जम्काभेट हुन्थ्यो र हरेक छायाँ भूत जस्तो लाग्थ्यो । म १० बर्षको हुँदा मेरी आमा बिरामी पर्नुभयो । केको बिरामी हो थाहा भएन तर लामो समयसम्म बिरामी हुनुभयो । उबेला हाम्रो उपचार गर्ने भनेकै किर्तिपुरमा । किर्तिपुरमा नाम चलेको ज्योतिष, झारफुक, वैद्य, कम्पाउण्डरहरू थिए । हामीहरू बिरामी पर्दा उतै लाग्थ्यौं । मेरी आमाले सबै आफ्ना नौजना सन्तानहरूलाई किर्तिपुरमै उपचार गराएर हुर्काउनु भयो । आमा बिरामी हुँदा झारफुके , वैद्य वा कम्पाउण्डर बोलाउन र औषधि लिन जाने मैँ हुन्थें । नैकाप र किर्तिपुर भएर जाँदा अहिलेको भिराडील, बल्खु खोला, खोलाछेउका मसानघाट अति सुनसान र डरलाग्दो हुन्थ्यो । आमाको कथाको भूत त्यही मसानघाटबाट उठेर मलार्इ पछ्याइरहेको जस्तो लाग्थ्यो । पछडि फर्केर हेर्न पनि डरलाग्थ्यो । जूनको उज्यालोमा देखिएको रुखका छायाँ , बाटोका ठूलो ढुंगा ,यी सबै अँध्यारोमा नै लाग्थ्यो । म एकै सासमा कुदेर नैकापबाट किर्तिपुर र किर्तिपुरबाट नैकाप पुग्थें । मेरो बाल्यकालको बाध्यात्मक यात्रामा रातले यति धेरै सास्ती दिन्थ्यो । अहिले सोच्छु , यो अन्धकारले यसरी सताउँदो रहेछ । कहाँ बोक्सी हुनु, कहाँ भूत हुनु , कहाँ किचकन्ने हुनु , तर मेरो लगायत आमाहरू र हामी केटाकटीहरूको मन मस्तिष्कमा भूत हालिदिएपछि त्यो भूतले पुस्तौंपुस्ता हजारौं लाखौं जनमा यसरी छोप्दो रहेछ , सताउँदो रहेछ । एकपटक हालिदिएपछि निकाल्न कठिन हुने रहेछ । अहिले लाग्छ त्यो भूतको श्रोत के हो ? किन भूतका यति धेरै कुराहरू भए मेरो बाल्यकालमा ? त्यो श्रोत भनेको त उबेलाको अन्धकार नै थियो । दिउँसोको उज्यालोमा भूत नआउने, रातमा आउने भनेको के हो त ? त्यतिबेलाका जनसाधारणले उज्यालोमा रात काट्न नपाएका कारण जन्मेको डरको कथा हो भूत । त्यस्तै राति भूत आउने कथाले त्यतिखेरका शासकहरूलाई शोषण गर्ने, आफ्ना दूतहरूमार्फत राज्यका बिद्रोहीहरू बेपत्ता पार्ने , चेलीबेटी उठाउने अवसर हो । जनताहरू भूतका कथा हालेर डराएर रहुन्जेल श्रोत र शक्ति सम्पन्न सत्तालाई दमन गर्न सजिलो हुने रहेछ । आमाहरू स्वभावैले मायाका अपार श्रोत त हुनुहन्थ्यो तर उहाँहरू नै अन्धकारमा हुनुहुन्थ्यो । आमाहरूले माया गरेरै ,आफ्ना सन्तान अँध्यारोमा बाहिर नजाउन र भुतले नलैजाउन भन्ने उदेष्यले बेलैमा भूतको डर हालिदिनुहुन्थ्यो । तर त्यो भूतको डर कति खतरनाक भनेर थाहा नपाएरै जीवन सकाउनु हुन्थ्यो । हामी पनि त्यही अन्धकार संसारमा सबैभन्दा बढी माया गर्ने आमासँग ग्रहण गरेर लामो समय त्यत्तिकै डराइरह्यौं । त्यसैले अन्धकार अति खतरनाक कुरा र सोच रहेछ । अहिले आधुनिक युग, एक्काइसौं शताब्दीमा आइपुग्दा ती पुराना अँध्यारा र अँध्याराका कथाहरू छैनन । ती सबै किंवदन्ती नै भइगए । तर नयाँ अंध्याराहरूको जन्म भइरहेको छ । कसैले तपाईं र मेराबीच सम्बन्ध बिगार्नु पर्यो भने केही गारो छैन । कुनै तेश्रो ब्यक्तिले मलाई वा तपाईलाई एक अर्काको बिरुध्दमा कुरा लगाइदियो र त्यही कुरालाई पत्याइदियो भने सम्बन्धमा तीतोपन आईहाल्छ । हामीले एकअर्कामा तेश्रो ब्यक्तिको कुरामा सत्यता छ कि छैन भनेर जाँचै नगरी अन्धकारमा बस्यौं भने सम्बन्ध सकियो । यो अन्धकार कति खतरनाक छ भने त्यसले राजनीति र बाहिर त असर पार्छ पार्छ , आफ्नो प्रियजनहरू बीच त बिषको नै काम गर्छ । म हिजोआज यो खाले अन्धकारको भुक्तभोगी छुँ । मेरो बारेमा तपाईंलाइ कसैले कुनै नकारात्मक कुरा सुनाईदिन्छ र तपाईं त्यही कुरा पत्याएर चिसो भइदिनुहुन्छ र हाम्रो सम्बन्धमा त्यहीं अबरोध आउँछ । यस्ताखाले अन्धकारका बाहकहरूको बाढी नै आएको छ । यी अन्धकारका वाहकहरू आफ्नै क्षमताले त केही गर्न सक्दैनन तर अरूको सम्बन्धमा खुम्रे कीरा राख्न सक्छन् । म यो अन्धकारबाट अति त्रस्त छु । मैले त तपाईंको बारेमा कसैले कुरा गर्न आउँछ भने पत्याउन छाडिसकें । मलाई सबैभन्दा बढी आफ्नो नजिकको प्रियजनहरूबीचको सम्बन्धसँग डर लाग्छ । अन्धकारसँग विजय गर्ने एउटै उपाय भनेको उज्यालो, त्यो भनेको सम्बन्धमा पारदर्शिता । हामी आफैँ जब पारदर्शी हुँदैनौ तब यस्तो समस्या आउने हो । हामीले पारदर्शी हुनुपर्ने कुरा र विधि अझै धेरै छन । मेरा प्रियजनहरू ,अझै पारदर्शी हौँ र अन्धकारका दूतहरूसँग बचौँ । पोस्टरकविता किन ?: फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाउँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ । कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने सम्पादकले पत्रिकामा ठाउँ दिन्थे , ती पत्रिकामा कवितासँग सुहाउँदो चित्रहरू पनि हुन्थे । रवि रोदन कवितालाई चित्रसहित राख्दा पाठकको ध्यान त्यस चित्रले तान्ने हो र यो प्रभावकारी पनि हुन्छ । हिन्दी साहित्यमा कविता पोस्टरले राम्रो ठाउँ बनाएको छ । मेरा हिन्दी कवि मित्रहरू रविकुमार, रोहित रसियाहरूको कविता पोस्टरले म झनै प्रभावित भएको हुँ । नेपालतिरबाट निस्कने पत्र पत्रिकामा प्रोफेशनल चित्रकारहरूले कविता कथा कुनै पनि लेख निबन्धमा सुन्दर नक्सा लाएर निकालेका छन् र यो क्रम जारी नै छ । नेपाली कविताहरूलाई पनि छुट्टै ढङ्गमा यस्ता पोस्टरमा लाउँदा पाठकहरूलाई कवितातर्फ आकार्षित गर्न सकिने जस्तो लाग्यो । यो प्रयोग नयाँ होइन तर यता नेपालीमा छोटा छोटा कवितालाई लिएर गरियो भने असाधारण पाठकलाई पनि कवितातर्फ खिँच्न सकिने जस्तो लाग्यो । पोस्टर कविताका सौन्दर्यात्मक कुराले दर्शकर पाठकलाई साहित्यसँग जोडेर राख्न सक्छ । हामी जान्दछौँ, सामन्य पाठकहरू कविता पढ्दैनन् । फुर्सद पनि हुनुपर्यो कविता सङ्ग्रह किनेर पढिरहने, पोस्टर कविताले कविता कहिले नपढनेहरूले पनि पोस्टर हेर्ने हुँदा कविता पढ्ने सम्भावना छ । हुनसक्छ उनलाई कवितामा कुनै रुचि नै नहोला त्यसैले यस्ता पोस्टर कविताले साहित्य र समाजलाई जोडने पुलको काम गर्न सक्छन् । आम मानिसहरूमा चेतना फैलाउन भने सक्छ पोस्टर कविताले । सुरू सुरूमा मैले केही छोटा छोटा हिन्दी र नेपाली कविताहरूलाई लिएर यो थालनी पनि गरे। पाठकहरूले खुब रुचाए । फेसबुकमा राम्रा राम्रा कविता लेख्ने कविहरूलाई छोटा छोटा कविता पठाउने आग्रह गरे । लामा लामा कविताहरूलाई भन्दा छोटा छोटा कवितामा पोस्टर बनाउन सहज हुने र छोटा छोटा कवितामा यसको प्रयोग प्रभावशाली हुने देखेपछि फेसबुकमा पोस्टर कविता नामक समूह खोलेर यो अभियानको सुरुवात गरिएको छ । एकपटकमा पोस्टरसँग भएको कविताका पङ्तिहरू पाठकको आँखामा झुण्डिने र ती पङ्तिले असाधरण पाठक कविता मनपराउने हुन्छन् । छोटा छरितो र चट्ट छुने पोस्टरकविताले सामन्य पाठकलाई पनि पोस्टरको सौन्दर्यबाट साहित्यबोध र कलाबोध गराउने एउटा पहल हो । यसलाई निरन्तरता दिँदै लाने सोंचेको हुँ । कविहरूले थोरैमा धेरै भन्न सक्ने कविता लेखनमा पनि (पोलिस्ड) माझिन सक्छन् भन्ने हो । कवितामा सिरियसनेस कविता लेखनमा दुरुस्त बन्न सक्लान् भन्ने उद्देश्य पनि हो । अहिले पोस्टर कविताबाट प्रभावित भएर विभिन्न ठाउँहरूबाट धेरै कविता प्रेमी, पाठक र कविहरू कविता पठाइरहेका छन् । कविता आएपछि यसलाई सम्पादन मण्डलीले (कवि र भाषाविद्हरू) प्रथमत् हेर्छन । छनौट भएपछि मात्र यसमाथि पोस्टर इलस्ट्रेसन गरिने काम हुन्छ । केही कवि पाठकले यसको संकलनलाई पछिबाट किताबको रुप दिने सुझाव पनि दिइरहेका छन् । प्रत्येक बिहान एउटा पोस्टर कविता पोस्ट गरिरहेका छौँ । कवि राजा पुनियानीले पोस्टर कविताले राम्रो काम गर्दैछ र भविष्यमा कोलाब्रेट भएर काम गरौँ पनि भनेका छन् । यो पोस्टर कविताको काम गर्दै गर्दा नेपालका प्रखर लेखक एवं सम्पादक अश्विनी कोइरालाले सुन्दर कुरा राखेका छन् । यति राम्रो कामलाई एउटा दस्तावेजको रुपमा साहित्यपोस्टसँग सहकार्य गरौँ भन्ने आग्रह पनि उनैले गरेका छन् । फेसबुकमा कविताहरू यसरी हाल्दा खासै महत्व हुँदैन तर पोर्टल वेबसाइट साहित्यपोस्टसँग भने यसलाई राख्नुभए विश्वभरि छरिएर बसेका नेपालीहरूले पढ्न र यसबाट लाभ उठाउन पाउने कुरा पनि राखेका छन् । सातामा एकपल्ट साहित्यपोस्ट मार्फत पोस्टरकविता ५ र १० कविहरूको कवितालाई प्रकाशित गर्ने सल्लाह पनि भएको छ । हामीले यस अभियानमा १०० वटासम्म पोस्टर कविता प्रकाशित गर्ने चाहाना राखेका छौँ । आफूसँग भएका सम्पादन मण्डलीमा हुने साथीभाइहरूसँग पनि यी कुराहरू राखेको छु । हामीले गरेको कामको फाइदा अन्यलाई हुन्छ र हामीसँग जोडिएका कविहरूलाई पनि आउँदो दिनमा फाइदा पुग्छ भन्ने विशवास लिएका छौँ । अबका दिनमा पोस्टरकवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ । पढ्नुहोस् पहिलो शृंखलामा संग्रहित पोस्टरकविताहरु: #पोस्टरकविता #रवि रोदन पोस्टरकविता किन ?: रवि रोदन फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाइँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ । कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने सम्पादकले पत्रिकामा ठाउँ दिन्थे, ती पत्रिकामा कवितासँग सुहाउँदो चित्रहरू पनि हुन्थे । कवितालाई चित्रसहित राख्दा पाठकको ध्यान त्यस चित्रले तान्ने हो र यो प्रभावकारी पनि हुन्छ । हिन्दी साहित्यमा कविता पोस्टरले राम्रो ठाउँ बनाएको छ । मेरा हिन्दी कवि मित्रहरू रविकुमार, रोहित रसियाहरूको कविता पोस्टरले म झनै प्रभावित भएको हुँ । नेपालतिरबाट निस्कने पत्रपत्रिकामा प्रोफेसनल चित्रकारहरूले कविता कथा कुनै पनि लेख निबन्धमा सुन्दर नक्सा लाएर निकालेका छन् र यो क्रम जारी नै छ । नेपाली कविताहरूलाई पनि छुट्टै ढङ्गमा यस्ता पोस्टरमा लाउँदा पाठकहरूलाई कवितातर्फ आकार्षित गर्न सकिने जस्तो लाग्यो । यो प्रयोग नयाँ होइन तर यता नेपालीमा छोटा छोटा कवितालाई लिएर गरियो भने असाधारण पाठकलाई पनि कवितातर्फ खिँच्न सकिने जस्तो लाग्यो । पोस्टर कविताका सौन्दर्यात्मक कुराले दर्शक र पाठकलाई साहित्यसँग जोडेर राख्न सक्छ । हामी जान्दछौँ, सामान्य पाठकहरू कविता पढ्दैनन् । फुर्सद पनि हुनुपर्यो कविता सङ्ग्रह किनेर पढिरहने, पोस्टर कविताले कविता कहिले नपढनेहरूले पनि पोस्टर हेर्ने हुँदा कविता पढ्ने सम्भावना छ । हुनसक्छ उनलाई कवितामा कुनै रुचि नै नहोला त्यसैले यस्ता पोस्टर कविताले साहित्य र समाजलाई जोड्ने पुलको काम गर्न सक्छन् । आम मानिसहरूमा चेतना फैलाउन भने सक्छ पोस्टर कविताले । सुरूसुरूमा मैले केही छोटा छोटा हिन्दी र नेपाली कविताहरूलाई लिएर यो थालनी पनि गरे। पाठकहरूले खुब रुचाए। फेसबुकमा राम्रा राम्रा कविता लेख्ने कविहरूलाई छोटा छोटा कविता पठाउने आग्रह गरे । लामा लामा कविताहरूलाई भन्दा छोटा छोटा कवितामा पोस्टर बनाउन सहज हुने र छोटा छोटा कवितामा यसको प्रयोग प्रभावशाली हुने देखेपछि फेसबुकमा पोस्टर कविता नामक समूह खोलेर यो अभियानको सुरुवात गरिएको छ । एकपटकमा पोस्टरसँग भएको कविताका पङ्तिहरू पाठकको आँखामा झुण्डिने र ती पङ्तिले असाधरण पाठक कविता मनपराउने हुन्छन् । छोटा छरितो र चट्ट छुने पोस्टरकविताले सामन्य पाठकलाई पनि पोस्टरको सौन्दर्यबाट साहित्यबोध र कलाबोध गराउने एउटा पहल हो । यसलाई निरन्तरता दिँदै लाने सोचेको हुँ । कविहरूले थोरैमा धेरै भन्न सक्ने कविता लेखनमा पनि माझिन सक्छन् भन्ने हो । कवितामा सिरियसनेस कविता लेखनमा दुरुस्त बन्न सक्लान् भन्ने उद्देश्य पनि हो । अहिले पोस्टर कविताबाट प्रभावित भएर विभिन्न ठाउँहरूबाट धेरै कविता प्रेमी, पाठक र कविहरू कविता पठाइरहेका छन् । कविता आएपछि यसलाई सम्पादन मण्डलीले (कवि र भाषाविद्हरू) प्रथमत् हेर्छन । छनौट भएपछि मात्र यसमाथि पोस्टर इलस्ट्रेसन गरिने काम हुन्छ । केही कवि पाठकले यसको संकलनलाई पछिबाट किताबको रुप दिने सुझाव पनि दिइरहेका छन् । प्रत्येक बिहान एउटा पोस्टर कविता पोस्ट गरिरहेका छौँ । कवि राजा पुनियानीले पोस्टर कविताले राम्रो काम गर्दैछ र भविष्यमा कोलाब्रेट भएर काम गरौँ पनि भनेका छन् । यो पोस्टर कविताको काम गर्दै गर्दा नेपालका प्रखर लेखक एवं सम्पादक अश्विनी कोइरालाले सुन्दर कुरा राखेका छन् । यति राम्रो कामलाई एउटा दस्तावेजको रुपमा साहित्यपोस्टसँग सहकार्य गरौँ भन्ने आग्रह पनि उनैले गरेका छन् । फेसबुकमा कविताहरू यसरी हाल्दा खासै महत्त्व हुँदैन तर पोर्टल वेबसाइट साहित्यपोस्टसँग भने यसलाई राख्नु भए विश्वभरि छरिएर बसेका नेपालीहरूले पढ्न र यसबाट लाभ उठाउन पाउने कुरा पनि राखेका छन् । सातामा एकपल्ट साहित्यपोस्ट मार्फत पोस्टरकविता ५ र १० कविहरूको कवितालाई प्रकाशित गर्ने सल्लाह पनि भएको छ । हामीले यस अभियानमा १०० वटासम्म पोस्टर कविता प्रकाशित गर्ने चाहना राखेका छौँ । आफूसँग भएका सम्पादन मण्डलीमा हुने साथीभाइहरूसँग पनि यी कुराहरू राखेको छु । हामीले गरेको कामको फाइदा अन्यलाई हुन्छ र हामीसँग जोडिएका कविहरूलाई पनि आउँदो दिनमा फाइदा पुग्छ भन्ने विशवास लिएका छौँ । अबका दिनमा पोस्टर कवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ । पढ्नुहोस् दोस्रो शृंखलामा संग्रहित पोस्टरकविताहरु: स्नेह सायमी: काठमाडौँका स्नेह सायमी कवि, लेखक, सम्पादक, मिडिया व्यवस्थापक र माक्र्सवादी विचारक हुन् । उनले २०३६ सालमा ‘चौतारो बोल्यो’ कविता संग्रहमार्फत आधिकारिकरुपमा साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए । उनका पुल र पर्खालहरू कविता पनि प्रकाशित छ । करिब एक दर्जन पुस्तक प्रकाशन हुन बाँकी छन् । रातोघर फाउन्डेसनका संस्थापक सायमी पारिजात स्मृति केन्द्रका सदस्य सचिव एवं प्रतिभा प्रवाहका संयोजक हुन् । ********* कविता राई: पशुपतिनगर इलामका कविता राई गाउँले व्यवसायी हुन् । उनका केही कविता संग्रह प्रकाशोन्मुख छन् । *************** कल्याण गुरुङ: दार्जेलिङका कल्याण गुरुङ पोखरामा विगत २१ वर्षदेखि शिक्षण पेशामा संलग्न छन् । उनका म लिलाम भइरहेको छु कविता संग्रह प्रकाशित छ । त्यसैगरी साहित्यसाधक मदन ओझाका विषयका साहित्यिक कृतिमाथि अध्ययन गरेर लेखिएको एउटा कृति पनि सार्वजनिक भएको छ । उनले ध्वनि साहित्यिक मासिक र दसैँको जामा कथा संग्रहको सम्पादन पनि गरेका छन् । ********* कमल भट्टराई : दार्जेलिङका कमल भट्टराई पेशाले शिक्षक हुन् । उनका आवाजका रङहरु , अन्तिम बिन्दु गरेर दुई कविता संग्रह प्रकाशित छन् । उनले केही पत्रपत्रिकाहरुको सम्पादन गरेका छन् । ******** बाल कृष्ण थामी: खरसाङका बाल कृष्ण थामी पेशाले वास्तुकार इन्जिनियर हुन् । साहित्यमा र विशेषगरी खरसाङ रेडियोमा उनी गीतकारका रुपमा चिनिन्छन् । उनका गीत सय भन्दा बढी गीतहरु रेकर्ड भएका छन् । उनका एउटा गीत र एउटा कविता संग्रह प्रकाशोन्मुख छ । ***** मौन आवाज: थानकोट, काठमाडौँका मौन आवाज पेसाले व्यवसायी हुन् । उनको ‘ यो शताब्दीमा म पनि छ ’ कविता संग्रह प्रकाशित छ । उनी आर्ष नेपाल अनलाइन पत्रिकाको सम्पादक पनि हुन् । ******* छेवाङ् योञ्जन: पूर्व सिक्किममा जन्मेका छेवाङ् योञ्जन हाल कालेबुङ बस्छन् । पेशाले पत्रकार छेवाङ चिया बगान सङ्ग्राम समितिमार्फत् दार्जेलिङको चिया मजदुरहरुमाथि भइरहेका विभिन्न शोषणविरुद्ध अभियान चलाउँछन् । उनको सम्पादननमा लालीगुराँस पत्रिका प्रकाशित भइरहेको छ । ************ मोजेस त्रिखत्री: मोजेस त्रिखत्रीको साहित्यिक नाम मोजेस ‘हृदय’ हो । उनी नेपाल र भारतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा लेखिरहन्छन् । ****** मटिल्टा राई: अवकाशप्राप्त शिक्षक मटिल्टा राई टोटालाको फूल कथा संग्रहबाट चर्चामा आएकी हुन् । हाल खरसाङमा बसोबास गर्ने राईका जीवनका केही रेखा केही रङ, माइ डेडी, रुजालीजस्ता कृतिहरू प्रकाशित छन् । #पोस्टरकविता #रवि रोदन स्क्रिप्ट लेखेर एक करोड: मीनबहादुर भाम ‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको नयाँ फिल्म ‘चिसो वर्ष’को स्क्रिप्टले टर्कीमा ‘१२ पुन्टो– टिआरटी स्क्रिनप्ले डेज’बाट ७५ हजार युरो पुरस्कार जितेको छ । नेपाली रुपैयाँ करिब एक करोड तीन लाख बराबरको यो पुरस्कार अन्तर्राष्ट्रिय सहनिर्माणका लागि आर्थिक अनुदान स्वरूप प्रदान गरिएको हो । कोरोना महामारी नभएको भए अहिले फिल्म ‘चिसो वर्ष (अ इयर अफ कोल्ड)’ को सुटिङ भइरहेको हुन्थ्यो तर यही महामारीका बीच पनि फिल्मको स्क्रिप्टले अवार्ड पाउने क्रम जारी छ । अवस्था सामान्य भएपछि सुटिङमा जाने योजना बुन्दै गरेका लेखक तथा निर्देशक मीनले यस खुसीको खबर सुनाउँदै आफू ‘चिसो वर्ष’प्रति अझै उत्साहित भएको बताएका छन् । यसअघि पनि स्क्रिप्टबाटै विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाएको ‘चिसो वर्ष’ निर्माण अघि नै चर्चामा छ । मीनको यस स्क्रिप्टले कान्स फेस्टिभल २०१८ को ‘सिने फन्डेसन रेसिडेन्स’, बर्लिन फेस्टिभल २०१८ को ‘निकोभ रेसिडेन्सी’, लोकार्नो ओपन डोर्स २०१८ को ‘आर्टी प्राइज’, बुसान फेस्टिभल २०१७ को ‘एसियन सिनेमा फन्ड’ तथा ‘नर्वेजियन सोरफन्ड पिचिङ फोरम’ लगायतका पुरस्कार र प्रोत्साहन पाइसकेको छ । दोस्रोपटक आयोजना भएको ‘टिआरटी पुन्टो १२ स्क्रिनप्ले डेज’को कार्यक्रम जुलाई १२ देखि १८ सम्म भएको थियो । कोरोना महामारीका कारण अनलाइनमार्फत् आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रशिक्षण, बहस–विमर्श पनि भएका थिए । स्क्रिनप्ले स्क्रिनप्लेमा जसमा विभिन्न १० देशका फिल्मकर्मीहरू सहभागी थिए । यस संस्करणमा अन्तर्राष्ट्रिय सहनिर्माणतर्फ नेपालका मीनबहादुर भामको ‘चिसो वर्ष’का साथै स्पेनका माएमा गार्सियाको ‘होली स्प्रिरिट’ र मारियाना गोर्वाचको ‘क्लोनडाइक’लाई पनि पुरस्कृत गरिएको छ । #चिसो वर्ष #मीनबहादुर भाम 'अ सुइटेबल ब्वाई' अब टेलिभिजन सिरिज बन्दै: भारतीय लेखक विक्रम सेठको १४ सय पृष्ठ लामो उपन्यास ‘सुइटेबल ब्वाई’लाई बिबिसी टेलिभिजनले ६ घण्टा लामो टेलिभिजन शृंखला बिबिसीले प्रसारण थालेको छ। मीरा नायरले यसको निर्देशन गरेकी छन्। मूल उपन्यासमा केही फेरबदलका साथ चर्चित पटकथाकार एन्ड्रयु डेभिसले यसलाई टेलिभिजनका लागि तयार पारेका हुन् । डेभिसले यसअघि चर्चित रूसी उपन्यास ‘वार एन्ड पिस’लाई पनि टेलिभिजनका लागि लेखेका थिए । त्यसो त उनले ‘प्राइड एन्ड प्रेजुडिस’मा केही विवादास्पद दृश्य पनि जोडेका थिए भने चर्चित फ्रान्सेली उपन्यास ‘ले मिजरेबल’मा समलैंगिकतासमेत जोडिदिएका थिए । आफ्नो उपन्यास ‘सुइटेबल ब्वाई’मा पनि केही खास कुराहरू नयाँ जोडिएको भन्दै उपन्यासकार सेठले द टाइम्स पत्रिकालाई जनाएका छन् । त्यसो त आफ्नो उपन्यासको मूल मर्म मर्ने भन्दै कयौँ उपन्यासकारहरूले फिल्म र टेलिभिजन अधिकार नदिने गरेका उदाहरण पनि निकै छन् । खासगरी प्रख्यात उपन्यासकार जेडी सेलिङ्गरले आफ्नो बहुचर्चित उपन्यास ‘क्याचर इन् द राई’लाई फिल्मीकरण नगर्न विशेष आग्रह गरेका थिए । कहिलेकाहीँ स्वयं लेखकले लेखेका पटकथालाई पनि फिल्म निर्देशकले अस्वीकृत गरेका उदाहरण पनि पाइन्छ । जस्तो कि स्टेफन किङले ‘द साइनिङ’ उपन्यास बजारमा आएपछि त्यसमाथि फिल्म बनाउन ठीक परेका स्ट्यान्ली कुब्रिकले किङको पटकथालाई अस्वीकार गरेका थिए भने स्वयं किङले अरूले उपन्यास बिगारिदिने आशंका गरेका थिए । यता ‘सुइटेबल ब्वाई’का लेखक सेठ भने मूल उपन्यासमा तलमाथि भएर केही फरक नपर्ने बताइरहेका छन् । उनले भने, ‘मैले त यो बन्दै गर्दा कत्तिको ऐतिहासिक पक्षलाई ख्याल गरिएको रहेछ भनेर मात्र सुटिङमा एक पटक गएँ नत्र गइरहनु जरूरी देख्दिनँ ।’ उनी भन्छन्, ‘उपन्यासको मूल मर्ममा मैले सम्झाैता गर्न सक्दिनँ तर सानातिना कुरालाई हामीले टेलिभिजन वा फिल्ममा गरिएका तोडमरोडलाई नजरअन्दाज गरिदिनु पर्छ ।’ उनले भने, ‘पटकथाकार गतिलो भयो भने तपाईंलाई आश्चर्य लाग्ने केही चिज पनि थपिन सक्छ । जुन मैले मेरै उपन्यासको शृंखलामा पनि पाएँ ।’ ‘सुइटेबल ब्वाई’का कयाैँ चरित्र काट्दा पनि अझै ११० जना भन्दा बढी चरित्रका कथा यसमा अटाएका छन् । पटकथाकार डेभिसले चरित्रहरूका बारेमा अझ गहन अध्ययन गरी त्यसलाई अझ विस्तृतीकरण समेत गरेका छन् । यसका लागि उनले फिल्मकर्मी मीरा नायरको सहयोग लिएको बताएका छन् । नायर गतिला उपन्यासलाई फिल्म र टेलिभिजनमा एडप्ट गर्न खप्पिस फिल्मकर्मीका रूपमा चिनिइन्छिन् । यस सिरिजमा ४९ वर्षीया तब्बु, २४ वर्षे इशान खट्टर तथा नयाँ अनुहार २३ वर्षीया तान्या मानिकतलाको विशेष भूमिका रहेको छ । १९९३ मा पहिलो पटक प्रकाशित ‘सुइटेबल ब्वाई’ले सन् १९५० को दशकको भारतको कथालाई प्रस्तुत गरेको छ । यसअघि पनि यस उपन्यासलाई टेलिभिजनमा एडप्ट गर्न खोजिएको भए पनि त्यो सफल हुन सकेको थिएन । ‘सुइटेबल ब्वाई’को दोस्रो खण्ड लेख्ने प्रयास गरिरहेका बेला बिबिसीले यसमाथि सिरिज बनाउन पटक-पटक लेखकसँग छलफल गरेको थियो । उपन्यास लेखेको लगभग ३० वर्षपछि सेठले यसको अर्को भाग ‘सुइटेबल गर्ल’ उपन्यास लेखी सिध्याएका छन् । यही अवसरमा टिभी सिरिज आएकामा उपन्यासकार सेठले खुसी व्यक्त गरेका छन् । यस टेलिभिजन सिरिजको बजेट करिब एक करोड पचास लाख पाउन्ड रहेको बिबिसीले जनाएको छ । यसको अफिसियल ट्रेलर एक सातामै पच्चीस लाख पटक हेरिसकिएको छ । ६ लाख शब्दको यो उपन्यास संसारभर ३० लाख प्रति बिक्री भइसकेको छ । आइतबारदेखि यो बिबिसीमा प्रसारण थालिएको छ । उपन्यासका दृश्य बदल्न मिल्छ त? सुइटेबल ब्वाईको चर्चा चुलिएसँगै मूल उपन्यासका दृश्य तलमाथि गरिएका केही उपन्यासको चर्चा पनि सँगैमा हुन थालेको छ । च्यानल ४ टेलिभिजनले सन् १९८८ मा बनाएको क्रिस मुलिनको उपन्यास अ वेरी ब्रिटिस कुपमा पनि कयौँ ससाना परिवर्तनहरू गरिएका थिए । समाजवादी पार्टीका बेलायती प्रधानमन्त्री ह्यारी पर्किन्सलाई कसरी कू गरेर हटाइयो भन्ने कथामा बनेको सो उपन्यासका परिवर्तनमा उपन्यासकार स्वयं मुलिनले स्वीकृति दिएका हुन् कि भन्ने भ्रम धेरैलाई पछिसम्म भइरह्यो । सजिलै राजिनामा दिएका प्रधानमन्त्रीलाई जुझारू व्यक्तिका रूपमा टेलिभिजनमा प्रस्तुत गरिएको थियो । त्यसैगरी मार्ग्रेट एटवुडको १९८५ मा आएको उपन्यास द ह्यान्डमेड्स टेलमा पनि उपन्यास पूर्ण रूपमा श्वेत जातिमा आधारित भएको र काला जातिलाई बेग्लै ठाउँमा बाध्यकारी नियम लगाएर बसाइएको कथा राखिए पनि टेलिभिजनमा काला जाति र एसियाली अनुहारहरू देखाइएको छ । यस किसिमको परिवर्तनमा भने लेखिका एटवुडले खासै प्रतिक्रिया दिएकी छैनन् । खासगरी टेलिभिजनमा जातिगत सन्तुलन हुनुपर्ने आवाज उठिरहेका कारण पनि लेखिकाबाट खासै प्रतिक्रिया नआएको बताइएको छ । यस्तै बहुचर्चित शृंखला हाउस अफ कार्ड्स मूलतः माइकल डोब्सको बिबिसी शृंखलाको विकसित स्वरूप हो । सफलताका लागि जे पनि गर्न तयार हुने नेतामाथि बनाइएका कयौँ दृश्यहरू पछि थपिएका छन् । थपिएका चिजहरू पटकथाकार एन्ड्रयु डेभिसले यति सिर्जनशील तरिकाले हालेका थिए कि लेखक माइकल डोब्सले खासै प्रतिक्रिया दिएनन् । #द टाइम्स #विक्रम सेठ राज्यले मुल्यांकन गर्न नसकेका कवि भूपि र भूपिको हामी: कविको उमेर भए पनि कविताको उमेर हुँदैन । कविता कविकै मस्तिष्कबाट जन्मने भएकाले कवि मरेर गएको सयौँ वर्षसम्म पनि उसले रचना गरेको कृतिले एउटा युगको नेतृत्व गरेर बसेको हुन्छ । एक समय हुन्छ जुन समयमा कवि, लेखक वा अन्य केहीको कुराको बाहुल्यता बढी हुन्छ । भीडबाट कोही बाँच्छ र उसका कृतिले जीवन्तको उपाधी पाउँछ । कवि भूपि शेरचनलाई कसैले विसं १९९२ पौष १० वा १२ गते जन्मेको भनेर व्याख्या गर्दछन् । प्राय उनको जन्म लेखिँदा पौष १० नै लेखिने भए पनि उनको जन्ममितिमा भने विवाद अझै छ । तर मृत्युको मितिमा भने विवाद भेटिएको पाइँदैन । भूपिको समयमा कविहरू धेरै उदाएका थिए । केही कविहरू त्यसै बिलाएर गए । आफ्नो शब्दबाट सडकको आवाज, जनताको प्रतिनिधित्व गर्ने भाषा भूपिले लेख्ने भएकाले उनका कृतिले जीवन्त साथ पाइएको भेटिन्छ । उनका कवितामा देखिएका बिम्ब वा उनका कविताले सोधेका प्रश्न अझै पनि समय सान्र्दभिक हुने भएकाले उनका रचनामा दूरदृष्टि थियो वा छ भन्न सकिन्छ । कवि भूपि शेरचनले आफ्नो नाम सर्वहारा राखेका थिए । तर पछि किन हटाए यो बारे विज्ञहरू नै जानकार छन् । उनले आफ्नै परिवारलाई शोषक र सामन्त भन्दै हिँडेका घट्ना छन् । जनताको आवाज बोल्ने भएकाले उनलाई त्यस समयमा खुबै रुचाइएको. थियो । उनका कवितामा देखिएका बिम्ब वा उनका कविताले सोधेका प्रश्न अझै पनि समय सान्र्दभिक हुने भएकाले उनका रचनामा दूरदृष्टि थियो वा छ भन्न सकिन्छ । आज हामीले भूपि शेरचनकै हामी कविता लिएर आएका छौँ । सर्वप्रथम त उनको कविता पढेर कविता कहिले र किन लेखियो भन्ने कुरा प्रस्तु गर्नेछौँ । हामी हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौ, जतिसुकै ठूलो स्वरमा गर्जौं, तर, हामी फगत् पानीको थोपा हौँ पानीका निर्वलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं, हावाको इशारामा यताउति दगुर्छौं र आफूलाई गतिशील भन्ठान्छौं अनि एकचोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौ र आफ्नो धरतीलाई खोलालाई बगरलाई उपेक्षापूर्वक पालिएका कुकुर झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुलेझैँ हामी भूक्तछौं र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौँं र फेरि परिणत हुन्छौं पानीका थोपाहरूमा निर्बदिया थोपाहरूमा र कुनै इनार, खाडल वा पोखरीमा कुहेर बिताउँछौ बाँकी जीवन टर्र…टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरू पालेर बिष नभएका साँपहरु अँगालेर हामी जतिसुकै माथि उठौँ जतिसुकैं यताउति दगुरौँ जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी भित्र भित्रै खोक्रा छौं हाम्रो उठाइको कुनै महत्व छैन हाम्रो दगुराइको कुनै लक्ष्य छैन हाम्रो गर्जनको पानीमा फालिएको अगुल्टाको ’छ्वाइयँ’ भन्दा बढी वजन छैन । हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्र भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौँ हाम्रो बाहिरको उचाइ झूटा हो, भ्रम हो अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा यसको बढ्ता महत्व छैन वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन अग्लो चुच्चे टोपी लगाई नाच्ने सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन हामी बाहिसको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं तर, हामीले आफ्नो आस्थाको द्वीपमा निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं हीनताको सानो द्वीपमा पछारिएर हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं त्यसैले जब कुनै सामान्य मानिस कथामा वणिर्त ’गुलिभर’ झँै आइपल्टन्छ हाम्रो आस्थाको द्वीपमा हामी छक्क परेर उसलाई हेर्छौं हामी उसलाई हेरेर छक्क पर्छौं हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ र त हामी आफ्नो हीन चावनाका सियो जत्रा स–साना हतियारहरूको उसमाथि प्रहार गर्छौं उसको अङ्ग–प्रत्यङ्गमा चढछौं उफ्रन्छौं टोक्छौं चिमोट्छौँ र अन्त्यमा थकित भएर तल ओर्लन्छौं शान्त हुन्छौं समर्पित हुन्छौं र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले तर ओर्लेर त्यसको पाउ पखाले झैँ हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई महान् भनेर हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौं हामी ’लिलिपुट’ का मानव हौं । हामी लघूमानव हौं । हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने हामी आफुखुसी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्टायाई दिनुपर्ने हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिडाउँनुपर्ने हामी रङ्ग रोगन छुटेका टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटी हौं एउटा मानोरञ्जक खेलका सामाग्री एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका एउटा ’स्ट्राइकर’ द्वारा सञ्चालित हो, हामी मानिस कम र बढ्ता गोटी हौं । हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त हामी वीर छौं हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं हामी महाभारतको कथामा वर्णित एकलव्य हौं प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई, शक्तिलाई, र अस्तित्वलाई तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं आफ्नो झुप्रो अगाडि, त्यसलाई पुज्छौ ढोग्छौं निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं र द्रोणचार्यका अन्य कुलीन चेलाहरूभन्दा बढी कुशलता प्राप्त गर्छौं तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित र भयभीत भई प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ र गुरुदक्षिणा माग्छ र हामी सहर्ष उसको इशारामा आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौं, आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि आफ्नो आत्मशक्तिमाथि त्यसैले हामी वीर त छौं तर, बुद्वू छौं हामी बुद्वू छौ र त हामी वीर छौं हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं हामी कसैको मूर्ति स्थापना नगरीकन वीर कहिल्यै हुन सकेनौं हामी पाइतला हौं केवल पाइतला र फगत पाइतला पाइतलाः जसको भरमा शरीर उभिन्छ पाइतलाः जसको आधारमा शरीर हिँडछ पाइतलाः तर जो भन्ठान्छ कि शरीरले कृपा गरेर उसलाई पालिरहेछ दया गरेर उसलाई सँग सँगै हिँडाइरहेछ मख्ख पर्छ शरीरको महान्तामाथि र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ सधै शरीरको सबभन्दा तल रहन्छ कहिल्यै शिर उचालेर माथि हेर्दैन सधैँ सधैँ नतमस्तक रहन्छ हामी पाइतला हौ हामी दौडमा प्रथम हुन्छौं र हाम्रो निधारले टीका थाप्छ, हामी दौडमा प्रथम हुन्छौं र हाम्रो घाँटीले माला लाउँछ हामी दौडमा प्रथम हुन्छौं हाम्रो छातीले तक्मा टाँस्छ हाम्रो टिका थाप्ने निधार अर्कै छ हाम्रो माला लगाउने निधार अर्कै छ । हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ, हामी त फगत कसैको इसारामा टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं केवल पाइतला र फगत पाइतला । हामी केही पनि होइनौं र सायद त्यसैले केही हौं कि! हामी कतै पनि, केही पनि छैनौं र सायद त्यसैले कतै, केही छौं कि! हामी बाँचिरहेका छैनौं तर सायद त्यसैले पो बाँचेका छौं कि ! त्यसैले आओ ए ! शून्य पूजकहरू ! हामी सब मिलेर ढोगौं यो रिक्ततालाई हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई हाम्रो अस्तित्वको यो देवतालाई । विद्रोहको आवाजमा कविता लेख्ने भएकाले कवि भूपि शेरचनलाई विद्रोही कवि पनि भनिन्छ । प्रस्तुत कविता वि.सं २०१७ ताका नै लेखिएको हो भनेर अनुमान लगाउन सकिन्छ । गतेसहित कहिले हामी शीर्षकमा कविता यसै भन्न सकिन्न । आफ्नो कविताबाट जनतालाई जागरुक बनाउन सक्ने कविको रुपमा भूपिलाई चिन्न सकिन्छ । स्वच्छन्दतावादी भावधारामा प्रगतिवादी दृष्टिकोणमा टेकेर कविता सिर्जना गर्ने भूपिसँग व्यङ्ग्यचेत भने अथाह रुपमा रहेको पाइन्छ । ‘ नयाँ झयाउरे ’ गीती कविता संग्रह (२०१०), ‘ निर्झर’ (कविता संग्रह (२०१५), ‘ घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह (२०२५), ‘ भूपि शेरचनका कविता’ कविता संग्रह (२०५७) समेत गरी चारवटा कविता संग्रह र एउटा ‘परिवर्तन’ नाटक (२०१०) समेत प्रकाशित गरेका भूपिको हामी कविता भने ‘ घुम्ने मेचमाथि अन्धो मान्छे ’ कविता संग्रहमा रहेको छ । त्यसो त घुम्ने मेचमाथि अन्धो मान्छे सङ्ग्रहमा भए पनि हामी शीर्षकको कविता भने वि.सं २०१७ सालको रुपरेखा अङ्कमा समेत प्रकाशित भएको थियो । आधुनिक सभ्यता एवम् सम्पन्नताको नाममा आफ्नो गौरवमय इतिहास, परम्परा, संस्कृति र सभ्यतालाई बिर्सनु नै हाम्रो ठूलो गल्ती हो भन्ने कविको विचार हामी कवितामा रहेको देखिन्छ । अहिलेका चर्चित कवि भूपिन खड्कालाई अहिलेको पुस्ताले भूपि शेरचनको हामी कविता किन पढ्नु भन्ने प्रश्नमा उनी भन्छन्– “भूपीको ’हामी’ कविताले हरेक पछिल्लो पुस्तालाई सुझाउने एक महत्वपूर्ण पाठ हो, ’प्रिय अनुजहरू ! कृपया समाजको गहिरो अध्ययन गर । समाजको गहिरो अध्ययनबिना सार्थक कविता लेख्न सकिन्न ।’ कविता शब्द आडम्बर, कला आडम्बर र आत्मरतीको कोरा प्रदर्शन मात्र होइन यो त समाजको गम्भीर समालोचना हो । कविको प्राथमिक दायित्व मानिस र समाजको अवलोकन हो । समयको विश्लेषण हो । कविः भूपिन खड्का मानिस, मानिसका जटिलतम प्रवृत्ति र समाजको गतिशीलताको अध्ययनका लागि महत्वपूर्ण सर्त हो आलोचनात्मक चेतना । क्रिटिकल कन्सस्नेस । भूपीको ’हामी’ यही चेतनाको एक दुर्गम उचाई हो । यति तिख्खर चेतना र क्राफ्टमा समकालको समालोचना गरिएका कविता बिरलै पढ्न पाइन्छ ।” यो कविता २०१७ सालको रुपरेखामा छापियो । यो वर्ष नेपाली राजनैतिक इतिहासमा एक बदनाम वर्ष पनि हो । भूपीले कवितामा यसका कारणहरूबारे व्यङ्ग्यपूर्वक लेखेका छन् । भूपिले परिवर्तन र स्वतन्त्रताका लागि उदासिन सबै मानिसलाई पानीका निर्वलिया थोपासँग तुलना गरेका छन्, जससँग आफैलाई गतिशील बनाउने कुनै नियन्त्रण शक्ति हुन्न । जो घामद्वारा उचालिन्छ, उड्छ र पछारिन्छ । भूपीले साठी वर्षअघि नै अहिलेको हामीलाई र हामीपछिका मानिसलाई पनि लेखिदिए । एक कविका लागि अध्ययन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि यस कविताले बताउँछ । ’हामी’मा भूपीले प्रयोग गरेका महाभारतका पात्रहरू द्रोणाचार्य र एकलव्यको मिथक निकै प्रभावकारी र चिरस्थायी लाग्छ । मानिस कसरी षढयन्त्रको सिकार भएर सीमान्तमा धकेलिन्छ ? भूपिले त्यसको गम्भीर विश्लेषण गरेका छन् । धनुर्वाणमा आफ्नो प्रिय शिष्य (राजकुमारहरू) लाई एकलव्यले पराजित गरिदिने भयले गुरु द्रोणाचार्यले गुरुदक्षिणा माग्छन् बुढी औँला । यो गम्भीर षढयन्त्र थियो । पात्र पूजा गर्ने समाजमा द्रोणाचार्यको छलबारे बोल्नु भूपिको आलोचनात्मक चेतनाको परिणाम थियो । अर्कोतिर जोनाथन स्वीफ्टको गुलिभर ट्वीस्टका लिलिपुट र गुलिभरको प्रसंग पनि छ, जसले बलियो कविताका लागि अध्ययनको जरुरी छ भन्ने सन्देश दिन्छ । यो कविता लामो समय बाँच्ने वा सान्दर्भिक रहिरहने कविता पनि बन्यो । भूपीले साठी वर्षअघि नै अहिलेको हामीलाई र हामीपछिका मानिसलाई पनि लेखिदिए । एक कविका लागि दूरदृष्टि कति महत्वपूर्ण हुन्छ भन्ने बोधका लागि पनि यो कविता एक सवल उदाहरण हो ।” कवि निर्भीकजङ् रायमाझीले पढेको भूपिः हामी भूपि शेरचनको मास्टरपिस कविता त हुँदै हो, सँगै उनको काव्यशैलीलाई निर्णायक मत दिने कविता पनि हो । शासन, शासक र अन्यायमाथि प्रहार गरेर कविता लेख्ने भूपिले ‘हामी’ भन्दाअघि लेखेका कविताले बृहत् तरङ्ग ल्याउन सकेको थिएन । जब ‘हामी’ कविता आयो त्यसपछि भूपिको सिग्नेचर नेपाली कविता अमीट बन्यो । मैले भूपिका छोटा कविता विद्यालय जीवनमै पढें । विद्यालय जीवनका १२ वर्षमा उनका तीनवटा कविता पढ्नुपथ्र्यो । ‘सहिदहरूको सम्झनामा’, ‘मेरो देश’ र ‘सुनौलो भोलि’ हामीले विद्यालयमै पढ्यौं । मैले भेटेका समाजका गन्यमान्य मानिसको उचाइ त च्याउको मात्र उचाइ रहेछ भन्ने बोध यही कविता पढेपछि भयो । एसएलसीपछिका खाली दिनमा मैले भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ किनें । त्यही रात संग्रहभित्र भएका दुई दर्जन कविता पढ्दा पहिलोचोटि हामी कविता पढें । लामो आकारको भए पनि ‘हामी’ कविता पढ्दा कतै रोकिनु परेन । कवि निर्भीकजङ् रायमाझी त्यही साता युट्युबमा ‘हामी’ कविता खाजें । उक्त कविता वाचन गरिएको भिडियो रहेछ, सुनें । त्यही वर्ष राष्ट्रिय दैनिकका परिशिष्टाङमा भूपि विशेष निस्कियो, त्यहाँ पनि हामी कविता छापियो । उक्त कवितामाथिका टिप्पणी छापिएको रहेछ । ती सबै पढें । जतिपटक पढ्दा पनि ‘हामी’ कविताभित्रको हामीमा म पनि पर्छु जस्तै लाग्यो । आफ्नो विवेकले काम नगर्ने, आफ्नो अज्ञानता र असभ्यतालाई नै शान ठान्ने प्रवृत्ति मभित्र पनि छ । मेरा नजिक रहेका साथीभाइ, आदर गरेका साहित्यकार र भोट हालेका नेताभित्र यो प्रवृत्ति छ । हामी सबैमाथि ‘हामी’ कविताले कटाक्ष गरेको छ । ‘हामी’ कवितामाथि बोलिरहँदा म आफूलाई पनि मसिहा राज्यको गद्दार नागरिक हुँ भन्न बाध्य बनाउँछ । तर, मैले कविता हृदयले पढेको छु भने केही न केही राम्रो कुरा सिक्नै पर्छ । मैले पनि आफूमा नभएको गुण र सीपको आडम्बर देखाउने बानी कम गर्न खोज्दैछु । प्रतिभासम्पन्न मानिसलाई हृदयबाटै प्रशंसा गर्न सिक्दैछु । खुट्टा तान्नु अपराध गर्नुसरह हो भन्ने बुझेको छु । यो बानीलाई जीवनभर कायम राख्न सकें भनेँ मात्र म असल मान्छे बन्नेरहेछु । म यही गुण विकास गर्न प्रयत्न रहन्छु । मैले भेटेका समाजका गन्यमान्य मानिसको उचाइ त च्याउको मात्र उचाइ रहेछ भन्ने बोध यही कविता पढेपछि भयो । मेरो देश, मेरो राज्य कसैको गोटी भएर चलेको रहेछ भन्ने यथार्थ झन् बलियो पाएँ, यही कविता बुझेर । ……………. यी सबैकुरा बुझ्दा भूपिको हामी कविता एक पुस्तालाई नै नेतृत्व गर्ने कविता हो । भूपिको बारेमा डा. कृष्णहरि बराल भन्छन् –“भूपिलाई सरकारले मुल्याङ्कन गर्न भने नसेकै हो ।”, उनको भनाइबाट पनि प्रस्ट हुन्छ कि भूपि कति महान् थिए । उनको सोचको दायरा धेरै नै फराकिलो थियो भन्ने कुरा उनका हरेक कविताले प्रस्ट पार्दछ । #कविता #निरज दाहाल #भूपि #हामी महाकवि देवकोटा र मनदेवीको सम्बन्धः छोरी अम्बिकादेवीको खुलासा: अम्बिकादेवी रिमालले आफ्ना बुबा महाकवि लक्ष्मीप्रसाद देवकोटासँग बाँचिरहेको जीवनको पाँच भागको एक भागमात्र समय बिताउन पाइन् । अर्थात्, उनी १६ वर्षको हुँदा महाकवि देवकोटाको निधन भयो । तर, माहिली छोरी रिमालसँग बुबाका धेरै यादहरु अहिले पनि ताजै छन् । कसैले नदेखेको आफ्ना मुमा–बाबुको गहिरो प्रेम उनले अनुभव गरेकी छन् । काठमाडौंको मैतिदेवीस्थित शास्त्रीय बस्तीमा नजिकै रहेको आफ्ना बुबाको घर हेरेर उनी मुमा–बुबाको प्रेमानुभूत गर्छिन् । एकछिन विगतमा फर्किन्छिन् अनि घोत्लिन्छिन् । कहिलेकाहीँ सोच्छिन् पनि, ‘नेपालको इतिहासले गौरव गर्ने यो भग्नावशेष घर कहिले होला संग्रहालय बन्ने ?’ सो घर र घर रहेको जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो स्वामित्वमा त लिएको छ तर, संग्रहालय बन्न कति समय लाग्ने हो थाहा छैन । ‘कहिले’ भन्ने प्रश्नले उनलाई कहिलेकाहिँ बिझाउँछ पनि । ७० दशक पुरा गरेकी उनी फेरि सोच्छ थाल्छिन्, ‘म जीवित छँदै संग्रहालय बनेको देख्न पाए त मन शान्त हुने थियो ।’ अम्बिकादेवी राम्रोसँग कान सुन्दैनिन् । नजिकै गएर जोडले बोलेपछि मुसुक्क हाँस्छिन् अनि कुरा सुरु गर्छिन् । उनको शरीरको फूर्ती भने कत्ति पनि घटेको छैन । उनलाई कुनै गमभीर प्रकारको रोग पनि लागेको छैन । चिन्ता छ त केवल आफ्ना दुई नातिहरुको । जसको हरेक जिम्मेवारी उनको काँधमा छ । छोरा–बुहारी र नाति–नातिनाले स्याहार गर्नुपर्ने उमेरमा उनलाई नातिहरुको स्याहार गर्नुपरिरहेको छ । तर, यसमा अम्बिकादेवीको कुनै विमति छैन । यो त सबै नियतिको खेल हो, आफ्नो जिम्मेवारी त पुरा गर्नै पर्यो । ००० मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो’ अम्बिकादेवी विगततिर टोलाउँछिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईंले पनि खानुपर्यो नि भन्नुभयो । केहीबेर वर्तमानबारे कुराकानी गरेपछि मलाई विषय अन्तै मोड्नु छ । म अम्बिकादेवीको नजिकै गएर उनले सुन्नेगरी बोल्छु, ‘धेरैले महाकवि देवकोटाको श्रीमती मनदेवीसँग राम्रो सम्बन्ध थिएन भन्छन् । तपाईंलाई के लाग्छ ?’ अम्बिकादेवी बुबा महाकवि देवकोटा र मुमा मनदेवीबारे सुनाउन थाल्छिन्: आफूले लेखेका हरेक कविता मेरो बुबा मुमालाई देखाउनुहुन्थ्यो । मुमा कविता सुनेर मख्ख पर्नुहुन्थ्यो । बुबाले लयमा–लय मिलाएर सुनाएको कविताले मुमाको ह्दयमा स्पर्श गथ्र्यो । त्यसपछि उहाँहरु आफ्नो गहिरो प्रेम साटासाट गर्नुहुन्थ्यो । बुबा मन्द मुस्कानका साथ मुमालाई हेरेर टोलाउनुहुन्थ्यो । मुमा बुबामा हराउनुहुन्थ्यो । अम्बिकादेवीका अनुसार कहिलेकाहीँ महाकवि देवकोटा आफ्नी रिसाएकी श्रीमतीलाई कविता सुनाएरै फकाउँथे । मुमा रिसाएको र बा’ले फकाएको आफ्नै आँखाले देखेकी अम्बिकादेवीलाई त्यतिबेला उनीहरु के गर्दैछन् भन्ने हेक्का हुँदैनथ्यो । अम्बिकादेवी भन्छिन्, ‘जब बुझ्ने भएँ तब सबै कुरा चाल पाउँदै गएँ ।’ ‘मुमा चाहिँ के कुरामा रिसाउनुहुन्थ्यो नि ?’ मैले अर्को प्रश्न तेर्साएँ । महाकवि देवकोटाको घरमा गाईहरु थिए । उनी गाईलाई निकै माया गर्थे । एकपटक घर आउँदा तीन खर्पन काउली ल्याए । घरकाले आज घरमा पार्टी रहेछ क्यारे भन्ने सोचे । मनदेवीले काउली ल्याउनुको कारण सोधिन् । देवकोटाले गाईंलाई खुवाउन ल्याएको भन्ने उत्तर दिए । ‘मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो’ अम्बिकादेवी विगततिर टोलाउँछिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईंले पनि खानुपर्यो नि भन्नुभयो ।’ त्यसपछि देवकोटाले काउली भटाभट गाईंलाई खुवाउन थाले । यता, मनदेवी रिसले आगो भइन् । अम्बिकादेवी भन्छिन्, ‘यस्तै–यस्तै सानातिना कुरामा हो उहाँहरु रिसाउने ।’ महाकवि देवकोटा र मनदेवीको सम्बन्धबारे विभिन्न चर्चा–परिचर्चा हुने गर्छ । मनदेवीको आचरणमाथि पनि बेला बेला औँला उठाइन्छ । मनदेवी कृष्ण भगवानको भक्त थिइन् । उनी प्राय भजन–कृतनमा ब्यस्त हुन्थिन् । सातामा दुई–तीन दिन घरबाट बाहिर गइरहन्थिन् । देवकोटाको घरमा कामदार बसेका लालबहादुर महाकविका प्रिय पात्र थिए । उनी मनदेवीको सुराकी गर्थे । अम्बिकादेवीको बुझाईमा लालबहादुर बक्सिस पाउने लोभमा मनदेवीबारे भए–नभएका कुरा महाकविलाई सुनाउँथे । एक पटक त्यस्तै घटना भयो । लालबहादुरले के कुरा सुनाए भन्ने अम्बिकादेवीलाई अहिले ठ्याक्कै याद त छैन तर, उनले सुनाएको कुराका कारण घरमा निकै भयावह अवस्था उत्पन्न भयो । लेखकः कृष्ण आचार्य लालबहादुरको कुरा सुनेपछि महाकविले मनदेवीले सुन्नेगरी चिच्याउँदै भने, ‘ए लालबहादुर छिटो गुन्टा कस् अब हामी होटलमा गएर बस्नुपर्छ ।’ महाकवि चिच्याएर सुनेर मनदेवी घर बाहिर निस्किइन् । महाकविले मनदेवीतिर हेर्दै भने, ‘तिमीलाई महिनाको १० हजार दिन्छु । तिमी बस् म लालबहादुरलाई लिएर गएँ ।’ यो कुरा मनदेवीलाई असह्य भयो । त्यसपछि तिमीहरु बस् बरु म नै जान्छु भनेर उनी माइत लागिन् । अम्बिकादेवीले थाहा पाएदेखि कहिल्यै माइत नगएकी मनदेवी यसरी एक्कासी हिँडेपछि बच्चाबच्ची अलपत्र परे । आत्तिएर उनीहरु मामाघर गए । रोई, कराई गरेर आमालाई फर्काएर घरमा लिएर आए । घरमा आउनासाथ हातमा लौरो समाएर मनदेवीले लालबहादुरलाई भनिन्, ‘ए मोरा यहाँबाट निस्कन्छस् कि यै लौरोले तलाईंँ ठटाऊँ हँ…।’ त्यसपछि लालबहादुर टाप कसे । फेरि कहिल्यै त्यो घरमा देखिएनन् । बेलुका महाकवि आएर लालबहादुरलाई बोलाए । अम्बिकादेवी भन्छिन्, ‘मुमाले अब तिम्रो लालबहादुर आउँदैन भन्नुभयो । बुबा मुमा घरमा आएको देखेर चुप लाग्नुभयो ।’ उहाँ मुमा आएकोमा मनमनमा निकै खुसी हुनुहुन्थ्यो । मुमालाई पनि बुबाबाट टाढा बस्न निकै गाह्रो भएको थियो । सायद यहि त हो प्रेम । महाकवि देवकोटा निकै कोमल ह्दयका व्यक्ति थिए । सधै सबैलाई सहयोग गरिरहन्थे । कसैको दुःख पीडा हेर्न सक्दैनथे । उतिबेला मासिक ३०/४० हजार रुपैयाँको हाराहारिमा आम्दानी गर्थे । तर, हातमा पैसा पर्नासाथ अरुलाई बाँड्दै हिँड्थे । यतिसम्म कि तलब बुझेर घर आउँदा उनको हात रित्तो हुन्थ्यो । घर चलाउन मनदेवीले गाउँघरमा सापटी लिनुपथ्र्यो । यहि कारण मनदेवी देवकोटासँग रिसाउँथिन् । अम्बिकादेवीका अनुसार महाकवि देवकोटा र मनदेवीबीच कहिलेकाहिँ झगडा र असमझदारी हुन्थ्यो । त्यसकै आधारमा धेरैले उनीहरुको सम्बन्ध राम्रो नभएको अड्कल काट्थे । त्यसको पनि एएटा कारण छ । अम्बिकादेवी भन्छिन्, ‘मुमालाई पैसा जति अरुलाई बाँडेर सकेको मन नपर्ने । त्यसैले बुबासँग पैसा लिएर खान पल्केकाहरु मुमालाई मन पराउँदैनथे र उहाँको अनेकथरी कुरा काट्थे । गाउँले र साथीहरुले बुबालाई पनि अनेकथरी कुरा सुनाउँथे । उहाँ आफूभन्दा बढी अरुलाई विश्वास गर्ने मान्छे । नभएको कुरा पनि पत्याउनुहुन्थ्यो । झगडाको मुख्य कारण यहि थियो । नत्र उहाँहरुको सम्बन्ध कहिल्यै नराम्रो रहेन ।’ महाकवि देवकाटा अरुले सुनाएका कुरालाई धेरै दिनसम्म मनमा भने लिँदैनथे । मनदेवी भने अरुको कुरा सुनेर आफूलाई अविश्वास गरेको भन्दै महाकवि देवकोटासँग रिसाउँथिन् । महाकवि कविता सुनेर मनदेवीलाई फमाउँथे । ००० गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ । महाकवि देवकोटा मनदेवीले पकाएको खाना मीठो मानेर खान्थे । मनदेवीले जे दियो त्यसमै सन्तुष्ट हुन्थे । मगमग वासना आउने मार्सी चामलको भात उनलाई औधी मनपथ्र्यो । अम्बिकादेवीका अनुसार मार्सी चामलको भात, दाल र डुकु उनको मनपर्ने खाना थियो । उनलाई मन पर्ने खाना भए चरेसको थालभरी खाइदिन्थे । मनदेवीले पकाएको मनपर्ने खाना दाल, भात, डुकुको विषयमा महाकविले एउटा कवितासमेत लेखेका छन् । एकपटक साहित्यिक गोष्ठीमा भाग लिन भारतका महापण्डित राहुल सांस्कृत्यायान नेपाल आएका थिए । गोष्ठीमा महाकवि देवकोटालाई पनि निमन्त्रणा गरिएको थियो । उनी दाल, भात र डुकु खाएर गोष्टीमा निस्किए । अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ । त्यसपछि त्यहीँ दाल, भात, डुकु नामक कविता लेख्नुभयो रे ।’ कविता सुनेपछि महापण्डित राहुल सांस्कृत्यायानले उनको खुबै तारिफ गरे । देवकोटाले लेखेको दाल, भात, डुकु कविताको एक अंश यस्तो छ: पहिलो जलमा प्रथम स्फुरणको विष्णुको नै नाभिस्थलमा यो डुकूू जन्मिएको ! दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको भात त्यो हो जसको निम्ति अलम दुनियाँ ढिकिच्याउँ गर्छ सारा पथभरी चामल फलेर रौसिएर या गलेर ! ध्यनी विचारी सहमत होलान् अन्नमय कोषको कुकू ! ‘दाल, भात, डुकु ! दाल, भात, डुकु ! ००० घरखर्च चलाउन मुमालाई गाह्रो हुन्छ भनेर दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्ने सोच्नुभएको रहेछ । तर, मुमालाई छाडेर जानै सक्नुभएन । यसरी एक वर्ष बित्यो । बिरामी भएपछि भने महाकवि देवकोटालाई आफ्नो परिवारको चिन्ता थियो । छोरा–छोरीले दुःख पाउने भए भन्ने लागिरहन्थ्यो । मनदेवीले कसरी घरबार सम्हाल्ने हो भन्ने सोचिरहन्थे । उनलाई क्यान्सर भएको थियो । एक दिन उनी उपचारका लागि कलकत्ता पुगे । डाक्टरले उतै बसेर उपचार गर्नुपर्ने बताए । तर, देवकोटाले अपचार गर्न आनाकानी गरे । डाक्टरले अहिले उपचार गरे ठूलो आन्द्राको एक इन्च निकाले पुग्छ नत्र पछि थप जटिल बन्नसक्छ भनेर सम्झाए । तर, देवकोटाले मरिगए मानेनन् । अपरेशन गर्दा मरेपछि मनदेवी र छोरा–छोरीसँग भेट हुँदैन भन्ने डर रहेछ उनमा । सल्लाह गरेर आउँछु भनेर उनी काठमाडौं आए । अम्बिकादेवी भन्छिन्, ‘घरखर्च चलाउन मुमालाई गाह्रो हुन्छ भनेर दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्ने सोच्नुभएको रहेछ । तर, मुमालाई छाडेर जानै सक्नुभएन । यसरी एक वर्ष बित्यो ।’ मनदेवीले त्यतिबेला देवकोटाको निकै स्याहार गरिन् । हावापानी छल्न भनेर विभिन्न स्थानमा घुमाउन लगिन् । दिनरात नभनी सेवा गरिरहिन् । महाकवि देवकोटाले जीवनको अन्तिम क्षण बिताउँदा अम्बिकादेवीले बुबा र आमाको प्रेमको गहिराई नजिकबाट महसुस गर्न पाइन् । ‘त्यतिबेला त म धेरै बुझ्ने थिइन् । अहिले ती दिनहरु सम्झँदा लाग्छ, बुबा र मुमाको प्रेम धेरैको समझभन्दा बाहिर थियो । बाहिर देखिदैनथ्यो तर, निकै गहिरो थियो ।’ अम्बिकादेवीका आँखा रसाउँछन् । #कृष्ण आचार्य #छोरी अम्बिकादेवी #महाकवि देवकोटा वार्षिक उत्सवको अवसरमा कविडाँडाको कविता प्रतियोगिता: साहित्यपाेस्ट चितवनको कविडाँडामार्फत् देशभर साहित्य प्रवर्द्धन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो । भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ । कविडाँडाका अनुसार कविता भदौ १५ सम्म kavidanda.sahitya@gmail.com मा पठाउनु पर्नेछ । त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियेगितामा फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएको समाजले जनाएको छ । ‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ,’ कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले भने, ‘छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ । त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिनेछ ।’ कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रूपमा यसलाई लिइएको छ । गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो । #कविडाँडा कविभित्र कुण्ठा हुनुहुँदैन: आजको कवि र कवितादृष्टिको शृङ्खलामा हामी कवि सम्पदा रिजाल र कवि हेमन्त शिशिर प्रस्तुत गर्दैछौँ । कवि हमेन्त शिशिरले कवि सम्पदा रिजालको कवितामाथि आफ्नो दृष्टि राख्नेछन् । प्रस्तुत छ शृङ्खला: चेतनालाई अभिव्यक्त गर्ने सबैभन्दा सरल माध्यम नै कविता हो । कविता आफैँमा एउटा मानविय चेत पनि हो । जैविक कोणबाट हेर्ने हो भनेँ संसारभरका मान्छेको बनोट र उनीहरूमा हुने जीवन प्रक्रियाहरू एकै किसिमका हुन्छन् तर अन्य दृष्टिकोणबाट संसारका हरेक मान्छेहरू फरक फरक छन् । मान्छेको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाले उसको मनोविज्ञान निर्माण हुन्छ र त्यसको प्रभाव उसको जीवनकालका हरेक कार्यहरूमा पनि केही हदसम्म रहन्छन् । यहाँ भन्न खोजिएको मुख्य कुरा के हो भने कुनै पनि व्यक्तिको सृजनामा उसको वरिपरिको वातावरणले विषेश प्रभाव राख्छ । आज म यहाँ पछिल्लो समय कविता लेख्दै गरेकी झापाकी कवि सम्पदा रिजाका दुई कविताहरू माथि केही सहमति अनि केही विमति प्रस्तुत गर्न गइरहेको छु । कविः हेमन्त शिशिर १.कविता “रोस्ट्रम” सम्पदा रिजालको कविता रोस्ट्रममा उभिएर हेर्दा यस्तो लाग्छ रोस्ट्रम एउटा विद्रोह हो, विद्रोह परिवर्तनका लागि गरिन्छ र यसका अनेकौं प्रकारहरू छन् । विद्रोह गर्दा कस्तो बाटो रोज्ने त्यो व्यक्तिको इच्छामा निर्भर हुन्छ रोस्ट्रममा सम्पदाले मौनताको बाटो रोजेकी छन् रोस्ट्रम चुपचाप धेरै बोलिरहेको । रोस्ट्रम कविताको निसाना देशको विधमान अवस्था र राजनीतितिरै देखिन्छ । कविताले जातीय ,भौगोलिक र सामाजिक उत्पीडनको मुद्दालाई उठाउने कोसिस गरेपनि तर ठ्याक्कै ठाउँमा भने लागेको छैन कविताले बोकेको चेतनामा कवि शक्तिशाली भएपनि प्रस्तुतिसँग त्यो भार ब्यालेन्स हुन सकेको छैन । किन बजिरहन्छ यो रोस्ट्रममा ? गाईको शोकगीत चुच्चे नक्साको विज्ञापन मान्छेका लासहरूमाथिको पाश्र्व संगीत बहुर्राष्ट्रिय कम्पनीको दस्तावेज, आँसुहरूको निषेधाज्ञा । यसरी कवितामा अधिकारबाट बञ्चित भूइँमान्छेहरूको कथा र व्यथा उठाइएको छ र यसको उचित व्यवस्थापन गर्न सम्पदा कविताको अन्त्यसम्म सफल भएकी छिन् । यसलाई नै सम्पदाको यस कविताको सुन्दर पक्ष मान्नुपर्छ । कविता भित्रको कथ्यको तालमेल अलि राम्रोसँग मिलेको भए कविता अर्कै किसिमको हुन्थ्यो तर यो भन्नुको अर्थ कविता यो भन्दापनि शक्तिशाली हुन्थ्यो भन्ने चाहिँ होइन । कवितामा प्रयोग हुने बिम्बहरू र कविताको प्रस्तुतीकरण वर्तमान पुस्ताका सबैको कविको उस्तै उस्तै छ । फलस्वरूप सम्पदाको यो कविता पनि त्यो ठेलीबाट फरक कित्तामा उभिन असफल रहेको देखिन्छ । यो कवितामा सम्पदाका अरू कविताका हिसाबले लेखन कला अलि कमजोर रहेको छ । गलत कुराको विरोध गर्नका लागि हामीले पहिले प्रश्न गर्न सक्नुपर्छ । त्यसैले प्रश्नबाट सुरू भएको यो कविताले विद्रोहमा पुगेर विश्राम लिएको छ । जसले कवितालाई औसत कविताको सूचीमा सूचीकृत गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कविले आफूभित्र धेरै कुण्ठा पाल्यो भनेँ उसले लेख्ने कविता, कविताभन्दा बढी नारा हुनसक्ने सम्भावना प्रवल रहन्छ । २ . कविता “झोला” सम्पदा रिजालको कविता झोला विश्व समुदायमा रहेको लैंगिक विभेदका विरूद्दमा लेखिएको कविता हो । इतिहास हेर्ने हो भने पश्चिमा विश्वमा महिलाहरूले भोट गर्न पाउनुपर्ने लगायतका राजनीतिक अधिकारको लागी लडेको १९ औँ शताब्दीको आन्दोलनलाई नारीवादी आन्दोलनको पहिलो छाल भनिन्छ जुन अहिलेसम्म विभिन्न स्वरूपमा चलिरहेको छ । कवि पनि यहीँ समाजको अंग हो यो सत्यलाई हामी नकार्न सक्दैनौं तर हरेक आन्दोलन र मुद्दालाई हेर्ने कविहरूको दृष्टिकोण चैँ अरूको भन्दा पृथक हनुपर्छ भन्ने हो । कविभित्र कुण्ठा हुनुहुँदैन, कविले आफूभित्र धेरै कुण्ठा पाल्यो भनेँ उसले लेख्ने कविता, कविताभन्दा बढी नारा हुनसक्ने सम्भावना प्रवल रहन्छ । हो म तिमीबिना आमा बन्न सक्दिनँ तर मैले तिमीलाई बाबू बन्ने श्रेय दिएकी छुँ ।। कविता “ मानुषी ” पारिजात एउटी नारी सफल हुनका लागि पनि त पुरूषको आवश्यक पर्ला नि ? पारिजात नारीवादी होइन समानतावादी थिइन् उनको एजेन्डा नारी पुरूष भन्दा पनि समानता थियो जुनकुरा मानुषी कविताबाट साभार माथि उल्लेखित अंशले स्पष्ट गरेको छ । यदि कवि समानताको एजेन्डामा इमानदार हुनसक्यो भने उसको कविताले समाजिक परिवर्तनमा केही भूमिका खेल्न सक्ने सम्भावनामा वृद्धि हुन्छ । नारीवादी आन्दोलनको कोणबाट सम्पदाको झोला कवितालाई हर्ने हो यसले धेरै प्रश्नहरू खडा गर्छ । एउटी नारी सफल हुनका लागि पनि त पुरूषको आवश्यक पर्ला नि ? यो कवितामा पुरूषप्रति पूरा घृणा नै घृणा छ । पितृसत्तात्मक समाजलाई ढालेर नयाँ लैंगिक विभेदमुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो जसका लागि नारी पुरुष दुवैको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । जुनकुरा सम्पदाको यस कवितामा असन्तुलित ढंगबाट प्रस्तुत भएको छ । तिम्रो लालपुर्जाले मात्रै नापिएका पाठेघरहरू तिम्रो अधिकारले मात्रै नाम पाएका गर्भिणीहरू तिम्रो स्वामित्वको प्रमाणले मात्रै काटिएका प्रसवका सालनालहरूले आज कथित “आइमाई” हुनुको “चेकलिस्ट” तिम्रो अदालत अघि च्यातेका छन् र प्रश्न गरिहरेछन् महोदय, के स्वास्नी मान्छे तिम्रो वीर्य बोक्ने झोलामात्र हो ? कविताको यो हरफले बोलेका कुराहरूलाई कसरी बुझ्नेँ ? सृष्टि चल्नका लागि , सन्तान जन्मनु, जन्माउनु आवश्यक छ जुन सौभाग्य प्रकृतिले नै महिलालाई दिएको छ त्यसैले स्वास्नीमान्छेको पाठेघरलाई वीर्य बोक्ने झोला भनेर इंगित गर्नु आफैँमा विरोधाभासपूर्ण कुरा हो यतातिर कवि अलिकति सचेत बन्नुपर्ने देखिन्छ । कविः सम्पदा रिजाल टिप्पणी गरिएका कविताहरू यसप्रकार छन् – १. रोस्ट्रम किन बजिरहन्छ यो रोस्ट्रममा ? गाईको शोकगीत चुच्चे नक्साको विज्ञापन, मान्छेका लासहरूमाथिको पाश्र्व संगीत बहुर्राष्ट्रिय कम्पनीको दस्तावेज आँसुहरूको निषेधाज्ञा । रोस्ट्रमको हरेक वक्तव्यको अन्त्यमा ताली बजाउँछन कुर्सीहरू । यी कुर्सीहरूको किनारामा एउटा कुर्सी मेरो पनि छ । कुर्सीहरूको नेता रोस्ट्रम किन कहिल्यै मेरो कथा भन्दैन ? मसँग पनि छन् सडकको छातीमा मेरो काँचो रगतले कोरेका सपनाका दस्ता । त्यही रोस्ट्रमका पाइतालाबाट घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा । थाकेका पाठेघर सुम्सुम्याउँदै हिमपहिरो थामेको काँध । त्यही रोस्ट्रमले कापीकलम खोसेर कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बूढी औंलो । सधैं रोस्ट्रमको एकोहोरो कर्कश आवाजले तर्सिरहेको यो सदनको एउटा किनाराकृत कुर्सी पहिलोपटक आफैं रोस्ट्रम उभिएको छु । थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्ट्रम यही थरथराहटले ब्यूँझिएका छन् हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरू । २. झोला कसले गर्यो बंशजको यति असन्तुलित भागबण्डा ? कसले झुन्ड्यायो प्रत्येक मस्तिष्कमा अधिकारको यति असन्तुलित तराजु ? कसले टास्यो मैले दौडिएको जिन्दगीको म्याराथुनमा तिम्रो स्वामित्वको प्रमाण ? युगौँदेखि धर्मले समाजले कानुनले सोधिरहेको छ मेरो पाठेघरको लालपुर्जा र उत्तरमा आफैँ रटाइदिएको छ तिम्रो नामको सिफारिस ! तिम्रो लालपुर्जाले मात्रै नापिएका पाठेघरहरू तिम्रो अधिकारले मात्रै नाम पाएका गर्भिणीहरू तिम्रो स्वामित्वको प्रमाणले मात्रै काटिएका प्रसवका सालनालहरूले आज कथित “आइमाई” हुनुको “चेकलिस्ट” तिम्रो अदालत अघि च्यातेका छन र प्रश्न गरिहरेछन् महोदय, के स्वास्नीमान्छे तिम्रो वीर्य बोक्ने झोला मात्र हो ? #कवि र कवितादृष्टि #झोला #रोस्ट्रम लेखक बन्न चाहनेलाई बुद्धिसागरका दश सुझाव: बुद्धिसागर नेपाली साहित्य जगतका एक चम्किला नक्षत्र हुन् | उनले नेपाली साहित्यमा दर्बिलो उपस्थिति जनाएका दुई उपन्यास ‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’ लेखिसकेका छन् | त्यस्तै उपन्यासकारभन्दा पहिले उनी कवि हुन् | उनको कविताकृति पनि प्रकाशित छ | प्रस्तुत छ, उनै चर्चित लेखक बुद्धिसागरले लेखक बन्न चाहनेका लागि दिएका दश सुझावः १ . सबैभन्दा पहिला ‘लेख्नू किन परेको ?’ भनेर सोच्नुस् ! कुनै लेखक र कृतिको चर्चाले यस्तो मनोभाव आएको हो भने यसले दुःखबाहेक अर्को केही दिँदैन । यदि साँच्चिकै मनैदेखि लेख्न मन लागेको हो भने चिन्ताको कुनै बिषय छैन । पाउलो कोएलो भन्छन्- “हरेक मानिससित आफ्नो छिमेकीलाई भए पनि सुनाउँने एउटा सान्दार कथा हुन्छ । आफूसित पनि त्यस्तो कुनै कथा छ भने सुरुवात गरिहाल्नुस् ।” २ . प्रा. डा. डिपी भन्डारी भन्नुहुन्छ- “लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ, तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।’’ शैली श्रमले बन्दैन । आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्न थाल्नुस् । आफूभित्रको सर्जकलाई पागलपन दिनुस् । लेख्दै जाँदा आफूले पढेका लेखक र कृतिभन्दा एकदमै फरक हुन थाल्यो भने नआत्तिनुस्, खुशी हुनुस्, तपाईँ आफ्नो शैली निर्माण गर्दै हुनुहुन्छ । ३. पुस्तकको पहिलो अध्याय नै महान लेख्छु भनेर सोच्न थाल्नु भयो भने सोच्दासोच्दै समय घर्किन सक्छ । मार्खेज भन्छन्- “पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ ।” तर, मलाई लाग्छ- प्रायः पुस्तकले पहिलो हरफ बीचतिरबाट पाउँछ । लेख्दै गएपछि, जब पुस्तकले एउटा आकार पाउँछ, त्यति नै बेला, पहिलो अध्याय पनि पाउँछ । धेरै लेखकहरू पहिलो खण्ड पुस्तकको बीचतिरबाट निकालेर अगाडि राख्छन् । त्यसैले शक्तिशाली सुरुवातको चिन्ता सुरुमै नगर्नुहोला । ४. लेखिरहेका बेला आफ्नो लेखनीलाई कहिल्यै पनि अरू लेखकका प्रकाशित भइसकेका कृतिसित नदाज्नुस् । किनभने, पहिलो ड्राफ्ट कमजोर नै हुन्छ । हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्छन् । ड्राफ्टलाई अनेकपल्ट पुर्नलेखन गरेर प्रकाशित गरिन्छ । त्यसैले अनेकपल्ट पुर्नलेखक गरेर छापिएका कृतिका अगाडि आफ्नो पहिलो लेखनी कमजोर नै लाग्छ । ५. आफूले लेखिरहेका कुरा धेरैलाई सुनाउँदै नहिँड्नुस् । धेरैपल्ट सुनाउँदा सुनाउँदा त्यो विषय नै आफैँलाई पनि दिक्क लाग्दो लाग्न थाल्छ । र, कहिलेकाही सुन्ने मान्छेको मुहारमा तपाईँले खाजेको उत्साह पनि नभेटिन सक्छ, जसले तपाईँलाई निरास बनाउँन सक्छ । लेखिरहेको कुरा सुनाउँदै हिँड्नु भनेको प्रेसरकुकरबाट बाफ लिक हुनुजस्तै हो, जसले सिटी बज्दैन । ६. लेख्न सुरु गरेपछि, कहिले सकिएला भनेर नआत्तिनुस् । र, छोटो समयमै सक्छु भनेर कस्सिनु भयो भने केही हप्ता जाँगर त आउँला, तर थकान र दिक्क लाग्ने हुनुथाल्छ । जब रफ्तार रोकिन्छ, फेरि सुरुवात गर्न असाध्यै गाह्रो हुन्छ, गाडीको इन्जिन झ्याप्प बन्द भएर मेसिन जाम भएजस्तो । त्यसैले हरेक दिन लेख्नुस् तर थोरै थोरै लेख्नुस् । प्रायः लेखकहरू दिनमा २५० शब्ददेखि १ हजार शब्द लेख्छन् । कापीमा हो भने एकदुई अनुच्छेददेखि टीन पन्नासम्म । हारुकी मुराकामी हजार शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तीन पन्ना । सगरमाथा चढ्नेहरू दर्गुदैनन् तर एक-एक कदम गरेर चुचुरोमा पुग्छन् । ७. लेखनमा सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासन बिनाको प्रतिभा फक्रिन सक्दैनन । हरेक दिन लेख्छु भनेर वाचा गर्नुस् र त्यो वाचालाई पूरा गर्नुस् । चौबीस घन्टामा आफूलाई पायक पर्ने कुनै एक घन्टा छुट्याउनुस् । र, त्यो समयमा मूड चलोस्, या नचलोस्, लेखिरहनुस् । केही पनि फुरेन भने आफ्नै नाम नै भए पनि लेखिरहनुस् । बिस्तारै तपाईँले छुट्टयाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ । ८. किताब एक तिहाईसम्म लेख्दा आफैँलाई पनि बारम्बार लागिरहन्छ, म के सही कथा र शैलीमा हिँडिरहेको छु ? मलाई लाग्छ– “हरेक पुस्तकले आधाआधि भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ । र, प्रायः लेखकहरू बीचतिरबाट निस्केको भाषा र शैलीलाई फेरि अगाडिबाट मिलाउँदै ल्याउँछन् ।” ९. दिनदिनै लेख्दा आउँने समस्या के हो भने अघिल्लो दिनकोजस्तो भावना र ऊर्जा अर्को दिन नहुनसक्छ । आज के बाट सुरु गरौँ भनेर लामो समय टोलाउँनु पर्ने हुन्छ । त्यसैले अघिल्लो दिन मनमा आए जतिका कुरा सबै नलेख्नुस् । अलिकति भोलिपल्टलाई बाँकी राख्नुस् । भोलिपल्ट मनको बाँकी कुरा लेख्नु भयो भने अरू आफैँ थपिँदै जाने सम्भावना हुन्छ । संगीतको शौखिन हुनुहुन्छ भने एउटा संगीतको फोल्डर बनाउनुस् । हरेक दिन त्यही फोल्डर सुन्दै लेख्ने गर्नुस् । मलाई लाग्छ— तपाईँले सधैँ सुनिरहेको संगीत पुस्तकको ब्याकग्राउन्ड म्यूजिकजस्तो हुँदै जान्छ । जब संगीत सुन्नुहुन्छ- संगीतले नै कथाको संसारमा पुर्याइदिने सम्भावना पनि हुन्छ । १०. स्वास्थ्य सबैका लागि महत्त्वपूर्ण हुन्छ नै, लेखनमा पनि झन् महत्त्व नै हुन्छ । खानपिन र हिँडडुलमा ख्याल राख्नुस् । खानाको गड्बडी र कम शारीरिक अध्यासले ग्यास्टिकजस्ता रोग निम्त्याउँछन् । पोलिरहेको छाति वा पेटले अक्षर गोडमेल गर्न गाह्रै हुन्छ । सकेसम्म हिँडाइलाई महत्त्व दिनुस् । हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाहीँ अनेकपल्ट घोरिँदा पनि नआएका कुरा हिँडाइका क्रममा आउँछन् । पैतलाको रफ्तारले दिमागका बन्द चेपहरू खुल्छन् भन्ने मलाई लाग्छ । ह्याप्पी राइटिङ #बुद्धिसागर पानीको सहर यात्रा: सुदेश पन्त विकट गाउँमा एउटा खोल्सो थियो। हुन त गाउँमा अरु धेरै खहरे र नदीहरू पनि थिए; जो गतिवान् थिए, स्वच्छन्द बहन्थे अनि सङ्लिन्थे। त्यो खोल्सो गहिरो थियो, पानी तालिएर बस्थ्यो। यद्यपि स्वच्छ प्रकृतिका कारण पानी सफा, स्वच्छ र निर्मल थियो। त्यो खोल्साको पानीको सहर घुम्ने अनौठो इच्छा थियो। गहिरो र जङ्गल बीचमा भएकाले पानी तातिन पाउँदैनथ्यो। त्यो पानीले सूर्यदेवको कठोर उपासना गर्\u200dयो र खुसी पार्\u200dयो। सूर्यदेवले प्रशन्न भएर उसलाई सोधे, ‘के चाहियो ?’ पानीले भन्यो, ‘मलाई कृपा गरेर बाफ बनाइदिनुहोस्।’ सूर्यदेवले तुरुन्तै बाफ बनाइदिए। अब त्यो पानी बाफ भएर त्यही गाउँको आकाशमाथि रुमलिइरह्यो। हावाको साथ पाएर बहँदै सहरमाथि आइपुग्यो। अब त्यो पानीले आकाशबाटै सहरको सौन्दर्य निहार्न थाल्यो। अब सहरमै ओर्लेर सहरिया आनन्द लिने तीव्र लालसा उसमा जागृत भयो। उसले बादल बन्न फेरि सङ्घर्ष गर्\u200dयो। बादल बनिसकेपछि इन्द्रदेवको असीम निगाह प्राप्त भएर वर्षा बनी सहरमा दर्कन थाल्यो। सहरका कौसी र अट्टालिका एवम् चिल्ला सडकमा चिप्लिँदै बग्न थाल्यो। उसलाई जीवनले पूर्णता पाएकामा स्वर्गीय आनन्दानुभूति भइरहेको थियो। ऊ बग्दै जाँदा शौचालय, नाली अनि ढलमा मिसियो। अब ऊ निस्सासियो। दुर्गन्धै दुर्गन्ध त थियो नै, उसले आफू पानी हुँ या रछान पत्तो पाएन। यसबाट मुक्तिको ऊ कल्पना पनि गर्न सक्दैनथ्यो किनभने सूर्यदेवसँग वचनबद्ध थियो कि म फेरि अर्को वरदानका निम्ति उपासना गर्ने छैन । #सुदेश पन्त नवपुस्ता: कसैलाई छोरासँग हुनुको खुसी, कसैले अस्तव्यस्ततासँग फेरि रुमलिनु पर्नेमा चिन्ता: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: केशु खण्डलुक मगर : “परिवारसँगसमय बिताउन पाउनु नै लकडाउनको उपलब्धि” केशु खण्डलुक मगर कसैले भनेका छन्- “भाग्य चम्काउन धेरैले सक्छन्, तर परिवार चम्काउन कमैले मात्र।” लकडाउन हुनु अघिसम्म म कार्यालयमै थिएँ। जब सरकारले लकडाउन गर्ने घोषणा गर्यो, सबैभन्दा पहिले मैले आफ्नो परिवार सम्झिएँ। अनि सबैभन्दा बढी आफ्नो बालक छोरालाई सम्झिएँ।थाहा छैन मान्छेहरू आफ्नो परिवारको साथको लागि किन यति स्वार्थी बन्छन् ? छोराले फोनबाट,’बाबा, घर आउनूस्। सँगै बसौं’,भनिसकेको थियो। सोचें- यस्तो विपतको समयलाई आफ्नो परिवारसँगै बसेर सामना गर्नुपर्छ। अबोध छोराको त्यो निश्चल अनुरोधमा यति ताकत थियो कि मैले ऐन, नियम, कानुन, कार्बाही केही सोचिनँ। स्वार्थी बनेरै सही, लकडाउनको तेस्रो दिन म कसोकसो घर पुगें। मलाई केवल परिवारलाई भेट्नु थियो। भेटेँ। ‘विपत्तिको बेला आफ्नो सन्तान आफ्नो अघि उभिदिँदा मात्रै पनि परिवार मानसिक रूपमा कति धेरै मजबुत बन्छ !’ – घर पुगेपछि आमाको आँखाबाट खसेको आँसुले पढाएको थियो मलाई। त्यसपछिको बाँकी समय परिवारसँगै बिताएँ। सायद जागिरे जीवनकै सबैभन्दा बढी परिवारसँग बितेको समय यही होला ! कहिलेकाहीं हामीलाई नजिककै कुराहरू चिन्न सबैभन्दा बढी समय लाग्छ।पहिलोपटक मैले परिवारलाई नजिकैबाट चिन्न पाएँ।मनैबाट नियालेँ। थाहा पाएँ, ग्यारेन्टी नभएको जिन्दगीमा आमाले कानमा लगाउनुभएको मुन्द्री भने ग्यारेन्टीवाला रहेछ। हामो भविष्य चम्कियोस् भनेर आमाले चम्किलो सुन बेच्नुभएको रहेछ। थाहा पाएँ, जिन्दगीको बाटोमा अगाडि बढ्दै जाँदा काँडाले नबिझोस् भनेर जुत्ता किनिदिने बा’ले लगाउने चप्पलका फित्ता भने फरक फरक रङका रहेछन्। मैले साँझ-बिहान पानी धेरै हालेर फारु गरी खाने गेडागुडी हुर्काउन मेरी श्रीमतीले धेरै पसिना बनाउने रहिछन्। आफ्नो ड्याडीको नाम आफ्नो कापीमा राम्रो अक्षरले लेख्न सक्ने होस् भनेर मेरो छोराले केशुको ‘के..’ लेख्दै मेट्दै गर्दोरहेछ। मैले यो लकडाउनमा मेरो समाजलाई पनि आफ्नै अगाडिबाट चिन्न पाएँ। जस्तो, बारीको घाँस चोरेको निहुँमा झगडा गर्ने मेरो छिमेकीहरू विपतको बेला भने एकजुट बन्दा रहेछन्। जस्तो, बारीको साँध मिचेको निहुँ पारेर एकाअर्कासँग नबोल्ने अनवीर काका र मनवीर काका देशको सिमाना मिचिँदा भने एकै स्वरमा बोल्दारहेछन्। एकता देखाउँदा रहेछन्। मैले लकडाउनमा सबैभन्दा बढी समय छोरासँगै बिताएँ। उसले ‘मपछि ठूलो भएर डाक्टर बन्छु’ भनिरह्यो। मैले एउटा पिताको कर्तव्य पूरा गर्छु भन्ने प्रतिज्ञा गरिरहें। गरिरहेको छु। सायद मेरो कानले सबैभन्दा बढी उसकै बोली सुनेको हुनुपर्छ। मेरो मनलाई सबैभन्दा बढी उसकै शब्दहरूले छोएको हुनुपर्छ। उसको ‘ए फर एप्पल’ले मेरो कयौं भोक मेटायो। उसको नजानिँदो अंग्रेजी क्रियापद ‘स्लिपिङ माने सुत्नु’ ले मलाई आनन्दको निद्रा दिलायो। उसले ‘एस – इ – भी – इ – एन – सेभेन’ भनिरहँदा मेरो हरेक पल सप्तरंगी रङले रङ्गियो। जब उसले बाह्रखरी पढ्दै गर्दा ‘क, का, कि, की हुँदै के’ मा गएर रोकिन्थ्यो र लजालु हेराई हेर्थ्यो किनभने उसले बुझेको थियो उसको ड्याडीको नाम ‘के’ बाट सुरु हुनेछ भन्ने। उसको यस्तो क्रियाकलापबाट मैले जिन्दगीकै सर्वाधिक खुसी प्राप्त गरेँ। लकडाउनको समयमा धेरै पुस्तकहरू पढें। धेरै पुस्तक त धेरैपटक पढेँ। कुनै कुनै पुस्तक चुइँगमजस्तै हुँदोरहेछ, जति चपाइरहे पनि झर्को नलाग्ने। धेरै पुस्तकहरू अनलाइनबाट किनेर पढें। तर छापाको पुस्तकमा पाइने वास्नामय शब्दहरू डिजिटल पुस्तकमा भेटिनँ। यो समयमा सबैभन्दा बढी गैरआख्यान पढ्ने कोसिस गरेँ। त्यसमा पनि इतिहास मुख्य रुचिको विधा बन्यो। कुनै पनि देशको वर्तमान अवस्थाबारे विश्लेषण गर्न इतिहास पढ्नैपर्ने रहेछ। लभ, एक्सन, कमेडी, रोमान्सभन्दा पर बनेको ड्रामाटिक मुभीहरूले खुब मन लुट्यो। लकडाउनको अर्को उपलब्धि भनेको धेरैभन्दा धेरै मुभी, सिरिजहरू हेरेँ। त्यसमा पनि प्राचीन/मिथमा आधारित मुभी बढी हेरें। लभ, एक्सन, कमेडी, रोमान्सभन्दा पर बनेको ड्रामाटिक मुभीहरूले खुब मन लुट्यो। त्यस्ता मुभीहरू हेरेर मैले आफ्नै जीवनमा जानीजानी परिवर्तन आएको महसुस गरिरहेको छ। पिता र पुत्रबीचको कथामा आधारित भेटिएसम्म मुभीहरू हेरें। बाउ-छोराको सम्बन्ध मजबुत गराउन त्यस्ता फिल्मले धेरै सहयोग पनि गरेको छ। गरिरहेको छ। लकडाउन बिस्तारै खुकुलो हुँदै जाँदा सामाजिक कामतर्फ पनि सक्रिय भएँ। धेरै विकास कार्यहरूमा श्रमदान दिएँ। हरेक खराब समयले सकारात्मक समय बोकेर आएको हुन्छ। लकडाउनमा आफ्नो परिवारसँग समय बिताउन पाउनु नै यसको मुख्य उपलब्धि बन्यो। सुष्मा तिमल्सिना: “देशको अस्तव्यस्ततासँग फेरि रुमलिनु छ” सुष्मा तिमल्सिना बिहानै कलेज, दिउँसो अफिस, बेलुकी कोठामा आउथेँ । खाना बनाउथेँ । पाकिसकेको खानालाई एकैछिन सेलाउन दिएर झ्यालबाट आकाश हेर्थें । म हरेक दिन आकाश हेर्छु, कुरा गर्छु र रुन्छु । खुसी पनि उसैसँग बाँड्छु । उसलाई हेर्दा बा, आमाको अनुहार सम्झन्छु। आकाश मेरो लागि भरपर्दो नजिकको साथी बनिसकेको थियो । एउटै रुटिङमा चल्दाचल्दा आफ्ना रहरहरू, सपनाहरू खै कता पुगिसकेछन् ! मैले त आफैंलाई चिन्न छोडिसकेकी रहेछु। लकडाउनको दुईदिन अघि हजुरबाको बर्खान्त परेकोले म घर गइसकेकी थिएँ । सेतै फुलेको कपाल, चाउरिएका गाला, हरियो साडी, हरियो चौबन्दी चोलो, पुग्नासाथ पहिलो नजर हजुरआमामा पुगेर ठोक्कियो । म हजुरआमाको काखमा टाउको राखेर घन्टौं रोएँ । हजुरआमाको आँखा समाजको नियतिसँग प्रश्न गर्दागर्दै थाकिसकेका थिएँ । लकडाउनको दिनहरू अरू दिनभन्दा लामो नै लागिरहेको थियो । पढ्न किताब थिएनन् । कहिले डोको नाम्लो बोकेर हातमा हँसिया खेलाउँदै जंगल पुग्थें । कहिले बाख्रापाठाको पछिपछि दौडिन्थें । उनीहरूको कपाल कोरिदिन्थें, बाटिदिन्थें । हरेक साँझ आमा बाती काढ्दै आफ्ना विगत सम्झनुहुन्थ्यो, आफ्ना भोगाइहरू सुनाइरहनुहुन्थ्यो । म उसरी नै आमाको काखमा टाउको राख्थें । आमाका आँखा जति आँसुले भरिन्थे,त्यति म रितिदै गइरहेकी हुन्थें । गाउँ पूरै सील गरिइसकिएको थियो।यस घटनापछि गाउँका मानिसहरू थप सर्तक हुन थालेका थिए । कोराना भाइसरको त्रास दिनानुदिन बढिरहँदा हाम्रै नजिक घर भएकी २९ वर्षिय सुत्केरी दिदीको २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा निधन भयो । स्वास्थ्य मन्त्रालयले उक्त मृत्युको कारण कोरोना हो भनी आधिकारिक पृष्टि गर्नुपूर्व नै सामाजिक सञ्जालमा फोटोसहित श्रद्धाञ्जली दिनेहरूको लर्को लागिसकेको थियो । जब मृत्युको कारण कोरोना भन्ने पुष्टि भयो त्यसपछि गाउँमा एक किसिमको डरले आसन जमाउन थाल्यो । गाउँ पूरै सील गरिइसकिएको थियो। यस घटनापछि गाउँका मानिसहरू थप सर्तक हुन थालेका थिए । घरबाट बाहिर निस्कँदा मास्क लगाएर हिँड्ने, जाथाभावी घुमफिर नगर्ने, घुलमिल नहुनेजस्ता नियम अरू कठोरताका साथ पालना हुन थाल्यो । मृत्युको घटनापछि मानिसहरू छिमेकमा जान छाडेँ। कति घरले त पानी-पँधेरोसमेत बन्द गरेको देख्न थालिएको थियो । यसबाट थप सर्तकता पनि झल्किरहेको थियो भने कोरोनाबारे जनचेतनाको अभाव पनि महसुस गरिरहेकी थिएँ ।कन्ट्याक ट्रेसिङमा लिइएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि अनेकौं शंका उपशंका पनि मनमा खेलिरहेको थियो, जस्तो कि सबैको रिपोर्ट नेगेटिभ आउँदा उनमा मात्र किन कोरोना देखियो ? के सरकारको परीक्षण नै त्रुटिपूर्ण छ ? ती सुत्केरी महिलाले काखमा राखेर दूध चुसाएको बालकलाई किन आमाबाट कोरोना सरेन ? यी घटना बिस्तारै सामान्य हुँदै गएपछि गाउँ फेरि पुरानै दैनिकीमा फर्किन थालिसकेको थियो । एकदिन बाको मैलिएको टोपी हेदै भनेँ– “बा टोपी दिनूस्, म धोइदिन्छु ।” बाले हाँस्दै भन्नुभयो– “छोरी, गाउँमा बसेर दुःख गर्ने मान्छेको यस्तै हुन्छ।” मैले फेरिभनेँ– “बा, यो हाम्रो पहिचान हो। यसलाई मैलिन दिनुहुन्न।” त्यसपछि छोरी बुझ्ने भएको देखेर हो कि किन हो ! बा खुसी हुनुभयो। अर्कोदिन आमालाई भनें– “आमा म भैंसीको दूध दुहुन सिक्न चाहन्छु।” आमाले छेउमा बसेर सिकाइरहनु भएको थियो । भैंसी चूपचाप मलाई आमा सम्झेर दूध दिइरहेको थियो । आमाले खुसी हुँदै आफ्नो रातो धोती र आफूले लगाएको चौबन्दी चोलो मलाई फुकालेर दिनुभयो । मैले उहाँलाई आफ्नो कपडा दिएँ । त्यो दिन भैंसीको अघि म आमा जस्तै देखिएकी थिएँ अनि आमा म जस्तै । आमाले छेउमा बसेर सिकाइरहनु भएको थियो । भैंसी चूपचाप मलाई आमा सम्झेर दूध दिइरहेको थियो । लकडाउनका दिनहरू मेरा लागि पृथक छन् । हरेक सानो-सानो कुरामा लुकेको खुसी भेट्टाउँदा झन् कति हो कति खुसी! बाआमाको माया, हजुरआमाको काख संसारकै प्रिय ठाउँ रहेछ । आफू जन्मेको ठाउँ, ती खेतका गह्राहरू, हुर्कंदै गरेका मकैका बोट, यहाँबाट देखिने खुल्ला आकाश; लाग्छ, योभन्दा पर कुनै अर्को संसार छैन । तर, डर यही हुन्थ्यो म यी सबै कुराहरूबाट टाढिनु छ । देशको अस्तव्यस्ततासँग फेरि रुमलिनु छ । अनि बिताएर बाँच्नु छ त्यही जिन्दगी, जसलाई छोड्दा मैले आफूलाई चिन्ने गर्छु । दीपक ढकाल: दीपक ढकाल “मैले यो समयमा आफैँलाई चिन्न सकें” नसोचेकै अकल्पनीय घटनाक्रम तथा उतारचढावले नै मान्छेलाई धेरै सिकाउँदोरहेछ ।या भनौं भोग्दै जाने समयले नै मान्छेलाई मान्छे बनाउँदो रहेछ ।कहीँ कहीँ मानव जीवनमा यस्तो समय पनि आउँदो रहेछ कि मान्छे नचिनेको आफूलाई चिन्नु सार्थकता महसुस गर्दो रहेछ । समय चक्र न हो ! परिवर्तन भइराख्नु नै यसको धर्म हो । समयले नै आफ्नो धर्म बिर्सियो भने यसैसँग सम्बन्ध भएकाहरूको बाँच्नुको के अर्थ हुनसक्छ र ? समयले ल्याएको उल्झन झेल्दै जानु नै जीवन हो । बिना मोड, बिना ब्रेक एकनासले एकोहोरो बग्दै जाने हो भने पनि यसले अन्तिम गन्तव्य पक्कै भेट्छ तर कोर्न सक्दैन जीवनको कुनै अर्थपूर्ण आकृति । भोगाइ नै जीवन हो कि जीवन भोगाइ ? मान्छे जन्मिन्छ, यो एक सत्य हो । अर्को सत्य यो पनि हो, मान्छे मर्छ पनि तर यी दुई सत्य बीचको समयलाई जसले सजिलैसँग बुझ्न सक्दछ उसैले वास्तविक जीवनको मूल्य बुझेको हुन्छ । यही समय कालखण्डमा भोगेका भोगाइ नै जीवनका कमाइ हुन् । खासमा यो समयमा बाँचिरहेका मान्छेहरूका लागि विश्वव्यापी महामारी कोरोनाले ल्याइदिएको लकडाउनले आत्मसमीक्षा गर्ने समय दिएको छ । यसलाई सौभाग्य वा दुर्भाग्य जेसुकै सम्झिनुहोस् । मैले यो समयमा आफैँलाई चिन्न सकेँ जस्तो लाग्छ । म को हुँ? केका लागि हुँ? किन हुँ? जस्ता अनेकौं प्रश्नको उत्तर पाउनु नै आफ्नो गन्तव्य भेटाउनु रहेछ । मान्छे यति धेरै पर पुगिसकेको रहेछ कि उसले आफ्नो बारेमा सोच्न नै पनि बिर्सिसकेको रहेछ । कुनै न कुनै ठाउँमा आफूलाई मेसिनजस्तो बनाइसकेको रहेछ ।म पनि अछुतो रहेनछु यस्तो प्रवृत्तिबाट । मेरो लागि यो समय आवश्यक रहेछ भन्ने लाग्छ मलाई । तर मैले यसोभन्दा अलि विरोधाभाष लाग्नसक्छ, दुनियाँ महामारीले आक्रान्त बनिरहेको बेला । मैले यही समयमा बुझें, सबैभन्दा ठूलो सुख नै आत्मसन्तुष्टि रहेछ । मानव भइसकेपछि सन्तुष्टिको घेरा खिचेर भए पनि बाँच्ने आधार खोज्नुपर्नेहुन्छ, मृत्यु समधान होइन। यस समयलाई मैले व्यक्तिगत सकारात्मक रूपमा नै लिएको छु तर दु:ख लाग्छ, कोरोना र लकडाउनको असरले हरेक दिन मृत्यु हुनेको सङ्ख्याले छलाङ मारिरहेको छ । कैयौं नेपाली दाजुभाइ अलपत्र परिरहेका छन् । कैयौँ गरिब किसानको घरमा आगो बल्न सकेको छैन ।ज्यालादारी तथा दैनिक मजदुरी गरेर पेट पाल्नेहरूका लागि महामारी भन्दा ठूलो समस्या भोको पेट बनेको छ । समयले घुम्न छोड्दैन। साँझदेखि बिहानको अन्तर एकदमै छोटो लाग्दो हो पक्कै ! कति छिट्टै आइपुदोरहेछ हात-मुखको भेट गराउने समय जसको घरमा रिक्तताबाहेक केही हुँदैन । घरभित्र थुनिएको दिनहरूमा मैले धेरै समय किताबहरूका सथा बिताएँ। योभन्दा पहिले यसरी पढ्ने नै भनेर साहित्यिक किताबहरू उति पढेको थिइनँ । सायद समय नमिलेर पनि हुनसक्छ । लकडाउनका सुरुवाती दिनहरूमा प्रायः उपन्यासहरू पढेँ, केही पहिले नै पढिसकेका त केही नयाँ । पहिले नै पढिसकेका भए पनि फेरि दोहोर्याएर पढ्दा अत्यन्तै आनन्द भेटिँदोरहेछ । जस्तो कि ‘पल्पसा क्याफे’ । यसमा भएका हरेक पात्रलाई मैले मेरै गाउँघरमा आजसम्म जीवित देखेको छु । तिनीहरूका अनुहार सधैं देखिरहेकै भए पनि वास्तविक कथा मैले आजकालको एकान्त समयमा आफ्नै मस्तिष्कले सोचिरहेको छु या सोच्ने समय प्रशस्तै छ मलाई । केही लेख्दै पनि छु । समय लाग्ला तर पक्कै बाहिर त आउने नै छ । कवितातिर पनि अलिअलि ध्यान गएछ । लेख्दैछु । त्यस्तै सामाजिक संजालमै भए पनि केही अग्रज साहित्यकार तथा कविहरूसँग परिचय मात्र भएन, मजस्तै धेरै साहित्यप्रेमीसँग नि जोडिन पुगिएछ । खास उपलब्धि त के भएछ भने, यो समयमा धेरै जना कविका कविता पढ्न पाइयो भने केही अग्रज त केही साथीहरूका । तैपनि नौलो बिहानीको स्वागत गर्ने चराचुरुङ्गीले भने आफ्नो धर्म बचाइराखेका रहेछन् भन्ने भान गराइदियो कानसम्म ठोकिन आइपुगेको चिर्बिर आवाजले । सहरको भिडभाड र कोलाहलसँगै गाडीको झर्कोलाग्दो हर्नको आवाजले झक्झकाउने प्रत्येक बिहानी प्रतिलिपि बन्न पाएनन्, गाउँ फर्केपछि ।सबेरै सुनिने आमाको जाँतो र ढिकीको आवाजले स्वागत पनि गरेनन्, तिनीहरूलाई विस्थापन गरिसकेछ समयले । तैपनि नौलो बिहानीको स्वागत गर्ने चराचुरुङ्गीले भने आफ्नो धर्म बचाइराखेका रहेछन् भन्ने भान गराइदियो कानसम्म ठोकिन आइपुगेको चिर्बिर आवाजले । बिर्सेको रहेनछन्, अग्ला पहाडलाई राताम्य पारिदिने राता गुराँसले आफ्नो धर्म, फुलिरहेका छन् ढाकेर जम्मै पहाडलाई । नाकसम्म सुगन्ध, आँखासम्म आइपुग्ने दृश्य उस्तै छ; जस्तो मेरा हजुरबाको पालामा हुन्थ्यो । कुनै चलचित्रका दृश्य बनी खेलिरहे आँखामा बाल्यकालीन घटनाक्रम । आमाका मिहिनेती हातले आफ्नै बारीमा फलाएको तरकारीको स्वादले भुलाइदियो शहरी खानालाई । काम नै गर्न नपाए पनि नाम नै बिर्सिसकेका हलो, जुवा, कूटो र कोदालोसम्मको दर्शन गर्न पाइयो ।यसमा म आफूलाई भाग्यमानी ठान्छु किनभने कति युवा होलान् बाआमाका चाउरिएका गाला र पटपटी फुटेका हत्केला र पाउको दर्शन पाउनकै लागि कुन कुनामा आँसु चुहाउन बाध्य छन् । गाउँको जीवन, एक-दुई दिन मेलोतिर पनि जान भ्याएँ । दुनियाँलाई कोरोनाको डर तर किसानलाई भने असारले नठगोस्, माटोले दुश्मनी नगरिदेओस् भन्ने हुँदोरहेछ । बिर्सेको रहेनछ गाउँले आलोपालो र अर्मपर्मको चलन । साँच्चै भन्दा यो लकडाउनको अवधि मैले गाउँ भएर बिताएँ । आफ्नै बाल्यकालको उत्खनन् गरेँ । पारिवारिक प्रेम मन लागे जति पाएँ। हरेक बिहान आलर्मको धुनले ब्युँझने म आमाको बोलीले ब्युँझन पाएँ । यो समयमा म आफ्नै भएर बाचेँ आफ्ना लागि बाचेँ, आफैँलाई चिनेर बाचेँ आफ्नै इच्छानुसार बाचेँ। #केशु खण्डलुक मगर #दीपक ढकाल #नवपुस्ता #सुष्मा तिमल्सिना अतिवादबाट ग्रसित नारीवाद: अहिले नारीवाद पक्कै पनि अतिवादबाट ग्रसित छ । यो शब्द (नारीवाद) १९ औं शताब्दीबाट प्रयोगमा आएको हो, जब आधिकारिक रूपमा नेदरल्याण्ड्स, ग्रेट ब्रिटेनबाट संयुक्त राज्य अमेरिकामा स्वीकृत भयो । धेरैजसो पश्चिमी इतिहासकारहरूको तर्क छ कि महिला अधिकार प्राप्त गर्न काम गर्ने सबै आन्दोलनलाई नारीवादी आन्दोलन मान्नुपर्दछ । तर वर्ष बित्दै जाँदा यसको उद्देश्य भनेको पुरुष र महिला हुनु भनेको के हो भन्ने कुरा मेटाउने र केवल युनिसेक्स विश्व बनाउने रूपमा अघि बढेको देखिन्छ । यो परिभाषाले फेमिनिस्टहरूविरुद्ध पुरुषहरूमा धेरै क्रोध र घृणा ल्याएको छ । तर नेपालको सन्दर्भमा नारीवादको विकास बिना यसप्रतिको घृणा बढेको छ । अमेरिका, जर्मनी, ब्रिटेनजस्ता विकसित देशहरूले यस विभेद निर्मूल गर्न १०० वर्षभन्दा बढी समय लिए र अहिले पनि प्रक्रियामा छन् । सेलिना प्राची २०१७ मा विश्वभरिमा ५० हजार घरेलु हिंसामा महिलाले ज्यान गुमाएको आकँडा छ । अर्थात् दैनिक १३७ जना । विश्वमा ६५ करोड बालविवाह हुनेगरेको तथ्यांक छ । २० प्रतिशत देशमा महिलाललाई सम्पतिमा समान अधिकार छैन । त्यसैले पक्कै पनि नेपालजस्ता अविकसित देशले केही वर्षमा यस्तो ठूलो परिवर्तन ल्याउन अपेक्षा गर्न सक्दैनौँ, अवश्य केही समय लाग्नेछ । वि.स. २००७ मा महिला आन्दोलनको साथ नेपालमा फेमिनिज्मको शुरुआत भयो जहाँ महिलाहरूले आफ्नो भोटको अधिकारका लागि आन्दोलन गरे । नेपालको प्रजातान्त्रिक इतिहासमा करिब ३० वर्ष निरंकुश पञ्चायती र ४० वर्ष बहुदलीय व्यवस्थामा महिला उपेक्षितजस्तै रहेका छन् । तर अहिले महिलाहरुमा चेतनाको स्तर निकै बढेको छ । नेपालको संविधान २०७२ जारी भएपछि देशको राजनीतिको उच्च तहदेखि स्थानीय तहसम्म महिला सहभागिता उल्लेख्य छ । मुलुकको राष्ट्राध्यक्ष महिला नै रहेको अवस्था छ । पुरुषसरह समान नागरिक पहिचान, कामको अवसर र सेवा सुविधामा समानता, गर्भपतनको अधिकार, आमाको नाममा नागरिकता, पैतृक सम्पतिमा अधिकार, राज्यको प्रत्येक निकायमा समावेशिता, राष्ट्रपति, उपराष्ट्रपतिदेखि लिएर स्थानीय तहको कार्यकारी प्रमुख अध्यक्ष/उपाध्यक्षसम्म एउटा पदमा महिलाको अनिवार्यताले महिलाको राजनीतिक दृष्टिलार्ई सबल बनाएको छ । भन्न मिल्छ– नेपालको नयाँ संविधानबाट महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आएको छ । संविधान प्रदत्त व्यवस्था अनुसार अहिले देशका सरकारको तीनै तहमा महिलाहरुको उपस्थिति राम्रै छ । संघीय संसद्को प्रतिनिधि सभामा प्रतिशतको हिसाबले यो ३२.७३ प्रतिशत हुन्छ जबकि राष्ट्रिय सभाममा महिलाको प्रतिशत ३७.२९ प्रतिशत हुन आउँछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी जम्मा ११२ जना महिला सदस्यहरुको संघीय संसद्मा प्रतिनिधित्व रहेको छ । यसप्रकार संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३.५३ प्रतिशत रहेको छ । छ महानगरपालिकामध्ये एक भरतपुर महानगरपालिकामा महिला मेयर निर्वाचित भइन् । नेपालको संविधान २०७२ बाट स्थानीय तहको पुनःसंरचना गरी ७४४ को संख्या निर्धारित गर्\u200dयो । स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित गरेको छ । अहिले ७५३ स्थानीय तहमा प्रमुख पदमा १८ महिला निर्वाचित छन् । स्थानीय प्रमुख/उपप्रमुख र वडाध्यक्षसहित कार्यकारी पदमा ७७८ महिलाहरु निर्वाचित रहेका छन् । छ महानगरपालिकामध्ये एक भरतपुर महानगरपालिकामा महिला मेयर निर्वाचित भइन् । स्थानीय तहमा पुरुषसँग खुल्ला प्रतिस्पर्धामा २६२ महिलाहरु विजयी भए । ६ हजार ४२४ दलित महिला निर्वाचित भएका छन् तर यो संवैधानिक व्यवस्थाअन्तर्गत छ । यो आंकडा हेरेपछि लाग्छ नेपालमा महिलाको अवस्था राजनीति तहमा धेरै बलियो छ तर वास्तविकतामा त्यस्तो छैन । किनकि मन्त्रीपरिषद् र निर्णायक तहमा अहिले पनि महिला उपेक्षित छन् । २५ जनाको संसदीय मन्त्रीपरिषद्मा मात्र तीन महिला मन्त्री छन् । यस्तै प्रदेशको मन्त्रीपरिषद्मा पनि महिलाहरुको उपस्थिति ११ प्रतिशत छ । संविधानको प्रावधान अनुसार प्रत्येक राजनीतिक दलको ३३ प्रतिशत महिलाको अनिवार्य रुपले सहभागिता गराउनुपर्दछ । देशका सबै राजनीतिक दल आफ्नो घोषणापत्र र विधानमा महिलाको उचित समावेश र सहभागिताका सम्बन्धमा प्रतिबद्धता जनाएका छन्, तर एउटा दलले पनि महिलाप्रति उचित र उदार व्यवहार देखाएका छैन्न । १३ संवैधानिक आयोगमा एउटा पनि महिलाको नेतृत्व छैन । स्पष्ट छ, नेपालको राजनीतिक क्षेत्रमा देश ठूलो फड्को मारिसकेको छ, जसमा पुरुषसँगै महिलाहरुले पनि राम्रै योगदान दिएका छन् । तर महिलाको स्थिति अझै पनि पुरुषको पछाडि हिँड्नेमै सीमित छ । अधिकांश महिलाहरू पितृसत्तात्मक समाजमा आफ्ना पति र बुबाभन्दा तल मानिन्छन् । नेपालका अधिकांश महिलाहरू पितृसत्तात्मक समाजमा आफ्ना पति र बुबाभन्दा तल मानिन्छन् । त्यस्तो देश जसको संविधानले धारा १२ मा समानताको हक र अनुच्छेद २० मा स्वास्थ्यको हक सुनिश्चित गरेको छ, जसमा कुनै पनि रीति, परम्परा र कुनै पनि हिसाबले कुनै पनि शोषण गर्न पाइने छैन । मुलुकमा महिलाको जीवनको उत्थान गर्ने कार्यमा ठूलो परिवर्तन ल्याइएको छ, तर यसलाई पूर्ण रूपले लागु गर्न सकिएको छैन । आर्थिक क्षेत्रमा पनि महिलाहरुको स्थिति अझै पनि राम्रौ छैन । २०१७ को नेपाल श्रम सर्वेक्षण अनुसार २२ प्रतिशत महिला श्रम बजारमा सक्रिय छन् । सामाजिक दृष्टिले नेपाली महिला हिमाल, पहाड र तराईमा सदियौंदेखि अहिलेसम्म बलात्कार, घरेलु हिंसा, बेचबिखन, सार्वजनिक वा कार्यस्थलमा हिंसा, बालविवाह, बोक्सी, दाइजो, छाउपडी, मानसिक तथा शारीरिक यातना र विभेदकारी नीति र कानुनको शिकार बनिरहेका छन् । एक तथ्यांकअनुसार प्रतिदिन १० महिला हिंसाको सिकार हुने गरेका छन् । प्रत्येक महिना सरदर २५० भन्दा बढी हिंसाका घटना हुन्छन् । जसमा २६–५० उमेर समूहका २६ प्रतिशत महिला हिंसाको सिकार बनिरहेका छन् । हाम्रो देश महिलाको जनसंखया ५१ प्रतिशत छ । जसको स्थिति अहिले पनि दयननीय छ । महिलाविरुद्ध हुने हिंसाका ७७ प्रतिशत घटनाहरू परिवार भित्रबाट हुन्छन् । १५ वर्ष उमेरसम्मका महिलाहरूको २२ प्रतिशतले कम्तिमा एकपटक शारीरिक हिंसाको अनुभव गरेका छन् । ४३ प्रतिशत महिलाहरूले कार्यस्थलमा यौन उत्पीडनको अनुभव गरेका छन् । प्रत्येक वर्ष ५,००० देखि १२,००० केटीहरू र महिलाहरू बेचबिखन पर्दछन् । ५७ प्रतिशत महिला मात्र साक्षर छन् । प्रदेश २ को छोरी बीमा कार्यक्रम, जसमा प्रत्येक छोरीको जन्मनेबित्तिकै ३ लाखको बीमा गर्ने र २० वर्षपुगेपछि रकम प्राप्त हुने व्यवस्था छ । तर मलाई लाग्छ, मुख्यमन्त्रीले यो बीमा रकम छोरीको पढाइका लागि नभई विवाहमा दाइजोको लागि दिएका छन् । दाइजो प्रथा मधेसी महिलाका लागि एउटा अभिशाप जस्तै बनेको छ, उच्च र निम्न सबै परिवारमा दाइजोलाई लिएर महिलाहरुको जीवन नारकीय बनेको छ । छोरी जति उच्च शिक्षित छन्, ज्वाइँ उस्तै उच्च नोकरीवाला चाहिन्छ र दाइजो पनि त्यहीअनुसार उच्च नै दिनुपर्छ भन्ने मान्यता कायमै छ । महिला अधिकार र महिला सशक्तिकरणको कुरा मात्र भाषण र नारामा सीमित छन् । प्रदेश २ का मुख्यमन्त्रीले ‘बेटी पढाऊँ, बेटी बचाऊँ’, ‘छोरी बिमा’ जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याएर प्रदेशको महिला र छोरीको सुरक्षा र उत्थानको दावा गर्नुहुन्छ, तर प्रहरी कार्यालय जनकपुरका अनुसार २०७४/७५ मा विगतको तुलनामा महिला हिंसा दोब्बर भएको छ । जसमा ४९९ महिला हिंसाका मुद्दा दर्ता भएका छन् । तर यसका लागि पुरुषको सँगसँगै महिलाहरु पनि दोषी छन् । उनीहरु महिला अधिकार र महिला सशक्तीकरणको कुरा मात्र भाषण र नारामा सीमित छन् । महिलाहरुको लागि एकता र संगठित सहभागिताको अहिले पनि अभाव छ । तर हामीले यो पनि बुझ्नुपर्छ, पितृसत्तात्मक समाजले विदेशी समाजको संस्कृति र मानसिकताको आधारमा नारीवादको अर्थलाई न्याय गर्न सक्दैन । नेपाल अझै पनि नारीवादको प्रयोग गर्ने र पुरुषप्रधान समाजमा घन्टी बजाउने प्रक्रियामा छ । यस्तै खतरनाक अवस्थाको साथ हामी कसरी विश्वासका साथ सन्तुष्ट हुन सक्छौँ कि यो केवल हामीले पाउनुपर्ने कुरा हो ? यी अवसर प्रदान गर्नु उनीहरूको अवस्था सुधार गर्नको लागि प्रमुख कारक हो, जुन वर्षौंको प्रकृति र पुरुषको श्रेष्ठताको परिणाम हो । यी अवसरहरू कुनै पनि रूपमा हुन सक्छन्, जस्तैः सार्वजनिक बसमा महिलाहरूका लागि छुट्याइएका कोटा सीटहरू । पुरुषदेखि महिलासम्म सबैले यसलाई परिवर्तनको अवसरको रूपमा हेर्नुपर्दछ । यसलाई कुनै प्रकारको प्रतिस्पर्धा वा आफ्नो अहंको सन्तुष्टिकेन्द्र बनाउनु हुँदैन । #सेलिना प्राची बलात्कृत\xa0निद्रा: गालाबाट आँसुको नदी कतिखेर बगेको हो, अत्तोपत्तो छैन। देब्रेपट्टिको गाला भिजेको चाल पाएँ आँखा मिचेको समय यी हातले पनि नचिनेको अनुभूति गऱ्यो । निद्रा नपुगेरै होला भनेर त्यस्तो चासो राखिनँ। झ्यालबाट खटियासम्म आइपुगेको घामलाई मुस्कुराएर दिनको सुरूवात गरेँ। उसलाई पनि बादलले छेकिदियो । उसले मेरो सम्बोधन नस्वीकारेको हो या देखेन। निरासले सुरू भएको यो दिन कसरी उज्यालो होला… , र पनि मान्छे आसमा बाँच्ने जात न हो । तिलक पोखरेल शौचालय मान्छेको पहिलो आनन्द स्थल हो ।जसले मान्छेको घृणामा सहानुभूति हुँदै त्यहीँ मान्छेलाई आनन्दको उपहार दिन्छ । बिहान उठ्नेबित्तिकै र सुत्नुअघि शौचालयको दर्शन नगरी दिनको सुरूवात र स्थगित हुन सम्भव छैन । म पनि तीमध्येको एक हुँ । आलस्यले भरिएका यी भारी एकहल आँखा बोकेर जान्छु । मोबाइललाई कोट्याउँदै आफ्नो मन भुलाउँदै बस्छु । केही मिनेटपछि बाथरूमको काम सिद्धिएर मुख धुन ऐनामा जान्छु । ऐना…. मान्छेले सिर्जना गरेको विषयहरूमध्ये मलाई ऐना एकदम मन पर्छ । ऐना सत्यको उपनाम हो । पर्याय हो । जसले कहिले झुटो देखाउँदैन, अनि हेर्दैन पनि । सत्य लुकाउँदैन अनि असत्यलाई साथ दिँदैन पनि । श्रृंगारबाट मुक्त भएको अनुहारहरू हामी कम मात्राले देख्छौं । बाहिरी मेकप र पोतेकोअनुहारलाई यथार्थ सम्झेर पचाइरहेका छौँ । तर ऐना… उसले सक्कलबाट नक्कल नहुन्जेल र नक्कलबाट सक्कल नहुन्जेलसम्मको सबै जानकारी लिएको हुन्छ । मानौँ ऐना देवता नै हो । जसले देख्छ, सुन्छ र बोल्दैन । हो…. ऐना देवता नै हो ।म ऐना हेरेर रूने गर्छु, ऊ मौन, म ऐना हेरेर हाँस्ने गर्छु, ऊ मौन, म ऐना हेरेर रिस पोख्ने गर्छु, ऊ मौन, कहिलेकाहीँ आवेशमा आएर त्यो ऐना फुटालिदिन्छु ऊ चकनाचुर हुन्छ तर पनि मौन । ऐनामा आफ्नो अनुहार हेर्छु, आँसुका धाराले रेखा कोरेको छ । लक्ष्मणरेखा जस्तो ।ऊ गालाको फेदसम्म बग्न नसकी थाकेर त्यहीँ सहिद भएको होला। हैन भने सिरानीले उसको व्यथा पुछिदियो होला। कुनै कुराको किटेरै भन्न नसके पनि एउटा कुरा पक्का छ । आँसुले मेरो मुटु छोडेको पक्का हो । गाला मसारेर हेर्छु, अहँ केही प्रमाण छोडेको छैन, त्यसो भए यो आँसुले मुटुबाट प्रस्थान किन गऱ्यो त ? प्रश्नै प्रश्नले मुछिएको यो गाला हेरेर म झन् भन्दा झन् निरीह हुँदै जान्छु । भो….. म साबुन लगाएर मुख पखालि दिएँ… दाग हरायो, मान्छेको अस्तुखोलामा बग्दै हराएको जस्तो तर यसलाई कुनै सम्झौताको कोठा दिन किन मनमा । दाँत माझ्छु । कोठामा छरिएका कविताका पानाहरू दयनीय रूपले मलाई हेरिरहेका छन्, लाग्छ म उनीहरूको भ्रुण हत्या गरेको छु।अधकोल्चो जीवन दिएर उनीहरूको परिचयलाई आकार नदिई राखेको छु । शब्द र शब्द बोल्ने भए मेरोबारे के भन्थे होला, वाक्य र वाक्य बाेलो मेरो बारे के भन्थे होला ! मलाई डर लाग्यो, कतै यी आँसुहरू ती कविताको निम्ति त हैन ? ती बलात्कृत कागजका टुकुराहरूको प्रतिनिधि त हैन ?अपांग भएका ती रचनाका वीर्यहरूको निम्ति त हैन ? झोला खोज्छु हत्तपत्त, स्कुलका सबै कुरा परे कि परेनन् हेर्न पनि भ्याउँदिनँ, आफैँमा व्यस्त छु, निस्सासिएको छु यी अपरिचित आँशुको कारण, घरबाट बाहिर निस्किसक्दा मात्र वायुमण्डलको स्पर्शले मन शान्त हुन्छ, चलायमन हुन्छ नयाँ जोश र जाँगरहरू, पलाएर आउँछन् नयाँ सिर्जनाका कोपिलाहरू, फूल्दै जान्छन् शब्दका फूलहरू… यी छोटो आयु बोकेका रहरको कारागारका कैदीहरू भोलि बिहान आँसुले लत्पतिएर गालामा फेरि आफ्नो आत्महत्या गर्नेछन्, अहिलेलाई बिर्सिदिन्छु, साँझ घर पुग्नासाथ सिरानी तल छुरी एउटा राखेर सुत्नु पर्छ, सपना ताजा मिल्छ, सपना बलात्कृत हुँदैन… #तिलक पोखरेल धर्म निरपेक्षताको उपहार: मलाई अचम्म लाग्छ, भएको ‘हिन्दू राष्ट्र’लाई हटाएर संविधानमा किन धर्म निरपेक्षता ल्याइयो? नेपाल हिन्दू राष्ट्र हुँदा इस्लामदेखि क्रिश्चियनसम्म नेपालभित्रै अटाएका थिए। नेपाल हिन्दू राष्ट्र हुँदाखेरि नै हो काठमाडौंको घण्टाघर नजिकै इस्लामहरूले मस्जिद बनाएको पनि। अनि क्रिश्चियनहरूले चर्च पनि नेपाल हिन्दू राष्ट्र हुँदाखेरि नै बनाएका हुन् । नेपालमा २०६२/६३ सालमा चलेको दोस्रो जनआन्दोलको गलत व्याख्या गरेर केही विदेशी संस्थाहरूको स्वार्थमा परेर नेपालका राजनैतिक दलका अधिकांश नेताहरूले नेपालको संविधानबाट ‘सनातन हिन्दू राज्य’लाई हटाएर धर्म निरपेक्षता व्यवस्था गरेर विधिवत रूपमा नेपालमा धर्म निरपेक्षता ल्याइयो। अनुराग शाह धर्म निरपेक्षताको माग नेपाल ‘हिन्दूराष्ट्र’ हुँदा बनेका इस्लाम र क्रिश्चियनहरूको पक्कै पनि थिएन । युरोपियन युनियन र केही पश्चिमा मुलुकका पैसा खाएर जो क्रिश्चियन बने, केही पैसाको लालचमा धर्म परिवर्तन गरेर जो कट्टर हिन्दूविरोधी बने, तिनीहरूलाई चाहिएको हो नेपालमा धर्म निरपेक्षता। धर्म निरपेक्षताका पक्षपातीहरू नेपालमा यति शक्तिशाली बनेका छन् कि उनीहरूले देशका सांसददेखि प्रधानमन्त्रीसम्मलाई प्रत्यक्ष रूपमा आफ्नो प्रभावमा पारेका छन् । जसको पछिल्लो उदाहरण हो होली वाइन प्रकरण हो । बहुसंख्याक हिन्दू भएको समाजमा आएर एउटा विवादित एवम् अराजक क्रिश्चियनहरूको झुन्डले नेपालका जनप्रतिनिधिहरूलाई होली वाइनको रसपान गरायो। नेपालले हिन्दू राज्यलाई हटाएर धर्म निरपेक्षता बनाएपछिको यो सबैभन्दा ठूलो उपहार हो- नेपालका लागि । संविधानमा हिन्दू राज्य हुँदा, चिया पसलमा धर्मको बारे विवाद गरेको देखेको थिइन। कुनैपनि इस्लामिक मित्रले त हिन्दू, कुनैपनि क्रिश्चियन मित्रले त हिन्दू भनेर फरक व्यवहार गरेको अनुभव मैले गरेको थिइनँ । धर्म निरपेक्षाता हुनुभन्दा अगाडि मसँगै मन्दिर जाने मेरा क्रिश्चियन मित्रले अहिले मन्दिराको म उच्चारण गरेको सुने भने रिसार हिंड्छन् । म पनि चर्चमा निर्वाद रूपमा जान्थ्ये मुलुक धर्म निरपेक्षता हुनुभन्दा अगाडि। वर्षौँ अगाडि गएको चर्चमा आज जान म किन हिच्किचाउँछु,अनिवर्षौँअघि मेरा मित्रसँग बकर ईद मनाउन मस्जिद छिरेको म आज किन मस्जिदभित्र छिर्न डराउछु? के यही हो धर्म निरपेक्षताको उपहार? यदि यिनै उपहार हुन भने हामीले यो धर्म निरपेक्षतालाई हटाउन ढिला गर्नु हुँदैन। नेपालका अधिकांश रितिरिवाज र संस्कृतिहरू धर्मसँग जोडिएका छन् । हामीले नेपाल भ्रमणवर्ष भनेर घोषणा गर्दै मनाउँदै आएकाछौँ । नेपाल हिन्दू राज्य हुँदा जति पर्यटक नेपालमा घुम्न आउँथे र नेपालमादशैँ-तिहार जसरी हर्षोउल्लासका साथ रमाउँथे, त्यसरी के अहिले पर्यटकहरू आएर रमाइरहेका छन् ? यो प्रश्नको उत्तरमा सरकार र सरकारका प्रतिनिधिहरू मौन छन् । हामी बच्चा हुँदा दशैँ आउँदा जतिखुसीहुन्थ्यौं,त्यतिखुसी अहिलेका बच्चा दशैँमा हुँदैन नत त्यतिखुसी अहिलेका बच्चाहरू क्रिसमस मनाउदा हुन्छन् । अर्को कुरा, नेपालमा घुम्न आउने पर्यटक के हेर्न आउने भन्ने मुख्य कुरा हो। पर्यटकहरू नेपालमा चर्च हेर्न आउँदैनन् । चर्च हेर्नलाई त पश्चिमा मुलकका देशहरू नै प्रयाप्त छन् । त्यही छन्ठूला चर्च त्यही छन्,ठूला पादरीहरूतिनीहरूलाई बेवास्ता गर्दै नेपालमा पैसाको लालचमा फैलेको धर्मलाई हेर्न नेपालमा पर्यटक आउँलान् त? नेपाललाई संस्कृतिकै धनी र धार्मिक महत्वको एउटा गन्तव्य बनाउने हो भने नेपालको संविधानमा व्यवस्था भएको धर्म निरपेक्षतालाई तत्काल खारेज गर्नुपर्छ। हामीले आफ्नो परिचय बनाउने हो। विश्वमा नेपाललाई कसरी चिनाउने हो भन्ने अहिलेको मुख्य विषय हो। हामीलाई सगरमाथा र हिन्दू राज्यको देश भनेर विश्वमा चिन्दैआएका थियो, विश्व समुदायले। त्योमध्ये एउटा पहिचान हिन्दू राज्य हामीले समाप्त पारिसकेकाछौ, बाँकी सगरमाथा मात्रै छ | त्यो पनि कुन दिन चाइनाले हाम्रो हो भनिदिन्छ, त्यसपछि हाम्रो चिनाउने सबै कुरा सकिन्छ र हामी विश्व समुदायले चाइना र भारतमध्ये एउटा देशको प्रान्तको भनेर व्याख्या गर्ने छ। हामीलाई त्यो दिनमात्र थाहा हुने छ हिन्दू राज्यको महत्त्व जुन दिन हाम्रो राष्ट्रियता संकटमा पर्ने छ। #अनुराग शाह विवाहेत्तर सम्बन्ध अपराध होइन, कला हो: गाँस, बास, कपासजस्तै यौन पनि नैसर्गिक मानवीय आवश्यकता हो भनी रटान लाएर कैयौं वर्षहरू बितिसकेका छन् । नाटक, कथा, उपन्यास र लेखहरूमा अनि चलचित्रका पर्दाहरूमा धैरैपटक यौनका यस्ता विषयवस्तुहरू मुखरित भएका छन्- जसमा नायक विदेशिएको हुन्छ नवविवाहित नायिकालाई घरमा छोडी, जो कुनै खलनायकसँग रसरङमा रमाउन विवश हुन्छे(शब्द ख्याल गर्नूस्- विवश)। यो प्रेमको परिणामले परिवारको संरचना ध्वस्त हुन्छ । सामाजिक थितिमा भाँडभैलो । अझ वर्तमान युट्युबकारिताको जमानामा यस्ता चटपटे खबरहरूलाई सनसनी बनाएर हेर्नसमेत नसकिने गरी प्रस्तुत गरिएको छ्यासछ्यास्ती पाइन्छ । विशालबाबू बस्नेत पछिल्लो समयमा प्रकाशित केही उपन्यास तथा कथाहरूमा मूलतः वैदेशिक रोजगारीसँग यौन भोगाइको अनुभूति, खल्लो सम्बन्धलाई उजागर गरिएको देखिन्छ । जस्तो कि विदेशिने पुरुष वा स्त्रीको विदेशमै सम्बन्ध रहने अनि घरमा रहने स्त्री वा पुरुषको पनि यस्तै खालको गैर-वैवाहिक सम्बन्धमा गिजोलिने । गैर-वैवाहिक सम्बन्धलाई रोजगारीको खोजीमा विदेशिने बाध्यताको कारण सिर्जिएको सामाजिक समस्याको उपज मात्रै ठानियो भने गम्भीर गल्ती हुन्छ । यस्ता अधिकांश घटनाहरू वैदेशिक रोजगारीमा रहेका महिला वा पुरुषहरूका जीवनमा घटित भएकोले यस्तो सोचिएको हो । दुई कुरा भनिहालूँ, यो वैदेशिक रोजगारीमा जाने सबैको जीवनमा हुने अनिवार्य घटना होइन र नजानेहरूका लागि हाइसञ्चोको विषय झन् होइन । इतिहासको अध्ययनले के देखाउँछ भने युगौंदेखि बहुपत्नीप्रथा विभिन्न राजा-महाराजाहरूमा मात्र नभई साहु-महाजन र अन्य रैतीहरूमा पनि रहिआएको थियो । यस्तै कुनै समुदायमा बहुपतिप्रथा पनि कायम रहेको पाइन्छ । वैदेशिक रोजगारीको परिकल्पना नै नभएको समयमा पनि यस्ता सम्बन्धहरू हुन्थे, जसलाई सोझै अनैतिक भन्ने गरिन्छ । बरू अहिलेको जस्तो सार्वजनिक सञ्चारमा सर्वसाधारणको पहुँच नभएका कारण यस्ता कुराहरू यत्तिकै सेलाएका वा एकदमै सानो स्थानको परिधिभित्रै सीमित भएर हराएका हुन्थे । अर्कोतिर कानुनी तथा सामाजिक समस्या नमानिएका कारण यस्ता सम्बन्धहरूलाई सहजै स्वीकारेर आएइएको पनि हो । गैर-वैवाहिक सम्बन्ध यसैले पनि युगौंदेखि भइआएको मानव व्यवहार हो भन्दा अत्युक्ति नहोला । रुसी लेखक एन्टोन चेखभका कथाहरू र टोल्स्टोयका उपन्यासमा अभिव्यक्त रोमाञ्चक र हृदयस्पर्शी परस्त्री वा परपुरुषसँग निकट भएका वर्णनहरू काल्पनिक भए तापनि मानवीय स्वभावेत्तर रचना होइनन् । गैर-वैवाहिक सम्बन्ध यसैले पनि युगौंदेखि भइआएको मानव व्यवहार हो भन्दा अत्युक्ति नहोला । विवाहको परिकल्पना सृष्टिको निरन्तर सञ्चालनका लागि गरिएको हो । यसैले एक पुरुष र एक स्त्री सामाजिक र सांस्कृतिक चलनहरूको आवरणमा मूलतः समागमको लागि राजी हुने र सन्तानोत्पादनमा सरिक हुने परिपाटीलाई समाजले ‘विवाह’ नाम दिएको हो । पुरुष र स्त्रीबीचमा असमानता रहेको कारणले खासगरी स्त्रीजातिलाई पनि भोग्य साधनका रूपमा अथवा श्रीसम्पत्तिको रूपमा केवल आफ्नो कायम गर्न विवाहलाई नैतिक बन्धनका रूपमा व्याख्या गरियो । सबभन्दा पवित्र नाता भनियो । विवाहलाई सिन्दूरको परिमाण, अग्निको सात फन्को, खुट्टाको पानी,चुरापोतेमा निहित साधवी स्वरूप, सतित्वको निशानीजस्ता अनेकौं विशेषण र पदावलीहरूसँग गाँसेर यस्तो बनाइयो ताकि कुनै नारीले विवाहेत्तर सम्बन्धबारे सोच्दा पाप-भयले उसको हृदय नै छियाछिया होस् ।(हिन्दूधर्म र संस्कारबाहेक अन्य मानवसमुदायमा पनि समानार्थी प्रचलन र पदावलीहरू अवश्य छन् ।) तर यस्तै प्रपञ्चहरू पुरुषको लागि सोच्नु बान्छनीय ठानिएन, किनभने यी सारा धार्मिक-सांस्कृतिक-सामाजिक नियमहरूको निर्माता नै स्वयम् पुरुष थिए । यदि विवाहको प्राकृतिक सिद्धान्तकेवल सृष्टिसञ्चालन हो भने एउटै छानामुनि पुरुष र स्त्री जीवनभरि रहनु किन आवश्यक छ त? यही प्रश्नको जवाफ खोज्नेक्रममा विवाहेत्तर सम्बन्धहरूले जन्म लिएका हुन्छन् । जतिसुकै पत्नीव्रत पुरुष भए पनि यदि कुनै नारीको निकट हुने र लाभ उठाउनेअवसर पाउने हो भने वेदका मन्त्रहरू उच्चारण गर्दै सुइँकुच्चा ठोक्दैनन् । घरमा अत्यन्तै नारीवादी र पत्नीप्रेमी पुरुषहरूले भाग्यवश आर्जन गरेका यौनवासनाका सफल कथाहरू पुरुष-जमघटमा गौरवको विषयका रूपमा चर्चा गर्न रुचाउँछन् । अनि पतिव्रता नारी? गुलियो कुरा गरेर हृदयलाई काउकुती लाउने कार्यालय, बजार वा कुनै यात्रादौरान भेटिएको परपुरुषसँग मधुर समय गुजारेको दिवास्वप्न देख्दैनन्? पतिव्रता नारीहरू पनि मौका पाउँदा सफल कथा निर्माण गर्छन् कि मन मारेर पछि हट्छन्? के ती व्यभिचारीहरू मात्रै हुन्, जो विवाहेत्तर सम्बन्ध राख्दछन्? के पतिको सेवामा अन्मन्यस्क समर्पित हुने नारीहरू बलिष्ठ हातपाउ र गठिलो ज्यान भएको टिभीमा देखिने नायकको नग्न देह हेरेर रोमाञ्चित हुँदैनन्? गुलियो कुरा गरेर हृदयलाई काउकुती लाउने कार्यालय, बजार वा कुनै यात्रादौरान भेटिएको परपुरुषसँग मधुर समय गुजारेको दिवास्वप्न देख्दैनन्? यी प्रश्नको उत्तर कुनै महिला लेखिकाले मात्रै प्रस्तुत गर्न सक्नुहुन्छ(यस विषयमा पंक्तिकार बोल्न चाहँदैन) । जतिसुकै महिलाहरूसँग साक्षात्कार गरे पनि अथवा पुस्तक-रचना पढे पनि अथवा मनोवैज्ञानिक चिरफार गरे पनि एउटा पुरुषले महिला विषयमा आभ्यान्तरिक लेख लेख्न सक्दैन । अपितु विभिन्न अनुभवहरू र अध्ययनहरूले यति ठोकुवा गर्न भने हिचकिचाउन मन लाग्दैन कि विवाहेत्तर सम्बन्ध अपराध कदापि होइन, बरू कला हो । विवाहेत्तर सम्बन्ध फगत यौनको परिपूर्ति नभएको झोंकमा घटित घटना होइन । जस्तो कि आफ्नो पति वा पत्नीसँग लामो समय टाढिंदाको दुष्परिणाम । त्यसरी सिर्जित घटना एउटा क्षणिक आवेगसम्म मात्र सीमित हुन्छ । सदैव साथमा रहँदा नै पनि, अझ भनूँ हरबखत कुम जोडेर हिंडेकै दम्पतीहरूमा पनि विवाहेत्तर सम्बन्धको गुञ्जाइस पाइनुले यसलाई मानवीय सामान्य स्वभाव मान्नुपर्दछ । जसरी हरेक दिन दाल, भात, रोटी र रायोको साग खाइरहन सकिन्न, अनि निरन्तरतालाई तोड्न आकस्मिकताका रूपमा झट्ट गुन्द्रुक र ढिंडो वा मासु-पुलाउको अपेक्षा गरिन्छ, जसरी सँधै हिंडिरहेको एकोहोरो बाटो छोडेर ‘आज यताबाट हिडौं’ भनेर नयाँ बस्ती हुँदै हिंडिन्छ, जसरी जति नै मन परे पनि सँधै एउटै गाना सुन्न नसकेर नयाँ सीडी किन्न खोजिन्छ वा युट्युबतिर सर्च हानिन्छ, त्यसैगरी एउटै छानामुनि एउटै अनुहारसँग लगातार साक्षात्कार भइरहँदा पति-पत्नीमा पनि अलिकति टर्रोपन र एकाकीपनको उदय हुन्छ । यो समस्या टार्नको लागि मूल हतियारको रूपमा धार्मिक, सामाजिक र सांस्कृतिक हतियारको उपयोग गरिएको त हो, तर त्यस्तो खिया लागेको हतियार सँधै काम लाग्छ भन्ने छैन । तिनै पौराणिक कथाहरूमा पनि विवाहेत्तर सम्बन्ध अपनाउनका लागि रूप फेर्ने वा यस्तो सम्बन्ध ढाकछोप गर्न कानबाट सन्तान जन्माएका प्रसङ्गहरूमार्फत् बिम्बात्मक ढङ्गले विवाहेत्तर सम्बन्धलाई कलाको रूपमा व्याख्या गरिएको पाइन्छ । मनोवेत्ताहरू पति-पत्नीबीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि एकअर्कालाई बुझ्ने,कुराहरू ध्यान दिएर सुन्ने, घरायसी काममा सघाउने,मन बहलाउने कुराहरू गर्ने,संगीत सुन्ने आदि विधिहरू सुझाउँछन् । यी कर्महरूले स्थायी आदतहरूमा हठात् परिवर्तन गरेर,रुचिहरूमा फेरबदल ल्याएर र व्यक्ति उही भए पनि व्यक्तित्वमा नवीनता ल्याएर परस्पर छाएको एकाकीपनलाई हटाउन सकिन्छ । तर यस दृष्टान्तले पनि क्षणिक रूपमा फरक व्यक्तिको रूपमा आफ्नो पति वा पत्नीलाई ग्रहण गरेको देखिन्छ, जुन भौतिक तवरले वैवाहिक देखिए पनि संवेगात्मक दृष्टिले गैरवैवाहिक सम्बन्ध हो । यस्ता विधिहरूको अभावमा हृदयको कैयौं खातहरूमुनि च्यापिएर रहेको अत्यासलाग्दो दिक्दारीले प्रस्फुटन हुने सम्भावना राख्दछ । यो लेखको ध्येय कदापि विवाहेत्तर सम्बन्धलाई बढावा दिनु होइन, न त विवाहेत्तर सम्बन्धको विरोध गर्नु हो । विवाहेत्तर सम्बन्धका कारण समाजमा विभिन्न खालका दुर्घटनाहरू भएका कारण यसलाई एउटा गलत अभ्यास मान्ने गरिएको छ । यो लेखको ध्येय कदापि विवाहेत्तर सम्बन्धलाई बढावा दिनु होइन, न त विवाहेत्तर सम्बन्धको विरोध गर्नु हो । यो एउटा परिस्थितिको चरा-दृष्टि-चराको जस्तो अवलोकन) मात्रै हो । वैवाहिक सम्बन्धमा आबद्ध पुरुष तथा स्त्रीहरूले विवाहेत्तर सम्बन्धलाई दीर्घकालीन सम्बन्धका रूपमा सोच्दा अधिकांश घटनाहरू घट्न पुगेका हुन्छन् । यो फगत निरन्तरताहरूमा आएको आकस्मिकताको रूपमा ग्रहण गरियो भने त्यस्ता संकटहरू टार्न सकिन्छ । यसरी सिर्जित सम्बन्धलाई कला ठान्नेहरू यसमा सदा सफल हुन्छन् र पारिवारिक संरचनालाई नबिगारी प्रेममा निर्लिप्त हुन्छन्। सफल विवाहेत्तर सम्बन्ध त्यो हो जसमा प्रेमी वा प्रेमिकासँगको सम्बन्धको बारे आफ्नो पति वा पत्नीलाई कति पनि जानकारी हुन दिँदैन र त्यस सम्बन्धको कुनै छाया परिवारको घेरामा पर्न पाउँदैन । तब पो रोमाञ्चक र सुखद हुन्छ प्रेम ! अनि यस मामिलामा सबैभन्दा महत्वपूर्ण तर जटिल संकल्प के हो भने यदि तपाईं एकजना पुरुषको रूपमा विवाहेत्तर सम्बन्धमा रुचि राख्नुहुन्छ र खुसुक्क दुई-चारजना प्रेमिका बनाउन सफल हुनुहुन्छ भने तपाईंकी पत्नीलाई पनि त्यो अधिकार प्रदान गर्न हिच्किचाउनुहुँदैन । त्यसो त कलामा पोख्त छिन् भने तपाईंकी पत्नीले पनि त तपाईंले उनलाई गुमराहमा राखेजसरी नै तपाईंलाई अलमल्याएर सफल विवाहेत्तर सम्बन्ध राखिरहेकी हुन सक्छिन् । #विशालबाबू बस्नेत सम्झनाहरू ', "तिम्रो नै माया लाउदछ साइली सम्झन्छु छिन् छिन ……. तिमीले माया नगरे पनि गर्छु म दिन् दिन ….. नेपथ्यमा झलकमान गन्दर्वको कालजयी गीत मन्द आवाजमा गुनगुनाइरहेको छ | संगीतले मानिसको भावना बोकिदिन्छ, भन्न नसकेका कुरा सुनाइदिन्छ, र त मलाई संगीत तिमी जत्तिकै प्रिय लाग्छन् । यतिखेर म तिमीलाई सम्झिरहेछु । हुन त मैले तिमीलाई नसम्झिएको पल नै हुँदैन | तिमी जस्तो देखिने हरेक आकृतिमा म तिमीलाई सम्झिरहेको हुन्छु | प्रशान्त उप्रेती ‘सुरुवात’ तर आज विशेष याद आइरहेको छ | किनकि म यतिखेर तिमीलाई मन पर्ने स्थानमा आइपुगेको छु | तिमी भन्थ्यौ, “म यहाँ आएसी सबै कुराहरू भुल्छु |” तर म भने तिमीलाई सम्झिरहेको छु | सबैभन्दा कठिन कार्य भनेकै आफूले प्रेम गर्ने मान्छेलाई भुल्नु हो । धमिलो पानीमा बगेको समय सम्झिरहेको छु | खोला आफ्नै गतिमा बगिरहेको छ, आफूमा समेटिन आएकोहरूलाई समेट्दै, तिमीले मलाई एकदिन भनेको थियौ, “हामी जिन्दगीमा आएका सबै कुरा सहर्ष स्वीकार गर्दैनौँ र दुखी हुन्छौं | नदी त्यस्तो गर्दैन, आफूतर्फ आएका सबथोक सहर्ष स्वीकार्दै अघि बढ्छ, कहीँ रोकिदैन, र त गन्तब्य मा पुग्छ ।” ठुलो ढुङ्गोमा पल्टेर आकाशतर्फ हेरिरहेको छु । बादलहरू मडारिदै अघि बढिरहेका छन् | रोक्किएको त म मात्र छु, तिम्रो यादमा । अँ, फेरि यो गुनासोचाहिँ हैन है ! गुनासो गर्न सजिलो छ, तर धन्यवाद भन्नलाई गार्हो | तिमीलाई पाएदेखि गार्\u200dहो गार्\u200dहो काम मन पर्न थालेको छ । आज एक्लै बसेर गार्\u200dहो काम गरूँ गरूँ लागेको छ | म तिमीलाई सुरुमा भेट्दाका दिनहरू सम्झिरहेको छु | पहिलोपल्ट भेट्दा तिमी मलाई “ओहो अपुरो जिन्दगी पूरा भयो”, भन्ने जस्ता फिल्मी ख्याल आएको चाहिँ हैन, तिम्रो सुन्दरताले आकर्षण गरेको हो | तर बोल्दै गएपछि तिम्रो चिन्तनहरूले झनै लोभ्यायो | म कहिलेकाही तिमीसँग बोल्दा जानाजान गल्ती गरिदिन्छु | उल्टा कुरा भनिरहन्छु | ताकि तिमी मलाई सच्याऊ, आफ्नो विचार म समक्ष राख | यसो गर्दा मलाई असिम आनन्द आउँछ | हेर त, म कति स्वार्थी छु । मानिसहरू स्वार्थसहितको प्रेम नि के प्रेम भन्छन्, तर होइन रहेछ | निस्वार्थ प्रेमले मानिसलाई कही पुर्याउदैन । तिमीलाई भेट्नु पहिले लाग्थ्यो, मलाई धेरै कुरा थाहा छ | तर आजकल तिम्रो प्रश्नहरूले मलाई निशब्द बनाएसी लाग्छ, मलाई केही थाहा छैन । मलाई आफू चिनाउन नि तिमीले सहयोग गरेको छौ | मोबाइल गीत फेरिएर देव आनन्द साहेबको, “याद किया दिल ने कहाँ हो तुम”, बजिरहेको छ | दिलले तिमीलाई याद गरेको सत्य हो | तर तिमी कहाँ छौ भन्ने चाहिँ मलाई थाहा छ | मडारिएर अघि बढिरहेका बादलहरू रोकिएर वर्षिन थाले, वरपर ओत लाग्ने ठाउँ छैन | एक्लै भौतारिएर हिँड्दा त तिमीले दिलमा ओत लाग्न दिएको थियौ | तर यो किनार निष्ठुरी छ | यी छिट्टाहरू तिम्रो प्रेम झैँ ममाथि वर्षिरहेका छन् | मानिसहरू प्रेमले चोट दिन्छ भनिरहन्छन्, तर प्रेमले चोट दिन्छ भन्नेहरूले प्रेमलाई अन्तरमनबाट नियालेका छैनन् | प्रेम गर्न जानेका छैनन्| महसुस गरेका छैनन् | “प्रेम वास्तवमै सुन्दर चिज हो | जसले जीवनका मार्ग सरल बनाइदिन्छन् | भन्नलाई हामी माया गर्छु नभनेरै माया गरिरहनेहरू, जीवनभरि साथ दिन्छु भनेर कसम नखाएरै साथ दिइरहनेहरू गज्जब हुन् भनेर भन्छौं, तर त्यस्तो हैन | प्रेम गरेपछि प्रेम गर्छु भनेर भावनाहरू सुनाउनु पर्छ | प्रेम पाउनेले नि अनुभव गर्न सकोस् र थाहा पावोस् कि ऊसम्म त्यत्रो प्रेम कहाँबाट आइराखेको छ |”, तिमीले एकदिन आफ्नो टाउको मेरो कुममा राख्दै गर्दा यसो भनेदेखि मलाई नि आँट आएको हो, भन्नलाई कि म तिमीलाई भव्य प्रेम गर्छु | त्योभन्दा अगाडि प्रेम नगरेको हैन, भन्न मात्र नसकेको | आफूलाई प्रेम गर्छ भन्ने थाहा पाएसी मानिसमा विश्वास पैदा हुदो रहेछ | त्यसपछिका दिनहरू सम्झिरहेको छु, माघको मुटु ठियाउने जाडोमा तिम्रो आवाज सुन्न पाउने लोभले मैले तय गरेका यात्राहरू, त्यसपछि मेरो मोबाइलमा आएका तिम्रा प्रेमिल पत्रहरू | प्रिय मिमी ! मलाई प्रेम गर्न नआउँदा मलाई सहेर प्रेम गर्न सिकाएकोमा धेरै धन्यवाद ! नजिक हुन्थ्यौ भने तिमीलाई गज्जब मन पर्ने न्युरोडको छोयला खुवाएर धन्यवाद भन्थें ! बाहिर जाने एकदिन अगाडि तिम्ले मलाई फोन गरेर भेट्न आउभन्दा मन खिन्न भएको थियो | लाग्यो, यस्तो प्रिय मान्छेलाई कसरी बिदा गरुला| तिमीसँग बस्दा एक शब्द बोल्न सकिनं | लाग्यो, बोल्न त म तिमीबाहिर गए नि पाउछु | तर यति नजिकबाट फेरि तिमीलाई हेर्न पाउँदिन | तिमीसँग अर्कोपटक भेट नभैइन्जेलको लागि तिम्रो तस्विर राख्नुथियो | तेसैले हेरिमात्र रहे | तिमीलाई केही भन्नू थियो होला ! मैले त्यो नि सुन्न चाहिनँ | त्यसको लागि माफ गर है ! तिमीलाई जाने बेला कस्सिएर अँगालो हाल्न मन थियो | मेरो हृदयको आवाज सुनाउन मन थियो, तर आटै आएन | सायद मलाई त्यसको पछुतो हाम्रो अर्को भेट नभएसम्म भैइरहनेछ | सम्झिदा सम्झिदै सम्झिरहेछु, तिम्रो पाइतलाले तय गरेका दुरीहरू | भौतिक दूरी मात्र नाप्न मिल्दो रहेछ , भावनात्मक दूरी नाप्न मिल्दैन रहेछ | मानिसहरू ठूलाठूला कुरामा खुसी खोजेर हिंड्छन्, तर खुसीहरू सासाना कुराले दिन्छन् | जस्तो कि हरेक बिहान आउने तिम्रो म्यासेज, साँझ परेसि आउने तिम्रो कल र कलसँगै थुप्रै कहानीहरू | मिमी ! मलाई सधै यत्तिकै खुसी बनाइराख है ! मेरो के छ र म त सम्झिरहने मान्छे तिमीलाई सम्झिरहन्छु । तिम्रो ओठको हाँसो सम्झन्छु । सम्झन्छु – प्रेम पत्रहरू सम्झन्छु – वाचा कसम र असंख्य भेट्घाटहरू | तिम्रो उपस्थितिको रोमाञ्च सम्झन्छु | तिम्रो अनुपस्थितिको उदासी सम्झन्छु । तिम्रो प्रेममा लेखेका कविताहरू सम्झन्छु । तिमीले सुधारेका मेरा बानी सम्झन्छु । तिम्रो मप्रतिको प्रेम सम्झन्छु । प्रिय मान्छे – तिमीलाई म यसरी नि सम्झन्छु | #प्रशान्त उप्रेती #प्रशान्त उप्रेती 'सुरुवात' मान्छेका दुःख ', "बुद्ध भन्नु हुन्थ्यो, “संसारमा दुःख छ, दुःखको कारण छ र दुःखको निवारण पनि छ । अनि निवारणका लागि अष्टांगिक मार्ग छन् ।” मानिसको जीवनमा उसले कति दुःख भोग्यो, त्यसले माने राख्दैन रहेछ । भोगेका दुःखका कुरा थाहा पाउन ऊ कहलिनु पर्छ , होइन भने यहाँ भुइँमान्छेहरूको जीवन धेरै कष्टकर छ । झन बढी उल्झनमा बाँधिएको छ । मानिस दुःखबाट मुक्ति पाउने आशमा झनै दुःखतर्फ अग्रसर हुन्छ । मान्छेलाई कर्म गर्नलाई आशाको सानो किरण भए नि हुन्छ । मैले सानो छँदैदेखि चिनेको, उसले कसैको अगाडि हात फैलाएको थाहा छैन । जहिल्यै दुःखको आहालबाट निस्कन झिनो आशाका साथ सङ्घर्षको मैदानमा आफुलाई होमिरहिन । छैठीमा भावीले निदारमा नलेखिदिएको भाग्य-कर्मको जोडतोडले मात्र कहाँ प्राप्तो हुने हो र ? न सन्तान छन् उसका, जन्मिएको पनि थियो- सानामै बितिगयो । तथपश्चात् किन अरू सन्तानको रहर गरिरनन् ? त्यो ऊनैलाई थाहा होला । जीवनको उत्तरार्धमा आएर उसले मलाई यो ओत लाग्ने झुपडीमा आफ्नो प्यारो मान्छे सम्झी सुनाउदै छे, वेदनाहरू । अब जीवनमा पाउन बाँकी दुःख के छ ? मृत्यु ! मृत्युलाई के दुःख भन्ने ! मर्नुमा त एकचोटि फ्याट्ट सास गएसी ढुक्क, तर संघर्ष गरिरहन गाह्रो, बारबार हथौडाले ढुङ्गामा हानेको जस्तो पीडा ! प्रशान्त उप्रेती ‘सुरुवात’ अहिल्या कुनै कथाकार होइन, आफ्नो कथा भन्न । ऊ त स्यंवम कथा हो, जिन्दगी हो । जिन्दगी भनेको के हो ? जिन्दगी भनेको अनुभव हो । सुख र दुःखको समिश्रण हो । तर अहिल्याको लागि जिन्दगी भनेको एक गाँस खानको लागि गर्नुपर्ने संघर्ष हो। दुःखको भेल हो । ऊ यो भेलमा बग्दैबग्दै यहाँसम्म आइपुगी, सायद यो भेलले एकदिन सुखको किनारमा छोड्देला कि भन्ने आशाले । ऊ जन्मेको सात वर्ष नहुँदै ऊसकी आमा एक महिना थला परेर आँखै अगाडि अन्तिम सास फेरिन । आमा बितेको एक वर्ष नहुँदै बहिनी र दाइ पनि बिते । घरमा बुवा र ऊ मात्र बाँकी रहे । सानैमा चुलोचौको, घाँस दाउरा सबै उसको थाप्लोमा आइपुग्यो । सामान्य मान्छेले भोग्ने, देख्ने कयौँ कुरा नदेखी उसका जीवनका पन्ध्र बसन्त बिते । एकदिन घट्टबाट फर्किदै गर्दा उसले घरमा दुई चार मान्छे देखी । घरमा पस्न नपाई बुवाले छोरीको जात सधैं घरमा बसेर वृद्धि हुँदैन भन्दै उसलाई भर्खरै आएका नौलो मानिसलाई जिम्मा लगाइदिए । उसले मनमनै सोची, “हरे, यो कस्तो परम बिसङ्गती ! जस्ले जन्मायो ऊसँग छोटो समय बिताउने अनि आजसम्म कहिल्यै नदेखेको मान्छेसँग यति लामो जिन्दगी कटाउनु पर्ने ? नयाँ सम्बन्ध बनाउनु, विश्वासको संचार गर्नु, प्रेम गर्नु र फेरि एउटा नयाँ जीवनलाई मूर्त रूप दिनु, तर सङ्गती त यस्मै छ कि उसले यो सब स्वीकार्नु पर्नेछ र जति चाँडो स्वीकार गर्यो जीवन त्यति सहज हुन्छ ।” उसले भनिरहँदा मेरो मनमा लाग्यो, हामी कहिलेकाहीँ स्थितिहरू स्वीकार्दैनौँ । विद्रोह गरिरहन्छौँ । सत्यलाई भ्रम ठानी बस्छौँ । र कहीँ पुग्दैनौँ । अहिल्याले न कुनै दर्शन पढी न कुनै गुरूलाई सुनी, तर पनि उसको चेतस्थर गज्जब को छ । विवाहको पहिलो रातमा उसले देखी उसको दुलहाको घरमा सुत्नलाई ओछ्यान छैन । खानको लागि अन्न छैन र मनको वह पोख्नलाई वरपर आफ्नो मान्छे नि कोही छैन । तर उसले आफ्नो भाग्यलाई स्वीकार गरी र जसोतसो रात कटाई । भोलिपल्ट उसको लोग्नेले अन्जान मान्छेको बीचमा उसलाई घरमा छोडेर निस्कियो । घर छोडेको सत्र वर्षपछि उसको लोग्ने फर्केर आयो उही हात भरी गरिबी र निराशा बोकेर । उसले जीवनको सत्रौँ बसन्त कसका लागि भनेर बाँची ? केको आशामा बाँची ? त्यो प्रेम थियो, विश्वास थियो या मजबुरी ? ऊ आफैँ पनि यकिनका साथ भन्न सक्दिन । ऊ यसो भनिरहँदा म आजकलको जोडी सम्झिरहेको छु, जो एकआपसमा दुई चारदिन कुरा नहुँदा दुःखी हुन्छन् । शंका गर्छन् । प्रेमको कसम खुवाइरहन्छन् । ती सत्र वर्षसम्म न कुनै चिट्ठी आयो न कुनै खबर । सत्र वर्षको अन्तरालमा उसले सब भोगी । घरभित्रका र समाजका वचन, उत्पिडनलाई प्रतिवाद गरेर बाँचीरही । घाँस काट्न जादा भीरबाट हाम्फालौहाम्फालौ सोच नआएको हैन, अति भएसी गएर भोटेकोशीमा दुःखसँगै आफूलाई पनि बगाउने सोच नआएको पनि हैन, तर मन मानेन । उसलाई लाग्यो- एकदिन यो सब ठीक हुनेछ, र यो समय पनि बितेर जानेछ । हो, समय बितेर गयो तर नियति गएन । उसले दुःख छ थाहा पाई, तर दुःखको कारण पत्ता लगाउन सकिन । के दुई गाँस खान आश गर्नु, एकसरो लुगा लगाउन पाउने चाहा राख्नु दुःखको कारण हो ? यदि यो दुःखको कारण हो भने संसारमा कोही सुखी छैन । सब दुःखमै रुमलिरहेका छन् फरक फरक ढङ्गले । उसले यी सब दुःखको निवारणदेखि मधेस । ऊसलाई लाग्यो यो बंजर पहाडमा बसेर पानी को निम्ति दुई घन्टा हिँड्नुभन्दा मधेशमा सजिलो होला । हात चलाए दुई गाँसको लागि सोच्न नपर्ला ! यसो सोचेर ऊ मधेस झरी । ठाउँले अलिअलि भूमिका खेल्छ बाँकी सब त कर्मको भरोसा ! दुःखहरू ऊसँग रमाइसकेका छन् । ऊसलाई छोडेर अन्त जान मान्दैनन् । जसको निम्ति जिन्दगी अर्पिइ ऊ त कामै लागेन । मन बुझाऊने बाटो पनि हुँदो हो, तर लोग्ने सधैं रक्सी,गाँजामा लठ्ठ । त्यसैले ऊ आफ्नो लोग्ने आफैँ बनेकी छ । सुत्केरी हुँदा उसलाई कसैले पाँच रूपियाँ नपत्याएको कारणले आफ्नो छोरोलाई सामान्य झाडापखला लाग्दा गुमाई । ऊ यति चरम गरिबीमा बाँची कि आठ वर्षसम्म एउटै फरिया टाल्दै लगार्इ । मानिसलाई आफ्नै दुःख ठूलो लाग्छ, उसले भन्दा बढी दुःख पाउने मानिस नभएको हैन । उसले आफ्नो वरपर नदेखेकी मात्र हो । आफू जस्तो दुःख अरूले नपाएको देखेसी मानिस झन् दुःखी हुन्छ । उसले सुन्नलाई राणाकाल सुनी, पन्चायतदेखि र गणतन्त्र पनि भोगी । बरु मन्त्रले काम गरे होलान्, तर तन्त्रले भुइँ मान्छेलाई छुँदैन रहेछ । ऊसलाई अब देशकालसँग मतलब छैन । मात्र छ त आफ्नै पेटको “पेटकाल” सँग । तर उसले गुनासो गर्न छोडिसकेकी छे । यत्रो दुःख दिने जिन्दगीदेखि त गुनासो छैन, नाथे अरूसँग के गुनासो ? उसले गुनासो गर्न छोडेको धेरै भएको चाहिँ छैन । एकदिन मन्दिरमा बसिरहँदा एउटा सम्पन्न घरको स्त्रीलाई भेटी र उसका कुरा सुनेपस्चात् थाहा पाई दुःख भौतिक मात्र हुँदैन रहेछ । भावनात्मक र आध्यात्मिक पनि हुँदो रहेछ । स्वतन्त्र नहुनु, स्वचिन्तन गर्न नसक्नु पनि त दुःखै रहेछ । कसैलाई प्रेम गरेर उसले प्रेम नफर्काएको पनि नि त दुःखै त रहेछ । तर यो सब दुःख पाउनको निम्ति पहिला भौतिक दुःखबाट पार पाउनु त पर्छ । पेट भर्नका लागि मरिहत्ते गर्न परेपछि केको भावना ? केको प्रेम ? ऊसले भनी, तर कम्तिमा गुनासो गर्न त छोड्न सकिन्छ । र त्यही दिनबाट गुनासो गर्न छोडिदिई । गुनासो गर्न छोडेपछि आधा दुःख त्यसै हराएर जाँदा रहेछन् । पूजा गर्न जानूअगाडि भित्रबाट अस्ति वृद्ध भत्ताबाट आएको पैसाले किनेको बिस्कुट मेरो हातमा राख्दै उसले भनी- “अब बूढी भएँ , सब रंग गयो । अनि आगंन भयो परदेशी ।” म सोचिरहेको छु- मैले के भोगेको छु र ? के देखेको छु र ? उसलाई नि मनमनै लागेको हो- नाथे फुच्चे केटोलाई भनेर के हुन्छ र ? तर म बुझ्छु, कसैले सुनिदिए मात्र नि आनन्द आउछ । सुनाउने धेरै भइसके, सुन्नेहरूको कमी छ । सायद म त्यही कमि पूरा गरिदिन्छु र त मलाई एकदम औधी प्रेम गर्छे अहिल्या …. #प्रशान्त उप्रेती #प्रशान्त उप्रेती 'सुरुवात' लेखन र पठनमा रहेका द्विविधा: मैले विधार्थी जीवनकालमा नै साहित्यका धेरै जसो विधाहरू पढेँ । यथार्थ, काल्पनिक, स्वैरकाल्पनिक, धार्मिक, आध्यात्मिक विषयका अनेकन पुस्तकहरू पढेँ । ती विषयहरूमा आधारित भएर लेखिएका थुप्रै कथा, कविता र निबन्धहरू बढी पढेँ। नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएका साहित्यहरू पढेँ । लय मिलाएर, सस्वर वाचन गरेर धेरै कविताहरू कण्ठस्थ पनि गर्थेँ । कथाहरू पढेपछि हरेक कथाका घटना, परिवेश तथा पात्रहरू पनि दिमागमा मज्जाले बस्थे । निबन्धहरू पढेपछि भने लेखकले कुनै एउटै विषयमा पनि कति धेरै जानकारी राख्दारहेछन् भनेर अचम्ममा पर्थेँ । मेरा नेपाली र अङग्रेजी विषयका गुरूहरूले बुझाउनुभएका दुवै विषयका व्याकरणका नियमहरू पनि मज्जैले म कण्ठस्थ गर्थेँ । बुझेरै पढ्थेँ र तिनीहरूको प्रयोग गर्ने अवसरहरूका बारेमा जिज्ञासा राखेपछि गुरूहरूले केही सिर्जनात्मक रचनाहरू रचेर देखाउन भन्नुहुन्थ्यो । त्यसैबेलादेखि हो मैले पढ्ने र लेख्ने कामलाई बराबर समय दिन थालेको । ती दुवै कार्यले मेरो लेखन र पठन सीपको विकास गर्यो। उहाँहरूले समालोचनात्मक दृष्टिकोणअघि सारेर पढ्ने र लेख्ने बानीको विकास सँगसँगै गर्नाले नै एउटा व्यक्ति सफल सामाजिक व्यक्ति हुनसक्छ भन्नुभएको मेरा कानमा अझै गुञ्जिरहन्छ। विधालय तह सकेर विश्वविधालयमा पुगेपछि मलाई साथीभाइहरूबाट लेख्न र पढ्न थप हौसला मिल्यो । विश्वविधालयका गुरूहरूले पनि हामीलाई औपचारिक अध्ययन गरेर साहित्य सिर्जना र तिनीहरूको पठनमा लाग्न हौसला दिनुभयो । त्यसका साथसाथै उहाँहरूले समालोचनात्मक दृष्टिकोणअघि सारेर पढ्ने र लेख्ने बानीको विकास सँगसँगै गर्नाले नै एउटा व्यक्ति सफल सामाजिक व्यक्ति हुनसक्छ भन्नुभएको मेरा कानमा अझै गुञ्जिरहन्छ। दीपक श्रेष्ठ हो, हामीले पढ्दा र लेख्दा हरेक रचनामा समाजको चित्र खोज्नुपर्ने हुन्छ, समाजको चित्र उतार्नुपर्ने हुन्छ। यथार्थ विषयवस्तुमा लेखिएका साहित्यिक रचनाहरू पढ्दा समाजको चित्र छर्लङ्ग हुन्छ । काल्पनिक रचना पढ्दा भने समाजसँग जोडेर हेर्नुपर्छ र लेख्दा समाजलाई केन्द्रविन्दुमा राखेर लेख्नुपर्छ । मैले पढेकाका साहित्यिक एवं गैरसाहित्यिक लेख रचनाहरूले मलाई सधैं सन्तुष्टि दिने गरेका छन् । मैले साहित्यका विविध विधाहरूमा लेख्ने गरेका रचनाहरूले पनि केहीहदसम्म सन्तुष्टि दिइरहेका छन् । सन्तुष्टि मिल्दामिल्दै पनि मलाई भने एउटा समस्याले सधैं पिरोलिरहेको हुन्छ । म पाठकको रूपमा कुन विधा पढूँ ?, अनि लेखकको भूमिकामा आफूलाई कुन विधामा अघि बढाउँफ ?, मैले त मेरा वरिपरि रहनुभएका सारा विद्वानहरूले साहित्यिक, गैरसाहित्यिक, आध्यात्मिक सबै विषयका पुस्तकहरू पढ्नुभएको देखेको छु । सामाजिक, आर्थिक, राजनितिक हरेक क्षेत्रका समसामयिक विषयमा वहस गर्नुभएको देखेको छु । त्यसैगरी धेरैभन्दा धेरै लेखकहरूले साहित्यको वहुविधामा कलम चलाइरहनुभएको पनि देखेको छु । के उहाँहरू सबै क्षेत्र र विषयमा सक्षम भएकैले यसरी अघि बढिरहनुभएको हो त ? पढ्नेले जति पढे पनि, लेख्नेले जति लेखे पनि आखिर खपत हुने भनेको यही समाजमा हो । यही समाजका स्रोता, पाठकहरूले सुन्ने र पढ्ने हुन् । तर फेरि अर्को प्रश्न उब्जिन्छ, के मैले हरेक विषयमा बोल्न सक्ने कुनै एक व्यक्तिको नाम लिन सक्छु ? साहित्यको बहुविधामा कलम चलाएर ख्याती कमाएका कुनै एकजनाको नाम सहजै लिन सक्छु ?, गारो हुन्छ मलाई । मलाई मात्र होइन धेरैलाई त्यसरी कुनै एक व्यक्तिको मात्र नाम लिन मुस्किल नै हुन्छ । ज्ञानविज्ञानको क्षेत्रदेखि खेलकुद, कलाकारिता, व्यापार वा कुनै पनि पेशा, व्यवसायमा आधारित क्षेत्र नै किन नहोस, हरेक व्यक्ति एउटा विषयमा मात्रै लागिपरेको देखिआएका छौं। उदाहरणको रूपमा हामी डाक्टरलाई लिन सक्छौं । मष्तिस्कको शल्यक्रिया गर्ने चिकित्सकले मुटुको शल्यक्रिया गर्ने दक्षता हासिल गरेको हुँदैन । एउटा डाक्टरले एउटामात्र विषयमा विशेषज्ञता हासिल गरेको हुन्छ र अन्य विषयमा सामान्य जानकारीमात्र राखेको हुन्छ । यति कुरा प्रष्ट भइसकेपछि म फेरि आफैँलाई अनेकन प्रश्न गर्छु । पढ्ने र लेख्ने विषय के खुला विषय होइनन् र ? के पढ्न र लेख्न पनि दक्षता हासिल गर्नै पर्छ र ? पढ्ने लेख्ने बाटोमा कसैले तगारो हालेका हुन्छन् र ? म कसरी लेख्दैछु त कविता ? कसरी पढ्दै छु त म कविता ? के म कविता बुझ्छु ? के म कविता लेख्न सक्छु ? मैले लेखेको कविता कविताका असली पाठकहरूसम्म नपुगेसम्म म आफूलाई कसरी कुन कोटीको कवि भनेर मान्नु ? केही समय अघिमात्र मैले मेरा मित्रलाई एउटा कविता पढेर सुनाएको सम्झन्छु। कविता सुनिसकेपछि उनी ट्वाल्ल परेर बसेका थिए। केही बुझिनँ भनेका थिए। कवितामा प्रयुक्त शब्दहरू इंगीत गर्दै के आगो पनि बोल्छ ? पानी पनि झम्टन्छ ? के हावाले आफैँ छुन आउँछ ? अनि कोपिला चुँड्दा बोटलाई पनि पीडा हुन्छ ? यी सबै वाहियात तर्कहरू हुन् भन्दै मैले सुनाएको कविताको धज्जी उडाएका थिए । अनि मेरो मष्तिस्कमा विल्कुलै नयाँ कुरा संचार भएको थियो त्यसबखत । वास्तवमा धेरैले कविता लेख्ने भए पनि त्योभन्दा धेरै पाठकहरूले कविता बुझ्दैनन् । अनि धेरैले कविता जस्तो कविता लेख्नै सक्दैनन् । यथार्थमा, कविता थोरैले मात्र बुझ्न सक्छन् भन्ने कुरा मेरो सामु छर्लङ्ग भएर आयो । तर म कसरी लेख्दैछु त कविता ? कसरी पढ्दै छु त म कविता ? के म कविता बुझ्छु ? के म कविता लेख्न सक्छु ? मैले लेखेको कविता कविताका असली पाठकहरूसम्म नपुगेसम्म म आफूलाई कसरी कुन कोटीको कवि भनेर मान्नु ? नाम चलेका कविहरूले लेखेका कविताहरू हेर्ने हो भने ती सरल र सामान्य हुँदाहुँदै पनि चर्चित छन् । मैले त्यही कोटीका कविता लेखेँ भने म कसरी म रहन्छु त ? अनि मैले विल्कुलै भिन्न तरिकाले लेखेँ भने सबै पाठक स्रोता मेरा मित्रझैं निक्लिए भने ? यी तमाम प्रश्नहरूले मलाई कहिल्यै सुखपूर्वक कवि हुन दिएन । अनि म अनेकन विधामा कलम चलाउन बाध्य बन्छु । म अलमलमै हुन्छु मेरा निम्ति कुन विधा उपयुक्त हो भनेर । एउटा सर्जकले साहित्यका हरेक विधामा कलम चलाएर अघि बढ्नु आफैँले जानाजान दुर्घटना निम्त्याउनु हो भनिन्छ । दुर्घटनामा नपरौं, यसमा सबैको सदिच्छा हुन्छ । तर म के लेखौं त अब ? यही प्रश्न नाम चलेका लेखक सर्जकहरूको मस्तिष्कमा पनि उठ्ने गरेको पाउँछु । दुर्इचारवटा कथा, कविता, अख्यानसँगै चर्चित भएर सधैं त्यही रचनाहरूको ब्याज खाइरहने र नाम बेचिरहने होइन भन्ने उहाँहरूलाई प्रष्टरूपमा थाहा छ। विधा परिवर्तन गर्दाको खतरा सधैं रहिरहेकै हुन्छ। हिजोअस्तिसम्म कवि भनेर चिनिएका सर्जक आज कथाकार अनि भोलि सफल आख्यानकार नबन्न सक्छ। आज सीधै आख्यानकारमा दरिएका सर्जकलाई भोलि आख्यानकारको पल्ला भारी हुनसक्छ। मलाई यस्तै लाग्छ, एउटा मात्र विधा समाएर लेख्नाले लेखकलाई सधैं असजिलो महसुस हुन्छ । प्रश्न तेर्सिएकै छ सामुन्ने, एउटा सर्जक किन बहुविधामा लेख्न तम्सिन्छ ? आफूले कुन विधालाई अघि बढाउँदा धेरैभन्दा धेरै पाठकमाझ आफ्ना विचार र सिर्जनाहरू लिएर सधैं जान सकिन्छ भन्ने त हो नि मुख्य कुरा ! यतिका प्रश्नहरू सामु हुँदाहुँदै पनि म लेख्छु जे जे आउँछ अहिले । भोलिका दिन कसले देखेको छ र ? सोच्छु, पाठकले जुन विधामा आफूलाई रूचाउँछन् त्यहीबमोजिम स्वीकार गर्नेछन्। तर अन्तर्मनमा फेरि थप कुराहरू आइरहेछन् । लेखकका पनि आँखा उघारिदिने पाठकहरू हुन्छन् । ‘तपाईँ यो होइन त्यो विधा समाउनुहोस्, त्यसमा भन्दा यसमा दख्खल राख्नुहुन्छ’, भनेर उत्साहित बनाउनुहुन्छ । त्यसैगरी विभिन्न साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाहरूका दिग्गज सम्पादकहरू पनि त हुन्छन् लेखकलाई डोर्याउने । लेखकहरू डोरिएर हिँडे भने न उनीहरूले आफूलाई स्थापित गर्न सक्षम हुने हो । आफूले कुन विधालाई अघि बढाउँदा धेरैभन्दा धेरै पाठकमाझ आफ्ना विचार र सिर्जनाहरू लिएर सधैं जान सकिन्छ भन्ने त हो नि मुख्य कुरा ! मेरा निम्ति लेखन जस्तै पठनमा पनि केही समस्या त अवश्य छन् । के मात्र पढ्ने भन्ने प्रश्न बहुतअहं प्रश्न हो ? मेरा लागि मैले कुन विधा पढेर समाज बुझ्न सक्छु अनि कुन विधा पढ्दा आफूलाई आनन्द प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । कलिलो उमेरमा अनेक विधाका पुस्तकहरू पढे पनि अहिले आएर समाजको निम्ति सशक्त विचार बोकेका पुस्तकहरू नै पहिलो रोजाईमा आउँछन् । लेखकहरूले कुन विधामार्फत् आफूले खोजेका ती तमाम अब्बल स्तरका पठन सामाग्री पस्किएका होलान् भनेर खोजी गर्नु मेरो सुख हो । सबैमा यो बानी लागू नहुन सक्छ, तर पनि पढ्दा फेरि उस्तै भावना सल्बलाउँछन् । पाठकको मन पठनमा नअडिनुमा एकैपटक बहुविधा पठनमा लाग्नाले नै हो भन्ने मेरो ठहर रहेको छ । मेरा मित्र भन्नुहुन्छ, ‘एउटा उपन्यास पढ्न थालेको कस्तो झ्याउ लाग्दो लाग्यो सुरूमै, बरू छोटामीठा कथा, कविता पढ्न पाए हुन्थ्यो ।’, खुरूखुरू पढ्ने भन्दा नि समस्याको चाङ तेर्स्याउनुहुन्छ उहाँ, र उहाँजस्ता अरू पाठकहरू । अनि कसरी पठन अघि बढ्छ त ? अर्की दिदी भन्नुहुन्छ, ‘बाबु ! मैले त त्यो लेखकको यो यो पुस्तक पढेँ, तर उहाँका केही पुस्तकहरू बुझे पनि अरू पुस्तकहरू केही बुझिनँ ।’, यस्तो पठन स्थिति छ हाम्रासामु । लेखकको कुन विधामा आधारित पुस्तक पढ्ने भन्ने कुरा पाठकको बजारले निर्धारण गर्दै आइरहेको हुन्छ । एउटा प्रख्यात कविले लेखेको नयाँ आख्यान काव्यिक होला तर आख्यानका दृष्टिकोणबाट हेर्दा कमजोर लाग्न सक्छ । एउटा आख्यानकारले लेखेको कविता कविता नबनेर आख्यानमा सिमित भएको हुन सक्छ । अनि कसले पढ्लान र त्यस्ता रचनाहरू ? कवितामा मन बसेमा पाठकले समाजका अति सूक्ष्मरूप पनि मिहिन ढंगले केलाउन सक्ने हुन्छन् जुन दृष्टिकोण आख्यान पढ्ने पाठकमा विकसित नभएको हुन सक्छ । ममा पनि समाज र यसका अवयवहरूमाथि सूक्ष्म दृष्टिकोण राख्ने क्षमता विकास नभएको हुन सक्छ । ममा पनि त्यो पनि समस्या रहेछ । मैले जुनसुकै विधा पढ्न नहुने रहेछ। पाठकको रूपमा मैलै आफूलाई कुनै एउटा विधामा केन्द्रित राखेर अघि बढ्नुपर्ने रहेछ । आख्यान मन पराउने हो भने लघुकथा, लामा-छोटा कथाहरू अनि उपन्यासहरू पढ्नुपर्ने रहेछ । हाइकु, मुक्तक, गीत, गजलहरूलाई एउटा कोटीमा राखेर कवितालाई भने छुट्टै दर्जा दिएर पढ्दा उपयुक्त हुनेरहेछ । कवितामा मन बसेमा पाठकले समाजका अति सूक्ष्मरूप पनि मिहिन ढंगले केलाउन सक्ने हुन्छन् जुन दृष्टिकोण आख्यान पढ्ने पाठकमा विकसित नभएको हुन सक्छ । ममा पनि समाज र यसका अवयवहरूमाथि सूक्ष्म दृष्टिकोण राख्ने क्षमता विकास नभएको हुन सक्छ । यसर्थ म आख्यान पढ्दा जुन आनन्द प्राप्त गर्छु त्यो कविता पढ्दा गुमाउन सक्छु । छट्पटी बढ्छ कविता पढ्दा, के लेख्यो कविले ? यस्तो मानसिक स्थितिले पठन रुचीमै पूर्णविराम पो लगाउने हो कि भनेर म रन्थनिन्छु कहिलेकाहीँ। लेखन र पठनकार्य बिशुद्ध रूपमा मन र मस्तिष्कका कसरत हुन् । मन र मस्तिष्कदेखि जुन विधामा रुची राख्छौँ, हामीहरूले त्यही विधामा कलम चलाउने गर्यौं भने हाम्रो लेखक मन पनि सन्तुष्ट हुने र हाम्रा पाठकहरू पनि खुसी हुने रहेछन् । त्यसैगरी हामीले आफूलाई सहज लाग्ने र आफूले खोजेको खुसी र आनन्द पाइने विधामात्र पढ्नुपर्ने रहेछ । यसो गर्दा पाठकले कहिल्यै धैर्यता नगुमाउने रहेछौं । लेखक र पाठकको मन सदैव प्रसन्न अवस्थामा रहनु महत्वपूर्ण अवस्था हो। यस्तो अवस्थालाई हामी सबैले सधैँका निम्ति अनुकूल बनाइराख्नु पर्दछ । यसरी समयले एउटा रफ्तारमा हिँडाउने छ र भोलि लेखक-पाठक सबैले आ-आफ्नो गन्तव्य अवश्य भेट्नेछन् भनेर आशावादी हुनुपर्ने आजको आवश्यकता हो। #दीपक श्रेष्ठ मलाई तीन कक्षाको त्यो परीक्षा दिन मन छ: पहिलो बेन्चमा बस्ने सबै विद्यार्थी टपर हुँदैनन् । त्यसको उदाहरण म हुँ । बेन्च रोटेसन नभएको कक्षाबाहेक प्रायः सबै कक्षामा पहिलो बेन्चमा बसेर मैले विद्यालयको कार्यकाल समाप्त गरेको हुँ । विद्यालयको गिन्तीको लागि मैले दुवै हातका औँलालाई सहयोग माग्नु पर्दछ । फिरन्ते विद्यार्थी रहेर अक्षराम्भबाट प्रेविशिका उतिर्ण गर्दासम्म मबाट कतिवटा विद्यालय फेरिए भन्नेकुरा पत्ता लगाउन मेरो एक हातको औँलाले भ्याउँदैनन्, विद्यालयको गिन्तीको लागि मैले दुवै हातका औँलालाई सहयोग माग्नु पर्दछ । काठमाडौँ, ललितपुर, मोरङ वा झापा, मैले यी जिल्लाहरूमा आफ्नो विद्यार्थी जीवनको धेरै हिस्सा र किस्सा, कुनै बैंककी कर्मचारीले बहुमुल्य वस्तु लकरमा राखेजस्तै मस्तिष्कमा लुकाएको छु । लुकाएको कुरा आफूलाई मात्र थाहा छ भन्ने लाग्यो भने औधी मजा आउँदो रहेछ । लुकाएको कुरा सबैलाई सुनाउँदा हराउने डर हुन्छ । त्यसैले नै होला मान्छेको जीवनमा विश्वासको भूमिका पानी पर्नुमा बादलको भूमिका जति रहन्छ सायद त्यति नै रहन्छ कि ? मैले बुझेको यति नै हो । म सम्बन्ध जोगाउन जान्दिनँ । तर सिक्दैछु । कुनै दिन जान्ने भएँ भने सायद …………….. । कहिले कता कहिले कता भएकाले मसँग थुप्रै साथीहरू हुनुपर्ने हो, तर छैनन् । एकदम नजिकका साथीहरू सायद मेरा औँलामा अट्छन् । तर इच्छाचाहिँ छ मेरा साथीहरू मेरा औँलामा गन्न नअटेर उसैको औँला गन्नको लागि सापटी मागौँ र उसलाई पनि गनौँ । म कति जनाको औँलामा अटाउँछु त्यो त मलाई थाहा छैन तर मेरो चाहना छ मेरा औँलामा धेरैजना अटाऊन् । निरज दाहाल विद्यालय सबैथोक हो । तर शिक्षाको प्रणालीलाई हेर्दा विद्यालय केही होइन भन्ने पनि जमात नभएको होइन । बीबीसीको समाचारमा अमेरिकाको १७ वर्षको विद्यार्थीले ग्रह पत्ता लगायो भन्ने समाचार पढ्दै मैले यो ब्लग लेखेको हुँ । जबसम्म प्रविधि र प्रयोग सँगसँगै अगाडि बढ्दैन, तबसम्म हाम्रो शिक्षा १७ वर्षको उमेरमा सूत्र रटाउनमा नै व्यस्त हुन्छ । सूत्र कहाँ प्रयोग हुन्छ परीक्षा कापीमा बाहेक भन्ने कुरा बुझ्न हामीलाई प्रविधि र प्रयोग चाहिन्छ । यसको लागि समय चाहिन्छ । तर कति ? फिरन्ते विद्यार्थी हुँदै पढ्दै जाँदा म कति शिक्षकको प्रिय भएँ, कतिको नजरमा सम्म परिनँ होला ! यस कुनै लेखाजोखा मसँग छैन । म कसैको प्रिय किन बनिनँ भन्ने प्रश्न आफ्नै हृदयलाई गर्दा त्यसबेला प्रिय बनिनुको गुण पनि खोज्नुपर्छ । भर्खर थाहा पाउँदैछु र अचेल सिक्दैछु । हुन त मैले बाँचेको जीवनमा मैले बाँच्नुपर्ने जीवनको मध्यान्तर पनि भएको छैन, (औसत आयुको केन्द्रमा टेकेर बोल्ने हो भने, नभए त मृत्युको भर हुन्न) । जीवनमा प्रश्नहरू धेरै हुन्छन् । कुनैको जवाफ दिन मन लाग्दैन त कति प्रश्नको जवाफ आउँदैन । तर जवाफबिनाका प्रश्नहरू मैले आजसम्म सुनेको छैन । सायद छैन पनि होला । जवाफ नै नभएका प्रश्न तपाईँलाई थाहा छ भने कृपया मलाई भन्दिनू होला । हिँड्नेलाई कसले रोक्छ ? पुग्नेलाई कसलाई छेक्छ ? मलाई लाग्छ विद्यालय प्रश्नहरूको कारखाना हो । त्यहाँ प्रश्न तयार गरिन्छ र सोधिन्छ । कतिले जवाफ मिलाउँछन् र अगाडि बढ्छन् । कतिले जवाफ मिलाउँदैनन्, तापनि अगाडि बढ्छन् । अगाडि बढ्नलाई प्रश्नको कुनै तह होला, तर बाध्यता होइन । हिँड्नेलाई कसले रोक्छ ? पुग्नेलाई कसलाई छेक्छ ? संसारमा जादु भनेका कुराहरू कति सत्य हुन् ? सबै जादु सबैलाई मनपर्छ ? सबैले विश्वास गर्छन् ? के हो जादु भनेको ? अकस्मात् केही हुनु हो ? म आजकाल यस्ता कुरामा अल्झन्न, तर विश्वास गर्छु । सोच्दै नसोचेका कुराहरू मेरो जीवनमा बारबार भएका छन् भने म कसरी जादु छैन भनौँ ? म कसरी भाग्य केही पनि होइन भनौँ ? केही त छ, पक्कै छ । म बहुत सपना देख्ने मान्छे हुँ, निदाएर होस् वा आँखा खोलेर, तर पूरा कति हुन्छन् भन्ने चाहिँ मलाई थाहा छैन । यति थाहा छ, हेर्न छाड्दिनँ, देख्न छाड्दिनँ । मलाई जादुमा र भाग्यमा विश्वास छ । तर यो सबै भ्रम हो, त्यो पनि थाहा छ । सपनामा कसैले तपाईँलाई तपाईँको एउटा इच्छा सोधेको छ ? मलाई भने छ । प्रश्न थियो – “भगवान् आएर केही माग भनेको बेला तँ के माग्छस् ?”, यो सोध्ने मान्छेलाई म कुनै दिन भेट्छु, किनकि मैले देखेको घट्नाहरू अक्सर मेरो जीवनसँग मेल खाइरहन्छन् । कहिल्यै नदेखेको मान्छेलाई मैले सपनामा देखेको हुन्छु र ऊ कुनै समयमा मेरो सामुन्ने पर्छ वा उसको सामुन्ने म पर्छु । त्यसैले मलाई जादुमा र भाग्यमा विश्वास छ । तर यो सबै भ्रम हो, त्यो पनि थाहा छ । मलाई सपनामा प्रश्न गर्नेलाई उत्तर विपनामा दिएको थिएँ । म सपना हुबहु सम्झन सक्छु । मैले विपनामा भनेको थिएँ– “मलाई तीनकक्षाको त्यो परीक्षा दिन मन छ ।” जवाफ त यहीँ छ अब कारण भन्नेछु । कक्षा तीन, उमेर बिर्सिएँ । मलाई आजकाल उमेर भन्न मन लाग्दैन । उमेरमै हुनुपर्ने कुराहरू (पढाइको निरन्तरता) र उमेरको एक कालखण्डमा हुनुपर्ने कुराहरू (…………….), यस्ता कुराको म उदाहरण हुँ । त्यसैले पनि मलाई आफ्नै उमेरसँग डर लाग्छ । विषयको नाम बिर्सेँ तर पाठको नाम भने याद छ । अभिभावक शीर्षकको पाठले मलाई जीवनभर भनिरहन्छ –“ त्यो परीक्षामा जवाफ साँच्चै आएन ?”, वास्तवमा मलाई ती प्रश्नको जवाफ हृदयमा कहिल्यै आएन । तर आजकाल आउँछ । उमेरले खेल खोजे पनि जीवनले प्रश्नहरूको जवाफ मागिरह्यो । जानेर होस् वा नजानेर मैले हरबखत जवाफ दिने प्रयास गरेँ । जिन्दगीले लिएको परीक्षाको नतिजाको प्रमाणपत्र कोसँग हुन्छ ? सायद तपाईँले पनि जिन्दगीले सोधेको बहुत धेरै प्रश्नको जवाफ दिनुभएको छ होला । यस्तै भावना त हृदयमा पक्कै आए होलान् नि ? परीक्षाको नतिजा थाहा नहुञ्जेल बहुत छटपटी हुँदोरहेछ । जीवनका प्रश्नहरूका लागि मैले बारबार जवाफ दिएँ । तर नतिजा ?अहँ, अहिलेसम्म थाहा छैन । खैर ! समय छ, म छु र जीवन छ, कुनैदिन देला । परीक्षामा सोधेको प्रश्नले मलाई धेरै सताएको छ । त्योबेला सताएको थिएन । जब प्रश्न बुझ्ने भएँ तब सताएको हो । त्योबेला त जे सोधेको थियो र मैले जे जानेको थिएँ त्यही लेखेँ । आजकाल त्यही प्रश्न थियो र मलाई जवाफ थाहा थिएन भने पक्कै अङ्कको लोभमा म अन्य कुनै जवाफ लेख्ने थिएँ होला । तर आजकाल प्रश्न नै बुझ्ने हुन्छन् । प्रश्न थियो –“अभिभावकको माया भनेको के हो ?”, र मेरो जवाफ तीनवटै परीक्षामा एकै थियो –“मलाई थाहा छैन ।” वार्षिक परीक्षामा अङ्क जोडिन्थ्यो र पास भइन्थ्यो । एउटै पाठको बारबार प्रश्न दोहोरिएर आउँछ भन्ने हेक्का मलाई भएन र मजस्तै अरूलाई पनि भएन । तर उनीहरूले लेखेको उत्तर मिल्यो, मैले लेखेको प्रश्नको जवाफ तीनवटै परीक्षामा कहिल्यै मिलेन । प्रश्न थियो –“अभिभावकको माया भनेको के हो ?”, र मेरो जवाफ तीनवटै परीक्षामा एकै थियो –“मलाई थाहा छैन ।” आर्थिक अभावले होस् वा बाआमाको वैदेशिक रोजगारले होस् । अभिभावकको सामिप्यतामा मेरो बाल्यकाल बित्न सकेन र मेरो किशोरपना भिज्न सकेन । हजुरबुवाको छत्रछायामा होस् वा आफन्तको बिचरामा झल्किएको प्रेममा, मेरा दुई दशकका बसन्तहरू मौन भएर गए । र मलाई प्रश्न सोधियो– अभिभावकबारे । अभिभावक नै नभएको पनि त होइन, प्रेम नै नभएको पनि त होइन । हप्तामा एकपटक आउने फोन वा वर्षमा एकदिन भेटिने परिवारमा प्रेम त पक्कै थियो । तर मलाई परीक्षामा सोधिएको प्रश्नको जवाफ थाहा थिएन । वा मैले अभिभावकको अर्थ बुझेकै थिइनँ । खैर ! उमेर बढ्यो, जिम्मेवारी थपियो, घर छाडियो तर केही कुराको अभाव खड्किरह्यो, सायद यो अभाव आजन्म हो । स्कूलको गेटमा साथीलाई उसकी आमाले खाजा पुर्याउन आएको सम्झना म खुलेरै मेरो साथीका लागि लेख्दिन सक्छु । मैले त्यही कुरालाई बिम्ब बनाउनु पर्यो भने म कल्पना गर्न सक्छु, तर भावनामा लेख्न सक्दिनँ । सायद अभाव खड्किनु यही त हो । मेरो उत्तर पुस्तिका जाँच्ने शिक्षकले रातो घेरामा मलाई जिरो नम्बर दिँदैगर्दा परीक्षा सकिएपछि विद्यालय लागेको बेला मेरो आँखा हेरे कि हेरेनन् ? उनलाई आफ्नो काखमा मलाई राखेर प्रेमको पाठ पढाइदिऊँ भन्ने लाग्यो कि लागेन ? अब भेट हुँदा म उनलाई सोध्नेछु । रूखले पातलाई छाडिदिए पनि आफ्नै समीपमा छाड्दछ । हावा बैगुनी भयो भनेमात्र छुटिएको पात र रूखको मिलन हुँदैन । त्यसैले त मलाई ठिमीको घर मेरो आफ्नै घरजस्तो लाग्छ । त्यसैले त मेरा औँलाहरू अमेरिका भिडियो कल गर्न डराउँदैनन् । मलाई बच्चा बहुत मनपर्छ, बच्चा भयो भने घुक्र्याउन पाइन्छ । यो मलाई थाहा छ, तर अनुभव छैन । आजकाल मेरा बाआमासँग प्रायः भिडियो कल हुन्छ र बच्चा बनिदिन्छु । मलाई कसैले छोराभन्दा मलाई बच्चा बनिदिन मन लाग्छ । त्यसैले त मलाई ठिमीको घर मेरो आफ्नै घरजस्तो लाग्छ । त्यसैले त मेरा औँलाहरू अमेरिका भिडियो कल गर्न डराउँदैनन् । परिवारको जिम्मेवारी उठाउन खोज्दा आफ्ना रहरहरूलाई तिलाञ्जली दिएर मैदानमा उत्रनु छोरो बन्नसिक्नु हो जस्तो लाग्छ आजकाल, र म सिक्दैछु । जिन्दगी पढाइदिने महेश पौड्याललाई मैले बा भनेर बोलाउँदा, समय सिकाइदिने रमा अधिकारीलाई मैले आमा भन्दै गर्दा वा गन्तव्य देखाइदिने निरा शर्मालाई मैले आमा भन्दै गर्दा हरबखत वहाँहरूको आँखामा म गीता दाहाल र गङ्गा दाहाल किन भेट्छु । अभिभावकको सम्बन्ध यस्तै हुन्छ हो ? यो सम्बन्ध धेरैपछि बुझेको छु, त्यसैले भगवान आएर एउटा इच्छा पूरा गर्दिने शर्त राखे भने मेरो इच्छा त्यही तीन कक्षाको प्रश्नको जवाफ लेख्ने रहर हुनेछ । हरी ॐ #निरज दाहाल जनयुद्धको एउटा घाउः बिर्खबहादुर: शिलिङमा पङ्खा घुमिरहेछ । रातको १२ बजिसके छ । भोलि बिहान ड्युटीमा जानु छ । खै किन ? बिर्खबहादुरलाई निद्रा छैन । बिर्खबहादुर घुमिरहेको पङ्खातिर आँखा लगाउँछ र सोच्छ जीवन पनि यस्तै त रहेछ घुमिरहने पङ्खाजस्तै । नचाहादा नचाहादै समयले घुमाइरहेको छ । कृष्ण कञ्चन बिर्खबहादुर निद्रा नआएपछि मोबाइल खोल्छ । मोबाइलमा बाआमाको धूमिल तस्बिर देखापर्छ । पुराना अतितहरू आँखामा नाँच्न थाल्छन् । २०६२\\६३ को शसस्त्र जनयुद्धमा बेपत्ता पारिएका थिए बिर्ख बहादुरका बा । ऊ सम्झन्छ त्यो साँझ बाआमासँगै बिर्खबहादुरको २ बर्षको छोरो र श्रीमतीसँगै थिएँ । बिर्खबहादुर कि श्रीमती आशाले भान्साको सबै काम सकिसकेकी थिइन् । बिर्खबहादुरले गाई, भैँसी र बाख्रालाई गोठमा सारिसकेको थियो । आमाले कुखुरालाई खोरमा थुन्दै थिइन् । बा आँगनको डिलमा बसेर नातिलाई काखमा राखेर रमाइरहेका थिए । बाँस भञ्ज्याङ्गमा चराहरू कराउँदै बाँस बस्ने सुरसार गरिरहेका थिए । साँझ बिस्तारै ढल्दै थियो । गाउँमा कहिले सैनिकले गस्ती गर्थे । कहिले माओवादी लुकेर गाउँ पस्थे । चरम सन्त्रासमय वातावरणमा गुज्रिरहेको थियो गाउँ । …….. एउटाले भन्यो “भद्रवीरको घर यहीँ हो ।”, सानो आवाजमा बा’ले ‘को हो ?’ सङ्केतमा टाउको हल्लाउनु भयो । साँझ झमक्क परिसेकेको थियो । टाढाको मान्छे चिन्न आँखालाई गाह्रो भइसकेको थियो । घरभित्र दियालो बालेर उज्यालो छाएको थियो । त्यति नै बेला ५ जना मान्छेको छाया आँगनमा देखियो छुट्याउन गाह्रो थियो, तिनीहरूको हुन् भनेर । गाउँमा माओवादीको सन्त्रास बोकेर बाँच्नु परेको थियो । ऊनीहरू हाम्रो घरतिर अगाडि बढिरहेका थिए । बाले सबैलाई भित्र जान आग्रह गर्नुभयो, नातिलाई आशाको काखमा दिनुभयो । बा र म पिँढीमा बसिरह्यौँ । एकैछिनमा बुटको आवाज आँगनमा पर्यौ । अँध्यारो भएकाले अनुहार चिन्न गाह्रो भयो । एउटाले भन्यो “भद्रवीरको घर यहीँ हो ।”, सानो आवाजमा बा’ले ‘को हो ?’ सङ्केतमा टाउको हल्लाउनु भयो । “तपाईँ हामीसँग हिँड्नु पर्यो ।”, त्यो मान्छेले बा’लाई आग्रह गर्यो । बा’ले ‘कहाँ ? किन ?’ भन्दै सोध्नु भयो । “यहीँ परसम्म हो ।” उसले जवाफ फर्कायो । बा चुपचाप हिँड्न विवश हुनु भयो । उनीहरूले राइफल बोकेका थिए । बा हिँड्दैगर्दा म पनि जान्छु भनेर मैले पनि अडान लिएँ तर ऊनीहरूले “सानो कुरा भएकाले एकछिनमा फर्किहाल्नुहुन्छ, तपाईँ जान जरूरी छैन ।” त्यतिखेर आमा पनि घरभित्रबाट बाहिर निस्किनुभयो र भन्नुभयो, “अहिले कहाँ जाने रात परिसक्यो ? भोलि आउनु । दिउँसो कुरा गर्नु । जहाँ जानु छ दिउँसो जानु !” आमाको प्रश्नको जवाफ दिन उनीहरूले उचित ठानेन् होला सायद ! चुपचाप बा’लाई हाँमीसँग हिँड्नु भनेर भनिरहेका थिए । बा’ले एकटक आमाको अनुहारसँगै मेरो अनुहार हेर्नुभयो आशाका आमा छोराभित्रै थिए । बा उनीहरूसँग बाटो लाग्नुभयो । आमा र मैले बा गएको हेरिरह्यौँ । बा’ले विवश भएर एकटक घरतिर फर्किएर हेर्नुभयो। साँच्चै त्यो रात मुटु पनि जोड जोडले धड्किरहेको थियो । सानो छोराबाहेक हामी कोही निदाउँन सकेनौँ, र त्यो रात अनिँदो नै बित्यो । रात छिप्पिन लाग्दा पनि बा फर्किनु भएन । मेरो मनमा चिसो पस्यो आमा आतिनु भयो । आशा पनि आतिइन् । सानो छोरा सुतिसकेको थियो । हामी बा’लाई खोज्न राँको बोकेर सबैतिर गयौँ, तर बा भेटिनु भएन । ऊनीहरू कोही भेटिएनन् । हतास हुँदै निराश हुँदै आमा र म घर फर्कियौँ । त्यो रात काट्न साह्रै सकस भएको थियो हामीलाई । कहिले उज्यालो होला भन्ने पर्खाइमा थियौ हामी । घडीको सेकेन्ड सुई पनि घण्\u200dटा सुई जस्तै ढिलो चलेको महसुस भयो । मैले मिनेट मिनेटमा घडी हेरेँ । साँच्चै त्यो रात मुटु पनि जोड जोडले धड्किरहेको थियो । सानो छोराबाहेक हामी कोही निदाउँन सकेनौँ, र त्यो रात अनिँदो नै बित्यो । पूर्वमा सूर्यले लाली नपोत्दै बिहानै खोरबाट भाले बास्यो । अनिँदा आँखा बोकेर आमा उठ्नुभयो र गाई भैँसीलाई कुँडो पकाउनुभयो । आशाले दैलो पोतिन र आँगन बडारिन म पनि उठेर चूल्हो नजिकै बसेँ । मान्छेहरू पानी पँधेरो गर्न थालेका थिए । हामीले बा’लाई पर्खिरहेका थियौँ । बा’लाई पर्खिँदा पर्खिँदा पनि नआएपछि गाउँमा चारैतिर हल्लाखल्ला भयो बा’को खोजी कार्य भयो, तैपनि बा भेटिनु भएन । त्यो दिन पनि बा घर नफर्किएपछि अर्को दिन डराउँदै डराउँदै हामी प्रहरी चौकीमा उजुरी गर्न पुग्यौँ । न्याय खोज्ने भनेको ठाउँ नै त्यहीँ थियो । प्रहरीचौकी पुगेको माओवादिले थाहा पाए झन् अनिष्ट हुने देखिन्थ्यो । बा’लाई माओवादिले गिरफ्तार गरेको खोजी पाउँ भनी उजुरी गर्यौँ । चौकीमा सामान्य केरकार गरेपछि उनीहरूले, ‘पिर गर्नु पर्दैन हामी खोजी कार्य अगाडि बढाउँछौ, उहाँ छिट्टै भेटिनुहुन्छ’, भनेर हामीलाई सान्त्वना दिएर घर फर्काए । दिन ढल्यो ! हप्ता बित्यो । महिना बित्यो । वर्ष पनि बित्यो बा’घर फर्किनु भएन । प्रहरी प्रशासनले पनि बा’लाई भेट्न सकेन । हामीले बा फर्किनु हुन्छ कि भनेर मूलबाटो हेरिरह्यौँ । आँखा थाके, आँसु सुके, तर बा फर्किनु भएन । आमा बा’को चिन्ताले खाना खान छोड्नु भयो । आमाको शरीर बा’को पिरले कमजोर हुँदै गयो आमा पनि बिरामी हुनु भयो । पिरैपिरले आमाले पनि एकदिन हामीलाई छोडेर जानुभयो । त्यसपछि सुरू भए मेरो जीवनमा दु:खका दिनहरू । कोही बाटोमा हिँडे पनि बा आउनुभयो कि भनेर आँखाहरूले हेर्न हतार गर्छन् । यसरी कैयन् वर्ष बितिसकेका छन्, हाम्रा बा’लाई कुर्दाकुर्दै । निम्न वर्गको परिवारमा जन्मेको म बा बेपत्ता पारिएपछि आमाले संसार छोडेँ पछि घरमा सानो छोरा आशा र म मात्र भयौँ । देशमा शान्ति आयो, युद्धविराम घोषणा भयो । आमा फर्किने त कुरा थिएन बा फर्किनु हुन्छ कि भन्ने मनमा झिनो आशा बाँकी नै छ । बा फर्किनु हुन्छ कि भनेर हामी अझै पनि मूलबाटो हेरिरहन्छौँ । कोही बाटोमा हिँडे पनि बा आउनुभयो कि भनेर आँखाहरूले हेर्न हतार गर्छन् । यसरी कैयन् वर्ष बितिसकेका छन्, हाम्रा बा’लाई कुर्दाकुर्दै । हाम्रो कुनै आयश्रोत थिएन् । बा बेपत्ता पारिएपछि पाखोबारीमा पनि माओवादीले कब्जा गरेका थिए । हामीले पेट पाल्ने भनेको बारीमा नै उनीहरूले झन्डा गाड्दा पनि हामी चुपचाप बस्न बाध्य थियौँ । आशालाई पनि डर थियो, मलाई पनि बालाई छ जस्तै माओवादीले लग्छन् भनेर त्यसैले पनि उनी मलाई बोल्न दिँदैन थिइन। हामी विवश भएर बाँच्नुसिवाय अर्को कुनै बिकल्प थिएन । बोले आफैँ निरर्थक मारिनुपर्ने, बलि चढ्नुपर्ने डर थियो । नबोले अभावले मर्नुपर्ने डर थियो । घरमा भएको अन्नपात पनि माओवादीले लुटेरा छापामार शैलीमा लाने गर्थे । सानो छोरा दिनहुँ हुर्केदै थियो । बा’आमाले आफूले पूरा गर्न नसकेका सपनाहरू छोराछोरीले पुरा गर्छन् भन्ने आशा हुन्छ । मैले मेरा बा’आमाका सपना कति पूरा गरेँ कुन्नि ? तर उहाँहरूका केही सपना पूरा गर्न नपाउँदै नियतिले बा’आमालाई नै टाढा बनाइदियो । अब बा’आमाका सपना पूरा गर्ने जिम्मेबारी मेरो छोराले बोकेको थियो । तर मैले पनि आफ्नो जिम्बेबारी र कर्तव्य त पूरा गर्नु छँदै थियो। तर छोराको आवश्यक्ता पूरा गर्न म परदेशिनु पर्ने बाध्यता भयो । आफूले भन्दा धेरै प्रगति गरोस् सन्तानले भन्ने चाहाना बाआमामा मात्र हुन्छ । जहाँ कुनै लोभ, ईष्याको भावना हुँदैन । निम्न वर्गीय परिवारमा बाँचिरहेका सन्तानलाई अभावबाट मुक्त गर्न भए पनि म परदेशिनु पर्ने भयो । गाउँमा केही सरसापाट, केही ऋण गरेरै भए पनि म परदेशिएँ, आशालाई र सानो छोरालाई सम्झाई बुझाई गरेर । मर्नुभन्दा बौलाउनु वेश भनेझैँ म आशाको काखमा सानो छोरोलाई घरमा एक्लै छोडेर लाचार बनेर, आँसु लुखाएर, मन दुखाएर परदेशिन विवश भएँ। मलेसिया आएको केही सयमसम्म जीवन पीडादायी र कष्टकर रूपमा बित्यो । भनेको जस्तो काम पाउन सकिएन । कम्पनीले ८ घण्टा भने पनि १२\\१३ घण्टा निरन्तर काम गर्नुपार्यो। बारम्बार राजदुतावासमा जानकारी गराएपछि बल्लतल्ल काम मिल्यो, त्यसपछि म आफ्ना बाआमालाई सुरक्षा दिन नसकेको मान्छे मलेसियामा सुन पसलको सुरक्षा गार्डको काम गर्न थालेँ । सुन देख्दा आमाको याद आउँछ । आमाले मलाई नाक, कान बुच्चो बनाएर पढाउनु भयो, केही बचेको पनि मेरो विवाहमा आशाको लागि नै दिनुभयो । भन्नुहुन्थ्यो, “छोरो पढेर भोलिपर्सि योभन्दा धेरै सुन लगाउँन दिने छ ।”, आमाको सपना पूरा गर्न नपाउँदै आमाले छोडेर जानुभयो । सबैले भन्छन्, ‘देशले मुहार फेरिसक्य’, तर मैले सम्झिने मेरा बाआमाको अनुहार फेरिएको छैन । सबैले भन्छन्, ‘देशले मुहार फेरिसक्य’, तर मैले सम्झिने मेरा बाआमाको अनुहार फेरिएको छैन । कहिलेकाहीँ सोच्छु मेरा बा’का गाला चाउरी परिसके होलान् ! हात खुट्टा कमजोर भइसके होलान् ? त्यो दिन रातमा को हो ? भनेर छुट्याउन नसकेका आँखाले आजभोलि दिनमा पनि छुट्याउन सक्दैनन् होला ? गला अवरूद्ध हुन्छ होला ! कानले सुन्न पनि छाड्न थाले होलान् ! अब भेटिएपछि मेरा बा’ले मलाई चिन्न सक्छन् कि सक्दैनन् होला ! बूढा कानले मैले ‘बा !’ भनेर बोलाउदा सुन्छन् कि सुन्दैनन् होला ! मरेर जाने मान्छेको भन्दा हराएर जाने मान्छेको याद धेरै आउँदो रहेछ, फर्किन्छ कि भन्ने झिनो आशा मनमा जीवनभर बाँचिरहने रहेछ । ………………… मोबाइलको फोटो हेर्दाहेर्दै मन मस्तिष्क विगतमा पुगेछ । मुखबाट हिक्क हिक्क आवाज आएपछि तल्लो बेडको साथीले, ‘के भयो बिजय ?’ भनेपछि झसङ्ग हुन्छ बिर्खबहादुर । अहो ! १ बजिसके छ । भोलि बिहानै सुरक्षाको लागि तैनाथ हुनुपर्ने छ बिर्खबहादुरलार्इ । ८ घण्टा त उभिनु नै पर्छ । खुट्टा दुखेर गाह्रो हुन्छ । अनिँदो बसेर कसरी काम गरोस् बिचरा ! भोलि झनै गाह्रो हुन्छ । काम गर्न नसके साहुले गाली गर्नेछ । यस्तै यस्तै सम्झिएर मुटु फेरि ढुकढुक गर्न थाल्छ उसको, त्यसपछि जबर्जस्ती आँखा बन्द गर्छ । #कृष्ण कञ्चन गोर्खाभाषा कसरी नेपाली भाषामा परिणत भयो?: १. विषय प्रवेश नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन र मरणोप्रान्त सम्झनामा रहेका छन्। उनको सम्झना मात्र गर्नु पनि उनले गरेको सेवाप्रति कृतज्ञता प्रकट गर्नु हो। प्रस्तुत प्रस्तुतिमा उनका अन्य योगदानका कुरा छोडेर उनले गरेको नेपाली भाषाको सेवाको मात्र चर्चा गरिन्छ। नवीन पौड्याल २. भाषासेवीका रूपमा पारसमणि प्रधान नेपाली भाषाको सन्दर्भमा पारसमणि प्रधानको प्रत्यक्ष र परोक्ष गरी दुई प्रकारको सेवा देखिन्छ – प्रत्यक्ष र परोक्ष। उनको प्रत्यक्ष सेवाका रूपमा अनुवाद, सम्पादन, व्याकरण लेखन, प्रकाशन, मुद्रण आदिका रूपमा रहेको छ भने परोक्ष सेवाका रूपमा भने सरकारी निकायसमक्ष भाषाको निम्ति लेखापढी, भाषा शुद्धिका निम्ति अहोरात्र खट्ने एक भाषा संशोधक, भाषा मान्यताका निम्ति एक भाषाकर्मी, एक साहित्यिक संगठक हुन्। पारसमणि प्रधानको बहुमुखी साहित्यक प्रतिभा भएतापनि उनी मूल रूपमा भाषाशास्त्री नै हुन्। यसैले उनका संस्मरणहरूमा उनले नेपाली भाषाको निम्ति गर्नुपरेको संघर्ष नै मुख्यरूपमा देखापर्छन्। यी संस्मरणहरू आज केवल उनको निजी संस्मरण मात्र नभएर नेपाली भाषा साहित्यको इतिहास पनि बन्नपुगेको छ। पारसमणि प्रधानका संस्मरणात्मक अभिव्यक्तिहरू मुख्यतः भारतीको प्रकाशनदेखि नै देखा पर्न थालेका हुन्। केही न केही संस्मरणात्मक झलक दिने अभिव्यक्तिहरू टिपन-टापन, आफ्नो बारे, काठमाण्डौंमा दश दिन, रमाइलो सम्झना खरसाङको, काठे झांक्री, क्वाँटी जस्ता कृतिहरूमा पनि देख्न पाइन्छ। २.१ परोक्ष सेवा पारसमणि प्रधान पारसमणि प्रधानले भाषाको पर्दाको पछाडि बसेर परोक्ष रूपमा कति धेरै सेवा गरेका छन्, जसको सही जानकारी नभएको हुन सक्छ। कतिपय अदृश्य सेवा गरेको मानिसले नजानेको हुन सक्छ। उनी आफुले विद्यालयी शिक्षा लिँदा हिन्दीमा लिनुपरेकाले आफ्नै नेपाली भाषामा लिन पाए हुन्थ्यो भन्ने भावना जागेको थियो। यस चेतनाले जोहोरिएर उनले सर्वप्रथम कलकत्ता विश्वविद्यासयसमक्ष माध्यमिक तहसम्म नेपाली भाषाको माध्यममा पढ्नु पाउनु पर्छ भन्ने सरकारसमक्ष अर्जी पत्र लेखेका हुन्। त्यसै फलस्वरूप सन् १९१८ मा कलकत्ता विश्वविद्यालयले माध्यमिक तहसम्म नेपाली भाषालाई मान्यता प्रदान गरेको थियो। यसै गरि उच्च माध्यमिक तहमा पनि एक विषय नेपाली र यसको माध्यममा पढ्ने व्यवस्था हुनुपर्छ भन्ने मागमा आवेदन चडाएका हुन्। यसैगरि उनले उच्च शिक्षा क्षेत्रमा पनि धेरै काम गरेका छन्। सन् १९६२ सालमा स्थापित उत्तर बङ्गाल विद्यालयसमक्ष पनि नेपाली भाषाको पठन पाठनको व्यवस्थाको निम्ति उनको आफ्नो पक्षबाट पनि धेरै काम भएको छ। उनले लेखापढी गरेर नेपाली पठन-पाठनको सुविधा प्राप्त भएका १. प्राथमिक तह – उनी आफूले हिन्दी माध्यमबाट पढ्दा नेपालीभाषी शिशु विद्यार्थीहरूले भोग्नुपरेको भाषिक समस्या, पाठगत सम्प्रेषणात्मक समस्या आदि सुल्झाउनलाई उनी अघि सरेर नेपाली माध्यममा पढाइको निम्ति सरकारसमक्ष माग राखेको हुन्। २. माध्यमिक तह – तत्त्कालीन कलकत्ता विश्वविद्यालयद्वारा सञ्चालित माध्यमिक र उच्चत्तर माध्यमिक तहमा नेपाली माध्यम बनाउनु उनले धेरै सङ्घर्ष गर्नुपरेको थियो। त्यहाँ रजिस्टार महोदयबाट नेपालीमा चाहिने पुस्तक सामाग्री छैनन् भन्ने सुनेपछि आफैंले लेखेर भए पनि त्यसको पूर्ताल गरी माध्यमिक तहसम्म एक विषय मातृभाषाको रूपमा नेपाली भाषा र अन्य विषयमा पनि नेपाली माध्यमका निम्ति आवश्यक र समयोचित लिखित आवेदन दिएर उपलब्धि हासिल गराएका हुन्। ३. स्नातक तह – पहाडका तीन महकुमामा सञ्चालित रहेका थोरै कलेजहरूमा पनि नेपाली विषय निम्ति उनले सङ्घर्ष गरेको छुट्टै इतिहास छ। पछिबाट सन् १९६२ देखि उत्तरबङ्गाल विश्वविद्यालय स्थापना भएदेखि पारसमणि प्रधानले शुरूदेखि नै लेखापढी गरी स्नातक तहमा अनर्सको निम्ति सङ्घर्ष गरेका हुन्। यसको फलस्वरूप सर्वप्रथम सन् १९६८ मा दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली अनर्स विषय खोलिएको हो। ४. स्नातकोत्तर तह – उत्तर बङ्गाल विश्वविद्यालयले नेपाली भाषालाई स्नातक तहमा अनर्स र सामान्य नेपाली दिए पनि यतिमा मात्र सन्तोक नमानी स्नातकोत्तर तहमा पनि नेपाली हुनुपर्छ भनेर फेरि आवाज उठाउने पारसमणि प्रधान नै हुन्। उनले लगातार लिखित र मौखिक सम्पर्क र ताकिता गरेर उत्तर बङ्गाल विश्वविद्यालयले सन् १९७५ देखि नेपालीमा एम. ए. सम्मको मान्यता दिएको हो र सन् १९७७ सालेदेखि भने पहिलो ब्याचका नेपाली विद्यार्थीको पढाइ शुरू भएको थियो। २.२. प्रत्यक्ष सेवा नेपाली भाषाको उन्नयनका निम्ति पारसमणि प्रधानको योगदान अतुल्य छ। यस सम्बन्धमा चर्चा गरिनेछ। २.२.१. अनुवाद सेवा नेपाली भाषा सेवाका क्रममा उनी सर्वप्रथम अनुवाद कार्यमा जुटेका हुन्। जब नेपाली साहित्यमा नै उपन्यास सङ्ख्या अत्यन्त कम थियो त्यस समयमा उनी अनुवादको काम लिएर अघि आएका हुन्। आफ्नो उमेरको सत्र वर्षमा नै उनले बङ्किमचन्द्रको बाङ्ला उपन्यास युगलाङ्गुरीयलाई हिरण्मयी चरित्र नाम लिएर अनुवादमा उत्रेका सन् १९१५ सालमा प्रकाशित यस अनूदित उपन्यासमा भाषाको मोह देखिन्छ। यसपछि राधारानी उपन्यास पनि नेपाली अनुवाद गरेका हुन्। ती दुई उपन्यासले पनि आजभन्दा एकसय वर्ष अघिको नेपाली भाषाको मानक नमूना देखाइदिएका छन्। उनी आफुले औपचारिक रूपमा नेपाली पढ्न नपाए पनि दशौं श्रेणी पढ्दाताका उनीभित्र रहेको भाषाप्रेमका कारण बंगलाबाट नेपाली उपन्यासलाई नेपाली अनुवाद गर्ने हुटहुटी चल्यो। २.२.१. सम्पादन सेवा भाषा सेवाले जुर्मुराएर उनले ‘चन्द्रिका’, ‘भारती’ जस्ता सफल साहित्यिक पत्रिकाको सम्पादन गरेका हुन्। उनले ‘चन्द्रिका’ पत्रिकाको सम्पादन गरेर भारतमा नेपाली साहित्यिक पत्रिकाको थालनी गरेका हुन्। यस पत्रिकालाई उनले केही वर्षसम्म सम्पादन गरेका हुन्। अर्को पत्रिका ‘भारती’ पनि नेपाली साहित्यिक पत्रिकाको इतिहासमा ठूलो योगदान भएको पत्रिका हो। उनले सम्पादन गरेका दुवै पत्रिकाले नेपाली साहित्यमा ठूलो छाप छोडेका हुन्। अज विशेष गरी ‘भारती’ पत्रिकाले नेपाली साहित्यमा कथा साहित्यको ठूलो ढोका खोलिदिएका हुन्। भारतमा कथा साहित्यको समवर्द्धनमा ‘भारती’ पत्रिकाको ठूलो योगदान छ। जम्मा एकसय आठ अङ्कसम्म प्रकाशित ‘भारती’ पत्रिकाले धेरै नेपाली कथाकार जन्माएको छ। २.२.२. व्याकरण लेखन नेपाली व्याकरण लेखनको परम्परामा पारसमणि प्रधानको नाम उच्च छ। नेपाली भाषाको व्याकरण लेखनमा उनको नाम अति आदरका साथ लिइन्छ। सन् १९२० मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित नेपाली व्याकरण विशेषगरी अँग्रेजी व्याकरण र भाषा-भाष्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको छ। पारसमणि प्रधान एक्लैले र सहलेखनमा तयार पारेका व्याकरण पुस्तकहरूमा सजिलो नेपाली व्याकरण (१९३५), नेपाली रचना कुसुम (भाग १, नगेन्द्रमणि प्रधानको सहलेखन), नेपाली रचना भारती (भाग १ र २, अमरमणि प्रधानको सहलेखन,१९५४), नेपाली व्याकरणको परिवर्द्धित र वर्तमान रूप (१९७०), व्याकरणको दन्त्य कथा (१९७०), नेपाली व्याकरण भारती, नगेन्द्रमणि प्रधानको सहलेखन, १९५४), प्राथमिक नेपाली व्याकरण (१९५४), प्रवेशिका व्याकरण र रचना (१९५५, टीकाराम शर्माको सहलेखन) नेपाली व्याकरण (पहिलो भाग, १९७०), माध्यमिक नेपाली व्याकरण र रचना, १९८२)। यद्यपि उनको सन् १९२० मा प्रकाशित व्याकरणकै कहिले सजिलो नेपाली व्याकरण, कहिले व्याकरण भारती अनि कहिले प्रवेशिका नेपाली व्याकरण र रचना जस्ता विभिन्न नामहरू लिएर देखा पर्छन्। पारसमणि प्रधानका अनुसार भाषाको व्याकरणमा समयोचित हेरफेर हुनु जीवित भाषाको लक्षण हो। नेपाली भाषाको व्याकरणका नियममा पनि समय समयमा धेरथोर हेरफेर भइरहनु पर्छ। उनका आफ्नो जीवनकालभरि भाषाको एकरूपताका लागि संघर्ष गरिरहे। नेपाली भाषालाई अघोरै माया गर्ने पारसमणिले जीवनकालभरि नै नेपाली भाषा-साहित्यको सेवामा आफूलाई समर्पित गरे। नेपाली भाषालाई नेपाली समाजको एकता र अखण्डताको सूत्र मान्ने पारसमणि लेख्छन्- नेपाली भाषा कुनै निश्चित जातको पेवा भाषा होइन- न यो बाहुन छेत्रीको पेवा भाषा हो, न गुरूङ-मगरको सूर्यविक्रम ज्ञवालीको एउटा नकारात्मक टिप्पणीले आहत पारसमणिलाई जीवनभरि नै त्यो कुराले झस्काइरहेको देखिन्छ। उनी अझ लेख्छन्, “नेपाली भाषा खस-बाहुनहरूको मात्र भाषा होइन, यो कामी, दमाई र सार्कीको मात्र भाषा पनि होइन। यो त एँगल्स र जुटहरूका बोलीको संमिश्रणले इंगलिस (अङ्ग्रेजी) भाषाको उत्पत्ति भएझैं समय समयमा सयकडौं वर्षमा धेरै बोलीहरूको संमिश्रणले बनेको एउटा नयाँ भाषा हो। यो नेपाली भाषा कुनै निश्चित जातको पेवा भाषा होइन, यो त समस्त नेपाली जातिको नेपाली मातृभाषा हो।“ ईश्वीको बीसौं शताब्दीको प्रथम चरणसम्म आइपुग्दा पनि हाम्रो भाषाको नाम स्पष्ट भइसकेको थिएन। कसैले यसलाई गोर्खा भाषा भन्थे, कसैले पर्वतीया, कसैले यसलाई खसकुरा भन्थे भने कसैले यसलाई नेपाली पनि भनिहाल्थे। यसरी एउटै भाषाको अने नामले अनेक समस्याहरू झेल्न पर्थ्यो। पारसमणिहरूले यस समस्याको समाधान गर्ने अठोट गरे। यसबारे उनी आफ्नो संस्मरणमा लेख्छन्- “परीक्षा सिद्धिएपछि हामी दुई जना (पारसमणि प्रधान अनि धरणीधर कोइराला)ले डिपुटी कमिश्नरमार्फत बंगाल सरकारमा एउटा बिन्तिपत्र च़ढायौं । त्यसमा यो पहाडिया खसकुरा वा गोरखाली वा पर्वतीया भन्ने शब्द झिकिउन किनभने हाम्रो भाषाको चोखो नाउँ नेपाली नै हो, बुद्धिजीवी जनतालाई रूचेको नाउँ नेपाली हो औ भाषा शास्त्रीहरूले रूचाएको नाउँ पनि नेपाली नै हो। वाडेल साहेबलाई हामीले यो कुरा राम्ररी बुझायौं। उनले सिफारिस गरिदिने वचन दिए। नेपाली भाषा नामको निम्ति पारसमणि प्रधानले आफ्नो मासिक पत्रिका ‘चन्द्रिका’को माध्यमबाट पनि धेरै प्रयास गरे। ‘चन्द्रिका’को प्रकाशनदेखि नै हाम्रो भाषाको नाम नेपालीको रूपमा अधिक चल्न थालेको नगेन्द्रमणि प्रधानले आफ्नो विचार प्रकट गरेका छन्। यसअघि नेपाली भाषाको सर्वमान्य एउटै नाम थिएन। नेपालमा समेत भाषाको नाम गोर्खा रहेको गोर्खा भाषा प्रचारिणी समिति नामक संस्थाले प्रमाणित गर्छ। उनले आफ्नो पढाइको प्राथमिक तहदेखि नै हिन्दी भाषामा पढ्नु परे तापनि उनमा नेपाली भाषाप्रति रूचि रहेकाले बनारसबाट प्रकाशित हुने नेपाली पत्र-पत्रिका पढ्ने गर्थे। सन् 1916 तिर दार्जिलिङ सरकारी उच्च विद्यालय पढ्दै गर्दा उनले गोर्खा साहित्य समाज नामक पुस्तकालय स्थापित गरेका थिए। २.२.३. पाठ्य पुस्तक निर्माण भारतमा नेपालीभाषी विद्यार्थीका निम्ति आवश्यकता परेका बेला नेपाली पाठ्य पुस्तक निर्माण गर्ने महत् कार्य उनले शुरू गरेका हुन्। यस क्षेत्रमा उनको अद्वितीय देन छ। उनले शिशु श्रेणीदेखि लिएर उच्च श्रेणीसम्मका निम्ति पाठ्यपुस्तक निर्माण गरेका हुन्। नेपालीको सरल पाठ मात्र नभई व्याकरण, बीजगणित, अङ्कगणित, इतिहास, भूगोल, विज्ञान, रेखागणित जस्ता सबै विषयमा पाठ्य पुस्तक लेखेर तत्कालीन आवश्यकता पूर्ति गरेका हुन्। सबै विषयको एकमुष्ठ पाठ्यपुस्तक किशलय नामक एउटा निर्माण गरेका हुन्। कोलकाताको नामी प्रकाशक म्याकमिलन कम्पनीसित मिलेर उनले प्रायः सबै तहका पाठ्यपुस्तक लेखेका हुन्। उनले तयार पारेका पाठ्य पुस्तक पढ्ने विद्यार्थीले सठिक विषय ज्ञान र भाषा ज्ञान हासिल गर्न सक्थे। पहिलेका तेस्रो श्रेणी वा पाँचौं श्रेणी पढ्नेसम्मले पनि नेपाली फटाफट पढ्न र लेख्न सक्छन्। अहिलेका दशौं श्रेणी पढ्ने विद्यार्थीभन्दा उहिले चौथो-पाँचौं श्रेणी पढ्नेको भाषा र साहित्य ज्ञान बढी हुन्थ्यो। यस्तो हुनुमा पारसमणि प्रधानले तयार पारेको पाठ्यपुस्तकको भूमिका थियो। उनले नेपाली पाठ्यपुस्तकको आवश्यकता मात्र पूर्ति गरेनन् बरू यसको भण्डार पनि भरिदिए। २.२.४. कोश लेखन नेपाली शब्दकोश निर्माण क्षेत्रमा पनि पारसमणि प्रधानकै ठूलो योगदान छ। नेपाली शब्दको खोइ भनी कलकत्ता विश्वविद्यालयका रजिस्टारले सोध्दा उनलाई ग्लानि बोध भएपछि उनी यसतर्फ लागेका हुन्। उनले नेपाली शब्दकोशलाई विभिन्न तहका विद्यार्थीको निम्ति शब्दकोश तयार पारिदिएका हुन्। यसका साथै अङ्गेजी–नेपाली, नेपाली अङ्गेजी जस्ता बहुभाषिक गरी लगभग आठवटा जति शब्दकोश तयारी पारेका हुन्। २.३.परोक्ष सेवा यसअन्तर्गत पारसमणि प्रधानका केही कार्यहरू हेर्न सकिन्छ- २.३.१. संगठन सेवा- पारसमणि प्रधान भाषा र साहित्य सेवा गर्ने क्रममा एकजना कुशल संगठक पनि थिए। उनी र उनका अन्य दुई जना सहकर्मी सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइरालालगायत अन्यान्य मिलेर नेपाली साहित्य सम्मेलन, दार्जिलिङ स्थापना गरेका हुन्। यसका उनी संस्थापत सचिव रही धेरै काम गरेका थिए। उनले नेपाली साहित्य सम्मेलन पत्रिकाको केही अङ्कको कुशल सम्पादन पनि गरेका थिए। २.३.२. मुद्रण सेवा– भारतको नेपाली मुद्रणको इतिहासमा पनि पारसमणि प्रधानको स्थान अग्रिम पंक्तिमा छ। उनले दार्जिलिङ, कालिम्पोङमा प्रेस खोलेका थिए। पछिबाट सिलगडीमा पनि उनले आफ्नो प्रेस खोलेका हुन्। मनमा सधैँ नेपाली भाषाप्रति सच्चा सेवाको भाव लिएको हुनाले उनको प्रेसबाट जति नेपाली किताब प्रकाशित हुन्थे, जम्मै विशुद्ध, सही हिज्जेयुक्त, सठिक प्रुफ संशोधित हुन्थे। सेवाभाव लिएर व्यावसाय गरिएको हुनाले उनका प्रेसहरूबाट नेपाली साहित्यले धेरै उपलब्धि हासिल गर्न सक्यो। पारसमणि प्रधानको भाषा सेवालाई अझ दुईवटा वर्गमा वर्गीकरण गर्न सकिन्छ- नेपाली भाषाको स्तरगत सेवा र संरचनात्मक सेवा। भाषाको स्तरगत सेवाअन्तर्गत नेपाली भाषालाई सरकारी तवरमा विभिन्न तहमा पठन-पाठनको निम्ति मान्यताको निम्ति आवेदन आदि गरी उपलब्धि हासिल गराएका हुन्। उनको एक्लो र सामूहिक प्रयासले गर्दा समग्र नेपाली समाजले नै सफलता हासिल गरेका थियो। सन् १९१८ मा नै हाइस्कूल तहमा मान्यता पाएको नेपाली भाषालाई दार्जिलिङ सरकारी विद्यालयमा एक विषयसम्म पढाइ नहुँदा उनले दुःख प्रकट गरी त्यसका हेडमास्टरलाई पत्र लेखी आवेदन गरेका थिए। सन् 1973 मा साहित्य अकादमी, नयाँ दिल्लीको विशेषज्ञ समितिका सदस्य रहेका थिए। कलकत्ता विश्वविद्यालयबाट नेपाली भाषाको मान्यताका निम्ति डम्बरसिंह गुरूङसित गएर विश्वविद्यालयको रजिस्ट्रारबाट खप्की खानुपरे तापनि यसलाई चुनौतीस्वरूपमा नेपाली पाठ्यपुस्तक लेखेर तयारी पार्ने महत काम गरेका हुन्। नेपाली भाषालाई साहित्य अकादमीको परिधिमा ल्याउन उनले थुप्रै काम गरेका थिए। उनले आफ्नो उत्तर बंगाल विश्वविद्यालयमा नेपाली अकादमी र पश्चिम बंगाल सरकारको नेपाली अकादमी खोल्न ठूलो भूमिका निभाएका थिए। यसै गरी सिक्किम विधानसभामा नेपाली भाषालाई राज्यभाषा घोषित गराउन उनको अदृश्य योगदान थियो भनिन्छ। यसै गरी उनले नेपाली भाषाको संरचनात्मक सेवा पनि गरेका छन्। नेपाली भाषाको स्वरूप निर्धारण, एकीकरण, मानकीकरणसम्बन्धमा धेरै काम गरेका छन्। अझ एकीकरण सम्बन्धमा त आजीवन लागिपरिरहे। उनको विचारमा जहाँको भए पनि नेपाली भाषा एउटै हो र यसको स्वरूप र मानक रूप एउटै हुन्छ र हुनुपर्छ भन्ने राय थियो। कथ्य भाषाको विभिन्न स्वरूप भए पनि यसको मूल स्वरूप एउटा हुन्छ भन्ने विचार थियो। नेपाली भाषाको मूल स्वरूप संस्कृतबाट आएको सत्यता आफ्नो ठाउँमा, अर्कापट्टि अङ्ग्रेजी भाषाको बढ्दो प्रभाव तथा हिन्दी व्याकरणको पनि बोलबाला भएको समयमा पारसमणि प्रधानले मध्यमार्ग अपनाई नेपाली व्याकरण लेखेका हुन्। एकापट्टि हेमराज पाण्डेको चन्द्रिका व्याकरणको मूल आधार समाएर नेपाली व्याकरणको बोलबाला थियो भने अर्कापट्टि राममणि आदीको हलन्त वहिष्कार आन्दोलनबाट प्रभावित विश्वमणि आदीको गोर्खा व्याकरण बोध प्रकाशन। यी दुवै पक्षको बीचबाट पारसमणि प्रधानले व्याकरण लेखेका हुन्। यद्यपि उनले चन्द्रिकालाई श्रेष्ठ व्याकरण ठहर्\u200dयाएका छन्। गोर्खा व्याकरण बोध व्याकरणमा हलन्त वहिष्कार र अन्य दुई-चार दोषलाई छोडेर हेर्दा वेशै छ भन्ने उल्लेख गरेका छन्। उनको विचारमा नेपालीले लेख्नुअघि अङ्ग्रेजहरूले लेखेको व्याकरण सही र मानक हुँदैनन्, अर्कालाई सोधेको भरमा जबर्जस्ती व्याकरण लेखिएका हुन्छन्। ती व्याकरणले भाषा बिगार्छन्। जसले नेपाली भाषाको सही परिपाटी जानेको हुन्छ, उसैले मात्र सही व्याकरण लेख्न सक्छ। यसका निम्ति नेपाली विद्वानहरूले नै जुर्मुराएर अघि बढ्नु पर्छ भन्ने उनको सद्विचार थियो। यसबाहेक उनले नेपाली व्याकरणको इतिहास, नेपाली भाषाको पठन पाठनको इतिहास, नेपाली भाषाको उत्पत्ति र विकास, नेपाली भाषाको विकास र अध्ययनका क्षेत्रमा अनेपाली विद्यानहरूको योगदानको चर्चा, इत्यादि विषयमा पनि कलम चलाएर नेपाली भाषा साहित्यमा अनुसन्धान गर्ने इच्छुकहरूलाई पनि ठूलो सहयोग पुर्\u200dयाएका छन्। यसबाहेक भानुभक्त, देवकोटा, बालकृष्ण सम र लेखनाथ पौड्यालका विषयमा अङ्ग्रेजीमा पनि किताब लेखेर अनेपाली अध्येताहरूलाई पनि नेपाली महान् साहित्यकारहरूको परिचय दिएका हुन्। समग्रमा उनले नेपाली भाषाको सेवा गरेको कुराहरूको लेखाजोखा यी बुँदाहरूमा लिन सकिन्छः १. नेपाली भाषाको उद्भव र विकाससम्बन्धी चिन्तन गर्ने एक चिन्तक। २. नेपाली भाषालाई विभिन्न तह पठन पाठनका निम्ति सरकारसमक्ष माग राख्ने एक कलमवीर। ३. भारतीय संविधानमा नेपाली भाषालाई मान्यताको निम्ति लडिएको संग्रामका एक सङ्ग्रामी। ४. नेपाली साहित्य लेखेर भाषाको आजीवन सेवासाधना गर्ने एक साधक। ५. समयअनुसार नेपाली भाषाको स्वरूपमा पनि परिवर्तन हुँदै जानुपर्छ भन्ने एक सचेतक। ६. नेपाली व्याकरण लेखेर नेपाली भाषालाई समृद्ध तुल्याउने एक वैयाकरण। ७. एक सफल कवि, कथाकार, निबन्धकार। ८. एक सफल मुद्रक, प्रकाशक। ९. चन्द्रिका, नेपाली साहित्य सम्मेलन पत्रिका र भारती जस्ता नेपाली पत्रिकाको इतिहासमा गुरूत्वपूर्ण पत्रिकाका सम्पादक। प्रमुख सन्दर्भ ग्रन्थ – १. पारसमणि प्रधान, टिपन-टापन, कालिम्पोङ, भाग्यलक्ष्मी प्रकाशन,१९६९। २. सम्पा. शिव प्रधान, डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थ, गान्तोक, गान्तोक प्रकाशन, १९८४। ३. सम्पा. शिव प्रधान, डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थ परिशिष्टाङ्क, गान्तोक, गान्तोक प्रकाशन, १९८५। #नवीन पाैड्याल असमयमै अस्ताएका जीवन्त कवि जीवन आचार्य: जीवन आचार्यसँग चिनाजानी कहिले, कसरी, कोमार्फत् र कुन सन्दर्भमा भएको थियो भन्ने पनि अव सन्दर्भहीन भएको लाग्दैछ मलाई । कताकता धमिलो सम्झना आउँछ, टेवहालको गल्लीभित्रको उनको डेरा जहाँ जान एउटा होचो सुरुङ जस्तो पुरानो घरमुनिबाट जानु पर्थ्यो । त्यो डेरामा २०३६ सालकै आसपास अनेकपल्ट पुगिन्थ्यो । उनी कविता लेख्थे । कथा लेख्थे । र आफूले लेखेको रचना अरूले किनेर उसको नाउँमा छपाउन चाहने मान्छे भएको कुरा उनीसँग परिचय भएको सुरुतिरको बेला उनले गरेको पनि धुमिल याद आउँछ । उनले अलिअलि चित्रकारिता पनि सुरु गरेको सम्झन्छु । गोविन्द गिरी प्रेरणा हो, उनको त्यही डेराबाट फर्केर आउने क्रममा एकदिन फणिन्द्र नेपाल र म सँगै भएको र फणिन्द्रले आयामेली त्रिमुर्तीले झैं ‘केही नयाँ गरौं’ तीन जना मिलेर भन्ने प्रस्ताव गरेको पनि हेक्का छ मलाई । तर म त्यसमा आकर्षित भइनं । पछि फणिन्द्रले तीर्थ श्रेष्ठ र विनय रावलको साथमा आफ्नो मनसुवा पूरा गरे तरलवादी आन्दालेन गरेर जुन पछि तरलवादबाट तरलतावाद भयो र छोटै समयको अन्तरालमा त्यो आन्दोलनले विश्राम लियो । सायद फणिन्द्रले मसँग जस्तै जीवनसँग पनि यही प्रस्ताव गरेका थिए कि ? उनी वास्तवमा एउटा नयाँ केही गरिहालौं भनेर अत्यन्त आतुरताका साथ सहयात्रीको खोजीमा थिए । जीवनले टेवहालको डेरामै छँदा साहित्यिक पत्रकारिता सुरु गरे । उनले “आस्था” नामक साहित्यिक पत्रिकाको सम्पादन प्रकाशन गरे । त्यस पत्रिकाको माध्यमबाट उनको पहुँच धेरै साहित्यकारहरूसँग भयो । उनी अलि कडा लेख्न मन पराउँथे । अलि निर्भिक हुन मन पराउँथे । आस्थामा त्यस्ता कडा कुराहरू प्रकाशित हुन्थे । तर आस्था पत्रिका केही अङ्कको प्रकाशनपछि बन्द भयो । आर्थिक सुकेनास नेपाली साहित्यिक पत्रकारिताको दीर्घरोगले आस्थालाई पछ्यायो । पछि उनी सम्पादक र रामेश्वर डंगोल प्रकाशक भएर एउटा नयाँ साहित्यिक पत्रिकाको प्रकाशन आरम्भ गरे । त्यो पत्रिकाको नाम “आकुञ्चन” थियो। यो पत्रिका जम्मा ३ अङ्कमात्र प्रकाशित भयो । हामीले पनि एउटा साहित्यिक संस्थाको परिकल्पना गर्यौं । २०३६ सालको आन्दोलनपछि नेपाली समाजमा धेरै तरुण साहित्यकारहरू जुर्मुराएका थिए । नयाँ देखा परेका थिए । सुसुप्तहरू ब्युँतेका थिए । ब्युँतेकाहरू झस्केर आँखा टाठो पार्न थालेका थिए । हामीले पनि एउटा साहित्यिक संस्थाको परिकल्पना गर्यौं । त्यो संस्थामा अध्यक्ष कोही थिएन । हामीले विभिन्न योजना बनायौं र ज-जस्ले त्यो योजनाको जिम्मा लिएको छ, ऊ त्यसको संयोजक, प्रमुख, अध्यक्ष जे भने पनि हुने समझ्दारी थियो । त्यसमा जीवन आचार्य थिए, अवि राई थिए, दिनेश सत्याल थिए (अहिले सौरभ नामले चिनिने), म थिएँ, पछि दिनेश अधिकारी पनि सामेल भएका थिए । त्यो संस्थाको नाम युसास अर्थात् युवा साहित्यिक समाज थियो । हामीले रत्नपार्कको खुल्ला चउरमा संस्थाको बैठक गर्थ्यौं, मैले सेतो पानाको नोट वुक बनाएर माइन्युट र उपस्थितिको अभिलेख पनि राख्ने गरेको थिएँ युसासको । त्यो संस्थाबाट केही काम गर्ने हामीले योजना बनायौं: १. जीवन आचार्यको कला प्रदर्शनी गर्ने । त्यसको संयोजक दिनेश सत्याल रहने । २. युसासको मुखपत्रको रूपमा गोजीका पत्रिका निकाल्ने । त्यसको संयोजक अवि राई रहने । ३. देशव्यापी मुक्तक प्रदर्शनी गर्ने । त्यसको संयोजक गोविन्द गिरी प्रेरणा रहने । यसै बीच अचानक दिनेश सत्यालले दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह प्रकाशनको प्रस्ताव ल्याए । सबैले सहमति जनायौं र दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह “अन्तरका छिटाहरू” युसास प्रकाशनबाट भयो । विमोचन पनि भयो पद्मकन्या क्याम्पसमा । अनि जीवन आचार्यको पहिलो कला प्रदर्शनी नेपाल भारत पुस्तकालयको सभाकक्षमा सम्पन्न गरियो । यो प्रदर्शनी एक हप्तासम्म चलेको थियो । अवि राईले प्रजिअ कार्यालयमा युसासको मुखपत्र “पूर्वार्ध” दर्ता गराए र त्यो नेपाली साहित्यको पहिलो गोजीका पत्रिका बान्कीको साइजमा प्रकाशित भयो । हामी युसासका सबैको रचना र अन्यको पनि प्रकाशन गर्ने हाम्रो नीति थियो र युसासबाट जम्मा प्रकाशित दुई अङ्क पूर्वार्ध गोजीमा जीवन आचार्यको रचना पनि प्रकाशित थिए । युसासबाट यति काम भएपछि संलग्न हामी बीच विग्रहको अवस्था आयो र युसास अघोषित रूपमा बन्द भयो । जीवन आचार्यले मदर टेरेसासँग भेट्दा आफू पत्रकारसहित कलाकार पनि भएको बताएका रहेछन् र आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्न काठमाडौं आउन निम्तो गर्न पनि भ्याएछन् । जीवन एकपल्ट कुन्नि के सिलसिलामा हो कलकत्ता पुगेछन् । उनी आस्था पत्रिकाका सम्पादक त थिए नै, कुनै अखबारमा पनि स्तम्भ लेख्थे कि, तर जे भए पनि पत्रकारको पहिचानका कारण कलकत्तामा उनले नोवेल शान्ति पुरस्कार विजेता मदर टेरेसासँग भेट गर्ने अवसर पाएछन् । जीवन आचार्यले मदर टेरेसासँग भेट्दा आफू पत्रकारसहित कलाकार पनि भएको बताएका रहेछन् र आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्न काठमाडौं आउन निम्तो गर्न पनि भ्याएछन् । उनी नेपाल आउने कुरा पनि समाचारमा पढिएको थियो, धरानमा गएको विनासकारी भूकम्पका पीडितहरूलाई राहत वितरण गर्न । तर पञ्चायतको जगजगीको बेला क्रिश्चियन धर्मावलम्वी मदर टेरेसालाई ल्याए क्रिश्चियन धर्मको प्रचार हुन्छ भनेर उनलाई नेपालमा आएर राहत वितरण गर्न तत्कालीन नेपाल सरकारले अनुमति दिएन । उनी आइनन् । जीवनले त्यतिखेर नेपाली साहित्यकारका विभिन्न कृतिहरूलाई थिम बनाएर सो अनुसारका कला सिर्जना गरेका थिए । साहित्यिक कृतिहरूमा आधारित कला सिर्जना भएकाले साहित्यकारहरूमा त्यसबारे चासो हुनु स्वाभाविक नै थियो । अझ जजस्को कृतिमाथि कला सिर्जना गरियो, तिनीहरूले झन् वढी चासो राख्नु अस्वाभाविक थिएन । तर उनको कला प्रदर्शनीको उद्घाटन गर्न मदर टेरेसा आउने हल्ला भने मत्थर हुँदै गएको थियो । कतिले ठट्टा पनि गर्दथे, मदर टेरेसा नआए के भो त फादर टेरेसाले गर्लान् नि । मैले जीवनलाई जवाफ दिनुस् भन्नुपर्ने थियो, तर मलाई थाहा भएको कुरा हुनाले मैले जवाफ दिएँ । कुरा यहीं बिग्रियो । वास्तवमा त्यो ठट्टा चरितार्थ भयो । उनको कला प्रदर्शनी त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. महेन्द्रप्रसादबाट हुने भयो । स्थान उही नेपाल भारत साँस्कृतिक केन्द्रको पुस्तकालय थियो । डा. महेन्द्रप्रसाद कला प्रदर्शनीको उद्घाटनका लागि आए । म त्रिवि केन्द्रिय कार्यालयमा काम गर्ने कर्मचारी थिएँ । उनलाई प्रदर्शनीस्थलमा सो बताएपछि उनले मेरो हात समाते र प्रदर्शन गरिएका चित्रहरूबारे सोधे । मैले जानेको बताइदिएँ । जीवनचाहिँ पछिपछि थिए । कार्यक्रम सकिएपछि डा. महेन्द्रप्रसाद फर्किए अनि त जीवन आगो भएर ममाथि खनिए । डा. महेन्द्रप्रसादले मेरो हात समातेर उनको कलाको बारेमा मैले बताएकोमा उनी रिसले चूर भएका रहेछन् । वास्तवमा मेरो जीवनलाई उपेक्षा गर्ने मनशाय थिएन । न म कलाकारिताको क्षेत्रको थिएँ । तर उनले कुनकुन साहित्यकारको कुन कृतिमा आधारित चित्रकला हो त्यो थाहा भएकोले भन्दिएँ । यो वास्तवमा जीवनलाई सोधिनुपथ्र्यो र जवाफ उनैले दिनुपथ्र्यो । तर उपकुलपतिले मलाई सोधे । मैले जीवनलाई जवाफ दिनुस् भन्नुपर्ने थियो, तर मलाई थाहा भएको कुरा हुनाले मैले जवाफ दिएँ । कुरा यहीं बिग्रियो । उनी साह्रै रिसाए मात्र होइनन् । मलाई तथानाम नै गाली गरे । यो नसोचेको कुरा भएको थियो । तर उनको रिस थामिएन र म प्रदर्शनीस्थलबाट घरतिर हिंडें । त्यसपछि त्यो प्रदर्शनीमा दोहार्याएर पाइला टेक्ने मेरो हिम्मत भएन । ज-जस्को कृतिमाथि उनले चित्र बनाएका थिए, सक्नेले, मन हुनेले उनका कृति किनेछन् । तर सुतेको समुद्र शीर्षकको मेरो कथा र सोही नामको कथा सङ्ग्रहमा आधारित चित्रचाहिँ उनले प्रदर्शनी उद्घाटन भएको साँझ प्रदर्शनीस्थलबाट हटाएछन् । त्यसपछि हामी बीच पानी बाराबार भयो । बोलचाल बन्द भयो । आवतजावत बन्द भयो । मित्रताको तार चुँडिएर हामी नदीको दुई किनारा भयौं । राजेन्द्र शलभसँग साइनो जोडिदिने काम “दूवो’’ गोजीकाले गरेको थियो । उनले दूवोको सम्पादक बनाइहाले । छिटै हामी नजिक भयौं । तिमीबाट तँसम्मको मीठो मित्रताको त्यान्द्रोमा हामी बाँधियौं । दूवोका विभिन्न अङ्कहरू हामीले विशेषाङ्कको रूपमा निकाल्यौं । भलै ती अङ्कहरू, विशेषाङ्कहरू निकाल्न भारतीय पाक्षिक सारिका पत्रिकाले प्रेरित गरेको किन नहोस् । एक दिन मेरो कालिमाटीको डेरामा यिनै शलभले जीवन आचार्यलाई डोर्याएर ल्याए र जीवन र म बीच पुनः मित्रताको साइनो अगाडि बढाइदिए । मैले सिलावरको सानो डेक्चीमा कालो चिया बनाएँ, अनि हामीले त्यसलाई चुस्की लगाउँदै मीठा मीठा कुरा गरेर मित्रताको नयाँ अध्याय सुरु गर्यौं । यो गोष्ठीलाई चीरकालसम्म सम्झना गराउन आज पढेका कविताहरू संकलन गर्नोस् र किताब छाप्नोस् । म मेरो तर्फबाट ५०० दिन्छु, बाँकी तपाईंहरू जुटाउनुहोस् । एक दिन हामी तीनजनाले सल्लाह गर्यौं, एउटा साहित्यिक संस्था किन नखोल्ने भनेर । संस्थाको नाम गोष्ठी राख्ने निधो भयो, एक शब्दको । शलभको भनाई थियो, मात्र शब्द लेख्ने अरू क्यै नलेख्ने । म चाहन्थें, गोष्ठी, काठमाडौं, नेपाल । शलभले ढिपी गरेर मानेनन् र अन्तमा हामी गोष्ठी, नेपाल राख्न सहमत भयौं र विभिन्न कार्यक्रमहरू गर्यौं । यसबीच जीवन आचार्यको केदारमान व्यथितसँग राम्रो हिमचिम बढेको थियो । राम्रो भन्दा पनि अति प्रिय सम्बन्ध भन्नु पर्ला । केदारमान व्यथितले उनलाई पुत्रवत् नै भन्दथे । अनि जीवन आचार्यकै पहलमा एक साँझ केदारमान व्यथितको निवासमा एउटा कविता वाचनको कार्यक्रम गर्ने तय भयो । यो जीवन आचार्यकै कारणले सम्भव भएको थियो । त्यसो त लहडी कवि केदारमान व्यथित बेलाबेलामा खानपानसहित कवि गोष्ठीहरू गरिरहन्थे । तर उनले बोलाउने कविहरू हामीभन्दा अघिल्ला पुस्ताका र उनका प्रियजनहरू नै हुन्थे । हामीले त्यो कार्यक्रमको नाम काव्य सन्ध्या राखेका थियौं । सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । जोडदार कविताहरू वाचन भए । त्यही कार्यक्रममा केदारमान व्यथितले आफ्नो लहडी स्वभाव देखाइहाले, “लौ तपाईंहरूले यति राम्रो कवि गोष्ठीको आयोजना गर्नुभयो । तपाईंहरू सरस्वतीका वरदपुत्रहरू धन्य हुनुहुन्छ । अब यो गोष्ठीलाई चीरकालसम्म सम्झना गराउन आज पढेका कविताहरू संकलन गर्नोस् र किताब छाप्नोस् । म मेरो तर्फबाट ५०० दिन्छु, बाँकी तपाईंहरू जुटाउनुहोस् ।” सबैले ताली बजायौं । तर जीवनले आफ्ना जुत्ताका खुर पूरै खियाउन्जेल केदारमान व्यथितको घरको चक्कर लाए, तर व्यथितले दिन्छु भनेको ५०० दिएनन् र बरु शर्मा प्रेस अर्थात् राजेन्द्र शलभका पिताले योगदान पुर्याए र काव्य सन्ध्या निस्कियो । जीवन आचार्यको पहिलो कविता सङ्ग्रह डेभिड नामका अमेरिकनले प्रकाशन गरिदिएका थिए र त्यसको विमोचन गोष्ठीका प्रमुख अतिथि सूर्यबहादुर थापा थिए । ती डेभिड इन्द्रेनी सोया मिल्क कम्पनीका संस्थापक थिए, जुन नेपालका पत्रकारहरूले र हावापानीले मिलिजुली फ्लप गराइदिएका थिए । प्रधानमन्त्रीले म हेर्छु भने, तर केही गरेनन् । उनको जागिर गएको गयै भयो । जीवन आचार्य र इश्वरवल्लभ एकैसाथ एकपल्ट राष्ट्रिय योजना आयोगमा जागिरे भएका थिए । अनि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि दुवैले एकसाथ जागिर गुमाएका थिए । संयोगवश त्यसबखत नेपाली साहित्यमा निकै धेरै गतिविधि गरेर चर्चामा रहेको सिसास अर्थात् सिर्जनशील साहित्य समाजले लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकोमा साहित्यकार भएको नाताले उनको सम्मानमा एउटा कार्यक्रम कृषि आयोजना सेवा केन्द्रमा आयोजना गरेको थियो । सो कार्यक्रममा कविता वाचनको पनि कार्यक्रम थियो । जीवन पनि त्यस कार्यक्रममा उपस्थित थिए । उनलाई कविता वाचनका लागि उद्घोषकले डाकेपछि उनी माइकमा गएर प्रधानमन्त्रीको अन्तरगत रहेको राष्ट्रिय योजना आयोगले जागिरबाट हटाएको योबेलामा म कविता पढ्न सक्ने अवस्थामा छैन, मैले जागिर समाप्त भएको पत्र पाएको छु, म उहाँलाई यही दिन चाहन्छु भनेर जागिरबाट हटाएको चिट्ठी प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरे । उनले त्यो हस्तान्तरण गर्दा आक्रोश र क्षोभ जुन उनको अनुहारमा देखिएको थियो, त्यो म अद्यापि बिर्सन सकेको छैन । प्रधानमन्त्रीले म हेर्छु भने, तर केही गरेनन् । उनको जागिर गएको गयै भयो । जीवनको खुट्टामा समस्या थियो । उनी राम्ररी लामो हिंड्न सक्दैनथे । कतै कुनै प्रोग्रामबाट हिंड्दै आउँदा म आधा पैसा हाल्छु, ट्याक्सीमा जाउँ भन्दा उनको अनुहार मायालाग्दो देखिन्थ्यो । उनको कविता “लेउ, च्याउ र खिया’’ उनको कविता लेखनको एउटा उत्कर्ष थियो । कविता बेजोडको थियो र उनले वाचन पनि प्रभावकारी किसिमले गर्थे । लामै समय त्यो कविताले बजार लियो, कृष्णभूषण बलको “काठमाडौं एक्लैले काठमाडौं बोक्न सक्दैन’’ जस्तै । उनको कलम र कुची साथै चल्दथ्यो । उनले मेरो उत्खनन् उपन्यास, जुन २०४५ सालमा साझा प्रकाशनबाट छापिएको थियो, त्यसको कभर बनाएका थिए । त्यस उपन्यासको तीन खण्ड “उत्खनन काठामाडौं’’, “उत्खनन हेटौंडा’’ तथा “उत्खनन भैरहवा’’ का लागि रेखाचित्र पनि बनाएका थिए । उनले नेपालका लागि भारतका राजदूत कवि नरेन्द्र जैनको पुस्तकको पनि कभर बनाएका थिए । उनले बागबजारमा डिजाइनर कार्यालय पनि खोलेका थिए । त्यहाँ राजेन्द्र शलभ र विधान आचार्य विशेष पुग्दथे । त्यतिबेला एउटा साप्ताहिकमा उनी अर्थात् शीर्षकमा कोलम पनि लेख्थे । निडर र निर्भिक अभिव्यक्ति उनको विशेषता थियो । उनले पछिल्लो चरणमा लेखेको “कृष्णे’’ कविता विशिष्ट कविता थियो । त्यसले निकै ख्याति कमायो । मलाई लाग्छ जीवनका दुई कविता लेउ , च्याउ र खिया अनि कृष्णे दुई मास्टरपीस कविता हुन्, उनको कविता यात्राको र नेपाली कविता यात्राको पनि । नाम जीवन भए पनि उनको जीवन लामो रहेन । सम्भवत उनको मुटुको समस्या थियो । उनलाई त्यसैले चुँडेर लग्यो । नाम जीवन भए पनि उनको जीवन लामो रहेन । सम्भवत उनको मुटुको समस्या थियो । उनलाई त्यसैले चुँडेर लग्यो । एउटा सशक्त कलमकार र कुचिकार, प्रिय मित्र जीवन जीवनबाट विदा भएका थिए । अनपेक्षित र अप्रत्यासित रूपमा । कवि पिता कमल जङ्गलीलाई कस्तो पीडा भएको हुँदो हो, कल्पनासम्म गर्न सकिन्छ । उनको जीवनको पहिलो कला प्रदर्शनीमा उनको अनुहारमा उदाएको मुस्कान मेरो मानसमा अझ पनि ताजा र जीवन्त छ । पुनश्चः (अचम्मको कुराः जीवनले रिसको झोंकमा प्रदशर्नी स्थलबाट मेरो कथा “सुतेको समुद्र’’माथि सिर्जना गरेको चित्र हटाए पनि सुरक्षित नै राखेका रहेछन् । आफ्नो सन्तान कसलाई प्यारो हुँदैन ? यही संस्मरण लेख्ने क्रममा मित्र कृष्ण धरावासीले त्यो चित्रको फोटो पठाइदिए । अहो, त्यो चित्र त हालै बनाइएको जस्तो जीवन्त छ । यसले जीवनको जीवन्ततालाई पुनः पुष्टि गर्यो र मैले तत्कालै अठोट गरें, साझा प्रकाशनबाट २०४० सालमा प्रकाशित “सुतेको समुद्र’’ बजारमा उपलब्ध छैन । यसको दोश्रो संस्करणको आवरण यही चित्रलाई नै राख्नेछु !) १९ सेप्टेम्वर २०१९, भर्जिनिया, अमेरिका #गोविन्द गिरी प्रेरणा \xa0‘अनुहारमा भूगोल’ सङ्ग्रहभित्रका कविताहरूको अनुहार: प्रवेश: प्रा.योगेश खाती भारतीय सन्दर्भमा नेपाली कविताहरूको स्थान विशिष्ट छ। विभिन्न भाषिक समुदायहरुले साहित्यको माध्यमद्वारा अभिव्यक्ति दिने परम्परा गणतान्त्रिक देश भारतमा एउटा मनपर्दो विषय हो। विश्व साहित्यमा कविताले दिन सकेको अभिव्यक्ति एउटा ठूलो पक्षको रुपमा हेर्न सकिन्छ। यसै अभिव्यक्तिभित्र भारतीय नेपाली कविताहरूका प्रवृत्तिहरू पनि एक पछि अर्को गर्दै विविध छन्। भाषिक समुदायहरूमा देखिएका अभिव्यक्तिका विविध पक्षहरू वास्तवमा साहित्य निर्माणका उत्प्रेरक थोकहरू हुन्। यसै सन्दर्भमा भारतीय नेपाली साहित्यका कविता विधाभित्र पनि यस्ता पक्ष अनि उत्प्रेरक विषयहरू प्रसस्तै भेट्न सकिन्छ। भारतीय नेपाली साहित्यको विशेष साधना स्थल दार्जिलिङ, यहाँका कवि अनि कविताहरू यस विषयभित्र उल्लेखनीय भेटिन्छन्। भारतीय प्रसङ्गमा दार्जिलिङका कवि अनि कविताहरुले यहाँका माटो, माया, मन, मृगतृष्णा, जातीयता, चिनारी, आक्रोस आदि जस्ता कुराहरुलाई समेटेर भिन्नै साहित्यिक स्वाद प्रस्तुत गरिरहेका छुट्टै अनि विशिष्ट स्थिति छ। यसै सन्दर्भमा सुकराज दियाली पनि एक उद्यमी साहित्य सेवकको रुपमा देखा पर्छन्। दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहभित्र पनि यस्तै धेरै साहित्यिक अभिव्यक्तिका सम्भावनाहरू पाइने हुनाले उनका यस कविता सङ्ग्रहभित्र विचरण गर्ने यहाँ प्रयास गरिन्छ। कवि सुकराज दियाली अनि कविता सङ्ग्रह अनुहारमा भूगोल परिचय : दार्जिलिङ जिल्लाको सिलगडी महकुमा अन्तर्गत एउटा उच्चतर माध्यमिक पाठशालाका सह-शिक्षकका रुपमा कार्यरत सुकराज दियाली जीवनका घाम पानी सहँदै साहित्य सेवामा लागेका एक समर्पित सेवक, स्रष्टा र सिर्जनात्मक विचारका संयोजक हुन्। उनले कविता सङ्ग्रह, लेख सङ्ग्रह, समीक्षा सङ्ग्रह, व्यक्ति-कृति अध्ययन जस्ता विशेष कृतिहरू गर्दै अहिलेसम्म झन्डै एक दर्जन पुस्तक निकाली सकेका छन् भने झन्डै डेढ दर्जन जस्ता साहित्यिक एवम् विविध पत्रिकाहरू सम्पादन गरिसकेका छन्। भारतीय नेपाली साहित्य मूलतः साहित्य सेवा मात्र नभएर यत्रो बहुभाषिक देशभित्र हाम्रो निम्ति आत्म-प्रकाशनको ठूलो अवसर अनि प्रयास पनि हो। देशका विभिन्न समस्याहरू लगायत हाम्रा आफ्नै समस्याहरूको सामना र चुनौती गर्दै अघि बढ्न पर्ने स्थितिहरू यहाँ यथेष्ट छन्। यस्तो वस्तुस्थितिमा अनवरत् परिश्रम, जन-सम्पर्क, अध्ययन र केही गरूँ भन्ने औडाहा लिएर साहित्य सिर्जनामा लागेका सुकराज दियालीले धेरै अरु जस्तै आफैलाई पनि एक साहित्यकारका रुपमा स्थापना गरिसकेका छन्। वर्तमान समय प्रोपोगान्डा र मुद्दाको समय छ जहाँ साहित्य सिर्जना एउटा उर्वर शौकको रुपमा रहेको छ। यसैले साहित्यभित्र आफै साहित्यकार बनिने अनि आफ्ना कोठरीले साहित्यिक बनाइएका केही जन्मजात् आलोचकहरूका मुख सुकराज दियालीले आफ्ना कर्मद्वारा बन्द गरिदिएका छन्। हाल सुकराज दियाली अनवरत् रुपमा साहित्यको मलजल गर्न उद्यमी भइ, उद्देश्य सफा लिइ, भारतीय नेपाली साहित्य संसारमा सक्रिय देखिन्छन्। अनुहारमा भूगोल कविता सङ्ग्रह : अनुहारमा भूगोल कविता सङ्ग्रह सन् २०१४ सालमा नई इन्डिया पब्लिकेशन दुर्गागडी, सिलगडीबाट प्रकाशित उनको पछिल्लो कविता सङ्ग्रह हो। यस कविता सङ्ग्रहमा लामा छोटा गरेर जम्मा ६४ वटा कविताहरू रहेका छन्। यी कविताहरूमा सामाजिक समस्या, राजनैतिक समस्या, चिनारी समस्या, मानव सम्बन्ध विषयक उद्वेग, कल्पना र दर्शन भेटिन्छ भने धेरैपल्ट आफ्नै पीडा र व्यथा पक्षहरू पनि समेटिएको देखिन्छ। यस सङ्ग्रहभित्र उनका सबै भन्दा छोटा कविताहरू ‘ फेरि आशा’ , ‘ जीवन ’ आदि छन् भने सबै भन्दा लामो कविता ‘ सम्झनाको पोस्टर’ -लाई लिन सकिन्छ। अनुहारमा भूगोल – सङ्ग्रहभित्रका कविताहरूको अध्ययन: भारतीय नेपाली आधुनिक कविताको विकास परम्परा विषयमा एकरूपता भेटिन्न। विभिन्न विद्वानहरुले आआफ्नै विचार एवम् कालखण्ड तयार पारेका छन्। असीत राईले आफ्ना पुस्तक- भारतेली नेपाली साहित्यको इतिहास -भित्र आधुनिक भारतेली नेपाली कविता साहित्यको अवधि सन् १९४७ देखि सन् १९८७ सम्म देखाएका छन्। [1] अर्का विद्वान देवी पन्थीले आफ्ना पुस्तक भारतेली नेपाली साहित्य र संस्कृतिको झलक- मा सन् १९४७ देखि यताको समयलाई उल्लेख गरेका छन्। [2] अध्ययनको क्रममा भारतीय इतिहासभित्र सन् १९४७ साल महत्त्वपूर्ण काल मानिन्छ। यद्यपि वैधानिक रुपमा देश, सिङ्गो भारत हुन अघि पनि यहाँ नेपाली भाषामा साहित्य सिर्जना भइरहेका स्थितिहरू थिए। राजनैतिक रुपमा सिङ्गो राष्ट्र भारत बनिन अघिनै भारतीय लेखन परम्पराभित्र भारतीय साहित्य नामकरण भित्रिसकेको हो। स्वतन्त्र भारतको निर्माण पश्चात् सामाजिक, राजनैतिक, अर्थनैतिक, शैक्षिक अनि साहित्यिक क्षेत्रहरूमा धेरै परिवर्तन साथै दृष्टिकोणहरू देखा पर्दै आएका हुन्। यस अवधिपछि विविध साहित्यिक मोड अनि धारणाहरू देखा परे। साहित्यिक विचार, अभिव्यक्ति अनि प्रयोगमा बृहत्तर दिशाहरू निर्माण हुँदै गए। अतः यिनै बृहत्तर दिशाका धेरै साहित्यिक कार्यहरूको लहरमा राख्दै एक साहित्यिक अभिव्यक्तिकै रुपमा सुकराज दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहलाई पनि राखेर हेर्न सकिन्छ। यहाँ विचार, अभिव्यक्ति अनि दृष्टिकोण बृहत् अनि समसामयिक छन् जो नितान्त आधुनिक विमर्शका प्रकृति हुन्। यसर्थ, सुकराज दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहलाई भारतीय नेपाली आधुनिक कविताको परम्परामा एउटा उपलब्धिको रुपमा स्वीकार्दै यसभित्रका कविताहरूको अध्ययन यहाँ प्रस्तुत गरिन्छ। कवि सुकराज दियालीका कविता सङ्ग्रह अनुहारमा भूगोल -भित्र सङ्ग्रहित कविताहरूका भाषा सरल र सहज भेटिन्छ। शुरुदेखि अन्त्यसम्म नै पाठकलाई विषयसँग तानेर राख्न सक्ने उनको काव्यात्मक मोहनी धेरै हदसम्म सफल भेटिन्छ। एकाध केही सामान्य प्राविधिक दोषहरूबाहेक भाषा लयात्मक अनि सरल नै भेटिन्छ। यस सङ्ग्रहभित्र ‘ गुगलको संसारमा सुनमाया’ -बाट सुरु भएको कविता अन्त्यमा ‘ क्रान्ति’ कवितामा पुगेर टुङ्गिएको छ। समग्रमा हेर्दा उनका कविताहरूभित्र देशका सन्दर्भहरूजडित प्रसस्त भावाभिव्यक्ति भेटिन्छ। उनका कविताहरूमा जातीय चिनारी, राष्ट्रियता, कल्पना, चियाबारीको मर्म, राजनीति, सामाजिक-राजनैतिक स्थितिहरूप्रति प्रहार, क्रोध-क्षोभ, जीवनका कुण्ठाहरू, आशावादी सोँच, यथार्थ चित्रण, स्थानीयताको स्वर, व्यङ्ग्य जस्ता पक्षहरू यथेष्ट पाइन्छन्। उनका कविताले आधुनिकता अनि आधुनिक शिक्षा प्रणाली, चिनारीको सङ्घर्ष, क्षेत्रीयता, राष्ट्रियता, देशभक्ति, विविध फराकिलो दृष्टिकोण अनि विचार, सामाजिक विचलनप्रति व्यङ्ग्य, व्यवस्थाप्रति क्रोध अनि क्षोभ इत्यादिलाई सम्बोधन गरेको देख्न सकिन्छ। जस्तै- देशले अनुहार खोज्छ, मान्छेलाई होइन, देशले पाखुरा रोज्छ, भाग्यलाई होइन । ( देशको अनुहार ) भारतीय राजनैतिक इतिहासमा नेपाली भाषी जनमानसको सयवर्ष भन्दा लामो सङ्घर्षको तीतो परिणति नै भारतीय संविधानभित्र एउटा छुट्टै घर वा राज्य हो। यसै मुद्दाको वरिपरी दार्जिलिङको राजनीति परिक्रमा गर्दछ। यसै मुद्दाको भावनाहरुलाई लिएर विचार, सोँच अनि अभिव्यक्ति निर्मित हुन्छन्। यो क्रम जारी छ, यथावत् छ। कविले भारतीय मूलधारामा बग्न चाहने एक विशेष भाषिक अनि जातीय समूहका दीर्घकालीन सङ्घर्षको निचोड यसरी व्यक्त गरेका छन्। जस्तै- आफ्नो देशको मानचित्रभित्र एउटा घर नहुनु चेप्टिएर बाँचिरहनु पर्ने थिचिएर हाँसिरहनु पर्ने (आफ्नो घर) विषय साधारण, आफ्नो गाउँ –घर र चियाबारी । उनलाई यी सन्दर्भप्रतिका माया, विरह, मिलन बिछोड जस्ता कुराहरूआफ्नो लाग्दछ। कतिपय कविताहरू जस्तै-‘ चियाबारीभित्र मेरो आमा’, ‘हामी बाँचिरहेछौँ’, ‘परिवर्तन’, ‘तिम्रो आकाशमुनि मेरो गाउँ भेटिन ’ आदिभित्र पनि यी विषयहरू पाउन सकिन्छ। उनको यस्तै एउटा कविताभित्र यस्तो भावोद्गार देखिन्छ। जस्तै- सम्झनाको एउटा टालो टाली राखेको छ, साङ्गेटारमा मैले मायाहरू पनि छाडराखेको छु त्यहींको हरियो धुप्पीका रुखहरूमा पल्लो भित्ताको चाँप र गुँरासका फूलहरूमा । जीवनका विविध परिस्थिति र समयमा मानिस उत्साहित र हतास बन्छ। तर कवि सुकराज आफ्ना अभिव्यक्तिमा स्पष्ट छन्, धीर हुँदै आफ्ना विचार यसरी राख्दछन् – हावा चलिरहन्छ नथामीकन समय हिँ\u200cडिरहन्छ नथामीकन बस् यति बेला सम्झिनु छ पृथ्वीको गतिलाई । भारतीय नेपाली साहित्य सिर्जनको एउटा ठूलो पाटा दार्जिलिङको चियाबारी र यसका जनजीवन हुन्। यसभित्र समाज, राजनीति, अर्थनीति, शैक्षिक वातावरण, सङ्घर्ष आदि जस्ता भरपूर साहित्य लेखनले समेटेका कुराहरू भेटिन्छन्। साहित्यले यिनै कुराहरुलाई समेटेर अघि बढ्दा समाजकै समस्या अनि समाधानका बाटामा जनमानसका अभिव्यक्ति पनि स्वत: बढेको भेटिन्छ। उनका कविताले यस्तै प्रसङ्गलाई तानेको छ । जस्तै- सुनको फूल टिप्ने-सुनमायाको माया र छायाँ गहिरो पोखरीको पानीमा टल्किंदैछ । त्यतिबेला जून हाँसेन बादलभित्र जून हाँसेन बादलभित्र लुकाचोरी खेल्ने घामले सुनमायाको जिन्दगानी देखेन …। (गुगलको संसारमा सुनमाया ) चियाबारी अङ्ग्रेजले रोपेर गए। विदेशी मालिकहरुले यो चियाबारी स्वदेशी मालिकहरूको हातमा छोडेर गए। तथापि, चियाबारी जन-जीवनभित्र असन्तुष्टि, अभाव अनि अन्याय, धेरै बुझ्न सकिने तर थोरै देख्न सकिने यथार्थ भएर रह्यो। युग-युगदेखि चियाबारीको जन-जीवनभित्र देखिएको सपना, वास्तविक जीवनभित्रका मर्म, व्यथा आदि चियाबारीसँगै रहेको छ। राजनैतिक सत्ता र परिवर्तनको रहर समाजमा पटकपटक सुन्नमा आए तापनि चियाबारीमा यसको प्रभाव कुनै ठोस् हुण्डरी भएर आएको भेटिन्न। बरू चियाबारीभित्र अभाव, अन्याय, असमानता जस्ता स्थितिका हावा हुण्डरी चलिनैरहेको वास्तविक स्थितिहरू छन् अनि राजनीति र सामाजिक व्यवस्थाले दिन-रात एउटा सङ्घर्षको ढोकामा यसलाई उभ्याएको भेटिन्छ। कवि दियालीका अभिव्यक्तिले यी कुराहरुलाई बुझेर अनि देखेर आफ्ना अभिव्यक्तिहरूमा अँटाएका छन्, दह्रो भएर उनले बोलेका छन्। जस्तै- सुनमायाको यो जिन्दगानी गम्बुट र टोकरी घुम र बर्साती भित्र पार्सल भएको छ सुनमायाको रगत र पसिना गुगलभित्र रातो रङ्ग चियासँग खाँदिएको छ । (गुगलको संसारमा सुनमाया ) अर्को – हरियो चियाका वोटहरुले फुलेको माया कसले पो बिर्सन्छ र ? डाँडा-काँडाको सम्झना खोलानालाको गीत रमाइलो बनी मनमा छाउँदा कठै ! यो पीर कसले कहन्छ र ! (चियाबारीभित्र मेरी आमा) साहित्यिक अभिव्यक्तिको मिठासपूर्ण पक्ष नै कविताभित्र प्रयुक्त बिम्ब अनि प्रतीकहरूको सफल समायोजन हो। कविले गाउँका समस्या अनि युगौंदेखि आइरहने सम्वृद्धिको प्रश्नलाई घामको प्रतीकात्मक प्रसङ्ग झिकेर यसरी सम्बोधन गर्ने प्रयास गरेका छन् । जस्तै- घाम लाग्छ कि लाग्दैन गाउँले घाम सोचिरहन्छ …. घाम पनि कति लुकिरहन सकेको … गाउँ लाई धुम्मो बादलले कालो कुइरोले ढाकिराख्छ । … (गाउँको भूगोलमा घाम ) कविले समसामयिक विषयभित्र देखिएको बढ्दो शैक्षिक प्रतियोगिता अनि यसका अन्य पक्षलाई यसरी स्पर्श गरेका छन् । जस्तै- ब्यागभरि भारी बोकेर अक्षर सिक्न जाँदैछ ! मेरो नानी, …. नानीलाई थाहा छैन अक्षरहरू बोल्छन् भनेर अक्षरहरू जोडिएर भाग्य बनिन्छ भनेर । अक्षरहरू घटेर भाग्य तुयाइन्छ भनेर । (मेरो नानीले अक्षर सिक्दैछ) मानव समाजभित्र आन्दोलन एउटा समाधान पहलको माध्यम हो। समाज विज्ञानभित्र आन्दोलन, क्रान्ति, सङ्ग्राम मानव प्रकृतिको अभिव्यक्ति हो। तर यस्ता सामूहिक प्रयासभित्र व्यक्तिगत स्वार्थ र उद्देश्य भित्रिएपछि यसको रुप पनि मन नपर्ने हुन्छ। यसको चर्चा कविले यसरी गरेका छन् – बुझ्दिन आजकल, गाउँको आन्दोलन मान्छेको भीडले पसिना बोकेर हिँडेको रङ्ग –विरङ्गका छालाहरूमा कोत्रा परेको विचारहरू साटेर पर्खिरहन्छ एउटा ठूलो जनसभा । (आन्दोलन) आँखा अघिको समाजमा भोलिको जीवन जीउन कस्तो भविष्य चाहिन्छ? कविले आज देखेका समयलाई भोलिको दिनमा सामना गर्न आफ्नो सन्तान कस्तो चाहिन्छ भन्ने बारेमा कविको इच्छा यस्तो भेटिन्छ- तर्क होइन वितर्क गर्न सकोस् भूगोलको मानचित्रभित्र हामीलाई खोज्न सकोस् हामीलाई सोध्न सकोस् । (छोरो) कवि सुकराजका कविताहरूभित्र बारम्बार आइबस्ने नामहरू सुनमाया, रामबहादुर, बुड़ो रामबहादुर आदि हुन्। स्थानीय मानिसहरूका नामसँगै उनीहरूका समस्या र पीडासँग कवि परिचित छन्। कविले यस कुरामाथि समवेदना राख्दछन्। जस्तै- फिका चियासित आफ्नै विवशता पिउँदै। तिर्खा मेटाउँदै छ आज थाकेको छ- रामबहादुर एउटा ठूलो बोझ बोकेर … । (रामबहादुर) पहाड समतलमा रहेका नेपाली भाषी समूहले आ-आफ्नै समस्या र पीडाहरू महसुस गर्दछन् तर अन्तर्समूहबीच देखापरेका आपसी मतभेद अनि अफ्ठ्यारा पक्षहरू कहिल्ले नसकिने तथ्य पनि हो। आफ्नो जनसङ्ख्येकी परिवर्तन र वर्तमान समयमा यसको राजनैतिक चाप अनि विवशताप्रति कवि चिन्तित भेटिन्छन्। जस्तै- यसरी हाम्रा खून चुस्नेहरू माथि पनि रहेछन् तल पनि रहेछन् टोकाईदेखि बाँच्न हामी सकेनौं । (शोषण) कवि सुकराजका कवितामा देख्न सकिने सबै भन्दा दह्रो पक्ष नै देशप्रति भएको कविको आस्था, विश्वास अनि समर्पण हो। उनले देशको सामु आफुले सोंच्न, मान्न अनि गर्न सक्ने सबै भन्दा ठूलो त्याग र तपस्या नै हो देश प्रतिको समर्पण मानेका छन्। देशको महानता अनि ठूलो छहारीमा उनलाई विश्वास लाग्छ साथै आफ्ना राष्ट्रवादी विचार पनि यसरी व्यक्त गरिएको भेटिन्छ । जस्तै- देशले अनुहार खोज्छ मान्छेलाई होइन देशले पाखुरा रोज्छ भाग्यलाई होइन। उनका कविता सङ्ग्रह अनुहारमा भूगोल -भित्रका केही विषयहरू र कविताहरू यसरी पनि राखेर हेर्न सकिन्छ। कविताभित्रका केही विषयहरु देश सन्दर्भका कविताहरु गाउँको मोह चियाबारी विशेष चिनारी प्रसङ्ग समसामयिक मुद्दा व्यङ्ग्य यथार्थ सामाजिक कविताहरू देश, देशभित्र देश, मेरो देश आदि । गुगलको संसारमा सुनमाया, गाउँको भूगोलमा घाम, हाम्रो गाउँ, घर, आफ्नो घर, त्यो गाउँ आदि । चियाबारीभित्र मेरी आमा, गुगलको संसारमा सुनमाया, रामबहादुर, बुढो रामबहादुर-१, बुढो रामबहादुर-२ आदि । मधेशतिर, सोँच, हामी बाँचिरहन्छौँ, झण्डा, आरुको फूल, शोषण आदि । रङ्गिएको इस्केच, स्वार्थी, विश्वास, फेरि आशा, तिमी, जीवन चित्र आदि । शोषण, कोर्न नसकेको चित्र, युद्ध कहिले अन्तिम हुँदैन, जिन्दगी आदि । मान्छे, छोरो, आन्दोलन, टेन्सन, मेरो नानी स्कूल जाँदैछ, जीवन समारोहमा बुढा, ह्यापी बर्थ डे आदि । सम्झनाको पोस्टर, भाका, सिपाही, फ्रेमभित्रका नक्शाहरूआदि । निष्कर्ष: भारतीय नेपाली आधुनिक कविताले आफ्नो विषयको परिधि व्यापक अनि फराकिलो बनाएर अघि बढीरहेको स्थितिहरू अनि विषय र अभिव्यक्तिका बेजोड प्रकाशनबीच कवि सुकराज दियालीका कविताहरू नरम भावका छन्, पाठकका मनमा बस्न सक्ने सौम्य प्रकारका छन्। विचार, प्रस्तुति र अभिव्यक्तिका नयाँपनमा उत्ताउलोपन देखाउने महत्त्वकाङ्क्षी विचारले उनी मातिएका छैनन्। कविता साधारण अभिव्यक्तिमा नै मीठो भेटिन्छ। विषयलाई बुझाउनु अनि समस्यालाई सही हिर्काउनु, कविताको साधारण रुप र प्रस्तुतिले प्रभावकारी बनाउँछ। यद्यपि क्लिष्ट, प्रयोगवादी र महत्त्वकाङ्क्षी कविताहरूमा यस्तो अवसर कम नै हुन्छ, कारण सर्जक र पाठकबीचको सहजता नै सम्प्रेषण हो अनि सम्प्रेषणद्वारा नै पाठकभित्र प्रभाव निर्माण हुन्छ। यसैले सम्प्रेषण सरल राखेर पाठकभित्र प्रभाव छोड्न सक्ने कविहरुमध्ये कवि सुकराज दियाली पनि एक हुन्। विषयको व्यापकता र महत्त्वकाङ्क्षी उडानबाट अनियन्त्रित बनेर सिर्जना र पाठकको सम्मिलन असम्भव बनाउने स्वेच्छाधारी स्रष्टा बन्ने सोँचदेखि उनी टाडा देखिन्छन्। उनका यस सङ्ग्रहभित्र रहेका कविताहरुले वैयक्तिक, सामुदायिक अनि फराकिलो दृष्टिकोणको परिधिभित्र नै रहेर पाठकलाई स्पर्श गरेका छन्। उनका कविता लेखन अझ खारिएर अघि बढ्दै जाने सम्भावना प्रशस्तै देखिन्छ साथै भारतीय नेपाली साहित्य जगतमा एक इमान्दार साहित्य सर्जकका रुपमा कवि दियालीले आफ्नो यात्रा कायम राख्नेछन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ। [1] राई, असीत, सन् २००४, भारतीय नेपाली साहित्यको इतिहास, दार्जिलिङ : साझा पुस्तक प्रकाशन, पृष्ठ-२१-२२ [2] पन्थी, देवी, सन् २००४, भारतीय नेपाली साहित्य र संस्कृतिको झलक, काठमाडौँ: आँखा स्वयम् सेवी प्रकाशन सङ्घ, पृष्ठ- ५६-६६ #प्रा.योगेश खाती भक्तबहादुरका चित्रहरू: हिउँको सिरकभित्र सुतिरहेको हिमाल सबेरै घामको किरणसँगै उठ्दछ । र, घामसित घामकै आँगनमा खेलिरहेको हिमाललाई हरबिहान उसले बार्दलीबाट हेरिरहेको हुन्छ । यसरी नै हिमालभन्दा वारिवारि देखिने पहाडहरू, रूखजंगल र जंगलसित गीत गाउँदै बगिरहेको नदीलाई र कल्पना गर्छ नदीको पानीमा बगिरहेको आफ्नै जिन्दगीलाई । “म पनि दूर पहराबाट रसाएर आएको हुँ ! कहीँ पैतालामुनि टेकिएर, कहीँ पैतालाहरूलाई पछ्याउँदै ।” यत्तिकैमा स्मरण गर्छ उसले, अग्लो भीरबाट हाम्फालेको र भीरको फेदीमा पछारिएको कुरा । कहीँ समतल मैदानमा सललल बगिरहेको, कहीँ बालुवैबालुवामा भासिएको कुरा । अहो, यसरी सिर्जनाको नदीमा बगिरहेको पनि झन्डै तीन दसक पो भैसकेको रहेछ । ठूलो जंगलमा रूखजस्तो ठूलै रूख मात्र देखिन्छ । छोटा थुम्काहरू, थुम्काहरूमै हराउँछन् । कुनै अग्लो पहाड, मात्र पहाडजस्तो देखिन्छ । जस्तो मानिसहरूको भीडहरूमा पनि मानिसजस्तो प्रष्ट अनुहार चिनिनलाई भीडभन्दा फरक हुनैपर्छ, यही बुझेर ऊ भीडभन्दा फरक बन्न चाहन्छ । उसलाई थाहा छ, जतिसुकै भीडमा होस् शशि शाहका कलाहरू भीडमै प्रष्ट चिनिन्छ । जतिसुकै भीडमा होस् कृष्ण मानन्धर, लक्ष्मण श्रेष्ठ, वत्सगोपाल या रमेश खनालहरूका कलाहरूले तिनीहरुको परिचय दिइरहेको हुन्छ । ऊ यही कल्पना गरिरहन्छ र आफ्ना सिर्जनाहरूमा कसरी फरकपना दिन सकिन्छ भनेर लागिरहन्छ । उसका सिर्जनाहरूले माटोको सुवास बोल्छन् । धर्म-संस्कृति र गाउँले जीवनको परिभाषा बोल्छन् । कुनै अर्ध अमूर्तजस्तो क्यानभासमा आफ्ना सिर्जनाहरूलाई आफ्नै ढंगले प्रस्तुत गर्दछ उसले । यही भएर उसको पेन्टिङ उसकै जस्तो छ । ऊ अर्थात्, भक्तबहादुर थापा मगर । मलेसियाको कुलाङ भन्ने ठाउँमा जन्मेको हो भक्तबहादुर तर ऊ मलेसियन नागरिक भने होइन । उसको बाबा तनहुँ जिल्लाबाट ब्रिटिस आर्मी भएर सपरिवार मलेसिया रहेका बेला भक्तबहादुरको जन्म भएको रहेछ । पछि ऊ बच्चै हुँदै बुबा रिटायर्ड भएछन् । सपरिवार नेपाल फर्केपछि उसको कलायात्रा आफ्नै गाउँठाउँबाटै शुरु हुन्छ । त्यसो त भक्तबहादुरको बाबा पनि चित्रकार रहेछन् । पल्टनमा उनले बेलाबखत साहेबहरूका चित्र बनाउने रहेछन् । त्यो कुरा भक्तबहादुरलाई थाहा थियो । त्यसैले भक्तबहादुरले प्रारम्भिक कला आफ्नै बाबासितै सिकेछन् । सात कक्षा पास नगरून्जेल जति सिके उनले उनकै बुबासित सिके । त्यसपछि माध्यमिक विद्यालय पढ्न गाउँदेखि टाढा दमौली माध्यमिक विद्यालय पुग्नुपर्ने रहेछ । माध्यमिक शिक्षा पढ्दैगर्दा उनको बसाइँ उतै बजारतिर भयो तर त्यहाँ चित्रकला पढाउने कुनै शिक्षकहरू थिएनन् । आफैँ अभ्यास गरिरहन्थे भक्तबहादुर । उनलाई अझै याद छ, नौ-दस पढ्दाताका बालदिवसको उपलक्ष्यमा सरकारले अधिराज्यव्यापी चित्रकला प्रतियोगिताको आयोजना गरेको रहेछ । जसमा उनले सान्त्वना पुरस्कार पाएछन् । यद्यपि, भक्तबहादुर भन्छन्, ” उतिबेला मैले विद्यालय स्तरमा थुप्रै पटक चित्रकला प्रतियोगिताहरूमा भाग लिएँ । पुरस्कारहरू पनि पाएँ । यद्यपि, अहिले मलाई लाग्छ प्रतिस्पर्धा आफ्नै मिहिनेतसँग गर्नुपर्छ । आफूले आफैँलाई मूल्यांकन गरेर आफैँसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नु नै कलाकारको असली परीक्षा हो भन्ठान्छु ।” हाइस्कूल पास गरेपछि ललितकलामा चित्रकला पढ्न पुगेका भक्तबहादुर उच्च अध्ययन पूरा नगरी बीचमै छाडिदिएछन् तर स्वअध्ययन गर्दै चित्रहरू बनाउन छाडेनछन् । चित्र बिक्री गर्ने क्रममा ठमेलका गल्लीहरू, पाटन-भक्तपुरका चोकहरू सयौंपटक ओहोरदोहोर गरे, कति जुत्ता फटाले, उनैलाई थाहा छैन । त्यही बखत थुप्रै कलाकार साथीहरूसित उनको संगत बढ्यो । चित्रको लत लाग्यो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा उनले एकल र सामूहिक गरेर थुप्रै पटक चित्रकला प्रदर्शनी पनि गरिसकेका छन् । चित्रकर्ममै समर्पित भएर उनले काठमाडौँमा सपरिवार सम्पन्न जीवन बाँचिरहेका छन् । अब हेरौं उनका केही चित्रकलाः #भक्तबहादुर थापा छोरी जन्मदा म किन रोएँ ?: डा. वीरेन्द्र केसी सबै भाइ अट्ने बाबाको आँगनमा अट्न नसक्ने म जस्तै मेरी छोरी जब जन्मिइन् मैले नारी हुनुकै कारण सहनु पर्ने हर हेय र हीनता सम्झेँ मेरो भर्खरको प्रशव पीडा सम्झेँ हर महिना बेहोर्नु पर्ने रजश्वला सम्झेँ असुरक्षित ती सहर, समाज र संस्कार सम्झेँ असन्तुलित ती विधि, विधान र संविधान सम्झेँ पुरुष भन्दा तुलनात्मक रुपले कमजोर मेरा शरीरका अंग सम्झेँ एक दिन माइती घर छोड्नै पर्ने रीति र तिथि सम्झेँ आफ्नै बाबाको घर आफ्नो नहुने आफ्नै आमाको थर आफ्नो नहुने यो छोरी जातिको नियति जन्मेको घरमा मर्न नहुने जन्म दिने आमालाई रुवाउँदै परको पुरुषको वर भएर अञ्जान सहरको अनिश्चित गोरेटोमा अनिच्छुक पाइला टेक्नु पर्ने त्यसैले आफ्नो पुरुष बाबासँग मात्र अनुहार मिल्ने म जस्तै मेरी छोरी जब जन्मिइन् मैले उनीतिर एक टकले हेरिरहेँ नारी हुनुकै कारण उनले गुज्रनु पर्ने हर कठिनाई, एक एक सम्झिरहेँ अनि आफैँलाई सम्हाल्न नसकी अनन्त रोइरहेँ । डा. वीरेन्द्र केसी दाङ हालः न्युजिल्यान्ड तिमी डराउनुपर्छ: एनबी घिमिरे तिमी कविसँग डराउनुपर्छ किनकि कवि मान्छे हो। तिमी कवितासँग डराउनुपर्छ किनकि कविता मान्छेको आवाज हो। कविको कवितामा जब आदिवासी जङ्गलको जैविक गन्ध आउन थाल्छ, तिमी डराउनुपर्छ उसको कवितामा जब खडेरी लागेको भुइँले पनि विद्रोहको गीत गाउन थाल्छ, तिमी डराउनुपर्छ। तिमी डराउनुपर्छ, जब कसैले जीवनको गतिशीलतालाई लेख्न थाल्छ तिमी डराउनुपर्छ, जब उसले तिम्रो ‘स्टिल प्लान्ट’मा पनि मान्छेको मुटु खोज्न थाल्छ। तिम्रो मेसिन सपनाको निम्ति जब कुनै आदिम बस्ती युगौं युगदेखि बस्दै आएको आफ्नो माटोबाट रगतमा लत्पत्तिएर विस्थापित बन्नुपर्छ र कविले लेख्छ त्यो घटनालाई, तिमी डराउनुपर्छ। तिमी डराउनुपर्छ, जब कविले दलित र शोषितसँग सम्बन्ध गास्नु थाल्छ तिमी डराउनुपर्छ, जब उसले कवितासँगै पोस्टर पनि टाँस्नु थाल्छ तिमी डराउनुपर्छ, जब कविले कविताबाट मान्छेको निम्ति लड्न थाल्छ तिमी डराउनुपर्छ, जब उसले तिम्रो प्रत्येक पाइलामा प्रश्न गर्न थाल्छ । भ्रममा नपर, तिमी न त ‘वरवर’लाई यातना दिन सक्छौ न त ‘वरवर’लाई मार्नै सक्छौ तिमीले थुनेको व्यक्ति ‘वरवर’ होइन ऊ त तिमीले सोच्नु अघि नै बस्ती-बस्तीमा, जङ्गल जङ्गलमा, खेत-बारी सबैतिर जीवनको गीत बनेर बज्नु थालिसकेको छ। जीवनको गीतलाई कुनै अत्याधुनिक हतियारले पनि रोक्न सक्दैन जबसम्म एकजना मान्छे पनि जीवित रहन्छ यो बजिरहन्छ। तिमी कलमलाई भाँच्न सक्छौ तर कविलाई मार्न सक्दैनौ किनकि कवि मान्छे हो र तिम्रोमा नभएको संवेदनाको नदी चौबीसै घण्टा उसको छातीमा बग्छ। ******* भारतीय वाम आन्दोलनका प्रखर व्यक्तित्व, अभियन्ता, कवि तथा शिक्षकको परिचय बोकेका ८० वर्षीय वरवर राव पछिल्लो 22 महिनादेखि भारतीय जेलमा छन् । एल्गार परिषद मामलाको आरोपमा कवि राव गिरफ्तार भएका हुन्। जेलमा उनलाई कोभिड १९ रोग लाग्यो। उनी यतिखेर सिकिस्त बिरामी छन् भन्ने समाचारहरू हामीले पढ्न पाइरहेका छौँ। मेडिकल आधारमा उनलाई जमानतको माग उठिरहेको बेला एनआइएले लगातार यसको विरोध गरिरहेको समाचारहरू सार्वजनिक भइरहेका छन्। उनै विद्रोही कवि वरवर रावलाई समर्पित यो कविता। #एनबी घिमिरे #वरवर राव बाबु साइँलाका कलाकारिताः झरीको सौन्दर्य: कलाक्षेत्रमा सानैदेखिको रूचि थियो । घरपारि मनास्लु हिमाल ऐनाजस्तै छर्लँग टल्किन्थ्यो । त्यही हिमाललाई मुहान बनाएर बग्ने नागबेली नादी खोला अत्यन्त सुन्दर र मनोरम लाग्दथ्यो । यस्तै बिछट्ट प्रकृतिको आँचलमा हुर्के बढेर होला म सानैदेखि रङहरूसंग खेल्न रूचाउदथेँ । समयसँगै रूची बिस्तारै पेशामा परिवर्तन हुन थाल्यो । अचेल कला मेरो बाँच्ने आधार पनि बनेको छ । समय र मुड अनुसार मागबाहेक आफ्नो रूची लागेको विषयवस्तुमाथि पनि ब्रस खेलाउने गर्दछु । जुन कलाप्रेमीहरूले मन पराएर किनेर लैजाने पनि गरेका छन् । अहिलेसम्म तैल, एक्रेलिक र जलरङ माध्यममा थुप्रै कलाहरू सिर्जना गरिसकेको छु । अहिले साहित्यपोस्ट मा आएका जलरङ माध्यमका कलाहरू हुन् । हरियो साउन थिममा आधरित यी चित्रहरू हालसालै बनाइएका कलाअन्तर्गत पर्दछन् । बर्षात् र झरी युवापुस्तालाई मन पर्ने मौसम हो । अझ भनौँ हरियो साउनलार्इ धेरैले प्रेमको मौसमको रूपमा पनि व्याख्या गरेको पाइन्छ । झरीमा रूझ्नुको बेग्लै मज्जा छ । बर्षात् र झरीको बारे अनेकन् कविता र गीतहरू लेखिएका र गाइएका छन् । यसपाली मेरो कलामा पनि केही रोमान्चक जोडी र कर्कलाको पातमा अडिएको झरीको थोपा, झरी थामिएपछि चराचुरूंगीको भावभंगीहरू उतार्ने प्रयास गरेको छु । थोपा थोपा, बूंद बूंद, कण कण बाछिटाहरूमा झरीको सौन्दर्य देख्ने पारखीहरूलाई हरियो साउनको शुभकामना !!! भीम सुब्बा तामा ङ, बाबु साइँला #बाबु साइँला भाइरल बनेकी न्यायकी देवी: हालैका दिनमा दुइ बेग्लाबेग्लै हत्या प्रकरणमा नेपालको न्यायपालिकाद्वारा गरिएका निर्णयमाथि सर्वसाधारणमा आक्रोश मात्र होइन, सिर्जनात्मकता पनि फक्रेर आएकाे छ । त्यसैले त सामाजिक सञ्जालमा न्यायालयको विकृति दर्शाउने चित्रकला अचानक भाइरल हुन थालेका छन् । यहाँ हामीले त्यस्तै केही भाइरल न्यायकी देवीका मुद्रा प्रस्तुत गरेका छाैँ । यी सामग्री हामीले सामाजिक सञ्जालबाट लिएका हाैँ । जाजरकोटदेखि रोल्पासम्मः कचहरी नाटक यात्रा: मोहनप्रकाश भर्खरै धान काटेको खेतको गह्रामा कचहरी नाटक सिध्याएर जाजरकोटको मोर्कबजार छोड्न लाग्दा स्थानीयवासीहरू मिलेर हाम्रो बिदाइमा जुटेका छन् । वडाअध्यक्ष मानबहादुर पुन हामीलाई अबिरको टीका लगाइदिंदै हात–हातमा फूलका थुङ्गा राखिदिन्छन् । हामी सम्मान पाएर गद्गद् हुँदै बस चढ्छौं । स्थानीयको आत्मियता हृदयभरि साँचेर नाटक मञ्चनका लागि पुनः जाजरकोटकै ऐरेलीतर्फ अगि बढ्छौं । बाटोमा ४/५ घरहरू भएको एउटा सानो बस्ती भेटिन्छ । गाउँलेहरू आ–आफ्नो कर्ममा जुटेका देखिन्छन् । कोही धान छाँट्न व्यस्त छन्, कोही पराल ओसार्न । तल खोला बगेको छ । बारीमा हरियै सागसब्जी देखिन्छन् । गाईबाख्राहरू बगरमा रमाउँदै छन् । “मेरो ११ वर्षमा पहिलो बिहा भएको । त्यो बिहा टुटेर फेरि १८ वर्षमा दोस्रो बिहा गर्नुपर्यो । धेरै दुःख खेप्नु पर्यो । सुखमा त धेरै आउँछन् । दुःख पर्दा कोही आउँदैनन्, तर्किएर भाग्छन् ।” जाजरकोटको ऐरेलीमा नाटकपछि कस्तुरा थापाले व्यक्त गरेका अभिव्यक्ति हुन् यी । हाम्रो नाटकमा कल्पनाको भूमिकामा उनले आएर अभिनय पनि गरिन् । नाटकका ससुरा मनबहादुरलाई उनले एकपछि अर्को प्रश्नहरू गरिन्, “म घरबाट किन निस्किने ? मेरो के गल्ती छ ? मेरो माइतबाट फोन आएको हुन सक्छ । जो पायो त्योसँग फोनमा कुरा गरी भनेर मलाई शंका मात्र गर्ने ? तपाईंको छोराले विदेशबाट शंका गरेर फोन गर्यो भनेर हुन्छ ? यो मेरो पनि घर हो । म निस्किन्नँ ।” कस्तुराका प्रश्नहरू सुनेर नाटकका ससुरा मनबहादुर खिस्रिक्क परे । दर्शकहरूले थप्पडी बजाए । कानुन व्यवसायी इमान सुनारले महिला हिंसा, बालविवाह र जुवातास खेल्दा हुने कानुनी सजाय र जरिवानाका बारेमा स्पष्ट पारे । प्रहरी नायब उपरीक्षक बिबी सुनारले गाउँघरमा यस्तो कार्य गर्नेलाई नछोड्ने प्रतिबद्धता जाहेर गरे । हामीले हाम्रो नाटकले स्थानीयहरूमा प्रभाव पारेको महसूस गर्यौं । र, नाटक समापनसँगै लाग्यौं हामी जाजरकोटको खलंगा बजारतर्फ । खलंगाा बजारमा पनि नाटकले सोचेभन्दा राम्रै छाप छोडेको अनुभूत गर्यौं हामीले । त्यसपछिको प्रस्तुतिका लागि बसमा जाजरकोटकै उत्तरी भेग रिम्ना पुग्दा करिब दिउँसोको २ बजेको थियो । रिम्नामा तिहारको मेला भर्नेहरूको घुइँचो थियो । भेरी नदीपारि पश्चिम रुकुम पर्थ्यो । वारिपट्टिको रिम्ना बजार जाजरकोटमा पर्थ्यो । नाटक समापनसँगै हामी पश्चिम रुकुम टेक्न दौडँदै झोलुङ्गे पुलतर्फ लाग्यौं । र, पश्चिम रुकुम टेकेर पक्की पुलबाट पुनः जाजरकोट छिर्यौं । भेरी नदीसँगै उत्तरतर्फ देखिने हिमालका दृश्यले सबैलाई लोभ्यायो । जति–जति उत्तरतर्फ लाग्यो, झन्–झन् सुन्दरता थपिएझैं लाग्थ्यो । प्राकृतिक दृश्यपानपछि जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक श्यामबहादुर खत्री सहितको प्रहरी टोलीसँगै बसेर सबैले रिम्नाको चिया पियौं । प्रनाउ श्यामबहादुर खत्री हामीसँगै हाम्रो बसमा नाटकमा सहभागी हुन रिम्ना आएका थिए । र, पुनः हामीसँगै खलंगा फर्कियौं । भोलिपल्ट बिहान हामी बर्दियातर्फ लाग्दै थियौं । डाँडाको टुप्पोमा अवस्थित खलंगा बजारबाट तल क्षितिजसम्म बादलले ढाकेको थियो । यो दृश्य यात्राको अर्को अविस्मरणीय तस्बिर बनेर छातिमा टाँसिइरह्यो । बिहान छेडा बजारमा पुगेर चिया, खाजा खाँदा घडीले ९ बजाएको थियो । दिउँसो सुर्खेतको मेहलकुनामा खाना खाने अवसर मिल्यो । खानापछि हामी बर्दियातर्फ लाग्यौं । हाम्रो बसको एक हप्ताको ‘रुट पर्मिट’ म्याद सिद्धिएको थियो । नेपालगञ्जमा झरेर ‘रुट पर्मिट’ लिंदा घडीले ४ बजाएको थियो । हाम्रो यात्राकी सहयात्री बालिका चौधरीले नेपालगञ्जमै थारु खाजा सेट फोनबाटै अर्डर गरिसकेकी थिइन् । सिद्रामाछाको अचारसहित स्थानीय थारु परिकार ‘ढिक्री’ थपी-थपी खायौं हामीले । उब्रिएको थोरै समयलाई सदुपयोग गर्दै हाम्रो नाटकका ससुरा बा अर्थात मानहाङ लावतीले मोबाइलमा खिचेर भिडियो तयार गरे । एकछिन राम्रै ठट्टा चल्यो । हामीले उक्त भिडियोमा अभिनय गर्दैगर्दा बाँकी साथीहरू पेट मिचिमिची हाँस्दै थिए । होटलकी बहिनी लजाउँदै मुस्कुराउँदै थिइन् । एकैछिनको ठट्टाले पनि शरीरलाई हलुको बनाएको महसूस गर्दै पुनः हामी लाग्यौं गुलरियातर्फ । गुलरिया पुग्दा झमक्क रात परेको थियो । भोलिपल्टको नाट्य प्रस्तुतिमा वडाध्यक्ष गीता बस्नेतले नाटकको बहसमा उपस्थित सबैलाई चित्तबुझ्दो जवाफ दिइन् । नाटकमा आफैं अभिनय गर्दै मनबहादुरलाई ठेगान लगाइन् । हैकमवादी स्वभावका मनबहादुर पहिलोचोटि अक्क न बक्क परे । दर्शकले खुशीले ताली पिटे । खाना खाने बेलामा यहाँ एउटा समस्या झेल्नुपर्यो । मैले हामी बसेकै होटलमा बिहान ११ बजेका लागि हाम्रो टोलीलाई खाना अर्डर गरेर आएको थिएँ । बालिकाजीले पनि अर्को होटलमा खानाको अर्डर गर्नु भएछ । कामको व्यस्तताले एकअर्कालाई सोध्न पनि भुलिएछ । समस्याको समाधान खोज्नै पर्यो । हामीले समूहबाट आधा–आधा दुईतिर बाँडिएर जाने निर्णय गर्यौं । त्यसमा फेरि अर्को समस्या आई पर्यो । ३ जना कलाकारले फोनमा भनेको कुरा नबुझेर त्यही होटलमा खाना खान सुरु गरिसकेछन् । उताको होटलमा १९ जनालाई खानाको अर्डर गरेकोमा जम्मा ६ जना मात्र पुगियो । होटल साहूलाई सम्झाउन खोजियो तर उनी त सुरुमै जङ्गिदै बोले, “तिम्मेरलाई म खानै सर्भ गर्दिनँ ।” उनी जङ्गीनु पनि स्वभाविक थियो । पुनः बालिकाजी डराउँदै गएर गल्ती भएको स्वीकार्दै बाँकी सबै खानाको पैसा तिर्ने सर्तमा ६ जनालाई खाना ‘सर्भ’ गर्न अनुरोध गरिन् । एकैछिन अगि बम जस्तै पड्केका होटल मालिक त्यसपछि मृदु मुस्कानका साथ हामीसँग कुरा गर्न थाले । खानापछि सबैको पैसा तिरेर उनीसँग पुनः माफी माग्दै त्यहाँबाट अलप भयौं । गुलरियाबाट करिब दिउँसोको १ बजेतिर हामी महेन्द्रनगरतर्फ हान्नियौं । बालिकाजीले २ दिनका लागि राणा थारु होमस्टेमा बासस्थान पक्का गरिसकेकी थिइन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षणको ठीक पछाडि रहेछ हाम्रो होमस्टे स्थल । सामुदायिक भवनमा राखेर होमस्टेका अध्यक्षले होमस्टेको बारेमा जानकारी दिए । र, संख्या विभाजन गरे । एउटा घरमा ४ जनासम्म बस्ने व्यवस्था रहेछ । त्यस मध्येमा हाम्रो ४ जनाको समूहले होमस्टे पुगेपछि आफूलाई भाग्यमानी ठान्यौं । यो होमस्टेमा पहिलो पाइला हाम्रै रहेछ । हामीले नै त्यहाँको पहिलो पाहुना बन्ने सौभाग्य पायौं । हाम्रो समूहमा मसहित नाटक निर्देशक घिमिरे युवराज, म्युजिक कम्पोजर शेख अमजद प्रवेज र फोटोग्राफर जीवन आले थियौं, मेरो भूमिका व्यवस्थापक र फिल्ड रिपोर्टरको थियो । मेरालागि होमस्टेको पहिलो अनुभव थियो यो । व्यावसायिक होटलमा बस्दा–बस्दा दिक्क बनेका हामीलाई यो स्थान टेक्दैमा अर्ग्यानिक लाग्यो । होमस्टे संचालक श्याम राणा, भाउजू, बुहारी र सानो बाबूले हामीलाई घर बिर्साइदिए । उनीहरूको निश्चल व्यवहार र इमान्दारिताको प्रभावले होला आफ्नो मनभित्र बढ्दै गरेको कुटिलता र ढोंग निखारिंदै गएको महसूस गरें मैले । भोलिपल्ट बिहानको नाट्य प्रस्तुतिका लागि हामी पुग्यौं महेन्द्रनगरको दक्षिणी भागमा अवस्थित सालघारीको सुकुम्बासी बस्ती । यता सालघारीमा हाम्रो नाटकमा ‘कल्पना’ र ‘उर्मिला’ न्यायका निम्ति चिच्याउँदै थिए । त्यहींबाट केही दूरीमा रहेको उखुबारीमा सायद निर्मला पन्तको आत्मा न्यायको लागि भौतारिंदै थियो होला । नाटकको अभिनयमा आएकी निर्मला भट्टले पनि यही घटनाको सेरोफेरोमा आफ्ना संवाद नाटकमा पोखिन् । उनी बोल्दा हात खुट्टा लग्लग कामिरहेका थिए । सायद आज पनि सार्वजनिक रूपमा बोल्दा निर्मलाहरू आफूलाई सुरक्षित ठान्दैनन् । महिलाभित्र लुकेका हिंसाका डर भगाउने अभियानमा छ हाम्रो नाट्य यात्रा । हामी कुदिरहेकै छौं । अर्को प्रस्तुतिका लागि पुग्यौं महेन्द्रनगरको उत्तरी भेग हल्दुखाल । महाकाली जनसेवा माविको प्राङ्गणमा हल्दुखालबासी जम्मा भैसकेका छन् । नाटककी कल्पनालाई सहयोग गर्न मञ्चमा आइपुगिन्, सीता बोहोरा । प्रत्येक कार्यक्रममा नाटकमा सक्रिय रूपमा भाग लिन दिदी बहिनीहरू आइरहेकै छन् । बोलिरहेकै छन् । दाजुभाइले उनीहरूलाई समर्थन र साथ दिइरहेकै देखिन्छन् । तर, यथार्थ जीवनमा महिलामाथि हिंसा घटेका पनि देखिन्नन् । भित्रभित्रै कति दबिएर बसेका छन् । छटपटाएकै छन् । अनौठो छ समाज । बाहिर सभ्य देखिन्छ । भित्री रूप अर्कै छ । सायद शिक्षा, चेतना र स्वज्ञानले नै अज्ञानलाई पखाल्दो हो । दिनभरिको थकान मेट्न पुनः पुगियो श्याम दाइको होमस्टेको छानोमुनि । दाजुभाउजूको अर्ग्यानिक स्वागत सत्कारको दुई गाँस टिपेर लडियो उही पलङमा, जहाँ हिजो आनन्दले निदाइएको थियो । महेन्द्रनगरमा बस्दा जुरेको थियो अर्को सौभाग्य । टनकपुर बाँध, चाँधनीदोधारा जोडने झोलुङ्गे पुलसहित कालीपारिको अर्को भूभाग निहार्यौं । यहाँ पुग्दा जो कोही नेपालीलाई भारतीय दबदबाले सायद खिन्न बनाउँदो हो जस्तो लाग्यो हामीलाई । कञ्चनपुरमा हाम्रा अझ दुई प्रस्तुतिहरू बाँकी थिए थारु बस्ती सिंहपुर र जोनापुरमा । तराईका मध्य भागमा अवस्थित यी बस्तीहरू हाम्रालागि नौलो रङ्गमञ्च बनेर प्रकट भए । यी दुवै स्थलमा घरका फराकिला आँगनहरू हाम्रा मञ्च बने । र, रात पनि यही फराकिला रङ्गस्थलकै सेरोफेरोका घरहरूमा होमस्टे पाहुनाको रूपमा बिताइयो । यसपछिका चार प्रस्तुतिहरू थिए रोल्पामा । बिहानको ८ बजे हाम्रो बसले पूर्व–पश्चिम राजमार्ग समात्यो र पूर्वतर्फ रफ्तार लियो । रातको १० बजे दाङको तुल्सीपुर पुग्दा बजार पूरै देउसी–भैलोमा रमेको थियो । भोलिपल्ट भाइटीकाको दिन थियो । बिहान सबैले एक अर्कामा शुभकामना बाँडेर लाग्यौं हामी रोल्पाको जुगारतर्फ । बेलुका जुगारमा पनि देउसी भैलो चल्न थाल्यो । साथीहरू पनि स्थानीयबासीका देउसीभैलोमा नाच्न थाले । बेलुका होटलमै हाम्रो नियमित ‘मिटिङ’ भयो । अर्को दिनको कार्यक्रमको खाका बन्यो । बैठकमा अघिल्लो प्रस्तुतिको समीक्षा र अनुभवहरू साटासाट पनि हुन्थे । यहाँको बैठकमा सबैले आ–आफ्ना अनुभव बाँडे । भोलिपल्ट अर्थात ‘शिल्पी नाट्य यात्रा–२०७६’ को कार्तिक १३ गतेको दिन हाम्रो ‘रेस्ट डे’ थियो । उक्त दिन बिहान हामी जुगार माथिको डाँडो चड्यौं । त्यहाँ महादेवको मन्दिर रहेछ । र, दिउँसो हामी गुफा हेर्न गयौं । गुफामा ताल्चा मारिएको थियो । तर, त्यो ताल्चाले हाम्रो बाटो छेकेन । बरु एउटा नयाँ अनुभूतिको मौका मिल्यो । गुफा बाहिर भीरको साँघुरो बाटोमा लाइनै बसेर गरेको १५ मिनेटको सामूहिक मौन ध्यानले यात्राभरिको थकान मेटाइदिए जस्तो लाग्यो । उक्त ध्यानमा बस्दै गर्दा टाढाका बस्तीहरूमा कतै मादल घन्कँदै गरेको आवाज हाम्रा कानमा ठोक्किदै थिए । #कचहरी नाटक यात्रा #मोहनप्रकाश तैँ चुप्, मैँ चुप्\xa0 : भाइरस या संस्कार ?: गणतन्त्र घोषणा भयो, खोपाको ढाकाटोपी तानेर बा दौडनुभयो । पार्टी मिटिङ् बस्न बिर्से पनि भर्खर किनेको नोकियाको एघार सय मोडल गोजीमा राख्न नबिर्सने बाले, मोबाइल खोपामै छोड्नुभयो । त्यतिखेरको गणतन्त्र झिनोमसिनो सिन्को थिएन । दाइले मोबाइल च्याप समाएर बाटो हेर्यो । बा नाराबाजीको भीडमा बिलीन हुनुभयो । ‘‘यो जीत कसको ? जनताको ।’’ भीड कनिरहेको थियो । हामी दाजुभाइले एकअर्कालाई हे¥यौँ । नोकियाको ठाँडो किनेदेखि छुन त के हेर्न पनि पाएका थिएनौँ । पालैपालो धित मर्नेगरी ठाँडोलाई भर्खरै जन्मेको पाठो जसरी माया गर्दै थियौँ । जाँ….लाई माया बढी भएछ क्या हो ! पिनकोड माग्यो । माग्दैमा के भो र दे भनेँ मैले नि, फेरि एकछिनमा पुककोड माग्यो, लौ न त त्यो नि दे भनेँ । आकाश बराल दाइले दसचोटि पुककोड दिएपछि, ठाँडोले लेख्यो ‘‘सिम रिजेक्टेड !!’’ अंग्रेजी त्यति फर्र…. नभए पनि सिम भनेको थाहा थियो, रिजेक्टेड भनेको राम्रो कुरा हैन भन्ने पनि थाहा थियो । दाइले मोबाइल खोपामै राख्यो र मलाई हेरेर हत्केलाले मुख छोप्दै चुपलाग्ने इसारा गर्यो मैले आजसम्म नदेखेको त्यो इसाराको भाव सिधै बुझेँ, ‘‘तैँ चुप्, मैँ चुप् ।’’ त्यो इसारा बुझ्नु र गणतन्त्र घोषणा एकै दिनहुनुले हो अथवा संयोग मात्रै थियो, त्यो दिनपछि देशमा ‘‘तैँ चुप्, मैँ चुप्’’ भाइरस र मोबाइलको विकास तीव्र गतिमा भएको देखेको छु । एस्.एल्.सी.पछि मैले पनि नोकिया ‘‘एक्तीस दस’’ पाएँ, त्यहीँ मोबाइलमा साथीले फोन गरेर भन्दै थियो ‘‘माथ्लाघरे नारन दाइले, तल्लाघरे साइलीको ब्लाउजमा हात हालेछ । चौकी आइज ।’’ रमितेको गाउँ, हेर्न गएँ रमिता । गाउँलेले चौकी घेरेका थिए । म भीडको भुँडी र कम्मरबाट पिस्सिँदै चौकीको कोठामा पुगेँ । तल्लाघरे सुर्मीबा केश हाल्ने कुरा गर्दै थिए । बर्दीमै भएको एउटा मान्छेले मुख छोप्दै इसारा गर्दियो, ‘‘तैँ चुप, मै चुप !’’ सबै एकअर्कालाई हेर्न थाले, सबैले त्यहीँ इसारा गरे । इसारा टेबलमाथिबाटै साटासाट भए पनि टेबलमुनिबाट सगरमाथा र लालीगुरासका फोटाहरु साटासाट भइरहेको थियो । इसारामा मुख हेराहेर, पैसाको लेनदेन अनि बाटो फेराफेर !! पीडक र पीडितले चौकीबाहिर निस्केर सारा गाउँलेलाई त्यही इसारा गरिदियो । गाउँलेहरु पनि एक आपसमा उही इसारा गर्दै आआफ्नो घरतिर हिँडे । जुन हातले लालसलाम, जय नेपाल र नमस्कार गथ्र्यो त्यहीहातहरु मुख छोप्दै इसारा गरिरहेका थिए । गाउँलेलाई ‘‘तैँ चुप्, मै चुप् !’’को भाइरसले छोइसकेपछि त्यसको प्रभावले नगरपालिका हुँदै जिल्ला र जिल्ला हुँदै पूरै देशलाई समात्यो । यसरी देशै ‘‘तैँ चुप्, मै चुप् !’’भएपछि बोल्ने को? तर म बोलेको थिएँ एउटा दाइको श्रिमतीलाई अर्कैसँग लागेको देखेर । मैले दाइलाई भिडियो कल गरेको थिएँ, ‘‘दाइ, भाउजूको चालामाला ठीक छैन है !’’, दाइ त भिडियो कलमै ‘‘तैँ चुप्, मै चुप् !’’इसारा गर्दै भन्छन्, ‘‘म नि अर्काको श्रीमती हेर्दै छु भाइ, आफ्नो काम गर ।’’ लौ जे मरे मरुन् भनेर फोन काटेँ । देशको मात्रै आवाज बन्द भयो होला भनेको त देश बाहिर गएकाहरुको पनि हालत उही रहेछ । आवाज बन्द भएको देशमा अर्को देशको प्रधानमन्त्री आएर, ‘‘भारतके लिए जिनेमर्नेवाले, उन् बहादुर नेपालीयोँको मे आज नमन कर्ना चाहता हूँ’’, भनिदिएपछि जनताले नेतासँग देशै थर्कने गरी तालीपिटे । बाहिरको मान्छे आएर नेपालीलाई बहादुर जो भनेको थियो । देशप्रेमले ओतप्रोत, मैले पनि गर्वको आँसुसहित ताली पिटेको थिएँ । देशले ‘‘तैँ चुप्, मै चुप् !’’को संस्कार अविलम्वन गरिरहँदा अर्को देशले ‘‘बहादुर नेपाली’’ भनिदिएपछि, उसको हक लाग्ने नै भयो । अनि सिमा मिच्यो भनेर किन रुनू ? नाका बन्दी भयो भनेर किन कुर्लनू ? फेरि यो संस्कारको सबै भन्दा कडा अनुयायी भनेका हाम्रा नेताज्युहरु । विदेशी नाकाबन्दी होस् वा बाख्राको घेराबन्दी होस्, सिमा मिचिँदा होस् वा कुखुरा किचिँदा होस्, वाइडबडीमा होस् वा नाइटगाडीमा होस्, धनराजको कर होस् वा मनराजको खर होस्, सुन होस् वा लसुन, महँगो होस्, तर गायब नहोस् । खाने पानीमा लेउ होस्, मकै फल्ने बारीमा केराउ होस्, माफियाको राजनैतिक गुट होस् या सोफिया ए.आइ. रोबट बनोस् वहाँहरु सधै एकअर्कालाई इसारामै भन्नुहुन्छ, ‘‘तैँ चुप्, मै चुप् !’’ अझ वहाँहरुले त इसारा पनि गर्नु पर्दैन, आँखाकै भाषा हुन्छ । न पत्याए नेताहरुले एकअर्कालाई हेर्ने तरिका हेर्नूस् त, हो जस्तो लाग्दैन ? नेताहरु मात्रै हैन, यसका अनुयायी शिक्षकदेखि विद्यार्थी, प्रहरीदेखि गुन्डा, कर्मचारीदेखि व्यापारी, पियुनदेखि हाकिम, नातीदेखि हजुरबा, मामादेखि भान्जा, उत्तरदेखि दक्षिण, पुर्वदेखि पश्चिमसम्म लटरम्मै छन् । हजुरबाले नातिनीलाई गरेको दुव्र्यवहार आमालाई भन्न जाँदा होस् या सोझो केटाले सार्वजनिक बसमा बिना गल्ती पिटाइ खाँदा होस्, सबै उहीइसारा गर्छन्, ‘‘तैँ चुप्, मै चुप् !’’ । यी जमातको फरक उपस्थिति देखिन्छ सामाजिक सन्जाल र चियापसलमा । चिच्याउँदै भन्छन्, ‘‘त्यस्ता नेतालाई हाम्ले भोट नदिए कोट नि लाउन पाउन्नन् ।’’, तर चुनावमा एकअर्कालाई त्यही इसारा गरेर इसारा गर्नेहरुलाई नै जिताउँछन् । अनि त्यही इसारा गर्नेहरुले कोट लाएर इसारामै सपथ खान्छन्, ‘‘तैँ चुप्, मै चुप् !’’ यही संस्कारले होला हामीलाई प्रश्न गर्ने स्वभावको पनि बनाएन । देशले ‘‘नाममा के छ र ?’’ भन्ने सेक्सपियर जन्माएन । हुन त देवकोटाले भनेका थिए, सेक्सपियर त यहाँ हलो जोत्दै होलान् । किनकि हलो जोत्दा गोरुसँग त बोल्न पाइन्छ ‘‘ह ह, हट् हट्, उता जा’’ । यहाँ मान्छे मान्छेसँग बोल्न डराउँछ । यो संस्कारबाट बिरक्तिएर विदेशी संस्थामा जागिर लगाइदिन बाले चिनेको ठूलै नेताकोमा सिफारिस लिन गएको थिएँ । उहाँ कुकुरलाई खाना खुवाउदै हुनुहुन्थ्यो । मैले बातैबातमा जिज्ञासा राखेको थिएँ, ‘‘नेताज्यू ! अस्ति भष्टाचारको केशमा पर्नुभको मन्त्री छुट्नुभएछ नि !” उहाँ निरास हुँदै हातले मुख छोपेर इसारा गर्दै कुकुरतिर फर्कनुभयो, ‘‘टमी, मीठो भइराछ ? हड्डी खान्छस् ?’’ नेताज्यूको फुस्केटचाला देखेर त्यहाँबाट निस्केँ । निस्कँदा पालेले भन्दै थियो, नेताज्यू पनि करोडकै भष्टाचारमा पर्नुभएको रहेछ । त्यही तनावमा कुकुरसँग बोल्न थाल्नुभएछ । केही आवाजहरुले देशलाई यो भाइरसबाट छुट्कारा दिलाउन प्रयास नगरेका होइनन् । तर रोगले ग्रस्त संस्कारीहरु उनीहरुको कलम भाँच्छन् । धन्न आवाजहरु पेन्सिल लिएर हिँड्छन्, भाँचियो भने फेरि तिखारेर यसको विरोध गरिरहन्छन् । हुन त संयोग नै होला, तर कहिलेकाहीँ सोच्छु– त्यो दिन गणतन्त्र घोषणा नभएको भए बाले मोबाइल छोड्नु हुन्थेन होला ! हामीले मोबाइल चलाउँने थिएनौँ होला ! दाइले ‘‘तैँ चुप्, मैँ चुप् !” को इसारा गर्थेन होला, र देशमा यो संस्कार नै भित्रिने थिएन होला ! #आकाश बराल जिन्दगी: रामशरण गैरे निर्दयीको यादमा जल्दैछ जिन्दगी पलपल गर्दै यहाँ, ढल्दैछ जिन्दगी । सकिएन भुल्न अतितका दिनहरू सुस्त सुस्त पवन झैँ, चल्दैछ जिन्दगी ।। वियोगले यो छाती, चिरिएकै छ दर्द अनि पीडाले, गल्दैछ जिन्दगी । निष्ठुरीको यादले पोल्छ यो छाती बितेका पल सम्झी, बल्दैछ जिन्दगी ।। अझ पनि छन् नयन, तिम्रै बाटो हेर्दै मिलनको आशले, छल्दैछ जिन्दगी । भरतपुर-१९, चितवन #रामशरण गैरे 'कुमाता'माथि पाठक अन्तर्क्रिया: पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथा संग्रहमाथि शनिबार चितवनको भरतपुरमा एक कार्यक्रम गरी पाठक समीक्षा गरियो । कार्यक्रममा वक्ताहरुले कृतिमाथि समीक्षा गर्दै ‘कुमाता’ कथासंग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु उजागर गरेको धारणा व्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित यस कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रहेको वक्ताहरुले औँल्याए । कार्यक्रममा बोल्दै साहित्यकार तथा चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउँदै संग्रह भित्रका कथाहरु भाषागत रूपमा सरल, नारी संवेदनशीलताको पक्षमा जोडका साथ उठेको बताइन् । महिला अधिकारकर्मी मीना खरेलले पछिल्लो समय समाजमा देखिएका विकृति-विसंगतिलाई कथाका रुपमा आएको बताइन् । चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आन्चलिकताले कथा मार्मिक र सुन्दर बनेको बताए । यस्तै समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिए भने समीक्षक प्राध्यापक शान्ति शर्मा तथा प्राध्यापक कपिल अज्ञात, साहित्यकार केदार खनाल लगायतले कथाभित्र नाटकीय तत्त्व थप्नुपर्नेमा जोड दिए । रामेश्वर पुस्तकालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा कुमाताका सर्जक वसन्त पराजुलीले कुमाता कुनै पनि कथाका सिद्धान्त, मान्यता र कुनै पनि दर्शनलाई नपच्छाएकाले मौलिक बनेको धारणा राखे । कथा संग्रहलाई काठमाडौँस्थित भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो । कार्यक्रम पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । #वसन्त पराजुली नेपालका प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती: नेपालका प्रथम साहित्यिक सहिद हुन् कृष्णलाल अधिकारी । उनको जन्म वि.स. १९४४ माघ १४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो । राणाकालीन समयमा मकैको खेती नामक पुस्तक लेखेका कारण उनलाई सन् १९७७ श्रावण ११ मा पक्राउ गरी कारागार चलान गरियो, नौ वर्षको कारवास तोकियो । वि.स. १९८० मा उनको जेलमै निधन भयो । कृष्णलाल अधिकारी एक दशकअघि अनिल शर्माले लेखेर पहिला ‘नेपालका प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ पुस्तकमा प्रकाशित भएको र हाल ‘समकालीन साहित्य र संस्कृति’ पुस्तकमा समेटिएको यो लेख समसामियक हुने ठानेर यहाँ साभार गरिएको हो – सम्पादक । ======================== प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको चर्चित कृति ‘मकैको खेती’ को खास प्रति हालसम्म पनि प्राप्त भएको छैन । उनको एक थान कृति हराएका कारण त्यो कतै छ वा नष्ट भएर गयो भन्ने सन्दर्भमा पनि एकरूपता देखिन्न । इतिहासमा त्यही पुस्तकसम्बन्धी घटनालाई ‘मकै पर्व’ भनिन्छ । राणाहरूले पुस्तकमा उल्लिखित मकै भनेको जनता र मकैमा लाग्ने रोग वा कीरा भनेको राणा शासकलाई भनेको हो भन्ने ठहर गरे । त्यसैले छापिएका एक हजार थान पुस्तकमध्ये ९९९ थान पुस्तक उनका विरुद्ध देशद्रोहको मुद्दा फैसला भएकै दिन जलाइयो भनिन्छ । लेखक कृष्णलाल अधिकारीलाई पुस्तक लेखेवापत ६ वर्ष र एक थान पुस्तक हराएका कारण थप तीन वर्ष गरी ९ वर्ष जेलसजाय दिइयो । कृष्णलालको जेलमै मृत्यु भयो । सातजनाको सरकारी जागिर खोसियो भने एकजनालाई ५० रूपैयाँ जरिबाना तोकियो । कृष्णलालले मकैको खेतीका नाममा विशुद्ध प्राविधिक पुस्तक लेखेका थिए भन्नेहरू पनि छन् । मकैको खेती पुस्तकलाई विद्रोही चेतद्वारा योजनाबद्ध रूपमा लेखिएको विश्लेषण अर्कोतिर रहेको छ । त्यसैले मकै पर्व निकै विवादास्पद बन्न गएको छ । मकै पर्व त्यसअर्थमा नेपाली समाजको अध्ययन गर्ने आपूर्ण सामग्री बन्न गएको छ । मकैको खेती पुस्तक प्राविधिक विषयमै भए पनि जनताका दैनिक जीवनयापनका समस्या साहित्यमार्फत् समाधान गर्ने प्रयास गर्नु सामान्य प्रश्न थिएन । हिन्दीमा ‘मक्का की खेती’ शीर्षक पुस्तक लेखेर एकजनाले ख्याती कमाएका थिए । त्यसको प्रभाव नेपालका लेखक कृष्णलाललाई पर्नु स्वाभाविक थियो । उनले नेपाली भाषामा नै त्यस्तै प्रकारको पुस्तक लेखे । त्यसबेला राणाहरूले लेख्ने त के आम नागरिकका लागि पढ्ने हकसमेत खोसेका थिए । लेखपढ गर्नु अपराध ठानिन्थ्यो । त्यस्तो समाजमा मकैखेतीको रोग निदानका लागि पुस्तक लेख्नु भनेको अहिलेको समाजमा कुनै कृषि विश्वविद्यालय बनाउनुभन्दा सानो काम थिएन । हुकुमी राणाहरूको नीति विरोधी त्यसप्रकारको योजना राणाहरूका लागि उसै पनि मानहानी थियो । जनताका विरुद्ध समानान्तर शक्तिकेन्द्र पैदा हुने खतरा पनि थियो । त्यसप्रकारको पुस्तकबाट प्रेरित भएर शिक्षाको प्रभाव बढ्दै जाने प्रबल सम्भावना थियो । राजनीतिक विषयमा लेख्ने प्रचलन बढ्न सक्थ्यो, जसका कारण कलमको शक्ति उदय हुनुपूर्व नै कलम भाँच्नु, निमोठ्नु र समाजमा जनचेतनाको दियो निभाएर अँध्यारो शासनमा आयु लम्ब्याउनु राणाहरूका लागि आवश्यक थियो । त्यस अर्थमा ‘मकैको खेती’ पुस्तकको लेखन र त्यसभित्रका बिम्ब र प्रतीकहरूलाई राजद्रोही मानियो । राणाहरूका नारदहरूले, चुक्लीबाजहरूले त्यसरी राणाहरूसमक्ष चुक्ली लगाए । मकैको खेती पुस्तक प्राविधिक विषयमै भए पनि जनताका दैनिक जीवनयापनका समस्या साहित्यमार्फत् समाधान गर्ने प्रयास गर्नु सामान्य प्रश्न थिएन । जनताको जीवनप्रतिको दायित्वबोध साहित्यको मुख्य उपादेयता नै हो । प्रथम लोकसाहित्य मानिने ‘लोरी गीत’ आमाहरूले बच्चाहरू निदाउनका लागि गाएका थिए । खेती तथा कृषिकर्ममा सहायता ल्याउन, जीवनका पीडा र खुसीहरूको सम्बोधन गर्नेक्रममा लोकसाहित्यको जन्म भएको देखिन्छ । त्यसैले उपादेयताका दृष्टिले साहित्य प्राविधिक विषयसँग अन्तर्सम्बन्धित विषय नै हो । धाननाच, असारे गीत, सबै श्रमको सहजीकरणकै प्रक्रियामा सिर्जना भएका थिए । ‘मकैको खेती’ कृति मकैखेतीकै विषयमा लेखिएको थियो भने पनि त्यो साहित्य र सिर्जनाको ऐतिहासिक परम्पराको प्रतिकूल रहेको छैन । कलम र सिर्जनाद्वारा जनताका दैनिक जीवनमा भूमिका निर्वाह गर्नु राणाहरूका लागि खतराको घन्टी थियो । त्यस्तो कार्य अझ राणाहरूको निर्देशन र योजनाबाहिरबाट गर्नु अर्को आपत्तिको विषय थियो । त्यसकारण मकै पर्वले कलम र सिर्जनालाई नराम्ररी निरुत्साहित गर्यो । त्यस घटनाले राणा विरोधी चेतना बढायो । त्यसैले मकै पर्वलाई नेपाली समाजको नयाँ चेतना र सिर्जनाका लागि महत्वपूर्ण घटना मान्न सकिन्छ । राणाहरू कलमलाई तर्साउने गौँडो कुरेर बसेका थिए । त्यसैले मकै पर्वमार्फत् सबै सर्जकहरूलाई तर्साइएको थियो । १९७० को दशकयता नेपाली भाषामा साहित्य लेख्नेहरू देखापर्न थालेका थिए । त्यसले राणा विरोधी भावना जागृत गराउन सक्थ्यो । राणाहरू कलमलाई तर्साउने गौँडो कुरेर बसेका थिए । त्यसैले मकै पर्वमार्फत् सबै सर्जकहरूलाई तर्साइएको थियो । उक्त पुस्तकमा ‘नेपाली कुकुर’ र ‘बेलायती कुकुर’ को तुलना हुनु, चन्द्रशमशेरले रातो फरेज टोपी लगाउने र भीमशमसेरले कालो फरेज टोपी लगाउने भएकाले ‘रातो टाउके’ र ‘कालो टाउके कीरा’ शब्दावली प्रयोग भएका कारण प्रकृतिलाई मानवीकरण गरेर लेखिएको विद्रोही सिर्जना मान्नेहरूको पनि कमी छैन । चन्द्रशमशेरले योजनाबद्ध र सुझबुझसहित मकैपर्व घटना गराएका थिए । त्यो घटना कुनै आवेग र उत्तेजना मात्र थिएन । मकै पर्वले जनतामा राणाहरूप्रति नकारात्मक प्रभाव विस्तार भएको थियो । कृष्णलाल आदर्श बिम्बका रूपमा र चन्द्रशमशेर कुरूप बिम्बका रूपमा जनमनमा स्थापित भएको देखिन्छ । त्यसैले कृष्णलालको कद घटाउन, राणा विरोधी लहर घटाउन र चन्द्रशमशेरलाई विवेकशील देखाउन सोही ‘मकैको खेती’ पुस्तकको महत्वपूर्ण अंश फालेर राममणि आदीका नाममा नेपाली कृषि शिक्षावली नामको नक्कली पुस्तक छापिएको तर्क बलियो देखिन्छ । राणाहरूको स्वभाव, कार्यशैली र चेतनाका कारण पनि चन्द्रशमशेर प्रायश्चित गर्ने गर्दैनथे । हराएको एक थान ‘मकैको खेती’ कृतिको प्रामाणिकता पनि देखिन्न । ‘मकैको खेती’ मा प्रयोग भएको आञ्चलिकताका कारण नक्कली मकैको खेती हिन्दी भाषामा त्यसपूर्व प्रकाशित कृतिको नेपाली अनुवाद हो भन्ने भनाइ पनि सही देखिन्न । हिन्दी भाषाको कृतिमा नेपाली आञ्चलिकता प्रयोग हुने कुरा सही देखिन्न । तसर्थ, चन्द्रशमशेरको निर्देशनमा कृषि शिक्षावली नामको नक्कली ‘मकैको खेती’ कृति बजारमा ल्याइएको तर्क बलियो ठहर्छ । निरङ्कुश राणा शासकहरूले निर्ममतापूर्वक हत्या गरेका साहित्यक सहिद कृष्णलाल अधिकारी र उनको कृति ‘मकैको खेती’ लाई होच्याउनु र उक्त पुस्तकको असली रचनाकार अरू कुनै नक्कली पात्रलाई देखाउनु भनेको शासकको संस्कृतिको पक्षधरता र विद्रोही चेतनाका विरुद्ध उभिनु हो । शासकहरूले जनताका आवाजहरूलाई दबाउने गर्छन् । राणाकालका विरुद्ध प्रतीकात्मक रूपमा लेखेको ठहर गरी चन्द्रशमशेरले त्यसका लेखक कृष्णलाल अधिकारीलाई जेल हालेका थिए । जेलको कठोर यातनाका कारण जेलमै उनको मृत्यु भएको थियो । १९७७ साउन १० गते गिरफ्तार गरिएका कृष्णलाललाई काठमाडौँस्थित भद्रगोल जेलमा राखिएको थियो । उनलाई नेल र हत्कडीसहित राखिएको थियो । अहिलेको युगमा त भद्रगोल जेल त्यस्तो नारकीय अवस्थामा छ भने राणाकालमा जेलको खाना, यातना, अपमान, बस्ने स्थान कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । उस बेलाको हिउँ पर्ने काठमाडौँमा चिसो भुइँमा नेल र हत्कडीसहित कैद गरिएका कृष्णलालले १९८० मङ्सिरमै जेलमा मृत्युवरण गरेका थिए । कृष्णलाल स्वाभिमान भएका र छोटो उमेरमा उच्च ओहोदामा पुगेको देखिन्छ । नबिराउनू/नडराउनू भनेझैँ चुक्लीबाजहरूका कारण क्रुद्ध चन्द्रशमशेरका सामु माफी माग्न आओस् भन्ने ठानेका चन्द्रशमशेरसामु माफी नमागेका कारण चन्द्रशमशेर कृष्णलालका विरुद्ध थिए भन्ने ठान्नेहरू पनि कम छैनन् । जेलमै पनि कृष्णलालले सिर्जनाकर्म जारी राखेको देखिन्छ । जेलमा रहेका बेला माफी मागेमा क्षमा दिई रिहा गर्ने भनी चन्द्रशमशेरले पठाएको खबरलाई समेत कृष्णलालले स्वाभिमानपूर्वक अस्वीकार गरेको देखिन्छ । उच्च घरानामा हुर्किएका कृष्णलालले जेलमा पौष्टिक आहारा पाएनन् । पत्नीबिछोडको पीडा, सहयोगीको अभाव र क्षयरोगको सङ्क्रमणका कारण थलिएर उनको मृत्यु भएको थियो । माफी माग्नुभन्दा मृत्यु रोज्ने कृष्णलाल स्वतन्त्रताको लडाइँमा युगयुगसम्म आदर्श बिम्बका रूपमा रहिरहनेछन् । राणाशासनका विरुद्ध मात्र नभएर जनसेवामै केन्द्रित भएर उनले ‘मकैको खेती’ कृति लेखेको भए पनि त्यो निरङ्कुशताका विरुद्ध र जनताका पक्षमा हुन आउँछ । नेपालमा राणाशासनको अन्त्य भएपछि लेखकहरूले कृष्णलालाई प्रथम साहित्यिक सहिद घोषणा गर्दै राणा विरोधी लेखकका रूपमा स्थापित गरे । त्यसपूर्व शासकहरूले कृष्णलालको योगदानलाई न्यूनीकरण गर्ने षड्यन्त्र गरेको देखिन्छ । पुस्तक लेखेवापत मृत्युवरण गर्नुपर्ने सजाय पाउने कवि कृष्णलाल प्रथम स्रष्टा हुन् । उनले मृत्युवरण गरे तर आफ्नो अडान छोडेनन् । राणाशासनका विरुद्ध मात्र नभएर जनसेवामै केन्द्रित भएर उनले ‘मकैको खेती’ कृति लेखेको भए पनि त्यो निरङ्कुशताका विरुद्ध र जनताका पक्षमा हुन आउँछ । तसर्थ, कृष्णलाल एक आदर्श व्यक्तित्व हुन् । ‘मकैको खेती’ पुस्तकको प्रामाणिकता नभएका कारण जनश्रुतिलाई स्रोत मान्नुपर्ने बाध्यता छ । समकालीनहरूले जति पढे, सम्झे, देखे, उनीहरूमार्फत् नयाँ पुस्तामा हस्तान्तरण भएको हो । त्यतिबेला उनका पुस्तकका विषयमा लेख्नु र बोल्नु भनेको कृष्णलालको नियति भोग्नुहुन्थ्यो । जति बोले, त्यसको न्यूनीकरण गरेर बोले । चन्द्रशमशेरकै अपेक्षाअनुसार बोले/लेखे । नक्कली ‘मकैको खेती’ पुस्तक त्यसको निरन्तरतामा आएको देखिन्छ । त्यो पुस्तकको भूमिकामा केवल हामी अझै विदेशी कुकुरहरूको धेरै मान गर्दछौँ तर चोर र डाँकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुरहरू नै काम लाग्छन् भन्ने उल्लेख भएको बताइन्छ । त्यसैगरी ‘मकै खाने रातो टाउके र कालो टाउके’ कीराको उल्लेख गरिएको उक्त पुस्तकका अनेक स्थानमा ‘बालकलाई आमाको दूधले जस्तो चन्द्रोदयले फाइदा गर्दैन’ र ‘१९०३ सालदेखि राक्षसहरूको प्रवेशले नेपालमा अनिकालै अनिकाल परेको’ भनिएको पनि बताइन्छ । यी भनाइहरू सिधै विद्रोही वाणी देखिन्छन् । राणाहरू र अङ्ग्रेजहरूका विरुद्ध विद्रोही स्वरका रूपमा आएका कारण राणाशासक चन्द्रशमशेर आक्रोशित भए । कृष्णलाललाई जेलमा औषधि र खाना नदिई तड्पाएर मारे । १९७७ साउन ११ गते गिरफ्तार गरिएका कृष्णलाललाई मुख्तियार भीमशमशेरको दरबार टङ्गालको गारतमा कैद गरियो । छापिएका एक हजार थानमध्ये ९९९ थान जलाइयो । एक थान पुस्तक नभेटिएवापत थप ३ वर्ष सजाय भयो । प्रकाशनकार्यमा सहयोग गरेको भनेर शम्भुप्रसाद ढुङ्गेल, ऋषिभक्त उपाध्याय, दुर्गानाथ अधिकारी, कृष्णचन्द्र अर्यालसहित ९ जनाको रोजगार खोसियो । मुद्दा १९७७ साउन ११ गतेदेखि ७ दिनसम्म चलेको थियो । कृष्णलाललाई ९ वर्ष कैद सजाय भएको थियो । सो घटनाका सन्दर्भमा डा. राजेश गौतम भन्छन्, “चन्द्रशमशेर लेखक र कविहरूले जागरण दिने, राष्ट्रिय भावना प्रचार गर्ने र राणा विरोधी भावना ल्याउनेजस्ता लेखहरू प्रस्ट र अप्रस्ट रूपले नलेखून् भनी उनीहरूलाई तर्साउन र आफ्नो मुट्ठीमा उनीहरूको विचार कैद गर्न चाहन्थे । कारण त्यतिखेर शिक्षा–आर्जनका निमित्त भारत गएका केही युवकहरूले त्यहाँ चलेको अङ्ग्रेज विरोधी भावनाको प्रभाव पनि साथमा बोकेर ल्याए । केही पत्रिकाहरू प्रकाशित गरी सामाजिक र धार्मिक चेतना ल्याउने प्रयास पनि उनीहरूबाट हुँदै थियो तर चन्द्रशमशेर यस किसिमको परिस्थिति सिर्जना हुन दिने पक्षमा थिएनन् । अझ उनले आफ्नो निहीत स्वार्थ र उद्देश्य पूरा गर्न ‘मकैपर्व’ को घटना घटाए । जनचेतनाको गला रेट्नु नै ‘मकैपर्व’ को उपादेयता थियो भन्ने स्पष्ट हुन आउँछ । त्यस घटनाका कारण सिर्जनात्मक काम र लेखनकार्य निरुत्साहित भएर गयो । चेतनाको गला रेटेर राणाहरूले आफ्नो आयु लम्ब्याउने सपना देखे । त्यसो गर्न र आतङ्कको प्रचार गरेर राज्यको प्रभाव कायम गर्नकै लागि नियोजित रूपमा ‘मकैपर्व’ गराइएको देखिन्छ । कृष्णलाल नेपाली प्रगतिशील चेतना प्रवाह गर्ने कार्यमा संलग्न एकजना देशभक्त, समाजसेवी र प्रगतिशील स्रष्टा थिए । लेखक तथा कवि कृष्णलाल प्रगतिशील सोचाइ भएका सर्जक थिए भन्न सकिन्छ किनकि त्यसबेलाको अन्धकार युगमा सबैको भलो चाहनु र त्यसका लागि त्यस्तो जोखिम मोल्नु सामान्य विषय थिएन । त्यसबेलाको सङ्कीर्ण सामन्ती समाजमा अर्काका लागि, देशका लागि केही गर्ने भावना जागृत हुनु आफैँमा प्रगतिशील चिन्तनको परिणाम हो । एकातिर कृष्णलालको महिमाबाट तर्सिएका शासक चन्द्रशमशेरले घटनालगत्तै नक्कली ‘मकैको खेती’ प्रकाशित गरेर त्यसको न्यूनीकरण गर्न खोजे । २००७ सालपछि कृष्णलालका सकारात्मक पक्षहरू प्रकाशमा आउन थाले तर कतिपय लेखकहरूको धारणा हेर्दा उनलाई अलौकिकता प्रदान गर्न खोजेको पनि देखिन्छ । त्यसो गर्र्दा पनि प्रकारान्तरले कृष्णलालको व्यक्तित्व र कृतित्वप्रति विभ्रम उत्पन्न हुन जान्छ । त्यसैले, यथार्थको सही प्रकटीकरण आवश्यक छ । कृष्णलाल नेपाली प्रगतिशील चेतना प्रवाह गर्ने कार्यमा संलग्न एकजना देशभक्त, समाजसेवी र प्रगतिशील स्रष्टा थिए । त्यसअर्थमा उनले प्रथम साहित्यिक सहिदको गौरव प्राप्त गरेका छन् । #अनिल शर्मा #कृष्णलाल अधिकारी #मकैको खेती बर्माको कथैकथाको गाउँ, भाग दुई: चार दिन म नाउछोमा बस्छु । हुन त केही दिन अगाडि नै मैले नाउछो छोड्नुपर्ने थियो । तर म रोकिन्छु । नेपाली समाजले आफ्नो समाजमा रहेका जेष्ठ नागरिकलाई अभिनन्दन गर्ने र नगद स्वरूप उपहार दिने कार्यक्रम राखेको रहेछ । त्यो कार्यक्रमको लागि म केही पर्खेर बस्नपर्ने हुन्छ । एकातिर जेष्ठ नागरिकहरूसँग भेट हुने अर्कोतिर समारोहको रौनक पनि देख्न पाइने । मेरो बसाई लम्बिन्छ । हुन त यो काम मेरो लागि नौलो होइन, साथै खासै यसमा चाख पनि नहुने । किनकि नेपाल सरकारले नै प्रत्येक जेष्ठ नागरिकलाई महिनौपिच्छे रकम दिइआएको छ, तर बर्मामा भने बर्मेली सरकारलाई चुनौति दिँदै नेपाली समाजले आफ्ना नागरिकलाई आफैँले नगद स्वरूप १०,०००।– (दश हजार) च्याट दिनु निकै गौरवको विषय हो, मेरो चाख बढ्नु स्वाभाविक नै छ । दुर्गा मन्दिरको लामो सभाहल, हलको दायाँ–बायाँ लहरै जेष्ठ नागरिकहरू । एकतिर महिला, अर्कोतिर पुरुष । अग्रभागमा भाषण गर्न तयार भएका पदाधिकारीहरू । भाषणपछि नगद बाँड्ने काम हुन्छ, त्यस्तै नगद बाँडिसकेपछि खानेकुरा । म पनि खानाको लागि तयार हुन्छु । स्वाभावतः खानापछि भेटघाट र गफ चलिरहन्छ । आफ्नो लट्ठी चिउँडोमा अठ्याएर कुर्सीमा बसिरहेका एक जना जेष्ठ नागरिकमा मेरो नजर पर्छ । म उनको नजिकै जान्छु र प्रश्न गर्छु– “खाना खानुभयो ?” “खाएँ बाबु ।” टाउकोमा पाताला सेता कपालहरू, चाउरी परेको अनुहार । अनि बुढ्यौली पाराका हात–गोडाहरू तर पनि उनको बोली स्पष्ट छ । आँखा, कान, नाक टाढा छन्, उनी दुरुस्त देखिन्छन् । सामान्यतयाः जेष्ठ नागरिकसँग मेरो भेट हुनासाथ सोधिने प्रश्न एउटै छ– “तपाईँको जन्म नेपालमा भएको कि बर्मामा ?” उनलाई पनि यही प्रश्न गर्छु । तर उनले उत्तर फर्किएलान् उल्टै प्रश्न पो गर्छन्– “बाबुको घर नेपाल कुन ठाउँमा हो ? कहिले आउनुभयो ? कति बस्नुहुन्छ बर्मा ?” उनको प्रश्नले म केहीबेर ट्वाल्ल परेर हेरिरहन्छु । मलाई अनौठो लाग्छ । अनि ठट्यौली पारमा उत्तर दिन्छु– “मेरो घर यही बर्मामा हो । केको नेपालबाट आउनु । म यहीँ बस्छु ।” तर उनी मेरो कुरामा विश्वास गर्दैनन् । उनी केही शान्त भएर बोल्छन्– “पहिलो कुरो बर्माका मान्छेले बर्मेलीलाई ‘तपाईँको जन्म नेपालमा भएको कि बर्मामा ?’ भनेर सोध्दै सोध्दैनन्, दोस्रो कुरो तपाईँको बोलीमा बर्मेली भाषा मिसिएकै छैन ।– शुद्ध नेपाली । बर्मामा बस्ने हरेक गोर्खालीले बर्मेली भाषा मिसाएकै हुन्छ ।” उनको भनाइमा मलाई रमाइलो मात्र लाग्दैन, मीठो पनि लाग्छ । वास्तवमा उनी गहिरो सोचाइका छन् । उनलाई नेपाल र बर्माको मात्र होइन पूरै भारत वर्षको ज्ञान छ । मलाई प्रश्न गर्ने हौसला मिल्छ । म विषयवस्तुलाई अर्कोतिर मोड्दै पुनः पहिलाकै प्रश्न गर्छु, “नेपालबाट तपाईँको बुबा आउनुभएको कि हजुरबुबा ?” “मेरो हजुरबा ।” “अहो ! धेरै भएछ हगि तपाईँहरू बर्मा पसेको ।” उनी टाउको मात्र हल्लाउँछन्, केही बोल्दैनन् । हुन त म पहिल्यैदेखि खुल्दुलीमा थिएँ । नेपालीहरूले बर्मामा आएर गरेको गल्तीबारे जिज्ञासु थिएँ । उनीहरू सहरमा नबसी किन हप्तौँ लगाएर गाउँतिर गए । त्यो अनकन्टार ठाउँ दुःख बेसाउन जंगलतिर किन पसे । बरु त्यतिबेला सहर नजिकै बस्ती बसाएको भए जीवन यतिको कष्टकर हुन्थेन होला ! यो खुल्दुली मेटाउने मौका यही हो । म उनलाई सोध्छु– “तपाईँको बाजे धेरै पहिला बर्मा आउनुभएको रहेछ । रंगुन भएर नै आउनुभयो होला । त्यतिबेला रंगुनको जग्गा पनि सस्तो थियो । बरु रंगुनतिर नै बसेको भए जीवन सजिलोसँग चल्थ्यो होला नि ! यस्तो अनकन्टार ठाउँमा किन आउनुभयो ?” उनी लामो सास फेर्छन् र बोल्छन्– “बाबु मैले पनि त्यही सोचेको छु– तर ढुङ्गा, माटो र गाई–गोबरसँग बानी परेको मान्छेलाई शहरी जीवन गाह्रो भएर होला’ उनी बोल्दै जान्छन्– ‘ठेकी–मदानी नै नेपालबाट ल्याउने मान्छे कसरी शहरमा बस्न सक्छ ! शहरमा ठेकी–मदानी के काम ? उनीहरूलाई भैंसी र खेती किसान नै प्यारो भयो ।” नगेन्द्र न्यौपाने “तपाईँलाई नेपाल फर्कौ भन्ने कहिल्यै भएन ? त्यो सोच आएन ?” म सोध्छु । “हामी त अड्केर पो बसेको ! नत्र हामीहरू नेपाल पसिसकेका थियौँ।” “कसरी के भयो ?” मेरो चासो बढ्छ । उनी आफ्नो कथा तल–माथि पार्दै सुनाउन थाल्छन् । “त्यतिबेला बर्मामा जापान पसिसकेको थियो । एकातिर ब्रिटिश अर्कोतिर जापान । चेपुवामा परेको बर्मा दिनका दिन बम र बारुदको आउथ्यो । एकदिन हाम्रै घर नजिक बम खस्यो । धेरै भारतीय र नेपाली मरे । सत्य नारायणको पूजाको लागि मान्छेहरू भेला भएका थिए । ब्रिटिश सेनाले त्यसलाई जापानी सेना जम्मा भएको ठानेछ र आकाशबाट बम खसालिदियो । धेरै मान्छेहरू मरे । घाइते पनि भए । अब बर्मामा बस्न सकिँदैन भनेर हाम्रो परिवार नेपालतिर लाग्यो । गाई–भैँसी, लत्ता कपडा बोकेर राता–रात हिँडेर भारतको सीमासम्म आइपुग्यो तर त्यहीँबेला अमेरिकाले जापानमा बम खसालिदियो । अमेरिकाले बम खसालेको भोलिपल्टदेखि नै बर्माका जापानीहरू भागाभाग गरेर बर्मा छोडे । जापानले हार्यो तर हामीलाई भारतले भारत पस्न दिएन । भारत नपसी नेपाल आउने कुरै भएन । हामीहरू वर्मा नै अड्कियौ । – बर्माको टमुमा बस्यौँ ।” उनी केही सन्तोष गर्दै बोल्छन्– “अहिले छोराहरूले राम्रै गरेका छन् । दूधको व्यापार छ । आम्दानी राम्रै छ ।” म पनि उनको कुरालाई समर्थन गर्दै बोल्छु– “ए, अड्केर झन् राम्रो भएछ ।” आफूले आफूलाई राम्रो भने पनि मेरो कुरालाई भने उनले राम्रो भनेनन् । उनको मुखबाट दिग्दारको स्वर फुत्त बाहिर आयो– “त्यतिबेला फुत्केर भए पनि नेपाल गएर यो उद्योग गरेका भए ! पौरख गर्ने त आफ्नै देशमा पो रहेछ ।” उनको बोलीमा कताकता असन्तोषका आभासहरू आइरहेका हुन्छन् । संघर्ष र विद्रोहको गाँठो भुट्भुटिएको हुन्छ । उनीहरूको नेपालसँगको भावनात्मक प्रेम कहिल्यै मरेका हुँदैन । नेपाल नगएकोमा पछुतो छ । हाम्रो कुराकानी भइरहेको नजिकै अर्को कुर्सीमा अर्का एकजना जेष्ठ नागरिक बसेका छन् । उनको ध्यान हाम्रो गफतिर छ । उनी हाम्रो गफ निकै अधैर्यपूर्वक सुनिरहेका छन् । उनलाई आफ्नो गफ मलाई सुनाउन निकै हतार भइरहेको छ । म त्यही बुझेर पहिलो जेष्ठ नागरिकको गफलाई बिट मार्दै दोस्रो जेष्ठ नागरिकतिर जान्छु र पुरानो प्रश्न पुनः उनीतिर तेर्याइहाल्छु । “तपाईँको जन्म यही भएको हो कि नेपालमा ?” “म त बर्मामा नै जन्मेको ।” “त्यसो भए तपाईँको बुबा आउनुभएको ?” “होइन, मेरो हजुरबा आउनुभएको ।” उनी आफ्नो कुरा भन्दै जान्छन्– “त्यतिबेला नेपालमा राजा महेन्द्र थिए । यता यू नेउइनले बर्मामा सैनिक शासन लगाए । बर्मामा सैनिक शासन लगाए पनि हामीलाई खासै अप्ठयारो थिएन । गोर्खाली भनेर माया मानेको थियो तर मेरा ठूलो बुबाले बर्मामा बस्न मान्नुभएन । उहाँ आफ्नो माइला भाइलाई लिएर नेपाल फर्कनु भयो । हुन त हजुरलाई पनि बस्न मन थिएन अरे । उहाँले नै नेपाल गएर केही गर्दै गर्नु म यता वर्माको बेचबिखन गरेर आउँछु’ भनेर नै ठूलो बुबा र माइलो बुबालाई पठाउनु भएको थियो । ठूलो बुबा र माइलो बुबा गाई–भैँसी, बाख्रा र केही लत्ता–कपडा लिएर बर्माबाट हिँड्नुभयो । मेरो बुबा र हजुरआमा बर्मामा नै बस्नुभयो । तर बर्मा र इण्डियाको सिमानामा आइपुग्दा माइला बुबालाई हैजाले समातेछ, उहाँ बित्नुभयो । ठूलो बुबालाई पनि हैजा कहाँ नलागेको हो र ! तर उहाँ बच्नुभएछ । बचेर पो के गर्ने ! नेपालतिर जाने कि घर फर्कने ! त्यही अन्योलमा एक वर्ष बितेछ । एक वर्षपछि गाई–बाख्रा बेचेर नेपालतिर नै लाग्नुभएछ ।” “एक वर्ष ? एक वर्षसम्म गाई–बाख्रा कसरी अठ्याएर राख्नुभयो त !” म बीचैमा प्रश्न गर्छु । “त्यतिबेला पूरै जमीन खाली थियो । गाई–भैँसी दिनभरि जंगलमा गर्थे, साँझ परेपछि आफ्नै गोठमा आउँथे । गाह्रो थिएन ।” उनी बोल्दै जान्छन्– “गाई–बाख्रा बेचेर उहाँ नेपाल जानुभयो । महेन्द्र सरकारले राम्रै गरेछन् । दुःख पाएर आएको भनेर चितवनमा जग्गा मिलाइदिएछन् ।” “अनि तपाईँको बुबा किन नेपाल जानुभएन छ त !” म प्रश्न गर्छु । “नेपालमा हैजा फैलिएको छ । मरिन्छ भनेर डर देखाएपछि कसरी जानु ! नत्र हामीहरू पनि पोको पुन्तुरो बोकेर हिँडिसकेका थियौँ । हैजा सुनेपछि बाटैबाट फर्किएको ।” “अहिले पनि ठूलोबुबासँग आउने–जाने छ त नेपालतिर ?” म प्रश्न गर्छु । “ठूलोबुबाको सास भइन्जेल थियो, आजकाल छोराहरूसँग छैन ।” उनले आफ्नो पारिवारिक कथा भनिरहँदा केहीबेर रोकिन्छन् । म अनुमान लगाउछु– उनको कथा सकियो । तर सकिएको रहेनछ । उनी केही भावुक हुँदै बोल्छन्– “सुरुमा बर्माको सैनिक सरकारले खुकुलो गरे पनि पछि नागरिकता ऐन लगाएर दुःख दिन थाल्यो । एउटा गाउँबाट अर्को गाउँमा जान पनि पास माग्न थाल्यो । हामीहरू घर आँगन, खेतीबारीबाहेक सहर बजार गर्न पाएनौँ । धेरै वर्षपछि थाहा भयो, ठूलो बुवाले चितवनमा नै अर्को घरजम गर्नुभएछ । यता बर्मेलीले पनि हामीलाई सहेनन् । चारपल्ट त हाम्रो घर लुटियो । गाई–बाख्रा नहराएको दिनै हुन्थेन । तैपनि सहेर बसियो । पछुतो छैन ।” केहीबेर अघिसम्म निकै हँसौली पारामा बोलिरहेका ती व्यक्ति एकाएक भावुक बन्दै गएपछि मलाई नरमाइलो लाग्छ । उनको परिवारले सहेको अप्ठयारो परिस्थितिले म पनि भावुक बन्छु । वास्तवमा बर्मामा हरेक नेपालीको आफ्ना–आफ्ना कथा छन्, आफ्ना–आफ्ना विवशता छन् । तर सुनिदिने कोही छैन । न बर्मा सरकारले सुन्छ न नेपाल सरकारले । छन त ! उनीहरूकै आफ्नो साहस, हिम्मत अनि पुरुषार्थ ! सायद त्यही साहस, हिम्मत र पुरुषार्थ भएर होला उनीहरूले सरकारको मुख हेरेर बस्दैनन् । बरु बर्मेली सरकारलाई चुनौति दिँदै आफ्नो समाजमा रहेका जेष्ठ नागरिकलाई आफैँले बृद्ध भत्ता दिएका छन्, सम्मान गर्छन्, अनि दोसल्ला ओढाउँछन् । हरेक वर्ष सबैलाई भोजन गराउँछन् । हुन त सबैका आ–आफ्ना कथा छन्, आ–आफ्ना व्यथा छन् । कोही व्यक्ति आफ्ना कथा अरूलाई सुनाउन चाहन्छन् कोही आफूभित्र गुटमुटाएर राख्छन् । म बर्माका धेरै कथा सुन्छु । धेरै इतिहास सुन्छु । तर आजलाई यति नै । #नगेन्द्र न्यौपाने सांस्कृतिक लेखनका धरोहर चिनुवा अचेबे: आमा, कोलाको रूखको हाँगा र लेखन चेत चिनुवा अचेबेका पिता पेशाले एक शिक्षक थिए । आफ्नै घरमा ठेलीका ठेली किताबहरू थुपारेर आफ्नो सुसम्पन्न पुस्तकालयमा बसेर घण्टौँ किताब पढिरहन्थे। आमाजस्तै उनी कम बोल्थे तर उनी चाहन्थे, उनलाई मनपर्ने सारा किताब उनका नानीहरूले पढून् । बाइबलका पदहरू पढ़ेर सुनाउँथे उनी । आइतबार गाउँका सारा भुराभुरीलाई भेला पारेर दया र न्यायको पाठ सिकाउँथे उनका पिता। कठिन अङ्ग्रेजीलाई इग्बो भाषामा अनुवाद गरी बुझाउँथे उनी। गरिबका नानीहरूलाई आफ्नै खर्चमा शिक्षा दिलाउँथे। शिक्षाले मान्छेमा समझ र चेतना जगाउँछ भन्ने कुरामा उनका पिता विश्वस्त थिए। रवि रोदन एउटा घटनाले पछि अचेबेलाई लेखनमा ज्यादै प्रेरित गरेको कुरा आफ्नो आत्मकथामा बताएका छन्। आमा गम्भीर, शालिन र मौन प्रवृत्तिकी थिइन्। देख्दा सबै सहेर चुपचाप बस्ने जस्तो देखिन्थ्यो उनलाई । गम्भीर र विचारशील थिइन् । चुपचाप बस्ने आमाको वास्तविक रूप र त्यसपछिको सामर्थ्यलाई उनले गाउँमा घटेको एउटा घटनाबाट देखे र बुझे । ईसाई भए पनि गाउँमा यिनका आफन्तहरू इग्बो परम्परालाई मान्ने गर्थे । समाजिक परम्पराले सृजना गरेको जटिल कुराको सामना गरिने स्थिति भइरहन्थ्यो। एक प्रहर उनकी आमाले आँगनमा भएको कोलाको रूखको हाँगा तोडेर त्यसबाट पाकेको केही फल टिपिन्। यो तोड़दै गरेको फल छिमेकमा बस्ने एउटा पुरूषले देख्यो। रूखको फल तोड्नु सहज मानिए र सुनिए पनि इग्बो स्त्रीले त्यसरी फल टिप्नु परम्परागत तरिकाले घोर अपराध थियो। कोलाको फल रूखको हाँगामा आफैँ पाकेर भुइँमा झरेपछि त्यसलाई पुरूषले मात्र उठाउने चलन थियो र स्त्रीलाई टिप्न बटुल्न पाबन्दी थियो। इग्बो समाजमा कोलालाई पवित्र फल मानिन्थ्यो, जो त्यस समयको इग्बो परम्परा, जीवन शैली र संस्कृतिसित जोड़िएको थियो। अचेबेकी आमाले यस परम्पराविरूद्ध बडो निडरताका साथ कोलाको रूखको हाँगाहरूबाट फल तोडेकी थिइन् । यो कुरा जब गाउँका मुखियाको कानमा पुग्यो, यस घटनाले गाउँमा भाँड़भैलो नै मच्चियो । परम्परा र धर्मको अपमान हो भन्ने हल्लाखल्ला भयो। गाउँका सबै पुरूष भेला भए यस दुस्साहसका निम्ति सजाय तोकिने तय गरियो । लामो बहस चल्यो तर चिनुवा अचेबेकी आमा निडरतासाथ आफ्नो कुरामा अडिग रहिन् । उनले भनिन्, “एउटा मान्छे भएको नाताले म कोलाको फल रूखबाट सोझै तोड़ने मलाई पुरा अधिकार छ। फेरि यो फल अर्काको बारीको पनि त होइन ! मेरै आँगनमा फलेको फल टिप्न मैले किन नपाउनु ?” आमाको तर्क र विचार सुनेर गाउँभरिका पुरूषहरूले हारे र शिर निहुराएर बाटो लागे । एउटी पटक्कै नबोल्ने स्त्रीले वास्तवमा समाजिक कुरीतिविरूद्ध आफ्नो मौनता तोड़ेर एक य़ोद्धा जस्तो आफ्नो निर्णयमा अडिग भएर त्यस समय नारी हकसित जोडिएको लडाईं जितेकी थिइन्। आफ्नै आँखाले यस घटनालाई देखेका चिनुवा अचेबेमा त्यसपछि ठूलो परिवर्तन ल्यायो कि एउटा अडिग विचार र सत्य कुराको पैरवीले सामाजिक विसंगतिविरूद्ध कसरी लड्न सकिँदोरहछ ! जब जब अचेबेले केही लेख्न बसे, उनले साहित्यमा सत्य र न्यायप्रति आफ्नो आमाको दृढता पस्किए। उपनिवेशवादी समयको विरोधाभासिक ऐना र उपन्यास लेखन चिनुवा अचेबेका दुई किताबहरूको शीर्षक ‘थिंग्स फल अपार्ट’ र ‘नो लंगर एट इज’ आइरिस र अमेरिकी कविहरूको कविताका पंक्तिहरूबाट नै प्रभावित भएर यिनले राखेका थिए । यसो गर्नु एक प्रकारले अरूको ध्यान आफूतिर खिँच्नु औं आफू अङ्ग्रेजीको विद्वान भनी देखाउनु थियो भनी स्विकार्छन् उनी। ती कविहरूको कविताबाट भाषाप्रतिको माया राम्रो लाग्थ्यो उनलाई। उनले अङ्ग्रेजीमा जनरल डिग्री लिएका थिए। साहित्यमा आफ्नो अभिरूचि देखाउनुअघि चिनुवा इबादन विश्वविद्यालयमा चिकित्साशास्त्रको अध्ययन गर्दै थिए। क्याम्ब्रिज विश्वविद्यालयबाट यिनलाई स्नातक गर्ने अनुमति दिइएन। इबादन विश्वविद्यालयमा अचेबेले जायस कैटीको एउटा नश्लवादी कथाकृतिको विरोध जनाउँदै त्यसविरुद्ध गुनासो दर्ता गरेका थिए। यस घटनामा एक अङ्ग्रेज प्राध्यापक मि. जोन्सनले मुर्मुरिँदै अचेबेलाई भनेका थिए, “तिमी आफैँ आफ्नो उपन्यास किन लेख्दैनौं ?” पछि गएर अचेबेले त्यही गरे। यसअघि लामो समयसम्म अचेबेले बुझेका कुरा थियो गोराहरू सुन्दर, सभ्य, शक्तिशाली र बुद्धिमान हुन्छन् अनि अफ्रिकीहरू असभ्य, मुर्ख, कुरूप छन् । त्यसो हो भने हाम्रो आफ्नै अस्तित्वको कुनै कथा छैन त ? आफ्नो अस्तित्वमाथिको यस्तो खतरा देखेपछि उनले आफ्ना लेखनीमार्फत् तिनै कुरा पस्कन थाले। एउटा गज्जबको भनाइ छ, “जबसम्म सिंहको पक्षबाट इतिहास लेख्ने कोही हुँदैनन्, तबसम्म शिकारको इतिहासमा शिकारीकै वर्चस्व रहन्छ।” अचेबे बाँचेको समय यस्तै थियो जहाँ अश्वेत (काला)हरूलाई असभ्य, जंगलीहरूलाई श्वेत (गोरा) हरूको शान्ति खलबलाउनेहरू भनिन्थ्यो। यस्ता घटनाहरूले अचेबेलाई ब्युँझायो र उनलाई लाग्यो उनी लेखक बन्नुपर्छ। यी कुराको बोध अचेबेलाई निकै पछिबाट भयो। यो उपनिवेशवादी समयको विरोधभासको ऐना थियो। अचेबे मान्थे कि जोसेफ कानराडले जस्तो अन्य कुनै लेखकले पनि पश्चिमी दृष्टिकोणलाई अपनाएनन्। सन् 1975 मा आफूले लेखेको एउटा निबन्ध ‘एन इमेज अफ अफ्रिका’मा अचेबेले भनेका छन् ‘हार्ट अफ डार्कनेस’ उपन्यासमा अफ्रिकाको छविलाई युरोपको ठीक विपरीत असभ्य भनेर अपमानजनक रूपमा देखाइएको छ। ‘अफ्रिकाज टारनिश्ड नेम’ शीर्षकमा निबन्ध लेखेर अचेबेले त्यसको प्रतिदवाद गरे। दासप्रथालाई कायम राख्दै र औपनिवेशीकरणलाई जायज ठहराउँदै कुनै जाति, संस्कृति र परम्परालाई अपमानित गर्न गोराहरूले कुनै कसर छोड़ेनन्। अफ्रिकालाई लिएर बनाएको हजार वर्ष पुराना भयानक र अपमानजनक भ्रमात्मकताले एउटा अलग रूप लिई सकेको थियो। सिनेमादेखि पत्रिकारिता, मानवशास्त्र र मिसनरीसम्मले यी मनगड़न्ते भ्रमलाई पालेर अफ्रिकाको तस्बिर अर्कै बनाइदिएका थिए। 2000 ईस्वीमा प्रकाशित इक्नोमिस्ट पत्रिकाले आफ्नो मुख पृष्ठमा अफ्रिकालाई एउटा निराशजनक महादेश भनेर लेख्यो। अफ्रिकी हुनुको अर्थ कुनै पोस्टरमा दुर्दशाग्रस्त कंगाल बच्चाहरूको तस्बिरजस्तो देखिनु थियो। त्यसैले असभ्य अश्वेतहरूको जुन मानक पश्चिमाले बनाएका छन्, त्यसविरूद्ध उभिन उनी लेखक नै बन्नुपर्छ भन्ने अचेबेले ठाने। उनलाई बोध भयो, अब उनलाई इतिहासकार बन्नु छ र यो एक्लै सम्भव छैन तर सामूहिक रूपमा यसको प्रतिवाद गरिनु आवश्यक छ। शिकारको इतिहासमा सिंहको पीड़ा र साहसलाई झल्काउन उनले जरूरी सम्झे। जातीय अस्मितामाथि सचेत भएर लेख्ने लेखकहरू कम नै छन्। धेरै नामी लेखकहरूले पनि बढ़ी पश्चिमा साहित्यको प्रभाव र प्रयोगमा आफ्नो लेखनको बाटो बनाउँदै गए। चिनुवा आफ्नो जाति र संस्कृतिलाई लिएर चाँडै सचेत भए। यिनलाई थाहा भयो, आफ्ना जातिहरूलाई सचेत बनाउन लेख्नु आवश्यक छ। चिनुवा अचेबे अचेबेको उपन्यास ‘थिंग्स फल अपार्ट’को पाण्डुलिपिको पनि एउटा लामै कथा छ। यो लगभग हराइसकेको थियो। 1957 तिर स्कलरसिप पाएर अचेबे लन्डन गएको बेला यिनले आफूसित यही उपन्यासको पहिलो ड्राफ्ट लिएर गएका थिए। त्यहाँ पुगेर उनले त्यो ड्राफ्ट आफ्ना नाइजेरियन मित्रले भनेअनुसार बीबीसीका इन्सट्रक्टर औ उपन्यासकार गिलबर्ट फेल्फ्सलाई दिए। पाण्डुलिपि हात पारेपछि गिलबर्टले पढ्न कुनै उत्सुकता देखाएनन्। निकैपछि मात्र उनले त्यो ड्राफ्ट हेरेपछि गिलबर्ट प्रभावित बने र उनलाई खोज्दै आइपुगे। यसपछि गिलबर्टले प्रकाशनको निम्ति उनले जानेको प्रकाशकलाई दिने कुरा बताए तर अचेबे सो उपन्यासलाई अझ सुधार गर्न चाहन्थे। उनलाई अझै पनि लागिरहेको थियो- उपन्यासको फर्म ठीक छैन। अझै त्यसमा तीन परिवारको गाथा समेट्न जरूरी छ। उपन्यासमा केही रोचक र फरक कलेवर दिन सकिने उनलाई लागिरहेको थियो। यसपछि उनी नाइजेरिया फर्किए। स्वदेश फिर्तीका बेला उनले मज्जाले उपन्यासलाई सुधार गरे। ड्राफ्ट सुधारका कामहरू गरिसकेपछि उनले हस्तलिखित ड्राफ्टलाई टाइपिङ गर्न लगाए र त्यो बेलाको ३२ पाउन्ड लाग्यो। एक महिना बितेपछि उनले प्रकाशकलाई चिट्ठी लेखे तर जवाफ आएन। आफ्नो उपन्यासको ड्राफ्टलाई लिएर अचेबे सुर्ताएर दिनदिनै कमजोर र दुब्लो हुँदै गए। भाग्यवश त्यही बेला बिबिसीका नाइजेरियास्थित हाकिम (बोस) बिदामा लन्डन जाने भए। उनले प्रकाशक हिनम्यानसँग कुराकानी गरे। हिनमैनले यसअघि कुनै अफ्रिकी उपन्यास देखेका थिएनन्। छाप्नु कि नछाप्नु भन्ने दोधारमा परे उनी। उनले यो ड्राफ्टलाई लन्डन स्कुल अफ इक्नोमिक्सका एक जना प्राध्यापकलाई पठाएर प्रकाशनका लागि उचित भए नभएकोबारे सल्लाह लिए। प्रकाशकका अनुसार ती प्राध्यापकले उपन्यासलाई लिएर सबैभन्दा छोटो टिप्पणी गरेका थिए- “विश्वयुद्धपछिको सर्वश्रेष्ठ उपन्यास।” यसरी अफ्रिकी राइटर सिरिज अस्तित्वमा आयो। उपन्यासको शीर्षक विलियम बटलर यिट्सको कृति ‘द सेकेन्ड कमिङ’बाट टिपिएको थियो। त्यस कृतिमा कविताको पङ्क्ति ‘थिंग्स फल अपार्ट; द सेन्टर क्यान नट होल्ड’ निकै प्रचलित बनेको थियो। अचेबे आफ्ना कथाहरूलाई दुखान्त दृश्यबाट अन्त्य गर्थे। उनी भन्थे, ‘हाम्रा भावि पिँढ़ीलाई हाम्रै कथाहरूले बचाउने हो, कथाले हाम्रो बाटो बचाएर राख्ने हो, कथाबिना हामी अन्धो हुन्छौं ।’ सांस्कृतिक अंहकार र निरकुंशताबाट उत्पन्न अमानवीयताको आधुनिक त्रासदिलाई अचेबेले गहिरो रूपमा चिनेका थिए। उपनेशविरोधी अफ्रिकी साहित्य लेखेर संसारलाई अचेबेले अफ्रिकालाई चिनाए। त्यसैले त उनलाई अफ्रिकी साहित्यको जनक मानिन्छ। अफ्रिकी संस्कृति र समाजमा औपनिवेशिकरणको विनासकारी प्रभावलाई देखाउन यिनले तीन कृतिहरू लेखे, ‘थिंग्स फल अपार्ट’ (1958), ‘नो लंगर एट इज’ (1960) र ‘ऐरो अफ गड’ (1964)। ‘थिंग्स फल अपार्ट’का मुख्य पात्र आकोनक्वो त्यस महादेशमा औपनिवेशिकरणको मारले त्यसबाट उब्जेका चुनौतीहरूको प्रतिनिधित्व गर्न जुर्मुरिन्छ। नाइजेरिया स्वतन्त्र हुनुअघि 1960 को दशकमा ‘नो लंगर एट इज’ लेखिन्छ। त्यस समय आकोनक्वोको नाति ब्रिटेनमा शिक्षा पूरा गरेर आइपुग्छ । ऊ सत्ता समर्थक छ। मुख्य पात्र औपनिवेशिक सिविल सेवामा एउटा उच्च पदमा तैनाथ छ । उसले त्यस जागिरबाट पाएको तनखा उसको परिवारको निम्ति कम भएको सोच्छ र ऊ घुस लिन थाल्छ र पक्राउ पर्छ। त्यसपछि उसले दण्ड पाउँछ। तेस्रो उपन्यास ‘ऐरो अफ गड’मा परम्परावादी एक इमान्दार पुरोहितको जीवनमाथि आधारित छ, जो औपनिवेशीकरणको सहयोगलाई इन्कार गर्छ। युरोपवासीको आक्रमणले अफ्रिकालाई उपनिवेश बन्नुको प्रतिरोध देखाउँछ यस उपन्यासले। वैचारिक रूपले युरो-केन्द्रवादसित अलग हुनु थियो। पश्चिमको वर्चस्ववादी विचारको र राजनीतिको शिकार हुनु भाषा साहित्य र सांस्कृतिक कुराहरूमा दास बन्दै जानु, आर्थिक अवस्थामा पिछडिँदै आत्मनिर्भरताको बाटो जोखिम बनाउनु हो। अचेबेले नाइजेरियाको निम्ति विशेष रूपले सत्ताको दुरूपयोगविरूद्ध संघर्ष गरी रहे। उनले औपनिवेशिकवादको शिकार भएकाहरू त्यसविरूद्ध उभिन र आफूमाथि गर्व गर्न सिकाए अनि आधुनिकतावादमाथि प्रश्न गर्न सिकाए। यो नै मुक्ति पाउने सबैभन्दा ठूलो मन्त्र साबित भयो। सन् 1958 मा प्रकाशित अचेबेको ‘थिंग्स फल अपार्ट’ अफ्रिकी साहित्यको इतिहासमा सबैभन्दा बढ़ी लोकप्रिय कृति साबित बन्यो। संसारभरि यो उपन्यास आठ मिलियन प्रति बिक्री भयो भने पचासभन्दा बढ़ी भाषाहरूमा यसको अनुवाद गरियो। अचेबेले अफ्रिकालाई लिएर पाश्चात्य देशमा लेखिएका साहित्यको जोडतोडले आलोचना गरे। जोसेफ कोनराडको ‘हार्ट अफ डार्कनेस’को य़िनले कड़ा आलोचना गरे। भाषा साहित्य र संस्कृतिमाथि उठेका प्रश्नहरू लिएर निरन्तर विचारोत्तेजक कथा, कविता र निबन्ध लेखिरहे। अचेबे भन्छन्, लेखक लेखक मात्र होइन ऊ नागरिक पनि हो। राम्रा लेखक र साहित्य अस्तित्वमा तब आउँछन्, जब मानवताको हितमा भएर लेखिन्छ। अचेबेको अन्तिम कथाकृति ‘एन्थिल्स अफ द सवाना’ (1987) हो । उनले अन्य कृतिमा ‘द मोनुमेन्टलएरो अफ गड’ (1964), ‘ए मेन अफ दि पिपल’ (1966) , ‘नो लंगर एट इज’ (1960) , ‘द मेजिस्ट्रियल होप्स एण्ड इपिडिमेंट्स’ (1988) , ‘द ट्राबल विथ नाइजेरियो’(1983), ‘द एजुकेशन आफ द ब्रिटिश प्रोटेक्टेड चाइल्ड’ (2009), ‘देयर वाज अ कन्ट्री’ (2012) लेखे। यीमध्ये अचेवेले लेखेको कृति ‘थिंग्स फल अपार्ट’ले त नोबेल पुरस्कार नै पाउनु पर्ने हो तर दुःखलाग्दो कुरा उनले पाएनन्। सन् 2007 मा म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार भने पाए। #चिनुवा अचेबे #रवि रोदन चर्चामा चर्चिलकी प्रथम प्रेमिका: बेलायती प्रधानमन्त्री तथा दर्जनौँ पुस्तकका लेखक विन्स्टन चर्चिल २१ वर्षको उमेरमा भारतमा हुँदा एउटा गम्भीर प्रेममा परेको हालै खुलासा भएको छ । भारतमा सन् १८९६ ताका जुनियर अफिसरका रूपमा काम गर्दै रहँदा त्यहीँका एक उच्च अधिकारीकी छोरीसँग गम्भीर प्रेममा परेको हालै प्राप्त पत्रहरूले खुलासा गरेको हो । भारतको हैदराबादस्थित बेलायती प्रतिनिधिकी छोरीलाई देख्नेबित्तिकै मन पराएको र उनीसँग बिहे गर्न आफू व्यग्र भएको उनले लेखेका कयौँ पत्रहरू फेला पारिएको छ । उनले ती पत्रहरू बेलायतस्थित आफ्नी आमालाई लेखेका थिए । उनले मन पराएकी युवती पामेला प्लोडेन थिइन् । उनलाई चर्चिलले पहिलो पटक सिकन्दराबादस्थित एउटा खेलकुदको कार्यक्रममा देखेका थिए । त्यसपछि दुवैबीच परिचय आदानप्रदान भयो भने दुवैले सँगै बसेर पोलो प्रतियोगिता हेरेका थिए । चर्चिलले आमालाई लेखेका थिए, ‘मैले भन्नै पर्छ, उनी मैले अहिलेसम्म देखेका सर्वोत्तम सुन्दरीहरूमध्ये पहिलो नम्बरमा पर्छिन् ।’ चर्चिलकी आमाले पामेलाको परिवारलाई पनि चिन्थिन् । त्यसैले पनि यस कुराको जानकारी दिन चर्चिल लालायित थिए । शुरूशुरूमा भारत पुग्नेबित्तिकै उनले पामेलालाई भेटेको मात्र होइन, केही ठाउँमा हात्तीमा चढाएर घुमाएकी पनि थिइन् । पामेलाले उनलाई पैदल गाउँगाउँ नडुल्न सुझाएकी थिइन्, ‘तिमी पैदल कतै पनि नजानू किनभने भारतीयहरू युरोपेलीलाई घृणा गर्छन्, थुक्छन् । यस्तो अवस्थामा कहिलेकाहीँ झडपको अवस्था आउँछ र झडपले दंगा फैलिने सम्भावना हुन्छ ।’ पछि पामेलाले चर्चिलका निजी सचिवसँग कुनै समय भनेकी थिइन् रे, ‘जब पनि कोही विन्स्टन चर्चिललाई देख्छ, शुरूमा उसका सारा दोष मात्र देख्छ । संगत गर्दै जाँदा जीवनभर उसले सारा गुणहरू मात्रै फेला पारिरहन्छ ।’ पछि चर्चिलले पामेलालाई बिहेको प्रस्ताव राख्दा उनले अस्वीकार गरेकी थिइन् । तथापि यी दुवै जीवनभर साथी भने रहिरहे । पहिलो भेटपछिका ६० वर्षसम्म पनि उनीहरू साथी रहिरहेको प्रमाण हालै फेला परेका चिठ्ठीहरूमा देखिने एक संकलक बताउँछन् । पछिल्लो पटक १९५७ मा लेखिएको एउटा चिठ्ठीमा चर्चिलले पामेलालाई माई डियर पामेला भनेर सम्बोधन गरेका छन् । चर्चिलका प्रमुख विज्ञान सल्लाहकारको निधन भोजमा पामेला र चर्चिलको भेटको अन्तिम चिठ्ठी आदानप्रदान भएको देखिन्छ । सो पत्रमा चर्चिलले पामेलालाई माई डियर पामेला भनी सम्बोधन गरेका हुन् । उनले सो कार्यक्रममा आफूसँग जान सहमत भएकामा पामेलालाई धन्यवाद दिएका छन् । एक जना संकलकले आफ्नो नाम नखुलाउने शर्तमा स्पेनको मालागास्थित अन्तर्राष्ट्रिय अटोग्राम अक्सन्समा बिक्रीका लागि यी निजी चिठ्ठीहरू राखेका छन् । प्रत्येक चिठ्ठीको मूल्य पन्ध्र सय पाउन्ड राखिएको छ । पामेलाले चर्चिलको प्रस्ताव त्यागेर भेक्टर वुलवेर लिटनसँग सन् १९०२ मा विवाह गरेकी थिइन् । उनको निधन १९७१ मा भएको थियो । #प्रेमपत्र #लिलामी #विन्स्टन चर्चिल लेखिका पार्करका सामग्री न्युयोर्कबाहिर नलैजान आग्रह: डोरोथी पार्कर सन् १९६७ सम्म आइपुग्दा साहित्यकार तथा समालोचक डोरोथी पार्करले पुस्तक लेखेर कुस्त कमाइन् । उनका नाममा केही कविता संग्रह, आख्यान र केही समालोचना पनि थिए । साहित्यको त्यो खजाना उनले मृत्युअघि त्यस समयका मानव अधिकारवादी अभियन्ता मार्टिन लुथर किङ जुनियरका नाममा गरिदिएकी थिइन् । तर पार्करको निधनको ठीक १० महिनामा किङ जुनियरलाई गोली हानी हत्या गरियो । त्यसपछि डोरोथीले मार्टिनको नाममा गरिदिएको सम्पत्ति त्यत्तिकै रहिरहेको थियो । किङ जुनियरको नाममा एउटी साहित्यकारले गरिदिएको सम्पत्तिनामालाई लिएर सोधिँदा उनले भनेका थिए, ‘म कुनै डोरोथीलाई चिन्दिनँ, हामीबीच सायदै भेट भएको थियो होला !’ एकातिर डोरोथी सन्तानविहीन थिइन् र जसको नाममा सम्पत्ति गरिदिएकी थिइन्, उनको पनि हत्या भएपछि किङ जुनियरको नाममा भएका सारा सम्पत्ति सिभिल राइट्स अर्गनाइजेसनका नाममा संरक्षण गरियो । यसरी डोरोथीको सम्पत्ति पनि सो संस्थामा संरक्षित रहन पुग्यो । यतिबेला सो संस्थालाई सबैभन्दा ठूलो समस्या डोरोथीका सारा चिजबिज कहाँ राख्ने भन्ने छ । किनभने हालै सिभिल राइट्स अर्गनाइजेसनको कार्यालय न्युयोर्क सहरबाट राजधानी वासिङ्टन डिसी सार्ने तयारी हुँदै गर्दा डोरोथी समर्थक केहीले भने उनी पक्का न्युयोर्कर भएका कारण उनका सारा सामग्री वासिङ्टन डिसी पुरयाइनु नहुने तर्क गरिरहेका छन् । उनका पक्षधरको भनाइ छ, ‘उनले त आफ्ना सबै चिजबिजको संरक्षण यही सहरमा होस् भनेर संस्थालाई जिम्मा लगाएकी थिइन् तर ती सामान वासिङ्टन डिसी पुर्याइन्छ भन्ने उनलाई लागेको भए जिम्मा नदिन पनि सक्थिन्।’ खासगरी एक समय हिट हुँदा उनलाई हलिउडबाट पटकथा लेखनका लागि अनुरोध गरिँदा उनले त्यस्ता प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । डोरोथीका जीवनी लेखक जोन किट्स भन्छन्, ‘न्युयोर्क उनको पहिलो र अन्तिम प्रेम थियो । उनी त्यहीँ जन्मिइन् र त्यहीँ बितिन् । उनलाई अन्त कतै जान मन पनि भएन र कसैले प्रस्ताव राख्दा पूरै गाली खाएर फर्कन्थ्यो ।’ ‘त्यसैले उनका सरसामग्रीलाई तलमाथि गर्नु उनको इच्छाविपरीत हुन जान्छ,’ किट्सको भनाइ छ । यस विषयमा भने अझै कुनै निर्णय नगरिसकेको संस्थाले जनाएको छ । #डोरोथी पार्कर #द टाइम्स विविधीकरणमा प्रवेश गर्दै अमेरिकी पुस्तक प्रकाशक: एक पटक प्रकाशन उद्योगमा कोही सर्वोच्च पदमा पुग्यो भने त्यहाँबाट झर्ने सम्भावना कमै हुन्थ्यो । अल्फ्रेड ए. नफ प्रकाशन संस्थाको १०५ वर्षे इतिहासमा सर्वोच्च पदमा जम्मा चार जना प्रकाशक परिवर्तन भए । जोन सी. फेरर, रोजर डब्लु. स्ट्राउस र रोबर्ट गिरौक्स अनि अहिले यसको प्रमुख रिगन अर्थर छन्। पछिल्लो समय कयौँ प्रतिभाशाली उच्च पदस्थ अधिकारीको निधन, रिटायरमेन्ट, कार्यकारी प्रमुखहरूको पदस्थापन तथा प्रतिस्थापनका कारण नयाँ उच्च अधिकारीहरू नियुक्त हुने क्रम बढेको छ र यसले पहिलेको भन्दा विविधीकरण लिएर आएको छ । नयाँ पुस्ताका हाकिमहरू बढी व्यवसायिक मात्र होइन, कतिपय त प्रकाशन उद्योगमा कहिल्यै काम नगरेका व्यक्ति पनि छिरेका छन् । यस किसिमको परिवर्तनले अब प्रकाशन उद्योगमा परिवर्तन आउने केहीको अपेक्षा छ । गएको बुधबार मात्र प्यान्थिअन एन्ड सोकेन बुक्सले प्रकाशकका रूपमा लिसा लुकासलाई नियुक्त गरेको छ । यसअघि उनी नेसनल बुक फाउन्डेसनको कार्यकारी निर्देशक थिइन् । गएको जनवरीमा नफको प्रकाशकका रूपमा रिगन अर्थर चुनिइन् । उनले आउनेबित्तिकै घोषणा गरेकी थिइन्, “अबका दस वर्षमा पुस्तक उद्योग अहिलेदेखिजस्तो रत्तिभर हुने छैन ।” हालैका दिनमा प्रकाशन उद्योगका सर्वोच्च नामहरू सिमोन एन्ड सुस्टरको प्रमुख कार्यकारी क्यारोलिन रेइडी, नफकी प्रमुख कार्यकारी सुसन कामिल, सिमोन एन्ड सुस्टरकी सम्पादक एलिस मेह्युजस्ता व्यक्तिको निधनले अमेरिकी घगडान प्रकाशन उद्योगले साँच्चिकै राम्रा व्यक्तिहरू गुमाएको छ । तिनले समकालीन साहित्यलाई परिभाषित मात्र गरेका थिएनन्, डिजिटल क्रान्तिमा पनि आफ्नो अस्तित्वलाई कायम राखेका थिए । अमेजनको खुद्रे व्यापार, २००८ को आर्थिक मन्दी, बर्न्स एन्ड नोबलको उत्थान र पतन, स्वतन्त्र खुत्रे पसलेहरूको टिकाउपन तथा पतनसँगै अडियो बुकको विष्फोटक बिक्रीलाई यिनले नजिकबाट नियालेका थिए। सन्नी मेहताजस्ता दिग्गज प्रकाशकले काजुओ इशिगुरो, जोन अप्डिक र सल्मान रूस्दीजस्ता प्रतिभालाई विश्वमञ्च उपलब्ध गराएका थिए। गएको फेब्रुअरीमा निधन भएकी मेह्युले सिमोन एन्ड सुस्टरमा ५० वर्ष मात्र बिताइनन्, बब वुडवार्ड, वाल्टर इसाक्सन, डोरिस कियर्न्स गुडविन तथा स्टेफन ए. एम्ब्रोसलाई चर्चामा ल्याउने काम गरिन्। प्रकाशन उद्योगका आइकनको निधन तथा खाली ठाउँपछि एउटा रिक्ततापूर्ण अवस्था सिर्जना भएको थियो । यस्तो अवस्थामा गएको साता डबलडे प्रकाशन संस्थाकी नान तेलिसले आउँदो डिसेम्बरबाट ६ दशक लामो कामबाट बिदा लिने घोषणा गरिन्। उनले मार्गरेट एटवुड र इयान म्याकइवानजस्ता प्रतिभालाई खार्ने काम गरेकी थिइन् । यसका अतिरिक्त पछिल्लो समय ठूला प्रकाशन संस्थाको मर्जरका कारण कयौँ उच्च अधिकारीले बिदा लिए । नफकी आर्थर मात्र होइन, हेनरी हल्ट प्रकाशनकी एमी इन्हर्नजस्ता उच्च अधिकारीमा सशक्त व्यवसायिक सुझबुझ थियो। तिनमा के बिक्री हुन्छ भन्ने त ज्ञान थियो नै महिलाहरूको पठन रूचिमा पनि विशेष रूझान थियो। गएको साता सिमोन एन्ड सुस्टरमा डाना कनेडी आइन्। पुलित्जर पुरस्कारकी व्यवस्थापक तथा न्ययोर्क टाइम्सकी पत्रकारको सिमोन एन्ड सुस्टरमा प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ५५ वर्षीया कनेडी ठूलो प्रकाशन गृहको प्रथम काला जातिकी उच्च अधिकारी भइन्। उनी आउनेबित्तिकै आफूले चलनचल्तीको भन्दा बेग्लै पुस्तकलाई प्राथमिकता दिने घोषणा नै गरिन् । पहिलो त उनी काला जातिकी महिला भइन्, त्यसमाथि अमेरिकाको केन्टुकी राज्यको ग्रामीण परिवेशबाट उठेर आएकी सैन्य बाबुकी छोरी अनि त्यसमाथि एकल महिला भएका कारण पनि उनबाट बढी नै अपेक्षा गरिएको छ । अपेक्षाअनुसार काम गर्ने उत्साह रहेको उनले बताइसकेकी छन् । लुकास र कनेडी दुवै काला जातिका महिला भएका कारण यिनीहरूबाट प्रकाशन उद्योगमा नयाँ पुस्ताका बेग्लै लेखकहरूले ठाउँ पाउने अपेक्षा धेरैको छ । नयाँ सम्भावनाका लेखक, प्रतिभाशाली सम्पादक, लेखक र सम्पादक पनि विविधीकृत क्षमता भएका र विभिन्न जातजातिका आउने अपेक्षा उनीहरूबाट गरेको छ । प्रायः प्रकाशन संस्थाले कम्पनीमा लामो समय सहायक सम्पादक अथवा कार्यकारी सहायकहरूबाट संस्थाको प्रमुख चुन्ने गरेको थियो । यस पटक त्यो क्रम अवरूद्ध भएको छ । सिमोन एन्ड सुस्टर तथा नफले प्रकाशन उद्योगमा पहिले अनुभव नभएका बिल्कुलै नयाँ अनुहारलाई चयन गरेर पुरानो प्रकृतिको हाकिम चुन्ने परम्परालाई चुनौती मात्र दिएका छैनन्, दशकौँ अवसर कुर्नेहरूका दिन खतरापूर्ण रहेको सन्देश पनि दिएका छन्। प्रकाशन उद्योगमा दशकौँदेखि काला जातिका कार्यकारीको अभावले लामो समयदेखि राम्रा कुराको अभाव झेलिरहेको थियो। लेखनी र लेखकमा पनि उति विविधीकरण हुन छाडेको थियो। अन्य कम्पनीमा भने त्यस्तो थिएन । समावेशीकरण तथा विविधीकरण अहिलेको वास्तविकता हो, त्यसलाई दशकौँदेखि उपेक्षा गरिएको थियो। पछिल्लो समय भने यसमा परिवर्तन देखिन थालेको छ । पेइङ्गुन रेन्डम हाउसमा मेडलिन म्याकिन्टोस, नफकी आर्थर, हेनरी हल्टकी एनहर्न, फेरर स्ट्रउस एन्ड गिरक्सकी मित्जी एन्जलको उपस्थितिले महिला कार्यकारीबिनाको प्रकाशन उद्योगमा नयाँ आशा सञ्चार गरेका छन्। प्रकाशन उद्योगमा ७५ प्रतिशत कामदारहरू अझै पनि श्वेत छन्। त्यसैले पनि देशभरि प्रकाशन उद्योगमा श्वेत इतरका प्रमुख कार्यकारीहरू देखिनुपर्ने माग बढ्दै जान थालेको थियो। गएको महिना त अझ काला जाति र एसियाली मूलका लेखक लेखिकामाथि दिइने पारिश्रमिकमा पनि ठूलो अन्तर हुने खुलासा भएको थियो। पब्लिसिङपेडमी भन्ने ह्यासट्याग निकै चल्तीमा पनि आयो। प्रकाशन उद्योगको प्रणाली यस्तो छ कि त्यहाँ श्वेतबाहेकका इतर जातिको प्रवेश निकै दुर्लभ हुने गरेको छ। सो विरूद्ध प्रदर्शनी मात्र भएन यस्तो प्रणाली नै परिवर्तन गर्नुपर्ने आवाजसमेत उठ्यो। इतर जातिका लेखकबाट कुस्त कमाउने तर कमाएजति पैसा नदिने समस्यातर्फ पनि धेरैले ध्यानाकर्षण गराएका थिए। यसलगत्तै पेन्गुइन रेन्डम हाउसले जातीय रूपमा जुन खालीपन देखिएको छ, त्यसलाई क्रमशः सुधार गर्दै लैजाने वचनबद्धता प्रकट गरेको थियो। यस्तै ह्याचेट बुक ग्रुपले पनि विविधीकृत कर्मचारीको लक्ष्यलाई आगामी दिनमा पूरा गर्दै जाने बताएको थियो। पछिल्लो समय लुकासले पनि ठूलो पद पाउनुका पछाडि उनको ठूलो संघर्ष थियो। कलेज पढ्दाकै अवस्थामा उनी प्रकाशन गृहसँग जोडिन चाहन्थिन् तर उनी काला जातिकी भएकीले सोचेजस्तो काम पाउन सकिनन्। यसपछि उनले ड्रामा तथा फिल्म कम्पनीमा काम गरिन्, म्यागेजिनमा काम गरिन्। सन् २०१६ मा आएपछि बल्ल उनी नेसनल बुक फाउन्डेसनको निर्देशक बनिन् । त्यो बेला उनले १४ लाखभन्दा बढी पुस्तक बालबालिकाका पुस्तकालयलाई बाँढ्ने अभियानलाई सफल मात्र तुल्याइनन्, काला जातिका लेखकलाई विभिन्न ठाउँमा पुर्याउन भूमिका खेलेकी थिइन्। अर्थात्, अमेरिकाका प्रकाशन गृहमा बल्ल विविधीकरणको आवाज उठिरहेको छ र त्यसमा कार्यान्वयन पनि हुँदैछ । #द न्युयोर्क टाइम्स #प्रकाशक तस्बिरका कृष्णलाल भनिरहेछन्– म सफल भएँ: नेपालका प्रथम साहित्यिक सहिद हुन् कृष्णलाल अधिकारी । उनको जन्म वि.स. १९४४ माघ १४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो । उनले राणाकालीन समयमा मकैको खेती नामक पुस्तक लेखेका कारण उनलाई सन् १९७७ श्रावण ११ मा पक्राउ गरी कारागार चलान गरियो, नौ वर्षको कारवास तोकियो । वि.स. १९८० मा उनको जेलमै निधन भयो । यसैकारण अधिकारलाई नेपालका प्रथम साहित्यिक/भाषिक सहिद भनेर चिनिन्छ । कृष्णलालको तस्बिरको आवाजः कृष्णलाल अधिकारी २० काे शताब्दीमा खिचिएको प्रस्तुत ब्ल्याक एण्ड वाइट तस्बिर हो, कृष्णलाल अधिकारीको । अरू नै केही लेखौँ भनेर लेख्न सुरु गरेको भए तापनि यो तस्बिर नेटमा भेटेपछि थोरै यसैका बारेमा नलेखी कसरी अघि बढूँ ? तस्बिरमा देख्न सक्नुहुन्छ, मध्यम कद, न दुब्लो न मोटो शरीर, अनुहारमा कुनै अंग्रेजको जस्तो जुँघा र दारी, लङकोटसहितको पहिरन पनि कुनै अंग्रेजको बिम्ब प्रस्तुत गर्नेखालकै छ । अझ ध्यान दिएर हेर्न सक्नुहुन्छ, उनका हात र खुट्टामा नेल ठोकिएका छन् (साङ्लीले बाँधिएका छन्) । तर उनको अनुहारमा न कुनै डरको छाया छ न त पश्चतापको कुनै प्रतिबिम्ब नै । न आँखामा कुनै ग्लानीको झल्को छ न त शिरलाई अपराध बोध नै । जसका लागि तस्बिरमा प्रमाण पेश गरिरहेका छन् दिप्त अनुहार र कति पनि नझुकेका आँखा र शिरले । खैर, तस्बिर खिच्दाको माहोल के थियो ? उनको स्वभाव कस्तो थियो ? र फोटो खिच्नुको मतलब के थियो त्यो समय ? तर मात्र तस्बिरका कृष्णलालले मलाई भनिरहेछन्– मकैको खेती एउटा क्रान्ति थियो, शासकविरुद्ध । म सफल भएँ, शासक मेरो कलमसँग डराए । कृष्णलाल र मकैको खेतीः कृष्णलाल अधिकारी राणा शासनसत्ताकै नायब सुब्बा थिए । प्रमाणिक अभिलेखका अनुसार उनले १९७७ सालमा ६० पृष्ठको मकैको खेती शीर्षकको किताब पूरा गरी नक्सालस्थित पशुपति छापाखानाबाट १००० प्रति छपाएका थिए । उक्त कृति मकैमा लाग्ने रोग तथा किराहरूका समस्या समधानका लागि लेखिए पनि यसलाई राणाहरूका चाप्लुसीहरूले शासनमाथिको व्यंग्यको रूपमा व्याख्य गरे । उक्त व्याख्यालाई थप दर्बिलो बनाउने केही पंक्तिहरू यस्ता थिए; “मकै खाने रातो टाउको र कालो टाउको भएको किरा” , चन्द्रशम्शेर रातो र भीम शम्शेर कालो फ्रेस क्याप (टोपी) लगाउने गर्थे । त्यसैकारण रातो टाउको भनेर चन्द्र शम्शेर र कालो टाउको भनेर भीम शम्शेरलाई इंगित गरिएको भनेर बुझाउनेले व्याख्या गरेपछि उनीहरूलाई विश्वास गर्न गाह्रो भएन । “बालकलाई आमाको दूध बराबर चन्द्रोदयले फाइदा गर्दैन” , यस पंक्तिलाई चन्द्र शम्शेरप्रतिको ठाडो प्रहारको रूपमा व्याख्या गरियो । बालकलाई जनता र चन्द्रोदयलाई चन्द्र शम्शेरको उदय भनेर बुझियो । “हामी अझै विदेशी कुकुरहरूको धेरै मान गर्दछौँ तर चोर र डाकाहरूबाट हाम्रो रक्षा गर्नेबखत गद्दीमा सुत्ने वि कृष्ण ढुङ्गेल देशी कुकुर काम नलागी स्वदेशी कुकुरहरू नै काम लाग्छन्” , यस पंक्तिलाई पनि राणाहरूले आफूमाथिको व्यांग्य भनेर बुझे । त्योबेला एक त राणाहरू विदेशी कुकुरका सोखिन थिए भने अर्कोतिर उनीहरूले भारतलगायत देशमा सम्पत्ति सञ्चित गरिरहेको कुरा सुब्बाजस्ता उच्च ओहोदाका कर्मचारीलाई थाहा न हुने कुरै भएन । राणाहरूले विदेशी कुकुर भनेर आफूहरूलाई भनिएको भनेर बुझे । त्यस्तै पुस्तकमा, “१९०३ सालदेखि राक्षसहरूको प्रवेशले नेपालमा अनिकालै अनिकाल परेको” भन्ने वाक्य पनि रहेको बताइन्छ । अब यसले त राणाहरूलाई पोल्ने नै भयो । डा. भूपहरि पौडेलको अनुसन्धनात्मक पुस्तक “कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व”को विमोचन गर्दै तत्कालीन नेपाल काँग्रेसका प्रवक्ता विश्वप्रका शर्माले भनेका थिए, “कुनै एकदिएका कारणले मात्र राणा शासन ढलेको होइन, एउटा घटनाले मात्र स्वाधीन भएका होइनौँ । एउटा साहदतले मात्र यो परिवर्तन आएको होइन, एउटा नेतृत्वको मात्र देन पनि होइन । मकैको खेती क्रान्तिको सुरुवाती झिल्को थियो, सुब्बा कृष्णलाल अधिकारीले सुरू गरेको रूपान्तरण अभियानलाई हामीले सम्झनुपर्छ ।” धेरैतिर मकैको खेती कृषीसम्बन्धि पुस्तक थियो भनेर व्याख्या गरिए तापनि त्यसमा चेतना, रूपान्तरण तथा व्यांग्य साहित्यको झिल्को भएको कुरा माथि उल्लेखित वाक्यांशहरू तथा विश्वप्रकाश शर्माको शब्दलाई आधार मान्ने हो भने नकारिहाल्न सकिन्न । मकैको खेती १००० प्रति छपाइकोमा ९९९ प्रति जलाइएको थियो । एक प्रति संकलन गरेर राणासामु बुझाउन नसकेका कारण ४ वर्षको सजायमा थप ५ वर्ष गरी कृष्णलाललाई ९ वर्षको जेल सजाए सुनाइएको थियो । पछि उनले जेलमै देह त्याग गरे । उनी कालगतिले मरे वा हत्या गरिए, त्यो खोजको अर्कोपाटो हुनसक्ला ! मकैको खेतीको वास्तविकताः मकैको अर्को खेती कृतिका लेखक डा. सञ्जिव उप्रेती का अनुसार हाल उपलब्ध मकैको खेतीलाई आधार मान्दा कृष्णलालले नितान्त कृषिमाथि वा सत्ताविरुद्ध व्यांग्य, के लेखेका थिए भनेर ठ्याक्कै भन्नसकिदैन । उनी भन्छन्– “यसका दुई पाटा छन् । पहिलो, उनले कृषिमाथि नै लेखेका पनि हुनसक्छन् । तर त्यसको गलत व्याख्या तथा विश्लेषणले उनले सजाय भोग्नु पर्यो । दोस्रो भनेको चाहिँ त्यो समयको परिवेशले पनि प्रभाव पार्न सक्छ । हुनसक्छ, एन्टीराणा अभियानहरू सुरू भएका थिए होला ! सीधारूपमा भन्न नपाइने हुँदा उनले आफ्नो चेतना र क्रान्तिलाई संकेतको रूपमा पनि लेखेका हुनसक्छन् ।” मकैको खेतीको दास्रो संस्करण २०६८ सालमा जगदिश घिमिरेको सम्पादनका प्रकाशित छ । यद्यपि यसमा दोस्रो संस्करण लेखिएको छैन । तर त्योबेला एक हजारमा ९९९ प्रति जलाउदा नभेटिएकै एक प्रतिको पुनः प्रकाशन गरिएको बताइन्छ । खैर, त्यसको आधिकारिकता अर्को विषय होला ! जगदिश घिमिरेको सम्पादनमा जगदम्बा प्रकाशनले बजारमा ल्याएको मकैको खेतीमा ७२ पेज छन् । जसमा परिशिष्ठले ३० पृष्ठ थपेको छ । परिशिष्ठ एकमा कलम दीक्षितको दश पेज लामो ऐतिहासिक खेती शीर्षकको लेख छ भने परिशिष्ठ दुईमा कृष्णलालका साला सम्वाभक्त शर्मा सुवेदीको लेख छ । उक्त पुस्तकमा पैँतालीस शीर्षकमा कृष्णलालकृत मकैको खेतीलाई प्रस्तुत गरिएको छ । भलै, ९९९ प्रति जलाइदा बँचेको एक प्रति कहाँ छ र त्यसमा के लेखिएको छ ? कसैलाई थाहा छैन । #कृष्ण ढुङ्गेल #कृष्णलाल अधिकारी #मकैको खेती काठमाडौँ टेक्नुअघि, काठमाडौँ टेकेपछि ...: घर छाडेको पाँचौ दिन । बिहानको समय । बर्मादेखि भारत हुँदै नेपालको पूर्वी सिमानाबाट यतिखेर नेपाल खाल्डोमा प्रवेश गर्दै रहेछौँ । थकाइले चुर भएर निदाएका हामी कुनै कारणले आँखा खुल्यो । कुनै अनजान ठाउँमा गाडी चलिरहेको थियो । मोबाइलमा समय हेरेँ बिहानको सात बजेको छ । हामी कुन ठाउँमा आइपुगेका छौँ, थाहा छैन । यत्ति मात्रै थाहा छ, हामी काठमाडौँको यात्रामा छौँ । झ्यालबाट हेर्दा अजंगको पहाड देखियो । त्यो पहाडका टुप्पोमा फाट्टफुट्ट घर देखिए । केही तल खेतबारी र बालीनाली । यस्ता दृश्यहरू परबाट निकै सुन्दर देखिन्छ । चिसो हावा र लोभ्याउने दृश्यले मलाई आफ्नो गाउँघरको सम्झना दिलायो । घर छाडेका जम्मा पाँच दिन मात्रै हो र ? मनले प्रश्न गर्यो । यत्तिका घटना, यत्तिका ठाउँ र यत्तिका अनुभव जम्मा पाँच दिनमा कसरी सम्भव छ र ? यात्रामा यो सबै हुँदो रहेछ । एउटा यात्राले १० पुस्तकको अनुभव दिन्छ, त्यसै भनिएको होइन रहेछ । पहाड अझै अग्लिँदै गयो । ठाउँ ठाउँमा बाक्ला गाउँहरू पनि देखिए । घरको याद झन् घनिभूत भयो । मान्डलेमा बसाइँ सरेदेखि यहाँको व्यस्ततामा अल्झेर म मोगोक नपुगेको निकै समय भएको छ । यो वातावरणमा मैले आफ्नो गाउँ पाए जस्तो लाग्यो । उस्तै चिसो लगलग कमाउने, अग्ला पहाड र चिटिक्क परेका घर । गाडी रोकिएसँगै कुनै युवाले निद्रा बिथोल्ने गरी कराए, “लौ एकैछिन रोकिन्छ । छिटो छिटो हात मुख धुनुहोस् र फ्रेस हुनुहोस् ।’ छेउका साथीहरू निदाइरहनुभएको थियो । आल्हादित हुँदै ती दृश्यहरू देखाउन मन लाग्यो । तर आँखाअघि आइपुग्यो, सिमेन्ट, बैङ्क र अनेक परिकारका विज्ञापनले घरका भित्ता सिंगारेको दृश्य । यति सुन्दर ठाउँका यति सुन्दर घर बनाउने मानिसले केही रकमको लोभमा किन यी विज्ञापन पोत्न स्वीकार गरेका होलान् ? मलाई ती घरहरू कुनै आकर्षक पुरुषको अनुहारमा देखापरेको बिफरका खाल्डा जस्तै महसुस भयो । गाडी फनक्क घुम्यो र रोड छेउमा रोकियो । गाडी रोकिएसँगै कुनै युवाले निद्रा बिथोल्ने गरी कराए, “लौ एकैछिन रोकिन्छ । छिटो छिटो हात मुख धुनुहोस् र फ्रेस हुनुहोस् ।’ कुनै अभिभावकले भनेजस्तो यति राम्रो कुरा पनि किन कर्कश आवाजले निदाइरहेका व्यक्तिहरूलाइ रिस उठ्ने गरी भनेका होलान् ? कुरा बुझिनँ । सबैको निद्रा खुल्यो । पाण्डेजीले ध्यान दिएर बाहिर हेर्नुभयो र भन्नुभयो, ‘धार्के आइपुगेछौँ ।’ ‘धार्के मतलब कहाँ ?’ मैले सोधेँ । ‘काठमाडौँ आइपुग्यौँ ?’ उत्तर आउनुअघि सरगमले सोधिन् । ‘होइन, अब एक दुई घण्टामा पुगिन्छ ।’ पाण्डेजीको उत्तरले म खुसी भएँ । ‘कहाँ पुगियो रे ?’ सीमा दिदीले मलाई सोध्नुभयो । ‘धार्के आइपुग्यौँ । अब यहाँबाट काठमाडौँ नजिकै छ ।’ मैले पुरानो यात्रुजस्तै भएर जवाफ दिएँ । केही सूचना केही सेकेण्डअघि पाउँदा पनि मानिस अरूभन्दा जान्ने सुन्ने हुनसक्छ भन्ने लागेर आफैँ खुसी भएँ । फ्रेस हुन उत्रिएका थियौँ, तर त्यो त खाजापानी खाने ठाउँ रहेछ । त्यो पनि एकान्तजस्तो ठाउँमा । फ्रेस हुने बाहानामा हामीलाई चियानास्ता खान पो बोलाइएको रहेछ । व्यापार बढाउने यो राम्रो काइदा थियो । बल्ल पो कुरा बुझ्यौँ । चिसो असाध्यै थियो । पानी त छुनै नसकिने । छिटो छिटो हातमुख धोएर हामी चिया पसलमा छिर्यौँ । सेल रोटी खाऊँ खाऊँ लाग्नेगरी सजाइएका थिए । जाडोमा तातो सेल नखाई मन कसरी मान्थ्यो र ? बर्मामा सेल खान तिहार नै आउनुपर्छ । हामीलाई तिहार आइदियो । हामीले सेलरोटी मगाउनुअघि नै पैसा दिँदै भन्यौँ, ‘सबैलाई पेटभरि तातो सेल दिनुहोला ।’ ‘पहिले खाइसक्नु, अनि पैसा दिनुहोला । नत्र कसरी थाहा हुन्छ, कति पैसा लिने ?’ पसलेको कुराले हामी छक्क पर्यौँ । हिजो रातीभन्दा ठीक उल्टो कुरा सुन्नु पर्यो । हिजो मध्यरातमा भोकले आत्तिँदै हामी गाडीबाट ओर्लिएका थियौँ । त्यो पनि यसैगरी गाडीले खाना खाने ठाउँमा रोकिदिएपछि । अध्यागमनअघि खुसीले केही खाएका थिएनौँ । कर्मचारीको व्यवहारले दुःखी भएर केही खान मन लागेको थिएन । गाडीले एकैपटक खाना खान रोकेपछि हामी नेपाली भूमिमा पहिलोपटक खान खान कुनै होटलमा छिरेका थियौँ । होटेलमा कसरी खाना मगाउनुपर्छ थाहा थिएन । टोली नेता भीमजीलाई जानकारी छ । तर उहाँ ‘मेरो व्रत छ’ भनेर दोकान छिर्नुभएन । हामी सबै नयाँ, छ जना मज्जाले टेबल ओगटेर बस्यौँ । हामीभन्दा पछि आएका मान्छे खान थालिसके, हामीलाई वास्ता नै छैन । त्यही पनि कुरेर बस्यौँ । १० मिनेट, २० मिनेट गर्दागर्दै समय घर्किदै गयो । गाडीका सबै पेसिन्जरहरू एकैपटक दोकानमा छिर्दा भीड भयो । हामी छिर्नुअघि नै त्यहाँ खाना खानेहरू थिए । कोही उठ्दै, कोही खान बस्दै गर्न थाले । यात्रुहरू आउने, धमाधम खाने र निस्कने गर्न थाले । हामीलाई खाना आएन । अब आउँछ भन्दै पर्खदै गर्यो, आउँदैन । हामीभन्दा पछि आएका मान्छे खान थालिसके, हामीलाई वास्ता नै छैन । त्यही पनि कुरेर बस्यौँ । १० मिनेट, २० मिनेट गर्दागर्दै समय घर्किदै गयो । अरू खाना खाँदै उठ्दै गरे, हामीलाई खाना नै आएन । निकैबेरपछि एकजना भाइ आएर सोधेका थिए, ‘टोकन दिनूस् त ।’ ‘केको टोकन ?’ हामीले एकसाथ जवाफ दियौँ । ‘खाना नखाने ?’ रेस्टुराँको भाइले उल्टै प्रश्न गरे । भोकले हैरान भएका हामीलाई यो प्रश्नले रिस उठ्नु स्वभाविक थियो । रिसाएर केही हुनेवाला थिएन । पछि थाहा भयो, सिटमा बस्नुअघि नै पैसा तिरेर, कुपन लिनुपर्छ र त्यो काम गर्ने भाइहरूलाई बुझाउनु पर्छ । तब मात्र खाना आउँछ । हाम्रो समस्या बुझेपछि वेटर भाइले त्यहीँबाट आवाज दिए, ‘छ ठाउँ भात ।’ ‘अहो कति महंगो ।’ हामी तर्सियौँ । ‘किन कति ठाउँ खाने र ?’ वेटरले सोध्यो । हामीले त्यति महंगो होला भन्ने कल्पना नै गरेका थिएनौँ । हाम्रो अलमल देखेर वेटर अर्कोतिर लागे । बर्मेली भाषामा ठाउँको अर्थ हजार हो । वेटरले छ ठाउँ भातभन्दा हामीलाई लाग्यो, एक प्लेट खानाको ६ हजार रूपैयाँ पर्दो रहेछ । ६ हजारमा एक प्लेट खाना खाने प्रश्न नै थिएन । पछि पो थाहा भयो, वेटरले छ ठाउँ भन्नुको अर्थ छ प्लेट खाना भनेका रहेछन् । हामीले कानेखुसी गर्दै भन्यौ, ‘नेपाली व्यवहार मात्र होइन, बोली बुझ्न पनि अप्ठ्यारो रहेछ । हाम्लाई नेपाली बोल्न आउँदैन होला हगि ।’ तर धार्केमा कुनै पनि समस्या भएन । सेल रोटीलाई सेल रोटी नै भन्न पाइयो । चायलाई चाय नै भनियो । थपी थपी खाएको सेल रोटी र चियाको खर्च पनि धेरै लागेन । जाडोमा तातो सेल र चियाले न्यानो बनाइदियो । त्यसमाथि पसलेहरूले पनि त्यति निरास हुने व्यवहार गरेनन् । कतिपय बाटोघाटोहरूले बर्माको याद दिलाउँथ्यो मलाई । एउटै आकाशको छानो भएका र एउटै धर्तीको भुइँमा उभिएका दुई देश । काठमाडौँतिर लाग्दा बिहानको साढे सात बजेको थियो । त्यो चौबीस तारिखको दिन थियो । कतिपय बाटोघाटोहरूले बर्माको याद दिलाउँथ्यो मलाई । एउटै आकाशको छानो भएका र एउटै धर्तीको भुइँमा उभिएका दुई देश । त्यसमाथि भू–बनोट अलिअलि भा’पनि मिलिजान्छ । त्यसमाथि नेपाली भाषामा कुरा गर्न पाएपछि धेरै कुरा आफ्नै गाउँघर जस्तो लाग्ने । पर क्षितिजसम्म देखिए जति नेपाल हेर्न लागेँ म । गाउँघर र वनजङ्गल पार गर्दै गाडीले ठूलो नेटो काट्यो । त्यहाँबाट सहर देखियो । ‘यहाँदेखि काठमाडौँ सुरू भयो ।’ पाण्डेजीले जानकारी गराउनुभयो । सुरूमा काठमाडौँ सानो जस्तो लागेको थियो । गाडी अगाडि बढ्दै जाँदा यो ठूलो ठूलो हुँदै गयो । गाडीहरू बाक्लिदै गए । भीडभाड बढ्दै गयो । अहो, संसारका सबै सहर उस्तै हुँदा रहेछन् । मैले टेलिभिजनमा देखेको काठमाडौँ, किताबमा पढेको काठमाडौँ त धेरै सफा र आकर्षक थियो । यो त धेरै नै भीड रहेछ । बसपार्क आउनुअघि भीमजीले स्पेयर भाइसँग एकछिक मोबाइल मागेर ज्ञान सरलाई फोन गर्नुभयो । ज्ञान सरको सूचना अनुसार हामी गंगबुमा उत्रियौँ । सायद कुनै ठाउँ तोकिएको थियो । त्यही तोकिएको ठाउँमा टोली नेता उभिएपछि उहाँकै अनुसरण गर्दै हामी पनि उभियौँ । एकैछिनमा एकजना मध्यकद काँठीका युवा हाम्रो सामु आए र भने, ‘तपाईँहरू बर्माबाट आउनुभएको हो ?’ हामीले मुन्टो हल्लायौँ । ‘मेरो नाम यादब गौतम । म पनि बर्माबाटै आएको हुँ तर १६ वर्षअघि ।’ एकै वाक्यमा उनको व्यहारले हामीमा अपनत्वको महसुस गरायो । ‘तपाईँहरूलाई लिन भनेर आएको, ज्ञान सरले पठाउनुभएको ।’ यति भनेर उनले हाम्रो परिचय लिए । सबैको परिचय लिएपछि उनले भने, ‘म ट्राभल एजेन्सी चलाउँछु ।’ उनलाई हामी के जान्न चाहन्छौँ, सबै थाहा छ भन्ने महसुस गराउने गरी हाम्रो जिज्ञासा शान्त पार्दै अगाडि बढे । अघिदेखि हँसिलो अनुहार र सजिलो बनाइदिने व्यहारबाट हामी प्रभावित भइसकेका थियौँ । पर्यटन क्षेत्रमा लाग्नेहरूलाई थाहा हुन्छ, पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ । त्यसमाथि उनको व्यवहार हामीसँग मिल्ने थियो । उनी बर्मेली नेपाली भएका कारण पनि अझ अपनत्व महसुस भएको हुनसक्छ । जे होस्, उनले हाम्रो मन सुरूमै जितेको महसुस भयो । हामी केही पर रोकिएको गाडीमा चढ्यौँ । उनी आफैँले गाडी चलाए । त्यसपछि काठमाडौँ, काठमाडौँका चोकहरूको जानकारी गराउन थाले । उनलाई हामी के जान्न चाहन्छौँ, सबै थाहा छ भन्ने महसुस गराउने गरी हाम्रो जिज्ञासा शान्त पार्दै अगाडि बढे । ‘हामी अहिले काठमाडौँमा छौँ । यो रिङ्रोड हो । यो रोडले काठमाडौँ र ललितपुरलाई चक्कर लगाउँछ । २७ किलोमिटर गोलो सेल रोटी जस्तो छ यो सडक । यही रोड हुँदै हामी ललितपुरको बालकुमारी पुग्छौँ । यादबले सजिलै बुझ्नेगरी हाम्रो यात्राका बारेमा बताए । ‘अझै टाढा छ ? यादबको कुरा सुनेर मधुदी आत्तिनुभयो । उहाँले हाम्रो यात्रा अझै २७ किलोमिटर टाढा छ भन्ने बुझ्नु भएछ । ‘हामी कलंकी हुँदै अगाडि बढ्यौँ । बाटोमा त्रिभुवन विश्वविद्यालयको सिमाना आयो । यादबजीले त्यसको बारेमा बताए । खासमा यो मैले नाम धेरै सुनेकाले चिहाइ चिहाइ त्रिभुवन विश्वविद्यालय हेरेँ, तर त्यो भवन देखिँन । केही दक्षिणतिर जंगल जस्तो ठाउँमा त्रिभुवन विश्वविद्यालय ठूलो क्षेत्रफल ओगटेर बसेको छ भन्ने बुझेपछि मन शान्त भयो । हामी जाने ठाउँ हिन्दू विद्यापिठ स्कूल हो भन्ने थाहा पाएको थिएँ । ज्ञान सर नेपाल आएपछि पहिलोपटक बसेको स्कुल त्यही हिन्दू विद्यापिठ हो । उहाँले पढाएको र धेरै विद्यार्थी उत्पादन गरेको विद्यालय पनि त्यही हो । बर्माबाट जब ज्ञान सर नेपाल आउनुहुन्छ, उहाँको बसोबास यहीँ हुन्छ भन्ने कुरा पनि थाहा भयो । अहिले उहाँ बर्मेली बच्चाहरूका लागि नेपाली पाठ्यक्रम यहीँ बसेर तयार गरिरहनुभएको छ भन्ने कुरा पनि जानकारी भयो । हिन्दू विद्यापिठका बारेमा थाहा नपाउने गोर्खाली बर्मामा कमै छन् । मैले पनि यसका विषयमा धेरथोर सुनेको छु । अहिले हामीलाई आश्रय दिने ठाउँ पनि त्यही नै हो भन्ने कुरा मैले थाहा पाएको छु । त्यो स्कूल पुग्न मलाई मन मनमा हतार भइरहेको छ । ‘उ त्यो हो हिन्दु विद्यापिठ ।’ हामी मात्र यस्ता भाग्यमानी थियौँ, जुन एउटा स्कूलले हामीलाई आतिथ्य प्रदान गर्दै थियो । यादबजी ले हाइवेबाट गाडी मोड्दामोड्दै एउटा रङ नलगाएको ईँटाको तीन–चार तल्ले भवनतिर संकेत गर्नुभयो । बर्मामा यस्ता आश्रय स्थल निकै अग्ला र फराकिला हुन्छन् । हिन्दू होस् या बौद्ध, त्यहाँ पाहुना बस्ने ठूला भवन हुन्छन् । तर नेपालमा त्यस्ता खालका आश्रय स्थल धेरै नभएकोले होटेलहरूमा बस्नुपर्ने कुरा यादबजीले बताइसक्नुभएको थियो । हामी मात्र यस्ता भाग्यमानी थियौँ, जुन एउटा स्कूलले हामीलाई आतिथ्य प्रदान गर्दै थियो । गाडी रोकिनेबित्तिकै विद्यार्थीको ठूलो समूहले हामीलाई स्वागत गरे । विद्यापिठका सरहरूले मन्त्रोच्चारण गरेर हामीलाई करतल ध्वनीका साथ स्वागत गर्नुभयो । एकाएक ठूलो भीडले हामी घेरियौँ । त्यही भीडमा देखिनुभयो, हाम्रा अभिभावक ज्ञान सर । उहाँलाई देख्नेबित्तिकै हामी भावुक भयौँ । उहाँ नै हुनुुहुन्थ्यो, हामीलाई नेपाली भाषा सिकाउने गुरु । साहित्यमा कलम चलाउनुपर्छ भन्ने हौसला दिने अभिभावक र नेपाल ल्याउन प्रमुख भूमिका खेल्ने मार्गनिर्देशक । बाटो हराएको नानीलाई आफ्नो अविभावक पाउँदा जुन किसिमको अनुभव हुन्छ त्यही ज्ञान सरलाई भेटेपछि भयो । खुसीले हात फैलाएर स्वागत गर्नुभएका सरलाई आफू् अगाडी पाउँदै सबैका आँखा रसाए । त्यहाँ ज्ञान सरसहित डा.चिन्तामणि योगी पनि हुनुहुँदो रहेछ । चिन्तामणि सर, जसले हिन्दू विद्यापिठलाई आजको अवस्थामा ल्याउनुभएको छ । उहाँलाई र हिन्दू विद्यापिठलाई नचिन्ने वा यी दुई संस्थाका बारेमा नसुन्ने गोर्खाली नेपाली कमै होलान् । उहाँ पटक पटक नेपाली भाषा र हिन्दू धर्म संस्कृतिको प्रवद्र्धनका लागि बर्मा पुग्नुभएको छ । मैले उहाँलाई प्रत्यक्ष नभेटे पनि उहाँले लेखेको “म्यान्माको माया“ नामक किताब पटक पटक पढेकी छु । किताबका शब्द र त्यहाँ राखिएका तस्बिरका कारण उहाँ मेरा लागि एकदमै नजिकको अभिभावक हुनुहुन्छ भन्ने कुरा देख्नेबित्तिकै महसुस भयो । म मात्रै किन, धेरै म्यान्मालीहरू उहाँले सम्पादन गरेका पाठ्यपुस्तक र नेपालसँग जोड्ने पुलका काम गरेबापत कृतार्थ छौँ । हामीलाई पालैपालो भव्य स्वागत भयो । यति ठूलो स्वागत होला भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । हामीलाई स्वागत गर्नेहरूमा विद्यार्थीहरूको झुण्डमा विष्णु डाँगी र सुमन पोख्रेल सर पनि हुनुहुन्थ्यो । उहाँहरूले बर्षौँ बिछोडिएका आफ्ना सन्तानलाई भेटेसरह माया गर्नुभयो । बाटोमा कुनै दुःख त भएन भनेर पटक पटक सोध्नुभयो । हामीले बाटोमा पाएको दुःख र थकान उहाँहरूको व्यवहारले मज्जाले बिर्सिएछौँ । हामी ताजा, भर्खरै निद्राबाट उठेर बिहानी सीतल हावाको स्वाद लिदै यात्रारत कुनै युवाजस्तै अनुभव गर्न थाल्यौँ । यो देश बनाउन हाम्रा पितापुर्खाले पनि योगदान गरेका थिए । पसिना बगाएका थिए । एकैछिनमा विद्यार्थीहरूको स्वागत गान सुरू भयो । बर्मामा नेपाली भाषा पाठशालामा हुने स्वागतको याद दिलायो । सबै नेपाली बोलिरहेका थिए र मलाई उतैको याद आइरहेको थियो । म आफैँ पनि साना नानीहरूलाई नेपाली भाषा पढाउँछु र नेपाली बोल्न प्रोत्साहन गर्छु । यहाँ त सबै नेपालीमै स्वागत गरिरहेका थिए र सबै कुरा हामी प्रस्ट बुझिरहेका थियौँ । त्योबेला मलाई लाग्यो, म आफ्नो घर आइपुगेँ । कुनै बिरानो देशबाट आफ्ना पितापुर्खाको खेतबारी हेर्न आइपुगेँ । यो देश बनाउन हाम्रा पितापुर्खाले पनि योगदान गरेका थिए । पसिना बगाएका थिए । योबेला आफू प्रवासी नेपाली हुँ भन्नेमा अप्ठ्यारो लाग्यो । यतैकतै हाम्रो घर हुनुपर्छ । यतैकतैबाट हाम्रा हजुरबाहरू बर्मा बसेको हुनुपर्छ । तर त्यो ठाउँ कहाँ हो ? कसले भनिदिने ? #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की अध्यागमनमा गोर्खालीकै अपमान: हाम्राअघि अध्यागमन कार्यालय थियो । अध्यागमन कार्यालयको बोर्डमा लेखिएको नेपाली अक्षर आफ्नै लाग्यो । त्यहाँका नेपाली भाषा बोल्ने कर्मचारी र नेपाली सीमाका गतिविधिहरु पनि आफ्नै लाग्यो । सबै नेपाली बोलिरहेका थिए । नेपाली बोल्ने मान्छे सबै नातेदार हुन्, हाम्रा लागि । अध्यागमन कार्यालयमा उभिएर बोर्डका अक्षर पढिरहँदा मेरो मन उस्तै फुरुङ्ग थियो । बर्मेली अक्षर नेपाली अक्षरभन्दा धेरै फरक हुन्छ । सानैदेखि नेपाली अक्षर आफ्नो घरको अक्षर, धार्मिक कामको अक्षर ठान्छौँ हामी गोर्खालीहरु । दसैँ, तिहार, भैलो, पुराण, सबै कार्यक्रमहरुमा केही लेख्नु परे यही देवनागरी अक्षर चल्छ । बर्मेली अक्षर हाम्रा लागि स्कुल, कलेज र सरकारी कार्यालयका अक्षर हुन् । सानैदेखि बेर्मेली अक्षरमा बानी बसे पनि सरकारी कामको अक्षर भएकाले अनिवार्य त हो तर देवनागरी जस्तो धार्मिक र अपनत्व महसुस नहुने । यस्तोमा मलाई काँकडभिट्टा प्रवेश गरे यता नै यी अक्षरहरुले अपनत्व महसुस गराइरहेको थियो । बजारमा जताततै बोर्डमा लेखिएका नेपाली अक्षर पढ्न पनि रमाइलो लाग्ने । यही बोर्ड हेर्ने क्रममा मैले ध्यानपूर्वक नेपाल सरकारको परराष्ट्र मन्त्रालय, अध्यागमन विभागका बोर्ड र त्यहाँ लेखिएका नेपाली र अंग्रेजी दुबै अक्षरहरु पढेँ । ‘कहाँबाट आउनुभयो ?’, भवनभित्र पसेपछि पश्चिमतिरको काउन्टरकै छेउमा एकजनाले सोधे । प्रश्नकर्ताको प्रश्न केही खरो महसुस भयो । प्रश्नबाटै महसुस गरेँ, उनी अध्यागमनका कर्मचारी हुनुपर्छ । ‘हजुर, हामी म्यान्माबाट ।’ हाम्रा टिम लिडर भीमजीले सकेसम्म नम्र भएर जवाफ दिनुभयो । त्यसपछि ती कर्मचारी भित्र गए । निकै ैबेरसम्म देखापरेनन् । साँझ पर्दैथियो । त्यहाँको अफिसियल काम सकेर रात्री बसमा काठमाडौं चढ्ने योजना थियो । गाडी नछुटोस् भनेर ड्राइभरको सहयोगमा केही पैसा बढी तिरेर हामीले गाडीको टिकट मगाएका थियौँ । काठमाडौं जाने यात्रु भेटिएपछि रात्रीबस काउन्टरका मानिस पनि हामीलाई पर्खिपसकेका थिए । यस अर्थमा हामी हतारमा पनि थियौँ । तर कर्मचारीहरुमा हतार थिएन । ‘हजुर अहिलेको टिकटमा काठमाडौँ जानुपर्ने थियो, के गर्ने होला ?’ टिम लिडर पाण्डेले केही आत्तिएको श्वरमा सोधखोज गर्नुभयो । ‘यता लाइनमा आएर बस्नू ।’ काउन्टर भित्रबाट एउटा आदेश जस्तो वाक्य आयो । हामी लाइनमा बस्यौँ । हाम्राअघि एउटा युरोप–अमेरिकी जस्ता लाग्ने सेता छाला भएका जोडी धमाधम अफिसियल काम गरिरेका थिए । उनीहरुलाई कर्मचारीहरु सहयोग गरिरहेका थिए । उनीहरुसँग कर्मचारी नम्र र मिठो श्वरमा कुरा गरिरहेका थिए । तर हामी प्रति उनीहरुको खासै ध्यान थिएन । लाइनमा लागेपछि पो थाहा भयो, एउटा फर्म भर्नु पर्ने रहेछ । यत्तिका समय नष्ट भयो । हामीले हतारमा फर्म भ¥यौँ र काउन्टरमा बुझायौँ । ‘ढिला भैसक्यो । तपाईँहरुका लागि मात्रै यसरी गाडी रोक्न सक्दैन ।’ अध्यागम कार्यालयकै छेउमा गाडीवाला मान्छे कराउन आइपुग्यो । उसको हतारोले हामीलाई झन् हतार भयो । हामीले छिटो गरिदिन अनुरोध ग¥यौँ । ‘एकै छिन् हो, धेरै बेर लाग्दैन ।’ अर्का कर्मचारीले आश्वासनका शब्द बोले । यो वाक्यले हामीलाई राहत दियो । अफिसियल काम सुरु भएपछि मैले अध्यागमन कार्यालयको भित्तामा आँखा पु¥याएँ । त्यहाँ नेपालका सुन्दर र पर्यटकीय स्थालको जानकारी थियो । त्यसमध्ये एकठाउँ लेखिएको थियो, ‘नेपालमा मात्र पाइने काँडेभ्याकुर ।’ मैले ध्यानपूर्वक चरालाई हेरेँ । उडीरहने यस्तो चरा, जसले यति सानो देश छाडेको रहेनछ । कस्तो अनौठो । हामी भने कहाँ कहाँ पुगेका छौँ । ‘कसैसँग सम्पर्क हुन सकेन ।’ भीमजी चिन्तित देखिनु भयो । उहाँको मोबाइलमा भारतीय सिम थियो । त्यसमा केही पैसा बाँकी थियो । त्यही पैसाले उहाँ डेटा खोलेर बर्मा र नेपालमा सम्पर्क राख्न चाहनु हुन्थ्यो । आफूहरु अध्यागम कार्यालयमा आइपुगेको सुचना दिन जरुरी थियो । यसरी सुचना दिँदा केही ढिला भएको खण्डमा कतैबाट फोन लगाउन सकिन्छ कि भन्ने आशाय पनि थियो होला सायद । तर हामी नेपाली सीमामा आइसकेको हुनाले भारतीय सिमले काम गर्न सकेन । हामीसँग नेपाली सिम थिएन । त्यसैले सम्पर्क गर्न गाह«ो थियो । यता गाडीवालाले छिटो गर्न अनुरोध गरिरहेकोे थियो । हुन त अध्यागम कार्यालयमा फ्रि वाइफाइ लेखिएको थियो । हामीले प्रयास पनि ग¥यौँ, तर त्यो प्रयास असफल भैसकेको थियो । त्यहाँ उभिएका कर्मचारीलाई सोध्दा खै चल्नुपर्ने हो भने । तर हाम्रो चिन्ता प्रति खासै चासो देखाएनन् । नेपाली बोल्ने मान्छेबाट पहिलो पटक असहयोग भएको महसुस भयो । भित्र हाम्रो कागजातमाथि गुनगुन कुरा हुन थाल्यो । समय घर्किँदै गएको महसुस भयो । ‘तपाईँहरु यो भिसाबाट नेपाल प्रवेश गर्न सक्नुहुन्न ।’ ‘के रे ?’ हामी सबैको मुखबाट अनायसै यस्ताखालका शब्दहरु निस्किए । हाम्राअघि हाकिमजस्ता देखिने अध्यागमनका कर्मचारी थिए । “किन ? के भयो र हजुर ?’ हामीभन्दा एक पाइला अघि सरेर भीम सरले सोध्नुभयो, ‘हामीले रंगुनमा नेपाली दूताबासबाटै प्रवेश छाप लगाएका हौँ । भीम उदासज्यू साहित्यकार पनि हुनुहुन्छ । उहाँले नै हामीलाई नेपालको विशेष भिसा लगाइदिनुभएको ।’ भीमजीले निकै नम्र भएर आफ्नो कुरा राख्नुभयो । ‘भिसा नै नभएपछि केको प्रवेश छाप ? भिसा पनि विशेष र नविशेष हुन्छ र ? कसले भन्यो तपाईँलाई ?’ हाकिमजस्ता ती कर्मचारीले असहमतिको स्वरमा भने । ‘अब राजदूतले नै लगाएपछि होला नि होइन र सर ? एक महिनाको फ्रि–ग्रेटेस्ट भिसा लगाइदिनुभएको छ भन्ने खबरसहित हामीले यो कागज पाएका हौँ ।’ पाण्डेजीलाई पनि अलि चित्त नबुझेपछि केही कडा स्वरमा बोल्नुभयो । सायद हाम्रा टिम लिडरको स्वरका कारण ती कर्मचारीले अपमान महसुस गरे । उनले भने, ‘कुन पार्टीको झोला बोकेको अनपढ व्यक्तिलाई राजदूत बनाएर पठाए होला । उसले एउटा हस्ताक्षर गरेको कागज हुनेबित्तिकै तपाईँहरु नेपाल छिर्न पाउनुहुन्छ र ? कानुन, नीति–नियम भन्ने हुन्न ?’ हाम्रा लागि कर्मचारीको यो भाषा उनको स्तरभन्दा निकै तल लाग्यो । बर्मामा भीम उदासजीको नाम हामी बर्मेली नेपालीहरुबीच निकै चर्चामा छ । उहाँ नेपाली भाषा र साहित्यका लागि मरिमेट्ने मान्छे हुनुहुन्छ भन्ने सुनेका थियौँ । हाम्रो मनमा उहाँप्रति अपार श्रद्धा छ । यस्ता व्यक्तिलाई ती कर्मचारीले पार्टीको झण्डा बोकेर राजदूत बनेको आरोप लगाइदिँदा अनौठो लाग्यो । हाम्रो बर्मामा माथिल्लो ओहदामा बसेको मानिसले तल्लो तहका कर्मचारीले यस्तो अपशब्द बोल्न पाउँदैन । सिधैँ कारवाही हुन्छ । तर यिनी त हाकाहाकी हाम्राअघि महामहिमको अपमान गरिरहेका थिए । यो मेरा लागि साँच्चै अपत्यारिलो र झसङ्गै पार्ने क्षण बन्न पुग्यो । ‘यो कागजका भरमा म नेपाल छिर्न दिन्न ।’ ती हाकिमजस्ता लाग्ने कर्मचारीले सगर्व घोषणा गरेर काउन्टरबाट अर्को कोठामा छिरे । छेउमा हामीलाई रुँगेर बसेको गाडीको ड्राइभर छ । अर्को छेउमा हामीलाई काठमाडौँ लैजानका लागि ठीक पर्ने सायद टिकट काउन्टरको मान्छे छ । ट्याक्सीवालाले काठमाडौँको गाडीमा चढाएपछि उसलाई पैसा दिएर बिदाबारी गर्नुपर्ने कारणले रोकेका छौँ । यी सबैको हतारोमा हामी चेपिएका थियौँ । यस्तोबेलामा नेपाल नै छिर्न नदिने हाकिमसाबको उद्घोषले हामी कालानीला भयौँ । मधुदी, सीमा र सरगमको अनुहार हेरेँ, सबैजनाको आँखा डम्म आँसु भरिएको देखेँ । मैले पनि आँसु थाम्न सकिनँ । ‘मैले अघि नै भनेको, यस्तो लफडामा पर्नुहुन्न । सिधै बोर्डर कट्दा कसले तपाईंहरुलाई चिन्छ, लौ भन्नु त ?’ यो क्षेत्रमा हुने गतिविधिप्रति जानकार रहेका हाम्रा ड्राइभरले भने, ‘यहाँ धेरै मान्छेलाई यिनीहरुले दुःख दिन्छन् ।’ हुन त पानीटंकीमै उनले भारतको इमिग्रेसन नछिर्नु भनेका थिए । हामी लिगल भिसामा बर्माबाट भारत छिरेका थियौँ, त्यसैले लिगल्ली भारतबाहिर निस्किएको देखिनु पर्दथ्यो । त्यहीँ कारण हामीले उनको कुरा सुनेनौँ । तर योबेला उनले त्यो कुरा झिकेर गनगन गर्न थाले । उनको गनगनले हामीलाई थप तनाव दिन थाल्यो । हाकिम बेपत्ता भएपछि भीमजीले पुनः वाइफाइ नेटवर्कमार्फत् फोन लगाउने प्रयास गर्नुभयो । नेपालमा ज्ञान सर हामीलाई पर्खेर बस्नुभएको छ । उहाँसँग सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष एवं मदन पुरस्कार विजेता रामलाल जोशीको नम्बर पनि छ । त्यही संस्थाले हामीलाई बोलाएका कारण त्यो संस्थामा खबर गर्न पाए हामी नेपाल प्रवेश गर्न पाउँथ्यौँ कि भन्ने उहाँको चाहाना रहेछ । तर त्यहाँको नाममात्रको फ्रि वाइफाइ लाग्ने कुरा छँदै थिएन । त्यो फ्रि वाइफाइ लेखेको देख्दा नै रिस उठेर आयो । त्यसपछि भारतीय सिममार्फत् पनि प्रयास गर्नुभयो । त्यसले पनि काम गरेन । एकछिनसम्म हामीले गरेका सबै प्रयास बिफल भयो । ‘केही त उपाय होला नी, हजुर ?’ करिब करिब रुन्चे श्वरमा भीमजीले एकजना कर्मचारीलार्ई गुहार लगाउनु भयो । ‘हुन्छ म बुझ्छु नि ।’, ती कर्मचारी केही उत्सुक देखिए । उनी यताउता हेर्न थाले । सायद उनी कतै हाकिम देखिन्छन् कि भनेर चासो राखिरहेका थिए । ‘पैलापैला पनि म नेपाल आएको हुँ । म आउँदा कहिले पनि भिसा लगाइनँ । न भारतमा लगाएँ, न नेपालमा । दुबैतिर आफन्त हुनुहुन्छ । उहाँहरुले पनि भिसा लगाउनु पर्दैन भन्नुहुन्थ्यो । कहिल्यै दुःख पाएको थिईंन । आज लिगल्ली प्रवेश गर्छु भन्दा किन दुःख दिएका होलान् ?’ भीमजी एकछिन् सबैले सुन्नेगरी भुटभुटिनु भयो । ‘अब यहाँ आएर फेरि फर्कने त ?’ भीमजीले हामी सबैलाई हेर्दै सोध्नुभयो । सबैको अनुहार कालो निलो थियो । कसैले जबाफ दिएनन् । ‘म त फर्कने । नेपाल टेकिहाल्यो, देखिहालियो ।’ सीमा दिदीले फर्कने आँट गर्नुभयो । ‘अरु ?’ भीमजी हामीतिर फर्कनुभयो । बाँकी हामी सबै चुप लाग्यौँ । यहाँ आइसकेपछि कसरी फर्कने ? के भनेर फर्कने ? बर्मा फर्किएर नेपाल कस्तो लाग्यो भनेर सोधे के जवाफ दिने ? ‘वापस त कसरी जाने ? नजाने । तर यत्रो बाटोमा कहीँ दुःख भएन । यहीँ आएपछि लफडा भयो । तर म जसरी पनि नेपाल छिराउँछु, चिन्ता नगर ।’ अघिसम्म भिजेको मुसोजस्तो हुनुभएको भीमजी, साँच्चै नै महाभारतको भीमले जस्तै शक्तिशाली हुँकार लगाउनुभयो । उहाँको जोशिलो आवाजले हामीलाई पनि थोरै आँट आयो । “तपाईहरूले नयाँ भिसा लिनुपर्ने भो ।’ अघि हाकिम खोजिरहेका कर्मचारीले हामीलाई आएर भने, ‘त्यो कागजलाई हाकिमसाबले मान्यता दिनुभएन । १५ दिनको नयाँ भिसा दिनुहुनेछ तर एक जनाको तीस डलर बुझाउनु पर्नेछ । “एक जनाको तीस डलर ?’ हामीले फेरि मुखामुख गर्यौँ । हुन त पैसाको खेल हुन्छ भन्ने अनुमान गरेरै भीमजीमा नेपाल छिराउने आँट आएको हुनुुपर्छ । तर ३० डलर तिर्नुपर्ला भन्ने अनुमान गरेका थिएनौँ । हामी कसैसँग पनि डलर थिएन । हामीसँग भारु थियो । बर्मेली क्याट थियो । तर डलरको कुरा हाम्रालागि परको कुरा थियो । तर पाण्डेजी भित्र जानुभयो । पाण्डेजीले के पर्ला कसो पर्ला भनेर डलर बोक्नु भएको रहेछ । उहाँले हामी सात जनाको २ सय १० लडर तिरेपछि बल्ल हाम्रो कागज बन्यो र पासपोर्टमा छाप लाग्यो । तर यति बेलासम्म हाम्रो ओठमुख सुकिसकेको थियो । अघिसम्म हामी नेपालको विशेष निम्तोमा साहित्यकारका रुमपा विश्व नेपाली साहित्य सम्मेलनमा भाग लिन आएका हौँ भन्ने जुन गौरवबोध गर्दैथियौँ त्यो तिमिट्यान्न भएको थियो । नेपाल टेक्दाका अनुभूति जुन प्रत्येक भावमा आँशु बग्ने खालका थिए, ती हराइसकेका थिए । जति सुकै आफ्नो भने पनि यो पराइ भूमि थिए । हाम्रा पुर्खा यहिँबाट गएका हुन्, हामीले बोल्ने भाषा यहीँको हो, हामी नेपाली भाषा बोलकै कारण यहाँ सम्मानित हुन आएका हौँ भन्ने भावना वाफ जस्तै उडेर टाढा गएका थिए । नेपाली बोल्नेहरुले पनि यति पराइको व्यवहार गर्छन् भन्ने कुरा पहिलो पटक अनुभव भएको थियो । एक महिनासम्म नेपालका सबै मुख्य ठाउँ घुम्ने र त्सलाई एउटा सुन्दर किताब बनाउने योजना धुलो र माटो भएको थियो । अब हामीसँग जम्मा १५ दिनको भिसा थियो । ७ दिन त सम्मेलनमै बित्छ, बाँकी ७ दिन आउँदा र जाँदा नै सकिन्छ । यस्तोमा नेपाल हेर्ने समय थिएन । मानौँ समय भए पनि यहाँ गरिएको व्यवहारले नेपाल र नेपाली भन्ने शब्दप्रति नै एकप्रकारको वितृष्णाको भाव उत्पन्न भएको थियो । जुन देशका कर्मचारीले आफ्नो राजदूतलाई पार्टीको झोला बोकेर बर्मा गएको आरोप लगाउँछ भने हामीलाई कसरी कसले इज्ज्जत दिन्छ ? सिमाना मै हामीले नेपालको दर्शन पाएका थियौँ । यहि चोट बोकेर हामी अध्यागमन कार्यालयबाट निस्कियौँ । हाम्रो ब्यागेज चेक भइसकेको थियो । त्यही ब्यागेज बोकेर हामीलाई हाम्रो ट्याक्सी ड्राइभरले रात्री बसमा पु¥याइदियो । पश्चिमममा घाम डुब्दै थियो र अँध्यारो हुँदै थियो । त्यस्तै अध्यारो हाम्रो मन पनि थियो । एक घन्टाअघिको उल्लास पूर्णरुपमा बिलाएको थियो । नेपाली बोल्नेहरुको बोली पनि नक्कली लाग्दै थियो । हामी चुपचाप रात्री बसमा तोकिएको सिटमा बस्यौँ । बिहानदेखि हामीले खाना खाएका थिएनौँ । थकान, भोक, निरासा मात्र होइन, हामी अपमानको भारी बोकेर सिटमा ढल्कियौँ । काँकडभिट्टाबाट बस हिँड्यो तर अब काठमाडौँका विषयमा जुन उत्साह थियो, अब त्यो पूरै मरेको थियो । सिमानामा त त्यो गति भयो, त्यो अनजान सहरमा हाम्रो अवस्था के होला, अब हामी कल्पना पनि गर्न पनि चाहन्नथ्यौैँ । हामी एक अर्कामा गफ पनि नगरि गीत सुन्न थाल्यौँ । रात्री बसमा बज्दैथियो, ‘परदेशी परदेशी जाना नहीँ, मुझे छोडके…’ #रिता लामाकार्की उमेरको कथा: आमाको डायरी: “मलाई च्याप्प समात्यो । आफूतिर तान्यो र गम्लङ्ग अंगालोमा बेर्याे । उसलाई यसो गर्न रात कुर्नै पर्दैन । अब त म पनि बानी परिसकेँ । अफिस जाँदा होस् वा फर्कदा ऊ प्रायः यसै गर्छ । गर्मी होस वा जाडो रातभर अङ्गालोमा बेरिएर सुत्न मन पराउँछ ।” डायरीको पहिलो अनुच्छेदमा लेखिएको थियो । “प्रिय लाग्छ उसको अङ्गालो । आनन्द मान्छ मनले उसको स्पर्शलाई । हरेक पल स्वादिला र रमाइला लाग्छन् । पुरै रात उसितै निदाइदिन्छु म पनि । उज्यालो हुँदै नहोस् भन्ने पनि लाग्छ कहिले काँही । न त चिन्ता, न त छट्पटी । न त सुर्ता, न त कुनै हुटहुटी । एकनाशको खुसी । मगमग पुरुष वासना । अचम्मको सन्तोष । टाँसिएरै युगौं बिताइदिऊँ जस्तो लाग्ने ।” दोस्रो अनुच्छेद पढ्दै गर्दा कुनै उपन्यास पढिरहेको जस्तो लाग्यो । “उसको अनुहार सधैँ हँसिलो देख्छु । दुई वर्ष यसरी नै बितेका छन् । जब नजिक पर्छ, ममा स्वचालित मुस्कान उत्पन्न हुन्छ । जिउमा छुट्टै किसिमको तरंग पैदा हुन्छ । उसका आँखा सधैं तेजिला र प्यासी देखिन्छन् । हेर्दा पनि प्यार झल्काउन सक्छ ऊ । कर्के आँखा पारेर तीर मतिर चलाइरहन्छ । म हेर्दैमा पानी पानी भैदिन्छु । सशक्त प्रेम गर्ने शक्ति छ उसमा । म त्यही शक्तिको वरिपरि चुम्बक जस्तै टाँसिइरहन्छु ।” मलाई निकै चाख लागिरहेको थियो । मभन्दा पुराना डायरीका पानाहरूले मलाई आकर्षित गरिरहेका थिए । आमाको डायरी पहिलो पटक पढ्दै थिएँ । निकै सुरक्षित तरिकाले राखेको यो डायरी बिस्तारामाथि थियो । मेरो उमेर र आमाले डायरी लेख्दाको उमेर एउटै छ । मैले अहिले बिताइरहेको रोमाञ्चक वैवाहिक जीवन र आमाले डायरी लेख्दै गर्दा बिताएको वैवाहिक जीवनमा तात्विक भिन्नता देखिँदैन । त्यसैले पनि यो डायरी मेरो आफ्नै डायरी जस्तै लाग्दै थियो । सुमित्रा न्यौपाने “ऊ जतिबेला पनि नजिकिन्छ । टाँसिएरै बस्न मन पराउँछ । यौनिक संकेत गर्छ । कति धेरै कामुक बनेको ? विवाह पूर्व कस्तो थियो होला ? कतै ऊ जिगालो त होइन ? मलाई बनावटी माया गरेको त छैन ? डर पो लाग्छ कहिलेकाहीँ । किन यति उत्ताउलो बनेको ? काखमा राखेर घण्टौं माया गर्छ ऊ । अङ्ग अङ्गमा करेन्ट प्रवाह गरिदिन्छ । मलाई लठ्ठ पार्छ र कब्जामा पार्दै जान्छ । उसको स्पर्शमा जादु छ । म आँखा बन्द नगरी बस्नै सक्दिन ।” ‘ बिन्दु, म जुम्ला जाने भएँ नि ।’ आमाको डायरी पढ्दै गर्दा बिदुरलाई सम्झिरहेकी थिएँ मैले । मेरो बाको स्वभाव र मेरो लोग्नेको स्वभाव उस्तै लाग्दै थियो मलाई । बाको अर्को रूप बिदुर नै हो जस्तो लाग्यो । बिदुर आँखा वरिपरि नाच्न थाल्यो । वैवाहिक जीवनको दुई वर्षको अवधिमा बाले आमालाई गरेका हरेक क्रियाकलाप म र बिदुरसँग हुबहु मिलिरहेका थिए । ‘ बिन्दु, म जुम्ला जाने भएँ नि ।’ कोट फुकाल्दै बोल्यो मधु । उसको अनुहारमा निरासा थिएन । म भने एकाएक निरास भएँ । ऊ मलाई छोडर कतै नजाओस् भन्ने लागिरहन्छ । म आत्तिन्छु । ‘ किन जाने फेरि जुम्ला ?’ ‘ अफिसको कामले । किन पठाउन मन लागेन ?’ ‘अहँ, लागेन ।’ मुस्कुराउँछ ऊ । ‘म पनि त जुम्ला गएकी छैन ।’ बिस्तारै बोल्छु । ऊ केही बोल्दैन । केही सोचेजस्तो गर्छ । म पर्खिरहन्छु । तर ऊ बोल्ने छाँटकाँट नै देखाउँदैन । मेरो धैर्यताको बाँध भत्किन खोज्छ । ‘मलाई पनि लैजान मिल्दैन भनेको ?’ म चिच्याएर सोध्छु । ऊ हाँस्छ । ‘अफिसको काममा कसरी लैजानु र तिमीलाई ?’ ‘म पनि जान्छु ।’ म जिद्धी गर्छु । ऊ मेरो नजिकै आउँछ । मलाई फकाउन खोज्छ । मेरो चिउडो समातेर आफूतिर तान्छ र निधारमा चुम्बन गर्छ । फकाउनु पर्दा ऊ सधैं यस्तै गर्छ । म नमानेको अभिनय गरिरहन्छु । एकछिन पछि पकेटबाट दुईवटा प्लेन टिकट निकाल्छ । मुसुक्क हाँस्छ अनि मेरो हातमा थमाउँछ । म संसार जितेको महसुस गर्छु । आमाको होइन म मेरो डायरी पढिरहेकी छु । आमाका कथा होइनन् मेरै कथा हुन् यी । बिदुर पनि त मलाई छाडेर हिँड्न कहाँ चाहान्छ र ? मार्केटिङ म्यानेजर हो । हिँड्न परिरहन्छ । भनेकै बेलामा निस्किनुपर्छ । तर सकेसम्म ऊ मलाई नछाड्ने बहाना खोजिरहन्छ । मिलेसम्म खुसी बनाइरहन खोज्छ ऊ । ऊ आफू भन्छ ‘मेरो आदत फेरिएको छ । अस्ति धनगढी जाँदा कस्तो न्यास्रो लाग्यो । निद्रा नै लागेन । तिम्रो मात्र याद आयो ।’ निद्रा त मलाई पनि ऊ बिना लाग्न छोडेको छ । तर म उसले जसरी खुलेर भन्न कहाँ सक्छु र ? मेरी आमा सधैँ भन्ने गर्थिन् । ‘ तिम्रा बा मलाई छाडेर कही जाँदैनथे । रातको बिस्तारा घरकै प्यारो हुन्छ भन्थे र मुसुक्क हाँस्थे ।’ अहिले मलाई लाग्छ ऊ मेरो बा कै अवतार हो । पेन्टी र ब्राको साइज समेत कण्ठ छ उसलाई । रङ्गिन ब्रा र रङ्गिन पेन्टी खुब मन पर्छ रे । बाहिर हेर्छु । बाटोमा मानिसहरुको भीड थियो । उसो त नेपालगञ्जको बागेश्वरी लाइन सधैं भीडभाड भैरहन्छ । ‘बस्दै गर म आइहाल्छु ।’ भनेकी आमा फर्किसकेकी थिइनन् । आमाको प्रतीक्षा गरेको पनि दुई घण्टा भइसकेको थियो । हरेक चीज छिमेकमा पाउँदा पाउँदै पनि रुपेडिहा जानै पर्ने बाँके बासीको पुरानो आदत हटिसकेको थिएन । आमा कतै रुपेडिया त पुगिनन् ? हतार भएकोले बिदुर पनि छोडेर फर्की हाले । डायरी नभएको भए त बिदुरलाई किन पठाएँछु भन्ने लाग्ने रहेछ । धन्न आमाको डायरी साथी बनेर मसँग कुरा गरिरहेको छ । मेरा आँखा डायरीका पानाहरूमा दौडिरहेका थिए । “मेरा साना साना खुसीहरूमा ध्यान दिइरहन्छ ऊ । मलाई मन पर्ने नपर्ने सबै कुरा उसलाई थाहा छ । पेन्टी र ब्रा पनि मलाई टिमिक्कै मिल्ने गरी ल्याउँछ । पेन्टी र ब्राको साइज समेत कण्ठ छ उसलाई । रङ्गिन ब्रा र रङ्गिन पेन्टी खुब मन पर्छ रे । ‘किन्न लाज मान्नु भएन ?’ मुसुक्क हाँसेर उत्तर दिन्छ ‘बेच्ने पुरुष हुन्छन् भने किन्ने पुरुष हुन किन नहुने ? पसलेका श्रीमतीले पनि त लगाउँछन् । फेरि पैसा तिरेर ल्याउन के को लाज ?’ ‘रङ्गिन ब्रा र रङ्गिन पेन्टी त सबैले लगाउँदैनन् त ?’ ‘सबैले लगाउनु र नलगाउनुमा के सम्बन्ध ? तिमीलाई मनपर्छ, मलाई मन पर्छ त भैहाल्यो नि ।’ मधुसँग जोडिएपछि हो मलाई पनि रङ्गिन ब्रा र रङ्गिन पेन्टी सँगसँगै रङ्गिन दुनियाँ मन पर्न थालेको । स्कुल पढ्दा केटाहरू पटक्कै मन नपर्ने । उनीहरूको कपडा गन्हाएको कि शरीर ? थाहै नहुने । नजिक पर्ने बित्तिकै ह्वाल्ल आउँला हुन्थ्यो । सकेसम्म टाढै बस्थेँ म । ‘बोकाहरू कति गन्हाएका ?’ मेरो यस्तो कुरामा साथीहरू हाँस्थे । केटाहरू गाली गर्थे । तर अहिले मधुको वास्नाले लठ्टै पार्छ । उसको शरीरले चुम्बकले जस्तै तान्छ । बानी परेपछि गन्ध पनि वास्नामा परिणत हुँदोरहेछ ।” डायरीका पानाहरू एकएक गर्दै अगाडि पल्टिरहेका थिए । मेरा स्मृतिका पानाहरू एकएक गर्दै पछाडि । बिहेपूर्व आमालाई सोधेको प्रश्नको याद आयो । ‘आमा केटाहरू किन गन्हाउँछन् ?’ ‘पुरुष वासना हो छोरी । मन परेपछि मीठो लाग्छ । सबैको शरीरबाट बास्ना निस्कन्छ ।’ आमाको उत्तर सहज थियो । मैले गन्ध भनेको कुरालाई आमाले बास्ना भन्थिन् । मैले घृणा गर्ने पुरुष प्रवृतिलाई सम्मान गर्थिन् । हरेक लोग्ने मानिसको प्रशंसा गर्थिन् । सभा सम्मेलनमा खुलेर कुरा गर्थिन् । आमासङ्ग गुलाबी कलरको कार थियो । कतिपय स्थानमा आफ्नै कारमा राखेर पुरुषहरूलाई सभा सम्मेलन पुर्याउँथिन् । ‘हाम्रो शरीरबाट निस्कने बास्नाको पछि लागेर पुरुषहरू वरिपरि झुम्मिन्छन् । जसरी फूलको वासनाका लागि मौरी फूलमा झुम्मिन्छन् । तिम्रो बाको शरीरमा अचम्मको वासना थियो ।’ आमा आँखीभौँ उचाल्दै भन्थिन् । मानौं उनी बाको वासना अहिले पनि सजिलै महसुस गर्दैछिन् । बाको कुरा गर्दा आमाको अनुहारमा चमकता देखिन्थ्यो । कसरी काटिन् होला आमाले ती दिन ? पहाड जस्तो जिन्दगी ? उन्मादिलो यौवन ? यो स्वार्थी समाज ? म प्रतिको जिम्मेवारी ? कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ । हुन पनि हो आजभोलि विदुरको बास्ना मनपर्छ मलाई पनि । मेरो वास्नाले ऊ लठ्ठिन्छ कि उसको वास्नाले म ? अनुत्तरित छु म पनि । ‘तिम्रो हातमा जादु छ । तिमी कति मिठो पकाउँछ्यौं ?’ ऊ मलाई मख्ख पार्न खोज्छ । चम्चामा खाना उठाउँछ र मुखमा टपक्क राखिदिन्छ । भन्छ ‘चाखी हेर त । साँच्चै मीठो छ के ।’ मख्ख पार्न कति सिपालु छ मधु । माया गर्न पनि कति जानेको ? हुन पनि खाना मीठो बनाउँछु म । तन मन लगाएर खाना बनाउनुपर्छ अनि प्यार मिसाउनुपर्छ । खुसी भएर बनाएको खाना खुब मीठो हुन्छ । ‘बसाइ टाढा भएपछि मन टाढा हुन्छ । जागिर कि म ?’ रोजायो । जागिरलाई महत्व दिएन मधुले । मेरो पढाइ र जागिर देखेर बिहे गरेको हो उसले । जागिर उतै खोजौंला भन्यो । मान्दै मानेन । ठाँउ फेरिएपछि सबै कुरा फेरिदो रहेछ । हो ठाँउ फेरिएपछि सबै कुरा फेरिदो रहेछ । बिदुरले पनि मलाई जागिर छोड्न कर गरिरहेको छ । मेरो जिद्धीले रोकिएको छ जागिर । अब त हरेस खान थालिसकेकी छु । बासङ्ग बिदुरको कतिका कुरा मिलेको ? अचम्म लाग्दैछ । कसैकसैसँग त कसैकसैको आनीबानी ठ्याक्कै मिल्ने पो रहेछ । आमा आइसकेकी थिइनन् । आँखा यताउता डुलाउँछु । भित्तामा बाको फोटो झुण्डाइएको थियो । भर्खरै बोल्ला जस्तो । अठार वर्ष भएछ फोटो भित्तामा झुण्डाएको पनि । झण्डै मेरै उमेरमा आमा विधवा बनिन् । चौबिस् वर्षमा विधवा भएकी हुन् आमा । मेरो वर्तमानसँग तौलिन्छु आमाको अतित । कसरी काटिन् होला आमाले ती दिन ? पहाड जस्तो जिन्दगी ? उन्मादिलो यौवन ? यो स्वार्थी समाज ? म प्रतिको जिम्मेवारी ? कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ । आमा कुरा गरिरहन्छिन् । ‘तिम्रो बाले धेरै माया गर्थे । के गर्नु ? अभागी रै’छु । बैंसमा छाडिदिए । सँगै बाँच्ने र सँगै मर्ने कसम खाए तर पूरा गरेनन् । न मलाई लान सके न त म नै जान सके ? बानी मात्रै बिगारेर छोडे । अधर्मी । असत्ती ।’ रिसाउँछिन् घरिघरि । बिदुर पनि बा जस्तै छ । उही स्वभाव देखाउँछ । आमाले भनेजस्तै व्यवहार गर्छ । मलाई डर लाग्छ कतै ऊ पनि बाजस्तै अल्पायु त छैन । शरीरभरि काँडा उम्रन्छ । मन सिरिङ्ग हुन्छ । सोच्दा पनि कहाली लाग्छ । कहिले त लाग्छ बिदुरले बाले जस्तो व्यवहार नगरोस् । बाले आमालाई बैँसमै छाडिदिए । ऊ मलाई कहिल्यै नछोडोस् । डायरीका पानाहरू पल्टिन कन्जुसाइँ गर्दै थिए । पढाइमा भन्दा सोचाइमा अल्मलिदै थिएँ म । मेरी आमा कसरी बसिहोलिन् ? मनभरि हजार प्रश्नहरू तेर्सिन्छन् ।आमा र म हेर्दा उस्तै देखिन्छौं । कत्ति पनि बिग्रेको छैन उनको शरीर । सधैंकी चिटिक्क । सरल र सुन्दरी । आफूलाई मिल्ने कपडा लगाउँछिन् । फेरि जे लगाएपनि सुहाउँछ आमालाई । ठूलो ऐना अगाडि बसेर कपडा फेर्छिन् उनी । शरीरका हरेक अङ्गहरूमा आँखा पुर्याउँछिन् । हँसिलो अनुहार बनाइरहन्छिन् । आँखामा सधै गाजलको धार देखिन्छ । हेर्दै चम्किला, तेजिला आँखा । कुनै युवतीभन्दा कम सुन्दर देखिन्नन् मेरी आमा । सबैलाई लठ्ठ पार्न सक्ने । श्रृङ्गार गर्न पनि कति जानेकी ? उनी स्थान अनुसार कपडा लगाउँछिन् । शरीरमा टिमिक्क मिलेका कपडामात्र मन पर्छ उनलाई । पाइन्ट लगाउन् या सारी । उनलाई जे लगाए पनि सुहाउँछ । जालीदार ब्लाउजमा पारदर्शी सारी । कानमा झुम्का । सेट मिल्ने गहना । ब्रान्डेड लिपिस्टिक । हिल स्यान्डल । स्टेट कपाल । घाँटीमा थरिथरिका माला । उत्तेजक देखिन्छिन् कहिलेकाहीं । उनको सुन्दरता सबैका आँखामा ठोकिन्छ । बाको मृत्यु आमाको लागि अकल्पनीय थियो । चानचुन एक वर्ष पुरै वरखी बारिन । सामाजिक संस्कार र आफ्नो जिम्मेवारी अक्षरस पालाना गरिन् । वरखी सकिएकै भोलिपल्टदेखि आफूलाई सामान्य जीवनमा फर्काउने कोशिस गरिन् । विधवाको पहिरनमा बसेर बिचरा र अवलाको जीवन जिउन उनको मनले मानेन । समाजका हरेक विधवाहरू अवला र विचरा थिए । शिर ठाडो बनाएर हिँड्ने र बोल्ने आँट गर्दैनथे । आमाको नजरमा यस्तो जीवन प्राणबिनाको जीवन जस्तो लाग्यो । जिउँदो लासले संघर्ष गर्न नसक्ने निचोडमा पुगेकी मेरी आमाले आपूmलाई कहिल्यै बिचरा बन्न दिइनन् । समाजको अगाडि आफ्नो स्वाभिमान कहिल्यै झुक्न दिइनन् । “केटाहरूप्रतिको धारणा पूरै परिवर्तन गराइदियो मधुले । वास्तविक जीवन बिहेपछि मात्रै सुरु हुने रहेछ । बिहे गर्दिन भन्नेहरू त जीवन नबुझ्नेहरू हुन् । श्रीमान र श्रीमती एउटा पैसाका दुई पाटा जस्तै रहेछन् । एउटाको अभावमा अर्को अपूर्ण । स्वर्गीय आनन्द विवाह पूर्व कहाँ भेट्टिएला ? चरम आनन्द यौनिकतामा भेटिन्छ । मलाई खुलेर जिउन मधुले सिकायो । यौवन जोगाउन र यौनमा रमाउन मधुले नै सिकायो । जीवनको रहस्यप्रति सजग बनायो । बिगत र भविष्यले चिन्ता निम्ताउँछ । यी दुबै हाम्रा होइनन् । वर्तमान हाम्रो हो । वर्तमानमा रमाऊ भन्छ ऊ । कति राम्रो दर्शन छ मधुको । यही दर्शनमा रमाइरहेकी छु म । लोग्ने स्वास्नी बीचको झगडाको मुख्य कारण यौन नै हो भनेर ठोकुवा गर्छ मधु । हो जस्तो पनि लाग्छ मलाई । दिनभरिको थकान र तनाव एक अर्काको अङ्गालोले सजिलै पूरा गरेको अनुभव छ मसँग । ‘सब चिज बेलैमा गर्नु पर्छ । चालिस कटेपछि रमाउँला भनेर कहाँ हुन्छ ?’ मधुको यो कुरा खुब मन पर्छ मलाई ।” आमा निकै रोमान्टिक थिइन् । डायरीका पानाहरूले प्रमाण दिइरहेका थिए । रमाउने बेलामा नै विधवा भइन् । अहिले आपैmले लेखेका यी शब्दहरूले भतभती पोल्छन् होला । छब्बीस वर्षमा बाले आमालाई छोडे । चौबीस वर्षकी मात्रै थिइन् आमा । दुर्घटना सँगसँगै बाले दिएका चुरा, पोते, सिन्दुर, हाँसो, खुसी, प्यार र यौन सबै छरपस्ट छिरलिए । यत्रतत्र छिरलिएका कतिपय खुसीहरू बटुलबाटुल गरेकी छन् जस्तो लाग्छ अहिलेसम्म । आँट र साहसले जिएकी छन् आमा । अरूभन्दा उनी केही फरक रहिछन् । शोकमा समेत शक्ति बटुलेर केही बिद्रोह गरेकी रहिछन् उबेला पनि । सामाजिक संस्कार पूरा गरिछन् फरक तरिकाले । चुरा, पोते, सिन्दुर श्रीमानले श्रीमतीलाई बिहेमा दिएका उपहार हुन् । उपहार फुटालेर फालिदैन बरु सजाएर राखिन्छ भन्ने विचार आमाको रहेछ । त्यसैले पनि चुरा फुटाएर लासमाथि राख्न लगाउँदा चुरा फुटाइनन् । बिस्तारै खोलेर बाको छातीमा राखिदिइछन् । सिन्दुर पखालेर चढाउँनुभन्दा बट्टाको सिन्दुर चढाइछन् । सिउँदो पखाल्न मानिनछन् । पोते चुडाएर चढाउन लगाउँदा फुकाएर चढाइछन् । जे जे समाजले गर्न लगायो आमाले सबै गरिछन् तर फरक तरिकाले । यो पनि बिद्रोह एउटा रुप थियो । त्यो बेला त्यस्तो गर्न सक्नु चानेचुने कुरा छँदै थिएन । समाजले शंकाले हेर्यो । शंकालाई लंका पुर्याइदिइन् । चट्टान बनेर उभिएकी आमालाई समाजको कुरीति, कुसंस्कार र कुविचारको हुरीले हल्लाउन सकेन । दुर्घटना सँगसँगै छरपस्ट छिरलिएका चुरा, पोते, सिन्दुर, हाँसो, खुसी, प्यार एक एक गर्दै बटुल्दै गइन् । सजाउँदै गइन् र उपयोग गर्दै गइन् । आमाले राता चुरा लगाउँदा घरमा हंगामा मच्चियो । गाजल, पाउडर र लिपिष्टिक लगाउँदा भूँइचालो गयो । थाइकट र पाइन्टले सुनामी ल्यायो । सभा र सम्मेलनको सहभागिताले हुण्डरी मच्चायो । आमाले सबै सामना गर्दै गइन् । इट्टाको जवाफ पत्थरले दिँदै गइन् । कहिलेकाहीँ यस्तो लाग्छ उनले आफ्नो पहिलो बैंस बासँग बिताइन् जुन छोटो समय मात्र रह्यो । दोस्रो बैंस शब्दहरुसँग खेलेर बिताइरहेकी छिन् । आजभोलि आमा प्रायः सर्ट र पाइन्ट हुन्छिन् । कालो चस्मा हर्दम टाउकोमै हुन्छ । गाजल लिपिष्टिक र परफ्युम नलगाई गेट बाहिर पनि निस्किदिनन् । पुरानो बेचेर नयाँ कारमा हुइँकिन्छन् । वास्तवमा आमाको जीवन लोभलाग्दो छ । कुनै कुराको कमीे छ जस्तो देखिँदैन । न त एक्ली महिला जस्ती देखिन्छिन् न त एकल महिला नै । रुप र यौवन हेर्ने हो भने छब्बीस सत्ताइस वर्षभन्दा माथि कसैले भन्दैन । अहिले पनि बाटोमा सिठ्ठी फुक्ने र चुइगम पट्काउनेहरू भेटिन्छन् । आमा उनीहरूलाई हेरेर मुस्कुराइदिन्छिन् । आमाले कहिल्यै हरेस खाएको अनुभव भएन मलाई । जीवन जिउने तरिका जान्नुपर्छ भन्छिन् आमा । वर्तमानमा रमाउन सल्लाह दिन्छिन् । सधैं सकारात्मक सोच्नु पर्छ भन्ने मान्यता छ आमाको । समयको आवश्यकता नै हाम्रो आवश्यकता हो भन्ने उनको विचार छ । हरेक रात आमाले केही न केही लेख्थिन् । सामाजिक सञ्जालमा होस् वा स्थानीय पत्रपत्रिकामा उनका लेख रचनाले चर्चा पाइरहन्छन् । कथा र उपन्यासका कृतिहरू पनि बजारमा आइसकेका छन् । उनको गज्जवको लेखनशैली छ । अक्सर उनको लेखन यौन मनोविज्ञानको वरिपरि घुमिरहन्छ । उनका कथामा खुला यौन भेटिन्छ । अतृप्त रहरहरू भेटिन्छन् । असरल्ल परेका तथा पूरा हुन नसकेका यौन उत्कण्ठा भेटिन्छन् । उनका हरेक कथाहरूका पात्र र परिवेश उत्ताउला हुन्छन् । धेरैले उनका कथाहरू चाख लिएर पढ्छन् । युवाहरु उनका ड्राइहर्ट फ्यान छन् । कहिलेकाहीँ यस्तो लाग्छ उनले आफ्नो पहिलो बैंस बासँग बिताइन् जुन छोटो समय मात्र रह्यो । दोस्रो बैंस शब्दहरुसँग खेलेर बिताइरहेकी छिन् । उनी आफ्ना यौन उन्मादहरू कथामा समेट्छिन् । सायद यौन कथावस्तुहरू लेखेर नै उनले यौन चाहाना पूरा गरिरहेकी छन् । कहिलेकाहीँ आमा अलिक उत्ताउली भइन् कि जस्तो पनि लाग्थ्यो मलाई । आमाको विषय समातेर बिदुरले प्रश्न गर्छ कि भन्ने त्रास उत्पन्न नभएको पनि होइन । माउभन्दा चल्ला बाठा हुन कहिल्यै मन लागेन । सबैको मन हुन्छ । मन गरुङ्गो भयो भने जीवन कहिल्यै माथि उठ्न सक्दैन । जिन्दगी जिउन जान्नेका लागि मात्रै रहेछ भन्ने कुरा आमाको डायरीबाट अवगत भएको छ । आमाको जीवन हो जसरी खुसी हुन्छिन् ठिकै छ भन्ने पनि लाग्यो मलाई । डायरीका पानाहरू रङ्गिन छन् । आमाको जीवन जत्तिकै । यतिका दिनसम्म लुकाएर राखिएको डायरी आमाले किन बाहिरै छोडिन् ? किन लुकाइनन् पहिले जस्तै ? किन हतारिइन् आज ? म आउँदैछु भन्ने सूचना पहिले गरेकी थिएँ । म आउने थाहा हुँदाहुँदै घर छोडेर किन गइन् ? सधै म आउँदा प्रसन्न हुन्थिन् । खबर पाएपछि कुरेर बस्थिन् । ‘तिमी बस्दै गर म बजार पुगेर तुरुन्तै आउँछु’ भन्दै निस्केकी थिइन् । तर किन ढिलो गरिन् ? धेरै प्रश्न मनमा उठेका थिए तर गौण बनेर बसे । छोटो जीवनको लामो कहानी… ” डायरीको अन्तिम पानाको अन्तिम अपूर्ण वाक्य थियो यो । बाको मृत्यु हुनुभन्दा अघिल्लो दिन मात्र लेखिएको रहेछ । यी अपूर्ण वाक्यले बाको अपूर्ण जीवनलाई संकेत गरिरहेजस्तो लाग्यो । डायरी बन्द गरें । बाको अनुहार र रोमान्टिक स्वभाव तस्बिर हेरेर मिलाउँदै थिएँ । ढोका बज्यो । म जुरुक्क उठें । डायरी राख्न नपाउँदै आमा भित्र पसिन् । मुटु थरर काँप्यो । रंगेहात चोरी पक्रिएजस्तै लाग्यो । म केही बोल्न सकिन । शिर निहुरियो । अनुहार निलोकालो भयो । आमाको अनुहार भने उज्यालो थियो । आमा मुस्कुराइन् र गम्लङ्ग अङ्गालो हालिन् । आमाको शरीरबाट पुरुष गन्ध आइरहेको थियो । ****************** #आमाको डायरी #सुमित्रा न्यौपाने छेकेन कोरोनाले संसारकै ठूलो किताब मेला तर...: कोरोनाभाइरसको आतंकले युरोपलाई अझै सताउन छाडेको छैन। युरोपमै सबैभन्दा बढी प्रभावकारी रूपमा कोरोनाभाइरस नियन्त्रणमा भूमिका खेलेको जर्मनीमा पनि कोरोनालाई लिएर असमञ्जसको भाव छँदैछ। यसका बाबजुद पनि संसारकै ठूलो किताब मेलाको उपमा पाएको जर्मनीको फ्य्राङ्कफर्ट पुस्तक मेला नरोकिने पक्का भएको छ। यो मेलाको आयोजन नरोक्ने कुरामा आयोजक सहमत भएका छन्। त्यसै पनि जर्मनीमा किताब प्रकाशन हुन थालेको पाँच सय वर्ष पुगेको उपलक्ष्यमा जर्मनीको यो मेला रोक्ने कुरामा धेरै सहमत हुन नसकेकाले यसलाई जारी राख्न सहमत भएका हुन्। पाँच सय वर्षअघि फ्य्राङ्कफर्ट शहर नजिकैको मेइन्ज छेउमा प्रिन्टिङ प्रेस उद्घटान भएको थियो। यस मेलामा त्यसो त संसारकै ठूला प्रकाशकहरूले सहभागिता नजाउने भइसकेका छन्। त्यसमाथि यहाँका लोभलाग्दा छलफल कार्यक्रम पनि अधिकांशतः डिजिटल नै हुने पक्का भइसकेको अवस्थामा यसलाई कम्तीमा जारी राख्ने अवस्थामा आयोजक पुगेका हुन्। “यस्तो महाव्याधिको अवस्थामा कार्यक्रमलाई जारी राख्नु नै ठूलो कुरा हो, त्यसैले यस पटकको किताब मेला विशेष हुन पुगेको छ,” किताब मेलाका निर्देशक जुएगर्न बुजले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै भने। अक्टोबर महिनामा आयोजन हुने यस मेलाको सफलताले पूरा इभेन्ट उद्योगलाई नै प्रभावित तुल्याउने वा नमूना बन्ने हुनाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आयोजक लागिपरेको निर्देशक बुजको भनाइ छ। कोरोनाभाइरसका कारण करिब तीन हजारभन्दा बढी यस्ता इभेन्टहरू रद्द गरिसकिएको छ। रद्द नहोस् पनि किन, पूरा देश अहिलेसम्म लकडाउनमै छ, खुले पनि कतैकतै आंशिक रूपमा मात्र खुलेको छ। त्यस्तै यात्रामा प्रतिबन्ध लगायतका समस्याले ट्रेड फेयरहरू रोकिएका हुन्। यस्तो अवस्थामा किताब मेला आयोजना हुनु अन्य व्यापार मेलाकै भाग्य निर्धारण हुनु एसोसिएसन अफ जर्मन ट्रेड फेयर इन्डस्ट्रीका प्रबन्ध निर्देशक हेराल्ड कोटरले बताए। युरोपमा विश्वव्याधिलाई राम्रोसँग व्यवस्थापन गर्ने देशमध्येमा जर्मनीलाई मानिन्छ। दुई लाखभन्दा बढी संक्रमित फेला पर्दा जम्मा ९ हजार २ सयको मृत्यु भयो। यो बेलायतभन्दा निकै कम हो। बेलायतमा हालसम्म ४५ हजार बढीको मृत्यु भइसकेको छ। तुलनात्मक रूपमा जर्मनीमा खुला भए पनि ठूला कार्यक्रमहरू आयोजना गर्न आउँदो अक्टोबर महिनासम्म रोक लगाइएको छ। यसको सबैभन्दा ठूलो मार म्युनिखको बियर महोत्सवलाई परेको छ। बुजले यस वर्षको किताब महोत्सव विशेष हुने बताएका छन्। व्यापारिक भेटघाट, साहित्य उत्सव तथा भर्चुअल इभेन्टजस्ता मिश्रित तरिकाले कार्यक्रम सञ्चालन गरिने भएको छ। यस मेलामा ठूला प्रकाशन संस्थाहरू पेइन्गुइन रेन्डम हाउस, हार्पर कोलिन्स र स्प्रिन्जर नेचर तथा जर्मनीका चार ठूला प्रकाशन संस्थाहरू रेन्डम हाउस डचल्यान्ड, बोनिएर, होल्जब्रिङ्क तथा बास्टी लुबेले सहभागिता नजनाउने पहिल्यै घोषणा गरिसकेका छन्। होल्जब्रिङ्कका प्रबन्ध निर्देशक अलेक्जेन्डर लोरबियर भन्छन्, “यस मेलामा हामी सहभागी नहुनुको एउटा कारण जिम्मेवारी पनि हो किनभने कार्यक्रम सफल बनाउने नाममा हामी कामदार, लेखक तथा पाहुनाकै स्वास्थ्यमाथि खेलबाड गर्न सक्दैनौँ।” औषधविज्ञहरूले भने यस किसिमको निर्णयलाई सुझबुझपूर्ण भनेर स्वागत गरिसकेका छन्। “यस्ता कार्यक्रमहरू रोग फैलाउन सबैभन्दा उपयुक्त माध्यम हुन्, सुपर स्प्रिडर हुन्,” हाली विश्वविद्यालयका भाइरोलजीका प्राध्यापक अलेक्जेन्डर केकुले भन्छन्, “मानिसहरू प्रत्यक्ष भेट हुने यस्ता कार्यक्रमलाई कि त तपाईंले सिधै रद्द गर्नुपर्छ, कि त आएका प्रत्येक व्यक्तिको परीक्षण गर्नुपर्छ।” यता आयोजकहरूले भने कार्यक्रम नरोक्नका लागि सामाजिक दुरी कायम गर्ने, प्रत्येक आगन्तुकको प्रिरजिस्ट्रेसन गर्ने, स्वास्थ्यको ख्याल आगन्तुकले नै राख्नुपर्नेजस्ता नियम बनाएको छ। यसका बाबजुद पनि कतिपय व्यक्तिहरू यसबाट सन्तुष्ट भएका भने छैनन्। “यस्ता नियमबाट हामी खासै सन्तुष्ट भएका छैनौँ,” बोनियर मिडिया डचल्यान्डका प्रमुख कार्यकारी क्रिस्चियन सुमाकर गेब्लर भन्छन्, “त्यसैले यसमा सहभागी नहुनु नै उत्तम हो भनी हामी यतिबेला चुपो लागेर बस्या छम्।” केहीले भने मेला जारी रहनुपर्ने धारणा राखेका छन्। जमर्न प्रकाशक क्लेटकोटाका प्रबन्ध निर्देशक टम क्राउसार भन्छन्, ”हामी सधैँ डराएर बस्न जरूरी छैन। विभिन्न क्षेत्रका मानिसहरू सचेत भएर यस्ता कार्यक्रममा सहभागी हुँदा आत्मविश्वास बढ्छ। गतिला छलफल हुन्छन्।” यसअघि कम्तीमा एक लाखभन्दा बढी मानिसहरू दैनिक यो मेलामा भ्रमणका लागि आउँथे भने यस पटक मुस्किलले २० हजारको उपस्थिति रहने अपेक्षा मेला आयोजकको छ। अघिल्लो वर्ष ७ हजार ४ सय विभिन्न प्रदर्शक भेला भएका थिए भने यस पटक त्यसको एक तिहाई नै आए भने पनि ठूलो सफलता ठान्नुपर्ने बुजको भनाइ छ। यो मेलाको सबैभन्दा ठूलो व्यापार भनेको पुस्तक प्रकाशन, बिक्री भन्दा पनि संसारभरिका प्रकाशकहरूको भेलामा अनुवाद अधिकार लिने, बेच्ने अवसरका रूपमा उपयोग गरिन्छ। त्यसका लागि यस पटक पनि खासै अवरोध नहुने बुज बताउँछन्। २०२० मा आयोजन हुने अन्य ठूला पुस्तक मेलामध्ये लन्डन बुक फेयर र बोलोग्ना चिल्ड्रेन्स बुक फेयर रद्द भइसकेका छन्। “ती कार्यक्रम रद्द भइसकेपछि कम्तीमा किताब उद्योगलाई एउटा त मेला चाहियो नि ! व्यापार त चलाउनै परो कि कसो?” बुज भन्छन्। बुजले त्यसो भनिरहे पनि मेलामा जानेहरूले पहिलेको वातावरण भने नहुनेमा विश्वस्त छन्। “प्रायः पहिलेको किताब मेलामा म ४० वटा बैठकमा त सहभागी हुन्थेँ नै, फ्राङ्कफर्ट भर्लाग्सन्सलट प्रकाशन गृहका प्रमुख जोअचिम अनसेल्ड भन्छन्, यस पटक भने मैले मुस्किलले दुई वा तीन वटा बैठक मात्र गर्न सकूँला।” यस पटकको मेलामा भने आगन्तुकहरूले एउटा कुरा पक्कै चुक्चुकाउने गरी छुटाउने छन् र त्यो हो, साथीहरूसँगको मस्तमाहोलको भेटघाट। हातमा बियरका ग्लास, होहल्लाका साथ रमाइलो र किताबी गफ यस पटक भने हुने छैन। अनसेल्ड भन्छन्, “पुराना साथी भेट्ने र रमाइलो गर्दै नयाँ नयाँ आइडिया सुनाउने कुरा भने यस पटक सम्भव देखिएन। दुःखको कुरा हो २०२० मा कोरोनाले हामीलाई यसबाट भने वञ्चित गरिदियो।” #पुस्तक मेला #फाइनान्सियल टाइम्स गीत-सङ्गीत विशेष प्रवासी प्रवाहको एघारौ शृङ्खला\xa0(भिडियाेसहित): गैरआवसीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम ” प्रवासी प्रवाह” एघारौ शृंखला सम्पन्न भएकाे छ । उक्त श्रृंखलामा गीत र सङ्गीतलाइ केन्द्रमा राखिएकाे थियाे । कार्यक्रम साउन ११ गते तदानुसार जुलाई २६ तारिक बेलुका ८ बजे सम्पन्न भएको थियाे । विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरूका सिर्जनाका प्रवाहहरूलाई प्रवाहित गर्न यस कार्यक्रमको उदेश्य रहेको छ । गैरआवासीय नेपाली संघ – भाषा,साहित्य ,संस्कृति तथा सम्पदा समितिको अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह”को एघारौ शृङ्खलामा नेपालबाट वरिष्ठ कवि तथा गीतकार डा. कृष्णहरि बराल, बेलायतबाट चर्चित गायिका शर्मिला बर्देवा, अमेरिकाबाट लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासी, जापानबाट कवि तथा लेखक बेलुकाजी थापा, कतारबाट गजलकार,कवि दीप मिलनको उपस्थिति थियो । “गीत लेखन पहिले लेख्दैआएको भन्दा फरक लेखिनु पर्छ । गीत कविता विधाको एउटा हाँगो हो ! उपन्यास-कथा एक्लै पढिने हुनाले अश्लिल हुँदा पनि ठिक मानिन्छ, तर गीत सबैको सामु सुनिने हुनाले यसको रचना गर्दा सचेत हुनु पर्छ ! गीतलाई हाम्रो परम्परा संस्कृति र संस्कार अनुसार सेन्सर गरिनु पर्छ ! उछ्शृंखल र सामाजिक बन्धनलाई नाघेको हुनुहुँदैन ।” कार्यक्रममा अतिथि साहित्यकार डा. कृष्णहरि बरालले भन्नुभयाे । साथै उहाँले आफ्ना केही गजल पनि सुनाउनु भयो । त्यस्तैगरी अमेरिकामा बसेर पनि नेपाली गीत-सङ्गीतलार्इ माया गरिरहनुभएका लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीले गीत-सङ्गीतको कुनै सिमा नहुने मत राख्नुभयाे । उहाँले भन्नुभयाे- “म जहाँ रहे पनि नेपाली गीत-सङ्गीतलाई माया गर्छु भने ।” उहाँले आफ्ना नयाँ पुराना गीतहरू हार्मोनियम बजाएर लाइभ सुनाउनुभयाे । त्यस्तै बेलायतमा रहेर पनि आफ्नो गीत-संगीतप्रतिको लगावलाई निरन्तरता दिनुभएको गायिका शर्मिला बर्देवाले ट्रयाकमा कृष्णहरि बरालले लेखेको गीतका साथै अन्य गीत सुनाउनुभयो । त्यसैगरी कतारमा रहेर गजल, छन्द कविता लेखिरहेका कवि दिप मिलनले आफ्ना केही छन्द कविता र गजल सुनाउनुभएकाे थियाे । कार्यक्रम भगवती बस्नेत र नृपेश उप्रेतिले संचालन गरेका थिए । प्रवासी प्रवाह अनलाइन कार्यकम विभिन्न देशका गतिविधि र साहित्य सिर्जना सुन्नको लागि एन आर एनको भाषा साहित्य तथा सम्पदा प्रवर्धन समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाह सुन्न हेर्न नभुल्नु होला । यस शृंखलालार्इ तलकाे लिंकमा गएर पनि सुन्न तथा हेर्न सक्नुहुनेछ । https://www.facebook.com/watch/live/?v=748909199220510&ref=watch_permalink प्रज्ञा-प्रतिष्ठानमा संस्कृति मन्त्रीको पोखियो असन्तोष: साहित्यपाेस्ट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रज्ञा प्रतिष्ठानका क्रियाकलापप्रति असन्तोष जनाउँदै साउन १५ भित्रमा सबै निकाय र विभागको प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन् । मन्त्री भट्टराईले गएको आइतबार तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबीच भएको संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त निर्देशन दिएका हुन् । प्रज्ञा भवन, कमलादीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरू बीच भएको संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले चार दिनभित्र सबै प्रज्ञा–प्रतिष्ठान र संस्थानले आ.व. २०७६/०७७ को प्रतिवेदन मन्त्रालयमा अनिवार्य बुझाउन निर्देशन दिएका हुन् । “विनियोजित बजेटले महत्त्वपूर्ण कार्यक्रमहरू गर्न कठिनाई भए मन्त्रालयले थप सहयोग गर्नेछ ।” भट्टराइले दर्जनौ पदाधिकारीको संयुक्त भेलालाई सम्बोधन गर्दै भने, “पेश्की फस्र्योट, बेरुजु फस्र्योट शतप्रतिशत हुनैपर्छ । मितव्ययी पनि हुनैपर्छ र प्रत्येक महिनामा आ–आफ्ना कामहरूबारे मन्त्रालयमा कार्यप्रगति रिपोर्टिङ गर्नै पर्छ ।” मन्त्री भट्टाराईले कतिपय समान प्रकृृतिका काम छुट्टाछुट्टै गरेर फजुल खर्च गरेकोमा असन्तोष व्यक्त गर्दै भने, “संयुक्त रूपमा गर्न सकिने कामलाई छुट्टाछुट्टै गर्नुको कुनै तुक छैन ।” सुरुमा नरम तरिकाले प्रस्तुत भएका मन्त्री भट्टराईले भने, “आपसी परिचयका साथै प्राज्ञिक गतिविधिका बारेमा एकअर्काका अनुभव आदान प्रदान गरौँ र आगामी कार्ययोजनाबारे छलफल गरौँ भन्ने उद्देश्यले यस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । म मन्त्री भएर आएपछि प्राज्ञहरूबाट धेरै कुरा सिकेको छु । प्रज्ञा–प्रतिष्ठानहरू मेरा लागि विश्वविद्यालय भएको छ ।” प्राज्ञहरूको भनाइ सुनेपछि भट्टराई लामो समय बोलिरहे । उनले भने, “कोरोना भाइरस कारण पूर्वनिर्धारित ठूला गोष्ठी, सेमिनार तथा सभाहरू आयोजना हुन नसकेका भए तापनि अब सानातिना गोष्ठी, सेमिनारहरू आयोजना गर्न कुनै बन्देज छैन । तपाईँहरु अघि बढ्नूस् ।” विस्तारै बौद्धिकरुपमा भट्टराईले प्रज्ञा प्रष्ठिानको कार्यशैलीप्रति असन्तोष जनाउँदै भने, “अबदेखि प्रज्ञा–प्रतिष्ठानहरूमा पनि कुलपतिसमक्ष उपकुलपति र प्राज्ञहरूले कार्यसम्पादन सम्झौता लागू गर्नुपर्ने हुन्छ । हामीसँग अर्को विकल्प छैन ।” मन्त्री भट्टराईले मानव सभ्यता र समाजलाई सकारात्मक बाटोतर्फ दिशानिर्देश गर्ने खालका लेखन र गतिविधिहरू प्राज्ञहरूबाट हुनुपर्ने आवश्यकता पनि औँल्याए । सारा विश्व पूर्वीय सभ्यतातिर फर्किइरहेका बेला नेपाली नागरिकमा भने नकरात्मक चिन्तन र सोचको विकास भइरहेको तर्फ सङ्केत गर्दै उनले सामाजिक सद्भाव कायम राख्न र साझा राष्ट्र तथा राष्ट्रियतालाई मजबुद बनाउने पक्षमा प्राज्ञहरूको अहम् भूमिका रहनुपर्ने कुरामा जोड दिए । थप भने, “विश्वमा नेपालको सकरात्मक उपस्थिति देखाउन सबैले आआफ्ना तर्फबाट सक्दो रचनात्मक भूमिका खेल्नै पर्छ । त्यसमा बौद्धिक व्यक्तिहरुको भूमिका अझ बढी हुनुपर्छ ।” पहिलोपटक भेटघाटः प्रज्ञा प्रतिष्ठानको इतिहासमा पहिलोपटक यस किसिमको भेटघाट भएको त्यहाँ उपस्थिति प्राज्ञहरुले साहित्यपोस्टलाई बताएका छन् । भेटघाट हुँदा सबैको कुरा सुन्ने र आफ्नो कुरा राख्ने परिपाटीको विकास भएको पनि उनीहरुले बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि कार्यक्रममा यस किसिमको ऐतिहासिक भेटघाट पहिलो पटक भएकोमा खुसी व्यक्त गरेका छन् । कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानले सरकारले तोकेका जिम्मेवारीहरू शतप्रतिशत पूरा गर्दै आएको स्पष्टिकरण दिए । उनले राज्यले अपेक्षा गरेका दायित्वहरू निर्वाह गरी सार्थकता पुष्टी हुने प्रकारका कामहरू प्रतिष्ठानले गरिरहेको दावी गरे । कामको प्रगति विवरण : कार्यक्रममा मन्त्री भट्टराईको गुनासो मात्र थिएन, भएका कामको प्रसंसा पनि गरेका थिए । प्राज्ञहरुका अनुसार कुलपतिले दक्षिण एसियाका प्रायः सबै प्रज्ञा–प्रतिष्ठानसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको आपसी सहकार्य सम्झौता भई त्यो क्रम जारी रहेको र इजरायलसँग समेत सम्झौता भएको अनुभव सुनाउँदा मन्त्री भट्टराईले खुसी व्यक्त गरेका थिए । प्रतिष्ठानले उक्त कार्यक्रममा चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन आयोजना गरिएको, प्रादेशिक, नेपाल दर्पण महाग्रन्थ र नेपाली दर्शन महाग्रन्थको लेखन कार्य सुरु भएको विवरण पेश गरेको थियो । त्यसैगरी नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण गरी लागू गरिएको र अर्को वर्ष १ लाख १५ हजार शब्दको प्रज्ञा नेपाली बृहत् शब्दकोश ल्याउने गरी काम भइरहेको जानकारी पनि कार्यक्रममा दिइयो । प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटा सङ्ग्रहालयको डिपिआर निर्माण पूरा भएको जानकारी पनि गराएको थियो । कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले भने, “हामीले आफ्नो औचित्य र सार्थकता पुष्टि हुने गरी काम गर्न सकेनौँ भने हाम्रो भविष्य खतरामा छ । सबैले यो कुरा हामीले बुझेका छौँ ।” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आ.व. २०७६÷७७ मा आफ्नो प्रज्ञा–प्रतिष्ठानले गरेका गतिविधिहरू प्रस्तुत गरे । उनले संस्थाले आफ्नो लक्ष्यको ८५ प्रतिशत कार्य पूरा गरेको बताउँदै कलाकार अरनिकोको १७ फिटको ढलौटको मूर्तिको काम हुँदै गरेको र ललितकलाकर्मी परिचयपत्रको कार्यविधि बनाई वितरण गर्ने तयारी गरिरहेको जानकारी दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले आफूहरू नियुक्त भएर आएदेखिका कामहरूका बारेमा प्रकाश पार्दै कोरोनाका कारण लक्ष्यअनुरुपका कामहरू गर्न नसकेको बताएका थिए । सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले पनि आफ्नो संस्थानले सम्पन्न गरेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक प्रदेश एक पर्वको नीतिअनुसार सात ओटै प्रदेशका विशिष्ट अमूर्त सांस्कृतिक सम्पदाको खोज–अध्ययन गरी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजानेतर्फ प्रज्ञा प्रतिष्ठानले काम गर्नुपर्ने कुरामा जोड दिए । उनले सरकारले गरेको लगानीको औचित्य र प्रतिफल देखिने गरी कामहरू गर्न प्रज्ञा–प्रतिष्ठान र संस्थानलाई आग्रह गरे । उक्त अन्तरक्रियाको सञ्चालन नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गरेका थिए । #प्रज्ञा प्रतिष्ठान #योगेश भट्टराई फन्टुस फिक्सनका पात्रहरू: ‘भाइ ! कसलाई बनाउनु मैले सदस्य ? तिमीलाई कि माइलो दाइलाई कि जेठो दाइलाई ?’ ‘मलाई बनाउनु दाइ !’ ‘रसिद काटिदिऊँ ?’ ‘कति पैसा लाग्छ दाइ ?’ ‘पाँच सय रुपियाँ प्रवेश शुल्क, वार्षिक सदस्यताबापत दुई सय र सहयोग तीन सय गरेर एक हजार रुपियाँ ।’ ‘हुन्छ दाइ ! मलाई बनाइदिनु ।’ भगवती सुनसरी पूर्व विद्यार्थी शैक्षिक प्रतिष्ठानको विशेष अभियान विस्तारको क्रममा म छु । साँझको बेला छ । मालपोत कार्यालयअगाडि बाटोमा भेटेँ भाइलाई । ‘सागर पोखरेल होइन तिम्रो नाम ?’ रसिदमा नाम लेख्ने बेलामा मैले सोधेँ । ‘सागर पोखरेल होइन तिम्रो नाम ?’ रसिदमा नाम लेख्ने बेलामा मैले सोधेँ । ‘मेरो नाम प्रेम सागर हो दाइ । रसिद चाहिँ राजेन्द्र दाइ वा गणेश दाइका नामबाट काटिदिनुहोस् । किनकि म भगवती माविको विद्यार्थी होइन । तपाईँको यो जुन अभियान छ, त्यो मलाई निकै राम्रो लागेको छ । त्यसैले मैले सहयोग गर्न चाहेको हुँ । यो पैसा सहयोगस्वरूप लिएर दाइहरूसँग पनि सदस्यताबापत मागे हुन्छ,’ पैसा दिँदै उनले भने । म छक्क पर्छु । फन्टुस फिक्सनका पात्रहरू कसरी, कुन रूपमा मेरो छेउमा आउँछन् ? भन्न सक्तिनँ । कोही प्रेरक भएर आउँछन्, कोही दुखान्त । यहाँनेर म एउटा कुरा फेरि स्पष्ट पार्न चाहन्छु साथीहरूलाई कि फन्टुस फिक्सन म लेखिरहेको छुइनँ । मभित्र कोही छ जसले मलाई यी सब लेखाइरहेछ । यो सिलसिला कहिले सकिन्छ थाहा छैन । यति थाहा छ, मैले भेटेका, चिनेका, पढेका सबै फन्टुस फिक्सनका पात्रहरू हुन् । र, अहिलेसम्मको अनुभवमा मूल कथा भन्दै जाँदा बाटोमा, जमघटमा जो–जो भेटिन्छन्, जोडिँदै जान्छन् । यसरी जोडिँदै जाँदा मेरै वा कसैको निजी जिन्दगीमा हस्तक्षेप जस्तो केही अनुभव भएमा, संयोग मात्र हुनेछ । … कस्तो राम्रो प्रश्न मैले सोच्दै नसोचेको । प्रश्नले मेरो अन्तरआत्मा छोयो । ‘साँच्ची अचेल म महिनामा कतिवटा किताब पढ्छु हँ ?’ फन्टुस फिक्सनको पात्र परिचय अध्याय सुरु गरुँ अब अलिकति । भोजराज खनालबाट कुराको थालनी गरुँ । मैले सुरुमा चिन्दा खनालजी कट्टर कम्युनिस्ट कार्यकर्ता थिए । सुनसरी एमालेको कार्यालय हुलाक टोलमा डम्बर खतिवडाले एउटा गुणस्तरीय पुस्तकालय सजाएका थिए । खनालजीसँग बेलाबेलामा त्यहीँ भेट हुन्थ्यो । शिव खेडाको जित आपकी, म्याक्सिम गोर्कीको आमा र अरू रसियन किताबहरू बीचमा हुन्थे । बीचमा १० वर्ष इटहरीमा बाक्लो भएँ । स्थानीय चुनावको सेरोफेरोमा सिरियाको सेलुनअगाडि झुलुक्क भेट भयो । सुरुमा मैले उनलाई झन्डै नचिनेको । ‘ओहो ! भोजराजजी के छ ?’ आफूतिर आउँदै गरेको देखेर मैले सोधिहालेँ । ‘राम्रो छ सुविद सर ! धेरै पछि तपाईलाई यहाँ देखेँ र कुरा गर्न मन लाग्यो ।’ ‘आहा ! तपाई जस्तो मित्रलाई अचानक मसँग कुरा गर्न मन लाग्यो । मेरो अहोभाग्य !’ तपाईँलाई थाहै छ, म प्रायः साथीभाइसँग कुरा गर्नुपर्याे भने यस्तै रमाइलो मुडमा हुन्छु । कहिलेकाहीँ कुरा बुझेर पनि बुझ पचाए जस्तो गर्नेहरूसँग चाहिँ अलि झिँजो लाग्छ । नत्र मेरा साथीहरूसँग कुरा गर्नु तपाईलाई पनि मजै हुन्छ । ‘अचेल तपाई पहिले जस्तै किताब पढ्दै हुनुहुन्छ कि छैन ?’ कस्तो राम्रो प्रश्न मैले सोच्दै नसोचेको । प्रश्नले मेरो अन्तरआत्मा छोयो । ‘साँच्ची अचेल म महिनामा कतिवटा किताब पढ्छु हँ ?’ यो प्रश्न मैले आफूले आफूलाई नसोधेको २० वर्ष भइसकेको रहेछ । सुरुमा म तीन–चार घण्टामा एउटा उपन्यास पढिसक्थेँ । किताबको माग पूर्ति गर्न कहिले कंशमडान, कहिले मधेसा, कहिले सिङ्गिया, कहिले इटहरी, कहिले धरान, कहिले विराटनगर, कहिले वीरपुर पुग्थेँ साथीहरूसँग । हिन्दी, नेपाली जे भेटिन्छ, दिनेले जे दिन्छन्, ल्यायो–पढ्यो । कुनै–कुनै किनिन्थ्यो, कुनै सट्टापट्टा गरिन्थ्यो । सुरज सुब्बा, अजय मण्डल, अनुज पराजुली, म, लाली, मीरा दिदी आदि उपन्यास र अरू साहित्यिक किताब पढ्ने कोर ग्रुपमा थियौँ । बिचमा म नेपाली साहित्यमा भिडेर लागेँ । कवि बन्छु भन्ने लक्ष्य प्रष्ट पारेँ । किताबसँगको दोस्ती झन् बाक्लियो । मैले आजसम्म जति फिल्म हेरेको छु, त्योभन्दा धेरै किताब पढेको छु । हरेक पल्ट काठमाडौँ जाँदा एउटा र आउँदा एउटा किताब सकिन्थ्यो । किताब फिक्सन नफिक्सन जस्तो पनि हुन सक्थ्यो । बिडम्बना मेरो किताब पढ्ने बानी क्रमशः घटेर हुँदाहुँदा वर्षमा एउटामा सीमित हुनपुग्यो । त्यो पनि निकै हल्लखल्ल भयो र कथाले माग्यो भने मात्र । तर यी कुरा मैले भनिनँ भोजराजजीलाई । भन्ने सन्दर्भ पनि परेन । ‘किन ?’ म सोझै मुद्दामा आएँ । ‘तपाईँसँग समय छ र पढ्न चाहनुहुन्छ भने म तपाईँलाई किताबहरू उपलब्ध गराउनसक्छु,’ उनले भने, ‘अचेल हामीले सखुवागाछीमा एउटा पुस्तकालय बनाएका छौँ । त्यहाँ निकै राम्रा–राम्रा किताबहरू छन् ।’ नेकी और पुछ–पुछ । ‘ओके छ त !’ मैले भनेँ । … ‘समाजवाददेखि सावधान’ एक हप्ताका बिचमा दुई पटक फोन सम्पर्क गरिसकेपछि इनरुवामा भेटेर भोजराजजीले मलाई ओशो रजनिशको विचार समेटिएको किताब दिनुभयो । ‘यो किताब तपाईले पढ्नुभएको छ कि छैन, यदि छ भने अर्को ल्याइदिन्छु,’ भन्दै भोजराजजीले किताब मतिर बढाउनुभयो । ‘यो निकै बिकेको किताब हो र यसका बारेमा के भनिन्छ भने,’ पन्डितजीको टेबुलमा टेको लाएर किताबका पानाहरू पल्टाउँदै गर्दा भोजराजजीले भन्नुभयो, ‘यदि कुनै कम्युनिस्टले यो किताब साँच्चिकै समय दिएर पढ्यो भने उसले आफूलाई कम्युनिस्ट हुँ भन्न छोड्छ ।’ सातौँ पाना पल्टाउँदै गर्दा मैले गडेर भोजराजजीका आँखामा हेरेँ । ‘तपाईँले पत्याउनु भएन होला । यसको एउटा उदाहरण त म नै हुँ ! अचेल म आफूलाई कम्युनिस्ट हुँ भन्न मन पराउँदिनँ ।’ मलाई ओशोको किताबले भन्दा पनि भोजराजजीको प्रस्तुतिले निकै आकर्षित गयो । त्यसो त मैले ओशोको ‘सम्भोगसे समाधितक’ किताब जुन दिन पढी सिध्याएँ, त्यो दिनदेखि आजसम्म त्यसको प्रभावले मलाई छोडेको छैन । ३४ वर्षभन्दा बढी भयो । त्यसमा भएको, त्यो एउटा माझी झिसमिसेमै जाल थाप्न गएको, केही वस्तुसँग उसको खुट्टा ठोकिएको, उसले त्यसलाई ढुङ्गाको पोको ठानेको, जाल थाप्ने क्रममा समय कटाउन त्यो पोकोबाट एउटा–एउटा ‘ढुङ्गा’ झिक्दै पानीमा फ्याँक्दै गर्न थालेको र जतिबेला ऊ अन्तिम ढुङ्गा फ्याँक्न लाग्दै थियो त्यही बेला सूर्योदय भएको र उसले आफ्नो हातमा सुनको डल्ला देखेर पछुतो मानेको प्रसङ्ग हामी धेरैको जीवनमा मिलेको सम्झेँ । तर, यो कुरा पनि मैले भोजराजजीलाई भनिनँ । ‘किताब जलाइनुभन्दा पनि खतरनाक अपराध यहाँ छन्, तीमध्ये एक किताब नपढ्नु हो,’ जब–जब म कसैलाई कुनै किताब दिँदै हुन्छु वा कसैबाट कुनै किताब लिँदै हुन्छु, जोसेफ ब्रोड्स्कीको यो भनाइ सुरुमा सम्झिन्छु । ‘हुन्छ, तपाईँले यति मायाले दिएपछि पनि मैले यो किताब नपढ्नु भएको म कृतघ्न हुनु हो,’ मैले भने, ‘एक हप्तापछि म फिर्ता दिन्छु ।’ … ‘व्यक्तिको अस्तित्व समाप्त पार्नु छ भने पहिले उसको सम्पत्ति खोसिदेऊ । सम्पत्ति खोसिनासाथ व्यक्तिको सोचविचारको क्षमता नष्ट हुन्छ ।’ किताब पढ्दै गर्दा मेरो एउटा बानी के छ भने आफ्नो वा अर्काको, जसको भए पनि घत लागेका र प्रुफ नमिलेका शब्दहरूमा अन्डरलाइन लगाउँछु । यात्राका क्रममा पढ्दा पनि मेरो गोजीमा एउटा डटपेन अद्यावधिक हुनै पर्छ । समाजवाददेखि सावधान शीर्षकमा मैले पछिल्लो छिमलमा पढ्न थालेको किताबको हिन्दी संस्करण मैले धेरै वर्षअघि पढिसकेको रहेँछु । हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । पर्सिविस शेलीले भने जस्तो म ओशोका विचारहरू पढ्दै, अन्डरलाइन लगाउँदै गर्न थालेँ । ‘व्यक्तिको मूल्य जस्तो अर्को केही छैन । व्यक्तिको स्वतन्त्रता जस्तो मूल्यवान अरू केही हुँदैैन । व्यक्तिको मूल्य हराउनु भनेको सबैभन्दा घातक कुरा हो ।’ ‘कोही इस्लामका लागि मर्दै छ, कसैले इस्लामका लागि मार्दै छ । इस्लामका लागि मर्नेले वहिशत प्राप्त गर्छ । आफ्ना लागि नबाँच । इस्लामका लागि बाँच । कोही भन्दै गर्छ, हिन्दूत्वका लागि बाँच । तिमी मर तर मन्दिर, मूर्तिहरू बचाऊ । कोही हिन्दूस्तानका लागि बाँच्न प्रेरित गर्दै छ । कोही पाकिस्तानका लागि, इस्लामका लागि बलिदान दिन उक्साउँदै छ । अनि कसैले भन्दै छ, समाजवादका लागि आन्दोलन गर । मर, त्याग गर ।’ ‘जसले आफूलाई बुझ्छ, आफूलाई पाउँछ, त्यसले अरूलाई बाँड्न सुरु गर्छ । आफूलाई पाइसकेपछि नयाँ आनन्द सुरु हुन्छ । अनि यस्तो आनन्द अरूलाई बाँड्ने छटपटी हुन्छ ।’ ‘कतिपय क्षणमा आफ्ना दुःख अरूसमक्ष राख्दा सुन्ने पनि दुःिखत हुन्छ, द्रवित बन्छ । यस्ता दुःखले अरूलाई पनि दुःखी पार्छ ।’ ‘बुद्ध भिकारी होइनन् । बुद्धको भिकारीपनमा पनि एउटा सम्राटको व्यक्तित्व छ ।’ जति पाना पल्टाउँदै गयो यति मन छुने तर्कहरूसँग साक्षात्कार हुँदै गयो । ‘मान्छे इतिहासबाट केही पनि सिक्न चाहँदैन । पुराना शब्द र उपाय बदलिन्छन् ।’ ‘मान्छे आफैँले मैले यति घण्टा काम गर्नु छ भनेर काम गर्न थालोस् । कामसँगै पैसा पनि मागोस् । बिना काम पैसा माग्न लाज होस् ।’ ‘देशको मस्तिष्क यति धेरै माकुरे जालोले जेलिएको छ, त्यसलाई हटाउँदा पनि अप्ठेरो स्थिति सिर्जना हुन सक्छ ।’ किताबको करिब अन्तमा ओशोको भनाइ यस्तो छ – ‘म भगवान्सँग प्रार्थना गर्छु, यस्तो समय आओस्, हामीले भगवान्को मन्दिरमा माग्न जानु नपरोस्, बरू हामीहरू धन्यवाद दिनका लागि जान सकौँ ।’ … फन्टुस फिक्सनका अर्का पात्र घनेन्द्र ओझाका बारेमा थोरै कुरा गरौँ । धेरै पत्रिकामा डेस्कको अनुभव सँगालेका ओझा हिजोआज अजय सुमार्गीवाला थाहा खबर डट कममा डेस्कको काम हेर्छन् । ‘हाम्रोमा यदि कसैको कविता, गीत, गजल, लेख, समाचार, फोटो छापिन्छ वा रेडियोमा समाचार प्रयोग हुन्छ भने त्यसको धेर–थोर जति भए पनि पारिश्रमिक दिइन्छ,’ सुरुमा यस्तै भन्थे घनेन्द्र । थाहा खबरमा मेरा पनि केही गजल र लेखहरू प्रयोग भएका छन् । एक–दुई वटा मैले नै छाप्न अनुरोध गरेको थिएँ । एक–दुई वटा उनैले मागेर छापेका हुन् । तर, पारिश्रमिक पाएको छुइनँ । ‘यसमा मेरै कमजोरी छ दाइ,’ अस्ति काठमाडौँमा भेटिएका बेला उनले भने, ‘हिसाब गरेर मेनेजमेन्टलाई दिने जिम्मा मेरै छ, तर मैले नै समय व्यवस्थापन गर्न सकिरहेको छुइनँ ।’ घनेन्द्र अनाम मण्डलीका संस्थापकमध्येका एक हुन् । गजलका बारेमा निकै अध्ययन गरेका छन् । अब अनाम मण्डली भनेपछि तपाईले बुझिहाल्नुभयो, नेपालमा बहरमा गजल लेख्नुपर्छ भनेर अभियान चलाउने साथीहरूको जमात हो । तपाईँलाई थाहै छ, भर्खर मेरो गजल सङ्ग्रह ‘जूनको आगो’ सार्वजनिक भएको छ । त्यसमा अपेक्षित बहरमा एउटै पनि रचना छैनन् । त्यसैले घनेन्द्र ओझा, सुरेश सुवेदी, जय गौडेल, बलराम दाहाल, प्रभाती किरणहरू उस्तो रुचाउँदैनन्, मेरो गजल लेखाइ । यसबाहेक घनेन्द्र सामाजिक सञ्जालमा कडा रूपमा प्रस्तुत हुन्छन्, दुनियाँका लागि । तर, मेरा निम्ति भने अलि नरम शब्दहरू नै चयन गर्छन् । ‘यायावरजस्तो जिन्दगी भोग्न मन पराउने सुविद स्थायी जागिर हुँदाहुँदै शोखको पेसा पत्रकारितामा पनि उत्तिकै समय दिइरहेका छन् । अझ भन्दा जागिरभन्दा बढी नै समय, श्रम र मिहिनेत उनको पत्रकारितामा देखिन्छ । उनी कतिबेला सुत्छन्, कतिबेला उठ्छन्, सायद उनी आफैँलाई थाहा हुँदैन । रातको बाह्र–एक बजेसम्म साहित्य र पत्रकारिताका विषय खोज्न चोक, गल्ली र सडकहरूमै भौँतारिरहेका भेटिन्छन्, इटहरीतिर । विद्यालयमा पढाउनु, पत्रपत्रिकाका लागि लेख, समाचार लेख्नु, सम्पादन गर्नु, एफएम रेडियोमा कार्यक्रम उत्पादन गर्नु, सञ्चालन गर्नु, समाजसेवाका विविध क्रियाकलापमा सहभागी बन्नु, साथीभाइसँग चियागफ गर्न पनि भ्याउनु र त्यसबाहेकको समय सिर्जनामा तल्लीन रहनु सुविदको दिनचर्याको हो, पङ्क्तिकारले देखेको ।’ जूनको आगोका बारेमा चर्चा गर्ने क्रममा घनेन्द्रले मेरा बारेमा देशान्तर साप्ताहिक र अनलाइनमा मायाले सजाएका शब्द हुन् यी । ‘सुविद दाइले कुन दिन मलाई पनि फन्टुस फिक्सनको पात्र बनाइदिन बेर छैन,’ आफूलाई बिझेको सन्दर्भ सार्वजनिक गर्नुअघि उनले मलाई मेन्सन गर्दै दुई पटक यस्तै भूमिका लेखेका छन् सामाजिक सञ्जालमा । फन्टुस फिक्सनको पात्र हुन रहर गर्ने घनेन्द्रको नेपाली भाषाप्रेम र लेखन प्रष्टताको म ठूलो फ्यान हुँ । अहिलेलाई यत्ति भनेँ । ००० #तपाईँ #सुविद गुरागाई जापानी लोककथा : बूढी आमा: धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढाबूढीहरूलाई मर्नको लागि एक्लै छाड्नु सामान्य नै थियो । गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृत्यु दिनको लागि तयारी गर्यो । सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्दनाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्मलिन पुग्यो पुग्यो र कतिपय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन । जुनसुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धाधुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोराछोरीले आफ्ना आमाबाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो । बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अलमलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटाहरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखाविरुवाका हाँगाविंगाहरू निमोठिन् र केहि पाइला कट्नेबित्तिकै बाटोमा खसाउँदै गइन् । यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँठाउँमा हाँगाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसानले विस्तारै आफ्नी आमालाई भुइँमा बिसायो र आमाप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आरामदायी ठाउँ खोज्यो । भुइँमा झरेका सल्लाका पातहरूहलाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमालाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँशु भरिएका आँखा र दुखिरहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो । ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’ छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरिपूर्ण आमाको आवाज काँपिरहेको थियो । ‘तिम्रा आँखाहरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो खतरा नै खतराले भरिपूर्ण छ । सावधानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ । तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदरणीय आमा, हजुरको ममता देखेर मेरो मुटु नै टुक्राटुक्रा हुन्छ ! म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घरसम्मको बाटो पत्ता लगाउनेछौं र मर्नुपरे बरु संगै मर्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो (कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा !) र जूनेली प्रकाशमा आमाले भुइँमा झारेका हाँगाविंगालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो । उसको भान्छाकोठाको कुनामा खानेकुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लुकायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो । समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थरथर काँप्यो । आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई राज्यपालको त्यो अचम्मलाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् । उनले भनिन्, ‘परालको डोरी बाट’ । ‘त्यसपछि चेप्टा ढुंगाहरूमा राखेर त्यसलाई सिधा पार र एउटा हावा नचलेको रात पारेर आगो सल्काऊ’| किसानले मान्छेहरूलाई भेला पारेर आमाले भनेजस्तै गर्यो र आगो निभेपछि ढुंगामा खरानीको डोरी बन्यो । राज्यपाल किसानको बुद्धि देखेर प्रशन्न भयो र सबैको अगाडि निकै प्रशंसा गर्यो । र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डुब्यो । धेरैबेरपछि उसले आफ्नो शिर उठायो र गम्भीर मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’, ‘सायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु । यति भनेपछि उसले त्यतिखेर नै आफ्नो कठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धाहरूलाई मार्नुपर्ने व्यवस्थाको अन्त्य भयो । मात्सुओ बाशो (१६४४-१६९४) लाई जापानको सबैभन्दा महान् हाइकु कवि मानिन्छ । जापानको एडो कालमा उनी सर्वाधिक लोकप्रिय कवि थिए । उनका हाइकुहरू विश्वका विभिन्न भाषामा अनुदित छन् र उनले अन्तर्राष्ट्रिय जगतमा निकै ख्याति पनि कमाएका छन् । उनीद्वारा लिखित जापानी लोककथा; एजेड मदर (बूढी आमा)लाई अंग्रेजीबाट नेपालीमा गरिएको अनुवाद हो । यस कथालाई नेपालीमा अनुवादक अनुप जोशीले अनुवाद गर्नुभएको हो । #अनुवादक अनुप जोशी #जापानी लोककथा : बूढी आमा #मात्सुओ बाशो कमाएर खाने कि मागेर चलाउने ?: म यसो २५ वर्ष अगाडिको समयमा फर्केर जान्छु । सन् १९९४ अर्थात् विक्रम सम्वत् २०५० साल । २०४६ सालको जनआन्दोलनपश्चात् संसदीय संवैधानिक राजतन्त्र स्थापना भएको चार वर्ष भएको थियो । आन्दोलन पंचायति व्यवस्था र राजतन्त्रको विरुद्धमा भएको थियो भन्ने कुरा बिर्सँदै गइरहेको थियो । संविधानका अक्षरहरूमा, नेताहरूको भाषणहरूमा बाहेक जनसाधारणले महसुस गर्न सकिने आर्थिक–सामाजिक रूपान्तरणको झल्को देखिन पाएको थिएन । महसुस गर्न सकिनेगरी एउटा परिवर्तन भने भएको थियो । त्यो हो बोल्न, लेख्नमात्र होइन गालीगलौज गर्न पनि प्रतिबन्ध थिएन । अधिकांश समय शासनसत्ता नेपाली कांग्रेसको हातमा थियो । २०४६ को जनआन्दोलन बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त प्रयासमा भएको भए तापनि २०५० सालसम्म आइपुग्दा पानी बाराबार भइसकेको थियो । नेपाली कांग्रसकै नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागिसकेका थिए । बामहरू आफैँ टुक्रा टुक्रामा विभाजित त थिए नै, सँगै बाम पार्टीहरूको एक मोर्चा २०४६ सालको आन्दोलन र सम्झौतालाई मान्न तयार थिएन । यसैबेला नेपाली कांग्रेसको सत्ताधारी मूलधारकै तर्फबाट एउटा नारा आयो– उदारीकरण, बजारीकरण, विश्वव्यापीकरण । जे त्यतिखेरका शासकहरूले भने– सरकारले आफैँले व्यापार गर्ने होइन, उद्योग चलाउने होइन । सरकार त नियमक संस्था हो, त्यसकारण सरकारको स्वामित्व भएका अधिकांश उद्योग अति सस्तो मूल्यमा बिक्री भयो । सरकारले आफैँ भन्यो– हामी व्यवस्थापनमा चुस्त छैनौँ । नीजिक्षेत्र हामीभन्दा व्यवस्थित छ । त्यतिखेरै पनि विशेषत रामशरण महतको नेपालको अर्थतन्त्रमा निर्णायक भूमिका रह्यो । उनको एकल निर्णय नै नीति र कानुन बने । यहीबेला युवाहरू विदेश जान थालिसकेका थिए । कामको अवसर थिएन । सरकारी उद्योगहरू विशेषत चिनियाँ सहयोगमा स्थापित उद्योग सबै बिक्री भइसकेर पनि बन्द भइसकेको थियो । निजि बैंक र फाइनान्स कम्पनी खोल्ने लहर चलेको थियो । तीन करोड चुक्ता पूँजी र पहुँच भए बैंक स्थापना गर्न सकिन्थ्यो, फलस्वरूप उद्योगी–व्यवसायीहरू नै बैंक स्थापनामा लागे । कतिपयले त सरकारी बैंकमा तीन करोड ऋण लिएर नयाँ निजि बैंक पनि खोले । त्यसैबेला एउटा अर्को व्यवसाय सुरू भयो , रेमिट्यान्स कम्पनी । नेपालीहरूले मलेसिया र खाडी मुलुकमा काम गर्न गइसकेका थिए । घरमा पैसा व्यक्तिगत विश्वास र हुण्डीको भरमा पठाउनु पथ्र्यो । घरमा पैसा पुग्न कमसेकम एक हप्ता त लाग्थ्यो । ल्याएकै मानिसले खाइदेला कि भन्ने डर पनि थियो । यसैबेला खुलेका रेमिट्यान्स कम्पनीहरूको कारोबार धेरै ठूलो भयो । उदारीकरणले नेपालमा आयात बढायो । नेपालका परम्परागत उद्योग धरासायी भयो । सरकारको राजश्व आयातमै बढी निर्भर हुँदै गयो । आयातीत सामान बिकाउन नयाँ सुविधाहरू दिइयो । किस्ताबन्दीमा टीभी, मोटरसाइकल, मोटर पाइन थाल्यो । ती सामान किन्न न्यून ब्याजदर मात्र होइन , शून्य प्रतिशत ब्याजदरमैँ पनि किस्तामा सामान पाइन थाल्यो । जनता झन् झन् उपभोग गर्ने भए । स्नेह सायमि व्यापार सम्झौताहरू हुँदै गए, हामीसँग निकासी गर्ने सामान छैन । आयात गर्ने प्रसस्त थियो । त्यतिखेरै नेपालमा अष्टे«लियाबाट मासु र जुस आइसकेको थियो, भारतबाट तरकारी र फलफूल त आइरहेकै थियो । जुन पञ्चायति व्यवस्थाको विरोध गरियो, उसले जोगाए जतिको अर्थतन्त्र पनि जोगिएन । रामशरणजीको एउटा नीति बन्यो, जे जस्तो ऋण, जे सुकै सर्तमा पनि स्वीकार गर्ने । यसरी नेपाली अर्थतन्त्रमा विदेशी चलखेल बढ्यो । उनीहरूले यसो गर कीउसो गर भन्ने खटन बढ्यो । हामी आर्थिक रूपमा कहाँ छौँ ?अबका दिनमा के के गर्ने ? मात्र होइन, कुन महत्वपूर्ण संस्थामा कसलाई नियुक्ति गर्नेसमेत हस्तक्षेप हुन थाल्यो । विदेशी भन्नासाथ ठूलै मान्छे, हामीभन्दा पक्कै जान्ने बुझ्ने हुनुपर्छ भन्ने हामीलाई लाग्न थाल्यो । त्यसपछिका उद्योग भनेका जडान उद्योगमात्र हुन् । जसले न नेपालीलाई रोजगार दिन्छ न विदेशी मुद्रा कमाउँछ । विदेशी मुद्रा कमाउने, नेपालको संस्कृति र परम्परा, नेपालको पर्यावरण जोगाउने, अलिकति भए पनि पैसा नेपाल र नेपालीकै हातमा रहोस् भन्ने सोच पनि सरकारदेखि समाजसम्म हराउँदै गयो । त्यसो हुँदाहुँदै पनि अर्थतन्त्र त चलाउनु पर्यो । कसरी चलाउने त ? राजस्व आयातमा निर्भर, उल्लेख्य उद्योग छैन, जस्तोसुकै सर्त मानेर विदेशी ऋण माग्दा पनि अर्थतन्त्र नै चल्नेगरी त पाइएन । कसरी चल्यो त नेपाली अर्थतन्त्र भने रेमिट्यान्स । हामीसँग निर्यात गर्ने एउटै वस्तु छ , मान्छे । प्रत्येक आमाबाले आफ्नो आधाजीवन र आयश्रोत खर्चेर हुर्काएको कलकलाउँदा युवाहरू । धनी देशसँग पैसा छ, आरामदायी र बौद्धिक काम गर्ने मान्छे छन्, तर खतरापूर्ण, फोहोरी कसैले नगर्ने काम गर्ने मान्छे छैनन् । त्यसका लागि यो संसारमा नेपालजस्तै लथालिंग र गरीब मुलुक छन् । आफ्नो देशमा नै युवाहरू टिकाउनु पर्छ र आफ्नो देशमै रोजगार सिर्जना गर्नु पर्छ भन्न सोच छैन । ती देशका नागरिकहरू ऋण काढेर दलालको ढाँटमा फँसेर गाउँबाट सिधै कहिल्यै नदेखेको हवाइजहाज चढ्न आइपुग्छन् र एकैपटक पुग्छन् कि खाडी कि मलेसिया । युवाले आफ्नै बलबुतामा केही काम गर्छु भन्यो भने केही छैन, साहुले ऋण पनि दिँदैन । यो अवस्थामा लहैलहैमा ढिलोचाँडो विदेशै हो । त्यही भयो, अहिले २५ वर्षपछि अर्थात् सन् २०१९ , विक्रम संवत २०७६ मा के छ त सिनारियो ? छोराहरू विदेशमा काम गर्छन्, बुहारीहरू गाउँ छोडेर सदरमुकाम बस्छन् । गाउँघर सुनसान छ । खेतबारी बाँझै छ । बूढाबूढी गाउँमा छन् । अशक्त छन् । उद्योगधन्दा हुने त कुरै भएन । सहरमा उपभोग गर्ने चलन बढेको छ । रोटीको सट्टा चाउचाउ र पिज्जा, बर्गर, स्टिक खाएका छन् । पकाउन मन लाग्दैन । रोजगारदाताहरू शीपयुक्त कामदार नपाएर निराश छन् । भारतीय मूलका मानिसहरूको श्रमबाट सहर चलेको छ । फेरि पनि नयाँ नयाँ मोबाइल फोन, टीभी, मोटरसाइकल, मोटरले सहर जाम छ । गरिब र धनीबीचको खाडल बढ्दो छ । यसो हुँदाहुँदै पनि केहीयुवाहरू अलग सोच्छन्, अलग गर्छन् । जस्तै मणिकर कार्की राजनीतिमा रहँदारहँदै बुटवलमा चियाचौतारीको स्थापना गर्छन् । अनुरूप मानन्धर अमेरिकाबाट पढेर फर्केपछि फाइकस बायोटेक कम्पनी स्थापना गरेर टिस्यु कल्चरको ल्याब खोल्छन । आकाश अधिकारी रेडमड कफीसपको चेन बनाइरहेछन् । कुशल सुन्दर श्रेष्ठ हाइड्रोपावरमा लागिरहेछन् । दीप बस्नेत कृषिमा लागेका छन । पवन रेग्मी प्रकाशकको भूमिकामा छन् । कमसेकम रोजगारी खोज्न छोडेर रोजगारको सिर्जना गरिरहेछन् । नेपालको अर्थतन्त्र धान्ने बिउ यिनीहरू र यिनीहरूजस्तै नेपालमा नै साना ठूला व्यवसाय गर्ने युवाहरू नै हुन् । यसको उल्लेख्य प्रतिफल अर्को २५ वर्षपछि प्रमाणित हुनेछ । #जीवनको रंग #स्नेह सायमि डम्बरको गीत: हजुरको माया सुन हो, हे आमा, होइन पित्तल तामा खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।। संसारैको इज्जत थाम, आफूप्रति सबैको लाग्छ लाम साराको प्यार खनिन्छ तर अरुको काम आमाको नाम हजुरको प्रेम हिरा हो, हे आमा, होइन पित्तल तामा खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।। दुनियाँको मन राख, आफूप्रति सबैले राख्छन् चाख साराको प्यार बर्सिन्छ तर अरुको लाख आमाको काख हजुरको प्रीति मणि हो, हे आमा, होइन पित्तल तामा खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।। #डम्बर बिकेल #डम्बरको गीत पूँजीवाद: महाभारतको युद्ध गरेर आएका शकुनीहरू गरिबको रगतले अक्षता लगाए खाण्डव वनको बस्तीभित्र निर्दोषको गिदी झिकेर टाउको व्यापार गरे निर्दोषको आँसु को व्यापार गरे विजयको उत्सव मनाए के के गरेनन् उनीहरूले पाठशालाको चकलाई बारुद बनाए निर्दोष गुरुलाई फाँसी लगाए अक्षर नचिनेका युवालाई बन्दुक दिए बन्दुकले जागिर खाने प्रमाणपत्र दिएन बन्दुक सँगै जवानीमा खिया लागेका युवा देशको लागि अयोग्य बनेर खाडी पसेको छन् । युद्धमा हात,खुट्टा गुमाएका योद्धाहरू मृत्यु पर्खेर बसेको छन् युद्धमा छोरा गुमाएका आमाहरू लास वा सास को प्रतीक्षामा छन् युद्धमा सहिद भएकाको परिवार अहिले मसानघाट भएको छ । कतिले छोरा छोरी गुमाए कतिले श्रीमान र श्रीमती गुमाए कतिले बाआमा गुमाए कतिको परिवार टुक्राटुक्रा भए । अरुको परिवार टुक्राटुक्रा बनाउने महासामन्तहरू अहिले आफै सिसा झै टुक्राटुक्रा भए । गरिबको बलिदानले गणतन्त्र आयो गरिब सधैँको गरिब भए तर जनता सबै बराबर बनाउँछौ भन्ने तिनको मालिकहरू चप्पल लगाएर सिंहदरबार छिरे कुबेर भन्दा धनी बनेर निस्किए । अहिले धनको सगरमाथाबाट हेर्दै सहिदको परिवारलाई भन्दै छन् न त समाजवाद ल्यायौँ,न त मार्क्सवाद सत्ताले त हामीहरूको त्रिनेत्र खुल्यो अहिले पूँजीवादको नातावादको धृतराष्ट्र भएर सत्तामा बसेको छौं । #अजय अनमोल #पूँजीवाद अनेसासले नवनिवार्चित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै: साहित्यपोस्ट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो २९ औँ वार्षिक साधारणसभा तथा केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम आगामी अगस्ट २, २०२० मा गर्ने निर्णय गरेको छ । सो निर्णय संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको हो । अनेसासको हालै सप्पन्न निर्वाचनले जापानका प्रकाश पौडेल माइलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बैठकले सोही दिन भानु जयन्तीको पनि आयोजना गर्नेछ । सो अवसरमा “अनेसास भानु विषेश सम्मान २०२०” बाट भानु प्रतिष्ठान (नेपाल) सम्मानित हुने कुरा साहित्यपोटसँग अनेसासका महासिचव गणेश घिमिरेले बताए । यसैगरी अनेसास भानु सम्मानबाट स्रष्टाहरू प्रभा आचार्य, डा. देवी नेपाल, बलराम दाहाल, दुर्गा रिजाल, सरु गुरागाईलगायतका स्रष्टाहरू पनि सम्मानित हुने जनाइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरिने सो कार्यक्रममा विभिन्न संचार माध्यमहरू पनि सम्मानित हुने जनाइएको छ । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने र कार्यक्रममा अनेसासका केन्द्रीय कार्यसमिति, नवनिर्वाचित कार्यसमिति, सस्थापक एवं पूर्वअध्यक्षहरूको सल्लाहकार समिति, BOT कार्यसमिति, निर्वाचन समिति, पुरस्कारदाताहरू, च्याप्टर अध्यक्षहरूलगायतको उपस्थिति हुने पनि जनाइएको छ । बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा निर्वाचन समिति, संचार माध्यमहरू र मतदाताहरूमा धन्यवाद पनि ज्ञापन गरेको छ । यस कार्यक्रमअघि संस्थाले अनेसास, जर्जिया च्याप्टरको सहकार्यमा भाषाशास्त्री महानन्द सापकोटाको जन्मजयन्ती आगामी जुलाई ३१ मा आयोजना गर्ने पनि जनाएको छ । नियात्रा: नेदरल्याण्ड भ्रमणका स्मृतिहरू: भारी मन बोकेर एसिया महादेशलाई नाघेर युरोपसम्मको दूरी तयसँगै यात्रैयात्राको विदेशिने क्रमले डेढ दशकभन्दा बढी नाघिसकेको छ । यसैक्रममा नीलो समुद्र र हरियाली वातावरणले सिँगारिएको प्रकृतिको सुन्दरतम् देश नेदरल्याण्ड जाने योजना बन्यो । फूलै–फूलको सहर । पर्यटकलाई आकर्षित गर्ने म्युजियमको देश, विकाश निर्माणको तीव्रता र ऐतिहासिक ठाउँ हेर्न शताब्दीऔँ पुरानो त्यो ऐतिहासिक सङ्ग्रहालय त्यहाँभित्रको संरचना आ–आफ्नो धर्मसँग सम्बन्धित स्थलहरूको आँगन हेर्न अत्तालिरहेको छ मन । हतारमा यात्रा गर्दा विभिन्न कुरालाई ध्यानमा राख्नुपर्छ भन्ने कुरा मेरा प्रिय कवि श्यामलको कविता “हतारमा यात्रा”लाई मनन गर्दै चाहिने सर्जामहरू जम्मा गरेर निजि वाहनमा चढियो । दिनभरिको कामको थकाइ, बेलुकीको यात्रा रमाइलो हुनेमा आशावादी हुँदै गाडीमा भएको नाभिगेटरमा गन्तव्य स्थान हल्याण्डको आम्स्ट्राडम सेटिङ्ग गरेपछि हुइँकायो ड्राइभर छोरा निश्चलले । यात्रीहरू म र श्रीमती । समय साँझको ८:५० भएको थियो । नयाँ ठाउँको यात्रा भनेपछि त्यसै पनि हौसिन्छु म । एक सय बीस किलोमिटर प्रतिघण्टाको दरले गाडी दौडाउँदै छ छोराले । बाटामा कति गाडीलाई उछिनेर अगाडि बढियो । कति गाडीले हामीलाई पछाडि छाडे छाडे । हिउँदको बेला । हेर्दा उज्यालै भए पनि रात परिसकेको थियो । अचम्म लाग्छ, नेपाल र युरोपको समय मिलाउने पारा देखेर । युरोपमा छ महिनामा एक घण्टा समयलाई बढाउने र घटाउने गरिन्छ । युरोपमा गर्मीयाममा लामो दिन हुन्छ र अबेरमा सूर्य अस्ताउँछ । बिहान पाँच बजे नै सूर्य उदाउछ । १० बजे रातीसम्म झलमल्ल घाम लाग्छ । उज्यालैमा बेल्जियमको विभिन्न सहर छिचोल्दै प्राकृतिक पदमार्ग, उपत्यका र बाटामा ठाउँ ठाउँमा ठूला चम्किला भवनहरू देखिन्थे । युरोपभरिका घरका बनौट, यातायात र त्यसको सञ्जाल प्रायः उस्तै हुन्छ । १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा हुँइकिरहदा देखिने जमिनको दृश्य साँच्चै मनमोहक थियो । समथर जमिन, हरिया जङ्गल कुनै कलाकारले वर्षौं लगाएर बनाएका चित्र जस्ता । तहतह र खण्डखण्डमा विभाजित खेतका गराझैँ लाग्ने भूबनोट । शिशिर ऋतुको प्रारम्भमा प्रायः युरोपभरि प्रकृतिले असाध्यै सुन्दर पार्दोरहेछ । विशाल भूभागहरू आँखाले भ्याइनसक्नुका घाँसे मैदान र त्यसमा चर्दै गरेका गार्इका बगाल र भेंडा र घोडाका बथान हेर्दै हामी अगाढी रेलमार्गको किनारैकिनार पिचरोडबाट कमिलाको ताँतीसरि दौडिइरहेका ट्रकहरू,फराकिला फाँट र ती फाँटमाथि फैलिएका विशाल सामुन्द्रिक ताल, अनि क्षितिजरेखासँगै टाँसिएर दौडिएका ससाना पहाडका श्रृङ्खलाहरूझैँ लाग्ने मनमोहक दृश्य हेर्दै दौडिरहेका छौ । संसार सबैभन्दा अनौठो देश । जहाँ पानी माथि छ जमीन तल । विश्वकै एकमात्र यस्तो देश जहाँ अनौठा कुराहरूले भरिपूर्ण छन । सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैंचाहरू, कलात्मक गगनचुम्बी भवनहरूले मनै लोभ्याउथे । बेलुकीपख पश्चिमको आकाशलाई राताम्मे पारेर क्षितिजरेखाबाट विस्तारै तलतिर घस्रँदै गरेको सूर्यतिर औल्याउँदै जीवन सङ्गिनी उषाले भनिन अहा कस्तो राम्रो, दिनमा ताप दिने सुनौलो सूर्य जब दिन ढल्कदै जान्छ अनि रातो किन भएको होला र कहाँ जान्छ होला यो उज्यालिने सुर्य रातमा । मैले अस्ताउँदो सूर्यलाई देखाउदै मनमा उर्लिएका भावनाका तरङ्गलाई खेलाउँदै यो जीन्दगी पनि यसरीनै अस्ताउछ एक दिन , उज्यालोको सपना बोकेर हिँड्दाहिँड्दै कहाँ पुगेर के हुने हो पत्तै हुँदैन जिन्दगीको । जमिनमुनिको सम्पूर्ण भूभागमा भूमिगत रेलमार्ग अनि त्यसैमाथि अति अग्ला र ठूला भवनलाई आम्स्ट्राडामका सहरले आफ्नो खोकिलामा सजिलै राखेको देख्दा जो कोहिलाई पनि अचम्म लाग्छ । विश्वको न्यायलयको प्रधान कार्यालय द हेग (Den Haag) ले पनि जो कोहिलाई आकषिर्त गर्दछ । । उज्यालोले राति हो वा दिउँसो छुट्टयाउन गा–हो छ । तीन घण्टाभरिको यात्रामा निकै थाकेका थियौं हामी । थकाइ भोकलाई बोकेर हिमालय किचेनमा आईपुगेका छौ । जीवन हाँसेर बाँच्नका लागी हो भन्ने मान्यताका साथ अरुलाई सधैं खुशी रहन अभिप्रेरित गर्ने प्रिय अम्बिका बहिनी,विना बहिनी र साना साना भान्जीहरू आर्य र अंशुसँगै खुशी वाड्यौ एकार्कामा । विमल गिरी पराई आकाशमुनि रातको समयमा रेस्टुरेन्टकी सानु कद हँसिलो अनुहारको वइटर बहिनीले पिउनको लागि के ल्याउ भनिन, मैले यहाँको प्रसिद्ध बियर हेनेकेन ल्याउनुन भने र सबैले चियर्सगर्दै बिभिन्न परिकारसँगै पिउने खाने काम भयो । त्यती पिउदिन् म कैले कैले मात्र हो । पिउन अलि गाह्रो भएको छ । भुपिलाई सम्झिएँ “पिउन कति गाह्रो छ पिएर त हेर साथी ।” राजनीति, साहित्य र कलाका विविध प्रसङ्गमा गफिँदै छौँ l थाकेको अनुभूति, भैरहेको छ र मात्रै अलिकती लिएको हुँ । उसो त सबैले थोरै थोरै मात्र पियौ । दुइ दशकअघि अमेरिकामा स्थापित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वएकेडेमीको रुपमा विकसित हुँदै गरेको अनेसास नेदर्ल्याण्ड च्याप्टरका अध्यक्ष हिमालय किचेनका प्रोपाइटर सुर्यराज गिरीसङ्ग बसाइमा समाजको सकारात्मक गन्तव्यका लागि बाँचेका अक्षरजीविहरूको कुरा भए र स्टाफहरू मामा कैलाश गिरी हुनुहुन्थ्यो । दुई जोडी स्थानिय जोडीहरू उत्साहपूर्वक अनुभूति साट्दै खाने पिउने गरिरहेका थिए । मैले थोरै बुझे अनुसार ति जोडाजोडीहरू आफ्नै भाषामा बोलिरहेका थिए । भाषाप्रेम,देशप्रेम र नागरिकप्रेम एक किसिमले युरोपियनहरूको विशेषता नै हो । आफन्तहरूको कुरा सुनिरहदा कुरैकुरामा सङ्गिनी उषाले भन्दै थिईन जीवनमा भ्रमण त गर्नै पर्ने रहेछ । भ्रमणले मानिसलाई धेरै जान्ने सुन्ने बनाउँदोरहेछ । दु:ख सुख भोग्दै समयले निखार्दा–निखार्दै यो उमेरभो । आशा, आकांक्षा, कल्पना र संघर्ष अनि धैर्यका अनुभवहरू ।वगिरहन्छन नदी झै । हिजो हामी कहाँ थियौ आज यहाँ छौ भोली कहाँ पुगिने हो मैले थोरै थपे । मैले यसो भित्ते घडीतिर हेरे गफैगफमा विहानको तीन बजिसकेको थियो हतार हतार रेस्टुरेन्ट बन्द गरेर हामी हुइकियौ । नेदरल्यान्डको राजधानी आम्स्ट्राडम एउटा क्यानलै क्यानलले भरिएको पर्यटकिय सहर हो र यस सहरलाई उत्तरको भ्यानिस (Venice) भनेर चिनिन्छ । यहाँ करिब ९० वटा नहर (द्वीपहरू)थिए । १७ औं शताब्दीको प्रारम्भमा आप्रवासन बढ्दै गएपछि एक व्यापक योजना एकै ठाउँमा राखिएको थियो l जसको मुख्य नहरहरूको ओरपरका भागहरूमा १५५० स्मारक भवनहरू छन् यो भवन र स्मारकहरूलाई २०१० मा यूनेस्कोको स्मारक भवनहरू विश्व स्थलको रूपमा सूचीबद्ध गरिएको थियो । यहाँ अबस्थित नहरहरूलाई चार मुख्य भागमा छुट्याइएको छ । नहरको रिंग क्षेत्रमा पन्द्र सयजति पुलहरूछन । ति पुलहरूका लम्बाइलाई जोड्ने हो भने सय किलोमिटर जति हुन आउछ । नेदरल्याण्ड यस्तो देशहो जहाँ भाषा साहित्य र कला(चित्रकार)ले भरिपूर्ण भएको देश मानिन्छ । विश्वप्रसिद्ध चित्रकारहरू रेम्ब्रान्ट, भेरमेर,भेनगगको जन्म पनि नेदर्ल्याण्डमा भएको थियो । उनीहरू मरेर गए पनि लाखौँलाख व्यक्तिको मनमा उनीहरू बाँचिरहेका छन् र सयौँ वर्षसम्म बाँचिरहने छन् । नेदर्ल्याण्डको अतिव्यस्त व्यापारिक केन्द्रहरूमा जहाँ गाजा, चरेस,कोकिनजस्ता हानिकारक पदार्थहरू बाटाबाटामा खुलेआम किनबेच हुन्छन । गल्लीहरूमा गाजा र चरेस खानेका भिडहरूले दङ दङ दुसित घुवा उडाइरहेका हुन्छन । दुर्गन्धबाट मुक्ति पाउन मानिसहरू नाक थुनेर आफ्नो गन्तव्यतर्फ लम्कदैँ गरेका भेटिन्थे । सबै आआफ्नै धुनमा हतारमा हिडिरहेका थिए । कत्तिलाई कहाँ पुग्नु छ के के भ्याउनु छ, मान्छेको भिड उस्तैछ । सबैलाई हतार छ । फुत्त मेरै अगाडीबाट घुडामाथिको ट्याटु देखाउदै मेरै अगाडि एउटी काली आउँदा त छक्कै परे म । पर्फुमको महकसँगै सडक र पेटीमा हात समातेर हिँडिरहेका युगल जोडीहरू,बैसालु मुस्कानका साथ सुन्दरीहरू स्तन, नितम्ब,जाँघ हल्लाउदै अर्धनग्न ओहोरदोहोर गरिरहेका थिए । युरोपमा समयको अत्यन्त ख्याल गरिन्छ । त्यसैले आउनुपर्ने र पुग्नुपर्ने समयमा रत्तीभर तलमाथि हुँदैन । सादनहरू पनि ठीकठीक समयमा हिँड्ने र रोकिने गर्दछन् युरोपमा । हाम्रा देशमा जस्तो यात्रुहरूलाई घन्टौघन्टासम बाटोमा कुराएराउने कल्पना नै गर्न सकिन्न यहाँ । बाटाभरि साइकल यात्रीहरूको निकै भीड देखिन्छ । सामान्य मानिसहरू बिहानै साइकल चढेर काममा गएका देखिन्छन् । दिउँसो पनि ठूला सडकहरूमा मनग्य साइकल यात्रीहरू भेटिन्छन् । सहरमा यात्रीहरू भने नगण्य देखिन्छन् । जमिनै जमिनले घेरिएको भूपरिवेष्ठित राष्ट्रको नागरिकलाई त्यहाँको समुन्द्रै समुन्द्रले भरिएको परिवेशले निकै मोहित बनाएको थियो । जताततै हेरेर नभ्याउने पानी । जताततै डुङ्गा, बोट र जहाज देखिन्थे । चढ्ने र उत्रनेको त्यस्तै भिड । हामी (अम्बिका, उषा र निश्शल) पनि प्रति व्यक्ती ११ युरो तिरेर Tourist बोटमा १ घण्टा घुम्यौ । बिभिन्न अनुहारहरूसङ्ग एकाकार हुन पाउदा मन प्रफुल्ल भयो । १५ भाषामा मद्यमा सुन्न र सुनाउन मिल्ने रेकर्डेड छोटो ब्रिफिङ सुनिन्थ्यो वाणिज्य, आर्थिक, सांस्कृतिक, मनोरञ्जन, शिक्षा र पर्यटनको बारेमा सुनाइ रहेका थिए । हामी सबैका लागि एउटा अविस्मरणीय र एउटा रोमान्चकारी यात्रा थियो । गर्मी हपहपी छ । तर सबैलाई आनन्द । अनुहार राताम्मेछन सबैको । भर्खरका कुरकुरे वैशका ठिटाठिटीहरू आफ्नो छोप्नु पर्ने अङ्गहरूलाई थोरै कपडाले छोपिएका देखिन्थे । खुलेआम चुम्बन गर्दै, एकर्कामा औँला मुसार्नमा तल्लिन देखिन्थे ।कसैलाई कसैको चासो र मतलब थिएन । हामीभने मुखामुख गर्छौ । जताततै खुसी एवम् मायालु वातावरणयुक्त छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अधारभूत अधिकार राज्यले सुनिश्चित गरेको छ । ढुक्क छन सबैजना । मोरामोरी कतै हेर्दैनन । अचम्मको बसाइ,ओटले ओठलाई डसेकाछन । बिभिन्न मुलुकका काला, गोरा, सबै सबै अटाएको छन । प्रकृतिले दिएका यी सुन्दर उपहारहरू आखिर मान्छेकै खुसीमा थिए । बाटोमा देखिने प्राकृृतिक दृश्यहरूले वसन्त निम्त्याउँदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिंदै हरियालीमा परिणत हुने तरखरमा देखिन्थे परपर नियाल्दा l यसो हेर्दा सत्र अठारका वर्षका झै लाग्ने कम्मर नांगै पार्दै बीच बेन्चमा बसेर टोह्लाइरहेका थिए । कस्तो लाजसरम पचेका यी खैरेनीहरू । पोखिनै आटेका अटेसमटेस कामुक छातीमा ट्याटुलाई थोरै लुकाएका फुचीहरू नांगै तिघ्रा पारेर जिस्किदै कसैले अँगालो मारेर, कोही टाँसिएर, कोही नाङ्गे काखमा बसेर, सेल्फी खिचिरहेका देखिन्थे । यात्राका संझना, कोशेलीहरू मनभरी बोकेर हामी बाटो लाग्यौ । सी यु अगेन आम्ट्राडम । चारपाने झापा,हाल ब्रसेल्स । #विमल गिरी सामाजिक सञ्जाल र समयको बाँडफाँड: समाज द्रूत गतिमा परिवर्तनतर्फ अग्रसर भइरहेको छ । सदियौँदेखि विधिको शासनबाट चलिरहेको समाज अहिले प्रविधिको शासनमा रूपान्तरण भएको छ । प्रविधिको चङ्गुलमा फसिसकेको छ दुनिया, मानिससँग जोडिएका हरेक क्षेत्रहरू प्रविधिसँग पनि जोडिइसकेका छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, व्यापार, मनोरञ्जनलगायत हरेक क्षेत्रमा प्रविधि अपरिहार्य भइसकेको छ । एक्काइसौँ शताब्दीको यही परिवर्तनशील समाजका बृहत् आयाममाथि चर्चा र चिन्तन गर्ने बौद्धिक जमात पनि प्रविधिको विकाससँगै फरक ढङ्गले अघि बढ्न विवश भइरहेका छन् । प्रविधिले गर्दा उनीहरूको अमूल्य समय बचत भएको कुरा नकार्न सकिन्न तर त्यही प्रविधिमा आधारित भएर ठूलो फड्को मारेको मनोरञ्जन क्षेत्रका केही मञ्चहरूकै कारण बौद्धिक वर्गले समाजका विभिन्न आयाममाथि आफ्ना विचार, विमर्श, अनुसन्धान एवं रचनात्मक कार्यमा दिनुपर्ने महत्वपूर्ण समय बर्बाद गरिरहेको अनुभूति भइरहेको छ । हामीमध्ये धेरै अहिले सामाजिक सञ्जालका मञ्चहरू, जस्तै फेसबुक, ट्वीटर, टिकटक, युट्युब, इन्स्टाग्राम आदिमा आफ्ना अमूल्य समय व्यतित गरिरहेका छौँ । झिना-मसिना कुरामा अल्झिएर बसेका छौँ । समाजका अगुवाका रूपमा समाजको मेरूदण्ड बनेर बसेका राजनीतिज्ञदेखि प्रशासक, प्राध्यापक, शिक्षक, चिन्तकलगायत अन्य विभिन्न पेशा-व्यवसायमा आवद्ध सबै सामाजिक सञ्जालमा जोडिएका छौँ। ती मञ्चहरूमार्फत् आफ्ना विचारहरू, रचनाहरू, विभिन्न फोटोहरू तथा भिडियोहरू सेयर गरिरहेका हुन्छौँ । अरूले सेयर गरेका त्यस्ता सामाग्रीहरू पढिरहेका हुन्छौँ, हेरिरहेका हुन्छौँ र आफ्ना धारणा राखिरहेका हुन्छौँ । तर के यस्ता कार्यले हामीलाई केही मात्रामा खुसी र केही समय कटाउने मेलो दिनुबाहेक कुनै महत्वपूर्ण गन्तव्यमा पुर्याउन सघाइरहेका छन् त ? के प्रवुद्ध वर्गले समाजका निम्ति गर्न सक्ने योगदानमा अझै थप केही दिन सहयोग गरिरहेका छन् त ? हामीले यस विषयमा सोच्ने बेला भइसकेको छ भन्ने लाग्छ । ढिला गर्यौँ भने समाजको रूप नै बद्लिसकेको हुनेछ र मानवसभ्यतामाथि नै ठूलो प्रश्न चिह्न खडा भइसकेको हुनेछ । दीपक श्रेष्ठ हामी जुन पेशा-व्यवसायमा लागे पनि हामीले आ-आफ्नो क्षेत्रका बारेमा विचार आदानप्रदान गर्नेदेखि छलफल र बहसको माध्यमबाट नवीन सोचको विकास गर्न हरदम तयार रहनुपर्दछ। यसका निम्ति सामान्य छलफलदेखि अनुसन्धानात्मक अध्ययनसम्म गर्नुपर्ने हुन्छ । त्यसका निम्ति हामी मानसिकरूपले तयार हुनुपर्दछ । शारीरिक रूपमा स्फुर्त रहनुपर्दछ । तर वर्तमान परिवेशको कुरा गर्ने हो भने हामी सबै व्यस्त छौँ । हाम्रो मस्तिष्क र शरीर दुवै प्रविधिको चङ्गुलमा परिसकेका छन् । सामाजिक सञ्जालमा भुलेरै मस्त भइसकेका छौँ। अझ भनौं अस्तव्यस्त भइसकेका छौँ। हामी एक्लाएक्लै भएर विभाजित भइसकेका छौँ। विचारमा मात्र होइन काममा समेत विभाजित छौँ। हामी न मिलेर केही ठोस कार्य गर्न सक्षम भएका छौँ न कुनै योजना बनाउन नै लागिपरेका छौँ। हामी त आफैँलाई मात्र केन्द्रमा राखेर अघि बढिरहेका छौँ। आफैँले सोचेको मात्र ठीक, आफैँले सम्पन्न गरेको कार्य मात्र राम्रो भन्दै आफ्नै डम्फु बजाउनमै मस्त छौँ । यो सबै सामाजिक सञ्जालकै कारण भइरहेको छ भन्ने नै मेरो निष्कर्ष हो। मैले मेरा जीवनका उर्जाशील कैयौं वर्ष लेखपढमै बिताएको छु । शिक्षण पेशामा आवद्ध भएर करिब दुई दशक यही क्षेत्रका निम्ति लगानी गरेको छु । तर मैले यस क्षेत्रमा देखेका, भोगेका कैयौँ समस्याहरू समाजसामु कहिल्यै उजागर गर्न सकिनँ । सन् २००९ मा फेसबुक नेपालीहरूमाझ आएदेखि नै म पनि यसमा रमाउन थालेँ । आफ्ना चिनारू तथा नचिनेका सामान्य व्यक्ति एवं सेलिब्रेटीहरू खोजी खोजी फ्रेण्ड रिक्वेस्ट पठाएर ‘हाइ हेलो’ गर्दै सुरू भएको थियो सामाजिक सञ्जालको यात्रा । यो यात्रामा अन्य यस्तै सञ्जालहरू युट्युब, ट्वीटर, इन्स्टाग्राम, टिकटक सबैमा भुल्न थालेँ । समय कटेको पत्तै नहुनेगरी जीवनका करिब एक दशक समय बितेपछि भने अहिले आएर आफूले गुमाएका ती विगत सम्झेर पछुताउँदैछु। सबै कामहरू जति सबै अरूले नै गरिदिने हुन् भन्ने मानसिकतामा बसिरहेका छौँ ? लेखपढमा रुची भएको म जस्तो शिक्षण पेशामा लागेको व्यक्ति यसरी भुलभुलैयामा परेको छ भने अरूको त झन् के कुरा गर्नू र खै ! हामी त्यस्ता सामाजिक सञ्जालका दास हुनपुगेका छौँ भने ती प्रविधि विकास गर्नेहरूचाहिँ संसारका धनाढ्यमा गनिन थालेका छन् । तर हामी दास बनिरहेका छौँ । किन हामी उच्च शिक्षा आर्जन गरेकाहरू नै दास मानसिकता पालिरहेका छौँ ? किन सबै कामहरू जति सबै अरूले नै गरिदिने हुन् भन्ने मानसिकतामा बसिरहेका छौँ ? मलाई विश्वास छ, हामी सबै मध्यम स्तरमा लेखपढ गर्न सक्षम छौँ। कैयौँ विषयमा छलफल चलाउन सक्षम छौँ। हामी अनुसन्धान गरेर त्यसबाट नयाँ निचोड निकाल्न सक्ने स्थानमा छौँ। तर हेर्नुहोस् त, सामाजिक सञ्जालको करामत ! हामी हल्काफुल्का कुरामा रूमलिइरहेका छौँ । यसको फाइदा उठाउँदै सत्तामा बस्नेहरूले अनेकौंपटक जनताको आँखामा छारो हाल्ने र झारा टार्ने काम गरिरहेको कुराबाट बेखबर भएका छौँ । खबर आए पनि त्यसलाई सही दिशातर्फ डोर्याउन हामीमध्ये कतिजना विचारशील र विवेकपूर्वक लागिपरेका छौँ ? प्रश्न हामीतिरै तेर्सिएको छ। ठण्डा दिमागले सोच्नुपर्ने बेला आइसकेको छ, सञ्जालमा अल्झिएर हामीले महत्वपूर्ण समय खेर फालिरहेका त छैनौँ ? हामीले एकपटक पाउने यो जिन्दगीमा अनेकौँ कार्य गर्नुपर्ने कुरा शाश्वत सत्य हो । सञ्जालमा बाँधिएर त्यसमा नियमित तर थोरै समय दिएर अघि बढ्नु अबको कार्यदिशा हुनुपर्दछ । हामीले आफूले विज्ञता हाँसिल गरेको क्षेत्रका अनेकन् सत्यतथ्यहरू बाहिर ल्याउन सक्नुपर्दछ। शिक्षा, स्वास्थ्यमात्र होइन मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने धर्म, संस्कृति, इतिहास, परम्परादेखि हिजोआजका जल्दोबल्दो प्रविधिका विविध आयामहरूमाथि प्रकाश पार्नसमेत ढिला भइसकेको छ । यसका निम्ति आ-आफ्ना क्षेत्रमा आवद्ध भएका साथीहरू मिलेर घनिभूत रूपमा छलफल चलाएर तत्तत् क्षेत्रका कमीकमजोरी एवं फाइदाजनक तथ्यहरू उजागर गर्नुपर्छ । जुन समाजको ऐना हुनेछ । विभिन्न संचार माध्यमहरूमार्फत् त्यस्ता कुराहरू सार्वजनिक गर्नुपर्दछ । त्यसका निम्ति रेडियो, टेलिभिजन, इन्टरनेट तथा इन्टरनेटमा आधारित विभिन्न सामाजिक मञ्चहरू प्रयोग गर्न सक्छौँ। जो व्यक्ति जे विषयमा सामान्य जानकार छन् वा विशेषज्ञतामा हाँसिल गरेका छन्, त्यो व्यक्तिले स्वयं वा अन्य व्यक्तिसँग मिलेर विषयगत लेख रचनाहरू तयार गर्न सक्छन् । आमजनतामा पुग्न सकिने सशक्त एवं सरल माध्यमहरूमध्ये लेखेर व्यक्त गरिने माध्यम सबैभन्दा उपयुक्त माध्यम हो भन्ने मेरो ठहर हो । यसको निम्ति कुनै पनि जटिल किसिमका प्राविधिक ज्ञानको आवश्यकता पर्दैन । जो व्यक्ति जे विषयमा सामान्य जानकार छन् वा विशेषज्ञतामा हाँसिल गरेका छन्, त्यो व्यक्तिले स्वयं वा अन्य व्यक्तिसँग मिलेर विषयगत लेख रचनाहरू तयार गर्न सक्छन् । लेख रचनाहरू साहित्यिक वा गैरसाहित्यिक जुनकुनै रूपमा लेख्न सकिन्छ । सामान्य छलफल गरेर निष्कर्षमा पुग्ने हो कि अनुसन्धानका अनेकन विधि अपनाएर निचोड निकाल्ने हो, त्यो लेखकमा भर पर्दछ । एकलरूपमा वा समूहमा रहेर लेखिएका लेखहरू विभिन्न दैनिक पत्रपत्रिकादेखि जर्नललगायत हालको समयमा अनलाइन जर्नल तथा पत्रपत्रिकामा समेत प्रकाशन गर्न सकिने भइसकेको छ । निजि खर्च वा प्रकाशकको सहयोगमा पुस्तक प्रकाशन गरेर पनि अघि बढ्न सकिने यो कार्यमा लागेमा समाजका निम्ति केही अतुलनीय कार्य गर्न सकिने देखिन्छ । यस्तो महत्वपूर्ण कार्य गर्दा आफूलाई मिल्ने अपार सन्तुष्टि त छँदैछ, आफ्नो विज्ञता समाजको निम्ति अचुक सामाग्री हुनजाने कुरामा पनि गर्व गर्न सकिने समय आउनेछ । समयको भरपुर सदुपयोग गर्दै आफ्नो रूचीको विषय र क्षेत्रमा अध्ययन अनुसन्धान गरेर केही योगदान गर्न सकेको खण्डमा मानव सभ्यता र विकासमा एउटा ईंट्टा थपिन जाने कुरामा पक्का छ छैन । यसका निम्ति हामीले गर्नुपर्ने एकमात्र महत्वपूर्ण कार्य भनेको समयको सदुपयोग हो। हामी हाम्रा भावी पुस्तालाई विस्तारै सही बाटोमा ल्याउनसमेत सफल हुनेछौँ। आजका दिनसम्म आइपुग्दा हामीले समय बचत गर्न सक्ने एकमात्र उपाय भनेकै सामाजिक सञ्जालमा कम तर गुणस्तरीय समय दिएर व्यवस्थापन गर्नु हो । यसो गर्दा अनावश्यक सामाग्री हेर्न र सुन्नबाट टाढा रहन सक्छौँ । हामीले नहेरेपछि, नसुनेपछि,नपढेपछि र अनावश्यक रूपमा सेयर नगरेपछि त्यस्ता उट्पट्याङ्ग र अनुचित सामाग्रीहरूको प्रकाशन र प्रशारण स्वत बन्द हुनेछन् । हामी हाम्रा भावी पुस्तालाई विस्तारै सही बाटोमा ल्याउनसमेत सफल हुनेछौँ। लेखपढ जस्तो ज्ञान आर्जन गर्ने दिव्य कार्यमा मन लगाएर फेरि पनि समाजलाई उर्वर र उर्जाशील बनाउन सक्षम हुनछौँ। आफ्नो अमूल्य जीवनका बाँकी दिनहरू अझ सचेत भएर लेखपढमा बिताउन सक्नेछौँ । ज्ञानको महासागरमा एक थोपामात्र अमृतसरी आफ्ना नवीन विचार थप्न अग्रसर हुने अवसरलाई खेर फाल्नु भनेको ठूलो भूल हो । सही समयमा पलाएको सही विचारले हामीलाई दिने भनेको त्यही सन्तुष्टि नै हो जुन हामी अवास्तविक सामाजिक सञ्जालमा खोजिरहेका छौँ । #दीपक श्रेष्ठ पुस्तक समीक्षा कसरी लेख्ने?: पुस्तक समीक्षा लेख्ने र समीक्षक बन्ने रहर धेरैलाई हुन्छ । तर थोरैसँग यस विधामा हात हाल्ने आँट अथवा ज्ञान हुन्छ । यो एउटा जोखिमपूर्ण प्राज्ञिक अभ्यास पनि भएकोले थोरैले मात्र यसलाई अँगाल्छन् । धेरैले प्रयास गरे पनि थोरैले त्यस प्रयासलाई निरन्तरता दिन्छन् । पुस्तक किन्नुपर्यो, समय लगाएर, दोहोर्याई–तेहेर्याई पढ्नुपर्यो, लेख्नुपर्यो, पत्रिकाको सजिलो अप्ठेर र इच्छाअनुसार म्याद कुर्नुपर्यो, र छापिएपछि कुनै पनि प्रकारका आसन्न प्रतिक्रियको समना गर्न कम्मर कसेर तयार रहनुपर्यो । समीक्षा गर्नका लागि हातमा टिपिएको पुस्तकको मात्रै होइन, त्यसले समेट्ने विविध सिद्धान्त, त्यसको विधागत जानकारी, त्यस्तै अन्य पुस्तकको जानकारी, त्यसको लेखकको बारेमा धेरथोर जानकारी (नवसमालोचनावादीले यो पर्दैन भन्छन्, म पर्छ भन्छु) समेटिएको समय र परिवेश आदिको जानकारी हुनु अनिवार्य आवश्यक छ । साथसाथै विवेचनामा प्रयोग हुने प्राविधिक शब्दहरूको ज्ञान र मानक नेपाली अथवा समीक्षा लेख्ने भाषाको राम्रो ज्ञान पनि जरुरी हुन्छ । लेखिएको समीक्षा विश्वसनीय हुनका लागि समीक्षकको अध्ययन र ज्ञानको क्षेत्र पनि विश्वसनीय र व्यापक हुनु जरुरी हुन्छ । हुन त समीक्षा सबैले लेख्न सक्छन् भन्ने पनि गरिन्छ, तर त्यसको प्रभावकारिता कमजोर भयो भने के अर्थ ? महेश पौड्याल पुस्तक समीक्षा कसरी लेख्ने भन्ने विषय द्वितीयक विषय हो । पहिलो विषय हो, यो बाटो कण्टकाकीर्ण र अप्जसिलो छ, तरै पनि हिँड्छु भन्ने अठोट । सबै लेखकले समीक्षा स्वीकार्छन् भन्ने हुँदैन । सबै सम्पादकले समीक्षा छापिदिन्छन् भन्ने पनि हुँदैन । तर, आत्मविश्वासपूर्ण ढङ्गले, बाटो नबिराइकन हिँड्ने प्रतिबद्धता चाहिन्छ । र त्यो धैर्य पनि चाहिन्छ । धेरै रिसाउँछन् । केहीले सम्बन्धै विच्छेद पनि गर्छन् । स्वभावैले लेखकहरू प्रशंसा खोज्छन्, तर समीक्षकले वस्तुपरक ढङ्गले जे सत्य हो त्यो भन्ने हो । ‘मैले यस्तै देखेँ’ भनेर आत्मगत कुरा भन्न पाइँदैन । पुस्तक समीक्षाका लागि केही टिप्स यहाँ दिइएको छ । माथि उल्लेख गरिएजस्तो प्रतिबद्धता हुने जो कोहीले पनि यी बुँदामाथि मनन गर्न सक्छ । यी बुँदालाई नजरअन्दाज गरेर कसैले आफ्नो नविन र मौलिक कसि बनाउँदा पनि हुन्छ । १. पुस्तकका बारेमा प्रारम्भिक जानकारी सङ्कलन गर्नुस्ः किताबको नाम, विधा, प्रकाशन, प्रकाशन मिति, संस्करण, पृष्ठ सङ्ख्या, मूल्य आदि । २. लेखकका अन्य कृति, तिनीहरूको विधा र अलिकति भए पनि विषयवस्तु थाह पाउनुस् । ३. जुन विधाको पुस्तक हो, त्यस विधाबारे सैद्धान्तिक र संरचनात्मक जानकारी, र पछिल्लो समय त्यस विधामा लेखिएका अन्य केही समकालीन पुस्तकको जानकारी सङ्कलन गर्नुस् । ४. पुस्तक पढ्दैखेरी समीक्षा गर्नु छ भन्ने कुराको हेक्का राख्नुस् । त्यसो भयो भने, पछि सम्झनुपर्ने कुरालाई रेखाङ्कन गरिन्छ । चिनो लाइन्छ । सम्झनुपर्ने कुरा सम्झनामा राखिन्छ । सबल पक्षहरूको टिपोट बनाइन्छ । दुर्वल पक्षहरूलाई पनि चिनो लगाएर ध्यानमा राखिन्छ । ५. पुस्तकमा प्रयुक्त कथानक, अथवा तथ्याङ्कलाई सुरुदेखि नै आलोचनात्मक ढङ्गले हेर्नुस् । के कुराहरू विश्वसनीय छन्? संभावित छन्? भ्रामक छन्? अथवा, सिर्जनशील छन्? अथवा छैनन्? निक्र्यौल गर्नुस् । प्रभाववादको चपेटमा पर्नु हुँदैन समीक्षक । यहाँनेर एउटा चिकित्सकको दृष्टान्त सटिक हुनसक्छ । बिरामीले जति नै रोइकराइ गरे पनि, जति नै पुराना कथा सुनाए पनि, र जति नै बिलौना गाए पनि एउटा चिकित्सक त्यसै रोदनसँग पग्लिएर बग्न मिल्दैन । ऊ आफ्नो ठाउँबाट कुनै पनि संवेदनाले विचलित नभई बस्नुपर्ने हुन्छ । समीक्षक पनि त्यस्तै हो । कथासँगै आँसु बगाउने, पात्रसँगै रोइदिने पाठक प्रभावको बशमा पर्छ । ऊ आलोचनात्मक बन्नै सक्दैन । ७. भाषा कस्तो छ? शुद्ध छ? अशुद्ध छ? प्रयोगशील छ? क्लिष्ट छ? सरल छ? प्राञ्जल छ? सम्प्रेष्य छ? पत्ता लाउनुस् । ८. पुस्कतको कभरमा के छ? कभर र कथ्यका बीच सामाञ्जस्य छ वा छैन? भित्रको प्राविधिक पक्ष कस्तो छः लेआउट, फोन्टको आकार, छापा, कागजको गुणवत्ता आदि पनि हेर्नुहोस् । ९. चित्र छन्? चित्र र कुरोको बीचमा सामञ्जस्य छ वा छैन? चित्र सम्पादन गरिएको छ वा छैन? चित्रहरू कथ्यको सांस्कृतिक परिवेशमा फिट छन्? १०. यी तमाम कुरा विचार गरेपछि तपाईंसँग अब पुस्तकको सबल पक्ष, दुर्वल पक्ष, यसको ऐतिहासिक, समाजिक अथवा प्राज्ञिक मूल्यको जानकारी रहन्छ, र लेखकलाई दिनुपर्ने सम्यक सुझावको सूची पनि रहन्छ । अब तपाईं समीक्षाका लागि तयार हुनुहुन्छ । लेख्नुपूर्व : यी माथिका कुरामा स्पष्ट भएपछि, यी कुरामा ध्यान दिनुहोस्ः १. तपाईं आफ्नो लैङ्गिक पहिचान बिर्सनुहोस् । पुरुष वा महिला भएर समीक्षा लेख्दा लैङ्गिक आग्रहले घुसपेठ गर्छन् । २. तपाईं आफ्नो धार्मिक, क्षेत्रीय अथवा जातीय पहिचान बिर्सनुहोस् । ३. तपाईं आफ्ना सैद्धान्तिक अथवा राजतैतिक आग्रह पनि बिर्सनुहोस् । ४. लेखकसँग तपाईंको कुनै प्रकारको करिबी सम्बन्ध, मनमुटाव अथवा दुष्मनी छ भने त्यो पनि बिर्सनुहोस । ५. तपाईंलाई यो समीक्षा लेखेवापत लेखक वा प्रकाशक अथवा उनीहरूका करिबीहरूबाट कुनै नाजायज (पारिश्रमिक अथवा प्राज्ञिक मूल्याङ्कनबाहेकको) फाइदा हुने सम्भावना छ भने समीक्षा लेख्ने काम बन्द गरिदिनुहोस् । किनकि, त्यस स्थितिमा तपाईंले आरति लुख्नुहुन्छ । पाठकबाट जस, यश, कीर्ति हाँसिल हुने, अथवा आफ्नो प्राज्ञिक उन्नति हुने कुरो यस कर्मबाट बोनसमा आउने कुरा हो । यो समीक्षा पढेर लेखकले के भन्ला भन्ने चिन्ता तपाईंको मनमा छ भने तपाईं कमजोर समीक्षक हो । ६. यो तिरन–तारनको खेती होइन । यो विषय दिमागमा रहनु हुँदैन । ७. तपाईं सम्पादक अथवा लेखकले दिएको दृष्टिविन्दुबाट नलेख्नुहोस् । पुस्तकले जे माग्छ, त्यो अन्तिम । ८. जतिपल्ट, र जुन कोणबाट प्रश्न गर्दा पनि पुस्तक अब्बलै सावित हुन्छ भने अब्बलै हो । अन्यथा होइन । पुस्तकलाई प्रश्न गर्दा आफ्ना निजी आग्रहलाई त्यागेर, तटस्थ प्रश्न गर्नुहोस् । समीक्षा लेखन समीक्षा लेखनको कुनै स्थापित संरचना छैन । त्यसैले, समीक्षकले सकेसम्म आफ्नै मौलिक शैली बनाउनु राम्रो । सकिएन भने, यसो गरे पनि हुन्छः १. सुुरुमै पाठकको ध्यान तान्नु जरुरी छ । तथ्याङ्क र विवरणले ध्यान तान्दैन । त्यसका लागि कुनै कथाशैलीको प्रसङ्ग, अथवा केही प्रश्नबाट सुरु गर्नु राम्रो । २. यी प्रसङ्ग अथवा प्रश्न राखेपछि पुस्तकको कुरा जोड्नुहोस्ः पुस्तक, लेखक, प्रकाशन, प्रकाशन सन्दर्भ अथवा अरु केही आवश्यक कुरो, प्रकाशन समय, चर्चा, पुरस्कार..आदि । ३. अब पुस्तकमा के छ, त्यो भन्नुहोस्, संक्षेपमा । ४. पुस्तकमा के छैन, त्यसको चर्चा गर्ने होइन । शीर्षक पढ्दा यो चाहिँ हुनुपर्ने भन्ने लागेको, तर भित्र पढ्दा नभनेटेको कुरा छ भने प्रश्न उठाउन पाइन्छ । अथवा, एउटा समूहका सूचनामा केही छुटे भने सम्झाउन पाइन्छ । ५.अब पुस्तकले अघि सारेका तथ्य र कुराको सामाजिक, साहित्यक, प्राज्ञिक मूल्यको कुरा गर्नुस् । ६. पुस्तकका सबल पक्ष केके छन्, लेख्नुहोस् । ७. पुस्तकका दुर्वल पक्ष केके छन्, लेख्नुहोस् । ८. लेखकलाई दिनुपर्ने केही सुझाव छ? छ भने, दिनुहोस् । छैन भने त छैन । नोटः राम्रो समीक्षकलाई हेक्का हुनुपर्छ कि कुनै पनि दृष्टिकोण वैयक्तिक हुने हुनाले अन्तिम सत्य होइन । त्यसैले, विशेषण प्रयोग गर्दा सधैँ सचेत हुनुपर्छ । अब्बल, शक्तिशाली, अत्यन्तै शक्तिशाली, प्रभावशाली, कोशेढुङ्गो, उत्कृष्ट, निकृष्ट, निम्न कोटिको…आदिआदि विशेषण प्रयोग गर्नु हुँदैन । किताब बलियो छ भने, ती बलिया पक्षको विश्लेषण गर्ने हो । पाठकले आफैँ विशेषण जुराउँछन् । निकृष्ट छ भने पनि, किताबको कमजोर पक्ष केलाइदिएपछि पाठकले आफैँ निकृष्ट भएको निचोड निकाल्छन् । समीक्षाका नामका पुस्तकको विज्ञापन नगर्नुहोस् । यो किताब पढ्न योग्य छ वा छैन भन्ने एउटा वस्तुगत निचोड पाठकले तपाईंको समीक्षा पढेपछि निकालोस् । राम्रो समीक्षा लेख्नुहोला, शुभकामना ! #महेश पौड्याल नेपाली साहित्यमा अपाङ्गताको सन्दर्भः पूर्वजन्मको पाप नै हो त !: साहित्य यस्तो बहुआयमिक विधा हो जहाँ कथा, निबन्ध, गजल, उपन्यास, मुक्तकजस्ता विधाहरूबाट विविध प्रकारका अनुभूति र सन्दर्भहरू प्रकट हुने गर्दछ । नेपाली साहित्य समयक्रमसँगै परिमार्जित हुँदै गइरहेको छ । जसको प्रयोग अध्ययन-अध्यापन कार्यका साथै मनोरन्जनको लागि पनि हुने गर्दछ । प्रश्न उठ्छ, यो बहुआयमिक विधाले सबै पक्षमा सकारात्मक छलाङ् मार्न सकेको छ त ? के यो समावेशी बन्न सकेको छ त ? समावेशीताको कुरा गर्दा यहाँ हामी अपाङ्गता भएका व्यक्तिहरूको समावेशीताको सन्दर्भलाई जोड्छौँ । अपाङ्गता समावेशी साहित्यको प्रसङ्ग जोड्दा अपाङ्गता के हो बुझ्नु अत्यावश्यक हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौदिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सृजित विभिन्न अवरोधहरूसँगको अन्तरक्रियाको कारणले समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति बुझिन्छ। यस परिभाषानुसार अपाङ्गता भएको व्यक्ति भनिनको लागि जम्मा तीनवटा मुख्य कुरा हुन जरूरी छ । शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता भएको । समाज वा वरिपरिको वातावरणसँग अन्तरक्रिया गर्दा अवरोधको सामना गर्नुपरेको । \u200dसमाजमा अन्य व्यक्तिसरह समान आधारमा सहभागी हुन नपाएको । सरिता लामिछाने त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐनका अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रीयसम्बन्धी दीर्धकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ । अपाङ्गता जन्मजात, विभिन्न प्रकारका रोगहरूको सङ्क्रमणमा समयमै उपचार नपाउदा र दुर्घटनाको कारण पनि सृजना हुने गर्दछ । विगतदेखि वर्तमान समयको समीक्षा गर्दा प्रायःजसो साहित्यिक कृतिहरूमा अपाङ्गतालाई पुर्वजन्मको पापको फलका रूपमा प्रतिस्थापित गरी अपाङ्गता भएका व्यक्तिहरूलाई निरिह र अपहेलितरूपमा प्रस्तुत गरेको पाइन्छ । जसको उदाहरणको रूपमा २०६२ मा मदन पुरस्कार प्राप्त कृष्ण धराबासीको राधा उपन्यासमा कुन्तीको मुखारबिन्दुबाट प्रकट भएको सन्दर्भलाई लिन सकिन्छ । उपन्यासमा दृष्टिविहिन धृतराष्ट्रको पत्नी गान्धारीको भनाइलाई यसरी उल्लेख गरेको छ; “यी आँखाले म मेरो रूप हेर्न सक्दिनँ, प्रकृतिले मलाई यति सुन्दर बनाएर के गर्नु ? जुन सुन्दरतालाई हेरेर मेरो पति खुसी हुनै सक्दैन, जोसँग आँखै छैन । अन्धाकी श्रीमतीलाई रूपको के महत्व ! त्यसैले मैले यो आँखामा पट्टी बाँधेकी हुँ ।” त्यसैगरी महाभारतको एक प्रसङ्गमा धृतराष्ट्रको छोरा दुर्योधनलाई द्रौपदीले अन्धाको छोरा अन्धै हुन्छ भनेको कुरा उल्लेख छ । साथै सुबिन भट्टराईको उपन्यास सायामा ओस्लोबाट साढे दुई वर्षपछि घर फर्केको सन्दर्भमा अतितको भनाइ छ, “मैले प्रेममा अन्धो भएर घरलाई लात हानेको थेँ” । यी प्रसङ्गहरूमा पनि दृष्टिविहिनलाई सम्बोधन गरेर भनिने अमर्यादित शब्दावलीको प्रयोग गरेको छ । उक्त भनाइहरूले अपाङ्गता भएका व्यक्तिहरू दयाको पात्र हुन् र बिग्रे-भत्केका चिजहरूको तुनलना गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई होच्याएर प्रयोग गरिने शब्दावलीहरूको प्रयोग गर्नु वान्छनीय हुन्छ भन्ने सोचलाई मौलाउन मलजल प्रदान गरेको छ । तथापि वास्तविक जीवनमा केही यस्ता उदाहरणहरू छन् जसले गान्धारीको भनाइलाई गलत र विवेधकारी प्रमाणित गरेको छ । विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतिकात्मक बनाएर शीर्षकहरू चयन गरेको छ । सुन्दरताले आँखाले हेरेर मात्र महत्व पाउने होइन, सुन्दरतालाई नहेरे पनि महसुस गर्न सकिन्छ । यसतर्फ साहित्यकारहरूले आफ्नो अनुसन्धानअघि बढाएर कलम चलाउनेतर्फ अभिप्रेरित हुनुपर्दछ । विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतिकात्मक बनाएर शीर्षकहरू चयन गरेको छ । तथापि ती कृतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको खातिर प्रयोग हुने अमर्यादित शब्दावलीहरूको प्रयोग भएका छन् । जुन कृतिहरू हालसम्म प्रसिद्ध र उत्कृष्ट कृतिको रूपमा स्थापित भएका छन्, उदाहरणको रूपमा लैन सिंह वाङ्देलको औपन्यासिक कृति ‘लङ्गडाको साथी’, भुपि शेरचन्दको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, केशवराज पिँडालीको ‘लाटो बुङ्गाको डायरी’, उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, गुरूकुलमा निरन्तर मन्चन भइरहने नाटक ‘अन्धाले हात्ती छामेको’ आदिलाई लिन सकिन्छ । सिमित सूचना र अमैत्री प्रणालीका बीचमा पनि केही अपाङ्गता भएका व्यक्तिहरू साहित्य क्षेत्रमा क्रियाशील भइरहेका छन् । साहित्यिक सचेतना र क्रियशीलतालाई अपाङ्गताले छेक्दैन भन्ने प्रमाण झमक घिमिरे र पारिजातजस्ता स्रष्टाहरूले प्रस्तुत गरिसकेका छन् । छिट्फूट कृतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सकारात्मक सन्दर्भलाई प्रस्तुत गरिएके छ । उदाहरणका रूपमा मिलन सङ्ग्रौलाको उपन्यास ‘च्याट गल्’, शारीरीक अपाङ्गता भएका व्यक्ति कृष्ण भन्डारीको कृति ‘ह्विल् चियरको जिन्दगी र मनको आँखा’, दृष्टिविहिन कमल लामिछानेको ‘अन्तर्दृष्टि’, राम देव पान्डेको ‘काँडाघारीका फूलहरू”, मनिसा गौचनको “ह्वाइट् केन्”, झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति “जीवन काँडा कि फूल” आदीलाई लिन सकिन्छ । जसको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूले जीवनमा गर्नु पर्ने सङ्घर्ष र सङ्घर्ष पश्चात् प्राप्त हुने सफलतालाई उजागर गरेका छन् । परिणामस्वरूप स्वयम् अपाङ्गता भएका व्यक्तिहरूलाई समेत जीवनप्रति सकारात्मक आसा जगाउनुका साथै अन्य व्यक्तिहरूलाई समेत उत्प्रेरणा प्राप्त भएको छ । नेपाली साहित्य क्षेत्र अपाङ्गता भएका व्यक्तिहरूको परिपेक्षमा पहुँचयोग्य अवश्य छैन । बजारमा आएका धेरै कृतिहरू दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समयमै सहजरूपमा पढ्न पाउँदैनन् । तथापि विगत २ दशकदेखि रेडियोकर्मी अच्युत घिमिरेद्वारा सञ्चालन गरेका कार्यक्रमहरू रेडियो वाचन र हाल पनि प्रत्येक मङ्गलबार र शुक्रबार बेलुका ९:१५ मा उज्यालो रेडियोबाट प्रसारण भइरहेको स्रुति सम्वेग कार्यक्रमले भने दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूलाई गद्यात्मक साहित्यिक कृतिहरू पढ्ने अवसर जुटाएको छ । कतिपय पाठ्यक्रममा समावेश भएका कृतिहरू प”र्णरूपमा पढ्नका लागि रेडियोकर्मीलाई अनुरोध गरेर स्रुति सम्वेगमा नै निर्भर हुनुपरेको कुरा दृष्टिविहिन व्यक्तिहरू बताउछन् । साहित्यिक कृतिको अध्ययनमा तिर्खाएका दृष्टिविहिन समुदायलाई घिमिरेको आवाजमा सञ्चालित कार्यक्रमहरूले केही राहत भने भएको छ । साथै घिमिरेद्वारा सञ्चालित बुलबुल र एकल कविता वाचनले केही अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सृजना र सृजनशीलताको उजागर गर्ने मौका मिलेको छ । तथापि यो नै यथेष्ट भने छैन । सहभागिता शून्य हुनुको कारण अपाङ्गता भएका व्यक्तिहरूमा साहित्यिक चेतना नभएर होइन, ती कार्यक्रमको बारेमा सूचनाहरू पहुँचयुक्त ढाँचामा प्रकासन र प्रसारण नहुनु, प्रशिक्षण आयोजना गरिएका स्थानहरू अपाङ्गतामैत्री नहुनु बाधकहरू हुन् । काठमाडौँ उपत्यकाबाहिर रहेका प्रायः अपाङ्गता भएका व्यक्तिहरूद्वारा रचना भएका धेरै सृजनाहरू डायरीमै सिमित रहेका छन् । अझै पनि खण्डकाव्य, महाकाव्यहरूलाई शृङ्खलाबद्ध रूपमा वाचन गरिने खालका कार्यक्रम र पहलहरू भने कहीँकतैबाट भएका छैनन् । विभिन्नप्रकारका साहित्यिक प्रशिक्षणका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता शून्य पाइन्छ । सहभागिता शून्य हुनुको कारण अपाङ्गता भएका व्यक्तिहरूमा साहित्यिक चेतना नभएर होइन, ती कार्यक्रमको बारेमा सूचनाहरू पहुँचयुक्त ढाँचामा प्रकासन र प्रसारण नहुनु, प्रशिक्षण आयोजना गरिएका स्थानहरू अपाङ्गतामैत्री नहुनु बाधकहरू हुन् । यो सवालमा प्रज्ञाप्रतिष्ठानको पनि खासै ध्यान पुगेको पाइँदैन । “जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछन् कवि” भन्ने भनाइलाई वैधानिकता प्रदान गर्ने दायित्व अग्रज र समकालीन साहित्यकारहरू सबैको हो । समाजमा रहेका बहुसन्दर्भहरूलाई पस्कने साहित्यकारहरूले अपाङ्गताको अधिकारमुखी अवधारणाको अध्ययन गरी आफ्नो कृतिहरूमा सोको प्रतिबिम्ब उतारेमा नेपाली साहित्य जगत पनि समावेशी बन्न सक्थ्यो कि ? ( दृष्टिविहीन लामिछाने अपाङ्गताकाे क्षेत्रमा लामाेसमयदेखि क्रियाशील छिन् । ) #सरिता लामिछाने बुकरमा हिलारीले कीर्तिमान रच्लिन् ?: द बुकर प्राइजेजले अन्तर्राष्ट्रिय बुकर पुरस्कारको लामो सूची जारी गरेको छ । लामो सूचीमा छानिएका १३ पुस्तकमध्ये यस पटक नौ वटा उपन्यास साना प्रकाशकका परेका छन् । यस्तो हुनुलाई साना प्रकाशकको साहित्य प्रतिको गहिरो रूचि तथा ठूला प्रकाशकको खतरा मोल्न नरूचाउने प्रवृत्तिका रूपमा अर्थ्याइन थालेको छ । प्रतियोगिताका लागि सहभागी १६२ वटा पुस्तकबाट यो लामो सूची निकालिएको हो । यस पटक सबैलाई आश्चर्यमा पार्ने गरी उपन्यासकार हिलारी मन्टेल पनि सूचीको मुख्य दाबेदारमा परेकी छन् । मन्टेलले यसअघि दुई उपन्यासमार्फत् बुकर पुरस्कार जितिसकेकी छन् । सन् २००९ मा वल्फ हल र २०१२ मा बिङ अप बडिज् मार्फत् उनले पुरस्कार हात पारेकी हुन् । उनको पछिल्लो उपन्यास द मिरर एन्ड द लाइटबाट पुनः लामो सूचीमा परेकी हुन् । त्यसो त बुकरमा दोस्रो पटक पुरस्कृत हुने अवसर मार्गरेट एटवुड, पिटर केरी र जिएम कोएत्जले पाएका छन् तर तेस्रो पटक पुरस्कृत हुने अवसर भने अहिलेसम्म कसैले पाएका छैनन् । यसबीच लेखिका मन्टेलले आफू यो पुरस्कारको उचित हकदार भएको प्रतिक्रिया दिएकी छन् । ९०० पृष्ठको यो उपन्यासमा बेलायती प्रधानमन्त्री थोमस क्रमवेलको जीवनको अन्तिम समयको कथालाई जीवन्त तरिकाले बयान गरिएको छ । यस पटकको सूचीमा पहिलो उपन्यासबाट नै बुकरको लामो सूचीमा पर्नेको संख्या आठ छ । डायन कुक, अवनी दोषी, ग्याब्रियल क्राउज, काइली रेइड, डग्लस स्टुआर्ट, ब्रान्डन टेलर, सोफी वार्ड तथा सी पाम झाङका उपन्यास पहिलो पटकमै यस सूचीमा परेका हुन् । नौ महिला र चार पुरूष यस सूचीमा परेको बुकर प्राइजेजले जनाएको छ । भारतीय मूलकी अवनी दोषीको पुस्तक नामांकनलाई लिएर भारतीयहरू पनि उत्साहित भएका छन् । उनी दुबईमा जन्मिएकी युवा लेखिका हुन् । ‘लामो छलफलपछि जब यो सूची तयार भयो, फर्केर हेर्दा साना तथा स्वतन्त्र पुस्तक प्रकाशकहरू नै बढी जसो सूचीमा परेको पाउँदा खुसी लागेको छ,’ कम्पोसले गार्डियन पत्रिकालाई भनेकी छन् । प्रकाशकले खतरा मोल्दै महत्त्वाकांक्षी र सान्दर्भिक आख्यान ल्याउन भूमिका खेलेका छन्, कम्पोस थप्छिन्। यी उपन्यासमध्ये छानेर ६ पुस्तकको छोटो सूची पनि जारी गरिनेछ । आउँदो सेप्टेम्बरमा जारी गरिने सो सूचीको विजेता नोभेम्बर महिनामा घोषणा हुने बताइएको छ । The 2020 Booker Prize longlist in full: Diane Cook – The New Wilderness Tsitsi Dangarembga – This Mournable Body Avni Doshi – Burnt Suga Gabriel Krauze – Who They Was Hilary Mantel – The Mirror & The Light Colum McCann – Apeirogon Maaza Mengiste – The Shadow King Kiley Reid – Such a Fun Age Brandon Taylor – Real Life Anne Tyler – Redhead by The Side of The Road Douglas Stuart – Shuggie Bain Sophie Ward – Love and Other Thought Experiments C Pam Zhang – How Much of These Hills is Gold #बुकर प्राइज भस्मासुरको देशभित्र देशको खोजी: आजका बहुसङ्ख्यक मानिसको जीवन समस्याग्रस्त र जटिल छ । समस्या र जटिलताहरूले थोपरेको पीडा, छटपटी, अन्याय, अत्याचार, शोषण र दमन आदिसँग लड्दै बिताइरहेका हरेक मानिसहरूका आफ्नै व्यथाहरू छन् । विकृति विसङ्गतिले ग्रस्त सामाजिक संरचना पनि हाम्रै आँखा अगाडि छ । र त साहित्यकारहरू जीवन जगत्कै अनुभूतिको अभिव्यक्तिलाई आफ्ना सिर्जनामा प्रस्तुत गर्दछन् । मानिसको यथार्थ जीवनलाई आत्मसात गर्ने सन्दर्भमा कविताले कुनैबेला मान्छेका दुःख पीडालाई उद्घाटित गर्छ भने कुनैबेला सुख र आनन्दलाई । त्यसैले भाव, विचार र अनुभूतिको कलात्मक र प्रभावात्मक अभिव्यक्तिलाई नै हामी कविता भन्छौँ । जीवन–जगत्का भोगाइका भावले कविता कसिलो बन्दछ । कसिलोको अर्थ कविताभित्र भएको नैतिकता, आदर्श र सौन्दर्य पक्ष हो । दिव्यदृष्टि, सौन्दर्य चेतना र स्वतःस्फूर्त संवेदनीयताका आधारमा आफ्नो परिवेशबाट उपलब्ध अनुभूतिलाई सशक्त रूपमा कविले प्रस्तुत गर्ने हुँदा कविताले हृदयमा निनाद उत्पन्न गराउने धर्म राख्दछ । एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृतिले सामाजिकता प्राप्त गर्न सकेन भन्ने अर्थ बुझ्नु पर्दछ । साहित्य लेखनमा युवा पिँढी डटेर लागेको साहित्यका पाठकलाई बोध भएको छ । यतिबेला साहित्य बजार उपन्यास, कथा र कविताको माहोलले तातेको देखिन्छ । आख्यान र काव्य दुवै विधामा युवाहरूको उपस्थिति सक्रिय रहेको मान्नु पर्दछ । कवितामा होस् या आख्यानमा यतिबेला आम पाठकले चाहेको कुरा नै चिन्तन हो चिन्ता होइन । एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृतिले सामाजिकता प्राप्त गर्न सकेन भन्ने अर्थ बुझ्नु पर्दछ । पाठकले कुनै कृतिमा देश भेटेनन् भने, समाज भेटेनन् भने र दर्शन भेटेनन् भने त्यो कृति कसका लागि हो त ? कृति सार्वजनिक भएपछि त्यो सबैको हुन्छ, सामाजिक हुन्छ । र, कृतिले सामाजिक परिघटनाहरुलाई बोक्न सक्नु पर्दछ । लेखकको चिन्तन र विचारले सामूहिक विश्वदृष्टि दिन सक्नु पर्दछ । आफ्नो कविता सङ्ग्रहसहित साहित्य बजारमा आउने कविहरूको भिड नै लागेको छ । कविताप्रतिको यो मोह कविमा मात्र नभएर पाठकहरूमा पनि बढेको छ । यसलाई कविता साहित्यको दरिलो उपलब्धि मान्नु पर्दछ । कविता रुचाउने पाठकहरुलाई कति कविले न्याय गर्न सके त कति कविले प्रचारप्रसार मात्रै गरे खास कविताको मर्मलाई पाठकसमक्ष पस्किन सकेनन् । आफ्नो पहिलो कविता सङ्ग्रह भस्मासुरको देश लिएर युवा कवि वाक्सेली थापा यतिबेला कविता बजारमा आफ्नो स्थान खोजिरहेका छन् । सङ्ग्रहमा रहेका एकाउन्नवटा कविताभित्र उनी कविताको वर्णन–कौशलमा निपूर्ण रहेका छन् । उनका कविताको भावभूमि नै सामाजिक विकृतिलाई हटाएर स्वच्छ समाजको निर्माण गर्नु रहेको देखिन्छ । तर कवि एवम् साहित्यकार सामाजिक यथार्थलाई साहित्यमा प्रतिबिम्बका रुपमा प्रस्तुत गर्नुका सट्टामा आफै निर्माणकर्ता हुन पुग्यो भने त्यो कविता नभएर एउटा नारा मात्रै हुन्छ । कथामा होस्, उपन्यासमा होस् या कवितामा होस् लेखक बढी निर्णायक कर्ता बन्यो भने त्यस्तो साहित्यले दिन चाहेको विषयवस्तु भेटिँदैन र नचाहिने कुराको फेहरिस्ता बढेको देखिन्छ । महेश क्षितिज कवि वाक्सेली थापा सामाजिक परिघटनालाई जीवन्तता प्रदान गर्दै कवितामा सामाजिक समस्या देखाउँदै उज्यालो समाधान पनि हेर्न रुचाउँछन् । उनले चाहेको उज्यालो आफ्नो व्यक्तिगत स्वार्थको उज्यालो होइन । कविलाई थाह छ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर केही लेख्न सकेमा त्यसले समूहको समानधर्मितालाई बोक्न सक्छ र सबैले आफ्नो महसुस गर्न सक्छन् । उज्यालो एवम् शान्तिलाई नै कविताको मुहान बनाउन सिपालु थापाले अँध्यारो पक्षलाई हटाउन समूहको साझा समानधर्मितालाई हतियारको हरक, लुकामारी र गान्धी समय, सिंहदरबार, छातीमा बिझाइरहेको ड्रगन, सदरमुकाम, भस्मासुरको देश, सिरानघरे माइलो कवितामा देखाएका छन् । कवि समूहको आवाजलाई यसरी लेख्छन् ः जसरी कि सुटुक्क बुद्घले मध्यरातमै छोडेथे दरबार प्रत्येक दिन देखिरहेछु मध्यरातमै जन्मिरहेछन् समयका नयाँ कृष्ष्णहरु र खेलिरहेछन् उकलौटी खेल खै्र कसरी सिक्यो समयले अँध्यारो पर्दाभित्र यसरी खेल्न । ( अँध्यारो पर्दाभित्र ) कवि वाक्सेली थापाका कविताहरु नेपाली समाजको विगत दशकको यथार्थसँग सम्बद्घ रहेको पाइन्छ । कविता सौन्दर्यको पुजारी हुनुपर्दछ, नैतिकताको छहरा हुनुपर्दछ अनि आर्दशको दर्पण पनि हुनुपर्दछ । प्रकृतिको विराट रूपको माध्यमद्वारा मानवीय जगत्, संस्कृति, दर्शन र भूगोललाई कविले चिनाउन सक्नुपर्दछ । कविता भनेको मूलतः जीवन जगत्को आलोचना हो भन्ने कुरा कविहरूले बुझ्नु जरुरी छ । कवि वाक्सेली थापाका कविताहरु नेपाली समाजको विगत दशकको यथार्थसँग सम्बद्घ रहेको पाइन्छ । यस सङ्ग्रहभित्र रहेका कतिपय कविताको सामाजिक पृष्ठभूमि तत्कालीन जनयुद्घ र त्यसका क्रिया प्रतिक्रियाबाट प्रभावित नेपाली समाज र नेपाली मानसिकता रहेको बुझिन्छ । ठूलो अर्को नरमेध नहुने बुझेर अब थन्क्याउनुपर्छ कोतगार्डमा बन्दुकको डरलाग्दो हँुकार त्यागेर बारुद पर्व आफैँले बालेको घातक आगोमा आाफैँ भस्म नहुने सर्तमा । ( धाँजाहरुका बिरुद्घमा ) शक्तिशाली अनुभूतिको स्वतःस्फूर्त प्रवाह मानेर हेर्दा वाक्सेली थापा युद्घ चाहदैनन् । युद्घले अशान्ति र आँसु मात्रै निम्त्याउँछ त्यसैले हाम्रा लागि युद्घ बर्जित छ र शान्ति प्रिय छ भन्छन् । कविका हेराइमा देश जून फुल्ने बारी हो र जून भनेका धरतीका सन्तानहरु ह्ुन् । हत्या हिंसा आतङ्कले सन्तानहरू निमिट्याँन्न पार्दै लगेको देखेर चित्त नबुझेको गुनासो गरेका छन् । कविले जुन दृष्टि राखेर कविता लेखेका छन् त्यो दृष्टिलाई समर्थन गर्नेहरुको जमात पनि थियो र असमर्थन गर्नेहरुको जमात पनि थियो । ज्ञानेन्द्र शाह राजालाई कतिले विरोध स्वरुप चोर भनेको तर चोर शब्दले सम्बोधन नगर्न कवि सबै क्रान्तिकारी साथीहरुलाई आग्रह पनि गर्दछन् । ज्ञाने चोर होइन शीर्षक झट्ट सुन्दा कवि राजा पक्ष्यका मान्छे हुन् कि भन्ने भान त आउँछ तर वास्तबमा कवि कवितामा ज्ञानेन्द्रजस्ता मान्छेहरुले आपूmलाई कसैले चोर भन्दा मनमा कस्तो भावना जागृत हुन्छ भन्ने मनोविज्ञाानलाई यसरी देखाउन खोजेका छन् ः क्रान्तिकारी साथीहरु हो भो यसरी नारा नलगाऊ जथाभावी आक्रोसले तातेको सडकमा ज्ञाने चोर होइन । ( ज्ञाने चोर होइन ) सहरी जीवनका सुखहरू भन्दा ग्रामीण जीवनका दुःखहरूलाई कविले बढी प्राथमिकता दिएको देखिन्छ । सामाजिक सांस्कृतिक परिघटनाहरू पनि कविले जीवन्त रूपमा उठाएका छन् । नेपालको राजनीतिमा भइरहने उतारचढाव, राजनीतिक दल, नेता, समाजका प्रभुत्वशाली वर्गप्रति पनि कविको ठूलो गुनासो रहेको देखिन्छ । जनताहरूले न त लोकतन्त्रको महसुस गर्न पाए न त गणतन्त्रको नै । जो शक्तिमा छ अर्थात् जोसँग सत्ता छ उनीहरुले मात्र गणतन्त्रको अनुभूत गरेका छन् । विकृति र विसङ्गतिले देश, समाज र हरेक मान्छेलाई जकडेपछि कविले आफ्नै जिन्दगीलाई पनि अरुकै इशारामा चलाउनु परेको बाध्यतालाई देखाएका छन् । कवि थापाका कविताहरूमा सीमान्तकृत वर्ग बोलेका छन् । जुन कुराले मन छुन्छ त्यही कुरालाई इमान्दारीपूर्वक अभिव्यक्ति बनाउनु कविको आफ्नो निजात्मकता हो । अन्धो राष्ट्रवादी नाराभन्दा सघन राष्ट्रवाद र राष्ट्रप्रेममा यिनको कवितात्मक कल्पना तीब्र भएको देखिन्छ । आपूm बाँचेको युगमा भएका सामाजिक परिघटनाहरुकै सेरोफेरोमा कवि आफ्नो कविताको परिवेश निर्धारण गर्दछन् । यति हुँदाहुँदै पनि कवि कतिपय कविताभित्र आफै हराएका छन् । कविताभित्र कसरी पस्ने र कसरी निस्कने हो भन्ने प्रयासमा कवि जेलिएका छन् । बढीभन्दा बढी नेता एवम् राजनीति विषयक कविता भएकाले सबै कवितामा एकै किसिमको स्वाद पनि यहाँ भेटिन्छ । प्रथम पुरुषीय क्रियापदमा उचित भाषिक चिह्न प्रयोग नहुँदा भाव खजमजिएको तथ्यलाई कविले बुझ्न सकेका छैनन् । यी साना तर गम्भीर कमजोरीलाई कविले सुधार्नु पर्ने हुन्छ । समग्रमा थोरै कमजोरीका बीचमा पनि भस्मासुरको देश कविता सङ्ग्रहभित्रका एकाउन्नवटै कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने कवि वाक्सेली थापाको यो सङ्ग्रह पठनीय रहेको छ । विधा: कविता प्रकाशक : बालाजी पब्लिकेशन पृष्ठ : १२५ कृतिकार : वाक्सेली थापा मूल्य : २०० #भस्मासुरको देशभित्र देशको खोजी #महेश क्षितिज ‘यात्री’ कविताभित्रको अध्यात्म: (सारसंक्षेप – लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको फाँटमा उल्लेख्य योगदान दिने व्यक्ति हुन् । उनको ‘यात्री’ कविता आध्यात्मिक विषयवस्तुमा आधारित देखिन्छ । पूर्वीय मनीषीहरूका चिन्तन र मननमा सुझाएइको अध्यात्म दर्शनको शरीररचना विज्ञानलाई मूल सिद्धान्त मानी ‘यात्री’ कवितामा आध्यात्मिकता पहिल्याउने कार्य प्रस्तुत लेखमा गरिएको छ । यस कवितामा कविले मानिसको काँधमा चढी मन्दिरमा पूजा गर्न हिँडेको ‘यात्री’लाई तिमी कुन मन्दिरमा, के सामग्री लिएर पूजा गर्न जाँदैछौ ? भनी गरिएका प्रश्न र तिनको उत्तर समेटिएको छ । यसमा कविले यात्रीलाई ईश्वरको प्राप्ति मानिसद्वारा बनाइएका कृत्रिम वस्तुमा हुँदैन शरीरभित्र हुन्छ भनी शरीरका अङ्ग र तत्त्वहरूलाई ईश्वर बस्ने मन्दिरका रूपमा प्रस्तुत गरेका छन् । त्यसैले यस कविताको विश्लेषणबाट ईश्वरको साक्षात वास भएको स्थान मानव शरीर हो, ईश्वरको खोजी शरीरभित्रै गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।) शब्दकुञ्जी : शरीररचना, अध्यात्मिकता, मन्दिर, यात्री, दर्शन आदि । १. विषय परिचय लक्ष्मीप्रसाद देवकोटा ( वि.सं. १९६६–२०१६ ) बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यका कविता, निबन्ध, कथा, नाटक, उपन्यास र समालोचना विधामा कलम चलाए पनि कविता र निबन्ध विधामा उनको विशेष योगदान रहेको देखिन्छ । उनको ‘ यात्री ’ कविता ‘ भिखारी ’ (२०१०) कविता सङ्ग्रहमा सङ्कलित छ । उनका करिब छ सय फुटकर कवितामध्ये ‘ यात्री ’ मानवतावादी कविता हो । देवकोटालाई मानवतावादी, आस्तिक, प्रकृतिप्रेमी, क्रान्तिकारी र राष्ट्रवादी कविका रूपमा चिनाइएको छ (भट्टराई, २०५१, १८०–१८४) । उनको मानवतावाद ‘समानता, स्वतन्त्रता र भातृत्व’को फ्रान्सेली दर्शनमा आधारित रही प्रकृति, ईश्वर र मानवका त्रिभुज सम्बन्धमा केन्द्रित रहेको छ (त्रिपाठी र अन्य, २०४५, १४४) । यो दर्शनले मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने मान्यता राख्दछ (भट्टराई, २०५१, १८०) । उनले “मानवतावादी पृष्ठभूमिमा ईश्वरको जुन स्थापना गरेका डा. खगेन्द्र घोडासैनी छन्, त्यो उच्चकोटीको छ” (जोशी, २०४५, ४९) तर देवकोटाको यो दर्शन फ्रान्सेली मानवतावादमा मात्रै सीमित देखिँदैन । यसको सम्बन्ध पूर्वीय मनीषीहरूका रचना वेद, उपनिषद् र गीतामा प्रतिपादित शरीररचना विज्ञानसँग पनि छ । ईश्वरलाई प्रत्यक्ष वा साकार रूपमा मानवबाहेक अरू प्राणी र वस्तुतर्फ केन्द्रित गराउने पाखण्डीहरूको विरोध र वेद, उपनिषद् र गीतामा प्रतिपादित ईश्वरको स्थापना ‘यात्री’ कवितामा गरिएको छ । त्यसैले यस लेखमा ‘वेद, उपनिषद् र गीतामा प्रतिपादित शरीररचना र आध्यात्मिक चिन्तन तथा ‘यात्री’ कविताको विचारमा समानता छ’ भन्ने विषयलाई प्रमुख प्राक्कल्पना बनाइएको छ । लक्ष्मीप्रसाद देवकोटा चिन्तन र मनन गर्ने दार्शनिक कवि हुन् । उनका विचारमा देखावट र लोकप्रियताका पछि लाग्ने मानिसहरू बोक्रे हुन् । बोक्रे चिन्तन अँगालेका मानिसहरू भित्र हेर्न छाडेर बाहिर हेर्न थाल्दछन् (देवकोटा, २०५७, ६५) । हरेक वस्तुमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो (देवकोटा, २०५७, ८५) । त्यसैले हरेक वस्तुलाई सतही र वस्तुगत रूपमा हेर्ने तर गहिराइमा नजाने चिन्तन बोक्रे चिन्तन हो । देवकोटाले ईश्वरको खोजी गर्दा पनि त्यसको गहिराइमा पुगेर निष्कर्ष निकालेका छन् । ‘ यात्री ’ कवितामा ईश्वरको चिन्तन गहिराइमा गएर गरिएको छ । ‘ यात्री’ कवितामा व्यक्त आध्यात्मिकता पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य हो । यो उद्देश्य हाँसिल गर्न ‘प्रस्तुत लेखमा ईश्वर प्राप्तिमा मनुष्य शरीरको के कस्तो महत्त्व रहेको हुन्छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी ‘यात्री’ कवितामा पाइने आध्यात्मिकताको विश्लेषण गर्ने प्रयास गरिएको छ । प्रस्तुत अध्ययनमा ‘यात्री’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति, लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ । २. अध्ययन विधि यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ स् २.१ अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ । २.३ जसङ्ख्या र नमुना छनोट : प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाका सबै कवितालाई जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा देवकोटाका रचनामध्ये उनको ‘यात्री ’ कविता छनोट गरिएको छ । २.४ तथ्याङ्क सङ्कलन : प्रस्तुत अध्ययनमा ‘यात्री’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति, लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ । २.५ तथ्याङ्क सङ्कलनका साधन : यस अध्ययनमा दस्तावेजको विश्लेषण गर्न प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ । २.६ तथ्याङ्क विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । उदाहरण र समीक्षात्मक विश्लेषण गरेर निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ । ३. सैद्धान्तिक पर्याधार ‘यात्री’ कवितामा प्रतिपादित विचारलाई उपनिषद्, गीता, वेद र श्रीमद्भागवत्को शरीररचना विज्ञानको सैद्धान्तिक आधारमा अनुसन्धानात्मक व्याख्या र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस कविताको सैद्धान्तिक पर्याधार शरीररचना विज्ञान हो । यो सिद्धान्त वेद, उपनिषद् र गीतामा प्रतिपादित छ । अध्यात्म दर्शनमा शरीरलाई ईश्वर प्राप्तिको साधन मानिएको छ । “शान्तकारं….योगिभिर्ध्यानगम्यं” योगीजनले ध्यान गरेर ईश्वरको अनुभव गर्छन् अनि “ यं ब्रह्मा ….ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो ” (श्रीमद् भागवत् महापुराण, १२, १३(१) योगीजन ध्यानमा स्थित भएर मनले ईश्वरको दर्शन गर्दछन् जस्ता भनाइले ध्यानलाई र कर्मयोगलाई महत्त्व दिइएको देखिन्छ । ध्यान र कर्म योग शरीरद्वारा गरिने भएकाले शरीर ईश्वर प्राप्तिको साधन मानिन्छ । ब्रह्मचारीको वेशमा आएका महादेवले उनैको प्राप्तिका लागि तपस्यारत पार्वतीलाई यस्तो भनेका छन् “ अपि क्रियार्थ सुलभं….शरीर माद्यं खलु धर्म साधन ” (कुमारसम्भव, ५÷३३) अर्थात् धर्मका जति काम छन्, तिनमा शरीरको रक्षा गर्नु सबैभन्दा पहिलो काम हो । यसैले धर्मको साधना गर्ने माध्यम शरीर बनेको देखिन्छ । ईश्वरको वासस्थान मानव शरीरमा हुन्छ भन्ने कुराको वर्णन मुण्डकोपनिषद्मा यसरी व्यक्त गरिएको छ– “ पुरुष एवेदं विश्वं कर्म तपो ब्रह्म परामृतम् । एतयो वेद निहितं गुहायां सोऽविद्याग्रन्थिं विकरतीह सोम्य ” (गोयन्दका, २०६८, २३०) अर्थात् हृदयरूप गुफामा लुकेका यी अन्तर्यामी परमेश्वरलाई जसले जान्दछ, त्यसले यस मनुष्य शरीरमा नै अविद्याजनित अन्तःकरणको गाँठो खोल्न सक्छ । यसको आशय होस यस्तो व्यक्ति सबै प्रकारका संशय र भ्रमरहित भएर परब्रह्म पुरुषोत्तमलाई प्राप्त गर्दछ । यस्तै आशय अर्को मन्त्रमा पनि प्रकट गरिएको छ– “ आविः सन्निहितं गुहाचरं नाम महत्पदमत्रैतत्समर्पितम् । एजत्प्राणन्निमिषच्च यदेतज्जानथ सदसद्वरेण्यं परं विज्ञानाद्यद्वरिष्ठं प्रजाना ” (गोयन्दका, २०६८, २३०) अर्थात् सर्वशक्तिमान्, सर्वज्ञ र सर्वव्यापी परमेश्वर प्रकाश स्वरूप छन् । उनी सम्पूर्ण प्राणीहरूका अत्यन्त नजिक उनैका हृदयरूपी गुफामा लुकेर बस्नाले नै उनी गुहाचर नामले प्रसिद्ध छन् । हलचल गर्ने, सास फेर्ने, आँखा चिम्लिने जति प्राणी छन्, ती सबै यिनै परमेश्वरमा स्थित अर्थात् समर्पित छन् । सबैका आश्रय यी परमात्मा नै हुन् । तपाईं यिनलाई जान्नुहोस् । यी सत् र असत् अर्थात् कार्य र कारण एवं प्रकट र अप्रकट सबै हुन् । सबैद्वारा वरण गर्न योग्य र अत्यन्त श्रेष्ठ तथा सम्पूर्ण प्राणीहरूको बुद्धिभन्दा पर अर्थात् अज्ञेय छन् । मानिसको शरीरलाई क्षेत्रका नामले पुकारिन्छ अनि जसले यसलाई जान्दछ उसलाई क्षेत्रज्ञ भनिन्छ । उपनिषद्का यी मन्त्रमा ईश्वरको वासस्थान सजीव प्राणीहरूका अन्तरमा हुन्छ भनिएको छ । त्यसकारण उपनिषद्ले ईश्वरको खोजी मानव शरीरभित्रै गर्न प्रेरित गर्छन् । मानिसद्वारा बनाइएका बाहिरी साधनहरू जस्तै तीर्थ, धर्मस्थान र धर्मग्रन्थमा ईश्वरलाई खोज्न प्रेरित गर्दैनन् । हाड, छाला, मासु, रगत र नसाहरूबाट ईश्वरले नै बनाएको शरीररूपी घर नै वास्तवमा ईश्वरलाई खोज्ने ठाउँ हो । शरीर नै ईश्वर प्राप्तिको साधन हो, त्यसैमा खोज्नुपर्छ । यसबाट उपनिषद्ले शरीररचना विज्ञानलाई महत्त्व दिइएको देखिन्छ । मानिसको शरीरलाई क्षेत्रका नामले पुकारिन्छ अनि जसले यसलाई जान्दछ उसलाई क्षेत्रज्ञ भनिन्छ । जसरी क्षेत्र (भूमि) मा बिउ रोपेपछि त्यसको गुणअनुसार फल फल्दछ र त्यसको उपभोग किसानले गर्नुपर्दछ त्यसैगरी यो शरीरमा रोपिएका कर्मका संस्काररूप बिउको फलरूपी परिणाम जीवात्माले भोग्नु पर्दछ (गीता, १३, १) । शरीररूपी क्षेत्रमा पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश), अहंकार, बुद्धि र मूल प्रकृति (सत्त्व, रज र तम गुणको साम्यावस्था), दस इन्द्रियहरू, मन र पाँच इन्द्रियका विषयहरू (शब्द, स्पर्श, रूप, रस र गन्ध) तथा इच्छा, द्वेष, सुख, दुःख, स्थूल शरीरको पिण्डीय चेतना र घृति (राजसी भोगको इच्छा) जस्ता विकारहरू रहेका हुन्छन् (गीता, १३, ५–६) । क्षेत्रज्ञ पुरुषहरूले शरीरभित्रै गएर योग, अभ्यास र ध्यानका माध्यमबाट परम पुरुषलाई प्राप्त गर्न सक्छन् । ती परमात्मा चराचर सम्पूर्ण प्राणीहरूका भित्र र बाहिर परिपूर्ण छन् अनि चर र अचर पनि उनै छन् । उनी सूक्ष्म भएर अविज्ञेय छन् तथा धेरै नजिक भएर पनि नजान्नाले टाढा छन् (गीता, १३, १५) । ती परब्रह्म ज्योतिहरूका पनि ज्योति एवं मायाबाट धेरै टाढा छन् । ती परमात्मा बोधस्वरूप जान्न योग्य एवं तत्त्वज्ञानबाट प्राप्त गर्न योग्य छन् अनि सबैका हृदयमा विशेष रूपले स्थित छन् (गीता, १३, १७) । परमात्मा सबै प्राणीहरूका हृदयमा स्थित सबैका आत्मा हुन् तथा सम्पूर्ण प्राणीहरूका आदि, मध्य र अन्त पनि उनी नै हुन् (गीता, १०, २०) । उनलाई मन र इन्द्रियसहित वशमा राख्नेवाला आशा र सङ्ग्रहरहित योगीले एक्लै एकान्त स्थलमा बसेर आत्मालाई निरन्तर परमात्मामा लगाएपछि प्राप्त गर्न सक्छ (गीता, ६, १०) । परमात्मालाई प्राप्त गर्न भक्ति गर्नेहरू अर्थार्थी (पैसाका लागि), आर्त (सङ्कट निवारण), जिज्ञासु (परमात्माको यथार्थरूप जान्न चाहने) र ज्ञानी (ज्ञान चाहने) गरी चार प्रकारका हुन्छन् (गीता, ७, १६) । अनि यस्ता भक्तमध्ये परमात्मामा नित्य एकीभावले अनन्य प्रेम भक्तिवाला ज्ञानी भक्त अति उत्तम छन् किनभने परमात्मालाई तत्त्वले जान्न चाहने ज्ञानीका लागि उनी प्रिय छन् र ज्ञानी भक्त उनलाई प्रिय लाग्दछन् (गीता, ७, १७) । यस्तै उत्पत्ति र विनाशको गुण भएका सम्पूर्ण पदार्थहरू ईश्वरको अधिनमा छन् । त्यस्ता ईश्वर मनुष्य शरीरमा अन्तर्यामी रूपले सदैव विद्यमान रहेका हुन्छन् (गीता, ८. ४) । जो व्यक्ति अन्तकालमा पनि परमात्मालाई नै स्मरण गरेर शरीर त्याग गर्दछ, उसले परमात्माको साक्षात् स्वरूपलाई प्राप्त गर्दछ । यसमा कुनै संशय छैन । जुन मनुष्यले अन्तकालमा जुन जुन भाव स्मरण गर्दै शरीर त्याग गर्दछ, त्यो त्यो भाव नै उसलाई प्राप्त हुन्छ किनकि ऊ सधैँ त्यसै भावमा लागि परेको हुन्छ (गीता, ८. ५ र ६) । यसरी गीताले पनि शरीरलाई भगवत् प्राप्तिको साधन मानेको छ । भगवत् प्राप्ति बाहिरी कर्म गरेर हुँदैन भन्ने कुरा मुण्डकोपदिषद्मा यसरी उल्लेख गरिएको छ–“ प्लवा ह्येते अदृढा यज्ञरूपा, अष्टादशोक्तभवरं येषु कर्म । एतच्छेयो येऽभिनन्दति मूढा, जरामृत्युं ते पुनरेवापि यान्ति ”(गोयन्दका, २०६८, २१६) । अर्थात् नित्य, दर्श, पौर्वमास, चातुर्मास आदि अठार प्रकारका यज्ञका भेद छन् । सकाम कर्मको वर्णन गरिएका यी यज्ञरूपी अठार प्रकारका डुङ्गाहरू दृढ छैनन् । यिनका सहायताले संसाररूपी समुद्रबाट पारी पुग्न त परै जाओस् यस लोकका वर्तमान दुःखरूपी ससाना नदीहरू तरेर स्वर्गसम्म पुग्ने कुरामा शङ्का छ । जसले यिनैबाट जीवको कल्याण हुन्छ भन्ने ठान्दछन् ती मूर्ख हुन् किनभने यी लक्ष्यमा नपुगेर बिचमै छिन्नभिन्न हुन्छन् । यस रहस्यलाई नबुझेर जो मूर्खहरू यी सकाम कर्महरूलाई जन्ममृत्युको निराकरणका उपाय ठान्दछन्, यिनको प्रशंसा गर्दछन्, तिनले अवश्य जन्ममृत्युका दुःखहरू झेल्ने छन् । ऐतरेयोपनिषद्मा मानव शरीरको सृष्टि हुँदादेखि नै यसमा प्रत्येक देवताको वास रहेको भनिएको छ– “ अग्निर्वाग्भूत्वा मुखं प्राविशद्वायुः प्राणो भूत्वा नासिके प्राविशद् आदित्यश्चक्षुर्भूत्वाक्षिणी प्राविशद्दिशः श्रोत्रं भूत्वा कर्णो प्राविशन्नोषधिवनस्पतयो लोमाग्नि भूत्वा त्वचं प्राविशंश्चन्द्रमा मनो भूत्वा हृदयं प्राविशन्मृत्युरपानो भूत्वा नाभिं प्राविशदापो रेतो भूत्वा शिश्नं प्राविशन ” (गोयन्दका, २०६८, २८०) । अर्थात् सृष्टिकर्ता परमेश्वरको आज्ञा पाएर अग्नि देवताले वाक् इन्द्रियको रूप धारण गरी परमात्माले सृष्टि गरेका मनुष्यको मुखमा प्रवेश गरेर जिब्रालाई आफ्नो आश्रय बनाए । त्यसपछि वरुण देवता पनि रसना इन्द्रिय बनेर मुखमा प्रविष्ट भए । वायु देवता प्राण भएर नासिका मार्गबाट छिरेर सम्पूर्ण शरीरमा प्रविष्ट भए । अश्विनीकुमार पनि प्राणको रूप धारण गरेर नासिकामा प्रवेश गरे । सूर्य देवता नेत्रेन्द्रिय बनेर आँखामा, दिशाभिमानी देवता श्रोतेन्द्रिय बनेर दुबै कानमा, औषधि र वनस्पतिका अभिमानी देवता रौँ बनेर छालामा, चन्द्रमा मनको रूप धारण गरेर मनमा, मृत्यु देवता अपानको रूप धारण गरेर नाभीमा अनि जलका अधिष्ठातृ देवता वीर्य बनेर लिङ्गमा प्रविष्ट भए । यसरी सम्पूर्ण देवताहरू इन्द्रियको रूप धारण गरेर आआफ्नो उपयुक्त ठाउँमा प्रवेश गरी स्थिर भएर बस्न थालेको उल्लेख गरिएको छ । वेदमा पनि देवताहरूको वास शरीरमा छ भनिएको छ– “ पुरुष एवेदं सर्वं यद्भूतं यच्च भाव्यम् । उतामृतन्वस्येशानो यदन्नेनातिरोहति ” (शुक्ल यजुर्वेद संहिता, सन् १९८७, ५२४) अर्थात् यो संसारमा जे जति निर्मित भएको छ त्यो सबै एउटै परम पुरुषबाट भएको हो । ती परम पुरुष सधैँ सबैमा व्याप्त छन् । ती अमरत्व प्रदान गर्नेवाला हुन् । तीबाहेक अमरत्व प्रदान गर्नेवाला अरू कोही छैन । “ चन्द्रमा मनसो जातश्चक्षोः सूर्यो अजायत, श्रोताद्वायुश्च प्राणश्च मुखादग्निरजायत ” (शुक्ल यजुर्वेद संहिता, सन् १९८७, ५२६) अर्थात् सर्वव्यापक परमात्माका मुखबाट चन्द्रमा, आँखाबाट सूर्य, कानबाट वायु र प्राण तथा मुखबाट अग्निको उद्भव भयो । यसरी ती परम पुरुष नै सम्पूर्ण देवताका स्रोत हुन् । त्यसैले देवताको उत्पत्ति पनि उनै ईश्वरबाट भएको हो । यसरी उत्पन्न भएका देवताहरूको वास मानव शरीरमा नै रहेको हुँदा तिनको खोजी पनि शरीरमै गएर गर्नु पर्ने कुरा वेदले औँल्याएको देखिन्छ । यसरी मावन शरीरका तत्त्वहरूलाई सबल बनाउने देवताको वास पनि शरीरभित्रै रहेको कुरा अध्यात्म दर्शनमा बताइएको छ । मानव शरीरका यी तत्त्वलाई वास्तुकलाका उपकरणका रूपमा अथ्र्याई लक्ष्मीप्रसाद देवकोटाद्वारा ‘यात्री’ कवितामा मानव शरीरलाई ईश्वरको वासस्थान मानिएको छ । प्रस्तुत लेखमा अध्यात्म दर्शनको यही शरीररचना विज्ञानलाई सैद्धान्तिक आधार मानी ‘यात्री’ कविताको विश्लेषण गर्ने प्रयास गरिएको छ । ४. छलफल र विश्लेषण संरचना, विषयवस्तु, मूलभाव वा विचार, भाषाशैली र शीर्षक जस्ता उपशीर्षक राखी ‘ यात्री ’ कवितामा आध्यात्मिकता पहिल्याउने कार्य निम्नलिखित रूपमा गरिएको छ ४.१ संरचना ‘ यात्री ’ कवितामा जम्मा ४२ हरफ छन् । चार हरफको एक श्लोक मान्ने हो भने यस कवितामा जम्मा साढे दस श्लोक हुन जान्छ । हरफ र श्लोक सङ्ख्याका आधारमा यो कविता लघु आकारमा संरचित छ । यो कविता मात्रिक छन्द अन्तर्गतको ‘ऊर्मि’ छन्दमा लेखिएको छ । विषम पाउमा १६ र सम पाउमा १४ मात्रा हुने अर्धसम छन्दलाई ‘ऊर्मि’ छन्द भनिन्छ । यसमा सङ्गीतको प्रधानता रहेको हुन्छ (सापकोटा, २०५२, ५४) जस्तै : कुन् मन्–दिर्–मा जान्–छौ या–त्री २ २ २ २ २ २ २ २ . १६ मात्रा विषम पाउ कुन् मन्–दिर्–मा जा–ने हो ? २ २ २ २ २ २ २ . १४ मात्रा सम पाउ यसरी विषम पाउमा १६ मात्रा र सम पाउमा १४ मात्राका ४२ हरफबाट यो कविता संरचित भएको देखिन्छ । ४.२ विषयवस्तु ‘यात्री’ कविता ईश्वरको खोजी र त्यसको प्राप्तिका साधन वा तरिकासँग सम्बन्धित विषयवस्तुमा आधारित देदिन्छ । यसमा मानवतावादी, रहस्यमय तथा शरीररचनाका शिल्पबाट ईश्वरको वासस्थान औंल्याइएको छ । यहाँ मानिसहरूको काँधमा चढी ईश्वरको खोजीमा हिँडेको यात्रीलाई सम्बोधन गर्दै कविले हे यात्री ! तिमी मनुष्य शरीरमा रहेका अविनाशी, बाहिरी आँखाले देख्न नसकिने सर्वशक्तिमान् ईश्वरको खोजी गर्न कुन मन्दिरमा जाँदैछौ ?, त्यहाँ जान तिमीले साथमा लैजाने पूजा सामग्री के हो ?, त्यो पूजा सामग्री सँगै कसरी लैजान्छौ ? अनि ईश्वरको साक्षात् वासस्थान भएका मनुष्यको काँधमा चढेर कुन देवपुर आर्थात् ईश्वरको घर जान खोज्दैछौ ? भनी प्रश्न गरेका छन् । यिनै प्रश्नको उत्तरमा कवि भन्छन्– हाडहरूको सुन्दर खम्बा भएको, मासुरूपी पिण्डको भित्ता भएको, मस्तिष्करूपी सुनको छानो भएको अनि नौ ओटा इन्द्रियहरूका ढोका भएको, नसारूपी नदीका तरल तरङ्गमा रगतरूपी पानी बगेको मनुष्य शरीर अपार छ । हे यात्री ! तिमी कुन मन्दिर खोज्दैछौ ? ईश्वर बस्ने मन्दिरको द्वार कुन हो ? तिमीलाई थाहा छ ? मानिसको मनरूपी सुन्दर सिंहासनमा नै जगदीश्वर विराजमान छन् । यो चेतन शरीर नै ती हिरण्मय ज्योतिरूपी परमात्मा बस्ने ठाउँ हो । मनुष्यको शिर नै ईश्वररूपी मन्दिरका शिरको मुकुट हो । शरीररूपी यो सुन्दर मन्दिर विश्वभरि छ अर्थात् शरीरमा भएर पनि जगत्व्यापी छ । ईश्वर शरीरभित्र छन् तर तिम्रो खोजी बाहिर छ । बाहिरी आँखाद्वारा बाहिरी सहरमा ईश्वर खोज्दै छौ जहाँ ईश्वर छैनन् । ईश्वरको वासस्थान गहिराइमा छ, तिमी भने सतहमा खोजी गरिरहेका छौ । ईश्वरसँग भेट गर्न चाहन्छौ भने हृदयको ज्ञानरूपी बत्ती बाली हेर । हे यात्री साथी ! ईश्वर बिच सडकमा हिँडिरहेका छन् । असल काम गर्ने हातहरू ईश्वरले चुम्दछन् । ईश्वरका जादुगरी हातले सेवकहरूको साथ दिन्छन् । ईश्वरको आफैँभित्र अनुभूति गर्नेहरूले उनलाई सडक किनारमा बसी चराहरूको भाषामा गीत गाएको देख्छन् । यस्तै उनी मानिसहरूका दुख र पीडाको गानामा बोल्दछन् । यी चर्मचक्षुले र कानले ईश्वरको कहीँ कतै दर्शन र श्रवण हुँदैन किनकि उनी अगम, अदृश्य र अपरम्पार छन् । त्यसैले हे यात्री ! तिमी कुन मन्दिरमा जान्छौ ? ईश्वरको वास भएको मानव शरीररूपी परिचित देशलाई छोडी कुन नयाँ र बिरानो देशमा जाँदैछौ ? त्यो बिरानो देशमा ईश्वरलाई खोज्न नजाऊ, बरु फर्क । जाऊ मानिसहरूको पाउमा मलम लगाऊ । स्वयं ईश्वर नै मानिसको रूपमा आएका हुनाले त्यो दिव्य मुहार हँसाऊ भनी संसारका बाहिरी वस्तुमा ईश्वरको खोजी गर्दै भड्कीएका यात्रीलाई लक्षित गर्दै ईश्वर प्राप्तिको साधन शरीर हो । यही शरीरभित्र गएर खोज । चर्मचक्षुले ईश्वर देखिँदैनन् बरु मानव सेवा गरेर प्रत्यक्ष ईश्वरको दर्शन गर भनी कविले यस कवितामा ईश्वर प्राप्तिको साधन पनि पहिल्याउने काम गरेका छन् । त्यसैले ‘यात्री’ कविताको मूल विषयवस्तु ईश्वरको खोजी र त्यसको प्राप्तिका उपायहरूसँग सम्बन्धित रहेको देखिन्छ । ‘यात्री’ कविताको विषयवस्तु वेद, उपनिषद् र गीताद्वारा प्रतिपादित जन्म र मृत्युको चक्रबाट मुक्त हुन चाहने जिज्ञासुका लागि सुझाइएको अध्यात्म दर्शनमा आधारित छ । यसमा बाहिरी वस्तुमा ईश्वर खोज्नेहरू आफूले बनाएका संरचना वा मन्दिरमा जान स्वयं ईश्वरले बनाएका मन्दिररूपी मानवको काँधमा चढेर पुण्य आर्जन गर्न खोज्ने पाखण्डीहरूप्रति व्यङ्ग्य गर्दै तिनका क्रियाकलापको विरोध र ईश्वरको सर्वव्यापकताको सिद्धि गर्ने विषयवस्तुको उपस्थापन कविले गरेका छन् । ४.३ मूलभाव वा विचार ‘यात्री’ कवितामा दार्शनिक विचार र मानवतावादी भावना पाइन्छ । कविले अध्यात्म दर्शनलाई सरल र शिष्ट तरिकाले प्रस्तुत गरेका छन् । यो शान्त रसयुक्त कविता हो । अध्यात्म दर्शन भक्ति भावना प्रधान दर्शन हो । मानवतावादी दर्शन हो । यसले ईश्वरको सर्वव्यापकत्व स्वीकार गर्छ तर ईश्वरको बाहिरी रूपमा दर्शन हुन्छ भन्ने भ्रम पाल्दैन । यदि बाहिर ईश्वरको दर्शन हुन्छ भने त्यो केवल प्राकृतिक कुरामा हुन्छ मानिसहरूले बनाएका कृत्रिम वस्तुमा हुँदैन । दुःखी मानिस, उनीहरूको सेवा, चराको बोली आदि प्राकृतिक कुरा हुन् । ईश्वर सर्वव्यापक भए पनि उनको प्राप्ति मानव अन्तर्हृदयमा हुन्छ । ईश्वर अनुभवगम्म विषय हो, प्रत्यक्ष दर्शन हुने ठोस, तरल वस्तु होइन । ईश्वरलाई चर्मचक्षुले हेर्न खोज्नु मूर्खता हो । मानिसको काँधमा चढेर ईश्वरलाई खोज्न बाहिर हिँड्नु त झन महामूर्खको काम हो । यो तरिकाले ईश्वरको प्राप्ति त के उनको गन्धसमेत पाउन सकिँदैन । ईश्वरको प्राप्ति शरीरभित्रै गएर खोजी गर्नाले हुन्छ । मनुष्य शरीर नै ईश्वर बस्ने असली र वास्तविक घर हो भन्ने मूल भाव वा विचार ‘यात्री’ कवितामा व्यक्त भएको पाइन्छ । ४.४ भाषाशैली ‘यात्री’ कविता सम्बोधन शैलीमा लेखिएको छ । यहाँ कविले ‘यात्री’लाई सम्बोधन गर्दै आफ्ना जिज्ञासा अघि सारेका छन् अनि तिनको आफैँ उत्तर पनि दिँदै गएका छन् । यस कवितामा प्रचलित तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग पाइन्छ । यसमा ताज, तिलस्मी, दिवार, मलम जस्ता आगन्तु शब्द, मन्दिर, यात्री, सामग्री, पूजा, देवपुरी, सुन्दर, मांसपिण्ड, मस्तिष्क, इन्द्रिय, तरल, तरङ्ग, सिंहासन, जगदीश्वर, चेतन, ज्योति, हिरण्मय, विश्वक्षेत्र, ईश्वर, चर्मचक्षु, हृदय, प्रचुर, दर्शन, आर्त, दिव्य मुहार, अपार जस्ता तत्सम र काँध, साथ, कसोरी, लाने, छाना, गाना, ताना, काना, पाउ, घाउ, हँसाऊ जस्ता तद्वभ र झर्रा शब्द प्रयोग भएका देखिन्छन् । शब्द प्रयोगका दृष्टिले यो कविता सरल छ । यसमा मानव शरीरका अङ्ग र यसका तत्त्वलाई वास्तुकलाका सामग्रीका अर्थमा प्रयोग गरी ईश्वर निर्मित मानव शरीर नै मन्दिर हो र यही नै ईश्वर प्राप्तिको असली साधन हो भनिएको छ । मानिस र उसको सेवाबाटै ईश्वरलाई खुसी पार्न सकिन्छ । बाहिरी पूजा र पूजा सामग्रीको कुनै अर्थ छैन । ईश्वर अनुभूतिजन्य विषय भए पनि मानिसहरू चर्मचक्षुले हेर्न खोज्दछन् अनि नपाउँदा निराश हुन्छन् । ईश्वरलाई पाउने देश अर्थात् शरीरलाई छोडेर विदेश अर्थात् मन्दिरतिर धाइरहेकाले खाली हात फर्किनु परेको कुरालाई यसमा व्यङ्ग्य पनि गरिएको छ । ईश्वर भित्र छन्, गहिराइमा छन्, जताततै छन्, सेवकहरूसँग ईश्वर सधैँ रहन्छन् । सडक किनारमा चराको बोलीमा र मानिसहरूका पीडा र दुःखका भावनामा ईश्वर बोल्दछन् । मानिसहरूले यिनमा ईश्वर खोजी गर्दैनन् बरु मानवताकै खिल्ली उडाउने गरी मानिसहरूका काँधमा चढेर आफैँले बनाएका मन्दिरमा ईश्वर खोज्न तम्सिन्छन् । यसरी ईश्वर खोज्ने मानिसलाई देवकोटा अन्धकारमा रुमल्लिएको यात्री भन्दछन् । घरभित्र वा आफैँसँग भएको वस्तु बाहिरतिर खोज्दै हिँड्ने मूर्ख मानिसहरूलाई देवकोटाले मानवता विरोधी ठहयाएका छन् । त्यसैले यो कविता भाव अनुकूलको भाषामा लेखिएको छ । यस कवितामा प्रश्न र उत्तरको शैली पाइन्छ । कवि स्वयंले प्रश्न गरी त्यसको उचित समाधान पनि खोजेर हाम्रा अघि राखेका छन् । यस्ता प्रश्न र उत्तर सँगसँगै आएका हुनाले यो प्रश्नोत्तर शैलीमा रचिएको कविता हो । यसमा मानव शरीर र ईश्वरको वर्णन गरिएको छ । त्यसैले यसमा वर्णनात्मक शैली पनि पाइन्छ । ४.५ शीर्षक ‘यात्री’ कवितामा एकशब्दे शीर्षक राखिएको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने कामलाई ‘यात्रा’ भनिन्छ । यसरी ‘यात्रा’ गर्ने व्यक्ति नै ‘यात्री’ हो । यस कविताको ‘यात्री’ मन्दिर जाँदै गरेको हुनाले यसले तीर्थतर्पको यात्रालाई सङ्केत गरेको छ । यो ‘यात्री’लाई ईश्वरको पूजा गर्ने उद्देश्यले मन्दिरतर्फ जाँदै गरेको भन्ने अर्थमा आएको हुनाले यसले ‘तीर्थयात्री’को पर्याय बुझाएको छ । तीर्थयात्रा गर्ने व्यक्तिले पूजाको सामग्री पनि बोकेको हुन्छ । यात्रा गर्दा अपनाइने साधन पनि हुन्छ । यस कविताको ‘यात्री’ बाहिरी संसारमा ईश्वर प्राप्त गर्ने लालसाले मानिसको काँधमा चढी ईश्वरको खोजी गर्दै गरेको देखिन्छ । उसको यो क्रियाकलाप देखेर कविले स्वयं मानिसको शरीर ईश्वरको मन्दिर हो, त्यसभित्र बस्ने आत्मा नै ईश्वरको प्रतीक हो । संसारमा बाहिर ईश्वर देखिँदैनन् । ईश्वर सर्वत्र छन्, उनलाई खोज्न कुन देवपुरीमा हिँडेको हो भनी यात्रीसँग प्रश्न गर्दै तिनको उत्तर पनि आफैँ दिएका छन् । कविले पीडा, दुःखमा रहेकाहरूको सेवाबाट ईश्वरको आफैँभित्र अनुभूति गर्न सकिन्छ भनेका हुनाले ईश्वर पाउन हिँडेको ‘तीर्थयात्री’ भन्ने सन्दर्भमा ‘यात्री’ कविताको शीर्षक सार्थक र उपयुक्त रहेको देखिन्छ । ५. निष्कर्ष ‘यात्री’ कविताले अँगालेको शरीररचनापरक आध्यात्मिक जीवनदर्शन फ्रान्सेली दर्शनसँग मिल्दोजुल्दो भए पनि देवकोटाले पूर्वीय जीवनदर्शनबाट यसको प्रेरणा पाएको देखिन्छ । देवकोटा संस्कृतका पनि ज्ञाता थिए । उनको प्राचीन आर्य संस्कृतिप्रति अगाध आस्था र श्रद्धा थियो । उनी गम्भीर चिन्तन र मनन गर्थे । उनका निबन्धमा पनि सतही रूपमा गरिने चिन्तनलाई बोक्रे चिन्तन भनिएको छ । कुनै पनि कुराको गहिराइमा नगई त्यसको मर्म नुबुझी त्यसलाई अँगाल्ने वा अन्धानुकरण गर्ने मानिसहरू प्रशस्तै हुन्छन् । तिनीहरू ईश्वरको प्राप्तिका लागि गरिने उपाय वा साधनहरू अपनाउँदा पनि सत्य, तथ्य र यथार्थ कुराको खोजी नगरी बोक्रे चिन्तनका पछि लागेका हुन्छन् । तिनै मानिसहरू मध्येको ‘यात्री’ कविताको यात्री मानिसको काँधमा चढेर मन्दिरमा गई पाषाण मूर्तिको पूजा गरेर ईश्वर प्राप्ति गर्ने अभिलाषा राख्दछ जुन कुरा अध्यात्मदर्शन र शरीररचना विज्ञानसँग मेल खाँदैन । अध्यात्मदर्शनसँग सम्बन्धित पूर्वीय मनीषीका चिन्तन, खोज र धरोहरहरू वेद, उपनिषद्, गीता, श्रीमद्भागवत् जस्ता शास्त्रहरूमा ईश्वरको प्राप्ति शरीरमा गएर खोजी गर्नाले हुन्छ भनिएको छ । देवी देवताको वासस्थान पनि यही मानव शरीर नै हो । जिउँदो जाग्दो मानव शरीर नै ईश्वरको असली मन्दिर हो । मानवका वेदना, पीडा र आँसु पुछेर उनीहरूको सेवा गर्नाले सबै मानवप्रति समभाव राख्नाले मानवताको कदर हुन्छ । ईश्वर पनि यस्तै सेवकहरूलाई देखेर प्रसन्न हुन्छन् । ईश्वरको खोजी शरीर बाहिर त्यो पनि मानिसले बनाएका कृत्रिम वस्तुमा खोज्नु निरर्थक काम हो र बोक्रे चिन्तन हो । ईश्वर सर्वव्यापक छन् तर उनलाई चर्मचक्षुले देख्न सकिँदैन, आफैँभित्र अनुभव गर्न सकिन्छ भनिएको छ । त्यसैले ‘यात्री’ अध्यात्मिक कविता हो । यसले ईश्वरलाई आफैँभित्र खोज्न प्रेरित गर्दछ भन्ने निष्कर्ष निकालिएको छ । सन्दर्भ कृतिसूची कालिदास (२०२१). कुमारसम्भव महाकाव्यम्, काशी :पण्डित पुस्तकालय । गोयन्दका, हरिकृष्ण दास (२०६८). ईशादि नौ उपनिषद्, (तिसौं संस्करण), गोरखपुर स् गीता प्रेस । घोडासैनी, खगेन्द्र (२०७४).‘यात्री’ कविताको शरीररचनापरक विश्लेषण’ हैमप्रभा–१६, (पृ.२३–३१) । जोशी, ताराप्रसाद, सम्पा. (२०४५). नेपाली कविता संग्रह भाग–२, काठमाडौं, भोटाहिटी स् रत्न पुस्तक भण्डार । त्रिपाठी, वासुदेव र अन्य, सम्पा. (२०४८). नेपाली कविता भाग–२, ललितपुर स् साझा प्रकाशन । देवकोटा, लक्ष्मीप्रसाद (२०५७). लक्ष्मी निबन्ध सङ्ग्रह, ललितपुर स् साझा प्रकाशन । देवकोटा, लक्ष्मीप्रसाद (२०६०). भिखारी, ललितपुर स् साझा प्रकाशन । भट्टराई, घटराज, सम्पा. (२०५१). प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौं स् एकता बुक्स डिस्ट्रिव्युटर्स, प्रा.लि. । लुइटेल, खगेन्द्रप्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं स् नेपाली राजकीय प्रज्ञा प्रतिष्ठान । शुक्ल यजुर्वेद संहिता, उवट–महिधर भाष्येण च समन्विता (सन् १९८७). वाराणसी स् मोतीलाल बनारसी दास । श्रीमद्भगवत्गीता (२०६८). गोरखपुर स् गीताप्रेस । श्रीमद्भागवत् महापुराण (सन् १९९४). दिल्ली स् चौखम्बा संस्कृत प्रतिष्ठान । सापकोटा, नाराणप्रसाद (२०५२). छन्दोऽलंकारमाला, लेखक स्वयं प्रकाशन । #‘यात्री’ कवितामा आध्यात्मिकता #डा. खगेन्द्र घोडासैनी दाहाल यज्ञनिधिको स्मृतिमा पाल्पालीसहित तीनजना सम्मानित: साहित्यपोस्ट साहित्यकार एवम् सञ्चारकर्मी दाहाल यज्ञनिधिको दोस्रो स्मृति दिवसको अवसरमा संक्षिप्त कार्यक्रम आयोजन गरी तीनजना प्रतिभालाई सम्मान गरिएको छ । आयोजक संस्थाका संयोजक रमेश शुभेच्छुकानुसार स्मृति सभाबाट गरिने विविध कार्यक्रममध्ये आज पहिलो कार्यक्रम गरिएको हो । मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा साहित्यकार पाल्पालीकै निवासमा आयोजित विशेष कार्यक्रममा तीनैजनालाई प्रा. राजेन्द्र सुवेदीले सम्मान अर्पण गरेका हुन् । कार्यक्रममा दाहाल यज्ञनिधि स्मृति सभाले मृगौला पीडित साहित्यकार एवम् अधिवक्ता बिके पाल्पालीलाई नगद २५ हजारसहित सम्मान गरेको हो । लामो समयदेखि मृर्गौला रोगबाट पीडित पाल्पालीको सिर्जनशीलता र उपचारमा आर्थिक सहयोग होस् भनेर सम्मान प्रदान गरिएको बताइएको छ । त्यसैगरी दाहाल यज्ञनिधि स्मृति सभाले काभ्रेकी सरिता कोइराला र धादिङकी सीता सिम्खडालाई २५ हजार नगदसहितको दाहाल यज्ञनिधि स्मृति सम्मान २०७७ संयुक्तरूपमा अर्पण गरेको छ । सरिता कोइराला ह्विलचियर प्रयोग गर्ने एयरपोर्टमा कम्प्युटर अपरेटरको काम गर्ने कर्मचारी हुन् । उनलाई लेखन र भिन्न क्षमताकी नवप्रतिभाको रूपमा सम्मान प्रदान गरिएको हो । सीता सिंखडालाई अर्पण गरिएको सम्मान पत्रमा लकडाउनको अवधिमा ठेलामा सुताएर मृर्गौला पीडित श्रीमतीको डायलासिस गराउँदै आएका डम्बरबहादुर सिम्खडाको समाचार कान्तिपुर दैनिकमा पढेर उहाँलाई भेटी सहयोग गर्ने उद्देश्यले सीतालाई सहयोगस्वरूप सम्मान गरिएको व्यहोरा उल्लेख गरिएको छ । कार्यक्रममा सीता उपस्थित हुन सकिनन् । उनका नामको सम्मान उनका श्रीमान डम्बर बहादुर सिम्खडाले ग्रहण गरे । प्रमुख अतिथि सुवेदीले तीनैजना आआफ्नै किसिमले जीवन सङ्घर्ष गरिरहेका व्यक्तिलाई सहयोग र सम्मानका लागि चययन गरेकोप्रति समितिको असल कामको प्रशंसासहित खुसी व्यक्त गरे । कार्यक्रममा स्मृति सभाका संयोजक रमेश शुभेच्छुले दाहाल यज्ञनिधिको सोच र आदर्शलाई अनुसरण गर्दै सम्मानका लागि पात्र चयन गरिएको बताए । “हामीले दाहाल यज्ञनिधिलाई गुमाएको दोस्रो वर्ष भइसकेको छ”, स्मृति सभाका संयोजक शुभेच्छुले दाहालका विषयमा पनि प्रकाश पार्दै भने, “हामीले उहाँकै सोच र आदर्शलाई आधार बनाएर सम्मानित व्यक्तित्व चयन गरेका हौँ । हामीले गर्ने बाँकी काम पनि उहाँको आदर्शलाई दायाँबायाँ हुन नदिने गरी गर्ने छौँ ।” कार्यक्रममा डा. विष्णु राईले सहभागी र पुरस्कार ग्रहण गर्ने प्रतिभाहरूलाई समितिका तर्फबाट धन्यवाद ज्ञापन गरे । साहित्यकार एवम् पत्रकार ठाकुर बेल्बासेले संस्थाको परिचय दिँदै थप कार्यक्रमका बारे जानकारी थिए । उनकाअनुसार संस्थाले सीमान्तकृत एवम् समस्यामा परेका प्रतिभाहरूको सहयोगलाई लक्ष्य बनाएको बताए । कार्यक्रममा कवयित्री गीता सापकोटाले दाहालकै कविता वाचन गरेर दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिन् । कार्यक्रममा साहित्यकार डम्बर घिमिरे,सञ्चारकर्मी कृष्ण कँडेल, सञ्चार कर्मी लुइटेल दिनेशलगायत पाल्पालीका परिवारका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति थियो । स्मृति सभाका संरक्षक सुधा दाहाल र सदस्य निलम कार्की निहारिका काठमाडौँ बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको समतिका सदस्य लुइटेल दिनेशले जानकारी दिए । #दाहाल यज्ञनिधि अराजक बाहुनवाद: माफ गर्नुहोला, यो लेखको आसय बाहुन जातलाई नकारात्मक तवरले टिप्पणी गर्नु होइन । बाहुनवाद कुनै जात विशेषसँग सम्बन्धित छैन । यो विशुद्ध कुविचर हो, कुसंस्कार हो । कुरीति र कुचिन्तन हो । बाहुनवाद शब्द सुन्नेबित्तिकै निश्चित समुदाय तर्सिनुपर्ने आवश्यकता छैन । बाहुनवाद शब्दबाट तर्सनु, उग्र हुनुको सट्टा सामाजिक धरातल तथा एकल नश्लवादी चिन्तन बुझ्न आवश्यक छ । सामान्य बुझाइमा जुनसुकै व्यक्ति, चाहे त्यो दमाई, कामी, सार्की, वादी, बाहुन, क्षेत्री, सन्यासी, राई, लिम्बू, तामाङ, ठकुरी होस् या अन्य कुनै आदिवासी, जसको विचार मैँ ठूलो, मैँ राम्रो, मेरो जात, समुदायले गरेको सामाजिक-धार्मिक कार्य पवित्र भन्ने अहम्कारी सोच राख्छ भने त्यो मानिस बाहुनवादी हो । उसको सोच, विचार र आचरण बाहुनवादभित्र पर्दछ । बाहुनवादको जात, धर्म र लिङ्ग हुँदैन । बाहुनवादी दमाई पनि हुनसक्छ, नेवार पनि । मुलतः बाहुनवाद कुसंस्कारी मानसिकताको उपज हो । बाहुनवादी जातव्यवस्थाको निरन्तरता हो । कुसंस्कारी अमानवीय जातिवादी प्रवृत्ति हो । उच्च जातिय अहंकारी रवैया हो । हिन्दू धर्मभित्रको वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले उसका अनुयायीलाई जातको आधारमा निश्चित घेरा कोरिदिएको छ । जातको आधारमा मानिसले गर्न मिल्ने र नमिल्ने, छुन मिल्ने र नमिल्ने , नाता गाँस्न मिल्ने र नमिल्नेजस्ता विभेदकारी धार्मिक दायरा कोरिदिएको छ । जातको आधारमा पेशा तोकिएको छ । भोजन र मान-सम्मान तोकिएको छ । जात-गोत्रको आधारमा एउटा निश्चित जातभित्र नातागोता मिल्ने, रोटीबेटीको सम्बन्ध चल्ने निश्चित सांस्कृतिक प्रावधान बनाइदिने बाहुनवाद नै हो । जातको आधारमा तिमी, तपाईँ, हजुर, तँ जस्ता शब्दको चयन हुने परिपाटी हाम्रै समाजमा देखिन्छ । मानिसको थर थाहा पाएपछि ‘तपाईँ’बाट ‘तिमी’ सम्बोधन गर्ने मानिस नेपाली समाजमा प्रशस्त भेटिन्छन् । मिमबहादुर परियार जातिय आधारमा सम्बोधन गर्ने पुरातनवादी सोच बाहुनवाद हो । बाहुनवाद यतिसम्म क्रुर छ कि यदि कुनै व्यक्ति कथित धर्म र जातिय नीति विरुद्ध गए त्यसको नतिजा नराम्रो हुने । उक्त व्यक्ति र उसको परिवारले सामाजिक बहिस्करणको सामना गर्नुपरेको तथ्य हाम्रौ समाजमा घटेका गतिविधिबाट पुष्टि भएको छ । यिनै बाहुनवादी रवैया सामाजिक, सांस्कृतिक थुनछेक प्रवृत्ति हो भन्ने स्पष्ट हुन्छ । हिन्दू धर्मका चार वर्णमध्ये ब्राह्मण वर्णलाई हिन्दूवादी संस्कारले सधैँभरि समाजको माथिल्लो तहमा राख्ने काम गरेको छ । उक्त समुदायलाई जातको हिसाबले सामाजिक, धार्मिक र सांस्कृतिक तवरमा शुद्ध बनाएको छ । उसको कार्यलाई पवित्र मानेको छ । धार्मिक पूजाआजा, यज्ञहवनमा सधैँ उसको हालीमुहाली हुने नीति बनाइदिएको छ । ब्राह्मणबाहेक अन्य कसैले पुरोहित कार्य गर्न नमिल्ने धार्मिक शास्त्रमा लेखिदिएको छ । राजादेखि रैतीसम्म ब्राह्मण जातको अगाडि झुक्नु पर्ने नियम बनाइएको छ । उसलाई समाजको सर्वश्रेष्ठ वर्ण मानेर धार्मिक ग्रन्थमा चित्रण गरिएको छ । जसकारण ऊ पूज्नीय भयो, उसका अगाडि सबै झुक्नुपर्ने वातावरण सृजना गरियो । अर्कोतिर वर्णको आधारमा, जातको आधारमा शुद्र अर्थात् आजको दलित समुदाय सामाजिक पीडाको दलनमा बस्न बाध्यात्मक अवस्था सृजना गरियो । दलित र उसका गतिविधिलाई नकारात्मक मानचित्रसँग तुलना गरियो । शारीरिक रूपमा राम्रो भए, ‘कस्तो बाहुनीजस्ती’ भन्ने, यदि कथित समाजले नराम्ररी देखे, ‘कस्तो दमाई-कामीजस्तो’ भनी विभेदकारी उपमा दिने परिपाटी बसालियो । दलितलाई अशुद्ध भनियो । उसलाई किनारमा राखियो । ऊसँग कुनै पनि सांस्कृतिक/सामाजिक सम्बन्ध जोड्न प्रतिबन्ध लगाइयो । जातको आधारमा सामाजिक दूरी कायम राख्नुपर्ने कथित हिन्दूवादी अभ्यासलाई समाजको मुलधारमा राखियो । यी यावत् नश्लवादी समाजिक चित्र नै बाहुनवादी चरित्र हो । दैलेखका सेते दमाईका छोराले ठकुरी थरकी युवतीसँग प्रेमविवाह गर्दा केटी पक्षको कुटपिटबाट सेते दमाईको हत्या भएको थियो । हिन्दू धर्मावलम्बीले सधैँ जातलाई केन्द्रमा राखेर सामाजिक/धार्मिक खाका तयार गर्यो । इतिहास साक्षी छ, दलित समुदायका प्रतिनिधिले बाहुनवादी मान्यता विपरीत विद्रोह गरे हत्यासम्म गर्ने कानुन पारित भएको थियो । जयस्थिति मल्लको मानवन्याय शास्त्र, राम शाहको कथित सुधारवादी नीति भनौँ या जङ्गबहादुर राणाले पारित गरेको विस.१९१० को मुलुकी ऐन; यी तमाम नश्लवादी कानुन दलितका विरुद्ध थिए भने कथित उपल्लो जात भनिएकाको हितमा थिए । सर्सर्ती तत्कालीन नश्लवादी कानुन बाहुनवादी रहेको तथ्य यसका नीति-नियमबाट थाहा हुन्छ । तत्कालीन एकल जातिय कानुनको प्रभाव आजसम्म पनि समाजको गतिविधिमा देखिन्छ । आफ्ना छोराछोरीको विवाहको लागि भाँडामा लमी खटाएर चिनो-कुडिलो मिलाएर लगन जुराउने समाज हाम्रै हो । वि.स. २०७७ जेठ १२ नवराज विक नाम गरेका युवाले कथित उपल्लो थरकी शुष्मा मल्लसँग प्रेमविवाह गर्न खोज्दा नवराजसहित अन्य पाँच युवाको सामुहिक हत्या भयो । दैलेखका सेते दमाईका छोराले ठकुरी थरकी युवतीसँग प्रेमविवाह गर्दा केटी पक्षको कुटपिटबाट सेते दमाईको हत्या भएको थियो । यी तमाम घटनाको प्रमुख कारण कथित दलितले कथित गैरदलितसँग सम्बन्ध गाँस्ने भयो, हाम्रो जातमाथि कथित दलितले धावा बोल्यो भनेर सारा गाउँ मिलेर हत्या गरियोको हो । फलतः दलित समुदायको सामाजिक, धार्मिक, सांस्कृतिक स्वतन्त्रता हनन् भयो । उसलाई समाजको हरेक कार्यमा बहिष्कारको नीतिद्वारा टाढा राखियो । जातलाई प्रमुख आधार देखाएर धार्मिक समाजिक र सांस्कृतिक दूरी कायम गर्नुपर्ने धार्मिक कानुन बनाइयो । नवराज विक, सिते दमाई, अजित मिजारको मृत्युको प्रमुख कारकतत्व बाहुनवाद हो । बाहुनवादी कथित नीति-नियमले कलिला युवाको हत्या गर्न अग्रसर बनायो । हिन्दूवादी जात व्यवस्थाले एउटा निश्चित समुदायलाई, विशेषगरी तागाधारी समुदाय र उसको हेजेमनी पछ्याउँदै गरेको आदिवासी जनजाति समुदायमा बाहुनवादी अहंकारवादी संक्रिण सोच प्रदान गर्यो । जनजाति समुदाय जसको समाजिक रीतितिथि, भाषा, संस्कार छुट्टै छ, उसले ब्राह्मण संस्कृतिलाई पछ्याउने काम गर्यो । आफ्नो झर्रा रीतिरिवाजलाई किनारमा लगाउँदै, बिर्सदै, ब्राह्मण समुदायका कर्मकाण्डको अभ्यास आफ्नो जीवनपद्धतिमा लागू गर्यो । सोही कारणले जनजाति समुदायमा पनि बाहुनवादी उच्चजातिय अहंकारी प्रवृत्ति देखियो । हामीमा पनि दलित समुदायलाई दमन गर्नुपर्छ भन्ने दानवीय मानसिकताको विकास भयो । यिनै नश्लवादी तथा जातिवादी निच चिन्तनको कारण कयौँ अन्तरजातिय विवाह गरेका क्रान्तिकारी मनहरूको हत्या भयो । जातविरोधी शक्तिलाई थुनछेकको सामाजिक र सांस्कृतिक षड्यन्त्र स्थापना भयो । अझ दलित र गैरदलित विद्रोही शक्तिलाई तहसनहस पार्ने षड्यन्त्रको रूपमा बाहुनवादलाई समाजको अग्रस्थानमा राख्न जातवादी-बाहुनवादी भाइरसह? मूलमन्त्र बनाएर लागिपरेको देखिन्छ । रोटी र बेटीको सम्बन्ध अस्वीकार गर्नेजस्ता बाहुनवादी क्रियाकलाप दलित समुदायभित्र पनि देखिन्छ । जुन निन्दनीय छ । अर्कोतिर दलित समुदायभित्र पनि बाहुनवादको जीवाणु सलबलाएको देखिन्छ । सदियौँदेखि जातिय आधारमा दमन सहेको समुदायमा पनि बाहुनवादी प्रवृत्ति देखिन्छ । कामी समुदायले दमाई समुदायलाई विभेद गर्ने । रोटी र बेटीको सम्बन्ध अस्वीकार गर्नेजस्ता बाहुनवादी क्रियाकलाप दलित समुदायभित्र पनि देखिन्छ । जुन निन्दनीय छ । यस्ता विभेदकारी प्रवृत्तिको घोरभत्सना हुनुपर्छ । बाहुनवादका दासहरू विभेदकारी कुचिन्तनलाई सफल पार्न समाजका कुना कुनामा जातिवादको भाइरस फैलाउन सफल भएका छन् । सामाजिक भाइचारा ध्वस्त पार्न सफल भएका छन् । दलित मार्न अग्रसर देखिएका छन् । दलितको मृत्यु सस्तो बनाउन सफलता हात पारेका छन् । यस्ता विभेदकारी, विखण्डनकारी मानसिकतालाई जीवित राख्न बाहुनवादले अहम् भूमिका खेलेको छ । समाजलाई जातियताका आधारमा बाँड्न र भाँड्न सफल भएको छ । विभेदकारी र उच्च जातिय अहंकारी वादहरू जबसम्म जीवित हुन्छन् तबसम्म समाज चिराचिरामा विभाजित हुनेछ । बाहुनवादको रजगज कायम हुनेछ । मानिस मानिसबीच अमानवीय खाडलको सृजना हुनेछ । समानता, समाजिक स्वतन्त्रता र भाइचाराको हत्या हुनेछ । नश्लवादी प्रवृत्तिको सीमा हुँदैन, सिद्धान्त हुँदैन । विशुद्ध कुसंस्कारबाट प्रचालित हुन्छ । बाहुनवादी प्रवृत्तिजस्तै पश्चिमा मुलुकमा विभेदकारी नीति थियो , अझैसम्म बेलाबखत रङभेदका घटना घटेको देखिन्छ । अर्कोतिर काला समुदायलाई हिन नजरले हेरिन्थ्यो । उसको सम्पत्ति तथा सामाजिक स्वतन्त्रता खोसिएको थियो । बेलायती विस्तारवादी तथा साम्राज्यवादी नीति अनुसार पश्चिमा गोराहरूमा नश्लवादी चिन्तन हावी थियो । एक रङ, वर्णले विश्वमा राज गर्नुपर्छ भन्ने एकल नश्लवादी मानसिकता गोरा समुदायमा देखिएको थियो । उक्त नश्लवादी चिन्तनलाई टेवा पुर्याउने “ह्वाइटस् म्यान बर्डन” शब्दावली अङ्ग्रेजी कवि रुडयाड किपलिङले सन् १८८९ तिर प्रतिपादन गरेको थिए । जसको मुख्य आशय भनेको सेतो अर्थात् गोरो छाला भएका मानिस सभ्य, राम्रा, विवेकशील, ज्ञानी तथा अन्य राम्रा मानकको रूपमा हेरिन्थ्यो । सबै राम्रो ज्ञानले भरिपूर्ण गोरा हुन् भन्ने नश्लवादी भाव उक्त कुचिन्तनमा थियो । जब कि काला छाला भएका अफ्रिकी मुलवासीलाई नकारात्मक मानकसँग तुलना गरिन्थ्यो । काला समुदायका मानिसलाई नराम्रा, अज्ञानी, हिंस्रक इत्यादिको चस्माबाट हेरिन्थ्यो । गोरा वर्णलाई उच्चश्रेणीको मानिस ठानिएको थियो । उसका हरेक क्रियाकलापलाई संस्कार र सभ्यताको रूपमा मानिन्थ्यो । उसलाई ज्ञान-विज्ञानको भण्डारको रूपमा चित्रण गरिन्थ्यो । अर्कोतिर काला समुदायलाई हिन नजरले हेरिन्थ्यो । उसको सम्पत्ति तथा सामाजिक स्वतन्त्रता खोसिएको थियो । रैथाने समुदायलाई आफ्नो मातृभूमिमा शरणार्थीको दर्जा गोराले दिएका थिए । काला समुदायमाथि गोरो छाला भएकै कारणले युरोपियनले अमानवीय गतिविधि लादेका थिए । पश्चिमाको ह्वाइट म्यान वर्डन र हिन्दूको बाहुनवादको रूप र सार एउटै हो । समाजको सिमान्तकृत समुदायलाई दलदलमा राख्ने नश्लवादी प्रपञ्च हो । आफ्नो भेषभूषा, रूपरङ, चालचलनलाई राम्रो देखाउने नश्लवादी षड्यन्त्र हो । जसरी काला जातिका मानिसलाई गोरा समुदायले आफ्नै ठाउँमा बिरानो बनाए । आफ्नै मातृभूमिमा सुकुम्बासी बनाए । कथित संस्कार र सभ्यताको नाममा काला जातिको अफ्रिकन मौलिक संस्कृतिमाथि गोरा जातिले क्रिस्चियन मिसिनेरी प्रवेश गराएर तहसनहस पारिदिए । राजनीतिक, संस्कृतिक र आर्थिक रूपले दासत्वमा बस्न बाध्यात्मक परिस्थिति निर्माण गरिदिए । त्यस्तै हिन्दू धर्ममा पनि बाहुनवादको छत्रछायामा दलितमाथि राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक तवरबाट बहिस्कार गरियो । दलितका हरेक कामकाजलाई हिन नजरले हेरियो । फलतः दलित समुदायलाई अछुतको पगरी थमाएर समाजिक स्वतन्त्रता हनन् गरियो । दलितमाथि धर्म-संस्कारको नाममा सामाजिक र मानसिक यातना दिइयो । आजको मितिमा पनि कथित सभ्य समाजले दलितको मनमस्तिष्कमा चोट दिएको छ । समाजको कुना कुनामा बाहुनवादले सृजना गरेका अनगिन्ती सामाजिक अपहेलना दलितले सामाना गर्नुपरेको छ । बाहुनवादी जवाफ उदेकलाग्दो छ । विभेदको अन्त्य भइसकेको छ, हामी सबै बराबर जस्ता ढोँगी उत्तर दिएर बाहुनवादलाई प्रशय दिएको देखिन्छ । यी तमाम पिडाको उत्तर कसले दिने ? निश्चितरूपमा बाहुनवादी समाजले दिनुपर्ने हो, यसका दासहरूले जिम्मेवारी लिनुपर्ने हो । समाजमा कालो संस्कृति फैलाएर समाजिक भाइचारा भाँड्ने जिम्मेवारी बाहुनवाद र उसका दासहरूले लिनुपर्ने हो । तर विडम्बना, बाहुनवादी जवाफ उदेकलाग्दो छ । विभेदको अन्त्य भइसकेको छ, हामी सबै बराबर जस्ता ढोँगी उत्तर दिएर बाहुनवादलाई प्रशय दिएको देखिन्छ । भाषणमा सबैले जात छैन भनेको सुनिन्छ । तर जब घरमा बिहेवारी सम्बन्धको कुरा चल्छ तब जात, गोत्रको कुरा तिनै कथित सुधारवादीको क्रियाकलापमा बाहुनवाद अर्थात् जातभातको चर्चा चलाएको देखिन्छ । कानुनका धारमा समानताको नीति, नियम र ऐन छन् तर दैनिक जीवनमा उही जातीय घिनलाग्दो चित्र देखिन्छ । मानिस जातको नाममा हत्या गर्न अग्रसर हुन्छ । जातलाई सामाजिक प्रतिष्ठा ठानेर दलितको हत्या भएका धेरै घटना छन् । कयौँ दलित गाउँबाट निकालिएका छन् । कयौँको सम्पत्ति जफत गरिएको छ । यी तमाम घटनाको एकमात्र कारण भनेको बाहुनवाद हो । जबसम्म बाहुनवादलाई तहसनहस गरिँदैन तबसम्म समाजमा विभेद कायम रहन्छ । भाषण, गफ दिन सहज र सरल हुन्छ तर कार्यन्यवन गर्न मानिसलाई गाह्रो हुन्छ । वर्तमान परिपेक्ष्यमा नेपाली समाजले समाजिक जटिलता भनेको ढोँगीपन हो । बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो । राज्यको दुर्गति हुने । नेपाली समाजलाई प्रगतितिर लग्ने कि दुर्गतितिर ? बाहुनवादलाई जीवनपद्धति राख्नु नै नेपाली समाजको ठूलो भुल रहेको छ । विशेषगरी तागाधारी समुदायले बाहुनवादलाई आफ्नो सामाजिक र सांस्कृतिक मन्त्रको रूपमा अभ्यास गरेको देखिन्छ । जब कि जनसंख्या तथा राजनीतिक पहुँचमा तागाधारी समुदायको बाहुल्यता छ । निर्णायक तहमा उसको उपस्थित बाक्लो छ । शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक उपस्थिति तागाधारीको बलियो छ । नेपाली समाजमा जातिय सवालमा तागाधारी समुदाय नसच्चिए बाहुनवाद जीवित रहन्छ । बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो । राज्यको दुर्गति हुने । नेपाली समाजलाई प्रगतितिर लग्ने कि दुर्गतितिर ? राष्ट्रलाई प्रगतिपथमा लैजानुको पहिलो पाइला बाहुनवादको अन्त्य गर्नुपर्छ । समाजको सबै वर्ग, तहतप्काबाट नश्लवादी, विभेदकारी नीति अङ्गालेको बाहुनवादलाई सदाको लागि तहसनहस पार्नुपर्छ । अनि मात्र समतामूलक समाजको निर्माण हुन्छ । भाइचारा तथा एकतामार्फत् अग्रगामी पथतिर लम्कन सकिन्छ । जब समाजमा जात रहँदैन तब मानिसलाई जता जान पनि सरल र सहज हुन्छ । अबको नेपालले सहजता खोज्ने हो । जटिलता त्याग्ने हो । #बाहुनवाद #मिमबहादुर परियार हाम्रो किबोर्डभित्रको भाषिक अराजकता: उठान: सूचना र प्रविधिको द्रुततर विकाससँगै नेपाली भाषालाई पनि सूचना र प्रविधिसँग संयोजन र अद्यावधिक गर्दै जानु अति आवश्यक छ । त्यसै सन्दर्भमा स्मार्ट फोनका लागि भनेर तयार गरिएको हाम्रो किबोर्ड मोबाइल एप्सले पनि नेपाली भाषाका धेरैजसो प्रयोक्ताहरूलाई नेपाली भाषामा नै आफ्ना विचारहरू आदानप्रदान गर्न सजिलो र सहज बनाएको छ । यसमा एकदुईओटा अक्षर टाइप गर्नेबित्तिकै सम्बद्ध शब्द देखाउने र पूरै शब्द टाइप गरिरहनुपर्ने झन्झटबाट पनि प्रयोक्ताहरू मुक्त छन् तर यसमा भण्डारण गरिएका अधिकांश शब्दहरू दोहोरो वर्णविन्यास र त्रुटिपूर्ण रहेकाले नेपाली भाषाको शुद्ध लेखनमा यसले नकारात्मक प्रभाव पार्दै गएको छ र यसतर्फ प्रयोक्ताहरू अत्यन्त सचेत हुनु आवश्यक छ । भाषाप्रेमीहरूको गम्भीर चिन्ताः भाषिक शुद्धीकरण अभियानअन्तर्गत मैले गत हप्ता फेसबुकमा ‘म किन बधाइ लेख्न रुचाउँछु ?’ भन्ने शीर्षकमा दीर्घ ‘बधाई’ होइन ह्रस्व ‘बधाइ’ लेख्नुपर्छ भन्ने तार्किक विचार प्रस्तुत गरेको थिएँ । त्यसै सन्दर्भमा भाषाप्रेमी विद्वान् लक्ष्मीशरण अधिकारीले “मोबाइल टाइपमा त बिद्या, बिद्यार्थी, बिद्यालय, बिज्ञान, बिपरित, बिज्ञापन देखाउँछ, के यी शब्दहरूलाई शुद्ध मान्न सकिन्छ त ?” भनेर प्रश्न गर्नुभयो । निश्चय नै मैले पनि मोबाइलमा यस किसिमका त्रुटिहरू बारम्बार देखिरहेको थिएँ तर उहाँले उल्लेख गरेजस्ता गम्भीर त्रुटितर्फ मेरो ध्यान जान सकेको थिएन । त्यसैले मोबाइलमा यसरी सेटिङ गरेर कुन कम्पनीले हाम्रो किबोर्ड एप्स निकालेको होला भनेर अशुद्ध शब्दलाई निराकरण गर्ने दिशातर्फ मेरो ध्यान आकृष्ट भयो । सोही फेसबुक विचारका सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले “ती शब्द त संस्कृत तत्सम हुन्, विद्वान्, विद्यालय नै भन्नु, लेख्नुपर्छ, लेख्न त पढेलेखेकाले पनि बिद्धालय लेख्छन्, त्यो शुद्ध हुन्छ र ?” भन्ने प्रश्न गर्दै उहाँले “मेरै नाम कतिले विधानाथ वा विध्यानाथ लेखेको देख्दा दिक्क लाग्छ” उल्लेख गर्नुभएको थियो भने भाषाचिन्तक एवं कवि रमेश खकुरेलले “विद्ध आलय” उल्लेख गर्दै आश्चर्य प्रकट गर्नुभएको थियो । निश्चय नै पढेलेखेका व्यक्तिहरूले नै ‘विद्या’ शब्दलाई शुद्ध लेख्न नसकी विधा, विध्या र बिद्धा लेख्ने गरेका छन् भने ‘विद्यालय’ शब्दलाई सन्धिविच्छेद गर्दा कुनै विद्यार्थीले ‘बिद्ध+आलय’ गर्यो भने कुनै आश्चर्य हुँदैन । विद्वान्हरूको भाषाप्रतिको यो चिन्ता त एउटा प्रतिनिधिमूलक चिन्ता हो र यस्तो चिन्ता गरिरहने चिन्तकहरू नेपालमा यत्रतत्र सर्वत्र छन् तर तिनको चिन्तालाई निराकरण गर्ने प्रयास हुनुको सट्टा यस्ता चिन्ताहरूलाई मलजल गरिरहने बाध्यता परिस्थिति बढ्दै गएको छ । श्रद्धाञ्जली लेख्ने कि श्रद्धाञ्जलि ? हाम्रो किबोर्डमा ‘श्रद्धा’ शब्द लेख्ने बित्तिकै ‘श्रद्धाञ्जली’ र ‘श्रद्धाञ्जलि’ दुवै शब्द देखापर्छन् । यी दुवै शब्द शुद्ध रहेछन् भनेर धेरैजसो प्रयोक्ताहरूले सुरुको शब्द थिच्ने गर्छन् भने केही प्रयोक्ताले ‘श्रद्धाञ्जलि’ पनि थिच्ने गर्छन् । कसैको मृत्यु हुँदा फेसबुकमा राखिएका समाचारमा मृतकप्रति यी दुवै शब्दको प्रयोग गरिएको पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशले २०४० को पहिलो संस्करणदेखि हालसम्म ‘श्रद्धाञ्जली’ शब्दलाई मात्र प्रविष्टि दिइएको छ तर ‘श्रद्धाञ्जलि’ शब्दलाई हालसम्म प्रविष्टि नै दिएको छैन, जसका कारण ‘श्रद्धाञ्जलि’ शब्द त अशुद्ध रहेछ, प्राज्ञिक शब्दकोशमा भेटिएको ‘श्रद्धाञ्जली’ शब्द मात्र शुद्ध हो भन्ने भ्रम प्रयोक्ताहरूमा पर्न गएको छ । संस्कृतमा ह्रस्व अन्तमा रहेको ‘अञ्जलि’ शब्द मात्र शुद्ध मानिन्छ । ‘श्रद्धाञ्जलि’ तत्सम शब्द भएका कारण यसलाई अन्तमा दीर्घ लेख्नुलाई अशुद्ध ठान्नुपर्छ । अनुपयुक्त ‘श्रद्धाञ्जली’ शब्दलाई मानक ठहर्याउने नेपाली बृहत् शब्दकोशको दुष्प्रयास हाम्रो किबोर्डको भन्दा पनि बढ्ता असह्य छ । पुर्व लेख्ने कि पूर्व ? हाम्रो किबोर्डमा ‘पुर्व’ र ‘पूर्व’ दुवै शब्द शुद्ध ठानेर राखिएका छन् । नेपाली भाषामा शुद्ध र अशुद्ध शब्दको सामान्य ज्ञान नभएका प्रयोक्ताले सिफ्ट नथिचीकन ‘पुर्व’ शब्द लेख्न पाएपछि सिफ्ट थिचेर ‘पूर्व’ लेख्ने प्रयास नै गर्दैनन् । ‘पुर्व’ शब्द नै शुद्ध ठहरिएपछि किबोर्डमा उपलब्ध हुने पुर्वक, पुर्वाग्रह, पुर्वाधार आदि शब्दलाई अशुद्ध ठहर्याउने चासो पाठकले राख्तैनन् । हाम्रो किबोर्ड केवल किबोर्ड मात्रै नभएर सहयोगी शब्दकोश पनि भएका कारण यसले पुर्व/पूर्व, पुर्वाधार/पूर्वाधार आदि दोहोरो प्रविष्टिलाई निरुत्साहित गरी पूर्व, पूर्वक, पूर्वाग्रह, पूर्वाधार आदि शुद्ध शब्दलाई मात्र प्रविष्टि दिने प्रयासमा सम्बद्ध उत्पादक कम्पनीको ध्यान आकृष्ट हुनुपर्छ । इ लेख्ने कि ई ? हाम्रो किबोर्डमा एउटै शब्दमा ह्रस्व र दीर्घ दुवै ‘इ’ वर्णको प्रयोग गरिएका शब्दहरू पनि पाइन्छन्, जसका कारण प्रयोक्ताहरूमा अन्योल देखिन्छ । ‘मिठाइ’ शब्दसँग ‘मिठाई’ मात्र होइन ‘मिठाइँ’ शब्द पनि रहेको छ । ‘मिठाई’ त कसैले दीर्घ पनि लेख्न सक्ने सम्भावना रहला तर अनर्थक ‘मिठाइँ’ शब्द कसरी त्यहाँ समावेश भयो ? भन्ने कुरा आश्चर्यलाग्दो छ । नेपालीमा ‘आइ’ प्रत्यय ह्रस्व हुने भएकाले ‘मिठाइ’ शब्द शुद्ध हो र ‘मिठाई’ तथा ‘मिठाइँ’ शब्द अशुद्ध हुन् भनेर सोच्ने क्षमता सर्वसाधारण प्रयोक्तामा कम हुने भएकाले यी तीनओटै शब्द प्रयोगमा आउन सक्छन्, जसका कारण भाषामा शुद्धता कायम गर्दै जान गाह्रो हुनेछ । हाम्रो किबोर्डले त ‘मिठाइ’ शब्द विकल्पमा देखायो तर हाम्रो प्राज्ञिक शब्दकोश (२०४०—२०६७) ले ‘मीठो+आइ’ का आधारमा ‘मिठाई’ शब्दलाई शुद्ध ठानेको छ । ह्रस्व इकार अन्तमा हुने ‘आइ’प्रत्यय लागेर किन दीर्घ ईकारान्त ‘मिठाई’ त्रुटिपूर्ण शब्दको प्रविष्टिले २०४० सालदेखि हालसम्म निराकरण पाउन सकेन ? भन्ने कुरामा कसैको ध्यान जान सकेको छैन । हाम्रो किबोर्डले ‘मिठो’ र ‘मीठो’ दुवै शब्दलाई शुद्ध ठानेको छ तर प्रज्ञाका पुराना शब्दकोश (२०४०–२०५८) ले ‘मीठो’लाई र नयाँ शब्दकोश (२०६७–२०७५) ले ‘मिठो’लाई शुद्ध ठानेका छन् । वास्तवमा ‘मिष्ट– मिट्ठ– मीठो’ यसरी शब्दको विकास भएको हो र प्राकृतबाट नेपालीमा आउँदा क्षतिपूर्ति दीर्घीभवनको भाषाविज्ञानी मान्यताले दीर्घ भएर ‘मीठो’ बन्न पुगेको हो । ‘स्वीकार्नु’ र ‘स्विकार्नु’ जस्ता शब्दलाई पनि हाम्रो किबोर्डले शुद्ध ठानेको छ । नेपाली भाषाका नयाँ निर्देशकहरूले ‘स्विकार्नु’लाई शुद्ध ठान्छन् तर विद्यार्थीले सँगसँगै आएका ‘स्वीकार’ र ‘स्विकार्नु’मध्ये एउटामा दीर्घ र अर्कामा किन ह्रस्व लेखिएको हो ? भनेर प्रश्न गरेका खण्डमा त्यसको चित्तबुझ्दो जवाफ हाम्रो भाषाका नयाँ निर्देशक र प्रायः सबैजसो शिक्षकमा छैन । वास्तवमा यस्ता तत्सम प्रकृतिका शब्दलाई प्रकृतिको सुरक्षा गरेर लेख्ने बानीको विकास गर्न सकियो भने विद्यार्थीले ‘स्विकार्छ’ शब्दका सादृश्यमा ‘स्विकार’ लेख्ने किसिमका गल्तीहरू गर्ने थिएनन् । उ लेख्ने कि ऊ ? हाम्रो किबोर्डमा एउटै शब्दमा ह्रस्व उकार र दीर्घ ऊकार दुवैको प्रयोग भएका शब्दहरूको सङ्ख्या पनि अत्यधिक छ । ‘सासू’ मात्र हुनुपर्नेमा ‘सासु’ पनि छ । ‘पूर्ण’ मात्र शुद्ध हो भन्ने ख्याल नगरिएका कारण ‘पुर्ण’ पनि समावेश गरिएको छ । ‘सुखी’ शब्द शुद्ध हो भन्ने थाहा नपाउनेलाई ‘सूखी’ शब्दले पनि झुक्याउने अवसर हाम्रो किबोर्डले नै दिएको छ । ‘फुर्तिलो’ मात्र नभएर ‘फूर्तिलो’ पनि शुद्ध ठानिएको छ । ‘लुट’ मात्र शुद्ध ठानिनुपर्नेमा ‘लूट’ शब्दले पनि सर्वसाधारण प्रयोक्ताका आँखामा लुटपाट मच्चाएको छ । यस किसिमको दोहोरो प्रयोगलाई निराकरण गर्ने दिशामा सम्बद्ध कम्पनी र प्रयोक्ताहरू स्वयंको पनि विशेष ध्यान जानु आवश्यक छ । ब लेख्ने कि व ? हाम्रो किबोर्डमा सबैभन्दा बढ्ता असावधानी ‘व’ लेख्नुपर्ने शब्दमा ‘ब’ देखिएको छ । विद्या, विद्युत्, विद्युतीय, विद्रोह, विश्व, विश्वास, विशेष, विशाल, विशिष्ट, विकास, विस्तार, वृद्ध, अवस्था, विपरीत, विज्ञानजस्ता शब्द शुद्ध हुन् भन्ने ख्याल गर्न सकेको भए हाम्रो किबोर्डद्वारा बिद्यार्थी, बिद्यालय, बिद्धुत्, बिद्धुतिय, बिश्व, बिश्वबिद्धालय, बिश्वास, बृद्ध, अबश्था, विशेश, बिशेष, बिशाल, बिज्ञापन आदि शब्दहरूमा ‘ब’कारको प्रयोग नै हुने थिएन । ‘वीकाश’ शब्द (अष्टाध्यायी ६।३।१२३) शुद्ध हो भन्ने कुरा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञिक शब्दकोशले बुझ्न सकेको भए ‘विकाश’लाई ‘बिकाश’ गर्न हाम्रो किबोर्ड पनि अग्रसर हुने थिएन होला । श लेख्ने कि ष-स ? हाम्रो किबोर्डमा तीनओटै श, ष, सका सम्बन्धमा पनि अन्योल देखिन्छ । पुराना शब्दकोश (२०४०–२०५५)मा ‘शहर’ र ‘शहरीकरण’ लेख्न निर्देशन दिइएको भए पनि नयाँ शब्दकोश (२०५८–२०७५) मा भने ‘सहर’ र ‘सहरीकरण’ लेख्न निर्देशन दिइएको छ । यसका बारेमा नेपालीमा विवाद कायमै रहेका कारण हाम्रो किबोर्डमा यस्ता दोहोरै शब्द समावेश हुनु अस्वाभाविक होइन । वास्तवमा आगन्तुक शब्दमा एउटै ‘स’को प्रयोग गर्ने विषयमा सहमति जनाउन उपयुक्त भएकाले हाम्रो किबोर्डले पनि यस्ता आगन्तुक शब्दमा एउटै सकारको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसका विषयमा भारतीय प्रवासी नेपाली प्रयोक्ताहरूको विमति रहनु अस्वाभाविक देखिँदैन । हाम्रो किबोर्डले ‘विशेष’ शब्दलाई ‘विषेश’ र ‘बिशेश’ शब्दको प्रयोग गरेका कारण धेरैजसो पत्रकार र फ्ल्यास ब्यानर बनाउनेहरूले ‘विषेश’ शब्दलाई शुद्ध ठानेर प्रयोग गर्ने गरेको भेटिन्छ । तसर्थ यस किसिमका अशुद्धिहरू निराकरण गर्न हाम्रो किबोर्ड उत्पादक कम्पनीको ध्यान जानु आवश्यक छ । हलन्त लेख्ने कि अजन्त ? हाम्रो किबोर्डमा अजन्त मात्र लेख्नुपर्ने शब्दलाई हलन्तका रूपमा समेत तथा हलन्त मात्र लेख्नुपर्ने शब्दलाई अजन्तमा समेत उल्लेख गरिएको पाइन्छ । सदैव अजन्त हुनुपर्ने ‘दुःखद’ र ‘वरिष्ठतम’ शब्दलाई हलन्त ‘दुःखद्’ र ‘वरिष्ठतम्’ पनि बनाइएको छ भने सधैँ हलन्त लेख्नुपर्ने ‘आत्मसात्’ शब्दलाई अजन्त ‘आत्मसात’ पनि उल्लेख गरिएको छ । धेरैजसो पत्रपत्रिकाहरूमा सम्भवतः यसकै प्रभावमा ‘दुःखद्’ अनुपयुक्त शब्दको प्रयोग भएको देख्न सकिन्छ । तसर्थ यस्ता अनुपयुक्त शब्दको प्रयोगबाट प्रयोक्तालाई बचाउन पनि सम्बन्धित निकायको ध्यान जानुपर्छ । थप अशुद्धिहरू हाम्रो किबोर्डमा ‘स्वस्थ’ मात्र लेख्नुपर्नेमा ‘स्वास्थ’, ‘स्वास्थ्य’ मात्र लेख्नुपर्नेमा ‘स्वस्थ्य’, ‘एकाइ’ मात्र लेख्नुपर्ने ‘इकाइ’ र ‘इकाई’, ‘अत्यधिक’ मात्र लेख्नुपर्नेमा ‘अत्याधिक’, ‘उपर्युक्त’ लेख्नुपर्नेमा ‘उपरोक्त’जस्ता अनुपयुक्त शब्दहरूको प्रयोग गरिएको छ । त्यसैले यस्ता अनुपयुक्त शब्दहरूको प्रयोग हुनबाट बचाई नेपाली भाषालाई स्तरीय र मानक बनाउन पनि हाम्रो किबोर्ड एप्स उत्पादक कम्पनीको ध्यानाकर्षण हुनु जरुरी छ । बैठान नेपाली भाषाको शुद्ध लेखनका सन्दर्भमा सर्वप्रथम प्रयोक्ताहरू नै सचेत हुन नसक्ने हो र सजिलोका लागि तयारी खाजाजस्तै तयारी शब्दमा मात्र बढ्ता विश्वास गर्दै त्यसको संरचना अनि शुद्धताका बारेमा प्रयोक्ता स्वयंले चासो नराख्ने हो भने एकाध व्यक्तिको चिन्ता र चासोले चलाइएका शुद्ध लेखनका अभियानहरू सार्थक र सफल हुन सक्ने छैनन् । साथै सूचना र प्रविधिको द्रुततर विकासलाई ध्यानमा राखेर तयार गरिने हाम्रो किबोर्डजस्ता एप्स र शब्दकोश एप्सका निर्माताहरूले आफ्ना कमीकमजोरीहरूलाई आत्मसात् गरेर तिनलाई निराकरण गर्दै जाने विषयमा गम्भीर नबन्ने हो भने नेपाली भाषाको शुद्धता कायम गर्दै जान निकै जटिलताहरू थपिने छन् । तसर्थ सर्वसाधारण प्रयोक्ताहरू मात्र होइन नेपाली शब्दकोश र हाम्रो किबोर्डजस्ता एप्सका निर्माताहरूको यथासमयमै यस विषयमा गम्भीर ध्यानाकर्षण हुनु अति आवश्यक देखिन्छ । #डा. मतिप्रसाद ढकाल म पैसा हुँ: ‘म’ को हुँ ? मेरो पछि करोड़ौं मानिस दगुर्छन् म सर्वव्यापी छु मान्छेलाई रुवाउँछु, हसाउँछु म मानिसको निद्रा, तिर्खा, भोक हरण गर्छु जन्मदा पनि मलाई चाहिन्छ जान्नेलाई यही नजान्नेलाई कतै न कतै राजा-भिखारीलाई पनि मेरो खाँचो म नहुँदा सबैको हुन्छ नाश मेरो लागि मान्छेले मान्छे चिन्दैन श्वास भए नभए पनि जस पाउँदैन ‘म’ को हुँ ? मान्छेलाई थाङ्ने, माग्ने बनाउँछु मेरो निम्ति असत्य, हिंसा गर्न कर लाग्छ म लज्जित पार्छु, सम्मान दिलाउँछु म मानिसलाई उँभो चडाउछु, भिरमा ठेल्छु ‘म’ को हुँ ? चिन्नेले अघि नै चिने नचिन्नेलाई भन्दैछु म आखिरमा पैसा त हुँ होइन र मानिस हो? म पैसा हुँ साँच्चै… म पैसा हुँ। समार दलनी, विश्वनाथ, असम बस्नलाई अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर: आजको शृङ्खलामा हामीले कवि श्रीदीप दाहालको कवितामाथि कवि मोहन सङ्ग्रामको टिप्पणी लिएर आएका छौँ । प्रस्तुत छ कवि दाहालको तीन कवितामाथि टिप्पणीकारको टिप्पणी । बस्नलाई अग्ला अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर १. बाग्मती कविता श्रीदीपका कविताहरू मोतीका दानाजस्ता लाग्छन् । जसलाई उसले कल्पनाको सागरको गहिराईसम्म पुगेर जतनले ल्याएको छ । प्रस्तुत कविता बाग्मती पढ्नेले यो कुरा सजिलै महसुस गर्न सक्छन् । कविता पढ्दा अर्को पनि के कुरा महसुस हुन्छ भने, श्रीदीपसँग हरेक वस्तुलाई हेर्ने पृथक दृष्टिकोण छ, आफ्नै दृष्टिकोण छ । एउटा कविलाई आम मान्छेभन्दा पृथक बनाउन यो महत्वपूर्ण पनि हुन्छ । बर्षौँ देखि बोलिदैँ आएको कहावत ‘नपत्याउने खोलाले बगाउँछ’ माथि कवितामा कविले पेश गरेको सजीव उदाहरण र सीमित शब्दको प्रयोगले कविताप्रति कवि कति गम्भीर छ भन्ने प्रष्ट हुन सकिन्छ । कविः श्रीदीप दाहाल २. स्ट्यान्डर्ड कविता पढ्दा लाग्छ, कवि औपचारिक दुनियाँसँग दिक्क भैसके । केही न केही नाममा कहिले आफैँसँग कहिले दुनियाँसँग नाटक गरेर जिन्दगीलाई रंगमञ्च बनाउने समुदायसँगको आक्रोस कविले व्यक्त गरेका छन् । कविता मार्फत कवि तर्क गर्छन्, ः स्ट्यान्डर्डको नाममा गिलासको पिँधमा थोरै चिया छोड्नेहरूले, थालको कुनामा अलिकति खाना छोड्नेहरूले जीवनका केही कुनाहरू बाँच्न पाएका हुँदैनन् । यो रंगमञ्चमा बाँच्दा नाटक गर्न नचाहानेहरू दोषी देखिन्छन्, कविताको अन्तिम पङ्तिmमा औपचारिताको नाममा बेहिसाब गर्नुपर्ने प्रेम पनि औँला भाँचेर गर्नु पर्ने स्थिती व्यक्त गर्दै कविले प्रेमिकालाई सोधेको प्रश्नले कवितालाई झनै सशक्त र सान्दर्भिक बनाएको छ । जिन्दगी गणितमा हिसाब गरेर जीवन कटाउने सहरका घरबेटीले केटाकेटीको मनको हिसाब राख्न सक्दैन ३. खेल्ने उमेरमा बस्नलाई अग्ला अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर र यहाँका खेल्ने उमेरका केटाकेटीसँग कविता सम्बन्धित छ । सबै जिन्दगी गणितमा हिसाब गरेर जीवन कटाउने सहरका घरबेटीले केटाकेटीको मनको हिसाब राख्न सक्दैन । कविले कवितामा विषयवस्तु मात्र नभई लयमा पनि खुब मिहेनत गरेको भेट्न सकिन्छ । कविता पढ्ने जो कोहीले पनि यसको लय भेट्टाउन सक्छ । एउटा अंश छ ः जहाँ आँगन हुँदैन घर अगाडि घर अगाडि गाडी हिँड्छ कहिलेकाँही केटाकेटी कुल्चेर जहाँ करेसा हुँदैन घर पछाडि घर पछाडि ठाउँ नछाडि कसैले अर्को घर बनाउँछ । कविले यो कवितामा बीचबीचमा थुप्रै पन्च लाइनहरू लेखेका छन् जो सिधै पाठकको हृदय भित्रैसम्म पुग्न सक्छन् । समग्रमा श्रीदीपका कविताहरू सरल र गहिरा छन् । यस्तो भन्नुको तात्पर्य के हो भने : श्रीदीपले पाठकहरुलाई सजिलो बाटोबाट गहिराईसम्म पुर्याउने क्षमता राख्छ । अन्त्यमा : कविः मोहन सङ्ग्राम श्रीदीप र कविता आर आर नजिकै कुनै गल्लीको चियापसलको कुनामा चुरोट पिउँदै श्रीदीप दाहाल धुवाँको अक्षरले कविता लेख्छ । नबुझिने पारामा धुवाँको अक्षरले क्रान्तीको कविता लेख्छ नजानिदो पारामा धुँवाको अक्षरले यौनको कविता लेख्छ मिडियाले धुवाँको अक्षर चिन्दैन धुँवाले मिडियाको अनुहार धमिलो देख्छ यसरी हरेक दिन तातो हावाले माथि उडाइरहेछ श्रीदीपको कविता ढुक्क भएर बस् श्रीदीप एकदिन तेरो कविता आकाशले बाचन गर्नेछ । मोहन संग्रामद्वारा टिप्पणी गरिएका कवि श्रीदीप दाहालको तीन कविता यहाँ प्रस्तुत छ । १. बाग्मती सानो भएर के गर्नु सबैभन्दा धेरै मान्छे यही खोलाले बगाएको छ । जुन खोलाले आफू बग्ने क्षमता नै गुमाएको छ । त्यही खोलाले सबैभन्दा धेरै मान्छे बगाएको छ । बगाइरहेको छ बगाइरहेको हुन्छ । जहिल्यै गएर हेर्दा पनि पत्याउनु हुन्छ ? हो, नपत्याउने खोलाले बगाउँदो रहेछ । २. स्ट्यान्डर्ड स्ट्यान्डर्डको नाममा भातमाराहरू अलिकति भोक पेटमा छाड्छन् अलिकति भात प्लेटमा छाड्छन् स्ट्यान्डर्ड नाममा भातमाराहरू चाटीचुटी आफ्नो जिन्दगी पनि जिउन सक्दैनन् । छाडेकै भरमा आफ्नो स्ट्यान्डर्ड झल्कन्छ भने राधा ! मैले तिमीलाई कति माया गरेपछि तिमीलाई छाड्नुपर्छ ? स्ट्यान्डर्डको नाममा । ३. खेल्ने उमेरमा खेल्ने उमेरमा खेल्न नपाउँदा खेल्दा घरबेटी जहिल्यै कराउँछ जीवनमा कहिल्यै बाल्यकाल नआएझैँ जीवन निः सन्तान भएर गुज्रिएकोझैँ गर्छ घर अगाडि नखेल्नु भन्छ । जहाँ आँगन हुँदैन घर अगाडि घर अगाडि गाडी हिँड्छ कहिलेकाहीँ केटाकेटी कुल्चिएर । जहाँ करेसा हुँदैन घर पछाडि घर पछाडि ठाउँ नछाडि कसैले अर्को घर बनाउँछ । अनि घरबेटी घर अगाडि नखेल्नु भन्छ यसरी भन्छ ऊ सधैँ हार व्यहोरेको भूपू खेलाडी हो । भने जसरी भन्छ जसलाई खेलभन्दा जीतसँग प्रेम छ । उसलाई थाहा छैन खेल जित्न जितको होइन खेलको मोह हुनुपर्छ । ऊ त महिना मरेको हिसाब राख्छ मन मरेको हिसाब राख्दैन । तँ यो कुरा किन बुझ्दैनस् घरबेटी केटाकेटीले बल खेल्दा तेरो घरको झयाल फुट्छ । केटाकेटीले नखेल्दा उसको मनको झ्याल फुट्छ । तँ यो कुरा किन बुझ्दैनस् घरबेटी घरकोभन्दा मनको झ्याल महँगो हुन्छ । र कोमल पनि । खोलो मिचेर घर बनाउँदा एकदिन पक्कै आउँछ खोलो पाहुना लाग्न । तेरो घरमा पाहुना लाग्न गएका बलहरूले संकेत गर्छन् त्यहाँ पहिला चौर थियो केटाकेटीलाई सडकमा खेल्न दे ! घरबेटी तँ चौरमा बसेर फूर्ति लगाउनू । एउटा बूढो मान्छे बच्चैमा मरेको कसैले मलाई जोक सुनाएको थियो सायद यो साँच्चै हुन्छ खेल्ने उमेरमा खेल्न नपाउँदा । #आँगन सहर #खेल्ने उमेर आमा, किन हाँस्नु भाको ?: चन्द्रकला दाहाल करिब तीन वर्षअघि मलेसिया गएको रमेश खबरै नगरी घर आउँदा गाउँभरि हल्ला भएछ । स्कुल नजिक भूमिनन्दन दाइसँग भेट भएर सँगै आएका थिए रमेश । भूमिनन्दन दाइ रमेशको मिल्ने साथी, साह्रै असल मान्छे अनि मलाई “बैनी” भनेर बोलाउनु हुन्छ । बिहानको त्यस्तै ८ बज्दो हो, सधैँझैँ ठट्टा गर्दै छिमेकी चुडाल बा, “हैन कहाँबाट भूमिनन्दन बाबु हलुवामा बालुवा हुन आइपुग्नु भएछ हँ” भन्दै आइपुग्नु भो । भेट गर्नै भनेर होला कृष्ण सेडाईं भिनाजू, पौडेल्नी माल्दिदी र खड्का काका पनि एकै छिनमा भेला हुनु भो हाम्रो घरमा । रमेशले मलेसिया जाने बेलामा उहाँहरुलाई नै मेरो रेखदेखको जिम्मा लाएर गएका थिए । कुराकानीकै क्रममा रमेशले मलेसियामा भने बमोजिमको काम नपाइने, पाए पनि तलब कम दिने, लुटेराहरुबाट लुटिने र ज्यानैसमेत जान सक्ने जस्ता आफूले भोगेका समस्याहरु सुनाए । अनि अब विदेश नजाने, यसो सानोतिनो पसल गर्ने र छोरीलाई बोर्डिङ हाल्ने जस्ता आफ्ना साना योजना सुनाए । रमेशको निर्णयले सबैजना खुसी भए । “अब त देशमा स्थिर सरकार छ, यदि चाह्यो भने विदेसिएका युवा युवतीहरुलाई फर्काउने वातावरण बनाउन सक्छ,” भनी सेडाईं भिनाजूले आफ्नो तर्क दिनुभो। उहाँ राजनीतिमा निकै दख्खल राख्नु हुन्छ । “खै हाम्रा केटाहरु कहिले आउने हुन्,” भन्दै लामो सुस्केरा हाल्नु भो पौडेल्नी माल्दिदीले । यति नै बेला खेताला खोजेर फर्किनु भएकी चुडाल्नी जेठी बडेमा पनि थपिनु भो । रमेशले विदेशबाट ल्याएका चकलेट सबैका हातमा राखिदिए । पौडेल्नी माल्दिदीले नातिलाई लगिदिने भनेर गम्छाको छेउमा बाँध्नु भो । ”ल स्कुल जान ढिला हुन्छ” भनेर भूमिनन्दन दाइले बिदा मागेपछि सबैजना आ-आफ्नो घरतिर लाग्नु भो । भूमिनन्दन दाइ स्कुलको हेडसर हुनुहुन्छ । मैले पनि कुरा गर्दागर्दै भात पकाइसकेकी थिएँ । रमेशले भान्सामा पस्दापस्दै “के पकायौ त सानु तरकारी ?” भनेर सोधे । “हिजोको मोहीको सोल्लर, तोरीको साग र अलिकति करेला भुटेकी छु,” भनेँ । “म त करेला खान्नँ, तीतो हुन्छ” भन्दै छोरी बाला रुन थाली । “आलु आलु खाउली,” भनेपछि बल्ल बल्ल चुप लागी । खाना खाएर बूढाबूढी बजार जाने सल्लाह भो । लोग्ने मान्छेको मन न हो, कोठाभित्र लुगा फेर्न पस्नेबित्तिकै “त्यस्तो पापी ठाउँबाट धन्न बाँचेर आइयो, अब तिमीलाई छाडेर कहीँ पनि जान्नँ सानु” भन्दै मलाई अँगालोमा बेरे । मैले पनि तीन वर्षदेखि प्रतीक्षा गरेको न्यानो अँगालो आँखा चिम्म गरेर स्वीकार गरेँ । बजार जाँदा बाटोमा पर्ने खोला तर्दा रमेशले एक हातले पाइन्ट र चप्पल अप्ठेरो गरी समाते । अनि अर्को हातले अलि रोमान्टिक हुँदै खोलाको पानी उघाएर मेरो जिउभित्र हालिदिए । “आच्छु.. के गरेको ?” भन्दै मैले पनि पानी छ्यापिदिएँ । अनि हामी दुवै एकैछिन मरीमरी हाँस्यौँ । यसै बेला छोरी बालाले “आमा किन हाँस्नु भाको ?” भनेर घच्घच्याउँदा पो म झल्याँस्स बिउँझिएछु । यतिञ्जेलसम्म रमेशसँगका खुसीका पलहरु त सबै सपना पो रहेछन् ! मेरो रमेश त दुई महिनाअघि मात्र मलेसियाबाट काठको बाकसमा फिर्ता आएको थियो, अनि यिनै हातले सदाका लागि बिदा गरेकी थिएँ । आकाश खसेजस्तो अनि मुटु फुट्ला जस्तो भो । म के नै पो गर्न सक्थेँ र ? भर्खरै सपनामा रमेशले बेरेझैँ सँगै सुतेकी छोरीलाई अँगालो हालेर धेरैबेर रोएँ । अनि सझेँ, मजस्तै दिदीबैनीहरु अझै कति विधवा हुने हुन्, मेरी बालाजस्तै कति छोराछोरीहरु टुहुरा हुने हुन्, अनि अझै कति वृद्ध बुबाआमाहरुको काख रित्तिने हो ? साथै, मनमनै ईश्वरसँग प्राथना गरेँ- हे भगवान्, अघि सपनामा कृष्ण भिनाजूले भनेजस्तै सम्पूर्ण विदेसिएका युवा युवतीहरुलाई स्वदेश बोलाउने वातावरण मिलाओस् । उज्यालो भैसकेको थियो । ढोका खोलेर यसो बाहिर हेरेँ अनि आफूलाई पनि । केही दिनदेखि नधोएका मेरा सेता लुगा, धेरै दिनदेखि कोही नआएको उराठलाग्दो आँगन । आँगनको पल्लो छेउमा भएको अँगेनामा रातभरि बसेको कुकुर उठ्यो, थरर गर्दै जिउभरि लागेको खरानी टक्टकायो । खरानी माथिसम्म उड्यो । मनमनै सम्झेँ, “मेरो जीवन पनि त्यही खरानी जस्तै भयो नि !” यतिकैमा छोरी बाला पनि उठिछ । बाहिर आएर मेरो हात तान्दै भनी, “आमा, आमा, भोक लागो !” #चन्द्रकला दाहाल सँघारमा उभिएकी छौ तिमी: अच्यूत गाैतम सँघारमा उभिएकी छौ तिमी तिमीलाई स्वागत गरौँ कि बिदाइ म आफैँ दोधारमा छु गनिरहेको छु ती पलहरु जसलाई तिम्रो आगमनले अनमोल बनाएको थियो अनि बिर्सन खोजिरहेको छु हाम्रा कयौँ मौन संवादहरु जहाँ व्यक्त गरिएको थियो वियोगका सुस्केराहरु ! तिम्रो आगमनले ल्याएको थियो एउटा भव्य उमङ्ग जसलाई सजाएको छु स्मृतिको कोलाजमा सायद तिम्रो बिदाइ पनि उत्सव बन्नेछ यो शहरमा तिमीले गाउने स्वतन्त्रताको गीत फेरि एकपटक बज्नेछ यो ब्राह्मणमा सम्झिदै जाँदा सम्झिने रहेछ तिम्रो सुन्दर केशरासीमा अल्झिएका सम्झनका अनेक फूलका थुङ्गाहरु तिमीसँगको पहिलो भेट तिम्रा मुस्कानहरु तिम्रा इशाराहरु तिम्रा सङ्केतहरु सबै सबै सम्झिने रहेछ सम्झिने रहेछ पहिलोपटक तिमीलाई सम्झिदै जूनहरु हेरेको कथा तिम्रा प्रत्येक चन्चलता भित्रका शालीनता तिम्रा प्रत्येक संवादहरु भित्रका दार्शनिकता तिम्रा प्रत्येकअच्यूत गौतम स्पर्शहरु भित्रका असिम स्नेह सबै सबै नियालिरहेको छु तिमी उभिएकी छौ सँघारमा तिमीलाइ स्वागत गरौँ कि बिदाइ म आफैँ दोधारमा छु स्वागत गरौँ तिमीले गुमाइसकेकी छौ तिमी आफैँ भित्रको भव्य व्यक्तित्व बिदाइ गरौँ म वियोगले रन्थनिने छु तिमी आफैँ भन म के गरुँ !! बुटवल, रूपन्देही #अच्यूत गौतम #रूपन्देही आमा 'म' घर फर्किदै छुँ: सुमन्त दास (१) आमा………! विषाक्त कोरोना भाइरसले त्रसित भएको छ दुनियाँ सुन्दैछु चारै दिशा केवल लाशै-लाश गन्ती गरी रहेको अरे! रोगीको आत्मीयहरुको चित्कार सुन्दा-सुन्दै मलाई धेरै डर लाग्न थालेको छ आमा………! कर्म थलो सबै स्तब्ध हुँदै छ हात पनि खाली छ, धेरै दिन अन्न मुखमा नपरी हात-खुट्टा मेरो थर-थरी काँप्दैछ कोठा मालिकको यातनामा मलाई झन् साह्रै गाह्रो हुँदैछ । (२) आमा…….! आउँदैछु घर पैतालुको भरमा ‘म’ सङ्गै छन् हजारौं मित्र भोक, तिर्खा, निद्रा त्यागी सबै विवश छन् आफ्नो-आफ्नो घर पुग्न ! धेरैले बाटोमै प्राण त्यागेका छन् कोही भोकै-तिर्खै, थकानले आँखा फुस्रो पारी हिँडे्का छन् कसैका पैतालुको छाला ताछिई रक्त निरन्तर बगिरहेछ हिँड्दा-हिँड्दै हजारौं किमि भो सक्दिनँ आमा अब ! ‘म’ सारै थाकिसकेको छु । (३) प्रहरीको लाठीको पीर अझै कति खप्नु? कस्ले बुझ्ने प्रदेशीको पीडा? राजाको घरमा जति नै गुहार लगाए पनि कसैले सुन्ने छैन ‘आमा’ गरिबको वेदना यहाँ त हाम्रो भावनामा राजनीति गरिन्छ यहाँ हाम्रो भाग खोसिन्छ प्रदेशी जिन्दगी नै कति गाह्रो रहेछ! आमा……! आफ्नै घरमा मर्ने मलाई धेरै रहर छ तिम्रै अनुहार हेर्ने धेरै चाहना छ र, हिँड्दै-हिँड्दै भए तापनि आमा ‘म’ घर फर्किदै छु । समार दलनी, विश्वनाथ, असम #असम #सुमन्त दास निद्रा: निद्रा त, हिजो पनि लाग्थेन। जब जेठको गर्मीमा, दिउसो टन्टलापुर घामले घमौरा उमारेको ढाड राति सुत्ने बेला चिलाएर औडाहा हुन्थ्यो, म जुरुक्क उठेर, बाहिर धारामा गई खललल टाउको भिजाउँथे, अनि फेरि फर्की जब निदाउने कोसिस गर्दथेँ, त्यसैबेला एउटा लामखुट्टे कानैनेर आई कराउन थाल्थ्यो, क्याऊऊऊ !! निद्रा, आज पनि लाग्दैन आजकल शरीरमा घमौराहरु देखिँदैनन्, न त आकाशमा उहिलेजस्तो ताराहरु नै, आजकल लामखुट्टेहरु पनि मेरो निद्रा बिथोल्न आउँदैनन्, आउँछन् त केवल, मनभित्रै छट्पटिइरहेका आवाजहरु, गुम्सिएका यादहरु, थोत्रा अधुरा आकांक्षाहरु ! हिजो र आजमा, समय बदलियो, परिवेश बदलियो, म आफैँ बदलिए, तर निद्रा आज पनि लाग्दैन, अर्कोतिर, गर्मी भने जस्ताको तस्तै छ.. हिजो तनको गर्मीले सताउने गर्थ्यो, आज मनको गर्मीले अत्याइरहेछ । #जर्मनी #संसार तिवारी निर्दयी ', "देवीप्रसाद थापा ‘मामा’ प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो । उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए । उनीहरू प्रत्येक दिन कहीँ न कहीँ भेट गर्थे । क्रम बढ्दै जाँदा एकदिन नरेन्द्र उसलाई भेट्न असमर्थ भयो । उसले प्रश्न गरी, “हिजो मलाई भेट्न किन आयौन तिमी ?” उसले उत्तर दियो, “आमा बिरामी हुनुभयो । घर छोड्न मिलेन ।” उसले लगत्तै भनी, “मेरी पनि आमा बिरामी हुनुहुन्थ्यो थियो । मलाई घरबाट ननिस्कनु भन्दाभन्दै पनि म निस्किएँ । लोग्नेमान्छे कति निर्दयी हुँदोरहेछ । आज बुझेँ ।” “निर्दयी तिमी कि म ?” उसले प्रश्न गर्यो । मणिपुर #देवीप्रसाद थापा 'मामा' #मणिपुर सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. नर + नारी (मोहन कोइराला) मलाई छुन आगो डर मान्छे आगो छुन म डर मान्छु मसित पानी छ, उससित आगो छ म पानी भएर भेट्न आउँछु, बादलमा उड्छु ऊ भुङ्ग्रो भएर भेट्न आउँछे, झिल्कामा चोइटिन्छे बिजुलीको घुक्र्याइमा नाइनास्ती फर्काएर । २. मानिसको पयर (ईश्वरवल्लभ) आकाश मात्रै नहेर धरती पनि हेर्नुपर्छ धरतीले मानिसलाई सारै माया गर्छ जति नै तारा आकाशमा छन् त्यति नै थोपा यहाँ पानी पर्छ, त्यति नै बिरुवा यहाँ सर्छ— क्षितिज जति जति टाढिँदै जान्छ पाइला त्यति त्यति नै यहाँ सर्छ कहीँ बत्ती बल्दै बल्दै जान्छ, कहीँ बत्ती निभ्दै निभ्दै जान्छ, तर पयर मानिसको सर्दै सर्दै जान्छ । ३. विधवा (द्वारिका श्रेष्ठ) मन टुसाउने यी वैभवहरू कलिला दुई आँखामा यसै–यसै बुड्छन् । बादल झैँ बढेका उनका छोराछोरीहरू आकाश जत्रो छाती दिएर पनि यहाँ अत्तालिरहेका मान्छे, कपालमा लत्रेका उनका लामा केशपाशमा तिमीहरूको औँला गुजुल्टिन्छन् उनको गरुङ्गो छातीमाझमा लोग्नेको श्वास फुसफुसिन्छ, उसैको कात्रो लगाउने यी विधवाहरू लोग्नेलाई घिसारी–घिसारी हिँड्छन् । ४. ईश्वरले खाएको बालक (मदन रेग्मी) करकापमा मित्रता मृत्युको सुरक्षित राखिएको थियो तेजापमा एउटा प्राचीन फिलिङ्गो, प्रणय र होमोग्लोविनको बीभत्सता । यो अटूट आगमन काष्ठमण्डपको भोको लहरलाई मिल्किन देऊ । धुन देऊ पालिस, दिन र रातले थुपारेको विधिवत् स्रष्टाहरु, चिहानको एक तह, त्यो ईश्वरले खाएको बालकको आँगमा चम्किरहेछ आज पनि बिफरको सौन्दर्य र खुम्चिँदै त्वचा–सुरविहीन मलिलो नबिझाउने दौड आफ्नै उपसंहारतर्फ आफ्नै अन्तिम संहारतर्फ, लम्कन्छ युगको एउटै मुहान, ईश्वरले खाएको बालक !! ५. राज्यकविता (तोया गुरुङ) दिलमा खुलेको नीलो आकाशमा ताराको बुट्टा भनेको राज्यकविता बादलको छ्याक्ला भनेको पनि राज्यकविता डम्म बादल भनेको पनि राज्यकविता झर्छ एउटा मधुर मुस्कान, त्यो हाँसेको दिन हुन्छ या रोएको दिन हुन्छ— त्यो पनि एउटा राज्यकविता तर, कहिलेकाहीँ त यसै मन बिथोलिएर पनि घाम ओइलिन्छ तर घाममा फुलेको फूल भने ओइलिएको हुँदैन यसरी कति पटक जुधेको प्रकृतिसँग प्रश्न भयो उत्तरमा— तिमी हिँड आफ्नो धरातलमा आफ्नो आकृतिमा पवित्र वसुधा भएर हिँड प्रकृति पनि तिम्रो राज्यकविता भएर हिँड भवितव्य पनि तिम्रो राज्यकविता भएर हिँड । #सूक्ष्म कविता राष्ट्रिय भजन: माधव प्रसाद उपाध्याय खनाल लिपुलेक हाम्रै, कालापानी हाम्रै हो लिम्पियाधुरा हाम्रै हो सुस्ता हाम्रै हो । ठूला देशले सानोलाई हेप्न पाइन्न हाम्रो सीमा लिन्छौँ, तिम्रो टुक्रा चाहिन्न । आऊ बसौँ वार्ता गर्न हामी तयार पहिलेको मैत्री हाम्रो अझै सपार । बलियाले निर्धोलाई थिच्ने कहाँ हो ? भाइभाइ मिली बस्नु ज्यादै राम्रो हो । वेद पुराण धर्म कर्म सबै उनै हुन् पशुपति केदारनाथ द्यौता यौटै हुन् । आयोध्याका रामको सीता विवाह जनकपुरमा भएको इतिहासै छ । पारस्परिक सम्बन्ध अघि देखिको त्रिभूवनको ससुराली इण्डिया नै हो । ज्यानै दिई रक्षा गरे तिम्रै देशको नेपालीको बहादुरी भुल्न सक्छ को ? तिम्रो व्यापार बजार नेपाल नै हो सियोदेखि यान किन्ने नेपाली नै हो । इण्डियाले नेपाललाई हेप्न हुँदैन बिना नेपाल तिम्रो रक्षा कैल्यै हुँदैन । गोर्खा सेना बहादुर नेपाली नै हो भि.सि. तक्मा प्रात गर्ने नेपाली नै हो । पोखरा –३२, गगनगौंडा, कास्की #पोखरा #माधवप्रसाद उपाध्याय खनाल सहगमन: डाँडा माथिका ती राता पहेँला ताराहरु कसैका पनि होइनन् बिल्कुल लावारिस आकाशको कालो अँध्यारो गहिराईमा हुत्याइएका भुस्याहा कुकुरका भोका बच्चाजस्तै र, ती यति स्वतन्त्र छन् कि जति तिमी हामी छौँ, अहिले हामी भुस्याहा हौँ, तारा हौँ । जगत जुन चलिरहेछ ट्वाक-ट्वाक ट्वाक ट्वाक ट्वाक बन्चरोले रुख काटेझैँ एकनास घना जङ्गलको चर्को शून्यानुभूतिमा यहाँ हुनु भनेको अस्पष्ट हल्लाहरुमा मात्र सीमित हुनु हो जून टुक्रा टुक्रामा उछिट्टिएर आई पुग्छ आफ्नै काखमा बेलाबखत प्रश्न बनेर के थुनिएकाछौँ हामी आफ्नै गुफाभित्र या हामी साँच्चै स्वतन्त्र छौँ? आँखामा बिझेका यी काँडा हुन् कि सपना? टाढा-टाढा डाँडापारि पुगेका पराई हुन् कि आफ्ना? जवाफ म कहाँ भेटुँ? मेरो मनको साँध मिच्ने तिम्रा कुटिल नजरहरुमा? धुँवा, धुलो बीचको भिडभाडमा? जङ्गल बनेका सहरहरुमा? नाङ्गिएका पहाडहरुमा? डढेलो लागेसँगै मेरो देशका हिमालहरु अब तिम्रा समुद्रहरु खडेरीमा पुरिन सक्छन् अहंकारको पर्खाल पारि पर्खाइमा कसैको बितेका र बित्न बाँकी समयहरु बुझ्न बाँकी प्रश्नहरु, मन्त्रहरु “असतोमा सद्\u200cगमय”हरु बितेका र बित्न बाँकी टुक्रा-टुक्रा समयहरु सहगमनका फर्कनेछु म यी पहाडहरुलाई एकैछिन अङ्गालो हालेर। #शुभाषिस पराजुली लनर्स् आर अनर्स्: यदि बाटोमा कुनै बुद्धिमान् मानिस भेटिए सोध्नु- कुन किताब पढ्दै हुनुहुन्छ ? तर हामी सोध्छौँ, चिया पिउनु भयो ? खाना खानु भयो ? हाम्रो सरोकार पेटसँग मात्र हुन्छ । संसारको सबैभन्दा खतरनाक मानिस को हो ? दुईजना छन् । एक त्यो जसको जन्म अहिलेसम्म भएकै छैन । जागिरको प्रतिक्षामा बित्दै गरेको एकान्तवासमा एउटा प्रश्न खुकुरीको धार लिएर मेरो निद्रा हराम गर्न आइपुग्छ । “कसैले पढ्नु किन जरुरी छ ?” प्रश्न त्यो मान्छेलाई जो आफू पढाइदेखि भागेर पतनको मार्ग समाधिस्थ रह्यो कैयौँ हेमन्त । मैले यही प्रश्न सुदासलाई बिसाएँ, जवाफ पाएँ- “पढ्नु–नपढ्नुमा अन्तर के नै छ र ? यदि उसले आफूलाई चिन्न सकेन भने पढ्नु जागिर खान गरिने व्यसन भयो, दुर्भाग्य ! पढ्ने मगन्ते र अरबपतिबीच केही अन्तर छैन भनेर बुझ्नुमा छ, र यही बुझाईले मात्र दुईको रेखाङ्कन गर्न सक्ला ! कि तिमीले, ‘ ह्वाइ गो टु युनिभर्सिटी नपढी आएका हौँ र ?” सङ्गीतशून्य भवन र नृत्यशून्य प्राध्यापक भएको विश्वविद्यालय तीर्थस्थल कम र वधशाला ज्यादा लाग्छ । सुदास तिमीलाई थाहै छ, म शाकाहारी, हत्या जीवको होस् या सृजनशक्तिको, दृश्यभोग गर्न सक्दिनँ । त्यसैले कलेज नगएरै कटाएको हुँ मैले स्मसानघाटको तीर्थयात्रा । रोगले मान्छे मर्ला-नमर्ला भोकले जरुर मर्छ । क्षुधाग्नीले पोलेको मानिसलाई आगोले पोल्नै पर्दैन । म मर्न चाहन्न, त्यसैले सोच्दैछु–सोध्दैछु कसैले पढ्नु किन जरुरी छ ? सुमन भन्छ, “पढ्नु भनेको क्षितिज फराकिलो हुनु हो । रङ्गघात भएको मानिसले रङ्ग खुट्याउन सक्नु हो । जुन रङ्ग प्रकृतिमा हिजो पनि थियो आज पनि छ । हिजोसम्म रङ्गदेखि बेखबर थियौँ, आज सृष्टिका सुन्दरतम रङ्गहरूको आस्वादन गर्न पायौँ ।” दीपेन्द्र मुडभरी हो, म पनि उसको भनाइमा सहमति जनाउँछु र थप्छु, एउटा किरिङ-मिरिङ चित्र आँखाअगाडि आउँछ । नजिकैको गाउँमा साइँली आमा बस्छिन् । सानोमा पढ्न पाइनन् । लजालु त्यसमाथि । आज तीन छोराकी आमा एक नातिकी हजुरआमा भएकी छिन् । घर व्यवहार आफैँ हेर्छिन् । छोराले बेलाबखत आैषधी किन्न, भैँसी बाख्रा किन्न पैसा पठाउँछ, विदेशबाट । उनी नै जान्छिन् धार्के बजार, पैसा निकाल्न । सधैँ ल्याप्चे लगाउनु पर्दा उनको मन चिरिन्थ्यो । अर्काको माटो र घाउको खाटो चलाउनु हुदैँन । साइँली आमाको बिसाएको घाउ प्रत्येक महिना पुनः उप्किन्छ । एकदिन उनले ठानिन्, आजबाट ल्याप्चे लगाउँदिनँ । उनी प्रौढ कक्षामा सामेल भइन र सिकिन आफ्नो नाम लेख्न एकाउन्न वर्षमा पुगेर– कोपिला । धार्के पुगेर आफ्नो नाम लेखेको दिन उनको दैलो उघ्रियो, मोतिबिन्दु मेटियो । बाटामा पर्ने प्रत्येक होडिङ्ग बोर्डमा खोजिन् ‘क’ ‘प’ र ‘ल’ । र उनले छिटोछिटो पाइला चालिन् प्रौढ कक्षातर्फ । आज पनि हजारौँ सूचनापाटी साइँली आमाहरूलाई पर्खेर बसेका छन् । त्यही त, मेरै आफन्तमा पनि यस्तो किस्सा धेरैको छ । मेरै बा स्कूल जान पाउनुभएन, तर कसरी कसरी अक्षर चिन्नुभयो । इङ्लिस-नेपाली पढ्न सक्नुहुन्छ । हस्ताक्षर धस्काउनुहुन्छ । प्रश्न उठाउन सक्नुहुन्छ । पढ्नु भनेको प्रश्न उठाउन सक्नु पनि हो । जवाफदेहिता एउटा उन्नत समाजको परिचय हो । जहाँ नागरिकको जिब्रोमा प्रश्न छैन, त्यहाँ चाटुकार र ख्वामितकै बोलबाला हुन्छ । कर्मचारी कामचोरमा परिणत हुन श्राप पर्नै पर्दैन । सेवाग्राहीको मुख बन्द भए पुग्छ । “तर पढ्नु गार्हो काम हो”, सन्तोष थप्छन् । “किन ?” “हामीले आफ्नै खुसीले पढ्न चाहेका होइनौँ नि ! हामीलाई पढ्न कर गरियो । पढौँला, जागिर पाइएला अनि जिन्दगी धन्य होला भन्ने दिलासामा मान्छे पढ्छन् । विवेकलाई पुष्ट गर्न पो पढ्नुपर्ने होइन र ? धेरै मान्छे धेरैथर कुरा पढ्छन् , सिङ्गो लाईब्रेरी रित्याउछन् कोही त ! आखिरीमा जान्नुपर्ने र बुझ्नुपर्ने कुरो के हो ?”, प्रश्न लामो मौनता तोडेर आउँछ । “म को हुँ ? म किन छु ? यत्ति जाने पढ्न सकियो, नजाने समयको बर्बादी मात्र भयो ।” मित्र सरोनर कीर्तिपुरको चुचुरोमा ध्यानस्त छन् । चराको पखेटामा मेरो भारी बिसाइपठाउँछु । साथी त त्यही हो जोसँग भारी काँध साट्न सकियोस् । सबैभन्दा छिटो कुनै पनि किताब पढ्न सक्ने पावर”, दुवैले एकसाथ माग्दछन् । हाम्रो परिवेश अनुसार पढ्नु भनेको आर्थिक, साँस्कृतिक दुश्चक्रबाट निस्किनु हो । हाम्रा अधिकांस जनता गरिब छन्, दैनिक हातमुख जोड्न सकस छ । संसारकै धनीहरूमध्येका बिल गेट्स र वारेन बफेटलाई सोधिन्छ, “यदि तपाईँहरूलाई कुनै एक सुपरपावर छान्न दिइए कुन पावर छान्नुहुन्छ ?” “सबैभन्दा छिटो कुनै पनि किताब पढ्न सक्ने पावर”, दुवैले एकसाथ माग्दछन् । स्मरणरहोस्, बिल गेट्स हप्तामा एउटा किताब पढ्छन् र कथाले माग्दा वारेन बफेट दिनको हजार पेज पढ्छन् । धनी र गरिबमा यदि केही फरक छ भने त्यो फरक ज्ञानप्रतिको लगाव नै हो, केही सिक्ने हुट्हुटी नै हो । लनर्स् आर अनर्स् । अर्नस् आर लनर्स् । अनुसन्धान भयो, चरम निराशामा व्यक्तिलाई पुर्याइदियो र उसलाई त्यसबाट निस्किन तीन बाटो दिइयो- चिया (कफी) पिउने, डेटिङ् जाने, किताब पढ्न । डिप्रेसनबाट निस्कने चिया पिउनेमध्ये ४८ प्रतिशत, डेटिङ् जानेमध्येमा ५७ प्रतिशत र किताब पढ्नेमध्येमा ७० प्रतिशत सफल भए । आत्महत्या र डिप्रेसन दर संसारकै उच्च दशमा रहेको नेपालमा आम जनतामा अध्ययन गर्ने बानीको विकास गर्नु आत्महत्या र डिप्रेसन रोकथामको अचुक अस्त्र हुनसक्छ । पढ्ने बानीले अल्जाइमर र डिमेन्सियाजस्ता रोगलाई पराजित गर्न सक्ने कुरामा विज्ञहरू सहमत हुँदैछन् । पाठकहरू पात्रहरूसँगै उठ्बस् गर्न थाल्दछन् । किताब नपढ्ने मानिस एक जिन्दगी बाँच्छ र मर्छ , किताब पढ्ने मानिस मर्नुअघि हजारौँ जिन्दगी बाँच्छ । पात्र रुँदा पाठक रुन्छ । पात्रलाई परेको मर्का देखेर ती निराश हुन्छन् । पात्रले जब संकटलाई पार लगाउँछ, पाठकको जीवनमा आशाको सीतल हावा सञ्चारित हुन्छ । जब पढ्न थालिन्छ, आनन्द दिने ‘टेसटोस्टेरन’ हर्मोन वृद्धि हुन्छ जसले आत्महत्या दूर गराउँछ । सुत्नुअघि १५ मिनेट मात्र पढ्ने गरे पनि गुणस्तरीय निद्रा लाग्छ । र राम्रो निद्रा स्वास्थ्य व्यक्तिको व्यारोमिटर हो । शरीर बलियो बनाउँन व्यायामशाला गइन्छ, त्यस्तै मस्तिष्क बलियो बनाउन चिन्तन र अध्ययनको आवश्यकता पर्दछ । यदी शारिरीक सुखको उत्सर्ग संसर्ग हो भने मानसिक सुखको संसर्ग किताब पढ्नु र चिन्तन गर्नु नै हो ‘गेम अफ थ्रोन’मा टिरियन ल्यानिष्टर भन्छन्, “म मेरो भाइको तरवार जत्ति उचाईको पनि छुइनँ ।” टिरियन एक परित्यक्त पात्र हुन् जो युद्धमा होइन असी वर्षको उमेरमा संसर्ग गर्दागर्दै मर्न चाहन्छन् (यदी शारिरीक सुखको उत्सर्ग संसर्ग हो भने मानसिक सुखको संसर्ग किताब पढ्नु र चिन्तन गर्नु नै हो) । भन्छन्, “तर मेरो दिमाग उसको तरवार भन्दा सयौँ गुणा विशाल छ ।” टिरियन अत्यन्त अध्ययनशील छन् र आफ्नो मेधाको बलमा शक्तिमा पुग्छन् । बुद्धिमान मानिसभन्दा ठूलो बुद्धिमान नेता हो जो आफूले देखेको सपनामा संसारलाई हिँडाउछ । ज्ञान पढिन्छ, बुझिन्छ, बोध गरिन्छ अनि श्रृति परम्परामा जान्छ । जब कुनै कुरा श्रृति परम्परामा पुग्छ, त्यो अमर हुन्छ । जसरी रामायण र महाभारत अमर भए । अमरता हामीमै निर्भर छ । त्यसो भए जो कामबिना माम खान पाउँदैनन् उनीहरूले किन पढ्ने ? पढ्न बसे भोकै रहनुपर्ने बाध्यता पनि त छ । तर सत्य यो पनि हो, ती पिँधका मानिसले पढ्नुपर्ने झन् ठूलो आवश्यकता छ । ताकि उनीहरूले बुझुन्, उनीहरू गरीब हुन् कि बनाइएका हुन् ? के मान्छे, कमिला र गधाको जीवनमा केही अन्तर छैन ? जुन दिन त्यो अन्तर बुझ्नेछन् १४ औँ शताब्दीमा फलाम सम्बन्धि काम गर्ने गुटेन वर्गले बनाएको प्रिन्टिङ् मेसिनको आत्माले साक्षात्कार प्राप्त गर्नेछ । त्यो दिनकै प्रतीक्षामा कैयौँ पिँढी दरपिँढी बुटमुनि दबाइए, ती बौरी उठ्नेछन् र कबिरले देखेको एक अचम्म दुनियाको दर्शन गर्नेछ । त्यसैले पढ्न पाएका ‘प्रीभिलेज क्लास’ले पढ्न नपाएकाहरूलाई सहयोग गर्नुपर्यो । त्यहाँ शिक्षक कोही हुनेछैन्, दुवै हुनेछन् जिज्ञासु । दुवैले देखेको अर्धसत्य पूर्णसत्यमा बद्लिनेछ । एकदिन उसको भेट ईश्वरसँग हुनेछ । ईश्वरलाई पछाडि छोडेर अघि बढ्नेछ । “जबसम्म प्रश्नले एक शब्दमा जवाफ पाउँदैन, न्याय भएन ।”, म सुजनलाई कोट्याउछु । सुजन मुराकामीको देशबाट बिरालो चालमा लेख्छ, “you can learn about the basic facts about the world by yourself but you will be old and tired by then …. म चुपचाप लाइकको निलो स्टिकर पठाइदिन्छु । र, एक त्यो जो निरन्तर सिकिरहन्छ । हरेक दिन आफ्ना गल्तीको समिक्षा गरेर भूलसुधारको प्रण गर्छ । तेलधारावत् प्रयास गर्छ हिजोभन्दा आज माथि उठ्न । उसको लागि अपरिमेय अपराजित केही बाँकी रहनेछैन । एकदिन उसको भेट ईश्वरसँग हुनेछ । ईश्वरलाई पछाडि छोडेर अघि बढ्नेछ । #दीपेन्द्र मुडभरी दोषी आत्मा: श्रीमान् यो न्यायालयले दोषी करार गरेर काटिएपछि मेरो नामको पत्र उपस्थित भएकी छु म एकपल्ट आज फेरि यो न्यायालयको कठघरामा जलाइएर बाँकी रहेका मेरा केही अस्थिपञ्जरहरूलाई साथैमा लिएर फैसला सुनाउनुभन्दा अगाडि बिर्सिनु भयो कि श्रीमान् ? टुक्रा टुक्रा पारेर जलाइएको मेरो शरीर श्रीमान् हत्या त मेरो भएकै थियो तर एकपल्ट फेरि यो न्यायालयले मेरो हत्या गरिदिएपछि मेरो शरीर जलेर बाँकिरहेका त्यही खरानीका राखहरू बोकेर श्रीमान् यो न्यायालयमा भेटी चढाउन आएकी छु एक चोटी यी खरानीका राखको टीका लगाएर फैसला सुनाउँदै गर्दा त्यो खरानीको राखमा नजर आएन श्रीमान् के यो न्यायालयलाई ? अग्निकुण्डमा जल्दै गरेकी एउटी नारीको निर्दोष अनुहारको ठीकै छ श्रीमान् यो न्यायालयले मलाई दोषी नै करार गरिसकेपछि एउटै बिन्ति गर्न चाहन्छु बाँकिरहेका मेरा केही अस्थिपञ्जरहरुलाई पनि यही न्यायालयको न्यायका किताबका ठेलीहरुसँगै जलाइयोस् श्रीमान् जलिरहेका ठेलीका ती प्रत्येक पानाहरुबाट उडिरहेका धुँवाका मुस्लोहरुले भोलि कसैको हत्याको साक्षी बनेर न्यायालयको यो कठघरामा उभिएर बयान दिँदै गरेकी एउटा त्यो दोषी आत्माको अनुहार श्रीमान् म किन हजुरकै नातिनीको जस्तो देख्छु जस्को भर्खरै हत्या भएको छ श्रीमान् म एउटा दोषी आत्मा फिराद पत्र बोकेर ईश्वरको अदालतबाट उपस्थित भएकी छु फेरि यो न्यायालयमा एकचोटी मेरो अस्थिपञ्जरसँगै जलिरहेका न्यायालयको न्यायसँग रेटिएका न्यायका गलाहरुसँग बयान दिँदै गरेकी यो दोषी आत्मालाई सायद दृष्टिभ्रम भएर पनि हुन सक्छ श्रीमान् हजुरको छेउमा बसेर मुस्कुराइरहेको त्यो एउटा क्रूर हत्याराको अनुहार कता कता मेरै श्रीमानसँग मिलेझैँ लाग्छ विदुर, नुवाकोट #नुवाकाेट #रूपा थापा निभाइदिउँ बत्तीहरु अब: राजेन्द्रप्रसाद अधिकारी रातभन्दा दिन डरलाग्दो हुन थालेको छ निहत्था र कमजोरका अस्मीता जीवन, र घर राज्यकोषबाट तालिमप्राप्त कुकुरहरुको मनोरञ्जनमा लुटिनु मारिनु, र जलाइनु सामान्य हुन थालेको छ सूर्य-ग्रहण लागेजस्तो दिउँसै अन्धकार देखिन थालेको छ अब निभाइदिउँ बत्तीहरु पनि किन चाहियो मेरो देशमा उज्याला बत्तीहरु, दिनमा लाग्ने घमाइलो घाम, र ठूलो रुखमुनिको छहारी? स्याल र व्बाँसाहरुलाई निष्फिक्री घुम्न दिउँ सहरबाट लासहरु घिसार्दै जङ्गलमा लगेर बनभोज खान दिउँ, र चौतारीमा न्यायको विकाउ सुकुल ओछ्याएर निर्धक्क उघ्राउन दिउँ न्याय पचाएर डकार्न सक्नेहरुलाई फेरी पनि सोध्न त मन लागेकै छ संसद भवनको झ्याल र ढोका थुनेर सरकारी कोषको ट्याबलेट खाएर मस्त निदाइरहेका धमिराहरुलाई – कुनै दिन तपाँईहरुलाई आफ्नै मौनता देखेर आफैलाई लज्जाबोध होला कि नहोला ? कुनै दिन तपाँईहरुलाई आफु देखेर आफैलाई हीनताबोध होला कि नहोला ?? कुनै दिन तपाँईहरुलाई आफ्नै घरका बच्चाहरुले ढोका थुनेर घर बाहिर राख्ने दिन आउला कि नआउला ??? #राजेन्द्रप्रसाद अधिकारी सुबासका दुई गजलहरु: सुबास अधिकारी (१) हिजो मैले गरेको थिएँ,एक उल्लेखनीय काम आजको ताजा अखबारहरुमा छ उसको नाम याद मेरो गरेर समयको मूल्य चुकाउँदैन कोही थाहा छ भने सबैलाई,मसँग कहिल्यै हुँदैन दाम संविधानले प्रदान गरेको अधिकार ग्रहण गर्दा कुटिएँ सुरक्षाकर्मीबाट, साक्षी छ शरीरमा डाम के छ पीडितको अवस्था भनी बुझ्ने भएन कोही पीडकको दरबार सामु छ, शुभेच्छुहरुको लाम सीधा बाटोम हिँडेर, सिधै अघि बढ्न सकिएन घुमाउरा बाटाहरुमा छ,अवसरवादीहरुको जाम घरधनीले भोलि कोठा छोडर निस्कनु भन्दैछन् हे प्रभु ! छौ भने भन,आजको भोलि कहाँ जाम ? (२) न तिमीलाई देखेर परैबाट कहिल्यै तर्केको छु न तिम्रो सामु परेर बोल्दा कहिल्यै झर्केको छु यात्रामा तिमीभन्दा अलिकति अघि बढे पनि तिम्रो हालखबर बुझ्न बारबार पछि फर्केको छु मलाई हाँसेको मात्र देख्नेहरुलाई थाहा छैन, एकान्तमा आँसु झारेर पटकपटक दर्केको छु बाहिरबाट हेर्दा मात्र मलाई सग्लो देखिएको हो भित्रबाट चियाउने हो भने ठाँउठाँउमा चर्केको छु #सुवास अधिकारी पारिजात: आन्दोलनभित्र, आन्दोलनबाहिर: पारिजातको नाम नेपाली साहित्यको आकाशमा चम्किरहने नामको रूपमा पाठकको मस्तिष्कमा दर्ता भएको छ । नेपाली समाजमा दुई ढुङ्गामा खुट्टा राख्नु हुँदैन भन्ने मानसिकतालाई पारिजातले चिर्दै अलग अलग विधामा कलम चलाएकी छन् । उनले जुन विधामा टेकेर कलम चलाए पनि पाठकलाई निराश बनाउने काम गरिनन् । उनका कृतिहरू नेपाली साहित्यमा अब्बल कृतिकै रूपमा चिनिएका छन् । आज हामीले उनका कवितामाथि कुरा गरे पनि उनले आख्यान विधामा पाएको मदन पुरस्कार छुटाउनु हुँदैन । त्यसो त पारिजातलाई मदन पुरस्कार पाउने पहिलो महिलाको रूपमा पनि नेपली समाजले चिन्दैआएको छ । हामीले पारिजात भनेर चिनिरहँदा उनको वास्तविक नाम भने हाम्रो मस्तिष्कबाट ओझेल हुन दिइरहेका त छैनौँ ? बिष्णुकुमारी वाइवा मात्र भन्ने हो भने नेपाली पाठकले के आँखा चिम्लेर नै पारिजातको तस्बिर सम्झन्छ ? प्रश्न छ । खैर, उनलाई नेपाली साहित्यले पारिजात नै भनेर आफ्नो कित्तामा समावेश गरेको भने पक्कै हो । उनको स्वभाव पानीमा रुझ्नु, कल्पना गर्नु थियो । सा–साना कुराले उनलाई निकै गहिरो प्रभाव छाड्ने गर्दथ्यो । उनका कृतिहरू प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवादको भाव छाडेको पाइन्छ । राजनीतिक यात्रामा पनि उनको विशेष भूमिका रहेको पाइन्छ । पारिजात वि.सं. २०३५ र २०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन् । वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो । उनको आन्दोलन कविता निकै नै चर्चित कविता हो । जब जब मानिसहरू वा शोषित र उत्पीडितहरू आफ्ना हक, अधिकार, स्वतन्त्रता र पहिचानका लागि सडकमा उत्रन्छन् तब तब उनको आन्दोलन कविताको माग हुन्छ । मौन भएर बसेको यस कविताले आन्दोलनमा एक भाषा बनेर अग्र पङ्क्तिमा उभिएको भान हुन्छ । प्रस्तुत छ पारिजातको आन्दोलन कविता । आन्दोलन चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले हत्केलामा यसै निचोर्न सक्तैन एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । मण्डप भित्र मन्त्रहरूले कति दिन छलाउन सक्छ मुक्तिलाई के हो र मन्त्र मुक्तिको निम्ति ? लात्ते भकुण्डो होइन मुक्ति भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति होस गर्न पर्छ यस्तो सोच्नलाई मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन आकाश भरी पहिले बाटै तैनाथ गरेर छरिता बाजाहरूको जमातमा उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र काँक्रा र फर्सीका बिऊ जस्तो पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर मुक्तिका चाहनाहरू चुँडालेर कथित बलियो बन्धनबाट आँप, बेल र पिपलका रंगीचंगी पातहरूको । होस गर्न पर्छ यतिखेर निर्धाका मुटु निचोर्नेहरूले शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन् एकपछि अर्को लस्कर लागेर । मुक्तिको पक्षमा होस् वा शोषितको वकालत गर्नलाई होस्, पारिजातको आन्दोलन कविताले नेपाली साहित्यमा मात्र नभएर नेपाली राजनैतीक उथलपुथलमा समेत भूमिका खेलेको पाइन्छ । उनको याे कविता विभिन्न अङ्कमा छापिएका छन् । उनले प्रस्तुत कविता कुन मितिमा लेखिन् भन्नेकुरा चाहिँ गोप्य नै छ । वा भनौँ प्रथमपटक कहाँ र कहिले प्रकाशित भयो भन्ने ज्ञात नभए तापनि पारिजातका कविताहरू मा उनको आन्दोलन कविता भेट्न सकिन्छ । युवाकवि शरद ऋतुले बुझेकाे पारिजात र आन्दोलन कविताः कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जीलिङमा हुर्किएकी पारिजातको जीवन कुनै मिथक जस्तो लाग्छ । आदर्शजस्तो सुनिने सङ्घर्ष यथार्थमा नै उनको जीवनको पर्यायवाची थियो । अस्तित्ववादी, विसङ्गतिवादी कला–यात्राको रूझानदेखि जीवनवादी, प्रगतिशील विचार साहित्यसम्मको उनको यात्रा आफैँमा एउटा विशद ग्रन्थ हो र राजनीतिक/वैचारिक प्रगतिवादीहरूका निमित्त आदर्श संहिता पनि । रिमालको आमाको सपनाजस्तै पारिजातको सपना पनि उही छ, मुक्ति । आन्दोलन, सत्ताप्राप्ति र राजनीतिका विविध स्वार्थहरूका विशृङ्खल क्रीडाभूमि रहिआएको यो देशका सचेत, चेतनशील कवि,लेखकहरूको सपना र सङ्घर्ष सधैँ उही नै छ । प्रस्तुत कवितामा पनि उनी तमाम प्रकारका बन्धन, अव्यवस्था र अन्यायहरूका विरूद्ध मुक्तिको चाह राख्छिन् । मुक्ति अवश्यम्भावी छ । मुक्तिका चाहहरू काँक्रा, फर्सीका बिऊ जस्तो पट्ट फुटेर समयानुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् । बन्धन र अन्यायका प्रतिरोधमा लाखौँ स्पार्टाकसहरू लामबद्ध हुँदैछन् र एकदिन सबै जञ्जीरहरू चुँडालेर स्वतन्त्रताको गीत गाउनेछन् । शरद ऋतु पारिजातको जीवन–प्रवृत्तिमा मुखर भएर झल्किने न्याय–चेतना, जुझारूपन, साहस, अठोट उनका पछिल्ला रचनाहरूमा पनि समानधर्मी भएर देखिन्छन् । रायन, रामेश, मञ्जुल, निर्मल लामा, मोहनविक्रम सिंह लगायत अरू थुप्रै सङ्गत, अध्ययन र चिन्तनले जीवनमुखी विचारधाराप्रति एकनिष्ठ उनको जीवनको पछिल्लो कालखण्ड र रचनाधर्मिताले तमाम विपन्न, सर्वहारा, समाजको पिँधमा परेका वर्ग र जातिका लागि न्यायको आन्दोलनमा काँधमा काँध मिलाएर बढेको पाइन्छ । उनी कृत्रिम, मुर्दा शान्तिको पक्षमा होइन, जीवन झैँ गतिशील र शाश्वत न्याय, समानता र शान्तिको पक्षमा दृढ छिन् । उनलाई थाहा छ, शासकको कथित तानाबाना या छलछामहरूले मुक्तिको बाटो टाल्न/छेक्न सक्दैन । मुक्ति त्यति कमजोर या लाचार विषय होइन । जस्तोसुकै प्रतिबन्ध या रोकावट भए पनि मुक्तिकामी योद्धाहरू त्यसलाई परास्त गर्न सक्षम छन् या हुनेछन् । सतहमा जतिसुकै तरङ्गहरू थपिए पनि अन्तर्यको शासकिय प्रवृत्ति, राज्य या सत्ताको विभेदात्मक चरित्र विगतदेखि वर्तमानसम्म उस्तै जड नै छ । प्रखर समय चिन्तन र सत्योन्मुख जीवनवादी चेतनाले आलोकित रचनाहरू लामै काल–अवधिसम्म पनि आफ्नो अस्तित्व प्रमाणित गर्न सक्षम हुन्छन् । पारिजातका अन्य रचनाहरू जस्तै प्रस्तुत कविता वर्तमानमा पनि उस्तै समयसापेक्ष र सान्र्दभिक छ । यस्ता कविताहरूले परिवर्तनका लागि समय–समयमा उठ्ने आन्दोलनहरूमा र परिवर्तनकामीहरूको विचार निर्माणको तहमा पनि बलियो टेवा पुर्याउँछन् । कवि सरिता तिवारीका नजरमा आन्दोलन कविताभन्दा बाहिरकी पारिजातः नेपाली साहित्य लेखन र समग्र बौद्धिक आन्दोलनमा पारिजात एउटा युग हुन् । उनको युग असामान्य रूपले ठूलो बौद्धिक बहस र आन्दोलनहरूको कोलाहलले भरिएको म पाउँछु । २००७ सालको परिवर्तनपछि विश्वव्यापी बौद्धिक लहरले रन्थनिँदै लेख्नेहरूको नयाँ छिमलमा पारिजात अग्रणीमध्ये एक रहिन् । लेखन र सामयिक बहस दुवैमा युग निर्माण र संक्रमणको नेतृत्व गर्ने पात्रका रूपमा पारिजातको उपस्थिति धेरै नै उम्दा रह्यो । यसमा फरक मत छैन । सरिता तिवारी पारिजातले किशोरी उमेरदेखि नै कविताहरू लेखिन् । सुरुका कवितामा उमेरजन्य सहज, स्वभाविक प्रेम,प्रणय र वियोगका भाव नै आए तर समयक्रममा उनका कविताले एकालापीय बौद्धिक संवाद गर्न थाले । पहिलो कविता संग्रह ‘आकांक्षा’ देखि जीवनको उत्तराद्र्धसम्मका कविताको विचार, संरचना र बुनोटसम्मै पारिजात अरु विधामा जस्तै आयमिक छिन् । राजनीतिक चेतना र सामाजिक बोधको तहमा पुगेर लेख्न थालेपछि उनको मुखरता झनै स्पष्ट र खरो हुन्छ । स्वच्छन्दातावादी वा अस्तित्ववादी,शून्यवादी दर्शनले प्रेरित भएर लेखिँदाका उनका कविता जति आत्मकेन्द्रित र निजी छन् । जीवनका सामुहिक संघर्ष र उद्वेलनले प्रेरित भएर लेख्न थाल्दाका कविताको भाव ठीक विपरीत छन् । प्रेमसँगै प्रणय र दुरन्त साथको अपिल गर्ने सुरुका कवितामा उनलाई कसैकी प्रेमिका र स्वास्नी बन्ने चाहले आत्मसमर्पित मुद्रामा उभ्याइदिएको जस्तो लाग्छ । जस्तो कि– प्रिये, आज मैले जीवन बिसर्जन गरेँ के मलाई समात्न दिन्नौ सम्झनाको त्यो झिनो धागो जसमा झुण्डिँदै झुण्डिँदै मैले अन्तिम सास निभाउनु छ?( आधार) यही संग्रहको अर्को एउटा कवितामा उनी भन्छिन् म तेरै आत्माको अनन्त साथी तेरै सिन्दूरकी दीर्घपथगामिनी (सिन्दूरको आकांक्षा) विचारबोधका आयमिक यात्रामा उनका शब्द फेरिन थाले तर ती घोर एब्सर्डिटीले कुँदिएका छन् । अस्तित्वचिन्तन र मृत्युबोधको गहिरो भावनात्मक दवाबमा लेखिएका कविता हुन् ,यी जहाँ उनी भन्छिन्, यो होशको संसारमा मभित्र कोही मरिरहेछ (पागल हुन्छु कि) ‘ लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र ’ यस्तै भावको उत्कर्ष अभिव्यक्ति हो । पछिल्ला कविता सबैभन्दा बढी जीवनप्रतिको लालसा र सामुहिक लडाइँको प्रतिबद्धताले भिजेका छन् । उनको व्यक्तिगत जीवनजस्तै छ कवितामा बाँचेको शब्दको जीवन पनि । यही चरणमा आएर उनले ‘मानुषी’ जस्तो युगान्तकारी कविता रचिन् । बैंसालु वर्तमान कवितासंग्रह उनको वैचारिक जीवनको पछिल्लो मेनिफेस्टो नै हो भन्दा हुन्छ । ‘म कोलाहल जन्माउन खोज्दैछु’, ‘तिमी मान्छेका जात हाै’,‘एउटा स्वास्नीमान्छेको अन्तर्वार्ता’, ‘एउटा तारा जलेरै आउनुपर्छ’ जस्ता कविता उनको वैचारिक कायाकल्पका प्रमाण हुन् । म समीक्षक होइन, शब्दशक्ति र भावको गुणदोष मात्रै खुट्याएर पढ्न, म आफूभित्र एउटा कविलाई जिउँदो राखेर कविता पढ्न रुचाउँछु । विचारका हरेक आयामकी पारिजातलाई म समान प्रेमले पढ्छु तर चेतना बनाउने तहमा उक्लेकी पारिजात मलाई विशेष लाग्छिन् । कसैलाई पढ्न सिफारिस गर्नुपरे म ‘बैंसालु वर्तमान’ रोज्छु । #पारिजात एनएलजी कलाश्री सिर्जना पुरस्कार सुरेश हाचेकालीलाई: साहित्यपोस्ट नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिकाको २०७७ सालको अङ्क प्रकाशित भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको हो । नेपालको साहित्यिक पत्रकारितामा नै उत्कृष्ट मानिने ‘कलाश्री’को नयाँ अङ्क हालै राजधानीको पानीपोखरीस्थित एनएलजीको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको हो । सो अवसरमा एनएलजी कलाश्री सिर्जना पुरस्कार कवि तथा समालोचक सुरेश हाचेकालीलाई समर्पण गरिनुका साथै विशेष शान्ति कविता गोष्ठीसमेत आयोजना गरिएको थियो । ‘कलाश्री’को नयाँ अङ्कमा प्रकाशित विशिष्ट सिर्जनाहरूमध्ये विशेष ठहरिएको हाचेकालीको समालोचनात्मक सिर्जनाले उक्त पुरस्कार प्राप्त गरेको हो । पत्रिकामा हाचेकालीले सरुभक्तको अहंवादसम्बन्धी सिद्धान्तलाई आधार मानेर सिर्जना गरिएको समालोचना समाविष्ट छ । नेपाली कलासाहित्य डटकमले विगत १७ वर्षदेखि निरन्तर नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा विशुुद्ध कलासाहित्यिक वार्षिक ई–पत्रिका पनि प्रकाशित गर्दैआएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले साहित्यपोस्टसँग बताइन् । सो ई–पत्रिका पनि सोही कार्यक्रममा प्रमुख इन्स्योरेन्सका सिइओ सुनिलबाबु पन्तले सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवम् कवि तथा गीतकार एस्पी कोइराला भने, “नेपाली साहित्यको समृद्धिमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको उल्लेखनीय योगदान रहेको छ ।” समारोहमा विमल कोइराला र पन्तले पनि बोलेका थिए । बुद्धजयन्तीको सन्दर्भसमेत जोडेर आयोजित विशेष शान्ति कविगोष्ठीमा कविहरू डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला, शशी लुमुम्बू, केशव सिग्देल, फूलमान बल, मणि लोहनी, अरुण वैद्य, महेश पौड्याल, राजेश्वर कार्की, सविता गौतम, अनुपम रोशी, हाचेकाली र प्रज्वल अधिकारीले शान्ति विषयमा सिर्जना गरिएका आआफ्ना कविता पाठ गरेका थिए । कलाश्रीमा नेपाल तथा नेपाल बाहिरका स्रष्टा र विदेशी स्रष्टाका समेत गरी करिब तीन सय स्रष्टाका कथा, कविता, लेख, निबन्ध, संस्मरण, समालोचना लगायतका सामग्री समाविष्ट छन् । #कलाश्री #सुरेश हाचेकाली काल आइहाल्छ: तपाईंँ जतिसुकै ठूलो अस्पतालको ठूला डाक्टरहरू छेउछाउ राखेर सुनका बढेमानका ढोकामा चुक्कुल लगाएर भित्रै बस्नुस् न ! काल आइहाल्छ क्यारे ! काल आउन आकाश खस्नु पर्दैन धरती भासिन पर्दैन समुन्द्र सुक्न पर्दैन हावा रोकिनु पर्दैन । तपार्इँ सिंहदरबार भन्दा पनि चिटिक्क परेको ठूलो भिमकाय पर्खालले घेरेको मगमग बास्ना चल्ने दरबारभित्र हजारौं सैनिकको सुरक्षित घेराभित्र श्रीपेच नै लगाएर बस्नुस न काल आइहाल्छ क्यारे ! तपाईंले विश्वास गर्नुभएन पख्नुस म एउटा उदाहरण दिन्छु “दुर्गमको मेरो सानो झुपडीमा परार मेरि आमा खुसी चिरा परेर दुख्दा, महिनौं छ्ट्पटाउदै बसिन् तर औषधि दिन कोही आएनन् त्यसै साल मेरा बा आफ्नै आँसुको बाढीमा डुब्दा पौडी खेल्न नजानेर बग्दै बग्दै विलीन भए तर उदार गर्न कसैका हेलिकप्टर आएनन् पोहोर मेरी बहिनीले भाइटिकामा आफैँले बुनेको मखमलिको माला आफ्नै घाँटीमा झुण्डयाएर आत्महत्या गरिन् पोष्टमार्टम गर्नुपर्छ भनेर लास उठाउन कोही आएनन् । कोही आउनै चाहेनन् । मेरो झुपडी सानो छ ढोकाबाट छिर्दा टाउको ठोकिन्छ अँध्यारो छ दुर्गन्धित छ त्यसैले कोही आउनै चाहँदैनन् तर तपाईँको दरबार त ठूलो छ मगमग बास्ना चल्छ उज्यालो छ सुगन्धित छ आकर्षक छ जो पनि आउन चाहन्छन् कोही आउनै नचाहने दुर्गमको मेरो सानो दुर्गन्धित झुपडीमा त आयो काल । जो पनि आउन चाहने तपाईंको आकर्षक दरबारमा तपाईं ढुक्क भएर बस्नुभा छ जतिसुकै सुरक्षित घेराभित्र ढुक्क भएर बस्नुस् न काल आइहाल्छ क्यारे । #काल आइहाल्छ #केशव गजुरेल आँखाहरू: कसैलाई कोमल लाग्ने यी आखाँहरू जसले देखिसकेको छ एउटा रात अलप हुनुपूर्व समुन्द्रमा नुहाउँदै गरेको जुन जसले देखिसकेको छ वरको लहरामा झुण्डिएर चरा जस्तै उड्ने प्रयत्न गरिरहेका बच्चाहरू जसले देखिसकेको छ आफ्नै जीवनको किनारामा डुङ्गा बाधिरहेको माझी जसले देखिसकेको छ वेदनाको मोटो पुस्तक बोकेर भट्टि छिर्ने आकस्मिक पाहुनाहरू । कसैलाई कठोर लाग्ने यी आँखाहरू जसले देखिसकेको छ खतरनाक रोगले ग्रसित बन्दै गएको यो देशको शाषक जसले देखिसकेको छ सभ्यताको पुरानो विज्ञान बोकेर हिँडेका आदिवासीहरू जसले देखिसकेको छ अस्तित्वको निम्ति द्वन्द्व गरिरहेका दुर्लभ पुतलीहरू जसले देखिसकेको छ भोकले पेट मिचिरहेका बुद्दका मुर्तिहरू जसले देखिसकेको छ छुरा बोकेर स्वागतार्थ उभिएका फूलहरू कसैलाई प्रेमिल लाग्ने यी आँखाहरू जसले देखिसकेको छ मध्यरातमा सेतो फ्रक लगाएर नाचेर हिँड्ने सुन्दर युवतीको प्रेतात्मा जसले देखिसकेको छ बाथ ट्युबको तातोपानीमा उत्तानो पल्टिरहेकी कुनै स्त्रीको नाङ्गो शरीर जसले देखिसकेको छ कुनै काल्पनिक टापुको मोनास्ट्रीमा निदाइरहेको फकिर जसले देखिसकेको छ घाइते इतिहास बोकेर बिक्रीमा बसेको पुरानो थाङ्का । कसैलाई कुरुप लाग्ने यी आँखाहरू जसले देखिसकेको छ घाटको छेउमा आगो बेचिरहेका पुजारीहरू जसले देखिसकेको छ अल्लाहले आत्महत्या गरेको मस्जिदमा उठेको मिनार जसले देखिसकेको छ अगरबत्ती जलिरहेको मन्दिरमा गुम्बज जसले देखिसकेको छ बतासलाई कुल्चिएर आकाश छुदै गरेका कलश । यी सबै सबै दृश्यहरू देखिसकेका यी आखाँहरूलाई कहिल्यै नझिम्किने गरि एकदिन लामो विश्राम त दिनु छ नै । तर विश्राम दिनुपूर्व अन्त्यमा म यी नै आँखाहरूले हेर्न चाहन्छु संसारलाई दासी बनाएर बसेको ईश्वरको आँखाबाट खसेको एक थोपा आँसु । #आँखाहरू #दिलिप कुवँर कोरोनाको चपेटामा यौनकर्मीः हाम्रो नजर कहिले बद्लिन्छ ?: गतवर्ष डिसेम्बरमा चीनको हुवान प्रान्तमा पहिलोपटक देखिएको कोरोना भाइरस हेर्दाहेर्दै विश्वभर कुनै विश्व प्रसिद्ध कम्पनीको पोडक्टजसरी फैलियो । कोरोनाको असर स्वास्थ क्षेत्रमा मात्र नपरेर यसले विश्व अर्थतन्त्रमा पनि ठूलो क्षती पुर्यायो । यसको औषधी अझैसम्म पनि पत्ता लागिसकेको छैन । अनुसन्धान र अनेकन अड्कलहरूका बीचमा धेरैले धेरै विषय उठाएर बोलेका छन् । कोरोनाको चपेटामा पर्यटन क्षेत्र सायदै सबैभन्दा बढी धरासायी । अधिकांश होटल र ट्राभल्स त उठ्नै नसक्ने स्थितिमा रहेको पाइन्छ । बैंकक जस्तो देशको अवस्था के भयो होला सोच्नूस् त ! जसको अर्थतन्त्र नै पर्यटनले धानेको छ । अझ यौनकर्मीले धानेका छन् भन्दा पनि फरक नपर्ला ! कृषिप्रधान देश भनिएता पनि पर्यटनको उत्तिकै सम्भावना हाम्रो देश हाम्रो पनि हो । कोरोनाको कारणले पर्यटन व्यवसाय र यस क्षेत्रबाट जीविका चलाइरहेका ठूलो श्रमशक्ति विस्थापित हुन पुगेको छ । यही कारण हो कि, भ्रमण वर्षको उद्घोषले केही चहकिलो भएको हाम्रा अनुहारले फेरि धमिल हुनुपर्यो । रूपक अधिकारी निजि क्षेत्रका कामदार सबैभन्दा बढी मारमा छन् । निजि क्षेत्र धरासायी भएपछि त्यसको प्रत्यक्ष असर कामदारले नै भोग्ने हो । निजि क्षेत्रमा रोजगार गुमाउनेको बारेमा धेरैले धेरैपटक लेख्दा कसैको कलम पनि यौनकर्मीको कोठातिर घुमेको पाइनँ । मेरो एक नजिकको मित्रले यस विषयमा मेरो ध्यानाकर्षण गराउँदै भने, “यौनकर्मीको बारेमा केही लेखन केही ।” तर के लेख्ने ? कसरी लेख्ने ? गम्भीर कुरा थियो । यौनकर्मी भन्नेबित्तिकै हामी पैसा लिएर यौनकर्म गर्ने बुज्दछौँ । तर यौनकर्मी यौनचाहनाका सारथी मात्र हैनन् । यौनकर्म त उनीहरूको काम मात्र न हो, जस्तो म यहाँ उनीहरूमाथि लेख्ने काम गरिरहेको छु । तर कसले बुझ्ने ? हाम्रो देशमा यौनकर्मीलाई हेर्ने दृष्टिकोण देख्दा पनि उदेक लाग्छ । यो त्यो समाज हो जहाँ साँझमा कुनै होटलको मैलो कोठामा यौनकर्मीको शरीरसँग खेलेर भोलिपल्ट सभ्य नागरिकको बहसमा निस्किन्छ भलाद्मी । त्यस्तो समाजमा उनीहरूका सुख दुःखका बारेमा बोल्नु वा लेख्नु चानचुने कुरा हैन । हाम्रो समाजमा ज्यालादारी मजदुर र यौनकर्मीको अवस्था लगभग उस्तै छ । दयनीय । यौनकर्मी अर्थात् हाम्रो जरुरतको साथी तर हामी त्यति सजिलै यो कुरा स्वीकार्दैनौँ । हाम्रो साथी महिला र पुरुष दुबै हुनसक्छन् तर यौनको कुरा आउनेबित्तिकै हाम्रो समाजमा महिलालाई मात्र हेयको दृष्टिले हेरिन्छ । लाग्छ, महिलाहरू मात्र उपभोगका वस्तु हुन् । उनीहरूमा यौनको चाहाना हुनु वा देखाउनु असामाजिक हो । अझ यौनकर्मीका बारेमा गरिने कुरा र चियागफ होस् वा भट्टी गफमा प्रयोग गरिने शब्दहरू नै होस्, सुन्दा लाग्छ- यौन पुरूषहरूको मात्र मुद्दा हो । चाहाना र इच्छा हो । यौनकर्मी महिला र पुरुष दुवै हुन्छन् । हाम्रो समाजमा पनि दुवैथरिका यौनकर्मी रहेको अध्ययनले देखाउछ । तर यो बिषयमा कोही पनि खुलेर कुरा गर्दैनन् भलै अधिकतम महिला वा पुरुषले यौनकर्मीको साथ लिएकै हुन्छन् । यौनकर्मीको पनि आत्मसम्मान हुन्छ भन्ने चेत हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । जुन लज्जाको विषय हो, कमसेकम मेरा लागि । यौनजन्य गतिविधिबाट दैनिकी चलाउने वा यौनकर्मलार्इ नै पेशा बनाएकाहरू यौनकर्मी हुन् । मान्छे, अझ हाम्रो समाज यौनका कुरामा बहस गर्ने ल्याकत राख्दैन । यौन जघन्य अपराध भएझैँ व्याख्या गर्छ । यस विषयलार्इ रहस्य बनाउन चाहान्छ । तर फोनमा वा सन्जालमा यौनजन्य कुराकानी गरेर आफ्नो शरीरको गर्मी पखाल्न पनि लागिपर्छ । जुन यौनकर्म हो । यसरी हेर्दा हाम्रो स्वभावमै यौन छ । तर यौनकर्मीको पनि आत्मसम्मान हुन्छ भन्ने चेत हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । जुन लज्जाको विषय हो, कमसेकम मेरा लागि । यौन पेशा, सेवा वा व्यवसाय के हो ? कसैले खुलेर भन्न सकेको अवस्था छैन । सायद त्यही भएर हुनुपर्छ यौनकर्मीहरूको कोठामा हामीमध्ये धेरैको कलम पुगे पनि संवेदना पुग्न सकेको छैन । के यौनकर्मीहरू मानव हैनन् ? उनीहरूको संवेदना र आत्मसम्मान केही पनि हुँदैन ? के उनीहरूको जीवनमा बन्दाबन्दीले केही प्रभाव पारेको छैन ? कसैको दुखदायी जीवनमा निमेषभर भए पनि खुसीको अनुभूति दिलाउने खुबी भएका यौनकर्मी मेरो नजरमा भगवानभन्दा कम छैनन् । सरकारले वैधानिकता दिएका मुलुकहरूमा पनि यो बन्दाबन्दीमा यौनकर्मीहरूको बारेमा कसैले चासो लिएको पाइँदैन । अझ नेपालको हकमा त यौनकर्मीलाई अपराधीको नजरमा हेर्ने गरिन्छ । कसैको दुखदायी जीवनमा निमेषभर भए पनि खुसीको अनुभूति दिलाउने खुबी भएका यौनकर्मी मेरो नजरमा भगवानभन्दा कम छैनन् । किनकि उनीहरू मात्र यस्ता पात्र हुन् जो धोका दिँदैनन् र सबैभन्दा बढी पीडित पनि छन् । केही समयअघि संसदमा समेत उठेको कुरा आज किन कसैका ओठमा छैनन् । के यौन राजनीतिक प्रश्न मात्र हो ? वा यौन पितृसत्तात्मक सोचको कुन्ठा हो ? केही समय पहिले मैले आफ्ना फरक तीन यौनकर्मी साथीसँग कुराकानी गरेको थिएँ, जसमध्ये पुरुष यौनकर्मीको जीवन केही सजिलो थियो । महिला यौनकर्मीले सुरक्षाको अनुभूति गर्दैनन् र तेस्रो लिङ्गी साथीको अवस्था सबैभन्दा दयनीय छ । यसमा म आफैँले गर्न सक्ने कुरा धेरै केही छैन, तर पनि उनीहरूसँग खुलेर मत्रवत् कुरा गर्छु, यसैमा उनीहरू अनुहारमा खुसीको खुसी फुलाउँछन् । यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् । तर यसले यौनकर्मीहरूको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् । तर यसले यौनकर्मीहरूको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । यस मुश्किल घडीमा उनीहरूको बारेमा बोल्ने कोही पनि छैनन् । मलाई लाग्छ, यस विषयमा खुलेर गर्नुपर्छ र एउटा निचोडमा पुग्नुपर्छ भन्ने लाग्छ । यो समाज यति सजिलै सुधारको बाटोमा हिँड्नेवाला छैन, किनकि यहाँ नेपोटिज्ममा (नातावाद) बहस हुन्छ । र बहस गर्नेहरू नातावादले नै त्यो स्थानमा बसेका हुन्छन् । जसरी पिढी दरपिढी अन्धविश्वासको हद बढ्दै गएको छ, त्यसरी नै यौनकर्मीप्रति हेर्ने नजरिया पनि कायमै छ । म चाहन्छु कि मानवसभ्यताको सुरुवातसँगै हुर्किएको यौनकर्मलाई हेर्ने नजिर बदलियोस् । अब यौनकर्मीहरूको जीवनमा लामो समयदेखि लागेको लक डाउन फुकुवा होस् । #यौनकर्मीः #रूपक अधिकारी नवपुस्ताः कसैलाई पिसिआरभन्दा पहिले आँखाको चिन्ता, कसैलाई अर्थतन्त्र र राजनीतिमा चासाे: ओजस्वी आचार्य: “भारतले गरेको अतिक्रमणले मभित्रको देशभक्ति र न्यायबोधमा तरङ्ग थपिदियो।” ओजस्वी आचार्य मुहारमा अन्योलता, अगाडि ‘वाटर सप्लाई इन्जिनियरिंग’को मोटो किताब, र आँखाभरि फेसबुकको नोटिफिकेसन प्यानल; यही अवस्थामा इन्जिनियरिंग अध्ययन संस्थानको “चैत्र ६ गतेदेखिको परिक्षा अर्को सूचना नआउँदासम्मको लागि रद्द ।” भनेर आएको सूचनासँगै मेरो पर्सनल लकडाउनको समय सुरु भएको थियो । संयोग भनौं वा विडम्बना, हाल यो लेख्दै गर्दा पनि टियुले केही दिनअगाडि रोकिएका परीक्षा भाद्रमा हुने भनेर निकालेको सूचनाले म ठ्याक्क उही अवस्थामा छु ।अन्योलता, अगाडि उहीँकिताब, र ध्यान फेसबुकका खबरहरूमा । लाग्छ, टियुले एक सेमेस्टर सकिने समयमा एउटा चक्र भने पूरा गरिदियो। विद्यार्थीको परिचयमा बाँधिएका हामी अहिल्यै एउटै खुड्किला रोकिएका छौँ। अहिले यी दुई समरूपी विन्दुहरू बीचको समयलाई फर्केर हेर्दा, धेरैजसो विद्यार्थीको झैँ मेरो सिर्जनशीलता पनि केहीहदसम्म टियुको अनिर्णयको मारमा परेको छ। यसका बावजुद पनि यो लामो फुर्सदलाई समय सार्थक र उपयोगी बनाउन मैले धेरै प्रयास गरेँ। हाल विश्वको भयाभह स्थिति र विक्षुब्ध समाजको हरेकको मानसिकतामा गहिरो प्रभाव पारेको छ। यस्तो बेला मेरो सबैभन्दा ठूलो उपलब्धी अाफूलाई मानसिक रूपमा स्वस्थ बनाउनु नै हुन्छ। ठूलो परिवारको उपस्थितिमा रहनु र निरन्तर सुन्दर बेनी बजारवरिपरि वेगसँग हुत्तिने पवन, हँसिला पहाड, स्वतन्त्र कालीगण्डकी, निश्चल झरनासँगको निरन्तर अन्तरक्रियाले काठमाडौँको जीवन्त वातावरणको कमी हुन दिएन। साथै बेनीमा समयसँग थपिएको नयाँपनलाई निहाल्नु र बाल्यकालको स्मृतिका भिज्नुले पनि मभित्र उमंग थपिदियो। यानी अल्बर्सले भनेकी छिन्, “कला त्यो हो जसबाट तिमीले एक फरक सुखको सास फेर्ने छौँ।” उनको यो भनाइलाई नै मेरो समयले समात्यो। म कलाको विभिन्न विधाको नजिक रहेर जीवनलाई नयाँ ढंगले अध्ययन गर्न चाहन्छु। चाहे प्रकृतिको अद्भुत कला होस्, वा हामी मानवहरूको शैलीद्वारा रचित सुन्दर कला। एउटा कलम वा एउटा चलचित्र वा एउटा किताबमा मात्र पनि जीवनको महिमालाई उदाहरणीय तरिकाले प्रतिबिम्बित गरेको हुन्छ। कतिले एउटा किताबमै जीवनका उत्कृष्ट सार भेटेका हुन्छन्, कतिले किताबबाट नै जीवनको रहस्य छामेका छन्। त्यसरी नै साहित्य, संगीत, चलचित्र, खेलकुद र कलम, यी नै मेरो समयको अभिन्न सहयात्री बने र मेरो दुरुस्तताको कारक पनि। फुर्सदको बेलामा केही कविताहरू लेखेँ, प्रकृतिलाई सम्झेर लेखेँ, समाज सम्झेर लेखेँ, प्रेम सम्झेर लेखेँ, राजधानी सम्झेर लेखेँ, समय सामान्य नभए पनि कविताबाट नै मेरो आमजीवन बाचेँ भन्दा अतिशयोक्ति नहोला। भिन्नभिन्न भाषाका चलचित्रहरू पनि हेरियो। मलाई विशेषगरी क्राइम, थ्रिलर, मिस्ट्रीका मुभी मन पर्छन्। तर अहिले सबै जनराका मुभीहरूलाई चाख्ने मैका पाए। Dead Poets Society, Good Will Hunting जस्ता मुभीले मनलाई नयाँ उर्जा दिए, जिन्दगी जिउने नयाँ शैली सिकाइदिए र परिवेशहरूलाई नयाँ कोणबाट विश्लेषण गर्न बाध्य बनाए । हेर्न मन लागेका तर नहेरेका मुभी कुनै बाँकी छोडिएन। अहिलेको स्थितिले निम्त्याएको ठूलो समस्या भनेको डिप्रेसन र मानसिक रोग हो। यसबाट म आफू प्रभावित नभए पनि आफ्नै उमेरका साथीसंगी यसको चपेटामा परेको देख्दा मन खिन्न भइरह्यो। त्यसमाथि केही ठूला र सम्माननीय नामहरूले समेत यसबाट उम्कन नसकेको समाचारहरू दिनदिनै आइरहेका छन् । यस्तो अवस्थामा म आफू एक जिम्मेवार नागरिक र संवेदनशील मानिस भएकाले मैले यस विरुद्द केही गर्नुपर्ने सोच बनाए । यसैको लागि काठमाडौँ भ्याली लिओ क्लबको प्रोजेक्ट मन-मस्तिष्कको माध्यमबाट आफूजस्तै युवाहरूलाई कला साहित्यको क्षेत्रमा आफ्नो मन र मस्तिष्क संलग्न गराइराख्न प्रोत्साहन गर्नका निम्ति केही कार्यक्रमहरूमा क्रियाशील भएँ। आफ्नो भावनात्मक स्थिरता र स्वस्थतामा पनि यो क्रियाशीलताले मदत गर्यो। अध्ययनका लागि पनि यो परिवेशले साथ दियो। मुख्यतः अर्थशास्त्र अध्ययनमा नै मेरो समय बित्यो।पहिल्यैदेखि रुची भए पनि समयको अभावमा अध्ययनको मौका मिलेको थिएन, कोभिडले भनौं वा आफ्नो रुचीले हो, जुराइदियो।यसले मेरो प्रत्येक विचारहरु र अनुभवमा एउटा नयाँ आर्थिक कोण थपिएको आभाष हुन्छ। एक आमनागरिकको जीवनमा अर्थशास्त्रको यो व्यवस्था कतिसम्म सम्बन्धित रहेको छ र यसले कसरी हामीले बोक्ने विचारहरूलाई असर गरको छ जस्ता कुराहरूसँग सचेत भए। अर्थशास्त्रको पूर्ण अन्धकारबाट थोरै उज्यालोतर्फ अग्रसर रहेर चालेको यो पाइलालाई उपलब्धी नै मान्छु। यसबाहेक करिब आधा दर्जन जति अंग्रेजी र नेपाली साहित्यका किताब पढेँ । राजनीतिले पनि यो समयलाई उति निष्कृय हुने ठाउँ दिएन। भारतले गरेको अतिक्रमणले मभित्रको देशभक्ति र न्यायबोधमा तरङ्ग थपिदियो। नयाँ नक्साको समर्थनका लागि सामाजिक सञ्जालबाटै भए पनि सहभागीता र हौसला देखाइयो। अभियान पूर्णरूपमा सफल हुन त अझ कैयौँ वर्ष, देशले आजसम्म नदेखेको साहस र सैयौं विभुतिहरूको देशभक्ति चाहिएला तर जे सुकै होस्, अभियानले देशको माया ब्युँताइदियो, केही साथीहरू जुराइदियो र सबैभन्दा महत्वपूर्ण केही सिकाइदियो। अहिले पनि फर्केर हेर्दा यी चार महिनामा अझै केही बढी गर्न सकिन्थ्यो कि झैँ भने लाग्छ, केही समय अझ सिर्जनशील हुन सक्थेँ । तर मस्तिष्कमा रहेको नवीन ज्ञानले कुनै कुराको पछुतो हुन खासै दिएको छैन न त यो समयबाट व्यक्तिगत रूपमा कुनै गुनासो छ। स्थिति छिटै सहज होस्, सबै स्वस्थ हुन् र काठमाडौँमा बर्षामा रुझेको परिवेशमा फेरि उसैगरी छिट्टै घुम्न सकियोस् भन्ने अग्रिम चाहना छ। विश्वास पौडेल : “ अब पिसिआरभन्दा पहिले आँखाको जाँच गराउनु छ । “ विश्वास पौडेल राजधानी विद्यार्थीको रहर हैन बाध्यता हो । मलाई यस्तै लाग्छ । मेरो गाउँकै ठूलो विद्यालयमा व्यवस्थापन संकायको पढाइ गराउन भव्य पुराणको आयोजना गर्न परेको तितो वास्तविकताले धेरै अर्थ बोकेको छ । समाजको । प्रवृत्तिको अनि शिक्षा र चेतनास्तरको । सहर, रहर, बाध्यता र वास्विकतामा कतै रूमलिरहको जीवन र दैनिकीलाई एकपल्ट नजिकैबाट नियाल्ने मौका लक डाउनले दियो । चैत्र ५, नाइट गाडीमा काठमाडौंबाट झापा आउँदैगर्दा सायद थानकोट नकट्दै पत्तो पाइयो, अब सबैकुरा बन्द हुँदैछ, चाँडै नै बन्दाबन्दी हुनेछ । घर बसाइ लम्बिने निश्चित भयो । गदगद हुँदै थियो कताकता मन । मनोवादमा “आफ्नै मस्तिष्कले “२ जोर लुगा बोकेर पुस्तक सबै काठमाडौँ राखेर घर हिडेंको भेटिस् अब !” भनेजस्तो लाग्यो । “काठ्माडौँमा फोहोर जता पनि हुन्छ, यो सरकारले व्यवस्थापन नै गर्दैन” भन्दै पोटेटो चिप्स खाएर खोलचाहिँ कमलविनायक जाने बसबाट हुँइक्याउने म नै हो । तर अब म असल नागरिक भइसकेको छु । म काहीँ हिँड्ने छैन । किन हिँड्नु र ? बल्ल बल्ल त आराम भएको छ । सहरको हतासबाट । भीडबाट, प्रदुषणबाट । निष्ठुर सहर ! कोरोनाको कहर विस्तारै बढ्दै गइरहेको थियो विश्वमा । हाम्रा देशका निकै विज्ञ सम्माननीय व्यक्तित्वले भनिदिए, “नेपालमा कोरोना छैन, कोरोनामुक्त देश हो नेपाल ।” त्यसैले मैले पनि घमण्डका साथ लेखिदिए फेसबुक स्टाटस, “ पशुपति पुगेर बाग्मती पुलमाथि मास्क खोल्दै उसले भन्यो, ‘लास जलेको अत्तरमा अयचयलब बाँच्न सक्दैन ।’ जय भोलेनाथ ।” यसबेलासम्म मेरो देश यही आशाको त्यान्द्रोमा बाँचेको थियो । आर्याघाटमा जीवन थियो, आशा अनि भरोसाको । यो अन्धभक्ति थियो या अन्धोपनको भक्ति ? सरोकारवालाको काम देख्दा आज भोट खसाल्ने हातको चोइटाले खाना पकाएर नि नखानु जस्तो लाग्छ । घर पनि आइयो । २ –४ दिन आराम भएपछि पुलकित पनि भइयो । तर, घरको जेठो छोरो, पढाइ पनि अन्तिम वर्षमा पुर्याएको, परिस्थितिले जिस्काउन थाल्यो । बढ्दो अभाव र आपूर्तिको खाडलले काउकुती लाग्न थाल्यो । जीवन यस्तो मोडमा आएर अडियो कि गरेर खान पनि नपाइने र नगरी खान पनि नपाइने । आमाको छातीमा निकै समस्या भइसकेको रहेछ । यदाकदा दशैँमा मात्र घरमा आउँदा छोरा देख्दाको आनन्दले हो या दशैँमा अभावका अरू पीडा अझ सतही भएकाले हो, यो विषय ओझेल परेको थियो । धेरै दिनको घर बसाइमा यो समस्या लुकेन, लुक्न सकेन । स्कुटर किन्न पाए यो घाममा यत्ति साह्रो हुन्थेन । दैनिक ८–९ कि.मी. स्कूलसम्म साइकल चलाएर पुग्न निकै गाह्रो पर्न थालिसकेको कुरा आमाको ढल्कदैगएको उमेरले पनि प्रष्ट पार्छ । समाधान खोज्न आमाहरू पहिलैबाट सिपालु हुन् । तर यो समाधान मेरै कारणले अड्केर बस्यो । मन अमिलो भयो । कहिलेकाहीँ यसो साथीहरू भेला हुँदा खेलेको म्यरिज तासमा हारेको पैसाले पनि मस्तिष्कमा ताण्डव नृत्य गर्न थाल्यो । कतै म यो पसिनाको अवमूल्यन त गरिरहेको छैन ? पुरानो डायरी पल्टाएँ एकदिन । कक्षा दशको बिदाइमा स्कूलले दिएको सम्झना, जसमा सहपाठीहरूले आफ्ना भावना लेखेका छन्, विचार पोखेका छन् । पल्टाउँदै गएँ । सकिए । म खासै पपुलर रहेनछु, धेरैले भरेनछन् । आज ती खालीपाना भर्ने साथी पनि सम्पर्कमा छैनन् । बिर्तामोड पनि सहर न हो । त्यो पनि निष्ठुर नै छ । चित्त बुझाएँ । कोरोना संक्रमितको संख्या ५-१० भन्दाभन्दै सय, हजार हुँदै लम्कदै छ । ज्यान गुमाउनेको संख्या पनि बढ्दै छ । सरकारमा भ्रष्टचार संस्थागत भएर सामान्य रितझैँ भइसकेको छ । खाडीमा पिल्सिएका युवाको रेमिट्यान्समा करोडौँका कार्पेट फेर्ने सरकारबाट राहात र उद्धारको आश राख्नु मूर्खताबाहेक केही होइन । अनलाइन पढाएजस्तो गरेर लाखौंको बिल पठाउन उद्दत निजी संस्थानहरूको त झन के कुरा गर्नु ? अध्यादेशदेखि राजीनामा मागसम्म आइपुग्दा राजनीतिले लाज पचाइसकेको छ । १० वर्षे जनयुद्धको जन्मभूमि रूकुममा जातीय हिंसा भड्किएर प्रेमीको हत्याले गणतन्त्रमात्र नभई हाम्रो समाजको धरातललाई उदाङ्गो बनाइसकेको छ । श्वास गन्हाइसक्दा पनि मञ्जनलाई दोष दिने नेतृत्वको दुःख देखेर कुन युवा सडकमा ननिस्केला ? बालुवाटारमा पानीको फोहोरा खाएर माइतीघरमा फूल बाँढ्ने युवाबाट अभिभावक सरकारले आजसम्म पनि केही पाठ सिकेको छैन । भ्रष्टचार संसदमा सुट र टाईमा मग्न हुँदा अव्यवस्थित क्वारेन्टिनमा बलत्कार हुनु र बढ्दो आत्महत्यामा सहसम्बन्ध नदेख्नु बयलगाढाको दोष हो, जसमा चडेर अमेरिका पुग्न सम्भव छैन । लक डाउन सकिएको घोषणा भयो । लकडाउन किन गरिएको थियो ? किन सकियो ? यी प्रश्न अझैं पनि मस्तिष्कमा खेलिरहन्छन् । विचाराधिन मुद्दामा बोल्नु राम्रो होइन । तर, रञ्जन कोइराला एकदिन पनि जेलबाहिर निस्कनु भनेको अर्की चेलीको आयु घट्नु हो । सरकारका तीनै अंग गलेको व्यवस्थामा आफ्नो भविष्य अन्योल देखिरहेको मैले अब जताततै बेथिति, अनियमितता, अनिर्णय, दण्डहिनताबाहेक केही देख्नै छाडेँ । सायद मलाई मोतिबिन्दु नै भएको छ । साँच्चै, अब पिसिआरभन्दा पहिले आँखाको जाँच गराउनु छ । #ओजस्वी आचार्य #नवपुस्ता #विश्वास पौडेल अस्तित्व खोज्न निस्कियो 'डुमेरो': पब्लिकेसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ । यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अँगालेको छ । गौतमले पत्रकरिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गरेकी हुन् । वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छन् । अखबारका स्तम्भमा उनी सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गरेका छन् । यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो । पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘गौतमले वकालत गर्ने भाषाको अराज्नैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ । उनले पात्रहरूका सशक्तीकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन् । गौतमको शैली निडर, बेलगाम र समसामयिक छ । यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अँगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।’ शीर्षक ‘डुमेरो’ आफैँमा नौलो शब्द छ । कुनै गन्तव्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ । ‘यो शब्द सुन्नमा लयालु त छँदैछ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ । महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ । तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं; जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन । अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तव्य तय गर्न सक्तैन । हाम्रा चुनौती अमूर्त छन्, संघर्ष नौला छन् । यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो ।’ महामारीको लगत्तै बजारमा आएको किताबले अरुबेलाझैँ प्रकाशन जगतलाई सन्तुष्ट पार्नेमा विश्वस्त रहेकी नेपालयकी सैजन मास्के भन्छिन्, ‘समय साँच्चै चुनौतीपूर्ण छ तर हाम्रो अघिल्लो प्रकाशन- भूवन ढुंगानाको ‘परित्यक्ता’ले बन्दाबन्दीका बाबजूद तुलनात्मक रुपमा निकै राम्रो परिमाणमा स्वीकृति पायो । यो पुस्तकलाई पनि नेपाली पुस्तक बजारले उत्साहजनक प्रोत्साहन प्रदान गर्छ भन्नेमा हामी आशावादी छौँ ।’ नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ, जुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । यसको ई-बुक प्रतिलिपि भने थुप्रै डट कम (thuprai.com) बाट किन्न सकिन्छ साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ । #डुमेरो #सरला गाैतम बुकाहोलिक्सको लक डाउनमा स्रस्टासँग साक्षात्कारको १०० भाग पूरा: अहिले धेरैलाई धेरै हदसम्म घरमा बन्दी भएर बसिरहनु बानी जस्तो भइसक्यो तर कोरोना भाइरसको असर कम गर्न भएको लकडाउनको सुरुवात अहिले जस्तो सामान्य थिएन । दिक्दारलाग्दो वा हतारको भए पनि मानिसहरु आफ्नो दैनिकीसँग भिजेका थिए । जस्तो भए पनि मानिसलाई आफ्नै दैनिकी प्यारो थियो । होला, केहिलाई केहि दिन ढुक्कले घर बस्न मन थियो तर लकडाउन तिनका लागि पनि दिक्क लाग्दो थियो । यस्तोमा के गर्ने भन्ने धेरैको प्रश्न थियो तर जवाफ कमैसँग मात्रै थियो । बुकाहोलिक्स जुन फेसबुकमा किताबहरुको बारेमा छलफल गर्ने प्रतिष्ठित ग्रुप हो त्यसमा सदस्यहरुको संख्या बढ्न थाल्यो । यसबाट मानिसहरु लकडाउनमा केहि पढ्न खोजिरहेका छन् अथवा भनौँ, साहित्यसँग निकटता खोजिरहेका छन् भन्ने अर्थ निकाल्न सकिन्थ्यो । यसो त लकडाउनको कारणले मासिक रुपमा हुदै गरेको बुकाहोलिक्सको चकटी बहस पनि रोकियो । यसैले बुकाहोलिक्स टिम पनि केहि फरक गर्न सकिन्छ कि भन्ने सोचाइमा थियो । यो कुरा बैशाखको पहिलो साताको हो । लकडाउन सुरु भएको ३ साता बितिसकेको थियो । यसैले अनलाइनमा नै साहित्यिक कार्यक्रम गर्ने सोच भयो र सुरुवात भयो लकडाउनमा स्रस्टासँग साक्षात्कारको । बुकाहोलिक्सको फेसबुक ग्रुपमा अप्रिल १७ अर्थात बैशाख ५ मा पहिलो साक्षात्कार मोहन मैनालीबाट भयो । र, दैनिक भएको साक्षात्कार हिजो अर्थात २६ जुलाइमा ठ्याक्क १००औँ भाग सर्जक तुलसी दिवसको साक्षात्कारसँगै यो क्रम सकियो । साक्षात्कारमा आउँनु हुने स्रस्टाहरु १. मोहन मैनाली २. मनु मञ्जिल ३. रमेश सायन ४. अमृता लम्साल ५. विपुल सिंजापति ६. अनुपम पोखरेल ७. सरिता भट्टराई ८. केशव सिग्देल ९. निष्प्रभ सजि १०. हरिमाया भेटवाल ११. कृष्ण धरावासी १२. खिमा रिजाल १३. भिष्म उप्रेति १४. चन्द्र कटुवाल १५. युवराज नयाँघरे १६. राजा पुनियानी १७. इश्वरे कडेल १८. एलबी क्षेत्री १९. जीवा लामिछाने २०. सरस्वती प्रतिक्षा २१. नविवन विभास २२. निलम कार्की निहारिका २३. भुपिन खड्का २४. अमोद देव भट्ट २५. अश्विनी कोइराला २६. नयन राज पाण्डै २७. छुदेन काबिमो २८. बिमला तुम्खेवा २९. प्रज्वल पराजुली ३०. विप्लब प्रतिक ३१. बसन्त पराजुली ३२. उषा शेरचन ३३. अविनाश श्रेष्ठ ३४. रविन्द्र समिर ३५. मोमिला जोशी ३६. अनन्त अनुराग ३७. रमेश क्षितिज ३८. बालिका थपलिया ३९. महेश पौडेल ४०. दुर्गा कार्की ४१. मनोज बोगटी ४२. नविन के क्षेत्री ४३. स्वप्निल स्मृति ४४. नवराज पराजुली ४५. सरिता तिवारी ४६. तिर्थ श्रेष्ठ ४७. भुमिका श्रेष्ठ ४८. राधा पौडेल ४९. सौरभ कार्की ५०. समा श्री ५१. भुपेन्द्र खड्का ५२. मिन कुमार नबोदित ५३. माया ठकुरी ५४. रोशन परियार ५५. प्रनिका कोयु ५६. सिलु जि न्यौपाने ५७. नदिश ५८. रविन्द्र मिश्र ५९. हिरण्य कुमारी पाठक ६०. गीता रेग्मी ६१. रजनी ढकाल ६२. आश्मा अर्याल ६३. शीवा शाह ६४. फराह गुजनावी ६५. अर्चना थापा ६६. चिराग बाङदेल ६७. दीपा पुन राई ६८. प्रणय राना ६९. विक्रम पवन परियार ७०. तिर्थ गुरुङ ७१. शैलेन्द्र अधिकारी ७२. नविन प्राचिन ७३. रजनीमीला ७४. सुजिव शाक्य ७५. केदार शर्मा ७६. मुकुल ढकाल ७७. इक्रम बस्रा ७८. प्रगति राई ७९. गोविन्द राज भट्टराई ८०. देबकी तिमल्सिना ८१. नारायण तिवारी ८२. निमेश निखिल ८३. प्रतिसरा सायमि ८४. सुमन पोखरेल ८५. रोशन शेरचन ८६. रुपेश श्रेष्ठ ८७. मधुवन पौडेल ८८. विष्णु एस राई ८९. बीना थिङ तामाङ ९०. अमित पोखरेल ९१. करुण थापा ९२. उमा सुवेदी ९३. राम गोपाल आशुतोष ९४. गीता त्रिपाठी ९५. महेश राना ९६. दिनेश अधिकारी ९७. मञ्जुश्री थापा ९८. श्रवण मुकारुङ ९९. सरुभक्त १००. तुलसी दिवस साक्षात्कारमा नेपाल बाहिर भारतीय, बंगलादेशी तथा पाकिस्तानी सर्जकहरुको पनि साक्षात्कार थियो भने नेपाल बाहिर रहेका धेरै नेपाली सर्जकहरुले पनि साक्षात्कारमा आफ्नो लेखन अनुभव बाढ्नुका साथै रचना वाचन गर्नु भएको थियो । बुकाहोलिक्सको साक्षात्कारलाई युट्युबमा बुकाहोलिक्सको च्यानलमा हेर्न सकिन्छ । ठिटा-ठिटीहरूको स्वप्नयात्राः काव्यात्रा: ३ वर्षअघि, आफैँ कमाउने बाटो पहिल्याएर सक्दो पढ्ने उद्देश्यले गाउँबाट अवसरहरूको सहर काठमाडौँ पसेको एउटा ठिटो, आफ्नो सपनाहरू तुहिँदै गरेको भयानक यथार्थ स्वीकार गर्न नसकिरहँदा कुनै व्यस्त गल्लीको अनाम सहरमा छटपटीहरूका बीच निदाउने कोसिस गरिरहेथ्यो । उता अर्की ठिटी, आफ्नो सपनाको बाटो हिँड्न आफ्नाहरूसँगै लड्नुपर्दा रात र दिन एउटै महसुस गरिरहेथी । त्यही सहरमा कथाहरूको सिकार गर्दै अर्को ठिटो पनि भर्खर सपनाको पखेटा हाल्दै थियो । एक-अर्काबाट अञ्जान यी तीनको नाटकीय ढङ्गबाट एकसँग अर्को गर्दै परिचय हुन्छ । त्यसपछि भेट र आफ्ना सपनाहरूको हालखबर साटासाट ! ती सपनाको मिलनबिन्दूको पत्तो लाग्छ । यी तीनैजना एक किसिमले जोगी हुन्छन्, संसारभन्दा अलग्गै हिँड्न खोजिरहेका; यस अर्थमा कि संसारको प्राथमिकता धन भइरहँदा यिनको प्राथमिकता आफ्नो सपना थियो । तीनको टोलीमा एक थपिएर जम्मा चारजनाको टोली स्वप्नयात्राका लागि अघि बढ्यो । कुनै पनि सफल अभियानको लागि सर्वप्रथम त एउटा सबल टिमको जरुरी हुन्छ । यी तीनको सानो टोलीले आफूजस्तै स्वप्नजोगीहरूको खोजी गर्न थाल्यो । यस दौरानमा धेरैजनाको आउने र जाने क्रम रह्यो । मानौँ यी तीनजनाको टोली सपना नाउँको एउटा वृक्ष बोकेर बसेको चौतारी हो र त्यसको छहारीमा क्षणभरलाई सुस्ताउन बटुवाहरूको आवतजावत चलिरहन्थ्यो । तीनको टोलीमा एक थपिएर जम्मा चारजनाको टोली स्वप्नयात्राका लागि अघि बढ्यो । जसमध्ये राजकुमार नेपाल, प्रवीण पौडेल, रितेश गुरुङ र यो लेखिरहने ठिटी । हाम्रो यात्रा तीन वर्षअघि लिट्रेचर पार्कदेखि सुरु भएको थियो । तर, दैनिक साहित्यिक खुराक पस्किएर पठन-लेखन संस्कृतिको विकास गर्ने त्यस यात्राक्रममा अचानक उत्साहित पखेटाहरू काटिन पुगेका थिए । यस समस्या आइपर्नुमा हामी आफैँ दोषी थियौँ । प्राविधिक पाटोमा सम्पूर्ण दक्षता हाँसिल नभइसक्नु र कमजोर आर्थिक स्थितिका कारण यथेष्ट स्रोत-साधन जुटिनसक्नुले सुरुवाती चरणको यात्रा एक वर्ष पुग्दानपुग्दै स्थगित भएको थियो । घर र समाजबाट प्राप्त असहयोगका बाबजुद हामीले अर्को एक वर्ष स्रोत-साधन जुटाउने र अझै बढी प्राविधिक दक्षता हाँसिल गर्नमा खर्च गर्यौँ । साहित्यको क्षेत्रमा केही गर्छु भनी लाग्ने अधिकांशले सहयोगभन्दा धेरै असहयोग नै प्राप्त गर्छन् । कारण, समाज अर्थमुखी छ र साहित्य, अर्थका मामिलामा अझै पनि विलम्ब पाइला चाल्छ, कमसेकम हाम्रो जस्तो विकासोन्मुख मुलुकमा । खैर, यस विषयमा केही गर्न सकिन्छ कि भन्नेमा हामी स्वयं प्रयासरत छौँ । घर र समाजबाट प्राप्त असहयोगका बाबजुद हामीले अर्को एक वर्ष स्रोत-साधन जुटाउने र अझै बढी प्राविधिक दक्षता हाँसिल गर्नमा खर्च गर्यौँ । यसरी गल्तीबाट पाठ सिकेर पुनः उदाउन हामीलाई एक वर्ष लागेको थियो र जन्मिएको थियो ‘ काव्या लय ’ जसले पनि गत महिना आफ्नो एक वर्षको यात्रा पूरा गरिसकेको छ । साहित्यमा लगानी गर्न डराइरहेको समाजलाई आजको भोलि नै परिवर्तन गर्न असम्भव छ । सर्वप्रथम त लेख्ने र पढ्ने बानीको विकास गर्न जोड दिनु नै यस लक्ष्यप्राप्तीको आधारभूत सूत्र हो । आफ्नो दिल र दिमागमा भएको कुरा लेख्ने र सुनाउने अवसर खोजिरहेकाहरूलाई त्यो अवसर जुटाइदिनु यस मानेमा सूक्ष्म मुद्दा देखिए तापनि प्राथमिक ठहरिन्छ । साहित्यपारखीहरूका लागि लेखन एक नित्यकर्म र पठन एक स्वभाव बनोस् र बल्ल यस क्षेत्रमा सम्भावना देख्ने आँखाहरू पनि बढ्नेछन् । काव्यालय यही सोचलाई केन्द्रमा राखेर यात्रारत छ । काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो । जो वर्षौँदेखि लेखिरहनुभएको छ, लेखेरै आज समाजमा चिनिनुभएको छ, वहाँहरूमा साहित्यप्रति पहिल्यै रस बसिसकेको छ । साहित्यको ऊर्जा र यसले मानसिकतामा ल्याउने उन्नत परिवर्तनसँग वहाँहरू पहिल्यै परिचित हुनुहुन्छ । यो खुशीको कुरा हो । यहाँ हरेक दिन साहित्यसँग प्रथम साक्षात्कार गर्ने कति हुनुहुन्छ होला ? आजै मात्र पहिलोपटक आफ्ना भावनाहरूलाई काव्यिक छाँटमा व्यक्त गरेर आफैँ चकित पर्ने कति हुनुहुन्छ होला ? आजै मात्र कलेजको लाइब्रेरीबाट वा बुवाको पुरानो सन्दुकबाट संयोगवश फेलापरेको कथा वा उपन्यासको किताब पढेर जीवनमा पहिलोपटक हृदयबाट आनन्दित हुने कति हुनुहुन्छ होला ? काव्यालय, साहित्यका त्यस्ता कोपिलाहरूलाई पनि समानान्तर रूपमा अघि बढ्ने अवसर मिल्नुपर्छ भन्नेमा दृढता राख्दछ । यस अर्थमा, काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो । आफ्नो यात्रामा अविरल लागिराखियो भने, कतै न कतै पाइलाको डोब गाढासँग बस्ने नै रहेछ । गत महिना, असार १४ का दिन काव्यालयले आफ्नो पहिलो वर्षोउत्सव पूरा गरेको छ । काव्यकर्मप्रतिको हाम्रो अविरल लगाव र मिहेनत देखेर मञ्जरी प्रकाशन र टेकसाथीद्वारा प्रायोजनमा साथ-सहयोग प्राप्त भयो । जसकारण हामीले वर्षभरि प्रकाशित रचनाहरूमध्येबाट ‘आर्टिकल्स अफ द इयर’ अन्तर्गत ५ रचनालाई चुनेर प्रोत्साहनस्वरूप उपहार वितरण गर्न सक्षम भयौँ । यात्राको क्रम जारी छँदै छ र आशा छ यस्तै कृतार्थ हुनसकिने क्षणहरू यस दौरानमा अझै थपिँदै जाने छन् । काव्यालय पाठक र लेखकहरूसँग औपचारिकता नभएर बरू मित्रता गर्दै अघि बढिरहेको छ । यात्राकै कुरा गर्नुपर्दा, काव्यालयको यात्रालाई म एउटा जीवन्त यात्रा भन्न रुचाउँछु । जसरी जन्मपश्चात् एउटा अञ्जान शिशुले जीवनको यात्रा जानी-नजानी गर्छ । जीवनको यात्रा एउटा अञ्जान शिशुले दिनानुदिन परिपक्व हुँदैगर्दा जसरी जिउनेक्रममा जीवन श्रीजु सरल लाई सिकेर, जानेर गर्दै जान्छ, काव्यालयको यात्रा त्यस्तै जीवन्त चलिरहेको छ । गल्ती र कमजोरीहरूका कारण लड्दै, उठ्दै र अर्कोपटक त्यही बाटोमा कसरी नलडी हिँड्ने ? काव्यालय पनि काव्यकर्म गर्ने दौरानमा यी कुरा सिक्दै अघि बढिरहेको छ । यस अर्थमा, काव्यालय पाठक र लेखकहरूसँग औपचारिकता नभएर बरू मित्रता गर्दै अघि बढिरहेको छ । यसर्थ यो काव्याभियान कुनै संस्थागत प्रक्रियाभन्दा बढी साथी-साथीबिचको ‘कम्बाइन्ड स्टडी’ हो भन्दा फरक नपर्ला । विशेष गरी नयाँ र युवा लेखकहरूको बाहुल्यता भएको काव्यालयको अनलाइन पोर्टलमा मुक्तक, हाइकू हुँदै गजल, कविता, कथा, निबन्ध, संस्मरण, पत्र-साहित्य, पाठकीय समीक्षा, विचार एवं निर्बन्ध लेखहरूसम्म हामीले समेट्दै आइरहेका छौँ । काव्यालयमा एकातर्फ समाजको यथार्थ चित्रण र सँगसँगै अर्कोतर्फ कल्पनाशीलतामा निर्बन्ध विचरण गरी लेख्ने दुवै धारका युवा-कलमहरू समेटिँदै आएका छन् । काव्यालयको सुरुवाती दिनहरूमा ‘स्याटर्डेकलम’ शीर्षक अन्तर्गत हरेक शनिबार पाँच-पाँच साहित्यिक खुराक पस्किँदैआएका थियौँ भने समयक्रमसँगै ‘मिस्ट्रीटेलर’ शीर्षकको स्तम्भ थपेका छौँ जसमा महिनाको दुई शुक्रबार रितेश गुरुङका (मिस्ट्री, फ्यान्टासी र थ्रिलर विधाका) रचनाहरू प्रकाशित हुँदै आइरहेका छन् । त्यस्तै, पोखराका युवालेखक त्रिवेणीको स्तम्भ ‘दोभान’ मा पनि यथार्थपरक एवं खोजमूलक लेखहरू महिनाको दुई बुधबार प्रकाशित हुँदै आइरहेका छन् । भोलि के हुन्छ ? आज थाहा नहुनु प्राकृतिक कुरा हो । तर सपना देख्नु र भोलि यस्तो गर्छु भनी सोच्नु/कल्पनु मानिसको स्वभाविक गुण । त्यही गुणले काव्यालय पनि अप्रभावित रहेको छैन । समय र शुभेच्छुकहरूको माग अनुरूप काव्यालयको परिकल्पना, अब साहित्यको पोड्कास्ट र प्रकाशनतर्फ उन्मुख छ । उन्मेश आँखाले देखेको सपना पूरा हुन्छन् पनि भनिन्छ । खैर, ‘प्राकृतिक नियमानुसार भोलि के हुन्छ ? आज थाहा हुँदैन’ त अघि पनि भनेँ तर उन्मेश आँखाले देखेको सपना पूरा हुन्छन् पनि भनिन्छ । हामी प्रकृतिको अनिश्चितताले व्याकुल हृदयलाई उखानहरूको हौसलाले सुनिश्चित् रहन सान्त्वना दिँदै साहित्यपारखी एवं शुभेच्छुकहरूको माया, साथ र सहयोगले अघि बढिरहेका छौँ । #काव्यालय #श्रीजु सरल सुस्तरी: राती अबेरसम्म घरधन्दा गरी सुत्छिन् कतिखेर थाहा छैन ! आमा बिहानै भालेलाई जगाएर दैलो तानी हालेर डोकोमा रित्तो गाग्रो झुन्डाई हातमा सानो हत्तर टाढा पँधेराको पानी उभाउन जुनकिरीको उज्यालोमा ओरालो झर्छिन् आमा सुस्तरी !! किनकि थाहा छ उनलाई आवाज आए घरमा बिच्कन सक्छ बा, दाजु र हामीहरूको निद्रा जाग्न सक्छन् अँधेरैमा नानीहरू आवाज आए बाटोमा उछिन्न सक्छिन् साइँली बजैले चाल पाउन सक्छन् गाउँका अरु बुहारीले ! अनि नभरिन सक्छन् रित्ता भाँडाहरू यही निहुँमा सुन्नुपर्छ बिहानभर बजैको महाभारत ! नपाक्न सक्छ एकछाक आटो ! त्यसैले सुस्तरी पाइला सार्दी हुन् आमा सुस्तरी ! सुस्तरी !! #पुष्कर रिजाल प्रज्ञा–प्रतिष्ठानबाट मानव सृष्टिका कथा आउने: साहित्यपोस्ट नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जात–जातिका उत्पत्तिकथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो । “प्रत्येक जात–जातिका सृष्टिका आ–आफ्नै कथा छन् । तिनलाई खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्न लागिएको हो ।” बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले साहित्यपोस्टलाई बताए । उनले नेपालका सातै प्रदेशमा बसोबास गर्ने विभिन्न जात–जातिका सृष्टिका कथा खोज तथा सङ्कलन गरेर प्रकाशन गर्ने निणय गरिएको जानकारी समेत दिए । प्राज्ञ डा. नेपालका अनुसार साउन १४ गते बुधबारका दिन बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न भएका कामको जानकारी, मूल्याङ्कन तथा समीक्षा गरिनुका साथै आगामी आ.व.का योजनाका बारेमा छलफल गरी विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको थियो । छोरी र छोरा: तेस्रो सन्तान पनि छोरी भयो भन्दा अस्पताल एक परिवारको रोदनले गुञ्जियो छोराको आगमनले अर्को परिवारमा खुसी गर्जियो । छोरी पाउनेलाई बधाई रित्तियो छोरा पाउँदा मिठाइको भण्डार रित्तियो यो आधुनिक संसारमा अझै भेद्भाव देख्दा सन्तान पाउने रहर पनि रित्तियो । छोरा जन्मे हाँस्ने गर्छन छोरी जन्मे रुने छोरा बुहारी छुट्टिए पनि छोरी साथै हुने कति खुसी हुने गर्छन छोरा जन्म्यो भनि कतिले त हत्या गर्छन, आफ्नै सन्तान छोरीको पनि छोराले मात्र होइन छोरीले नि विश्व हाँकेकै छन् अन्तरिक्षमा पुगेर वरि रेकर्ड पनि राखेकै छन् छोरीलाई हेला गर्छन किन मान्छन घिन छोरीलाई नै पूजा गर्छन् देवता मान्छन सबैले रातदिन माता लक्ष्मी, पार्वती देवी सरस्वती पूजा गर्छन सबैले पल, घड़ा र रती प्राथमिकता छोराछोरी दुबैलाई बराबरी दिऊँ मित्रताको साथ बढ्छ यही शिक्षा लिऊँ । #बन्दना सत्याल प्रश्नहरूमा मान्छेः खेम रिजाल र “धूमिल जून”: विश्वसाहित्यको विकासक्रमलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने हरेक साना–ठूला परिवर्तन र समस्यालाई सम्बोधन गर्ने “यथार्थवादी” साहित्यको युगको अन्त्यतिर फेरि साहित्य अध्यात्मिक, अन्तर्मुखी अथवा रुमानी विषयहरूको बिसौनीमा आइपुग्छ । आधुनिकतावादको घोर निराशा तथा अनिश्वरवादी सोचको पटाक्षेपपछि साहित्य उत्तरआधुनिक पडाउमा जब आइपुग्यो, त्यसले नयाँ सम्भावनाको बाली लगायो । उत्तराधुनिकतावादी साहित्य सारमा निराशावादी साहित्य होइन । त्यो बहुल सम्भावनाहरूको साहित्य हो । तर मानव, ईश्वर अथवा प्रकृति — केहीको पनि केन्द्रीय सत्तालाई न स्वीकार गर्यो, न अस्वीकार । ऊ केवल मौन रह्यो । बरु, यी तीन सत्ताको निर्मितिका पछाडिका संकथनहरूमाथि घोत्लियो, र सबै खाले निचोड, निर्णय र नियमनकै विरुद्ध उभियो । भन्न त समालोचकहरूले उत्तरआधुकिताले बहुलवादको वकालत गर्ने हुनाले प्रजातान्त्रिक पद्धतिको पृष्ठपोषण गर्छ पनि भने, तर त्यसले न विरोध गर्छ, र पृष्ठभोषण गर्छ । त्यसले, कुनै पनि धारणा अथवा पद्धतिको निर्मितिमा प्रयुक्त सारहरू, आधारहरू र कारकहरूको सूक्ष्म विश्लेषण गर्छ । १९४५ को आणविक बमकाण्डबाट विक्षत भएको हिरोसिमा र नागासाकीमा पनि पुनः बिरुवा पलाउन लागेपछि मान्छे पुनः हल्लियो, र अस्था राख्ने ठाउँ त वास्तवमा छ कि भन्ने निचोडमा पुग्यो । तर हामी उत्तरआधुनिक समयका छैनौँ । हामी उत्तर–उत्तरआधुनिक समयमा छौँ, जसले उत्तरआधुनिकताका केही महŒवपूर्ण मान्यताहरूलाई परित्याग गरेर अगाडि बढिरहेको छ । सो के भने, पुनः मान्छे आस्था झुण्डाउने कुनै ठाउँ खोजिरहेको छ । प्रकृतिले बचाउला भन्दाभन्दै प्रलयको भागी भएको, राजाले बचाउलान् भन्दाभन्दै अनेकौँ अहमयुद्धको सिकार भएको, भगवान्ले बचाउलान् भन्दाभन्दै भगवान् आफैँ सूली चढेको, विज्ञानले बचाउँला भन्दाभन्दै विज्ञानकै बलमा विश्वयुद्ध भएको र करोडौँको सङ्ख्यामा नरसंहार भएको यथार्थका कारण मान्छेले आस्था झुण्डाउने ठाउँ गुमाएको सत्य हो । त्यसैले, बीसौँ शताब्दीको मध्यतिर विश्वको साहित्य घोर निराशावदी, अस्तित्ववादी, शून्यवादी तथा विसङ्गतिवादी भएर गएको हामीले सबैले देखेकै हो, पढेकै हो । यो समय ठूला शासक–प्रशासकका साथै आम जनतामा पनि आत्महत्या, विक्षिप्तता र पागलपनको लहरै चल्यो । अस्थाले बिसौनी पाएन भने सासले मात्रै जीवन धान्दैन । मान्छे आफ्नै समाप्तिका उपायहरूको खोजी गर्न अभीशप्त हुन्छ । तर, १९४५ को आणविक बमकाण्डबाट विक्षत भएको हिरोसिमा र नागासाकीमा पनि पुनः बिरुवा पलाउन लागेपछि मान्छे पुनः हल्लियो, र अस्था राख्ने ठाउँ त वास्तवमा छ कि भन्ने निचोडमा पुग्यो । मेरो मान्यता हो, उत्तरअधुनिक सोचको प्रधानता रहेको करिब आधा शताब्दीको समय भनेको मान्छेको आस्था झुण्डाउने ठाउँको खाजी गर्ने कोशिसको समय थियो । तर, उत्तरआधुनिकताले त्यो भेट्टाउन सकेन । र त्यो जिम्मा उत्तर–उत्तराधुनिकताले लियो । आज पुनः मान्छे कि मान्छेको नजिक पुगेको छ, कि धेरै हदसम्म ईश्वरको पुनरअविष्कार गर्नमा तल्लिन छ, कि अध्यात्मिक र आत्मिक चिन्तनतिर प्रवृत्त छ । यस परिवर्तनको प्रतक्ष लक्षण साहित्यमा देखिन्छ । पछिल्लो समयको साहित्य वाह्य यथार्थ कम र भित्री यथार्थ बढी बोकेको साहित्य हो । नेपाली कविताकै कुरा गर्ने हो भने, २०६२–६३ को आन्दोलनको वरिपरि देखिएको आक्रोषपूर्ण र राजनैतिक कविताले आफ्नो काम गरेर, आफ्नो बाटो तय गरेर, नयाँ कवितालाई बाटो दिइसकेको छ । अर्थात्, एक दशकको धङ्धङीपछि नेपाली कविता जनआन्दोलनको “ह्याङओभर” बाट मुक्त भएको छ । पछिल्लो छिमलको नेपाली कविता पुनः भावप्रधान बन्दैछ, रुमानी बन्दैछ, मान्छेका स्थायी समस्याः सुख, दुःख, आँसु, हाँसो, रोदन, आत्मिक उत्तनि, अवनति, आस्था, अनास्था, पीडा, मोक्ष आदि निजी, आत्मिक अथवा अध्यात्मिक विषयहरूमा बढी केन्द्रित भएको छ । कविता अखबारी मूर्तताबाट क्रमशः भावनात्मक अमूर्ततातिर उन्मुख छ, प्राविधिक भाषाबाट हृदयगीतको भाषातिर प्रवृत्त छ, क्लिष्ट परिष्कारवादी संस्कारबाट सरल, सर्वस्पर्शी र आमभाष्यको निकट आइरहेको छ । युवा वयका लेखक खेमको कविताले सरकार, शासनसत्ता, प्रेम, यौन र समयका विपार्यसलाई पनि नछोएको होइन यी पछिल्ला रुझानहरूको एउटा साक्षी हो, खेम रिजालको कवितासङ्ग्रहः “धूमिल जून ।” अमेरिकामा बसेर कविता कर्ममा समर्पित श्रष्टा खेम रिजालको सङ्ग्रह पढिरहँदा मलाई दुई नेपाली कविहरूको सम्झना आइ नै रह्यो, जो आफ्ना फरक फरक शैली, शिल्प र कथ्यको बलमा नेपाली कविताको पछिल्लो कडीको आर्तनाद लेखिरकेका छन् । पहिलो, सोलुखुम्बुका युवा कवि सुवास सङ्गम राई, जसको “ नेप्चीको लय ” कवितासङ्ग्रह २०७२ मा प्रकाशित भयो । एकै वाक्यांशमा भन्ने हो भने, उनको समग्र कविता “ चिन्मयको खोजी ” हो, जसले आजपर्यन्त प्रयोगमा आएका शान्तिमार्गहरूको एउटा बलियो विकल्पको खोजी गरेको छ । त्यो विकल्प के हो, त्यो सुवास सङ्गमलाई पनि सायद थाह छैन, तर यो थाह छ, एउटा बलियो विकल्पको माग आजको समयले गरेको छ, र त्यो विकल्प मान्छेभित्रको आन्तिरक पृथ्वीबाट कुनै दिन प्रस्फुटित हुनु अवश्यम्भावी छ । मैले यसै मेसोमा सम्झेका अर्का कवि हुन्, चर्चित, मदनपुरस्कार विजेता काव्यकार गोपाल पराजुली । “ अर्को ईश्वरको घोषणा ” पछिका उनका सम्पूर्ण काव्य— “ अर्को विश्वको प्रस्ताव ”, “ शान्ति खोजिरहेको सिपाही ”, “ एउटा जेलबर्डको डायरी ” र फुटकर रूपमा प्रकाशित कविताहरू यसै प्रश्नको उत्तर खोजिरहेछन्ः आजको युगमा, जीवन र जगतको सुरक्षाका लागि सबैभन्दा बलियो शान्तिमार्ग के हुन सक्छ ? उनी मान्छेभित्रै ईश्वर स्थापित गर्छन्, र त्यसै ईश्वरको पक्षमा मतदान गर्छन् । हिंसाका सम्पूर्ण अभ्यास र उपक्रमलाई खारेज गर्छन्, र अनास्थाका सबै सबै दर्शनहरूको एकमुष्ट विरोध गर्छन् । उनी पनि भित्री मान्छेको आत्मिक र अध्यात्मिक विकासमा भोलिको भविष्य निहित रहेको देख्छन् । यी तमाम तर्कहरूको साक्ष्यको रूपमा हामी खेम रिजालले “ धूमिल जून ” मा सङ्ग्रह गरेका कवितालाई लिन सक्छौँ । हाल ओहायोको सिन्सिनाटीमा बस्दै आएका, भूटानी मूलका नेपाली कवि, गीतकार, सङ्गीतकर्मी तथा गायक रिजालको यस अघि “ किनारोका छाल ” गजलसङ्ग्रह पनि प्रकाशित छ । गीत र गजलको निकट रहेकैले होला, उनको कविताकारिता थोरै, छोटा, जनस्रुतिको निकट रहेका लालित्यपूर्ण शब्दहरूको जगमा उभिएको देख्न सकिन्छ । ५१ कविता बोकेको, “धूमिल जून” सायद खेमको पहिलो कवितासङ्ग्रह को । युवा वयका लेखक खेमको कविताले सरकार, शासनसत्ता, प्रेम, यौन र समयका विपार्यसलाई पनि नछोएको होइन, तर उनको कविताको सबैभन्दा बलियो अभीष्ट भनेकै मान्छेको भित्री संसार चिहाउनु हो । सङ्ग्रहभरि कविले आफ्नो “स्व” को निर्मितिमाथि घनीभूत चिन्तन गरेका छन् । यसभित्रका थुप्रैवटा कविताको कोलाज बनाउने हो भने, ती कविता उनको परिचय खोज्न अथवा निर्माण गर्नमा समर्पित छन् । वास्तवमा “म को हुँ” भन्ने कुराको खोजी आजसम्मको दर्शनको सबैभन्दा गहन, सबैभन्दा विवादित, र सबैभन्दा असङ्गतिपूर्ण खोजी हो । आजसम्म मान्छे यस प्रश्नको कुनै सम्यक अथवा सर्वमान्य उत्तरमा पुग्न सकेको छैन । यसअर्थमा, खेमले पनि त्यसको कुनै सञ्जीवनी उत्तरको अविष्कार गरेका छन् भन्ने होइन, तर धेरैलाई गाँजेजस्तो उनलाई पनि यस प्रश्नले राम्रैसँग गाँजेको छ । उनी आफ्नै बारेमा लेख्छन्ः मेरो रगत माटोमा घोलेर हेर्नू गर्भिणी आमाको गर्भमा अलिकति जून देख्नेछौ त्यी उज्यालोको पखाइमा रहनू ( म गर्भमा ) मान्छेको स्वको निर्मिति एक जटिल प्रक्रिया हो । यो केवल जैविक प्रश्न होइन । यो आदिभौतिक र अध्यात्मिक प्रश्न पनि हो । हामी हामी कसरी बन्छौँ? हराजौँको सङ्ख्यामा विद्यमान तर्क, वितर्क, सिद्धान्त र मान्यताका बीच मान्छेभित्रको मान्छेको निर्मितिमा एउटा सर्वसम्मत मान्यता भने अवश्य छ । सो के भने, हाम्रो भौतिकीको निर्मिति पञ्चमहाभूतबाट बनेको छ भने हाम्रो आस्तित्विक निर्मिति हामीजस्तै अरु मान्छेहरूको उपस्थितिका कारण सम्भव भएको छ । अर्थात्, हाम्रो आस्तित्विक निर्मितिलाई अरुहरूको अनुमोदन चाहिन्छ, साबिती चाहिन्छ । त्यसैले नै कवि लेख्छन्ः म शून्यतामा कोलाहल त्यो भीडमा सङ्केत, या त सम्बोधनमा तिमी जहाँ छौ म सदैव त्यहीँ हुनेछु । ( म ) यस स्वीकारोक्तिले मान्छेको आस्तित्विक यथार्थलाई एउटा सापेक्षित यथार्थ बनाइदिन्छ, जो सत्य पनि हो । अरु मान्छे नहुनु हो भने, हामी एक्लै हुनु अथवा नहुनुको के अर्थ हुन्छ ? यो प्रश्न पहिचानसँग जोडिएको प्रश्न पनि हो, र पहिचान पनि मान्छेको “ म को हुँ ” को खोजीसँग जोडिएको प्रश्न हो । “ धूमिल जून ” सङ्ग्रहका थुपै्र कवितामा कविले पहिचानको प्रश्नमाथि बहस गरेका छन् । विविध कोणबाट आफूलाई हेर्छन्ः एक सन्तानका रूपमा, एक साथीका रूपमा, एक प्रेमीका रूपमा, एक राष्ट्रभक्तका रूपमा, एक पुरुषका रूपमा, र एक आम मान्छेका रूपमा, र आफ्नै पहिचारबाट “ मेरो परिचय ” शीर्षकको कवितामा भन्छन्, “ चिन्न सकिनँ मैल आफैँलाई ।” यो एउटा गहिरो खोजी हो, किन कि, उनको स्वीकारोक्ति यस्तो छः म शान्त थोरै अशान्त पनि ब्रह्माण्डलाई महसुस गरिरहेको धैर्यधारणसँगै आफैँमा विक्षिप्त छु ( म ) खेमका कविताको अर्को गहिरो कथ्य भनेको मानवीय सम्बन्धहरूको मूल्याङकन हो । माथि हामीले स्थापित ग¥यौँ एउट तर्क, कि हाम्रो परिचय र निर्मिति सापेक्षित चिज हो, अरुहरूको उपस्थितिको सापेक्षतामा मात्रै त्यो अर्थपूर्ण हुन्छ । तर, यी “अरुहरू” सँगको मान्छेको सम्बन्ध सधैँ सङ्तिपूर्ण र सुमधुर हुन्छ भन्ने हुँदैन । खेमले स्वीकारेका छन्, कि मान्छे–मान्छेबीचको सम्बन्ध विश्वासमा कम र अविश्वासमा बढी टिकेको छ । यिनै अविश्वासका कारण “ अँध्यारो मार्ग ” शीर्षकको कवितामा मान्छे “कुटिल मार्गका /प्रशोधित छविहरू / नम्रता कुँदिएका / चमकदार स्मारक भनाउँदा / मानिसहरूको खरिद गर्न चाहन्छन् ।” त्यसै अविश्वासका कारण “ पुराना निर्दाेष सपनाहरू उत्तेजित छन् गोप्य अनुहारको खोजमा ” (भ्रामक प्रेमी) । साथीभाइभित्रै पनि अविश्वास यति छ कि, करिबीहरू पनि “ सम्बन्धको वेवास्ता गरी ” “ भित्रै भित्रै जल्ने ” गर्छन् (ऊ) । यस्तै यस्तै अविश्वासका कारण आजको मान्छे यस्तो भएको छः अर्कोको मर्म नबुझ्ने भएको संरचना भत्काउने नयाँ सिर्जना कहिल्यै नगर्ने गरिहाले पनि बिट नमार्ने आफ्नो जिद्दी नछोड्ने खै हामी कस्तकस्ता ’ (खै हामी कस्ताकस्ता) यी तमाम आन्तरिक विपर्यासहरूको बीचमा बाँचेको मान्छेसँग भित्री उज्यालो छैन भने ऊ आफैँभित्र खण्डित हुन्छ, निराश हुन्छ, र ज्योतिविहीन हुन्छ । “प्याला साथी” कवितामा आफैँलाई भेट्टाउन नसकेर मदिराको शरणमा पुगेको कुनै एउटा मान्छे धुवाँमा गुम्सिन्छ, अन्यायलाई जलाउन नसकेको अधकल्चो विचार बोकेर तमासामा तेर्सिन्छ । “अनौठो राष्ट्रपति” शीर्षकको कवितामा भन्छन्, “पूँजीवादी कवचले हिलोको हड्ताल उठाएको छ ।” आजको समय, शासन, सत्ता र सरकारलाई कसरी हेरेका छन् खेमले ? यो अविश्वासको श्रृङ्खला यहाँ पनि जारी छ । भोकाहरू भोकै छन्, नाङ्गाहरू नाङ्गै । घरविहीनहरू किनारामै छन्, दुःखीहरू दुःखकै सागरमा छन् । र व्यवस्थालाई यी तमाम पीडाहरूको खासै हेक्का छजस्तो देखिँदैन । “सरकार” शीर्षकको कविताको उठानविन्दुमै उनी सरकारको सार्विक प्रवृत्ति र त्यसका विरुद्ध एउटा प्रतिनिधि प्रतिकार यसरी व्यक्त गर्छन्ः म भोकाएको मान्छे असम्भव प्रेमको उदासी हेरचाहमुक्त मेरो हृदय दमनको कठोरताले ममाथि समानुपातिक शासनमा प्रतिबन्ध लगाउँदै स्वस्थ्यको उत्तम मजा लिन्छ तर मलाई आरामको आवश्यकता छ । ( सरकार ) कनुै अनामिक या अमूर्त प्रतिनिधि सरकारको मात्रै होइन, आफू बसिरहेको मुलुक अमेरिककै पनि घुमाउरो आलोचना उनले गरेका छन् । “अनौठो राष्ट्रपति” शीर्षकको कवितामा भन्छन्, “पूँजीवादी कवचले हिलोको हड्ताल उठाएको छ ।” अगाडि लेख्छन्ः अनुपयुक्तले आफ्नो बोलीको दौरान व्यक्तिगत आक्रमणहरू अधिकांश बेवास्ता उत्प्रेरित सिद्धान्तहरू र स्वतन्त्रताको विरुद्धमा धम्कीहरू सत्य र सभ्यताका लागि ध्वस्त पार्दै छ ( अनौठो राष्ट्रपति ) थुप्रै भावहरूको कोलाज हो खेमको कविता । विषयहरूको वैभेद्य लोभलाग्दो छ । प्राकृति चित्रण र त्यसभित्र निहित गहन अध्यात्मिक यथार्थ “अनुयायी” जस्ता कविताले चित्रण गरेका छन्, जसमा जून एक शान्त तर विशाल उपस्थितिको रूपक अलङ्कार हो । प्रकृतिकै छटाहरूबीच आफूले मन पराएको मान्छेको उपस्थितिको आभास पाउनु एउटा सुन्दर रुमानी चिन्तन् हो, जसलाई “आनन्द” जस्तो कवितामा उनले प्रस्तुत गरेका छन् । आमाको महानता, प्रेमको शाश्वतता, खण्डित जीवनका विभाजित नियति, रहर र यौनका अभीप्साहरू उनको अविताका अन्य बलशाली विषयहरू हुन् । यी मामाम कविता पढेपछि पाठक केही निचोडमा अवश्य पुग्छन् — मान्छेले आफ्नो सम्पूर्ण परिचय अरुमा खोज्छ, तर अक्सर भेट्दैन । जीवनबाट आस्था गुमाएर मृत्युन्मुख भएकाहरूलाई झिनामसिना आशाहरूले अल्झाउँछ । स्वार्थमा लिप्त मान्छे समाजको क्यान्भासका एउटा कालो धब्बा हो । सधैँ साथको बाचा गरेका प्रेमीहरू नियतिको चक्रमा बिछोडिन बाध्य हुन्छन् । जीवनयात्राको अन्तिम सत्य मृत्यु हो, तर बाटोमा आइपर्ने कुनै नाफा अथवा नोक्सान होइन । आफ्नो सीमाबारे थाह पाएको मान्छे आफूले केही उपलब्धि गर्न सकेन भने दुःखी हुन्छ । भ्रमहरूको बीचमा मान्छेलाई आफ्नो स्व चिन्न कठिन हुन्छ । यी केही निचोड हुन् खेमका कविताका । यी उथलपुथलबीच कविलाई लाग्छ, प्रकृतिको साथ, र आन्तरिक अथवा आत्मिक यात्रा उनको जीवनको उपल्लो अभीष्ट हो । लेखाइको पनि । उनलाई थाह छ, “अप्रिय चीजको स्मरणमा हामी अरुसँग चिन्तित हुन्छौँ”, तर उनलाई यो पनि थाह छः सम्झौता विरुद्ध नयाँ निकास ल्याए साधारण जीवनमा आनन्द मिल्नेछ ।( मानव जीवन ) विविध कथ्य र विचारका बीच पनि कविहरूसँग एउटा विश्वदृष्टि हुन्छ, एउटा निजी भावभूमि हुन्छ । के हो खेमको निजी दृष्टि जीवन र जगतबारे? यसको उत्तर त खेमसँगै हुन्छ । हामीले पाठकको हैसियतबाट हेर्दा लाग्छ, उनी आफूले बाँचेको समयका सम्पूर्ण विवर्यासको समाधान प्रेम, प्रकृतिसँगको निकटता, प्रजातन्त्र र आन्तिम शान्तिको खोजीमा नै भेट्छन् । स्वरूपमा जति सरल देखिन्छन् खेमका कविता, त्यति सरल छैनन् ती भावमा । अमूर्त कविता हुन्, र अधिकांश कविता अविधात्मक छैनन् । चित्रकलाजस्ता छन् कविता, जसको छेउटुप्पो पत्तो लाउन धेरैपल्ट पढ्नुपर्छ । झटकाजस्ता उपसङ्हार छन् कवितामा । सामान्य उठान छ, र ओजपूर्ण समापन । धेरैपल्ट पढ्ने आग्रह राख्छन् । धैर्य चाहिन्छ उनलाई बुझ्न र उनको भावतरङ्गको मेलोसेसो पत्ता लाउन । प्रयोगशील छन् र अपारम्परिक छन् । त्यसैले नै नवीन र सुन्दर पनि छन् । अन्त्यमा भूटान र आप्रवाशनबारे एउटा नोट । सङ्ग्रहभित्र “कैद” शीर्षकको एउटा कविता छ – सङ्हभित्रकै लामो कविता । कवितामा एउटा दारुण परिस्थितिको चित्रण छ, जहाँ समय जीवनप्रतिकूल छ । हिरासतमा पागल बच्चाहरू जीवन र मृत्युको अवशेष बनेका छन् । आँसुका अविराम रेखाहरू बगेका छन् । कोही कसैको पर्वाह गरिरहेजस्तो देखिँदैन । लामो बाटो हिँडेका यात्री फर्कने सम्भावना देखिँदैन । प्रेमका सम्वाहकहरू भूमिगत छन् । कविहरू सुदूरका सपनाको व्यर्थ पखाइमा छन् । फुटपाथहरूमा जीवन कैद छ । र कविताको अन्त्यमा भनिएको छः बिना देश बाँचिरहेका भोका, चिसा, र निराश आत्माहरू पछुतो गर्छन् जीवनको बारेमा अपमान गर्यो अतिक्रमणले अस्तित्वको संघर्ष युद्धमा । ( कैद ) हुन त यस कवितलाई जीवनका अन्य विविध पक्षसँग जोडेर हेर्न सकिन्छ र यसको कथ्यलाई आस्तिवक युद्धमा मान्छेको संघर्षसँग जोड्न पनि सकिन्छ । तर यसमा केही वाक्यांश यस्ता छन्, जसले भूटानबाट निर्वाशित नेपाली मूलमा प्रियजनहरूको आत्मा बोलेको हो भन्दा अत्युक्ति हुँदैन । “ यात्री फर्कने छैन ”, “ बिना देश बाँचिरहेका ”, “ अपमान गर्यो अतिक्रमणले ” तथा “ अस्तित्वको संघर्ष युद्धमा ” जस्ता वाक्यांशले यस कवितालाई यसरी पनि व्याख्या गर्ने आधार दिन्छ । र त्यसैले यस कवितालाई थप शक्ति पनि दिन्छ । यस कवितभरि पोखिएको करुण रस र असन्तुष्टीको भाव आजको एउटा प्रतिनिधि भाव पनि त हो । यी तमाम कथ्य र तर्कका बीचमा उभिन्छ खेम रिजालको काव्यिक दावी । एउटा पूर्ण मान्छेको खोजी र आत्मिक र चिरस्थायी सुखको चिन्तन् उनको कविताको एउटा निश्कर्ष हो । हाम्रा आमाहरू अहिले यशोदा, बुवाहरू पनि नन्दबाबा नै: ‘मदन पुरस्कार प्राप्त उपन्यास’ राधा,यही कुराले पनि लोभ्याउथ्यो यो उपन्यास पढ्न।वास्तवमा कुनै पनि पुस्तकमा यस्ता सर्वाधिक चर्चाका पुरस्कारको ट्याग लगाइनुले त्यसलाई अझ व्यापारीकरण गरेझैँ लाग्दो रहेछ।हुन त पाएको कुरा लेख्नु हक पनि त बन्छ।जेहोस्, पुस्तक राम्रो छ भन्ने मानसिकता बस्यो।कस्तोखाले राम्रो ?यो प्रश्न भने बनिरह्यो ।प्रेमलाई लिएर पनि राम्रा पुस्तक बन्थे,राम्रा पुस्तकमा समाजका घटनाहरू हुन्थे,राम्रा पुस्तक वस्तविकतामा आधारित हुन्थे | एउटा मानसिकता बनाएर पढ्न सुरु गरेँ। सुरुमा लेखक आफैँ ‘म’ पात्रका रूपमा प्रस्तुत भए ।लाग्यो,यिनले कसरी राधामा लगेर जोड्लान् आफूलाई?जब ‘अध्याय एक’ सुरु भयो, परिवेश र पात्रहरू फेरिएका थिए ।राधा स्वयम् ‘म’का रूपमा प्रस्तुत भइन्।कृष्ण पनि उपस्थित थिए, तर चमत्कारबिहिन र साधारण मानिस जस्तै ।उनले कृष्णलाई चमत्कारिक्तामा मिसाएका थिएनन् ।यो कुरा लेखकले आफ्ना भनाइमा नै भनेका कारण अचम्म लागेको थिएन ।सुरुमा पढ्दै जाँदा खासै नौला घटना आएनन्।सब सुन्दै आएका कुराहरू थिए । जब बिचतिर राधा हराउनु पर्थ्यो, उनी हराइनन्।झन् सशक्त बनाइएकी नायिका थिइन् ।उनी युद्धमा प्रत्यक्ष सहभागी नबने पनि परोक्ष रूपले महत्त्वपूर्ण भूमिकामा प्रस्तुत भइन्।सुरुमा सुशिला र उनी प्रतियोगी साथीहरू बने पनि समयले परिपक्वता दिँदै गयो ।जब सुशिलाले विरगति प्राप्त गरी तब लाग्यो, एउटा उर्जवान पात्रको अन्त्य भयो,एक अनन्य मित्र बली चढी ।ऊ अमर बनी। आरती आचार्य त्यसपछिका घटनाहरूमा क्रमशः पूर्वमान्यताहरू तोडिए।ओहो!त्यो समयको पाठक मस्तिष्क ।पहिलेका मान्यताहरू धर्मराएर अस्तित्व खोजिरहेको र लेखकले दिएका नयाँ मान्यताले पनि आफ्नो अस्तित्वको दावा गर्ने। साच्चै त्यो वैचारिक द्वन्द्वको क्षण बन्दो रहेछ।“अस्तित्वमा आएको प्रत्येक वस्तुको प्रथम सर्त रहन्छ- ऊ त्यहाँ हुनुको सत्यबोध। ऊ छ यो सन्देश प्रसारण गर्नु उसको प्रथम कर्तव्य पनि। ऊ हुनु प्रथम सत्य हो।”,लेखकको यही भनाइले ममा नयाँ मान्यता बन्यो सायद । जब कृष्णको जन्मको सत्य बाहिर आयो तब नारीत्वमा प्रश्नहरू उठे । जवाफ उहीँ थियो खोज्नु परेन।पढ्दै जाँदा पुरुष प्रधानताले गाँजेको त्यही युगमै नारी सह-अस्तित्व मित्था बन्दै गयो। प्रेमले त्यहाँ अनेक अर्थ राख्यो ।युद्धले केही सिकायो,पछि भौतिकताले गाँज्यो पनि।पुरुषका पीडाहरू पनि पोखिए, तर तिनका अघि महिलाका पीडाहरू विशाल बनेर देखिए।कथामा कृष्ण जस्तो आदर्श बन्नुपर्थ्यो, त्यो कति पनि बनेनन्।राधाप्रति खासै न्याय गर्न सकेका जस्ता देखिएनन् ।राधा महल बनाउँदैमा प्रेमीको उत्तरदायित्व पूरा गरेको भन्न सकिने अवस्था थिएन ।कथाभरिका कुनै नारी पात्रले उचित न्याय भेट्न सकेका छैनन् ।हो, यही हाम्रो समाज लेखकले देखाउन खोजेजस्तै लाग्यो । कथाका पात्रहरू वसुदेव, देवकी, नन्दबाबा,यशोदा हाम्रै समाजका पात्रहरू थिए ।पढेर सक्दा लाग्यो, मैले सोचेभन्दा पनि धेरै अत्याचार,दमन र शोषण भएका छन् नारीहरूमाथि।आफ्नै अस्तित्वबारे उनीहरूलाई चेत छैन ।यही अवचेतनको फाइदा उठाइएका छन् पुरुषहरू। आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् । कथाका नन्दबाबा मलाई घरिघरि हाम्रै बाहरू जस्ता लागे।नन्दबाबा आफ्ना आदर्शले किचिएर,पुत्र मोहले तानिएका जस्ता लागे।आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् । के हाम्रा बाहरूले पनि आमाहरूलाई त्यसै गरेका छैनन् ?म हाम्रा बाहरूको हरेक दु:खमा आमाहरूको साथ देख्छु।खोई त्यो साथ बाहरूले निभाउन सकेका ?खोई दु:ख आधाआधा बाँडिन सकेको ? प्रायः समाजका सबै बाहरू पढेका छन्। नपढे पनि धेरैलाई माक्र्सवाद र लेलिनवादका धेरै कुराहरू थाहा छ।प्राय: राजनीतिमा चासो राख्ने हरपुरुष जान्दछन्, ‘साम्यवाद’ ।के ती कुनै वादले भन्दैनन्, नारी र पुरुषको सह-अस्तित्वको महत्त्व ?भौतिकवादमा विश्वास गर्ने मेरा बाहरू किन छोराको अस्तित्व खोजिरहन्छन् ? समाजले छोरा जन्माउन नसक्ने भन्दै आमाहरूलाई खिसी गरिरहँदा कहाँ जान्छ हाम्रा बाहरूका आदर्श?ती शिक्षित मस्तिष्कले किन भन्न सक्दैनन्,’भो, छोराहरू नभए पनि केही हुँदैन ?तँ बच्चा जन्माउने प्रविधि पनि होइनस्।छोडिडे, मलाई यहीँ खुसीले बाँचे स्वर्ग पुग्नु पर्दैन ।’, के हाम्रा बाहरूले कहिल्यै आमाहरू बनेर सोच्न सके? कृष्णका सोह्र हजार एक सय आठ श्रीमतीहरू पुग्दा मलाई यही प्रश्नले सताइरह्यो, के राधाका पनि सोह्र हजार एक सय आठ श्रीमानहरू भएका भए त्यो समाजले उनलाई नैतिकहिन देख्दैनथ्यो?के कृष्णमा राधामा जत्तिकै समर्पण भाव हुनुहुँदैन ?कृष्णले राधाका केही गुणहरू खोज्दाखोज्दै आठ रानीहरू पुगेछन्।राधाले पनि त्यसै गरेकी भए?……. हुन त नारीहरू आफूलाई पुरुषको सापेक्षतामा दाँजेर आफ्नो अस्तित्व मेटाइरहेका छन्।पुरुषलाई उनीहरू सापेक्षताको महान श्रेणीमा राख्छन् ।नारीलाई आफू नारी बन्नु छैन, बस् पुरुष जस्तो बन्न नपाएकामा पीडा छ।हामीले त आफ्नै अस्तित्व खोजेर माथि पुग्नुपर्ने होइन र?हाम्रो आफ्नै महत्व छ।हामी आफैँमा महान हौँ।फेरि किन पुरुषसँग दाँजेर अपमानित हुने गरिरहन्छौँ? कृष्णको कालका देवकी,यशोदा,एकनंशा,द्रौपदी,राधा,रुक्मिणी ,कुन्ती र अहिलेका पुतली ,फूलमाया,सीता, गीताहरूको कथा लगभग उस्तै छ।सबै पुरुषमा अडेका ।पुरुषको अहंतालाई भाग्यको खेल मान्ने हाम्रा आमाहरू दासत्वको एउटा उत्कृष्ट नमुना हुन्। यो उपन्यास लेखेर २०६१ मा सकिएको छ।अहिले १५ वर्षमा पाइला टेकेछ।त्यो काल र यो कालमा पनि त ग्रामीण बस्तीहरूका महिलाको अवस्थामा खासै फरक छैन ।पीडा उही, अत्याचार उही। झन अचेल त अत्याचारहरूले आधुनिक रूप लिएका छन् । पढ्दै गर्दा लाग्यो, के म पनि कलियुगकी एकनंशा होइन ?पुत्र पाउने आशामा जन्माइएकी? के मेरो जन्म छोरी पाएकै दिनका रूपमा मनाइयो ?जति भव्यताका साथ छोराका जन्महरू मनाइए?समाजभरि हेरेँ, ओहो! धेरै त एकनंशा नै हुन्। “हरेक युद्धहरू नारीले गर्दा (नारीका लागि) भएका छन् |”, यो समाजमा व्याप्त भनाइ हो र राधाले प्रस्ट पार्छ कि यी युद्धहरू सत्ता प्राप्तिका लागि भएका थिए ।तपाईं देख्नुहुन्छ, सत्य युगदेखि नै सम्पूर्ण शासनको बागडोर सम्हालेका नारी पात्र?कति कठिन छ तिनीहरूलाई भेट्न।वर्तमान पनि त उस्तै छ होइन र?एउटा मुर्ति राष्ट्रपतिको कुर्सीमा स्थापित गर्दैमा नारी समावेशीता पूर्ण हुन्छ ? पारिजातले सहअस्तित्वमा जोड दिएकी छन् तर के उनी मात्र हुन् कलम उठाउने ?वर्तमानसम्म अलि धेरै उठे होलान् । यो पुस्तकले महिलामाथिको अन्याय छर्लङ्ग पारिदिएको छ।तर महिलामाथिको अन्याय विरुद्ध पुरुषले नै कलम उठाइदिनु परेको छ।यसको अर्थ रहन्छ, महिलाहरू अझै आफूमाथिको अन्याय विरुद्ध कलात्मक कलम उठाउन सकिरहेका छैनन्।पारिजातले सहअस्तित्वमा जोड दिएकी छन् तर के उनी मात्र हुन् कलम उठाउने ?वर्तमानसम्म अलि धेरै उठे होलान् । तर हरदमित नारीमा यो साहस हुनुपर्ने होइन ?कतिपय क्षेत्रमा नारी अवसर पुगेर पनि प्रभावकारी छैन ।यी महिलाहरू यस्तै निस्कृय भए भने यिनकै पक्षमा फेरि कलम उठाइदिन अर्को ’कृष्ण धरावासी’ जन्मनु पर्ने छ।त्यतिबेला पनि यी नारीहरू यस्तै काँतर हुनेछन् । लेखकले राधालाई न्याय दिलाउन पूर्वमान्यता भत्काएर राधाका पक्षमा कलम चलाइदिएका छन्।तर अन्त्यमा राधाले के आफूलाई न्याय गरिन् ?के कृष्णहरूले उचित न्याय दिन सके? अन्त्यमा राधा कुरुक्षेत्र पुगेकी छिन्, उनी अब कहाँ जालिन्? त्यो रहस्य नै रहन्छ ।तर कृष्णका नाममा बनेका धारणाहरू अहिले ममा भत्किएका छन् ।हुन त मैले पुराण पढेकी छैन, तर पनि सुनेकै भरमा बनेका आदर्श कृष्णका मान्यताहरू अब छैनन् ।तर एउटा प्रश्न मनमा रहिरह्यो ,मैले कुनै दिन पुराण पढेँ भने मेरो कृष्णप्रतिको यो धारणा तठस्त बन्ला कि फेरि नयाँ विकास होला? आमाले मैले पढेको पुस्तकबारे सोध्नुभयो, ‘के रैछ त्यसमा?’ भनेँ-‘भगवानका पालादेखि न्याय नपाएकी नारी राधाको माध्यमबाट नारीमाथिको अत्याचार प्रस्ट पार्दिएको छ।’ आमाले भन्नुभयो,“ जसले जहाँ जे लेखे पनि हामीलाई घाँस नकाटी सुख छैन, भारी नबोकी हुँदैन । हाम्रा दु:खका कथाहरूले गर्दा उनीहरू झनमाथि पुग्न पाएका छन्।”, मलाई लाग्यो नारीहरू विश्वास पनि गर्न सक्दैनन् कि उनीहरूका लागि सहअस्तित्वको कुनै दिन आउनेछ। द्रौपदीको पाण्डवहरूतर्फको समर्पण, राधाको कृष्णतिरको समर्पण ,रुक्मिणीको पतिव्रता आदिले फेरि बोल्छ नारी महानता र सृष्टिको महानता। यो लेखिरहँदा लाग्ला, म नारीवादी बनेर सोचिरहेकी छु।यी सब समाजका यथार्थ कुराहरू हुन् र पुरुष भए पनि लेखक आफैँले स्विकारेका छन्।वसुदेव,नन्दराय, गर्ग ऋषि,कृष्ण, बलराम आदिले अन्यायलाई सक्न निभाएको भूमिका महत्त्वपूर्ण छ, तर उनीहरू स्वयम् न्यायीक बन्न भने सकेका छैनन् ।द्रौपदीको पाण्डवहरूतर्फको समर्पण, राधाको कृष्णतिरको समर्पण ,रुक्मिणीको पतिव्रता आदिले फेरि बोल्छ नारी महानता र सृष्टिको महानता। पुस्ततकका विचारले अलि दिन वैचारिक उठलपुठल बनाइदियो र साँच्चै सोच्न बाध्य बनायो ।मलाई लाग्छ, एक सफल पुस्तकको विशेषता यही हो । #आरती आचार्य #उपन्यास राधा चन्द्र हाँसेपछि नासिएका साहित्यिक सहिद कृष्णलाल अधिकारी: नेपाली इतिहास काण्ड–पर्वले भरिएका छन् । अनि, नेपाली दुखान्तक पर्वको ऐतिहासिक श्रृंखलामा बिर्सन सकिँदैन, मकै पर्वलाई पनि । अरू पर्वमा राजा, महाराजा, भाइ–भारदार काटिन्थे या झोस–पोलमा विष पिलाइन्थ्यो । यो मकै पर्वमा चाहिँ लेखक फन्दामा परे । हरिबहादुर थापा लेखक कृष्णलाल अधिकारीले कुन उद्देश्यले मकैको खेती पुस्तक लेखे । पुस्तक पाना जलाएपछि वास्तविक तथ्य अज्ञात रह्यो । धेरैको ठम्माईमा मकै खेती प्राविधिक थियो, साहित्यिक व्यंग्य कृति होइन । राणाकालीन नायब–सुब्बा कृष्णलाल अधिकारीलाई लागेको हुनुपर्छ, ‘मकै खेतीका शत्रु मार्न सकियो भने किसानको भलो हुन्छ ।’ तर पुस्तकको व्याख्याचाहिँ राणा–शासकविरुद्ध जनता भड्काउने व्यंग्यमा परिणत हुन पुग्यो । त्यसो पनि हुन सक्छ । किनभने कसैले पनि शासकविरुद्ध व्यंग्य होइन पनि भनेका छैनन् । त्यो कालखण्डमा प्रचलित थियो, ‘चन्द्र हाँस्यो कि नास्यो ।’ सुब्बा कृष्णलाल अधिकारीका हकमा पनि चन्द्र शमशेर हाँस्न पुगे । उनकै हँसाईमा, ठ्याक्कै एक सय वर्षअघि साउन महिनामा सुब्बा कृष्णलाल अधिकारीलाई नेल ठोकियो । जेल कोचियो । उनी जेलमै परलोक भए । उनको पुस्तकका प्रतिहरू जलाइयो । एक प्रति फेला नपरेकामा थप सजायसमेत ठोकियो । उनको पुस्तकका पाण्डुलिपि पढ्ने, भाषा हेर्नेहरू, सूचना नदिने सरकारी अधिकारीहरुको जागिर खोसियो । यिनै कारण १९७७ साउन ११ मा पर्व श्रृंखलामा थपियो, ‘मकै पर्व’ । लेखक कृष्णलाल अधिकारी राणा शासककै कर्मचारी थिए । उनी कौशल अड्डाका नायब सुब्बा । त्यो कालमा नायब सुब्बा भनेको सानो पद होइन । ठूलै पद हो । पहाड–तराईमा जीवनको भरोसा मकै थियो । तर किराले धुन्चक्र पाथ्र्याे, आजकल धुन्धुकारी रूपमा जमजमाएका फौजी किरा र सलहझैँ । लेखकको असल उद्देश्य थियो, मकै पुस्तक लेख्ने र निःशुल्क वितरण गरी गाउँघरसम्म पुर्याउने । किरा निमिट्यान्न पार्न सके किसानले राहत पाउँथे । मकै छरेदेखि फल लाग्दासम्म दुःख दिने किराका बखान किताबमा सामेल थियो भन्ने भनाइ छ । अर्थात् मकैका जरा खाने खुम्ले–खुम्रेदेखि जुँगा खाने धमिरासम्म । कृष्णलाल अधिकारी हराएको किताब पनि फेला परेको छैन । त्यो कालखण्डका जान्ने र सुन्नेहरूबाट ‘मकैको खेती’का केही वाक्य बाहिर आयो । पुस्तककै वाक्य थियो, ‘मकैका निम्ति रातो टाउके र कालो टाउके किराले खुब दुःख दिन्छन् ।’ श्री ३ महाराज चन्द्र शमशेर रातो क्याप लगाउँथे । कमान्डर इन चिफ भीम शमशेर कालो क्याप । चाकडीका धरन्धर पोलाहाले दुई शासकलाई खुम्ले–खुम्रे किराको टाउकोसँग दाँजे । त्यस्तो व्यंग्यपूर्ण वाक्य राणा शासकका पाच्य सवाल थिएन । मकै खेतीका लेखक कृष्णलालविरुद्ध पोल लगाएपछि शासक खुसी हुने भए । अनि वापतमा ‘लाभ’ मिल्ने नै भयो । पोल लगाउने पात्र पनि टाढाका थिएनन् । लेखक अधिकारीकै आफन्त थिए । खुम्रे किरा मार्न खरो मंगलबारका दिन करुवा तेलमा धूप हाल्नुपर्छ । त्यसपछि किरा समाप्त हुन्छन् । त्यो वाक्यलाई पनि राणाहरूविरुद्ध जनता भड्काउने तत्वभित्र पारियो, ‘मंगलबार तेल धूप ।’ अर्काे वाक्य थियो, ‘बालकलाई आमाको दूधले फाइदा दिन्छ, चन्द्रोदयले दिँदैन ।’ त्यो वाक्य पनि अर्थिन पुग्यो, ‘नेपाली प्रजा’ भनेका बालक हुन् । आमा भनेका ‘राजा’ हुन् । चन्द्र शमशेरभन्दा राजा ठीक हुन् भन्ने पोल लागेपछि चन्द्र शमशेरमा सहन गर्न सकेनन् । त्यसरी अथ्र्याएपछि चन्द्र शमशेर क्रोधित हुने नै भए । अझ त्यो कालखण्डमा शासनको आधार भनेकै ‘तीन–च’ अर्थात्, चाकडी, चाप्लुसी, चुक्ली थियो । आमकिसान ‘मकै खेती’मा लाग्ने किराबाटै पीडित थिए । शासकहरू चाहिँ मोजमस्ती र सम्पत्ति भारत थन्क्याउनमै मग्न थिए । हुन पनि चन्द्रोदयमा मुलुकको अथाह सम्पत्ति भारत थन्किन पुगिरहेको दृश्य राणाकालीन कर्मचारीहरूले पनि देखिरहेकै थिए । राणाकालीन प्रशासक सरदार भीमबहादुर पाण्डेको ‘त्यसबखत नेपाल’ खण्डबद्ध पुस्तकका श्रृंखला १९७७ सालबाटै सुरू हुन्छ । त्यसकारण पुस्तक पनि मकै पर्वबाटै सुरू भएको छ । पाण्डे लेखेका छन्, ‘अर्काको कुरा लगाएर आफू स्वागिलो हुनु नै त्यसबखत दरबारियाहरूको मूल ताक र महामन्त्र हुन्थ्यो । त्यस्ताले अर्काको कुरा लगाएनन् भने आफन्तकै कुरा पनि मालिकलाई लगाउँथे, आफू स्वागिलो हुन, दुनो सोझ्यान, प्रतिद्वन्द्वीलाई पछार्न । रोजिन्दा मालिकको कान भर्नु खास काम र कर्तव्य ठहरिन्थ्यो । यिनैको पेचापेचमा परे विचरा ‘मकैको खेती’ लेख्ने नासु कृष्णलाल पनि १९७७ सालमा ।’ कोहीका लागि भने ‘मकैको खेती’ असल उद्देश्य बोकेको ‘किसान–उपयोगी’ पुस्तक मात्र थियो । यसमा दुईथरि मत पनि बाहिर आए, कोही राणा शासकका निम्ति व्यंग्य कस्ने उद्देश्यसहित पुस्तक लेखिएको टिप्पणी गर्छन् । कोहीका लागि भने ‘मकैको खेती’ असल उद्देश्य बोकेको ‘किसान–उपयोगी’ पुस्तक मात्र थियो । तिनको मतमा, पोलाहा झेली बखान र शासकले किराका टाउकासँग आफैँलाई दाँज्दाको परिणति हो, ‘मकै पर्व ।’ अर्काेचाहिँ पहाडमा बाँदरले मकै स्वाहा पार्छन्, रुग्न ‘कुकुर’ चाहिन्थ्यो नै । मकै खेती रुग्न बेलायती कुकुर होइन, गाउँ–घरकै भुस्याहा कुकुर चाहिन्छ भन्ने मत लेखक अधिकारीको थियो । बेलायती कुकुर धनीहरूका ठूला बैठकहरूमा बस्छन् । दूध–भात मात्र खान्छन् । उता हाम्रा भुस्याहा कुकुर जुठो ढिंडो खाँदै ढेडु बाँदरबाट ‘मकैको खेती’ जोगाउँछन् । त्यसकारण नेपालमा बेलायती कुकुर होइन, भोटे कुकुर चाहिन्छ । पोलाहाले त्यसलाई पनि यसरी अथ्र्याए, ‘बेलायती कुकुर भनेका राणा शासकहरू हुन् भने भोटे कुकुर भनेका नेपाली जनता ।’ निरंकुश शासकलाई के चाहियो र ? पोलाहाका पोलसँगै तिनको दिमाग तात्न पुग्यो, १९७७ सालमा राणा शासकहरूले त्यो पुस्तक जलाउने निर्णय लिए । छापिएकामध्ये १ प्रति फेला नपरेको हुँदा ३ वर्ष थपसहित नौ वर्षको जेल सजाय तोकियो । झोसपोलकै आधारमा “मकैको खेती” पुस्तक राणाहरूको ‘गाथगादी’ ताक्ने तोपमा रूपान्तरित गरियो । मकैको खेतीका वाक्यलाई झैँ तिनीहरू पनि त्यसरी नै अथ्र्याइरहेका हुन्छन् । दुःख दिइरहेका हुन्छन् । शासकीय पोलाहा हरेक कालखण्डमा नियमित छन् । यतिखेर पनि उत्पात् जन्मिएका छन्, विचौलिया मतिसहित । शासकलाई त्यसरी नै खुसी पार्न ‘अरिङ्गाल’हरू धुन्चक्र हिसाबले बालुवाटार, सिंहदरबार, नेताका निवासवरिपरि झुम्मिन्छन् । मकैको खेतीका वाक्यलाई झैँ तिनीहरू पनि त्यसरी नै अथ्र्याइरहेका हुन्छन् । दुःख दिइरहेका हुन्छन् । रिझाएवापत हैसियत अत्यधिक ठूलो पदीय लाभ लिइरहेका हुन्छन् । नेपालपछि पर्नुमा तिनैखाले ‘अभिशप्त इतिहास’ श्रृंखला नियमित हुनु हो, कवि कृष्णभूषण बलको कविताझैँ । ‘अमरसिंह थापाले विष खाएर मर्नुपर्ने वीर बलभद्रले अफगानमा युद्धमा मर्नुपर्ने काजी भीम मल्लले काटिनुपर्ने भीमसेन थापाले सेरिनुपर्ने, बाध्यताको इतिहास’ #कृष्णलाल अधिकारी #मकैको खेती #हरिबहादुर थापा अबोधः एक यमलोक यात्रा: घन गिटीमा बजार्दाबजार्दै उनलाई व्यथाले बजार्यो । फोरेका गिटीका चुच्चा ढुङ्गा हत्केलाले अठ्याउँदा हात रगताम्मे भए । नदीका किनार उनको मृतकण्ठले पुकारेको आवाजले प्रतिध्वनित् थियो । त्यो पुकार उनकै कानसम्म मात्र पुग्यो । आवाजले कानलाई सन्देश पढायो, “तँ गरिबको पुकार कसले सुन्छ ?” बिपिन अर्याल सूर्यले तापको श्राप बढाउँदै थियो । पसिनाको मूलले भिजाएको सारीभरि पोखिएका थिए रगतका भलहरू । त्यही समय ऊ आमाको पेटलाई लत्याएर दुनियाको होलमोलमा मुछियो । नदीवरिपरि ऊ रोएका आवाज गुन्जियो । आमाले उठेर छिनोले नाभी काटिन् र निदाइन्, कहिल्यै नबिउँझिने निद्रामा । कति निर्दयी रहिछे पापीनी ! आफ्नो छोरालाई एकपटक ममताका हत्केलामा राखेर उसका अधरमा नचुमी, नअंगाली सधैँका लागि नदाइन् । उनलाई छोराभन्दा प्यारो त बगर पो रहेछ ! रक्सीको मातमा रोल्मोलिएर बगर घुदैआएको एक व्यक्तिले छोरालाई उठायो । उसलाई मात्र नभई साथमा उसका जिम्मेवारी पनि । आमाको छातीलाई बेल्चाका बेल्चा बालुवाले अंगाले, त्यस पापीनीलाई त ठीकै भयो ! खुब प्रेम थियो नि बगरसँग, आफ्नो प्रेम प्राप्त गरी ! उसलाई पाल्नेले पनि 5 वर्षमै संसार छाड्यो । ऊ फेरि अनाथ भयो, कर्म दिनेबाट पनि । त्यसपछि सडकका पेटी उसको शरीर बिसाउने बिस्तारा बने भने झुत्रा भएर पनि भोकका भारी बोक्ने बोराहरू ब्ल्याङ्केट र आकाश छानो । अरे ऊ त धनी पो भएछ ! जहाँ गयो त्यहीँ घर । खालि प्लास्टिक तथा सिसाका बोतल उसको जिम्मेवारी थियो र जति धेरै बोतल उति धेरै खाना । कुनै दिन बोतलहरु छैन त उपवास । ऊ बिरामी पर्न पनि सक्दैन, सधैँ स्वस्थ रहनै पर्ने । भोको पेटले विद्यालय जान त के सोच्न सक्नेसम्म कुरो भएन । तर ऊ अनाथ भने होइन, मात्र आफ्नो भन्ने कोही नभएको हो । उसको नाम छैन, भए पिन बिर्सिसक्यो । बोलाउनेले ‘एइ…. खाते’ भन्छन् । ऊ सोच्छ ” खान नपाउनेहरूकै नाम खाते ! खान पाउनेहरूको त के के हो के के ! खान नपाउनेहरूको नाम आवश्यक पर्दैन हो ?” प्रश्न त्यतिकै छोडिदिएर बोतल बटुल्छ ती फरक नाम भएकाहरूले फालेका । आकाश चकमन्न अध्याँरोको बाकसभित्र बन्द भएको छ। चारैतिर तुफानले बजारलाई ढाकेको छ। मान्छेहरू घरभित्रै बसेर कोही आगोका वरिपरि गोलाकार भएर, कोही सिरकमा गुटमुटिएर, कोही हातमा कफी लिएर मुखमा तातो सुर्की लगाउँदै चीसो मनाइरहेका छन् । उनीहरू बाहिरी तत्वको सामना गर्नु नपरेकोमा कृतज्ञ छन् । तर त्यहाँ ऊहरू पनि छन्, जो घरभित्र बस्नेभन्दा ठीक विपरित छन् । प्रतिक्षालयमा ऊ शरिरबाट कम्पन फ्याँक्दै, टुक्रुक्क परेर उज्यालोको पर्खार्इमा थियो, अध्याँरो आकाशमुनि बसेर सुन्दर बिहानीको परिकल्पना गर्दै थियो । उसलाई बाडुल्की कहिल्यै लाग्दैन । बाडुल्की लाग्न त सम्झिनेहरू चाहिने रहेछ ! यद्पि उसले पनि साथी पायो, जो एक राक्षस थियो । त्यो कहिल्यै सुत्दैनथ्यो- किरण । आशाको किरण। किरण र ऊ सधैँ राति सँगै खेल्थे, रातिमा मात्र । दिनमा आउन किरण सक्दैनथ्यो । तिनीहरू कहिले क्यानका बोतललाई फुटबल बनाउथे र खेल्थे, कहिले लुकामारी खेल्थे, कहिले एकअर्कोलाई छुने खेल । उसले कल्पना गर्थो, ऊ रातमा मात्र नभई दिनमा पनि ती खेल खेल्न सकोस् । पूरा दिन साथीसँगै दिन बिताउन सकोस् । एक रात ऊ साहसिक यात्रामा निस्कियो, राक्षसहरूको संसार घुम्न । “ऐ किरण ! तिमी कता छौ ? ……… किरण ?” अनाथले रात पर्नलाग्दा चिच्चायो । उसको बायाँपट्टिबाट भयभित र डरलाग्दो आवाज सुन्न थाल्यो । ऊ झ्याप्प त्यतैतिर फर्कियो । केही देखेन र छिटो छिटो यताउति मन्टो फर्काउँदै हेर्न लाग्यो । किरण चिच्यायो ‘भू………..!’ ऊ डराएन, तर उसले आफ्नो पनि संसारमा कोही भएको महसुस गर्यो । उसले किरणलाई हेर्नासाथ किरणले प्रश्न गर्यो, “किन हो तिमी बस् यहीँ वरिपरि घुमिरहन्छौ ? जाऊँ हिँड आज म तिमीलाई राक्षसहरूको दुनियाँ घुमाउँछु । तर म पहिले नै तिमीलाई चेतावनी दिन्छु, यो सुरूमा डरलाग्दो छ । पछि पक्कै तिमीलाई रमणीय लाग्नेछ ।” उसले भुईँबाट उठ्दै जवाफ दियो, “हुन्छ, म तयार छु । हुनसक्छ, मैले त्यहाँ मेरा आफन्तलाई भेट्न सकू !” उसलाई किरणले रिसको आँखाले हेर्यो, हेरिरहन सकेन र हाँस्न लाग्यो । “हे ! के मैले त्यस्तो हाँसोउठ्दो कुरा के गरेँ ?” “हाम्रो संसारमा कुनै परिवार हुँदैन, न कुनै आफन्त । हामी केटाकेटीहरूलाई तर्साउँदै हिँड्छौँ । ल अब जाऊँ ।”, जब उनीहरू राक्षसहरूको संसार प्रस्थान गर्दै थिए, किरणलाई बल्ल महसुस भयो उसको कुनै नाम थिएन । भन्यो, “अब तिमीलार्इ नाम चाहिन्छ । अबोध ! तिमीलाई आफ्नो नाम कस्तो लाग्यो ?”, उसलार्इ मन नपर्ने कुरै थिएन । मनमनै तीन पटक भन्यो, “अबोध ! अबोध !! अबोध !!!” उनीहरूले राक्षसको संसारमा जानेक्रममा शब्द र प्रश्नहरूको सुरुङ पार गरे । दृश्य र आवाजहरूको, कल्पना र सपनाहरूको, भोक र खानाहरूको, नाङ्गो शरीर र कपडाहरू अनेकौँ सुरूङपश्चात् गन्तव्यमा पुगे । त्यहाँ अबोधले अनेकौँ अनौठा चिजबिज र दृश्यहरू देख्यो जुन यसअघि कहिल्यै देखेको थिएन । अबोधले फरक-फरक प्रकृतिका राक्षसहरू र तिनका संस्कृति देख्यो। तिनीहरूको आकाश कालो थियो जसमा कहिल्यै नमेटिने कालो अध्याँरो थियो । जूनलाई रातो रगतले लिपिएको थियो जसबाट रगत तपतप चुहिरहेको थियो र रूखहरू बैजनी रंगले रंगिएका थिए। घाँसहरू कालो छायाजस्ता देखिन्थे । तर सबैभन्दा हतोत्साहित बनाउने पक्ष त यो थियो कि त्यस संसारका कुनै पनि राक्षसका छाया थिएनन् ।किरणले अबोधको अनौठो अनुहार हेर्यो र मुसुक्क हाँस्यो । दुवैले रातो चन्द्रमालाई हेरिरहेका थिए । अचम्मको र डरलाग्दो दृश्य त्यो जूनमा खोपिएको थियो; जहाँ एक बालक सडकमा भोकका कारण मृत अवस्थामा सुतिरहेको थियो। #बिपिन अर्याल गोठमा झुण्डिएको त्यो डोरी: भोलि शुक्रबार, पांक्षिक रूपमा स्तम्भ थालेको छु– मलाई थाहा छैन । विगत केही दिनदेखि दिमागमा एउटा कुराले बहुत जोर जोरसँग हिर्काइरहको छ । तर शीर्षक ‘ गोठमा झुण्डिएको त्यो डोरी ‘सिवाय अरू एक शब्द लेख्न सकेको छैन । शुरु गर्नुभन्दा निरन्तरता दिनु खै किन गाह्रो हुन्छ ? मलाई थाहा छैन । “फेरि अर्को पनि गएछ ।”, आवाज निरजको हो, आफ्नै रुमबाट सुनाउँछ । “लाइभ आएरै ?”, म सोध्छु, तर ऊसँग पक्का जानकारी छैन । भन्छ, “अरे ! तर भिडियोचाहिँ छैन मैले देखेको ।” म झन धेरै रन्थनिन्छु । मेरो दिमागमा खै केले हो ? पटक पटक एघार हजार भोल्टको झड्का महसुस भइरहन्छ । गत मंगलबार साँझ, दिन साहित्यपोस्टकै वेवसाइटमा बिताएर पल्टिने सुरमा थिएँ, अचानाक फेसबुकको न्यूज फिटमा एउटा भिडियो देखियो । जुन एक युवतीले लाइभमा आएर आत्महत्या गरेको थियो । तर मैले हेरेकै भिडियोचाहिँ लाइभ नभएर मेरो फ्रेण्ड लिस्टमै भएकी एक युवतीले आफ्नो वालमा राखेकी थिइन् । जुन केही दिनअघिको भिडियो भए पनि मैले हेरेको थिइनँ । समचारमा भने पढेको थिएँ । कृष्ण ढुङ्गेल उसो त मान्छे मरेको, काटमारको, कुटपिटको तथा आत्महत्या गरेको फोटा तथा भिडियोहरू सञ्जालमा राख्नेलाई घृणा गर्छु । भरसक हेर्दिनँ । न्यूज फिडमै आइपुगे पनि छिटो छिटो स्क्रोल गरेर भाग्छु । तर त्यो भिडियोबाट मलाई भाग्न खै केले दिएन ? मलाई थाहा छैन । हो, म त्यो भिडियोबाट भाग्न सकिनँ । हेरेँ । भिडियोमा एक कलकलाउँदो उमेरकी युवती छिन्, उमेर २० पक्कै पुगेको नहोला ! बेडमाथि कुर्सी राखेर उनी फेनमा सल बाध्ने कोसिसमा देखिन्छिन् । केही समयको प्रयासमा सफल हुन्छिन् र केहीबेरमै कुनै पीडा नै महसुस नभए जसरी तनक्क हुन्छिन् । के साँच्चै मर्न यति सजिलो छ ? यो प्रश्न आफैँलाई गरिरहँदा म आफूलाई पूर्ण रूपमा खालि महसुस गर्छु । लाग्छ, मेरो भाडाको कोठा पूरै घुमिरहेको छ । म पल्टिएको ओछ्यान घुमिरहेको छ, फन्फनी । र सबैभन्दा बढी त मेरो दिमाग घुमिरहेको छ । त्यो अव्यक्त शून्यताले मलाई मेरो बाल्यालसँग जोडिएको एक घटनासम्म पुर्याइ छोड्छ । खै किन कुनै स्मिृतिमा धुमिल बनिरहेको कुरासम्म पुग्न पनि केहीले पैदा गरिदिएको शून्यता आवश्यक हुन्छ ? मलाई थाहा छैन । ==================== उमेरले सात वर्षको हुँदो हुँ । गाउँमा भर्खरै बिजुली बलेको थियो । बिजुलीसँगै भित्रिएको थियो टेलिभिजन । शनिबार नेपाल टेलिभिजनले हिन्दी फिल्म दिन्थ्यो । नेपाली फिल्म हेर्नका लागि सिडीको सहारा लिनुपथ्र्यो । त्यो पनि आफ्नोमा पहुँच थिएन । तावा परिवारमा विदेशबाट ल्याएको ३२ इन्चे टेलिभिजन र डिभिडी प्लेअर थियो । र, त्यही हेरिन्थ्यो दाइ दिदीहरूसँग नेपाली फिल्महरू । त्यो समयमा नेपाल फिल्मी जगतमा राजेश हमाल, निखिल उप्रेती, दीलिप रायामाझी, श्रीकृष्णलगायतका हिरोहरूको राज थियो । त्यसमा पनि मलाई सबैभन्दा मन पर्ने दीलिप रायामाझी । अचेल मेरा प्रिय नायक दीलिप रायमाझी के गर्दै होलान् ? मलाई थाहा छैन । फिल्म हेर्नेक्रममा एउटा कुरो मेरो बालमस्तिष्कमा गहिरो गरी गढ्यो । जसलाई उप्काएर फाल्न कसैले सकेन, र त्यसको रहस्य थाहा पाउन म आफैँ माथि प्रयोग गर्दाे भएँ । यदाकदा फिल्महरूमा हिरोहरू मरिरहेका हुन्थेँ । कही राजेश हमाल त कहीँ निखिल उप्रेती, कही दीलिप रायामाझी त कहीँ श्रीकृष्ण श्रेष्ठ । तर अघिल्लो फिल्ममा मरेको त्यही हिरो अर्काे फिल्ममा हाँसिरहेको हुन्थ्यो । गुण्डाहरूलाई पिटिरहेको हुन्थ्यो । अचम्म ! मेरो लागि खुब रहस्यको कुरो बन्न पुग्यो त्यो । अँ साँच्ची, मान्छे मरेपछि जाने स्वर्ग र नर्क कहाँ कहाँ होलान् ? मलाई थाहा छैन । दिन शनिबारको । महिना पक्कै पनि भदौको । म कुखुराको खोरपछाडि माछाको चारो गँड्यौला खन्दै थिएँ । गँड्यौलाका लागि मलिलो माटो खन्दैजाँदा माटोमा खै कहिलेदेखि पुरिएर रहेको डोरी फरुवामा अल्झिएर आयो । डोरी त्यस्तै दुई मिटरको हुँदो हो । त्यसबेला ममा खै कुन शक्तिले काम गरिरहेको थियो ? म सरासर ग्वाली (गोठ) तिर लागेँ । दिउँसो गाई वस्तु ग्वालीमा हुँदैनन् । अझ बर्खामास, उसै पनि हिलो हुने, ग्वाली सुकाउनका लागि भए पनि वस्तुभाउ सबेरै निकाल्नु पर्छ । तर गाईको बाछो भने ग्वालीमै थियो । मेनुका (दिदी) ग्वालीको छेउमै थिई । मेनुकाको भागमा दिउँसो बाछोलाई मीठो घाँस खुवाउने जिम्मा परेको हुनुपर्छ । ऊ मलखाडीका डिलमा रहेको कलकलाउँदो दूबो काट्दै थिई । ग्वालीमा ढाट लगाइएको हुन्छ । ताकि वस्तुभाउले घाँस तथा पराल नटेकून् र घाँसमा नगोब्य्राऊन, नमुतून् । ग्वालीमा मभन्दा थोरै अग्लो बनाएर टाँड छुट्याइएको थियो । तल वस्तु बाँध्ने, माथि दाउरा, मकैका ढोड, खोस्टालगायत राख्न मिल्ने प्रयोजनाका लागि । टाँड छापिएको थिएन, तर बाँस तथा काठका छ्डकेहरू बाक्लै राखेर सामान राख्ने मिल्ने बनाइएको थियो । भुइँदेखि भेट्ने मेरो उचाइ थिएन, वस्तुका लागि लगाइएको ढाटमा चढेर टाँडमा तेस्राइएको एउटा बाँसमा उही गँड्यौला खोज्दा फेला पारेको डोरी बाँधे । त्यही डोरीलाई मालाझैँ आफ्नै घाँटीमा पनि बाँधे । मलाई थाहा थियो, झुण्डेपछि मान्छे मर्छ । कर्सिगं बाको मिलमा काम गर्ने लाटो पनि त झुण्डिएरै मरेको थियो नि ! तर एउटा फिल्ममा मरेको हिरो अर्काेमा कसरी बाँच्छ ? मलाई थाहा थिएन । डोरो सुर्कनो नभएर गाँठो परेछ, घाँटीमा दबिएन । तर असर त परिगयो । डोरीलाई हातले समाएर म ख्याक् ख्याक् गर्न थालेछु । खुट्टाहरू कोक्रोझैँ हल्लिने थाले छन् । खासमा त्यो मेरो ढाटमा टेकेर आफू बाँच्ने प्रयास हुनुपर्छ । तर मेरा खुट्टा र ढाटको तालमेल कति पनि मिलेको थिएन् । डोरी घाँटीमा सुर्कनो न परेर के भो त, मेरो अगाडि अँन्धकार छाउँदै गएको मलाई महसुस भए । केहीबेरमै मैले आफूलाई भुइँमा पछारिएको पाएँ । छेउमा मेनुका रुँदै बसेकी थिई । घाँटीमा उसैगरि डोरी मालाझैँ गाँठो परेर बसेको थियो । आँखाअघि, केहीबेरअघि टाँडमा बाँधेको डोरोको चुँडिएर रहेको भाग पूर्ण स्थिर बनेकै थिएन । सुस्तरी सुस्तरी चलयामान थियो । थाहा पाएँ, म फिल्मका हिरोहरू जस्तै मरेर बाँचेको रहेनछु । बरु म छट्पटाउन थालेपछि मेनुका मेरो खुट्टामा आएर झुण्डिएकी रहिछे । माटोमुनि दबिएर बसेर मक्किएको डोरीले मेनुका र मेरो भार थाम्न नसकी चुट्टिएको रहेछ । र म बाँचेको रहेछु । धन्न ! डोरी मक्किएको रहेछ । यदि डोरी नमक्कीएको वा डोरी मेनुका र म दुवैको भार थाम्न सकेको भए आज म स्वर्ग वा नर्क कहा हुन्थेँ होला ? मलाई थाहा छैन । ……………… मान्छेले आत्महत्याको प्रयास मुख्यतः दुई कारणले गर्छ– आवेग (आक्रोस) र मानसिक समस्या । तर म अपवाद हुँ । म रहरले आत्महत्याको प्रयास गर्नेहरूमध्ये पर्छु । मानसिक समस्याको कारण आत्महत्या गर्नेहरूका बारेमा उनीहरूको समस्याको समाधान नै प्रमुख समधान हुनुपर्छ । तर आवेग र रहरको आत्महत्या सरासर मूर्खतासिवाय केही होइन । र यी दुई कारकहरूले अहिलेको लाइभ आएर आफैँलाई मार्नेहरूको शृंखलामा मनोवैज्ञानिक सम्बन्ध राख्छ । यी दुई एकअर्कामा के कति अवस्थामा अन्तरसम्बन्धित पनि छन् भन्ने मलाई लाग्छ । आक्रोशमा गरिने कुनै पनि क्रियाकलापमा कसैलाई देखाउने रहर हुन्छ । रहरमा गरिएका त रहरै भइहाले । यसरी हेर्दा आक्रोमा पनि सूक्ष्म रूपमा रहर मिसिएको हुन्छ । साथीभाइ, प्रेमीप्रेमिका तथा परिवारमा आएका विवादको आवेगमा आएर गरिने मनोविज्ञानले ‘अरूलाई देखाइदिन्छु’ भन्ने मनोभाव पैदा गर्छ र त्यसैको नजिता अहिले एकपछि अर्को गर्दै फेसबुकमा लाइभ आएर आत्महत्या गर्नेहरूको शृंखला हो । हामी अहिले आफ्ना बच्चालाई सकेसम्म दुःख नदिन चाहान्छौँ । सुखसयलमा उनीहरूलाई राखेको कुरा सम्झेर आफैँसँग घमण्ड गर्छौँ । तर दुःख सिकाउन बिर्सिन्छौँ । दुःख नबुझ्ने भनेको जीवनको आधी पाटो छुट्नु हो । दुःखले आवेगमा नियन्त्रण सिकाउँछ । यदि आवेगमा नियन्त्रण गर्न सक्नेमात्र हो भने पनि कमसेकम अरूलाई देखाउने आक्रोशमा गरिने आत्महत्यामाथि लगाम लगाउन सकिन्छ । तपाईँलाई सबै पुगिसरी भए तापनि आफ्ना बच्चालाई आवेग नियन्त्रण सिकाउनुहोस् । बच्चाले सिक्ने भनेकै आफ्नो परिवारबाट हो । जानीजानी दुःख दिनुहोस्, साना साना । सामथ्र्य छ भन्दैमा उनीहरूका सारा इच्छा र चाहानाहरू पूरा नगर्दिनुहोस्, केही अपूरै छोड्दिनुहोस् । अभावमा रहन दिनुहोस् । केही इच्छा चाहानाहरू उनीहरूकै लागि छोडिदिनुहोस् । विज्ञान, प्रविधि र विश्वको बारेमा थाहा नभए पनि हुन्छ, मानवीयता र संवेदना बुझाउनुहोस् । हामी खै किन संस्कारको नाममा बच्चाहरूमा आवेग, संवेदनाहिनता र घमण्ड भरिरहेका छौँ ? मलाई थाहा छैन । #कृष्ण ढुङ्गेल #मलाई थाहा छैन भ्यान गगको अन्तिम चित्र: ट्रि रूटः भ्यान गगको अन्तिम चित्रकला एक सय ३० वर्षअघि भिन्सेन्ट भ्यान गग फ्रान्सको एभर्स-सर-ओइसे होटलस्थित उनको कोठामा सुतिरहेका बेला अचानक उठे र चित्र कोर्न बाहिर निस्किए । त्यो रात उनी होटल त फर्किए तर उनी गोली लागेर घाइते भएका थिए । त्यसको दुई दिनपछि जुलाई २९, १८९० मा उनको मृत्यु भयो । भ्यान गगका अध्येताः वुतर भान डेर भिन त्यो बेला उनले बनाएको चित्र ‘ट्रि रूट्स’ कुन ठाउँमा बसेर, के हेरेर त्यो चित्र उतारे होलान् भन्ने जिज्ञासा कला मर्मज्ञहरूमा हुने गर्छन् । त्यस्तै जिज्ञासा फ्रान्सेली अध्येता वुतर भान डेर भिनलाई पनि नभएको होइन । यसका लागि उनले कयौँ वर्ष यसैमा घोत्लिए र अन्ततः त्यो ठाउँ पनि फेला पारिछाडे । भ्यान गग इन्स्टिच्युटका निर्देशकसमेत रहेका वुतरले राजधानी पेरिसभन्दा २० माइल टाढा बाटाको छेउमा पुगेर त्यो ठाउँ पत्ता लगाइछाडे, जहाँ भ्यान गगले ७० दिन बिताएका थिए र अन्तिम चित्र बनाएका थिए । सो कुरालाई नेदरल्यान्ड्सका शोधकर्ताहरूले पनि समर्थन जनाएका छन् । अध्ययनमा सारा ऊर्जा खर्चेका वुतर भन्छन्, ‘त्यो ठाउँ, रूखको जरा र वातावरण यस्तै हुनुपर्छ भन्ने मेरो व्याख्या थियो तर विज्ञजनहरूले त यही कुरा सत्य निस्कँदा भने आश्चर्य लागेको छ ।’ रूखको जरा भएको तस्बिर वुतरले सन् १९०५ मा खिचिएको एउटा तस्बिरमा त्यही रूखको जरो देखिएपछि भने अध्येताहरू वुतरको निष्कर्षलाई आधिकारिक मान्यता दिएका हुन् । सो तस्बिर ९४ वर्षीया रूई डउबिङ्गीले निजी संकलनमा राखेकी थिइन् र सो तस्बिर सार्वजनिक गर्ने क्रममा फेला पारिएको थियो । सो रूख वर्षौंदेखि त्यहीँ रहिरहेको भए पनि कसैले ख्याल गरेका थिएनन् । सो जराको ४५ देखि ५० प्रतिशत भाग अझै पनि त्यहीँ रहेको वुतर बताउँछन् । धेरै वर्षअघिदेखि भ्यान गगको अन्तिम चित्र कुन हो भन्ने विषयमा निकै ठूलो चर्चा र दाबी हुने गर्छ । खासगरी भिसेन्टी मिनेलीले भ्यान गगको जीवनीमा आधारित निर्देशन गरेको फिल्म ‘लस्ट फर लाइफ’मा उनको अन्तिम चित्र ह्विटफिल्ड विद क्रोज हो भन्ने दाबी गरिएको थियो । त्यो चित्र बनाउँदाबनाउँदै उनी बौलाएको र आफैँलाई गोली हानेको दृश्य देखाइएको थियो । तर भ्यान गगकै ज्वाइँ एन्ड्रिज बोङ्गरले लेखेको अन्तिम चित्रबारेको एउटा आलेखमा भने जंगलको दृश्य, सूर्य र जीवन्तता रहेको बताएका थिए । भ्यान गगको प्रेरणा रूखको जरा सन् २०१२ मा भ्यान गग म्युजियमले प्रकाशन गरेको एक आलेखमा भने भ्यान गगले अन्तिम कृतिका रूपमा ट्रि रूट्स सिर्जना गरेको निष्कर्ष निकालेको थियो । र, सोही निष्कर्षलाई अधिकांश विद्वानहरूले सहमति जनाएका छन् । सन् २०११ मा निस्किएको भ्यान गगको जीवनी ‘भ्यान गगः द लाइफ’का लेखकद्वय स्टिभन नेइफ र ग्रेगरी ह्वाइट स्मिथले भने भ्यान गग आफैँले गोली हानी आत्महत्या गरेका होइनन्, बरू होटल छेउमा बस्ने दुई जना युवाले पहिले भएको झगडाको परिणामस्वरूप गोली हानेको तर्क गरेका थिए । केहीले भने यो चित्रलाई विश्लेषण गर्दै भनेका छन्, ‘यो चित्र बनाइसकेपछि भ्यान गगले आत्महत्याको प्रयास गरे भन्नु उचित हुँदैन किनभने उनी जस्तो मानसिक अवस्थामा थिए, यो चित्र बनाइसकेपछि सारा तनावमुक्त भएको हुनुपर्छ ।’ भ्यान गग इन्स्टिच्युटका वुतर भने त्यसमा असहमति जनाउँछन्, भन्छन्, ‘भ्यान गगले यो चित्र बनाइसकेपछि पक्कै आत्महत्याको प्रयास गरे होलान् भन्ने अनुमान गर्न सकिन्छ किनभने चित्रमा एक किसिमको जीवनको सङ्घर्ष र मृत्युसँगको सङ्घर्ष प्रतिविम्वित हुन्छ । चित्रले त्यही इङ्गित भएको छ । उनले जीवनसँग अन्तिम बिदाई मागेको त्यहाँ प्रयुक्त रङले बताइरहेको छ ।’ #द न्युयोर्क टाइम्स #भ्यान गग २१ औँ शताब्दीका हामी सचेत युवा: डा. वीरेन्द्र केसी थकाई, हार र लक्ष्यहीन जीवन हामीलाई कीमार्थ स्वीकार छैन एकै पाइलामा लक्ष्य भेटियोस् त्यो पनि हामी चाहँदैनौँ लक्ष्यमा पुग्दा खुट्टा दुखेको अनुभूति हुँदैन भने त्यो प्राप्तिको के मजा ? त्यसैले हामी अप्ठेरोमै लक्ष्य चुन्छौँ र त्यो प्राप्तिको यात्रामा दिनरात नभनी अनवरत तल्लिन रहन्छौँ कठिनाई चिर्दै लक्ष्यमा लम्किएका हाम्रा पाइलाहरु एक निमेष रोकिने छैनन् आकांक्षा र महत्त्वाकांक्षा स्वाभिमान र अभिमान यी सबै घोलिएको रगत हाम्रा धमनीहरुमा हरपल उर्लिरहन्छ हामी मनमा बुद्ध मुटुमा बलभद्र र मस्तिस्कमा सचेतना बोकेर उर्ली हिँड्ने २१ औँ शताब्दीका सचेत युवा हौँ । दाङ हालः न्युजिल्यान्ड #डा. वीरेन्द्र केसी #दाङ #न्युजिल्यान्ड मनोजको प्रकृतिपूजा: मनोज योञ्जन तामाङ प्रकृतिसँग रम्न रूचाउने कलाकार मनोज योञ्जन तामाङले कलाकारिता क्षेत्रमा पाइला सारेको दुई दशक पूरा भइसकेको छ । उनी आफूलाई स्वच्छन्दतावादी कलाकार ठान्छन् । त्यसो त सबै जसो कलाकारहरू प्रायः प्रकृतिका पूजक र प्राकृतिक सौन्दर्यमा भुल्ने स्वभावकै हुन्छन् । उनी पनि यसभन्दा भिन्न भने छैनन् । खासगरी फरक फरक ठाउँ घुम्दै स्थानीयपनलाई कलामा उतार्ने उनको खुबी छ । दृश्यचित्र (ल्यान्डस्केप)मा काम गर्न उनी खुबै रूचाउँछन् । यसो गर्दा प्रकृतिसँग अझ नजिकिने अवसर पाइने उनको भनाइ छ । रङहरूमा दिनप्रतिदिन मिठास र निखार ल्याउन पनि दृश्यचित्रमा काम गर्नुपर्ने उनलाई लाग्छ । सुन्दर पर्यटकीय नगरी पोखराको बासिन्दा भएकाले पनि हिमाल, ताल तलैयाहरूसँग सामीप्य बढेकाले हुनसक्छ, दृष्यहरूलाई कलामा उतार्न (ल्याण्डस्केप गर्न) नै उनको बढ्ता झुकाव हुने गर्छ । पोखरा कार्यथलो भए पनि राजधानी काठमाडौँ लगायत अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा भाग लिन बेलाबेलामा उनी विदेश गइरहन्छन् । उनी भन्छन्, ”कला नै मेरा लागि सबथोक हो र जीवनभर कलाकर्ममै रमिरहने मेरो इच्छा छ।” कलाक्षेत्रमै लागेर थोरबहुत नाम र दाम कमाएका मनोजका लागि सबैभन्दा गर्विलो क्षण चाहिँ कलाकारको पहिचान बनाउन सकेकामा नै छ । बेला-बेलामा विभिन्न पुरस्कार र सम्मान थापिरहँदा उनी आफ्नो छनोटप्रति सन्तुष्टि व्यक्त गर्छन्। हाल कुची समूहसँग आबध्द रहेका उनी ठाउँका ठाउँ दृश्यचित्र बनाउने अभियानमा समेत सरिक छन् । पछिल्लो समय कुची समूहले दृष्यचित्रहरूलाई अझ बढी लोकप्रिय बनाउन ”अन दि स्पोट” कामहरू गर्दै आएरहेको छ। आउनुहोस्, आज उनै सहृदयी कलाकार मनोज योञ्जन तामाङका केही उम्दा सिर्जनाहरू अवलोकन गरौँः #कुची समूह #मनोज योञ्जन तामाङ कथा : मेरो श्रीमानको बिहे: ‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग भनेका थिए । पण्डितको कुरो सुनेपछि मेरी आमाको अनुहार एकाएक अँध्यारो भएको थियो । ‘ए… त्यै भएर पो यसरी बिरामी पर्दिरहिछे ।’ आमाले चिन्तित मुद्रामा मतिर दृष्टि पुर्याउँदै भन्नुभयो । ‘आ… यो रोबोटको युगमा यस्ता कुरामा कसले विश्वास गर्छ ? मानिसहरू कहिल्यै बिरामी पदर्नैन् र ? मलाई पनि बेला–बेलामा रोगले सताउँछ तर डाक्टरलाई जँचाएर औषधि उपचार गर्यो भने ठीक भइहाल्छ ।’ ‘आ… यो रोबोटको युगमा यस्ता कुरामा कसले विश्वास गर्छ ? मानिसहरू कहिले बिरामी पदर्नैन् र ? मलाई पनि माया ठकुरी बेला–बेलामा रोगले सताउँछ तर डाक्टरलाई जँचाएर औषधि उपचार गर्यो भने ठीक भइहाल्छ ।’ आमाको करले गर्दा पण्डितलाई चिना देखाउन राजी भएकी मैले उनले भनेको कुराप्रति अनास्था पक्रट गर्दै भने । ‘तैँले त विश्वास गदिर्नस् तर हामीले त परम्परादेखि मान्दैआएको रीतिलाई अझै पनि मान्दै आएकाछौँ । मलाई त पण्डितजीले भन्नभुएको कुरामा विश्वास लाग्यो । हुन पनि हिजोआज तँलाई बारम्बार एउटा न एउटा रोगले सताइरहेको छ ।’ मेरी आमाले पण्डितले भनेको कुरामा सही थाप्दै भन्नुभयो । ‘तपाइर्हंरूले यस विषयमा राम्रोसगँ घरसल्लाह गरेर खबर गर्नुहोला । मैले उहाँको चिना हेरे र जस्तो देखेँ त्येस्तै भनेँ । आफ्नो तर्फ़बाट उपाय पनि भनिदिएँ । अब यो कुरा मान्ने नमान्ने तपाइर्हंरूको इच्छा । अहिलेलाई म बिदा भएँ’ भन्दै पण्डित बिदा भएर गएका थिए । ‘खुसी त लाग्ने नै भयो नि । बिहे पनि कस्तो ? आफ्नै श्रीमतीले गराइदिने । तिमी पनि खुसी नै हुनु पर्ने हो, होइन र ?’ ‘ए छोरी ! तेरो बुद्धि के भएको हो ! यतिका पढेगुनेको मान्छे भएर पनि आफ्नो हित–अहित हुने कुराको मेसो नपाउने । हेर, मैले भनिदिया’छु तेरो चिनोमा सौतेनी ग्रह लेखेको छ भने त्यो भएरै छोड्छ । भएन, जुवाइँको चिउँडो पनि दुईवटा देखिन्छ । त्यस्ता दुईवटा चिउँडो हुने मानिसको दुईवटी श्रीमती हुन्छन् भन्ने ठीकै रहेछ । चिनोले पनि त्यही देखायो ।’ पण्डित गइसकेपछि मेरी आमाले आफ्ना मनमा उठेका भावना व्यक्त गर्नु भयो । ‘आमाले पनि कुन युगको कुरा गनर्भुएको होला ? अहिले आइमाइ मान्छेले चाहे भने आफूलाई लोग्नेमान्छे र लोग्नेमान्छे आइमाईमा परिवर्तित हुन सक्छन, सात समुद्र पारिबसेको मान्छेले एक–अर्काको अनुहार हेर्दै बात मार्न सक्छन् । तपाई भने अझै पनि ‘चिनामा लेखेको छ’ भन्दै उही रूढिवादी रीतिथिति मान्न छोड्नुभएको छैन । यसो गरेर पनि संसार चल्छ र ?’ आमाको कुराको प्रतिवाद गर्दै मैले भने । मेरो कुरा सुनेर आमाले कुनै उत्तर दिनु भएन, तर आमाको अनुहार हेर्दा उहाँले मेरो कुरा मन नपराएको स्पष्टसँग देखिन्थ्यो । ‘के हो ! पण्डितले त मलाई दोस्रो विवाह गनुपर्छ भने अरे हो ?’ राति काेठामा पस्नासाथ मेरो श्रीमान्ले मुस्कराउँदै मसँग प्रश्न गर्नुभएको थियो । ‘बिहेको कुरा सुनेर निकै खुसी लागेको जस्तो छ नि !’ मैले भने । ‘खुसी त लाग्ने नै भयो नि । बिहे पनि कस्तो ? आफ्नै श्रीमतीले गराइदिने । तिमी पनि खुसी नै हुनु पर्ने हो, होइन र ?’ श्रीमान्ले परिहासपूर्ण स्वरमा भन्नुभयो । ‘ए छोरी, पण्डितले भनेको कुरालाई हलुका रूपमा लिनु हुँदै न है !’ तेरो दुईवटा नाबालक सन्तानहरू छन्, भएन तेरो बुवाको मृत्युपछि म पनि तिमीहरूको आश्रयमा बसेकी छु । तँबाहेक मेरो अरू सन्तान छैनन् । तँलाई केही भयो भने म वृद्ध भइसकेकी मान्छेले यी केटाकेटीहरूलाई के गरी हुर्काउनु ? जुवाइँले बिहे गर्दिन भने पनि उनको आफन्तहरूले आखिर उनको बिहे नगराई छोड्ने छैनन्, अनि सौतेनी आमाले यी केटाकेटीलाई कति हेला गर्ली ? त्यो कुरा तँलाई मैले बुझाइरहनु पर्दैन । मान् छोरी, मान् ! मैले भनेको मानेर पण्डितले भनेको कुरालाई गम्भीरतापूर्वक पालना गर् !’ अर्को दिन बिहान मौका पाउनासाथ आमाले मसँग भन्नुभएको थियो । ‘मेरो बिहेको विषयमा कुरा हुँदै छ कि क्या हो ?’ भन्दै उत्तिनै खेर मेरो श्रीमान् हामी आमा–छोरीले बात मारेको ठाउँमा टुप्लुक्क आउनुभयो । ‘हेर्नोस् न जवुाइसाँप, म त यसलाई सम्झाउँदा–सम्झाउँदा हार खाइसकेँ, कति सम्झाउँदा पनि नबुझ्ने । अब तपाईंले नै यसलाई सम्झाउनुपर्यो ।’ जुवाइँलाई आफ्नो अघि देख्नसाथ मेरी आमाले गुनासो पोख्नुभयो । त्यसपछि कैयन् दिनसम्म मेरो श्रीमान्को बिहेको विषयलाई लिएर हाम्रो घरमा आमा, मेरा श्रीमान् र मेरो बीचमा निकै चर्काचर्की परेको थियो । ‘यतिका वर्षसम्म मैले तिमीलाई बडो दिलदार नारी भनेर ठानेको थिएँ, तर तिमी पनि ईष्र्यालु र सङ्कुचित विचारधारा भएकी नारी पो रहिछ्यौ त… ! मैले दोस्रो विवाह गदैर्मा कनु चाहिँ भुँइचालो आउँछ र यसरी तर्सिएकी ? मैले बिहे गरे पनि तिम्रो अधिकार जस्ताको तस्तै सुरक्षित रहनेछ , ढुक्क भएर बसे हुन्छ ।’ आमाको कुरो सुनेपछि मेरो श्रीमान्ले मतिर हेर्दै ठट्यौली पारामा भन्नभयो । ‘पण्डितले दोस्रो विवाहको योग छ भनेको सुने देखि खुसीले तपाईँको त पखेटा पलाएको जस्तो छ । तपाईंहरू गर्नुहुन्छ होला यस्ता कुरामा विश्वास, म त गर्दिनँ ।’ मैले भनेकी थिएँ । त्यसपछि कैयन् दिनसम्म मेरो श्रीमान्को बिहेको विषयलाई लिएर हाम्रो घरमा आमा, मेरा श्रीमान् र मेरो बीचमा निकै चर्काचर्की परेको थियो । केही दिनपछि, मलाई मनाउनुलाई केही सीप नलागेपछि, मेरी आमाले आँसुको हतियार तेस्र्याएर अनसन बस्ने घोषणा गर्नुभयो । अन्त्यमा आमाको मन राख्नका लागि मात्र भए पनि मैले मेरो श्रीमान्को दोस्रो बिहेका निम्ति स्वीकृति दिएँ । मैले स्वीकृति दिनासाथ घरमा खुसियाली छायो । एकदिनको कुरो हो, म भान्साकोठामा बसेर तरकारीका लागि आलु काट्दै थिएँ, त्यत्तिकैमा मेरी साढे पाँच वर्षीया छोरीले मेरो छेउमा आएर मसँग सोधी, ‘मामु ! अब हाम्रो बुवाको बिहे हुन्छ अरे हो ?’ मलै छोरीतिर हेर्दै हाँस्दै ‘हो’ भने । मैले ‘हो’ भन्नासाथ छोरी खुसी भएर ताली बजाउँदै ‘हाम्रो बुवाको बिहे… ! हाम्रो बुवाको बिहे… !’ भन्दै बाहिरतिर दगुरी । मेरी आमाले फेरि पण्डितलाई घरमा डाक्न पठाउनुभयो । पण्डित आए । लगनका लागि साइत जुराए । अनि त्यही दिनदेखि मेरी आमाले बिहेमा चाहिने सर्जामको बन्दोबस्त गर्न लाग्नुभयो । तोकिएको मितिमा बिहानको करिब नौ बजेतिर हामीहरू एउटा जीप र पिकअप भ्यान लिएर विवाहस्थलतिर लाग्यौँ । प्रायः डेढ घन्टाजति यात्रा गरेपछि हामीहरू सबै विवाहस्थलमा पुग्यौँ । त्यहाँ पुगे र गाडीबाट ओर्लनासाथ हाम्रा एकजना निकटका पारिवारिक मित्र कमलकान्तले हामीलाई स्वागत गरेका थिए । ‘सब ठीकठाक छ त कमलकान्तजी ?’ उनलार्इ भेटनसाथ मेरो श्रीमानले प्रश्न गर्नुभयो । ‘सब ठीक छ । मासु, पुलाव, अचार, दही सब तयार भइसकेको छ ।’ कमलकान्तले उत्तर दिए । ‘ओहो ! वहाँको बिहेमा दुलहीको तफर्बाट तपाँइलेनै यत्रो भोजको आयाजेना गर्नुभएको?’ मैले कमलकान्ततिर हेरे र परिहास गर्दै भने । ‘होइन भाउजू, मेरो गाउँ मन्दिरदेखि नजिकै पर्छ त्यै भएर मैले यसो मद्दत मात्र गरेको हुँ, बाँकी बोको किन्ने आदि सारा खर्च त उहाँले अस्ति नै दिइसक्नभुएको थियो।’ कमलकान्तले मेरो श्रीमान्तिर इङ्गित गर्दै भने । ‘ए ! नयाँ दुलहीका निम्ति अहिलेदेखि नै यतिका खर्च गरेको ?’ मैले श्रीमान्तिर हरे र व्यङग्य हाँने । ‘किन नगर्नु त ?उनी तिमीजस्तो जबाफ लगाउने खालकी छैनिन्, मैले जे भनेँ पनि शिर निहुराएर सुनिरहन्छिन् । अब त तिमी मसगँ रिसाएको बेला म उसैसँग बसेर कुरा गरिरहनेछु ।’ मेरा श्रीमान्ले गम्भीर स्वरमा भन्नुभयो । ‘उस्स… !’ श्रीमान्को कुरो सुनेपछि मेरो मुखबाट आवाज निस्क्यो । बेहुलीलाई सिँगार्ने, उसलाई सारी–चोलो, माला, चुरा, टीका आदि लगाइदिने काम मेरी आमाले गर्नुभएको थियो । अझ भएन एउटा झिलमिल सितारा जडेको ओढ्ने ओढाउने काम पनि आमाबाटै भयो । त्यो सब काम गरिरहँदा आमा निकै उत्साहित देखिनुभएको थियो । म एकनाससित आमाको दुलहीलाई सिगाँर्दै गरेको दृश्य हेरिरहे । केही बेरपछि विवाहको कार्यक्रम सुरु भयो । पण्डितले वैदिक मन्त्र पढ्न थाले । आमाले कन्यादान गर्नुभयो । मेरो श्रीमान्ले दुलहीलाई सिन्दुर–पोते लगाइदिनुभयो । ‘ल… अब विवाह सम्पन्न भयो ।’ विवाहको विधि सिध्याएपछि पण्डितले भने। ‘अब भने म ढुक्क भएँ ।’ आमाले सन्तोषको सास फेर्दै भन्नु भयो । म हाँसे मात्र । ‘ए … त्यो त म गरिहाल्छु नि पण्डितजी, तपाँइले पीर गर्नै पर्दैन ।’ खानपान सिध्याएर फर्किने बेलासम्ममा साँझ पर्न लागेको थियो । हामीहरू घर फर्किनकोलागि जीपमा गएर बस्यौँ । अगाडि सिटमा ड्राइभर, आमा र सानो छोरो बसेका थिए भने पछिल्तिरको सिटमा मेरो श्रीमान, छोरी र म बस्यौँ । ‘पख्नोस् ! पख्नोस् ! एउटा कुरो त मैले भन्नै बिर्सिएको रहेछु ।’ जीप हिँड्न लाग्दा पण्डितले हतार हतार गरेर हामीतिर आउँदै भने। ‘के बिर्सनुभयो ?’ पण्डित नजिकै आएपछि मेरो श्रीमान्ले सोध्नुभयो । ‘ए… कुरो के भने …, तपाँइले एउटा कुरामा चाँहि ध्यान दिनुपर्छ । त्यो के भने कथकांल यो दुलही मरेको तपाँइले देख्नुभयो भने चाँहि तपाइले उसको सम्पूर्ण मृत्यु सस्ंकार आफैले गर्नुपर्ने हुन्छ । यसथर्, तपाँइ यतातिर… ।’ ‘ए … त्यो त म गरिहाल्छु नि पण्डितजी, तपाँइले पीर गर्नै पर्दैन ।’ पण्डितले भन्न खोजेको कुरो नसकिँदै उनको कुरोलाई बीचैमा काट्दै मेरा श्रीमान्ले भन्नुभयो । मैले श्रीमानतिर हेरेर ओठ लेब्य्राएँ । त्यसपछि, जीप गुड्न सुरु भयो । जीप गुड्दै गर्दा अनायासै मेरो दृष्टि मन्दिरको नजिकै रहेको त्यो निर्जन एकान्त स्थानमा पुग्यो जहाँ अनेकौँ बोटबुट्यानहरूको माझ दुलही बनाएर सजाइएको त्यो आँकको बोट ठिङ्ग उभिएको थियो । ************* #माया ठकुरी #मेरो श्रीमानको बिहे संसारका अद्भूत चित्रकला २: लियोनार्दो दा भिन्सी जीवनको एउटा मोडमा उभिएपछि लियोनार्दो दा भिन्सीले भनेका थिएः हे ईश्वर मलाई माफ गरिदेऊ । मलाई माफ गरिदेऊ कि मैले तिम्रो उत्तम सिर्जनालाई जति उम्दा स्वरूप दिन सक्नुपर्थ्यो, सकिनँ । भिन्सी एक चित्रकार, कलाकार मात्र थिएनन्, इन्जिनियर, वैज्ञानिक, दार्शनिक र संगीतकार पनि थिए । विविध विषयमा उनको वृहद ज्ञानको प्रशंसा अद्यापि हुने गरेको छ । यहाँ चर्चा गर्न लागेको सर्वकालीक महान् चित्रकलामध्येको एउटा हो । र, त्यो हो- मोना लिसाको चित्र । मोना लिसाको अर्थ माई लेडी । यो चित्र फ्रान्सको लुभ्र दरबारस्थित ग्यालरीमा बुलेट प्रुफ सिसाले बेरेर राखिएको छ । यो चित्रको सुन्दरताका कारण सदियौँदेखि यी महिला को हुन् भन्ने छलफल, वादविवाद चलिआएको छ । खासगरी चित्रमा देखिएको अनुहारको हाउभाव, खुला तर खुलिनसकेको मृदु मुस्कानका कारण यस चित्रलाई अमर बनाइदिएको विज्ञहरूको धारणा छ । यो चित्रको मूल विशेषता भन्नु नै तपाईंले जुन कोणबाट यो चित्रमा हेरे पनि तपाईंलाई नै हेरेजस्तो महसुस गराउनु हो । यो चित्रमार्फत् लियोनार्दो दा भिन्सीले मानिसको मनोवैज्ञानिक सम्बन्ध कायम गरेका छन् । यस्तो उम्दा प्रयोग यसअघि चित्रमा प्रयोग भएको थिएन । यो कति प्रभावशाली बन्न पुग्यो भने त्यसपछिका कयौँ चित्रकारहरूले यसलाई नक्कल गरिहाले । मोना लिसाको चित्र यति जीवन्त किन छ त ? विज्ञहरू भन्छन्, मोना लिसाको छालाको कमनीयता, भुक्क उठेका हात, चम्किला कपाल, आँखाको उज्यालोजस्ता कुरा चित्रमा त्यसै छिर्दैन । यसका लागि कलाकारिताको मिहिनता चाहिन्छ । मोना लिसाको बसाइ, उनको लवाइ, आनन्ददायी भावजस्ता कुराले उनको भाव प्रकट भने हुँदैन । जस्तो कि उनको भाव बुझ्न मुख, आँखा मात्रले पर्याप्त छैन । रोचक त के छ भने उनको ओठले बेग्लै भाव दर्शाउँछ, आँखाले भने हास्यको कुनै छनक पनि दिएको छैन । विज्ञहरू भन्छन्, मोना लिसाले जुन लुगा लगाएकी छन्, त्यो बेला बनाइएका अधिकांश मिथकीय पात्रहरूले लगाउने किसिमकै छ । धार्मिक वा ऐतिहासिक पात्रकै जस्तो छ, जसले एक किसिमको चाह अभिव्यक्त गर्ने गर्छ । तर यो चित्र त्यो बेला बनाइने मिथकीय पात्रहरू भेनस वा म्याडोना या अन्य दैवीय पात्रहरूजस्तो छैन । यसको अर्थ हो, मोना लिसामार्फत् लियोनार्दा दा भिन्सी त्यो बेलाका सबै मूल्यमान्यता तोड्न चाहन्थे र एउटी सामान्य स्त्रीलाई नै मिथक बनाउन चाहन्थे । उसो भए तपाईं लुभ्र जानु भयो भने यो चित्रमा के ख्याल गर्ने त ? विज्ञहरू भन्छन्, मोना लिसाको मुस्कान, उनको आँखा वा आई कन्ट्याक्ट, हातको पोस्चर, कपाल र निधार, पृष्ठभूमिमा रहेको पुल र नदी, उनले लगाएको कपडाको अवस्थितिजस्ता कुरालाई मिहिनतापूर्वक हेर्नुभयो भने तपाईंले दा भिन्सीको कलाको परख गर्नुभयो । अन्यथा, तपाईंले चित्र मात्र हेर्नुभयो, परख गर्नुभएन । #मोना लिसा #लियोनार्दो दा भिन्सी #संसारका अद्भूत चित्रकला नेपाली कविताको प्रादेशिक इतिहास लेखिँदै: नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली कविताको वृहद् इतिहास तयार पार्ने भएको छ । यसका लागि शुरूमा प्रादेशिक कविताको इतिहास तयार पारिनुपर्ने भएका कारण त्यसमा काम थालनी गरिएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने र त्यसका लागि मुख्य जिम्मेवारसमेत तोकिएको छ । प्रा. डा. हेमनाथ पाैड्याल विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको जनाए । पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नं. एकका लागि प्रा.डा. भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा.डा. यदुनाथ ढकाल, प्रदेश पाँचका लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगत्प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ । प्राज्ञ प्रा.डा. पौडेलले भने, “प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ ।” #नेपाल प्रज्ञा प्रतिष्ठान संसारका अद्भूत चित्रकला १: शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । आजबाट भने हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्ट वर्कहरूका बारेमा शृंखलाबद्ध रूपमा पस्कने जमर्को गरेका छौँ । विभिन्न पुस्तकहरूमा आधारित रहेर यो शृंखला हामीले शुरू गरेका छौँ । यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूलाई पस्किइने छ । पहिलो कला हामीले चीनको बेइजिङस्थित दरबार संग्रहालयमा राखिएको पुरानो चित्रका बारेमा यहाँ अवलोकन मात्र होइन, यसबारे सानो चर्चा पनि गर्नेछौँ । सिल्कको कपडामा चित्रांकित ‘चिङमिङ स्क्रल’मा १२ औँ शताब्दीको चीनको दैनिक जीवनको भव्य चित्र प्रस्तुत गरिएको छ । यो चित्रको नाउँ चिङमिङ किन राखियो होला भन्ने बारेमा विद्वानहरूको विभिन्न मत छ । केहीले भने त्यो बेला चीनमा मनाइने चिङमिङ जात्राका बेलाको चहलपहल उजागर गर्न यो नाम राखियो भन्छन् । किनभने सय दिने जाडो यामको अन्त्यपछि आफ्ना पितृलाई सम्झने चाडका रूपमा यसलाई लिइन्छ । यस चाडमा सर्वत्र रमाइलो वातावरण, सरसफाई र चहलपहलपूर्ण दैनिकी हुन्छ । तर यो चाड झल्काउन कागजी झकिझकाउका दृश्य नभएकाले महोत्सव झल्काउन यो चित्र बनाइएको होइन कि भन्ने आशंका गर्नेहरू पनि छन् । वैकल्पिक धारणा राख्नेहरूले भने चिङमिङको शाब्दिक अर्थलाई जोड दिन्छन् । चिङमिङको अर्थ उज्यालो-स्पष्ट या शान्तिपूर्ण र क्रमबद्ध भन्ने हुन्छ । शहरको भिडभाडपूर्ण ठाउँ भए पनि सबै शान्तिपूर्ण ढंगले क्रमबद्ध तरिकाले आफ्नै दैनिक जीवन गुजारिरहेको अर्थमा लिनेहरू पनि छन् । चित्रलाई ध्यानपूर्वक हेर्यो भने यसमा गरिब वा गरिबी भन्ने चिज देखिँदैन । सम्पन्नताको प्रतीकका रूपमा यो चित्रलाई लिन सकिन्छ । सबै किसिमका जातजातिका मानिसहरूको सम्मिश्रण यसमा देखिन्छ । पाँच मिटरभन्दा अलि बढी लम्बाई र साढे पच्चीस सेमी चौडाईको यो चित्र हेर्नका लागि पूरै हातभरि स्क्रोल खोल्नु पर्ने हुन्छ । पहिलेका चित्रहरू स्क्रोलमा बटारेर राखिन्थ्यो । यस चित्रलाई झाङ जुदुआनले बनाएका हुन् । उनका बारेमा भने उति धेरै जानकारी प्राप्त छैन । झाङले उत्तरी चीनको सङ राजवंशको शान्तिपूर्ण समयलाई इंगित गर्दै यो चित्र बनाएका हुन् । झाङले जीवनकालभरि कयौँ चित्र बनाएका भए पनि अन्य चित्रहरू अस्तित्वमा देखिएका छैनन् । उनको यही एक मात्र चित्र सुरक्षित रहेको देखिन्छ । चीनको हालको साङदोङ प्रान्तस्थित झुचेङमा जन्मिएका उनी चित्रकला अध्ययनका लागि त्यो बेलाको राजधानी बियानलियाङ पुगेका थिए । उनको कलाबाट मख्ख परेर त्यो बेलाका सम्राट हुइजोङले उनलाई दरबारको हानलिन एकेडेमीमा अध्यापन गराउने अवसर दिएका थिए । सम्राट हुइजोङले सन् ११०० देखि ११२६ सम्म शासन चलाएको इतिहासकारहरू बताउँछन् । हेर्नुहोस्, अद्भूत पेन्टिङः यी चित्रको भव्यतम स्वरूप अझ विस्तृत र भव्यतम दृश्यको स्वाद लिन तलको तस्बिरमा क्लिक गर्नुहोस्ः #संसारका अद्भूत चित्रकला फ्लोयडहरूका भूत र राजनीति: रेमिका थापा म जर्ज फ्लोयडहरूका लाश हुँ हाडखोर, खरानी, हंस, आत्मा र फ्लोयडहरूकै भूत प्रेत हुँ हेर्न चाह्यौ भने, तिम्रो सेता दरबारको अग्लो सिँढीमा लत्रेका फ्लोयडहरूका गर्दन हुँ तिम्रो धुरीमा चढ्दै गरेका राता प्लेकार्डहरू हुँ विचार गर्न चाह्यौ भने तिम्रा हरिया घाँसका समतल आँगनमा भेला भएका संसारकै सबभन्दा ठूला प्रश्नहरू हुँ तिम्रा चिम्नीबाट निस्कन लागेको संसारकै पिरा धुँवा हुँ म यस शताव्दीका सबभन्दा नमीठा अनुभव हुँ म इतिहासकै सबभन्दा तीता आँसु हुँ करूणा र त्रास हुँ, कुरुप त्रासदि हुँ तिमी डराएर पनि नडराए जस्तो स्वाङ पार्दैछौ भने छक्क परौला कि म चारतिर सल्कदै आउने आगोको दन्कदो ज्वाला हुँ तिम्रा करिडरमा उज्याइएका बन्दुकहरूका अघिल्तिर नडराई उभिने संसारकै बहादुर नारा र जुलुस हुँ, प्रतिवाद हुँ तिमी मलाई तिम्रा खिड्कीका कुनाबाट चिहाउँदैछौ भने तिम्रा दाह्राहरू, तोप र ट्याङ्कहरू मतिर फर्काएर आरामले बसेका छौ भने बुझिलेऊ, म संसारकै डरलाग्दो विस्फोटक हुँ अथवा तिमी मलाई हेर्नै चाहन्नौ भने पनि के गर्छौ र म त तिम्रै टेबलको फूलदानमा दबिएको गहनाउने सिनोहरू हुँ तिम्रै हिंसाका डामले डढेका र पोलेका घाउ र पिपहरू हुँ म त तिम्रो गोजीमा भएको रुमालबाट सर्दै आउने संक्रमणहरू हुँ तिम्रो बटनहोलमा सिउरेको रातो गुलाबमा चढिसकेको तरल जीवाणु हुँ तिमी तिम्रा कसाई औपचारिकताहरू थुकेर एकचोटि बाहिर निस्क र मसँग बात गर ! मात्र एकचोटि मसँग बात गर ! तर तिम्रा अफिसका मसिना कारिन्दाहरू भन्छन्, ठूला देशमा फ्लोयडहरूसँग यस्ता घटना अनगिन्ती भै नै रहन्छन् जसका रेकर्ड राखिएका हुँदैनन् तर हाम्रा लोकतन्त्र भने ल एन्ड अडरमा भने पक्का छ ! आज त ऊ पार्टीको वार्षिक उत्सवमा व्यस्त छ तर अपसोच फ्लोयडहरू पार्टीका कार्यकारी क्याडर हुँदैनन् भोलि आर्थिक व्यापारिक आणविक सम्झौताका डेलिगेसनहरू छन्, पर्सीदेखि लगातार सप्ताह दिनसम्म ऊ तेस्रो विश्वको भ्रमणमा हुनेछ, ती देशहरूका राजधानीमा आयोजित आन्तरिक उपनिवेशीकरण, किनारीकरण, शान्ति, सद्भावना, भाइचारा, अल्पसङ्ख्यक सुरक्षा मानव अधिकार र लोकतान्त्रिक मूल्य आदि विषयका सेमिनारहरूमा ‘की नोट स्पीच’ राख्नेछ, तर भनिएको छ, ती जम्मै विषयहरूमा फ्लोयडहरूका मुद्दा मेल खाँदैनन् एसियाका आधा दर्जन युनिवर्सिटीहरूमा नस्लभेद, रङभेद, इन्स्टिचुसनल माइन्डसेट र पुलिसी प्रक्रियाले उत्पन्न गरेका हिंसाका विरोधमा सम्पन्न प्रतिवाद सभामा प्रमुख अतिथिको सम्बोधन राख्नेछ चौथो मुलुकमा प्राकृतिक आपदा, गरिबी, भोखमरी र भ्रष्टाचारबारे बोल्दै राहत प्याकेजहरूको घोषणा गर्नेछ, तर भनिन्छ यी जम्मै विषयसँग पनि जर्ज फ्लोयडहरूका सन्दर्भ मेल खाँदैन बरू के सोमालिया आदि मसिना ठाउँमा पड्केका बन्दुक र बारुदका चित्कारले फ्लोयडहरूका स्वर ढाक्न मिल्दैन र ? बरू के एनकाउन्टर र अरू प्रोपोगान्डाका भूत्याहा आतङ्कले फ्लोयडहरूका भूत खेद्न सकिन्न र ?? तिम्रा अरू सिल्की कारिन्दाहरू थप्छन्, फर्केपछि, लोकतन्त्रका अरु कति काम छन् ? सीमा विवाद,सेना, युद्ध, हतियार, गोला, बम, परमाणु खेती आदि निरीक्षणको कार्यक्रममा व्यस्तै हुनेछ, इराक, लिबिया, अफगानिस्तान, सिरिया, नाइजेरिया इत्यादि अनि अरू तेस्रो र चौथो मुलुकका समस्याहरू त छँदै छन् ती जम्मै हुनु भनिएका कार्यक्रमका सूचीमा पनि फ्लोयडहरूका नाम लेखिएका छैनन् त्यसपछि त क्रिसमस, नयाँ साल, फार्म हाउस, रिफ्रेसमेन्ट पार्टी अनि लगत्तै आइपुग्छ चुनाउ ! यो राजनैतिक सिजन हो क्या, महाशय, के तपाईँहरू अर्को साल अफसिजन पारेर आउनोस्, हुन्न ? #जर्ज फ्लोइड #रेमिका थापा स्केचका बादशाह: पारिपारि हिमालहरूको हिमाल । जसको सौन्दर्य पिएर वारिवारि मातिरहेका पहाडहरू । अझै वारि डाँडाको फेदीमा बसेर सुँक्कसुँक्क रोइरहेको फेवाताल । जसलाई छोडेर हरसाँझ उसको प्रेमी अन्तकतै जान्छ तर हरबिहान आँखाबाट खसेको उसको आँसुलाई मायालु हातले पुछिदिन आउँछ । र, प्रेमिकासित छेवैमा लुगा फुकालेर सँगै नुहाउन थाल्छ । तर त्यो स्वार्थी प्रेमीलाई सधै नजिकबाट देखिरहेको छट्टु घाम पनि कम्ताको बदमास छ ? हतपत लुकाइदिन्छ उसका लुगाहरू । यसरी प्रेमिका फेवातालसित घामको साथ रहुन्जेल प्रेमी माछापुच्छ्रेलाई अँगालो मार्न बाध्य बनाइरहन्छ । माछापुच्छ्रे र फेवातालको प्रेमकथा नजिकैबाट देख्दादेख्दै हुर्केका कृष्ण जवानीमा कृष्णजस्तै भएछन् । एउटासित मोह-माया बसेर नपुग्ने । इच्छाहरूका गोपिनीहरू यिनका पनि कम अनौठो-अनौठो छ ? खासमा बसेको हो यिनलाई राधासित प्यार । जो यिनको आँखामा सानैदेखि चित्र भएर आएकी थिइन् । तर कृष्णको प्यासी मनले के मान्न सक्थ्यो, राधालाई छाडेर अरू-अरूसित प्रेम बस्दै गयो कृष्णको । यो सारंश कथा हो, पोखरा ८, बगालेटोलका कृष्ण मरासिनीको । चित्र यिनको सानैदेखिको शौख । तर चित्र कोर्न सिक्दासिक्दै बीचैमा छाडेर खेल्न थाले टेबुल टेनिस । जब टेनिस बललाई मोहम्मद अलिको मुक्का बनाएर दह्रो सर्ट प्रहार गर्थे उनले, विपक्षीलाई हत्तपत्त डिफेन्स गर्न गाह्रै पर्थ्यो । यसरी धेरै प्रतिस्पर्धीहरूलाई ढलाएर, कुनै बखत गण्डकी अंचलभरिकै टेनिसका एक्लो हिरो थिए कृष्ण । छत्तीसदेखि छयालीससम्म १० वर्ष उनी यसरी टेनिसमै समर्पित भए । जब बिस्तारै टेनिस-एडिक्टले छोड्दै गयो कृष्णलाई, हान्निए रंगमञ्चको स्टेजमा । दर्शकहरूको वाहवाही लुटे । अन्ठाउन्न/उन्साठीसम्म रंगमञ्चका कलाकार भएर अभिनय गरिरहे । यसैबीचमा फेरि अर्का नशाले छोयो यिनलाई, गए – गुरु मनोरञ्जन जोशीको गुरुकुलमा । (विरजू महाराजका शिष्य) पाँच वर्ष कत्थक नृत्य सिकेर, चौथो वर्षको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि फ्रेममा हालेर भित्तामा राख्न भ्याइहाले । फेरि यत्तिकैमा सबकुछ छोडेर, वन तालिम केन्द्रको अधिकृत भएर पाँच वर्ष बिताइदिए । ••• अठार सय भन्दा धेरै मुहार स्केच । अठार सय भन्दा धेरै चित्र स्केच गर्नु चानचुने कुरा होइन, त्यो पनि पछिल्लो ४/५ वर्ष भित्रमा । जसका लागि ठूलो तपस्या, अडिग इच्छाशक्ति, समयको लगानी र अर्गानिक इनर्जी नभई सम्भव छैन । तर कृष्णले रिटायर्ड लाइफमा स्केचको सगरमाथा बारम्बार आरोहण गरेर आफू भित्रको दक्षता देखाएका छन् । कीर्तिमान राखेका छन् । भविष्यमा जो कसैलाई उनको कीर्तिमान तोड्न फलामको चिउरा चपाउनुजस्तै हुनेछ । भ्याउँदासम्म उनी अचेल दैनिक एउटा न एउटा मुहारचित्र कोर्छन् । र, आफ्नो फेसबुक पेजमा “बसिबियाँलो” नाम दिएर चित्रहरू अपलोड गरिरहन्छन् । उनको स्केचमा देशका प्रसिद्ध साहित्यकारहरूदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूदेखि, प्रतिभावान्/उदीयमान प्रतिभाहरू स्केचमा सजिने सौभाग्य पाएका छन् । भन्छन्, “फेसबुकमा राखेका चित्रहरू नि:शुल्क हुन् । यो मेरो आफ्नो खुशीले बनाउँछु । कसैदेखि प्रभावित भएँ भने म उनको चित्र स्केच गरिहाल्छु । अर्डर गर्यो भने शुल्क लिन्छु । कहिलेकाहीँ नि:शुल्क त कहिलेकाहीँ न्यून शुल्क लिन्छु । मेरा सम्पत्ति तिनै चित्रहरू हुन् ।” पेन्सिल/चारकोललाई माध्यम बनाएर चित्र कोर्ने कृष्णले त्यसो त तैलरंग र जलरंगबाट पनि चित्र बनाउने प्रयास गरे । २०७२ सालमा प्रकृति र मुहारचित्र समावेशगरी दुई पटक पोखरामा एकल चित्र प्रदर्शनी गरिसकेका कृष्ण, त्यसपछि भने आफ्ना चित्रहरू पेन्सिलबाटै कोर्दै आइरहेका छन् । उनी आफूलाई पेन्सिल आर्ट नै सुट भएको बताउँछन् । अहिलेसम्म कसैसँग आर्टको प्रशिक्षण नलिएको बताउने कृष्ण मरासिनीले यद्यपि, आफ्नो आइडियल भने पोखराका वरिष्ठ चित्रकार गुरु यादवचन्द्र भुर्तेललाई मान्छन् । केही बुझ्नुछ भने उनीसँग सुझाव लिन्छन् । त्यसो त सामाजिक काममा पनि सक्रिय रहेका कृष्ण, सिध्दार्थ क्लबको पूर्व अध्यक्ष र हाल सल्लाहकार पनि हुन् । #कृष्ण मरासिनी #जीवित खड्का मगर औरहीमा मनु ब्राजाकीलाई खोज्न जाँदा: गोविन्द गिरी प्रेरणा कथाकार मनु ब्राजाकीसँग साह्रै नजिकको सम्बन्ध कहिल्यै भएन मेरो । अन्तरंग भएन । अर्थात् उनको जीवनको लेखकीय उर्वर समयमा उनी मदिरा प्रेममा लाग्दा हुँदा म उनको नजिक कहिल्यै भइनँ । तर उनको कथा छापिएको पत्रिका भेटेपछि, उनकै कथा पहिलो प्राथमिकतामा पर्दथ्यो पढ्नका लागि । उनको प्रख्यात कथा “तिम्री स्वास्नी र म” गरिमामा छापिएको थियो । त्यो कथा गरिमामा हिट भयो । साहित्यकारको जगतमा मात्र होइन पाठकहरूको जगतमा पनि उनी हिट भए । कथाको विषयवस्तु र उनको लेखन शैली, बनौट र छनौट त उनको नितान्त बेग्लै मनु ब्राजाकीमय थियो नै, शीर्षकले पनि उनले यो कथामा बाजी मारेका थिए । यो कथा मनु ब्राजाकीको पर्याय नै भइदियो । पछि साझाबाट यही शीर्षकमा कथा संग्रह प्रकाशित भयो र अत्यन्त छोटो समयको अन्तरालमा त्यो पुस्तक बक्यो । सम्भवत: साझा प्रकाशनको प्रकाशन इतिहासमै त्यति छिटो कथा संग्रह बिकेको यो पहिलो कृति थियो । उनी जनकपुरको औरहीमा बस्तथे । उनको लेखनको उत्सर्गतिर लाग्दासम्म उनको कथाको पुछारमा औरही, जनकपुर नै लेखिएको हुन्थ्यो । पञ्चायतको अबसानअघिको अन्तिमपल्ट मध्यमाञ्चलमा भएको राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको बेला थियो । यस्तो बेलामा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सवारी सिविरमा एक कवि गोष्ठी गर्ने परम्परा थियो । राजाको मुकाम हेटौंडामा थियो, मेरो गृह नगर । विजय मल्ल प्रतिष्ठानको सदस्य सचिव थिए । उनले भने, “गोविन्द सवारी शिविरमा हुने कवि गोष्ठीलाई सहयोग गर्ने हो ?” गोविन्द गिरी प्रेरणा मैले विजय मल्ललाई भनेँ, “के गर्नुपर्ने दाइ मैले ?” “यस्तोबेलामा स्थानीय कवि लेखकहरूलाई मौका दिनुपर्छ । आँगनमा आएका राजालाई कविता सुनाउने मौका उनीहरूलाई दिनुपर्छ । तिमी हेटौंडाको मान्छे । उतातिरका कविहरूलाई तिमी चिन्दछौ । अब उनीहरूको घरघरमा गएर निमन्त्रणा गर्ने । त्यसको लागि तिमीले मसँग गएर मलाई सहयोग गर्ने ।” विजय मल्लले भने । मैले हुन्छ भनेँ । यस्तो मजाको कुरामा मेरो रुचि नहुने कुरै थिएन । प्रज्ञा प्रतिष्ठानबाट मैले काम गर्ने त्रिभुवन विश्वविद्यालयमा मलाई एक हप्ताको काजमा झिकाउन विजय मल्लले चिट्ठी लेखिदिए र त्यही चिट्ठीको आधारमा त्रिभुवन विश्वविद्यालयबाट बेतलबी काज स्वीकृत भयो । अनि प्रज्ञा प्रतिष्ठानको गाडीमा विजय मल्लको साथमा म कवि, लेखक खोज्न साथ लागेँ । मैले कवि लेखकहरूको जाने-बुझेसम्मका, नाम चलेका र स्थानLय कविहरूको सूची बनाएको थिएँ । त्यसमा निर्विवाद रूपले मनु ब्राजाकीको नाम थियो र मलाई थाहा भएको ठेगाना औरही थियो । तर औरहीमा के, कता, कहाँ भन्ने चाहिँ थाहा थिएन । औरही कत्रो नै होला र त्यस्तो चर्चित लेखकलाई नचिन्ने को होला ? भन्ने मेरा स्वाभाविक अनुमान थियो । हामी जनकपुर रवाना भयौँ । अनि औरही पुगेर पूरै चक्कर लगाएर घरघरमा सोध्दै हिँड्दा पनि मनु ब्राजाकीलाई चिन्छु भन्ने कोही फेला परेन । मलाई बडो बेमज्जा लाग्यो । त्यस्तो नामी मान्छेलाई आफ्नो ठाउँमा कसैले चिन्दैनन् ? वास्तवमा मनु ब्राजाकी उनको साहित्यिक नाम थियो । उनको खास नाम त अर्कै । अनि गाउँका ती अर्ध साक्षर अनि निरक्षरहरूलाई मनु ब्राजाकी कुन चरीको नाम हो ? कसरी थाहा होस् । अनि मनु ब्राजाकीलाई नभेटिएपछि निराश हुँदै हामी जनकपुरमा लीला सिं कर्माकहाँ पुग्यौँ र त्यहाँबाट वीरगञ्ज फर्कियौँ, साँझ । राजाको सवारी शिविरमा कविता वाचनका लागि मनु ब्राजाकीलाई ल्याउन सकिएन । यद्यपि पछिसम्म पनि हामीले उनको खोज, खबर गर्न भने चुकेनौँ । त्यसपछि भेट हुँदा उनलाई मैले यो कुरा बताएँ । मेरो कुरा सुनेर उनी हाँसे मात्र । उनले त्यसमा खासै रुचि वा चासो देखाएनन् । उनको स्वभाव नै त्यस्तै थियो । आनन्दी । मनमौजी । निर्धक्क । कहिल्यै ढिलो नहुने । कहिल्यै केही नबित्ने । पछि पनि काठमाडौँमा बेला बेलामा भेट हुन्थ्यो, आकस्मिक् । उनी मगनमस्त नै हुन्थे । र ढिलो बोल्ने र कहिल्यै हतार नभएको जस्तो लाग्थ्यो मलाई । भेटेपछि यसो लगाउँ भनिहाल्थे । उनको प्रिय घरेलु मार्का नै हुन्थ्यो । तर म छक्क पर्छु, मैले किन कहिल्यै उनलाई त्यसमा साथ दिइनँ, जबकि म त्योबाट अछुत पनि त थिइनँ । मलाई पनि प्रिय लाग्थ्यो, मनु ब्राजाकीजस्तो पारखी नभए पनि । उनले कथाका अतिरिक्त गजल लेखे । साझा प्रकाशनबाट गजल सङ्ग्रह पनि निस्कियो । गजलमा उनको पकड राम्रो थियो । उनले गजल बुझेका थिए, गजलको विधागत संरचना बुझेर नै उनले गजल लेखेका थिए, लहडमा होइन । नेपाली साहित्यमा पछिल्लो चरणमा गजल स्थापित गराउनमा उनको पनि ठूलो योगदान छ, मरिमेटेर गजलमा तपस्या नै गरेर लाग्ने ज्ञानुवाकर पौडेलपछि । आख्यानको एक हाँगा कथामा उच्चतम स्थान बनाए पनि आख्यानको अर्को रूप उपन्यासमा मनु जम्न सकेनन् । भनौँ उनले कुनै उपन्यास नै पूरा गर्न सकेनन् । उनले थालेको उपन्यासको अंश पत्रिकामा प्रकाशित भयो, अधूरो टुक्रा । तर पाठकहरूले त्यसलाई चासो दिएको नपाएर हुनसक्छ वा उपन्यास पूरा गर्ने धैर्य नभएर हुनसक्छ, उनको उपन्यास लेखनको यात्रा अधूरोमै बिसौनीमा पुग्यो । उनी छोरीको निम्तोमा अमेरिका पुगे, सपत्नी । अमेरिकामै उनलाई घातक मष्तिष्कघात भयो । उपचार राम्रो भयो । उनले पुनर्जीवन पाए । आफ्नो पिताको सेवा गर्न पाएर छोरीलाई पनि ठूलो सन्तोष मिलेको हुनुपर्छ । अझ छोरी ज्वाइँले उनलाई अमेरिकामा नै बस्ने बन्दोवस्त मिलाइदिए । उनको स्वास्थ्य राम्रो भयो । तर उनलाई विस्मृतिले दु:ख दियो । उनी लामो लेख्न नसक्ने भए । भानु जयन्ती मनाउन कोलोराडो जाँदा उनीसँग मेरो भेट भयो निकै लामो समयको अन्तरालपछि, बढो खुसी भयौँ हामी दुवै । उनी कार्यक्रममा सम्मानित अतिथि थिए । लेखन के कसो छ ? एकअर्कालाई सोध्नु त सामान्य भयो । उनले त्यसबेला भनेका थिए, “गोविन्दजी ! म त कथा पनि लेख्न सक्दिनँ । लेख्दै जाँदा बिर्सन्छु । सानो रचना मात्र लेख्न सक्छु । लघुकथा, गजल जस्तो ।“ भयो त अब । यौटा लेखकको लागि योभन्दा ठूलो सजाय के हुन्थ्यो ! तर यसको विकल्प थिएन । उनले सो समारोहमा अति छोटो मन्तव्य व्यक्त गरेका थिए त्यो पनि लिखित रूपमा । त्यो उनले कसैलाई डिक्टेट गराएका थिए, तर पुछारमा हस्ताक्षर भने उनको थियो । त्यो मन्तव्य लेखिएको पाना मैले मागेँ, उनले दिए । सरक्क मैले लिएँ र त्यसलाई जतन गरी कोलोराडोबाट भर्जिनिया ल्याएर आफ्नो नीजि पुस्तकालयमा सुरक्षित राखेँ । उनको यौटा डायस्पोरा साहित्यको विषयमा निकै विचारोत्तजक लेख छापियो । त्यसले नेपाली साहित्यमा तरंग नै ल्याइदियो । त्यस किसिमको लेख लेख्ने त्यसअघि कसैले आँट वा जमर्को गरेका थिएनन् । अन्ततः मनु अमेरिकाबाट नेपाल फर्किए र नेपालमै बस्ने सुनियो । अमेरिकामा बस्दा खानपानमा पथ परहेज हुन्थ्यो नै । उपचार पनि राम्रो हुन्थ्यो । तर बिना इलमको अमेरिका बसाई कष्टप्रद होइन, सजाय नै हो एकप्रकारले । सायद यिनै कारणले वा किन हो उनी नेपाल गए अमेरिका नफर्कने गरी । नेपाल गएपछि साहित्यकार साथीभाइको माया पाउनु त स्वाभाविक थियो नै । उनका पुस्तकहरू पुनर्मुद्रण हुन सुरू भयो । उनका रचनाहरू सम्पादन भएर बजारमा देखा पर्न थाले । किशोर पहाडीले उनका कथाहरूको सम्पादन गरे र त्यो प्रकाशित भयो । बगर फाउण्डेसनका तर्फबाट सर्वश्रेष्ट पाण्डुलिपि पुरस्कार भविष्य यात्रा कथा संग्रहका लागि प्राप्त गरिसकेका उनी त्यसका सञ्चालक तथा बगर साहित्यिक पत्रिकाका सम्पादक नकुल सिलवाल उनलाई उच्च सम्मान गर्दथे । उनको विषयमा बगरको विशेषांक निकाल्न सामाग्री संकलन गर्दै थिए । केही सामाग्री संकलन पनि भइसकेको थियो । तर त्यसैबीच उनले मृत्युलाई आफैँले रोजे र त्यो उनको योजना अधूरै रह्यो । काठमाडौँमा मनुलाई मष्तिष्कघात भएको खबर मैले शब्दपथबाट थाहा पाएँ । स्वभावत दुःख लाग्यो । उनको स्वास्थमा सुधार आएको खबर आएको थियो । विभिन्न खबर आइरहे । र अन्तमा अन्तिम खबर आयो, जीवन अन्तको । मनमौजी मनु ब्राजाकी अब सम्झनामा छन् । कथाका पानामा छन् । गजलका हरफमा छन् । अब औरहीमा खोज्न जाँदा भेटिने छैनन् । फल्सचर्च, भर्जिनिया, अमेरिका । #साहित्य निर्माता पोस्टरकविता- शृङ्खला ३: (रवि रोदनले सुरु गर्नुभएको यस अभियानमा साहित्यपोस्टले सहकार्य गर्दै आइरहेको छ । यहाँ विभिन्न कविका छोटा आकारका कविता पोस्ट हुने गर्दछन् र कवितामाथि चित्रको सयोगार्थ समाजलाई कविता पढ्न उत्प्रेरित गराउने कवि रोदनको चाहाना रहेको छ । पोस्टरकवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ ।- काव्य सम्पादक) प्रस्तुत छ तेस्रो शृङ्खलाका पोस्टरकविताहरू: १. २. ३. ४. ५. दार्जेलिङमा जन्मिएका राजु हिमांशु नेपाली कविताको फाँट एक चर्चित नाम हो । साहित्यमा राजु हिमांशु लेखे पनि उनको नाम राजु प्रधान हिमांशु हो । उनका धेरै कविता सङ्ग्रह र नाटक सङ्ग्रह प्रकाशित भएका छन् । ६. ७. धनकुटामा जन्मिएका सुमन राई कविता लेखिरहन्छिन् । अनलाइन पत्रिकातिर उनका कविताहरू धेरै छापिएका छन् । ८. अर्घाखाँचीमा जन्मेको शुभाष चन्द्र पोख्रेल हाल काठमाडौँमा बस्छन् । नेपाली स्नाकोत्तर गरेका उनले कविता लेख्छन् । उनको हालसम्म कुनै कृति प्रकाशित भएको छैन् । ९. भारतको सिक्किममा जन्मिएका पुरन कुमार भण्डारी पेशाले कृषक हुन् । विगत सात वर्षबाट लेखनमा सक्रिय भएका पुरनको मेरो खुसी नामको गीत सङ्ग्रह समेत प्रकाशित छ । १०. पानी कविताबाट कविता यात्रा सुरु गरेकी समा श्री हाल काठमाडौँ बस्छिन् । वंशलोचन र अल्पविराम उनका प्रकाशित कृतिहरू हुन् । #शृङ्खला पोस्टर क्रान्तिकारी महिला बन्न के पढ्ने ?: तपाईं महिला हो ? संसार बदल्न मन छ ? तर संसार बदल्नुभन्दा पहिला त आफैँ बद्लिनु पर्छ, आफ्नो सोच बदल्नु पर्छ । सोच बदल्नका लागि उसो भए यो बेला के पढ्ने त ? बेलायतबाट प्रकाशन हुने कस्मोपलिटन म्यागेजिन ले सेप्टेम्बर अंक (जुन अगस्त १ मा नै बजारमा आइसकेको छ) ‘क्रान्तिकारी पठन’ शीर्षकमा एउटा आलेख प्रकाशन गरेको छ । जसमा अहिलेका युवा महिलाले पढ्न शुरू गर्न सकिने केही पुस्तकको सूची प्रकाशन गरेको छ । क्रान्तिकारी महिलाको पहिचान बनाउन वा विचार निर्माणमा भूमिका खेल्ने उसो भए के पढ्ने त ? सूची तल हेर्नुहोस्ः लिली कोलको ‘हु केयर्स विन्स’ लिली कोल एक समयकी सुपर मोडल हुन् । उनी मोडलिङबाट सिनेमा उद्योगमा समेत प्रवेश गरिन् र एउटा नाम बनाइन् । उनको बहुचर्चित सिनेमा सेन्ट ट्रिनिअन्स हो । जब सिनेमा खेल्न कम हुन थाल्यो, उनले आफ्नो बाँकीको जीवन अर्थपूर्ण बनाउनुपर्छ भन्ने लाग्यो र यतिबेला उनलाई जलवायु परिवर्तन अभियन्ताका रूपमा चिनिइन्छ । उनले यस पुस्तकमार्फत मान्छे जस्तो सुकै बेलामा पनि आशावादी हुनुपर्ने धारणा राखेकी छन् । वातावरणका पक्षमा रत्तिभर पनि गम्भीर नहुने मानिस देख्दा कोललाई दिक्क लाग्छ । उनले पुस्तकमा आफू मोडलिङ क्षेत्रमा आएको बेलाका अनुभव, आफ्नो निजी आनन्दका लागि मानिसले जनावरका रौँबाट उत्पादन हुने पहिरनप्रतिको आशक्तिले निम्त्याएको जनावरपीडा लगायतका विषयमा कटु आलोचना गरेकी छन् । उनी भन्छिन्ः संसार बदल्न केही गर्नु पर्दैन, अहिले हामीले जे-जस्ता भौतिक सुखका लागि मरिहत्ते गरिरहेका छौँ, त्यस्तो आशक्ति छाडेर आफूलाई नभई नहुने कुरामा मात्र ध्यान दिन सक्छौँ । अथवा, तपाईंले आँखाले देखेका हरेक राम्रा चिज किन्ने भन्दा पनि साँच्चिकै माया गर्ने चिज किनिदिनुभयो भने तपाईंले यो संसारलाई कृपा गरिरहनु भएको हुन्छ । हरेक सचेत व्यक्तिले त्यति मात्र गरिदियौँ भने पनि संसार बद्लिन्छ । तपाईंको दुई वटा शब्द यस वा नोले धेरै कुरा फरक पारिदिन्छ । जेन फोन्डाको ह्वाट क्यान आई डु ? हलिउडकी प्रख्यात अभिनेत्री जेन फोन्डालाई एउटी सुन्दर हिरोनीका रूपमा मात्र लिनुभयो भने गल्ती गरिरहनु भएको हुनसक्छ । जेन फोन्डा पनि बिग्रँदो वातावरण प्रति साह्रै चिन्तित छिन् । धुँवा, धुलो, विलुप्त हुँदै गरेका कयौँ जनावरहरूको प्रेमले उनी चिन्तित छिन् । यति चिन्तित छिन् कि उनी भन्छिन्, शक्तिशाली मानिसहरूले सारा बेथिति रोक्नका लागि एक्सनमा जान ढिला भइसक्यो । उनले यस पुस्तकमा आफू चर्चित हिरोइन भइसकेपछिका निरसिला दिनहरूमा कसरी जलवायु परिवर्तनबारे सोच्न थालिन् र अभियन्ताका रूपमा उदाइन् भन्नेबारे लेखेकी छन् । उनले जलवायु परिवर्तनका असर र त्यसलाई रोक्नेबारे केही सुझाव सल्लाह पनि दिएकी मात्र छैनन्, आफूसँग जोडिन हरेक पाठकलाई आग्रहसमेत गरेकी छन् । उनी भन्छिन्ः ‘सडकमा निस्कने र नारा लगाउने कुरामा बानी पार्नुस् । सरकारलाई हत्तु बनाउन तपाईं सडकमा निस्कनै पर्छ । कहिलेकाहीँ बन्द र ठप्प पारिदिनै पर्छ किनभने सरकारहरू बैरा हुन्छन् । तिनले सानो स्वर सुन्नै चाहदैनन् । यसो गर्दा तपाईं विद्रोही हुनुहुन्न । विद्रोही त तपाईं त्यो बेला भइरहनु भएको हुन्छ, जब तपाईं बिनाकाम घरैमा बसिरहनु हुन्छ, केही सोच्नु हुन्न र आफैँलाई हानि पुर्याइरहनु भएको हुन्छ ।’ एलिफ सफाकको हाउ टु स्टे सेन इन एज अफ डिभिजन बुकर पुरस्कारको नामांकनमा परेकी लेखिका सफाक उपन्यास लेखेर सर्वसाधारणलाई मनोरञ्जन मात्र दिलाउँदिनन् । उनी त एउटा सचेत लेखिका भएका कारण बेलाबेलामा अभियानसमेत सञ्चालन गरिरहेकी हुन्छिन् । टर्कीकी प्रख्यात लेखिका सफाकले त्यहाँको सरकारलाई बेलाबेलामा हैरान बनाउँछिन्, अभियानमार्फत् । कहिले वाक् स्वतन्त्रताबारे सरकारसँग झुत्ती खेलिरहेकी हुन्छिन् त कहिले कोही अन्यायमा परेकालाई बोलेर, कानुनी रूपमा लड्न खोजेर सघाइरहेकी हुन्छिन् । यो किताब हेर्दा निकै सानो छ । पकेट साइजको यो किताबमा जे जस्ता कुरा लेखिका सफाकले अभिव्यक्त गरेकी छन्, प्रत्येक वाक्यमा मुक्का हाने बराबरको सशक्त अभिव्यक्ति पस्किएकी छन् । अस्तव्यस्त यो संसारमा केही काम पनि ठीकसँग भइरहेको छैन भनेर तपाईं दिक्क, निराश र आत्तिनु भएको छ भने यो किताबले तपाईंलाई भविष्यप्रति आशावादी हुने ठाउँ दिएको छ । उनी भन्छिन्ः तपाईंभित्रको निराशालाई अँगाल्नुस्, त्यसलाई स्वीकार गर्नुस् । हामी आफैँलाई गाली गरेर, कुण्ठित भएर बाँच्न सक्दैनौँ । सधैँ खुसी मात्र खोजेर पनि हुँदैन । हामी जे हौँ, जस्ता छौँ त्यसलाई स्वीकार गरेर, योभन्दा राम्रो हुने र गर्ने संकल्पका साथ अघि बढ्नु पर्छ तर अहिल्यै तुरून्तै त्यो चाहियो भनेर अड्डी नकस्नुस् । आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयासलाई जारी राख्नुस् । यति बुझिसकेपछि अब तपाईंलाई अन्य थप चार वटा पुस्तकका बारेमा बताउनै पर्छ । ती पुस्तकले पनि तपाईंलाई आशावादी बनाउन भूमिका खेल्न सक्छन् । काजल ओडेड्राको डु समथिङ एक्टिभज्म फर एभ्रिवन बेलायतस्थित चेन्ज डट ओर्गकी निर्देशक काजलले कसरी साना साना कुराहरूबाट संसार परिवर्तन भइरहेको छ भनेर उदाहरण दिँदै तपाईंले पनि त्यो भूमिका कसरी खेल्न सक्नुहुन्छ भन्नेबारे खुलाएकी छन् । इब्राम एक्स केन्डीको हाउ टु बि एन एन्टिरेसिस्ट तपाईं जातिवादी हुनुहुन्न भने राम्रो कुरा हो तर कुरा त्यतिमै मात्र अड्किनु हुन्न । तपाईं जातिवादीविरोधीका रूपमा देखिनु पर्छ । हरेक ठाउँमा भएका अन्यायका बारेमा मुख खोल्नुपर्छ । सशक्त रूपमा एनटिरेसिस्ट अर्थात् छुवाछुतबारे कडा रूपमा प्रस्तुत हुनै पर्छ । यो पुस्तकले कसरी छुवाछुत र अन्यायका बारेमा खुलेर अघि बढ्न सकिन्छ भन्नेबारे मज्जाले बताउँछ । ग्रेटा थनबर्गको नो वन इज टू स्मल टु मेक अ डिफरेन्स किशोरावस्था नै जलवायु समस्यामा केन्द्रित रहेर अभियान सञ्चालन गरेकी ग्रेटा थनबर्ग अहिलेको किशोर पुस्ताकी सबैभन्दा चर्चित व्यक्ति हुन् । एक पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई खाने खेल्ने उमेरमा चिल गर्न छाडेर के उफ्रिरहेकी ? रमाइलो गर भनेका थिए । उनले त्यो कुरा अस्वीकार गर्दै जवाफमा भनेकी थिइन्, ‘तपाईंहरूले जहिल्यै चिल गरेर हामीलाई अप्ठेरो वातावरण र जलवायु परिवर्तनको खतरनाक मोडमा ल्याइदिनु भएको छ । हामी चिल हुनै सक्तैनौँ ।’ रेनी एडो-लजको ह्वाई आम् नो लङ्गर टकिङ टु ह्वाइट पिपुल रेनीको यो बेवाक पुस्तकले तपाईंलाई भित्रैसम्म हल्लाइदिन्छ । कसरी छुवाछुट र विभेद संरचनागत रूपमा भित्रसम्म फैलिएको छ भन्ने खुलासा उनले यस पुस्तकमार्फत गरेकी छन् । मंगलका फोटोसँग पाटन यात्रा: मंगल पाटनलाई खुला संग्राहलय मान्छन् । त्यो पनि यस्तो संग्राहलय जहाँ, हरेक दिशामा हेर्दा फोटो खिच्नै पर्ने दृष्य देखिन्छन् । एक दिन समय निकालेर पाटनका गल्लिहरु घुम्ने हो भने पाटन अरु संसार भन्दा धेरै कुरामा फरक छ भन्ने मान्न न कुनै सिद्धान्त थाहा पाउँनु पर्छ, न अर्को कुनै तर्क गर्नु पर्छ । पाटनमा जे छ, त्यो अन्त कतै छैन । यो देख्नका लागि पाटनलाई छुट्टाछुट्टै हेरेर भने सम्भव हुदैन । सिंगो पाटनलाई एकाकार गराउँनु पर्छ । यहाँ मंगलका केहि फोटोहरु राखेका छौँ । जुन चाडपर्व विशेष भन्दा पनि दैनिक जीवनका फोटोहरु छन् । उनका थप फोटोहरु फेसबुक पेजमा पनि हेर्न सकिन्छ । पत्रकार अधिकारीको कवितासंग्रह सार्वजनिक: m साहित्यपोस्ट पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कवितासंग्रह ‘‘बुढो गौंडा र इष्टेनीहरु’ सनिबार सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिकरण गरेका हुन् । m पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात् गौडालाई उजागर गरेको बताए । ‘धनकुटाको सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उनको भनाइ थियो, ‘यस कवितासंग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’ पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले कवितासंग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए । उनले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गरे । उनले धनकुटामा मात्र बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रुपमा रहेको गौंडालाई बिम्बको रुपमा कवितामा पस्किएको बताए । m कार्यक्रममा साहित्यकार तथा प्रकाशक संस्था पूूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गरे । ‘‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशाशनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनःस्मरण गराउनमात्रै चाहेको बताउए । कार्यक्रममा उनले शीर्ष कविता वाचन गरेका थियो । कार्यक्रममा धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिलाहरु मौलिक भेषभुषामा उपस्थिति थिए । आठपहरिया समुदायका महिलालाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् । कान्तिपुर दैनिकका धनकुटा उपसम्पादक रहनुभएका अधिकारीले चार वर्षअगाडि गीतीसंग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गरेका थिए । पुस्तक प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो । #रमेशचन्द्र अधिकारी छैटौँ सम्मेलनमा बेलायती अनुभव: प्रकाश पौडेल ‘माइला’ संसार एकाइसौँ शताब्दीमा प्रवेश गर्ने पूर्वसन्ध्यामा अमेरिकाका केही प्रसिद्ध व्यावसायिक संस्थाहरू मिलेर विश्वभरि सर्वेक्षण गरेका रहेछन् । उक्त सर्वेक्षणको उद्देश्य संसारका ६ अर्ब मानिसहरूले सबैभन्दा बढी सुनेका देशहरू कुन-कुन हुन् ? मानिसहरू सबैभन्दा बढी कुन-कुन ठाउँ जान चाहन्छन् ? संसारमा मानिसले सबैभन्दा बढी सुनेका जीवित शासकहरू को-को हुन् ? आदि । अमेरिका विश्वको शक्तिशाली मुलुक भएका कारण विश्वभरिका मानिसले कुनै न कुनै रूपमा अमेरिका र अमेरिकी ठाउँहरूको नाम लिइदिऊन् भन्ने यो सर्वेक्षणको भित्री उद्देश्य हुनुपर्छ । नत्र अर्बौँ रुपैयाँ लगाएर यति ठूलो सर्वे किन गरिन्थ्यो होला र ? प्रकाश पौडेल ‘माइला’ तर सर्वेक्षण उनीहरूको सोच र अनुमानभन्दा विपरीत आयो । नतिजामा अमेरिका अघि देखिएन । विश्वका मानिसलाई सबैभन्दा बढी चासो बेलायतप्रति भएको अध्ययनले देखायो । उनीहरूले सबैभन्दा बढी सुनेको सहर लन्डन थियो र सबैभन्दा बढी चासो बेलायतको बकिंहम प्यालेस र महारानी भिक्टोरियाको थियो । धेरै मानिसले हेर्न चाहेको ठाउँ चाहिँ थेम्स नदीमा रहेको लन्डन व्रिज रहेछ । विश्व इतिहासका बारेमा जानकारी राख्ने जो कसैका लागि पनि यो सर्वेक्षणले दिएको नतिजा अनौठो थिएन । तर केही अमेरिकीहरूले यो सर्वेक्षणको नतिजा आएपछि आश्चर्य मानेको कुरा कहीँकतै पढेको थिएँ । दोस्रो विश्वयुद्ध अघिसम्म बेलायत विश्वको शक्तिशाली मुलुक थियो । कहिल्यै घाम नअस्ताउने मुलुकका रूपमा बेलायतलाई लिइन्थ्यो । हुन पनि भारतदेखि अफ्रिकासम्मका देशमा उसले बेलायतमा बसेर शासन गर्ने सामर्थ राख्दथ्यो । अधिकांश देशका नागरिकले आफ्नो स्कूलदेखि नै कुनै न कुनै रूपमा बेलायतका विषयमा पढ्नै पर्छ । आज पनि क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डले मान्ने राजसंस्था बकिंहम प्यालेस नै हो । आज पनि ती देशकी राष्ट्राध्यक्ष महारानी एलिजावेथ द्वितीया नै हुन् । त्यसबाहेक पछिल्लो समयमा बेलायतबाट स्वतन्त्र भएका मुलुकहरू जमैका, फारवाडोस जस्ता दर्जनौँ अफ्रिकी मुलुकहरूको पाठ्यक्रम बेलायतीले बनाएका हुन्, जहाँ बेलायतको इतिहास अनिवार्य पढाइ हुन्छ । भारतमा पनि केही वर्षअघिसम्म बेलायती इतिहास अनिवार्य पढ्नु पर्दथ्यो । यी कारणले बेलायतको दरबार, त्यहाँकी महारानी, थेम्स नदी र त्यसमाथि बनेको पुलको तस्बिरप्रति विश्वका ठूलो समुदायप्रति चासो जाग्नु स्वाभाविक नै हो । स्वाभाविक रूपमा हामी नेपालीहरूले पनि बेलायतबारे धेरैअघिदेखि सुन्दै र पढ्दै आएका हौँ । नेपालको प्रशासनको केन्द्र सिंहदरबार बेलायती इन्जिनियरहरूले आफ्नो डिजाइनमा बनाएका हुन् । घण्टाघर र धेरै राणाकालीन दरबारमा बेलायती शैलीमा बनेको छ । उदघाटन शत्र सन्चालन गर्दै महासचिव गणेश घिमिरे नियात्रा साहित्यको कुरा गर्दा ‘जंगबहादुरको बेलायत यात्रा’ नामक पुस्तकको नाम नलिई यो विधाको प्रारम्भ नै हुँदैन । यो विधाले उत्कर्ष हाँसिल गरेको पुस्तक पनि डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ नै हो । नियात्रा विधामा मदन पुरस्कार पाउने यो हालसम्मको एकमात्र पूर्ण कृति हो । त्यसयता बेलायतका विषयमा यति धेरै पुस्तक र लेखहरू लेखिए, त्यसको कुनै गणना छैन । बेलायत जो पुगे, केही न केही लेखे । यही छिमलमा २०१९ को अगस्ट् पहिलो साता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा संस्थाको वरिष्ठ उपाध्यक्षको नाताले पुगेको थिएँ । सर्जक हुनु र बेलायत पुग्नु अनि केही नलेख्नु कसरी सम्भव हुन सक्ला ? बारम्बार लेखिरहने बेलायतमाथि लेख्नुपर्ने नयाँ कुरा केही छैन भन्ने लाग्छ । तर बेलायत पुगेकाहरूलाई थाहा छ, यहाँको आकर्षणले हरेकलाई यसरी तान्छ, नलेखी रहनै सकिँदैन । विदेशमा बसेर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैँमा दुस्साहसपूर्ण काम हो । तर अनेसासभित्र यस्ता दुस्साहसी साथीहरू प्रसस्त छन् । यही कारण, हरेक वर्ष आफ्नो कर्मथलोमा दर्जनौँ साहित्यकार बोलाएर कार्यक्रम गर्ने होड चल्छ । सायद यही कारण सन् २००९ सालदेखि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने परम्पराको अभिभारा सन् २०११ मा बेलायतले दोस्रो सम्मेलन गरेर पूरा गरेको थियो । त्यसपछि फेरि अमेरिका, जापान, अस्ट्रेलिया हुँदै आठ वर्षपछि पुनः बेलायतले छैटौँ सम्मेलन गर्ने हिम्मत जुटायो । हिम्मत शब्दको प्रयोग यहाँ त्यसै गरिएको होइन, किनभने अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन गर्न चानचुने आँटले पुग्दैन । छैटौँ सम्मेलनको नेतृत्व अनेसासका बेलायत च्याप्टर अध्यक्ष सुमलकुमार गुरुङले गर्नुभएको थियो । जसलाई सफल पार्न बेलायतका दर्जनौँ साहित्यकारहरूले हास्टेमा हैसे गर्नुभएको थियो । युके सम्मेलन सुमल दाइको नेतृत्वमा हुने कुराले यो भव्य र सभ्य हुन्छ भन्ने कुराको अनुमान मैले पहिल्यै गरिसकेको थिएँ । बेलायती गोर्खा सैनिकका रूपमा काम गर्नुभएका उहाँ लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यस्ता कार्यक्रममा अनुशासन, व्यवस्थापन र आर्थिक पाटो सबैमा उत्तिकै ध्यान दिनुपर्ने भएकाले पनि फराकिलो छाती र कार्यक्रमहरूको अनुभव भएका व्यक्तिको आवश्यकता पर्छ । सुमल दाइसँग मेरो पहिलो भेट सन् २०१५ मा जापानमा भएको थियो । उहाँ चौथो सम्मेलनको क्रममा जापान आउँदा मैले चौथो सम्मेलनको संयोजकको रूपमा केही दिन संगत गर्ने मौका पाएको थिएँ । उहाँसँग घुमफिर गर्दा र केही कार्यक्रममा सँगै रहँदा साहित्यप्रति उहाँको रुचि र उहाँको पाको अनुभवको छनक मैले पाइसकेको थिएँ । डायस्पोरामा झण्डै पाँच दशक बिताइसकेको कुरा थाहा पाउँदा म उतिबेलै झस्केको थिएँ । लण्डनस्थित राजदुतावास परिसरमा सजाइएको नेपाली साहित्यकारहरूको तस्बिर युके सम्मेलनमा म एक्लै होइन, श्रीमती भूमिकासहित जाने निधो गरेँ । एयरपोर्टको समय र बेलाबेलामा आफ्नो यात्राको विवरण दिनेबाहेक यात्राभरि म उनीसँगै गफिँदै थिएँ । यसले समय बितेको खासै पत्तो भएन । प्लेनको यात्रापछि पो थाहा भयो, हामीले एकअर्काको कुरा नसुनेको पनि धेरै भएछ ! डायस्पोरामा रहने धेरैको समस्या एउटै होला । हातमुख जोड्ने मात्रै होइन, स्वदेशमा पनि चुल्होचौकोको सन्तुलित जोहो गर्नु पर्ने बाध्यताले गर्दा धेरैको घरको कथा सायद मेरोजस्तै थियो । हाम्रो ट्रान्जिट मलेसियाको क्वालालम्पुर विमानस्थल थियो । त्यहाँबाट सिधै विमान हिथ्रो विमानस्थल पुग्दै थियो । त्यहाँ चर्चित लेखक नारायण गाउँले र डा. दुर्गाप्रसाद पोखरेल हामीलाई लिन आउने कुरा पनि पक्का भइसकेको थियो । समयलाई नै सम्पूर्ण चिन्ता जिम्मा लगाएर हामी पूर्वी एसियाबाट, मध्य एसिया हुँदै पश्चिमको शक्तिशाली राष्ट्र बेलायत उत्रदै थियौँ । हामी दुवैको यो पहिलो युरोप यात्रा थियो । त्यसैले उनी जति उत्साहित थिइन्, परिचारिकाहरूको चुस्त व्यवस्थापकीय र सेवाग्राही भावले जापानदेखि लण्डनसम्मको १९ घण्टाको यात्रालाई अझ सुखद् बनायो । झ्यालबाट देखिने विभिन्न दृश्यले मेरो मन खिच्यो किनकि त्यो भेगको यात्रा नै पहिलो थियो । साँझ ५ बजे विमानले लण्डनको एक चक्कर लगाउँदा थेम्स नदीमा साँझको पहेँलो घामले सुनौलो रङ फ्याँकिरहेको थियो । टोकियोका जस्ता अग्ला र चम्किला भवन त त्यहाँ थिएनन् तर परैबाट यसको फरकपन महसुस गराउन सक्षम थियो । नभन्दै एयरपोर्टबाट बाहिर निस्कदा अनुभव भयो, बेलायत आफ्नै गरिमा बोकेर सयौं वर्षदेखि उसैगरी मुस्कुराइरहेको छ । लन्डनलाई नौओटा क्षेत्र (जोन) मा छुट्याइएको छ । हिथ्रु विमानस्थल जोन ७ मा पर्दछ, यद्यपि भौतिक विकास, जनघनत्त्व र बजारको हिसाबले जोन ४ जस्तो देखिन्छ रे ! बेलायतको लागी नेपाली राजदुत महामहिम डा. दुबसु छेत्रीबाट सम्मान ग्रहण गर्दै । हामीलाई नारायण गाउँले र दुर्गा पोखरेलले न्यानो स्वागत गर्दै पश्चिम लन्डनको हेजस्थित आफ्नो घर पुर्याउनु भयो तर घाम भने अझै अस्ताएको थिएन । उसैगरी चम्किलो सुनौला रङ सहरभरि परिरहेको थियो । हतारमा गाउँलेजीको घरमा चिया पिएर दुर्गा पोखरेलको घरतिर लाग्यौं । साँझ अझै गहिरिएको थिएन । यति लामो साँझ यसअघि मैले कहिल्यै अनुभव गरेको थिइनँ । ‘अहिले कति बज्यो, घाम त अझै अस्ताएको छैन नि ?’ मैले गाउँलेलाई सोधेँ । ‘भर्रखर त रातको नौ बज्न लाग्यो, अब घाम अस्ताउने बेला भयो,’ उत्तर दुर्गा दाइले दिनुभयो । अचम्मको मौसम हुँदो रहेछ है ! मैले छक्क परेर घामतिर हेर्दा अचानक बादल लाग्यो र केहीबेरमै पानी पर्यो । दुर्गा दाइ हाँस्नुभयो र भन्नुभयो, ‘यो लण्डन हो, मौसमको भर हुन्न ।’ मनमा डा. तारानाथ शर्माले आफ्नो पुस्तकमा लेखेको कुरा सम्झिएँ, ‘यहाँ मौसमको भर हुँदैन । महिलाको त झन् हुँदैन ।’ हामीले खाना खाँदा पानी परिरहेको थियो । भोलिपल्ट बिहानै साहित्यकार डा. रूपक श्रेष्ठको घर पुग्ने योजना थियो । त्यहाँ पुग्दा गोबर्धन पूजा र विश्वबिमोहनजीसँग भेट भयो । रूपकजीसँग पहिलो भेट भए पनि उहाँले त्यो छनक पर्न दिनुभएन । गोरखापत्र दैनिकका प्रधान सम्पादकसमेत रहनुभएका श्रीओम श्रेष्ठ रोदन दाइको ल्यान्डिङ सोही दिन भएकाले राज श्रेष्ठजीहरू विमानस्थलतर्फ लाग्नु भयो । नारायणजीले गाडी दक्षिण-पश्चिममा पर्ने साउथहलतिर हुइँक्याउनु भयो । साउथहल घुम्दै गर्दा भैरहवा र सुनौली नाकाको बजार घुमेको झल्को पनि लाग्यो घरिघरि । हामीलाई साँझको प्रतीक्षा थियो किनभने साँझसम्ममा विश्वभरिबाट साहित्यकारहरू आउने कार्यक्रम थियो, जो एकअर्कालाई भेट्न व्यग्र थियौँ । नभन्दै साँझको डिनर भव्य भयो । नेपालबाट दर्जनौँ साहित्यकारहरू आउनुभएको थियो । अमेरिका, अस्ट्रेलिया, युरोपदेखि र मध्यपूर्वका मुलुकबाट पनि केही साथीहरू आउनुभएको रहेछ । हामी त्यहाँ पुग्दा मोहन सिटौला, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, पदम विश्वकर्मा, डा. रेणुका सोलु, श्रीओम रोदन, गोबर्धन पूजा, राजन केसी, लालगोपाल सुबेदी, भीमसेन सापकोटा, मीना केसी, बाबा बस्नेत, हरिमाया अधिकारी, सन्ध्या पहाडी, राजेन्द्र श्रेष्ठ, प्रतीक ढकाल, कमला रिसाल, दुर्गा शाह बाबा, शान्ति गिरी, डा. पुष्पा शर्मा, सरिता अर्याल, डा. कविता लामा, सुमन वर्षा घिमिरे लगायत सबै जना आइपुगी सक्नु भएको रहेछ । च्याप्टरका कोषाध्यक्ष सचिन गुरुङ र महासचिव सन्तोष कार्कीले स्वागत गर्नुभयो । परिचयको आदान प्रदान गर्दागर्दै रात बितेको पत्तै भएन । होटेल पुग्दा अबेर भइसकेको थियो । सम्मेलन उदघाटन शत्रमा सहभागीहरू भोलिपल्ट कार्यक्रम प्रारम्भ भयो । प्रमुख अतिथिको आसनबाट बेलायतस्थित नेपाली राजदूत डा. दुबसु क्षेत्री र विशिष्ट अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संयुक्त रूपमा गर्नु भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्त्वमा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथि जगमान गुरुङ, बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, सम्मेलन संयोजक सुमलकुमार गुरुङ र ट्रस्टीका सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेलले मन्तव्य राख्नुभएको थियो । त्यसअघि मैले वरिष्ठ उपाध्यक्षको नाताले सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता र यसले नेपाली साहित्यलाई दिएको योगदानको बारेमा चर्चा गरेँ । बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाउनुभएको शुभकामनापत्र केन्द्रीय उपाध्यक्ष सुनिल संगमले पढेर सुनाउनुभएको थियो । सेमन्त राई र भरत लोहोरुङ राईको बाँसुरी मात्रै होइन, दीपक थापा, कमला रिसाल, बिसी राई अनि स्नेहा श्रेष्ठको गीतले कार्यक्रमको बीचबीचमा बेग्लै रौनक छरेको थियो । भिडियोग्राफर आशिष श्रेष्ठ र फोटोग्राफर साकार श्रेष्ठको कलात्मक र छरितो काम प्रशंसायोग्य थियो । अनेसासका कारण भव्य भेटघाट र साहित्यिक कार्यक्रम भएको थियो । योबेला संस्थाका संस्थापक हेमनाथ सुवेदीको याद अयो । फर्केर हेर्दा उहाँकै सपनाले यो जमघट सम्भव भएको महसुस भयो । कार्यक्रममा अघिल्लोपटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने च्याप्टर र कार्यक्रम संयोजकहरूलाई सम्मान गरियो । यसको अवसर गणेश घिमिरे र म स्वयंले प्राप्त गर्यौँ । त्यसपछि सुरु भयो, मधुर कविता वाचन । दुई दर्जन कविहरूले एकै ठाउँ बसेर कविता वाचन गरेको यो समय मेरा लागि निकै आकर्षक थियो । कार्यक्रममा आधा दर्जन बढी कृति र स्मारिका विमोचन गरिएको थियो भने सुप्रमा पुरस्कारबाट गजलकार नृपेश उप्रेतीलाई सम्मानित गरिएको थियो । महासचिव गणेश घिमिरे, लक्ष्मी राई र सानु घिमिरेको मिठासपूर्ण कार्यक्रम सञ्चालनले समय बितेको पत्तै भएन । बेलायतवासी साहित्यकार सञ्जु बजगाईं, बेल्जियम च्याप्टरका पूर्वअध्यक्ष दीपेन्द्र केसी, विमल गिरी, बेल्जियम च्याप्टरका अध्यक्ष राजकुमार पुडासैनी, साहित्यकारहरू जगत नवोदित, वाइबि गुरुङ, रोजा ओली, मोहन आचार्य जल्लादसँग कार्यक्रमको बीचबीचमा भलाकुसारी चलिरह्यो । भारतबाट आउनुभएका डा. पुष्पा शर्मा, मीना सुब्बा, लतिका जोशी, रत्न सुब्बा, रुद्र पौडेल, गीतादेवी शर्मा, कृष्णराज घटानी, ललिता जोशी लगायत सबै जना मध्य भागतिर लहरै बस्नुभएको थियो । बेलायतका साहित्यकार कृष्ण बजगाइँ मुसुमुसु हाँसेर अगाडि बसेको निकै पछि देखेँ । हात हल्लाएर उहाँलाई स्वागत गर्नसम्म भ्याएँ । मुख्य कार्यक्रममा उहाँको उपस्थिति मेरा लागि महत्वपूर्ण थियो। कवि गाेष्ठीमा कविता वाचन गर्दै जगत नबोदित हेर्दाहेर्दै कुनबेला साँझ पर्नथाल्यो थाहा भएन । कार्यक्रमको समाप्तीसँगै बेलायतस्थित नेपाली दूतावास पुग्न हामीलाई हतारो भयो । कारण, दूतावासमा साहित्यकारहरूका लागि डिनर कार्यक्रम राखिएको थियो । राति अबेरसम्म हामीले राजदूत दुबसु क्षेत्रीको साहित्य क्षेत्रको योगदानको चर्चा गर्दै बितायौँ । दूतावासमै पनि कवि गोष्ठी निकै सशक्त रूपमा चल्यो । न्युयोर्कबाट आएका कवि कृसु छेत्रीसँग दूतावासमै भेट भयो । गोष्ठीलगत्तैको डिनरमा डा. दुर्गा दाहाल, प्रतीक ढकाल, दुर्गा रिजाल, गीता मैनाली, पुष्पा खनाल, कल्पना खरेल, बिनु गुरुङ, निरु न्यौपाने, यादव रेग्मी लगायत सबै जना केहीबेर गफमा व्यस्त भयौँ । होटल फर्कंदा हिजोजस्तै अबेर भैसकेको थियो । कार्यक्रम अवधिभर अनेसासको कार्यकारीहरू सबैको व्यस्तता बढ्नु स्वाभाविक थियो । केही साथीहरू फुर्सद हुनासाथ लन्डनका छेउकुनाका चोकहरू घुमिसक्दा हामी भने कार्यक्रमको योजना, छलफल र आन्तरिक मिटिङ गरिरहेका हुन्थ्यौँ । भोलिपल्टको कार्यक्रममा कार्यपत्रको प्रस्तुति र प्यानल छलफलको कार्यक्रम राखिएको थियो । यसका लागि सिक्किम विश्व विद्यालयकी नेपाली विभाग प्रमुख डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले वर्तमान परिप्रेक्षमा नेपाली साहित्य माथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसको टिप्पणीकार शान्तिमाया गिरीको टिप्पणी पनि निकै गम्भीर थियो । त्यसलगत्तै नेपाली भाषामा विशेष दख्खल राख्ने बेलायती नागरिक माइकल हटले महाभूकम्पपछि नेपाली साहित्यको अवस्था शीर्षकमा गहकिलो कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि सुमन वर्षा घिमिरेले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रपछि डा. रूपक श्रेष्ठले प्यानल डिस्कसन चलाउनु भयो । विषय थियो, डायस्पोरा लेखन । यो डिस्कसनले पनि उपस्थित साहित्कारको ताली पाएको थियो । यद्यपि समय अभावले गर्दा पूर्वअध्यक्षद्वय मोहन सिटौला र पदम विश्वकर्माले सञ्चालन गर्ने भनिएको प्यानल डिस्कसन कार्यक्रम स्थगन गर्नुपर्\u200dयो । प्यानल डिस्कसन सन्चालन गर्दै डा. रुपक श्रेष्ठ समग्र कार्यक्रम कस्तो भयो ? मलाई थाहा छैन । संस्थामा आफैँ कार्यकारी भएका कारण आफ्नो काम राम्रै भएको जस्तो लाग्दोरहेछ । त्यसको मूल्यांकन सहभागी साथीहरूले गर्नुभयो होला ! सामाजिक सञ्जाल, समाचार साइटहरू र प्रत्यक्षप्रसारणको माध्यमबाट हेर्नुहुने विभिन्न च्याप्टरका साथीहरूले गर्नुभयो होला ! तर एउटा कुरा चाहिँ भन्नै पर्छ, आयोजकका रूपमा युके अध्यक्ष सुमल दाइ र त्यहाँका साथीहरूले रातदिन नभनी दिएको समय र खटाइबिना त्यत्रो कार्यक्रम गर्न सम्भव थिएन । कार्यक्रममा सारा गुरुङ भाउजू, लक्ष्मी राई, लय प्रसाईं, बिशन थापा, राधा सापकोटा, विजय गुरुङ, माया गुरुङ, सन्तोष कार्की, मदन पौडेल, संगम गुरुङ, राजु गुरुङ, समीक्षा गुरुङ, देवयानी शर्मा, दीपक थापा लगायतको भूमिका महत्त्वपूर्ण रहेको छ । अन्तिम चरणमा मेरो नेतृत्वमा रहेको ७ सदस्यीय घोषणापत्र समितिद्वारा आठ बुँदे घोषणापत्र सार्वजनिक गरिएसँगै सहभागी सबैलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । मलाई बेलायत पुग्दा राणाकालीन नेपालको सम्झना हुन्छ । बेलायतका जुनसुकै गल्ली पुग्नुस्, तपाईंले सिंहदरबार, बागदरबार र लालदरबारहरू भेट्न सक्नुहुनेछ । सुरु सुरुमा म काठमाडौँ आउँदा मलाई प्रभाव पारेका यी दरबारहरू बेलायतमा जताततै पाइने गरेछन् । बेलायतबाट राणाहरू कतिसम्म प्रभावित थिए भन्ने ती दरबारले महसुस गराउँछ । तर उनीहरूले बेलायतको दरबारबाट प्रभावित भए पनि त्यहाँको प्रजातान्त्रिक मूल्य मान्यताबाट धेरै सिक्न सकेनन् । यता प्रजातन्त्रवादीहरूले बेलायतको प्रजातन्त्रबाट धेरै सिके तर विकासको मोडल र जनताको सेवा कसरी गर्नुपर्छ भन्ने कुरा सिकेनन् । बेलायत घुमुञ्जेल मलाई लाग्यो, यी दुवै कुरा नेपालीहरूले किन सिक्न सकेनन् ? भोलिपल्टको कार्यक्रम बेग्लै थियो । महान् साहित्यकार सेक्सपियरको घर जाने कार्यक्रममा म सहभागी हुन सकिनँ । डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंजीसँग लन्डन ब्रिज र बकिङ्गम दरबारतिर घुम्दै गर्दा सेक्सपियरको घर पुग्न नपाएकोमा थक्थकी लागिरहेको थियो । ग्रिनविचको धर्सोमा उभिँदा छविरमण सिलवालको कृति ग्रिनविचको साँझ (२०७५) को सम्झना आयो ।त्यहीबेला प्रिय साथी परशुराम पौडेलसँग १६ वर्षपछि भेट भयो । उदघाटन शत्रमा पुस्तक प्रदर्शन लेख सक्दैगर्दा बेलायतका नेपाली राजदूत दुबसु क्षेत्रीको कुरा गरिएन भने यो अपूरो हुन्छ । नेपालमा सरकारी कर्मचारीको छवि उति राम्रो छैन तर एउटै दुबसुले ती सम्पूर्ण सरकारी छविलाई नामेट पार्न सफल भएका छन् । दुबसुले देशभित्र पनि पनि निकै राम्रो काम गरेको पढ्न र सुन्न पाइन्छ । साहित्यिक व्यक्तित्व पनि उँचो छ । तर परराष्ट्र मन्त्रालयका जागिरे भएका कारण उनी स्वदेशमा भन्दा विदेशमै बढी भेटिन्छन् । उनी बर्मामा जाँदा त्यहाँका बर्मेली नेपालीहरूलाई साहित्यको मूलधारमा ल्याउन ठूलो प्रयास गरेको कुरा त्यहाँ पुगेकाहरूले प्रशंसा गरेको सुन्न, पढ्न पाइन्छ । म आफैँले पनि उहाँ जापानमा हुँदा नेपाली भाषा, संस्कृति र नेपालीहरूका लागि गरेको प्रयासलाई नजिकबाट अनुभव गरेको थिएँ । यसपटक बेलायतमा हुँदा उहाँले हाम्रो कार्यक्रमको प्रमुख अतिथि हुने मात्र होइन, सम्पूर्ण साहित्कारहरूलाई रात्रि भोजको व्यवस्था गर्नुभएको थियो । रात्रिभोज त एउटा बहाना थियो, खासमा उहाँले त्यसबखत नेपाली साहित्यका विषयमा गरेको चिन्तनले सबैलाई मन्त्रमुग्ध पारेको थियो । दूतावासको भित्तामा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्त्वहरूको फोटो सजाइएको थियो । सम्भवतः साहित्यकारलाई सम्मानपूर्वक फोटो झुन्ड्याउने दूतावास लन्डन दुतावास नै हुनु पर्छ भनेर कुमारबाबु सिम्खडाले केही समयअगाडि सामाजिक सन्जालमा लेख्नुभएको थियो । उदघाटन शत्रमा पुस्तक प्रदर्शन #प्रकाश पौडेल ‘माइला’ भारतीय नेपाली साहित्यः इतिहास लेखनका केही आधार (भाग एक): नेपाल र भारतमा बोलिने र लेखिने नेपाली भाषा प्रायः एउटै भए पनि साहित्यको इतिहास भने हाम्रो आफ्नोआफ्नै छ । नेपालबाट नेपाली साहित्यका इतिहासहरू धेरै प्रकाशित भएका छन् तर भारतबाट आजसम्म बृहत् रूपमा भारतीय नेपाली साहित्यको इतिहास लेखिएको छैन । पाठ्यपुस्तकहरूको रूपमा लेखिएका दुई चार कृतिहरूको कुरा बेग्लै हो । अपवादमा मणिपुरकी गोमा शर्माद्वारा लिखित ’नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’यस दिशामा एउटा स्तुत्य प्रयास हुँदाहुँदै पनि यसमा धेरै तथ्याङ्कहरू त्रुटिपूर्ण भएको छ । (१) भारतीय नेपाली साहित्यको इतिहास लेख्ने लेखाउने बारेमा धेरै पल्ट बी.पी. कोइराला फाउण्डेसनद्वारा आयोजित भारत नेपाल लेखक समेलनमा व्यापकरूपमा चर्चा पनि चलेको हो । लेख्ने लेखाउने कुरा पनि तय भएको हो । तर आजसम्म यस्ता प्रस्तावहरू कार्यान्वित भएका छैनन् । नेपालले समग्रमा (भारतलाई पनि लिएर) नेपाली साहित्यको इतिहास लेख्दा आजसम्म इतिहासकारहरूले भारतबारे कतिपय त्रुटिहरू गर्दैआएका छन् । उनीहरूले लेखेका कुराहरू कि अमर्यादित हुन्छन् कि अपूर्ण हुन्छन् । विशेष उनीहरूले भारतका दुई चारजना विशिष्ट लेखकहरूको नाम र उनीहरूको योगदानको मात्र इतिहासमा उल्लेख गरेको पाइन्छ । यसको कारण हो उनीहरू नेपालमा बसेर सुनेका भरमा अथवा अरूले अघि लेखेका त्रुटिपूर्ण कुराहरू नै दोहोराएर लेख्ने गर्छन् । उनीहरू शोध गर्ने, फिल्ड वर्क गर्ने कष्टसम्म गर्दैनन् । आजसम्म नेपालबाट भारतीय साहित्यको इतिहास लेख्न तथा यसका आधार ग्रन्थहरू खोजी गर्न भारतको दार्जीलिङ, सिक्किम, आसाम इत्यादि ठाउँहरूको नेपालबाट कसैले भ्रमण गरेको थाह लाग्दैन । अपवादमा यसपाला पहिलोपल्ट डा.गोविन्दराज भट्टराईले ’नेपाली अनुवाद ग्रन्थसूची’ मा भारतलाई समावेश गर्न ठूलो परिश्रम गर्नुभएको छ । उहाँले यसको निम्ति आसामका कतिपय नेपाली बहुल क्षेत्रहरूको भ्रमण गरेर सिलगढीमा समेत साहित्यकारहरूसित भेटी यस कार्यलाई पूर्णता दिनुभएको हो । यसैले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित यो ग्रन्थमा भारतका अनुवादित कृतिहरूले निश्चितरूपले स्थान पाएको होला भन्न सकिन्छ । साहित्यको इतिहास लेख्ने अरूको निम्ति यो एउटा उदाहरणसमेत भएको छ । नेपालबाट प्रकाशित यस्ता इतिहास तथा इतिहास लेखनका आधार ग्रन्थहरूमा भारतबारे साधारण लेखकहरूले मात्र होइन विद्वान लेखकहरूले समेत धेरै भूल गरेका छन् । यस्तो भूल समालोचक डा.ईश्वर बरालबाट पनि भएको छ । डा. ईश्वर बरालले मधुपर्क (१७र७ मङ्सिर२०४१)मा ’सिक्किमको नेपाली साहित्य’ शीर्षकमा एउटा लेख लेख्नुभएको थियो । यसमा धेरै भूलहरू थिए । मैले यसमा भएका भूलहरू औंल्याएर लेखेको सम्पादकलाई पत्र मधुपर्क (१८र१, जेठ २०४२) मा छापियो । यो छापिएपछि डा.बरालले आफ्नो भूल स्वीकार गरेर सामग्रीको अभावमा यस्तो भएको हो भनेर खेद प्रकट गर्दै मलाई पत्र लेख्नुभएको थियो । ’ईश्वर बरालः कृति र कीर्ति’ ग्रन्थमा भएको मेरो संस्मरणात्मक लेखमा डा.बरालको उक्त पत्र समावेश छ । सामग्रीको अभावमा पनि यति त्रुटिपूर्ण लेख लेख्ने बाध्यता किन ? ( मेरो प्रश्नको जवाफ बरालजीले कहिले दिनुभएन ।) हामीकहाँ प्रारम्भिककालका इतिहास लेखनका अरू पनि धेरै सामग्रीहरूको ठूलो अभाव छ । भारतेली नेपाली साहित्यको इतिहास बृहत् रूपमा लेख्दा यसका आधार ग्रन्थहरूको ठूलो अभाव देखा पर्छ । यसको एउटा कारण हो, हामीसित राम्रा ’लेखक परिचय कोश’ छैनन्, न त मौलिक र अनुवादित कृतिहरूको ग्रन्थकोश नै छ । हामीकहाँ प्रारम्भिककालका इतिहास लेखनका अरू पनि धेरै सामग्रीहरूको ठूलो अभाव छ । अलिअलि भएका यस्ता धेरै सामग्रीहरू साथै सन्दर्भ ग्रन्थहरूसमेत अहिले अप्राप्य भैसकेका छन् । (क) ईसाई मिसनेरीहरू र गंगाप्रसाद प्रधान भारतीय नेपाली साहित्यको प्रारम्भिक कालमा कोश र व्याकरण निर्माण गर्नमा ईसाई मिसिनेरीहरूले गरेको योगदान अविस्मरणीय छ । यस्ता विदेशी विद्वानहरूमा ले.जे.ए.एटन (ग्रामर अफ दि नेपलि नरबहादुर दाहाल ज ल्याङवेज, १८२०) रेभ.ए.टर्नबुल (ए नेपलिज ग्रामर, १८८७), दोस्रो संस्करण ( १९०४) मेजर ए.जि.एफ.ब्राउन (मेनुयल अफ खस, गोर्खाली अर पर्वतिया(१८९२), सर राल्फ लिले टर्नर (व्यूत्पतिमूलक कोश, १९३१ ) इत्यादि हुन् । योबाहेक दार्जीलिङ जिल्लाको पहाडी क्षेत्र र सिक्किममा शिक्षा प्रचारमा समेत उनीहरूको अवदान कम छैन । नेपाली व्याकरण र कोश निर्माणमा उनीहरूको देनलाई हामीले भुल्नु हुँदैन। उनीहरूका कृतिहरू आज अव्यवहारिक भए पनि यी सबै हाम्रा ऐतिहासिक नीधि भएका छन ्। यी ईसाई मिसिनेरीहरूको नेपाली भाषा,साहित्यप्रतिको योगदानमाथि नेपालीमा कुनै कृति प्रकाशित हुनुपर्ने हो, तर प्रकाशित भएको छैन । भारतमा ईसाई मिसिनेरीहरूको नेपाली साहित्यमा योगदानको चर्चा गर्दा पाद्री गंगाप्रसाद प्रधानको नाम अग्रपंक्तिमा आउँछ। उहाँले अनुवाद गर्नुभएको पुरानो र नयाँ नियम बाइबल सन् १९१४ मा बाइबल सोसाइटीले प्रकाशित गरेको हो। योबाहेक उहाँले नेपाली उखान संग्रह गरेर प्रकाशित गर्नु भयो। उहाँले ईसाई मिसिनेरी मिसेज गोलेनसित मिलेर हान्स डेनिस आण्डर्सनका विश्व प्रसिद्ध बालकथाहरू नेपालीमा अनुवाद गर्नु भयो। पहिलो नेपाली भाषाका समाचार पत्र गोर्खे खबरकागत् सन् १९०१ देखि सन् १९३२ सम्म प्रकाशित गर्नु भयो। गंगाप्रसाद प्रधान झर्रो नेपाली भाषाका पक्षपाती हुनुहुन्थ्यो। यसैले उहाँले गोर्खे खबरकागत लगायत सम्पूर्ण कृतिहरूमा झर्रो नेपाली भाषा चलाउनु भयो। नेपालबाट आई काशीवास गर्ने नेपाली लेखकहरूले लेखेको नेपाली भाषालाई उहाँ ’काशीभाषे बोली’ भन्नुहुन्थ्यो। वास्तवमा उहाँ धर्मको कारणले ओझेलमा पर्नु भए हो । उहाँ ईसाई हुनुहुन्थ्यो । त्यसबेला ईसाई हुनु नेपाली समाजमा सामाजिक अपराध नै मानिन्थ्यो। एकताका डा.ईश्वर बरालले दार्जीलिङबाट फर्केर गएपछि एउटा लेखमा ’कृस्थान हुन लागेको दार्जीलिङको नेपाली समाज’ लेखिदिँदा ठूलो हंगामा भएको थियो। एक मात्र हिन्दू राष्ट्र नेपालबाट आई काशीमा बसेर नेपाली भाषामा लेख्ने नेपालका लेखकहरू गंगाप्रसाद प्रधानलाई विधर्मी भनेर उहाँले प्रयोग गर्ने गरेको भाषाको समेत आलोचना गर्थे। दार्जीलिङका पारसमणि प्रधानसमेत भाषाको कुरामा उहाँको पक्षमा थिएनन् । वास्तवमा गंगाप्रसाद प्रधान नेपाली साहित्यमा ईसाई भक्तिधाराका प्रवर्तक हुनुहुन्थ्यो। आफूले लेखेको साहित्यलाई उहाँले कहिले ईसाई साहित्य भन्नु भएन। गंगाप्रसाद प्रधानलाई भारतको साहित्य अकादमीले एकजना भारतीय साहित्यका निर्माता मानेर उहाँको मोनोग्राफ(जीवनी) समेत प्रकाशित गरिसकेको छ। नेपाली भाषामा जसले जे लेखे पनि नेपाली साहित्य हुनु पर्ने हो। हिन्दी साहित्य, बंगला साहित्य ,इत्यादि अलगै साहित्यहरू हुन्। त्यसरी नै ईसाई साहित्य भन्नाले यो पनि अलगै हो कि भन्ने भ्रम देखा पर्छ। अरू पनि धेरै विशिष्ट नेपाली साहित्यकारहरू कृष्णदास प्रधान,दानियल खालिङ, एम.एम.गुरूङ, इत्यादि सबै ईसाई थिए तर उनीहरूले आफ्नो सिर्जनालाई कतै पनि ईसाई साहित्य भनेका छैनन्। आज गंगाप्रसाद प्रधानका कति अनुयायीहरू आफूले लेखेको साहित्यलाई ईसाई साहित्य भन्ने गर्छन्। गंगाप्रसाद प्रधानले धर्म परिवर्तन गरे पनि उनी आजीवन नेपाली भाषा, साहित्य र संस्कृतिका पृष्ठपोषक रहनु भयो। उहाँले पाद्री मेकफार्लैनबाट अलफनेस प्रेस लिएर गोर्खे प्रेस नामकरण गरेर चलाउँनु भयो। उनको अर्को महत्वपूर्ण देन त्यसबेला नेपाली कोश र व्याकरण लेखनमा लागेका अंग्रेज र अन्य विदेशीहरूलाई उनीहरूको काममा यथेष्ठ सहयोग पुर्याउनुभएको थियो। उनको सहयोग पाएर नै ईसाई मिसिनेरीहरूले नेपालीकोश र व्याकरण तयार गरेर भाषा र साहित्यको सेवा गरे। गंगाप्रसाद प्रधानलाई भारतको साहित्य अकादमीले एकजना भारतीय साहित्यका निर्माता मानेर उहाँको मोनोग्राफ(जीवनी) समेत प्रकाशित गरिसकेको छ। आफ्नो समयमा गंगाप्रसाद प्रधान एकजना व्यक्तिले जे जति गर्नु भयो, यसलाई हामीले धेरै मान्नु पर्छ । अब आज उहाँ बारेका सामग्रीहरूको अभाव छैन । सलोन कार्थकले उहाँको जीवनी लेखेका छन्। उनको सम्पूर्ण कृतिहरूको रचनावली प्रकाशित भइसकेको छ। योबाहेक नरबहादुर दाहाल र एडोन रोङगोङको संयुक्त सम्पादनमा भारत र नेपालका धेरै जना लेखकहरूको गंगाप्रसाद प्रधानबारे लेखहरूको संग्रह ’अजम्बरी गंगाप्रसाद प्रधान’ एकता बुक हाउसले प्रकाशित गरिसकेको छ। अझ भाषिक अध्ययनको निम्ति नेपाल बाइबल सोसाइटीले गंगाप्रसाद प्रधानले अनुवाद गरेको बाइबलको नयाँ संस्करणसमेत प्रकाशित गरेको छ। उनको भाषा, साहित्य र पत्रकारिताप्रतिको योगदानको कदर गर्दै खरसाङको गोर्खा जनपुस्तकालयले खरसाङको गोर्खा जातीय विभूति उद्यानमा पारसमणि प्रधानसँगसँगै गंगाप्रसाद प्रधानको सालिक निर्माणको प्रस्ताव विचाराधीन छ। यसैले भारतेली नेपाली साहित्यको इतिहासमा ईसाई मिसिनेरीहरू र गंगाप्रसाद प्रधानले उचित स्थान पाउककनु पर्छ। (ख) लहरी र सवाई भारतीय नेपाली साहित्यको प्रारम्भिककालमा लहरी र सवाई लेखनले एउटा नौलो दिशा प्रदान गरेको थियो। यसले अहिले शताब्दीभन्दा पनि धेरै समय टेकिसकेको छ। तुलाचन आलेको ’मनीपुर्का लडाञिको सवाई’ (१८९३) धनवीर भंडारीको ’अब्बर्पहाड’को सवाई’(१८९७)र ’भैंचालाको सवाई’ पहिलो र दोस्रो भाग(१९०५) कृष्णबहादुर उदासको ’अछामको सवाई’(१९०८) इत्यादि उल्लेखनीय छन् । लहरी र सवाईबारे केही अध्ययन गुप्त प्रधानको ’धूमिल पृष्ठहरू’मा पाइन्छ । अझ हालैमा प्रकाशित डा.भीमकान्त उपाध्यायको ग्रन्थ ’नेपाली लहरीकाव्य ’लहरी र सवाईको मानक ग्रन्थ नै बन्न पुगेको छ । यसअघि पनि साहित्य अकादमीले लहरी र सवाई बारे डा.भीमकान्त उपाध्यायको एउटा कृति प्रकाशित गरिसकेको छ। यस्ता कृतिहरू यस विषयको इतिहास लेखनको आधार बन्न सक्छन्। भारतका बिभिन्न विश्वविद्यालयहरूमा अहिले लहरी र सवाईबारे शोधकार्य पनि चलिरहेको छ । यसैले यस विषयमा अरू पनि धेरै कुराहरू प्रकाशमा आउने सम्भावना देखिन्छ । (ग) प्रथम नाटककार र प्रथम उपन्यासकार योबाहेक भारतबाट प्रकाशित पहिलो नेपाली नाटक ’जीवन लीला’ र नाटककार डा.इन्द्रमान राई बारे दार्जीलिङ सर्कारी महाविद्यालयकी नेपाली विभागकी प्रमुख प्रा.सुजातारानी राईको कृति ’बिहङ्गम विवेचना’बाट धेरै कुरा जान्न सकिन्छ । यस कृतिमा भएको एउटा लेख ’नाटककार डा. इन्द्रमान राई शोधपरक सर्वेक्षणात्मक अध्ययन’ यस विषयको खोजपूर्ण लेख भएको छ। यस लेखबाट उनका केही साहित्यिक पक्षको जानकारी पाइन्छ। प्रतिमान सिंह लामा भारतका एकजना स्वत्रन्त्रता संग्रामी पनि थिए। भारतेली नेपाली साहित्यको पहिलो नेपाली उपन्यास ’महाकाल जासूस’र यसका लेखक प्रतिमान सिंह लामाको विषयमा पनि धेरैजना अनभिज्ञ छन्। उनको उपन्यास ’महाकाल जासूस’ भारतको अंग्रेजी शासनकालमा सन् १९१८ तिर खरसाङको हरि प्रिण्टिङ प्रेसमा छापिएको हो। त्यसै समय त्यही प्रेसमा मुद्रित ’चन्द्रिका’ मा यसको विज्ञापन पनि छापिएको छ। त्यसबेला भारतमा अंग्रेजको शासन र नेपालमा राणा शासन थियो। अंग्रेजका जासूस र राणाका जासूसहरू खरसाङमा आएर ’महाकाल जासूस’ का प्रतिहरू सबै किनेर लगी जलाइदिएकोले अहिले अप्राप्य भएको हो भन्ने शंका गरिएको छ। लेखकका ’महाकाल जासूस’ बाहेक अन्य विधाका कतिपय रचनाहरू पनि छन्। डा.मोहन पी.दाहालको ’प्रतिमान सिंह लामा’ बारेमा एउटा लेख मदन पुरस्कार गुठीको पत्रिका ’नेपाली’ (पूर्णांक १०८) मा प्रकाशित छ। यस लेखबाट उनका केही साहित्यिक पक्षको जानकारी पाइन्छ। प्रतिमान सिंह लामा भारतका एकजना स्वत्रन्त्रता संग्रामी पनि थिए। खरसाङका जी.बी.बलले लेखेको एउटा संस्मरणले यस विषयलाई पुष्टि गरेको छ ।(२) यसैले हालैमा खरसाङको ’गोर्खा जातीय विभूति उद्यान’मा प्रतिमान सिंह लामाको सालिक पनि स्थापित भएको छ। योबाहेक भारतका प्रारम्भिककालका अरू पनि धेरै लेखक कविहरू ओझेलमा परेका छन्। पारसमणि प्रधानको सम्पादनमा प्रकाशित’चन्द्रिका’को प्रकाशन काल(१९१८)की एकजना कालेबुङकि लेखिका कुमुदिनी शर्मा भारतेली नेपाली साहित्यमा प्रथम नारी स्रष्टा मानिन्छिन् तर उनको बारेमा पनि विशेष जानकारी केही पाइँदैन । उनको खोजीमा नारी कथाकारहरूबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने साङमू लेप्चाले धेरै परिश्रम गरेकी छन् । तर अझै यो विषयअनिश्चित नै छ । #नरबहादुर दाहाल एक कविको कथा: रेल: जब तिमीले हामी दुइटा रेलका डिब्बाजस्ता हौँ भन्यौ, म ज्यादै प्रफुल्लित भएँ । त्यसोभए हामी अवश्य पनि एकअर्कासँगै हुन गइरहेका छौँ । मैले तिमीलाई प्रसन्नतापूर्वक भनेँ । तिमी त्यस क्षण आतङ्कित देखियौ । तिमीले मलाई हेर्यौ मानौँ मैले केही भयानक कुरा भनेकी थिएँ । तिम्रो आश्चर्यले भरिएका ठूला आँखा सुख्खा नरिवलजस्ता देखिन्थे । म त्यस किसिमको दृष्टिबाट खाली बसको पछिल्लो सिटमा आफूलाई एक्लै पाएझैँ गरी झस्किएकी थिएँ । तर तिम्रो रेल तथा हाम्रो भविष्य सम्बन्धि दृष्टिकोणले मेरो हृदयलाई हलुका बनायो । हामी समुद्री किनारमा थियौँ जहाँ म घुमिरहेको सतहझैँ छालहरूतिर दौडिएँ । मानिसहरू तिमी ठूलो कवि हौ भन्छन् । कविले समुद्रमा कसरी आनन्द लिन सक्दैन ? केही छैन । म मतलब गर्दिनँ । म तिमीलाई तिम्रो आफ्नै संसारमा छोडिदिन्छु यसबेला, तिम्रो आँखामा देखिएको भावले तिम्रो मनभित्रको भावनालाई बाहिर ल्यायो – यो महिला पागल छे झैँ गरी । कन्चना प्रियकन्ठा “रङ्ग, रङ्गनाथ, कृपया आऊ । छालहरू अद्भूत छन् ।”, म नुनिलो पानीमा रमाइलो गर्दै चिच्याएँ – “हेर, यो पानीमा कति सन्चो हुन्छ ।” तिम्रो मप्रतिको स्पष्ट इरादाले ठूलो स्वरले तिम्रो विचारलाई व्यक्त गरेझैँ लाग्थ्यो – नुनीलो पानीमा धेरै राम्रो के हुन्छ र त्यस्तो ? मैले तिमीले यही नै सोचिरहेका छौ भनेर अनुभूत गरेँ । यसले मलाई दुःखी बनायो । “ रङ्ग, कृपया तिमी आउँछौ ?” अचानक मेरो स्कर्टलाई हावाले माथि माथि उचालेर हल्लाउँदै लग्यो र स्कर्ट चङ्गाझैँ नाच्न थाल्यो । मैले यसलाई च्यापेर समातेँ । म मेरो च्यातिएको स्ल्याक्स कसैलाई पनि देखाउन चाहँदैनथेँ । मैले नयाँ स्कर्टभित्र लगाउन धेरै कपडा किन्न आवश्यक थियो । रङ्गनाथ मसँग आउन चाहँदैनथे । त्यसोभए, रङ्ग, तिमी मेरो स्कर्ट भिजेजस्तै तिम्रो प्यान्ट भिज्छ भनेर डराएको हो ? तिमी यति कायर हौ ? दिक्क भइसकेको थिएँ तर मैले आफ्नो रिसलाई दबाएर राख्न कोसिस गरेँ । “मानिसहरू तिमी ठूलो कवि हौ भन्छन् । कविले समुद्रमा कसरी आनन्द लिन सक्दैन ? केही छैन । म मतलब गर्दिनँ । म तिमीलाई तिम्रो आफ्नै संसारमा छोडिदिन्छु । म यो क्षणलाई गुमाउन चाहन्नँ । त्यसैले म चाहिँ समुद्रमा खेल्न र भरिन जान्छु ।” त्यसपछि तिम्रो बारेमा केही पनि नसोची मैले हेरेको फिल्ममा झैँ हामी सिनेमामा छौँ जस्तो अभिनय गरेँ । मैले सिनेमामा जस्तै गरी तिमी दौडँदै मतिर आउँछौ र मेरो हात समातेर मसँगै गीत गाउँछौ भन्ने मेरो इच्छालाई कल्पना गरेँ । समुद्रीकिनारमा चक्कर लगाउँदै म तिम्रो सुकेको लौरोजस्तो पातलो हातलाई कतिसम्म समाउन सक्छु । तिमीलाई केही पानी छ्यापिदिने तीव्र चाहनालाई मैले रोक्न सकिनँ । त्यसैले मैले असभ्य किसिमले तिमीलाई पानी छ्यापेँ । “तिमी पागल भयौ ? अब म भिजेको लुगामा कसरी घर जान सक्छु ? तिमी दिमाग नभएकी मूर्ख पागल आइमाई । तिमी यहाँ केवल समय बर्वाद गरिरहेकी छ्यौ । म गएँ ।” पागल मान्छेलेझैँ आफैँसँग कुरा गर्दै तिमी मबाट टाढा गयौ । तिमीलाई हाँस्य कलाकारजस्तो देखेर मैले आफ्नो हाँसोलाई नियन्त्रण गर्न सकिनँ रङ्ग । “रङ्ग, कविहरू रिसाउँदैनन् ।” म चिच्याएँ । यो चुनौतीपूर्ण खेल थियो जसको लागि प्रशस्त शिप चाहिन्थ्यो । तर यो हामीलाई मनपर्ने खेल थियो । म यो खेल प्रायजसो जित्ने गर्थेँ । यद्यपि विश्वविद्यालयको छात्रको रूपमा तिमीमा यति कुरा बुझ्ने बुद्धि पनि नभएको जस्तो देखियो ः समुद्रीकिनार केटीलाई निर्दयतापूर्वक एक्लै छोड्ने ठाउँ होइन । र, म त अहिलेसम्म महिला भएकी पनि छैनँ । तर, रङ्ग, समुद्रीकिनार वास्तवमा एक्लै छोडिएँ भनेर मैले डराउनुपर्ने ठाउँ होइन । म समुद्रसँग एकदमै नजिक भएर कसरी हुर्किएँ भन्ने कुरा तिमी जान्दैनौ । हाम्रो घर समुद्रको नजिकै बनाइएको थियो, एगोदा उयनाको ट्रेन स्टेशनसँगै । हामी समुद्र र ट्रेन स्टेशनको बीचमा हुर्कियौँ । समुद्रीकिनारलाई हामी खेल्ने ठाउँको रूपमा प्रयोग गथ्र्यौं । सबैभन्दा धेरै हल्ला गर्ने ट्रेनले समेत हामीलाई ब्यूँझाउन सक्दैनथ्यो, जबकि ऊ हाम्रो टाउकैबाट गएझैँ गरेर जान्थ्यो । हामी समुद्र र ट्रेनसँग त्यति धेरै बानी परेका थियौँ । जब समुद्रीकिनारमा खेल्दाखेल्दै दिक्क हुन्थौँ, हामी रेलवेको लिकमा खेल्न जान्थ्यौँ । जो नलडिकन रेलवेको लिकमा सबैभन्दा धेरै बेरसम्म हिँड्न सक्थ्यो ऊ बिजेता बन्दथ्यो । अरू केटाकेटीहरूले अन्य ठाउँहरूमा खेल्ने खेलको सट्टा हामी रेलका स्लिपरहरूमा फाल हाल्ने गथ्र्यौं । यो चुनौतीपूर्ण खेल थियो जसको लागि प्रशस्त शिप चाहिन्थ्यो । तर यो हामीलाई मनपर्ने खेल थियो । म यो खेल प्रायजसो जित्ने गर्थेँ । कुनै कुनै बेलामा हामी रेलको लिकमा बसेर पढ्ने पनि गथ्र्यौं । त्यसकारण जब तिमीले हामीलाई रेलका डिब्बाजस्तै हौँ भन्दा म एकदम धेरै आनन्दित भएकी थिएँ । रेलका डिब्बाहरू रेलको स्लिपरहरूसँग जोडिएका थिए । स्लिपर भनेको रेलका दुइटा डिब्बाहरूलाई जोड्ने हातहरू हुन् । जब म बच्चा थिएँ म तिनीहरूको बारेमा यसरी सोच्थेँ । एकदिन ट्रेन स्टेशनमा हिँडिरहँदा मैले दुईवटा डिब्बाहरू एकअर्काको ज्यादै नजिकै राखेको देखेँ । तिमीलाई साँचो कुरा भन्दा रङ्ग, त्यो देखेर म एकदमै धेरै खुसी भएँ जबकि रेलका डिब्बाहरू कहिलेकाहीँ त्योभन्दा पनि एकदमै नजिकै पनि आउँछन् । त्यसकारण मैले तिमी र म सधैँका लागि सँगसँगै हुनेछौँ भन्ने अनुभूति गरेँ । ती विचारहरूसँग मैले राम्रो अनुभव गरेँ । त्यसकारण, मैले त्यहाँ रमाइलो गर्ने कामलाई बन्द गरेँ र समुद्रको नजिकै रहेका रेलका डिब्बाहरूमा गएँ । यदि तिमी त्यहाँ हुन्थ्यौ भने हामी एकअर्काको हात समातेर डिब्बाभित्र हिँड्न सक्थ्यौँ । मलाई थाहा छैन तिमीलाई के ले कवि बनायो । कविहरू संवदेनशील र पे्रमिल हुन्छन् भनिन्छ । जब मैले एकदिन तिमीलाई यो कुरा भनेँ, तिमीले मलाई यसरी हेर्यौ मानौँ मैले तिम्रो टाउकोमा ट्रेनले हानेको थियो । जब मैले मेरा साथीहरूलाई तिमी कवि हौ भनेँ, उनीहरू हाँसोको रूपमा छरिए । उनीहरूले तिमीले मेरो लागि कविता लेख्नुपर्छ भने । तर रङ्ग, तिमीले त मेरो लागि एउटा पनि कविता लेखेनौ । तिमीले युद्धको बारेमा मात्रै लेख्यौ । तिमी प्रभाकरणको मृत्युबाट किन यति धेरै दुःखी भयौ भन्ने कुरा कहिल्यै बुझेकी छैनँ । तिमीले तामिल जनतामाथि भएको अन्यायको बारेमा थुप्रै कविता लेखेका छौ । चलिरहेको युद्धले सबै पक्षलाई असर पुर्याएको छैन र ? तर तिमीले मेरो प्रश्नलाई मूर्ख कुरा ठान्यौ । तिमीले मलाई लामो नबुझिने जवाफ दिएपछि मैले तिमीलाई प्रश्न सोध्नु मूर्खतापूर्ण काम थियो भनी महसुस गरेँ । मलाई पूरै विश्वास छ तिमीले के भनिरहेका थियौ त्यस बारेमा तिमीलाई राम्रो ज्ञान थिएन । त्यसपछि तिमीले मलाई जातिवादी नहुन धम्क्यायौ । ‘जातिवादी’ भनेको को हो भन्ने पनि मलाई थाहा थिएन तिमीलाई नायकको रूपमा हेर्न थालेदेखि मैले सबैलाई प्रभाक रणले गरिरहेको काम ठीक हो भनेँ । तिमीलाई थाहा छैन रङ्ग, मैले वेल्लावाटे स्टेशनमा भएको बम आक्रमणमा छोरा गुमाएका छिमेकीलाई समेत युद्धको बारेमा तिमीले जे भन्यौ त्यही भनेँ । मैले तिम्रो नाम लिइनँ तर मैले ती विचारहरू मेरा आफ्नै थिएझैँ गरेर भनेँ । त्यसपछि उनले मलाई मेरी आमाको स्मरण गराउँदै गाली गरिन् । म उग्र थिएँ, त्यसैले मैले उनलाई जातिवादी भनेर अपमान गरेँ । रङ्ग, म तिमीलाई वास्तवमै बुझदिनँ, तिमी सधैँ धेरै विरोधाभासपूर्ण कुरा गर्छौ । ‘जातिवादी’ भनेको को हो भन्ने पनि मलाई थाहा थिएन । त्यसैले मैले तिमीलाई यसको अर्थ सोधेकी थिएँ । त्यसपछि तिमीले मलाई जातिवादी भनेको त्यो हो जसले आफ्नै जातको मात्र महिमा गाउँछ भन्यौ । फेरि तिमीले कसैले उनीहरूको अरू जातहरूको आलोचना नगरी आफ्नै जातको बारेमा महिमा गाउनु ठीक हो भनेर पनि भन्यौ । मसँग तिमीलाई सोध्न अरू केही प्रश्नहरू थिए, तर तिमी चलाक थियौ र मेरा प्रश्नहरूलाई कुशलतापूर्वक वेवास्ता गथ्र्यौ । तिमी मलाई जान्दथ्यौ, मेरो कवि साथी । “तिमी यो देशको समस्याहरू बुझ्दिनौ ।”, तिमी अनुहारमा नम्रता ल्याएर भन्यौ । “तर, रङ्ग, हामीले युद्ध गरेको वास्तवमै ठीक थियो ।”, मैले खुलेर त्यसो भनेँ । “के ? यो कुन किसिमको पागल विचार हो ?” तिमीले मलाई एकनासले हेर्याै मानौँ तिमी पागल महिलालाई हेरिरहेका थियौ । “युद्धले तिमीलाई कवि बनायो ।” तिमीले मैले व्यङ्ग्यात्मक टिप्पणी गरेँ भनेर सोच्यौ । त्यसैले तिमी मसँग एक हप्तासम्म रिसायौ । मैले तिमीलाई युद्धको बारेमा मात्र नलेखेर यी रेलवेका डिब्बा र लिकहरूको बारेमा पनि लेख्न सल्लाह दिएँ । कविका लागि सुन्दर कविता सिर्जना गर्न रेलवेको स्लिपर मात्रै पनि पर्याप्त हुन्छ । मैले आफ्नो खुट्टाले रेलवेको स्लिपरबाट बालुवालाई बाहिर फ्याँक्दै यस बारेमा सोचेँ । त्यो दिन तिमी मसँग धेरै शिष्ट र दयालु भएका थियौ । मैले मेरो जीवनमा पहिलोपल्ट तिमीभित्र एउटा विनम्र कवि देखेँ । तिमी फेरि कवि भयौ । तिमीले महिलाहरूको बारेमा कविता लेख्न सुरु गर्यौ । म धेरै खुसी भएँ । तिमीले हाम्रो आत्मसम्मानको सुरक्षा कसरी हुनै पर्दछ भन्ने बारेमा धेरै कविता लेख्यौ । मलाई ती मन पर्याे, रङ्ग । तिमी मेरो ब्वाइफ्रेन्ड भएकोमा मलाई गर्व महसुस भयो । म तिम्रा कविताहरूबाट सम्मोहित भएँ । तिनीहरूले मलाई कवि बन्न प्रेरित गरे । अर्को पटक जब म तिमीलाई भेट्नेछु, म पनि तिमीलाई कवि बनेर देखाउनेछु । त्यसको केही समयपछि हामीले फेरि भेट्यौँ । त्यस दिन मैले नयाँ स्कर्ट लगाएकी थिएँ । “चारू, म तिमीसँग एक्लै कुरा गर्न चाहन्छु ।” त्यो दिन तिमी मसँग धेरै शिष्ट र दयालु भएका थियौ । मैले मेरो जीवनमा पहिलोपल्ट तिमीभित्र एउटा विनम्र कवि देखेँ । तर, तिमी मलाई एक्लै पारेर के भन्नेछौ भन्ने कुराले म आश्चर्यमा परेकी थिएँ । “हामीले भेट्दा आजसम्म हामी दुईजना बाहेक हाम्रो साथमा अरू कोही पनि रहने गरेको छैन ।” “होइन, बेबी । मेरो मतलब कतै एकान्तमा जाऔँ । त्यसकारण हामी के गर्दैछौँ वा के भन्दैछौँ भन्ने बारेमा कसैले पनि नदेखोस् वा नसुनोस् ।”, तिमीले मेरो अनुहारमा नियाल्दै भन्यौ । “हामी कुरा गरेको बेलामा लाउडस्पिकरको प्रयोग गर्दैनौँ । त्यसले हाम्रो कुरा कसैले सुन्ला भनेर चिन्ता लिनु पर्छ जस्तो मलाई लाग्दैन ।” जब तिमीले तिम्रो अनुहार मेरो अनुहारको नजिकै ल्यायौ, तिम्रो गन्हाउने स्वासप्रश्वासको कारण मैले आपूmलाई केही कदम पछि सारेँ । मलाई वाकवाकी लाग्यो र आफ्नो अनुहारलाई अर्कोतिर फर्काएँ । मलाई लाग्छ तिमीले मेरो यस प्रतिकृयालाई मैले लाज मानेँझैँ गलत किसिमले बुझ्यौ । त्यसैले तिमीले मेरो अनुहारलाई बल गरेर तिम्रो अनुहारतिर फर्कायौ । “तिमीले के भन्यौ, चारू ?” “म उल्टी गर्न चाहन्छु ।” “तिमीले ब्रेकफाष्ट खाएकी थिइनौ ?” मैले यस विषयमा दुःखी भएको अभिनय गरेँ र आफ्नो अनुहारलाई अर्कोतिर फर्काएँ । तर मेरो भित्री विचारमा तिमीले दाँत माझेका थिएनौ । “मैले कविता लेखेँ, रङ्ग । तिमी यसलाई पढ र मलाई प्रतिक्रिया देऊ भन्ने चाहन्छु । हिजो मैले रेलको लिक सम्बन्धी एउटा कविता लेखेँ ।” “तिमीले केही खाएका छैनौ भने त्यहाँ क्याफेमा जाऔँ र केही खाऔँ । मसँग पैसा छ । अस्तिको दिन हामीले तलब पायौँ ।” मैले भनेँ किनभने म तिम्रो श्वासबाट आएको भयानक गन्ध सुँघ्न चाहन्नथेँ । “र, यो सल्लाह तिमीले कहिल्यै पनि अस्वीकार गरेका छैनौ ।” “के सबै कविहरू तिमीजस्तै छन्, रङ्ग ?” “कविताहरू पनि, मानिसहरूबाटै लेखिएका छन्, चारूलथा ।” “त्यो वाक्य आपैmँमा कविताजस्तो छ रङ्ग ।” “मैले जागिर पाउनै पर्छ ।” “कहाँ ? पत्रिकामा ?” “होइन…।” “अनि ?” “जहाँसुकै भए पनि । मैले क्याम्पसको पढाइ नसकुन्जेलसम्मको लागि ।” “त्यसोभए तिमी कविता लेखनलाई निरन्तरता दिँदैनौ ?” “कविता लेख्नलाई पनि पहिला म मैले बाँच्नै पर्छ ।” “तिमी अरू नै केही विषयमा कुरा गर्दैथियौ । तिमी मलाई कहाँ जान निम्तो गर्न चाहन्छौ ?” “अँ…। तिमीले अस्ति तलब पाएकी हुनाले तिमीसँग पैसा छ भनेकी छौ ।” “अँ, मैले पनि कविता लेखेँ, रङ ।” “ऊ त्यो ठाउँमा जाऔँ । त्यस ठाउँलाई म जान्दछु । धेरै महङ्गो पनि छैन ।” “म त्यस्तो ठाउँमा जान सक्तिनँ । मैले कविता लेखेको छु भनेको कुरा तिमीले सुनेनौ ?” तिम्रो अनुहार अँध्यारो भयो । “मैले कविता लेखेँ, रङ्ग । तिमी यसलाई पढ र मलाई प्रतिक्रिया देऊ भन्ने चाहन्छु । हिजो मैले रेलको लिक सम्बन्धी एउटा कविता लेखेँ ।” “तिम्रो बकवासलाई फ्याँकिदेऊ ।” तिमीले विषालु ग्याँस मेरो अनुहारमा फ्याँक्यौ । तर अचम्म ! यसले मलाई चोट पुर्याएन । मैले जुनसुकै स्तरको होस्, तर जसरी भए पनि आफू कवि बन्नुपर्छ भन्ने निश्चय गरेँ । बरू, तिमीले गरेको काम सम्झेर भने दिक्क भएँ । म पनि रिसाउन सक्छु भन्ने कुरा त तिमीले जान्नैपर्ने हो । “तिमीले ठीक भनेका हौ, हामी रेलका लिकजस्ता हौँ ।” “चारू, आऊ । मैले तिमीलाई रिस उठाएँ हो ?” हामी क्याफेको नजिकै थियौँ । मैले सोचेँ – म तिमीलाई केही पनि खुवाउने छैनँ, रङ्ग । “म भोकाएकी छैनँ । त्यसकारण म केही पनि खान चाहन्नँ । ढिलो भइसक्यो । म जान्छु ।” “तिमी कहाँ जान्छ्यौ ?” “ट्रेन नजिक आउँदैछ । पर जाऊ ।” “चारुलथा…।” ट्रेन त्यहाँबाट गयो । त्यसपछिदेखि मैले कहिल्यै पनि रङ्गनाथसँग कुरा गरिनँ । **** #कन्चना प्रियकन्ठा #श्रीलङ्का काठमाडौँ खाल्डोमा हराएका हामी बर्मेली: हामी काठमाडौँमा छौँ । हर्ष र विस्मृतिलाई थन्क्याएपछि, थकाइका उकाली र ओरालीलाई पछाडि नै छाडेपछि अनुहारमा एउटै रङ पोतियो, त्यो हो आनन्दताको सङ्लो रङ । हामीसँग एउटै भाव उत्पन्न भइरहेको देखिन्थ्यो, नेपाल आमाको काखमा छौँ भन्ने भावना । जतिसुकै अस्वीकार गरे पनि हामीलाई बर्मापछि माया लाग्ने देश नेपाल हो । चाहे त्यो नेपालीहरूले स्वीकार गरून् वा नगरून् । माया भन्ने कुरा कसैले सिकाएर आउने होइन रहेछ, सानैदेखि कुन भाषा बोलियो, कुन संस्कार बोकियो माया पनि त्यही अनुसार हुँदै जाने रहेछ । अहिले हामी त्यही माया बोकेर काठमाडौँका गल्ली नापिरहेका छौँ । फाल्गुन महिना, माण्डलेमा गर्मी चढिसकेको हुन्छ । तर काठमाडौँ चिसो नै थियो । ज्ञान सरले काठमाडौँमा गर्मी घटिसकेको बताउन भए पनि म कामिरहेकी थिएँ । हामीले बाटोमा सल्लाह ग¥यौँ, एकोटा ज्याकेट किन्नैपर्छ । फागुुन महिनामा भैँसी बेचेर सिरक किनेको आहान बर्मामा खुुबै प्रचलित छ । नेपालमा छ कि छैन थाहा छैन । हामीले ज्याकेट किन्ने सल्लाह गर्दैगर्दा यो आहान सम्झियौँ र हाँस्यौँ । ज्ञान सरले भन्नुभयो, “यता त झन् चलेको छ ।” हामी हिन्दू विद्यापिठबाट खाना खाएर निस्किएका थियौँ । हाम्रो उद्धेश्य निष्फिक्री काठमाडौँ घुम्नु थियो । बाटोमा कतै दरबारजस्तो देखिने घर कतै मन्दिरजस्तो देखिने दरबार, कतै काष्ठकलाको अनौठो नमूना, कतै हस्तकलाको सुन्दर प्रदर्शनी जस्तो लाग्ने ठाउँ । अनि कतै कतै कुरूप सहर । काठमाडौँको प्यागोडा शैलीको जुन कल्पना गरिएको थियो, त्यो त ठाउँ ठाउँमा संरक्षण गरेर मात्र राखिएको रहेछ । मलाई लाग्यो, नेपालको सरकारले सहर कस्तो बनाउने भन्ने योजना बनाएकै रहेनछ । हामीले देवकोटा, भानुमक्त, भिक्षु र पारिजातका पुस्तकहरूमा जुन काठमाडौँ पढेका थियौँ, त्यसलाई सरकारले सायद ध्वस्त बनाएको हुनुपर्छ । मतलब योजना नबनाएर । हामीलाई बोकेको गाडी एउटा मनोरम पुरातात्विक ठाउँमा पुगेर रोकियो । “यो ठाउँ पाटन हो, योचाहिँ ५ सय वर्षअघि बनेको दरबार । यसलाई मंगल बजार भनिन्छ ।”, ज्ञान सरले यसको बारेमा यति भनिदिँदा मैले पढेका नेपालको इतिहास झुलक्क सम्झिएँ । त्योबेला काठमाडौँभित्र विभिन्न देश थिए, त्यसमध्ये यो एउटा देशको राजधानी हो भन्नेसम्म बुझेँ । एउटा सानो देशको दरबारको यो भव्यता साच्चै नै अनौठो थियो । हाम्रो यात्राको गन्तव्य धनगढी थियो । चिन्ता उताको पनि थियो । पाटन दरबार घुम्दै गर्दा भीमजी बेला बेलामा ज्ञान सरलाई साहित्य महोत्सवका विषयमा सोध्नुहुन्थ्यो, “सर भोलि कि पर्सि जाने हो धनगढी ?” “प्लेनको टिकट मिलाउन सुविधा भएन रहेछ, बिहान आयोजक अध्यक्ष रामलाल जोशीजीसँग कुरा भाथ्यो, पर्सी मात्र धनगढीतिर लाग्न हो ।” खासमा हामी भोलि नै धनगढी लाग्न चाहन्थ्यौँ । हामी छक्क पर्यौँ । हाम्रो चिन्ता दूर गर्दै ज्ञान सरले भन्नु भयो, “केही छैन, आज हामी पाटनका सबै ठाउँ र समय रह्यो भने न्युरोड घुम्ने । भोलि सबै काठ्माडौं घुम्ने त्यसपछि पर्सी धनगढी लाग्ने । के थाहा उताबाट फर्कदा काठमाडौँ घुम्न पाइएला नपाइएला ?” “अहिले हामी काठमाडौंमै छौँ हैन ?”, सीमादी छक्क पर्नुभयो । “होइन, काठमाडौँभित्र तीनवटा सहर छन्, ठूूलो हुँदै जाँदा एकै ठाउँ जोडिएको मात्र हो । हामी अहिले तीनवटामध्ये एउटा सहरको एउटा पुरातात्विक ठाउँमा छौँ ।”, केही अघिसम्म मेरो ज्ञान सत्य हो होइन, शंका उब्जेको थियो । अहिले ज्ञान सरले त्यसलाई सत्य सावित गरिदिनुभयो । उहाँले हामीलाई कहाँ कहाँ लैजाने र कहाँ कहाँ घुमाउने योजना बनाइसक्नुभएको रहेछ । मनमनमा खुसी लाग्यो । “खासमा भोलि पनि हामी उता उड्न सक्त्थ्यौँ तर तिमेरूलाई नेपाल खाल्डौ घुमाऔँ भनेर म र अश्विनीजीले यस्तो योजना बनाएका हौँ ।”, यो नाम हामीले पहिलो पटक सुनेका थियौँ । “खासमा भोलि पनि हामी उता उड्न सक्त्थ्यौँ तर तिमेरूलाई नेपाल खाल्डौ घुमाऔँ भनेर म र अश्विनीजीले यस्तो योजना बनाएका हौँ ।”, यो नाम हामीले पहिलो पटक सुनेका थियौँ । कुनै केटीको नाम आएका कारण मात्रै मेरो चासो बढ्यो । सायद अरूले यो कुरामा ध्यान दिनुु भएन । मैले पनि अश्विनी को हो सोधिनँ । एकैछिनमा हामी पाटन दरबारका विभिन्न ठाउँमा घुम्न थाल्यौँ । एक एक कुरा दर्शनीय थिए । बर्माले पनि आफ्नैखालको सुन्दरता बोकेको छ तर नेपालको बातै अलग छ, यो देश कति हो कति पुरानो, पौराणिक कालदेखिको, रहस्यमयी पनि, यहाँका हरेक ठाउँहरूले आफ्नै इतिहासका गाथा बोकेका छन्, । नेपालका विषय धेरै पढेका कारण पनि बर्मापछि मलाई यो देश बढी ऐतिहासिक लाग्छ । त्यसमाथि यो हाम्रो पुर्खाको देश । त्यसै पनि राम्रो लागिहाल्छ । ज्ञान सरले पनि हामीलाई आफ्नो पुर्ख्यौली थलो देखाउन, यहाँका अद्वितीय संस्कृतिक र कलाले सुशोभित आकर्षक ठाउँमा लान उत्सुक हुनुहुन्थ्यो । उहाँले हामीलाई विश्वले मान्यता दिएका ऐतिहासिक जग्गासँग प्रत्यक्ष गराउँदै जानुभयो । ज्ञान सर, साँच्चै मिजासिलो हुनुभएको थियो । कहिले कडा टिचर बन्ने ज्ञान सर यतिबेला गाइड बन्नुभएको छ । कुनैबेला सँगैको दौतरी जस्तो पनि । “हेर त ! त्यहाँ कति सुन्दर ढुङ्गेधारा छ, जाओ त्यहाँ गएर पालैपालो उभ । म फोटो लिदिन्छु ।”, उहाँ सकेसम्म हामीलाई बढीभन्दा बढी ठाउँको तस्बिर र त्यसका इतिहाससँग परिचित गराउन चाहनुहुन्छ । बर्माको स्वतन्त्रता आन्दोलन गर्दागर्दै सरकारको आँखा परेर नेपाल भाग्नुपरेको थियो उहाँले । त्योबेला नेपाल आएपछि उहाँले नेपालका सबै प्रजातान्त्रिक व्यक्तित्वसँग नजिकको सम्बन्ध बढाउनु भयो । बर्माको नेपालस्थित दूतावासमा प्रदर्शन गरेर दबाब बढाउने र त्यसमा नेपाली नेताहमार्फत् नैतिक दबाब दिने काम पनि गर्नुभएको रहेछ । लामो समय नेपाल निर्वासित हुँदा उहाँले हिन्दु विद्यापिठमा पढाएर जीविकोपार्जन गर्नुभएको थियो । तर उहाँको नेपाल बसाइ बर्मामा रहेका सबै गोर्खालीहरूका लागि सुखद भइदियो । उहाँले नेपाल बसेर हाम्रा लागि नेपाली भाषाको पाठ्यक्रम तयार पारिदिनु भयो । हामी जस्ता सामान्य मान्छे नेपाल आउने वातावरण बनाइदिनु भयो । एउटा मान्छेको संघर्ष कति हुन्छ, अनुहार हेरेर थाहा हुन्न, लामो समय संगत गरेपछि थाहा हुन्छ । उहाँलाई मैले नेपाली भाषा र साहित्यमा चिन्तित व्यक्तित्व भन्ने बुझेको थिएँ तर उहाँ त बर्माको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुनुहुँदो रहेछ । पाटन दरबार घुम्दै जाँदा थोरै थोरै उहाँले आफ्नो कथा पनि चुहाउँदै जानुभयो । हामीलाई पाटन दरबारको सौन्दर्यले जति तान्यो, त्यति नै ज्ञान सरको संघर्षले वषिभूत बनायो । हामीले धनगढी र त्यहाँको साहित्यिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने योजना पनि बनाउँदै गयौँ । हामी दरबार परिसर वरपर हेर्दै, फोटो लिँदै, सरको पुराना कथाहरू पनि सुन्दै गयौँ । उहाँले आगामी दिनका योजनाहरू पनि बताउनु भयो । जसअनुसार हामीले धनगढी र त्यहाँको साहित्यिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने योजना पनि बनाउँदै गयौँ । “यहाँभित्र मल्लकालीन सामग्रीहरू छन् ।”, ज्ञान सरले भित्र छिर्ने बाटोतिर जाने इसारा गर्दै भन्नुभयो, “यहाँ आएको बेला हेरौँ है त !” उहाँको आदेश पाउनेबित्तिकै हामी छिर्याैँ । तर पालेले भित्र जान रोके । भुकम्पपछि भित्र जान मनाही छ रे । किन ? भनेर सोध्दा उनीहरूसँग उपयुक्त जवाफ थिएन । भुकम्प गएको यत्तिका वर्ष भैसक्दा पनि जानैपर्ने महत्वपूर्ण ठाउँमा जान नदिएर सकारले गल्ती गरेको महसुस भयो । त्योभन्दा पनि बढी किन भन्ने प्रश्नको जवाफ नपाउँदा भयो । “केटीहरू मङ्गलबजारमा केही नकिन्ने ?“ यी चोकहरुका परिचित भीमजीले हामीलाई भन्नुभयो, “यहाँ पाउने चिजबिज अरूतिर पाउँन्न ।” पाटनको मध्यभागमा रहेछ मङ्गलबजार । युवतीहरूको स्वभाव नै सौन्दर्यप्रति अभिमुख हुनु हो । सबैले आ–आफ्नो रुचिका कुरा हेर्न थाले । मैले चाहिँ झुम्का किनेँ । मसँग त्यो बेलासम्म नेपाली रुपैयाँ रहेनछ । “भारू चल्छ ?” मैले पसलेलाई डराइ डराइ सोधेँ । “चल्छ हजुर ।”, पसलेले सजिलै जवाफ दियो । जति सजिलोगरी उसले जवाफ दियो, त्यति नै दुख्यो मलाई । चल्दैन भनेको भए हुने । नेपालमा भारतको ठूलो प्रभाव छ भनेर बारम्बार सुन्थेँ, पसलेको जवाफले महसुस पनि गरेँ । ‘तिमेरु केही नकिन्ने ?’, महिला प्रशाधन पसलको बाहिर उभिएका पुरुषहरूलाई हेर्दै ज्ञान सरले सोध्नुभयो । “हामी चाहिँ दौरा सुरूवाल किन्ने हो सर ।” वहाँहरू तीनैजनाको एउटै भनाइ थियो । विशेष साँस्कृतिक कार्यक्रम र तिहारबाहेक बर्मामा दौरासुरूवाल, चौबन्दी, फरिया कहाँ लाउन पाउनु ? नेपाली मन भए पनि भुषामा पूर्णरूपले बर्मेलीकै अनुसरण गरिन्छ । हामीले बोलेका कतिपय कुराहरू बर्मा मिस्रित हुन्थे । खासमा बजार किनमेल गर्दा अप्ठ्यारो भइरहेको र हामी आफैँमा एउटा हाँस्यस्पद बन्न पुग्ने हुनाले पूरा वाक्य नेपालीमै बोल्ने भाषा सुधार अभियान त्यहीँबाट सुरू भयो । साथमा भुषाबाट पनि पूर्ण नेपाली बन्ने चाहना पनि बढ्यो । “हाम्रो टोली नेपाल भित्रिसकेको शुभसमाचार पाएपछि चारैतिरबाट बोलावट हुन थाल्यो, कहाँ जाने होला ? दुुई तीनवटा फोन उठाएपछि ज्ञान सरले भन्नुुभयो, ‘अरुतिर त भ्याइँदैन होला, लघुकथा समाजतिर जाउँ है ?’ खासमा यो प्रश्न औपचारिक मात्र हो भन्ने हामीलाई थाहा छ । हामी त उहाँले जहाँ लिएर जानुहुन्छ, खुरुखुरु जाने मात्र हौँ । केहीक्षणपछि हामी पाटन दरबारबाट बाहिर निस्कियौँ र गाडीमा चढ्यौँ । गाडीले कुुरूप सहरको दर्शन गराउँदै लघुकथा समाजको कार्यक्रममा पुर्यायो । जुन भवनमा कार्यक्रम थियो, त्यसको नाम सायद महिला विकास केन्द्र, यस्तै केही थियो, टिप्न बिर्सिएछु । साहित्यमा सबै कुरा सत्य कहाँ होला र भनेर मैले यस्तै लेखिँदिएँ । सोधेको भए सायद यहाँ अर्कै नाम लेखिन्थ्यो होला । आजकै दिन हामीले पढ्ने र पढाउने पाठ्यक्रमका तीनवटै सम्पादनसँग भेट हुने अवसर पाउँदा आँखा रसाउनु स्वभाविक नै थियो । कार्यक्रममा हुनुहुन्थ्यो, गोरखापत्रका सम्पादक (यो लेख्दै गर्दा उहाँ भूतपूर्व सम्पादक भइसक्नुभयो भन्ने सुन्दैछु) श्रीओम श्रेष्ठ रोदन, लक्ष्मण गौतम । यी दुुवै व्यक्तित्व मेरा लागि आमा, बुवापछिका परिचित गुरुहरूको वर्गमा पर्छन् । बर्मेली पाठ्यक्रमका सम्पादक उहाँहरू नै हुनुहुन्छ । मैले बर्मेली गोर्खाली विद्यार्थीहरूलाई पटक पटक तिम्रो पाठ्यपुस्तक कसले लेखेको हो भनेर सोधेको छु र जवाफमा उहाँहरूको नाम सुनेको छु । अझ गएको वर्ष कक्षा ५ सम्मको नयाँ पाठ्यपुस्तको शैक्षिक तालिम दिन सरहरू बर्मा आउनुभाको थियो । उहाँहरू मिचिना, यंगुन, लोखू र मोगोक गरेर नेपाली बस्ती बढी भएका प्रान्तमा नेपाली अध्यापन गराउने गुरू–गुरूमाका निम्ति शिक्षक प्रशिक्षण तालिम दिन आउनुभएको थियो । त्यहीक्रममा म्यान्माकै जेष्ठ साँस्कृतिक विद्यापीठ लोखूमा मैले सरहरूसँग भेट्ने अवसर पाएकी थिएँ । अँ, म्यान्माली नेपाली पाठ्यपुस्तक सम्पादनमा डा.चिन्तामणि योगी पनि हुनुहुन्छ । जे होस्, आजकै दिन हामीले पढ्ने र पढाउने पाठ्यक्रमका तीनवटै सम्पादनसँग भेट हुने अवसर पाउँदा आँखा रसाउनु स्वभाविक नै थियो । आज म जे लेख्ने प्रयास गर्दैछु, यो लेखनीमा कतै न कतै यी तीनजना नेपाली भूमिका पुत्रहरूको योगदान छ भन्दा मलाई गौरव लाग्छ । मलाई मात्र किन, एक लाख बर्मेली नेपालीहरूले उहाँहरूलाई सुनेको र पढेको छ । तीनजना विद्वानहरूले लगाएको गुण सायदै कुनै नेपालीहरूले बिर्सन्छ होला ! हाम्रो भावुकता भवनबाहिर एकछिन् छताछुुल्ल भएर पोखियो । हामी कहाँ उभिएका छौँ र के गर्दैछौँ भन्ने सायद हामी सबैले बिर्सियौँ । अपनत्व भनेको सायद यही होला । उहाँहरूको आँखाले पनि वर्षौँदेखि भेट्न चाहेको व्यक्तिहरूलाई भेटेको महसुस गराउँदै थियो । यो आत्मीय क्षणको भिडियो सायद खिचिएन, तर पनि मेरो मनले त्यो दृश्य जस्ताको तस्तै कैद गरेको रहेछ भन्ने कुरा यो लेख्दै गर्दा महसुस हुन्छ । ‘लौ, ढिला भयो, भित्र जाऔँ ।’ कसैले यति भनेपछि बल्ल हामी सबैको होस खुलेजस्तो भयो । सरहरू अघि लाग्नु भयो । हामी पछि लाग्यौँ । मलाई लघुुकथाको सिद्धान्त हुन्छ भन्ने थाहा थिएन । कार्यक्रम अघि बढ्दै जाँदा लघुकथा लेख्ने तरिका, यसको स्वरूप पनि थाहा हुँदै गयो । हामी त अनजानमै लघुकथा प्रशिक्षण केन्द्रमा पो आएका रहेछौँ । लघुकथा समाजले लघुकथा बारे विभिन्न कार्यक्रम गर्दोरहेछ । यसका अध्यक्ष पनि श्रीओम सर नै हुनुहुँदो रहेछ । त्यसैको एउटा कार्यक्रम यो रहेछ । मलाई लघुकथा पढ्न मन लाग्छ, लेख्ने रहर पनि जाग्छ । तर यसको पनि आफ्नै सिद्धान्त हुन्छ भन्ने थाहा पाएपछि लेख्नै डर लाग्यो । जान्नुभन्दा नजान्नु कति उत्तम ! यो संस्थाले भाद्र छ गते लघुकथा दिवस पनि मनाउँदो रहेछ । यसले कथाको क्षेत्रमा एउटा र लघुकथाको क्षेत्रमा दुईवटा गरी तीनवटा पुरस्कारको स्थापना पनि गरेको रहेछ । मञ्चमा भाषण हुँदै थियो र म नयाँ नयाँ कुरा थाहा पाउँदै थिएँ । बर्मेली समाजमा यसरी साहित्यको कार्यक्रम हुनु र नयाँ कुरा थाहा पाउनु कल्पना बाहिरको कुरा हो । म छक्क पर्दै कार्यक्रमलाई ध्यानपूर्वक मनन् गर्दै गएँ । कार्यक्रममा कवि तथा लघुकथाकार महेश प्रसाईं र कथाको क्षेत्रमा सनत रेग्मीलाई सम्मानित गरियो । रचना नामको बहुुचर्चित पत्रिकाका सम्पादक रोचक घिमिरेले त्यसको प्रमुख आतिथ्यता गरिरहनुभएको थियो । म्यान्माली अतिथिका रूपमा ज्ञान सर मञ्चमा विराजमान हुनुहुन्थ्यो । यसबाट संस्थाले हामीलाई पनि महत्व दिएको महुसुस गराएको थियो । हाम्रो आगमनमा वक्ताहरुले फूलबुट्टा भरेर हामीले भाषा र साहित्यमा गरेको योगदानको चर्चा गरेपछि त हामी मख्ख नपरी रहन सकेनौँ । अझ हाम्रो आगमनमा वक्ताहरुले फूलबुट्टा भरेर हामीले भाषा र साहित्यमा गरेको योगदानको चर्चा गरेपछि त हामी मख्ख नपरी रहन सकेनौँ । नेपाली मन कति फराकिलो हुन्छ, जहाँ बसे पनि आखिर नेपाली शैली कायम नै हुने रहेछ भन्दै हामीले कानेखुसी पनि गर्यौँ । सँगै हामी वर्षको तीन महिना त्यो पनि व्यक्तिगत प्रयासमा नेपाली पढेर आफू नेपाली हुनुुको गौरवबोध गर्ने बर्मेलीहरू जब यहाँ लघुकथादेखि उपन्यास सबैको छुट्टाछुट्टै संस्था देखेर हामीले कति धेरै गर्न बाँकी छ भन्ने कुरा पनि थाहा पायौँ । कार्यक्रममा छिर्दा हामी नेपाल घुम्न आएका यात्रुु जस्ता मात्र थियौँ, कार्यक्रमबाट निस्कँदा नेपाली भाषा र साहित्यको विश्वविद्यालयबाट पढेर निस्किए जस्तो भयौँ । नेपालमा बस्ने नेपाली साँच्चै नै भाग्यमानी ! आफ्नो भाषामा यसरी खुला छलफल त्यो पनि हरेक साना साना विषयमा, कहाँ पाउनु ? तर यो कुरा कति नेपालीले बुझेका होलान् ? प्रवासमा बस्नुको पीडा प्रवासीलाई नै थाहा हुन्छ । चाँडै यो कुरा नेपालका नेपालीले बुझून् । #बर्मादेखि नेपालसम्म मदन पुरस्कार बिजेता रामलालको नयाँ कथा: अस्तित्वको खोजी: बा रको चौथो तला उक्लिन थाल्दा उसको सास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती । मैले सोचेँ – बिरामी रैछे । हेल्प गर्दिऊँ । पाखुरा समातेर खुरकुट्टी उकाली दिएँ । ऊ फनक्क फर्केर हाँसी – “के चाइयो साहेब ?” हाँस्दा हवास्स एक सर्को दुर्गन्ध आएर मेरो नाकमा ठोक्कियो । “रोगी जस्तो लाग्यो र पो”, मैले भनेँ – “नत्र छुन्नथेँ ।” “ए होइन, होइन ।” उसले लेघ्रो तानी – “कम्पनी मालिक फेरि फर्केर आयो कि भनेर पो ।” “सरी ।” म आफ्नै बाटो लागेँ । बारभित्र छिर्नेबेला सोचेँ – कस्ती ननसेन्स आइमाई । म बसिसक्दा ऊ भित्र छिरी । काला आफ्ना चश्मा उसले शिरमाथि सिउरी दिई । ठीक बीस हात पर मेरो सम्मुखमा आएर बसी । ऊ बेसुरा रही । म आफ्नै सुरमा ह्विस्कीको मजा लिन थालेँ । सायद तेस्रो पेग घुड्क्याउन थाल्दा मेरा आँखा उसतिर गौरगरी स्थिर भैदिए । किनकिन उसप्रति वितृष्णा जागेको थियो । तर यसपटक त्यस्तो लगेन । उसका जिज्ञासु आँखाहरू मसँग केही मागिरहे जस्ता थिए । लाग्यो, टाढैबाट ऊ केही सोध्न चाहन्छे, मसँग । हृदयको आवाज आएर उसका गलामा अडके जस्तो भैरहेको थियो । अनुहारले बताउँथ्यो, केही कुरा जरुर छ ऊसँग, भन्नलाई । हेर्दाहेर्दै मलाई लाग्यो – अरे, यो त चिरपरिचित अनुहार हो । कहाँ देखेको हुँ, यस अनुहारलाई मैले । के मेरो जीवनबाट गुज्रेको अनुहार हो यो ? देखेदेखे जस्तो लाग्ने । चिनेचिने जस्तो लाग्ने । बोलेबोले जस्तो लाग्ने । केही सम्झेसम्झे जस्तो लाग्ने । टिभीमा देखेको अनुहार हो कि ? कतै चित्रमा हेरेको अनुहार हो कि ? विस्मृतिमा गएर बसेको कसको अनुहार हो यो ? हँ ? सम्झने लाख कोसिस गरेँ, सकिनँ । स्मृति सकिने बेलामा ठोक्किन आउँछन् यस्तै अनुहारहरू । ऊ उठेर नजिक आई । हावामा उसले आफ्ना मसिना चार औंला हल्लाई – “हाई …।” गिलास टेबलमा राखेर मैले दुई औंला माथि गरेँ – “हाई ……..।” “चिनेनौ ?” कतै रेडियोमा बोलेजस्तो उसको मसिनो बोली । चिनेँ, कसरी भनुँ ? अपलक उसलाई हेरिरहेँ । “म रचना ।” ऊ मेरै सामुन्य बसी । ठुस्स गन्ध आयो । मैले नआएजस्तो गरेँ । “रचना ? उही क्याम्पस लाइफकी रचना ?” “हो । म उही रचना ।” आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई । कठै ! कसरी बिराना हुँदा रैछन्, अतीतमा छुटेका अनुहारहरू । मैले आफ्नो ध्यान कतै गुमाएँ । म तिनै दिन रामलाल जोशी हरूमा गएर घुम्न थालेँ, जहाँ चन्द्रमाको छायामुनि एउटा सुकोमल जिन्दगी मुस्कुराउँथ्यो – ती दिनहरू कैलाली क्याम्पसका थिए । एउटा निर्जन सालघारीका बीचमा अवस्थित कैलाली क्याम्पस । ऊ मेरै क्लासकी सहपाठी । लुकिछिपी दिइने प्रेमपत्र बाहेक केटाकेटीहरूको खासै उठबस र सानिध्यको जमाना थिएन । जमानालाई चुनौती दिने बहादुर प्रेमीप्रेमीकाबाहेक बाँकी केटाकेटीहरू पश्चिम नेपालका जेठी र बहुरानी जस्ता थिए । देख्न हुने तर भेट्न नहुने । बोल्न हुने तर छुन नहुने । मेरो लागि ऊ त्यस्तै थिई । ती दिनहरू उसका थिए । कम्तिमा पनि दिनमा पाँच जोर लुगा बदल्ने उसको रुमानी जमाना थियो । बिहान क्याम्पस आउँदा ऊ, जुन लुगामा हुन्थ्यी, दिउसो कौशीमा देखा पर्दा उसको शरीरमा त्यो हुन्थेन, अर्कै लुगा हुन्थ्यो । कौशीकी कली जब चन्दन टाकिजको सेकेन्ड सोमा पाकिजा हेर्न पुग्थी, त्यसबेला उसका अगाडि पर्दाकी नायिका फिका पर्थे । डिम लाइटमा जब ऊ बाल्कोनीबाट चन्द्रमाझैं मुस्कुराउँथी, युवकहरू आफ्ना सास रोकेर सिठी मार्थे । उफ ! त्यो जमानाको कुरा अर्कै थियो । सूर्यास्तको शितल पवनमा जब शैर गर्न पार्कको पछाडि तालको माछाझैं लड्िकन्थी, एउटा गज्जबको पहिरनमा ऊ शरदको आकाशझैं छयाङ्गै खुलेकी हुन्थी । कदाचित जुनेली रातमा सहेलीहरूको साथ खुल्ला सडकमा निस्किदा पवनछिद्री निलो गामनमा खुब सजिएकी लाग्थी । बदामी आँखा, बाटुलो अनुहार, चौडा निधार, कैला केश र गोरो वर्णमा ऊ धपक्क बलेकी हुन्थी । आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई । ठया्क्कै इन्द्रलोकबाट झरेकी परी जस्ती । कामत योनिका । छोऊँछोऊँ लाग्ने । हेरिरहूँ लाग्ने । मनमुटुमा टाँसिइजाने । आँखाहरूमा बसिजाने । मायालु युगकी दुर्लभ बराङ्गना । वर्षौँ अघिको सम्झनाको अतल गहिराइबाट भिजेको चराजस्तै भएर म निस्केँ । मेरो हात ह्विस्कीको गिलासमा थियो । म आश्चर्यचकित भएर तिलमिलाएँ “तिमी रचना …?” उसको निधारको छाला सिकुडियो । मैले सोचेँ, आजै सिकुडिने बेला त होइन । “हो म त्यै रचना त हो नि ।” कुरा गर्दा उसले कानका रिङहरू हल्लाउन सिकेकी रैछे । हल्लिरहेथे । “तिमी उही रचना हौ भन्ने कुरा मलाई विश्वासै लागिरहेको छैन । कहाँ बल्दो आगाको फिलिङ्गो जस्ती ऊ रचना, कहाँ निभेको कोइलाजस्ती, तिमी । कसरी पत्याऊँ म, हँ ? कसरी भयो यस्तो ? समयभन्दा अगाडि किन यसरी मुर्झायौ तिमी ? तिमी यस्ती त थिएनौ । बारमा आएर ड्रिङस, गर्ने पनि भइछौ ?” ऊ फिस्स हाँसी । हाँस्दा डिम्पल पर्ने उसको गालामा चाउरीका अस्वभाविक धर्काहरू देखापरे । “के भनौँ ? यस्तै हो जिन्दगी ।” “कस्तो ?” “कथा लामो छ ।” “केही लेऊ । हामी यस अवस्थासम्म पनि पुगेछौं है ?” “उसबेला बोल्न पनि लाज लाग्थ्यो ।” ऊ लजाउन खोजी । तर लजाएको सुहाएन । उसले गिलास मागी । मैले ह्विस्की हालिदिएँ । “तिमीले विवाह गरिनौ ? घरवार छैन तिम्रो ?” उसले गहिरो सास लिई । एक चुस्की लिएपछि ऊ भन्नथाली – “ अरु भाग्यमानी स्वास्नी मानिस जस्तै मेरो पनि घरबार थियो । आफ्नै संसार थियो । एउटा सानो स्वर्गजस्तो घर थियो । देवता जस्ता श्रीमान् थिए । न्यानो प्रेम थियो । आमाजस्ती सासु थिइन्, बाबुजस्ता ससुरा । लक्ष्मणजस्ता देवर थिए, लवकुशजस्ता छोराहरू । कपालका रौंजत्ति नै मेरा उपरमा मान्यजनहरूको आर्शीवाद थियो । खानलाई कमी थिएन । लोग्नेको जागिर थियो । घरभरी लुगा र गहनाहरू थिए । तीनतले हबेलीको अट्टालिकामा बसेर म आफ्नो स्वर्ग निहार्थेँ । कुनैबेला सोच्थेँ, मजति सुखी को होला, यस संसारमा । किन्तु त्यो सब भ्रम रहेछ । ती सब कुराहरू मेरा लागि क्षणिक सपना रहेछन् । ती मेरो आत्मा र अन्तरजगतको सुखसँग जोडिएका चिजहरू रहेनछन् । केवल बाहिरी आवरणका रमझमी भ्रम रहेछन् । पानीको फोका जस्तै फुस्केर गए । तासको घरजस्तै ढलेर गयो, त्यो स्वप्न महल । अथवा यसो भनौँ – पिँडालुका पातको पानीजस्तै ढलपलढलपल भएर खसेँ म, आफ्नो बाटोबाट । नियतिले मेरो निधारमा अर्कै कथा लेखिदिएको रैछ । जुन भूमिका मैले निर्वाह गर्न लेखिएको थियो, गरेँ ।” “अनि ?” एकपटक लामो सास लिई । अब ऊ आफ्नो कथा विस्तरमा भन्न थाली – विवाहपछि मेरो जिन्दगी प्राय घरभित्रै सीमित भएको थियो । मलाई हमेशा हेरिराख्ने एउटा मेरो श्रीमान् थिए, अर्को ऐना । बस्, यसबाहेक सितिमिति म अरुका नजरमा परेकै थिइनँ । एकदिन श्रीमान्ले भन्नुभयो – “घरमै बस्दाबस्दा दिमाग बोधो हुन्छ । कहिलेकाहीँ बाहिरतिर पनि निस्किने गर न ।” यशोदा दिदी समाजसेवामा थिइन् । म उनैसँग कहिलेकाहीँ सामाजिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुन थालेँ । एकदिन एउटा साहित्यिक कार्यक्रममा म एउटा कविका नजरमा परेँ । उसका आँखाहरू आएर टक्क ममाथि अडिए । म मुस्कुराई दिएँ । उसले परिचय लियो र दोस्रो दिन कफीको निम्ता दियो । मनभरी धेरै कौतुहल बोकेर गएँ । खप्तड क्याफेमा ऊ पर्खिबस्याथ्यो । भन्यो – “मुस्कान तपाईँको ज्यानमारा छ ।” पहिलो भेटमै उसले मेरो खुब प्रशंंसा गर्याे । भन्यो – “यो दुर्लभ सुन्दरता, घरभित्रै लुकाएर राख्नलाई ईश्वरले एकै ठाउँमा खन्याइ दिएका होइनन् । बाहिरी संसार पनि तपाईको सुन्दरताको प्रतीक्षामा छ । आफु जति सुन्दर हुनुहुन्छ, संसारलाई पनि सिंगारी दिनुस् ।” मेरो अवस्था तातो र चिसोको चेपुवामा परेको सिसाको गिलासको जस्तै भयो । सरम र संकोचले बाहिरबाट जति खुम्चिएँ । खुसी र प्रफुल्लताले भित्रैदेखि फुलेल पनि भएँ । आफ्नो प्रशंसाले खुसी को नहुँदो हो । छुट्टिएर आउँदा हावामा उडिरहेको बेलुनजस्तै भैरहेकी थिएँ, म । ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ । उसको कलमले मलाई भित्रैसम्म छोयो । महिना दिनपछि उसले फोन गरेर फेरि त्यही काफेमा भेट्ने अनुरोध गर्याे । मैले वचन राखिदिएँ । दोस्रो भेटमा पनि मेरो उस्तै तारिफमा आफ्ना शब्दहरू खर्च गर्न थाल्यो । यसपटक त्यस्तो लज्जा र सङ्कोच मनमा आएन । थोरै म ऊसँग खुल्न सकेँ । यो क्रम यस्तै चलिरह्यो । खप्तड क्याफेको तेस्रो भेटमा उसले एउटा सरप्राइज दियो । कफीको चुस्कीसँगै हातमा एउटा कागज लियो । त्यस कागजमा केही अक्षरहरू मिलेर मेरो बयान गर्दै थिए । मेरो कपाल, आँखा, ओठ, निधार, नितम्ब, मुस्कान र सौन्दर्यको वर्णनमा केन्द्रित सुन्दर कविता उसले मलाई उपहार दियो । सोचेँ – ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ । उसको कलमले मलाई भित्रैसम्म छोयो । उसको कविता मैले आफ्नो छातीमा दुई हातले च्यापेँ । एउटा गहिरो उच्छवास माथिसम्मै उडेर गयो । “थ्याङ्क यू सो मच माइ डियर कवि ।” गह्रौँ मनले उसँग बिदा मागेँ । बाटोभरी मन कताकता उडिरह्यो । सुत्न सकिन । रातभरी एउटा उथलपुथल मच्चिरह्यो मनमा । तिमीलाई थाहै छ, म उसबेलादेखि नै मोडल बन्न चाहन्थेँ । अनेकथरी फेसन गरेर आफ्नो रहर पूरा गर्नु मेरो सोख थियो । फोटो स्टुडियोमा गई अनेक भावभङ्गीका फोटो खिचाएर एल्बममा सजाउनु पनि मेरो उत्तिकै सोख थियो । भगवान्ले दिएको आफ्नो रुप र सुन्दरताप्रति म गर्व गर्थेँ । हजारचोटी ऐनामा आफैलाई हेरेर अघाउँथेन । मोडेल बनेर पत्रिकामा छापिने मेरो रहर विवाहपछि चकनाचुर भएको थियो । तथापि मनको अभिलाषाले भने छटपटी गराइ नै रह्यो । मलाई लाग्थ्यो – फूलको अस्तित्व आफै फुल्नु र झर्नुमा कहाँ छ र ? कदाचित भँमरा बसिदिए पो ऊ फुल्नुको सार्थकता हुन्छ । अझ माहुरीले रस चुसिदिए पो ऊ फुल्नको अर्थ रहन्छ । चर्कै सुगन्ध छरेर फुलेको फूललाई कसैले सुँघिदिए पो उसको अस्तित्व साकार हुन्छ । अझ भन्नुहुन्छ भने ढकमक्क फुलेको फूलको थुङ्गा कुनै शोडषी बालाको शिरमा सिउरिएन भने उसको अस्तित्व निरर्थक हुन्छ । ठीक यस्तै हो, मान्छेको अस्तित्व पनि । संसारका प्रत्येक मान्छेसँग छुट्टै र मौलिक प्रतिभा हुन्छ । त्यही प्रतिभा या निजी आकर्षणले यस संसारमा आफ्नो उपस्थिति जनाउँछ अनि निजी प्रभाव र चिनारी छोडछ । व्यक्तिको प्रतिभा भन्नु नै उसको नीजि आकर्षण त हो नि, जो संसारलाई ऊ देखाउन चाहन्छ । ईश्वर प्रदत्त प्रतिभा लुकाउने चिज हुँदै होइन, देखाउने चीज हो । यस अर्थमा मलाई लाग्थ्यो मेरो सुन्दरता नै मेरो विशेष प्रतिभा हो, जो मैले दुनियाँसामु देखाउनु पर्छ । आफ्नो प्रतिभाको प्रस्फुटन मान्छे चाहन्छ भने मेरो सुन्दरताको प्रस्फुटन रङ्गमञ्चमा हुनु आवश्यक छ । त्यसैले ईश्वर प्रदत्त विशेष प्रतिभा या आकर्षणलाई लुकाएर राख्नु निजत्वको दमन पनि हो । मेरो छट्पटी यही थियो । चौथोपटक उसँग म आफै भेट्न चाहन्थेँ । मैले नै प्रस्ताव गरेँ, खप्तड क्याफेमा । यसपटक उसले मेरै मनको कुरा गर्याे – “म केवल शब्दकवि मात्र हैन महोदया, फोटोपत्रकार पनि हुँ । तपाईँ आफ्ना केही पोज फोटोहरू मलाई खिच्न दिनुहोस् । तपाईँको आग्नेय सुन्दरतालाई म संसारसामु प्रकाशमा ल्याइदिन्छु । एउटा राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा तपाईँको ब्लोअप निकालिदिन्छु । मञ्जुरी छ ?” म चकित परेँ । उसले कसरी बुझयो मेरो उत्कट चाहना ? म खुसीले पगाल हुन आँटेकी थिएँ । तैपनि भनेँ – “एउटा गृहिणीको ब्लोअप ? त्यो पनि राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा ?” “म कुनै मोडल होइन नि, न त हिरोइन नै ।” “तपाईँ केही हुनु र नहुनुमा मेरो केही सरोकार होइन । केवल म तपाईँको सुन्दरताको पारखी हुँ, आफ्नो जीवनको अस्तित्व र मूल्य खोज्नुहोस् । त्यत्तिकै खेर जान नदिनुस् । बस् । मञ्जुरी छ ?” उसका कुराले मलाई भित्रदेखि हलचल गरिदियो । म निशब्द र नाजावाफ भएँ । मेरो वर्षौदेखिको रहरको कुरा ऊ बोलिरहेथ्यो । म के बोलौं ? त्यसै मन नलागी छुट्टिएर आएँ । घरमा आएर सल्लाह गर्दा श्रीमान्ले ‘नाईँ’ भन्नु भएन । तापनि मलाई भित्रभित्रै एक प्रकारको द्विविधा भैरह्या,े के गरौँ ? दिऊँ या नदिऊँ ? मेरो जीवनमा त्यसले केही फरक पार्ला कि ? एउटा मनले भन्यो – आखिर त्यस्तो बिघ्न सुन्दरता नै के छ र मसँग ? किन मान्छे यसरी अनुरक्त भएका होलान् मप्रति ? रातभरी यस्तै भावहरू मनमा खेलिरहे । सोचेँ – सबैले कहाँ पाउँछन् र यस्तो अवसर ? आखिर केही छ, मसँग र त मान्छेको आकर्षण छ । म दोस्रोदिन स्टार स्टुडियोमा पुगेँ । कविलाई बोलाएँ । विभिन्न पोजका सातओटा फोटो दिएर फर्केँ । एक महिनापछिको रङ्गीन पत्रिकाको मध्यपृष्ठमा मेरो ब्लोअप छापियो । मेरो खुसीको सीमा रहेन । त्यसैत्यसै मन रोमाञ्चित भयो । देश–विदेशबाट फोन र म्यासेजमा बधाइहरू आउन थाले । मान्छेहरू भेट्न घरमै पुग्न थाले । पत्रकारहरू अन्तर्वार्ता लिन थाले । अहो, लाग्यो– म कहाँबाट कहाँ पुगेछु । एउटा सेलिब्रेटी जस्तै मान्छेहरूको नजरमा म त्यत्तिकै पर्न थालेँ । भेटमा कविले बधाईका लागि हात अघि बढाए । एककदम अगाडि बढेर म उनका गला लागेँ । — “थ्याङक यू सो मच माइ डियर कवि ।” त्यसपछि मेरो दुनियाँ अर्कै भयो । जिन्दगीले कोल्टो मात्रै फेरेन, आसमान छोयो । पत्रिकामा ब्लोअप छापिएको एक महिनापछि काठमाडौँबाट फोन आयो । बहुराष्ट्रिय सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले एउटा महत्वपूर्ण विज्ञापनमा खेल्न प्रस्ताव गरेको थियो । मेरो खुसीको सीमा रहेन । घरमा अनुमति मागेँ । “आफ्नो प्रतिभा र व्यक्तित्व विकासका लागि आएको एउटा महत्वपूर्ण अवसरको सदुपयोग गर्नू, तिमीलाई मेरो शुभकामना ।” घरबाट निस्कने बेला मेरा श्रीमान्ले माथा चुम्दै यिनै शब्दद्वारा बिदाइ गर्नुभयो । म सिमलको भुवाजस्तै उडेर काठमाडौं पुगेँ । सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले मेरो कपालका केस्राकेस्रा केलायो । एकएक रौं हातमा लिएर सहलायो । र, एउटा प्रस्ताव अगाडि सार्यो – विज्ञापनमा प्रयोग गरेबापत तपाईँको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् । “तपाईँका रेश्मी कपालहरू हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । विज्ञापनमा प्रयोग गरेबापत तपाईँ आफ्ना कपालको मूल्य पचास लाख लिनुहोस् । सट्टामा आफ्ना कपालको सर्वाधिकार कम्पनीका नाममा गर्दिनुस् । मञ्जुरी छ ?” अहो ! जाबो कपालको विज्ञापन दिएवापत पचास लाख ? मेरा लागि काठमाडौंको आकाश साँघुरो भयो । म खुसीले पूरै आकाशमा उड्न चाहन्थेँ । माछा जस्तै तैरिन चाहन्थेँ । अहिलेसम्मको जिन्दगीमा मैले पचास लाख देखेकै थिएन । दायाँबायाँ कतै नहेरी फायलमा साइन गर्दिएँ । मेरो कपालहरू टिभीमा आउन थाले । पत्रिकामा छापिन थाले । अब म सामान्य महिला कहाँ थिएँ र ! एउटा गल्यामर दुनियाँमा मेरो प्रवेश भैसकेको थियो । हप्तादिन पछि बहुराष्ट्रिय बिन्दी उत्पादक कम्पनीको म्यानेजरले फोन गर्यो । म उफ्रिदै भेट्न गएँ । उसले प्रस्ताव ग¥यो — “तपाईँको निधार हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछ । विज्ञापनमा प्रयोग गरेबापत तपाईँको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् ।” म दोधारमा परेँ । एउटा मनले भन्यो– “अहो ! भावीनीले भाग्य लेख्ने निधारमै हो भन्थे । यै निधार अर्काको नाममा पास गर्दिएँ भने मेरो भाग्य कहाँ लेखिएला ?” अर्को मनले भन्यो – “ अरे लाटी, भाग्य भनेकै यै हो, चिनिनस् ? पचासपचास लाख तेरो खप्परमा कैले आथ्यो ? अलमलमा नपर् । फटाकसे पास गर्दे ।” मैले म्यानेजरको हातबाट फायल तानेँ । र, तुरुन्त साइन गर्दिएँ । टिभी र पत्रिकाहरूमा मेरो निधार देखिन थाल्यो । चिटिक्क लालबिन्दी लाएको आफ्नै गोह्रो निधार देखेर मनमनै सोच्थेँ – “आहा ! कति भाग्यमानी निधार मेरो ।” सातादिनपछि बहुराष्ट्रिय गाजल उत्पादक कम्पनीको म्यानेजरको फोन आयो । गएँ । उसले प्रस्ताव अघि सार्याे – “तपाईँका स्वप्निल आँखाहरू हाम्रो कम्पनीको विज्ञापनको लागि काममा आउने छन् । आफ्ना आँखाको मूल्य एक करोड लिनुस् । सट्टामा आफ्ना आँखा कम्पनीको नाममा पास गर्दिनुस् ।” म अन्यमनस्क भएँ । “संसार हेर्ने आँखा कसरी अर्काको नाममा पास गरुँ ? केही सपनाहरू पनि छन् यी आँखामा ।” यस्तै केके सोचेँ । तत्काल अन्तरआत्माले जवाफ दियो – “अरे बुद्धु तेरा यी आँखाले कैल्यै सपनामा पनि एक करोड देखेको छ ? एकएक करोड देख्ने सौभाग्य कैले पाउँछन् र तेरा यी रिठ्ठे आँखाले ? आफ्नो सपना ऐल्यै पूरा हुन थालेको देख्दिनस् ?” मैले दायाँबायाँ कतै हेरिन । तुरन्त फाइल लिएँ र साइन गर्दिएँ । सागरजस्ता मेरा आँखाहरू टिभीको स्क्रिनमा देखिन थाले । खुसीले म उसै उड्न थालेँ । त्यहीसाँझ बहुराष्ट्रिय टुथपेष्ट उत्पादक कम्पनीको म्यानेजरको प्रस्ताव आयो – “तपाईँका दाँतहरू हाम्रो कम्पनीको विज्ञापनको लागि काम लाग्नेछन् । एक करोड रुपैयाँ लिनुस् । सट्टामा आफ्ना दाँत कम्पनीको नाममा पास गर्दिनुस् ।” मैले आँखा चिम्लेर सही गर्दिएँ । केही दिनपछि क्रिम कम्पनीको म्यानेजरले फोन गर्यो । अब मसँग आफ्नो कार थियो । आफै हाकेर गएँ । भेटमा उसले पनि त्यस्तै प्रस्ताव गर्यो – “तपाईँको गाला हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । त्यसबापत एक करोड रुपैयाँ लिनुस् र कम्पनीका नाममा आफ्ना गाला पास गर्दिनुस् ।” मैले एक करोड बुझेँ । फायलमा सही गर्दिएँ । सातादिनभित्र अर्को फोन आयो । लिपिष्टिक उत्पादक कम्पनीको म्यानेजरको फोन थियो । भेटमा उसले प्रस्ताव ग¥यो – “तपार्इँका गुलाबी ओठहरू यस कम्पनीको विज्ञापनको लागि काममा आउने छन् । दुई करोड रुपैयाँ लिनुस् र आफ्ना ओठहरू कम्पनीका नाममा पास गर्दिनुस् ।” मैले ओठ चुच्चो पारेँ । ऊ झस्कियो । “के सोच्नु भयो ? चित्त बुझेन भने एक करोड थप लिनुस् न त ।” मैले आफ्नो ब्यागबाट कलम झिकेँ । फायलमा साइन गरेर अघि गर्दिएँ । मेरा ओठहरू प्यासी भएर टिभीको स्क्रिनमा देखिन थाले । वाह ! मेरो जिन्दगी । यो क्रम निरन्तर जारी रह्यो । त्यसपछि नङ पालिस उत्पादक कम्पनीका मानेजरले तीन करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना नङ दिएँ । मेहेन्दी उत्पादक कम्पनीले चार करोडको प्रस्ताव गर्यो, मैले आफ्ना हत्केला दिएँ । साडी उत्पादक कम्पनीले पाँच करोडको प्रस्ताव ग¥यो, मैले आफ्नो नितम्ब र नाइटो दिएँ । ब्रा उत्पादक कम्पनीले छ करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना दुबै स्तन कम्पनीका नाममा पास गर्दिएँ । पेन्टी उत्पादक कम्पनीले सात करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना जाँघ र मूलाधारचक्र कम्पनीका नाममा पास गर्दिएँ । अनि ? अनि एकदिन बहुराष्ट्रिय कण्डम उत्पादक कम्पनीको म्यानेजरले दश करोडको प्रस्ताव अगाडि सार्याे, मैले कम्पनीको नाममा आफ्नो योनि पनि पास गर्दिएँ । मेरो शरीरमाथि मबाहेक अरू कसको अधिकार थियो र ! मेरो अस्तित्वको भोक्ता केवल मै थिएँ । यसरी मैले आफ्ना शरीरका टुक्राटुक्राहरू जीवनको सुखका लागि बेचिदिएँ । अब मसँग के थिएन ? काठमाडौंमा आलिसान महल थियो । गाडी–मोटरहरू थिए । नोकर चाकरहरू थिए । बैंकमा ब्यालेन्स थियो । आफ्नो श्रीमान् र छोराहरूलाई काठमाडौँ ल्याइसकेकी थिएँ । अरुले देख्ने सपनाको जिन्दगी मसँग साकार थियो । सातौं जुनीसम्म पनि पूरा नहुने सपना मैले एक जुनीमा पूरा गरेकी थिएँ । घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी । वाह ! मेरो जिन्दगी ! वाह मेरो सपना ! परन्तु एउटा उदेक लाग्दो तनावले मेरो जिन्दगीमा पाइला राख्यो । म रातदिन विज्ञापनका काममा व्यस्त हुन थालेँ । कुनैबेला त दिन होइन, हप्ता होइन, महिनौं बाहिर हुन थालेँ । म सडकबाट आकाशको जिन्दगीमा पुगेकी थिएँ । बहुराष्ट्रिय कम्पनीका मालिकहरूले कहिले अमेरिका लिएर जान्थे, कहिले क्यानाडा । कहिले सिंगापुर लिएर जान्थे, कहिले स्वीजरल्याण्ड । लामो समयपछि घर फर्किदा बच्चाहरूले आमाको अनुहार बिर्सिसकेका हुन्थे । श्रीमान्का लागि म बिरानी भइगएकी हुन्थेँ । मसँग धनसम्पत्ति थियो । घर र गाडीहरू थिए । सुविधाका साधनहरु थिए । सबै चिज पूरा थियो परन्तु आफ्ना छोरा र श्रीमान्का लागि दिने एक घण्टा पनि समय थिएन । यहीँनेरबाट जीवनका खुसीहरू खोसिन थाल्दा रहेछन् । घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी । सम्पत्ति र सुख सँगै बस्न नसक्दा रहेछन् । मेरो जीवनमा एकातिर बेहिसाबले धन प्राप्ति हुँदै थियो भने अर्कोतिर अप्रत्याशित रुपमा सुख र शान्ति खोसिदै जान थालेको थियो । द्यौताजस्ता मेरा श्रीमान् मेरो जिन्दगी देखेर कायल भएका थिए । कहिल्यै नबोल्ने श्रीमान्को कचकच सुरु भएको थियो । बहुदा हाम्रा दिनहरू झगडा र तनावमा बित्न थाले । ममा पनि सम्पत्तिको अभिमान चढेको थियो । मभन्दा बढी श्रीमान्ले कुरा बुझ्नुपर्छ भन्ने मान्यता थियो तर श्रीमान्मा अर्कै किसिमको उराठता र उदासिनता । अन्तत एकदिन श्रीमान्ले डिभोर्स फायल अदालतमा पेश गरे । आकाशबाट खसेजस्ती त म त्यतिबेला भएँ जतिबेला मतिर हेर्दै नहेरी मेरा छोराहरू आफ्ना बाबाको हात समातेर गाउँ फर्के । जुनदिन मेरो घर रित्तो भयो, लाग्यो – मेरो जिन्दगी निरर्थक भयो । कुनैबेला सोच्थेँ, नियतिले एक्लो गर्यो त के भयो ? एक्लै पनि सङघर्ष गरेर बाँच्नु छ । मेरो अस्तित्व संघर्ष गर्नुमै छ । तर अस्तित्व भन्ने कुरा पनि खुसीसँगै जोडिएको हुँदो रैछ । खुसी खोसिदा जिन्दगी निरर्थक लाग्दो रैछ । भन त, यत्रो सम्पत्ति मैले कसका लागि कमाएँ ? कसको भरमा छोडेर गए मलाई, मेरो श्रीमान् र छोराहरूले ? अब मेरो को थियो र जीवनमा ? सानो खुसीका लागि मैले जे गरेँ, त्यसले ठूलो खुसी खोसेर लग्यो मबाट । यत्रो विशाल सम्पत्तिले के गर्छ अब मलाई ? आफ्नै सानै झुपडीमा टाउको लुकाएर बसेकी भए मेरो के चाहिँ बिग्रिन्थ्यो र ? के म मेरो त्यो जिन्दगीबाट सन्तुष्ट हुने थिएन र ? संसारमा एउटा विश्वास छ, सम्पत्ति र समृद्धि नै सुखको प्रतिक हो । तर होइन रहेछ । त्यो केवल भ्रम रहेछ । सम्पत्ति र सुख एकैसाथ सधैँ रहन नसक्ने चिज रहेछन् । सुखको साइनो आत्मासँग हुन्छ, सम्पत्तिको भौतिकतासँग । भौतिक समृद्धिले म पुरिएकी थिएँ परन्तु आत्मिक सुख खोसिएको थियो सदाका लागि मबाट । थाहा भयो, मैले रोजेको बाटो दुखको बाटो रहेछ । मनमा सुख र सन्तुष्टि हुँदा शरीर बैंशको डालीजस्तै हराभरा थियो । जब त्यो हरण भयो, मेरो शरीर पनि शिशिरको सिमलजस्तै खङरङ्ग हुँदै गयो । अब कसका लागि काम गर्नु मैले ? यसै झोक्राएर बसिरहेँ । मेरो जिन्दगीमा जस्तो पहिरो गए पनि दुनियाँलाई मतलब नै के हुन्थ्यो र ! आखिर म अनुबन्धित पनि थिए नै । अब मेरो जिन्दगी मेरो हातमा मात्रै कहाँ थियो र ! मन नलाग्दा काम गर्न सक्दिन भन्ने अधिकार मैले गुमाइ सकेकी थिएँ । मैले मेरो शरीरका एकएक अङ्गहरू बेचिसकेकी थिएँ । कपाल जसले किनेका थिए, उनैले सहलाउँथे । निधार र आँखा जसले खरिदेका थिए, उनैले चुम्थे । गाला र ओठको मूल्य जसले तिरेका थिए, उनैले टोक्थे । स्तनहरू जसले रिजर्ब गरेका थिए, उनैले निचोर्थे । नितम्ब र नाइटो जसले कबुलमा लिएका थिए, उनैले सुम्सुम्याउँथे । जाँघ र योनिको अनुबन्ध जसले गरेका थिए, उनैले काम चलाउँथे । आफ्नो जिन्दगीमा मैले के बाँकी राखेकी थिएँ र ! एकएक अङ्गको सौदा गरिसकेकी थिएँ । सर्वाङ्ग म रित्तिसकेकी थिएँ । यसरी रस निचोरिएको कागतीको खोस्टोझैँ भैसकेपछि काठमाडौँको सडकमा मिल्काइएँ म । यसबेला मसँग न मेरा श्रीमान् छन्, न छोराहरू । न मसँग मेरो कपाल सहलाउने बहुराष्ट्रिय कम्पनीका मालिक छन्, न मेरो कविता कोर्ने कवि । छौ त केवल वर्षौँपछि नियतिले भेट गराइ दिएको पुरानो जमानाको एउटा साथी । तिमी । भोग्नलाई त सबै भोगेँ । भन त, आखिर के पाएँ, मैले यस जिन्दगीबाट ? के हो मेरो जिन्दगीको उपादेयता ? कहाँ साकार भयो, मेरो अस्तित्व ? मलाई बताऊ त । वषौंपछि तिमीसँग भेट हुँदा मैले सङ्गालेका यतिका दुर्गन्धित कुराहरू सुनाउने मौका पाएँ । एकैछिनलाई भए पनि मन हलुका भयो । एक वसुभोगा आइमाई भनेर घृणा नगरिदिनू । अब जान्छु पनि ल । ××× ××× ××× ऊ उठेर गई । उसका मसिना चार ओटा औंलाहरु उसैगरी माथि उठे – “बाई ।” चोर औलाका साथमा मेरो अर्को औँला पनि उठ्यो – “बाई ।” खै किन किन मेरा आँखाहरू लोलाएर तल झरे । “उफ ।” मुखबाट एउटा सुस्केरा छुट्यो । “हैट, साला जिन्दगी !” ××× ××× ××× #मदन पुरस्कार #रामलाल जोशी बुद्धिसागर हुनुअघिका मेरा कथा: घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानीमा हुन्थ्यो । म बा-आमाको ओछ्यानछेउमा ठडिएको ठूलो आलमारीपछाडि सुत्थेँ । घरका सबैमा चाँडै सुतेर चाँडै उठ्ने बानी थियो । म भने राति ढिला सुत्थेँ र ढिला उठ्थेँ । त्यसैले म राति खुसुक्क आउँथेँ र बाको सिरानबाट रेडियो तानेर आफ्नो सिरानमा पुर्\u200dयाउँथेँ । एकदमै मधुरो आवाजमा रेडियो सुन्थेँ । रेडियो नेपाल राति ११ बजे बन्द हुन्थ्यो, त्यसपछि म सर्टवेभमा च्यानलहरू खोज्थेँ । कति भारतीय च्यानलहरू टिपिन्थे । म १ बजेसम्म सुन्थेँ । बिहान धार्मिक कार्यक्रम सुन्न बा मेरो सिरानबाट रेडियो लैजानुहुन्थ्यो । पछिपछि त नियमजस्तै भयो । बा निद्रामा हुँदा म रेडियो तान्थेँ, म निद्रामा हुँदा बा । मौनतामै हामीबीच सहमति भएजस्तै भयो । एकदिन शनिबार राति सवा नौ बजे रेडियो सुनिरहेको थिएँ । नयाँ कार्यक्रम सुरू भएको रहेछ, त्यही दिन- ‘सम्झना कुसुम’ कार्यक्रममा हिन्दी गजल बजिरहेका थिए । कुनै गायकले मधुरो स्वरमा अल्छीलाग्दो किसिमले कन्दैकन्दै गायो भने म गजल हो भने बुद्धिसागर र बुझ्थेँ । गजलमा धेरै बाजागाजा बज्दैनथे । म कैलालीमा ‘चढ गया उपर रे, अटेरिया पे लौटन कवुतर रे’ जस्ता फिल्मी गीत सुनेर हुर्केको । मलाई त्यस्तै गीत मन पर्थे । र, नौटंकीका ‘लाउड स्पिकर’मा पनि त्यस्तै गीत बज्थे । कसैको बिहे होस् या स्कुलको सरस्वती पूजा, थारूगाउँको नौटंकी होस् या स्कुलको सांस्कृतिक कार्यक्रम मोहमद अजिज, उदितनारायण झा र कुमार सानु कुर्लिहाल्थे । प्रायः सबैलाई साथ दिने अल्का याज्ञिक । ‘दिदी तेरा देवर दिवाना ।’ मा मैले कम्मर मर्काईमर्काई नाचिसकेको थिएँ, बिहेहरूमा । यस्तै गीतसित मेरा अतीत गाँसिएका थिए । यस्ता गीत सुन्दा म आफ्नो जीवनको अतीतमा पुग्थेँ र मलाई यस्तै गीत मन पर्थे । म रेडियोमा पनि यस्तै गीत खोज्थेँ । तर, मान्ममा यस्ता गीत बज्दैनथे । क्यासेट पसलहरूमा देउडा बज्थे । म भाषाकै कारणले बझ्दिनथेँ । रेडियो नेपालमा पनि थोरै कार्यक्रममा यस्ता गीत बज्थे । लोकगीत, भाषाभाषीका गीत, आधुनिक गीतले रेडियो नेपालको समय पूरा हुन्थ्यो । ‘खाए खा नखाए घिच’, म रेडियोले बजाउने गीत सुन्न बाध्य भएँ । र, यस्तै गीतलाई आफ्नो अतीतमा पुग्ने साँघुरो चेप बनाएँ । मलाई सुरूमा ‘सम्झना कुसुम’ कार्यक्रम चलाउने उद्घोषिकाको आवाज मन पर्\u200dयो । उनी मधुरो स्वरमा बोल्थिन् । हरेक शब्दलाई प्रेमले उच्चारण गर्थिन् । उनले ‘यो मेरो पहिलो कार्यक्रम हो’ भनेपछि मैले अझै ध्यान दिएँ । किनभने, मलाई आइतबारदेखि शनिबारसम्म प्रसारण हुने सबै कार्यक्रम कण्ठ थिए । नयाँ कार्यक्रम कस्तो होला ? कस्ता-कस्ता भागहरू होलान् यसमा ? म चनाखो भएँ । त्यस दिन धेरै गजल बजे । तर, के चीजले मोहित पार्\u200dयो कुन्नि ? मैले सारा गजल सुनेँ । साढे नौ बजे सारा मान्म बजार सुतिसकेको थियो । मेरो झ्यालको बर्सादी हावाले मन्द-मन्द फर्फराइरहेको थियो । मैले झ्यालबाहिरको अग्लो पहाड हेरिरहेँ । जो चन्द्रमाको मधुर प्रकाशको सप्को ओढेर बसिरहको थियो । सप्कोमा मोतीजस्ता ताराहरू जडिएका थिए । म ‘जगजित सिंह’को मधुरो आवाजमा हराउँदै गएँ । सुन्दर प्रकृति, शून्यता र तलाउमा तप्किरहेको पानीको आवाजजस्तो गजलले लठ्याइरह्यो । मनमा गह्रुँगो ढुङ्गो भएर बसेको उदासी चराको प्वाँख बन्यो र खुला आकाशमा उड्यो । मेरा आँखाले झ्यालबाहिर हेरिरहे तर मन अतीतको यात्रामा हिँडिसकेको थियो । मेरा आँखा, हृदय र कान पहिलोपल्ट आनन्दले भरिएका थिए । मनमा गह्रुँगो ढुङ्गो भएर बसेको उदासी चराको प्वाँख बन्यो र खुला आकाशमा उड्यो । मैले पहिलोपल्ट शान्त र मधुर गजल सुन्नुको मज्जा पाएँ । मलाई कार्यक्रम मन पर्\u200dयो । कार्यक्रम सकिने बेला उद्घोषिकाले भनिन्, ‘तपाईँहरूले पनि कुनै गजल सिर्जना गर्नुभएको छ भने हाम्रो ठेगानामा पठाउनूस् । हामी वाचन गर्नेछौँ ।’ उनले ठेगाना भनिन् । मैले टर्च बालेँ । सिरानछेउको कापीको पन्ना पल्टाएँ र हतार-हतार टिपेँ । र, उद्घोषिकाले अन्तमा भनिन्, ‘म दीक्षा भट्टलाई पनि बिदा दिनूस् । शुभरात्रि ।’ त्यो मेरा लागि साँच्चीकै शुभरात्रि थियो । … बिहानै उठेँ । मैले पहिलोपल्ट लेखेको कविता खोजेँ । कुन कापीमा लेखेको थिएँ, बिर्सेछु । धुइँपताल खोजेँ र मेरो कविता विज्ञानको कापीमा भेटियो- कापीमा च्यापिँदाच्यापिँदा सुकेको गुलाबको पत्रजस्तो । एकपल्ट सरर्र कविता पढेँ, ठीकै लाग्यो । मैले यही कविता रेडियोमा पठाउने विचार गरेँ । सुन्दर अक्षरमा सफा पानामा सारेँ । रेडियोमा पठाउनुअघि कसलाई देखाउँ ? तुलसी दिदी दोकानको काउन्टरमा अडेस लागेर उभेकी थिइन् । म सुरूक्क उनको छेउमा गएँ र उनको अगाडि कापी राखिदिएँ । ‘के हो ?’ दिदीले सोधिन् । ‘मैले लेखेको कविता, पढ त !,’ म लजाएँ । दिदी मुसुमुसु हाँसिन्, ‘किन लेखिस् ?’ लौ, मन लाग्यो लेखेँ । यस्तो पनि सोध्ने हो ? तैपनि म पहिलो पाठकलाई भड्काउन चाहन्नथेँ । सुस्त भनेँ, ‘रेडियोमा पठाउँछु ।’ दिदीले ओठ चलाउँदै कविता पढिन् र हाँसिन् । ‘कस्तो लाग्यो ?’ मैले मरेको स्वरमा सोधेँ । ‘कविता त राम्रै छ ।’ दिदीले भनिन्, ‘रेडियोमा पठाउने कविताका अक्षर राम्रा र ह्रस्व-दीर्घ सप्पै मिलेको हुनुपर्छ ।’ लौ, मलाई त यो कुरा थाहा थिएन । म कागजमा डट्पेनको टुप्पो बेस्मारी गाडेर लेख्थेँ, डट्पेन चिप्लिन पाउँदैनथ्यो, त्यसैले अक्षर त राम्रै हुन्थे तर यो ह्रस्व-दीर्घ कसरी मिलाउने ? ‘तिमी मिलाइदेऊ न त ।’ मैले याचना गरेँ । ‘मलाई त आउन्न ।’ दिदीले भनिन्, ‘तर तेरा अक्षर हेर्दा ह्रस्व-दीर्घ नमिलेजस्तो लाग्छ ।’ रेडियोमा पठाउनै मिल्ने गरी ह्रस्व-दीर्घ मिलाइदिने मान्छे को होला, मान्ममा ? मैले खुब सोचेँ तर दिमागमा कसैको अनुहार आएन । म त्यत्तिकै गलेँ । रचना काठमान्डुबाहिरबाट पठाएर पनि त वाचन हुने रैछ । अर्को हप्ता फेरि त्यही कार्यक्रम सुनेँ । स्याङ्जा र चितवनबाट गजल पठाइसकेका रैछन् । दीक्षाले मीठो स्वरमा वाचन गरिन् । गजलहरू उही विछोडको भावमा लेखिएका थिए । यस्सो सुन्दा ठीकठीकै लाग्थ्यो । मेरो मन कता-कता बलियो भएर आयो । रचना काठमान्डुबाहिरबाट पठाएर पनि त वाचन हुने रैछ । र, उत्कृष्ट नभए पनि हुने रैछ । र, मैले मुठी कसेँ- ह्रस्व-दीर्घ नमिलेर पनि के भो र ? भावना ठूलो कुरा हो नि ! अब म रेडियोमा गजल पठाउँछु । कसम त खाएँ तर दुई तीन दिन बितिहाल्यो । मलाई आफ्नै नाम पनि कस्तोकस्तो लाग्थ्यो- बुद्धिराम चपाईं । ‘चपाईं’ म आफैंलाई अप्ठ्यारो लाग्थ्यो । फेरि मान्ममा जसले पनि सोधिहाल्थे, ‘यो चपाइं भनेको के हो ?’ कैलाली छँदा मैले यस्तो प्रश्न सुनेकै थिइनँ । आफूले त थाहा पाउन थालिसकेपछि ‘चपाईं’ सुन्दै आएको । बानी परिसकेको । गाउँभरि पनि चपाईं नै चपाईं । गाउँलेलाई पनि बानी परिसकेको । जब कालीकोट आयौँ- गोलोमा ढुंगा बजारिँदा उडेका अरिङ्गालझैँ प्रश्नहरूले ठुँग्न थाले । जिल्लाजिल्ला घुमेर आएका सरकारी कर्मचारी भन्थे, ‘गुरागाईं, चौलागाईँ, बजगाईँ, अम्गाईँ, चापागाईँ सुनेका थियौँ तर पहिलोपल्ट चपाईं सुन्यौं । के हो चपाईं भनेको ?’ एकपल्ट हाम्रो दोकानमा एकजना कर्मचारीले सोधेका थिए, ‘च्वाई, को दोकान यै हो ?’ च्वाई ? हामी बेस्मारी हाँस्यौँ- यस्तो पनि थर हुन्छ ? पछि पो थाहा भो- च्वाई पनि थर रैछ । पूर्वतिर बढी चल्तीमा छ रे ! म बल्ल झल्याँस भएको थिएँ- मैले त कत्ति थर सुनेकै रैनछु । चौधरी, लामिछाने, रावल, खत्री, जैसी, पौडेल, शाही, विक र खान- मैले सुनेका थर यत्ति थिए । जसरी मलाई पहिलोपल्ट ‘च्वाई’ सुन्दा मरीमरी हाँस्न मन लागेको थियो- त्यसरी अरूलाई पनि त ‘चपाईं’ सुन्दा मरीमरी हाँस्न मनलाग्दो हो । ‘यो चपाईं के हो ? कहाँबाट आएको हो ?’ मैले मात्र होइन, बा र आमाले पनि सुनिरहने प्रश्न थियो । नेपालीहरू ‘थर’मा बढी रुचि राख्छन्, बल्ल मैले थाहा पाएँ । र, ‘थर’ कत्ति महत्त्वपूर्ण रैछ, थाहा पाएँ । म स्कुल होस् या बाटो जहीँतहीँ प्रश्नहरू भेटिरहन्थेँ तर उत्तर दिन आउँदैनथ्यो । म भन्थें, ‘चपाईं छेत्री हो । सुर्खेत र कैलाली जताततै हुन्छन् ।’ तर, बाले अलि गहिरो उत्तर दिनुहुन्थ्यो, ‘चपाईं सात पुस्तादेखि चलिआएको थर हो । सुदूरपश्चिम र मध्यपश्चिमतिर बसोबास गर्छन् । एकथरी भन्छन्- काठमान्डुको चापागाउँबाट बसाइसराइ गर्दै सुर्खेत पुगेकाले ‘चापागाईं’ भन्दाभन्दै अपभ्रंश भएर ‘चपाईं’ भएको हो ।’ सुन्दा अचम्मलाग्दो थर भए पनि ‘चपाईं’ इतिहासको लामो बाटो पैदलै हिँडेर आएको थर रहेछ- त्यो पनि नाङ्गा गोडा । चराको चुल्चोजस्तो ‘च’ बाट सुरू हुने मेरो थर यस्सो हेर्दा पनि मौलिक नै देखिन्थ्यो । देवनागरीका छत्तीस अक्षरबाट छानेरै नियतबस झिकेजस्तो । स्कुलमा सरहरूले मेरो थर शुद्ध लेख्दैनथे । प्रायः सरहरू ‘चपाई’ लेख्थे । अझ अंग्रेजीमा लेख्नुपर्\u200dयो भने त के हो, के हो । बा ‘सीएचएपीएआईएन’ शुद्ध इस्पिलिङ् हो भन्नुहुन्थ्यो । सरहरू अन्तिमको ‘एन’ छुटाइदिन्थे । ‘एन’ पनि हुन्छ सर भन्दा उनीहरू नाक खुम्चाउँथे, ‘तिमी जान्ने कि म ?’ जे होस् म आफ्नो थरका पक्षमा लडिरहन्थेँ । त्यसैले ‘चपाईं’को लामो इतिहासलाई बेबास्ता गर्नु पनि भएन । ‘चपाईं’ ठीकै त छ नि ! देवनागरीका छत्तीस अक्षरबाट छानेरै नियतबस झिकेजस्तो । स्कुलमा सरहरूले मेरो थर शुद्ध लेख्दैनथे । प्रायः सरहरू ‘चपाई’ लेख्थे । अर्को मन नपर्ने शब्द ‘बुद्धि’ र ‘चपाईं’को बीचमा थियो- राम । बुद्धिराम- आफ्नो नामै कस्तोकस्तो लाग्ने । कैलालीमा धेरै नामको बीचमा ‘राम’ हुन्थ्यो तर थारूगाउँतिर । पहाडिया गाउँमा भने ‘प्रसाद’ ‘कुमार’ ‘बहादुर’ र ‘कृष्ण’ । मेरै बाको नामको बीचमा पनि ‘बहादुर’ थियो तर दाइ र मेरो नामबीच कसरी ‘राम’ आयो ? म ‘बहादुर’ किन भइनँ ? मैले सुनेका नाम प्रायः रामायाण र महाभारतबाट पैंचो लिइएका थिए । ज्योतिषीबा गाउँभरि महाभारतका योद्धाहरूको नाम छर्थे । ज्यातिषीबाका लागि नामको भण्डार रामायाण र महाभारतमात्र थिए । कसैको नाम ‘कृष्ण’ राख्थे, कसैको अर्जुन, कसैको भीष्म, कसैको लक्ष्मण, कसैको शिव, कसैको गणेश । केटीहरूलाई लक्ष्मी, पार्वती र सीता । तर, मैले पुरुषको नाम रावण र स्त्रीको नाम द्रोपदी सुनेको थिइनँ । नाम राख्ने ज्योतिषीबाको भ्रम थियो- नाम जस्तो राख्यो, मान्छे त्यस्तै हुँदै जान्छ । कैलालीमा दुई भगवान् प्रख्यात थिए, राम र कृष्ण । आफ्ना सन्तान राम र कृष्ण हुन् भन्ने सबैलाई लाग्थ्यो होला । सबैले सन्तानको नाम राम र कृष्ण राखे त गाउँभरि नै ‘राम-कृष्ण’को जुलुसै हुन्थ्यो, हुलाकीलाई पनि गाह्रो । त्यसैले बीचमा सुटुक्क ‘राम’ र कृष्ण घुसाइएको पो हो कि ? त्यसैले मेरो नाममा पनि ‘राम’ घुस्रेका हुन् कि ? रेडियोमा गजल पठाउनुअघि मैले नाममा अलिकति हेरफेर गर्ने निर्णय गरेँ । अनुरोध संगीत होस् या साहित्यिक कार्यक्रममा बज्ने नामहरू मेरो दिमागमा फनफनी घुम्न थाले । सबैले नामको पछाडि केही न केही फुर्को झुन्ड्याइरहेका हुन्थे । घायल, आँसु, आवारा, पीडित, छट्पटी, रोदन, दीनदुःखी यस्तै यस्तै । मलाई लागिरहेको थियो- रेडियोमा पठाउने नाम अलि दुःखी नै हुनुपर्दो रैछ । सिर्जना पनि दुःखी, नाम पनि दुःखी । उद्घोषकहरू पनि दुःखी आवाजमा रचना वाचन गर्थे । ०५४ सालताका रेडियो नेपालले राति नौ बजेको समाचारपछि हरेक दिन सांगीतिक कार्यक्रमहरू राखेको थियो । प्रायःमा श्रोतामा कविता, गजल र मुक्तक वाचन गरिन्थ्यो । दुःखी नाम वाचन हुन्थे । यस्सो विचार गर्दा लाग्थ्यो- मुलुक दुःखीहरूले भरिँदै गएको छ । सारा मुलुकका युवायुवती एकोहोरो प्रेमले ‘घायल’ छन् । तिनको पोल्टामा आँसु मात्रै छ । बुद्धिसागरका दुई चर्चित उपन्यास मलाई नाम फेर्न मन त थियो तर दुःखी नाम बनाउनु थिएन । मैले बाले रातो तुलले बेरेर राखेको नेपाली शब्दकोश झिकेँ । दिनभर घोत्लिएँ तर मन च्वास्स छुने शब्द भेटिए पो । मलाई लाग्यो- लाखौं शब्दले भरिएको शब्दकोशमा मैले खोजेको शब्द नै छैन । र, म पत्रिकामा घोरिन थालेँ । सरकारी अफिसमा हप्तौँपछि दैनिक पत्रिका आउँथे । हरेक दिन दिउँसो १ बजे पाइपझैँ बटारिएका दैनिक पत्रिका बोकेर हुलाकी अफिसका ढोकाढोका पुग्थ्यो । हाकिम सापहरू अफिसबाहिरपट्ट घाम ताप्दै, कुर्सीमा ढल्किएर पुराना अखबार पढ्थे । पन्ध्र दिनअघि पल्टेको बसको खबर पढेर पन्ध्र दिनपछि तर्सन्थे । सारा मान्म बजार पुराना खबर पढ्न श्रापित थियो । सरकारी रेडियोले क्रान्तिकारी स्वभावका हाकिमले खोजेको समचार फुक्दैनथ्यो । त्यसैले पनि उनीहरू ढिला गरी आएको समचार पढ्थे । कहिलेकाहीँ महिनौँ पत्रिका आउँदैनथे । त्यसबेलामा पत्रिकाको तिर्खाले छट्पटिँदै बजारमा घुमिरहन्थे । मलाई पत्रिका पढ्न मन पथ्र्यो तर सरकारी अफिसमा पुगेर पत्रिका माग्न धक लाग्थ्यो । मान्ममा एउटै पत्रिका पसल थियो । साउजी कम्न्युस्ट विचारधारका थिए, त्यसैले पार्टीका मुखपत्रजस्ता पत्रिका ल्याउँथे । तैपनि छिटफुट रूपमा नवयुवा, युवामञ्च र मधुपर्कजस्ता पत्रिका ल्याउँथे । पत्रिका ल्याएका दिन म एक एकप्रति किन्थेँ र घाममा ढाड सेकाउँदै घोप्टो परेर पढ्थेँ । तर, कहिलेकाहीँ महिनौँ पत्रिका आउँदैनथे । त्यसबेलामा पत्रिकाको तिर्खाले छट्पटिँदै बजारमा घुमिरहन्थे । मान्म अवसरको खोजीमा आएका व्यापारीले भरिएको थियो । पत्रिका पढ्ने कोही थिएन । मान्म लोकसेवा पास गरेर आएका मुखियाहरूले भरिएको थियो । तिनीहरू लोकसेवाको किताब घोक्थे तर पत्रिका पढ्दैनथे । केवल हाकिम सापहरू पढ्थे, जोसित म बोल्नै डराउँथेँ । कैयौँ दिन छट्पटिएपछि मैले थाहा पाएँ- कृषि सामग्री केन्द्रमा पत्रिकाहरू फाइलिङ गरेर राखिने रैछ । सानोतिनो लाइब्रेरीजस्तो पनि रैछ । त्यहाँ फाइल पल्टाउँदै पढ्न पाइने रैछ । कृषि सामग्री केन्द्र बजारको बीचमै थियो तर कोही आउँथेन, शान्त हुन्थ्यो । म त्यहीँ धाउन थालेँ । ढुसी गन्हाइरहेको अँध्यारो कोठामा बसेर म पुराना पत्रिका पढ्थेँ । तर, एकदिन कृषि सामग्री संस्थानका हाकिम सापले रातभरि पार्टी गरेछन् । पाँचजनाले सिलबन्दी रक्सी खाएछन् । बिहान एकजनामात्र उठेछन्, जसको आँखाको ज्योति गइसकेको रैछ । अरू त अचेत । विषादी मिसिएको रक्सी रैछ, खत्तमै पारेछ । पुलिसहरूले सुर्खेतबाट आएको हेलिकप्टरमा राखेर सबैलाई पठाए । कैयौँ दिनसम्म सारा बजारमा खासखुस खासखुस भइरह्यो । अनि, त्यस अफिसमा पत्रिका फाइलिङ हुन बन्द भो । म फेरि पत्रिकाको तलतलले ‘घायल’ भएँ । तर, मैले बुद्धि लगाएँ । बजारका धेरै व्यापारी चिनेकै थिएँ । म कोही व्यापारी सामान लिन सुर्खेत झर्न थालेको थाहा पाएपछि पैसा दिँदै पत्रिका ल्याइदिने आग्रह गर्थेँ । कसैले ‘बिर्सेछु’ भन्दै पैसा फिर्ता दिन्थे भने कसैले हतारमा भेटिएका पत्रिका बोकेर आउँथे । अधिकांशले साहित्यिक पत्रिका मधुपर्क र हिन्दी भाषाको गृहलक्ष्मी ल्याइदिन्थे । म आफूसित भएका पुराना पत्रिकाका पृष्ठ पल्टाउँदै आफूलाई सुहाउने नाम खोज्न थालेँ । मधुपर्कको पुरानो अंक हेरिरहेको थिएँ- एउटा नाम देखेँ, बुद्धिसागर पराजुली । नामको बीचमा कुम जोडेर बसेको थियो- ‘सागर’ । मैले एकपल्ट ‘सागर’ राखेर आफ्नो नाम मनमनै उच्चारण गरेँ । क्या सुन्दर लाग्यो भनें । म मुसुक्क हाँसेँ र फेरि उच्चारण गरेँ- बुद्धिसागर चपाईं । नाम त यै ठीक होलाजस्तो लाग्यो । एकपल्ट लेखी हेरूँ न ! मैले कापीमा कलमको निब दगुराएँ । लेखेको हेर्दा पनि त राम्रै देखिने रैछ । र, मैले जीवनको पहिलो र गम्भीर निर्णय लिएँ । अक्षरका इँटाहरूले बनेको नामबाट दुइटा इँटा झिकेँ र तीनवटा इँटा थपेँ । मेरो नामको जीर्णोद्धार भयो । मेरो नामको बीचमा लुकेर बसेका ‘राम’ उदास आँखा लिएर फेरि बनवास गए । बजारमा कोही पनि कवि थिएनन् । व्यापारी थिए- ती लेख्नुको नाममा उधारो खातामात्र लेख्थे । नाम तयार भयो । रेडियोले गजल पठाउनु भनेको छ । मैले लेखेको त कविता पो हो । गजल र कवितामा केही त फरक होला । अब कसलाई सोधूँ ? बजारमा कोही पनि कवि थिएनन् । व्यापारी थिए- ती लेख्नुको नाममा उधारो खातामात्र लेख्थे । कर्मचारी थिए- ती बिदाको चिठीमात्र लेख्थे । पुलिस थिए- ती घरमा श्रीमतीलाई मात्र चिठी लेख्थे । शिक्षकहरू थिए- ती कालोपाटीमा हिसाबमात्र लेख्थे । एक दुई कलाकार थिए- ती साइनबोर्ड मात्र लेख्थे । अहेबहरू थिए- ती थोत्रो कागजमा औषधीको नाम लेख्थे । नेताहरू थिए- ती जिविसमा सहयोगको निवेदनमात्र लेख्थे । कविता लेख्ने त कोही थिएन । मलाई धेरै सोचेर बस्न मन लागेन । रेडियोमा अरूको गजल सुनेका आधारमा मैले पत्तो पाइसकेको थिएँ- गजल गीतकै छेउछाउको रैछ । दुईदुई हरफको हुनुपर्ने रैछ । अन्तिमका शब्दहरू मिल्दाजुल्दा हुनुपर्ने रैछ । र, मैले कनीकुथी आफूले लेखेको कविता गीतजस्तो बनाएँ र सकेसम्म राम्रा अक्षरमा सफा पानामा सारेँ । शुक्रबार थियो । त्यसैले स्कुल गइनँ । खाम किनेर ल्याएँ । गजलको पाना मुटुझैँ पट्याएर खामभित्र हालेँ । गुँदले खामका ओठ चप्काइदिएँ । खामको बाहिरपट्टि ठेगाना लेखेँ । र जिल्ला हुलाक कार्यालयतिर दगुरेँ । बजारको पश्चिमतिर ओरालोमा थियो, हुलाक । थोत्रो घर थियो, शान्त नै रहन्थ्यो । थोरै कर्मचारी थिए । म जाँदा एकजना मात्रै थिए । उनले सोधे, ‘यो चिठी रजिस्टार गर्दिऊँ ?’ मैले बुझिनँ । ‘रजिस्टार चिठीमा अल्लि बढी पैसा लाग्छ ।’ उनले बुझाए, ‘तर, भरपर्दो यै हुन्छ । यदि चिठी सम्बन्धित ठेगानामा पुगेन भने फेरि फिर्ता आउँछ । रजिस्टार चिठीको जिम्मा हुलाकले नै लिन्छ । हरायो भने दोषी हुलाक नै हुन्छ । र, साधारण चिठीभन्दा चाँडै पुग्छ । साधारण चिठीको जिम्मा हुलाकले लिँदैन । यदि हुलाकीले ठेगाना फेला पारेनन् भने त्यत्तिकै फाल्दिन्छन् ।’ ए, बल्ल पो बुझेँ । सम्झेँ- रेडियोमा रचना वाचन गर्दा सञ्चालकले पनि भनिरहन्थे, ‘अब प्रस्तुत छ फलाना मान्छेको रचना । उहाँले रजिस्टार चिठी पठाउनुभएको हो ।’ कुरा यसो पो रैछ । मैले चिठी रजिस्टार गर्ने निर्णय गरेँ । फुच्चे चिठीको तौल तराजुमा जोख्दा पन्ध्र-सोह्र रुपियाँ पर्न आयो । मैले दिएँ । हुलाकीले भर्खरै थुक लगाएर टाँसेको टिकटमाथि ड्याम्म स्ट्याम्प बजारे । मेरो ढुकढुकी बढिरहेको थियो । मलाई बेग्लै खाले अनुभूति भइरहेको थियो । म पहिला मनखुसी रेडियो सुन्थेँ । निद्रा लाग्यो भने प्याट्ट भोलुम बन्द गर्थे । कोल्टे फर्केर सुत्थेँ । चिठी पठाएकै दिनदेखि रेडियो सुन्दा म पहिलाकोजस्तो रहिनँ । मैले चिठी पठाएको भोलिपल्टै सम्झना कुसुम आउने दिन पर्\u200dयो । सवा नौ बजे भावसुमन सुरू भयो । तर, मेरो ढुकढुकी बढिरहेको थियो । मलाई बेग्लै खाले अनुभूति भइरहेको थियो । मलाई थाहा थियो- हिजै मान्मबाट पठाएको मेरो चिठी आजै त काठमान्डु पुग्दैन । तैपनि, मेरै रचना वाचन हुन्छ कि भने जसरी छट्पटी भइरहेको थियो । सञ्चालिका दीक्षाले सुरूमै पर्वतबाट आएको रचना पढिन् । र, गजल बजाइन् । कार्यक्रममा उनले पाँचवटा रचना पढिन् । कत्ति रचना मैले पठाएको भन्दा पनि कमजोर थिए, मलाई आँट आयो, मेरो त राम्रै छ, पक्कै वाचन हुन्छ । कार्यक्रमको अन्तमा उनले खुसी हुँदै आफूले श्रोताहरूको प्रशस्त चिठी पाइरहेको जानकारी दिँदै धन्यवाद दिइन् । सबैलाई आफ्ना रचना पठाउन आग्रह गरिन् । म मुसुक्क हाँसेँ- मैले पठाइसकेँ । त्यो पनि रजिस्टार गरेर । जीवनकालको सबैभन्दा लामो हप्ता बित्यो । शनिबार आयो । भावसुमन आयो । दीक्षा आइन् । पाँच-छजनाका कविता आए तर मेरो रचना आएन । मन कटक्क दुख्यो तर सोचेँ- चिठी अझै पुगेको छैन होला । कार्यक्रम सकिएपछि ज्यान त्यसै तातो भएर आयो । छ्या, अझै एक हप्ता कुर्नुपर्ने भयो । मैले लामो सुस्केरा हाल्दै कोल्टे फेरेँ । कष्टकर दिनहरू बित्न थाले । एक हप्ता कसरी बित्ला ? मलाई बेलाबेला लाग्थ्यो- खुइय्या घडीको सुईझैँ समय पनि घुमाउन मिल्ने भए क्या जाती हुन्थ्यो । म आइतबारदेखि शुक्रबारसम्म फनक्क घुमाइदिन्थेँ । भावसुमन आइहाल्थ्यो । तर, समय त आफ्नै स्टाइलमा हिँड्थ्यो । मेरा लागि समय उकालो चढिरहेको भुँडे मानिसझैँ स्याँस्याँ गर्दै सुस्त-सुस्त हिँडिरहेको थियो । म समयलाई अगाडि हुत्ताउन खोज्थेँ, समय मोरो अटेरी बाख्रोझैँ जमिनमा खुर जोतेर तनक्क तन्किन्थ्यो, हिँड्दै हिँड्दैनथ्यो । मलाई के गरूँ के गरूँ भयो । दीक्षा मेरो गजल वाचन गरिरहेकी थिइन् । मेरो मुटु छाती च्यातेर बाहिर निस्क्यँलाझैँ गरिरहेको थियो । जेनतेन मेरो जीवनको असाध्यै कष्टकर हप्ता बित्यो । र, भावसुमनको दिन आयो । राति नौ बजे नै उत्तानो पल्टेर मैले रेडियोलाई बिरालोझैँ छातीमाथि राखेँ । सम्झना कुसुम सुरू भयो । सुरूमै चितवनतिरका श्रोताको गजल वाचन भयो । अनि हिन्दी गजल बज्यो । दोस्रो गजल वाचनमा झापाका श्रोता परे । म छट्पटिन थालेँ । मेरो त पालो आउँदैन कि के हो ? कार्यक्रम सुरू हुँदा बेस्मारी धड्केको मेरो मुटु, बिस्तारै धड्किनै बन्द होलाजस्तै भयो । कार्यक्रम अन्तिमतिर पुग्दा मूच्र्छै पर्छु कि जस्तो भयो । मेरो आत्माको बार्दली ह्वात्त तल खसिसकेको थियो । मैले आस मारेँ । हृदय भन्थ्यो- अर्को हप्ता आउला कि ? दिमाग भन्थ्यो- आउँदैन, कहिल्यै आउँदैन । कार्यक्रम सञ्चालिका दीक्षाले कार्यक्रमको अन्तिममा भनिन्, ‘हवस् त आजको कार्यक्रम यहीँ सकिन्छ । तर जाँदाजाँदै प्रस्तुत छ – ‘खाँडाचक्र, मान्म-५, कालीकोटका श्रोता बुद्धिसागर चपाईंले पठाउनुभएको गजल ।’ यसपछि मेरा कान पानी भरिएझैँ बन्द भए । सासै रोकिएलाजस्तो भो । कताकता पेट हुँडुलिएजस्तै भो । मलाई के गरूँ के गरूँ भयो । दीक्षा मेरो गजल वाचन गरिरहेकी थिइन् । मेरो मुटु छाती च्यातेर बाहिर निस्क्यँलाझैँ गरिरहेको थियो । म चेत गुमिसकेको मान्छेझैँ टोलाइरहेँ । कार्यक्रम सक्किसकेको थियो । निद्रा लागे पो ! पिसाब लागे लागेजस्तो भयो । म अँध्यारोमा एक्लै खिस्स-खिस्स हाँस्न थालेँ । बाटो परिवर्तन गर्न यसैपल, जीवनको हवाइजहाजले कोल्टे फेरिसकेको थियो । #बुद्धिसागर गुच्चेबाजका पृथ्वीजस्ता गुच्चाहरू: चर्चित खेलाडीका अजीवोगरिब स्वभाव हुन्छन् । मेरो स्वभाव पनि कुनै समय अजीवोगरिब थियो । हो , म पनि चर्चित गुच्चेबाज थिएँ । “मैले गुच्चामा जति अभ्यास र साधना गरेँ, त्यति क्रिकेटमा गरेको भए ! सन्दीपजस्तै बन्न नसके पनि देशको टीममा त म पनि हुन्थे हुलाँ ।”, गुच्चालाई लिएर यो र यस्ता कुरो पटक पटक आउँछन् मेरो मगजमा । यो एक स्वरकल्पनाबाहेक केही होइन । म अहिले जे छु, त्यहीमात्र म हुँ । मलाई थाहा छ । तर खै किन मान्छे कल्पनामा बढी संवेदशील र गतिशील बनिदिन्छ ? मलाई थाहा छैन । प्रेमीले विछोडिएकी प्रेमिकाको नाममा हात काट्सक्छ । कसैमा समाज सेवाको भूत सवार हुन्छ । मान्छे लत बिना बाँच्न सक्दैन । मैले कुलत बिना भनेको होइन । तर मान्छे केही न केही लत बोकेरै बाँचेको हुन्छ । लत सबै कुलत हुँदैनन् । कसैले बोलिरहनुपर्ने हुनसक्छ । कसैलाई घर छोडेर एकदिन पनि बाहिर बस्नु परेमा बिमार निक्लन सक्छ । प्रेमीले विछोडिएकी प्रेमिकाको नाममा हात काट्सक्छ । कसैमा समाज सेवाको भूत सवार हुन्छ । कोही पुस्तकभन्दा टाढा बस्नै नसक्ने पनि हुन्छ । हो, लत अनेक हुन्छन् । तल्तल अनेक हुन्छन् । र, सबैमा हुन्छन् । मलाई पनि गुच्चाको लत थियो । मेरा दामले जोकोहीलाई गुच्चाको लत थियो । गाउँलाई गुच्चाको लत थियो । डेब्यूको पहिलो साल नै मैले जोरसँग साँच्चैको गुच्चा खेलेँ । कति हारेँ, कति जितेँ । दोस्रो सिजनबाट त म गुच्चाको म्यारोडोना नै भएर निस्किएँ । गुच्चा खेल्ने जक्सनहरू थिए । तावा गाउँको चौतारी । भट्टराईको होली । लिङ्देन गाउँको आँगन । र टीकारामको घर । म गुच्चाको म्यारेडोना भएर निक्लिएपछि मेरै घरअघिको तीन बाटो पनि रणसंग्राम बन्यो । अहिले त चारबाटो बनिसकेको छ । इँटा भट्टादेखि लिएर लोक्ताम गाउँ, भुतेनी खेलादेखि लिएर न्यौपाने चोकसम्मका गुच्चेहरू मसँग भिड्न आउन थाले । हो, म गुच्चाको लागि सेलिब्रेटी नै बनेको थिएँ । नत्र मसँग गुच्चा खेल्नकै लागि भनेर गुच्चा खेल्न त्यतिका केटाहरू किन पो भेला हुन्थ्यो । म अहिले अँध्यारो छु । फेरि कालो चाहिँ हैन नि ! कालोले प्रकाशलाई परावर्तन गर्दैन । विज्ञानले के भन्छ ? थाहा छैन, तर विज्ञान शिक्षकका अनुसार प्रकाशलाई परावर्तन नगर्ने वस्तु देख्न सकिदैन । जस्तो कि कालो छिद्र । तर म कमसेकम ऐनामा देखिन्छु । हो, म कालो होइन, मेरो छाला अँध्यारोचाहिँ छ । कालो विचार बोक्नेहरू नै कालो रङलाई खै किन कुरूपता मान्छन् ? मलाई थाहा छैन । कृष्ण ढुङ्गेल सानोमा म कृष्णजस्तै थिएँ रे ! नाम जस्तै । तर कृष्णजस्तो अँध्यारोचाहिँ थिइनँ रे ! म अँध्यारो हुन थालेको पनि गुच्चा खेल्न थालेपछि नै हो रे ! हिउँद भनेको गुच्चाको मात्र होइन, धूलोको पनि सिजन हो । फेरि गुच्चालाई धूलेखेल भन्दा पनि हुन्छ । यो धरातलसँग जोडिएको हुन्छ । पिक पनि त धरातलमै हुन्छ । पुस र माघका झापाको जाडो तपाईँलाई पक्कै थाहा छ । चैत र वैशाखको गर्मी पनि थाहा भइहाल्छ । र गुच्चाको सिजनले यो दुवै सिजन भेट्छ । अरूहरू सिजनको अन्त्यपछि आफूसँग भएका गुच्चाहरू सिसीहरूमा भरेर सुरक्षित राख्थे, जसरी हिउँदमा सालभरिको लागि भकारी भरिन्थ्यो । तर मैले त्यसो कहिल्यै गरिनँ । मलाई अर्को सिजनको चिन्ता थिएन । सायद चर्चित त सक्षम खेलाडीहरू यस्तै हुँदा हुन् ! मैले प्रायः गुच्चाहरू सिजनका अन्तिम भएपछि बेचेर सक्थेँ । नबिकेका के कति बाँढेर सक्थेँ, करेसामा माटोसँग प्रेम साट्थे । अक्सर अफसिजनमा खाद्यवस्तु (विशेष तरिकारी तथा फलफूल) महँगो हुन्छ, तर गुच्चा सस्तो हुन्थ्यो । भविष्य सोच्नेले किनेर राख्थेँ । तर मलाई भविष्यको चिन्ता थिएन । अर्काे सिजनमा एक रुपियाँको किन्ने न हो, त्यसपछि त बेच्ने मात्र त हो ! फेरि तिहारपछाडि आउने सिजनमा एक दुई रुपियाँको के दुःख र ? अहिले सम्झन्छु, पक्कै पृथ्वीजस्तै गुच्चाहरूसँग नजिक भएपछि हुनुपर्छ, मैले पृथ्वीलाई पनि गुच्चाझैँ गोलो बनाएर बुझ्न थालेको । मैले नौवटा ग्रहको पहिलो प्रयोग पनि गुच्चासँगै त गरेको हो नि ! अनि गुच्चाहरूकै सौर्यमण्डल बनाएको पनि गुच्चाले नै हो । एकदिन फुटबलमा कमिला हिँड्दै गरेको दृष्यमा घोत्लिएपछि बुझेको हुँ, फराकिलो भूगोल भएपछि बनोटले असर पार्दैन रहेछ । पक्कै मान्छे पृथ्वीको लागि कमिलो फुटबलको लागि भन्दा पनि सोनो अंश हो । सानो अंश ठूलोमा मिसिएपछि विलय हुन्छ । तर म गुच्चाभन्दा धेरै ठूलो भएर पनि, गुच्चामा विलाई जाँदै थिएँ । गुच्चा पृथ्वीजस्तो थियो । म कमिलाजस्तो भएको थिएँ । खै किन भौतिक आयतनभन्दा संवेदनाका आयतनहरू बृहत् हुन्छन् ? मलाई थाहा छैन । त्यो समय, स्वस्थानीले तेत्तीस कोटी देवता भनिरहँदा मेरा लागि एक बढी थिए । त्यो थियो गुच्चा । कति गुच्चाको भित्री भागमा केही रङ भरिएको हुन्थ्यो । ती पिच्चुभन्दा ठूला हुन्थे । ढोमभन्दा अलि साना । साँच्चै ती पृथ्वी नै प्रतित हुन्छ । गुच्चा र पृथ्वी एउटा कुरामा उस्तै पनि हुन्छ । खै कति कुरामा फरक छन् ? मलाई थाहा छैन । थाहा नहुँदा नहुँदै पनि धेरै कुरा अनुमान लाउन सकिँदो रहेछ । यति बुझ्न मलाई पृथ्वीजस्ता गुच्चाहरूको इतिहास कोट्याउनु पर्याे । तपाईँले कहिल्यै हिसाब गर्नुभएको छ ? पृथ्वीले मान्छेको कति पुस्ता भोगिसक्यो ? देखिसक्यो ? छोड्दिनुहोस् । मलाई पनि थाहा छैन । र, मलाई यो पनि थाहा छैन कि गुच्चाले मजस्तो कति पुस्ता भोगिसक्यो । तर थाहा नहुँदा नहुँदै पनि धेरै कुरा अनुमान लाउन सकिँदो रहेछ । यति बुझ्न मलाई पृथ्वीजस्ता गुच्चाहरूको इतिहास कोट्याउनु पर्याे । आजभन्दा तीन सय वर्षअघिका मान्छेले पृथ्वीको प्रयोग कसरी गरेका थिए ? अहिलेकाले कसरी गरेका छन् ? फरक छ । पुस्तासँगै पृथ्वीको प्रयोगमा फरक छ । ठीक त्यस्तै गुच्चाको उपयोग पनि पुस्तापछि फरक छ । अहिलेको कलिलो पुस्ता, मेरो पुस्ताले जस्तो खेल्दैन गुच्चा । बरू स्कूलमा एक दुई सिकाउन प्रयोग हुन्छन् । अहिले त मोवाइल र ल्यापटपबाहिर खेल नै के पो हुन्छन् र ? तर यतिचाहिँ हो, गुच्चाको आयु मान्छेको भन्दा लामो छ । पृथ्वीको आयु गुच्चाको भन्दा धेरै लामो छ । तर खै किन मलाई यो सब बुझेर पनि गुच्चा र पृथ्वी उस्तै लाग्छ ? मलाई थाहा छैन । #मलाई थाहा छैन ढाडे निउरो: बाहिर झमझम पानी परिरहेको छ । आफूलाई भने के गरौँ र कसो गरौँ भा’को छ । बाहिर निस्कन पनि नमिल्ने, फेरि आफूलाई ट्वांरट्वांरेले समातेको छ । बाहिर गा’को बेला आइहाल्यो भने कसको घरमा जानू ? नचिनेकाकोमा गयो भने त मार्लान् नि ! नेपाल जस्तो हो र ? पसलतिर व्यवस्था भइहाल्छ भनेर जाउँ भने पनि कोरोना धिपतिको आदेशले ट्वाइलेट भएका पसलहरू पनि बन्दमा परेका छन् । ‘के भएर ट्वांरट्वांरेले समात्यो त ?’ भनेर न सोध्नुहोला नि ! मुखै खोल्न भा छैन। घरमात्रै होइन, छरछिमेक नै उठेर आउलान् भन्ने कत्रो त्रास छ आफूलाई । अरू कसैलाई नभन्नु ल ! तपाईँलाई मात्रै खुसुक्क भन्छु । गृह मन्त्रीलाई थाहाभयो भने त खाद्य संस्थान नै बन्द हुन बेर लाग्दैन ! कुरा के भने, हिजो निउरो र भात खाइयो । आज बिहानैदेखि हो ट्वांरट्वांरेले समातेको । छरछिमेकले थाहा पाए भने ‘हामीलाई नदिएर खाको, खुच्चिङ’ भनी हाल्छन् । क्या फसाद ? बिहानै यसो समाचारतिर नजर दौडाएको त ‘स्याङ्जामा निउरो खाएर तीन बच्चा चिलिम’ भन्ने देख्नेबित्तिकै ह्वाल्ल मुखैबाट आउलाजस्तो भयो । योबेलै निउरोमय छ । वर्षात् सुरू हुनेबित्तिकै निउरो टुसाउँछ । पूरै क्यानाडामात्रै नभएर उत्तर अमेरिका नै निउरोमय भएको छ । कतै जानु पर्दैन । यसो मुहार पुस्तिकामा बूढी औंला दौडाउन पर्छ । काँ काँ निउरो पाइयो ? कस कसले निउरो खायो ? सबै थाहा हुन्छ । क्यानाडाको पूर्वी भेगमा बस्ने एकजना मित्रले ‘साँझ पनि निउरो, बिहान पनि निउरो, अझ नपुगेर दिउँसोको स्यान्डबिचमा पनि निउरो राखेर खाको’ भनेर मुहार पुस्तिकामा राखेको देखेपछि पेट कटक्कै काटेको थियो । पोहोर साल टोरोन्टो घुम्न गाको बेलामा एकजना साथीले सधैँ पाइने ठाउँबाट तुरुन्तै निउरो टिपेर ल्याई खुवाउनु भयो। निउरो चिनेको मान्छेले टिपेर ल्याएको निउरो खाँदा मीठै हुँदो रहेछ। तर के गर्ने खाइसकेपछि आफ्नो त आँतै कुँडिएर आयो। डा. कुसुमाकर शर्मा सानो छँदा गाउँघरको खोल्सो, खोलेसो, जंगलको सेपिलो ठाउँमा निउरो पाइन्थ्यो। टिपेर घरमा ल्यायो, आमाले ‘यो ‘उनिऊ’ किन ल्याइस् ?’ भनेर फालिदिनु हुन्थ्यो। दुई चारपटक आमासँगै खोलेसोतिर गएर टिपेपछि बल्ल निउरो चिन्ने भएको थिएँ । ए कदिन त्यस्तै निउरो टिपेर ल्याएँ। आमाले पकाउनु भयो। सबैले खायौँ। भो लिपल्ट सबै बच्चाहरूलाई ट्वांरट्वांरेले समात्यो। पछि था’भो, त्यो त तीते निउरो रहेछ । खानै नहुने। त्यहाँदेखि कान समातेँ। अहिले पनि कसैले निउरो भन्यो भने मेरा कान ठाडा हुन्छन् र पेट गुँडुल्किएर आउँछ। श्रीमतीजीले ‘हामी बसेको ठाउँका नेपालीहरूकै कुनै एउटा समूह मानवनिर्मित नगरका खोल्सा-खोल्सीतिरबाट निउरो टिपेर ल्याई खाए रे !’ भन्ने बताएपछि मेरो पेटमा गोला बर्सिन थालिहाल्यो । अब भने आफ्नो शंका निवारण गर्ने उपाय सोच्न थालेँ । भाग्दै गरेको भूतको लगौंटी समात्ने उद्देश्यले दिव्यदृष्टि पाएका गूगल बाजेको शरणमा परेँ । थाहा भयो, हाम्रो गाउँघरतिर पाइने डंउडे निउरोलाई क्यानाडामा ‘फिडलहेड फर्न’ भन्दा रहेछन् । डंउडे भनेको पात नफैलिँदै घुम्रिएको निउरोको लामो टुसा हो । गूगल बाजेका अनुसार फिडेलहेड भनेको डंउडे मात्रै हो र खाने पनि यही डंउडे मात्रै हो । गूगल बाजेको भनाइ र हामी नेपालीको खुवाइमा यहीनेर फरक परिहाल्यो । हामी त डंउडे छोडेर चारआली ढाकेको निउरोको पात खोज्छौँ । जे भए पनि क्यानाडामा पाइने निउरे खान मिल्छ भन्ने थाहा पाएपछि अलिकति मन हल्का भयो । तर गूगल बाजेको भनाइमा निउरो चिन्नुपर्छ। नत्र कुनै कुनै निउरोले त क्यान्सरसम्म पनि लगाइदिन्छ भने पछि फेरि मन लुत्रुक्क भयो । अब कसलाई सोध्नु, निउरोको बारेमा ? घोरिदै थिएँ । मेरा अनन्य मित्र नै कृषि विशेषज्ञ भएको याद आयो । उनलाई सोध्ने निधो गरेँ । मैले घुमाएर ‘कृषि विशेषज्ञ भएकोले तपाईँलाई निउरोको बारेमा सोध्न लागेको’ भन्ने कुरा न सक्दै जवाफ दिई हाले ‘तरकारीका बारेमा कुरै नगरौँ ।’ म अकमक्क परेँ । रामपुर क्याम्पस हुँदै कता-कताबाट चुकन्दरमा विद्यावारिधि गरेका हुन् । मतिर फर्केर निन्याउरो अनुहार लगाउँदै भने ‘मैले चुकन्दरमा विद्यावारिधि गरेँ । काम पनि त्यसमै गर्छु । निउरो खाको छु, तर धेरै थाहा छैन ।’ मैले टाउको कन्याउन थालेँ। उनले अप्ठेरो मान्दै आफ्नो दुखेसो पोखे, “मैले कृषि पढेर कृषकलाई खाली सुझाव मात्रै दिएँ । तर काम त कृषकका हातले मात्र गरे। अहिले मलाई घरमा ‘लौ कृषि पढेकाले करेसाबारीमा साग तरकारी फलाउनुपर्यो’ भन्छन् । केही सागसब्जी करेसाबारीमा लगायो भने उम्रिनेबित्तिकै फुलिहाल्छ । त्यही भएर घरमा किनेकै तरकारी चल्छ ।” उनको पीर अझै बढाउन मन लागेन । अरू केही उपाय पत्ता लागिहाल्छ कि भनेर छिमेकी वातावरणविद्लाई खोजेँ । फोनबाटै कान फुट्नेगरी फलाकेँ, “पृथ्वीमा दस हजारभन्दा बढी जातका उनिउ छन् । निउरो पनि यही उनिउ जातभित्र पर्छ । निउरोले पनि उनिउजस्तै वातावरणमै प्रभाव पार्ने कार्बनडाइअक्साइड ग्यास सोसेर लिन्छ । त्यसैले निउरे टिप्नु हुँदैन ।” लौ, परेन बित्याँस ! कस्ता कुरा गर्या होलान् ? उनको घरमा पनि निउरोको भान्सा त हुनेगरेको छ । अब सबैले खाने निउरे टिप्न पाइँदैन भन्यो भने त टोलछिमेक नै उठेर आउलान् नि ! यी वातावरणविद्बाट पार लाग्ला जस्तो नठानेर यसो मनमीटर घुमाएको केही सुझे पो ! बरू आफू बसेको ठाउँमा निउरो पाइने खोल्सा-खोल्सी त नगर विकास योजनाभित्रका क्षेत्रहरू हुन भन्ने कता-कताबाट सुइँको आयो । यही सम्झेर अर्कै सहरमा बस्ने सहर योजनाकार मित्रलाई मनको बह पोखेँ । साथी अलि सन्की छन् । झन्की हाले, “मेरो काम कता घर बनाउन सकिन्छ भनेर सोच्दै हिँड्ने हो । कहाँ निउरो उम्रिन्छ भनेर हेर्ने हो र ?” कानले सुनेको यो खुराकबाण बनेर सिधै पेटमा पुग्यो । सगरमा चिर्को परेको जस्तो चिर्को पर्यो पेटमा । मैले इत्यादि कुराहरूको उल्टो र सुल्टो तर्क गर्दागर्दै साथीहरूको लहलहैमा लागेर हिजै श्रीमतीजीले तालतलाउको छेउछाउतिरबाट निउरो खोजेर ल्याइछन् । भनिन्, “म त निउरो खोज्दा-खोज्दा थाकेकी छु । बाउछोरा मिलेर निउरो पकाउनु ।” परेन फसाद ! बाउछोराले दुईवटा तर्क लगायौँ; पहिलो, तरकारी जति भुट्यो त्यति मीठो । दोश्रो, अण्डालाई जति उमाल्यो उति कडा । हामीले निउरो भुट्ने निर्णय गर्यौँ । निउरो त जति भुट्दै गयौँ उति कडा हुँदै गयो । छोराले भन्यो, “यो त ढाडे निउरो रै’छ । झन् कडा हुँदै आयो ।” त्यही ढाडे निउरोले होला कि भन्छु, ट्वांरट्वांरेले समातेको । जय निउरो ! जय भान्सा !! #डा. कुसुमाकर शर्मा गाईजात्रामा लेखको प्रस्तुति: सफल भए समृद्ध देश अभियानको यात्रा बन्द हुन्थ्यो सायद वर्षैपिच्छे आउने जात्रा ।। देश हाँक्नेलाई यति धेरै घोच्नु पर्दैनथ्यो देशको हालत बारे यति सोच्नु पर्दैनथ्यो ।। भन्नलाई त भन्छ सरकार उत्रिराछौं खह्रो आगोसरी फैलिरा’छ भ्रष्टाचारको जरो ।। कोरोनामा जोगिन त बेसारपानी खाने भोको भुँडी जोगाउन भन्नुस् कता जाने ? न त हीरा न त चाँदी न सुन चिन्छ सरकार गोठ भनेर गरिबको घर जलाइदिन्छ सरकार ! सुनको बाकस पक्रिएर चाँदी बनाइदिन्छन् त्यही चाँदी नि मिलिजुली आधी बनाइदिन्छन् ।। विदेशबाट आयात हुने लाखौं बोतल रक्सी ! ब्राण्डेड किन नबनाउने हाम्रै लोकल रक्सी ? चिन्नै गाह्रो ! को हो शत्रु ? कुन चाहिँ हो मित्र ? सरकार ढाल्न कम्मर कस्छन् आफ्नै पार्टीभित्र ! कहिले खुमलटारमा बैठक कहिले भैंसेपाटी कहाँ पुग्नु छ हौ कमरेड आफ्नै खुट्टा काटी ! पुष्पकमल अध्यक्ष भा झल्नाथ राष्ट्रपति ! प्रम भए माकुनेजी, गौतम भागमा कति ? प्रमुख प्रतिपक्ष भन्ने काङ्ग्रेस पार्टी थियो । चालचुल छैन मुख टाल्नलाई सरकारले के दियो ? देउवा पौडेल चर्को लडाइँ सभापति हुने कालो मैलो भ’को काङ्ग्रेस खै त कहिले धुने ? गाईभो थारो राप्रपाको भाँचिरहन्छन् हलो । जुट्न फुट्नै व्यस्त यिनले गर्लान् देशको भलो ? हाम्रैमा छन् यति धेरै पार्टी कहीँ नभाका डाक्टर पनि हलि भाछन् हेर्नुस् जसपामा ।। ओए ! काजल जोगाएर हिंड्नु लाल कुर्ती साह्रै कोमल चित्तका छन् यहाँ न्याय मूर्ति ।। रमाईलो देश, भरिपूर्ण सुन्दरी र सुरा जति सुन्यो उति उल्का कलाकारका कुरा ।। चौध जिल्ला सेवेन्टीटु प्रदेशको देश हाम्रो मुटु जलाई गीत गाउने गायक कति राम्रो ।। अर्काको गीत तानतुन् पारी आफ्नो बनाइदिन्छन् तीन लाख पाउन छ लाख रुपैयाँ बूस्टमा खन्याइदिन्छन् ।। के का तालिम के का थिएटर केलाई चाहियो भेटी ? टिकटक बाटै जन्मिराछन् चाहिँदो सेलीब्रेटी ! म्युजिक भिडियो खेलाइदिने डिरेक्टरसाब असल दुई चार हजार हाल्न सके मुकुन्दे दाइ मोडल ।। तीजको गीत कि रत्यौली हो छुट्याउनै गाह्रो बोल्नै हुन्न बाझ्न आउँछन् तताएर पारो ! अछुतो त कहाँ छन् र साहित्यकारहरू नकाटौं त कुरा भन्यो नकाटी के गरुँ ! यौनका कुण्ठा पोखिदिन्छन् प्रणयका नाममा अश्लिल भन्यो भने भन्छन् जा देवता धाममा ।। राम्रा राम्रा तरुणीका तस्बिर देख्नै हुन्न । सेतै फुल्या बाजे पुग्छन् “सो बिउटिफुल“ भन्न ।। गुरु बाले भन्दिएसी कस्ले छेक्छ थुन्छ ? काफिया को क नभानि वाह गजल हुन्छ ! यो आर्टिकल हेरिदेउन भन्दा टाढा भाग्छन् काण्ड छ चाहिँ भन्नुपर्छ फोन गरेरै माग्छन् ।। फरक छ है युटुबे र युटुबरमा साथी युटुवे त लफङ्गा हुन् युटुबर चैं जाती ।। गरिसाध्य छैन यहाँ युटुबेका कुरा तीनका हातमा हुने त झन् माइक हैन छुरा ! सोझा सिधा मान्छे खोज्न गाउँघर तिर जान्छन् दुईचार जना भाइरल बनाई डलर आफू खान्छन् ।। ढ्याङ्रो ठोक्ने डाक्टर भए अप्रेसनमा धामी गाली खाने सरकार भै’गो बाटो मुत्ने हामी ।। गैरी खेत बेची किन्यो आइफोन एलेवेन प्रो मोज त गर्नै पर्यो हामी यस्तै त हो नि ब्रो ! हामी नाथे बिग्रे पनि दुनियाँलाई के बाल सप्रिरहोस् हाम्रो मूलुक जय जय नेपाल ।। #लेख कार्की भन्न बाँकी कथा: ‘हुर्रे ! म राजा ।’ हातमा एक–एक मुठी निगुरो बोकेका तीन–चार जना केटामध्ये एउटाले हात माथि उठाउँदै घोषणा गर्यो । ‘कसरी ?’ बाँकीले उसलाई राजा मान्ने कि नमान्ने दोधार बोकेर उसको दाबीको कारण जान्न चाहे । ‘यो निगुरो मैले सबैभन्दा अग्लो भीरबाट टिपेर ल्याएको हुँ, त्यसैले म राजा,’ उसले भन्यो । ‘त्यसो भए मैले यो निगुरो सप्तकोसीपारिबाट ल्याएको हुँ । भीरमा जानुभन्दा कोसी तर्नु झन् गाह्रो हो । त्यसैले मैले राजा हुन पाउनुपर्छ,’ पहिलोको दाबी अस्वीकृत गर्दै दोस्रोले भन्यो । ‘मैले झन् दलदलको माझमा गएर ल्याएको, त्यसैले म राजा !’ अर्कोले अघिल्ला दुईको दाबीलाई मानेन । ‘म राजा !, म राजा !’ बाँकी अरूले पनि आफूले ज्यान जोखिममा पारेर निगुरो टिपेकाले आफू राजा हुन पाउनुपर्ने तर्क गरे । पहिलोले देख्यो, कोही उसलाई राजा मान्न तयार छैनन् । ‘जब मलाई कसैले राजा मान्दैनन् भने म अरूलाई राजा किन मान्नु ? अरूलाई राजा हुन किन दिनु ?,’ पहिलोले यस्तै सोच्यो । सबैलाई निगुरो फाल्न सहमत गराउन सकेकोमा पहिलो मुसुक्क हाँस्यो । साथीलाई राजा भन्नुपर्ने बाध्यता सकिएकोमा बाँकी केटाहरू पनि खुसी छन् । उसले जुक्ति निकाल्दै भन्यो – ‘निगुरो टिप्दैमा कोही राजा हुँदैन ।’ ‘उसो भए तिमी राजा हुन पाउँदैनौ,’ एउटाले तर्क गर्यो । ‘हो हो तिमी राजा हुन पाउँदैनौ,’ बाँकीले होस्टेमा हैँसे मिसाए । ‘त्यसो भए म यो निगुरो फालिदिन्छु,’ पहिलोले भन्यो । उसको सिको गर्दै सबैले निगुरो भुइँमा फाले । सबैलाई निगुरो फाल्न सहमत गराउन सकेकोमा पहिलो मुसुक्क हाँस्यो । साथीलाई राजा भन्नुपर्ने बाध्यता सकिएकोमा बाँकी केटाहरू पनि खुसी छन् । … ‘दाइ, तपाईको घर यतै हो ?’ साँझको बेला चौतारोमा बसेर गफ गरिरहेका गाउँलेमध्ये एक जनालाई सोधेँ । ‘हो !’ एक जनाले संक्षिप्त जवाफ दिए । ‘यसलाई के गाउँ भन्छन् ?’ साँझको बेला थियो र म त्यही गाउँमा कतै बास बस्नुपर्ला कि भन्ने सोच्दै थिएँ । ‘चेस्मिटार,’ उसले आफ्नो गाउँको नाम बतायो । त्यतिखेरै डाँडापारिबाट सर्रर हावा आयो । दिनभरि कामले लखतरान भएका गाउँलेको मुहारमा अलिकति भए पनि सन्तोषको आभा देखियो । ‘कुन पञ्चायतमा पर्छ यो ?’ मैलै सजिलोका लागि सोधेको थिएँ । मेरो प्रश्न सुनेर गाउँलेले मुखामुख गरे । प्रश्नको जवाफ दिनुको साटो एउटा जो अलि जेष्ठ नागरिकजस्तो थियो, उसले गाउँलेहरूतिर फर्केर भन्यो, ‘पञ्चायत छैन साथी हो ! पञ्चायत छैन । सहरबाट आएकाहरूको कुनै विश्वास नगर्नु अब ।’ ‘हत्तेरिका ! यात्राको क्रममा कस्ता–कस्ता मान्छेको फेला परिन्छ, कस्तो–कस्तो ठाउँमा पुगिन्छ, के भन्नु, के नभन्नु !’ मनमा यस्तै विचार आयो । तर, नयाँ ठाउँमा थप बोल्नु जोखिमपूर्ण हुने ठानी चुपचाप सुनकोसी गड्तिर लक्ष्य गर्दै ओरालो लागेँ । २०४८ माघ १८ गतेको कुरा हो । सानोमा पढेको भाँड कुकायो कथा सम्झिएँ । नदी तरेपछि सबैले पालैपालो साथीहरू गनेछन् । गन्दा एक जना साथी नपुगेपछि सबै रुन थालेछन् । खासमा उनीहरूले आफूलाई चाहिँ गन्न बिर्सिँदा रहेछन् । इतिहासमा भाँडहरू कुकाएको उही भाँड–बेँसी सेरोफेरोका गाउँलेसँग म भर्खरै साक्षात्कार भएको थिएँ । ‘ठिकै छ, तिम्रो लोग्नेलाई दर्ता फाँटबाट करमा सारिदिन्छु,’ उसलाई बिस्तारी आफूतिर तान्न चाह्यो । … अँध्यारोको एउटा टुक्रा कोठामा फैलिएको छ । ‘डार्लिङ ! अन्तर्वार्ताका दिन म छँदै छु नि !,’ उसले भन्यो । ‘होइन, मलाई जागिर चाहिएको छैन ।’ ‘त्यसो भए कति पैसा चाहिन्छ म लेखापाललाई भन्दिन्छु,’ उसले दुवै हात समायो । ‘अहँ, मसँग पैसा छ ।’ ‘अन्त ?’ कोठामा एकछिन अलमल व्याप्त भयो । ‘ठिकै छ, तिम्रो लोग्नेलाई दर्ता फाँटबाट करमा सारिदिन्छु,’ उसलाई बिस्तारी आफूतिर तान्न चाह्यो । त्यहीबेला तात्न लागेको फलाममा अचानक बाछिटा परे जस्तो भो । ऊ एक–कदम पछाडि हटी । उसलाई भुलको हल्का अनुभव भयो । ‘तिमी त्यो बूढोलाई छोडिदेऊ । मसँगै बस ।’ ‘अहँ, म त्यो बूढोलाई छोड्न सक्तिनँ । मलाई त्यसको माया लाग्छ ।’ ‘… … … … ?’ ‘… … … … !’ ‘मलाई एउटा सन्तान चाहिएको छ !’ यति भनेर ऊ चुप लागी । मौन सम्मति लक्षणम् ! बिस्तारी अँध्यारोको एउटा टुक्रामा उनीहरूको छाया मिसियो । तर, त्यसरी अँध्यारोमा एकाकार हुनुअघि उसले उसलाई एउटा कुरा चाहिँ भनेन । वा भन्न चाहेन । त्यसयता उनीहरूको भेट तीन–चार पटक भइसके पनि यो कुरा उसलाई अझै थाहा छैन । उसका दुई वटा छोरा छन् । उसले परिवार नियोजन गरेको छ । … मुखले जे भने पनि आँखाले अर्कै कुरा भनिरहेको थियो । उसलाई म सानैदेखि चिन्छु । ऊ खेतीपाती गर्न परिवारलाई सघाउने मान्छे होइन । म जागिरे भएको थाहा पाएपछि उसले मलाई बारम्बार पत्र लेख्न थाल्यो । म पनि साहित्यिक भावनाले भरिएका टुक्काहरू जोड्दै जवाफ दिइरहन्थेँ । मसँग पत्राचार गर्न पाएकोमा ऊ खुसी थियो । कहिले ऊ मेरो लेखनको प्रशंसा गथ्र्यो । कहिले अक्षरहरूको । पत्रमा बहिनीका बारेमा केही न केही प्रसङ्ग उल्लेख गरेकै हुन्थ्यो । अहिले ऊ १० कक्षामा पढ्दै छे । उसलाई राम्रा बुट्टा भएका स्वीटर–पञ्जा बुन्न आउँछ । ऊ घरको भित्री काममा सिपालु छे । उसले बनाएको अदुवा–लसुनको अचारको गाउँभरि प्रशंसा हुन्छ । आदि–इत्यादि । पत्रोत्तरमा बहिनीसँग सम्बन्धित कुराहरूमा भने कुनै प्रतिक्रिया जनाएको हुन्नथेँ । एकदिन उसले आफ्नी हिनीको बिहेको कार्ड पठायो । म कार्यालयको कामले डोरमा खटिनुपर्ने भयो । बिहेमा जान पाइनँ । त्यसपछि उसका कुनै पत्र आएनन् । दसैँमा गाउँ गएका बेला ऊसँग भेट भयो । ‘क्या हो यार ! अचेल तिमी किन पत्र लेख्दैनौ ?’ भेटमा मैले गुनासो गरेँ । ‘के गर्नु यार ! खेतीपातीको काममा व्यस्त हुनुपर्छ,’ जवाफमा उसले भन्यो, ‘पत्र लेख्न फुर्सदै हुँदैन ।’ मुखले जे भने पनि आँखाले अर्कै कुरा भनिरहेको थियो । उसलाई म सानैदेखि चिन्छु । ऊ खेतीपाती गर्न परिवारलाई सघाउने मान्छे होइन । ‘अनि बहिनीको के छ घरतिरको खबर ?’ ‘ठिक छ रे !’ उसले संक्षिप्त जवाफ दियो र कतै जान हतार भए जस्तो गर्यो । दसैँको शुभकामना दिँदै म पनि अघि बढेँ । बाटोमा मनमनै सोचेँ – बहिनीको बिहे भइसकेपछि उसले मलाई पत्र लेख्न छोड्नुको कारण फुर्सद नभएर होइन विषयवस्तु नभएर हो । … ‘देवकोटाका पालामा जस्तो गम्भीर साहित्य लेख्ने चलन रहेन अब । कविता लेख्नु त झन् जोखिमपूर्ण कुरा हो ।’ उसको बोलीमा रक्सीको हरक आइराखेको थियो । ऊ मेरो समकालीन लेखक साथी हो । प्रमाणपत्र तह पास गरेपछि ऊ राजधानी हानिएको थियो । म गाउँकै स्कुलमा पढाउन थालेँ । केही महिनापछि उसका लेख–कविता छापिएका केही पत्रिकाहरू उसले पठायो । रेडियो नेपालमा कविता, अन्तर्वार्ता सुन्न पाइने तिथिमितिको जानकारीसहित पत्र पनि लेखिरहन्थ्यो । एकपटक मलाई खिसी गर्दै ‘यता काठमाडौँले प्रतिभा खोजिरहेको छ तर विडम्बना हाम्रा धेरै देवकोटाहरू अझै गाउँमा डल्ला फुटाउँदै छन्,’ भनेर चिठीमा लेखेको थियो । ‘मोफसल भनेको मोफसलै हो,’ उसको तर्क हुन्थ्यो । थुप्रै दिनपछि आज यसरी गाउँमा भेट हुँदा उसको सोचाइ र व्यवहारमा राम्रै परिवर्तन भएको देख्न पाइयो । गाउँमा हुँदा चुरोटसम्म खान मान्दैनथ्यो । राजधानीबासी भएपछि प्रतिबन्धित कुराहरू पनि खान सिकेछ । बोल्दा–बोल्दै ऊ भुइँमा टुक्रुक्क बस्यो । र, वाक–वाक गरेर छाद्न थाल्यो – गाजरका टुक्रा, नपचेको मासुको चोक्टा, ढाडिएको चिउरा, अमिलो पानी । ‘अचेल म लेखन समसामयिक हुनुपर्छ भन्ने विशेष अभियान चलाउँदै छु । तपाई त मेरो पुरानो जिग्री हो । तपाईलाई थाहै छ । यहाँ बोल्नेको पिठो बिक्छ, नबोल्नेको केही बिक्दैन । त्यसैले हिजोआज म समसामयिक चाखलाग्दा कुरा र कृति समीक्षा लेख्छु । सम्पादकले नै यो लेखिदिनु पयो भनेर दिन्छन् । महिनामा दुई–चार हजार पारिश्रमिक टुट्दैन । कृति–समीक्षा गर्दा जसको कृति हो उसले पनि खर्च दिन्छन् । तपाईले कुनै कृति निकाल्नु भा’को छ भने भन्नुहोला । राम्रै समीक्षा लेखिदिन्छु । तर तपाईसँग पैसा लिन्नँ ।’ बोली सकेर उसले मेरा आँखामा अपेक्षित प्रतिक्रिया खोज्यो । म एकोहोरो कुरा सुनिरहेको थिएँ । अपेक्षित केही नपाएपछि उसले फेरि भन्यो, ‘साहित्यलाई अनुत्पादक बनाउनुहुँदैन, बुझ्नुभो ! सोखका लागि मात्र लेख्ने कुरा हुन्न । लेखिसकेपछि लेख्नेमान्छे बाँच्नु पनि पर्छ ।’ ‘तपाईजस्तो प्रतिभा भएको मान्छे क्षमता खुम्च्याएर बेकारमा यो गाउँमा बसिरहनुभएको छ,’ उसले थप भन्यो, ‘सम्झिँदा पनि दिक्क लाग्छ ।’ बोल्दा–बोल्दै ऊ भुइँमा टुक्रुक्क बस्यो । र, वाक–वाक गरेर छाद्न थाल्यो – गाजरका टुक्रा, नपचेको मासुको चोक्टा, ढाडिएको चिउरा, अमिलो पानी । ‘सरी है !,’ अलि सहज भएपछि उसले भन्यो, ‘आउँदा बाटोमा साथीहरूले निकै कर गरेर अलिकति खाइयो । तर, म त्यस्तो रेगुलर खाने मान्छे होइन ।’ विचरा मेरो साथी ! दुई वर्षअघि ठुलो साहित्यकार हुन राजधानी हिँडेको मान्छे, छाद्न चाहिँ गाउँमै आइपुग्यो । … घोडेटोमा उनी, एक जना युवक र भरिया नजिकै आइपुगे । बिहानको मिर्मिरे उज्यालोमा उनका र मेरा आँखा जुधे । यात्रामा म प्रायः लम्केर हिँड्ने मान्छे । तर, उनलाई भेटेपछि हतारमा स्पिड ब्रेक लाग्यो । बिस्तारी हेराहेर गर्दै हिँडियो । घरि उनले हेर्ने घरि मैले हेर्ने । केहीबेर हिँडेपछि नुनथला डाँडा आइपुग्यो । डाँडाबाट उत्तरतिर आकर्षक हिमाली दृश्य देखियो । तीमध्ये एउटालाई देखाएर उनले भनिन्, ‘आहा ! कति राम्रो हिमाल । सगरमाथा कति नजिकै !’ नुनथलाबाट सगरमाथा देखिँदैन । सर्वोच्च शिखरप्रति उनको आत्मीय अनभिज्ञता देखेर मलाई मनमनै हाँस उठ्यो । ‘खासमा त्यो कुनै हिमाल होइन, अग्लो पहाड हो । हिँउदमा सेतो देखिन्छ, बर्खामा कालो ।’ एकाएक म बोलेको सुनेर उनीहरूले मतिर हेरे । लामीडाँडाबाट भरिया लिएर आउने उनीेहरू दाजु–बहिनी रहेछन् । ‘के नाम हो यसको ?,’ बहिनीले सोधिन् । ‘दूधकुण्ड !’ मैले जानी–जानी दूधकुण्ड शब्दलाई जोड दिएर भनेँ । दाजुले मेरो मनासय बुझ्यो कि के ग¥यो, मलाई गहिरिएर हे¥यो । बहिनी लाजले राती भइन् । ‘के रे ! दूधकुण्ड ?’ उनले सहजै सोधिन् । ‘हो, दूधकुण्ड ।’ ‘कसरी थाहा पाउनुभो ?’ ‘एकपटक भैरुङ–पाती खोज्दै म त्यहाँ पनि पुगेको थिएँ,’ मैले भनेँ । मेरो भनाइ उनले कति बुझिन्, दाइले कति बुझ्यो थाहा छैन । ‘ए, ए…’ उनले भनिन् । हाम्रो बोली फुटेकोमा दाजु चाहिँ च्याँठियो । त्यसपछि दाजुको आँखा छलेर घरि उनले हेर्ने म मुसुक्क हाँस्ने, घरि मैले हेर्ने उनी मुसुक्क हाँस्ने गर्दै हामीले बाटो काट्यौँ । बाम्राङमास्तिर आइपुगेपछि बाटो मोडियो । उनी को थिइन्, कहाँकी थिइन् नाम–ठेगाना सोध्नै बिर्सिएछ । तर, दाजुको आँखा छल्दै उनले मुसुमुसु हाँसेको दृश्य आज पनि सम्झना छ । २०४७ साल पुस १० गते नुनथला डाँडामा भेटेको त्यो अपरिचित मुस्कान सम्झिँदा आज पनि सिरिङ–सिरिङ लाग्छ । सेल्फीको जमाना थिएन । नत्र दाजुको आँखा छलेर दुई–चारवटा सेल्फी त अवश्य जान्थ्यो । #सुविद गुरागाई विद्यार्थीको कथाः त्यो मृत्युुको मुख: कथाकारः बिबेक निशानी बिनिशा अहिले कक्षा १२ मा पढ्छिन् । उनी साह्रै मिहेनती र सहयोगी छिन् । उनी ठूलालाई आदर र सानालाई माया गर्छिन् । एकदिन कक्षामा शिक्षकले ‘आफ्नो जीवनको बिर्सन नसक्ने घटना’ सुनाउने कुरा भयो । एकएक गर्दै सबैले भन्दै गए । बिनिशाको पालो आयो अगाडि गएर भन्न थालिन, ‘सबैको जीवनमा केही न केही त घटना हुन्छ नै तर मेरो घटना म बिर्सन खोज्दा पनि बिर्सन सक्दिनँ । त्यतिबेला म गाउँको विद्यालयमा कक्षा ८ मा पढ्थँे । कक्षाका सबै साथी साथी सबै रमाइला थिए कसैसँग झगडा नगर्ने, सबै साथी मिलेर बस्ने, एकअर्कालाई दुःख परेका बेला सहयोग गर्ने हाम्रो बानी थियो । म कक्षाको प्रथम छात्रा थिएँ । कक्षा ८ को अन्तिम परीक्षा जिल्ला स्तरीय भएकाले अझ धेरै मिहेनत गर्नुपर्ने भएको थियो । बाबा ममिको एक्लि छोरी मैले परिवारको इज्जत राख्नु थियो । परीक्षा पनि आयो । मेरो तयारी भइसकेको थियो । परीक्षा पनि एकदम राम्रो भयो । छुट्टीमा घुम्न गएँ । चैतमा परिक्षाफल आयो । म ढुक्क थिएँ राम्रो हुन्छ भन्ने, किनकि आफुले जस्तो रोप्यो त्यस्तै फल्ने हो । मैले पनि राम्रा अक्षर अनि पूर्णरुपमा उत्तर दिएकी थिएँ । म हतार गर्दै परिक्षाफल हेर्न विद्यालय पुगेकी थिएँ । सबै विषयमा ८५ कटेको थियो तर गणितमा ९ मात्र आएको देखेर म छक्क परेँ । म छाँगाबाट खसेको जस्तै भएँ । स्कुलमा सबै शान्त थिए । प्रिन्सिपलको कोठामा गएँ । सर चुप लागेर हातमा एउटा पेपर लिएर बस्नु भएको थियो । पक्कै त्यो रिजल्ट हुनुपर्छ भन्ने मनमा लाग्यो तर सर किन मौन ? मलाई डर लाग्यो के भएछ त ? मैले सरलाई सोधँे ‘सर’ मेरो रिजल्ट ? सरले आँखाभरि आसुँ पार्दै मलाई रिजल्ट थमाउनु भयो । सबै विषयमा ८५ कटेको थियो तर गणितमा ९ मात्र आएको देखेर म छक्क परेँ । म छाँगाबाट खसेको जस्तै भएँ । अरु केही सोच्न सकिनँ । मेरो जिन्दगी अब सकिए झैँ लाग्यो । देखिएको ठूल–ठूला सपनाहरू एकै पल्टमा बिलाए झैँ आभास भयो । अरू शिक्षकहरू रिचेक गराऊ ‘हुनै नसक्ने रिजल्ट आयो’ भन्नु हुँदै थियो । कोही मलाई सम्झाउन आउनु हुँदै थियो तर मलाई केहीको वास्ता भएन । म जिन्दगीबाट नै फेल भएँ जस्तो लाग्यो । संसार अन्धकार देख्न थालेँ । अब बाबा ममिको मुख कसरी देखाउनू ? झन् गाउँमा कसैले सोधे भने के भन्नू ? भन्ने कुरा मनमा आयो । कतै पनि नहेरी, केहीको वास्ता पनि नगरी कुदेर घर आएँ । घरमा कोही हुनुहुन्न थियो । बाबा, ममि खेतबाट आउने बेला भएको थिएन । घरमा म एक्लै, मनमा डर झन् झन बढ्दै थियो । मैले केही सोच्न सकिनँ । अब मेरो जिन्दगी सक्किए झैँ लाग्न थाल्यो बारबार । अब यो संसारबाट बिदा लिन बाहेक केही छैन भन्ने लाग्यो । मेरो यो संसारमा बसेर अब केही काम छैन जस्तो लाग्यो । अघिल्लो दिन बाबाले गाईलाई बाँध्नको लागि भनेर ल्याउनुभएको डोरी अलिपर थियो । डोरी लिएर आएँ र फेनमुनि बाँधेँ । आँखाबाट आँसु झर्दै थिए । हातले डोरी गाँठो पार्दै थिए । अब डोरी घाँटीमा लगााएर सुर्कने बनाएँ । कुर्सी लडाउन बाँकी थियो । आँखा बन्द गरेँ, तर ढोका खुल्ला थियो, बुबा आइपुग्नु भयो । यति भन्दा घण्टी बजिसकेको थियो । कक्षामा ताली र बिनिशाको ओठमा मुस्कान फैलियो । कुदेर भित्र पस्नु भयो र डोरीबाट मलाई ओराल्नु भयो । म रुँदै थिए । बाबा पनि रुन थाल्नु भयो । आमा आइपुग्ुभएको थिएन । बुबाले मलाई खाटमा बसाउनु भयो । पानी पिउन दिनुभयो । एकछिन दुवै मौन भयौँ अनि बाबा बोल्नु भयो – ‘छोरी, किन यस्तो गर्न खोज्यौ ? तँ त हाम्रो घरकि एक्ली छोरी, तैँले नै यस्तो गरिस् भने हामी कसको मुख हेरेर बाँच्नु भन त ? यस्तो गर्नु हुँदैन भन्ने थाहा छैन ? आत्महत्या कुनैपनि कुनैपनि समस्याको समाधान होइन । तँलाई म के भनौँ म ? तँ आफ्नो आँखा बन्द गर अनि आफ्नो स्मरणशक्ति लगाएर आफ्नो घरमा आफू मरिरहेको सम्झी । सेतो कपडा ओडेर जमिनमा लडेको आफ्नो लासको छेउमा बेहोस भएको तेरो बाबा, चिच्याउँदै कराउँदै राइरहेकी तेरी आमा, यदी नजर आयो भने उनीहरूको मतलब हाम्रो ओठको मुस्कान नखोसी, हाँसिरहेको हेर्न चहाने बहाना बना । तेरो जीवन आफ्नो लागि होइन्, तँ अरूको लागि बाँचेको छु भन्ने बहाना बनाएर बाँच । जिउनुको बहाना धेरै छन् । केही बहाना सोच्न यदि सकिएन भने, सरको कुटाइ खाइन्छ कि भनेर बाँच्न जुन बहाना बनाउने गर्थिस् नि ? हो यस्तै बहाना बनाउनू तर कहिल्यै नमर्नू । तेरो आत्महत्याले यहाँ केही नयाँ रङ्ग ल्याउने छैन । केही दिन पछि भुल्छन् सबैले यहाँ ।’ फेरि अर्को कुरा, सरले मलाई तँ रुँदै घर गएकि छ भनेर भन्नु भएको थियो त्यसैले आएको थिए । रिजल्ट परिवर्तन भएर आएछ ९ होइन् ९५ चाहिँ आएको रहेछ । अब ढुक्क भएर पढ्न थाल्नू । यति भनि सक्दा मेरो होस खुल्यो । अब सबैलाई सम्झन थालेँ । अनायसै फेरि रुन थालेछु । बाबाबाट मैले धेरै कुरा सिकेँ । मुख्य कुरा त हिम्मत नहार्नु रहेछ । त्यतिबेला मलाई बाबाले नसम्झाउनु भएको भए आज म यहाँ हुन्न थिएँ होला । त्यसैले, आफ्नो अभिभावकको कुरा सुन्नु अनि आफूलाई शान्त पार्न एकदम जरुरी छ । यति भन्दा घण्टी बजिसकेको थियो । कक्षामा ताली र बिनिशाको ओठमा मुस्कान फैलियो । #बिबेक निशानी छिरिङको गजल: छिरिङ शेर्पा अविरल मालिकले दासलाई वास्ता गर्दैनन् अचेल मलामीले लासलाई वास्ता गर्दैनन् अचेल के हुँदैछ हाम्रो देशमा अहिले यो सरकार ! गाँस बाँस कपासलाई वास्ता गर्दैनन् अचेल नहुनेहरु त नहुने नै भए के दिन सकिन्छ र ? थन्किएको रासलाई वास्ता गर्दैनन् अचेल ! कृत्रिम रङहरुमा खुशी लेख्न बानी परेकाले फूलको सुवासलाई वास्ता गर्दैनन् अचेल क्षितिज हेरेर गन्तव्य कोर्नेहरुले हो सायद आफ्नै खासलाई वास्ता गर्दैनन् अचेल । टाेखा ६, धापासी #छिरिङ शेर्पा अविरल Love & Hope: I know loss Because I have felt love and hope I know sadness Because I have understood happiness. The blue skies turned to grey No more stories, you’ve gone away But memories will never fade Like a light that guides me Your love, your beauty Will always find me. As from that day the struggles that we face are struggles that won’t seems to fade away Time will heal so they say, I watch the clock as time fades away. A thousand times we needed you A thousand times we cried If love alone could have saved you You never would have died. You always knew just what to say To anyone having a bad day I don’t know if I will ever understand but it must be part of a god’s plan I look up towards the blue sky I imagine you spreading your wings to fly. Class 10, Aksharaa School #Sushana Acharya पापी: देबुका घरमा भीडभाड छ । देबु गाउँनेता हुन् । सबैले मान्छन् । गाउँका सानातिना मनमुटाब धोइपखाली गर्ने ठाउँको उपमा पाएको छ देबुका घरले । “अन्याय भयो न्याय पाऊँ,” बुधेले सन्नाटा भङ्ग गर्\u200dयो । “यथार्थ के हो भन्,” देबुले भने । “छोरीलाई दुई जीउकी पारियो । हामीलाई जिउँदै मारियो । अपराध गर्ने रमजान भागेको छ ।” “भन्दैमा हुन्छ ? प्रमाण चाहिन्छ । प्रमाण नभए यस्तोमा फैसला कसरी हुन्छ ?” “छोरीले नै उही हो भनी । पोलिने पनि भागेको छ ।” “हो त गोपु, तेरो छोरो भागेको हो ?” गोपु भन्छ, “हिजोदेखि घर छैन । भागेको पक्का हो । सबैले बदमासी उसैको हो भन्छन् । मलाई पनि त्यही लाग्छ हजुर । तर अरु दश केटाले पनि गाउँ छाडेका छन् हजुर ।” “तेरो छोरोले स्याहार्नुपर्छ अब । बिहे गराउने हो त ?” “छोरो माने हुन्छ हजुर ।” “मलाई क्षतिपूर्ति दिए हुन्छ भन्दैछ बुधे । ऊ गोपुका घर छोरी भित्र्याइदिनु भन्दा क्षतिपूर्तिका लागि बढी सहज भइरहेछ । “क्षतिपूर्तिले हुन्छ भने कति लिन्छस् त भन् न त ?” कुरा निथार्न खोज्दै भने देबुले । बुधेले एकछिन गम्यो र भन्यो, “पाँच हजार त चाहिन्छ । छोरी कन्ने हो ।” गोपुले भन्यो, “कहाँ सक्छु म त्यतिका पैसा तिर्न ? बाबुबाजेको छाला सपै बेच्दा नि त्यति हुन्न । बरु भित्र्याउँछु । एउटी ब्वारी भित्र्याउनै छ । एउटा जातपातको कुरो हो, भातपानी हल्ट गर्लान् सहन्छु ।” बुधेले मानेन, गोपुले सकेन तिर्न । छलफललाई बिट मारे देबुले । पच्चीस सयमा कुरो छिनियो । गोपुले एक महिनाको समय पायो । एक महिनापछि सुनियो - बुधेले पेटसहितकी छोरीलाई पच्चीस सय लिई अवनीलालको लठेब्रो छोरोको हिस्सा लायो रे ! + + कुन समयका लेखे हुनन् यो कथा रेवतीले । तर आज चालीस वर्षपछि पल्टाएर पढ्दा पढ्दै रेवतीकै छोरी रजनीले पिच्च पार्दै भनी, “थुक्क पापी !” #लक्ष्मण अर्याल शुभकामनाभित्रको भाषिक कुरूपता: उठान शुभेच्छा राख्नु वा भलाइको चाहना राख्नुलाई हामीले शुभकामना भनेर बुझ्दै आएका छौँ । शुभकामना राख्दा हाम्रा सबै अशुभ विचारहरू हट्छन् र हामीमा राम्रा विचारहरूको उदय हुन्छ भन्ने अपेक्षा राखिन्छ । आफ्ना मान्यजनबाट आशीर्वाद स्वरूप ग्रहण गर्ने शुभेच्छालाई मात्र होइन आफ्ना समकक्षी र आफूले स्नेह गर्न अनुजहरू सबैको शुभकामना हाम्रो जीवनका लागि सदैव अपरिहार्य हुन्छ । हामीले सबैजसो व्यक्तिबाट शुभकामनाको अपेक्षा राखिरहेका हुन्छौँ तर शुभकामना राख्ताराख्तै पनि हाम्रै मनभित्र त कहिलेकाहीँ अशुभ भावनाहरूको उदय हुन्छ भने अन्य व्यक्तिहरूबाट अशुभ कामनाहरू देखापर्नु कुनै अस्वाभाविक होइन । हाम्रा मौखिक शुभकामनाभित्र जेजस्ता अशुभ भावनाहरू देखिए पनि हाम्रा लिखित सामग्रीका शुभकामनाभित्र विद्यमान अशुभ पक्षलाई निराकरण गर्न सदैव सचेत रहनुपर्छ र थोरै ख्याल गर्न सकेका खण्डमा हामीले प्रदान गर्ने र प्राप्त गर्ने शुभकामनाभित्र भाषिक कुरूपताका पक्षहरू क्रमशः निराकरण हुँदै जान सक्नेछन् । यसै सन्दर्भमा हामीले ऐतिहासिक दस्तावेजका रूपमा प्रकाशन गर्ने स्मारिका वा पुस्तिकाहरूका सुरुमै राखिने शुभकामनाहरूभित्र केकस्ता भाषिक त्रुटिहरू हुँदा रहेछन् ? भन्ने बारेमा हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ । प्रदेश प्रमुखको शुभकामनाभित्रका भाषिक त्रुटिहरू भरतपुर चितवनस्थित आदर्श नारी विकास केन्द्रको रजत स्मारिका प्रकाशनका सन्दर्भमा २०७५ जेठ ११ गते प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाद्वारा लिखित शुभकामना सन्देश दिइएको थियो । त्यस शुभकामनाभित्र १८ ठाउँमा भाषिक त्रुटिहरू देखिन्छन् । प्रदेश प्रमुखको कार्यालयबाट शुभकामना दिँदा ‘त्यस आदर्श नारी विकास केन्द्रले’ हुनुपर्नेमा ‘यस नारी विकास केन्द्रले’ उल्लेख गरिएको छ । त्यसैगरी शुभकामनामा शुभ, पाउँदा, व्याप्त, बालबालिकामाथि, उत्पीडनका, क्रियाशील, सँग, बधाइ, जब, बीच, पुरिँदैन, हरू, सार्थकता, त्यस, रूप, सकोस् र नं. शुद्ध शब्द हुनुपर्नेमा यी शब्दका स्थानमा क्रमशः सुभ, पाँउदा, ब्याप्त, बालबालिका माथि, उत्पीडनको, क्रियाशिल, संग, वधाई, जव, वीच, पुरिदैन, हरु, साथर्कता, यस, रुप, सकोस र नः त्रुटिपूर्ण शब्दहरू उल्लेख भएको पाइन्छ । नेपालका सात प्रदेशहरूमध्ये नेपालको मुख्य राजनधानीलाई समेत समेट्ने प्रदेश नं. ३ अन्य प्रदेशका तुलनामा शिक्षित व्यक्तित्वहरूको बाहुल्य भएको प्रदेश ठानिन्छ तर यसै प्रदेशका प्रमुखको शुभकामनाको भाषा यति त्रुटिपूर्ण हुनु गम्भीर चिन्ताको विषय हो । प्रदेश प्रमुखको कार्यालयमा स्वकीय सचिव र दक्ष टाइपिस्टको पनि व्यवस्था भएकै होला तर नेपाली शुद्धलेखनमा विशेष ख्याल नगरिँदा प्रदेश प्रमुखद्वारा हस्ताक्षर गरिएको शुभकामनामा अनेकौँ भाषिक त्रुटिहरू देखिएका हुन् । आगामी दिनमा स्वकीय सचिव र टाइपिस्टले थोरै सचेतता अपनाइदिए अनि हस्ताक्षर गर्ने बेलामा प्रदेश प्रमुखले पनि एकपटक पढेर भाषिक शुद्धताका बारेमा ध्यान दिएका खण्डमा निश्चय नै यस्ता त्रुटिहरूको पुनरावृत्ति हुने छैन । प्रदेश मन्त्रीको शुभकामनाभित्रका भाषिक त्रुटिहरू चितवन नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव स्मारिकालाई २०७६ मंसिर ५ मा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलालद्वारा लिखित शुभकामना मन्तव्य उपलब्ध गराइएको थियो । त्यस शुभकामना मन्तव्यमा ३१ ठाउँमा भाषिक त्रुटिहरू भेटिन्छन् । सर्वप्रथम त शुभकामना दिइएको विद्यालयको नाम नै शुद्धसँग लेखिएको छैन, ‘माध्यमिक’ हुनुपर्नेमा ‘माध्यामिक’ भएको छ भने ‘स्मारिका’लाई ‘स्मरिका’ उल्लेख गरिएको छ । यसैगरी उक्त शुभकामनामा वर्ष, महोत्सव, रूपमा, लागेकाले, खुसी, महत्त्वपूर्ण, माध्यमिक, उत्तीर्ण, त्यस, रूपमा, गरी, वर्षे/बर्से, तत्कालीन, व्यापारीलगायतका, उचाइ, ल्याई, शुभेच्छुक, धन्यवादसहित, बधाइ, गतिविधि, विद्यार्थीलगायतका, हरू, त्यस, महत्त्वपूर्ण, हरू र विश्वाससहित, शब्दहरू उल्लेख हुनुपर्नेमा बर्ष, महोत्सवको, रुपमा, लागेकोले, खुशी, महत्वपूर्ण, माध्यामिक, उत्तिर्ण, यस, रुपमा, गरि, बर्षे, तत्कालिन, व्यापारी लगायतका, उचाई, ल्याइ, सुभेच्छुक, धन्यवाद सहित, वधाई, गतिविधी, विद्यार्थी लगायतको, हरु, यस, महत्त्वपूर्ण, हरू र विश्वास सहित जस्ता वर्णविन्यासगत त्रुटिपूर्ण शब्दहरू उल्लेख गरिएको छ । प्रदेश नं. ३ अन्तर्गत समाजको विकास गर्ने सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेर बसेका माननीय मन्त्रीको एउटा शुभकामनापत्रमा यति धेरै भाषिक त्रुटिहरू विद्यमान रहनुले नेपाली भाषाको शुद्धलेखनप्रति जिम्मेवार निकायहरू नै संवेदनशील छैनन् भन्ने कुराको पुष्टि हुन्छ । विद्यालयको स्मारिका प्रत्येक विद्यार्थीका हातहातमा पुग्छ र उनीहरूले यस्तो शुभकामना पढ्दा “मन्त्रीले त शुद्ध लेख्न सक्नुहुँदो रहेनछ तर हामीले दुईचार ठाउँमा अशुद्ध लेख्यौँ भने परीक्षामा किन कम नम्बर आउँछ ?” भनेर सम्बन्धित विद्यालयका नेपाली पढाउने गुरुसँग वा प्रधानाध्यापकसँग प्रश्न गरे भने यसको उत्तर दिन निश्चय नै गाह्रो हुन्छ । तसर्थ यस्ता लिखित शुभकामना मन्तव्यहरू दिँदा भाषिक त्रुटिहरू नभइदियून् भन्ने बारेमा सम्बन्धित मन्त्रीका स्वकीय सचिवको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । महानगरप्रमुखको शुभकामनाभित्रका भाषिक त्रुटिहरू भरतपुर महानगरपालिकाअन्तर्गत नारायणढमा अवस्थित बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव स्मारिकालाई २०७६ मंसिर १९ गते भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालद्वारा लिखित शुभकामना मन्तव्य उपलब्ध गराइएको थियो । त्यस शुभकामना मन्तव्यमा ३५ ठाउँमा भाषिक त्रुटिहरू भेटिन्छन् । सम्बन्धित विद्यालयलाई सङ्केत गर्दा ‘त्यस’ हुनुपर्नेमा तीन ठाउँमा ‘यस’ शब्दको प्रयोग गरिएको छ । त्यस्तै अबस्थित, नर्सरीदेखी, आदिबासी, जनजाती, सिमान्तकृत, हरु, अँग्रेजी, अबरोहहरु, भएकाहरुको, गौरबपूर्ण, प्रतिक, रुपमा, नमूना, विद्यालय तर्फ, भएकोमा र सिमित अनुपयुक्त वर्णविन्यासयुक्त शब्दको सट्टा क्रमशः अवस्थित, नर्सरीदेखि, आदिवासी, जनजाति, सीमान्तकृत/सीमान्तीकृत, हरू, अङ्ग्रेजी, अवरोहहरू, भएकाहरूका, गौरवपूर्ण, प्रतीक, रूपमा, नमुना, विद्यालयतर्फ, भएकामा र सीमित शुद्ध शब्दको प्रयोग गरिनुपथ्र्यो । त्यसैगरी सम्बन्धीत, प्रशंसनिय, महत्वपूर्ण, भुमिका, सर्वाङ्गिण, सकृयता पूर्वक, सदैब, महोत्सब, सुअबसरमा, प्रकाशित, अनुसन्धानको, लाग्नुभएकाहरूको र महत्वपूर्ण अनुपयुक्त वर्णविन्यासगत शब्दहरूको सट्टा क्रमशः सम्बन्धित, प्रशंसनीय, महत्त्वपूर्ण, भूमिका, सर्वाङ्गीण, सक्रियतापूर्वक, सदैव, महोत्सव, सुअवसरमा, प्रकाशन, अनुसन्धानका, लाग्नुभएकाहरूका र महत्त्वपूर्ण शुद्ध शब्दको उल्लेख गर्ने विषयमा ध्यान पुर्याउनुपथ्र्यो । आफ्नै महानगरभित्र सञ्चालित विद्यालयहरूका कार्यक्रममा महानगरप्रमुख आफैँ प्रमुख अतिथि भएर धेरैपटक जानुपर्ने अवस्था हुन्छ र त्यहाँ अध्ययनरत केही विद्यार्थीले महानगरप्रमुखलाई राम्रोसँग चिनेका पनि हुन सक्छन् । ती विद्यार्थीहरूमध्ये कुनै सचेत र बोलक्कड विद्यार्थीले महानगरप्रमुखसँग नै स्मारिकामा प्रकाशित शुभकामनाको भाषाको शुद्धताका विषयमा “किन यसरी अशुद्धिहरू रहन गए ?” भनेर प्रश्न गर्यो भने महानगरप्रमुखले ससाना विद्यार्थीहरूका यस्ता किसिमका प्रश्नका सामु निरुत्तर र लज्जित पनि हुनुपर्ने अवस्था आउँछ । तसर्थ महानगरपालिका जस्ता आधिकारिक सरकारी निकायबाट जारी गरिने शुभकामनापत्रमा मात्र होइन हरेक सार्वजनिक लिखित सामग्रीमा हुने भाषिक अशुद्धिहरूको निराकरण गर्दै जाने विषयमा महानगरप्रमुखले नै विशेष ध्यान दिनुपर्ने नितान्त आवश्यक छ । नगरप्रमुखको शुभकामनाभित्रका भाषिक अशुद्धिहरू गैँडाकोट नगरपालिकाभित्र रहेको उद्योग वाणिज्य संघ गैँडाकोटद्वारा आयोजित तेस्रो गैँडाकोट महोत्सव २०७६ को स्मारिकालाई नगरप्रमुख छत्रराज पौडेलद्वारा शुभकामना उपलब्ध गराइएको थियो । त्यस शुभकामनापत्रमा ३८ ठाउँमा भाषिक त्रुटिहरू रहेका देखिन्छन् । सर्वप्रथम लेटर प्याडमा ‘गैँडाकोट’ हुनुपर्नेमा ‘गैंडाकोट’ भएको छ भने नगर कार्यपालिकाको कार्यालय’ हुनुपर्नेमा ‘नगर कार्यपालिका’ र स्टाम्पमा समेत ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)’ हुनुपर्नेमा ‘नवलपरासी’ मात्र उल्लेख गरिएको छ । संघिय, जिल्ला मध्ये, वर्दघाट, नगरपालिका अन्तर्गत, भै, पाउदा, खुसि, गैंडाकोट लगायत, क्रियाशिल, हरु, निधी, संम्वद्र्धन, पुर्याउने, वग्दै, मौलाकालीका, भै, संग, अडिक, यस, नगरपालिका अन्तर्गत, रुपमा, स्वयंम, प्रवद्धक, बोर्ड, सम्पूर्ण प्रति, रुपमा, होस, संस्कृती र पुर्याओस वर्णविन्यासगत अशुद्धिहरूको सट्टा क्रमशः सङ्घीय, जिल्लामध्ये, बर्दघाट, नगरपालिकाअन्तर्गत, भई, पाउँदा, खुसी, गैँडाकोटलगायत, क्रियाशील, हरू, निधि, संवद्र्धन, पुर्याउने, बग्दै, मौलाकालिका, भई, सँग, अडिग, यस, नगरपालिकाअन्तर्गत, रूपमा, स्वयम्, प्रवद्र्धक, बोर्ड, सम्पूर्णप्रति, रूपमा, होस, संस्कृति र पुर्याओस् शुद्ध शब्दको प्रयोग गरिनु उपयुक्त हुन्थ्यो । ‘गर्न चाहन्छु’ले आज्ञाजस्तो बुझाएकाले गर्दछु लाई उपयुक्त ठहर्याउन सकिन्छ । गैँडाकोट नगरपालिकाजस्तो आधिकारिक सरकारी निकायका नगरप्रमुखबाट व्यक्त गरिएको एउटा शुभकामनापत्रमा यति धेरै भाषिक त्रुटिहरू रहनुले गैँडाकोट नगरपालिकाले भाषिक शुद्धताप्रति विशेष ध्यान दिन नसकेको प्रमाणित हुन्छ । यस्ता शुभकामनापत्रमा रहेका भाषिक त्रुटिहरूलाई न्यूनीकरण गर्ने दक्ष कर्मचारीहरू त गैँडाकोट नगरपालिकाभित्रै अवश्य होलान् । त्यस्ता दक्ष कर्मचारीबाट यस्ता त्रुटिहरूको निराकरण गराएपछि मात्र लिखित शुभकामना मन्तव्यहरू सार्वजनिक गर्नु उपयुक्त देखिन्छ । शुभकामनाभित्रका त्रुटिहरू कसरी न्यूनीकरण गर्ने ? स्मारिका, मुखपत्र आदिमा राखिने शुभकामनापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरू सबै राजनीतिक पृष्ठभूमिबाट उच्च निकायमा पुगेका जनप्रतिनिधि हुन् । त्यस्ता अधिकांश व्यक्तिहरू आफैँले शुभकामनापत्रको मस्यौदा तयार गर्दैनन् र आफ्ना स्वकीय सचिव वा आफ्नो मातहतका कर्मचारीलाई शुभकामनापत्र तयार गरिदिन निर्देशन दिन्छन् । त्यसैले त्यस्ता स्वकीय सचिव वा सम्बद्ध कर्मचारीले नै शुभकामनाको भाषिक शुद्धताका बारेमा ख्याल गर्नुपर्छ । जनप्रतिनिधिहरू स्वयं शुभकामनापत्रमा अशुद्ध भाषाको प्रयोग गर्न हुँदैन भनेर सचेत हुने हो भने सम्बद्ध कर्मचारी पनि सचेत भएर शुद्ध भाषाकै प्रयोग गर्न अग्रसर हुन्छन् तर जनप्रतिनिधिहरू स्वयंले भाषिक शुद्धताका बारेमा ख्याल गर्न चाहेनन् र जस्तो लिखित सामग्री आयो त्यसलाई नपढेर वा पढेर पनि ख्याल नै नगरीकन हस्ताक्षर गर्न अग्रसर भए भने सम्बद्ध कर्मचारीले भाषिक शुद्धताका बारेमा विशेष चासो राख्दैनन् । आफैँले लेखेको होस् वा अरूले लेखेको होस् शुभकामनापत्रमा हस्ताक्षर गर्ने व्यक्तिलाई नै भाषिक अशुद्धिको आरोप लाग्ने भएकाले हस्ताक्षरकर्ता नै बढ्ता जिम्मेवार हुनुपर्छ । यदि आफ्ना कर्मचारीमा भाषिक दक्षता छैन भने उनीहरूलाई एकदुई हप्ताको भाषिक शुद्धलेखनसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाउनुपर्छ । स्मारिका र मुखपत्रहरूमा सबैजसो जनप्रतिनिधिहरूका शुभकामनाहरू राख्ता स्मारिका र मुखपत्रका मुख्य विषयवस्तुहरू ओझेलमा पर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । शुभकामनापत्र जारी गर्ने सरकारी वा गैरसरकारी संघसंस्थामा भाषिक दक्षता हासिल गरेका कर्मचारीको उपस्थिति छैन भने शुभकामनापत्र लिन चाहने संघसंस्थाले नै प्रकाशनका सिलसिलामा त्यस्ता शुभकामनापत्रको भाषालाई सच्याउन सक्छन् । लेटर प्याड र हस्ताक्षरबाहेकका अन्य लिखित सामग्री पुनः टाइप गरेर सच्याउन अप्ठ्यारो पनि पर्दैन भने लेटर प्याड र हस्ताक्षरलाई स्क्यानिङ गरेर जस्ताको तस्तै राख्न सकिन्छ । यस विषयमा सम्बद्ध स्मारिका वा मुखपत्रका सम्पादक मण्डलको विशेष ध्यान जान जरुरी हुन्छ । सम्पादक मण्डल चयन गर्दा पनि यदि भाषिक दक्षताभन्दा राजनीतिक भागबन्डा र पहुँचकै आधारमा चयन गरिएको छ भने त्यस्तो सम्पादक मण्डलले स्वतन्त्र रूपमा भाषिक सम्पादन गर्ने अवसर पाउँदैन र स्मारिकाका सबैजसो सामग्रीमा पर्याप्त भाषिक त्रुटिहरू रहन सक्छन् । त्यसैले सम्पादक मण्डलको चयन गर्दा राजनीतिक भागबन्डाभन्दा भाषिक दक्षतालाई विशेष ख्याल गर्नु आवश्यक हुन्छ । बैठान : स्मारिका र मुखपत्रहरूमा सबैजसो जनप्रतिनिधिहरूका शुभकामनाहरू राख्ता स्मारिका र मुखपत्रका मुख्य विषयवस्तुहरू ओझेलमा पर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । यदि यस विषयमा गम्भीर हुन सकियो भने थोरै शुभकामनापत्रमा थोरै त्रुटिहरू रहनेछन् । थोरै त्रुटिहरूलाई निराकरण गर्न पनि सम्पादक मण्डलको ध्यान जानैपर्छ । समग्र स्मारिका वा मुखपत्रको भाषिक शुद्धीकरणका लागि स्वयंसेवकका रूपमा भन्दा विशेष पारिश्रमिक नै दिएर भाषासम्पादन गर्न लगाउँदा भाषिक अशुद्धिहरू न्यून हुने सम्भावना रहन्छ । अन्यथा साझा काम ठानेर सम्पादक मण्डलका बीचमा कसैले पनि गहन जिम्मेवारी नलिँदा शुभकामनापत्रमा मात्र होइन स्मारिका र मुखपत्रभरि नै भाषिक त्रुटिहरू रहन सक्छन् भन्ने कुरामा सम्बद्ध स्मारिका वा मुखपत्र प्रकाशन समितिको विशेष ध्यान जान जरुरी देखिन्छ । #डा. मतिप्रसाद ढकाल पेन्डाेराकाे जस्तो बाकस: एकदिन पेन्डोरालाई स्वर्गका देवता ज्युसले एउटा सुन्दर बाकस दिए र ‘यसलाई नखोल्नू’ भने । सुन्दर आकर्षक बाकस बोकेर पेन्डोरा धर्तीमा आई । धर्तीबासीहरूले पेन्डोराको बाकस देखे । त्यो बाकस अत्यन्त सुन्दर थियो । त्यस समयदेखि धर्तीमा बाकसको महत्त्व बढ्दै गएको थियो रे ! मलाई पनि एउटा बाकसको रहर लाग्न थालेको थियो । मेरो एउटा छुट्टै बाकस होस्, त्यसमा मेरा रहर लागेका समानहरू राख्न सकियोस्, आफूलाई मन लागेको बेला बाकस खोल्न सकियोस् र बन्द गर्न सकियोस् । म आठ कक्षमा पढ्थेँ त्यतिखेर । एक दिन मैले साहस बटुलेर आमासँग बाकस मागँे । ‘किन चाहियो बाकस ?’ आमाले प्रश्न गर्नुभयो । ‘सामान राख्न,’ मैले भनेँ । आमाले ‘भो पर्दैन’ भने पनि मेरो जिद्दीका अगाडि उहाँको केही लागेन । आमाले नीलो रङको सानो बाकस दिनुभयो । आफ्नो विवाहमा माइतीबाट दिइएकोे त्यो बाकसमा आमाले विवाहमा बुबाले दिएको तिलहरी, मामाघरका हजुरबुबाले दिएका ढुङ्ग्री, केही खर्त्याकखुत्रुक सामान राख्नुभएको थियो, त्योभन्दा ज्यादा राख्नुभएको थियो माइतीका यादहरू । सागर गैरे आमाको बाकसमा मैले राखेँ भारतीय नायकका पोस्टकार्डहरू, गुच्चाहरू, खोपी, भुस खेल्ने छिल्लर पैसाहरू, बुबाले ल्याइदिनुभएको सामान्य ज्ञानका पुस्तक र केही युवामञ्चका अङ्कहरू । यी नै मेरा जीवनका निजी सम्पत्ति थिए । मेरा रहरले जोडिएका नोट, कापीहरू, पुस्तकहरू, कलमहरू, मसी … । मेरा रहरहरू सुरक्षित राख्न बुबाले ताला ल्याइदिनुभयो बजारबाट । मेरो खुसीको सीमा नै रहेन । ताला खोल्छु, बन्द गर्छु । खोल्छु, बन्द गर्छु । गरिरहन्छु धित नमरुन्जेलसम्म । समयको परिवर्तनसँगै बाकसमा थपिँदै गए फर्माइस कार्डहरू, कामना, साधना, माधुरी पत्रिका, हुलाक टिकट, पत्रमित्रका चिठीहरू, नयाँ लुगा, घाँटीमा लगाउने स्टिलका पत्तीका माला, पुलिकको माला, जिब्रे टोपी, फोटाहरू … । समयसँगै थपिए साहित्य, जीवनी, इतिहास, … दर्शनका किताबहरू पनि । समय कसरी बग्यो । कपालको रङ बताउँछ । अनुहारमा मुजा पर्दैगएको छालाले बताउँछ । प्रिय पाठक ! तिमीलाई परै चिन्न नसक्नुले बताउँछ । थकानले बताउँछ । यस्ता धेरै सन्दर्भले बताउँछन् । मैले भोगेको समय नयाँ छैन । बस् समय रोकिएको छ बन्दाबन्दीमा परी । घरबन्दी परेर रोकिएको समयसँग भेट भएको छ यतिखेर मेरो । प्रिय मान्छे ! अवरोध खडा नगर मलाई । भूत, वर्तमान र भविष्यबारे धित मरुन्जेल संवाद गर्नुछ समयसँग र लेख्नुछ बन्दाबन्दीको त्रासदीपूर्ण समय पनि । घरबन्दीको फुर्सदमा म बाकस सम्झन्छु । जसले मलाई जिन्दगी बुझ्न सिकायो, सपनाहरू देख्न सिकायो, संसार बुझ्न सिकायो, कर्म गर्न सिकायो, कला बुझ्न सघायो, सिकायो अरू के के पनि । बाकसलाई जब सम्झिन्छु छुट्टैखाले तरङ्ग सल्बलाउँछ आफैँभित्र । बाकसको स्मृतिले आमाको वात्सल्य सम्झादिन्छ मलाई । ककौरामा खरको घर थियो । घर छेउमा गोठ थियो । आमा बिहानै उठ्नुहुन्थो । आगो सल्काउनुहन्थ्यो । आफ्ना भविष्यहरूलाई ब्युँझाउनुहुन्थ्यो । रहरहरू उमार्नुहुन्थ्यो । इच्छाहरू हस्तान्तरण गर्नुहुन्थ्यो । आफू भोकै बसेर आफ्ना भविष्यहरूको पेट भर्नुहुन्थ्यो । भविष्यको आँखा खोल्न विद्यालयसम्म पठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो तिम्रा आँखा खुले मेरा बन्द आँखामा पनि उज्यालो छिर्ने छ । बाकस मेरो पुस्तकालय थियो, अभिलेखालय थियो, संग्राहलय थियो, आमाको वात्सल्य प्रेम थियो । बाकससँगै आमाको याद खुल्यो । आमाले खै के सोच्नु भयो र वर्षौँ उपयोग गरेको बाकस दिनुभयो मलाई । यसैमा मेरो किशोरकालको एउटा अध्याय नै अटाएको थियो । बाकस आमाको वात्सल्यको एउटा एल्बम थियो । त्यहीँ राखिएको थियो मेरो बाल्यकाल र किशोरकालका धेरै सम्झनाहरू । त्यो बाकस मेरो निम्ति पृथक संसार थियो । जब म फुर्सदिलो हुन्थेँ आमाले बुनेको परालको न्यानो गुन्द्रीमाथि बस्थेँ र बाकस उघार्थेँ । म बाँचेको संसारभन्दा फरक थियो बाकसभित्रको संसार । बाकस मेरो पुस्तकालय थियो, अभिलेखालय थियो, संग्राहलय थियो, आमाको वात्सल्य प्रेम थियो । बाकसभित्र म घण्टौँ हराउँथे, जसरी मोबाइल हात परेपछि हिजोआजका बच्चा भोक, प्यास, निन्द्रा सबै बिर्सेर हराउँछन् । बाकसभित्रका हरेक कुरालाई निँयालेर हेर्थेँ । बाहिर निकाल्थेँ फेरि सामानहरू मिलाएर राख्थेँ । जब म बाहिरको दुनियाँ पुरै बिर्सिएर बाकसभित्रको दुनियाँमा हराउँथे तब म ध्यानको एउटा कोर्स पूरा गरिरहेको हुन्थेँ । त्यो बाकसले मेरो गोपनीयतालाई जोगाइदिएको थियो । मेरो सपनालाई बचाइदिएको थियो, मेरो दैनन्दिनलाई व्यवस्थित गरिदिएको थियो । समयक्रममा कोठामा बाकसभन्दा कैयौँ गुणा ठूला दराज आए । टेबुल र काउण्टर आए । सुत्ने पलङमै पनि सामान राख्न मिल्ने घर्रा आए । त्यसपछि त्यो बाकसलाई एउटा कुनामा थन्काइएको थियो । घरमा जति आधुनिक सुविधा सम्पन्न सामान भए पनि बाकसको छाप मेरो मनमस्तिष्कबाट अझै मेटिएको छैन । त्यो बाकसले दिएको आत्मसन्तुष्टि म सिङ्गै कोठाभित्र कतै पनि भेट्दििनँ । ठूला र सुविधा सम्पन्न सामानबाट आत्मसन्तुष्टि प्राप्त हुन्छ भन्ने भ्रमबाट म मुक्त हुन्छु । स्नेह, माया, सम्झना जोडिएको छ भने साना वस्तुबाट पनि परमआनन्द प्राप्त हुँदो रहेछ नै । सम्झन्छु त्यो कुसे औँसीको दिन । म बाबाआमा भेट्न बिहानै ककौरा पुगेको थिएँ । छोराछोरी फोन गर्थे र छिटो घर आउन भन्थे । म हतारमा घर फर्कदै थिएँ । परैबाट देखेँ मेरो घरअगाडि कवाडीया बाकसजस्तो समान साइकलमा बाँध्दै थियो । आमाले दिएको बाकसको याद आयो । पाइला छिटो चालेँ । घर छेउमा पुग्दा बाकस बोकेको मान्छे पर पुगिसकेको थियो । मैले छोरा छोरीलाई सोधेँ, ‘कवाडीले के लियो ?’ उनीहरू मौन थिए । ‘बाबा हजुरलाई पेन्डोराको जस्तै सुन्दर बाकस किनिदिएका छौँ । बिर्सनुहोस्, थोत्रो बाकस जसलाई कोठामा राख्दा पनि सुहाउँदैन ।’ पोन्डोराले बाकस खोली । बाकसबाट निक्लिए डरलाग्दा जनावर, सर्प, बिच्छी, रिस, आवेग, स्वार्थ … के के हो के के । यी सबै धर्तीभरि फिँजिए । त्यो बाकस पेन्डोराको भन्दा पनि सुन्दर थियो बाबु । जसमा मेरा रहरहरू थिए, देशका सपनाहरू थिए, आमाका माया, बुद्धका शान्ति, माक्र्सका विचार … थिए । म पेन्डोराको बाकस सम्झन्छु । बाकस नखोल्नु भनेकाले पोन्डोरालाई बाकस खोल्न हतार भयो । पोन्डोराले बाकस खोली । बाकसबाट निक्लिए डरलाग्दा जनावर, सर्प, बिच्छी, रिस, आवेग, स्वार्थ … के के हो के के । यी सबै धर्तीभरि फिँजिए । कवाडीले बाकस खोल्दा पेन्डोराका बाकसबाट फैले झैँ मेरा बाकसमा भएका कुरा फैलेलान् संसारभरि ? प्रश्नवाचक आँखाले कवाडीको साइकल हेरिरहन्छु परपरसम्म । #सागर गैरे राजकुमार बानियाँ अब साहित्यपोस्टमा: साहित्यपोस्ट लामो समय नेपाली साहित्यमा बिताएका चर्चित साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँ साहित्यपोस्ट सँग आबद्ध भएका छन् । बानियाँले हरेक बुधबार सेरोफेरो स्तम्भअन्तर्गत् नेपाली साहित्य क्षेत्रको खोजतलास गर्ने छन् । २३ वर्षदेखि पत्रकारितामा संलग्न बानियाँले केही वर्ष नयाँ पत्रिका, केही वर्ष नागरिक दैनिकलगायतका सञ्चारमाध्यमहरूमा काम गरेका थिए । त्यसपछि उनी विगत एक दशकयता कान्तिपुर पब्लिकेसनसँग आबद्ध थिए । नेपाल साप्ताहिकमा उनले लेख्ने नेपाली साहित्यका विश्लेषणात्मक लेख तथा रिर्पाेटहरू अध्याधिक रुचाइने गरिन्थ्यो । गएको महिना कान्तिपुर पब्लिकेसन्स छाडेपछि उनी स्वतन्त्र पत्रकारिताको अभ्यास गरिरहेका छन् । ‘साहित्यपोस्टले बानियाँजस्तो निर्भीक पत्रकार पाउनु गौरवको कुरा हो’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘उनीमार्फत् आएका सामग्रीहरूले हाम्रा पाठकहरूलाई नेपाली साहित्यको वास्तविक भूगोलसँग परिचित गराइदिने विश्वास लिएकाे छु ।’ साहित्यपाेस्टमा खाेजी पत्रकारिताकाे अभाव पूर्तिका लागि राजकुमारलाई गरेकाे अनुराेध उनले स्वीकार गरेकाे कुरा काेइरालाले बताएका छन् । ‘नेपाली प्रोफाइल लेख्ने परम्परामा विशिष्ट क्षमता र शैली भएका पत्रकार हुन् राजकुुमार बानियाँ’, चर्चित आख्यानकार नारायण ढकाल ले साहित्यपोस्टसँग भने, ‘साहित्यिक पत्रकारितामा सत्य बोल्न नडराउने निर्भीक पत्रकारका रूपमा मैले उनलाई बुुझेको छु । उनीजस्तो पत्रकार पाउनुु साहित्यपोस्टको सफलताकाे संकेत हो ।’ #राजकुमार बानिया #सेरोफेरो शिखाका चार पुस्तक बजारमा: साहित्यपोस्ट चार महिना लामो लकडाउनबाट पुस्तक बजार सहज बन्दै गरेको अवस्थामा शिखा बुक्सले चारवटा पुस्तक बजारमा ल्याएको छ । केही नयाँ पुस्तक तथा केही पुस्तकका नयाँ संस्करण शिखाले बजारमा ल्याएको हो । “हामीले दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, नरबहादुर वि.सी.को खोज–अनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ र पूर्वमन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुनाः मेरो सम्झना’ को चौथो संस्करणसमेत गरी जम्मा चार पुस्तकलाई बजारमा पढाएका छौँ ।” प्रकाशक पुष्पराज पौडेलले साहित्यपोस्टसँगको कुराकानीमा जानकारी दिए । यसका साथै शिखा बुक्सकै प्रकाशनमा भदौको पहिलो सातासम्म स्व. रत्नशमेर थापाको संस्मरण ‘घुम्तीमा नआऊ है’, टंक चौलागाईँको उपन्यास “उवडखावड” र भीष्म उप्रेतीको यात्रा संस्मण “हिमाल शेर्पा र यती” पनि तयारीमा रहेको पौडेलले जानकारी दिए । मदन पुरस्कारले निकाल्यो सूची: साहित्यपाेस्ट मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका लागि चुनिएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । २०७६ सालमा प्रकाशित पुस्तकहरूमध्ये १५१ वटा पुस्तक गुठीमा प्राप्त भएमध्येबाट यी पुस्तक छनोट गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताएका छन् । विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धैर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खन्ड १-३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा पुस्तक सूचीमा परेका हुन् । प्रायः १० वटाको सूची प्रकाशन गर्ने गुठीको लक्ष्य भए पनि यी सात वटा पुस्तकको सूची प्रकाशन गरिएको हो । #मदन पुरस्कार तीजको रहर र विवादको लहर: हरेकजसो तीजतिर कुनै न कुनै विवाद आइलाग्छ । कुनै नौलो कुरामा बहस हुनु, आफ्नो विचार राख्नु राम्रो कुरो हो । तर नयाँ कुरालाई खाली नकारात्मक रूपमा मात्र लिएर बहसमा हावी हुनु पक्कै राम्रो कुरो होइनजस्तो मलाई लाग्छ । मलाई २००८ सालतिर कोमल वलीले गाउनुभएको “पोइल जान पाम” गीत ले उठाएको विवादको सम्झना छ । अलिक परिपक्वता नभएकोले होला, उक्त गीत त्यस्ताका मैले पनि राम्ररी सुन्न सक्दिन थिएँ । “पोइल” भन्ने शब्द एकदमै गाली अथवा अपशब्द जस्तो लाग्थ्यो । मलाई लाग्थ्यो “पोइल जानु” भनेको नराम्रो कुरा हो । हाम्रा गीतहरूमा सजिलै केटाले “तिमीलाई तानेर लान्छु” वा “आमा, नाइँ मलाई त्यै केटी चाहिन्छ” भन्ने गीतहरू सुन्दा आपत्ति लाग्दैन थियो । तर “पोइल” अँह त्यो त एकदम उत्ताउलो शब्द लाग्थ्यो । मेरो आमाहरू, दिदी बहिनिहरू, र वरपरका मान्छे हरूले नि त्यस गीत लाई नराम्रो नै भन्थे र सयद मैले पनि धेरै विचारै नगरी नराम्रो नै ठाने । आज भन्दा करिब दुर्इ वर्षअघि एमफिल पढाउने प्राध्यापकको कुराले मेरो सोचाइले युटर्न लियो । सरले भन्नु भयो, ” मान्छेको सबैभन्दा पहिलो अधिकार आफ्नमाथिको अधिकार हो तर नेपाको सन्दर्भमा त्यो अधिकार महिलाहरूले अहिलेसम्म पएका छैनन ।” उहाँले वलीको उक्त गीतको कुरो पनि उठाउनु भयो, कसरी हाम्रो समजले एउटा केटीले आफ्नो मन पर्ने मान्छेसँग जाने कुरा व्यक्त गरेको पचाउदैन र त्यो कुरा एउटा नकरात्मक बहसको विषय बन्छ । सरको कुरो एकदम सही थियो । र त्यसपछि मात्र मलाई किन ‘पोइल’ नराम्रो शब्द बनाइयो भन्ने कुराको बोध भयो । किन “तिमीलाई भगाइ लइजान्छु” भन्ने बोलको गीत सहज र समान्य लाग्छ तर “पोइल जना पम्” मा उच्छृंखलता भेटिन्छ ? थाहा भयो । किनकि, हाम्रो समजमा केटी मान्छेलाई छनौटको अधिकार छैन । उनीहरूको कि त दान गरिन्छ कि त भगाएर लागिन्छ । प्रज्ञा पनेरू हुन त तीजको कथामा हेर्दा पर्वतीले आफ्नो बुवाले उनको विवाह विष्णुसँग गरिदिने कुराबाट दुःखी भएर आफूले रोजेको वर शिवलाई पाउन घरबाट भागेर जंगलमा गर्इ व्रत बसेको प्रसंग छ । यो प्रसंग हेर्दा पार्वतीको व्रतमा पनि आफ्नो अभिभावकको छनौटको साटो आफ्नै रुचिको मान्छेसँग विवाह गर्न पाउँ भन्ने रहेको छ । त्यो हिसाबले पर्वतीले “पोइल जना पाम्” भनेरै व्रत बसेकी हुन्, तर पनि वलीको गीत नकारात्मक बहसको विषय बनाइन्छ, किनकि हामीलाई व्रत बसेर चमत्कारस्वरूप चाहेको वर परे त ठीक छ, तर पोइल जाने छुट छैन । यसपालीको बहसको विषय चाहिँ दुर्गेश थापाको सारी ब्लाउ र सोफिया थापाको “यसपालीको तीज नो व्रत प्लिज्” भन्ने गीततिर सोझिएको आएको । मेरो विचारमा “केटाले सारी लगाउँनु हुन्न” भन्ने मनसिकता “केटीहरूले पाइन्ट लगाउनु हुन्न” भन्ने मनसिकताको अर्को पटो हो । २०५९-२०६० तिर होला, मलाई एउटा अत्यन्तै मिल्ने केटा साथीले भनेको थियो, “प्रज्ञा, तिमी राम्री छौ तर पाइन्ट लगाउँछौ ।” अहिले हाँस्यास्पद लागे पनि यो कुराले मलाई त्यो समय निकै असर गरेको थियो र मैले केही महिनासम्म प्यान्ट लगाउन सकेको थइनँ । अहिले त्यस्तो भन्ने साथीको श्रीमती, छोरी सबै पाइन्ट लगाउछन् । उहाँलाई पनि अहिले यो कुरा सम्झदा सायद हाँसो उठ्दो हो तर त्यतिबेला काठमाडौँ परका जिल्लाहरूमा केटीहरूलाई पाइन्ट सामान्य थिएन । व्रत बस्नु र नबस्नु आ-आफ्नो इच्क्षाको विषय हो । मलार्इ लाग्छ, दुर्गेस थापाले जुनसुकै बहनामा सारी लगाए पनि त्यो पहिरन बहसको विषय बनाइनु हुन्न । अझ सकारात्मक रूप हेर्दा म त त्यसले पहिरन र लिङ्गको केही सम्बन्ध छैन भन्ने कुराको सन्देश दिन्छ । त्यस्तै, सोफिया थापाले व्रत नबस भन्ने गीत गाउँदैमा कोही व्रत नबस्ने, र व्रत बस भन्दा कोही बस्ने भन्ने जस्ता तर्क भनेका अझ पनि हाम्रा दिदी बहिनीमा आफ्नो सोच्ने, निर्णय गर्ने क्षमता छैन भनेको जस्तै हो । व्रत बस्नु र नबस्नु आ-आफ्नो इच्क्षाको विषय हो । त्यसैले व्रत नबस भन्ने गीत गाउँदैमा व्रत नबसिने अथवा संस्कृति मासिन्छ भन्नु तीललाई पहाड बनाउनुसिवाय अरू केही होइन । तीजको व्रतकथा अनुसार पनि देवी पार्वतीको शिव प्रेमप्रतीक हुन् । प्रेममा एकअर्काको निमित्त व्रत पनि बसिन्छ्, खुट्टा पनि ढोगिन्छ्, र सायद प्रेम प्रगाढ भएको खण्डमा एकअर्काको खुट्टाको पानी पनि खाइएला । यो प्रेमी र प्रेमिका बीचको आपसी समर्पण र समझादारीको विषय हो । बिनाप्रेम परम्पराको निमित्त मात्र व्रत बस्ने, वा बस्नै पर्छ भनेर बसेको व्रतको कुनै अर्थ छैन । त्यसैले सोफिया थापाको गीतलाई लिएर विरोध गर्नुको म कुनै औचित्य देख्दिनँ । नसकी नसकी व्रत बसेर अफूलाई दुःख दिनुको साटो व्रत नबस भनेको नि ठिकै हो, अनि सक्नेले वा रहर गर्नेले गीत आउँदैमा व्रत नबस्ने पनि होइन । तीज महिलाहरूको चाड हुँदाहुँदै पनि पुरुषहरू सहभगी हुनु, “बिच्च बिच्चमा” नाच्न खोज्नु खुसीको कुरा हो । कुनै पनि चाडलाई महिला र पुरुष भनेर छुट्टाउनुभन्दा महिला पुरुष दुवै सहभगी भएर रमाइलो गर्नु सकारात्मक कुरो हो । त्यसैगरी व्रत नबस भन्ने आवज एक महिलाको विचार वा आवाजलाई विभिन्न आरोप लगाई गीत बन्द गर्न लगाउनु, धम्की दिनुभनेको एक संकिर्ण सोचभन्दा बढी केही होइन । नसकी नसकी व्रत बसेर अफूलाई दुःख दिनुको साटो व्रत नबस भनेको नि ठिकै हो, अनि सक्नेले वा रहर गर्नेले गीत आउँदैमा व्रत नबस्ने पनि होइन । त्यसैले तीजको गीतलार्इ नकरात्मक बहसको विषय बनाइनुभन्दा फरक आवजको उत्सव मनाइनु बढी समयसापेक्ष हुन जान्छ । मलाई लाग्छ, गीतमा मानविय मनमा उठेका तरङहरू पोखिएका हुन्छन । गीतहरूले क्षणिक सम्वेगहरू पनि प्रस्तुत गर्छन् । गीतमा झट्टै भन्न नसकेका कुराहरू पनि व्याङ्यात्मक रूपमा व्यक्त गरिएका हुन्छन् । त्यसैले गीतहरू सुनेर हाँसिन्छ, रोइन्छ, अनि रमाइन्छ । गीतमा फरकपन हुनुभनेको स्वभाविक हो । अहिलेको प्रजातान्त्रिक समाजमा पनि फलनोले यस्तो गीत गायो, ढिस्कानोले यस्तो लुगा लगायो भन्ने कुराको बहस हुनु खेदजनक कुरो हो । #प्रज्ञा पनेरू यात्रा संस्मरण: शिरमा इन्द्रकिल र हत्केलामा कुहिरो: नेपालको पूर्वीद्वार, भारतसँगको एउटा भौगोलिक सीमानाको आधार, हामी मेची नदी तरेर पानीटङ्की पुग्यौँ । पिजुमा सिक्किमसम्मको पूर्जी लिएर सिलिगुडी हुँदै हिमालयका हरिया पर्वत शृङ्खलाहरूका बीचमा रहेको कालोपत्रे नागबेलीहरूमा उफ्रिँदै र हल्लिँदै टिस्टाको तिरैतिर लाग्यौँ । टिस्टालाई देखाउँदै के.पी. सर भन्दै हुनुहुन्थ्यो– “यो टिस्टा नदी र तमोरको शिर एउटै हो, कञ्चनजङ्घा ।” मैले पिजुको प्वालबाट हेरेँ । त्रिशुली र टिस्टाको पानीको हिँडाइ पनि सायद एउटै रहेछ । डाँडाको काखे बाटो, कहिले तेर्सिन्थ्यो । कहिले ओरालो जस्तो कहिले उक्लिएको जस्तो लाग्ने । २०७१ साउन २२ गते रमपो खोला तरेर हामी रमपो बजारस्थित चेकपोष्ट पुग्दा विहानको लगभग ९ः३० बजेको थियो । के.पी. सर सबैका परिचय–पत्र बोकेर चेकपोष्टतिर अघिअघि लाग्नुभयो । हामी पछिपछि लाग्यौँ । चेकपोष्टको प्राङ्गडमा उभिएर बिन्दु सर, “यो कुन पहाड हो ? यसको नाम के हो ? योचाहिँ ?”, भन्दै सोधिखोजी गर्न थाल्नुभयो । रमपोको पूर्वमा पाखिम, पश्चिममा तुरुङ, उत्तरमा टुका जित्लाङ र दक्षिण–पश्चिम अलि पर इन्द्रकिल पहाड, यी पहाडको बसाइ हेर्दा मलाई लाग्यो– “पहाडै पहाडले हातेमालो गरेर हामीलाई अहिले बाँधिरहेका छन् ।” पूर्व सिक्किम र पश्चिम बङ्गालको सीमानाको रूपमा रमपो रहेछ । रमपोबाट अमरजङ्ग हाइड्रोपावर, सिन्ताङ बजार, रानीखोला हुँदै बत्तीस माइलपूर्व–उत्तर हुँदै मल्ली बजार, औषधी कारखानाबाट नौ माइल हुँदै हामी दिनको १२ः३० बजे गान्तोक बजार आइपुग्यौँ । आहा ! नगबेली साँघुरा कुइनेटा बाटाहरूकोे सहर । अनारका गुट्टीजस्तै गान्तोके घरहरू । शर्मा होटलमा खाना खाँदै मैले कविता दिदीलाई सम्पर्क गर्न थालेँ । अर्कातिर यात्राभरिको रमाइलो मान्छे नरपति सर पेम्पा लामालाई सम्पर्क गर्दै हुनुहुन्थ्यो । मैले मणिपुरका भवानी अधिकारीलाई पनि सम्पर्क गरेँ । यतिमात्र होइन, सुरेन्द्र लिम्बु, भीम राई ‘परदेशी’, बुद्घि तेम्बे ‘माइला’, हङ्कङमा रहेका भयवादी देश सुब्वा र साब्लाबुङे राजकुमार राईलाई पनि सम्पर्क गरेँ । तर कसैसँग सम्पर्क हुन सकेन । हामी नेपाली साहित्य परिषद्बाट फर्किंदा बेलुकाको सात बज्नलागेको थियो । सिमसिम पानी पर्दै थियो । पानीमा रुझ्दै हामी बसेको होटल मङ्गोमा सिक्किम विश्वविद्यालय नेपाली विभागका तत्कालीन विभागिय प्रमुख डा. कविता लामा र उपप्राध्यापक देउकुमार सुब्वा आउनुभयो । यो परिचय विस्तारको अनौपचारिक अवसर पनि थियो । मेरो भने कविता दिदीसँग भयवाद अध्ययन प्रतिष्ठानको कामले गर्दा चार वर्ष अघिदेखि कै चिनारी थियो । दीपक सुवेदी सबै साथीहरूले आ–आफ्ना योजना र उद्देश्य सुनाउनुभयो । समसामयिक साहित्यकाबारे धेरै छलफलहरू भए । सिक्किमबाट नेपाली साहित्यलाई उठाइरहेका सानु लामा (कथाकार), रुद्र पौडेल(समालोचक एवं उपन्यासकार), शान्ति क्षेत्री (नारीवादी), सुधायम राई र पुष्पाशर्मा (नारीवादी), चुन्निलाल घिमिरे (रङ्गकर्मी), थिरुप्रसाद नेपाल (हास्यव्यङ्ग्यकार), प्रविण राई ‘जुमेली’ (कवि), ध्रुव लोहागुन (नाटककार), सानुभाइ शर्मा, प्रद्युम्नलाल श्रेष्ठ, राजेन्द्र भण्डारी, पेम्पा लामा आदिका विधागत योगदानका बारे कविता दिदीले जनकारी गराउनुभयो । मलाई यस्तो लाग्यो– ‘चिन्तनशील यहाँका स्रष्टाहरू साहित्यको विधागत चिन्तनमा पनि हामीभन्दा माथि रहेछन् र साहित्यसँग समाज, संस्कृति र राजनीतिको सम्बन्धका बारेमा पनि हामीभन्दा निकै सचेत रहेछन् । तर हामीमा त भाषा र भाकाप्रति मजाक गर्नेहरूले नै निराश हुनुपर्ने प्रशस्त ठाउँहरू बनाइदिएका रहेछन् ।’ सिक्किमको अर्को नाम इन्द्रकिल पर्वत रहेछ । यहाँको जनसङ्ख्या सवा छ लाख, जसमा नेपालीहरू ६९ प्रतिशत रहेछन् । मिक्स कल्चरमा हुर्केको सिक्किम, यहीँबाट संवत् १८३८ तिर लेप्चाहरू नेपालको फिक्कलस्थित रम्फोकमा गएर बसोवास थालेका रहेछन् । सिक्किम र दार्जिलिङमा यिनीहरूको सङ्ख्या ठूलै रहेछ । नेपालमा भने लेप्चा लोपोन्मुख जाति आदिवासी समुदायमा पर्दछन् । बौद्घ धर्म मान्ने, प्रकृतिको पूजा गर्ने र कञ्चनजङ्घा हिमालप्रति अगाध आस्था राख्ने यिनीहरू नेपालमा भने राज्यको उपल्लो निकायमा पुग्न सकेका छैनन् । तर यता त सरकारी अड्डादेखि राजनीति, व्यापार, कला, संस्कृति र साहित्यमा पनि यिनीहरूको बाक्लो उपस्थिति रहेछ । साउन २३ गते, विहान ६ बजे । पानी सिमसिम परिरहेको थियो, हामीले गान्तोक सहरलाई छोड्दा । कतै कतै एकादुई मानिस फाट्टफुट्ट आङ् तान्दै थिए । गान्तोक पूरै उठेकै थिएन । उठोस् पनि कसरी, बेलुका हामी एघार बजे सुत्दा पनि गान्तोक बजार तन्नेरीझैँ थियो । अब सायद, सहरी क्षेत्र सकिएछ । पिजु लाग्यो सिङ्टाङ्गबाट पश्चिमतर्फ उकालै उकालो । नाम्चीका चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारिकानाथ) साँच्चै शोभनीय स्थल रहेछन् । ‘मेरो घडीले ल है ९ः५५ देखायो ।’, सान्दुप्चेमा पुग्दा विष्णु भन्दै हुनुहुन्थ्यो । यहाँ गौतम बुद्घको अवतार मानिने गुरू रिम्पुतेको सालिक ४ करोड ३७ लाख ४४हजार दुई रूपयाँको लगानीमा निर्माण सम्पन्न गरी दलाई लामाद्वारा सन् १९७३ मा उद्घाटन गरिएको रहेछ । नाम्चीका चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारिकानाथ) साँच्चै शोभनीय स्थल रहेछन् । हामी नाम्चीका यी धाममा रहँदा मैले मोबाइल हेरेँ, १०ः४५ भएको थियो । दार्जिलिङबाट ५५ किलोमिटर पश्चिमदक्षिणमा मिरिक पर्दोरहेछ । झापाली खेती, इलामे केटी, ताप्लेजुङको तोङ्बा र सुकुटी भन्ने लोकआहानमा रहेको इलाम र दार्जिलिङको सीमावर्ती सन्दकपुर तीन हजार ६ छैँसट्ठी मिटरको उच्चइमा पर्दोरहेछ रहेछ । एकताका सुधपाती नै दार्जिलिङमा सरकारी स्कुलका शिक्षक रहेछन् । वि.स. १९८१ मा उनीहरूद्वारा नै उद्घाटन गरिएको भानुभक्त पाठशालाको छेउमा नै रहेछ नेपाली साहित्य सम्मेलन । जहाँ नाटककार तथा कलाकार इन्दिरा ओझा ‘क्षेत्री’, गोपीचन्द्र प्रधान, डा. रूद्रराज मास्के, डा. सूर्य गिरी, धनहाङ् सुब्वा, डी.डी. गुरmङ, मेघमणि दाहाल, चन्द्रकुमार राई, चन्द्र शर्मासँगै हामी साँझ ५ः२० सम्म रह्यौँ । टाढा देखिने हिमालको सेतो फेटा, पहाडको हरियो भोटो पहिरिएर ठिङ्ग उभिएको सिक्किम सिरानमा रहेछ भने दार्जिलिङ पहाडको कम्मरमा रहेछ । घाम कलिलै थिए । हामी लेडेनला रोड हुँदै चौरस्तामा उक्लियौँ । प्रकृतिले आफ्नो सुन्दरतालाई जम्मा पारेर छप्लक्कै खन्याए जस्तो । जोनाथन वेटले आफ्नो कविता ‘द सङ अफ द अर्थ’ (धर्तीको गीत) को अन्त्यमा– “पोएटी इज द प्लेस, होयर वी सेभ द अर्थ”(कविता नै त्यो ठाउँ हो, जहाँ हामी पृथ्वीलाई सुरक्षित राख्छौँ ।) यसै ठाउँलाई हेरेर लेखेका पो हुन् कि, जस्तो लाग्ने । कञ्चनजङ्घाको शीतल छहारी तल महाभारत पर्वत श्रृङ्खलाको क्रीडाभूमि दार्जिलिङको चौरस्ता चोकैमा रम्घाको पाखामा उदाएका भानु भेटिए । आहा ! दौरा–सुरुवाल अनि बिर्खे टोपीमा ठाँटिएर रामायण बोकी कतै पाठका लागि निक्लेका बेला हामीलाई नै पर्खे जस्तो । गोर्खाल्यान्डका लागि न उठ्न न सुत्न नै सकेको पर्वतकी रानी दार्जीलिङको मुटुमा साहित्य, कला संगमलाई लिएर बिन्दु दाहाल, ओमप्रकाश गौतम, नरपति पाण्डे, विष्णु न्यौपाने, हेम अधिकारी, के.पी ढकाल र म २०७१ साउन २४ गते विहान ७ :३० बजे उभिरहेका थियौँ । मानिसहरू ओहर–दोहर गरिरहेका थिए । एक हुल फागुन्डा फूलाइरहेका केटाकेटीहरूको भीड थियो । केही विद्यार्थीहरू आ–आफ्ना विद्यालयका पोशाक लगाएर सायद स्कुलबसको पर्खाइमा थिए । मैले वरिपरि हेरेँ, बरबटे कमानको लङ्गडालाई । एकताका लैनसिंह बाङ्देलले लेखेका थिए– “यहाँ स्कुल जान सामेल भएका केटाहरूले लङ्गडालाई विरक्त पार्थे ।” मैले यताउति हेरेँ तर आज कतै यहाँ भुइँभालु थिएन । भुइँबाट उठ्दै गरेको कुहिरोले विस्तारै हामीलाई छुँदै थियो । वरपरका धूपीका सिन्केपातबाट जलबिन्दु चुहिरहेका थिए । सबै व्यस्त देखिन्थे । बाटाका छेउमा भएका फलैँचाहरूमा कोही ध्यानमा निमग्न थिए त कोही योगामा व्यस्त देखिन्थे । पसलहरू फाट्टफुट्ट खुल्दै थिए । भुइँबाट उठ्दै गरेको कुहिरोले विस्तारै हामीलाई छुँदै थियो । वरपरका धूपीका सिन्केपातबाट जलबिन्दु चुहिरहेका थिए । अलि प….र धूपीका गाछीमा अलिकति घाम अडेस लागेजस्तै देखिन्थे । नेपाली साहित्यमा बौद्घिक चिन्तनको आँटिलो प्रवेश आयामेली आन्दोलन यहीँबाट उठेको थियो । सन् १९६३ मा इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरबल्लभले नेपाली साहित्यमा विचार, शैली र भाष ापक्षमा परिवर्तन ल्याउन तेस्रो आयाम यहीँबाट उठाएका थिए । यो ठाउँ अहिले पनि त नेपाली साहित्य र स्रष्टाका लागि तीर्थस्थल नै भएको छ । चौरस्ताको मौलिक सुगन्ध र प्रकृतिको छटामाझ यसरी आफू उभिएर सम्झनाको दियो बाल्दामात्रै पनि यहाँको सौन्दर्य समीकरण भई जीवनको यो क्षणमा अलौकिकताको अनुभूति भयो । “दीपकजी, एक क्लिक ।” क्यामेरा मलाई दिँदै ओम सरले भन्नुभयो । भानुको सालिक छेउछाउमा केही तस्बिरहरू लियौँ । यहाँ हामीले करिब पन्ध्र मिनेट बितायौँ । सबै साथीहरू मेल रोडतिर लाग्नुभयो । बिन्दु सर र म पनि पछि लाग्यौँ । साँच्चै लैनसिंह, हिमालका टाकुराहरूमा भने प्रथम किरण पर्नासाथ पर्वतराजले यहाँ रमाइलो सुनको मुकुट लाएजस्तो देखियो । बाटाघाटामा पनि एकाबिहानै हिँड्ने दूधवालाहरू काँधमा दूधको ढुङ्ग्रो लिएर घरघरमा गइरहेका जस्ता पनि देखिए । हामी मेल रोड ओरालै ओरालो लाग्यौँ । रोडको छेउमा रहेको रोयल प्यालेस हुँदै बिहानको ८ः३० बज्दा हामी पश्चिम बङ्गालका राज्यपाल पद्मजा नाइडुको स्मृतिमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा सन् १९७५ नोबेम्वर २१ मा समर्पित जिओलोजिकल पार्कमा थियौँ । पार्ककै पछि रक गार्डेन तेन्जिङको समाधी स्थल । माथिबाट क्रमशः न्यूजिरल्यान्ड, बेलायत, नेपाल र भारतका अङ्कित राष्ट्रिय झण्डाहरू उठाएर सगरमाथा चढ्दै गरका तेन्जिङलाई देख्दा गर्वले मेरो छाती फूलेर आयो । सागरमाथा नेपालको पहिचानमात्रै नभएर विश्वकै शिर हो । यस शिरमा पहिलोपटक पुग्न सफल पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी हिमाल इतिहासका अमर पात्र हुन् । तर यो गर्वले धेरै समय मेरो मथिङ्गलमा फक्रन पाएन । साँच्चै कुम्भराज, इतिहासमा लेखिए जस्तै दुःखको कुरा, हामीले गर्व गरेजस्तो नेपाल र नेपालीलाई खुसी बनाएका तेन्जिङले पछि भारतीय नागरिकता लिए । आफूलाई भारतीय भने । दोस्रो नेपाली आरोही नवाङ गोम्बु र आङकामी शेर्पा पनि तेन्जिङकै बाटो हिँडे । तर, सन् १९६५ मा भारतीय सेनाका एमएस कोहलीको नेतृत्वमा २१ आरोहीसहित खुम्जुङ–१, सोलुखुम्बुकाफू दोर्जी शेर्पा भने चौथो आरोहीका रूपमा पहिलोपटक नेपाली भएरै सागरमाथा चढे । भारतले उनलाई नागरिकतासहित सरकारी सुविधा दिने प्रलोभन दियो । उनले म नेपाली नै भएर जन्मिएँ नेपाली नै भएर मर्छु भने । भारतको सबैभन्दा ठूलो खेल पुरस्कार अजुर्न पनि दियो । तर उनले नेपाली रहनुमै गर्व गरे । नेपाली भएरै मरे । तेन्जिङका नाममा त कवि तथा लोकगायक धर्मराज थापाले “हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमालचुचुरा, गम्केर बजाउ खैँजडी झम्केर नाचमुजुर…….” भनेर गीत नै गाए । तर फू दोर्जी शेर्पा, जसको इतिहास अलिखित छ । न त अहिलेसम्म उनको नाममा कुनै गीत नै गाइयो । रञ्जितले शिरको ढाकाटोपी दुवै हातले मिलाउँदै भने– “डल्लै नेपालबाट आउनुभएको रहेछ । म पनि पन्ध्र वर्षको हुँदा यहाँ आएको थ्यो । अहिले ओसी काटेँ ।” “घर नेपाल हो, हजुर…. नेपाल तीन लम्बरमा जग्गा छ, जमिन छ, खान लाउन राम्रो पुगे नेपाल छोडेर किन मुग्लान पस्नु पथ्र्यो ? आफू १६ वर्षको हुँदा दोरलिङ पसेको । तर दिनदशाले गर्दा पहाड फर्कन सकिनँ…।” यसरी आफूलाई मन परेको बेला सोध्ने मानिसलाई जीवन कहानी सुनाउने लङ्गडालाई एकताका लैनसिंह बाङ्देलले यहीँ भेटेका थिए । हामीले पनि यसरी नै आफ्नो जीवनकहानी सुनाउने झापा (चारआली) का रञ्जित गुरुङलाई लाई भेटायौँ । तर उनको जीवनकहानी लङ्गडाको जस्तो दुःखी हैन गर्विलो छ । पिजुपार्ककै छेउमा घरजम र होटल गरी आफ्ना जीवनका पचास बसन्त बिताएका रञ्जितले शिरको ढाकाटोपी दुवै हातले मिलाउँदै भने– “डल्लै नेपालबाट आउनुभएको रहेछ । म पनि पन्ध्र वर्षको हुँदा यहाँ आएको थ्यो । अहिले ओसी काटेँ ।” सडकमुनि–माथि रञ्जितका जस्तै घर, पसल, होटल, रेस्टुराँ थिए । अहिले त जहाँ लङ्गडाभन्दा पनि धेरै असल र धनी मानिसहरू रहेछन् । जहाँ ऐश्वर्यका निम्ति उनीहरूसित अनेक साधन पनि रहेछन् । यी मानिसहरूले लङ्गडाजस्तो घस्रीघस्री माग्नु पनि पर्दैन रहेछ । दार्जिलिङको यस बसाईमा मलाई लाग्यो– ‘यहाँ त बौद्घिकतालाई आफ्नो स्वार्थपूर्तिको लाइसेन्स पनि बनाउँदा रहेनछन् । तर हामी त पाइला नै मेटेर उभिन चाहाँदा रहेछौँ र बाटो नै भत्काइरहँदा रहेछौँ ।’ कुहिरो डम्म थियो । साउन २५ गते, दिनको ११ बजे, पानी परी नै रहेको थियो । रञ्जितकै होटलमा खाना खाएर हामी दार्जिलिङबाट ओरालै ओरालो, बतासे डाँडा, सुकिया पोखरी हुँदै सिमानै सिमाना फर्कियौँ । जहाँ कहिले कविता राजनीति जस्तो बनिरहेको त कहिले राजनीति कविता जस्तो बन्न नसकेर चेप्टिरहेको छ देश । #दीपक सुवेदी अमृता प्रीतम र उनको कविता: अमृता प्रीतम पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा ‘रसीदी टिकट’ पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रतमलाई भारतको दोस्रो सबभन्दा ठूलो सम्मान पद्म विभूषण पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो । अमृता प्रीतमले लेखनयात्रा पंजाबी भाषाबाट सुरु गरेकी हुन् । अमृता जब ११ वर्षकी थिइन् त्यही समयमा नै उनी आमाको निधन भयो जसले गर्दा घरको जिम्मेवारी उनको काँधमा आइपर्यो । उनी ती कम साहित्यकारहरूमध्ये हुन् जसको पहिलो संकलन १६ वर्षको उमेरमा प्रकाशित भएको थियो । फेरि १९४७ साल भारत पाकिस्तान विभाजनको समय आयो, उनीले विभाजन अमृता प्रीतम को पीडा सहनुपर्यो, र त्यो पीडालाई उनले धेरै नजिकबाट महसुस गरेकी थिइन्, उनका केही कथाहरूमा त्यो पीडा महसूस गर्न सकिन्छ । विभाजनको समयमा उनका परिवार भारतको दिल्लीमा आएर बस्यो । अब उनले पंजाबीको साथै हिन्दीमा पनि लेख्न सुरु गरेकी थिइन् । उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो अमृताको ६ वर्षको उमेरमै विवाहको लागि कुरा छिनिएको थियो र ११ वर्षकै सानै उमेरमा उनकी आमाले उनलाई छोडिन् । उनी १६ वर्षकी हुँदा नै उनले आफ्नो पहिलो पुस्तक पुरा गरिन् र १६ वर्षकै उमेरमा उनको विवाह प्रीतम सिंह सँग भयो जो एक सम्पादक पनि थिए । अमृता बेहद भावुक थिइन्, तर त्यत्तिकै सुन्दरताका साथ उनलाई आफ्नो भावना र सम्बन्धको बीच सामंजस्य मिलाउन आउँथ्यो । आजीवन उनले साहिरसँग प्रेम गरिन् । दुइ छोराछोरीकी आमा पनि भइन् । साहिरसँगको प्रेम मनमा भएका कारण वैवाहिक जीवनबाट बाहिर निस्कन फैसला लिइन र फेरि साहिरले पनि उनको साथ छोडे तर पनि सम्मानका साथ त्यो सम्बन्धबाट उनी अलग भइन् । उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो । अमृता साहिर लुधियानवीलाई अथाह प्रेम गर्थिन् । साहिर लाहौरमा उनको घर आइरहन्थे । भेटमा उनीहरू घण्टौंसम्म चुपचाप बस्दथे । साहिरलाई सिगरेट पिउने आदत थियो, उनी एक के बाद एक लगातार सिगरेट पिउने गर्दथे । उनी हिँडेपछि सिगरेटको ठूटोलाई साहिरको ओंठको निशानलाई महसुस गर्नका लागि अमृता पुनः पिउने गर्थिन् । यसैगरी अमृतालाई सिगरेट पिउने लत साहिरबाट लागेको थियो, जुन आजीवन कायम रह्यो । सारा जीवनर अमृताले साहिरलाई भुल्न सकिनन् । साहिर पनि उनलाई प्रेम गर्दथे र दुवै एक अर्कालाई चिट्ठी लेख्ने गर्दथे । पछि साहिर मुम्बई गए तर पनि उनीहरूको प्रेम कायमै रह्यो । अमृतादेखि टाढा भएकै कारण साहिरको जीवनमा सुधा मल्होत्रा आएकी थिइन् भन्ने गरिन्छ । यद्यपि दुवैको दिलमा एक अर्काको लागि प्रेम खतम भएको भने थिएन । अमृताले साहिरले पिएका सिगरेटको ठूटोहरू सम्हालेर राखेकी थिइन् भने साहिरले पनि अमृता पिएको चियाको कप संभालेर राखेका थिए भन्ने गरिन्छ । साहिरले अमृताले पिएको चियाको कप बर्षौंसम्म नधोइ राखेका थिए । तर पछि दुवै अलग भए । भनिन्छ, प्रेममा अमृता जत्तिको समर्पण साहिरको प्रेममा थिएन । कोही कोही ता यतिसम्म भन्ने गर्थे कि उनको प्रेम एकतर्फी थियो । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ । जीवनको अन्तिम समयमा उनलाई हिँड्न डुल्न काफी तकलीफ हुन्थ्यो । त्यो समयमा उनलाई खाना खुवाउन, नुहाउन, घुमाउन जस्तो सम्पूर्ण दैनिक कार्य इमरोजले गर्ने गर्थे । बिमारीको लामो समयपछि अमृता प्रीतमले ३१ अक्टुबर, २००५ मा आफ्नो प्राण त्यागिन् । तर इमरोज भन्ने गर्थे कि अमृता उनलाई छाडेर जान सक्दिनन्, अझै पनि अमृता उनीसङ्गै छन् । उनका कविता, कथा, नज्म र संस्मरणहरू सदैव मानिसहरूका बीच हुनेछन् र उनका साहित्यहरूले मार्गदशर्न गरिरहनेछन् । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ । अमृताको एक कविता यहाँ प्रस्तुत गरिएको छ । म तिमीलाई फेरि भेट्नेछु म तिमीलाई फेरि भेट्नेछु कहाँ ? कसरी ? त्यो त थाहा छैन म तिमीलाई फेरि भेट्नेछु कहाँ ? कसरी ? त्यो त थाहा छैन सायद तिम्रो कल्पनाको झिल्का बनेर तिम्रो क्यानभासमा उत्रिनेछु वा सायद तिम्रो क्यानभासमाथि एउटा रहस्यमयी रेखा बनेर चुपचाप तिमीलाई हेरिरहनेछु वा सायद सूर्यको किरण बनेर तिम्रो रङ्गमा घोलिनेछु वा रङ्गको अँगालोमा बसेर तिम्रो क्यानभासमा उत्रिनेछु थाहा छैन कहाँ कसरी ? तर तिमीलाई पक्कै भेट्नेछु वा सायद एउटा झर्ना बनेको हुनेछु र जसरी झर्नाको पानी उड्दछ म पानीको थोपा तिम्रो शरीरमा मिसिनेछु र एउटा चिच्याहट जस्तै बनेर तिम्रो छातीमा टाँसिनेछु म अरू केही जान्दिन तर यति चैँ पक्का जान्दछु समयले जेसुकै गर्नेछ यो जन्म त मेरै साथ चल्नेछ यो शरीर रहँदा सबै कुरा समाप्त हुनेछन् तर चेतनाको धागो ब्रम्हाण्डीय कणबाट बनेको हुन्छ म तिनै कणहरूलाई रोज्नेछु धागोलाई बेर्नेछु र फेरि भेट्नेछु तिमीलाई #अमृता प्रीतम कवितालाई नयाँ ढंगले कसरी लेख्न सकिन्छ भनेर सोच्ने कवि: प्रज्वल अधिकारी आजको शृङ्खलामा हामीले कवि मोहित जोशीको कवितामाथि कवि प्रज्वल अधिकारीको दृष्टि लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ शृङ्खला – कविताको क्षेत्रमा एकदमै लगनशील भएर कवितासँग नै उठबस गर्न मन पराउने र कविताका विभिन्न प्रतियोगितामा भाग लिँदै, आफँैले प्रतियोगिता गराउँदै, नेपाली कवितालाई विश्व स्तरमा कसरी चिनाउन सकिन्छ भनेर हरदम लागिपर्ने पछिल्लो पुस्ताको अध्ययनशील र जुझारु कवि हुन्, मोहित जोशी । कविताको स्तर उठाउन के गर्नुपर्छ, नयाँ नयाँ विषयबस्तुहरू के के हुन सक्छन् मलाई उनको पारिवारिक र व्यक्तिगत जीवनको बारेमा खासै ज्ञान छैन । मेरो उनीसँग जे जति भेट भएको छ त्यो सबै कविताकै बिषयलाई लिएर भएको छ । हरेक भेटमा उनि कविताको क्षेत्रलाई कसरी व्यापक बनाउने, नेपाली कविताको स्तर उठाउन के गर्नुपर्छ, नयाँ नयाँ विषयबस्तुहरू के के हुन सक्छन्, जस्ता विषयमा गम्भीर भएको पाउँछु म । मोहित जोशी कविता लेखनको साथसाथै अनुवाद पनि गर्ने कवि जोशी पछिल्लो पुस्ताका एक होनाहार कवि हुन् भन्न मलाई हिच्किचाउनु पर्दैन । कोरोनाले आक्रान्त पारेको यो समयमा पनि उनि हरबखत कविता नै सोचिबस्छन् । मैले यो लेख लेख्दै गर्दा उनि सायद कविता नै लेखिरहेका होलान् । यसरी हेर्दा उनको कवितासँग गहिरो प्रेम परेको छ । हारोल्ड बुमको “थेउरी अफ बिलेटेडनेस“ भन्ने सिद्धान्तले भनेझैँ, हरेक विषयबस्तुहरू हामीभन्दा अगाडिको पुस्ताले लेखिसकेको र हामीले जे लेखे पनि उनीहरूकै कपि हुन जाने यो परिप्रेक्षमा शिल्प, विषय उठान र अभिव्यक्तिले कसरी फरक लेख्न सकिन्छ भनेर उनि गम्भीर हुन्छन् । यो लेखमा म यिनै कवि मोहित जोशीका तीन कवितामा आफ्नो पाठकीय धारना राख्न गइरहेछु । मलाई के लाग्छ भने मान्छे कवि भएर लेखेको कवितालाई मान्छे भएको बेला चिरफार गर्न खुब गार्हो हुन्छ । किनकि म समालोचक होइन । फेरि आफू कवि भएर आफ्नै समयको कविको कविता समालोचना गर्न असाध्यै गार्हो काम हो । यसै हुनाले पनि म यी कविताहरूमा पाठकीय दृष्टिकोण राख्न गइरहेछु । तर एउटा कुरा कविताको अर्थ विभिन्न तरिकाले लगाउन सकिन्छ र कविताले हरेक पाठकलाई फरक फरक प्रभाव पार्न सक्छ । ओहो ! स्वतन्त्रता रोग हो भन्ने थाह रहेनछ ! कवितालाई नयाँ ढंगले कसरी लेख्न सकिन्छ भनेर सोच्ने कवि जोशी ’ स्वतन्त्रता’ शिर्षकको कवितामा भन्छन्, “ओहो ! स्वतन्त्रता रोग हो भन्ने थाह रहेनछ !” उनले एक्वेरियममा भएको माछाले आफू स्वतन्त्र हुन चाहेको र एक्वेरियमबाट उफ्रेर भाग्न खोज्दा भुइँमा पछारिएर मरेको घटनालाई लिएर यसो भनेका हुन् । उनी भन्छन् कहिलेकाहीँ परिणाम के हुन्छ थाह न पाइकन स्वतन्त्र हुन खोज्नु घातक हुन्छ । यस कवितामा मजदुरले आफूलाई त्यही एक्वेरियमको माछासँग तुलना गरेको छ र आफू मालिककोमा बसेर सम्पुर्ण सुविधा पाए पनि मालिकलाई छोडेर जान नसक्ने हिनताबोध गरेको छ । तर मजदूरले के बुझ्नु पर्छ भने स्वतन्त्र हुने चाहनालाई मर्न दिनु हुन्न र उपयुक्त समय आउनासाथ समयलाई आफू अनुकूल बनाउनु पर्छ । भुइँमा परेर मरेको माछा देखेर हतोत्साहित भएको मजदुर यस कवितामा निकै कमजोर देखिन्छ । अहिलेको सामाजिक परिवेशलाई हेर्ने हो भने पनि यस्तै देख्न सकिन्छ । मजदुरले स्वतन्त्रतालाई रोग रहेछ भनेर आत्मज्ञान भएको महसुस गर्छ तर उसले के बुझ्दैन भने एक्वेरियममा बसेको माछाले खोजेको स्वतन्त्रता कस्तो हो ? हरेक दिन मरेर बाँच्नु भन्दा एकै पटक मर्नु पनि अर्को स्वतन्त्रता हो कि ! माछाको मृत्यु हेरेर मजदूर यथास्थानमा रहन खोज्छ तर उसले यो बुझ्दैन अब यो माछा स्वतन्त्र भयो । मलाई यहाँनेर खड्केको चैं मजदूरमा आएको स्वतन्त्रताको अर्थ गलत भयो कि ! कविले मजदुरलाई किन त्यति डरपोक देखाए ? ………… अर्को कवितामा कवि कवितालाई नै विषय बनाउँछन् र कविता लेख्न नसकेको उद्घोष गर्छन् । अग्रज कविहरूलाई चुहिने छतसँग तुलना गर्दै उनी भन्छन् – “ केही दिन भयो कविता लेख्न नसकेको कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ र कविता लेख्न बस्दा कागज भिजाइदिन्छ ।” लगत्तै दोस्रो स्टान्जामा फेरि कवि आफैँ कविता लेख्न त्यति अब्बल नभएको र आफुले लेखेको कवितालाई मिलाइदिने कुनै मिस्त्री पनि नचिनेको आत्मालोचना गर्छन् । “भोलि……थाह छैन !” फेरि अर्को स्टान्जामा उनी आफूले धेरै कविलाई चिनेको तर उनीहरूले पनि मलाई सहयोग गर्न नसक्ने भन्दै माथिको आफ्नै कुरा काट्छन् । चौथो स्टान्जामा आएर माथिका तिनैवटा स्टान्जाभन्दा भिन्न कुरा गर्छन् र यहाँ आएर भने उनी मजदूरको पक्षमा उभिन्छन् र प्रश्न गर्छन् । आफूलाई ताजमहल, पिरामिड लगायत कलाकृतिहरू शासक आफैँले बनाएको लाग्थ्यो भनेर स्वीकारेका कविले प्रश्न गर्दै भन्छन् कि, “बेबिलोन बनाउन घोटिएका हात कस्का थिए ?” यहाँनेर अलि बिरोधाभाष भयो कि भन्ने पनि लाग्छ । यही कविता लेख्दै गर्दा कविलाई आफ्नै घर पनि आफुले नबनाएको ज्ञान हुन्छ र उनी मजदुरको पक्षमा उभिन्छन् । तर उनी बारम्बार कविता लेख्न कुनै बाधा नआओस् भन्छन् । बारम्बार यो कुरा भन्नुले के इङ्गित गर्नु हो जस्तो लाग्छ भने, कविमाथि कोही हावी भइरहेछ जुन कुरा कविलाई पटक्कै मन परेको छैन । फेरि उनी भन्छन्, “मैले कुनै मिस्त्री चिनेकै छैन ।” यसबाट के बुझिन्छ भने कविलाई असल गुरुको खाँचो छ । आफूभन्दा अग्रज र उनीहरूको योगदानलाई पनि बिर्सनु हुन्न र आफूमा घमण्ड भन्दा विश्वास गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ । यो कविता हेर्दा थुप्रै बिरोधाभाष देखिन्छ । यसबाट के बुझ्न सकिन्छ भने युवाहरूको मन र दिमाग पनि यही कविता जस्तो छ । अर्को अर्थबाट बुझ्दा यो कविताले कुनै पनि कवि आफू जस्तो हुन मिस्त्री पनि आफू र चालक पनि आफू बन्नु पर्ने जरुरत देखिन्छ भन्न खोजेको पनि देखिन्छ । र आफूभन्दा अग्रज र उनीहरूको योगदानलाई पनि बिर्सनु हुन्न र आफूमा घमण्ड भन्दा विश्वास गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ । ……………………. “स्वतन्त्रता“ शीर्षकको अर्को कवितामा कविले आम मानवीय स्वभावलाई छर्लङ्ग पारिदिएका छन् । चरालाई बिम्ब बनाएर आफू स्वयं स्वतन्त्रता बिरोधी बनेका छन् । ( “मैले…….छोप्नु“ ) मान्छे आफू स्वतन्त्र हुन चाहन्छ तर अन्य स्वतन्त्र प्राणीलाई आफ्नो बन्धनमा बाधेर रमाउन चाहन्छ भन्ने गतिलो व्यंग्य प्रस्तुत गरेको छ कविताले । मान्छे अरु जनावर छोप्छ र खुब माया गरेको र खान दिएको भ्रम पाल्छ तर उनीहरूको स्वतन्त्र हुने अधिकार हनन् गरेको पत्तो नै पाउदैन । आफ्नो रहरको भोक मेटाउन अरुको अधिकारलाई मारिदिन्छ मान्छे । आफूभन्दा निर्धामाथी राज गरेर हाँस्न चाहन्छ मान्छे र उनीहरूले आफ्नो अधिकार खोज्न चाहे भने उनीहरूमाथि हमला गर्छ । माथि टिप्पणी गरिएका कविता यसप्रकार छन् । १. स्वतन्त्रता एउटा मजदुरको आँखा परेको छ मालिकको अक्वेरियमको गोल्डफिसमा गोल्डफिस उफ्रियो अक्वेरियम बाहिर र मर्यो मजदुर सोचिरहेछ, “उफ् ! स्वतन्त्रता रोग हो थाहा रहेनछ !” २. चर्किएको छत केही दिन भयो कविता लेख्न नसकेको कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ र कविता लेख्न बस्दा कागज भिजाइदिन्छ । भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन तर मलाई कुनै मिस्त्रीको नाम वा सम्पर्क पनि त थाहा छैन । इतिहास र वर्तमानका सयौं दार्शनिक, शासक वा कविलाई चिन्छु म तर एउटा सत्य यो पनि हो प्लेटो, जंगबहादुर वा देवकोटा कोही पनि अहिले मेरो छत टाल्न सक्दैनन् । बेबिलोनको अनुहार पटक पटक भत्काइयोस् हरेक पटक त्यो अनुहार सुन्दर बनाउन घोटिएका हात कसका थिए ? मलाई थाहा छैन ! मलाई केवल पिरामिड थाहा छ तर इटाहरूको थुप्रोलाई पिरामिड बनाउन घनभन्दा बढी बजारिएका औँला कसका थिए ? मलाई थाहा छैन ! मलाई त आजसम्म ताजमहल शाहजहाले मुमताजका लागि बनाएका हुन् भन्ने थाहा थियो । मलाई त आजसम्म रोमको कोलोसियम सम्राट भेस्पासियनले बनाएका हुन् भन्ने थाहा थियो । मैले भर्खर मात्र थाहा पाएको छु म बसिरहेको मेरो आफ्नो घर मैले बनाएको होइन रहेछु । भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन तर मसंग कुनैपनि मिस्त्रीको न नाम छ न सम्पर्क बस छन् दुई चार थान मिस्त्री र मजदुरी बारे कविताहरू जुन स्वयम् मैले नै लेखेको हँु । सायद मेरै कविताको मिस्त्रीको आँसु हो यो छतबाट चुइरहेको पानी मलाई कविता लेख्नबाट रोकिरहेको । ३.स्वतन्त्रता मैले एउटा चरा छोपेर पिजडामा राखेको थिएँ मेरो बस सौख थियो चरा छोप्नु । उसलाई आफ्नै तरिकाले हुर्काउनेछु सोचिरहँदा चराले पिँजडाका बारहरू बंग्याउन खोज्नु, भाग्न खोज्नु, मलाई अस्हय भयो । उसले भाग्न खोज्दा, उसलाई मनपर्ने मकै, गहुँ, धान खानलाई दिए हतारमै खाएर पुनः भाग्न खोजिरह्यो । उसलाई त्यो पिँजडाबाट झिकेर, अर्को झन् भव्य पिँजडामा पनि राखी हेरेस् ऊ भाग्न चाहन्छ त्यहाँबाट पनि ! नभागोस् भनेर अब पिँजडामा अर्को चरा पनि राखिदिएँ उनीहरू सम्भोग गर्न थाले, यसपटक हतार थिएन त्यहाँ त्यो चरा यसरी लिप्त भयो, मानौ यो उसको अन्तिम सम्भोग थियो! यता म आफ्नो जीत कल्पिरहेथेँ तर जसै सम्भोग सकियो, उसलाई फेरी भाग्नुनै थियो । कुनैदिन उसले भाग्न खोज्दा पिँजडाका बारहरूमा हिर्काएँ कुनैदिन कोठामा त्यही प्रजातीको अर्को चराको मासु पकाएर खाएँ कुनैदिन कोठामा ठूलो चिल ल्याएर छोडिदिएँ कुनैदिन भोकै राखेँ, कुनैदिन टन्न खानदिएँ निकै दिन यही शृंखला चल्यो साम दाम दण्ड भेद भय केही सीप नचलेपछि मलाई वाक्क लाग्यो, र, मैले पिँजडाको ढोका खोलिदिएँ यसपटक ऊ त्यहाँबाट निस्किएन ! पिँजडा फोड्न लामो संघर्ष गरेको चरा पिँजडाको ढोका खुल्लै हुँदा पनि, त्यहँ बसिरहेको छ ! तिम्रो स्वतन्त्रताको परिभाषा के हो ? #प्रज्वल अधिकारी #मोहित जोशी ह्याप्पी होम: शिबु ढकाल “हेलो…।” “दर्शन बुबा ! म माइकल अमेरिकाबाट ।” “आशीर्वाद छ, बाबु । सन्चै छौ तिमीहरू त्यहाँ ? मेरो बुलेट नातिले के गर्दैछ ?” “हामी सबै आराम छौँ । बुलेटले धेरै मिस् गर्छ तपाईंलाई । बुहारी सुजीले पनि मिस् गर्छे । आमासित भोलि भिडियो कलमा कुरा गर्छु है !” “हुन्छ बाबु ।” “बुबा सुन्नुस् न, अब पोखरामा एउटा घर बनाउन पर्\u200dयो । जापानमा बस्ने माइलो ज्याक्सन र अस्ट्रेलियामा बस्ने कान्छो साइमनसित पनि सल्लाह भइसक्यो । मेरो चिनजानको राम्रो इन्जिनियर नेपालमा छ । म ऊसित डिजाइनको बारेमा कुरा गर्छु । तपाईंले अरु टेन्सन लिन पर्दैन, राम्रोसित रेखदेख गर्नुहोला ।” नयाँ घर निर्माण गर्ने बारेमा जेठो छोरासित एकछिन कुरा गरेर तेज बाजे तालु मुसार्दै चर्पीतिर लागे । शुभ दिन निकालेर योजना अनुसारको घरको जग खनियो । नेपालकै अब्बल इन्जिनियरले घरको सानदार डिजाइन गर्\u200dयो । नामुद ठेकेदारले काम सुरु गर्\u200dयो । नेपालकै उत्कृष्ट र कुनै आयातित महँगा निर्माण सामग्री प्रयोग गरियो । तेज बाजेले आफ्नो भूमिका राम्रोसित निभाउँदै गए । उनले अलिक पर एउटा सानो कटेज बनाउन लगाए र त्यसैमा बसी निगरानी गरिरहे । घर बन्दै जाँदा झन्झन् सुन्दर देखिदै गयो । “बाहिर मात्रै नबस्नुस् । चिसो लाग्ला !” श्रीमतीको कुरालाई पटक्कै वास्ता गरेनन् बाजेले । घरको काम जति फिनिसिङ हुँदै गयो त्यसको सुन्दरता भित्रबाट भन्दा बाहिरबाट धेरै देखिदै गयो । गर्दागर्दै तेज बाजेले खाना पनि बाहिरै खान थाले । सुत्न पनि कटेजमै सुरु गरे हेमन्तको ठिहिरोको बाबजूद । घर तयार भयो । पाँच करोड लागतको आलिसान महल । नाम राखियो, “ह्याप्पी होम”। “बाबु, घर कम्प्लिट भयो तर मलाई बेस्सरी चिसो घुस्यो,” तेजको अन्तिम वाक्य बन्यो यो। “बुढेसकालको शरीर, त्यसमाथि निमोनियाले गालिसकेछ, सरी ।” डाक्टरको कैफियतले सबैलाई स्तब्ध तुल्यायो। पोखरा, नेपाल #पोखरा #शिबु ढकाल १०० वर्ष अगाडिका युद्धबन्दी गोर्खालीका लोकगाथा प्रकाशन हुँदै: अलका आत्रेय चूडाल काठमाडौँ/नेपाल प्रज्ञा–प्रतिष्ठानले आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनी पुगेर युद्धबन्दी भएका गोर्खाली सेनाहरूबाट रेकर्ड गरिएका लोकसामग्रीहरू सङ्कलन गरी प्रकाशन गर्ने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको पहलमा अस्ट्रियाको भियाना विश्वविद्यालयकी प्राध्यापक डा. अलका आत्रेय चूडालद्वारा सङ्कलित सामग्रीहरू प्रकाशन गरिने भएको हो । विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले भने, ‘सन् १९१४ देखि १९१८ का बीचमा जर्मनीको बर्लिनदेखि ४० किमि टाढा रहेको बुनस्फोट सहरको हाल्बमोन्डलागर नामक क्याम्पमा बन्दी बनाइएका गोर्खाली सेनाहरूले भनेका नेपाली लोककथा, लोकगाथा, लोकगीत, लोककविता र गाउँखाने कथाहरूको रेकर्ड गरेर जर्मनीको हुम्बोल्ट विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा राखिएको रहेछ र त्यो आजसम्म पनि सुरक्षित रहेछ । यो सूचना प्राप्त हुनासाथ उक्त सामग्री नेपाल र नेपालीका लागि अत्यन्त दुर्लभ, अज्ञात र आश्चर्यलाग्दो सम्पत्ति भएको हुनाले सङ्कलन गरी प्रकाशन गर्न लागिएको हो ।’ प्राज्ञ नेपालका अनुसार ‘जर्मन शिक्षक विलहेल्म डोगेनको सल्लाहमा सन् १९१५ अक्टुबरमा स्थापना भएको ‘रोयल प्रसियन फोनेटिक्स कमिसन’ संस्थाले विश्वका भाषाहरूको ध्वनि, उच्चारण र गीतसङ्गीत आदिको ध्वन्यात्मक रेकर्ड राख्ने उद्देश्यअनुसार सङ्कलन गरिएका १६०० भन्दा बढी सामग्रीहरूमा १०० भन्दा बढी लोकसामग्रीहरू गोर्खाली सेनाका स्वरमा रहेछन् । गोर्खालीहरूको रेकर्डको जिम्मा प्रा. हाइनरिख लुडर्स (१८६९—१९४३) लाई दिइएको रहेछ । संस्कृत, बङ्गाली, पास्तो भाषाका ज्ञाता र पछि गुरुङ भाषा पनि सिकेका उनले रेकर्ड गरेका सामग्रीहरूमा २६ लोककथा, ५० भन्दा बढी लोकगीत, लोकगाथा र लोककविता तथा केही गाउँखाने कथा गरी १०० भन्दा बढी सिर्जनाहरू रहेका छन् । यिनलाई ध्वनिबाट लिपिमा उतार्ने काम भइसकेको छ, अब चाँडै नै यसलाई प्रकाशनमा ल्याइने छ ।’ प्रस्तुत ऐतिहासिक महत्त्वको सामग्री सङ्कलनको जिम्मा पाएकी डा. अलका आत्रेयका अनुसार ‘यी लोकसामग्रीहरूमा गोर्खाली सेनाका वेदना, परिवारको माया र गाउँको सम्झना जस्ता संवेदनशील कुराहरू समेटिएको हुनाले एकातिर यसको भाषिक, साहित्यिक र सामाजिक महत्त्व छ भने अर्कातिर आजभन्दा एक सय वर्ष पुरानो रेकर्ड भएको हुनाले यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्व पनि रहेको छ ।’ #नेपाल प्रज्ञा प्रतिष्ठान सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. बस छुटे झैँ (सरुभक्त) सरुभक्त आकाशमा तारा झर्ने बेला बसचालक हर्न बजाउँछ, मलाई जगाउँछ— म आफै टुक्रिन्छु बसमा— ‘आशा–निराशा, हर्ष–विस्मात विश्वास, लज्जा, हीनभावना …’ म असङ्ख्य यात्री बन्छु ! मभित्रका असङ्ख्य यात्री परस्पर बिरोधी यात्री, — यात्रा गर्छन् एउटा गन्तव्यपथमा — हरेक मोडबाट हामफाल्ने डर पेट्रोलको अन्तिम बूँद पथमै सकिने डर कुहिरे डाँडा अचानक खस्ने डर मेरो चालक हर्न बजाउँछ, म छुट्छु— बस छुटे झैँ ! २. दुर्घटित (गोविन्द गिरी प्रेरणा) गोविन्द गिरी प्रेरणा म सडकमा ओर्लिनुअघि नै बाटो दुर्घटित भो’ ! मैले तर्नुअघि नै पुल दुर्घटित भो’ ! बिहानी घाम झुल्कनुअघि नै दिन दुर्घटित भो’ ! म स्कुल पुग्नुअघि नै शिक्षा दुर्घटित भो’ ! म खुसी हुनुअघि नै सुख दुर्घटित भो’ ! अहो ! के भएको यस्तो ? मैले जीवन बाँच्नुअघि नै मृत्यु दुर्घटित भो’ ! ३. ढोका (नकुल सिलवाल) नकुल सिलवाल सुरुङबाट बाहिरिनु भित्र पस्नुजस्तो सजिलो हुँदैन, निस्कनुपर्ने ढोका प्रवेशद्वारजस्तो हुँदैन आफैले ढोका बनाउनु भनेको आफूलाई ढोका बनाउनु हो, आफू आफ्नै ढोकाबाट निस्कनु भनेको ‘मुक्ति’ पाउनु हो, जो भनेजस्तो ‘सरल’ छैन । आफूले आफ्नै हातमा किला ठोक्नु भित्तामा किला ठोक्नुजस्तो कहाँ हो र ! खोरबाट, दाम्लोबाट पशुले मुक्ति पाउनुजस्तो होइन मान्छेले मुक्ति पाउनु भनेको ! ४. कछुवा र खरायो (राजेन्द्र थापा) राजेन्द्र थापा कहानीमा कछुवालाई जिताएर मान्छेले खरायोलाई बदनाम गराइदियो, इतिहास बदल्ने सोचेर खरायोले भन्यो— ‘आइज फेरि दौडौँ’ कछुवाले पनि भन्यो— ‘हुन्छ, तर यस पटक जो पहिले पुग्छ ऊ हार्छ’ खरायोले सोच्यो, ठीकै छ, म फेरि सुत्नेछु र जितिहाल्छु, दौड सुरु भयो, यस पटक भने खरायो सुतेको देखेर कछुवा पनि सुतिदियो, आज पनि खरायो र कछुवा सुतिरहेका छन्, र सायद हाम्रो देश पनि यस दौडमा सामेल छ ! ५. आमा (राजेन्द्र शलभ) राजेन्द्र शलभ आमा सखारै सूर्यसँगै ब्यूँझिनुहुन्छ र सूर्यसँगै उज्यालो बाँड्दै हिँड्नुहुन्छ पूर्वदेखि पश्चिमसम्म बिहानदेखि बेलुकासम्म बाँड्दा–बाड्दै जब न्याना किरणहरू सकिन्छन् आमा पनि सूर्यसँगै निदाउनुहुन्छ भोलि बिहान सखारै उठ्न र उज्यालो बाँड्न । #डा. विप्लव ढकाल #सूक्ष्म कविता साहित्यपोस्ट: पोस्टरकविता अभियान: साहित्यमा कविता विधामा कलम चलाउनेहरू अन्य विधामा भन्दा बढी देखिन्छ । कविता धेरै लेखिन्छ तर कम पढिन्छ । पाठकहरू साहित्यिक सृजना छनौट गरेर पढ़ने कुरामा अहिले सचेत बनेका छन् । पोस्टर कविता एकै पल्टमा सरर पढ़ेपछि र कवितासँग टाँसिएको पोस्टर चित्रले पाठकको ध्यानाकर्षण गर्न सक्ने कुरामा विश्वास पलाएको छ । साथै कविले आप्ना छोटो कविताबाट समाजिक सरोकारसित जोडिएको मुद्दालाई सम्प्रेषण गर्न प्रभावित भएको ठानेका छौँ । हामी राम्रा कविहरूको लामा लामा कविताहरू पनि पढ्दैछौँ । ती कविताहरूले पनि आफ्नो छुट्टै स्थान बनाएको छ । तर आजको समय जहाँ मान्छेलाई बोल्नुसम्मको फुर्सद छैन त्यहाँ यस्ता सूक्ष्म र छोटा कविताहरूलाई हतारिने पाठकलाई साहित्य र कलातिर आकर्षित गर्न सकिन्छ कि भन्ने यो एउटा प्रयास पनि हो । कविता नै नपढ़नेहरूले पनि पोस्टरको कलाले तानिएर कविता पढ़ेका कुराहरू जनाइरहेका र बताइरहेका छन् । १९ सय शताब्दीतिर पेरिसका चित्रकारहरूले एउटा आन्दोलन छेडे जुन बखत चित्रकलालाई निम्नस्तरको ठानिन्थ्यो । साहित्यको गन्तीमा चित्रकला फिका अवस्थामा थियो । क्लड मनेट, एडगर डेगास, केमाइल पिस्सारोहरूले केही नयाँ विचार बोकेर कलाको अभिव्यक्तिमाथि काम गर्ने ठानेँ । जीनव र जगतका स-साना कुराहरूलाई, गाउँ, प्राकृतिक दृश्यहरू र अँध्यारा रङको सट्टा चहकिलो रङहरूको प्रयोग गरिन थालियो । फ्रान्सको यो चित्रकलामा गरिएको यो मुभमेन्ट इम्प्रेसिनिजिन भनियो । अनि पछि क्युबिस्ट, मोर्डनिजम यस्ता अन्य प्रयोगहरूले चित्रकलालाई निकै माथि पुर्याए र साथै साहित्यमा विशेष कविता लेखनमा पनि यसको प्रभाव इमेजिजम भएर एमी पावल र एज्रा पाउन्डहरूले गरेको पाइन्छ । चित्रकलालाई साहित्यसित जोडन यो एउटा पहल पनि थियो । पोस्टरकविता पनि यसै पहलमा उभिएको छ । हिन्दी साहित्यमा पोस्टरबाट कवितालाई कवि र चित्रकारले राखेर बढी प्रभाव पारेको देखिएको छ । यता नेपालीमा फाट्ट फुट्ट मात्र भएको पाइन्छ । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन् –“यस्ता राम्रा कामहरूलाई पछिसम्म संचय गरेर राख्नु सके यो दस्तावेजीकरणको रूपमा आउँछ । फेसबुकको वालमा कविहरू हतार गरेर कविता लाउँछन् र यसले कविताको महत्त्व नहुने तर यसरी नेपाली साहित्यलाई प्रतिनिधीको रूपमा प्रकाशित हुने पत्रपत्रिकामा वा अनलाइन पोर्टेलतिर ल्याउनु राम्रो हुन्छ ।” पोस्टरकविताको उद्देश्य छोटा र छरितो र केही फरक ढङ्गमा कवितालाई प्रस्तुत गर्नेछौँ । छोटा र फरक विषयको कवितामा काम गर्न सजिलो हुन्छ साथै कविता मेल मार्फत पठाएपछि सम्पादन टोलीले हेरेपछि छनौट हुन्छ र त्यसपछि सम्पादक एंव चित्रकार रवि रोदनले चित्रमाथि काम पनि गर्न पर्ने हुन्छ । यी कुराहरू मध्य नजर राखेर कविले सहयोग गरे पोस्टर कविता अझ फस्टाएर लान सकिने कुरामा आशा गर्न सकिन्छ । यसलाई एउटा अभियानको रूपमा लिएर हामी काम गरि रहेका छौं । प्रस्तुत छ यस शृङ्खलाका कविताहरूः १. २. ३. ४. ५. ६. ७. ८. ९. १०. कविता पठाउनको लागि कविहरूले आफ्ना छोटा कविता युनिकोड फन्टको प्रयोग गरेर , आफ्नो फोटो र संक्षिप्त परिचय ravirodan88@gmail.com मा पठाइदिनुहुन विनम्र निवेदन गर्दछौँ । (पोस्टरकविता सम्पादक) #रवि रोदन #सिक्किम “यदि” मा अल्झिएका नवराजः उत्तरमा सगरमाथाको गहिराइ: “कविले मानिसलाई कसरी चिन्छन् ? कवि भनेर भन्दा मान्छेको मस्तिष्कमा कस्तो आकृति बन्छ ? कविले के गर्न सक्छ ? कविले कति गर्न सक्छ ?”, प्रश्न सामान्य नै हुन् तर जवाफ मुस्किल छ । नेपाली कविता समाजको फेरो समाएर नेपाली कविलाई सम्झने हो भने एक कविको आकृति हाम्रो मस्तिष्कले अकै बनाउँछ वा बनाउँथ्यो । एक कविले कविता सुनाउनकै लागि विदेशसम्म पुग्छ भन्ने हामीलाई थाहा थियो कि थिएन ? कविता सुनाएको पैसा लिन्छ भन्ने हामीले सोचेका थियौँ कि थिएनौँ ? वा हामी कविता सुन्नकै लागि पैसा तिर्न तयार रहन्छौँ भन्ने हामीले कल्पना गरेको थियौँ कि थिएनौँ ? यी त प्रश्न न भए । तर पनि जवाफ हामीलाई नै थाहा छ । नवराज पराजुली अहिलेको नेपाली साहित्यिक फाँटमा कविताले विश्वास गरेको कवि हुन् । यदि कविताले उनलाई विश्वास नगरेको भए पराजुली यतिखेर जिन्दगीमा केही त जादु हुन्छ भन्ने विश्वासमा आफैँलाई पर्खिरहेका हुने थिए, सायद । कवि पराजुलीले हृदयमा नेपाल र मस्तिष्कमा कविता बोकेर थुप्रै देशमा कवितालाई नै विश्वास दिलाएका छन् । यस कवितामा भेटिने नेपाली समाजको चित्रण नै यस कविताको मियो हो । कविता भन्नेबित्तिकै अलिकति टाढै बस्न रुचाउने समाज अहिले कविताभन्दा अलि नजिक आउन थालेको छ । आफ्नो सरलता र वाचनले कविताबाट भाग्ने समाजलाई पराजुलीले तानिरहेका छन् । सत्तरीको दशकमा नेपाली कवितामा हलचल हुनुमा कवि नवराजको प्रवेश पनि एक कारण हो । नवराज पराजुलीलाई सगरमाथाको गहिराइले नेपालीमाझ कविको रूपमा चिनायो । नवराज पराजुली फाट्फुट्ट कविताका लाइन लेखिरहे पनि सगरमाथाको गहिराइ शीर्षकको कविता नै उनले पहिलोपटक पूरा लेखेको कविता हो । यस कवितामा भेटिने नेपाली समाजको चित्रण नै यस कविताको मियो हो । पहिलोपटक यही कविता नै किन लेखियो ? प्रश्न छ र जवाफ पनि । यस कवितामा हृदयविदारक बिम्ब नै किन आयो ? प्रश्न छ र जवाफ पनि । युट्युबमा भेटिने नवराज पराजुलीका कवितालाई अक्षरमा सामाजिक सञ्जाल वा छापामा एकदमै न्यून भेटिन्छ । आज हामी उनको कविता र माथि उल्लेखित प्रश्नको जवाफ प्रस्तुत गर्नेछौँ । प्रस्तुत छ कवि नवराज पराजुलीको कविता : सगरमाथाको गहिराइ यो संसारको कुनै महान् चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रङ चाहिए मेरो देशका गुराँससँग सापटी माग्नु म त गुराँसको देशको मान्छे ! तर यो कुरा पछि गरौंला कि मैले खाने चामलको रङ किन्न म आँफुचाहिँ अरब आएको छु । यो संसारको कुनै महान् परोपकारीलाई यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो देशका नदीसँग सापटी माग्नु म त नदीहरूको देशको मान्छे ! तर यो कुरा पछि गरौंला कि मेरो छोराको घिटघिट गरिरहेको घाँटीलाई चाहिने दुई थोपा औषधि किन्न म आँफुचाहिँ अरब आएको छु । बिजुली उत्पादनमा संसारको सबैभन्दा बढि क्षमता राख्ने मेरो देशले मेरो बिदाइमा आएकी मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको उर्जाले भेला गरेर नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो रे ! तर मेरो देशको आकाशमा अझै पनि काला ताराहरू चम्किरहन्छन् । मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर तर के गरौँ ? भन्दिनेले मेरो प्वाल परेको छानोबाट राती ताराहरू झर्छन भन्दिए र भन्दिए ताराका ती तीखा टुक्राले मेरो जोडिएको परिवारलाई टुक्य्राउनेछ यो सुनेर मेरो मनमा गाठो पर्यो त्यो पनि सुर्काउनीबिनाको भन्दिनेले ‘पैसामा बाआमाले पनि छहारी फेर्छन्’ भन्दिए सोचेँ तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने ? हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्यो भने ? बहिनीले ‘म तपाईँको टाउकोमा निःशुल्क ठुङ हान्दिनँ ’ भनी भने ? दिदीले ‘म तँलाई सुनकेस्रा रानीको कथा निःशुल्क सुनाउँदिन ’ भनी भने ? मलाई लाग्यो ऊ ईश..वर होइन ईश.. पर थियो तर के गरौँ ? म त बुद्धको देशको मान्छे ! त्यसैले चुपचाप शान्ति खोज्दै अरब आएको छु । मलाई जन्माउने देवता चटक्कै छोडेर म आएको यो अरबमा ‘रब’चाहिँ कहाँ छ ? यो मरुभूमिमा मरूँ भन्ने मान्छे मात्र भेट्छु म ! घडीमा बाह्र बजेको देख्दा घडीका तीनवटै काँटाहरूले सामुहिक आत्महत्या गरेझैँ लाग्छ । मेरो यो रुवाजस्तो मन बालुवासँग लड्दालड्दा यहाँ मेरो जवानी पग्लिन्छ घरमा रुँदारुँदा श्रीमतीको सिरानी पग्लिन्छ । ए देश ! सगरमाथाको शिखरमा उभिएको संसारको सबैभन्दा अग्लो मान्छे म आज खाडीमा गाडिएको छु कसैले बाहिर निकाल मलाई ! म मर्नुअघि मेरा बूढा भएका बुवाका हातका नङ नदुखाइकन काट्न चाहन्छु म मर्नुअघि मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु म मर्नुअघि मेरो घरको पश्चिमपट्टिको मेवाको बोटमा बाक्रै ताछ्न नमिल्ने गरी पाकेको मेवालाई दुई टुक्रा पारेर चम्चीले एक चम्ची आफू खाँदै अर्को चम्ची भर्खरै एउटा मात्र दाँत पलाएको मेरो छोरालाई खुवाउन चाहान्छु म मर्नुअघि मेरी छोरीले उसकी हजुरआमाले चुलेसीले तिखारिदिएको पेन्सिलले जीवनमा पहिलोपल्ट लेखेको ठूलो “क” हेर्न चाहन्छु। ए देश ! मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर म अरबबाट घर र्फकेँ भने त ठीकै हो तर त्योभन्दा ठूलो रातो काठको बाकसमा म आफैँ भरिएर र्फकेँ भने ? कहालीलाग्दो दृश्यले कविको हृदयमा प्रश्न गरेपछि जन्मेको यस कविताले आम नेपाली जनता वा आम मजदुरको भाषा बोलेको छ । प्रस्तुत कवितामा प्रयोग गरिएका बिम्बमा उनका आफन्त भेटिन्छन् । कहालीलाग्दो दृश्यले कविको हृदयमा प्रश्न गरेपछि जन्मेको यस कविताले आम नेपाली जनता वा आम मजदुरको भाषा बोलेको छ । सन् २०१० ताका कवि नवराज पराजुलीले कवि मनु मञ्जिलको गुरुकुल नाटकघरमा एकल कविता वाचन हेरिसकेपछि उनलाई “म पनि कविताको झरीमा भिज्न सक्छु ।” भन्ने विश्वासको टुसो पलाएको थियो । म पनि कविता लेख्छु भन्ने दृढ विश्वास बोकेका कविलाई कहिले कविता लेख्छु भन्ने थाहा थिएन तर थाहा चाहिँ थियो कि, म लेख्छु । थर्रर कामेको शरीरले बर्रबराउँदै निकालेको आवाजमा छोराको खुट्टामा आफ्नो टाउको राखेर निकैबेर बुवा बोले । सन् २०१२ ताकै कवि नवराज पराजुलीको अलि परेको नातामा बज्र पर्यो । कविको पर्ने मामाले आफ्नो सन्तान गुमाए, त्यो पनि विदेशमा । आफ्नो छोराको लास लिन काठमाडौँ आएका बुवाले त्रिभुवन विमानस्थलमा चौकीदार झैँ रुँघेर कहिल्यै नआउनेगरी आएको छोरालाई पशुपति आर्यघाट पुर्याए । त्यो समयमा कवि नवराज पराजुली पनि सँगै थिए । विमानस्थलमा कफनभित्रको छोराको अनुहार नदेखेका बुवाले आर्यघाटमा कफन खोलेपछि छोराको अनुहार हेरे र छोराको खुट्टा ढोगे । थर्रर कामेको शरीरले बर्रबराउँदै निकालेको आवाजमा छोराको खुट्टामा आफ्नो टाउको राखेर निकैबेर बुवा बोले । यो दृश्य देखिरहेको कविको हृदय र खुट्टा समानान्तर भएर काँप्यो । हिन्दू धर्ममा जन्मे र हुर्केका कविले बाउले छोराको खुट्टा ढोगेको देखेका थिएनन् । त्यही दृश्यले कविको हृदयमा हलचल ल्याएको थियो । छोराको खुट्टा ढोग्दै बर्रबराएका बुवाले बोलेको केही शब्द कविको कानको नेपथ्यमा बजेको धूमिल आवाज बनेर आइरहेको थियो । तेरी छोरी, दलाल, अब के होला ?, यस्तै शब्दले वातावरण मौन भएर बसेको थियो । कविले त्यस दृश्यमा देखिइरहेका बुवाले छोरालाई केही बताइरहेको सुने तर छोरो बोल्न सक्दैन । त्यसो त कवि नवराज यदि भन्ने शब्दमा अल्झन्छन् । कविले त्यस दृश्यमा देखिइरहेका बुवाले छोरालाई केही बताइरहेको सुने तर छोरो बोल्न सक्दैन । यदि उसले बोल्नसक्ने भएको भए के बोल्थे होला ? भन्ने कुरा कविको मनमा गड्यो । कवि आर्यघाटबाट फर्के । उनी फर्कदासम्म उनको हृदय कापिँरहेको थियो र प्रश्न आइरहेको थियो, “ती बितेका दाइले बोल्नसक्ने भए के भन्थे ?”, ती बितेका दाइ बनेर कविले बोलिसकेपछि सगरमाथाको गहिराइ कविताको जन्म भयो । सामाजिक सञ्जालमा उनी खासै छाएका थिएनन् । उनले स्ल्याम पोएट्रीमा सगरमाथाको गहिराइ सुनाए वा प्रतियोगितामा भाग लिए । त्यसपछि उनको चर्चा सुरु भयो । त्यसैबखत उनको कविता कवि रविन्द्र मिश्रको नजरमा पर्यो । जब कविताले मस्तिष्क र हृदय एकैपटक छुन्छ तब कविताले पाठकलाई न्याय गर्दछ । कवि नवराज पराजुलीका बारेमा कवि रविन्द्र मिश्र भन्छन् – “म बीबीसीमा कार्यरत रहँदा कवि नवराज लम्सालले मलाई पहिलोपटक सगरमाथाको गहिराइ शीर्षकको कविताबारे बताउन्ुभएको थियो । र उहाँले नै मलाई पहिलोपटक उक्त कविता देखाउनुभयो । जब मैले सगरमाथाको गहिराइ कविता पढेँ तब मेरो मस्तिष्क र हृदय एकैपटक छोएको थियो । जब कविताले मस्तिष्क र हृदय एकैपटक छुन्छ तब कविताले पाठकलाई न्याय गर्दछ । यति शसक्त कविता पढेपछि मैले आफ्नो वालमार्फत् समाजिक सञ्जालमा सेयर गरेको थिएँ ।” मिति तय नभए पनि कवि नवराज पराजुलीको अर्को कृति प्रकाशोन्मुख छ । उनको आउने कृतिलाई शुभकामना ! #नवराज पराजुली बाआमाः घर कि वृद्धाश्रम !: लाखौँका इट्टा, बालुवा र सिमेन्टबाट उभिएको भित्ता रङ्गीन थियो, पोतिएका महङ्गा रङहरूले । तर त्यही भित्तामा टाँसिएको फोटोमा कुनै रङ थिएन । सादा थियो । धुलाम्य थियो । जति महत्त्व ती निर्जीव भित्ताले बोकेका छन् त्यति महत्त्व त त्यो फोटोले पनि बोकेको नहुँदो हो ! एक मात्र उदेश्य थियो त्यो तस्बिरको त्यहाँ, देखावटी आफ्नोपन । करोडौँमा रम्ने घरका मालिकका नजर त्यो तस्बिरमा नपुग्नु स्वभाविककै मान्, जहाँ नोकरको समेत ध्यान पुगेको छैन । मानिस लाखौँमा खेल्ने भएपछि हातैमा गन्न सकिने अनुहारको स्मृतिमा धुमिल बन्दैजान्छ सायद । हो, आफ्नो अस्तित्वलाई भुलेर नाम कमाउदै थिए घरका सदस्य या भनौँ मेट्दै थिए आफ्नो पहिचान । नाम दिनेलाई बिर्सिएर नाम कमाउने रीत कस्तो अस्वादिलो ! जति पुरानो सम्बन्ध थियो त्यो फोटो र परिवारको सम्बन्ध, ठीक त्यति नै पुरानो हो त्यो घर र आगनको पनि । तर दुवै बदलिए, उही गति र उस्तै फैलावटमा । कहीँ टाढा करोडौँको लोभमा खोलिएका “इल्डरली केयर होम” भरिभराउ छन्, वृद्धवृद्धाहरूको रेखदेखमा, र उही देखावटीको व्यापारमा । जुन बस लोभी सन्तान अर्थात सेवाग्राही र समाजसेवी अर्थात् संचालनकर्ताबीचको घर फर्किने आशमा अस्ताउनै लागेका जन्मदातालाई भने यथार्थले छोएकै रहेनछ । उनीहरू घृणामा पनि माया भेट्छन् । चियाका साथमा हातमा परेको बिस्किट मुखमै पुर्याउन लाग्दा एकछिन रोकिन्छन् र नातिनातिनालार्इ सम्झन्छन् । घरबाट रहर मारेर खुसीको श्रमसम्म गर्न नमिल्ने आश्रम पुगेर पनि सत्कार खोज्नु कतिसम्म उचित हो ? प्रत्येक दिन ती धमिला आँखाहरू मुल गेट नियाल्छन्, जहाँबाट आफ्नाहरू पनि आफ्नोपनलार्इ बाहिरै जुत्ताभन्दा पहिले खोलेर मात्र पस्छन् । कोही आफ्नो बनेर छिर्ने आसा बहुत पुरानो भइसक्यो । टेबल र खाट पुराना भए पनि त्यहाँ राखिएका तस्बिर र सम्झना पुराना भएका छैनन् । ती चाउरी परेका फुस्रा छालाभन्दा ती तस्बिर चम्किला छन् । धुलो र फोहोरसँग परिचय नै पाएका छैन् ती फोहोर भित्ताका चम्किला अनुहारहरूले । हो, फरक यत्ति हो रंगीन भित्ता र बेरंगका भित्ताहरूबीच । आकृति तिमल्सिना आशाले भरिएका सपना देख्नेमध्ये एक थिए- भरत अर्थात् डा.भरत सिंह। कुनैबेला यो नाम नै काफी थियो, उनको घर भरिभराउ हुन । पत्नी “देवी” को साथ छुटेको ४५ दिन नहुँदै उनको साथ छुट्यो आफ्नै घरबाट। जुन छोराको हात समाएर उनले “आफ्नो घर” भनी चिनाएका थिए, उही छोराले उनको हात समाएर “इल्डरली केयर होम” सँग परिचय गराइिदए । पत्नी वियोगको पीडालाई परिवारको स्नेह र ममताले साट्न खोज्ने दुस्प्रयासको फल उनले पाए। मजदुरी गरेरै भरतका बाबू-आमाले उनलाई डाक्टर बनाएका थिए । जीवनमा पहिलोपटक आफ्नै छोराबाट नै उनीहरूले ज्वरो र बिपी नापेका थिए । आफ्नी आमाले ममतारूपी धागो र स्नेहको सीयोले सिलाइदिएको उनको पहिलो सेतो कोट (एप्रोन) अझै उस्तै छ । सायद बाबू-आमाको दुःख महसुस गरेरै होला, उनलाई बाबू-आमासँग टाढा रहने सोचले समेत कहिल्यै छोएको थिएन । आफूलाई शिखर चढाएर सतहमा रम्ने बा-आमाको अन्तिम स्वाससम्म साथै रहे उनी । यदि भरत र देवीले उनीहरूलाई जस्तै आफ्ना सन्तानलाई पनि थोरै परिश्रम र असहजताको पाना पढाएको भए आज भरतले वृद्धाश्रमको गेट नै देख्नुपर्ने थिएन कि ? भरतलाई गरिबी र अँध्यारोको बालापनको पीडा राम्रोसँग थाहा थियो। नाम र दाम नभएसम्म समाजमा टिक्न नसकिने सत्यसँग पनि अवगत थिए । त्यसैले उनी एक सुखी र उल्लासमय बाल्यकाल दिन चाहान्थे आफ्ना छोराछोरीलाई । उनले आफ्नो क्षमता भन्दा पनि बढी खुसी भरिदिएका थिए उनीहरूको जिवनमा । सन्तानहरूका चाहानामा उनको जिब्रोले ‘नाइँ’ र ‘हुँदैन’ कहिल्यै फट्कारेन । जुन कुरामा उनी गर्व गर्थे; त्यहीँ परवरिशले उनलाई आज ग्लानीबोध गराइरहेको छ । सायद छोराछोरीलाई ‘कमी’ को महसुसबाट टाढा राख्नु नै उनको गल्ती थियो । यदि भरत र देवीले उनीहरूलाई जस्तै आफ्ना सन्तानलाई पनि थोरै परिश्रम र असहजताको पाना पढाएको भए आज भरतले वृद्धाश्रमको गेट नै देख्नुपर्ने थिएन कि ? आफूलाई जीवनको अन्तिम पलमा साथ दिनु त परैको कुरा बिदा लिइसकेपछि दागबत्ती पनि दिन नभ्याउने व्यस्त सन्तानबाट कस्तो आश राख्नु उत्तम हुनेछ एक अभिभावकले ? माया बटुल्ने उमेरमा चौगुना हेला बटुलेका ती बूढा आमा-बाबुलाई सत्य थाहा थिएन होला त ? उनीहरू त औँशीको रातमा बसेर पनि अझै जूनकै अपेक्षा गर्दै छन् । भरतलाई भेट्न आउने नातिनातिनाबाट झोलाका पोकाभन्दा पनि मायाको ढिक्काको प्रतीक्षा रहन्छ उनलार्इ । उनलार्इ मात्र के कुरा ? यो तमाम भरत र देवीहरूको व्याथा हो । नातिनातिनालाई रगतको नाता थाहा छैन, बस बोजको आयतन पढेका छन् परिवारबाट । उनीहरूका नजरमा उनी बाबुको बा अर्थात् ‘हजुरबुबा’ होइनन् । फगत एक बूढो फलको वृक्ष हुन्, जसमा फल लाग्ने सम्भावना नै छैन । जुन वृक्षको मनमोहक फूल र स्वादिलो फलको रस सबैले भुलिसकेका छन् । याद यतिमात्र छ, त्यो बेकामको बूढो वृक्ष जसको मेटिनुबाहेक अरू कुनै अस्तित्व छैन । आफ्नै आमा-बुबाले बुबा नमानेका हजुरबुबाप्रति उनीहरूको हृदयमा कसरी माया र सम्मान पलाओस् ? हुन पनि, आफ्नै आमा-बुबाले बुबा नमानेका हजुरबुबाप्रति उनीहरूको हृदयमा कसरी माया र सम्मान पलाओस् ? आज लर्कारेको दृश्य देखेका ती नयनले भोलि कस्तो दृश्य देखाउने छन् आफ्ना बाआमाका लागि ? यो सोच्नु के बेठीक होला र ? #आकृति तिमल्सिना नारायणप्रसादका तीन मुक्तक: १. सिद्धान्तको हुन्न कैले राजनीति यहाँ कतै आशैआशा गराउने विषाक्त भो जताततै । पानी जति पोखे पनि बालुवामा सोसिदिने मागी खाने भाडो भयो राजनीति पेवाजस्तै ।। २. रोएका छन् जनता ती भोक प्यास भनीभनी आफ्नो माटो मलिलो भै बाली हुन्छ कैले भनी । बोलेका छन् जताततै हार गुहार भनेर नै शान्तिकामी जनता ती रोई माग्छन् पानी भनी ।। ३. देखिएन कतै पनि उज्यालोको रापजस्तो मनैदेखि सजाएर माला उनौ भनेजस्तो । सज्जनता र इमान्दारी हराएछ कि देशैभरी नगन्हाएको नेता पाउन गाह्रो भयो कस्तो ।। #नारायणप्रसाद न्यौपाने उच्छ्वास: विसर्जनको प्रतीक्षामा तड्पिरहेछ तेरो आफ्नै अनुहार जीर्ण शिर्ण रुग्ण पुरानो घरको पर्खालझैं चर्किरहेछ अट्टाहासले निष्प्राण देहझैं लमतन्न छ बर्बराउँछ अचेतनमा फैलाउँछ हातहरू लर्बरिदै बोल्छ जिब्रो यही घडी होस् आखिरी घडी जीवन वरदान मागेको छ र ? यहाँ मर्ने श्राप सम्म छैन । युगयुगान्तर हिँडेथ्यो तेरै छाया भै तेरै मूर्ति भै तेरै काया भै तर आज के हो यो, परिस्कार ? तिरस्कार ? तर, अब आगो सल्किसकेको छ उठिसकेका छन् वैराज्ञका लप्काहरू चँुडिसकेका छन् भरोसाका धागोहरू अब जल्नेछन् ईश्वर र नश्वरहरू शेष रहनेछ त केवल शान्तिको गीत अनि फैलनेछ्न् यी हातहरू विश्वप्रेममा म, तँ जस्तो कठोर हुन्न । #सुबास बजागाइँ बिर्खे: सहरको रोड म्याप: समय लगभग झिसमिसे एउटा ओरालो बाटो डुब्दै गरेको घाम, पहँेलिएको निलो आकाश चिसो चिसो हावा सन्ध्या कोलाज एउटा मान्छे हुत्तिएर उकालो चड्दै थियो नियालेर हेरे चिनिन पछि लाग्यो सबै मान्छे बिर्खे नै त हुन्छ निर्धक बोलाएँ ए बिर्खे कहाँ हिँडिस् ? ऊ टक्क अडियो मानौ ऊ कुनै अन्तर आवास खोजिरहेछ मेरो जवाफहरू एकैछिन है भने जसरी ऊ कोलाजमा देखिएको काठमाडाँै नियाल्न थाल्छ म हेरिरहेछु काठमाडौँ नियाल्दा उसका आँखाहरू रसाएका छन् झन् झन् पर नियाल्दा झन् झन् गहिरो भएका छन् उसको अनुहार मलिन भएका छन् तर ऊ रुन आटेको हैन ऊ भावुक भएको छ मेरो प्रश्न यति जटिल थियो र उसले जवाफ यती भेयवित खालको छ उसले काठमाडाँै नियाल्दै गर्दा उसको मलिन आँखाहरूमा मैले स्पष्ट देखेको थिए । उसको मायालु एक मुठ्ठा साग लिएर फुत्त गल्लीभित्र छिरेको छ ताजा जिन्दगी बोकेर उसको आमा सिठ्ठी लागेको प्रेसर कुकर आगोमा बसाउँदै त्यही जिन्दगी पकाउन खोज्दै छ । उसको बाबु पुरानो नयाँ कागजहरूमा त्यही जिन्दगी भेट्न खोज्दै छ अनी उसको मसिना भाई बहिनी भाडा कुटी मिलाउँदै त्यही जिन्दगी बनाउन खोज्दैछ म उसको जिन्दगीको बारेमा सोच्छु भन्दा भन्दै ऊ बोल्छ काठमाडौँ अब काठमडौँ रहेन साला काठमाडौँ अब काठमाडौँ रहेन यहाँको चोरका खन्तीहरूलाई पूजा गर्ने बानी छ तपस्या हैन । यहाँको भगवान् भनौदाहरूलाई हजुरिया चाहिएको छ सम्मान हैन यहाँको मगन्तेहरू मुर्दाहरूलाई कुलत लागेको छ आबस्त हैन यहाँको पैसा पोजेहरूलाई सँस्था चाहिएको छ सेवा हैन यहाँको मन्दीरहरूलाई भक्त चाहिएको छ देवता हैन बाग्मती बिष्णुमती र धोबी खोला देख्दा अब त रगत पनि रातो छैन जस्तो लाग्छ बन्दै गरेको सडक छेउ उभिँदा विकास हैन विनास जस्तो लाग्छ बीआइसीसी अगाडिको अग्लो घर चड्दा त्यो क्रान्ति थिएन आपराध थियो जस्तो लाग्छ । त्यो रगत लागेको बन्दुक खै कसले कहाँ पुर्यो त्यो सपना बोकेका मान्छे खै कसले कहाँ मार्यो ? घरैपिछे स्कुल कलेज छ मान्छे शिक्षित भएन । घरैपिछे मन्दिर छ मान्छे धर्मात्मा बनेन साला काठमाडौँ, काठमाडौँ रहेन । म झोलाको काठुवा झिक्छु उसको प्रसंग बदल्नलाई भन्न्ेछु तिमीलाई सहरले बिर्खे बनाएछ मलाई पहाडले बिर्खे बनायो आउ बिर्खे बिर्खे मिलेर बिर्को खोलुम । ऊ फेरि बोल्छ काठमाडौँ कुनै रक्सी भन्दा कम छ अब त मुटु पनि कडा पथ्थर जस्तै बनिसक्यो सानो तिनी बातलले कहाँ छुन्छ साला काठमाडौं कुनै रक्सी भन्दा कम छ । आनी लगा लग मेरो काठुवा ठाडो घाँटी लगाएर हुत्तिएर उकालोतिर लाग्छ म ऊ गएको बाटो हेर्छु । तिमीलाई सहरले बिर्खे बनाएछ मलाई पहाडले बिर्खे बनायो सायद तिमीले काठमाडौँ चाँडै छाड्यौ सायद मैले काठमाडौँ आउन अबेर गरे अब तिमी मेरो पहाड बुज्दै गर म तिम्रो सहर बुझ्दै गर्छु । तिमीलाई थाहा छैन सुत्केरी आमा रगत नपाएर मर्दा कस्तो महसुस हुन्छ भनेर एपेन्डीसाइटको बिरामी किड्नी बेचेर हेलीकप्टर चाटर गर्दा को बचाउनुको मार्नु भनेर पछि कुनैदिन भेटुला अनी तिम्रो सहर भन्दा भिन्न मेरो पहाड भन्दा भिन्न एउटा बिर्खे सहर बनाउन पर्छ एउटा बिर्खे सहर बनाउन पर्छ #सर्जु श्रेष्ठ पुष्करका तीन मुक्तकहरू: १. सिकिन्छ अनुभवले र केही जमानाले पनि सिकाउँछन् बाजेबजै यी बुवाआमाले पनि जालिम छ दुनियाँ बुन्छ जालो माकुरीझैं सबै उदाङ्ग छ, छोपिन्न कुनै बहानाले पनि । २. बारम्बार काँधको बन्दुक देखाएर नथर्काऊ ! बाजेको तमसुक देखाएर किन गर्भमै ऋण बोकाउँछौ सरकार ? कोमामा देश राखी ढुकढुक देखाएर ! ३. आफ्नो आयु सन्तानलाई थपिदिन्छिन् आमा देउता भन्दा यिनकै नाम जपिदिन्छिन् आमा हजार दुःख मुटुभित्र पोको पारी राख्छिन् हाँसी–हाँसी खै कसरी ! खपिदिन्छिन् आमा ।। #पुष्कर रिजाल ‘पुष्प’ उपाध्यायले ल्याए कबाल्स एन्ड कार्टेल्स: पत्रकार, लेखक एवम् विश्व बैंकमा लामो समय काम गरेका राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक कबाल्स एन्ड कार्टेल्स सार्वजनिक भएको छ । बिहीबार आयोजित एक समारोहमा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरे । पत्रकार किशोर नेपाल मध्यस्तकर्ता रहेको कार्यक्रममा अर्थशास्त्री पौडेलले उपाध्यायको पुस्तकले नेपालले बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए । विश्व बैंकमा कर्मचारीका रुपमा काम गर्ने क्रममा उपाध्यायले देखेको समाज एवम् देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरुको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकमा चर्चा गरेको उनको भनाइ छ । पुस्तकले पछिल्लो समयको नेपालको अर्थराजनीतिक अवस्थालाई राम्रोसँग केलाएको उनको भनाइ छ । पुस्तकमा उपाध्यायले देशको बिग्रँदो अर्थतन्त्र, त्यसमा विदेशीहरुको भूमिका आदिलाई पनि सटिक रुपमा चर्चा गरिएको उनले बताए । कार्यक्रममा वुमेन लिडकी कार्यकारी निर्देशक विष्टले पुस्तकले नेपालको राजनीतिक एवम् आर्थिक परिवर्तनलाई उत्कृष्ट किसिमले वर्णन गरेको बताइन् । ‘यो पुस्तक उनीहरुले अवश्य पढ्नुपर्छ, जसले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न चाहन्छन्,’ उनले भनिन्, ‘पुस्तक अध्ययन गरेपछि मलाई एउटै शब्द बारम्बार आयो— गज्जब ।’ नेपाल आउने विदेशीहरुलाई नेपालका बारेमा बुझ्न सघाउने पुस्तक कुन दिऊँ भनेर सधैं दोधार हुने गरेको उनको भनाइ छ । तर अब उपाध्यायको पुस्तकले त्यो दोधार हटाइदिएको उनले दाबी गरिन् । विदेशी मात्र नभई नेपाललाई बुझ्न चाहने जोकसैले यो पुस्तक अध्ययन गर्नुपर्ने उनले बताइन् । कार्यक्रममा पत्रकार नेपालले उपाध्यायको यो पुस्तक समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए । ‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका पुस्तक धेरै छन्,’ उनले भने, ‘तर पनि ती पुस्तक पर्यटकीय चरित्रका छन् । राजीवले यो पुस्तकमा देशको यथार्थ अवस्था खुलाएका छन् ।’ उपाध्यायको पुस्ताले गर्न चाहेको र गरेका विषय पनि पुस्तकमा समेटिएको उनको भनाइ छ । पुस्तकको भाषा सरल एवम् सलल बगेको उनले बताए । देशको विगतलाई रि भिजिट गर्न पनि पुस्तक उपयोगी हुने उनको धारणा छ । उक्त अवसरमा लेखक उपाध्यायले पुस्तक लेख्नुका कारणबारे खुलाएका थिए । नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको उनले बताए । पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा देशमा धेरै परिवर्तन आए, विभिन्न संक्रमणको साक्षी हाम्रो पुस्ता भयो, तर परिवर्तनका लागि अहिलेको पुस्ताले उल्लेख्य काम गर्न नसकेको उनको भनाइ छ । सधैंको राजनीतिक खिचातानी, भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाए भन्ने विषयमा पाठकले थाहा पाऊन् भनेर पुस्तक लेखेको उनले बताए । अर्थराजनीतिको कटुयथार्थलाई बेवास्ता गर्दै विगतमा गरिएका राजनीतिक घटनाक्रमलाई आफूले यहाँ समेटेको उनले जानकारी दिए । पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले उपाध्यायको यो पुस्तकले नेपालको विकास एवम् अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् । #फाइन प्रिन्ट नयाँ नियमसहित पुनः सुरू भयो मुक्तक प्रतियोगिताको चौथो चरण: सुरू भयो मुक्तक प्रतियोगिता: साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरू पुनः सुरू भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएकोमा दोस्रो प्रतियोगितास्वरूप चौथो चरणको मुक्तक आव्हान गरिएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प्रारम्भ भएयता हरेका साता मुक्तक र फोटो कविता प्रतियोगिताहरु भइरहेका छन् भने सरकारले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि निबन्ध प्रतियोगिता पनि सुरु भएको थियो । ‘लामो बाटो तय गर्न हिँडेको साहित्यपोस्टमा केही व्यवधान आएका थिए । अब हामी प्राविधिकरूपमा थप बलिया भएका छौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘केही साता प्रतियोगिता रोकिने कारण पनि भोलिका दिनमा त्यस्ता व्यवधान नआऊन् भन्ने थियो, अब ढुक्क भयौँ ।’ नयाँ नियमसहित चौथो चरणका लागि मुक्तक आव्हानः नयाँ नियमसहित साहित्यपोस्टले मुक्तक प्रतियोगिताको चौथो चरण सुरु गरेको छ । नयाँ नियम अनुसार एकपटक विजेता बनिसकेका मुक्तककारलार्इ प्रतियोगितामा पुनः सहभागी गराइने छैन । यसअघि यसका तीन चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । मुक्तक सम्पादक निसा केसीका अनुसार तीनै प्रतिस्पर्धामा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । त्यसैगरि उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ । मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनुभएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ । तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ । यो साताका तीन वटा विषय यसप्रकार रहेका छन् । पहिलो मुक्तकको विषयः प्रेम (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तकको विषयः विवाह (यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तकको विषयः सम्बन्ध (यसलाई छुने जुनसुकै विषय वा घटना) नियमहरू: — सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । – एकपटक पुरस्कृत भइसकेका मुक्तककारलार्इ प्रतियोगितामा समावेश गरिने छैन । (थप गरिएको) — यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको बिहीबार (साउन २९ गते) रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्; पहिलो मुक्तकको विषयः प्रेम (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तकको विषयः विवाह (यसलाई छुने जुनसुकै विषय वा घटना) तेस्रो मुक्तकको विषयः सम्बन्ध (यसलाई छुने जुनसुकै विषय वा घटना) यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ । #मुक्तक प्रतियोगिता कोही आफैँभित्र जाने बाटो खोज्दै, कोही हजुरामाका कहानीमा खित्का छोडेर हाँस्दै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्नेछौँ स्वस्थानी कार्की : लगभग एक वर्ष पहिले एउटा हिन्दी चलचित्र हेरेको थिएँ, “ट्रयाप्ड” । जसमा एक जना व्यक्ति थुप्रै दिनको लागि एउटा अपार्टमेन्टमा थुनिएका थिए । त्यो फिल्म सक्किदा म निकै आत्तिएको थिएँ, र सोचेको थिएँ- ‘कोही महिनौँको लागि थुनिएर कसरी बाँच्छ होला ?’ यो लक डाउन पनि सुररूसुररूमा मेरो लागि त्यही फिल्मको सिन जस्तै भएर आएको थियो । चामल, दाल, तरकारीको अभाव नै त भएको थिएन, तर चामल, दाल, तरकारी, छत मात्र जिउनु रहेनछ । लकडाउन भएको एक महिना जति त मजै आयो । लाग्यो, क्या लाइफ छ ! न काम गर्नु परेको छ, न पढ्नु परेको छ । आनन्दले घरमा बस्यो , फेसबुक चलायो, मन परेको फिल्म, सिरिज हेर्यो, किताब पढ्यो, गीत सुन्यो, नयाँ नयाँ परिकार पकाउन सिक्यो । अझै त्यतिबेला त घरकाले पनि केही नभन्ने, जतिखेर सुत, जतिखेर उठ, काम नै के छ र ? न केही टेनसन लिनुपर्ने, न घर फर्किदा गाडीभित्र हुने ठेलमठेल सहनु पर्ने । वाह ! सँधै यस्तै भैदिराखे हुने जस्तो पनि लाग्यो । तर बिस्तारै लक डाउनको अवधि थपिदैजाँदा त्यो मजा, त्यो उत्साह पनि घट्दै जान थाल्यो । लक डाउन एक महिना, दुर्इ महिना, तीन महिना गर्दै थपिन थालेपछि सबैथोक मोनोटोनस हुँदै जान थाल्यो । कति बस्ने घरभित्र ? कति हेर्ने एउटै मान्छेहरूको मुख ? कति चलाउने फेसबुक पनि ? कति पकाउनु ? कति हेर्नु फिल्म ? सबैबाट वाक्कदि स्वस्थानी कार्की क्क लाग्न थाल्यो । न कुरा गर्नलाई केही नयाँ विषय न त पुरानै कुरा सुनाउनलाई नयाँ अनुहारहरू । बिहान दालभात र बेलुका चाहिँ भातदाल खाए जस्तै हुन थाल्यो दैनिकी । विस्तारै म फ्रस्टेट नै हुन थालेँ । समाचार सुन्यो, कोरोना केस थपिएका कुरा, सुसाइडका कुरा बाहेक केही नहुने । यस्तो परिस्थितिमा मेरो मानसिक स्थिति एकदमै मन्द हुन थाल्यो । म जे कुरा पनि बढी सोच्न थालेँ र अन्त्यमा सधैँ नकारात्मक निर्ष्कषमै पुग्न थालेँ । कतिपल्ट त आफ्नो घरपरिवारसँग निहुँ नै नभर्इ पनि झगडा गर्थेँ । उहाँहरूलाई पनि त्यस्तै भइरहेको हुँदो हो । यो सबै बढ्दै जान थालेको थियो र म आफ्नै लागि एकदम टक्सिक हुँदै थिएँ । लक डाउनको तेस्रो महिना चल्दै थियो, म दिक्क मानेर बसिरहेको थिएँ । युट्युब हेर्दै जाँदा मैले एउटा भिडियो भेट्टाएँ, जसको टाइटल थियो, “द आर्ट अफ डुइङ् नथिङ्” । मलाई टाइटल नै एकदम मन पर्यो र खोलेर हेरेँ । त्यो भिडियो मेरो लागि, गर्मीमा सीतल हावा, जाडोमा न्यानो आगो जस्तै भएर आयो । त्यहाँ सधैँ केही न केही गर्नैपर्छ भन्ने छैन, प्रकृतिले हामीलाई “तँ सँधै प्रोडक्टिभ हुनैपर्छ” भनेर जन्माएको हैन भन्ने जस्ता थुप्रै कुराहरू थिए । म त्यो हेरेर दङ्ग परेँ । सोचेँ- म किन यति प्रोडक्टिभ हुने कोसिस गर्दैछु ? त्यसैबेलादेखि मैले जबर्जस्ती केही गर्न छाडिदिएँ र त्यही छाडेकै बेलादेखि मेरो मन, मस्तिष्क र शरीरलाई आरामको अनुभूति हुन थाल्यो । भोलिपल्ट बिहानैदेखि मलाई फेरि सास फेरे जस्तो लाग्यो । मैले सोच्न कम गरिदिएँ । म छतमा गएर गहिरो, नीलो, अनन्त आकाशलाई हेरेर बस्न थालेँ । मलाई लाग्यो- म बाहिर पो जान सक्दिनँ, भित्र जान त मलाई कसैले पनि रोकेको छैन । मैले आफुभित्र जाने बाटोहरू खोज्न थालेँ । फेसबुकमा साथीहरूको पोष्ट हेर्थेँ, धेरै जस्तो हावादारी भए पनि कुनै कुनै साँच्चीकै धेरै रिलेटेबल र प्राक्टिकल हुन्थे । मलाई लाग्यो, म जस्तै आफुभित्र जान चहानेहरू पनि धेरै रहेछन् । उनीहरू मेरो प्रेरणाको स्रोत पनि बन्दैगए । मलाई फेरि पकाउन मन लाग्यो तर जबर्जस्ती कुनै नयाँ परिकार होइन । पहिला जे पकाउँथेँ त्यही नै तर मन कस्तो चङ्गा जस्तो हुन थाल्यो पकाउँदा मात्रै पनि । पहिले कहिल्यै मीठो छ नभनेकी मेरी बहिनीले समेत खाना मिठो छ भन्न थाली । यही खुसी थियो मेरा लागि । साथीहरूबाटै प्रेरित भएर मैले गार्डेनमा धनियाँ, पुदिना, खुर्सानी रोपेँ । दिनदिनै म तिनीहरूलाई हेर्थेँ र तीनै बिरुवाको हरेक पातसँगै मभित्र पनि एउटा नयाँ म पलाउँदै जान्थ्यो । सारा जगत किन प्रकृतिको गीत गाउँछ भनेर मैले तब बुजेँ जब मलाई माटो खेलाउँदा खेलाउँदै त्यही ओसिलो माटोमै समाहित हुन मन लाग्यो । र निथ्रुक्क भएर फेरि जरैबाट पलाउन मन लाग्यो । लक डाउनभरिमा मलाई बिरुवासँग एकदमै धेरै लगाव हुन थाल्यो र मैले कोसिस पनि गरेँ सासाना मिनिएचर रूखहरू बनाउन, जसलाई बोन्साई भन्छन् । मैले एउटा सानो सृष्टि बनाएँ । मलाई त्यसको माया त्यति नै लाग्छ जति कुनै आमालाई बच्चाको लाग्छ । बिरुवाहरूबाहेक मलाई रङ्गहरू पनि प्यारा लाग्न थाले । म नजानी नजानी भए पनि रङ्गहरूसँग खेल्न थालेँ । मलाई पनि मेरो जिन्दगी सबै रङ्ग मिस्सिएपछिको सेतो रङ्ग बनाउन मन लाग्यो । हरेक पेन्टिङ् सकिदा मेरो हाँसो कानसम्म पुगेको हुन्थ्यो । अहिले पनि हुन्छ । मैले आफूभित्रको ‘म’लाई चिन्न थालेँ । मैले मेरो साइकोलोजिकल स्थितिसँग पनि राम्रोसँग नजिक हुने मौका यही लक डाउनले गर्दा पाएँ । मेरा बानीव्यवहारहरू किन यस्तो छ ? म यसलाई कसरी आफ्नो अधिनमा राख्न सक्छु ? भन्ने कुरा सिकेँ । यही कुराहरू थाहा पाउने क्रममा नै मैले मभित्र भएका ट्रमा र डरहरूबारे पनि थाहा पाएँ । जसले गर्दा अहिले आफैँदेखि त्यति अचम्म लाग्दैन जति पहिले लाग्थ्यो । मैले आफ्ना ट्रमाहरूको बारे एउटा आर्टिकल पनि लेखेँ, जसलाई धेरै जनाले मन पराइदिनुभयो । मैले बुझेँ कि यी सब कुराहरू सहने म एक्लै होइन रहेछु । मैले यस्ता गीतहरू सुनेँ जुन सुनेपछि हृदयले गुनगुनाइरहन्छ । मैले मान्छेहरूलाई हेर्ने दृष्टिकोण बदल्न मात्र हैन न्यून नै गर्दिएँ । म किन हेरुँ अरूलाई ? अङ्ग्रेजीको एउटा दिव्य मन्त्र छ “माइन्डिङ वन बिज्नेस्” । म त्यसैलाई मनन् गर्न थालेँ । जज्मेन्टल मान्छेहरूबाट टाढै रहनु, र मन परेकालाई मनले पूजा गर्नु भन्ने ज्ञान, मेरो यो लक डाउनको सबैभन्दा ठूलो उपलब्धी हो । आफूभित्रको रुद्रलाई चिनेँ र आफैँभित्रको कृष्णलाई पनि चिनेँ । यसरी यो लक डाउनमा म घर भित्रैबसेँ, आफू भित्रै बसेँ र पनि योभन्दा पहिले सायदै मैले यति स्वतन्त्र, यति हलुँगो महसुस गरेँ हुँला । यति धेरै सिकेँ हुँला । स्वर्निम (किसन) कार्की: स्वर्निम (किसन) कार्की बिहान खेतबारीको काम, दिउँसो अफिस अनि बेलुका घरमा आएर समय बितिरहेको थियो । परिवारसँग भन्दा बढी बाहिर समय बित्ने गर्थ्यो । सहरको कोलाहल वातावरण अनि धुलो धुवाँसँगै लिइरहेको अक्सिजन । विभिन्न समाचारका माध्यमहरूबाट विश्वभरि फैलिएको कोरोना र त्यसले मानव जीवनमा गरेको असर सुन्दा मनमा एकप्रकारको डर नै थियो । सहकारी तथा बैंकिङ कार्यालय संचालन भइरहेको हुँदा आफ्नो कामतिर लागिरहेको थिए। चैत १० गतेसम्म बजार बजार पुगेर ग्राहकहरू समक्ष दैनिकी कारोबारहरू चलिरहेको थियो। भोलिपल्ट सरकारले लक डाउन गरेलगत्तै पूरा देशभरि नै बन्दाबन्दी भयो । लकडाउन भएको केही दिन त समय कटाउनै एकदम गार्\u200dहो हुन्थ्यो । कलेजका साथीहरू पनि आ-आफ्नो घर गइसकेका थिए। खेतबारीको काम बिहानै सकिन्थ्यो भने दिउँसो चाहिँ फिल्म हेरेर, सामाजिक संजालमा सक्रिय भएर समयहरू बित्थे । लक डाउनले गर्दा दैनिक गुजारा गरेर छाक टार्ने मान्छेहरूको पीडा तथा आफ्नो घर जाननपार्इ बीच बाटैमा अलपत्र परी दु:ख पाएको खबर सुन्दा एकदमै नरमाइलो लाग्थ्यो । अरनीको राजमार्ग हुँदै धेरै मानिसहरू आआफ्नो घर हिँडेर गएका दुई आँखाले एक चित्त भएर हेरिरहन्थ्यो । कोहीको चप्पल चुँढिएर तातो घाममा खाली खुट्टाले हिँड्न बाध्य थिए भने कोही प्यासले प्याकप्याकी हुँदै भारी बोकेर हिँड्दै थिए । यी सबै दृश्यहरू प्रत्यक्षरूपमा देख्दा मनमा च्वास्स सियोले रोपेको जस्तै भान हुन्थ्यो। त्यसपछि धुलिखेलको हस्पिटल चोकमा केही साथीहरू मिलेर बाटोमा हिँड्ने दाजुभाइ तथा दिदीबहिनीलाई पानीको व्यवस्था गर्न पाउँदा र उहाँहरूसँग कुरा गर्न पाउँदा मनमा छुट्टै प्रकारको आनन्द आउथ्यो । जुन आनन्द मैले योभन्दा अघि अनुभव गरेको थिइनँ। जेठ महिनाको आगमनसँगै धानको बीउ राख्ने र रोपाइँ सुरू हुन थाल्यो। हिलोले एकअर्कालाई छ्याप्दै, लड्दै, हाँसोठट्टा गरी गीत गाएर मेलापातमा साथीभाइसँग खुसीका पलहरू बिताउने मौका पाएँ । जुन मेरो जीवनकै एक अविस्मरणीय खुसीको पल बन्न पुगेको थियो। हजुरआमा बिगत एक वर्षदेखि प्यारालाइसेसले गर्दा थला पर्नुभएको छ। उहाँसँग भलाकुसारी गर्न पाउँदा एकदमै रमाइलो भयो। उहाँले पहिल्यै पहिल्यैको कुरा गर्दागर्दै हामी दुवै खित्का छोडेर हाँसेका थियौं। समय यसरी नै चलिरहेको थियो। बेलाबेलामा कविता र गीतहरू लेख्ने गर्थेँ । तर खासै मन भने चाहिँ लाग्ने थिएन । त्यस्तै जेठको दोश्रो साता हुनुपर्छ, म फेसबुक चलाइरहेको थिए। एउटा दाइले साहित्य क्षेत्रका आदरणीय गुरु महेश पौड्यालको कविता सेएर गर्नुभएको रहेछ। उहाँको कविता हेर्नेबित्तिकै प्रभावित भएँ । अनि उहाँको प्रोफाइल हेर्दै गएँ । उहाँसँग कुराकानी पनि गर्न थालेँ । बिस्तार बिस्तारै महेश सरसँगै कविता लेखनमा पनि मन ढल्किन पुगेछ। थाहा नै भएन, म पनि कविता लेखन र वाचनमा आकर्षक हुँदै गएछु। म कविता लेख्नेबित्तिकै महेश सरसँग सेएर गर्थेँ । मैले नजानेका कुराहरू सिकाउनु भएसँगै सुधार्नुपर्ने गल्तीहरूका बारेमा पनि बोध गराउनु हुन्थ्यो । अनि माया पनि । उहाँको माध्यमबाट साहित्य जगतका अग्रजहरूसँग समाजिक संजालमा जोडिने मौका पाएँ । जुन कुरालाई म आफ्नो उपलब्धी ठान्दछु । जसले गर्दा “कविता भनेको वास्तवमा यस्तो हुनुपर्छ, कसरी आकर्षक बनाउन सकिन्छ?” भन्ने कुरा पढ्न र बुझ्न पाएँ । आजकल म साहित्यतर्फ निकै तानिएको छु। बिगतका अविस्मरणीय घटनालाई आफ्नो कलमले उतार्न र राष्ट्रको समयसापेक्ष अनुपयुक्त रणनीति तथा निर्णयहरूलार्इ कविताका माध्यमबाट आवाज उठाइरहेको छु। दिनदिनै भइरहेको आत्महत्या, एसिड प्रहार तथा बलात्कार जस्ता समाजिक विषयमा न्याय र सुरक्षा व्यवस्थाका लागि सरकारको ढोका ढकढक्याइरहेको छु। लक डाउनअघि म पूरा खाली थिएँ, आफ्नो कुनै खुबीलाई बुझ्न सकेको थिइनँ । तर लक डाउनले गरेको खाली समयमा स्वयम् आफैँलार्इ चिन्न सकेँ । जुन मेरो लागि सबैभन्दा ठूलो उपलब्धी भएको छ । #नवपुस्ता मन छ: डम्बर बिकेल दामी हुन मन छ मलाई नामी हुन मन छ मुटु साटी तिमीसँगै बदनामी हुन मन छ मात लागोस् तिमीलाई बात लागोस् अनि दुनियाँ छाडी तिम्रै मायामा हरामी हुन मन छ चाहे प्रेमभोगी बन चाहे प्रेमरोगी बन संसारै भुली तिम्रै मायामा बिरामी हुन मन छ #डम्बर बिकेल न्याय: प्रवीण भट्ट श्रीमान्! सम्पूर्ण गवाह र सबुत प्रमाणलाई साँची राखी प्रतिवादी ‘क’ ले सफाई पाउनुपर्छ। प्रतिवादी ‘क’ हत्या! बलात्कार! लुटपाट! श्रीमान्! प्रतिवादी ‘क’ ले कुनै छुटकारा पाउनु हुँदैन, समाज ‘क’ देखि डराएको छ समाज ‘क’ लाई स्वीकार्न सक्दैन यी प्रतिवादी समाजको रोग हुन। श्रीमान्! कलिलै उमेरमा बिटुलिएकी मेरी बैनीको आँसुलेः उसको जन्मकैद माग गर्दछ। दुई अबोध बालकका पिताको लासलेः उसलाई थुन भन्छ। लाहुरबाट कमाएर ल्याएको मिहिनेतको फल, जसरी उसले निमिट्यान्न पार्यो, उसले पनि थुन भन्छ। सजाय होस्, जसरी भए पनि सजाय होस्, कानुन अन्धो नबनोस्। श्रीमान्! अदालत सबुत प्रमाण खोज्छ, खै सबुत? खै प्रमाण? गोहीका झुटा आँसुले कसैलाई थुन्न मिल्दैन, प्रतिवादी ‘क’ छुट्नैपर्छ, छुट्नैपर्छ। श्रीमान्! “प्रतिवादी विरुद्धका प्रमाण।” (वकिलले प्रमाण देखाउँछ) -घन्टी बज्यो, अदालत २ बजे लाग्नेछ २ बजेः विद्वानज्यू, सम्पूर्ण सबुत प्रमाण हेरेपश्चात् प्रतिवादीविरुद्ध कुनै ठोस प्रमाण नभएको ठहर्न जान्छ। प्रतिवादी ‘क’ को रिहाईको बन्दोबस्त गर्नु। #प्रवीण भट्ट शताब्दी पुरुष जोशी निवासमा कृति विमोचन: साहित्यपोस्ट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवास ललितपुरमा दुई पुस्तक विमोचन गरेका छन् । उनले साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तका दुई कृति ‘ जयपुरदेखि पुरीसम्म ‘ (नियात्रासङ्ग्रह) र ‘ पुर्खाको बाटो ‘ (नियात्रोपन्यास) विमोचन गरेका हुन् । सो अवसरमा जोशीले नेपाली नियात्रा साहित्यमा पन्तको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै साहित्यिक पत्रकारिताको विकासमा पनि पन्तको समर्पण बिर्सन नहुने बताएका थिए । कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा. रामप्रसाद दाहाल, डा. लेखप्रसाद निरौला र यादव भट्टराईले रामप्रसाद पन्तको कृतित्व र व्यक्तित्वका बारेमा आफ्नो धारणा राखेका थिए । कृतिकार पन्तले रोग सङ्क्रमणको यस्तो विषम परिस्थितिमा पनि आफ्नो निवासमै बोलाएर कृति विमोचनको अवसर दिएकोमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति कृतज्ञता व्यक्त गरेका थिए । कृतिकारले बन्दाबन्दीको समय आफ्ना कृति प्रकाशनका निम्ति अनुकूल भएको साहित्यपोस्टसँग बताए । अठार नियात्रा विधाका कृति प्रकाशन गरिसकेका पन्तका विभिन्न विधाका बत्तीस कृति प्रकाशित छन् । सेता दिनहरू: दूर क्षितिजबाट सर्दै सर्दै एकनाश चलिरहेको जिन्दगी तर्साउन हाम्रो जस्तै थुप्रै सपनाहरू भत्काउन खुला आकाशमुनिको घरमा निर्भीक पस्छ सेता दिनहरू । हामी बार्न चाहान्छौँ यताउता चारैतिर बैंसले उन्मुक्त साढेहरू जुद्छन निर्बाङ्ग बारहरू भत्काउँछ छिर्छ अनि आगोको राप जस्तै ज्वरो फुटाउँछ स्वास बन्द गराउँछ ढलाउँछ र खेलाउँछ मान्छेबाट मान्छे त्रसित हुने खेल अचम्म लाग्दो उद्धेक लाग्दो गाउँ सहरमा मानवियता नै सङ्कटमा पार्छ सेता दिनहरू । कति कति मान्छेहरू बिना कसुर मसानघाट पुगे कतिका रोजिरोटी खोसिए आफ्नै देश जान आफ्नै घर जान लामा आख्यानमा अल्झदै अव्यवस्थित क्वारेन्टिनमा आँखा रातो पार्दै बिरानो देशको जस्तै निम्छरा अनुहारहरूले एक फाको चिउरामा महिनौं पाइताला गलाए तापनि आफ्नै देश आफ्नै गाउँ टेक्न पाएन सेता दिनहरूमा । अखबारको पानाभरी फेसबुक टुइटरको वालभरी भ्रष्ट शासकका कुकार्यहरू छरपस्ट सुनिन्छ र देखिन्छ ज्यानको बेपर्बाह बन्दाबन्दीमा हुलहरू घण्टाघर, माइतीघर र रत्नपार्क तताउँछ गुमनाम उनीहरू पिसिआर आरडिटीको दायरा बढाएको उद्घोष गरिरहन्छ बेसार पानीको उखानले हाँसोको फोहरा छुटाउँछ उता रोगले भन्दा भोगले डर त्राशले सङक्रमित बढिरहन्छ ढुकुटी रित्तियो चुल्हो बल्दैन के हामी अनागरिक हौँ सरकार ? सेता दिनहरूमा । #बाबुराम श्रेष्ठ ‘प्रेक्षित’ का चार पुस्तक बजारमा: साहित्यपोस्ट प्रध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ का चार पुस्तक बजारमा आएका छन् । उपाध्यायका म, माटो र मुटुु, काव्य परिशीलन, आरम्भ र आलोचनात्मक भूूमिकाहरुगरी चार पुस्तक बजारमा आएका हुन् । म, मुटु र माटो कवितासंग्रह हो । यसमा भएका कविताहरुमा देशभक्ति, माटोप्रतिको माया र समसामयिक, सामाजिक र राष्ट्रिय जीवनका अनुुभूतिहरुलाई प्रस्तुत गरिएको छ । यसमा ४० ओटा कविताहरु समावेश गरिएका छन् । आलोचनात्मक भूूमिकाहरु भूूमिकासंग्रह हो । यो पुस्तकमा विभिन्न व्यक्तिका कृतिमा समय समयमा लेखेका भूमिकाहरुलाई समावेश गरिएको छ । यसमा एक्काईस ओटा भूमिका संकलन गरिएको छ । आरम्भ हाइकु संग्रह हो । यसमा २०५० देखि आजसम्म विभिन्न समयमा लेखिएका २११ ओटा हाइकुुहरु संकलित छन् । काव्य परिशीलन समालोचना हो । यो काव्यसमीक्षामा आधारित समालोचनात्मक ग्रन्थ हो । यस समालोचनामा कविता काव्यसँग सम्बन्धित सिद्धान्त र परम्परापरक, स्रष्टापरक तथा कृतिपरक ढङ्गले अध्ययन गरिएका बाह्र ओटा लेखहरु समावेश गरिएका छन् । एसिडको सिड: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । प्रस्तुत लेख हामीले कान्तिपुरको शनिबारीया विशेष काेशेलीबाट साभार गरेका हाैँ । काेशेलीका लागि यो लेख श्रेयज सुवेदी ले तयार पार्नुभएको हो । तपाईँले यो सामग्री कान्तिपुर दैनिकमा पढ्न यहाँ क्लिक गर्नुहाेस् । …………………………………………… लास भएर जल्नु र सास भएर जल्नुको बीचमा एउटा ठूलो पीडाको पहाड हुन्छ । चियाले ओठ पोल्दा चम्चाले भात खानुपर्ने हामीले जसको आकारलाई अनुमान पनि गर्न सक्दैनौँ । जिउँदै जलेकाहरू जल्दै जिउँदै छन् । एउटा यस्तो जीवन, जहाँ आफैँलाइ प्रेम गर्न पनि ‘नाइँ’ भन्नुपर्छ । स्वयम्लाई स्विकार्न पनि संघर्ष गर्नुपर्छ । आफ्नै आकृतिसँग आत्तिनुपर्छ । हरेक बिहान ऐनामा अरूलाई देख्नुपर्छ र मान्नुपर्छ ‘आफू’ । आफैँसँगको लडाइँ महाभारतभन्दा ठूलो हुन्छ । आफूमा अरूलाई देखेर/लिएर जिउन सक्ने आँट सबैको आँतमा हुँदैन । एसिड एट्याकमा परेको व्यक्ति भिक्टिम हैन ‘सर्भाइभर’ हो, जो हरेक दिन परीक्षा दिन्छ र सधैँ ए प्लस ल्याएर पास हुन्छ । एसिड आक्रमण जघन्य अपराध हो । अपराधमा लैंगिकता हुँदैन । जसले गरे पनि, अपराध मात्र अपराध हो । तर… सधैँ महिला नै किन ? सधैँ अनुहार नै किन ? ८७ प्रतिशत आक्रमण महिलामाथि र ९५ प्रतिशत आक्रमण अनुहारमाथि नै किन ? एसिड आक्रमणलाई अन्य अपराधजसरी हेर्नॅ भनेको यसलाई बढावा दिनुसरह हो । के हामीले यस्ता हरेक घटनामा ‘कसरी सकेका’ भनेर कमेन्ट पास गरिरहँदा, ‘किन सकेका’ भनेर आफैँलाई प्रश्न गरेका छौं ? यदि तपाईंले आफ्नो छोरालाई ‘मर्दले रुनु हुँदैन’ भनेर सिकाउनुभएको छ भने, एसिड आक्रमण गर्न सक्ने हातहरू तपाईंकै वरिपरि पनि हुन सक्छन् । म भन्छु नि कसरी हुन सक्छन् ! बुबालाई बैठकमा रिमोटसँग र आमालाई भान्छामा डाडुसँग देखेर हामी हुर्केका हुन्छौँ । बुबालाई हरेक निर्णयमा आदेशसहित अगाडि हात हल्लाउँदै र आमालाई हरेक निर्णयमा ‘हुन्छ’ भन्दै पछाडि टाउको हल्लाउँदै गरेको देखेर हामी हुर्केका हुन्छौँ । अभिभावकको फरक भूमिका र मौन स्वीकृतिमा आमाको स्थान स्वतः तल पर्छ । बिस्तारै हुर्किंदै जाँदा बुबाले आमालाई गरेको व्यवहार हामी दिदी/बैनीलाई गर्न थाल्छौँ । यहाँसम्म आइसक्दा, हामीमा छोरा/छोरीले गर्ने काम र व्यवहार फरक हुन्छ भन्ने अज्ञान पलाइसक्छ । फरक छुट्याउन हामीले ‘कान्तिपुर’ को ‘कोपिला’ मा होइन, घरमै सिकेका हौं । स्कुलबाट भागेर खोलामा पौडी खेल्न जाँदा, घर र स्कुलको एकोहोरो बाटो, बैनी हिँडेको देखेका हुन्छौँ । ‘छोरो मान्छे बलियो हुन्छ’, ‘छोरो भएर रुनु हुन्न’, ‘छोरो मर्द हो’ जस्ता सर्वोच्चता हामीमा पसिसकेको हुन्छ । दिदीबैनीलाई ‘यो गर त्यो नगर’ भनेर छेकबार लगाउन सिपालु भैसकेका हुन्छौँ । दमन गर्न खोज्ने चरित्र मौलाइसक्छ । अपेक्षाविपरीत ‘नाइँ/हुँदैन’ सुन्दा इगोमा हर्ट हुने प्रवृत्ति विकास भइसकेको हुन्छ । मै हुँ भन्ने भाव बिस्तारै हावी हुँदै जान्छ । घरमा भएको/गरिने महिलाप्रतिको व्यवहार बिस्तारै उसले छिमेकमा पनि देख्दै–बुझ्दै जान्छ, जसलाई उसले तुलना गरेर सामान्यीकरण गर्न सक्ने भइसक्छ । र, अन्ततः उसमा महिलाभन्दा पुरुष माथि हो भन्ने भावनाको विकास हुन्छ । उसले समाजमा बोक्सीको आरोपमा महिलाहरू बहिष्कारमा पर्दा, बोक्साको आरोप खेपेको कुनै पुरुष देख्दैन । बलात्कारको घटनामा सधैँ महिलालाई नै पीडित देखेको हुन्छ । दाइजोको निहुँमा कुनै भिनाजु जलेको देखेको हुँदैन । अनि ‘महिलालाई जे गरे पनि हुन्छ’ भन्ने कन्सेप्ट उसको दिमागमा आफैँ निर्माण हुँदै जान्छ, जहाँबाट पैतृक पुरुषत्वको कीटाणुले अण्डा पार्न थालिसकेको हुन्छ । जुन अण्डा कतै ठूलो स्वर, कतै छेकबार, कतै दमन त कतै हिंसाको रूपमा फुटिरहेका हुन्छन् । जसको स्वभाव मात्र फरक देखिन्छ, डीएनए एउटै । यसरी हामीले एसिडको सिड (बीउ) ‘राजा बेटा’ नामको गमलामा आफ्नै घरमा/व्यवहारमा हुर्काइरहेका हुन्छौँ, जसमा परिवेश र घटनाक्रमले मलजल दिइरहेको हुन्छ । ब्रेकअपपछि राजीवले मलाई चोकको चिया पसलमा बोलायो । माया गर्ने मान्छे टाढा हुँदा उसमा भावुकता हुनुपर्ने तर उसमा रिस थियो । आँखामा आँसु हुनुपर्ने, बदला थियो । ‘म लाइफप्रति सिरियस भइनँ रे । बच्चाजस्तो भएँ रे । त्यसलाई म देखाइदिन्छु, यो बच्चा कसरी बाउ बन्छ । हाम्रो सेक्स भिडियो भाइरल गर्दिन्छु । जिन्दगी बर्बाद बनाइदिन्छु ।’ हामी सबै साथीले उसलाई ‘गलत हो’ भनेर नभनेको भए उसको सोचले कुनै दुर्घटना निम्त्याउँथ्यो । कसले सिकायो राजीवलाई यति ठूलो कुरा सोच्न र सार्वजनिक रूपमा बोल्न ? सायद उसको काकाले, जो सधैँ रक्सीको तालमा श्रीमतीलाई भुत्ल्याउँदै घरबाहिर निकाल्थे । ऊभित्र दुःख पनि थियो होला । तर, कसले सिकायो उसलाई दुःख दबाएर रिस देखाउन ? सायद उसको बुबाले, जो ऊ रुँदा सधैँ ‘छोरीजस्तो रुन्छन् गोरु’ भन्दै हर्कार्थे । सञ्जिताले राति फोन गरेर पुरानो दिन सम्झँदै आधा समय रोएरै कुरा गरी । कसले सिकायो उसलाई रुन ? सायद उसको आमाले, जो बुबाको हरेक थप्पडलाई बिनाप्रतिउत्तर, सारीको सप्कोसँग शेयर गर्थिन् ! किन केटीहरू भन्न सक्दैनन्– ‘भिडियो भाइरल गर्दिन्छु ।’ किन केटाहरू भन्न सक्छन्– ‘जिन्दगी बर्बाद गर्दिन्छु ।’ सबैको उत्तर एउटै होला– केटीहरू भावुक हुन्छन्, कमजोर हुन्छन् । तर, सही उत्तर यो हो कि भावुक र कमजोर बनाइन्छन् । केटीहरूलाई कमजोर देखेरै केटाहरू बलियो बन्छन् । सुवास दाइले रिजेक्सनपछि निकिता दिदीको झ्यालमा ढुङ्गा हान्दियो । दिदीको ब्वाइफ्रेन्ड छ भन्ने जानकारी पाएपछि कलेजको ट्वाइलेटमा नानाथरी अपशब्दसहित नम्बर लेख्दियो । अझ नपुगेर म्यासेन्जरमा आफ्नो लिङ्गको फोटो खिचेर हाल्दियो । फोन गरेर हैरान बनायो । दाइलाई ‘नो’ पचेन । इग्नोरले इगो मसाज गर्\u200dयो । यति धेरै हिम्मत कहाँबाट आउँछ ? इगोको सगरमाथा बनाउन कसले मद्दत गर्छ ? एसिड आक्रमणका पात्र र घटना फरक होलान् तर प्रवृत्ति एउटै हो । बदला भावको मात्रा फरक होला तर ढाँचा एउटै हो । नत्र सन् २०१० पछि भएका २६ वटा एसिड आक्रमणमा २५ वटा आक्रमणकारी पुरुष मात्र किन भए ? नत्र मुस्कान खातुनको मुस्कान खोस्ने हातहरू मात्र १५ वर्षका किन थिए ? हेटौँडाकी बिन्दबासिनीलाई व्यस्त बजारमा आफ्नै पसलमा बसिरहेको बेला एसिड छ्यापियो । अपराध थियो, केटाको प्रेमप्रस्ताव रिजेक्ट गर्नु । संगीता र सीमालाई राजधानीको वसन्तपुरमा ट्युसन सेन्टरभित्र पसेर एसिड आक्रमण गरियो । गल्ती थियो, केटालाइ इग्नोर गर्नु । चितवनकी वसन्ती परियारलाई तरकारी किन्न बजार जाँदा एसिड हानियो । भूल थियो, बिहेको प्रस्ताव अस्वीकार गर्नु । जेनी खड्कालाई घरमा बस्दा आफ्नै पतिले प्रहार गरे । अपराध थियो, लोग्नेको सबै कुरामा टाउको नहल्लाउनु । रौतहटकी सम्झना र सुस्मिता दासलाई छिमेककै मान्छेले घरमा सुतेको अवस्थामा एसिड फ्याँक्यो, जसमा सम्झनाको उपचारको क्रममा मृत्यु भयो । गल्ती थियो, भनेबमोजिमको प्रस्ताव अस्वीकार गर्नॅ । वीरगन्जकी १४ वर्षकी मुस्कान खातुन, जसलाई आफैँसँग पढ्नेले मान्छे देखेन । भूल थियो, उसको प्रेम प्रस्ताव अस्वीकार गर्नु । र, अहिले पवित्रा, जसले फेरि पनि कुनै छोरामान्छेको प्रेम प्रस्ताव लत्याएको अपराधमा सजाय भोग्नुपर्\u200dयो । हाम्रो समाजमा हत्या सामान्य हो तर प्रेम प्रस्ताव अस्वीकार गर्नु ठूलो अपराध । र, अस्वीकार गर्ने हरएक केटी अपराधी । आक्रमणमा परेका चेलीहरूले आक्रमणभन्दा चोटिलो, चारित्रिक विश्लेषकहरूको विशेषण स्वीकार गर्नॅपर्छ । मर्यादामा नबसेको अनुमानित कारण खोली आक्रमणलाई जायज हो भन्ने बहस पनि चल्ने गर्छन् । अपराध जायज हुने हाम्रो समाजमा केटी हुनुचैँ नाजायज मानिन्छ । हरेक अपराधको उद्देश्य हुन्छ । हत्यामा अपराधी महिला/पुरुष दुवै देखिएका छन् । के एसिड आक्रमणमा पनि अपराधी दुवै देखिएका छन् त ? सबै अपराधलाई एउटै ठाउँमा राखेर पीडक र पीडितको मेजोरिटी विश्लेषण गरिएन भने समस्या र समाधानसम्म के हामी पुग्न सक्छौँ ? यदि होइन भने, एसिड आक्रमण अनुहारमा मात्र किन भैरहेको छ ? अनुहार बिगार्नॅपछाडिको अपराधीको उद्देश्य के हो ? बदला भाव किन अनुहारमै पोखिएको छ ? एसिड आक्रमणमा पारिवारिक/सामाजिक पक्षको वास्तिविकता भयावह छ, जुन हामी सबैले बुझ्न, पहिचान गर्न र स्विकार्न जरुरी छ । र, प्रश्न गर्न जरुरी छ— एसिड आक्रमण, ‘मात्र अपराध’ कि ‘पैतृक पुरुषत्वको उपज’ ? *** म करिब १२ वर्षको थिएँ होला । मेरो सानो बैनी २ वर्षकी । किचेन र्\u200dयाकमा राखिएको कपको चियामा हात परेर छातीभरि चिया पोखियो । सानी चिच्याएर रोएको अझै सम्झन्छु । छाला केहीछिनमा रातो हुँदै गयो । केही घण्टापछि घाउमा पानीका फोकाहरू आउन थाले । फोका फुट्दै गए । छाला सेतो हुँदै गयो । प्रायः सानीले मलाई डर सुनाउँछे, त्यो चिया अनुहारमा पोखिएको भए ? घाउको घोचाइ एक ठाउँमा होला तर दुखाइ थुप्रै ठाउँमा हुन्छ । अनि म एसिडसँग जुधेका अनुहार सम्झन्छु । ऐनाअगाडि कपाल कोर्दा कुन आत्मविश्वासले ती ओठहरू गुनगुनाउँदा हुन् ! घाउको दाग भौतिक रूपमा सेतो हुन्छ, मनोवैज्ञानिक रूपमा कालो । एसिडसँगको लडाइँ जितेको अनुहारले समाज जित्न पनि ठूलो लडाइँ लड्नुपर्छ । बच्चाहरू डराउने डरले कोठा नदिने घरदेखि क्षमताको बाबजुद पनि अवसर नदिने प्ल्याटफर्महरू हाम्रै समाजमा सामाजिक छन् । मुखमा मास्क बोक्दा गाह्रो हुने हामीले, दागको मास्क बोकेर हिँड्ने उनीहरूको गाह्रो अन्दाज पनि गर्न सक्दैनौँ । म सधैँ सोच्ने गर्छॅ, बाटोमा जलेको अनुहार भएको एक जना भाइ देख्दा मेरो पैतालादेखि शिरसम्म काम छुटेको । मैले अरूको अनुहार स्विकार्न सकिनँ, उनीहरू आफ्नै अनुहार स्विकार्न, कुन मुटुबाट हिम्मत जुटाउँछन् होला ! पक्कै ती मुटुहरूमा आँटको महासागर हुनुपर्छ । *** मलाई अचम्म लाग्छ, बनाउने मान्छेले कुन नुन खाएर कानुन बनायो ! न्यायका लागि बनाइएको कानुनले आफैँलाई न्याय गर्न सकेको छैन । नेपालको कानुनमा एसिड छ्याप्नेलाई भएको क्षतिको आधारमा ५ देखि ८ वर्षसम्मको कैद सजाय लेखिएको छ, जहाँ एसिड बिक्री गर्नेलाई १० वर्ष कैद सजाय तोकिएको छ । एसिड बिक्री गरेर जेल सजाय काटेको अनुहार, मैले कुनै पत्रिकाको कटिङमा देखेको छैन । भएका घटनाहरू हेर्दा अपराधी टोलछिमेक र आफन्त नै देखिन्छन् । ८ वर्षको सजाय काटेपछि आफूलाई पीडा दिने अनुहार एउटै टोल/गल्ली कोठामा भेटिँदा, देखिँदा र सँगै जीवन बिताउनुपर्दा, सर्भाइभरले कुन मानसिक अवस्थामा सास लिने र छोड्ने गर्ला ! सजाय भोगेर आएको मान्छेले फेरि पीडा नदेला भन्ने के आधार छ ! फेरि पनि पीडा दिन सक्ने छुट हाम्रै कानुनले दिइरहेको छैन र ? एसिड आक्रमणबाट गुज्रिएका हरेक व्यक्तिको एउटै आवाज छ, ‘अपराधीलाई जन्मकैद’ । कानुन बलियो हुँदा अपराधको निवारण हुन नसके पनि न्यूनीकरण अवश्य हुन्छ । घटनापछि मानसिक र सामाजिक रूपमा स्वतन्त्र र विश्वस्त भएर बाँच्न पाउने सर्भाइभरको अधिकारको पनि रक्षा गर्छ । र, सजाय तोकिरहँदा क्षतिको मात्रा नाप्नु कत्ति पनि उचित होइन । किनकि कानुनको तराजु त्यति बलियो छैन, जसले एसिड सर्भाइभरको क्षतिको मात्रा जोख्न सकोस् । बुद्ध ! तिमी यता फर्किदेऊ: देशमा आक्रान्त छ अशान्ति फैलिदै छ हत्या, हिंसाको जोड घटाउ चलिरहेकै बेला धनी, गरिबको दूरी बढेको बेला तछाड मछाडको होड चलेको समय, ए ! बुद्ध तिमी किन घरी यता घरी उता फर्कन्छौ । विन्ती छ बुद्ध तिमी यता फर्किदेऊ । न्यायको तराजु पनि भाँचियो शक्तिको लागि चाकडी बढ्दै गर्दा गरिबको महल कता हरायो कता दिनदिनै दन्केको आगोको रापले तिम्रा आँखाहरू पनि रसाउन पो थालेकी त्यसैले बुद्ध तिमी चिम्लेर उताको उतै नफर्क बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ । महामारीले विश्वनै हल्लिदा कमिसनको खेलमा रुमलिँदा रुमलिँदै गरिबले झुपडीमा पनि निद्रा नपाउँदा महलभित्र कुर्सी तानातान हुन्छ बेरोजगार युवाले रोजगार खोज्दै आवाज उठाउँदा भिजिलान्तेको उपमाले पुजिन्छ । कोलाहललाई सुन्न नसकेर हो ? वा किन हो ? त्यसो नगरीकन बिन्ती छ बुद्ध, तिमी यता फर्किदेउ । शक्तिको भक्ति गाउनेहरू महलमाथि महल थपिरहेका छन् । झुपडीमा महलको सपना देख्नेहरू त्यही झुपडीमा पनि मज्जाले निदाउँन पाएका छैनन् मान्छे मान्छेबीचको किनमेल चलेको बेला शान्ति, न्याय, सुशासन विलीन हुने नै भयो अन्यायको विरुद्ध बोल्ने बेला भो त्यसैले बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ । न्याय, अन्याय छुट्याउन तिम्रा आँखाहरू बन्द रहँदा शान्तिको धुन सुन्ने कानहरू कोलाहलले दबिएर बैरो भएको बेला घरी घरी उता फर्किरहने तिम्रा निष्पक्ष मनहरु भो, अब अति भयो बुद्ध त्यसैले, बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ । #जीवन लामा यात्रा मार्गदर्शन: उम्रन्न टुसा कुनै पनि, नरोपी बीउ खाली जमिनमा पलाउन्न मूना त्यसै, नभिजाई सुख्खा जर्जर भूमिमा हुर्कन्न बिरुवा पनि कसै, मल नमिलाई कन मट्टिमा फस्टाउन्न माटो बिना, रोपे बिरुवा पनि यो धरतीमा । नमौलाइकन मुना त्यसै, लाग्दैन कोपिला टुसामा नलागि कोपिला पनि, फूल्दैन फूल सुन्दर बृक्षमा घुम्दैन भमरा वरिपरी त्यसै, नभए सुगन्ध फूलमा आउँदैन सुगन्ध पनि मीठो, राम्रो फूल बिना पातमा । फुल्नैपर्छ फूल पनि झनै, मीठो फल्न फल बोटमा फल्नै पर्छ फल मिठो यसै, झुल्न बोट जसै हाँगामा काचो माटो हुन शिशु पनि, आउन्न चेत जन्मदैमा दिनैपर्दछ मार्गदर्शन उनलाई, हिनाउन सही मार्गमा । पुग्दैन मानव पनि कुनै, बिना मिहेनत उच्च लक्ष्यमा बन्दैन बाटो पुग्ने कसै, लगनशील नभइ शिखरमा बन्लान सब्य तब मात्र, राम्रो संस्कार दिए उनमा काचो माटो हुन उनी, फरक हुन्न कत्ति आकारमा । माने उपदेश फूल्छ सपना, फूलनै फूलेझैँ तिमीमा फल्छ कल्पना फलझैँ, लगनशिलता भए बालकमा ज्ञानि हुन्छौ त तिमी, मजबूत बन्छ बाटो भविष्यमा गर्छौ मिहेनत दृढभइ, तेजले बन्नेछौ पिलर देशमा । #सञ्जु सुवेदी विमान मोह: आकाशमा तन र धरतीमा मन राखेर खाने जागिर मलाई औधी मन पथ्र्यो । हुन त आजकाल पनि मन पर्छ । तर म अब त्यो जागिर खाने ल्याकत राख्न सक्दिनँ । यो संसारमा रहर बोकेकाहरू र रहर पूरा नभएकाहरू सँगै बाँच्छन् । बाँच्नलाई रहर चाहिन्छ । यदि रहर पूरा भएन भने मान्छे कुन रहर बोकेर भोलिलाई बाँच्छ ? एक समय थियो । आकाशमा उडेको विमानको आवाज र दृश्य मेरा लागि सबैथोक थियो । “प्लेनभित्रको मान्छेले मलाई देख्छ कि देख्दैन ?”, मैले मेरा बालाई बाल्यकाल सोधेको धेरै प्रश्नमध्येको एक हो । आजकाल देख्दैन भन्ने बुझेँ । तर बाको जवाफमा “देख्छ, किन नदेख्नू ?” ले मलाई विमान उडुञ्जेल हात हल्लाइरहन प्रेरित गरेको थियो । मैले जीवनका धेरै समय आकाशमा उडेको विमानलाई हेर्दै हात हल्लाएको छु । मैले विमान देखे पनि विमानले मलाई देख्दैन । यो कुरा बुझेको लगभग पन्ध्र वर्ष भयो । तँलाई प्लेनले देख्छ भनिरहँदा मेरा बा झूटा हुन् । प्लेनले देख्दैन भन्यो भने निराश होला भनेर झूट बोल्ने मेरा बा महान् हुन् । हामी महानताको खोल ओडेर घरबाहिर निस्कन्छौँ । तर उदाहरण त घरभित्र हुन्छ । जुन हामीलाई थाहा हँुदैन । थाहा भएको दिन हामीसँग पश्चताप गर्ने समय रहन्न । मान्छे संसारको व्यस्त जीव हो । हामीलाई यो थाहा छ ? मेरो जीवनको धेरै समय राजधानीको आकाश हेरेर बितेको छ । मेरो आँखामा विमानको आकृति निजी सपना बनेर सजिएको छ । जब विमान उडाउन मेरो ल्याकत पुग्दैन भन्ने बुझेँ तब मैले विमानलाई बिम्ब बनाउन थालेको छु । आजकाल आकाशमा उड्ने विमान मेरो लागि फगत बिम्ब मात्र हो । मलाई संसार एकैपटक हेर्न मन थियो । टुक्रा टुक्रा गरेर होइन । अलिकति भक्तपुर, अलिकति काठमाडौँ वा अलिकति झापा गरेर होइन । मलाई संसारको अन्तिम बिन्दु हेर्ने रहर थियो । म पृथ्वी समथल छ सोच्थेँ । कुनै कुरा देखियो भने त्यसको अन्तिम बिन्दु हुन्छ । मैले बुझेको थिएँ । अग्लो ठाउँबाट सबै कुरा देखिन्छ, मलाई थाहा थियो । चन्द्रमा छ तर के हो मलाई थाहा थिएन । तर विमानबाट संसारको अन्तिम बिन्दु देखिन्छ भन्ने विश्वासले मेरा बाल्यकाल आकाशका विमान हेरेर बित्यो । विमानबाट के देखिन्छ ? मलाई थाहा थिएन । विमानबाट कहाँसम्म देखिन्छ ? मैले बुझेको थिइनँ । तर यति थाहा थियो अग्लो ठाउँबाट तल देखिन्छ । र मलाई पृथ्वीको अन्तिम बिन्दु हेर्ने रहर थियो । आजकाल सोच्छु, संसारकै अग्लो ठाउँ सगरमाथाबाट संसारकै होचो ठाउँ मारियाना ट्रेन्च पनि त देखिँदैन । लाग्छ, अग्ला ठाउँ सबैका लागि सपना पूरा हुने गन्तव्य होइन् रहेछ । रहरका पनि विकल्प बन्ने रहेछन् । र विकल्प भनेको घरमा बनाइएको अचारजस्तै हो । मलाई विमान उडाउने रहर थियो र छ । सायद अब रहरलाई मैले तिलाञ्जली दिनुपर्छ । तर मलाई विमानको गति मापन गर्न आउँछ । विमानको उपचार गर्न आउँछ । विमानमा चड्ने यात्रुको सत्कार गर्न आउँछ । विमानका आकस्मिक कक्षबारे थाहा छ । बाल्यकालमा आकाशको विमान पढ्ने र मैले विमानको जमिन पढेर रहर पूरा गरेँ । रहरका पनि विकल्प बन्ने रहेछन् । र विकल्प भनेको घरमा बनाइएको अचारजस्तै हो । जुन आफूलाई मन नपरेको तरकारी पाकेको दिन प्रयोग गरिन्छ । म स्वतन्त्रवादी हुँ । मलाई स्वतन्त्रता मनपर्छ । मैले बुझेको यही थियो कि आकाश भनेको स्वतन्त्र छ । मैले यही बुझेको थिएँ । जब कक्षामा विमानको बाटो हुन्छ, ऊ आफ्नै रुटमा हिँड्नुपर्छ भन्ने बुझेँ तब मलाई स्वतन्त्रताको नियम आकाशले पनि दिन सक्दैन भन्ने लाग्यो । आकाशमा उड्ने विमान वा चरा पनि स्वतन्त्रताको घेरामा बाँचेका होइनन् भन्ने लाग्यो । मेरो स्वतन्त्रताको नियम आजकाल मौन छ र कसैले बुझाइरहेको छ । मामाघर जाँदा भद्रपुर विमानस्थलको बाटो मामाघरको आकाशबाट हुने भएकाले घण्टा घण्टामा विमानको आवाज मेरो कानमा पर्दथ्यो । चैतको बिदामा मेरो बास प्रायः आधा घरमा र आधा मामाघरमा हुने भएकाले मेरो विमान मोह मामाघरको आकाशले उब्जाएको हो । मलाई चैतको चर्को घामले आकाशतिर हेर्न कसैगरे रोक्दैन थियो । नरिवलको छहारीमा बसेर आकाशमा उड्ने विमानलाई हेर्नु मेरो बेतलबी जागिर बन्दथ्यो । राजधानीमा नजिकैबाट मैले विमान देखे पनि गाउँमा साथीहरूले नजिकैबाट विमान देखेका थिएनन् । घर गएको बेला मैले उनीहरूलाई प्लेनको चाहिनेभन्दा बढी गफ दिएँ । उनीहरुले पत्याए । पत्याउनु उनीहरुको बाध्यता थियो । विमान उडाउन जति संवेदनशील हुन्छ उसको उपचार गर्नु पनि उति नै हुन्छ भन्ने नर्थन लाइटले नै मलाई बुझाएको हो । मैले भद्रपुरमा प्लेन हुन्छ भनिदिएँ । घरबाट अठार किलोमिटरको बाटो उनीहरु साइकल पेलेरै जाने सोच बनाए । उनीहरु गए तर म गइनँ किनकि भद्रपुरमा आउने प्लेनभन्दा ठूलो प्लेन मैले काठमाडौँमा देखेको थिएँ । उनीहरुसँग प्लेन हेर्न जाने हैसियत मिल्दैन जस्तो लाग्यो । तर अठार किलोमिटर साइकल पेलेर प्लेन हेर्न जाने साथी आजकाल मभन्दा धेरै प्लेन चडेको छ । उसले हैसियत खाजेको भए कथा अर्कै हुने थियो । तर समय न हो । कहाँ बच्चा, कहाँ पक्का । नर्थन लाइट एभिएसन एकेडेमीमा मैले विमानलाई अझ नजिकबाट बुझेको हुँ । विमान उडाउन जति संवेदनशील हुन्छ उसको उपचार गर्नु पनि उति नै हुन्छ भन्ने नर्थन लाइटले नै मलाई बुझाएको हो । राजधानीको आकाशमा नजिकैबाट आजकाल विमान उड्दा कुन मोडलको रहेछ भनेर हेर्न मन लाग्छ । पहिला विमान हेर्न मन लागेर आकाश हेर्थेँ । आजकाल विमान बुझेर आकाश हेर्छु । कुनै भीडमा कसैलाई एकोहोरो माथि हेरेको देख्नुभयो भने बुझ्नुहोला, त्यो म हुनेछु । हरि ॐ #गाउँतिर #निरज दाहाल गोपालका तीन मुक्तकहरू: १. एकदिन होइन देशमा लाग्छ सधैँ गाईजात्रा छ शान्ति , न्याय तर्सी भाग्छ सधै गाईजात्रा छ छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो औंला दिदा हातै माग्छ सधै गाईजात्रा छ ।। २. लकडाउनले कयौलाई माग्ने बनायो थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।। आत्महत्या समस्याको समाधान त हैन तनावले जीवनबाटै भाग्ने बनायो ।। ३. कोरोना यो खै कहिले पार लाग्नी होला ? निदाएको सरकार अब कहिले जाग्नी होला हिंसा, अनि प्रकृतिको दोहन गरि रमाउँदै बुझ पचाई अझै मान्छे कता भाग्नी होला ? #गोपाल खनाल रमेशको गजल: के भनूँ जिन्दगी बडो मुस्किल छ, मुटुमै गडेको अनौठो एक खिल छ । केवल मान्छे भेटिन्न यो सहरमा, सिनो कुर्दै बस्ने त्यही यौटा चिल छ । उज्यालो अँध्यारो दुबै दर्द दिन्छन्, अकालमै मरेको शिशुको दिल छ। पुरै बस्ती रित्तो भएको छ अहिले, विकासको कस्तो खाले मञ्जिल छ ? शान्ति मात्रै जप्छौ तिमी जता गए नि, तिमीसँग नयाँ के कुनै अपिल छ ? #रमेश मौलिक बाजाको पाठ्यसामग्री तयार: अशोक राई काठमाडौँ/नेपालमा परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी अहिलेसम्म कुनै आधिकारिक पाठ्यसामग्री तयार हुन सकेका थिएनन् । अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी यस्तो पाठ्य पुस्तक तयार पार्ने भएको हो । नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यससम्बन्धी सैद्धान्तिक, परिचायत्मक र व्यावहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको अभाव महसुस गरी यही वर्षभित्र सोसम्बन्धी पाठ्य पुस्तक तयार गरी प्रकाशन गर्ने योजना रहेको प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले बताए । प्राज्ञ राईले भने, “टुङ्ना, सारङ्गी, सहनाई, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरूसम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्य पुस्तकले पूरा गर्नेछ ।” सो पाठ्य पुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको प्राज्ञ राईले बताए । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्याउने उनको भनाइ छ । #प्राज्ञ अशोक राई क्वारेन्टिनबाट पहिरैपहिरोबीचको कष्टकर यात्राको स्मरण: लामो यात्रामा रमाउने, प्रकृतिको काखमा निदाउन खोज्ने लाखौँको भीडमा म पनि एक पात्र हुँ । पेशाले शिक्षक भएको हुनाले लक डाउन खुलेलगतै शिक्षा मन्त्रालयको विद्यालयका शिक्षकहरू अनिवार्य उपस्थित हुने निर्देशनबमोजिम जानुपर्ने भयो । म काठमाण्डौमा दिदीको घरमा अडकिएकी थिएँ । चैत्रको १० गते, केही दिनको लागि दिदीको सात वर्षे प्यारो छोरालाई भेट्छु र १० दिनपछि बुटवल फर्कन्छु भनेर गएकी थिएँ तर कोरोनाको माहामारीले लकडाउन बढ्दै गएपछि त्यहीँ बिताएँ करिब चार महिना । शिक्षा मन्त्रालयको आदेशअनुरूप हामीलाई जानैपर्ने भयो । लामो यात्रा, हिमाली जिल्ला मनाङको बाटो, त्यहीँमाथि बर्षात्को समय भएकाले मनमा करिब १५ दिनअघि देखि नै त्रास बढिरहेको थियो कसरी पुग्ने भनेर । हिउँदमा गाडी गुड्दा डरले मन काप्ने ठाउँ भए तापनि साँगुरो र भीरैभीरले भरिएको तर प्राकृतिक सुन्दरताले ढाकेको अनि झरनाका छटाले मन लोभ्याउने दृश्यले जहिले पनि म आनन्दित हुन्छु । तर बर्षात्को बेलामा धेरै ठाउँमा पहिरो गएको र माथिबाट डुङ्गा झर्ने हुँदा सबैको मन अत्तालिनु स्वभाविक थियो। एउटा मन आफ्नो कर्म ठाँउमा जान पाउँदा खुसी थियो भने अर्को मन बाटाको अवस्थाले आतिएको थियो । परिस्थिती सहज पकै थिएन, किनकि लामो रुटको गाडी चलेका थिएनन् र कोरोनाको भए यथावत् थियो । सँगसँगै पहिरोले गाडी हिँड्न पनि नसक्नेगरी बिग्रिएको सडकको खबरले कति घण्टा हिँड्नुपर्ने भन्ने कुरामा अन्योलता । अन्जान हुँदाहुँदै पनि जस्तो परिस्थिीति आइपरे पनि सामना गरौँला भनी अठोठका साथ जाने योजना बनायौँ । काठमाण्डुबाट तीन जना, चितवनबाट सात जना, पोखराबाट पाँच जना, लमजुङमा रहनुभएका अन्य साथीहरू, बुटवल , कपिलवस्तु , प्युठान र सप्तरीका साथीहरूसमेत लमजुङको बेसी सहरमा भेट्ने भयौँ । र दुःख सुख गरी जाने भनेर योजना बनाउँदाबनाउँदै निर्णयले १४ गते, बुधबारलार्इ रोज्यो । यशोदा गैरे योजनाअनुरूप १४ गते बिहान हामी ४:३० मा प्रेम सर, अन्जु म्याम र म बसुन्धराचोकबाट डुम्रेसम्म रिर्जब गरेको गाडीमा हिँड्यौँ । यात्रा कुन साथी कतिखेर कहाँ आइपुग्नु भयो भन्दै फोन गर्दै अगाडि बढ्यो। झिस्मिसे बिहानीको चिसो बताससँगै सुनसान सडकमा गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो भने मेरो मनमा अनेक ज्वारभाटा निस्कँदै थिए । हिँड्ने बेलामा पानी परिहेको थियो । लाग्यो, प्रकृतिले खतराको संकेत दिइरहेछ । आजको दिन नै हाम्रो लागि अन्तिम पो हो कि ? अब मेरो प्यारो छोरो आकु अर्थात् आकर्षणलाई ( दिदीको छोरा) देख्नै पो पाउँदिनँ कि ? चसक्क मन दुख्यो। प्रेमलार्इ परिभाषित गर्न असर्मथ भए पनि आफ्नो मुटुभन्दा माया छ उसको । स्वार्थबिहिन, छलकपटबिहिन र पवित्र मायाले भरिएको हृदयको अनुभूती छ ऊसँगको । ऊ जन्मेको दिन डाक्टरले बाबुलाई मेरो हातमा दिएको मीठो स्मृति मेरो मानसपटलमा अमिट बनेर बसेका छन् । संसारमा उसको जति माया कसैको लाग्दैन भनेर भन्न सक्छु । मन अमिलो भयो । पानी केहीबेर रोकिएपछि मन पनि केही हलुङगो भयो । “हे प्रभु ! जसरी हुन्छ हामीलार्इ सकुशल पुर्याईदिनु”, भनेर प्राथना गर्नुको बिकल्प थिएन हामीसँग । म अरू साथीहरूभन्दा बढी डराएकी थिए किनकि म अरूजस्तो गरी भीरपाखामा हिँड्न सक्दिनँ । जन्म, हुर्काइ इण्डिया, पछिल्लो समय बुटवल बिताएकी र पहिरोकै कारण मेरो अमुल्य मान्छे जन्मदातालाई गुमाएको हुनाले भीरपाखा देख्दामात्र पनि मेरा मुटु र खुट्टा काप्छन् । आँखा रसाउछन्। मैले कहिल्यै सोचेकी थिइनँ, यसरी घनघोर चट्टान र भीरपाखालाई प्रेम गर्दै यहाँसम्म आइपुग्छु भनेर । प्राकिृतिक छटाले भरिपूर्ण छ मनाङ । यही सुन्दरता र मनमोहक दृष्यले बर्षातका भेललाई बिर्साएर तानेर ल्यायो मलाई । भनिन्छ, सुन्दरताभित्र एउटा डरलाग्दो कथा लुकेको हुन्छ । बाटोमा खानाको लागि एक र्थमस चिया र अलिकति चना बोकिकी थिएँ, तर खानेभन्दा पनि पुग्ने हतारोले थियो। हामी करिब आठ बजे डुम्रे पुग्यौँ। हाम्रा अन्य साथीहरू पनि चितवन र पोखराको गाडीमा सगँसँगै आइरहनुभएको थियो । अब कसरी बेसीसहर पुग्ने भन्दाभन्दै प्रेम सरले आफू चीतवनको गाडीमा जाने र हामी दुई जना पोखराबाट आउँदै गर्नुभएका साथीको गाडीमा बेसिसहरसम्म पुग्ने कुरा जनाउनुभयो। बेसीसहर पुगेपछि पाँच मिनेटको पर्खाईपछि दुबै गाडी आइपुगे, र आआफ्ना गाडिमा चढ्यो । चार महिनापछि साथीहरूलाई भेट्दा खुसी लाग्नु स्वाभिक थियो भने सबैको अनुहार बाटोको चिन्ताले अँध्यारो बनाएको थियो । ठाउँ ठाउँमा चेकिङ थियो । कहाँबाट आउनुभएको, कति जना र कहाँ जाने ? प्रश्नहरू आइरहन्थे । हामीसगँ हाम्रो पालिकाले पठाएको पास थियो । त्यही देखाउँदै आफूलार्इ स्कुलको स्टाफ बताउँदै हामी अघि बढ्यौँ बेसीसहर पुगेपछि कहाँ कहाँ पहिरो गएको छ ? गाडी जान्छ कि जाँदैन ? कति हिँडनुपर्छ ? भन्ने बुझदै धेरै ठाउँमा अफ्ठ्यारो भएको र च्याम्चे र मयार्दी भीरमा नसकिने भन्ने उत्तर पाएपछि मैले मेरा सम्पुर्ण सामानहरू बेसीसहरमै छाड्ने भएँ । एक जोड कपडा र र्थमस मात्र बोकी सानो झोला कसेँ । हामी सबैले सेरा बजारको न्युकटेज होटेलमा खाना खाने भयौँ। गन्तव्यमा पुग्ने चिन्ता हुँदाहुँदै पनि भोक लागेकोले खाना खाएरमात्र गाडीको बन्दोबस्त गर्ने निर्णयका साथ कालो दाल, मुलाको अचार र काउलीको सब्जीसगँ खाना खायौँ । र गाडीको बन्दोबस्त गर्नतिर सरहरू फोन घुमाउन थाल्नुभयो । करिब आधा घण्टाको अन्तरालमा तीन वटा गाडी जान तयार भए । जहाँसम्म गाडी जान्छ त्यहीँसम्म जाने निधो गरी हिँड्यौँ हामी । गाडी हिँडिसकेपछि खहरेमा पहिरो पन्छाउदै छ भन्ने सुन्यौँ । त्यहाँ पुग्दा काम भइरहेको थियो । पन्ध्र मिनेटको पर्खाईपछि खहरेबाट निस्कियौँ । सामाजिक दूरी, कारोनाको डर केही थिएन मनमा । किनकि बाटोकै कारणाले ज्यान कतिखेर जाने हो भन्ने ठेगान थिएन । हाम्रो गाडीको अगाडि इन्द्रेणीका कलाकार कृष्ण कँडेलज्यूको टिम रहेछ। लमजुङको मस्र्याङदी गाउँपालिकामा पहिरोले तेर्इस घर बगाएको ठाउँमा सहयोगको लागि जाँदैगरेका रहेछन्। प्रत्यक्ष चिनजान नभए पनि सहयोग गर्न जाँदैगरेको देखेर मनबाट धन्यवाद दिएँ । ठाउँ ठाउँमा माथिबाट पहिरो खसिरहेकै थियो भने हाम्रो गाडी तलबाट गुडिरहेको थियो । सबैको मनमा त्रास थियो, अब के हुने हो ? पुनः करिब २५ मिनेटपछि अर्खलेमा र्भखर डोजरले पहिरो हटाएर फकिर्दै गर्दा चार वटा गाडी मात्र गएछन्, तर हामी पुग्नसाथ पुनः पहिरो खस्यो र गाडी रोकियो । हिँड्नुपर्ने भयो । सबैले गडीभाडा तिर्यौँ र हिँड्ने शुर कस्यौँ। प्रेम सर, टोलप्रसाद, त्रिलोचन र पार्वती म्यामको पछाडि थिएँ म । मसिना ढुङगा पानीको भेलसँगै आइरहेको थियो । मेरो झोला भने प्रेम सरले लिनुभएको थियो । ठ्याक्कै बीचमा पुग्दा माथिबाट ढुङ्गा खस्दै रहेछ, पारिबाट मान्छेहरूले देखेर चिच्याइरहेका थिए । हामीले केही बुझेनौँ । तर बीचमा पुग्दा ड्याङडुङको आवाज आयो । प्रेम सरले छिटो छिटो भन्दै इसारा गर्नुभयो। मेरा खुट्टा कामे र म चिप्लिए छेउमै घनराज सर हुनुदोरहेछ । समाउनु भयो । र हामी छिटो छिटो तर्यौँ। पछाडिका अरू साथीहरूलाई फर्क भन्ने इसाराले पारि नै रादख्यौँ । हामी तर्नसाथ दुइटा ठूला ढुङ्गा खसे । मन जिरिङ्ग भयो । एकछिन पछि संगीता , प्रकाश, अलका, श्याम, शुशीलालगायत बाँकी सर र म्यामहरू त्राससहित आइपुग्नुभयो । मर्न कति डर हुने, बाच्ने कति रहर ! जिवनको मूल्य र आफूलाई कति प्रेम गर्छौँ हामी भन्ने मृत्युको मुखमा पुग्दा मात्र थाहा हुँदो रहेछ । अब त्यहाँ बस्नु ठीक थिएन । अलिक माथिसम्म हिँडेपछि दुइटा गाडी देखिए। हामी पुन तीन वटा गाडीका मानिस दुइटामा जसोतसो गरेर चढ्यौँ। कति अनिश्चित छ जिन्दगी ! एक सेकेण्डले बाचेकोमा भगवानलाई धन्यवाद दियौँ । आखिर अदृश्य भए पनि भगवान् हुनुहुन्छ भन्नेमा विश्वास लाग्यो । प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । विपत्ति कतिखेर आइपर्छ थाहा हुँदैन । केही मिनेटअघि अतालिएको मन केहि शान्त भयो । मन अचम्मको हुँदो रहेछ ! छिनछिनमा परिर्वतन हुने । केहीक्षण मर्ने रहर, केहीक्षण बाँच्ने रहर । मर्ने रहर गरियो भने केही पलमै जिन्दगी सकिन्छ । दुःखपछि सुख पक्कै आउँछ भनेर मन दरिलो बनाउन सक्यौँ भने जिन्दगीले नयाँ सुरुवात गर्छ । झन् अर्को डरलाग्दो पहिरो थियो च्यामचेको । मुटु ढुक् ढुक् गर्न सुरु गरिसकेको थियो । गाडी जति अगाडि बढ्थ्यो त्यति मुटु कमजोर बन्दै गइरहेको थियो। गत वर्ष पनि म यही पहिरोको कारणले एक घण्टा जङ्गलको साँगुरो ,चिप्लो र अफ्ठयारो बाटो हिँड्नु परेकोले त्यो सम्झेर झनै आतिएकी थिएँ। हामी पुग्यौँ पहिरो नजिकै, हिलोमा खुट्टा गड्ने र माथिबाट पनि ढुङ्गा माटो खसिरहेकोले बाटो काट्न नसकिने भएपछि जङ्गलको साँघुरो र उकालो बाटो समायौँ । छेउछाउ केही समाउन सकिने बुटा पनि नभएको बाटो थियो त्यो । केही मित्रहररू अलिक सजिलो गरी जाँदै हुनुहुन्थ्यो भने म , शुशीला र तोयानाथ सरलाई भने हम्मेहम्मे परिरहेको थियो । ठाडो अकालोमा एकछिन त पाइला नै सार्न सकिनँ, तर जसरी भए पनि जानु त छँदै थियो। सबै लाइनबद्घ भई पहिरोलाई छिचोल्दै उकलिँदै गयौँ । म सगं एउटा लट्टी थियो । जसले धेरै सहज बनाएको थियो मेरो कष्टपुर्ण यात्रालाई भने झोला बोकिदिएर पावर्ती म्यामले पनि यात्रामा थप सहजता थपिदिनुभएको थियो । माथि आएपछि मेरो थरमसमा भएको तातो चिया खायौँ । केही शक्ति आएजस्तो भयो । झोलामा भएको खाजा र पानी त्यहीँ फालेर झोलालाई हलुङ्गो बनायौँ र फेरि बाटो समायौँ । बाटो राम्रो भएको अवस्थामा तलबाट जादाँ पन्ध्र मिनेट मात्र लाग्थ्यो भने अहिले करिब एक घण्टा तीस मिनेटको यात्रापछि मात्र थकाइ मार्न पायौँ । त्यहाँ एउटा मात्र गाडी थियो । सबै एउटै गाडीमा नअट्ने भएपछि हामीमध्येको एउटा ग्रुपले गाडी समायो । उहाँहररूलाई लमजुङ र मनाङको सिमाना म्यार्दी खोलासम्म छोडेर हामीलार्इ लिन फर्किने भयो । हाम्रै विद्यार्थीको घर नजिकै रहेछ । बिस्ना र सन्तोषको आमाले चिया र काक्रोले सत्कार गर्नुभयो । एकैछिनमा शरीर चङगा भयो । मेरो मोबाइल स्विच अफ थियो । शुशीला म्यामको मोबाइलबाट दिदीलाई सकुशल रहेको जानकारि दिएँ । र अनुरोध गरेँ, दाइ र बाआमालाई साँझसम्म केही नभन्न । मैले घरमा कसैलाई जाँदैछु भनेर जानकारी दिएकी थिएनँ । मलार्इ थाहा छ, उहाँहरू आतिनुहुन्छ । तारका तार फोन गर्नुहुन्छ । करिब तीस मिनेटमा गाडी फर्कियो । बाँकी दश जना म्यार्दीको पुलमा पुग्यौँ । जुन लमजुङ र मनाङको सिमाना पर्दछ । सोच्नु भयोहोला, यिनीहरू पुगेछन । होइन, कथा अझै बाँकी छ। अर्को डरलाग्दो पहिरो थियो, म्यार्दिको भीर । हे प्रभु ! यो पहिरो यसरी गएको छ कि माथि ठूला ठूला ढुङगा कति खेर खसुम् भनेर बसेका छन् । तल मसिना चिप्ला ढुङगा अनि म्यार्दि खोला जुन दूधपोखरी हुँदै आई लमजुङग र मनाङको सिमानामा तिलिचो तालदेखि बग्दै आएको मर्स्याङ्दी खोलामा मिसिएर ठूलो वेग सँगै बगिरहेका छन् । खोलामा पानीको वेग बढिरहेको छ । मेरो मुटुको चाल रोकिएला जस्तो भएको छ । अनुहार रातो भएको छ। त्यहाँ एउटा बाहेक अर्को खुट्टा राखने ठाउँ थिएन । साँगुरो बाटो माथि उक्लेर फेरि तल झर्नु पर्ने । दुर्भाग्यवश एकपलका लागि खुट्टा चिप्लिए सीधा मर्स्याङ्दी खोलामा बगेर कहाँ पुगिन्छ ? थाहा थिएन। वरिपरिका ठूला ठूला चट्टान र पहाडलाई एकचोटि हेरेँ, तिनै चट्टानले मुटु थिचेजस्तो भयो । एकछिन अलमलिए बाटो नदेखेर, तर त्यहाँ एक सेकेण्ड पनि उभिनुभनेको खतरा मोल्नु हो । लाग्यो, यिनै कठोर र शक्तिशालि चट्टान जस्तै मेरो मन र तन भइदिएको भए जिन्दगीका हरेक उतारचढावलाई सजिलै पार गर्न सक्थेँ। हिँड्नुको बिकल्प थिएन । झोला बोकी हातमा लट्टी लिएर निस्किएँ । अफ्ठयारो भए पनि दुई चार वटा दृश्यलाई मोबाइलको क्यामेरामा कैद गरिदिन प्रकाश ढकाल सरलाई अनुरोध गरेँ । थोरै माथि पुगेपछि अलिक गाह्रो भयो । स्थिरनाथ सरले मेरो झोला समाइदिनुभयो । म विस्तारै पहिरोलाई पछाडि पारेँ । जसोतसो सबै जनाले पार गर्यौँ । मन हल्का भयो । बाँचियो अर्थात् मर्न लेखेको रहेनछ। मर्ने दिन आउँदा यस्तो पहिरो आउँनै पर्दैन होला ! दिन नआइकन केही नहुँदो रहेछ। कसैले यो मरे हुन्थ्यो भने पनि जाँदैन प्राण दिन नआएसम्म । हो, मृत्यु निश्चित छ । तर मृत्युको समय भने अनिश्चित रहेछ । मनमा डर त्रास सबै हराइसकेको थियो । सबैको मन खुसी थियो । डरलाग्दा भीर र पहरा थिएनन् बाँकी दुई घण्टाको यात्रामा । तालको डाँडामाथि पनि पहिरो गएको रहेछ, तर त्यो सामान्य थियो । एक घण्टा जति पैदल हिँडी तालको डाँडामा पनि थकाइ मार्दै पार गर्यौँ । गन्तव्यमा पुग्न लागेकाले मनमा साहस र उत्साह बढिरहेको थियो । केहीबेरको पर्खाइपछि दुइटा बोलेरो गाडी देख्यौँ, तर सहजै जान तयार थिएन । अलि बढी भाडा दिन्छौँ भनेपछि जान तयार भएँ । करिब तीस मिनेट गुडेपछि हामी हाम्रो गन्तव्य अर्थात् माथिल्लो धारापानी पुग्दै थियौँ । मसँग भएको लट्टीले दुःखमा साथ दिएको थियो । दुःखमा साथ दिनेलाई सधैँ सम्मान गर्नु पर्छ, चाहे त्यो मानिस होस् या निर्जीव वस्तु । तीस मिनेट गाडीको गुडाइ र पाँच मिनेटको हिडाइ पछि हाम्रो घर अर्थात् स्कुलमा पुग्यौँ । जहाँ हामीहररूलाई बस्नको लागि सेल्फ क्वारेन्टिनको व्यवस्था थियो । स्कुलको गेटभित्र होस्टेलको भवनमा हामी चौध दिनका लागि बस्नुपर्ने भयो । साँझको सात बजिसकेको थियो गेटभित्र पुग्दा चीसो बतास र सिमसिमे पानी परिरहेको थियो । लाग्यो, हिँड्ने बेलामा पनि यसैगरी पानी परेको र पुग्दा पनि पानी परिरहेको, शुभयात्रा र स्वागतको संकेत दिएको रहेछ प्रकुतिले । स्कुलमा हुनुभएकी मनकुमारी दिदीले हामी सबैको बिस्तारा ल्याइदिनुभयो । गाउँपालिका र स्कुलले खानाको व्यवस्था गरिदिनुएको रहेछ । सबैलाई थकाइ लागेकोले खाना खाई आराम गर्न आफ्नो क्वारेन्टिनको न्यानो बिस्तारातिर लाग्यौँ । बर्षातको मौसममा यात्रा तय गर्नु पकै पनि कष्टकर थियो, तर मौसमको साथ र भगवान्को कृपाले हामीहरू सकुशल आइपुगेकोमा खुसी हुँदै क्वारेन्टिनको अनुभव बटुल्दै छौँ । #यशोदा गैरे साथीहरू, गफ कार्यान्वयन गर्ने हैन ?: सुरु पो कहाँबाट पो गरौँ ! साथीहरू हुन् भनेर जहाँबाट जसरी पनि सुरु गरेर भएन ! उनीहरूलाई पहिले जस्तो व्यवहार गर्न पनि त मिलेन ! पहिले पो कलेजको प्राङ्गणमा भेट्दा पछाडिबाट गएर पहिले ढाडमा धाप मारेर तर्साइन्थ्यो र पछि मात्रै हात मिलाउने, अंगालो मार्ने गरिन्थ्यो । तर समय बद्लियो । अब त ढोकामा पुगेर आदरसाथ, ‘के म भित्र आउन सक्छु ?’ भन्नुपर्छ, र भित्र पुग्नासाथ ‘नमस्ते !’ को सम्बोधन गर्नुपर्छ । साथी त हो नि भनेर औपचारिक ठाउँमा मजाक गर्न कहाँ मिल्छ ! साथी त हो भनेर तँ, तिमीजस्ता सम्बोधन गर्न त झन् मिल्दै मिल्दैन । त्यसैले मेरा सम्पूर्ण साथीहरूमा हार्दिक नमस्कार । आज छुटेको यत्तिका वर्षपछि तपाईँहरूलाई सम्झिदैछु । जहाँ हुनुहुन्छ स्वस्थ, व्यस्त र मस्त रहनुहोला । आउनुहोस्, केहीबेर कलेजका ती दिनतिर फर्किऊँ ! त्रिभुवन विश्वविद्यालय, मानवीकी संकायको अंग्रेजी विभागमा पढ्दाका ती दिन सम्झिऔँ । कति रमाईला थिए ती क्षणहरू । एमए पढ्ने हुँदा पनि हामीहरूलाई किताब खोल्न सर नै कक्षामा छिर्नु पर्थ्यो । सर नआउन्जेल क्याम्पसको आँगनमा हामी सबै सेक्सनका साथीहरू भेला भएर निष्फिक्री बात मार्थ्यौँ । देश, जनता, फिल्म, जागिर, राजनीतिलगायत सबै क्षेत्रहरू हाम्रा गफले छुन्थे । हामीहरू यी सबै क्षेत्रको आलोचना गरेर यो भएन र त्यो भएन भन्थ्यौँ । कति समय त हामी आफूले पढेकै विभागको अस्तव्यस्ततामाथि नै बात मारिरहेका हुन्थ्यौँ । “यो देशको राजनीति खत्तम छ । नेताहरू आफ्नो पेट भर्ने काममा मात्र तल्लीन छन् । पहिला आफू, आफ्नो परिवार, इस्टमित्र, नातागोता आदिको पेट भर्दाभर्दै समय सकिन्छ, हामीले राम्रो व्यवस्था कहाँबाट पाउनु ?”, यसो भनेर गफ गर्दागर्दै एउटा साथी कड्केर बोल्थ्यो, ” पख् ! म त्यो ठाउँमा पुगेपछि सबैभन्दा पहिला देश र जनताको हितमा काम गरेर देखाउछु !” उसले यो भन्दै गर्दा हामी उसलाई उडाउथ्यौँ । प्रज्वल अधिकारी “यो देशको कर्मचारीतन्त्र नै ठिक छैन । हदभन्दा हद भ्रष्टचारीको अखडा बन्दै गइरहेको छ ।”, अर्को साथी बोल्थ्यो, “म लोकसेवा आयोग लड्दै छु, त्यो क्षेत्रमा पुगेर उदाहरणीय बनेर देखाइदिन्छु ।” यसरी गरिने गफमा हामी हरेक क्षेत्रको गफ गर्थ्यौँ र हरेक क्षेत्र राम्रो बनाउने कसम खान्थ्यौँ । यो देश सफा भएन, राजनीति फोहोरी भयो, शिक्षक ट्यालेन्ट भएनन्, हरेक क्षेत्रमा भ्रष्टचार भयो, जनतामा चेतना पलाएन, मानवीयता घट्दै गयो, विदेशिनेको सङ्ख्या व्यापक भयो आदि इत्यादि विषयमा गफ हुन्थ्यो हाम्रो र हामी सबैले यो सबै बेथितिबाट देशलाई मुक्त बनाउने कसम खान्थ्यौँ । त्यतिबेला, हामी सबैको आँखामा एउटै सपना थियो, देशको मुहार हँसाउने । हाम्रो ब्याचमा एक हजार जनाभन्दा ज्यादा थियौँ। र, हामी सबैको इच्छाहरू फरक-फरक थिए । यसरी हेर्दा सायद हामीहरू हरेक क्षेत्रमा उदाहरणीय बन्न सक्थ्यौँ । दिनहरू बित्दै गए । धेरै गफ र थोरै पढाइ गर्दागर्दै एमएको पढाइ सकियो र हामीहरू तितरबितर भयौँ । थेसिस लेख्दासम्म अलिअलि भेट भयो त्यसपछि भेट शून्यप्रायः भयो । आज तपाईँ साथीहरू कतिपय विदेशिनु भएको छ, कति साथीहरू गाउँ फर्केर कृषि गरिरहनुभएको छ, कति साथीहरू लोकसेवामा नाम निकाल्न सफल हुनुभएको छ, कतिले शिक्षक सेवा आयोगमा नाम निकाल्नुभएको छ, कति खेलाडी, कति हिरो/ हिरोइन, कति कलाकार, अझ भनौँ सम्पूर्ण क्षेत्रमा प्रभुत्व जमाइसक्नुभएको छ । तर अहिलेसम्म हाम्रो उबेलाको गफलार्इ कार्यन्वयन गर्दै कोही पनि कुनै पनि क्षेत्रमा उदाहरणीय सायदै बन्न सक्नुभएको छ । कहिलेकाहीँ प्रशासनिक कामले आउँदा बाहिरै सुन्न नपरोस्, “त्यो हाकिम जे कामको लागि पनि एक रुपैया नै किन नहोस्, घुसबिना काम गर्दैन ।” मेरा प्रिय साथीहरू ! अब एकपटक हामीले एमए पढ्दैगर्दा गरेको गफ सम्झिने बेला आएको छ । हामीले कति मज्जाले भनेका थियौँ, “म त्यो ठाउँमा पुगेपछि उदाहरणीय बनेर देखाइदिन्छु ।” आज तपाईँहरू वडा सचिव, अधिकृत, मालपोतको हाकिम, योजनाकार, शिक्षक, प्रहरी, नेता, उद्दमीलगायत के के हो के के बनिसक्नुभएको छ । यो सुन्दा/देख्दा अत्यन्तै खुसी लाग्छ । हर्षले मन भरिन्छ र लाग्छ, अब देश बन्ने भयो । मेरा साथीहरू, जो हामीले देश बनाउनु पर्छ भन्थे, आज उनीहरू त्यो स्थानमा छन् । अब केही मनको कुरा गर्छु । मेरो बिहे भएर बच्चा पनि भइसक्यो । तपाईँहरूमध्ये पनि कतिको भइसके होलान्, कतिको बिहेसम्म पनि भएको छैन होला । कतिका नानीबाबु त स्कुल जाने पनि त भैसक्यो होलान् ! यसरी हेर्दा, हामीहरू हरेक स्थानमा जिम्मेवार बन्ने बेला आइसकेको छ । मेरो बाबुलाई स्कुल खोज्दै जाँदा म तपाईँको स्कुलमा पुग्न सक्छु, योबेला मलाई नठग्नुहोला र मैले कसैबाट सुन्न नपरोस्, “त्यो स्कुलले ठग्छ ।” मेरो सन्तानलाई कपडा किन्न म तपाईँको पसल आउन सक्छु र मैले दिएको पैसाबाट कर तिर्नुहोला । कहिलेकाहीँ प्रशासनिक कामले आउँदा बाहिरै सुन्न नपरोस्, “त्यो हाकिम जे कामको लागि पनि एक रुपैया नै किन नहोस्, घुसबिना काम गर्दैन ।”, र सुन्नु नपरोस्, “प्रहरीको ठूलो मान्छे भनेर क्यार्नु ? हाम्रा छोरीचेलीलाई कत्ति सुरक्षा छैन !” मलाई कहिल्लै पनि यो नलागोस् कि मेरो साथी सचिव छ । र यही बेला मैले अलिअलि कमाइहाल्नु पर्छ । हामी साथी भए पनि मलाई तपाईँसँग डर लागोस् । तपाईँलाई देख्दा म अझ बढी अनुशासित बनूँ । तपाईँको स्कुलले मेरो छोराको ज्ञान नै नहेरी उच्च अंक नदियोस् । र मेरो छोराले यो नभनोस् कि, “बाबा त्यो सरले राम्रो पढाउनुहुन्न ।” लोकसेवा आयोग पास गरेर जागिरे भएका ए मेरा साथीहरू ! मलाई तपाईँको नाम लिँदा गर्व महसुस भएर आओस् । सांसद बन्नुभएका मेरा साथीहरू, तपाईँको सादगी देखेर मेरो शिर ननिहुरियोस् । प्रधानाध्यापक हुनुभएका मेरो साथीहरू, म खुल्ला रूपले हिम्मत र विश्वासका साथ कसैलाई निशङ्कोच भन्न सकूँ, “त्यो स्कुलमा आफ्ना नानीबाबु भर्ना गर्नुहोस् ।” लाग्छ, मलाई मेरा साथीहरू आफ्नो नैतिक कर्मले सम्मानित होऊन्, साँच्चै हामीले गफमा बनाउन चाहेको जस्तै देश बनोस्, र मैले सगर्व भन्न पाऊँ, “यी हरेक निकायका उच्च पदमा आशिन मेरा साथीहरू हुन् ।” तर त्यो दिन आयो भने के होला, कि टिभीमा तपाईँहरूले जुत्ताको माला लगाएर टोल घुम्दै गरेको दृश्य, तपाईँले देश बेचेको समाचार, सुरक्षाको नाममा बलात्कारीलाई प्रश्रय दिएको खबर, घुस खाएको आरोपमा जेल परेको खबर, र कतै बाहिर निस्कदा तपाईँको नाम लिएर छि: छि: भन्दै गरेको गफ ! हाम्रा गफहरू कार्यान्वयनमा आऊन् र हाम्रै पालामा देशको मुहारमा खुसी छाओस् । त्यो दिन कहिल्लै नआओस् कि हाम्रा सन्तानले हाम्रो कुकर्म टिभीमा हेरेर हामीतिर फर्केर भनुन्, “पख्नुस् बाबा/ममी ! म ठूलो बनेर यो देश बनाउछु ।” र सन्तानको त्यो कसम हामीलाई गफ नलागोस् । बरु हामीले चिनाउन सकूँ हाम्रा सन्तानलाई, “उ त्यो टिभीमा देखिएको अनुहार मेरो साथी को हो !” र हाम्रा सन्तानहरू हामीबाट प्रेरित होऊन् । लौ त साथीहरू, यो लेख लेखेर मैले तपाईँहरू सबैलाई हामीले गरेका गफ सम्झेको छु । हाम्रा गफहरू कार्यान्वयनमा आऊन् र हाम्रै पालामा देशको मुहारमा खुसी छाओस् । अँ साँच्ची, म चाहिँ हामीले कहिल्लै गफ नगरेको र कोही हुन नचाएको कवि हुन खोजिरहेछु । यसमा मैले देश र जनताको लागि के गरिदियोस् जस्तो लागेको छ, यो लेख पढेपछि भनिदिनु ल । #प्रज्वल अधिकारी धुँवा धुलो त के कुरा: डा. वीरेन्द्र केसी धुवाँ धुलो त के कुरा, गोली बारुद चले पनि । मलाई मेरै नेपाल प्यारो, रोग र भोकले ढले पनि ।। नसामा नदी कोशी र काली, जन्मेको माटो मुटुमा सधैँ । सधैँ धरहरा शिरमा मेरो, दरबार त्यो नौ तले पनि ।। खुसी खोज्ने लहरमा पर, ओसियान युरोप पुगे पनि । मन भन्छ बेस जन्मेकै देश, निधारमा भाविले छले पनि ।। कसरी भुलुँ डाँफे र मुनाल, अपि, सैपाल र सगरमाथा । सुगन्ध आहा श्रीखण्ड कपुर, मरेर चितामा जले पनि ।। दाङ, हालः न्युजिल्यान्ड #डा. वीरेन्द्र केसी तक्दिरको भकुण्डो: अभावले हानेको ऋणको भकुन्डो आज हवाई मैदानमा तैनाथ खाडीमा गोल हुँदैछ सुन्दर सपनाहरूले लपेटिएको गह्रुँगो ऋणको भारीको सकस बोकेर खाडीको घाममा चर्किएको छ, त्यो पर्देश थोपाथोपा रिमिट्यान्स तुप्लुक तुप्लुक खसेका छन् चिउँडाबाट समृध्दिको बिकुलभरि देश गुन्जेको छ चिल्ला गाडी र सुकिला कोटहरूमा शृङ्गारिएका छन् नेताहरू अख्तियारको कालो चस्मा अगाडि धमिलिएका छन् टेबल मुनिका कट्कटेहरु सयौँ वर्षसम्म शुध्द पानीको मेलम्चीमा महामारीको तिर्खा बोकेर, बिना टिकट परलोक उडेका छन् भोटहरू रिमिट्यान्सको टालो भिजाएर भिजाउँदै छ आफ्नो सिमेन्टको जङ्गल, यो सरकार स्विटजरल्यान्ड र न्यूयोर्कको तस्बिर टाँसिएको भित्तामुनि बसेको स्व-रोजगारको बैठक आज पनि बिना निष्कर्ष टुङ्गिएको छ तर, यता हवाई जहाजको फिरफिरेमा झुन्डिएर फेरि उडेको छ, देशको विकास अनसन बसेका छन् खेतका पाटाहरू मलखादमा थिचिएका छन् उर्वर बिऊबिजनहरू चुहिएर मकिएको सुनसान कटेरोमा हारेको युद्ध सुनाउँदैछ हलो आफ्ना मित्र जुवा, फाली र नाइरोलाई मञ्चबाट छादिएको समृध्दिले बस्ती बस्ती दुर्गन्ध फैलाएको छ नेताहरु संविधानमा गणतन्त्र खोकिरहेका छन् एउटी आमा बाकसमा सपना थुनेर उत्रेको छोरो खोज्न लाइन बसेकी छन्, हवाई मैदानमा यता फेरि अर्की आमा आफ्नो छोरालाई आकाशमा उडेको जहाजमा उस्को भविष्य देखाउँदै छन् । बस्टन, अमेरिका #महेश्वर पन्त धर्म: निरञ्जन भट्टराई सबेरै, धर्म गर्ने निहुँमा एक जोर हात सल्बलाउँछन् मेरो फूलबारीमा निमोठ्छन् ती निर्दयी हातले मेरा सुन्दर, सुगन्धित सयपत्री फक्रक्क फुलेका गुलाब झुकेर नमस्कार टक्र्याइरहेका लालुपाते उसलाई मेरा फूलमा, फूलको सुन्दरता, सुगन्धमा कुनै चासो छैन मात्र मतलब छ त धर्मको कुँदिएको ढुङ्गामा मेरा ती अबोध फूल चढाई ऊ शङ्खनाद गर्छ र माग्छ अनेकन वरदानहरु मेरा फक्रँदै गरेका कलिला फूलको शव अर्पेर दीर्घायु, सफलता र शौर्य माग्दछ भक्तिभावले प्रशन्न भएर उसका मनोकामना सुन्न त भगवान् होलान् तर मेरा ती अबोध फूलको चित्कार सुनिदिने कोही छ? उसका इच्छा पूरा गर्न त भगवान होलान् निमोठिएका फूलका बिरुवा हेर्दै चिच्याउँदै दिएका मेरा सराप पूरा गरिदिने कोही छ? खोज्दै छु म यस्ता भगवान जसलाई मेरा फूलको जीवनसँग, सुन्दरता र सुगन्धसँग प्रेम होस् । #निरञ्जन भट्टराई डिरामका दृष्यचित्रहरू: वरिष्ठ कलाकार डिराम पाल्पालीलाई नेपाली ललितकला क्षेत्रमा नचिन्ने शायद कमै होलान्। ५१ वर्षअघि पाल्पामा जन्मिनुभएका डिरामको कलाकारिताको चर्चा जति गरे पनि कम नै हुन्छ । विभिन्न मिडियाहरूमा छाइरहने डिराम ललितकला क्षेत्रका सशक्त हस्ताक्षर भएको हुनाले उनका बारे चर्चा गरिरहन उति आवश्यक पनि देखिँदैन। लामो समयदेखि चित्रकारितामा अहोरात्र खटिइरहेका पाल्पाली धेरै कलाकारहरूका आदर्श गुरू र पथ प्रदर्शक पनि हुन् । कला क्षेत्रमा धेरै खटिनुहुने र थोरै बोल्ने स्वभावका उहाँलाई सम्मान गरी “डिराम दाइ”का रूपमा सम्बोधन गर्ने कलाकारहरू धेरै छन् । मुहार र दृष्यचित्र उतार्न माहिर पाल्पालीको कलामा एक किसिमको बेग्लै रङ संयोजन र मिठासपन पाइने हुनाले उहाँका कलाकृतिहरू पृथक् र उत्कृष्ट देखिन्छन् । कला यात्राका क्रममा हालसम्म थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका पुरस्कार र अवार्डहरूबाट सम्मानित भइसकेका पाल्पालीले नेपाली कलालाई व्यावसायिक र वृहत् आकार दिलाउनसमेत महत्त्वपूर्ण योगदान दिएका छन् । जल रङ, एक्रेलिक र तैलरङ यी तीनै माध्यममा पोख्त कलाकार डिराम पाल्पाली हाल अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरका उपाध्यक्ष पनि छन् । यिनै अब्बल र अग्रज कलाकार डिराम पाल्पालीका उम्दा सिर्जना यस पटक अवलोकन गरौँ न त ! #डिराम पाल्पाली वी.पी. साहित्य सम्मान नेपाल र सेनानी सम्मान दाहाललाई: साहित्यपोस्ट जननायक वी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष वी.पी. जयन्तीका अवसरमा दिँदै आएको वी.पी. साहित्य सम्मान प्रदान गर्ने भएको छ । एक लाख एक हजारको यस वर्षको वी.पी. साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई र एकाउन्न हजार पुरस्कार राशीको वी.पी. सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्\u200dयाउने होमनाथ दाहाललाई दिनेभएको हो। ट्रष्टका कोषाध्यक्ष श्री पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरू डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ट्रष्टका निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । यी पुरस्कारहरू आगामी भदौ २४ गते वी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ । जिज्ञासा बढाउने, सिर्जनशीलता हुर्काउने आवरण: नेपालमा बालबालिकाका लागि लक्षित पुस्तकको प्रकाशन दिनानुदिन बढिरहेको छ । आवश्यकताअनुसारका पुस्तक खोज्ने हो भने भेट्न सकिन्छ । तर विभिन्न कारणाले स्तरीय पुस्तकहरूको प्रकाशन भने हुन सकेको छैन । नेपाली बालबालिकालाई त्यस्ता पुस्तकको आवश्यकता छ, जसले उनीहरूलाई थप पुस्तक पढ्न हौसला प्रदान गरोस् । उनीहरूको कल्पनाशीलता बढाउन भूमिका खेलोस् । मनमा लागेका जिज्ञासा उनीहरूले निर्धक्क सोध्न सकून् । पुस्तक भनेको आफैँसँग वा अरूसँग अन्तरक्रिया गर्ने गराउने गतिलो माध्यम पनि हो । यो एउटा इमान्दार साथी पनि हो, जसले कहिल्यै धोका दिँदैन । सचित्र किताबकाे उद्देश्य भन्नु नै बालबालिकामा भएको सिर्जनाशीलतालाई अझ बढी प्रस्फुटित गर्न सहयोग गर्नु हो । बालबालिकाका रचिमा रहेका विषय छनोट, उत्कृष्ट चित्रकारिता तथा आकर्षक साजसज्जालाई हामीले प्राथमिकतामा राखेका छौँ । पुस्तकमा प्रयुक्त विषय, भाषा, शैली तथा चित्रमा नवीन स्वरूप स्थापित गरी बालबालिकाका लागि उत्कृष्ट सिर्जना उत्पादन गरी नेपाली बालसाहित्यलाई विस्तार गर्ने ध्येय सचित्र किताबका सञ्चालक दीपक गौतम बताउँछन् । #पुस्तकका आवरण नाटक यात्राः मर्नु छ एक दिन, सधैं बाँचिरहने को छ ?: ‘जल्नेको मन जलिरहन्छ ६७१ चलिरहन्छ ।’ नाटक यात्रामा मोरङको उर्लाबारी कट्ने बित्तिकै ६७१ नम्बरको एउटा सार्वजानिक गाडीको पछाडि टल्कियो माथिको कोटेशन । लामो यात्रामा सवारी साधनमा लेखिएका यस्ता यात्रा साहित्यका कोटेशनहरू मात्र पछ्याउन सके पनि जीवनका केही पाटाहरूका गहिराइलाई सहजै बुझ्न सकिँदो हो । यो कोटेशनसँंगै म विश्वकवि रविन्द्रनाथ टैगोरलाई सम्झन्छु । टैगोर भन्छन्, ‘समाजमा स–साना कुराहरू कति छन् कति । तर मानिसहरू ठुल–ठूला सपनाहरूकै पछाडि दौडिरहेछ । र, निरासाको भूमरीबीचमा जकडिन्छ ।’ नाटक यात्रामा जहाँ–जहाँ पुगियो, सडक र बजारका चोकहरूमा, भित्री गल्लीहरूमा फोहरका डङ्गुरहरू थुप्रिएका छन् । सहरबजारहरू अस्तव्यस्त छन् । ट्राफिक नियमको कमैलाई चासो छ । ठूलो सपना देख्नेहरूका निम्ति यी सब बिकृतिप्रति चासो नै छैन । सायद यी ठूलो सपनाभित्र पर्दैनन् । राजनीति गर्नु र देश हाक्नु या ठुल–ठूला प्रोजेक्ट चलाउनु नै तिनका लागि ठूलो सपना होला । फोहर उठाउनु सायद तुच्छ सपना होला, त्यसैले त हाम्रो यात्राको ३३ औं जिल्ला झापा टेक्दै गर्दा पनि थोरै ठाउँ बाहेक फोहररहित बजार, चोक, गल्ली प्रायः देख्न, टेक्न पाइएको छैन । बेलुका ८ बजे काँकडभिट्टा बसपार्क टेक्दै गर्दा छरपष्ट छरिएको फोहरले नै हाम्रो स्वागत गरेझैं लाग्छ । जल्नेको मन जलिरहन्छ, फोहरबाजी चलिरहन्छ । सायद उक्त गाडीको कोटेशनभित्र कतै व्यग्ंय पनि बोलिरहेको हो कि ? यस्तै मानसिक वैचारिक द्वन्द्वहरूबीच हामी बसबाट ओर्लिन्छौँ । हाम्रो स्वागतार्थ आइपुगेका छन् । परिवर्तन थिएटरकी संयोजक कविता नेपाल र कान्तिपुरका स्थानीय पत्रकार पर्वत पोर्तेल । भोलिपल्ट साढे ११ बजे काँकडभिट्टा माविमा मञ्चन हुन लागेको हाम्रो नाटकको प्रोमो स्थानीय एफएममा घन्किन थालेका थिए । बिहानीको उभ्रिएको समयलाई सदुपयोग गर्न हामी लाग्छाैँ मेची पारीको नक्सलवादी आन्दोलनको बीज खसेको स्थान तर्फ । टैगोरकै जन्मभूमि पश्चिम बंगालमा पाइला राख्दै गर्दा पुनः फोहरहरूकै डंगुरले हाम्रो स्वागत गरिरहेकै छन् । टैगोरले भनेका स–साना कुराहरूले सायद उनकै माटोमा पनि स्थान पाएका छैनन् । सबैलाई ठूलै कुरा भेट्नु छ । फोहर हटाउनु सायद विकास योजनामा पर्दैनन् । मेची पारी हाम्रै सामुमा एशियन राजमार्गका ठुल–ठूला पिल्लरहरू, फराकिला सडक र पुलहरू बनिरहेकै छन् । तिनै विकासका खम्बाहरूमा काँध जोड्न फोहरका डंगुरहरू एकपछि अर्को चाङमाथि चाङ खाप्टिएकै छन् । मोहनप्रकाश नक्सलमा सडकमै टाँसिएका रहेछन् विश्व कम्युनिष्ट नेताहरूका सालिकहरू । तिनै शालिकहरूमा काँधमा काँध मिलाइरहेका थिए नक्सलवादी आन्दोलनका अगुवा चारु मजुम्दार । यहाँ आइपुग्दा पुनः मैले माओवादी जनयुद्धको बीज खसेको थबाङलाई सम्झिएँ । रोल्पा तत्कालीन समयमा माओवादी जनयुद्धको केन्द्र मानिन्थ्यो । आज एकान्तमा टोलाइरहेको थबाङजस्तै सडकतर्फ हेरेर टोलाइरहेकै थिए नक्सालमा चारु मजुम्दार । एउटा स्मरणीय र ताज्जुब लाग्दो कुरा माइक्रो यात्रामा चालकले सुनाए, ‘सर्वजननिक स्थानमे सिगरेट पिना मना हे, नक्सालमे मत सिगरेट पिना ।’ तर नक्साल पुग्नेबित्तिकै तिनै चालकले झरेर सिगरेट सल्काए । पुनः मैले टैगोरको भूमिमा टैगोरलाई सम्झिएँ, ‘उपदेश दिन सजिलोे हुन्छ, उपाय बताउन कठिन ।’ नक्सलका भित्री गल्लीहरू चहार्दै गर्दा भेटिए बिर्खे टोपी र दौरासुरुवालमा सजिएका भानुभक्त । एउटा नेपाली भाषीलाई यो गौरवको विषय नै थियो । साथीहरूले आदीकविको शालिकसँग फोटो खिचे । केहीबेर हामीले भित्री गल्लीहरू चाहार्यौँ। नकसलबाट फर्किएर सिधै हामी होटलतर्फ हानियौँ । र, नाट्य सामग्री सहित हाम्रो बस छिर्यो काँकडभिट्टा माविको विशाल चउरभित्र । यहाँ हाम्रो यात्राको अन्तिम अर्थात ३५ औँ नाटक मञ्चन हुँदै थियो । विद्यालयमा परिक्षा चल्दै रहेछ । विद्यालय प्राङ्गण सुनसान थियो । तर हाम्रो मञ्च तयार भइसक्दा परिक्षा सिध्याएर फाट्टफुट्ट विधार्थीहरू निस्कन थाले । सायद परिवर्तन थिएटरका साथीहरूले यही कुरा मध्यनजर राखेर समय निक्र्योल गरेका रहेछन् । नाटकले गति लिनै लाग्दा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय अगुवा सहित करिब ४ सय दर्शकको भीड उपस्थित भैसकेको थियो । नाटक यात्राकै क्रममा दैलेखको तल्लो डुङगेश्वरमा पुग्दा कक्षा ४ मा पढ्दै गरेका ११ वर्षीय बालक नविन वादीले हामीलाई एउटा गीत सुनाएका थिए । मर्नुछ एकदिन सधैँ बाँचिरहने को छ कोही गरिब हन् सक्छन्, कोही धनी हुन् सक्छन् गरिब हुँ भन्दैमा कोही रुनु पर्दैन धनी हुँ भन्दैमा हाँस्नु पर्दैन । सुर्खेतबाट प्रारम्भ भएको हाम्रो नाट्य प्रस्तुति दैलेख, जाजरकोट, बर्दिया, कञ्चनपुर, रोल्पा, मोरङ, सुनसरी हुँदै झापा आइपुगेको थियो । नौ वटा जिल्लामा प्रस्तुती जुर्यो भने २८ दिनको यात्रामा ३३ वटा जिल्लाहरू टेकिएछ । थोरै तीता तर असंख्य सुन्दर अनुभुतिका चाङहरू खप्टिएर बसिरहेकै छन् मस्तिष्कभित्र । ती सबै अनुभूति र भावहरूलाई कागजका खेस्राहरूमा कहाँ टक्टक्याउन सकिंदो रहेछ र ? अनुभूतिका ५/१० प्रतिशत शब्दहरू यी आलेखहरूमा झर्नसके पनि सायद म आफूलाई धन्य नै मान्नेछु । मनभित्रको सागर यति गहिरो रहेछ, कतिपय भोगाइहरू मनभित्रकै तलाउमा बिलाउँदा रहेछन् । र, कतिपय भाव शब्दमा पोख्नै सकिंदो रहेनछ । जाजरकोटको एैरेलीमा ११ वर्षमा विवाह भएर १८ वर्षमा पुनः दोस्रो बिहा गर्नपुगेकी कस्तुरा थापाका जीवन भोगाइका अनुभूतिहरू कसरी शब्दमा कोर्न सक्नु ? नवीन वादीका माथि उल्लेखित गीतका भाका कसरी शब्दमा सुनाउन सक्नु ? जाजरकोटको मोर्क बजारका दृश्यहरू कसरी यहाँ अटाउन सक्नु । दैलेखको सदरमुकाम खंलगा बजारका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका जोशहरू कसरी पानामा पोख्न सक्नु । कञ्चनपुरको सालघारीमा हात खुट्टा कमाउँदै बोलेकी निर्मला भट्टका आवाजहरू कसरी समाउन सक्नु । सिंहपुरका १६ वर्षीय भाइ विजय राणाका उत्साहपूर्ण विचार कसरी टिप्न सक्नु । कञ्चनपुरकै जोनापुरकी घरकी दुलही सीतादेवी डङ्गोराका कञ्चन आवाजहरू कसरी कोर्न सक्नु । यात्राकी सहयोगी मित्र बालिका चौधरीको योगदानलाई कसरी शब्दमा अटाउन सक्नु ? यात्रा, प्रत्यक्ष अनुुभूति र भोगाइभन्दा टाढाको निरस विषय रहेछ– लेखन र शब्दजाल । शब्दजाल बुन्नमा जतिसुकै संघर्ष गरे पनि आखिर आउने त्यही ५/१० प्रतिशत मात्र रहेछ । कनिकनि कोरेका यी शब्दजालमा अनुभूतिका कनिका बराबरको अंश भएपनि सायद प्रयाप्त नै हुनेछ । माफ गर्नुहोला मैले तपाईंहरूलाई काँकडभिट्टा माविकै प्राङ्गणमा छोडेको छु । पिपलको रुखमुनिको चौतारामा ४ जना जुवाडेहरू रक्सी पिउँदै तासमा जमेका छन् । मास्टर तासमा अलिच्छिना लागेको कुरा साथीहरूलाई सुनाउँदै गौरव गर्दैछ, ‘छ नि आज घरबाट निस्कन लाग्दा अलच्छिनी पड्किहाली, फेरी कता तास खेल्न पो भन्छे । मेरो पालो घुमाएर एक झापड दिएको थिएँ । कुना पसेर सुँक्क सुँक्क गर्दै थिई । म यता लागेँ । ल..ल.., तासमा पनि उही अलिच्छिना लागी हाल्यो । साइत राम्रो परे पो तास पर्नु ।’ उसको कुरा सुनेर तीन साथी गलल्ल हाँस्न थाले । चारै जनाको एउटै गुनासो छ बूढीलाई कसरी तह लगाउने । र, बूढी कुटेर मर्द बन्ने । यता एउटा खसी बेचेर तास खेल्न बसेको छ । अर्को कुखुरा बेचेर आएको छ । मास्टरसाब आफ्नो तलब जुवामा चडाउँदै छन् । घरमा बूढी छोराछोरीलाई एकसरो बेर्न र छाक जुटाउन धौ–धौ । यस्तै समाजको चित्रण छ कचहरी नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’मा । भ्यागुताहरू उफ्रंदै मञ्चमा पस्दा दर्शक एकैक्षणमा खित्का छोड्छन् । पुनः क्षणमा गम्भिर हुन्छन् । क्षणभरमै दर्शकका आखामा आँशु टिल्पिलाउँछन् । यो नै निर्देशक घिमिरे युवराजको शक्तिशाली निर्देशकीय पक्ष हो । चौधजना कलाकार र म्युजिक कम्पोजर शेख अम्जद प्रवेजको लगनशीलता र मेहनतको प्रतिफल बन्यो नाटक । नाटकको पृष्ठभूमिमा बसेर काम गर्ने फोटोग्राफर जीवन आले र बसचालक द्वय राज कपाली र रोजित कपालीको त्यत्तिकै योगदान थियो । विदेश गएको श्रीमान्को शंकाकै भरमा कल्पनालाई सासूससुराले घरबाट निकाल्छन्, तर कस्तो संयोग या भनु बिडम्बना आफ्नै छोरी शारीरिक र मानसिक हिंशाबीच कलिलै उमेरमा गर्भवति हुन्छे । र, बच्चा जन्माउन नसकेर प्राण त्याग्छे । अनि घरबाट बुहारी निकालिनु र छोरीको लाश त्यही बाटो लिएर मलामी अगी बढ्नु । यिनै हुन् नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकको केन्द्रवस्तु । नाटकको अन्त्यमा उपस्थित करिब ४ सय दर्शकका आँखाका डिलबाट हृदयको पानी छचल्किएर पोखिँदै छ । उर्मिलाको लाशसँगैको अगिल्लो पाइलो कलाकारका रूपमा मेरा पैतालाले धर्तीमा टेक्दैछन् । दर्शकहरू उफ ! भन्दै शीर निहुर्याउँछन् । दिउँसोको टन्टलापुर घाममा पनि सन्नाटा छाउँछ मञ्चमा । मेरो मुटुको धड्कन अचानक बढ्न थाल्छ । मानौं म मञ्चमा हैन कुनै घाटमा मेरै बहिनीको लाश बोकेर जाँदैछु । नवीन वादीका उही गीतका बोलहरू घन्किए झैँ लाग्छ वरिपरि– मर्नु छ एक दिन सधैँ बाँचिरहने को छ… ?’ कोही गरिब हन् सक्छन्, कोही धनी हुन् सक्छन् गरिब हुँ भन्दैमा कोही रुनु पर्दैन धनी हुँ भन्दैमा हाँस्नु पर्दैन । #मोहनप्रकाश संसारका अद्भूत चित्रकला ३: शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । तीन सातायता हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्टबारे हरेक शनिबार जानकारी गराइरहेका छौँ । विभिन्न पुस्तकहरूमा आधारित रहेर संसारकै प्रख्यात कलाहरूबारे जानकारी दिने हाम्रो उद्देश्य हो । यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूलाई पस्किने गरेका छौँ । यसै मेसोमा आज हामीले जिसस क्राइस्टको पछुतो शीर्षकको चित्रकलाबारे चर्चा गर्न लागेका छौँ । १८३ बाई २०० सेमीको यो चित्र इटालीको पाडुआस्थति स्कोभेग्नी चापेलमा हेर्न सकिन्छ । यो चित्रको सबैभन्दा प्रभावशाली पक्ष भनेको अनुहारको विषादलाई प्रभावशाली तरिकाले पस्कन सक्नु नै हो । जब जिसस क्राइस्टलाई क्रुसमा टाँगियो र उनको मृत्यु भयो, जिससका केही साथीहरूले उनलाई क्रुसबाट निकाल्छन् । निकाल्दै गर्दाको दुःख, पीडा, विषाद यो चित्रमा अंकित गरिएको छ । पश्चिमा समाजमा जिसस क्राइस्टको जीवनमाथि विभिन्न चर्चहरूमा चित्र बनाउनु संस्कृतिकै एक अंग थियो । सन् १३०५ ताका त्यस बेलाका चर्चित चित्रकार गिओट्टो बोन्डनले यो चित्र बनाएका थिए । यसको ख्यातिका कारण यसको नक्कल गरेर अनेकन् चित्रहरू बनेका छन् । सन् १२६७ मा जन्मिएका गिओट्टो कलाको इतिहासमा अति प्रभावशाली चित्रकारका रूपमा चिनिन्छ । उनलाई आधुनिक चित्रकलाको आधारपुरूषका मानिन्छ । फ्लोरेन्स नजिकको कोली डि भेस्पिग्नानोमा जन्मिएका उनले सिमाबुको सामीप्यमा रहेर चित्रकला सिकेका थिए । उनले जीवनकालमा कयौँ चित्र बनाए पनि तिनको संरक्षण हुन सकेन । यो चित्र मात्र संरक्षण गर्न सकिएको छ । यो चित्रमा पात्रहरूबीचको दुरी, तिनको अनुहारको विषाद र दुःख, तिनको झुकाइ आदिले चित्रलाई प्रभावशाली बनाएको हो । उनको यो शैलीलाई उनीपछिका कयौँ कलाकारले पछ्याएका छन् । गोडा समाएर रोइरहेकी मेरी म्याग्डेलिन, जिससकी आमा भर्जिन मेरीले मृत छोरालाई काखमा राख्दाको भाव, छेउछाउका मानिसहरूको भाव यी सबैले चित्रलाई निकै प्रभावशाली बनाएको हो । यति मात्र होइन, आकाशका देवदूतहरूसमेत रोइरहेको दृश्यले यसलाई अझ बढी प्रभावशाली बनाएको छ । चित्रकारले भित्तामा कोरेको यो चित्र कलाकारिताका विद्यार्थीका लागि मात्र होइन, जिज्ञासुका लागि पनि उत्ति नै प्रेरणादायी छ । #संसारका अद्भूत चित्रकला स्कुले विद्यार्थीले कविता पढ्न नपर्ने !: कोरोनाभाइरसका कारण संसारभरिका विद्यालय बन्द छन् । ६ महिनाभन्दा बढी समय स्कुले पढाइ बन्द भएपछि बेलायती सरकारी विद्यालयका विद्यार्थीले कविता विधा नपढे पनि हुने निर्णय शिक्षा मन्त्रालयले गरेपछि त्यसले तीव्र प्रतिक्रिया जन्माएको छ । विद्यालयले पढाउने पाठहरूमध्ये विद्यार्थीले नचाहेको खण्डमा कविताका पाठहरू नपढे पनि हुने नियम बनाइएको हो । २०२१ को वार्षिक परीक्षामा कविताका प्रश्नहरू छाडे पनि हुने निर्णयपछि शिक्षकहरूले अन्य विधा पढाउन बढी समय पाउने अपेक्षाका साथ कवितालाई हटाइएको बताइएको छ । त्यसो त यसअघि इतिहासको कक्षामा पनि प्राचीन इतिहास यसरी नै कटौतीमा परेको थियो । यसबाट बेलायतका एक लाख ३८ हजार विद्यार्थीलाई सहयोग पुग्ने परीक्षा नियन्त्रक कार्यालयको भनाइ छ । तर यस निर्णयसँगै कवितामाथि अन्याय भएको र यतिबेला कविता अझ बढी प्रभावशाली तरिकाले पढाइनुपर्ने धारणा विज्ञहरूको छ । विज्ञहरूले कविता हटाउँदा विविध आवाजमा प्रतिबन्ध लाग्ने धारणा राखेका छन् । द पोएट्री सोसाइटीले यस कुराको विरोध गरेको छ । सोसाइटीका निर्देशक जुडिथ पाल्मरले भनिन्, ‘अहिलेसम्म काला जातिदेखि एसियाली लेखकसम्मका कविता विद्यार्थीले पढिरहेका छन् । जोन अगार्ड, इम्तियाज धारकर, रेमन्ड एन्ट्रोबस र जाफर कुनैल जस्ता कविको विविधतामा प्रतिबन्ध लाग्ने छ । यसो गर्नु हुँदैन ।’ कविताले चुनौतीपूर्ण विषयलाई सहज छलफल गराउन सक्ने भएकाले विद्यार्थीमा यो क्षमता कमजोर हुनसक्ने चेतावनी पाल्मर दिन्छिन् । ‘कोभिड १९ रोगले मानिसमा जुन मानसिक समस्या ल्याइरहेको छ, कविताले त्यसलाई सहज रूपमा अभिव्यक्तिको बाटो दिन्छ । विद्यार्थीलाई यतिबेला यसको बढी आवश्यकता छ । कविताले उत्तर दिँदैन, यसले प्रश्न गर्न सिकाउँछ, अप्ठेरासँग जुझ्न सिकाउँछ । यो निर्णय सुन्नेबित्तिकै स्कटल्यान्डकी कवि तथा शिक्षक केट क्लान्चीले युवा मनले बढी कविता कथ्ने हुनाले ती सबै युवाको भावनामा चोट पुर्याउने धारणा ट्वीटरमार्फत् व्यक्त गरेकी छन् । आफ्ना विद्यार्थीका लागि ट्वीटरमै कविता पोस्ट गरिरहने उनले भनेकी छन्, प्रत्येक वर्ष किशोरकिशोरीहरूले अन्य भन्दा बढी कविता नै लेख्छन् । यो ती युवाहरूको भाषा हो । त्यसैले युवाभाषालाई प्रतिबन्ध लगाइनु हुँदैन ।’ केटको भनाइ छ, ‘विद्यार्थीलाई भार कम गराउने अरू नै बाटा अवलम्बन गरिनु जरूरी छ, कविताको हत्या गरेर होइन ।’ अन्य विधाभन्दा कविता सशक्त विधा भएकाले यस्तो सशक्त विधा प्रतिबन्धित हुन नहुने कवि तथा लेखक एन्थोनी एनाक्सगोरोले टिप्पणी गरेका छन् । यसैगरी कविता पपुलर कल्चरको एउटा भाग भएकाले युवापुस्तालाई त्यो संस्कृतिबाट अलग गर्न नहुने केहीको धारणा छ । कविताले कोविद १९ बाट निम्तिने समस्यालाई न्यून गर्न भूमिका खेल्ने हुनाले पनि यसलाई अन्याय नगर्न केही कवि लेखकले आग्रह गरेका छन् । बेलायती स्कुले शिक्षामा कवितालाई सन् १७८९ बाट समावेश गर्न थालिएको हो । #बिबिसी कवि मोहन कोइराला: कारिन्दादेखि कुलपतिसम्म: नेपाली आधुनिक कविताका खम्बा मानिनुहुने, कतिपयले नेपाली टिएस इलियटका उपाधि दिइएका कवि मोहन कोइराला पञ्चायतकालमा राजा महेन्द्रले यातायात संस्थानको कारिन्दा हुँदा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा भित्र्याए, बहुदलकालमा उनी पुन: प्राज्ञ बने र काँग्रेसी नातामा कुलपति पदमा समेत पुगे । यौटा कविको जीवनको यो यात्रा निःसन्देह रोमाञ्चक र अविश्वसनीय हो । मैले मोहन कोइरालासँग २०३६ सालको ऐतिहासिक जनमत सङ्ग्रहको बेला भएको सडक कविता क्रान्तिमा बसउठ गर्ने मौका पाएको हुँ, झण्डै एक महिना । सादा, सरल, विनम्र देखिने र वास्तवमै देखिए अनुसारकै व्यवहार पाइने खालको व्यक्तित्व थियो उनको। बोल्न पनि कम बोल्ने यिनको स्वभाव थियो । सडक कविता क्रान्तिमा भाग लिएपछि उनको सहभागितालाई लिएर विवाद पनि उठेको थियो । कतिपय साहित्यकारहरू भन्ने गर्थे, उनी आफ्नो प्राज्ञ पदको निरन्तरता नभएको झोकमा सडक कविता क्रान्तिमा होमिएका हुन् । कारण जे भए पनि उनी सडक कविता क्रान्तिमा सहभागी भएका थिए सकृय रूपमा । उनको सहभागिताले सडक कविता क्रान्तिको उचाइ बढेको थियो । मानिसहरू “ए मोहन कोइराला पनि छन् ?” भनेर आकर्षित हुन्थे । झण्डै एक महिना काठमाडौँ, भक्तपुर, ललितपुर र बनेपामा सडक कविता क्रान्ति सम्पन्न भएपछि कविको टोली भानु जयन्तीका लागि चुँदी जाने र त्यहाँ तनहुँमा पनि सडक कविता क्रान्ति गर्दै पोखरासम्म पुग्ने कार्यक्रम बन्यो । यसरी काठमाडौँबाहिर जान कति विद्यार्थी थिए- पढाइले रोक्यो । कति जागिरे थिए-जागिरले रोक्यो । कति पढाइ र जागिर दुवैलाई मतलब नगरी हिँडे, जस्तो म आफैँ । मोहन कोइरालाले भने अन्तिम समयमा जान मन गरेनन् । “कहाँ भवानी घिमिरेको नेतृत्वमा जानु” भन्ने उनको भनाइ थियो रे ! हामी केही कवि लेखक छक्क पर्यौँ । काठमाडौँमा एक महिनासम्म भवानी घिमिरेको नेतृत्व चल्ने, तर एक महिनापछि काठमाडौँ बाहिर उनको नेतृत्व अस्वीकार हुने, यो अलि उदेकलाग्दो कुरा नै थियो । जे होस्, उनी गएनन्, कुरै सकियो । काठमाडौँ घट्टेकुलोमा उनको साधारण घर थियो । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदबाट बाहिर निस्केपछि उनको आयश्रोत थिएन । तर सरल, सोझो रूपरङ र सधैँ दौरा, सुरुवाल, कोट, टोपीमा उनी नयाँ सडकमा साँझपख बसन्तपुरबाट नियमित रूपले फर्किरहँदा म आफ्नो जागिरे समय सकेर न्यूरोड पीपलबोटमा केहीबेर टहलिएर डेरा फर्कदा उनलाई भेट्ने गर्थेँ । क्षेम कुशलका कुरा हुन्थे । बस् त्यत्ती मात्र । गोविन्द गिरी प्रेरणा मोहन कोइराला नबुझिने कविताका पर्याय मानिन्थे । त्यतिबेला नबुझिने कविका रूपमा दुई खम्बा थिए नेपाली कविताको संसारमा- मोहन कोइराला र ईश्वरबल्लभ । बामपन्थी लाइनका साहित्यकारहरू ईश्वरबल्लभको कविता नबुझिने भए पनि बौद्धिक छ, उनी विद्वान छन् भन्ने मत राख्थे भने प्रजातनत्रवादीहरू मोहन कोइरालाको कविताको उचाइ अग्लो छ, उनी नेपाली टिएस इलियट हुन् भनेर व्याख्या विश्लेषण गर्थे । २०३६ सालपछि मोहन कोइरालाले केही कथा लेखे । तर कथामा उनी जम्न सकेनन् । उनले नाटक एकाङ्की पनि लेखे । त्यो पनि उपलब्धिमूलक हुन सकेन । यद्यपि ती रचनाहरू प्रकाशित भए फूटकर रूपमा । प्रज्ञा प्रतिष्ठानमा सुरूमा हरेक प्राज्ञले आफ्नो विभागको विषय अनुरूपको प्रवचन दिनु अनिवार्य थियो तीन तीन महिनामा । मोहन कोइरालाले दिएका त्यस्ता प्रवचनको पुस्तक पनि प्रकाशित भयो । त्यस पुस्तकमा उनको काव्य धारणा बुझ्न सकिन्छ । तर मोहन कोइराला भन्नेबित्तिकै उनको “फर्सीको जरा” कविता सम्झन्छन् सबैले । त्यो कविता नै मिथक बन्यो । मोहन कोइरालाको पर्यायवाची भयो । नबुझिने कविताको बिम्ब बन्यो, प्रतीक बन्यो । अहिले पनि मान्छेहरू मोहन कोइराला भन्नेबित्तिकै फर्सीको जरा याद गर्छन्, फर्सीको जरा भन्नेबित्तिकै मोहन कोइराला सम्झिन्छन् । डा. ईश्वर बरालको सम्पादनमा “मोहन कोइरालाका कविता” प्रकाशित नहुन्जेल मोहन कोइराला कृतिकार बनेका थिएनन् । यो संग्रह उनको कविता लेखन यात्राको कोसेढुङ्गा सावित भयो । यसको प्रकाशनले मोहन कोइरालाको कवि व्यक्तित्व टड्कारो भयो र सबै विद्वानहरूले बाध्य भएर उनका कवितामाथि चर्चा गर्नुपर्ने अवस्था आयो । मोहन कोइरालालाई कविका रूपमा स्थापित गराउने ठूलो श्रेय रूपरेखालाई जान्छ । रूपरेखाले उनका कवितालाई सधैँ उच्च महत्वका साथ स्थान दिएको थियो । लेक, नूनका शिखरहरू जस्ता लामा कविताहरूलाई रूपरेखाले पूरै अङ्कमा प्रकाशित गरेर तथा त्यसको अफ प्रिन्ट किताबसमेत निकालेर मोहन कोइरालाको कवित्वलाई स्थापित गरिदिएको थियो । २०३८ सालमा साहित्यिक पत्रकार संघले एउटा आयोजक समिति बनाएर नेपालमै पहिलोचोटि साहित्य सङ्गोष्ठी गरेको थियो । त्यो तीन दिनसम्म पद्मकन्या क्याम्पसमा चलेको थियो । सो सङ्गोष्ठीमा परोक्षरूपले मदन पुरस्कारको आलोचना पनि भएको थियो, कमल दीक्षितकै सामुन्ने । सङ्गोष्ठीको दोश्रो दिनको सत्र चलिरहँदा अचानक हलमा कमल दीक्षित प्रवेश गरेका थिए र दर्शकदीर्घामा गएर उनी बसेका थिए अनि अचानक उनी उठेर बोलेका थिए, “म भर्खर मदन पुरस्कार गुठीको बैठकबाट फर्केको हुँ । गुठीको बैठकले कवि मोहन कोइरालाको “नदी किनारका माझी” कृतिका लागि यस वर्षको मदन पुरस्कार दिने निर्णय गरेको छ ।” त्यसपछि हलमा ताली गुञ्जिएको थियो । मोहन कोइराला मोहन कोइराला दोश्रोपल्ट एकेडेमी जानु अघि २०४४ सालको राजाको हेटौंडा सवारी शिविरमा भएको कवि गोष्ठीमा हामी साथै हुने मौका जुरेको थियो । हेटौंडामा हामी एकदिन बिहान सँगै चिया पिउँदै थियौँ । उनले भने, “तपाईंसँग यौटा सल्लाह गर्नु छ, मेरो कोठामा जाउँ ।” मैले हुन्छ भनेँ र हामी उनको कोठामा गयौँ । अनि उनले सल्लाह गर्न खोजेको कुरा भने, “गोविन्दजी, हामी सवारी शिविरमा आएका छौँ । यस्तो सवारीको बेला राजालाई बिन्तीपत्र हालेर राम्रो योजना फुत्काउन सकिन्छ । हामी कवि लेखकका लागि लेखकग्राम बनाउने भनेर योजना बनाऊँ । तपाईं त्यसमा लाग्नुस् । अनि बिन्तीपत्र हालौँ ।” मेरो कल्पनाशील विचारले भोलिपल्टै हेटौंडाको पायक पर्ने ठाउँमा लेखक ग्राम बनाउने र त्यसमा लेखकहरूको लागि आवास पनि व्यवस्था गर्ने गरी योजना बनाएँ । अनि हामी दुवै मिलेर लेखक ग्राममा को को लेखकलाई आवास दिने त्यसको पनि सूची बनायौँ र अर्को दिन हामीले संयुक्त हस्ताक्षर गरेर राजाको सवारी शिविरमा बिन्तीपत्र दर्ता गरायौँ । मोहन कोइराला यो योजनामा आशावादी थिए । म पनि गजबले आशावादी भएँ । तर हामीले यो योजना गोप्य राखेका थियौँ । मोहन कोइरालाको हेटौंडाको दक्षिणपट्टि पदमपोखरीमा केही जग्गा थियो । त्यो उनले राजा महेन्द्रबाट पाएका थिए । त्यसबाट शिक्षा लिएर यसपाली राजा वीरेन्द्रबाट पनि निगाह हुन्छ कि भन्ने उनको आशा थियो । तर त्यो आशा आशामै सीमित भयो । बिन्तीपत्रले काम गरेन । तर हामी भने यो प्रकरणले बढी नजिकियौँ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईश्वर बरालले “सम्पादकलाई व्यक्तिगत रूपमा मन परेका कविताहरूको सङ्कलन” भनेर भूमिकामै लेखिदिए । २०४६ सालको सफल जनआन्दोलनपछि देशमा व्यापक परिवर्तन देखा पर्यो । साहित्य त्यसबाट अछूतो रहने कुरा थिएन । प्रज्ञाप्रतिष्ठानको हलमै पञ्चायतकालीन प्राज्ञपरिषद् विघटन गर्न तथा ती पदाधिकारीहरूलाई राजीनामा गर्न बाध्य तुल्याउने हेतुले सभा गरियो । त्यसपछि नयराज पन्तबाहेक सबैले राजीनामा गरे र ईश्वर बरालको नेतृत्वमा प्रज्ञाप्रतिष्ठानको पुनर्गठन भयो र मोहन कोइराला काव्य विभागका प्राज्ञ बने । यसरी दोश्रोपल्ट उनी प्रज्ञाको कुर्सीमा पुगे । तर योपल्टको उनको प्राज्ञको कार्यकाल सर्वाधिक विवादास्पद बन्न पुग्यो, उनकै कामले । उनले यौटा कविता सङ्कलन र सम्पादन गरे, “आजका नेपाली कविता” । त्यो सङ्ग्रह प्रकाशनले मोहन कोइरालालाई सर्वाधिक अपजस मात्र दिलाएन नेपाली साहित्यको सबैभन्दा विवादास्पद र विरोध भएको पुस्तकको रूप लियो । डा. केशवप्रसाद उपाध्याय जस्ता सरल विद्वान, कालिप्रसाद रिजाल जस्ता कवि, मैँजस्तो युवासमेतले धुवाँधार विरोधमा लेखहरू लेख्यौँ, प्रकाशित गर्यौँ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईश्वर बरालले “सम्पादकलाई व्यक्तिगत रूपमा मन परेका कविताहरूको सङ्कलन” भनेर भूमिकामै लेखिदिए । यस्तो भूमिका आफ्नै प्रकाशनका लागि यसअघि कहिल्यै कुनै प्रज्ञाको प्रकाशनमा लेखिएको थिएन । विरोधका क्रम प्रकाशनको सुरूमा प्रज्ञामै सुरू भएर विरोधमा लेखहरू प्रकाशनमा मात्र पुगेर थामिएन । यो पुस्तक जलाउने हल्ला चल्यो । जुन दिन एकेडेमीको मूलगेटमा पुस्तक जलाउने हल्ला चल्यो, त्यो दिन प्रज्ञाका सारा प्राज्ञहरू दिउँसै भागाभाग गरेर आधा दिनसम्ममा प्रज्ञा प्रतिष्ठान आतङ्कित भएर रित्तिएको थियो । पुस्तक त जलेन, तर यसले ल्याएको आतङ्क भने जलेको भन्दा कम थिएन । यो विवाद र विरोधको केन्द्रबिन्दुमा मोहन कोइराला थिए, उनका खोकिलामा भने केही उग्रकाँग्रेसी कविहरू थिए । यो प्रकरणले उनको प्रतिष्ठाको ठूलो अंश सती गएको थियो । २०३६ सालपछिको समयमा उनको प्रतिष्ठाको ग्राफ जसरी माथि उक्लिएको थियो, यो प्रकरणले उनलाई निकै नराम्रो धक्का पर्यो । उनी बिरामी हुँदा राजावादी कवि तथा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य क्षेत्रप्रताप अधिकारीले संसदमा उनको उपचारको लागि रोष्टमबाट आवाज निकालेका थिए । नयाँ सडकमा ट्वाक थाप्दा पनि राम्रै सहयोग जुटेको थियो र हरि अधिकारीले उपचारका लागि दिल्लीसम्म साथ दिन पुगेका थिए । पछिल्लो चरणमा मोहन कोइरालाको आर्थिक हैसितमा पनि राम्रो सुधार भएको थियो । उनको भक्तपुर जिल्लामा पर्ने स्थानमा हराइरहेको पुर्ख्यौली जग्गा कवि हरि अधिकारीले भक्तपुरको स्थानीय विकास अधिकारी छँदा खोजेर सघाएका थिए र उनको साधारण घरको ठाउँमा आलिशान भवन बनेको थियो डिल्ली बजारमा । पछि काँग्रेस पूर्ण सत्तामा छँदा उनी एकेडेमीको नेतृत्वमा पनि पुगे । उनलाई काँग्रेसीहरूले निर्विकल्प रूपमा प्रस्तुत गरेका थिए । काँग्रेस हुनु र कोइराला हुनुले राम्रै काम गरेको थियो उनलाई त्यो स्थानमा पुर्याउन । तर यो बिडम्बना नै मान्नु पर्छ, पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्रले कविको रूपमा एकेडेमीमा प्रवेश गराएका थिए भने उपकुलपति हुन काँग्रेसीको बुइ चड्नु पर्यो । उनको कार्यकाल कुनै नयाँ र उपलब्धिमूलक कामबिना नै सकियो । उनी आफैँले निर्माण गरेको आधुनिक काव्य लेखनको टाकुरामा एक्लै थिए । त्यो टाकुरा मोहन कोइराला हुन् । तर मोहन कोइरालाको पुँजी भनेको काव्य सिर्जना नै थियो । उनले त्यो धर्मको पालना भने आजीवन नै गरिरहे । विशेषत: लामा गद्य कविता उनको काव्य सिर्जनशीलताको विशेष पक्ष थियो । उनका लामा कविताहरू नै उनको परिचय हो, पहिचान हो, विशेषता हो । चाहे मदन पुरस्कारप्राप्त “नदी किनारका माझी” होस् या उनको देहावसानपछि प्रकाशित “सिमसारको राजदूत” नै किन नहोस्, त्यो नै मोहन कोइरालाको विशेषता हो, काव्यिक परम्परा हो । उनले त्यो बाटो कहिल्यै त्यागेनन् । नबुझिने कविता भन्दा पनि उनी त्यही बाटोमा हिँडिरहे । नेपाली टिएस ईलियट भन्दा पनि निरन्तर लागिरहे सिर्जनामा । सडक कविता क्रान्तिताका अलिक बुझिने जस्ता कविता लेखे पनि आफ्नो पुरानो परम्पराबाट उनी टाढिएनन् । हुन त उनको फर्सीको जराबारे उनले लेखेको रचना गर्भ पढ्दा विद्वानहरूले गरेको व्याख्या र उनको विचारले कहीँ कतै मेल खाएको देखिदैन । काँग्रसी भएर एकेडेमी पस्दा पनि “श्री ५ महाराजाधिराजकी जय जय ! श्री ५ बडामहारानी की जय जय !” कविता प्रकाशित गर्नुले पनि उनको काँग्रेसी चिन्तनसँग मेल खाँदैन । तर उनका सारा अन्य पक्षहरू एकातिर राख्दा पनि उनको काव्य लेखनमा भएको लगाव, निरन्तरता, आफैँले बनाएको निर्दिष्ट बाटोमा हिँडिरहने एकलव्य यात्रालाई कुनै हानी गरेको भने देखिदैन । उनी आफैँले निर्माण गरेको आधुनिक काव्य लेखनको टाकुरामा एक्लै थिए । त्यो टाकुरा मोहन कोइराला हुन् । त्यो टाकुरामा ठडिएका पनि मोहन कोइराला नै हुन् । बृन्दावन, भारत । #गोविन्द गिरी प्रेरणा मर्यादाको विनिर्माण: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । प्रस्तुत लेख हामीले यो लेख हामीले नयाँ पत्रिका को शनिबार अंक झन् नयाँ बाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख सावित्री गौतम ले तयार पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिका मै पढ्न पनि सक्नुहुने छ । हालसालै एउटा सरकारी कार्यालयकी कर्मचारी महिला छुट्टीमा भएको र सार्वजनिक यातायात नचलेका वेला अलिकति ढाड देखिने लुगा लगाएर सरकारी मोटरसाइकल चढेको फोटो सार्वजनिक भयो । सार्वजनिक गर्ने नेपालको प्रशासनिक सेवामा लामो समय बिताएका व्यक्ति हुन् । तर, उक्त फोटोसम्बन्धी जति पनि समाचार आए, तिनमा ती व्यक्तिलाई ‘कसैको व्यक्तिगत फोटो सार्वजनिक गर्नेजस्तो तुच्छ काम किन ग\u200dर्\u200dयौ ?’ भनेर सोध्ने व्यक्तिहरू नगण्य छन् । बरु उनै महिलालाई ‘मर्यादित’ लुगा लगाउनुपर्ने अर्ती दिनेहरू नै ‘महिलाका मुद्दालाई मूल प्रवाहीकरण गर्ने’ नारा भएका संस्थामा लामो समय हर्ताकर्ता बनिसकेकाहरू छन् । सामाजिक सञ्जालमा गरिने गालीगलोजको त सीमा नै भएन, उनी कार्यरत गाउँपालिका अध्यक्षले समेत उनको लुगा कति तलसम्म काटिएको थियो, गहिरिएर हेरीकन कति सजिलै आफूलाई असीमित अधिकारधारी ठानेर घोषणा गरे, ‘म स्पष्टीकरण सोध्नेछु ।’ महिलाका सबै लुगामा राजनीति छ । कुनै समय जनावरको हड्डीले सिलाइने र त्यो अपवित्र हुने भन्ने (अन्ध)विश्वासअनुसार भारतवर्षका पुरुष-महिला दुवैले नसिलाइएका लुगा लगाएकै हुन् । तर, पुँजीमाथि पुरुषको स्वामित्व हुन थालेपछि उनीहरूले आफ्ना लुगालाई सयौँपटक पुनः डिजाइन गरिसके । आज पुरुषका हरेकजसो लुगामा लुगामै टाँस्सिएका बडेमानका खल्ती हुन्छन् । तर, महिलाका लुगालाई सुन्दरता र ‘मर्यादा’सँग जोड्न छोडिएको छैन । त्यसैले त हामी आजसम्म पनि ‘सारी ट्विटर’ ट्रेन्ड चलाएर बस्छौँ । ‘परम्परागत’ मात्र किन ? पातलो शरीर राम्रो भन्ने मान्यताका कारण ‘पश्चिमा’ भनेर चिनिने पाइन्ट वा अरू विनाखल्तीका वा भए पनि ड्राइभिङ लाइसेन्ससमेत नअट्ने गरी ताछिएका खल्ती भएका लुगा व्यहोरेर बस्न बाध्य छौँ । यो राजनीति बुझेका महिलाले त ‘पश्चिमी’ लुगाबारे पनि बहस गरेकै छन् । संसद्मा भिडन्त भए सारीचोलो लगाएका महिला मर्यादापालकले संसद्को मर्यादा कसरी जोगाउन सक्लान्, वा परिचयपत्रसमेत मुस्किलले अट्ने बेकम्मा खल्ती भएका जिन्स हामी किन लगाउने भन्ने बहस अर्काे पाटो हो । तर, कुनै विशेष प्रकारको लुगा लगाइदिएर महिलाले परिवार र समाजको मर्यादा बोक्नुपर्छ भन्ने मानसिकताचाहिँ आफूलाई महिलाको शरीरको मालिक ठान्ने प्रवृत्ति हो । ष्ठभाग प्रदर्शनको पृष्ठभूमि महिलाको लुगा र शरीरले अब समाजको मर्यादा धान्न सक्दैन भन्ने हुंकार गर्दै यसपटक धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता महिलाले कडा प्रतिरोध गरे । कतिपयले शब्दमार्फत मात्रै र कतिपयले भिजुअल इमेज अर्थात् फोटोमार्फत पनि । कुनै सार्वभौम महिलाको मर्यादालाई चंगा बनाएर उडाउने मान्छेमाथि कुनै टिप्पणी नगरीकन उल्टो मर्यादित लुगाको अर्ती दिने ‘गन्यमान्य’हरू देखेपछि म आफैँले ढाड देखिएको फोटो खिचाएर विरोध जनाएँ । किनभने आफ्नो शरीर र लुगामार्फत मर्यादाको ठेक्का लिने जनसंख्याको ठूलो हिस्सामध्ये म पनि एक हुँ । एक त मलाई ती कर्मचारी महिला एक्लैले यो भोगेकी होइनन्, म पनि हुँ भनेर उनीसम्म यो सन्देश पु\u200d-याउनु थियो । दोस्रो, यो मेरा लागि कुनै स्टन्टबाजी नै थियो भने पनि यो स्टन्टको लामो पृष्ठभूमि छ । उक्त फोटो खिचाउँदै गर्दा, सामाजिक सञ्जालमा राख्दै गर्दा मभित्र आफ्नो शरीर, लुगा, कपाल, हिँडाइ, लवज अर्थात् मेरो समग्र व्यक्तित्वमाथि मैले सुनेका टिप्पणी, लगाइएका प्रतिबन्ध, भोगेका दुव्र्यवहार र दबाएको आक्रोश उम्लिरहेको थियो । ती अनगिन्ती यादमध्ये केही यसप्रकार छन् । ००० सानोमा भाडामा बस्दा घरबेटीकी छोरीलाई निनी (अर्थात् नेवारीमा फुपू) भनेर बोलाउँथ्यौँ । निनी आइए पढ्थिन् । म दश पुगेर एघारमा हिँड्दै थिएँ । निनीले कहिलेकाहीँ एक्लै भएको वेला मलाई धम्क्याउँथिन्, ‘तेरो ‘दूध’ हेर्ने हो एक दिन ।’ निनीले मलाई एक्लै कतै नभेटून् भनेर डराउँथेँ । तर, एक दिन कलेजबाट आएर भर्\u200dयाङ चढ्दै गर्दा उनले मलाई दोस्रो तलामा भएको आफ्नो कोठाभित्र एक्लै देखिन् । मेरो कोठाभित्र छिरिन् र मेरो टिसर्ट उचाल्न खोजिन् । मैले सकेको बलले टिसर्ट तल तान्ने र उनले सकेको बलले माथि तान्ने चलिरह्यो । तर, बलियी निनीले मलाई भुइँमा पछारिन् । बजारका धारामा माथिल्लो हर खुलै राखेर नुहाउने बालिकाका स्तन कत्रा थिए होलान् ? तर, हेरिसकेपछि उनी खुन खाएको बाघजस्तो विजयीभावसहित मेरो कोठाबाट गइन् । नयाँ–नयाँ फेसनका लुगा लगाएर कलेज जाने निनी मलाई निकै आकर्षक लाग्थिन् । त्यो हरकतपछि मलाई निनी ‘राम्री’ लागिनन् । पछि थाहा भयो, निनीले मेरी बहिनी र मेरो सम्पर्कमा भएका अरू बालिकालाई पनि त्यस्तै गरेकी रहिछन् । महिलाको शरीरलाई यौनिकीकरण गरिने मानसिकता महिलाले पनि सर्लक्कै निलेका हुन्छन् भन्ने कुरा निनीको त्यो हरकतले स्पष्ट पार्छ । निनीले गरेको दुव्र्यवहार त केही महिनापछि बिर्सें । तर, अर्काे वर्ष अर्काे ठाउँमा सरेपछि केटीहरूका स्तनबारेमा मान्छेले गरेका टिप्पणी सुन्न, आफैँलाई हेरेर ‘ए तरुनी भइछिन्’ भन्ने मान्छे भेट्न लागिसकेकी थिएँ । त्यसैले हुन सक्छ, म ‘बालिका’ नै देखिने कोसिसमा आफ्ना स्तन पलाएका सुरुका वर्षमा कुप्रिएर हिँडेँ । नुहाउने वेला आमाले ‘तैँले मैलो निखार्दिनस्’ भनेर नुहाइदिन नआइदिएहुन्थ्यो जस्तो लाग्थ्यो । आमा मलाई विनाकुनै अप्ठ्यारो नुहाउन सघाउनुहुन्थ्यो, किन कुप्रेर हिँड्छेस् भनेर गाली पनि गर्नुहुन्थ्यो । तर, छोरीसँग स्तन पलाउने उमेर नै यही हो र यसमा तैँले हिचकिचाउनुपर्दैन भनेर छलफल गर्ने खुलापन आमामा पनि त्यतिन्जेल आइसकेको थिएन सायद । सत्र वर्षको उमेरमा मेरो दाहिने स्तनमा घाउ भएर पाकेको थियो । कलेज पढ्दा सारी लगाएर जान्थेँ । घर आएपछि ‘समिज’ भनिने गन्जीजस्तो चीजसँग अरू नै लुगा लगाउँथेँ । कलेजबाट आएर सारी–ब्लाउज फुकाल्दा घाउमा टाँस्सिएको ब्रा उप्काउँदा हुने सकसले एक्लै रुन्थेँ । तर पनि शरीर र त्यसमाथि पनि महिलाको शरीर लुकाउने चिज हो भन्ने कुराले दिमागमा यति शासन गरेको थियो कि मैले त्यो घाउबारे आफ्नै घनिष्ठ साथीहरूलाई पनि बताउन सकिनँ । संयोगवश त्यो घाउ केही दिनमा आफैँ ठीक भयो । निनीकै सहरमा हुँदाको कुरा, हामी सहरमा नयाँ थियौँ । सहरका मुख्य धाराहरूको भिड छिचोलेर नुहाउने, लुगा धुने हाम्रो पहुँच पुग्दैनथ्यो । त्यसैले धेरैजसो शनिबार म, बहिनी र भाइ बजार एरियाभन्दा परका धाराहरू खोज्दै हिँड्थ्यौँ, जहाँ भिड कम हुन्थ्यो । एकपटक बहिनी र मैले खोज्दै जाँदा सहरको अलि तल खेतैखेत झरेर गएपछि दुई–तीनवटा धारा देख्यौँ । दुई–तीन कान्ला माथिको धारामा एकजना वयस्क व्यक्ति आफ्नो लिंग निकालेर भिजाउने र खेलाउने गर्दै थियो । दश वर्षकी म र साढे आठ वर्षकी बहिनीलाई उसले के गरेको थाहा हुने कुरै भएन, हामीले आफ्नो सुरले नुहायौँ । ऊ भएको धारा हुँदै घर जाने आली पथ्र्याे, हामी उक्लियौँ । हामी हिँड्दै गर्दा उसले हामीतिर हेरेर ‘मैया, मैया’ भनेर बोलायो, वास्ता नगरी गयौँ । आज सोच्दा सिरिंग हुन्छ, धन्न उसले तल्लो धारामा झरेर हामी दुई बालिकाहरूलाई केही गरेन । माथि नै उभिएर हस्तमैथुन (आज आएर बुझ्दा उसले त्यही गरेको थियो भन्ने लाग्छ) गरिरह्यो । केही वर्षअघि पोखरामै एउटा स्कुल पढाउँदा सो स्कुलनजिकै साथीको होस्टेल थियो । होस्टेलअगाडि स्कुले छात्राहरू हिँड्ने समय र बाटो पारेर एउटा युवक दिनदिनै आउने, पाइन्टको जिपर खोलेर ठिक्क परेर बस्ने, छात्राहरू मात्र त्यो बाटो हिँडेको देखेपछि उनीहरूको अगाडि गएर आफ्नो लिंग देखाउने खेलाउने गर्दाे रहेछ । एक दिन म गएको वेला साथीले त्यो केटालाई देखाइन् । मैले पुलिस बोलाउनुपर्छ भन्दा भोलि होस्टेलका केटीहरूलाई ‘केही’ गरे के गर्ने भन्ने डरले त्यो दृश्य देख्न लागेको धेरै दिन हुँदा पनि पुलिस बोलाउन सकेको छैन भनिन् । मैले उनलाई हप्काएर पुलिस बोलाइदिएँ । तर, ऊ टाढैबाट पुलिसको भ्यान देखेपछि भाग्यो । एक–डेढ महिनापछि अर्काे बाटोमा म आफैँ स्कुल पढाएर फर्कंदै थिएँ, अर्काे कुनै मान्छेले ठ्याक्कै त्यस्तै गर्दै थियो, ऊ पनि म नजिक पुगेपछि मेरो अगाडि आयो । बडेमानको ढुंगा टिपेर ऊतिर झटारो हानेँ, ढुंगा छलाउँदै ऊ भाग्यो । त्यति मात्र होइन, नारायणी नदीमा एक्लै नुहाउँदै गर्दा नजिकै आएर लगातार हेरेर बसिदिने केटाहरूबाट भाग्न ज्यान नचोपली कपाल मात्र नुहाएर, बाँधेको पेटीकोटमाथि नै स्कर्ट टिसर्ट उनेर घर फर्केको याद छ । स्कुल वा कलेजबाट नारायणीको पुल हुँदै फर्कंदै गर्दा हावा चल्यो भने कुन वेला यिनीहरूको स्कर्ट उडाउला भनेर बीस मिटर परबाट कुरेर बस्ने आँखाहरूबाट त्रसित भएको, उडाए पनि ती मान्छेहरू बसेको ठाउँ कटेपछि उडाओस् भनेर प्रार्थना गरेको याद छ । एकाबिहानै कपाल नुहाएर बाटोमा केही कामले निस्केकी मेरी आमालाई ‘ए भाउजू कपाल बाँधेर आउनुस्’ भनेर नियन्त्रण गर्ने गाउँले ‘देवर’को अनुहार आजसम्म पनि मलाई टड्कारो याद छ । छोरीले, बुहारीले, कथित मान्यजनका अगाडि उपरखुट्टी लगाएर, खुट्टा फैलाएर बस्दैनन्, उत्तानो परेर सुत्दैनन् भनिएको सयौँपटक सुनेको र भोगेकोसमेत छु । मेरा आमा र काकी आजसम्म पनि जेठाजुका अगाडि कपाल देखाएर बस्न नसकेको, अब नछोप्नुस् भनेर कैयौँपटक भनिसक्दा पनि उनीहरूको दकस नगएको देखेको छु । सिंगो मानवलाई आफ्नो शरीरमा बोकेर हिँडेकी गर्भवती महिलाले आफ्नो पेट छोपेर हिँडेको म दिनदिनै देख्छु । बच्चालाई भ\u200d-याङमा बसेर दूध खुवाएकी बुहारीलाई ससुराले हकारेको देखेको छु । ‘हिपलाई टिसर्टले नछोप्ने पाइन्ट लगाएर घुम्न जाँदा नातेदारको अगाडि बेइज्जत गरिस्’ भनेर बहिनीलाई हकारेका दाइ देखेको छु । आफ्नो मनपरेको डिजाइनमा कपाल काट्न, बाट्नसमेत नपाएकी छोरी र बिहेपछि मूल घर जाँदा ‘कुर्ता होइन, सारी नै लगाऊ’ भन्ने उर्दी सुनेकी ‘बुहारी’को रूपमा हारेको समय पार गरेर यहाँसम्म आइपुगेको छु । अर्थात् आफ्नो लिंग पनि सार्वजनिक ठाउँमा निर्धक्क देखाउन, खेलाउन नहिचकिचाउने मैमत्त लोग्नेमान्छे र यति धेरै प्रतिबन्ध भोगेकी स्त्रीलिंगीको रूपमा आफ्नो उपस्थिति एउटै समाजमा देख्दा कैयौँपटक आक्रोशित भएकी छु । स्त्रिलिंगी शरीरको सीमाहीन यौनिकीकरण कतिपय घरमा नवजात शिशुको नांगो फोटो खिचाउने चलन छ । छोरा र छोरीको नांगो फोटोको अनुपात कति होला ? कसैकहाँ जाँदा ५–६ वर्षको बालक नांगै यताउता दौडिरहेको छ भने तपाईं–हामीलाई त्यो दृश्य कत्तिको असहज लाग्छ ? त्यसको दाँजोमा त्यति नै उमेरकी बालिकालाई त्यस्तै रूपमा देख्दा कत्तिको सहज लाग्छ ? तपाईं–हाम्रो बाह्र वर्षको छोरा छ र उसले आँगन वा पिँढीसम्म कपडा फेर्दै ज्यानमा आधा कपडा लगाएर आइपुगे हामीलाई कत्तिको अस्वाभाविक लाग्छ ? त्यसको दाँजोमा त्यति नै उमेरकी छोरीलाई त्यही रूपमा देख्दा कत्तिको स्वाभाविक लाग्छ ? ‘बिकिनी बडी’बारे हामीले सुनेका छौँ । अर्थात् पातलो शरीर जुन शरीरले बिकिनीकै ‘शोभा’ बढाउनुपर्छ । समुद्र किनारमा वा पौडी पोखरीमा लगाउने लुगाका लागि महिलाको पातलो शरीर हुनुपर्छ भन्ने सोचका कारण भोगिने असहज हेराइका कारण यस्ता ठाउँमा गएर रमाइलो गर्नबाट रोकिएका महिलाको हिसाबकिताब खोइ ? खुट्टामा फित्ता लिएर नाप्दै स्कर्टलाई घुँडाबाट कति तल बनाउने भनेर तोकेर उर्दी दिइने स्कुल पढ्ने साना छात्राको मनस्थितिको तथ्यांक खोइ ? उनीहरूको त कपालसमेत स्कुल प्रशासन र शिक्षकको नियन्त्रणमा हुन्छ । कि पूरै छोट्याएर आउनुपर्ने कि घाँटीसम्मको लामो भए रिबन लगाएर आउनुपर्ने आदेश सुनाइन्छ । कतिपय बैंक, स्कुल र सरकारी कार्यालयमा वर्षभरि महिला–पुरुषले सर्टपाइन्ट लगाउँछन्, तर वार्षिकोत्सव वा अरू विशेष कार्यक्रम परे महिलाले सारी–चोलो लगाएर संस्थाको ‘मर्यादा’ धानिदिने चलन अझै छ । जबकि पुरुषले ती दिनमा पनि आफ्ना नियमित लुगा नै लगाउँछन्, बढीमा माथि कोट थप्लान् । चाडबाड वा बिहे–व्रतबन्धमा पुरुषले काम गर्न छरितो लुगा चाहियो भनेर भेस्ट र हाफपाइन्ट मात्र लगाउँछन्, तर महिलाले गह्रुंगा र अल्झाउने सारीचोलो लगाएर भान्सामा घन्टौँ खटिएर ‘मर्यादा’ धान्नुपर्छ । पोखरामा भएको एउटा ‘देशकै ठूलो’ कलेज पृथ्वीनारायण क्याम्पसभित्र महिलालाई हाफपाइन्टको कुरा छोडौँ, गोलीगाँठासम्मै आउने वन पिस लुगा वा लेगिंग्ज भनिने एक प्रकारको सुरुवाल लगाएर छिर्न मनाही छ । यही नियम क्याम्पसमा दौडन, खेल्न–कुद्न, दिनमा बीसौँपटक हाफपाइन्ट लगाएर ओहोरदोहोर गर्ने पुलिंगी खुट्टाका लागि अनिवार्य छैन । देशको कुनै कुनाबाट उक्त कलेजमा प्रवेश परीक्षाका लागि आएकी, कलेजले तोकेको पोसाक सिलाउन भ्याउनु त परको कुरा, पोसाक छ भन्ने पनि थाहा नभएकी युवतीलाई गेटैमा रोकिएको छ र ऊ प्रवेश परीक्षाको आधा समय छुटेर रोएकी छ । कलेज सकिइसकेको र जाँच आउने वेला प्रवेशपत्र लिन हिँडेकी केटीलाई त्यसैगरी रोकिएको छ । कलेजकी विद्यार्थी नै होइन, तर त्यहाँ हुने कुनै कार्यक्रममा सहभागी हुन आफ्नो सुविधाअनुसारको लामो नै पोसाक लगाएर गएकी युवती रोकिएकी छ । त्यति मात्र होइन, कलेज बन्द भएको समय र सिजनमा क्वार्टरमा बस्ने साथी भेट्न क्वार्टर पाइन्ट नै लगाएर आएकी बच्चाकी आमासमेत रोकिएकी छ । ढाडेहरूलाई देखाइएको ढाड महिलाले शरीरको कति भाग देखाउने र कसका अगाडि देखाउने भन्ने सोचको परिधि उनीहरूले आफ्नो स्तन, योनी र पाठेघरमा संक्रमण भएर अस्पताल जाँदा पनि पुरुष डाक्टर त नपरेहुन्थ्यो भनेर प्रार्थना गरिने स्थितिसम्म तन्किएको छ । तर, अब आफूले धान्नुपरेको ‘मर्यादा’को विनिर्माण विश्वभरका महिलाले आफैँ र आफ्नै तरिकाले गर्दै छन् । कतिपय देशमा सार्वजनिक स्थानमा महिलाले आफ्ना बच्चालाई स्तनपान गराउन नपाउने घोषित-अघोषित नियम नै छन् । स्तनमाथिको यो स्त्रीद्वेषी हेराइको अन्त्य गरौँ भन्दै पश्चिममा ‘फ्री द निप्पल’ अभियान विगत केही वर्षयता चल्दै आएको छ । ‘पश्चिमको कुरा नगर’ भन्नेहरूलाई ०६४ सालमा नेपालका बादी महिलाले शरीरको माथिल्लो हरमा भित्री वस्त्र मात्र लगाएर सिंहदरबारको पर्खाल नाघ्ने गरी गरेको प्रदर्शनबारे थाहै होला । ढाड देखाउने प्रतिरोधपछि हाम्रा ढाडहरूलाई फल्याकजस्ता, घिरौँले ढाड आदि भनेर खिसी गरिएको छ । ‘पुँजीवादबाट शासित छौँ भनेर नबुझ्ने, क्रान्तिको ‘सही’ तरिका नजानेर स्वेरकल्पनामा हराएकाहरू’ भनेर कटाक्ष गरिएको छ । अर्थात् यी दुवैथरी मान्छेहरूले कसैको शरीर र त्यसलाई कति देखाउने वा कस्ता लुगा लगाउने, कसरी विरोध गर्ने आदि भनेर हाम्रो शरीर र प्रतिरोधका तरिकामाथि आफ्नो नियन्त्रण छ भन्ने भ्रम नै ओकलिरहेका छन् । ढाड देखिएकी महिलालाई छाडा गाली गर्नेहरू र ढाड देखाएर प्रतिरोध गर्नेहरूका आवाजलाई कटाक्ष गर्नेहरूका शब्द फरक होलान्, तर प्रवृत्ति दुरुस्तै एउटै हो । आज ढाड देखाउनेले भोलि बलात्कारको विरोधमा योनी देखाउलान् त ? पनि भनिएको छ । सन् २००४ मा भारतको मणिपुरमा मनोरमा नामक युवतीलाई सेनाले बलात्कारपछि योनीमा बीसौँपटक गोली हानेर हत्या गरेको विरोधमा त्यहाँका आमाहरूले ‘भारतीय सेना हामीलाई बलात्कार गर्’ भन्दै नग्न प्रदर्शन गरिसकेकै हुन् । विनाकुनै योजना बाह्रजना आमाहरूले परिवारका सदस्यलाई समेत थाहै नदिई गरिएको स्वस्फूर्त प्रदर्शन थियो त्यो । उनीहरूले हाम्रो यो विरोध कुन वादभित्र अटाउँछ भनेर वा यो मुद्दा उठाएपछि भारतभरि सधैँलाई बलात्कार रोक्न सक्छौँ भनेर उठाएका पनि थिएनन् । ढाड देखाएर गरेको प्रतिरोधले पनि महिलाका सबै मुद्दालाई आजको आजै समाधान गर्ने होइन । एउटै वा एकैथरी आन्दोलन, अभियान वा क्रान्तिले सधैँभरिका सबै मुद्दा सम्बोधन गर्दाे हो त संसारमा एउटै देशमा केही समयको अन्तरालमा बारम्बार विभिन्न क्रान्ति किन हुन्थे ? त्यसैले ढाड देखाउनेहरू महिलाको अन्य मुद्दाप्रति उदासीन छन् वा महिलामाथिको ऐतिहासिक दलनबारे उनीहरूलाई जानकारी नै छैन, उनीहरू स्टन्टबाज मात्र हुन् भनिनु उनीहरूको आवाजलाई खारेज गर्नु हो । शब्दमार्फत जनाइएको विरोध ‘शुद्ध’ हुने र दृश्यमार्फत जनाइएको नहुने भन्ने कुनै तर्क नै होइन । यो त आफैँमा ‘कन्डेन्सेन्डिङ’ अर्थात् आफूलाई अरूको ‘तरिका’को परिभाषा के हो भनेर खुट्याउन, घोषणा मात्र होइन, खारेज नै गरिदिन सक्ने सामर्थ्य भएको सर्वेसर्वाको रूपमा देख्ने प्रवृत्ति हो । ढाड देखाएर प्रतिरोध गर्नु पुँजीवादबाट शासित हुनु हो भने खाना पकाउँदा चोलो फुकाल्न बाध्य पारिनु वा मृत्यु संस्कारको नाममा ब्लाउज, पेटीकोट मात्र होइन, ब्रा र अन्डरवेयरसमेत नलगाईकन एकसरो सारीमा आधा ढाड देखाएर कपाल नकोरी, दाँत नमाझी तेह्र दिन किरिया बस्न बाध्य भइनु पनि सामन्तवाद वा रुढीवादबाट शासित हुनु हो । ढाड देखाउने सबै ‘पुँजीवाद’ नामक ‘वाद’का समर्थक नहुन पनि सक्छन् वा हुन पनि पाउँछन् । बहुलवादी समाजमा तँ यो हुन पाउने, यो हुन नपाउने भनेर तोकिदिने अधिकार कसैलाई छैन । त्योभन्दा मुख्य कुरा मैले ढाड प्रदर्शन कुनै ‘वाद’भित्र अटाउला कि नअटाउला भनेर गरेकी थिइनँ । यो मेरा लागि महिलाको शरीरमाथि पुरुषवाद, पुँजीवाद, सामन्तवाद वा रुढीवाद, जुनसुकै ‘वाद’ले अधिकार जमाएको प्रवृत्तिविरुद्धको स्वस्फूर्त विरोध हो । तर, यसपटक महिलाको शरीरको यौनिकीकरण गर्ने र त्यसको प्रतिरोधको तरिकालाई नानाथरी नामले न्वारन गर्ने दुवैथरी ढाडेहरूलाई नेपाली महिलाको अलिकति संख्याले मज्जाले ढाड देखाइदियो । पहिरन होस् वा प्रतिरोध, कसैको वैयक्तिकतालाई खारेज गर्न तम्सिनेहरूसँग अब नयाँ पुस्ताका महिलाले आफूलाई ढाड देखाएको हेरेर बस्नेबाहेकको विकल्प बाँकी नहोला । व्यक्ति एक व्यक्तित्व अनेकः राहुल राई ‘बोगिको’को मितोप: राहुल भाइ र मेरो सम्बन्ध सुत्र हुन् लगनशील साहित्यकार सुकराज दियाली । राहुल भाइको अघिल्लो कृति ‘कालो अक्षर’को विमोचनमा मुख्य अतिथि बनेर पुगेथेँ सुदूर मणिपुर । ‘कालो अक्षर’माथि लेखेँ, बोलेँ अनि हिमालय दर्पणमा छापियो पनि । साहित्यिक साइनो अझ दरिलो बन्यो । राहुल भाइको ममाथिको विश्वासले यो कृतिको भूमिका लेखनसँगै अरू दायित्व पनि लिएर पाठकहरू समक्ष छु । कथाहरूको सफ्टकपी मेरो हातसम्म आइपुग्यो । विस्तारै काम शुरु भयो । एकदमै विस्तारै । “हतार नगर्नू भाइ, हतारले काम बिग्रन्छ” भन्दै उनको ताकेता टार्दै गएँ । मलाई थाह छ, उनको धैर्य अब टुट्नै लागेको छ । मानसिक अत्याचारै पो गरेँ कि भन्ने पनि लागिरहेछ । तर काम सकियो । कृतिको नाम के राख्ने भन्ने सल्लाह हुँदै थियो । मैले कथा–सङ्ग्रहबाटै एक कथाको शीर्षकलाई चुनेँ । उनले एकदिन “सर, कृतिको नाम ‘मितोप’ राख्नुप¥यो” भनेर फोन गरे । नाम मीठो लाग्यो । मितोपको अर्थ सोधेँ । “मणिपुरी भाषामा मितोप भनेको विदेशी वा मणिपुरभन्दा बाहिरको मान्छे भन्ने हो सर” राहुलले अर्थ खुलाए, “हामीलाई धेरैजसोले यसै भनेर हेला गर्छन् यहाँ ।” मैले कथा ‘लाञ्छना’लाई सम्झेँ । कथाको पृष्ठभूमि, भाव र तीव्र संवेदना छाम्न पुगेँ । मणिपुरमा मात्र होइन कि भारतका हरेक साना–ठूला सहर, गाउँ–बस्ती र नागरीय जीवन धान्ने भारतीय गोर्खाहरूका साझा पीडाबोधको विषयमा छ कथा लाञ्छना । यता दार्जिलिङमा हामी जमीनसितै भारतमा आएको तथ्यहरू पेश नगर्दा हजारौँ हाम्रा सन्तानहरू मेचीपारि पु¥याइए । आज आसाममा लागू भइरहेको एन.आर.सी.का कारण हजारौँ हाम्रा भूमिपुत्र आफन्तहरूले कतिपय तथ्य र मानक जोहो गर्न नसक्दा ‘मितोप’को लाञ्छना झेल्नु परिरहेको सत्य आँखासामुन्ने छ । त्यही प्रक्रिया अरू राज्यमा पनि लागू हुँदा हामी राजनैतिक शिकार बनी फेरि घरको न घाटको बन्ने अवस्था आउने निश्चित छ । मलाई लाग्यो, राहुलको यस सङ्ग्रहका कथाहरू पूर्वोत्तर भारतको मात्र नभएर समग्र भारतीय गोर्खाको साझा कथा हो । जय क्याक्टस हामी भारतमा छौँ । हामी भारतीय हुनुमा गर्वबोध गर्छाैँ । हामीमा राष्ट्रबोधको चेतना पनि छ । तर, हामी नै राष्ट्रिय मूलधाराबाट सधैँ किनाराकृत छौँ । हामी भारतभित्रै पनि उत्तर औपनिवेशिक चिन्तनाको साङ्गलोभित्र छौँ । हाम्रो राष्ट्रियता मात्र होइन कि शैक्षिक, आर्थिक तथा सांस्कृतिक सम्पदासमेत जनबाहुलता र राजनैतिक बहुसङ्ख्यकहरूको थिचोमिचोमा परेको इतिहास कसैबाट लुकेको छैन । हाम्रो शताब्दीय सपना बेलाबेला तुहुने गरेकोले, हाम्रो आफ्नै अस्थिर मानसिकताले हामी आत्मपराजित भएर बाँचिरहेका छौँ । यदि यस्तै स्थिति निरन्तर बनिरहे वर्तमानमा कतिपय अफ्रिकन आदिम जनजातिहरू विलुप्त बनेजस्तै हामी पनि भारतको मानचित्रबाट विलुप्त हुने स्थितिमा छौँ । यस्तै अनेकन प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् यसै कृतिका कथाहरू ‘याद’, ‘लक्ष्य’ र ‘थिए’ले । यी कथाहरूमा मणिपुरको माटोको मगमग वासना आउँछ । उनको कल्पना वायुपंखी घोडाजस्तै जताततै विचरण गर्नेखालको छैन । अलिकति कल्पना र अलिकति यथार्थको यौगिक रसायनले कथाको समिरकरण पूरा गरिएको छ । हरेक कथाले मणिपुरको विगत र वर्तमान उधिन्ने प्रयत्न गरेका छन् । राजनैतिक चलखेलइतर जाति र गोष्ठी माझको द्वन्द्व, युद्ध, आतङ्क आदिले आधा–मासु बनेको पूर्वोत्तर राज्यहरूमध्येको एक पीडित राज्य मणिपुरको यथार्थ दर्साउन कथाहरू सक्षम छन् । हाम्रा गोर्खा समाजले झेल्नुपर्ने मात्र नभएर त्यहाँको भूगोल, इतिहास र हावापनीसँग मिल्नुपर्ने, सम्झौता गर्नुपर्ने र आफ्नो अस्तित्व बनाइराख्न गर्नुपर्ने सङ्घर्षका यथार्थ झिल्काहरू पनि कथामा टिपिएका छन् । यसैले राहुलका कथाहरूलाई मात्र कथा भन्न मिल्दैन । यसमा केही जातीय इतिहासका, संस्कार–संस्कृतिका, भाषा–साहित्यका अर्थात संक्षेपमा भन्दा स्वःपहिचानका हरेक बिन्दुलाई कथाका अवयवमा घोलिएका छन् । हल्काफुल्का विषयजस्तो लागे पनि पुनर्पठन र पुनर्चिन्तनमा यी कथाहरूले धेरै गम्भीर कुराहरूलाई सङ्केत गरेको पाउँछौँ । नोवल पुरस्कार विजेता, अस्तित्ववादी तथा विसङ्गतिवादी चिन्तक अल्वेयर कामुले आफ्नो पुस्तक ‘मिथ अफ सिसिपस’मा भनेका छन्, “हामी इष्र्या, स्वार्थ, घृणा, महङ्खवकाङ्क्षा आदिको ब्रह्माण्डमा छौँ । अर्को शब्दमा भन्ने हो भने आध्यात्म वा मानसिक अवस्थाको ब्रह्माण्ड हो त्यो ।” यस्तोमा कथाकार राहुल उनको युवा उमेरमा देखेका र भोगेका केही संवेदन र संवेगलाई पनि आफ्ना पात्रमार्फत् साझा गर्छन् । जीवनमा निकै उतारचढाव भोगेका कथाकारको प्रच्छाया दोहोरिएर आउँछ कथामा । कथाकै स्वरूपमा । विसङ्गति र समाजको मनोविज्ञान बुझेका कथाकार पाठकलाई ती नकारात्मकता र निरासाका गह्रौँ भारी बोकाउन चाहँदैनन् । अलिकति हलुका हाँस्य, केही व्यङ्ग्य र आइरनी आख्यानांशसित पाठकलाई कथाको केन्द्रतिर हुल्छन् । प्रेमका कुरामा होस् या मित्रता र मानवताका सार्विक विषयमा, उनले कथामा सङ्गति–विसङ्गति, मिलन–विछोड, हर्ष–पीडा, शत्रु–मित्र, यी सबै जीवनगत अनुभूति र अनुभवलाई आफ्नै उमेर, भूगोल, इतिहास, वर्तमान सापेक्षित चिन्तन र ज्ञानको परिसीमाभित्र पर्गेल्ने कार्य गरेका छन् । त्यसैले हल्काफुल्का विषयजस्तो लागे पनि पुनर्पठन र पुनर्चिन्तनमा यी कथाहरूले धेरै गम्भीर कुराहरूलाई सङ्केत गरेको पाउँछौँ । कथा बनोट र परिवेश निर्माण स्थायी र एकैनासे छैनन् । कतै वर्णानात्मक त कतै इतिवृत्तात्मक, कतै संवादात्मक त कतै नाटकीय, कतै संस्मरणात्मक त कतै निबन्धात्मक । प्रथम पुरुषवाची कथा–वाचनको आधिक्यले कथाको विश्वसनीयतामा र लेखक–पाठकको मैत्रीचेतनालाई सहज सम्प्रेषणीयता मिलेको छ । कति कथामा प्रयुक्त संवाद शैलीगत प्रस्तुतिकरण नै कथाकारको शक्ति हो कि झैँ पनि लाग्छ । उनले स्थानिय भाषा, लवज र जनबोली कतिपय ठाउँमा जस्ताको तस्तै टिपे पनि कथाको व्याकरणीय स्तर र भाषाको मानकमा सम्पादकको कैँची परेको तथ्य पनि यहाँ खुलाउँछु । तर आवश्यकता अनुसार छाडिएका यस्ता जनबोली र सामयिक पदहरूका चयन हेर्दा मात्रै पनि कथाकारको कथा सिर्जनको सचेततालाई मान्नैपर्ने हुन्छ । समयलाई कथामा हुल्न विद्युतीय तथा सञ्चार उपकरण र परिभाषिक पदावलीको प्रयोग निक्कै सोचेर गरेका छन् । कथामा समयान्तर दर्साउन पनि यसलाई एक माध्यमको रूपमा प्रयोग भएको मान्न सकिन्छ । यसबाट कथाकार राहुलका पूर्व कृतिहरूका कथा निर्माण र सिर्जनामा निक्कै ठूलो पार्थक्य र उध्र्वगतिरूपको परिपक्वता र परिमार्जन देख्न सकिन्छ । कथाकार राहुलबारे श्रीमान् जङ्गबहादुर राई र स्व. सोमलक्ष्मी राईको कोखबाट सन् १९८४ मा मणिपुरको इराङमा जन्मिएका हुन् राहुल राई । ‘काला अक्षरहरू’सित स्वःप्रयास र स्वःअध्ययनको सङ्घर्षमा विजयी बनेका राहुल राई ‘बोगिको’को भाषा–साहित्यप्रतिको जुन स्नेह, लगाव, झुकाव र समर्पण छ, त्यसको मात्रै कदर गर्दा पनि उनका सिर्जनाहरूप्रति पाठकको आकर्षण बढेर आउँछ । सिक्नुपर्ने कुरामा उनी सधैँ विनम्रता जनाउँछन् र नजानेको कुरा सहजताका साथ स्वीकार गर्दै सिक्ने उपक्रममा लाग्छन् । उनी पढेरभन्दा पनि परेर साहित्यको जोखिमपूर्ण यात्रा तय गरिरहेका छन् । उनलाई यति थाह छ, साहित्य सिर्जनको यो यात्रामा निष्ठापूर्वक लेखिरहनुपर्छ, सक्दो पढिरहनुपर्छ र सकेसम्म सिकिरहनुपर्छ । सिक्नुपर्ने कुरामा उनी सधैँ विनम्रता जनाउँछन् र नजानेको कुरा सहजताका साथ स्वीकार गर्दै सिक्ने उपक्रममा लाग्छन् । यसो गर्दागर्दै आज उनी धेरै थोक सिकाउने र सिक्न चाहनेहरूलाई बाटो देखाउन समर्थ बनेका छन् । साहित्य सिर्जनको रूपमा उनी कविता र कथा सराबरी लेख्छन् । उनका पूर्व कृतिहरू यसप्रकार छन्ः १. एक जोडी परेवा (कथा सङ्ग्रह– २०११) २. एक मुठी कविताहरू (कविता सङ्ग्रह– २०१३) ३. मेरा अनुभूतिहरू (कथा सङ्ग्रह– २०१४) ४. कालो अक्षर (कविताहरूका सङ्ग्रह) पाचौँ कृतिको रूपमा ‘मितोप’ (९ वटा कथाहरूको सङ्ग्रह– २०१९) अरूका जस्तै उनका पनि हरेक सिर्जना मास्टरपिस नहोलान्, तर केही राम्रा कविता र कथा उनले लेखिसकेका छन् । उनी पुरस्कृत र सम्मानित पनि भइसकेका छन् । आशा छ, उनको यो ‘मितोप’ कथा सङ्ग्रहले उनलाई फरक पहिचान दिलाउनेछ । यो पनि विश्वास छ, उनले अझै योभन्दा उत्कृष्ट रचनाहरू सिर्जना गर्न निरन्तर प्रयत्न गरिरहनेछन् । जीवन धान्न अरूका घरमा गोठालो बसेको तीतो अनुभव बोकेका राहुल गाडी चलाउन सिकेर चालकदेखि आफँै गाडी मालिकसम्म बनेका हुन् । गाडी हाँक्नुदेखि गाडीको प्राविधिक ज्ञानसम्म राख्ने यी सर्जक व्यापारी पनि हुन् । समयको माग–पूर्ति र आयस्रोत निर्माणको निम्ति आफ्नै ‘कम्प्यूटर प्रशिक्षण केन्द्र’ खोलेर अरूलाई समेत आयस्रोतको बाटो खुलाइदिएका छन् । आफ्नै आधुनिक छापाखाना अर्थात् सर्वसुलभ प्रेस खोलेर सेवा दिँदै आय–आर्जन गर्छन् । मणिपुरको गोर्खाली समाजको एक उद्यमी युवाबाट हुने हरेक कार्य गर्न उनी अघि सर्छन् । त्यहाँको साहित्यिक, सामाजिक, सांस्कृतिक, धार्मिकलगायतका क्षेत्रमा उनको सहभागिता राम्रो रहेको देखिन्छ । मणिपुरको प्रत्येक घरले उनलाई चिन्छ, किनकि आफू मात्र चिनिने काम गर्दैनन् उनी । काम गर्नकै निम्ति उनी आफ्नै सम्पादनमा ‘सिरोई सिर्जना’ पत्रिका नियमित प्रकाशन गर्छन् । मणिपुरको स्तरीय तथा उल्लेखनीय साहित्यिक पत्रिका ‘गोर्खा ज्योति’को सह–सम्पादकको भार थेग्न पनि भ्याउँछन् । वरिष्ठ साहित्यकार र सम्पादक डा. सीताराम अधिकारीसित काँधमा काँध मिलाएर साहित्य कर्ममा निरन्तर योगदानरत छन् । साहित्यिक गोष्ठी र सांस्कृतिक कार्यक्रमहरू आफैँ आयोजन गर्छन् । नभए अरूले आयोजन गरेका यस्ता कार्यक्रममा तन, मन र धनले काँध दिन अघि सर्छन् । यस्ता कार्यक्रममा मणिपुर बाहिरबाट आएका मात्र होइन, आफैँ निम्त्याएर हरेक साना–ठूला अतिथि साहित्यकारहरूलाई खुला हृदयले सत्कार र सम्मान गर्छन् । नेपाली साहित्य परिषद् मणिपुर, भारतीय गोर्खा परिसङ्घको मणिपुर शाखा जस्ता ठूला सङ्घ–संस्थामा आबद्ध उनले जातिहितका काम गरेको देख्दा हामी अवाक् बन्छौँ । मणिपुरको प्रत्येक घरले उनलाई चिन्छ, किनकि आफू मात्र चिनिने काम गर्दैनन् उनी । उता म्यान्मारदेखि यता मणिपुरका अधिकजसो सिर्जनशील अग्रज, अनुज र समकालीन सबैलाई चिनाउने उपक्रममा पनि उनी निःस्वार्थ लागि पर्दछन् । राहुल गीत पनि लेख्छन् । गीतका शब्दलाई सङ्गीतको माध्यमले जीवन्त बनाउने प्रयास गर्छन् । गायन पनि उनको रुची भित्र पर्छ । यति मात्र नभएर उनले आफ्नै खर्चमा गीतका म्युजिक भिडियो पनि निकाल्छन् । अभिनय उनको अर्को प्यासन हो । स–साना भिडियो, फिल्म बनाउने र अभिनय गर्ने मात्र होइन, नेपालका चर्चित चलचित्रकर्मीहरूसँगको सहकार्यमा ठूलै लगानी गरी ‘सायाबुङ’ जस्तो ठूलो पर्दाका चलचित्र निर्माण र अभिनयमा समेत आफूलाई प्रस्तुत गरिसकेका छन् । राष्ट्रियस्तरको पहिलो भारतीय नेपाली सेटलाइट टेलिभिजन ‘एबीएन’को संवाददाता बनी धेरै समाचार र सन्देशमूलक डकुमेन्ट्री पनि राहुलले बनाएका छन् । उनी आफू कडा मिहेनत गर्छन्, कमाउँछन् र यस्तै कार्यहरूमा फेरि लगानी गर्छन् । डुब्छन् केही, अनि तैरिँदै फेरि उक्सिने अर्को मेलो समाउछन् । उनको गतिशील जीवन हेर्दा उनी परिस्थितिलाई जस्तै समयलाई पनि हाँक दिन जन्मिएका हुन् कि झैँ लाग्छ । यी सबै कर्म, व्यवहार र सिर्जनाले उनलाई ‘व्यक्ति एक व्यक्तित्व अनेक’ भएका मणिपुरे सर्जक बनाएको छ । यस्ता व्यक्तिको कृतित्वको कीर्ति समयले चिन्ने छ र पुज्ने छ । यो निश्चितताबारे म ढुक्क छु । ‘मितोप’को सफलताको कामनासहित । रोङ्गो, भारत #जय क्याक्टस #राहुल राई ‘बोगिको’ भारतीय नेपाली साहित्यः इतिहास लेखनका केही आधार (भाग दुई): (घ) ओझेलमा परेका साहित्यकारहरू भारतका अरू पनि धेरै लेखकहरू जस्तै दार्जीलिङका कृष्णदास प्रधान, शेषमणि प्रधान, शिलाङका मणिसिंह गुरूङ, कवि पद्मप्रसाद ढुङ्गाना, सिक्किमका रश्मिप्रसाद आले, आसामका जगनाथ गुरागाईं, नित्यानन्द उपाध्याय, देहरादुनका ठाकुरचन्दन सिंह, भाग्सू (धर्मशाला) का बहादुरसिंह बराल, मित्रसेन थापा, मगन पथिक इत्यादि हुन् । दार्जीलिङ, कालेबुङकाअच्छा राई रसिक, युवा कवि नरेन्द्रप्रसाद कुमाई, विकाश गोतामे, सिक्किमका जीवन थिङ इत्यादि समेत धेरैको उल्लेख कतै पाइदैन । यिनीहरू सबैको युवा अवस्थामै निधन भएको हो । कृष्णदास प्रधानको सम्पादनमा प्रकाशित “नेबुला” परिवर्तित नाउँ ‘परिवर्तन’(१९३६-३७) अनि शेषमणि प्रधानको सम्पादनमा ‘गाउँ सुधार पत्रिका’(१९३९) र ‘आदर्श’ (१९३०) मा प्रकाशित भएका हुन् । उनीहरूका केही फुटकर रचना सन् १९१८ को ‘चन्द्रिका’र सन् १९४३ को ‘गोर्खा’ मा पनि पाइन्छन् । कवि नरेन्द्रप्रसाद कुमाई रोगग्रस्त भएर २२ वर्षको कलिलो उमेरमा सन् १९४८ मा दिवंगत भएका हुन् । साहित्य अकादमीले भारतीय साहित्यका निर्माता श्रृंखलामा उनको पनि जीवनी प्रकाशित गरेको छ । भारतमा ‘गोर्खेखबर कागत्’बाट सुरू भएको पत्रकारिताको आफ्नै एउटा गौरवमय इतिहास छ । भारतबाट प्रकाशित अन्य पत्रपत्रिकाहरूको ऐतिहासिक विवरण हीरा छेत्रीले आफ्नो कृतिमा सविस्तार दिएका छन् । (३) ( ङ) भारतमा नेपाली सन्तकवि परम्परा भारतेली सन्त परम्पराका कवि ज्ञानदिल दास र अञ्जना देवी हुन् । यिनिहरूका बारेमा विभिन्न पत्रपत्रिकाहरूमा केही लेखहरू प्रकाशित भएका छन् । ज्ञानदिल दासको बारेमा डा.कुमार प्रधानले एउटा परिचयात्मक लेख लेख्नुभएको छ (४) भने अञ्जना देवीको बारेमा इन्द्र सुन्दासले पनि उनको जीवनी लेखेर धेरै तथ्यहरू प्रकाश पार्नुभएको छ ।(५) साथै डा.कवीर बस्नेतले लेख्नुभएको अञ्जना देवी र मीराबाईको तुलनात्मक अध्ययन निक्कै खोजपूर्ण छ ।(६) भारतमा अरू पनि विभिन्न धार्मिक सम्प्रदाय र सन्तहरू छन् । कति कबीरपन्थी, जोसमनि र प्रणामीहरू छन् उनीहरूमध्ये पनि कति सन्त कविहरू होलान् । यस दिशामा अझ राम्ररी खोजी हुन आवश्यक छ । (च) अवधारणा र काव्यिक प्रयोग नरबहादुर दाहाल आयामिक साहित्य र लीला लेखनपछि भारतीय नेपाली साहित्यमा देखा परेका काव्यिक प्रयोग र कतिपय अवधारणाहरू पनि छन् । यस्ता काव्यिक प्रयोगहरूमध्ये कवि कालूसिंह रनपहेंलीको दुइ हरफे कविताको ‘युग्मक’पनि एउटा हो । यो भारतेली नेपाली साहित्यको मौलिक सृजना हो । यो आफ्नो अलग चिनारी र परिभाषा लिएर देखा परेको छ । यसको साहित्य सिद्धान्तबारेमा दिपक सुवेदी ‘युग्मक लेखनको २५ वर्ष’मा भन्नुहुन्छ, “साहित्यका विभिन्न विधाहरूमध्ये कविताको एउटा नवीन स्वरूप युग्मक हो । युग्मकलाई प्रतिपादन गर्ने काम प्रयोगवादी स्रष्टा कालूसिंह रनपहेंली (२ मई सन् १९५४) ले गरेका हुन् । एउटा युग्मकमा दुई हरफ हुन्छन् । दुई हरफ एकाअर्कामा सम्बन्धित रहेका हुन्छन् । त्यसैले दुई हरफमा एउटा युग्मक रहे पनि यी आफैँमा पूर्ण हुन्छन्। यी दुई हरफका विषयवस्तुमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। संरचना युग्मकलाई अस्तित्वमा ल्याउने वा निश्चित संरचना प्रदान गर्ने कारक वा अवयवलाई युग्मकका संरचनात्मक तत्व भनिन्छ । संरचनात्मक तत्वहरूको योगहरूबाट नै सिङ्गो संरचना निर्माण हुन्छ । युग्मक पनि एउटा सिङ्गो संरचना भएकोले यसका पनि आफ्नै प्रकारका संरचक घटकहरू रहेका छन्। यिनै संरचक तत्व वा घटकबाट युग्मकको निर्माण हुन्छ । कालूसिंह रनपहेंलीका ६०० भन्दा अधिक युग्मकहरू एउटै कृतिका रूपमा पनि प्रकाशित छन् (७)। नेपाल बाहिरका साहित्यका पाठकहरूमा यो खुबै जनप्रिय भएर गइरहेको छ । युग्मकका अनुयायी तथा युग्मक लेख्नेहरूको संख्यामा पनि दिनदिनै वृद्धि भइरहेको छ । सिक्किमबाट पनि युग्मकका केही कृतिहरू प्रकाशमा आएका छन् ।(८)। योबाहेक ‘धमारी’पनि हालमा देखा परेको एउटा काव्यिक प्रयोग हो । यसलाई नेपाली साहित्य संस्थानले केही वर्षदेखि सञ्चालन गर्दैआएको छ। सिलिगढीको नेपाली साहित्य संस्थान डा.कुमार प्रधान, डा.घनश्याम नेपाल, डा.रेमिका थापा, प्रा.वासुदेव पुलामी, प्रा.देवचन्द्र सुब्बा, बिर्ख खडगा डुवर्सेली इत्यादिद्वारा स्थापित संस्था हो । प्रतियोगिताको रूपमा प्रतिवर्ष हुने ‘धमारी’को कार्यक्रममा विश्वविद्यालय र महाविद्यालयका छात्र छात्राहरूमा धेरै उत्साहपूर्ण सहभागिता देखिएको छ । यो कविता वाचनसँगै कवितालाई अझ प्रभावशाली र सम्प्रेषणीय बनाउन अभिनय र संगीतको प्रयोग गरिने एउटा नौलो प्रयोग हो। यसलाई व्यवहारिक रूपमा कवि पवित्रा लामाले धेरै निरन्तरता दिइरहेकी छन् । समावेशी सन् १९१५ देखि सुरू भएको अवधारणा हो । यो पनि केही युवा जमातद्वारा प्रवर्तन गरिएको अवधारणा हो । सिलगढीको नेपाली साहित्य संस्थानले गत वर्षदेखि आफ्नो स्थापना दिवसमा कवि अगमसिंह गिरी जयन्ती पालन गर्दै दीर्घकालीन साहित्य सेवाको निम्ति एक जना साहित्यकारलाई ’दान खालिङ पुरस्कार’ परिवारको सहयोगमा प्रदान गर्दैआइरहेको छ । यीबाहेक किनारीकृत, समावेशी, सल्वर्टन, विचलन, हस्तक्षेप, सिर्जनावृत्त, संक्रमण इत्यादि यस्तै अरू पनि कति काव्यिक प्रयोग र अवधारणाहरू प्रचलनमा आएका छन् । हस्तक्षेप ,सिर्जनावृत्त ,विचलन र समावेशीहरूले आफ्ना आफ्ना मुखपत्रहरूमा यसका सिद्धान्तहरूलाई स्प्रष्ट पारेका छन् । हस्तक्षेप दार्जीलिङ, कालेबुङ,सिलिगुडी इत्यादि ठाँउका युवाहरूका एउटा समूहद्वारा प्रतिष्ठापित साथै सञ्चालित अवधारणा हो। यसले आफ्नो मुखपत्र ’हस्तक्षेप’को ’मोटो’ (motto) मा भनेको छ, “समाजको, समाजबाट, समाजलाई ।” यस समूहमा आजका अत्यन्त उर्जाशील केही कवि लेखकहरू पर्छन् । यसमध्ये राजा पुनियानी, मनोज बोगटी, टीका भाइ, भूपेन्द्र सुब्बा, निमा शेर्पा, लेखनाथ छेत्री इत्यादि। ती युवाहरूको जमात हो, जसद्वारा यो सञ्चालित भइरहेको छ। यसले आफ्नो मुखपत्र ’हस्तक्षेप’ को पहिलो अंकमा घोषणा गरे अनुसार हस्तक्षेप लेखनले अभिव्यक्तिको नयाँ भाषा, नयाँ वाग्धारा, नयाँ मुडको प्रस्तावना गरेको छ। यसमा लोकलवज मुख्य तत्व मानिएको छ । त्यसपछि यथार्थीय एप्रोच, वस्तुवादी आदर्श, ऐतिहासिक चैतन्य,व्यवहारिक दार्शनिकता, घुलनशील दार्शनिकता, प्रस्तुतिको काँचोपन, लचिलो संरचना, उत्पीडित सौन्दर्यमान, वाञ्छित तत्व मानिएको छ। यसले अझ भनेको छ, ’हस्तक्षेप लेखन भनेको कालबोध विहीन इतिहास चेतविहीन शब्द, उक्ति चातुर्य, समाज अस्पृश्य बिम्बजालले आजसम्म लेखिएका वा भोलिपर्सि लेखिने साहित्यको प्रतिध्रुवमा उभिने प्रतिलेखन हो ।’(९) नाटककार डा.इन्द्रमान राई समावेशी सन् १९१५ देखि सुरू भएको अवधारणा हो । यो पनि केही युवा जमातद्वारा प्रवर्तन गरिएको अवधारणा हो । यसमा मुख्य रूपमा बासुदेव पुलामी, ज्ञानेन्द्र याक्सो, प्रवीण खालिङ, सदीप प्रधान, सूरज धडकन, निरज थापा, योगेश पन्थ, सपन प्रधान, डा.रेमिका थापा इत्यादि सामेल छन् । यसले ’समावेशी’को प्रवेश अंक समावेशी प्रस्तावकमा भनेको छ, ’हाम्रा साहित्य, कला र चिन्तनमा अब हाम्रै लोकदर्शन, मिथक, प्रतीक र बिम्बहरूको समावेशीकरण आवश्यक छ । यसले नेपाली साहित्यमा विविध सौन्दर्यका रूपकहरू निर्माण गर्नेछ ।’(१०) ’सिर्जनावृत्त’ सन् २०१५ देखि आफ्नो अस्तित्व प्रकाशमा आएको यसको मुखपत्र ’स्याही’बाट थाहा लाग्दछ । यसमा पनि केही युवाहरूको जमात देखा परेका छन् । मुख्य रूपमा राजा पुनियानी, लक्ष्मण दाहाल, सूरज रोसूरी यसमा देखा पर्छन् । यसले सिर्जनाको प्रक्रियालाई हरसम्भव गति दिने अनि गतिशील साहित्य, कला, संस्कृति, ज्ञान विज्ञान आदिको प्रचार प्रक्रियालाई पृष्ठपोषण गर्ने कुरामा जोडदिएको छ । आफ्नो उद्देश्य प्राप्तिको निम्ति यसले विचारको आदान प्रदान, अन्तर्क्रिरया , कृति विमोचन, कर्मशाला आदि अयोजन गर्ने योजनाहरूलाईअघि राखेको छ । अहिलेसम्म सिर्जनावृत्तले दार्जीलिङका युवाकवि केवलचन्द्र लामामाथि ’कविता र चित्रमा केवल’,युग पाठकको चर्चित उपन्यास ’उर्गेनको घोडा’माथि अन्तर्क्रिरया, दीपा राई र लेखनाथको चित्र र कवितामा जुगलबन्दी, कवि भूपिनको कविता संग्रह ’सुप्लाको हवाईजहाज’ को भारत लोकार्पण र साहित्यिक यात्रामा अर्द्धशताब्दी पार गरेका अथक साहित्यसेवी नरबहादुर दाहाललाई सम्मान कार्यक्रम गरिसकेको छ ।(११) प्राज्ञहरूको सम्मति र सिस्नु पानी, सर्जकहरूको सिर्जना सचेतता र सहचर्य अनि पाठकीय अभिरूचिको उपस्थितिले ’विचलन’ क्रमिक रूपले प्रचलन बन्न गइरहेको सत्य सबै सामु खुइलिँदै गइरहेछ ।’ भारतीय नेपाली साहित्यमा ’विचलन’ पनि एउटा साहित्यिक समूहद्वारा अवतरित अवधारणा हो। यो २००७ देखि प्रचलनमा आएको हो । विचलनको यस समूहमा सुधीर छेत्री, उज्जवल बमजन, जय क्याक्टस इत्यादि देखापर्छन्। यसको मुखपत्र ’विचलन’का लगभग आठ वटा अंकहरू प्रकाशमा आइसकेका छन् । विचलन बारेको एउटा लेखमा समालोचक जय ’क्याकट्स’ ले लेखेका छन्, ’१ अप्रेल२००७ को दिन विमोचन पत्रिकाको विमोचनसँगै एउटा विचार विस्फोटन हुन्छ, समावेशी र अभिष्टहरूसितै। अनाम हुर्किरहेको नयाँ कविता वा अत्याधुनिक कविता वा नव्य कविताले न्वारानको नाम पाउककछ, ’विचलन’। समकालीन अथवा उत्तरआधुनिक कविता भनिनु भारतेली नेपाली कविताको निम्ति अतिरञ्जना जस्तो भइरहेको र अलिक असुहाउँदिलो भइराखेको समयमा ठ्याक्क जुर्यो- नाम, विचलन। नाम अनुसारको काम लिएर सात अंकसम्म आइपुग्दा विचलन, खिच्यो कविताको अर्को स्वरूपको धाम । अहिले यो काव्यधाममा झलमल्ल लागेकोछ घाम।यही घाम ताप्दै हिँड्ने तीर्थयात्रीको निक्कै बढेको छ, लाम । कविताको उच्चता उक्लन नसकी आधा बाटोबाटै फर्कने कविता पाठक, कविता आदर्श छुनै नसकिने रापिलो रवाफदेखि तर्सिएका पाठक र कवितालाई हाउगुजी बनाउने कवि समालोचकदेखि विरक्तिएका पाठक,सबै उत्सुकताले विचलनको सरलता,समायोजना, समीकरण र सन्तुलनलाई नियालिरहेका छन्। प्राज्ञहरूको सम्मति र सिस्नु पानी, सर्जकहरूको सिर्जना सचेतता र सहचर्य अनि पाठकीय अभिरूचिको उपस्थितिले ’विचलन’ क्रमिक रूपले प्रचलन बन्न गइरहेको सत्य सबै सामु खुइलिँदै गइरहेछ ।’(१२) यस लेखमा लेखकले त्यस समयसम्म प्रकाशित ’विचलन’ का रचनाहरू अध्ययन गरेर विचलन के हो भन्नु भन्दा के होइन, भन्ने स्पष्ट पारेका छन् ।(१३) किनारीकृत रेमिका थापा र मनप्रसाद सुब्बाबाट प्रवर्तन गरिएको अवधारणा हो। यसका सैद्धान्तिक पक्षलाई’किनारा विमर्श’ कृतिमा भएका सम्पादक द्वयको विमर्श १ का विचार, विमर्श २ (क) का १५ वटा नेपाली, अंग्रेजी, हिन्दी लेखहरूसाथै सिर्जना, पठन र सिर्जनाले स्पष्ट पारेका छन् ।(१४) संक्रमण कविता आन्दोलन सन् १९९३ मा काशी हिन्दू विश्वविद्यालयका युवा विद्यार्थीहरूद्वारा सुरू गरिएको आन्दोलन हो। संक्रमणकालीन समयमा दिशाबोध हुन आवश्यक छ, भन्दै यो आन्दोलन आरम्भ भएको पाइन्छ । आसामको ’कोलाज’ आन्दोलन एक समय त्यहाँ खुबै लोकप्रिय भएको थियो। यसलाई अविनाश श्रेष्ठले मुख्य रूपमा नेतृत्व दिएका थिए । यस समूहको मुखपत्र ’संक्रमण’ पत्रिका प्रकाशित छ । यस समूहद्वारा आफ्नो आन्दोलनको तथ्यलाई प्रष्ट पार्दै भनिएको छ, ’क्रमिकता, एकपछि अर्को दिशा र प्रवृत्ति उठ्दछ । सम्बद्धहरू एकै ती समयरूपमा क्रमिकताको विभाजन हुन सक्दैन। त्यसको व्याप्ति अखण्ड हुन्छ। समयको प्रयोगशील परिस्थितिमा कविताको क्रमिक विकाश हुन सकेको अथवा हुन नसकेको हेर्ने कार्य यो वर्तमान पिंढीको हो।(१५) यस समूहमा संक्रमण समयबाट मुक्त हुन काव्यिक आन्दोलन गर्ने कविहरूमा सञ्जय वान्तवा, सञ्जय विष्ट, परशुराम पौड्याल, कविता लामा र सरिता लामा मुख्य रूपमा रहेका छन्।(१६) यस बारेमा डा.घनश्याम नेपाल भन्नुहुन्छ, ’वर्ग विशेषको वर्ग स्वार्थको साहित्यलेखन सभ्यता अब थोत्रो भइसक्यो। आज वर्ग निरपेक्ष , सार्वभौम जीवन सापेक्ष लेखनको आग्रह छ। हरियाली कविता,पर्यावरण कविता,आशा, आस्था,वैषम्य, भातृत्व कविता त्यस्तै हाम्रा अध्ययनशील तन्हेरी कविहरूका यी संक्रमण कविता।’(१७) यीबाहेक भारतीय काव्य लेखनमा गजल, बिम्ब कविता, तीहक, काव्याणु इत्यादि र जापानी हाइकू, ताङ्का इत्यादि समेत प्रचलनमा आएका छन् । आसामको ’कोलाज’ आन्दोलन एक समय त्यहाँ खुबै लोकप्रिय भएको थियो। यसलाई अविनाश श्रेष्ठले मुख्य रूपमा नेतृत्व दिएका थिए । अहिले यो आन्दोलन निस्कृय छ । #नरबहादुर दाहाल कसले हात पार्ला त मदन पुरस्कार ?\xa0: भरतपुरको एउटा केफेमा कफी पिउँदै गर्दा कवि आख्यानकार सुमन घिमिरेले सोधे, ‘सर गतवर्ष तपाईँले मदन पुरस्कार पाउने पुस्तकको नाम नै घोषणा गर्नुभएको थियो महेश थापाको ‘मरिचिका’ | त्यस पुस्तकले मदन पुरस्कार त पाएन तर बहुचर्चित रह्यो | यसपटक सात वटा पुस्तक छानिएका छन्, तपाईँको विचारमा कसले पाउला यो नेपालको नोबेल पुरस्कार भनिने मदन पुरस्कार ?’ मैले भने, ‘यसपटक म कुनै एक पुस्तकको नाम लिन्न सुमन | यसपटक छनोटमा तीन थान कविता संग्रह, दुई थान उपन्यास, एउटा कथा संग्रह र तीन भागमा विभाजित एउटा भीमकाय आयुर्वेद औषधि इन्साइक्लोपेडिया परेका छन् | सबैभन्दा ठूलो तीन भागमा विभाजित इन्साइक्लापेडिया र सबै भन्दा पातलो आत्मकथानकतामा आधारित १ सय षृष्ठको भुवन ढुंगानाको संस्मरणात्मक उपन्यास ‘परित्यक्ता’ | यो सबै पुस्तकलाई विगत एक साताबाट पढ्दै छु, हेर्दैछु भन्नुपर्यो | मलाई निकै रोचक लागेको पुस्तक परित्यक्ता बनिरहेको छ | एक एक पंक्ति र प्रत्येक अनुच्छेदलाई आनन्द लिँदै पढ्दै छु परित्यक्ता | कसैले भन्लान, राम्रो पुस्तक त झन् छिटै पढ्नु पर्ने होइन र ? म राम्रो पुस्तक वा कुनै पनि पुस्तक हतारमा खेतालाले मेलो भ्याउने गरी पढ्दिनँ | महिला अस्तित्वबारे बोलिएको धेरै राम्रो संमरणात्मक उपन्यास हो यो जसमा कता कता गीतिशैली प्रयोग गर्दै प्रतिकात्मकतामा जोड दिनुभएको छ आख्यानकार भुवन ढुंगानाले | पुस्तकका प्रत्येक पानामा दर्शनसँग भेट हुन्छ र गम्भीर पाठकले निकै आनन्द लिनेछन् । केहीले मन नपराउलान पनि । किन कि विषयको गाम्भीर्यतामा पौडी खेल्न अल्छी मान्छन्, कमसल पाठक | “माया तिमीले यो घर संसार शून्यबाट सुरु गर्नु पर्छ “… तिमीले भनेको कुरामा धेरै अर्थ रहेछन्, पछि बुझें | नारी अस्तित्वको सानो झिल्कोमा कस्तो दर्शन ? नेपालको निकै चर्चित र उत्कृष्ट पुरस्कार कतै ‘परित्यक्ता’ले लान सक्छ कि ? ३ सय ६७ पृष्ठको चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ को पहिलो च्याप्टर पढ्दा नै मन्त्रमुग्ध भएँ | यो बाईसी-चौबीसी राज्यकालको कथा रहेछ अर्थात् नेपालको इतिहासमा आधारित एउटा अनौठो उपन्यास | यो उपन्यास बजारमा आउनसाथ बढीभन्दा बढी पाठक बनाउन सफल भएको थियो र अझै पनि यसका पाठक भन्छन्, धेरै राम्रो र पढ्नै पर्ने कृति | कारण, यसले नेपालको इतिहास बोलिरहेको छ | भन्न सकिन्न ‘महारानी’ को सम्भावना निकै प्रबल छ | पुरस्कारको सुचीमा परेको एकमात्र कथासङ्ग्रह ललित विष्टको ‘मोह्पथ’ को पहिलो १२ पृष्ठको कथा ‘अनुहार’ पढ्दा म रन्थनिएकै हो | म आफैँ कथा लेख्छु र ललित बिष्टको कथाको पटकथा लेख्ने शैली र चरित्र चित्रण गर्ने शैलीको म हृदयदेखि नै प्रसंसा गर्छु | सम्भावना त यसको पनि उत्तिकै प्रबल छ सुमन | अब कविताको पालो | तीन कविका तीन उत्कृष्ट कविता संग्रह छनोटमा परेका छन् | तीनै कवि मेरा प्रिय कवि हुन् | शारदा शर्माको ‘यात्रामा’ सङ्ग्रह भित्रको कविता ‘कर्ण’ कविडाँडा साहित्य समाजको मूक पत्र ‘चरैवेती’का लागि प्राप्त हुँदा पटक पटक पढ्दा पनि मन भरिएको थिएन | उहाँको कविताको शक्ति ‘यात्रामा’ सङ्ग्रहभित्रका प्रत्येक सिर्जनामा देखिन्छ | कवितालाई माध्यम बनाएर प्रश्न त धेरै कवि लेखकहरूले गर्छन् तर उहाँको ‘प्रश्न’ कविताभित्रका प्रश्न नारी अस्तित्व अध्यनका लागि निकै अर्थपूर्ण छन् | “सेता पानाहरू रङ्ग्याएर मैले सधैँ उतार्न खोजेको तस्बिर मेरी थियो तृप्त नहुन्जेल समयका रङ्गसंग खेलिसकेपछि जब लाग्यो दुरुस्त भयो मैले थाहा पाएँ त्यहाँ मेरो आकृति त थियो हुबहु तर म थिइनँ |” सभ्य तरिकाले प्रस्तुत नारी अस्तित्व पीडाको यस्तै क्रन्दन भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’मा पनि पाठकले अनुभूति गर्न सक्छन् | भन्न सकिन्न है, शारदा शर्मा नेपाली साहित्यकी मुर्धन्य व्यक्तित्व हुनुहुन्छ, यसपटकको मदन पुरस्कार उहाँको आंचलमा पर्न सक्छ | पोखराका मुर्धन्य कवि तीर्थ श्रेष्ठको कविता सङ्ग्रह ‘धर्सै धर्साको चक्रव्यूह’ ले बजारमा आउनसाथ चर्चा पाएको थियो | यसभित्रका धेरै कविता उनका प्रिय पाठकहरूले फेसबुकमा सेयर गरेका थिए | प्राकृतिक सौन्दर्यको सहर पोखरामा बसेर कविताको सुन्दरतामा रमाउने कवि तिर्थ श्रेष्ठ नेपालका स्थापित कवि हुनुहुन्छ र व्यंग चित्रणसहित वस्तुनिष्ठा र प्रयोग उहाँको विशेषता हो | “यस पटकको हिउँदमा चुनाव भयो जाडो पनि डरलाग्दो थियो पार्टीहरूका घोषणापत्रहरूको ओच्छ्यान बनाइयो पोस्टरहरूको सिरक ओडियो पर्चाहरू बालेर आगो तापियो साह्रै सजिलोसँग हिउँद कटाइयो | “ कति सजिलै नेपाली राजनीतिप्रति घृणा व्यक्त गर्न सफल हुनुहुन्छ उहाँ उपरोक्त पङ्क्तिहरूमा | के थाहा यसपटक यो पुरस्कार कवि तिर्थ श्रेष्ठसँगै मदन पुरस्कार विजेता सरुभक्त श्रेष्ठको प्रिय गाउँ पोखरा पुग्ने हो कि ? एक जना अर्का बहुचर्चित कवि विमल निभाको कविता सङ्ग्रह ‘जोकरको बन्दूक’ निकै शक्तिशाली कविताहरूको सङ्ग्रह हो | उहाँले कवितामा प्रयोग गरेका बिम्ब निकैले मायने राख्छन् | भनिन्छ ‘कविताका लागि विमल निभा र विमल निभाका लागि कविता |’ कविताकै माध्यमबाट उहाँ आफ्नो असन्तुष्टि र आक्रोश बोल्नुहुन्छ | ‘इतिहासको पाठ’ शीर्षक कवितामा विमल निभाको कलाकारिताको प्रसंशा गर्नु पर्छ | मात्र केही पंक्तिमा उहाँ विश्व विजयको मनसाय बोकी हिँड्ने अलेक्जेन्डर दी ग्रेटको विजय यात्रा भ्याइदिन्छन् अनि मात्र आठ शब्दमा सबै टुंग्याइदिन्छन उसको विजय यात्रा र जीवन यात्रा दुवै | अन्त्यमा मर्यो एउटा लामखुट्टेको टोकाईले अलेक्जेन्डर दी ग्रेट सातौँ नाम हो ‘महारसनिघन्टू’ | यो आयुर्वेद स्वास्थ्यको इन्साइक्लोपेडिया हो | तीन खण्डमा विभाजित यस पुस्तकको आकार विशाल छ | महँगो पनि छ | मैले सरर हेरेँ मात्र | के थाहा यसपटकको मदन पुरस्कार साहित्य पक्षलाई ससम्मान विदा दिँदै ‘महारसनिघन्टू’ ले प्राप्त गर्ने हो कि ? स्थापनाकालदेखि नै मदन पुरस्कार विवादमा न रहेको होइन, सुमन | मदन र जगदम्बाको सम्बन्ध, केदारमणि दीक्षितको जगदम्बा खेमामा प्रवेश आदि आदि धेरै पढियो पनि र भन्नेले यो एउटा जड्याको नाममा स्थापित गरेको पुरस्कारलाई खासै महत्व दिनु पर्दैन समेत भनेको मैले पढेको छु | साथै मुलुकमा गणतन्त्र आइसकेको परिपेक्ष्यमा एउटा जहानियाँ शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छ र ? भन्ने प्रश्न पनि पढियो | तर, गुनासो पनि गर्छन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, माधव घिमिरे जस्ता नेपाली साहित्यका महारथीहरूले मदन पुरस्कार पाएनन् भनेर | मेरो विचारमा त नेपाली साहित्यका यी महारथीहरू कुनै पनि पुरस्कारभन्दा धेरै माथि उक्लिसक्नुभएको छ । यसर्थ यो प्रसंग नै अर्थहीन लाग्छ मलाई | मदन पुरस्कार नेपाली साहित्यको एउटा प्रतिष्ठित पुरस्कार हो । सर्जक र सृजना दुवैको स्वतन्त्र अस्तित्व भए झैँ यस पुरस्कारको पनि स्वतन्त्र अस्तित्व थियो र छ | पुरस्कार वितरण गर्ने संस्था र छनोट समितिले पुरस्कारको अस्तित्व र यसको महत्व कायम राख्न व्यक्ति होइन सृजनालाई पुरस्कृत गर्नु पर्छ | अन्त्यमा, मदन पुरस्कारका लागि छनौटमा परेका सबै पुस्तक पूरै पढेर मैले यो लेख तयार पारेको वा मेरो विचार राखेको होइन | एक नम्बरमा यो नै पर्छ भन्ने मेरो भनाइ पनि छैन | मैले सरसर्ती हेर्दा यी पुस्तकका विशेषताबारे मलाई लागेको मात्र भनेको हो | आयुर्वेद इन्साइक्लोपेडिया पुस्तकबाहेक अन्य छ पुस्तकलाई छनौट समितिले पुनः दोहोर्याई तेहेर्याई पढेर एक नम्बरमा पर्ने पुस्तकको छनोट गर्नु पर्छ | अब यस वर्षको मदन पुरस्कार कसले पाउँछ ? म भन्न सक्दिनँ सुमन | बरू शायर प्रदीप पालका यी दुई पङ्क्ति भन्छु- दुनियाँ का तमाशा देख लिया गमगीन सी है बेताब सी है उम्मिद यहाँ इक वहम सी है तस्कीन यहाँ इक ख्याब सी है यहाँ मेरो नितान्त निजी विचार पेखिएको छ । तैपनि सार्वजनिक हुने विषय भएकाले यसलार्इ सकेसम्म निजी मात्र हुँन दिएको छैन, पाठक धर्म पनि यही हो । #एलबी क्षेत्री #मदन पुरस्कार नेम्वाङको ७९ औँ जन्मजयन्तीमा तीन स्रष्टा सम्मानित: साहित्यपोस्ट पाँचथरका मुर्धन्य साहित्यकार (पर्यावरण साहित्यका अभियन्ता) अमर कुमार नेम्वाङको ७९ औं जन्मजयन्तीको अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ । सम्मान प्राप्त गर्ने स्रष्टाहरुमा प्रा. डा. भीम खतिवडा, मधुराज केरुङ र मञ्जु नेम्वाङ रहेका छन् । अमर नेम्वाङ स्रष्टा पुरस्कार धरानका स्रष्टा प्रा. डा. खतिवडाले पाएका छन् । फाल्गुनन्द गाउँपालिकाद्वारा स्थापित उक्त पुरस्कार तथा सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, पाँचथरको सहआयोजनामा रु. ५०,००० राशिको पुरस्कार प्रा. डा. खतिवडाले पाएका हुन् । त्यस्तै, ४०,००० राशिको युुवा स्रष्टा पुरस्कार पाँचथरका मधुराज केरुङ र रु. १०,००० राशिको नवप्रतिभा प्रोत्साहन पुरस्कार फाल्गुन्द गा.पा. २ कि मञ्जु नेम्वाङलाई प्रदान गरिएको छ । सेहोनाम्लाङ साहित्य समाजका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर मुन्धुमविद् अर्जुनबाबु मावुहाङको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, विशिष्ट अतिथिको रुपमा संविधानसभा सदस्य एवं पूर्वमन्त्री साहित्यकार श्रीप्रसाद जवेगु रहनुुभएको उक्त समारोहमा गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्राकुमारी आङ्देम्वे, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका सर्जकहरुको समेत उपस्थिति रहेको थियो । उक्त समारोहमा सहभागी स्रष्टाहरुले आफ्ना रचनाहरु वाचन समेत गरेका थिए । निबन्धः ४ + १ = ४ ?: केही दिनअघि कसैले फेसबुकमा एउटा तस्बिर पोस्ट गरेको थियो, जहाँ एकजना शिक्षकले ब्ल्याकबोर्डमा “२ + ० = २०” अनि “६ + ६ = ६६” लेखेर ससाना नानीहरूलाई पढाइरहेको दृश्य देखाइएको थियो। त्यसरी व्यक्तिगत विधि र नियमहरूले गणित (अनि गणितका अन्य विषयहरू) पढाइएमा देशका नानीहरू भविष्यमा गएर कस्ता प्रकारका नागरिकह बन्लान् भन्ने कल्पना गर्दा मात्र पनि डर लागेर आउँदो रहेछ । त्यही तस्बिर हेरेर धेरै महिनाअघि युट्युबमा हेरेको एउटा भिडियोको याद मेरो मस्तिष्कमा ताजा भएर आयो। त्यस भिडियोको शीर्षक ‘४ + १ = ४’ थियो। जहाँ एउटा गणित पढाउने शिक्षकले आफ्ना विद्यार्थीहरूलार्इ “४ + १ = ४” भनेर पढाउँछ साथै व्याख्याहरू दिएर बुझाउने कोसिस गर्छ। ‘४ + १ = ४’ लाई अंकगणितको सत्य वचन अथवा प्रस्तावको रूपमा पढाइसकेपछि शिक्षकले एक विद्मार्थीलाई चार योग एक बराबर कति (४ + १ = ?) भनेर प्रश्न गर्दा विद्यार्थीले पाँच (५) भनेर उत्तर दिन्छ। उत्तर सुनेर शिक्षक त्यस विद्यार्थीसित पूरा रिसाउँछ। विद्यार्थीले “४ + १ = ५” को सर्वमानित बौद्धिक (तार्किक) निष्पक्षता अनि व्यवहारिक वैधता आफ्नै प्रकारले बुझाउने कोसिस गर्छ तर शिक्षकले मानिलिन नै चाहँदैन। सबैले मानेका कुरा नै हो कि विद्यार्थीको तुलनामा विषय पढाउने शिक्षकको ज्ञान ज्यादै हुन्छ। विषय पढाउने शिक्षकलाई कक्षामा पढाइने बिषयको विशेषज्ञ (अधिकारी) मान्नैपर्ने हुन्छ। विश्वासबिना कति ज्ञानहरू आर्जन गर्न सकिँदैन। तर त्यसो भन्दैमा अन्धो विद्यार्थी (अनुयायी) पनि त बन्न सकिँदैन। जुन असत्य छ त्यसलाई वहिष्कार गर्न सक्नुपर्छ। त्यो एउटा ज्ञानी मानिसको गुण पनि हो। जहाँ शंका लाग्छ त्यहाँ प्रश्न गर्नुपर्छ किनकि प्रश्न नै ज्ञान प्राप्तिको पहिलो सिँढी हो। वास्तवमा त्यस विद्यार्थीको उत्तर प्रशंसनीय साथै प्रेरणात्मक छ। कहिलेकाहीँ विद्यार्थीहरूले कति बुझेका रहेछन् भन्ने कुरा जान्नलाई शिक्षकहरूले यसरी गणितका कतिपय सम्भावित नियमहरूलाई वैकल्पिक तरिकाले प्रयोग गरेर असत्य (भूल) उत्तरलाई पनि सत्य (सही) देखाउन सक्छन्। कतिले चलाकी र कौशलताको प्रयोग गरेर असत्य वचनहरूलाई सत्य देखाउँछन्। तिनीहरू वास्तवमा सत्य हुँदैनन्। त्यस्ता वचनहरूलाई समय लगाएर राम्ररीसित अध्ययन गरेमा तिनीहरूका गणितीय सत्यता, वैधता र मान्यता सहजै खुट्याउन सकिन्छ। तर हाम्रो मनमा एउटा प्रश्न आउन सक्छ कि उनीहरू कसरी ती असत्य वचनहरूलाई सत्य देखाउन सक्षम हुन्छन्। त्यो चाहिँ उनीहरूले गणितका कतिपय मौलिक नियमहरूलाई गणितकै प्रक्रियाले तोडेर गर्नेगर्दछन्। तर वास्तवमा गणितका निश्चित अनि सर्वमानित मौलिक वचनहरूका (यहाँ “४ + १ = ५”) नियमहरूलाई तोड्न कदाचित् सकिँदैन। त्यो कसरी हुन्छ भनेर म संक्षिप्तमा तल कुरा गरिरहेको छु। ईगम खालिङ हाम्रो मनमा एउटा प्रश्न उठ्न सक्छ कि कसरी वचन (अथवा प्रस्ताव) “४ + १ = ४” अथवा “१ + ४ = ४” सठीक (सही) हुनसक्छ भनेर; कारण अङ्कगणितको प्रतीकात्मक वर्तमान प्रणालीमा यस प्रकारको वचनको निषेध स्व-विरोधाभासी हुन्छ। यसकारण वचन “४ + १ = ४” आफैँ-आफमा विरोधाभासी छ। यदि हामीले अंकगणितीय प्रतीकवादको नयाँ प्रणाली बनायौँ जसमा ४ लाई ‘४ + १’ को अर्को नाम हो भन्ने परिभाषित नियमको रूपमा मानिलिँन्छौ। यसरी यस प्रणालीमा ‘४ + १’ र ४ का मूल्य समान बन्दछ। एउटा प्रतीकात्मक तार्किक वचनजस्तो मात्र बन्दछ। जसको वैधता तार्किक प्रणालीअन्तर्गत मात्रै सीमित रहन्छ। त्यसलाई अङ्कगणितका अन्य वचनहरूलाई जस्तो भौतिक संसारका वस्तुहरूसित प्रयोग गर्न सकिँदैन। त्यसको विश्लेषणात्मक अनुसरण पनि हुनसक्दैन । कारण, अङ्कगणितका नियमहरूअनुसार प्रस्तुत वचन “४ + १ = ४” आफैँमा विरोधाभासी अनि गलत छ। हामी प्राथमिक कक्षाको उदाहरण लिन सक्छौँ। कुनै एउटा नानीले १० सम्मका अङ्कहरू (संख्याहरू) मात्र सिकेको छ भने उसलाई ११ र १२ के हुन् र कसरी हुन्छन् भन्ने थाहा हुँदैन। उसलाई सिकाउनुपर्ने हुन्छ कि अङ्क ११ वास्तवमा १० देखि माथिको अर्को एउटा ‘अङ्कहरूको एकाइ’-को नाम हो भन्ने । १० (दश) (+) योग १ (एक) को अर्को नाम ‘एघार’ हो। त्यसरी नै ११ (एघार) योग (+) १ (एक) को अर्को नाम ‘बाह्र’ हो। यसलाई हामी भौतिक वस्तुहरू (चकलेट, पेन्सिल आदि) प्रयोग गरेर पनि सिकाउन सक्छौँ। यसको मतलब यो हुन्छ कि ‘४ + १’ विश्लेषण गरेर कहिल्यै पनि ४ पाइँदैन साथै ५ पनि पाइँदैन कारण ५ चाहिँ ‘४ + १’ को संश्लेषणात्मक एकाइ हो। बरू ५ वटा चकलेटहरू लिएर ४ र १ लाई अलगै राखेर सबैलाई गन्ती गरेमा जम्मा ५ वटा चकलेटहरू पाइन्छ तर ४ र १ लाई जति नै विश्लेषण गरे तापनि तिनीहरूभित्र ५ पाइँदैन तर ५ चकलेटहरूभित्र ४ र १ पाइन्छ। फेरि जम्मा ४ वटा चकलेटहरूबाट कुनै पनि संश्लेषण अनि विश्लेषण विधिले ४ र १ चकलेटहरु पाइँदैन । त्यसैले संश्लेषणबिना विश्लेषण सम्भव हुँदैन। वास्तवमा अङ्कगणितका अङ्क अनि प्रतीक चिन्हहरूले यथार्थका (जगतका) वस्तुहरूलाई प्रतिनिधित्व गर्दछन्। यसैकारण अङ्कगणितमा प्रतीकात्मक प्रणाली संरचना गर्नुभनेको यस्तै प्रकारका सङ्केतहरूलाई अथवा प्रतिनिधित्व गर्ने प्रतीकहरूलाई संश्लेषित गर्नु पनि हो। तर यसको अर्थ यो होइन कि त्यो उल्लेखित भिडियोमा देखाइको वचन “ ४ + १ = ४” लाई अङ्कगणितको सत्य सूत्र मान्न सकिन्छ। यदि मानिन्छ भने अङ्गणितको सूत्र नभएर प्रतिकात्मक तर्कशास्त्रको पुनरूक्तिको प्रयोग मान्नुपर्छ। वचन “४ + १ = ५” अनिवार्य, सार्वभौम (सर्वमान्य) अनि वस्तुगत वैधता हुन्छ। यहाँ ‘अनिवार्य’ भन्नाले शुद्ध विवेकबाट आर्जित बौद्धिक वस्तुको सत्ता बुझिन्छ जसको विपरीत असम्भव हुन्छ। जस्तै: “४ + १ =” को परिणाम ५ बाहेक अरू कुनै विपरीत सम्भव नै छैन। कुनै पनि स्थितिमा त्यो “४ + १ = ४” अथवा “४ + १ = ६” हुनै सक्दैन। यदि अङ्गणितको नियम तोडेर गणितको कुनै पनि विशेष परिभाषित क्षेत्रमा सम्भव भए तापनि त्यो अनिवार्य, सार्वभौम अनि वस्तुगत वैधताको स्तरमा हुनसक्दैन। “४ + १ = ५” को अनिवार्य विश्वैभरि समानरूपमा मान्य हुन्छ। भारतमा मानिलिएको “४ + १ = ५” जपानमा गएर “४ + १ = ४” हुनसक्दैन, फेरि त्यसरी नै अमेरिकामा गएर “ ४ + १ = ६” हुनसक्दैन। त्यसैले “४ + १ = ५” को अनिवार्यको मान्यता सार्वभौम हुन्छ । त्यस्ता अनिवार्य अनि सार्वभौमको स्रोत हाम्रो मस्तिष्कको शुद्ध विवेकमा (बुद्धिमा) पाउँदछौँ। त्यस्ता अनिवार्य अनि सार्वभौम वचनहरूलाई भौतिक वस्तुहरूसित प्रयोग गर्न सकिन्छ। जब त्यस्ता वचनहरूलाई व्यवहारिकतामा (यथार्थमा) प्रयोग गरिँदा वस्तुगत वैधता सही पाइएमा साँचो वचनहरू (प्रस्तावहरू) मान्न सकिन्छ। उदाहरणको निम्ति दाहिने हातमा दुइटा अनि देब्रे हातमा अर्को दुइटा चकलेटहरू लिएर दुवै हातहरूका चकलेटहरूलाई मिसाएर (जोडेर) टेबलमा राखी गन्ती गर्यौ भने जम्मा (कुल) चारवटा चकलेटहरू पाइन्छ। फेरि ती चकलेटहरूलाई दुई भाग गरेर एक-एक हातमा लियौँ भने एउटा हातमा दुइटा चकलेटहरू अनि अर्को हातमा पनि दुइटा चकलेटहरू पाउँछौँ। यसरी अङ्गणितको यस्तो वचन “४ + १ = ५” का व्यवहारिक अर्थ र मूल्यहरू अङ्कहरूको (यहाँ ४, १ अनि ५) मात्र नभएर प्रतीकहरूका (यहाँ + अनि =) पनि परिचलन (सञ्चालन) अर्थ र मूल्यहरू हुन्छन्। माथिका विश्लेषणहरूबाट के बुझिन्छ भने गणितका मौलिक वचन अनि सूत्रहरूका नियमहरूलाई तोडेर अन्य मौलिक वचन र सूत्रहरू निर्माण गर्न सकिँदैन। त्यस्तै प्रकारले अङ्कगणितको प्रतीकात्मक प्रणालीअनुसार “२ + २ = २” अनि “४ + १ = ४” जस्ता वचनहरूलाई मौलिक अनि साँचो वचनहरू मान्न सकिँदैन। त्यसरी नै “२ + ० = २०” अनि “६ + ६ = ६६” जस्ता वचनहरू त झन पूर्णरूपले गलत अनि वहिष्कृत वचनहरू हुन्। दार्जीलिङ, भारत #ईगम खालिङ पशुपतिनाथबाट बौद्धनाथको दर्शन: रिमरिम गर्दै पूर्वी भाग उज्यालियो । सँगै काठमाडौँको सौन्दर्य आँखाभरि उदायो । मन परेको ठाउँमा उभिएर हेर्दा हरेक कुरा मन पर्दै जाँदा रहेछन् । म एकाविहानै शुुभ्र काठमाडौँ नियाल्दै थिएँ, हिन्दू विद्यापिठको माथिल्लो तल्लाबाट । मैले देखेँ, क्षितिज कालोबाट पहेंलो हुँदै केही समयमै सेतो हुनेक्रममा थियो । एकपछि अर्को गर्दै रङ बदल्न व्यस्त ऊ, यसो भनौं, आफ्नो रूपलाई सिङ्गार्नमा मग्न, म पनि बेफुर्सद भएर हेरिरहेकी थिएंँ । मान्डलेको बेसरी गर्मी खाएको शरीर भएर होला मलाई खुब चिसो लागेको थियो मिरमिरे काठमाडौँको त्यो विहानमा । लुगलुुग काम्दै भए पनि यो सुन्दर दृश्य छोडेर जाने मन भएन । खुला छतमा म एक्लै थिएँ सायद । राति राम्रै निद्रा परे पनि अँध्यारोमै खुले आँखा, यसो घडी हेरेँ पाँच बजेछ । सुतिरहन मन लागेन । साथीहरू ढुक्कसँग निदाइरहनुभएको थियो, जगाउन पनि मन लागेन । उहाँहरूलाई पनि आफूलाई झैँ आनन्द भएको होला जस्तो लाग्यो, नहोस् पनि कसरी ? तैपनि उहाँहरूलाई एक्लै छाडेर काठमाडौँको खाल्डो एक एक नियाल्दैछु । घाम लागेपछि नजिकैको हिमाल पहेँलो भएको स्पष्ट देखियो । त्यो हिमाल हो भन्ने कुरा घाम नलागुन्जेलसम्म थाहा थिएन । अचानक चिच्याउन मन लाग्यो । हिमाल–हिमाल । तर मेरो कुरा सुनिदिन कोही उठेको थिएन । नेपालमा हिमाल छ भन्ने कुरा यो बेलासम्म बिर्सेको रहेछु । मधुरो भए पनि काठमाडौँबाट हिमाल देखिन्छ भन्ने कुरा याद नै नभएको । खुसीले एकाविहानै बुुरुक्क उफ्रिएँ । हिजो राति परिवारका सबैसँग आफू सुुरक्षितरूपमा नेपाल पुुगेको कुरा परिवारलाई बताएको थिएँ । खासमा बर्माबाट भारतको सिमानामा पुगेपछि मैले नेपाल पुग्नेबित्तिकै कुुरा गर्छु भनेको थिएँ तर प्राविधिक कारण, व्यस्तता र नेटवर्कका कारणले आइपुुगेको कुरा खबर गर्न पाएको थिइनँ । चार दिन भइसकेछ, कुरा नभएको । यसले उहाँहरूको चिन्ता बढाएको रहेछ । आफूू भनेँ नेपाल पुगिसकेपछि सबै कुरा बिर्सिएर मग्न पो भइरहेको रहेछु । ‘स्वार्थी भइछौ छोरी, हामीलाई कति चिन्ता लाग्यो ।’ आमाले यसो भन्दा बल्ल आफूले समयमै खबर नगरेकोमा पश्चताप लाग्यो । मैले हाँसेर भने, ‘सिम थिएन अामा । फेरि फोन गर्दा नयाँ केही सुनाऊँ भनेर नि, आमा !’ ‘के के देखिस् त ?’ मैले बेलिबिस्तार लगाएँ । पाटन दरबार, काठमाडौँ सहर र न्युरोड बजार । खासमा मैले आमाका लागि केही ढाकाको चोलो र धागोको पसल देखेको थिएँ । मेरी आमालाई तिलहरी लगाएर संगीनी नाचेको असाध्यै सुहाएको मैले देखेकी थिएँ । अरूबेला बर्मेली पहिरनमै देखिने मेरी अामालाइ नेपालबाट लैजान सक्ने त्यही सामग्री हो । यी समाग्री किन्न लाग्दा ज्ञान सरले फर्कदा किन्न सुझाव दिनुभएको थियो । तर मैले ती सामग्री किनिसकेको भनेर उहाँलाई खुसी बनाउन भनेँ । नभन्दै उहाँ निकै खुसी हुनुुभयो । कहिलेकाहीँ आफन्तलाई खुसी बनाउन झुुटो बोल्नुपर्छ । आखिर यो झुुटो पनि त होइन नि ! फर्कने बेलामा त किनिहाल्छु भन्ने लाग्यो । ‘पशुपतिनाथ पुगिस् ?’ आमाले सोध्नुभएको थियो । ‘भोलि जाने योजना छ ।’ मैले साँचो कुरा बताइदिएँ । तर भन्न बिर्सिएको कुरा चाहीँ काठमाडौँको चिसो र अहिले देखिएको हिमाल थियो । आज पशुपतिनाथ पुुगेर फर्केपछि आमाले सुनाउने कुरामा यी कुरा पनि थपिनेछन् । नाकले मगमग चियाको बासना थाहा पायो । नजिकै भान्सा छ भन्ने कुरा हिजो थाहा पाएकी थिएँ । भान्सामा विष्णु डाँगी सरको मिसेजले भान्साकी दिदीलाई सघाउँदै हुनुहुँदो रहेछ । हिजो मात्रै मेमसँग परिचय भएको थियो । मेरो भाषा–साहित्यका गुरु ज्ञान सर बर्माबाट नेपाल आउँदा साथ दिने व्यक्ति कोही हुनुहुन्थ्यो भने विष्णु सर नै हुनुहुन्छ भन्ने कुरा पनि थाहा पाएको थिएँ । यही कारण मेमसँग मेरो विशेष अनुराग हुनु स्वभाविक नै हो । हामीले पढेका, सुनेका सबै ऐतिहासिक कुराहरू भत्केर नजाऊन्, बर्माका नेपालीहरू जहिले नेपाल आए पनि यी कुरा देख्न पाउन भन्ने मेरो चाहाना छ । तर म उहाँलाई बोलाउन भान्सामा छिरिनँ । तर उहाँले म छतमा बसेर काठमाडौँलाई नियाली रहेको थाहा पाइसक्नुभएको रहेछ । म भान्साबाहिरै अलमल गरिरहेको बेला उहाँले गिलासमा चिया बोकेर आउँदाआउँदै भन्नुुभयो, ‘यति जाडोमा अघिदेखि बसिरहनुभएको छ, जाडो भएको छैन ?’ ‘काठमाडौँको जाडोभन्दा यसको सौन्दर्य मनप¥यो ।’ मैले हाँस्दै भने, ‘अब त बानी भइसक्यो ।’ ‘लौ चिया लिनुुस्, जाडो भाग्छ ।’ उहाँले चियाको कप अघि बढाउँदै भन्नुुभयो । ‘आज पशुपति जाने भन्नुभएको छ, ज्ञान सरले । खान मिल्दैन ।’ ‘अहो, कति धार्मीक !’ ‘तीन पुस्तापछि बल्ल नेपाल टेकेकी छु । विश्वप्रसिद्ध मन्दिर जाँदा कसरी केही खानु ?’ मेरो हाउभाउबाट चिया नखाने कुरा बुुझेपछि मलाई धेरै कर पनि गर्नुभएन । सायद पशुपतिप्रतिको हाम्रो आस्था उहाँले महसुस गर्नुभयो होला । ‘कस्तो रह्यो हिजोको यात्रा ? खुुब रमाइलो गर्नुभएछ, ज्ञान सरले मलाइ भन्दै हुनुहुन्थ्यो ।’ उहाँ मसँग कुुरा गर्न उत्सुक देखिनुभयो । मधुरो घाम लाग्न थालेको थियो । त्यही घाम ताप्दै मैले भनेँ, ‘हजुुर मेम, लुघुकथाको मञ्चबाट छुटेपछि हिँडेरै न्युरोटतिर लाग्यौँ । सिहंदरबारको बाटो कति ठूलो है ?’ “अरू के के हेर्नुभयो ?” उहाँ मेरो कुरामा अझै उत्सुक देखिनुभयो । ‘बाटोमा दरबार हाइस्कुल देख्यौँ । लक्ष्मीप्रसाद देवकोटा पढेको त्रिचन्द्र कलेज पनि देख्यौँ । दरबार हाइस्कुल भुकम्पले भत्काएको देख्दा नराम्रो लाग्यो । त्यो ऐतिहासिक स्कुल बन्छ कि बन्दैन मेम ?’ ‘खै, बनाउनु पर्ने हो ।’ उहाँले आश्वासन दिनुभयो । हामीले पढेका, सुनेका सबै ऐतिहासिक कुराहरू भत्केर नजाऊन्, बर्माका नेपालीहरू जहिले नेपाल आए पनि यी कुरा देख्न पाउन भन्ने मेरो चाहाना छ । सायद हरकोही यस्तै सोच्छन् होला । हाम्रो मनको कुरा नेपालको सरकारले कसरी बुुझोस् ? ‘अरू के के हेर्नुभयो ?’ उहाँ अझै उत्कुुक देखिनुभयो । ‘टुँडिखेल हेर्याैँ । त्यसपछि न्युरोड बजार, सके जति सबै घुम्यौँ । रात नपरेको भए अझै घुम्ने थियौँ । अझै धीत मरेको छैन ।’ मैले हाँस्दै भनेँ । उहाँ पनि हाँस्नुुभयो । उहाँको बोली, हाँसो, व्यवहार अहिले पनि आँखामा टाँसिरहेको छ । केही क्षणमै केही तातेको घामको कारणले हुनसक्छ, सीमादी र मधुदीहरू आउनुभयो । र हामी दुुईलाई देखेर छक्क पर्नुुभयो । ‘लौ तिमी यता पो ?’ उहाँहरू छेउमा आइपुुग्दा नपुुग्दै मेमले कुर्सीहरू ल्याइदिनु भयो । भान्साबाट उहाँहरूका चिया आयो । तर उहाँहरू पनि पशुुपतिनाथको दर्शन गर्न जाने भन्दै त्यसलाई अस्वीकार गर्नुभयो । ‘रातिको खाना अझै बाँकी छ कि के हो ?’ चिया अस्वीकृत भएपछि मेमले हामीलाई जिस्क्याउनु भयो । खासमा हिजो न्युरोडको सपिङपछि लाजिम्पाटको एउटा संस्कृतिक रेस्टुराँमा गएका थियौँ । आफ्नो निम्तोमा खाना खुवाउने जोड यादव गाैतम सरले गर्नुभएको थियो । उहाँले त्यहाँका अनेक परिकारहरू चखाउनु भयो । त्यसमा पनि सांस्कृतिक विशेष थियो । यिनै पहाडमध्ये एक पहाडबाट कसैले मेरो हजुरबालाई १३ वर्षको हुँदा बर्मामा लगेर पढाउँछु भनेर लिएर गएका थिए रे ! कुरै कुरामा कसैले म¥याङ्दी आलु सम्झनु भयो । बर्मामा इन्सेँइ अालुकाे स्व्ाद यस्तै हुन्छ । मलाइ त्यसकाे सम्झना भयाे । कसैले क्वाटींको झोल सम्झनु भयो । खासमा नेपाली खाना त हामीले खाएकै हौँ तर रेस्टुराँमा त्यसरी नेपाली खाना खान पाइन्छ भन्ने हामीलाई थाहा थिएन । परिकार पस्कने शैली, थालहरू र नृत्य ठ्याक्कै कुनै चाडपर्वमा भेला भएका मानिसलाई गरिने सत्कार जस्तै थियो । यसरी संस्कृतिलाई पनि व्यवसाय गर्न सकिने रहेछ भनेर मलाई रमाइलोे लागेको थियो । हामीले घाम ताप्दै केहीक्षण यिनै कुरा ग¥यौँ । एकछिनअघि देखिएको हिमाल अहिले हराएछ । हिमाल भएपतिर हेर्दा नीला पहाडहरू देखिए ।ती पहाडहरू हेर्दै सीमादीले अाफ्नाे हजुरबुबाकाे कथा सुनाउनु भयाे । ‘यिनै पहाडमध्ये एक पहाडबाट कसैले मेरो हजुरबालाई १३ वर्षको हुँदा बर्मामा लगेर पढाउँछु भनेर लिएर गएका थिए रे ! ती मान्छेले बर्मामा पुर्याएर अलपत्र छाडिदिनु भएछ । धेरै दुःख पाएपछि कसैले हुलाकमा काम लगाइदिए छन् । सानो उमेरमा उहाँ गोर्खाली सेनाको चिठ्ठी ओसारपसार गर्ने काममा लाग्नुु भएछ । त्यसपछि उतै बिहेबारी भएछ । मेरी आमा जन्मनु भएछ । आमाको पनि उतै विहे भएपछि म जन्मिएँ ।’ हामी सबै छक्क परेर सीमादीका कथा सुन्न थाल्याैँ । ‘उता मेरा घरको हजुरबुुवा पनि त्यसैगरी केही कारणले उता जानुुभयो । उतै विवाह गर्नुभयो र बाबा जन्मनु भयो । यसरी उतै म पनि जन्मिएँ । यी नीलो पहाड अहिले हेर्दा लाग्यो, मेरा हजुरबुवाहरू उता नलाग्नु भएको भए म पनि यतै जन्मन्थेँ हुुँली । बसाइँसराइ कस्तो अचम्मलाग्दो कुरा रहेछ ।’ कथा सीमादीका थियाे तर ती कतै न कतै हाम्रा पनि थिए । उहाँले हाम्राे कुरा गरिरहँदा म भने अामा र हजुरबुबाले भनेका त्यस्तै खालका घरेलु कथा सम्झिरहेकी थिएँ । सायद, सरगम र मधुदीका कथा पनि यी भन्दा फरक थिएनन् । ‘लौ पशुपति जानका लागि तयार हौँ । ड्राइभर आउन लागे रे !’ हाम्रा लागि हिन्दू विद्यापिठले सिंगै गाडी दिएर आजको दिन काठमाडौँ घुमाउने तयारी गर्दै रहेछ । आज उता धनगढीको साहित्यिक महोत्सवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कुरा थियो । मलाई नजिकबाट नेपालकी राष्ट्रपति हेर्ने रहर थियो । तर धेरै यात्रु काठमाडौँबाट जाने भएका कारण टिकट नमिलेको कुुरा थाहा भयो । यही कारण यो एकदिनको समयलाई काठमाडौँ घुम्ने अवसरमा परिणत गरिएको रहेछ । उताबाट फर्कदा ढिलो हुने भएकाले पनि आजै काठमाडौँ घुमिसक्नु बाध्यता थियो । आखिर १५ दिनको मात्र भिसा पाएका कारण पनि हामीले सबै महत्वपूर्ण कुरा हेरिसक्नु पर्ने बाध्यता थियो । हामी गाडी चढ्दा बल्ल घाम केही तातिए । फागुनको महिनामा तातो घाम पाउन काठमाडौँमा मुुस्किल पर्छ भन्ने मलाई कल्पना थिएन । योबेला आमाहरू पसिना चुहाउँदै पसलमा खटिरहनुभएको होला । आखिर काम गर्ने बानी भएकालाई पसिना बगेको थाहा हुन्न । ‘उ त्यही हो पशुुपतिनाथ ।’ ज्ञान सरले रोडबाटै पशुपति नाथको गजुुर देखाउनु भयो । पाटनको बालकुमारीबाट २० मिनेट पनि नबित्दै पशुपतिनाथ फेला पर्नुहुुन्छ भन्ने मैले कल्पना गरेको रहेनछु । मैले त पशुपतिनाथ टाढा बस्नुहुुन्छ होला भन्ने ठानेको थिएँ, नजिकै हुनुहुँदो रहेछ । मैले आँखा तन्काउँदै पशुपतिको गजुर, वरपरका जंगलको दृश्य र नजिकैको बागमति नदी हेरेँ । एकैछिनमा गाडी एउटा खाली ठाउँमा रोकियो । त्यहाँबाट मार्बलको बाटो हुँदै पशुपतिनाथ मन्दिर पुग्यौँ । खासै भीड थिएन । पशुपतिनाथ पनि भीड नभएको देख्दा मलाई अचम्म लाग्यो । ‘भर्खरै शिवरात्री गएकाले मानिस कम आउँछन् ।’ ज्ञान सरले भन्नुुभयो, ‘नत्र यहाँ खुुट्टा राख्ने ठाउँ हुन्न ।’ बाबाकै पूजाको फल हो कि आज म दर्शन गर्न पाएंँ भनी सबैभन्दा पहिले मैले बाबालाई सम्झिएँ । पशुपतिनाथ मन्दिर अघिल्तिर पुुगेपछि म भावुक भएँ । यो त्यही मन्दिर हो जुन मेरो घरमा बाबाले पूजाघरकै छेउमा फोटो फ्रेम गराएर राख्नुभएको छ । हर साँझविहान प्रथना सकेपछि नतमस्तक फोटोमा पनि गर्नु हुन्छ । बाबाकै पूजाको फल हो कि आज म दर्शन गर्न पाएंँ भनी सबैभन्दा पहिले मैले बाबालाई सम्झिएँ । ‘चार धाम जान नसके पनि पशुपति धाम जाने मेरो ठूलो इच्छा छ,’ बाबाले भनिरहने बात हो यो । आफ्नो जीवनको ६५ वर्ष घर–परिवार र छोरीहरूमा समर्पण गर्नुभएको बुबाको यो सपना मैले जसरी भए पनि पूरा गर्छु । यही कुरा बारबार मनमा आइरहन्थ्यो । जुन अहिले पूरा भइरहेको थियो । म पशुपति परिसर पुुगेपछि पुनः बच्चा जस्तै भएँ । मेरो मन पशुपति परिसर, बागमति नदी, आर्यघाट हुुँदै त्यहाँका गाई, बांदरहरूसमेतमा सहजै रमाइलो मानिरहेको थियो । मैले त्यहाँका रहेक दृश्यलाई बढीभन्दा बढी कैद गरेँ । भित्र जाँदा मोबाइल लैजान नपाउने नियम थाहा पाएपछि मोबाइल बुुझाउनुुअघि त्यहाँका दृश्य भागिजान्छन् जस्तै गरेर म बढीभन्दा बढी फोटो खिचिरहेकी थिएँ । मलाई कुन दृश्य कसलाई बढी मन पर्छ भन्ने कल्पना आइरहेको थियो । आमा, बाबा र बैनीलाई मन पर्ने दृश्यहरू खोजी गरिरहँदा अरू साथीहरू भने मलाई कराउँदै पशुुपतिनाथतिर लाग्नुभयो । म पनि हतारिएर मोबाइललाई नदेख्नेगरी लुकाएर अघि बढेँ । शिवरात्रीको सजावटले प्रवेशद्वार र मूलद्वारसहित अझै केही ठाउँ रंगीचङ्गी नै थिए । सबै मित्रहरूले लाइन लागेर पूजा गर्नु भयो । मैले पनि पहिले आमाको नाममा, त्यसपछि बाबाको नाममा, त्यसपछि बैनीको नाममा र त्यसपछि सम्झे जति सबैको नाममा पशुपतिको परिक्रमा गरेँ । ज्ञान सर बाहिर हामीलाई कुरेर बस्नुभएको थियो । हामीलाई पशुपतिनाथको दर्शन गर्ने समय केवल आधा घन्टा मात्र दिनुभएको थियो । त्यसैले हाम्रो यो झटपटे घुमाइ थियो । सुरूमा त आधा घन्टाको समय धेरै लागेको थियो तर पशुपति परिसरका हरेक कुरा पूरातात्विक महत्वले भरपूर रहेछन् । “यूनेस्कोले विश्व सम्पदामा सूचिकृत गरेको छ यो मन्दिर ।“ सरले मन्दिरबारे अघि नै बताउनुभएको थियो । बल्ल यसलाई किन यूनेस्कोले सुचिकृत ग¥यो भन्ने कुरा मन्दिर परिषरका कुराहरू हेर्दा थाहा पाएँ । आधा घन्टा त एकैछिनमा बितिगयो । हामी गाह्राे मान्दै पशुपतिनाथ बाहिर निस्कियौँ । बाहिरतिर बागमति नदी बगिरहनु भएको थियो । मैले कल्पना गरेभन्दा यो निकै सानो नदी रहेछ । त्यो पनि केही फोहोर । मलाई ननिको लाग्यो । नेपालका अरू नदी कलकल गरेर सङ्लो बग्छन्, यो नदी मात्रै किन यति सानो र फोहोर भएको होला, मलाई अचम्म लाग्यो । यति धेरै महत्व बोकेको मन्दिर र नदीलाई त कृत्रिम पानी ल्याएर भए पनि सङ्लो बनाउनु पर्ने हो । आखिर नेपालमा पानीको कमी कहाँ छ र ? मनमा यस्तो कुरा आए । बागमति नदीपछि मेरो आँखा आर्यघाटमा गयो । बर्मामा धेरै जसो मृतकलाई माटोमा गाड्ने चलन छ । हामी गोर्खालीहरूलाई मात्र मृत्युपछि जलाउने गरिन्छ । यही कारण मलाई त्यहाँको मृत्यु संस्कारले तान्यो । नजिकै दुुई तीन लासहरू जलिरहेका थिए । नेपाल र बर्मामा शव जलाउने विधिविधान भए पनि बर्मामा कति धनी मान्छे म¥यो भनेर मलामी हेरिन्छ । सरगमलाई पनि मेरोजस्तै भावना आइरहेको रहेछ । सरगमले भनिन्, “बरू बर्मेली तरिका ठिकै, दाउरा किन्न नसकेर चिन्ता पनि भएन । धनाढ्य हूँ भनी भएभरका फूल सजाएर फूलैको महल बनाएर पनि भएन । सबै मृतकलाई विधिअनुसार माटामा गाड्छन् । हामी नेपाली मात्रै धनी र गरिब ठ्याक्कै छुुट्टिन्छ । परम्पराबाटै यही तरिकाले चलिआएको यो स्थितिलाई हामीले आफूआफैँमा बहस गरिरहँदा पनि केही हुनेवाला थिएन । खिन्न मन लिएर उकालो सिँडीतिर उक्ल्यौँ । ज्ञान सर भन्दै जानुहुुन्थ्यो, ‘यो श्लेषमान्तक वन हो । यहाँ शिवपार्वती घुुम्न आउनुहुुन्थ्यो ।’ ज्ञान सरले प्लास्टिकमा हालेका पोकाहरू बाहिर नदेखाउनु भन्नु भाको थियो । यो कुरा हामीले बिर्सिएका रहेछौँ । अचानक एउटा बाँदरले आक्रमण गरेर हाम्रो प्लास्टिक खोस्यो । झन्नै खाने चीज नहुनाले फिर्ता गरिदियो । बाँदरको यो चाल देखेर हामी मज्जाले हाँस्यौँ । नदी पार गरेपछि हामी उकालो लाग्यौँ । ज्ञान सरले स्वस्थानी व्रतकथामा उल्लेख भएको सतिदेवीको अङ्पतन भएको गुुहेश्वरी मन्दिर लैजाँदै हुनुुहुन्थ्यो । हर बर्मेली नेपालीलाई स्वस्थानीको कथा कण्ठ छ । हरेकको घरमा स्वास्थानीको किताब हुनु अनिवार्य छ । यस्तो अवस्थामा गुहेश्वरी पनि पशुुपतिनाथ जस्तै हेर्ने पर्ने ठाउँ थियो । हामी स्वाँ स्वाँ गर्दै उकालो लाग्दै गयौँ । बाटोमा ज्ञान सर भन्दै जानुहुुन्थ्यो, ‘यो श्लेषमान्तक वन हो । यहाँ शिवपार्वती घुुम्न आउनुहुुन्थ्यो ।’ कुरा सुन्दा पनि स्वर्गमा पुुगेको अनुुवभ भइरहेको थियो हामीलाई । माथि चढेपछि हामीले बागमति नदी र त्यसको पर बौद्धनाथ मन्दिर देख्यौँ । बर्मामा हिन्दू मन्दिर कमै छन् । जति छन्, गोर्खालीहरूले बनाएका छन् । केही हिन्दुस्तानीहरूले पनि बनाएका होलान् तर धेरै त गोर्खालीहरूकै छन् । तर गुम्बा जताततै छन् । नेपालमा भने बल्ल एउटा राम्रो गुम्बा देखियो । पशुपतिनाथबाट टाढै भए पनि त्यो गुुम्बालाई नमस्कार गरेर हामी तल गुहेश्वरीतिर लाग्यौँ । घर गएर भन्नुु छ, सतीदेवीको अङ्ग पतन भएको ठाउँमा पुुगेर आएको भनेर । यो खबर कुन बेला बर्मा पुुगेर सुनाऊँ जस्तो हुन थालिसक्यो मेरो मन । #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की नेपाली भाषा बचाऊ अभियानका पनि अगुवाः दाहाल यज्ञनिधि: दाहाल यज्ञनिधि धन्यवाद प्रकाश सर । कार्यक्रम अनौपचारिक रूपमै पनि औपचारिक जस्तो लागिरहेको छ । यहाँ हामी आदरणीय सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिका चिन्तनका एक दर्जन अनुयायीहरू भेला भएर उहाँलाई सम्झिरहेका छौँ । सुधा म्याम, कृष्ण सुवेदी सर, चेतनाथ धमला सर, निलम कार्की निहारिकाज्यू, यशोदा अधिकारीज्यू । यहाँ उपस्थित सबै अग्रज, सहकर्मी र सहभागीहरूमा अभिवादन । आज हामी दाहाल यज्ञनिधिलाई सम्झिएर मौनधारण गरिरहेका छौँ । उहाँका स्मृतिका विविध पक्षलाई बाहिर ल्याइरहेका छौँ । यो उहाँकै कर्मको, सिर्जनाको,साधनाको र समर्पणको देन हो । मलाई उहाँका विषयमा बोल्न भनिएको छ । हामी सबै उहाँलाई बुझ्ने मानिस नै उपस्थित छौँ उहाँको जन्म २०१० साल साउन ४ गते, बिहीवाबर तत्कालीन खाल्ले–८, धारापानी, खोटाङ, सगरमाथा अञ्चलमा भएको हो । उहाँको जीवन छोटो रह्यो तर सार्थक रह्यो । उहाँले पैसठ्ठी वर्षको आयु गुनासो गर्नुपर्ने ठाउँ नराखी बिताउनु भयो । हामीले उहाँबाट जति असी नब्बे सय जति बर्षसम्म उहाँको मार्गदर्शन, आशीर्वाद पाउन सक्थ्यौँ त्यो पाएनौँ । हामीले पनि जीवन बाँच्दा त्यस्तै जीवन बाँच्ने प्रयत्न गर्ने हो । उहाँ नेपाली समाजका धेरैका अभिप्रेरक रोलमोडल व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका कक्षामा नपढे पनि उहाँ हाम्रो गुरु हुनुहुन्थ्यो । सर्वप्रथम त म उहाँप्रति मेरो व्यक्तिगत तर्फबाट र दाहाल यज्ञनिधि स्मृति सभाका पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँ नेपाली समाजको एउटा विद्रोही परिवर्तन पक्षधर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले संस्कृत पढ्नु भयो तर कर्मकाण्डको विश्वास गर्नुभएन । उहाँलाई मानंच दुर्योधने भनेर दिइने आशीर्वादहरूको पनि उति विश्वास थिएन । आफ्नी बहिनीको स्मृतिमा तिहारलाई पनि एक किसिम स्थगनको चाड बनाउनुभयो । उहाँ भन्नुुहुन्थ्यो गरिब बुढाबुढीको गाँस खोसेर दक्षिणा दिइने र भोकाहरूको गाँस खोसेर निधार रंग्याइने दशैँ म किन मानिरहूँ । मेरी बहिनीको मृत्युको न्याय पाउन नसकिने तिहार म किन मानिरहूँ । यासे भने पनि उहाँ परिवारका सदस्यहरूसँग भेला हुने पर्वअनुसारको रमाइलो गर्ने क्रममा कति पनि कमी हुन दिनुहुन्न थियो । उहाँ आफ्ना पिता तारानाथ दाहालदेखिको पैतृक रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले आफ्नै शरीर र रोगका माध्यमबाट पनि नेपाली समाजमा चेतना फैल्याउने प्रयास गर्नुभएको छ । उहाँले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रयास गर्नुभएन । त्यसमा देशमै मृगौला प्रत्यारोपण गर्न पाउनुपर्छ भन्ने विद्रोहलाई वा मागलाई अगाडि सार्नुभएको थियो । राज्यले त्यो कानुन अझै पनि पूर्णतः लागू गरिसकेको छैन । उहाँले मानव शरीर जलाएर वा गाडेर नष्ट गर्नुभन्दा शरीर दान दिनुपर्छ भन्ने चेतनालाई जीवनकालमा व्यक्त गर्नुभयो र त्यही विचारका आधारमा उहाँको शव हामीले टिचिङ हस्पिटललाई दान गर्न सफल भयौँ । यो चेतना पनि नेपाली समाजको चेतना भन्दा अग्रगामी चेतना थियो । दाहाल परिवारभित्रका पनि समाजका पनि र राज्यका पनि विविध पक्षमा विद्रोही हुनुहुन्थ्यो । उहाँका कतिपय विद्रोहका पक्ष आफ्नै माता कृष्णाकुमारी दाहालसँग पनि देखिन्थे तर बाँचुन्जेल आमाको रेखदेख गर्ने र आमालाई सबभन्दा बढी आदर गर्ने छोरो उहाँ नै हुनुहुन्थ्यो । उहाँ जति विद्रोही हुनुहुन्थ्यो व्यवहारिक जीवनमा त्यति नै कोमल, हार्दिक र मायालु हुनुहुन्थ्यो । उहाँको विवाह सुधा आचार्य (दाहाल) सँग भयो । उहाँहरू २०३७ असार १० गते विवाह बन्धनमा बाँधिएर सहकार्य र सम्झौतामा जीवन बिताउनु भयो । उहाँहरूबिच खटपटको अवस्था कहिल्यै आएन । उहाँका भतिजा भतिजीहरूले पनि उहाँबाट बुबाबाट पाउने भन्दा कम माया पाएनन् सायद । मलाई हिजो प्रकाशजीले पाँच सात मिनेटमा कुरा राख्ने भन्नुभएको छ । त्यसरी पाँच सात मिनेटमा बाँध्न सकिने व्यक्ति उहाँ होइन तर म केही उहाँका सम्झनै पर्ने पक्षलाई यहाँ राख्ने प्रयत्न गर्दैछु । उहाँ साहित्यकार हो । उहाँ सञ्चारकर्मी हो । यो विषयमा सबैलाई थाहा छ । हामी उहाँको साहित्यिक योगदानबाट परिचित छौँ । उहाँ निबन्धकार हुनुहुन्छ । उहाँ कवि हुनुहुन्छ , उहाँ गीतकार हुनुहुन्छ, उहाँ आवाजका वादशाह हुनुहुन्थ्यो भन्ने हामी सबैलाई थाहा छ । म यी सबैले थाहा पाएका भन्दा अलि फरक पक्षलाई मात्र आज उजागर गर्दैछु । दाहाल यज्ञनिधि उहाँको मूल योगदान रेडियो नेपालको साहित्यिक कार्यक्रमसँग जोडिएको छ । हामी साहित्य संसारका माध्यमबाट उहाँलाई सम्झन्छौँ । उहाँका माध्यमबाट नेपाली साहित्यमा पुगेको योगदानलाई मैले उहाँको विषयमा लेखेको पुस्तकमा मदन पुरस्कार स्थापना र मदन पुरस्कार पुस्तकालय स्थापनाबाट कमल दीक्षितको योगदान र त्रिभुवन विश्वाविद्यालयको नेपाली विभागमार्फत वासुदेव त्रिपाठीले पुर्याएको योगदानसँग तुल्य रहेको पक्ष उठाएको थिएँ । आज पनि त्यस मूल्यांकनलाई मैले यथावत राखेको छु । उहाँका माध्यमबाट धेरै स्रष्टाको पहिलो रचना सार्वजनिक भएको पक्ष हामीले बिर्सनुहुँदैन । मायाठकुरीलगायत पहिलोपुस्ताका धेरै लेखकले उहाँले रेडियो नेपालमा रचना वाचन गरेर र त्यसको पारिश्रमिक दिएर सहयोग गरेको पक्षलाई सार्वजनिक ठाउँहरूमा बोल्नुभएको छ । उहाँले नेपाली शुद्ध उचारण, ठेट उच्चारण र यसको ओजपूर्ण उच्चारणका माध्यमबाट र वास्तविक स्रष्टाहरूको उजागरबाट नेपाली साहित्यलाई अग्रगामी मार्ग प्रशस्त गर्नुभएको छ । रेडियोनेपालसँग जोडेर उहाँलाई सम्झने अर्को कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा हो । त्यस कार्यक्रमबाट उहाँले धेरै नेपाली मौलिक संस्कृति, परम्परा र मूलतः नेपाली लोकसंस्कृतिका नेपाली लोकवार्ताका बहुमुखी पक्षहरू उजागर गर्नुभएको छ । ती सामग्रीहरूलाई प्रकाशन गर्न सक्ने हो भने उहाँ प्रायः लोकसंस्कृति र लोकसाहित्यका अध्ययनहरूका आधार सामग्री बन्न सक्ने पक्ष पनि छ । उहाँ नेपाली लोकसांस्कृतिक संरक्षक संबद्र्धक र प्रशारक पनि हुनुहुन्थ्यो । नेपाली मौलिक दर्शनहरूको प्रतिपादन र तिनको विकासमा पनि दाहालको योगदान छ । उहाँले नेपाली समाजमा कथित दलित मनिने गरेका जातले कथित उच्च जात र वर्गलाई अभिवादनका क्रममा भन्ने गरेको जदौ शब्दलाई नेपाली सञ्चार माध्यममा प्रवेश गराई समान आदरको चिन्तनलाई अगाडि सार्नुभयो । उहाँले वर्णव्यवस्था अनुसारको आदरार्थीहरूको विनिर्माण गरी समतामूलक समाज निर्माणका पक्षमा आवाज उगाउनुभयो । यस आधारमा उहाँलाई नेपाली नव दार्शनिकहरूले पनि बिर्सन मिल्दैन । दाहाल यज्ञनितिको शैक्षिक योगदानको पाटो पनि छँदैछ । उहाँले कक्षामा पढाएका विद्यार्थीहरूले आज गरेको उन्नति र उहाँका माध्यमबाट समाजमा फैल्याएको चेतनाको पाटो छँदैछ । उहाँले शित्तला मा.वि. (हाल) खोटाङबाहेक पूर्वमध्यमासम्म चन्द्र संस्कृत विद्यालय, धरानमा र साहित्यशास्त्री वाल्मीकि विद्यापीठ, काठमाडौँबाट गर्नुभयो । उहाँले संस्कृत पृष्ठभूमिबाटै पढे पनि उहाँमा संस्कृतका कर्मकाण्डीय एवम् पाष्ण्त्यिपूर्ण जीवनशेली र पद्धतिप्रति आस्था रहेन । उहाँ आधुनिक वैज्ञानिक चिन्तनअनुसार चल्ने प्रतिभाका रूपमा देखिनुभयो । उहाँले शिक्षण पेसालाई पनि त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्री बनेर मनोवैज्ञानिक र वैज्ञानिक चेतनासम्पन्न शिक्षकका रूपमा यो । उहाँको जीवनको अधिकांश समय निष्ठापूर्वक भानु माध्यमिक विद्यालय, काठमाडौँमा शिक्षण सेवा गरेर बित्यो । त्यो विद्यालय पुरानो दरवार हाइस्कुल हो । त्यस विद्यालयको विकासमा पनि उहाँको प्रत्यक्ष योगदान छ । सञ्चार सेवा कै कुरा गर्दा उहाँले रेडियो नेपाल र एचवीसी एफ.एम. रेडियो अन्नपूर्ण नेपाल जस्ता रेडियोबाट गरेको योगदान र प्रतिभा उजागर र साहित्यका बहुमुखी पाटाको जति कुरा गरे पनि गर्न सकिन्छ । त्यसका साथै उहाँले उन्नयन त्रैमासिक पत्रिकाबाट पुर्याएको साहित्यिक पत्रकारिता क्षेत्रको योगदानलाई पनि बिर्सन सकिँदैन । उहाँ जागार्जुनलगायत विभिन्न पत्रिकाका सम्पादन सल्लाहकार हुनुहुन्थ्यो त्यस पाटोलाई पनि हामीले बिर्सनु हुँदैन । उहाँ संलग्न पत्रिकाका सम्बन्धित अंक पल्टायो भने उहाँका योगदानका विविध पक्ष बाहिर ल्याउन सकिने अवस्था छ । उहाँको राजनीतिक र साङ्गठानिक योगदानलाई पनि हामीले बिर्सनु हुँदैन । उहाँले राजनीतिसापेक्ष गरेको समाजसेवाको पक्ष पनिछँदैछ । राजनीतिक निरपेक्ष रूपमा गरेको सामाजिक सेवाका बहुमुखी पक्षहरू पनि स्मरणीय छन् । उहाँले विद्यार्थी छँदै वैदिक छात्र पुस्तकालयमा बसेर काम गर्नुभयो । संस्कृत छात्रावास सञ्चालक समितिमा रहेर काम गर्नुभयो । अनामनगर सेवा समाजमा रहेर काम गर्नुभयो । त्यस अनाम नगर क्षेत्रको नामकरण पनि उहाँले नै गरेको पक्ष पनि छ । उहाँ स्वास्थ्यका कारण अलि एकान्त ठाउँमा बस्ने गरी बरफेदी पुगेपछि बरफेदी उपभोक्ता समितिमा रहेर पनि काम गर्नुभएको छ । सामाजिक विकास समाज अनामनगरमा रहेर पनि काम गर्नुभएको छ । उहाँले अहिले क्रियाशील साहित्यिक पत्रकार संघमा रहेर पनि काम गर्नुभएको छ । यस संस्थाको प्रतिनिधि चेतनाथ धमला यहाँ उपस्थित हुनुहुन्छ । उहाँले नागार्जुन साहित्यिक प्रतिष्ठान, रावासावा प्राज्ञिक समाजजस्ता समाजमा रहेर र यी संस्थालाई आफ्नै घरमा संरक्षण दिएर पुर्याएको योगदान पनि उल्लेख्य छ । आज उहाँका स्मृतिमा यी सबै संस्थाले स्मृतिसभा गर्दा हुन्छ । रेडियो नेपाल, रेडियो अन्नपूर्ण आदिले पनि स्मृति सभा गर्दा हुन्छ । उहाँ यी संस्थाका उद्देश्य अनुसार र सिंगो नेपालको लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनसम्बद्ध संस्थाहरूले सम्झनुपर्ने व्यक्तित्व हो । नेपालले गणतन्त्र स्थापनामा पदक बाँड्ने पर्वमा पनि निस्वार्थ रूपमा सम्झँदा हुने पात्र हो उहाँ । उहाँका कविता, गीत, निबन्ध, संस्मरण पढ्दा तिनमा उहाँको जीवनको चोखो चेतना पाइन्छ । उहाँले जस्तो जीवन बाँच्नुभयो त्यस्तै सिर्जना गर्नुभएको छ । उहाँले कसैलाई रुझाउन वा खुसी पार्न नभई नेपालीका कथाव्यथा र समस्याका पक्षमा कलम चलाउनुभयो । उहाँले सममन पुरस्कार, अभिनन्दन आदिलाई त्यति महत्व दिनुभएन । यद्यपि जीवनकालमा राष्ट्रिय कविता महोत्सवमा दुई पटक पुरस्कृत हुनुभयो (द्वितीय (२०३५) र तृतीय(२०३७)) । उहाँ दाहाल प्रतिष्ठानद्वारा जानकी वल्लभ सम्मान, बुद्ध शान्ति फाउन्डेसनलगायत विविध संस्थाबाट सम्मान तथा पुरस्कार पाउनुभयो तर त्यो पैसा आफूसँग राख्नुभएन समस्यामा परेका अपाङ्ग र सीमान्तकृत समुदायका मानिसहरूलाई बाँडिदिनुभयो । हामीले एक पटक उहाँको अभिनन्दन गर्छौ भन्दा उहाँले मेरो अभिनन्दन गरेर के फाइदा भनेर एक पटक त्यसै तर्काउन खोज्नुभयो । सामूहिक रूपमा यहाँको जीजीविषा बढाउन मात्र खोजेका हौँ भनेपछि स्वीकार गर्नु भयो । कार्यक्रम तय भयो । अन्तिममा प्रमुख अतिथि को बनाउने भन्ने कुरा भयो । साथीहरू मन्त्री, संसद्, कुलपति केके भन्दै हुनुहुन्थ्यो उहाँले कोही दलित समुदायबाट एम ए पिएच.डी गरेकी नारीका हातबाट गराउनु भन्नुभयो । आज राजनीतिक परिवर्तनले जन्माएका धर्मनिरपेक्षता, समावेशीकरण, लैड्गिक समानता, मानवताका बहुआयामका सबै चेतनाहरू उहाँसँग थिए र तिनको विकासमा लागिपर्न व्यवहारतः लागिपर्नु भएको थियो । हामीले उहाँले खोजे जस्तै पात्र नन्दमाया नकर्मी हुन सक्ने ठानेर खोजी गरेका थियौँ । उहाँ त्यस बेला नेपालमा हुनुहुन्न रहेछ । पछि नारी प्रतिभा माया ठकुरीलाई प्रमुख अथिति बनायौँ । त्यस समारोहमा तत्कालीन एकेडेमीका कुलपति बैरागी काइँला र अरु प्राज्ञहरू अतिथि भएर उपस्थित हुनुभयो । उहाँले सत्ताको, शक्तिको अहंकारलाई महत्व दिनुभएन सबैप्रति समान दृष्टि राख्नुभयो । रेडियो नेपालमा त्यहाँका हाकिमहरू रानीका कविता लिएर आएर आज वाचन हुनै पर्छ भन्थे अरे । दरबार र मन्त्रीका शक्तिका कविता लिएर आउँथे अरे । उहाँ ती कवितालाई फायलमुनि हाल्दै हाल्दै गायव बनाइदिनुहुन्थ्योरे । यस समबन्धमा उहाँका विषयमा मभन्दा निलम कार्कीज्यू जनकार हुनुहुन्छ । उहाँले पदका कवि कवयित्रीलाई भन्दा प्रतिभा भएको कविकवयित्रीलाई महत्व दिनुभयो । उहाँ काङ्ग्रेसभित्रको माक्र्सवादी वक्ता र लेखक हुनुहुन्थ्यो । मसिनो गरी हेर्दा वी.पीले विकास गरेको प्रजातान्त्रिक समाजवादको मूल आधार पनि माक्र्सवाद नै देखिन्छ । उहाँका रचनामा सीमान्तकृत समुदाय छ र वर्ग पनि केन्द्रमा छ । यो पक्षले उहाँलाई सबै लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएर मात्र सामन्तवादको जरो फाल्न सकिन्छ भन्ने चेतनाका वहाकका रूपमा पनि हामी सम्झन सक्छौँ । आज कम्युनिस्टहरू एक ठाउँमा उभिने चेतना, कांग्रेसमा अरु प्रजातान्त्रिक सक्ति ध्रुवीकरण हुने चेतना पनि यही चेतना हो । उहाँ नेपाली सांस्कृतिक रूपान्तरणका अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले पढाइका क्रममा विश्वविद्यालय टेक्नुभएन, स्नातकोत्तर गर्नुभएन तर उहाँ समकालीन स्नतकोत्तर र विद्यावारिधिभन्दा चेतनामा अगाडि हुनुहुन्थ्यो । उहाँले गणतात्रिक सांस्कृतिक आन्दोलनमा अग्र मोर्चामा उभिएर नेपाली चेतनाको विस्तारमा विश्वाविद्यालयका प्राङ्गणमा गएर गरेको भाषण मेरो स्मृतिमा ताजा छ । यही नागार्जुन प्रतिष्ठानलाई पनि गणतन्त्रपूर्व नै गणतन्त्रको मुद्दालाई मूल मुद्दा बनाउन अभिप्रेरित गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । उहाँले लोक्तान्त्रिक स्रष्टाहरूका आन्दोलनमा अग्रमोर्चामा रहेर सघाउनुभयो । उहाँ काड्ग्रेसकै सत्ता हुँदा पनि त्यसको प्रतिपक्ष जस्तो हुनुहुन्थ्यो । स्रष्टा र सञ्चारकर्मी वा चेतना जगन् राज्यको प्रतिपक्षमा हुन्छ भन्ने पक्षलाई उहाँले व्यवहारतः पुष्टि गर्नुभएको थियो । अब उहाँलाई कसरी सम्झने त ? उहाँलाई कसरी सम्झने भन्ने विषयमा हामीले परिवारसँग बसेर थुप्रै छलफल गरेका छौँ । मैले सुधा गुरुआमालाई उहाँको पुस्तकालयलाई सुरक्षित राख्न आग्रह गरेको छु । त्यहाँ महत्त्वपूर्ण कृति र चिठीपत्रहरू रहेका छन् । ती सामग्रीलाई उहाँ बसेको टोलमा वा उहाँको जन्मभूमिमा कतै पुस्तकालयका रूपमा स्थापना गर्न सकिने सम्भावना पनि छँदैछ । दाहाललाई पुरस्कार र सम्मानमा उति विश्वास थिएन । उहाँले आफ्नो सम्मान र पुरस्कारका लागि कुनै प्रयत्न, आशा केही लिनुभएन । उहाँले नमान्दा नमान्दै भानु प्रतिष्ठानले उहाँलाई रथारोहण गरायो । उहाँले त्यो स्वीकार यस यर्थमा गर्नुभयो कि उहाँ भानुभक्त मार्गकै अनुयायी हुनुहुन्थ्यो । उहाँले पञ्चायती कालमा कुनै विदेशी सपनामा विकेर नोपाली राष्ट्रभाषा भंग हुन लागेका बेला मुद्दा खेलेर नेपालको राष्ट्र भाषा वा साझा भाषा नेपाली हो भन्ने पक्षलाई कानुनतः हक दिलाउनुभएको थियो । उहाँ नेपाली भाषा बचाऊ अभियानका पनि अगुवा कानुनतः विशिष्ट योद्धा पनि हुनुहुन्थ्यो । उहाँ नेपाल एकीकरण परम्परामा भाषाका माध्यमबाट उभिने मान्छे पनि हो । यी पक्षलाई सम्झने अनेक आधार हुन सक्छन् । परिवारसँग सरसल्लाह पनि भइरहेको छ । हामीले अलि अफ्ठारोमा परेका, अपाङ्ग, उपचारको समस्यामा परेका वा यस्तै सीमातकृत एक पुरुष र एक नारीलाई सहयोग स्वरूप उहाँको स्मृति दिवसमा सम्मान गर्ने चलन बसाएका छौँ । यस वर्ष हामीले वी.के पाल्पाली, सरिता कोइराला र सीता सिंखडालाई सम्मान गर्यौँ । उहाँका दुई वटा कृति प्रकाशनमा ल्याउने पहल गर्यौँ । कवितासंग्रह तयार भएर रहेको छ । एउटा गीति एल्बम निकाल्यौँ । अब स्मृति ग्रन्थको सूचना सञ्चार भइसकेको छ । त्यसका लागि केही सामग्री प्राप्त पनि भएका छन् । हामीले त्यसलाई पूर्ण बनाउन यहाँहरूको सबैको सहयोगको आवश्यक छ । कुनै संस्मरण, लेख रचना भए उपलब्ध गराइदिनुहोला । उहाँका नाममा हामी निस्वाार्थ भएर उहाँका विचारलाई र आदर्शलाई जोगाउने जे जे काम गर्न सक्छौँ ती ती काममा उहाँको सम्मान हुनेछ । उहाँ सम्माननीय, आदरणीय र अभिप्रेरक अग्रज हुनुहुन्छ । उहाँले समाजका पुरातन मन्थी चिन्तनमाथि सोझो प्रहार गरे पनि वैज्ञानिक आधार लिएर मात्र प्रहार गर्नुभएको छ । त्यस्ता सांस्कृतिक अगुवालाई जदौ गर्ने अनेक आधार हुन सक्छन् । अहिलेलाई उहाँप्रति अनेक सम्झना अनेक श्रद्धाञ्जली । यी शब्द राख्ने अवसरका लागि नागार्जुन प्रतिष्ठानलाई अनेक धन्यवाद । #दाहाल यज्ञनिधि #रमेश शुभेच्छु एकाङ्कीः यस्तो नगरोस्: स्थानः अस्पतालभित्र समयः विहानको दस (एक जना महिलालाई बोकेर बलेको प्रवेश) बलेः (काउनटरको झ्याल अगाडि पैसा गन्दै ) सर नमस्कार ! म बले, रानीलाई लिएर आको । महिना पुग्यो तर नानी पैदा भएन । अनि यहाँ आएका कति लाग्छ जन्मा खर्च हजुर ? धनेः (यसो बलेलाई पिलिक्कै हेर्दै ) तँ रानीको लोग्ने हो ? बलेः होइन हजुर ! मेरी दिदी हो । भेना त अमेरिकामा हुनुहुन्छ अरे ! दिदीले भन्नुभएको । धनेः बीस हजार लाग्छ । बलेः (छक्क पर्दै) बीस हजार त छैन हजुर ! उन्नाइस हजार नौ सय पचास मात्र छन् । हुन्छ हजुर ? धनेः हुँदैन, बीस हजार मैले घटाएर भनेको हो । तीन पावा मासु जोखेर चार पावाको पैसा लिए जस्तो लाग्यो ? अस्पतालमा त्यस्तो चल्दैन । बलेः अहिले यतिचाहिँ समाइराख्नु न ! पचास रूपैयाँ केहीछिन पछि म मिलाइदिन्छु । हुन्न र ? दिदीलाई निकै साह्रो पारिसकेको छ । तीन दिन भो बिमारले समाएको, पाँच जना ढाकरे दाइहरूलाई एक माउ गाई दिइकन सहयोग मागेर आका हजुर ! धनेः हुँदैन । चुनावमा पाटी-पाटी लरे जस्तो होइन । मेरो खुसीले हुँदैन । के मेरो खल्तीबाट पचासचाहिँ थपिदिनु भनेको हो तैँले ? भोटमा पो जति खर्च गर्न सक्यो उति आफूलाई फाइदा मिल्छ । तर यो त त्यस्तो होइन त ……. बलेः त्यसो भन्न खोजेको होइन हजुर ! छ भने लगाइदिनुहोस् । मपछि तिर्नेछु । मेरी दिदीको ज्यान पचास रूपेँको मात्र हो त हजुर ? धनेः हुँदैन भनेपछि हुँदैन । आजभोलि ज्यानभन्दा पनि पैसा ठूलो भएको छ । मान्छे मार्दा आठ हजार, भाले मार्दा दस हजार, बुझिस ! ( धने झ्याल थुनेर निस्कन्छ ) बलेः (आँखाभरि आँसु पर्दै, दिदीलाई छाम्दै ) दिदी ! दिदी ! ! रानी दिदी !!! रानीः ( झसङ्गै भएर व्यूँझदै ) के अब भित्र जानु भाइ ? सबै मिलाई सक्यो काउन्टरमा ? बलेः के भित्र जानु भन्नु हुन्छ दिदी ! पचास रूपैयाFमा कुरा नमिल्दा झ्यालै थुनेर जानुभयो मालिक । भेनालाई फोन गर्नुहोस् दिदी ! कतै उठाई पो हाल्नुहुन्छ कि !” रानीः (रुदै) भाइ ! मैले कति लगाएँ कल, उठाउनु भएन । सात महिनासम्म त बेलाबेला गफ हुँदैथ्यो, त्यसपछि त ……छैन । चार हजार सकेँ फोन गर्दा कार्ड किनेर । त्यो पनि बाँकी गरेर । भेनाको भाइको नम्बरचाहिँ छ मसँग, त्यसमा चाहिँ फोन गरेकी छैन । जाने बेलामा मलाई दिनुभएको थियो, मेरोमा लागेन भने यसमा गर्नु है भनेर । भेनाकोमा त नलगा भाइ ! खर्च मात्रै हुन्छ होला । यो नम्बर चाहिँ मेरो भाइको हो भन्नुभएको थियो, यसमा चाहिँ लगा त कतै भगवान् मिली पो हाल्छ कि ! बलेः खै दिनु त ! रानीः ई ला त ! बलेः (नम्बर डायल गर्दै ) ल म कोसिस गर्छु । जाँदैछ कल दिदी । रानीः ( हर्षित हुँदै ) हो र…….. ! बलेः हल्लो ! यो मेचिगन अमेरिका हो ? क्याभीनः (आँखा मिच्दै) यो एरिजोना अमेरिका हो । कस्लाई खोज्नुभएको ? बलेः भेनालाई खोजेका हजुर ! क्याभीनः कुन भेना ? फेरि मलाई त्यति राम्रो नेपाली बोल्न पनि आउँदैन । बलेः मेरी दिदी रानी लाने भेना हजुर ! क्याभीनः मलाई थाहा भएन । भोलि मेरो काम पनि छ, त्यसैले म छिटो सुत्नुपर्छ । बलेः किन नेपाली बोल्न आउँदैन हजुर ? मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ । क्याभीनः बाआमाले नेपाली नबोल, नेपालीको मार्केट छैन भन्नुभयो । अनि बानी लाग्यो अंग्रेजीतिर । मेरो नाम राकेश हो तर यताको नागरिकतामा परिवर्तन गराएर क्याभीन राखिदिएँ । घरमा बोल्दा पनि अंग्रेजी, काममा बोल्दा पनि अंग्रेजी, आजभोलि त नेपाली विरानो लाग्न थाल्यो । बलेः भाषा भनेका ठूला साना हुँदैनन् हजुर ! बाआमा जस्तै बराबर हुन्छन्, कमिलोदेखि हात्तीसम्मका । त्यसैले त्यो कुरा गर्नु ठूलो भूल हो । ए, अँ, भेनाले नेपालबाट अमेरिका आउँदा यो तपाईँको नम्बर दिदीलाई दिनुभएको रहेछ हजुर ! अनि कल गरेको नि ! आज मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ । कसरी हुन्छ सहयोग गरिदिनुहोस् हजुर ! क्याभीनः म यहाँको भेना चिन्दिनँ । फेरि यहाँ आएपछि नाम पनि परिवर्तन, थर पनि परिवर्तन, ठाउँ पनि परिवर्तन गरेका छन् सबैले । बाँसघारीमा ढुङ्गा हान्दा बाँसलाई लागे जस्तै मेरो नम्बर तपाईँको भेनालाई परेको हो । मेरो सुत्ने समय पनि भयो, केही छन् कि भन्नु सोध्नुपर्ने कुराहरू ? बलेः अनि हजुर ! मेचीगन चाहिँ कता पर्छ नि ? क्याभीनः निकै टाढो पर्छ । अनि भेनाको नाम चाहिँ के हो ? बलेः एकछिन है म दिदीलाई सोध्नुपर्यो । दिदी ! भेनाको नाम के हो ? रानीः खै ! खालि जिस्किनुहुन्थ्यो । कहिले रामे, कहिले कामे, कहिले दामे, कहिले हर्के, कहिले फर्के, कहिले सर्के भन्नुहुन्थ्यो । म अमेरिका पुगेपछि साँचिक्कै मेरो आइडी कार्ड पठाउँछु भन्नुभएको थियो । बलेः हेल्लो हजुर ! क्याभीनः अँ, मैले सबै सुने दिदीका कुराहरू । त्यसरी सत्र वटा नाममा अब कुन सठीक भन्ने ? अनि फोन नम्बर छैन अरे भेनाका ? रानीः छ नि हजुर भाइ ! म हजुरको नम्बरमा ट्याक्स गरिदिन्छु नि ल अहिले नै । क्याभीनः छिटो ल दिदी ! समयले नेटो काटिसक्यो । रानीः बले, यो नम्बर पठाई दे दे । बलेः हुन्छ । एकछिन है हजुर ! हेल्लो ….. आयो हजुर ! क्याभीनः आयो हजुर ! ए…..यो नम्बर त कुनै पनि मोबाइलको होइनन् त ! यो त बाटोमा राखेका फोनबाट गरेका रहेछन् । म पनि यसमा त सहयोग गर्न सक्दिनँ । बाटोमा अभर पर्दा फोन नहुनेले केही पैसा छिराएर वा कार्ड नम्बर लगाएर गर्ने गर्छन्, त्यहीँबाट पो गरेका रहेछन् । अब यो नम्बरबाट कसै गरी पनि भेनालाई भेटाउँन सकिदैन है हजुर ! फेरि नाम पनि के हो के हो, फोन राख्नुहोला, म पनि सुत्छु अब । बलेः ए……ए… एकछिन हजुर ! हेल्लो…..हेल्लो ….फोन राख्नुभएछ । अब कसो गरौँ दिदी ? रात पर्न लाग्यो । बास कता हो ? अस्पतालमा भर्ना लिएन । हजुरको अवस्था यस्तो छ । नौ तलामाथि कृत्रिम एपल फलाएकै काम गर्नुभएछ तपाईँले । ए, एकैछिन है दिदी, बुहारीले कल गरे जस्तो छ । हल्लो….हल्लो…… कुमारीः (झोकिँदै) यता मर्छस कि त्यहीँ गाड्न आऊँ तँलाई ! सुत्नेबेलामा आँखा देखेन तेरो दिदीले अहिले सिनो भएर गाउँमा हिड्ने ? कि तेरो हो त्यो पापी सुत्लो ? हो भने फर्किनुपर्दैन । होइन भने आज बेलुकासम्ममा आइपुग्नुपर्छ नि ! बुझिस् ? मर्न पछाका चिहाने गधा ! बलेः हल्लो….हल् ..लो…….. कस्ता कस्ता हुन्छन् नि ! दसा लागेपछि फूलले पनि झुक्याउँछन् भन्थे, हो रहेछ। रानीः के भन्न खोज्नुभएको रहेछ बुहारीले भाइ ? बलेः ( रातो मुहार पार्दै ) अँ, खासै केही होइन रहेछ दिदी ! अनि दिदी यो घटना कसरी घट्यो ? भन्नुहोस् त मलाई नडराइकन, नलुकाइकन । नानी पेटमा आएको खबर सुनाएँ, ‘राम्रो हो, नफाल्नु है, पाप लाग्छ’ भन्नुभयो । रानीः (पेट मसार्दै, ऐय्या…ऐय्या भन्दै) गोठालो जाँदाआउँदा फेसबुक हेर्दै हिँडेँ, केही दिनपछि एक जनासँग जो आज तेरो भेना, उहाँलाई जोडे फेसबुकमा । त्यसपछि कुरा चल्दै गयो । महिनौँ बितेपछि संखुवासभातिर पनि डुल्ने, यता पनि आउने कुरा गर्नुभयो । नभन्दै आउनुभयो । दुई चार महिना बस्नुभयो । तँ कतारमा थिइस् त्यतिखेर । तैँले कराउँछस् भनेर बुबाआमाले फोन गर्न दिनुभएन । विवाह गर्नु छिटै आउँछु अमेरिकामा मेलोमेसो मिलाएर भनेर हिँडेका तेरो भेना पुनः फर्केर आउनुभएन । नानी पेटमा आएको खबर सुनाएँ, ‘राम्रो हो, नफाल्नु है, पाप लाग्छ’ भन्नुभयो । छ, सात महिनासम्म त यस्तै खाले फोनहरू आइरहे, गफ गर्दै गयौँ तर मैले लगाउँदा चाहिँ पटक्कै नलाग्ले त्यतिखेर पनि, के जान्नु र फोनका विधिविधानहरू पनि । बिजी होला भनिठान्थेँ, कामको बेला होला भन्थेँ । फोन गर्दा उठाउनुहुन्न त भन्दा कामले भन्नुहुन्थ्यो । अरे,भाइ ! भाइ ! छैन त, अघि यहीँ थिइस् त । म त सुनिरहेकै होला भनेर आँखा चिम्लेर बोलिरहेँ । हे भगवान ! कसैले रातो सट, सेतो प्यान्ट लगाएको पुरूष देख्नुभएन हजुर ? ए हजुर ! हजुर ! मनुमायाः (सफा गर्ने महिला, रिसाउँदै ) ए…..बौलाही आइमाई ! जा, किन कराइरहेकी ? रात पर्यो । यहाँ राति बस्न मिल्दैन । उठ, म यहाँ सफा गर्ने । रानीः ए बहिनी ! तिमीले एक जना सेतो प्यान्ट, रातो सट लगाएका पुरूष देख्नुभएन ? मनुमायाः छैन, हेर्न राखेकी थिइस् ? उठ्, जा यहाँ नबस । (घिसार्दै कार पार्किङमा निकाली दिन्छन् ) पर्दा खस्छ । न्यूयोर्क, अमेरिका #नैनसिंह सारूमगर 'गेम अफ थ्रोन्स'का लेखक विवादमा: गएको साता साइन्स फेन्टासी लेखकहरूको उत्सवका रूपमा लिइने ह्युगो अवार्ड सम्पन्न भयो । साइन्स फेन्टासी विधाका उपन्यास तथा उपन्यासकारहरूका उच्च कोटीका सिर्जनालाई हरेक वर्ष पुरस्कार दिइने कार्यक्रममा निम्त्याइएका बहुचर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’का लेखक जर्ज आरआर मार्टिन विवादमा परेका हुन् । उनले भर्चुअल अवार्ड कार्यक्रममा पटक पटक समलैंगिक सम्बन्धमाथि ठट्टा गरेका र थिए र सो कुराको यतिबेला विरोध भइरहेको छ । लेखक मार्टिनको अ सङ अफ आइस एन्ड फायर उपन्यासमाथि बनेको गेम अफ थ्रोन्स, त्यसै पनि यौन हिंसा र महिला हिंसाका अनेक किस्सा थपेर बिदा भइसकेको छ । तर उनका आलोचक र प्रशंसक दुवै भने टेलिभिजन वा वेबमा देखिएका ती हिंसा किताबमा अभिव्यक्त भएका हिंसाको पाँच गुणा कम मात्र हो । आफ्ना पाँच पुस्तकमा मार्टिनले जति हिंसा लेखेका छन्, त्यति त पछिल्ला कुनै कृतिमा पनि छैनन् भन्ने केही समीक्षकको आरोप छ । ह्युगो अवार्डमा उनले अभिव्यक्त गरेका धारणा लैंगिक अल्पसंख्यक समुदायविरोधी मात्र होइन, श्वेत जातिको प्रशंसकका रूपमा उनी बढी देखिएका पत्रकार ग्याब्रियली ब्रुनीले एस्क्वायर म्यागेजिनमा लेखेकी छन् । कार्यक्रममा मार्टिनले नामांकनमा परेका लेखकहरूमाथि समीक्षा तथा टिप्पणी गर्नुको साटो उनले विभेदका पुरानै कुरा दोहोर्याएका थिए, जुन कार्यक्रमका आयोजकहरू स्वयंलाई रूचेको थिएन । सन् १९५३ मा पहिलो पटक ह्युगो अवार्ड प्रदान गरिएको थियो । २०१६ मा मात्र बल्ल एन के जेमिसिनलाई यो अवार्ड दिएर काला जातिका लेखक पनि प्रतिभासम्पन्न हुन्छन् भन्ने मान्यता दिएको थियो । पछि त लगातार अर्को दुई वर्ष जेमिसिनले उत्कृष्ट उपन्यासको विधाबाट पुरस्कार हात पारेकी थिइन् । तर मार्टिनले जेमिसिनको लगातारको जितलाई कुनै भाउ दिएनन् तर नौ वर्षको अन्तरालमा पुरस्कार जित्ने श्वेत पुरूषहरूको प्रशंसामा आफ्नो अधिकांश समय व्यतित गरिदिए । जसका कारण उनी विवादमा परेका हुन् । यति मात्र होइन, कार्यक्रममा उनले दुई लेखकको नाम लिएका थिए, एचपी लभक्राफ्ट र जोन डब्लु. क्याम्पबेल । यी दुवै लेखकको निधन भइसकेको छ । ती दुवै लेखक काला जातिका लेखकलाई देखिसहँदैन थिए । उनले सो कार्यक्रममा अस्कर अवार्डमा दिइने लेडीलाई लिंग नछुट्टिएकी स्त्री भन्दै ठट्टा गरेका थिए । पछिल्लो समय ह्युगो अवार्ड यस्तै यस्तै संवेदनाहीन टिप्पणीकर्ताका कारण विवादित बन्दै गइरहेको केहीको चिन्ता छ । वर्ल्ड साइन्स फिक्सन कन्भेन्सनले यो पुरस्कार दिने गर्छ । यो पुरस्कार बढी नै श्वेतप्रेमी भएको आलोचना भएपछि सन् २०१० को दशकमा यसलाई सुधार गर्न थालिएको थियो । खासमा अवार्डप्रेमीहरूले एउटा अभियान नै चलाएका थिए र सो अभियानको चर्को विरोधीका रूपमा मार्टिनसमेत थिए । उनको भनाइ थियो, अवार्डमा प्रतिभालाई पुरस्कृत गर्नुस्, रङलाई होइन । उनले यस पटकको पुरस्कारमा काला जातिका लेखक जो नामांकित भएका थिए, तिनको नाम पनि बिगारेर उच्चारण गरेका थिए । उनको सो कृत्यको पनि आलोचना भएको थियो । अवार्डलगत्तै ट्वीटरमा बबन्डर मच्चिएपछि उनले आफ्नो निजी ब्लगमा नाम बिगारेर उच्चारण गरेकामा क्षमासमेत मागेका थिए । त्यसमा आफ्नो कुनै गलत मनशाय नरहेको समेत बताएका थिए । उनले सो ब्लगमा आफ्नो भागमा पुराना कुराहरू सम्झने विषय दिइएको र सोहीअनुसार भाषण गरेको, कसैको योगदानलाई कम आँक्ने कुनै मनशाय नरहेको समेत प्रस्ट्याएका थिए । उनी विवादमा आएपछि उनले आफ्ना उपन्यासमा कसरी हिंसालाई ठाउँ दिएका छन् भनी केही आलोचकहरूले उधिन्न थालेका थिए । जस्तो कि उनको बहुचर्चित उपन्यास आइस एन्ड फायरमा विवाहकै रात कसरी एउटी दुलही बलात्कृत भएको दृश्य सम्झाउनेबित्तिकै मार्टिन भन्छन्, ‘युद्धको पृष्ठभूमिमा लेखिएको सो दृश्य केहीलाई नराम्रो लागेको भए पनि यस्ता घटनाहरू युद्धका बेला स्वाभाविक हुन पुग्छन् । हामीले यस्ता घटना घट्दैनन् भन्नु आँखा चिम्लनु हो । युद्धका बेला हामीले कल्पनै गर्न नसक्ने विभत्स घटना घटेका छन्, घट्छन् ।’ मार्टिनले भने केही प्रश्नको जवाफ अझै दिएका छैनन् र समलैंगिकताप्रति उनको अझै पनि उति राम्रो धारणा छैन । यस वर्ष ह्युगो अवार्ड कसले पायो त ? तल सूची हेर्नुस्ः 2020 Hugo Awards Best Novel A Memory Called Empire by Arkady Martine (Tor; Tor UK) Best Novella This Is How You Lose the Time War by Amal El-Mohtar and Max Gladstone (Saga Press; Jo Fletcher Books) Best Novelette Emergency Skin by N.K. Jemisin ( Forward Collection (Amazon)) Best Short Story “As the Last I May Know”,by S.L. Huang (Tor.com, 23 October 2019) Best Series The Expanse by James S. A. Corey (Orbit US; Orbit UK) Best Related Work “2019 John W. Campbell Award Acceptance Speech”, by Jeannette Ng Best Graphic Story or Comic LaGuardia , written by Nnedi Okorafor, art by Tana Ford, colours by James Devlin (Berger Books; Dark Horse) Best Dramatic Presentation, Long Form Good Omens , written by Neil Gaiman, directed by Douglas Mackinnon (Amazon Studios/BBC Studios/Narrativia/The Blank Corporation) Best Dramatic Presentation, Short Form The Good Place : “The Answer”, written by Daniel Schofield, directed by Valeria Migliassi Collins (Fremulon/3 Arts Entertainment/Universal Television) Best Editor, Short Form Ellen Datlow Best Editor, Long Form Navah Wolfe Best Professional Artist John Picacio Best Semiprozine Uncanny Magazine , editors-in-chief Lynne M. Thomas and Michael Damian Thomas, nonfiction/managing editor Michi Trota, managing editor Chimedum Ohaegbu, podcast producers Erika Ensign and Steven Schapansky Best Fanzine The Book Smugglers, editors Ana Grilo and Thea James Best Fancast Our Opinions Are Correct , presented by Annalee Newitz and Charlie Jane Anders Best Fan Writer Bogi Takács Best Fan Artist Elise Matthesen Lodestar Award for Best Young Adult Book (not a Hugo) Catfishing on CatNet by Naomi Kritzer (Tor Teen) Astounding Award for Best New Writer, sponsored by Dell Magazines (not a Hugo) R.F. Kuang (2nd year of eligibility) #गेम अफ थ्रोन्स #जे आर आर मार्टिन #ह्युगो अवार्ड बिहेको कथा : साँघु: विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिग्रिए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा नदेखिएकोले आउने जानेहरू मुखामुख गरेर हेर्थे । विवाह राजीखुसीले नभएको अड्कल काट्थे । हुन पनि त्यति लामो विवाहमा उसले एकपटक पनि बेहुलाको मुहार हेरिन । ऊ मौन रहेर एकोहोरो भएकी थिई । त्यसैले नजिकै बसेकी साथीले साउती गरेझैँ भनी, “ शान्ता के भो ? के गति बनाकी ? के भन्लान मान्छेले ?”, उसको कुरामा शान्ताले केही भनिन । बरु उल्टै पीडा भरिएको आँखाले उसलाई एकपटक हेरेर फेरि पहिलेकै मुद्रामा बसी । “मैले जीवनको एउटा युद्ध हारेँ । त्यसैले बन्धक बनेर जाँदैछु ।” उसको कुराले साथीको मनमा चस्स छोयो । बिदाइको बेला आयो । शान्ताका आँखाहरू बिस्तारै रसाए । जीवनको बाइस बसन्तहरू बिताएको प्यारो घरको आँगन छाड्नुपर्दाको दुःख उसको रुवाइसँगै गुञ्जियो । वातावरण स्तब्ध भयो । बाबाको पिठ्यूँमा बुई चढेर जग्गेमा बिदाईको अन्तिम अभिमन्यु निरवी फन्को घुमिरहँदा उसले सिँगै बालापन सम्झिई । त्यतिबेला उसले ठानेकी थिई यो घर मेरो हो, म कैले कतै जान नपर्ला तर त्यो भएन, सोचाइहरू उल्टो भए । सदाको लागि घरलाई माइत बनाएर पराइ घरलाई आफ्नो भन्न जाने दिन आयो । ऊ सम्झीसम्झी रोइ, घर, आँगन, बा, आमा अनि दिललाई । उसको आँसु भेल बनेर गालाबाट तल बगे र भुइँमा झरे । उसले बाचा तोडेकी थिई । सँगै जिउने, सँगै मर्ने वाचा । यो बिदाइको अन्तिम घडीमा उसको पूरै शरीर काम्दै थियो । उसले दिललाई सम्झेर आँखा चिम्म गरी । दिलको प्यारो तस्बिरहरू उसको मानसपटलमा यताउता घुमिरहृयो । सँगै हिँडेका, सँगै बिताएका मीठा क्षणहरूले शान्ता रोमान्चित भई तर पलमै ऊ कल्पनाबाट यथार्थमा उत्री । रुवाइहरू फेरि विस्तारै बढ्यो । बाजाका धुनहरू ऊसँगै रुँदै थियो । त्यो क्षण विरक्त लाग्दो, दुःखदायी र पीडादायी बनेको थियो । अन्तिम बिदाईमा उसको साथीले घुम्टो खोलेर बिस्तारै भनी “राम्ररी जा, नरोइकन जा ”, रुँदारुँदै शान्ताले भावुक भएर भनी, “मैले जीवनको एउटा युद्ध हारेँ । त्यसैले बन्धक बनेर जाँदैछु ।” उसको कुराले साथीको मनमा चस्स छोयो । ऊ रुन पनि सकिन र हाँस्न पनि । “जिन्दगी एउटा सम्झौता हो, सम्झौता गरेरै बाँच्छु ।” विवाहको पहिलो रात उसले रोएर बिताइ । बाआमाको करले उसले एउटा अपरिचितसँग विवाह गरेकी थिई । उसले न त बाआमासँग झगडा नै गर्न सकी, न त कुनै स्पष्ट निर्णय नै । बाहिर पढिरहेकी उसलाई एक्कासी घरमा बोलाएर केही दिनको कुराकानीमै उसको विवाह भएको थियो । न त उसले दिललाई भन्न भ्याई न त धेरै साथीहरूलाई । उसले आफूले आफैँलाई धोकेबाज ठानी । हुन त ऊसले घरमा दिलको बारे कुरा गरेकी थिई तर परिवारको अगाडि ऊ टिक्न सकिन । जातीयताको पर्खालले उसको सारा सपनाहरू तुहायो । उसले तर्कबितर्क गर्न सकिन । फलस्वरूप जिन्दगीले उसलाई यो नमिठो घाउ दियो जुन अझै आलै थियो । तथापि उसले कसैलाई दोष दिइन । उसले जिन्दगीको त्यो निर्णयलाई स्वीकारेर सोची “जिन्दगी एउटा सम्झौता हो, सम्झौता गरेरै बाँच्छु ।” केही दिनमा ऊ बिस्तारै सम्हालिएकी थिई । उसको जीवनको नाटक चरमोत्कर्षबाट बिस्तारै सामान्य बन्दै गइरहेको थियो । त्यतिबेला उसले रवि अर्थात् उसको श्रीमान्को बारेमा धेरै कुरा थाहा पाइसकेकी थिई । बाबाआमा थिएनन् रविको । आन्टीसँग बसिरहेको ऊ विवाहको कुरा चलेपछि मात्रै कोठा सरेको रहेछ । अहिले यतिबेला ऊ विदेश जाने तयारीमा जुट्दै रहेछ । पढाइ आइ.एसम्म मात्रै । यो सब कुरा बुझेर पनि शान्ताले रविको बारेमा कुनै प्रतिक्रिया जनाइन । न त उसलाई यी कुराहरूले कुनै असर नै पारे । उसको मनमा त अझै उही थियो, उसको प्रिय दिल । जसको स्पर्शविहीन प्रेमको ऊ कल्पना गर्थी । जसको आकाशसरी फराकिलो प्रेमको ऊ महसुस गर्थी र एकोहोरो हुन्थी । किन यति सारो सताइएकी थिई ऊ दिलको यादहरूले उसैलाई थाहा थिएन । रविसँगको हर सामीप्यहरूमा ऊ बेहोसी बनिदिन्थी । शरीरलाई त्यहाँ छाडेर मन कतै उडाइदिन्थी । त्यसैले ती दुईको बीचमा न प्रेम थियो न कुनै सन्तुष्टि नै । थियो त केवल औपचारिकता । एउटासँग हुँदाहुँदै कुनै अर्को पुरुषको कल्पना गर्ने अस्थिर स्त्रीको दर्जामा राखी आफूलाई र सोधी आफैँलाई, “किन तँ रविको भएर पनि हुन सकिनस् ?” शान्ता केही दुब्लाएकी थिई । उसको जीवनको गतिहरू हिँड्दाहिँड्दै रोकिएको थियो । बिहेपछि आजको दिनसम्म पनि उसले किताब हेरेकी थिइन । हेरोस् पनि किन ? कसको लागि ? ऊ त आफ्नै नजरमा गिरेकी थिई । सम्पूर्णरूपमा सकिएकी थिई । यद्यपि कताकता मनभित्र एउटा रहर थियो उसको, दिलले जस्तै पढ्ने तर ऊसँग जाँगर थिएन र पढ्ने खालको वातावरण पनि । बिहान, दिउँसो, साँझ, रात चौबीसै घण्टाको हरएकक्षण ऊ त्यही चारभित्ताको बन्द कोठाभित्र हुन्थी । बाहिर कतै निक्लने मन थिएन । निक्ले पनि कहाँ जाओस्, के गरोस् र ? यस्तै अन्योलमा ऊ कोठाकी बन्दी भएकी थिई । हेरे पनि नहेरे पनि त्यही एउटा टिभी थियो । यद्यपि ऊ टिभीकी पारखी थिइन् । रवि एकछिन ऊसँग बस्दैनथ्यो । सायद बिहे भएको यो एक महिनाको अवधिमा पनि दिउँसोको एकपल उसले शान्तासँग बिताएन । त्यसैले एक्लो हुँदाको शान्ताको साथी दिलको याद नै थियो । सम्पूर्णरूपमा चोखो याद । आज पनि उसले दिनभर आफ्नो अतीतलाई नै सम्झीरही । दिलले मायाले चुमेर उपहार दिएको हाते घडीलाई हेरिरही र मनमनै भनी, “दिल मलाई माफ गर्देउ, जहाँ भएनि खुसी रहू ।” उसको निधारमा चिटचिट पसिना आयो । पसिना हत्केलाले पुछ्दै उसले हत्केलालाई हेरी । बिहेमा लगाएको औँठीमा उसको आँखा ठोकियो र एक्कासि झस्की ऊ । उसलाई लाज र सरमले एकैचोटि छोप्यो । हीनताबोध भयो । एउटासँग हुँदाहुँदै कुनै अर्को पुरुषको कल्पना गर्ने अस्थिर स्त्रीको दर्जामा राखी आफूलाई र सोधी आफैँलाई, “किन तँ रविको भएर पनि हुन सकिनस् ?” ऊ पलङ्गबाट उठी र एकछिन गलैँचामाथि उभिई । उसले कोठाको चारैतिर नजर लगाइ । बल्ल देखी उसले, कोठा अस्तव्यस्त थियो । सामानहरू यताउता छरिएको थियो । झ्यालका पर्दाहरू मैला थिए । भ्यान्टिलेसन ढप्प लागेको थियो । त्यसैले ऊभित्रको मरेको नारित्व फेरि पलायो । उसले छिनको छिनमै मन फेरि र सबै सामानहरू मिलाएर राख्न थाली । रविको छरपस्ट भएको सामानहरू मिलाउँदामिलाउँदै आधा दिन बित्यो । धेरै सामान त साथीहरूले उपहार दिएका रहेछन् । शान्ताले बल्ल ती सब कुराहरू थाहा पाई र पनि उसको मुहारमा कुनै परिवर्तन देखिएन । उसले ती सबलाई सामान्य मानी । कोठाको काम सकेर ऊ भान्सातिर पसी । धेरै दिनपछि आज उसलाई चिया खाने रहर भयो । भान्सामा गएर आफँैले चिया बनाई र कुर्सीमा बसेर फुर्तीसाथ पिई । यस्तो लाग्थ्यो कि बिस्तारै ऊ ती अतीतका यादहरू भुल्दैछे र वर्तमानसँग घुलमिल हुँदैछे । समय बित्यो । दिन ढलेर साँझ बन्यो । शान्ताले बेलुकीको खाना बनाई । उसले रविलाई कुरिरही । उसलाई कुर्ने बानी लागेको छ । सात बजेसम्ममा घरमा आइपुग्ने रवि आठ बजेसम्म पनि नआउँदा ऊ आत्तिई । उसलाई छट्पटी भयो । उसले तल पसलमा ओर्लेर फोन गरी र भनी ,“काँ हो ? किन अबेला गर्नु भा ?” रविले हाँसेर भन्यो, “तिम्ले त्यसै भन्छौ भनेर । ” “नजिस्किई भन्नु न, म कुरिराछु ।” उसले पर्खाइको भावले भनी । “म आइसकेँ, आँगननिर छु ।” यति भनेर रविले फोन काट्यो । शान्ताले कस्तो कस्तो मानिरही । यस्तै बहाव र उतारचढावसँगै उसले रविसँगको वैवाहिक जीवनलाई अगाडि बढाइरही । ऊ खुसी देखिन्थी तर खुसी थिइन । ऊ चुपचाप थिई तर भित्र मनमा उकुसमुकुस थियो । धेरै कुराहरू मनभित्र गुम्सेर ऊ फुटुँलाझैँ भएकी थिई । उसको मानसपटलमा दिलको सम्झनाहरू यताउता सलबलाइरहेका थिए । उसले कुनै दिन त ठानी कहीँ म पागल नबनुँ । त्यसैले मनमा हिम्मत राखेर उसले एकदिन राति रविसँग भनी, “बिहेमा मेरो मिल्ने साथीलाई बोलाउन पाइन । “को ? ” रविले सोध्यो । “दिल, मेरो बालापनदेखि अहिलेसम्मको साथी”, उसले नडराइ भनी । “सबै कुरामा यति जान्ने कि, म ऊसँग सारै प्रभावित थिएँ ।” ऊ बहकिन खोज्दै थिई तर फेरि सम्हालिई । रविले उसको कुरा सुनेर फिस्स हाँस्यो मात्रै । केही भनेन । उसलाई दिलको कुराले केही प्रभाव पारेन । शान्ताले अनौठो मानी । केही दिनपछि शान्ताले रविको बारेमा एउटा नयाँ कुरा थाहा पाई । ऊ रीसले आगो भई । बिहानको कलिलो सूर्य जसरी छिप्पिँदै गएर तातो हुन्छ, त्यस्तै ऊ पनि बिस्तारै तातो हुँदै गई । रविको आगमनसँगै ऊ कडा भएर बोली, “कहाँ गएर आउनु भा ?” , “काममा” रविले भन्यो । “होला काममा, त्यही नकचरीलाई भेटेर आ हैन मैले था नपा हो र ? ” “नचाइया कुरा नगर । कल्ले भन्यो तँलाई ?” “हैन भने हैन भनन, बस्ने बेलाँ उसँगै टाँसिएर बसेर आयो, ऐले भने , मैले बल्ल बुझेँ कुरा ।” ऊ रुन थाली । रविले नरोसम्म पनि भनेन । रविले उसलाई र उसको कुरालाई वास्ता नगर्नुको कारण उसले बल्ल बुुझी । आन्टीको सानी छोरीले रविको र त्यो केटीको बारेमा केही बताएकी थिई शान्तालाई । त्यसपछि शान्ताले धेरै कुरा सोधपुछ गरेकी थिई । सानैदेखिको केटी साथीलाई रविले माया गर्छ भन्ने कुरा उसले दिएको उपहार हेरेर शान्ताले चाल पाई । त्यो केटीको धेरै वर्षअघि बिहे भएर अहिले श्रीमान्सँग छुटिएर बसेकी थिई र एउटा छोरो पनि थियो उसको । यही निउँमा शान्ता र रविको झगडा बिस्तारै बढ्दै गयो । प्रत्येक दिनको झगडाले कोठा युद्धमैदान जस्तो बन्यो । उनीहरू तँ तँ र म म गरेर झगडा गरेको देखेर वरिपरिकाहरू छक्क परे । रविले कतिपटक शान्तालाई सम्झाउने कोसिस गर्यो तर शान्ताले रविको कुरा सुनिन । दिन प्रतिदिन रविप्रति शान्ताको शङ्का बढ्दै गयो । घरबाट निक्लने बित्तीकै ऊ ठान्थी, भेट्न गयो कहीँ नभाकी त्यसको साथीलाई । यति हुँदाहुँदै पनि रवि बाहिर निक्लन छाडेन । बरु उल्टै भन्ने गथ्र्यो, “अतीत जेसुकैहोस् अब राम्रो गरम न ।” उसको कुराप्रति शान्ताको कुनै विश्वास थिएन । उसको लागि त अतीत बिर्सने भन्ने कुरा त खोक्रो आदर्श मात्र हो । बिर्सन खोजेर नि सकिँदैन अतीत । त्यो त काँडा हो मृत्युपर्यन्त घोचिरहने । ऊसलाई अझै पनि दिलको मायाले सताइरहन्छ । ऊ चाहान्थी रविले उसलाई दिलको माया भुलाउने गरेर पे्रम गरोस् तर सब उल्टो भयो । त्यसैले ऊ दिन प्रतिदिन बौलाहा बन्दै थिई । सम्बन्ध झन् झन् धरासयी बन्दै गयो । आफन्तहरूले थुप्रै कोसिस गरे मिलाउन तर सम्भव भएन । सुख्खा वनमा एक झिल्कोबाट लागेको आगोझैँ उनीहरूको जीवनमा अविश्वासको आगो बढ्दै गयो र छोडपत्रको अवस्था आयो तर सँयोग त्यतिबेलै रविको विदेश जाने भिसा आयो र जाने मिति पनि तय भयो । रवि विदेश गएको केही दिनमा शान्ताले आफू आमा बन्न लागेको थाहा पाई । हर्ष र विस्मात् दुवैले उसलाई एकैचोटि छोयो । भोलिको सानो संसारको कल्पनामा डुबी ऊ । उसले रमाइलो मानी तर के यो सम्भव छ ? के रविसँग उसको सम्बन्ध राम्रो होला ? यस्तै कुरा सम्झेर ऊ फुङ्ग उडेजस्ती भई । उसले बच्चा फाल्ने सुर पनि गरी तर उसको मातृहृदयले त्यसो गर्न दिएन । दुई महिनापछि रविले विदेशबाट शान्ताको नाममा पैसा पठायो साथमा मोबाइल पनि । प्रत्येक हप्ता उनीहरूको कुराकानी हुन्थ्यो । तैपनि शान्ताले आमा बन्न लागेको कुरा भनिन । फोनमा बोल्दा ऊ ठान्थी, म केवल कसैको श्रीमती हुनुको दायित्व मात्र निर्वाह गरिरहेको छु । ऊ चाहेर पनि खुसी हुन सकिन । उसले कैलेकाहीँ त आफूलाई निकम्मा ठानी । हुन पनि श्रीमान्को कमाइमा ऊ खर्च गरेर बसेकी थिई । ऊ सोच्थी आखिर के छ हामीबीच ? किन ऊ मलाई पैसा पठाउँछ र म यहाँ बसीबसी खाइरहेछु ? नानाभाँती सोचाइहरूले ऊ लज्जित हुन्थी । उसका आँखाहरू रसाए । नजिकै गएर बस्दै शान्ताले छोरीलाई सुम्सुम्याई । दुवैका हातहरू छोरीको खुसीको लागि मिले । कति छिट्टै नौ महिना बितेछ । शान्ताले छोरी जन्माई । बल्ल रविले आफू बाउ बनेको थाहा पायो । ऊ उडेर आएर छोरीको अनुहार हेर्न चाहान्थ्यो तर अहिले नै सम्भव थिएन । इच्छाहरूलाई मनमै राखेर बस्यो । शान्ताले पनि आउ भनेर भनिन । हुन त शान्ताले आमा बनेका क्षणहरूमा आफूलाई एक्लो महसुस नगरेकी हैन । तैपनि उसले कहिले पनि त्यो एक्लोपन देखाइन । अब त झन् उसको सुख दुःखको साथी बनेकी थिई उसकी छोरी । त्यसैले कसैको साथको जरुरी ठानिन उसले । उसले छोरीलाई ममताले सुम्सुम्याउँदै हुर्काउँदै गई । शान्ताले एकपल पनि छोरीलाई आफूबाट अलग राखिन । एउटा आमाले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्दै रही । ऊ छोरीसँग हाँस्थी, जिस्किन्थी, चल्थी र खुसी महसुस गर्थी । यस्तो लाग्थ्यो कि शान्ताको जीवनमा महिनौपछि नयाँ खुसी आएको छ । रवि केही दिनको लागि विदेशबाट फक्र्यो । ऊ निकै खुसी थियो । पैलोपटक छोरीको अनुहार देखेर उसलाई आफ्नै अनुहार ऐनामा हेरेझैँ लाग्यो । उसले शान्तालाई भन्यो, “थ्याङ्क्यु ।” शान्ता मुुसुक्क हाँसी मात्रै । यसपाला दिउँसोको धेरै समय रवि घरमै बस्यो । ऊ शान्तासँग मन लागुन्जेल बोल्यो पनि । शान्ताले पनि उसको हरकुराहरूको जवाफ दिई । तैपनि रवि बाहिर निस्क्यो मात्रै भने पनि शान्ताको मनमा चिसो पस्थ्यो । ऊसको रविप्रतिको अविश्वास अझै कायम थियो । शान्ताले कतिपटक त्यो अविश्वास हटाउने कोसिस गरी तर सकिन । किन हो उसको मन मान्दै मानेन । नमानेको मनले जब उसले एकपटक उसको छोरीलाई हेर्थी । एक्कासि मन बुझेर आउँथ्यो । ऊ पनि छोरीमा आफ्नो अनुहार देख्थी । रविले छोरीलाई गरेको अपार माया देखेर शान्ता दङ्ग पर्थी । आज पनि रविले छोरीलाई खेलाइरहृयो । लाडे पल्टेर दुई चार कुराहरू गरिरहृयो । शान्ताले त्यो सब हेरेर रविसँग अतीतमा गरेको सबै झगडा बिर्सी । उसका आँखाहरू रसाए । नजिकै गएर बस्दै शान्ताले छोरीलाई सुम्सुम्याई । दुवैका हातहरू छोरीको खुसीको लागि मिले । वारि र पारिका दुई किनाराहरू सुस्तरी सुस्तरी एउटा साँघुले जोडिँदै गयो । #अभिमन्यु निरवी रहेनन् झापाका अग्रज साहित्यकार अमृतलाल: साहित्यपोस्ट झापाका अग्रज साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । धेरै समयदेखि मृगैलासम्बन्धी रोगबाट थलिएका श्रेष्ठको हिजो अपरान्ह ५ बजे निधन भएको हो । भक्तपुरको इनाचो टोलमा वि.सं. २०१३ सालमा जन्मिएका श्रेष्ठका ढुङ्गामाथि तरेलिएका फूल र पातहरू (कविता, २०४८), अन्तहीन यात्रा (कवितासङ्ग्रह, २०५२), हुट्टिट्याउँले आकाश थामेको देश (कविता, २०५६), क्यातुके फूल (कथासङ्ग्रह, २०६८), स्मृतिका ती दिनहरू (संस्मरण सँगालो, २०७१) गरी पाँच कृति प्रकाशित छन् । श्रेष्ठले लामो समय राससका लागि पत्रकारिता गरेका थिए । #अमृतलाल श्रेष्ठ युद्धको कथा: ती दुई निर्दोष आँखाहरू: तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे अर्फ बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे । बिर्खबहादुरको उमेर घर्किइनसकेकाले, केही गर्ने हिम्मत अझै थियो उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान लाउन पुर्याएर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिन सकेको छ । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही रमेश विकल आर्जन गर्छे । यसपल्ट बिर्खेले ठेकेदारबाट झण्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्यारइ गरिरहेको छ । “आमा भात किन नपका – हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।” साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याँठिन्छे, “भोक लागे म के गरौँ त ? बा पैसा उठाउन जानुभा’छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउँला ।” तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, “यति मात्रै – दुई तीन दिनलाई पुग्दैन ।” के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपियाँ फालिदियो । पैसा बाँकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ । अनि पाँच सयको सामल ल्याएँ, दुई चार दिनलाई भए नि पुग्छ भनेर । पाँचोटा सयचैँ पैसै ल्याएको छु । केही परिहाल्ला भनेर “लौ ला, राख ।”, बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो । “आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।”, सानो भुन्टे रोड्याइ गरेको गर्यौ थियो । बिर्खबहादुरले ठीटलाग्दो गरी उसको मुख हेरेर भन्यो, “ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा’ छ ।” यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझैँ रेटेर टाउको छुट्याइसकेको थियो । दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्याक्क खोलेर दुई जना बन्दुके भित्र पसे । चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेस्र्यायो, “तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो ?” “होइन के गरेको तिमरुले – को हौ तिमरु ”,दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिएर रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो । “पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्दैछौ – “मर्द हौ भने आओ मसँग जुध्न ।”, दिलमाया नजिकैको खुर्पा उझाउँदै रणाचण्डीझैँ गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्यो । खुर्पा भुइँमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझैँ रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो । दोस्रो चाहिँले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, “कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि – दिऊ यसलाई मर्द ?” “ठीकै छ । यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ ।”, पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो । आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हाँसो हास्दै अश्लील पाराले पहिलोले भने, “भाइ, यो बराठ आइमाइसँग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।” “हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्या होइन हेर न यसो केही पाइन्छ कि !”, दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्यो । उसले खुसीको स्वरमा भन्यो, “भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर” दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्यो अनि चहकिदै भन्यो, “रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहाँ तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।” र्दुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, “यसलाई के गर्ने – यतिकै छोडिदिने ?” “किन छोड्ने त्यसै बोल्ने जोखिमलाई – पुर्याइदिने उसको लोग्ने गएको ठाउँमा,” पहिलोले क्रुर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए । अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो । अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ । भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, “ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधैँ हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्छौ । मरेपछि ओखती भन्याजस्तो ।” “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुईचार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।” “गर्ने के त यार आदेश नै ढिलो गरी पाउँछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझैँ सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, “लौ फलानो ठाउँमा हमला हुँदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो,” दोस्रोले भन्यो । “त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्स परोस् भनिन्छ ।” “हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।” अर्कोले भन्यो, “घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् – यस्ताले कसैको के बिगार गरे होलान् र ?” “होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।”, दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती (र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपताल गर्न थाल्यो । “ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैँले के भेटिस् त्यहाभित्र ?”, पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, “त्यहाँ त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।” “यहाँ अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊँ आइज । एउटा आन्द्रेँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ र घाँटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुईचार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।” अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धकरसङ्कोच नमानी ती सुनहरू झिकेर हिँड्न तरखराए । तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्यो । उसले खसखसिएर त्यो गाँठो फोएर हेर्यो्, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, “जोडा ! यहाँ एउटा पाच सयको नोट पनि रहेछ ।” “खोइखोइ ?”, अर्कोले त्यो नोट उसबाट झण्डैझण्डै खोसेझै गरी लिए भन्यो, “वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।” अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो । “जोडा भात त तातै थियो । हत्याराहरू भर्खरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिँड झट्टै ।”, एउटाले हतार लगायो । अर्कोका आखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझैँ आँखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, “जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने ?” “के गर्नु अब । घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड ।”, अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए । “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।” यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका र्दुइ निरीह निर्दोष आँखाहरू मात्र थिए । दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउँथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।” यस स्वरले भने त्यहाँ गाउँ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्यामढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, “गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजुरी गरेर खाने दुई लोग्ने स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन चारवर्षे बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भीडन्तमा लुटेराहरूमध्ये दुईजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाताले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मीलाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछौँ । नमस्कार जय नेपाल ।” यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि ? #रमेश विकल सुरु भयो फोटो कविता प्रतियोगिता: साहित्यपोस्ट साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरु पुनः सुरु भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प्रारम्भ भएयता हरेका साता मुक्तक र फोटो कविता प्रतियोगिताहरु भइरहेका छन् भने सरकारले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि निबन्ध प्रतियोगिता पनि सुरु भएको थियो । ती सबै प्रतियोगिताकाका उत्कृष्ट रचनाहरु पुस्तककारका रुपमा प्रकाशन हुने जनाइएको छ । ती पुस्तकहरु शिखा बुक्स र साहित्यपोस्टको संयुक्त लगानीमा प्रकाशन हुनेछन् । पुस्तकको डिजिटल भर्सन साहित्यपोस्टमा र छपाइ भर्सन शिखा बुक्सले प्रकाशन गर्ने सहमति भएको छ । ‘लामो बाटो तय गर्न हिँडेको साहित्यपोस्टमा केही व्यवधान आएका थिए । अब हामी प्राविधिकरुपमा थप बलिया भएका छौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘केही साता प्रतियोगिता रोकिने कारण पनि भोलिका दिनमा त्यस्ता व्यवधान नआऊन् भन्ने थियो, अब ढुक्क भयौँ ।’ फोटो कविता प्रतियोगिता ९ का लागि कविता आव्हानः साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको आठौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ । विमल नेपाल अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाईनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका सातवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आठौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ । प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितास\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात श्रावण २४ गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाई विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूको रहोबरमा भोलिपल्ट २५ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटकको फोटो र कविताको विषय रहेको छः ‘बालबालिका’ अथवा ‘निश्छलता’ यी दुवै विषयमध्ये तल दिइएको तस्बिरमा रहेर एक, जुन कुराले कविको मन छुन्छ, त्यही विषयमा रचना पोस्ट गर्न सक्नुहुनेछ । हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः #फोटो कविता प्रतियोगिता पीपलबोट अर्थात् ‘फुटपाथ एकेडेमी’: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । प्रस्तुत लेख हामीले यो लेख हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख मनाेज खतिवडा ले तयार पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिका मै पढ्न पनि सक्नुहुने छ । न्युरोड पीपलबोट वर्षौंदेखि कवि–लेखकहरू जम्मा हुने अखडाका रूपमा परिचित छ । त्यहाँ जम्मा हुने कवि–लेखकले यो अखडालाई ‘फुटपाथ एकेडेमी’ भन्न थाले । विमल निभालाई कुलपति र पुरुषोत्तम सुवेदीलाई उपकुलपति भनेर जिस्क्याउन थाले । ‘फुटपाथ एकेडेमी’को प्रसंग सुनाउँदै लेखक अविनाश श्रेष्ठले एउटा रोचक प्रसंग सुनाइहाले । एकपटक श्रेष्ठले प्रज्ञा प्रतिष्ठानकै एक प्राज्ञका छेउमा ‘फुटपाथ एकेडेमी’को प्रसंग झिकेछन् । प्रसंग सुनिसकेपछि रिसले चुर हुँदै प्राज्ञले श्रेष्ठसँग भनेछन्–‘तपाईंले एकेडेमीलाई अपमान गर्ने ?’ प्रज्ञा प्रतिष्ठानका केही प्राज्ञ रिसाए पनि उनीहरूले आपसमा आफ्नो अखडालाई ‘फुटपाथ एकेडेमी’ भन्न छाडेका छैनन् । न्युरोडको पीपलबोट कसरी समानान्तर प्रज्ञा प्रतिष्ठानझैँ भयो त ? पीपलबोटको जमघटलाई बुझ्न सञ्चार र सूचनादेखि विच्छेद काठमाडौंको इतिहासम्म पुग्नुपर्छ । ०३२/०३४ सालतिर काठमाडौंमा फोनको सहज पहुँच थिएन । काठमाडौंबाहिरबाट आएकाहरू नियमित रूपमा न्युरोड पीपलबोट वरपर जम्मा हुन्थे । सयौँको भिड जम्मा हुन्थ्यो । आफन्त, छरछिमेक र गाउँलेसँग भेट गर्ने प्रख्यात स्थल थियो, पीपलबोट । ‘गाउँमा को बिरामी भयो, नयाँ मान्छे को काठमाडौं आएको छ भनेर खबर आदान–प्रदान गर्ने, सरसामान र पैसा लेनदेन गर्ने ठाउँ थियो पीपलबोट, हजार–दुई हजारको संख्यामा मान्छेहरू जम्मा हुन्थे,’ त्यसवेलाको समय सम्झिँदै कवि तथा समालोचक पुरुषोत्तम सुवेदी भन्छन् । साँझपख भिन्न–भिन्न भूगोलका मान्छेहरू झुन्ड–झुन्डमा भेटिन्थे । मान्छेको बाक्लो आवागमन हुने त्यसवेलाको न्युरोडलाई मान्छेहरू ‘नयाँ सडक’ भन्थे । २००६/०७ सालतिरै काठमाडौंबाहिरबाट आएकाहरूले न्युरोड पीपलबोट रहेको स्थल वरपरलाई जमघटस्थल बनाइसकेका थिए । सूचना र खबर आदानप्रदानका लागि ठूलो भिड जम्मा हुने न्युरोड पीपलबोट साहित्यकारको पनि भेटघाट र छलफलको केन्द्रमा परिणत हुँदै थियो । यसको सिलसिला सुरु हुन्छ पीपलबोटको साहित्यिक जमघट कहिलेदेखि सुरु भयो ? ठ्याक्कै जवाफ कोहीसँग पनि छैन । तैपनि बालकृष्ण सम, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालहरू पीपलबोटमा जम्मा हुने पहिलो पुस्ताका साहित्यकार थिए । मल्ल दाजुभाइ र श्रेष्ठको त घर पनि पीपलबोटनजिकै थियो । संस्कृत प्रभावमा हुर्किएका र आधुनिक साहित्य चेत बोकेका साहित्यकारबीच त्यसवेला तीव्र वैचारिक घर्षण थियो । वैचारिक प्रतिद्वन्द्विताले व्यक्तिगत सम्बन्धलाई समेत नराम्ररी प्रभाव पारेको थियो । लामो समय चलेको त्यही द्वन्द्वका कारण पीपलबोट वरपर र पीपलबोटबाहिरसमेत साहित्यकारका झुन्ड फरक–फरक थिए । भिन्न विचारका साहित्यकार एक ठाउँ बसेर छलफल र बहस गर्ने संस्कृति नै थिएन । माधव घिमिरे र गोपालप्रसाद रिमालका झुन्ड फरक–फरक थिए । भूपी शेरचन र मोहन कोइरालाको संगत र समूह एउटै थिएनन् । ‘नेपाली साहित्यमा संस्कृतको प्रभावमा हुर्किएका साहित्यकार र आधुनिक साहित्यिक चेत राख्ने साहित्यकारबीचको द्वन्द्व अहिलेसम्म पनि सुषुप्त अवस्थामा छ, त्यसवेला यो द्वन्द्व बलशाली थियो,’ लेखक अविनाश श्रेष्ठ भन्छन् । साहित्यकारमाझ हुने थुप्रै द्वन्द्व श्रेष्ठले देखे, भोगे । ०५५ सालमा विजय मल्ल बिरामले थलिएका थिए । उनको घर न्युरोडस्थित पाखो पोखलड्याङनजिकै साहित्यकारहरू भेला हुन्थे । मल्लको घरनजिकै भेला भए पनि श्रेष्ठको सरसंगतका धेरै साहित्यकार मल्ललाई भेट्न गएनन् । ‘पञ्चायतकालमा एकेडेमीको सदस्य सचिव र उपकुलपति भएकाले हाम्रा धेरै साथीहरू मल्ललाई भेट्नै जाँदैनथे,’ उनी भन्छन् । पीपलबोटको ‘स्वर्णयुग’ भने पञ्चायतकाल नै थियो । समालोचक पुरुषोत्तम सुवेदी लेखक र विद्यार्थीका फोरमले नै पञ्चायतको सशक्त प्रतिरोध गरेको बताउँछन् । ‘विद्यार्थीले सशक्त सडक आन्दोलनमार्फत पञ्चायतको प्रतिरोध गरेका थिए भने लेखकहरूले सिर्जनात्मक रूपले प्रतिरोध गरेका थिए, लेखकलाई साहित्य सिर्जना गरेकै कारण समाइहाल्न सक्ने अवस्था थिएन, त्यसैले उनीहरूले त्यसवेला पञ्चायतसँग ठूलो संघर्ष गरेका थिए,’ उनी भन्छन् । पीपलबोट वरपर राज्यका सिआइडी छ्यापछ्याप हुन्थे । तैपनि प्रशासकबाट सेन्सर नगरिएका पञ्चायतविरोधी कविता वाचन हुन्थे । राज्यमा दर्तै नभएका तर भरमार व्यवस्थाविरोधी सामग्रीले भरिएका पत्रिका निस्किन्थे । कवि र श्रोतामाझ अञ्चलाधीशबाट सेन्सर हुनुअघिका ‘फ्रेस’ कविता पत्रिका निस्किनुअघि नै पुगिसक्थे । पीपलबोटमा पञ्चायतका ‘गसिप’ खुबै चल्थे । कुन मन्त्री बर्खास्त हुँदै छ ? कसले के गर्दै छ ? किसिम–किसिमका हल्ला छिनछिनमा आइरहन्थे । सिकारु साहित्यकारका लागि भने पीपलबोटका भेटघाट र जमघट नै परिचयका आधार थिए । साहित्यिक सिर्जना छापिनु नवप्रवेशीका लागि ठूलो संघर्षको विषय थियो । त्यहीँको चिनजान परिचय निर्माणको पहिलो खुड्किला थियो । नागरिकको अभिव्यक्ति अधिकार हरण भएको समय पीपलबोटबाटै साहित्यकारले जागरण र प्रतिरोधका आवाज दिए । साहित्यिक आन्दोलन चलाए । त्यहीँबाट पत्रिका निस्किए । पीपलबोटको आधा शताब्दीभन्दा लामो जमघट परम्परालाई अहिले पनि केही साहित्यकारले निरन्तरता दिइरहेकै छन् । तर, पीपलबोटमा त्यसवेला हुने लेखकको विशाल जमघटजस्तो अहिले कहाँ हुनु ? केही साहित्यकार भने नियमित आउँछन्, चिया पिउँछन्, वाद–प्रतिवाद गर्छन्, पत्रपत्रिका पढ्छन् र छलफल गर्छन् । पीपलबोटको ‘लिगेसी’ सम्हालिरहेका तिनै साहित्यकारलाई भेट्न बिहीबार पीपलबोटछेउ पुग्दा जम्माजम्मी दुईजना लेखक भेटिए । कथाकार अविनाश श्रेष्ठ र कवि तथा समालोचक पुरुषोत्तम सुवेदी । अरू दिन नियमित आउने लेखक पनि काठमाडौंको आकाश धुम्मिएको त्यस दिन भेटिएनन् । श्रेष्ठ र सुवेदीले पीपलबोटसँगका पुराना सम्झना सुनाए । पीपलबोट वरपर घटित लेखकका किस्सा र ‘लीला’ सुनाए । केही प्रसंग ‘अफ द रेकर्ड’ भनेरै सुनाए । पीपलबोट सँगसँगै जोडिन आइपुग्छन् साहित्यकारका मदिरा प्रसंग । पीपलबोट वरपरका इन्द्रेणी, इन्दिरा, डाँफे, मोतीमहल साहित्यकार जमघट गर्ने प्रख्यात रेस्टुरेन्ट थिए । खुवाउने, पिलाउने मामिलामा सम्भ्रान्त परिवारका भूपी शेरचन उदार थिए । काठमाडौंबाहिरबाट आउने साहित्यकारले त सहरमा बाँच्नकै लागि भीषण संघर्ष गर्नुपथ्र्यो । टिक्नै मुस्किल थियो । तर, भूपीलाई त्यो समस्या थिएन । त्यसमाथि पाँच रुपैयाँमा पाँचैजना मात्ने गरी लोकल रक्सी पाइने समय थियो त्यो । भूपी र हरिभक्त कटुवालसहित ८–१० जना पियक्कडको टोली पीपलबोट वरपरका रेस्टुरेन्टमा मध्यरातसम्म मदिरामा मस्त हुन्थे । मदिरा नपिउने रोचक घिमिरेलाई समेत उनीहरू जबर्जस्ती आफैँसँग बसाउँथे । त्यसवेला पारिजात बहिनी सुकन्यासँग पुतलीसडक बस्थिन् । राति अबेरसम्मको खानपानपछि कहिलेकाहीँ उनीहरू पारिजातको डेरा पुग्थे । सुतिसकेका पारिजातका दिदी–बहिनीलाई उठाउने जिम्मा रोचक घिमिरेले लिनुपथ्र्यो । मदिराको तालमा आएका उनीहरूलाई धेरै रात सुकन्याले चिया पकाएर खुवाएकी छिन् । कहिलेकाहीँ पारिजातकै कोठामा अबेरसम्म नाचगान र गफ गरेर फर्किन्थे । हरिभक्त कहिलेकाहीँ पिएर सडकमै ढल्थे । ईश्वर वल्लभ र मनु ब्राजाकीका मदिरा अखडा पनि पीपलबोट वरपरै थिए । नेपाली साहित्यमा विशेष अर्थ राख्ने दुईवटा आन्दोलन पीपलबोटमै उठेका थिए, सडक कविता क्रान्ति र बुटपालिस आन्दोलन । ०३६ सालमा जनमतसंग्रह घोषणा भएपछि बहुदलीय व्यवस्थाका समर्थक कविद्वारा छेडिएको आन्दोलन थियो, सडक कविता क्रान्ति । लेखकहरू पञ्चायतको विरोध र बहुदलीय व्यवस्थाको समर्थनमा कविता बोकेर सडकमा निस्किएका थिए । भवानी घिमिरे, अशेष मल्ल, हरिभक्त कटुवाल, मोहन कोइराला, दिनेश अधिकारीलगायत कविले सडकमै कविता वाचन गरेर प्रजातन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए । पीपलबोटबाट उठेको पञ्चायतविरोधी र स्वतन्त्रता पक्षधर आवाज गाउँगाउँसम्म पुग्यो । ०३१ सालमा सरकारले सामयिक संकलमाथि प्रतिबन्ध लगायो । त्यही कारण दर्ताविनै चलिरहेका पत्रिका बन्द भए । अभिव्यक्ति अधिकारलाई कुण्ठित गरिएको थियो । युवाले पाउँदै आएका अभिव्यक्तिका माध्यम खोसिए । देशमा उकुसमुकुसको वातावरण रहेको त्यस समय साहित्यकारको एउटा समूह प्रतीकात्मक विरोधमा उत्रियो, ब्रस र पालिस बोकेर । शैलेन्द्र साकार, भाउपन्थी, प्रेम कैदी, नारायण ढकाल, कविताराम, धु्रव सापकोटा, भवानी घिमिरेलगायत साहित्यकारको समूहले सडकमा युवा लेखकका रचना प्रकाशनका लागि भन्ने आशयको तुलमुनि जुत्ता पालिस गरे । तीन दिनसम्म नयाँ सडकमा चलेको त्यो अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो । पीपलबोटको जमघटबाटै साहित्यिक समूह बन्थे र भत्किन्थे । त्यहीको परिचयले साहित्यकारहरू लामो समय नजिकको छलफल र बहसमा रहन्थे । विमल निभा, नारायण ढकाल, श्यामल, राजव, पुरुषोत्तम सुवेदीहरूको समूह पीपलबोटकै संगतलाई निरन्तरता दिइरहेका छन् । यो पुस्ताका साहित्यकारहरूमा अघिल्लो पुस्ताको जस्तो फरक विचारप्रति हेयको भावना नरहेको बताउँछन् सुवेदी । ‘म ०४० साल वरपरबाट पीपलबोट जान थालेको हुँ, त्यहाँ कम्तीमा पनि २ सयको हाराहारीमा साहित्यकार भेट हुन्थे, हाम्रो पुस्तामा भने फरक मतका सर्जकहरू पनि एक ठाउँ बसेर छलफल गर्ने संस्कृति थियो, पहिलो पुस्तामा जस्तो एक ठाउमै नबस्ने भएन हामीबीच,’ उनी भन्छन् । ०४६ सालको जनआन्दोलनमा पनि पीपलबोटले आफ्नो भूमिका निभायो । आन्दोलनको सफलतासँगै लुटिएका अभिव्यक्तिका अधिकार फिर्ता भए । पत्रिकाको संख्या बढ्न थाल्यो । अभिव्यक्तिको अवसर फैलिँदै गयो । कति साहित्यकार पार्टी ‘कोटा’मा एकेडेमी छिरे । सञ्चारको दु्रत विकासले फड्को मारेसँगै्र पीपलबोटको ओज र प्रभावसमेत कमजोर बन्दै गयो । तैपनि साहित्यकारको एउटा समूह नियमित पीपलबोट वरपरका अखडामा जम्मा भइरहेकै छ । पछिल्लो आठ–दश वर्षको दौरान उनीहरूले जम्मा हुने ठाउँ मात्रै सात–आठपटक परिवर्तन गरिसके । धेरै गल्ली परिवर्तन गरिसकेका उनीहरू अहिले भूगोलपार्क छेउको चियापसलमा जम्मा हुन्छन् । नारायण ढकाल, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी, विमल निभा, बुद्धिसागर, नयनराज पाण्डे, सीताराम उप्रेती प्रायः पीपलबोट पुगिरहन्छन् । ३ वर्षअघि मुटुको अप्रेसन गराएका अविनाश श्रेष्ठ नियमित नभए पनि पीपलबोट पुगिरहन्छन् । नेपाल आएको समय राजव दैनिक पुग्छन् । रघु पन्त, झलक सुवेदी, अभय श्रेष्ठ र राजेन्द्र पराजुली पनि फाट्टफुट्ट पुगिरहन्छन् । त्यहाँ पुग्ने साहित्यकारमा छलफलका विषयको कुनै सीमा छैन । साहित्यिक विशेष सामग्री, दैनिक पत्रिकाका लेखको समीक्षा त्यहीँ गर्छन् । भारतीय समाचारपत्रमा आएका विषयमा पनि बहस गर्छन् । एकअर्कालाई उडाउने, व्यंग्य गर्ने, आलोचना गर्ने, बाझाबाझ गर्ने सबै हुन्छ । पीपलबोटबाहिर त्यहाँ जम्मा हुने लेखकलाई लिएर एउटा ठट्टा चर्चित रहेछ । ‘छलफल गर्दागर्दै कसैलाई पिसाब लाग्यो र बाहिर निस्कियो भने त्यसैको आलोचना गर्न थाल्छन् भनेर हामीलाई बाहिर उडाउँछन्,’ सुवेदी आफूहरूबारे बाहिर चलेको किस्सा सुनाउँछन् । कसैको किताब छापिए भोज खुवाउने अखडा छन् । मदिरा पनि खुब चल्छ उनीहरूबीच । बुद्धिसागर र नयनराज पाण्डेबाहेक अरूले बाहिर पुस्तक विमोचन गर्दैनन् रे ! उनीहरू पीपलबोटकै अखडामा पुस्तक विमोचन गर्छन् । पुरुषोत्तम सुवेदीले आफ्ना सबै पुस्तक त्यहीँ विमोचन गरे । नारायण ढकाल प्रकाशकले पुस्तक बाहिर विमोचन गरे पनि पीपलबोटमा समेत जमघट जुटाउँछन् । उनीहरूको सम्बन्ध पीपलबोटबाहिर परिवारसम्मै फैलिएको छ । पैसाको सरसापट चलिरहन्छ । अहिले पीपलबोटको महत्व त्यही रूपमा छैन । पीपलबोटबाहिर पनि साहित्यकारका जमघट हुने अखडा बनिसकेका छन् । तैपनि उनीहरू नियमित रूपमा किन आउँछन् त पीपलबोट ? आफ्ना स्मृति पुनर्ताजगी गर्न आउँछन् कि अहिले पनि पीपलबोट आसपासका जमघटको कुनै अर्थ छ ? ‘हामी रुढि धान्नलाई आएका होइनौँ, पीपलबोटप्रति ऋणी पनि छैनौँ, व्यक्तिगत फाइदाका लागि पनि आउने होइन,’ सुवेदी भन्छन्, ‘छलफल र बहसका लागि आउँछौँ, यो हाम्रो भेटघाटको उपयुक्त केन्द्र पनि हो ।’ उनी पीपलबोटको जमघटले लेख्ने र बाँच्ने ऊर्जा दिएको तर्क गर्छन् । यस्तै, कथाकार श्रेष्ठ भने नियमित जमघटले पीपलबोटको ‘लिगेसी’लाई अक्षुण्ण राखेको बताउँछन् । ‘यसले नेपाली साहित्यको गौरवशाली लिगेसीलाई जिउँदो राखेको छ, हामी अब नयाँ पुस्ताले यसलाई जोगाइदेओस् भन्ने चाहन्छौँ ।’ ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगिता सम्पन्न: साहित्यपोस्ट गैरआवासिय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगीता सम्पन्न गरेको छ । अनलाईन जुममार्फत १९ वर्षमुनीका नेपालबाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच प्रतियोगीता भएको थियो । प्रतियोगीतामा २९ देशका ६१ जना प्रतियोगी सहभागि थिए । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगीता गरिएको थियो । ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’मा म्यानमारबाट प्रतिनिधित्व गरेकी अभिलाषा खतिवडा प्रथम भएकी छन् । उनले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छन । त्यस्तै, रसियाबाट प्रतिनिधित्व गरेकी समरिया केसी दोस्रो र यूकेबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेस्रो स्थान हाँसिल गरे । केसीले ६० हजार र आचार्यले ४० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तैगरी, अस्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहरालले ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिव्या ढकालले प्राप्त गर्न सफल भए । उनीहरु दुवैले तीस /तीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै, नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेका जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल भए । थाइल्याण्डबाट प्रतिनिधित्व गर्ने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गरे । सान्त्वना हुने सुहिम, जस्मिन र दंग तीनै जनाले बीस/बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन । गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो । प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए । यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता जनाएका थिए । कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियोस्थित एक हलबाट एकसाथ प्रत्यक्ष प्रसार गरिएको थियो । प्रतियोगताका विजेतालाई सम्बन्धित एनसिसीमार्फत एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने कार्यक्रम तथा एसिया प्याशिफिक युवा कमिटीका संयोजक दीपक कँडेलले जानकारी दिएका छन् । फोटो कविता प्रतियोगिता ९ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यो साता आचार्य प्रभाको ‘निश्छलता’, एचवी सरोवरको ‘नौलो उदय’ र विजय संग्रौलाको ‘मलाई फेरि बालक हुन मन छ’ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १७ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत समय कटेर बैजयन्ती पोख्रेल र चित्रा कोइराला (पौड्याल) का २, इमेलमार्फत् ७ र साहित्यपोस्टकाे फेसबुक मेसेजमा ३ गरी जम्मा १२ वटा सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका तप् १२ वटा सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाई सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ । फोटो कविता प्रतियोगिताको दशौँ शृंखला भोलिदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरूः #फोटो कविता प्रतियोगिता नेपाली विषयमा अमेरिकाको अध्ययन: म आठ कक्षामा पढ्थेँ । पहिलो कक्षा १० बजे सुरू हुन्थ्यो । १० बजे नेपाली पढाउनु हुने प्रभा मिस नेपाली कम अमेरिका धेरै पढाउनु हुन्थ्यो । कुनैबेला उहाँ अमेरिका जानुभएको रहेछ । हरेक दिन अमेरिकामा यस्तो र उस्तो भन्ने कुरो नै धेरै सुन्न पथ्र्यो । अमेरिकाका बारेमा अमेरिका नै नगइकन धेरै थोरै जानकारी हामी पनि राख्थ्यौँ । त्यतिबेला अहिले जस्तो औँलाको टुप्पोमा सूचना त थिएन नै, तर अमेरिकी सूचना केन्द्र जो नजिकै न्युरोडमा थियो । अहिले एभरेष्ट बैंक बसेको घर अमेरिकी सूचना केन्द्रले सायद लामो अवधिको लागी भाडामा लिएको थियो । अहिलेको भन्दा धेरै सफा, सुग्घर थियो । भुइँतल्लामा नै अमेरिकन लाइब्रेरी थियो । म काठमाडौँको काठबाट सहरमा पढ्न आउनेलाई न्युरोड ने चौँकाधौँक थियो । त्यसमाथि अमेरिकन लाइब्रेरीको भवनको त के बयान गर्नु ? ठूलो सिसाको ढोका खोलेर भित्र पस्ने अनि फेरि दाहिनेतिरको ढोका खोलेर पुस्तकालय । पुरै एअरकण्डिशन । जाडोको बेला न्यानो, गर्मीको बेला शीतल । हामी त त्यहाँको भौेतिक व्यवस्थाले नै अचम्भित थियौँ । तर यी सब कुरा विस्तारै साधारण लाग्न थालिसकेको थियो । दिनमा एकपटक पुस्तकालय जाने त्यहाँ रहेका पत्रपत्रिकाको शीर्षक पढ्ने, मिलाएर राखिएका अंग्रेजी पुस्तक तानेर हेर्ने बानी लागिसकेको थियो । त्योभन्दा महत्त्वपूर्ण कुरा त त्यहाँबाट प्रकाशित हुने चिल्लो कागजमा छापिएको स्वतन्त्र विश्व नामक अति सुन्दर म्यागाजिन सित्तैमा लिने लोभ थियो । स्वतन्त्र विश्वको दुईवटा प्रयोग थियो, पहिलो पुस्तकको जिल्दा हाल्नुभन्दा अगाडि के रहेछ भनेर पढ्ने । जिल्दा हाल्नको लागि उबेला राम्रो र साइज मिलेको कागज पाउन नै मुस्किल थियो । मैले घरको पसलबाट चुरोटको बट्टा प्याक भएर आएको चुरोटको पेटी खाली गरेर किताबमा जिल्दा लगाउँथे । चुरोटको पेटीको कागज अति नै बलियो हुन्थ्यो , तर त्यसको एउटा दुर्गुण थियो । पसिनाले विस्तारै त्यो कालो हुन्थ्यो र त्यो कालो अलकत्रे रंग किताबमा पनि सथ्र्यो । त्यो कालो सायद अलकत्राको एउटा स्वरूप थियो । जुन चुरोटमा सर्दी नजावोस् भनेर भित्रपट्टि राखिएको हुन्थ्यो । स्नेह सायमि यस्तो जिल्दाको अभावमा स्वतन्त्र विश्वको जिल्दा हाल्नपाउनु ठूलै मौका थियो । त्यतिखेर किताब पढे पनि नपढे पनि राम्रोसँग जिल्दा हाल्ने एक किसिमको परम्परा नै थियो । कारण के पनि होला भने किताब, कापी र कलम अहिले जस्तो झोलामा हालेर जाने चलन थिएन । किताब र कापी हातैले च्यापेर लैजाने र कलम फोन्टेन पेन भने सर्टको खल्तीमा हाल्ने चलन थियो । बेला बेला मसी राख्नुपर्ने, त्यो मसी पनि चुहिने हुँदा विद्यार्थीहरूको सर्टको खल्तीमा नीलो मसीको ढब्बा हुनु, औैलाहरूमा नीलो मसी लाग्नु स्वाभाविक मानिन्थ्यो । अँ, म नेपाली कक्षाको बारेमा र पहिलो घण्टीमा पढाउनु हुने प्रभा मिसको बारेमा भनिरहेको थिएँ । उहाँ नेपाली र नेपाली व्याकारणभन्दा अमेरिका पढाउन आउनुहुन्थ्यो । पहिलो घण्टी भएको हुनाले राष्टिय गान गाउन लगाउनु हुन्थ्यो । अनि मेचमा बसेरै सबथोक भन्नुहुन्थ्यो । कुनै कुनैबेला हामीलाइ ह्रस्व दीर्घ आयो कि आएन भनेर जाँच लिनुहुन्थ्यो । जाँच लिने उहाँको आफ्नै तरिका थियो । एक विद्यार्थीलाई एक म्याराग्राफ कालोपाटीमा लेख्न लगाउने र अर्को विद्यार्थीलाई करेक्सन गर्न लगाउने । हामीहरू धेरैले व्याकरणको त के कुरा ह्रस्व र दीर्घ पनि जानेका थिएनौँ । कालोपाटीमा ह्रस्व दीर्घ सच्याउनु परेपछि एकजनाले ह्रस्व ह्रस्व बनाउँदै लैजाने अर्कोले सबै शब्दहरूलाई दीर्घ दीर्घ बनाउने गथ्र्यौ । त्यो देखेर प्रभा मिस रिसाउनु हुन्थ्यो र हामीलाइ लट्ठीले चुट्नु हुन्थ्यो । तर चुटेर हामीले सिक्न सक्दैनथ्यौँ । प्रभा मिसको नेपाली कक्षामा अमेरिकाको बयानले नेपाली व्याकरणको जग राम्रो भएन । अहिले देख्छु, नेपालीहरूको चरित्र । उबेलाका हामी व्याकरणका अन्जान विद्यार्थीहरूजस्तै । आफ्नो मान्छे, आफ्नो साथी, आफ्नो नेता, आफ्नो दलका कुरा सबै शतप्रतिशत राम्रो भनिदिनुपर्ने र नभनेको दिन शत्रु हुने । विवेक प्रयोग गरेर यो राम्रो, यसमा अरू सुधार गर्नुपर्ला कि भन्नै नहुने । उसका सबै कुरा राम्रो भनुन्जेल उसका मान्छे, अलिकति स्वतन्त्र विचार राख्यो कि उसका विरोधी । उबेला त अन्जानले सबै ह्रस्व र सबै दीर्घ लेखियो । अहिले देख्छु, एकसेएक विद्वानहरू पनि अन्जान भएको अभिनय गरिरहेका छन् । के जीवन यसरी नै बाँच्न सकिएला र ? अस्तु #जीवनको रङ पुस्तकालयका कारण प्रेमप्रस्तावदेखि बिहेप्रस्तावसम्म: किताब प्रेमीको यो संसारमा कुनै कमी छैन ! भारतको नयाँ दिल्लीस्थित एक व्यक्तिले जब आफ्नो किताबप्रेम ट्वीटरमा पोखे, उनको वालमा बिहेका प्रस्तावदेखि त्यो किताब कुनोमा म आफू बस्न पाए भाग्यमानी हुने थिएँ भन्नेसम्मका जवाफ पाएका छन् । ट्वीटरमा सौमिक नामका भारतीय एक व्यक्तिले लेखेका थिए, ”जसलाई थाहा छैन, बताइहालूँ, म पुस्तकालयमा बस्ने गर्छु ।” उनको निजी संग्रहमा करिब आठ हजार पुस्तक भएको खुलासा पनि ट्वीटरमा गरेका छन् । ७५ प्रतिशत पुस्तक किनेर नै ल्याएको र बाँकी भने उपहारका रूपमा पाएको उनले बताएका छन् । यो तस्बिर भारतमा भाइरल भएपछि कतिले उनको पुस्तकालय घुम्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गरेका छन् भने कतिले बिहेकै प्रस्ताव राखेका छन् । सारा काजीले त एउटै कुनामा हप्तौँसम्म बस्न सक्ने भनी जवाफ फर्काएकी छन् । अर्की एक महिलाले तिम्रो बिहेको कुरा चलाइदिउँसमेत भन्न भ्याएकी छन् । #इन्डियन एक्सप्रेस #पुस्तकालय ठेट लोकनृत्यका एक साँचो कलाकारः राजेन गुरूङ: राजेन गुरूङ समाजमा कोही व्यक्ति आफ्नो अधिकांश जीवनमा आफ्नो जातिलाई योगदान दिएका हुन्छन्। आफ्नो काम कुरो एकातिर सेवाकार्य अर्कातिर राखेर समाज र जातिलाई आफ्नो पक्षबाट योगदान दिइरहेका हुन्छन्। यस्तै एक समाजसेवी व्यक्ति कालिम्पोङमा छन्, जसले नेपाली लोकनृत्यलाई गत अडतीस वर्षअघिदेखि निःशुल्क सिकाइरहेका छन्, परम्पराको हस्तारण गरिरहेका छन्, नयाँ पुस्तालाई लोककलाकार बनाइरहेका छन्। उनी उनी हुन्, राजेन गुरूङ। गुरूङको जन्म सन् १९५८ मा कालेबुङको डुङ्ग्रा बस्तीमा भएको हो। उनका बाबु स्व. एस पी गुरूङ र आमा नन्दकुमारी थिए। उनले स्थानीय एस.यु.एम.आइ. पढेर सन् १९७५ मा पुरानो हायर सेकेन्डरी (माध्यमिक परीक्षाको चलन थिएन, एकैचोटि हायर सेकेन्डरी दिनुपर्थ्यो) उत्तीर्ण भएका हुन्। त्यसपछि उनी एक वर्ष जति मात्र कलेज पढेर छोडिदिए। उनले १९७७ मा पञ्चायती विभागमा सरकारी जागिरे जीवन शुरू गरेका हुन्। त्यति बेला नै काठमाडौंबाट नारायण गोपालले आफू राष्ट्रिय नाचघरका महाप्रबन्धक रहँदा राजेन गुरुङलाई त्यस नाचघरमा हास्यकलाकारको जागिरका निम्ति निम्तो दिएका थिए तर घरमा बाबुले सरकारी नोकरी छोडेर काठमाडौं जानैपर्दैन भनेर जान दिएनन्। आफ्नो हास्य अभिनय कलालाई काठमाडौंमा चम्काउन नपाए पनि चुप लागेर बसेनन्। उनले सन् १९७६ देखि नाट्यभिनय शुरू गरेका हुन्। उनले दीपक सुनाम, दार्जिलिङको ‘तर बिहानी हुँदैन’, प्रकाश कोविदको उपन्यासमा आधारित ‘अर्को जन्म’ नाटक, प्रशान्त धमला दोषीका ‘मान्छे अमान्छेको बजार’, ‘रून्छन् यहाँ सिउँदोहरू’, मधुसूदन लामाका ‘बाटो छेउको घर’, ‘नलेखेका इतिहासहरू’, सि के श्रेष्ठका ‘अनि भालेमुङ्गो रून्छ’, ‘स्याल पस्ला है शहरमा’ आदि जस्ता नाटकहरूमा हास्य अभिनेता भएर अभिनय गरेका थिए। नेपाली साहित्य अध्ययन समितिको रजत वर्ष समारोह १९९३ मा एकल अभिनय (मोनोएक्ट) प्रतियोगितामा दोस्रो भएका थिए। उनले १९८४-८५ मा अशोक राईहरूले खोलेको संस्था ‘बागीना’मा जोडिएर लोकगीत गाउन थाले। सिके श्रेष्ठको ‘लालुपाते रेलिमाइ’ सांस्कृतिक केन्द्रमा हास्य कलाकार भएर काम पनि गरेका थिए। यसका साथै उनले धेरै वर्ष स्कुल-स्कुलमा गएर स्वतन्त्र दिवसका निम्ति विद्यार्थीहरूलाऊ सामुहिक ड्रिल सिकाएका हुन्। आफ्नो सरकारी सेवाका अतिरिक्त आफूले जानेको नेपाली लोकनृत्यकला सिकाउन थाले। हप्ताभरि आफ्नो जागिरमा हाजिर भएर शनिबार र आइतबार भने नेपाली लोकनृत्य प्रशिक्षण दिन थाले। सन् १९८१ कुमुदिनी स्कुलको एउटा बाहिरी कोठामा चारजना विद्यार्थी लिएर आफ्नो सेवा शुरू गरेका उनले त्यसपछि प्रशिक्षणलाई संस्थागत रूप दिए । १९८२ मा आफूले जानेको लोकनृत्यकलालाई समाजोपयोगी बनाउँदै ‘लोक सांस्कृतिक संस्थान’को स्थापना गरे। त्यसलाई अघि बढाउन भने निकै सङ्घर्ष गर्नुपर्\u200dयो। कहिले कालिम्पोङ टाउन हलमा, कहिले सिड फार्मको गोदाममा, कहिले प्रणामी स्कुलमा, कहिले त्रिपाइको सामुदायिक भवनमा, कहिले चेस्ट क्लिनिकको सामुदायिक भवनमा गरी सरिहिँड्नु परेको थियो। त्यसैगरी १९८३ देखि २०१० सम्म एस. यु. एम. आइ.को जिम हलमा तथा २०१० देखि भने कुमुदिनी स्कुलको धर्महलमा शनिबार र आइतबार दिनको ठीक एक बजेदेखि तीन तीस बजेसम्म प्रशिक्षण दिने गरेका छन्। प्रशिक्षण दिनलाई हलको टुङ्गो थिएन, घुमी घुमी यसका निम्ति अनुनय विनय गर्नुपर्थ्यो। विभिन्न स्कुलतिर कोठा माग्दा कहिले त खप्की पनि खानुपरेको थियो। उनी आफैं बिहान विभिन्न स्कुलको प्रार्थना सभामा गएर आफूले निःशुल्क लोकनृत्य प्रशिक्षण दिने कुरा विद्यार्थी समुदायमाझ उदघोषणा गरेर आह्वान गर्नुपरेको थियो। संस्थान खोलेपछि यसका चिजबीज राख्ने दुई तीनवटा बाकस राख्ने ठाउँ पाएनन्। कहिले नै विद्यार्थीको घरमा, कहिले कहाँ राख्नु पर्दथ्यो। सन् १९९६ मा भने गोर्खा सांस्कृतिक संस्थानका सभापति भरत थापा हुँदा उनले मेलाटार छेउको एउटा कोठामा सामान राख्न दिएका हुन्। जो अद्यपि छँदैछ। राजेन गुरूङले सन् १९८२ देखि हालसम्म लगातार अड्तीस वर्ष जति दस हजारभन्दा बढीलाई ठेट लोकनृत्य निःशुल्क प्रशिक्षण दिएका छन्। आमाले सिकेर अहिले तिनकै छोरी पनि सिक्न आएको पाइनाले उनले दुई पुस्तालाई लोक नृत्य सिकाइसकेका छन्। उनले आफ्नो प्रशिक्षणमा आउने प्रशिक्षणार्थीहरूलाई हाम्रा सबै जातगोष्टीका ठेट लोकनृत्य सिकाउने गर्छन्। कोही नयाँ आउने केटी विद्यार्थी छ भने सङ्गिनी र केटा छ भने सेलोबाट शुरू गराउँछन्। एउटा विद्यार्थीले सबैभन्दा थोरैमा तीन वर्षदेखि अधिकतम आठ नौ वर्षसम्म प्रशिक्षण लिनेगरेका छन्। तीनचार वर्षमा प्रशिक्षणार्थीहरूले रोइला, कौरा, चण्डी, पश्चिमे, चाँचरी, चुड्का, झ्याउरे, पालम, रोदीघर, सोरठी, संगिनी, तीजगीत, रोपाइँगीत, खुकुरी नृत्य, जुवारी नृत्य, खैँजडी, रूमाले, सेलो, बाह्रमासे घाटु, ट्याङ्कुली, असारे, शेर्पानाच, लेप्चानाच, लहरी लालीमाइ आदि सिक्न पाउँछन्। उनले विद्यार्थीहरूलाई यी नृत्यहरूको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि बताएर तिनको व्युत्पत्तिगत अर्थ, नृत्य पद्धति, नियम, महत्त्व र उपयोगिताबारे सबै सैद्धान्तिक कुरा लेखाउँदै-बुझाउँदै सिकाउँछन्। यसका साथै ती-ती नृत्यहरूसित सम्बन्धित स्त्री पुरूषका गर-गहना, वस्त्र र बाजा-गाजा सबै चिनाउने गर्छन्। संस्थानको तर्फबाट वर्षमा एकचोटि परीक्षा पनि लिनेगरेका छन्। आफ्ना प्रशिक्षणार्थीहरूले कालिम्पोङमा आयोजित धेरै सांस्कृतिक कार्यक्रमा लोकनृत्य प्रस्तुतिका निम्ति निम्त्याइन्छ र नृत्य प्रस्तुत गर्छन्। संस्थानलाई कोलकाताको सांस्कृति महोत्सव, कुचविहारको कृषि मेलामा बर्सेनी लाने गरेका थिए। पछि आन्दोलनकालदेखि टुट्यो। यसैगरी आफ्ना विद्यार्थीहरूको टोली लिएर दिल्ली, काठमाडौं, भुटान, नागाल्याण्ड, वीरभूम, बानरहाट, लाटागुडी, सिक्किम आदि ठाउँ गएका हुन्। यसरी लाँदा आयोजकहरूले टोलीलाई खाने बस्ने, घुम्ने व्यवस्था गरिदिन्छन् तर ती ती ठाउँमा कार्यक्रम प्रस्तुत गरेबापत आर्थिक लाभ लिनेगरेका छैनन्। विद्यार्थीहरूले शुरूमा आफ्नो नाम संस्थानमा पंजीकरण गरेपछि कुनै शुल्क दिन पर्दैन। संस्थानलाई कालिम्पोङका केही सहयोगीहरूबाट नगद र जिन्सी भने सहयोग प्राप्त भएका छन्। मणि ट्रस्ट कालिम्पोङले चालिस हजार नगद सहयोग गरेको थियो जसबाट संस्थानलाई चाहिने लोक भेषभूषा किनेका थिए। कसैले दौरा सुरूवालहरू, कसैले पश्चिमे मादल, कसैले डम्फू, कसैले के दिएर संस्थानलाई टेवा दिएका छन्। उनको प्रशिक्षणबाट कतिपय विद्यार्थीले आफ्नै लोकनृत्य प्रशिक्षण केन्द्र पनि खोलेका छन्। समाजमा उनको योगदानको कदरस्वरूप उनलाई कालिम्पोङ विभिन्न सङ्घ-संगठन र प्रतिष्ठानहरूले सम्वर्द्धित-अभिनन्दित, सम्मानित गरेका छन्। संस्थानले अहिले आफ्नो लोकभेषभूषा निकै जोडेको छ। यसमा गुरूङको वेतनको पचास प्रतिशत संस्थानको उन्नतिका निम्ति हाल्नुपरेको छ। संस्थान उनका निम्ति साधन होइन, साध्य हो। आफू सरकारी नोकरी गर्दै सन् १९८२ देखि अनवरत रूपमा शनिबार र आइतबार हप्ताको दुई दिन भए पनि हुद्दाका हुद्दा स्कुल कलेज पढ्ने विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण दिइरहनु लरतरो योगदान होइन। अहिलेका नानीहरूको रूचि अन्यत्र मोडिएर नानीहरू कम आउन थालेको, आफूले दशनंग्री खियाएर खुट्टामा उभ्याएको संस्थानको संरक्षणको चिन्ता गर्छन्। अहिले आफू सरकारी सेवाबाट निवृत्त भएपछि उनको दिनचर्या संस्थानमा केन्द्रित देखिन्छ। उनको सुस्वस्थ्य र दीर्घायुको कामना छ। #कालिम्पाेङ #नवीन पौड्याल #राजेन गुरूङ #लाेकनृत्य डोरेमन: सञ्जीवन प्रधान छोराले “डोरेमन” साह्रै मन पराउने गर्थ्यो । लामो समयसम्म एकोहोरो “डोरेमन” हेरिरहने हुँदा, उसकी आमाले रिमोट खोसेर टिभी बन्द गर्थिन् प्राय:। “गधा, तेरो आँखा बिग्रिन्छ,” तिनी भन्ने गर्थिन्। मन परेको कुरो धित मरुन्जेल हेर्न नपाउँदा, उसको बाल हृदयमा आघात हुन्थ्यो होला । मलाई एकदि न छोरोले सोध्यो, “बाबा म ठूलो हुँदासम्म पनि यो सिरियल आउँछ ?” पछि ठूलो भएपछि बरु ठूलो टिभी किनेर ठूलो कोठामा बसेर, एक्लै सबै हेर्छु। उसको कुरा सुनेर म मनमनै मुस्काएँ। त्यति मात्रले मलाई पुगेन। म हाँस्न पनि थालेँ। हाँसोले मात्र पुगेन मलाई । उसलाई हाँसोको पात्र पनि बनाइदिएँ। एकछिनपछि उसलाई के सुर चल्यो कुन्नी, फेरि भन्यो, “बाबा, त्यतिबेलासम्म त म मरिसक्छु होला !” एकैछिन अघि मुस्कुराइरहेको मलाई धेरैबेरसम्म निष्पट्ट अँध्यारोले छोप्यो। मेरो घाँटी नराम्रोसँग अँठ्याएजस्तो भयो, त्यो निष्पट्ट अँध्यारोले। त्यसपछि म रन्थनिएँ। त्यही रन्थनिएकै रनाहामा मैले उसलाई अँगालो हालेँ। #सञ्जीवन प्रधान सधैँ नेपाली भएर बाँच्नेछौँ: प्राप्ति थापा को चुप लागेर बस्न सक्छ आफ्नो अस्तित्वमाथि प्रश्न उठे को मौन रहेर बस्न सक्छ आफ्नो अखण्डतामाथि औंला उठे ? सधैँ स्वतन्त्रताको झण्डा फर्फराएका हामी कसै सामु घुँडा टेक्ने त कुरै भएन सधैँ शिर उठाएर हिँडेका हामी कोही सामु झुक्ने त कुरै भएन भौगोलिकतामा सानो होला हाम्रो मुलुक तर वीरताका गाथा भने ठूला छन् सुगौली सन्धिमा कुनै भू-भाग गुम्यो होला हाम्रो तर उपनिवेश कहिले कसैको नभएको कथा छ हाम्रो कसैमाथी जाइलाग्ने बानी छैन हाम्रो तर आइलाग्नेलाई भने छाड्दैनौँ कसैलाई हेला र हेप्ने चलन छैन हाम्रो तर कसैको हेपाइ भने सहदैनौँ हामी कसैको अधीनमा बस्ने अभ्यास छैन हाम्रो त्यसैले, देशको गरिमालाई कदापि गिर्न दिन्नौँ हामी लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो कसैको लागि छाड्ने छैनौँ अरुको भूमिमा आँखा गाड्ने बानी नराम्रो अतिक्रमणकर्तालाई कदापि छाड्ने छैनौँ मातृभूमिको लागि ज्यान दिन पछि हट्ने छैनौँ अखण्डता कायम राख्न पाइला पछि सार्ने छैनौँ नेपाली हौँ सधैँ नेपाली भएर बाच्नेछौँ देशका लागि बलिदान दिन हरदम तयार छौँ नेपाली भएर जन्मेकोमा सधैँ गर्व गर्छौँ #प्राप्ति थापा भ्युज र ट्रेन्डिङ: सन्तोष समीप ‘आज कति गयो हँ ?’ विपिनले सोध्यो । ‘फाइभ के, मात्र !’ रमेशको जवाफ आयो । ‘लु डुबियो अब…, यो तालले के काम काट्ला र ?’ विपिनको चिन्तित स्वर सुनियो । ‘तैँले गर्दा त हो नि, मैले भनेको मानिनस् त !’ रमेशले जवाफ फर्कायो । ‘अरे यसमा मेरो के गल्ती यार, मेरो काम भिडियो अपलोड गर्ने हो । सबैलाई हेर कि हेर भन्न त सक्दिन नि !’ विपिन बोल्यो ‘टाइम हेर न टाइम, आइतबार पनि अपलोड गर्छन् ? त्यो पनि राति ९ बजे ? शुक्रबार गर् भनेको के सुन्थ्यो ?’ निरोजले भन्यो । मोबाइलको घन्टी बज्छ । ‘हेल्लो, अँ शिखा भन…,’ निरोजले फोन उठायो । ‘कति गयो मेरो भिडियो ?’ शिखाले सोधिन् । ‘अँ हामी तिम्रै भिडियोको कुरा गर्दै थियौँ, आज गजब भयो ५ के गयो भनेर । ल बधाई छ तिमीलाई,’ निरोजले भन्यो । ‘ह्या, जम्मा ५ के ? अहिलेसम्मकै मिहिनेत गरेको भिडियो हो यो,’ गन्गनाउँदै शिखाले भनिन्, ‘मैले त झन् सबै साथीहरुलाई फेसबुकमा लिंक पनि पठाएँ, हेर्नु है मेरो नयाँ भिडियो भनेर । कतिलाई पठाएँ थाहै भएन । अघि बिहान पो बाबाले के पठाएकी तैँले भन्दा पो थाहा पाएँ ! हि हि… अनि सुन न, ओइ, खतरा गरिस् त भनेर साथीहरुले जिस्क्याउँदा पनि अलि हटके हो हेरेपछि दामी भन्छौ भन्दिएँ । अब के गर्ने हो ?’ फोन स्पिकरमा थियो, शिखाको चिन्ता सबैले सुने । ‘यसको आइडिया मसँग छ। अब हामी आफ्नै गीतको भिडियो बनाउने । बुझ्यौ ?’ विपिनले भन्यो । ‘ओ क्या दामी ! म त खेल्छु खेल्छु,’ शिखाले भनिन् । ‘नो डाउट, यु विल,’ विपिनले सही जनायो । ‘ल फोन राखेँ , हल्का टेन्समा छु,’ रमेशले भन्यो, ‘कसलाई केको धन्दा कसलाई खानको पीर !’ रमेश आफैँसँग बोल्दै फोन राख्छ । ‘मलाई त भिडियो नै त्यति मन नपरेको,’ दर्पणले भन्यो, ‘कम बजेटमा तयार गरेको भिडियो पनि के जान्थ्यो र !’ विपिनले भन्यो, ‘यसमा कम बजेट र यो त्यो लोकेसन भन्ने कुरो हुँदैन । अस्ति नीता र प्रवीनको भिडियो देखिस् होला नि ! त्यो एउटा आँगनमा सुट गरेको भए पनि तीन दिनमा २० के हान्यो, कुरा गर्छ !’ ‘ए भाइ ती चलेका मोडल हुन्, राम्रै दाम पेल्यो प्रविनले । जताततै बुस्ट गर्यो । नत्र गीत हेर न, कुन एंगलबाट त्यो गीत जस्तो छ हेर त ! त्यो गीतबाट भिडियो हटाएर अडियो मात्र सुन् त,अझ लिरिक्स हेर न, चिया पनि खाइन, खाजा पनि खाइन, भात पनि खाइन,राति निद्रै लागेन रे ! त्यस्तो पनि गीत हुन्छ ?’ विपिनले अनुहार बिगार्दै भन्यो । ‘अनि के ले तान्यो त भ्यूज ?’ निहुँ खोजुँलाझैँ गरेर रमेशले भन्यो । ‘कसको भिडियो कस्तो, कसको लिरिक्स कस्तो, को-को मोडल, बजेट कति, लोकेसन कहाँ तथा अन्य कुरामा दोष दिएर अरुलाई आक्षेप लगाउनु ठीक होइन भाइ बुझिस् !’ विपिनले सानोतिनो भाषणै दियो, भन्यो, ‘सबैलाई आफ्नो काम उत्कृष्ट नै लाग्छ र राम्रो काम नै गरेको छु जस्तो लाग्छ । नाम चलेका र वरिष्ठ अग्रजका गीतमा बनेका सबै भिडियोका भ्युज अरुले गणना गरेजस्तो हन्ड्रेड के र त्यो भन्दा बढी छैनन् तर पनि वहाँहरु सधैं सम्मानित र वरिष्ठ नै हुनुहुन्छ र रहिरहनु हुनेछ। वहाँहरुको साधना,अध्ययन र मिहिनेतको कदर सबैतिर भएको छ र हुने नै छ । वहाँहरुका आफ्नै दर्शक र स्रोताहरु हुनुहुन्छ । तसर्थ युट्युबमा भ्यूज बढी भएमा ती रचना र कलाकार मात्र उत्कृष्ट हुने भन्ने कम्जोर मान्यताबाट आजको समाज आक्रान्त छ, बुझ्यौ ?’ ‘अरुका हेर्यो युट्युबमा ट्रेन्डिङका कुरा । यति नम्बरमा र उति नम्बरमा… ह्या छोड यस्ता कुरा,’ रमेशले दिक्क मान्दै भन्यो, ‘दर्शक स्रोताको मनमा बस्ने पो वास्तविक सिर्जना हुन् त ! थोरै दर्शकले हेरून् या सुनून् त्यसको महत्त्व अर्कै छ । मिडियाका ट्रेन्डिङ त दुई दिने हुन् । आज एउटा भोलि अर्कै । रचना, सिर्जना पो कालजयी हुनु पर्छ हमेशा मनमा बसिरहने !’ रमेशले चित्त बुझाउने शैलीमा भन्यो । ‘हो नि ! हामी आपसमा झगडा गरेर मात्र समस्या समाधान हुने त होइन ! न त भ्यूज नै बढ्ने हो,’ विपिनले थप्यो । ‘युट्युबमा कतिपटक र कतिले हेरे भनेर भनर हात धोएर लाग्नुभन्दा आफ्नो कला हो, सिर्जना हो, काम हो, यसैमा मिहिनेत गरिरहने हो भने परिश्रमीहरुले सफलता अवश्य नै चुम्ने छन् बुझ्यौ,’ ज्यादै कम बोल्ने मनीषले बोलेपछि लगभग कुरा नै टुंगियो । यसपछि सबैले चित्त बुझाए र आफ्नो बाटो तताए । #सन्तोष समीप गरिबीको कथाः तिर्न नसकेको ऋण: सहन गाह्रो भएछ, हरिले मुख खोल्यो । “दाइ ! मैले तपाईँको पैसा छोरीसँग साट्न ल्याएको हैन, मेरो छोरी तपाईँकी पनि छोरी कसरी तपाईँले यस्तो बोल्न सकेको ?”, हरिका आँखा राता थिए । अनुहार निलो थियो र दुबैहात कस्सेर मुठ्ठी पारेको थियो । गरिबले आफ्नो श्रम बेच्छ, स्वाभिमान सायदै बेच्ला । हरिका आफ्ना समस्या थिए, घर व्यवहारका, समाजका यस्तै यस्तै । घरखर्च चलाउन् हरि कैले साहु माहाजनको हली जान्थो । कहिले गोठाला गएको छ । कतिका त गोठको मल पनि बोक्छ । यति गर्दा पनि उसको जीवन सामान्य अवस्थामा फर्केको छैन । दैबलाई सराप्न मन उसलाई नभएको हैन, दैब रिसाएर यो भन्दा अझ कठिन दुःखमा धकेल्दिए भने ! भन्ने सोचेर सराप्न सकेको छैन । एकदिन बिहानै कसैलाई थाहा नदिइ घर छोड्ने मन बनाएको थियो । यसो गर्नुमा अरु कारण केही थिएन । घर भोजराज घोडासैनी परिवारमा गरिबी भएपनि खुसी नै थियो, सुख त उसको पोल्टामा छँदै थिएन । भोकै कहिल्यै राखेन उसले आफ्ना जहानलाई । मीठो खुवाउन सकेन होला । सन्तोषले स–परिवारसँग खाँदा अन्न त्यसै पनि मीठो लाग्थ्यो उसको परिवारलाई । यति हुँदाहुदै पनि बेखबर घर छोड्ने कुचेष्टा आए एकदिन । किन ? किनकि साहु कृष्ण प्रसादको अत्याचारले । कसरी हो कसरी उसको मन फर्कियो । त्यस बिहान उसले घर छोडेन । आज सोच्छ, यदि मैले घर छोडेको भए के गर्ने थि पुतलीकी आमा ? कसरी थाम्ने थिई कृष्णको ऋण ? घरमा ५ जनाको परिवार, एकहल गोरु, ३ भैंसी र गोटा ५ बाख्रा छन् । कुखुरा त हरिको घरमा कहिल्यै खाली भएनन् । कुखुरा खाली नहुनाले गाँउलेले उसलाई भन्थे यसलाई कुखुरा फापेका छन् । त्यही पालेर व्यापार गर । उसलाई गाँउलेका कुरा सुन्दा त्यस्तै गरौँ जस्तो पनि हुन्थ्यो । किन हो किन उसलाई कुखुरा माथिमात्रै निर्भर हुन मन लाग्दैन थियो । अचेल हरिलाई कृष्ण प्रसादको नियतमाथि शंका लाग्न थालेको थियो । त्यही शंकाले गर्दा उसले आफू बेलामा अक्षर चिन्ने हुन नसकेकोमा पछुतो मानिरहेको छ । २२ वर्षको हुँदा हरिले बिहे गर्यो । बिहे गर्दा सबै खुसी थिए । केबल हरि बाहेक । सबैभन्दा खुसी त झन् हरि पो हुनु पर्ने हो ! तर हरि खुसी थिएन । बेखुसी हुनुमा एउटै कारण थियो । जीवनमा एक पटक गरिने बिहेमा पनि ऋण काड्नु परेको थियो । अरुबेला यदि ऋण लिएको भए सायद उसलाई यति दुःख लाग्ने थिएन कि ? भन्न त अरुले भन्छन् “जग्गा किन्दा घर बनाउदा र बिहे गर्दा नलागेको ऋण कहिले लाग्छ ?”, भनेर । हरि भने बिहे ऋण काडेर गर्ने पक्षमा थिएन । सबैकुरा आफूले चाहे अनुसारको नहुने रहेछ । समयले हरिले जे चाहँदैन थियो आखिरी त्यही गराएर छाड्यो । उसले यही नगर्नका लागि गाँउका अरु भन्दा ढिलो गरि बिहे गर्यो । हुन त घरका समस्या अरु पनि हुँदा हुन् तर बिहेकै लागि भनेर वर्ष दुई दिन परदेशमा बस्यो । अन्ततः कृष्ण प्रसादसँग तीनहजार तीन सय सापटी नगरी बिहे फत्ते नहुने भयो । आफूले बेलामा पढ्न नसकेकोमा हरिलाई पछुतो छ । घरधन्दा दुईजना लोग्नेस्वास्नी मिली गर्छन् । छोराछोरीले सघाउँछन् । साहूको ऋण हरि हुँदा हरिको स्वास्नीलाई कसैले भन्दैनन्, न छोराछोरीलाई नै भन्छन् । उसलाई छोडेर अरुलाई भन्ने कुरा पनि भएन । घरको मूली जो ऊ थियो । हरिकी स्वास्नीले हरि देश गएको बेला उसमाथि हुने अन्याय सुनाउँछे । कृष्णप्रसादले गरेको दुव्र्यवहार सुनाउँछे । साहूको ज्यादतीका विरुद्ध हरिले गाउँका ठूलाबडालाई नगुहारेको पनि हैन । भेला नगराएको हो । गराउन नसकेको हो । गराउन सक्ने हैसियत नभएको हो । जाबो साँझबिहान छाक टार्न नसक्नेले गाउँ भरिकालाई कसरी भेला गराउन सकोस् । सबैले लिएको पैसा पहिले फिर्ता गर अनि अरु कुरा गरौंला भन्छन् । आजभन्दा १७ वर्ष अगाडि बिहे गर्दा हरिले कृष्णप्रसाद सँग जम्मा ३३ सय लिएको थियो । फिर्ता गर्दा धेरै पटक त्यो भन्दा धेरै फिर्ता गर्ने गरेको छ । कृष्णप्रसादको ऋण भने अझ सकिएको छैन् । अचेल हरिलाई कृष्ण प्रसादको नियतमाथि शंका लाग्न थालेको थियो । त्यही शंकाले गर्दा उसले आफू बेलामा अक्षर चिन्ने हुन नसकेकोमा पछुतो मानिरहेको छ । “दुनियाँमे आकर सब कुछ कमाया, क्या हिरे क्या मोती मगर याद राखो यारो कफनमे गोजी नहि होती” कृष्णप्रसादसँग ऋण लिएको ६ महिनामा हो क्यारे, उसले खेतको एक टुक्रा बेचेर ४ हजार जति फिर्ता गरेको जस्तो लाग्छ । १७ वर्ष अगाडिको कुरा अहिले ठ्याक्कै सम्झना छैन । यदी लेख्न जान्ने भए लेखेर राख्ने थियो होला । हरिको हिसाबमा कृष्ण प्रसादको ऋण त्यहीँ चुक्ता भएको छ । कृष्णको हिसाबमा भने ब्याज पनि नपुगेको भनेको थियो । बेलाबखतमा आपत विपत्का बेला हात थाप्नु पर्ने त्यसै सँग भएकाले हरिले उबेला मुख फर्काएन । मुख नपर्काए पनि मनमा लागि रहेको थियो । यति पैसा दिँदा पनि कसरी ब्याज पुगेन ? भन्न केही सकेन । त्यो भन्दा पछि धेरै पटक १,२,४,६ र १० हजार सम्म गरेर कृष्ण प्रसादलाई दिँदै आएको छ । जति गर्दा पनि उसको सावाँ त परको कुरा भैगो, ब्याज पनि चुक्ता भयो भनेको छैन् । हिन्दीमा एउटा भनाइ छ “दुनियाँमे आकर सब कुछ कमाया, क्या हिरे क्या मोती मगर याद राखो यारो कफनमे गोजी नहि होती”, हरिलाई यति कुरा कृष्ण प्रसादलाई सम्झाउने मन छ । सम्झाउन चाहान्छ । मनमनै यही भनाइलाई कृष्णका अगाडि हुँदा खुब दोहोर्याएको छ । मुख खोल्न सक्दैन् । जेठी छोरी १५ वर्षकि पुगेकी छे । बिहे गरेको दुईवर्ष नपुग्दै जन्मिएकी थिई । अहिले ९ कक्षामा पढ्छे । कहिलेकाहीँ कृष्णप्रसादले हरिसँग पैसाको किचलो गरेको सुन्दा उसलाई लाग्छ, “बुवाले ३३ सय मात्रै लिएको कपाली तमसुकमा कति लेखेको रहेछ ? हेर्न पाएको भए ।”, हरिलाई यो कुरा धेरै पटक भनेकी छे । भोलि कुनै आपत् आइलाग्यो भने कृष्ण प्रसादले सहयोग नगर्ने हुन् कि सोचेर कृष्णसँग यो कुरा राख्नै सकेको छैन । हरिकी जेठी छोरी बुझ्ने भएकी छे, उसले कृष्ण घरमा ऋण उठाउन आएको बेला गरेको ज्यादती देखेकी, भोगेकी छे । भन्न केही सकि रहेकी छैन । भन्न सक्ने आँट पनि छैन । ऊसँग लिएको ऋण भोलि कुनै समस्या पर्दा उसले सहयोग नगर्ला कि भन्ने पीर पाँच महिना अगाडिको कुरा हो । पुतली पानी ल्याएर आउदै थिई, फर्कदा कृष्ण प्रसादलाई घरको आँगनमा देखी । कृष्णले बाख्रा खोरबाट सबभन्दा ठूलो खसी निकाल्दै थियो । हरिले के भनेको थियो खै ? उसले सुनेकी छैन । कृष्णले हरिलाई भन्दै थियो, “यो खसी त के १७ वर्षसम्म तैँले लिएको ब्याज मात्रै जोड्ने हो भने तेरो सात पुस्ताले तिर्न सक्दैन । मैले त गाँउको केटो इमान्दार छ, भनेको काम गर्दिन्छ भनेर तेरो उठिबास लाएको छैन ।”, यति भन्दाभन्दै कृष्णले हरिलाई तेरी छोरी खै हलक्क बढेकी छ । बिचार गर है । बढेकी छोरीको भर हुँदैन । बाहिरबाहिर हिन्न नदे भनेको पनि सुनी । यति भन्दै खसी डोर्याएर हिँडेको थियो कृष्णप्रसाद । हरिकी स्वास्नी यसैको प्रन्ध दिनपछि भैँसीलाई घाँस हाल्दै हुन्छे । हरि घरमा हँुदैन् । कान्छो छोरो आँगनमा खेल्दै गरेको हुन्छ । पुतली खाना बनाउँदै हुन्छे । यसैबेला कृष्णप्रसाद हरिको घरमा पुग्छ । कृष्णलाई देखेपछि हरिकी जेठी छोरी पुतलीले पानी ल्याएर दिन्छे । पानी समाउँदा उसले अलि अशोभनीय हर्कत गर्छ । हरिकी स्वास्नीले देखेकी हुन्छे । त्यसपछि कृष्णले गरेको व्यवहारको कुरा घरमा हरि र उसकी स्वास्नीबीच हुने गरेका छन् । यसलाई लिएर उनीहरू चिन्तित र गम्भीर पनि देखिन्थे । कृष्ण प्रसादलाई भन्न केही सक्दैन थिए । भन्न नसक्नुको एउटै कारण थियो । उसँग लिएको ऋण भोलि कुनै समस्या पर्दा उसले सहयोग नगर्ला कि भन्ने पीर । बाख्रालाई जङ्गलमा लिएर चराउनु पर्छ । धेरै जसो त यो काम केही वर्ष यता हरि आफँैले गर्दै आएको छ । छोराछोरीलाई स्कुल पठाएर । स्कुल बिदाको समय पर्यो भने पुतलीले सघाउँछे । हरि गोठाला गएको दिन कृष्णप्रसाद उसैसँग बाख्रा लगाई दिन्छ । पुतली जाँदा ऊ पनि जान्छ । हरिले सुरुमा यसलाई जति सकारात्मक रुपमा लिएको थियो अहिले त्यसै रुपले बुझेको छैन । कृष्णको व्यवहार उसले फरक किसिमले बुझ्न थालेको छ । दाइ, तपाईँसँग ऋण छोरीको जवानी सँग साट्नलाई लिएको हैन । मान्छेलाई भोलिले कति सताउने रहेछ । भोलि तिर्न सकि हालिन्छ भनेर लिएको ऋण हरिका लागि त्यो भोलि अझै आएको छैन । तिरेर नसकिने भोलि कस्तो भोलि रहेछ । आज हरिका परिवार माथि त्यही ऋणलाई देखाएर कृष्ण प्रसादले अन्याय गरिरहेको छ । अझ पनि त्यही भोलि जुन भोलि उसलाई घर न घाटको बनायो । हरिले त्यसैमाथि चिन्ता गर्नु परेको छ । साँझको समय थियो । दोकानमा नुन लिन भनेर गएकी पुतलीलाई कृष्णले साहुको रवाफ देखायो । रक्सीले मात्तिएको रहेछ । छेउमा हरि बसेको थियो । हरिकै अगाडि उसले पुतलीको वक्षस्थलमा हात पुर्यायो र भन्यो “हरि, आज रात मसँग पठाइ दे तेरो ऋण चुक्ता”, आजसम्म दयाको सागर, सहयोगी हृदयको मालिक भनेर मान्दै आएको कृष्णबाट हरिले अहिले के सुन्नु पर्यो । कुन बुवाले गर्न सक्ला ऋण चुकाउन छोरीलाई देहव्यापारमा संङ्लग्नता ? हरिलाई त्यस बखत के गर्ने के गर्ने भो । उसले आँखा देख्न छोड्यो । आँखा अगाडि एक किसिमको कालो बादल डम्म छायो । त्यसै बखत पुतलिले रुन्चे स्वरमा “बा“ भनेर बोलाई । पुतलीको आवाजले उसका आँखा खोलिदियो । हरिका मनमा धेरै ठूलो हलचल नभएको हैन । यति हुँदा पनि उसले धेरै भन्न सकेन । केबल यत्ती भन्यो । “दाइ , तपाईँसँग ऋण छोरीको जवानी सँग साट्नलाई लिएको हैन ।” कृष्ण प्रसादले यति सुने पछि पुतलीलाई छोडेर हरितिर हेर्यो । हरिले भुइँतिर । #भोजराज घोडासैनी नेपालको 'गोदान' बजारमा: साहित्यपोस्ट लघुकथाकार विनोद नेपालको लघुकथा संग्रह “गोदान”को सामूहिक विमोचन गरिएको छ । लघुकथाकार विनोद नेपालले ४० को दशकदेखि लघुकथाहरू लेख्दै आएका छन् । उनको “गोदान”मा ५६ थान लघुकथाहरू संग्रहित छन् । लघुकथा संग्रहभित्र स्रष्टा विधान आचार्यको भूमिका र दीपक लोहनीको लघुसमीक्षा रहेको छ । प्रमुख अतिथिका रूपमा नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको उपस्थिति रहेको विमोचन कार्यक्रममा विशेष अतिथिका रूपमा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नियात्राकार पवन आलोक, स्रष्टाहरू दीपक लोहनी, प्रकाश घायल र जानू धिताल रहेका थिए । भूगोल साहित्य समाजका उपाध्यक्ष दिनेश विक्रम थापाको सभापतित्त्व रहेको उक्त कार्यक्रमको सञ्चालन शैलेन्द्रकुमार शाहले गरेका थियो । संग्रहलाई भूगोल साहित्य समाजले प्रकाशन गरी बिमोचन गराएको हो । कार्यक्रम दरवारमार्गस्थित भूगोल साहित्य समाजको सभाहलमा भएको थियो । समाजले हेपेको पेसाको कथाः लम्फु: – नाम के हो नि ? “मेरो आफ्नो नाम छैन ।” – नाम भन्न डर लाग्छ ? “ साँच्चै के , मेरो नामै छैन ।” – के भनेर बोलाऊँ त ? “जे मन लाग्छ त्यै !” – उसो भए सुन्तली है त ! “म सुन्तला जस्ती छु र ?” – हेर्दा तेस्तै देखिन्छ । चाखेपछि थाहा हुन्छ । “ चाख्नेले त खुर्सानी जस्तो छु भन्छन् ।” –भन्नाले तिमी जुठो खुर्सानी पो हौ ? “किन ? जुठो चल्दैन र तपाईंलाई ?” –चोखो खानुको छुट्टै मजा हुन्छ नि ! हाहा । “ यो ठाउँ नै यस्तो । अनि घरको नि जुठै त होला नि !” – त्यही भएर त यता आको नि ! “ ल ल , अब गफ मात्र हो कि काम पनि ? तपाईंको त गफ मात्र त हो ! हाहा ।” “आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?” सुन्तलीको पछिल्लो प्रश्नले एकछिन अप्ठ्यारोमा पार्यो मलाई । झ्वाट्ट जवाफ फुरेन । म अल्मलिएँ । बसेको दस मिनेट नहुँदै उनी हतारिइन् । बीस दिन पहिला आउँदा नि गफ मात्र भएको थियो । सुन्तला जस्तै मीठो गफ ! त्यसपछि त मोहनी लागेझैँ भयो । त्यतै मात्र तानिने मन ! मन बलियो हुँदै गए पछि शरिर कमजोर हुने रहेछ । मनले शरीरलाई डोर्याउने रहेछ र आज फेरि मेरो त्यही शक्तिशाली मनले शरीरलाई बसपार्क नजिकको “ रिफ्रेश होटल एण्ड लज” सम्म तानेर ल्याएको छ । म अल्मलिएको देखेर उनले नारायणीको प्रशोधित पानी जसलाई “ टुबोर्ग” नाम दिएको छ , टेबलमा भएको दुई रित्तो गिलासमा भरिदिइन् र मादकताले भरिएको नजरले हेर्यो मलाई । “कति वर्ष भयो? “ उनलाई हेर्दै प्रसङ्गविहीन एउटा प्रश्न राखेँ । “के ? म ?” पहिलाको जसरी नै हेर्दै मेरो प्रश्नको उत्तर प्रश्नमै भनिन् । अनि हाम्रो प्रश्नोत्तर सुरु भयो । हैन , यो पेशा अङ्गालेको ! “तीन वर्ष जति ! एसएलसी दिएपछि हो ।” दिक्क लाग्दैन ? “आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?” अँ , भैसक्यो ! –कति वर्ष भयो ? तीन वर्ष ! –दिक्क लाग्दैन ? त्यो मेरो पेशा हैन । आफ्नो पेशादेखी सन्तुष्ट छु । –के गर्नु हुन्छ नि , तपाईं ? उनले मलाई फेरि थुनामा पारिन् । अघिसम्म जे जति भनेँ , सबै सत्य भनेँ । पेशाको कुरा ! भनौ कि नभनौ भयो । भनेँ भने हाम्रो बसाई यो भन्दा अघि बढ्दैन , यो थाहा छ । मैले प्रसङ्ग मोड्न चाहेँ । – कति पढेकी छौ ? “बाह्रको जाँच देर बसेको ।” – कुरा मीठो गर्छौ नि ! “ कुरा मात्रै ? म मान्छे नि मीठो छु ।” खुर्सानी त पिरो पो हुन्छ । “ खुर्सानी जति पिरो , उत्ति मीठो । हाहा ।” उनले मलाई फेरि अलमलमा पारिन् । हुन पनि हो , पिरो नहुने खुर्सानी के खुर्सानी ? खुर्सानीको आफ्नो धर्म भन्नू नै पिरो हुनु न हो ! के भनौं के भएँ , म । यतिबेला सम्ममा हामीले दुई बोतल बियर रित्याई सकेका थियौँ । त्यसपछि मेरो आँखा हो कि मन हो अलि अलि घुम्न थाल्यो । रमरम , झमझम भयो मन । म उनलाई एक तमास हेर्न थालेँ । उनी बेडबाट जुरुक्क उठिन् र लगाइरहेको जिन्सको निलो ज्याकेट खोलिन् र म नजिकको चेयरलाई लगाई दिइन् । जिन्सको बाक्लो आवरण फालेपछि उनी देखा परिन् ( भित्री पातलो सेतो आवरणमा ! देखेपछि उनको त्यो रुप एक झट्का सानो विद्युतीय तरङ्ग मभित्र सल्बलायो । मलाई चलाएर गयो । एक्कासी वैशालीकी नगर वधु आम्रपालीको याद आयो । लाग्यो, उनी पनि यस्तै त थिइन् होला , जसले देख्यो मन र शरीरमाथि नियन्त्रण लिन नसक्ने भयो ! म झनै हेर्न थालेँ उनलाई । हेरिरहेँ , उनलाई । उनी अर्को बेडमा गएर बसिन् । म एक्लो भएँ । अघि सम्म सङ्गै थियौँ, एउटै बेडमा । बस्ने बित्तिकै उनी फेरि उठिन् र ज्याकेट भएको ठाउँमा आइन् , पकेटबाट चुरोट निकालिन् , एस्ट्रे नजिकको लाइटर उठाइन् र बालिन् सूर्य चुरोट । मलाई चूरोट मन पर्दैन । चुरोट तान्ने मान्छे त झनै मन पर्दैन । उनले चुरोट स्वाट्ट तानिन् र “ तान्नु न तपाईं नि !”, भन्दै म तिर चुरोट बढाइन् । “ भो चुरोट त कैले नि खान्नँ !”, यो भन्दै म झ्यालतिर गएँ । उनी पुनः पल्लो बेडमा बसिन् । झ्या लको पर्दा हल्लेको हो कि मन ? मन हल्लेको हो कि तन ? तन हल्लेको हो कि मात्तेको ? झ्यालको नजिक पुगेर बिस्तारै हल्लेको पर्दा एक कुनामा जम्मा पारेर बाहिर हेरेँ । बस , ट्याक्सी , बाइकको चाप बिस्तारै कम हुँदै रहेछ । यति बेलासम्ममा म कोठा बाहिरको वातावरणदेखि अनविज्ञ थिएँ , यद्यपि ट्याक्सी , बाइक तथा बसहरूको आवाज भने सुनिरहेकै थिएँ । छेउछाउका पसल र दोहोरी साँझमा बजेका विभिन्न हिन्दी र नेपाली गीतहरू पनि मसम्म आउँदै थिए । कोठा बाहिरबाट मैले आफूलाई कोठाभित्र ल्याएँ । कोठा अनि आफैलाई नियालेँ । म , उनी , रित्तो बियरका बोतल , रित्तो प्लेट , एस्ट्रे , चुरोटको ठूटो , दुईवटा रित्तो बेड, भित्ताको एक कुनामा चुपचाप सङ्ग बसेको टिभी सेट अनि भित्तामा विपाशा र जोन अब्राहमको एउट ठूलो आकर्षक अनि कामुक तस्बिर ! तस्बिर हेर्न थालेँ । हेरिरहेँ ,एकछिनसम्म । “ तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?” “ तपार्इँ घरमा नि यस्तै स्लो हो ?”, एक्कासि प्रश्न गरिन् उनले । म उनीतिर फर्केँ । जुस पिउँदै रहेछ । यो पटक त झन् घाँटी मै समाते जस्तो लाग्यो । म केही बोलिनँ । म फेरि भाग्न चाहेँ । “ तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?”, म उनको नजिकै गएर सोधेँ । “ अघि नै भनिसकेँ नि ! “ निर्धक्क हुँदै भनिन् । “बरु एउटा यो मगाम् है !” मीट आइटमको माग गरिन् , त्यसपछि उनले । मैले “हुन्छ” भनेँ । “ तर ,समाजले त तिम्रो पेशालाई घृणा गर्छन् नि !”, यो पटक उनलाई भित्रबाटै चलाउन खोजेँ । “ साला यो समाज नि अचम्म कै छ । मलाई स्वीकार्छ , मेरो पेशालाई स्वीकार्दैन । मलाई उपभोग गर्छ , आनन्द र सन्तुष्टि लिन्छ तर यो पेशालाई घृणा गर्छ । पाखण्डी समाज भनेको यही त हो । ह्या, “छोड्दे यस्ता समाज ! गोली मार ! माई लाईफ माई च्वाईस !”, उनी रुष्ट देखिइन् । समाज प्रति । “ अनि , कस्ता कस्ता मान्छे आउँछ त तिमीलाई भेट्न ?”, यो प्रश्नको उत्तर पाउने आशा थिएन तर उनले मलाई गलत बनाइदिइन् । उनले भनिन् ,“ कस्तो मान्छे चाहियो तपाईँलाई ? सबै खाले आउँछन् । व्यापारी , विद्यार्थी , सभासद , मन्त्री , डाक्टर , पत्रकार सबै आउँछन् । साला, अस्ति एउटा सभासद रातभर बसेर भोलिपल्ट यही पेशाबारे नाना थरी भन्दै थियो । पत्रपत्रिका , एफ एम , सामाजिक सञ्जाल सबैतिर त्यसकै चर्चा ! उनलाई उक्त सभासददेखि अलि बढी नै रीस उठेको रहेछ । करिब पाँच मिनेट जति लाग्यो , त्यो टपिकबाट बाहिर आउन । त्यसपछि उनी बेडबाट उठिन् । नजिकैको टावल कम्मरमा बेरिन् र पेन्ट खोलिन् । म चाहिँ देखे नि नदेखे झँै गरि बसेँ । एक्कासी पछाडिबाट उनको हात मेरो कपालमा सल्बलाउन आइपुग्यो । कस्तो अप्ठ्यारो लाग्यो । थाहा छैन किन ! सायद म शारीरिक अनि मानसिक रुपले तयार थिइनँ । म तात्न सकिरहेको थिइनँ । उनी भने मलाई उक्साइरहेकी थिइन् । एकपटक मेरो नजर फेरि भित्ताको विपाशा ,जोनमा गएर अडियो । दुबैले मलाई गिज्याएको जस्तो लाग्यो । आफ्नो यस्तो अवस्था देखेर आफैलाई लाज लाग्न थाल्यो । पहिलो पटक हुँदै थियो यस्तो । “ नट नाऊ !” एक्कासि मेरो मुखबाट यो शब्द हामफाल्यो । “ देन ह्वेन ?“ उनको प्रश्न आयो । “ ह्वेन द होल सिटी स्लीप्स !” मेरो उत्तर । “ यु आर अ कोल्ड गाय ?” उनको प्रतिक्रिया । थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीरमाथि ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिलेसम्म उठ्छ शारीरिक तृष्णाको छाल ? उनको पछिल्लो लाइनले मलाई फेरि हान्यो भित्र कतै ड्याम्म ! मैले आफैंलाई चिमोटेर हेरेँ । दाहिने हात छातीको देब्रे कुनामा थुपुक्क राखेर हेरेँ । म ठिकै भएको थाहा पाएँ । मैले घर सम्झेँ । घरको रातहरू सम्झेँ । हिजोसम्म बिताएका यस्तै होटलका रातहरू सम्झेँ । तैपनी तात्न सकिनँ । त्यसपछि म फेरि उनलाई अन्तै डुलाउन चाहेँ र भनेँ , “ घर कहाँ हो नि ? अनि घरमा को को छ त ?” “ तपाईं पत्रकार हो कि ग्राहक ? कति केरकार हो ?”, उनी झर्केजस्तो लाग्यो मलाई यो पटक । “ ह्या , यस्तै हो भने जान्छु म !” यति भनेर उनी अर्को बेडतिर लागिन् । अनि मलाई हेर्न थालिन् । उनले जान्छु भने पनि उनी जाँदैन । यो मलाई थाहा थियो । किनभने यो उनको धन्दा हो र धन्दामा बेइमानी गर्दैनन् उनीहरू र अर्को कुरा उनले ५ जनाबाट पाउने रकम म एक्लैले लगानी गरेको थिएँ ! थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीरमाथि ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिलेसम्म उठ्छ शारीरिक तृष्णाको छाल ? विगत ५ वर्षदेखि यसरी नै म मेट्न खोज्दैछु थुप्रै थुप्रै सुन्तलीहरूसँग , साटेर मेरो शरीर ! खै त तृष्णाको यो छाल कम भएको ? “ म दुबै हुँ !” म अचानक चिप्लिएँ । चिप्लिए पछि थाहा भयो भन्न नहुने कुरा भनेछु भनेर । अघि सम्म मलाई हेरेर बसेको मान्छे मेरो उत्तर सुनेपछि घोप्टो पर्यो । केही बोलेन । एघार क्लासको बीच तिर हो , द्वन्दकालको कुरालाई लिएर बुवाको झगडा भएछ । अनि बुवाको कम्मर भन्दा तलको भाग नचल्ने भएछ । करीब पाँच मिनेट पछि उनी बिस्तारै बोल्न थाली, “ तपाईं केलाई घर भन्नुहुन्छ ? ढुङ्गा , सिमेन्ट , रड , बालुवा , काठले बनेको भौतिक संरचनालाई घर भन्नुहुन्छ भने त्यो घर मेरो पनि छ । त्यो घरमा बा छ । आमा छ । भाइ पनि छ । बहिनी पनि छ । तर घर भएर पनि घर विहीन मान्छे हुँ । सबै भएर पनि एक्लो मान्छे हुँ । अचेल घर भन्न पनि मलाई डर लाग्छ । बुवा भन्न पनि घृणा लाग्छ । आठ कक्षामा पढ्दै थिएँ , म आफ्नै बुवाबाट यौन हिंसाको सिकार भएको , आफ्नै घरमा । बुवाले मलाई पहिला त कुरा बाहिर ल्याइस् भने मार्छु भनेर डर देखाउनु भो , पछि चाहिँ मैले जे भन्यो त्यही पूरा गर्दिनु भो । बिस्तारै ममा पनि लत बस्यो । एसएलसी दिने बित्तिकै मेरो विवाह भयो तर बुवाको लत छुटेन । एक न एक बहाना बनाएर हरेक महिना मलाई लिन आउनु हुन्थ्यो । यही बीचमा बस दुर्घटनामा बूढाको मृत्यु भयो । त्यसपछि माइतमै बास धेरै भयो । घरसङ्गको नाता तोडिदिएँ । छुट्न छुट्न लागेको पढाइ सुरु गर्छु भनेँ । बुवाले मान्नु भो । अनि म काठमाडौँमा कोठा लिएर पढ्न थालेँ । एघार क्लासको बीच तिर हो , द्वन्दकालको कुरालाई लिएर बुवाको झगडा भएछ । अनि बुवाको कम्मर भन्दा तलको भाग नचल्ने भएछ । त्यसपछि …. “ सुन्तली ! “ म अचानक बोल्न पुगेछु । “ सुन्तली हैन , नवीना हो , मेरो नाम !” भुइँतिर हेर्दै उनले आफ्नो नाम बताइन् । केही बेर अघिसम्म प्यार प्यार बोलिरहने , जिस्की रहने मान्छे एकाएक शान्त र गम्भीर भयो । “ म नवीन , सिटी एक्स्प्रेस दैनिकको सम्पादक । तर विश्वास गर , म तिम्रो जीवनको यो पाटो सभासदले जस्तो बाहिर ल्याउने छैन तर एउटा शर्त छ !”, म नि अलि भावुक भएर भनेँ । मलाई थाहा छैन , नविनाको कथा कति साँचो हो , कति झुठो हो । उनी मेरो लागि नविना होला । अरुको लागि रविना अनि अर्कै अर्कोहरूको लागि सुविना , कविना आदि आदि तर पनि पत्याएँ , मैले उनको कथा । “ कस्तो शर्त हो ?” ,मलाई हेर्दै बोली नविना । “ आजबाट तिमी कसैको लागि यहाँ आउने छैनौ । ” म निक्कै भावुक हुँदै भनेँ । केही घन्टा अघि नविनाको शरीर किन्न आएको मान्छे म ! मैले त्यो कुरा भुलेछु । उसकै शरीरसङ्ग खेल्न आको मान्छे अब “नखेल यो घिन लाग्दो खेल ” भन्न थालेछु । विचारको कस्तो खेल हो यो ? विचारको यो तरलता ! विचारको यो द्वैधता ! विचारको यो परिवर्तनशीलता ! “ तर पेट मेरो मात्र छैन । बुवा प्यारालाइज भए पछी सबै लथालिङ्ग भयो । घरको पेट नि मैले नै हो हेर्ने ! यो पेशाबाट राम्ररी चल्दैछ , पेटहरू ! ” म फेरि के भनुम के भयो । नविनाको कथा र व्यथा मैले हटाउन पनि त सक्दिनथेँ । म चुप लागेँ । बोल्ने कुरा नभए पछि मान्छे असाह्य हुने रहेछ । म नविनाको अगाडि त्यही बनेँ । “ हुन्छ , म प्रयास गर्छु ! आज कसैले यति भन्यो । सधैँको फलाम जस्तो गरुङ्गो मन आज कपास भयो ।”, नविनाको मधूरो आवाज सुनेँ । पुलुक्क हेरेँ उनलाई । कस्तो अप्ठ्यारो लाग्यो । उनले पनि मैले जसरी नै हेरिन् मलाई र बसेको ठाउँबाट उठेर आइन , हग गरिन् र भनिन् , “ सुत्ने हैन अब ?” “ सुत्ने ?”, म आफैंसङ्ग कुरा गरेँ । “ हुन्छ ,सुतौ न त अब !”, मैले स्वीकृति दिएँ । “ यता कि उता ?“ दुबै बेड देखाउदै सोधिन् नविनाले । म एकछिन अक्मकिएँ । दुबै बेड हेरेँ र भने , “जता सुते नि हुन्छ । ठिकै छ ,तिमी यहाँ सुत ,म चाहिँ झ्यालतिरको बेडमा सुत्छु !”, यति भनेर म लागेँ पल्लो छेउको बेडमा र पल्टेँ । पल्टिएरै उनलाई हेरेँ । अचम्म मानेर हेर्न थालिन् । खै किन हो , मैले उनलाई हेर्न सकिनँ वा भनौं हेर्न चाहिनँ । त्यसपछि सिरक घम्लाङ्ग ओढेँ । सिरक ओढेपछि मैले नविना देखिनँ अनि नविनाले मलाई । सिरकभित्र पसेपछि ममा अर्को विचार आयो । मलाई लाग्यो नविनाको कथा फेक कथा हो । नविना आफ्नो वास्तविक जीवनलाई वनावटी कथाको आवरणले ढाक्दै छन् अनि सिरक भित्रबाट सायद भन्दै छिन् , “ क्या लम्फु पत्रकार रैछ यार ! गफ गरेको भरमा नि ५० हजार फाल्छ । हे प्रभू ! यस्तै ग्राहक दिनदिनै मिलाऊ ! ” #हीरा लामा अनेसासका प्रकाशन हेर्ने गरी थापा र सुवेदी नियुक्त: बेलुकाजी थापा तथा लालगोपाल सुवेदी अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले आफ्ना दुई प्रकाशनका लागि नयाँ प्रधानसम्पादकहरू नियुक्त गरेको छ । आइतबार बसेको समाजको बैठकले ‘अन्तर्दृष्टि’ र ‘दर्पण’का लागि क्रमशः बेलुकाजी थापा र लालगोपाल सुवेदीलाई नियुक्त गरेको हो । यी दुई प्रकाशनमध्ये ‘अन्तर्दृष्टि’ छापा त्रैमासिक पत्रिका हो भने ‘दर्पण’ अनलाइन प्रकाशन हो । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाद्वारा राखिएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको थियो । यसअघि ‘अन्तर्दृष्टि’का प्रधानसम्पादक दीप पाठक थिए भने ‘दर्पण’का प्रधानसम्पादक लालगोपाल सुवेदी थिए । सुवेदी भने यस पटक पनि दोहोरिएका हुन् । दुवैको कार्यकाल दुई वर्षको रहने छ । #अनेसास #बेलुकाजी थापा #लालगोपाल सुवेदी अनेसासको कोरोना संस्मरण प्रतियोगितामा तमु प्रथम: साहित्यपोस्ट अनेसास, नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् । प्रतियोगितामा वीएस निरबले द्वितीय र तारानाथ पराजुलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै प्रतियोगितामा कान्ति पौडेल, डा. कालु शर्मा सुवेदी, कुशुमकेशव पराजुली, गगन थापा मगर, गोपाल खनाल, तीलक पौडेल, दिलिप दोषी, लिलि अधिकारी त्रिपाठी, सन्दीप खत्री र सुमन श्रापित उत्कृष्ट १० मा पर्न सफल भएका छन् । अनेसास, गण्डकीले २०७७ वैशाख १७ गते पहिलोपटक संस्मरण आह्वानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचनानुसार थप ३५ दिन समयावधि थप गरेर २०७७ साउन ३ गतेसम्म संस्मरण आह्वान गरेकोमा ३७ संस्मरण संकलित भएको गण्डकीका महासचिव असफल गौतमले बताए । कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश संयोजक सरिता अर्याल, गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा र महासचिव असफल गौतमको तीन सदस्यीय प्रारम्भिक छनौट समितिबाट चयन गरिएका १३ संस्मरण अन्तिम नतिजाका लागि अकारादि क्रममा लेखकको नाम नराखीकन अनेसास गण्डकी जनाउने समितिको कोडमा मूल्याङ्कन समिति समक्ष पेश गरिएको थियो । अन्तिम निर्णयका लागि साहित्यकार प्रतीक ढकाल, विधान आचार्य र प्रभा बरालको तीन सदस्यीय समितिले INLSG-F कोड नम्बरको ‘लकडाउनमा मेरो अनुभूति’ शीर्षकको संस्मरण प्रथम, INLSG-J कोड नम्बरको संस्मरण ‘कोरोना म कुन देशको शरणार्थी’ शीर्षकको संस्मरण द्वितीय र INLSG-G कोड नम्बरको ‘कोरोना कहरसित भविष्यको रहर’ शीर्षकको संस्मरणले तृतीय स्थान प्राप्त गरेको नतिजा आयोजक समितिलाई प्रदान गरेको थियो । प्रतियोगितामा प्रथम हुनेले ११ हजार एक सय ११, द्वितीयले पाँच हजार पाँच सय ५५ र तृतीयले तीन हजार तीन सय ३३ रुपैयाँ नगदसहितको सम्मान र उत्कृष्ट १० ले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले साहित्यपोस्टलाई जानकारी दिए । कार्यक्रम संयोजक अर्यालले विजयी प्रतियोगीलाई बधाई र प्रतियोगितामा सहकार्य गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै पुरस्कार वितरण कार्यक्रम कोरोना कहरको महामारी कम भएपछि पोखरामा औपचारिक कार्यक्रमबीच अर्पण गरिने बताइन् । उपाध्यक्ष घायलश्रीले प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै निकट भविष्यमा उत्कृष्ट संस्मरणसहितको कृति प्रकाशन गर्ने अभियानमा प्रदेश समिति रहेको बताए । नयाँ नियमसहित फोटो कविता प्रतियोगिता १० का लागि कविता आव्हान: साहित्यपोस्ट साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको दशौँ संस्करणका लागि नयाँ नियमसहित कविता आह्वान गरिएको छ। नयाँ नियम अनुहार एकपटक पुरस्कृत भइसकेका कविलाई पुनः प्रतियोगितामा समावेश नगरिने कुरा निर्णाक मण्डलले जनाएको छ । यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाईनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका नौवटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । दशौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ । एकै कविलाई पटक पटक पुरस्कृत गर्नुपर्ने अवस्था आउन सक्ने अवस्थालाई ध्यानमा राखेर एकपटक उत्कृष्ट तीनमा पर्न सफल कविलाई पुनः प्रतियोगितामा समावेश नगर्ने निर्णय गरिएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालले बताएका छन् । प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरू प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितास\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो सोमबार अर्थात भदौ १ गते राति १२ बजेसम्म रहेको छ । प्राप्त कविताहरूबाट विज्ञ एवं स्वतन्त्र कवि तथा समीक्षकहरूको रहोबरमा भोलिपल्ट भदौ २ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटकको फोटो र कविताको विषय रहेको छः ‘ अन्तर्दृष्टि’ वा ‘भाैतिकता’ यी दुवै विषयमध्ये तल दिइएको तस्बिरमा रहेर एक, जुन कुराले कविको मन छुन्छ, त्यही विषयमा रचना पोस्ट गर्न सक्नुहुनेछ । हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः #फोटो कविता प्रतियोगिता नेपालको नक्सामा अब कहिल्यै नभेटिने एउटा गाउँ: फाँटिलो ठाउँ रहेछ लाङटाङ गाउँ । पूरै दक्षिण फर्केको एकदमै घमाइलो पाटोमा बसेको रहेछ यो ठाउँ । आज राम्ररी घाम नलागेको दिन हो, तैपनि धेरै जाडो हुन पाएको छैन । यतातिर पाइने वनस्पतिहरू अब एकदमै ससाना पोथ्रापोथ्रीहरूमा वामनावतारित भइसकेका छन् । तर लाङटाङ खोलापारि चाहिँ अझै पनि सल्लाको कोणधारी वन देखिदैछ । खोलावारि र खोलापारिको वनस्पति जगतमा किन यति धेरै फरक परेको रहेछ भनेर यसो ध्यान दिएर हेरेको त खोलापारिको डाँडाको शिरमा हिउँ भए पनि त्यो स्थायी हिमाल हो जस्तो लागेन । तर यतापट्टिको पाखो जहाँ हामी हिँडिरहेका छौँ— यो त पूरै लाङटाङ लिरुङको दक्षिणी पाटो पो हो रहेछ । सधैँ हिउँको टोकसो खप्नु पर्ने भएकाले यतापट्टि त बिरुवाले हुर्कने सामथ्र्य नै नराख्दा रहेछन् । लाङटाङ लिरुङ आफैँ पनि अलि तल झरेर सुत्छ कि क्या हो राति राति ? तल पहराको बीचमा त डबल बेड साइजको हिउँको ओछ्यान पो देखिदैछ त । हुन पनि प्रकृतिले विचित्र विचित्र लीला गर्छ । यो हिउँको ओछ्यान किन बनाउनु परेको होला यो पहराको मध्य भागमा ? आप्mनो ग्लेसियर अर्कोतिरबाट खसाले पनि यो टर्बाइन मात्र चलाउने पानी किन खसाल्न परेको होला यतातिर ? माथितिर लाङटाङ लिरुङको ७२३४ मिटर अग्लो शिखर भए पनि बीचमा यो कालो चट्टानको डाँडो निकालीकन यो बस्ती बस्ने यस्तो फराकिलो ठाउँ किन निकाल्नु परेको होला ? एक त यस्तो पारिलो ठाउँ छ, फेरि त्यसैलाई किन सिमसारको जस्तो गजगजे पानीले भिजाउनु परेको होला ? हिमाल सुत्ने हिउँकै ओछ्यान प्रकृतिको रचना विचित्रको छ— किनकि प्रकृति स्वयं नै विचित्र छ । भिलेजभ्यू होटल एण्ड लजमा भारी बिसाएपछि म फुक्काफाल भएको छु । एड्भान्स माउण्टेनियरिङ तालिमका प्रशिक्षार्थी र गुरुहरू आफ्नै धन्दामा लागिसकेका छन् । उनीहरू डोरी गाँठो पार्छन्, ठाउँ ठाउँमा क्याराविनरहरू झुण्ड्याउँछन्, कम्मरमा विभिन्न औजार र उपकरणहरू भिरेका माला (हार्नेस) बाँधेर नाच्न ठिक्क परेका धामीझैं देखिन्छन्— बेला बेलामा । पूरै जामा पगरी लगाएर ढोल ढ्याङ्ग्रो ठोक्दै, घुङ्रिङ खेलाउँदै हिँडेको धामी जस्तै देखिन्छन्— यिनीहरू पनि कति कति बेला त । म पनि झुक्किन्छु कि जस्तो लाग्छ । कतै– “हेरीऽऽऽ परमेश्वर” भन्दै मा ग पो तेस्र्याउने हूँ कि जस्तो पनि लाग्छ । फेरि अर्को मनले सोच्छु— नेपालका परमेश्वर त यिनै हुन् वास्तवमै । आपा एउटा परमेश्वर । छेवाङ ङिमा अर्को परमेश्वर । आङरिता, सुङ्दरे, काजी, टेण्डी, पेम्बा, लाक्पारिता, ल्हाक्पा, लाक्पागेलु, बाबुछिरी, दा गोम्बु, लाम्बाबु र तेञ्जिङहरू— सबै सबै नै हाम्रा परमेश्वर । अरूले गर्नै नसक्ने दुःसाध्य कर्महरू जसले गर्छ त्यही नै होइन त परमेश्वर ? अनि जसले त्यस्तै कर्महरूको इतिहास रच्छ, त्यही होइन त परमेश्वर ? वास्तवमै हाम्रा हिमाली सन्दर्भको कुरो गर्ने हो भने त यिनै हुन् हाम्रा परमेश्वर । यिनीहरूले जति गरेका छन् त्यति त अरू कसैले गरेकै छैन । गर्ने कल्पना पनि गर्न सक्दैन । मुकं करोति वाचालम् अर्थात् जसले लाटालाई पनि बोल्ने बनाउन सक्छ भनेर मात्र चित्त नबुझेपछि भगवान्को अद्भूत शक्तिको प्रशंसा गर्दै पछिल्लो पंक्ति थपियो— पंगुम् लङ्घयते गिरिम् ……… अर्थात् जसले लंगडालाई पनि पहाड नघाउन सक्छ । अब भन्नोस् त, जसका कृपाले एउटा खुट्टै नभएका थोमस ह्विट्याकर सगरमाथाको शिखरमा पुगेर सकुशल फर्कन सके, जसले दृष्टिविहिन एरिक वाइनमेयरलाई सगरमाथाको शिखरमा पुर्याएर सजिलैसँग फर्काए— ती ‘परमानन्द माधवम्’ नभएर को हुन् त ? अनि अब तपाईँ नै भन्नोस्, यस्ता शक्तिशाली मान्छेहरूलाई यत्कृपा तमहम् वन्दे भन्दै नहिँडेर के गर्ने त ? कतिपयलाई लाग्दो हो, यो पर्तिकेले जहिले पनि शेर्पालाई अनावश्यक रूपमा उचाल्छ, अरू केही कुरो नपाएर यी भोटेलाई भगवान् बनाउँछ । तपाईं आफ्नो विचारमा सत्य नै हुनुहुन्छ होला— त्यो म पनि मान्दछु । तर मेरो एक मात्र प्रार्थना छ— एकपटक सगरमाथाको आधारशिविरसम्म पुग्ने कष्ट गरिहेर्नोस् । यदि तपाईं बिनाअप्ठेरो त्यहाँ पुगेर आउनुभयो भने म आफूले गरेका शेर्पासम्बन्धी यी सबै सम्मानसूचक अभिव्यक्तिहरू फिर्ता लिन्छु । तर तपाईंलाई आधारशिविरसम्म पुग्नै यदि साँच्चीकै अप्ठेरो पर्यो भने अनि बल्ल मान्नु होला— वास्तवमै शेर्पाले कसरी नेपाललाई चिनाएका छन् भन्ने कुरा । कति कठिन कार्यले गर्दा उनीहरू विश्वप्रसिद्घ भएका छन् भन्ने कुरा । विश्वास लाग्दैन भने डा. खेम कोइराला बन्धुद्वारा सम्पादित नेपाली पर्वतीय साहित्य : सृष्टिमाथि दृष्टि नामको किताब पढ्नोस् अनि त हाम्रा गौरव आपा शेर्पाले के भनेका रहेछन् भन्ने कुरो त आफैं थाहा पाइहाल्नु हुनेछ नि ! डा. पिली पियरले कक्षा लिन थालेका छन्— रेस्क्यू टोलीलाई यहीँ चिम्नीकै वरिपरि राखेर । यसो हेरेँ— समय त अझै बाँकी छ । मैले त लाङटाङ सहर घुम्नै बाँकी छ । किन प्रयोग नगर्ने यही समयलाई ? यो तामाङहरूको बस्ती हो— कानुनी रूपमा । तर यी तामाङहरू प्रायः शेर्पा भाषा बोल्छन् । हिजोका दिनमा तिब्बतबाट छिर्दा मुस्ताङतिरबाट छिर्नेहरूले गुरुङ लेखाए, पूर्वतिरबाट छिर्नेहरूले शेर्पा लेखाए, तर केरुङतिरबाट छिरेकाहरूले आफूलाई तामाङ लेखाए र त्यही व्यहोराबाट नागरिकता लिए । त्यसैले कानुनी रूपमा तामाङ र व्यवहारिक रूपमा शेर्पा यहाँका बासिन्दाहरू घोडा पालनका पनि शौखिन देखिन्छन् । प्रत्येक होटल, लज, बार, रेष्टुरेण्टहरूमा घोडचढीको सुविधा उपलब्ध छ भनेर सूचना राखेका छन्— अंग्रेजीमा । अलि अग्लो ठाउँमा आइपुगेको छु । पच्चीस/तीसवटा घरहरूको सहरलाई यहाँबाट बडो मग्न भएर नियालिरहेको छु म । साथीहरूको भनाइ अनुसार पुरानो लाङटाङ गाउँ अलि परतिर छ रे जसलाई भोलि बिहानको बाटोले देखाउँनेछ । उनीहरूको भनाइ छ— सबैतिरका गरेर २०० जति घरहरू हुन सक्छन् । लाङटाङ गाउँको रूप घरहरूमा एक किसिमको काष्ठकला पनि देखिदैछ । यो कला काठमाडौँ, ललितपुर वा भक्तपुरको जस्तो उत्कृष्ट त नहोला— तर ठाउँ अनुसार घनघोरै राम्रो छ । प्रयोग गरिएको काठको गुणस्तर, ‘औजार र उपकरणहरू’ तथा शिल्पीले कतै गएर तालीम पाएको कि नपाएको भन्ने आधारमा मूल्यांकन गर्ने हो भने— यहाँको कलालाई तल देखाउनै मिल्दैन । लाङटाङको काष्ठकला निकै धेरै घरहरूमा यस्तै कला देखें । पर्दा सहितको झ्यालमा देखिएको यो कलाले मेलवादेवीको अजम्मरी गलालाई संझायो— “आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।” पानीले माने घुमाइरहेका दृश्यहरू त नेपालको हिमाली भेगको यात्रामा जतासुकै पनि देख्न सकिन्छ । पहिलो पटक ‘शे गुम्बा’ क्षेत्रमा यस्तो देख्दा म अवाक् भएको थिएँ । त्यो धार्मिक भावनालाई पोख्न निकै शब्द खेलाएको थिएँ— हिमालपारि पुगेपछिमा । पछि त खुम्बुतिर, मनाङतिर जता गए पनि यस्तै दृश्यहरू देखिन थाले र म पनि सहज हुँदै गएँ । तर ती सबै ठाउँमा एउटा कुटीभित्र एउटा मात्र माने राखिएको हुन्थ्यो— तर यहाँ त एउटै कुटीभित्र ६ वटा माने घुम्दै गरेको पवित्र दृश्य देखियो । कुटीमा पनि पवित्र तोरण टाँगेको पाइयो । कसो कसो ‘पेनफुल्ली’ रमाइलो लाग्यो । मेरालागि यो नयाँ दृश्य थियो । र, किन किन यसले मनको छेउमा लडाएको पहिरोको घाउ पनि नयाँ नै थियो । एउटै कुटीभित्र ६ वटा माने घुम्दै गरेको ग्लेशियर डकुमुण्टेसन सेन्टर रे । बोर्ड देखेर हेर्न गएँ । यो सानो बन्द घर रहेछ । यो पश्चिमा जगतकै कुनै खेल हुनुपर्छ । होटलकै ठीक पछाडिपट्टि छ एउटा सानो माने जस्तो ठाउँ र टाँगिएका छन् केही लुङता र छोत्तरहरू । अवश्य पनि कुनै सम्मानित स्थल हुनुपर्छ यो— जस्तो कि कसैको समाधिस्थल वा पूजा गर्ने सार्वजनिक ठाउँ । श्रद्धापूर्वक एक फन्को घुमेर फेरि बाटो लागेको छु । बाटो पनि के भन्ने— चारैतिर गज्गजी हिलो छ । पानी होइन; हिउँ जमेको छ सबैतिर । फड्किनका लागि ठाउँ ठाउँमा टेकाइएका ढुंगाहरूमा टेक्दै बाटो लाग्दैछु । वास्तवमै पूरै सिमसार क्षेत्र जस्तै रहेछ— यो लाङटाङ गाउँ त । माथि हिमालतिरबाट झरेका अनेकौं सोता र खोल्सीहरूले पूरै गाउँलाई नै हिलाम्य बनाएको देखिन्छ । एक घरबाट अर्को घरतिर जानु पर्दा पनि ढुंगा ओछ्याएर बनाएको बाटोबाट हिँड्नु पर्ने रहेछ । अझ ठाउँ ठाउँमा त त्यत्तिले पनि नपुगेर सिमेण्टेड स्ल्याबहरू नै हालिएका छन्— बाटो तर्न । सिमसार क्षेत्र हेर्दैछु र देख्दैछु लाङटाङ भ्याली क्लिनिकको चम्किलो साइनबोर्ड । साथमै चम्केको छ लाङटाङ स्वास्थ्य चौकीको फ्लेक्स बोर्ड पनि । खुसी लाग्यो दु–दुइटा स्वास्थ्य संस्थाहरू एकसाथ कार्यरत देखेर । यति भएपछि सिटामोलसम्म त पक्कै पनि पाइएला । जे भए पनि बागमती अञ्चल हो— अझै धेरै सुविधा पो पाइन्छ कि मलाई के थाहा ? मनमा लाग्यो— यहाँ मैले अनुमान गरेको कुरा एउटा पनि नमिलोस् र जनताले धेरै धेरै स्वास्थ्य सुविधा पाइरहेको स्थिति होस् । त्यस्तो भयो भने मलाई सबभन्दा धेरै खुसी लाग्नेछ । प्रहरी चौकी र यसले ओगटेका दुइटा बन्द ढोकाहरूलाई पनि देखें । यो राज्यको उपस्थितिको प्रतीक मात्रै हो । राज्य यहाँसम्म आउन सक्ने भएछ— अहिलेको सन्दर्भमा यही नै ठूलो कुरो हो । यी शान्त गाउँहरूमा सकेसम्म प्रहरीको काम नपरेकै राम्रो । प्रहरी त आखिर ‘ नेसेसरी इभिल ’ न हो । अनि प्रहरी चाहिँ खोई त ? नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन रे— यो सुन्दर संरचना । पर टाँगिएको बोर्डले यसै भन्दैछ । ‘कम्युनिटी एक्सन नेपाल’ले बनाएको रे यसलाई । यो पनि त्यही बोर्डले नै भन्दैछ । एउटा सानो तर राम्रो पुस्तकालय समेत भएको यो सुन्दर विद्यालयभित्रको एउटा करुण कथा चाहिँ यो बोर्डले भन्दै छैन । त्यो चाहिँ आफ्ना प्रिय पाठकहरूका लागि अब म भन्दैछु । त्यो करुण कथा हो— यस्तो सुन्दर विद्यालयमा पनि विद्यार्थी चाहिँ जम्मा १५ जना मात्रै छन् । १ देखि ५ कक्षासम्मको कुल विद्यार्थी संख्या यही हो । शिक्षकहरू जम्मा दुई जना छन् रे । अब भन्नोस् त यो विद्यालयको निर्माण र संचालन लागतलाई १५ जनामा भाग लगाउँदा प्रति विद्यार्थी कति रकम पर्न आउला ? तिनीहरूले पनि पढे त हुन्थ्यो नि ! तर पढ्दैनन् र बीचैमा पढाइ छोडिदिन्छन् । अनि कसरी घट्छ नेपालको ‘ड्रप आउट’ रेसियो ? विद्यार्थी बिनाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय यसो हुनुका पछाडि पनि कारण रहेछ । खास कारण के रहेछ भने यहाँका हुनेखाने र सक्नेहरूले आफ्ना छोराछोरीहरूलाई सकेसम्म काठमाण्डौं वा भारततिर लगेर पढाउँदा रहेछन् । तीभन्दा कम सक्षमले पनि साधारण स्कूलको पढाइ राम्रो हुँदैन भनेर धुन्चेतिर बोर्डसर् राखेर पढाउँदा रहेछन् । अझ धेरै जसोका नानीहरूलाई त विदेशीहरूको ‘स्पोन्सरसीप’मा पढाउन अन्यत्रै लगिने रहेछ । त्यसैले यहाँ पढ्ने नानीहरू भनेका त ‘स्पोन्सर’ भेटिन बाँकी रहेका ‘हुँदा खाने’हरूका सन्तान मात्र रहेछन् । अनि किन नहोस् त स्कूल खाली र सुनसान ? पर एउटा अनौठो घर देख्दैछु । घर अत्याधुनिक छ । छानामा डिस्क एन्टेना देखिदैछ । तर बनाइएको छ— सिधै पहरो कोपेर त्यो मुनि निकालिएको खाल्डो ठाउँमा । पूरै पहरोकै आड, भरोसा र सुरक्षामा निर्मित घर । पहरामै घुसेको त्यो घर फेरि देखें— लाङटाङ मध्यवर्ती उपभोक्ता समितिको कार्यालय । अनि छेउमै त्यही समितिद्वारा गठित ‘लाङटाङ हिउँ चितुवा संरक्षण समूह’को कार्यालय पनि । एउटै घरमा रहेका यी कार्यालयहरूको आँगनबाट नयाँ लाङटाङ गाउँको झण्डै झण्डै पूरै रूप देखिंदैछ । झण्डै झण्डै ७० प्रतिशत जति अटाउँदैछ क्यामेराको लेन्समा । घाम नलागेको साँझमा पनि दृश्य बडो स्पष्ट छ । घाम लागेको भए त झन के के पो हुन्थ्यो होला ? निकै माथिबाट पाइपमा पानी ल्याएर चलाइएको रहेछ एउटा माइक्रो हाइड्रो । पेनस्टक पाइप र पावर हाउस दुवैलाई नजिकै गएर हेरें । तर नचलेको बेला हुनाले त्यसमा जीवनको अनुभूति हुनै पाएन । लाङटाङको उज्यालोः यो सानो माइक्रो हाइड्रो माथि पहरामाथि बाक्लो हिउँको एउटा छहरा देखिंदैछ । आकार यस्तो छ— मानौं कि त्यसलाई भर्खरै मात्र कसैले सभापतिको उच्च आसन ग्रहण गराएको होस् । गाउँको पूर्वी किनाराबाट धेरै पर देखिने क्षितिजमा गाङछेम्पो (६३८७ मि.) हिमाल धमिलो गरी मुस्कुराइरहेछ— त्यो तुँवालोमय हिम काँधभन्दा माथि उठेर । त्योभन्दा अलि सानो च्यार्खुरी अझ धमिलो देखिएको छ अहिले । च्यार्खुरी अर्थात् खोङ्मा पाइने हिमाल रे यो । अहिले त खोङ्मालाई पनि सायद जाडै भएको होला । यी दुईका बीचमा लाङसिसाखर्कको एरिया छ । तर अहिले धमिलो देखिएकोछ— हलुका तुँवालोले गर्दा । कागहरू अझै पनि सानै छन् । चुच्चो पनि कालै छ । तर, ‘गोरोक् गोरोक्’ गरेर कराइरहेका छन् । लाङटाङकै पाखामा डुल्दै गाउँको पूर्वी किनारातिर आउँदैछु । ठाउँठाउँमा खानेपानीका पाइपहरू फुटेका छन् वा पाइपको जोर्नी परेका ठाउँहरूबाट पानीका सिर्काहरू निस्केर जमिनमा परेका छन् । पाइपबाट बाहिर निस्केका पानीका यी मसिना मसिना सिर्काहरूले भुँइभरि नै विचित्रको जादुगरी देखाउन भ्याएका छन् । कँही हिउँको मोती भएर झुलेका छन् त कँही अचम्मका हिउँफूल भएर फुलेका छन् । सिसाका गोला गोला ग्रानुअल जस्ता लाग्ने यी पारदर्शी बुट्टाहरूबाट छिरेको पातलो उज्यालोका धर्साहरूले ठाउँ ठाउँमा इन्द्रेनीहरूको रचना गरेका छन् । सुकेको घाँसको एउटा त्यान्द्रो मात्र भेट्टाए पनि छोडेको छैन प्रकृतिले— त्यसैमा हिउँको फूल फुलाएको छ । झट्ट हेर्दा काँचको रंगीन पेपरवेट वा गुच्चा जस्ता देखिने यी बुट्टाहरू वर्णनातीत छन् । घाँसको त्यही त्यान्द्रो जसको आधारमा यो सिंगै फूलको रचना भएको छ, हेर्दा लाग्छ— यो सृष्टिमा कुनै पनि चिज कम महत्वको छैन । त्यही त्यान्द्राका आधारमा यति सुन्दर फूलहरू फुलाएको छ यो चिसो प्रकृतिले; अनि यही प्राणकै आधारमा यति सुन्दर जीवनको रचना गरेको छ परमेश्वरले । मैले त यिनै फूलहरूभित्रै मृण्मयदेखि चिन्मयसम्मको यात्रा देखें । खै किन किन बुद्ध, शिव र महावीर मात्र होइन, यहीँभित्र मैले त लाहिडी महाशय, स्वामी विवेकानन्द, तैलंग स्वामी, नानक, कबीर, मीराबाई र ओशोलाई समेत देखें । मैले टल्किरहेका यी हिमकणका पुष्पाकृतिहरूमा जीवनको निःसारता र शंकराचार्यलाई मात्र होइन जीवनको सौन्दर्य र रजनीशलाई पनि भेटें । ‘आर्ट अफ लिभिङ’ त थियो थियो— मैले त यी सानै फूलहरूमा ‘आर्ट अफ लभिङ’ र ‘आर्ट अफ डाइङ’ पनि देखें । प्रकृति, तिम्रो जादुगरीलाई यो अकिञ्चनको नमस्कार छ ! हिउँका फू लहरू साँझ पर्दैछ । म घुम्दै घुम्दै यो गाउँको पूर्वी किनारतिर आइपुगेको छु । यो पनि आखिर ढुंगाकै सहर रहेछ एउटा । एकातिर लाङटाङ लिरुङको तल्लोपट्टिको खण्डको विशाल चट्टान अनि अर्कोतर्फ यी ढुंगाकै गल्ली, बाटा, घर र पर्खालहरू । आखिर यो पनि ढुंगाकै साम्राज्य रहेछ । तर राजधानी होइन । यदि यसैलाई ढुंगाको राजधानी मानियो भने फेरि ‘मनाङ’लाई के दर्जा दिने नि ? हाम्रो शब्द भण्डार नै सकिन्छ । त्यसैले यो गाउँलाई ढुंगाको सहर मात्र भनेर छोडौं । यसो गर्दा सबैको इज्जत रहन्छ । फर्केर आउँदैछु । एउटा घरमा झ्याम्टा र ढ्याङ्ग्रो बजेको आवाज सुन्दैछु । ती बीचमा मानिसले थपडी बजाएको आवाज पनि मिसिदैछ त्यहाँ । के रहेछ मलाई उत्सुकता लाग्यो र आँगनमा पुगेर उभिएँ । झट्ट ढोका खोलेर भित्र चियाउने दुस्साहस गर्न सकिनँ र अरगच्च परेर आँगनमै उभिन पुगें । एक जना व्यक्तिले देखे र मलाई भित्र लिएर गए । याञ्जीर गुम्बाको राष्ट्रपूजा देखेदेखि यस्तो उत्सवमा जान म आकर्षित हुने गरेको छु । ती व्यक्तिले मलाई प्लाष्टिकको कुर्सीमा बसाले र अथ्र्याए— मूल लामाले यी तीनजना तन्नेरीहरूलाई कर्मकाण्ड विधिको अभ्यास गराउँदै हुनुहुन्छ । मैले यसो हेरें बूढालामा स्वयं चाहिँ भुइँमा बसेका थिए र आफ्ना चेलाहरूलाई त्यहींबाटै नबुझ्ने भाषामा के के निर्देशित गरिरहेका थिए । मैले आदरपूर्वक उठेर भनेँ— “टाशिदेले ।” सबै खुसी भए । मलाई पुनः बस्नका लागि भने र पुनः उनको निर्देशन चालु रह्यो । नयाँ पुस्तामा जिम्मेवारी सार्दै बूढा लामा तीनजना चेलाहरूले छुट्टाछुट्टै पाना भएको एउटा किताब एउटै स्वरमा भट्याउँथे । एउटा अत्याधुनिक मोकवाला कपालले त्यसैको तालमा ढ्याङ्ग्रो र अर्को साधारण कपालले झ्याम्टा बजाउथे । एउटालाई चाहिँ हातमा के के घुमाउदै किताबको पाना पल्टाउनमै भ्याई नभ्याई थियो । बीच बीचमा ती तालवाद्यहरू रोकिन्थे पनि । कति कति बेला बीच बीचमा थपडी पनि थपिन्थे । एकछिन त परिस्थिति हेरेर मैले पनि थपडी बजाएँ । पुरातन विद्याको अभ्यास गर्दै आधुनिक विद्यार्थी यी लामाले आफ्ना चेलाहरूलाई के सिकाउदै छन् भन्ने विषयमा मैले केही पनि अनुमान गर्न सकिनँ । मैले बुझ्न सक्ने कुरो पनि आएन । तर यो विश्वास, यो समर्पण र आस्थाको यो तहले हाम्रो समुन्नत संस्कृतिको मूल जरोतर्फ संकेत गर्दथ्यो । र, यिनै ठाउँहरूमा जस्तापाताको उपलब्धतासँगै सौदाबाजी गरिएको धर्मले हामीलाई नै गिज्याउँथ्यो र मनको भित्तामा एक किसिमको अनौठो घाउ लगाउँथ्यो । मनले नभनेका कुराहरू प्नि म सुन्दै थिएँ । ऊ भन्न चाहन्थ्यो— तिम्रो पहिचान भनेको यही समुन्नत संस्कृति नै हो— कुनै जस्तापाताको बण्डल होइन । मेरा मनका बुद्घ मनमै ध्यानस्थ थिए । शान्त, करुणामय र निर्विकार ! मेरा कृष्ण अझै पनि ‘परधर्मो भयावहः’ भित्रै थिए । मेरा मनमा बाइवलका दुइटा वचन तरंगिए— एक, “जसले तरवार उठाउँछ त्यसको नास तरवारबाटै हुनेछ ।” र दुई, “शत्रुलाई जित्नेभन्दा आफ्नो मनलाई जित्ने शक्तिशाली हुन्छ ।” मेरो मनले कहिल्यै नहारोस् । सबै ईश्वरहरूसँग मैले माँगेको ‘वर’ एउटै थियो । जतिसुकै आगो लगाउन खोजे पनि नसल्किने मेरो हिमाली ‘घर’ एउटै थियो । र, सामाजिक सद्भाव नामको एउटा अभेद्य पर्खाल— मेरो ‘भर’ पनि एउटै थियो । लेखकीय टिप्पणी : माथि वर्णित यही लाङटाङ गाउँ चाहिँ नेपालको नक्सामा अब कहिल्यै पनि भेटिने छैन । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले त्यही पहरोमा घुसेको एउटा घरबाहेक यो सिंगै गाउँलाई बढारिसकेको छ । अब लाङटाङ फेरि उठ्नेछ, उठ्दैछ पनि, तैपनि यिनै कुराहरू त्यहाँ हुने छैनन् । मैले लेखेको यो लाङटाङको कथा मेरै लागि पनि अन्तिम चित्र बन्यो । #प्रतीक ढकाल सेवोटेज किरातेश्वर !: अहिलेसम्म कति हजार किलोमिटर यात्रा सम्पन्न भयो, रेकर्ड राखेको छैन । जाडो छल्न फेरि एकपटक हजारौं किलोमिटर नाघेर यायावर श्लेषमान्तक माथि आयो । बर्ड–साइट एङ्गललाई जुम इन गर्दा देखियो छेउमै डङ्गर गिद्ध उग्राइरहेको । छेउमै खान नपाएको बालक । पुलिट्जर पुरस्कारको नियति । कसैले बुझे पनि नबुझे पनि पङ्खबिनाको पन्छी भएर उड्नुको मजा बेग्लै छ । उड्दा–उड्दै थाकेर झरे पनि डर थिएन । सङ्गीतको समुद्रमा चौबीस घण्टा पौडी खेल्ने विश्वको पहिलो मान्छेको नयाँ रेकर्ड संस्थागत हुने थियो । ‘प्रभु तिमी मेरो माया गर स्वीकार ! तिमीबिना केही छैन जीवनको सार । ज्ञान छैन भक्ति छैन अनाथ छु नाथ, चिन्नु मैले कहिले तिम्रा रूप हजार ? निरपेक्ष के गरेको लीला तिमीले ? अधर्म छ शिवजीलाई मार्न तयार !’ सोच्दा–सोच्दै मैले झल्याँस्स सम्झिएँ, म को हुँ ? यो के सोचिरहको छु ? कसले मार्न सक्छ शिवजीलाई ? त्यतिबेलासम्म भीडभित्र भीडबाट अलग्गिसकेको थिएँ म । मोबाइल आफैं सुइझ्याप । पाश्र्वमा भक्ति–सङ्गीत गुञ्जिरहेको थियो । ‘जे गर्छन् उनै गरुन्, छ लीला उनैको । जान्दिनँ अरू त केही म, छ कृपा उनैको ।’ नन्दी, भृङ्गी, नाङ्गा–बाबा, गणहरू मस्त थिए, आफ्नो संसार सजाउँदै । नजाने कुन ध्येय थियो ? सायद चिन्नुथियो उज्यालो । खोज्नुथियो देउता । बुझ्नुथियो शिव । गहिरिनुथियो, आफूभित्र । सोध्नुथियो, त्योभन्दा उता के छ ? कथाले मागेपछि म एकोहोरिएँ । पात्रहरू बढ्न थाले । अध्यात्म र भोगी मन फ्युजन भयो । भीडमा नचिनिएपछि मुखुन्डोको आवश्यकता रहेन । एक्लो हुनुको मजा बेग्लै छ । जे बोले पनि भयो । जे सोधे पनि भयो । जे लेखे पनि भयो । जे गरे पनि भयो । जे खाए पनि भयो । जता थुके पनि भयो । कति आनन्द ! राणा शासनकै बेला । ‘मैले गरिखाएको देख्न नसक्ने यहाँका मान्छेहरू, थुक्क ! भन्दै धनकुटाको भीरगाउँलाई थुकेर हिँडनुभएको थियो रे मेरो हजुरबुबा,’ आमाले भन्नुभएको । त्यही अभिशप्त भीरगाउँसँग जोडिएको मेरो कार्मिक सम्बन्ध सम्झाउने पनि कोही थिएन छेउछाउमा । अपाङ्ग सबलाङ्ग विचारहरू भाङले लठ्ठ भए । असक्षम होइन, अक्षम हो भनेर प्रुफ मिलाउन पनि झ्याउ लाग्न थाल्यो । अश्लील भनिएका शब्दहरू भोगिने सघन खतरा छेउमै थियो । ‘गाँजा खाए राजा, सिगरेट खाए चोर । खैनी खाए चुतिया, थुके सारा ओर,’ लाइभ क्यामेराअगाडि गेरुवस्त्र बेरेका नाङ्गा–बाबा सिकारु भक्तलाई सम्झाउँदै थिए । छेउमा मान्छे डढेको धूँवाको उकसमुकुस साक्षी थियो । … धिरज बाबा साक्षात अगाडि थिए । मैले चिनें, उनले चिनेनन् । केहीबेर सुफी सिद्धान्त, रुमीले गरेको व्याख्या, सुनें । रुमीले गरेको व्याख्या, (गीता–मिथकसँग मिल्दोजुल्दो) हजार पानाको किताबमा समेटिएको व्याख्या, जसको सबै पाना खाली । आफूखुसी जे लेखे पनि हुने । जे व्याख्या गरे पनि हुने । जे अनुभव गरे पनि बिन्दास । नेपालको प्रजातन्त्रको जेरोक्स कपि । सुफी सुन्दा–सुन्दै साफीको झोल सम्झिएँ । चिराइतो दबाइ, रगतका भाइरसहरू सफा गर्ने चूक । मन चेक–अप गराउन बाँकी छ, कुनै ठुलै रोग लागेको पो छ कि ? थाहा भयो भने के गर्ने ? किन थाहा पाउने ? आफूलाई मभित्र समाहित गरिसकेपछि । बेलामा खानु पनि परेन । सुत्नु पनि परेन । बोल्नु, लेख्नु, नुहाउनु, ढाँट्नु केही गर्नुपरेन । कुतर्कहरूको सहारा पनि चाहिएन । साक्षी राख्नुपरेन । अन्तर्मनको यात्रा जति गरे पनि भयो । लेख्नकै लागि सञ्जीव उप्रेती खरानीका पछि लागेको प्रसङ्ग सुन्दै–सुनाउँदै आयो । बिरुपाक्षभन्दा निकैमाथि सामान्य विशेषता भएको मान्छे, नजिकै कहिले यता कहिले उता, फेरि यता फेरि उता गरिरहेको रहेछ । घण्टौं । त्यसरी ऊ कहाँ जान हिँडिरहेको थियो ? कसले त्यसरी घुमिफिरी रुम्जाटार हुन आदेश दिएको थियो । के ऊ साँच्चिकै पागल थियो ? कि कोही प्रेमी थियो ? आखिर के थियो यो घनचक्करको रहस्य ? कि ऊ पनि कसैद्वारा श्रापित थियो ? नाजवाफ घनचक्करको कथा सुनियो केहीबेर । … गौरीघाटतिरबाट उल्लु कराएको आवाज आइरहेको बेला माथि किरातेश्वरमा नौ बजेको थियो । ‘माथि जाने बाटो यताबाट,’ कोही शिवभक्त अनुग्रहित भयो । ‘ए, यताबाट रहेछ, उकालो लाग्ने ठाउँ !, ढिलो–चाँडो मात्र हो, आखिर सबै जाने बाटो उही हो,’ तत्काल मनले केही बुझ–बुझे जस्तो गयो । तर, यहाँबाट माथि जाने कि तल जाने कि कता जाने ? म अलमलमा परेको बुझिदिने त्यहाँ कोही थिएन । मजा आइरहेको थियो । ‘दोधारैमा अल्झाइराख एक–दुई दिन अरू । खुल्नुभन्दा रहस्यमै मजा हुन्छ बरु,’ वातावरण मायालु, सङ्गीतमय छ । ‘वासना बाधा छन् जीवनमा, मन लागोस् प्रभु चरणमा । दर्शन प्रभुको म पाउँ हर्दम्, घरमा बसुँ या वनमा ।’ मन लागेर होइन, निद्रा नलागेर फिलिङ मिल्यो । केहीबेर पत्रकार विशाल खत्री जोगी भएको, बहुलाएको र चिर निद्रामा परेको चर्चा चल्यो । अच्युतम् भट्टराई ‘ज्ञानमित्र’ बनेको र साथीभाइले त्यस्तो नाम नराख्न आग्रह गर्दा नमानेको, बरु ऊ झन् रहस्यमय हुँदै गएको सन्दर्भ आयो । किरातेश्वरबाट ज्ञानमित्र यो वर्ष चाँडै फर्किए पनि बीचमा साथीहरूसँग टाढिँदै र परमात्मासँग नजिकिँदै गएको सुखानुभूति थियो । रहस्यमय लीला चलिरहेको छ । ‘जय शम्भो !’ छेउमै मैले नचिनेको एउटा करायो । ‘गाँजा कम भो !’ अर्कोले उल्यायो । ‘धर्म निरपेक्षता मूर्दावाद !’ जोडले फेरि त्यही चिच्यायो । ‘हा हा हा हा !’ साथीले खिल्ली उडायो । ‘पागल भइसकेछ, जे पनि बोल्न थाल्यो अब,’ आर्यघाट छेउमा धुनी ताप्दै, आँखा राता पारेको अर्को भलाद्मी बोल्यो । पृष्ठभूमिमा तीन दिनको निरन्तरता सम्झाउँदै सुफी भजन चलिरहेको थियो । तु माने या ना माने भगवान्, मै तो तेरा भक्त बन गया । ‘कहाँबाट आयौं हामी कहाँ जानुपर्छ ? कसलाई सोध्ने, कसलाई बुझ्ने, कसले भन्न सक्छ ?’ … शिवजीका अनेक रूप छन् । कतै तान्डव कतै चुप छन् । धर्ममा के हुँदै छ अचेल ? कुप्रचार चलेका खुब छन् । भक्तहरू पनि कस्ता–कस्ता ? कोही धूर्त कोही बेकुफ छन् । जीवनभर केही छैन शिव ! मरेपछि सम्मान र धूप छन् । तानपुरा बज्दाबज्दै शिवभक्तले लुकाएको आनन्दको शक्ति निस्तेज पार्ने राज्यको कथित दायित्व सम्झने बेला भएछ । बेलैमा किरातेश्वर सेवोटेज गर्न तानाबाना बुन्न थालियो । ‘दिन ढल्दै आयो, रात बढ्दै आयो । हेर घाम अस्तायो, रात पर्दै आयो ।’ ‘वाह ! वाह ! क्या बात !’ बुझे पनि, नबुझे पनि, साँच्चिकै हिप्पीहरूको मन छोयो । भाषाको बन्धन थिएन । दुई जोडी जर्मनी मलेवाहरू पनि कृतज्ञ भए । ‘बाँके बिहारीलालको ?’ जय होस् ! ‘सनातन हिन्दू राष्ट्रको ? जय होस् !’ जय गान गर्दै गरेका भारतीय लेखक कृष्णमुरारी सिंह चिनिए । कान्तिपुर एफएमले डायरी अपडेट गरिरहेको थियो, सधैंको वर्ष झैं पशुपतिको जात्रा, सिद्राको व्यापार गर्नेहरू निकै आएका छन् । ‘मलाई यो ठाउँ विदेश जस्तो लागेन !’ ‘किन ?’ म विस्मित भएँ । ‘कसरी विदेश भन्नु ! हाम्रो त्यहाँ जुन भाषा छ, त्यो यहाँ पनि चल्छ । जुन पैसा छ, त्यो पनि चल्छ । टाटा गाडीकै राज रहेछ । अक्षरहरू पनि उस्तै छन्, सिटी सफारीसमेत देवनागरी लिपिमा लेखेको !’ लेखकले एकेक अनुभव सुनाए । फिर्ररर ! फिर्ररर ! एक–एक गर्दै कप्सहरू नजिक हुन थाले । अँध्यारो बढाइँदै थियो । नजरबन्द बाक्लिँदै थियो । चारैतिरबाट शिवभक्तहरू धपाइँदै थिए । मृगस्थलीमा बाँदरहरू सुत्ने बेला हुँदै थियो । ‘सुनिनस् ! तल ओर्ली भनेको !’ म डराउँदै तल ओर्लें, पवित्र पाशुपत खाल्डोमा । सम्पूर्णभक्त सम्झाउँदै थिए, ‘शिवरात्रिमा पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए, बराबरी भए । चिन्ता किन गर्नु ?’ bisnuprasad.bg@gmail.com #सुविद गुरागाई तिमी त्यति राम्री नहुनु पर्ने: तिम्रो रूपको वर्णन गरी म आफूलाई कञ्जुस सावित गर्न चाहन्नँ । तिमी राम्री छ्यौ- सायद यति नै काफी छ। नारी रूपको वर्णनमा विश्व-साहित्यको अनगिन्ती पृष्ठ खर्च भएका छन् । म पुनरावृत्ति गर्न चाहन्नँ। अँ, आजकल नारी रूपको मात्र वर्णन गर्दा अन्य क्षमताको अनदेखा गरियो भन्ने पनि सुनिन्छ । संक्षिप्तमा भन्दा तिम्रो रूपलावण्यले म जस्तो कमलो मनकाहरूले धैर्यता गुमाउन सक्छन्। त्यसैले तिमीसित एक्कासि भेट हुँदा हेर्न नसकी मन तिमीतिर नै भए पनि नजर अन्तै लान्छु तर चुम्बकले फलाम झैँ तानिएको हुन्छु । निद्रा नपरेको रात तिम्रै कल्पना गर्दागर्दै निदाउँछु । अल्लारे युवक हुन्छु र औपन्यासिक प्रेम प्रारम्भ गर्छु । सत्य, तिम्रो र मेरो वन, पाखा, पखेरा, खोलानाला, झरना, पार्क, रेष्टुरेण्ट तथा एकान्त वन्य-प्रान्त कैयौं ठाउँमा भेट भएको छ । तिमीलाई मैले थरिथरिका उपहार दिएको छु। तिमीले मलाई भएभरको अर्थात् एउटी नारीले पुरुषलाई दिन सम्भव माया दिएकी छौ । म सैनिक बनी युद्धभूमिमा जाँदा, उच्च शिक्षाको लागि बेलायत, अमेरिका वा रुस जाँदा, राजनीतिक बन्दीको रूपमा जेल पर्दा अथवा म पैसा कमाउन खाडी देश जाँदा तिमीले वर्षौँवर्ष प्रतीक्षा गरेकी हुन्छ्यौ । कहिलेकहिले त म रोगले ग्रसित भई (बाँच्ने आसा कम र मर्ने सम्भावना बढी) महिनौँ हस्पिलाइज्ड हुँदा अहोरात्र मेरो सेवा गरेकी हुन्छ्यौ । यसो हेर्दा मैले बेहोरेको पीडा तिम्रो मुहारमा प्रतिबिम्बित भइरहेको हुन्छ । कुनै रात त तिम्रो परपुरुषसँग विवाह हुँदैगर्दा तिमीले मण्डपबाट नै विद्रोह गरेकी हुन्छ्यौ । अनि कुनै रात त जब भ्रष्टाचारी वा दुई नम्बरी गुन्डो छोरो हरतरहले तिमीलाई छोप्न राक्षसी पञ्जा फैलाउँछ, मैले बडो मुश्किलले उसको पञ्जाबाट छुटाएको हुन्छु । हो, तिमीलाई मैले कैयौँ पटक भगाएको छु । भागेर हामी कहिले पोखरा, कहिले सुर्खेत, कहिले धरान त कहिले धनकुटा पुगेका छौँ। कैयौँ पटक त हामी मनाङ, मुस्ताङ, रोल्पा, डोल्पामा शिक्षक बनेका हुन्छौँ । कुनै रात त तिमीलाई भगाउने चाँजोपाँजो मिलाउँदा मिलाउँदै निदाउँछु र रातभर सपनामा हामी भागिरहेका हुन्छौँ। तिमीलाई लिएर हिँड्नु पनि कम खतरा छैन। एक इतिहासकारले भनेका छन्-विश्वविख्यात सुन्दरी क्लियोपेट्राको नाक अलिकता मात्र लामो भएको भए आजको विश्वको राजनीतिक भूगोल नै अर्कै हुन्थ्यो। त्यसैले म हरबखत चनाखो हुन्छु। गुन्डा त के तिम्रो सुरक्षार्थ म कुनै पनि भौतिक वा अभौतिक शक्तिसँग लड्न तयार छु। मसँग त्यो आत्मबल छ र त्यसको श्रोत तिमी नै है। रामबाबु घिमिरे म प्राय:अनिदो झैँ देखिइन्छु । कारण तिमीले रिसाएको वाहाना गर्दा तिमीलाई फकाउँदा फकाउँदै रात बितिसकेको हुन्छ । मनमा फगत तिमी हुनाले म भ्रमित भइसकेको छु सायद । त्यसैले लाग्छ, म यथार्थ र कल्पना विभेद गर्न असक्षम भइसकेको छु । थाहा छ, तिमी मेरो प्राप्ति भन्दा धेरै पर छौ । आफ्नो सीमा बुझेर नै म कहिल्यै तिम्रो सामु अभिव्यक्त हुन सकिनँ । मलाई यो पनि थाहा छ, तिम्रो कल्पना गर्नु वा स्वर्गकी कुनै अप्सरा अथवा चलचित्रकी कुनै नायिकाको कल्पना गर्नु उस्तैउस्तै हो । तर अहँ होइन, स्वर्गकी अप्सरा कोरा वर्णनमात्र, चलचित्रकी नायिका मात्र छायाङ्कन तर तिमी प्रत्यक्ष सजीव सग्लो नारीसुन्दरताको जीवन्त प्रतिमूर्ति । यथार्थमा तिमीसँग मेरो मनोवाद भए पनि सम्वाद भएको छैन। सम्वाद नै भए पनि म अभिव्यक्त भएको छैन। यस्तो सोचे पनि हुन्छ- म वर्षौँदेखि तिमी वाचाल हुनुको प्रतीक्षामा छु। यसको अर्थ हामी टाढा छौँ भन्ने होइन। यति मात्र कि हाम्रो प्रेमले भाषिक सहुलियत प्राप्त गरेको छैन। तिम्रो स्वनिर्णयको सम्मान गर्दै म हाम्रो प्रेमलाई मौन प्रेम भन्न रुचाउँछु । आत्मीयताका लागि शारीरिक निकटता नै हुनुपर्छ भन्ने हुँदैन। धर्तीको मान्छेले स्वर्गका देवताको उपासना गर्छ भने हामी त एउटै गाउँका एउटै ठाउँका । तिमी हिँडेको बाटो म पनि हिँडेको छु, तिमी रुझेको झरीमा म पनि रुझेको छु । अनि तिमीले चुल्ठोमा सिउरेको सयपत्रीको सुगन्ध मैले पनि अनुभव गरेको छु। भनिन्छ – पागल, प्रेमी र कवि अनिंदा हुन्छन् । यतिखेर अर्थात् यो कालरात्रीमा म तिम्रो उपासना गर्दै छु। थाहा भएन किन देवीको उपासना कालरात्रीमा गरिन्छ। जुनेली रात आउने आशा र भरोसा भएपछि कालरात्रीको कहर पनि केही झैँ लाग्दो रहेनछ । सम्भवत: यतिबेला तिमी मस्त निद्रामा हौली । तिम्रो निद्रामा मैले आफ्नो सपना देख्ने गरेको छु। विपनामा हाम्रो दुरत्व भए पनि सपनामा हामी साथ-साथ हुन्छौँ, आसपास हुन्छौँ। मेरा लागि मोक्ष प्राप्ति भनेको नै तिमी हौ। तिमी नै विषय वासना हौ भने म कल्प-कल्पान्तर विषयवासनामा रुमलिन तयार छु। म लामो गन्थन गरेर तिमीलाई दिग्दार पार्न चाहन्नँ । कति सुनाऊँ- आत्मपलायनका कुरा । म अब हिम्मतिलो, आँटिलो र साहसिलो बन्ने तरखरमा छु। गोपालप्रसाद रिमालको अनुयायी हुँ म । अबको भेटमा रिमालको निर्देशानुसार प्रष्ट प्रस्ताव राख्ने छु – म तिमीलाई गर्भाधान गर्छु । एउटा जिउँदो पुत्रप्राप्तिको चाहना तिमीमा पनि होला । सम्भवत: यस्तै क्रान्तिकारी कुराले रिमाल बौलाए, बौलाएको आक्षेप लाग्यो। मलाई पनि आक्षेप लाग्नसक्छ तर मलाई किन्चित पर्वाह छैन । किनकि तिम्रो प्रेममा मलाई बौलाउन मञ्जुर छ। मलाई तिम्रो प्रेम रक्सीजस्तै वा गाँजाजस्तै लागोस् र मलाई तिमीबाहेक कुनै कुराको हेका नरहोस्। म तिम्रो प्रेममा उत्सर्गित हुन चाहन्छु, आफ्नो अस्तित्व तिमीमै समाहित गर्न चाहन्छु। शिवजीले जस्तै अर्धनारेश्वरको रूप धारण गर्न तयार छु। तर प्रिय ! म मिलनको लागि आतुर छैन। म वर्षौँवर्ष प्रतीक्षा गर्न प्रतिबद्ध छु, युगयुग प्रतीक्षा गर्न प्रतिबद्ध छु। यदि तिमीलाई पुनर्जन्ममा विश्वास छ भने म पटक पटक जन्मन तयार छु। जब कि तिमीलाई थाहा छ, हिन्दूहरू सांसारिक विषय वासनाबाट मुक्त हुन पुनर्जन्मबाट मुक्ति चाहन्छन् । मेरा लागि मोक्ष प्राप्ति भनेको नै तिमी हौ। तिमी नै विषय वासना हौ भने म कल्प-कल्पान्तर विषयवासनामा रुमलिन तयार छु। होइन, तिमीलाई आत्माको अमरतामा विश्वास छैन भन्ने यो नश्वर चोला कुनै पनि बेला त्याग्न तयार छु, यति मात्र कि त्यो तिम्रो खुसीको लागि हुनुपर्छ। तर प्रिय ! तिमीलाई किन ढाटूँ- अथाह यातनामा छु । कमसेकम मेरो मानसिक सन्तुलनका लागि तिमी त्यति राम्री नहुनुपर्ने। #रामबाबु घिमिरे डा. केशव शर्मा अनेसास बालसाहित्य समितिका संयोजक: डा. केशव शर्मा नेपाली भाषा र साहित्यलाई डायस्पोराको दोस्रो पुस्तामाझ पुर्याउने अभियानका साथ गठित अनेसास बालसाहित्य समितिको संयोजकमा डा. केशव शर्मा चयन भएका छन् । डा. शर्माको भागमा अब बालसाहित्यको क्षेत्रमा देखिएका सम्भावना र चुनौती पार गर्नुपर्नेछ । अस्ट्रेलियानिवासी डा. शर्माको समितिले आगामी दिनमा बालबालिकालाई नेपाली भाषा बोल्न, लेख्न तथा साहित्य सिर्जना गर्ने वातावरण मिलाउनेछ । यसैगरी यस समितिले बालबालिकाका रचना प्रकाशन र वितरणका लागि पुलको काम पनि गर्नेछ । अनेसास अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको बैठकले संयोजक चयनको निर्णय गरेको हो । समितिको कार्यकाल दुई वर्षको रहने छ । #अनेसास #डा. केशव शर्मा अशेषको कवितामाथि धरावासीको विचार: बिम्बात्मक रूपले कवितालाई खेलाउने अनौठो कलमले अशेषलाई पाठक बीच लोकप्रिय गरायो । समकालीन पुस्ताहरूका बीच अलग्गै चिनिने गरी उनी उभिए यही कवित्व विशेषताले । तीसको दशकका कविका रूपमा स्थापित नामहरूमा अशेषको नाम ‘अ’ कै रूपमा आएको छ । बीसको दशकको कविताले भत्काउन नसकेको पद्यमोह तीसको दशकमा आइपुग्दा भताभुङ्ग भएको छ । यसमा अशेषको कविपुस्ताको योगदान उल्लेख्य छ । २०३५ साल अघि यस पुस्ताले आफ्रनो उपस्थितिलाई सामान्य रूपमा प्रस्तुत गर्दै आएका थिए । २०३६ सालको सडक कविताक्रान्तिले यिनीहरू मध्ये धेरैलाई एकाएक एकैचोटी चर्चामा ल्याएको थियो । नेपालको प्रजातान्त्रिक इतिहासमा त्यस आन्दोलनका लेखकहरूले कृष्ण धराबासी खेलेको भूमिकाको महत्व विशेष रूपमा रहेको छ । अशेषका कविता अरूकाभन्दा फरक लाग्छन् बिम्ब र प्रस्तुतिको प्रयोगले । उनका कविताको मुल्याङ्कन गर्दै डा. तारानाथ शर्मा लेख्छन्–‘उनी पुराकथाको प्रतीकलाई नयाँ अर्थ प्रदान गर्छन् । उनी नयाँ काव्यात्मक आयामको सगर्व आविष्कार गर्छन र नयाँ सम्भावनाका क्षितिजहरू उघार्छन् ।’ वास्तवमै अशेषका कविता उनकै पुस्ता बीच पनि अलग्गै चिनिन्छन् । उनका कवितामा अरूका कवितामा भन्दा बेग्लै प्रकारका शव्दविन्यास र वाक्य संयोजनहरू छन् । नाटकीय प्रस्तुतिले कविता स्वयं नै कुनै रङ्गमञ्चमा अभिनय गरिरहे झैं लाग्छन् । अशेषका कविताको शक्ति नै नाट्यमयता हो । उनी कालान्तरमा गएर एक सशक्त नाटककार र निर्देशक पनि भइसकेकै छन् । नाटकलाई सडकमा ल्याएर बन्द मञ्चबाट मुक्त गर्ने आन्दोलनको अगुवाई पनि उनैले गरे । कविताको सडक आन्दोलन अर्थात सडक कविताक्रान्तिबाट नाटकतिर फड्केका उनले नेपाली नाटकलाई रङ्गमञ्चीय प्रविधिहरूको बन्धनबाट मुक्त गरे । सर्वनाम नाट्य मण्डलीको नामबाट सुरु भएको त्यो नाट्य आन्दोलनले नेपाली दर्शकहरू बीच अनौठो तरङ्ग ल्याएको थियो । कवि बिष्णुविभु घिमिरे निर्देशक रहेको त्यस समुहमा अन्य धेरै समकालीन युवाहरू सक्रिय थिए जो आज पनि नाटकलाई नै आफ्रनो जीवनको प्रथम र अन्तिम यात्राका रूपमा लिएर काम गरिरहेका छन् । कवि बिष्णुविभु घिमिरे निर्देशक रहेको त्यस समुहमा अन्य धेरै समकालीन युवाहरू सक्रिय थिए जो आज पनि नाटकलाई नै आफ्रनो जीवनको प्रथम र अन्तिम यात्राका रूपमा लिएर काम गरिरहेका छन् । कवितामा समकालीन चेतना तीसको दशकको साझा विशेषता थियो । अधिकांश कविहरूले आफ्ना कवितामा राजनीतिक दवावका बिरूद्धमा आवाज उठाएका छन् । अशेषका कविताको लेखन मार्ग पनि त्यही हो । तर अरू कविहरूको लस्करमा उनलाई अलग देखाउने पनि उनकै कविताको शैली हो । विद्रोहलाई पनि शान्त प्रकारले उठाएर अशान्त प्रकारले प्रहार गर्ने उनको शैली नै उनी हुन् । उनका कवितामा अहिंसात्मक विद्रोह छ । क्रान्तिलाई पनि क्षेतिविहीन रूपमा सफल गराउने सपना देख्छन् उनी । उनका कविताले गाउँले जनजीवन, परिवेश, आर्थिक पारिवारिक स्थितिहरूको चित्रण र त्यहाँ भित्र दबिएर रहेको कुण्ठा र समस्यालाई ब्युँझाउँछन् । भावुकता उनका कविताको सबैभन्दा सफल पक्ष हो । उनका कवितामा बुद्धिपक्षभन्दा हृदयपक्ष बढी सक्रिय रहेको भेटिन्छ । उनी कवितालाई प्रेम र प्रणयको रुमानी संसारबाट निकालेर राजनीतिक र सामाजिक परिर्वतनको ध्वनी बनाउने कोसिस गर्छन । त्यसबेलाका अविवाहित युवक मन, मायाप्रेमका, ओठआँखाका, कम्मरनितम्बका रुमानी चित्रणहरूमा पनि हराउन सक्थे होला तर बौद्धिकताले थिचेको सचेत मानसिकताले हृदयको बाटोलाई पनि सामाजिक जीवनपद्दतिको खोजीमा नै समावेश गरेको बुझिन्छ । जोसिला र कडा शव्द र वाक्यसंगठनभन्दा सरल र बिम्बात्मक वाक्य रचनामा अशेषको सीप सजिएको देखिन्छ । कुनै विषयलाई सम्बोधन गर्नुपर्दा उनले त्यसलाई हेर्ने अाँखा अलग्गै टल्काउँछन् । जस्तैः – कविता लेख्न बिर्से के होला कहाँ पोख्ने आँसु दुख्ने घाउ अझ दुख्दो हो एकदम, हर्दम, मन कतै बिरानो जङ्गलमा पुग्दो हो र चिर्थोदो हो बाघका पञ्जाहरूले कविता छ र त आँसु पिइदिने कोही छ कविता छ र त मन बिसाउने चौतारी कहीं छ । (…………………) कवितालाई आमाको काख, प्रेमीको अङ्गालो वा अभिभावकको माया देखेका छन् उनले । जति दुःख, पीडा र व्यथाहरू छन् ती सबैलाई बिसाउने र मन हलुका बनाउने माध्यम नै कविता हो भन्छन् । कविताले नै जीवनको हार्दिक धरातलको प अशेष मल्ल हिचान गराउँछ भन्छन् । उनका कवितामा आउने पात्रहरू ठूलाठूला राजा महाराजा, धनीमानी सामन्त वा पुँजीपतिहरू छैनन् । बरू एकदम नै साधारण नागरिकहरू छन् । ‘तिनीहरूलाई’ शीर्षक कवितामा उनले सम्बोधन गरेका साना नानीहरूको चित्रणले मनलाई भित्रसम्म झसङ्ग हुने गरी छुन्छ । आँगनमा उफ्रिदै खेलिरहनु पर्ने, पुस्तक च्यापेर स्कूल जाँदै वा फर्किदै गर्नुपर्ने, केही सानातिना चकचक वा बिगार गरेर घर वा टोलछिमेकमा अभिभावकहरू बीच क्षेणिक तनाव उत्पन्न गराउनु पर्ने, तर उनीहरू गम्भीर छन् । किन गम्भीर छन् ? किन बूढाबूढी झैँ थोरै बोल्ने र धेरै गम्ने भएका छन् ? किन प्रकृति देखेर रमाउँदैनन् ? र व्यावहारले थिचिएका ऋणी पिताझैं झोक्राएका छन् ? भुराभुरीमै यसरी उनीहरू बूढाबूढी भएभने जीवनको रस फेरि समाजले कता खोज्नु होला ! ‘तिनीहरूलाई’ देखेर अशेष गम्भीर भएका छन् ।– किन यी एकतमासका नानीहरू पीडाजस्तै चुपचाप आवाज आँखाभरि बोक्दै मनमनका मौन स्वरहरू चिच्याइरहेछन् कि पैतालाका घाउ अझै निको भएका छैनन् तिनीहरूका कि कतै विश्वास खोज्दै अझै बस्ती पसेका बा आमाहरू फर्केका छैनन् तिनीहरूका ! बालकहरू अभिभावकको संरक्षणमा हुर्किन्छन् । अभिभावकका पीडाहरू नै उनीहरूका पनि पीडाहरू हुन् । जब अभिभावक नै विस्थापित छन्, बालकहरू कसरी खुसी हुन सक्छन् ? यहाँ यी ‘बालकहरू’ ले नेपाली जनताको बिम्बको काम गरेका छन् । नेपाली जनताको राजनीतिक, शैक्षिक, आर्थिक, बौद्धिक र सामाजिक स्तर एउटा बालकको जस्तै असहाय र परापेक्षी छ । आफैं केही गर्न नसक्ने अवस्थामा रहेको नेपाली जीवनको यो एक बिम्ब हो । अभिभावकको रूपमा रहेका परिवर्तनकामी शक्ति र चिन्तनहरू परदेश लागेका, भूमिगत भएका वा निर्वासन भोगिरहेका बेला जनताको स्वर असहाय रोगग्रस्त बालकको जस्तै हुन्छ नै । देशभित्र नृत्य गरिरहेको एकाधिकारबादी राज्यसत्ताको तानासाहीका अघि ‘निगुरमुन्टी’ भइरहेको आम जनता नै हुन् ‘तिनीहरू’ कविताको बालपात्र । टाढाबाट देखिएको राजधानी नजिक पुगेर हेर्दा त्यो त एउटा शताब्दी पुरानो प्रयोगहीन इनार मात्र थियो, जहाँ प्रशस्त पुरातात्विक महत्त्वका बस्तुहरू त थिए तर जीवन बाँच्नका लागि चाहिने अक्सिजन चाहिँ थिएन । ‘विश्वास खाुज्दै अर्कै बस्ती पसेका बाआमाहरू’ त राजधानी पो पुगेछन् । राजधानी जो उनीहरूले सुनेका हुन्, सोचेका हुन् । राजधानी जुन उनीहरूले बुझेका हुन् , कल्पना गरेका हुन् –के त्यही रहेछ त ? जब उनीहरू राजधानी पुगे– त्यो संरक्षक थिएन, राज्यसंचालक थिएन, जनता चिन्ने र बुझ्ने थिएन । राजधानी त आफैंमा एक महाअन्धकार पालेर गजधम्म बसेको थियो । जो यसभित्र पस्थ्यो कुनै ब्लाक होलमा पसेझैं हराउँथ्यो । राजधानी त चिसो र ठिहिर्याउँदो थियो । प्रत्येक व्यक्ति एक्लो र असहाय थियो । टाढाबाट देखिएको राजधानी नजिक पुगेर हेर्दा त्यो त एउटा शताब्दी पुरानो प्रयोगहीन इनार मात्र थियो, जहाँ प्रशस्त पुरातात्विक महत्त्वका बस्तुहरू त थिए तर जीवन बाँच्नका लागि चाहिने अक्सिजन चाहिँ थिएन । शीत ओच्छ्याएर, लौरो हराएको, काम्दै हातहरू, बिना आवाज ओठ चलाएर, उहिल्यै लिलाम भइसकेको, जस्ता शव्दावलीको चित्रणले राजधानीको स्वरुप आँखामा बिझाउन आउँछ । राजधानीको यो चित्रण राज्य संचालन गर्न बसेको सत्ताको यथार्थ अनुहार हो । जो आफैं यति विषक्त छ, त्यसले देशका कुनाकुनामा के अमृत छर्दो हो ! उनी लेख्छन्– ० यसपालि कुनै चिज महङ्गो भएको छैन किनभने बजारमा अभावबाहेक अरुथोक छैन त्यही अभाव खल्ती र झोलाभरि भरेर आऊ अनि अलिकति उसलाई देऊ अलिकति तिमी लेऊ । यो वर्ष तिमीहरू माया चपाएर बाँच ० छैनबाहेक ऊसंग अरू केही छैन केही र कोही नहुनुको अर्थ ऊ हो जसको केही नाम, थर र ठेगाना छैन ऊ त्यो हो यदि नामाकरण गर्नुपर्ने हो भने उसको नाम सायद अभाव हो । (अभाव) उनले कवितामा भनेको ‘यो वर्ष’ भनेको कुन वर्ष हो कविजी ? भनेर सोध्न मन लाग्छ । किनभने मायाबाहेक अरूथोक चपाएर बाँच्ने दिन नै आजसम्म कहिले आएको छ र ! प्रत्येक वर्ष, प्रत्येक दिन, महङ्गाइ र अभावले थिचिएर होचिंदो जीवनस्तर बानी परेको छ हामीलाई । हरेक दिनको युद्ध, अभाव र महङ्गीकै बिरुद्धको त हो । तर यो विरोधको आवाज जहिले पनि खोलाको गीत मात्र भएको छ । तीसको दशकतिर लेखिएको यो कविताले आज सत्तरीको दशकमा पनि उत्तिकै अर्थ पाएको छ, अभाव र गरिबीको आँगनमा उभिएर । दुःख पीडा र आँसुसंग मात्र आफूलाई सजिलो गरी भेट्छन् कवि । खास गरी बालक, बुढाबुढी, नारी र गाउँ उनका कविताले देखेका समस्याका केन्द्र रहेछन् । जस्तै– ‘मेरी आमाको आँखा ’ कवितामा लेख्छन् – त्यो आँखा जहाँ हरदिन वर्षादले छाइरहेको हुन्छ त्यसैमा पौडेर मैले धेरैपटक किनार भेट्ने गरेको छु त्यो आँखा मेरो विश्वासको सबभन्दा ठूलो आकास त्यो आँखा मेरो स्वतन्त्रताको आँखा मेरी आमाको आँखा मेरी वृद्ध आमाको वृद्ध आँखा । आँखासंग दृश्य र दृष्टि सम्बन्धित छन् । आँखै त हो जसबाट मानिसले जीवनका सबै चित्रहरू देख्दछ । खुसी, रमाइलो, हर्ष, उन्माद, जो मनपर्छ मान्छेलाई ती सबै भावहरू आँखैमा त हुन्छन् । आँखैबाट देखिन्छ संसारलाई पनि र आफूलाई पनि । तर कवि ती आँखा हराएको र तिनका ठाउँमा संवेदनहीन दृश्यपट जडिएको अनुभव गर्छन् । आमाका आँखा नै सबैभन्दा सुन्दर र प्यारा हुन्छन् । आमाकै आँखाले संसार हेर्ने कोसिस गर्छन संतान पनि । तर अव्यवस्ता र बिकृतिको–‘सूर्यको हजार किरणले भ्याउन नसक्ने कालो छायाँ’ का अघि आमा आँखाहरू सदा बगिरहन्छन्, पग्लिरहन्छन्, रोइरहन्छन् । हाम्रो समाज आमाका आँखाका आँसुले भिजेको समाज हो । भिजिरहेको समाज हो । ००० अशेषका कवितामा पाइने विद्रोह उनका समकालीन कविहरूको भन्दा भिन्दै पाराको देखिन्छ । देशभित्र रहेको वेथिति, विकृतिका विरुद्ध परिवर्तनकामी शक्तिको प्रतिक्षा गरिरहेको छ उनको एउटा कविता ‘एउटा कृष्णको आगमन पर्सिरहेछु ’ । युद्ध भनेको कुनैपनि परिर्वतनका लागि उठ्ने कुनैपनि आवाज हो । आवाजले परिवर्तन ल्याउन नसके कहिलेकाहिँ हतियार पनि उठ्छन् । युद्ध– मनको, बुद्धिको, हतियारको जेको पनि हुनसक्छ । तर युद्ध जुनसुकै होस्, त्यसले यथास्थितिलाई जित्नसक्नु पर्छ । अशेषले पर्खेको कृष्ण कुरुक्षेत्रको निष्ठुर र युद्धोचारी कृष्ण होइन । उनी त रक्तहीन क्रान्तिको संवाहक वा मानवतावादी परिवर्तनकामी शक्तिको बिम्ब बोकेको कृष्णको प्रतीक्षामा छन् । परिवर्तनका नाममा हुने हत्या, हिंसा र आतङ्कमाथि उनको विश्वास छैन । उनी भन्छन्– युद्धका लागि उसले तयार हुनुपर्छ युद्ध रगत पोखिएरै किन हुनुपर्यो युद्धमा गोली र बारुद नै किन पड्किनुपर्यो गान्धीयुद्ध पनि हुनसक्छ बुद्धयुद्ध पनि त हुनसक्छ विश्वास नथाकेर जुर्मुराउने युद्ध हो त्यो युद्ध हुनुपर्छ त्यो युद्ध उठ्नुपर्छ । मानवतामाथि नै विश्वास हराइसकेको युद्धले मानवताको संरक्षण गर्न सक्दैन । बाँच्नुकै विरुद्धको युद्धले जीवनको पक्षमा विजय गर्न सक्दैन । बाँच्न पाउने हकसहितको गान्धी वा बुद्धको जस्तो शान्तिपूर्ण युद्धले पनि त समाज परिवर्तन गर्न सकिन्छ । त्यस्तो युद्धले पनि त अधिनायक र तानासाहीलाई विस्थापित गर्न सकिन्छ । युद्ध त मानिसलाई बाँच्न र बँचाउन पो लडिन्छ । तर शान्तियुद्धको प्रस्ताव असफल हुँदै जाँदा कविभित्र पनि एकप्रकारको शक्तिविद्रोह जाग्न थालेको बुझिन्छ । उनी अर्काे कविता ‘अँध्यारोसंगको युद्ध’ मा भन्छन्– कमसेकम मेरो कोठामा अँध्यारा भित्तासम्म पनि उज्यालो आइदेवस् जसलाई म दृष्टिसंग साँट्न सकूँ हुन नसक्ने भए के म कोठाको भित्ता फोरुँ ? आफैंभित्र प्रश्न र विद्रोद उभिएको छ अलल्लिएर । युद्ध शान्तिपूर्ण ठीक कि सशस्त्र ! कविता अन्यौलमा छ । कविताको अन्यौलपक्ष कविभित्रको अनिर्णित स्थिति पनि हो । जे भए पनि युद्धको अनिवार्यता कविको मनले स्विकारी सकेको छ । विश्वास त्यसबेलासम्म सुरक्षित रहन्छ, जबसम्म त्यसको बाटो भएर अघि बढ्न सकिने आसा बाँकी रहन्छ । जब सबै आसाहरू निस्कृय हुन्छन् अनि पुर्वस्थापित कुनै आस्थाहरू पनि मानिसलाई आश्वासन दिइरहने आधार बन्न सक्दैनन् । ईश्वर मानिसको धेरै पुरानो साथी हो । हरेक आपतमा, एकलासमा, असहाय अवस्थामा आफ्नो अघि ठिङ्ग उभिएर उद्धार गर्ने मित्र हो त्यो विश्वास । हरेक समाज र सभ्यताले आ–आफ्नो ईश्वर बनाएको छ । तर जब कुनै प्रविधि वा शासनसत्ताको अत्याचारले मानवतालाई जित्न थाल्छ र त्यसबेला ईश्वर बोल्दैन अनि त्यो विश्वासले विदा लिन्छ । कवि देशको यस्तो अवस्था हुँदासम्म पनि नबोल्ने ईश्वरलाई निदाएको देखेर त्यस्तो ईश्वरप्रतिको अन्ध आस्थाबाट समाजलाई मुक्त गर्नुपर्ने आव्हान गर्छन् । ० भो, अब घर फर्क अबेर भइसक्यो कतिन्जेल भजन गाएर समय फालिरहन्छौ कतिन्जेल यो ढुङ्गालाई झकझकाएर ब्युँझाउन खोजिरहन्छौ । ० बुढीआमाले भाकल गर्ने चौतारीको ढुङ्गा ईश्वर हो भने अहिले ईश्वरको घरमा पहिरो गएको छ आमाले धुपअक्षता छर्किने पूजाकोठाको तस्वीर ईश्वर हो भने अहिले ईश्वरको छातीमा धमिरो लागेको छ (ईश्वर) मुल ईश्वरमाथि नै विश्वास हटिसकेपछि त्यसको बिम्बका अघि आराधना गर्नुको कुनै औचित्य नभएको अभिव्यक्ति छ यहाँ । कविमा आफूभित्र आध्यात्मिक आस्था मर्दै गएको अनुभूति उभिएको देखिन्छ । यथार्थामा यो अनुभूति समग्र नेपाली जीवनको अनुभूति हो । नेपाली समाजले राजालाई ईश्वरको अवतार मान्थ्यो । एउटा त्यस्तो विश्वास थियो तर जब राजाले देशमा भएको अन्याय अत्याचारको जिम्मेवारी लिन मानेन र आफूसमेत अत्याचारीको समूहमा गएर मिसियो अनि त्यो ईश्वर नभएर ढुङ्गोमा परिणत भयो । आज देशमा गणतन्त्र घोषणा भएको छ । ईश्वरको अवतार भनिएको राजसत्ता समाप्त भएको छ । आस्था टुटेपछि हरेक मानिसको मूर्ति ढुङ्गा मात्रै हुन्छ । अशेषको यो कविताले उसैबेला गणतन्त्रको सङ्केत गरिसकेको रहेछ । यति धेरै अव्यवस्था, अन्याय अत्याचार र निरङ्कुशताका बिरुद्ध उठिसक्नु पर्ने तर हामी कता हरायौं ! किन उठेनौं र निदाइरहयौं भनी पाठकलाई तिखो व्यङ्ग्यवाण हानेर झकझकाउने काम उनका कविताले बारम्बार गरेका छन् । २०३६ सालको जनमतसंग्रहको परिणामपछि प्रजातन्त्रवादीमा आएको जुन निरासा हो, त्यही प्रतिबिम्बित छ यो कवितामा– हामी निदाउने क्रममा थियौं र निदाउने बेलामा सबैले भनेका थियौं भोलि बिहानै उठौंला बादल हुरी बतास नलागे फेरि बाँकी बाटाहरू हिंडौला हामी हिंड्न छाडेर त्यस रात पिंडीमा सुतिरह्यौं थाहै भएन हामी कहिले उठ्यौं वा उठ्दै उठेनौं । सारै मार्मिक कविता छ यो । यसले हरेक पाठक मनलाई एकपल्ट पिरो गरी हान्छ । आफ्नो निरिहता, कमजोरी र दासतालाई सम्झाउँछ । भविष्यप्रति वेखबर रहेको र उत्तरदायित्वबाट पन्छिएको पशुत्वको बोध गराउँछ । हामीले उठ्नु र ब्युँझनुपर्ने कहिले हो, केका लागि हो र किन हो ? यसको यथार्थ अनुभूति गर्न जहिले पनि बाँकी नै देखिन्छ । आज गणतन्त्र स्थापना भइसक्दा पनि के हामी साँच्चै उठेका छौं त ? प्रश्न छ । यात्रा, हिंड्नु वा गतिमा विश्वास गर्छन अशेषका कविता । उनका अधिकाँश कवितामा गति छ । कतै पुग्ने चाहना, इच्छा र छटपटी छ । वास वा स्थगन उनलाई स्वीकार छैन ।’ थाहै भएन हामी कहिले उठ्यौं वा उठ्दै उठेनौं ।’ कवितामा सुतेकाहरूलाई ब्युँझाउँछन् अर्को कविता लेखेर– ० धेरै लामो भयो हाम्रो विश्राम उठेर हिंड्नुपर्ने थियो हिजो नै । हामीलाई छोडेर गएको बतास धेरै टाडा पुगिसकेको हुनुपर्छ हामीलाई हेरेर गएका पन्छीहरू धेरै टाडा सायद टाडा पुगेको हुनुपर्छ । ०हामी हिंड्नु पथ्यो हिजो नै र पुग्नु पथ्यो टुङ्गोमा धेरै लामो भयो हाम्रो विश्राम धेरै लामो भयो । (धेरै लामो भयो) वास्तवमा हामी जुन अवस्था र स्थितिमा छौं, हामी धेरै पछि छुटेका छौं । एक्काइसौं शताब्दिको यस प्रतिस्पर्धामा हामी कहाँ छौं ? केवल खाने र लगाउने मात्र युद्धमा छौं हामी । हामीले खानु र लाउनुभन्दा पर्तिर सोच्नै सकेका छैनौं तर यसबाटको मुक्ति पनि त हाम्रै प्रयत्नबाट मात्र संभव छ, होइन र ? उनका कवितामा भेटिएको विद्रोहको सबैभन्दा कडा स्वर यस्तो छ ।– ० ए ! काला सालिकहरू अब बन्द गर वंशावलीहरू बक्सिसका तक्मा र लालमोहरहरू अझै पनि सालिकका दृष्टिहरू क्षतविक्षत हुनै बाँकी छ सजग ! आवाजहरू सजग होऊ बन्दुकको सिरानी हालेर कोही ढुक्कले निदाउन सक्दैन । (मुक्तिका मुरलीहरू) त्यसो त अशेषका कवितामा आमा, पत्नी र छोरीहरू पनि छन् । प्रेम र प्रणयको कामना पनि छ तर, रुमानी प्रेम र प्रणय देखिदैन त्यहाँ । त्यो प्रेम र प्रणयमा पनि सामाजिक र राष्ट्रिय दायित्व सिधा उँभिएको भेटिन्छ । उनको भावुकतामा पनि एउटा जिम्मेदारी संधै पाले भएर उँभिएको हुन्छ । ‘सुहागरात’ कवितामा भन्छन् – तिमीलाई दुलही बनाएर भित्र्याउँदा एक्लै आउँछ्यौ भन्ने लागेको थियो तर तिमी एक्लै आइनौं एउटा जुलुस पनि बोकेर आयौ हातमा ल्पेकार्ड लिएको लामो जुलुस धेरै मूर्दाबाद र थोरै जिन्दाबादका ल्पेकार्ड धेरै बिरोध र थोरै समर्थनका ल्पेकार्ड के जुलुस मसंगै बस्छ ? विवाहको पहिलो सुहागरातमै अभाव र समस्याहरूको स्मृतिले मानसिकतालाई आक्रान्त पारेको छ । गरिबीले थिचेको हाम्रो अवस्थाको यो पीडादायी चित्रण हो । सबै थोक बिर्सिएर जीवनको पहिलो प्रणयको रातमा पनि मनभरी समस्या बोकेर एकअर्कालाई अँगाल्नुपर्ने स्थिति कति निरासाजनक छ ! प्रेम गर्न, माया गर्न पनि फुर्सद छैन । केही युद्धका केही शान्तिका राष्ट्रिय, अलिकति अन्तराष्ट्रिय भूगोल र केही इतिहास अखवार, रेडियो, चर्चा–विचर्चाका कुरा गरेर केही समय उब्रेछ भने तिमीलाई माया गरुँला केही क्रान्तिका टिप्पणी लेख्दै, पढ्दै, मेट्दै भैगो, यो पनि किन र ! प्रेमिकासंग वा पत्नीसंग माया गर्न पनि फुर्सद चाहिएको छ । हामीलाई गाँजेर ल्याएको सामाजिक र राष्ट्रिय चेतनाले निजात्मकतालाई समेत नियोजित गरेको छ । पत्नीलाई सम्झिदाको चित्रण पनि भावुकताले भरिएकै छ । जस्तै– तिमी नभएपछि कोठामा केही पनि हुँदैन भित्ता, दराज, पुस्तक, तस्वीर केही पनि हुँदैन तिमी नभएपछि कोठामा कोठा स्वयं पनि हुँदैन । (तिमी नभएपछि) घरमा पत्नीको अर्थ र उपस्थिति खोज्छन् उनी । आफूभित्रै हुन्छ तिनको उपस्थिति । भित्रकै लागि बाहिर खोजिएको त्यसरी । अशेषले आफ्ना कवितामा नारीको जीवनलाई सारै मार्मिक पाराले खिचेका छन् । ग्रामीण महिलाको जीवनको यथार्थ रूप यो कविता हो । आज पनि हाम्रा नारीहरू यस अवस्थाबाट मुक्त छैनन् । उनी लेख्छन्– घाँसको पहाड पिठ्युमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकीछे उकालो नाम सोध्दा थाहा छैन भन्छे । ० चुला, जङ्गल, कुवा र गोठका स्कुलमा कसौडी, गाग्री, घाँस र दाउराका अक्षरहरू पढ्दै जीवनको परीक्षामा हाम फालेर सँधै अनुत्तीर्ण, आफैंलाई बिर्सेकी थकित् अविश्रान्त यात्रामा हिडेकी नाम सोध्दा थाहा छैन भन्छे । (नाम सोध्दा थाहा छैन भन्छे) नामबिनै, परिचयबिनै सारा जिन्दगी बाँचिरहेका हाम्रा आमा, दिदीबहिनीहरूको जिन्दगीको तस्वीर हो यो । अनाम जिन्दगीको सशक्त चित्र । पत्नी, प्रेमिका, छोरी र नारीका बारेमा उठेको उनको कलमले रुमानी भावुकता र प्रणयचेतको हैन जीवनको कारुणिक पक्षकै प्रतिनिधित्व गरेका छन् । उनका कुनै कविताले पनि हाँसो, रमाइलो र उज्यालो पोख्न सकेका छैनन् । गम्भीरता अशेषका कविताका विशेषता हुन् । उनका अरू समकालीन कविहरूका जस्ता कडा विद्रोहका नारा र स्वर पनि सुनिदैन । विध्वंश र विनासका प्रस्ताव पनि देखिदैनन् । सन्तुष्टिका सानातिना बिसौनीहरू पनि छैनन् । मसिनो र भलाद्मी स्वरमा यथास्थितिका बिरुद्ध निरन्तर यात्राको डेगिलो पाइला उचाल्छन् उनका कविताले । कविताका अधिकाँश भावनाहरू मानवअधिकार प्राप्ति र गरिबीबाट मुक्तिका निम्ति सशक्त भएर उभिएका छन् । अधिकांश कवितामा मुक्तिको चेतना प्रवल छ । प्रायः सबै कविताले यथास्थिति र गतिहिनताका विरुद्ध यात्राको प्रस्ताव गरेका छन् । हिंड्नु पर्ने र हिंडिहाल्नुपर्ने हतारो बोकेका छन् मनमा । तर मनमा मात्र छ–यात्रामा छैन । बास बसेको, अल्छी गरेको, निदाएको, प्रवृत्तिको चित्रणमा धेरै पृष्ठ खर्च भएका छन् । प्रायः सबै कविता देशप्रति चिन्तित छन् । राष्ट्रियता र प्रजातन्त्रका लागि छटपटाएका छन् । कविताका अधिकाँश भावनाहरू मानवअधिकार प्राप्ति र गरिबीबाट मुक्तिका निम्ति सशक्त भएर उभिएका छन् । सन्देशमुलक र उर्जाशील भए पनि उनका कवितामा एकरसताको कमजोरी देखिन्छ । प्रत्येक कविताले उस्तैउस्तै खाले विचारहरू सम्प्रेषित गरेकाले पढ्ने रुचीमा बाधा पनि उत्पन्न भएको आभाष हुन्छ । यस्तो हुनुमा उनका यी कविताहरूको काललाई फेरि एकपल्ट सम्झेर हेर्नुपर्छ । त्यो काल भनेको प्रजातन्त्रले हारेको निराशाजनक काल थियो । त्यसकालका अधिकांश कविहरूका कविताको धार नै यही थियो । #कृष्ण धरावासी नेपाली गुरुहरूको भाषा शुद्ध हुनुपर्छ कि पर्दैन ?: उठानः नेपालमा सबैभन्दा बढ्ता बोलिने, लेखिने, पढिने र प्रकाशन गरिने भाषा नेपाली नै हो । यही भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ । अन्तरराष्ट्रिय ठानिएको अङ्ग्रेजी भाषासँगै नेपाली भाषा पनि प्रारम्भिक कक्षादेखि माध्यमिक तहसम्म अनिवार्य विषयका रूपमा सबैले पढ्दै आएका छन् तर अन्य धेरैजसो विषय अङ्ग्रेजी माध्यमबाट पढाइने र नेपाली विषय मात्र नेपाली माध्यमबाट पढाइने गरिएकाले हाम्रा विद्यार्थीहरू नेपाली विषयमा विद्यालय तहदेखि नै कमजोर हुँदै गएका हुन् । त्यसका अतिरिक्त कतिपय संस्थागत विद्यालयहरूले नेपाली विषयको कक्षाबाहेक अरू बेला विद्यालयभित्र नेपाली बोलेमा जरिवाना तिराउने दुष्प्रवृत्तिले गर्दा पनि विद्यार्थीका मनमा नेपाली भाषाप्रति बाल्यकालदेखि नै वितृष्णा पैदा भइरहेको हुन्छ । त्यसका साथै हामी धेरैजसो अभिभावकले पनि आफ्ना बालबच्चाले अङ्ग्रेजी राम्रोसँग बोल्न र लेख्न सकून् भन्ने चाहना राख्छौँ । जसका कारण पनि हाम्रा विद्यार्थी नेपालीमा कमजोर हुँदै गएका हुन् । तिनै कमजोर विद्यार्थीले जसोतसो गरेर उच्च शिक्षा हासिल गरी नेपाली विषय शिक्षकको जिम्मेवारी पनि सम्हाल्न पुग्छन् तर उनीहरूका मनमा नेपाली भाषाप्रति सच्चा सम्मानभावको उदय नै हुन सकिरहेको हुँदैन । यस परिस्थितिमा हामी र हामीजस्ता नेपाली गुरुहरूको भाषा शुद्ध हुन नसक्नु स्वाभाविक हो तापनि हामी आफैले आफ्ना गुरु र आफ्नो समेत आलोचना गर्दै भाषिक शुद्धताका बारेमा सचेत भइरहनु आवश्यक छ । प्रा. मोहनराज शर्माको अनुनासिक लेखिने त्रुटिपूर्ण नियमको पुनरावृत्ति: भाषाविज्ञानका दृष्टिले नेपाली भाषा र व्याकरणलाई नयाँ पद्धतिमा डोऱ्याउनका लागि प्रा. मोहनराज शर्माले दिएको योगदान महत्त्वपूर्ण र अविस्मरणीय छ । उनको ‘शब्दरचना र वर्णविन्यास’ नामक पुस्तक २०३६ सालदेखि दुई दशकभन्दा बढ्ता आदर्श र मानक नेपाली व्याकरण मानेर पछ्याउने शिक्षक र विद्यार्थीहरू धेरै भए । त्यसमा उल्लिखित अनुनासिक वा चन्द्रविन्दु लेखिने ठाउँहरूको विवरण नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०७१ मा प्रकाशित ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ नामक पुस्तकको पृष्ठ ५१५ मा पुनरावृत्ति भएको छ । त्यसमा विशेष गरी डिकामाथि ई, ए, ओ र औ मात्रा नभएमा अनुनासिक वा चन्द्रविन्दु लगाउने र डिकामाथि ई, ए, ओ र औ मात्रा लागेमा शिरविन्दुको प्रयोग गर्नुपर्छ भन्ने आशयको नियम उल्लेख गरिएको छ । तदनुसार अँगार, हाँडी, सुँगुर, आएँ, हेरुँला, गाउँछ जस्ता शब्दमा मात्र चन्द्रविन्दु लगाउने र ढिंडो, गैंडा, छामें, गयौं, समातौंला, छौं आदिमा शिरविन्दु लगाउन निर्देश गरिएको छ । शीर्षकमा ‘अनुनासिक लेखिने ठाउँ’ भनेर उदाहरणमा अनुस्वारसमेत लेखिने शब्दहरू दिनु युक्तिसङ्गत देखिँदैन । तसर्थ डिकामाथि मात्रा लागे पनि गैँडा, छौँ जस्ता शब्दमा चन्द्रविन्दुको प्रयोग गर्नु युक्तिसङ्गत देखिन्छ । अपवादका रूपमा ‘तपाईं’ शब्दमा दीर्घ ईकारसँग चन्द्रविन्दु स्पष्ट नदेखिने भएकाले शिरविन्दु लगाउन सकिन्छ भने अन्य मात्रा लागेका शब्दमा मात्रा नदेखिने फन्टको प्रयोगबाट बचेर मात्रा देखिने फन्टको प्रयोग गर्नु उपयुक्त हुन्छ । उक्त पुस्तकमा अनुनासिक लाग्ने शब्दकै चर्चा गर्ने क्रममा ‘देखाउँनेछ, देखाउँनेछौ, देखाउँनेछु, देखाउँनेछौं, देखाउँनेछस्’ जस्ता शब्दमा समेत उकारमाथि चन्द्रविन्दु लगाइएको छ । वास्तवमा नेपालीमा छ, थ र द आदिमा हुने प्रत्यय पछाडि भएमा मात्र धात्वन्त उकारका ठाउँमा चन्द्रविन्दुको आगम हुन्छ । त्यसैले गाउँछ, गाउँथ्यो, गाउँदै जस्ता शब्दमा चन्द्रविन्दु स्वाभाविक भए पनि ‘न’ आदिमा हुने प्रत्यय पछाडि भएमा चन्द्रविन्दुको आगम अस्वाभाविक भएकाले उपर्युक्त ‘देखाउँनेछ’ जस्ता उदाहरणहरू अनुपयुक्त ठहरिन्छन् । मोहनराज शर्मा गुरुकै त्रुटिपूर्ण नियमको हुबहु अनुकरण गर्दै जाँदा केही नेपाली गुरु र लेखकका लेखहरूमा समेत ‘देखाउँनेछ’ जस्ता अनुपयुक्त शब्दहरूको पुनरावृत्ति भइरहेको देख्न सकिन्छ । प्रा.डा. हेमाङ्गराज अधिकारीको लेखमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू: प्रा.डा. हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणका क्षेत्रमा सक्रिय भाषाविशेषज्ञ हुन् । जसले बढ्ता काम गर्छ त्यसको बढ्ता आलोचना हुनु पनि अस्वाभाविक होइन । नेपाली वर्णविन्यासका क्षेत्रमा नयाँ धारको नेतृत्व गर्दै आएका कारण उनको बढ्ता आलोचना पनि हुँदै आएको छ । उनले आफ्नै मान्यताका आधारमा आफ्नो नामलाई ‘हेमाङ्ग राज अधिकारी’ भनी पदवियोग गरेर लेख्न रुचाउँछन् । ‘हेमाङ्गराज’ तत्सम शब्द हो र तत्सम शब्दको वर्णविन्यास संस्कृतकै नियमानुसार हुन्छ भन्ने कुरामा पनि उनको विमति देखिँदैन तर ‘हेमाङ्गराज’ शब्दलाई पदवियोग गरी लेख्नुको आधार भने पाठकहरूले प्राप्त गर्न सकेका छैनन् । यसरी पदवियोग गरेर लेख्ता ‘राज’ शब्दको अर्थ पनि समन्वय हुन सक्तैन । उनले लेखेको ‘भाषा शिक्षणका लागि रचनामुखी व्याकरणको खोजी’ शीर्षकको लेख शत्रुघ्नप्रसाद गुप्ताले फेसबुकमा राखेका छन् । उक्त लेखमा ‘भाषाका बारेमा’ तिर्यक् कारकको प्रयाग हुनुपर्नेमा ‘भाषाको बारेमा’ भएको छ । त्यसैगरी मद्दत, हरू, भर्खर, बिस्तार बिस्तार, छुट्ट्याउने र आवाज हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः मदत, हरु, भरखर, विस्तार विस्तार, छुट्याउने र आबाज शब्दहरूको प्रयोग गरिएको छ । सर्वसाधारण लेखकका लेखमा यस किसिमका भाषिक कसरहरू रहनु सामान्य ठान्न सकिएला तर नेपाली भाषाका विशेषज्ञ अग्रज गुरुका लेखमा यस्ता भाषिक त्रुटिहरू रहनुलाई सामान्य कमजोरी मान्न सकिँदैन । यस लेखमा नयाँ धारको वर्णविन्यास प्रयोग गरिएका कारण पुराना धारका पाठकलाई अप्ठ्यारो लाग्नु अस्वाभाविक होइन तर उपर्युक्त भाषिक कमजोरीहरू भने नयाँ र पुराना दुवै धारका दृष्टिमा कमजोरी नै ठानिन्छन् । प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको निबन्धमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू: ‘बृहत् नेपाली शब्दकोश’ (२०६०) को सम्पादन सहयोगीदेखि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्षमा रहेर त्रुटिपूर्ण ‘बृहत् नेपाली शब्दकोश’ (२०७२) को खारेजी र पाठ्यपुस्तकहरूमा अन्योल रहेको वर्णविन्यासलाई निराकरण गर्ने दिशामा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले पुऱ्याएको नेतृत्वदायी भाषिक योगदान स्मरणीय छ । यसरी भाषिक शुद्धताको नेतृत्व वहन गरिरहेका भाषाविशेषज्ञ अग्रज गुरुहरूका लेखरचनामा पाठकहरूले भाषिक त्रुटिहरू नरहिदिऊन् भन्ने अपेक्षा राख्नु अस्वाभाविक होइन तर २०७७ श्रावण १६ गते ‘बिआरटी नेपाल डट कम’ नामक अनलाइन पत्रिकामा प्रकाशित ‘खामरण अनसन’ शीर्षकको व्यङ्ग्य निबन्धको शीर्षकमै त्रुटिपूर्ण शब्दको प्रयोग भएको देखिन्छ । शीर्षकमै मात्र गल्ती भएको रहेनछ, निबन्धभरि ५७ ठाउँमा प्रयोग गरिएको ‘अनसन’ शब्दको अर्थ कुनै शब्दकोशमा भेटिँदैन । अनलाइन पत्रिकामा युनिकोडमा प्रकाशन हुँदा फन्ट नै बदलिएर ‘अनसन’ भएको पो हो कि भन्न पनि सकिँदैन र लेखक स्वयंद्वारा फेसबुकमा सेयर गर्दा पनि ‘अनसन’ शब्दको प्रयोग गरिएको छ । ११६ ओटा टिप्पणीहरू आउँदा एकजनाद्वारा मात्र ‘अनशन’ शब्दको प्रयोग गरिएको र १२ जनाले सेयर गर्दा पनि एकजनाद्वारा मात्र ‘अनशन’ शब्दको प्रयोग भएको देखिन्छ तर ‘हार्दिक धन्यवाद’को प्रत्युत्तर दिइरहँदा ती दुई जनाद्वारा प्रयुक्त ‘अनशन’ शब्दले लेखकको ध्यान आकृष्ट गर्न सकेको देखिँदैन । यसका आधारमा आहारत्याग वा उपवासका सन्दर्भमा लेखकले ‘अनशन’ शब्दको सट्टा अनुपयुक्त ‘अनसन’ शब्दको प्रयोग गर्न रुचाएको बुझिन्छ । संस्कृत पृष्ठभूमिको अध्ययनबाट विमुख हुँदा यस किसिमको असावधानी हुनु स्वाभाविक मानिए पनि वरिष्ठ भाषाविशेषज्ञले सार्थक ‘अनशन’ शब्दको सट्टा निरर्थक ‘अनसन’ शब्दको प्रयोगबाट बच्न प्रयास गर्नु आवश्यक छ । ‘अनशन’ शब्दका साथै सोही लेखमा हुन त हुनुपर्नेमा हुनत, भइहाल्छ र भइहाल्थ्यो हुनुपर्नेमा भैहाल्छ र भैहाल्थ्यो, नित्यक्रियामा समेत हुनुपर्नेमा नियत्यक्रियामासमेत, हिँडे हुनुपर्नेमा हिंडे, जान पाऊँ हुनुपर्नेमा जानपाऊँ, वर्षौं हुनुपर्नेमा वर्षौ, पार्टी कार्यालय हुनुपर्नेमा पाटी कार्यालय, आफू हुनुपर्नेमा आफु, एकवर्ष, एकदिन र एकसूत्रीय हुनुपर्नेमा एक वर्ष, एक दिन र एक सूत्रीय, निर्लज्ज हुनुपर्नेमा निर्र्लज्ज, क्यारे हुनुपर्नेमा क्या रे, होइन हुनुपर्नेमा हैन, सांसद हुनुपर्नेमा सांसद्, बूढीकन्या हुनुपर्नेमा बुढीकन्या, करङ हुनुपर्नेमा करङ् र राति हुनुपर्नेमा राती शब्दको प्रयोग गरिएको छ । ‘दो’ कृत् प्रत्यय लागेका शब्दका साथमा ‘छ’ क्रियापदको पदवियोग हुनुपर्नेमा हुँदोछ, बढ्दोछ जस्ता शब्दको समेत प्रयोग गरिएको छ । सामान्य लेखकका लेखमा यस किसिमका त्रुटिहरू रहनु आश्चर्यको कुरा नभए पनि नेपाली भाषाविशेषज्ञकै लेखमा यस किसिमका त्रुटिहरू पाठकका लागि क्षम्य मानिँदैनन् । फेसबुकमा राखिएको लेख पढ्ने र टिप्पणी गर्नेमध्येमा नेपाली विषयकै प्राध्यापकहरूसमेत भए पनि उनीहरूको ध्यान व्यङ्ग्यतिर गयो तर भाषिक त्रुटिहरूतिर जान सकेन । यसरी भाषाविद्का लेखनमा विद्यमान त्रुटिहरूप्रति आँखा चिम्लिँदै जाने हो भने यस्तै लेखमा प्रयोग गरिएका शब्दलाई मानक वा शुद्ध शब्द ठानेर सर्वसाधारण प्रयोक्ताहरूले अनुकरण गर्दै जाँदा नेपाली भाषामा शुद्धता कायम गर्न निकै कठिनाइ उत्पन्न हुनेछ । तसर्थ यस्ता लेखहरूमा विद्यमान त्रुटिहरू निराकरण गर्दै जाने दिशामा लेखक स्वयं र प्रबुद्ध पाठकहरूको समेत बेलैमा ध्यान जानु आवश्यक देखिन्छ । सहप्रा. डा. धनप्रसाद सुवेदीको लेखमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू: पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत सहप्राध्यापक डा. धनप्रसाद सुवेदीको पनि नेपाली भाषा–व्याकरणका क्षेत्रमा विशेष योगदान रहेको छ । भाषाविशेषज्ञ र पाठ्यपुस्तक लेखकका रूपमा सुपरिचित उनका लेखरचनाहरूमा पनि भाषिक त्रुटिहरू हुँदैनन् भन्ने अपेक्षा पाठकहरूले राखिरहेका हुन्छन् तर यस्ता लेखकका लेखरचनामा पनि भाषिक त्रुटिहरू हुन्छन् भनेर पाठकहरू सचेत हुनु आवश्यक छ । घनश्याम ढकाल स्मृतिग्रन्थमा प्रकाशित ‘घनश्याम ढकालका उपन्यासमा जनयुद्ध’ शीर्षकको उनको ‘लेख नेपाली समालोचना डट कम’ नामक अनलाइन पत्रिकामा समेत सन् २०२० जुलाई ३० मा प्रकाशित भएको छ । लेखको प्रारम्भमै लेखकको पद ‘सहप्राध्यापक’ हुनुपर्नेमा ‘सह प्राध्यायपक’ भएको छ भने ‘मार्क्सवादी’ हुनुपर्नेमा ‘माक्र्सवादी’ पनि उल्लेख गरिएको छ । नामको वर्णविन्यास जसरी गरे पनि हुन्छ भन्ने बेथिति बढेकै कारण ‘वसन्त’ हुनुपर्नेमा बसन्त भएको छ । षड्यन्त्र, विस्तार, अन्याय, न्युटन, दशक, महत्त्व, रणनीतिक, भन्डाफोर, उपन्यासले, महान्, राष्ट्रियताको, नउठाई, एक ठाउँमा, तत्त्व, सुरु, स्थापनाका लागि, दुष्प्रचार, खतरा, अरू, युगयुगसम्म, हो तर, नाङ्गो, उत्रँदैछौँ, शोषित, सिकार, जनपरिषद्, शोषणका, चित्रण, छ तर, ग्रामीण र वन्दना उल्लेख हुनुपर्नेमा यिनको सट्टा क्रमशः षडयन्त्र, बिस्तार, अत्याय, न्यूटन, दसक, महत्व, रणनैतिक, भण्डाफोर, उपन्यासमले, महान, राष्ट्रियताकोद्ध, नउठाइ, एक ठाउँ, तत्व, शुरु, स्थापनाको लागि, दुस्प्रचार, खतारा, अरु, युगयुग सम्म, हो, तर, नांगो, उत्रदैछौं, शिोषत, शिकार, जनपरिषद, शोषणको, चित्रण, छ, तर, ग्रामाीण र बन्दना वर्णविन्यासगत त्रुटिपूर्ण शब्दको प्रयोग गरिएको छ । नेपाली पाठ्यपुस्तकका लेखक र नेपाली भाषाकै क्षेत्रमा बढ्ता योगदान दिइरहेका अग्रज गुरुका लेखमा यस किसिमका भाषिक त्रुटिहरू रहँदै जाँदा पाठकहरूमा पर्ने नकारात्मक प्रभावका बारेमा लेखकले विचार पुऱ्याउनु जरुरी छ । जन्मवंशको जस्तो विद्यावंशको पनि उन्नति र विस्तारका लागि चेलाचेलीले आफूभन्दा बढ्ता जानून् भन्ने चाहना राख्ने गुरुहरू नै सदैव जीवन्त रहन्छन् र उनीहरूको विद्यावंश पनि सदैव जीवन्त रहन सक्छ । के गुरुहरूका भाषिक त्रुटिहरू औँल्याउनु अपराध हो ? विद्यार्थीरूले मात्र होइन गुरुहरूले पनि सदैव विद्यार्थीले जस्तै सिकिरहने चाहना राख्नुपर्छ किनभने आफ्नो ज्ञानरूपी फलाममा खिया लाग्न नदिन र आफ्नो ज्ञानरूपी हतियारको धार तीखो बनाइरहनका लागि गुरुहरू सदैव अध्ययनशील बन्नुपर्छ । ‘शिष्यादिच्छेत् पराजयम्’ अर्थात् हरेक गुरुले आफ्ना चेलाचेलीबाट पराजित हुने आकाङ्क्षा राख्नुपर्छ । जन्मवंशको जस्तो विद्यावंशको पनि उन्नति र विस्तारका लागि चेलाचेलीले आफूभन्दा बढ्ता जानून् भन्ने चाहना राख्ने गुरुहरू नै सदैव जीवन्त रहन्छन् र उनीहरूको विद्यावंश पनि सदैव जीवन्त रहन सक्छ । त्यस्तै चेलाचेलीले आफ्ना गुरुहरूका त्रुटिहरू औँल्याउने हिम्मत गर्छन् र त्यस्ता गुरुहरू नै आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्न चाहन्छन् । ‘दोषा वाच्या गुरोरपि’ अर्थात् गुरुका दोष वा त्रुटिहरू पनि बताउनुपर्छ भन्ने कुरा उल्लेख गर्दा ‘संस्कृतका जडसूत्रवादीहरूलाई नेपाली भाषाको मर्म के थाहा ?’ भनेर औँला ठड्याउनेहरू पनि नेपाली भाषाका क्षेत्रमा नभेटिएलान् भन्न सकिन्न । आज कुनै आफ्ना चेलाचेलीले र सहकर्मी साथीहरूले गुरुका दोषहरू ढाकछोप गरिदिँदै गए भने लिखित सामग्रीका त्रुटिपूर्ण प्रयोगहरूलाई भोलि कुनै न कुनै सचेत प्रयोक्ताले अवश्य पनि औँल्याउनेछ भन्ने कुराको गम्भीर चिन्तन र मनन गर्न सकेका खण्डमा हाम्रा गुरुहरूले आफ्ना त्रुटिहरू औँल्याइदिने चेलाचेलीहरूलाई अपराधी ठान्ने छैनन् र चेलाचेलीहरू पनि गुरुका त्रुटिहरू औँल्याउनु अपराध होइन, कर्तव्य हो भन्ने ठानेर भाषाको चिन्तनमा अग्रसर हुन सक्नेछन् । बैठानः मुहानको पानी सङ्लिए धाराको पानी सङ्लिने कुरालाई हृदयङ्गम गरी हाम्रा वरिष्ठ भाषाविशेषज्ञ गुरुहरूको भाषा त्रुटिरहित हुन सक्यो र समयसमयमा नियमका नाममा जारी गरिने निर्देशनहरू आधारहीन अवस्थाबाट मुक्त हुन सके भने हामीजस्ता कनिष्ठ गुरुहरूको भाषा पनि त्रुटिरहित हुन सम्भव छ । साथै हामी कनिष्ठ गुरुहरूले पनि आफूलाई शङ्का लागेका ठाउँमा आफ्नै सहकर्मी साथीलाई र आफ्ना वरिष्ठ गुरुहरूलाई सोध्न अनि आफै त्यस्ता शङ्काको समाधान गर्नका लागि अध्ययन–अनुसन्धानमा प्रवृत्त हुन सक्यौँ भने ‘नेपाली गुरुहरूकै भाषा त्रुटिपूर्ण छ भने हाम्रो भाषा कसरी त्रुटिरहित हुन सक्छ र ?’ भनेर नेपाली भाषाका प्रयोक्ताहरूले गुनासो गर्ने नै थिएनन् । #डा. मतिप्रसाद ढकाल मैले चिनेको रूपचन्द्र बिष्टः एक दार्शनिक: १. विक्रम संवत् २०३० सालमा मैले एस. एल. सी. परीक्षा दिएको थिएँ । एस. एल. सी. परीक्षापछि परीक्षाफल कुर्नुबाहेक केही काम हुँदैनथ्यो । त्यो बिदाको समयमा अहिले कम्प्युटर सिक्न गए जस्तै टाइपराटरमा टाइप गर्ने, अंग्रजी भाषा सिक्ने, वा आफूलाई मन परेको गीत गाउन सिक्ने, आदि चलन थियो । म पनि यस्तै यस्तै सिकाइमा थिएँ । मेरो छिमेकमा एक जना दाजु काठमाडौं वीरगञ्ज चल्ने मालगाडी चलाउनु हुन्थ्यो । उहाँले वीरगंज घुम्न जाने हो भनेर सोध्नु भयो, मैले खुसी हुँदै स्वीकारें । उहाँले चलाउने गाडीको अगाडि सिटमा राखेर बाइरोडको बाटो अर्थात् थानकोट, खानीखोला, सातघुम्ती , टिस्टुंग, पालुंग, दामन, सिम भन्ज्यांग, अघोर, महावीर, हेटौंडा, अमलेखगञ्ज, सिमरा, परवानीपुर वीरगञ्ज, रक्सौल ठाउँ ठाउँमा रोक्दै देखाउँदै लैजानु भयो । त्यो मेरो जीवनको पहिलो यात्रा मात्र नभई रक्सौलसम्म पुगेको हुनाले पहिलो विदेश यात्रा पनि थियो । यताबाट प्रायः गाडीहरू खाली जान्थे भने उताबाट सामानको भारीसहित आउथे । ती दाजुले फर्केर आउँदा मलाई दामन टावर देखाउन लैजानु भयो । दामन चिसो ठाउँ त थियो नै ,हुस्सु लागेको थियो । एक जना अग्लो मान्छेले हातमा टिकट थमाइदिए , त्यही लिएर दामन टावर चढियो । त्यतिखेरै मलाई लैजाने दाइले भन्नुभयो- यही हो रूपचन्द्र बिष्ट । यसरी पहिलोपल्ट रूपचन्द्र बिष्ट को हुन् भन्ने नबुझ्दै यसरी चिनेको थिएँ । २. नैकाप घर थियो, कुनै न कुनै कामले थानकोट गइरहनु पथ्र्यो । कालिमाटी, सुन्धारा त हाम्रो सहर आउने मूलबाटो नै थियो । सुन्धारा हाल सिभिल मल भएतर्फ बाइरोड जाने बस पाइन्थ्यो, बसको टिकट काउन्टर पनि त्यहीँ नै थियो । सबैजसो बस काउण्टरमा एउटा चित्रसहितको साइन बोर्ड हुन्थ्यो । त्यो चित्र हुन्थ्यो दामनको सडक र भ्यूटावरको । सबैले लामो दूरीको बस चढ्न जाने ठाउँ नै सुन्धारा थियो । त्यतिखेर ती भारतीय गाडीमा टाटा होइन मर्सिडीज कम्पनीको लोगो हुन्थ्यो । एकताका ती लामो दूरीको सबैजसो बसको निधारमा ‘थाहा’ लेखियो । किन लेखियो ‘थाहा’ के हो त थाहा थिएन । तर जताततै ‘थाहा’ले आतंकित पारेको थियो । थाहाको त्यो प्रचार अहिलेको कुनै बहुरार्ष्ट्रिय कम्पनीको विज्ञापनभन्दा कम थिएन । साधारण मानिसहरू ‘के हो थाहा ?’ भनेर सोध्थे । बुझ्नेले अर्थ बुझ्थे होलान् । नबुझ्नेले यही रूपचन रूपचन्द्रलाई मान्छेहरूले बोलाउने सजिलो नाम होला भन्थे । समय यति खुकुलो थिएन । हाम्रो टोल छिमेकमा हामीभन्दा उमेरदार दाजुहरू प्रतिबन्धित राजनीतिका कुरा गर्न नै डराउँथे । पुलिसको दबदबा चर्को थियो । एउटा पासपोर्ट लिन छ महिना लाग्थ्यो । त्यसका लागि पुलिसको गोप्य रिपोर्ट सम्बन्धित ठाउँमा पुगेपछि मात्र पाइन्थ्यो । त्यतिबेला यो थाहामय बसहरू मेरा लागि एक अनौठो रोमान्चकारी जानकारी मात्र थियो । ३. नैकापमा कार्की थरका छिमेकी काकाको घरमा बिहेको भोज थियो । पहिले बिहे भोज अहिले जस्तो पार्टी पालेसमा हुने होइन । सकेसम्म आफ्नो आँगन र सँगै जोडिएको बारीका पाटामा हुन्थ्यो । अहिले जस्तो, किसिम किसिमका खानाका प्रकार पनि हुँदैनथ्यो । साधारण खाना नै हुन्थ्यो । काकाले मेरो राजनैतिक र अक्षर चिनाउने गुरु पनि उहाँ नै हुनुहुन्छ भनेर सबैलाइ चिनाउनु भयो । रूपचन्द्र बिष्ट आफ्ना चेलाको घरमा आउनुभएको रहेछ । उहाँले कुनै बेला नैकापको मंगल प्राथमिक विद्यालयमा पढाउनुभएको रहेछ । ती काका त्यतिबेलैका चेला हुनुहुँदो रहेछ । स्नेह सायमि ४. रुदानेले राष्टिय पञ्चायतमा फलानो फलानो कुरामा थाहा चाहियो भने रे भनेर खुब सुनियो । के थाहा के थाहा । तर हामीले पनि बोलीचालीमा थाहा चाहियो भनेर भन्थ्यौँ । थाहा चाहियो भन्नु एउटा थेगो जस्तो भएको थियो । ५. रुदानेलाइ मैले चिन्न थालेँ, मैले पो चिनेँ उनले चिन्ने सम्भावना त थिएन । रुदानेलाई थाहा लेखिएको स्कूटरमा देखिन थाले । सबैलाई तँ भन्थे । भाते भन्थे । नेपालीमा भाते भनेर गाली गर्ने पनि चलन थियो त्यतिबेला , तर उनको भातेको अर्थ हुन्थ्यो भातै खानका लागि जिउने र दास हुने मान्छे । के गरी खान्छस्, दालभात भन्दा माथि उठ भन्ने उनको आक्रोशपूर्ण सन्देश हुन्थ्यो । सम्भवतः मानिसहरूको सोच एक्लै खाउँ पिउँ भन्ने भयो, आफैँ खान लाउन त पशुले मात्रै गर्छ, त्योभन्दा माथि उठ भन्ने उनको भनाइ थियो । ६. मैले रूपचन्द्र बिष्टलाई एकअर्कालाई चिन्ने गरी भेटेको वि. सं. २०५२ सालतिर हो । त्यतिखेर कालीमाटीतिर हाम्रो एउटा अफिस थियो । त्यो अफिसमा हामी चार जना संचालक थियौँ तर दैनिक रूपमा हेर्ने जिम्मेवारी मेरो थियो । उनी त्यो अफिसमा आइरहन्थे । एक दुई घण्टा बस्थे । मेरो दैनिक कार्यमा बाधा दिँदैनथे । अफिसमा कालो जडीबुटीको चियाको व्यवस्था थियो । तातोपानीमा चियापत्ती हाल्यो, बिस्तारै भिज्थ्यो र पिउने गथ्र्यौ । उहाँ आउनु भए पछि हामीले दिने त्यही हर्बल चिया थियो । त्योबेला उहाँ सबै किसिमले निष्क्रिय, निरास हुनुहुन्थ्यो । एक्लै जीवन बिताइरहनु भएको थियो । उहाँ हाम्रो अफिसमा आउने भएपछि म पनि उहाँको घरमा जान थालेँ । उहाँको घर लथालिङ्ग थियो । घर चारतल्लाको थियो, छेउमा एउटा जस्ताको टहरा थियो । घर खाली नै थियो तर उनी बस्थे जस्ताको टहरामा । आँगनभरि विभिन्न सामानहरू थियो । मैले देख्दा अलि मूल्य पर्ने भनेका अगराठका काठ थियो । अरू यति धेरै सामान थियो कि त्यसको उपयोगिता हुनै सक्दैनथ्यो जस्तो लाग्थ्यो मलाई । धाराबाट आएको पानी आल्मोनियमको पुरानो बाटा र डेक्चीमा थियो । एउटा मट्टीतेलको स्टोभ थियो । खाना पकाउने त्यस्तै पुरानो डेक्ची थियो । मिनरल वाटरको बोतल आधा काटेर पिँधपट्टिको भागले पानी उभाउने गर्थे । मैलो लुगा लगाउँथे , दारी काट्दैनथे । मनपरी खान्थे पिउँथे । स्वास्थ्यको पटक्कै ख्याल गरेको देखिनँ । त्योबेला मैले उनलाइ भेट्न आउने कोही मान्छे देखिनँ । उनी स्वस्थ हुन भनेर उनलाई सहयोग गर्न चाहने पनि कोही देखिनँ । मैले जिद्दी गरेर नजिकै बाफल गाइबाच्छापाटीमा डा. अरुण सायमिकहाँ लगेँ । उनलाई खकार यति धेरै थियो कि खकार आउनासाथ हाक् थु गर्न आँगनमा जान्थे । एकदिन उहाँको घर गएको थिएँ, उहाँलाई ज्वरो आएको रहेछ । चिसोले खकार पनि जमेको थियो । मैले अस्पताल जाउँ भनेको मान्नु भएन । कालिमाटीकै कुनै औषधी पसलबाट काम चलाउनु हुँदो रहेछ । मैले जिद्दी गरेर नजिकै बाफल गाइबाच्छापाटीमा डा. अरुण सायमिकहाँ लगेँ । उनलाई खकार यति धेरै थियो कि खकार आउनासाथ हाक् थु गर्न आँगनमा जान्थे । पहिलोपटक लैजाँदा उनको त्यो व्यवहार देखेर अरुणले भने, ‘कस्तो सोमत नभएको मान्छे लिएर आएको तिमीले । थुक्न त बाथरुममा जानु नि ।’ मैले भनेँ, ‘तिमीले खकारै नआउने औषधी लेखिदेउ न अनि थुक्दै थुक्दैनन् नि ।’ उनले सोधे, ुको मान्छे हो यो ? कहाँबाट लिएर आएको ?’ मैले कानैमा गएर भनेँ, ‘रुपचन्द्र बिष्ट ।’ उनी झल्यांस्स भए । कस्तो रूप भएछ त । त्यो दिनदेखि डा. अरुणले नियमित निःशूल्क सेवा दिए । उनी स्वस्थ हुँदै गए । उनीसँग औषधी किन्ने पनि पैसा हुँदैनथ्यो । हामी साथीहरू मिलेर व्यहोर्थ्यौ । लामो समय यो प्रक्रिया चल्यो । त्यहीताका उहाँको बसाई अलि व्यवस्थित गर्ने बारेमा मेरा नजिकका साथीहरूसँग छलफल गरेँ । त्यस्तो नयाँ कुरा गर्नु पर्ने थिएन । उहाँको घर भाडामा लाइदिनु, पुराना सामान बेचिदिनु, उहाँको बसाईका लागि केही फर्निचर ल्याएर राखिदिनु । मेरा नजिकका मित्रहरू मेरा यी कुरा सुनेर मुखामुख गरे । उनीहरूले भने- तपाईँले कोसिस गरेर हेर्नुस् न । त्यसपछि मैले सबैभन्दा पहिले काम नलाग्ने सामान थन्क्याउन प्रयत्न गरेँ । भनेँ, ‘दाइ, यो नचाहिने सामान कवाडीलाई बेचौँ ।’ उनले भने, ‘यो त कवाडीबाट नै किनेर ल्याएको हो । तिमीले चिन्छौ यो के को सामान हो ? यो त हवाइजहाजको फलानो पुर्जा हो, यो हेलिकप्टरको सामान । यो सामानको यति बलियो हुन्छ ।’, उनी ती कवाडी सामान हटाउन तयार नै भएनन् । अर्को भाषामा भन्दाखेरी मैले उनको विश्वास नै जित्न सकिनँ । मैले उनको मिनरल वाटरको आधा पिँध फालेर पानी उभाउने अर्को भाँडो राखिदिएँ । उनी रिसाए । मैले उनको सामान व्यवस्थित गर्ने काम गर्न सकिनँ । मैले किन सकिनँ भनेँ म उनको सेवाको लागि मन जितेर लाग्न सकिनँ । त्यो समय उहाँलाई अनुभूत हुनेगरी माया गर्ने मानिसहरूको खाँचो थियो । उनका चेलाहरू कुरा उनका जस्ता गर्ने काम कुराको विपरित गर्न थालिसकेका थिए । वास्तवमा उनकै शब्द प्रयोग गर्ने हो भने भाते भइसकेका थिए । मैले उनको सामान व्यवस्थित गर्ने काम गर्न सकिनँ । मैले किन सकिनँ भनेँ म उनको सेवाको लागि मन जितेर लाग्न सकिनँ । विचार निर्माण र सोको लागि भौतिक र मानसिक पुर्वाधारका लागि उनले जीवन दिए तर त्यो अनुरूपको न समूह बन्यो न परिवर्तन भयो । त्यसैले सम्भवतः उनी जीवनसँग थाकेका थिए । उनलाई कमसेकम एक जना उनलाई र उनको विचारलाई माया गर्ने, उनका केही कुरा सहन गर्नसक्ने मानिसको खाँचो थियो । त्यो खालको साथ नपाएकै कारण उनको जीवनको असमयमै अन्त्य भयो । उनी ठूला दार्शनिक थिए, उनका कुरा बुझ्न नै समय लाग्थ्यो । उनका बारेमा धेरै संस्मरण र मिथकहरू छन् । जो फेरि फेरि लेख्ने नै छु । #जीवनकाे रङ #स्नेह सायमि बेस्ट सेलर हुने भाग्य: कोरोनाभाइरसका कारण संसारभर यतिबेला बन्दाबन्दीको अवस्थामा छ । यस्तो अवस्थामा पुस्तकको व्यापार चौपट रहेको केही व्यवसायीहरूको भनाइ रहे पनि केहीका लागि भने यो गज्जबको अवसर बन्न पुगेको छ । यो मामिलामा भाग्यमानी बन्न पुगेकी छन्, भारतीय मूलकी अमेरिकी लेखक अल्का जोशी । उनको नयाँ उपन्यास द हेन्ना आर्टिस्ट यतिबेला बेस्ट सेलर सूचीमा पर्न गएको छ । सन् १९५० को दशकको भारतीय भावभूमिमा तयार पारिएको यो उपन्यासलाई निस्कनेबित्तिकै कसैले पनि उति चासो दिएका थिएनन् । तर जब हलिउडकी प्रख्यात अभिनेत्री तथा अस्कर अवार्ड विजेता रिजी विदरस्पुनले व्यक्तिगत रूपमा यो पुस्तकका बारेमा खुलेर बोलिन्, अल्काको भाग्य उदय भयो । अहिले यो पुस्तक बेस्ट सेलर सूचीमा उक्लन सफल भएको छ । अल्का जोशी १७ वर्षको उमेरमा पारम्परिक रूपमा बिहे भएपछि गाउँको पीडादायी वैवाहिक जीवन बेहोर्न नसकेपछि जयपुर शहर भागेकी लक्ष्मी कसरी मेहन्दी लगाउने कलाकार बन्न पुगिन् र उनले आफ्नो भाग्य कसरी आफैँ सिर्जन गरिन् भन्ने उपन्यास यति हिट होला भनेर स्वयं अल्काले पनि कल्पेकी थिइनन् । अस्कर अवार्ड विजेता अभिनेत्री रिजी विदरस्पुन एकाएक रेस्टुराँमा बसेर पढ्ने संस्कृति ढल्यो, किताब पठन कार्यक्रम रद्द हुन थाले, प्रकाशकले आयोजन गर्ने हाई टी, पत्रकार सम्मेलनजस्ता कार्यक्रम नै बन्द भए । त्यो भन्दा पनि लेखिका अल्का जोशीले दिवंगत आमाको स्मृतिदिन पारेर १५० जना जति भेला गरेर आफ्नो किताब विमोचनको कार्यक्रम पनि बनाएकी थिइन् । त्यो पनि गर्न पाइनन् । उनलाई आफ्नो किताबको भाग्यमाथि दया लागिरहेको थियो र त्यो भन्दा बढी प्रकाशक माइरा बुक्सको ठूलो रकम फँसेकामा चिन्तित थिइन् । उनले भग इन्डिया म्यागेजिन सँग भनेकी छन्, ‘जुन उत्साहका साथ उनीहरूले किताब निकालेका थिए, ती सबै खेर गएको देख्दा मलाई दुःख लागेको थियो ।’ तर अचानक हलिउडकी प्रख्यात नायिका रिजी विदरस्पुनले चलाइरहेको महिलाकेन्द्रित पुस्तकहरूको पठन कार्यक्रममा मे महिनामा द हेन्ना आर्टिस्ट छानिएको खबर सार्वजनिक भएपछि भने किताब बिक्री उकालो लाग्न थाल्यो । ‘यस्तो त मैले कल्पनै गरेकी थिइनँ,’ अल्काले म्यागेजिनलाई भनेकी छन्, ‘मेरी आमाले भन्नुहुन्थ्यो- हरेक मान्छेले आफ्नो भाग्य आफैँ बनाउँछ । रिजीको घोषणापछि मलाई पनि केही गरौँ भन्ने जाँगर चलेर आयो । त्यसपछि उपन्यासका लागि आफूले गरेका शोधहरू, उपन्यासकी पात्र लक्ष्मीसँग मिल्ने मेरी आमा लगायतका चिजबिजहरू फेसबुकमा पोस्ट गर्न थालेँ । तिनै चिजबिजका आधारमा मिडियामा रिपोर्ट आउन थाले र क्रमशः किताबको चर्चा उक्लिन थाल्यो ।’ यसपछि उनको किताब उपन्यासको विधामा बेस्ट सेलरको सूचीमा द न्युयोर्क टाइम्स, लस एञ्जल्स टाइम्स, युएसए टुडे, टोरन्टो स्टार र द ग्लोब एन्ड मेलजस्ता पत्रिकामा पर्न थाल्यो । बेस्ट सेलर भएपछि त अल्कालाई यति उत्साह जाग्यो कि बन्दाबन्दीकै अवस्थामा उनले यसको अर्को भाग पनि लेखिसिध्याइन् । सो पुस्तकलाई पनि प्रकाशकले अर्को वर्ष निकाल्ने भनेर किनिसकेको छ । पहिलो उपन्यासबाट पाएको यो सफलताबाट खुसी हुँदै लेखिका अल्का भन्छिन्, ‘चमत्कार घट्छ, भलै बाहिर महामारी किन नहोस् !’ #अल्का जोशी #द हेन्ना आर्टिस्ट #रिजी विदरस्पुन अरबका कवि सादी यूसुफ: सन् १९३४ मा इराकको बसरामा जन्मिएका सादी यूसुफ समकालीन अरबी कविताका जगतका अग्रणी कवि हुन् । कविता एवं गद्यको उनको ४० भन्दा बढी संग्रह प्रकाशित छन् । धर्मनिरपेक्षतावादी र क्रान्तिकारी कविको रुपमा आफ्नो परिचय बनाएका यूसुफ पश्चिमी दुनियाँको बाहेक इराकमा सद्दाम हुसेनको शासनकालमा सत्ताको सख्त विरोध गरेका कारण पनि लोकप्रिय छन् ।गलतका विरुद्ध हरहमेशा विरोधको आवाज उठाएकै कारण यूसुफ आफ्नो जीवनकालको अधिकतम समय निर्वासनमा बिताउन बाध्य भए । यस समय उनी लण्डनमा वसोबास गरिरहेका छन् । अरबी भाषामा लिखित उनका रचनाहरूलाई खालिद मुत्तावाद्वारा अंगेजीमा गरिएको अनुवादसंग्रह ‘ विथआउट एन अल्फाबेट, विथवाउट अ फेस २००२’ नामक संग्रह अत्याधिक सफल र चर्चित पुस्तक हो । उनका दुई कविता यहाँ प्रस्तुत छः धन्यवाद इमरू उल कैस आखिर आफ्नो ओठमा शान्तिको संदेश लिएर तिमी आयौ त सही निकोसियाको नजिकै रहेको यस आधाअधुरो अँध्यारो कोठामा ! अब गएर पाँच हजार माइल पर खोजी सकेका हौँ तिम्ले शब्दहरू ? सादी यूसुफ जबकी लेउ लागिसकेको छ तिम्रो घरमा ! र, समुन्द्रमा टुटेफुटेका छन्, छरपष्ट छन्, सबैसबै तीरवाणहरू ! शान्ति बनिरहोस जैतूनको बगैँचामा ! शान्ति बनिरहोस् यस अन्धकारमा ! शान्ति बनिरहोस् त्यो एकलौटी समुन्द्र किनारमा जसले दबदबे निन्द्रामा लुकाएर राखेको छ हाम्रो रगत ! शान्ति बनिरहोस् यस खण्डहरमा ! दुब्ला पातला हातहरूमा कुनै स्प्रिंग जसरी बिस्तारै बिस्तारै पर्दाफास गरिरहेछन् मलाई जसरी एक किसान झारिरहन्छ खुबानीको खस्रा कणहरू ! के यो तिमी हो ? जो चाँदी समान चम्किरहेका छौ जबकी संसार सीसाजडित भइसकेको छ ! मेरो चारैतिर सिर्फ सागरतट छ ! अब के सुरु गरौँ ? सहर जसको उनीहरू कुरा गर्छन्, ती रहुन् ! झोपडी, गाउँ, राजधानीहरू ! हाम्रो बाटो मिल्दछ र छुट्टिरहन्छ ! त, प्रस्थान गरौं ती सबै ठाउँहरूमा एकैपटक, यहाँदेखि ? के पुग्नु उचित हुन्छ सबै ठाउँमा ? पर छ हाम्रो सहर, र, पर छ हाम्रो पालकीभित्रको घायल अमरता ! मलाई तिम्रो दुब्ला पातला हातहरू चाहिन्छ ! म धेरै दिन जिउँदो रहन्न्, ए स्त्री ! पीउ मलाई म धेरै दिन जिउँदो रहन्न् मलाई मारी हाल ! सफेद मुलायम माटोको पहाड जसरी स्थिर छ बादल ! आकाश छुउलाछुउला झैँ गरि दगुर्छ एक बकुल्ला दगुर्छ छिमेकीको सीमासम्म पनि ! गिर्जाघरको मिनारसम्म पनि पुगिरहन्छ ऊ ! त्यहाँ तीन रुखहरू छन् र, एकदिन म तिनको चित्र कोर्नेछु त्यतिबेला मेरो एस्ट्रे भरिएको हुनेछ शंकेकिराहरूले ! सफा छ यति अबेला गरेर टप्किएको यो बिहान र, काँपिरहेका छन् बिरुवाहरू र, कापीरहेको छ टेबल ! के यो त्यही कर्कश ध्वनि हो ? के यो त्यही रगत हो, जो घुंडादेखि पिडुलातर्फ दौडिरहेछ ? मनमा शान्ति रहिहोस् यस माहुरीको, जो एकाबिहानै मसँग मिल्न आएकी छे ! जब हामी सडकहरूलाई नाप्न आएका थियौं, हामीले सोचेका थियौं कि रात इब्न खाल्दुनको ‘मुगादीमा’ भन्दा पनि छोटो हुन्छ ! र, हाम्ले भनेका थियौं ‘उत्तरी अफ्रीका हाम्रो द्वीप हो यसले हामीलाई बचाउनेछ चिडचिडाउँदो गर्मी र कठ्यांग्रिदो ठण्डीबाट !’ हामी युवा थियौं ! सायद हामी त्यो टर्रो अंगुर चाख्न आएका थियौं ! जसबाट हाम्रो पूर्वज बन्चित रहेका थिए ! यसप्रकारको बकबासको के अर्थ हुन सक्छ ? कुन मृत्यु ज्यादा सहज हुने गर्छ ? (ध्यान दिनुहोस्, हामीले यहाँ यो भनेका छैनौं, “कुन चाहि मृत्यु ज्यादा सुन्दर हुने गर्छ ?”) बन्दरगाह र समेराको रुख अर्धमुर्छित छ, अर्धचेत छ, यसैकारण त खुम्चिएका हौँ हामी एक कुनामा भाग्य गुमाएर । हातहतियारको बक्साहरूबाट आफ्नो हिस्सा पाउँनको लागि नौजवान साथीहरू लड्न मर्न तयार छन् ! यसप्रकार त हामी फेरी त्यस्तै बनिरहेका छौं, जस्तो हामी थियौं ! हामीले सिक्यौं तर यो अब त्यसको के अर्थ ? धन्यवाद इमरू उल किस, जो तिमी हत्याको शिकार भयौं ! बिहानको गौरेया अनारको दानामा छोड्छ आफ्नो एउटा प्वाँख ! एक बकुल्ला उड्छ गल्लीहरूमा आफ्नो हिस्साको सेन्टीमिटरका लागि ! र, तमाम झुण्ड बार्दलीमा खडा रहन्छन् अनन्त एकाकीपनमा बिहान आएको थियो, गइहाल्यो ! त, अब को आउँछ ? र, अब को आउँछ ? र, को रंगाउला च्यादरको किनार अब ? को मनाउला उसको औंलाको स्पर्शको उत्सव अब ? को मनाउला बिहानको उदेकपनको उत्सव अब ? भित्ताको सफेदमा चार नाउ चार नाउ समुन्द्रको किनारमा पनि ! बाटो रोकिरहने गर्छ ऐना ! मैले चाहेको थिए एक आवाज, जो नहोस् कोही अरूको जस्तो । र, अब म पनि जान्छु ऐनाहरूले भरिएको कोठामास के अब मैले मेरो आँखाहरू बन्द गर्ने बेला आएको हो ? के अब म त्यो सब कुरालाई अन्देखा गरौँ, जसतर्फ म हरहमेशा अन्देखा गर्दथे ? यति परसम्म तन्किदै गएको छ यो सडक तर ऐना अझ पनि बाटो रोक्न खोजिरहन्छ ! कहिलेकाही म लड्खडाएर गायब हुन्छु छोटा छोटा हिल्लामे खाडलमा भरिएका पानीमा ! बासपोरसको खाडी चम्किएको छ मेरो सामुन्ने ! मन्थनपश्चात मेरा हातहरूमा घाँस र एक सीपी ! चक्कर काटीरहन्छ माछो, झम्टीरहन्छ पुतलीहरूमाथि, गोहीहरूमाथि, ताराहरूमाथि र आँसुले डुबेका मानिसहरूको आँखाहरूमाथि ! अन्नत एकाकीपनले मारिरहेको छ मलाई कहाँदेखि आइरहेको छ यो आवाज ? ऐनाहरूले भरिएको भित्ताहरूबीच केहीबेरमा म फेरी सुरु गरौंला लड्खडाउन ! शब्दार्थ निकोसियाः साइप्रसको राजधानी जैतून ः एक वनस्पति, तेल निकाल्नको लागि प्रयोग गरिन्छ खुबानीः आरु र आरुबखडाकै प्रजाति इब्न खाल्दुनः अन्तिम अरबीयन भूगोलवीद, प्रथम पर्यावरणीय नियतवादी मुगादीमाः इब्न खाल्दुनद्वारा लिखित ग्रन्थ गौरेयाः घर भँगेरा बासपोरसको खाडीः इस्तानबुल नजिकको खाडी सीपीः सामुन्द्रिक जिवाशेष एक रोमन उपनिवेश हामी युनानी थियौँ अरबी रेगिस्तानको किनारमा हाम्रा घरहरू थिए तर हामीसँग दुई नदी थिए र थिए केही गाउँहरू र, खेत थियो, जसलाई तिनै नदीहरूले भरपुर सिचाइँ गरिरहन्थे हामीसँग केही कविगण थिए, जो छन्द रचना गर्थे कहिले स्त्री त कहिले फूलहरूको कुरा गर्दथे । र, ‘किनेसरीन’मा हामीले दर्शनशास्त्रको विश्वविद्यालय स्थापना गर्यौं विचित्र कुरा यो थियो कि त्यहाँ अक्सर अरस्तुका छात्रहरू आउजाउ गरिरहन्थे उनीहरू हामीलाई एथेन्समा लेखिरहिएको नवीनतम ग्रन्थहरूको बारेमा बताउने गर्दथे तर हामी यूनानी थियौ, र किसान पनि । हामीले कुनै हतियार बनाएनौं न हामीलाई आफ्ना छोरोनातीलाई फौजीमा ढाल्न आउथ्यो (अरस्तुको छात्रहरूले हामीलाई यो बताएनन् कि उनीहरूको अध्यापक मकदुनियाई फिलिपको छोरोलाई शहर जित्ने प्रशिक्षण दिइरहेको थियो ।) ‘दुनियाँ बदलिन्छ’, उनीहरूले यहाँसम्म भनेका थिए कि ‘सूर्य पनि एक दिन पश्चिमबाट उदाउनेछ’, यतिखेर म लड्खडाउदै बोलिरहेको छु दिवास्वप्न देखिरहेको, नितान्त एक्लो सिदोनको किरियाकोसको शराबखाना भित्र । माटोको मेरो प्याला गाढा कालो छ र, छ मेरो कपाल सफेद सेतो । म जान्दछु, पूरा विश्वास छ मलाई अब मलाई कसैले बताउनु पर्दैन कि रोमनीहरूले हाम्रो हुक्कापानी तब बन्द गरिदिएका थिए जब हामी एक उपनिवेश बनिसकेका थियौं । तर मलाई एक शंका छ किरियाकोस यो सत्यतासँग स्पष्ट थिए भनेर ! ‘दुनियाँ बदलिन्छ’, उनीहरूले भनेका थिए । भावार्थ १. ‘किनेसरीन’ : अरबको सुरुवाती खलीफाहरूले सिरियाको पाँच र छ सामारिक प्रान्तमा विभाजित गरेका थिए । किनेसरीन उत्तरी सिरियाई प्रान्त थियो । २. ‘सिदोन’ : लेबनानको तेस्रो ठूलो नगर ३. ‘किरियाकोस ’: इस्वी सम्वत ४४८मा सन्त किरियाकोस युनानको कोरिन्थ नगरमा जन्मिएका थिए । रोमन साम्राज्यको समयमा एक शहीदको नाम पनि किरियाकोस थियो । कवि तथा पत्रकार राजु झल्लुप्रसादले यी कवितालाई नेपाली भाषमा भावार्थ अनुवाद गरेका हुन् । #सादी यूसुफ सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. सङ्घर्ष केदार व्यथित (केदारमान व्यथित) तिम्रो र हाम्रो बीच बढ्दै गइरहेको यस सङ्घर्षमा हामीले नजिती भएको छैन । यस कारण कि हामी हा¥यौँ भने करोडौँ मानिसको पहिचान सधैँका लागि समाप्त हुनेछ । तर हामीले जित्यौँ भने पराजय कसैले पनि भोग्नुपर्ने छैन । किनकि हाम्रो जीतबाट लाभान्वित हुने मानिसहरूको लामो पङ्क्तिमा सममानवीय गर्वका साथ उभिइरहने मानिसहरूमध्ये एक जना स्वयम् तिमी पनि हुनेछौ । २. कुनै निश्चितता छैन (विजय मल्ल) विजय मल्ल कुनै निश्चितता छैन भनेरै शङ्कामा आफूलाई राख्न खोज्दछु, तर मलाई थाहा छ— म यस पृथ्वीमा जन्मनुपथ्र्यो, जन्मेँ । जेसुकै आइपर्छ, बोक्नुपर्दथ्यो, बोकेँ आकाशको शून्य रिक्ततामा मलाई धानिराख्ने सामथ्र्य थिएन यसैले म यहाँ आएँ । अब रित्तो आकाशलाई म किन हेरुँ ? मलाई शङ्का छैन— म यहाँ, यस अलमलमा जन्मनुपथ्र्यो, जन्मेँ । ३. मेरो देशको पुस्तक (वासु शशी) वासु शशी मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ ठाउँमा च्यातिएका छन् ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त भएन बा !’ भन्नेछन् यसका पन्नाहरूको अक्षर नै मेटिने गरी ठाउँ ठाउँमा कालो मसी पोखिएको छ ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त नराम्रो भो बा !’ भन्नेछन् अनि म बाँझोले बादललाई झैँ हेरिरहुँला— तिनीहरूले ती टुक्रिएका चौटाहरु ल्याएर जोडिरहेको दागहरू माझेर पुस्तक सफा गरेको ! हो, मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ ठाउँमा च्यातिएका छन् ! ४. त्रिकोण (पोषण पाण्डे) पोषण पाण्डे कसले निमोठ्छ मनको रहर कसले पार्छ नदीलाई बगर कसको चुम्बनमा अमृत हुन्छ कसको चुम्बनमा जहर ? आँसु त नुनिलो पानी हो पिउन लायकको छैन यो तर के पिउने पानीले मात्र दिलको गहिराइको प्यास मेट्छ र ? मानिसलाई कुकुरले टोक्दैन मानिसलाई मानिसले टोक्छ जनावर त यो हो भनेर था’ हुन्छ मानिस ! यो नै हो भनेर था’ हुँदैन । ५. नील आकाशको तारालाई (भीमदर्शन रोका) भीमदर्शन रोका नील आकाशको तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको तारालाई ! हामी जति टाढा भए पनि दिउँसो दूर दूर गए पनि सन्ध्या–समय फर्कन्छु सधैँ बलिरहने उज्यालो किनारालाई नील आकाशको तारालाई ! हाम्रो मिलनस्थल कति अग्लो र महान् छ कति मौन, कति गम्भीर, निश्चल छ कि आउँदैन केही आवाज कहिले तर बुझ्दछु म आँखा र इशारालाई नील आकाशको तारालाई ! #डा. विप्लव ढकाल 'चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार' पराजुली र लाठलाई: गणेशप्रसाद लाठ साहित्यपोस्ट चितवन साहित्य परिषद्ले स्थापना गरेको ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार २०७६’ आख्यानकारद्वय वसन्त पराजुली र गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ र वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषद्ले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ । परिषदका अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा परिषद् भवनमा बुधबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’ , सुमन सौरभको लघुकथासङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूक\u200dो ‘मेरो घाम’ लाई अर्पण गरिएको थियो । उक्त पुरस्कार मोती जयन्तीमा प्रदान गरिने नियमित कार्यक्रम भए पनि कोरना महामारीका कारण अहिले पुरस्कार घोषणा मात्र गरिएको र अवस्था अनुकूल हुनेबित्तिकै विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार समर्पण गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिएका छन् । वसन्त पराजुली विचारः बग्रेल्ती किताबहरू, बिग्रिएको मानसिकता: हाम्रा वरिपरि जति धेरै व्यक्ति छन् मस्तिष्कमा त्यति नै धेरै तिनका विचारहरू पनि छन्। आदिकालदेखि नै विचारहरू विभिन्न तरिकाले व्यक्त हुँदै आइरहेका छन् । बितेका हरेक कालखण्डमा व्यक्त भएका विचारहरू लिपिबद्ध हुन थालेदेखि नै विचारहरूमाथि अनेकौँ प्रकारले घनिभूत छलफल र विमर्श पनि हुँदै आइरहेका छन् । विचारहरूमाथि विमर्श हुनु नै यसको सुन्दर पक्ष हो । कुण्ड पानी मुण्ड बुद्धि भने झैँ हरेक व्यक्तिमा आफूवरिपरि रहेका विषय र वस्तुमाथि भिन्न दृष्टिकोण उत्पन्न भइरहेका हुन्छन् र ती समय-समयमा परिमार्जन हुँदै पनि जान्छन्। यसै कारण हुनुपर्छ हरेक व्यक्तिले आफ्नो जीवनकालमा देखेका र भोगेका अनेकौँ विषयवस्तुहरूमाथि छुट्टै रहेको आफ्ना धारणाहरू व्यक्त गर्न ती विषयवस्तु सम्बन्धी आफ्ना विचार लिपिबद्ध गर्न लालयित हुन्छन्। विचारहरू साहित्यिक वा गैरसाहित्यिक रूपमा लेखिदै आएका छन्। शब्दहरूसँग खेल्न सक्नेहरू आफैँ लेख्न अघि सर्छन् भने शब्दहरूसँग घुलमिल हुन नसक्नेहरू अरू सक्षम व्यक्तिहरूलाई लेखाउन अघि सार्छन्। यस हिसाबले वर्तमान समयसम्म आइपुग्दा संसारभर लाखौँ व्यक्तिहरूले करोडौँ विषयवस्तुमा आधारित अरबौँ पुस्तकहरू लेखेर छपाइसकेका छन्। पुस्तक छपाउनु र त्यसले निर्दिष्ट पाठक पाउनु दुई भिन्न कुराहरू हुन्। प्रकाशित हरेक पुस्तकले पाठक नपाउन सक्छ। विषय र सन्दर्भले नतानेसम्म कुनै पनि व्यक्ति पुस्तकप्रति आकर्षित हुँदैन। आकर्षित भइहाले पनि दत्तचित्तले पठन गर्छ भन्ने पनि छैन। त्यसैले प्रश्नहरू उठ्नु स्वभाविक हो; के पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशित भइरहेका पो छन् कि ? के प्रकाशित सबै पुस्तकहरू पढिएका छन् त ? पढिए पछि ती विषयवस्तुहरू उपर चाहिने मात्रामा छलफल र विमर्श गरिएका छन् त ? यस्ता प्रश्नहरूका जवाफका रूपमा हामी यति मात्र भन्न सक्छौँ कि हालसम्म प्रकाशित अनगिन्ति पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशन भएका छन्। एकै विषयमा अनेकौँ पुस्तकहरू प्रकाशित भएका छन् र ती सम्पुर्ण पुस्तकहरूको सही रूपमा पठन हुन सकेको देखिदैन। पुस्तकहरू सिर्फ पुस्तकालयका र्याकमा सजिने वस्तु भएका छन्, चाहे ती व्यक्तिगत हुन् चाहे सार्वजनिक । दीपक श्रेष्ठ म मेरा साथीभाइहरूको घर जाँदा सुन्दर र्याकहरूमा लहरबद्ध मिलाएर राखिएका पुस्तकहरू देख्छु। ती पुस्तकहरूले बैठक कोठाको शोभा बढाउनेगरी स्थान पाउनेबाहेक तिनले उचित मूल्य पाउन नसकेको आभाष हुन्छ। साथीहरू पुस्तक थुपारेर आफ्ना खै कुन अभिलाषाहरू पूरा गर्दैछन् भन्ने प्रश्न मेरा सामु आइरहन्छ बारम्बार। साथीहरूसँग भएका किताबहरूको सङ्ख्याको कुरा भुइँमा झर्न नपाउँदै पुस्तक लगेर नफर्काउनेहरूको सूची अघि सार्छन्। अनि खै के विद्वता छ भनूँ पुस्तक संगालेर राख्नेहरूसँग । ती साथीहरूले के पढे होलान् र के सिकाए होलान् आफ्ना आफन्त अनि साथीभाइहरूलाई ? त्यसैले पनि मलाई के लागेको हो भनेँ पुस्तकहरू चाहिनेभन्दा बढी छापिए। ती देखाउने सस्ता वस्तुमा रूपान्तरण भए। पुस्तकहरू त त्यति मात्र छापिनुपर्छ जति मात्रामा त्यस पुस्तकले आफ्नो छुट्टै अस्तित्व दावी गर्न सक्छ । अर्थात् भनौं जति पाठकहरूको माग बढ्छ त्यही अनुसार मात्र छापिनुपर्छ । तर यहाँ त जो पनि लेखक, जेसुकै विषयवस्तुमा पनि पुस्तक ! घुम्न गयो, पुस्तक लेख्यो। जीवन अलि ढल्किदै गयो, संस्मरण निकाल्यो पुस्तकाकारमा । आफूले जानेका सानोतिनो विज्ञतामाथि वरपरका साथीभाइले पुस्तककै ठेली निकाल्न सकिन्छ नि ! भनेर उचालेको आधारमा साधारण व्यक्तिले ठूलै मूल्य चुकाएर पुस्तक छपाउँछन् र घरमा नभएको ठाउँ ओगटेर राख्छन् आफ्ना पुस्तकहरू। अनि सबैलाई आफ्ना सपनाहरू जिन्दगीभरि बाँड्दै बस्छन्। व्यापारमा भएको घाटा पूर्ति गर्न रहर गरेर पुस्तक निकाल्ने धुनमा लागेकाहरूलाई मुर्गा बनाई सस्ता पुस्तकहरूको थप सङ्ख्या बढाउन लागिपरेकै छन् प्रकाशक तथा वितरकहरू। वास्तवमा कसले कुन विषयमा कति थान पुस्तक निकाल्नुपर्छ भन्ने त्यस्तो कुनै कँसी छैन। तर पनि मनमा जे आयो त्यही विषयमा अक्षरको खेती गर्नु त्यति जायज काम होइन भन्ने लाग्छ। केही थान साहित्यिक रचनाहरू र गोजीमा केही थान हजारका नोटहरूले बजारमा नाम बिकाउँछु भनेर लागिपर्नेहरूकै कारण जस्तोसुकै पुस्तकहरू छापिइरहेका छन्। यस किसिमको पुस्तक निकाल्ने हुटहुटीले आफ्नो मात्र होइन अरूको समेत अमूल्य समय बर्बाद गरिरहेको हुन्छ। यो एउटा आधुनिक कालका पठितहरूको पाखण्डपन हो भन्छु म। त्यो पाखण्डपनले गर्दा असफलताका अनेकन आयामहरू खुल्दैछन्। लेखकहरू डिप्रेसनमा छन्। प्रकाशक तथा वितरकहरू ऋणमा डुबेका छन्। पुस्तक पसलेहरू वर्षौँ पुराना पुस्तकहरू कौडीको भाउमा कवाडीलाई बेच्न विवश छन्। रहर गरेर पुस्तकको दर्जा पनि पाउन नसक्ने पुस्तकहरू प्रकाशन गर्न लागिपरेका कलमका दुश्मनहरू बग्रेल्ती छन अझै । व्यापारमा भएको घाटा पूर्ति गर्न रहर गरेर पुस्तक निकाल्ने धुनमा लागेकाहरूलाई मुर्गा बनाई सस्ता पुस्तकहरूको थप सङ्ख्या बढाउन लागिपरेकै छन् प्रकाशक तथा वितरकहरू। यो समग्र पुस्तक संसारलाई विकृत तुल्याउँदै गइरहेको कटु यथार्थ हो। पुस्तकालयमा उत्कृष्ट पुस्तकहरूको सङ्कलन हुन्छ भन्ने मान्यता रहिआएको छ। हाम्रो परिवेशको कुरा गर्ने हो भने यथेष्ठ मात्रामा पुस्तकालयहरू नखुल्नु, विद्यालय तथा विश्वविद्यालयमा स्थापना गरिएका पुस्तकालयहरूमा पनि गुणस्तरीय एवं उल्लेख्य सङ्ख्यामा पुस्तकहरू अधावधिक नगर्नु एउटा ठूलो समस्या हो। यही समस्यामाथि टेकेर लेखक प्रकाशकहरू बजारमा नयाँ पुस्तकहरू छपाएर पठाउन उद्दत छन्। यदि पुस्तकालयहरूमा चाहिने मात्रामा पुस्तक राखिन्थे भने जे पायो त्यही पुस्तक किन्ने पाठकको सङ्ख्या खुम्चिन्थ्यो र यसरी जथाभावी रूपमा पुस्तकहरू कम छापिन्थे। त्यसैगरी पुस्तकमा प्रयोग भएको कागजको मूल्य मात्र लिनेगरी पुस्तकको मूल्य अंकित गर्नु बौद्धिक सम्पतिमाथि भएको अर्को ठूलो खेलबाड हो। यदि पुस्तकको मूल्य उच्च राखिदिने हो भने यसको महत्व सुन, चाँदी, हिरा, मोतीभन्दा पनि बहुमूल्य हुन जान्थ्यो र जसले पायो त्यसले छपाउने हिम्मत नै गर्दैनथे। यसले सङ्ख्याका हिसाबले कम तर गुणस्तरीय विषयवस्तुमा आधारित पुस्तकहरू मात्र छापिन्थे र पाठकहरू पनि सही हिसाबले डोरिन्थे। पाठकका निम्ति सस्तो मनोरञ्जन र लेखकका निम्ति खोक्रो आडम्बर दिलाउने नभई ज्ञानको भण्डार भरिदिने हेतुले किताब छापिने वातावरण बनाउनु आजको आवश्यकता हो। पुस्तकहरू छापिएको सङ्ख्याद्वारा होइन छापिएका विचारद्वारा सम्झिन लायक बनाउनु एकमात्र उद्देश्य हुनुपर्दछ। प्राज्ञिक विषयवस्तुमा आधारीत पुस्तकहरूका निश्चित पाठक हुन्छन् र ती चाहिने सङ्ख्यामा मात्र छापिन्छन्। तिनीहरूका लेखक पनि निश्चित हुन्छन्। त्यस्ता पुस्तक पढ्नेहरू त्यस विषयमा निखारिएर अझ बढी प्राज्ञिक भएर निस्कन्छन्। त्यसैले पुस्तकहरूको सङ्ख्या पनि प्राज्ञिक जगतले नै निर्धारण गर्छन्। तर सामान्य विषय वस्तुमा आधारीत पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशन भइरहेका छन् भन्ने लाग्छ। विषयवस्तुहरू समेत दोहोरिएका छन्। पढ्नेहरूलाई पनि सकस छ। के मात्र पढ्ने? कति मात्र पढ्ने? अनि पढेपछि कोसँग बाँड्ने पुस्तकका गुदी कुराहरू? हामी लेख्छौँ विश्वका सारा व्यक्तिले उस्तै बुझून् अनि उति नै पढून् भनेर। तर मेरो विचारमा हामीले लेखेका पुस्तकहरू केही हजार पाठकहरूले मात्र भए पनि विषयवस्तुको गहिराई बुझेर पढिदिएमा त्यो नै काफी हुन्छ। त्यो बुझाई समयको बहावसँगै अझ बढी प्रसार हुने हुँदा पुस्तकको महत्व थपिदै जानेछ। पढिसकेपछि त्यस पुस्तकका बारेमा बोल्ने स्थान उपलब्ध हुनुपर्ने अर्को सबैभन्दा महत्वपुर्ण कुरा हो। तर किताब हेर्नै मन नलगाउनेहरूको सङ्ख्या दिनदिनै बढ्दो छ। यो ठूलो चिन्ताको विषय हो। यदि हामीले पुस्तक पढ्ने संस्कृतिलाई जोगाइ राख्न सकेनौँ भने एकदिन पुस्तकहरू छापिन बन्द हुनेछन् र यसको मुख्य कारण हाल बेहिसाब अनि बेरोकटोक चलिरहेको पुस्तक छाप्ने, छपाउने कार्य नै जिम्मेवार ठहरिनेछ। हामीले अहिले एकमात्र कुरामा विचार पुर्याउनु अत्यन्त आवश्यक भइसकेको छ। त्यसका निम्ति गहन विषयवस्तु, ओजपूर्ण विचारहरू एवं गुणस्तरीय लेखनले भरिएको खँदिलो पुस्तक छपाउन लेखक तथा प्रकाशकहरू लागिपर्नु पर्छ । पुस्तकहरू छापिएको सङ्ख्याद्वारा होइन छापिएका विचारद्वारा सम्झिन लायक बनाउनु एकमात्र उद्देश्य हुनुपर्दछ। #दीपक श्रेष्ठ सीमाहरूको विनिर्माणमा साहित्य: सन् २०११ मा काठमाडौँमा भएको एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीको विषय थियो— सीमाबिनाको संसार, र प्रमुख वक्ता थिइन् सुप्रसिद्ध सिद्धान्तकार गायत्री चक्रवर्ती स्पिभाक । गोष्ठीमा उनले राज्य–राष्ट्रहरूका कृत्रिम राजनैतिक सीमारेखाको अबका दिनमा खास अर्थ नहुने बताइरहँदा श्रोतादीर्घामा एक प्रकारको अन्योल विद्यमान थियो । हामी नेपालको, भारतको, चीनको अथवा अमेरिकाको साहित्य अथवा संस्कृति भनेर सिमानहरूको सापेक्षता सिर्जनालाई पढ्दै व व्याख्या गर्दै आएकाहरूलाई यस अवधारणाले अन्योलग्रस्थ तुल्यानु पनि स्वाभाविकै थियो । हुन त स्पिभाकले कल्पना गरेको सीमाविहीन संसार राजनैतिक अथवा सांस्कृतिकभन्दा पनि एउटा आर्थिक अवधारणा हो । विश्व एउटा बजारमा परिणत हुँदै जाने र देश–देशबीचका आर्थिक सीमाहरू विघटित हुँदै गइरहेको बेला क्षेत्रीय “इकोनोमिक जोन” विकसित हुँदै जाने पछिल्ला घटनाक्रमले उनी त्यसरी सोच्न अभिप्रेरित भएकी हुनुपर्छ । युरोपमा दुई दर्जन देशमा एउटै भिसा र मुद्रा चल्ने, अमेरिकको पासपोर्टले विश्वका कइयन मुलुकमा प्रवेश पाइने, अष्ट्रेलियन पासपोर्टधारी धेरै कमनवेल्थ मुलुक र आर्थिक शक्ति जापानजस्ता देश प्रवेश गर्न पाउने, अधिकांश सार्क देशभित्र एकअर्काका नागरिकलाई लेन्डिङ भिसाको व्यवस्था हुने जस्ता तथ्याङ्कले आर्थिक सीमारहीत विश्वको कल्पना सजिलो नभए पनि असम्भव चाहिँ होइन जस्तो देखाएको छ । नेशन–स्टेट्स अर्थात् राष्ट्र–राज्यको अवधाणा त्यति पुरानो होइन । हुन त, ईशापूर्व ७५० सालतिरै ग्रिसका सहरहरू नै राज्य थिए, जसमा आआफ्नै सरकार थियो । तर, पछि साम्राज्यवादको विकाससँग यी राज्य ठूलो राज्यका अवयव भए, र स्वतन्त्र अस्तित्व गुमाउन पुगे । यो दौर धेरै लामो समयसम्म रह्यो । आज हामीले बुझ्ने अर्थमा, राष्ट्र–राज्यको अवधारणा सत्रौँ शताब्दीमा युरोपमा देखिएको हो । यसै अवधारणाका आधारमा आजको फ्रान्स र बेलायत अस्तित्वमा आएको हुन् । साम्राज्यवादको अन्त्यपछि भने यसको विस्फोटै भयो संसारभरि, र सानासाना सिमानाभित्रका भूगोल आफैँमा राष्ट्र बने, राज्य बने । यसै अवधारणका आधारमा नागरिकता, नागरिक अधिकार, भूमिअधिकार, सम्पदामाथिको एकाधिकारजस्ता यसअघि बिरलै अनुभव गरिएका अवधारणाहरू क्रियाशील भएर आए । यसपछि नै हो यता र उता, पूर्व र पश्चिम, देश र विदेश, स्वदेशी र विदेशी जस्ता द्विचरका आधारमा एउटै सांस्कृतिक भूगोलभित्रका मान्छे पनि विभक्त हुन पगे । महेश पाैड्याल सिमानाको आर्थिक–राजनैतिक अवधारणालाई सधैँ चुनौती दिने र अस्थिर तुल्याउने अर्को पाटो छ— संस्कृतिको । संस्कृतिभित्र भाषा, साहित्य र कला पनि पर्छन् । साम्राज्यबाट राष्ट्रमा–राज्यमा परिणत भइरहँदा विश्वका धेरै मुलुक दुई, तीन वा धेरै राष्ट्रमा विभक्त भए, र तिनीहरूका बीच एकएक राजनैतिक सीमा कायम भए । यी सिमानाहरूको उद्भवसँगै छुट्टाछुट्टै आर्थिक, सामजिक र साहित्यक अवयवहरू कायम भए । राजनैतिक र आर्थिक सिमानाहरू क्रियाशील छन्, यद्यपि आर्थिक सीमाहरूको विघटनको कुरा विश्वव्यापीकरण र आर्थिक उदरीकरण जस्ता अवधारणाको आगमनसँग अस्थिर भएका छन् । पचाउन त गाह्रो होला, तर एउटा सर्वकालीक सत्य के छ भने, भाषा, साहित्य र संस्कृतिले, कहिल्यै पनि, राजनीति र अर्थनीतिले खिँचेका सीमारेखालाई स्वीकार गरेको थिएन, र कहिल्यै गर्दैन पनि । यस तर्कलाई पृष्ठपोषण गर्ने अनेकन उदाहरण दक्षिण एसियामा, आज छुट्टाछुट्टै देश बनेर रहेका मुलुकका सीमावर्ती प्राप्तहरूमा पाइन्छन्, जहाँ राजनीतिक सिमानाहरूलाई सास्ंकृतिक प्रवाहका नदीहरूले निरन्तर तोडिरहेका छन् र अमानक सिद्ध गरी नै रहेका छन् । राजनीतिको वक्र आँखालाई हटाइदिने हो भने यहाँ बस्नेहरूलाई कहाँ पर्यो पश्चिम, कहाँ पर्यो पूर्व, खासै मतलब रहँदैन । उदाहरणका लागि, भारतको बङ्गाल प्रान्त र यसको पूर्वमा रहेका बङ्लादेश नाम गरेको छुट्टै राष्ट्रमा हेरौँ । बीचमा एउटा सम्पादकीय त्रुटिजस्तो अन्तर्राष्ट्रिय सीमा रेखा विद्यमान छ, राजनैतिक विभाजनका नाममा । आम जीवनमा, यसै कृत्रिम सीमारेखाले थोपरेका बाहेक कुनै पनि प्रकारका व्यवाहारिक विभाजन देखिँदैन । भाषा उही, लोक र दन्त्य कथा उनी, कविता उही, गीत उही । आजको “भारत” का कवि रवीन्द्रनाथ ठाकुरका कविता र गीत बङ्लादेशमा आज पनि “घरघरकी कहानी” हुन् । घर होस्, स्कुल होस्, कुनै साहित्यक अनुष्ठान होस् वा ट्याक्सी होस् — रवीन्द्र सङ्गीतको गुञ्जन सर्वत्र छ । “कवि गुरुको” अर्चना सर्वत्र छ । रवीन्द्रमात्रै होइन, वङ्किमचन्द्र चटोपाध्याय र सरदचन्द्र चटर्जीको शान कम छैन । र सीमावारि आजको पश्चिम बङ्गालमा काजी नजरुल इस्लामको सम्मान र प्रभाव रवीन्द्रनाथको भन्दा कम छैन । यस स्थितिमा, पूर्वी र पश्चिमी बङ्गालबीचको सांस्कृतिक ऐक्यले यहाँ विद्यमान राजनैतिक सीमारेखालाई अमानक सिद्धि गरिरहन्छ । राजनीतिको वक्र आँखालाई हटाइदिने हो भने यहाँ बस्नेहरूलाई कहाँ पर्यो पश्चिम, कहाँ पर्यो पूर्व, खासै मतलब रहँदैन । साहित्यमा के कति छ आकलन होला, तर पश्चिम बङ्गालको उत्तरी भेगमा पर्ने नेपालीबहुल क्षेत्र दार्जिलिङ, र यससँग जोडिएका सिक्किम र नेपालमा निर्मित आधुनिक सङ्गीतमा बङ्गाली सङ्गीतको प्रभाव ठूलो छ । यहाँसम्म कि, अम्बर गुरुङले निर्माण गरेको सङ्गीतमा रवीन्द्र सङ्गीतको प्रभाव छ भनेर शङ्कर लामिछानेले आफ्ना निबन्धहरूमा उल्लेख पनि गरेका छन्, जुन कुराको खण्डन अम्बर गुरुङले कहिल्यै पनि गरेनन् । यो बङ्गाली संस्कृतिको प्रभाव पश्चिममा मात्रै सीमित छैन । पूर्वमा असम र मणिपुर तथा दक्षिणमा उडिसाको भाषा, साहित्य, संस्कृति र सङ्गीतमा यसको प्रभाव प्रस्टै देख्न सकिन्छ । यहाँसम्म कि असम र मणिपुरमा आज चलन चल्तीमा रहेको लिपि बङ्गाली हो, यहाँको सांस्कृतिक पहिरन बङ्गाली निकट हो । स्मरण रहोस्, मणिपुर कुनै बेला छुट्टै राष्ट्र थियो । धेरै पछि सन् १९४९ मा गएर भारतमा गाभिएको हो । के बङ्लादेश, के पश्चिम बङ्गाल ! सम्पूर्ण बङ्गाली, असमी र उडिया जगतमा सर्वाधिक लोकिप्रय प्राचीत गीति–काव्यग्रन्थ “चर्यापद” काठमाण्डूस्थित शाही दरबारको एक पुस्तकालयमा हरिप्रसाद शास्त्रीले सन् १९०७ मा भेटे । यसले यी क्षेत्रका राजनैतिक सीमालाई दरकिनार गर्दै कहिलेदेखि सांस्कृतिक सम्पदाहरू एकअर्काको मुलुकमा विचरण गर्थे भन्ने कुरा प्रस्ट हुन्छ । पाकिस्तनमा, बाल्टी भाषाका विशेषज्ञ खालिद मसूद खानले उनको हालैको नेपाल भ्रमणमा भने— नेपालमा शेर्पासँग भेटेर कुराकानी गरेपछि मैले सोचेको भन्दा पनि धेरै समानता पाएँ बाल्टी र शेर्पा भाषाबीच । यस्ता अरू पनि “लिमिनल स्पेस” छन् दक्षिण एसियामा । नेपालको सोलुखुम्बुमा गढ भए पनि शेर्पाहरू हिमालयको फेरो समातेर पश्चिममा पाकिस्तानको सिमानासम्म पुगेका छन् भने पूर्वमा उत्तरी–सिक्किमसम्म फैलिएका छन् । पश्चिमतिर, पूर्वी पाकिस्तानी प्रान्त बाल्टिस्थानमा बोलिने बाल्टी भाषाका अधिकांश शब्द शेर्पााहरूले बोल्ने भाषासँग मिल्छ । अर्थात्, यस क्षेत्रमा विद्यमान भाषाले राजनैतिक विभाजन रेखालाई अस्थितर तुल्याएको छ । पाकिस्तनमा, बाल्टी भाषाका विशेषज्ञ खालिद मसूद खानले उनको हालैको नेपाल भ्रमणमा भने— नेपालमा शेर्पासँग भेटेर कुराकानी गरेपछि मैले सोचेको भन्दा पनि धेरै समानता पाएँ बाल्टी र शेर्पा भाषाबीच । राजनीतिक सीमाले कहिल्यै अनुमोदन नगरेको सांस्कृतिक यथार्थ हो यो । नेपालको उत्तरी हिमाली क्षेत्रमा बोलिने अधिकांश ससाना भाषाहरू र तिब्बती भाषाको बीच बाक्लो सम्बन्ध रहेको भाषाशास्त्रीहरू बताउँछन् । संस्कृतिकै कुरा गर्ने हो भने पनि तिब्बतको लामा संस्कृति र शेर्पा संस्कृतिबीच जुन समानता छ, त्यो शेर्पा संस्कृति र आज नेपाली भनिने “खस–आर्य” संस्कृतिको बीचमा पनि छैन । यस्तै भाषिक र सांस्कृतिक समानता नेपालका पश्चिमी पहाडी सिमानामा अवस्थित अछाम र दार्चुला जिल्ला, र उतापट्टि भारतको उत्ताराखण्डका पूर्वीय सीमावर्ती जिल्लाहरूबीच पनि पाइन्छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको तराई–मधेस र उत्तरी भारतका बिहार र उत्तरप्रदेशका अवधी, भोजपुरी र मैथिली भाषी क्षेत्रबीचको भाषिक र सास्ंकृतिक भूगोलबीच कसैले पनि कुनै सीमारेखा तान्नै सक्दैन । यहाँ फगत एउटा राजनैतिक सिमाना विद्यामान छ जङ्गे पिल्लर, दश गजा र भन्सारका लागि बनाइएका चेकपोस्टको रूपमा । त्यसको त्यति ठूलो अर्थ कला, साहित्य र संस्कृतिको फाँटमा देखिदैन । भारतको पश्चिमी प्रान्त पञ्जाब र पकिस्तानको पूर्वी प्रान्त पञ्जाबबीच कुनै पनि सांस्कृतिक सीमारेखा छैन । उता र उताको समाजिक अवचेतनको श्रोत एकै हो । दक्षिणी प्रान्त तामिलनाडु र उत्तरी श्रीलङ्काको जाफ्नाबीच भाषिक–सांस्कृतिक सीमा बनाउनु कसैका लागि असम्भव छ । फेरि श्रीलङ्का र माल्दिभ्स तथा आण्डमान द्वीपसमूचबीच कुनै पनि प्रकारको अर्थपूर्ण सीमारेखाको कल्पना गर्नु कुनै पनि अध्येताका लागि असम्भव छ । संसारैभरि छन् यस्ता सास्ंकृतिक ओभरलेप्सहरू । युरोप, अमेरिका, पूर्वी एसिया र लेटिन अमेरिको पनि यो एउटा वास्तविकता हो । कसरी निर्माण हुन्छ यो विरोधाभासपूर्ण भूगोल, जहाँ कुनै पनि सांस्कृतिक विभाजन रेखा हुँदैन, तर बीचमा खडा भएर आइदिन्छ राजनैतिक सिमाना, जसले मान्छेको सांस्कृतिक–अध्यात्मिक जीवनलाई प्रशासनका नाममा कयौँ गुणा अप्ठ्यारो बनाइदिन्छ ? र मान्छे, नचाहँदा नचाहँदै पनि यताको र उताको हुन अभीशप्त हुन्छ ? यस कुराको सम्बन्ध बसाइँ सराइसँग छ । आसाममा बसेर लीलबाहदुर क्षेत्रीले लेखेको “बसाइँ” को अनुवादलाई भारतकै केरल प्रान्तका प्रकाशन नायरले भन्दा नेपालको उदयपुरका प्रदिप बस्नेतले बढी निकटताका साथ किन बुझ्न सक्छन् ? मानवशास्त्रीहरू भन्छन्, मान्छेको बसाइँ सर्ने बानी प्राग्ऐतिहासिक हो । एउटै सांस्कृतिक पुल र भूगोलमा रहेका मान्छे, सकेसम्म त्यसै पुल र भूगोलभित्र बसाइँ सरे । मूलतः पशुपालन तथा खोरिया प्रणालीमा आधारित कृषिका कारण यिनीहरू एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्दै गए । यो त्यस बेलाकाको कुरा हो, जुन बेला आज बुझिने अर्थमा राज्य–राष्ट्रहरूबीच कुनै अर्थपूर्ण सिमाना थिएन । अथवा, सरकारको दृष्टि त्यहाँसम्म थिएन र बसाइँ सराइमा कुनै रोटटोक थिएन । उदाहरणका लागि, नेपालको पहाडी भेगका बासिन्दा गाईगोरु चराउँदै, पहाडैपहाड पूर्वतिर गए । कुनै रोकटोक भएन । जाँदा जाँदा नेपालको सिमाना काटेर सिक्किम, भुटान, डुवर्स हुँदै आसामका पहाडी जिल्ला, नागालैन्ड, मणिपुर हुँदै बर्मासम्म पुगे । पछि, धेरैपछि यी भूगलमा व्यवस्थाले राष्ट्रिय अथवा अन्तर्राष्टिय« सिमाना बनायो, र बेरोकटोक पूर्व हान्निएका नेपाली भिन्नाभिन्नै राष्ट्रका नागरिक बने । हिमालयको पश्चिमतिर, उच्च हिमाली क्षेत्रका शेर्पाको भारतको लद्दाख र पाकिस्तानको बाल्टिस्थानसम्मको विस्तारको व्याख्या पनि यही हो । नेपालको दक्षिणका मधेसीहरूको बसाइँ सराइ पूर्व–पश्चिम अथवा दक्षिणतिर हुनु, तर उत्तरतिर हुनु पनि यसै सिद्धान्तद्वारा व्याख्यातित छ । र तराइका थारुहरूको उत्तरदक्षिणभन्दा पनि पूर्वपश्चिम विस्तार यसै गरी व्याख्यातित छ । उता सिलिगुडीदेखि मध्यबङ्गाल हुँदै बङ्लादेशको नवाबगञ्ज बोर्डर ढाका, गोपालगञ्ज, सिल्हेट मायमेनसिंह हुँदै पञ्चगढसम्म फैलिएको बङ्गाली सभ्यता यसै प्रकृतिको बसाइँ सराइको उपज हो । धेरैपछि आएका राजनैतिक सीमाले उनीहरूलाई पूर्व र पश्चिमका बनाइदियो । यो सीमाको अवधारणा, यिनै समुदायमा बाँचिरहका बृद्धबृद्धाले त बुझ्दा पनि बुझ्दैनन् । यसरी, विभिन्न मुलुकमा बसेर पनि एउटै सांस्कृतिक जगबाट उठेका समुदायहरूको साहित्य र संस्कृतिको अध्ययनमा कुनै पनि राष्ट्रिय मापदण्ड अमानक हुन सक्छ । अथवा, यिनलाई राष्ट्रिय मापदण्डको सीमाभित्र राखेर अध्ययन गर्नु त्रुटिपूर्ण हुन्छ । कारण, राष्ट्रका “राजनैतिक” मानविन्दुभन्दा पृथक यिनलाई सांस्कृतिक मानविन्दुले जोडेको हुन्छ । यिनको संस्कृतिमा साझा सांस्कृतिक अवचेतनको जपल भेटिन्छ । उस्तै मिथक, एउटै साङ्गीतिक झङ्कार, एकै लोक अनुभव र समान सामाजिक संस्कारहरूले यिनलाई राजनीतिले भन्दा बढी जोडेको हून्छ । उदाहरणका लागि आसाममा बसेर लीलबाहदुर क्षेत्रीले लेखेको “बसाइँ” को अनुवादलाई भारतकै केरल प्रान्तका प्रकाशन नायरले भन्दा नेपालको उदयपुरका प्रदिप बस्नेतले बढी निकटताका साथ किन बुझ्न सक्छन् ? सिक्किमका पाठकलाई “चर्यापद” भन्दा प्रिय भानुभक्तको “रामायण” किन छ ? नेपालका मैथिली भाषीहरूबीच टुकारामको “अभङ्ग गाथा” भन्दा तुलसीदासको “रामचरितमानस” किन बढी लोकप्रिय छ ? नेपालको दक्षिणका मधेसीहरूको बसाइँ सराइ पूर्व–पश्चिम अथवा दक्षिणतिर हुनु, तर उत्तरतिर हुनु पनि यसै सिद्धान्तद्वारा व्याख्यातित छ । यी प्रश्नको उत्तर चाहिँ राजनैतिक सीमाभन्दा माथि, पृथक र पुराना सांस्कृतिक भूगोलको विस्तारको इतिहासमा खोज्नु जरुरी छ । राजनैतिक सीमाभन्दा माथि संस्कृतिको छुट्टै भूगोल हुन्छ । त्यस भूगोलको पहिचान गर्नु जरुरी हुन्छ र त्यसका समान मानविन्दुहरूको आधारमा त्यहाँको कला, साहित्य र संस्कृतिको अध्ययन गर्नु जरुरी हुन्छ । यो सीमा–अध्ययनका सांस्कृतिक पाटोको एउटा सैद्धान्तिक आधार हुन सक्छ । #महेश पौड्याल